Tourism News Portal of Nepal http://localhost/ghum No. 1 Tourism News Portal Fri, 17 Jun 2016 15:49:54 +0000 en-US 1.2 http://localhost/ghum http://localhost/ghum 1 https://wordpress.org/?v=4.5.2 बसपार्क निर्माण कार्य अलपत्र http://localhost/ghum/?p=7063 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=7063

कञ्चनपुर, ५ पुस ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बसपार्कलाई आधुनिकीकरण गर्ने कार्य अलपत्र परेको छ भीमदत्तनगरपालिकाको स्वामित्वमा रहेको बसपार्कलाई आधुनिकीकरण गर्नका लागि गत भदौ महिनामा रु १४ करोडको बोलपत्र आह्वान गरिए पनि ठेकेदारको मूल्याङ्कन गरी विवरण नगर विकास कोषमा उपलब्ध गराउने कार्य नहुँदा कार्य अगाडि बढ्न नसकेको हो । नगरपालिका चार महिनादेखि कार्यकारी अधिकृत विहीन भएपछि ठेक्का प्रक्रियाको कार्य अगाडि बढ्न नसकेको नगरपालिका कार्यालयका प्रशासकीय अधिकृत हरिसिंह धामीले बताउनुभयो । नगर विकास कोषले गत वर्ष नै बसपार्कलाई आधुनिकीकरण गर्नका लागि २० वर्षका लागि सहुलियत ऋण उपलब्ध गराउन स्वीकृति प्रदान गरेको थियो । बसपार्क आधुनिकीकरण गर्नका लागि गुरुयोजना सहित लागत अनुमान र वातावरणीय अध्ययनको कार्य पूरा भई बोलपत्र आह्वान गरिएको अधिकृत धामीले बताउनुभयो । नगर विकास कोषको ९० प्रतिशत सहुलियत ऋणमा २० वर्षसम्ममा तिर्ने गरी बसपार्क निर्माण गरिने लक्ष्य रहेको छ । नगर विकास कोषले नियुक्त गरेको परार्मशदाता कम्पनी एलायन्स कन्सल्ट प्रालिले बसपार्क निर्माणको विस्तृत गुरुयोजना र वातावरणीय अध्ययनको कार्य गरेको छ । अत्याधुनिक बसपार्क निर्माणको विस्तृत गुरुयोजनाअन्तर्गत सुरक्षा पोष्ट, कार्यालय, ग्रिन पार्क, ट्याक्सी स्टेसन, डिजिटल सूचना बोर्ड, ढल निकास, शौचालय, व्यावसायिक कक्ष, भ्यू टावर, घन्टाघर, पेट्रोल पम्प, टिकट काउन्टर र गाडी स्टाफका लागि रेस्ट रुमको व्यवस्था रहेको छ । आव ं०५३÷५४ मा नगरपालिकाले सञ्चालनमा ल्याएको बसपार्क हाल पूर्णरुपमा जीर्ण अवस्थामा रहेको छ । खानेपानी, शौचालय र अन्य पूर्वाधारको व्यवस्थित तरिकाले विस्तार नगरिँदा यात्रुले समस्या झेल्नुपर्ने अवस्था रहेको छ । बसपार्क दुई बिगाहा चार कट्ठा क्षेत्रफलमा फैलिएको छ ।

]]>
7063 0 0 0
everst heli http://localhost/ghum/?p=7104 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=7104 Heli Tour Everst Area  (1) Heli Tour Everst Area  (2) Heli Tour Everst Area  (3) Heli Tour Everst Area  (4) Heli Tour Everst Area  (5) Heli Tour Everst Area  (6) Heli Tour Everst Area  (7) Heli Tour Everst Area  (8) Heli Tour Everst Area  (9) Heli Tour Everst Area  (10) Heli Tour Everst Area  (11) Heli Tour Everst Area  (12) Heli Tour Everst Area  (13) Heli Tour Everst Area  (14) Heli Tour Everst Area  (15) Heli Tour Everst Area  (16) Heli Tour Everst Area  (17) Heli Tour Everst Area  (19)]]> 7104 0 0 0 http://localhost/ghum/?p=7139 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=7139 Heli Tour Everst Area  (1) Heli Tour Everst Area  (13) Heli Tour Everst Area  (12) Heli Tour Everst Area  (11) Heli Tour Everst Area  (10) Heli Tour Everst Area  (9) Heli Tour Everst Area  (8) Heli Tour Everst Area  (7) Heli Tour Everst Area  (5) Heli Tour Everst Area  (4) Heli Tour Everst Area  (3) Heli Tour Everst Area  (2)]]> 7139 0 0 0 मन्दिर निर्माण http://localhost/ghum/?p=7198 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=7198 7198 0 0 0 गाँजा खेती नष्ट http://localhost/ghum/?p=7336 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=7336

लहान, १४ पुस ।

सिरहाको मिर्चैया नगरपालिका–१ रामपुर विर्तामा स्थानीयले लगाएको गाँजा प्रहरी टोलीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया–१ स्थित रामपुर विर्तामा करिब दुई बिगाहा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको हो । गाँजा फडानी अभियानअन्तर्गत उक्त स्थानमा स्थानीयले लगाएको गाँजा खेती नष्ट गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो । यसअघि इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले सिरहाको दुर्गापुर–४ मा करिब ८०० र गोलबजार नगरपालिका–८ चोहर्वामा ९०० भन्दा बढी गाँजाका बोट नष्ट गरेको थियो ।

]]>
7336 0 0 0
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लियो http://localhost/ghum/?p=7630 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=7630

]]>
7630 0 0 0
पूरै गाउँले तरकारीखेती गर्दै http://localhost/ghum/?p=7637 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=7637 7637 0 0 0 स्वयम्भूनाथ http://localhost/ghum/?p=7872 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=7872 7872 0 0 0 चितुवाको छालासहित पक्राउ http://localhost/ghum/?p=8003 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=8003

म्याग्दी, १० माघ ।

हिस्तान–९ दोसल्लेबाट प्रहरीले चितुवाको छाला र दाँत बरामद गरेको छ । एउटा चितुवाको सिङ्गो छाला सुकाइराखेको अवस्थामा स्थानीय हिकबहादुर पूर्जाको घरबाट प्रहरीले शनिबार बरामद गरेको चितुवाको छाला र दाँत आज सार्वजनिक गरिएको छ । प्रहरीले नियन्त्रणमा लिएको चितुवाको छाला ४० इन्च लम्बाई, ३० इन्च पुच्छर र १८ इन्च चौडाईको छ । उक्त छाला र दाँतसँगै चितुवा मार्न प्रगोग गरिएको पासोसमेत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । पक्राउ परेका पूर्जाले घरमा सुन्तला फुलबारीमा बाँदरले दुःख दिएपछि थापेको पासोमा चितुवा परेर मरेको र उक्त चितुवाको छालालाई घरमा सजाउनको लागि काटेर सुकाएको प्रारम्भिक बयान दिएका छन् । चितुवा मारेको सूचना प्राप्त भएपछि शनिबार सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रहरी नायब निरीक्षक सोमन छन्त्याल र घार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अर्जुन शर्मासहितको टोलीले चितुवाको छाला सुकाइराखेका पूर्जालाई नियन्त्रणमा लिएको थियो ।

]]>
8003 0 0 0
मौरी शरीरमा प्रदर्शन http://localhost/ghum/?p=8138 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=8138 8138 0 0 0 आगलागीबाट ४० करोडको क्षति http://localhost/ghum/?p=8324 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=8324

इटहरी, २२ माघ ।

इटहरी उपमहानगरपालिका– १ स्थित मुख्य चोकको एक व्यापारिक भवनमा हिजो साँझ भएको आगलागीमा कम्तीमा रु ४० करोड मूल्य बराबरको नोक्सानी भएको अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीलाई प्राप्त विवरण अनुसार आगोले सबैभन्दा बढी व्यापारी श्याम पालको मात्रै रु २५ करोड मूल्य बराबर सामान नोक्सानी भएको छ । इप्रका इटहरीका प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले सम्पूर्ण विवरण आउन अझै केही समय लाग्ने बताउनुभयो । आगलागीमा परी राजकुमार लिम्बुको पाँचतले व्यापारिक भवन ध्वस्त भएको छ । लिम्बुको घरसँगै जोडिएको कालीप्रसाद पोख्रेलेको घरमा पनि ठूलो नोक्सानी पुगेको छ । यी दुई घरको मात्र करोडौँ मूल्य बराबरको धनमाल क्षति भएको बताइएको छ । आगलागीबाट कम्तीमा एकसयभन्दा बढी व्यापारिक पसलमा नोक्सानी पुगेको छ । दुई–तीन तलासमम्म आगो फैलिएको थियो । हिजो कोही पनि व्यापारी पसलमा नरहेकाले मानवीय नोक्सानी भने हुन पाएन । व्यापारीबाट विस्तारै नोक्सानीको विवरणसहित निवेदन आउन थालेको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगोलाई राति १०ः३० बजेतिर मात्रै नियन्त्रणमा लिन सकिएको थियो । नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीसँगै स्थानीय व्यापारीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष रोहित प्रसाईँले बताउनुभयो ।

]]>
8324 0 0 0
प्रणय दिवसका लागि एक लाख गुलाफ ल्याइँदै http://localhost/ghum/?p=8366 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=8366

काठमाडौँ, २५ माघ ।

प्रणय दिवसको लागि यो वर्ष भारतबाट एक लाख वटा पे्रमको प्रतिक मानिने रातो गुलाफ ल्याइने भएको छ ।गर्मी समयमा नेपालमा उत्पादन हुने फूलले नै माग पूरा गर्ने भए पनि जाडोको समयभर बढी मात्रामा रातो गुलाफ प्रयोग हुने भएकाले भारतबाट फूल आयात गर्न लागिएको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनुभयो । आयात गर्न लागिएको एक लाख फूलको मूल्य रु ३० लाखदेखि रु ४० लाख पर्ने बताइएको छ । विशेषगरी फेबु्रअरी १४ तारीखको दिन प्रेमी पे्रमीकाले उपहारको रुपमा एक आपसमा रातो गुलाफ आदान प्रदान गर्ने गर्दछन् । फूल आगामी मङगलबारसम्म आइसक्नेछ । हाल नेपालमा रातो गुलाफ दैनिक पाँच हजारदेखि सात हजार आवश्यक पर्ने बताइएको छ । गर्मीको समयमा स्वदेशी उत्पादनले र जाडोको समयमा भारतबाट आयात गरी माग पूरा गर्ने गरिएको छ । गतवर्ष पनि प्रणय दिवसका लागि भारतबाट एक लाख वटा नै रातो गुलाफ ल्याइएको थियो । बर्सेनि आयात कम गर्ने भनिए पनि भूकम्पका कारण यसवर्ष फूलखेती त्यति फस्टाउन नसकेकाले गत वर्षको जतिनै फूल आयात गर्नु परेको अध्यक्ष गैरेले बताउनुभयो । नेपालमा वार्षिक रु चार करोड बराबरको फूलको आयात हँुदै आएको छ । विदेशबाट आयत गरिएको र स्वदेशमा नै उत्पादन भएको गरी रु एक अर्ब ३० करोडको फूलको वार्षिक कारोबार हँुदै आएको छ । प्रणय दिवसको दिन रातो गुलाफ र तिहारमा सयपत्री फूल भारतबाट आयात हँुदै आएको छ । केही वर्षदेखि नेपाललाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने भनिए पनि फूल व्यवसायप्रति कृषक आकर्षित नहुने, यससँग सम्बन्धित विज्ञ नहँुदा आशानुरुप यो व्यवसाय फस्टाउन नसकेको एसोसिएसनका उपाध्यक्ष दिलीप वादे बताउनुहुन्छ । पछिल्लो समय होटल, विवाह, सभा सम्मेलनमा फूलको प्रयोग बढ्दै गएपनि व्यावसायिक कृषकको कमीले गर्दा माग पूरा गर्न सकिएको छैन । रातो गुलाफको विशेषगरी काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला, काभ्रेपलाञ्चोक र चितवनमा व्यावसायिक रुपमा खेती हँुर्दै आएको छ । भारतबाट आयात गरिएको गुलाफको मूल्य रु ३० देखि रु ४० सम्म पर्छ । नेपालमा झण्डै ६०० प्रजातिका फूलको व्यावसायिकखेती हँुदै आएको छ ।

]]>
8366 0 0 0
कर्मचारीको अभावमा यातायात अनुगमन गर्न सकिएन : मन्त्रालय http://localhost/ghum/?p=8432 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=8432

काठमाडौँ,  २९ माघ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागमा जनशक्ति कम भएका कारण सार्वजनिक यातायातको भाडादर अनुगमन गर्न नसकिएको सम्बन्धित अधिकारीको गुनासो छ । मन्त्रालयका सहसचिव एवम् यातायात महाशाखा प्रमुख रवीन्द्रनाथ श्रेष्ठ जनशक्तिको अभावकै कारण विभागले अनुगमन गर्न नसक्दा सार्वजनिक यातायातमा विकृति मौलाएको स्विकार्नुहुन्छ । “जनशक्तिको अभावमा विभागले अनुगमन गर्न सकेको छैन, यात्रुले पनि सचेत भएर बढी भाडा लिनेका विरुद्ध उजुरी नगर्दा कारबाही हुन सक्दैन, प्रशासनलाई चुस्त दुरुस्त बनाउने नाममा कर्मचारीको सङ्ख्या घटाउँदा जनताको काम हुन सकेको छैन”– उहाँले भन्नुभयो । सवा करोड जनसङ्ख्या हुँदा एक लाख २५ हजार निजामती कर्मचारी भएकामा पौने तीन करोड जनसङ्ख्या पुग्दा कर्मचारी ७८ हजारमा सीमित गरिँदा मन्त्रालयमा पनि असर परेको जनाइएको छ । व्यवसायमा विविधीकरण बढ्दा कर्मचारीको न्यूनताले काम गर्न अप्ठ्यारो भएको हो । जनशक्तिका अभावमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको प्रावधानानुसार यातायात निरीक्षक नियुक्त हुन सकेको छैन । अर्थ मन्त्रालयले खर्च घटाउन खोज्ने र सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सङ्ख्या घटाउन लाग्ने गरेकाले मन्त्रालयमै नियमित काम चलाउन मुस्किल भएको सहसचिव श्रेष्ठको गुनासो छ । यातायात निरीक्षक नहुँदा पनि सार्वजनिक यातायातमा अव्यवस्था बढेको उपभोक्ता मञ्च नेपालका केन्द्रीय सदस्य रोशन पोख्रेलले बताउनुभयो । “मञ्चबाट यातायात अनुगमनका लागि मलाई जिम्मेवारी दिइएको छ, तर कहिल्यै विभागले यातायात अनुगमन गर्न बोलाएको छैन, भदौ २५ गते सरकारले घटाएको भाडा लागू गर्ने क्रममा केही दिन विभाग र ट्राफिक प्रहरीको सक्रियताले रु २० लाख जरिवाना उठेको थियो, नियमन गर्न कर्मचारीको व्यवस्था गर्ने हो भने थप खर्च पनि हुँदैन”–उहाँले भन्नुभयो । चार किमीमा रु २० प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा विभागले गत सोमबार घटाएको भाडादर पनि अनुगमनको अभावमा लागू हुन नसकेको यात्रुको गुनासो छ । अनुगमन नहुँदा चार किमीभन्दा कमको दूरीमा पनि रु २० भाडा तिर्न बाध्य हुनुपरेको यात्रु रश्मिला कायस्थले बताउनुभयो ।

]]>
8432 0 0 0
विश्वकै ठूलो मानवनिर्मित बुद्धआकृति प्रदर्शन http://localhost/ghum/?p=8482 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=8482 काठमाडौँ, २ फागुन ।

बुद्ध जन्मिएको देशबाट विश्वशान्तिको सन्देश दिन शनिबार टुँडिखेलमा मानवनिर्मित विश्वकै ठूलो बुद्ध आकृति प्रदर्शन गरियो । बुद्धभूमिबाट शान्तिको कामना गर्ने उद्देश्यले शनिबार कार्यक्रमको आयोजना गरिएको आयोजक बालबालिकाको स्वास्थ्य, शिक्षा, वातावरण अधिकारका लागि नेपाल (चियरअप नेपाल) ले पंक्तिबद्व मानव उभ्याएर बुद्धको चित्र निर्माण गरेको हो । सो आकृति निर्माणमा १० हजार युवा तथा विद्यार्थीको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष रिदम कार्कीले विश्वमा विभिन्न कारणले अशान्ति फैलिएको र त्यसको असर बालबालिकाको शिक्षामा परेकाले बुद्धमार्फत विश्वशान्तिको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– “नेपाललगायत विश्वका विभिन्न देशमा अशान्तिका कारण बालबालिका र युवामा प्रत्यक्ष असर परिरहेको छ । भोलिको विश्व हाँक्ने कर्णधारको भविष्य कुनै पनि कारण खतरामा पार्नु हुँदैन ।” साथै, विश्वशान्तिका दूत बुद्धको जन्म नेपालमै भएको हो भन्ने सन्देश पनि कार्यक्रमले दिन खोजेको संस्थाका सदस्य सुरज केसी बताउनुभयो । बालबालिकाका लागि स्वास्थ्य, शिक्षा र उचित वातावरणका लागि पनि संस्थाले कार्य गर्दै आएको छ ।

]]>
8482 0 0 0
http://localhost/ghum/?p=8544 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=8544 तत्कालीन राजा त्रिभुवनको त्रिपुरेश्वरमा रहेको सालिकको आज अनावरण गरिएको छ। गत वैशाख १२ गतेको भूकम्पबाट भत्किएको सो सालिक सेन्चुरी बैंकले करिब तीन महिनाको समयमा पुनःनिर्माण गरेको हो। सात लाखको लागतमा उद्यान सहित सालिक निर्माण गरिएको हो।
उपप्रधानमन्त्री कमल थापाले विसं २००७ मा तत्कालीन राजा त्रिभुवन र जनताको साझा प्रयासबाट १०४ वर्षको जहानियाँ राणा शासन अन्त्य भएको बताउँदै बैंकले सो सालिक पुनःनिर्माण गरेकामा सराहना व्यक्त गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले बैंकले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा उक्त सालिक पुनःनिर्माण गरेको बताउँदै पशुपतिमा पनि वृद्धवृद्धाको सुविधाका लागि विभिन्न कार्य गर्दै आएको जानकारी दिए।
काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भूकम्पबाट क्षति पुगेका काठमाडौँका विभिन्न ऐतिहासिक सम्पदाको विभिन्न सङ्घसंस्थासँग साझेदारी र सहकार्य गरी पुनःनिर्माण गरिने बताए।
]]>
8544 0 0 0
१ सय ६१ नेपाली मलेसियामा पक्राउ http://localhost/ghum/?p=8589 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=8589 मलेसिया,९ फागुन ।
मलेसियन इमिग्रेसन विभाग (जेआइएम) ले गैरकानुनी कामदारमाथि सुरु गरेको कारबाहीमा १ सय ६१ जना नेपाली गिरफ्तार भएका छन्।
 गत शुक्रबार रातिदेखि थालेको देशव्यापी कारबाहीमा  कूल ९ सय ७१ जना गैरकानुनी कामदार पक्राउ परेका हुन् जसमा १ सय ६१ जना नेपाली छन्।
workher maliyasiya
मलेसियाको समाचार समिति बर्माना डटकमका अनुसार प्रहरीले क्वालाम्पुर, साइबरजाया, मलाका, सेरेम्बान लगायतका स्थानमा १२ घण्टासम्म गरेको अपरेसनमा २ हजार १ सय ८२ जना विदेशी कामदारको परीक्षण गरिएको थियो।
डाइरेक्टर जेनरल दातुक साकिब कुस्मीले पक्राउ परेकाहरुसँग परिचय पत्र नभएको, बस्ने म्याद सकिएको, शरणार्थीको रुपमा यूएन हाइ कमिसनको अपरिचित कार्डहरु भएको बताएका छन्।
मलाकामा पक्राउ परेका मध्ये १ सय ६१ जना नेपाली कामदार भएको बर्मानाले जनाएको छ। मलाकामा कुल २१२ जना गैरकानुनी कामदार पक्राउ परेकोमा १ सय ६१ जना नेपाली, १० जना इन्डोनेसियाका, ८ जना म्यानमारका, ६ जना बंगलादेशका, ४ जना श्रीलंकाका, १ जना भा्रतीय र २२ जना चिनियाँ कामदार रहेको जनाइएको छ।
विभिन्न स्थानमा कारबाही सुरु गरिएको भएपनि हालसम्म कुन कुन स्थानमा कति नेपाली कामदारहरु पक्राउ परे भन्ने बारे हालसम्म खुलेको छैन।
]]>
8589 0 0 0
खोटाङवासी विकासका लागी आफै जुट्न थाले http://localhost/ghum/?p=8806 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=8806 डम्बरसिं राई

विगतमा आधा दर्जन सचिव, त्यति नै संख्यामा मन्त्री भइसकेको पनि खोटाङको विकासमा खासै प्रगति भएको थिएन । तर अहिले स्थानीयवासी समेत जुट्न थाल्दा विकास निर्माणले गति लिएको छ । पछिल्लो समय जिल्लामा सडक, शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, विद्युत लगायतको विकास र विस्तार उल्लेख्य भएको छ ।

Khotang District Map

विगतमा माथिल्लो ओहदामा धेरै व्यक्ति पुगे पनि जिल्लाको विकासमा खासै योगदान नगरेको पूर्व जिविस सभापति तथा कांग्रेस महासमिति सदस्य विष्णुकुमार राई बताउँछन् । सांसद विशाल भट्टराई भने यो कुरामा सहमत छैनन् । उनी भन्छन्– ‘पछिल्लो समय खोटाङको विकासका लागि विभिन्न मन्त्रालयमा डेलिगेसन गएका छौं ।’

पूर्व सांसद टंक राईले भने भौतिक चिजलाई मात्र विकास भन्न नहुने बताउँछन् । जनताको जीवनसँग जोडिएको परिवर्तनलाई मात्र विकास भन्न मिल्ने राईको तर्क छ । ‘विकास हेर्नका लागि होइन, अनुभूति हुनुपर्छ,’ राई भन्छन्– ‘पछिल्लो समय क्रमिक रूपले विकास भएको छ ।’

सडक/पुल : जिल्लाको ७२ गाविस र एक नगरपालिकामध्ये ६२ गाविस र एक नगरपालिकामा (४८५ किमि) सडक पुगेको छ । दस गाविसमा सडक विस्तार भइरहेको छ ।

मध्यपहाडी लोकमार्गको स्तरवृद्धि पनि भइरहेको छ । हुर्लुङ–जालपा–ऐँसेलुखर्क सडक निर्माणाधीन अवस्थामा छ । मध्यपहाडी लोकमार्गमै पर्ने दूधकोसी नदीको पुल निर्माण भने ६ वर्षदेखि थालिएको छ । अन्य पाँचवटा सडक पुल निर्माणाधीन छन् । जिल्लामा एक सय ६२ वटा झोलुङ्गे पुल सञ्चालनमा छन् ।

शिक्षा : पछिल्लो अवधिमा शिक्षामा पहुँच बढेको छ । जिल्ला शिक्षा कार्यालयको रेकर्डअनुसार ८७ प्रतिशत बालबालिका शिक्षाको पहुँचमा छन् । विद्यार्थी ३१ उच्च मावि, ५९ मावि, ८६ निमावि र ३ सय ११ गरी ४ सय ८७ शैशिक संस्थामा अध्ययनरत छन् ।

यस बाहेक स्नातकोत्तर तहको एक र स्नातक तहका तीन क्याम्पस पनि सञ्चालनमा छन् । पछिल्लो समय निजी विद्यालय फष्टाएका छन् । शिक्षाको स्तर भने सन्तोषजनक छैन । अघिल्लो वर्षको एसएलसी परीक्षामा मुलुककै सबभन्दा कम १६ प्रतिशतमात्र यस जिल्लाबाट उत्तीर्ण भए ।

स्वास्थ्य : जिल्लामा एक जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, दुई उपस्वास्थ्य चौकी र ७१ स्वास्थ्य चौकी (स्तरवृद्धि सहित) स्वास्थ्य संस्था छन् । जिल्ला अस्पतालमा गाइनोलोजी, हाडजोर्नी लगायत अन्य उपचारको उपचार गरिए पनि दुर्गमकाले गर्दा सेवा पाउन मुस्किल छ । यस बाहेक अन्य गम्भीर प्रकृतिका १५/२० प्रतिशत बिरामी रेफर गर्नुपरेको जिल्ला अस्पतालका चिकित्सक पुजन बल बताउँछन् ।

सञ्चार : जिल्लाको कुनाकाप्चामा टेलिफोन पहुँच पुगेको छ । खोटाङस्थित नेपाल टेलिकमका प्रमुख भरोषी साहका अनुसार जिल्लामा मोबाइल सीडीएमए र जीएसएम गरी करिब ८५ हजार, ल्यान्ड लाइन १२ सय सञ्चालनमा छन् । चिसापानी, खोटाङबजार र सिम्पानी बजारमा तीन सय ल्यान्ड लाइन टेलिफोन पनि यसै आर्थिक वर्षमा विस्तार सकिने साहले बताउँछन् ।

कृषि : खोटाङको समृद्धि कृषिबाट हुने छाँट देखिएको छ । पछिल्लो समय नगदेबालीतर्फ किसान आकर्षित भएका छन् । यो वर्षमात्र अलैंचीबाट ९२ करोड २८ लाख जिल्ला भित्रिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक कौशलकुमार यादव बताउँछन् ।

यादवका अनुसार जिल्लाका ३४ गाविसको १३ सय २० हेक्टरमध्ये ९ सय ४० हेक्टरमा उत्पादन भएको १४ हजार १ मन अलैंचीमध्ये १३ हजार १ सय ८३ मन अलैंची निकासीबाट यत्तिको रकम जिल्ला भित्रिएको हो ।

‘जिल्लामा कुल उत्पादन भएको १४ हजार १ मनमध्ये १३ हजार १ सय ८३ मन अलैंची निकासी भएको छ,’ यादव भन्छन्, ‘यसबाट हुनआउने रकम ९२ करोड २८ लाख हुन्छ ।’ यादवका अनुसार गतवर्ष अलैंचीबाट ८० करोड रुपैयाँ जिल्ला भित्रिएको थियो ।

आगामी वर्ष अलैंचीबाट निक्कै ठूलो रकम जिल्ला भित्रिने कृषि विकास कार्यालयले जनाएको छ । यादवका अनुसार यो वर्ष नौ हेक्टरमा नयाँ अलैंचीको बिरुवा रोपिएको छ । यस बाहेक यो वर्ष सुन्तलाबाट १५ करोड बढी जिल्ला भित्रिने कृषि विकास कार्यालयले जनाएको छ ।

अहिलेसम्म करिब २० लाख रूपैयाँको सुन्तला निकासी भइसकेको अर्का प्राविधिक सहायक रामभक्त अधिकारी बताउँछन् । अन्य कृषिजन्य वस्तुको उत्पादन पनि बढेको छ । खसी/बाख्रा, बङ्गुर, भेडा, भैसी, गाई लगायतका पशुजन्य उत्पादन पनि बढेको छ ।

‘पशुजन्य उत्पादन पनि राम्रो छ,’ जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत पूर्णकुमार बजिमय भन्छन्, ‘यस्तै अनुपातमा पशुजन्य उत्पादन भए जिल्लालाई छिट्टै उँभो लगाउँछ ।’

विद्युत् : जिल्लामा विद्युतको पहुँच बढेको छ । केन्द्रीय प्रसारणले जिल्लाका ३८ गाविस र १ नगरपालिकामा पुगेको छ । स्थानीय स्तरका लघुजलविद्युत आयोजना (६८२ किलोवाट) बाट १५ गाविसलाई पुगेको छ । पेल्ट्रिक सेटहरू (२८.५) बाट सात गाविसले विद्युत उपयोग गरेका छन् ।

मेवाखोला जलविद्युत आयोजना (१ मेगावाट) ले जिल्लाको ४५ गाविस र रावाखोला जलविद्युत आयोजना (करिब ६ मेगावाट) पनि उत्पादनको चरणमा छ । यसले खोटाङबासीले लोडसेडिङको सास्तीबाट मुक्त हुने देखिन्छ ।

उद्योग : जिल्लामा विभिन्न साना उद्योग सञ्चालनमा छन् । अल्लो, खाँडी, राडी, ढाका कपडा, मिनरल पानी लगायतका उद्योग निक्कै आसलाग्दा छन् । यस बाहेक मछिनो लगायतका जडिबुटी उद्योगले जिल्लाको अर्थतन्त्रमा सहयोग पुग्ने देखिएको छ ।

जिल्लाको छितापोखरी गाविसमा सञ्चालन गरिएको मछिनो उद्योगले मासिक ३ लाख ७५ हजार रूपैयाँ आम्दानी दिनथालेको उद्योग सञ्चालक युवराज तामाङको भनाइ छ । यस बाहेक सस, चाउमिन लगायतका साना उद्योग पनि सञ्चालनमा छन् । जीवनस्तर : जिल्लाबासीको जीवनस्तर उक्सेको छ । ४२ हजार २ सय ६४ घरधुरी रहेको खोटाङमा खाडी मुलुकमा मात्र ३५ हजार १० जना कार्यरत छन् । यस बाहेक बेलायत, भारत, जापान लगायतका अन्य विभिन्न मुलुकमा पनि थुप्रै छन् ।

खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुका अनुसार दैनिक झन्डै तीन करोड रेमिट्यान्स जिल्ला भित्रिन्छ । सेना, जनपद, सशस्त्र, कर्मचारीको पेन्सनबापत मासिक ८० लाख जिल्ला भित्रिने राष्ट्रिय वाणिज्य बैंकको रेकर्ड छ । शिक्षकको तलबबाट मासिक ६२ करोड ८२ लाख ८० हजार जिल्ला भित्रिने शिक्षा कार्यालयले जनाएको छ ।

यस बाहेक अन्य करोडौं रकम जिल्ला भित्रिन्छ । जिल्लाका नेतृत्वलाई समेत विकासबारे मार्गनिर्देशन गर्ने चेतना जनतामा वृद्धि भएकाले जसका कारण विकासले गति पाउने सम्भावना बढेको छ ।

फजुलमा खर्च बढी : जनतामा चेतना आए पनि केही पक्षमा नकारात्मक प्रभाव कायमै छ । यसमध्ये जिल्लामा ठूलै रकम फजुलमा खर्च हुने गरेको छ ।

खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष लयालुका अनुसार चुरोटमा वार्षिक पाँच करोड, विभिन्न पेयपदार्थमा वार्षिक १५ करोड, जङ्कफुडजन्य वस्तुमा वार्षिक पाँच करोड, विलासिता (शृङ्गार) वार्षिक दुई करोड रुपैयाँ जिल्ला बाहिरिन्छ । यसलाई धान्ने चिज जिल्ला निकासी नहुँदा जिल्लाको अर्थतन्त्रमा नकारात्मक असर पुगेको वाणिज्य संघका अध्यक्ष लयालुले बताए ।साभार कान्तिपुर

]]>
8806 0 0 0
http://localhost/ghum/?p=9432 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=9432
बेलायतमा सुरु भएको घोडचढी महोत्सवमा सबैको आँखामा परेको छ एक घोडा जुन् थ्री पिस सुटमा सजिएको छ। चेल्टलह्याम महोत्सवमा २० पटक  च्याम्पियन बनेका  टोनी माइकोलले आफ्नो  घोडालाई सुट लगाइदिएको सिएनएनले जनाएको छ।  उक्त घोडाका लागि सुट सिलाइएको कपडाले १० जना मान्छेलाई सुट सिलाउन पुग्छ । त्यो कपडा स्कटल्यान्डमा उत्पादन गरिएको हो  ।

प्रकाशित मिति: बुधबार, चैत्र ३, २०७२ १२:३४:५०

 ]]>
9432 0 0 0
http://localhost/ghum/?p=10484 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=10484 मानिसहरु सहुलियत मूल्यमा राम्रो फिचर भएका स्मार्टफोनको खोजिमा हुन्छन्। तर धेरै जसोलाई कुनमा के कस्ता फिचर छन् भन्ने बारे थाहा हुँदैन। फिचर, ब्याट्री पावर राम्रो भएका र कम मूल्यका फोनहरु यी हुन्
माइक्रोम्याक्स क्यान्भास जुस ४ जी
स्क्रिनः ५ इन्च एचडी डिस्प्ले
प्रोसेसरः १ जीएचजेड क्वाडकोर प्रोसेसर
र्‍यामः २ जीबी, ८ जीबी इन्टरनल मेमोरी, ३२ जीबीसम्म बढाउन मिल्ने
क्यामराः अगाडि ५ र पछाडि ८ मेगापीक्सेल
ब्याट्रीः ४००० एमएएच पावर
मूल्यः करिब ११ हजार ५ सय रुपैयाँ
हुवावे अनर हली २ प्लस
स्क्रिनः ५ इन्च डिस्प्ले
प्रोसेसरः क्वाडकोर, मिडियाटेक प्रोसेसर
र्‍यामः २ जीबी, १६ जीबी इन्टरनल मेमोरी, मेमोरी कार्ड राख्न मिल्ने
क्यामराः अगाडि ५ र पछाडि १३ मेगापीक्सेल
ब्याट्रीः ४००० एमएएच पावर
मूल्यः करिब १४ हजार रुपैयाँ
एसस जेनफोन म्याक्स
स्क्रिनः ५.५ इन्च एचडी डिस्प्ले
प्रोसेसरः १.२ जीएचजेड क्वाडकोर प्रोसेसर
र्‍यामः २ जीबी, १६ जीबी इन्टरनल मेमोरी, ६४जीबीसम्म बढाउन मिल्ने
क्यामराः अगाडि ५ र पछाडि ८ मेगापीक्सेल
ब्याट्रीः ५००० एमएएच पावर
मूल्यः करिब १६ हजार रुपैयाँ
श्याओमी रेड्मी नोट ३
स्क्रिनः ५.५ इन्च फुल एचडी डिस्प्ले
प्रोसेसरः २ जीएचजेड ओक्टाकोर प्रोसेसर
र्‍यामः २ जीबी÷३ जीबी, १६ जीबी ३२÷जीबी इन्टरनल मेमोरी
क्यामराः अगाडि ५ र पछाडि १६ मेगापीक्सेल
ब्याट्रीः ४०५० एमएएच पावर
मूल्यः करिब १६ हजार÷२० हजार रुपैयाँ
जिओनी एम ५ लाइट
स्क्रिनः ५ इन्च एचडी डिस्प्ले
प्रोसेसरः १.३ जीएचजेड क्वाडकोर प्रोसेसर
र्‍यामः ३ जीबी, ३२ जीबी इन्टरनल मेमोरी, १२८ जीबीसम्म बढाउन मिल्ने
क्यामराः अगाडि ५ र पछाडि १६ मेगापीक्सेल
ब्याट्रीः ४००० एमएएच पावर
मूल्यः करिब १९ हजार ५ सय रुपैयाँ
 ]]>
10484 0 0 0
http://localhost/ghum/?p=10583 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=10583 सरकारले ऊर्जा संकट समाधान गर्न ल्याएको १० वर्षे विद्युत विकास अवधारणामा उल्लिखत कतिपय विषयमा नेपाल विद्युत प्राधिकरणले असहमति जनाएको छ। कारोबारे दैनिकमा समाचार छ।
लेऊ वा देऊ (टेक अर पे), विद्युत खरिद बिक्री सम्झौता, जलबायु प्रमाणीकरण स्वथतन्त्र निकायबाट र लगानी बोर्डले तयार परेको विद्युत माग तथा आपूर्तिको विषयमा प्राधिरकणले अहसमति जनाएको हो।
प्राधिकरणले नै असहमति जनाएपछि अवधारणा कार्यान्वयनमा शंका उत्पन्द भएको छ। प्राधिरकण ऊर्जा मन्त्रालयको योजना कार्यान्वयन गर्ने निकाय हो। सर्तसहित आवश्यक परेमात्र प्रवद्र्धकबाट बिजुली खरिद गर्ने नीति हटाई, ‘लेऊ वा देऊ’ वा देऊ’ का आधारमा पीपीए गर्ने नीति आएपछि अवधारणा कार्यान्वयनमा प्राधिकरण असहमत भएको ऊर्जा स्रीतले बतायो।
हाल आयोजनाहरुमा सर्तसहितको पीपीए भइरहेको छ।
]]>
10583 0 0 0
हुम्ला बन्द http://localhost/ghum/%e0%a4%b9%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/ Wed, 12 Aug 2015 15:14:49 +0000 http://www.ghumphir.com.np/?p=1241 हुम्ला, २७ साउन ।

अखण्ड मध्यपश्चिम र प्रान्तीय राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै मङ्गलबारदेखि हुम्ला बन्द गरिएको छ । बन्दका कारण जिल्ला सदरमुकामलगायत सम्पूर्ण शैक्षिक संस्था र बजार बन्द रह्यो । बन्दका कारण यातायात एक मात्र साधन हवाइ यातायातसमेत ठप्प छ । बन्दकर्ताले नेपाल नागरिक उड्डयन कार्यालय बन्द गर्न चेतावनी दिएपछि तीन दिनदेखि हुम्लामा हवाइ जहाज जान सकेको छैन ।

]]>
1241 0 0 0
मध्यपश्चिमलाई अलग्गै प्रदेश घोषणा गर्नुपर्नेमा जोड http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%85%e0%a4%b2%e0%a4%97%e0%a5%8d%e0%a4%97%e0%a5%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ Wed, 12 Aug 2015 15:16:33 +0000 http://www.ghumphir.com.np/?p=1243 काठमाडौँ, २७ साउन । व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले प्रदेश विभाजनमा मध्यपश्चिमको कुनै पनि भू–भागलाई छुटाउन नहुने धारणा राख्नु भएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले कर्णाली र थारुलाई विशेष अधिकार दिएर मध्यपश्चिम अलग्गै प्रदेश घोषणा गरे अहिले भइरहेका आन्दोलन स्थगित हुने बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डिल्लीराज रेग्मीले मध्यपश्चिमबाट सल्यान र रुकुम काट्नु प्रशासनिक, सांस्कृतिक र भौगोलिक सुगमताको हिसाबमा पनि औँचित्यपूर्ण नहुने उल्लेख गर्दै मध्यपश्चिमलाई एउटै प्रदेश बनाइनुपर्ने बताउनुभयो । सोही पार्टीका अर्का केन्द्रीय सदस्य दीनबन्धु श्रेष्ठले कर्णालीलाई विशेष अधिकार दिएर मध्यपश्चिमलाई एक प्रदेश बनाउनुपर्ने बताउँदै सीमाङ्कनलाई सच्याउनुपर्नेमा जोड दिनुभयो ।]]> 1243 0 0 0 पश्चिममा पेट्रोलको चर्को अभाव http://localhost/ghum/%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%8b/ Wed, 12 Aug 2015 15:19:37 +0000 http://www.ghumphir.com.np/?p=1245

भीमदत्तनगर, २७ साउन ।

लगातार पाँच दिनदेखिको बन्दले कैलाली र कञ्चनपुरमा पेट्रोलको अभाव भएको छ । विभिन्न पक्षले आ–आफ्ना माग राख्दै आह्वान गरेको बन्दका कारण कञ्चनपुरको महेन्द्रनगर, सुडा, दैजी, झलारी र कैलालीको अत्तरिया, धनगढी, टीकापुरलगायतका बजारमा पेट्रोलको अभाव भएको हो । नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीबाट सहज आपूर्ति नभएका कारण आइतबारदेखि पेट्रोलको अभाव भएको व्यवसायीले बताएका छन् । नेपाल आयल निगम क्षेत्रीय कार्यालयले पेट्रोलियम पदार्थ ढुवानीमा प्रहरी र प्रशासनसँग सहकार्य हुन नसकेका कारण अभाव भएको जनाएको छ । पेट्रोलको अभाव हुँदा मोटरसाइकल प्रयोगकर्ता किराना पसलबाट प्रतिलिटर रु १२० देखि रु १५० सम्म तिरेर पेट्रोल किन्न बाध्य भएका छन् । कञ्चनपुरका बासिन्दाले सीमावर्ती भारतीय सहरहरूमा गएर पेट्रोल ल्याइरहेका छन् ।

]]>
1245 0 0 0
निजी लगानीमा वृद्धाश्रम http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%9c%e0%a5%80-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%ae/ Thu, 13 Aug 2015 03:12:03 +0000 http://www.ghumphir.com.np/?p=1247

दमक, २८ साउन । आफ्नै निजी लगानीमा झापा, दमक–९ की मनमाया सुनुवारले निःशुल्क वृद्धाश्रम स्थापना गर्नुभएको छ । आफ्ना दिवङ्गत बुबा र आमाको स्मृतिमा उहाँले करिब रु २६ लाखको लागतमा दश ज्येष्ठ नागरिक रहने सक्ने रत्न ज्येष्ठ वृद्धाश्रम केन्द्र सञ्चालनमा ल्याउनुभएको हो । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले आश्रमको बुधबार एक कार्यक्रमबीच उद्घाटन गर्दै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका रुपमा यस कार्य उदाहरणीय भएको बताउनुभयो । केन्द्रकी अध्यक्ष सुनुवारको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रकी सहसचिव पारिका आलेमगरले समस्यामा परेका असहाय ज्येष्ठलाई आवासीय सुविधा उपलब्ध गराउने केन्द्रको उद्देश्य रहेको उल्लेख गर्नुभयो । केन्द्र सञ्चालक समिति सदस्य ऐसा सुनुवारले अहिले आश्रममा तीन असहाय ज्येष्ठ नागरिक रहेको र आश्रममा रहने ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवासमेत उपलब्ध गराइने व्यवस्था मिलाएको बताउनुभयो ।

]]>
1247 0 0 0
भूकम्पका कारण रसुवास्थित नेपालकै जेठो चिज कारखाना बन्द, जलविद्युत् आयोजनाहरुको निर्माणमा अवरोध http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%a4/ Thu, 13 Aug 2015 03:21:08 +0000 http://www.ghumphir.com.np/?p=1249

ज्ञानेन्द्र न्यौपाने

धुन्चे (रसुवा), २७ साउन ।

भूकम्पपछि लाङटाङको क्याङ्जेन केन्द्रबाट भइआएको चिजको उत्पादन बन्द भएको छ । दुग्ध विकास संस्थानका अनुसार गत वैशाख १२ को भूकम्पले जोखिम बढाएपछि लाङटाङ क्षेत्रका सबै बासिन्दा विस्थापित भएसँगै चौंरी दुहुने मानिसको समेत अभाव भएर चिज उत्पादन बन्द हुनपुगेको हो । वि सं. २००९ मा स्थापित नेपालकै जेठो चिज कारखाना लाङटाङवासी पुनः आफ्नो वस्तीमा फर्केर आएपछि सञ्चालन गर्ने सोचाइ राखिएको छ । कारखानाको क्षतिको आकलन गर्न बाँकी रहेको छ । यस्तै, भूकम्पका कारण बन्द भएको पाँच मेगावाटको पश्चिम रसुवाको मैलुङ जलविद्युत् आयोजना पनि सञ्चालनमा आउन सकेको छैन । भूकम्पका कारण झरेको पहिरोले जलाशय पुरिएको, पेनस्टक फुटेको, विद्युतगृहको पर्खाल भत्केको र उपकरणमा खराबी आएको मैलुङ जलविद्युत् कम्पनीले जनाएको छ । आयोजनाका सहप्रमुख शरद बस्यालका अनुसार रु २५ करोडभन्दा बढीको उपकरण तथा पूर्वाधारका संरचनामा क्षति पुगेको छ । वर्षायामयता मर्मत गर्ने अवस्था नरहेकाले आगामी पुसभित्र आयोजना सञ्चालन गर्ने तयारी भइरहेको छ । उता, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य पनि पनि भूकम्पपछि रोकिएको छ । सुरुङभित्र काम गर्न सुरक्षित हुने भएपनि बाहिरी भागमा निर्माणका उपकरण राख्न भिरको फेद भएका कारण जोखिमपूर्ण रहेकाले काम बन्द गर्नुपरेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ । साठी मेगावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाका सुरुङ निर्माण कार्य ६० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । यद्यपि, सुरुङको बाहिरी सतहमा रहेका सडक भत्केको र पहिरोले केही आवास तथा उपकरणमा क्षति पुगेकाले निर्माण कार्य अगाडि बढ्न नसकेको आयोजनामा कार्यरत प्राविधिकहरूले बताएका छन् । भौगोलिक रुपले विकट रसुवा जिल्लामा निर्माण भइरहेको ५७.१ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य भने तीव्र रुपमा अगाडि बढिरहेको आयोजना प्रमुख गिरीराज अधिकारीले जानकारी दिनुभयो । स्याफ्रुवेंसीमा अवस्थित २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्र भने भूकम्प गएको १५ दिनपछि सञ्चालनमा ल्याई पूर्ववत् रुपमा विद्युत् उत्पादन थालिएको र पूर्वाधारका कुनै पनि संरचनामा क्षति नपुगेको सो केन्द्रले जनाएको छ ।

]]>
1249 0 0 0
Kumari http://localhost/ghum/kumari/ Thu, 13 Aug 2015 14:05:00 +0000 http://www.ghumphir.com.np/?p=1257 1257 0 0 0 पर्यटन पत्रकार सङ्घको सुदूरपश्चिममा शाखा विस्तार http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81/ Fri, 14 Aug 2015 02:51:48 +0000 http://www.ghumphir.com.np/?p=1272

भीमदत्तनगर

राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) सुदूरपश्चिम च्याप्टर लोकेन्द्र शाहीको अध्यक्षतामा गठन भएको छ । कैलालीको धनगढीमा भएको पत्रकारहरुको भेलाले १५ सदस्यीय समिति चयन गरेको हो । च्याप्टरको उपाध्यक्षमा हिमालय जोशी, महासचिवमा भीमबहादुर चौधरी, सचिवमा शेरबहादुर सिंह र कोषाध्यक्षमा श्रवण देउवा रहेका छन् । यस्तै, सदस्यहरुमा हरिष विक, भागेश्वरी शाह, कृत विष्ट, भावना जोशी, यम बम, दिपेन्द्र बस्नेत, मनिषा चन्द, देवानन्द न्यौपाने, महेश्वरा चन्द र मुकेश टेर्रा रहेका छन् । नवगठित समितिमा सुदूरपश्चिममा रहेका पर्यटकिय क्षेत्रमा कलम चलाउने पत्रकारहरु आबद्ध रहेका छन् । राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) का अध्यक्ष शिव अधिकारीको अध्यक्षतामा भएको भेलामा नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष भरत शाह, पर्यटन व्यवसायी कृष्णबहादुर महरा र माया प्रकाश भट्टले शुभकामना व्यक्त गरेका थिए । पर्यटन व्यवसायीद्वय महरा र भट्टले सुदूरपश्चिममा पर्यटनका अथाह सम्भावना हुँदा पनि कसैको ध्यान पुग्न नसेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । सुदूरपश्चिममा नयाँ पर्यटकीयस्थलहरुको पनि पहिचान गर्नुपर्ने बेला आएको उहाँहरुको जोड थियो ।

]]>
1272 0 0 0
गाभर होम स्टे http://localhost/ghum/%e0%a4%97%e0%a4%be%e0%a4%ad%e0%a4%b0-%e0%a4%b9%e0%a5%8b%e0%a4%ae-%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87/ Fri, 14 Aug 2015 03:04:51 +0000 http://www.ghumphir.com.np/?p=1275 अत्याधिक गर्मी छल्नका लागि सबै भन्दा उपयुक्त स्थल बन्दै गएको छ, नेपालगंजको गाभर भ्याली ।चिसापानी गाविस ९ गाभर भ्यालीमा होम स्टे संचालनमा आएपछि नेपालगंजको गर्मी छल्न उपयुक्त स्थल बनेको हो ।
नेपालगंजदेखि २२ किलोमिटर टाढा रहेको गाभर होम स्टे अलि उचाइँ भू भागमा छ, वरीपरी जंगल भएका कारण पनि त्यस स्थानमा निकै शितल र चिसो हावा चल्छ । एक वर्षदेखि संचालनमा आएको गाभर होम स्टे अहिले ५ वटा घरमा मात्र संचालनमा आएको छ । होम स्टेमा दश जनाको  क्षमता रहेको छ । दिन प्रतिदिन होम स्टेमा आउने पाहुनाको संख्यामा वृद्धि भएपछि त्यसलाई विस्तार गर्ने सोच बनाएका छन् अध्यक्ष कृष्ण चौधरीले ।
अहिले ५ वटा घरमा होम स्टे संचालमा आएको छ उनले भने पाहुनाको चापले छिट्टै क्षमता विस्तार गर्दैछु । रत्न राजमार्ग अन्तर्गत कोहलपुरदेखि ८ किलोमिटरमा रहेको गाभर पुग्नका लागी ६ किलोमिटर भने कच्ची बाटो पर्छ ।
अध्यक्ष चौधरीका अनुसार गाभरमा विभिन्न जिल्लाबाट आएका मानिसहरुको बसोबास स्थल भएकाले पनि विविध संस्कृति हेर्न पाइन्छ । अहिले मुगुबाट बसोबास सरेका मुगालीका ३ घर, थारुको एक घर, हुम्लाबाट बसाई सरेका एक हुम्लीका घरमा होम स्टे संचालमा आएको छ ।
बाँकेमा भन्दा ६ देखि ७ डिग्रि सम्म कम तापक्रम हुने भएकाले पनी गर्मी छल्न पाहुनाहरु आउने गरेको गरेको चौधरीले बताए । बाँकेभन्दा चिसो हुने भएकाले यसलाई कान्छो देउराली समेत भनिन्छ ।
गाभर भ्याली राष्ट्रिय निकुन्जपनि जोडिएको छ । जंगली जनावर तथा प्रकृति प्रेमीका लागी समेत उपयुक्त स्थल बन्न सक्ने चौधरीले बताए ।
1 2 3 4 BBTG0334 BBTG0338 gavar (2)
]]>
1275 0 0 0
राज्यले निजी क्षेत्रलाई विश्वासमा लिन सकेन:अध्यक्ष मुरारका http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%b2%e0%a5%87-%e0%a4%a8%e0%a4%bf%e0%a4%9c%e0%a5%80-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88/ Fri, 14 Aug 2015 03:26:54 +0000 http://www.ghumphir.com.np/?p=1316 नयाँ संविधानले लगानीको वातावरण बिगार्ने जोखिम छ पशुपति मुरारका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ संविधानको प्रारम्भिक मस्यौदामाथि हामीले निक्कै गम्भीर ढंगले सुझाव दिएका थियौ । संवैधानिक राजनीतिक संवाद सहमति समितिले परिमार्जनसहित गत आइतबार संविधानसभामा पेस गरेको प्रतिवेदनमा निजी क्षेत्रका कुनै पनि सुझाव समेटिएको पाइएन । यस्तो कदमबाट निजी क्षेत्र मर्माहत भएको छ । हामीले कर प्रणाली प्रक्रिया केन्द्रीय, राज्य प्रदेशिक सरकारको एउटै हुनुपर्छ भनेका थियौं । समाजवादको कुरा यथावत् राखिएका छन् । श्रमसम्बन्धी कुरा पनि यथावत् छ । हाम्रा कुनै पनि सुझाव सम्बोधन गरिएको छैन । निजी क्षेत्रले उठान गरेका विषय वस्तुको गाम्भीर्यतालाई कुनै पनि राजनीतिक दलहरूबाट महसुस नहुँदा हामी निराश बनेका छौं । मुलुकभित्र आर्थिक विकास गर्ने, उद्योग व्यवसाय गर्ने, लगानी गर्ने सुनिश्चित वातावरण नभएसम्म प्राप्त राजनीतिक उपलब्धिलाई दिगो बनाउन सकिँदैन भन्ने हाम्रो धारणा हो । ऐतिहासिक परिवर्तनपछि राजनीतिक स्थिरतासहितको लोकतान्त्रिक नेपालको दिगो निर्माण गर्ने र मुलुकलाई आर्थिक समृद्ध बनाउनको विकल्प छैन । यसैलाई आत्मसाथ गर्दै निजी क्षेत्रका सबै संस्थाहरू एक भएर सबै राजनीतिक दलहरूलाई आर्थिक मुद्दाहरूमा ‘साझा धारणा’ तय गर्न बारम्बार आग्रह गर्दै आएका छौं । उद्योग व्यवसाय गर्ने, आवात–जावतको सुविधा संविधानमै उल्लेख गर्नुपर्छ । राजनीतिक दलहरू स्वयंले निजी क्षेत्रका सुझावमाथि गरेको बेवास्ताले मुलुकभित्र लगानीको वातावरण बन्न सक्दैन । अर्थतन्त्रमा ७२ प्रतिशत हिस्सा ओगटेको निजी क्षेत्रका सुझावलाई नजर अन्दाज गरिनुलाई हामीले गम्भीरतापूर्वक लिएका छौं । निजी क्षेत्रले आन्दोलन गरेर सडकमा टायर वालेर, सडकमा सुतेर कहिल्लै बिरोध गर्दैन हामी सरकार र दलहरूलाई सघाउन चाहन्छौं । खुला बजार अर्थतन्त्रको पक्षपाति हौं हामी मुलुकको आर्थिक समृद्धि खोजेका हौं शान्ति र लगानीको वातावरणको सुनिश्चित्ता खोजेका हौं । हाम्रो निजी स्वार्थ हुँदै होइन हाम्रा सुभाव राज्यका आर्थिक समृद्धिसँग जोडिएका छन् । त्यसैले हामीले दिएका सुझावलाई नयाँ संविधानमा समेट्न आग्रह गरेका हौं । कुन समाजवाद ल्याउन खोजिएको हो त्यो स्पष्ट पारिएको छैन तर नेपाली शब्दकोषलाई आधार मान्ने हो भने राज्यले निजी सम्पत्ति राख्ने अधिकार दिँदैन । त्यो समाजवादमा पुगेका हौं कि हामी । समाजवादकै कारणले रोजगारीका अवसर गुम्न सक्छन्  दैनिक १५ सय युवा बाहिरिएका छन् । भएका उद्योग बन्द हुन्छन् । विश्वमा कतिपय मुलुकमा फेल भएका कुरालाई हामीकहाँ लाद्न खोजिएको छ, यसले मुलुकलाई राम्रो कदापी गर्दैन । उदार अर्थतन्त्र अवलम्बन नगरे समस्या हुनेछ नरेन्द्रकुमार बस्न्यात अध्यक्ष, नेपाल उद्योग परिसंघ नयाँ संविधानको प्रारम्भिक मस्यौदामा आर्थिक क्षेत्रको हक अधिकार सुनिश्चित गर्दै निजी क्षेत्रका सुझवहरूलाई समेट्नुपर्छ भन्ने आग्रहसहित हामीले महासंघ, परिसंघ, चेम्बरले सामूहिक रूपमा ४ राजनीतिक दलका नेताहरूलाई भेटेर लिखित सुझव बुझाएका थियौं । तर, सबै निजी क्षेत्रको आवाज एकीकृत ढंगले बुझाउँदा अझ बलियो हुन्छ भनेर महसुस गरेर एकीकृत सुझाव बुभायांै । हामी एकीकृत भएर सुझाव दिँदा जति उत्साहित बनेका थियौं प्रतिवेदनमा हाम्रा सुभाव नसमेटिँदा त्यति नै निराश भयो । हाम्रा तर कुनै कुरा समेटिएनन् । यो हाम्रो मात्रै समस्या होइन सम्पूर्ण नेपालीको समस्या हो । समाजवादको कुरामा आशंका नगर्नुस् भनेर आश्वास्त पार्नुभयो तर संशोधन भएर आउँदा उस्तै आयो । हामी विश्व व्यापार सञ्जालमा प्रवेश गरिसकेका छौं । यस अर्थमा खुलाबजार र उदार अर्थतन्त्र अंगालीसकेको यथार्थताबाट नेपाल अब पृथक भएर बस्न र फर्कन सक्दैन । त्यसैले पनि संविधानमा खुलाबजारमा आधारित उदार अर्थतन्त्रलाई आवलम्बन गर्नै पर्छ । किन भने अहिले गरिएको व्यवस्थाले नेपालमा निजी क्षेत्रको विकास, लगानी वृद्धि र रोजगारी सिर्जना गर्ने वातावरणलाई सहयोग पु¥याउन सक्दैन । लगानी व्यापारमा ठूलो असर पार्न सक्छ भनेर हामीले सुझाव दिएका थियौं । नयाँ संविधानले आर्थिक न्याय, आर्थिक स्वतन्त्रताको सुनिश्चितत्तासहित लगानी बढाउने तथा आर्थिक क्रियाकलापलाई बढाउने वातावरण सिर्जना गर्न प्रेरित गर्नुपर्ने हाम्रो जोड हो । जुन सुझाव हामीले दिएका थियौं त्यो सबै निजी क्षेत्रको सुझाव हो । आर्थिक क्षेत्रलाई दलहरूले प्राथमिकतामा राख्न सकेनन् यो निक्कै दुखद् कुरा हो । कसरी आर्थिक अभिवृद्धि बढाउन सकिन्छ भनेर संविधानले मूल कानुनले व्यवस्था गरोस् भन्ने हाम्रो आशाय हो । किन भने विदेशी लगानी कर्ता पर्ख र हेरको अवस्थामा छन् । उपर्युक्त वातावरण संविधानले गरेमा उनीहरू नेपालमा लगानीका लागि आउन आतुर भएको बताइरहेका छन् । राष्ट्रलाई आर्थिक रूपमा समृद्ध बनाउन उद्योग व्यवसाय अभिवृद्धि हुनुपर्ने नै पहिलो शर्त हो । निजी क्षेत्रलाई विश्वासमा नलिए मुलुकलाई नै घाटा लोकमान्य गोल्छा कार्यबाहक अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स हामीले मुलुकको आर्थिक समृद्धि चाहेका हौं । उद्योग व्यवसाय निर्वाध रूपमा चलाउन पाउनुपर्छ त्यसमा कसैले अवरोध गर्नुहुँदैन भन्ने हाम्रो माग हो । लगानीको वातावरण कसरी सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा दलहरू सजग भएको पाइएन । हामीले निजी क्षेत्रको हित हुने गरी मात्रै सुभाव दिएका थिएनौं, मुलुकको हित आर्थिक समृद्धि र आर्थिक उन्नति र विकासको पथमा कसरी मुलुकलाई लान सकिन्छ भन्ने विषयमा सुझाव पेस गरेका थियौं । दलहरूले हाम्रा सुझाव समेट्न सकेनन् । दलहरू सुझावमा गम्भीर रहेनछन् भन्ने देखियो । दलहरूले मुलुकको आर्थिक समृद्धि चाहेका रहेनछन् भन्ने बुभियो । दुःखको कुरा हामीले पेस गरेका सुभावलाई जायज छन् भन्दै सकारात्मक कुरा गरे । समावेश गर्ने आश्वासन पनि दिए । तर, किन राजनीतिक दलहरूले हाम्रा सुझाव समावेश गरेनन् ? यो आम निजी क्षेत्रमाथि भन्ने यतिबेला प्रश्न खडा भएको छ । दलहरूको कदमप्रति निजी क्षेत्र सशंकित भएको छ । हामीले निजी क्षेत्रको मात्रै कुरा नगरेर आम मुलुकको हित हुने गरी सुझाव दिएका थियौं । संथमा लिन सकेनविधान मुलुकको मूल कानुन हो अहिले हाम्रो आवश्यकता पनि मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउने हो राज्यले यदि निजी क्षेत्रलाई सा विश्वासमा लिन सकेन भने त्यसबाट राज्यलाई नै घाटा हुन्छ । निजी क्षेत्रलाई साथमा नलिँदा एकतर्फी रूपमा निर्णय नगरिँदा कतिपय मुलुकका सिस्टम फेल भइसकेका छन् । किनभने राज्य चल्ने भनेको उद्योगी व्यापारीबाटै हो ।  राजस्वको कुरा लगानी सुनिश्चितताको कुरामा दलहरूले ध्यान दिनै पर्छ । हालै मात्र दलहरूबीच भएका सहमतिले मुलुकमा आगो दन्किन सुरु भएको छ । यसैगरी सबै वर्ग क्षेत्र आमजनतामाथि खेलबाड गर्ने हो भोलि संविधान आएपछि पनि यो अवस्था नआउला भन्न सकिन्न । यस्तो संविधानले मुलुकको बृहत्तर हित गर्न सक्दैन सुरेश प्रधान अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ संविधानको प्रारम्भिक मस्यौदा पटक–पटक संशोधन भएर आयो तर निजी क्षेत्रले दिएका सुझावलाई समावेश गरिएन । यो निक्कै बिडम्बनाको कुरा हो । मुलुकको विकास समृद्धिको विषयमा जुन तरिकाले आवाजहरू आउनुपर्ने थियो, छलफल हुनुपर्ने थियो त्यो हुन सकेन । यी विषयलाई बाहिर राख्ने प्रयास गरियो । यस्तो कदमले भएको लगानी सुनिश्चित हुन सक्दैन भने लगानीको वातावरण पनि बन्न सक्दैन । अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दा हामी निजी क्षेत्रले व्यावसायिक हकलाई मौलिक हकमा समावेश गर्न सुझाव दिएका थियांै । उद्योग व्यवसाय कलकारखाना निर्वाद रूपमा चलाउन पायो भने मात्रै मुलुकको विकास हुन्छ र त्यसले लगानीको सिर्जना गर्छ भन्ने हाम्रो राय थियो तर दलहरूले त्यो कुरालाई मनन गर्न सकेनन् । यी विषयमा कुनै छलफल हुन सकेन । मुलुकको आर्थिक हित विकासमा दलहरू जिम्मेवार हुन सकेनन् । अझै पनि समय बाँकी छ आर्थिक विषय र अर्थतन्त्रसँग निजी क्षेत्रसँग सम्बन्धित कुरालाई दलहरूले मनन गर्नै पर्छ संशोधन गर्नै पर्छ । अन्यथा यस्तो संविधानले मुलुकको बृहत्तर हित गर्न सक्दैन ।]]> 1316 0 0 0 हामीले सधैं सरकारलाई आरोप लगाएर मात्र पनि हुँदैन http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%a7%e0%a5%88%e0%a4%82-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%86%e0%a4%b0%e0%a5%8b/ Fri, 14 Aug 2015 03:34:09 +0000 http://www.ghumphir.com.np/?p=1319 आर्थिक वर्ष २०७२/७३ का लागि सरकारले पेस गरेको बजेट यति बेला व्यवस्थापिका–संसद्मा विचाराधीन छ । बजेट पारित नभएसम्म खर्च गर्नका लागि सदनले पेस्की खर्च विधेयक पारित गरिसकेको छ । चालू आवको बजेटप्रतिको प्रतिक्रिया निरन्तर आइरहेका छन् । निजी क्षेत्रले यसपटक बजेटको सूक्ष्म विश्लेषण गरी प्रतिक्रिया जनाइरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघलगायतका निजी क्षेत्रका प्रतिनिधि संगठनले बजेटलाई सकारात्मक भनेका छन्् । नेपाल उद्योग वाणिज्य महासंघले भूकम्पले नकारात्मक प्रभाव पारेको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन र लगानीकर्ताको मनोबल उच्च बनाउने गरी बजेट आएको भनेको छ । यद्यपि, भूकम्पले तहसनहस बनाएको मुलुकमा पुनर्निर्माणका लागि उच्चस्तरीय प्राधिकरण गठन गर्ने प्रतिबद्धता पूरा भइनसकेकाले निजी क्षेत्र सशंकित छ । तत्काल सहमतिमा प्राधिकरण गठन गरी विनियोजित बजेट खर्च हुनुपर्नेमा यो क्षेत्रको जोड छ । यसै सन्दर्भमा निजी क्षेत्रका प्रतिनिधिको धारणा यहाँ प्रस्तुत गरिएको छ । निजी क्षेत्रलाई विश्वासमा लिनुपर्छ दिनेश श्रेष्ठ उपाध्यक्ष, नेउवा महासंघ हामीले सधैं सरकारलाई आरोप लगाएर मात्र पनि हुँदैन, अब व्यवसायी पनि जिम्मेवार र पारदर्शी हुनुपर्छ । सबै व्यवसायीले यसतर्फ ध्यान दिनु जरुरी छ । अर्को कुरा, सरकारसँग मिलेर जनचेतनाका कार्यक्रम सुरु गर्ने तयारीमा छौं हामी । यसलाई कार्यान्वयनमा ल्याउनु सबै व्यवसायीको कर्तव्य हुन आउँछ । मुलुक नयाँ संविधान निर्माणमा केन्द्रित छ । आर्थिक समृद्धिबिना मुलुकको विकास हुन सक्दैन । धेरै लामो समयदेखि थ्रेसहोल्डको समस्या थियो, यसको समाधान भएको छ । निजी क्षेत्रलाई विश्वासमा लिएर सरकारले काम अघि बढाउनुपर्छ । यसरी नै संविधान निर्माण गर्नुपर्छ भनेर हामीले सबै राजनीतिक दललाई ज्ञापनपत्र बुझाउन थालेका छौं । यसले पनि केही सहजता दिनेछ । हाम्रो राज्य वा सरकारी पक्षसँग एउटै गुनसो के हो भने राज्यले सबै व्यवसायीसँग एकै खालको कुरा गरोस्, सुविधा दिने कुरालाई कार्यान्वयनमा ल्याओस् । निजी क्षेत्रले हरेक मन्त्रालय धाउने बाध्यताको अन्त्य गरियोस् । हामीले आर्थिक समृद्धि चाहेका हौं, यसमा सरकारसँग मिलेर काम गर्न हामी सधैं तत्पर छौं । उत्पादनशील उद्योगलाई बढी प्राथमिकता दिइनुपर्छ किशोर प्रधान उपाध्यक्ष, महासंघ बजेट धेरै सकारात्मक छ तर धेरै कुरा जायज हुँदाहुँदै पनि यसले केही विषय समेट्न सकेको छैन । हामी अहिले आयातमा निर्भर छौं । ट्रेडिङ बिजनेस फस्टाएको छ । उत्पादनशील उद्योग दिनदिनै खस्किँदै गएका छन् । यस्ता उद्योगलाई कसरी बढावा दिने भन्ने विषयमा केही बोलिएको छैन । आयात गरी राजस्व उठाउन खोजेर हामी समृद्ध हुन सक्दैनौं । हामीले समृद्ध हुन उत्पादन बढाउनुपर्छ । त्यसका लागि लगानी बढाउनु जरुरी छ । रोजगारीका अवसर सिर्जना गर्नु अहिलेको आवश्यकता हो । त्यसलाई कार्यान्वयनमा कसरी ल्याइन्छ ? त्यो हेर्न बाँकी छ । अर्को कुरा, हामी बजेटबाट जति उत्साहित थियौं तर संविधानको मस्यौदाले निजी क्षेत्रलाई उपेक्षा गरेको छ । यद्यपि, हामीले आशा गरेका छौं कि संविधानमा हाम्रा सुझाव समेटिनेछन् र सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हामी सँगै  पूरा गर्नेछौं । भारतमा बैंकको शाखा खोल्नुप¥यो अशोक टेमानी कार्यकारिणी सदस्य, महासंघ बजेटले सम्बोधन गरेका अधिकांश कुरा सकारात्मक नै छन् तर केही क्षेत्रलाई बजेटमा समावेश गर्न सकिएन । अधिकांश सीमावर्ती क्षेत्रमा भारतीय मुद्रा चलिरहेको छ । त्यसतर्फ राज्यले ध्यान दिनुपथ्र्यो । अधिकांश सीमावर्ती भूभागमा मनोरञ्जनात्मक उद्योगलाई सुविधा दिइनुपथ्र्यो, जसले भारतीय सीमा क्षेत्र हुँदै भारत आउने पर्यटकलाई आकर्षण गर्न सक्थ्यो । रोजगारीको अवसर सिर्जना हुने थियो । पर्यटन क्षेत्र गुल्जार हुने थियो । हामीले तेस्रो मुलुक निकासी गर्दा सुविधा पाउँछौं तर त्यो निकासी डलरमा मात्रै गर्नुपर्ने हुन्छ । त्यसको अलावा ५० लाख नेपालीले भारतमा काम गर्छन् भनिन्छ तर नेपालको कुनै बैंकको शाखा भारतमा छैन । एसबीआई बैंक भारतीय लगानीमा छ भनिन्छ । त्यसको शाखा भारतमा खोल्न सरकारले पहल गरेको भए अधिकांश नेपालीले त्यही बैंकमार्फत पैसा पठाउन सहज हुने थियो ।
Holidays
नेपाली इँटा बिक्री हुन छाडेका छन् महेन्द्र चित्रकार अध्यक्ष, नेपाल इँटा व्यवसायी महासंघ हाम्रो मुलुकमा जब नयाँ आर्थिक वर्ष सुरु हुन्छ तब इँटाको विषयमा विवाद हुन्छ । अहिले नेपाली इँटा बिक्री हुन छाडेका छन् । यहाँ पर्याप्त इँटा हुँदाहुँदै पनि आयातीत इँटाको बर्चस्व छ । ती इँटा आयातमा राज्यले छुटसमेत दिएको छ तर स्वदेशी उद्योगलाई कसरी बचाउने भन्नेतर्फ राज्यले ध्यान दिन सकेको छैन । नेपाली इँटा चाहिँदैन इँटा उद्योग बन्द गर्नुस् भने हामी बन्द गर्न तयार छौं । हामीलाई पर्याप्त इँटा उत्पादन गर भनेर आदेश दिने तर बाहिरको इँटालाई भन्सार सहुलियत दिएर भिœयाउने सरकारको जुन रणनीति छ त्यसले हामीलाई दूरगामी असर पारेको छ । हाम्रो इँटा बजारमा गएन, बजार खस्कियो । हामीले कोइला ल्याउँदा भ्याट तिर्छौंै, मजदुर पनि उताबाटै ल्याउनुपर्छ । राज्यको ध्यान यसतर्फ गएको पाइएन । स्वदेशी उद्योगलाई बचाउने हो भने, सहुलियत दिने र प्रतिस्पर्धी बनाउने हो भने यस्ता वस्तुक आयातमा भन्सारदर बढाउनुपर्छ । स्वदेशी उत्पादनलाई कम प्राथमिकता दिइयो शंकर पाण्डे सभापति, बैंक फाइनान्स तथा बिमा, महासंघ हाम्रो मुलुकमा दिन–प्रतिदिन उत्पादन घट्दो छ, आयात बढिरहेको छ । तर, आयात प्रतिस्थापनतिर राज्यको ध्यान पुगेको छैन । मजदुर समस्या बढ्दै छ, भएका जनशक्ति खाडी मुलुकतिर छन् । यस्तो अवस्थामा स्वेदशी उत्पादन बढाउने र रोजगारी सिर्जनातर्फ ध्यानुपर्ने थियो । निकासीजन्य वस्तुको क्याटगरी छुट्ट्याउनुपथ्र्यो त्यो पनि देखिएन । त्यसको अलावा राज्यले अहिले जुन सेवासुविधा दिने भनेको छ, त्यो राष्ट्र बैंकमा मात्र सीमित हुनु भएन । त्यो पैसा अरू बैंकमार्फत दिन सकियो भने त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिन्छ । अबका दिनमा राज्यले यसतर्फ पनि ध्यान दिनु जरुरी छ । निकासीजन्य उद्योगलाई उपेक्षा गरियो अनुपबहादुर मल्ल सभपति, निर्यात परिषद्, महासंघ व्यापारघाटा चुलिँदै गएको समयमा निर्यातजन्य उद्योगलाई उपेक्षा गरिनु दुःखद् हो । अन्तरमन्त्रालय समन्वय नहुँदा समस्या भयो भन्ने कुरा सरकारी पक्षबाट स्वीकार भइसकेको छ । उद्योगहरूले प्रतिस्पर्धी क्षमता गुमाउँदै गएका छन् । दक्ष जनशक्ति बिदेसिएका छन् । निर्यात बढाउनुपर्छ भनेर ट्रेड स्कुलको कुरा आएको थियो । त्यो पनि घोषणामै सीमित भएको छ । बजेटले निर्यात बढाउनुपर्छ, प्रतिस्पर्धी बनाउनुपर्छ भनेर विशेष प्याकेजको कार्यक्रम ल्याउनुपथ्र्यो । यसतर्फ राज्यको ध्यान पुगेको देखिँदैन । विनाशकारी भूकम्पले थिलथिलो परेको अवस्थामा दोब्बर निर्यात गर्ने भन्ने अहिलेको अवस्थामा हुनै सक्दैन । त्यसलै बजेटमा सम्बोधन गर्न नसके पनि विशेष कार्यक्रममार्फत निर्यात बढाउन पहल गर्न सकिन्छ । कच्चा पदार्थ बढाउने कार्यक्रम ल्याइनुपर्छ पुष्पमान श्रेष्ठ अध्यक्ष, पश्मिना उद्योग संघ हामीले ठूलो र विशेष सुविधा खोजेका होइनौं, स–साना सुविधाले पनि ठूलो काम गर्छ । हामीसँग अथाह सम्भावना छ, च्याङ्ग्रा, पश्मिनाको निर्यात बढाउन हामीले च्याङ्ग्रापालनलाई महत्व दिनै पर्छ । त्यो काम मुस्ताङमा सम्भव छ । अहिले पश्मिना संघको पहलमै मुस्ताङमा ५५ हजार च्याङ्ग्रापालन सुरु भएको छ । राज्यले कृषिजन्य उद्योगलाई जस्तै ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गरायो, ६ प्रतिशत ब्याजमा निर्यातजन्य उद्योगलाई ऋण सुविधा दिन चाह्यो भने हामीले अब ५ वर्षमा दोब्बर निकासी गर्न सक्छौं । तर, राज्यले नगद प्रोत्साहन, प्रदर्शनी हल, उत्पादनदेखि बैंकिङ पहुँचको व्यवस्था गर्नुपर्छ । साना उद्योगलाई बढी प्राथमिकता दिइनुपर्छ शंकर श्रेष्ठ सभापति, साना तथा घरेलु उद्योग समिति भूकम्पबाट प्रभावित क्षेत्रमा ९० प्रतिशत घरेलु साना उद्योग ड्यामेज भएका छन् । त्यसको लेखाजोखा छैन । ठूला उद्योग सम्पन्न हुन्छन् तर सानालाई भने ठूलो मार परेको छ । त्यसतर्फ राज्यको ध्यान गएको पाइँदैन । सुविधाको नीति आउनुपर्छ । त्यसका साथै भूकम्पका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ भन्ने सन्देश पुगेको छ । पर्यटन क्षेत्रमा भन्सारदर घटाउनु जरुरी छ । अहिले सीमावर्ती क्षेत्रमा निकै समस्या छन् । भन्सारमा मनपरी हुँदा व्यवसायीले धेरै नोक्सानी व्यहोर्नुपरेको छ । तर, सरकारले थ्रेसहोल्डको सीमा बढाएर हामीमाथि न्याय गरेको छ । चलचित्र क्षेत्रमा करको दर बढाउनु दुर्भाग्य अशोक शर्मा कार्यकारिणी सदस्य, महासंघ भूकम्पपछि अधिकांश हलहरूका सिस्टम बन्द भएका छन्, बिग्रेका मेसिनहरूको सरकारले पुनर्निर्माण गर्नुपथ्र्यो । दुर्भाग्य ! यस्तो अवस्थामा सरकारले चलचित्र क्षेत्रमा करको दर बढाएको छ । यो हाम्रा लागि दुःखद् हो । भूकम्पपछि नयाँ सिनेमा रिलिज हुन सकेका छैनन्, हलहरूमा ठूलो क्षति पुगेको छ । अधिकांश हल त बन्द गर्नुपर्ने अवस्था छ । तर, राज्यले यतातिर नसोची सिधै करको दायरा बढायो । यसले अन्तर्राष्ट्रिय समुदायमा पनि नकारात्मक सन्देश प्रवाह गरेको छ । अन्य करका दायरा स्थिर राख्ने प्रयास गरे पनि मनोरञ्जन क्षेत्रमा हामीलाई राज्यले अन्याय गरेको छ । ]]>
1319 0 0 0
मुस्ताङ यात्रा अनुभव http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%ad%e0%a4%b5/ Fri, 14 Aug 2015 03:41:03 +0000 http://www.ghumphir.com.np/?p=1325 1325 0 0 0 यात्रा अनुभव http://localhost/ghum/%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%ad%e0%a4%b5/ Fri, 14 Aug 2015 03:45:45 +0000 http://www.ghumphir.com.np/?p=1329 राजेश्वर ढकाल
हरेक साता शुक्रबारे छुट्टी कतार बस्ने हामी श्रमजीविका लागि रामरमाइलो उत्सव र आरामीको दिन हो । यो रमाइलो मनाउने काइदा आ-आफ्नै हुन्छ जुन बिहिबार साझै तय भैसकेको हुन्छ । शुक्रबारे विदामा धेरैजसो हामी आफन्त वा साथीभाईसँगको भेटघाटमा जान्छौं भने केही भने रेगिस्तान यात्रामा निस्केका हुन्छौं । कोही भने लुमा खजुरबोटेका रुख चढ्ने पुर्वतयारीमा पनि हुन्छन् । हामीले पनि गत विहिवार अर्थात २५ नोभेम्वरको दिन लुमामा झुम हुनुभन्दा यसो घुमफिर गरि रमाईलो गरौं भन्ने योजना बनायौं । अलरकियाको घासे मैदान हुदै जमेलियामा छत्रेदाईको गधा चढ्नेसम्मका योजनाहरु बुनिए । यो योजना देवेन्द्र सर(देवेन्द्र भट्टराई)को थियो । हामी दोहाबाट मात्र ७ जना थियौ । बिहान ५ बजे कोठाबाट निस्किए पनि अभिलासी तेजदाई तेजप्रसाद खनालले गाडी लिएर आउन ढिला गरेको कारण दोहामैं सात बजिसकेको थियो । दोहा मात्रै होइन सनैयामा पनि साथीभाइहरु हामीलाई नै कुरिरहेका थिए । जसोतसो आठ बजेतिर मात्रै हामी सनैयाबाट ११ जनाको हुल बाधियो । अनि योजना बमोजिम हुइकियौ अलरकियातिर । यो ठाउ साउदी रोडको ४२ नम्बरको आकाशे पुलबाट दाहिने- मोडीएर जानुपर्ने रहेछ । यसभन्दा पहिले पनि अलरकिया दिनेश सर( दिनेश रेग्मी)पहिले पनी पुगिसक्नु भएकोले उहाँले बाटो बताउदै जानु भयो । तेजदाई आफ्नै रपुतारमा गाडि कुदाई राख्नुभएको थियो भने रेवत सर(रेवत पौडेल),थापा सर(रामचन्द्र थापा) रामकृष्ण खत्री, धुव्र सुर्खेती ,जयराज भट्टराई ,सुवास कोइराला ,महेश्वर नेपाल र मचाहि गाडीमा बजेको लोकदोहोरी गीत “घामभन्दा चम्कीलो जुन हुदैन…” बोलको गीतमा स्वर मिलाउदै थपडि मार्न ब्यस्त थियौ । साउदिको ४२ नम्वर गेटबाट भित्र छिरेपछि अझै १२ किमि भित्र रहेछ- घासेमैदान । त्यहाँ चिनारु मित्रहरु गनबहादुर फगामी, दावा शेर्पा, इकिन्द्र बुढाथोकी ,रोशन थापा लगायत हाम्रो आगमनको प्रतिक्षामा आँखा विछ्याई रहेका थिए । हामी भने साझको ९ बजेतिर मात्रै त्यहा पुगेका थियौं । हुन त यो घासे मैदानमा म यसअघि पनि आइसकेको थिए । यहा आएका केही नयाँ साथीभाइ भनॆ यो हरियाली देखेर दंगदास पर्दै नजर डुलाइ रहेका थिए । हुन पनि त्यो ठाउ साच्चै प्रकृतिपूर्ण लाग्थ्यो । चराचुरु¨ीहरुको चिरविर चिरविर आवाज अनि सरर चल्ने चिसो बतासले सबैलाई आÏनै पहाडी गाउघरमा पुगेको भान हुन्थ्यो । रातीमा मैदानमा जाडो बढ्दै थियो साथीहरु धुनी तापौ भन्दै आगो बाल्न कस्सिए । आगोको राँको तापले गर्दा होला- साथीहरुमा जोस बढ्दै गयो अनि सुरु भयो नाचगान । घासे मैदानकै टेकबहादुर विक चाहि नाच्नमा माइकल ज्याक्सन नै रहेछन । सुरुमा त अलि लजाउदै थिए । रेवत सरले “लु त यी भाइको नाच राम्रो छु” भन्दै उक्साएपछि उनी पनि के कम शरिरका पार्ट-पार्ट हल्लाउदै नाच्न थाले । त्यही पार्टसंग ताल मिलाउदै मादल ठोक्दै थिए रामकृष्ण पनि । आगोको भुग्रोमा माछा पोलेर खानुपर्छ भन्दै हक्कि स्वभावका रेवत सर तम्सीए । यता भने देवन्द्र सर, दिनेश सर ,तेजदाई थापा सर ,धुव्र दाईले भने हो मा हो मिलाए । उतातिर माछा पोलिदै थियो यतातिर भने “पछ्यौरि ल्याउ बैना आजै टुंगो लगाई देउ माया छकी छैन…!” स्या¨जालीलाई नभन जालि..!” “वारि जमुना पारि जमुना…” गीतमा सुवास र टेकबहादुरको युगल नृत्य चल्दै थियो । हामी पनि मौन बस्न सकेनौ- जय ,महेश्वर र म पनि नाच्न थाल्यौ । रात छिप्पिदै गयो चिसोको महसुस हुदै गयो अनि खानपिन गरेर सुत्ने तरखरमा लाग्यौ । भोली छत्रे दाईकोमा गधा र भेडो चढ्ने मिठो कल्पना र सपना लिएर ओछ्यान पस्यौं । विहान ५ बजे नै म उठे अनि घुम्न जाउँ भन्दै महेश्व , जय र सुवासलाई उठाए । हामी घासे मैदान नियाल्दै फोटो सेसनमा ब्यस्त थियौ । धेरै पर नजाउ है अब छत्रे दाईकोमा जानुपर्छ भनेर कसैले बोलाएपछि फर्कियौ । साथीहरु उठिसकेका रहेनछन् फेरी थापा सरलाई गाडीमा घुमौ भन्दै घासे मैदान डुल्यौ ।भलिबलको कोर्ट देखेपछि विगतमा स्कुलमा खेलेको भलिवलको याद आयो र बल खेलौ भन्दै त_िम्सयौ । सुवासले जोश निकालेर भनिहाले- सनैया र दोहा विचको मैत्रीपूर्ण भलविल खेलौ भनेर । हामी पनि के कम कस्सियौ साह्रै रमाईलो भयो भलिवल पनि । घासे मदानका साथीहरुले आÏनो ड्युटी पुरा गरिसकेपछि नौ बजेतिर छत्र दाईकोमा जाने तरखरमा पुग्यौं । छत्रे दाईकोमा हामी १४ जनाको जम्वो टोली लिएर बाटा लाग्यौं । त्यसदिन भने ड्राइभरको हेरफेर भयो । तेज दाइ अलिक नातागत र धनु कमजोर भएको जस्तो लागेर रेवत सरको जिम्मामा गाडी गयो । साच्चै रेवत सरले गाडीलाई रफतारमा हाक्नुभएको थियो । घासे मदानबाट निस्किएर हामीले जमेलियाका पुराना मजेराका साथीहरुलाई भेट्यौ अनि उनीहरुसंग विदा भएर हामी छत्र दाईकोमा हिड्यौ । “हामी अँइपुग्न लाग्यौ है” भन्दै देवेन्द्र सरले छत्रदाईलाई फोन गर्नु भयो ।छत्रे दाई गधा चढेर उट हेर्न गएका रहेछन । गाडी उनको खेमातिर गएपछि उनी गधालाई दगुराउदै आए । फरासिला छत्रेदाईले एकमुष्ट सबैलाई नमस्कार गर्दै भित्र आए । दायाबाया बालुवा बाहेक केही नदेखिने उजाड मरुभूमीमा पाल टागेर बसेका छत्रेदाईको अनुहारमा कुनै दुखको भाव नदेख्दा अच्चम पनि लाग्यो उनी भित्रको सहनशिलता देखेर । हामीले बाटोबाट खबुज, दहि ,मोहि र माछा लिएर गएका थियौ । उता छत्रेदाईले पनि दाल भात पकाएर राख्नुभएको रहेछ । साथीहरु भोकले छत्रे दाइकोमा पुग्न पाएको छैन-खब्बुस तोडन थाले । खानपिन पछि थोरै समय साथिहरु विश्राम लिए अनि छत्रदाईको भेडो र गधा चढी फोटो सेसन गर्न तिर लागे ।रेवत सरले “झण्डै १ सय केजीको तेज सरलाई “भेडो र गधा चाहि चढाउनु पर्छु भन्दै उनलाई उचालेर भेडोमा चढाए । सुरुमा तॆजदाइ अलि डराए भेडोले नधान्ने होकी भनेर । गधामा चढनलाई सिफारिस गर्दा तेजदाई फेरि डराए । अनि अलि जोश देखाएर महेश्वरले धाप मार्दै गधामा चढ्न सफल भए । पहिलो पटक गधामा चढन सफल भएका उनि चन्द्रमामा पुगेको झै गमक्क परेका थिए । अलि ठट्यौलि पाराका छत्रेदाईले गधालाई “मेरो इज्जत धानेस्” भन्दै धाप मार्दै थिए । हामी सबै जनाले गधा चढ्यौ । जय सुवास दिनेश सर र देव सरले चढनु भएन । उनीहरु पहिले नै चढिसकेको भन्दै तर्किए । सबैजना बसेर ग्रुप फोटो लिनुपर्छ है भन्दै छत्रदाइसंग बसेर ग्रुपफोटो खिच्यौ अनि निस्कियैां त्यहाबाट ।
]]>
1329 0 0 0
मेमोरियल पार्कको रौनक त्यस दिन बेग्लै थियो http://localhost/ghum/%e0%a4%ae%e0%a5%87%e0%a4%ae%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%b2-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%8c%e0%a4%a8%e0%a4%95-%e0%a4%a4%e0%a5%8d/ Fri, 14 Aug 2015 03:51:20 +0000 http://www.ghumphir.com.np/?p=1334 हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे को गुन्जनले मन्दिर वरपरको वातावरण गुन्जायमान भयो । सबै यसैमा रमाउन थाल्नुभयो । नेपालबाट सात समुन्द्रपारी यस्तो धार्मिक गतिविधी भइरहेको छ भने विश्वास गर्न समेत गाह्रो भइरहेको थियो । पक्कै पनि अरुको मनमा पनि यस्तै कुरा चलिरहेको हुुनुपर्छ । निकै उत्साहित र रमाइलो आरतीपछि केहिबेरका लागि भजन कार्यक्रम सुरु भयो । त्यहाँ भएका पुजारी मध्ये एकजना पुजारी त नेपाली हुनु हुँदोरहेछ । कस्तो भाग्यको कुरा । अब त आमाबुवाहरुलाई कुरा गर्न र भजन गाउने वातावरण झन सहज बन्यो । सबैजना भजनमा लिन भइरहँदा मेरो मन पनि एक पटक नेपालमा रहनु भएका मेरो आमाबुवातर्फ गइहाल्यो । नजाओस पनि कसरी ? विहान बेलुकी भजन र आध्यात्मिक चिन्तनलाई नै जीवनशैली बनाइसक्नु भएको बुवाप्रति । अनि केहि महिनाअघि मात्र मलाई भेट्न अष्ट्रेलिया आउनु भएको आमाप्रति । उहाँहरु पनि यहाँ हुनु भएको भए यसरी नै रमाइलो गर्नुहुन्थ्यो होला भन्ने सोचले एक छिन भावुक बनायो । फेरि सासुससुरा तथा अन्य यत्तिका आमाबुवाको माझमा यस्तो पवित्र धार्मिक कार्यमा सहभागी हुुन पाउनु पनि त खुशीको कुरा त हो नि । मनलाई चित्त बुझाए र पुनः एकछिन भजन र नाचगानकै मजा लिन थाले । एक त पहिलो भ्रमण त्यसमाथि हरियाली र प्राकृतिक वातावरण भनेपछि रमाउन कसलाई मन पर्दैन र ? वरपर हेेर्ने कौतुहलता मेटिएको थिएन । त्यसैले केहिबेर दायाँ बायाँ अवलोकन गर्न थाले । हुन त अंगुर खेती र वाइन ˆयाक्ट्रीको लागि प्रख्यात हन्टर भ्याली एक प्रसिद्ध पर्यटकीय स्थल हो । तर सिड्नीबाट जम्मा १ सय ६६ किलोमिटर पर रहेको ५०० एकर जमिनमा हरियाली र रमणीय वातवरणमाझ अवस्थित हरेकृष्ण समुदायले सञ्चालन गरेको यस गोकुल फार्म तथा मन्दिर हिन्दु धर्ममा आस्था राख्ने सबैका लागि पवित्रस्थल हो । यसले सरल अनि दिगो जीवनयापनमा विश्वास गर्नेको लागि छुट्टै पहिचान र महत्व बोकेको मैले त्यहाँ पुगेपछि अनुभव गरे । यसबाहेक भान्छाबाट निस्कने फोहरबाट प्राङ्गारिक मल बनाउने, सौर्य उर्जा प्रयोग, आकाशे पानी संकलन, पशुपन्छी संरक्षण तथा प्राकृतिक स्रोतको संरक्षण तथा सिमित प्रयोगजस्ता व्यवहार पनि प्रत्यक्ष अनुभव गर्न सकिन्छ । भक्तजनहरुका लागि हप्ताको सातै दिन खुल्ला रहने यस मन्दिरमा आइतबारको कार्यक्रम भने विशेष र महत्वपूर्ण मानिदोरहेछ । हरेक आइतबार भजन कीर्तन, गीता वाचन, आरतीका साथै शुद्ध शाकाहारी प्रसादको पनि व्यवस्था रहेका । आइतबारको दिन पुगेकै कारणले गर्दा यी सबै कुरा अनुभव गर्ने मौका पाएका थियौं । करिब ३ घण्टा लामो रमाइलो समय बिताएर दिउँसो करिब ३ः३० तिर हामी त्यहाँबाट सिड्नीतर्फ लाग्यौं । वाइन क्याक्ट्रीको कारणले पनि प्रख्यात हन्टर भ्यालीमा आइपुगेका बेला कुनै आमाबुवाले अवसर नपाउनु भएको खण्डमा यसको अनुभव गराउने उद्देश्यले एउटा वाइन क्याक्ट्री अगाडि बस केहिबेर रोकियो । केहिबेरको विश्राम, कुराकानी र हल्का खानपिनपछि गाडी पुनः सिड्नीको दिशातर्फ अघि बढ्छ । भजन, कविता, मुक्तक, सुचना आदि रमाइलो वातावरण बन्छ गाडीभित्र । समय गएको पत्तै हुँदैन र करिब ७ वजेतिर ग्रानमीलको मेमोरियल पार्क मै आएर गाडी रोकिन्छ । छोराबुहारी, छोरी ज्वाँइहरु आमाबुवाहरुलाई लिन आइसक्नु भएको थियो । निकै छोटो समयमा तयार पारिएको भएतापनि कार्यक्रम सफल रुपमा सम्पन्न भएको कुरा सबैको मुहारमा देखिएको खुशीबाट अनुमान लगाउन सकिन्छ । यति धेरै आमावुवाहरुसँग बिताएको त्यो दिन मेरो लागि अविस्मरणीय तीर्थ यात्राको रुपमा मस्तिष्कमा सदा रहिरहने छ ।]]> 1334 0 0 0 अचम्म लाग्ने ५ एयरपोर्ट http://localhost/ghum/%e0%a4%85%e0%a4%9a%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a5%ab-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9f/ Fri, 14 Aug 2015 03:57:37 +0000 http://www.ghumphir.com.np/?p=1338 एयरपोर्टहरु सामान्यतया सहज स्थानमा हुन्छ र हुनुपर्छ भन्ने हाम्रो सोच रहेको हुन्छ। तर संसारमा यस्ता एयरपोर्टहरु पनि रहेका छन् जसले हामीलाई अचम्मित बनाउँछन्। खास विशेषता भएका र सोच्नै नसकिने स्थानमा अवस्थित अचम्म लाग्ने ५ एयरपोर्टका बारेमा यहाँ चर्चा गरिएको छ।
१. जिब्राल्टर इन्टरनेशनल एयरपोर्टपोर्ट,  जिब्राल्टरः
सामान्यतया कुनैपनि एअरपोर्टको रनवेको नजिकै गाडीहरु लैजाने अनुमति हुँदैन। तर बेलायतको जिब्राल्टर इन्टरनेशनल एयरपोर्टको रनवेमा भने सधैँजसो  गाडीहरु कुदिरहेका हुन्छन्। यहाँ प्लेन ल्याण्ड हुनुभन्दा केही समयअघि भने गाडीहरु दौडाउन पाइँदैन। यसको कारण भनेको सडक र एअरपोर्टको रनवे एकैठाउँमा भएर हो। यो एयरपोर्टबाट ब्रिटिश एअरवेज र इजीजेटको फ्लाइट लण्डन र म्यानचेस्टरका लागि उडान हुन्छ।
२. कोर्चवेल एयरपोर्ट, फ्रान्सः
फ्रान्समा भएको यो एयरपोर्टको रनवे समतल जमिनमा नभएर पहाडको ढलानमा रहेको छ। यहाँ ढिस्काहरुमा प्लेन ल्याण्ड गर्नुपर्छ। यो एयरपोर्टलाई हलिवुड फिल्म टुमरो नेभर डाइजमा पनि देखाइएको छ। हिउँले ढाकेको पहाडको बीचको सानो भागमा अवस्थित यो एयरपोर्ट खतरनाक मानिन्छ।
३. जिस्बोर्न एयरपोर्ट, न्यूजिल्याण्डः
न्यूजिल्याण्डमा भएको यो एयरपोर्टको रनवेबाट रेल कुद्छ भन्दा धेरैलाई अचम्म लाग्छ। यो जिस्बोर्न एयरपोर्टको रनवेको बीचमा रेलवे ट्रयाक रहेको छ। तर यहाँबाट रेल हिँड्नुअघि एअर ट्राफिक कन्ट्रोलसँग अनुमति भने लिनुपर्छ। धेरै वर्षदेखि यहाँ यस्ते सिस्टम भएपनि हालसम्म कुनै ठूलो दुर्घटना नभएको बताइएको छ।
४. कन्साई इन्टरनेशनल एयरपोर्ट, जापानः
जापानमा एयरपोर्ट बनाउने खाली ठाउँ नभेटेर समुन्द्रमा एअरपोर्ट बनाइएको कुरासुन्दा अचम्म लाग्छ। तर त्यहाँ त्यस्तै भएको हो। करिब २० हजार करोड रुपैयाँको हाराहारीमा खर्च गरेर समुन्द्रमा कन्साई इन्टरनेशनल एयरपोर्ट बनाईको छ। यसका लागि पहिले ओसाका नजिकै मानवनिर्मित ठूलो टापू बनाइयो जो धेरै उचाइबाट देख्न सकिन्छ। यसको निर्माणमा तुफान र भूकम्प झेल्नसक्ने प्रविधिको प्रयोग गरिएको छ।
५. डन मुएङ इन्टरनेशनल एयरपोर्ट, थाईल्याण्डः
थाईल्याण्डमा थुपै आरामदायी र शानदार गल्फ खेल्ने स्थानहरु रहेका छन्। तर थाईल्याण्डको डन मुएङ इन्टरनेशनल एयरपोर्टमा पनि गल्फ खेलिन्छ। यहाँ १८ वटा गल्फ कोर्स बनाइएको छ। नजिकै प्लेन उडीरहेको बेला पनि यहाँ गल्फ खेल्ने सुविधा रहेको छ। यसलाई एकपटक सबैको लागि खुला गरिएको थियो तर पछि सुरक्षाका कारण आममानिसका लागि भने बन्द गरिएको बताइएको छ। यहाँ रोयल थाई एयरफोर्सका जवानहरुलाई गल्फ खेल्न छुट दिइएको छ।
 ]]>
1338 0 0 0
म्याग्दीखोला जलविद्युत्् आयोजनाको विद्युत्् खरिद सम्झौता http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%9c%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d/ Fri, 14 Aug 2015 04:10:39 +0000 http://www.ghumphir.com.np/?p=1341

बेनी (म्याग्दी), २९ साउन ।

पश्चिम म्याग्दीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको बिहीबार यहाँ विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका योजना अनुगमन निर्देशनालयका कामु उपकार्यकारी निर्देशक राजीव शर्मा र धौलागिरि कालिका हाइड्रो प्रालिका सञ्चालक दिनुप्रताव पाण्डेले हस्ताक्षर गर्नुभएको सम्झौताबाट आयोजनालाई अगाडि बढाउन सहज भएको छ । प्रालिका अध्यक्ष प्रमोद श्रेष्ठले सडक र पूर्वाधार भएको क्षेत्रमा आयोजना निर्माण हुन लागेकाले प्राविधिक जनशक्तिको व्यवस्थापन गरी निर्माणलाई अगाडि बढाउने जानकारी दिनुभयो । प्राधिकरणले प्रवर्धकसँग बर्सातको आठ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र सुक्खायामको चार महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा पिपिए गरेको छ । रन अफ द रिभर प्रकृतिको दरबाङ–म्याग्दीखोला दरबाङ देदी दुई किलोमिटर माथि देविस्थान र ताकम धारापानी जाने भेदीखोलामा बाँध बाँधेर पाँच किलोमिटर टनेल हँुदै दरबाङ र बाबियाचौर गाविसको सिमानामा अवस्थित सहश्रधाराको रातोढुङ्गामा सय मिटर अग्लो हेडका साथ पावर हाउस बनाइने छ । पश्चिम म्याग्दीका पहिलोपटक जलविद्युत् आयोजना निर्माण हुन लागेको छ । आयोजनाको प्रारम्भिक लागत रु तीन अर्ब ९३ करोड रहेको छ ।

]]>
1341 0 0 0
पुल निर्माणका लागि http://localhost/ghum/?p=10671 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=10671 10671 0 0 0 वासन्ती छठ http://localhost/ghum/?p=10772 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=10772

बर्दिवास, २९ चैत । महोत्तरी सहितका मिथिला क्षेत्रमा आज श्रद्धा र निष्ठापूर्वक मनाइने चैती (वासन्ती) छठ पर्वका व्रतालुले व्रत विधि सुरु गरेका छन् । चैत शुक्ल चौथीदेखि सप्तमीसम्मका चारदिने विधिको चैती छठ पर्वका व्रतालुले आज नहाइ–खाइ (नुवाइधुवाइ गरेर चोखोनितो खाएर) विधिबाट पर्वको विधिवत् सुरुआत गरेका हुन् । मिथिलामा वर्षको दुई पटक छठ पर्व मनाउने परम्परा छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म सम्पन्न गरिने यो पर्वलाई कैत्की (शारदीय) छठ र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइनेलाई चैती (वासन्तीय) छठ भनिने मिथिला परम्पराका जानकारको भनाइ छ । दुवै छठका व्रत विधि, तयारी र सामग्री भने उस्तै रहने बर्दिवास–३ का बासिन्दा पुरोहित ब्राह्मण दिनेशकुमार झाले बताउनुभयो । पहिलो दिन नहाइ–खाइ विधि गरेका व्रतालुले दोस्रो दिन (पञ्चमीका दिन) दिनभरि निराहार व्रत गरेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको तेस्रो दिन (षष्ठीका दिन) व्रतालुले निराहार व्रत गरी साँझ जलाशयमा सजाइएको घाटमा नुहाएर अस्ताउँदा सूर्यलाई अघ्र्य दिने गर्छन् । यसलाई ‘सझुकाअरख’ भनिन्छ । अन्तिम दिन सप्मीका दिन बिहान सोही घाटमा उदाउँदो सूर्यलाई अघ्र्य (भोरका अरख) दिएपछि पर्व सम्पन्न गरिने परम्परा छ । पर्वमा सूर्यलाई अघ्र्य दिँदा देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार, केरा र अन्य फलपूmल व्रत समापनपछि प्रसादस्वरुप खाने खुवाउने परम्परा छ । सूर्यको उपासना गरिने छठ व्रतको प्रभावले सुख, शान्ति हुने सन्तान सुख र निरोगी होइने जनविश्वास छ । खासगरी छठ पर्वको प्रभावले छालासम्बन्धी रोग नलाग्ने र भएमा निको हुने विश्वास गरिन्छ ।

]]>
10772 0 0 0
कालोपत्रे गर्दै मजदुर http://localhost/ghum/?p=11296 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=11296 11296 0 0 0 सरसफाइमा http://localhost/ghum/?p=11297 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=11297 11297 0 0 0 नेपाल चीनबीच अप्टिकल फाइबर जोडियो http://localhost/ghum/?p=11317 Thu, 01 Jan 1970 00:00:00 +0000 http://www.ghumphir.com.np/?p=11317 ३१ काठमाडौं । नेपाल टेलिकमले काठमाडौंबाट धादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर बिच्याउने काम सकेको छ ।

Internet-Logoयससँगै नेपाल चीन ट्रान्सबोर्डर कनेक्टिभिटी सम्पन्न भएको नेपाल टेलिकमले जनाएको आजको कारोबार दैनिकमा समाचार छ । अब चीनको चाइना टेलिकमसँग नेपाल टेलिकमको सेवालाई ‘इन्टरकनेक्सन’ गर्न बाटो खुलेको छ ।

नेपाल टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले भौतिक रूपमा काठमाडौं र चीन अल डाइलेक्टिभ सेल्फ सपोर्टिङ-एडिएसएस) अप्टिकल फाइबर जोडिएको जानकारी दिए ।

‘चीनसँगको इन्टरकनेक्टिभिटीका लागि उपकरण जडान र सेवा परीक्षण सुरू भइसकेको छ,’ उनले भने,’ मे भित्रमा चीन-नेपाल र भारतबीच सीधा ट्राफिक आदान प्रदानका लागि परीक्षण सम्पन्न गर्ने कार्यक्रम छ ।

सबै कार्य सम्पन्न भएसँगै नेपाल टेलिकमले प्रदान गर्ने डेटा र भ्वाइस सेवामा समेत ठूलो असर पर्ने छ ।

हाल नेपाल भारतको बाटो हुँदै एसियाकै अर्को ठूलो डेटा सेन्टर सिंगापुरमार्फत विश्वसँगको इन्टरनेट सम्पर्कमा छ । हङकङका ट्राफिक हवसँग सीधा जोडिनुभनेको गुगल वा अन्य इन्टरनेट सेयरिङसँगसमेत सीधा जोडिनु हो ।

]]>
11317 0 0 0
मुस्ताङ यात्रा अनुभव http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%ad%e0%a4%b5-2/ Fri, 14 Aug 2015 14:35:30 +0000 http://www.ghumphir.com.np/?p=1324 विद्यालयमा अध्ययरत छँदै मैले प्राकृतिक सुन्दरताले भरिएको मुस्ताङका बारेमा सुनेको थिएँ । एसएलसीपछि साथीहरूसँग त्यहाँ घुम्न जाने योजना पनि नबनेको होइन तर विभिन्न कारणले पुग्न सकेको थिइनँ । मैले मुख्य भूमिका निर्वाह गर्नुपर्ने चलचित्र 'जेरी' को अधिकांश छायांकन मुस्ताङमा हुनेछ कुरा सुनेदेखि नै म त्यहाँ पुग्न एक्साइटेड थिएँ । चलचित्रको युनिट छायांकनका लागि मुस्ताङतर्फप्रस्थान गर्नुभन्दा दुर्इ साताअघि देखि मैलेर इन्टरनेटमार्फ मुस्ताङको प्रँकृतिक सौर्न्दर्य, त्यहाँको मौसम, हावापानी, रहनसहन तथा जनजीवनसहित अनेकौं जानकारी हासिल गरिसकेको थिएँ । मनो्ज शेरचनको चलचित्र 'जेरी' को काठमाडौं छायांकनपछि गत जेठ महिनामा हामी मुस्ताङ जान तयार भयौं । पोखरामा केही दिनको छायांकनपछि हाम्रो युनिटको मुस्ताङ यात्रा प्रारम्भ भयो । मुस्ताङ जाने क्रममा बाटोदेखि नै हाम्रो छायांकन प्रारम्भ भैसकेको थियो । अन्ततः जेठको पहिलो साता हामी मुस्ताङ पुर्‍यौं । जेठको महिना भएकाले खासै जाडो नहोला भन्ने अनुमान थियो तर मेरो अनुमानले धोका खायो, काठमाडौंमा कात्तिक?मंसिरमा जस्तो जाडो हुन्छ, जेठमा मुस्ताङको जाडो त्यत्तिकै थियो । हामी ठूलो समुहमा मुस्ताङ पुग्ने पहिलो उद्देश्य भनेको 'जेरी' को छायांकन नै थियो तर समूह ठूलो भएकाले हामीले यात्राको रमाइलोसहित छायांकन गर्‍यौं । मुस्ताङको प्रँकृतिक सौर्न्दर्यको शब्दमा वर्णणगर्न सकिँदैन । नजिकै देखिने हिमाल, चिसो हावा, मीठो खाना त्यहाँका विशेषता नै लाग्यो । मैले जीवनमा पहिलो पटक 'ब्रान्डी' चाखेको पनि मुस्ताङमै हो । मुस्ताङको ब्रान्डी आफैंमा लोकप्रिय रहेछ । मुस्ताङका थुप्रै रमणीय स्थलमध्ये मलाई त्यहाँको टिटी ताल असाध्यै मनपर्‍यो । उक्त तालको पानीको रंग परिवर्तन हुँदो रहेछ । बिहानै पुग्दा त्यहाँको पानी हल्का नीलो देखिन्छ, दिउँसो गाढा नीलो देखिन्छ भने साँझ गाढा हरियो देखिन्छ । मुस्ताङको फ्रेस तरकारी पनि मलाई उत्तिकै मन पर्‍यो । त्यहाँका मानिसहरूको साधारणपन, कलाकारहरूलाई गर्ने माया, बिहान सबेरै उठेर प्रँरम्भ हुने जनजीवन अनि साँझ चाँडै सुत्ने बानी पनि रमाइलो लाग्यो । छायांकनमा व्यस्त हुँदै मुस्ताङको करिब १६ दिनको बसाइ कति चाँडो सकियो, पत्तै पाइएन । छायांकनमा व्यस्त हुनुपरेकाले मैले धीत मारेर त्यहाँको प्रँकृतिक सौर्न्दर्यको आनन्द उठाउन पाएको थिइन । 'जेरी' को व्यवसायिक सफलतापछि अब हामी यो सफलताको खुसीयाली मनाउन पुनः एकपटक मुस्ताङ जाने योजनामा छौं । यसपटकको हाम्रो यात्राको उद्देश्य विशुद्ध भ्रमण हुनेछ । 'जेरी' मार्फ मुस्ताङको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउन सकेकोमा म असाध्यै खुसी छु ।

]]>
1324 0 0 0
रेडपाण्डा संरक्षणमा सहयोग पु¥याउन सामग्री हस्तान्तरण http://localhost/ghum/%e0%a4%b0%e0%a5%87%e0%a4%a1%e0%a4%aa%e0%a4%be%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%b9%e0%a4%af%e0%a5%8b/ Sat, 15 Aug 2015 05:43:38 +0000 http://www.ghumphir.com.np/?p=1357 इलाम, ३० साउन ।

रेडपाण्डा संरक्षणको चेतना वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले इलामका सात गाविसका विद्यालयलाई शैक्षिक तथा कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको छ । रेडपाण्डा नेटवर्क नेपाल काठमाडौँ र उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्था इलामको साझेदारीमा पुवामझुवा, माईपोखरी, माइमझुवा, माबु, जमुना, प्याङ र जोगमाई गाविसका विद्यालयलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।  जैविक विविधता, वातावरण शिक्षा अध्ययन तथा अध्यापनका लागि उक्त सामग्री बाल्मिकी सिंहदेवी मावि, चन्द्रोदय निमावि, श्याम्वल मावि, प्रमोद मावि, प्याङ मावि र ज्ञानोदय माविलाई हस्तान्तरण गरिएको उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाकले जानकारी दिनुभयो । ती गाविसमा करिब ४० को हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ ।

]]>
1357 0 0 0
यार्सा सङ्कलनको बहानामा वन्यजन्तु चोरीसिकारी बढ्यो http://localhost/ghum/%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%be-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Sat, 15 Aug 2015 05:52:49 +0000 http://www.ghumphir.com.np/?p=1360 भीमदत्तनगर, ३० साउन । यार्सागुम्बा सङ्कलन गर्ने बहानामा बझाङमा वन्यजन्तु चोरीसिकार गर्ने क्रम बढेको छ । अनियन्त्रित र अव्यवस्थित सङ्कलनका कारण यार्सा कम पाइन थालेपछि वन्यजन्तु मारेर तिनका अङ्ग र सुकुटी व्यापारमा स्थानीय लागेका छन् । बझाङको उत्तरी भेगस्थित काँडा गाविस वन्यजन्तु तस्करको व्यापारिक अखडा बनेको छ । यो क्षेत्र डाँफे, झारल, घोरल, कस्तुरी, हिउँ चितुवा, कालो भालु, नाउरको मुख्य बासस्थान हो । तिब्बतसँग सिमाना जोडिएको यो क्षेत्रमा प्रहरी र स्थानीय प्रशासनको मजबुत उपस्थिति छैन, जसको फाइदा उठाउँदै वन्यजन्तुका अङ्ग र सुकुटी तिब्बत निकासी हुने गरेका छन् । यार्सा सङ्कलन गर्ने मौसम भएकाले यतिबेला काँडाको काँकरकोटदेखि साइपाल हिमालको फेदी राइढुङ्गीसम्म बाटोभरि अस्थायी होटल र पसल सञ्चालन भएका छन् । यस क्षेत्रमा स्थायी मानवबस्ती भने छैन । यार्सा बटुल्ने याम अर्थात् जेठ पहिलो सातायता यहाँ भीड लाग्छ, जुन असार अन्तिमसम्म कायम रहन्छ । यार्सा सङ्कलकबाहेक अन्यले भदौसम्म तिब्बत र हुम्लासित व्यापार गर्छन् ।  भदौपछि भने बाक्लो हिमपात हुन्छ । राइढुङ्गीदेखि उरै भञ्ज्याङ वरको धुली गाउँ पुग्दा बाटोका अस्थायी होटल सञ्चालकले वन्यजन्तु खुलेआम मारिरहेको देखिन्छ । वन्यजन्तुको मासु सुकुटी बनाउन घाममा छरपष्ट सुकाइएका हुन्छन् । केही वर्षयता यार्सा सङ्कलनमा भन्दा सुकुटी व्यापारमा आकर्षण बढेको काँडा–२ का एक होटल व्यवसायीको भनाइ छ । राइढुङ्गीदेखि काँडाको धुली पुग्न दुई दिन पैदल हिँड्नु पर्छ ।  यसैबीच माजा, बाँचौका, काँडा र धुली गाउँ छन् । यहाँका बासिन्दाको मुख्य व्यवसाय भेडापालन हो । विष खाएर र रोग लागेर बर्सेनि सयौँ भेडा मर्छन् । ती सबैको मासु सुकाएर सुकुटी बनाइन्छ र बिक्री गरिन्छ । भेडाबाख्राको सुकुटीसँगै अन्य वन्यजन्तुको सुकुटी पनि बिक्री हुने स्थानीय बताउँछन् । जिल्ला वन अधिकृत रमेशबहादुर चन्दले दुर्लभ वन्यजन्तुको सिकार नगर्न स्थानीय बासिन्दालाई आग्रह गरिने र सुधार नआएमा त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गरिने बताउनुभयो ।]]> 1360 0 0 0 रुपन्देहीमा गौशाला निर्माण http://localhost/ghum/%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b9%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a5%8c%e0%a4%b6%e0%a4%be%e0%a4%b2%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae/ Sat, 15 Aug 2015 06:26:44 +0000 http://www.ghumphir.com.np/?p=1363 1363 0 0 0 गुँला पर्व सुरु http://localhost/ghum/%e0%a4%97%e0%a5%81%e0%a4%81%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Sat, 15 Aug 2015 06:45:19 +0000 http://www.ghumphir.com.np/?p=1365 साँखु (काठमाडौँ), ३० साउन ।

आजदेखि यहाँ गुँला पर्व सुरु भएको छ । मुलुकभर नेवारले मनाउने यो पर्व काठमाडौँ उपत्यकामा विशेष रुपले मनाउने प्रचलन छ । यसै क्रममा साँखुमा भग्नावशेषका बीचसमेत मानन्धर समुदाय र वज्राचार्य समुदायले आआफ्नो बाजागाजा र पूजाआजासहित विशेष रुपले गुँला पर्व मनाउन सुरु गरेका छन् । सापारु पर्व भदौ महिनामै पञ्चदान चह्रे र गाईजात्रा (सापारु) समेत पर्छ । सापारु एक महिनासम्म चल्ने गर्छ । साँखुमा भने विशेष पूजाआजाको थालीसहित गुँलाबाजा बजाएर सापारु मान्ने प्रचलन छ । सो दिन क्वाँटी खाने गरिन्छ जसमा नौ किसिमका गेडागुडी हुनुपर्ने मान्यता छ । उक्त दिन नौ जोर नै लुगा फेर्नुपर्ने र पूर्वतिर फर्किएको नौ ढुङ्गेधारामा नुहाउने प्रचलनसमेत छ । यस दिन अपराह्न भने मृतक आफन्तको सम्झनामा गाईजात्रा निकालिने चलन छ । सो प्रयोजनका लागि साँखुका आठ वटै टोलबाट बाजागाजासहित गाईजात्राको झाँकी निकालिन्छ । गाईलाई सिँगारिने, ढाकाचा र ताहासा(अग्लो गाई अर्थात् गाईखट) पठाउने, देवीदेवताको मूर्ति बनाई मृतकको तस्बिर राखी जात्रा गरिने, बालबालिकालाई सिँगारेर पठाउनेलगायत झाँकी प्रस्तुत गरिन्छ ।

]]>
1365 0 0 0
भिषण वर्षापछि खसेको पहिरोका कारण सडक अवरुद्ध http://localhost/ghum/%e0%a4%ad%e0%a4%bf%e0%a4%b7%e0%a4%a3-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%96%e0%a4%b8%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0/ Sat, 15 Aug 2015 06:49:09 +0000 http://www.ghumphir.com.np/?p=1367 1367 0 0 0 विश्व बैंकको एकतीस अर्ब ऋण सहयोग http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%8f%e0%a4%95%e0%a4%a4%e0%a5%80%e0%a4%b8-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a4%8b/ Sat, 15 Aug 2015 08:11:51 +0000 http://www.ghumphir.com.np/?p=1369 1369 0 0 0 अभियानलाई अन्य नदीमा विकेन्द्रित गरिनुपर्ने (फाेटाे फिचर) http://localhost/ghum/%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%a8%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%95/ Sat, 15 Aug 2015 08:40:48 +0000 http://www.ghumphir.com.np/?p=1371 BBTG3492 - Copy पशुपतिमाथिको वाग्मती सोचेभन्दा सफा भएकाले काठमाडौँ उपत्यकाका २१ नदीबाट ल्याइएको जल मिसाइएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । जलयात्रा सम्पन्न भएपछि पशुपति राममन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा पूर्वमुख्यसचिव पौडेललाई पशुपति क्षेत्र विकास कोषलगायत सङ्घसंस्थाले सफाइमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा सम्मान गरेका थिए । कोषका सदस्य सचिव डा गोविन्द टण्डनले महाअभियानमा ९०० संस्थाको सक्रियता जुटेकामा खुसी व्यक्त गर्दै सहभागिता र जनचेतना बढाउँदै अभियानलाई उपत्यकाका अन्य नदी सफाइमा पनि विकेन्द्रित गरिनुपर्ने बताउनुभयो । पूर्व मुख्यसचिव पौडेलले उपत्यकामा बस्ने सबैलाई यो हाम्रो दायित्व हो भन्ने मानसिकताका साथ जुटाउन सके चोभारसम्मको वाग्मती सफाइ छिटो हुन्छ भन्नुभयो । महाअभियानमा चार लाखको सहभागिता जुटेको बताइएको छ । BBTG3482 BBTG3442 BBTG3492 - Copy BBTG3522 BBTG3391]]> 1371 0 0 0 दूतावासले एम्बुलेन्स हस्तान्तरण गर्याे http://localhost/ghum/%e0%a4%a6%e0%a5%82%e0%a4%a4%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%8f%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d/ Sat, 15 Aug 2015 08:44:28 +0000 http://www.ghumphir.com.np/?p=1379 1379 0 0 0 बागमतीमा र्‍याफ्टिङ http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a4%ae%e0%a4%a4%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%8d%e2%80%8d%e0%a4%af%e0%a4%be%e0%a4%ab%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%99/ Sat, 15 Aug 2015 08:49:59 +0000 http://www.ghumphir.com.np/?p=1381 1381 0 0 0 प्राकृतिक पूजा http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a5%82%e0%a4%9c%e0%a4%be/ Sat, 15 Aug 2015 08:54:04 +0000 http://www.ghumphir.com.np/?p=1383 1383 0 0 0 होटलहरु बढ्नुको सट्टा घटे http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%a8%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a4%be-%e0%a4%98%e0%a4%9f/ Sat, 15 Aug 2015 09:18:34 +0000 http://www.ghumphir.com.np/?p=1386 होटल संख्या
होटल २०१० २०११ २०१२ २०१३ २०१४
पाँचतारे
चारतारे
तीनतारे १३ १५ १५ १५ १५
दुईतारे २८ २९ २९ २६ २६
एकतारे २६ २६ २६ २४ २४
पर्यटकस्तरीय ३८७ ४२३ ४४२ ४८२ ४२४
जम्मा ४६४ ५०३ ५२२ ५५७ ४९९
राजधानीमा रहेका पाँचतारे होटलमा सोल्टी क्राउन प्लाजा, याक एण्ड यति, मल्ल होटल, एभरेष्ट होटल, हायत होटल, अन्नपूर्ण होटल, सांग्रिला होटल, र्‍याडिसन होटल हुन् । यसैगरी चारतारे होटल पनि २०१० मा २ वटा रहेकोमा २०१४ मा आइपुग्दा पनि २ वटामै सिमित रहेका छन् । होटल शंकर र होटल हिमालय चारतारे होटल हुन् । चारतारेमा१९० वटा रुमहरु रहेका छन्, जहाँ ३६२ जना पर्यटकले एकैदिन रात विताउन सक्छन् । तीनतारे होटल पनि बढ्न सकेका छैनन । २०११ मा दुईवटा तीनतारे होटल बढेपनि त्यसपछि एउटा पनि थपिएको छैन् । अहिले १५ वटा तीन तारे होटल राजधानीमा सञ्चालनमा रहेका छन् । जहाँ ११ सय ७ जनाले सेवा पाउन सक्छन् । दुई, एक र पर्यटकस्तरीय होटलको संख्या भने हृवात्तै घटेको छ । दुईतारे र एकतारे होटल २/२ वट घटेका छन भने पर्यटकस्तरीय होटल ५८ वटा घटेका छन् । अघिल्लो वर्षको तुलनामा २०१४ मा तारे होटल नघटेपनि २०११ को तुलनामा घटेका छन् । २०१४ को तथ्यांक हेर्दा तीन तारे होटलमा २ हजार २१७ जनाले एकैपटकमा सुविधा पाउँछन् । जहाँ ११ सय ३७ वटा रुम रहेका छन् । एकतारे होटलमा ७ सय ३ वटा रुम छन्, जहाँ १२ सय ५२ वटा बेड छन् । पर्यटकस्तरीय होटलमा ७ हजार ३ सय ५४ बेड र ११ हजार ७ सय ५४ बेड रहेका छन् । २०१० मा राजधानीमा ४ सय ६४ पर्यटकस्तरीय होटल थिए, २०११ म्ा बढेर ५ सय ३ पुगे । २०१२ मा त्यो संख्या बढेर ५ सय २२ पुग्यो, २०१३ मा ५ सय ५७ पुगेका पर्यटकस्तरीय होटल २०१४ मा आइपुग्दा घटेर ४ सय ९९ सयमा सिमित हुन पगे । बेड संख्या हेर्दा २०१० देखि २०१४ सम्म क्रमशः १९ हजार ४६३, २० हजार ९४१, २१ हृजार ४९८, २२ हजार ८ सय ७१ र १९ हजार ५८९ रहेका छन् । २०१३ देखि २०१४ को बीचमा ठूलो संख्यामा होटलहरु बन्द भएको तथ्यांकले देखाउँछ ।]]>
1386 0 0 0
गौतम जन्मस्थलमा विशेष सुरक्षा http://localhost/ghum/%e0%a4%97%e0%a5%8c%e0%a4%a4%e0%a4%ae-%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%87%e0%a4%b7-%e0%a4%b8%e0%a5%81/ Sun, 16 Aug 2015 14:54:29 +0000 http://www.ghumphir.com.np/?p=1394 Lumbini-FInal लुम्बिनीमा जापानबाट शान्ति स्तुप बनाउन आएका जापानी भिक्षु नावातामेको सन् १९९७ मा लुम्बिनीभित्रै हत्या गरियो । त्यसैगरी दुई वर्षअघि सन् २०१३ मा भारतको बोधगयामा आतङ्ककारी हमला भएपछि बुद्धजन्मस्थल लुम्बिनीसहित नेपाल-भारतका बुद्धसँग सम्बन्धित क्षेत्रमा प्रशासनले सुरक्षा सतर्कता बढाएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, दङ्गा नियन्त्रण प्रहरी गण, लुम्बिनी विकास कोषकै चौकीदार, ग्रुपफोर सेक्युरिटी कम्पनीसमेत गरी अहिले सयौँ सुरक्षाकर्मी लुम्बिनीको सुरक्षामा परिचालित छन् । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले केही दिनअघि लुम्बिनीको भ्रमण गरी मायादेवी मन्दिरको सुरक्षाका लागि नयाँ सुरक्षा योजना लागू गरिएको बताए । विश्वसम्पदा सूचीमा रहेको र विश्वकै आस्थाको केन्द्रका रुपमा विकास भएको शाक्यमुनि गौतम बुद्ध जन्मस्थल लुम्बिनी र त्यसमा पनि मुख्य केन्द्र मायादेवी मन्दिरको सबै खाले सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा पनि मन्त्री शेर्पाले जोड दिएका थिए । मायादेवी मन्दिरभित्र रहेको जन्मस्मारक शिला, अशोक स्तम्भ नजिक राखिएका दानबाकसमा सङ्कलित दान रकम र पुरातात्विक वस्तुको सुरक्षामा विशेष व्यवस्था मिलाइएको उहाँको भनाइ थियो । त्यस्तै मन्दिरभित्र प्रवेश गर्नेलाई सिसी क्यामराको निगरानीमा पनि राखिएको छ । लुम्बिनीको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सबै निकायसँग आवश्यक समन्वय गरिएको कोषको कार्यवाहक उपाध्यक्षको समेत जिम्मेवारी सम्हाल्दै आएका कोषाध्यक्ष ओमप्रसाद अर्यालले बताए । लुम्बिनीमा विशेषगरी मायादेवी मन्दिर क्षेत्र पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ । मायादेवी मन्दिरको सुरक्षार्थ २४ सै घन्टा सशस्त्र प्रहरीलाई खटाइएको छ । सशस्त्र प्रहरीले मन्दिरभित्र रहेका पुरातात्विक महत्वका वस्तुका साथै मन्दिरमा चढाइएका भेटीको समेत सुरक्षा गर्नेछ । मन्दिरको चारैतिर विशेष कमान्ड पोस्ट निर्माण गरी सुरक्षा व्यवस्था अझ व्यवस्थित योजनाका साथ अगाडि बढाउन लागिएको सशस्त्र प्रहरी बल लुम्बिनीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत कोइराला बताउँछन् । मन्दिरमा चढाइएका भेटी र पुरातात्विक महत्वका वस्तु हराएको गुनासा बढेपछि निगरानीसहित सुरक्षामा थप कडाइ गरिएको उनको भनाइ छ । भेटीको दुरुपयोग भएको र त्यसमा कोषभित्रैका केही पदाधिकारीदेखि कर्मचारीसम्मका मिलेमतो हुने गरेको गुनासो आएपछि केही समयअघि बसेको कोषको बैठकले मन्दिरभित्रको विशेष सुरक्षामा सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको थियो । सोही आधारमा सशस्त्र, नेपाल प्रहरी र कोष मातहतका चौकीदारलाई बाहिरी घेरा हुँदै विभिन्न द्वार र पवित्र उद्यानभित्र खटाइएको हो । कोषका उपाध्यक्ष सिद्धार्थ महर्जन भिक्षु निग्रोधको अध्यक्षतामा बसेको बैठकले मन्दिरको भित्री भागमा सुरक्षा व्यवस्थापन गर्ने निर्णय गरेपछि सशस्त्र प्रहरीको विशेष टोलीले भेटीसहित अन्य दानका सामग्रीमा विशेष निगरानी सुरु गरेको छ । पुरातात्विक महत्वका वस्तु रहेको स्थानमा प्रवेश गर्नेलाई जाँच गरेर मात्र आउजाउको व्यवस्था मिलाइएको छ । मन्दिरका दुई प्रवेशद्वारमा महिला र पुरुष सुरक्षाकर्मी खटाइएको छ । उनीहरु बिहान मन्दिर खुलेदेखि बन्द नहुँदासम्म खटिएका हुन्छन् भने मन्दिर बन्द भएपछि पनि उनीहरुको निगरानी कायमै हुन्छ । पवित्र उद्यानको विशेष सुरक्षामा सशस्त्र प्रहरीका १५ जना तैनाथ छन् । लुम्बिनीको सुरक्षामा सशस्त्र प्रहरीका १००, नेपाल प्रहरीका ८०, दङ्गा नियन्त्रण गणका ६० जना सहित आन्तरिक चौकीदार करिब ६० जना परिचालित छन् । यस्तै पाँच पर्यटक प्रहरी पनि त्यहाँँ खटिएका छन् ।]]> 1394 0 0 0 यात्रुसहित इन्डोनेसियन विमान बेपत्ता http://localhost/ghum/%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%81%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a5%8b%e0%a4%a8%e0%a5%87%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%a8-%e0%a4%b5/ Sun, 16 Aug 2015 14:58:22 +0000 http://www.ghumphir.com.np/?p=1397 1397 0 0 0 बन्दको पर्यटन व्यवसायीद्वारा भत्र्सना http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%a6%e0%a5%8d/ Sun, 16 Aug 2015 15:04:24 +0000 http://www.ghumphir.com.np/?p=1400

काठमाडौँ, ३१ साउन ।

संविधान निर्माणको पूर्वसन्ध्यामा नेकपा–माओवादीलगायत दलले आज गरेको बन्दको पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले भत्र्सना गरेका छन् । राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी मञ्चलगायतका सङ्घसंस्थाले आज एक विज्ञप्ति जारी गर्दै बन्दको भत्र्सना गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, “वर्षौंकोे राजनीतिक र संवैधानिक अन्योललाई चिरेर संविधानसभा गणतान्त्रिक संविधान निर्माणको अन्तिम चरणमा आइपुग्दै गर्दा विभिन्न माग राख्दै बन्द गर्नु राम्रो कार्य होइन ।” भूकम्पछि फेरि जुर्मराउन थालेको नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको पर्यटन क्षेत्र विरोधको यो बन्द शैलीबाट तत्काल मात्र होइन, दीर्घकालीन रुपमा समेत घाइते भइरहेको विज्ञप्तिमा भनिएको छ । यसैबीच असहमति, दबाब वा विरोधको शैली बदल्न पर्यटन क्षेत्रका सङ्घसंस्थाले बन्दकर्तालाई अपिलसमेत गरेका छन् ।

]]>
1400 0 0 0
भवन निर्माणसम्बन्धी मापदण्डको आधारभूत मार्गदर्शन जारी http://localhost/ghum/%e0%a4%ad%e0%a4%b5%e0%a4%a8-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%80-%e0%a4%ae%e0%a4%be%e0%a4%aa%e0%a4%a6/ Sun, 16 Aug 2015 15:06:27 +0000 http://www.ghumphir.com.np/?p=1402

काठमाडौँ, ३१ साउन ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन, २०७२ जारी गरेको छ । उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी सो मार्गदर्शन सार्वजनिक गर्नुभएको हो । मार्गदर्शनमा सडकको चौडाइ, खाली राख्नुपर्ने जमिन र खुला क्षेत्रलगायत ५५ वटा मापदण्ड जारी गरिएको मन्त्रालयका सहसचिव गोपी खनालले जानकारी दिनुभयो । “मापदण्डमा सडकको न्यूनतम चौडाइ छ मिटर हुनुपर्ने, सडकको न्यूनतम सेडव्याक सडक किनाराबाट १.५ मिटर छोड्नुपर्ने र सडकको न्यूनतम क्षेत्राधिकार छ मिटर कायम हुनुपर्नेलगायत मापदण्ड रहेको छ”– उहाँले भन्नुभयो । उपत्यका र समथर भूभागबाहेकका हिमाली तथा पहाडी क्षेत्रका भिरालो जमिनको हकमा न्यूनतम क्षेत्राधिकार चार मिटर कायम गर्न सकिने पनि मापदण्डमा उल्लेख गरिएको छ । घुम्ती वा मोडको न्यूनतम अर्धव्यास बाटोको चौडाइभन्दा कम्तीमा २० प्रतिशतले बढी हुनुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक जग्गालाई बाटो देखाइ नक्सापास गर्न नपाइने व्यवस्था गरिएको पनि सहसचिव खनालले जानकारी दिनुभयो । आवासीय भवनमा २५० वर्गमिटरसम्मको क्षेत्रमा ३० प्रतिशत र सोभन्दा बढीको क्षेत्रफलमा ४० प्रतिशत जमिन खाली राखी भवन निर्माण गरिनुपर्ने व्यवस्था भएको छ । सरकारी, अर्धसरकारी र सार्वजनिक भवनमा ५० प्रतिशत जमिन खाली राखी भवन निर्माण गरिनुपर्ने भएको छ । सार्वजनिक, पर्ति, ऐलानी जग्गालाई खुलाक्षेत्र घोषणा गरी हरियाली पार्कका रुपमा रुपान्तरण गरिनुपर्ने र मन्त्रिपरिषद्को स्वीकृतिबिना सार्वजनिक जग्गा कोही कसैलाई हकभोग र उपयोगका लागि उपलब्ध गराउन नपाइने भएको छ । यो व्यवस्था साउन २९ गते सोमबारदेखि लागू गरिएको मन्त्रालयले जनाएको छ ।

]]>
1402 0 0 0
उद्योग मन्त्री महेश बस्नेतको ‘एपेन्डिक्स’को शल्यक्रिया http://localhost/ghum/%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a5%87%e0%a4%b6-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a8/ Sun, 16 Aug 2015 15:08:36 +0000 http://www.ghumphir.com.np/?p=1404 भक्तपुर, ३१ साउन ।

