नेदरल्यान्ड्सको शानदार जित

0

काठमाडौं । फिफा विश्वकप फुटबलको युरोपियन छनोटमा नेदरल्यान्ड्सले शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ६-० को फराकिलो अन्तरले हराएको छ ।

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपेले दुई गोल गरे । यस्तै कप्तान भिर्जिल भान डाइक, डेन्जेल डुम्फ्राईज, अर्नौट डान्जुमा र डोनएल मालेनले एक एक गोल गरे ।

जितसँगै ८ खेलमा १९ अंक जोडेको नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ । अंक विहीन जिब्राल्टर पुछारमा छ ।

प्रकाशित मितिः २०७८ असोज २६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments