इनरुवा । धरान उपमहानरपालिका–९ बगैंचा लाइनमा निमास तामाङको हत्यामा संलग्न रहेको आरोपमा चार जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–९ का १८ वर्षीय सुशान्त लिम्बू, धरान ७ पानमाराका १८ वर्षीय मनिष लावती लिम्बू, १७ वर्षीय निश्चल विक र १८ वर्षीय शरण राई रहेका छन् ।
होलीको दिन सुनसरीको धरान उपमहानरपालिका–९ बगैंचा लाइनमा निमास तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो।
व्यक्तिगत रिसइबीका कारण तामाङको धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेर फरार भएका उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरिएको बताइएको छ।
प्रकाशित मितिः२०७५ चैत ११ सोमबार
Comments