बिरामी भएर आज बिहान ३ बजे अस्पताल भर्ना हुनुभएका उद्योग मन्त्री महेश बस्नेतको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ ।भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा उहाँको अस्पतालका प्रोफेसर डाक्टर राकेश बर्मा, डा रामभक्त कोजुलगायतका चिकित्सकको टोलीले शल्यक्रिया गरेको हो ।

mahesh-basnet1_1 क्रोनिक एपेन्डिसाइड भएका कारण इन्फेक्सन हुने भन्दै आज साँझसम्म कसैलाई भेट्न नदिएको अस्पतालका निर्देशक गोपी न्यौपानेले जानकारी दिनुभयो । पोस्ट अपरेटिभ वार्डमा राखिएका मन्त्री बस्नेतलाई पूर्णरुपमा निको हुन कम्तीमा चार दिन लाग्ने उहाँले बताउनुभयो । शनिबार रातिदेखि पेट दुख्न थालेपछि बस्नेतलाई आज बिहान ३ बजे अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । अस्पतालका निर्देशक नवीनचन्द्र श्रेष्ठका अनुसार, चिकित्सकले मन्त्री बस्नेतलाई क्रोनिक एपेन्डिसाइड भएको प्रारम्भिक स्वास्थ्य परीक्षणमा पत्ता लगाएपछि बिहान १० बजेदेखि एक घन्टा लगाएर शल्यक्रिया गरिएको हो । मन्त्री बस्नेतले शुक्रबार साँझदेखि पेट दुख्न सुरु भएको र शनिबार बेलुकीदेखि पेट दुख्ने तथा बान्ता भएको बताउनुभयो । शल्यक्रियामा संलग्न डा वर्माले अस्पताल ल्याउन ढिला हुँदा एपेन्डिसाइड बिग्रिसकेकाले केही सचेत हुनुपर्ने बताउँदै शल्यक्रियापछि मन्त्री बस्नेतको अवस्था भने सामान्य रहेको बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्री खगराज अधिकारी, युवा सङ्घका अध्यक्ष निरु पाल लगायतले अस्पतालमा पुगेर मन्त्री बस्नेतलाई भेटगरी उहाँको अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

]]>
1404 0 0 0
रु डेढ अर्ब बराबरको अलैँची निर्यात http://localhost/ghum/%e0%a4%b0%e0%a5%81-%e0%a4%a1%e0%a5%87%e0%a4%a2-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a4%ac%e0%a4%b0%e0%a4%be%e0%a4%ac%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b2%e0%a5%88%e0%a4%81%e0%a4%9a/ Sun, 16 Aug 2015 15:12:41 +0000 http://www.ghumphir.com.np/?p=1406

पाँचथर, ३१ साउन । आव २०७१÷०७२ मा यहाँबाट करिब रु एक अर्ब ४१ करोड बराबरको अलैँची निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय पाँचथरको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको ६२७ मेटन अलैँची प्रतिटन रु २५ लाखमा बिक्री हुँदा रु एक अर्ब ४१ करोड ७ लाख ५० हजारको निर्यात भएको छ । कार्यालयका प्राविधिक डिल्ली पौड्यालले भन्नुभयो, “गत वर्षभन्दा उत्पादन घटेको देखिन्छ भने मूल्य बढेको छ, अहिले ६२७ मेटन अलैँची उत्पादन भएको थियो, सोमध्ये ५६४ टन अलैँची जिल्ला बाहिर गएको छ ।”

alaichiउत्पादित अलैँची प्रायः झापाको बिर्तामोडतिर निकासी भएको देखिन्छ । पछिल्लो समय छिर्के फुर्के र गानो कुहिना, डढुवाका प्रकोपका कारण अलैँची मासिन थालेपछि कृषि विकास कार्यालयले समेत ती क्षेत्रमा प्रत्येक वर्ष विरुवा वितरण गर्दैै आएको छ । जिल्लाका रानीटार, लुङ्रुपा, सिदिन, मेमेङ, प्राङबुङ, एकतीन, रवि, सराङ्डाँडा, आङ्सराङ, कुरुम्बा, फाक्तेप, चिलिङ्देन, नाँगीलगायत गाविसलाई अलैँचीको मुख्य क्षेत्रका रुपमा लिइन्छ ।

]]>
1406 0 0 0
लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलनमा http://localhost/ghum/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a5%8d/ Sun, 16 Aug 2015 15:16:17 +0000 http://www.ghumphir.com.np/?p=1410 लुम्बिनी (रुपन्देही), ३१ साउन ।

लुम्बिनी विकास कोषमा कार्यरत पुराना कर्मचारीहरुलाई बेवास्ता गरी नयाँ कर्मचारी भर्ना गरिएको विरोधमा त्यहाँको कर्मचारी युनियनले आन्दोलन सुरु गरेको छ । आन्दोलनका कारण कोषको प्रशासनिक काम पूर्णरुपमा ठप्प भएको छ । सङ्ग्रहालय, सूचना तथा पदाधिकारी कार्यालयमा ताला लगाइएको छ । कोषमा आबद्ध झन्डै २०० कर्मचारी कोषको प्रधान कार्यालय अगाडि पाल टाँगेर बसेका छन् । कर्मचारीहरुले पदाधिकारीलाई कार्यालय प्रवेशमा समेत रोक लगाएका छन् । विगत लामो समयदेखि पटक पटक व्यवस्थापन पक्षसँग कोषमा कार्यरत कर्मचारीहरुको हक, हित र सुविधासम्बन्धी विभिन्न माग राख्दासमेत व्यवस्थापन पक्षले कुनै चासो नदेखाएको युनियनको भनाइ छ ।

Lumbini-FInal व्यवस्थापन पक्षले कर्मचारी भर्नाका लागि लिएको विज्ञापनअनुसार कर्मचारी पदपूर्ति नगरी आफू अनुकूल नयाँ कर्मचारीहरु नियुक्त गरिरहेको विरोधमा आन्दोलन सुरु गरिएको युनियनका अध्यक्ष धु्रवनारायण पाण्डेले जानकारी दिनुभयो । युनियनले नियम विपरीत नियुक्त गरिएका सम्पूर्ण नयाँ कर्मचारीको नियुक्ति बदर गर्नुपर्ने, स्थायी कर्मचारीको बढुवा, खुल्ला एवम् सीमित प्रतियोगितात्मक परीक्षाको प्रक्रिया अविलम्ब प्रारम्भ गर्नुपर्ने, कार्यरत कर्मचारीहरुलाई अविलम्ब करारमा राख्नुपर्ने लगायतका माग अघि सारेको छ । साथै कर्मचारीहरुले कोषमा स्थायी सेवामा २०३९, २०४२ र २०६० सालमा नियुक्ति पाएका कर्मचारीको विनियमावलीमा संशोधन गरी बढुवा प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्ने, कर्मचारीहरुको ५० प्रतिशत कोष भत्ता अविलम्ब वृद्धि गरिनुपर्ने, युनियन अध्यक्षलाई कोषको कार्यकारिणी समितिको पदेन सदस्य बनाइनुपर्नेलगायतका आठ बुँदे माग पनि प्रस्तुत गरेका छन् । व्यवस्थापन पक्षले आफूहरुको मागको सुनुवाइ नगरी एकतर्फी रुपमा अगाडि बढे अनिश्चितकालीन हडताल र तालाबन्दी जारी राख्ने अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

]]>
1410 0 0 0
बोल बमले गौशाला–सुन्दरीजल सडकमा व्यापार वृद्धि http://localhost/ghum/%e0%a4%ac%e0%a5%8b%e0%a4%b2-%e0%a4%ac%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a5%8c%e0%a4%b6%e0%a4%be%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%80%e0%a4%9c/ Sun, 16 Aug 2015 15:23:31 +0000 http://www.ghumphir.com.np/?p=1413 काठमाडौँ, ३१ साउन ।

साउनमा लाग्ने बोल बम मेलाका कारण गौशाला–सुन्दरीजलसम्मको क्षेत्रमा व्यापार वृद्धि भएको छ । मेलाका समयमा पाँच गुणासम्म व्यापारमा वृद्धि भएको व्यापारीले बताएका छन् । २० वर्षदेखि सुन्दरीजलमा कपडा पसल चलाउँदै आउनुभएका राजेन्द्र श्रेष्ठ साउनमा पाँच गुणासम्म व्यापार वृद्धि भएको बताउनुहुन्छ । “अरू महिनामा सामान्य व्यापार हुन्छ, साउनमा श्रावणी अर्थात् बोल बम मेला लाग्ने भएकाले यससँग सम्बन्धित कपडा एवम् अन्य सामग्रीको व्यापारबाट साउनमा मात्र रु दुई लाखसम्मको व्यापार हुन्छ, यो अन्य महिनाको तुलनामा पाँच गुणासम्म बढी हो”–उहाँले भन्नुभयो । बोल बम मेलाले गौशालादेखि सुन्दरीजलसम्मको सडकका पसल पहेँलाम्ये बनेको छ । कपडा पसलमा भक्तजनले सुन्दरीजलको बाग्मती नदीबाट शुद्ध जल ल्याउन प्रयोग गर्ने पहेँलो कपडाका सामग्री र जल उठाउने बट्टा एवम् काँवरलगायत सामग्री राख्ने गरेका छन् । बीस वर्षअघि बोल बम मेलाले झर्को लाग्ने सुन्दरीजल बसपार्कका वीरेन्द्र श्रेष्ठलाई अहिले व्यापार बढेकामा खुसी लागेको छ । “साउनको शुक्रबार, शनिबार, आइतबार र सोमबार बढी व्यापार हुन्छ, पहिले बोल बम मेलाको हल्लाले पसल बन्द गरेर सुत्न जान्थेँ, अहिले पसलमा व्यापार बढेकामा आनन्द आउँछ”, उहाँले भन्नुभयो ।

KANWAD-YATRA---1-645(1)यी पसलमा बोल बममा प्रयोग हुने पहेँलो रङ्गको टिसर्ट, कट्टु, जल उठाएर ल्याउने बट्टा, काँवर र टर्च लाइटसमेत बेच्न राखिएको छ । साउनको आइतबार राति गोकर्णमाथिका मूल सडकका दायाँबायाँ र बाटोमा पर्ने घरमा बोल बम यात्रीको भीडले बस्न र आवतजावतमा समस्या पर्ने गरेको स्थानीयवासीको गुनासो छ । यो वर्ष साउन १८ गते सोमबार बोल बम काँवरिया सङ्घ र साउन २५ गते सोमबार भोलेनाथ काँवरिया सङ्घले लाखौँ भक्तजनको उपस्थितिमा यात्रा गरिसकेका छन् । चावहिलमा बोल बम सामग्रीको पसल चलाइरहनुभएका रामआशीष सहनी गौशालादेखि सुन्दरीजलसम्मको क्षेत्रलाई बोल बम यात्रा स्थलका रुपमा घोषणा गरी सुन्दरीजलमा धाम निर्माण गरेमा भारतबाट समेत साउनमा धार्मिक पर्यटक भित्र्याई व्यापार वृद्धि हुने बताउनुहुन्छ । साउनको अन्तिम हप्तासम्म रु पाँच लाखको व्यापार बोल बम सामग्रीबाटै गरिसकेको उहाँले सुनाउनुभयो । “भारतीयले पशुपतिनाथलाई भारतमा रहेका द्वादश ज्योतिर्लिङ्गको शिरो भागका रुपमा लिने भएकाले यहाँ आई शुद्ध जल चढाउन चाहन्छन्, नेपालमा भौतिक संरचनाको अभाव भएकाले एकपटक आएका बोल बमका धार्मिक पर्यटक फेरि आउने अवस्था छैन, धाम निर्माण गरी प्रचार प्रसार गर्न सके लाखौँ पर्यटक साउनमा बोल बम गर्नकै लागि नेपालमा आउनेछन्”–उहाँले भन्नुभयो । गौशालामा २५ वर्षदेखि व्यापार गर्दै आउनुभएका श्यामसुन्दर चित्रकार व्यापार वृद्धि भए पनि हुनुपर्ने जति अझै नभएको बताउनुहुन्छ । “नेपाल बाहिरबाट आएका यात्रीले बढी किनमेलमा खर्च गर्छन्, तर यहाँको अवस्था देखेर दुई हप्ता नेपाल बस्ने कार्यक्रम बनाई आएका धार्मिक पर्यटक पशुपतिनाथ वरपरको अवस्था देखेर दिक्क बनी फर्कने गरेका छन्, धार्मिक पर्यटन प्रवद्र्धन गर्ने हो भने भौतिक संरचना सुधारमा ध्यान दिइनु जरुरी छ”–उहाँले भन्नुभयो ।

]]>
1413 0 0 0
विद्युत् चोर्नेलाई बीस लाख जरिवाना http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ac%e0%a5%80%e0%a4%b8-%e0%a4%b2/ Sun, 16 Aug 2015 15:27:20 +0000 http://www.ghumphir.com.np/?p=1417

सुरुङ्गा (झापा), ३१ साउन ।

नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले आर्थिक वर्ष २०७१÷७२ मा विद्युत् चोरीमा संलग्न १०१ जनालाई कारबाही गरेको छ । विद्युत् लाइनमा अङ्कुश हाल्ने र जडान गरिएको मिटरको लाइन काटेर विद्युत् चोरी गर्नेलाई कारवाही गरिएको हो । कारबाहीबाट रु २० लाख एक हजार १२९ राजस्व सङ्कलन भएको प्राधिकरणका सूचना अधिकारी अधिकारीले प्राधिकरणका सूचना अधिकारी अनिल अधिकारीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७०÷७१ मा विद्युत् चुहावट २३ प्रतिशत रहेकाले त्यसलाई घटाउन विद्युत् प्राधिकरणले अनुगमनलाई तीव्र पारेको छ । शिक्षित तथा प्रतिष्ठित व्यक्तिले नै विद्युत् चोरी गरेको पाइएकाले उनीहरुलाई कारबाही गरिएसँगै चुहावट दरसमेत घटेको अधिकारीले बताउनुभयो । प्राधिकरणले विद्युत् चुहावटलाई नियन्त्रण गर्न अनुगमनलाई तीव्र पारेसँगै चुहावट दर १९.४८ प्रतिशतमा झरेको बताइएको छ । यस्तै, विद्युत् लाइन जडान गरेका तर नियमित महसुल नबुझाउने ४८५ जना ग्राहकबाट रु ४० लाख १७ हजार ३०७ असुल गरिएको कार्यालयले जनाएको छ ।

]]>
1417 0 0 0
अभिनेता सुनील थापालाई अन्तर्राष्ट्रिय चलचित्र अवार्ड http://localhost/ghum/%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%80%e0%a4%b2-%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%85%e0%a4%a8/ Sun, 16 Aug 2015 15:55:03 +0000 http://www.ghumphir.com.np/?p=1422

काठमाडौँ, ३१ साउन ।

नेपाली चलचित्रमा ‘राते काइँला’ उपनामले चर्चित अभिनेता सुनील थापाले अन्तर्राष्ट्रिय मञ्चमा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गर्नुभएको छ । कलिउड (नेपाली चलचित्र उद्योग)मा मात्र नभएर भारतीय सिनेमा (बलिउड)मा समेत आफ्नो अभिनय क्षमतालाई देखाइसकेका अभिनेता थापालाई उहाँको चलचित्र क्षेत्रप्रतिको योगदानलाई कदर गर्दै आज अमेरिकामा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानिSunil-Thapa1त गरिएको हो । उक्त ‘अवार्ड’ अमेरिकास्थित नेपालीहरुले विगत दुई दशकदेखि आयोजना गर्ने गरेको ‘फेस्टिबल अफ ग्लोब’ महोत्सवमा प्रदान गरिँदै आएबमोजिम यसपटक थापालाई प्रदान गरिएको हो । अभिनेता थापासँगै हलिउड कलाकार ज्याकी च्यान र मार्टिन सिन, बलिउड सङ्गीतकार तथा गायक बप्पी लहरी, भियतनामी नायिका किउ चिनलाई पनि सोही ‘अवार्ड’बाट सम्मानित गरिएको छ ।

महोत्सवमा पहिलो पटक नेपाली चलचित्र तथा कलाकारले सहभागिता जनाएका थिए । यो ‘अवार्ड’ अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कलाकारले पाएको ठूलो सम्मान भएको नेपाली चलचित्रकर्मीले बताएका छन् ।

]]>
1422 0 0 0
अँध्यारो गोदाममा निसास्सिएर बसेका बेला http://localhost/ghum/%e0%a4%85%e0%a4%81%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8b-%e0%a4%97%e0%a5%8b%e0%a4%a6%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%b8/ Sun, 16 Aug 2015 17:39:46 +0000 http://www.ghumphir.com.np/?p=1428 जिल्ला सदरमुकाम गोरखाको एउटा अँध्यारो गोदाममा निसास्सिएर बसेका बेला घर्याभक्क गर्दै ढोका खुल्यो। अन्धकारलाई चिर्दै सुनौलो प्रकाश मलाई छुँदै कोठाभरि फिँजियो। हल्का महसुसमात्रै गर्दै थिएँ, युनिसेफका कर्मचारी र केही मानिस आएर मलाई लछारपछार गर्दै ट्र्याक्टरमा कोच्न थाले।
ट्र्याक्टरको यात्रा सम्झँदै आङ सिरिङ््ग भएर आयो। तर के गर्ने आफूले भनेको सुन्ने र मेरो पीडा सम्झने कोही थिएनन्, त्यहाँ। आफ्नो नियति यस्तै हो भन्दै ट्र्याक्टरमा कोचिनुको विकल्प थिएन। मसँगै अर्का एक साथीलाई पनि ल्याएको देख्दा अलि ढुक्क भएँ। तर, त्यो खुसी एक छिन पनि टिकेन। उसलाई त ममाथि नै पो थोपरिदिए। कुनै सेलिब्रिटीजस्तो गरेर फोटो र भिडियोग्राफरहरूले यताउता कुद्दै, डिलमाथि र तल गर्दै हाम्रो फोटो र भिडियो खिच्न थालिहाले। यो देख्दा निकै रमाइलो लागेर आयो र एक छिनका लागि ट्र्याक्टरको असजिलो पनि बिर्सिइयो। CSK  01 अब मेरो यात्रा सिमजुङतिर अनि साथीको ताकुमाझतिर मोडियो। केही किलोमिटरको पिच बाटो कटाउन त त्यस्तो गाह्रो भएन तर जब कच्ची बाटो सुरु भयो, आफ्नो जन्मप्रति पछुतो लाग्न थाल्यो। जेट प्लेन चढेर आएको मलाई ट्र्याक्टरमा कोचेर त्यसमाथि अर्को साथीलाई थिच्न लगाएर खाल्डैखाल्डा भएको बाटोमा यात्रा गराउनेसँग कम्ता रिस उठेन! हाम्रो फोटो र भिडियो खिच्नेहरूलाई चाहिँ राम्रै मोटरको व्यवस्था गरिदिएको देख्दा डाहा नलागेको पनि होइन। तर आफ्नो कर्मै खोटो भनेर चित्त बुझाएँ। चनौटेमा सिमजुङ र ताकुमाझ जाने बाटो छुट्टिने रहेछ। हल्लिँदै र थिचिँदै चनौटे पुगेपछि मेरो र साथीको यात्रा छुट्टियो र आ–आफ्नै बाटो लागियो। आफूमाथि बसेको साथी झर्ने भएपछि छुट्टिने दुःखभन्दा पनि हल्का हुने खुसीले रमाएँ। चनौटेपछि आएको एउटा खोलामा मोरो ट्र्याक्टर ड्राइभरले यस्तरी हुइँक्यायो कि खोलाको पानीले निथ्रुक्कै पार्योच। ढोडेनी भन्ने ठाउँबाट बारपाक र सिमजुङ जाने बाटो छुट्टिने रहेछ। ढोडेनीबाट सिमजुङका लागि उकालो लाग्दा साँझको छ बज्न लागेको थियो। कालो बादलबाट पानी झर्न हतारिँदै थियो। मभन्दा अगाडि फोटो र भिडियोग्राफर चढेका दुई मोटर थिए। ढोडेनीबाट अलि माथि जानेबित्तिकै अप्ठ्यारो बाटो फेला परिहाल्यो। एउटा मोटर त दुःखले कट्यो भने अर्कोको केही सिप लागेन। म चढेको ट्र्याक्टरले तान्ने कोसिस गर्दागर्दै पानी दर्किहाल्यो। त्यसपछि म र एउटा मोटर चढेकाहरू फर्केर ढोडेनी बस्नुपर्ने अवस्था आइलाग्यो। CSK  02 अर्को मोटर रातो माटोमा फिलिली चिप्लिएपछि त्यसमा चढेकाहरू गाउँतिर बास मागेर रात कटाएको भोलिपल्ट भेट भएपछि थाहा भयो। सानो मोटर सिमजुङ जान नसक्ने भएपछि त्यसमा चढेका सबै हिँडेर अनि मलाई चाहिँ ट्र्याक्टर जाने ठाउँसम्म त्यसैमा पठाउने भए। ट्र्याक्टर जान नसक्ने ठाउँका लागि मलाई बोक्न १० जनाजति भरिया पनि खोजिहाले। हिजोसम्म राम्रो मोटर चढेकाहरू आज उकालोमा पसिना काढ्दै झोला बोकेर हिँडेको देख्दा मलाई कम्ता आनन्द लागेन। त्यो आनन्द पनि धेरै बेर टिक्न दिएनन्, एक घन्टा नहिँड्दै सबै आएर मैमाथि बसिहाले। के गर्ने पुर्पुरा नै खोटो भएपछि कसको के लाग्छ! उकालोको यात्रा पनि कम डरलाग्दो थिएन। रातो माटोमा पानी परेर चिप्लो भएको बाटोमा ट्रयाक्टरको ठूलो चक्का फिनिनी घुमेर पछाडि सर्दा त सात्तै उडेको थियो। ट्र्याक्टरले तान्न नसकेको ठाउँमा सबै मिलेर ठेलेको देख्दा यिनीहरूले मलाई जसरी भए पनि पुर्या उँछन् भन्नेमा ढुक्क थिएँ। वर्षायामको कच्ची बाटोले गर्दा बिचरा ट्र्याक्टर ड्राइभरले धेरै दुःख पायो। जेहोस्, दुःख–सुःख झेल्दै झन्डै तीन घन्टाको यात्रापछि ससाना दुई–तीन पसल भएको ठाउँमा ट्र्याक्टर रोकिनासाथ गाउँलेहरूको तालीले स्वागत गरेको देख्दा यात्रा सकियो भनेर ढुक्क भएँ। त्यो ढुक्क पनि धेरै बेर टिकेन। एकै छिनमा मैमाथि चढेर आएका भरियाहरूले नाम्लो लगाउँदै, झल्ट्याङझुल्टुङ पार्दै बोकेर फेरि उकालो लागे। भर्खरैसम्म ममाथि चढेकाहरू माथि आफैं चढ्न पाउँदा अलिकति भए पनि बदला लिएजस्तो लाग्यो आफूलाई। झन्डै आधा घन्टाजति तिनीहरूको बुई चढेर गएपछि भूकम्पले चर्काएको एउटा घर नजिक लगेर मलाई पछारे। अबचाहिँ निश्चिन्त भएँ, मेरो ठाउँ यही हो भनेर। एक छिनको सुस्ताइपछि मेरो जन्मकुन्डली हेर्दै मेरो छताछुल्ल भएको रूपलाई खुसी हुँदै आकार दिन थाले स्थानीय र स्वास्थ्य चौकीका कर्मचारीहरूले। एक घन्टाजतिमा म पूर्ण रूपले तयार हुँदानहुँदै पानी दर्किन थालिहाल्यो। सबैले मलाई सहारा ठानेर मभित्र शरण लिए। मचाहिँ बर्सातको आनन्द लिँदै लागेको हिलो–मैलोहरू पखाल्न लागेँ। CSK  03 अर्को दिन रातभरिको पानीले पखालिएर नवविवाहिता दुलहीजस्तै म टिलिक्क परेर बसेको थिएँ। मलाई हेर्ने गाउँलेहरूको लोभी नजर देख्दा आजचाहिँ म साँच्चै राम्रो भएछु जस्तो लाग्यो। बिहान ८ बजेतिर स्वास्थ्य चौकीका कर्मचारीहरूले हरियो पर्दा, सुत्केरी सुताउने खाट अनि धेरै दबाई लिएर आए र ती सबै सामान मभित्र सजाउन थालेपछि थाहा भयो— यहाँ भूकम्पले त्रसित बनेका गर्भवती महिला र बालबालिकाहरूको सेवाको लागि आएको रहेछु। भूकम्पले पीडित यो दुर्गम गाउँमा मेरो उपस्थितिले गर्भवती महिला र बालबालिकाको अनुहारमा छाएको खुसी देखेपछि आफू 'टेन्ट'को जन्म लिएर यहाँ आइपुगेकोमा गर्व लाग्न थालेको छ। यात्राका सबै दुःख पनि बिर्सिएको छु। अब मेरो आश्रयमा धेरै शिशुहरूले नयाँ जीवन पाउनेछन्।
]]>
1428 0 0 0
जनक नाउँ होइन, वंश हो http://localhost/ghum/%e0%a4%9c%e0%a4%a8%e0%a4%95-%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%b9%e0%a5%8b%e0%a4%87%e0%a4%a8-%e0%a4%b5%e0%a4%82%e0%a4%b6-%e0%a4%b9%e0%a5%8b/ Sun, 16 Aug 2015 17:47:54 +0000 http://www.ghumphir.com.np/?p=1431
राजा जनकले हलो जोत्दा सीता भेटिएको कथा सानैमा पढेका थियौं हामीले। अनिकाल भएकाले राजाले हलो जोत्दा सहकाल आउने विश्वासले हलो जोतेका। राजा जनक र सीता माताको जन्मथलोमात्रै होइन जनकपुर, 'जनक दर्शन'को पवित्र भूमि पनि हो।
बुझ्नुपर्ने के छ भने जनक नाउँ होइन, वंश हो। सीताका धर्मपिताको नाउँ शिरध्वज जनक। उनी जनक वंशका २१ औं राजा। उनलाई राजर्षि जनक भनिन्छ। कस्तो अचम्म, एउटै मान्छे, राजा पनि ऋषि पनि! कसरी भयो त्यस्तो? जनक दर्शनले आत्मज्ञान प्राप्त गर्न गृहस्थी त्यागेर बनवासी बन्नुपर्छ भन्दैन। केवल भोक्ता र कर्ता भाव त्यागे पुग्छ भन्छ। सृष्टिक्रम, सूर्योदय, सूर्यास्त, ऋतु परिवर्तन, दैनिक व्यवहार र स्वयंलाई समेत कर्ता वा भोक्ता भावले होइन, साक्षी भावले हेर्नु, म शरीर होइन आत्मा हुँ भन्ने सम्झनु आत्मज्ञान हो। जनकले शरीरलाई होइन आत्मालाई महत्व दिए। जनक दर्शनले जीवनमा कर्म गर, भोग गर, त्याग गर तर लोभ नगर भन्छ। संसारको क्षणभंगुर सुख पनि भोग गर्न सक्नु र मोक्ष लोकको स्थायी आनन्द पनि पाउनु बुद्धिमानी हुन्छ। साक्षीभावको साधनाद्वारा जनकले दुवै लोकका सुख अनुभव गरे। मोक्ष प्राप्त गरे। त्यही पवित्र भूमि जनकपुर यात्रामा निस्कियौं हामी ५ भाइ (देवेन्द्र बस्न्यात, रञ्जन राजभण्डारी, सुदीप पौडेल, पवन शाक्य र म)। काठमाडौंबाट ९ साउन ०७२ का दिन बिपी राजमार्गको बनेपा–बर्दिबास सडकमा हुइँकियौं हामी। हामीमध्ये पवनको जनकपुर यात्रा पहिलो। एकताका वीर गोर्खालीले बेलायती फौजलाई हराएको इतिहास बोकेको सिन्धुलीगढी घुमेर साँझ नपर्दै जनकपुर पुग्यौं। रामानन्द चोकबाट सरासर जलेश्वरतिर सोझियौं। चोकबाट १६ किमि पर्तिर। जनकपुरको चार दिशामा द्वारपालका रूपमा शिव मन्दिर छन्। पूर्वमा मिथिलेश्वर, पश्चिममा जलेश्वर, उत्तरमा छिरेश्वर र दक्षिणमा कल्याणेश्वर। सडकमा खाल्डाखुल्डी थियो। महोत्तरीको सदरमुकाममा जलेश्वर महादेव मन्दिर छ। पानीमुनि भएकाले शिवलिंग दर्शन गर्न सकेनौं। महिनाको पहिलो सोमबार सेनाको सहयोगमा पानी फ्याँकिन्छ। त्यति बेला शिवलिंग दर्शन पाइन्छ। साँझ जनकपुरको होटल मानकीमा बस्यौं। खानापछि घुम्न निस्कियौं। जानकी मन्दिरमा कीर्तन चल्दै थियो— सीताराम! सीताराम! सीताराम! मन्दिरको फन्को मारेर फर्कियौं। जनकपुरमा लामखुट्टेले बाह्रैमास गीत गाउँछ। बेतोड पंखा घुमेकाले होला कानमा गुनगुनाउन आएनन् ती। बिहान होटल बरन्डामा थिएँ, सुँगुरको हुल सडकमा देखेँ। जनकपुर सफा गर्नै बाँकी छ। 'सफाइमा ध्यान दिनुपर्छ जनकपुरले,' साथी सुदीपले भने, 'फोहोरमा पर्यटन हुँदैन।' मौसमले साथ दियो। आकाश निलो बन्यो। प्रतिविम्ब धनुषसागरमा देखियो। निलो पानी। साथी नेत्र आचार्य र मैले ०६८ सालको छठमा धनुषसागरमै उदाउँदो सूर्यको स्वागत गरेका थियौं। तलाउ किनारभरि पूजासामान थियो। सूर्यको स्वागतमा घन्टौंदेखि बसेका थिए महिला। तलाउको तस्बिर खिच्दै थिएँ, रञ्जन दाइले चिया खान बोलाए। धनुषसागरसँगै रहेछ, जयवीर रायको चिया दुकान। उनले चिया बेच्न थालेको २५ वर्ष भइसकेछ। उनी पत्रिका पनि राख्छन्, ग्राहकले चियाको चुस्की लिँदै पढून् भनेर। भित्तामा 'चिया दुकानको सुखी जिन्दगी' लेखिएको फ्लेक्समा उनको तस्बिर छ। नजिकै ओशोको पनि। 'देशमा जमिनको कमी छैन,' ५६ वर्षे 'तन्नेरी' जयवीर बोल्न थाले, 'मेहनत गर्नेको कमी छ।' बिहान ५ देखि ११ र दिउँसो ३ देखि राति ९ बजेसम्म उनी चिया बेच्छन्। 'ह्याप्पी–ह्याप्पी' उनको थेगो भइसकेको छ, बरोबर भनिबस्छन्। दुई छोरा र एक छोरीका पिता जयवीरले चिया बेचेरै घर बनाए। छोराछोरी पढाए। 'नेपालमै अवसर छ,' उनले भने, 'स्वदेशमा परिवारसँगै बसेर काम गर्न सकिन्छ।' स्याबास जयवीर! त्यहाँबाट जानकी मन्दिर गयौं। निलो आकाशमुनि रंगीन दरबार। हेरिरहूँ लाग्ने। मुगल र राजपुतना शैलीमा बनेको। भित्र गर्भगृहमा मूर्ति। जानकी मन्दिर टिकमगढ (भारत) की महारानी भानु वृष कुँवरीले बनाउन लगाएकी। जानकीको भाकल गरेपछि उनले विसं १९५१ मा छोरा पाइछन्, त्यही भएर विशाल मन्दिर बनाइदिएकी। विसं १९५२ मा मन्दिर शिल्यान्यास गरिएको थियो। विसं १९६७ मा मन्दिर पूरा भयो। विशाल मन्दिर बनेको एक सय २१ वर्ष भइसकेको छ। त्यसअघि भारतबाट आएका सन्तद्वय शुर किशोर दासले जानकी मन्दिर र चतुर्भूज गिरिले राम मन्दिर बनाएका थिए। पछि भानु कुँवरीले जानकी मन्दिर बनाइदिएझैं जनरल अमरसिंह थापाले ठूलो राम मन्दिर बनाए। जानकी मन्दिरको शतवार्षिक २०५१ सालमा मनाइयो। मन्दिरका महन्थ रामतपेश्वर दासको कक्षमा सन्त तस्बिरको हारमा महारानी भानु कुँवरी पनि छन्। उनी छोरा लिएर प्रसन्न मुद्रामा बसेकी छन् भने साथमा राजा प्रताप सिंह। मन्दिरमा बिहान ७ बजे र बेलुका ८ बजे आरती हुन्छ। दिउँसो १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खुल्दैन। त्यहाँ पुग्दा दर्शनार्थीको भिड थियो। हाम्रो साथमा फूल, अक्षता, धुप केही थिएन। मनफूल चढायौं। गर्भगृहपछाडि सांस्कृतिक संग्रहालय छ। त्यसले हलेश्वरी महायज्ञ भएर सीता फेला परेदेखि सीतारामको विवाह भएकोसम्म झल्काउँछ। भुइँतलामा पुराना गहना र भेषभूषा छन्। हामीले मन्दिर फन्को लगाउँदा भजन सुन्यौं। वृद्धहरू सीताराम! सीताराम! गाइरहेका थिए। हार्मोनियममा रामकृष्णलाल, मादलमा माथवरदास र झ्यालीमा अशोक झा। अघिल्तिर भुइँमा थचक्क बसेका देवेन्द्र दाइले आँखा चिम्लेका थिए भने हत्केलाले घुँडा थप्थपाउँदै आनन्द लिइरहेका थिए। अखण्ड भजन रहेछ। भजन संयोजक मानेश्वर चौधरीका अनुसार दिनरातै गाइन्छ। भजनेले तलब पाउँछन्। त्यहाँ सीता, उर्मिला, माण्डवी र सुकीर्तिका मूर्ति छन्। तिनैलाई सुनाउन २०१८ वैशाख १ गतेदेखि भजन गाउन थालिएको रे। भजन जुनसुकै धर्मको होस्, सुन्दा नाचूँनाचूँ लाग्छ। एकचित्त भएर गाउँदा दुःख भुलिन्छ। केही बेर त्यहाँ रम्यौं हामी। कानमा भजन गुन्जिरहेकै थियो, त्यहाँबाट निस्केर विवाह मण्डप पस्यौं। रामसीताको स्वयंवरको झल्को दिन्छ मण्डपले। हामीले तस्बिर खिच्यौं। मन्दिरको चौंडा तस्बिर लिन बजारको एउटा घरमा गर्यौंं, भुइँतलामा 'साह फर्निसिङ' कार्पेट पसलका कर्मचारी आनन्दकिशोर राउतले नहिच्किचाई छतमा पुर्यारए। पवनजी र मैले छतबाट झन् सुन्दर देख्यौं जानकी मन्दिर परिसर। त्यसअघि हामीले रघुपति स्वीट्समा होटल व्यवसायी संघ धनुषाका अध्यक्ष दशरथ साहलाई भेटेका थियौं। उनले जनकपुरमा ६० वटा होटल/लज भएको बताए। केही धर्मशाला छन्। राम्रा होटलमा सीताशरण, मानकी, सीता प्यालेस, सिटिस्टार, वेलकम र रामा पर्छन्। मधेस आन्दोलनबाट पहाडे लखेटिएपछि व्यापारमा मन्दी आएको रहेछ। मिश्रित समाज नै समुन्नत बन्छ भन्ने उनलाई लागेको छ। 'पहाडी समाजमा क्रयशक्ति राम्रो थियो,' साहले अनुभव सुनाए, 'उनीहरू नहुँदा व्यापार घट्यो।' जनकपुरमा नेपालीभन्दा भारतीय बढी आउँछन्। जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र विवाह मण्डप घुमेर फर्कन्छन्। तीन–चार घन्टा बिताउँछन्। जबकि दुई रात सजिलै बसेर घुम्न घुमफिर प्याकेज बनाउन सकिन्छ। रामले धनुष तोडेको रंगभूमि मैदान, जानकी मन्दिर, विवाह भएको ठाउँ मणि मण्डप, धनुषको टुक्रा खसेको ठाउँ धनुषाधाम, तलाउ र जलेश्वर मन्दिरलगायत समेट्न सकिन्छ। भारतीय सीमा जटही ११ किमि र भित्तामोड १९ किमि दुरीमा छ। सडक व्यवस्थित भए तीर्थालु बढ्छन्। विवाह पञ्चमीमा लाखौं भारतीय आउँछन्। त्यसबाहेक झुला महोत्सव, दसहरा, छठ र मिथिला परिक्रमाका बेला ठूलो मेला लाग्छ। फागुन शुक्ल पूर्णिमाबाट परिक्रमा सुरु गरिन्छ। १५ दिने परिक्रमा पूरा गर्दा १३३ किमि हुन्छ। परिक्रमा मार्गमा हनुमान नगर, कल्याणेश्वर, गिरजास्थान, मटिहानी, जलेश्वर, मडई, ध्रुव कुण्ड, कञ्चन वन, पर्वता, धनुषाधाम, सतोखोर, औरही, करुणा, बिसौल, जानकी मन्दिरमा बास बसिन्छ। तीमध्ये कल्याणेश्वर, गिर्जास्थान, करुणा र बीसौंले भारतमा पर्छन्। हजारौंले परिक्रमा गर्छन्। साहलाई भेटेपछि जनक र राम मन्दिर दर्शन गर्यौं । त्यहाँबाट वरिष्ठ पत्रकार राजेश्वर नेपालीलाई भेट्न उनको कार्यालयमा गयौं। ७० वर्षे उमेरमा उनी उस्तै सक्रिय छन्। छलफल जनकपुर विकासमा केन्द्रित भयो। केन्द्रीय राजनीतिमा धेरै नेताले पकड जमाइसकेका छन्। तर, पर्यटन विकासमा कसैको भिजन छैन। बृहत्तर जनकपुर क्षेत्र विकास समिति राजनीतिक कार्यकर्ता भर्तीकेन्द्र बनेको छ।
janaki mandir janakpur मिथिला कला जनकपुरको आकर्षण। जनकपुर छाड्नुअघि हामी कुवा गाउँको जनकपुर नारी विकास केन्द्र पुग्यौं। त्यहाँ पाइन्छ मिथिला कला झल्कने सामान। छोराको लागि सुदीप र मैले टिसर्ट किन्यौं। पवनजीले ब्याग। परम्परागत सिपलाई अमेरिकी महिला क्लियर बर्केटले व्यावसायीकरण गराएकी हुन्। उनले सन् १९८९ मा सुरु गरेको जनकपुर महिला कला परियोजनाले भुइँ र भित्ताबाट मिथिला कलालाई नेपाली कागज, कपडा र सेरामिक्सका भाँडावर्तनसम्म ल्याइपुर्याेयो। केन्द्रकी अध्यक्ष अन्जना पण्डितले अमेरिका, जर्मनी र भारतको माग धान्न भ्याइनभ्याई भएको सुनाइन्। साउने बिहान छिप्पिँदै थियो तैपनि खपिनसक्नु गर्मी भएन। हामी कुवाबाट धनुषाधामतिर लाग्यौं। जनकपुरको रंगभूमि मैदानमा रामले धनुष उचाल्दा तीन टुक्रा भएको थियो। एक टुक्रा आकाशमा, एक टुक्रा पाताल र अर्को टुक्रा धनुषाधाममा खस्यो। जनकपुरबाट १६ किमिमा धनुषाधाम। त्यहाँका पुजारी भरत दास हिन्दीमा वर्णन गर्दै थिए। धनुषको मध्यभाग पूर्वतिर बढ्दै गएको उनले देखाए। जमिनमा गाँठागुँठी छन्। 'एक दिनमा एक तील बराबर ती गाँठा बढ्छन,' उनले भने। हामी त्यहाँ रामसीता मन्दिर पनि घुम्यौं। जहाँ राम, सीता, लक्ष्मण, हनुमान, भरत र शत्रुघनका मूर्ति छन्। पुजारी महिला रहिछन्, लक्ष्मीदेवी नेपाल। धनुषाधाममा खाने/बस्ने होटल नभएकाले पर्यटकलाई मर्का परेको उनले सुनाइन्। जनकपुरमै पनि राम्रा रेस्टुरेन्ट खुल्नुपर्छ। जनकपुरे माछा प्रख्यात छ। 'जनकपुरका माछा काठमाडौंसम्म पुग्छ,' सहकर्मी सुरेश यादव भन्छन्, 'जनकपुरमा भारतबाट पनि माछा आउँछ।' जनकपुरमा थाई पर्यटक समेत भित्याउन सकिन्छ। थाई नरेश भूमिवल अदुल्यादेजका पूर्वज रामवंशी भएको मानिन्छ। नरेशले 'महाजनकको कथा' चित्र पुस्तक लेखेका छन्। भूमिबलले जनकपुरबाट आँपका बिरुवा मगाएर बगैंचामा रोपेको संस्कृतिविद् रामदयाल राकेशले पत्रिकामा लेखेका थिए। त्यसैले बैंकक, काठमाडौं, लुम्बिनी र जनकपुर जोड्ने पर्यटन प्याकेजको सम्भावना छ। मिथिला कला अध्ययन गर्न कहिलेकाहीँ गोरा आइपुग्छन्। जनकपुरमा केही पथप्रदर्शक छन्। तिनले घुमाइदिन्छन्। टुरिस्ट गाइड एसोसियन अफ जनकपुर (टुर्गेज) का अध्यक्ष नुतनकुमार झाका अनुसार केही वर्षअघि ३३ जनाले गाइड तालिम लिएकामा ८ जना काम गर्दैछन्। 'नेपाली गाइड खोज्दैनन्,' उनले भने, 'कुनैकुनै इन्डियन ग्रुपमात्र खोज्छन्।' जनकपुरको इतिहास गौरवपूर्ण छ। मिथिला सभ्यता ज्ञान र विज्ञानले भरिपूर्ण थियो। वैदिक चिन्तक मोदनाथ प्रश्रितका अनुसार त्रेता युगमै मिथिलामा बस्ती बसेको हो। प्राचीन मिथिला गणराज्यको राजधानी थियो जनकपुर। यज्ञवल्क्यले लेखेको पुस्तक 'शतपथ ब्राह्मण'मा मिथिलाको इतिहास छ। तिनताका दिल्लीभन्दा उताको भूभागलाई ब्रह्मावर्त भनिन्थ्यो। त्यहाँ 'निमि' नाउँका राजाको राज्य थियो। निमिले कुल गुरु वशिष्ठसँग यज्ञ गराउन अनुरोध गरे। वशिष्ठले स्वर्गका राजा इन्द्रको यज्ञ सकेपछि मात्रै गराउँछु भने। र, इन्द्रको राजधानी अमरावती गए। निमि बूढा भइसकेका थिए। 'जीवन र आयुको के भरोसा छ र' भनेर उनले युवा ऋषि गौतम रहुगणलाई पुरोहित बनाएर यज्ञ गराए। केही समयपछि वशिष्ठ आए। आफ्नो अनुपस्थितिमा यज्ञ भएको थाहा पाएपछि उनले निमिलाई 'विदेह' हुने श्राप दिए। मृत्युदण्ड बराबरको श्राप। गुरु वशिष्ठबाट श्राप पाएपछि युवराज मिथि र गौतम रहुगण सबै चिन्तित बने। त्यहाँ नबस्ने नयाँ भूभाग खोजेर गणराज्य स्थापना गर्ने टुंगोमा पुगे उनीहरू। उनीहरू आगो बोकेर पूर्वतिर आए। जंगल फाँडेर बस्ती बसाले। मिथि नयाँ गणराज्यका राजा भए। नयाँ गणतन्त्रका संस्थापक अर्थात् पिता भएकाले उनलाई 'जनक' भनियो। मिथिले राज्य बसाएकाले मिथिला भनिएकोे। मिथिला क्षेत्रलाई उनीहरूले आर्यवर्तका रूपमा चिनाए। मिथि नाउँसँगै जनक लेख्न थालियो। अर्थात् जनकवंश सुरु भयो। मिथिसहित जनक वंशका ५३ राजा भए। कसैकसैले निमिलाई समेत जोडेर ५४ राजा भनेर लेखेका छन्। प्रश्रितका अनुसार निमि मिथिलाका राजा बनेका थिएनन्। जनक वंशका अन्तिम राजा कराल व्यभिचारी निक्ले। जनविद्रोह भयो। बलात्कार आरोपमा उनको हत्या गरियो। जनक वंश सकियो। हिमालदेखि तराईसम्म फैलिएको थियो मिथिला राज्य। प्रश्रितका अनुसार गणतन्त्र नेपालका राष्ट्रपति रामवरण यादवले जन्मथलो जनकपुरमा मिथिला संग्रहालय बनाउन चासो दिएका थिए। '१४ सन्तको प्रतिमा बनाएर संग्रहालयमा राख्ने सुझाव दिएको थिएँ,' प्रश्रितले भने, 'अढाइ वर्ष भयो प्रतिवेदन बुझाएको।' कराल जनकभन्दा अघिका राजाहरू धर्मात्मा थिए। उनीहरू धर्मसभा गराउँथे। सीताका धर्मपिता शिरध्वज 'जनक दर्शन'का प्रणेता हुन्। उनी अष्टावक्र सहितका ऋषिबाट दीक्षित भए। खासमा जनक दर्शन जीवनशैली हो। शारीरिक आनन्द क्षणिक हुन्छ। आत्मज्ञानी अन्तरचेतनामा रमाउँछन्। अन्तरमनको यात्रामा सुख मिल्छ। जनक दर्शनमा स्वामी रामानन्द गिरिले त्रिभुवन विश्वविद्यालयबाट २०३७ सालमा विद्यावारिधि गरेका छन्। धनुषाधामबाट हेटौंडा फर्कंदा कानमा सीताराम! गुन्जिरहेकै थियो। मनमा जनक दर्शन। साथी नेत्र आचार्य भन्छन्, 'जनक दर्शन सिद्धान्त होइन, जीवन पद्धति हो। सिद्धान्त बौद्धिक प्रयासले बुझिन्छ तर जीवन पद्धति बुझ्न साधना चाहिन्छ।' चिन्तक प्रश्रितका अनुसार जनक दर्शन शैव दर्शनमा आधारित छ। निष्काम भावले काम गर मृत्युपछि मोक्ष मिल्छ भन्ने सन्देश हो। 'त्यागसहित भोग गर तर कसैको धन सम्पत्तिमा लोभ नगर,' प्रश्रित भन्छन्, 'आत्मा मर्दैन कि त अर्कोमा सर्छ कि त मोक्ष हुन्छ। आत्मज्ञानीले मोक्ष पाउँछन्। बाँकी जन्म–मरणको चक्रमा पर्छन्।' जनकपुर घुमेपछि लाग्यो, ऋषिमुनिहरूको सहरलाई 'जनक दर्शन' अध्ययन केन्द्रका रूपमा विकास गर्न ढिला भइसक्यो।
]]>
1431 0 0 0
अनौठो गुफा http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8c%e0%a4%a0%e0%a5%8b-%e0%a4%97%e0%a5%81%e0%a4%ab%e0%a4%be/ Sun, 16 Aug 2015 17:53:57 +0000 http://www.ghumphir.com.np/?p=1434 रत्नबहादुर कार्की, दलबहादुर राना, सर्वजीत जोशी, बलभद्र गिरि र रुपनारायण श्रेष्ठ कालिगण्डकीमा पौडी खेलेर फर्किइरहेका थिए। त्यही क्रममा उनीहरूले ठूलो झाडीभित्र ओडार देखे। विसं १९९१ मा तिनै पाँच युवाले पत्ता लगाएको गुफाले अहिले 'गुप्तेश्वर गुफा' नाम पाएको छ। पर्वतको सदरमुकाम कुश्मा बजारको उत्तर–पश्चिम कालीगण्डकी तटमा अवस्थित यो अनौठो गुफा बजारबाट आठ सय मिटरको दुरीमा छ। भालु दुलोका रूपमा चिनारी पाएको गुफाले विसं २००० तिर गुप्तेश्वर नाम पाएको हो।tin tale ghufa
सत्ययुगमा देवता गुप्तरूपले बस्ने गरको र पार्वतीले महादेव स्वामी पाउन घोर तपस्या गरेको विश्वासका साथ गुफाको नाम 'गुप्तेश्वर' नामकरण गरिएको हो। गुफाभित्र ढुंगामा बनेका लौकिक, अलौकिक आकृतिले मन लोभ्याउँछ। गुफामा प्राकृतिक रूपमा निर्मित शिव, पार्वती, विष्णु, लक्ष्मी, सरस्वती, शेषनाग, सुमेरु पर्वत, भगवती बाहन, कलश, कामधेनु, गरुड देवता, कछुवा अवतार, गोवर्धन पर्वत, कृष्णलीला आदि देवदेवीको आकृति नै हुन्। भगवानका यी अनेकौं आकृति देख्दा जोकोही नास्तिक पनि नास्तिकपन बिर्सन्छन्। गुफालाई सबैको गन्तव्य, पहुँचमा पुर्यानउन र संरक्षण गर्न ०४३ सालमा 'गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्था' स्थापना गरिएको छ। गुफा सबैका लागि पूजा र दर्शनको मार्ग बनेको छ। ०१६ सालमा तत्कालीन राजा महेन्द्रको भ्रमणले पनि गुफा प्रचारमा विशेष सहयोग पुगेको गुफा समितिका पूर्व अध्यक्ष केशवबहादुर श्रेष्ठ बताउँछन्। गुफा दैनिक पूजा र पर्यटक आगमनले आर्कषणको केन्द्र बनेको छ। गुफामा पूजा सुरु भएपछि भित्रका शिला र मूर्ति संरक्षण थालिएको छ। श्रद्धालुको सहयोगले गुफा व्यवस्थापनमा सहयोग पुग्ने गरेको समितिका सदस्य प्रनिश गिरि बताउँछन्। पहिले गुफामा सुरक्षाद्वार थिएन। गुफाभित्रका शिला एवं सामान तोडफोड र चोरी हुने गरेको थियो। अहिले गुफालाई सिमेन्टेड वाल र प्रवेशद्वारलेे व्यवस्थित बनाइएकोे छ। गुफा संरक्षणमा लागेको गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाले भक्तजनको सुविधाका लागि आवतजावत गर्न सिमेन्टेड सिँढी र सत्तल निर्माण गरिरहेको छ। आर्किटेक्ट इन्जिनियरिङमार्फत हाल गुफाको स्वरूपमा केही फेरबदल गरिएको छ। यसले पुरानो प्राकृतिक गुफाको स्वरूपमा असर पुर्यारएको देखिन्छ। सरकारी, गैरसरकारी संघ–संस्थाको पहलमा गुफा परिसरभित्र राधाकृष्ण मन्दिर, भजन मण्डप, दुईतले ढलानसहितको सत्तल, डाँडामा महावीर मन्दिरजस्ता साना–ठूला मन्दिर निर्माण गरिएको छ। गुफामा सयौंको संख्यामा चमेराको बासस्थान छ। भूपि राजमार्गछेउ दुई स्थानबाट गुफासम्म पुग्न सिँढी, रेलिङसहितको पक्की बाटो निर्माण गरिएको छ। माथि डाँडामा महावीरको मूर्तिसहित गायत्री मन्दिर, वेद वेदांग संस्कृत पाठशाला सञ्चालन गरिएको छ। वेदांग पाठशालामा दुई शिक्षक र ४० छात्र छन्। शिक्षक, विद्यार्थीका लागि आवश्यक खाद्यान्न, भाँडावर्तन गुप्तेश्वर गुफामा बसेका नांगा बाबा शिव गिरिबाट प्राप्त भइरहेको शिक्षक पद्मराज रेग्मी बताउँछन्। प्रवेशद्वार एउटैमात्र भए पनि प्रवेशपश्चात गुफाभित्र धेरै मार्ग छन्। गुफा तीन तलामा फैलिएको छ। गुफाको खास लम्बाइ यति नै हो भनेर किटानसाथ भन्न सकिँदैन तापनि मूलमार्ग अर्न्तगतको लम्बाइ करिब १,२०० मिटर र ५० मिटर चौडा भएको गुफाका पुजारी खेमराज आचार्य बताउँछन्। गुफाको तीन तह पार गरिसकेपछि काठको भर्यारङ भेटिन्छ। भर्यानङ पार गरिसकेपछि माथिल्लो भागमा प्रवेश गर्न केही अप्ठ्यारो छ। पहिले–पहिले गुफाभित्र चम्कने ढुंगा धेरै थिए र समय क्रममा ढुंगाको चमक क्रमशः हराउँदै गयो। अहिले गुफाभित्र उज्यालोका लागि बिजुली व्यवस्था गरिएको गुफा संरक्षण समितिका अध्यक्ष बालगोपाल श्रेष्ठ बताउँछन्। भिरालो भू–बनोटले गुफालाई फराकिलो बनाउन नसकिएको र गुफा परिसरको जग्गा विस्तार गरी गुरुयोजना बनाएर काम थालनी गरिएको उनको भनाइ छ। गुफाभित्र पानी बगिरहने हुनाले बाटो चिप्लो छ। हिँड्न सजिलो बनाउन ढुंगा छापिएको छ। विकासका लागि विभिन्न स्रोतबाट रकम जुटाउने काममा समिति लागिपरेको समिति सदस्य प्रनिश गिरि बताउँछन्। श्रेष्ठका अनुसार पहिलेको तुलनामा गुफा विकास र विस्तार तीव्र भइरहेको छ, यद्यपि आर्थिक संकटले समिति समस्यामा परेको छ। गुफामा एकैपटकमा पाँच सय जनासम्म ओहोरदोहोर गर्न सक्छन्। कुश्मा बजार र यसको छेउछाउका जग्गा धनीहरूले गुफा विस्तारका लागि यससँग जोडिएका केही जग्गा दान गरेका छन्। गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाले गुफालाई कुश्मा बजारदेखि बाग्लुङ बलेवासम्म सञ्चालित यान्त्रिक पुलको बिन्दुसम्म जोड्ने अर्को मार्ग खोल्ने आह्वान गरेको छ। त्यस्तै कालिगण्डकी करिडोर राजमार्गसँग पनि यसलाई जोड्ने योजना समितिले बनाएको छ। गुफामा हरेक दिन भिड लाग्छ। भेटी र दानले नित्य पूजा चल्दै आएको छ। मन्दिर प्रवेशका लागि प्रवेश शुल्क तिर्नुपर्छ। मनोरम प्राकृतिक छटा र अनौठा आकृतिले भरिपूर्ण गुफामा शिवरात्रि, बालाचर्तुदशी, एकादशी, साउन र तीजमा हप्तौंसम्म मेला लाग्छ। गुफा दर्शनले दुःखबाट मुक्ति, आपतमा बचाउने, सन्तान नहुनेलाई सन्तान मिल्नेलगायत मनोकांक्षा पूरा हुने विश्वास छ। धार्मिक दृष्टिले गुफा प्रवर्द्धन गर्नु एउटा अवधारणा भए पनि वैज्ञानिक अध्ययनका लागि खुला गर्नु उपयुक्त देखिन्छ। खान र बस्न समस्या छैन। कुश्मा बजारमा सुविधायुक्त होटल, लज र रेस्टुरेन्ट छन्। कसरी पुग्ने : काठमाडौं–कुश्मा २६० किमि। काठमाडौंबाट बस चल्छ। पोखराबाट पनि बस वा ट्याक्सीमा जान सकिन्छ। कुश्मा बजारबाट १० मिनेट हिँडे गुफा। दैवी शक्ति बोलबम गिरि नांगा बाबा, गुप्तेश्वर गुफा म विसं ०४५ सालतिर गुजरातबाट नेपाल आएको थिएँ। त्यति बेला नेपालका प्रमुख शक्तिपीठ, शिवालय घुम्दै मुक्तिनाथ जानेक्रममा यहाँ आइपुगेको हुँ। सोही समय गुफाको धार्मिक शक्तिले आकर्षित गर्योख। गुफामा शिव भगवानको शाश्वत शक्ति पाएँ।
]]>
1434 0 0 0
सद्भाव र निश्छल सम्झनाहरू...! http://localhost/ghum/%e0%a4%b8%e0%a4%a6%e0%a5%8d%e0%a4%ad%e0%a4%be%e0%a4%b5-%e0%a4%b0-%e0%a4%a8%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%9b%e0%a4%b2-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%9d%e0%a4%a8%e0%a4%be%e0%a4%b9%e0%a4%b0/ Sun, 16 Aug 2015 18:03:20 +0000 http://www.ghumphir.com.np/?p=1438
परबाट आइरहेको जितबहादुरलाई देउरालीमा कुरिरहँदा फुलूको अनुहार उज्यालो हुन्छ। सररर चिसो हावा चल्छ। फिल्ममा हिरोले जस्तो जितबहादुरले दौडिँदै आएर अँगालो हालोस् र माया गर्छु भनोस् भन्ने नलागेको होइन फुलूलाई। तर, उसले अहिलेसम्म त्यस्तो छनकसम्म दिएको छैन। फुलू दायाँबायाँ हेर्छे। जितबहादुरबाहेक कोही छैन। एकान्त छ। मौसम गज्जब छ। 'आज केही भन्न पाए...' फुलू सोच्छे। जितबहादुर फुत्त देउरालीमा उक्लिन्छ। उसलाई केही फिटको दुरीमा देख्नेबित्तिकै फुलू हडबडाउँछे।
जितबहादुर फिस्स हाँसेजस्तो गर्छ र सोध्छ, 'काँ दै आइलिस्?' 'चामल ल्याइकन आया,' फुलू अप्ठ्यारो मानेर बोल्छे। उसका अघिका सपनाहरू एकाएक हराउँछन्। ऊ त्योभन्दा बढी केही बोल्न सक्दिनँ। नबोली–नबोली फुलू र जितबहादुर सँगसँगै उकालो लाग्छन्। दोबाटोमा छुट्टिन्छन्। छुट्टिने बेलामा फुलू सोच्छे, 'लोग्ने मान्ठ भैकन भुन्न स्अक्तैन। मु मुन पुराउँछु तर धक फुट्टैन क्यारुँ?' (लोग्ने मान्छे भईकन केही भन्न सक्दैन, म मन पराउँछु तर एक वाक्य निक्लन्न, के गर्नु?) साँझमा जितबहादुरले घरक्क घरको ढोका उघार्छ। थाकेको शरीर मझेरीमा फाल्छ। र, चुपचाप दुई हात घुँडामा बेरेर टोलाइरहन्छ। यो त्यही घर हो, जसलाई जितबहादुरको बा र आमाले हाड घोटेर बनाए। यो त्यही घर हो, जसलाई बनाउँदाको ऋण जितबहादुर जन्मेको १० वर्षसम्म उसको बाआमाले तिरिरहे। यो त्यही घर हो, जहाँबाट जितबहादुरले पहिलोचोटि संसारलाई हेर्यो्। अनि यो त्यही घर हो, जहाँ जितबहादुरले आफ्नाजति सबै गुमायो। जितबहादुरलाई आफ्नाहरूको सम्झनाले स्थिर हुन दिएको छैन। सुनामीजस्तो उथलपुथल ल्याउने चक्रवातले ऊ हुँडलिएको छ र शरीर सबै निचोरिएर आँखाबाट रसाइरहेछ। त्यति नै बेला कसैले ढोका ढकढकाउँछ। ऊ हतपत सम्हालिन्छ र ढोका खोल्छ। फुलूलाई ढोकामै उभिएको देखेर ऊ छक्क पर्छ। केही बोल्न सक्दैन। फुलू उसलाई हेरेर न्याउरो अनुहार लाउँछे र सरासर भित्र पस्छे। छेउमा बस्दै उसले सोध्छे, 'खाना खाइलिस्?' 'नाइँ,' जितबहादुर सुस्तरी बोल्छ। 'रोइकन उम्क्या पो खाना खाँदो होस...?' (रोएर फुर्सद भए पो खाना खान्थिस्?) फुलू गुनासो पोख्छे र कपडाको पोको फुकाउँछे। 'तोइले खाइलिस्?' जितबहादुरले शरीरको भित्र कतैबाट आवाज निकाल्छ। 'खाइल्या, तो भोकै छ कि भनेर ल्यायाँ,' फुलू थोरै रिस देखाउँछे। यो रिसमा माया छ, एउटा मिठो आत्मीयता छ। तर, त्यही आत्मीयताभित्र एउटा ठूलो गुनासो पनि छ फुलूको। खाना खाँदैगर्दा जितबहादुर दुःख पोख्छ, 'अब इन्ड्याको कालापहाड बाई जानुपर्ला, कति दिन याँ दुःख दिकन बइनु?' उसको कुरा सुनेर फुलू झस्किन्छे। एउटा नमिठो दुखाइ महसुस गर्छे। किन हो, फुलूलाई ऊ कतै जान्छु भनेको मन पदर्ैैन। झन् त्यति टाढा, अर्काको देशमा जाने कुरा कसरी मन परोस् उसलाई? बिचरी ऊ, उसलाई त जितबहादुर सधैं गाउँमा भइदिए हुन्थ्यो भन्ने लाग्छ। तर, अब त्यसो नहोला। आखिर चाहेर पनि फुलूले जितबहादुरलाई कर गर्न सक्दिन। गरोस् पनि कसरी? कुन नाताले? भनेर पनि बेकार भयो भने? अनेक तर्कनाहरूको बीच ऊ जितबहादुरले खाएको एकोहोरो हेरिरहन्छे। र, टोलाउँदै सुस्त आवाजमा भन्छे, 'कालापहाड जानु भन्ना त नेही भलो।' (कालापहाड जानुभन्दा त यहीँ ठिक छ नि।) 'क्यारी?' जितबहादुर प्रश्न गर्छ। 'न्या केई नुभया नान्नानो घर छ, बाडी छ। हलो जोती खाया भइजान्छ।' (यहाँ केही नभए पनि सानो घर छ। बारी छ। हलो जोतेर खाए हुन्छ।) 'तेरा जुन मुकन काँ छ? न्या मेरो को छ र बसूँ?' (तेरोजस्तो मलाई कहाँ छ र? यहाँ मेरो को छ र बसूँ?) जितबहादुरको अन्तिम प्रश्न फुलूको मनमा लाग्छ। चाहेर पनि फुलूले 'म छु' भन्न सक्दिन। जितबहादुर उसको अन्तिम प्रश्नको जवाफ नपाएकाले फुलूतिर प्रश्न भरिएको आँखाले हेर्छ र फेरि भन्छ, 'न्या मेरो को छ भन्नी छस् त?' फुलू केही सम्भि्कएझैं गरी भन्छे, 'तेरा पथ सबै गाउँल्या छन्। सबै तोकन भलो मान्ना छन्।' (तेरो लागि सबै गाउँले छन् , तँलाई राम्रो मान्छन्।) 'मुख थी मात्तै हो।' 'त्यो नुभुन्, तेराजा दुःख सबैन छन्। सबैले घरा एक्कुन छोडिया छन्। हैजा आयो र मेरा पनि त बा मर्या ,' (त्यसो नभन, तेराझैं दुःख सबका छन्, सबका घरमा कोही न कोही मरेका छन्। मेरा पनि त बा बिते।) फुलू सम्झाउँछे। जितबहादुर एक्कासि आवेगमा आउँछ र कराउँछ, 'सबैका घर एक्कुन मर्याे तर मेरा कर्मले सबै फाल्यो। मु मात्तै किन बाँच्या हुना भुन्त?' (सबका घरमा कोही न कोही बिते तर मेरा त सबै बिते। ममात्रै किन बाँचिराछु भन् त?) फुलू स्तब्ध हुन्छे। जितहादुर आक्रोशित हुँदाहुँदै गल्छ। रूँलाझैं गर्छ। फुलू केही नभनी जुठो भाँडो टिप्छे र पखाल्छे। जितबहादुर फुलूको काम एकाग्र भएर हेर्छ र टोलाउँछ। जब फुलूले जान्छु भन्ने संकेत गर्छे। केवल हुन्छ भनेर टाउको हल्लाउँछ। बितेको चार–पाँच महिनामा गाउँका धेरैले संसार छाडे। झाडापखालाले हैजाको रूप लिएर धेरैलाई मार्यो । केटाकेटी, बूढाबूढी, युवा कसैलाई छाडेन। गाउँका दलबहादुर काका, गैरीकी सानी काकी, भैरे ठूला बा, रुकबहादुर भाइ कोही बाँकी रहेनन्। जितबहादुरले औंला भाँचेरै गन्छ। उसको परिवारसहित एक सय ५० जना मरेछन्। त्यसैले त गाउँ हिजोआज निर्जन बनेको छ, एकान्तको मुर्दा पोल्ने बगरजस्तै। बोल्ने, हाँस्ने र खेल्ने कोही पनि छैन। जितबहादुरले मनमनै भगवान्लाई गाली गर्छ। गाउँ नै रित्तो बनाएर गएको विशाल महामारीलाई धिक्कार्छ। सम्झँदा पनि कहाली लाग्ने ती निर्दयी दिनहरूमा उसले के गरेन? शक्तिले भ्याएसम्म गर्योा। मुखमा रुमाल बाँधेर कहिले स्वास्थ्य चौकी त कहिले घर गर्योद। डाक्टरको खोजीमा निकै दौडधूप गर्यो्। तर, विडम्बना न कोही स्वास्थ्यकर्मी भेटिए, न त औषधि नै। देश मूकदर्शक बन्यो। नेताहरू राजनीतिक जालझेलमै लागे। हेलिकोप्टरको घटटटट... आवाज आकाशबाट तलसम्म आइपुग्थ्यो। केही आशाको त्यान्द्रो पलाउँथ्यो र जब आवाज आकाशमै हराउँथ्यो, त्यही त्यान्द्रो पनि छिनमै चुँडिन्थ्यो। केही दिनको बीचमै गाउँका धेरै बिरामी परे र धमाधम मरे। मलामी पाइएन। कति दिन एक छाक खानसम्म पाइएन। त्यही भोक र रोगले उसको घर रित्तियो। न्या यैथो क्या भ? क्या सुन्सारीकन यै थै होला? (आखिर यहाँ किन यस्तो? के संसारभरि यस्तै होला?) उसले प्रश्न गर्यो् आफैंसँग्ा र आफैं जवाफ दियो— नुहुनु पड्न्या हो...। आँगनको डिलमा मखमखी फुलेका छन् पोहोरको दसैंमा झैं। सयपत्री पनि हाँसिरहेका छन् पोहोरझैं। हिमाल छ्याङ्ग खुलेको छ। हिमालबाट फर्किएको चिसो हावा पहिले घुँडामा ठोक्किन्छ, त्यसपछि मात्रै मनमा। यो हावा पनि उसैगरी बहेली खेलिरहेछ, जसरी खेल्थ्यो पोहोर यस्तै बेलामा। पोहोर यस्तै बेलामा घर भरिएको थियो। बाआमा दसैंको तयारीमा थिए। बहिनीले फलाटिनको घाँगर लाउँछु कि लाउँछु भन्दै कर गरेकी थिई। तर, बाले फलाटिनको घाँगर किनिदिन सकेनन्। बहिनीको रहर पूरा भएन। रहरहरू कहिलेकाहीँ रहरै भएर सकिने रहेछन्। यसपालि घर खाली छ। पूरै धोद्रो। न यो गाउँमा दसैं आउन लागेको छ, न जितबहादुरको मनमा। सायद यो साल उसको मनमा दसैं नभित्रिएला पनि। भारीका भारी पीरव्यथाले थिचेर हरेक पलजसो जितबहादुर थरथर काँपिरहेछ। खाली दिमाग र रित्तो मन लिएर उसले आफू यो गाउँमा हुनु र नहुनुको अन्तर खोज्छ र पाउँछ केवल शून्य। आजभोलि हरेक कुराले पिरोल्छ। आफन्तका यादहरूले रेट्छन्। हिजोआज उसलाई कहिले नभएको छटपटी हुन्छ। कस्तोकस्तो काउसो परेको शरीरजस्तो। विष पिएर मृत्युको मुखमा पुग्न पौंठेजोरी खेलेजस्तो। ऊ यो गाउँ र यो घर छोड्न चाहन्छ। कतै टाढा जान चाहन्छ। त्यसैले यो घरलाई, यो गाउँलाई माया गर्ने मुटु छातीबाट एक छिनलाई अलग बनाएर उसले एउटा अन्तिम निर्णय गर्छ— 'ज्या होला होला, अब मु कालापहाड बाइ जानु।' ... बिहानै जितबहादुर पँधेरीमा पुग्छ । दुई जना महिला पानी भर्दैछन्। अहिलेसम्म फुलू पँधेरीमा आइपुगिसक्नुुपर्ने हो, तर आएकी छैन। जितबहादुर फुलू आउने बाटोमा आँखा बिछ्याउँछ र छटपटिन्छ। उसको त्यही छटपटी देखेर एउटी महिलाले सोध्छे, 'जित्या कैखन भेट्न आइस्?' (जिते कल्लाई भेट्न आइस्?) 'पानी ल्याउन आयाँ,' जितबहादुर ढाँट्छ। 'गाग्रो काँ छ? हातमै लिन्यास्?' (गाग्रो कहाँ छ? हातमा लाने होस्?) जितबहादुर अक्क न बक्क पर्छ। दुवै महिला हाँस्छन्। तिनीहरूको हाँसो एक छिनसम्म गुन्जिन्छ र हावामा बिलाउँछ। जितबहादुरलाई त्यसले कतै छुँदैन। उसलाई त केवल फुलू भेट्नुछ। तर लामो समय कुर्दा पनि फुलू आउँदिन। निराश मन र हिँडू कि नहिँडू गर्ने पाइला मोडेर ऊ फुलू आउने बाटोतिर लाग्छ। तर पाँच पाइला पनि नहिँड्दै उ टक्रक्क अडिन्छ। उसको अगाडि फुलू देखिन्छे। फुलूको हातमा गाग्री छ र ओठमा मुस्कान। उसले हतपत भन्छ, 'मु तो न भेट्न आयाँ।' फुलू खुसी हुन्छे। मुहारमा एक प्रकारको चमक देखिन्छ। 'तोइसित एक कुडा गन्नु छ,' जितबहादुरले उसलाई हेरेर फेरि भन्छ। 'भुन त,' फुलू आत्तिन्छे। 'मुन दाम चाइया छ, जैथरि हुन्छ गर। तोइथी मागुला भुनी आया?' (मलाई पैसा चाहिएको छ, जसरी पनि। तसँग माग्न भनेर आएको।) 'क्यान्ने होई? कति माग्न्या होई?' 'पुन्न सया, मु कालापहाड जान लाग्या,' जितबहादुरले कुराको बिट मार्छ। उसको कुराले फुलूको मनमा एक्कासि आँधी चल्छ। आँखाहरू रसाउँछन्। उसले सोचेकी हुन्छे, आज जितबहादुरले मनको कुरा भन्ला। पचाल झरना घुम्न जाने वा त्यो पनि नभए चुलीमालिका घुम्ने कुरा गर्ला। तर, त्यस्तो केही भएन। बाटोछेउको पैयुँको रूखमा अडेस लाग्दै जितबहादुरको कालापहाड जाने कुरा सुनेपछि फुलूको बोली घाँटीमा आएर अड्कन्छ। अड्किएको बोली किस्ता–किस्तामा निकाल्दै उसले श्वासले मात्र भन्छे, 'भो..लि ल्या..इ..दिऊँला हैक्या।' 'होला?' जितबहादुर पक्का गर्छ। 'लौ त,' फुलू विश्वास दिलाउँछे। भोलि कहिले होला जस्तो हुन्छ, जितबहादुरलाई। बेलुकीदेखि नै भएका सामानहरू मिलाएर झोलामा हाल्छ। ऊ आज एउटा अबोध खुसीले ओतप्रोत भएको छ। उसका आँखामा भोलिको सुन्दर भविष्य हाँसिरहेको छ। तर, यति नै बेला एउटा कुरूप भविष्य सम्झेर रोइरहेकी हुनुपर्छ, फुलू। फुलू यो गाउँबाट जितबहादुर नजाओस् भन्ने चाहन्छे तर ऊ गएपछि फर्कनसमेत चाहँदैन। बिहान पिँडीमा झोला राखेर जितबहादुरले फुलूलाई कुर्छ। एकै छिनको पर्खाइपछि फुलू आउँछे राता र केही गडेका आँखा लिएर। हिजोको आजै उसको मुहारको रङ उडेर फुङ्ग भइसकेको छ। जितबहादुरको अघि उभिएर उसले खल्तीबाट कच्याकुचुक परेका थोत्रा नोटहरू झिक्छे र हातमा राखिदिन्छे। जितबहादुर फुलूको सहयोगको अगाडि किचिन्छ र मौन हुन्छ। उसले खुजमुजिएको पैसा नगनीकन गोजीमा राख्छ र एकपटक आफ्नो घरलाई नियालेर हेर्छ। बारीको फूललाई हेर्छ। फूल हाँसिरहेछ तर जितबहादुर फूलसँगै हाँस्न सक्दैन र रसाएका आँखाले यतिन्जेल साथ दिने फुलूतिर हेर्दैै भन्छ, 'मु तेरा गुन बिर्सन स्हक्न्या (सक्ने) नाइँ।' त्यसको कुनै जवाफ दिन्न फुलूले। झोला टिपेर जितबहादुर दुई–चार पाइला लम्किन्छ। सुस्तरी फुलूको सुँक्कसुँक्क आवाज ऊसम्म आइपुग्छ। बिस्तारै बढेको रोदनले जितबहादुरको मनभित्र काँडा पसेजस्तो हुन्छ। चस्स घोच्छ। मन मान्दैन, फरक्क फर्किन्छ। फुलू भक्कानो फुटाएर रुन थालिसकेकी हुन्छे। एकनासले क्वाँक्वाँ र हिक्कहिक्कबीच फुलूको आवाज फुस्कन्छ, 'कहिले आउने होइत?' जितबहादुर फुलूको रुवाइले नगलेझैं गरी भन्छ, 'क्यान?' 'कुरिन बसूँला।' फुलूको मुखबाट निस्केको पिडादायी शब्दपछि जितबहादुरले अनिश्चिततासँगै भन्छ, 'था नाइँ, क्या हुन्छ?' फुलूको डाँको झन् बढ्छ। उसको रुवाइ र रुवाइसँगै छताछुल्ल भएको मायाले जितबहादुरका पाइला स्थिर हुन्छ। उसका खुट्टाहरू फलामे साङ्लोमा बेरिएझैं लाग्छ। तैपनि स्वचालित मेसिनझैं सुस्तसुस्त चल्छन्, ती। उसको लक्ष्यको अगाडि फुलूको रुवाइ निर्धो साबित हुन्छ। हेर्दाहेर्दै जितबहादुर फुलूको आँखाबाट हराउँछ। कालापहाड बसाइको केही दिनपछि जितबहादुरले फुलूको लागि चिठी तयार गर्छ। लेखिदिने दाइले सोध्छन्, 'कालापहाडसम्म आउन सहयोग गरेकोमा धन्यवाद मात्र भन्ने कि मायाका कुरा पनि लेख्ने?' 'मु याँ ठिकै छु। त्याँ सप्पारी बसेस् भुनी लेख्दियाई,' जितबहादुर अप्ठ्यारो मानेर भन्छ। चिठी लेखिदिने दाइले त्यही बेहोरा हालिदिन्छन्। चिठीमा सबभन्दा ठूलो अक्षरमा लेखिएको हुन्छ, 'फुलू...तोइले पुन्न सय दाम नुदिया भया मु केई गर्याा पुनि कालापहाड आउन सक्ने थिइनँ।' केही हप्तापछि जितबहादुरको नाउँमा एउटा चिठी आउँछ। बिरानो ठाउँमा उसको नाममा लेखिएको चिठी देखेर ऊ खुसीले लपक्क भिज्छ। खाममा लेखिएको हुन्छ, पठाउने फुलू राउत, कालिकोट। ऊ हतारहतार चिठी लेखिदिने दाइनजिक पुग्छ र पढिदिन भन्छ। लेखिएको हुन्छ— 'फुलूले चोरिन तोकन दिया पुन्न सय रुपियँा मेरा गोजाउँदा हुन्। मुइले ठूला कामा लागि राख्या थियाँ। जहरी हुन्छ मेरा रुपियाँ यै मैना पठाइदेे। (फुलूले तँलाई चोरेर पठाएको पन्ध्र सय रुपैयाँ मेरो गोजीको हो। मैले ठूलो कामको लागि राखेको। जसरी भए पनि मेरो पैसा यही महिना पठाइदे।) फुलूको दाइ तेज।' जितबहादुर निःशब्द उभिइरहन्छ। फुलूको मुर्झाएको अनुहार उसको आँखाभरि छाउँछ। र, छाउँछ फुलूको प्रेम, सद्भाव र निश्छल सम्झनाहरू...!
]]>
1438 0 0 0
स्मार्टफोनधारी ‘इन्स्टा' फोटोग्राफरले सामाजिक सञ्जालमा अपलोड गरेका थरीथरीका फोटो http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%ab%e0%a5%8b%e0%a4%a8%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%be/ Sun, 16 Aug 2015 18:16:30 +0000 http://www.ghumphir.com.np/?p=1440
एक जमाना थियो, हातमा क्यामरा हुने र थरिथरि फोटो खिच्न सक्नेलाई मात्र फोटोग्राफर भनिन्थ्यो। अहिले फोटोग्राफर हुन महँगा क्यामरा चाहिँदैन। सस्तादेखि महँगासम्म स्मार्टफोनले हरेक व्यक्तिलाई फोटोग्राफर बनाइदिएको छ। यी स्मार्टफोनधारी ‘इन्स्टा' फोटोग्राफर भएका छन्। अर्थात्, खिच्छन् अनि तत्काल सामाजिक सञ्जालमा अपलोड गर्छन्।
Intra1 अहिलेको तन्नेरी पुस्ता यस्ता पललाई तस्बिरमा कैद गर्नमात्र चाहँदैन, सारा संसारसँग बाँड्न पनि चाहन्छ। क्यामराबाट फोटो खिचेर फेसबुक, टि्वटरमा अपलोड गर्ने जमाना पुरानो भइसक्यो, यो ‘इन्स्टा' जेनरेसनका लागि। अहिले उनीहरु स्मार्टफोनको ‘इन्स्टाग्राम' मा अपलोड गरिहाल्छन्। मन लागे यसैबाट अन्य सोसल मिडियामा पनि सेयर गर्छन्, नत्र इन्स्टाग्रामकै नेटवर्कमा राख्छन्। इन्स्टाग्राम अनलाइन मोबाइल फोटो–भिडियो सेयरिङ र सोसल नेटवर्किङ सेवा हो। फोटो र भिडियो खिचेर यसमार्फत फेसबुक, टि्वटर, टम्बलर र फ्लिकरमा सेयर गर्न सकिन्छ। १५ सेकेन्डसम्मको भिडियो र ‘स्क्वायर' साइजमा थरीथरीका फिल्टर राखेर फोटो पोस्ट गर्न सकिन्छ। intra2 केभिन सिस्ट्रोम र माइक क्रिगर नामका दुई सफ्टवेयर इन्जिनियरले सन् २०१० अक्टोबरमा सार्वजनिक गरेको इन्स्टाग्रामको ३० करोडभन्दा धेरै प्रयोगकर्ता छन्। सन् २०१२ अप्रिलमा फेसबुकले इन्स्टाग्राम करिब १ अर्ब अमेरिकी डलरमा खरिद गरेपछि यो अझै चर्चित हुँदै गएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि चर्चित सुपरस्टार अमिताभ बच्चन, आमिर खान, साहरुख खानसम्म इन्स्टाग्राम प्रयोग गर्छन्। intra3 अहिले हातमा स्मार्टफोन हुने र इन्स्टाग्राममा सक्रिय व्यक्ति कुनै प्रोफेसनल फोटोग्राफरभन्दा कम हुँदैन। नयाँ दिल्लीस्थित साउथ एसियन विश्वविद्यालयमा अध्ययन गर्दै आएकी काठमाडौंकी ज्योतिका रिमाललाई पहिला इन्स्टाग्राम भन्ने के होलाजस्तो लाग्थ्यो। जब हातमा स्मार्टफोन पर्योा, तब थरीथरीका एप डाउनलोड गर्न थालिन्। पहिलेदेखि नै मोबाइलबाट फोटो खिच्न रुचाउने उनलाई इन्स्टाग्राम हालेपछि त फोटोग्राफीको लत नै बस्यो। ‘फोटोग्राफीमा पहिल्यैदेखि एकदम रुची थियो। सधैं फेसबुकमा सेयर गरिरहने कुरा भएन, इन्स्टाग्राममा इफेक्ट्सको मज्जा पनि छुट्टै छ, त्यसैले इन्स्टाग्राम एडिक्सन भएको छ,' थप्छिन्, ‘दिनको एउटा फोटो नराखी चित्तै बुझ्दैन।' intra5 इन्स्टाग्राम सोसल नेटवर्किङ हो। यसमा आफूलाई मन परेको एकाउन्टलाई पछ्याउन सकिन्छ। फोटोमाथि दुईचोटि ‘ट्याप' गरेर लाइक र कमेन्ट गर्न सकिन्छ। इन्स्टाग्राममा ६ सय २० जना फलोअर रहेका सुर्खेतमा कार्यरत मोचन भट्टराई नेपाली इन्स्टाग्राम प्रयोगकर्तामाझ चर्चित युजर हुन्। फोटो खिच्दा खुसी लाग्ने र नेपालको प्राकृतिक सौन्दर्यको प्रचार गर्न सकिने भएकाले इन्स्टाग्राममा फोटो पोस्ट गर्ने उनी बताउँछन्। ‘म धेरैजसो ल्यान्डस्केप र स्काइस्केप खालका तस्बिर पोस्ट गर्छु। त्यसबाहेक दैनिक जीवन झल्किने खालका फोटो पनि इन्स्टाग्राम एकाउन्टमा छन्,' भट्टराई भन्छन्। ह्यासट्यागको प्रयोग, इन्स्टाग्रामको आफ्नै समूह र विभिन्न प्रयोगकर्ताबाट प्राप्त हुने प्रशंसा र प्रतिक्रियाले इन्स्टाग्रामलाई अन्य सामाजिक सञ्जालभन्दा फरक बनाएको भट्टराई बताउँछन्। Intra8 उनले पोस्ट गरेका तस्बिरलाई संसारका विभिन्न स्थानबाट सञ्चालन गरिएका एकाउन्टले फिचर पनि गरेका छन्। ‘मैले धेरै फोटोमा नेपाल ह्यासट्याग राखेको छु, जुन संसारभरका प्रयोगकर्ता र इन्स्टाग्राम ग्रुपले ध्यान दिएर हेरेका छन्, ६० वटाभन्दा बढी तस्बिर फिचर भइसकेका छन्,' उनी सुनाउँछन्। intra9 आइओएस, एन्ड्रोइड र विन्डोज फोनमा डाउनलोड गरी इन्स्टाग्राम एप्स इन्स्टल गर्न सकिन्छ। खिचिएका तस्बिरलाई ‘इन्स्टा' अर्थात् तत्काल उपयुक्त फिल्टर प्रयोग गरी इन्स्टाग्राममा पोस्ट गर्नु यसको विशेषता हो। केही महिनाअघि मात्र इन्स्टाग्रामले १५ सेकेन्डसम्मको भिडियो अपलोड गर्नसक्ने सुविधा ल्याएको छ। स्क्वायर आकारमै पोस्ट गर्न सकिने यो भिडियोमा पनि विभिन्न खालका फिल्टर प्रयोग गर्न सकिन्छ। Intra10 तीन वर्षअघि इन्स्टाग्राम चलाउन सुरु गरेका सविन सिंह सामाजिक सन्जालमा एकतारेका नामले चिनिन्छन्। फोटोग्राफीको प्लेटफार्ममार्फत् आफ्ना तस्बिर पोस्ट गर्न चाहने भएकाले पनि इन्स्टाग्राम आफ्नालागि उपयुक्त एप्स भएको उनी बताउँछन्। स्मार्टफोनबाट खिचिएका तस्बिर इन्स्टाग्रामबाट सेयर गर्न सजिलो हुने भएकाले पनि यो चर्चित हुँदै गएको उनको ठम्याइ छ। आफूले इन्स्टाग्राम चलाउन सुरु गर्दाका दिन सम्भि्कँदै उनी भन्छन्, ‘मैले फोटोग्राफीका लागि एप खोज्दै जाँदा इन्स्टाग्राम प्रयोग गर्न थालेको हुँ। त्यतिबेला म एउटा तालिममा थिएँ र मैले इन्स्टाग्राममा पोस्ट गरेको पहिलो तस्बिर मैले लेखेको नोटहरूको थियो।' सिंहको इन्स्टाग्राम टाइमलाइनमा सडक, ल्यान्डस्केप, दैनिक जीवनलगायतका तस्बिर हेर्न सकिन्छ। Intra11 नेपालमात्र होइन, विदेशमा पनि इन्स्टाग्रामका प्रयोगकर्ता बढिरहेका छन्। अमेरिकामा हालै गरिएको एक सर्वेक्षणमा टिनएजरमाझ फेसबुक र टि्वटरभन्दा इन्स्टाग्राम बढी प्रचलित भएको पाइएको थियो। त्यसबाहेक, विभिन्न सामाजिक अभियानका लागि पनि इन्स्टाग्रामको प्रयोग बढ्दै गएको छ। क्यामराको लेन्सबाट देखिएको संसारलाई सामाजिक सन्जालमा बाँड्न रुचाउने अधिकांश इन्स्टाग्रामका पारखीमध्ये अर्की एक हुन्– कञ्चन ओझा। संरक्षण क्षेत्रमा कार्यरत ओझाले दुई वर्षअघि इन्स्टाग्राम डाउनलोड गरेकी थिइन्। ‘पहिलो तस्बिर मेरै कोठाको थियो। अहिले मलाई बाँडौंजस्तो लागेको ठाउँ, मानिस र क्षणको तस्बिर इन्स्टाग्राममा हाल्छु,' उनी भन्छिन्। उनका लागि इन्स्टाग्राम एउटा ‘कम्फर्ट जोन' हो, जहाँ आफ्नो रोजाइका तस्बिर पोस्ट गर्न सकिन्छ। intra7 केही महिनाअघि मात्र इन्स्टाग्रामले भिडियो अपलोड गर्ने सुविधा दिएपछि १५ सेकेन्डसम्मको ‘टाइमल्याप्स' भिडियो अपलोड गर्ने पनि बढ्दैछन्। प्राकृतिक दृश्य, व्यस्त ठाउँ, दैनिक जीवन र आफ्नै भिडियोसमेत प्रयोगकर्ताले तत्काल इन्स्टाग्राममा अपलोड गर्न थालेका छन्। यही नै इन्स्टाग्रामको मज्जा भएको चिकित्सक निश्चल ढकाल बताउँछन्। १ सय ३७ साताअघि इन्स्टाग्राम प्रयोग गर्न थालेका ढकालले पहिलोपटक नेपाल बन्दको दिन राजधानीको चक्रपथको दृश्य पोस्ट गरेका थिए। ‘सुरुमा इन्स्टाग्राम आइओएसका लागि मात्र आएको थियो। यसको विशेषता सुन्दा कहिले एन्ड्रोइडका लागि आउला भनेर पर्खिरहेको थिएँ' उनी सुनाउँछन्। उनी धेरैजसो आकाश, बादल र सूर्यास्तको फोटो इन्स्टाग्राममा पोस्ट गर्छन्। ‘त्यसबाहेक सांस्कृतिक र पुरातात्विक स्थानको फोटो खिच्ने पनि रहर छ,' ढकाल भन्छन्। फोटोग्राफी प्रकाश र रंगको खेल भएकाले बेला–बेलामा यसमै परीक्षण गर्न पनि उनी रुचाउँछन्। इन्स्टाग्रामलाई अरुभन्दा फरक केले बनाउँछ त? ढकालको सटिक जवाफ छ, ‘स्क्वायर फोटो र १५ सेकेन्डको भिडियोले'। intra13 यही स्क्वायर फोटो र १५ सेकेन्डको भिडियोले अहिलेको ‘इन्स्टा' जेनरेसनलाई तानिरहेको छ। घाम अस्ताउने बेला कुनै डाँडामा बसेका साथीको समूहलाई त्यो पल यादगार बनाउन इन्स्टाग्रामले सहयोग गरिरहेको छ। यो पुस्ताले समय घर्किरहेको बुझेको छ। यो ‘इन्स्टा–जेनेरेसन' यति स्मार्ट बनिसकेको छ कि हरेक पललाई ‘क्याप्चर' गरेर ‘सेयर' गर्न अभ्यस्त भइसकेको छ।
]]>
1440 0 0 0
जंगलको सौन्दर्य http://localhost/ghum/%e0%a4%9c%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8c%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%af/ Sun, 16 Aug 2015 18:29:29 +0000 http://www.ghumphir.com.np/?p=1443 1443 0 0 0 कति सुन्दर http://localhost/ghum/%e0%a4%95%e0%a4%a4%e0%a4%bf-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0/ Sun, 16 Aug 2015 18:36:01 +0000 http://www.ghumphir.com.np/?p=1446 1446 0 0 0 अब कहिले बन्ने http://localhost/ghum/%e0%a4%85%e0%a4%ac-%e0%a4%95%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87/ Sun, 16 Aug 2015 18:46:10 +0000 http://www.ghumphir.com.np/?p=1449 1449 0 0 0 देवघाटलाई धार्मिक सहर बनाउने तयारी http://localhost/ghum/%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a4%98%e0%a4%be%e0%a4%9f%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%b9%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8/ Mon, 17 Aug 2015 08:51:40 +0000 http://www.ghumphir.com.np/?p=1452 रत्ननगर (चितवन), ३२ साउन ।

चितवनको पवित्र तीर्थस्थल देवघाटधाम अव्यवस्थित हुँदा पनि धार्मिक पर्यटकको आगमन भने बढ्दो छ । देवघाट क्षेत्र विकास समितिका सदस्य टङ्कनाथ पौडेलका अनुसार वार्षिक झन्डै १० लाख पर्यटकले देवघाट घुम्ने गरेका छन् । देवघाटमा मुख्यगरी साउन महिना र माघे सङ्क्रान्तिमा भक्तजन अत्यधिक आउने गर्दछन् ।साउनको आज अन्तिम सोमबार पनि राति ३ बजेदेखि नै धार्मिक पर्यटकको भीड अत्यधिक देखिएको पौडेलको भनाइ छ । हिजोदेखि नै भक्तजन खाली खुट्टामा देवघाट आएका छन् । अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढी भक्तजनले मेला भरिसकेको र आज करिब एक लाख पर्यटकले मेला भर्ने अनुमान रहेको उहाँको भनाइ छ । हिन्दूहरुको हरेक चाडपर्वमा यहाँ मेला लाग्ने गरेको छ ।

devghatचितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा देवघाटधाम रहेको छ । नेपालमात्रै नभई मेला भर्न यहाँ भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गर्छन् । यहाँ व्यवस्थित सहर, शौचालय, खानेपानी, सरसफाइको राम्रो व्यवस्था हुन सकेको छैन । यो वर्ष भने करिब रु दुई लाख ५० हजार बजेट यहाँ आएकाले धार्मिक सहर बनाउने तयारी गरिएको सदस्य पौडेल बताउनुहुन्छ । त्यसका लागि नमुना घर निर्माण गरेर एकै किसिमका घर बनाउन लगाइने, माछा मासु, मदिरा बन्द गर्ने तथा सरसफाइ र व्यवस्थापनमा जोड दिने समितिको भनाइ छ । अहिले यहाँ एक महिने बोलबम मेलाको समेत आयोजना गरिएको कार्यक्रम संयोजक बद्री तिमिल्सिनाले जानकारी दिनुभयो । देवघाटको गङ्गा किनारमा स्नान गरी शिवको पूजाआराधना गरेमा पुण्य मिल्ने विश्वास छ । चितवन र तनहुँका जनपद र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ । साउनको सोमबारलाई वर्षकै पवित्र दिनका रुपमा पुजिन्छ ।

]]>
1452 0 0 0
जाजरकोटमा एक करोडभन्दा बढीको व्यापार घाटा http://localhost/ghum/%e0%a4%9c%e0%a4%be%e0%a4%9c%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%95-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac/ Mon, 17 Aug 2015 09:00:21 +0000 http://www.ghumphir.com.np/?p=1455 जाजरकोट, ३२ साउन ।

लगातारको बन्दले गर्दा यहाँका व्यवसायीहरुले करिब करोड भन्दा बढीको व्यापार घाटा बेहोरेका छन् । जिल्लामा भित्रिने र बाहिरिने यातायातका साधनमार्फत खाद्यान्न, जडीबुटीलगायतका वस्तु आयात र निर्यात नहुँदा रु एक करोडभन्दा बढीको व्यापार घाटा लागेको उद्योग वाणिज्य सङ्घ जाजरकोटमा कोषाध्यक्ष वसन्तप्रसाद शर्माले जानकारी दिनुभयो । यहाँको सदरमुकाममा मात्र दैनिक रु १५ लाखभन्दा बढीको व्यापार हुने शर्माको भनाइ छ । जिल्लामा लगातार आठ दिनसम्म बन्द हुँदा कारोबार नै ठप्प भएको उहाँको भनाइ छ । पाँचकाटियाबाट सदरमुकाम ल्याउन लागेको आलु यातायात बन्दका कारण कुहिन थालेको उहाँले जानकारी दिनुभयो । बन्दका कारण सदरमुकाममा तरकारी नल्याइँदा किसानकै बारीमा तरकारी कुहिएको कालेगाउँका अग्रणी कृषक दलबहादुर खत्रीले गुनासो गर्नुभयो ।

jajarkot खगेनकोटका जडीबुटी व्यापारी गोपाल खत्रीले गाउँबाट सदरमुकाममा ल्याउन ठिक्क पारेको जडीबुटी बन्दका कारण ल्याउन नसकेको गुनासो गरेका छन् । डोल्पाको तल्लो भागबाट जाजरकोट हुँदै काठमाडौँ पठाउन ल्याइएको तितेपातीलगायतका जडीबुटी खलङ्गाको रिम्नामा आठ दिनदेखि थन्किएको छ । विभिन्न सरकारी कार्यालयमा कामकाजका लागि आउने सर्वसाधारण बन्दका कारण नआउँदा यहाँका होटलको व्यापार पनि घटेको खलङ्गास्थित लवकुश होटलका सञ्चालक लवकुश ओलीले बताउनुभयो ।

]]>
1455 0 0 0
बादलमा लुकेकी दल्चोकी http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%a6%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%80-%e0%a4%a6%e0%a4%b2%e0%a5%8d%e0%a4%9a%e0%a5%8b%e0%a4%95%e0%a5%80/ Mon, 17 Aug 2015 09:27:31 +0000 http://www.ghumphir.com.np/?p=1458 रामदेवी मर्हजन करिब २३०० मिटर उचाईको दल्चोकी पुुग्दा बादलको चिसो हावाले हाम्रो शरिरलाई चुम्दा उकालो चढेर थकाएका शरिरमा नया“ जोश, जागर र उर्जा थपिदिन्छ । अझ चारैतिर देखिएका प्राकृतिक मनोरम दृष्यको आनन्दले आ“खालाई मात्र होइन मन र मस्तिष्कलाई पनि शान्त र शितल बनाईदिन्छ । दल्चोकीको प्राकृतिक सुन्दरता देखेर त्यो दृष्यलाई क्यामेरामा कैद गर्न मन लाग्यो । मैले ब्यागबाट क्यमरा झिकेर ती सुनदर दृष्यलाई आफ्न्नो क्यामेरामा कैद गर्दै फोटो खिचे । जति खिचेपनि मनै नअघाउने, आ“खै तहसमहस गर्न नमान्ने दल्चोकीको प्राकृतिक सुन्दरतामा मन हराउछ । सायद धेरै फोटो खिचेर होला लजाएर सेतो बादलको घुम्टो भित्र लुकेकी दल्चोकी । काठमाडौंमा हपक्कै गर्मी बढिसक्दा पनि लतिलपुरको दक्षिणमा पर्ने दल्चोकी शितल र शान्त छिन् । काठमाडौंको चर्को गर्मी छलेर शितल शान्त वातावरणमा एक दिने पदयात्रा गर्न उपयुक्त गन्तब्य हो दल्चोकी । यहा“को प्राकृतिक सुन्दरतालाई आड लिएर पर्यटनको विकास गर्न सकिन्छ । काठमाडौंलाई पहरा दिने ठुल्ठुला डाडां मध्ये दल्चोकी पनि एक हो तर यो रुटबारे कमैलाई जानकारी छ । काठमाडौंबाट धेरै टाढा छैन दल्चोकी । मात्र रिगरोडबाट २० किलोमिटर दुरीमा छ । ललितपुरको लगनखेलबाट लेले जाने गडीमा लेलेको टिकाभैरब, लेप्रोसी हस्पिटलमा ओर्लने । टिकाभैरबबाट दल्चोकी करिब ८ किलोमिटर दुरीमा, करिब ३ घण्टाको हिडाई पछि पुगिन्छ । टिकाभैरब करिब १५०० मिटर उचाईमा छ भने दल्चोकी २३०० मिटर उचाईमा । टिकाभैरबबाट दाया“ गोरेटो दक्षिण लाग्ने । टिकाभैरब मन्दिर हुदै गाउ“को बाटो हिड्ने । मिश्रित जनजातिको बसोबास रहेको टिकाभैरबबाट चारैतिर हरिया दृष्यहरु हेर्दै हिड्न सकिन्छ । बाया“तिर लेले गाविसका ससाना गाउ“हरुका साथै हरिया फा“टहरु देख्न सकिन्छ भने दाया“तिर खेतका फा“टमा किसानहरु मिहिनेत साथ रोपाई गरिरहेका अनि कतै कतै गोरुले खेत जोत्दै गरेको मनै छुने रमणिय दृष्यहरु, दक्षिणतिर अनगिन्ति हरिया“ रुखै रुखले भरिएका पहाडका थुम्काहरु उभिएका जसका टुप्पा बादलको सेतो कुहिरोले धपक्कै छोपिएका सेता देखिन्थे कुन चाहि डाडां चढ्ने हो थम्याउनै नसक्ने । यस्तै प्राकृतिक सुन्दरतास“ग रम्दै हिड्न सकिन्छ ।  अलिक हिडेपछि नल्लु खोला पुगिन्छ । नल्लु खोलालाई पार गरेर टिकाभैरबबाट दल्चोकी जाने दई बाट आउ“छ । एउटा मान्छे हिड्ने गोरेटो ठाडो उकालो । अर्को मोटर गुड्ने । दलचोकीबाट कान्ती राजपथ छुने गाडीको बाटो पनि बनिसकेको छ । मोटरबाटो नबन्दा मान्छेहरु यही बाटो भएर दल्चोकी हिड्थे । पदयात्रा भनेकै सकेसम्म गोरेटो बाटोमा हिड्न हो त्यसैले ठाडो उकालो चढ्नु नै बेस हुन्छ । दाया“ बाया“ मकैका हरिया बालाहरु झुलिरहेका विचमा सानो गोरेटो बाटो । करिब एक घण्टाको उकालो चढाईपछि मल्ल होटल, कान्ती राजपथ जाने बाटो पुगिन्छ । कान्ती राजपथ मकवानपुर सम्म जोडीएको छ । यहा“बाट पनि दल्चोकी पुग्ने दुई बाटा छन् । कान्ती राजपथबाट मोटर बाटो र अर्को ठाडो जंगलको उकालो सानो भैंसे, सैनिक क्याम्प हुदै दल्चोकी टप पुग्ने । मोटरबाटो तेर्सो अलिक सजिलो र जंगलको ठाडो उकालो अलिक गाहा्रे । ठाडो जंगलको उकालो नै चढ्ने । निधार, ढाड र नाकका टुप्पाबाट पसिना चुहाउ“दै, हरिया रुखहरुले फालेका स्वच्छ अक्सिजन लिदै हिड्दा खुम्चिएका नशाहरु तन्किएर स्वास प्रस्वास राम्रो भइ शरिरमा ताजापन आउ“छ । हिड्डा शरिरबाट पसिना निस्कन्छ, पसिनामार्फत  शरिरमा रहेका विकारहरु निस्कन्छन् जसले शरिरलाई स्फुर्ति दिन्छ । त्यसैले महिनाको एक पटक भएपनि धुवाधुलो रहित स्वच्छ वातवरणमा हिड्डा शरिर हल्का हुन्छ भने हिड्डा खुट्टाका जोर्नीको कसरत भई  बलियो हुुन्छ । मल्ल होटलमा एक छिन फलफुल ब्रेक गरेर फेरी ठाडो उकालो दक्षिण नै बढ्ने । स्वास्थ्यको लागि हिड्ने  भएको हुनाले पदयात्रा गर्दा जथाभावी हिड्नु हुदैन । सुरुमै छिटोछिटो हिड्डा स्वास फुलेर स्वास प्रस्वासमा बाधा भई दिनभर हिड्न गाह्रो हुन्छ । ताल नमिलाई उकालि ओरालीमा बेतिथिले हिडेमा बिच बाटोमै अप्थ्यारो हुन सक्छ । त्यसैले पदयात्रा गर्दा मध्यम गतिमा स्वासको तालमा पाईला मिलाउदै निश्चित ठाउ“मा पानी र फलफुल बे्रक गर्दे हिड्दा बढी थकान र शरिर गल्दैन । स्वस्थ्कै लागि हिड्ने भएको हुनाले जंकफुड र नुन बढी भएका खाजा, खाना नखानु बेश हुन्छ । जंकफुडमा शरिरलाई चाहिने छोका्रबोक्रा हुदैन जसले गर्दा शरिरमा भारीपन ल्याई हिड्न अप्थ्यारो हुन्छ । जंगलको बाटो, काठमाडौंमा चल्ने गाडीहरुको चर्को आवाज सुनेर थाकेका कानहरुले चराचुरुङ्गीको चिरविर आवाज, कोइलीको मीठो गीत र किरा फत्यङ्गाका प्राकृतिक आवाज सन्दा कानलाई आराम मिल्छ । करिब एक घण्टाको ठाडो जंगलको उकालो करिब १८०० मिटर उचाई चढाई पछि समथर बाटो पुगिन्छ । अलिक हिडेपछि सैनिकहरुको क्याम्प पुगिन्छ । द्धन्दकालमा सुरक्षाको लागि राखिएको । यहा“बाट दल्चोकी करिब चार कि.मि दुरीमा छ । यहा“ दुई बाटा छन् । मोटर बाटो र गोरेटो बाटो । जहा“बाट गएपनि हुन्छ । तेर्सो मोटरबाटो नै हिड्ने । जति जति उचाई बढदै गयो त्यति त्यति उडेर आएका बादलका चिसो हावाको स्पर्शले हाम्रो थकानले चुर भएका शरिरमा नया“ उर्जा बढ्छ र हिड्न सजिलो हुन्छ । करिब एक घण्टाको हिडाई पछि प्रकृति पे्रमी समूह, निरोगआन्दधाम निर्माणस्थल करिब २१६५ मिटर उचाईमा पुगिन्छ । यहा“बाट दल्चोकी टप करिब १५ मिनेटको ठाडो उकालो चढाई पछि पुगिन्छ । जंगलको शिरानमा रहेको निर्माणस्थलमा निरोग आनन्दधाम निर्माण कार्य सु्रु भईसकेको छ । उचित आहार विहार र विचारका प्रनेता, प्रकृतिप्रेमी समूहका अध्यक्ष प्राकृतिक चिकित्साका डाक्टर उमेश श्रेष्ठको अगुवाईमा निर्माण कार्य बैशाख देखि सुरु भैसकेको छ । उचित आहार विहार र विचारको अभ्यासले आफ्नो स्वास्थ्य आफ्नै हातमा लिने मूल मन्त्र व्यबहारमा लागु गरे मानिस जिवनभर निरोग र आनन्दित रहन सक्छ, लागिसकेको जिर्ण दिर्घ रोग पनि सरल विधिले समाधान हुन्छ भन्ने कुराको व्यवहाकि अभ्यास त्यहा गर्ने गराउने काम हुने छ । परकल्याण गरे स्वत आफ्नो कल्याण हुन्छ भन्ने कुरालाई जिवनभर आत्मशात गर्दै सम्पूर्ण मानवसमाज उपयोगी काममा समर्पित हुदै काम गर्दै आउनुभएका डा. श्रेष्ठ । सम्पुर्ण जनसहभागिता जुटाई निमार्ण कार्य अगाडि बढाउने योजना छ । यो केन्द्र निमार्णको लागि सबैको सहयोगको जरुरी छ । सहयोग भन्नाले हामी आर्थिक मात्र बुझद्छौ । सहयोग धेरै किसिमले गर्न सकिन्छ, आर्थिक भैतिक र श्रम दिएर । एकछिन आराम गरेर दल्चोकी टपको उकालो मोटरबाटो नगई पुर्वको ठाडो उकालो चढ्ने करिब १५ मिनेटमा पगिन्छ । दल्चोकी शंखु गाविसको आठ र नौ ओडा छुटेर छुट्टै गाविस बनेको हो । यहा“ दल्चोकी माईको मन्दिर छ र त्यहि नामाले दल्चोकी नाम रहन गएको यहा“का स्थानिय वासिन्दा मदन थापा मगरको भनाई छ । मिश्रित जनजाति बाहुन, क्षेत्री, तामाङ्ग, मगर, नगरकोटी सुनुवार समुदायको बसोबास रहेको छ । यहा छ घरहरुमा होम स्टेको सुरुवाट भैसकेको छ । एकैपल्ट ४० जना सम्म बास वस्न सकिन्थ्यो तर बैशाख १२ गतेको महाभुकम्पले दल्चोकीलाई पनी निकै क्षती प¥यायो । करिब ९९ प्रतिसत घरहरु क्षतिग्रस्त भए । १२ गतेको महाभुकम्पले जनमानसमा अझै डर र त्रास बांकीनै छ । तर मनसुनको सुरुवातसंगै त्यो कालो क्षणलाई विसार्ऐर सारा नेपालीलाई जीवनको लयमा फर्काउदै छ । सारा नेपालीहरु त्यो दुखद क्ष्यणलाई भुलेर खेत खेतमा ओईरीएका छन् रोपाई गर्न । यो दुष्यले मन निकै प्रफुल्लित तुलाउछ । मनसुन लगत्तै दल्चोकीमा पनि पर्यटकहरु बढेकाछन् । करिब १०० जना जति आईसके । हामीले टेन्ट लगाएर पर्यटकहरुलाई राख्छौं । घरहरु क्षती भएपनि दल्चोकी हाईकि¨को लागि सुरक्ष्ति छ । हामी करिब २० जना जतिलाई बास बसाउन सक्छौ दल्चोकीका रामप्रसाद तिमलसिनाले बताउनु भयो । धुक्क भएर दल्चोकीमा आउनु भए हुन्छ हामी तपाईहरुको स्वागत गर्छौं । जाने होईनत दल्चोकी उचाईमा रहेको हुनाले एक रात बास बसेर विहानको सुर्योदय र बेलुकिको सुर्यास्त हेर्दा थकान मेटिन्छ । कृषि र पशुपालनमा निर्भर छन् यहा“का बासीहरु । दैनिक १५०० सय देखि २००० लिटर गाई भैसींको दुध काठमाडौं ल्याईन्छ । तरकारी खेती पनि गरिन्छ । सामान्यत काउली, रायोको साग, आलु, बकुल्लाको खेती हुन्छ । दल्चोकी टप, भिड र प्रदुषणबाट टाढा, सफा छ । चारैतिर देखिएका दृष्य र वरिपरिबाट उडेर आएका भुई कहिरो बादल बनेर आएका चिसो हावाले नाको टुप्पोलाई छोएर जा“दा र त्यहि बादलमा लुकामारी खेल्दै गरेको सुर्यको किरणले बादललाई छेडेर हामी सम्म पुगेका पारिला घामका किरणले शरिरलाई स्पर्श गर्दा मनमा एक प्रकारको ताजापन छाउ“छ । यहा“बाट चारैतिरको राम्रो दृष्यावलोकन गर्न सकिन्छ । दल्चोकीको पूर्वमा चौघरे, नल्लु, भारदेव, बुखेल, मानिखेल आदि र फुल्चोकी टप देखिन्छ भने पश्चिमा भट्टेडाडां गाविसको पुरै दृष्य देखिन्छ । त्यसैगरी उत्तरतिर सेता हिमालहरु, गणेश, लाक्पा के के हो के नाम थाहानपाएका लश्करै उभिएका देखिन्छन् र तल तल काठमाडौं, टिकाभैरव र लेले गाविस देखिन्छ र दक्षिणतिर भने हरिया डाडांका थुम्काहरु लश्करै दल्चोकीलाई पहरा दिएर उभिएका देखिन्छनु र त्यही डाडांका बेसी र टुप्पामा स– साना बस्तिहरु देखिन्छन् भने मौसम खुलेको बेला तराईको पुरै भाग देखिन्छ । एकै छिनमा उडेर आएका सेता बादले डाडा र बस्तीलाई छोपिदिदा“ स्वर्गको टुक्रा जस्तो दखिन्छ दल्चोकी । यहां एकै दिनमा सबै मौसमको अनुभव गर्न सकिन्छ । उचाईमा परेको हुनाले छिनछिनमा उडेर आएका बादलको चिसो स्पर्शले मनलाई चिसो बनाईदिन्छ भने बादल खुलेपछि आएका सुर्यका किरणहरुले छुदा“ मन तातो हुनछ अनि त्यहि बादल ठोक्एिर झरेका पानीले बार्षातको अनुभव गराउ“छ । छिनमै घाम लाग्ने र छिनमै बादल लाग्ने । यहा“ प्रायःजसो मौसम यस्तै हुन्छ । चैत बैशाखमा डाडै राताम्य हुने गरी लालीगुरास फुल्छ । जंगलमा कहिलेकाही चितुवा, मृग र थुप्रै किसिमका चराचुरु¨ी देख्न पाइन्छ । काठमाडौंको यति नजिकै भएर पनि यो रुटबारे धेरैलाई थाहा छैन । काठमाडौं वरपर यस्ता थुपै डाडांहरुछन् जसको नाम समेत थाहा छैन । प्रकृति प्रेमी समूहले यस्तै डाडांपाखामा स्वस्थ्य पर्यटनमा सघाउ पु¥याउने उदेश्यले हरेक महिनाको चौथो सनिबार पदयात्रा गराउदै आएको छ भने दक्षिण ललितपुरलाई स्वास्थ्य पर्यटन गन्तब्य बनाउने अभियानमा दक्षिण ललितपुरका १८ गाविसमा दुई देखि १५ दिनसम्मको ट्ेकिङ्ग रुट विकास गर्दै छ ।  यहि समुहसंग दल्चोकी पुगेकी थिए । समूहसंग पदयात्रा गर्दा स्वस्थ्यलाभको साथसाथै स्वास्थ्य ज्ञान पनि मिल्छ । कति सुन्दर छ देश, प्राकृतिक सुन्दताले देशलाई स्वर्ग बनाईदिएको छ । हाम्रो पहिचान भनेको हाम्रो धर्म, सस्कृति र हाम्रो आचरण पनि हो ।  यहि  प्रकृतिको अनमोल सुन्दर उपहार , हाम्रो धर्म र सास्कृतिक सम्पदलाई लाई सदुपयोग गरेर त्यसमा मानिसको मुस्कान थपेर पर्यटन क्षेत्रलाई विकास गर्न सघाउ पुग्छ र पर्यटनको विकासले देशलाई अन्तराष्ट्यि क्षेत्रमा चिनाउन सक्छौ साथसाथै देशमा रोजगारी बढाउन सहयोग पुग्छ यसले देशका हाम्रा युवाहरुलाई देश छोडेर विदेशमा रोजगारीको लागि धाउनु पर्ने अवस्था हुदैन । तर हामीले हाम्रो देशलाई चिन्न सकेका छैनौ । त्यसैले पहिला हामीले हाम्रो देश घुम्न जरुरी छ त्यसको लागि पहिला आन्तरिक पर्यटनको विकास हुन जरुरी छ । हिड्दा स्वास्थ्यलाई राम्रो हुन्छ नै साथसाथै यसले आफ्नो देश चिन्न पनि मद्दत गर्छ, गाउको जनजिवन, सस्कृति पनि बुझ्न सकिन्छ । विदाको बेलामा घरमा बसेर सुतेर तास खेलेर र पिकनिकमा गएर बेप्mवाकमा पैसा सकाउनुको साटो परिवार सहित आफ्नो देशको भ्रमण गर्दा आन्तरिक पर्यटन पनि विकास हुन्छ, आत्मियताको विकास हुन्छ, प्रेम र पारस्परिक सहयोगको विकास हुनुका साथसाथै देशलाई नजिक बाट चिन्ने मौका पनि पाउँछौ । यसका लागि हामीले आ आफ्नो क्षेत्रबाट आ आफ्रनो कर्तव्य इमान्दरीका साथ ग¥यौ भने सम्भव हुन्छ र भविष्मा हामी हाम्रा जोसिला युवाहरु नयाँ सोचकासाथ देशमै देश विकासका लागि काम गरिरहेका पाउँनेछौ । टपबाट पुर्व ठाडो ओरालो झर्दै मनकामना मन्दिर हुदै गोठ भन्ज्या“ङ्ग, बासुकी, शिखर्पा हुदै टिकाभैरब सम्म पदयात्रा गर्ने र टिकाभैरबबाट गाडीमा आउने । यो रुटलाई ठ्याक्कै उल्टो हिड्दा पनि हुन्छ । चढ्दा टिकाभैरबको शिखर्पा गाविस, नल्लु भन्ज्या“¨, गोठा भन्ज्या“¨ हुदै मनकामना मन्दिर र त्यहा“ खाजा खाएर टप चढ्ने र निरोग आनन्दधाम, सैनिक क्याम्प, सानो भैसें मल्ल होटल हुदै टिकाभैरब ओर्लने । जताबाट गएपनि चढ्न तीन घण्टा र ओर्लन दुई घण्टा  । कसरी जाने ः ललितपुरको लगनखेलबाट लेले जाने गाडीमा लेले टिकाभैरब, लेप्रोसी हस्पिटलमा झर्ने ।  टिकाभैरबबाट दाया“ गोरेटो दक्षिण लाग्ने । हाईकि¨ दुरी १६ किलोमिटर । मोटर बाटो दल्चोकी सम्मै पुग्छ । प्राइभेट गाडी र मोटरसाईकलमा दई घण्टामै दल्चोकी पुग्न सकिन्छ । दल्चोकी पदयात्रा गर्न उपयुक्त समय असोज, कात्तिक, मंसिर र माघ, फागुन । के लाने ः पानी पर्ने मौसम भएकोले छाता या बर्सादी र टे्रकिङ्ग लौरो अनिवार्य बोक्ने । पछाडि भिर्ने ब्याग, दुई लिटर पानी, सनगलास, घाम छेक्न क्याप, पातलो ज्याकेट बोक्दा बेस हुन्छ । प्राथमिक उपचारका सामान सिटामोल, टेप, मल्हम, ब्यानडेज, सियो धागो बोक्ने । हिड्न सजिलो जुत्ता र नचिप्लिने लगाउने ।

20150627_090141 20150627_090149 20150627_095252 20150627_103318 DSC01419 DSC01424 DSC01454 DSC01464

]]>
1458 0 0 0
अन्तिम सोमबार http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%ae-%e0%a4%b8%e0%a5%8b%e0%a4%ae%e0%a4%ac%e0%a4%be%e0%a4%b0/ Mon, 17 Aug 2015 10:05:34 +0000 http://www.ghumphir.com.np/?p=1468 1468 0 0 0 सोमबार पूजा http://localhost/ghum/%e0%a4%b8%e0%a5%8b%e0%a4%ae%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%82%e0%a4%9c%e0%a4%be/ Mon, 17 Aug 2015 10:09:39 +0000 http://www.ghumphir.com.np/?p=1471 1471 0 0 0 पर्यटन प्रवर्द्धनका लागी ‘भिडियो फर नेपाल’ अभियान सुरू http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80/ Mon, 17 Aug 2015 10:13:02 +0000 http://www.ghumphir.com.np/?p=1474 Ncell-Towerहालै गएको महाभुकम्प पश्चात नेपालमा पर्यटकहरुको आगमनमा करिब ४० प्रतिशतले ह्रास आउने प्रक्षेपण गरिएको परिप्रेक्षमा सबैले आ-आफ्नो ठाउँबाट देशको सुन्दरतालाई उजागर गर्दै पर्यटकलाई सकारात्मक सन्देश दिई नेपाल आउन प्रेरित गरौं भन्ने अभिप्रायले एनसेलले यो राष्ट्रिय पहल सुरु गरेको हो । ‘भिडियो फर नेपाल’ अभियान अन्तर्गत ईच्छुक व्यक्तिले नेपालको बारेमा रोचक भिडियो बनाएर एनसेलमा पठाउन सक्छन् । यसरी प्राप्त भिडियो मध्ये उत्कृष्ट केहि भिडियोबाट नेपालको बारेमा एउटा रोचक भिडियो बनाइने छ, जसले संसारभर ‘नेपाल एक अलौकिक सौन्दर्यले भरिएको देश हो जुन अझै पनि पर्यटकिय दृष्टिकोणबाट सुरक्षित र पुग्नै पर्ने गन्तव्य हो’ भन्ने सन्देश दिनेछ । यो अभियानमा विद्यार्थी, उद्यमी, निर्माता लगायत सबैले भाग लिन सक्छन् । भिडियो राम्रो गुणस्तरको, कम्तिमा एक मिनेटको र ओरिजिनल हुनुपर्नेछ । सहभागीले नेपालको प्राकृतिक तथा भौगोलिक सौन्दर्य, कला, संस्कृती, पोशाक, जिवनशैली लगायतका विभिन्न विषयवस्तुलाई आफ्नै शैलीमा प्रस्तुत गरी www.ncell.com.np/videofornepal  <http://www.ncell.com.np/videofornepal> मा अपलोड गर्न अथवा ड्रपबक्स वा गुगल ड्राईभबाट पनि पठाउन सक्छन् । साथै भिडियो पठाउनु अघि व्यक्तिगत विवरण पनि उपलब्ध गराउन पर्नेछ । भिडियो यही भदौ १३ गते सम्म पठाइसक्नु पर्नेछ । छनौटमा परेका भिडियो बनाउने व्यक्तिको नाम भिडियो फर नेपालको फाइनल भिडियोमा राखिनेछ । साथै दश लाख सेकेन्डको अननेट टकटाइम पनि उपहार स्वरुप प्रदान गरिनेछ । यसरी प्राप्त टक टाइम ३० दिनसम्म मान्य हुनेछ ।]]> 1474 0 0 0 पाँचतारे होटलका ६१ प्रतिशत कोठा बुक http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a5%87-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a5%ac%e0%a5%a7-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf/ Mon, 17 Aug 2015 10:23:55 +0000 http://www.ghumphir.com.np/?p=1477 काठमाडौं ।

सन् २०१४ मा नेपालका पाँचतारे होटलका ६१ प्रतिशत कोठा बुक भएका छन् । पाँचतारे होटलका पाँच लाख २३ हजार चारसय ५३ कोठा मध्ये तीन लाख १९ हजार दुईसय ८४ कोठा बुक भएका हुन् । पछिल्लो तीन वर्ष यताको तथ्यांक हेर्ने हो भने २०१२ मा सबैभन्दा धेरै कोठा बुक भएका थिए । त्यो वर्ष ६२.८ प्रतिशत कोठा बुक भएका थिए भने २०१३ मा त्यो घटेर ५८.९ प्रतिशतमा घटेको थियो । यो वर्ष भने केही बढेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले जनाएको छ । २०१४ मा सबैभन्दा धेरै नोभेम्बरमा र सबैभन्दा कम जुलाईमा होटल बुक भएका थिए । नोभेम्बरमा ८६.३३ प्रतिशत र जुलाईमा ४९.२१ प्रतिशत कोठा बुक भएका थिए । धेरै बुक हुने सिजनमा अक्टोबर, मार्च, अप्रिल र फेब्रुअरी रहेका छन् । कम बुकिङ हुने महिनामा जुन, जनवरीलगायतका महिना रहेका छन् ।

]]>
1477 0 0 0
टेलिकमले जीएसएम प्रिपेड मोबाइल डाटा प्याकेज ल्यायो http://localhost/ghum/%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%9c%e0%a5%80%e0%a4%8f%e0%a4%b8%e0%a4%8f%e0%a4%ae-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a5%87%e0%a4%a1/ Mon, 17 Aug 2015 12:39:22 +0000 http://www.ghumphir.com.np/?p=1480 डाटा शुल्क
भोल्यूम शुल्क (रूपैयाँमा) अवधी एसएमएस (१४१५)मा
२०० एमबी १३० १ महिना DATA200MB
५०० एमबी ३०० DATA500MB
१ जीबी ५०० DATA1GB
३ जीबी १,२९० २ महिना DATA3GB
५जीबी १,८०० ३ महिना DATA5GB
१० जीबी २,८०० ६ महिना DATA10GB
यसैगरी सिल्भर प्याक अन्तर्गत १ जीबी र ३ जीबी डाटा उपलब्ध गराइने छ । एक जीबीको ५ सय रुपैयाँ र ३ जीबीको १२ सय ९० रुपैयाँ तिर्नुपर्ने हुन्छ । १ जीबी प्याक एक महिना र ३ जीबी प्याक २ महिनाभित्र सिध्याउनुपर्छ । गोल्ड प्याक अन्तर्गत ५ जीबी र १० जीबी डाटा उपलब्ध हुने छ । ५ जीबी डाटाको १८ सय रुपैयाँ र १० जीबी डाटाको २८ सय रुपैयाँ तिर्नुपर्ने छ । ५ जीबीको प्याक तीन महिनासम्म र १० जीबीको प्याक ६ महिनासम्म चलाउन पाइने छ । उल्लेखित महसुल दरमा कर समावेश नगरेको टेलिकमले जनाएको छ । डाटा प्याक कसरी लिने ? * डाटा सुविधा लिनका लागि आफुले चाहेको डाटा Volume उल्लेख गरी १४१५ मा SMS पठाउनु पर्छ । जस्तै M 200MB Data लिनुपरेमा DATA200MB Type गरी १४१५ मा SMS पठाउनु पर्छ । * प्रयोग गर्न बाँकी रहेको Data Volume थाहा पाउन VL Type गरी १४१५ मा SMS पठाउन सकिन्छ ।]]>
1480 0 0 0
टेलिकमको नाफा १३ अर्ब ८७ करोड http://localhost/ghum/%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%be%e0%a4%ab%e0%a4%be-%e0%a5%a7%e0%a5%a9-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a5%ae%e0%a5%ad-%e0%a4%95/ Mon, 17 Aug 2015 12:46:18 +0000 http://www.ghumphir.com.np/?p=1483 telicom अघिल्लो वर्षको तुलनामा गत वर्ष सेवा बिक्रीबाट भएको आम्दानी साढे ९ अर्बको हाराहारीमा बढेपछि खुद नाफा बढ्न गएको हो । टेलिकमले सेवा बिक्रीबाट ३७ अर्ब १८ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २७ अर्ब ७५ करोड ५७ लाख रुपैयाँ रहेको थियो । टेलिकमले विनाशकारी भूकम्पपछि उपभोक्तालाई २ अर्ब रुपैयाँ भन्दा बढीको टेलिफोन, एसएमएस तथा डाटा सेवा निःशुल्क प्रदान गरेपनि सेवा बिक्रीबाट उच्च आम्दानी गर्न सफल भएको छ । टेलिकमले गत वर्ष अन्य क्षेत्रबाट ३ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ८६ करोड ८५ लाख रुपैयाँ रहेको थियो । टेलिकमले ५ अर्ब ३ करोड ८३ लाख रुपैयाँ आम्दानी करका लागि छुट्टाएर राखेको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ आम्दानी कर बुझाएको थियो । टेलिकम मुलुककै सर्वाधिक नाफा कमाउने र कर तिर्ने कम्पनी हो । टेलिकमको प्रतिशेयर आम्दानी ७७ रुपैयाँबाट बढेर ९२ रुपैयाँ ४८ पैसा पुगेको छ । प्रतिशेयर बजार मूल्य भने ६५६ रुपैयाँबाट घटेर ६ सय ३६ रुपैयाँमा झरेको छ । यस्तै मूल्य आम्दानी अनुपात ६.८८ गुना, प्रतिशेयर नेटवर्थ ४२८.२९ रुपैयाँ रहेको छ । टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले अघिल्लो वर्षको आम्दानीबाट प्रतिशेयर ४७ रुपैयाँका दरले नगद लाभांश प्रदान गरेको थियो ।]]> 1483 0 0 0 बाघभैरव जात्रा मङ्गलबार http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%b5-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%ae%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%b0/ Mon, 17 Aug 2015 12:50:39 +0000 http://www.ghumphir.com.np/?p=1485

काठमाडौँ, ३२ साउन ।

काठमाडौँ उपत्यकाका प्राचीन जात्रामध्येको बाघभैरव जात्रा कीर्तिपुरमा मङ्गलबार मनाइँदै छ । कीर्तिपुरवासीका आराध्यदेव बाघभैरवको जात्रा प्रत्येक वर्षको भदौ १ गते सिंह सङ्क्रान्तिका दिन मनाउने प्रचलन छ । समुद्री सतहबाट चार हजार ८०० फि उचाइमा रही पूर्व र पश्चिम लाम्चो डुङ्गाका आकारमा देखिने प्राचीनबस्ती कीर्तिपुरको मध्य भागमा अवस्थित बाघभैरव मन्दिरमा लाग्ने जात्रा यहाँका जात्रामध्येको विशिष्ट भएको कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यले जानकारी गराउनुभयो । जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गराइने र आफन्त बोलाएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसियाली साट्ने प्रचलन छ । शाक्यका अनुसार जात्राका दिन बाघभैरवको मन्दिर १०८ पटक घुमेमा पाप नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास छ । पूर्वतर्फ फर्केको बाघभैरवको मन्दिर शिवदेवले बनाए पनि तर मूल माटाले बनेको गर्भमा रहेको मूर्ति कसले बनायो भन्ने विषयमा धेरै किंवदन्ती पाइन्छ । एक किंवदन्तीअनुसार परापूर्वकालमा दानासुर राक्षसले यहाँका मानिसलाई निकै दुःख दिएको कुरा द्वारिकाका कृष्णले थाहा पाई यस क्षेत्रमा आएर उसको बध गरी यहाँका जनताको रक्षाका लागि बाघभैरवको स्थापना गरेका हुन् । त्यस्तै अर्को किंवदन्तीअनुसार उत्तरतर्फको बस्तीका गोठाला त्यहाँको जङ्गलमा पशु चराउन जान्थे । एक दिन गोठालाले माटाको खेलौनाका रुपमा बाघ बनाएछन् । त्यसमा जिब्रो हाल्नका लागि पात खोज्न गएका बेला त्यही बाघमा शक्ति उत्पन्न भई त्यसले चराउन ल्याएका सम्पूर्ण गाईवस्तु खाइदिएछ । गाईवस्तु खाइदिएको रिसले केटाकेटीले सधैँ आँ गरी बस्न परोस् भन्ने सराप दिएछन् र मुखमा जिब्रो पनि राखेनछन् । त्यसैले पनि कीर्तिपुरको बाघभैरवको मूर्तिमा जिब्रो नरहेको विश्वास गरिन्छ । बाघभैरवको मूर्ति विभिन्न समयमा जीर्णोद्धार गरिँदै आएकामा दुई वर्षअघि स्थानीयवासीको सक्रियतामा तान्त्रिक विधिद्वारा जीर्णोद्धार गरिएको थियो ।

]]>
1485 0 0 0
नेप्से ४६ अङ्कले बढ्यो http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87-%e0%a5%aa%e0%a5%ac-%e0%a4%85%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Mon, 17 Aug 2015 12:53:21 +0000 http://www.ghumphir.com.np/?p=1488 काठमाडौँ, ३२ साउन ।

केही दिनदेखि उकालो लाग्न थालेको नेप्से परिसूचकमा आज ४५.५५ अङ्कले बढेको छ । दुई दिनसम्म लगातार बन्द भए पनि त्यसको कुनै नकारात्मक असर देखिएन । लगानीकर्ता बजारप्रति उत्साहित देखिएकाले परिसूचकमा सुधार आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेका अनुसार आजको वृद्धिपछि नेप्से ११५७.६० अङ्कमा पुगेको छ । यसअघि विसं २०६५ मा नेप्से ११७५ विन्दुमा पुगेको थियो । आज रु ८२ करोड ५५ लाख ६९ लाख ४८० बराबरका १३ लाख ५३ हजार ६४९ कित्ता सेयरको तीन हजार ६६७ पटक कारोबार भयो । बजार खुलेदेखि नै उकालो लागेको नेप्से ४५ मिनेटपछि ओरालो लाग्न सुरु गरेको थियो तर त्यसको केही समयपछि नै पुनः उकालो लाग्न सुरु गरेको परिसूचक बजार बन्द नहुँदासम्म निरन्तर उकालो लागेको हो । सबैभन्दा बढी आज बैंकिङ समूहको परिसूचक ६४.६७ अङ्कले बढ्यो भने उत्पादनमूलक क्षेत्रको परिसूचक ६७.४६ अङ्कले बढ्यो । व्यापार समूहको परिसूचक भने आज ६.४१ अङ्कले ओरालो लाग्यो ।

]]>
1488 0 0 0
पर्यटकबाट एक्काइस करोड सङ्कलन http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%87%e0%a4%b8-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%b8/ Mon, 17 Aug 2015 13:01:25 +0000 http://www.ghumphir.com.np/?p=1491 भक्तपुर, ३२ साउन ।

भक्तपुर नगरपालिकाले आव २०७१÷७२ मा पर्यटक शुल्कबाट रु २१ करोड ३४ लाख ३५ हजार ४०० रकम सङ्कलन गरेको छ ।भक्तपुरको सम्पदा हेर्न आउने सार्क राष्ट्र तथा चिनियाँ पर्यटकसँग रु १०० र अन्य देशबाट आउने पर्यटकसँग रु एक हजार ५०० शुल्क लिँदै आएको नगरपालिकाले नगर घुम्न आउने दुई लाख ४४ हजार १४४ जना पर्यटकबाट उक्त रकम सङ्कलन गरेको हो । भूकम्पका कारण आव २०७०÷७१ मा भन्दा आव २०७१÷७२ मा पर्यटकको आगमन घटेपछि भक्तपुर नगरपालिकामा पर्यटक शुल्कबाट हुने आम्दानी पनि घटेको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका प्रमुख दामोदर सुवालले जानकारी दिनुभयो ।

