काठमाडौं । डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा २ लाख घुस सहित प्रकाउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले कावासोती नगरपालिका–८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट उनलाई प्रकाउ गरेको हो ।
देवकोटा सहित कार्यालयका कार्यालय सहयोगी प्रमोदकुमार तेली समेत प्रकाउ परेका छन् । टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।
प्रकाउ परेका उनिहरु माथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार
Comments