जाजरकों । जाजरकोटमा बस दुर्घटना हुँदा मृत्यु भएका सबै पाँच जनाको सनाखत भएको छ। मृतकमध्ये दुईजना आमाछोरी रहेका छन्।
ललगाड नगरपालिका-३ करुवाका अन्दाजी २५र३० वर्ष उमेरका शेरबहादुर नेपाली, सप्तरीको राजविराज नगरपालिका-१ का अन्दाजी ४०र ४५ वर्ष उमेरका गंगाराम यादव, जाजरकोटको कुसे गाउँपालिका-९ की १८ वर्षीया अनिला नेपाली, पश्चिम रुकुमको आठबीसकोट नगरपालिका-४ की अन्दाजी २४र२५ वर्षीया कन्या मल्ल शाही र उनकी ४ वर्षीया छोरी दिव्याको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख मधुकुमार थापाले जानकारी दिए।
घाइते २९ जनामध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। डीएसपी थापाका अनुसार तीमध्ये एकजनालाई हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ भने दुई जनालाई पनि हेलिकप्टरमार्फत नेपालगन्ज लैजाने तयारी भइरहेको छ।
प्रकाशित मितिः २०७८ मंसिर १२ आइतबार
Comments