Bhaktapur_66आव २०७०÷७१ मा एक लाख ३६ हजार ९९६ जना सार्क राष्ट्र तथा चिनियाँ पर्यटक र अन्य देशबाट एक लाख ५३ हजार ८९५ जना पर्यटकको आगमन भएकामा आव २०७१÷७२ मा भने यो सङ्ख्या घटेर सार्क तथा चिनियाँ पर्यटक एक लाख नौ हजार १२९ जना र अन्य देशबाट एक लाख ३५ हजार १५ जना पुगेको छ । नगरपालिकाले आव २०७०÷७१ मा सार्क तथा चिनियाँ पर्यटकबाट रु एक करोड ३६ लाख ९९ हजार ६०० र अन्य देशका पर्यटकबाट रु २३ करोड आठ लाख, ४२ हजार ५०० गरी कुल रु २४ करोड ४५ लाख ४२ हजार १०० आम्दानी गरेको थियो । तर नगरपालिकाले आव २०७१÷७२ मा भने सार्क तथा चिनियाँ पर्यटकबाट रु एक करोड नौ लाख १२ हजार ९०० र अन्य देशका पर्यटकबाट रु २० करोड २५ लाख २२ हजार ५०० गरी कुल रु २१ करोड ३४ लाख ३५ हजार ४०० मात्रै सङ्कलन गरेको छ । भूकम्पका कारण वैशाखदेखि असारसम्म पर्यटकको आगमन ठप्प भएपछि नगरपालिकाले आव २०७०÷७१ मा भन्दा आव २०७१÷७२ मा रु चार करोड २० लाख १९ हजार ६०० कम आम्दानी भएको नगरपालिकाले जनाएको छ । भूकम्पपछि पर्यटकको आगमन ठप्प भएको हो । नगरपालिकाका अनुसार वैशाखमा सार्क तथा चिनियाँ पर्यटक पाँच हजार ७३८ जना, जेठमा नौजना, असारमा ३९२ जनामात्रै आएका थिए । अन्य देशबाट वैशाखमा छ हजार ८०८, जेठमा ११ जना, असारमा एक हजार ११७ जनामात्रै पर्यटक भक्तपुर आएका थिए ।

]]>
1491 0 0 0
रसुवागढी नाका अझै सञ्चालन भएन http://localhost/ghum/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%9d%e0%a5%88-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2/ Mon, 17 Aug 2015 13:22:41 +0000 http://www.ghumphir.com.np/?p=1503 ३२ साउन,रसुवा
विनाशकारी भूकम्पले भन्सारको भौतिक संरचना पुरिएपछि बन्द भएको रसुवागढी नाका अझै सञ्चालन भएको छैन। आयात–निर्यातको अर्को विकल्प नहुँदा यो नाकाबाट कारोबार गरिरहेका सयौं व्यापारी अनिश्चयको भुमरीमा रुमलिएका छन्।
'करोडौंको सामान फसेको छ, अब के गर्ने केही विकल्प सोच्न सकिरहेका छैनौं,' स्थानीय व्यापारी मकुन्द पौडेलले भने, 'यो अनिश्चय कहिलेसम्म हो? सरकारले भनिदिनुपर्योल।' नाकामा आइसकेको सामान फर्काएर समुद्री बाटोबाट ल्याउँदा लागत उठाउने नसक्ने उनले बताए। नाका असुरक्षा छ भनेर सरकारले चीनसँग पहल नगर्दा आफूहरु डुब्न लागेको उनको भनाइ छ। रसुवागढी वा तातोपानीमध्ये कुनै एक नाका भए पनि खुलाइदिन उनीहरुले आग्रह गरे।
rasuwa nakaनाका बन्द हुँदा मध्यम र साना व्यापारी बढी मर्कामा परेका छन्। बर्सेनि २ अर्बभन्दा बढीको आयात र ५० करोडको निर्यात हुने रसुवागढी नाका सञ्चालनमा नआउँदा राज्यले पाउने राजस्व पनि गुमेको भन्सार कार्यालयका शाखा अधिकृत फणिन्द्र अर्यालले बताए। सुरक्षित रहेको रसुवागढी नाका खुलाउने आफूहरुको पहल सार्थक हुन नसकेको व्यापारीको गुनासो छ। सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी नाका एकैपटक खुलाउने चीनका अधिकारीले बताए पनि अहिलेसम्म खुल्ने छाँट नदेखिएको नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङले बताए। 'यहाँबाट पहल गर्दा कसैले सुनेनन्, अब चीनमै गएर नाका सञ्चालनका विषयमा कुरा उठाउने तयारीमा छौं,' उनले भने, 'यही अवस्था रहे दसैंमा पनि पनि सामान ल्याउन पाउँदैनौं।' ठूला व्यापारीले समुद्री बाटो हुँदै कलकत्ताबाट ल्याउने प्रक्रिया सुरु गरे पनि साना र मझौलाले धेरै खर्च गरेर ल्याउन नसक्ने तामाङले बताए। तातोपानी नाका सञ्चालन ल्याउन नसके पनि रसुवागढी खोलिदिए सहज हुने उनले बताए। बेलैमा नाका नखुले साना व्यापारी डुब्ने उनको भनाइ छ। नाका बन्द हुँदा यसमा निर्भर ५ सय मजदुरको रोजीरोटी खोसिएको छ। नाका सञ्चालनपछि खुलेका होटल सुनसान छन्। यो नाकाबाट तयारी कपडा, जुत्ता–चप्पल, खेलौना, स्याउ, स्टेसनरी सामान आयात हुन्छ। नाका बन्द हुँदा कन्टेनर व्यवसायीदेखि मजदुरसमेत प्रभावित भएका छन्। ३ महिनादेखि कन्टेनर व्यवासायीले आयात–निर्यातको सामान उठाउन पाएका छैनन्। भूकम्पपछि कन्टेनर व्यवसायी पनि ठूलो मारमा परेको गोसाइकुण्ड कन्टेनर व्यवसायी संघका उपाध्यक्ष शशि अधिकारी बताए। रसुवागढी नाका सञ्चालन गर्न कुनै समस्या नभएको उनको भनाइ छ। रसुवागढी खोले तातोपानीबाट आयात गरिने समानसमेत ल्याउन सकिने व्यवसायी र भन्सार अधिकारी बताउँछन्। रसुवागढीदेखि केरुङसम्मको २६ किलोमिटर सडक भूकम्पले भत्किएर मर्मत गरे पनि ढुंगा खस्न नछाडेको भन्दै चीनले तत्काल नाका खोल्न चाहेको छैन। नेपालतर्फ भने स्याफ्रुबेसीदेखि रसुवागढी नाकासम्मको १६ किलोमिटर ग्राभेल सडकको पहिरो पन्छाएर खुलाइएको छ। तर, नाकासम्म सवारी साधन गुडाउन दिइएको छैन।भूकम्पसँगै खसेको पहिरोले रसुवागढी भन्सारको भवन पुरिएपछि त्योभन्दा दुई किलोमिटर वर टिमुरेमा भन्सार कार्यालय स्थापना गरिएको छ।
]]>
1503 0 0 0
धेरै चट्याङ पर्ने ठाउँ (फोटो फिचर ) http://localhost/ghum/%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a7%e0%a5%87%e0%a4%b0%e0%a5%88-%e0%a4%9a%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d/ Mon, 17 Aug 2015 13:27:09 +0000 http://www.ghumphir.com.np/?p=1507 Catatumbo 1 आखिर त्यो तालमा किन यतिधेरै चट्याङ पर्छ होला ? वैज्ञानिकहरुले यस विषयमा विभिन्न खाले सिद्धान्त प्रतिपादन गरेका छन् । तिव्र गतिको हावाले तालको ओसिलो हावालाई जोडसँग सोहोरेर लग्ने र नजिकैको एन्डियन पहाडमा ठोक्काउने गर्दा यस्तो भएको कतिपयको भनाइ छ । अर्को सिद्धान्त अनुसार ताल क्षेत्रको धापमा कुहेका जिव तथा वनस्पतीबाट निस्किएको मिथेन ग्यासका कारण यस्तो चट्याङ निरन्तर पर्ने गर्छ । माराकाइबो ताल पहाडले घेरिएको छ । पहाडहरुले क्यारेबियन सागरबाट आउने न्यायो व्यापारिक वायुलाई ट्रयाप गर्दछन् । त्यो न्यानो हावा एन्डिज पर्वतबाट झर्ने चिसो हावासँग ठोक्किन्छ । त्यसपछि दुवै हावा माथि उठ्छन् र गर्जन सहित निरन्तर विजुली चम्किन्छ । वैज्ञानिकहरुका अनुसार माराकाइबो तालमाथिको आकाशमा चम्किरहने विजुलीका कारण उत्पन्न भएको उर्जाबाट पूरै ल्याटिन अमेरिकामा विजुली बाल्न पुग्दछ । हेरौँ माराकाइबो तालमा पर्ने चट्याङका दृश्यहरु Catatumbo 2 Catatumbo 3 Catatumbo La Dragontea
 Venezuela1
]]>
1507 0 0 0
'म अहिले नेपालमा छुु http://localhost/ghum/%e0%a4%ae-%e0%a4%85%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%9b%e0%a5%81%e0%a5%81/ Mon, 17 Aug 2015 13:50:27 +0000 http://www.ghumphir.com.np/?p=1512 नेपालका लागि बेलायती राजदूत जोन रेन्किन र ब्रिटिस सहयोग नियोग डिएफआइडीकी नेपाल प्रमुख गेइल मर्जेट्टीले  आधा दिन अन्नपूर्ण क्षेत्रको धम्पुसमा बिताए। पोखराबाट करिब २० किलोमिटर टाढाको पर्यटकीय गाउँमा यी दुई बेलायती अधिकारीले 'म अहिले नेपालमा छुु लेखिएको प्लेकार्ड बोकेर फोटो खिचे।
उनीहरुले खिचेको फोटो अब विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक गर्नेछन्। भूकम्पपछि पनि नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन यी दुई अधिकारी अन्नपूर्ण क्षेत्र घुम्न आएका हुन्। धम्पुसबाट फर्केर पोखरामा पर्यटन व्यवसायीसँग छलफल गरेका उनीहरुले पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन आफूहरु यहाँसम्म आएको प्रतिक्रिया दिए। 'म आफैं अन्नपूर्ण क्षेत्रमा घुमेर फर्किए। अन्नपूर्ण क्षेत्र सुरक्षित रहेछ,ु राजदूत रेन्किनले भने, 'अब नेपाल घुम्न खतरा छैन भन्ने खालको सन्देश पठाउनेछु। 'हामी नेपालमा छौं। घुम्न कुनै खतरा छैनु लेखेको प्लेकार्ड बोकेर खिचेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने उनीहरुले बताए। 'त्यसबाट पर्यटक विश्वस्त हुनेछन्,ु उनले भने, 'त्यसपछि नेपालमा बेलायती पर्यटक आगमन बढ्नेछ। भूकम्प आए पनि सबै क्षेत्रमा असर नपरेकोले नेपाल घुम्नका लागि सुरक्षित रहेको आफ्नो भ्रमणले पुष्टि गरेको उनले बताए। 'धेरै बेलायती नागरिक नेपाल घुम्न चाहन्छन्। उनीहरुको सुरक्षाप्रति हामी संवेदनशील हुनुपर्छ। त्यही भएर स्थलगत अवलोकन गर्न आएका हौं,ु उनले भने, 'हाम्रो भ्रमणले उनीहरुमा विश्वासको वातावरण बनाउनेछ।ु b3dfa88ed303066d7bfbadbf177b342e_Lभूकम्पपछि बेलायतले आफ्ना नागरिकलाई नेपाल नजान सल्लाह दिएको थियो। पछि उक्त सल्लाह आंशिक सच्चाएको थियो। भूकम्पलगत्तै मनसुन भित्रेकोले बाढी–पहिरोको त्रासले गर्दा एडभाइजरी आंशिक सच्याएको र केही समयपछि पूर्ण रुपमा सच्याउने राजदूत रेन्किनले आश्वासन दिए। 'नेपाल घुम्न सारै राम्रो छ। यहाँको सौन्दर्यले मन लोभ्याउँछ। त्यसैले 'फरेन कमनवेल्थ अफिसले जारी गरेको एडभाइजरी हेरेरमात्र घुम्न आउँु आशयको सन्देश दिने पोस्टर बोकेको रेन्किनले भने, 'त्यसो भयो भने नेपालको यात्रा सुखद हुन्छ।ु भूकम्प आएर पीडा थपिए पनि नेपाल हाँस्न थालेको सुखद सन्देश पनि यी दुई बेलायती अधिकारीले दिएका छन्।

रेन्किनसँगै रहेकी डिएफआइडीकी नेपाल प्रमुख मर्जेट्टीले नेपाली अर्थतन्त्रमा पर्यटन क्षेत्रको उल्लेख्य भूमिका रहेको बताइन्। भूकम्प आए पनि अन्नपूर्ण क्षेत्र सुरक्षित रहेको जानकारी दिन आफैं घुम्न आएको उनले बताइन्। 'हामी पनि नेपालमा छौं। यहाँ घुम्न खतरा छैन भन्ने सन्देश दिन आएका हौं,ु उनले भनिन, 'अन्नपूर्ण क्षेत्र झनै सुरक्षित रहेको छ। केही दिनअघिको अध्ययनले पनि त्यही प्रतिवेदन दिएको छ।ु

उनले नेपाल आउन चाहने पर्यटकलाई विभिन्न तरिकाले सन्देश दिन खोजेको बताइन्। 'हामीले यहाँका पर्यटन व्यवसायीको पीडा साँच्चै बुझेका छौं। त्यही भएर सकारात्मक सन्देश दिएर पर्यटक बोलाउने प्रयास गरेका छौं,ु उनले भनिन्, 'त्यसो भयो भने नेपालको पर्यटन क्षेत्र उकालो लाग्नेछ।ु उनीहरुले विदेशी र स्वदेशी सञ्चारमाध्यम मार्फत पनि पर्यटन प्रवर्द्धन गर्न व्यवसायीलाई सुझाए।

भूकम्पपछि नेपाल आउने विदेशी पर्यटक शून्यकै अवस्थामा झरेको बेला नेपालमा पर्यटक आउने प्रमुख मुलुकमध्येको बेलायतका उच्च अधिकारीले पर्यटकीय क्षेत्र घुमेर सुरक्षित रहेको सन्देश दिनु पर्यटन क्षेत्रका लागि सबैभन्दा योगदान हुने व्यवसायीको भनाइ छ। पर्यटन बोर्डका पूर्वसदस्य तथा पोखरा पर्यटन पुनर्जागरण समिति ९पिटिआरसी० को प्रवर्द्धन समिति संयोजक बासुदेव त्रिपाठीले उनीहरुको कदमबाट सकारात्मक सन्देश फैलने बताए।

'धेरै सञ्चारमाध्यमबाट नेपालबारे नकारात्मक सन्देश गयो। विभिन्न मुलुकका नेपालस्थित दूतावासले खतराको संकेत गर्दै ट्राभल एडभाइजरी जारी गरे,ु उनले भने, 'त्यसले हामीलाई मार पर्योा।ु उनले नेपाल आउने तयारीमा रहेका धेरै विदेशी पर्यटक यस्तै गलत सन्देशका कारण अन्यत्र मोडिएको बताए।

राष्ट्रिय पर्यटन प्रवर्द्धन समितिका सदस्य गोविन्दराज पहारीले पनि नेपालको पर्यटन क्षेत्रमा यतिबेला सकारात्मक सन्देश दिने खालको ट्राभल एडभाइजरी जरुरी रहेको बताए।

]]>
1512 0 0 0
ठग रोजगार व्यवसायीबाट आक्रमण भएको जिकिर http://localhost/ghum/%e0%a4%a0%e0%a4%97-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%86%e0%a4%95/ Mon, 17 Aug 2015 15:54:10 +0000 http://www.ghumphir.com.np/?p=1516 काठमाडौँ, ३२ साउन ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले ठगी गर्ने केही वैदेशिक रोजगार व्यवसायीले कारबाहीमा पर्ने डरले आफूमाथि ‘भाडाका गुन्डा’ प्रयोग गरेर आक्रमण गरेको बताउनुभएको छ । उहाँमाथि यही साउन २७ गते एक समूहले आक्रमण गरेको थियो । विभागमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो पदीय दायित्वअनुसार वैदेशिक रोजगारमा जाने गरिब जनताका हितमा निःशुल्क टिकट, प्रवेशाज्ञा र अभिमुखीकरण संस्थाको अनुगमन र मुद्दा फछर्याेटलगायत सुधारका काम गरिरहेका बेला कारबाहीमा पर्ने डरले आफूमाथि आक्रमण भएको जिकिर गर्नुभयो । कार्यालय आउने समयमा बाटामा पिछा गरेर बसेका पाँच छ जना युवकले आफूलाई मार्ने योजनामा आक्रमण गरेको बताउदै महानिर्देशक सुवेदीले भन्नभयो, “अपराधीले मेरो आँखा, अनुहार, टाउकोमा ढुङ्गा र अन्य हतियारले आक्रमण गरे ।” तीन महिनाअघि आफूले मिर्गौला प्रत्यारोपण गरेको जानकारी गराउँदै उहाँले आक्रमणपछि आफू बेहोस हुँदा आक्रमणकारी ‘अब यो मरिसक्यो’ भनेर छाडेर भागेको कुरा आफूले पछि चालकबाट थाहा पाएको बताउनुभयो । महानिर्देशक सुवेदीले आफूमाथि आक्रमण गर्ने अपराधीको प्रहरीले खोजबिन गरिरहेको जानकारी गराउँदै सञ्चारकर्मीलाई समेत सहयोग गर्न आग्रह गर्नुभयो ।

]]>
1516 0 0 0
साकोस एकरुपता प्रणाली घोषणा http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%95%e0%a5%8b%e0%a4%b8-%e0%a4%8f%e0%a4%95%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%a4%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%98%e0%a5%8b/ Mon, 17 Aug 2015 15:59:53 +0000 http://www.ghumphir.com.np/?p=1518 काठमाडौँ, ३२ साउन ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)ले सहकारीको एकरुपताका लागि साकोस एकरुपता प्रणाली घोष्णा गरेको छ । संस्थाको २८औँ स्थापना दिवसका अवसरमा बचत तथा ऋण सहकारी (साकोस)हरुको सुशासन र आर्थिक अनुशासनका लागि साकोस एकरुपता प्रणाली घोषणा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले जानकारी गराउनुभयो ।

nefscunनीतिगत केन्द्रीयता र सञ्चालन स्वायत्तताको अवधारणामा नीति, विधि, प्रविधि र शैलीमा मुलुकभर एउटै स्वरुपमा सञ्चालन गर्ने, लेखा तालिका र ढाँचा, सूचनापाटी, रङ र लेटरप्याड आदिबाट एकीकृत साकोस प्रणाली लागू गर्ने तयारी गरिएको संस्थाले जनाएको छ । यस्तै नेफ्स्कुन सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक तथा नेफ्स्कुनका निवर्तमान अध्यक्ष मीनराज कँडेलका अनुसार यस वर्ष किसान बचत तथा ऋण सहकारी संस्था गैँडाकोट मुलुककै सर्वोत्कृष्ट सहकारीका रुपमा छनोट भएको छ । महिलातर्फ मकवानपुरको महिला जनचेतना साकोस चुरियामाई मुलुककै महिलाबाट सञ्चालित उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मानित हुने भएको छ । जिल्ला सङ्घमा चितवन जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सर्वोत्कृष्ट सङ्घ घोषणा भएको छ । पूर्वाञ्चलतर्फ हाम्रो साकोस उर्लाबारी, मध्यमाञ्चलतर्फ स्रोत परिचालन धादिङ, पश्चिमाञ्चलतर्फ गैँडाकोट, मध्यपश्चिमतर्फ विश्वासिलो बर्दिया र सुदूरपश्चिमतर्फ जनज्योति कञ्चनपुरलाई विकास क्षेत्रस्तरीय उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मान गरिने भएको कँडेलले जानकारी गराउनुभयो । यस वर्षको संस्थापक अध्यक्ष पुरस्कार दोलखाका केशव कार्की र मोरङका पार्वती बराललाई सम्मान दिइने भएको छ । नेफ्स्कुन सम्मान मकवानपुरका मेनका दाहाल र काठमाडौँका देवेन्द्र अर्याललाई प्रदान गरिने घोषणा गरिएको छ । त्यस्तै नेफ्स्कुन विद्वता पुरस्कार रुपन्देहीका डा खगराज शर्मालाई दिइने छ । शर्माले सहकारीमार्फत गरिबी निवारणमा विद्यावारिधि गर्नुभएको हो । नेफ्स्कुन राइफाइसन क्रेडिट युनियन पुरस्कार आइरिस लिग अफ क्रेडिट युनियन आयरल्यान्डलाई दिइने भएको छ । साकोस अभियानका उत्कृष्ट व्यवस्थापकका रुपमा बुडोल काभ्रेपलाञ्चोकका विवेकराज ठकुरी र नेफ्स्कुनका उत्कृष्ट कर्मचारीका रुपमा थलप्रसाद चौलागार्इं, नेकोस प्लस सफ्टवेयरतर्फ ज्योति मिर्मिरे सामूहिक साकोस पनौती, अन्तर लगानीतर्फ लालीगुराँस मोरङ, सहकारी सदस्य सुरक्षा योजनातर्फ सहयोगी साकोस सुनसरी र लघुवित्त कार्यक्रमतर्फ सप्तकोसी साकोस सम्मानित हुने सापकोटाले जानकारी गराउनुभयो । उक्त सम्मान तथा पुरस्कार संस्थाको वार्षिक साधारणसभाका अवसरमा प्रदान गरिने जनाइएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम् सभासद् केशवप्रसाद बडालले मुलुकको बचत तथा ऋण सहकारी क्षेत्रको प्रभाव र गरिमा व्यापक रहेको बताउँदै यसको सुशासन र नियमनका लागि नेफ्स्कुनले क्रियाशीलता र भूमिका बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो । “राम्रो काम गर्ने सहकारीलाई सम्मान र बदमासी गर्नेलाई दण्डित गर्ने गरी सहकारी अध्यादेश प्रस्तुत भएको छ”, उहाँले भन्नुभयो, “अभियानको मागबमोजिम तत्काल सरकारले ऐन ल्याउनुपर्छ, सहकारीले उत्पादन र सेवाका सबै क्षेत्रमा प्रवेश गर्न चाहिरहेका कारण विद्यमान कानुनी समस्यालाई तत्काल समाधान गर्न आवश्यक छ ।” नेपाल स्वास्थ्य सेवा केन्द्रीय सहकारी सङ्घका अध्यक्ष एवम् सभासद् राजेन्द्रप्रसाद पाण्डेले सहकारी सुशासन र वित्तीय अनुशासनका लागि छुट्टै कानुन बनाउने कार्यमा सहयोग गरिने बताउनुभयो । नेफ्स्कुनका अध्यक्ष ऋषिराज घिमिरे, महासचिव परितोष पौड्याललगायतले बचत तथा ऋण सहकारीको गुणस्तर र स्तरीकरणका लागि साकोस एकरुपता प्रणाली अनिवार्य रहेको बताउनुभयो । सो अवसरमा सहकारीमा विद्यावारिधि प्राप्त गर्ने डा विश्वमोहन आचार्यलाई सम्मान गरिएको थियो ।

]]>
1518 0 0 0
सम्झौताको मितिमा मेलम्चीको सुरुङ निर्माण नसकिने http://localhost/ghum/%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%9d%e0%a5%8c%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%9a%e0%a5%80/ Mon, 17 Aug 2015 16:09:54 +0000 http://www.ghumphir.com.np/?p=1521

काठमाडौँ, ३२ साउन ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौताको समयावधिमा नसकिने भएको छ । सम्झौताअघि नै इटालेली ठेकेदार कम्पनी सिएमसीले काम सकी २०७३ वैशाख १ गते मेलम्चीको पानी काठमाडौँका धारामा खसाल्ने सार्वजनिक गरे पनि ठेकेदार कम्पनीको ढिलासुस्तीले काम नसकिने भएको हो । सम्झौताअनुसार २०७३ असोज मसान्तभित्र सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौँको सुन्दरीजलसम्म २७ किमि सुरुङ निर्माण सक्नुपर्ने हुन्छ । वैशाखको भूकम्पपछि राष्ट्रिय गौरवको आयोजनाको काममा प्रभाव परेको छ । भूकम्पअघि सुन्दरीजलबाट सिन्धुतिर, सिन्धुबाट सुन्दरीजल र ग्याल्थुमतिर, ग्याल्थुमबाट सिन्धु एवम् अम्बाथान तथा अम्बाथानबाट ग्याल्थुमतिर गरी छ ठाउँबाट सुरुङ निर्माणको काम भएकामा अहिले तीनतिरबाट मात्र काम भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिनुभयो ।

melamchi-gyalthum-adit“भूकम्पपछि ठेकेदार कम्पनीले सुन्दरीजलबाट सिन्धुतिर, सिन्धुबाट सुन्दरीजल र ग्याल्थुमतिर मात्र सुरुङ खनिरहेको छ, ग्याल्थुममा काम सुरु भए पनि पहिरो आई रोकिएको छ, छिट्टै सुरु गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो । अम्बाथानबाट भने भूकम्पपछि सुरुङ निर्माण सुरु हुन सकेको छैन । सम्झौताको समयावधि सिद्धिन १४ महिना बाँकी हुँदा सुरुङको आधा काम मात्र सम्पन्न भएको छ । हालसम्म १३ किमि ३०० मि सुरुङ खनिएको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले प्रतिदिन ३५ मिटर सुरुङ खन्नुपर्ने सम्झौता भएकामा हाल प्रतिदिन १० मात्र खनिएको कार्यकारी निर्देशक भट्टराई बताउनुहुन्छ । विसं २०६६ साउनमा चिनियाँ सरकारी ठेकेदार कम्पनी चाइना रेल्वेले ठेक्का लिई सुरुङ निर्माणको काम सुरु गरेकामा काम गर्न नसकेपछि ठेक्का छोडी हिँडेको थियो । सरकारले फेरि बोलपत्र आह्वान गरी इटालेली ठेकेदार कम्पनी सिएमसीसँग २०७० असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेर कात्तिकमा परिचालन भएको सिएमसीले पुसबाट सुरुङ निर्माण सुरु गरेको थियो । चिनियाँ ठेकेदार कम्पनीले छ किमि ४४४ मि सुरुङ निर्माण गरेको थियो । सिन्धुपाल्चोकको मेलम्ची बजारमाथिका धेरै स्थानमा साना पहिरो गएकाले काममा अवरोध भएको आयोजनाको मुहानस्थल अम्बाथानमा खटिएका इन्जिनियर लक्ष्मण रायमाझी बताउनुहुन्छ । “सुरुङ निर्माणस्थल माथिबाट पहिरो आउँदा कामदारमा भूकम्पपछि चिरा परेको जमिन आई थिच्छ भन्ने मानसिक डरले काम गर्न गाह्रो भएको छ, ठेकेदारसँग समन्वय गरी ग्याल्थुमबाट छिटो काम सुरु गर्न पहल गरिरहेका छौँ”, रायमाझीले भन्नुभयो । आइतबार रातिको अविरल वर्षाले अम्बाथान जाने तिम्बुको पक्की पुलको ग्याबिन बगाएपछि सवारी सञ्चालनमा केही समस्या आएको आयोजनाले जनाएको छ ।

]]>
1521 0 0 0
मेला भर्ने भक्तजन http://localhost/ghum/%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%ad%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%9c%e0%a4%a8/ Mon, 17 Aug 2015 16:17:21 +0000 http://www.ghumphir.com.np/?p=1524 चितवनको देवघाटमा आज साउने सोमबारका बेला मेला भर्न आएका भक्तजनहरु पुलबाट आवतजावत गर्दै । पुल जिर्ण भएपनि उक्त पुलमा झक्तजन ठेलमठेल ओहरदोहर गर्दै । तस्बिर:नारायण ढुंगाना/ रासस]]> 1524 0 0 0 जब गाभर पुगे http://localhost/ghum/%e0%a4%9c%e0%a4%ac-%e0%a4%97%e0%a4%be%e0%a4%ad%e0%a4%b0-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%87/ Tue, 18 Aug 2015 03:02:33 +0000 http://www.ghumphir.com.np/?p=1527 gavar home

भरतबन्धु थापा दर्जनौ पटक हिडेको बाटो । तर नजीकै यती सुन्दर गाँउ होला सोचकै थिएन । रत्न राजमार्गबाट दुई किलोमिटर मात्र भित्र पर्ने गाभर निकै सुन्दर गाँउ रहेछ । बाँकेमा पहिलो पटक होम स्टे संचालन गरेको धेरै पटक सुनेको थिए । तर त्यहाँ पुग्ने मौका मिलेको थिएन । असारको दोस्रो हप्ता कान्तिपुर दैनिकका मध्यपश्चिम ब्यूरो प्रमुख जनक नेपाल, नागरीक दैनिक पश्चिमेलीका सम्पादक रुद्र खड्का, हिमालयन टाईम्सका दामोदर, नेपाल पत्रकार महासघका बाँकेको अध्यक्ष एवं राजधानी दैनिकका रुद्र सुवेदी र अभियान दैनिकका दिलु खत्रि सहित जब गाभर पुगे । सोचेको भन्दा निकै रमाईलो लाग्यो । कोहलपुरमा निकै गर्मी अनुभुती गरेका हामीहरु जब गाभर पुग्दा निकै शान्त र शितल हुदा निकै आन्नद अनुभुती गरीरहेका थियौ । अझ त्यस माथी गाभर होम स्टेका कृष्ण थारुले हामी आउने थाहा पाएपछी थारु पोशाकमा सजिएर स्वागतका प्रबन्ध समेत गरेका रहेछन । परमपरागत भेष भुषामा सजिएर बसेका थरुनी देखी पछी म फोटो खिच्न लागे भने साथीहरु थकाई मार्न तर्फ लागे । एक छिनको थकाई पश्चात साथीहरु खानपिन तफै लाग्यौ । गाभर पुगपछीे सोचेको भन्दा निकै सुन्दर सितल लाग्यो । नेपालगन्जको गर्मि छल्नका लागी सबैभन्दा उपयुक्त स्थल बन्न सक्ने सम्भावना रहको स्थल हो । वरीपरी जंगल बिचमा समथर जमीन । समथर जमीन खेती बाली लगाउनलाई तयार । जगलको छेउमा घरहरु । यो हो, बिबिध जात जातीको बसोबास स्थल हो गाभर । पश्चिम नेपालको प्रवेश स्थल कोहलपुरदेखि जम्मा ६ किलोमिटर मात्रा टाडा रहेको गाभर होम स्टे । बाँकेमा निकै गर्मी भएमा गर्मी छल्न जाने स्थलका रुपले प्रख्यात रहेको छ, तर स्थानिय रुपमा मात्र । यसालई उचित प्रचार प्रसार गर्न सकेमा यो पर्यटकीय स्थल बन्न सक्ने सम्भावना रहेको छ । यती मात्र होईन अहिले एनजियो आन्जीयोको एक दिने कार्यशाला गोष्टी गर्ने स्थल समेत बनेको छ, गाभर । रत्न राजमागदेखी जम्मा दुई किलोमिटर कच्ची बाटो भएको गाभरमा अहिले ५ घरमा होम स्टे संचालन भएको छ ।

1 2 3 4 gavar (2)

]]>
1527 0 0 0
उपल्लो मुस्ताङका भूकम्पपीडितलाई राहत वितरण सुरु http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%95%e0%a4%be-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa/ Tue, 18 Aug 2015 03:11:03 +0000 http://www.ghumphir.com.np/?p=1535

मुस्ताङ, १ भदौ ।

सीमा प्रशासन कार्यालय लोमान्थाङले उपल्लो मुस्ताङका भूकम्पपीडितलाई दोस्रो चरणको राहत वितरण गर्न थालेको छ । १२ र २९ गतेको विनाशकारी भूकम्पका कारण उपल्लो मुस्ताङका लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, छोसेर र सुर्खाङ गाविसमा २९ घर पूर्णरुपमा क्षतिग्रस्त भएको सरकारी तथ्याङ्क छ ।

Lomangthang Valley and Royal Place of Upper Mustang, Lomanagthangपहिलो चरणमा पूर्ण क्षति भएका भूकम्पपीडितलाई दोस्रो चरणअन्तर्गत प्रतिघर थप रु आठ हजारका दरले राहत वितरण गर्न थालिएको सीमा प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । भूकम्पले घमीमा १५, छोण्हुपमा ११, लोमान्थाङ, छोसेर र सुर्खाङ गाविसमा एक÷एक वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । “अहिलेसम्म ११ परिवारलाई हामीले दोस्रो चरणको थप राहत पनि वितरण गरिसकेका छौँ, अन्यलाई पनि वितरण गर्ने तयारी छ, सीमा प्रमुख ढकालले भन्नुभयो, “राहत वितरणका लागि दुई वटा फोटो चाहिने, त्यो सबैसँग नहुने र फोटो खिच्ने ठाउँ पनि नहुँदा केही ढिला भएको छ ।” पूर्ण क्षति भएका घरका परिवालाई भूकम्पपीडित परिचय वितरण पनि गर्न लागिएको बताइएको छ । दोस्रो चरणअन्तर्गत रु दुई लाख ३२ हजार थप राहत वितरण हुने सीमा प्रशासन कार्यालयले जनाएको छ । भूकम्पका कारण मुस्ताङमा करिब १५० भन्दा बढी घरमा पूर्णरुपमा क्षति भएको सरकारी तथ्याङ्क छ । ती सबैलाई चरणबद्धरुपमा राहत वितरण गरिने बताइएको छ ।

]]>
1535 0 0 0
पहिलो पटक जलपरि रिक्सा सञ्चालन http://localhost/ghum/%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%aa%e0%a4%9f%e0%a4%95-%e0%a4%9c%e0%a4%b2%e0%a4%aa%e0%a4%b0%e0%a4%bf-%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%be-%e0%a4%b8%e0%a4%9e/ Tue, 18 Aug 2015 03:17:26 +0000 http://www.ghumphir.com.np/?p=1538

पथरी (मोरङ), १ भदौ ।

जलपरि रिक्सा सञ्चालनमा ल्याइएको छ । विराटनगर–७ मा रहेको करिब दुई बिगाह क्षेत्रफलमा रहेको तालमा केसीएस ट्राभल्स एन्ड टुर्सले नेपालमै पहिलो पटक विराटनगरमा जलपरि रिक्सा सञ्चालनमा ल्याएको हो । विराटनगर नेपालकै दोस्रो ठूलो सहर भएर पनि मनोरञ्जन गर्ने स्थल कतै नभएको पाएपछि जलपरि रिक्सा सञ्चालन गर्ने निर्णय भएको टुर्सका पूर्वाञ्चल प्रतिनिधि सञ्जीव गुप्ताले बताउनुभयो । पैदलमार्फत रिक्सा गुडाउन सकिने छ । जलपरि रिक्सा गुड्ने क्षेत्रलाई चाँडैनै ‘विराट ग्रिन सिटी पार्क’ नामकरणको तयारी गरिरहेको छ । सस्तो मूल्यमा सयर गर्ने गरी मूल्य निर्धारण गरिएको गुप्ताको भनाइ छ । टुर्सले तत्कालका लागि दुईवटा रिक्सा सञ्चालनमा ल्याएको छ । उहाँका अनुसार निकट भविष्यमै लुम्बिनी, पोखरालगायतका स्थानमा सुरु गर्ने योजना छ । विदेशबाट आयात गरिएको रिक्सा नेपाली अवधारणाअनुसार तयार गरिएको सञ्चालकको भनाइ छ । विराटनगरमा जलपरि रिक्साको सञ्चालनसँगै पर्यटकको सङ्ख्या बढ्ने सञ्चालकको अपेक्षा छ ।

]]>
1538 0 0 0
ढुवानीमा अन्तरप्रादेशिक कर नलाग्ने http://localhost/ghum/%e0%a4%a2%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95/ Tue, 18 Aug 2015 03:26:44 +0000 http://www.ghumphir.com.np/?p=1540

नारायण न्यौपाने / रमेश लम्साल काठमाडौँ, १ भदौ ।

प्रमुख चार राजनीतिक दलबीच स्थानीय निकायको निर्वाचन एक कार्यावधि समाप्त भएको मितिले छ महिनाभित्र गरिसक्ने संवैधानिक व्यवस्था गर्ने सहमति भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति र प्रमुख राजनीतिक दलका नेता सम्मिलित विशेष समितिको आज बसेको बैठकमा प्रस्तावित नयाँ संविधानमास्थानीय निकायको निर्वाचन भएको १८ वर्षसम्म बितिसक्दा समेत नयाँ निर्वाचन हुन नसकिरहेको विद्यमान परिस्थितिमा निर्वाचन गरिसक्नुपर्ने अवधिको किटान नै उल्लेख हुन लागेको छ । स्थानीय निकायको निर्वाचन छ महिनाभित्र गरिसक्ने गरी राजनीतिक दलबीच पटक पटक सहमतिमा हस्ताक्षर भए पनि निर्वाचन कहिले हुने भन्ने विषयलाई भने अझै पनि स्पष्ट पारिएको छैन । यस्तै राजनीतिक दलको महाधिवेशन पाँच वर्षभित्र गरिसक्नुपर्ने व्यवस्था संविधानमा नै किटेर जानुपर्छ भन्नेमा यसअघि सहमतिमा पुगेका दलहरु सो व्यवस्थालाई छ महिनासम्म लम्ब्याउन सक्ने प्रावधान राख्न सहमत भएका छन् तर त्यस्तो व्यवस्था भने ‘विशेष परिस्थितिमा’ मात्रै लागू हुनेछ ।

mapकेन्द्रमा मात्रै रहने प्रस्ताव गरिएको समावेशी आयोगको कार्यालय प्रदेशमा पनि राख्ने विषयमा दलबीच मतैक्य भएको छ । सो व्यवस्था कायम गर्न आदिवासी र जनजातिले माग गर्दै आएका थिए । सर्वोच्च अदालतमा दश अस्थायी न्यायाधीश थप सर्वोच्च अदालतमा १५ न्यायाधीश कायम रहेकामा मुद्दाको चापका आधारमा त्यो सङ्ख्या अपुग भएको भन्ने जनगुनासोलाई सम्बोधन गर्ने हेतुले बढीमा १० न्यायाधीश थप गरिने भएको छ । थप न्यायाधीशले सर्वोच्च अदालतमा अस्थायी वा अतिरिक्त न्यायाधीशका रुपमा काम गर्ने छन् । हाल सर्वोच्च अदालतमा २२ हजार मुद्दा विचाराधीन छन् । न्यायाधीश थप गरिएपछि न्यायसम्पादन सहज हुने विश्वास लिइएको संवाद समितिका सभापति डा बाबुराम भट्टराईले जानकारी दिनुभयो । यस्तै हाल कायम रहेका १६ पुनरावेदन अदालतलाई छ वटा उच्च अदालतमा परिणत गरिने छ । बाँकी १० पुनरावेदन अदालतका न्यायाधीशलाई सङ्क्रमणकालीन व्यवस्था गरेर सम्बोधन गरिने छ । जिल्ला न्यायाधीश नियुक्तिका हकमा ६० र ४० भन्ने रहेकामा २० प्रतिशत आन्तरिक बढुवाबाट, ४० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट र ४० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट गरिने सहमति दलबीच भएको छ । सरकारी वकिलको सेवासर्त र सुविधाका लागि छुट्टै कानुनी व्यवस्था गरिने सहमति समेत भएको छ । स्थानीय तहको न्यायिक व्यवस्था गाविसको उपाध्यक्षको नेतृत्वमा गरिने र थप दुई सदस्य अध्यक्षले मनोनय गर्ने प्रावधानलाई सुधार गरी ती दुई व्यक्तिको छनोट गाउँसभाबाटै गरिने व्यवस्था प्रस्ताव गरिएको छ । अन्तरप्रादेशिक रुपमा हुने व्यापार, ढुवानी तथा सेवामा प्रादेशिक रुपमा दोहोरो कर नलाग्ने भएको छ । उद्यमी व्यवसायीबाट आएका सुझावलाई ध्यान दिँदै त्यस्तो कर नलाग्ने व्यवस्था गर्न पनि दलहरु राजी भएका हुन् । स्थानीय तहको लेखापरीक्षण महालेखाबाट स्थानीय तहको लेखापरीक्षण पनि महालेखापरीक्षकबाटै गर्ने व्यवस्था नयाँ संविधानमा राख्न प्रस्ताव गरिएको छ । स्थानीय निकायमा बढी अनियमितता तथा सरकारी रकमको दुरुपयोग भयो भन्ने व्यापक टीकाटिप्पणी भइरहेको सन्दर्भमा दलबीच भएको सो सहमतिले केही हदसम्म सुशासन कायम गर्न योगदान पुग्ने विश्वास लिइएको छ । नेपाली सेना, नेपाल प्रहरी तथा सरकारी स्वामित्वमा रहेका सङ्घसंस्था तथा प्रतिष्ठानको लिखित परीक्षामा लोक सेवा आयोगबाटै लिने भन्ने प्रस्ताव पनि राखिएको सभापति डा भट्टराईको भनाइ छ । संवैधानिक परिषद्मा सभामुख र उपसभामुख संवैधानिक परिषद्मा एक महिला रहने व्यवस्थालाई अनिवार्य गर्न दलहरु सहमत भएका छन् । सभामुख वा उपसभामुखमध्ये एक महिला अनिवार्य हुने व्यवस्था नयाँ संविधानमा गरिने छ । सो व्यवस्थाले संवैधानिक परिषद्मा सभामुख र उपसभामुख दुवैको प्रतिनिधित्व हुनेछ । यसअघि मस्यौदामा परिषद्मा रहने महिला सदस्यको मनोयन मन्त्रिपरिषद्बाट हुने व्यवस्था गरिएको थियो । संवैधानिक आयोगको अनुगमन तथा मूल्याङ्कन संंसदीय समितिले गर्ने भन्ने मस्यौदामा उल्लेख भएकामा त्यसलाई परिमार्जन गरी राष्ट्रिय मानवअधिकार आयोगलाई अनुगमनको समेत दायराभन्दा बाहिर राखिने र अन्यका हकमा भने अनुुगमन मात्रै गर्ने व्यवस्था नयाँ संविधानमा गरिने भएको छ । केन्द्रीय दूरसञ्चार, अस्पताल mर राष्ट्रिय वनलाई केन्द्रको सूचीमा राख्ने र प्रदेशमा रेडियो, एफएम सञ्चालन गर्ने अधिकार रहने व्यवस्था प्रस्ताव गरिएको छ । नागरिकताका विषयमा दलहरु सहमतिको अत्यन्तै नजिक पुगे पनि टुङ्गोमा भने पुगिनसकेको बताइएको छ । धर्म र मतसीमामा विवाद प्रमुख दलबीच लामो समयदेखि विवादका रुपमा रहेको धर्मनिरपेक्षता राख्ने कि धार्मिक स्वतन्त्रता कायम गर्ने भन्ने सन्दर्भमा भने सहमति हुन सकेको छैन । यस्तै मत प्रतिशत सीमा र प्रदेशको सीमाङ्कनको विषयमा देखिएको विवादलाई कसरी हल गर्ने भन्ने सन्दर्भमा पनि अन्तिम निष्कर्ष निस्कन सकेको छैन । सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति डा भट्टराईले भन्नुभयो, “सीमा निर्धारणलगायत केही महत्वपूर्ण विषयलाई निष्कर्षमा पु¥याउन आन्तरिक गृहकार्य भइरहेको र छलफल जारी छ, सरोकारवालाका विषयलाई ध्यान दिएर समाधान गर्न प्रयत्न भइरहेको छ ।”

]]>
1540 0 0 0
खप्तड भू-स्वर्ग (फोटो फिचर) http://localhost/ghum/%e0%a4%96%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%a1-%e0%a4%ad%e0%a5%82-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%ab%e0%a5%8b%e0%a4%9f%e0%a5%8b-%e0%a4%ab%e0%a4%bf%e0%a4%9a%e0%a4%b0/ Tue, 18 Aug 2015 04:43:15 +0000 http://www.ghumphir.com.np/?p=1575 bardi chapagai

बद्री चापागाई

खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल २२५ बर्ग कि।मी। छ। यो इ।सं। १९८४मा स्थापना गरिएको हो। यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्दछ। समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड लेक। खप्तडपमा पनि लिइन्छ।

सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड डोटी अछाम बझाङ र बाजुराको संगमस्थल हो। खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्। खप्तड बाबाको कुटी त्रिवेणी नदी खापर दह शिव मन्दिर सहस्रिलंग गणेश मन्दिर नागढुंगा केदारढुंगाजस्ता धार्मिक स्थल निकै प्रख्यात छन्। सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन्। त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन्।

सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ। यहाँ २५ मैदान मात्र छैनन्, वरिपरि ५३ वटा थुम्काहरू छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ। किम्वदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन्।

कसरी जाने

खप्तड पुग्ने धेरै बाटो भएपनि डोटीको सिलगढीबाट जाने बाटो धेरै चल्तीमा रहेको छ। सिलगढी पुग्नका लागि पूर्व(पश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट नौ घण्टाको बस यात्रा गर्नुपर्छ।खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामानसँगै लिएर जानु बेस हुन्छ। साथै, चाउचाउलगायतका ड्राइफुड पनि बोक्नु राम्रो। यहाँ बास बस्नका धर्मशाला भए पनि तिनको उचित व्यवस्थापन अभाव छ। दुई साना होटल मेलामा मात्रै खुल्छन्। सिलगढी बाट बग्लेक हुदै झिगराना चेकपोस्ट पूग्ने । त्यसपछि सिधा उकालो गय पछि बीचपानी त्यसपछि तीन् घन्टाको सीधा बाटो बाट खप्तड पुगिन्छ ।

khaptad khaptad (25) khaptad (24) khaptad (23) khaptad (22) khaptad (21) khaptad (20) khaptad (19) khaptad (18) khaptad (17) khaptad (16) khaptad (15) khaptad (14) khaptad (13) khaptad (12) khaptad (11) khaptad (10) khaptad (9) khaptad (8) khaptad (6) khaptad (5) khaptad (4) khaptad (3) khaptad (2) khaptad (1)

]]>
1575 0 0 0
खप्तड भू-स्वर्ग http://localhost/ghum/%e0%a4%96%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%a1-%e0%a4%ad%e0%a5%82-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%97/ Tue, 18 Aug 2015 05:00:18 +0000 http://www.ghumphir.com.np/?p=1578 1578 0 0 0 दिनभरी डल्फिनको खोजी http://localhost/ghum/%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%ad%e0%a4%b0%e0%a5%80-%e0%a4%a1%e0%a4%b2%e0%a5%8d%e0%a4%ab%e0%a4%bf%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%8b%e0%a4%9c%e0%a5%80/ Tue, 18 Aug 2015 07:01:39 +0000 http://www.ghumphir.com.np/?p=1581 Abinash Chaudharyअविनाश चौधरी   बाटोभरी दिमागमा एउटै कुरा खेल्दै थियो । ‘सानो छँदा मोहनामा डल्फिन देखेपछि भाग्ने गर्थें । तर, अब म डल्फिनको नजिकै जान्छु र फोटो खिच्छु ।’ तस्बिर कैद गर्न पारखी भएकाले पनी दुलर्भ मानिने डल्फिनको तस्बिर कैद गर्न झन रुचि हुने नै भयो । मलाई डल्फिन भनेपछि झन उत्साह थियो । त्यहि उत्साह बोकेर लागेको थिएँ । डल्फिन देखिने कैलालीको पूर्वी क्षेत्र नारायणपुर गाविसतर्फ । धनगढीबाट प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ, जिल्ला वन अधिकृत जगदीश प्रसाद गुप्ता र म सहित तीन जना पत्रकार । हामी पुग्यौं नारायणपुर–९ बैदी स्थित ढुङ्गाना टोलमा । जहाँ मोहना–पथरैया नदीको संगम स्थान छ । पहिलो पटक त्यो ठाउँमा गएका कारणले नौलो जस्तै लागे पनि दिमागमा डल्फिन बाहेक केहि थिएन । त्यहाँको सुन्दर, मनोरम दृश्य । चारैतिर चराहरुको सुरिलो आवाज । खुल्ला ठाउँ । मलाई यी कुराले झन उत्साह थपेको आभास भयो । प्रमुख जिल्ला अधिकारी सहितको सरकारी टोलीलाई डल्फिन संरक्षणकर्मीहरु भोजराज श्रेष्ठ, विजयराज श्रेष्ठ, भोजराज ढुङ्गाना र स्थानीय स्वागत गर्न व्यस्त थिए । स्वागत लगत्तै सबै हुईकियों नदीतिर । त्यहाँ पुग्ने बितिक्कै पथरैया नदीमा बच्चा डल्फिनले सबै पाहुनाहरुलाई स्वागत ग¥यो । दुई÷तीन पटक नजिकै निस्केको त्यो बच्चा डल्फिनलाई धेरैले देखे । केहिले देखेनन् । मैले सुरुमा हेर्ने । त्यसपछि क्यामरामा कैद गर्ने रणनीति बुनेको थिए । पिठ्यु मात्रै देखिएको डल्फिनले मलाई स्वागत पनि ग¥यो भन्ने लागेको थियो । एउटा डल्फिन देखिएपछि क्यामरा तयार पारे । त्यहाँ देखिएको एउटा घडियाल गोही क्यामरामा कैद भयो । हामी सबै डुङ्गा चढेर केहि घण्टा पथरैया र मोहना नदीमा डल्फिन अवलोकन ग¥यौं । त्यसक्रममा केहि बच्चा र माउ डल्फिन देखिए पनि मैले फोटो कैद गर्न सकेन । सरकारी टोली धनगढी नै फिर्ता आउने भएकोले धेरै समय नदीमा बितेन । छलफलका लागि डल्फिन उप–संरक्षण केन्द्रमा आई पुग्यौं । छलफलपछि सरकारी टोली आफ्नो गन्तव्यतिर लाग्ने तयारी गर्दा मेरो मनमा अशान्ति थियो । ‘जुन उद्देश्यको लागि आएको त्यसमा म असफल भएँ ।’ अशान्त मनलाई शान्त पार्न आफ्नो एकदिन डल्फिनलाई सुम्पिने निधो गरे । यी सबै गर्दैगर्दा मध्याह्न भइसकेको रहेछ । डल्फिन बिहान र साँझको समयमा मात्रै देखिने गर्दछन् । त्यसकारण मध्याह्नमा नदीमा नजान त्यहाँका सबैले सुझाए । तर, उनीहरुको सुझावलाई मैले वास्ता गरेन । ‘नदेखिए पनि आजको दिन नदीमै बिताउने मेरो रहर हो ।’ जवाफ फर्काएँ । म दोस्रो पटक एक्लै लागे पथरैया नदीमा । चर्को घाम र सुनसान थियो । चराहरु यताउती कराउँदै थिए । मनमा डल्फिन खेलिरहेको थियो । तर, वास्तविक रुपमा नदीमा देखिएन । घण्टौं कुर्दासम्म नदेखिएपछि मलाई चराले गिज्ज्याए जस्तो आभास भयो । ‘दुर्लभ जलप्राणीको फोटो खिच्न सजिलो छैन बाबु !’ मेरो अगाडि आएर कराउने चराहरु यस्तै भन्दै थिए जस्तो लाग्यो । त्यसको बद्लामा मैले ती चराहरुको फोटो कैद गर्न थाले । त्यसक्रममा केहि संसारबाटै लोप हुन लागेको चरा कैद भए । यो कुरा तब थाहा भयो । जब मैले रुखको छहारीमा बसेर आराम गरिरहेका पंक्षी संरक्षणकर्मी हिरुलाल चौधरीलाई फोटो देखाए । थोरै उपलब्धी भएछ लाग्यो । छहारीमा एकछिन बसेर सुस्ताएँ । तीर्खा मेटाएँ । अब तेस्रो पटक मोहना नदीमा जाने तयारी थियो । एक जना साथीले पनि मोहनामा जाने ईच्छा देखाए । दुबै जना हिड्यों, त्यसतर्फ । मोहना र पथरैयाको दोभानमा पुग्ने वित्तिक्कै एउटा बच्चा डल्फिन खेलेको देखा प¥यो । करिब दुई÷तीन सेकेण्ड निस्किने र डुब्ने त्यो बच्चाको मैले फोटो खिच्न भ्याएँ । त्यसपछि धेरै समय कुर्दा पनि अरु निस्किएनन् । देखिए त केवल डरलाग्दो दाँत र लामो थुतुनो भएको घडियाल गोही । यस पटक डल्फिनसंगै ती गोहीहरुलाई पनि कैद गर्ने अवसर मिल्यो । भोक र प्यासले सताउन थालेकाले अधिक समय टिक्न सकिएन । फर्किएँ, डल्फिन संरक्षण उपकेन्द्रमा । पानी र अम्बा खाएर एकछिन सुस्तासंगै अब डल्फिन देखिने समय भयो भनेर स्थानीयले बताए । अपराह्नको समय । केही साथीहरु सहित चौथो पटक पुग्यौं । मोहना–पथरैयाको दोभानमा । त्यहाँ पुग्ने वित्तिक्कै संसारमै दुर्लभ मानिएको डल्फिनहरु माछा सल्बलाए जस्तै देखिन थाले । माउ, बच्चा जता हे¥यो, उतै देखिने । ओह माइ गड ! मलाई लाग्यो–‘संसारमा चित्रमा मात्रै सिमित मानिसपछिको दोस्रो चेतनशील यो सुन्दर जलप्राणीका लागि हामी कति धनी छौं ।’ धेरै डल्फिन देखिन थालेपछि मेरो मन फुरुङ्ग भयो । अब केहि होला कि भन्ने लाग्यो । मैले डल्फिन उफ्रेको र धेरै देखिने सामूहिक फोटो खिच्ने रणनीति बनाएको थिएँ । तर, त्यो दिन मेरो दुर्भाग्य नै भन्नुपर्छ । नदीमा पानी कम भएका कारणले डल्फिनहरु उफ्रेको आश गर्नु व्यर्थ रहेछ । संरक्षणकर्मी भोजराज ढुङ्गानाले भने–‘डल्फिन उफ्रिनलाई नदीमा बढी पानी हुनुपर्छ । गहिराई भएमा मात्रै उफ्रिन्छन् ।’ अनुभवी उनको भनाईलाई स्वीकार्नुको विकल्प थिएन । भयो पनि त्यस्तै, भोक, प्यास, घाम सबै सहेर दिनभरी बिताउँदा पनि डल्फिन उफ्रेनन् । मैले उफ्रेको फोटो खिच्ने मौका पाएन । सामूहिक फोटो खिच्ने प्रयास पनि असफल भयो । पानीबाट दुई÷तीन सेकेण्डका लागि स्वाँस फेर्न निस्कने यो प्राणी एकसाथ सामूहिक रुपमा निस्केको पनि फेला पार्न सकेन । देखिएका अधिकांश डल्फिनले स्वाँस फेर्ने बित्तिक्कै पिठ्यु र पुच्छर मात्रै देखाएर डुबे । डल्फिनहरुको केहि फोटो कैद गरे तर, मैले चाहे अनुसारको भएन । मन खिन्न त भयो नै । यद्यपि, एउटा आशा पनि पलायो । ‘आज देखिएका डल्फिनले मलाई अर्को पटक आउनका लागि निम्तो गरेका छन् । यस पटक नभए के भो, अर्को पटक फेरी आउँछु ।’ मनमा यहि कुरा खेलाएर चित्त बुझाएँ । हो मैले मात्रै हैन । हामी सबैले सकेसम्म पटक–पटक हेर्नै पर्ने दुर्लभ प्राणी हो डल्फिन । जुन, हाम्रै कैलालीमा असारदेखि भदौ महिनासम्म अस्थायी बसोबास गर्दछ । कर्णाली, मोहना, पथरैया, कान्द्रा, काँढा लगायतका नदीमा देखिन्छ, यो स्तनपायी वन्यजन्तु । संगीतप्रेमी मानिने गंगेटिक प्रजातिको डल्फिन मानव प्रेमी पनि हो । यो प्राणी मानिसको नजिक आउन खोज्दछ । यसले मानवलाई कुनै हानी पनि गर्दैन । स्थानीयले यसलाई सोंस, सुसु पनि भन्ने गर्दछन् । हामीले कैलालीका नदीमा हीरा पाएका छौं । जुन विकसित मुलुकमै लोप भइसकेको अवस्था छ । मुख्य बसोबास भारतको गंगा नदी रहेको यो सुन्दर जलप्राणी नेपाल, भारत, बंगलादेशका केही नदीमा पाईने गरेको बताईन्छ । कैलालीका नदीमा डल्फिनले बच्चा जन्माउने र हुर्काउने गरेकाले पनि हामी कहाँ दुर्लभ यो प्राणीको अस्तित्व जिवित छ भन्न सकिन्छ । यद्यपि, यसको संरक्षण र सम्बद्र्धन गर्न पनि जरुरी छ । स्थानीय स्तरबाट विभिन्न संरक्षणका प्रयासहरु भएका छन् । जुन पर्याप्त होईनन् । डल्फिन संरक्षण, सम्बद्र्धन, प्रचारप्रसार, बाटो, पूर्वाधार निर्माणमा सरकारले पनि चासो दिन आवश्यक छ । सबैको साझा प्रयास भयो भने कैलाली डल्फिन अवलोकनका लागि नमूना क्षेत्र बन्न सक्नेमा दुई मत छैन । यसले पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने पनि निश्चित छ । कैलालीमा डल्फिन हेरिसकेपछि नेदरल्याण्डस्का जीव वैज्ञानिक बेञ्ज स्मेल्टले भनेका छन्–‘यो ठाउँ डल्फिन नर्सरी हो । यहाँ गंगेटिक प्रजातिका डल्फिन बच्चा जन्माउन र हुर्काउन आउँछन् ।’

dolphin-@ghumphir (1) dolphin-@ghumphir (1) dolphin-@ghumphir (2) dolphin-@ghumphir (2) dolphin-@ghumphir (3) dolphin-@ghumphir (3) dolphin-@ghumphir (4) dolphin-@ghumphir (4) dolphin-@ghumphir (5) dolphin-@ghumphir (5) dolphin-@ghumphir (6) dolphin-@ghumphir (7) dolphin-@ghumphir (8) dolphin-@ghumphir (9)

]]>
1581 0 0 0
म्याग्दी:पर्यटनको प्रचुर सम्भावना छ तर पूर्वाधार छैन http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a5%81%e0%a4%b0/ Tue, 18 Aug 2015 09:52:12 +0000 http://www.ghumphir.com.np/?p=1598

कमल खत्री म्याग्दी, १ भदौ । अग्ला र मनोरम हिमशृङ्खला, जैविक विविधतायुक्त भौगोलिक बनावट, परम्परागत कला र मौलिक संस्कृति म्याग्दीको पर्यटन विकासका आधारहरु हुन् । यसका साथै ऐतिहासिक र पुरातात्तिक महत्व बोकेका धार्मिकस्थललाई समेटेर धार्मिक पर्यटन, ठूला नदी म्याग्दी र कालीगण्डकीमा ¥याफ्टिङ र अग्ला झरनामा साहसिक क्यानोइङको समेत उक्तिकै सम्भावना बोकेको छ, म्याग्दीले । अहिले अन्नपूर्ण फेरो र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएका उत्तरी राम्चे, शिख, घार, नारच्याङ, भुरुङ तातोपानी लगायतका गाविसमा रहेका पर्यटकीयस्थल र राउन्ड धौलागिरि पदमार्गमा भ्रमणका लागि पर्यटक केही मात्रामा भित्रने गरेका छन् । तर जिल्लाभित्र प्रचुर पर्यटन सम्भावना बोकेका अन्य गन्तव्य भने ओझेलमा परेका छन् ।

ko{6gsf] k|r'/ ;Defjgf 9f]/kf6g l;sf/ cf/If If]qn] ;d]6]sf] DofUbLsf] ko{6sLo:yn hnhnf If]q . tl:a/M sdn vqL, DofUbL, /f;;

निकै चर्चामा रहेर पनि धौलागिरि आइसफल पदमार्ग, बरञ्जाको झाँक्रेपानी, कुहूँ, झीँ र पात्लेखेत गाविसको सीमा क्षेत्र समेटिएको टोड्के धुरी, दरबाङ बिम र पाखापानी गाविसमा पर्ने मालिका धुरी, लुलाङको जलजलाको लेक, गुर्जाघाट, राखु र बेग क्षेत्रमा समेटिएको रुइसे, प्राकृतिक उपचारस्थलका रुपमा परिचित सिङ्गा तातोपानी कुण्ड, रुप्से झरना, अन्ध गल्छि, खयरबराही ताल, निष्कोट ताल लगायतका स्थानमा पर्यटक आगमन हुन सकिरहेको छैन । त्यस्तै, मुक्तिनाथको प्रवेशद्वारका रुपमा गलेश्वरधामसँगै माहारानीथान, मालिका धुरी लगायतका क्षेत्रमा धार्मिक पर्यटक बढ्न थाले पनि रावणको जन्म भएको ऐतिहासिक ठाउँ पछै क्षेत्र, प्राचीन इतिहासको मुख्य अवशेषका रुपमा रहेको जगन्नाथ मन्दिर, ऐतिहासिक धार्मिकस्थल कुइनेमङ्गलेको रिखार क्षेत्र, भकिम्लिको स्वर्गाश्रम लगायतका महत्वपूर्ण धार्मिकस्थलको प्रचार–प्रसार नहुँदा सोचेअनुरुप धार्मिक पर्यटन विकास हुन नसकेको सरोकार राख्ने निकायहरु बताउँछन् । जिल्लाभित्र थुप्रै पर्यटकीय सम्पदा रहे पनि आन्तरिक व्यवस्थापन नहुनु, व्यवस्थित पदमार्ग नहुनु, स्थानीयवासीको निष्क्रिय हुनु, होमस्टे सञ्चालनमा नआउनु, प्रचार–प्रसार नहुनु, पर्यटक सूचना केन्द्र नबन्नु, सुरक्षा चुनौती रहनु लगायतका कारण म्याग्दीमा पर्यटन विकासका सम्भावना उजागर हुन नसकेको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्य बताउँछन् । धौलागिरि हिमाल, गुर्जा हिमाललगायत अन्नपूर्ण हिमालको प्रथम आधार शिविरसमेत म्याग्दीमै पर्छ । पर्यटन विकासको अथाह सम्भावना भएर पनि अहिलेसम्म यस क्षेत्रको विकासले दु्रत गति लिन नसक्नु विडम्बना भएको टोड्के क्षेत्र विकास कोषका सदस्यसमेत रहेका बेनीका होटल व्यवसायी बाबुराम आचार्यले बताउनुभयो । “हामीले जिल्लामा भएको सम्भावनालाई समेत बाहिर ल्याउन सकेका छैनाँै, सम्भावनाको उजागर गर्ने र अत्यावश्यक पूर्वाधार मात्रै तयार गर्न सकिए जिल्लामा वार्षिक रुपमा हजारौँ पर्यटक घुमाउन सकिन्छ,” उहाँले भन्नुभयो । जिल्लाको पर्यटन विकासका लागि विभिन्न सङ्घसंस्था गठन भए पनि कुनै संस्थाले पनि नेतृत्वदायी तवरले पर्यटन गतिविधि सञ्चालन गर्न नसक्नु र सरोकारवालाबीच आपसी समन्वय नहुनु मुख्य समस्या रहेको उहाँको भनाइ छ । जिल्लाको घोडेपानी, खोप्रालेक, नागी, तातोपानी, राउन्ड धौलागिरि लगायतका क्षेत्रमा वार्षिक २० हजारभन्दा बढी पर्यटक भित्रने गरे पनि अहिलेसम्म जिल्लाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका निम्ति जानकारीमूलक पुस्तिकासमेत बनाएको भेटिँदैन । कालीपुलमा जिविसको लगानीमा पर्यटक सूचना केन्द्र भवन निर्माण गर्न सुरु भए पनि पूर्णता पाउन सकेको छैन । जिल्लाको कुन–कुन स्थानमा पर्यटकीय क्षेत्र छन् ? तिनको विशेषता के छ ? भम्रणका लागि खर्चनुपर्ने समय कति हो ? यी विषयका सूचना तथा जानकारी उपलब्ध गराउन नसकेसम्म पर्यटन विकासले गति लिन नसक्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव शाक्य बताउनुहुन्छ । हाल मुलुककै एक मात्रै ढोरपाटन सिकार आरक्षले म्याग्दी राउन्ड धौलागिरि पदमार्गसँगै साहसिक पदयात्रा ‘गुरिल्ला ट्रेक’ र अन्नपूर्ण फेरोको केही भाग समेटेको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ प्रवेशद्वारका रुपमा समेत यसलाई चिनिन्छ । जिल्लाको पर्यटन विकासका लागि कुनै पनि पहल नभएको भने पक्कै पनि होइन । पर्यटन रोयल्टीबाट आउने रकम जिल्ला विकास समितिले हरेक वर्ष पूर्वाधार निर्माणमा खर्चिने गरेको छ । त्यसका साथै गाविस, जिविस, नगरपालिका, पर्यटन कार्यालय र मन्त्रालयबाट समेत पदमार्ग विश्रामस्थल, ऐतिहासिक सम्पदाको जीर्णोद्धार लगायतका कार्यमा लगानी हँुदै आए पनि त्यो पर्याप्त देखिँदैन । जिल्लालाई ‘टुरिजम हब’का रुपमा विकास गर्ने लक्ष्यसहित जिविसले दुई वर्षअगाडि पर्यटन गुरुयोजनासमेत निर्माण गरेको छ । तर पर्यटकीयस्थलमा बास बस्ने होटल, व्यवस्थित पदमार्ग, सञ्चार सुविधाजस्ता अत्यावश्यक पूर्वाधार र सुविधाको अभाव तथा आवश्यक प्रचारप्रसार नभएकाले पर्यटक आउन नसकेको सरोकार राख्ने निकायहरु बताउँछन् । हिमशृङ्खला र रमणीय स्थलको दृश्यावलोकन र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको म्याग्दीमा पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार र पूर्वाधारको अभावका साथसाथै जनस्तरमा चेतनाको अभाव चुनौतीका रुपमा रहेको धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

]]>
1598 0 0 0
बाघभैरव मन्दिरमा दर्शनार्थीको भिड http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%b5-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a4%be%e0%a4%b0/ Tue, 18 Aug 2015 10:03:10 +0000 http://www.ghumphir.com.np/?p=1605

काठमाडौँ, १ भदौ ।

कीर्तिपुरस्थित प्रसिद्ध बाघभैरव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । प्रत्येक वर्ष भदौ १ गते सिंह सङ्क्रान्तिका दिन बाघभैरव जात्रा मनाउने प्राचीन प्रचलन रहेका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट दर्शनार्थी आएका छन् । जात्राका दिन बाघभैरवको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीयवासी राकेश महर्जनले जानकारी गराउनुभयो । जात्राका लागि बाघभैरवको मूर्तिलाई विधिवत् स्नान गराइने र खटजात्रा गरी कीर्तिपुर नगरका विभिन्न भाग परिक्रमा गर्ने चलन छ । कीर्तिपुरवासीले आराध्यदेवका रुपमा परापूर्वकालदेखि बाघभैरवको पूजाआजा गर्दै आएको महर्जनले बताउनुभयो । भूकम्पले कीर्तिपुर क्षेत्रका अन्य सम्पदामा धेरै क्षति पु¥याए पनि बाघभैरव मन्दिरमा भने सामान्य क्षति पुगेको छ । भूकम्पले नगर क्षेत्रका विभिन्न ठाउँका संरचना भत्काए पनि बाघभैरवको खट अन्य जात्राका खटभन्दा केही सानो भएकाले खटयात्राका लागि कुनै समस्या नपर्ने कीर्तिपुर जात्रापर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यले जानकारी गराउनुभयो । जात्राका अवसरमा मन्दिरलाई १०८ पटक परिक्रमा गरेमा पाप नष्ट भई धर्म सञ्चय हुने जनविश्वाससमेत छ ।

]]>
1605 0 0 0
अनिश्चितकालीन बन्दले उपभोग्य वस्तुको अभाव http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%a8-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%89%e0%a4%aa%e0%a4%ad/ Tue, 18 Aug 2015 10:06:40 +0000 http://www.ghumphir.com.np/?p=1607

सल्यान, १ भदौ ।

अखण्ड राप्तीको माग गर्दै नौ दिनदेखिको बन्दले जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ । बन्दकर्ताले आइतबार र सोमवार बन्द केही खुकुलो पारेको भए पनि आजदेखि कडा बनाएका छन् । अनिश्चितकालीन बन्द आह्वानपछि जिल्ला सदरमुकाम खलङ्गामा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । यातायात सञ्चालन नहुँदा जिल्ला बाहिरबाट तरकारी तथा खाद्यान्न आपूर्ति हुन नसकेपछि अभाव देखिन थालेको छ । बन्दका कारण तरकारी, खाद्यान्न, खाना पकाउने ग्यास जस्ता दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । सल्यानलाई राप्तीबाट नअलग्याउने शीर्ष नेताहरुको प्रतिबद्धता आइसकेको भए पनि आन्दोलनकारीले आफनो आन्दोलन फिर्ता लिएका छ्रैनन् । जिल्लाका राजनैतिक दलका नेतासहितको टोलीले काठमाडौ पुगेर सो विषयमा शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाएकोे नेकपा(एमाले) सल्यानका अध्यक्ष हरि केसीले जानकारी दिनुभयो । “शीर्ष नेताहरुबाट राप्ती टुक्रिन नदिने प्रतिबद्धता आएको छ” केसीले भन्नुभयो ।

]]>
1607 0 0 0
दुईवटा टिकट खरिद गर्दा एउटा निःशुल्क http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a4%9f-%e0%a4%96%e0%a4%b0%e0%a4%bf%e0%a4%a6-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%8f%e0%a4%89/ Tue, 18 Aug 2015 10:40:47 +0000 http://www.ghumphir.com.np/?p=1613 १ भदौ, काठमाडौं ।
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका दुईवटा टिकट खरिद गर्दा एउटा निःशुल्क दिने अफर ल्याएको छ। निगमले काठमाडौंबाट उडान हुने विभिन्न चार गन्तव्यका लागि दुईवटा दुईतर्फी टिकट खरिद गर्ने ग्राहकलाई एउटा दुईतर्फी टिकट निःशुल्क दिने भएको हो।
भदौ १५ पछि सुरु गर्ने भारतको बैंग्लोर र मुम्बईको उडानमा यो अफर दिने निगमले जनाएको छ । यसअघि निगमले मलेसियाको क्वालालम्पुर र थाइल्यान्डको बैंकक उडानमा यो अफर दिने घोषणा गरिसकेको छ।
Nac
निगमले भदौ १५ देखि बैंग्लोर र भदौ १८ देखि मुम्बईसम्मको नियमित उडान गर्ने भएको छ। यो दुवै गन्तव्यमा निगमले दुईवटा दुईटर्फी टिकट किन्ने ग्राहकका लागि अर्को एउटा दुईटर्फी टिकट दिने घोषणा गरेको हो।
यी दुवै सहरमा प्रवद्र्धनात्मक योजनाअन्तर्गत यो अफर ल्याएको निगमका प्रवक्ता रामहरि शर्माले बताए । उनका अनुसार निगमको अन्तर्राष्ट्रिय उडानमा यात्रु आकर्षित गर्न यो अफर सञ्चालन गरिएको हो।
प्रवद्र्धनात्मक योजना एक महिनाका लागि ल्याइएको निगमले जानकारी दिएको छ। यो योजनामा काठमाडौं-बैंग्लोर अथवा काठमाडौं-मुम्बईका लागि एकतर्फी प्रवद्र्धन भाडा १० हजार ९२ रुपैयाँ रहेको छ।
काठमाडौं-बैंग्लोर-काठमाडौंको भाडा २० हजार आठ सय ९३ रुपैयाँ रहेको छ भने काठमाडौं-मुम्बई-काठमाडौंको भाडादर २१ हजार ६७ रुपैयाँ निर्धारण गरिएको निगमले जानकारी दिएको छ। यो भाडादर करसहित हो।
निगमले बैंकक र क्वालालम्पुरको उडानमा पनि दुईतर्फी दुईटा टिकट खरिद गर्नेलाई अर्को एउटा टिकट निःशुल्क उपलब्ध गराइरहेको छ। निगमले काठमाडौं-बैंककको २२ हजार पाँच सय ८१ रुपैयाँ र काठमाडौं-क्वालालम्पुरको ३५ हजार चार सय ८५ रुपैयाँ (कर बाहेक) भाडादर निर्धारण गरेको छ।
क्वालालम्पुर र बैंकक उडानको यो प्रवद्र्धनात्मक योजनाको निःशुल्क टिकट अफर भने यही अगस्ट महिनाभरका लागि मात्रै रहेको छ।निगमले भारतको बैंग्लोर र मुम्बई उडान हप्ताको दुई दिन गर्नेगरी उडान तालिका बनाएको छ।
मुम्बई उडान सोमबार र शुक्रबार हुनेछ भने बैंग्लोर उडान मंगलबार र शनिबार हुने निगमले जानकारी दिएको छ। केही समयपछि मुम्बई उडान बुधबार र बैंग्लोर उडान बिहीबारका लागि थप्ने योजना निगमको छ।
]]>
1613 0 0 0
नेपालका ६० प्रतिशत जनता बैकिङ पहुँच बाहिर http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a5%ac%e0%a5%a6-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%a4-%e0%a4%9c%e0%a4%a8%e0%a4%a4%e0%a4%be-%e0%a4%ac/ Tue, 18 Aug 2015 10:45:21 +0000 http://www.ghumphir.com.np/?p=1618 १ भदौ, काठमाडौं ।
नेपालका ६० प्रतिशत जनता बैकिङ पहुँच बाहिर रहेको पाइएको छ। संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष (युएनसीडीएफ)को सहयोगमा फिनस्कोपले गरेको उपभोक्ता सर्वेले यति ठूलो जनसंख्या बैंकिङ प्रणालीभन्दा बाहिर रहेको देखाएको हो।
UNDP_Nepal
फिनस्कोप अन्तर्राष्ट्रिय अनुसन्धान संस्था हो। अध्ययनले बैंक खाता प्रयोग गर्नेमध्ये ७५ प्रतिशतले बचत गर्ने प्रयोजनका लागि खाता खोलेको देखाएको छ। खाता नखोल्ने ६० प्रतिशतमा ४२ प्रतिशतले रकम नभएका कारण बैकिङ प्रणालीबाट बाहिर रहेको उत्तर दिएका छन्।
सर्वेक्षण ७० जिल्लाका चार सय ६० वटा गाविस र ती जिल्ला भित्र रहेका नगरपालिकामा गरिएको थियो। अनुसन्धानका लागि चार हजार एक सय १४ जना व्यक्तिसँग उत्तर लिइएको थियो। नमुना क्षेत्रको छनोट र तथ्यांकको वेटिङ गर्ने कार्य इन्टर डिसिप्लिनरी एनालिस्ट (आडीए) र फिनमार्क ट्रष्टले २०६८ को जनसंख्यालाई आधार बनाएर गरेको हो।
नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल शाहले अध्ययन चार हजार जनसंख्यामा मात्र गरिएकोले तथ्यांक सही नै हो भन्ने विश्वास गर्न सकिने अवस्था नरहेको बताए। 'अध्ययनले पूर्वाञ्चलभन्दा सुदुरपश्चिममा वित्तीय पहुँच बढी भएको दखाएको छ' ,उनले भने, ‘जबकी सबैभन्दा कम वित्तीय पहुँच सुदुरपश्चिममै छ।'
अहिले बैंक तथा वित्तीय संस्थाले शून्य वा एक रुपैयाँमा खाता खोल्ने भए पनि यसको प्रचार भने नभएको महशुस गराएको छ। 'ग्रामीण क्षेत्रमा अझै पनि वित्तीय पहुँच विस्तारका लागि प्रचारप्रसार गर्नुपर्ने देखिएको छ',उनले भने।
अध्ययनले सहरमा ५६ प्रतिशत जनता वित्तीय पहुँचमा आबद्ध भएको देखाएको छ । यस्तै ग्रामीण क्षेत्रमा २६ प्रतिशत मात्र बैंकमा आबद्ध छन् । यसले बैंकलाई अझै पनि ग्रामीण क्षेत्रमा जानुपर्ने देखाएको छ।
सर्वेक्षण अनुसार ४३ प्रतिशत जनसंख्याले बचत गरेको छैन। एक प्रतिशत मानिसले घरमा नै बचत राख्ने गरेको पाइएको छ। यस्तै १६ प्रतिशत मानिस अनौपचारिक बचत सेवा उपयोग गर्छन्।
बचत गर्ने ५७ प्रतिशतमध्ये ५१ प्रतिशतले दैनिक घर खर्च, २६ प्रतिशत औषधि र २२ प्रतिशतले शिक्षाका लागि बचत गर्ने देखिएको छ। बचत नगर्ने ४३ प्रतिशतमध्ये ५१ प्रतिशतले दैनिक खर्चपछि बचतका लागि पैसा बाँकी नरहेको, ३५ प्रतिशतले कमाइ नभएर र १६ प्रतिशतले वित्तीय ज्ञान नभएको कारण बचत नगरेको बताएका छन्।
बचत सयन्त्रमा बैंकमा २७ प्रतिशत, सहकारीमा १९ प्रतिशत, बचत समूहमा १८ प्रतिशत, घरका सदस्य र साथीभाइलाई सात प्रतिशत, गरगहनामा सात प्रतिशत र गोप्य ठाउँमा ६ प्रतिशत प्रयोग हुने गरेको अध्ययनले देखाएको छ।
ग्रामिण क्षेत्रमा जान आग्रह
काठमाडौं  अर्थमन्त्री डा. रामशरण महतले बैंक तथा वित्तीय संस्थालाई ग्रामीण क्षेत्रमा जान आग्रह गरेका छन्। वित्तीय पहुँचको विषयमा छलफल गर्न यूएनसीडीएफले राजधानीमा बिहीबार आयोजना गरेको कार्यशाला उद्घाटन कार्यक्रममा उनले ग्रामीण क्षेत्रमा अहिले पनि सहकारीमार्फत कारोबार हुने गरेको भन्दै तल्लो तहमा वित्तीय पहुँच पुर्‍याउन बैंकलाई आग्रह गरे।
'ग्रामीण क्षेत्रमा शाखा खोल्दैमा वित्तीय पहुँच पुगेको हुँदैन' उनले भने, 'गाउँ निक्षेप संकलनका लागि मात्र नभएर कर्जा लगानी पनि हुनुपर्छ।'कार्यक्रमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले एक परिवार एक बैंक खाताको मान्यताअनुसार वित्तीय पहुँच पुर्‍याउने गरी कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए।
]]>
1618 0 0 0
फस्टाउँदै अल्लो व्यवसाय http://localhost/ghum/%e0%a4%ab%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%85%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%8b-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af/ Wed, 19 Aug 2015 03:38:56 +0000 http://www.ghumphir.com.np/?p=1620 सुशील दर्नाल

काठमाडौँ, २ भदौ ।

उदयपुर लेखानी गाविस–६ की कल्पना मगरले अल्लोको कपडा बुनेर मासिक रु २० हजार बराबरको आम्दानी गर्नुहुन्छ । हाल राजधानीमा बस्दै आउनुभएकी कल्पनाले दिनमा करिब २० देखि २५ मिटर अल्लोको कपडा बुन्नुहुन्छ । एक मिटर बुनेबापत रु ३५ पारिश्रमिक पाइन्छ । “अल्लोको कपडा बुन्ने काम सुरु गरेदेखि आम्दानी राम्रो भएको छ, यसबाट कमाएको आम्दानीले छोरा÷छोरा पढाउनाका साथै घर खर्चसमेत चलाउन पुगेको छ” – उहाँले भन्नुभयो ।

magdi-alloबाँनियाटारमा रहेको बन्दना ढाका कपडा तथा ह्यान्डी क्राफ्ट उद्योगमा चार वर्षदेखि अल्लोको कपडा बुन्दै आउनुभएकी कल्पनाले जस्तै ओखलढुङ्गाकी कमला मगरले पनि सोही उद्योगमा कपडा बुनेर आफ्नो जीविकोपार्जन चलाउँदै आउनुभएको छ । दुई वर्षदेखि सो काम गर्दै आउनुभएकी कमला आफ्नो कामबाट सुन्तुष्टि हुनुहुन्छ । कल्पना र कमलाजस्ता करिब चार सयजना कामदारलाई सो उद्योगले रोजगारी दिएको छ । अल्लो व्यवसायबाट सबै खर्च कटाएर मासिक करिब रु एक लाख ५० हजार बराबरको आम्दानी हुने सञ्चालक राम नेपालले बताउनुभयो । बन्दना उद्योगबाट अल्लोका कपडा र विभिन्न सामग्री उत्पादन गरी पोखरा, पाल्पा, काठमाडौँ, भक्तपुर, ललितपुर र लुम्बिनीलगायतका पर्यटकीय क्षेत्रमा बिक्री वितरण गरिन्छ । त्यसैगरी, जापान, भारत, अमेरिका, चीन, बेलायत र स्वीट्जरल्यान्डलगायतका देशमा समेत अल्लोको कपडा सामग्री निर्यात हुन्छ । अल्लोका कपडा नेपालमा उत्पादन हुने भाङ, बेम्बो (बाँसको रेशा), केराको बोक्रा, भुइँकटरका पात र कपासबाट तयार गरिन्छ । अल्लो खासगरी नेपालको रूकुम, रोल्पा, सङ्खुवासवा, भोजपुर, धनकुटा, इलाम र ताप्लेजुङ लगातयका जिल्लामा पाइन्छ । अल्लोको कपडाबाट कोट, पाइन्ट, जुत्ता, चप्पल, झोला, टोपीलगायत विभिन्न सामग्री बनाइन्छ । अल्लोको कपडा लगाउँदा छाला र उच्च रक्तचापको रोगीलाई फाइदा पुग्ने बताइन्छ । बन्दना उद्योगले अल्लोबाट बनाइएको सामग्रीलाई ५० देखि दुई सयसम्ममा बिक्री वितरण गर्दै आएको छ । त्यसबाट बनाइएको सामग्रीको प्रकृतिका आधारमा एक वटा उत्पादनको रु ५० देखि रु दुई सयसम्म कामदारलाई दिने गरिएको छ । त्यसैगरी रु तीन सयदेखि रु एक हजारसम्ममा अल्लोको कपडा बजारमा बिक्री हुन्छ । नेपाली उत्पादनलाई प्रयोग गर्ने, नेपाली हस्तकलाका क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने, नेपालको उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचानका रूपमा परिचित गराउने र रोजगारीको सिर्जना गर्ने उद्देश्यले २०६९ सालमा बन्दना ढाका उद्योग स्थापना गरिएको सञ्चालक नेपालले बताउनुभयो । आम्दानीको १० प्रतिशत सञ्चालक नेपालले मुलुकका विभिन्न क्षेत्रमा रहेका दृष्टिविहीनको अध्ययनका लागि खर्च गर्दै आउनुभएको छ । उहाँले गत वर्षमात्र धनकुटा जिल्लाका दृष्टिविहीनका लागि रु एक लाख ५० हजार आर्थिक सहयोग गर्नुभएको थियो । आगामी दिन आम्दानीको १० प्रतिशत भूकम्प प्रभावित बालबालिकाको शिक्षामा खर्च गर्ने उहाँको भनाइ छ । नेपाली हस्तकलाको क्षेत्रलाई राज्यले प्राथमिकताका साथ महत्व दिनुपर्ने, हस्तकलाको क्षेत्रमा लागेका व्यक्तिलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने, युवालाई प्रोत्साहन गर्ने खालको नीति ल्याउनुपर्ने, हस्तकलाको क्षेत्रलाई व्यापार मात्रभन्दा पनि नेपालको पहिचानका रूपमा हेरिनुपर्ने सो क्षेत्रमा संलग्न व्यापारीहरुको भनाइ छ । नेपाली वस्तुको प्रयोग गर्नुपर्ने भन्दै अभियान सञ्चालन गर्दै आउनुभएका अभियानकर्मीे सहेक विश्वकर्माले साँचो अर्थमा स्वदेशी साधन प्रयोग गरी उत्पादन गरिएका वस्तु उपभोग गरिदिए लाखौँ युवाले रोजगारी पाउने बताउनुहुन्छ । उहाँले ज्यामी कामका लागि विदेश गएका नेपाली दाजुभाइलाई स्वदेशमै अल्लोको व्यवसाय गर्नसमेत आग्रह गर्नुभएको छ । कतिपयले अल्लोको नाममा नक्कली अल्लोको बिक्री वितरण गरिरहेकाले सरकारले परीक्षण गर्ने मेसिनको व्यवस्था गर्नुपर्ने माग यसका व्यवसायीहरुको छ ।

]]>
1620 0 0 0
द्रूतमार्ग जसरी पनि निर्माण गछौ : आईएल एन्ड एफएस http://localhost/ghum/%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%82%e0%a4%a4%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%9c%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d/ Tue, 18 Aug 2015 15:44:28 +0000 http://www.ghumphir.com.np/?p=1629

काठमाडौँ, १ भदौ ।

भारतको बहुराष्ट्रिय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्स सर्भिस ट्रान्सपोर्टेसन नेटवक्र्स लिमिटेड (आईएल एन्ड एफएस)ले काठमाडौँ–निजगढ द्रूतमार्ग निर्माण परियोजनाको जिम्मा आफूलाई प्राप्त भएमा त्यो जसरी पनि पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेको छ । भारतीय उद्योग वाणिज्य महासङ्घ र यहाँस्थित भारतीय राजदूतावासले आज यहाँ आयोजना गरेको ‘उत्तम पूर्वाधार सम्पर्क’ विषयक छलफल कार्यक्रममा उक्त कम्पनीका प्रबन्ध निर्देशक के रामचन्दले उक्त द्रूतमार्ग निर्माणको जिम्मेवारी आफ्नो कम्पनीलाई प्राप्त भएमा पाँच वर्षभित्रै त्यसलाई पूरा गर्ने दृढता व्यक्त गर्नुभयो । सार्वजनिक–निजी साझेदारीमा स्थापना भएको आफ्नो कम्पनी पूर्ण व्यावसायिक भएको दाबी गर्दै उहाँले कम्पनीको प्रतिष्ठा स्थापित गर्न इमान्दारीका साथ काम गर्नु आफ्नो कम्पनीको पहिलो कर्तव्य भएको स्पष्ट गर्नुभयो । विश्वका विभिन्न मुलुकमा रेलमार्ग, सडक, विमानस्थललगायत भौतिक पूर्वाधार निर्माणको अनुभव बोकेको आफ्नो कम्पनीले नेपाल सरकारसँग झन्डै एक वर्षदेखि उक्त मार्ग निर्माणका निम्ति छलफल गरिरहेको जानकारी दिँदै अन्तिम सम्झौता हुन बाँकी रहेकाले जिम्मेवारी प्राप्त भएमा एसियालीस्तरको चारलेनको द्रूतमार्ग बनाएरै छाड्ने उहाँले बताउनुभयो । छयहत्तर किलोमिटर काठमाडौँ–निजगढ द्रूतमार्ग पाँच वर्षमा निर्माण गरीसक्ने र २५ वर्षसम्म सञ्चालन गरी ३० वर्षपछि नेपाल सरकारलाई निर्माण गर्दाकै अवस्थामा हस्तान्तरण गरिने जानकारी दिँदै उहाँले सात वर्षसम्ममा रु १५ अर्ब ५० करोड सडक कर उठाउनै पर्ने बाध्यता कम्पनीलाई रहेको बताउनुभयो । एक खर्ब रुपैयाँको लागतमा निर्माण हुने उक्त मार्गका लागि भारत सरकारले सहुलियत ऋण प्रदान गर्ने घोषणा गरिसकेको छ । अर्थ समितिका सभापति प्रकाश ज्वालाले परियोजनाको लागत अधिक भएको भन्दै त्यसलाई घटाउनेतर्फ ध्यान दिन निर्माता कम्पनीलाई आग्रह गर्नुभयो । परियोजनाको लागतलगायत अन्य पक्षबारे समितिले अध्ययन उपसमिति गठन गरेर आवश्यक काम जारी राखेको जानकारी दिँदै उहाँले परियोजनामा निर्माता कम्पनीको योगदानबारे पनि स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गजेन्द्रमान ठाकुरले नेपालको राष्ट्रिय हित बिपरीत परियोजना निर्माण नहुने स्पष्ट गर्दै मुलुकको हितमा परियोजना रहेकाले जसरी पनि कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “परियोजनाबाट मुलुकलाई घाटा हुँदैन,” उहाँले भन्नुभयो । नेपालका लागि भारतका राजदूत रणजीत रायले नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उक्त परियोजना शीघ्र निष्कर्षमा पुगेर निर्माण पनि द्रूत गतिमा होस् भन्ने भारत सरकारको चाहना रहेको बताउनुभयो । नेपालको आर्थिक विकासका लागि भारतको राजनीतिक नेतृत्वबाट दृढ समर्थन रहेको उल्लेख गर्दै उहाँले त्यसलाई प्रतिविम्बित गर्न भारतका विदेश मन्त्रीले नेपालको पुनःनिर्माणका लागि गत असारमा यहाँ आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त परियोजनामा सघाउने प्रतिबद्धता व्यक्त भएको बताउनुभयो ।

]]>
1629 0 0 0
भोलि नागपञ्चमी http://localhost/ghum/%e0%a4%ad%e0%a5%8b%e0%a4%b2%e0%a4%bf-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%ae%e0%a5%80/ Tue, 18 Aug 2015 15:54:12 +0000 http://www.ghumphir.com.np/?p=1633

काठमाडौँ, १ भदौ ।

श्रावण शुक्ल पञ्चमीका अवसरमा भोलि नापञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथिलाई नागपञ्चमी पर्वका रुपमा लिँदै नागलाई देवताको रुपमा पूजा गर्ने प्रचलन छ । विभिन्न धर्मग्रन्थमा नाग देवताको विशेष महत्व उल्लेख गरिएको जानकारी गराउँदै पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले नागपञ्चमीका दिन गरिने पूजाले सर्पादि भयबाट मुक्त भई र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको बताउनुभयो । नागपञ्चमी पर्व कसरी सुरु भयो भन्ने सम्बन्धमा पनि विभिन्न किंवदन्ती पाइन्छन् । एक किंवदन्तीअनुसार कुनै समयमा एक किसानका दुई छोरा र एउटी छोरीसहितको परिवार थियो । उसले एक दिन खेतमा खनजोत गर्दा नागका तीनवटा बच्चा मरेछन् । आफ्ना बच्चा मरेका कारण नाग रिसाई सम्पूर्ण परिवारलाई डस्दा सबैको मृत्यु भएछ । त्यस क्रममा किसानको छोरी छिमेकीको घरमा भएकाले बाँचिछन् । भोलिपल्ट किसानको छोरीलाई डस्न जाँदा उनले नागको पूजा गरी दूध चढाइछन् । पूजाबाट नाग प्रसन्न भएर किसानका सबै परिवारलाई बचाइदिएछन् । त्यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको हो । अध्यक्ष गौतमका अनुसार नागपञ्चमीका दिन बिहानै स्नान गरी नागको चित्र वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । नागका अनन्त, वासुकी, पद्य, महापद्य, शङ्ख, तक्षक, कुलिर, कर्कोटक आठ प्रकार रहेका छन् । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँस्नाले आगलागी, चट्याङ आदिको भय नहुने जनविश्वास छ । नागको पूजाले धनधान्य र सुख सम्मृद्धि प्राप्त हुने, दैविक, भौतिक र प्राकृतिक आपत्विपत र अनिष्ट नाश हुने र कालसर्पजस्ता योग पनि नष्ट हुने विश्वास गरिन्छ । नागपञ्चमीका अवसरमा काठमाडौँका टौदह, नक्सालस्थित नागदह, धापाखेलस्थित नागदहलगायत स्थानमा विशेष मेलासमेत लाग्ने गरेको अध्यक्ष गौतमले बताउनुभयो ।

]]>
1633 0 0 0
उन्नाइसौँ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी http://localhost/ghum/%e0%a4%89%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%b8%e0%a5%8c%e0%a4%81-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Tue, 18 Aug 2015 16:09:16 +0000 http://www.ghumphir.com.np/?p=1636 काठमाडौँ, १ भदौ ।

पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल पुस्तक तथा स्टेशनरी महहासङ्घ र ग्लोबल एक्पोजिसन एन्ड मेनेजमेन्ट प्रालिले संयुक्तरुपमा यही भदौ ४ गते गते काठमाडौँमा १९ औँ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही भदौ ४ गतेदेखि १२ गतेसम्म भृकुटीमण्डपमा सो प्रदर्शनी गर्न लागिएको जानकारी दिइएको हो ।

be06प्रदर्शनीमा १२५ स्टल रहनेछन् भने ५५ वटा राष्ट्रिय तथा २० वटा अन्तर्राष्ट्रिय पुस्तक प्रकाशन, वितरक एवम् बिक्रेता रहने महासङ्घका अध्यक्ष रघुनाथ महर्जनले बताउनुभयो । सो अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी र साहित्यकार दुर्गालाल श्रेष्ठलाई स्रष्टा सम्मान गरिने महासचिव नवनिधि पन्तले जानकारी दिनुभयो । महासङ्घले यसअघि नै सुदूरपश्चिमाञ्चलको धनगढीदेखि बुटवल, पोखरा, नारागणढ हुँदै पूर्वाञ्चलको झापासम्म ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’भन्ने नाराका साथ राष्ट्रियस्तरका पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सम्पन्न गरिसकेको छ । यसैबीच शिक्षा मन्त्रालयले निजी क्षेत्रको अधिकार कटौती गरी पाठ्यपुस्तक उत्पादन र विक्री वितरणमा पुनः जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनलाई अधिकार दिएकामा महासङ्घले विरोध जनाएको छ । अध्यक्ष महर्जनले यसबारे मुद्रक व्यवसायीसँग पनि छलफल गरेर विरोधमा उत्रने जनाउनुभयो ।

]]>
1636 0 0 0
पुस्तक उत्पादन जनक शिक्षा र साझाले गर्ने http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%95-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8-%e0%a4%9c%e0%a4%a8%e0%a4%95-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7/ Tue, 18 Aug 2015 16:51:41 +0000 http://www.ghumphir.com.np/?p=1642

काठमाडाँै, १ भदौ ।

सामुदायिक विद्यालयहरुका कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको उत्पादन र विक्रीवितरण सम्बन्धमा बारम्बार गुनासो आइरहेको प्ररिप्रेक्ष्यमा अवदेखि पुस्तक उत्पादन कार्य जनक शिक्षा सामग्री केन्द्र लि. र साझा प्रकाशनले गर्ने भएका छन् । जनक शिक्षा र साझाले आज प्रकाशित एक विज्ञप्तिमार्फत नेपालभर पुस्तक विक्री वितरण एकद्वार प्रणालीअन्तर्गत साझा प्रकाशनले गर्ने गरी मन्त्रीस्तरीय निर्णय भएकाले सोहीअनुसार पुस्तक उत्पादन तथा विक्रीवितरण हुने कुरा जानकारी गराएका छन् । यसरी यी दुई संस्थाबाट मात्र समयमै पुस्तक उत्पादन नहुने अवस्था सिर्जना भएमा निजी मुद्रण संस्थालाई समेत पुस्तक मुद्रण कार्यमा सहभागी गराइने भएको कुरासमेत विज्ञप्तिमा उल्लेख छ । समयमै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पु¥याई पठनपाठनमा सहयोग पु¥याउने प्रतिबद्धताअनुसार यी दुबै संस्थाका सम्पूर्ण भौतिक संरचना एवम् देशव्यापी सञ्जालको पूर्णउपयोग गरिने व्यहोरासमेत संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

]]>
1642 0 0 0
नागपञ्चमी http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%ae%e0%a5%80/ Wed, 19 Aug 2015 03:10:27 +0000 http://www.ghumphir.com.np/?p=1644 1644 0 0 0 ढाका कपडा http://localhost/ghum/%e0%a4%a2%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%aa%e0%a4%a1%e0%a4%be/ Wed, 19 Aug 2015 03:27:52 +0000 http://www.ghumphir.com.np/?p=1653
 ]]>
1653 0 0 0
गोदकमा एक सय पैँसठी रोपनी सार्वजनिक जग्गा अतिक्रमण http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%a6%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%95-%e0%a4%b8%e0%a4%af-%e0%a4%aa%e0%a5%88%e0%a4%81%e0%a4%b8%e0%a4%a0%e0%a5%80-%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%a8%e0%a5%80/ Wed, 19 Aug 2015 03:33:42 +0000 http://www.ghumphir.com.np/?p=1660

]]>
1660 0 0 0
नेपाली आकाशमा जेट एयरवेज सबैभन्दा बढी यात्रु बोक्ने एयरलाइन्स http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%86%e0%a4%95%e0%a4%be%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%87%e0%a4%9f-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%b5%e0%a5%87%e0%a4%9c/ Wed, 19 Aug 2015 03:50:28 +0000 http://www.ghumphir.com.np/?p=1666 २ भदौ, काठमाडौं ।

इन्डियन एयरलाइन्सलाई उछिन्दै जेट एयरवेज नेपाली आकाशमा सबैभन्दा बढी यात्रु बोक्ने एयरलाइन्स बनेको छ । जेट एयरवेजले सन् २०१४ मा तीन लाख ८४ हजार १३९ यात्रु बोकेर पहिलो बनेको हो ।

jetair

जेट एयरवेजले २०१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ हजार १७८ उडान अवतरण गरेको थियो । १५ सय ८८ उडानमार्फत एक लाख ९९ हजार ८७८ यात्रु बोकेको थियो भने १५ सय ९० अवतरणमार्फत एक लाख ८४ हजार २६१ यात्रु नेपाल भित्राएको थियो ।

अघिल्लो वर्ष २०१३ मा पहिलो नम्बरमा रहेको इन्डियन एयरलाइन्स पाँचौं नम्बरमा झरेको छ । इन्डियन एयरलाइन्सले २०१४ मा दुई लाख ३६ हजार ३१९ यात्रु ओसार पसार गरेको छ । दुबै भारतीय वायुुसेवा कम्पनी हुन् ।

Nepal-Airlines-A320-Final

धेरै यात्रु बोक्नेमा दोस्रो स्थान कतार एयरवेजले लिएको छ । कतर एयरवेजले तीन लाख २१ हृजार ९ सय ७५ यात्रु बोक्दै दोस्रो बन्न सफल भएको हो । २०१३ मा कतार एयरवेज तेस्रो स्थानमा रहेको थियो ।

एयर अरेविया तेस्रो भएको छ भने फ्लाई दुबई चौथो नम्बरमा रहेको छ । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स सातौं नम्बरमा रहेको छ । नेपाल एयरलाइन्सले १४ सय ३८ वटा अन्तर्राष्ट्रिय उडान अवतरण मार्फत दुर्इ लाख ६ हजार ४३० यात्रुलार्इ सेवा प्रदान गरेको छ ।

नेपाल एयरलाइन्सले २०१४ सम्म बैंकक, हङकङ मलेसिया र कतारमा उडान भर्दै आएको थियो । नयाँ एयरबस भित्राएपछि दिल्ली उडान सुरु गरिसकेको छ । भदौ १५ देखि बैंगलोर र मुम्बईमा उडान सुरु गर्दै छ भने बैंकक र हङकङ उडान बढाएको छ ।

एयरलाइन्स यात्रु संख्या (आवत-जावत)
जेट एयरवेज ३,८४,१३९
कतार एयरवेज ३,२१९७५
एयर अरेविया २,६८९५३
फ्लाई दुबई २,४६,०५०
इन्डियन एयरलाइन्स २,३६,३१९
एयर एशिया २,१३,४०६
नेपाल एयरलाइन्स २,०६,४३०
स्पाइस जेट १,८१,९७६
मलेसियन एयर १,६९,४५०
इत्तिहाद एयर १,६६,३५५

निकट भविष्यमा ग्वञ्झाओ र दुबईमा समेत उडान भर्ने तयारी निगमले गरेको छ । यही कारण सन् २०१५ मा निगमको अन्तर्राष्ट्रिय उडानमा सुधार हुने अपेक्षा गरिएको छ । अहिले निगमले दुईवटा बोइङ ७५७ र दुईवटा एयरबस ३२० बाट उडान भरिरहेको छ ।

सन् २०१४ मा २६ वटा एयरलाइन्सले नियमित उडान भरेका छन् । केही एयरलाइन्सले चार्टड उडान समेत गरेका छन् । सो अवधिमा २७ हजार २०८ उडान अवतरणमार्फत ३५ लाख ११ हजार ३१४ यात्रु स्वदेश आवत जावत गरेका छन् ।

यस अवधिमा १६ लाख २२ हजार १९९ यात्रु नेपाल भित्रिएका छन भने १८ लाख ८९ हजार ११५ यात्र नेपाबाट बाहिरिएको अध्यागमन विभागले जनाएको छ ।

२०१४ मा ५ सय १३ वटा चार्टड तथा अन्य उडान भएका थिए । चार्टड फ्लाइटबाट मात्र २६ हजार ७ सय यात्रु आवत जावत गरेका छन् ।

Air-Asia-2

नेपाल उडान भरेका विमान

सन् २०१४ मा एयर अरेविया, इन्डियन एयरलाइन्स, बिमान बंगलादेश, बुद्ध एयर, बीटीएन, एयर चाइना, चाइना इष्टर्न, चाइना साउर्थन, ड्रुक एयर, इत्तिहाद एयर, फ्लाई दुबईले नियमित उडान भरे ।

यसैगरी, सोही वर्ष नियमित उडान गर्नेमा ड्रागन एयर, इन्डिगो एयर, जेट एयरवेज, कोरियन एयर, मलेसियन एयर, ओमान एयर, पाकिस्तान एयर, कतार एयर, नेपाल एयरलाइन्स, स्पाइस जेट, सिल्क एयर, थाइ एयर, ट्रकिस एयर, युनाइटेड एयर र एयर एशिया रहेका छन् ।

]]>
1666 0 0 0
चिसापानी पर्यटन क्षेत्रकाे गुरु याेजना बनाउछाै : अध्यक्ष केसी http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95/ Wed, 19 Aug 2015 06:00:42 +0000 http://www.ghumphir.com.np/?p=1669 पर्वतको तिलहार ९ मा जन्मीएका भिम केसी बि.स. २०३९ बर्दिया बसाई सरेका हुन् । केसी अनेरास्ववियु बाँकेको अध्यक्ष हुँदै आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वा्चित भए । केही समयपछि उनी युवा संघ नेपालमा दुई कार्यकालसम्म केन्द्रीय उपाध्यक्षको जिम्मेवारी समेत पुरा गरे । एमाले भेरी अञ्चल कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, एमाले केन्द्रीय कार्यालयमा उपसचिव, केन्द्रीय स्थानीय विकास तथा भौतिक संरचना विभागको सचिव लगायतका जिम्मेवारी बहन गरिसकेका केसीलाई नेपाल सरकार पर्यटन मन्त्रालय अन्तरगतको चिसापानी पर्यटन प्रवर्धन विकास समितिमा अध्यक्षको जिम्मेवारी दिइएको छ । चिसापानी क्षेत्रको पर्यटन क्षेत्रको विकास तथा प्रवर्धनका बिषयमा घुमफिरले गरेका  कुरकानी

प्रचुरमात्रामा पर्यटकीय क्षेत्र र अधिक सम्भावना हुदाहुदै पनि मध्य र सुदूरपश्चिमको पर्यटनको विकाषको जिम्मेवारीलाई कसरी अगाडी बडाउने सोचमा हुनुहुन्छ ? हो मध्य र सुदूरपश्चिममा अथाह प्राकितृक सम्पदाहरु रहेका छन् र यीनको प्रचार प्रसार प्रवद्धनमा हामी दत्तचित्त भएर लाग्ने छौ । हामी भन्दा अगाडीको समितिले पनी दुई वर्षको कार्यकालमा बनायएका योजनाभित्र बसेर र हामीले बनाएका विभिन्न कार्ययोजनाहरु छन् । तिनीहरुबाट पनी छानीयका उत्तमखालको योजना अनुसार कार्यलाई अगाडी बडाउने तयारीमा छौ । पर्यटन पुर्वाधार विकाष जस्तो किसीमको विकास हुनुपर्नेहो त्यस्तो हुन सकेको छैन,पर्यटन विकासको नाममा मन्दिर बनाउने बाटाहरु बनाउने अलीअली गोष्ठिहरु कहि पर्यटनको नाममा सानातिना काममात्र भएको छ र अहिले हामीले चिसापानी पर्यटनलाइ व्यवस्थीत गर्नको निम्ती प्रवद्धन गर्नको निम्ती,विकास गर्नको निम्ती अब सानातीना टुक्रेटात्रले योजना होइन व्यवस्थीत र अलि दुरगामी प्रभावपार्ने खालका योजनाहरुको छनोट गर्ने सोच बनाएका छौ । भने पछी कस्ता खालका योजना छन् ? मास्टर प्लान बनाउने र दिगोखालको पर्ययटनमा विकासहुने खालको योजना ल्याउने पर्छ भन्ने हाम्रो सोचाइ छ र हामी त्यो दिशातिर अगाडी बड्दै छौ । हेरम कस्तो हुन्छ । अहिले यस्का लागी सरकोकार वालहरु सर सल्लाह भईरहको छ । हजुरहरुले चाढै यस्को नतिजा हेर्न पाउनुहनुे छ ।

bhim kc (2)

पर्यटन प्रवद्धनको प्रचुर सम्भावनहरु हुदाहुदै पनि मध्यपश्मि अझै पछाडी परीरहनुलाई कसरी लिनु भएको छ ? अब, तपाईले भनेको कुरा ठीक हो । अब पर्याप्त पर्यटनको क्षेत्रमा हेर्ने हो भने नेपालको मध्यपश्चिम र सुदूरपश्चिम नै अत्यन्तै महत्यपूर्ण ठाउहरु हुन अब माथिल्लो पहाडी भेगहरु हेर्ने हो भने रारा नेश्नल पार्क छ,त्यसपछि स्वर्गद्वारी तराईको मैदानी भागमा पनि विभिन्न नेशनलपार्कहरु छन् ।विभिन्न संरक्षण क्षेत्रहरु रहेका छन् । यसलाई हेर्दा देशभीत्रका आन्तरीक पर्यटक र विदेशि पर्यटकह उपस्थीतीका लागी अब हामीले पनि हाम्रो क्षेत्रको समग्र विकास गर्न अघि बढ्नु र पहलकदमी लिनु आवश्यक छ । यस क्षेत्रमा धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना छ । यस क्षेत्रमा  बागेश्वरी, बडीमालिका, पन्चकोशी, काँक्रेबिहार, पाँचतले गुफा लगायतका प्रसिद्ध धार्मिक स्थलहरु छन् । राराताल, फोक्सुण्डो ताल, घोडाघोडी ताल र बढैया ताल यस क्षेत्रका अत्यन्त महत्वपूर्ण तालहरु हुन् । पर्यापर्यटन र वन्यजन्तुप्रति रुची राख्ने पर्यटकहरुलाई यो क्षेत्र अत्यन्त उर्वर छ । पहाडमा से–फोक्सुण्डो, रारा राष्ट्रिय निकुञ्ज, खप्तड मैदानी भाग, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज रहेका छन् । प्रशस्त संरक्षण क्षेत्र र सिमसार क्षेत्र यसक्षेत्रभित्र पर्दछन् । राप्ती, भेरी, कर्णाली, बबई, महाकाली नदिमा बिहार गर्न सकिन्छ । थोरै दूरीमा हावापानीमा फेरबदल छ । हिमाल, पहाड र तराईको उत्कृष्ट संयोजन छ । वन्यजन्तु र जडीबुटीका अनगिन्ति सम्भावनाहरु यस क्षेत्रमा छन् । अपी र शैपाल हिमाल पनि छन् । नेपालगन्ज सिमिकोट हिल्सा हुँदै मानसरोवर जाने बाटो पनि यही क्षेत्रमा पर्दछ । हामीले आन्तरिक पर्यटनको विकास गर्ने बाह्य पर्यटनमा दिल्ली र लखनउका पर्यटकहरुलाई सिधँै नेपालगन्ज भित्रयाउन सके धेरैलाभा लिन सकिन्छ । यी क्षेत्रको प्रचारप्रसार, प्रबद्र्धन र वकालत गर्न हामीले आजैबाट शुरु गर्नु पर्छ भन्ने मलाई लागेको छ । एउटा कुरा के छ भने जसरी राज्यले अन्य क्षेत्रलाई प्राथकीकता दिएको छ पुर्वलाई पोखरालाई बडी प्राथमीकतामा राखेको उसैगरि मध्य र सुदूरपश्चिमलाई ध्यान दिन सकेको छैन र हामी त्यो क्षेत्रमा बसोबास गरिरहेको सरोकार राख्नेहरुले पर्यटन प्रवद्धन विकास समीतीको मुख्य स्रोतहरु पर्याप्तछन् चाहे जुनसुकै क्षेत्रको कुराहुन सांस्कृती सामाजीक त्यसलाई हाम्रो तफर्लबाट लबिङपनी गछौ र आवाज पनी उठाउदै हामी अगाडी बड्छौ ।

चिसापानी पर्यटन विकास समीतीका चुनौतीहरु के के छन् ? यीनलाइ कसरी पन्छयाएर अगाडी बड्न्े सोचमा हुनु हुन्छ ? चुनौतीहरु त धेरै छन् , राज्यले यो क्षेत्रमा जती ध्यान दिनुपर्ने हो त्यती दिन सकेको छैन् ,सरकारले जुन यो कार्यसमिती बनाएको छ । यो सगं पर्याप्त बजेट पनि छैन ,पयाप्त जनशत्ति पनि छैन ,त्यसो हुदाखेरी हामीले जे सोचीरहेका छौ ,जे गर्छौ भन्ने हाम्रो कल्पना छ ,हामीले कल्पाना गरे झै ,इच्छा गरे झै धेरै कामगर्न सिकन्छ जस्तो त लागेको छ, तर जती स्रोतसाधन सरकारले उपलब्द गराएको छ त्यो त्यादै अपुग जस्तो लागेको छ । भएका स्रोत र साधनलाई सही सदुपयोग गरेर मेरो कार्यकालमा अहिले सम्मकै नमुना कार्यकाल बनाउने सोचमा रहेका छौ  हामीलाई ।तर पनी हामी स्थानीय जनातालाई जगाएर स्थानीयलाई साथ लियर हामी अगाडी बड्ने सोचमा छौ हामी । राज्यलाई पनी त्यो क्षेत्रको पर्यटन प्रवद्धन गर्नकोलागी ध्यान आकृष्ट गर्ने र घचघचाउने काम हामी गर्छौ । अब आन्तरीक र बाह्य पर्यटककालागी  विभिन्न क्षेत्रहरु छन जस्तै

बाँके राष्ट्रिय निकुञ्ज बाघको बासस्थानको रुपमा ख्यातिप्राप्त छ । बर्दिया राष्ट्रिय निकुञ्जमा एकै ठाउँमा एकैपटक बाघ, हात्ती, गैँडा, घडियाल र चित्तल लगायत जनावरहरु देख्न सकिन्छ । सबै खालका जनावरहरुको यो खालको बसाई यस निकुञ्जको विशेषता हो । यस्तो गरी सबै खालका जनावर संसारका अन्य कुनै पनि निकुञ्जमा देख्न सकिँदैन ।शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बाह्रसिंगे मृगहरुको बासस्थानको रुपमा परिचित छ । बर्दियामा कृष्णसार संरक्षण गरिएको छ, यो विश्वकै दुर्लभ मानिएको छ । बडैया ताल, सतखलुवा ताल, घोडाघोडी ताल, लौकाही, भौकाही, झिलमीला ताल यसक्षेत्रका प्रमुख तालहरु हुन् । चिसापानी नमुना पुल, कोठियाघाटको सबैभन्दा लामो पुल, दोधारा चाँदनीको लामो दुरीको झोलुङ्गे पुल पर्यटकीय आर्कषणका केन्द्र हुन् । बाँकेको गाईलेक, बबई उपत्यका गाभर भ्याली सुन्दर ठाउँको रुपमा परिचित छन् । भुवार भवानी, बागेश्वरी, कमलशा बाबा, कोटही, ठाकुरजी, बेडहाबाबा, विष्णु मन्दिर (शक्ति धाम) जस्ता प्रशिद्ध मन्दिरहरु यसै क्षेत्रमा पर्दछन् । महेन्द्र पार्क, टीकापुर पार्क पनि यो क्षेत्रको शोभा बढाउने प्रशिद्ध स्थान हुन् ।

चिसापानी क्षेत्र भनेको मध्य र सुदूर पश्चिमको मैदानी भागको पर्यटन हो । यो बाँके, बर्दिया, कैलाली र कन्चनपुर यस क्षेत्रभित्र पर्दछ । यो क्षेत्रलाई पर्यटकहरुको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न सकिन्छ भन्ने मलाई लागेको छ । तराईको मैदानी भागमा घुम्न आएका पर्यटकहरुलाई पहाडमा सुन्दर रमणीय ठाउँमा लैजाने, पहाडमा घुम्न आएका पर्यटकहरुलाई मैदानी भागमा ल्याएर घुमफिर गराउँने व्यवस्था गर्न जरुरी छ । पर्यटकीय पूर्वाधारहरु विकास गरी पर्यटकहरुलाई सहज पहुँचको व्यवस्था मिलाउनुपर्दछ । यस क्षेत्रको पर्यटनको प्रचारप्रसार र पूर्वाधारको विकास गर्न सकेमा चिसापानी क्षेत्रको पर्यटनलाई नेपालकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न सकिन्छ ।

bhim kc (1)

तपाईँको कार्यकालमा चिसापानी क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण कार्यहरु के–के हुनेछन् ?र भूकम्पले यस्ता पर्यटकीय क्षेत्रमा के कस्तो असर पु¥याएको छ,धेरैले भूकम्पलाइ मागीखाने भाडो मात्र बनाए र काम गरेनन किन? वैशाख १२ गते आएको महाभूकम्पले हाम्रो पर्यटनलाई अलि असजिलो अवस्था सृजना गर्ने हो की भन्ने थियो तर जुन तरीकाले कुरा बाहिर आएको छ त्यसतो असर हाम्रो क्षेत्रमा छैन ,होला कहि कतै बाटोहरु भत्कीएका छन् हाम्रा सम्पदाहरुमा केहि नोक्सानी भएको छ तर काठमान्डौको जस्तो भूकम्पको प्रभाव हाम्रोमा परेका छैन र हामी मध्य र सुदूरपश्चिम पर्यटककालागी सुरक्षीत छ भन्ने प्रचार प्रसारमा पनी द्रुत गतीले अगाडी बड्न् छौ ।र यसकालागी हाम्रो विभिन्न योजनाहरु छन् जस्तै चिसापानी क्षेत्र पर्यटनको लागि सुरक्षित र भरपर्दो छ । नेपालगन्ज विमानस्थललाई क्षेत्रीयस्तरको बनाइ सिँधै विदेशी पर्यटकलाई आउने व्यवस्था मिलाउनु पर्दछ । भारतीय धार्मिक पर्यटकलाई हामीले यसक्षेत्रमा घुमाएर कैलासको दर्शन गराउने व्यवस्था मिलाउन सके यसक्षेत्रमा धेरै प्रगति गर्न सकिन्छ । यस्ता काम र शैलीको पर्यटन क्षेत्रको विकास विस्तार हुन्छ भन्ने विश्वसा मलाई लागेको छ । मेरो नेतृत्वमा नयाँ समिति गठन भएपछि जिल्ला विकास समितिहरुसँग समन्वय गरी ४ वटै जिल्लामा जिल्ला स्तरिय पर्यटन गुरुयोजना बनाई चिसापानी क्षेत्रको समग्र पर्यटनको गुरुयोजना बनाइने छ । त्यसैगरी मध्य र सुदूरपश्चिमका सबै ठाउँलाई समावेश गरी क्षेत्रीयस्तरको पर्यटन कार्यशाला गरेर यहाँको पर्यटनका बारेमा कसरी अघि बढ्ने भन्ने योजना बनाई कामको शुरुवात गरिनेछ । बजेट छरेर धर्मशाला बनाएर मुर्दा गृह बनाएर यो क्षेत्रको विकास गर्न सकिदैन जुन मैले यो भन्दा अगाडीको समितीले गरेको देखे ।अहिले मैले दुईवटा गोष्ठि पनि गरिसके र साथीहरुलई पनी भनी सके यसरी यो पाच क्षेत्रको विकास हुन सग्दैन यसकालागी दुरगामी योजनाको छनोट गरि हामी सरकारको गम्भीर ढंगले ध्यानाकर्षण गराउँछौँ । यसक्षेत्रका नागरिक व्यवसायी सबैको हामीलाई साथ र सहयोग चाहिएको छ । हामीले आशा र अपेक्षा गरेका छौँ हामीलाई सबैले साथ दिने छन र एउटा जिल्लामा एउटा कामहोस किनभने १० वटा १५ वटा काम एकै चोटि गर्दा त्यो प्रभावकारी हुदैन् ।यो पटक अघिल्लो समीतीले जे योजना बनाएको छ त्यसैमा रहेका माहीले कार्य गर्ने छौ र आगमी वर्षमा भन्नु पर्दा एक जिल्ला एक कार्यकाम र पर्यटनमा प्रभाव पर्ने खालको कार्य गर्ने छौ र सरोकारवाला सगं बसेर छलफल अगाडी बडाई पनि रहेको छौ  र मेरो कार्यकालमा तपाईहरुले केहि न केहि त्यसतो विकासको निकै राम्रो कामको सुरुवात भएको देख्न पाउनु हुने छ ।।

]]>
1669 0 0 0
दर्शनार्थीको ठूलो भीड http://localhost/ghum/%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%a0%e0%a5%82%e0%a4%b2%e0%a5%8b-%e0%a4%ad%e0%a5%80%e0%a4%a1/ Wed, 19 Aug 2015 06:18:54 +0000 http://www.ghumphir.com.np/?p=1672 ललितपुर, २ भदौ ।

ललितपुरको धापाखेलस्थित नागदहमा बिहानदेखि नै दर्शनार्थीको ठूलो भीड लागेको छ ।नागपञ्चमीका दिन नागदहमा काली नागको पूजा गर्न स्थानीय धापाखेल, सुनाकोठी, हरिसिद्धि, ठेचो, चापागाउँ, झरुवारशीलगायत उपत्यकाभित्रका विभिन्न ठाउँबाट ठूलो सङ्ख्यामा दर्शनार्थीको भीड बर्सेनि लाग्ने गरिएको छ । खेतीपातीमा कृषकका लागि रोपाइँमा आवश्यक पर्ने पानी ल्याएर सहयोग गरिदिने नागको सम्झनास्वरुप आजको दिन नागको पूजा गर्ने परम्परा चल्दै आएको विश्वास गरिन्छ । लगनखेलबाट पाँच किलोमिटरको दूरी दक्षिणी भेगमा पर्ने करिब २५ रोपनी क्षेत्रमा फैलिएको उक्त दहमा काली नाग भएको जनविश्वास रहेको स्थानीयवासी उद्धव बस्नेतले बताउनुभयो ।

]]>
1672 0 0 0
सार्क राष्ट्रका अर्थमन्त्री काठमाडौँमा http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4/ Wed, 19 Aug 2015 12:50:00 +0000 http://www.ghumphir.com.np/?p=1675

काठमाडौँ, २ भदौ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अर्थमन्त्रीस्तरीय सातौँ बैठकमा भाग लिन भारत, पाकिस्तान र बङ्गलादेशका अर्थमन्त्री काठमाडौँ आइपुग्नुभएको छ । भोलि बिहान यहाँ सुरु हुने उक्त बैठकमा भाग लिन पाकिस्तानका अर्थमन्त्री महमद इजाक दार, बङ्गलादेशका अर्थमन्त्री अबुल माल अ मुहिथ र भारतका अर्थराज्यमन्त्री जयन्त सिंह नेपाल आइपुग्नुभएको हो ।

saarcअन्य सदस्य देशबाट सचिवस्तरको प्रतिनिधित्व हुने अर्थमन्त्रालयका उपसचिव लालबहादुर खत्रीले जनाकारी दिनुभयो । अर्थमन्त्री डा रामशरण महतले अध्यक्षता गर्ने उक्त बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नुहुने कार्यक्रम छ । बैठकमा सार्कका सदस्य राष्ट्रबीच आर्थिक गतिविधिमा कसरी सहयोग आदानप्रदान गर्न सकिन्छ भन्ने विषय र छैटौँ बैठकमा भएका निर्णय तथा सुझावको कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ । सार्क क्षेत्रमा लगानी अवस्थामा सुधार, गभर्नरस्तरीय बैठक, साझा मुद्राको प्रचलन र सार्कस्तरमा व्यापारका लागि सम्बन्धित राष्ट्रको मुद्रा प्रयोग (करेन्सी स्वाप) का विषयमा बैठकमा छलफल हुने जनाइएको छ । यस अतिरिक्त बैठकमा सार्क विकास कोष र सार्क लगानी बैंकबारे पनि छलफल हुनेछ । बैठकमा नेपालका तर्फबाट अर्थमन्त्री डा महत, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, अर्थ सचिव सुमनप्रसाद शर्मा, परराष्ट्र सचिव शङ्करदास बैरागी सम्मिलित प्रतिनिधिमण्डलको सहभागिता हुनेछ ।

]]>
1675 0 0 0
सरकारी टोली बडिमालिकातिर http://localhost/ghum/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%9f%e0%a5%8b%e0%a4%b2%e0%a5%80-%e0%a4%ac%e0%a4%a1%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%a4%e0%a4%bf%e0%a4%b0/ Wed, 19 Aug 2015 13:04:03 +0000 http://www.ghumphir.com.np/?p=1678

जुम्ला, २ भदौ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा गङ्गाप्रसाद पाण्डे नेतृत्वको सरकारी टोली आज बडिमालिकातर्फ लाग्ने भएको छ । सरकारी टोलीसँग अन्य भक्तालुजन पनि जाने र उनीहरु त्रयोदशी तिथिको दिन साँझ बडिमालिका पुग्दछन् । जुम्लाको सरकारी टोली झैँ बर्सेनि डोटीबाट पनि सरकारी टोली बडिमालिका आउने र दुवै टोलीको सौहार्द भेटघाट गरी चतुर्थदशीको दिनमा सँगै पूजाआजा गर्ने प्रचलन रहेको कर्णालीका सांस्कृतिकसम्बन्धी जानकारी रमानन्द आचार्यले जानकारी दिनुभयो ।

Badimalikaa4आज गएको टोली १७ दिनपछि षष्ठी तिथिको दिन जुम्ला फर्केर आउने र सो टोलीले चाँदीको काइँयो, मुरली र छत्र जुम्लालले बडिमालिकालाई चढाउने र सोही सामग्री पुजारीले फिर्ता ल्याई जुम्ला चन्दननाथमा बुझाउनुपर्ने रीति रहेको उहाँले बताउनुभयो । जानकार आचार्यका अनुसार खस मल्लकालमा जब नागराजले डोटी राज्य छुट्याए र जुम्ला र डोटीबीच त्यति राम्रो सम्बन्ध भएन । त्यसपछि विसं १८३४ मा कल्याल राज्य स्थापना भई डोटी र जुम्लाबीचको डाह मेटाउन तथा स्थायीमैत्री सम्बन्ध कायम गर्न बर्सेनि बडिमालिका जाने चलन कायम रहेको उहाँको भनाइ छ । यसैलाई बडा दिनका रुपमा ठानी जुम्लास्थित राजनीतिक दलद्वारा जारी आन्दोलनलाई एक दिनका लागि स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले पनि हिजो राति ८ बजेबाट कफ्र्यु खुला गरेपछि जुम्लाको जनजीवन शान्त रहेको छ

]]>
1678 0 0 0
सडक सौन्दर्य र हरियाली बनाउने अभियानमा जुटे युवा http://localhost/ghum/%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%b8%e0%a5%8c%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%af-%e0%a4%b0-%e0%a4%b9%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ac%e0%a4%a8/ Wed, 19 Aug 2015 13:13:28 +0000 http://www.ghumphir.com.np/?p=1679

काठमाडौँ, २ भदौ ।

युवा समाज परिवर्तनका संवाहक हुन् भन्ने दरिलो उदाहरण अनामनगरका जागरुक युवाले आफ्नो कर्मले पुष्टि गरेका छन् । यतिखेर ‘अनामनगर हरियाली बनाउ’ अभियानअन्तर्गत केही युवा समाजमा देखिएका विकृति र विसङ्गतिलाई हटाएर विकास निर्माण र समाज परिवर्तनका लागि सकारात्मक गतिविधिमा लागेका छन् । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा वरिपरिको वातावरण स्वच्छ र सडक सुन्दर बनाएर हरियाली कायम गर्न युवा सक्रिय भएका हुन् । युवा विध्वङ्सात्मक गतिविधिमा नभई समाज परिवर्तनका पनि संवाहक हुन् र त्यो काम आफैँबाट सुरुवात गर्नुपर्छ भन्ने ध्येयले विभिन्न सामाजिक काममा सक्रिय भएको जागरुक युवा करण श्रेष्ठले बताउनुभयो । श्रेष्ठको अगुवाइमा सिंहदरबार पूर्वी द्वार क्षेत्रको हनुमानस्थानदेखि सिंहदरबार प्रहरी वृत्तसम्म हरियाली बनाऔँ अभियानअन्तर्गत विभिन्न प्रजातिका फूल तथा बिरुवा रोपिएको छ । अभियानको पहिलो चरणमा ८० भन्दा बढी फूल तथा बिरुवा रोपिएको छ, भने क्रमशः सरसफाइलगायतका कार्यक्रम अघि बढाइएको छ । अनामनगरको सडक सौन्दर्यताको साथै स्वच्छ वातावरण र हरियाली कायम गर्न अभियान सुरु गरिएको अभियन्ता श्रेष्ठले उल्लेख गर्नुभयो । श्रेष्ठको सक्रियतामा अनामनगरका स्थायनीयवासी समाजसेवी, सर्वसाधरण तथा सामुदायिक प्रहरीले अभियानलाई साथ दिएका छन् । अभियानलाई साथ दिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रजित केसीले युवाको सकारात्मक सक्रियतालाई सार्थक तुल्याउन आफ्नो सङ्गठनले सक्दो सहयोग गर्ने बताउनुभयो । अनामनगर क्षेत्रमा स्वच्छ वातावरण र हरियाली कायम गर्नुका साथै अव्यवस्थित पार्किङ हटाई सडक व्यवस्थापन र सौन्दर्य कायम गर्न प्रहरीले थप सक्रियता जनाउने प्रहरीले जनाएको छ ।

]]>
1679 0 0 0
चाँगुनरायणमा नागपञ्चमीको रौनक (फोटो फिचर) http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%81%e0%a4%a8%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%ae%e0%a5%80%e0%a4%95/ Wed, 19 Aug 2015 14:37:49 +0000 http://www.ghumphir.com.np/?p=1686 रामगोपाल तमखु भाद्र २ गते, भक्तपुर नागपञ्चमीमा भक्तपुरको चाँगुनरायणमा बिशेस मेलालाग्ने गर्दछ । बिनशकारी भुकम्प पछि यस मन्दिरमा पहिलो मेला हो । पहीलो बर्षको तुलनामा यस बर्ष भत्तजनहरुको निकै कम मात्र आएका छन् । अझ यो मौसमा त पर्यटकहरुले भरीपुर्ण हुने समयमा अहिले फाटफुट मात्र आउने गरेको मुलपुजारी चक्रधरानन्द राजउपाध्यायले बताउनुभयो । बशौख १२ गतेको बिनशकारी भुकम्पले मन्दिरको चारैकुना चर्केको छ, भने चारैतिर रहेको शतल पनि भत्किएको थियो । मन्दिर वरपरको जिर्ण सँरचना ,भत्किन लागेको र टेकोको भरमा रहेको छ ।

chagunarayan ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ????????????????????????????????????]]>
1686 0 0 0
अर्थमन्त्री महत र भारतीय अर्थराज्यमन्त्री सिन्हाबीच भेटवार्ता http://localhost/ghum/%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a4%a4-%e0%a4%b0-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af/ Wed, 19 Aug 2015 14:42:08 +0000 http://www.ghumphir.com.np/?p=1699

काठमाडौँ, २ भदौ ।

अर्थमन्त्री डा रामशरण महत र भारतीय अर्थ राज्यमन्त्री जयन्त सिन्हाबीच आज अर्थमन्त्रालयमा भेटवार्ता भएको छ । भोलि हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अर्थमन्त्रीस्तरीय सातौँ बैठकमा भाग लिन नेपाल आउनुभएका अर्थ राज्यमन्त्री सिन्हाले आज साँझ अर्थ मन्त्रालय पुगी अर्थमन्त्री महतसँग भेटवार्ता गर्नुभएको हो । उहाँहरुबीच भएको वार्तामा व्यापारका लागि एक अर्काको मुद्रा प्रचलनमा ल्याउने, द्विपक्षीय लगानी बढाउने, व्यापार घाटा कम गर्ने र काठमाडौँ–तराई द्रुत मार्गको निर्माण गर्ने विषयमा छलफल भएको अर्थमन्त्री डा रामशरण महतले जानकारी दिनुभयो । भेटपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री महतले सार्क विकास कोषको स्तरोन्नतिका विषयमा पनि छलफल भएको र द्रुतमार्गमा भारतले सहयोग गर्ने इच्छा व्यक्त गरेको बताउनुभयो । त्यसैगरी, अर्थराज्यमन्त्री सिन्हाले दुई देशबीचको व्यापार सहजीकरण र द्रुत मार्ग निर्माणमा भारत सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

]]>
1699 0 0 0
प्यूठानमा फेरि विद्युत् उत्पादन बन्द http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a5%82%e0%a4%a0%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a4%bf-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d/ Wed, 19 Aug 2015 14:45:24 +0000 http://www.ghumphir.com.np/?p=1701

प्यूठान, २ भदौ ।

एकसाता अघिदेखि बन्द भई शुक्रबारदेखि आंशिक रुपमा विद्युत् उत्पादन थालेको बुटलव पावर कम्पनी (बिपिसी) दारिमचौर, प्यूठानको विद्युत् उत्पादन पुनः बन्द भएको छ । उत्तरी प्यूठानमा लगातार आएको वर्षाले झिमरुक नदीमा ठूलो बाढी आएपछि बिपिसीले यो साता आफ्नो विद्युत उत्पादन बन्द गरेको थियो । बाढीसहितको पानीले विद्युत् उत्पादनका लागि प्रयोग हुने मेसिन बिगारेपछि उत्पादन बन्द गरिएको कम्पनीका वितरण शाखा प्रमुख श्याम थापाले बताउनुभयो । एक दिन विद्युत् उत्पादन बन्द गर्दा १२ लाख युनिटको रु ६२ लाख ७६ हजारभन्दा धेरै कम्पनीलाई घाटा हुने गरेको छ । बिपिसीले औसत दैनिक पाँच मेगावाटसम्मको विद्युत् वितरण गर्ने गरेको छ । त्यसपछि बचेको विद्युत् नेपाल विद्युत् प्राधिकरण केन्द्रीय प्रसारणलाई दिने गरेको छ । विद्युत् आपूर्तिमा समस्या भएपछि सर्वसाधारण तथा सञ्चारमाध्यम प्रत्यक्ष समस्यामा परेका छन् । विद्युत् आपूर्ति बन्द हुँदा जिल्लाका सामुदायिक रेडियो बन्द अवस्थामा रहने गरेको सामुदायिक रेडियो नेटवर्क प्युठानका अध्यक्ष सञ्जय रिजालले बताउनुभयो । हाल जिल्लामा पाँचवटा रेडियो भएकामा रेडियो माण्डवीबाहेक अन्यमा वैकल्पिक ऊर्जा नहँुदा समस्या उत्पन्न भएको रिजालले बताउनुभयो । त्यस्तै बिएड र बिए दोस्रो वर्षको परीक्षा सञ्चालन भएको समयममा विद्युत् आपूर्ति बन्द हुँदा विद्यार्थी त्यसको थप मारमा पर्ने गरेको प्यूठान क्याक्पसका माधव केसीले बताउनुभयो ।

