काठमाडौं । युगान्डाविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी-ट्वान्टी सिरिज खेल्नेछ । त्रिवि क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ । नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी जेठ २ गते हुनेछ ।
प्रकाशित मितिः २०७९ बैशाख २८ बुधबार
Comments