]]>
1701 0 0 0
एकै मौसममा छत्तीस करोडको आलु उत्पादन http://localhost/ghum/%e0%a4%8f%e0%a4%95%e0%a5%88-%e0%a4%ae%e0%a5%8c%e0%a4%b8%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%9b%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%b8-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b/ Wed, 19 Aug 2015 14:50:42 +0000 http://www.ghumphir.com.np/?p=1704

बाबियाचौर (म्याग्दी), २ भदौ ।

म्याग्दीमा एकै मौसममा रु ३६ करोडभन्दा बढी मूल्यबराबरको आलु उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार एक हजार २५ हेक्टर क्षेत्रफलमा आलुखेती भएकोमा १० हजार ५०६ मेट्रिक टन उत्पादन भएको कार्यालयका बागवानी विकास अधिकृत वासुदेव पौडेलले जानकारी दिनुभयो । जिल्लामा उत्पादन भएको आलु रु ३० देखि रु ४० प्रतिकिलोका दरले बिक्री भएको छ । कृषक व्यावसायिक बन्नु, उन्नत जात भित्रिनु, पुरानो खेती प्रविधि आधुनिकीरण बन्दै जानु, अनुदानका कार्यक्रम, बीउ आलु भण्डार गृह निर्माण हुनु, बजारको पहुँच विस्तार, अन्य बालीको तुलनामा सजिलो र नगद आम्दानी हुने भएकाले आलुखेतीतर्फ कृषकको आकर्षणसँगै उत्पादन बढ्दै गएको अधिकृत पौडेलको भनाइ छ । म्याग्दीको राम्चे, हिस्तान, शिख, घार, कुहुँ, कुइँनेमङ्गले, पाखापानी, मल्कवाङ, गुर्जा, मुदी, मल्कवाङ, चिमखोला, पात्लेखेत, भकिम्लीलगायत ३३ गाविसमा व्यावसायिक आलुखेती हुने गरेको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी राम्चे गाविसमा ८११ हेक्टर क्षेत्रफलमा रु दुई करोड ८३ लाख ८५ हजार बराबरको आलु उत्पादन भएको देखिन्छ ।

aalu-dhoraअन्य अन्नबालीको तुलनामा धेरै समय, जनशक्ति र मेहनत आवश्यक नपर्ने तथा बजारमा उच्च माग भएकाले जिल्लामा व्यावसायिक आलु खेतीतर्फ कृषकको आकर्षण बढेको छ । यहाँ स्थानीयका साथै कुफ्रेज्योतिका साथै दाना (पिबिएस) र बियाँ बीउ (टिपीएस) प्रविधिको प्रयोग गरी उन्नत जातका आलुको खेती हुने गरेको छ । जिल्लामा उत्पादन भएको धेरैजसो आलु बेनी, पोखरा र काठमाडाँैमा निकासी हुने गरेको छ । घरायसी उपभोग, आन्तरिक बजार र बीउ आलुका लागि म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । परम्परागत रुपमा अन्नबालीसँग आलु साट्ने प्रचलन रहेकामा पछिल्लो समय सडक विस्तार भएपछि सहरी क्षेत्रमा निकासी हुन थालेको कृषकले बताएका छन् । मध्यपहाडी क्षेत्रको चिसो हावापानीमा प्राङ्गारिक तरिकाबाट उत्पादन भएको आलु स्वादिलो र गुणस्तरीय हुने भएकाले म्याग्दीको आलुको माग बढ्दै गएको छ । जिल्लाबाट निकासी हुने कृषि उपजमा आलु पहिलो नम्बरमा पर्छ । जिल्लाभर करिब तीन हजार जना कृषक व्यावसायिक आलु खेतीमा संलग्न भएको अनुमान गरिएको छ । आलुखेतीको प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालयले बीउ आलु आत्मनिर्भर कार्यक्रमका साथै सुरक्षित भण्डारणका लागि विभिन्न ठाउँमा शीतभण्डार भवन निर्माण गर्न सहयोग गरेको छ ।

]]>
1704 0 0 0
पाँच करोड राजस्व उठायो http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%b5-%e0%a4%89%e0%a4%a0%e0%a4%be%e0%a4%af%e0%a5%8b/ Wed, 19 Aug 2015 16:37:28 +0000 http://www.ghumphir.com.np/?p=1707

कावासोती, २ भदौ ।

ईलाका प्रशासन कार्यालय कावासोतीले आर्थिक वर्ष २०७१÷०७२ मा रु पाँच करोड १३ हजार राजस्व सङ्कलन गरेको छ । राहदानी, संस्था नवीकरण, दण्ड जरिवाना, प्रशासनिक दण्डलगायत शीर्षकबाट उक्त राजस्व सङ्कलन गरेको ईलाका प्रशासन कार्यालय कावासोतीका प्रमुख लुकबहादुर क्षेत्रीले जानकारी दिनुभयो । सबैभन्दा बढी राहदानीबाट रु पाँच करोड चार लाख ५० हजार, संस्था नवीकरणबाट रु चार लाख राजस्व उठेको हो ।

]]>
1707 0 0 0
हात्तीले सात घर भत्कायो http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a4%a4-%e0%a4%98%e0%a4%b0-%e0%a4%ad%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%af%e0%a5%8b/ Wed, 19 Aug 2015 16:46:27 +0000 http://www.ghumphir.com.np/?p=1710

सुरुङ्गा(झापा), २ भदौ ।

दक्षिणी झापाको राजगढमा जङ्गली हात्तीले ‘उप्रदो’ मच्चाउन थालेपछि स्थानीयबासी चिन्तित बनेका छन् । विगत लामो समयदेखि स्थानीय चारकोशे जङ्गलअन्तर्गत पर्ने मनकामना, साधुपर्ती, लक्ष्मीथान सामुदायिक वनमा बसेका हात्तीले एक सातामा दर्जनभन्दा बढी स्थानीयको घर भत्काएपछि स्थानीयबासी चिन्तित बनेका हुन् । आज मात्रै जङ्गली हात्तीको समूहले राजगढ–५ र ९ नं वडाका सात घर भत्काएको साधुपर्ती सामुदायिक वन समूहका अध्यक्ष यामबहादुर गौतमले बताउनुभयो । हात्तीले दिनहुँ घर भत्काउँदा लाखौँको क्षति भएको उहाँको भनाइ छ । जङ्गली हात्तीले राजगढ–५ निवासी गीतादेवी दाहाल, वडा नं ९ निवासी भीमबहादुर मोक्तान, विशाल मोक्तान, लखीराम मुर्मू, वावुलाल मुर्मू, ठेम्क सोरेन र लेठू मडीको घर भत्काएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय राजगढका प्रमुख मनोजकुमार पौडेलले जङ्गली हात्तीले अधिकांशको घरमा पूर्ण रुपमा क्षति पु¥याएको र अन्नपातसमेत नष्ट गरेको बताउनुभयो ।

]]>
1710 0 0 0
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a5%88%e0%a4%b5%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b/ Wed, 19 Aug 2015 16:50:21 +0000 http://www.ghumphir.com.np/?p=1713

काठमाडौँ, २ भदौ ।

भूकम्पपीडितको राहत र पुनःस्थापना कार्यमा सघाउन फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड र नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी सङ्घले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरेका छन् । फरवार्ड माइक्रो फाइनान्सले दियो १० लाख प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा फरवार्ड कम्युनिटी माइक्रो फाइनान्सका कार्यकारी अध्यक्ष भगवती चौधरीले रु १० लाखको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले सहयोग रकमको उपयोगको निगरानी गर्न आग्रह गर्नुभएको थियो । “अहिले दुनियाँले नेपाललाई हेरिरहेको छ,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “ सहयोग रकम दुरुपयोग नहोस् भन्नेमा सरकार सचेत छ । तपाइँहरुले पनि निगरानी गर्नुपर्दछ ।” सरकारले मुलुकमा सुशासन कायम गर्न पारदर्शीता, जवाफदेहिता, मितव्ययिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अबलम्बन गरेको पनि उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “बदमासी गर्नेलाई कडा भन्दा कडा कारबाही गर्नुपर्दछ ।” सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्थाको सञ्चालक समितिका सदस्यहरु आशुतोष शर्मा, केशव पौडेल, हरिनारायण चौधरी, सविता दहाल, अन्नपूर्णा श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरी सहभागी हुनुहुन्थ्यो । पूर्व कर्मचारीको सात लाख २२ हजार सहयोग नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारीहरुको संस्था नेपाल राष्ट्र बैक पूर्व कर्मचारी सङ्घले उद्धार कोषमा रु सात लाख २२ हजार ५४५ प्रदान गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष भोलाराम थापाले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा सङ्घका माधवप्रसाद भट्ट, डा रेवतबहादुर कार्की, रीता पन्त, श्यामबहादुर श्रेष्ठ, किशोरी थापा र गौरीशङ्कर श्रेष्ठको उपस्थिति रहेको थियो ।

]]>
1713 0 0 0
तस्बिरमा हेरौ फोक्सुण्डो तालको सौन्दर्य (फोटो फिचर) http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%87%e0%a4%b0%e0%a5%8c-%e0%a4%ab%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a5%8b/ Thu, 20 Aug 2015 03:03:43 +0000 http://www.ghumphir.com.np/?p=1715 राज्यलक्ष्मी खतिवडा

फोक्सुण्डो ताल लाई शे-फोकसुण्डो तालको नामले पनि चिनिन्छ । यो ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित छ । यो ताल ३६११ मिटरको उचाईंमा डोल्पा जिल्लामा अवस्थित छ । फोक्सुण्डो ताल नेपालको सबभन्दा गहिरो ताल हो। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी र गहिराई ६५० मीटर छ।

कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल वाई आकारको छ। फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ ।

सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर ९४७६ फिट रहेको पाइएको थियो । सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो । यस तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३०,००० देखि ४०,००० बर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको देखिन्छ ।

धार्मिक महत्व यस तालको वरिपरीको क्षेत्रमा २० वटा बौद्ध स्तुप रहेको छ भने पुर्व दिशामा एउटा गोम्पा रहेको छ जसमा बौद्ध धर्मावालाम्बीहरु बार्षिक रुपमा यहाँ आएर पुजा पाठ गर्ने गर्छन ।

phoksundo lake dolpa (1) phoksundo lake dolpa (2) phoksundo lake dolpa (3) phoksundo lake dolpa (4) phoksundo lake dolpa (6) phoksundo lake dolpa (9) phoksundo lake dolpa (14) phoksundo lake dolpa (17) phoksundo lake dolpa (18) phoksundo lake dolpa (21) phoksundo lake dolpa (22) phoksundo lake dolpa (24) phoksundo lake dolpa (27) phoksundo lake dolpa (28) phoksundo lake dolpa (29) phoksundo lake dolpa

]]>
1715 0 0 0
नेपाल भित्रिएका पर्यटक मध्ये सबैभन्दा धेरै भैरहवा नाकाबाट http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%ae/ Thu, 20 Aug 2015 02:22:47 +0000 http://www.ghumphir.com.np/?p=1733 ३ भदौ, काठमाडौं ।

सन् २०१४ मा स्थलमार्गबाट नेपाल भित्रिएका पर्यटक मध्ये सबैभन्दा धेरै भैरहवा नाकाबाट भित्रिएका छन् । २०१४ मा दुई लाख चार हजार एकसय ३७ पर्यटक स्थलमार्गबाट नेपाल भित्रिएकोमा भैरहवाबाट मात्रै ५० प्रतिशत भन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । भैरहवाबाट एक लाख १७ हजार दुईसय ४६ पर्यटक नेपाल भित्रिएका छन् । यो नाकाबाट सबैभन्दा धेरै पर्यटक मार्चमा २० हजार एकसय २७ जना भित्रिएका छन् ।

nepal_trekking

भैरहवापछि सिन्धुपाल्चोकको कोदारी नाकाबाट धेरै पर्यटक भित्रिएका छन् । कोदारीबाट ७३ हजार ६ सय ६४ जना पर्यटक नेपाल भित्रिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । तेस्रो स्‍थानमा पूर्वी नेपालको काकडभिट्टा नाका रहेको छ । यो नाकाबाट नौ हजार नौसय ४७ पर्यटक नेपाल आएका छन् ।

यस्तै महेन्द्रनग, वीरगञ्ज, नेपालगञ्ज तथा धनगडी नाकाबाट पनि नेपालमा केही पर्यटक भित्रिएका मन्त्रालयले जनाएको छ । २०१४ मा हवाई मार्गबाट पाँचलाख ८५ हजार नौसय ८१ पर्यटक आएको मन्त्रालयले जनाएको छ । ती मध्ये सबैभन्दा धेरै अप्रिलमा ६८ हजार आएका छन् ।

]]>
1733 0 0 0
ठूलो संख्यामा नेपाली युवायुवती रोजगारको खोजिमा बिदेसिए http://localhost/ghum/%e0%a4%a0%e0%a5%82%e0%a4%b2%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%af%e0%a5%81%e0%a4%b5/ Thu, 20 Aug 2015 02:32:30 +0000 http://www.ghumphir.com.np/?p=1736 ३ भदौ, काठमाडौं ।

राजनीतिक अस्थिरताले देशभित्र रोजगारका अवसर सिर्जना हुन नसक्दा निकै ठूलो संख्यामा नेपाली युवायुवती रोजगारको खोजिमा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको रोजगारको खोजीमा वैधानिक तरिकाले तेस्रो मुलुक पुगेको नेपालीको तथ्यांकले सबैलाई आश्चर्य पार्छ ।

tiacongest

विभागको तथ्यांक बोल्छ, ‘२१ वर्षमा वैधानिक तरिकाले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या करिब ४५ लाख पुगेको छ ।’विभिन्न समय बिदेसिएको भए पनि रोजगारको सिलसिलामा बिदेसिने कूल संख्या नेपालको कुल जनसंख्याको १७ प्रतिशत हो । सन् २०११ को जनगणनाले नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय ४ देखाएको छ ।अधिकांश नेपाली कामदार खाडी राष्ट्र र मलेसिया पुगेका छन् ।

]]>
1736 0 0 0
पर्यटन प्रवद्र्धन समिति गठन http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf/ Thu, 20 Aug 2015 02:37:48 +0000 http://www.ghumphir.com.np/?p=1739 इलाम, ३ भदौ ।

जिल्लाको पर्यटन क्षेत्रलाई व्यवस्थित र विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यवसायीको बुधबार सम्पन्न एक भेलाले विजय राईको अध्यक्षतामा ‘इलाम पर्यटन प्रवद्र्धन सरोकार समिति’ गठन गरेको छ ।

समितिका उपाध्यक्षमा प्रेम सापकोटा, महासचिवमा देवी पौडेल, सचिवमा ज्ञानु दाहाल र कोषाध्यक्षमा दिव्य भट्टराई तथा सदस्यहरुमा सुशीला सापकोटा, गृष्म सुब्बा, सुकविर तामाङ, मदन श्रेष्ठ, दुर्गाराज देवान र ईश्वर चिपालु रहनुभएको छ । त्यसैगरी सल्लाहकारमा धर्म गौतम, युद्धप्रसाद वैद्य, तुलबहादुर देवान, गोपाल पौडेल र तारानाथ पराजुली रहनुभएको छ ।

]]>
1739 0 0 0
एक वर्षमा पच्पन्न वटा सहकारी दर्ता http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%9a%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%b8%e0%a4%b9%e0%a4%95/ Thu, 20 Aug 2015 02:40:36 +0000 http://www.ghumphir.com.np/?p=1742 इनरुवा, ३ भदौ ।

सुनसरी जिल्ला आव २०७१÷७२ मा ५५ वटा नयाँ सहकारी सङ्घसंस्था दर्ता भएका छन् । सो आवमा सूचना तथा सञ्चार सहकारी सङ्घ एक र बचत तथा ऋण सहकारी संस्था १८, कृषि सहकारी संस्था ३२, स्वास्थ्य सेवा सहकारी संस्था एउटा, पशुपालन सहकारी संस्था एउटा र लघु उद्यम सहकारी संस्था दुई गरी ५५ वटा संस्था दर्ता भएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीका सहकारी निरीक्षक श्यामप्रसाद दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहरी क्षेत्रमा सहकारी सङ्घसंस्था दर्तामा रोक लगाएको कारण न्यून मात्रामा दर्ता भएको छ भने ग्रामीण क्षेत्रमा बढी मात्रामा दर्ता भएको छ । जिल्लामा हाल ६२७ वटा सहकारी सङ्घसंस्था रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

]]>
1742 0 0 0
‘राष्ट्रिय सहकारी सङ्ग्रहालय’ स्थापना http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%b9%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%b0/ Thu, 20 Aug 2015 02:46:06 +0000 http://www.ghumphir.com.np/?p=1744 रत्ननगर ९चितवन०, ३ भदौ ।

चितवनको शारदानगरमा रहेको बखान बहुउद्देश्यीय सहकारी संस्थाले ‘राष्ट्रिय सहकारी सङ्ग्रहालय’ स्थापना गरेको छ ।विसं २०१३ चैत २० गते स्थानीयपासी बखानसिंह गुरुङको नेतृत्वमा यहाँ नेपालमै पहिलो सहकारी खुलेको थियो । ६० जना सदस्य मिलेर १०÷१० रुपैयाँ उठाई ६०० जम्मा गरेर थालनी गरिएको सहकारीमा अहिले २०५ जना सेयर सदस्य पुगेका छन्

सङ्ग्रहालयको तत्कालीन समयमा भएका पुराना ऐतिहासिक सामान, कागजपत्र र दस्तावेज राखेर खुला गरिएको संस्थाका अध्यक्ष मोहनसिंह लामाले बताउनुभयो । यस्तै किसानले प्रयोग गर्ने हलो, कोदालो, जुवा, दाँदे, छत्रीलगायतका सामग्री सङ्ग्रह गरिएको छ । विसं २०७० मा यहाँ सङ्ग्रहालय स्थापनासँगै विभिन्न कार्यक्रम सञ्चालन गर्न गुरुयोजना बनेको छ । रु ३० करोडभन्दा बढीको गुरुयोजनामा सङ्ग्रहालयसँगै सहकारी पाठशाला, पुस्तकालय तथा तालिम केन्द्र बनाउने योजना छ । बखान सहकारीबाट सुरु भएको सहकारी अहिले नेपालमा ३३ हजारभन्दा बढी भइसकेको छ । चितवनमा मात्रै ६०० भन्दा बढी सहकारी छन् ।

]]>
1744 0 0 0
फोक्सुण्डो ताल http://localhost/ghum/%e0%a4%ab%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a5%8b-%e0%a4%a4%e0%a4%be%e0%a4%b2/ Thu, 20 Aug 2015 03:10:12 +0000 http://www.ghumphir.com.np/?p=1749 1749 0 0 0 मुस्ताङमा यार्तुङ रमझम http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%99-%e0%a4%b0%e0%a4%ae%e0%a4%9d%e0%a4%ae/ Thu, 20 Aug 2015 03:15:16 +0000 http://www.ghumphir.com.np/?p=1751 मुस्ताङ, ३ भदौ ।

मुस्ताङको उपल्लो क्षेत्रका ६ गाविसमा यार्तुङ पर्वको रमझम सुरु भएको छ । बर्खायामको अन्त भई हिउँद याम सुरु हुने समयलाई रमाइलो तरिकाले तीन दिनसम्म मनाउने पर्वलाई यार्तुङ भनिन्छ । तिब्बतीयन भाषामा ‘र्या’ भनेको समर वर्षा ‘तुङ’ भनेको रमाइलो भन्ने हुन्छ । यो पर्व अवधिभर उपल्लो मुस्ताङका लोमान्थाङ, छोेसेर, छोण्हुप, घमी, चर्राङ र सुर्खाङ गाविसका सर्वसाधारणले विभिन्न किसिमका परम्परागत झाँकी, घोडा दौड र मीठो–मीठो परिकार बनाएर खाने परम्परा छ ।

yartungबर्खायाममा पर्ने अविरल वर्षा अन्त्य हुने र रमाइलो दिन आउने भन्दै यसलाई विशेष महत्वका साथ मनाउने गरिएको लोमान्थाङका अगुवा इन्द्रधारा विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक गाविसको गाउँगाउँमा गाउँ मुखियाको नेतृत्वमा यो पर्व मनाउन थालिएको छ । “सबैले आ–आफ्नो तरिकाले मनाइरहेका छन्”, उहाँले भन्नुभयो, “यो पर्वको विशेष सांस्कृतिक महत्व रहेको छ ।” धेरै पहिला यार्तुङ पर्वमा लोमान्थाङमा सबै गाविसका सर्वसाधारण जम्मा भएर घोडा दौड प्रतियोगिता सञ्चालन गर्ने गरिए पनि अहिले भने यो क्रम रोकिएको छ । त्यहाँ लोमान्थाङका सर्वसाधारणले मात्रै घोडा दौड प्रतियोगिता सञ्चालन गर्ने बताइएको छ । यार्तुङ पर्वमा नयाँ र राम्रो लुगा लगाउने परम्परा पनि रहिआएको छ । उपल्लो मुस्ताङमा भदौ २ देखि ४ गतेसम्म मनाइने पर्वलाई विभिन्न स्थानमा तीर हान्ने प्रतियोगिता पनि सञ्चालन गरिएको विष्टले जानकारी दिनुभयो । त्यस्तै मुस्ताङको मुक्तिनाथ र जोमसोममा भने जनैपूर्णिमाको दिनदेखि यार्तुङ आयोजना हुने स्थानीयवासीले बताएका छन् । स्थानीय युवा क्लबले आयोजना गर्ने पर्वको तयारीलाई तीव्र पारिएको जनाएको छ ।

]]>
1751 0 0 0
पढाउन छाडेर डोल्पाली शिक्षक यार्सा बेच्न चीनतिर http://localhost/ghum/%e0%a4%aa%e0%a4%a2%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%9b%e0%a4%be%e0%a4%a1%e0%a5%87%e0%a4%b0-%e0%a4%a1%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b6%e0%a4%bf%e0%a4%95/ Thu, 20 Aug 2015 12:03:07 +0000 http://www.ghumphir.com.np/?p=1757 डोल्पा (त्रिपुराकोट), ३ भदौ । हरेक वर्ष डोल्पामा यार्सा सिजनको सुरुवात भएसँगै जिल्ला शिक्षा कार्यालय डोल्पाको निगरानीमा रहेका डोल्पाली शिक्षक अहिले फेरि विवादमा परेका छन् ।जेठदेखि असारसम्म सिजन सुरु भई एक महिनापछि सकिएको यार्सा सिजनमा डोल्पाली शिक्षकहरू यार्सागुम्बा सङ्कलन गर्न हिमाली पाटन जाने र यार्सा सिजन सकिएलगत्तै विद्यालयनै शून्य पारेर शिक्षक यार्सागुम्बा बिक्री वितरणका लागि चाइनातिर जाने गरेकाले डोल्पाली शिक्षक पटकपटक विवादमा फस्ने गरेका हुन् । यस वर्ष पनि डोल्पाका ९० जनाभन्दा धेरै बहालवाला शिक्षक विद्यालयमा पढाउन छाडेर छिमेकी राष्ट्र चीनतिर लागेका छन् । शिक्षक चीनतिर लागेपछि डोल्पाका दर्जनौँ विद्यालय शिक्षकविहीन भएका छन् भने हजाराँै विद्यार्थी शिक्षा लिन पाउने अधिकारबाट वञ्चित भएका छन् । जिल्लाका अधिकांश विद्यालयका शिक्षक यार्सागुम्बा बेच्न चीन गएको खबर पाएकाले सम्बन्धित विद्यालयमा अनुगमनका लागि विद्यालय निरीक्षक, स्रोत व्यक्तिसहितको टोली विद्यालय अनुगमनका लागि उपल्लो डोल्पा तथा तल्लो डोल्पाका विद्यालयमा पठाइएकोे जिल्ला शिक्षा अधिकारी समन्तमणि आचार्यले बताउनुभयो । उहाँका अनुसार विद्यालय छाडेर चीन जाने शिक्षकलाई यार्चागुम्बा व्यापारमा चीन गएको पुष्टि भएमा आवश्यक कारबाही गरिने समेत उहाँले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म उपल्लो डोल्पामा सुरक्षाका लागि बसेको प्रहरी चौकीबाट पाएको जानकारी तथा विभिन्न माध्यमबाट डोल्पाका दर्जनौँ विद्यालयका ९० जना जति शिक्षक चीन गएको खबर आएकोसमेत उहाँले जानकारी दिनुभयो ।

]]>
1757 0 0 0
सार्क अर्थमन्त्रीस्तरीय बैठक सुरु (फोेटो फिचर) http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%af/ Thu, 20 Aug 2015 12:14:38 +0000 http://www.ghumphir.com.np/?p=1759 काठमाडौँ, ३ भदौ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अर्थमन्त्रीहरूको सातौँ बैठक आज यहाँ सुरु भयो ।बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले क्षेत्रीय विकास, शान्ति र स्थायित्वका निम्ति सार्क सदस्य मुलुकहरूबीच बृहत् सहयोग अपरिहार्य भएको बताउनुभयो । परस्पर निर्भरता र परस्पर सम्बद्ध वर्तमान युगमा असहयोगको ठूलो मूल्य चुकाउनुपर्ने भएकाले परस्परमा संवाद, छलफल र सहकार्यलाई सदस्य मुलुकले बढाएर विकासको पथमा अग्रसर हुनुपर्ने बताउनुभयो ।

;fs{ cy{ dGqL:t/Lo ;ftf}F] a}7s M  	blIf0f Pl;ofnL If]qLo ;xof]u ;ªu7g -;fs{_sf] cy{ dGqL:t/Lo ;ftf}F a}7ssf] pb3f6g zqdf k|d'v cltly pkl:yt ;Dk"0f{ cltlyx? k|wfgdGqL ;'zLn sf]O/fnf  ;+u ;fd'xLs tl:a/ lvrfpb} , a}7sdf g]kfn, kfls:tfg, aªunfb]z, e'6fg, ckmuflg:tfg, dflNbE;af6 ;lrjn] efu lng'ePsf] 5 eg] ef/taf6 ;x;lrjn] efu lng'ePsf] 5  . tl:a/ M k|bLk/fh jGt,/f;;

दक्षिण एसियाली क्षेत्र अति कम एकीकृत भएकाले समग्रमा क्षेत्रीय एकता र एकीकरण कायम गर्न लगानी र आर्थिक विकासका मुख्य क्षेत्रमा पँुजी केन्द्रित गर्न जरुरी भएको उहाँले बताउनुभयो । स्थल, जल र नभमार्गबाट सदस्य मुलुकलाई जोड्ने भौतिक पूर्वाधारको निर्माण, ऊर्जा, ज्ञानको आदानप्रदान, पर्यटन, व्यापार, वित्तलगायत क्षेत्रमा अर्थपूर्ण साझेदारी र सहयोगबाटै दक्षिण एसियाको दु्रततर विकास सम्भव भएकाले आर्थिक सुरक्षाका निम्ति एकीकृत ढङ्गले काम गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । सार्कका अल्पविकसित मुलुकलाई तिनको आर्थिक उन्नयनमा सघाउन अतिरिक्त सुरक्षा, स्रोत र सहुलियत उपलब्धल गराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो – “दिगो शान्ति र समृद्धिका निम्ति सदस्य मुलुकबीच निकटको आर्थिक सहयोग आवश्यक छ, दक्षिण एसियाली आर्थिक सङ्घको निर्माण क्रमिक रुपमा गर्न सकिनेमा हामी विश्वस्त छौँ ।” दक्षिण एसियाली आर्थिक सङ्घ स्थापनाको लक्ष्य हासिल गर्न उपयुक्त बृहत् आर्थिक नीति निर्माण र दृढ राजनीतिक इच्छाशक्ति पनि उत्तिकै आवश्यक भएको प्रधानमन्त्रीले बताउनुभयो ।

;fs{ cy{ dGqL:t/Lo ;ftf}F] a}7s M  	blIf0f Pl;ofnL If]qLo ;xof]u ;ªu7g -;fs{_sf] cy{ dGqL:t/Lo ;ftf}F a}7ssf] pb3f6g ub}{ k|wfgdGqL ;'zLn sf]O/fnf ;fydf cy{dGqL 8f=/fdz/0f dxt . tl:a/ M k|bLk/fh jGt,/f;;

वित्तीय क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्ने अन्तरक्षेत्रीय दीर्घकालीन पुँजी प्रवाह तथा लगानी, सार्क विकास बैंक स्थापना तथा लगानी प्रवद्र्धन एवम् सुरक्षणबारे बैठकमा हुने छलफल परिणाममुखी हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । आर्थिक सहयोग वृद्धि एवम् एकीकरणले नै दक्षिण एसियाली जनताको आर्थिक एवम् सामाजिक सुरक्षा सुनिश्चित हुने भएकाले त्यसप्रति सदस्य मुलुकले आफ्ना दृढता एवम् प्रतिबद्धतालाई कायम राखे लक्ष्य हासिल गर्न सहज हुने विचार व्यक्त गर्दै उहाँले आतङ्कवाद, अतिवाद, मानव, लागुऔषध र हातहतियार तस्करी, मुद्रा निर्मलीकरण र प्राकृतिक विपत्ति जस्ता चुनौतीको गम्भीर भएर सामना गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो – “सबै पक्षलाई मान्य हुने र फाइदा पुग्ने सहयोग प्रवद्र्धन सार्कको अहिलेको आवश्यकता हो र सार्कले लामो समयदेखि निर्धारण गरेको दक्षिण एसियाली क्षेत्रका जनताको जीवनस्तर उकास्ने लक्ष्य प्राप्तिका निम्ति उपयुक्त वातावरण बनाउनुपर्छ ।” संविधानसभाबाटै लोकतान्त्रिक संविधान जारी गरेर नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायको थालनी गर्न नेपाल अग्रसर भएको जानकारी दिँदै उहाँले नेपालको उक्त राष्ट्रिय अभियानमा सार्कका सदस्य मुलुकहरूबाट निरन्तर प्राप्त सहयोग र ऐक्यबद्धताप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

;fs{ cy{ dGqL:t/Lo ;ftf}F] a}7s M  	blIf0f Pl;ofnL If]qLo ;xof]u ;ªu7g -;fs{_sf] cy{ dGqL:t/Lo ;ftf}F a}7ssf] pb3f6g sfo{qmddf pkl:yt k|d'v cltly k|wfgdGqL ;'zLn sf]O/fnf  cy{dGqL 8f=/fdz/of dxt nufot  . tl:a/ M k|bLk/fh jGt,/f;;

“संविधान जारी भएपछि लम्बिँदो राजनीतिक सङ्क्रमणको अन्त्य हुनेछ, जनप्रतिनिधिमूलक संस्थाहरूको स्थायित्वका साथै बहुलवाद र प्रजातन्त्र संस्थागत हुनेछ” – मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो । सार्कका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री कोइरालाले विगतदेखि नै दक्षिण एसियाली मुलुकहरू प्रजातान्त्रिक, शान्तिपूर्ण सहयोगका निम्ति एकीकृत रहेका भन्दै दिगो शान्ति, स्थायित्व र सुदृढ प्रजातान्त्रिक संस्थाको विकासका साथै क्षेत्रीय विश्वास प्रवद्र्धनमा सार्कका सबै सदस्य मुलुकको एकीकृत प्रयास उत्तिकै अपरिहार्य भएको बताउनुभयो ।

;fs{ cy{ dGqL:t/Lo ;ftf}F] a}7s M  	blIf0f Pl;ofnL If]qLo ;xof]u ;ªu7g -;fs{_sf] cy{ dGqL:t/Lo ;ftf}F a}7ssf] pb3f6g zqnfO{ ;Djf]wg ub}{ k|wfgdGqL ;'zLn sf]O/fnf . tl:a/ M k|bLk/fh jGt,/f;;

अर्थमन्त्री डा रामशरण महतले पर्यटन प्रवद्र्धन, खाद्य सुरक्षा र अन्तर्राष्ट्रिय क्षेत्रमा साझा अवधारण बनाउन बैठक मुख्य मञ्च हुने भएको बताउनुभयो । उहाँले बैठकमा सन् २०१३ को अगस्टमा श्रीलङ्काको कोलम्बोमा सम्पन्न छैटौँ बैठकको निर्णय कार्यान्वयनको स्थिति तथा आगामी दिनमा सार्क क्षेत्रमा वित्तीय पुँजीको प्रवाह र अन्तरदेशीय लगानीका विषयमा छलफल हुने जानकारी दिनुभयो । त्यसैगरी, लगानी प्रवद्र्धन तथा सुरक्षा विषयका सहमतिमाथि छलफल हुने जानकारी दिँदै अर्थमन्त्री डा महतले लामो समयको राजनीतिक सङ्क्रमणपछि नेपालको आर्थिक वृद्धि र आर्थिक रुपान्तरणमा सार्क क्षेत्रको सहयोग रहेको बताउनुभयो । भूकम्पपछि नेपाली अर्थतन्त्र द्रुत आर्थिक वृद्धितर्फ उन्मुख भइरहेको र त्यसका लागि ऊर्जा क्षेत्रमा भारतसँग ऊर्जा व्यापार सम्झौता र यस क्षेत्रका बहुर्राष्ट्रिय कम्पनीसँग सम्झौता भएको जानकारी दिनुभयो । उहाँले सातौँ अर्थमन्त्रीस्तरीय बैठकबाट यस क्षेत्रको प्राकृतिक विपद् र गरिबीसँग सामना गर्ने उपयुक्त संयन्त्र तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री महतले आर्थिक तथा वित्तीय सहकार्यबाट गहन क्षेत्रीय एकीकरणमा बल पुग्ने उल्लेख गर्दै सबैको सद्भावबाट गैरभन्सार अवरोध हटाउने, एकअर्कामा बलियो सम्बन्ध स्थापना गर्ने र अन्तरदेशीय लगानीे प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । सार्कका महासचिव अर्जुनबहादुर थापाले यस क्षेत्रलाई सडक–रेल सञ्चालनमार्फत जोड्दै सार्क क्षेत्रमा उत्पादन भएका वस्तुको सहज प्रवाह हुने वातावरण मिनलाउनुपर्नेमा जोड दिनुभयो । दक्षिण एसिया ‘आर्थिक सङ्घ’मार्फत सबल सामाजिक आर्थिक विकासतर्फ उन्मुख हुनुपर्नेमा उहाँको जोड दिनुभयो । कार्यक्रममा अर्थसचिव सुमनप्रसाद शर्माले क्षेत्रीय आर्थिक विकासका लागि अर्थमन्त्रीस्तरीय बैठकको निर्णय महत्वपूर्ण हुने बताउनुभयो । बैठकमा भाग लिन पाकिस्तानका अर्थमन्त्री महमद इजाक दार, बङ्गलादेशका अर्थमन्त्री अबुल माल अ मुहिथ र भारतका अर्थराज्यमन्त्री जयन्त सिन्हा, माल्दिभ्सका अर्थ उपमन्त्री महमेद जुहारलगायतले भाग लिनुभएको छ ।

;fs{ cy{ dGqL:t/Lo ;ftf}F] a}7s M  	blIf0f Pl;ofnL If]qLo ;xof]u ;ªu7g -;fs{_sf] cy{ dGqL:t/Lo ;ftf}F a}7ssf] pb3f6g sfo{qmddf dGtJo /fVb} cy{dGqL 8f=/fdz/0f  dxt . tl:a/ M k|bLk/fh jGt,/f;;]]>
1759 0 0 0
मेचीकाली रेलमार्गले गति लिन सकेन http://localhost/ghum/%e0%a4%ae%e0%a5%87%e0%a4%9a%e0%a5%80%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%a4%e0%a4%bf/ Thu, 20 Aug 2015 12:19:05 +0000 http://www.ghumphir.com.np/?p=1766 पूर्णप्रसाद मिश्र काठमाडौँ, ३ भदौ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन ।सरकारले प्राथमिकताका साथ राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरे पनि सरोकारवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो नदिँदा रेलमार्गको कामले गति लिन नसकेको हो । यातायातलाई सहज र सुलभ बनाउन रेलमार्गको आवश्यकता भए पनि सम्बन्धित निकायको बेवास्ताले समस्या भएको रेल विभागका अधिकारीहरू बताउँछन् । रेलमार्गको विकास गर्ने उद्देश्यले विसं २०६८ असार १ गते विभागको स्थापना भएको हो । विसं २०६६ मा नेपालमा विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न विद्युतीय रेलवे आयोजनाको स्थापना गरिएको थियो । आयोजनाले उपत्यकामा मेट्रो रेल, मेचीकाली विद्युतीय रेलमार्गलगायत रेलमार्गका विषयमा कोरियाली कम्पनीमार्फत सम्भाव्यता अध्ययन गराएको थियो । विभागको स्थापनापछि मेचीकाली रेलमार्गको शुभारम्भ सरकारकै बजेटमा सुरु भएको छ । भारत सरकारको अनुदानमा बथना–जोगवनी–बुधनगर हुँदै विराटनगर आउने नेपालमा १३.५ किमि रेलमार्ग निर्माण भइरहेको छ । त्यसैगरी जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमी एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग पनि भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको छ । दुवै रेलमार्गका लागि नेपाल सरकारले जग्गा अधिग्रहण गरी उपलब्ध गराएको विभागका सुपरीवेक्षक इन्जिनियर राजेश्वरमान सिंह बताउनुहुन्छ । उहाँले भन्नुभयो – “नेपालमा सर्वप्रथम विसं १९८४ (सन् १९२७) मा रक्सौल–अमलेखगन्ज ४७ किमी रेलमार्ग सञ्चालनमा आएको थियो । यो रेलमार्ग त्रिभुवन राजपथ बनेपछि विसं २०२७ (सन् १९७०) मा यातायातमा एकाधिकार लाद्न चाहनेहरूका कारण बन्द भएको हो ।” विसं १९९४ (सन् १९३७) मा सुरु भएको जनकपुर–जयनगर–बिजुलपुरा ५१ किमी रेलमार्ग विसं २०५८ को बाढीले बिगीपुल बगाएपछि जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । यो रेलमार्ग पनि ‘अपग्रेड’ गर्न भनी विभागले विसं २०७० मा बन्द गरेको इन्जिनियर सिंहले बताउनुभयो । मेचीकाली विद्युतीय रेलमार्ग ९४५ किमी लम्बाइको छ । यसमध्येको काँकडभिट्टा–बर्दिवासखण्डको विस्तृत आयोजना प्रतिवेदन निर्माणका लागि साउन २८ गते बिहीबार बोलपत्र आह्वान गरिएको छ । बर्दिवास–सिमरा–ताम्सारिया–बुटवल ३०० किमी रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेकामा चितवन राष्ट्रिय निकुञ्जमा पर्ने १२७ किमि भागको वातावरणीय प्रभाव मूल्याङ्कन गर्न बाँकी रहेको छ । यसको विकल्पमा निजगढ–हेटौँडा–भरतपुर १७५ किमि निकुञ्जमा नपारी घुमाएर रेलमार्ग लैजाने विषयमा सम्भाव्यता अध्ययन गर्न लागिएको छ । यसका लागि कोरियन यु सिन इन्जिनियरिङ्सलाई जिम्मा दिइएको विभागले जनाएको छ । एक वर्षमा सम्भाव्यता अध्ययन सकी विस्तृत आयोजना प्रतिवेदन तयार पारिने भएको छ । यो आयोजनाका लागि गत आवमा रु एक अर्ब ३५ करोड छुट्याइएकामा यस वर्ष रु एक अर्ब ६५ करोड पु¥याइएको छ । राष्ट्रिय गौरवको आयोजनालाई काम गर्न छुट्याएको बजेटले नपुगेमा बजेटकै कारण नरोकिने प्रतिबद्धता अर्थमन्त्री डा रामशरण महतले बजेट भाषणका क्रममा जनाउनुभएकाले समस्या नभए पनि मन्त्रालयको सकारात्मक सहयोग आवश्यक भएको विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउन मेट्रो रेलको सम्भाव्यता अध्ययन गरेपछि मन्त्रालयले विभागलाई थाहै नदिई लगानी बोर्डलाई जिम्मेवारी दिई सम्बन्धित विभागलाई बेवास्ता गरेको इन्जिनियर सिंहले बताउनुभयो । विभागमा जनशक्तिको अभाव विभाग गठनलगत्तै कर्मचारी भर्नाका लागि सामान्य प्रशासन मन्त्रालयले सिभिल इन्जिनियर पदमा रेलवे उपसमूह स्वीकृत गरेको थियोे । मन्त्रालयको स्वीकृति भए पनि लोकसेवा आयोगले पाठ्यक्रम तयार नपार्दा रेल्वे उपसमूहअन्तर्गत सिभिल इन्जिनियर पदपूर्ति हुन सकेको छैन । यसका कारण काजमा आएका कर्मचारीले काम चलाउँदा विभागको कामले गति लिन नसकेको हो । सिभिल इन्जिनियर पटक पटक माग गर्दा पनि नपाएको महानिर्देशक अनन्त आचार्यको गुनासो छ । उहाँले भन्नुभयो –“विभागमा २९ जना कर्मचारीको सङ्ख्या स्वीकृत भए पनि हाल १६ जना मात्र कार्यरत छन् । कर्मचारी अभावकै कारण चुस्त रुपमा काम गर्न सकिएको छैन । रेल्वे उपसमूहका ठाउँमा यातायात उपसमूहबाटै पनि सुरुको चरणमा काम चलाउन सकिन्छ । पछिल्लो समयमा मात्र विशेषज्ञ कर्मचारी भए हुन्छ ।” मन्त्रालयमा सडक विभागको चाप बढिरहेकाले रेल प्राथमिकतामा नपरेको उहाँले बताउनुभयो । मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्की प्राथमिकताकै कारण एउटा आयोजनाबाट विभाग स्थापना गरिएको बताउनुहुन्छ । – उहाँले भन्नुभयो – “सरकारको साधन र स्रोत सीमित छ, स्थापनालगत्तै रु २० खर्ब बजेट दिएर रातारात मेचीकाली रेलमार्ग बन्न सक्दैन, क्रमिक रुपमा काम भइरहेको छ, राष्ट्रिय गौरवको योजनाको मान्यता पाउनुले नै महत्व दिई काम गरेको प्रमाणित हुन्छ ।”

]]>
1766 0 0 0
फोहरबाट रु बाह्र लाख आम्दानी http://localhost/ghum/%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b0%e0%a5%81-%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%8d%e0%a4%b0-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%86%e0%a4%ae%e0%a5%8d%e0%a4%a6/ Thu, 20 Aug 2015 12:26:12 +0000 http://www.ghumphir.com.np/?p=1768 म्याग्दी, ३ भदौ । बेनी नगरपालिकाले फोहर सङ्कलन र व्यवस्थापनबाट आव २०७१÷७२ मा करिब रु १२ लाख आम्दानी गर्न सफल भएको छ । सदरमुकाम बेनी बजार क्षेत्रबाट निस्कने फोहरलाई नगरपालिकाले ट्र्याक्टरमा सङ्कलन गरी जलेश्वर नजिकै कालीगण्डकीको किनारमा थुपारेर जलाउँदै आएको छ । नगरपालिकाका राजस्व फाँटका सहलेखापाल निर्मला सुवेदीका अनुसार बेनी बजार र गलेश्वर क्षेत्रमा रहेका करिब ८०० घरबाट निस्कने विभिन्न प्रकारका फोहर हप्ताको मङ्गलबार बाहेक दैनिक रुपमा सङ्कलन गर्दै आएको छ । बजार क्षेत्रबाट फोहर सङ्कलन गरी व्यवस्थापन गर्दा यसले बजार क्षेत्रलाई सफा र सुग्घर बनाउन सहयोग पु¥याएको छ । यसअघि अर्थुङे गाविसले सङ्कलन गर्दै आएको फोहर अघिल्लो वर्षको वैशाख महिनामा सरकारले घतान, पुलाचौर, सिंगा, ज्यामरुकोट र रत्नेचौर गाविसलाई समेटेर बेनी नगरपालिका घोषणासँगै यसको व्यवस्थापन नगरपालिकाले गर्दै आएको छ । फोहर व्यवस्थापन गरेबापत नगरपालिकाले कच्ची र पक्की घर तथा घरको तलाअनुसार रु ५० देखि रु २०० सम्म महसुल शुल्क निर्धारण गरेको छ । नगरबाट निस्कने फोहर तीनजना कर्मचारीले ट्र्याक्टरमा सङ्कलन गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका कार्यकारी अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।]]> 1768 0 0 0 धर्म संस्कृति पुरस्कार खनाललाई http://localhost/ghum/%e0%a4%a7%e0%a4%b0%e0%a5%8d%e0%a4%ae-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%96/ Fri, 21 Aug 2015 01:41:51 +0000 http://www.ghumphir.com.np/?p=1773

पथरी (मोरङ), ४ भदौ ।

हरेक वर्ष राधाकृष्ण जन्माष्टमीको अवसरमा राधाकृष्ण रथयात्रामा वितरण गरिँदै आएको पोकन मल राठी धर्म संस्कृति पुरस्कार यस वर्ष मोरङ अमरदहका लोकनाथ खनाललाई प्रदान गरिने भएको छ । रु ७१ हजार राशिको सो पुरस्कार योग प्रशिक्षक खनाललाई दिन लागिएको हो । राधाकृष्ण रथयात्रा २०७२ मूल आयोजक समितिले बिहीबार विराटनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा सो कुराको जानकारी दिएको हो । समितिका अध्यक्ष बाबुराजा ओझाले यही भदौ २२ गते विराटनगरको पानी ट्याङ्कीबाट सुरु हुने रथयात्राका लागि २० वटा उपसमितिसमेत बनाएको बताउनुभयो ।

]]>
1773 0 0 0
भूकम्पपछि सुस्ताएको पर्यटन पुनरुत्थानमा सरकार लागिपरेको दाबी :पर्यटन मन्त्री शेर्पा http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b8%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af/ Fri, 21 Aug 2015 01:49:48 +0000 http://www.ghumphir.com.np/?p=1775 ४ भदौ, काठमाडौं ।

पर्यटनमन्त्री कृपाशुर शेर्पाले भूकम्पपछि सुस्ताएको पर्यटन पुनरुत्थानमा सरकार लागिपरेको दाबी गरेका छन् । होटल एशोसियसन अफ नेपाल (हान)को  राजधानीमा आयोजित ४४औं वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘भूकम्पले पर्यटन क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ, त्यो क्षति कसरी परिपूर्ती गर्ने ? सुस्ताएको पर्यटनलाई छिटो भन्दा छिटो पुनर्जागि्रत गराउन पर्यटन मन्त्रालय लागिपरेको छ’ मन्त्री शेर्पाको दाबी थियो ।

kirpasur sherpa

मन्त्री शेर्पाले मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती तथा सुधारको कामलाई तिब्रता दिने बताए । ‘त्रिुभवन विमानस्थल इन्टरनेशनल स्तरको छैन्, यसको सुधार चाँडै हुन्छ’ उनले भने- ‘अहिले यहाँ पूर्वाधार विस्तार गर्ने काम भइरहेको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको व्यवस्थापकीय सुधार गरी क्षमता विस्तार गर्ने मन्त्री शेर्पाको भनाई छ । नेताहरुले आँखा लगाउँदा नेपाल एयरलाइन्स दयानिय अवस्थामा पुगेको बताउँदै उनले अबका दिनमा ‘प्रोफेसनल’ मान्छे भित्राएर प्रतिस्पर्धी बनाउनेतर्फ जोड दिने बताए ।

गौचरनमा परिणत भएका जिल्लाका एयरपोर्टहरु सुधार गरेर सञ्चालनमा ल्याउने मन्त्री शेर्पाको भनाई छ । त्यस्तै, एक जिल्ला एक एयरपोर्टको अवधारणालाई पनि अगाडि बढाइने भएको छ ।

nepal_trekking

९५ प्रतिशत होटल सञ्चालन

हानका अध्यक्ष बीके श्रेष्ठले पर्यटकका लागि नेपाल सुरक्षित रहेको बताउँदै ९५ प्रतिशत होटल सञ्चालनमा आइसकेको जानकारी दिए । ‘एयरपोर्ट, सडक लगायतका पर्यटकीय पूर्वाधारहरु भूकम्पपछि पनि यथावत छन्’ उनले भने- ‘पोखरा, चितवन, बर्दिया, लुम्बिनी लगायतका पर्यटकीय गन्तव्यमा भूकम्पको कुनै प्रभाव परेको छैन ।’

भूकम्पपछि ऐतिहासिक तथा पुरातात्विक सम्पदा पर्यटकलाई खुल्ला गरिएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले मूख्य ट्रेकिङ रुटहरु पनि सुरक्षित रहेको बताए । विश्वकै चर्चित अन्नपूर्ण सर्किट ट्रेल सुरक्षित छ ।

अध्यक्ष श्रेष्ठले त्रिभुवन विमानस्थलको सुधारमा ध्यान दिन सरकारलाई आग्रह गरे । एयरपोर्टमा ग्राउन्ड हृयान्डलिङ सेवा कमजोर रहेको उल्लेख गर्दै उनले सेवा सुविधालाई चुस्न बनाउन सुझाव दिएका छन् ।

उनले त्रिभुवन विमानस्थलको स्तरोन्नती गर्ने काम छिटो सकाउन र भैरहवा तथा पोखरा विमानस्थल निर्माण कार्यलाई प्राथमिकतमा राखेर छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिन पनि आग्रह गरेका छन् ।

‘अफसिजनमा चिनियाँ र भारतीय पर्यटक आउने गरेका थिए, भूकम्पपछि उनीहरु आउन मानिरहेका छैनन्’ श्रेष्ठले भने- ‘चिनियाँ र भारतीय पर्यटक पुनः नेपाल भित्राउन सरकार तथा निजी क्षेत्र एग्रेसिभ भएर लाग्नुपर्छ ।’

नेपाल सुरक्षित छ

योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्माले पनि पर्यटन पुनरुत्थानमा जोड दिएका छन् । उनले नयाँ प्रोडक्ट र नयाँ गन्तव्य पहिचान गरेर प्रवर्द्धन गरी पर्यटक आकषिर्त गर्नुपर्ने बताए ।

भूकम्पपछि पनि नेपाल सुरक्षित गन्तव्यका रुपमा रहेको यथार्थ कुरा विश्वभर फिँजाउन शर्माले सुझाव दिएका छन् । विभिन्न देशले जारी गरेको नकरात्मक ट्राभल एडभाइजरी हटाउनका लागि पहल गर्नुपर्ने उनको भनाई थियो ।

मुलुकमा प्रयाप्त पर्यटक भित्राउन त्रिभुवन विमानस्थलको विकल्प आवश्यक रहेको बताउँदै शर्माले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा विमानस्थल छिटो भन्दा छिटो निर्माण गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स कमजोर हुनुमा शर्माले त्यहाँको असक्षम व्यवस्थापनलाई दोष दिएका छन् । ‘नेपाल एयरलाइन्स ओरालो लाग्नुको प्रमुख कारण अक्षम व्यवस्थापन, अक्षम व्यवस्थापन, अक्षम व्यवस्थापन र राजनीतिकरण, राजनीतिकरण, राजनीतिकरण हो’ उनले ठोकुवा गर्दै भने ।

]]>
1775 0 0 0
१० वटा रोमाञ्चक तस्बिरहरु http://localhost/ghum/%e0%a5%a7%e0%a5%a6-%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%b0%e0%a5%8b%e0%a4%ae%e0%a4%be%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%95-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%b9%e0%a4%b0/ Fri, 21 Aug 2015 01:57:17 +0000 http://www.ghumphir.com.np/?p=1779 प्रकृतिले हामीलाई सबै थोक दिएको छ । तर सबैले यी सबथोकको सबैले अनुभव गर्न सक्दैन । यसका लागि पैसा मात्रै भएर हुँदैन, साहस पनि चाहिन्छ । साहसिक पर्यटकहरु विश्वका कुनाकुनामा अफ्ठ्यारा ठाउँहरु खोज्दै जोखिमपूर्ण यात्रा गर्न रुचाउँछन् । उनीहरुले जोखिम मोलेर गरेको यात्राका फोटोहरु हेरेर दंग पर्नुको विकल्प हामीसित हुँदैन । यस्ता १० वटा रोमाञ्चक तस्बिरहरु आज विश्व फोटोग्राफी दिवसको अवसरमा पेस गरिएको छः

world photography day1१. कुनै सिनेमाको स्टन्ट जस्तो लाग्ने यो दृष्य अमेरिकाको कोलोराडोमा बस्ने साइकलर सन नियरले गत फेब्रुअरीमा ६० फिट अग्ला चट्टानबीच ४० फिटको ग्यापमा साइकल उडाउँदाको हो । उनका साथी जोइ स्चुस्लरले यो दृष्य क्यामरामा कैद गरेका थिए ।

world photography day 2२. गत जुलाईमा अष्ट्रिेलियाको तास्मानीयास्थित समुद्री छालहरुसित मिक्की ब्रेन्नानले गरेको मस्ति उनकै मित्र स्टुअर्ट गिब्सनले यसरी क्यामरामा कैद गर्न भ्याए ।

world photography day 3३. अमेरिकाकै इस्ट लोस्टिन रिभरमा पानीमा तैरिदै दुई महिला । बेन हर्नडोनको यो तस्बिरमा इगल क्याप नामको सुन्दर हिमाल पृष्ठभूमिमा देखिएको छ ।

world photography day 4४. मेक्सिकोको सान लुइस पोटोसीमा १० दिन भ्रमण गर्न जाँदाअमेरिकी नागरिक जस्टिन लेविसले आफ्ना साथी मिचेल होल्याण्ड डोरीमा झुण्डिएर ३०० फिट गहिरो सुरुङमा पसेको दृष्य खिचे ।

world photography day 5५. गत अक्टोबरमा अमेरिकाको क्यालिफोर्नियाबाट एन्ड्रयू पिकक र उनकी श्रीमती सविना १० हजार ९ सय १९ फिट अग्लो माथेस क्रेस्ट पहाडमा चढ्न गए । कडा हावाको कारण टुप्पोमा पुग्न नसके पनि पहाडबाट बाहिर निस्केको एक टुक्रो चट्टानमा उभिएर खुला आकाशको आनन्द लिइन् सविनाले र फोटो खिचे श्रीमानले ।

world photography day 6६. क्यालिफोर्नियाका क्रिस बुर्कार्ड गत अक्टोबरमा ग्लासियर प्वाइन्ट रोडमा पुग्दा हिमपातका कारण सडक बन्द थियो । यहि मौकामा चौका हान्दै स्केटिङको मज्जा लिइरहेका थिए एन्डर जोन्सन ।

world photography day 7७. ब्रिटिश कोलम्बियामा बस्ने जोन वेलबर्न व्यवसायिक पर्वतीय बाइकर क्रिस भान डिनका साथ दक्षिण पेरुको नयाँ रुटको खोजी गर्दै १० दिनसम्म यात्रा गरे । यानामा नदि माथी वेलवर्नले आफ्नो क्यामरा निकालेर भानको अविष्मरणीय तस्बिर कैद खिचे ।

world photography day 8८. गत फेब्रुअरीमा आरोही विल गाडल ब्रिटिश कोलम्यिामा अवस्थित ४६२ फिटको मेल्म्याकेन झरनामा नयाँ रुट खोजी गर्दा क्रिस्टियन पोन्डेल्लाले यस्तो तस्बिर कैद गर्न भ्याए । world photography day 9९. गत सेप्टेम्बरमा क्यालिफोर्नियाको तुलुम्नेमा अवस्थित ९ हजार ९ सय फिट अग्लो मेडिलिकोट चट्टान आरोहि लोन्नी काउकको तस्बिर फोटोग्राफर कोडी टटलले यसरी क्यामरामा कैद गरे ।

world photography day 10१०. वासिङ्टनको बिलिङ्घममा बस्ने ग्रान्ट गन्डरसनले गत फेब्रुअरीमा व्यवसायिक स्किअर एडम यूलाई १० इन्ट मोटो हिउँको पत्रले ढाकेको सुक्सान पहाडमा यसरी कैद गरे ।

]]>
1779 0 0 0
किसानलाई पानी तान्ने मोटर वितरण http://localhost/ghum/%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%a4%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%ae%e0%a5%8b%e0%a4%9f/ Fri, 21 Aug 2015 01:59:21 +0000 http://www.ghumphir.com.np/?p=1782

दमक, ४ भदौ ।

अग्र्यानिक तरकारी उत्पादन गर्ने झापा शिवसताक्षीका उत्कृष्ट किसानलाई पानी तान्ने मोटर वितरण गरिएको छ ।शिवसताक्षी नगरपालिका तथा स्थानीय सन्देश मूल कृषक समूहले बिहीबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट आठ किसानलाई पानी तान्ने मोटर वितरण गरेको हो । नगरपालिकाको रु ७५ हजार र सन्देश मूल कृषक समूहको रु २५ हजार गरी रु एक लाख बराबरको मोटर वितरण गरिएको हो । तरकारी खेतीमा लागेका ती व्यावसायिक किसानको पेशालाई प्रोत्साहन गर्ने उद्देश्यले मूल समूहअन्तर्गतका विभिन्न कृषक समूहका सदस्यलाई मोटर वितरण गरिएको समूहका अध्यक्ष वेदनिधि अधिकारीले बताउनुभयो । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद गुरागाईंले डम्मरकुमारी खतिवडा, राजुमाया निरौला, देवीमाया गुरागाईं, घनश्याम अधिकारी, भवानी शेर्मा, मेनुका निरौला लगायतलाई ती मोटर हस्तान्तरण गर्नुभयो ।

]]>
1782 0 0 0
स्वामी प्रपन्नचार्यको निधन http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf/ Fri, 21 Aug 2015 02:08:19 +0000 http://www.ghumphir.com.np/?p=1784

काठमाडौँ, ४ भदौ ।

स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान ३ः३० बजे मृगस्थली आश्रममा निधन भयो । उहाँ लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य उहाँले नेपाली भाषा, साहित्य, संस्कृतिसम्बन्धी धेरै अनुसन्धानमूलक कृति प्रकाशन गर्नुभएको छ ।

स्वामी प्रपन्नचार्यको‘वेदमा के छ ?’ नामक उहाँको कृति चर्चित छ । किरात जातिको इतिहासलगायत संस्कृतिसम्बन्धी धेरै कृति पनि प्रकाशित छन् । हालै नेपाल संस्कृत विश्वविद्यालयले उहाँलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरेको थियो । साथै सरकारले उहाँको योगदानको कदर गर्दै उहाँलाई आजीवन मासिक रु ३० हजार प्रदान गर्ने निर्णय गरेको थियो । उहाँको जन्म विसं १९८० मा पाँचथरमा भएको थियो । ३० वर्षको उमेरमा उहाँले लेखपद गर्न प्रारम्भ गर्नुभएको थियो ।

]]>
1784 0 0 0
म्याग्दीबाट एघार मेट्रिक टन जडीबुटी निकासी http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%8f%e0%a4%98%e0%a4%be%e0%a4%b0-%e0%a4%ae%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95/ Fri, 21 Aug 2015 02:28:25 +0000 http://www.ghumphir.com.np/?p=1788

बाबियाचौर (म्याग्दी), ४ भदौ ।

पहाडी जिल्ला म्याग्दीबाट एक वर्षको अवधिमा एघार मेट्रिक टनभन्दा बढी जडीबुटी निकासी भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा म्याग्दीबाट विभिन्न १८ प्रजातिका एघार हजार १८१ किलोग्राम जडीबुटी जिल्ला बाहिर निकासी भएको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । यार्सागुम्बा, चिराइतो, कुट्की, विषमा, जटामसी, बलमबेद, विषजरालगायत जडीबुटीको साथै लोक्ता निकासी अनुमति दिएबापत रु तीन लाख २९३ राजस्व सङ्कलन भएको सहायक वन अधिकृत राजकुमार ठाकुरले जानकारी दिनुभयो । म्याग्दीका विभिन्न ठाउँमा रहेका वनमा सङ्कलन भएको सतुवा, नागबेली, चिराइतो, च्याउ, कुट्की, निरमसी, अतिसजरा, बिखजरा, जटामसी, अमलवेद, सिलाजितलगायतका जडीबुटी निकासी हुने गरेको छ । आव २०७०७१ मा विभिन्न १६ प्रजातिका १० हजार एक सय किलोग्राम गैरकाष्ठ वन पैदावार निकासी अनुमति जारी गरिएबापत रु तीन लाख ७२ हजार ५३३ राजस्व सङ्कलन भएको थियो । विगत दुई वर्षयता यार्सागुम्बा सङ्कलन, लोक्ता र अल्लो निकासीमा भने कमी आएको देखिएको छ । अव्यवस्थित उत्खननका कारण यार्सागुम्बा पाउन कम भएपछि निकासीबापत राज्यलाई प्राप्त हुने राजस्वमा समेत कमी आएको हो । यसैगरी, वन कार्यालयले गत आवमा निजी आवादीको एघार हजार ४१७ क्युफिट काठ ओसारपसारका लागि पुर्जी जारी गरेबापत रु दुई लाख २० हजार ९६४ राजस्व सङ्कलन गरेको थियो ।

]]>
1788 0 0 0
आठ किलो यार्सा र नगद चोरियो http://localhost/ghum/%e0%a4%86%e0%a4%a0-%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%be-%e0%a4%b0-%e0%a4%a8%e0%a4%97%e0%a4%a6-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%af/ Fri, 21 Aug 2015 02:33:38 +0000 http://www.ghumphir.com.np/?p=1791 भीमदत्तनगर, ४ भदौ ।

दार्चुलामा आठ किलो यार्सागुम्बा र नगद रु १० लाख चोरी भएको छ । सिप्टीमा जगतसिंह ठगुन्नाको दराजसहित आठ किलो यार्सा र नगद रु १० लाख चोरी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चोरी भएको दराज सेरी गाविसको मौरे जङ्गलमा फेला परेको जिप्रका दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । “हामीले जानकारी पाउनासाथ सबै नाकामा व्यापक प्रहरी परिचालन गरेर चोरी भएको सामान खोजी गर्दैछौँ,” नायब उपरीक्षक राठौरले भन्नुभयो, “सफलता हासिल हुन्छ ।” उहाँले जङ्गलमा फेला परेको दराजमा अन्य कागजात भेटिए पनि यार्सा र नगद भने नरहेको बताउनुभयो । होपरीको छिपलाकेदार देवताको जात्रा गएको मौका छोपी सामान चोरिएको ठगुन्नाले जानकारी गराएको राठौरले बताउनुभयो ।

]]>
1791 0 0 0
टिमुरखेतीलाई किसानले आम्दानीको स्रोत बनाउन सकेनन् http://localhost/ghum/%e0%a4%9f%e0%a4%bf%e0%a4%ae%e0%a5%81%e0%a4%b0%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%86%e0%a4%ae%e0%a5%8d/ Fri, 21 Aug 2015 02:40:47 +0000 http://www.ghumphir.com.np/?p=1794

रामपुर (पाल्पा), ४ भदौ ।

टिमुरखेतीलाई व्यवसायीकरण गर्न नसक्दा पाल्पाका किसानले आम्दानीको स्रोत बनाउन सकिरहेका छैनन् । जनचेतनाको कमीले गर्दा टिमुरको व्यावसायिक खेती गरी उपयोगमा ल्याउन नसक्दा व्यावसायिक तवरले सफलता प्राप्त गर्न नसकिएको हो । मानव स्वास्थ्यलाई अत्यन्त राम्रो मानिने र औषधिका रुपमा प्रयोग हुने भए पनि यसको खेती विस्तार गरी उपयोगिताका विषयमा गाउँका किसानलाई जानकारी दिन नसक्दा अन्य खेतीमा जस्तो टिमुरखेतीमा किसानको आकर्षण नभएको गोठादी गाविसका कृषक वीरबहादुर चिदी बताउनुहुन्छ । यस प्रजातिको बोटमा काँडा हुने, काँडाले घोच्यो भने घाउ पाक्ने भएकाले घर तथा बस्ती नजिकमा समेत यसको बिरुवा लगाइँदैन । यो प्राकृतिक जङ्गलमा आफैँ हुर्किएको बोटबाट टिप्ने गरिन्छ । गाउँका केही व्यक्तिले टिपेर बुटवलको बजारमा पु¥याई न्यूनतम मूल्यमा बिक्री गर्ने गरेका छन् । “घरायसी प्रयोजनका लागि २÷४ माना भए एक वर्षलाई पुग्दछ तर यसको व्यावसायिक खेतीतर्फ ध्यान जान सकेको छैन” चिदीले भन्नुभयो ।

timmur1टिमुरको व्यापार गर्दागर्दै कसेनी सिकारकोटका डिलबहादुर विश्वकर्माको त नाम नै परिवर्तन भएको छ । टिमुर टिपेर स्थानीय बजारमा बिक्री गर्दै आउनुभएका डिलबहादुरलाई सबैले ‘टिमुरे’ भनेर चिन्छन् । उहाँले साउनदेखि कात्तिक महिनासम्म टिमुर बिक्री गर्नुहुन्छ । सालको पातले बनाएको टपरीमा रु २० का दरले दिनहुँजसो टिमुर बिक्री गर्न उहाँ स्थानीय बजारदेखि तानसेन बजारसम्म पुग्नुहुन्छ । टिमुर बेचेर आफ्नो घरखर्च चलेको विश्वकर्माले बताउनुभयो । भौगोलिक भूबनोट हावापानीका दृष्टिकोणबाट टिमुरखेतीका लागि ४० वटाभन्दा बढी गाविस उपयुक्त भए पनि त्यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने कार्य नभएको सरोकारवालाको भनाइ छ । किसानमा टिमुरबाट भन्दा अन्य क्षेत्र दालचिनी, अम्रिसोबाट छोटो समयमा धेरै आम्दानी लिने प्रवृत्ति बढेकाले उनीहरुको आकर्षण कम भएको जिल्ला वन कार्यालयका प्रमुख प्रकाश लम्साल बताउनुहुन्छ । लगाएको तीनदेखि पाँच वर्षपछि उत्पादन लिन सकिने र एकपटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिने भए पनि यस खेतीबाट आम्दानी गर्न सकिन्छ भन्ने राम्रो ज्ञान नभएका कारण खेती विस्तार हुन नसकेको उहाँको भनाइ छ । प्राकृतिक जङ्गलमा भएका बोट बिरुवाको समेत संरक्षण हुन सकेको छैन । यस्ता जडीबुटीजन्य वस्तुको संरक्षण सम्वद्र्धनका लागि सरकारले परिणाममुखी नीति निर्माण गर्नु जरुरी छ ।

]]>
1794 0 0 0
सरकारले अलि लचिलो किसिमको निती ल्याए रामो :अध्यक्ष महरा http://localhost/ghum/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%b2%e0%a4%bf-%e0%a4%b2%e0%a4%9a%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%bf%e0%a4%ae%e0%a4%95/ Fri, 21 Aug 2015 03:27:27 +0000 http://www.ghumphir.com.np/?p=1799 पर्यटकीय सम्भावना प्रचुर मात्रामा भएर पनी पर्यटकको आगमन निकै न्यून छ सुदूरपश्चिम । किन सुदूरपश्चिममा पर्यटकको आगमन न्यून हुन गयो । लामो समय देखी पर्यटन ब्यबसाय तथा पर्यटन गतिबिधीमा सगलग्न भई रहको छन् कृष्ण बहादुर महरा । सुदूरपश्चिमलाई केन्द्र मानेर सुदूरपश्चिमका जिल्लाहरुलाई पर्यटकीय गतिविधी बढाउन तथा पर्यटक भित्राउनका लागी सबै जिल्लाहरुलाई समेटेर पर्यटन विकास समाज समेत स्थापनी गरी सुदूरपश्चिमका जिल्लाहरुमा पर्यटन सम्बन्धी तालीम तथा पर्यटन गतिबिधी गरीरहेका छन् । सोही बिषयमा केन्द्रीत रही होटल ब्यबसायी एव पर्यटन बिकास समाज समाज धनगढीका अध्यक्ष कृष्ण बहादुर महरा सगं गरिएका कुराकानी

krishna bahadur maharaसुुदूरपश्चिमको विकासको पर्यटन विकासका लागी के गर्नु पर्छ ? सुदूरपश्चिममा थुप्रै सम्भावनाहरु छन, राज्यले एक किसीमले कर्के नजर लगाएर हेरिएको क्षेत्र हो सुदुरपश्चिम । कसैले केहि नगरेपनि यो क्षेत्रमा थुप्रै सम्भावना भएको क्षेत्र हो । राज्यले केहि नगरे पनि हामी पर्यटक व्यवसायी नै यो क्षेत्रको विकासका लागी सक्षम छौ । पर्यटन प्रवद्धन गर्न तेस्तो के छ सुदूरपश्चिममा ? पर्यटन क्षेत्र एउटा त्यस्तो क्षेत्र हो जहा अन्य उद्योग कलकारखानामा जास्तो थुप्रै लगाली वा बजेटको ठुलो हिस्सा खर्च गरिरहनु पर्दैन । केवल सरकारले एउटा निती बनाउनु पर्छ जस्तो लाग्छ । सुदुरपिश्चमको पर्यटकिय क्षेत्रमा यहाका स्थानीयमा पर्यटन सम्बन्धी चेतना जगाएर ,पर्यटन सम्बन्धी विभिन्न कला संस्कृती, पर्यटकलाइ गरिने व्यवहार देखाएर पर्यटकलाई लोभ्याउन सकिन्छ । यसका लागी सरकारले अलि लचिलो किसिमको निती ल्याए रामो हुने थियो । पर्यटक भित्रयाउन चाहिने प्राकृतीक सम्पदाहरु जती पनि यहा छन, यहाका मानिसहरुमा त्यती ठुलो लगानी गर्ने अवस्था पनि छैन । तर पर्यटनको लागी चाहिने सम्भावनाहरु जस्तै कर्णाली महाकाली सेती जस्ता जलसम्पदा यही छ । जनलविद्युतका लागी चाहीने पानी खेर गैरहेको छ । हिमाल आरोहि गर्न चाहनेहरुले एकैचोट सगरमाथा ,अन्नपुर्ण नै किन चड्ने साईपाल, अपी हिमाल चडेर प्रयाक्टीस किन नगर्ने अनी त्यसपनछि मात्र सगरमाथा अन्नपुर्ण चढ्न सुरु गर्नसकिन्छ । संसारकै दुर्लभ जडिबुटि यस क्षेत्रमा पाइन्छ तर सरकारको उचित निती नहुदा खुलेआम तीनको चिन तर्फ तस्करी हुनेगरेको छ ,यो नै यस क्षेत्रको बासिन्दाको राम्रोे आम्दानीको श्रोत हुन सक्छ । सुदूरपश्चिमा सरकारले पर्यटन क्षेत्रमा के गरिदियोस जस्तो लाग्छ ? हामीले सरकारलाई बजेट दिनुस उद्योग कलकारखाना खोलौ भनेका छैनौ । केवल एउटा लचिलो निती चाहियो मात्र भनेका छौ । स्थानियहरुलाई जिवीकोपार्जन सग यहाको स्रोत र साधानलाई जोड्न सकियो भने राम्रो हुन्छ । त्यो भने सबै भन्दा सहज माध्यम पर्यटन नै हो । सरकारले ,पर्यटन क्षेत्रमा लगाईने विभिन्न दस्तुर मिनहा गरोस भन्ने हामी पर्यटन व्यवसायीको माग हो, बाकि हाम्रो क्षेत्रको पर्यटन विकासकालागी चाहीने कार्य हामी आफै गर्न सक्षम छौ । सरकारको पनि त आम्दानीको श्रोत देखापर्नु प¥यो नि त्यसकालागी ? हेर्नुस यस्का लागी दुरगामी सोच सरकारको हुनुपर्छ नकि अल्पकालीन ,दार्चुला बझाङ रोल्पाबाट जडीबुटि तस्करी भएर चाइना खुलेआम गैरहेको छ । तस्करीलाई नियनत्रण गर्नसके राम्रो कर उठाउन सकिन्छ, तर अवैद्ध रुपमा हुने विभिन्न तस्करीले सरकारको आयश्रोत गुम्दै गएको पक्कै हो । यस बाट केहि फाइदा छैन कौडिको भाउमा जडिबुटि तस्करी भैरहेको छ । त्यतातीर सरकारको ध्यान जाओस र केहि निती बनोस तस्करी रोकीयोस, स्थानीयले जडीबुटीबाट आम्दानी लिन सकुन र सरकारले पनि कर उठाएर राजश्व उठाउन सकोस भन्ने चाहना यहाका व्यवसायीको रहेका छ । सुदूरपश्चिममा पर्यटकी स्थलहरुको वर्तमान अवस्था कस्तोे छ ? साहसीक पर्यटकहरुका लागी सुदुरपश्चिममा थुपै्र सम्भावनाहरु छन् । त्यस्ता पर्यटकहरुका लागी सुदूरपश्चिम स्वर्गै नै हो, हिमाल चडने पर्यटकहरुलाई सरकारले रोयाल्टी फ्री गरेको छ । ट्रेकिङ मन पराउने पैदल यात्राकालागी खप्तड देखीे रारा,े खप्तड देखी बडीमालीका हुदै रामारोशन सम्मको पदमार्गको निमार्ण गरिएकाछन् । विभिन्न निकुञ्जहरु छन् ,दृश्य अवलोकनका लागी पर्यटकले चाहने सबै ठाउ यही सुदूरपश्चिममा अवस्थीत छ र ति स्थानहरु गत बैशाख १२ को महभुकम्पबाट पनी कुनै क्षती भएको छैन । हालै गएको महाभुकम्पले गर्दा अन्तराष्ट्रिय पर्यटन क्षेत्रमा नराम्रो सन्देश पनी गयो, यसलाई कसरी लीनु भएको छ ? हो मैले अघि अन्तमा सानो कुराको संकेत यसैका लागी गरेको हु ,सुदूरपश्चिम पर्यटकका लागी एकदम सुरक्षीत छ । हेर्नूस न अब सरकारले एउटा गैह्र जिम्मेवार काम गरेको छ। त्यो के भने,े विनासकारी भूकम्प पछि नेपालको नाम विश्वभर चर्चामा आयो तर भूकम्पले पारेको असर,विनास ,क्षती आदिको विना अध्ययन भुकम्पले कुन कुन क्षेत्रमा कती क्षेती पु¥यायो अध्ययन नै नगरि हचुवाको भरमा सरकारले एक वर्ष संकटकालको घोषण ग¥यो । त्यसले पर्यटन व्यवसायमा ठुलो असर पारेको छ र यसका लागी हामी आफनो तर्फबाट लागी परेको छौ । सुदूरपश्चिममा भुकम्पबाट कुनै क्षती भएको छैन भन्ने सन्देश दिनका लागी हामी लागी परेका र्छा तर हामीले लागेर मात्र हुदैन । सुदूरपश्चिम पर्यटकका लागी एकदम सुरक्षीत रहेको भन्नेकुरामा हामी पर्यटकहरुलाई आश्वस्थ गर्न चाहन्छौ । तपाईहरुले पर्यटन विकासका लागी चाहि के गर्नु भएको छ ,आफ्नो तर्फ बाट ? सुदूरपश्चिम पर्यटनको विकासका लागी हामीले एउटा आफ्नै संस्थाको गठन गरेका छौ । यस संस्थामा सुदूरपश्चिमको सम्पूर्ण विकासका लागी थालनी गरेका छौ । प्रचार प्रसान प्रवद्धन ,रुट निमार्ण दृश्याअवलोकन स्थानको विकास,स्थानीय धर्म संस्कृती भेष भूषा ,स्थानीय खाना ,होमस्टेको संभावना लगाएतको क्षेत्रमा हामी हाम्रो क्षेत्रबाट काम गरि रहेका छौ । यदी यस काममा अन्नय कुनै निकाय सहभागी भएर काम गर्न चाहन्छ भने हामी त्यसकालागी पनि तयार छौ । हाम्रो संस्थाले पनी स्थानीय स्तरमा विभिन्न कार्यहरु गरिरहेको छ । हामीले गरेको कामको असर कहासम्म पुग्छ भन्नेमात्र हो ।

]]>
1799 0 0 0
हाते प्रविधि http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%bf/ Fri, 21 Aug 2015 03:54:02 +0000 http://www.ghumphir.com.np/?p=1802 1802 0 0 0 तीजमा तडकभडक गरे कारबाही http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%a1%e0%a4%95%e0%a4%ad%e0%a4%a1%e0%a4%95-%e0%a4%97%e0%a4%b0%e0%a5%87-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%80/ Fri, 21 Aug 2015 03:57:49 +0000 http://www.ghumphir.com.np/?p=1805

रत्ननगर (चितवन), ४ भदौ ।

जिल्ला प्रशासन कार्यालय चितवनले तीजका बेला तडकभडक गरी भड्किलो कार्यक्रम गरिए कारबाही गर्ने भएको छ । खर्चिलो, भड्किलो र तडकभडकले सामाजिक सद्भावमै असर पर्ने भएकाले यस्तो नगर्न चितवनवासीलाई आग्रह गरिएको जिप्रकाका प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो । अघिल्लो वर्षमा यस्ता गतिविधि देखिएको थियो । त्यसैले दुई वर्षदेखि प्रशासन सक्रिय भएपछि यस्ता गतिविधिमा कमी भएको पाइएको प्रशासनको निष्कर्ष छ । सामाजिक व्यवहार सुधार ऐन र नियमावली २०३३ अन्तर्गत यस्ता गतिविधि देखिए कारबाही हुने प्रशासनले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । सामाजिक संस्कार, परम्परा र मूल्यमान्यताअनुसार तीज मनाउनसमेत प्रशासनले सबैमा अपिल गरेको छ । ‘सुसंस्कार कायम गर्ने यस कार्यमा राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी महिला सञ्चाल तथा जिल्लावासीमा सहयोगको अपेक्षा गरिन्छ’, सार्वजनिक सूचनामा भनिएको छ । खर्चिलो कार्यक्रम गरेको पाइएमा कानुनअनुसार कारबाही हुने समेत सूचनामा उल्लेख छ । यस वर्ष भदौ ३० गते हरितालिका तीज परेको छ । तीजको पूर्वसन्ध्यामा ठाउँठाउँमा तीजका कार्यक्रम सुरु भइसकेका छन् ।

]]>
1805 0 0 0
सबैभन्दा बढी पर्यटक शिवपुरी पुगे http://localhost/ghum/%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a4%aa/ Fri, 21 Aug 2015 07:15:22 +0000 http://www.ghumphir.com.np/?p=1808 ४ भदौ, काठमाडौं ।

नेपालमा रहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमध्येमा सबैभन्दा बढी पर्यटक शिवपुरी पुग्ने गरेका छन् । राजधानीको नजिक रहेका कारण शिवपुरी राष्ट्रिय निकुञ्जमा बढी पर्यटक पुगेका हुन् ।

शिवपुरीमा २०१४ भरी एक लाख ८० हजार ४ सय ६४ विदेशी पर्यटक पुगेको पर्यटन मन्त्रालयले जनाएको छ । यो संख्या नेपाल भित्रिएका कुल पर्यटकको झण्डै एक चौथाई हिस्सा हो । २०१४ मा सात लाख ९० हजार ११८ पर्यटक नेपाल भित्रिएका थिए ।

नेपालमा १३ वटा निकुञ्ज तथा आरक्षण क्षेत्रहरु रहेका छन् । जसमध्ये ९ वटा राष्ट्रिय निकुञ्ज हुन् भने ३ वटा बन्यजन्तु आरक्ष र एउटा शिकार आरक्ष हो । नेपाल भित्रिने पर्यटकको पहिलो रोजाइ निकुञ्ज र आरक्षण क्षेत्र हुनुपर्नेमा अहिले यी क्षेत्रमा नगन्य मात्रामा पर्यटक पुग्ने गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज बढी पर्यटक पुग्ने दोस्रो नम्बरमा परेको छ । यहाँ एक लाख ७३ हजार ४२५ पर्यटक पुगेका छन् । चितवन राष्ट्रिय निकुञ्जकै कारण सौराहा अहिले मुलुकको तेस्रो प्रमुख पर्यटकीय गन्तव्य बन्न सफल भएको छ ।

shivapuri

सबैभन्दा कम पर्यटक पुग्नेमा खप्तड राष्ट्रिय निकुञ्ज परेको छ । प्रशिद्ध धार्मीक स्थल खप्तड प्राकृतिक सौन्दर्यको खानी भएपनि आवश्यक पूर्वाधार नहुँदा कम पर्यटक पुग्ने गरेको व्यवसायी बताउँछन् । उच्च पहाडी क्षेत्र खप्तडमा पैदलयात्रा वा हेलिकप्टरबाट मात्र पुग्न सकिन्छ ।

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा पनि नगन्य पर्यटक पुग्ने गरेको पर्यटन मन्त्रालयको तथ्यांकले देखाउँछ । २०१४ मा यहाँ ८९ विदेशी पर्यटक पुगेका छन् । ढोरपाटनमा विशेषगरी शिकारका पारखीहरु पुग्ने गर्छन् ।

बाग्लुङ, म्याग्दी र रुकम गरी तीन जिल्लामा फैलिएको ढोरपाटनमा आवश्यक पूर्वाधार नहुँदा पर्यटक पुग्न नसकेका हुन् । स्तरीय होटल तथा एयरपोर्टको विकास गरी अन्तर्राष्ट्रिय जगतमा व्यापक प्रचार प्रसार गरेमा ढोरपाटनमा विश्वका धनाढ्य शिकारी भित्राउन सकिने सम्भावना छ ।

नेपालको सबैभन्दा ठूलो ताल रहेको रारा राष्ट्रिय निकुञ्जमा जम्मा १८१ पर्यटक पुगेका छन् । रारा पर्यटनका लागि यस्तो ठाउँ हुन सक्छ, जहाँ पर्यटनको आवश्यक पूर्वाधार विकास गरी विश्वका धनाढ्य व्यापारी, खेलाडी, कलाकार भित्राउन सकिन्छ ।

कुनमा कति पर्यटक ?

निकुञ्ज/आरक्ष पर्यटक संख्या
बर्दिया राष्ट्रिय निकुञ्ज १४,१९७
चितवन राष्ट्रिय निकुञ्ज १,७३,४२५
ढोरपाटन शिकार आरक्ष ८९
खप्तड राष्ट्रिय निकुञ्ज ४७
कोशीटप्पु बन्यजन्तु आरक्ष ७,३४९
लाङटाङ राष्ट्रिय निकुञ्ज १२,५५२
मकालु बरुण राष्ट्रिय निकुञ्ज १,०८३
पर्सा बन्यजन्तु आरक्ष ३७६
रारा राष्ट्रिय निकुञ्ज १८१
सगरमाथा राष्ट्रिय निकुञ्ज ३५,१५७
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज ४१७
शिवपुरी राष्ट्रिय निकुञ्ज १,८०,४६४
शुक्लाफाँटा बन्यजन्तु आरक्ष ९८४

अहिले यहाँ पुग्ने पर्यटकलाई राम्रोसँग खाने बस्ने ठाउँसमेत छैन् । यहाँ स्तरीय होटल खोल्ने भनेर नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, वर्तमान बरिष्ठ उपाध्यक्ष भवानी राणा लगायतका व्यक्तिहरुले घोषणा गरेपनि काम अगाडि बढाएका छैनन् । चर्चित विदेशी होटल ब्रान्ड पनि यो क्षेत्रमा होटल खोल्न इच्छुक देखिएका छन् ।

विश्वकै सबैभन्दा अग्लो चुचुरो भएको सगरमाथा क्षेत्रमा पनि प्रयाप्त पर्यटक नपुगेको देखियो । पर्यटन मन्त्रालयको तथ्यांकअनुसार २०१४ मा यहाँ जम्मा ३५ हजार १५७ पर्यटक पुगेका छन् । यस क्षेत्रमा प्रसस्त पर्यटक पुर्‍याउन सकिने सम्भावना भएपनि सोहीअनुसारको पूर्वाधार विकास नहुँदा पर्यटक पुग्दैनन् ।

२०१४ मा लाङटाङमा १२ हजार ५५२ पर्यटक पुगेका छन भने बर्दियामा १४ हजार १९७ र कोशीटप्पुमा ७ हजार ३४९ पर्यटक पुगेको तथ्यांकमा उल्लेख छ । पश्चिम क्षेत्रमा पर्ने बर्दिया दुर्लभ पाटेबाघ लगायता पशुपन्छीका लागि लोकपि्रय मानिन्छ । यहाँ विशेषगरी भारतीय पर्यटक भित्राउन सकिने सम्भावना छ ।

हेराै केही राष्ट्रिय निकुञ्जका तस्बिरहरु

[caption id="attachment_1819" align="alignnone" width="940"]rojan ढाेरपाटन[/caption]

khaptad koshi tapu

Kyanjin Gompa area, Langtang region, Nepal, 30th May 2009 PHOTOGRAPH BY AND COPYRIGHT OF SIMON DE TREY-WHITE  + 91 98103 99809 + 91 11 435 06980 +44 07966 405896 +44 1963 220 745 email: simon@simondetreywhite.com

 rara

रारा राष्ट्रिय निकुञ्जsagarmatha suklapthnta

]]>
1808 0 0 0
उपचारका लागि http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/ Fri, 21 Aug 2015 07:55:40 +0000 http://www.ghumphir.com.np/?p=1829 1829 0 0 0 बागलुङ बजारको दृश्य http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a4%b2%e0%a5%81%e0%a4%99-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%83%e0%a4%b6%e0%a5%8d%e0%a4%af/ Fri, 21 Aug 2015 07:59:36 +0000 http://www.ghumphir.com.np/?p=1832 1832 0 0 0 एसियाली विकास बैंकले रु २० अर्ब अनुदान सहयोग http://localhost/ghum/%e0%a4%8f%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a5%81-%e0%a5%a8/ Fri, 21 Aug 2015 08:08:26 +0000 http://www.ghumphir.com.np/?p=1835 काठमाडौँ, ४ भदौ ।

एसियाली विकास बैंकले भूकम्पपछिको आपत्कालीन सहायता परियोजना कार्यान्वयन गर्न रु २० अर्ब अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।भूकम्पबाट बिग्रे भत्केका सार्वजनिक पूर्वाधार सेवाको पुनःस्थापनाका लागि उपलब्ध गराइने ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थमन्त्रालयमा हस्ताक्षर भयो । यहाँस्थित एसियाली विकास बैंकका देशीय निर्देशक केनिची युकोयामा र अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

ADB-logoपरियोजनाअन्तर्गत ७०० वटा विद्यालय, १३५ किमी रणनीतिक सडक तथा ४५० किमी ग्रामीण सडक मर्मत सम्भार एवम् पुनःनिर्माण गरिने छ । आगामी तीन वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ पुनःनिर्माण प्राधिकरणले काम गर्ने अर्थमन्त्रालयले जनाएको छ । निर्देशक युकोयामाले परियोजनाको शीघ्र कार्यान्वयनमा जोड दिँदै भौतिक पूर्वाधारहरुको पुनःस्थापनाबाट नेपालको आर्थिक गतिविधि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त परियोजना अन्तर्राष्ट्रिय दाता सम्मेलनको अघिल्लो दिन स्वीकृत भएको जानकारी दिँदै उहाँले त्यस्तै गतिमा अन्य परियोजनाका प्रक्रियागत कामकारबाही सम्पन्न भएमा नेपालको विकास–निर्माणका आयोजनाहरु कार्यान्वयन गर्न सहज हुने बताउनुभयो ।

]]>
1835 0 0 0
विश्वरुपा मन्दिर वर्षाले भत्कियाे http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%b2%e0%a5%87/ Fri, 21 Aug 2015 08:16:31 +0000 http://www.ghumphir.com.np/?p=1838 काठमाडौँ, ४ भदौ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुपा मन्दिर बिहीबार रातिको वर्षाले भत्किएको छ ।वैशाख १२ गतेको भूकम्पले जीर्ण भई आधा भत्किएको मन्दिरको आज बिहान ९ बजे गजुरको पूरै भाग भत्किएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो । विसं १९१९ मा जङ्गबहादुर राणाले विश्वरुपा मन्दिरको स्थापना गरी वसन्तपुरको नासलचोकमा असरल्ल रहेको मल्लकालीन मूर्ति ल्याई पूजाआजाको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । गुम्बज शैलीमा निर्माण गरिएको मन्दिरको बाहिरपट्टि उत्तरी भागमा नेपाल—भोटबीच युद्ध हुँदा फर्कने क्रममा बाटोमा भेटी ल्याइएको भैरवको मूर्ति स्थापना गरिएको बताइएको छ । “आजसम्म मन्दिरमा पूजाआजा गरिएकोमा पूरैभाग भत्किएपछि नित्यपूजा चलाउन नसकिने र ऐतिहासिक, पुरातात्विक र धार्मिक दृष्टिले महत्वपूर्ण मूर्ति निकाल्न नसकिने अवस्थामा पुगेको छ”– सदस्य सचिव डा टण्डनले भन्नुभयो ।]]> 1838 0 0 0 ठगी गर्ने कन्सलटेन्सी सञ्चालक पक्राउ http://localhost/ghum/%e0%a4%a0%e0%a4%97%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b2%e0%a4%9f%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a5%80-%e0%a4%b8%e0%a4%9e/ Fri, 21 Aug 2015 16:58:35 +0000 http://www.ghumphir.com.np/?p=1840

काठमाडौँ, ४ भदौ ।

दक्षिण अफ्रिकामा रोजगारीका लागि पठाउने भनी ४६ लाख ठगी गर्ने कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन् । विभिन्न नक्कली कागजजात बनाई रोजगारी लगाइदिन्छु भनी कालिमाटीस्थित एक्प्रेस इन्ट्री एजुकेशन वल्र्डका सञ्चालक साधना बस्नेत र राजकुमार रञ्जीत पक्राउ परेका हुन् । प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले ११ जना व्यक्तिलाई ठगेका आधारमा महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी परेपछि अनुसन्धानका क्रममा पक्राउ परेका हुन् । यसअघि प्रहरीले भदौ १ गते २३ कन्सलटेन्सीमा छापा मारी सञ्चालकलाई नियन्त्रणमा राखी अनुसन्धान बढाएको छ । प्रहरीले कन्सलटेन्सीको नाममा ठगी गर्ने १२ जनालाई आवश्यक कारबाहीसमेत गरेको महाशाखाले जनाएको छ । यीमध्ये अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा एक जना, सिंहदरबार वृत्तमा दुई जना र कालीमाटी वृत्तमा नौ जनालाई पठाएकोे छ । पक्राउ पर्ने कन्सल्टेन्सीमा एक्प्रेस इन्ट्री एजुकेशन वल्र्ड कालिमाटी, गुडवेल धोबीधारा, ओसिस जापानीज ल्याङ्गोइज कालिमाटी, ब्लू स्काई थापाथली, ग्लोबेड कलङ्की, वल्र्ड वाइड थापाथली, सिन्जिसु एजुकेशन कलङ्की, एलिस इन्टरनेसनल कलङ्की, स्काइलर एजुकेशन कालिमाटी र पिआइटी एजुकेशन कालिमाटी रहेका छन् ।

]]>
1840 0 0 0
पुनःनिर्माणमा सबै क्षेत्रको सहयोग आवश्यक http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%ac%e0%a5%88-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d/ Fri, 21 Aug 2015 17:08:36 +0000 http://www.ghumphir.com.np/?p=1843

काठमाडौँ, ४ भदौ ।

भूकम्पपछिको पुनःनिर्माण चुनौतीपूर्ण भएकाले यसलाई सही तवरले अगाडि बढाउन सबै क्षेत्रबाट सहयोग आवश्यक हुने बताइएको छ । भूकम्पपछिको पुनःनिर्माणलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने विषयमा नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आज यहाँ आयोजना गरेको राष्ट्रिय बहसमा अर्थमन्त्री डा रामशरण महतले पुनःनिर्माणमा सरकारले मात्र नसक्ने भएकाले निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालगायत सबैको सहयोग आवश्यक हुने बताउनुभयो । अर्थमन्त्री डा महतले स्रोत परिचालनको विधिमा सुधार गरिएको र बजेटको अख्तियारी सबै मन्त्रालयलाई दिइसकेकाले चालु आवदेखि पुँजीगत खर्चमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

RAM_SHARAN_MAHATराष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले मानव संसाधन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबीचको समन्वय र पुरातात्विक क्षेत्रको पुनःनिर्माणका लागि आवश्यक पर्ने आवश्यक सामग्री जुटाउने चुनौती प्राधिकरणमा रहेको बताउनुभयो । सामाजिक एवम् सांस्कृतिक पाटोलाई पनि ध्यान दिएर पुनःनिर्माणमा जानुपर्नेमा उहाँको जोड थियो । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिका सभापति गगनकुमार थापाले स्थानीय निर्वाचन नगरी पुनःनिर्माणलाई स्थानीय जनतासम्म पु¥याउन नसकिने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले पुनःनिर्माणलाई अगाडि बढाउँदा राजनीतिक पूर्वाग्रह राख्न नहुने बताउँदै आर्थिक समृद्धि र न्यायपूर्ण समाजलाई केन्द्रमा राखेर पुनःनिर्माण कार्यलाई अगाडि बढाउनुपर्छ भन्नुभयो । पूर्वअर्थमन्त्री एवम् एकीकृत नेकपा(माओवादी)का नेता वर्षमान पुनले नेतृत्व र राजनीतिप्रतिको विश्वास नहुँदासम्म पुनःनिर्माणलाई अगाडि बढाउन नसकिने भएकाले सर्वपक्षीय प्रतिनिधित्व हुने गरी प्राधिकरणको पुनःसंरचना गर्नुपर्ने धारणा राख्नुभयो । अर्थसचिव सुमनप्रसाद शर्माले पुनःनिर्माणका लागि साधन र स्रोतको कमी हुन नदिइने र कार्यक्षमताका आधारमा कार्यान्वयन गर्ने निकायको मूल्याङ्कन हुने बताउनुभयो । एसियाली विकास बैंकका देशीय निर्देशक किनिची योकोयामाले पुनःनिर्माणलाई अगाडि बढाउन सरकार, निजी एवम् सामाजिक क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष शेखर गोल्छा, उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा, नेपाल बैंकर्स सङ्घका अध्यक्ष उपेन्द्र पौडेल र राष्ट्रिय निर्माण व्यवसायी महासङ्घका सहमासचिव रामशरण देउजाले पुनःनिर्माणमा सरकारलाई सघाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै सरकारले आफूहरुलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो ।

]]>
1843 0 0 0
शाखाहरुबाट रु ८६ करोडभन्दा बढी नाफा http://localhost/ghum/%e0%a4%b6%e0%a4%be%e0%a4%96%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b0%e0%a5%81-%e0%a5%ae%e0%a5%ac-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%ad%e0%a4%a8%e0%a5%8d/ Fri, 21 Aug 2015 17:32:41 +0000 http://www.ghumphir.com.np/?p=1847 पोखरा, ४ भदौ ।

राष्ट्रिय वाणिज्य बैंक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका शाखाहरुले आव २०७१÷७२ को असार मसान्तसम्म रु ८६ करोड ७७ लाख २९ हजार नाफा गरेका छन् । गत वर्ष ती शाखाले रु ५० करोड ४३ लाख ४८ हजार नाफा गरेका थिए । सो अवधिमा ती शाखाले रु १८ अर्ब १८ करोड ७५ लाख ३७ हजार बचत सङ्कलन र रु ११ अर्ब ८६ करोड पाँच लाख ६२ हजार कर्जा लगानी गरेको उपप्रबन्धक हितकाजी गुरुङ जानकारी दिनुभयो । यस क्षेत्रअन्तर्गत ३२ वटा शाखा रहेकामा २५ वटा शाखा नाफामा र सातवटा शाखा भने घाटामा रहेका छन् । यस वर्ष पोखराको महेन्द्रपुल शाखाले सबैभन्दा बढी नाफा गरेको छ । सो शाखाले यस वर्ष रु १४ करोड २७ लाख ३३३ नाफा गरेको छ । गत वर्ष सबैभन्दा बढी नाफा गरेको अमरसिंह शाखाले यसवर्ष रु १२ करोड ३३ लाख ९३ हजार नाफा गरी दोस्रोमा पुगेको छ । त्यस्तै भैरहवा शाखाले रु १० करोड ५० लाख ९९ हजार, बुटवल खस्यौली शाखाले रु आठ करोड १२ लाख ६८ हजार र पृथ्वीचोक शाखाले पाँच करोड ९६ लाख २५ हजार नाफा गरेका छन् । बैंकका तौलिहवा, सुनौली, गुल्मी पातीचौर, आर्यभञ्ज्याङ, दमौली र गैँडाकोट शाखा घाटामा छन् भने अरु सबै जिल्लामा रहेका शाखाहरु नाफामा चलेका छन् ।

]]>
1847 0 0 0
रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तारसम्बन्धी औपचारिक सम्झौता सोमबार हुने http://localhost/ghum/%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%8c%e0%a4%b2-%e0%a4%85%e0%a4%ae%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%aa%e0%a4%b2%e0%a4%be/ Sat, 22 Aug 2015 01:59:26 +0000 http://www.ghumphir.com.np/?p=1850 ५ भदौ,काठमाडौँ ।

बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तारसम्बन्धी नेपाल सरकार र भारत सरकारबीच औपचारिक सम्झौता आगामी सोमबार हुने भएको छ ।  नेपाल आयल निगम लिमिटेडले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सो सम्झौतामा हस्ताक्षर गर्न यही भदौ ६ गते भारतका पेट्रोलियम मन्त्री, इन्डियन आयल कर्पोरेसनका अध्यक्षलगायत ११ सदस्यीय टोली नेपाल आउने जानकारी गराएको हो ।  दुबै मुलुकका सरकारबीच सम्झौतापछि निर्माण हुने पाइपलाइन विस्तारले मुलुकमा पट्रोलियम पदार्थको आपूर्ति सहज हुने निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए ।

मुलुकमा दैनिक बन्द र हडताल भइरहेको विषम परिस्थितिमा पनि निगमले पेट्रोलियम पदार्थको अभाव हुन नदिएको जानकारी गराउँदै उनले बन्दकर्तालाई दैनिक आवश्यकताका वस्तुको आपूर्तिमा अवरोध नगर्न आग्रह गरे । एक फरक प्रसङ्गमा कार्यकारी निर्देशक खड्काले निगममा नियमित रुपमा हुने सरुवा, बढुवा र नियुक्तिका सम्बन्धमा केही सञ्चारमाध्यमले अनावश्यक समाचार सम्प्रेषण गरेकामा असन्तुष्टि जनाए ।  आफू निगमलाई सुधार्न लागेको बताउँदै हाल निगममा कुल ७५३ दरबन्दी रहेको र त्यसमध्ये ४२८ स्थायी दरबन्दी तथा बाँकी ३२५ दरबन्दीमा करार,  ज्यालादारीका रुपमा नियुक्ति हुने प्रावधान रहेको जानकारी उनले दिए ।

]]>
1850 0 0 0
गाईजात्रा पर्व चलाउन नगरपालिकाद्वारा रु २३ लाख वितरण http://localhost/ghum/%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%9a%e0%a4%b2%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%a8%e0%a4%97%e0%a4%b0/ Sat, 22 Aug 2015 02:06:52 +0000 http://www.ghumphir.com.np/?p=1854

भक्तपुर, ५ भदौ ।

गत वैशाख १२ गते र २९ गतेको परकम्पमा परेर ज्यान गुमाएका परिवारलाई शुक्रबार भक्तपुर नगरपालिकाले रु २३ लाख वितरण गरेको छ । भूकम्पमा ज्यान गुमाएका परिवारले आउँदो गाईजात्रा पर्वमा सहजरुपमा गाईजात्रा मनाउन सकुन् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाभित्रका २३४ परिवारलाई प्रति परिवार रु १० हजारका दरले राहत रकम वितरण गरेको हो ।

????????????????????????????????????

गाईजात्रा पर्वमा मृतक परिवारले गाईजात्रा निकाल्नु पर्ने तर जात्रा सञ्चालन गर्न रकम अभाव हुने भएकाले नगरपालिकाले नगरभित्रका प्रत्येक मृतक परिवारलाई रकम वितरण गरेको नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिनुभयो । सभासद् एवम् भक्तपुर नगरपालिकाका पूर्व प्रमुख प्रेम सुवालले पीडित परिवारलाई रकम प्रदान गर्नुभएको थियो । कार्यक्रममा सभासद् सुवाल, भक्तपुर नगरपालिकाका सूचना अधिकृत गौतम लासिवा, रवीन्द्र खर्बुजाले नगरपालिकाले प्रदान गरेको सो राहत रकमबाट जात्राको निरन्तरतालाई टेवा पु¥याउने बताउनुभयो ।

]]>
1854 0 0 0
चीनको आर्थिक वृद्धिदर घटे विश्वभरी मन्दी आउने:रुचिर http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%bf%e0%a4%a6%e0%a4%b0-%e0%a4%98%e0%a4%9f/ Sat, 22 Aug 2015 02:45:24 +0000 http://www.ghumphir.com.np/?p=1858 ५ भदौ,काठमाडौं ।
मोर्गन स्टेन्लीका रुचिर शर्माले चीनको आर्थिक वृद्धिदर घटे विश्वभरी मन्दी आउने चेतावनी दिएका छन् । विश्वको आर्थिक वृद्धि यसै पनि अन्तराष्ट्रिय वित्त निगम (आईएमएफ)ले अनुमान गरेभन्दा तल झरिसकेको छ । खासगरी विकशोन्मुख मुलुकको बजारको हालत डामाडोल छ ।
ब्राजिलको मुद्रा रियाल यो वर्षको सुरुदेखि अहिलेसम्म २३ प्रतिशत कमजोर बनिसकेको छ । रुसी रुवेल २०१३ पछि अहिलेसम्म आफ्ना आधा मूलय गुमाएको छ ।
यसले आयात घटाउन तथा निर्यात बनाउनका लागि एक अर्को देश आफ्नो मुद्राको मूल्य घटाउन होड लगाएका छन् । यस होडले सुस्त भएको चीनको वृद्धि दरको असर कयौं गुणा बढ्नेछ र यही कारण भिषण मन्दीको समय सुरु हुनेछ ।
सन् २००८ मा आएको मन्दीले विश्वभरको आर्थिक वृद्धिमा असर परेको थियो । तर पनि कुनै देशले आफ्नो अर्थव्यवस्था बचाउनका लागि न त मुद्राको मूल्य घटाएका थिए । न त आयतमा ठूलो कर नै लगाएका थिए ।
अर्थतन्त्रको इतिहासले पाठ पढाएको छ, सन् १९३० को दशकमा आएको महामन्दीमा मुद्राको अवमूल्यनले र आयात कर बढाउँदा मन्दी अझ बढेको थियो ।
जब हरेक देशले आयात घटाए तब त्यसको असर दुनियाभर निर्यात घटेको अवस्थामा आयो । यसले सबै आर्थिक क्रियाकलाप प्रभावित भए । यसैगरी मुद्राको अवमूल्यनको होड र उच्च करको दुष्चक्रमा अर्थतन्त्र फसेको थियो ।
जनवरीदेखि अहिलेसम्म भारतीय रुपैयाँ ३.४ प्रतिशत कमजोर भएको छ । सन् २०१४ मा जब नरेन्द्र मोदी प्रधानमन्त्रीमा चुनिएका थिए तब डलरको तुलनामा भारु ५९ रुपैयाँमा थियो । त्यहाँबाट अहिलेसम्म रुपैयाँ १० प्रतिशत कमजोर भैसककेो छ । त्यसैगरी निर्यात पनि लगातार आठ महिनादेखि गिरावट आएको छ ।
मुद्राको अवमूल्यनको होडको असर डलरमा देखियो । लगभग सबै मुद्राको तुलनामा डलर केही मजबुत बनेको छ । अहिलेसम्म एउटा अपवाद चनियाँ मुद्रा युआन थियो । तर पछिल्लो साता चीनले पनि यसको तीन प्रतिशत अवमूल्यन गर्यो ।
केही विज्ञलाई आगामी महिनाहरुमा यो दश प्रतिशतसम्म गिरावट हुने अनुमान गरिरहेका छन् । उनीहरुलाई डर छ कि चीन आफ्नो सुस्त बन्दै गएको अर्थतन्त्रलाई जगाउन निर्यात बढाउन चाहन्छ ।
चीनले सात प्रतिशत आर्थिक वृद्धि गर्न चाहिरहेको छ । तर विद्युतको खपत, औद्योगिक उत्पादनको माग र रेलवे फ्रेटमाथि नजर राख्ने विश्लेषकहरु भने यो वृद्धि पाँच प्रतिशतमा रहने अनुमान गरिरहेका छन् ।
विश्लेषकहरु यसबाट कम्युनिष्ट पार्टीमा डर पैदा गरेको बताउँछन् । आर्थिक मात्र होइन राजनीतिक स्थिरताका लागि पनि तिव्र आर्थिक वृद्धिको आवश्यकता छ । केही आशावादी विश्लेषकहरु भन्छन् चीन अब योभन्दा बढी मुद्रा अवमूल्यन गर्दैन् तर निराशावादीहरुलाई भने जबसम्म निर्यातले गति समात्दैन् तवसम्म मुद्रा अवमूल्यन भैरहने बताउँछन् ।
केही भारतीय विश्लेषक पनि रुपैयाँको मूल्य अझ बढी घटाउनु पर्ने माग गरिरहेका छन् । तर सि रंगराजन, प्राची मिश्रा, साजिद चिनय र जहाँगिर अजिजले जुन अध्ययन गरेका छन्, त्यसबाट भने भारतीय निर्यातको वृद्धिसँग मुद्राको तालमेल बढी देख्दैनन् । उनीहरुको बुझाइ भारतको निर्यात विश्वको आर्थिक वृद्धिसँग जोडिएको छ ।
यस्तोमा भारतले मुद्राको अवमूल्यन गर्ने होडबाजी विरुद्ध आवाज उठाउन जरुरी छ भने आइएमएफलाई पनि मुद्रा युद्ध रोक्नका लागि ठोस कदम उठाउनका लागि तयार गर्न जरुरी छ । चीनको सुस्त आर्थिक वृद्धिले विश्वमा आर्थिक मन्दी  नआउला तर मुद्रा युद्धले भने पक्कै पनि मन्दीलाई निम्ताई छाड्नेछ ।
]]>
1858 0 0 0
खाने होईन त जागीर ? राष्ट्रिय प्रकृति सरंक्षण कोषमा http://localhost/ghum/%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%b9%e0%a5%8b%e0%a4%88%e0%a4%a8-%e0%a4%a4-%e0%a4%9c%e0%a4%be%e0%a4%97%e0%a5%80%e0%a4%b0%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/ Sat, 22 Aug 2015 03:34:41 +0000 http://www.ghumphir.com.np/?p=1868 ५ भदौ, काठमाडौं ।
राष्ट्रिय प्रकृति सरंक्षण कोषमा ७१ जनालाई करारमा जागिर खुलेको छ । कोषको केन्द्रिय कार्यालय र आयोजना तथा कार्यक्रममा खालि भएका पदमा करारमा नियुक्ती गर्न लागिएको हो । इच्छुक व्यक्तिले आगामी भदौ ३ गतेसम्म यी पदमा आयोजना दिन सक्ने कोषले जनाएको छ ।कोषले दातृ निकायसँगको संझौताका आधारमा सञ्चालन गरिने आयोजनाका लागि खुला प्रतियोगिताबाट करार सेवामा पदपुर्ति गर्न लागिएको हो । १८ वर्ष देखि ४० वर्षसम्मका व्यक्तिले कोषमा आवेदन दिनसक्ने छन् ।
कोषको केन्द्रिय कार्यालयदेखि गोरखा, बर्दिया, कञ्चनपुर, दोलखा, अन्नपूर्ण संरक्षण क्षेत्र, चिडियाखाना जावलाखेल र सौराहा चितवनका लागि कर्मचारी मागिएको हो ।
वन विज्ञान, वातावरण विज्ञान वा जीव विज्ञानमा स्नातक उत्तीर्ण र संवन्धित क्षेत्रमा दुई वर्ष अनभव भएका व्यक्तिले वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायकमा आवेदन दिन सक्ने छन् । आठ कक्षा उत्तीर्ण र वन्यजन्तु सम्बन्धी अनुभव भएका व्यक्तिले सहयोगीमा आवेदन दिन पाउँने छन् ।
]]>
1868 0 0 0
बन्द फिर्ता, वातावरण सहज बन्दै http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%ab%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a4%b9%e0%a4%9c-%e0%a4%ac/ Sat, 22 Aug 2015 03:48:44 +0000 http://www.ghumphir.com.np/?p=1874

जाजरकोट, ५ भदौ ।

शीर्ष तीन दलका नेताबीच शुक्रबार भएको सहमतिपछि जाजरकोट शान्त भएको छ । शुक्रबार बेलुका नै यहाँको सदरमुकाममा दीपावलीसमेत गरिएको छ । आज बिहानैदेखि सडकमा यातायातका साधन चलेको छन् । आजैदेखि बजार खुलेका छन् भने आइतबारदेखि विद्यालय खुल्ने संयुक्त आन्दोलन परिचालन समिति, जाजरकोटका राजेन्द्रविक्रम शाहले जानकारी दिनुभयो । जाजरकोटलाई सुदूरपश्चिमसँग मिलाएको भन्दै यहाँका नागरिक आन्दोलनमा उत्रिएका थिए । हप्ता दिनभन्दा बढी बन्दका कारण सदरमुकाम थन्किएका यातायातका साधन, यात्रु, आज बिहानैदेखि गन्तव्यमा लागेका छन् ।

]]>
1874 0 0 0
चन्दा सङ्कलन गरेर मलामी विश्रामगृह र शवदाह स्थल निर्माण http://localhost/ghum/%e0%a4%9a%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%b0-%e0%a4%ae%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%b5/ Sat, 22 Aug 2015 03:55:33 +0000 http://www.ghumphir.com.np/?p=1878

तुलसीपुर (दाङ), ५ भदौ ।

तुलसीपुरनगरपालिका–१० का महिलाले चन्दा सङ्कलन गरेर मलामीका लागि विश्रामगृह र शवदाह स्थल निर्माण गरी दिएका छन् । स्थानीय पुष्पाञ्जलि महिला समूहमार्फत उनीहरुले तुलसीपुरस्थित पातुखोलामा रहेको विष्णुघाटमा रु १० लाखको लागतमा मलामी विश्रामगृह र शवदाह स्थल निर्माण गरेका हुन् । सो वडाका २० जना महिलाले पुष्पाञ्जलि महिला समूह गठन गरी उक्त कामको सुरुवाता तीन वर्ष पहिले गरेका हुन् । यसका लागि महिलाले स्थानीय व्यापारी, बुद्धिजीवी, सरकारी निकाय, सङ्घ संस्थालगायतका स्वच्छिक चन्दा सङ्कलन अभियान सञ्चालन गरेका थिए ।

imagesमलामी विश्रामगृह र शवदाह स्थल निर्माण समितिका संयोजक एवम् पुष्पाञ्जलि महिला समूहकी अध्यक्ष सुशीला भट्टराईले आफूहरुले विगत तीन वर्षदेखि थालेको उक्त काम अहिले सम्पन्न भएको बताउनुभयो । यो अभियानमा तपाईहरु खास लाग्नुको कारण केहो त भन्ने राससको जिज्ञासामा संयोजक भट्टराइले भन्नुभयो “गाउँमा कसैको मृत्यु भएमा स्थानीय पातुखोलामा जहाँँपायो त्यही लगेर दाहसंस्कार गरिने, खोलाको पानीमा दाउराका कोइला बगेर पानी फोहर हुने र मलामीले पनि घामपानीको सास्ती खेप्नुपरेको देखेपछि भित्रैदेखि मलामीका लागि विश्रामगृह र शवदाह निर्माण गराँै भन्ने सोच आयो र सोहीअनुरुप कामको थालनी ग¥यौँ । यो सामाजिक काम पनि भएकाले चन्दा दिनेले पनि निकै खुसी भएर दियो ।

]]>
1878 0 0 0
स्थानीयवासीले आफ्नै लगानीमा सडक ग्राभेल http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%af%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%86%e0%a4%ab%e0%a5%8d%e0%a4%a8%e0%a5%88-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8/ Sat, 22 Aug 2015 04:00:42 +0000 http://www.ghumphir.com.np/?p=1882

पथरी (मोरङ), ५ भदौ ।

मोरङको अमरदह गाविसका स्थानीयवासीले आफ्नै लगानीमा दुई किलोमिटर लामो सडक ग्राभेल गरेका छन् । अमरदह–७ स्थित जय नेपाल चोकका स्थानीयवासीले प्रत्येक घरबाट रु ५०० देखि सात हजारसम्म उठाएर करिब रु एक लाख ५० हजारको लागतमा २५ फिट चौडाइको दुई किलोमिटर सडक ग्राभेल गरेको जानकारी विकास निर्माण समिति अमरदहका अध्यक्ष मनोज मेहताले दिनुभयो । स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीले सडक, कल्भर्ट तथा विकासका कार्य नहुँदा गाउँबाट हुने बसाइँसराइ रोक्न एक भेला गरी आफ्नो गाउँको विकास निर्माणमा सरकारको मुख नताकी गाउँले मिलेर अमरदहलाई मोरङ जिल्लाकै नमुना गाउँ बनाउन लागिपरेको समितिका सचिव शम्भु दासले बताउनुभयो ।

]]>
1882 0 0 0
तनहुँका चार गाविसमा अझै पुगेन मोटरबाटो http://localhost/ghum/%e0%a4%a4%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%9d%e0%a5%88-%e0%a4%aa/ Sat, 22 Aug 2015 04:08:22 +0000 http://www.ghumphir.com.np/?p=1885

तनहुँ, ५ भदौ ।

तनहुँका ४० गाविसमध्ये चार गाविसमा अझै मोटरबाटो पुग्न सकेको छैन । जिल्ला विकास समिति तनहुँले दिएको जानकारीअनुसार जिल्लाको कोटा, छिपछिपे, छिम्केश्वरी र देवघाट गाविसमा मोटरबाटो पुग्न नसकेको हो । सदरमुकामदेखि छिपछिपे ४० किलोमिटर, कोटा ५० किलोमिटर, छिम्केश्वरी ३६ किलोमिटर र देवघाट ५९ किलोमिटर दूरीमा रहेको सडक विस्तारका लागि जिल्ला विकास समिति र गाउँ विकास समितिले बजेट विनियोजन नै नगरी दिँदा ती गाविसमा मोटरमार्ग पुग्न नसकेको देवघाट निवासी पत्रकार सङ्गम सापकोटाले बताउनुभयो । उक्त क्षेत्रमा मोटरमार्ग पुग्न नसक्दा देवघाटमा रहेको देवघाटधाम, छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिर जस्ता धार्मिक स्थल र कोटा र छिपछिपेमा रहेको धार्मिक एवम् पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएको र उत्पादित वस्तुसमेत बजारसमक्ष पु¥याउन कठिनाइ बनेको बताइएको छ ।

]]>
1885 0 0 0
मौरीपालन http://localhost/ghum/%e0%a4%ae%e0%a5%8c%e0%a4%b0%e0%a5%80%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%a8/ Sat, 22 Aug 2015 04:13:31 +0000 http://www.ghumphir.com.np/?p=1889 1889 0 0 0 ८९ किलोमिटर दूरी पार गर्न ४ घण्टा भन्दा बढी http://localhost/ghum/%e0%a5%ae%e0%a5%af-%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%ae%e0%a4%bf%e0%a4%9f%e0%a4%b0-%e0%a4%a6%e0%a5%82%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8/ Sat, 22 Aug 2015 04:26:08 +0000 http://www.ghumphir.com.np/?p=1892 ५ भदौ, काठमाडौ ।

तपाईँ सिराहाबाट जनकपुर जाँदै हुनुहुन्छ ? कति समयमा पुग्नु होला । तपाईँलाई लाग्छ, त्यही डेढ दुई घण्टा । सिराहाबाट जनकपुरको दूरी ८९ किलोमिटर पर्दछ ।

८९ किलोमिटर दूरी पार गर्न लाग्ने समय दुई घण्टा नै हो । तर अहिले सिराहाबाट जनकपुर पुग्न २४ घण्टा भन्दा बढी लाग्छ । मधेसवादी दलहरुले साउन ३० गतेदेखि गरेको अनिश्चितकालिन तराई बन्दले गर्दा यात्रुहरुले यस्तो समस्या झेल्नु परेको हो ।

साउन ३० यता सधैंजसो बन्दकर्ताहरु दिनभर सडकमा उत्रिन्छन् । दिनभर नाराबाजी र प्रदर्शन गर्छन् । बेलुका भएपछि बन्दकर्ताहरु बाटो लाग्छन् । बन्दकर्ताहरु घर फर्किएपछि प्रहरीले स्कर्टिङ गरेर बीचमा रोकिएका गाडीलाई गन्तब्यतर्फ पठाउने गर्छ ।

पूर्व तर्फ जाँदै गरेको गाडी हरेक दिन कमला नदी छेउ सिराहाको बन्दीपुरमा गएपछि रोकिन्छ । विहान ४ बजेेेदेखि बेलुका ५ बजेसम्म आइपुगेका गाडीहरुलाई बन्दीपुरले प्रहरीले रोक्ने गर्छ । बन्दीपुरमा रोकिएका गाडीहरुलाई रातीको समयमा मात्रै स्कर्टिङ गरेर बाटो पार गराउने गरिएको सिराहाका प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर विकेले अनलाइनखबरलाई बताए ।जिल्लास्थित राजनीतिक दलहरुकै सहमतिमा रातीको समयमा सवारी पार गराउने गरिएको प्रजिअ बिकेले बताए ।

मधेस आन्दोलनले तराईका अन्य जिल्लाजस्तै आक्रान्त बनेको सिराहामा आन्दोलनकारीहरुले इलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हाली ढुंगामुढा र तोडफोड गरेका थिए । आन्दोलनकारीहरुले इलाका प्रशासन कार्यालय लहान, इलाका बन कार्यालय मिर्चैयाको प्रतिक्षालयमा आगजनी, सडक विभागको रोलर, पाँच वटा एम्बुलेन्स दर्जन बढी सवारी साधन तोडफोड गरेका थिए ।

आन्दोलन हिंसात्मक बनेपछि सिराहाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका राजनीतिक दलहरुबीच आन्दोलनलाई ब्यवस्थित गर्ने सहमति गरेका छन् । विहीबार बन्द आहृवानकर्ता तथा जिल्लाका क्रियाशील राजनीतिक दलबीच छलफल गरी बल प्रयोग गरी जबर्जस्ती तोडफोड आगजनी नगर्ने समेत सहमति भएको थियो ।

सहमतिपछि विद्यालय निर्वाध सञ्चालन गर्न दिने, जिल्लाका बजार बेलुका पाँचबजेपछि तीन घण्टा खुला गर्ने, लामो दूरीको सवारीलाई निश्चित समयको अन्तरालमा छाड्ने लगायतको सहमति भएको प्रमुख जिल्ला अधिकारी बिकेले बताए ।

सिराहा तथा राजमार्गको अवस्था हेरेर कहिलेकाँही अन्य समयमा पनि यात्रुलाई स्कर्टिङ गरेर गन्तब्ततर्फ पठाउँने गरिएको प्रजिअ बिकेले जानकारी दिए । बन्द आहृवानकर्तासहित जिल्लास्थित राजनीतिक दलहरुबीचको सहमतिपछि भने सिराहामा शान्तिपूर्ण रुपमा प्रदर्शन हुने गरेको छ ।

]]>
1892 0 0 0
हेरौ भिडीयोमा कसरी पुग्ने रारा http://localhost/ghum/%e0%a4%b9%e0%a5%87%e0%a4%b0%e0%a5%8c-%e0%a4%ad%e0%a4%bf%e0%a4%a1%e0%a5%80%e0%a4%af%e0%a5%8b%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%a8/ Sat, 22 Aug 2015 04:38:52 +0000 http://www.ghumphir.com.np/?p=1896 1896 0 0 0 ]]> राहत रकम र परिचयपत्र धमाधम फिर्ता http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%a4-%e0%a4%b0%e0%a4%95%e0%a4%ae-%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%9a%e0%a4%af%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%a7%e0%a4%ae%e0%a4%be%e0%a4%a7/ Sat, 22 Aug 2015 06:02:28 +0000 http://www.ghumphir.com.np/?p=1899

बनेपा, ५ भदौ ।

काभ्रेपलाञ्चोकमा नक्कली भूकम्पपीडितले राहतस्वरुप लिएको रु १५ हजार नगद र परिचयपत्र कार्ड धमाधम फिर्ता गर्न लागेका छन् । नक्कली भूकम्पपीडितको नाममा परेका झन्डै ३०० उजुरीमध्ये करिब २०० ले आफूहरुलाई जानकारी नभएर राहत लिएको भन्दै जिल्लाको अधिकांश गाविसमा नै राहत रकम र परिचयपत्र फिर्ता गरिरहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत अर्जुन रिजालले जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी पात्लेखेत गाविसमा करिब ३० जनाको उजुरी परेको र काभ्रे, नासिकास्थान, चण्डेनीमण्डन, महादेवस्थानलगायत अधिकांश गाविसमा भूकम्पपीडितको नाममा लिएको रकम अहिलेसम्म झन्डै रु ३० लाख फिर्ता भएको बताउनुभयो । उजुरी परेपछि बोलाएर बयान लिइयो तर अधिकांशले जानकारी नभएर र केहीले फिर्ता गर्नका लागि समय माग गरेको पाइयो प्रशासकीय अधिकृत रिजालले भन्नुभयो । उहाँले जिल्लाको दुर्गम गाविस मानिने महाभारत शृङ्खलाडाँडापारी र कोसीपारीका गाविसबाट समेत नक्कली भूकम्पपीडितको नाममा उजुरी परेको जानकारी दिँदै सम्बन्धित गाविसलाई नै फिर्ता गर्न पत्राचार गरिएको बताउनुभयो । नक्कली भूकम्पपीडितको नाममा राहत लिने अधिकांश काठमाडौँमा बस्ने र जिल्लामा पुरानो घर भएका धेरै भएकोसमेत प्रशासकीय अधिकृत रिजालको भनाइ छ । अझै पनि छानबिन भइरहेको छ र फिर्ता गर्ने क्रम पनि जारी छ उहाँले भन्नुभयो ।

]]>
1899 0 0 0
काठेपुल बगाएपछि यातायात सञ्चालनमा कठिनाइ http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a5%87%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%ac%e0%a4%97%e0%a4%be%e0%a4%8f%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a4/ Sat, 22 Aug 2015 06:04:51 +0000 http://www.ghumphir.com.np/?p=1903

इलाम, ५ भदौ ।

निरन्तरको वर्षापछि माईखोलामा आएको बाढीले उत्तरी इलामको जमुना जाने काठेपुल बगाएपछि यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ । एक दशकअघि लगाइएको सो पुल बाढीले बगाएपछि जमुना र सदरमुकामको सम्बन्धविच्छेद भएको छ । जमुना–४ र सुलुबुङ–७ को बीचमा रहेको पुल नहुँदा अहिले जमुनामा खाद्यान्न लैजान, त्यहाँ उत्पादित कृषिउपज, दूध खेर गइरहेको गाविसका प्राविधिक रमेश भट्टराईले बताउनुभयो । उक्त पुल हुँदै जमुनाको धापसिमसार, रेडपाण्डा पाइने चोयाटार सामुदायिक वन, पर्यटकीयस्थल सन्दकपुर जाने पर्यटकसमेत मारमा परेका छन् । यहाँबाट प्याङ, जमुना चल्ने एक दर्जन सवारीसाधन बन्द भएका छन् । पुल नहुँदा एक÷दुई वटा सवारीसाधन मावुको तीनकुने हुँदै जोखिमपूर्ण यात्रा गरिरहेका छन् । इलाम नगरपालिका र सोयाङ तथा नामसालिङ गाविसबीचमा पर्ने माईखोलामा तीन वटाभन्दा बढी पक्की मोटर जाने पुल बनिए पनि उत्तरी क्षेत्रमा पुल नबनेको स्थानीयको गुनासो छ । “पहुँच पुग्नेकामा तीन÷चार वटा पुल छ, कतै एउटा पनि पक्की पुल छैन,” भट्टराईले दुखेसो पोख्दै भन्नुभयो । उक्त स्थानमा पक्की पुल निर्माण गर्न माग राख्दै स्थानीय रानजीतिक दल, बुद्धिजीवीसहितको टोली जिविसमा पुगेको थियो । जिविसले समेत उक्त स्थानमा पुल निर्माण गर्न पहल गर्ने बचन दिएको गाविस सचिव चेतनाथ निरौलाले भन्नुभयो । विसं २०६३ मा स्थानीयले श्रमदान र रु छ लाखको लागतमा काठेपुल निर्माण गरिएको थियो ।

]]>
1903 0 0 0
राहत वितरण पारदर्शी गर्न आग्रह http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%a4-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%a3-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8/ Sat, 22 Aug 2015 06:13:33 +0000 http://www.ghumphir.com.np/?p=1905

धुन्चे (रसुवा), ५ भदौ ।

भूकम्पपछि जिल्लामा वितरित राहत सामग्रीको विवरण सार्वजनिक गर्न यहाँ कार्यरत सबै गैरसरकारी संस्थालाई आग्रह गरिएको छ । जिविस रसुवाले शुक्रबार आयोजना गरेको एकीकृत बैठकमा जिल्लामा क्रियाशील सबै गैससले आफ्नो दाता संस्थाको नाम र प्राप्त रकम, भूकम्पपीडितलाई प्रदान गरिएको नगद वा सामग्री, सहयोगी स्थानीय संस्था छनोट प्रक्रिया, गैससका कर्मचारी, प्रशासनिक कार्य एवम् सवारी इन्धनलगायत सम्पूर्ण खर्चको विवरण सार्वजनिक गर्न आग्रह गरिएको स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइरालाले बताउनुभयो । विपद्को मौका छोपी केही गैससले राहतका साथसाथै धर्म परिवर्तन गराउने प्रयाससमेत गरेको गुनासो आउन थालेकाले त्यस्ता कार्य बन्द गरी राहत एवम् पुनःनिर्माणमा लाग्न आग्रह गर्दै त्यस्ता क्रियाकलाप गरेको पाइएमा ती संस्थालाई बेत्रावतीबाटै प्रवेशमा रोक लगाइने प्रजिअ शिवराम गेलालले बताउनुभयो । दुई दर्जनभन्दा बढी गैसस यहाँ क्रियाशील छन् । जिल्लामा केही संस्थाले राहत वितरणका साथै धर्म प्रचारको कुरासमेत अगाडि बढाएको प्रमाण दिन सक्ने आधार रहेको एकीकृत नेकपा (माओवादी) का प्रतिनिधि माधवप्रसाद लामिछानेले बताउनुभयो । नेपाली काँग्रेसका जनकजीवन उपाध्याय र नेकपा (एमाले)का कन्र्याल तामाङले विगतकाकमजोरी सच्याई राहत एवम् पुनर्निर्माणमा सरकारी निकाय र राजनीतिक दलसँग समन्वय गर्दै अगाडि बढ्न सुझाव दिनुभएको थियो ।

]]>
1905 0 0 0
वाग्मती नदीमा फोहर गर्नेलाई दण्डित गर्नुपर्ने http://localhost/ghum/%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%ae%e0%a4%a4%e0%a5%80-%e0%a4%a8%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a4%b0-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87/ Sat, 22 Aug 2015 06:27:26 +0000 http://www.ghumphir.com.np/?p=1907

काठमाडौँ, ५ भदौ ।

वाग्मती सफाइ महाअभियानको ११९औँ शृङ्खलाअन्तर्गत आज त्रिवि प्रवेशद्वार अगाडिको नदी आसपास क्षेत्रमा सफाइ गरिएको छ ।उक्त कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं विद्यालयका छात्रछात्राको उल्लेख्य सहभागिता थियो । महाअभियानले स्वामी प्रपन्नाचार्यको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ । मुख्यसचिव सुवेदी पहिलो पटक आज त्यस क्षेत्रमा पुगी मानव सभ्यतासँग जोडिएको नदीमा भएको अतिक्रमण न्यूनीकरण गर्न स्थानीयवासी, युवा तथा सबै क्षेत्रको सहयोगको अपेक्षा गर्नुभयो । अभियानकर्मी डा राजु अधिकारीले महाअभियानले सर्वसाधारणलाई नदीमा फोहर मिल्काउन नहुने चेतना प्रदान गरेको बताउँदै फोहर गर्नेलाई दण्डित गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय समाजसेवी मोहन बस्नेत तथा अभियानकर्मी माला खरेल, सुष्मा शर्मालगायतले नदीलाई पहिलेकै अवस्थामा फर्काउनका लागि ढल मिसाउन प्रतिबन्ध लगाउनुपर्ने माग गर्नुभयो ।

]]>
1907 0 0 0
साताको नेप्से ८९ अङ्कले बढ्यो http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87-%e0%a5%ae%e0%a5%af-%e0%a4%85%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%ac/ Sat, 22 Aug 2015 11:29:25 +0000 http://www.ghumphir.com.np/?p=1912

काठमाडौँ, ५ भदौ ।

यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८८.८७ अङ्कले बढेको छ । गत साता यस्तो परिसूचकमा पहिलो दिनको तुलनामा २५.०० अङ्कले बढेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यो साता अन्तिम दिन एक हजार २००.९२ अङ्कमा पुगेको छ । यो नै नेप्सेको इतिहासमा अहिलेसम्मकै उच्च बिन्दु हो । गत साताको अन्तिम दिन एक हजार ८८.४२ अङ्कमा पुगेको थियो । यस साता एक्सचेन्जमा १६९ कम्पनीको २४ हजार ६३५ कारोबारबाट रु चार अर्ब ९३ लाख नौ हजार बराबरका ८४ लाख २६ हजार ४४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २६.१२ प्रतिशत बढी हो । गत साता १६८ कम्पनीको २१ हजार ४८७ कारोबारबाट रु तीन अर्ब १८ करोड १२ लाख २७ हजार बराबरका ५५ लाख ६४ हजार ४६० कित्ता सेयर खरिद बिक्री भएका थिए । यसैगरी समूहगत परिसूचकमा वाणिज्य बैंक समूह ११३.६, विकास बैंक ३५.०५, वित्त कम्पनी १४.०२, होटल समूह २१९.५३, बिमा समूहको १४०.९, उत्पादन मुलक समूहको ११३.३८ र अन्य समूहमा ७०.४८ अङ्कले वृद्धि भएको छ भने जलविद्युत् समूह २.५८ र व्यापार समूहमा ६.४१ अङ्कले ओरालो लागेको थियो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ पहिलो दिनको तुलनामा २१.०४ अङ्कले बढेर २६२.१० अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा एभरेस्ट बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा नविल ब्यालेन्स फन्ड–१ अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता मिर्मिरे माइक्रो फाइनान्सको दुई लाख कित्ता साधारण सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

]]>
1912 0 0 0
बन्दले करोडौँको तरकारी बारीमै कुहियो http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a5%8c%e0%a4%81%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ac/ Sat, 22 Aug 2015 11:34:25 +0000 http://www.ghumphir.com.np/?p=1917

सल्यान, ५ भदौ ।

बेमौसमी तरकारी उत्पादन हुने कपुरकोटमा बन्दका कारण हाटबजार सञ्चालन नभएपछि करोडभन्दा बढीको तरकारी बारीमै कुहिन थालेको छ । मुख्य मौसमकै बेलामा आएर बन्द गरिएपछि धनबाङ, रिम, गर्पा र त्रिवेणी गाविसमा लगाइएको तरकारी कुहिन थालेको हो । कपुरकोटमा हप्तामा दुई दिन हाटबजार लाग्दै आएकामा अनिश्चितकालीन बन्दपछि हाटबजार सञ्चालन हुन नसकेकाले तरकारी बारीमै कुहिन थालेको किसानको भनाइ रहेको छ । कपुरकोटको तरकारी सङ्कलन केन्द्रका साथै गर्पा, रिम र त्रिवेणीमा रहेका सङ्कलन केन्द्रबाट तरकारी निर्यात हुने गरेको भए पनि बन्दका कारण कृषक चिन्तित हुन थालेका छन् । तरकारी नै मुख्य आम्दानीको स्रोत भएकाले जिल्ला बन्दका कारण आफू समस्यामा परेको गर्पा–६ की कमला पुनले बताउनुभयो । “बारीमा दुई हप्ताअघि नै तयार भएको टमाटर कुहिन थालेको छ ।”, उहाँले भन्नुभयो । तरकारीको मुख्य मौसममा नै बन्द भएपछि आफूजस्तै सयाँै कृषक समस्यामा परेको उहाँको भनाइ रहेको छ । वैशाख, जेठ महिनाको गर्मीमा पानी बोकेर तरकारीमा सिँचाइ गरेका कृषक यतिबेला बारीमै तरकारी कुहिन थालेपछि कृषकमा चिन्ता थपिन थालेको हो । “पानी नहुँदा बोकेर सिँचाइ गरियो बिक्री गर्ने बेलामा अहिले बारीमै कुहिन थालेको छ । त्रिवेणी–६ का दामोदर बोहराले भन्नुभयो । अनिश्चितकालीन बन्दले कृषकमा अझै चिन्ता थपेको बोहराको भनाइ छ । बेमौसमी तरकारीको पकेट क्षेत्रका रुपमा रहेको यस क्षेत्रबाट प्रतिहप्ता ८० लाखभन्दा बढीको तरकारी निर्यात हुने गर्दछ । तर अखण्ड राप्तीको माग राख्दै सल्यानमा अनिश्चितकालीन बन्द गरेपछि विगत दुई हप्तादेखि तरकारी हाटबजार सञ्चालन हुन सकेको छैन ।

]]>
1917 0 0 0
जङ्गली च्याउ खाँदा बिरामी http://localhost/ghum/%e0%a4%9c%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a5%80-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89-%e0%a4%96%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%ae/ Sat, 22 Aug 2015 11:38:39 +0000 http://www.ghumphir.com.np/?p=1920

सल्यान, ५ भदौ ।

जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन् । शारदा नगरपालिका– ६ डौडेडास्थित चार घरका मानिस जङ्गली च्याउ खाएर बिरामी परेका हुन् । बिरामी हुनेमा अधिकांश १० वर्ष मुनिका बालबालिका छन् । जङ्गलबाट ल्याइएको करिब दुई केजी जङ्गली च्याउ चार घरका परिवारले बाँडेर खाएका थिए । च्याउ खाएपछि उनीहरुमा बान्ता हुने, पेट दुख्नेलगायत समस्या देखिएको थियो । बिरामीसबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अहिले उनीहरुको अवस्थामा सुधार आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

]]>
1920 0 0 0
बाख्राको चिज र आरुबखडाको वाइनबाट ठकुरी लखपति http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%bf%e0%a4%9c-%e0%a4%b0-%e0%a4%86%e0%a4%b0%e0%a5%81%e0%a4%ac%e0%a4%96%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8b/ Sat, 22 Aug 2015 11:46:03 +0000 http://www.ghumphir.com.np/?p=1923

राजाराम कार्की काठमाडौँ, ५ भदौ

गाईभैँसीको दूध बिक्री हुन्छ र गरिन्छ भन्ने जो कोहीलाई पनि थाहा छ । तर बाख्राको दूध पनि बिक्री हुन्छ भन्ने विषय सबैको जानकारीमा नहुन सक्छ तर बाख्राको दूध र चिज बिक्री गरेर अशोककुमार सिंह ठकुरी लखपति बन्नुभएको छ । पहिले पहिले धार्मिक आवश्यकता पूरा गर्नका लागि मात्र बाख्रा पालिने प्रचलन थियो । तर हिजोआज आर्थिक उपार्जनको प्रमुख मेरुदण्ड बनेको बाख्रापालन व्यावसायिक बन्दै गएको छ । ठकुरी मकवानपुर, चित्लाङ निवासी हुनुहुन्छ । २०५९ सालमा फ्रान्समा पुगी बाख्रापालन तालिम लिनुभएको थियो उहाँले । रु दुई लाख ५० हजारको जागिर पेरिसमा तिरस्कार गरी स्वदेश फर्केका ठकुरीको चित्लाङमा बाख्रा फार्म छ । उहाँको बाख्रा फार्ममा अहिले लगभग १५० विभिन्न जातका बाख्रा छन् । बेल्जियममा लामो समय बस्नुभएका ठकुरी बेल्जियमबाट फर्केपछि मात्र फ्रान्स पुग्नुभएको हो । लामो समय बेल्जियममा काम गर्नुभएका ठकुरीले अन्ततः चित्लाङमा नेपालकै पहिलो निजीस्तरबाट बाख्राको दूधबाट बनाइने चिज कारखाना स्थापना गर्नुभयो । फलस्वरुप उहाँले फ्रान्स र बेल्जियममा चिज आपूर्ति गरी नेपालको इज्जत र गौरवलाई चिनाउनुभएको छ । बेल्जियमकै साथीहरुबाट बाख्राको चिज धेरै माग भएको छ । बाख्राको दूधबाट निर्माण गरिने चिज मागअनुसार आपूर्ति गर्न नसकिएकामा उहाँ दुःखी हुनुहुन्छ । उहाँले चिज काठमाडौँका ठूला–ठूला होटलमा बिक्री वितरण गर्ने गर्नुहुन्छ । त्यसका अलावा पोखराबाट समेत माग आएको तर पूरा गर्न नसकेको प्रति उहाँ दुःखी हुनुहुन्छ । चार लिटर दूधबाट एक किलो चिज बनाउन सकिन्छ । उहाँले दूध प्रतिलिटर रु २०० मा र कडा चिज प्रतिकिलो रु दुई हजार ५०० मा बिक्री गर्ने गर्नुभएको छ । उहाँले आफ्नो चिज कारखानामा नरम चिजसमेत उत्पादन गर्नुहुन्छ । नरम चिज भने प्रतिकिलो रु एक हजार ५०० देखि रु दुई हजार किलोमा बिक्री गर्ने गर्नुभएको छ । बाख्रापालन व्यवसायमा सातजना व्यक्तिलाई रोजगार दिनुभएको छ ठकुरीले । प्रतिमहिना लगभग रु तीन लाख आम्दानी गर्ने गर्नुभएका ठकुरीका छोरा नाथम कलेजमा होटल व्यवस्थापन विषय अध्ययन गरिरहेका छन् । ठकुरीले चित्लाङमा सामुदायिक होमस्टेसमेत सञ्चालनमा ल्याउनुभएको छ । ठकुरीको नेतृत्वमा सञ्चालनमा आएको होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकलाई बाख्राको दूध, चिज र आलुबखडाको वाइन खुवाएर स्वागत गर्ने प्रचलन छ । मकवानपुर जिल्लाको आकर्षित पर्यटकीयस्थल चित्लाङ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको जिविस मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताउनुभयो । हाल जिविस मकवानपुरले चित्लाङको आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा विशेष प्राथमिक क्षेत्र तोकेको छ । होमस्टे सञ्चालन गर्ने चाहना ठकुरीको रहर थिएन । बाध्यता हो भन्नुहुन्छ–बाख्रा विकास फार्म चित्लाङ, मकवानपुरका प्रमुख मेघराज ढकाल । कर्म गर्दै गएपछि क्रमशः फल विस्तारै लाग्दै जाँदोरहेछ भन्ने उदाहरणको प्रतिमूर्ति बन्नुभएको छ अहिले ठकुरी । बेल्जियम, फ्रान्स, अस्ट्रेलियालगायत अन्य केही युरोपियन मुलुकबाट आएका पर्यटकले बाख्राको चिज औधी मनपराइदिएकाले आफू लखपति बनेको उहाँले सुनाउनुभयो । बाख्राको चिज नियमित खानाले पायल्स आजीवन नहुने र क्यान्सर रोगसँग लड्न सक्ने क्षमता ९० प्रतिशतमाथि हुने भएकाले स्वास्थ्यका लागि श्रेयस्कर मानिएको हो । ठकुरीले सानन जातको बाख्राको दूध र चिज बनाई बिक्री वितरण गरेका छन् । युरोपमा सानन जातका बाख्राको चिज खोजी खोजी खाने प्रचलन रहेको बुझिन्छ । नेपालमा भारतको हरियाणा हँुदै सानन जातको बाख्रा भित्रिएको इतिहास पाइन्छ । सानन जातको बाख्राले लामो समयसम्म दूध दिने र दूधको पोषक तत्व थप गुणस्तरीय भएको विज्ञहरुको दाबी छ । दूधमा औसत ३ दशमलव ५५ प्रतिशत चिल्लो पदार्थ पाइन्छ । साथै साननको मासु नरम र पोषिलो भएको अनुमान छ । यस जातको बाख्राको शारीरिक तौल औसत ६५ किलो र बोकाको शारीरिक तौल ९५ किलोसम्म हुने गरेको छ । हालको आँकडामा पाठापाठीलाई पु¥याएर प्रतिदिन एक बाख्राले ४०० एमएलदेखि एक हजार ५०० एमएलसम्म दूध दिने गरेको बाख्रा विकास फार्म चित्लाङले जनाएको छ ।

]]>
1923 0 0 0
भक्तपुरमा पर्यटक http://localhost/ghum/%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95/ Sat, 22 Aug 2015 11:51:16 +0000 http://www.ghumphir.com.np/?p=1926 1926 0 0 0 बिपीको ‘तीन घुम्ती’को शुभारम्भ http://localhost/ghum/%e0%a4%ac%e0%a4%bf%e0%a4%aa%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a5%81/ Sat, 22 Aug 2015 16:29:56 +0000 http://www.ghumphir.com.np/?p=1929

काठमाडाँै, ५ भदौ ।

प्रधानमन्त्री सुशील कोइरालाले पूर्व प्रधानमन्त्री एवम् साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘तीन घुम्ती’ उपन्यासमा आधारित चलचित्र ‘तीन घुम्ती’ को आज साँझ स्थानीय जय नेपाल हलमा शुभारम्भ गर्नुभयो । शुभारम्भपछि प्रधानमन्त्री कोइरालाले सो चलचित्र पुरै समय हेर्नुभएको थियो । उहाँलाई नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, अर्थ मन्त्री डा रामशरण महत, सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल, काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, शिक्षा मन्त्री चित्रलेखा यादव, काँग्रेस नेता डा शेखर कोइरालालगायतले साथ दिनुभएको थियो । बाबुराम ढकालद्वारा निर्देशित सो चलचित्रमा गरिमा पन्त, ध्रुव दत्त, मदनदास श्रेष्ठ, भुवन चन्दलगायतले अभिनय गर्नुभएको छ । चलचित्र नारीप्रधान रहेको निर्मातामध्येका एक गोपालप्रसाद सुवेदीले बताउनुभयो ।

]]>
1929 0 0 0
लाखौँको धनमाल चोरी http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a5%8c%e0%a4%81%e0%a4%95%e0%a5%8b-%e0%a4%a7%e0%a4%a8%e0%a4%ae%e0%a4%be%e0%a4%b2-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a5%80/ Sat, 22 Aug 2015 16:36:58 +0000 http://www.ghumphir.com.np/?p=1931

काठमाडौँ, ५ भदौ ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ । काठमाडौँ महानगरपालिका–२३ यङ्गाल टोलमा डेरा गरी बस्ने अम्बर मानन्धरको कोठामा शुक्रबार ढोकाको ताला फोडेर सुनका गरगहना तीन तोला र नगद रु २० हजार गरी करिब रु एक लाख ७० हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । यस्तै कामनपा–३५ नरेफाँटमा किरणबसु सुवेदी डेरामा सुतिरहेको अवस्थामा एक थान ल्यापटप, एक थान ट्याब्लेट, एक थान क्यामेरा, एक थान आइफोन र नगद रु दुई हजार ५०० गरी रु एक लाख ९३ हजार बराबरको धनमाल शुक्रबार बेलुका चोरी भएको प्रहरीले जनाएको छ ।

]]>
1931 0 0 0
राष्ट्रिय युवा कविता प्रतियोगितामा भोजपुरका सुवेदी प्रथम http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ Sat, 22 Aug 2015 16:43:01 +0000 http://www.ghumphir.com.np/?p=1933

काठमाडौँ, ५ भदौ ।

बुक आर्ट नेपाल र विमर्श नेपालले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा भोजपुरका सुरज सुवेदी प्रथम हुनुभएको छ । भृकुटीमण्डपमा आज आयोजित प्रतियोगितामा इलामका महेश बराल दोस्रो, रुकुमका समीर गौतम तेस्रो तथा दाङका नवीन अभिलाषी र कैलालीका विकास थापाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजार तथा सान्त्वना विजेतालाई रु पाँच हजार प्रदान गरिएको छ । प्रतियोगितामा विभिन्न ४५ जिल्लाका ८५ जनाको सहभागिता थियो । सो क्रममा उत्कृष्ट २५ कविता वाचनसमेत गरिएको थियो । उक्त प्रतियोगिताको निर्णायक मण्डलमा दिनेश अधिकारी, श्रवण मुकारुङ र ज्ञानु पाण्डे हुनुहुन्थ्यो । बुक आर्ट नेपालका संयोजक कात्र्तिकेय घिमिरे र विमर्श नेपालका अध्यक्ष किरण भट्टले देशका विभिन्न स्थानमा रहेका युवा वर्गलाई साहित्यप्रति आकर्षित गराउन सो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँहरुले नेपाली साहित्यलाई विश्व परिवेशमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा काठमाडौँ उपत्यका बाहिर कथा लेखनमा प्रतिस्पर्धा गराइने योजना रहेको पनि जानकारी दिनुभयो ।

]]>
1933 0 0 0
भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री आउँदै http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%aa%e0%a5%8d/ Sat, 22 Aug 2015 16:49:19 +0000 http://www.ghumphir.com.np/?p=1935

काठमाडौँ, ५ भदौ ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार अपराह्न यहाँ आउँदै हुनुहुन्छ । रक्सौल—अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्न मन्त्री प्रधान नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा र मन्त्री प्रधानले आगामी सोमबार पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय तथा विदेश मन्त्रालयका उच्च अधिकारीका साथै भारतीय आयल कर्पोरेसनका अध्यक्ष एवम् नेपाल सरकारका वरिष्ठ अधिकारीहरुको उपस्थितिमा मन्त्रीव्दयले सम्झौतामा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सोमबार नै मन्त्री प्रधान र थापाबीच द्विपक्षीय भेटवार्ता हुनेछ । मन्त्री प्रधानको सम्मानमा मन्त्री थापाले भोलि साँझ यहाँ एक स्वागत समारोहको आयोजना गर्नुहुने पनि उक्त मन्त्रालयले जनाएको छ ।

]]>
1935 0 0 0
होटलको उद्घाटन http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%98%e0%a4%be%e0%a4%9f%e0%a4%a8/ Sat, 22 Aug 2015 16:55:04 +0000 http://www.ghumphir.com.np/?p=1937 1937 0 0 0 झोलुङ्गे पुलको उद्घाटन http://localhost/ghum/%e0%a4%9d%e0%a5%8b%e0%a4%b2%e0%a5%81%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%87-%e0%a4%aa%e0%a5%81%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%98%e0%a4%be%e0%a4%9f%e0%a4%a8/ Sat, 22 Aug 2015 17:00:11 +0000 http://www.ghumphir.com.np/?p=1940 1940 0 0 0 सिटी डेभलपमेण्ट बैंकको सोहृौं शाखा पोखरामा http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%9f%e0%a5%80-%e0%a4%a1%e0%a5%87%e0%a4%ad%e0%a4%b2%e0%a4%aa%e0%a4%ae%e0%a5%87%e0%a4%a3%e0%a5%8d%e0%a4%9f-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b8/ Sat, 22 Aug 2015 17:06:16 +0000 http://www.ghumphir.com.np/?p=1943 ५ भदौ,पोखरा

सिटी डेभलपमेण्ट बैंकको आफ्नो सोहृौं शाखा पोखराको लामाचौरमास्थापना गरेको छ । बैंकको नयाँ शाखाको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा युवराज खतिवडाले शनिबार उदघाटन गरे ।  कार्यक्रममा माछापुच्छ्रे कृषि केन्द्र पुरुञ्चौर, गण्डकी ट्राउट फार्म सार्दिखोला र अन्नपूर्ण क्षेत्र दीप रेन्वो ट्राउट कृषि अनुसन्धान केन्द्र सार्दिखोलालाई सम्मान गरिएको थियो ।

बैंकले कास्की,  तनहँ,  लमजुङ,  मनाङ,  बाग्लुङ र चितवनमा १६ शाखामार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।     बैंकले असार मसान्तसम्ममा पाँच अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरि चार अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ । बैंकले यो अवधिमा २४ करोड १५ लाख संचालन नाफा गरेको जनाएको छ ।

]]>
1943 0 0 0
हेटौंडा औधोगिक क्षेत्रका सम्पूर्ण उद्योग बन्द http://localhost/ghum/%e0%a4%b9%e0%a5%87%e0%a4%9f%e0%a5%8c%e0%a4%82%e0%a4%a1%e0%a4%be-%e0%a4%94%e0%a4%a7%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be/ Sun, 23 Aug 2015 17:27:33 +0000 http://www.ghumphir.com.np/?p=1501 ६ साउन,मकवानपुर
तलब वृद्धिको माग गर्दै मजदुरहरुले सोमबार हेटौंडा औधोगिक क्षेत्रका सम्पूर्ण उद्योग बन्द गराएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले मजदुरले खाईपाई आएको तलबमा ६० प्रतिशतले वृद्धि गर्न माग गर्दै उद्योग बन्द गराएका हुन्।
अखिल नेपाल ट्रेड युनियन महासंघलगायतका मजदुर संगठनले मजदुरको तलब वृद्धिको माग गर्दै आन्दोलनको कार्यक्रम सुरुसमेत गरेपछि उद्योगीले मजदुरले राखेको माग पूरा नगर्दा मजदुरहरुले सम्पूर्ण उद्योग बन्द गराउन बाध्य भएको मजदुर नेताहरुले बताएका छन्। एमाओवादी निकट मजदुर संगठनले औद्योगिक क्षेत्रमा पत्रकार सम्मेलन गर्दै ६० प्रतिशत तलब वृद्धिको माग दुई महिनाअघि नै गरेका र अहिलेसम्म माग पूरा नहुँदा तलब वृद्धिको लागि उद्योग नै ठप्प गराएका छन्। हेटौडा उद्योग संघका अध्यक्ष ऋषिराम घिमिरेले सरकारको न्यूनतम बेतन निर्धारण समितिले तोकेअनुसार आफूहरु मजदुरलाई तलब बढाएर दिन तयार रहेको बताए। न्यून तलब भत्ता, बढ्दो महँगीले मजदुरको परिवारमा शिक्षा, स्वास्थ्यलगायतका अनिवार्य दैनिक उपभोग्य बस्तु जुटाउन समस्या भएको भन्दै तलब वृद्धि गराउनुको विकल्प नरहेको अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष गंगाप्रसाद भट्टराईले बताए। मजदुरको तलब वृद्धिको लागि ५ सुत्रीय माग राखेको दुई महिना बितिसक्दा पनि सरोकारवालाले चासो व्यक्त नगरेको भन्दै आन्दोलन स्वरुप उद्योगहरु पूर्णरुपले ठप्प गराइएको भट्टराईले बताए।
]]>
1501 0 0 0
हुम्लामा खाद्यान्न अभाव http://localhost/ghum/%e0%a4%b9%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5/ Sun, 23 Aug 2015 17:16:25 +0000 http://www.ghumphir.com.np/?p=1787

हुम्ला, ६ भदौ ।

कर्णाली प्रदेश छुट्टै हुनुपर्ने, कर्णालीको पहिचानसहित अखण्ड मध्यपश्चिम सङ्घीय राज्य घोषणा सुर्खेतमा हुनुपर्नेलगायतका माग गर्दै जिल्लामा दशौं दिनदेखिको आन्दोलनले यहाँको जनजीवन अस्तव्यस्त भएको छ । नेपाली काँग्रेसका सभापति जयपति रोकाया, एमालेका उपाध्यक्ष ग्यामि बुमि, राप्रपा नेपालका केन्द्रीय सदस्य बिर्खबहादुर महत, राप्रपाका अध्यक्ष नैनसिंह रावत, एकीकृत माओवादीका कार्चेन लामाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय घेराउ तथा बन्द कार्यक्रम हुदै आएको छ । आन्दोलनले हुम्ला जिल्लामा खाद्यान्न अभाव भएको नेपाल खाद्य संस्थान हुम्ला शाखा कार्यालय प्रमुख नारायण सिंह केसीले बताउनुभयो । त्यसबाट यहाँको चाडपर्व पनि प्रभावित भएको छ ।

]]>
1787 0 0 0
चालु आवको बजेट सोमबार पारित गर्ने तयारी http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a5%81-%e0%a4%86%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f-%e0%a4%b8%e0%a5%8b%e0%a4%ae%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a4%be%e0%a4%b0/ Sat, 22 Aug 2015 17:14:26 +0000 http://www.ghumphir.com.np/?p=1945

काठमाडौँ, ५ भदौ ।

व्यवस्थापिका–संसद् सचिवालयले सरकारले चालु आवको लागि प्रस्तुत गरेको विनियोजन विधेयक, २०७२ (बजेट) यही भदौ ७ गते सोमबार निणयार्थ प्रस्तुत गर्ने भएको छ । सदनमा सो विधेयकमा रहेका विभिन्न मन्त्रालयको शीर्षकमाथि गत साउन २८ गतेदेखि छलफल भई यही भदौ ३ गते सकिएको थियो । मन्त्रालय र विभिन्न कार्यालयमाथि भएको छलफलमा सांसद्हरुले उठाउनुभएका प्रश्नको शुक्रबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने काम सुरु भइसकेको छ । सो क्रममा आइतबार र सोमबार सबै मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्हरुले उठाउनु भएका प्रश्नको जवाफपछि विधेयक पारित गर्नका लागि सरकारले सदनमा निणयार्थ प्रस्तुत गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोग र २६ वटा मन्त्रालयमध्ये शुक्रबार सात मन्त्रालयको विभिन्न शीर्षकमाथि मन्त्रीले जवाफ दिइसक्नुभएको छ । सभामुख सुवास नेम्वाङले सोमबार व्यवस्थापिका–संसद्मा बजेट पारित गर्ने सन्दर्भमा राजनीतिक दलहरुसँग कुराकानी भइसकेको जानकारी दिनुभयो । सरकारले बजेट प्रस्तुत गरेलगत्तै प्रमुख प्रतिपक्षी एकीकृत नेकपा (माओवादी) लगायत राजनीतिक दलले बजेटले भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी चुनौतीलाई सम्बोधन गर्न नसकेको तथा असन्तुलित रहेको भनी विरोध जनाउँदै बैठक बहिस्कारसम्मका कार्यक्रम गरेपनि हाल त्यो अवस्था अन्त्य भइसकेको छ । सरकारले आर्थिक वर्ष २०७२÷७३ का लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट गत असार २९ गते सदनमा प्रस्तुत गरेको थियो । अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसद्मा कुल विनियोजनमध्ये चालु खर्चतर्फ रु चार खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार र पुँजीगत खर्चतर्फ रु दुई खर्ब आठ अर्ब ८७ करोड ४२ लाख ४२ हजार तथा वित्तीय व्यवस्थातर्फ रु एक खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार विनियोजन गर्नुभएको थियो ।

]]>
1945 0 0 0
तातोपानी तथा रसुवागढी भन्सार नाका यथाशीघ्र सञ्चालन गर्ने http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80-%e0%a4%ad%e0%a4%a8/ Sat, 22 Aug 2015 17:21:40 +0000 http://www.ghumphir.com.np/?p=1948 ५ भदौ,काठमाडौं ।

भूकम्पका कारण क्षतिग्रस्त भएको तातोपानी–खासा (भामु) तथा रसुवागढी–जिलोङ भन्सार नाका यथाशीघ्र सञ्चालन गर्ने र लार्चास्थित निर्माणाधीन सुक्खा बन्दरगाह जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने सहमति गरिएको छ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच आज भएको सहसचिवस्तरीय सहमतिमा दुई देशबीच व्यापार प्रवद्र्धनका लागि हाल सञ्चालनमा रहेका छ वटा भन्सार नाकामा पूर्वाधारको विकास गर्ने सहमति भएको हो ।

रसुवागढी-नाका-1

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला र तिब्बतको प्रतिनिधि मण्डलका प्रमुख डेप्युटी सेक्रेटरी जनरल काइडेन नान्जीले सहमतिपत्रमा हस्ताक्षर गरे ।

सन् २००९ मा गठन भएको नेपाल तिब्बत व्यापार सहजीकरण समितिको काठमाडौँमा आजै सम्पन्न छैटौं बैठकले गोरखा (छेकम्पार र लार्के), दोलखा (लामाबगर) र मुगु जिल्लाबाट तिब्बत जोड्ने अतिरिक्त तीन व्यापारिक मार्ग स्थापनाका लागि सम्भाव्यता अध्ययन तथा पूर्वतयारी सुरु गर्ने सहमतिसमेत भएको छ ।

बैठकमा दुई पक्षबीच व्यापार सहजीकरणका लागि भन्सार प्रक्रिया सरलीकरण गर्ने, चीन सरकारले नेपाललाई आठ हजार ३० वस्तुमा उपलब्ध गराएको भन्सार सुविधालाई थप प्रभावकारी बनाउने, औद्योगिक वस्तुको गुणस्तर प्रमाणपत्र प्रमाणीकरण गर्न त्यस्ता वस्तुको सूची आदानप्रदान गर्ने, क्वारेन्टाइन जाँच प्रक्रियालाई सरलीकरण गर्नेलगायतका विषयमा छलफल भएको सहसचिव कोइरालाले जानकारी दिए ।

सहसचिव कोइरालाका अनुसार द्विपक्षीय व्यापारमा मौद्रिक कारोबारका लागि बैंकिङ कारोबार सुदृढीकरण गर्ने र औद्योगिक वस्तुको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिने पूर्वसम्झौताको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

]]>
1948 0 0 0
भीमदत्त नगरपालिका उपमहानगरपालिकाका लागि सिफारिस http://localhost/ghum/%e0%a4%ad%e0%a5%80%e0%a4%ae%e0%a4%a6%e0%a4%a4%e0%a5%8d%e0%a4%a4-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%89%e0%a4%aa%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8/ Sun, 23 Aug 2015 08:38:42 +0000 http://www.ghumphir.com.np/?p=1951 भीमदत्तनगर, ६ भदौ ।

कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस गरिएको छ । जिल्ला विकास समिति कञ्चनपुरले प्रस्तावित उपमहानगरपालिका गठनका लागि स्थानीय विकास मन्त्रालयलाई सिफारिस गरेको हो ।

mahendranagar-bazaarउपमहानगरपालिका गठनका लागि नगरक्षेत्र निर्धारण सिफारिस समितिको बैठकको निर्णयबाट भीमदत्त नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस गरिएको स्थानीय विकास अधिकारी मोहन पौडेलले जानकारी दिनुभयो । नगरक्षेत्र निर्धारण सिफारिस समितिले सम्भाव्यता अध्ययनका साथै आवश्यक छलफल गरी स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार प्रक्रिया अघि बढाएको जिल्ला विकास समितिले जनाएको छ । भीमदत्त नगरपालिकाको वार्षिक आयस्रोतसमेत पुग्ने भएकाले उपमहानगरपालिकाका लागि सिफारिस गरिएको नगरपालिका कार्यालयले जनाएको छ । भीमदत्त नगरपालिकासँगै हाल कञ्चनपुरमा पाँचवटा नगरपालिका र ९ गाविस रहेका छन् । यहाँको जनसङ्ख्या चार लाख ८० हजारभन्दा बढी रहेको छ ।

]]>
1951 0 0 0
असी घरधुरीलाई सोलार प्यानल http://localhost/ghum/%e0%a4%85%e0%a4%b8%e0%a5%80-%e0%a4%98%e0%a4%b0%e0%a4%a7%e0%a5%81%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be/ Sun, 23 Aug 2015 08:54:52 +0000 http://www.ghumphir.com.np/?p=1954 मुस्ताङ, ६ भदौ ।

हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रका ८० घरधुरीलाई चीन सरकारले निःशुल्क सोलार प्यानल जडान गरेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङवासेन जिल्लाका प्रजिअ र सीमा प्रशासन कार्यालय लोमान्थाङबीच गत असार ५ गते भएको सीमा बैठकको सम्झौताअनुसार ७० वाटभन्दा बढी क्षमताको सोलार प्यानल जडान भएपछि लोमान्थाङ झिलीमिली बनेको सीमा प्रशासन कार्यालय मुस्ताङका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

solar“कुल तीन लाख युआन बराबरको कार्यक्रम हो, अहिले अधिकांश घरमा जडान भइसकेको छ, केहीमा बाँकी छ”, उहाँले भन्नुभयो, “त्यो पनि केही दिनभित्रै सम्पन्न हुनेछ ।” सबै घरधुरीलाई एकै पटकमा प्यानल जडान भएपछि पूरै बस्ती झलमल्ल बनेको बताइएको छ । चीन र नेपाली अधिकारीबीच समय समयमा हुने सीमा बैठकमा नेपाली पक्षले सीमा क्षेत्रका सर्वसाधारणको शिक्षा, स्वास्थ्य, यातायात, कृषि र दैनिक उपभोग्य वस्तुका लागि विभिन्न किसिमका माग पेस गर्छ । त्यसमा चिनियाँ पक्षले आवश्यक सम्बोधन गर्ने गरेको सीमा प्रशासन कार्यालयले जनाएको छ । चीनले उपल्लो मुस्ताङका छ गाविसका सर्वसाधारणलाई प्रतिघर वार्षिक चामल, तेल, दलहन, नुन लगायत दैनिक उपभोग्य सामग्री पनि वितरण गर्दै आएको छ ।

]]>
1954 0 0 0
आयआर्जनको राम्रो माध्यम http://localhost/ghum/%e0%a4%86%e0%a4%af%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%ae/ Sun, 23 Aug 2015 09:01:33 +0000 http://www.ghumphir.com.np/?p=1957 1957 0 0 0 तस्बिरमा बिश्वका २० सुन्दर गाउँ http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a5%a8%e0%a5%a6-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d/ Sun, 23 Aug 2015 09:38:40 +0000 http://www.ghumphir.com.np/?p=1961 वायूप्रदुषण र ध्वनिप्रदुषणबाट मुक्त यस्तो शान्त ठाउँ होस, जहाँ मानिसहरु हतारमा नहुन् । जहाँ केटाकेटीहरु होमवर्कको चिन्ता नगरी खोला किनारमा स्वच्छन्द खेलुन्, उफ्रिउन् । जहाँ प्रभावतमा चराहरुको चिरबिर र रातमा ताराहरुको चम्चम्लाई कसैले व्यवधान हाल्न नसकोस् । जीवन कुनै कञ्चन झरना जस्तो बगिरहेको होस् ।

शहरीया जीवनबाट वाक्कदिक्क भएर पनि शहरमै बसेका मानिसहरुमा यदि तपाईं पनि पर्नुहुन्छ भने यस्तो स्थानको परिकल्पना तपाईंको मनमस्तिष्कमा पक्कै आउँदा हुन् । यी तस्बिरमा देखिएका गाउँहरु तपाईंको कल्पनासित मिल्दाजुल्दा हुन सक्छन् । फरक-फरक देशका यी गाउँमा पुग्न सम्भव छैन भने पनि तस्बिरहरु हेरेर केहिबेर मन बहलाउनुस् ।

१.हल्स्टाट, अष्ट्रिया

हलास्टाट, अष्ट्रेलिया

२. वालेस्, अमेरिका

वालेस्, अमेरिका

३. फार्मिङ भिलेज भानभिङ , लाओस

फर्मिङ भिलेज, लाओस

४. जर्मत, स्वीटजरल्याण्ड

जर्मटट्, स्वीजरल्याण्ड

५. रोचफर्ट, फ्रान्स

रचफोर्ट, फ्रान्स

६. पिरान, स्लोभानिया

पिरान, सोलोभानिया

७. मोटोभुन, क्रोएसिया

मोटोभुन, क्रोएटिया

८. गिट्हर्न, नेदरल्याण्ड

गिट्टीहर्न, हल्याण्ड

९. ले मोन्ट सेन्ट मिचेल, फ्रान्स

लेमोन्ट सेन्जट मिचेल, फ्रान्स

१०. हिडा फल्क भिलेज, जापान

हिडा फल्क भिलेज, जापान

११. लङसेङ राइस ट्रेस, चाइना

लङसेङराइस ट्रेस, चाइना

१२. लौट्रेबन, स्वीजरल्याण्ड

swai

१३. शिराकावा, जापान

शिर्कवा, जापान

१४. इत्ताल अपर ब्राभिया, जर्मनी

इट्टल अपर बाभरिया, जर्मनी

१५. अर्लिङटन रो, बेलायत

अर्लिङटोन रोड, बेलायत

१६. मेडिभल डिनान्, फ्रान्स

मेडिभल डिनन्, फ्रान्स

१७. क्यास्की कुमलोभ, चेक रिपब्लिक

क्यास्के कुरुमोभ, चेक रिपब्लिक

१८. म्याकोनोस, ग्रिस

म्याकोनस, ग्रिस

१९. कोलमर, फ्रान्स

कोलमर, फ्रान्स

२०. ग्रिम्मेन्ट वल्ड टाउन स्वीटजरल्याण्ड

Grimentz-Old-Town

स्रोत:  हंकियात डटकम

]]>
1961 0 0 0
बन्दले सास्ती http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%80/ Sun, 23 Aug 2015 10:12:54 +0000 http://www.ghumphir.com.np/?p=1964 1964 0 0 0 डडेल्धुराका किसान गोलभेँडाखेतीतिर http://localhost/ghum/%e0%a4%a1%e0%a4%a1%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%a7%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8-%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a4%ad%e0%a5%87%e0%a4%81/ Sun, 23 Aug 2015 10:51:18 +0000 http://www.ghumphir.com.np/?p=1967 डडेल्धुरा, ६ भदौ ।

 जिल्लाका किसान गेलभेँडाखेतीबाट यथेष्ट आम्दानी गर्न थालेका छन् । सजिलै बिक्री हुने र मनग्य आम्दानी हुने हँुदा गोलभेँडाखेतीमा किसानको आकर्षण बढेको हो । सदरमुकामबाट सात किलोमिटर टाढा पर्ने राईगाउँमा गोलभेँडा उत्पादनका लागि किसानले प्लास्टिक टहरा बनाएका छन् । एक परिवारको एक प्लास्टिक टहरा निर्माण भएपछि राईगाउँ टहराले सेताम्य बनेको छ । छोराछोरीको पढाइ, लुगाफाटोको खर्च र नुनतेलको खर्च समेत गोलभेँडाको आम्दानीबाट चलाइरहेको राइगाउँका किसान सुन्दरीदेवी भट्ट बताउनुहुन्छ । “थोरै भए पनि बचत भएकै छ,” उहाँले भन्नुभयो ।

tamatorगेलभेँडाखेती सुरु गर्नुभन्दा पहिले परम्परागत खेती गर्दै आएका यहाँका किसानलाई खान लाउन धौधौ परिरहन्थ्यो । यो व्यवसाय सुरु गरेपछि आफूहरु चिन्तामुक्त भएको र खान लाउनलाई समस्या नभएको उनीहरुको भनाइ छ । राईगाउँ जस्तै जिल्लाका अधिकांश बस्तीमा गोलभेँडा उत्पादनका लागि प्लास्टिकका टहरा बनाइएका छन् । एउटा प्लास्टिक टहरा निर्माणका लागि औसतमा रु ४० देखि रु ६० हजारसम्म खर्च हुने गरेको छ । यसमा किसानलाई विभिन्न निकायबाट ६० प्रतिशतसम्म अनुदान प्राप्त हुने गरेको छ । “सधैँ घरखर्च चलाउन साहु वा बचत समूहमा धाउनुपर्ने हुन्थ्यो तर गोलभेँडा उत्पादन गरेर बेच्न सुरु गरेपछि त्यो पीडाबाट छुटकारा मिलेको छ,” किसान धौलीदेवी पार्कीले भन्नुभयो । गोलभेँडा बेचेर आएको पैसा राख्न पाउँदा सबै पीडा भुलिने उहाँको भनाइ छ । “छोराछोरीलाई पढाउने सपना यो व्यवसायबाट नै पूरा गर्छु,” उहाँले भन्नुभयो । कम लगानीमा मनग्य आम्दानी तथा बजारको सुविधा भएकाले यहाँका किसानले गोलभेँडा व्यवसाय सुरु गरेका हुन् । किसानलाई ६० प्रतिशतसम्म अनुदान कृषि विकास कार्यालय र अन्य गैरसरकारी संस्थाले उपलब्ध गराइरहेको वरिष्ठ कृषि विकास अधिकृत दिनेश सापकोटाले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार एउटा प्लास्टिक घरबाट रु पाँच लाखसम्म कमाइ हुने गरेको छ । जिल्लामा वर्षमा दुई हजार एक सय मेट्रिक टन गोलभेँडा उत्पादन तथा बिक्रीबाट बर्सेनि रु सात करोड आय हुने गरेको तथ्याङ्क छ । गोलभेँडासँगै यहाँका किसानले आलु, च्याउ, हरियो साग, लसुन, अदुवा, भिन्डी, काउली, बन्दागोभी, खुर्सानीजस्ता तरकारी खेती व्यावसायिक रुपमा गर्दै आइरहेका छन् ।

]]>
1967 0 0 0
गोसाइँकुण्ड पुग्ने यात्रीलाई पालमा राख्ने प्रबन्ध http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%81%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/ Sun, 23 Aug 2015 11:09:12 +0000 http://www.ghumphir.com.np/?p=1970 धुन्चे (रसुवा), ६ भदौ ।

जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड पुग्ने भक्तजनलाई बास बस्न पालको व्यवस्था मिलाइएको छ । चन्दनबारीदेखि गोसाइँकुण्डसम्म लाङटाङ–गोसाइँकुण्ड–हेलम्बु होटल व्यवस्थापन समितिले आफ्नो तर्फबाट यात्रुलाई ‘टेन्ट’मा बसोबास गराई भोजनको व्यवस्था गर्ने र लौरिविनायक तथा गोसाइँकुण्डमा प्राथमिक उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी पूरा भएको सो समितिका अध्यक्ष तेन्जेन दोर्जे तामाङले बताउनुभयो ।

Gosainkunda-Lakeकाठमाडाँैबाट १२३ किमी ठूलोभार्खुसम्म मोटर र ठूलोभार्खुदेखि सात कोसको उचाइ पैदलमार्ग पार गरेपछि पुग्न सकिने धार्मिक तथा पौराणिक स्थल गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना गर्नाले शरीरको सम्पूर्ण रोगव्याधि हटुने र आफ्नो मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो । पुरोहितका अनुसार गोसाइँकुण्डबाट ल्याएको जल धैबुङ गाविसको सडक मार्ग छेउमा अवस्थित कालिका मन्दिरमा चढाउनै पर्ने मान्यता रहिआएको छ । धुन्चेको तिवारीबगरबाट जाँदा भिरको बाटो भूकम्पले बढी क्षति पु¥याएका कारण ठूलोभार्खुदेखि पैदल यात्राको व्यवस्था मिलाइएकाले सम्पूर्ण भक्तजनलाई तोकिएको मार्ग प्रयोग गर्न गोसाइँकुण्ड क्षेत्र विकास समितिले आग्रह गरेको छ । सो समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार गोसाइँकुण्डमा प्रत्येक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा लाग्ने भव्य मेला गर्दछ । गत वैशाख महिनामा गएको भूकम्पका कारण गत जेठ महिनाको दशहरा मेला प्रभावित भए पनि यही भदौ १२ गते सम्पन्न हुने धार्मिक मेला भर्न पाँच हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिएको छ । गत वर्ष १० हजार भक्तजनले गोसाइँकुण्ड स्नान गरेका थिए ।

]]>
1970 0 0 0
सन् २०२० सम्म १२० होटलको लक्ष्य:राहुल चौधरी http://localhost/ghum/%e0%a4%b8%e0%a4%a8%e0%a5%8d-%e0%a5%a8%e0%a5%a6%e0%a5%a8%e0%a5%a6-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a5%a7%e0%a5%a8%e0%a5%a6-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b2/ Sun, 23 Aug 2015 14:45:26 +0000 http://www.ghumphir.com.np/?p=1973 राहुल चौधरी, नेपालका डलर अर्वपति विनोद चौधरीका माइला छोरा । उनका अधिकांश फेसबुकमा लामो स्ट्याटस हुँदैन्, मात्र लेख्छन्, ‘इज इन नैरोवी’ (केन्या), ‘इज इन कम्पला’ (युगाण्डा), ‘इज इन फुक्सियन लेक’ (चीन), इज इन अवधि खुम्वगड (राजस्थान) इण्डिया ।
राहुलको फेसबुकमा हुने यी स्ट्याटसमा अहिले पनि परिवर्तन त भएको छैन्, तर उनी अफ्रिका, मध्यपूर्व, फिलिपिन्स, थाइल्याण्ड, चीन, भारत, श्रीलंका पुगेको फेसबुक स्ट्याटसको फ्रिक्वेन्सीमा भने कमि आएको छ । आजभोली उनका अधिकांश फेसबुक स्टाटसमा लेखिन थालेको छ, ‘इज इन काठमाडौं’, ‘इज इन चितवन’ । नेपालमा केन्द्रित राहुल
काठमाडौंमा चौधरी समूहको ‘हेडक्वाटर’ झम्सिखेलमा छ । विश्वभर बढ्दै गएको चौधरी समूहको प्रभाव, नेपालको एक मात्र डलर अर्वपती, काठमाडौंमा बढ्दै गएको ‘हाइराइज’ संस्कृतीलाई हेर्दा चौधरी समूहको यो हेडक्वाटर साँघुरो लाग्छ । त्यसमाथि राहुलका हजुवबुबाले ठड्याएको यो ‘हेडक्वार्टर’ भुकम्पको सिकार पनि भयो ।
भुकम्प अघि विनोद चौधरी र तीन भाई छोराको यो ‘हेडक्वाटर’ भुकम्पपछि अहिले ‘रेट्रोफिट’ हुँदैछ । त्यसैले सबै झम्सिखेलबाट लाखापाखा लागेका छन् । विनोद आफै, छोरा निर्वाण र वरुण कलंकी पारीको सतुंगलमा कार्यालय खडा गरेर बसेका छन् । तर राहुलले भने भुकम्पपमा क्षती भएको पुरानो हेडक्वाटर छाडेका छैनन्, उनले अहिले त्यही हेडक्वाटरको गार्डरुमलाई आफ्नो कार्यालय बनाएका छन् । राहुलले होटलमा देखेको सम्भावनाका विषयमा ‘स्टोरी’ लेख्छौं भने पछि उनका सहयोगीले सुरुमा हामीलाई भेट गर्न यही गार्डरुमको ठेगाना दिए । अन्तिम समयतिर उनलाई भेट्ने ठेगाना परिवर्तन भयो । हामीले नयाँ ठाउँ पायौं, कुपण्डोल हाइटमा रहेको होटल समिट ।
–––
समिट होटलको स्थापना डच नागरिक विलियम गल्चरले गरेका थिए । दुई वर्ष अघि उनले समिट स्थानीय राजकृष्ण श्रेष्ठलाई बेचे । १६ रोपनी जग्गामा फैलिएको यो होटलको बहुमत स्वामित्व अहिले चौधरी र एनई समूहका रविभक्त श्रेष्ठसँग छ । ८३ कोठाको यो होटलको व्यवस्थापन राहुल र उनको टीमले हेर्न थालेको छ ।
समिटमा राहुलले आफूसहित हामीलाई ‘मसाला टि’ अर्डर गरे । प्रसङ्ग समिट होटलमा आयो । भुकम्पले होटल व्यवसाय प्रभावित छ । धेरै पाँच तारे होटल आधा क्षमता पनि चलेका छैनन् । यो बेला होटलले ‘रेट’ बढाए अवस्था के होला? तर समिटको ‘रेट’ बढ्यो ।
यो बुटिक होटल हो, राहुलले भने । बत्तिसपुतलिको द्वारिकामा पर्यटक एउटा कोठाको तीन सय डलर तिर्न तयार छन् । हामीले समिट लिएपछि रेट बढिसकेको छ । यसलाई स्तरोन्नती गर्यौं भने काठमाडौंमा सबैलेभन्दा राम्रो रेट लिन सक्छौं, उनले जानकारी दिए ।
अर्को सोफामा बसेकी श्रीमती सुरभी खैतान र आफ्नो टीमलाई देखाउँदै भने, समिटको पुर्नसंरचनाको काम भैरहेको, त्यसका लागि मुम्बईबाट प्राविधिक र प्रोजेक्ट टिम नेपाल आएको छ । सुरभी ‘इन्टेरियर डिजाइनर’ पनि हुन् । उनले त्यसका लागि काम गरिरहेकी छिन्, राहुलले भने । समिटमा अर्को एक सय कोठा थपिंदैछ ।
मेघौलीमा स्तरीय रिसोर्ट म नेपालमा सात प्रोजेक्ट गर्न खोजिरहेको छु, राहुलले आफ्नो फेसबुक स्ट्याटस ‘इज इन काठमाडौं’को अर्थ सम्झाए । समिट स्तरोन्नतीमा छ, हाम्रा अरु तीनमध्ये मेघौली सञ्चालनको अन्तिम चरणमा छ । दुई होटल निर्माण चरणमा छन् भने बाँकी तीन मेरो दिमागमा, राहुलले भने ।
उनी अब फेसबुक स्टाटस ‘इज इन चितवन’मा लागे । चितवनको मेघौलीमा चौधरी समूहको रिसोर्ट तयार हुँदैछ । अक्टोवरदेखि सञ्चालन गर्ने गरी हामीले काम गरिरहेका छौं, राहुलले भने । ३० वटा ‘कि’ (होटल क्षेत्रमा कोठालाई ‘कि’का रुपमा बुझिन्छ)को यो रिसोर्टको व्यवस्थापन भने ताजले गर्नेछ ।
भारतमा पहिलेदेखि नै हाम्रो ताजसँग ताज सफारीमा साझेदारी छ । त्यही भएर उनीहरु नेपालमा ‘इन्ट्रेष्टेड’ भए, हामीहरुले उनीहरुलाई स्वागत गर्यौं । मेघौलीमा स्थापना गर्न लागिएको रिसोर्टका १८ वटा भिल्ला हुनेछन् । सबै रुममा स्विमिङ पुल हुन्छ । प्रेसिडेन्सियल भिल्लामा ठूलो स्विमिङ पुल हुनेछ । राहुलले प्रष्ट पारे, यो रिर्सोट नेपालमै ‘वान अफ दी बेस्ट रिर्सोट’ हुनेछ ।
उनले यो रिसोर्टमा एउटा रुमको सात सय डलर पर्ने जानकारी दिए । नेपालमा द्वारिका र धुलिखेल रिसोर्टले एउटा कोठाको चार सय डलरसम्म लिएका छन्, हाम्रो रिसोर्ट त्योभन्दा महँगो हुनेछ, उनले स्पष्ट पारे ।
ताजको टीम आएर मेघौलीमा हेरिसकेको छ । त्यही टीमले दिएको डिजाइन अनुसार काम पनि अन्तिम चरणमा पुगिसकेको छ, राहुलले भने । ताजको ग्लोबल हेड २९ सेप्टेम्बरमा नेपाल आउँदै हुनुहुन्छ । उहाँलाई हामीले पहिलो गेस्टको रुपमा राख्दैछौ । राप्तीको किनारामा रहेको मेघौलीको रिसोर्टमा चौधरी समूहले करिब ५० करोड रुपैयाँ लगानी गरिसकेको छ ।
हामीले सफारी विजनेशलाई ‘हाइएन्ड’मा सोचिरहेका छौ । विश्वभरी अहिले संचालनमा रहेका र निर्माणको क्रममा यस्ता झन्डै डेढ सय होटल मात्र छन् । नेपाल भन्दावाहिर त्यति धेरै होटल छन् तर सफारीका लागि विश्वको सबैभन्दा उत्कृष्ट गन्तव्य नेपालमा एउटा पनि होटल छैनन् भन्ने लागेपछि हामीले यो निर्माण सुरु गरेका हौं, राहुलले मेघौली सुरु गर्नुको अर्थ सम्झाए ।
पहिला मेघौलीको एयरपोर्टमा जहाज नै जान्थ्यो । अहिले बन्द अवस्थामा छ । हामीले पुन संचालनको तयारी समेत गरिरहेका छौ । हामीले एयरलाइन्सहरुसँग कुराकानी गरिरहेका छौ त्यो संचालनमा आउनेवितिकै त्यहाँको पर्यटनले ठूलो फड्को मार्छ, उनले भने ।
–––
नेपालमा सात होटल मेघौलीपछि राहुलको तेस्रो प्रोजेकट झमेल हुनेछ । झमेलको विल्डिङ पहिलै बनिसकेको छ । योजनाहरु पनि बनिसकेको थिए ।  काम सुरु गर्न लागेका थियौ भूकम्प आयो । हामीले भवनको स्ट्रक्चर, पर्खाल लगायतका प्राविधिक जाँच गरिरहेका छौ । प्राविधिकको प्रतिवेदन आउनेवितिकै काम तीब्र रुपमा अघि बढ्छ, राहुलले भने ।
झमेलको होटल १ सय ५० कोठाको चार तारे स्तरको होटल हुनेछ । यो होटल अर्को वर्षको जुलाईसम्म संचालनमा आउने जानकारी उनले दिए । यो परियोजनामा एक अर्बदेखि १ अर्ब १० करोड रुपैयाँ लगानी हुने पनि उनले बताए ।
राहुलको चौथो प्रोजेक्ट भरतपुर हुनेछ । पहिला किम्यान होटल भएको ठाउँमा होटल आउनेछ । यो अर्को वर्षको अगस्टमा संचालनमा आउने जानकारी उनले दिए । मल पनि रहने यो परियोजनामा ४२ कोठाको होटल हुनेछ । नारायणगढको होटल बजेटभन्दा माथिको होटेल हुनेछ । यो नारायणगढको बेस्ट होटल हुनेछ, उनले भने । किम्यान हाईटमा छ । नारायगढ सहर तल छ । त्यसमाथि स्विमिङ पुल नै पाँचौ तल्लामा हुन्छ । स्विमिङ पुलबाटै पूरै सहर देख्न सकिन्छ ।
राहुलको दिमागमा थप तीन परियोजना पनि छन् । पाँचौ प्रोजेक्ट पनि पक्कै गर्छु । उनले त्यसका लागि चार वटा जग्गा पोखरामा हेरेको जानकारी दिए । पोखरामा होटल गर्नैपर्छ । एक÷दुई महिनामा जग्गा पनि फाइनल हुन्छ, उनले भने ।
उनको अर्को योजना भनेको हिमाली क्षेत्रमा होटल निर्माण हो । त्यो मुस्ताङ होला वा अरु कुनै ठाउँ अहिले नै निर्णय भएको छैन तर त्यो बन्छ उनले भने । उनले अर्को परियोजना लुम्बिनी हुने बताए । लुम्बिनी मैले पहिला पनि हेरेको ठाउँ हो । लुम्बिनीको मार्केट अहिले अझै ‘म्याच्युर्ड’ भएको छैन । दुई हजार रुपैयाँ तिर्ने होटल बनाएर हामीलाई कामै छैन । पाटनमा सानो होटल बनाउने योजना पनि उनले सुनाए । त्यो टिपिकल नेपाली स्टाइलको हुनेछ, उनले जानकारी दिए ।
सन् २०१७/१८ भित्र नेपालभित्र चौधरी समूहका छदेखि सात वटा होटल सञ्चालनमा हुनेछन् । नेपालमा हुने सबै होटल ‘रिकगनाइजेबल’ होटल हुने पनि उनले बताए । सानो-सानो काम सबैले गरिरहेकै छन् । मेरो योजना हो, केही फरक गर्ने , त्यसमा सिजीको ‘रेपुटेशन’ पनि जोडिएको छ । ––– सन् २०२० को लक्ष्य
नेपालमा मात्रै होइन राहुल विश्वभर होटल बनाउँदैछन् । सिजीले २०२० सम्ममा दुई सय होटल बनाउनेछ, उनले आफ्नो महत्वाकांक्षी योजना सुनाए । उनले भने, यी सबै सिजीले प्रवद्र्धन गर्ने ब्रान्डमा सञ्चालन हुनेछन् ।
अहिले पनि सिजीसँग आफ्ना, साझेदारी, व्यवस्थापनका गरेर १ सय १० होटल छन् । त्यमध्ये ताज, अलिलासँग साझेदारीका होटल पनि हुन् । सिजी आफैले प्रवद्र्धन गर्ने ‘द जिन्क’, द फर्न, जिंक जर्ने, जिंक सिटी, जिंग लिभिङ, ग्लो, बियकन ब्रान्डका ८८ वटा होटल  सञ्चालनमा छन् ।
चौधरी समूहको लगानीमा सन् २००२ सम्म जम्मा तीन वटा होटल मात्रै थिए । राहुलले सन् २००६ मा चौधरी समूहको ‘हस्पिटालिटी’ उद्योग ज्वाइन गर्दा पाँच वटा होटल । यो दश वर्षको बीचमा कसरी ११० भन्दा बढी होटल निर्माण सम्भव भयो ?
राहुल जवाफ दिन्छन्, यो क्षेत्रमा हाम्रो फोकस थियो । त्यसले हामीलाई ‘ग्रोथ’ गर्न पनि सजिलो भयो । नेपालपछि अहिले पनि उनको फोकश भनेको अफ्रिका र दुबई हो । दुवईमा चौधरी समूहले ताजसँगको साझेदारीमा ‘भिभियन्ता’ होटल बनाउँदै छ ।
–––
बुबाबाट प्राप्त इनर्जी होटल विस्तार गर्ने मेरो ‘इनर्जी’ भनेको मेरो बुबा हो ।  कुनै पनि ग्रुपको सफलता भनेको ‘लिडर’बाट हुन्छ । यदि मेरो बुबाको भिजन ठूलो हुँदैन्थ्यो भने हाम्रो पनि भिजन त्यस्तै हुन्थ्यो । हामी पनि तल नै हुन्थ्यौं, राहुलले विश्वबजारमा आफ्नो पहुँचको व्याख्या गरे ।
मेरो बुबाले १९९९ मा टाटाजस्तो कम्पनीसँग नेपाली कम्पनीका रुपमा साझेदारी गर्नुभयो । त्यो बेलामा कहाँ टाटा र नेपालको कम्पनी कहाँ ? त्यो भिजनबाट नै हामीलाई अघि बढ्ने प्रेरणा मिल्यो । नेपाली भनेको दुनियाँको प्लेटफर्ममा जान सक्दैन भन्ने पनि छन् ।  नेपाली कम्पनी भएर हामीलाई धेरैले कम आंकलन गरेका पनि छन् । तर त्यसलाई हामीले फरक ढंगबाट चिर्यौं राहुलले बताए ।
उनी भन्छन्, हामी दक्षिण पूर्वी एसियामा होटल क्षेत्रमा सबैभन्दा विविधीकरण भएर लगानी गर्ने समूह हो । ताजको पनि यतिधेरै विविधीकरण छैन । ताजको भारतमा १ सय २१ होटल छन् । हाम्रो पनि विश्वव्यापी रुपमा १ सय १५ होटल छन् । एउटा नेपाली कम्पनी भएर विश्वव्यापी रुपमा यति धेरै होटल हुनु निश्चिय पनि गौरवको विषय हो ।
फेरिएको मानसिक्ता
एउटा नेपालीका रुपमा काम गर्न कति अफ्ठ्यारो छ ? बिजमाण्डूको प्रश्नमा उनले भने, नेपाली भएर विश्व बजारमा काम गर्दा सहज पक्ष धेरै हुँदैनन् ।  विश्वका मान्छेले नेपालीलाई ‘अन्डरडग’को रुपमा हेरिरहेका हुन्छन् । नेपालको रंगशालाले कहिल्यै पनि म्यारोडोना जन्माउन सक्दैन । कम प्रभावशाली भएको देशबाट विश्वबजारमा जाँदा ‘डाउन अ प्वाइन्ट’ हुन्छौ । तर हामीले त्यो मानसिकतालाई परिवर्तन गर्न सक्यौ ।
हामीले उनीहरुसँगै बसेर प्रभावशाली भएर देखाउन सक्यौ । अल्पविकसित मुलुकको एउटा कम्पनीले विश्वबजारमा उत्कृष्ट भएको प्रमाणित नै गरिसकेका छौ । सामाजिक, आर्थिक रुपमा धेरै चुनौति हुँदाहुँदै हामीले आफ्नो व्यवसाय विस्तार गरेर देखाइदियौ, उनले आफ्नो आत्मविश्वास देखाए ।
अहिले मैले हस्पिटालिटीको मात्रै कुरा गररहेको छु । फूडमा हामीले अझ ठूलो विस्तार गरिरहेका छौ । व्यवसाय विस्तारमा हामीलाई कल्पना(अनएजुमिङ) गरेकोले धेरै फाइदा पुग्यो । विश्वका व्यवसायीले हामीसँग धेरै अपेक्षा नगरेकोले व्यवसाय विस्तारमा फाइदा भयो, राहुलले भने । तर लगानीका लागि स्रोत जुटाउनु पनि त समस्या होला नी ? हाम्रो प्रश्नमा उनले भने, व्यवसाय भनेको तपाईसँग के छ भन्ने होइन । जतिपैसा पनि मान्छेसँग होला तर त्यसलाई नेटवर्कसँग जोडेर पुँजीकरण गर्न सकियो भने सोचेभन्दा बढी सफलता प्राप्त गर्न सकिन्छ ।
मेरो बुबाको सबैभन्दा ठूलो सम्पत्ति भनेको नेटवर्क नै हो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतको अध्यक्ष हुँदा विभिन्न फोरममार्फत विश्वव्यापी रुपमा नेटवर्क विस्तारमा सफलता मिलेको हो । उहाँले विस्तार गर्नुभएको नेटवर्क अत्यन्तै बलियो थियो । त्यही नेटवर्कमार्फत होटल विस्तार गर्न सहज भयो । विश्वको कुनैपनि ठाउँमा नेटवर्क भएकै कारण सजिलोसँग होटलमा लगानी गर्न बाटो खुलेको हो ।
नेपालमा त होटल खोल्न गाह्रो छ विदेशमा झन कति गाह्रो होला ? उनले जवाफ दिए, अफ्रिकाको रुवान्डाको होटल मार्चमा खोल्न लागेका छौ । हामीले युगान्डाको ठूलो व्यवसायीसँग साझेदारी गरेर रुवान्डामा होटल खोल्दैछौ । यो एकदमै गाह्रो तर राम्रो साझेदार भेटिएमा सजिलो व्यवसाय हो । ताजकै कुरा गर्ने हो भने हाम्रो सबैभन्दा राम्रो साझेदार हो । ताजसँगको साझेदारीमा दुवईमा होटल गरिरहेका छौ । ताजसँगै मिलेर फुकेटमा होटल खोल्न लागेका छौ ।
सुरुवातमा एउटा नेपाली कुनै पनि कन्फ्रेरेन्समा हुँदा केही सरप्राइज हुन्थ्यो । तर केही समयमै सबैजसोले हाम्रो बारेमा थाहा पाइसकेका छन् । अहिले उनीहरुले यो क्षेत्रकै ‘लार्ज होटेलिएयर’ भनेर हेर्ने गर्छन् । यो मेरा लागि गर्बको कुरा हो । विभिन्न बहुराष्ट्रिय कम्पनीका सिईओ भएको स्थानमा म हुने गर्छु । मेरो बुबालाई फोब्र्सले बक्ताको रुपमा बोल्न बोलाउँछ । मलाई विश्वकै ठूलो हस्पिटालिटी सम्मेलनमा बोल्न बोलाउँछ । उनीहरुले मसँग ‘प्रस्पेक्टिभ’ देखेर सम्मेलनमा बोलाएका हुन् । विश्वमै होटलमा एम्पाएर खडा गर्ने नेपाली भनेर केही अनुभव साटासाट गर्न मलाई बोलाएका होलान, होटलमा आफ्नो सफलता उनले सुनाए ।
हामी नेपाली भएर पनि ‘फस्ट विलेनियर फेमली’मा पुगेकै छौ । हाम्रो भिजन भनेको होटललाई पनि सबैभन्दा ठूलो कम्पनीको रुपमा विकास गर्ने हो, राहुलले भने त्यही भिजनबाट हामी फोब्र्सको सूचीमा अघि बढिरहेका छौ । हाम्रो कम्पनीको ‘भ्यालुएसन’ समेत बढ्दो क्रममा छ । यही हिसाबले व्यवसाय पनि विस्तार भएको छ ।
राहुले आफ्नो फेसबुक स्टाटसमा, अब अझ बढी ‘इज इन काठमाडौं’ लेखिने बताए । म अब नेपालमै बस्न सुरु गर्छु । मेरो हस्पिटालिटी विजनेशलाई एकीकृत (कन्सोलिडेड) गर्छु । कुराको बिट मार्दै उनले भने आई वान्टु वी विलेनियर होटेलिएर इन २०२५ ।
साभार:बिजमाण्डु
]]>
1973 0 0 0
ठमेल २४ सै घण्टा खुलाईने http://localhost/ghum/%e0%a4%a0%e0%a4%ae%e0%a5%87%e0%a4%b2-%e0%a5%a8%e0%a5%aa-%e0%a4%b8%e0%a5%88-%e0%a4%98%e0%a4%a3%e0%a5%8d%e0%a4%9f%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%88%e0%a4%a8%e0%a5%87/ Sun, 23 Aug 2015 14:52:46 +0000 http://www.ghumphir.com.np/?p=1976 काठमाडौँ, ६ भदौ ।
स्थानीय प्रशासनसँगको सहकार्यमा अबको दुई महिनापछि ठमेल २४ सै घण्टा खुलाईने भएको छ । ठमेल पर्यटन परिषद्ले दुई महिना भित्रमा आवस्यक तयारी पुरा हुने र त्यसपछि २४ घण्टा नै खुलाइने जनाएको छ । ठमेल क्षेत्रमा सोलार जडान गर्ने काम भइहेको छ, अन्य पूर्वाधार निर्माणको काम पनि चलिरहेको छ, परिषदका अध्यक्ष रामशरण थपलियाले भने, यति काम सकिएपछि २४ स घण्टा सञ्चालनमा आउँछ । पर्याप्त पूर्वाधार नबनाई ठमेललाई २४ घण्टा नै संचालन गर्दा त्यो प्रभावकारी र दीर्घकालसम्म नचल्ने भन्दै पहिले पूर्वाधार बनाउने उनले बताए ।
ठमेललाई २४ घण्टा नै चलाउने विषयमा सुरक्षा निकायसँग परिषदले विभिन्न चरणमा छलफल गरिसकेको छ भने प्रशासनले पनि ठमेललाई २४ घण्टा नै खोल्ने विषयमा पहिलो चरणको स्वीकृति दिइसकेको छ ।ठमेलमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाएर २४ घण्टा नै खुलाउने थपलियाले बताए । नेपालको प्रमुख पर्यटकीय क्षेत्र ठमेल २४ घण्टा नै खुले पहिलो क्षेत्र हुने छ ।
]]>
1976 0 0 0
४६ लाखभन्दा बढीको सुन पक्राउ http://localhost/ghum/%e0%a5%aa%e0%a5%ac-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a8-%e0%a4%aa%e0%a4%95%e0%a5%8d/ Sun, 23 Aug 2015 14:58:06 +0000 http://www.ghumphir.com.np/?p=1979

काठमाडौँ, ६ भदौ ।

त्रिभुवन विमानस्थलबाट प्रहरीले ११ टुक्रा तथा सात चुरा गरी एक किलो ४८ ग्राम सुनसहित १२ जनालाई प्रक्राउ गरेको जनाएको छ । दुबइको उडान नम्बर ५७३ मा दुबइबाट काठमाडौँ आगमन भएका उनीहरुले शनिबार राति भन्सार छली करिब रु ४६ लाख ३६ हजार ३५२ बराबरका सुन ल्याएका थिए ।

gold-barsपक्राउ पर्नेहरुमा सप्तरी बराह–७ नेगाडागाका सञ्जयदेव यादव, सिन्धुपाल्चोक केउरेनी–९ दुवाचौरका रमेश गिरी, इलाम पञ्चकन्या–४ का गोपालप्रसाद निरौला, सर्लाही मूर्तिया–३ का गोविन्दप्रसाद घिमिरे, काठमाडौँ बटुटोलका विजेश शाक्य, दोलखा ध्यावापानीका प्रकाश घतानी, सल्यान जिउला–३ का प्रवीन बस्नेत, सिन्धुपाल्चोक प्रभात बस्तीका युद्ध खड्का, तनहुँ गल्बुबेंशी १ का सुजित पौडेल, रुपन्देही शिवनगर–९ का विक्रम नेपाल, ललितपुर गोटीखेल–४ का दिनेश घले र ललितपुर धौगलका समिर महर्जन रहेका छन् । उनीहरुलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भन्सार जातपश्चात प्रिपेड ट्याक्सी काउन्टर अगाडि प्रहरीले जाँच गर्दा उक्त परिणामको चुरा र सुनको टुक्रा बरामद भएको थियो । बरामद सुनसहित उनीहरुलाई आवश्यक कानुनी कारबाहीको लागि भन्सार कार्यालय सिनामङ्गल पठाइएको प्रहरीले जनाएको छ ।

]]>
1979 0 0 0
गोकर्ण–सुन्दरीजल वाग्मतीमा बाढीको समस्या कम http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%80%e0%a4%9c%e0%a4%b2-%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%ae%e0%a4%a4/ Sun, 23 Aug 2015 15:03:34 +0000 http://www.ghumphir.com.np/?p=1982

काठमाडौँ, ६ भदौ ।

वाग्मतीको सुन्दरीजलदेखि गोकर्णसम्मको नौ किमी क्षेत्रमा व्यवस्थित तटबन्ध र दायाँबायाँ जाली बिच्छ्याइँदा वर्षामा आउने बाढीले कम प्रभावित हुने गरेको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले रु ६० करोडको लागतमा सुन्दरीजलदेखि गोकर्णसम्मको वाग्मती नदीलाई २०२१ सालको नापीअनुसार व्यवस्थित गरेपछि कम प्रभावित भएको हो । २०६६ फागुन ४ गतेदेखि २०७० असार मसान्तसम्ममा नौ किमीको क्षेत्रमा वाग्मतीलाई व्यवस्थित गर्ने काम सम्पन्न भएको थियो । गोकर्णमुनि दर्जनौँ स्थानमा वाग्मतीको बहाव अव्यवस्थित हुँदा बाढी बस्तीमा छिरी डुबानमा परिरहेका बेला यो क्षेत्रको वाग्मती व्यवस्थित देखिएको सुन्दरीजल–गोकर्ण वाग्मती सरोकार समितिका संस्थापक अध्यक्ष केशवप्रसाद पुडासैनीले जानकारी दिनुभयो । “सुन्दरीजल–गोकर्ण नौ किमीको वाग्मती नदीमा व्यवस्थित ढँगले दायाँ बायाँ बलियो तटबन्ध निर्माण गरिँदा बाढीबाट कम प्रभावित भएको छ, वाग्मती बग्ने भागमा पनि गहिरो चेक ड्याम र जाली बिच्छ्याइँदा वाग्मतीमा आउने बाढीले कम प्रभावित भएको हो”–उहाँले भन्नुभयो । वाग्मतीको बहाव न्यूनतम २० मिटर कायम गरी दायाँ बायाँ ५÷५ मिटर जाली भरिएको थियो । बढी बाढी आएका बेलामा नियन्त्रण गर्न सजिलो होस् भनी १५ ठाउँमा २८ मिटरको नदी बहाव क्षेत्र कायम गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर उत्सवकान्त मैनाली गोकर्णमाथिको वाग्मतीमा बाढी छिर्ने समस्या नभएको बताउनुहुन्छ । “भद्रवास जाने पुल निर्माण गर्न जाली नभरी छोडिएको स्थानमा बाढीले खोली तीनवटा जाली बगाएको छ, मेलम्ची पुलमुनिको ढकाल खहरेमा बालुवा निकालिएकाले वाग्मतीको बाढी खेतमा गएबाहेकको क्षति भएको छैन”–उहाँले भन्नुभयो । गोकर्णमुनिको अत्तरखेल माकालबारी जोड्ने वाग्मती पुलमा शनिबार रातिको वर्षाले बाढी आई आइतबारसम्म सवारी साधन र मानिस हिँड्न समस्या भएको स्थानीय अर्जुनप्रसाद दाहालले गुनासो गर्नुभयो ।

]]>
1982 0 0 0
हनुमन्ते खोलाले बच्चा बगायो http://localhost/ghum/%e0%a4%b9%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%87-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%9a%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a4%ac%e0%a4%97/ Sun, 23 Aug 2015 16:00:32 +0000 http://www.ghumphir.com.np/?p=1985

भक्तपुर, ६ भदौ ।

भक्तपुरको हनुमन्ते खोलाले आज साँझ १० वर्षीय एक बालकलाई बगाएको छ । भक्तपुरको बङ्शगोपालबाट बाराही हँुदै सूर्यविनायक जाने सडकमा रहेको हनुमन्ते खोला किनारामा खेल्दै गरेको भक्तपुर नगरपालिका–१६ बङ्शगोपालका भानुभक्त शिवाचार्यको१० वर्षका छोरा ईशान शिवाचार्यलाई खोलामा आएको बाढीले बगाएको हो । खोलाको बाढी बढेर सडक किनारासम्म आइपुगेको र खेल्दै गरेको बच्चा लडेर खोलामा खस्दा बगाएको अर्को बालकले बताएपछि घटनाका बारेमा परिवारले थाहा पाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिनुभयो । बालकको व्यापक खोजी गरेपनि हालसम्म नभेटिएको उहाँले जानकारी दिनुभयो । रा

]]>
1985 0 0 0
बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता http://localhost/ghum/%e0%a4%ac%e0%a5%82%e0%a4%a2%e0%a5%80%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80-%e0%a4%9c%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d-%e0%a4%86%e0%a4%af/ Sun, 23 Aug 2015 16:19:42 +0000 http://www.ghumphir.com.np/?p=1988

काठमाडौँ, ६ भदौ ।

ऊर्जा मन्त्री राधा ज्ञवालीले ऊर्जा सङ्कटलाई समाधान गर्न सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाअनुसार काम अगाडि बढाएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७२ अन्तर्गत ऊर्जा मन्त्रालयका सम्बन्धमा सांसद्हरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले बूढीगण्डकी आयोजना अगाडि बढाउन तत्काल रु ५८ अर्ब लाग्ने भएपनि कम बजेट विनियोजन भएकाले समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले रु २९ अर्ब सो आयोजनालाई दिन आग्रह ग¥यौँ, तर रु तीन अर्ब ३७ करोड विनियोजन भएकाले थप बजेट विनियोजन गर्न आग्रह गरिएको छ ।”

budhigandakiउहाँले सो आयोजनाको जग्गा अधिकरणको काम सुरु भएपछि थप बजेट व्यवस्था गरिने र आयोजना अगाडि बढाइने उल्लेख गर्नुभयो । सरकार ठूला र जलाशययुक्त आयोजना अगाडि बढाउन लागिपरेको उल्लेख गर्दै ऊर्जा सङ्कटलाई हल गर्न प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । भरपर्दो रुपमा विद्युत् उत्पादन गरी वितरण गर्न लामो समय लाग्ने भएकाले तत्कालका लागि सौर्य ऊर्जा र चिनी मिलबाट विद्युत् उत्पादन गर्ने कार्ययोजना अगाडि सारिएको उहाँको भनाइ छ । मन्त्री ज्ञवालीले आगामी हिँउदमा विद्युत्भार कटौती सकेसम्म १० घन्टामा सीमित गर्न प्रयास गरिने बताउनुभयो । ग्रामीण विद्युतीकरणलाई तीव्रता दिन उल्लेख्य बजेट वृद्धि, जलविद्युत् आयोजनाको अनुमतिपत्र वितरणमा सुधारको प्रयास गरिएको जानकारी दिँदै मन्त्री ज्ञवालीले ऐनमा नै संशोधन गर्ने प्रक्रिया सुरु गरिएको उल्लेख गर्नुभयो । सामुदायिक तथा अन्य ग्रामीण विद्युतीकरणलाई निरन्तरता दिन बजेटको व्यवस्था गरिएको र टान्सफर्मर, प्रसारण लाइन निर्माणलाई निरन्तरता दिइएको उल्लेख गर्नुभयो ।

]]>
1988 0 0 0
रुकुमका केही स्थानमा निषेधित क्षेत्र घोषणा http://localhost/ghum/%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%b9%e0%a5%80-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%b7/ Sun, 23 Aug 2015 16:29:36 +0000 http://www.ghumphir.com.np/?p=1991

रुकुम, ६ भदौ ।

जिल्ला प्रशासन कार्यालय रुकुमले व्यक्तिगत जीउधन तथा सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने सम्भावनालाई दृष्टिगत गरी आज साँझदेखि अर्को सूचना नभएसम्म सदरमुकाम आसपास निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सदरमुकामको पूर्वमा कालिकास्थान दोबाटो, पश्चिममा बिपी चोक, उत्तरमा कालिकास्थानबाट अदालत, जिल्ला विकास समितिको कार्यालय, सरकारी वकिलको कार्यालयसम्म जानेबाटो, दक्षिणमा कालिकास्थानबाट जिल्ला विकास समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय जाने बाटोसम्मको चार किल्ला तोकी अर्को आदेश नआएसम्मको लागि निषेधित क्षेत्र तोकेको हो । शान्तिपूर्ण तरिकाले माग पूरा नभएको भन्दै ४८ घण्टे अल्टिमेटममा उत्रिएका आन्दोलनकारीले आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा ढुङ्गा प्रहार गरेका थिए ।

]]>
1991 0 0 0
घर भत्किँदा बालिकाको मृत्यु http://localhost/ghum/%e0%a4%98%e0%a4%b0-%e0%a4%ad%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4/ Sun, 23 Aug 2015 16:34:11 +0000 http://www.ghumphir.com.np/?p=1994

रौतहट (गौर), ६ भदौ ।

रौतहटमा आज बिहान घर भत्किँदा एक बालिकाको ज्यान गएको छ । जटहरा गाविस–२ मा गरिब पण्डितको घर भत्किँदा रामविनोद पण्डितकी दुई वर्षकी छोरी काजल कुमारीको ज्यान गएको प्रहरीले जनाएको छ । घर भत्केर बालिकालाई थिचेको थियो ।

]]>
1994 0 0 0
माटोको सहर’ लोमान्थाङमा सफाइ http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%9f%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%b9%e0%a4%b0-%e0%a4%b2%e0%a5%8b%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be/ Mon, 24 Aug 2015 07:03:46 +0000 http://www.ghumphir.com.np/?p=1999 मुस्ताङ, ७ भदौ ।

‘माटोको सहर’ भनेर परिचित लोमान्थाङ उपत्यकामा बृहत् सरसफाइ गरिएको छ । उपत्यकाभित्र अवस्थित बस्ती वरपर प्रदूषण बढ्दै गएपछि सीमा प्रशासन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप), स्थानीय आमा समूह, नेपाली सेनालगायतको पहलमा आइतबार बृहत् सरसफाइ गरिएको हो । सरसफाइ अभियानमा करिब १५० जनाको सहभागिता रहेको छ । सरसफाइका क्रममा स्थानीय बजारबाट सङ्कलन भएको फोहरलाई जलाउनुका साथै ‘ल्यान्डफिल्ड साइड’ मा लगेर जलाइएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । फरक भू–बनोट, माटोले निर्मित घर तथा आवास गृहका कारण लोमान्थाङलाई माटो सहरका रुपमा चिनिन्छ । लोमान्थाङमा रहेको पूर्व राजपरिवारको दरबार र उपत्यकाको सबै घर, आँगन र सार्वजनिक स्थानमा पनि सरसफाइ गरिएको छ । स्थानीयलाई नियमित सरसफाइ गर्न प्रेरित गर्ने उद्देश्यले सफाइ गरिएको सीमा प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद ढकालले बताउनुभयो । लोमान्थाङ एकै गाउँमा रहेको गाविस पनि हो । “यहाँ बसोबास पनि धेरै छ र जनघनत्व पनि त्यहीअनुसारको छ”, ढकालले भन्नुभयो, “त्यसैले, फोहर बढ्ने हुँदा त्यसलाई नियमित रुपमा व्यवस्थापन गर्नुपर्छ ।”

]]>
1999 0 0 0
ऊर्जामा आयकर छुटको व्यवस्था http://localhost/ghum/%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%af%e0%a4%95%e0%a4%b0-%e0%a4%9b%e0%a5%81%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8/ Mon, 24 Aug 2015 16:31:31 +0000 http://www.ghumphir.com.np/?p=1499 काठमाडौँ, ७ साउन ।

सरकारले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको आकर्षण बढाउन २०८० सालसम्म जलविद्युत्को व्यापारिक रुपमा उत्पादन, प्रसारण र वितरण सुरु गर्ने अनुमति प्राप्त व्यक्ति वा निकायलाई पहिलो १० वर्षमा पूरै आयकर छुट दिएको छ । आर्थिक अध्यादेशमा त्यसपछिको पाँच वर्षसम्मका लागि ५० प्रतिशत आयकर छुटको व्यवस्था गरिएको छ । पहिले जलविद्युत्लाई मात्रै दिइएको यो सुविधा यस वर्षदेखि सौर्य, वायु तथा जैविक पदार्थको उत्पादन हुने विद्युत्लाई समेत प्रदान गरिएको छ । कुनै व्यक्तिले आफ्नो व्यावसायिक प्रयोजनका निमित्त आवश्यक पर्ने ऊर्जा शक्ति उत्पादन गर्न पुँजीकृत गरेको सम्पत्तिको पुँजीगत रकमको ५० प्रतिशत सोही वर्ष ह्रास खर्चबापत केही दाबी गर्न सक्नेसमेत व्यवस्था गरिएको छ । सहरी क्षेत्रमा सौर्य ऊर्जाको विकास गर्न विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले सहरी सौर्य ऊर्जा अनुदान तथा सरल कर्जा निर्देशिका लागू गरेको छ । नयाँ निर्देशिकामा १०० देखि १५० वाटसम्मका घरायसी सौर्य प्रणाली र एक हजार ५०० वाटभन्दा माथिका व्यापारिक प्रयोजनका लागि सौर्य प्रणाली जडान गर्न सुरुमा रु १५ हजार अनुदान प्रदान गरिने व्यवस्था छ । बाँकी रकम सहुलियतमा कर्जा सुविधा दिइने वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यकर्ता निर्देशक रामप्रसाद धितालले जानकारी दिनुभयो । सो अनुदान लिन ५०० वाट क्षमताभन्दा बढीको प्रणाली राखेको हुनुपर्नेछ । ग्रामीण नवीकरणीय ऊर्जा कोषको कार्यविधि एकीकृत भई सञ्चालनमा आएपछि अनुदान परिचालनमा सहजता आएको कार्यकारी निर्देशक धिताल बताउनुहुन्छ । ग्लोबल आइएमइ वैकल्पिक केन्द्रले अनुदान प्रवाह गरिरहेको छ ।

]]>
1499 0 0 0
डोल्पा–जाजरकोट सडकखण्डको एक सय किलोमिटर ट्र्याक खुल्यो http://localhost/ghum/%e0%a4%a1%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%be-%e0%a4%9c%e0%a4%be%e0%a4%9c%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%96%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95/ Mon, 24 Aug 2015 07:22:56 +0000 http://www.ghumphir.com.np/?p=2002 त्रिपुराकोट (डोल्पा), ७ भदौ ।

डोल्पालाई केन्द्रीय सडक सञ्जालसँग जोड्नका लागि निर्माण कार्य थालिएको डोल्पा जाजरकोट सडकखण्डको १०० किमि ट्र्याक खुला भइसकेको छ । सडकखण्डको जम्मा ११८ किमिमध्ये १०० किमि सडकखण्डको निर्माण कार्य भइसकेको सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताउनुभयो । नेपाली सेनाले जिम्मा लिएको डोल्पा–जाजरकोट जोड्ने सडकखण्डको १८ किमि मात्र भएकाले निर्माण कार्य ढिलाइ भइरहेको उहाँले बताउनुभयो । जाजरकोट–डोल्पा सडकखण्ड आसपासका सर्वसाधारणको जनजीवनको सहजताका लागि जाजरकोट विभिन्न ठाउँमा महिन्द्रा जिप तथा ट्र्याक्टर सञ्चालन भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष मात्रै रुकुमको राडिज्युलादेखि जाजरकोटको तल्नुबगरसम्मको एक दिनका पैदल बाटोमा जीप सञ्चालन गरिएकाले दैनिक उपभोग्य वस्तुको सहज उपलब्ध हुनुका साथै सामानको मूल्य घट्नुका साथै सर्वसाधारणलाई आवतजावतका लागि पनि सहज भएको उहाँले बताउनुभयो । तल्नुबगरमा जिप सञ्चालन भएपछि सर्वसाधारणको जीवनस्तरमा सुधार हुनुका साथै एकदिनको पैदल बाटो दुई घन्टामै पार हुने जाजरकोट खगेनकोटका स्थानीय भीमप्रसाद शर्माले बताउनुभयो । रुकुम जाजरकोटका केही स्थानमा सर्वसाधारणका सहजताका लागि सञ्चालन गरिएको सडक यातायातले डोल्पालीलाई पनि राहत भएको छ र सामानको मूल्य घट्नुका साथै सामान ढुवानीमा पनि सहज भएको खच्चड व्यवसायीले बताएका छन् । सडक निर्माण कार्य तीव्ररुपमा चलिरहेकाले आउँदो असोज महिनाभित्र रुकुम जिल्लाको मन्काबगरमा जिप सञ्चालन गर्ने तयारी भइरहेको पहाडीले बताउनुभयो ।

dolpa sadakउहाँका अनुसार सरकारले पर्याप्त बजेट छुट्याई आगामी वैशाख महिनाभित्र रुकुम र डोल्पाको सिमानामा पर्ने त्रिवेणीमा सडक पु¥याउन सकिनेसमेत जानकारी दिनुभयो । त्रिवेणीमा सडक पुग्नेबित्तिकै डोल्पालीको जनजीवनमा पनि सहजता आउने तथा डोल्पालीले एकदिनमै गाडी भेटाउने भएकाले नेपालगन्ज–सुर्खेत जानका लागि चार पाँच दिन हिँड्नुपर्ने बाध्यता हराउनुका साथै डोल्पाबाट दुई दिनमै नेपालगन्ज, सुर्खेत पुगिनेसमेत बताउनुभयो । यस आवमा सरकारले डोल्पा–जाजरकोट मोटरबाटो विस्तारका लागि रु १५ करोड मात्र रकम विनियोजन गरेकाले रकम अभावका कारण सडक निर्माणको काम सुस्ताउन सक्ने डोल्पा–जाजरकोट सडक निर्माण कार्यालयका प्रमुख पहाडीले जानकारी दिनुभयो । देशका हरेक जिल्लामा सडक सुविधा भए पनि विकट कर्णालीका डोल्पा र हुम्लामा भने अझै सडक सञ्जालको पहुँच छैन । डोल्पा–जाजरकोट सडक विस्तार गर्न नेपाली सेनाले जिम्मा लिएको र सरकारको नीतिअनुसार दुई वर्षमै सडकको पहुँच पु¥याउन सरकारले विनियोजन गरेको रकमले सरकारी नीति पूरा गर्न नसकिने भएकाले तोकेकै समयमा मोटरबाटो पु¥याउन सरकारले थप बजेटको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । बाँकी रहेको अठार किलोमिटर सडकखण्ड भौगोलिकरुपमा विकट तथा पहरो भएकाले सरकारले तय गरेको नीतिअनुसार दुई वर्षमै सडक पु¥याउन सरकारले आवश्यक मात्रामा बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनुभयो । विशेषतः सरकारले बजेट विनियोजन गर्दा भागबन्डाको हिसाबमा बजेट विनियोजन नगरी सुगम, दुर्गम तथा जिल्लाको भौगोलिक अवस्थालाई ख्याल गरेर मात्र बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनुभयो ।

]]>
2002 0 0 0
तस्करीकाे आरोपमा लिम्बुवान पार्टीका कमाण्डर पक्राउ http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%86%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%81%e0%a4%b5/ Mon, 24 Aug 2015 07:29:45 +0000 http://www.ghumphir.com.np/?p=2005 पानीट्याङ्की (मोरङ), ७ भदौ ।

काठ तस्करी गरेको आरोपमा प्रहरीले सङ्घीय लिम्बुवान पार्टी नेपाल मोरङका एक कमाण्डरलाई पक्राउ गरेको गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ती टोलीले लिम्बुवान भोलेन्टियर्सका मोरङ कमाण्डर सबिन भन्ने तुलबहादुर चेम्जोङलाई आइतबार राति पक्राउ गरेको हो । आइतबार राति ११ बजेतिर पिकअप भ्यानमा चिरान काठ तस्करी गरेर ल्याउँदै गर्दा कमाण्डर चेम्जोङलाई उर्लाबारी– ६, थापाचोकबाट पक्राउ गरिएको इप्रका उर्लाबारीका निरीक्षक श्रीराम भण्डारीले जानकारी गराउनुभयो । प्रहरीका अनुसार राति पिकअप भेनमा चिरान सालको ४७.२६ क्युफिट काठसहित उनलाई अस्थायी प्रहरी चौकी मङ्गलबारेका प्रहरी सहायक निरीक्षक भीमबहादुर भुजेल नेतृत्व टोलीले पक्राउ गरेको थियो । तस्करीमा संलग्न भएको आरोपमा को१च ६९९२ नंको बुलेरो पिकअप र मे६प २४५ नंको पल्सर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पिकअप म्यानको पछाडि मोटसाइकलमा सुरक्षा दिँदै आएका लिम्बुवानका कमाण्डर सविनले यो लिम्बुवानको काठ हो भन्दै छोड्न धम्की दिएपछि उनलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिनुपरेको प्रहरीको भनाइ छ । उनी यसअघि पनि पटकपटक काठ तस्करीमा संलग्न रहँदै आएको र फरार अभियुक्त पनि रहेको इलाका वन कार्यालय मङ्गलबारेबाट थाहा भएको छ । पक्राउ गरिएको काठ र कमाण्डरलाई आवश्यक कारबाहीका लागि प्रहरीले इलाका वन कार्यालय मङ्गलबारेमा बुझाएको जनाएको छ

]]>
2005 0 0 0
बन्दले इलाममा करोडौंको क्षति http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%87%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a5%8c%e0%a4%82%e0%a4%95%e0%a5%8b-%e0%a4%95/ Mon, 24 Aug 2015 07:55:22 +0000 http://www.ghumphir.com.np/?p=2008 इलाम, ७ भदौ ।

केही दिनयता निरन्तररुपमा भइरहेको बन्दले इलाममा दैनिक करोडौँको क्षति भएको छ । नयाँ बन्ने संविधानमा धर्म निरपेक्षता कायम गर्नुपर्ने, पहिचानसहितको संविधान जारी गर्नुपर्नेलगायतका माग राख्दै विभिन्न दल तथा आदिवासी जनजाति महासङ्घलगायतले गरेको बन्दका कारण उद्योग, कलकारखाना, यातायात, पसल सञ्चालन नहुँदा रु छ करोडभन्दा बढी क्षति भएको उद्योग वाणिज्य सङ्घ इलामले जनाएको छ । आफ्ना माग पूरा गराउने बहानामा गरिएका यस्ता बन्दका कारण विशेषगरी दैनिक कमाएर खाने तल्लो तहका मजदुर र व्यापारीलाई मार परेको सङ्घले उल्लेख गरेको छ । चिया, दूध, तरकारी ढुवानी गर्ने गाडी चल्न सकेका छैनन् । बन्दकर्ताले चिया, दूध, तरकारी ढुवानी गर्न दिने बताए पनि दुग्ध विकास संस्थान विराटनगरबाट गाडी नआउँदा दैनिक २५ हजार लिटरभन्दा बढी दूध खेर गइरहेको छ । दूध मात्रै दैनिक रु ५० लाख मूल्यभन्दा बढीको क्षति भइरहेको दुग्ध चिस्यान केन्द्रले जनाएका छन् । ग्रामीण भेगबाट गाडी नचल्दा हरियो पत्ती, तरकारी बोकाएर कारखाना र बजारसम्म ल्याउन नसक्दा उत्पादनस्थलमै खेर गइरहेको बताइएको छ । यहाँको तरकारीको बजार झापाको चारआली, विर्तामोड हो । तर उत्पादित तरकारी झापासम्म पु¥याउन नसक्दा तरकारीबाट समेत दैनिक लाखौँ रुपैयाँ क्षति भइरहेको किसानले बताएका छन् । किसानले उत्पादन गरेको हरियोपत्ती प्रशोधन नहुँदा साना ठूला गरी ६० वटा चिया कारखाना बन्द छन् । चिया क्षेत्रमा समेत दैनिक रु एक करोड बढीको क्षति भइरहेको सञ्चालकले बताएका छन् । फाकफोकको तीनजुरे चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक सोम शर्मा भन्नुहुन्छ “ बन्दले कारखानामा रु २० लाखभन्दा बढीको क्षति भएको छ ।” बन्दले कारखानाका मजदुरलाई तलब खुवाउनसमेत समस्या पर्ने कारखानाले जनाएका छन् । बन्दले बजार, पसल, कलकारखाना खुलेका छैनन् । इलाम उद्योग वाणिज्य सङ्घका अनुसार इलाम नगरपालिकाभित्र मात्र दुई हजार र फिक्कल, मङ्गलबारे र दानाबारी शाखामा एक हजार ५०० गरी करिब तीन हजार ५०० पसल बन्द हुँदा रु चार करोडभन्दा बढीको क्षति भएको छ ।

]]>
2008 0 0 0
गोरखा दरबारको मर्मत सकियो, भक्तजनका लागि खुल्ला http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%b0%e0%a4%96%e0%a4%be-%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%a4-%e0%a4%b8%e0%a4%95%e0%a4%bf%e0%a4%af/ Mon, 24 Aug 2015 08:01:07 +0000 http://www.ghumphir.com.np/?p=2010 गोरखाबजार, ७ भदौ ।

विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरबारस्थित गोरखकाली मन्दिर भक्तजनका लागि आजदेखि खुल्ला गरिएको छ । सुरक्षाको अवस्था देखाउँदै यसअघि दरबार हेरचाह अड्डाले सूचना जारी गरेर भक्तजनलाई दरबार क्षेत्र प्रवेश गर्न रोक लगाएको थियो । भूकम्पले भत्काएको गोरखनाथ मन्दिर, कालिकाको मन्दिर, गोरखा दरबार, पर्खाल मर्मत गरेपछि नियमित पूजाका लागि खुल्ला गरिएको दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले जानकारी दिनुभयो ।

gorkha-darbar“पुरातत्व विभागले पठाएको रु २५ लाखले पहिलो चरणको मर्मत गरियो” भट्टराईले भन्नुभयो, “गोरखकाली मन्दिरमा बलि पूजा र गोरखनाथ मन्दिरमा पूजाआजाका लागि खुल्ला गरिएको हो ।” भूकम्पले गोरखा दरबारको झिँगटी, पर्खाल, टुँडाल, गोरखनाथ गुफा मन्दिरका साथै रोट पोल्ने ठाउँ, पशुपति, गुहृेश्वरीको मन्दिरमा क्षति पुगेको थियो । “दरबार क्षेत्र मर्मतका लागि करोडौँ बजेट आवश्यक पर्छ” भट्टराईले भन्नुभयो, “गोरखा दरबारको आँगन करिब तीन इन्च तल धसिएको छ ।” दरबार क्षेत्रभित्र रहेको चौघेरा मन्दिरको मर्मत गरिएको छैन । साथै चौघेरा दरबार नजिकै रहेको गणेशको मन्दिर पनि पुनःनिर्माण गर्न बाँकी रहेको भट्टराईले बताउनुभयो । कालीकाको मन्दिरमा दिनहुँ ३०० भन्दा बढी भक्तजन पूजाआजाका लागि आउने गर्छन् । प्रत्येक अष्टमीमा भक्तजनको भीड लाग्ने गोरखकाली मन्दिरमा केही वर्षअघिदेखि दिनहुँजसो बलि पूजा हुन्छ ।

]]>
2010 0 0 0
बन्द हडतालप्रति लेखनाथ उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%b9%e0%a4%a1%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf-%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%89/ Mon, 24 Aug 2015 08:05:09 +0000 http://www.ghumphir.com.np/?p=2013 पोखरा, ७ भदौ ।

संविधान निर्माणको अहिलेको महत्वपूर्ण घडीमा सबै राजनीतिक दल, वर्ग, समुदाय, पेसा व्यवसायी मिलेर आ–आफ्नो स्थानबाट संविधान छिटो ल्याउन सहयोग गर्नुपर्नेमा मुलुकका अधिकांश भागमा जारी बन्द हडतालप्रति लेखनाथ उद्योग वाणिज्य सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । बन्द हडतालले देशको अर्थतन्त्रमा दैनिक रु दुई अर्बभन्दा बढी घाटा पार्ने वर्तमान परिस्थितिमा विभिन्न समूहबाट आयोजना हुने बन्द र हडतालका कारण उत्पन्न परिस्थिति देशको अर्थतन्त्र तथा निजी क्षेत्रले धान्नै नसक्ने भन्दै सङ्घद्वारा आज प्रकाशित विज्ञप्तिमा अधिकार खोज्दा अर्काको अधिकार ख्याल नगरी बन्द हडताल गर्नेप्रति सङ्घ सदैव विरोध गर्दछ भनिएको छ । सङ्घका अध्यक्ष बाबुराम गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नागरिकको जनजीवन तथा देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने गरी आह्वान गरिएको बन्द हडताल फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गर्दै बन्द र हडतालजस्ता गतिविधि सधैँका लागि बन्द गर्न तथा जायज माग राख्ने बन्दको वैकल्पिक बाटो खोज्न सम्बन्धित पक्षसँग सङ्घले हार्दिक अनुरोध गरेको छ ।

]]>
2013 0 0 0
पुनः निर्माणमा बजेट अभाव नहुने :अर्थमन्त्री डा महत http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5/ Mon, 24 Aug 2015 14:36:14 +0000 http://www.ghumphir.com.np/?p=2016

काठमाडौँ, ७ भदौ ।

अर्थमन्त्री डा रामशरण महतले पुनः निर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७२ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले चालु बजेट पुनः निर्माणमा नै केन्द्रित रहेको जानकारी दिनुभयो । पुनः निर्माण प्राधिकरणले पूर्णता पाइसकेको हुँदा अब पुनः निर्माणको काम अगाडि बढ्ने विश्वास व्यक्त गर्दै अर्थमन्त्री डा महतले राष्ट्रिय गौरवका आयोजना, शिक्षा तथा स्वास्थ्य जस्ता सामाजिक क्षेत्रलाई बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । बूढीगण्डकी आयोजना, पुष्पलाल लोकमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला आयोजनामा थप रकम दिन अर्थमन्त्रालय तयार रहेको उहाँले बताउनुभयो । “ठूला आयोजनाका लागि विनियोजित रकम खर्च गरेर देखाउनुहोस्, बीचमा रकम अभाव भयो भने थप हुन्छ”, अर्थमन्त्री महतले भन्नुभयो । बजेट खर्च गर्ने क्षमता बृद्धि गर्न आवश्यक भएकामा जोड दिँदै अर्थमन्त्री डा महतले विषयगत मन्त्रालयमा राखिएको विनियोजित बजेटमा वृद्धि हुने जानकारीसमेत दिनुभयो । स्थानीय निकायको निर्वाचनका लागि बजेट राखिएको, वैदेशिक सहयोगको निर्भरता कम गर्दै जाने नीति सरकारको रहेको बताउँदै अर्थमन्त्री डा महतले भन्नुभयो, “ व्यापार घाटा कम गर्दै लगानीको वातावरण तयार गर्न सरकार तयार छ ।” प्रत्यक्ष तथा समानुपातिक सांसदमा विभेद नगरिएको भन्दै अर्थमन्त्री डा महतले आर्थिक विकास र समृद्धिका लागि नै नयाँ सोचका साथ बजेट आएको स्पष्ट पार्नुभयो । उहाँले सात हजार किलोमिटर सडकबाट हाल ६० हजार किलोमिटर सडक पुगेको भन्दै काम गर्ने संस्कृतिको विकास गर्न आग्रह गर्नुभयो । “बजेट भाषणले मात्र विकास हुँदैन, सिर्जनशीलता चाहियो, काम गर्ने क्षमता बढाउनुप¥यो”, अर्थमन्त्री डा महतले भन्नुभयो । द्वन्द्वका समयमा बन्द भएका बैंकलाई पुनः स्थापित हुने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो । अर्थमन्त्री डा महतले यस वर्ष बजेट चाँडो कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो ।

]]>
2016 0 0 0
पाइपलाइन सम्झौताले बीस वर्षदेखिको सपना साकार http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%aa%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a8-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%9d%e0%a5%8c%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a5%80%e0%a4%b8-%e0%a4%b5/ Mon, 24 Aug 2015 14:43:36 +0000 http://www.ghumphir.com.np/?p=2019

काठमाडौँ, ७ भदौ ।

पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल र भारतबीच रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजनामा भएको सम्झौताले २० वर्षदेखिको सपना साकार भएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले सोमबार एक समारोहबीच हस्ताक्षर गर्नुभएपछि दुई देशबीच बहुप्रतिक्षित सो परियोजनाले मूर्त रुप लिन लागेको हो । हस्तारक्षरपछि वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले २० वर्षदेखिको सपनाका रुपमा रहेको पाइपलाइन परियोजना साकार भएको बताउनुभयो । उहाँले परियोजना निर्माणपछि नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज र लागतसमेत कम हुने दाबी गर्नुभयो । मन्त्री थापाले भन्नुभयो, “परियोजनाको निर्माण अवधि ३० महिनाको समय तोकिएको भए पनि त्यसअघि नै निर्माण कार्य सम्पन्न हुनेछ ।” विनाशकारी भूकम्पका समयमा भारत सरकारले नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन गरेको सहयोगप्रति आभार गर्दै उहाँले पाइपलाई विस्तार कार्यले दुई मुलुकबीचको पेट्रोलियम पदार्थको व्यापार सहज हुने उल्लेख गर्नुभयो । कुल रु चार अर्ब ४० करोड लागतमा निर्माण हुने ४१ किलोमिटर लम्बाइको सो पाइपलाइन परियोजनामा नेपाल र भारत सरकारको संयुक्त लगानी रहनेछ । भारतमा दुई किमी र नेपालमा ३९ किमी लम्बाई रहने सो परियोजना निर्माणमा भारतको रु तीन अर्ब २० करोड र नेपालको एक अर्ब २० करोड लागत रहने नेपाल आयल निगमले बताएको छ । पाइपलाइन विस्तारपछि बन्द र आन्दोलनका समयमा पनि मुलुकमा पट्रोलियम पदार्थको आपूर्तिमा कमी नहुने र यसले वार्षिक करिब रु ७० करोड यातायात लागत घटाउने अनुमान गरिएको छ । साथै वीरगन्ज सिमानामा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको समेत ट्राफिक जाम नहुने भएको छ ।

sunal bahadur thapa-8हस्ताक्षरपछि भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला वाचा गरेअनुसार पाइपलाइन निर्माणसम्बन्धी सम्झौता भएको स्पष्ट पार्नुभयो । उहाँले दुबै सरकारको प्राथमिकतामा रहेको सो परियोजनाको निर्माणले महत्वपूर्ण आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । बीस वर्षदेखिको बहुप्रतिक्षित परियोजना साकार हुन लागेको ऐतिहासिक क्षण भएको उल्लेख गर्दै राज्यमन्त्री प्रधानले सो परियोजनालाई भारतको मन्त्रिपरिषद्ले पारित गरेर अघि बढाएकाले निर्धारित समयमै सम्पन्न हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सन् १९७५ देखि नै सहकार्य गरेर अगाडि बढेका दुबै मुलुकका आयल निगमले लामो समयदेखि पाइपलाइन विस्तारको परियोजना अघि बढाउने चर्चा गरे पनि अबको ३० महिनापछि परियोजना सम्पन्न हुनेछ ।” दुई मुलकका जनताबीच भावनात्मक सम्बन्ध गाँसिएको भन्दै राज्यमन्त्री प्रधानले खाना पकाउने ग्यासको सहज आपूर्तिबाट धुवाँको सिकार भइरहेका नेपाली महिला तथा बालबालिकाको मुक्तिका लागि पनि मिलेर काम गर्न सकिने बताउनुभयो । पाइपलाइन अन्तर्राष्ट्रिय मापदण्डको सुरक्षित प्रविधियुक्त हुनेछ । परियोजना सम्पन्न भएपछि मुलुकका लागि आवश्यक ८० प्रतिशत पेट्रोल र डिजेल पाइपबाटै आयात हुनेछ । त्यसैगरी करिब ९५ प्रतिशत हवाई इन्धन र मट्टितेलको आवश्यकता पनि पाइपबाटै आपूर्ति गरिनेछ । पाइपलाइनको निर्माणपछि प्रदूषण कम हुने र वीरगन्ज–अमेलखगन्ज सडकको स्तरोन्नति गरिने बताइएको छ । मुलुकलाई ऊर्जामा सक्षम बनाउन परियोजनाले महत्वपूर्ण भूमिका खेल्नेछ । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले दुई मुलुकबीच सम्झौतापछि परियोजना कार्यान्वयन गर्न निगमले भारतीय आयल निगमसँग मिलेर काम गर्नेे बताउनुभयो । परियोजनालाई मूर्तरुप दिनका लागि दुई देशका आयल निगमबीच तेस्रो पक्षलाई समावेश गराउने सम्बन्धमा सम्झौता हुने उहाँले जानकारी दिनुभयो । निगमले चाँडोभन्दा चाँडो परियोजना कार्यालय स्थापना गरेर जग्गा प्राप्तिका लागि पहल गर्ने जनाएको छ । त्यसपछि छ महिनाभित्र विस्तृत रुपमा इन्जिनियरिङ अध्ययन गरेर टेन्डर आह्वान गरिने कार्यकारी निर्देशकले बताउनुभयो । दोस्रो चरणमा पाइपलाइन काठमाडौँ निजगढ द्रुतमार्गबाट राजधानीसम्म जोडिने निगमको योजना रहेको छ । जमिनमुनि सडकको किनारबाट पाइप ल्याइने भएकाले जग्गा मुआब्जामा खासै समस्या नहुने बताउँदै उहाँले भारतले आफ्नो विभिन्न राज्यमा हालसम्म सोही प्रकारको ११ हजार किलोमिटरभन्दा बढी पाइपलाइन विस्तार गरिसकेको जानकारी गराउनुभयो । परियोजनाको बीचमा पर्ने १२ किलोमिटर जङ्गलको सम्बन्धमा समेत सरकारसँग कुरा भइरहेको निगमले जानकारी गराएको छ । सो पाइपलाइन अमलेखगन्जबाट निजगढ हुँदै काठमाडौँसम्मको द्रुतमार्गसँगै सय किलोमिटरको पाइपलाइन विस्तार गरिने बताइएको छ । त्यसैगरी अर्को ८० देखि सय किलोमिटर पाइपलाइन विस्तार गरी नेपालका प्रमुख सहरमा पोखरा, भैरहवा, बुटवल, धादिङ लगायतलाई जोड्ने गरी चितवनसम्म विस्तार गर्न सकिने नेपाल आयल निगमले जनाएको छ । परियोजनाको निर्माणसँगै हाल अमलेखगन्जमा रहेको डिपोलाई पनि आधुनिकीकरण गरिने भएकाले पेट्रोल, डिजेल र हवाई इन्धनको भण्डारण क्षमता विस्तार गर्न सकिने जनाइएको छ । यो परियोजना सम्पन्न भएलगत्तै अमेलखगन्ज नेपालकै पेट्रोलियम पदार्थ आपूर्तिका लागि महत्वपूर्ण केन्द्रका रुपमा विकास हुनेछ ।

]]>
2019 0 0 0
रक्सौल–अमलेखगञ्ज पाइपलाइन सम्झौता http://localhost/ghum/%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%8c%e0%a4%b2-%e0%a4%85%e0%a4%ae%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%aa%e0%a4%b2%e0%a4%be-2/ Mon, 24 Aug 2015 15:26:35 +0000 http://www.ghumphir.com.np/?p=2022 नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न नेपाल र भारतबीच रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजनाको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षरपछि भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले प्रदान गर्नुभएको मायाको चिन्ह ग्रहण गर्नुहुँदै वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा ।

]]>
2022 0 0 0
“भेडा आमा” http://localhost/ghum/%e0%a4%ad%e0%a5%87%e0%a4%a1%e0%a4%be-%e0%a4%86%e0%a4%ae%e0%a4%be/ Mon, 24 Aug 2015 15:32:53 +0000 http://www.ghumphir.com.np/?p=2027 2027 0 0 0 ८ लाख ८१ हजार किलो कन्डम आयात http://localhost/ghum/%e0%a5%ae-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a5%ae%e0%a5%a7-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%ae-%e0%a4%86%e0%a4%af/ Mon, 24 Aug 2015 15:40:10 +0000 http://www.ghumphir.com.np/?p=2030 काठमाडौँ, ७ भदौ ।

स्वदेशमा उत्पादन नहुने र वर्षेनी माग बढ्दै गएपछि पुरुष गर्भनिरोधक ‘कन्डम’ आयातबाट वर्षेनी करोडौं रुपैयाँ विदेशिने गरेको भन्सार तथ्यांकले देखाएको छ ।बीरगंज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्र यो नाका हुँदै ३१ करोड १६ लाख ४७ हजार रुपैयाँ बराबरको ८ लाख ८१ हजार किलो कन्डम आयात भएको छ ।अघिल्लो आर्थिक वर्षमा भने २८ करोड ९० लाख ३२ हजार रुपैयाँ बराबरको ३ लाख ३५ हजार किलो आयात भएको थियो ।

condomयसरी आयात हुने कन्डममध्ये बढी जसो भारत र चीनबाट आयात हुने गरेको बीरगंज भन्सारका प्रवक्ता शुसीलप्रसाद शर्मा बताउँछन् । गर्भनिरोधक सामाग्रीको आयात गर्दा भन्सार सुविधा पाइन्छ । यस्ता सामाग्री आयात गर्दा प्रत्येक इन्भ्वाइस (बिल) मा जतिसुकै परिमाणमा आयात गरेपनि प्रति इन्भ्वाइस ५ सय रुपैयाँ भन्सार सेवा दस्तुर र ६५ रुपैयाँ मूल्य अभिवृद्धी कर गरी जम्मा ५ सय ६५ रुपैयाँ मात्र लाग्छ ।त्यसैले ठूलो परिमाणमा आयात हुँदा पनि यसको आयातबाट गत आर्थिक वर्षमा यो भन्सारले ५९ हजार र अघिल्लो आर्थिक वर्षमा ७६ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजको चर्म तथा यौन रोग विभाग प्रमुख अतुलेश चौरसिया नेपाल सरकारकै अधिनस्थ सिआरएस कम्पनीले अमेरिकामा निर्मित प्यान्थर ब्राण्डको कन्डम आयात गर्दै आएको बताउँछन् ।

‘विश्वव्यापी रुपमा यो सस्तो मूल्यमा पाइने सहज पुरुष गर्भ निरोधक हो,’ उनले भने, ‘पछिल्लो २ दशकमा एचआइभी/एड्स तथा अन्य यौनजन्य रोग(सेक्सुएल ट्रान्समिटेड डिजिज) हरु पनि देखिन थालेपछि गर्भनिरोधक मात्र नभई यौन रोगबाट बच्नका लागि पनि यसको प्रयोग व्यापक प्रयोग हुन थालेको हो ।’ यसको वर्षेनी आयातबाट विश्वव्यापी रुपमा पुरुष गर्भनिरोध साधनको रुपमा बनेको कन्डम नेपाली समाजमा पनि प्रयोग र व्यापकता बढै गएको बुझ्न सकिने डा.चौरसियाको तर्क छ ।‘यसको अन्य कुनै प्रयोग वा प्रयोजन पनि छैन,’ उनले भने, ‘विवाहित तथा अविवाहित जोडीले यसको प्रयोग गर्ने हो, यसबाट नेपाली समाज पनि आधुनिकता तर्फ बढदै छ भन्ने कुरो पनि बुझ्न सकिन्छ ।’ यसको प्रयोगले यौन तथा चर्मरोग घट्ने र जनसंख्या वृद्धीको चापलाई सन्तुलनमा राख्ने उनको भनाई छ ।

]]>
2030 0 0 0
पुनर्निर्माण कार्य प्रभावकारी बनाउन हस्तक्षेप हुन नहुने http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be/ Mon, 24 Aug 2015 15:49:27 +0000 http://www.ghumphir.com.np/?p=2033 काठमाडौँ, ७ भदौ ।

भूकम्पपछिको पुनर्निर्माण कार्य प्रभावकारी बनाउन राजनीतिक हस्तक्षेप हुन नहुने सरोकारवालाले बताएका छन् ।भूकम्प पछिको दु्रत पुनर्निर्माण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने राजनीतिक दलका नेता, उद्योगी व्यावसायी र सरकारी अधिकारीहरूले यस्तो धारणा राखेका हुन् ।भूकम्प पछिको पुनर्निर्माणको जगमा नवनिर्माण गर्नुपर्नेमा अधिकांशको जोड थियो । नवनिर्माण र राजनीतिक हस्ताक्षेप नहुनका लागि विभिन्न विकल्प प्रस्तुत गरेका छन् ।

कांग्रेस सभासद गगन थापाले स्थानीय निकायको निर्वाचन तत्काल गर्नुपर्नेमा जोड दिए । ‘निर्वाचन गरेनौं भने पुनर्निर्माणको काम प्रभावकारी बन्न सक्दैन,’ आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘जवाफदेहिता नभएको कुनै पनि संयन्त्रले प्रभावकारी काम गर्न सक्दैन ।’पार्टीका कार्यकर्ता स्वयंसेवी अभियानमा परिचालन गर्नुपर्ने उनको धारणा छ ।

‘सहमतीय सरकार निर्माणको कुरा भइरहेको छ । सहमतिको सरकार बनाउनु हुन्न,’ उनले भने, ‘बलियो प्रतिपक्ष चाहिन्छ । संसदीय अभ्यासमा जाने । प्रतिपक्ष भएन भने सरकारले प्रश्नको जवाफ नै दिन पर्दैन । प्रभावकारी कामका लागि समेत प्रतिपक्ष चाहिन्छ ।’

पुनर्निर्माणको काम स्थानीय समुदायको सहभागितामा गर्नुपर्ने धारणा राखे । एमाले सभासद रवीन्द्र अधिकारीले पुनर्निर्माणको काममा माथिल्लो र तल्लो तहमा राजनीतिक हस्तक्षेप हुन नहुने बताए ।‘राजनीतिक हस्तक्षेप कम गरेर व्यावसायिक बन्न सकेनौं भने अघि बढिँदैन,’ उनले भने, ‘त्यसका लागि दलहरूभित्र नै लोकतन्त्र, सुशासन कायम राख्न सकेनौं भने राजनीतिक सकारात्मक हुनै सक्दैन ।’

अर्थमन्त्री रामशरण महतले बजेट कम भयो भन्न नमिल्ने धारणा राखे । प्राधिकरण गठनमा केही ढिलाइ भए पनि काममा भने ढिलाइ नभएको महतको दाबी थियो ।‘वर्षा लाग्यो । काम हुने सम्भावना भएन । प्रतिबद्धता आएको छ । आयोजनामा परिवर्तन गर्ने काम भइरहेको छ,’ उनले भने,‘मन्त्रालयहरूले पनि केही गैरसरकारी निकायहरूसँग एमओयू गरेर काम अघि बढाइरहेका छन् । मन्त्रालयहरूले नै काम गर्ने गरी १७ अर्ब रुपैयाँ बजेट विनियोजन पनि गरेको छु ।’

earthquakeeप्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले पुनर्निर्माणका लागि धेरै चुनौती रहेको बताए ।

चुनौतीको विषयमा विभिन्न विकल्पहरूसमेत पोखरेलले कार्यक्रममा प्रस्तुत गरेका छन् । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले पुनर्निर्माणको काम सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा अघि बढाउनुपर्ने धारणा राखे ।उनले पीपीपी मोडल स्थापित नै नभएको जनाउँदै सरकारलाई निजी क्षेत्रको विश्वास गर्न अनुरोध गरे । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले सरकारसँग सहकार्य गरेर अघि बढ्न निजी क्षेत्र तयार रहेको बताए ।‘हामीलाई पनि काम गर्ने अधिकार र जिम्मेवारी दिइयोस्,’ उनले भने, ‘भूकम्पले घर मात्रै भत्किएको छैन । जीवनस्तर पनि भत्किएको छ । सुधार गरेर अर्थतन्त्र समृद्ध बनाउनुपर्ने चुनौती छ ।’

बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले प्राधिकरण गठनमा ढिलाइले काम अघि बढ्न नसकेको बताउँदै तत्काल सुरु गर्नुपर्ने धारणा राखे ।‘भूकम्प प्रभावित क्षेत्रमा बैंकको शाखा आवश्यक हुन्छ । राष्ट्र बैंकले प्रभावित क्षेत्रमा शाखा खोल्नलाई अनुमति लिन नपर्ने व्यवस्था गरिसकेको छ,’ उनले भने, ‘केही बैंकले तयारीसमेत सुरु गरिसकेका छन् ।’

निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले बस्ती विकासमा पहिलो प्राथमिकता सुरक्षा र दोस्रोमा जीवनस्तर सुधार हुनुपर्नेमा जोड दिए ।

]]>
2033 0 0 0
एक वर्षभित्रै धनाढ्यको सूचीमा http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%88-%e0%a4%a7%e0%a4%a8%e0%a4%be%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%b8/ Mon, 24 Aug 2015 16:13:30 +0000 http://www.ghumphir.com.np/?p=2042 काठमाडौँ, ७ भदौ ।

शिक्षाका लागि केही वर्ष विदेशमा बसेर स्वदेश फर्केकी एक वर्षभित्रै धनाढ्यको सूचीमा परिन्, उनी । तीन दीदीबहिनीमध्ये अब्बल दर्जाकी उनी बुबाको विश्वासपात्र भएकीले सम्पत्तिको हकदार बनिन् ।

चेली/छोरीमाथि विश्वास गर्नु हुन्न भन्ने मान्यता अझै पनि धेरैजसो समाजमा विद्यमान छ । खासगरी हाम्रो जस्तो पितृसत्तात्मक सोच भएको मुलुकमा छोरी भएकै कारण विभेद हुने गरेको छ । अझ छोरीलाई अंश दिनुपर्छ भन्ने कुरा चल्नासाथ धेरै परिवारमा किचलो सुरु हुने गरेको छ ।तर चीनको ग्वाङडोङका एक जना बुबाले छोरीलाई आफ्नो सम्पूर्ण सम्पत्तिको हकदार बनाएर उदाहरणीय बनेका छन् । यसरी बुबाको सम्पत्ति पाउने भाग्यशाली चेली हुन् याङ हुइयान । यसो त उनीमाथि बुबाले त्यत्तिकै विश्वास भने गरेका होइनन् ।

arbapati

बुबाले खोलेको कम्पनीमा छोरीले सबै ऊर्जा खर्चिन् र विश्वासपात्र बनिन् । हो, तीनै याङ हुइयान हाल विश्वकै धनाढ्यहरूको सूचीमा परेकी छन् । ३३ वर्षकी उनी चीनको फोसानमा बस्छिन् ।विवाहित भएर पनि बुबाको उत्तराधिकारीको जिम्मेवारीलाई उनी अत्यन्तै राम्ररी निर्वाह गरिरहेकी छन् ।

फलस्वरूप उनको पिताले खडा गरेको रियल स्टेट कम्पनी ‘दिन दुई गुना रात चौगुना’ उचाइको शिखर चुम्दै आएको छ । अमेरिकास्थित ओहियो स्टेट विश्वविद्यालयबाट कला/विज्ञानमा स्नातक उनको सम्पत्तिको स्रोत अहिले रियल स्टेट बनेको छ ।

फोर्ब्स अखबारका अनुसार सन् २०१५ अगस्ट २१ (रियल टाइम) सम्म याङको कुल सम्पत्ति ४ दशमलव ८ अर्ब अमेरिकी डलर छ ।

चिनियाँ धनाढ्यहरूको सूचीमा अघिल्लो वर्ष उनी १९ औं र यो वर्ष २१ औं स्थानमा रहेकी छन् । सन् २०१४ मा भने उनी विश्वको अर्बपति सूचीमा १९६ औं स्थानमा थिइन् ।

चिनियाँ धनाढ्य महिला र अर्बपति युवाहरूमध्येका उनी अर्बपति बन्नुमा उनको बुबालाई धन्यवाद दिनैपर्छ ।

रियल स्टेट डेभलपर ‘कन्ट्री गार्डेन होल्डिङस’ का संस्थापक बुबा येउङ क्वक केउङबाट उनले सम्पत्ति मात्रै पाइनन्, संघर्ष गर्न समेत सिकिन् । कम्पनीलाई थप उचाइमा पुर्‍याउन उनले आजसम्म पनि भरमग्दुर प्रयास गरिरहेकी छन् ।

याङ अहिले कन्ट्री गार्डेन कम्पनीकी उपाध्यक्ष र बोर्डस गर्भरवेन्स कमिटीका एक सदस्य पनि हुन् । उनी संलग्न कम्पनीले सन् २०१४ मा आफ्नो सेयर बेचेर ४१० मिलियन अमेरिकी डलर उठाउन सफल भयो ।

त्यही वर्ष उनको कम्पनीले सिड्नीमा ६५ मिलियनमा एउटा डेभलपमेन्ट साइट खरिद गर्दै अस्ट्रेलिया प्रवेश गरेको थियो । यसको अर्थ उनी आफ्नो कम्पनीलाई चीनमा मात्रै सीमित राख्न चाहिनन् ।

सन् १९८१ मा चीनको ग्वाङडोङ प्रान्तको सुन्डेमा जन्मेकी उनको सम्पत्तिको स्रोत कन्ट्री गार्डेन होल्डिङसमा प्रमुख लगानी नै हो । हाल उनी चीनकै पाँचौं धनाढ्य महिलाका रूपमा दरिएकी छन् । यति मात्रै होइन एसियाकै सबैभन्दा फुच्ची धनाढ्य महिलाको परिचय पनि पाएकी छन्, याङले ।

धेरैले उनलाई बुबाको सम्पत्तिबाट धनाढ्य बनेकामा खिसी पनि गर्छन् । तर याङको बुबाले अर्बौंको सम्पत्ति कसरी जोडे भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ अनि छोरीलाई कसरी यत्रो सम्पत्ति हस्तान्तरण गरियो भन्ने चासो पनि धेरैको नहुन सक्छ ।तर बुबा र छोरीको केमिस्ट्रीले कम्पनी धनी बनेको एउटा यथार्थ हो ।ग्वाङडोङको बिगुइयुआनमा सन् १९९७ मा खोलेको कम्पनीको ७० प्रतिशत सेयर त्यही केमिस्ट्रीले छोरीको नाममा स्थानान्तरण गरिएको हो ।त्यसैले त ४० वर्षभन्दा कम उमेर समूहमा अर्बपति बन्ने सूचीमा याङ पनि परेकी हुन् । सिंगापुरमा प्रधान कार्यालय रहेको कन्सटेन्सी ‘बेल्थ–एक्स’ ले गरेको एक सर्वेअनुसार याङसँग हाल ५ दशमलव १ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ ।

उनको बुबाले सम्पत्ति हस्तान्तरण गर्दा ताका उनी २५ वर्ष की थिइन् । यही उमेरमा उनी चीनको सबैभन्दा धनी बनिसकेकी थिइन् । तीन दीदीबहिनीमध्ये उनी दोस्रो हुन् ।

पढाइको सिलसिलामा विदेसिए पनि पछि उनी स्वदेश फर्केर सन् २००५ मा बुबाको कम्पनीमा ‘पर्चेजिङ म्यानेजर’ जिम्मा पाइन्, यसैमा उनी रमाउन थालेकी थिइन ।

तर ओहियो स्टेट विश्वविद्यालयमा मार्केटिङ र लजिस्टिक विषय पढेकी तथा कठोर परिश्रम गर्न कहिले नथाक्ने स्वभावकी याङको कार्यशैलीले कम्पनीमा म्यानेजर बनेको एक वर्षपछि सन् २००६ मा कार्यकारी निर्देशकको जिम्मेवारी पाइन् ।

कलिलै उमेरमा उनी कम्पनीको बोर्ड बैठकमा सहभागिता जनाउन थालेकाले उनले त्यस अवधिमा धेरै अनुभवहरू बटुल्न सफल भइन् । उनको विवाहबारे धेरै चर्चा/परिचर्चा हुने गरेको छ । ती मध्येको एउटा हो, याङले ‘गोप्य’ विवाह गर्नु ।

‘साउदर्न मेट्रोपोलिस न्युज’ का अनुसार याङले सन २००६ मा एक जना वरिष्ट चिनियाँ अधिकारीसँग विवाह गरिन् । उनले आफ्नो पब्लिसिटी कहिले चाहन्छिन्, चाहँदिनन् ।

त्यसैले तामझामका साथ उनले विवाह नगरेको बताइएको छ । तर कसैले उनको वैवाहिक कार्यक्रमको भिडियो इन्टरनेटमार्फत सार्वजनिक गरिदिए ।

त्यो एकाएक चर्चाको विषय बन्न पुग्यो । तर उनी त्यसबाट आत्तिइनन् । एक किसानबाट रियल स्टेट व्यापारको मालिक बने पनि उनको बुबाले आफ्नो धरातल बिर्सेका थिएनन् ।

खेतबाट पर्याप्त आम्दानी नभएकाले बुबाले इँटाभट्टामा पार्ट–टाइम काम कुरोलाई भलै उनले कसरी बिर्सन सक्छिन् ? त्यसैको परिणाम थियो, सादा विवाह समारोह ।

 यति मात्रै होइन बुबाको संघर्षका क्षणहरू उनले नजिकबाट नियाल्ने अवसरसमेत पाएकाले पनि तडकभडकमा उनको विश्वास फिटिक्कै थिएन, छैन ।

बुबाले कसरी केही रकम बचाउँदै ग्वाङडोङ प्रान्तमा पर्ती जग्गाहरू खरिद गरेका थिए, त्यो पनि उनलाई थाहा थियो ।

पछि त्यसैलाई घडेरीका रूपमा विकास गर्दै किनबेच गर्दै जग्गाको ठूलो कारोबारी बनेको कम्पनीको जिम्मेवारीमा रहेको याङको ध्यान अन्यत्र कतै गएन । यही व्यापारबाट उनको परिवार उँभो लागेको हो । कम्पनीलाई उचाइमा पुर्‍याउन सुरुका दिनमा याङले सुझाएको रणनीति महत्त्वपूर्ण बन्न पुग्यो ।

एउटी चेलीले कम उमेरमै कम्पनीलाई शीर्ष स्थानमा पुर्‍याउनु चानचुन विषय पक्कै होइन ।

सन् २००८ मा कम उमेरमै आफू संलग्न कम्पनीलाई छोटो समयमा लोकप्रिय बनाएको र मनग्ये नाफा आर्जन गर्न सफल बनाएकामा उनले ‘चाइना च्यारेटी अवार्ड स्पेसल कन्ट्रिबुसन अवार्ड’ प्राप्त पनि गरिन् ।

विश्वमा धेरै कम महिला होलान्, जसले सानै उमेरमा २० सदस्यीय कम्पनीको बोर्डको नेतृत्व गर्न सक्षम हुन्छन् । तर उनले त्यो पनि गर्न भ्याइन् । त्यसैले त सन् २०१२ मा चीनको सर्वाधिक शक्तिशाली २५ उद्यमीमहिलामा समेत उनी परिन् । फोर्ब्स अखबारका अनुसार याङ सन् २०१५ मा विश्वको अर्बपति सूचीमा ३०९ स्थानमा रहेकी छन् ।

प्रस्तुति : दिनेश यादव

]]>
2042 0 0 0
भेटघाट http://localhost/ghum/%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a4%98%e0%a4%be%e0%a4%9f/ Tue, 25 Aug 2015 05:01:10 +0000 http://www.ghumphir.com.np/?p=2072 2072 0 0 0 आज एघाराँै दिन पनि बन्द http://localhost/ghum/%e0%a4%86%e0%a4%9c-%e0%a4%8f%e0%a4%98%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%81%e0%a5%88-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/ Tue, 25 Aug 2015 05:05:14 +0000 http://www.ghumphir.com.np/?p=2075

जनकपुरधाम, ८ भदौ ।

मधेसी मोर्चाको बन्दका कारण जनजीवन कष्टकर बन्दै गएको छ । बन्दले गर्दा तरकारी आयात हुन सकेको छैन भने उपभोक्ताले महँगो मूल्यमा तरकारी किन्नु परिराखेको छ ।

janakpurत्यस्तै सवारीसाधन ठप्प भएका कारणले सीमावर्ती क्षेत्रबाट नेपाल आउने यात्रुलाई सास्ती भोग्नु परिरहेको छ । यात्रुले भिट्ठामोड नाकाबाट जनकपुरसम्म आउँदा करिब रु दुई हजारसम्म भाडा तिर्नुपरिरहेको छ । वैदेशिक रोजगारका लागि जाने श्रमिकले सवारीसाधन बन्द भएका कारण हवाई मार्गबाट काठमाडौँसम्म यात्रा गर्नुपरेको देखिएको छ । बन्दले शिक्षण संस्था र कलकारखानाको कामकाजसमेत प्रभावित भएका छन् । बजारमा मोटरसाइकल फाटफुट गुडेको देखिए पनि लामो तथा छोटो दूरीका सबै सवारीसाधन ठप्प रहेका छन् । बन्द समर्थक दलले बिहानैदेखि चोकमा टायर बालेर जनकपुरको मुख्य चोक र सडकमा विरोध प्रदर्शन गरिरहेका छन् । धनुषा जिल्लाका सरकारी कार्यालयको कामकाजसमेत मोर्चाका कार्यकर्ताले बन्द गराएका छन् ।

]]>
2075 0 0 0
एम्बुलेन्स जलाइयो http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%9c%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%af%e0%a5%8b/ Tue, 25 Aug 2015 05:06:53 +0000 http://www.ghumphir.com.np/?p=2077

रौतहट, ८ भदौ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गौर नगरपालिकामा गएराति एउटा एम्बुलेन्स जलाएका छन् । केही दिनदेखि असहज परिस्थितिका कारण प्रभावित बन्न पुगेको सदरमुकाम गौरमा निषेधाज्ञा लगाइएको केही घन्टा पछि आन्दोलनकारीले ना३च ८६३ नम्बरको एम्बुलेन्समा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगलागीबाट एम्बुलेन्स पूर्णरुपमा क्षति भएको छ । प्रदर्शनकारीले प्रहरीको गोली गठ्ठा तथा अश्रुग्यास बोकेको भन्दै कविर चोकमा एम्बुलेन्सलाई रोकेर चालकलाई बाहिर निकाली आगो लगाएका थिए ।

]]>
2077 0 0 0
बन्द यातायात सेवा सञ्चालन http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a4-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2/ Tue, 25 Aug 2015 05:12:09 +0000 http://www.ghumphir.com.np/?p=2079

मेलम्ची, ८ भदौ ।

मेलम्ची साँखु सडकखण्डको विभिन्न ठाउँमा पहिरो गई अवरुद्ध भएको काठमाडौँसम्मको यातायात आजबाट सञ्चालनमा आएको छ । केही दिन अगाडिदेखि यातायात अवरुद्ध भएका कारण मेलम्चीलगायतका स्थानीय बासिन्दाले सास्ती खेप्न परेको थियो । हेलम्बु राजमार्गअन्तर्गत मेलम्ची–बनेपा काठमाडौँ सडकखण्ड मध्य कोदावरीको भिरमा ठूलो पहिरो गएकाले सो मार्गमा अझै पनि बीचबीचमा हिँडेर मात्र काठमाडौँसम्म जान जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । मेलम्चीबाट छोटो दूरीमा काठमाडौँ पुग्न सकिने साँखु मेलम्ची चौतारा सडकखण्डको ठाउँठाउँमा गएको पहिरो आमा हेल्मो यातायात सेवा समितिले पहिरो हटाएपछि आजबाट यातायात सेवा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्र थापाले जानकारी दिनुभयो ।

]]>
2079 0 0 0
अलपत्र परेकालाई खाना खुवाउन सुरु http://localhost/ghum/%e0%a4%85%e0%a4%b2%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b5/ Tue, 25 Aug 2015 05:14:54 +0000 http://www.ghumphir.com.np/?p=2082

पथरी (मोरङ), ८ भदौ ।

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण विराटनगर बसर्पाकमा अलपत्र परेका ३०० मजदुरलाई मजदुर सङ्घ–सङ्गठनले सोमबार साँझदेखि खाना खुवाउन सुरु गरेको छ । नेपालका विभिन्न ठाउँबाट गाडी लिएर आएपछि गन्तव्यतर्फ फर्कन नपाएर अलपत्र परेका यातायात मजदुरलाई पूर्व नेपाल यातायात व्यवसायी सङ्घ मोरङ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङले खाना खुवाउन थालेको जिफन्टका कोसी अञ्चल इन्चार्ज किशोर धमलाले बताउनुभयो । मजदुरलाई खाना खुवाउन उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ, नेपाल रात्रि तथा दिवा यातायात सङ्घ विराटनगर, नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट, कञ्चनजङ्घा पार्टी प्यालेसलगायतका दुई दर्जन बढी सङ्घ–सङ्गठनले समेत खाना खुवाउन सहयोग गरेको धमलाले जानकारी दिनुभयो । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङका सचिव कृष्ण घिमिरेका अनुसार विराटनगर बसपार्कमा अलपत्र परेका ३०० मजदुरलाई बन्द नखुलुञ्जेलसम्मका लागि खाना खुवाउने व्यवस्था गरिएको हो ।

]]>
2082 0 0 0
जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थाले वन उपभोक्ता समूहले http://localhost/ghum/%e0%a4%9c%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a5%80-%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%b0-%e0%a4%b0-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82/ Tue, 25 Aug 2015 05:20:19 +0000 http://www.ghumphir.com.np/?p=2085

बेनी (म्याग्दी), ८ भदौ ।

जिल्लाको ज्यामरुककोट क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थालेका छन् ।

विशेषगरी हिंस्रक जनावरबाहेक अन्य जङ्गली जीवजन्तुलाई संरक्षित जङ्गल क्षेत्रमा संरक्षण गरी युवापुस्तालाई त्यसको विषयमा जानकारी दिनका लागि यस्ता जीव र पक्षीको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले सक्रियता देखाउन थालेका हुन् । म्याग्दीका गौश्वारा, बगरफाँट र भुमेनाथ सामुदायिक वन उपभोक्ता समूहले त्यस प्रकारको जङ्गली जनावर र पक्षीलाई संरक्षित जङ्गल क्षेत्रमा नै समूहले संरक्षण गर्न थालेपछि त्यसको लोकप्रियता बढ्दै गएको छ ।

birdगौश्वारा सामुदायिक वन उपभोक्ता समूहले चिल, उल्लु, तित्रा, दुम्सी, ढिकुर, मृग र चित्तललाई आफ्नो समूहद्वारा संरक्षित वन क्षेत्रमा सुरक्षा दिएर विद्यार्थीका लागि अध्ययनका विषय बनाइदिएको छ । सो विषयमा समूहका सल्लाहकार रत्नवम मल्लले जङ्गलमा पूरै बारको घेरा लगाएर जनावर पक्षीको संरक्षण गरिएको बताउनुभयो । मल्लले भन्नुभयो– “जनावरले आफू तार घेरामा परेको अनुभव गर्न नपाओस् भनेर जङ्गलभित्रै उनीहरूलाई घुम्ने स्थान उपलब्ध गराएको र बाहिरी हिंस्रक जनावरले समेत आक्रमण गर्न नपाओस् भनेर तार घेरा लगाएको हो ।” गौश्वारा सामुदायिक वनले मात्र होइन, यस क्षेत्रका बगरफाँट र भुमेनाथ सामुदायिक वनले मयुर, न्याउली, तित्रो, वन ढिकुर, मृगलगायतका जङ्गली जीव र पक्षीलाई संरक्षण गरेर यस क्षेत्रका विद्यार्थीका लागि अवलोकन केन्द्रका रूपमा सामुदायिक वनलाई विकास गर्दै आएको छ । यसैगरी म्याग्दीकै झाँक्रीपानी सामुदायिक वनले पनि जङ्गलमा रहेका जीव र पक्षीलाई संरक्षण गरेर ससाना चिडियाखानाका रूपमा संरक्षित वन क्षेत्रलाई विकास गराउने प्रयत्न गर्दै आएको छ ।

]]>
2085 0 0 0
पर्यटक सूचना केन्द्रका लागि भवन निर्माण http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%b2/ Tue, 25 Aug 2015 05:24:18 +0000 http://www.ghumphir.com.np/?p=2088

बाबियाचौर (म्याग्दी), ८ भदौ ।

म्याग्दी सदरमुकाम बेनीको कालीपुलमा पर्यटक सूचना केन्द्र स्थापनाका लागि भवन निर्माण भएको छ । आवश्यक जनशक्ति, सामग्री र पूर्वाधार जुटाएर सूचना केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको जिविसले जनाएको छ । सरकारको करिब रु १९ लाखको लागतमा उपभोक्ता समितिमार्फत एक तले दुई कोठे भवन निर्माण भएको हो । उक्त भवन निर्माण गर्न जिविसले रु सात लाख ५० हजार, पर्यटन कार्यालय पोखराले रु १० लाख र बेनी नगरपालिकाले करिब रु एक लाख ५० हजार लगानी गरेको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो । जिल्लामा भित्रने पर्यटकलाई म्याग्दीका पर्यटकीयस्थलको बारेमा आवश्यक जानकारी र अप्ठ्यारो परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने तयारी भएको हो । नगरपालिका र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर पर्यटन केन्द्र सञ्चालन गर्न पहल गर्ने स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो ।

]]>
2088 0 0 0
पाडापाडी संरक्षण गर्न जुटे खानीगाउँवासी http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%a1%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a1%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%9c%e0%a5%81/ Tue, 25 Aug 2015 05:28:58 +0000 http://www.ghumphir.com.np/?p=2091

फलेवास (पर्वत), ८ भदौ ।

गाउँगाउँमा भैँसीले पाडापाडी जन्माउने बित्तिकै काट्ने चलन बढ्दै गएको बेला पर्वतको खानीगाउँमा भने पाडापाडी संरक्षण अभियान थालिएको छ । जन्मने बित्तिकै पाडापाडी काट्ने चलन नरोकिँदा स्थानीय जातका लिमी र पारकोटे जातको भैँसी लोप हुन थालेपछि पाडापाडी संरक्षण अभियान थालिएको हो ।

buffalo-babyपाडापाडी हुर्काउन झन्झट मान्ने र थोरै दूध हुने भएकाले पाडापाडीलाई जन्मने बित्तिकै काट्ने चलन छ । केही व्यक्तिले पाडी राख्ने गरे पनि कडुवा भएपछि काट्न थाली हाल्ने प्रचलन बढेकाले स्थानीय जातको भैँसी जोगाउन थालिएको छ । त्यसका लागि खानीगाउँमा पाडापाडी संरक्षण तथा स्रोत केन्द्रसमेत स्थापना गरिएको छ । अभियानका क्रममा भैँसीले पाडापाडी जन्माउने बित्तिकै संरक्षण केन्द्रले खरिद गर्छ । स्थानीय जातका भैँसीबाट भर्खरै जन्मिएका पाडापाडीको संरक्षण गरी प्रजननयोग्य पाडापाडी तथा पाडीको स्रोतकेन्द्र स्थापना गर्ने उद्देश्यले अभियान थालिएको केन्द्रका अध्यक्ष ध्रुव लम्सालले बताउनुभयो । अहिले भर्खरै जन्मेका १२ वटा पाडापाडी खरिद गरिएको छ । पाडापाडी हुर्काउन दैनिक ६० लिटर दूध खुवाउने गरिएको अध्यक्ष लम्सालले जानकारी दिनुभयो । जिल्ला पशुसेवा कार्यालय पर्वत र संसद् विकास कोषको सहकार्यमा स्थानीय लिमे पारकोटे भैँसी संरक्षणका लागि घाँस विकास र गोठ निर्माण पनि गरिसकेको छ । जिल्ला पशुसेवा कार्यालय पर्वतका प्रमुख अमृतकुमार मास्केले व्यावसायिक रुपमा भैँसीपालन खोज्ने किसानलाई प्राविधिक सरसल्लाह, जुकाको औषधि र पोषिलो घाँसको बीउ उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । जिल्ला पशुसेवा कार्यालयले पछिल्लो समयमा भैँसीको मूल्य आकासिन थालेपछि पाडापाडी हुर्काउने र थारो भैँसीलाई उत्पादनशील बनाउने किसानलाई अनुदान पनि दिन थालेको छ ।

]]>
2091 0 0 0
रेडक्रसद्वारा भूकम्पपीडितलाई घर कर्जा प्रदान http://localhost/ghum/%e0%a4%b0%e0%a5%87%e0%a4%a1%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a5%80%e0%a4%a1/ Tue, 25 Aug 2015 05:32:39 +0000 http://www.ghumphir.com.np/?p=2094

खोटाङ, ८ भदौ ।

नेपाल रेडक्रस सोसाइटी खोटाङले जिल्लाका भूकम्पपीडितलाई आवास व्यवस्थापन गर्न रु १५ लाख घर कर्जा वितरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घको सहयोगमा जिल्ला शाखा खोटाङले भूकम्पबाट अतिप्रभावित जिल्लाका १०० घरपरिवार भूकम्पपीडितलाई प्रतिघरपरिवार रु १५ हजार घर कर्जाको साथमा बन्दोबस्तीका सामग्री वितरण गरेको हो । गत वैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा घर भत्किएका र पुनः मर्मत गरे पनि बस्न नमिल्ने अवस्था पीडित परिवार छनोट गरेर प्रतिघरपरिवार रु १५ हजारका दरले आवास कर्जा र बन्दोबस्तीका सामग्री वितरण गरिएको जिल्लाका सभापति कुमारसिं बस्नेतले बताउनुभयो । उहाँका अनुसार बाहुनीडाँडाका १८ घर, लामीडाँडाका १२ घर, खार्पाका ११ घर, बडहरेका १० घर, धितुङका १० घर, अर्खौलेका १० घर, नुनथलाका १० घर र डिकुवाका ८ घरपरिवारलाई रकमका साथ प्याकेजका सामग्री प्रदान गरिएको छ । रेडक्रसले यसअघि उक्त गाविसका भूकम्पपीडितका लागि सरसफाइ सामग्री प्रदान गरेको थियो । जिल्लाका अन्य ५१२ घरपरिवार भूकम्पपीडितलाई एक÷एक थान पाल वितरण गरिएको रेडक्रसले जनाएको छ ।

]]>
2094 0 0 0
तीस सहकारी खारेज http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%b8-%e0%a4%b8%e0%a4%b9%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%96%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%9c/ Tue, 25 Aug 2015 05:36:38 +0000 http://www.ghumphir.com.np/?p=2097

खजुरा (बाँके), ८ भदौ ।

बाँके जिल्लामा निष्क्रिय रहेका ३० वटा सहकारी संस्था खारेजीमा परेका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका प्रमुख प्रकाश पौडेलका अनुसार गएको असार २२ गतेसम्म सक्रिय रहेको आधार प्रमाण प्रस्तुत गर्न नसकेपछि ३० वटा सहकारी खारेज भएका हुन् । सो कार्यालयले पहिलोपटक गएको वैशाख २५ गते निष्क्रिय अवस्थामा रहेका १५१ वटा सहकारी संस्थालाई ३५ दिनभित्र सक्रिय रहेको प्रमाणसहित उपस्थित हुन सूचना जारी गरेको थियो । दुई वर्षसम्म लेखा परीक्षण नगर्ने, साधारणसभा नगर्ने, संस्थाको मासिक र वार्षिक प्रगति विवरण नबुझाउने निष्क्रिय अवस्थामा रहेका सहकारी खारेज गरिएको कार्यालयले जनाएको छ । गत आव २०७१÷०७२ सम्म ५४४ सहकारी दर्ता भएकोमा ६ एकीकरण र ३० सहकारी खारेज भएपछि बाँकेमा कृषि, बहुउद्देश्यीय बचत तथा ऋण सहकारी र अन्य गरी अब ४११ सहकारी बाँकी रहेका छन् ।

]]>
2097 0 0 0
घरेलु मदिरा http://localhost/ghum/%e0%a4%98%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a5%81-%e0%a4%ae%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%be/ Tue, 25 Aug 2015 07:19:49 +0000 http://www.ghumphir.com.np/?p=2100 2100 0 0 0 नौ वर्षपछि http://localhost/ghum/%e0%a4%a8%e0%a5%8c-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/ Tue, 25 Aug 2015 07:23:32 +0000 http://www.ghumphir.com.np/?p=2103 2103 0 0 0 परराष्ट्रमन्त्री र विट्रेन चेम्बर अफ कमर्स बीच भेटवार्ता http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b0-%e0%a4%b5%e0%a4%bf%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/ Tue, 25 Aug 2015 07:36:39 +0000 http://www.ghumphir.com.np/?p=2106 ८ भदौ, काठमाडौं ।

नेपाल- विट्रेन चेम्बर अफ कमर्स र विट्रेन -नेपाल चेम्बर अफ कमर्सको संयुक्त टोलीले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग भेटवार्ता गरेको छ । सोमबार भएको भेटवार्तामा बेलायत र नेपालको दौत्य सम्बन्धको २ सय वर्षलाई कसरी मनाउने भन्ने विषयमा छलफल भएको थियो । टोलीले नेपाल र बेलायत सम्बन्ध गाँसिएको २ सय वर्ष पुगेको अवसरमा नेपाल सरकारको तर्फबाट प्रभावशाली कार्यक्रम ल्याउन आग्रह गरेको थियो । सो क्रममा  मन्त्री पाण्डेले  दौत्य सम्वन्धको वार्षिकोत्सव मनाउने सरकारी निर्णय छिटै लिइने बताए । चेम्बर्स अफ कमर्सका अध्यक्ष राजन कँडेलले मन्त्रीको भनाइँ उदृत गर्दै भने, 'वर्किङ कमिटी बनाउने र सब कमिटी बनाएर छिट्टै काम अगाडि बढाइनेछ ।' यसैगरी विट्रेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलले बेलायतमा नेपालीहरुको संख्या क्रमसः बढिरहेकाले लण्डनस्थित दूतावासमा चाँडोभन्दा चाडो राजदूत नियुक्तीका लागि आग्रह गरे ।   'मैले लण्डनस्थित नेपाली दूतावासमा राजदूत नियुक्ति नहुँदा ब्यहोर्नु परेको समस्या र कर्मचारी कम हुँदा समस्या भएको कुरा अवगत गराएँ,' कँडेलले भने । पाण्डेले राजदूत नियुक्तको तयारी भइरहेको बताउँदैं केही समयमै बेलायतका लागि नेपाली राजदूतको टुंगो लाग्ने आश्वासन दिए । उनले बेलायतको कुटनीतिक कामहरु चुस्त बनाउन आफूले पहल गर्ने जानकारी दिएका थिए । भेटमा नेपाल विट्रेन चेम्बर कमर्शका तर्फबाट अध्यक्ष राजेन्द्र खेतान, उपाध्यक्ष आशिषकुमार सेनगुप्ता सहभागी थिए ।

]]>
2106 0 0 0
बाँच्ने धूनमा यहाँ लेकमाआइपुग्यौं त्यहाँ बाँच्न झन् सकस http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%9a%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%a7%e0%a5%82%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a4%ae%e0%a4%be/ Tue, 25 Aug 2015 08:05:53 +0000 http://www.ghumphir.com.np/?p=2109 धुब्र दगाल

एक हजार ८ सयदेखि २ हजार मिटर उचाइमा फराकिलो आकार लिएर फैलिएको ओखरेनी लेक खासमा घाँसेमैदान हो। गाई, याक, चौंरी र भेडाबाख्रा पालेर गुजारा चलाउने हिमाली क्षेत्रका बासिन्दा चरन क्षेत्र खोज्दै लेक–गाउँ गर्दा यही घाँसेमैदानमा बस्तुभाउ चराउँथे। अहिले यो क्षेत्र स्याउला, त्रिपाल र जस्ताको टहराले भरिएको छ।

थातथलोबाट लखेटिएका भूकम्प पीडितले यही घाँसेमैदानलाई वैकल्पिक बस्ती बनाएका छन्।

स्याउलेबजारबाट केही अघि बढ्दा विस्थापितका यस्ता अनगिन्ति अस्थायी टहरा भेटिन थाल्छन्। जति माथि उक्लियो, उति बाक्लै टहरा। सानो ओखरेनी जंगलको शिर सेलाङ गाविसको बाँसखर्क पुग्दासम्म जताततै टहरै टहरा मात्र देखिन्छन्। बाँसखर्कको दृश्यले त मनै कुँडाउँछ। बाक्लो, झुम्म टहरेबस्तीलाई टाढाबाट नियाल्दा सहरकै झल्को दिए पनि त्यहाँभित्र दुःखका अनगिन्ति चाङ छन्।

जस्ताका टहरा निकै कम छन्, धेरै स्याउला र त्रिपालका। स्याउलाले बारबेर गरी स्याउलाले नै छाइएका, कतै त्यहीमाथि त्रिपाल ओडाइएका। जस्ताले छाइएका केही टहरा भेटिए पनि त्यसैले बारिएका भने देख्न मुस्किलजस्तै छ।

'बाँच्ने धूनमा यहाँ आइपुग्यौं। लेकमा बाँच्न झन् सकस भएको छ,' सानोओखरेनीमा स्याउलाकै बारबेर र छानो हालेर त्रिपाल ओडाइएको टहरो घेरी भल काढ्दै गरेका पशुपति तामाङले भने। भिरालो जमिनमा बनेको टहरोभित्रै राति बर्खे भल छिरेपछि उनी बिहानैदेखि भल काढ्न जुटेका। निधारबाट नाक हुँदै तप्प–तप्प चुहिन थालेका पसिना पुछ्दै उनले दुखेसो पोखे, 'यहाँ पनि सुविस्ताले बस्न पाउने छाँट देखिएन।'

गोल्चे–१, लिदीगाउँको उनको घर भूकम्पले ढाल्यो। धाँजा र चिराबाट पहिरो लाग्यो। छिमेकी गाउँ जाने बाटाघाटा अवरुद्ध भए। माइखोलाको झोलुंगेपुल चुँडिएपछि त गाउँ चारैतिरबाट नाकाबन्दीमा पर्योर।

11111जंघार तरेर रित्तो हात पाँच सदस्यीय परिवारसहित पशुपति गाउँबाट विस्थापित भएर दुई महिनाअघि एकदिन टाढाको यो लेकमा आइपुगेका हुन् उनी। उनकी आमा जेठी भने गाउँमै छिन्। २५ बाख्रा र सात गाईसँगै गाउँ छाड्न मानिनन्। 'बस्तुभाउ ल्याउने बाटो छैन,' उनले सुनाए, 'हिजो मात्रै खबर आयो, गाउँमा आमालाई ठिकै छ रे।'

पशुपतिकै सँग जोडेर मिकमार दोङ टहरो बनाउँदैछन्। बास सार्दै–सार्दै उनी केही दिनअघि मात्र यहाँ आइपुगेका हुन्। चार जनाको परिवारसहित विस्थापित भएर आएका उनको टहरो बनाउन पशुपतिलगायत छिमेकीले सघाइरहेका छन्। स्याउला जम्मा गरिसकेर अहिले उनी खाँबा गाड्न व्यस्त छन्।

'रित्तो हात आइपुगेका,' मिकमार भन्छन्, 'भाँडावर्तन, लत्ताकपडा, ओढ्ने, ओच्छ्याउने, खानेकुरा केही छैन। अहिलेसम्म छिमेकीले अलिअलि दिएको खाएर बाँचेका छौं।' उनी पनि गोल्चे लिदीकै हुन्। गाउँकै छिमेकी खोज्दै उनको परिवार सानो ओखरेनी आएको हो। उनी आएपछि यहाँ लिदीका ११ परिवार पुगेका छन्।

'छिमेकीकै सहारामा आएको नि! आफ्नो मान्छे आफ्नै हुन्छ,' विपत्तिमा आफन्तको सहाराले पीडा कम भएको सुनाए उनले।

वैशाख १२ को महाभूकम्प र त्यसपछिका शक्तिशाली अनुकम्पले धाँजा र चिरा फाटेका गाउँ, बस्ती र पहाडमा पहिरो लागेपछि विस्थापित भएर सुरक्षित स्थान खोजीमा आइपुगेका पीडितको लेकमा कन्तबिजोग छ। खाने सामग्री छैन, लेकको चिसो छल्ने न्याना लत्ताकपडा, ओढ्ने–ओछ्याउने केही छैन। घामपानीको ठेगान नहुने लेकमा चिसो सुरु भइसकेकाले उनीहरु लुगलुग काँपिरहेका छन्। खानेपानी छैन, बिजुली बत्ती छैन। मट्टीतेल किन्ने सामर्थ्य छैन। पैसा भए पनि लेकमा पसल कहाँ पाउनु! जुकाको बिगबिगी छ, टोकाइले पीडित हैरान छन्। शौचालय छैन। खुला दिसापिसाबले दुर्गन्ध र रोगब्याधी निम्तने खतरा छ।

'रातमा चिसो छल्न आगोको धुनी बाल्छौं,' सेलाङ सेपगाउँबाट विस्थापित भएर बाँसखर्क आइपुगेका जितबहादुर तामाङ भन्छन्, 'एकसरो मन्डी त छ नि, त्यसले लेकको जाडो के धान्थ्यो।' उनको ६ जनाको परिवार पनि स्याउला र त्रिपालको टहरोमा बसिरहेको छ। टहरोले बर्खेझरी थेग्दैन। त्रिपालबाट पानी चुहिन्छ, स्याउलाको बार छिचोलेर भित्र आहाल बन्छ।

'सबैको हालत यस्तै हो। पानी पर्दा गाउँले टहरोभित्र सुत्नै पाउँदैनन्,' उनले विस्थापित शिविरका कहर ओकले।

पर्याप्त राहत नपाएको पीडितको गुनासो छ। सुरुमा विस्थापित भएकाले केही राहत पाएका छन्। विस्थापित भई लेक उक्लने क्रम रोकिएको छैन। पीडित सुरक्षित स्थान खोजीमा यहाँ आउने क्रम जारी छ। पछिल्ला दिनमा आइपुगेका राहतबाट वञ्चित छन्। उनीहरुले अहिलेसम्म मिलीजुली आधा पेटसम्म खान पाएका छन्। सरकार र संघसंस्थाले पठाएको राहत सामग्री पीडितका सम्बन्धित गाविसमै पुग्छ। दोहोरो पर्ने भन्दै उनीहरु विस्थापित भएको गाविसबाट राहत उपलब्ध छैन। विस्थापित बसेकै स्थानबाट राहत सामग्री बाँड्ने व्यवस्था मिलाइएको छैन। गाउँमा नहुँदा धेरैले अस्थायी आवास बनाउन सरकारले बाँडेको १५ हजार रुपैयाँ पनि पाएका छैनन्। केहीले पाए पनि अन्यत्रै खर्च गर्नुपरेको सुनाउँछन्।

अर्काको ठाउँ तथा सार्वजनिक जमिनमा कहिलेसम्म बस्न पाउने भन्ने पत्तो नहुँदा कतिपयले त्यही १५ हजार पनि खर्च गर्न हिच्किचाएको सुनाए। पछि यो ठाउँ छोड्नुपर्दा बनाएका संरचना र जुटाएका सामग्री काम नलाग्ने हुन्छन्। सँगै लैजान समस्या हुन्छ।

एकदेखि तीन दिन पैदल हिँडेर आएका सेलाङ, गुम्बा, गोल्चेका विभिन्न गाउँमा झन्डै ४ सय परिवार यहाँ आश्रित छन्। गुम्बाको बोल्देगाउँका २०, गोल्चे, सन्चगाउँका ४०, नेम्लुङका ६०, लिदीका १ सय १२, किप्चेका २०, सेलाङ गाविसको सेपगाउँका ४६ र खरीगाउँका ७० परिवार यो लेकाली क्षेत्रको सानोओखरेनी, खस्रे, फुस्रे र बाँसखर्कमा विस्थापित भएर आइपुगेका छन्। बाँसखर्कमा मात्रै झन्डै ३ सय परिवार सेल्टर लिइरहेका छन्।

पहिरोको जोखिमले गाउँ रित्तो बनाएर उनीहरु यहाँ आइपुगेका हुन्। रित्तिएका गाउँमा पहिरो खसिरहेको छ भने बाटाघाटा अवरुद्ध हुँदा नाकाबन्दीमा समेत परेका छन्। विस्थापित बालबालिकाको उस्तै बिजोग छ। पेटभरि खाना छैन, न्यानो नाना छैन। पढाइ छुटेको छ। लेकमा पढ्न स्कुल छैन। उनीहरुको पढ्ने समय गाउँबस्तु चराएर र घाँस, दाउरा गरेर बितेको छ।

केही परिवारले बस्तुभाउ पनि ल्याउन भ्याएका छन्। कतिपय बालबालिका बरालिएर बसेका छन्। पढ्दापढ्दैका झन्डै ३ सय बालबालिका परिवारसँगै विस्थापित भएर लेक उक्लेका छन्।

विस्थापित आश्रित जमिन उनीहरुको आफ्नो होइन। उनीहरु व्यक्ति र सार्वजनिक जग्गामा बसेका हुन्। त्यहाँबाट कहिले खेदिने हो, पत्तो छैन। खेदिने डरले विस्थापित अहिल्यैदेखि थप चिन्तित हुन थालेका छन्। अर्काको ठाउँमा कतिन्जेल बस्ने, छाडेर अन्यत्र कहाँ जाने विस्थापित बिलखबन्द छन्।

'भूकम्पले गाउँबाट लखेट्यो। यहाँबाट पनि लखेटिए कहाँ जानु?' गोल्चेका विस्थापित रत्नलाल तामाङले चिन्ता व्यक्त गरे। गाउँ छाडेकाले विस्थापितका खेतबारी बाँझै छन्। गाउँमा पुनःस्थापित हुन सकिने, नसकिने थाहा छैन। बर्खा थामिएपछि गाउँ जान सके पनि चिरा र धाँजा परेको पहाडमा अर्को वर्षामा पहिरो जाने र पुनः लखेटिनुपर्ने सम्भावित भयले पीडितलाई अहिल्यैदेखि गाँज्न थालिसकेको छ।

साभार :नागरीक
]]>
2109 0 0 0
हराएको बुद्ध मूर्ति फेला http://localhost/ghum/%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%ae%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Tue, 25 Aug 2015 13:56:42 +0000 http://www.ghumphir.com.np/?p=2114

डोल्पा, ८ भदौ ।

त्रिपुराकोट गाविस–७ र ८ मा पर्ने रुम्जे महाङ्काल गुम्बाबाट २०६८ साल चैत १९ गते हराएको बुद्धको मूर्ति फेला परेको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा ७.५ फिट उचाइ र २.४ फिट चौडाइ भएको उक्त मूर्ति सोमबार फेला पारिएको हो । सो मूर्ति स्थानीय पूजारी लङ्क बोहराको घरबाट हराएको थियो । पूजारी बोहराले रु दुई लाख ३४ हजारको प्रलोभनमा परी हुम्ला घर भएका च्याङ्गा छिरिङ लामालाई चार वर्षअघि बेचेका थिए । तामाको उक्त मूर्तिमा चाँदीको जलप लगाइएको थियो । स्थानीय बौद्धमार्गीको भनाइअनुसार सो मूर्ति २०० वर्ष पुरानो रहेको बताइन्छ ।

]]>
2114 0 0 0
जर्मनको सहयोगमा भक्तपुरका सम्पदाको पुनःनिर्माण http://localhost/ghum/%e0%a4%9c%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%b9%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%95/ Tue, 25 Aug 2015 14:03:02 +0000 http://www.ghumphir.com.np/?p=2116 भक्तपुर, ८ भदौ ।

गत वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका भक्तपुरका मुख्य सम्पदाहरुको पुनःनिर्माण जर्मन सरकारको सहयोगमा हुने भएको छ । जर्मन सरकारको रु एक अर्बको सहयोगमा यहाँका २० सम्पदाको पुनःनिर्माण हुने भएको भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिनुभयो । भूकम्पबाट क्षति भएको संरचनाको पुनःनिर्माणका लागि जर्मन सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने करिब रु चार अर्बमध्ये रु एक अर्ब भक्तपुर नगरपालिकाभित्रको सम्पदा पुनःनिर्माणमा खर्च गरिने भएको हो ।

]]>
2116 0 0 0
युनिसेफले गोरखामा बाँड्यो रु नौ करोड ७९ लाख http://localhost/ghum/%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a5%87%e0%a4%ab%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a5%8b%e0%a4%b0%e0%a4%96%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a5%8d%e0%a4%af/ Tue, 25 Aug 2015 14:07:38 +0000 http://www.ghumphir.com.np/?p=2119

गोरखाबजार, ८ भदौ ।

भूकम्पपीडित गोरखाका वृद्धवृद्धालाई युनिसेफले राहत रकम वितरण गरेको छ । जिल्लाभरका ३० हजार भूकम्पपीडितलाई रु तीन÷तीन हजार रुपैयाँका दरले रकम वितरण गरेको हो । भूकम्पअघिदेखि सामाजिक सुरक्षा भत्ता लिँदै आएका र भूकम्पले गर्दा घरबारविहीन भएका वृद्धवृद्धा, एकल महिला, अपाङ्गलगायत लक्ष्यित वर्गलाई राहत रकम वितरण गरिएको छ ।

unicefअहिलेसम्म रु नौ करोड ७९ लाख ५० हजार राहत स्वरुप वितरण गरिएको जिविसका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताउनुभयो । युनिसेफले उक्त रकम सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत जिविसको कार्यालयमा पठाएको थियो । गाविस सचिवहरुलाई परिचालन गरेर रकम वितरण गरिसकिएको जिविसका लेखापाल चन्द्रभान गुप्ताले बताउनुभयो । भूकम्पअघि विभिन्न शीर्षकमा भत्ता पाउँदै आएका लक्ष्यित वर्गका व्यक्तिले पनि रु तीन÷तीन हजारका दरले रकम पाएका छन् । यसअघि पोषण भत्ता पाउँदै आएका दलित बालबालिकालाई पनि रकम दिइएको गुप्ताले जानकारी दिनुभयो ।

]]>
2119 0 0 0
बुटिक http://localhost/ghum/%e0%a4%ac%e0%a5%81%e0%a4%9f%e0%a4%bf%e0%a4%95/ Tue, 25 Aug 2015 14:26:04 +0000 http://www.ghumphir.com.np/?p=2124 2124 0 0 0 विषादी खाँदा निधन http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a4%be%e0%a4%a6%e0%a5%80-%e0%a4%96%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%a7%e0%a4%a8/ Tue, 25 Aug 2015 14:42:55 +0000 http://www.ghumphir.com.np/?p=2127 इनरुवा, ८ भदौ ।

सुनसरीको लौकही गाविसमा आमाछोरीले विषादी सेवन गर्दा छोरीको आज ज्यान गएको छ । लौकही–१ की २५ वर्षीया चन्द्रिकादेवी यादव उनकी छोरी तीन वर्षीया निहाकुमारीले विष सेवन गरेकामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारका क्रममा निहाको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । आमा चन्द्रिकाको सघन उपचार कक्षमा उपचार भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

]]>
2127 0 0 0
विराटनगरमा सद्भाव पदयात्रा http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%9f%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%a6%e0%a5%8d%e0%a4%ad%e0%a4%be%e0%a4%b5-%e0%a4%aa%e0%a4%a6%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d/ Tue, 25 Aug 2015 14:47:31 +0000 http://www.ghumphir.com.np/?p=2129

विराटनगर, ८ भदौ ।

‘बन्द सधैँका लागि बन्द गर’ मूल नाराका साथ आज अपराह्न विराटनगरमा सद्भाव पदयात्रा निकालिएको छ । संयुक्त नगर टोल समितिको आयोजनामा विराटनगर उपमहानगरपालिका चोकबाट सुरु भएको सो पदयात्राले बजारका साथै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । यहाँ लगातार ११ दिनदेखि मधेसी मोर्चाको बन्दका कारण जनजीवन आक्रान्त बनेको छ ।

]]>
2129 0 0 0
प्राधिकरणको कार्यक्षेत्र ३१ जिल्ला http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%b0%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d/ Tue, 25 Aug 2015 14:59:28 +0000 http://www.ghumphir.com.np/?p=2132

काठमाडौँ, ८ भदौ ।

पुनःनिर्माण प्राधिकरणको आजको बैठकले केन्द्रीय दैवीप्रकोप उद्धार समितिले प्रभावित जिल्लाको रूपमा पहिचान गरेका ३१ जिल्लालाई प्राधिकरणको कार्यक्षेत्र तोक्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश, २०७२ अनुसार केन्द्रीय दैवीप्रकोप उद्धार समिति एवम् गृह मन्त्रालयले भूकम्पबाट प्रभावित जिल्लाका रूपमा पहिचान गरेका जिल्लालाई अतिप्रभावित, प्रभावित र कम प्रभावित जिल्लाका रूपमा वर्गीकरण गरी राष्ट्रिय योजना आयोगले तयार गरेको विपत्पछिको आवश्यकता मूल्याङ्कनले पहिचान गरेका क्षेत्रका आधारमा पुनःनिर्माण गर्ने गरी प्राथमिकीकरण निर्धारण गरेको छ । बैठकले अति प्रभावितमा दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, रामेछाप, भक्तपुर, ओखलढुङ्गा, सिन्धुली, ललितपुर, काठमाडौं, मकवानपुर र लमजुङलाई तोकेको छ । त्यसैगरी प्रभावितमा चितवन, तनहुँ, खोटाङ, स्याङ्जा, पाल्पा, बाग्लुङ, गुल्मी, सोलुखुम्बु, कास्की र पर्वत तथा कम प्रभावितमा म्याग्दी, अर्घाखाँची, नवलपरासी, भोजपुर, धनकुटा र सङ्खुवासभा छन् । ‘गोरखा भूकम्प’ पछि विभिन्न व्यक्ति, संस्था, विश्वविद्यालय, अनुसन्धान केन्द्र र अनुसन्धानकर्ताबाट तयार भएका प्रतिवेदन, अभिलेख तथा विवरण प्राधिकरणलाई उपलब्ध गराउन अनुरोधसमेत बैठकले गरेको प्राधिकरणका प्रवक्ता उत्तरकुमार खत्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

]]>
2132 0 0 0
भाडामा बच्चा जन्माउने सेवा रोक्न आदेश http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%a1%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%9a%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a5%87/ Tue, 25 Aug 2015 15:06:43 +0000 http://www.ghumphir.com.np/?p=2137

काठमाडौँ, ८ भदौ ।

सर्वोच्च अदालतले अवैध रुपमा कोख भाडामा लिई बच्चा जन्माउने (सरोगेसी) निकायलाई तत्कालका लागि रोक्न आन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले आज सरोगेसी सेवाबाट बच्चा जन्माउने खालको सेवा दिने संस्थालाई सोसम्बन्धी कुनै पनि सेवा प्रदान नगर्न नगराउन अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता नकुल सुवेदीले बताउनुभयो ।

babyअन्तरिम आदेशमा भनिएको छ, “सरोगेसी सेवाबाट जन्मिएका बच्चाको कानुनी रुपमा आमा, बाबुको दायित्व के हुने, आमाको कोख व्यापारिक प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्न निरुपण नभएसम्म सो सेवा सञ्चालन नगर्न÷नगराउन र सञ्चालन गर्ने अनुमति नदिनू ।” आदेशमा तत्कालका लागि सो सेवा रोकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सरोगेसी सेवाको औचित्यका बारेमा विस्तृत विवरणसहितको प्रतिवेदन बुझाउन र त्यस्ता सेवा दिने स्वास्थ्यसम्बन्धी संस्थालाई अनुमतिसमेत नदिन भनिएको छ । सरोगेसी सेवा सम्बन्धमा नेपालमा कुनै कानुनी व्यवस्था नभएकाले प्रजनन सेवाको नाममा कृत्रिम रुपमा अवैध बच्चा उत्पादन गरी उद्योग सञ्चालन गरेजस्तो मानव बेचबिखन गर्न अस्पतालले नपाउने भनी आदेश दिनुपर्ने माग गर्दै अधिवक्ता पुष्पराज पाण्डेयले यही भदौ ६ गते रिट निवेदन दायर गर्नुभएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय, स्वास्थ्य मन्त्रालय, ग्रान्डी सिटी क्लिनिक एन्ड डाइगोस्टिक सेन्टर, ओम अस्पताल, भेनस अस्पताललगायतलाई विपक्षी बनाई दायर गरिएको रिटमा विदेशी दलालले ग्राहकसँग कोख खोजिदिएबापत रु एक करोड लिने र अस्पतालले रु ४० लाख लिने गरेको तर कोख दिने आमाले भने रु तीन÷चार लाख मात्र पाउने गरेको उल्लेख छ । “कुनै पनि महिलालाई उसको गरिबी, अज्ञान, कामको अभाव, निम्न सामाजिकस्तर, खुला सिमानाको नाजायज फाइदा उठाई पैसाको प्रलोभनमा कोख बेच्न बाध्य पार्नु र त्यस्ता सेवाको समन्वय तथा संयोजन नेपाल सरकारले गर्नु गैरजिम्मेवारीको पराकाष्ठा हो,” रिट निवेदनमा भनिएको छ । निवेदनमा बाँझो कोख भएका नेपाली दम्पत्तिको आवश्यकता परिपूर्ति गर्न मन्त्रिपरिषद्को नीतिगत निर्णयको आधारमा अवैध सेवा सञ्चालन गर्ने गराउने गरी स्वास्थ्य मन्त्रालयबाट भएको निर्णयले नेपाललाई अवैधरुपमा बालबालिका बेचबिखन, खरिद÷बिक्री र उत्पादन गर्ने थलो बनाउने खेल भएको उल्लेख छ । सरोगेसी सेवा सञ्चालन गर्न नीतिगत सहमति दिने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न, सो सेवालाई प्रभावकारी बनाउने कानुन बनाउनलगायत आदेश जारी गर्न निवेदनमा माग गरिएको छ । नेपालमा सरोगेसी सेवा सञ्चालन गर्ने कानुनी व्यवस्था नभए पनि ग्रान्डी सिटी सेन्टर, ओम र भेनस अस्पतालले सो सेवा सञ्चालन गर्दै आएका थिए ।

]]>
2137 0 0 0
चिया मजदुर पलायन हुने क्रम बढ्दो http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%ae%e0%a4%9c%e0%a4%a6%e0%a5%81%e0%a4%b0-%e0%a4%aa%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a8-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87-%e0%a4%95%e0%a5%8d%e0%a4%b0/ Wed, 26 Aug 2015 02:48:40 +0000 http://www.ghumphir.com.np/?p=2140

इलाम, ९ भदौ ।

महँगीअनुसार ज्याला नपाएपछि इलामका चार र झापाका तीनवटा चिया बगानमा कार्यरत मजदुर धमाधम पलायन हुन थालेका छन् । विसं २०५७ मा त्रिवेणी सङ्घाई ग्रुपले नेपाल सरकारबाट बगान भाडामा लिँदा सातवटा चिया बगानमा दुई हजार ३४० जना स्थायी मजदुर थिए । “तर हाल आएर ज्यालाकै कारण मजदुरको सङ्ख्या घटेर ८७५ पुगेको छ” निगमको विर्तामोडस्थित कार्यालयका प्रशासन प्रमुख लोकनाथ दङ्गालले भन्नुभयो । चियामा काम गर्ने मजदुरले वर्षाैंदेखि दैनिक रु एक सय ७० मात्र ज्याला पाइरहेका छन् । चियाबाहेक निर्माण क्षेत्रमा काम गर्ने मजदुरले दैनिक रु ५०० भन्दा बढी कमाउँछन् । तर जिल्ला दररेट निर्धारण समितिले कामदारको ज्यालादर आठ प्रतिशतले वृद्धि गरी रु ६६० बाट रु ७१० पु¥याए पनि चिया क्षेत्रमा काम गर्ने मजदुरको वर्षाैंदेखिको ज्याला नबढेको मजदुरको गुनासो छ । दिनभर चिया टिपे पनि त्यसबाट मजदुरको जीवन धान्न गाह्रो परकोले बगानमा काम गर्ने मजदुर पलायन हुने क्रम बढेको हो । इलाम र झापाका चिया बगानमा काम गर्ने मजदुरलाई कारखानाले फरक–फरक ज्याला दिइरहेका छन् । चिया व्यवस्थापन पक्षले समयसापेक्ष ज्याला नदिँदा चिया बगानबाट विस्थापित बन्नु परेको यहाँ कार्यरत मजदुर बताउँछन् । सुरुमा इलाम चिया बगानमा १२० मजदुर कार्यरत थिए । अहिले २९ जना मात्र स्थायी मजदुर छन् । “एक दशकअघि सम्म १२० स्थायी मजदुर थिए, कम ज्याला भएको भन्दै धमाधम पलायन हुने क्रम बढ्दो छ”, बगानकी कर्मचारी इन्दिरा गुरुङले भन्नुभयो, “मजदुर पलायलने समस्याग्रस्त बन्दै गएको चिया बगानमा भएका मजदुरसमेत नआउनाले थप समस्या भएको छ ।” चिया बगानमा भने जति पैसा नपाएपछि मजदुर अन्यत्रै रोजगारीमा जाने गरेको उहाँले बताउनुभयो ।

tea baganमजदुर पलायनले अहिले दैनिक कामकाजमा समस्या पर्न थालेको बगान व्यवस्थापन पक्षले जनाएको छ । नेपाल चिया विकास निगमअन्तर्गतका इलाम र झापाका सातवटा चिया बगानमा आधाभन्दा धेरै मजदुरले ज्यालाको कारण देखाउँदै काम छाडेको बगानको विर्तामोडस्थित सम्पर्क कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार इलामको चिसापानीस्थित सोक्तिममा रु १८५, दानाबारीस्थित चिलिमकोटमा रु १९०, कन्याममा रु १९६ र इलाममा रु १७० मात्र ज्याला छ । यस्तै झापाका टोकला, बाह्रदशी र बर्नेमा रु २०१ ज्याला दिने गरिएको छ । कम ज्याला भएपछि कन्याम चिया कारखानामा ४७३ स्थायी मजदुर कार्यरत रहे तापनि अहिले १३४ जना मात्र कार्यरत छन् । आफूहरुले पाउने पारिश्रमिक न्यून भएकाले बढ्दो महँगीस“ग जुध्न नसकेको मजदुरको भनाइ छ । “अन्यत्रको काममा भन्दा चियामा काम गर्दा पारिश्रमिक थोरै पाइन्छ”, चिया मजदुर नर्वदा निरौलाले भन्नुभयो, “थोरै रकम भएका कारण धेरै मजदुर काम छाड्न बाध्य छन् ।” सोक्तिममा ४५, चिलिमकोटमा ५७, बर्नेमा ३००, बाह्रदशीमा २२ र टोकला चिया बगानमा ३१० जना मजदुर छन् । बगान सञ्चालक पक्षले भने बर्सेनि कारखाना घाटामा गएको जनाउँदै आम्दानीअनुसार मात्र पारिश्रमिक दिन सकिने बताउँदै ज्यालामा धेरै वृद्धि गर्न नसकिने जनाएको छ । रातदिन चिया बगानमा काम गरे पनि चिया बगानबाट भएको कमाइले गुजारा चलाउनै मुस्किल परेको विगत तीन दशकदेखि इलाम चिया बगानमा काम गर्दै आएकी इनपा–९ की फूलमाया लिम्बूले भन्नुभयो । चिया बगान स्थापना हु“दादेखि काम गर्ने मजदुर बगानबाट पाएको पारिश्रमिकले खानसमेत राम्रो नपुगेको गुनासो गर्छन् । मजदुरको सङ्ख्या दिनप्रतिदिन घट्दै गएपछि बगानमा झाडी बढ्ने, समयमा चियापत्ती टिप्न नसकिनेजस्ता समस्या देखिएको छ । नेपालकै सबैभन्दा पुरानो चिया बगानको रुपमा रहेको इलाममा अहिले मजदुर अभावले हरियोपत्ती पनि समयमा टिप्न नसकिएको व्यवस्थापन पक्षले जनाएको छ । जिल्लाका ग्रामीण भेगमा समेत चिया खेती गर्दै आएका चिया व्यवसायी मजदुर अभावमा चिया टिप्न समस्या भएको बताउँछन्

]]>
2140 0 0 0
विस्थापित लाङटाङवासीलाई हवाईमार्गबाट सामान ढुवानी http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%bf%e0%a4%a4-%e0%a4%b2%e0%a4%be%e0%a4%99%e0%a4%9f%e0%a4%be%e0%a4%99%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88/ Wed, 26 Aug 2015 02:53:06 +0000 http://www.ghumphir.com.np/?p=2143

धुन्चे (रसुवा), ९ भदौ ।

भूकम्पपछि विस्थापित लाङटाङवासीलाई हवाईमार्गबाट सामान ढुवानी गरिएको छ । स्थानीय पुनर्वास अभियान्ता सेननुर्पु तमाङका ओएम नेपाल नामक संस्थाको सहयोगमा जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रदान गरेको टेन्ट, चामल, नुनजस्ता सामग्री फिस्टेल यअर कम्पनीले हेलिकोप्टरबाट पहिलो चरणको सामग्री ढुवानी गरिएको हो । फिस्टेल यअरका अनुसार सोमबार आठ र मङ्गलबार छ गरी १४ उडान भरी ढुवानी गरिएको र ढुवानीकर्ता संस्थाको अर्डरमा क्रमशः उडान भर्दै लगिनेछ । विस्थापित भई काठमाडौँको स्वयम्भूस्थित पहेँलो गुम्बाका चार सय ९६ जना लाङटाङवासीलाई केही दिनपछि लाङटाङको स्याङजेनमा पु¥याइने अभियान्ता तमाङले जानकारी दिनुभयो ।

]]>
2143 0 0 0
दशकपछि बागलुङमा हनुमान नाच http://localhost/ghum/%e0%a4%a6%e0%a4%b6%e0%a4%95%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a4%b2%e0%a5%81%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%a8/ Wed, 26 Aug 2015 02:57:05 +0000 http://www.ghumphir.com.np/?p=2146

बलेवा (बागलुङ), ९ भदौ ।

एक दशकपछि बागलुङमा ऐतिहासिक महत्व बोकेको हनुमान नाच प्रदर्शन गरिएको छ । यहाँका नेवार समुदायले एक दशकपछि मुलुककै सांस्कृतिक धरोेहरका रुपमा रहेको नाच प्रदर्शन गरेका हुन् । हनुमान नाच संरक्षण परिषद्ले मङ्गलबार एक कार्यक्रको आयोजना गरी करिब तीन शताब्दी पुरानो लोकसंस्कृतिका रुपमा परिचय बनाएको हनुमान नाच लोप हुँदै जान थालेपछि संरक्षणका लागि परिषद् नै गठन गरेर संरक्षणमा लागेको अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताउनुभयो ।

hanuman nachअन्य नाचभन्दा अलि बढी मिहेनत र तयारी गर्नुपर्ने भन्दै नाच प्रदर्शनका लागि केही साताअघि देखि प्रशिक्षण सुरु गरिएको थियो । “कला, संस्कृति र संस्कारको संरक्षण, संवर्दन र विकासका लागि हामी क्रियाशील बनेका छौँ”, श्रेष्ठले भन्नुभयो, “पुस्ता अन्तरका कारण ऐतिहासिक महत्व बोकेको लोकसंस्कृति लोप हुने अवस्थामा पुगेको छ ।” नाचको महिमा, महत्व र कला नयाँ पुस्तामा हस्तान्तरणका लागि विभिन्न प्रयास भइरहेको उहाँले बताउनुभयो । सोह्रदेखि ४० वर्ष उमेर बीचका युवाले नाच प्रदर्शन गरेका थिए । नाचको महिमा र महत्व विस्तारका लागि बजारका चोकचोकमा उक्त नाच प्रदर्शन गरिएको थियो । खासगरी नेवार समुदायका युवा सहभागी हुने यस नाचमा १३ जोडा भई हनुमान शैलीमा नाच देखाइने गरिन्छ । निकै आकर्षक लाग्ने यस नाच हिन्दू संस्कारअनुसार रामायणलाई मूल आधार मानेर बिजोर वर्ष पारेर प्रदर्शन गरिने यस नाचका विषयमा अन्वेषण गरेका प्राज्ञ प्रेम छोटाको भनाइ छ । प्राज्ञ छोटाका अनुसार भगवान् रामचन्द्रकी पत्नी सीतालाई लङ्काका राजा रावणले हरण गरी लग्दा हनुमानको सहयोगमा सीतालाई हरण हुनबाट जोगाइएको छ । रामचन्द्रको दूतका रुपमा हनुमानको आराधना प्राथना गर्नाले शक्ति प्रदान हुने भन्ने जनविश्वासअनुसार नै यस नाच नाच्ने गरिएको उहाँको भनाइ छ ।

]]>
2146 0 0 0
नेटवर्क नआएपछि नेपाल टेलिकमका ग्राहक मर्कामा http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%9f%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%a8%e0%a4%86%e0%a4%8f%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%9f%e0%a5%87%e0%a4%b2/ Wed, 26 Aug 2015 03:08:26 +0000 http://www.ghumphir.com.np/?p=2148

रामपुर (पाल्पा), ९ भदौ ।

फोक्सिङकोट गाविसका नागरिक मोबाइलको नेटवर्क नआएपछि मर्कामा परेका छन् । विगत ३ वर्षदेखि टेलिकमको नमस्ते तथा पोस्टपेड मोबाइलमा टावर स्थापना भए पनि केही समययता मोबाइलमा समस्या आउँदा ग्राहक मर्कामा परेका हुन् । मोबाइल सेटमा छिनछिनमा टावर देखाउने र हराउने, आवाज नबुझिने, नेटवर्क नटिप्ने, इन्टरनेट नचल्ने लगायतका समस्याले ग्राहक मर्कामा छन् । टेलिकम कार्यालयमा बारम्बार समस्या बताउँदा पनि समस्या समाधान हुन नसकेको स्थानीयवासी एवत सारुले बताउनुभयो ।

telicom

गत वर्ष टेलिकम कार्यालयले प्राविधिकको टोलीसहित कर्मचारीलाई अध्ययनका लागि खटाए पनि समस्या जस्ताको तस्तै भएको सारुको भनाइ छ । “न कार्यालयको सिडिएमए सेटले काम गर्छ, न त मोबाइलले नै काम गर्छ, मोबाइलले काम नगर्दा कहिलेकाहीँ ठूलो सरकारी कामसमेत बिग्रेको छ”, सानाहुँगी माविका प्रधानाध्यापक खेमप्रसाद अर्यालले भन्नुभयो । फोक्सिङकोट गाविस भवनमा टेलिकमको टावर नटिप्दा भवनको तला थप गरिएको छ । तर समस्या भने समाधान हुन नसकेको गुनासो गाविससचिव भक्तुजङ्ग रानाले दिनुभयो ।

]]>
2148 0 0 0
बन्दले पूर्वमा दैनिक चार अर्बको नोक्सान http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%88%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%9a%e0%a4%be%e0%a4%b0/ Wed, 26 Aug 2015 03:14:02 +0000 http://www.ghumphir.com.np/?p=2150

पथरी (मोरङ), ९ भदौ ।

मधेस केन्द्रित राजनीतिक दललगायतको निरन्तरको बन्दका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरसहित पूर्वाञ्चलमा दैनिक करिब रु चार अर्बको नोक्सान हुने गरिएको छ । एकपछि अर्को राजनीतिक दल र गैरराजनीतिक समूहले बन्द आह्वान गर्दा उद्योगी, व्यापारी, मजदुर र सर्वसाधारण समस्यामा परेका छन् । उद्योगी–व्यवसायीले बन्दको प्रतिकार गरे पनि उद्योगधन्दा, व्यापार–व्यवसाय खोल्ने वातावरण हुन नसक्दा उद्योगी व्यवसायी ‘गर या मर’ को स्थितिमा पुगेका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका पाँच सयभन्दा बढी उद्योगले औसतमा करिब रु १५ करोडको हाराहारीमा उत्पादन गर्ने गरेका छन् । बन्दका कारण उत्पादन ठप्प भएको छ । उद्योगमा राखिएको कच्चापदार्थ पनि नष्ट भएर जान थालेको छ । राज्य पक्षबाट शान्तिसुरक्षाको पूर्ण ग्यारेन्टी नहुँदा उद्योग बन्दकर्ताको निसाना बन्दै जान थालेको उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले बताउनुभयो । विद्युत्भार कटौतीले आक्रान्त बनेका उद्योग बन्दको मारमा पर्दा थला परेको अग्रवालको भनाइ छ । बन्दका कारण उद्योग कलकारखाना मात्रै हैन विराटनगरको बजार पनि ठप्प छ । विराटनगरको बजारले मात्रै पनि दैनिक रु चार करोडको हाराहारीमा खरिद–बिक्री गर्ने गरेको अग्रवालको भनाइ छ । निरन्तरको बन्दका कारण व्यवसायमै ताला लगाएर हिँड्ने अवस्था भएको विराट व्यापार सङ्घका अध्यक्ष रामजीवन अग्रवालले बताउनुभयो । ट्यामरेज शुल्क, मजदुर, कर्मचारीको तलब, बिजुली, पर्यटन, व्यापार, उद्योग, होटल सबै क्षेत्रको हिसाब गर्ने हो भने पूर्वाञ्चलमा मात्रै दैनिक रु दुई अर्बभन्दा बढी नोक्सानी व्यहोर्नु परिरहेको पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क दुलालको भनाइ छ । अहिलेसम्म पूर्वाञ्चलमा रु १९ अर्बभन्दा बढीको नोक्सानी व्यहोरिसकेको पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घको भनाइ छ । यो क्षेत्रका होटल सुनसान छन् । १० दिनयता यातायात, शैक्षिक संस्था, उद्योग व्यवसायसहित सबै क्षेत्र ठप्प छन् । यातायात बन्द हुँदा विराटनगरका सरकारी र निजी अस्पतालमा समेत बिरामीको चाप छैन ।

]]>
2150 0 0 0
दिनमा मात्र पन्ध्र मिनेटको श्रमले बाह्रवटा चौतारी http://localhost/ghum/%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%8d%e0%a4%b0-%e0%a4%ae%e0%a4%bf%e0%a4%a8%e0%a5%87%e0%a4%9f/ Wed, 26 Aug 2015 03:22:54 +0000 http://www.ghumphir.com.np/?p=2153

बेनी (म्याग्दी), ९ भदौ ।

जिल्लाको बेनी नगरपालिका–४ खबराका चन्द्रबहादुर कार्कीले प्रतिदिन १५ मिनेट श्रमदान गरेर विभिन्न स्थानमा १२ वटा चौतारी निर्माण गर्नुभएको छ ।

Chautariकार्कीले एक दिनमा १५ मिनेटका दरले श्रमदान गर्न थालेपछि गाउँको सरसफाइमा निकै सुधार हुनुका साथै गाउँलेमा पनि सामाजिक कार्यतर्फ रुचि बढ्न थालेको छ । विगत ६ महिनादेखि दैनिक १५ मिनेटका दरले श्रमदान गरेर कार्कीले बेनी नगरपालिका–४ अन्तर्गतका खवरा, रोहोटे, बगरफाँटका गाउँलगायत सामुदायिक वन क्षेत्र र बाटोमा १२ वटा चौतारी निर्माण गर्नुभएको स्थानीयवासी रामबहादुर सापकोटाले जानकारी दिनुभयो । दैनिक १५ मिनेटको श्रमदानले प्रत्येक टोलमा फोहर फाल्ने खाल्डो निर्माण भइसकेको छ भने बेनपा–४ खवरादेखि बेनी आउने बाटो पनि सफा रहनुका साथै पायक पर्ने विभिन्न १२ भन्दा बढी स्थानमा चौतारो निर्माण गरिएको कार्कीले बताउनुभयो । गाउँका लागि सरसफाइ, पानीका मुहान सरसफाइ, वृक्षरोपण, चौतारो निर्माण लगायतका काम गरिसकेका कार्कीले एक दिनमा १५ मिनेटको श्रमदानले सामाजिक सद्भावसमेत बढाएको जानकारी दिनुभयो । समाजका लागि काम गर्दा आपसी भेटघाट बढ्नुका साथै सद्भावसमेत बढ्ने गरेको छ कार्कीले भन्नुभयो । समाजको काममा त्यो समाजमा बस्ने सबैको दायित्व हुन्छ भन्ने बोध गराउन र सामाजिक कार्यमार्फत परिचित हुने उद्देश्यले सुरु गरेको चौतारी निर्माण र वरपिपल अभियानबाट आफूलाई आत्मसन्तुष्टि प्राप्त भएको कार्कीको भनाइ छ ।

]]>
2153 0 0 0
जन्मथलोको मायामा एयरक्राफ्ट म्युजियम (फोटो फिचर) http://localhost/ghum/%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%ae%e0%a4%a5%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Wed, 26 Aug 2015 03:33:12 +0000 http://www.ghumphir.com.np/?p=2156 दीपक उपाध्याय भदौ ९, कैलाली सात समुन्द्र पारी हवाईजहाजको ‘ककपीट’ मा बसिरहँदा पनि क्याप्टेन बेद उप्रेतीलाई जन्मथलो सुदूरपश्चिमको याद आईरहन्थ्यो । ५१ वर्षअघि कैलालीको सदरमुकाम धनगढी नजिकैको बेलादेवीपुर गाविस बाँसखेडामा जन्मिएका उप्रेतीलाई जन्मथलोका लागि केही गर्नुपर्छ भन्ने सोच आईरहन्थ्यो । तर, उनको दिमागमा जन्मथलोका लागि के गर्ने ? भन्ने बारेमा योजना फुरेको थिएन । केही महिना अघि हेलिकोप्टरबाट त्रिभुवन विमानस्थलमा झर्दै गर्दा उनको आँखा विमानस्थलमा थन्किएको ‘एयरक्राफ्ट’ मा प¥यो । तुरुन्तै उनको दिमागमा एउटा योजना बन्यो । जन्मथलो सुदूरपश्चिममा सम्भवतः विश्वमै नभएको ‘एयरक्राफ्ट म्युजियम’ बनाउने । विश्वका अन्य ठाउँमा रहेका म्युजियम भित्र एयरक्राफ्ट हुन्छन् तर उनको दिमागमा फुरेको योजनामा एयरक्राफ्ट भित्र म्युजियम रहेको छ । ‘मैले अहिलेसम्म म्युजियम भित्र एयरक्राफ्ट देखेको छुँ’ उनले भने–‘तर एयरक्राफ्ट भित्र म्युजियम देखेको छैन ।’ उनी त्यही योजनालाई साकार पार्न विमानस्थलमा थन्किएको कस्मिक एयरको एयरक्राफ्ट खरिद गर्न सफल भए । एक सय सीट क्षमताको त्यो एयरक्राफ्ट तीन टुक्रा पारेर ट्रकमा लोड गरी स्थलमार्ग हुँदै धनगढी ल्याईपु¥याए । १० वर्षसम्मका लागि जमिन भाडामा लिएर स्थापना गरेको एयरक्राफ्ट म्युजियममा संसारमा अहिलेसम्म निर्माण भएका हवाईजहाजका करिव २ सय भन्दा बढि मोडेल र सुदूरपश्चिमको फोटो प्रर्दशनी देख्न सकिन्छ । ‘राइट ब्रदर्सले निर्माण गरेको हवाईजहाजदेखि अहिलेसम्मको लेटेस्ट विमानका मोडल म्युजियममा राखिएका छन् । क्याप्टेन उपैतीले भने–‘हवाईजहाजका बारेमा अध्ययन गर्नुका साथै मनोरञ्जनका हिसाबले पनि म्युजियम उपयोगी हुनेछ ।’ एयरक्राफ्ट म्युजियम सुदूरपश्चिमको पर्यटन विकासका लागि सहयोगी हुने विश्वास गरिएको छ । यो म्युजियम अवलोकनका लागि नेपाली मात्रै नभएर भारतीय नागरिक समेत आउने गरेका छन् । पर्यटन क्षेत्रको विकासका लागि मात्रै हैन पूरानो एयरपोर्ट नजिकै स्थापना हुने संग्रालय समाजसेवामा समेत समर्पित हुने बताईएको छ । क्याप्टेन उप्रेतीले एयरक्राफ्ट म्युजियमबाट भएको आम्दानी कैलालीका क्यान्सर प्रभावित व्यक्तिको उपचार र शैक्षिक विकासमा खर्च गरिने बताएका छन् । ‘मलाई आम्दानीको कुनै आशा छैन’ उनले भने–‘यो नितान्त सेवाभावले गरिएको कर्म हो ।’ उनले भने आफूले नजिकबाट क्यान्सर रोगलाई चिनेकोले अरु कसैले त्यसरी क्यान्सरलाई चिन्ने मौका नपाउन भनेर क्यान्सर प्रभावितको उपचारमा खर्चिने सोच बनाएको बताए । हाल म्युजियममा दैनिक सयजना जति घुम्न आउने गरेका छन् । उनले स्थानिय विद्यालय तथा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई म्युजियममै एयरक्राफ्टको मोडल बनाउने तालिम समेत दिएका छन् । जसले गर्दा विद्यार्थिहरु नयाँ नयाँ प्रविधिको ज्ञान समेत सिक्न पाएकोमा दंग छन् । क्याप्टेन उप्रेतीले छिमेकी गाविस श्रीपुरस्थित शारदा निम्न माविबाट कक्षा ७ उत्तीर्ण गरेका थिए । सदरमुकाम धनगढीस्थित हालको पञ्चोदय उच्च माविबाट एसएलसी, कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसबाट आई एस्सी र भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट स्नातक गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमए समेत उत्तीर्ण गरेका छन् । अमेरीका र फ्रान्सबाट पाइलट कोर्ष पूरा गरेका उप्रेती हाल इण्डोनेसियाको लायन एयरलाइन्समा प्रशिक्षक पाइलटका रुपमा कार्यरत छन् । उनी करिब तीन वर्षदेखि त्यहाँ कार्यरत छन् । विक्रम सम्वत २०४० सालमा सेकेण्ड लेफ्टिनेन्टबाट तत्कालिन शाही नेपाली सेनामा जागीर सुरु गरेका उप्रेतीले त्यहाँ १२ वर्ष बिताए । सेनाको जागीर छोडेपछि उनले ८ वर्ष नेकोन एयरको हवाईजहाज उडाए । नेकोन एयर बन्द भएपछि उनी विक्रम सम्वत २०६० सालमा प्रशिक्षक पाइलटका रुपमा भारतीय किङ फिसरमा आवद्ध भए । दुर्भाग्यवश किङ फिसर समेत बन्द भएपछि उनको यात्रा इण्डोनेसिया पुगेको छ । फोटोग्राफी र घुम्नका सोखिन उप्रेतीले हालसम्म विश्वका ७५ देश घुमिसकेका छन् । देशविदेश घुम्ने क्रममा उनले हजारौं तस्वीर क्यामेरामा कैद गरेका छन् । यो क्रममा उनी नेपालका थुप्रै रमणीय स्थललाई समेत क्यामेरामा कैद गर्न सफल भए । उनी हवाईजहाजको ककपिटमा बसेका बेला मात्रै हैन फोटोग्राफीका लागि हेलिकोप्टर चार्टर गरेर समेत निस्कन्छन् । ‘धेरै पटक हेलिकोप्टर चार्टर गरेर फोटो खिचेको छुँ’ उनले भने–‘अब केही समय भित्र सुदूरपश्चिमका हिमालको फोटो खिच्ने योजना बनाउँदैछु ।’ उनले फोटोग्राफीलाई समेटेर एक दर्जन भन्दा बढि पुस्तक प्रकाशित गरिसकेका छन् । उनका धेरै जसो पुस्तकमा नेपालको पर्यटकीय सम्भावना समेटिएको छ । एयरक्राफ्ट म्युजियम सञ्चालनमा ल्याउन उनले करिब सवा करोड खर्च गरेका छन् भने यहाँका करिब २० जनालाई रोजगारी समेत दिएका छन् ।

1 Aircraft Mesuem 3 4 7

[caption id="attachment_2162" align="alignnone" width="940"]DCIM100MEDIA DCIM100MEDIA[/caption]

12 13

]]>
2156 0 0 0
आन्दोलनको स्वरुप परिवर्तन गर्न उवासङ्घको अपिल http://localhost/ghum/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%aa-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%b0%e0%a5%8d/ Wed, 26 Aug 2015 03:46:44 +0000 http://www.ghumphir.com.np/?p=2166

रत्ननगर (चितवन), ९ भदौ ।

उद्योग वाणिज्य सङ्घ चितवनले विभिन्न समूहको बन्द र आन्दोलनका कारण लगातार उद्योग व्यवसाय प्रभावित भइरहेको भन्दै बन्द र हडतालका कार्यक्रमलाई रोकेर आन्दोलनको स्वरुप परिवर्तन गर्न अपिल गरेको छ । सङ्घका अध्यक्ष कल्याण जोशीले हरेक आन्दोलनको पहिलो मार नै उद्योगी–व्यवसायी हुने गरेको भन्दै माग राख्न पाउनु अधिकार भए पनि आफ्नो अधिकार उपयोग गर्दा अरूको अधिकार हनन गर्न नहुनेमा जोड दिनुभयो । लगातारको बन्दले व्यवसाय धरासायी भएको र करोडौँ ऋण लिएर व्यवसाय सुरु गरेकाले ब्याजसमेत तिर्न नपाएको भन्दै यसतर्फ गम्भीर भइदिन आन्दोलनरत पक्ष र प्रशासनसँग उहाँले आग्रह गर्नुभयो । सङ्घले आज एक विज्ञप्ति जारी गरी भूकम्पको मारमा परेका व्यवसायीलार्ई बन्दले थप ठूलो आघात पु¥याएको जनाएको छ । ‘नया“ संविधान निर्माणको अन्तिम तयारीको अवस्थामा देशका विभिन्न स्थानमा भइरहेको बन्द र हडतालप्रति उद्योग वाणिज्य सङ्घ चितवनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । गत वैशाखमा भूकम्पले देशको अर्थतन्त्र तहसनहस पारेको अवस्थामा हाल विभिन्न माग पूरा गराउने उद्देश्यले निरन्तर रुपमा भइरहेको बन्द हडतालबाट देशको अर्थतन्त्र झन् धरासयी बन्दै गइरहेको विज्ञप्तिमा उल्लेख छ । जुनसुकै समस्याको समाधान बन्द होइन । त्यसको कुनै वास्ता नगरीकन राजनीतिक दल लगायतका विभिन्न समूहले आ–आफ्ना माग पूरा गराउने नाममा बन्दलाई निरन्तरता दिइरहेको भन्दै सङ्घले दुःख प्रकट गरेको छ । साथै यस कठिन परिस्थितिमा सबैमा संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै आन्दोलनको स्वरुप परिवर्तन गरी जारी बन्द हडतालका सबै कार्यक्रम फिर्ता लिनसमेत सङ्घले सबैमा अपिल गरेको छ ।

]]>
2166 0 0 0
तेह्रवटा नयाँ नगरपालिका दमकलविहीन http://localhost/ghum/%e0%a4%a4%e0%a5%87%e0%a4%b9%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be/ Wed, 26 Aug 2015 04:06:31 +0000 http://www.ghumphir.com.np/?p=2170

खजुरा (बाँके), ९ भदौ ।

मध्यपश्चिमाञ्चलका १३ वटा नयाँ नगरपालिका दमकलविहीन भएको पाइएको छ । नौ जिल्लामा २०७१ वैशाख २५ मा र मङ्सिर १६ मा थपिएका नयाँ नगरपालिकामा दमकलको व्यवस्था हुन सकेको छैन ।

map of nepalनयाँ १३ वटै नगरपालिकामा दमकल व्यवस्था नहुँदा सामान्य आगलागीसमेत नियन्त्रणमा लिन समस्या भइरहेको छ । मध्यपश्चिमाञ्चल क्षेत्रको बाँकेमा कोहलपुर, सल्यानमा शारदा, बर्दियामा राजापुर, जुम्लामा चन्दननाथ, प्यूठानमा प्यूठान खलङ्गा र दैलेखमा दुल्लु नगरपालिका घोषणा भएको थियो । मङ्सिर १६ मा ३४ नगरपालिका विस्तार हुँदा बर्दियामा सानोश्री र बाँसगढी, सुर्खेतमा भेरीगङ्गा, रुकुममा मुसिकोट, दाङमा लमही तथा त्रिपुरा र रोल्पामा लिवाङ नगरपालिका विस्तार गरिएको थियो । कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत गोविन्दप्रसाद पाण्डेले नगरपालिकामा दमकलको आवश्यकता खड्किएको र यो आर्थिक वर्षका लागि दमकल माग गरिएको जानकारी दिनुभयो । नेपालगन्ज उपमहानगरपालिकामा रहेका तीन दमकलमध्ये एउटा पूर्ण बिग्रिएको अवस्थामा छ भने अर्को आंशिक बिग्रिएको छ । एउटा दमकलको भरमा जिल्लाभर काम चलाइँदै आएको छ । छिमेकी जिल्ला बर्दियामा चारवटा नगरपालिका विस्तार भए पनि एक मात्र दमकलको भरमा काम चलेको छ । गुलरिया नगरपालिकासँग एउटा मात्र दमकल छ । दमकलको व्यवस्था नहुँदा यी नगरपालिकामा अग्नि नियन्त्रण समूह गठन हुन सकेको छैन ।

]]>
2170 0 0 0
मिति लेखिएको नपाइएपछि भारतीय चामल सील http://localhost/ghum/%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf-%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%8f%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%ad%e0%a4%be/ Wed, 26 Aug 2015 13:37:41 +0000 http://www.ghumphir.com.np/?p=2173

बनेपा, ९ साउन ।

काभ्रेपलाञ्चोकको उग्रतारा जनागाल गाविसमा रहेको बनेपा फुड प्रोडक्टबाट १२३ बोरा भारतीय चामल बजार अनुगमन टोलीले आज सील गरेको छ । पच्चीस किलोग्रामको लाइफलाइन नामको बोरामा उत्पादन मिति र म्याद गुज्रेको र कतिपयमा मिति नै नभएको पाइएकाले सबै बोराको चामल बनेपा–५ स्थित कोठामा राखेर सील गरिएको घरेलु तथा साना उद्योग कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख ऋषिराम केसीले जानकारी दिनुभयो । ती चामल अखाद्य प्रमाणित भए कारबाही हुने पनि उहाँले बताउनुभयो । सो प्रोडक्टका सञ्चालक लक्ष्मीराज राजभण्डारीले रु ७५० र रु ८५० मा ५०० बोरा चामल खरिद गरेर सोही अनुपातकै दरमा बिक्री गरेको र बाँकी रहेको बाहेक सबै बिक्री भइसकेको जानकारी दिनुभयो । सो चामल कपिलवस्तुको कृष्णनगर नाकाबाट ललितपुर हुँदै बनेपा आएको कागजातले देखाएको छ । सो चामलको मूल्य सस्तो भएकाले त्यसको माग बढेको जनाइएको छ । सञ्चालक राजभण्डारी काभ्रे उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष हुन् ।

]]>
2173 0 0 0
पहिलोपटक प्लास्टिक उद्योगमा अनुगमन http://localhost/ghum/%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%aa%e0%a4%9f%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%95-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Wed, 26 Aug 2015 13:43:03 +0000 http://www.ghumphir.com.np/?p=2176

काठमाडौँ, ९ भदौ ।

उपत्यकामा प्लास्टिक झोला निषेध गरेपछि वातावरण विभागले पहिलोपटक बिहीबारबाट उपत्यकाका प्लास्टिक उद्योगमै अनुगमन सुरु गर्ने भएको छ । थोक र खुद्रा प्लास्टिक व्यापारीकोमा मात्र अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाउँदा मूल सफा नगरी धारा सफा हुँदैन भन्ने धेरैको विचार आएकाले उद्योगमै अनुगमन गर्न लागिएको हो । काठमाडौँ बाहिर पनि ३० माइक्रोनभन्दा कमको प्लास्टिक झोला विक्री वितरण बन्द गरिएकाले अनुगमनका क्रममा सोभन्दा कम उत्पादन गर्ने उद्योगलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने विभागका उपमहानिर्देशक सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो । “उपत्यकामा ४० भन्दा धेरै प्लास्टिक उद्योग रहेको तथ्याङ्क पाएका छौँ, बिहीबारबाट सबै उद्योगमा अनुगमन गरी सरकारले तोकेभन्दा कम क्षमताको प्लास्टिक झोला उत्पादन गर्र्ने उद्योगलाई कारबाहीका लागि विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा सिफारिस गर्नेछौँ” –उहाँले भन्नुभयो । वैशाख १२ गतेको भूकम्पले देशका धेरै जिल्लामा प्रभाव पारेपछि विभागले अनुगमन बन्द गरेको थियो । भूकम्पको तीन महिना बितेपछि साउन १४ गतेबाट विभागले पुनः अनुगमन सुरु गरेको थियो । साउन १४ देखि ३२ गतेसम्मको अनुगमनबाट एक हजार ८० केजी प्लास्टिक जफत गरिएको विभागले जनाएको छ । भूकम्पपछि काठमाडौँ र ललितपुरका महानगरपालिका, उपमहानगरपालिका एवम् नगरपालिकामा अनुगमन गरिएको छ । भक्तपुरमा भूकम्पले धेरै प्रभाव पारेकाले अनुगमन नगरिएको हो ।

]]>
2176 0 0 0
बैंककमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम http://localhost/ghum/%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7/ Wed, 26 Aug 2015 13:51:58 +0000 http://www.ghumphir.com.np/?p=2179

काठमाडाँै, ९ भदौ ।

मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र बंैककस्थित नेपाली दूतावासद्वारा मङ्गलबार ‘नेपाल सुरक्षित छ, भ्रमण गर्नोस्, मनोरञ्जन लिनोस् र नेपाललाई सहयोग गर्नोस्’ कार्यक्रम आयोजना गरियो ।

ntbथाई परराष्ट्र मन्त्रालय, नेपाल वायु सेवा निगम, थाई एयरवेज इन्टरनेसनल, थाइल्यान्डबाट अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन एवम् पर्यटन उद्योग सञ्चालनमा संलग्न कम्पनीका प्रतिनिधि, ट्राभल म्यागेजिन, राष्ट्रिय पत्रपत्रिका र टेलिभिजन पत्रकारहरुको सहभागितामा भएको उक्त कार्यक्रममा नेपालका पर्यटकीय गन्तव्यहरु सुरक्षित रहेको जानकारी दिँदै ढुक्क भएर नेपाल भ्रमण गर्न आग्रह गरिएको बैंककस्थित नेपाली दूतावासले आज जनाएको छ । त्यस अवसरमा थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले नेपाल–थाइल्यान्ड सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थान लुम्बिनीले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ पारेको बताउनुभयो । उक्त दूतावासका अनुसार कार्यक्रममा लुम्बिनी, सगरमाथा, जनकपुरको जानकी मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथलगायत धार्मिक एवम् अन्य पर्यटकीय गन्तव्यका प्रसिद्ध स्थानका तस्बिरसहित विविध प्रवद्र्धनात्मक सामग्री राखिएका थिए । कार्यक्रमका सहभागीले नेपालको पर्यटन प्रवद्र्धनका ती सामग्री अभिरुचीपूर्वक अवलोकन गरेका तथा पर्यटन व्यवसायीले पनि नेपाल यात्राका निम्ति ग्राहकलाई अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

]]>
2179 0 0 0
भूकम्पबाट प्रभावित जिल्लाहरुको वर्गीकरण http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%a4-%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2/ Wed, 26 Aug 2015 13:56:35 +0000 http://www.ghumphir.com.np/?p=2182 ९ भदौ, काठमाडौं ।

पुन: निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित जिल्लाहरुको वर्गीकरण गरेको छ। प्राधिकरणको मंगलबार बसेको बैठकले भूकम्पबाट अति प्रभावित, प्रभावित र कम भन्दै तीन भागमा वर्गीकरण गरेको हो। प्राधिकरणले आफ्नो कार्यक्षेत्र निक्यौल गर्दै ३१ वटा जिल्लामा काम गर्ने जनाएको छ। राष्ट्रिय योजना आयोगले तयार गरेको (पिडिएनए) पोस्ट डिजास्टर निड असेसमेन्ट रिपोर्टका आधारमा जिल्लाहरुको वर्गीकरण गरिएको प्राधिकरणले जनाएको छ। बैठकमा प्राधिकरणका सिइओ डाक्टर गोविन्द पोखरेलले प्राधिकरणको गतिविधिबारे जानकारी गराएका थिए। प्रधानमन्त्री सुशील कोइराला प्राधिकरणका अध्यक्ष हुन्। हेर्नुस् प्राधिकरणले गरेको प्रभावित जिल्लाहरुको वर्गिकरण -

अति प्रभावित (क) प्रभावित (ख) कम प्रभावित (ग)
दोलखा सिन्धुपाल्चोक गोरखा नुवाकोट रसुवा धादिङ काभ्रेपलाञ्चोक रामेछाप भक्तपुर ओखलढुंगा सिन्धुली ललितपुर काठमाडौं मकवानपुर लमजुङ चितवन तनहुँ खोटाङ स्याङजा पाल्पा बाग्लुङ गुल्मी सोलुखुम्बु कास्की पर्वत म्याग्दी अर्घाखाँची नवलपरासी भोजपुर धनकुटा संखुवासभा

]]>
2182 0 0 0
निगममा करिब ४१ हजार आवेदन http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a4%bf%e0%a4%ac-%e0%a5%aa%e0%a5%a7-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%86%e0%a4%b5%e0%a5%87%e0%a4%a6%e0%a4%a8/ Wed, 26 Aug 2015 14:05:15 +0000 http://www.ghumphir.com.np/?p=2184

काठमाडौँ, ९ भदौ ।

मुलुकमा बढ्दो शैक्षिक बेरोजगारी र सरकारी जागिरको आकर्षण कति छ भन्ने नेपाल वायु सेवा निगमको विज्ञापनमा परेको आवेदनले प्रष्ट पारेको छ । एक महिनाअघि निगमले १४८ पदमा खूल्ला गरेको विज्ञापनमा ४१ हजारभन्दा बढिले आवेदन दिएका छन् । यसबाहेक दोब्बर दस्तुरको सात दिनको अवधिमा दैनिक दुईसयभन्दा बढीले आवेदन भरेको निगमले जनाएको छ । कम पढेलेखेका ग्रामीण भेगका लाखौं युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् भने उच्च शिक्षा हासिल गरेका युवापुस्ता सरकारी जागिरको खोजीमा राजधानीलगायतका सहरमा भौतारिरहेका देखिन्छन् ।

jobविज्ञापन प्रकाशन भएको पहिलो २१ दिनको अवधिमा उक्त पदहरुमा ४१ हजारभन्दा बढिको आवेदन परेको निगमका प्रवक्ता रामहरि शर्माले  बताउनुभयो । निगमको इतिहास मै पहिलो पटक यति धेरै सङ्ख्यामा कर्मचारी भर्नाका लागि विज्ञापन गरिएको हो । सोहीअनुसार धेरै सङ्ख्यामा आवेदन परेपछि परीक्षाका लागि पनि केही समय लाग्ने निगमले जनाएको छ । निगमले सामान्य प्रशासनतर्फ अधिकृतस्तर (तह छ) मा २४, वरिष्ठ सहायक पद (तह पाँच) मा १८, सहायक (तह चार) मा ५६ तथा लेखा अधिकृत (तह छ) २३, वरिष्ठ लेखा सहायक (तह पाँच) छ र लेखा सहायक (तह चार) मा २१ पदका लागि दरखास्त आह्वान गरेको थियो । सबैभन्दा बढी प्रशासनको सहायक पद (चौथो तह)मा १८ हजारले आवेदन दिएका छन् भने त्यसपछि पाँचौं तहको वरिष्ठ सहायकमा नौ हजार ९०० ले आवेदन दिएका छन् । अधिकृत (तह छ)मा पाँच हजार नौ सयको आवेदन परेको छ । उपरोक्त आवेदनलाई व्यवस्थित गरेपछि परीक्षा लिन मङ्सीर महिनासम्मको समय लाग्ने निगमको अनुमान छ । निगममा माग हुने जनशक्तिका लागि यस अघिदेखि नै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले परीक्षा लिँदै आएको छ । लोकसेवाको मापदण्डअनुरुप सम्पूर्ण परीक्षा निष्पक्ष प्रतिष्पर्धात्मक हुने जानकारी गराउँदै प्रवक्ता शर्माले अन्य बाह्य हल्लाका पछाडि नलाग्न परीक्षार्थीलाई सुझाव दिनुभयो ।

]]>
2184 0 0 0
एक वर्षमा एक सय त्रिचालीस उद्योग थपिए http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%95-%e0%a4%b8%e0%a4%af-%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%b8/ Wed, 26 Aug 2015 14:39:59 +0000 http://www.ghumphir.com.np/?p=2187

प्यूठान, ९ भदौ ।

औद्योगिक क्षेत्रको विकास हुन नसकेको समयमा पछिल्लो एक वर्षको अवधिमा जिल्लामा नयाँ १४३ वटा साना तथा घरेलु उद्योग थपिएका छन् । जिल्लामा एक वर्षको अवधिमा विभिन्न प्रकृतिका १४३ वटा साना तथा घरेलु उद्योग स्थापनाका लागि रु छ करोड ३७ लाख ४८ हजार ७०० लगानी भएको छ । घरेलु तथा साना उद्योग विकास कार्यालयका अनुसार जिल्लामा १३६ वटा व्यक्तिगत र सात वटा साझेदारी उद्योग स्थापना भएका छन् । कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद आचार्यका अनुसार स्थापना भएका उद्योगमा २१ वटा घरेलु उद्योग र १२२ वटा साना उद्योग रहेका छन् । “जिल्लामा पछिल्लो एक वर्षमा स्थापना भएका उद्योगको मात्रै वार्षिक रु ११ करोड ९६ लाख ४९ हजार १० बराबरको उत्पादन क्षमता रहेको छ” आचार्यले भन्नुभयो । स्थापना भएका नयाँ उद्योगबाट १२७ जना महिला र १९७ जना पुरुष गरी ३२४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

]]>
2187 0 0 0
सिर्दिवाससम्म मोटरबाटो खुलाउने तयारी http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%ae%e0%a5%8b%e0%a4%9f%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%8b-%e0%a4%96/ Wed, 26 Aug 2015 14:47:01 +0000 http://www.ghumphir.com.np/?p=2190

गोरखाबजार, ९ भदौ ।

जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाले उत्तरी भेगको सिर्दिवास गाविससम्म सडक पु¥याउनेबारे गृहकार्य सुरु गरेको छ । अहिले गुम्दा गाविसको यममगाउँ र थुमी गाविसको हावाडाँडासम्म सडक पुगेको भन्दै समितिले थप नयाँ सडक ट्र्याक खुलाउन पहल सुरु गरेको हो । जिल्लास्थित सडक कार्यालयले बारपाक–लाप्राक हुँदै यस वर्ष गुम्दाको यामगाउँसम्म सडक खनेको थियो । सो सडकलाई गुम्दा गाविसको माछाखोलासम्म झार्ने र सिर्दिवाससम्म पु¥याउनेबारे पहल गरिएको समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिनुभयो । “सिर्दिवाससम्म सडक पहुँच नहुँदा स्थानीयवासीले दुःख, कष्ट भोग्नुपरेको छ” उहाँले भन्नुभयो, “खाद्यान्नलगायत सामग्री ढुवानी गर्न पनि कठिन भएपछि सडक खोल्ने प्रक्रिया अघि बढाएका छौँ ।” जिल्लास्थित सडक कार्यालय र जिल्ला विकास समितिसँग समन्वय गरी सडक खुलाउन तयारी गरिएको प्रजिअ तिमल्सेनाको भनाइ छ । यसअघि सडक खुलाउन जिल्ला विकास समितिले रु ९० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटले लाप्राक–गुम्दा सडकको नयाँ ट्र्याक खोलिएको हो । साथै बूढीगण्डकी किनार–किनार मोटरबाटो खोल्न जिल्लास्थित सडक कार्यालयले रु दुई करोड बजेट विनियोजन गरे पनि काम नभई बजेट ‘फ्रिज’ भएको थियो ।

]]>
2190 0 0 0
बन्दका नाममा व्यापारीको कालोबजारी बढ्यो http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b/ Wed, 26 Aug 2015 15:00:47 +0000 http://www.ghumphir.com.np/?p=2193

गाईघाट (उदयपुर), ९ भदौ ।

बन्दको मौका छोपेर सदरमुकाम गाईघाटका व्यापारीले व्यापक कालोबजारी गर्न थालेका छन् । बन्दको बहानामा विभिन्न उपभोग्य वस्तुको अभाव देखाउँदै स्थानीय व्यापारीले वस्तुको मूल्य दुई हप्ताअघिको भन्दा तेब्बरले वृद्धि गरेका छन् । व्यापारीको कालोबजारीका कारण अहिले सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरक्षेत्रका उपभोक्ता ठगिने क्रम बढ्दै गएको उनीहरुको गुनासो छ । डेढ हप्ताअघिसम्म रु ५० प्रतिकिलोमा पाइने प्याज अहिले रु १५० देखि रु २०० मा बिक्री गर्न थालेको स्थानीय गङ्गा राईले बताउनुभयो । यस्तै सब्जी व्यापारीले प्रतिकिलो रु ४० सम्मपर्ने आलु अहिले रु १०० पर्ने गरेको छ । यस्तै बन्दको कारण भनेर व्यापारीले वस्तुको अभाव देखाउँदै चिनी, दाल, तेललगायतका वस्तुको मूल्यमा भारी वृद्धि गर्न थालेका छन् । अहिले गाईघाट क्षेत्रका आम उपभोक्ता मारमा परेको त्रियुगा नगरपालिका–४का स्थानीय ममता थापा बताउनुहुन्छ । यता स्थानीय पेट्रोल पम्पमा पेट्रोल, डिजेललगायतका इन्धनयुक्त वस्तुको अभाव हुन थालेपछि व्यापारीले कालोबजारी गरेर रु १०७ प्रतिलिटर पर्ने पेट्रोल रु २५० देखि रु ३०० मा बिक्री गरेर उपभोक्तालाई ठग्न थालेका छन् । “बन्दका नाममा व्यापारीले मनपरी मूल्य बढाएर उपभोक्ताको ढाडै सेक्न थाले, पेट्रोलपम्पमा पहिलेको मूल्यमा डिजेल पेट्रोल पाइँदैन तर मूल्य बढी तिरे सुटुक्क तेल मागे रु ३०० प्रतिलिटर पेट्रोल पाइन्छ” स्थानीय कुमार कार्कीले भन्नुभयो । अहिले बन्दका नाममा सब्जी व्यापारी, खुद्रा व्यापारीदेखि पेट्रोल पम्प सञ्चालकलेसमेत कालोबजारी गरेर व्यापक उपभोक्ता ठग्न थालेको गुनासो बढ्दै जान थालेको छ । यसरी दैनिक उपभोग्य वस्तुको मूल्य बढेसँगै होटलमा खाना नास्ताको पनि मूल्य व्यापक वृद्धि हुन थालेको छ । उद्योग वाणिज्य सङ्घ तथा स्थानीय प्रशासनिक निकायले बजार अनुगमन नगर्दा व्यापारीको कालोबजारी बढ्दै गएको गुनासो स्थानीय उपभोक्ताको रहेको छ । त्रियुगा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष भरत राईले मूल्य वृद्धिबारे अनुगमन गरिने बताउनुभयो ।

]]>
2193 0 0 0
मुदी गाउँ http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%80-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81/ Wed, 26 Aug 2015 15:29:17 +0000 http://www.ghumphir.com.np/?p=2196 2196 0 0 0 कावेली करिडोरको परीक्षण प्रशारण सुरु http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b5%e0%a5%87%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%b0%e0%a4%bf%e0%a4%a1%e0%a5%8b%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3/ Wed, 26 Aug 2015 16:23:08 +0000 http://www.ghumphir.com.np/?p=2199

पाँचथर, ९ भदौ ।

पाँचथर र ताप्लेजुङको सीमा हुँदै बग्ने कावेली नदीबाट उत्पादित १३२ केभिए क्षमताको काबेली करिडोर प्रशारण लाइनको परीक्षण प्रशारण सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले करिडोर लाइनको निर्माण सम्पन्न भएपछि इलामको सानिमा माई हाइड्रो पावरद्वारा उत्पादित २२ मेगावाट विद्युत् पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने काबेली करिडोरका प्रवन्ध निर्देशक वसन्तकुमार नेम्वाङले जानकारी दिनुभयो । उहाँका अनुसार इलामको गोदकदेखि झापाको दमकसम्म ३४ किलोमिटर प्रशारण लाइन प्राधिकरणले निर्माण गरेको हो । एक वर्षअघि नै निर्माण सम्पन्न भएको सानिमा माईले प्रशारण लाइन नहुँदा व्यावसायिक उत्पादन गर्न सकिरहेको थिएन । काबेली करिडोरको दमकसम्मको भाग निर्माण हुँदा पाँचथर र इलामका सानिमा माई बाहेक १० मेगावाटको अपर माई, ४.२ मेगावाटको माई, छ मेगावाटको पुवा, तीन मेगावाटको अपर पुवा र आठ मेवावाटको जोगमाई आयोजनालाई फाइदा पुगेको छ । गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित सानिमा माई कम्पनीले माई आयोजनाकै क्याक्सेड आयोजनाको रुपमा सात मेगावटको अर्को आयोजना, ४१५ मेगावाटको माथिल्लो तामाकोसी, २८ मेगावाटको तल्लो लिखु र ७५ मेगावटको मिडिल तमोर आयोजनाको काम पनि अगाडि बढाएको छ ।

]]>
2199 0 0 0
पर्यटन क्षेत्र लगातारको बन्दका कारण मर्कामा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b/ Wed, 26 Aug 2015 16:38:49 +0000 http://www.ghumphir.com.np/?p=2202 ९ भदौ, लुम्बिनी ।

भूकम्पका कारण धरासायी बनेको होटल तथा पर्यटन क्षेत्र लगातारको बन्दका कारण मर्कामा परेको छ ।भूकम्पले लगाएको घाउमा मलमपट्टी लाग्न नपाउँदै तराई क्षेत्रमा जारी आन्दोलनका कारण यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायी ठूलो मर्कामा परेका छन् ।

थरुहट संघर्ष समिति र मधेसवादी दलले संयुक्त रूपमा आयोजना गरेको तराई बन्दका कारण भैरहवा तथा लुम्बिनी क्षेत्रका होटल व्यवसाय अहिले सुनसान अवस्थामा पुगेका छन् ।

Lumbini

यी क्षेत्रमा मात्रै २०० बढी होटल सञ्चालनमा रहेका छन् । अर्बौंको लगानीमा स्थापना भएका होटल लगातारको बन्द र हडतालका कारण आफ्नो होटलको सामान्य खर्च व्यवस्थापन गर्नसमेत समस्या परेको होटल व्यवसायीले गुनासो गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकमा आधारित होटल व्यवसाय पर्यटक आउन नपाउँदा ठूलो समस्यामा परेको सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । उनले एक दिनको बन्दका कारण होटल व्यवसायीले करिब २५ लाखदेखि ३० लाख रूपैयाँसम्म नोक्सानी व्यहोर्नु परेको  बताए ।

अध्यक्ष श्रेष्ठले बन्दका कारण भैरहवा क्षेत्रका होटलमा अग्रिम बुकिङ रद्द गर्दा दैनिक करोडौँ रूपैयाँको घाटा लाग्दै आएको छ । भैरहवा तथा लुम्बिनी क्षेत्रमा विदेशी पर्यटक लक्षित होटलदेखि सामान्य स्तरसम्मका होटल सञ्चालनमा रहेका छन् ।

शान्तिपूर्ण आन्दोलनका क्रममा बिहान बेलुकामात्रै भए पनि कारोबार गर्दै आएका बेला भैरहवामा भदौ ३ गतेको तोडफोडसहितको आन्दोलनपछि होटलको सम्पूर्ण कारोबार ठप्प अवस्थामा रहेको होटल सिटी सेन्टरका सञ्चालक भोज खत्रीले जानकारी दिए ।

उहाँले भूकम्पपछिको लामो असरपछि केहीमात्रामा भए पनि सामान्य अवस्थामा आएको होटल व्यवसायमा मधेस केन्द्रित आन्दोलनले फेरि समस्यामा पुर्‍याएको बताए ।

मौसमका बेला रामै्र कमाइ गर्ने यस क्षेत्रका होटल व्यवसायीले बन्दका कारण अहिले भने होटलमा कार्यरत कर्मचारीलाई तलब खुवाउनसमेत धौ धौको अवस्थामा पुगेको व्यवसायीको भनाइ छ ।

लगातार बन्दका कारण आफूहरूको व्यवसाय धरासायी बन्न पुगेको उल्लेख गर्दै होटल व्यवसायी मेघनाथ आचार्यले सरकारले बन्दको विकल्प खोज्नुपर्ने बताए । बुद्धमाया होटल प्यालेस लुम्बिनीका सञ्चालकसमेत रहेका आचार्यले लगातारको बन्दले पर्यटकसमेत सहज रूपमा गन्तव्यसम्म आउन नसकेको भन्दै कतिपय बुकिङ रद्द गरेर बस्नु परेको बताए ।

]]>
2202 0 0 0
मोरङमा काठ तस्करी हुने क्रम बढ्दै http://localhost/ghum/%e0%a4%ae%e0%a5%8b%e0%a4%b0%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%a0-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87-%e0%a4%95%e0%a5%8d/ Thu, 27 Aug 2015 06:55:45 +0000 http://www.ghumphir.com.np/?p=2206 पथरी (मोरङ), १० भदौ । मोरङमा काठ तस्करी हुने क्रम बढ्दै गएपछि जिल्ला वन कार्यालय मोरङले उच्च सजगता अपनाएको छ ।  बन्दको मौका छोपी तस्करी हुने क्रम बढेसँगै वन कार्यालयले प्रहरीको सहयोगमा तस्करी नियन्त्रण कार्य सुरु गरेको हो । चोरी तस्करी नियन्त्रणका लागि वनक्षेत्रमा खटाइएका प्रहरी बन्द व्यवस्थापनमा सक्रिय भएपछि वन क्षेत्रमा तस्करको चहलपहल बढ्न थालेको जिल्ला वन कार्यालयले जनाएको छ । बन्दकै क्रममा मोरङको बेलबारीमा रहेको देवीथान सामुदायिक वन क्षेत्रबाट बुधबार राति काठ तस्करी गरिरहेको अवस्थामा तीनवटा साइकल र तीन थान सखुवाको लकडीसहित एकजना पक्राउ परेका छन् भने तस्करीमा संलग्न सातजना फरार भएका छन् । वन समूहका पदाधिकारीसहितको टोलीले वन अनुगमन र गस्ती गर्ने क्रममा बेलबारी नगरपालिका–६ का धनराज चौधरीलाई पक्राउ गरेको र अन्य सातजना भाग्न सफल भएको सो समूहका अध्यक्ष नारायण सुनुवारले बताउनुभयो । तस्करीमा संलग्नले यसअघि दुईपटक गरेर २५ क्युबिक फिट जति काठ लगिसकेको र लैजाने तयारीमा रहेको अन्दाजी ५० क्युबिक फिट काठ नियन्त्रणमा लिएको जानकारी अध्यक्ष सुनुवारले दिनुभयो । त्यस्तै केही दिनअघि लिम्बुवानका पूर्वी कमान्डर बताउने सविन चेम्जुङ उर्फ कुलबहादुरसहित आठजना चुरेक्षेत्र तथा समथल फाँटमा रहेका जङ्गलबाट काठ तस्करी गर्दै गर्दा पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई वन ऐनअन्तर्गत मुद्दा चलानसमेत गरिएको जिल्ला वन कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताउनुभयो ।

]]>
2206 0 0 0
बालीघरे प्रथा मध्यपश्चिम क्षेत्रमा अझै कायमै http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%98%e0%a4%b0%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a5%e0%a4%be-%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae/ Thu, 27 Aug 2015 07:03:12 +0000 http://www.ghumphir.com.np/?p=2208 गुलरिया (बर्दिया), १० भदौ ।

वर्षभरि फलामका सामान बनाएर र कपडा सिलाएबापत दिइने बालीघरे प्रथा (वार्षिक रूपमा एकमुष्ट ज्यालाका रूपमा अनाज) मध्यपश्चिम क्षेत्रमा अझै अन्त्य भएको छैन ।यो प्रथालाई ठाउँअनुसार बाली घरे, खली र तिहाइका नामले समेत चिनिने गरिन्छ । धधवार–९  दफैयाका शोभाराम परियार अहिले पनि आफूले बालीघरे बालीमै कपडा सिउँदै आएको बताउनुहुन्छ । कपडा सिलाएबापत एक परिवारबाट प्रतिवर्ष २५ किलोग्राम धान लिँदै आएको र एक घरपरिवारमा भएका सम्पूर्ण सदस्यको वर्षभरिनै कपडा सिलाएमा रु एक हजारभन्दा बढी नकमाइने उहाँ भन्नुहुन्छ । कपडा सिलाएर मात्रै घरपरिवार पाल्नुपर्ने आफ्नो बाध्यता रहेको तर बालीघरे प्रथाबाट गुजारा चलाउन भने कठिन हुँदै आएको उहाँको भनाइ छ । बालीघरे प्रथा अन्त्यको माग गर्दै विसं २०५७ मा सिहंदरबार अगाडि प्रदर्शन गर्दा सरकारसँग मौखिक सम्झौता गरिएको भए पनि सरकारले आफूहरूको मागप्रति बेवास्ता गरेको गुनासो परियार गर्नुहुन्छ । सरकारले अनौपचारिक रुपले बालीघरे प्रथा अन्त्य भएको घोषणा गरे पनि यसलाई औपचारिक रूप नदिँदा आफूहरूले अझै पनि कपडा सिलाएरै गुजारा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । जिल्लामा बालीघरे प्रथामा आश्रित घरपरिवार कति छन् भन्ने तथ्याङ्क सरकारसँग छैन । बर्दियामा मात्र १५ हजार घरपरिवार बालीघरे प्रथामा आश्रित रहेको परियारको अनुमान छ । दलित परिवारका करिब ६० प्रतिशत जनसङ्ख्या यसै प्रथाबाटै गुजारा चलाइरहेको उहाँ बताउनुहुन्छ । धधवार, पदनाहा, वानियाभार लगायतका गाविसमा करिब तीन हजार दलित परिवारले बालीघरेमै जीविका चलाइरहेको उहाँको दाबी छ ।

]]>
2208 0 0 0
पुल भत्किँदा समस्या http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%ad%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be/ Thu, 27 Aug 2015 07:08:08 +0000 http://www.ghumphir.com.np/?p=2210 गुलरिया (बर्दिया), १० भदौ । गत वर्ष आएको बाढीका कारण पुल भत्किँदा बर्दियाको सदरमुकाम गुलरिया वरिपरिका बासिन्दा समस्यामा परेका छन् । पुल भत्किँदा पश्चिमी क्षेत्रका राजापुर, सानोश्रीका बासिन्दा गुलरिया सदरमुकाम आउन समस्यामा परेका हुन् ।  पुल नबन्दा गत वर्षदेखि पश्चिम बर्दियाको जनजीवन प्रभावित भए पनि पुल मर्मतका लागि सरोकारवाला निकायले पहल नगरेको स्थानीयवासीको गुनासो छ ।

]]>
2210 0 0 0
चट्याङ पर्दा ५० वटा बाख्रा मरे http://localhost/ghum/%e0%a4%9a%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a5%ab%e0%a5%a6-%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%b0/ Thu, 27 Aug 2015 07:11:26 +0000 http://www.ghumphir.com.np/?p=2213 जाजरकोट, १० भदौ । जाजरकोटको कोर्टाङ गाविस–६ मा कालीबहादुर बस्नेतको गोठमा गएराति ८ बजे चट्याङ पर्दा ५० वटा बाख्रा मरेका छन् ।चट्याङबाट घरधनी कालीबहादुर गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । उक्त ठाउँ सदरमुकाम खलङ्गाबाट तीन दिनको पैदल दूरी रहेको छ ।]]> 2213 0 0 0 बन्दाकोपी http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b%e0%a4%aa%e0%a5%80/ Thu, 27 Aug 2015 07:16:29 +0000 http://www.ghumphir.com.np/?p=2216 2216 0 0 0 दाेहाेर काम http://localhost/ghum/%e0%a4%a6%e0%a4%be%e0%a5%87%e0%a4%b9%e0%a4%be%e0%a5%87%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%ae/ Thu, 27 Aug 2015 07:21:01 +0000 http://www.ghumphir.com.np/?p=2219 भक्तपुरको चाँगुनारायाणमा पसलमा बस्दै मकैको पात केलाउँदै स्थानीय महिला । बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि धरासायी बनेको पर्यटन उद्योगले बिस्तारै गति लिने प्रयास गरेपनि चाँगुमा पर्यटन आगमन अत्यन्त न्यून भएकाले व्यापार ठप्प भएको स्थानीयको भनाई रहेको छ । तस्बिर:लक्ष्मी गारु

]]>
2219 0 0 0
हात्तिको मृत्य http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af/ Thu, 27 Aug 2015 07:24:08 +0000 http://www.ghumphir.com.np/?p=2222 बर्दिया, भाद्र, १० । बर्दिया राष्ट्रिय नकुञ्जको बबई पूल नजिकै  एउटा जंगली हात्ती मृत फेलापरेको  छ । ४,५ जनाको वथानमा वुधवार राती नदी तर्नैक्रममा अन्दाजी ८ देखि १० बर्षको पोथी  हात्ती पानि धेरै खाएका कारण फोक्सो फुलेर  मरेको हुन सक्ने अनुमान गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कर्णेलले वताएका छन्। नदी तर्नै क्रममा वा अन्यकारणले हात्ती मरेको  थप अनुसन्धान भईरहेको उनले वताएका छन् ।

]]>
2222 0 0 0
शरीर काठमाडौँमा, मन लाङटाङतिर http://localhost/ghum/%e0%a4%b6%e0%a4%b0%e0%a5%80%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%99%e0%a4%9f%e0%a4%be/ Thu, 27 Aug 2015 15:34:52 +0000 http://www.ghumphir.com.np/?p=2225

सिबी अधिकारी 

काठमाडौँ, १० भदौ ।

‘पर्यटन बोर्डको हल, खचाखच मानिसको भीड, त्यही भीडको अघिल्लो पङक्तिमा खादिएर बसेका लाङटाङबासी’ सायद विषयवस्तुको गाम्भीर्यताले नै पर्यटन बोर्डको हलमा त्यतिधेरै भीडाभाड देखिन्थ्यो की उपस्थितलाई श्वास फेर्नसमेत गाह्रो परेको देखिन्थ्यो । सन्दर्भ थियो ‘मुलुकको पदयात्राका लागि चर्चित प्रमुख पर्यटकीय गन्तव्य लाङटाङबारे वृत्तचित्र प्रदर्शनी’ अर्थमन्त्री डा रामशरण महतदेखि पूर्वपर्यटन मन्त्री, विभिन्न सभासद् तथा सयौँको सङ्ख्याका उपस्थित पर्यटन व्यवसायी र लाङटाङवासी साथमा केही विदेशी पर्यटक पनि । बोर्डभित्रको खचाखच भीड हेर्दा, लाग्थ्यो नेपाली धर्तीका अनुपम प्राकृतिक विविधता आफ्नै गाउँघर जस्तोसुकै विपत्ति आइपरेपनि कसलाई पो प्यारो नहोला र π पत्रकार अशोक शिलवालद्वारा निर्देशित ‘घर फर्किरहेका मान्छे ः भूकम्पपछिको पदयात्रा’ को पहिलो प्रदर्शनी एवम् लाङटाङ बहसमा सहभागी लाङ्टाङेहरुको आँखाबाट अविरल बगिरहेको आशुले प्रष्ट्याउथ्यो की उनीहरुलाई आफ्नो गाउँ प्राणभन्दा प्यारो लाग्छ ।

langtangकरिब २९ मिटेनको वृत्तचित्रमा कैद भएका गाउँका तस्बिरले उनीहरुको मनलाई गाउँको पुर्नताजकी गरिदियो । गाउँको अवस्था, आफन्त र पशुचौपाया, अन्नबाली गुमाएको पीडाले वृत्तचित्र अवधिभर उनीहरुको आशु रोकिएन । प्राकृतिक रमणीय सुन्दर गाउँ, बस्ती र पर्यटकीय चहलपहल तर भूकम्पपछिको खण्डहरमा परिणत भएको त्यो गाउँको दृश्यले लाङटाङी मात्र हैन हलमा उपस्थित सबैलाई भावुक बनायो । गत वैशाख १२ गते गएको विनासकारी भूकम्पमा परी लाङटाङमा करिब १७५ जनाले मृत्युवरण गर्न पुगेका थिए । भीडको अघिल्तिर आशु बगाउँदै गरेकी लाङ्टाङ–९ की निमा ज्याङ्बो लामाले भन्नुभयो, “चार महिने बसाइले माथि (रसुवा–लाङ्टाङ) गाउँको सम्झनाले सताइरहेको छ । जीउ काठमाडौँ भएपनि मन लाङटाङमै छ ।” श्रीमान र दुई छोराकासाथ काठमाडौँमा बस्दै आउनुभएकी लामाले पहिरोमा १८ वर्षिया छोरी र ९६ वर्षिया आमा (सासु) गुमाएको पीडा अझै ताजैछ । “पहिलाको त्यो सुन्दर गाउँ अहिले खण्डहरमा परिणत भएको देख्दा मन थाम्नै सकिन । आशु बगिरह्यो । बाटो छैन, बस्ने ठाउँ छैन तरपनि आफ्नै गाउँ प्यारो छ, चाडै उतै फर्कन्छौँ”–रासससँगको कुराकानीमा उहाँले भन्नुभयो । उहाँको भन्दा फरक छैन लाङटाङ–५ की छेजुङ तामाङको वेदना । काठमाडौँको गर्मी र लाम्खुट्टेको टोकाइको पीडा सुनाउँदै उहाँले अब चाँडै गाउँ फर्कने बताउनुभयो । काठमाडौँमा चार महिनादेखि बस्दै आउनुभएकी लाङटाङ–४ की गङ्गा तामाङ्लाई गाउँघरको सम्झनाले दिनरात रुनमात्रै मनलाग्छ । पहिरोमा एकै परिवारका नौ आफन्त गुमाउनुभएकी तामाङले जस्तोसुकै भएपनि आफ्नो गाउँ चाँडै पुग्ने आपेक्षा गर्नुभएको छ ।

]]>
2225 0 0 0
पुनःनिर्माणमा सरकार युद्धस्तरमा लाग्छ : अर्थमन्त्री http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%af%e0%a5%81%e0%a4%a6%e0%a5%8d/ Thu, 27 Aug 2015 15:42:11 +0000 http://www.ghumphir.com.np/?p=2227 १० भदौ, काठमाडौं । वृत्तचित्र हेरेपछि अर्थमन्त्री डा रामशरण महतले वृत्तचित्र अत्यन्तै हृदयविदारक साथै शिक्षापरक छ भन्दै थप्नुभयो, “जोखिमपूर्ण यात्रा, नवनिर्माण र लाङटाङको पर्यटनलाई प्रोत्साहन गर्न र जनजीवनलाई सामान्य बनाउन यसले दिएको सुझाव सान्दर्भिक छ ।” सीमित स्रोत साधनका बाबजुत पनि जस्तोसुकै विपत् आइपर्दापनि राहत र पुनरत्थानमा एकजुट हुन्छन् भन्ने उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले सारा संसार एउटा गाउँजस्तो र सबै नेपाली एउटै परिवारजस्तो भएर राहत सहयोगमा जुटेको बताउनुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव मोहनकृष्ण सापकोटाले पुनःनिर्माण प्राधिकरण गठनभएसँगै पर्यटन पुनरत्थान र पुनःनिर्माणमा जुटेको उल्लेख गर्दै चर्चित अन्नपूर्ण, खुम्बु, लाङटाङ र मनास्लु क्षेत्र विशेष प्राथमिकतामा परेको जानकारी दिनुभयो । राजधानीसँगै जोडिएको पर्यटकीय जिल्ला रसुवाको लाङटाङ सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यताको धनी मानिन्छ । भूकम्पले थलिएको लाङटाङको मुहार तथा भविष्यको सम्भावना र आशाका किरणलाई वृत्तचित्रले औँल्याएको छ । लाङ्टाङबासीको चर्किएको घाउँमा मलम लगाउने काम वृत्तचित्रले गरेको बताउँदै वृत्तचित्रका निर्देशक एवम् पत्रकार शिलवालले लाङटाङवासीको पीडा, भोगाइ र आफ्नो जन्मथलोप्रतिको मोह र समर्पणलाई समेटेको बताउनुभयो । धार्मिक दृष्टिले समेत महत्वपूर्ण लाङटाङमा आठौँ शताब्दीदेखि लामा गुरुले तपस्या गरेका गुफा, छ सय वर्ष पुराना गुम्बा छन् जो भूकम्पबाट क्षतिग्रस्त भएका छन् ।

]]>
2227 0 0 0
अपर्याप्त बजेटले इलाम, दमक र फिदिम बसपार्क निर्माणमा ढिलाइ http://localhost/ghum/%e0%a4%85%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%a4-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f%e0%a4%b2%e0%a5%87-%e0%a4%87%e0%a4%b2%e0%a4%be%e0%a4%ae-%e0%a4%a6%e0%a4%ae/ Thu, 27 Aug 2015 15:46:54 +0000 http://www.ghumphir.com.np/?p=2231

इलाम, १० भदौ ।

अपर्याप्त बजेटका कारण इलाम नगरपालिका–३ स्थित शेरामा रहेको बसपार्क निर्माण कार्यमा ढिलाइ भएको छ । करिब रु तीन करोडको लागतमा निर्माण हुनेगरी प्रस्ताव गरिए पनि बर्सेनि विनियोजित बजेट न्यून आएकाले बसपार्क निर्माण कार्य सुस्ताएको हो । स्थानीय समाजसेवीले करिब १४ रोपनी जमिन दान दिएपछि चार वर्ष अगाडि निर्माण सुरु भएको इलामको बसपार्क निर्माण कार्य हालसम्म ६० प्रतिशतमात्र काम सम्पन्न भएको छ । अहिलेसम्म बसपार्कको काममा नाली निर्माण, पर्खाल लगाउनेजस्ता सामान्य काम गर्न रु एक करोड ८४ लाख ९६ हजार खर्च भइसकेको छ भने सडकको स्तरोन्नति, टहरा, शौचालय, टिकट काउन्टरलगायतका निर्माण कार्य अझै हुन सकेको छैन । पञ्चवर्षीय योजनाको उक्त बसपार्क निर्माणका लागि अझै रु दुई करोडभन्दा बढी खर्च लाग्ने सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका प्रमुख ललितप्रसाद नेपालले जानकारी दिनुभयो । बसपार्क निर्माणमा ढिलाइ हुँदा बढ्दो सहरीकरण तथा सवारीका साधनलाई पार्किङ गर्नसमेत समस्या हुन थालेको छ । इलाम बजार क्षेत्रमा सानो र साँघुरो सडकका कारण यात्रु तथा विद्यार्थी वर्गलाइसमेत ज्यान जोगाएर हिँड्न मुस्किल परेको छ । समयमा नै बसपार्क निर्माण नभए निर्माण भएका संरचनासमेत काम नदिने अवस्थामा पुग्ने स्थानीय उपभोक्ताले बताएका छन् । बसपार्क निर्माण चरणमा ठेकेदारबाट ढिलाइ भएकाले दोस्रो चरणको काम स्थानीय उपभोक्तामार्फत कम्पाउण्ड पर्खाल बनाउने कार्य गरिएको थियो । इलाम बसपार्क निर्माणका लागि चालु आव २०७२÷०७३ का लागि रु ६० लाख विनियोजन भएको डिभिजन प्रमुख नेपालले जानकारी दिनुभयो । यस्तै, झापाको दमक नगरपालिकामा रहेको दमक बसपार्कको कार्य तीन वर्षदेखि निर्माण चरणमा छ । रु चार करोडको योजना भए पनि अधुरो बजेटकै कारण अहिलेसम्म आधा काममात्र भएको भवन छ । हालसम्म रु ९० लाख बजेट विनियोजन भएकोमा करिब २३ प्रतिशतमात्र खर्च भएको उहाँले बताउनुभयो । चालु आव २०७२÷७३ का लागि रु ६० लाख विनियोजन भएको जनाइएको छ । यस्तै, पाँचथरको फिदिम नगरपालिकामा निर्माणाधीन फिदिम बसपार्क सुधारको कार्य सुरु भइरहेको छ । रु चार करोेडको योजना रहेकामा गत आवमा आएको रु ४१ लाखमध्ये रु १९ लाख ४१ हजारको मात्र कार्य सम्पन्न भएको छ । टर्मिनल भवनसहितको बसपार्क निर्माण गरिनुपर्ने भएपनि हालसम्म ४७ दशमलव ३६ प्रतिशतमात्र खर्च भएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका प्रमुख नेपालले बताउनुभयो । कतिपय योजनामा ठेकेदारको लापर्बाही, ढिलासुस्ती तथा बजेट कम आउनाले पनि कुनै पनि विकास निर्माणका काम तोकिएको समयमा हुन नसक्दा निर्माणाधीन भौतिक संरचना कामै नलाग्ने गरी बिग्रने अवस्थामा पनि पुग्ने गरेको पाइएको छ ।

]]>
2231 0 0 0
कृषि विकास बैंकका कर्मचारीसहित नौ जना पक्राउ http://localhost/ghum/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%9a%e0%a4%be/ Thu, 27 Aug 2015 15:53:18 +0000 http://www.ghumphir.com.np/?p=2233

काठमाडौँ, १० भदौ ।

कृषि विकास बैंकको रु ३३ करोड ८२ लाख ५७८ हानी, नोक्सानी पु¥याउने कार्यमा संलग्न सोही बैंकको स्वयम्भू शाखामा कार्यरत शाखा अधिकृत केदारप्रसाद गौतमसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौतमकी जेठी श्रीमती सम्झना पोखरेल, कान्छी श्रीमती जेनी श्रेष्ठ, बैंककी लेखापाल गीता पन्त, भरतबहादुर बानिया, सूर्यबहादुर लिम्बु, कृष्णहरि थापा, सन्दिप गुप्ता, रामकुमार कुम्हारलाई विभिन्न स्थानबाट विभिन्न मितिमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारवाही गर्न पुनरावेदन अदालत, वाणिज्य ईजलाश, पाटनमा आज व्युरोले पेश गरेको छ । स्वयम्भूमा कार्यरत शाखा अधिकृत गौतम र रामेछाप जिल्ला घरभई हाल भारत बस्ने राजिब थापा भन्ने कृष्णहरि थापाको आपराधिक योजनाअनुसार गौतमले गत वर्ष असोज महिनामा कृषि बैंकको स्वयम्भु शाखामा केही दिनको अन्तरालमा चार वटा नक्कली खाता खोलेको अनुसन्धानको क्रममा खुलेको व्युरोले जनाएको छ ।

krishi-Dev-Bankगौतम र थापाको योजनाअनुसार उल्लेखित खातामा अनियमित तवरले रकम जम्मा गर्ने, ट्रान्सफर गर्ने जिम्मेवारी केदारप्रसाद गौतमले तथा खातावालको बन्दोबस्त गर्ने जिम्मेवारीे एकापसमा बाँडफाड गरेको थिए । थापा विगत १४ वर्षदेखि भारतमा बसोबास गरी त्यहीको रासनकार्ड धारीसमेत भएकाले निजले भारतमा बसोबास गर्ने गरेका नेपालीमूलका व्यक्ति पहिचान गरी खातावाल बन्न प्रेरित गर्ने गरेको व्युरोले जनाएको छ । नागरिकता प्रमाणपत्रमा सम्बन्धित खातावालको फोटो मात्र प्रयोग गरी बाँकी सबै विवरण भूmठो देखिएको, केही नागरिकता प्रमाणपत्रको जारी मितिसमेत मिल्न गएको, नागरिकतामा उल्लेखित गाविस वास्तविकरुपमा अस्तित्व मै नरहेको, जारी भएको भनिएको सम्बन्धि जिल्ला प्रशासन कार्यालयसँग बुझ्दा त्यहाँबाट जारी नभएको पाइएको व्युरोले जनाएको छ । बैंकमा कार्यरत गौतम र पन्तले आफ्नो पासवर्ड प्रयोग गरी उल्लेखित खातामा देशभित्रकै कृषि विकास बैंकका विभिन्न १७ वटा शाखाबाट रकम आएको देखाइ बदनियत तवरले रकम जम्मा गर्ने तथा जम्मा भएको रकम कृषि विकास बैंकको पुतलीसडक, सातदोबाटो, मङ्गलबजार, न्यूरोड, रत्नपार्कलगायतका शाखाहरु तथा मेगा, सिभिल, लुम्बिनी, नेपाल इन्भेष्टमेन्ट, माछापुच्छ्रेलगायतका अन्य सात वटा बैंकमा खोलिएको नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्न मितिमा पटक÷पटक कुल रु ३३ करोड ८२ लाख ५७८ भुक्तानी लिई बैंकलाई हानी÷नोक्सानी पु¥याएको अनुसन्धानको क्रममा खुलेको छ । रकम जम्मा गर्नकै लागि स्वयम्भू शाखामा खोलिएका चार वटा नक्कली खाताका अतिरिक्त कृषि विकास बैंककै उपत्यकाका रत्नपार्क, पुतलीसडक, मङ्गलबजार, सातदोबाटोलगायतका सात वटा शाखामा विभिन्न १० वटा नक्कली खाता खोलिएको थियो । योजना मुताबिक नै गत वर्ष चैतमा जेठी श्रीमती सम्झना पोखरेल र छोराछोरीसमेत अमेरिकातर्फ उडेको भनी हल्ला चलाई भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लाको सिलिगुढीमा अपार्टमेन्ट भाडामा लिई छोरालाई त्यहीको विद्यालयमा भर्ना गरी बसोबासको व्यवस्था मिलाएको छ । भारतमा बस्ने थापाको सहयोगमा आपूmले प्रेम शर्माको नाममा तथा श्रीमती सम्झना पोखरेलले सुनिता शर्माको नाममा भारतीय राशनकार्ड बनाएको र त्यसैको आधारमा बैंक खातासमेत खोलेको तथा जग्गा जमिनसमेत खरीद गरेका थिए । जेठी श्रीमतीलाई भारतमा पठाएपछि गौतम आपूm लाजिम्पाट, काठमाडौँमा अपार्टमेन्ट भाडामा लिई कान्छी श्रीमती जेनी श्रेष्ठसँग बसोबास गर्ने गरेको व्युरोले जनाएको छ । नक्कली नागरिकता बनाउन सहयोग गर्ने चारविरुद्ध मुद्दा दायर शाखा अधिकृत केदारप्रसाद गौतमलाई तेजबहादुर थापाको नाममा नक्कली नागरिकता र राहदानी बनाउन सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय, भक्तपुरका नायव सुब्बाद्वय लक्ष्मीप्रसाद तिमिल्सिना र मोहन देउबञ्जार, कार्यालय सहायक साजनकुमार नयाँजु र लेखनदास कृष्णबहादुर कटुवाल विरुद्ध पनि व्युरोले मुद्दा दायर गरेको छ । गौतमलाई तेजबहादुर थापाको नाममा भक्तपुरमा झूठो बसाइँसराइको कागज तयार गरी सोहीका आधारमा आफ्नो फोटो टाँसी तेजबहादुर थापाको नामको नागरिकताको प्रतिलिपी बनाई तेजबहादुर थापा कै नामको राहदानीसमेत दिलाउन सहयोग गरेको कसूरमा चारजना विरुद्ध मुद्दा दायर गरेको हो । उनीहरु उपर नागरिकता ऐन, २०६३ बमोजिम अनुसन्धानकार्य सम्पन्न गरी सम्मानित भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको तथा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतसमेत पर्ने भएकाले थप कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको व्युरोले जनाएको छ ।

]]>
2233 0 0 0
बादर नाच http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%a6%e0%a4%b0-%e0%a4%a8%e0%a4%be%e0%a4%9a/ Thu, 27 Aug 2015 16:10:55 +0000 http://www.ghumphir.com.np/?p=2238 2238 0 0 0 सम्पदा पुनःनिर्माण सुरु http://localhost/ghum/%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a6%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Thu, 27 Aug 2015 16:19:32 +0000 http://www.ghumphir.com.np/?p=2240

भक्तपुर, १० भदौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशूर शेर्पाले पर्यटनका प्रमुख आकर्षणका रुपमा रहेका सम्पदा पुनःनिर्माण सुरु भइसकेको बताउनुभएको छ । भक्तपुर पर्यटकका लागि अझै सुन्दर र संस्कृति जीवन्त छ भन्ने सन्देश दिँदै आज मानवीय आस्था नेपालले दरबारस्क्वायरमा आयोजना गरेको परम्परागत सांस्कृतिक कार्यक्रममा उहाँले दातृ निकायले कला र सम्पदाको पुनःनिर्माणप्रति बढी चासो देखाएकाले पनि मन्त्रालयले प्रारम्भिक कार्य सुरु गरिसकेको छ भन्नुभयो ।

kirpasur sherpaउहाले भन्नुभयो,“पुनःनिर्माण हुने सम्पदाको प्रोजेक्ट तयार गर्ने, डिजाइन गर्ने र इस्टिमेट गर्ने कार्य सुरु भइसकेको छ ।” सरकारले पुनःनिर्माणमा रु एक अर्ब ८० करोड विनियोजन गरेको छ । सो अवसरमा उद्योगमन्त्री महेश बस्नेतले भूकम्पका कारण भक्तपुरमा ज्यान गएका १४३ जनाको सम्झनामा स्मृति उद्यान बनाउने तयारी भइरहेको बताउँदै जग्गा व्यवस्थापन भएलगत्तै निर्माण सुरु गरिने जानकारी दिनुभयो । सो अवसरमा मानवीय आस्थाका अध्यक्ष श्रीकुमार रञ्जित, काठमाडाँै स्कुल अफ लका प्रा डा युवराज सङ्ग्रौला, सङ्गीतकार सुरेश अधिकारी, प्रजिअ तोयम राया, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीलगायतले सम्पदा पुनःनिर्माणमा सबैको सहयोग आवश्यक रहेको औँल्याउनुभयो ।

]]>
2240 0 0 0
बिपी सङ्ग्रहालय सञ्चालन गर्न गाह्रो http://localhost/ghum/%e0%a4%ac%e0%a4%bf%e0%a4%aa%e0%a5%80-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8/ Thu, 27 Aug 2015 16:26:47 +0000 http://www.ghumphir.com.np/?p=2242

काठमाडौँ, १० भदौ ।

आव २०७२÷०७३ को बजेटमा बिपी सङ्ग्रहालय सुन्दरीजललाई प्रत्येक वर्ष नियमित छुट्याइँदै आएको बजेट नदिइएपछि सञ्चालनमा गाह्रो भएको सङ्ग्रहालय समितिले जनाएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका समग्र चिजबीज सङ्कलन गरी निर्माण गरिएको सङ्ग्रहालयका लागि अर्थ मन्त्रालयले बजेट नदिएपछि समितिले असन्तुष्टि जनाएको हो । सङ्ग्रहालयलाई बजेट दिन भएको निर्णय एकाएक फेरिएको समितिको आरोप छ । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ले क्षतिग्रस्त बनेको सङ्ग्रहालयलाई नियमित बजेटसमेत नछुट्याएपछि पुनःनिर्माण त परको कुरा कार्यालय सञ्चालन गर्नसमेत अप्ठ्यारो भएको छ । भूकम्पका कारण धेरै समय र खर्च लगाएर सङ्कलन गरिएका चिजबीजलाई जोगाउन गाह्रो भएको सङ्ग्रहालयका कर्मचारीको गुनासो छ । सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा आफूले केही बोल्न नचाहेको बताउनुभयो । सरकारले ल्याएको यस वर्षको बजेटमा यस्तै प्रकृतिका अन्य तीन संस्थालाई बजेट दिए पनि सङ्ग्रहालयलाई छुट्याइएको छैन । सङ्ग्रहालयले विसं २०३० मा नेपाली काँग्रेसले अपहरण गरेको हवाइजहाजसमेत ल्याएर राख्ने तयारी गरेको थियो । बजेट नदिइएकाले खण्डहरमा परिणत हुन लागेको हवाइजहाज ल्याएर राख्न अप्ठ्यारो भएको सङ्ग्रहालयले जनाएको छ । मन्त्रालयका सचिव सुमन शर्मा पुनःनिर्माणका लागि नियमित बजेटमा रकम नछुट्याइएकाले पुनःनिर्माण प्राधिकरणमार्फत छुट्याइने बताउनुहुन्छ । “पुनःनिर्माणका लागि प्राधिकरणमा रु ९१ अर्ब जम्मा भएको छ, यही बजेटबाट नवगठित प्राधिकरणका पदाधिकारीले प्राथमिकताका आधारमा बजेट छुट्याई पुनःनिर्माणको काम हुनेछ”–उहाँले भन्नुभयो ।

]]>
2242 0 0 0
माछापालनबाट बाइस लाख आम्दानी http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%9b%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%be%e0%a4%87%e0%a4%b8-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%86%e0%a4%ae%e0%a5%8d/ Thu, 27 Aug 2015 16:35:38 +0000 http://www.ghumphir.com.np/?p=2245

तुलसीपुर (दाङ), १० भदौ ।

दाङको लमही नगरपालिका– ५ टिकुलीगढका अम्मरबहादुर तामाङले माछापालनबाट वार्षिक रु २२ लाख आम्दानी गर्न सफल हुनुभएको छ । आठ बिगाहा जग्गा क्षेत्रफलमा आठवटा पोखरी निर्माण गरेर उहाँले व्यावसायिक रुपमा माछापालन गरिरहनुभएको छ । अहिले बिहानैदेखि उहाँको घरमा माछा लिन आउनेको भीड लाग्ने गरेको छ । विगत आठ वर्षदेखि व्यावसायिक रुपमा माछापालन गर्दै आएका तामाङले अहिले माछा र माछाको भुरा उत्पादन गर्दै आउनुभएको छ । उहाँले स्थानीयवासी सात जनालाई रोजगारीसमेत दिनुभएको छ । यस व्यवसायबाट आफू अत्यन्त सन्तुष्ट रहेको बताउने तामाङले आम्दानी पनि सोचेअनुसार गर्ने सकिने हँुदा यस्ता आयआर्जनका व्यवसायमा लाग्न बेरोजगारलाई सल्लाहसमेत दिनुभएको छ । आफ्नै गाउँघरमा मेहनत र लगशीलताका साथ काम गर्ने हो भने विदेशमा भन्दा बढी पैसा र मानसम्मान स्वदेशमै कमाउन सकिन्छ भन्ने गतिलो उदाहरणको पात्र बन्न सफल हुनुभएको छ उहाँ । धान, गहुँ, मकै र तरकारी सबै खेती गरिसक्नुभएका उहाँलाई सबैभन्दा बढी माछापालनबाटै दोब्बर आम्दानी हुने विश्वास लागेकै कारण यस पेसाप्रति आकर्षण बढेको हो । माछापालनमा लामो अनुभव सङ्गाल्नुभएका तामाङसँग माछापालनका बारेमा सरसल्लाह गर्न आउनेहरु पनि धेरै छन् । “घरमा माछा लिन आएकाहरुले पनि कसरी, कहिलेदेखि यसो गर्नुभयो भन्दै सोध्छन्” उहाँले भन्नुभयो । यहाँ आएको जोसुकैले पनि एक पटक माछा पाल्ने सपना देखेर फर्कन्छ । एक्लो प्रयासमा आठ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण गरी माछापालन गरिएको छ । अहिले आफ्नो व्यवसायप्रति थप आत्मविश्वास बढाएको तामाङले बताउनुभयो । विसं २०६३ मा तीन कट्ठाको पोखरीमा रु चार हजारको भुरा हाली व्यावसायिक माछापालन सुरु गर्नुभएका उहाँले अहिले माछा, भुरा बिक्री गरेर आम्दानी गरिरहनुभएको छ । त्यहाँ आठ जना स्थानीय युवाले रोजगारीसमेत पाएका छन् । सुरुमा धान, गहुँ राम्रोसँग उत्पादन हुने जग्गामा माछापालनका लागि पोखरी निर्माण गर्दा उहाँलाई गाह्रो भने नभएको होइन । गाउँ, समाज र घरपरिवारबाट खेतीयोग्य जमिनलाई खनेर खाल्टो पार्दा ‘बौलाउन थालिस्’ भन्नेहरु अहिले आफ्नो प्रशंसक भएको उहाँको भनाइ छ । आठ बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा ग्रास, कमन, सिल्भर, विग हेड, रहु र नैनी जातका माछापालन गरिएको छ । त्यहाँ उत्पादन भएका माछा जिल्लाका विभिन्न बजारमा बिक्रीका लागि लगिने गरिन्छ । प्रतिकिलो रु २२० देखि रु २५० सम्मका दरले माछा बिक्री हुने गरेका छन् । “सुरुका दिनमा माछा बिक्री गर्नका लागि छिटुवामा राखेर स्थानीय बजारमा लग्ने गर्दथे । कुनै दिन त नबिकेर घरमा फिर्ता आउने पनि गर्दथ्यो,” उहाँले विगतका दिनको अनुभव सुनाउँदै भन्नुभयो – “तर अहिले त टाढाटाढाबाट घरमा नै माछा किन्न आउनेहरुको भीड लाग्ने गर्दछ ।” अहिले त बजारमा मागअनुसारको माछा पु¥याउन सकिएको छैन, घरमै भीड लाग्छ, लाइन बस्नुपर्छ । हाल बढ्दो विद्युत् भार कटौती र पानीको समस्या हुने गरेको बताएको छ ।

]]>
2245 0 0 0
अबदेखि सुदुरपश्चिमका पहाडी जिल्ला लोडसेडिङमुक्त http://localhost/ghum/%e0%a4%85%e0%a4%ac%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%b8%e0%a5%81%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%b9%e0%a4%be/ Thu, 27 Aug 2015 16:51:47 +0000 http://www.ghumphir.com.np/?p=2248 १० भदौ, काठमाडौं ।
अपी पावर कम्पनीले  निर्माण गरेको नौगडगाढ साना जलविद्युत आयोजनाको सम्पूर्ण विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । राष्ट्रिय प्रशारणलाइनमा ८.५ मेगावाट विजुली थपिएको छ । कम्पनीले गत भदौ २ गतेदेखि व्यवसायिक उत्पादन थालेको थियो । उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको चमेलिया आयोजना स्थित बलाँच सवस्टेशनको ३३ केभी बसबारमा जोडिएको छ । कम्पनीका अनुसार विजुली बैतडी, डडेलधुरा, बुडर हँदै उक्त उर्जा अत्तरिया सवस्टेशन सम्म पुगेको छ । योसँगै सुदुर पश्चिमका पहाडी जिल्लाहरु लोडसेडिङ मुक्त भएको कम्पनीले जनाएको छ । कम्पनीले केवल १७ महिनामा सम्पूर्ण निर्माण कार्य सकेको हो । कम्पनीले निकट भविष्यमा अपर नौगडगाढ ८ मेगावाट र ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया आयोजनाको निर्माणको लागि आवश्यक प्रकृया थालेको समेत जानकारी दिएको छ । कम्पनीको उत्पादित विद्युत शक्ति १३२ केभीको ट्रान्समिसन लाइनबाट जाने प्रावधान भएपनि ट्रान्समिसन लाइनको निर्माण कार्य पूरा नभएकोले बैकल्पिक ३३ केभीबाट प्रशारण भईरहेको कम्पनीले जनाएको छ ।
]]>
2248 0 0 0
भन्सार प्रशासनलाई आधुनिकीकरण गर्ने मन्त्रीको प्रतिबद्धता http://localhost/ghum/%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b6%e0%a4%be%e0%a4%b8%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%86%e0%a4%a7%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%95/ Thu, 27 Aug 2015 17:04:31 +0000 http://www.ghumphir.com.np/?p=2251

काठमाडौँ, १० भदौ ।

मुलुकको आर्थिक उन्नतिका लागि भन्सारको आधुनिकीकरणमार्फत सेवाग्राहीको समय तथा लागत मूल्यलाई सम्मान गर्ने गुणस्तरीय भन्सार सेवा प्रदान गर्नुपर्नेमा जोड दिइएको छ । भन्सार विभागको आयोजनामा आजदेखि सुरु गरिएकोे भन्सार व्यवस्थापनसम्बन्धी दुई दिने गोष्ठीमा सहभागी सरकारी तथा निजी क्षेत्रका अगुवाले पूर्वाधार, प्रविधि, दक्ष जनशक्ति र कर्मचारीको आचरणमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । मुलुकको समृद्धिका लागि आर्थिक विकास अपरिहार्य भएको बताउँदै उहाँहरुले भन्सार प्रक्रियालाई पारदर्शी र सरलीकृत गर्न सकेमात्र अन्तर्राष्ट्रिय लगानी आउने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताएका हुन् । अर्थमन्त्री डा रामशरण महतले भन्सार प्रशासनलाई निरन्तर आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि अर्थमन्त्रालयले आर्थिक अभाव हुन नदिने बताउनुभयो । उहाँले मन्त्रालयअन्तर्गतका विभागको कार्यक्षमतामा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रविधिको प्रयोगबाटै व्यापार सहजीकरण हुने अर्थमन्त्रीको विश्वास थियो । उहाँले गैरकानुनी व्यापार तथा सीमा व्यवस्थापनमा कति योगदान पु¥यायो भन्नेमा नै भन्सार विभागको दक्षता देखिने भएकाले त्यसतर्फ ध्यान पु¥याउन कर्मचारीलाई निर्देशन दिनुभयो । भन्सारमा न्यूनबिजकीकरणको समस्या रहेको उल्लेख गर्दै अर्थमन्त्रीले भन्नुभयो, “भन्सार मूल्याङ्कनमा कुनै छुट हुनु हुँदैन, कानुनअनुसार कायम हुनै पर्छ ।” अर्थसचिव सुमनप्रसाद शर्माले भन्सारमा गरिने व्यवहारले नै त्यस देशको लगानीको अवस्था प्रष्ट हुने भएकाले आचरणमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “क्षमता र नैतिकताको अभावका कारण नै अनधिकृत व्यापार तथा न्यूनबिजकीकरणको समस्या देखिएको हो, त्यसलाई सुधार गर्नुपर्छ ।” राजस्व सचिव राजन खनालले मुलुकको ५० प्रतिशत आन्तरिक स्रोत भन्सार बिन्दुबाट प्राप्त हुने उल्लेख गर्दै भन्सार प्रक्रियामा सुधार र पारदर्शी बनाउनुपर्ने बताउनुभयो । उहाँले परिमाण र वर्गीकरणमा ध्यान नपु¥याउँदा मूल्याङ्कनमा समस्या आएको उल्लेख गर्दै त्यस्ता कार्यलाई निरुत्साहित गर्नका लागि कानुनअनुसार कारबाही गरिने स्पष्ट पार्नुभयो । कामु महालेखा नियन्त्रक राजेन्द्रप्रसाद नेपालले भन्सार प्रक्रिया सरलीकृत र पारदर्शी बनाउन प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले प्रणालीगत र संरचनागत सुधारलाई निरन्तरता दिँदै व्यावसायिक दक्षता अभिवृद्धि गर्न विभागले रणनीति बनाएर अघिबढ्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भन्सार विभागको आधुनिकीकरणले भन्सारमा हुने गतिविधिलाई पारदर्शी बनाउने बताउनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष नरेन्द्र बस्न्यातले अनुसन्धान र जाँचपासलाई व्यावहारिक र आधुनिक बनाउन आग्रह गर्नुभयो । नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापार सहजीकरणमा भन्सारको महत्वपूर्ण भूमिका हुने भएकाले त्यस कार्यकालागि राज्यका सबै निकायबीच समन्वय हुनुपर्ने धारणा राख्नुभयो । शुक्रबारसम्म चल्ने उक्त गोष्ठीमा भन्सार प्रशासन, सम्पत्ति शुद्धीकरण, जाँचपाससम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । आजै वैदेशिक व्यापार रणनीति, विभागको रणनीतिक कार्ययोजना तथा भन्सार सेवासम्बन्धी जानकारी दिने मोबाइल एप्स पनि सार्वजनिक गरिएको थियो ।

]]>
2251 0 0 0
बागेश्वरी मन्दिरको चल अचल सम्पत्ति पेश गर्न आदेश http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%b2-%e0%a4%85%e0%a4%9a/ Thu, 27 Aug 2015 17:18:57 +0000 http://www.ghumphir.com.np/?p=2259 कृष्ण अधिकारी

नेपालगन्ज भदौ १०

पुनराबेदन अदालत नेपालगन्जले पश्चिम नेपालकै  प्रमुख शक्तिपिठको रुपमा  रहेको बागेश्वरी मन्दिरको चल अचल सम्पत्ति, जग्गा जमिनको बिबरण के कति छ सोको बिवरण अदालतमा पेश गर्न मन्दिर ब्यबस्थापन समिति र मालपोत कार्यालय बाँकेलाई आदेश दिएको छ।

पुनरावेदन अदालत नेपालगन्जका न्यायाधीश वीरबहादुर डाँगी  र दिनेशप्रसाद यादवको संयुक्त ईजलासले बागेश्वरी गुठी, गुठी संस्थानको राज गुठीको लगतमा दर्ता भएको प्रमाण वा विवरण मन्दिरको नाममा रहेको जग्गा जमिन सम्बन्धी अचल सम्पत्तिको जग्गा दर्ता प्रमाण पूर्जासहितको विवरण तथा मन्दिरको चल सम्पत्ति के कति छ सोको विवरण सम्बन्धित निकायबाट झिकाउने आदेश दिएको छ।

bagishori

मन्दिरको नाममा नेपालगन्ज उप महानगरपालिका वडा २४ स्थित इन्द्रपुरमा करिब ८४ बिघा जग्गा लगायत करौडौको चल अचल सम्पत्ति छ।

ती सम्पत्तिहरूको राम्रो संग संरक्षण र ब्यवस्थापन हुन नसकेका कारण हिन्दुधर्मालम्बीहरुको आस्थाको धरोहरको रूपमा रहेको बागेश्वरी मन्दिर ब्यबस्थित रुपमा सञ्चालन हुन नसकेको जनाउँदै अधिवक्ता सुनिल श्रेष्ठ लगायत सात जना कानुन ब्यबसायीहरुले पुनराबेदन अदालत बाकेमा परमादेशको रिट दायर गरेका थिए।

अदालतमा दायर गरिएको मुद्दामा वागेश्वरी मन्दिर विधिवत रूपमा दर्ता भए नभएको, दर्ता नगरे नगराईएको भए मन्दिरलाई व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि बागेश्वरी मन्दिर नेपालको मौजुदा कानून बमोजिम सम्वन्धित निकायमा दर्ता गर्नु गराउन माग गरिएको छ।

त्यसै गरी बागेश्वरी मन्दिरको नाममा रहेको सम्पूर्ण चल अचल श्रीसम्पतिको नियमित रुपमा अभिलेख राखी नियमित प्रकाशन गर्नू गराउनू, बागेश्वरी मन्दिरका नाममा चल अचल श्रीसम्पतिको संरक्षण एवं सम्वर्द्धन गर्नू गराउनू, मन्दिरको आय–व्ययको विवरण नियमित रुपमा सार्वजनिक हुने ब्यबस्था मिलाउन माग गरिएको छ।

रिट निवेदनमा मन्दिरको स्थापनाकालदेखि हालसम्मको अवस्था तथा बागेश्वरी मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वसमेत झल्कने गरी बागेश्वरी मन्दिरको परिचय, जानकारीपत्र वा पुस्तक प्रकाशन गर्ने गराउने ब्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ।

बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको तलाउमा रहेको पुल धेरै पुरानो भईसकेकोले सो पुलको यथासक्य छिटो पूर्ननिर्माण तथा जिर्णोधार गर्नु गराउन माग गरिएको छ।

त्यसै गरी बागेश्वरी मन्दिर परिसर, मन्दिरको पूर्वतर्फ रहेको तलाउ तथा सोको पूर्वतर्फ रहेको पार्क समेत दैनिक रुपमा र नियमित रुपमा सरसफाई गर्ने गराउने उचित प्रवन्ध गर्नू गराउनू, सहज र सर्भसुलभ सार्वजनिक शौचालयको व्यवस्था गर्नु गराउनका परमादेशको आदेश हुनु पर्ने माग गर्दै चैत १२ गते  मन्दिर ब्यबस्थापन समिति लागि  मन्दिर ब्यबस्थापन समिति लगायत सरोकारबालाहरुलाई बिपक्षी बनाइ रिट दायर गरेका थिए।

]]>
2259 0 0 0
प्याराग्लाइडिङ्ग पाइलटले १९ वर्षपछि उडाउने अनुमतिपत्र प्राप्त गरे http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97-%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%b2%e0%a4%9f-%e0%a5%a7/ Thu, 27 Aug 2015 17:31:59 +0000 http://www.ghumphir.com.np/?p=2261 भदौ १०, पोखरा

नेपालमा प्याराग्लाइडिङ्ग भित्रियको १९ वर्षमा नेपाली पाइलटले नेपाल सरकारबाट लाइसेन्स (उडाउने अनुमतिपत्र) प्राप्त गरेका छन् । नेपाल नागरिक उड्डयान प्राधिकरण पोखरा नागरिक उड्डयान कार्यालयले बुधबार चार जनालाई लाइसेन्स दिएको हो । कार्यालयबाट अस्थाई प्याराग्लाईडिङ्ग इजाजत पत्र दिएको पोखरा नागरिक उड्डयान कार्यालयका प्रमुख दिपक बरालले जानकारी दिए ।

नेपाल कै पहिलो प्याराग्लाईडिङ्ग पाइलट राजेश बम्जम, दामोदर पराजुली, सानोबाबु सुनुवार र विमल अधिकारीलाई लाइसेन्स दिएको बरालले जानकारी दिए । उनिहरुलाई पोखरा नागरिक उड्डयान कार्यालयका प्रमुख दिपक बरालले लाइसेन्स प्रदान गरे । उनिहरुको स्वस्थ्य परिक्षण, उनिहरुले प्याराग्लाईडिङ्ग उठाएको अवलोकन पछि उनिहरुलाई लाइसेन्स दिएको प्रमुख बरालले जानकारी दिए ।

paragliding

नेपाल कै पहिलो प्याराग्लाईडिङ्ग पाइल राजेश बम्जम नेपाल कै लाइसेन्स लिने पहिलो पाइलट बनेका छन् । त्यसै गरि अन्य तिन जनालाई प्याराग्लाईडिङ्ग पाइलटहरुको परिक्षा लिनका लागी छनौट भएका छन् । उनिहरुले अब नयाँ पाइलटहरुको प्राविधिकहरुमा परिक्षा लिने काम गर्ने बरालले बताए । लाइसेन्स लिइ सके पछि पहिलो पाइलट राजेश बम्जमले १९ वर्ष पछि लाइसेन्स पाउदा खुसी लागेको बताए । उनले नेपालमा टेन्डम कम्पनीका रुपमा मात्रै नभएर स्पोर्टको रुपमा पनि विकास गर्नु पर्ने बताए । लाइसेन्स पाएपछि पाइलट सानोबाबु सुनारले प्याराग्लाईडिङ्गको विकासका लागी लाइसेन्सले ठुलो टेवा पुग्ने बताए । उनले अबैध रुपमा उडान भर्ने क्रम अबका दिनमा रोकिने बताए । नाका कार्यवाहक अध्यक्ष शोभित बानियाले लामो समय देखिको माग पुरा भएको बताउदै प्याराग्लाईडिङ्गलाई व्यवस्थीत गरेर लैजान सजिलो हुने बताए ।

पोखरा नागरिक उड्डयान कार्यालयका प्रमुख दिपक बरालले लाइसेन्स दिए पछि पाइलटहरुलाई विमा लगाएतका गर्न सजिलो हुने बताए । अहिले अस्थाइ लाइसेन्सबाट शुरु गरि नियम बनी सके पछि स्थाइ लाइसेन्स दिने बताए । अहिले लाइसेन्स लिनलाई २५ डलर तिनु पर्ने उनको भनाई छ । पोखरामा अहिले करिब १ सय २० जना टेन्डम पाइलटहरु रहेका छन् भने लाइसेन्सका लागी करिब ८० जनाले कार्यालयमा आबेदन दिएको बरालले जानकारी दिए । यस अगाडी नेपाली पाइलटहरुले कि त विदेशी लाइसेन्स कि त विना लाइसेन्स उठान गर्दै आएका थिए । नेपालमा नै पहिलो पटक पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ्गको उठान शुरु भएको हो भने सन् २००० देखि व्यवसायीक रुपमा उठान थालेको थियो ।

]]>
2261 0 0 0
बन्दले लाखभन्दा बढी मजदुर बेरोजगार http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%ae%e0%a4%9c%e0%a4%a6%e0%a5%81/ Fri, 28 Aug 2015 02:52:56 +0000 http://www.ghumphir.com.np/?p=2266

पथरी (मोरङ), ११ भदौ ।

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण मोरङ–सुनसरी ओद्यौगिक करिडोर क्षेत्रका करिब पाँच सय उद्योगमा कार्यरत एक लाखभन्दा बढी मजदुर बेरोजगार भएका छन् । उद्योग सङ्गठन मोरङका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरमा बन्दकर्ताले उद्योगधन्दा सञ्चालन गर्न नदिएका मजदुर बेरोजगार भएका हुन् । खास गरेर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई समेत दैनिक गुजारा टार्न समस्या पर्न थालेको औद्योगिक मजदुर सीताराम चौधरीको भनाइ छ । त्यस्तै मासिक तलब भत्तामा काम गर्नेहरु पनि उद्योगधन्दा सञ्चालन नहुँदा हात मुख जोर्नसमेत मुस्किल पर्न थालेको नयनराज कार्की बताउनुहुन्छ । मोरङका व्यापार सङ्घका अनुसार मजदुर–कर्मचारीको तलब, बैंकको ब्याज, भन्सारको ड्यारेज शुल्क, विद्युत्लगायत जोड्दा दैनिक रु १५ करोड नोक्सानी बेहोरिरहेको छ । उत्पादन भएका वस्तु निर्यात गर्नसम्म नपाएको, भारतबाट आयात गरिएको वस्तु यातायात बन्दले गर्दा भन्सार नाकामै थन्किएर बसेका छन् ।

]]>
2266 0 0 0
कस्तुरी मृगले बासस्थान छोडे http://localhost/ghum/%e0%a4%95%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a5%83%e0%a4%97%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%be%e0%a4%b8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8-%e0%a4%9b/ Fri, 28 Aug 2015 02:57:48 +0000 http://www.ghumphir.com.np/?p=2268

बेनी (म्याग्दी), ११ भदौ ।

बढ्दो तापक्रम वृद्धि र मानवीय गतिविधिका कारण म्याग्दीका हिमाली भेगका कस्तुरी मृग आफ्नो बासस्थान छोडेर अन्यत्र जान थालेका छन् । धौलागिरि हिमालको फेदीमा अवस्थित मुदी, लुलाङ, गुर्जा, कुइमेमङ्गले, दाना र मुना गाविसका जङ्गलमा प्रशस्त मात्रामा कस्तुरी मृगको बासस्थान रहने गरेको थियो । जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम बढ्दै जादाँ अनुकूल वातावरण र बासस्थान तथा आहारको अभाव हुन थालेपछि चिसो र एकान्त वातावरणमा मन पराउने भएकाले पनि कस्तुरी मृगले बासस्थान छोडेर जान थालेको वन्यजन्तु तथा वातावरणविद् चन्द्रमणि सापकोटाले बताउनुभयो ।

mirgaविश्वमै दुर्लभ मानिने ती मृग म्याग्दीबाट ढोरपाटन सिकार आरक्ष, डोल्पा, रुकुम र मुस्ताङका जङ्गलमा बसाइँ सर्न थालेको स्थानीयवासी बताउँछन् । मुदीको जङ्गलमा विगतमा देखिएका वन्यजन्तु अहिले आएर धवलागिरि आधार शिविर वरपर देखिन थालेका गुर्जाका समाजसेवी कमल छन्त्यालले जानकारी दिनुभयो । यसैगरी गुर्जा, लुलाङ, मुना, मुदी, कुइनेमङ्गले, चिमखोला र दानाका जङ्गलमा केही वर्षअघि सम्म देखिने कस्तुरी मृगका अतिरिक्त झारल, मृग र घोरल पनि सो वन छोडेर अन्यत्र गएको स्थानीय बासिन्दाले बताएका छन् । जिल्ला वन कार्यालय म्याग्दीका अनुसार दुई वर्षअघि मानव बस्तीनजिकै आउने वन्यजन्तु अहिले देख्न हिमाली क्षेत्रमा पुग्नुपर्ने भएको छ । अनुकूल वातावरणको अभावमा उचित बासस्थान र आहारको अभाव भएपछि वन्यजन्तुको प्रजनन प्रक्रियामा समेत समस्या देखिने भएकाले उच्च पहाडी क्षेत्रका वन्यजन्तुको अस्तित्व सङ्कटमा परेको वन्यजन्तुविद् सापकोटाले बताउनुभयो ।

]]>
2268 0 0 0
सहिद स्मृति पार्कको निर्माण अधुरै http://localhost/ghum/%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a6-%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d/ Fri, 28 Aug 2015 03:03:29 +0000 http://www.ghumphir.com.np/?p=2271

फलेवास (पर्वत), ११ भदौ ।

पर्वतको कटुवाचौपारीस्थित मलामीडाँडामा चार वर्षअघि देखि निर्माणाधीन सहिद स्मृति पार्कको निर्माण अलपत्र परेको छ । विसं २०६८ मा स्थानीय शान्ति समितिको पहलमा सहिद स्मृति पार्कसहित बहुउद्देश्यीय भवन निर्माणको गुरुयोजना बनाएको थियो । योजनाअनुसार मलामीडाँडामा रहेको करिब ११ रोपनी जग्गामा तारबारसमेत गरिएको छ । तारबार गरी यहाँ विभिन्न आकर्षक र मनोरम भौतिक संरचना निर्माण गर्ने योजना भए पनि अहिलेसम्म सबै काम अधुरै रहेका छन् । योजनाअनुसार अहिलेसम्म पार्कका लागि तारबार लगाउने, गेट र पोखरी निर्माण गर्नेबाहेकका केही पनि काम हुन सकेका छैनन् । शान्ति मन्त्रालयमार्फत बजेट विनियोजन गराई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना कहाँ पुगेको छ भन्नेबारे अहिलेसम्म कसैलाई जानकारी छैन । जिल्लास्थित शान्ति समितिको सक्रियतामा थालिएको पार्क निर्माण कामको जिम्मा एमाओवादी नेत्री एवम् सहिद परिवार सदस्य मनरुपा सुवेदीले लिनुभएको छ । सदरमुकामनजिकै रहेको यो स्थानबाट सदरमुकाम कुस्मासहित ज्ञाँदीको रमाइलो फाँटलगायत कालीगण्डकी खोँच, दुर्लुङ, हलहले, क्याङ, शङ्करपोखरीलगायत दर्जनौँ रमणीय स्थानको अवलोकन गर्न सकिन्छ । समयमै पार्क निर्माण नहुँदा स्थानीयवासीसमेत अलमलमा परेका छन् । यता निर्माण समितिले भने निर्माण सम्पन्न गर्नका लागि माग भएबमोजिमको बजेट उपलब्ध नहुँदा योजनाअनुसारको नभएको जनाएको छ । समितिका सदस्य सुवेदीका अनुसार हालसम्म रु १६ लाख आएको र सोही अनुसार काम भइरहेको छ । पार्कमा पोखरी, सहिदको स्तम्भ बनाउने लगायतका करोडौँको गुरुयोजना बनाइएको छ । वर्षैपिच्छे थोरैथोरै पैसा आएका कारण चाहेअनुसारका संरचना निर्माण गर्न नसकिएको र गत आवमा रु चार लाख ५० हजार आएकामा चौतारी र पोखरी निर्माण गरिएको सुवेदीले जानकारी दिनुभयो ।

]]>
2271 0 0 0
गोसाइँकुण्ड जाने क्रम बढे http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%81%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-%e0%a4%ac%e0%a4%a2/ Fri, 28 Aug 2015 06:02:08 +0000 http://www.ghumphir.com.np/?p=2274 धुन्चे (रसुवा), ११ भदौ ।

जनै पूर्णिमा पर्वका अवसरमा मेल भर्न भक्तजन गोसाइँकुण्ड जाने क्रम बढेको छ । ट्राफिक प्रहरीका अनुसार आज बिहानसम्म पाँच सय भक्तजन तीर्थस्थलतर्फ प्रस्थान गरिसकेको र आउने क्रम बढिरहेको छ । तीर्थ गर्न काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काभ्रे, रौतहट, गोर्खा, सुर्खेत, कास्की, रामेछापलगायत स्थानबाट भक्तजन आएका छन् । गोसाइँकुण्डका  आउने यात्रुमध्ये २० देखि ८४ वर्षसम्मका रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

]]>
2274 0 0 0
काठसहित साइकल नियन्त्रणमा http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%a3%e0%a4%ae/ Fri, 28 Aug 2015 06:10:58 +0000 http://www.ghumphir.com.np/?p=2276 रौतहट, ११ भदौ । जिल्ला वन कार्यालय रौतहटको गस्ती टोलीले गएराति अवैध रूपमा काँचो रूख काटी ल्याउँदै गरेको अवस्थामा काठसहित सातवटा साइकल नियन्त्रणमा लिएको छ । जिल्लाको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समूहअन्तर्गतको जङ्गलबाट राति १० बजे काठ चोरी–निकासी गरी ल्याउँदै गरेको अवस्थामा सात थान साइकल नियन्त्रणमा लिएको हो । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत रामकेवल यादवको नेतृत्वमा गएको टोलीले साइकल तथा करिब ५०  क्युविक फिट सालको काठसमेत नियन्त्रणमा लिएको हो । वन गस्ती टोलीलाई देख्नासाथ काठ तस्करीमा संलग्न व्यक्ति भागेका थिए । उनीहरूको खोजी भइरहेको छ ।  काठ तथा साइकल इलाका वन कार्यालय चेतनगरमा राखिएको छ ।

]]>
2276 0 0 0
देशभर आन्दोलन चर्किएपछि पर्यटक नेपालमा आउन डराए http://localhost/ghum/%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ad%e0%a4%b0-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8-%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/ Fri, 28 Aug 2015 06:29:56 +0000 http://www.ghumphir.com.np/?p=2278 नविन अर्याल ११ भदौ, काठमाडौं । विगतमा असोजदेखि सुरु हुने पर्यटकीय सिजनका लागि होटल व्यवसायीलाई बुकिङ लिन भ्याई नभ्याई हुने गर्थ्यो । तर, यस वर्ष अलिअलि भएको बुकिङ पनि रद्द गर्ने क्रम सुरु भएको छ ।

विनाशकारी भूकम्पले शुन्यमा झरेको पर्यटन क्षेत्रमा अटम सिजनदेखि पुनः चहल पहल सुरु हुने अपेक्षा गरिएको थियो । प्राकृतिक भूकम्प सेलाउन नपाउँदै राजनीतिक भूकम्प आएपछि तंग्रिन थालेको पर्यटन क्षेत्र थप मारमा परेको छ । मुलुक पुनः अनिश्चितकालिन बन्द हड्तालको चपेटामा परेपछि भएको बुकिङ पनि रद्द हुन थालेको हो ।

आगामी सिजनको मुखैमा प्रदेशको विषयलाई लिएर राजधानीसहित देशभर आन्दोलन चर्किएपछि पर्यटक नेपालमा आउन डराएको व्यवसायीहरुको भनाई छ । भूकम्पले थलिएको पर्यटन क्षेत्र बन्द हड्तालका कारण झनै मारमा परेको छ ।

‘यसै त भूकम्पपछि होटल बुकिङ आधाभन्दा बढीले घटेको छ’ सांगि्रला होटलका कार्यकारी निर्देशक प्रविण वहादुर पाण्डेले भने- ‘सरकार तथा व्यवसायीको पहलमा बुकिङ इम्प्रुभ हुँदै गइरहेको थियो, यही बेलामा चर्किएको आन्दोलनले थप मारमा परियो ।’

सिजनको मुखमा लगतार बन्द हड्ताल हुँदा अलिअलि भएको बुकिङ पनि रद्द हुन थालेको होटल पण्डेको भनाई छ । भूकम्पले गर्दा सेप्टेम्बर, अक्टोबर र नोभेम्बरका लागि यस वर्ष होटल बुकिङ न्यून देखिएको छ ।

Five Star Hotel (1)

अघिल्ला वर्षमा यति बेला होटल बुकिङ ६०/७० प्रतिशत पुगिसक्थ्यो । तर, यस वर्ष ३० प्रतिशतको हाराहारीमा बुकिङ भएको व्यवसायीको भनाई छ । यही बुकिङ पनि बन्द हड्तालको कारण रद्द हुन सुरु भएको छ ।

होटल एशोसियन नेपाल (हान)का कार्यकारी सदस्यसमेत रहेका पाण्डेका अनुसार अहिलेसम्म पाँचतारे होटल सेप्टेम्बरका लागि १८ देखि २४ प्रतिशत, अक्टोबर-नोभेम्बरका लागि ४० देखि ५० प्रतिशत र डिसेम्बरका लागि ३० देखि ४० प्रतिशतसम्म बुकिङ भइसकेका थिए । बन्द हड्ताल नभएको भए यो सिजनमा औषत बुकिङ ५० प्रतिशतसम्म पुग्ने उनको अनुमान थियो ।

यो बुकिङ दर राजधानीका ४/५ वटा पाँचतारे होटललाई आधार बनाएर निकालिएको हो । अघिल्लो वर्ष पाँचतारे होटलको बुकिङ सेप्टेम्बरमा ५३.४६, अक्टोबरमा ७३.०२, नोभेम्बरमा ८६.३३, डिसेम्बर ५८.८३ प्रतिशत रहेको थियो ।

‘आन्दोलनले आगामी सिजन सकिएजस्तै छ, तर पनि सास रहँदासम्म आशा त मार्नु भएन, आशावादी हुनुपर्छ’ प्यासिफिक एशिया ट्राभल एजेन्टस् (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले भने- ‘भूकम्पपछि आर्जन गरेको शक्ति खेरा जाने भयो ।’

Five Star Hotel (1)

आन्दोलन तत्कालै समाप्त भएमा आगामी सिजनको बुकिङ यथावत रहने बताउँदै पाण्डेले आन्दोलन जारी रहेमा उक्त सिजन समाप्त हुने ठोकुवा गरे । ‘आन्दोलन यथावत रहिरहेमा अलिअलि भएको बुकिङ पनि रद्द हुन सुरु भइहाल्छ’ उनको भनाई थियो ।

आन्दोलन बन्द हड्तालले यो वर्षमात्र नभई आउने वर्ष पनि प्रभावित हुने ठोकुवा गर्छन सांगि्रलाका कार्यकारी निर्देशक पाण्डे । ‘अन्तर्राष्ट्रिय टुर अपरेटरहरुले आउने वर्षका लागि यही वर्ष आफ्नो योजना बनाउने गर्छन्’ उनले भने- ‘यही अवस्था रहिरहेमा उनीहरु अन्य मुलुक प्रमोटिङमा लाग्छन ।’

यो नियम तेस्रो मुलुकका पर्यटक तथा टुर अपरेटमा लागू हुने गर्छ । भारत र चीनका पर्यटकमा भने यो लागू नहुने पाण्डेको भनाई छ ।

भूकम्प र आन्दोलनले गर्दा यस वर्ष ३ लाख पर्यटक पुग्न पनि कठिनाई हुने पाण्डेले बताए । भूकम्पपछि सरकारले नेपालको प्रवर्द्धनमा खासै लगानी नगरेको उनले गुनासो गरे ।

‘थाइल्यान्डजस्तो मुलुकमा सुनामी आउँदा सरकारले अर्बौं अरब रुपैयाँ खर्च गर्दा पनि पर्यटन पुनरुत्थान हुन दुई/तीन वर्ष लाग्यो’ उनले प्रश्न गरे- ‘हाम्रोमा एक रुपैयाँ लगानी नगरी कसरी पर्यटक भित्राउन सकिन्छ ?’

उपत्यकाबाहिर पनि बुकिङ न्यून

काठमाडौं उपत्यकामात्र होइन भूकम्प र आन्दोलनले उपत्यका बाहिर पनि होटल बुकिङ न्यून देखिएको छ । मुलुकको दोस्रो गन्तव्यका रुपमा रहेको पोखरामा आगामी सिजनका लागि ३०/४० प्रतिशतमात्र होटल बुकिङ भएको हान पोखराका अध्यक्ष भरत पराजुलीले बताए ।

‘यही बुकिङ पनि बन्द हड्तालले रद्द हुन थालेको छ’ उनले भने- ‘यो सिजनमा ५० प्रतिशत बुकिङ पुग्छ की भन्ने आशा थियो, त्यो पनि बन्द हड्तालले अनिश्चित गराइदियो ।’

आगामी सिजनका लागि यो बेलासम्म पोखराका ठूला होटलहरु ८० देखि ९० प्रतिशतसम्म बुकिङ भइसक्थे । साना पर्यटकस्तरीय होटलमा पनि ४० प्रतिशतको हाराहारीमा बुकिङ भइसक्थ्यो ।

पोखरामा फुलवारी रिसोर्ट र पोखरा ग्रान्ड गरी दुईवटा पाँचतारे होटल सञ्चालनमा रहेका छन् । करिव १२ वटाजति तीनतारे होटल छन भने १५ वटा जति दुई तारे र २०/३० वटाजति एकतारे स्तरका होटलहरु रहेका छन् ।

पर्यटकस्तरीय होटल ४ सयवटाको हाराहारीमा रहेको अध्यक्ष पराजुलीले बताए । उनका अनुसार पोखरामा बेड संख्या १८ हजार पुगिसकेका छन् ।

सौरहा पनि उस्तै

Souraha-Chitawan मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको सौरहामा पनि बुकिङ नगन्य नै रहेको छ । आगामी सिजनलाई १० देखि १५ प्रतिशतमात्र बुकिङ आएको जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले बताए । उनका अनुसार आगामी सिजनका लागि सौरहाका होटल ३० देखि ४० प्रतिशतसम्म बुकिङ हुने अपेक्षा गरिएको थियो । तर, लगतारको बन्द हड्तालका कारण भएको बुकिङ पनि रद्द हुने डरमा व्यवसायीहरु रहेका छन् ।

यस्तो थियो अघिल्लो वर्षको अकुपेन्सी

सन् २०१४ मा पाँचतारे होटलमा ५ लाख २३ हजार ४५३ रुमहरु उपलब्ध भएकोमा ६१ प्रतिशत अर्थात ३ लाख १९ हजार २८४ रुमहरु भरिएका थिए । तर, यस वर्ष ३० प्रतिशत पनि नपुग्ने अनुमान व्यवसायीको छ ।

गत वर्ष पाँचतारे होटलहरु सेप्टेम्बर महिनामा ५३.४६, अक्टोबरमा ७३.०२, नोभेम्बरमा ८६.३३, डिसेम्बरमा ५८.८३ प्रतिशत अकुपेन्सी रहेको पर्यटन मन्त्रालयको भनाई छ ।

Lumbini-FInal

चारतारे होटलमा ८० हजार ८ सय ४ रुमहरु उपलब्ध भएकोमा अकुपेन्सी ७१.५४ प्रतिशत रहेको थियो । चारतारे होटलहरु सेप्टेम्बरमा ७३.८१, अक्टोबरमा ८५.५६, नोभेम्बरमा ८६.८४, डिसेम्बरमा ६३.३९ प्रतिशत अकुपेन्सीमा थिए ।

तीनतारे होटलमा तीन लाख ७२ हजार १७७ रुमहरु उपलब्ध भएकोमा २ लाख ७ हजार २९६ रुमहरु अर्थात ५५.७० प्रतिशत अकुपेन्सी रहेको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

दुईतारेमा २ लाख १२ हजार ९२८ रुमहरु उपलब्ध भएमध्ये ७८.२२ प्रतिशत अर्थात १ लाख ६६ हजार ५५२ रुमहरु भरिए । एकतारेमा ३ लाख ६० हजार ९३ रुमहरु उपलब्ध भएकोमा ४२.०२ प्रतिशत अर्थात १ लाख ५१ हजार ३ सय ३ रुमहरु भरिएका थिए ।

साभार: अनलाइनखबर
]]>
2278 0 0 0
http://localhost/ghum/2281/ Fri, 28 Aug 2015 09:09:49 +0000 http://www.ghumphir.com.np/?p=2281 2281 0 0 0 अाशापुरा गर्ने महादेव http://localhost/ghum/%e0%a4%85%e0%a4%be%e0%a4%b6%e0%a4%be%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b5/ Fri, 28 Aug 2015 09:15:55 +0000 http://www.ghumphir.com.np/?p=2284 2284 0 0 0 सुन्दर दृश्य http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0-%e0%a4%a6%e0%a5%83%e0%a4%b6%e0%a5%8d%e0%a4%af/ Fri, 28 Aug 2015 09:21:53 +0000 http://www.ghumphir.com.np/?p=2287 2287 0 0 0 आर्थिक पत्रकार समाजमा अवस्थीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित http://localhost/ghum/%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b5/ Sat, 29 Aug 2015 01:31:47 +0000 http://www.ghumphir.com.np/?p=2291 १२ भदौ, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाजको १६ औँ वार्षिक साधारण सभाले गोकर्ण अवस्थीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शुक्रबार राति सकिएको मतगणनामा अवस्थीले १०९ मत प्राप्त गरेका थिए भने निकट प्रतिस्पर्धी कुबेर चालिसेले ७८ र लोकबहादुर चापागाइँले २७ मत ल्याए। कान्तिपुर दैनिकमा कार्यरत अवस्थी यसअघिको कार्यसमितिमा उपाध्यक्ष भइसकेका थिए। त्यस्तै उपाध्यक्षमा दि हिमालयन टाइम्सका पुष्पराज आचार्य १११ मतका साथ विजयी भएका छन्। उनका निकट प्रतिस्पर्धी रमेश ढकालले ५५, बद्री गौतमले ३० र शरदचन्द्र भण्डारीले १७ मत पाए। महासचिवमा दि राइजिङ नेपालका मोदनाथ ढकाल १०३ मतका साथ विजयी भए। उनका निकट प्रतिस्पर्धी सुदर्शन सापकोटाले ८७ मत र अच्युत पौडेलले २७ मत ल्याए। सचिवमा बिजखबरका रामराजा श्रेष्ठ ७६ मतका साथ विजयी भए। निकट प्रतिस्पर्धीमा आशिष ज्ञवालीले ५३,  भुवन पौडेलले ३१, उद्धव थापाले ३०, सीताराम विलासीले २४ मत पाए। कोषाध्यक्षमा राजधानी दैनिकका भीम गौतम ९३ मतका साथ विजयी भए। पुष्प दुलालले ६२ र राधिका ढकालले ५८ मत पाए। पाँच सदस्यका लागि नौ जनाको उम्मेदवारी परेकोमा कारोबार दैनिककी सरस्वती ढकाल, बिजमाण्डुका सविन मिश्र, नागरिक दैनिकका सुजन ओली, कान्तिपुर एफएमका अनिल परियार, माउन्टेन टेलिभिजनका भागवत भट्टराई विजयी भए। सेजनका पूर्व अध्यक्षहरु
  • प्रतीक प्रधान (२०५४-२०५७)
  • गजेन्द्र विष्ट (२०५७-२०५९)
  • गोपाल तिवारी (२०५९-२०६०)
  • विजय घिमिरे (२०६०-२०६३)
  • किरण नेपाल (२०६३-२०६६)
  • नारायण सापकोटा (२०६६-२०६८)
  • प्रदीप चापागाइँ (२०६८-२०७०)
  • विज्ञान अधिकारी (२०७०-२०७२)
]]>
2291 0 0 0
वायुसेवा निगमका पदाधिकारीबीचको विवादले सम्पूर्ण काम प्रभावित http://localhost/ghum/%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0/ Sat, 29 Aug 2015 01:42:05 +0000 http://www.ghumphir.com.np/?p=2295

१२ भदौ, काठमाडौं ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका वरिष्ठ पदाधिकारीबीचको विवादले संस्थाको सम्पूर्ण काम कारबाही प्रभावित भएको छ। निगमका अध्यक्ष र महाप्रबन्धकबीचको आपसी खिचातानीले संस्थालाई धरासायी बनाउने खेल सुरु भएको भन्दै सम्बद्ध पदाधिकारी नै आरोप प्रत्यारोपमा उत्रिएका छन्। दुई पदाधिकारीबीचको विवादले निगममा लामो समयदेखि बोर्ड बैठक बस्न नसक्दा कतिपय नीतिगत कार्ययोजना प्रत्यक्ष प्रभावित भएका छन्। पछिल्लो समय नवनियुक्त महाप्रबन्धक सुगतरत्न कंसाकारले कमिसनको दाउमा बिना अध्ययन ठूला जहाज खरिद गर्ने योजना अघि बढाएको र भएका जहाजको व्यवस्थापन गर्न नसकेको निगमका अध्यक्ष शिवशरण न्यौपानेको आरोप छ। अध्यक्ष न्यौपाने एक महिनाअघि सर्वोच्चको अन्तरकालीन आदेशपछि पुनः निगममा फर्केका थिए। यसअघि मन्त्रालयका तत्कालीन सचिव सुरेशमान श्रेष्ठले निगमको अध्यक्षको जिम्मेवारी लिएका थिए। अहिले उनको अन्यत्रै सरुवा भइसकेको छ।

Nepal Airlines01निगमका अध्यक्ष शिवशरण न्यौपानेले रासससँग कुरा गर्दै गैरकानुनी ढङ्गले गतिविधि बढाई निगमलाई धरासायी बनाउने खेल भित्रकै जिम्मेवार पदाधिकारीबाट भइरहेको आरोप लगाए। उनले निगमसँग भएका न्यारो बडीका (साना) दुई एयरबसको राम्रो व्यवस्थापन गर्न नसकिरहेका बेला समान सङ्ख्याका वाइड बडी (ठूला) जहाज खरिद गर्ने प्रक्रिया अघि बढाएको भन्दै यसले निगमलाई थप कमजोर तुल्याउने बताए। अध्यक्ष न्यौपानेले निगमको बौर्ड बैठक बस्न अवरोध सिर्जना भइरहेको बताउँदै थपे “निगमको नीतिगत कार्यक्रमका लागि बोर्ड बैठक बस्नुपर्ने हुन्छ, तर लामो समयदेखि बैठक बस्न नसक्दा निगमका काम प्रभावित भइरहेका छन्, केही काम गैरकानुनी ढङ्गले पनि अघि बढाउन खोजिएको छ, निगमको साख बचाउन सरकारसँग माग गर्दछु,।” बोर्डले गर्ने काम आफूखुसी गरिएको र महाप्रबन्धक सुगतरत्न कंसाकारले अध्ययन नै नगरी जहाज खरिद गर्न खोज्नुले निगमलाई घाटा पुग्ने उनको भनाई छ। यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव मोहनकृष्ण सापकोटाले निगम अध्यक्षको मुद्दा अदालतमा विचाराधीन रहेकाले कानुनी परामर्श भइरहेको राससलाई जानकारी दिए। “सर्वोच्चले अन्तरकालीन आदेश दिएको हो, जुन पुनरावेदन अदालतसँग जोडिएको छ, अदालतको आदेश कसरी पालना गर्ने भन्नेबारे कानुनी परामर्श भइरहेको छ, महान्यायाधिवक्तासँग छलफल गर्ने तयारीमा छौँ” उनले भने। निगमले चर्को ब्याजमा खरिद गरेका जहाजको प्रभावकारी व्यवस्थापन र बजारीकरण नहुँदा मासिक करोडौँको घाटा बेहोर्दै आएको छ। पछिल्लो समय निगमका पदाधिकारीबीच विवाद चुलिँदा त्यहाँका कामकारबाही प्रभावित भएको बताइन्छ। तत्कालीन पर्यटन सचिव सुरेशमानलाई मन्त्रालयले निगम अध्यक्षको जिम्मेवारी दिएको थियो। महाप्रबन्धकले अधिकार मिचेर आफूखुसी काम गरेको अध्यक्ष न्यौपानेको आरोप छ, वरिष्ठताका हिसाबले अध्यक्ष संस्थाको प्रमुख भएको र उसलाई मात्र बोर्ड बैठक बोलाउने अधिकार भएकाले दुई/चार दिनमै बोर्ड बैठक डाक्ने तयारी गरेको उनले जानकारी दिए। विसं २०७१ मा निगमको अध्यक्षमा नियुक्त भएका न्यौपानेलाई हटाइएपछि गैरकानुनी रुपमा हटाएको भन्दै सर्वोच्चमा रिट दिएपछि करिब एक महिनाअघि उनलाई काममा फर्कन सर्वोच्चले आदेश दिएको थियो। त्यसपछि उनी नियमित कार्यालय गएपनि नीतिगत कार्य भने गर्न पाएका छैनन्। सवारी साधन चढ्न रोक लगाउनेलगायत सुविधामा अवरोध भएको अध्यक्ष न्यौपानेले गुनासो गरे।

]]>
2295 0 0 0
नाम्चे एक महिनाका लागि अध्याँरो http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%9a%e0%a5%87-%e0%a4%8f%e0%a4%95-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%85%e0%a4%a7/ Sat, 29 Aug 2015 01:47:38 +0000 http://www.ghumphir.com.np/?p=2299

सोलुखुम्बु, १२ भदौ, ।

पर्यटकीय बजार नाम्चे एक महिनाका लागि विद्युत् विहीन भएको छ । नाम्चे र आसपासका विभिन्न १२ वटा बस्तीमा विद्युत् सेवा दिँदै आएको थामे जलविद्युत् आयोजनाले क्षमता बढाउका लागि सेवा बन्द गरेपछि विद्युत् विहीन भएको हो ।

namche bazarहाल ४०० किलोवाट क्षमता र करिब हजार घरधुरी उपभोक्ता रहेको सो कम्पनीले आफ्नो क्षमता बढाएर ६०० किलोवाट पु¥याउनका लागि यही भदौ १० गतेबाट असोज ८ गतेसम्मका लागि सेवा बन्द गरेको सो कम्पनीका सञ्चालक समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । आयोजनाको क्षमता थप गर्नका लागि अन्य काम सकिएको र पाइप फेर्ने कामका लागि सेवा बन्द गर्नुपर्ने भएकाले एक महिनाका लागि सेवा बन्द गरेको कम्पनीले जनाएको छ । विद्युत् बन्द भएसँगै पर्यटकीय बजार नाम्चे र आसपासको जनजीवन प्रभावित भएको छ । नेपाल टेलिकमको जिएसएम मोबाइलले समेत काम नगर्दा समस्या भएको स्थानीयले बताएका छन् ।

]]>
2299 0 0 0
तरकारीखेतीमा रमाउँदै http://localhost/ghum/%e0%a4%a4%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Sat, 29 Aug 2015 01:53:12 +0000 http://www.ghumphir.com.np/?p=2302

रामपुर (पाल्पा), १२ भदौ ।

रामपुर नगरपालिका– ७ राङ्भाङकी अगुवा कृषक ज्ञानुमाया कार्कीले २० वर्षको समय तरकारीखेतीमा बिताउनुभयो । लामो समय व्यावसायिक रुपमा तरकारीखेती गर्नुभएकी कार्कीलाई यो व्यवसायबाट टाढा रहन अझै पनि पटक्कै मन छैन । उहाँको दिनचर्या तरकारी लगाउने र बेच्ने गर्दैमा बित्ने गर्छ । तरकारीखेतीमा २० वर्षको दरिलो अनुभव लिनुभएकी कार्कीलाई तरकारी गर्दा निकै रमाइलो लागेको बताउनुहुन्छ । आफ्नै पाँच रोपनी जग्गामा लगाएको तरकारीले राम्रो उत्पादन दिएको छ । तरकारीखेती गरेर दुई छोरालाई काठमाडौँमा डेरामा राखी उच्च शिक्षा दिनुभएको छ । उहाँ भन्नुहुन्छ – “मैले पढ्न पाइनँ, मेरो जिन्दगी कृषिमै बित्ने भयो, दुःख गरेर तरकारी बेचेर लिएको आम्दानी छोराहरुको पढाइमा खर्च गरेकी छु ।” दैनिक ५० देखि ७० किलोसम्म तरकारी बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

vegitableकार्कीले वार्षिक रुपमा रु छदेखि रु सात लाखसम्मको आम्दानी लिने गर्नुभएको छ । “बिहान उठ्यो तरकारी टिप्यो, बजार लग्यो, बेच्यो पैसा मुठीभरि लियो घर फर्कियो, तरकारीको रेखदेख ग¥यो यसरी नै २० वर्षको समय बिताएँ” उहाँले सुनाउनुभयो । आफूले सक्दासम्म तरकारी नै लगाउने कार्कीको भनाइ छ । तरकारीखेतीमा धेरै अनुभव लिनुभएकी उहाँलाई तरकारीमा लाग्ने रोग, किरा र उपचारका विधिको समेत उत्तिकै ज्ञान छ । कार्कीकै व्यवसाय देखेर छिमेकीले पनि अहिले सिको गर्न थालेका छन् ।

]]>
2302 0 0 0
अब पुनःनिर्माणमा लाग्नुपर्छ – बेलायती विकास राज्यमन्त्री स्वायन http://localhost/ghum/%e0%a4%85%e0%a4%ac-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a5%81%e0%a4%aa/ Sat, 29 Aug 2015 02:03:31 +0000 http://www.ghumphir.com.np/?p=2307

भक्तपुर । बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री डेसमण्ड स्वायनले भूकम्पले भत्काएको संरचनाको अब पुनःनिर्माणमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले भूकम्पपीडितलाई पु¥याएको सहयोगको अवलोकन गर्दै उहाँले पुनःनिर्माण अबको आवश्यकता भएको बताउनुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले वितरण गरेको राहत सामग्री, आपत्कालीन सामग्रीको भण्डारण कक्षको अवलोकन गर्नुका साथै दुवाकोटको गाउँमै गएर रेडक्रसले पु¥याएको सहयोग र त्यसको प्रभावकारिताबारे पीडितसँग जानकारी लिनुभयो । त्यसक्रममा उहाँले भूकम्पले ल्याएको महाविपद्को सामना गर्दै पालमा बस्दै आए पनि अब भूकम्पले नभत्काउने तथा बलियो र सुरक्षित घर एवम् संरचनाको पुनःनिर्माणमा लाग्नुपर्ने बताउनुभयो । संयमतापूर्वक विपद्को सामना गर्नु नेपालीको साहस भएको प्रशंसा गर्दै उहाँले भूकम्पको विपद्सँग जुध्नका लागि सधैँ तयारी भएर सुरक्षितसँग बस्नुपर्ने बताउनुभयो । कार्यक्रममा रेडक्रस सोसाइटीका केन्द्रीय सचिव देवरत्न धाख्वाले भूकम्प बिनासङ्केत आउने विपत्ति भएकाले भूकम्पबाट सुरक्षित हुनेगरी पुनःनिर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य, विपद् व्यवस्थापनका संयोजक एवम् रेडक्रस भक्तपुर सभापति मनोजकुमार थापाले भक्तपुरका भूकम्पपीडितलाई रेडक्रसले वैशाख १२ गते भूकम्प भएको १० मिनेटभित्र उद्धार र राहत वितरणको कार्य सञ्चालन गरेको बताउनुभयो । सो अवसरमा रेडक्रसले पु¥याएको सहयोगबारे जानकारी दिँदै भक्तपुरमा भूकम्पले १८ हजार ९०० घर भत्किएको, ३३३ जनाको ज्यान गएको, ४०० घाइते भएका जानकारी दिइयो । रेडक्रसले भूकम्पपछि १८ वटा उपशाखामार्फत स्थायी शिविरका लागि छ हजार २१७ थान त्रिपाल, अन्य आठ हजार थान त्रिपाल, ३०० घरपरिवारलाई घरयासी सामानसहितको किट, दुई हजार पीडित परिवारलाई अस्थायी आवास निर्माणका लागि रु १५ हजारका दरले रु तीन करोड वितरण गर्नुका साथै भक्तपुरका छ वटा नगरपालिकामा २२४ वटा अस्थायी शिविर निर्माण गरेको जानकारी दिनुभयो । रेडक्रसले जिल्लाभरि दुई हजार स्वयम्सेवक खटाएर ३३ हजार ३०५ परिवारलाई पुनःस्थापनाका लागि सहयोग गरेको, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, औषधि वितरणलगायतका कार्य गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बेलायती राज्यमन्त्रीले भक्तपुर नगरपालिकाभित्रको दरबार क्षेत्र, तौमढी पाँचतले मन्दिरलगायतका क्षेत्रको भ्रमण गर्नुभएको थियो ।

]]>
2307 0 0 0
ढल्की बाजा संरक्षण गर्दै http://localhost/ghum/%e0%a4%a2%e0%a4%b2%e0%a5%8d%e0%a4%95%e0%a5%80-%e0%a4%ac%e0%a4%be%e0%a4%9c%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Sat, 29 Aug 2015 02:09:05 +0000 http://www.ghumphir.com.np/?p=2309

नारायण अधिकारी  चितवन, १२ भदौ ।

नेवार समुदायको परम्परागत ढल्की बाजा लोप हुँदै गएपछि यहाँका युवा संरक्षणमा जुटेका छन् । पछिल्लो समय भने चितवनमा बसोबास गर्ने नेवार समुदायका धेरैजसो संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै उनीहरु संरक्षणमा जुटेका हुन् । अघिल्लो पुस्ताका व्यक्तिबाट नयाँ पुस्ताले ग्रहण गर्न नसक्दा धेरै संस्कृति लोप हुने अवस्थामा पुगेको उनीहरुको भनाइ छ । जसले गर्दा अहिले युवा आफ्नो संस्कृति जोगाउनमा लागिपरेका हुन् । लोप हुँदै गएको ढल्की भुच्चे बाजाको संरक्षणका लागि अहिले हरेक दिन साँझपख नारायणी किनारमा रहेको राममन्दिरमा युवा बाजा सिकिरहेको देख्न सकिन्छ । यसको संयोजन पासाः पुचः नारायणगढले गरिरहेको छ । ढल्की, भुच्चे बाजा प्रशिक्षण कार्यक्रम सुरु गरेपछि युवा अहिले बाजा बजाउन सिक्नमा व्यस्त देखिन्छन् । पासाः पुचः नारायणगढका संस्थापक संयोजक आश्विन श्रेष्ठले बाजा बजाउने मान्छे नहुँदा संस्कृति नै लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि युवा सक्रिय बनेको बताउनुभयो । यो बाजा गाईजात्राको दिन बजाउने गरिन्छ । पितृलाई समर्पित बाजा भएकाले यसको प्रशिक्षण यही मेसोमा मिलाइएको छ । नागपञ्चमीको दिनदेखि सुरु भएको यो प्रशिक्षण गाईजात्राको अघिल्लो दिनसम्म चल्छ । त्यसपछि यो बाजा बजाउन मिल्दैन । जसले गर्दा चार वर्षअघिबाट प्रत्येक वर्ष नागपञ्चमीको दिनदेखि गाईजात्राको अघिल्लो दिनसम्म मात्रै यो बाजाको प्रशिक्षण गराउने गरिएको नारायणगढका युवा प्रशान्त पियाले बताउनुभयो । पुतली बजारका १३ वर्षीय सुलभ पिया अहिले निकै मन दिएर प्रशिक्षण कार्यमा सहभागी भइरहेको छ । बालकले भने “बुबाले घरमा बजाएको देख्दा मलाई पनि बजाउन मन लाग्यो, अहिले राम्ररी बजाउन सिक्दै छु ।” आफूले बाजा बजाउन सिकेर आफ्नो परम्परा जोगाउन लागि पर्ने उनले बताए । अहिले सो बाजा सिक्नका लागि १३ वर्षीय बालकदेखि ४० वर्षसम्मका व्यक्ति लागिपरेका छन् । प्रशिक्षक शेखरकुमार श्रेष्ठ र महेन्द्र श्रेष्ठले सो बाजाको प्रशिक्षण दिँदै आउनुभएको छ । प्रशिक्षण कार्यक्रमका संयोजक सिद्धार्थलाल चुकेले युवापुस्तालाई बाजा संरक्षणका लागि प्रशिक्षणको आयोजना गरिएको बताउनुभयो । युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने उहाँ बताउनुहुन्छ । युवा पुस्तामा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै जाँदा आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको हो । आफ्नो परम्परागत संस्कृति र कलाप्रति युवाको मोह घट्दा यो लोप हुने अवस्थामा पुगेको छ । तीन सय ६५ दिनमा ३६६ पर्व हुने समुदायका रुपमा परिचित नेवार समुदायले समयमै संस्कृतिको जगेर्नामा नलागेमा लोप हुने खतरा देखिन्छ ।

]]>
2309 0 0 0
बनेपाको गोसाइँकुण्डमा मेला भर्नेको भीड http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a5%8b%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%81%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87/ Sat, 29 Aug 2015 04:41:34 +0000 http://www.ghumphir.com.np/?p=2311

बनेपा, १२ भदौ ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–११ स्थित गोसाइँकुण्डमा आज बिहानदेखि जनैपूर्णिमा मेला लागेको छ । सो मेलामा रक्षाबन्धन गर्ने भक्तजन र तागाधारीले जनै फेर्न भीड लागेको हो । वर्षौंदेखि जैनपूर्णिमाका दिन मेला लाग्दै आएको सो स्थानमा भगवान् शिवले एकरात बिताएको र त्यहाँ गएर दर्शन तथा पूजाआजा गर्नाले मोक्ष प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ । पण्डित प्रकाश ढुङ्गेलले आजको दिन गोसाइँकुण्डमा २१ कुलपृत्रीको समेत उद्धार हुने धार्मिक विश्वास रहेको बताउनुभयो । सो स्थानबाट पवित्र नैमिषारण्या क्षेत्रसमेत नजिकै पर्छ यसबाहेक जिल्लाको पोखरी नारायण स्थानलगायतका शक्तिपीठमा पनि जनैपूर्णिमाको अवसरमा भीडभाड बढेको छ । सो स्थानमा बनेपाको पुडोलबाट झन्डै आधा घन्टा पैदलयात्रामा पुगिन्छ ।

]]>
2311 0 0 0
कोरला नाका खुलाउन कूटनीतिक पहल http://localhost/ghum/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%b2%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%95%e0%a5%82%e0%a4%9f%e0%a4%a8%e0%a5%80%e0%a4%a4/ Sat, 29 Aug 2015 04:44:02 +0000 http://www.ghumphir.com.np/?p=2313

मुस्ताङ, १२ भदौ ।

लामो समयदेखि बन्द रहेको मुस्ताङको कोरला नाका खोल्न कूटनीटिक पहल थालिएको छ । नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका खोल्न जिल्लाका सभासद् र सरोकारवाला पक्षले पहल थालेका हुन् । यही नाकामार्फत हुने कारोबारलाई व्यवस्थित बनाउन १५ वर्षपछि गत असार पहिलो सातादेखि छोसेरमा नेचुङ भन्सार कार्यालय सञ्चालनमा आइसकेको छ । मुस्ताङका सभासद् रोमी गौचन थकालीले नाका सञ्चालन गर्न परराष्ट्र मन्त्री, सचिवदेखि प्रधानमन्त्रीसम्म छलफल गरिएको बताउनुभयो । “कूटनीतिक रुपमा अघि बढ्नुपर्छ, विगतमा हाम्रोतर्फबाट त्यति पहल भएन” उहाँले भन्नुभयो “नेपालको विकासका लागि यो नाका खोल्न एकदमै आवश्यक छ ।” नाका सञ्चालन गर्नसके बर्खाको छ महिना तातोपानी भन्सारको विकल्प हुने उहाँको भनाइ छ । विसं २०६२÷६३ अघिसम्म नाका खुल्ला रहेका कारण दुवै देशका सीमा क्षेत्रका नागरिक सजिलै आवतजावत र दैनिक उपभोग्य सामान किनबेच पनि चल्ने गरेका थिए । तर त्यसपछि चिनियाँ पक्षले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ । तिब्बतसँगै सिधै जोडिएकाले यो नाकालाई चीनले सुरक्षाको हिसाबले अति ‘संवेदनशील’ मान्दै आएको छ । विसं १९७४ ताका तिब्बतीयनले मुस्ताङको यही नाका हुँदै ‘खम्पा विद्रोह’ सञ्चालन गरेकाले पनि चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउँदै लगेको हो । “कूटनीतिक हिसाबमा चीनको सुरक्षा चिन्तालाई हामीले विश्वस्त बनाउनुपर्छ, यसो गर्न सकियो भने चीन पनि यसमा नकारात्मक छैन”, सभासद् गौचनले भन्नुभयो । व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सञ्चालन गर्न आवश्यक देखेर आफ्नो तहबाट गृह र परराष्ट्र मन्त्रालयमा छलफल चलाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताउनुभयो ।

]]>
2313 0 0 0
जनैपूर्णिमाको अवसरमा नगरकोटस्थित महादेवकुण्डमा भक्तजनको भीड http://localhost/ghum/%e0%a4%9c%e0%a4%a8%e0%a5%88%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%97%e0%a4%b0/ Sat, 29 Aug 2015 04:51:13 +0000 http://www.ghumphir.com.np/?p=2315

भक्तपुर, १२ भदौ ।

जनैपूर्णिमाको अवसर भक्तपुरको नगरकोटस्थित महादेवकुण्ड र भक्तपुर औद्योगिक क्षेत्रस्थित धल्चा पुखुमा मेला लागेको छ । ती कुण्डमा स्नान गर्न हजारौँ भक्तजनको आज बिहानैदेखि भीड लागेको छ । नगरकोटको महादेव कुण्डलाई गोसाइँकुण्डको प्रतीक मानिन्छ । यस कुण्डमा विशेष गरी नगरको आसपासका तामाङको विशेष मेला लाग्ने गर्दछ । कुण्डमा काभ्रे र सिन्धुपाल्चोकसम्मका तामाङ गुरु आफ्नो मौलिक पोसाकमा डम्फु बजाउँदै मेला भर्न आउने गर्दछ । समूह समूहमा आउने त्यस्ता लामा गुरुको नाचले मेलालाई आकर्षण बनाउने गर्दछ । आजको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास पनि रहेको छ । पौराणिक कथनअनुसार महादेवले कालकुट विष सेवन गरेपछि छटपटिएर गोसाइँकुण्डतर्फ जाने क्रममा नगरकोटमा बास बसेको विश्वासमा आजको दिन सो कुण्डमा मेला लाग्ने गरिएको हो । गोसाइँकुण्ड जान नसक्नेले सो कुण्डमा स्नान गरे पनि गोसाइँकुण्डमा स्नान गरेसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ । त्यसैगरी भक्तपुर औद्योगिक क्षेत्रस्थित धल्चा पुखुलाई पनि गोसाइँकुण्डको प्रतीक मानेर स्नान गर्ने प्रचलन रहेको छ । सो कुण्डमा स्नान गरी भक्तपुर दरबारस्क्वायरस्थित शिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास छ ।

]]>
2315 0 0 0
बन्दले रक्षाबन्धनमा समस्या http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a4%b8%e0%a5%8d/ Sat, 29 Aug 2015 04:54:52 +0000 http://www.ghumphir.com.np/?p=2317

सप्तरी, १२ भदौ ।

अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्दको आज १५आँै दिन पुगेको छ । मधेसी मोर्चा सप्तरीले लगातार १५ दिनदेखि बन्द जारी राखेपछि बन्दका कारण यहाँको जनजीवनमा निकै प्रभाव पर्नुका साथै आज रक्षाबन्धनमा समेत यातायातको साधन नचल्दा समस्या भएको छ । मैथली समुदायमा मनाउने भाइबहिनीको पर्व रक्षाबन्धन पर्व आजको दिन एक भाइले आफ्नो बहिनीसँग राखी बाध्ने जस्तो महत्वपूर्ण चलनमा बन्दले यातायात नचल्दा धेरै भाइले आफ्नो बहिनीसँग राखी बाध्नबाट वञ्चित भएको बताइएको छ । सप्तरीमा आज पनि बिहानैदेखि यातायात बन्द भएका कारण कुनै पनि साधन नचलेकाले धेरै महिलाले एक ठाउँबाट अर्को ठाउँमा रहेको भाइसम्म पुग्न सकेका छैनन् भाइ पनि यातायात बन्दका कारण आफ्नो बहिनीसम्म रक्षाबन्धन जस्तो महत्वपूर्ण पर्वमा यस वर्ष राखी बन्धनबाट वञ्चित भएको राजविराज–४ का श्याम रजकले गुनासो गर्नुभयो । हिन्दूधर्मावलम्बीको महान् पर्वमध्य आज श्रावण शुक्ल पूर्णिमाको जनैपूर्णिमा तथा रक्षाबन्धन परेकाले हर्षोल्लासका साथ नेपाली लामो समयका बन्दका कारण मनाउनमा समेत समस्या भएको बृद्धिजीवी बताउँछन् । त्यस्तै मोर्चाको कार्यकर्ताले आज पनि बिहानैदेखि सदरमुकाम राजविराजमा कुनै पनि सवारीसाधन चल्न दिएका छैनन् । बन्दका कारण यहाँको बजार, पसल, उद्योग व्यापार, शैक्षिक सङ्घसंस्थालगायत सबै बन्द रहेको छ भने यातायातसमेत ठप्प रहेको बताइएको छ । सीमाङ्कनको विरोधमा उत्रिएका सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादीदलले तीन हप्तादेखि लगाताररुपमा सप्तरीसहित तराईको जिल्लामा बन्द जारी राखेका कारण यहाँको जनजीवन अस्तव्यस्त हुँदै गइरहेको बताइएको छ ।

]]>
2317 0 0 0
जनैपूर्णीमा http://localhost/ghum/%e0%a4%9c%e0%a4%a8%e0%a5%88%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a5%80%e0%a4%ae%e0%a4%be/ Sat, 29 Aug 2015 04:58:45 +0000 http://www.ghumphir.com.np/?p=2319 2319 0 0 0 कालीदहंमा जनै पुर्णिमा (फाेटाे फिचर ) http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a5%81%e0%a4%a6%e0%a4%b9%e0%a4%82%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%a8%e0%a5%88-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%bf%e0%a4%ae%e0%a4%be/ Sat, 29 Aug 2015 07:38:17 +0000 http://www.ghumphir.com.np/?p=2324 रामगाेपाल तमखु

भक्तपुर औद्योगिक क्षेत्रस्थित धल्चा पुखुलाई पनि गोसाइँकुण्डको प्रतीक मानेर स्नान गर्ने प्रचलन रहेको छ । सो कुण्डमा स्नान गरी भक्तपुर दरबारस्क्वायरस्थित शिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास छ । रसुवाको गोसाई कुण्ड सम्म जान नसक्ने भक्तपुरका भक्तजनहरु जनै पुर्णिमाको दिन भक्तपुर औधोगिक क्षेत्रको पछाडी रहेको गोसाँई कुण्ड (कालीुदहं)मा गएर महादेवको पुजागर्ने चलनछ ।बिहान देखि भक्तजनहरुको घुईचो लागेको छ ।

???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ????????????????????????????????????]]>
2324 0 0 0
२२ वर्षपछि फर्किएको खुसी (फाेटाे फिचर) http://localhost/ghum/%e0%a5%a8%e0%a5%a8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%81%e0%a4%b8%e0%a5%80/ Sat, 29 Aug 2015 14:45:54 +0000 http://www.ghumphir.com.np/?p=2341 1 12 14 16 24 26 28 30 31 32 33 35 36]]> 2341 0 0 0 हवाई जहाजबाट यात्रा गर्ने क्रम बढ्दो http://localhost/ghum/%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%88-%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8/ Sun, 30 Aug 2015 01:14:20 +0000 http://www.ghumphir.com.np/?p=2356 भद्रपुर, १३ भदौ ।
विगत दुई हप्तादेखि तराइका विभिन्न जिल्लामा आन्दोलनकारीले गर्दै आएको बन्द र हडतालका कारण भद्रपुर विमानस्थलबाट काठमाडौँ जाने यात्रुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको छ ।
नियमित पाँच वटा उडान हुने भद्रपुर विमानस्थलमा केही दिनदेखि १० देखि ११ वटा उडान हुने गरेको भद्रपुर विमानस्थलले जनाएको छ ।
भद्रपुर विमानस्थलबाट बुद्ध एयरले दुई, यति एयरले दुई र सौर्य एयरलाइन्सले एक वटा उडान भर्दै आएकामा बन्द र हड्तालले एयरलाइन्सवालाले आआफ्नो तालिकामा परिवर्तन गरी बुद्धले चार, यतिले पाँच र सौर्यले दुई वटा दैनिक उडान गर्ने गरेका छन् ।
बुद्ध एयरमा एक पटकमा ७२ जना, यतिमा २९ जना र सौर्यमा ५२ जनाले यात्रा गर्ने गरेका छन् भने हवाई जहाजबाट यात्रा गर्नेले सस्तो मूल्यको टिकट नपाइ महँगोमा टिकट खरिद गरी यात्रा गरिरहेका छन् ।
भद्रपुर विमानस्थलबाट अहिले एक पटकमा सबै उडानका गरी १५३ जना आउने र त्यति नै सङ्ख्यामा जाने यात्रुहरु छन् ।
यति एयरलाइन्सले भद्रपुरबाट काठमाडाँै यात्रा गर्न रु पाँच हजार १००, रु पाँच हजार ३५५, रु पाँच हजार ७६५, रु छ हजार ३९५, रु सात हजार ५० र रु सात हजार ९१० का विभिन्न दरका टिकट कायम गरे पनि अहिले बन्द र हडतालका कारण सस्तो मूल्यको टिकट नपाइ महँगो दरका रु सात हजार ९१० का मात्र टिकट पाउने गरेको यात्रुहरु बताउँछन् । यात्रुहरुले सुरक्षित यात्राका लागि महँगो भए पनि टिकट खरिद गरेर यात्रा गरिरहेका छन् ।
भद्रपुर विमानस्थलका उपप्रबन्धक गोपाल घिमिरेले विमानस्थलमा अहिले यात्रुको चाप बढेको र एक्स–रे मेसिन नभएका कारण यात्रुलाई सुरक्षा जाँचमा कठिनाइ भइरहेको जानकारी दिनुभयो । बन्दका कारण जनै फेर्न र रक्षाबन्धन गर्न आफ्नो गृहजिल्ला चितवन जान कृषि विकास कार्यालय भद्रपुरका प्रमुख मेघनाथ तिमल्सेनाले बुद्ध एयरको टिकट खरिद गरी काठमाडाँै र त्यहाँबाट चितवन जाने जानकारी दिनुभयो ।
बन्दका कारण राजमार्गबाट जानसक्ने अवस्था नरहेकाले बाध्य भएर पर्व मनाउन यो विधि अपनाएको तिमल्सेनाको भनाइ छ ।
यसैगरी, जनैपूर्णिमाका लागि हवाई जहाजको टिकट नपाएर स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले घर काठमाडाँै जान नसकी पैतृक घर मोरङको शनिश्चरे जानुपरेको जानकारी दिनुभयो । यस्ता कैयौँ सरकारी सेवामा आबद्ध सरकारी कर्मचारीले जनैपूर्णिमामा घर जान नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

]]>
2356 0 0 0
विपन्न महिला च्याउखेतीबाट जीविकोपार्जन गर्दै http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80%e0%a4%ac%e0%a4%be/ Sun, 30 Aug 2015 01:20:13 +0000 http://www.ghumphir.com.np/?p=2359

बाँके (खजुरा), १३ भदौ ।

बाँकेका विपन्न समुदायका महिला च्याउखेती व्यवसायबाट जीविकोपार्जन गरिरहेका छन् । सीमान्तकृत समुदायमा सूचीकृत केवट समुदायका महिलाले पछिल्लो समय च्याउ खेतीबाट साँझ÷बिहानको जोहो मात्र हैन आप्mना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च जुटाउँदै आएका छन् ।

mushroomजिल्ला कृषि विकास कार्यालय र अन्य सङ्घसंस्थाले आयआर्जनका लागि सीपमूलक तालिम र प्राविधिक सहयोग उपलब्ध गराएपछि केवट समुदायका महिलाले समूह नै गठन गरी अहिले व्यावसायिक रुपमा च्याउ खेती सुरु गरेका हुन् । आर्थिक स्थिति कमजोर भएका उनीहरुलाई व्यावसायिक च्याउखेतीले घरको समस्या टार्न सजिलो मात्र भएको छैन बचत पनि गर्न सघाएको पर्वत महिला लघुउद्यम समूहका कलावती केवटले बताउनुभयो । उनीहरुले उत्पादन गरेको च्याउ नेपालगन्जमै खपत हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेले बेरोजगार युवालाई कृषि पेसामा लगाउन चालु आवमा मात्र झन्डै रु दुई करोड लगानी गर्दैछ । त्यसमध्ये च्याउ खेतीका लागि ४८ युवालाई छनोट गरी रु १६ लाख रकम वितरणको तयारी गरिएको छ ।

]]>
2359 0 0 0
साढे रु १३ करोडको पशुको बिमा http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a2%e0%a5%87-%e0%a4%b0%e0%a5%81-%e0%a5%a7%e0%a5%a9-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%bf/ Sun, 30 Aug 2015 01:23:48 +0000 http://www.ghumphir.com.np/?p=2362 दमक, १३ भदौ ।

गत आवमा झापाका किसानले करिब रु १३ करोडको पशु बिमा गराएका छन् । तीमध्ये गाईको सङ्ख्या अधिक रहेको जिल्लास्थित पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्षमा दुई हजार नौ सय ५५ पशुको बिमा गरिएको थियो । तीमध्ये ६५ मरेका हुन् । कुल पशुबिमामध्ये दुई हजार दुई गाईको रु ५३ लाख एक सय १० तथा ६२ भैँसीको रु एक लाख ४७ हजार सात सय २० बीमा गरिएको जनाइएको छ । त्यस्तै दुई सय ९१ बाख्राको रु एक लाख ८६ हजार आठ सय ६८ तथा छ सय बङ्गुरको रु पाँच लाख १४ हजार सात सय ६८ बिमा गरिएको थियो । पशुधनको बिमा गरेबापत सरकारले अनुदान दिन थालेपछि किसानको जोखिम कम हुने भएकाले पनि जिल्लाका पशु किसान पशुबिमातर्फ आकर्षित भएका छन् । आव २०७०÷७१ मा किसानले पशुधन मरेपछि बिमा गरिएका पशुको रु १७ लाखभन्दा बढी क्षतिपूर्ति पनि पाएका छन् । जिल्ला पशु सेवा कार्यालयका अनुसार गत आवमा बिमा गरिएका ३७ गाई, तीन भैँसी, १७ बाख्रा र आठ बङ्गुर मरेका थिए । ती पशु मरे पनि किसानले रु १७ लाख ३४ हजार चार सय क्षतिपूर्ति पाएका छन् । पशु मर्दा किसानलाई आर्थिक रुपमा हुने ठूलो क्षति कम गर्न र पुनः पशुपालनमा प्रेरित गर्ने उद्देश्यले सरकारले पशुबिमामा ७५ प्रतिशत अनुदान दिने गरेको पशुसेवा कार्यालयका सूचना प्रमुख कुमारसिं खत्रीले बताउनुभयो । पशु मरेपछि बिमाबापतको रकम पाएका अधिकांश किसानले पुनः सो रकम पशुपालनमा नै लगानी गर्ने गरेको पाइएको छ ।

]]>
2362 0 0 0
गाईजात्राःमृतकजनको स्मृतिमा रामायणको करुण रस गायन http://localhost/ghum/%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%83%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a4%95%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a5%83/ Sun, 30 Aug 2015 01:31:07 +0000 http://www.ghumphir.com.np/?p=2364

काठमाडाँै, १३ भदौ ।

श्रावण शुक्ल पूर्णिमादेखि मनाइने गाईजात्रा पर्व आइतबारदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइँछ । भाद्रकृष्ण अष्टमीसम्म मनाइने गाईजात्रा पर्र्व काठमाडौँ उपत्यकाका तीन वटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाउने गरिन्छ । एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन् ।

gaijatraकिंवदन्ती वा इतिहासअनुसार राजा प्रताप मल्लका पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजाले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए । सबैका घरबाट गाईभेषधारी आएकाले सबै मानिसको मृत्यु हुने देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने जनविश्वास छ । राजाले आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी दिएको आज्ञाका आधारमा नै अहिलेसम्म गाईजात्रा पर्व चलेको विश्वास गरिन्छ । यो चलन चलाउँदा पनि रानी पूर्ण रूपमा सन्तुष्ट हुन नसकी शोक नै गरिरहेकाले त्यही समयबाट हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु भयो भन्ने अर्काे भनाइ पनि छ । रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट गाईभेषधारी लैजान सुरु गरिएकाले अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै गाईजात्रा सुरु गरिने चलन छ । कतिपयले भने आफ्ना मृतकजनको स्मृतिमा रामायणको करुण रसका गीतसमेत गाउँछन् । यस अवसरमा विभिन्न पत्रपत्रिकाले हास्यव्यङ्ग्यात्मक विशेषाङ्क निकाल्छन् भने हास्य समूहले हप्ता दिनभन्दा बढी गाईजात्रा कार्यक्रम चलाउँछन् । काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, तानसेन, दोलखा, खोटाङ, रामेछाप, भोजपुरलगायत स्थानमा पनि गाईजात्रा मनाउने गरिन्छ ।

]]>
2364 0 0 0
पर्यटक तान्दै धिमाल जातिको उद्गमस्थल http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%a4%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%80-2015-08-29-1645/ Sun, 30 Aug 2015 01:37:44 +0000 http://www.ghumphir.com.np/?p=2367

पथरी (मोरङ), १३  भदौ ।

धिमाल जातिको उद्गमस्थल मानिएको र मोरङको ऐतिहासिक राजारानी पोखरी रहेको क्षेत्रमा सञ्चालित ‘होमस्टे’ पर्यटक तान्ने प्रमुख आधारका रुपमा विकसित हुँदै गएको छ । राजारानी होमस्टे व्यवस्थापन समितिका सचिव विष्णुकुमार मगरका अनुसार अहिले पर्यटनको मौसम छैन तर राजारानीमा भने पर्यटकको अभाव छैन । दैनिक होमस्टेमा बस्न र राजारानी पोखरी हेर्नेको लर्काे नै लागिरहेको छ ।

touristमगरले भन्नुभयो – “अन्यत्रका होमस्टे पर्यटक नआएर बन्द भएको खबर हामीले पनि थाहा पाएका थियौँ” – उहाँले थप्नुभयो –“यहाँ पनि त्यस्तै होला बेकारको झन्झट हुनेभयो भन्ने लागेको थियो तर यहाँ त्यस्तो भएन । दैनिक समूह–समूहमा आन्तरिक पर्यटक आइरहेका छन् । राम्रो चलेको छ ।” मोरङको लेटाङ–भोगटेनी नगरपालिकाको चुरे क्षेत्रमा अवस्थित राजारानी पोखरी र त्यस आसपासको प्राकृतिक मनोरम दृश्यमा रम्न विराटनगर, धरान, दमक, धनकुटासहित विभिन्न क्षेत्रका पर्यटक पुग्ने गरेका छन् । होमस्टेमा बस्न र पोखरी हेर्नका लागि मात्र नभएर राजारानी क्षेत्रमा पाइने एकसयभन्दा धेरै प्रजातिका सुनाखरी, जङ्गली कछुवा, सेतो सर्प, अजिङ्गर र विभिन्न प्रजातिका चरा हेर्न जाने पर्यटक बढेको राजारानी पोखरी संरक्षण समितिका सल्लाहकार डिल्लीमान तामाङले बताउनुभयो । उहाँले भन्नुभयो – “पर्यटक बढाउन होमस्टे झन सहयोगी बनेको छ ।” राजारानी पोखरी क्षेत्र ३२ हेक्टरमा फैलिएको छ । यो ठाउँ विराटनगरबाट करिब ४० किलोमिटर उत्तरमा अवस्थित छ । भोगटेनी–४ राजारानीमा पाँचवटा घरमा परीक्षणस्वरुप होमस्टे सुरु गरिएको छ । त्यहाँ बस्नका लागि निश्चित नियम पनि बनाइएको छ । आचारसंहिता लागू गरिएपछि कुनै समस्या नआएको स्थानीय सञ्चालकले बताएका छन् । होमस्टेको व्यवस्थापन गर्ने जिम्मेवारी महिलालाई नै दिइएको छ । समितिकी अध्यक्ष ज्ञानीमाया मगर भन्नुहुन्छ, “हाम्रो परम्परागत नाच, रहनसहन, संस्कार र संस्कृतिको विषयमा पनि पर्यटकलाई जानकारी दिने प्रबन्ध गरिएको छ ।” स्थानीय परिकार खुवाउने व्यवस्था गरिएको र बस्नका लागि पर्यटकको चाहनाअनुसारको व्यवस्था भएको उहाँले बताउनुभयो । साँझ ८ बजेसम्म सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाइने नियम लगाइएको र नाचमा पर्यटकले पनि भाग लिन पाउने मगर बताउनुहुन्छ । मोरङको पथरी शनिश्चरेबाट परिवारसहित घुम्न पुगेकी सम्झना राईले भन्नुभयो – “यहाँको प्राकृतिक मनोरम दृश्यका बारेमा सुनेकी थिएँ त्यही भएर परिवारसहित घुम्न आएकी हुँ । रमाइलो ठाउँ रहेछ ।” राजारानी पोखरीमा हरेक वर्ष वैशाखमा धिमालहरुको ठूलो मेला लाग्ने गर्छ । त्यहाँ झापा, मोरङ र सुनसरीका धिमालहरु पुग्छन् । धिमाल राजा युद्ध गर्न तल मधेस झरेपछि हार भएको र उनकी श्रीमतीले छोरीसहित पोखरीमा हामफालेर ज्यान गुमाएपछि तीनवटा पोखरी राजा, रानी र छोरी पोखरी भनेर नामाकरण गरिएको किंवदन्ती छ । भोगटेनीमा विद्र मगर, राजन राई, शनिमाया मगर, कमला मगर र दलबहादुर मगरको घरमा पर्यटकको सुविधाका लागि होमस्टेको व्यवस्था गरिएको छ ।

]]>
2367 0 0 0
दोहोरो जिम्मेवारी http://localhost/ghum/%e0%a4%a6%e0%a5%8b%e0%a4%b9%e0%a5%8b%e0%a4%b0%e0%a5%8b-%e0%a4%9c%e0%a4%bf%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80/ Sun, 30 Aug 2015 01:44:08 +0000 http://www.ghumphir.com.np/?p=2370 2370 0 0 0 चार वर्षमा चार सय बढी युवा उद्यमी http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%af-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be/ Sun, 30 Aug 2015 01:52:02 +0000 http://www.ghumphir.com.np/?p=2373

इलाम, १३ भदौ ।

आयआर्जनका माध्यमबाट गरिबी घटाउन सहयोग पु¥याउने उद्देश्यले चार वर्षदेखि जिल्लामा सञ्चालित लघुउद्यम विकास कार्यक्रमबाट चार सय बढी नयाँ उद्यमी तयार पारिएको छ । उद्यमशीलता विकास तालिममार्फत ग्रामीण भेगमा रहेका युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ आव २०६८÷६९ देखि गत आव २०७१÷७२ सम्ममा चार सय ७० उद्यमी तयार गरिएको घरेलु तथा साना उद्योग विकास समिति इलामका प्रमुख नवराज राउतले बताउनुभयो । समितिसँगको सहकार्यमा प्रत्येक वर्ष जिल्लाका चार गाविसमा लघुउद्यम विकास कार्यक्रम सञ्चालन गरिँदै आएको छ । स्वदेशमै बसेर स्वरोजगार बन्ने, विपन्नको आयआर्जनमा वृद्धि गरी गरिबी घटाउने, सामाजिक रुपमा पछि परेका समुदायलाई सशक्त बनाउनका लागि ढाका बुनाइ, सौन्दर्य, सिलाइकटाइ, पशुपालन, प्राङ्गारिक अदुवा खेती गर्ने उद्यमी तयार पारिएको हो । उद्यमी तयार पार्नका लागि समितिले गत आवमा रु २१ लाख ३० हजार छ सय ३९ बजेट विनियोजन गरेको थियो । लघुउद्यम विकास योजना बनाई सामाजिक रुपमा पछि परेका र न्यून आय भएका अतिविपन्न वर्गका युवा वर्गलाई केन्द्रित गरी कार्यक्रम सञ्चालन गरिएको थियो ।

]]>
2373 0 0 0
कम्पनीको लापर्बाहीले पुल निर्माणमा ढिलाइ http://localhost/ghum/%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%be%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%81%e0%a4%b2/ Sun, 30 Aug 2015 02:00:42 +0000 http://www.ghumphir.com.np/?p=2375

खोटाङ, १३ भदौ ।

ठेकेदार कम्पनीको लापर्बाहीले खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसी नदीस्थित जयरामघाटको पक्की पुल निर्माणमा ढिलाइ भएको छ । सात वर्षअघि पुल निर्माणको जिम्मा लिएको हुलास कालिका कन्स्ट्रक्सन जेभीका ठेकेदारले लापर्बाही गरेका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पुल निर्माणका लागि ठेकेदार कम्पनीले सात वर्षअघि सडक विभागसमक्ष सम्झौता गरेपनि बेवास्ता गरेका कारण समयमा पुल बन्न नसकेको खोटाङ क्षेत्र नं १ बाट निर्वाचित सभासद् पाँचकर्ण राई (पिके)ले बताउनुभयो । “ठेकेदारले गरेको लापर्बाहीका बारेमा सडक विभागसमेत मौन छ ।” उहाँले भन्नुभयो – “विभागले चासो दिने हो भने आगामी मङ्सिरभित्रमा पुल निर्माणको काम सम्पन्न हुने थियो ।” काठमाडौँ तथा तराईका जिल्लाहरु प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको जयराम पुल बन्न नसक्दा जिल्लामा आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु भित्र्याउन समस्या भएको उद्योग वाणिज्य सङ्घ, खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “जिल्लावासीको समस्यालाई सरकारले बेवास्ता गरेका कारण पुल निर्माणमा ढिलाइ भएको हो,” उहाँले भन्नुभयो – “यसले गर्दा जिल्लामा उत्पादन भएको कृषि उपजहरु बाटो अभावमा निकासी हुन नसक्दा कुहिएर जान थालेको छ ।” जिल्लामा ‘एक गाउँ एक उत्पादन’को अभियान सञ्चालन गरिरहेको वाणिज्य सङ्घले बाटो र पुलको समस्याका कारण बजार प्रवद्र्धन गर्न सकेको छैन । यसका लागि दूधकोसीमा निर्माणाधीन पुलको काम र सडकको स्तरोन्नतिको कामलाई तत्काल द्रुत बनाउनु पर्ने लयालुको भनाइ छ । जिल्लामा उत्पादन भएको बेमौसमी तरकारी अहिले तराईको बजारमा पु¥याउन पाए राम्रो भाउ पाउन सकिने अगुवा कृषक जेपी राईले बताउनुभयो । “पक्की पुलको अभावमा यातायात सञ्चालन नहुँदा उत्पादित बन्दा र काउली गाईभैँसीलाई खोलेको रुपमा प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।” उहाँले भन्नुभयो – “यसले गर्दा जिल्लामा फैलिँदै गरेको कृषि व्यवसाय सङ्कटमा पर्ने अवस्था आएको छ ।” पुल निर्माणका लागि ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरिरहेको सडक विभागका पूर्वाञ्चल क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले बताउनुभयो । “ठेकेदार कम्पनीले आगामी फागुन महिनाभित्र पुल जिम्मा दिने लिखित प्रतिबद्धता गरेको छ ।” उहाँले भन्नुभयो – “यदि त्यो समयमा पनि काम पूरा नगरे ठेक्का सम्झौता तोडेर अन्य विकल्पका साथ पुल निर्माणको कामलाई अगाडि बढाइनेछ ।” ठेकेदार कम्पनीले रु १० करोड छ लाखको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०६६ साल भदौमा पुल निर्माणको जिम्मा लिएको थियो । २०६८ साल असार मसान्तमा सम्पन्न गर्नुपर्ने जयराम पुलको अहिलेसम्म पिलर हाल्ने काम मात्र भएको छ । उक्त पुल निर्माणको काम तत्काल सक्न भौतिक पुर्वाधार तथा निर्माणमन्त्री विमलेन्द्र निधिले समेत निर्देशन दिइसक्नुभएको छ । जयराम पुल सञ्चालनमा ल्याउन सकेमा जिल्लाको विकासले गति लिने प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो ।

]]>
2375 0 0 0
गोसाइँकुण्ड जलयात्रा सुरु http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%81%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%9c%e0%a4%b2%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%b0/ Sun, 30 Aug 2015 08:08:59 +0000 http://www.ghumphir.com.np/?p=2378

धुन्चे (रसुवा), १३ भदौ ।

‘सबै जातजाति, भाषाभाषीको सद्भाव र एकता अटल रहोस्’ भन्ने कामनासहित गोसाइँकुण्डबाट आज जलयात्रा सुरु भएको छ । देशमा दिगो शान्तिको कामना गर्दै २०६३ सालमा साइकल यात्रा सुरु गरेका पर्सा जिल्ला ठोरी गाविस–७ निवासी ४० वर्षीय बुद्धिबहादुर गुरुङले पछिल्लो चरणमा जलयात्रा सुरु गर्नुभएको छ । जनैपूर्णिमाको अवसरमा पारेर गोसाइँकुण्ड पुगी ल्याएको जल पशुपतिनाथलगायत देशका सबै मठमन्दिरमा चढाई देशमा दिगो शान्तिको कामना गर्ने आफ्नो उद्देश्य रहेको गुरुङले बताउनुभयो । नीतिनिर्माण गर्ने तहमा आसीन सबै तह र तप्काका महानुभावलाई समेत जलको अभिषेक गराउने उहाँको योजना छ । जलयात्री गुरङले आज बिहानदेखि धुन्चेबाट सो जलयात्रा सुरुआत गर्नुभएको हो यसैबीच जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड पुगेका तीर्थयात्री धमाधम फर्कने क्रम सुरु भएको छ । कुण्ड पुगेका यात्रुलाई कुनै पनि समस्या नआएको र सहज रुपले यात्रा भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

]]>
2378 0 0 0
विद्युत् महसुल नतिर्नेको लाइन काट्न सुरु http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d-%e0%a4%ae%e0%a4%b9%e0%a4%b8%e0%a5%81%e0%a4%b2-%e0%a4%a8%e0%a4%a4%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a5%8b/ Sun, 30 Aug 2015 08:13:01 +0000 http://www.ghumphir.com.np/?p=2380

गाईघाट (उदयपुर), १३ भदौ ।

नेपाल विद्युत् प्राधिकरण कार्यालयले लामो समयदेखि विद्युत् महसुल नझाउने ग्राहकको लाइन काट्न सुरु गरेको छ । गत आव २०७१÷७२ मा मात्र प्राधिकरण कार्यालय उदयपुर गाईघाटसँग आबद्ध ग्राहकबाट रु दुई करोड २५ लाख २९ हजार दुई सयभन्दा माथि विद्युत् महसुल उठ्न बाँकी रहेको प्राधिकरण कार्यालय उदयपुर गाईघाटले बताएको छ । पटक पटक ताकेता गरिए पनि समयमा धेरै ग्राहकले विद्युत् महसुल नबुझाएका कारण लाइन काट्न सुरु गरिएको जनाइएको छ । समयमा महसुल नझाएपछि सम्बन्धित ग्राहकको लाइन काट्न सुरु गरिएपछि अहिलेसम्ममा पाँच सयभन्दा बढी ग्राहकको लाइन काटिसकिएको प्राधिरकण गाईघाटका प्रमुख अवधेशकुमार दुबेले बताउनुभयो ।

]]>
2380 0 0 0
झडपमा प्रहरी निरीक्षकसमेत नौ जना घाइते http://localhost/ghum/%e0%a4%9d%e0%a4%a1%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a4%b8%e0%a4%ae%e0%a5%87/ Sun, 30 Aug 2015 08:21:18 +0000 http://www.ghumphir.com.np/?p=2383

चितवन, १३ भदौ ।

थारु कल्याणकारिणीसभा चितवनले आह्वान गरेको बन्दमा आज नारायणगढका व्यवसायीले बजार खुल्न दबाब दिएपछि दुई पक्षबीच झडप भएको छ । सो क्रममा नौ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापा सामान्य घाइते भएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताउनुभयो । सो क्रममा आठ जना बन्दकर्ता सामान्य घाइते भएको थारु कल्याणकारी सभा चितवनका अध्यक्ष विश्राम महतोले बताउनुभयो ।

chitawan mapबन्द गराउने र खुलाउने बीचमा विवाद भएपछि अवस्था सामान्य बनाउन सहजीकरणमा जुटेका प्रहरी निरीक्षक थापालाई ढुङ्गाले बायाँ कुहिनोमा चोट लागेको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । थापाले दुई पक्ष मिलाउने क्रममा ढुङ्गाले हातमा लागेको बताउनुभयो । यता महतोले बन्द नगर्न बिहानैदेखि दबाब दिँदै आएको समूहले आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको आरोप लगाउनुभयो । बन्दका कारण जनजीवन प्रभावित बनेको छ । सवारी साधन सहज सञ्चालन नभएपछि लामो दूरीका सवारी साधनलाई सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको छ । प्रहरी प्रमुख थापाले बिहान ११ बजेसम्म ३०० वटा गाडीलाई गन्तव्यतर्फ पठाइएको बताउनुभयो । पूर्वबाट आएका गाडीलाई वाइपास हुँदै मुग्लिन र पश्चिमतर्फ पठाइएको छ भने पश्चिमतर्फबाट आएका गाडीलाई नारायणी किनारको बाटो प्रयोग गरी मुग्लिन तथा पूर्वतर्फ पठाइएको उहाँले बताउनुभयो । बन्दले कलकारखाना, बजार, शैक्षिक संस्थासमेत ठप्प बनेका छन् । चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा भएका थारुसँगको सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै चितवनका थारु समुदाय आन्दोलित बनेका हुन् । थारु कल्याणकारिणी सभा चितवनका सभापति महतोले आफ्नो बन्द शान्तिपूर्ण भएको बताउनुभयो ।

]]>
2383 0 0 0
भक्तपुरको गाईजात्रा: घिन्ताङ घिसी, ताहामचा र भैरवनाच http://localhost/ghum/%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%98%e0%a4%bf%e0%a4%a8/ Sun, 30 Aug 2015 08:30:39 +0000 http://www.ghumphir.com.np/?p=2386

रमेश गिरी भक्तपुर, १३ भदौ ।

सात दिनसम्म मनाइने गाईजात्रा पर्व तलेजुस्थानबाट गए राति ताहामचा बनाई दरबार स्क्वायर परिक्रमा गरेपछि सुरु भएको छ । विगत वर्षमा ९ बजेपछि मात्रै जात्राको रौनक सुरु हुने गरे पनि यस वर्ष भने भूकम्पबाट दुई सय ३४ जनाको मृत्यु भएकाले धेरैले गाईजात्रा निकाल्ने भएपछि बिहानैदेखि सुरु भएको छ । काठमाडौँ उपत्यकामा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक, मनोरञ्जनात्मक एवम् व्यङ्ग्यात्मक हुने गर्छ । ‘गिनित्वाङ, गिनित्वाङ, घ्यान्ताङ घिसिङ त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय’ भनेर नाचिने आकर्षक घिन्ताङ घिसी नाचको चर्चा पनि यस अवसरमा बढी हुने गर्छ । एक वर्षभित्र मरेका आफन्तको दिवङ्गत आत्माले मोक्ष प्राप्त गरून्, गाईको पुच्छर समातेर वैतर्णी तर्दै स्वर्ग जानू भन्ने उद्देश्यले प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि श्रीकृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाइन्छ । हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने गरेकामा मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि खुल्ने गर्छ । त्यस दिन मृतात्माले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी ओम धौभडेल बताउनुहुन्छ ।

gaijatra bhaktapurपुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक भनाइ छ । गाईजात्रा पर्व विक्रमको १४औँ शताब्दीभन्दा अगाडि सुरु भएको अनुमान गरिएको छ । नेवार समुदायमा गाईजात्राका दिन वर्ष दिनभित्र मरेकामध्ये उमेर नपुगेका बालबालिकाको सा“चा बनाई परिक्रमा गर्ने र उमेर पुगेका ठूला व्यक्तिको मृत्यु भएमा भने १५ हात लामो बा“सको ताहमचा बनाई नगर परिक्रमा गर्ने परम्परा छ । गाईजात्रामा कतिपयले करुणरसप्रधान गीतिलीला रामायणसमेत प्रदर्शन गर्छन् । केहीले कालोमाटोको गाई बनाई शृङ्गारपटारका साथ खटमा राखी केटाकेटीलाई आकर्षक तवरले सि“गारी बाजागाजासाथ बासा लुइके गरेर प्रदर्शन गर्ने प्रचलन छ । कतिपयले मृतक परिवारका घरबाट बालबालिकालाई शिव पार्वतीको प्रतीकका रुपमा शृङ्गारपटार गरी ल्याउने गर्छन् । यस्ता बालबालिका भने कर्म नचलिसकेका कलिला बालबालिका हुनुपर्ने मान्यता रहेको धौभडेल बताउनुहुन्छ । आर्थिक अवस्था कमजोर हुनेले पनि कुमारकुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ । विभिन्न घर तथा टोलबाट निकालिएको गाईजात्रा दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौँ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरी स्क्वायर, वंशगोपाल, इताछेँ र खौमाको परिक्रमा गराउने गरिन्छ । जात्रामा विभिन्न हास्यव्यङ्ग्य चित्रसमेत हात हातमा बोकेर प्रदर्शन गरिएको छ । गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरि खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतकर्मी धौभडेलको भनाइ छ । यस दिन पाप गरे मृत्युपछि पनि सोही कर्म भोग्नुपर्छ भन्ने विश्वासका आधारमा आजको दिन कसैले पापकर्म गर्न नहुने भनाइ छ । त्यस दिन दिवङ्गत आफन्तको सम्झनामा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि रहिआएको छ । जात्रा समापनका क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाचसमेत निकालिने प्रचलन छ । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको ताहमाचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य ताहमाचा र सबभन्दा पछि नकिङजु अजिमाको ताहमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीन पटक परिक्रमा गरेपछि आजको जात्रा सम्पन्न हुने गर्छ । आजदेखि सातदिनसम्म भक्तपुरमा घिन्ताङ घिसी नाच, हनुमान नाच, माक प्याखं (बाँदर नाच), लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाच, विभिन्न व्यङ्ग्यात्मक प्रस्तुति गरी कृष्ण जन्माष्टमीको दिन तलेजुको जात्रा गरी गाईजात्रा समापन गरिन्छ ।

]]>
2386 0 0 0
गाईजात्रा पर्व http://localhost/ghum/%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5/ Sun, 30 Aug 2015 08:43:22 +0000 http://www.ghumphir.com.np/?p=2390 2390 0 0 0 मरेका माछा किनेर ल्याएर स्वाद मानी मानी खान्छन्:माछाका पारखी नेपालीहरु http://localhost/ghum/%e0%a4%ae%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%9b%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a5%87%e0%a4%b0-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%b8/ Sun, 30 Aug 2015 09:21:31 +0000 http://www.ghumphir.com.np/?p=2394 रविन्द्र घिमिरे

१३ भदौ, काठमाडौं ।

माछाका पारखी नेपालीहरु थुप्रै छन् । उनीहरु बजारबाट मरेका माछा किनेर ल्याएर स्वाद मानी मानी खान्छन् । तर, त्यस्ता माछामा प्रयोग हुने विषाक्त रसायनका बारेमा भने धेरैलाई जानकारी छैन ।

मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुन्छ । यसले मानव स्वास्थ्यलाई प्रतिकुल असर पुर्‍याउन सक्छ । तर, सरकारले यस्तो अखाद्य पदार्थको प्रयोग रोक्न खासै प्रयास गरेको छैन ।

machha 2

माछा बजारमा भारतीय प्रभाव

नेपालमा झण्डै ८० प्रतिशत बजार भारतीय माछाले ओगटेका छन् । भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुन्छ । दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झण्डै ४/५ दिन लाग्छ । त्यसैले माछालाई कुहिन नदिन त्यसमा फर्मालिन प्रयोग गरिएको हुन्छ । नेपाल आइसकेपछि पनि व्यापारीहरुले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन् । फर्मालिनबारे जान्नैपर्ने कुरा

फर्मालिनको वास्तविक नाम र्फमलडिहाइड्रेड हो । यो एक प्रकारको विषाक्त रसायन हो । शवहरु सड्न नदिन मूर्दाघरमा फर्मालिन प्रयोग गरिन्छ । मरेका माछालाई यसमा डुबाएपछि ताजा जस्तै देखिन्छ । तर, यस्तो फर्मालिन हालेको माछाको प्रयोग मानव स्वास्थ्यका लागि निकै हानीकारक हुन्छ ।

तत्काल कुनै असर नगरे पनि यसले दीर्घकालीन रोगहरु निम्त्याउने चिकित्सकहरु बताउँछन् । यसले विशेषगरी मुटु र मृगौलालाई असर गर्ने डा. किशोर यादवले जानकारी दिए । यसैगरी पेट पोल्ने, पाचनशक्ति कमजोर गराउने, अल्सर हुनेसहित स्नायुमा समेत असर गर्ने उनको भनाइ छ ।

‘यसबाट आँखामा असर गर्ने र क्यान्सरसम्म गराउने सम्भावना हुन्छ,’ उनले अनलाइनखबरसित भने । विश्वभरि नै फर्मालिनको प्रयोग प्रतिबन्धित छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले खानेकुरामा फर्मालिन शून्य हुनुपर्ने भनेको छ ।

जिउँदो माछाको व्यवसाय फस्टाउँदै

काठमाडौंका विभिन्न स्थानमा अचेल जिउँदो माछा बिक्री केन्द्रहरु प्रशस्तै भेटिन्छन् । तीन वर्षदेखि सुरु भएको यस्तो व्यापार फस्टाउँदै गएको व्यवसायीहरुको भनाइ छ ।

मरेका माछा बिक्री गर्ने पसलका तुलनामा जिउँदो माछा बिक्री केन्द्र अत्यन्तै कम छन् । तर, उपभोक्ताहरु मरेका भन्दा जिउँदा माछातर्फ आकषिर्त भइरहेका छन् । व्यवसाय सुरु गर्दा घाटा व्यहोरेका व्यवसायीले पनि अब राम्रो मुनाफामा कमाउन थालेको पाइन्छ ।

fish

जिउँदो माछा रोज्नुको मुख्य कारण यसको ताजापन हो । मरेका माछामा विषाक्तताको जोखिम हुने भएकाले पनि जिउँदो माछामा आकर्षण बढेको छ । मरेका माछामा फर्मालिनको प्रयोगको सम्भावना बारे बुझेका र जिउँदो माछाको स्वाद थाहा पाएका उपभोक्ता यसका पारखी छन् ।

काठमाडौंमा बेचिने जिउँदो माछा प्रायः चितवन, बारा र सर्लाहीबाट आउँछन् । पोेखरीबाट निकालेर प्लाष्टिकका ट्यांकीमा राखेर ल्याइने माछालाई पसलमै बनाइएका अस्थायी पोखरीमा राखिन्छ । ग्राहक आएपछि मात्र त्यसलाई निकालिन्छ र बेचिन्छ । यसैकारण निकै ताजा माछा उपभोक्ताको भान्छासम्म पुग्छन् । जसमा फरक स्वाद र पूर्ण स्वस्थता हुने व्यवसायी बताउँछन् ।

अधिकांश घरायसी उपभोक्ता

काठमाडौंको चाबहिलमा जिउँदो माछाको बिक्री सुरु भएको हो । त्यसपछि नयाँबानेश्वर, गोंगबु, कुलेश्वर, कलंकी, बौद्ध, बल्खु, कपन लगायतका धेरै ठाउँमा जिउँदा माछा बिक्री गर्ने पसलहरु खुलेका छन् । नयाँ बानेश्वरमा लाइभफिस हाउस सञ्चालन गरिरहेका ललन यादव जिउँदो माछाको व्यवसायबाट सन्तुष्ट छन् ।

आफ्ना ९९ प्रतिशत ग्राहक घरायसी उपोभोक्ता नै भएको यादव बताउँछन् । होटल तथा व्यवसायिक प्रतिष्ठानहरुले जिउँदो माछा किन्दैनन् । तैपनि उनको पसलबाट मासिक औषत २५ देखि ३० क्वीन्टल जिउँदो माछा बिक्री हुन्छ । एकपटक ल्याएको जिउँदा माछा दुई दिनलाई मात्रै पुग्ने यादवको भनाइ छ ।

काठमाडौंमा रहु, नैनी, भकुरा, बिगहेड, कमनकार्प, ग्रासकार्प र सिल्भरकार्प जस्ता माछा जिउँदै किन्न पाइन्छ ।

पैसा हेर्ने कि स्वास्थ्य ?

तुलनात्मक रुपमा मरेका माछाभन्दा जिउँदो माछा केही महंगो पर्छ । भारतबाट आएका मरेका माछा २ सय ८० रुपैयाा प्रतिकेजीसम्म बिक्री भए पनि जिउँदो माछा ४ सयदेखि ४ सय ५० रुपैयाँसम्म पर्छ । केही प्रजातिका माछा किलोको ६ सय रुपैयाँसम्म पर्छ ।

जिउँदै ल्याउँदा लाग्ने लागत र अस्थायी पोखरीमा हुने खर्चका कारण जिउँदो माछा महंगो पर्ने व्यवसायी यादवको भनाइ छ । तर, ताजा र स्वास्थ्यवर्द्धक माछा खानका लागि उपभोक्ताले पैसाको मुख हेर्न नहुने उनी बताउँछन् । एकपटक जिउँदो माछाको स्वाद लिनेहरु स्वादकै कारणले पनि दोहोर्‍याएर पसलमा फर्किने गरेको उनको दाबी छ ।

]]>
2394 0 0 0
सुर्य अस्ताउदाको रगीन आकाश (फोटो फिचर) http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%af-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%97%e0%a5%80%e0%a4%a8-%e0%a4%86%e0%a4%95/ Sun, 30 Aug 2015 09:27:03 +0000 http://www.ghumphir.com.np/?p=2396 १. फ्लोरिडाको माउन्ट डोरामा दुई इबी चराहरुको मेलमिलाप ।

फ्लोरिडाको माउन्ट डोरामा दुई इबी चराहरुको मेलमिलाप 

२. सुर्यास्तको समय बोत्सवानाको पोखरीमा पानी पिउँदै दुई अफ्रिकन हात्ति ।

सुर्यास्तको समय बोत्सवानाको पोखरीमा पानी पिउँदै दुई अफ्रिकन हात्ति ।

best photo 4

सुर्यास्तको बेला रक्ताम्य देखिएको आकाशअघि एक अमेरिकन बाह्रसिंगे ।

५. क्यारिबियन समुद्रमा बाँकटे हान्दै एउटा डल्फिन ।

क्यारिबियन समुद्रमा बाँकटे हान्दै एउटा डल्फिन ।

६. भारतको जोधपुरमा उँट डार्‍याउँदै एक व्यक्ति ।

भारतको जोधपुरमा उँट डार्‍याउँदै एक व्यक्ति ।

७. उत्तर अमेरिकाको प्यासिफक नर्थवेस्टमाथी माछा टिपेर उडिरहेको चील ।

उत्तर अमेरिकाको प्यासिफक नर्थवेस्टमाथी माछा टिपेर उडिरहेको चील ।

८. पूर्वी अष्ट्रेलियामा एक थान ग्रे कंगारुको बसिबियालो ।

पूर्वी अष्ट्रेलियामा एक थान ग्रे कंगारुको बसिबियालो ।

९. केन्याको मसाइ मारा गेम रिजर्भमा लस्किदै उक सिंह ।

केन्याको मसाइ मारा गेम रिजर्भमा लस्किदै उक सिंह ।

१०. अमेरिकाको टेक्सासमा एउटा भाले जरायो चन्द्रमालाई चुनौति दिएर उभिँदै ।

अमेरिकाको टेक्सासमा एउटा भाले जरायो चन्द्रमालाई चुनौति दिएर उभिँदै ।

-तस्वीरः एजेन्सी
]]>
2396 0 0 0
दुई भन्सार अधिकृत र २८ सुब्बा कारवाहीमा http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b0-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a5%83%e0%a4%a4-%e0%a4%b0-%e0%a5%a8%e0%a5%ae-%e0%a4%b8%e0%a5%81%e0%a4%ac/ Sun, 30 Aug 2015 09:40:32 +0000 http://www.ghumphir.com.np/?p=2400 १३ भदौ, काठमाडौं ।
त्रिभूवन विमानस्थल भन्सार कार्यालयका ३० जना कर्मचारी कारवाहीमा परेका छन् । भन्सार विभागले दुई अधिकृत र २८ जना सुब्बालाई कारवाही गरेको हो ।
जिम्मेवारी निर्वाहमा कमजोरी देखिएपछि कारवाहीको प्रक्रिया सुरु गरिएको विभागका उच्च अधिकारीले जनाएका छन् । विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु बारम्बार विवादमा पर्ने गर्छन ।
विमानस्थल कार्यालयको अागमन कक्षमा खटिएका कर्मचारी शनिवार तोकिएको समयमा कार्यकक्षमा उपस्थित नभएको विभागले जनाएको छ । ती कर्मचारीले जिम्मेवारी निर्वाहमा लापरवाही गरेको पनि विभागले जनाएको छ । कमर्चारीलाई निजामति सेवा एेन २०४९ र निजामति सेवा नियमावली २०५० अनुसार कारवाही हुने जानकारी पनि विभागले दिएको छ ।
‘दई भन्सार अधिकृत र २८ जना सुब्बालाई विभागीय कारवाहीको प्रक्रिया अघि बढाइएको छ, भन्सार विभागका महानिर्देशक शिशिर कुमार ढुंगानाले भने, तोकिएको समयमा कार्यालयमा उपस्थित नभएको भेटिएपछि कारवाही थालिएको हो ।’ ती कर्मचारीलाई त्रिभूवन विमानस्थल कार्यालयबाट फिर्ता बोलाइएको छैन ।
'दई भन्सार अधिकृत र २८ जना सुब्बालाई विभागीय कारवाहीको प्रक्रिया अघि बढाइएको छ ।  तोकिएको समयमा कार्यालयमा उपस्थित नभएको भेटिएपछि कारवाही थालिएको हो ।’ शिशिर कुमार ढुंगाना महानिर्देशक भन्सार विभाग
३० जना कर्मचारीलाई एकै पटक कारवाही प्रक्रिया थालिएको हो । अहिले नै उनीहरुले कति समय कार्यालयमा नआएको भन्ने यकिन भइनसकेको जानकारी पनि विभागले दिएको छ । तर तर तोकिएको समयमा कार्यालयमा उपस्थित नभएको फेला परेको विभागमा महानिर्देशक ढुंगानाले बताए । कर्मचारी अनुपस्थित भएपछि यात्रुहरुको जाँच पासमा गम्भिर त्रुटि देखिएको थियाे । कर्मचारी नभएका कारण यात्रु समस्यामा परेका थिए । विभागले यस्ताे गम्भिर त्रुटी नदाेहाेर्‍याउन कार्यालयलाई सचेत पनि गराएको छ ।
ती सबै कर्मचारीलाई विभागीय कारवाही हुने जानकारी पनि महानिर्देशक ढुंगानाले दिए । कति समय उपस्थित नभएको र कस्तो जिम्मेवारी पुरा नगरेको भन्ने यकिन भएपनि कस्तो कारवाही गर्ने भन्ने टुंगो लाग्नेछ । विभागीय कारवाहीमा कर्मचारी घटुवा समेत हुनसक्छ ।
अन्य भन्सार कार्यालयहरु भन्दा बढी विमानस्थलको भन्सार कार्यालय विवादमा आउँछ । तस्करीका सामान छुटाउने, घुस माग्ने, भन्सार जाँचपासमा न्युन मुल्यांकन गर्ने जस्ता विषयमा भन्सार कार्यालयहरु विवादित छन् । तर यस पटक कर्मचारी सयममै कार्यालयमा उपस्थित नभएको भन्दै विभागले कारवाही थालेको हो ।
विभागका उपसचिव सूर्य सेढाईको नेतृत्वमा छानविन भइरहेको छ । छानविन समितिले सिफारिष गरेको आधारमा विभागले कर्मचारीलाई कारवाही गर्नेछ । त्रिभूवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक भूपाल बराल हुन् ।
]]>
2400 0 0 0
एउटा भेडालाई १० हजारदेखि १५ हजार रुपैयाँसम्म मूल्य http://localhost/ghum/%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a4%be-%e0%a4%ad%e0%a5%87%e0%a4%a1%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a5%a7%e0%a5%a6-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf/ Sun, 30 Aug 2015 14:26:57 +0000 http://www.ghumphir.com.np/?p=2404 १३ भदौ,म्याग्दी ।

उत्तरी म्याग्दीको लेकाली क्षेत्रमा भेडापालन गरेका कृषकले मनग्य आम्दानी गरिरहेका छन् ।  खोप्रा र खयरलेक क्षेत्रमा भेडापालन गर्दै आएका पाउद्वारका कृषकले भेडा बिक्रीबाटै वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गरेका हुन् । जनैपूर्णिमा मेला, दसैँ तिहारलगायत अन्य चाडपर्वमा ग्राहक भेडा किन्न गोठमै आउने भेडापालक कृषक सुकबहादुर तिलिजाले बताए ।  ३ सय ५० भेडा पालेका तिलिजाले वर्षमा ४० वटासम्म बिक्री गर्नुहुन्छ ।

एउटा भेडालाई १० हजारदेखि १५ हजार रुपैयाँसम्म मूल्य पर्छ । तिलिजा वैदेशिक रोजगारी छाडेर बुबाले गर्दै आएको भेडापालन व्यवसायलाई निरन्तरता दिएको बताउँछन् । 'विदेश गएका साथीको कमाइ पनि उस्तै भएकाले गाउँमै काम गरिरहेको छु', तिलिजाले भने, 'खाडी मुलकमा भन्दा गाउँघरकै कमाइ राम्रो लागेर भेडापालनमा सक्रिय भएको छु ।' खयर र खोप्रालेकमा ११ जना कृषकले दुई हजारभन्दा बढी भेडा पालेका छन् ।

जिल्लाका विभिन्न गाविस, बागलुङ, पोखरालगायतका क्षेत्रमा भेडा बिक्री हुने गरेको छ । विशेष गरेर जनैपूर्णिमाका दिन खयर भारानीमा लाग्ने मेलामा बलि दिन भेडाका साँढे बिक्री हुन्छन् । यस वर्षको जनैपूर्णिमामा त्यहाँका कृषकले भेडा बेचेरै ३० लाख कमाएका कृषक तुलबहादुर पुनले बताए ।  जनैपूर्णिमाको अघिल्लो दिन शुक्रबारमात्रै ३ सय वटा भेडा बिक्री भएको थियो । 'भेडा पालेर हुर्काउन सकेमा राम्रो कमाइ गर्न सकिन्छ । ग्राहक गोठमै भेडा किन्न आउँछन् । भनेजति मूल्य पनि पाइन्छ', तिलिजाले भने, 'चरनको अभाव, वन्यजन्तुबाट असुरक्षा र रोगको प्रकोपको समस्या देखिएको छ ।'

कृषकका अनुसार चितुवा र बाघले एकै गोठका वर्षमा ४० वटासम्म भेडाबाख्रा मारेर क्षति गरेको छ । यसैगरी लेकाली क्षेत्रमा घाँस कम पलाउने र वेशीमा संरक्षित वन क्षेत्रमा चरीचरन बन्द हुँदा कृषक समस्यामा परेका छन् । लेकाली चरन क्षेत्रमा पहिलेको तुलनामा घाँस कम उम्रन थालेको र अन्य झारपात बढेको कृषकको भनाइ छ ।

]]>
2404 0 0 0
दूध पोखेर विरोध http://localhost/ghum/%e0%a4%a6%e0%a5%82%e0%a4%a7-%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a5%87%e0%a4%b0-%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%a7/ Sun, 30 Aug 2015 15:06:16 +0000 http://www.ghumphir.com.np/?p=2408

इलाम, १३ भदौ ।

दुग्ध विकास संस्थानले किसानबाट दूध खरिद नगरेको भन्दै इलामका किसानले आज सडकमा दूध पोखेर विरोध जनाएका छन् । संस्थानले विभिन्न बहाना बनाएर दूध खरिद गर्न छाडेको विरोधमा किसानले इलाम सदरमुकामको चोक बजारमा दूध पोखेर साङ्केतिक विरोध जनाएका हुन् । सदरमुकाममा भेला भएका जिल्लाका दुई सयभन्दा बढी दुग्ध किसानले बन्द दूधलाई खुल्ला गर, बाहिरी दूधलाई बन्द गर, आहात होइन राहत देउ, कृषक हामी एक हौँ, भन्ने प्लेकार्ड र व्यानरसहित शान्तिपूर्ण विरोध ¥याली निकालेका थिए । चोकबजारबाट सुरु भएको ¥याली टुंडिखेल हुँदै पुनः चोकबजारमा आएर कोणसभामा परिणत भएको थियो । विभिन्न बहानामा संस्थानले नियमित दूध खरिद नगर्दा किसानले लाखौँ मूल्य बराबरको दूध खेर फाल्नुपरेको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हेम कट्टेलले बताउनुभयो । संस्थानले किसानबाट दूध खरिद नगरी कमिशनको खेलमा भारतीय दूध र पाउडर बिक्री गर्न थालेको किसानको आरोप छ । “बन्द र हड्तालको बहानामा भारतीय दूध बिक्री भइरहेको छ, यहाँबाट दूध नलिई भारतीय दूध बिक्री गरिएको छ”–अध्यक्ष कट्टेलले भन्नुभयो, “तत्काल किसानबाट नियमित दूध खरिद गरिएन भने कडाभन्दा कडा आन्दोलन सुरु गछौँ ।” संस्थानअन्र्तगत दुग्ध वितरण आयोजनाले इलामका कोल्बुङ, रक्से, पशुपतिनगर, फिक्कल, बिब्ल्याँटेलगायत चिस्यान केन्द्रबाट दैनिक ३० हजार लिटरभन्दा बढी दूध खरिद गर्दै आएको थियो । इलाममा करिब दैनिक ५० हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गर्छ । तराईमा जारी आन्दोलनका कारण दूध खरिद गर्न नसकिएको संस्थानअन्तर्गत दुग्ध वितरण आयोजना विराटनगरले जनाएको छ । “बन्द, हडतालका कारण नियमितरुपमा दूध ढुवानी गर्न सकेका छैनौँ”–आयोजना प्रमुख ईश्वरीराज न्यौपानेले भन्नुभयो, “एक दिन खुल्यो भने कति दिन बन्द हुन्छ टुङ्गो छैन्, दूध मात्र ल्याएर के गर्ने ? बिक्री पनि त हुनुप¥यो नि ।

]]>
2408 0 0 0
तस्बिरमा काठमाण्डौ उपत्काको गाईजात्रा पर्व http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a5%8c-%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%95/ Sun, 30 Aug 2015 15:39:09 +0000 http://www.ghumphir.com.np/?p=2411 रामगोपाल तमखु काठमाण्डौ उपत्यकाा गाईजात्रा पर्व अन्य जिल्लाहरुको भन्दा फरक तथा सास्कृतीक हिसावले मनाउने प्रचल रहेको छ । विगतका बर्षहरुभन्दा विस्तारै विस्तारै परमपरागत भन्दा आधुनिक शैलिले गाईजात्रा मनाउने क्रम बढ्दै गएको छ । काठमाण्डौ उपत्यका तिनै शहर मध्य भक्तपुरमा बिशेष गरी अन्य दुई शहर काठमाण्डौ र ललितपुर भन्द फरक रहेको छ । गाईजात्रा पर्व हासो खुसी र ब्यग्य गर्ने प्रचल रहेको छ ।

gaijatra @ ghumphir.com (6) gaijatra @ ghumphir.com (5) gaijatra @ ghumphir.com (3) gaijatra @ ghumphir.com (2) gaijatra @ ghumphir.com (1)

gaijatra  (1) gaijatra  (2) gaijatra  (3) gaijatra a

]]>
2411 0 0 0
सेवाग्राहीद्वारा वाणिज्य बैंकमा तोडफोड http://localhost/ghum/%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a5%80%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%b5%e0%a4%be%e0%a4%a3%e0%a4%bf%e0%a4%9c%e0%a5%8d/ Sun, 30 Aug 2015 15:48:19 +0000 http://www.ghumphir.com.np/?p=2424

जनकपुरधाम, १३ भादौ ।

सरकारी स्वामित्वमा रहेको भानुचोकस्थित राष्ट्रिय वाणिज्य बैंक नखुल्दा सेवाग्राहीले ढुङ्गामुढा गरेका छन् । बैंक खुल्ने आशमा आइतबार कार्यालय समयमा पुगेका सेवाग्राहीले बैंक नखुल्ने थाहा पाएपछि शाखा प्रमुखको विरुद्धमा नाराबाजी गर्दै ढुङ्गामुढा गरेका छन् । स्थानीय प्रशासनले बन्दको क्रममा सुरक्षा दिन नसक्दा बैंक नखोलेको शाखा प्रमुख लक्ष्मीप्रसाद अधिकारीले बताउनुभयो ।

Rastriya-Banijya-Bankगत बिहीबार दुई घण्टाका लागि बैंक खोल्दा साँझपख आन्दोलनकारी आएर तोड्फोड गरेकाले असुरक्षाको कारण बैंक खोल्न नसकिएको प्रमुख अधिकारीले बताउनुभयो । दैनिक सातदेखि आठ करोड रुपैयाँसम्मको कारोबार गर्ने वाणिज्य बैंक नखुल्दा सेवाग्राही सास्तीमा छन् । बैंक नखुलेपछि सेवाग्रही आक्रोशित भई प्रबन्धकको विरोधमा चर्को नाराबाजी गर्दै ढुङ्गामुढा गरेका थिए । पछिल्लो १५ दिनदेखि जारी आमहडतालका कारण यहाँका वित्तीय संस्था सञ्चालनमा आउन नसक्दा सेवाग्राही समस्यामा परेका छन् । यसैगरी स्टेसन एरियामा रहेको नेपाल बैंक लिमिटेड, पिडाडी चोकस्थित वाणिज्य बैंकको शाखा कार्यालय बन्द भएपछि सेवाग्राही आर्थिक मारमा परेका छन् । हामीले आपूmखुशी बैंक बन्द नगरी बाध्यताले बन्द गर्नुपरेको नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक श्रीप्रसाद सिवाकोटीले बताउनुभयो । यसैगरी निजी लगानीबाट सञ्चालित वित्तीय संस्थासमेत बन्द भएपछि सेवाग्राही थप मारमा परेका छन् ।

]]>
2424 0 0 0
राजस्व अनुसन्धान पथलैयाले चौउन्न प्रतिशत बढी राजस्व असुली http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%b5-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a4%a5%e0%a4%b2%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%b2/ Mon, 31 Aug 2015 00:26:23 +0000 http://www.ghumphir.com.np/?p=2427

वीरगन्ज, १४ भदौ ।

राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले अघिल्लो आवको तुलनामा गत वर्ष ५४ प्रतिशतभन्दा बढी राजस्व असुली गर्न सफल भएको छ । गत आवमा कार्यालयले रु ५० करोड ९३ लाख ३४ हजार राजस्व असुली गरेको हो । आव २०७०÷७१ को तुलनामा यो ५४ दशमलव ५७ प्रतिशतले बढी हो । कार्यालयले अघिल्लो आवमा रु ३२ करोड ९४ लाख ९८ हजारमात्र राजस्व असुली गरेको थियो । कार्यालयका अनुसार, गत वर्ष सबैभन्दा बढी भन्सार महसुलतर्फ रु २९ करोड ७१ लाख ९२ हजार, मूल्यअभिवृद्धि करतर्फ रु दुई करोड ४३ लाख २६ हजार र अन्तःशूल्कतर्फ रु ९८ लाख ५१ हजार राजस्व असुली गरेको हो । त्यस्तै कार्यालयले गत वर्ष धरौटीबापत रु २२ करोड ४३ लाख ४२ हजार र अन्य रु १२ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले ५२५ मुद्दामा गत वर्ष अनुसन्धान सुरु गरेकामा उक्त अवधिमा ४२३ वटा मुद्दा फछ्र्योट गरेको जनाएको छ । सीमावर्ती भारतीय क्षेत्रबाट हुने तस्करीका सामानमध्ये कपडाको हिस्सा सबैभन्दा बढी देखिएको छ । गत आवमा कार्यालयले अवैध रुपमा पैठारी र ढुवानीबाट राजस्व असुल गरेको मालवस्तुमा कपडाको हिस्सा सबैभन्दा बढी देखिएको हो । “न्यूनतम मूल्याङ्कन जोड्दा पनि गत वर्ष कार्यालयले झन्डै रु १० करोड मूल्य बराबरको अवैध कपडा बरामद गरेको देखिन्छ” कार्यालय प्रमुख सन्तोष श्रेष्ठले भन्नुभयो । अवैध ओसारपसारका क्रममा बरामद भएका मालसामानमा कपडाको हिस्सा करिब ४० प्रतिशत रहेको छ । ट्रान्सपोर्ट कम्पनीका मालसामानभित्र लुकाइएका अवस्थामा समेत कपडा बरामद भएका छन् । कार्यालयले सामानको मुद्दामाथि अनुसन्धान गर्दै आएको छ । यात्रुबाहक बसबाटसमेत अवैध कपडा बरामद हुने गरेको छ । अवैध रुपमा भित्रिएको कपडाबाट गत वर्ष रु २० करोड ३७ लाख ३३ हजार राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।

]]>
2427 0 0 0
जमिनको उपयोगिताबारे कृषि रणनीति अस्पष्ट http://localhost/ghum/%e0%a4%9c%e0%a4%ae%e0%a4%bf%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%aa%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%a4%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf/ Mon, 31 Aug 2015 00:33:00 +0000 http://www.ghumphir.com.np/?p=2429

राजाराम कार्की/सुशील दर्नाल 

काठमाडौँ, १४ भदौ ।

लामो प्रतीक्षापछि जारी गरिएको बीसवर्षे कृषि रणनीति (२०१५÷३५) प्रति अन्ततः सम्बन्धित सङ्घसंस्था तथा कृषि विज्ञले असन्तुष्टि व्यक्त गरेका छन् । साउन १० गते नेपाल सरकारले अनुमोदन गरेको ‘कृषि विकास रणनीति’ खाद्यका लागि कृषि अभियान नेपाल, राष्ट्रिय कृषक समूह महासङ्घ, राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका प्रतिनिधि र अगुवा कृषकले भूमिपतिको पक्षमा रहेको भन्दै आपत्ति जनाएका हुन् । ती संस्थाका प्रतिनिधिले रणनीति तयार गर्दागर्दै पनि विरोध जनाएका थिए । नेपालको भूमि बुझेका विज्ञ र नेपाली माटो चलाएका कृषकबाट कृषि रणनीति तयार हुनुपर्छ भन्ने सुझाव उनीहरुले सरकारसमक्ष राख्दै आएका थिए । अन्ततः सरकारले कृषकको आग्रहलाई बेवास्ता गर्दै नाम मात्रको रणनीति लादेको सङ्केत गर्नुभएको छ – पूर्व कृषि मन्त्री गणेश शाहले । यद्यपि कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुर भने किसान सञ्जाल र कृषि मन्त्रालयले संयुक्त रुपमा रणनीति तयार पारेको जिकिर गर्नुहुन्छ । नेपालको कृषि रणनीति एसियाली विकास बैंक नेतृत्वको दातृ समूह र सम्बन्धित परामर्शदाताले करिब तीन वर्षपछि तयार पारेका थिए । रणनीति तयार गर्न कुल रु १९ करोड खर्च भएको छ । नेपाल सरकारले व्यहोरेको उक्त रकमको अधिक हिस्सा भत्ता र खानपानमा खर्च भएको छ ।

landरणनीति अङ्ग्रेजी भाषामा तयार गरिएको छ । वास्तविक किसानले रणनीतिमा समावेश गरिएको विषय बुझ्न र पढ्न भने पाएका छैनन् । अगुवा कृषक गोपाल भण्डारीले चार राजनीतिक दलले गरेको सहमतिको दस्तावेज ‘रणनीति’ भएको व्यङ्ग्य रासससँगको कुराकानीमा गर्नुभयो । रणनीति बाँझो जमिन राख्नेलाई कारबाही, उत्पादन बिक्रीको पक्कापक्की, जमिनको हदबन्दी, कृषिमा वैदेशिक लगानी, कृषि भूमिको वितरण, श्रमको व्यवस्था, बदलिँदो सामाजिक, सांस्कृतिक, भौगोलिक र पर्यावरणीय विशेषता, आप्रवास, कृषि ऋण, सहरीकरण, खाद्यान्न, कृषि आयोग, कृषि आयातजस्ता विषयमा मौन छ । छैटौँ कृषि गणना, २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ । हुनेखाने कुलीन वर्गहरु सहर केन्द्रित हुने र जमिन जोती खान सक्ने युवावर्ग वैदेशिक रोजगारमा गएका कारण जग्गा बाझो रहने क्रम भने रोकिएको छैन । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कअनुसार करिब ४५ लाख नेपाली कामको खोजीमा विश्वको १०८ भन्दा बढी देशमा विभिन्न प्रकृतिको काम गर्दै आएका छन् । उनीहरुबाट प्रतिवर्ष करिब रु पाँच खर्बभन्दा बढी विप्रेषण नेपाल भित्रने गरेको विभिन्न तथ्याङ्कले देखाउँछन् । राज्यले खाद्य सुरक्षाको विश्वास जनतालाई दिलाउनु पर्छ भन्ने कानुनी मान्यता एकातिर भए पनि अर्कातिर भने जमिन बाझिँदै गएको छ, त्यसतर्फ रणनीति मौन देखिएको पाइन्छ भन्नुहुन्छ –खाद्यका लागि कृषि अभियानका संयोजक डा कृष्ण पौडेल । राष्ट्रिय कृषि गणना, २०६८ ले दश वर्षमा एक लाख २९ हजार हेक्टर उर्वर जमिन बाँझो भएको तथ्याङ्कमा उल्लेख गरेको छ भने एक लाख १६ हजारले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ । छैटौँ कृषि गणनाले ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेको भए पनि ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको पाइन्छ । कृषिलाई आधार मानेर रोजगार गर्न चाहनेहरुका लागि राज्यले सहज रुपमा लगानीको वातावरण मिलाउन नसकेको कृषि गणना, २०६८ मा उल्लेख भए पनि ४२ प्रतिशत कृषकले आफूले व्यावसायिक कृषि गर्ने चाहँदाचाहँदै पनि ऋण उपलब्ध नभएको गुनासो गर्ने गरेका छन् । जमिन बाँझो भएकै कारण चालु आवको ११ महिनामा करिब १६ अर्ब रुपैयाँ बराबरको चामलमात्र नेपालले भारतबाट आयात गरेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । कुल उत्पादनमा कृषि क्षेत्रको करिब ३३ प्रतिशत योगदान छ । दश वर्षमा उत्पादन निराशाजनक ढङ्गले घट्नुमा वैदेशिक रोजगारीमा युवा जनशक्तिको पलायन, भूमि बाँझो राख्ने बढ्दो क्रम, गुणस्तरीय बीउबिजन तथा मलखादको अभाव, उर्वरभूमिको चक्लाबन्दी, निर्वाहमुखी खेती प्रणाली, कृषि ऋणको अपर्याप्तताका कारण कृषि पेसाबाट मानिसहरु क्रमशः पलायन भएको राष्ट्रिय कृषक समूह महासङ््घका अध्यक्ष उद्धव अधिकारीले बताउनुभयो । कृषि क्षेत्रमा बाझिएका कानुन, ऐन तथा नियमावलीमा एकरूपता ल्याउनुपर्ने कुरा उल्लेख गरिएपनि रणनीतिमा ती विषय स्पष्ट रुपमा उल्लेख नभएको राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका अध्यक्ष ल्याम्वबहादुर दर्जीले बताउनुभयो ।

]]>
2429 0 0 0
भूकम्पले बुट्टादार झ्याल ढोकाको व्यवसाय व्यापार ५० प्रतिशतले कमी http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a5%81%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%9d%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2/ Mon, 31 Aug 2015 00:47:32 +0000 http://www.ghumphir.com.np/?p=2432

उत्तम काप्री

काठमाडौं, १४ भदौ

वैशाख १२ गतेको विनाशकारी भूकम्पले सबै क्षेत्रमा असर पुर्याएकोमा बुट्टादार झ्याल ढोकाको व्यवसाय पनि उम्केको भने छैन। केही वर्षअघि सम्म लोप भईसकेको बुट्टादार झ्याल ढोकाहरुले विस्तारै फाटफुटरुपमा बजार लिन थालेको थिए। तर भूकम्पले गर्दा यो विस्तारमा रोकावट आएको व्यापारीहरु बताउँछन्।
हाल पहिले आएको अर्डरका झ्याल ढोका पनि व्यापार हुन नसकेको र अहिले नयाँ अर्डर पनि नआएको व्यापारीहरु बताउँछन्।  बजारमा आलुमिनियमका झ्यालढोकाहरु प्रयोगको बढेर पनि  ५/६ वर्षदेखि यसको व्यापार ५० प्रतिशतले कमी आएको उनीहरु बताउँछन्।
kath
त्यस्तै अलिअलि छिटपुट रुपमा भइरहेको व्यापार पनि भूकम्प र सरकारले नयाँ भवन र घर निमार्णमा लगाएको रोक्काले सुकाएको १५ वर्षदेखि बुट्टादार झ्याल ढोका बनाउँदै आएका ललितपुर सातदोबाटोका विरेन्द्र मानन्धरले बताए।
अहिले बाँकी रहेका पुराना अर्डर जसोतसो दशैँको समयमा विक्री हुने आशा रहेको उनले बताए। यो असार, साउन र भदौ महिना अझ अफ सिजन भएकाले खासै व्यापार नहुने उनी बताउँछन्। हाल आफुसँग तयारी अवस्थामा १३ वटा भन्दा बढी झ्याल ढोका रहेको समेत उनले जानकारी दिए।
अहिले आफु र ४ जना कामगर्ने मजदुरलाई ज्याला दिन समेत समस्या रहेको उनको तर्क छ। वर्ष दिनमा १२ देखि १५ वटा मात्र झ्याल ढोका व्यापार हुने हो भने पनि घर खर्च देखि मजदुर खर्च समेत पुग्ने उनी बताउँछन्।  भूकम्पभन्दा अघि राम्रै चलेको व्यवसाय अहिले चौपटमा परेको उनले गुनासो पोखे।
 kath
जुनसुकै व्यवसाय गरेपनि लगनशिलता र मेहनतको आवश्यकता पर्ने र यो पेशामा झनै धैर्य र मेहनत लाग्ने उनको तर्क छ। सिजनको समयमा भने सरदर सानो पसलबाट १०÷१५ वटा र ठूला पसलबाट २० वटासम्म झ्याल ढोकाको व्यापार हुने उनले जानकारी दिए।
बजारमा ठूलादेखि साना सबै साइजका झ्याल ढोका पाइन्छन्। बजारमा अहिले सानो आकारको २५ सय रुपैयाँदेखि सुरु हुने उनले बताए। साथै ठूलो आकारको (५.५× ७.५ फिट) झ्यालको १ लाख रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म पर्ने उनले जानकारी दिए। त्यस्तै ढोका भने झ्याल भन्दा केही सस्तो पर्ने र अर्डर भने झ्यालभन्दा ढोकाको नै बढी आउने समेत उनले जानकारी दिए।
ढोका भने स्ट्यान्डर्ड साइज अर्थात् ४×७ फिटको करिब ८० हजार रुपैया र ४×८ फिटको १ लाख रुपैयाँसम्म पर्ने उनले जानकारी दिए। त्यस्तै ५.५×७.५ फिटको बढी बुट्टा भरेको ढोकाको मूल्य सरदर १ लाख ८० हजार रुपैयाँसम्म पर्नेे मानन्धरले जानकारी दिए।
झ्याल ढोका बनाउको लागि नेपाली सालको काठ आवश्यक पर्ने उनी बताउँछन्।  काठ भने उपत्यकाकै काठ उद्योगहरुबाट प्रति स्क्वायर फिट सानो ५७ सय र फ्रेमको लागि आवश्यक पर्ने ठूलो भने ६ हजार देखि ६२ सय रुपैयाँ सम्ममा किन्ने गरेको मानन्धरले बताए।
कसैले एउटा झ्याल वा ढोका अर्डर गरेको २ देखि ३ महिनामा तयार हुने उनले जानकारी दिए। सानो आकारको भने १५ देखि २० दिनमा नै तयार हुने बताउँछन्।
बन्द हड्तालको समयमा पनि सटर लगाएर अर्डरको काम गर्ने गरेको मानन्धरले जानकारी दिए। एउटा झ्याल वा ढोका बनाउनको लागि सबैभन्दा पहिले काठ ल्याई चिल्लो बनाउनुपर्ने  र त्यसलाई विस्तारै  आकारमा परिर्वतन गर्नपर्ने उनी बताउँछन्।
kath
सबैभन्दा बढी समय बुट्टा भर्न लाग्ने समेत उनले बताए।  अहिले पछिल्लो समय शहरी क्षेत्रमा  प्रायः सबैले घर तथा भवन निमार्ण गर्दा एउटा भएपनि बुट्टादार झ्याल वा ढोका राख्नेको सङ्ख्या बढेको उनले बताए। झ्याल भन्दा ढोकाको व्यापार नै बढी हुने गरेको पनि उनी बताउँछन्। झ्याल भन्दा ढोका सस्तो भएकाले पनि यस्तो हुने गरेको मानन्धरले बताए।
एउटै झ्याल ढोकाको मूल्य ३ देखि ४ लाखसम्म पर्ने हुनाले पनि सबैले यसको प्रयोग गर्न नरुचाउने र आर्थिक रुपमा गाह्रो पर्ने हुनाले  यसको बजार फस्टाउन नसकेको उनको भनाइ छ। एउटा काठको बुट्टादार झ्याल ढोकाको मूल्य बराबरले एक तला घरभरीमा पुग्ने आलुमिनियमको झ्याल ढोकाको सेट नै पुग्ने हुनाले यस प्रति मानिसको चासो बढ्न नसकेको उनी बताउँछन्।
बुट्टादार झ्याल ढोकाहरु महंगा भएपनि बलिया हुने, आकर्षक देखिनुका साथै आफ्नो प्राचिन कलाहरुको पनि जगेर्ना हुने हुनाले यस्ता बुट्टादार झ्याल ढोकाको प्रवद्र्धन र बजार विस्तारमा जोड दिइनुपर्ने पनि व्यवसायीहरु बताउँछन्।
kath butta
]]>
2432 0 0 0
मधेस बन्दका कारण पेट्रोलियम पदार्थको हाहाकार http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2/ Mon, 31 Aug 2015 03:14:50 +0000 http://www.ghumphir.com.np/?p=2438 गौशाला, १४ भदौ ।

अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको सदरमुकाम जलेश्वरमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । विगत १७ दिनदेखि मधेस बन्दका कारण जलेश्वरको सात वटा पेट्रोलपम्पमा पेट्रोल र डिजेल पाउन छाडिएको छ । त्यस्तै जिल्लाको पिपरा, रामगोपालपुर, औरही, सुगा, सहोडवा, मनरा, सम्सी, गौशालासहितका ठाउँमा रहेको पेट्रोलपम्पमा पनि पेट्रोलियम पदार्थ नरहेको जनाइएको छ ।

जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएपछि मोटरसाइकल चढ्ने भारतको विभिन्न ठाउँबाट पेट्रोल ल्याउन बाध्य भएका छन् भने अधिकांशले कालो बजारीको मार सहँदै चर्को मूल्यमा पेट्रोल किन्न बाध्य भएका छन् ।
त्यस्तै ढिलो गरी महोत्तरीमा वर्षा भएपछि अहिले किसानलाई धानखेती रोपाइँ गर्ने चटारो भएका बेला मधेस बन्द हुँदा खेत जोत्न ट्र्याक्टर चलाउन डिजेल पाउन मुस्किल भएकाले किसान थप समस्यामा परेका छन् ।
मधेस बन्दको कारण भएको पेट्रोलियम पदार्थको हाहाकार पछि जलेश्वरमा ससाना पसले तथा फुटपाथमा केही व्यक्तिले बन्दको मौका छोप्दै भारतको विभिन्न ठाउँबाट पेट्रोल ल्याएर व्यापकरुपमा कालोबजारी गरेका छन् ।
सदरमुकाम जलेश्वरमा अहिले पेट्रोल प्रतिलिटर रु २०० का दरले पाइन्छ भने जिल्लाका विभिन्न गाउँमा पेट्रोल प्रतिलिटर रु २५० सम्म पुगेको जिल्लावासी बताउँछन् ।
त्यस्तै ट्र्याक्टरवालाले डिजेल अभावको कारण किसानको खेती जोत्न मानेका छैनन् जसले ढिलै गरी पानी परे पनि महोत्तरीमा रोपाइँ हुन नसक्ने भएको छ ।
यसरी जलेश्वरलगायत जिल्लाको अधिकांश भागमा भएको पेट्रोलियम पदार्थको चरम अभावप्रति स्थानीय प्रशासन र आन्दोलनकारी कसैले ध्यान नदिएको सर्वसाधारणको गुनासो रहेको छ ।
]]>
2438 0 0 0
मेची अञ्चलभर यातायात ठप्प http://localhost/ghum/%e0%a4%ae%e0%a5%87%e0%a4%9a%e0%a5%80-%e0%a4%85%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%b2%e0%a4%ad%e0%a4%b0-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a4-%e0%a4%a0%e0%a4%aa%e0%a5%8d/ Mon, 31 Aug 2015 03:18:09 +0000 http://www.ghumphir.com.np/?p=2441 भद्रपुर, १४ भदौ ।

सङ्घीय लिम्बूवान पार्टीको आह्वानमा आज गरिएको आमहडतालका कारण झापा तथा मेची अञ्चलभर यातायात ठप्प भएको छ । पूर्वी नेपालको नौ जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, फिदिम, भोजपुर लिम्बूवान राज्य हुनुपर्ने आन्दोलनकारीको माग रहेको छ ।
बन्दको कारण लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधान चल्न सकेका छैनन् । बजार फाटफुट खुलेका छन् भने औद्योगिक प्रतिष्ठान, शैक्षिक संस्था बन्द छन् । बन्दको कारण कुनै पनि अप्रिय घटना नभए पनि प्रहरी सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
]]>
2441 0 0 0
बन्दले होटल व्यवसायीलाई रु दुई अर्ब घाटा http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88/ Mon, 31 Aug 2015 03:24:52 +0000 http://www.ghumphir.com.np/?p=2444 पथरी ९मोरङ०, १४ भदौ ।

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण विराटनगरका होटल व्यवसायीलाई रु दुई अर्ब घाटा भएको छ । नेपाल होटल संघ ९हान०का केन्द्रीय सदस्य राजन श्रेष्ठका अनुसार १७ दिनयता होटल सुनसान भएका छन् । बन्दका कारण यातायात नचल्दा पर्यटक नआएकाले पर्यटन व्यवसायीलाई घाटा लागेको हो । भारतीय पर्यटकको भरमा चल्ने विराटनगरका होटल यतिखेर सुनसान भएका छन् । भारतीय पर्यटककै कारण विराटनगरका होटल सधैँजसो खचाखच हुने गरेका थिए । विभिन्न सीमानाकाबाट दैनिक दुई हजार पर्यटक पूर्व आउने गरेकामा यतिखेर होटलमा पर्यटक शून्य रहेको पूर्वाञ्चल क्षेत्रीय होटल सङ्घले जनाएको छ ।
पूर्वाञ्चल क्षेत्रीय होटल व्यवसायी सङ्घका अध्यक्ष सुरेश भट्टराईंले यातयातका साधन चल्न नपाउदा पर्यटन व्यवसाय पूरै सुनसान भएको बताउनुभयो । विराटनगरमा ठूला र साना गरेर झन्डै १०० को हाराहारीमा होटल सञ्चालित छन् ।
]]>
2444 0 0 0
धिमे बाजा संरक्षणमा कावासोतीका नेवार युवा जुटे http://localhost/ghum/%e0%a4%a7%e0%a4%bf%e0%a4%ae%e0%a5%87-%e0%a4%ac%e0%a4%be%e0%a4%9c%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b5%e0%a4%be/ Mon, 31 Aug 2015 10:32:08 +0000 http://www.ghumphir.com.np/?p=2451 कावासोती, १४ भदौ ।

नेवार समुदायको परम्परागत धिमेबाजा लोप हुँदै गएपछि कावासोतीका नेवार युवा त्यसको संरक्षणमा जुटेका छन् । नवलपरासीको नेवार समुदायको संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै उनीहरू बाजा संरक्षणमा जुटेका हुन् । अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा सांस्कृतिक पक्ष हस्तान्तरण हुन नसक्दा संस्कृति लोप हुने अवस्थामा पुगेकाले धिमेबाजा संरक्षणमा लागेको शिका नेवाः गुठीका सञ्जय श्रेष्ठले बताउनुभयो । यो बाजा बजाउन काठमाडौँबाट प्रशिक्षक बोलाएर गुठीका सदस्य घरका युवालाई सिकाइएको छ । कावासोतीका अरुण श्रेष्ठ अहिले निकै राम्रो धिमे बाजा बजाउन सक्नु हुन्छ । बुबाले घरमा बजाएको देख्दा मलाई पनि बजाउन मन लाग्थ्यो अहिले राम्ररी बजाउन सिक्दैछु उहाँले भन्नुभयो–“बाजा बजाउन सिक्दा एकातिर मेरो सीप बन्यो अर्कोतर्फ संस्कृतिको संरक्षण भयो ।” अहिले १२ जना नेवार युवाले धिमे बाजा बजाउनेको तालिम लिएका हुन् । तालिममा १३ वर्षदेखि ३० वर्षसम्मका छन् । तालिमका प्रशिक्षक सूर्यनारायण महर्जनले निकै मन दिएर यहाँका युवाले बाजा बजाउन सिकेको बताउनुभयो । “युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने अवस्था थियो अहिले धेरै राम्रो काम भएको छ”, उहाँले भन्नुभयो– “युवा पुस्तामा पश्चिमी संस्कृतिको प्रभाव बढ्दै जा“दा आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको अवस्थामा उनीहरुको यो उत्साह अनुकरणीय छ ।” तीन सय ६५ दिनमा ३६६ वटा पर्व हुने समुदायका रुपमा परिचित नेवार समुदायले समयमै संस्कृतिको जगेर्नामा नलागेमा लोप हुने खतरा देखिएको शिका नेवाः गुठीका संस्थापक संयोजक रामचन्द्र श्रेष्ठले बताउनुभयो । हामी संस्कृतिमा धनी छाँै मात्र भनेर हुँदैन यसलाई जोगाउनुपर्छ उहाँले भन्नुभयो– “गुठीकै माध्यमले संस्कृति बचाउन लागेका छौँ ।” धिमे बाजा बजाउने मान्छे नहु“दा संस्कृति नै लोप हुने अवस्थामा पुगेकाले काठमाडाँैबाट प्रशिक्षक ल्याएर युवालाई बाजा सिक्न लगाएको बताउनुभयो । यो बाजा नेवारको विभिन्न चाडपर्वमा बजाउने चलन छ । तीन महिनाअघिदेखि सुरु भएको यो प्रशिक्षण गाईजात्राको अघिल्लो दिनसम्म चलेको थियो ।

]]>
2451 0 0 0
आगलागीबाट चार लाखको क्षति http://localhost/ghum/%e0%a4%86%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a4/ Mon, 31 Aug 2015 10:34:06 +0000 http://www.ghumphir.com.np/?p=2454

जनकपुरधाम, १४ भदौ ।

बिहान जनकपुर उपमहानगरपालिका–४ मुरली चोकस्थित कृष्णा मिट हाउसमा आगलागी हँुदा करिब चार लाख मूल्यबराबरको धनमाल जलेर नष्ट भएको छ । खाना पकाउने एलपी ग्यासमा सलाई कोरेर बाल्न खोज्दा सो आगलागी भएको होटल सञ्चालक सियाराम राउतले बताउनुभयो । नगरपालिकाको दमकल ढिलो गरी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो । सो आगलागीमा नगद, जिन्सी, टिभी, लत्ताकपडा तथा अन्न जलेर नष्ट भएको बताइएको छ ।

]]>
2454 0 0 0
हिमचितुवा र नाउरको सङ्ख्या बढ्यो http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%b0-%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%96%e0%a5%8d/ Mon, 31 Aug 2015 10:37:29 +0000 http://www.ghumphir.com.np/?p=2456

ताप्लेजुङ, १४ भदौ ।

ताप्लेजुङको उत्तरी क्षेत्रमा कार्यरत कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना (केक्याप) ले संरक्षण क्षेत्र आयोजनाभित्र विश्वमा नै लोप हुँदै गएको हिमचितुवा र नाउर (जङ्गली भेडा) को सङ्ख्या बढ्दै गएको बताएको छ । यस क्षेत्रमा अहिले २४ वटा हिमचितुवा रहेको आयोजनाको दाबी रहेको छ भने नाउरको सङ्ख्या पनि ७०० ले बढेको बताइएको छ ।

sno leopardयहाँ आयोजित कार्यक्रममा आयोजनाका प्रबन्धक सुजितकुमार श्रेष्ठले बताएअनुसार हिमचितुवाको संरक्षण अभियान थालिएको औपचारिक वर्ष सन् २००९ को प्रारम्भिक नतिजामा बढीमा १८ वटासम्म हिमचितुवा रहेको अनुमान गरिएकामा अहिले बढेर २४ पुगेको हो । श्रेष्ठका अनुसार याङ्मा र खम्बाचेन इलाकामा क्यामरा ट्रयाप गरिएका दुईवटा हिमचितुवा क्रमशः कञ्चनजङ्घा र ओमिखाङ्ग्री (हिमचितुवाको राखिएको नाम) को घाँटीमा रेडियो कलर गरी उसको दैनिकीबारे गुगलबाट अध्ययन हुँदै आएको छ । यस्तै नाउरको सङ्ख्या सन् २००७ मा एक हजार १६७ रहेकामा चालु आव सन् २०१५ भित्र यो सङ्ख्या बढेर एक हजार ८१३ पुगेको समेत श्रेष्ठले जानकारी दिनुभयो । संरक्षण र दिगो विकासको बाँकी काम समुदायद्वारा गठित परिषद्लाई जिम्मा लगाउँदै संरक्षण क्षेत्र आयोजनाले १८ वर्षपछि जिम्मेवारीबाट हात झिकेको छ । आयोजनाको सुरुवात २०५४ सालदेखि चालु आवको असोज १५ सम्मको अवधिमा आयोजनाले यहाँका लागि विभिन्न शीर्षकमा रु ४५ करोड ९७ लाख ३० हजार ४६१ खर्च गरेको जनाएको छ । आयोजना प्रबन्धक श्रेष्ठले सेप्टेम्बर २०१५ पछि आयोजनाको सबै कार्यावधि औपचारिक रुपमा सकिने जानकारी गराउनुभयो । विसं २०५४ बाट कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना सञ्चालन हुँदै आएको थियो । २०६३ सालमा विश्वमै पहिलोपटक संरक्षणको काम व्यवस्थापनलाई जिम्मा दिने सरकारी निर्णयअनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्रको संरक्षण र दिगो वन विकासको काम संरक्षण क्षेत्र व्यवस्थापन परिषद्मार्फत हुँदै आएको छ । संरक्षणभित्र रहेका ४६ वटा उपभोक्ता समूह, २६ वटा संरक्षण सामुदायिक वन उपभोक्ता समूह, ३५ वटा आमा समूह र सातवटा उपभोक्ता समितिबाट निर्वाचित कार्यकारी अधिकार सम्पन्न निकाय संरक्षण क्षेत्र व्यवस्थापन परिषद् हो । अब यस क्षेत्रमा व्यवस्थापन परिषद्ले मात्र काम गर्नेछ । जिल्लाको याम्फुदिन, ओलाङ्चुङ्गोला, लेलेप र तापेथोक गरी चार गाविसलाई संरक्षण क्षेत्र घोषणा गरिएको छ । चार गाविसले जिल्लाको ५६ प्रतिशत भूभाग ओगटेको छ । धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्वका स्थान भएको, अद्वितीय भू–प्राकृतिक बनोट वा उदाहरणीय स्थान भएको, जैविक विविधता संरक्षणको क्षेत्र भएको दुर्लभ वा सङ्कटापन्न प्रजाति संरक्षण गर्न आवश्यक पर्ने वासस्थान भएको भन्दै सरकारले २०५४ साउन ६ गते संरक्षण क्षेत्र घोषणा गरेको थियो । एकीकृत संरक्षण र विकास कार्यक्रमको कार्यान्वयन गर्न २०५४ सालकै चैत ९ गते आयोजना स्थापना भयो । ६३ असोजमा सरकारले व्यवस्थापनको जिम्मा परिषद्लाई हस्तान्तरण गरेको थियो । हस्तान्तरणकै क्रममा तत्कालीन वन राज्यमन्त्री गोपाल राई संरक्षणविद्हरु डा हर्क गुरुङ, चन्द्र गुरुङलगायतको हेलिकप्टर दुर्घटनामा परी ज्यान गएको थियो ।

]]>
2456 0 0 0
दुर्गम बस्तीका जनता सरकारी सेवाबाट वञ्चित http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%ae-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%9c%e0%a4%a8%e0%a4%a4%e0%a4%be-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be/ Mon, 31 Aug 2015 10:39:30 +0000 http://www.ghumphir.com.np/?p=2459

जाजरकोट, १४ भदौ ।

यहाँका एक दर्जन बढी अति दुर्गम ठाउँका स्थानीयवासीले सरकारी सेवा लिन नपाएको गुनासो गरेका छन् । आफ्नो पहुँचभन्दा टाढा भएका कारण सरकारी सेवा लिन नपाएको दुर्गमका स्थानीयवासीले गुनासो गरेका हुन् । जिल्लाका अति दुर्गम ठाउँ खगेनकोटको मंसिरी, रग्दाको ध्यारगाउँ, रावतगाउँ, बाँनियगाउँ, नायकवाडाको धुमा, जिरी, दहको जुनी निपानेलगायतका एक दर्जन बढी ठाउँका स्थानीयवासीले सरकारी सेवा टाढा भएका कारण लिन नपाएको गुनासो गरेका छन् । यहाँका अधिकांश स्थानीयवासी नियमित खोप, सुत्केरी सेवा, परिवार नियोजन सेवा, औषधि, कृषि कार्यालयबाट बीउबिजन, तरकारीमा प्रयोग हुने औषधि, पशुचौपायालाई औषधि, स्वास्थ्य परीक्षणको सेवा पाउनबाट वञ्चित रहेका हिमालय प्रावि मंसिरीका शिक्षक हरिबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “सरकारी सेवा लिन दुई दिनको समय खर्चिनु पर्छ । सुत्केरीलाई दुई दिन पैदल दूरीमा कसरी लिएर जाने ? बाटो अप्ठ्यारो छ ।” सुगम ठाउँका स्थानीयवासीले मात्र सरकारी सेवा सहज रुपमा पाउने यहाँका स्थानीयवासीको आरोप छ । दुर्गमका स्थानीयवासीलाई कृषि कार्यालयमा तरकारीको बीउ, पशु कार्यालयमा औषधि, विभिन्नखालका जनचेतनामूलक कार्यक्रम कतिखेर हुन्छ जानकारी नहुँदा सेवा लिन नपाएको जिरीका हरिबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार गाउँका टाठाबाठाले मात्र सरकारी सेवा पाउने गरेका छन् । पर्याप्त दरबन्दी नहँुदा सबै ठाउँमा कृषि, पशुसेवा कार्यालयका कर्मचारीहरु पुग्न नसक्ने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले बताउनुभयो । एक गाउँबाट अर्को गाउँमा जानमात्र चार घन्टाभन्दा बढी समय लाग्ने यहाँका बस्तीमा सरकारी सेवा विस्तार नगर्ने हो भने ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै हुन जान्छ । पायक पर्ने ठाउँमा सरकारी कार्यालय नहुँदा सरकारी सेवा लिने स्थानीय जनताको कम उपस्थिति रहने गरेको छ । यहाँका सबै गाविस सडक सञ्जालसँग नजोडिएका कारण पनि सहज रुपमा एक ठाउँबाट अर्को ठाउँमा जान समस्या हुने गरेको छ ।

]]>
2459 0 0 0
रसुवामा झण्डै रु २८ करोड राहत वितरण http://localhost/ghum/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9d%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a5%88-%e0%a4%b0%e0%a5%81-%e0%a5%a8%e0%a5%ae-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%b0/ Mon, 31 Aug 2015 10:40:52 +0000 http://www.ghumphir.com.np/?p=2461

धुन्चे (रसुवा), १४ भदौ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले गत आवदेखि अहिलेसम्म भए गरेका सम्पूर्ण कामको विवरण सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार भूकम्पपछिको विपद् व्यवस्थापनअन्तर्गत रसुवा जिल्लामा रु २७ करोड ९३ लाख १२ हजार राहत स्वरुप वितरण गरिएको छ । यस्तै, सो अवधिमा ८८० जनालाई नयाँ र ९६९ जनालाई प्रतिलिपि नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ भने एक हजार ६७९ जिल्लावासीलाई राहदानी उपलब्ध गराइएको छ । केही सार्वजनिक र हातहतियारअन्तर्गत परेका ४९ वटा मुद्दामध्ये नौ वटा फछ्र्योट गरी ४० वटा मुद्दाको प्रमाण बुझ्ने काम भइरहेको बताइएको छ । यसैगरी, कार्यालयले दण्ड जरिवानाका रुपमा रु ७० लाख ३८ हजार ८७५ राजस्व आर्जन गरेको छ ।

]]>
2461 0 0 0
पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय चिह्न र नारा सार्वजनिक http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/ Mon, 31 Aug 2015 13:26:05 +0000 http://www.ghumphir.com.np/?p=2464

काठमाडौँ, १४ भदौ ।

भूकम्पपछिको नेपालको पर्यटन प्रवद्र्धनका लागि विशेष अभियान सुरु गरिएको छ । नेपाल पर्यटकका लागि सुरक्षित रहेको सन्देश विश्वमा प्रवाह गर्नका लागि नेपाल पर्यटन प्रवद्र्धन समितिले राष्ट्रिय चिह्न र नारा सार्वजनिक गरेको छ । पर्यटन प्रवद्र्धनका लागि ‘नेपाल विश्वको चुचुरामा फर्कियो’ भन्ने नारा र नेपालका पुरातात्विक सम्पदा, मठमन्दिर, हिमाल र राष्ट्रिय झन्डाको आकर्षक चिह्न बनाइएको छ ।

logo tourismसमितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले राष्ट्रिय पर्यटन प्रवद्र्धन अभियानको चिह्न र नारा सार्वजनिक गर्दै अभियानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले चिह्न र नारालाई सबै पर्यटन व्यवसायीले प्रयोग गर्न तथा एउटै आवाजका र एकताका साथ पर्यटन पुनरुत्थानमा जुटेका छौँ भन्ने विश्वलाई सन्देश फैलाउन आग्रह गर्नुभयो । समितिका उपाध्यक्ष योगेन्द्र शाक्यले अभियानले भूकम्पपछिको नेपालका पर्यटकीय गन्तव्य सुरक्षित रहेको र केही क्षति भएका पनि पुनःनिर्माण भइरहेको बताउँदै यसले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । समितिले नेपालका अधिकांश सांस्कृतिक सम्पदा, पदयात्रा पर्वतारोहण र पर्वतारोहण आकर्षण पुरानै अवस्थामा फर्किसकेकाले निर्धक्कका साथ नेपाल भ्रमणका लागि आउन पर्यटकलाई आग्रह गर्ने गरी प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाउने जनाएको छ ।

]]>
2464 0 0 0
प्लास्टिक उद्योगमा अनुगमन http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%95-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%97%e0%a4%ae/ Mon, 31 Aug 2015 14:02:06 +0000 http://www.ghumphir.com.np/?p=2466

काठमाडौँ, १४ भदौ ।

काठमाडौँ उपत्यकामा ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोला निषेध गरेको वातावरण विभागले त्यसको उद्योगमा अनुगमन सुरु गरेको छ । बालाजु र पाटन औद्यागिक क्षेत्रका आठ उद्योगमा पहिलो चरणमा आज अनुगमन गरिएको विभागका उपमहानिर्देशक सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो । “ यी उद्योगमा वातावरण संरक्षण ऐन, २०५४ र नियमावली २०५५ ले दिएको अधिकार प्रयोग गरी अनुगमन गर्दा उपत्यकामा ४० माइक्रोनभन्दा कमको एवम् उपत्यका बाहिर ३० माइक्रोनभन्दा कम क्षमताको झोला बिक्रीवितरण निषेध गरिएबमोजिम उत्पादन नभएको पाइयो”–उहाँले भन्नुभयो । औद्योगिक क्षेत्र बाहिरका अन्य ३४ उद्योगमा मङ्गलबारदेखि अनुगमन गरी निषेध गरिएका प्लास्टिक झोला उत्पादन गरेको पाइएमा कारबाही गरिने विभागले जनाएको छ । उपत्यका बाहिरका उद्योगमा पनि क्रमशः अनुगमन गरिने छ । घरेलु तथा साना उद्योग विभागका अनुसार हाल उपत्यकामा ४० प्लास्टिक झोला उत्पादक उद्योग छन् । विभागले आज महानगरपालिकासँग गरेको बैठकमा विभागमा दर्ता गरी घरकै कोठामा नै प्लास्टिक झोला उत्पादन गर्ने उद्योग सञ्चालन भएको जानकारी आएकाले थप कडाइका साथ अनुगमन गर्ने निष्कर्ष निकालिएको उपमहानिर्देशक सुवेदीले जानकारी दिनुभयो ।

]]>
2466 0 0 0
सिद्धार्थनगरको स्वरुप फेरिँदै http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%aa-%e0%a4%ab%e0%a5%87/ Mon, 31 Aug 2015 14:09:17 +0000 http://www.ghumphir.com.np/?p=2469

दीपक घिमिरे 

लुम्बिनी (रुपन्देही), १४ भदौ ।

रुपन्देहीको सिद्धार्थनगरलाई नेपालकै सुन्दर नगरका रूपमा विकास गर्न थालिएको छ । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको सिद्धार्थनगरलाई देशकै नमुना नगरपालिकाका रुपमा विकसित गर्ने काम अगाडि बढेको छ । जसका लागि एसियाली विकास बैंकले नगरपालिकालाई ठूलो सहयोग गरेको छ । सिद्धार्थनगर नगरपालिका रुपन्देहीले एकीकृत सहरी विकास आयोजना (आइयुडिपी) कार्यक्रमको १५ प्रतिशत काम सम्पन्न गरेको छ । नगरपालिका र एसियाली विकास बैंकबीच विकास निर्माणका काममा सम्झौता भई सन् २०१२ देखि कार्य सुरु गरेको नगरपालिकाले तीन वर्षमा १५ प्रतिशत काम पूरा गरेको हो । प्रारम्भिक चरणमा नेपालका चार वटा नगरपालिका धरान, जनकपुर, नेपालगन्ज र सिद्धार्थनगर नगरपालिकालाई एसियाली विकास बैंकले सहरी विकास आयोजनाको काम गर्नका लागि छनोट गरेको थियो । उक्त बैंकको आर्थिक सहयोगमा सुरु गरिएको आयोजनाअन्तर्गत सिद्धार्थनगरको १० दशमलव तीन किलोमिटर सडक, ३२ किलोमिटर नालीको निर्माण तथा २२ किलोमिटर नाली सफाइ र सामाजिक विकासजस्ता कार्यक्रम रहेका छन् ।

rupandehi_district-318x250आयोजनाको सामाजिक विकास, फोहरमैला व्यवस्थापन, सडक र सतह ढल निकासजस्ता विकास निर्माणका सम्पूर्ण काम सन् २०१७ सम्ममा नगरपालिकाले सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । प्रथम चरणमा नक्सा तयार, ठेक्का प्रक्रिया र सामाजिक विकासका काम सम्पन्न भएको आयोजनाका प्रमुख तथा नगरपालिकाका वरिष्ठ इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । सामाजिक विकासअन्तर्गत कामका लागि गैरसरकारी संस्था छनोट गरी त्यसमार्फत नगरपालिकाका २१ वटा टोलमा आयआर्जनका विभिन्न तालिम, गरिबी न्यूनीकरण र जनचेतनाका काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो । टोलका न्यून आय भएका व्यक्तिको चाहनाअनुरुपका मोटर ड्राइभिङ, कम्प्युटर, प्लम्बिङ र वायरिङलगायत तालिम आयोजनाको साझेदारी संस्था नेपाल ग्रामीण विकास केन्द्रले दिइसकेकोे र विभिन्न टोलमा सचेतनामूलक वालपेन्टिङसमेत सम्पन्न भइसकेको आयोजनाले जानकारी दिएको छ । आयोजनाअन्तर्गत सिद्धार्थनगरका आयोजनामध्ये सतह ढल र नाला निर्माणको डिजाइन सम्पन्न गरी ठेक्काद्वारा महावीर पथको सडक निर्माण १ दशमलव ८४१ किलोमिटर, खजहना पथ ९२० मिटर, उदय पथ १ दशमलव ९४३ किलोमिटर, मैत्रीपथ २ दशमलव ६७५ किलोमिटर, नारायण पथ १ दशमलव ०४६ किलोमिटर, गल्लामन्डी १ किमी र जनकपथ ९०० मिटर सडक निर्माणाधीन अवस्थामा छन् । आयोजनाको नक्सा तयार, ठेक्का प्रक्रिया, वर्षात्को समय र गत वैशाखमा गएको विनाकारी भूकम्पलगायतका कारण भौतिक निर्माणको काममा ढिलाइ भएको उल्लेख गर्दै वर्षालगत्तै काम तीव्र गतिमा अघि बढ्ने नगरपालिकाका कार्यकारी अधिकृत विष्णुदत्त गौतमले जानकारी दिनुभयो । भैरहवा क्षेत्र वर्षात्को समयमा डुबानमा पर्ने खतरालाई ध्यान दिई उत्तरतर्फको पड्सरीबाट आउने पानी भैरहवा क्षेत्रभित्र आउनबाट रोकी सिधै डन्डाखोलामा मिसाइने र हरिकीर्तन चोकतर्फबाट आउने पानी घाघरा खोलामा मिसाइने काम अगाडि बढाइएको छ । उक्त क्षेत्रमा नाली निर्माण भएपछि नगरपालिकाका धेरैजसो टोल वर्षात्को समयमा डुबान हुनबाट बच्ने आयोजनाको विश्वास छ । सिद्धार्थनगरबाट निस्कने फोहर व्यवस्थापन गर्न सेनेटरी ल्यान्डफिल निर्माण गरिने काम पनि अघि बढाइएको नगरपालिकाले जनाएको छ । फोहर व्यवस्थापनका लागि पट्खौली गाविसमा छ बिगाहा जग्गा खरिद गरिसकिएको छ । उक्त क्षेत्रमा सेनेटरी ल्यान्डफिल निर्माण कार्य अघि बढाउन रु ३२ करोड ठेक्काका इस्टिमेटको सूचना निकालिएकामा सो रकमभन्दा २२ प्रतिशत बढी रकमको ठेक्का परेकाले उक्त कार्य स्थगित गरिएको छ । यसका लागि आयोजनाले पुनः सुचना निकाल्ने तयारी गरेको छ । त्यस्तै आयोजनाअन्तर्गत सिद्धार्थनगरका २२ किलोमिटर नाला सरसफाइका लागि वैज्ञानिक प्रविधि अपनाइनेछ । त्यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षणजस्ता कार्य पनि स्वीकृत भइसकेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । आयोजनाको डिजाइनअनुसार सडक कालोपत्र हुने, सतह ढल निर्माण हुने, सडकको आकर्षणका लागि कर्बस्टोन रहने, फुटपाथमा हरियाली हुने र प्रत्येक घरबाट निस्कने फोहर पानी सतह ढलमा मिसाउने व्यवस्था गरिनेछ भने निर्माण भइसकेको सडक भविष्यमा तोडफोड गर्न नपरोस् भनी खानेपानी लाइन, बिजुली र टेलिफोन लाइनका लागि फुटपाथ रहने स्थानलाई प्रयोग गरिने आयोजनाले लक्ष्य लिएको छ । एसियाली विकास बैंकको रु एक अर्ब ७१ करोड आर्थिक सहयोग रहेको एकीकृत सहरी विकास आयोजनाले सिद्धार्थनगरका सतहढल, सडक र नाला निर्माणमा रु ७८ करोड, फोहरमैला व्यवस्थापनमा रु ३२ करोड, कन्सल्टेन्सीमा रु २० करोड, चालु खर्च रु २६ करोड र बाँकी रु १५ करोड सामाजिक विकास, गैरसरकारी संस्था सम्झौता र विविधमा खर्च गरिनेछ । नगरपालिकाको विकास निर्माणका लागि आयोजनाले उक्त बैंकसँग थप रु साढे दुई अर्बको प्रस्तावना पेस गरेको र उक्त प्रस्तावना स्वीकृत भएमा थप २३ किलोमिटर नाली निर्माण र सरसफाइको काम गरिने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सिद्धार्थनगर नगरपालिकाका पूर्व नगर प्रमुख सागरप्रताप राणाले आयोजनाका कार्यमा आफूहरू सचेत र संवेदनशील रहेको उल्लेख गर्नुभयो । एकीकृत सहरी विकास आयोजनाको कार्य सम्पन्न भएपछि नगरको स्वरूप नै परिवर्तन हुने बताउँदै उहाँले नगरको समस्याका रूपमा रहेको ढल निकासलाई अझ बढी व्यवस्थित गर्नसके दुरगामी परिणाम आउने उल्लेख गर्नुभयो ।

]]>
2469 0 0 0
राप्तीको पर्यटन क्षेत्रमा रु पाँच करोड लगानी http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae/ Mon, 31 Aug 2015 14:14:35 +0000 http://www.ghumphir.com.np/?p=2472

प्यूठान, १४ भदौ ।

पर्यटन क्षेत्रको विकासका लागि भन्दै पछिल्लो एक वर्षमा प्यूठानसहित राप्तीका पाँच जिल्लामा रु पाँच करोडभन्दा बढी लगानी भएको छ । राप्ती अञ्चलमा रहेका पर्यटकीय सम्पदाको प्रवद्र्धन, प्रचारप्रसार र पर्यटकीय क्षेत्रमा लागनी गर्न भन्दै पछिल्लो आव २०७१÷७२ मा रु पाँच करोड १६ लाख ६० हजार ९९८ खर्च भएको छ । अञ्चलस्तरीय पर्यटन पर्वद्धन समितिका अनुसार सबैभन्दा धेरै रकम दाङमा भएको छ । अञ्चलस्तरीय पर्यटन समन्वय समितिका सदस्य सचिव तथा संस्कृतीविद् डा गोविन्द आचार्यले पर्यटन क्षेत्र क्रमशः प्रथमिकतामा पर्न थालेको बताउनुभयो । प्यूठानमा रु एक करोड ३३ लाख ८३ हजार ५०० रकम पर्यटन प्रवद्र्धनमा खर्च भएको छ ।

raptiत्यस्तै दाङमा पर्यटन क्षेत्रका लागि भन्दै रु एक करोड ५४ लाखभन्दा बढी रकम खर्च भएको पर्यटन समितिले जनाएको छ । जसमा ९५ प्रतिशतभन्दा बढी रकम पूर्वाधार विकासमा र पाँच प्रतिशत रकम प्रचारप्रसार, तालिम, गुरू योजना निर्माण कार्यमा खर्च भएको छ । रुकुममा रु ८१ लख ४७ हजार ४९८ पर्यटन प्रवद्र्धनमा खर्च भएको छ । जसअन्तर्गत पूर्वाधार विकासमा रु ५४ लाख ५४ हजार ५०० तथा तालिम, प्रचारप्रसार, सूचना केन्द्र सञ्चालन एवम् प्रचार सामग्री निर्माणजस्ता कार्यमा रु २६ लाख ९२ हजार ९९८ खर्च भएको जिल्ला विकास समितिले जनाएको छ । त्यसैगरी रोल्पामा पर्यटन प्रवद्र्धनमा रु ७६ लाख ५५ हजार र सल्यानमा सबैभन्दा थोरै रु ६७ लाख ७५ हजार बजेट खर्च भएको छ । पर्यटन प्रवद्र्धन गर्न भन्दै अञ्चलस्तरीय समिति गठन गरी समितिमार्फत अञ्चलस्तरीय पर्यटन गुरुयोजना निर्माण कार्य जारी राखिएको समितिले जनाएको छ । जिल्लामा पर्ने स्वर्गद्वारी आश्रममा रु एक करोड १३ लाख ८३ हजारमा सुविधा सम्पन्न धर्मशाला निर्माण गरिएको छ । पर्यटन मन्त्रालयबाट पाकशाला निर्माणमा रु २५ लाख विनियोजन भएर काम सञ्चालन भइरहेको छ । यस्तै गौमुखीमा रेलिङसहितको बाटो (सिंढी) निर्माण कार्यमा रु १० लाख, निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु दुई लाख २७ हजार ५०० को लागतमा ओखरकोट क्षेत्रको पर्यटन विकासका लागि गुरुयोजना बनाइएको छ । स्वर्गद्वारीको धनबाङस्थित होमस्टेमा रु एक लाख २० हजारको लागतमा कुक तालिम सम्पन्न भएको जिविसको पर्यटन शाखाका संयोजक अरबिन्द बर्माले बताउनुभयो ।

]]>
2472 0 0 0
तरकारी उत्पादन गर्न युवालाई रु चौबिस लाख अनुदान http://localhost/ghum/%e0%a4%a4%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be/ Mon, 31 Aug 2015 14:19:57 +0000 http://www.ghumphir.com.np/?p=2475

इलाम, १४ भदौ ।

जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअन्तर्गत ६० जना युवालाई रु २४ लाख अनुदान दिइने भएको छ । बेरोजगार युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै स्वरोजगार दिलाउने उद्देश्यका साथ तरकारीखेती व्यवसाय सञ्चालन गर्न अनुदान दिइने भएको हो । युवालाई आलु, अदुवा, अलँैची, इस्कुस, प्याजखेती तथा मुला, बन्दागोभी, काउलीलगायतका तरकारी व्यवसाय गर्न चाहने युवालाई रु ४० हजारको दरले अनुदान उपलब्ध गराउने भएको हो । अनुदानका लागि जिल्ला कषि विकास कार्यालय तथा विभिन्न कृषि सेवा केन्द्रमार्फत ७०० जनाको निवेदन परेको बागवानी विकास अधिकृत जीवन आचार्यले जानकारी दिनुभयो । अनुदानका लागि परेका निवेदनलाई आवश्यक कागजात तथा अनुगमन गरेर युवालाई छनोट गरिने उहाँले बताउनुभयो ।छनोटमा पर्ने युवालाई चालु आवको असोजअगावै तरकारी खेतीसम्बन्धी तालिम समेत उपलब्ध गराउने बागवानी अधिकृत आचार्यले बताउनुभयो । आव २०७२÷७३ का लागि तरकारी विकास निर्देशनालय खुमलटारमार्फत व्यवसायिक तरकारी उत्पादन कार्यक्रमका लागि यसवर्ष रु २४ लाख रकम विनियोजन भएको हो ।

]]>
2475 0 0 0
पर्यटकीय महत्वको ठाकुरज्यू ताल संकटमा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%ae%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%a0%e0%a4%be%e0%a4%95%e0%a5%81%e0%a4%b0%e0%a4%9c%e0%a5%8d/ Mon, 31 Aug 2015 14:28:39 +0000 http://www.ghumphir.com.np/?p=2477

जुम्ला, १४ भदौ ।

तालको पानी सुक्दै गएपछि जुम्ला र जाजरकोटको सिमानामा अवस्थित ठाकुरज्यू ताल संकटमा पर्दै गएको छ । ताल नै सुकेर चिरा परेपछि यसवर्ष गएका तीर्थालुले स्नान नगरेरै ठाकुरज्यू देवतालाई दर्शन गर्नुपरेको छ । बर्सेनि जाजरकोट, जुम्ला, डोल्पा, मुगु, सुर्खेत र कालीकोटका हजारौँ दर्शनार्थी साउन पूर्णिमामा ठाकुरज्यू तालका साथै देवताको दर्शन गर्न आउँछन् ।

jumla mapवर्षैपिच्छे त्यहाँ जाने दर्शनार्थीले तालमा नुहाउने र देवताको दर्शन गर्ने गर्थे । चन्दननाथ नगरपालिका– १५ का स्थानीय मेघराज न्यौपानेले ठाकुरज्यू ताल सुकेको बताए । समुद्री सतहबाट ठाकुरज्यू ताल झन्डै चार हजार २०० मिटर उचाइमा पर्दछ । पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने अर्को विष्टज्यू तालको अवस्था ठाकुरज्यू तालको जस्तै रहेको न्यौपानेले बताए । यी दुवै तालमा पानीको सतह घट्दै गएको पुजारीको रुपमा काम गर्दै आउनुभएका रामेश्वर न्यौपानेले जानकारी दिनुभयो । पर्यटकीय महत्व बोकेका यी तालमा राज्यद्वारा गरिएको लगानीको सही सदुपयोग हुन सकेको छैन । यसपटक ठाकुर जाने ठाउँसम्म करिब रु ३५ हजार लगानीमा भक्तालु आफैँले सिँडी लगाएको उहाँको भनाइ छ । जाजरकोट तथा जुम्लाबीचको सिमानामा पर्ने ठाकुरज्यू र विष्टज्यू मात्र नभएर हुड्के दह, शङ्ख दहलगायतमा पनि संरक्षणको अभाव रहेको छ । साउन एकादशीदेखि लाग्ने मेलामा १० वर्षे बालकदेखि ७० वर्षका ज्येष्ठ नागरिकसम्म करिब दुई हजार जति भक्तजनले दर्शन गरेका न्यौपानेले बताउनुभयो । त्यहाँ दर्शन गर्न जाँँदा एकैदिन फर्कन नसकिने भएकाले सबैले आफ्नो बन्दोबस्तीका समान बोकेर लग्ने गर्दछन् । आफूले इच्छाएको कुरा देवताले पूरा गर्छन् भन्ने विश्वास गरिँदै आएको छ ।

]]>
2477 0 0 0
हस्तकलाका सामग्रीहरु http://localhost/ghum/%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81/ Mon, 31 Aug 2015 14:52:27 +0000 http://www.ghumphir.com.np/?p=2483 2483 0 0 0 थारु युवती http://localhost/ghum/%e0%a4%a5%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%a4%e0%a5%80/ Mon, 31 Aug 2015 14:56:07 +0000 http://www.ghumphir.com.np/?p=2487 2487 0 0 0 तस्बिरमा १२ बर्षे चण्डेश्वरीको जात्रा http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%a8-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a5%87-%e0%a4%9a%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a5%87%e0%a4%b6/ Mon, 31 Aug 2015 16:56:04 +0000 http://www.ghumphir.com.np/?p=2490 रामगोपाल तमखु भक्तपुर नगपालीका वडा नम्बर ८ टिबुक्छेमा अवस्थित चण्डेश्वरी मन्दिरको बाह्रबर्षे मेला मनाईएको छ । प्रत्येक बाह्रबर्षमा मनाईने यो जात्रामा भक्तपुर लगाएत जात्राप्रेमीहरुको उल्लेखनिय रुपमा सहभागीत रहेको थियो । जात्रामा भक्तपुर नगरका भजन समुह, बासुरी समुह तथा धिमे समुहको बाजा सहित उल्लेखनियरुपमा सहभागीता रहेको थियो । परमपरागत नेवारी भेषभुषामा सजियर उल्लेखनियरुपमा जात्रामा सहभागीता जनाएका थिए । चन्डेश्वरी देबिलाई खटमा राखेर भक्तपुर नगर परिक्रमा गराई जात्रा मनाईएको थियो । प्रत्येक बर्ष बिस्केटजात्रामा मात्र गोलमढी, चासुखेल ,टोलमा सानो खटमा राखेर जात्रा गर्ने चासुखेल टोलमा रहेको चन्डेश्वरी देवीलाई खटमा राखेर प्रत्येक बाह्र बर्षको एक चोटी भक्तपुर नगर परिक्रमा गराउने चलन रहेको छ । सोही चलन अनुसार गोदावरीको बाह्र बर्षे मेलाको बेला पर्ने गरी मनाउन्दै आएको यो जात्रा आज सोमवार जात्रा मनाईएको हो । जात्रामा दियो, धुप अगरबती बालेर बाजागाजा सहित महिला पुरुष बालबालिकाहरु परँपरागत नेवारी भेषभुषामा सजिएर नगर परिक्रमा गरेका छन् ।

chandeshori jatra @ghumphir.com (1) chandeshori jatra @ghumphir.com (2) chandeshori jatra @ghumphir.com (3) chandeshori jatra @ghumphir.com (4)

????????????????????????????????????

chandeshori jatraa @ghumphir.com (11) chandeshori jatraa @ghumphir.com (10) chandeshori jatraa @ghumphir.com (9) chandeshori jatraa @ghumphir.com (8) chandeshori jatraa @ghumphir.com (7) chandeshori jatraa @ghumphir.com (6) chandeshori jatraa @ghumphir.com (5) chandeshori jatraa @ghumphir.com (4) chandeshori jatraa @ghumphir.com (3) chandeshori jatraa @ghumphir.com (2) chandeshori jatraa @ghumphir.com (1)

]]>
2490 0 0 0
१२ बर्षे चण्डेश्वरीको जात्रा http://localhost/ghum/%e0%a5%a7%e0%a5%a8-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a5%87-%e0%a4%9a%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%be/ Mon, 31 Aug 2015 17:05:40 +0000 http://www.ghumphir.com.np/?p=2508 2508 0 0 0 पर्यटक लोभ्याउदै यार्तुङ (फाेटाे फिचर र भिडीयाे ) http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%b2%e0%a5%8b%e0%a4%ad%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a5%88-%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%99/ Tue, 01 Sep 2015 06:38:42 +0000 http://www.ghumphir.com.np/?p=2515 हिमाल पारीको जिल्लाको रुपले प्रखयात यार्तुङ मा स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्न थालेको छ । मुस्ताङको दोस्रो ठुलो पर्व यार्तुङमै सहभागी हुनका लागी स्वदेशी तथा विदेशी पर्यटकहरु सहभागी जनाउने गरेका छन् । प्राचिन संस्कृति झल्काउने यार्तुङले पर्यटक लोभ्याउने मात्र नभएर स्थानिय कला र सस्कृतीलाई जर्गेना गर्न सफल समेत भएको छ । मुक्तिनाथ मन्दिरको पनी दर्शन हुने र यार्तुङ पर्व पनी हेर्न पाईने भएका कारण यो मौसममा बर्षेनी हजारौ आन्तरिक तथा वाह्यि पर्यटक आउने गरेका छन् । यसैले यार्तुङ मेलामा यहाँको माहोल भिन्न हुने गर्दछ । मुस्ताङ विश्वकै प्रख्यात अन्नपूर्ण पदयात्रा व समते पर्ने क्षेत्र हो । लम्जुङको बेसीशहरवाट अन्नपूर्ण फेरोको पदयात्रामा निस्केका पर्यटक चामे, मनाङ हुदै समुन्द्र सतह देखि ५ हजार ४ सय १६ मिटर उच्च थोरङपास गरि ३८ सय मिटर उचाइको मुक्तिनाथमा झर्दछन् । पदयात्रामा आएका पर्यटक पनि यही महोत्सवको अवलोकनकालागि थप समय बस्ने गर्दछन् । यस्ले गर्दा पर्यटकको बसाई केही दिन लम्बीनुका साथै स्थानियको आय आजर्नन समेत थप हुने गर्दछ । बर्खायाम सकीएपछिको फुर्सदको समयमा मनाईने यो पर्व मनाइन्छ । यार भनेको बर्खा र तुङ भनेको सकीनु भन्ने अर्थ रहेको स्थानियहरुको भनाई रहेको छ । बर्खा सकीनु र गहुँ, जौ, उवा, आलु भित्रयाएपछिको फुर्सदमा यो पर्व मनाइदै आएको महोत्सवको आयोजक संस्था जनप्रिय युवा क्लवका अध्यक्ष सुरज गुरुङ बताउछन् । महोत्सवमा बालबालीका, युवायुवती, बृद्धबृद्धा जातीय पोषाकमा सजिएर नाचगान गर्नुका साथै रानीपौवा स्थित तेछिङ छेलिङ गुम्वा, मुक्तिनाथ मन्दिर परिसरमा रहेको नरंसिङ अवतारको मन्दिर र मुक्तिनाथ मन्दिरमा गाउँका अगुवा लगाएतले पुजा गरि मुक्तिनाथ मन्दिरको परिक्रमा गर्दै घोडामा रानीपौवामा फर्के पछि यार्तुङ मेला सुरु हुन्छ । झारकोट गाउँवाट आएको टोली पनि मुक्तिनाथ मन्दिरको परिक्रमा गरि यार्तुङमा सहभागी हुन्छन् । यार्तुङ पर्वकोे प्रमुख आकर्षण घोडा दौड हो । यसैले यस पर्वलाई घोडा दौड पर्व पनि भन्ने गरिन्छ । तीन दिन सम्म संचालन हुने पर्वमा पहिला दिन बिभिन्न संस्कृतिक कार्यक्रम हुन्छ । दोस्रो र तेस्रो दिन रानीपौवामा अप्रतियोगी र प्रतियोगि गरि दुई किसीमको घोडा दौड हुन्छ । यार्तुङ पर्वको मुख्य दिन भने जनै पूर्णिमाको दिन हो । महोत्सवमा मुस्ताङ, म्याग्दी, मनाङ, काठमाण्डौ, पोखरावाट समेत पुग्ने गरेको क्लवका अध्यक्ष गुरुङले बताए । यस बर्ष भूकम्पको कारण बिदेशी पर्यटक भने निकै कम आएको उनले सुनाए । महोत्सवले पर्यटक माझ मुस्ताङ र समग्र अन्नपूर्ण पदयात्रा सुरक्षित छ भन्ने सन्देश पुग्ने उनले विश्वास गरे । पछिल्लो समयमा आधुनिकीकरणले संस्कृती नै लोप हुने होकी भन्ने चिन्ता बढेको स्थानीय समाजसेजी छिरिङ गोम्बो गुरुङ बताउछन् । यसैले प्राचिन कला र संस्कृतीको संरक्षणकालागि महोत्सवको आयोजना गरिएको उनले बताए । पहिले यहाँका पाँच गाविसले संयूक्तरुपमा मनाइने पर्व बिगत ८ बर्ष अघि देखि दुई गाउँ झारकोट र मुक्तिनाथको पुराङ मात्र मिलेर मनाउने गरेको उनले बताए । प्राचिन संस्कृती संरक्षणकालागि पूर्न सबै गाउँ मिलेर पर्व मनाउनु पर्ने उनि सुझाउछन् । तिब्बती क्यालेण्डर अनुसार बिभिन्न संस्कृतिक पर्व मनाउने यहाँका स्थानीय बर्षको सुरुको महिनामा ल्होसार पर्व मनाउछन् । यो पर्व माघ महिनामा पर्ने स्थानीय प्रेम गुरुङ बताउछन् । चौथो महिनामा धाछाङ पर्व र त्यस पछि बर्षको आठौ महिनामा यार्तुङ पर्व मनाउदै आएको उनले बताए । यो पर्व प्राय जसो जनैपूर्णिमा पर्ने गदथ्यो । सात बर्ष अघि देखि निर्णयनै गरेर हरेक बर्ष जनै पूणिमाको दिन मनाईदै आएको स्थानीय प्रेम गुरुङले जानकारी दिए । पहिले पहिले यार्तुङ पर्वमा प्रतियोगितात्मक कार्यक्रम हुदैनथ्यो । पछिल्लो समयमा युवायुवतीलाई आकर्षण गर्न आधुनीक संस्कृतीक कार्यक्रम र प्रतियोगितात्मक खेल समेत समावेस गरिएको क्लवका अध्यक्ष गुरुङ बताउछन् । युवालाई लक्षित गरि भएको यस बर्षको घोडा दौड प्रतियोगिताका बिजयीले ५० हजार नगद ट्राफी र प्रमाण पत्र पाए । दोस्रो हुनेले २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको क्लवका अध्यक्ष गुरुङले बताए । घोडा दौडमा ९० बढिले भाग लिएको पनि उनले जानकारी दिए । तारा हान्ने र फुटवल प्रतियोगितामा सहभागीले पनि नगद पुरस्कार, ट्रर्फी र प्रमाण पत्र उपलब्ध गराइएको उनले बताए । महोत्सवमा युवायुतीलाई आकर्षण गर्न भएको संस्कृतिक कार्यक्रममा गायक दिपक लिम्बु, २०१४ को बिग आइकन बिजेता कुनसाङ गुरुङले गित प्रस्तुत गरेका थिए । नृत्यङ्गना रोमा न्यौपानेले नृत्य प्रस्तुत गरेकी थिइन् । महोत्सवको प्रवद्धन नेपाल पर्यटन बोड्ले गरेको हो । महोत्सववाट स्थानीय प्राचिन संस्कृतिको संरक्षणको साथै पर्यटन प्रवद्धनमा योगदान पुग्नुको साथै अन्नपूर्ण क्षेत्र सुरक्षित छ भन्ने सन्देश बिश्व बजारमा पुग्ने नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख श्रद्धा श्रेष्ठले बताईन् । प्राचिन कला, संस्कृतीको संरक्षणमा स्थानीय लाग्नु पर्ने उनले सुझाईन् । विश्वकै प्रख्यात अन्नपुर्ण क्षेत्र महाभुकम्पका कुनै क्षती नभएपनी विश्वमाझ नकरात्मक असर परेको भन्दौ यो क्षेत्र पुर्ण रुपमा सुरक्षीत रहेको जानकारी दिनका लागी बोर्डले पत्रकार टोलीलाई फामट्रीप समेत गरेका बताईन । नेपाल पर्यटन बोर्ड पोखाराले यो क्षेत्रका प्रचार प्रचारका लागी विगत झै लागीपरेको प्रमुख श्रेष्ठले बताईन । उनले भनिन भुकम्प पछी अझ झ क्रियाशिल भएको समेत उनले बताईन ।

yarthun @ Ghumphir.com (1) yarthun @ Ghumphir.com (2) yarthun @ Ghumphir.com (3) yarthun @ Ghumphir.com (4) yarthun @ Ghumphir.com (5) yarthun @ Ghumphir.com (6)  yarthun @ Ghumphir.com (8) yarthun @ Ghumphir.com (9) yarthun @ Ghumphir.com (10) yarthun @ Ghumphir.com (11) yarthun @ Ghumphir.com (12)

भिडीयाे

https://www.youtube.com/watch?v=PlNcm8Dwzis]]>
2515 0 0 0 ]]>
झम्सीखेलका रेष्टुरेन्ट र होटलमा बिदेशीहरुको चहल पहल बढ्दै http://localhost/ghum/%e0%a4%9d%e0%a4%ae%e0%a5%8d%e0%a4%b8%e0%a5%80%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%b0%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%81%e0%a4%b0%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f/ Tue, 01 Sep 2015 05:46:43 +0000 http://www.ghumphir.com.np/?p=2528
सुदिल पोखरेल 
 भदौ १५ ,काठमाडौ
पर्यटकको विशेष आकर्षण भएको केन्द्र मानिने काठमाडौंको ठमेलका रेष्टुरेन्ट र होटलमा अहिले बिदेशीको उपस्थिती न्युन देखिन्छ। तर ललितपुरको झम्सीखेलका  रेष्टुरेन्ट र होटलमा भने अहिले बिदेशीहरुको चहल पहल बढ्दै गएको छ।
झम्सीखेलका रेष्टुरेन्ट तथा होटलमा वर्षेनी बिदेशी ग्राहकको संख्या बढ्दै गएकोे रेष्टुरेन्ट तथा होटलका सञ्चालक बताउँछन्। अहिले झम्सीखेलमा रेष्टुरेन्ट तथा होटलहरु धमाधम खुल्न समेत थालेका छन्। बिदेशी ग्राहकको संख्या बढ्दै गएपछि झम्सीखेलका व्यवसायी उत्साहित समेत भएका छन्।
सात वर्ष अघि झम्सीखेलमा स्थापना भएको भेस्पर क्याफेमा प्रत्येक वर्ष बिदेशी ग्राहकको संख्या बढ्दै गएको छ।  स्थापनाकालमा दैनिक २ सय जना ग्राहकले भेस्परको सेवा लिने गदथे । भेस्पर क्याफेका म्यानेजर डिबी भण्डारीका अनुसार अहिले झन्डै ५ सय जना ग्राहक भेस्पर क्याफेमा आउने गर्छन्। साथै अहिले कुल ग्राहकको ७५ प्रतिशत भने बिदेशी ग्राहकनै हुने भण्डारीको भनाई छ। भेस्परको नाचोज टेन्डर लोइन स्टके जस्ता परिकारहरुमा विदेशी को विशेष आकषर्ण रहेको पाउन सकिन्छ।
त्यस्तै फ्युजन रेष्ट्रो एण्ड बार स्थापना भएको दुई वर्ष भयो। स्थापनाकालमा फ्यु्जन रेष्ट्रो एण्ड बारमा झन्डै २० जना ग्राहक आउँथे ।तर अहिले भने दैनिक १ सय ५० जना ग्र म्यानेजर रबिसिंग महर्जनले बताए। महर्जनका अनुसार फ्युजन रेष्ट्रो एण्ड बारमा प्रत्येक वर्ष बिदेशी ग्राहकको संख्या बढ्दै गएको छ। अहिले कुल ग्राहकको ५० प्रतिशत बिदेशी हुने महर्जनको भनाई  छ।
touris in hotelफ्युजन रेष्टुरेन्टमा हप्तामा पाँच दिन विभिन्न ब्यान्डको सांगीतिक कार्यक्रमको आयोजना  हुने गरेको छ। प्रत्येक दिन फरक फरक ब्यान्डले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने महर्जनले जानकारी दिए। जसका कारण पनि बिदेशी र स्वदेशी दुवै ग्राहकको संख्या प्रत्येक वर्ष बढ्दै गएको महर्जनको दावी छ। फ्युजन रेष्ट्रो एण्ड बारका स्पाइसि विङ्स र घोटे खपाङ जस्ता आइटममा बिदेशी ग्राहकको विशेष आकर्षण हुने गर्दछ।
त्यस्तै २०६० सालमा स्थापना भएको रोडहाउस क्याफेमा पनि बिदेशी ग्राहकको संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ। स्थापनाकालमा दैनिक एक सय जना ग्राहकको उपस्थिती रहने यो रेष्टरेन्टमा अहिले दैनिक ३ सय भन्दा बढि ग्राहक आउने गर्छन्। रोडहाउस क्याफेका अपरेसन म्यानेजर रमेश गुरङका अनुसार अहिले कुल ग्राहकको ६० प्रतिशत ग्राहक बिदेशी हुने गरेका छन्।
रोडहाउस क्याफेको अहिले पिजा पास्ता कफी ग्रील आइटममा बिदेशीको बिशेष आकर्षण रहने गरेको छ। रोड हाउसले दाउराको आगोमा  पिजा पकाउने गर्दछ। आगोमा पकाएको कारण पनि रोडहाउसको पिजामा विदेशी ग्राहकको विशेष आकर्षण हुन गएको गुरुङले जानकारी दिए।
त्यस्तै सन् २०१२ मा स्थापना भएको साउदर्न कम्फर्टमा पनि अहिले बिदेशी ग्राहकको संख्या बढ्दै गएको छ। स्थापनाकालमा २५ जना ग्राहकको उपस्थिती रहने यो रेष्टुरेन्टमा अहिले दैनिक ५० जना बिदेशी ग्राहकले सेवा लिने गरेका छन्। कुल गा्रहकको ९५ प्रतिशत बिदेशी ग्राहक भएको साउदर्न कम्फर्टका सेफ आशिष तामाङले जानकारी दिए।
त्यस्तै झम्सीखेलमा रहेको रेडमड क्याफेमा समेत अहिले बिदेशी ग्राहकको बाक्लो उपस्थिति देखिन्छ। गत वर्ष स्थापना भएको यो रेष्टुरेन्टमा अहिल दैनिक २ सय जना ग्राहक आउने गरेको सञ्चालक प्रवेश हुमागाईले जानकारी दिए।यो रेष्टुरेन्टका  कुल ग्राहकको ५० प्रतिशत विदेशी  हुने गरेका छन्।
]]>
2528 0 0 0
देउडा खेलको रौनक बढ्दै डडेल्धुरामा http://localhost/ghum/%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%a1%e0%a4%be-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%8c%e0%a4%a8%e0%a4%95-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%a1%e0%a4%a1/ Tue, 01 Sep 2015 09:58:07 +0000 http://www.ghumphir.com.np/?p=2535

डडेल्धुरा, १५ भदौ ।

डडेल्धुराका सबै गाउँ र मुख्य बजार क्षेत्रमा देउडाको रौनक सुरु भएको छ । चाडबाडको सुरुवातसँगै सुदूरपश्चिमको मुख्य संस्कृतिका रुपमा रहेको देउडाको रौनक ओल्के पर्व सुरुवातसँगै यो जिल्लामा पनि बढ्न थालेको हो । भदौ १ गते मनाइने ओल्के पर्वसँगै डडेल्धुरालगायत सुदूरपश्चिमभरि मङ्सिरको अन्त्यसम्म धेरै चाडबाड हुने गरेका र हरेक चाडपर्वमा देउडा वा ठाडीभाका गाउँदै आएका छन् । गौरालगायत स्थानीय पर्व तथा मेलाहरु पनि यही समयमा मनाइने भएकाले हरेक पर्व तथा मेला देउडासहित मनाइन्छन् । यहाँ मनाइने सबैजसो पर्वमा देउडा अनिवार्य जस्तै छ । सबैजसो चाडबाडका बेला मनोरञ्जन मात्रै होइन सुखदुःखका कुरा साटासाट गर्न र आफन्त, नातेदार जमघट गर्ने माध्यम पनि देउडा भएकाले प्रायःजसो पर्व तथा मेलामा देउडा र ठाडीभाकाका गीत गाउने र सुन्ने गरेको पाइन्छ । देउडा यहाँको ऐतिहासिक, पौराणिक, सांस्कृतिक तथा भाषा, सभ्यताको प्रतिबिम्ब भएको जानकारहरु बताउँछन् । देउडा मनोरञ्जनका लागि मात्र नखेलेर देउडाले यस क्षेत्रकै भाषा, संस्कृति, पौराणिक सभ्यतालाई समेत झल्काउने र वेशभूषा, रहनसहन र मायापे्रमको समेत पहिचान र प्रतिबिम्ब देउडा भएको डोटेली भाषा सस्ंकृतिमा विद्यावारिधि गर्नुभएका मोहनराज भट्ट बताउनुहुन्छ । देउडाको भाकालाई गाउँ परिवेशअनुसार फरक फरक लयमा गाउने भए तापनि यसको महत्व र भाव भने फरक नहुने डोटेली संस्कृतिविद् भोजराज भट्ट बताउनुहुन्छ । संस्कृतिविद् भट्ट भन्नुहुन्छ देउडाका हरेक तुक्का वा गीतहरु अर्थअनुसार जोड्दै सवाल जवाफका आधारमा प्रस्तुत गरिने वा गाइने गरिन्छ । देउडा परिवर्तित समयअनुसार फेरिँदै जान थाले तापनि देउडाका भाकाहरुले युवा पुस्तालाई समेत आकर्षित र मनोरञ्जन प्रदान गरिरहेको डेउडिया (देउडा गायक) करवीर सिं ऐर बताउनुहुन्छ । देउडाका हरेक तुक्काले माया पे्रमका भावका साथै परिवेशअनुरुप पहिचान र संस्कृतिलाई देउडाका माध्यमद्वारा गाइने डेउडिया ऐर भन्नुहुन्छ । देउडा संस्कृतिमा क्षेत्रअनुसार विविधता रहे पनि यो यस क्षेत्रको मुख्य र मौलिक संस्कृतिका रुपमा रहेको छ । महिला र पुरुष दुवैले खेल्ने देउडा खेल क्षेत्रअनुसार फरक फरक तरिकाले पनि खेल्ने गरिन्छ । देउडा यस क्षेत्रका लागि भ्रातृत्व र सामाजिक सद्भाव कायम गर्ने एक दह्रिलो कडी पनि बनेर रहेको छ । देउडा जस्तै चैत धुमारी, ठाडीभाका, फाग मेलापर्वअनुसार फरक तरिकाले गाइने र खेलिने चलन डडेल्धुराको हरेक क्षेत्रमा संस्कृति बनेर रहेको छ ।

]]>
2535 0 0 0
बेनीमा परम्परागत बर्खेनाच जोगाउन युवा सक्रिय http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a4%a4-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%96%e0%a5%87%e0%a4%a8%e0%a4%be/ Tue, 01 Sep 2015 10:01:06 +0000 http://www.ghumphir.com.np/?p=2538

म्याग्दी, १५ भदौ ।

म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आइएको बर्खेनाचको संरक्षणका लागि युवा सक्रिय भएका छन् । नेवार समुदायको सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाचको संरक्षणका लागि यहाँका युवाको सक्रियतामा हरेक दिनजसो नाच देखाउने गरिएको छ । घन्टाकर्ण चतुर्दशीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउने प्रचलनअनुसार बेनीमा यो नाचको रौनकता बढेको छ । गत साउन २९ गतेदेखि सुरु भएको बर्खे नाचअन्तर्गत लाखे नाच, घोडा नाच, जोगी नाच, नागनागिनी नाच, गोरु नाच, रोपाइँ नाचलगायतका नाच दखाउन थालेपछि बजारमा यसको सांस्कृतिक रमझम बढेको हो । नेपाल भाषा मंकाः खलअन्तर्गत रहेको युवाको समूह ल्याम्हपुचःको आयोजनामा परम्परागत बर्खेनाच संरक्षणका लागि युवाको सक्रियतामा बर्खेनाच देखाउन थालिएको ल्याम्हपुचःका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । बेनी बजारमा बस्ती बसेदेखि नै नेवार समुदायको सक्रियतामा बर्खेनाच देखाइँदै आएको पाइन्छ । बस्ती विस्तारसँगै पुख्र्यौली संस्कृतिको संरक्षणमा युवा सक्रिय भएका छन् भने बेनीको पहिचानका रुपमा रहेको यो संस्कृतिको संरक्षणमा नेवार समुदायसँगै अन्य समुदायका युवाले समेत साथ, सहयोग र सहभागिता जनाउने गरेका छन् । पछिल्लो समय बर्खेनाचका लागि युवा कलाकारलाई तालिमसमेत दिन थालिएको छ । गोरु नाच र रोपाइँ नाच करिब १० वर्षपछि देखाउन लागिएको हो । विविध कारणले पुराना नाचहरु लोप हुने अवस्थामा पुगेपछि संरक्षणका लागि पनि बर्खे नाच समावेश गरिएको नेपाल भाषा मंका खलःका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । करिब एक महिना देखाइने बर्खेनाच तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजय हुने सन्देशसहित यो नाच सकिने प्रचलन रहेको अग्रज कलाकार अङ्गत श्रेष्ठले जानकारी दिनुभयो ।

]]>
2538 0 0 0
बालबालिकाका लागि बसको व्यवस्था http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ac%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a5%8d/ Tue, 01 Sep 2015 10:02:55 +0000 http://www.ghumphir.com.np/?p=2542

परासी, १५ भदौ ।

नवलपरासीको देवचुली नगरपालिकामा रहेका माझी मुसहर, बोटे समुदायका बालबालिकाका लागि नगरपालिकाले बसको व्यवस्था गर्ने भएको छ । माझी मुसहर, बोटे समुदायका अधिकांश बालबालिका पढ्न जाने नवजागरण प्राथमिक विद्यालय र नेपाल उच्च माध्यमिक विद्यालयसम्म नगरपालिकाले बसको व्यवस्था गर्न लागेको हो । शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर नगरपालिकाको बालबालिका लक्षित कार्यक्रमअन्तर्गत बसको व्यवस्था गर्न लागेको जानकारी देवचुली नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद चापागार्इंले दिनुभयो ।

]]>
2542 0 0 0
राजस्व सङ्कलनमा वृद्धि http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%bf/ Tue, 01 Sep 2015 10:04:10 +0000 http://www.ghumphir.com.np/?p=2545

काठमाडौँ, १४ भदौ ।

आव २०७१÷७२ मा राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारणमा गत वर्षको सोही अवधिको तुलनामा १३.७३ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री डा रामशरण महतको उपस्थितिमा आव २०७१÷७२ को आजको वार्षिक समीक्षा बैठकले राजस्व सङ्कलनमा प्रगति हासिल गरेको जनाएको हो । आव २०७१÷७२ का लागि रु चार खर्ब २२ अर्ब ९० करोड राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारण गरिएकामा रु चार खर्ब पाँच अर्ब ८४ लाख राजस्व सङ्कलन गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार कुल राजस्व सङ्कलनमध्ये कर राजस्वबापत रु तीन खर्ब ५५ अर्ब ९४ करोड २९ लाख र गैरकर राजस्वतर्फ रु ४९ अर्ब ९० करोड ३५ लाख सङ्कलन भएको छ, जुन कुल राजस्व सङ्कलनको क्रमशः ८८.३२ प्रतिशत र ११.६८ प्रतिशत रहेको छ । आव २०७१÷७२ मा मुख्य शीर्षकको वार्षिक राजस्व अवस्थालाई विश्लेषण गर्दा मूल्य अभिवृद्धि करको योगदान २७.६९ प्रतिशत, भन्सार महसुलको योगदान १८.४० प्रतिशत, आयकरको योगदान २१.८० प्रतिशत तथा अन्तःशुल्कको अंश १३.१९ प्रतिशत र गैरकर राजस्वको अंश १२.३० प्रतिशत रहेको छ । सोही आव २०७१÷७२ मा भन्सार महसुल रु ८० अर्ब ६६ करोड ९२ लाख सङ्कलन भएकामा सोही आवमा रु ७४ अर्ब ६७ करोड १० लाख सङ्कलन भई १० प्रतिशतको वृद्धिदर कायम भएको छ । त्यस्तै आव २०७१÷७२ मा मूल्य अभिवृद्धि कर रु १२१ अर्ब ७३ करोड सात लाख सङ्कलन भएकामा सोही आवमा रु एक खर्ब १२ अर्ब ३७ करोड ७३ लाख सङ्कलन भई १२.३० प्रतिशतको वृद्धिदर कायम भएको छ । सो अवसरमा विभागीय प्रमुख र काठमाडौँ उपत्यकास्थित कार्यालयका प्रमुखलाई निर्देशन दिँदै अर्थमन्त्री डा महतले मूल्य अभिवृद्धिकरतर्फ बिलिङलाई प्रभावकारी बनाउन, इलेक्ट्रोनिक क्यास मेसिनको कार्यान्वयन गर्न र भन्सार मूल्याङ्कनमा सुधार गरी करदाता शिक्षामा जोड दिन आग्रह गर्नुभयो । सो अवसरमा राष्ट्रिय योजना अयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले राजस्व सङ्कलनका लागि सकारात्मक सन्देश प्रवाह हुनुपर्ने र कर सहभागिताका लागि सरल पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले कार्य क्षमता अभिवृद्धि गरी राजस्व सङ्कलनमा लक्ष्य हासिल गर्न विभागीय प्रमुख तथा कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।

]]>
2545 0 0 0
गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि आयोजक समिति http://localhost/ghum/%e0%a4%97%e0%a5%88%e0%a4%b0%e0%a4%86%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%80%e0%a4%af-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8/ Tue, 01 Sep 2015 10:05:52 +0000 http://www.ghumphir.com.np/?p=2547

काठमाडौँ, १४ भदौ ।

सरकारले साताँै गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजना गर्नका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले केही मन्त्रालयका सचिव र निजी क्षेत्रका छाता संस्थाको प्रतिनिधित्व हुने गरी सम्मेलन आयोजक समिति गठन गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो । बैठकले लेखा महासेनानी भुवनबहादुर अधिकारी क्षेत्रीलाई लेखा सहायक रथीमा पदोन्नति गरी पदस्थापन गर्नाका साथै सहरी विकास मन्त्रालयअन्तर्गत अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको समयावधि एक महिना थप गर्ने निर्णय पनि गरेको छ । अनशन फिर्ता लिन आग्रह सरकारले चिकित्सा क्षेत्रको सुधारका लागि सरकारले निर्वाह गर्नुपर्ने दायित्व र भूमिकालाई ध्यानमा राखी महत्वपूर्ण निर्णय गरिसकेकाले प्रा डा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा रिजालले भन्नुभयो–“चिकित्सा क्षेत्रको सुधारका लागि डा केसी अनशन बस्नुभएको छ, उहाँको अनशन चाँडै अन्त्य होस्, अहिले नै बन्द गर्नुहोस् भन्ने लागेको छ, नेपाल सरकार मातहतका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर अध्ययन र निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठानको सुधारका विषयमा मन्त्रिपरिषद्ले पहिले नै केही निर्णय गरिसकेको छ ।” मन्त्री डा रिजालले उल्लिखित समस्याको समग्र व्यवस्थापन गर्ने विषय प्रधानमन्त्रीले चाँडो टुङ्ग्याउनु भन्नुभएबमोजिम सो विषय मन्त्रिपरिषद्, सामाजिक समितिमा पुगी केही निर्णय भइसकेको र केही हुन बाँकी रहेको बताउँदै मन्त्रिपरिषद्को सामाजिक समितिको बैठक बसेर नियमकानुनले दिएसम्म निर्णय गरिने उल्लेख गर्नुभयो । सरकारले कानुन सेवाको विशिष्ट श्रेणीबाट अवकाश प्राप्त गर्नुभएका राजुमानसिंह मल्ललाई धन्यवाद व्यक्त गर्दै उहाँको राजीनामा स्वीकृत गरेको छ ।

]]>
2547 0 0 0
नेपाल वायुसेवा निगमको आजदेखि बैङ्लोर उडान सुरु http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%9c/ Tue, 01 Sep 2015 13:05:39 +0000 http://www.ghumphir.com.np/?p=2550

काठमाडौँ, १५ भदौ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको बैङ्लोर उडान सुरु गरेको छ । निगमको एयरबस ए ३२०÷२०० जहाजले ९८ यात्रु बोकेर दिउँसो १२ः४० बजे बैङ्लोरतर्फ उडान भरेको हो । यसअघि सन् २००६ मा निगमले जहाज अभाव भएको भन्दै काठमाडौँ–बैङ्लोर उडान बन्द गरेको थियो ।

Nac पछिल्लो समय निगमले नयाँ एयरबस भित्र्याएपछि बैङ्लोर उठान सुरु गरिएको र सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने निगमले जनाएको छ । बैङ्लोरका लागि निगमले प्रवद्र्धनात्मक भाडादर करसहित दुईतर्फी भाडा रु २१ हजार तोकेको निगम संस्थागत विभागका कामु उपनिर्देशक शैलेश कंशाकारले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली र विदेशीलाई समान भाडादर कायम गरिएको छ । बैङ्लोरबाट ४० जना यात्रु बोकेर निगमको एयरबस भारतीय समयअनुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि उडान गर्नेछ । यात्रुले दुईवटा टिकट किन्दा एउटा निःशुल्क पाउने निगमले जनाएको छ । बैङ्लोरबाट बिदा मनाउन नेपाल आउने र नेपालबाट बैङ्लोर जाने यात्रुलाई लक्षित गर्दै उडान सुरु गरेको निगमले जनाएको छ । निगमले भदौ १८ गतेदेखि मुम्बई उडान सुरु गर्दै छ । यहाँ निगमले बुधबार, शुक्रबार र सोमबार उडान गर्ने तयारी गरिरहेको छ ।

]]>
2550 0 0 0
झापामा रसायनिक मलको अभाव http://localhost/ghum/%e0%a4%9d%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5/ Tue, 01 Sep 2015 13:11:51 +0000 http://www.ghumphir.com.np/?p=2552

भद्रपुर, १५ भदौ ।

लामो समयदेखि बन्द र हडतालका कारण आपूर्ति हुन नसक्दा झापामा रसायनिक मलको अभाव भएको छ । जिल्लामा लगभग ९० हजार हेक्टर जग्गामा धानखेती हुने गरेको छ भने युरिया सात हजार ८३१ मेट्रिक टन, डिएपी तीन हजार ४७६ मेट्रिक टन, पोटास ७३० मेट्रिक टन र अन्य १५० मेट्रिक टन रसायनिक मल आवश्यक पर्ने वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिनुभयो ।

rasayanik malकार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०६९÷७० नौ हजार ३६५, आव २०७०÷७१ मा ११ हजार ७८३ र चालु आवमा १२ हजार १८७ मेट्रिक टन डिएपी, युरिया, पोटास र अन्य रसायनिक मलको खपत भएको छ । तुलनात्मक हिसाबले प्राङ्गारिक कृषि मलको प्रयोग बढ्नुपर्ने र रसायनिक मलको प्रयोग घट्नुपर्नेमा रसायनिक मलप्रति कृषक बढी निर्भर रहनु चेतनाको अभाव भएको तिमल्सेनाले बताउनुभयो । अहिले कृषकलाई धानमा मल हाल्ने समय रहेको र यो समय गुमेमा उत्पादन घट्ने भएकाले आन्दोलनकारीहरुले आकस्मिक सेवाका साधनलाई निर्वाध चल्न दिएजस्तै कृषि मल ढुवानी गर्ने साधनलाई पनि निर्वाध रुपमा चल्न दिए कृषकका समस्या समाधन हुने उहाँको भनाइ छ ।

]]>
2552 0 0 0
भैरव नाच http://localhost/ghum/%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%b5-%e0%a4%a8%e0%a4%be%e0%a4%9a/ Tue, 01 Sep 2015 13:23:08 +0000 http://www.ghumphir.com.np/?p=2555 2555 0 0 0 हस्तकलाका सामग्रीहरु http://localhost/ghum/%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81-2/ Tue, 01 Sep 2015 13:29:30 +0000 http://www.ghumphir.com.np/?p=2558 2558 0 0 0 तीज सुन्दरी http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%9c-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%80/ Tue, 01 Sep 2015 13:34:26 +0000 http://www.ghumphir.com.np/?p=2561 2561 0 0 0 नयाँ जहाज खरिदका लागि तयारी थालेका छौँ :महाप्रबन्धक कंसाकार http://localhost/ghum/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c-%e0%a4%96%e0%a4%b0%e0%a4%bf%e0%a4%a6%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%a4%e0%a4%af%e0%a4%be/ Tue, 01 Sep 2015 13:53:43 +0000 http://www.ghumphir.com.np/?p=2564 नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार नेपालका एक सक्षम व्यवस्थापकका रूपमा परिचित छन् । यसअघि निगमको महाप्रबन्धक बनेका वेला न्यारोबडी एयरबस जहाज भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेका कंसाकार निगमका लागि ‘वाइडबडी’ जहाज थप गरी क्षमता विस्तार गर्ने योजनामा छन् । निगमको आगामी योजना, व्यवस्थापकीय सुधारका लागि भइरहेका काम र चिनियाँ जहाजको विषयमा केन्द्रित रही प्रकटकुमार शिशिर र अच्युत पुरीले गरेको कुराकानी :

sugat ratna kansakar

नेपाल एयरलाइन्सको क्षमता अभिवृद्धि र व्यवस्थापकीय सुधारका लागि के–कस्ता प्रयास भइरहेका छन् ?

नेपाल एयरलाइन्सको प्राथमिकता अन्तर्राष्ट्रिय उडानतर्फ बढी छ । किनकि, समग्र व्यापारको अवस्था हेर्दा हामीले प्रगति गर्न अन्तर्राष्ट्रिय उडानलाई बलियो बनाउनैपर्छ भन्ने निष्कर्षमा नेपाल एयरलाइन्स पुगेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सेवा बढाउनुको मतलब गन्तव्य विस्तार गर्ने हो । विमान थप नगरेसम्म गन्तव्य विस्तार गर्ने भन्ने हुँदैन । हामीले व्यवस्थापनमा फुल स्प्रिटमा काम गरिरहेका छौँ । विश्लेषण, अध्ययनलाई प्राथमिकताका साथ अगाडि बढाइरहेका छौँ । गन्तव्य थपका लागि युरोप, अमेरिका, क्यानडा, जापानसम्म पुर्‍याउन गृहकार्य भइरहेको छ । त्यहाँबाट नेपाल आउने यात्रु कति छन् भनेर हामीले अध्ययन गरिसकेका छौँ । नेपाली र अन्य विदेशी यात्रु आउने जाने क्रम भएकाले गन्तव्य थपका लागि गृहकार्य गरेको हो ।

गन्तव्य त थप्दै हुनुहुन्छ । वाइडबडी जहाज खरिदको निर्णय कहिले हुन्छ ?

पक्कै पनि गन्तव्यविना जहाज थप्न सकिँदैन । त्यसैले नयाँ जहाज खरिदका लागि तयारी थालेका छौँ । डेढदेखि २ वर्षभित्र ‘वाइडबडी जहाज’ भित्र्याउने योजनामा छौँ । सोहीअनुसार २ वटा ‘वाइडबडी जहाज’ खरिद गर्ने प्रक्रिया चलिरहेको छ । निकट भविष्यमा बस्ने सञ्चालक समितिको बैठकले जहाज खरिद गर्ने सम्बन्धमा निर्णय गर्नेछ । हामीले सीधै एयरबससँगै वार्ता गरी खरिद गर्ने वा एयरबस खरिद गर्ने नै भए पनि बजारबाट खरिद गर्न सकिन्छ । १ वर्ष प्रयोग भइसकेको जहाज पनि किन्न सकिन्छ । कसैले बेच्न चाहेको हुन्छ । उनीहरूसँग पनि किन्न सकिन्छ ।

अब निगम कसरी अगाडि बढाउने योजना छ ?

निगमको लक्ष्य २ वर्षभित्र २ वटा ठूला जहाज ल्याएर गन्तव्य विस्तार गर्दै जाने हो । त्यसपछि हरेक वर्ष १/१ वटा जहाज थप गर्दै जानुपर्छ । निगमले गन्तव्य विस्तार गर्दै व्यापार गर्न थाल्छ, त्यसपछि स्रोतको अभाव हुँदैन र जहाज थप गर्दै जान सकिन्छ । हामीसँग जहाज हुने हो भने आत्मविश्वास बढ्न थाल्छ । त्यसपछि निगमको व्यवस्थापनमा समस्या हुँदैन । युरोपेली जहाज निर्माता कम्पनी एयरबसको टोली गतसाता नेपाल आएको थियो । उनीहरूले लन्डनमा आधारित रहेर एउटा अध्ययन गरेको प्रतिवेदन निगमलाई बुझाएर गएका छन् । प्रतिवेदनमा युरोपमा सीधा उडान गर्दा नेपाल एयरलाइन्स नाफामा जाने तथ्यांक निकालेका छन् । त्यस प्रतिवेदनबाट हामी पनि उत्साहित छौँ ।

एयरबसको टोली नेपाल आउनुको उद्देश्य के थियो ?

एयरबसको टोलीले विशेषगरी निगमले थप गर्ने योजना बनाएका २ वटा ‘वाइडबडी’ जहाजका नमुना प्रस्तुत गरेको छ । त्यसमा विभिन्न मोडल समावेश छन् । एयर बस ३२०, ३३० या ३५० मोडल एयरबसका अत्याधुनिक मोडल हुन् । यसमध्ये एयर ३५० मोडल एकदमै ब्रान्ड न्यू हो । यदि २ वर्षपछि निगमले जहाज भित्र्याउने योजना बनाउने हो भने ३५० मोडल सबैभन्दा उपयुक्त हुन सक्छ । किनकि यो अत्याधुनिक प्रविधि जडित हुनेछ । उनीहरूले हाम्रा पाइलट, इन्जिनियरसँग बसेर पनि छलफल गरेका थिए । त्यसक्रममा टोलीले विभिन्न डाटा उपलब्ध गराएको छ । तर, कुन मोडल लिने र कुन प्रक्रियाबाट लिने भन्ने निर्णयचाहिँ सञ्चालक समितिको बैठकबाटै हुन्छ । एयरबससँगको छलफल कम्पनीको प्रस्तावमात्र हो ।

एयरबसले निगमको व्यवस्थापनमा पनि चासो देखाएको थियो नि ?

व्यवस्थापनका सम्बन्धमा निगमले यसैसाता इच्छुक कम्पनीबाट दरखास्त प्रस्ताव गरेको छ । त्यसबाट आउने कम्पनीबाट अन्तिम सूचीका लागि छनोट भएकाबीचमा बोलपत्र माग गरी व्यवस्थापनबारे निर्णय हुन्छ । ‘कमर्सियल’, ‘फाइनान्स’, ‘अपरेसन’ र ‘इञ्जिनियरिङ’ डिर्पाटमेन्टको जिम्मा प्रक्रियागत रूपमा छनोट हुने कम्पनीले प्राप्त गर्नेछ ।

नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमा हाम्रो स्थान कहाँ छ ?

नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमा अहिले ९० अर्ब रुपैयाँसम्मको व्यापार छ । तर, हामीले त्यसको १० प्रतिशत हिस्सा पनि ओगट्न सकिरहेका छैनौँ । अन्तर्राष्ट्रिय कम्पनीले ९० प्रतिशतसम्म व्यापार हाम्रो मुलुकमा आएर गरिरहेको अवस्थामा नेपाल एयरलाइन्स अब क्षमतावान हुनैपर्छ । साथमा पर्यटन क्षेत्रको विकासका लागि हवाई भाडाले प्रत्यक्ष भूमिका खेलेको हुन्छ । अहिले विश्वका प्रथम १० महँगा हवाई गन्तव्यमध्ये काठमाडौंसमेत पर्छ । एसियाको त सबैभन्दा महँगो गन्तव्य हो । २१ वटा अन्तर्राष्ट्रिय कम्पनीले खुला प्रतिस्पर्धा गरिरहेको स्थानमा त्यति महँगो भाडा हुनुका पछाडि राष्ट्रिय ध्वजाबाहक कम्पनी बलियो नभएकाले नै हो । निगम सरकारी स्वामित्वमा सञ्चालनमा रहेका कारण उसले मनपरी भाडा असुल गर्न सक्दैन । त्यसपछि बजारमा निगमको हस्तक्षेप बढेपछि स्वत: अन्य कम्पनी पनि भाडा घटाउन बाध्य हुन्छन् । यसको फाइदा यात्रुमा पर्छ, जसबाट पर्यटक आगमन वृद्धि गर्न सकिन्छ । त्यसकारण निगमसँग विमान थप गर्दै नेपालमा पर्यटक आउने सबै गन्तव्यमा पुग्नुपर्ने चुनौती छ । युरोपबाट काठमाडौं आउनुभन्दा भारत तथा अन्य दक्षिण एसियाली मुलुकमा आउन सस्तो परेपछि पर्यटक नेपाल किन आऊन् भन्नेमा हामी गम्भीर हुनुपर्छ ।

निगमले बोइङ जहाज विस्थापित गर्न खोज्नुको कारण के हो ?

नेपाल वायुसेवा निगमजस्तो सानो कम्पनीसँग २ वटा कम्पनीका एयरक्राफ्ट हुनु अन्तर्राष्ट्रिय मान्यताभन्दा विपरीत मानिन्छ । एउटा हवाई सेवाप्रदायक कम्पनीसँग कम्तीमा १५/२० पुगेपछि अर्को ब्रान्डका जहाज थप गर्न सकिने अन्तर्राष्ट्रिय प्रचलन छ । सोहीअनुसार बोइङलाई लिलामी प्रक्रियाबाट विस्थापन गर्ने योजना बनाइएको छ । यसले इन्जिनियर, पाइलट तथा अन्य धेरै पक्षमा हुने खर्च बचत गराउँछ । फरकफरक भयो भने पाइलट, इन्जिनियर, ह्यांगर, स्पेयरपार्टस् सबै फरकफरक चाहिन्छ । यसले खर्च बढाउँछ । अहिले भएको बोइङ पनि बेचेर हामीले एयरबस मात्र थप्ने सोच बनाएका छौँ ।

निगमले एयरबसका २ वटा न्यारोबडी जहाज थपेसँगै आक्रामक बजारको अपेक्षा गरिएको थियो, त्यसो हुन सकेन नि ?

यसबीचमा पाइलट अभाव निगमका लागि मुख्य कारक तत्त्व बन्यो । अहिले २ जना विदेशी पाइलट मात्र छन् । यसअघि ४ जना पाइलट रहेकामा २ जनाले व्यक्तिगत कारण देखाउँदै स्वदेश फर्किसकेका छन् । थप २ पाइलट आउने क्रममा छन् । तर, यस अवधिमा ६ जना नेपाली पाइलट एयरबसका जहाज उडाउन सक्षम बनिसकेका छन् । यो सकारात्मक खबर हो । निगमले योजनाअनुसार नै निकट भविष्यमा भारतको मुम्बई र बैंगलोरमा उडान गर्दै छ । यसपछि चीन, दुबई र साउदी अरबसम्म उडान विस्तार हुनेछ । पछिल्लो समय जापान, कोरियासम्म पनि उडान गर्नुपर्छ भन्ने माग आएको छ । यसका लागि नयाँ जहाज थप गर्नुपर्ने हुन्छ ।

sugat-ratna-kansakar

आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाजको भविष्य के हुन्छ ?

चिनियाँ जहाज हाम्रो मात्र सरोकारको विषय होइन । चीनबाट अनुदानका रूपमा ल्याइएका जहाज भएका कारण यसको समाधान पनि कूटनीतिक तवरबाटै हुन्छ । प्राविधिक र सुरक्षाका दृष्टिबाट चिनियाँ जहाजमा कुनै समस्या छैन । तर, भारबहन क्षमताको हिसाबबाट ती जहाजको क्षमता कम पाइएपछि त्यसको जानकारी निर्माण कम्पनीलाई दिइसकिएको छ । आगामी सेप्टेम्बरमा चिनियाँ निर्माण कम्पनीले प्रतिवेदन नेपाललाई पठाउनेछ । अहिले नेपालमा उडान गरिरहेका २ वटा जहाजका सम्बन्धमा त्यस प्रतिवेदन प्राप्त भइसकेपछि ठोस निर्णय हुन्छ । त्यसपछि चीनबाट ल्याउन बाँकी जहाजको निर्णय सोही आधारमा हुन्छ ।

नेपालमा उडान गर्ने विदेशी एयरलाइन्स कम्पनीको गुनासो नेपालको ग्राउन्ड ह्यान्डलिङ शुल्क महँगो भयो भन्ने छ नि ?

नेपालमा ग्राउन्ड ह्यान्डलिङ सेवा दिएजस्तै हामी विदेशमा जाँदा हामीले त्यहाँ शुल्क तिर्नुपर्ने हुन्छ । त्यसको तुलना गर्दा धेरै चार्ज गरेका छैनौँ । सेवाको स्तरमा भने गुनासो पक्कै छ । सेवाको गुणस्तर सुधार गर्दै अन्तर्राष्ट्रियस्तरको बनाउन अन्तर्राष्ट्रिय ‘कन्सल्टेन्ट’मार्फत काम भइरहेको छ ।

तपाईंले यसअघि पनि निगमको नेतृत्व सम्हालिसक्नुभएको छ, निगममा पुन: फर्किएर आउँदा कस्तो अनुभव गर्नुभयो, निगम अझ बिग्रिएछ कि सप्रिएछ ?

मैले त्यति धेरै फरक पाइनँ । पहिला काम गर्दा नेतृत्वदायी भूमिकामा रहेका केही साथीले अवकाश पाइसक्नुभएछ । म भएकै अवस्थामा २४ जना क्षमतावान् प्राविधिक जनशक्ति निगममा भर्ना भएका थिए । त्यसमध्ये १९ जना अहिले पनि विभिन्न स्थानमा रहेर निकै राम्रो काम गरिरहेका छन् । म ती कर्मचारीबाट निकै आशावादी पनि छु । अहिले पनि निगमले कर्मचारी आह्वान गरेको छ । त्यहाँबाट पनि दक्ष कर्मचारी निष्पक्ष रूपमा छनोट हुनेछन् । लिखित परीक्षा पूर्ण फेयर हुन्छ । टिम ठूलो कुरा हो । टिमले नै काम गर्छ ।

साभार:नयाँ पत्रिका
]]>
2564 0 0 0
पेट्रोलियम पदार्थको मूल्य घट्यो http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d/ Tue, 01 Sep 2015 16:35:20 +0000 http://www.ghumphir.com.np/?p=2570

काठमाडौँ, १५ भदौ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य घटाएको छ । आजदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलि दुई रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलमा रु दुई तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु ३५ घटाइएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो । यसअघि पेट्रोलको मूल्य प्रतिलि रु १०६ र ५० पैसा तथा डिजेल र मट्टितेलको प्रतिलि रु ८४ थियो । खाना पकाउने ग्यासको मूल्य यसअघि रु एक हजार ४३५ भएकामा अब रु एक हजार ४०० हुनेछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण नेपाली बजारमा पनि समायोजन गर्नुपरेको प्रवक्ता बरालले जानकारी दिनुभयो ।

]]>
2570 0 0 0
आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित http://localhost/ghum/%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0-%e0%a4%8b%e0%a4%a3-%e0%a4%89%e0%a4%a0%e0%a4%be%e0%a4%89%e0%a4%a8/ Tue, 01 Sep 2015 16:40:48 +0000 http://www.ghumphir.com.np/?p=2573

काठमाडौँ, १५ भदौ ।

व्यवस्थापिका–संसद्को आजको बैठकले ‘आर्थिक विधेयक, २०७२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७२’ लाई पारित गरेको छ । बैठकमा ती विधेयक पारित गरियोस् भनी अर्थमन्त्री डा रामशरण महतले प्रस्ताव गर्नुभएको थियो । विधेयकमाथिको संशोधन निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतले अस्वीकृत गरेको थियो । ‘आर्थिक विधेयक, २०७२’ विधेयकमाथिको छलफलमा भाग लिँदै शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल, रामनारायण बिंडारी, डिल्लीप्रसाद काफ्ले र भरतकुमार शाहले सरकारले सो विधेयक निजी क्षेत्रलाई पोस्ने र वैदेशिक निर्भरतामुखी भएको टिप्पणी गर्नुभयो । यसैगरी मन्त्री डा महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७२’ को दफाबार छलफल प्रस्तुत गर्नुभएको थियो । सो विधेयकमाथिको संशोधन प्रस्तुत गर्दै नेमकिपाका प्रेम सुवालले बढी आम्दानी गर्नेलाई कर छुट दिने र मुलुकलाई रु ८८ अर्ब ऋण लिने प्रस्ताव विधेयकमा भएकाले संशोधन दर्ता गरिएको बताउनुभयो । सोही दलका डिल्लीप्रसाद काफ्लेले संशोधनको समर्थन गर्नुभयो । छलफलमा भाग लिँदै एमाओवादीका रामनारायण बिंडारीले सरकारले केका लागि कोबाट ऋण लिने भन्ने स्पष्ट नपारेसम्म संसद् ढुक्क हुन नसक्ने बताउनुभयो । छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डा महतले अस्थिरता र द्वन्द्वका कारण पनि आर्थिक अवस्था सुदृढ भएको बताउँदै नेपालको हाल मुलुकका कम आय हुने कम तिर्नुपर्ने प्रगतिशील करको व्यवस्था भएको स्पष्ट गर्नुभयो । मन्त्री डा महतले राष्ट्र ऋणबाट भूकम्पपछिको पुनःनिर्माण गरिने र आवश्यक पर्दा विकास बजेटमा पनि रकमान्तर गर्न सकिने बताउनुभयो । उहाँले सार्वजनिक खरिदका प्रक्रिया र अन्य विकृति न्यूनीकरणका लागि प्राप्त सुझावलाई सकारात्मक रुपमा लिइने जनाउनुभयो । आजको कार्यसूचीमा रहेको ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२’लाई प्रस्तुत गर्ने कार्यसूचीलाई सभामुख सुवास नेम्वाङले हटाएको जानकारी दिनुभयो । संसद्को अर्काे बैठक यही भदौ १७ गते बिहान ११ बजे बस्नेछ ।

]]>
2573 0 0 0
भारतीय बजारमा चाउचाउको निर्यातमा वृद्धि http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%89%e0%a4%9a%e0%a4%be%e0%a4%89%e0%a4%95%e0%a5%8b-%e0%a4%a8/ Tue, 01 Sep 2015 16:46:13 +0000 http://www.ghumphir.com.np/?p=2575

विराटनगर, १५ भदौ ।

नेपालमा उत्पादित विभिन्न उद्योगका चाउचाउको भारतीय बजारमा निर्यातमा वृद्धि भएको छ । विराटनगर नाका भएर भारतीय बजारमा आव २०७०÷७१ मा रु ५२ करोड मूल्य बराबरको ४७ लाख ७५ हजार किलो विभिन्न ब्रान्डका चाउचाउ निकासी भएको थियो ।

chau chau noodelsआव २०७०÷७१ को तुलनामा गत आवमा रु ११ करोडभन्दा बढी मूल्यको चाउचाउ भारतीय बजारमा निर्यात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । सोअनुसार, गत आवमा रु ६३ करोड मूल्य बराबरको ५३ लाख किलो चाउचाउ निर्यात भएको हो । बहुर्राष्ट्रिय कम्पनी नेस्लेद्वारा भारतमा उत्पादित मैगी नुडल्सको खाद्य उत्पादको नियामक संस्था (एफएसएसएआइ)द्वारा सन् २०१५ को मे र जुन महिनामा परीक्षण गर्दा निर्धारित मापदण्डभन्दा बढी सीसा र मोनोसोडियम पाइएपछि तत्काल प्रतिबन्ध लगाइएको थियो । भारतीय बजारमा ती कम्पनीको नुडल्समा रोक लागेपछि त्यसको प्रत्यक्ष असर तीन महिनासम्म चाउचाउको निर्यातमा परेको थियो । रमपमलगायतका चाउचाउको विराटनगर नाका भएर भारतीय बजारमा निर्यात निर्वाध रुपमा सुरु भइसकेको भए पनि वाईवाई चाउचाउको निर्यात अझै सुरु नभएको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी दिनुभयो ।

]]>
2575 0 0 0
म्याग्दीमा भकारो सुधारको कार्यक्रम सुरु http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b/ Wed, 02 Sep 2015 03:19:50 +0000 http://www.ghumphir.com.np/?p=2578 मालती खत्री

म्याग्दी, १६ भदौ 

कृषि उत्पादनमा वृद्धि गर्ने भन्दै जथाभावी रासायनिक मलको प्रयोग बढ्न थालेपछि म्याग्दीमा भकारो सुधारको कार्यक्रम सुरु भएको छ । जथाभावी गरिने रासायनिक मलको प्रयोग घटाउने उद्देश्यले २ वर्षेदेखि कार्यक्रम सुरु गरिएको हो ।

कृषि विकास विभाग अन्तर्गत माटो विकास निर्देशनालयको सहयोग तथा जिल्ला कृषि विकास कार्यालय म्याग्दीको प्राविधिक सहयोगमा जिल्लाको सिङ्गा, बराङ्जा, ताकम, पिप्ले र साविकको घतान गाविसमा भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।

आर्थिक वर्ष २०७०/७१ देखि सञ्चालित कार्यक्रमबाट हालसम्म म्याग्दीमा ४३६ ओटा भकाराहरु सुधार भएका छन् । रासायनिक मल महङ्गो हुने र विषादिले स्वास्थ्यमा असर गर्ने भएकाले उत्पादनलाई स्वस्थकर बनाउने उद्देश्यले भकारो सुधारको कार्यक्रम सुरु गरिएको म्याग्दीका वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले बताए । कम्पोष्ट तथा प्राङ्गारिक मललाई जोगाउन तथा गाईभैंसीको मलमूत्रको व्यवस्थापन गर्ने समेत कार्यक्रमको उद्देश्य रहेको उनले बताएका छन् ।

जिल्लाको सिङ्गामा १२५, बराङ्जामा १११, ताकममा १००, पिप्लेमा ७० र बेनी नगरपालिका ९ र १० घतानमा ३० ओटा भकाराको सुधार गरिएको कार्यालयका प्राविधिक सहायक रमेश खड्काले जानकारी दिए । सोमध्ये अभियानमुखी भकारो २३० र कृषि प्रसार कार्यक्रमतर्फ ८० भकारा तथा अन्य कृषक स्वयंले भकारो सुधार गरेका छन् । गाईभैंसी बाँधेको गोठदेखि कुलेसो बनाई नजिकै खाडल निर्माण गरी मलमूत्र सङ्कलन गर्ने तथा मलखादको व्यवस्थापन गर्ने काम गरिएको उनको भनाई छ ।

भकारोलाई व्यवस्थित बनाई जमिनमा खाडलको निर्माण गरी मत्रमूत्रलाई बाहिर बग्न नदिनका लागि सिमेन्ट तथा बालुवाले प्लाष्टर गर्ने वा ठूलो ड्रम राखिएको छ । भकारोलाई घामपानीको असरबाट जोगाउन कृषकहरुले छाप्रोसमेत बनाएका छन् । एउटा भकारो सुधारका लागि प्रतिकिसान ५ हजार २०० रुपैयाँ कार्यक्रमले सहयोग गरेको कृषि कार्यालयले जानकारी दिएको छ ।

भकारो सुधार गरी कुहाएर मलमा भएको खाद्यतत्व जोगाई सुरक्षितसाथ बालीमा प्रयोग गरेको खण्डमा अन्य मलले भन्दा कम्पोष्टको प्रयोगले उत्पादन राम्रो दिने र दिगो हुने योजना अधिकृत ज्योती क्षेत्रीले बताइन् । खेतबारीमा नाईट्रोजन, फस्फोरस र कम्पोष्ट मलको सन्तुलन मिलाएर प्रयोग गर्नुपर्नेमा हाल त्यसो नगर्दा माटोको उर्वराशक्ति नै घटेर गएको कार्यालयले बताएको छ ।

१ रोपनी जग्गामा सामान्यतया हरेक खेतीका लागि ५ केजी युरिया, ४ केजी गेडेमल, ३ केजी पोटास तथा ४० डोकोसम्म गाईभैंसीको मल छरेमा बाली राम्रो हुने बताइएको छ । यूरिया मात्रै प्रयोग गरी छिटो उत्पादन खोज्दा माटोमा अम्लीयपन बढेर उत्पादन घट्ने र बिरुवासमेत नउम्रने गरेको छ । म्याग्दी जिल्लामा कुल ६३.१९ प्रतिशत अर्थात् ३० हजार ८ सय ५६ हेक्टर मात्र खेतीयोग्य जमिन रहेको छ । जिल्लाको कुल २२ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल रहेकोमा सो अनुसार ८.४८ प्रतिशत क्षेत्रफलको आधारमा खेतीयोग्य जमिन रहेको तथ्याङ्कमा उल्लेख छ ।

]]>
2578 0 0 0
नाराको अध्यक्षमा दाहाल निर्बिरोध http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%b2-%e0%a4%a8/ Wed, 02 Sep 2015 03:35:24 +0000 http://www.ghumphir.com.np/?p=2581 १६ भदौ,काठमाडौँ

नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्ट (नारा) अध्यक्षमा पुनः चन्द्र दाहाल निर्बिरोध चयन हुनुभएको छ । नाराले  काठमाडौँ आयोजना गरेको सोमबार एक कार्यक्रमकाविच नाराले अध्यक्षसहित नौ सदस्यीय कार्यसमिति सदस्य सर्वसम्मतीमा चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा केशव काफ्ले, महासचिवमा शेखर बहादुर थापा, कोषाध्यक्षमा जगत दाहाल हुनुहुन्छ । त्यस्तै सचिवमा शिव अधिकारी, सहकोषाध्यक्षमा कमलबहादुर ठकुरी तथा सदस्यहरुमा रिता अधिकारी, उपेन्द्र घिमिरे र भिष्मराज थपलिया रहनुभएको छ ।

nara

]]>
2581 0 0 0
साढे चार दशकपछि भैरव नाच प्रदर्शनी सुरु (फोटो फिचर) http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a2%e0%a5%87-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%a6%e0%a4%b6%e0%a4%95%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%b5-%e0%a4%a8%e0%a4%be%e0%a4%9a-%e0%a4%aa/ Wed, 02 Sep 2015 03:49:07 +0000 http://www.ghumphir.com.np/?p=2584 साढे चार दशकपछि मध्यपुर थिमिमा लाय्कू भैल प्याखँ (लाय्कू भैरव नाच) प्रदर्शनी सुरु भयको छ। आर्थिक अभावका कारण बन्द रहेको उक्त भैरव नाच यहाँका युवाहरुको सक्रियतामा यस वर्ष सञ्चालनमा ल्याइएको हो । भैरव नाचमा दुई भैरव, दुई दाय्गी (कुमारी) एक ज्यापुगचा गरी पाँच जनाको टोली रहनेछ । सोमबार रातिदेखि प्रदर्शनीमा ल्याइएको उक्त भैरव नाच चार दिनसम्म मध्यपुर थिमिको विभिन्न स्थानमा रातिराति नचाइने गरिन्छ । सो भैरव नाचका केहि रत्न श्रेष्ठले आफ्नो क्यामरामा कैद गरेका तस्बिरहरु

Bhairab-Nach-Bhaktapur Bhairab-Nach-Bhaktapur Bhairab-Nach-Bhaktapur Bhairab-Nach-Bhaktapur Bhairab-Nach-Bhaktapur Bhairab-Nach-Bhaktapur

Bharib nach thimi Bharib dance thimi

]]>
2584 0 0 0
लगातारको तराई बन्दले पूर्वका होटलहरु बन्द हुन थाले http://localhost/ghum/%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%82%e0%a4%b0/ Wed, 02 Sep 2015 03:57:55 +0000 http://www.ghumphir.com.np/?p=2593 गोपाल झापाली

झापा, १६ भदौ

लगातारको बन्दका कारण पूर्वका होटलहरु बन्द हुन थालेका छन् । २ साता भन्दा लामो समय देखि तराईमा भएको बन्दका कारण व्यवसाय सुनसान हुँदै गए पछि व्यवसायीहरुले होटल बन्द गर्न थालेका हुन् ।मधेश केन्द्रित दलहरुले गरेको हड्तालको प्रभाव होटल व्यवसायमा पनि देखिएको हो । झापामा मधेश बन्दको प्रत्यक्ष न्यून प्रभाव परे पनि अन्यत्रबाट यात्रुहरु आउन नसक्दा होटलहरु खालि रहेको व्यवसायीहरुले जनाएका छन् । लगातार बन्द हुँदा टाढाका ग्राहक तथा यात्रुहरु आउन नसकेको र स्थानीयको भरमा मात्र होटल चल्न नसक्ने होटल व्यवसायी संघ दमकले जनाएको छ ।

eastern-development-region

मेची अञ्चलका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकनका लागि आएका तथा भारतबाट काठमाडौंलगायतका क्षेत्रका लागि जाने पर्यटकहरु दमकमा समेत बसोबास गर्ने गर्दछन् । तर पछिल्लो २ साता खासै ग्राहकहरु नआएको होटल व्यवसायी संघ क्षेत्रीय समिति दमकले जनाएको छ । संघका कार्यबाहक अध्यक्ष राजन दंगालले होटलमा दिनभरि स्थानीय ग्राहकलाई खाजा, चिया मात्र बेच्नु परेको बताए । वरिपरिका ग्राहक फाट्टफुट्ट आउने गरेको भए पनि उनीहरुले चिया र सामान्य खाजामात्र खाने गरेको उनले सुनाए । टाढाबाट आउने ग्राहक नआएकाले होटल चल्न छोडेको उनको भनाई छ ।  वैशाखमा गएको भूकम्प पछि करिव २ साता सुनसान बनेका होटलहरु पुनः त्यहि अवस्थामा पुगेको व्यवसायीहरुको भनाई छ । दमक क्षेत्रीय समिति मातहतमा करिब ७०० होटल छन् । तीमध्ये अधिकांश होटल अहिले ग्राहकविहीन रहेको संघले जनाएको छ ।

बन्द नहुँदा ७०० मध्य एक दर्जन ठूला होटलमा दैनिक ५० हजार सम्मको ब्यापार हुने गरेको छ भने बाँकी साना होटलहरुले ५–१० हजार सम्मको व्यापार गर्ने गरेको कार्यबाहक अध्यक्ष राजन दंगालले बताए । २ साता लामो बन्दका कारण झापामा मात्रै करिव १६ करोड रुपैयाँ बराबरको नोक्सान भएको उनले बताए ।

अझ पूर्वमा केन्द्रित राजनीतिक दल तथा संगठनहरुले गरेको बन्दको प्रभाव बढि पर्ने गरेको छ । पूर्वमा क्रियाशिल रहेका दलहरुले बन्द गराउँदा यातायात तथा पसल समेत बन्द हुने हुँदा बन्दै गर्नु पर्ने अवस्था आउने दंगालले बताए ।

]]>
2593 0 0 0
कुरिलोको व्यवसायीक खेती सुरु http://localhost/ghum/%e0%a4%95%e0%a5%81%e0%a4%b0%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%95-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80/ Wed, 02 Sep 2015 04:08:13 +0000 http://www.ghumphir.com.np/?p=2596 चीना थापा

सिन्धुली, १६ भदौ :

सिन्धुली जिल्लामा जंगली कुरिलोको व्यवसायीक खेती सुरु गरिएको छ । अन्य खाद्यन्न बालि तथा तरकारी र नगदेवालीमा भन्दा धेरै आम्दानी हुने भएपछि कृषकहरु व्यावसायीक कुरिलो खेती तर्फ आकर्षित हुन थालेका हुन् । विगत केहि वर्ष अघिदेखि जिल्लामा कुरिलोको खेती हुँदै आएको भए पनि व्यवसायीक खेति भने भएको थिएन । राम्रो आम्दानी हुनेभएपछि पछिल्लो समयमा कृषकहरुको आकर्षण यसतर्फ बढेको छ ।

kurilo

विभिन्न संघ, संस्था, जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति, कृषि विकास कार्यालय तथा निजी क्षेत्रको पहलमा कुरीलो खेतीका लागि बिउ—विजनका साथै आर्थिक तथा प्राविधिक सहयोग हुन थालेपछि यस तर्फ कृषक आकर्षण बढेको हो । अहिले सिन्धुलीको करिब १६० रोपनी क्षेत्रफलमा कुरिलो खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकृत देवराज अधिकारीले जानकारी दिए ।

अधिकारीका  अनुसार जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरापालिका, लाम्पानटार, भद्रकाली, रतनचुरा, लगायतका १८ गाविसमा कुरिलोको खेती गरिएको छ । हाल जिल्लामा २ लाख ८० हजारको संख्यामा कुरीलोको विरुवाहरु लगाइएको उनले बताए  । जिल्लाका ४० भन्दा बढी कृषकले जंगली कुरिलोको व्यावसायीक खेती थालेका छन् ।

विगत तीन वर्षदेखि व्यवसायीक रुपमा कुरिलो खेती गर्दै आएका कमलामाई नगरपालिका– ४ मधुटारका कृषक रामबाबु शाहले वार्षिक एक लाख ८० हजारको संख्यामा विरुवा उत्पादन गर्ने गरेको जानकारी दिए । उनले आफ्नो जमिनमा कुरिलोको विरुवा नर्सरी स्थापना गरि उत्पादन गर्दै आएका छन् ।

विरुवा बिक्री गर्दा पनि वार्षिक २ लाख ४० हजार रुपैयाँसम्म आम्दानी हुने भएपछि आफुले विरुवा उत्दानसँगै जिल्लाका विभिन्न ग्रामीण क्षेत्रका कृषकहरुलाई बिरुवा वितरण गर्ने गरेको उनले बताए । जिल्लामा व्यावसायीक कुरिलो खेती प्रबद्र्धनका लागि निजी क्षेत्रको प्रियंका ट्रेडर्सले सघाउदै आएको छ । ट्रेडर्सले स्थानीय कृषकहरुका लागि निःशुल्क कुरिलोको विरुवा उपलब्ध गराउनुको साथै आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको जनाएको छ ।

ट्रेडर्सले आगामी दिनबाट वार्षिक तीन लाखको संख्यामा विरुवा वितरण गर्ने लक्ष्य लिएको छ । जिल्लामा कुरिलो खेती गर्दै आएका कृषकहरुले वार्षिक रुपमा न्युनतम २० हजार रुपैयाँदेखि १ लाख ६० हजार रुपैयाँसम्म आम्दानी लिने गरेको कृषकहरुको भनाई रहेको छ ।

न्युन लागानीमा धेरै आम्दानी गर्न सकिने भएकाले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन सकिने कृषक स्वयमले बताउने गरेका छन् । ‘कुरिलोलाई वर्षको दुई पटकसम्म गोडमेल गर्ने र सिँचाई गरि दिए यसबाट कम्तीमा १८ वर्षसम्म उत्पादनसँगै आम्दानी लिन सकिने छ,’ स्थानीय कृषक भगतनारायण श्रेष्ठले भने ।

]]>
2596 0 0 0
पैँतालीस दिनदेखि सडक अवरुद्ध http://localhost/ghum/%e0%a4%aa%e0%a5%88%e0%a4%81%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%b8-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%85%e0%a4%b5%e0%a4%b0/ Wed, 02 Sep 2015 05:48:45 +0000 http://www.ghumphir.com.np/?p=2603 मेलम्ची, १६ भदौ ।

गत साउनको पहिलो सातादेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको क्षेत्र नं ३ का उत्तरी भेगका १३ गाविसको सडक अवरुद्ध भएको छ । जिल्लाको थाङपालधाप, वासखर्क, बरुवा, गुन्सा, भोताङलगायत गाविसमा ४५ दिनदेखि यातायातको कुनै सवारी साधन चल्न नसकेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्र थापाले बताउनुभयो । यातायात सञ्चालन हुन नसक्दा जिल्लाको उत्तरी भेगका स्थानीयवासी निकै सास्ती खेप्नु परेको छ । दैनिक उपभोग गर्ने खाद्यान्न, दाल, चामल, चिनी लगायतका सामान लिनका लागि १० घन्टाको बाटो हिँडेर मेलम्ची बजारमा धाउनुपर्ने बाध्यता रहेको जानकारी थाङपालकोट गाविसका सहायक सचिव कुमार बस्नेतले दिनुभयो । उहाँका अनुसार १० घन्टाको बाटो हिँडेर जाँदा फर्केर आउने नआउने केही भर छैन । विभिन्न ठाउँमा पहिरो गइरहेको हुन्छ । कुन बेला हिँड्दाहिँड्दै पहिरोले माथिबाट थिच्ने हो, ज्यानको माया मारेर जोखिम मोलेर खाद्यान्न किनेर डरै डरमा घर पुग्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । पटकपटकको अविरल वर्षाका कारण मेलम्चीबाट जिल्लाको सदरमुकाम चौतारा जोड्ने मनमोहन राजमार्गअन्तर्गत सहरे भिरमा भीषण पहिरो गएकाले यातायात सञ्चालन हुन सकेको छैन । सडक अवरुद्ध भएसँगै जिल्लाको मेलम्ची बजार क्षेत्रमा मूल्यवृद्धिको मार खेप्नु परेको स्थानीयवासीको गुनासो रहेको छ । स्थानीय प्रशासनले यस सम्बन्धमा चासो देखाउनुपर्ने मेलम्ची नगरपालिका–१२ का टोमशंखर दुलालले बताउनुभयो । मेलम्ची बजार क्षेत्रमा नै माथिबाट पटकपटक ठूल्ठूला ढुङ्गा खस्ने गरिएको र बजार क्षेत्रका स्थानीय बासिन्दा दैनिक त्रसित भई रात कटाउन बाध्य भएको स्थानीयवासी चित्रकुमार श्रेष्ठ बताउनुहुन्छ ।

]]>
2603 0 0 0
साइकल चढेर राराताल http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2-%e0%a4%9a%e0%a4%a2%e0%a5%87%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b2/ Wed, 02 Sep 2015 06:19:01 +0000 http://www.ghumphir.com.np/?p=2606
महेन्द्र राज कोइराला
साइकल चढेर राराताल नपुगी स्वर्ग पुगिन्न भन्ने भूत सवार भयो हामीलाई। त्यसैले ०७१ चैत २० गते हामीले पोखरा छाड्यौं। बसमा कोहलपुर हुँदै सुर्खेत पुग्दा बिहानको ८ बज्यो।
त्यहाँ भेटिएका पुराना मित्र कुमार सापकोटाले बुलबुले तालको कथा सुनाए। तर, हाम्रो साइकल जुम्लाको सिञ्जा जाने बसमा लोड भइसकेका थिए। केही बेरपछि बस जंगलबीचबाट अघि बढ्यो। बड्डिचौर बजारको सार्वजनिक शौचालयमा 'बाहिर फोहोर गर्नेलाई रु ५०० जरिवाना' भन्दै माइकिङ भइरहेको सुन्यौं। छिनभरमा साँघुरो र भीरको बाटो हुँदै बसअगाडि बढ्न थाल्यो। बसका कर्मचारीले केही दिनअघि १८ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनास्थल देखाए। उनले त्यो बस त झन् नयाँ बनाएर यही रूटमा चल्दै छ रे भन्दा झसङ्ग भयौं। ०६३ चैत ३० गते सञ्चालनमा आएको कर्नाली राजमार्गमा ०७१ चैत २ गतेभित्र मात्रै १५९ वटा सडक दुर्घटना भएको र २०९ जनाको ज्यान गएको रहेछ। सुन्दै आङ सिरिङ्ग भयो। त्यसैले यसलाई मृत्युमार्ग भनिँदो रहेछ। हामी पात्लेखोला, स्याउली बजार हँुदै तल्लो ढुंगेश्वर दैलेखको चेकपोस्ट, असाराघाट सिस्ने हुँदै पहिलो रात बसमा बिते पनि दोस्रो रात राकम कर्णालीमा बस्यौं। तेस्रो दिन राकमबाट खिडकीज्यूला हुँदै दैखोला पुग्यौं। जहाँबाट दैलेख र कालिकोटको बाटो छुट्टिँदो रहेछ। भर्ताको पुल अनि हिले बाटो विशाल चट्टान पार गर्दै मान्मा बजार पुगियो। मान्मा बजारसम्म पुग्दा बुद्धिसागरको उपन्यास 'कर्नाली ब्लुज'का घटनाक्रम दिमागमा सलबलाउन थाले। विशाल चट्टानहरूलाई लिएर कुनैकुनै घरले एकापट्टीको घरको गारो नै बनाएका भने कसैले गोठको रूपमा प्रयोग गरेका देख्यौं। करिब ३ घन्टापछि जुम्लाबजार जाने र मुगु जाने बाटो छुट्टिने नाग्मा बजार पुग्यौं। हाम्रो वास्तविक साइकल यात्रा त्यहीँबाट नै सुरु भयो।
rara lake 1हामी हिमा कर्णालीको तीरैतीर, ठाउँठाउँमा नदी पार गर्नको लागि बनाइएका ठूलाठूला काठका पुलहरू थिए, जसका दुवै किनारामा कुनैमा सैनिकहरू राजालाई पहरा दिएर बसेका, कुनैमा बेहुलाबेहुली र जन्तीका चित्र कुँदिएका थिए। बडकी गाविसका आचार्यहरूको धेरै बस्ती रहेकाले आचार्यलिही भएको त्यस ठाउँमा ०६९ वैशाख १ गते गाडी पुगेको रहेछ। गुरु चन्दनाथ भैरवनाथद्वारा भारतको जम्मु काश्मिरबाट बिउबिजन ल्याएर चैत १२ गते बिउ राखेकाले त्यही चलनअनुरूप चैत १२ गते बिउ बोरामा राखी खोलामा फ्याँकी ४ दिनपछि घरमा ल्याई त्यसलाई सुक्खा बनाई चैत १९ र २० गते छरिने र जेठ १२ बाट रोप्न सुरु गरिने चलन रहेछ। सिञ्जाको धनुखानामा भने चैत ८ गते बिउ राख्ने चलन कनकासुन्दरी माईबाट भएको रहेछ। नेपाली भाषा जसलाई खस वा सिञ्जाली भाषा पनि भनिन्छ। त्यसको जन्मस्थल सिञ्जा उपत्यका हो। १२ देखि १४ औं शताब्दीमा मल्ल राजा नागराजको शासनकालमा कर्णाली क्षेत्रको राजधानी रहेको सिञ्जा उपत्यकाको अन्तिम गाउँ घाँसेओडार रहेछ। सुरुको गाउँ नाग्मा ओडार हो भनी जुम्लाको भैरव उच्च मावि नराकोटको कक्षा १० मा पढ्ने आत्माराम आचार्यले वर्णन गरे । आचार्यलिहीबाट झोलुंगे पुल तरेपछि हिलो बाटो हुँदै नराकोट हान्नियौं। त्यही हामी होटलमा बस्यौं। चौथो दिन बिहान ६ः३० बजे साइकलमा हिमा नदी तीरैतीर कोटघर हुँदै गोठीज्यूलाको ओरालो हान्नियौं। त्यहाँ स्थानीय भन्दै थिए, 'तिम्रा भाँडो यहीँ राखिजाऊ र हिँडिगयौ भने ६ घन्टामा पुगिजान्छौं, नत्र कहिले हो कहिले।' त्यहाँको भाषा सुन्दा श्री ५ बडामहाराज पृथ्वी नारायण शाहको पालाको जस्तै लाग्यो। त्यसपछि हामी मालिका बोताबाट गाडी चल्ने बाटो नगई गाउँबीचबाट स्थानीयले हिँड्ने बाटोबाट साइकल ठेल्न थाल्यौं। केटाकेटी हाम्रापछि लागे। पहरा ताछेर बनाइएको बाटो कटेपछि हामी ५ः३० बजे हिउँको थुप्रा भएको भुलभुले पुग्यौं। जति सक्यो उति कट्ने प्रयासमा थियौं। बाटैमा एक युवकले रोके 'अगाडि जानुभयो भने बस्नेखाने ठाउँ भेटनुहुन्न, तपार्इंहरू लेकको जंगलमा अलपत्र पर्नुहुन्छ, नजानू।' rara हामी भुलभुले फर्किएर होटलमा बस्यौं। खासमा पानी भुलभुल गरी निस्कने ठाउँ भएकाले भुलभुले नाउँ रहेको रे। बाटो खनेपछि भने भुलभुल हराएछ। होटल मालिक धतुरे जसको एक खुट्टामा एउटा कम्पनीको र अर्कोमा अर्को कम्पनीको जुत्ता थियो। जतिजति रात छिप्पिँदै गयो, धतुरेको (खासमा नाम प्रेम भए पनि उसकी रामप्यारीले राखेकी थिइन्) र उनकी श्रीमती रामप्यारी (खासमा नाम लक्ष्मी भए पनि धतुरेले राखेको नाम) को कहानी अझ रमाइलो पो लाग्न थाल्यो। रामप्यारी उनकी तेस्री उर्फ कान्छी श्रीमती रे। पहिली श्रीमतीलाई २० हजार तिरेर पारपाचुके गरेछन्। अनि दोस्रीचाहिँ उनले रामप्यारीलाई भगाएर लगेर १० दिनसम्म घर नआएपछि आफैं भागेकी रे। 'कान्छी भनेर त अहिले नै नभनम् बल्ल ३० वर्षको त भएँ,' धतुरेले फेरि बिहे गर्ने संकेत गरे। त्यहाँ गाडीका स्टाफहरूले होटल भरिभराउ हुँदो रहेछ। पाँचौं दिन बिहान ६ः१५ बजेदेखि भुलभुलेबाट साइकल कुदायौं। केही बेरमै चारैतिर हिउँ नै हिउँ भएको ४ हजार फिटमाथि सेनाको चेकपोस्ट पुग्यौं। बाटो छाडेर हिउँमा साइकल कुदाउन थाल्यौं। जंगलबीचमा राष्ट्रिय चरा डाँफे हेर्दै साइकल कुदायौं। हिउँले जमिन गलेकाले होला ठूलो पहिरोले बन्द बाटोमा साइकल काँधमा बोकेर पार गर्यौंष। साइकल कुदाउँदै झयारी फेदी आयौं र उकालो चढ्यौं र तेर्पाया बाटो हुँदै ताल्चा विमानस्थल र मुगुको सदरमुकाम गमगढी जाने बाटो छोडी मोडबाट रारातालका लागि हान्नियौं। अलिमाथि के पुग्थ्यौं, एक्कासि मौसम बिग्रिएर अगाडिका डाँडा सेताम्मे भए भने हावाहुरी लागेर असिनापानी पर्न थाल्यो।
rara 1 पर पुगेपछि धन्न चिया पसल भेटियो। चियाको चुस्कीपछि मौसममा थोरै परिवर्तन हुने संकेत देखियो। पानीको परबाह नगरी अघि बढ्यौं। जंगलको ग्रेँगर, हिलो, रूखका लेउ लागेर निस्केका जरा र ओरालो, भिरालो तथा चिप्लो खोल्सा खाल्सीमाथि बनाइएका काठका पुल पार गर्दै हामी राराताल पुग्यौं। वाह! हाम्रो रारा! गन्तव्यमा पुग्दा खुसीको सीमा रहेन। क्यामेरा खोल्यौं। शान्त वातावरण, हिमाल, निलो पानी, अनि पानीमा स्पष्ट खेलिरहेका देखिएका माछा, त्योभन्दा स्वर्ग कहाँ भेटिएला! राराताललाई ठ्याक्कै एक फन्को लगाएर होटल पुग्यौं। त्यहाँ महँगो गुठीच्याउको नमुना पनि देख्यौं। राराताल जसलाई पहिले रारा दह भनिन्थ्यो र राजा महेन्द्रको २०२० सालको भ्रमणपछि यसलाई महेन्द्र ताल भन्न थालियो।
rara lake 2 रारा २,९९० मिटरको उचाइमा रहेको नेपालकै ठूलो ताल हो। यसको लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर तथा गहिराइ १६७ मिटर छ। राजा महेन्द्रले राराको सुन्दरताबाट मन्त्रमुग्ध भएर 'सुन्दरताको भण्डार सहारा, के खनाया यसै रारामा राराकी अप्सरा' भनेर भनेका थिए। रारा अन्तर्राष्ट्रिय महŒवको सिमसार क्षेत्र हो। १०६ वर्ग किमिमा फैलिएको रारा राष्ट्रिय निकुञ्जका रारा र छाप्रुबस्तीलाई बाँके जिल्लामा स्थानान्तरण गरिएको रहेछ। सौन्दर्यको खानी भए तापनि रारामा वर्षमा २ सय हाराहारीमात्रै पर्यटक पुग्दा रहेछन्। तालकिनारमा खान र बस्न एउटामात्र होटल छ, डाँफे होटल। डाँफेमा १० कोठा छन्। आवश्यकताअनुसार टेन्टमा बस्न पाइन्छ। हामी सुत्ने बेलामा फेरि हिउँ पर्न थाल्यो। छैटौं दिन बिहानी रारामा डुंगा चढ्ने भयौं। निकुञ्जलाई 'केही भवितव्य भएमा हामी स्वयं जिम्मेवार हुनेछौं' भन्ने व्यहोराको निवेदन दियौं। र, नेपाली सेनासहित र्या'फ्िटङ बोटमा लाइफ ज्याकेट लगाएर तालमा पस्यौं। रमाइलो भयो। ताल घुमेपछि मुर्माबाट साइकल डोहोर्यानउँदै तल झर्यौं । साइकलकै लागि भनेर बनाइएको जस्तो सिंगल ट्र्याकको ठाउँठाउँमा ठूलाठूला रूख ढलेका थिए, पहिरो खसेको थियो। ती अवरोध पार गर्दै बाउपानी रातामाटे बस्तीमा साइकल र हामीलाई हेर्नकै स्थानीयको भिड लाग्यो। नदी र खोलामा पौडी खेल्दै गरेका बच्चाहरू साइकलकै पछिपछि दौडन थाले। एक जना बूढाबाले 'बाटो खराब छ, बिस्तारै जाऊ, नदीमा खसिजाऊला' भनेर सुझाए। हामी कर्नाली तीरको सुकाढिक, झुलगा (मुगु र बाजुरा जिल्लाको सिमाना) को स्थानीय होटलमा बस्यौं। कोठामा बत्ती, सिरक र सिरानी थिएन। बेडमुनि हाँसहरुको गँुड थियो। होटलका भाइलाई 'पानी छैन?' भनेर सोधेको त, कर्नाली देखाउँदै भन्यो, 'ऊ त्यहाँ छ।' सातौं दिन बिहान कर्नाली पुल तरी राँकेभीरतर्फ बढ्यौं, खच्चड हिँड्ने पहाडको बाटो। बाटोभरि हुम्लाका लागि खाद्यान्न बोकेका खच्चड, च्याङ्ग्रा र भेडाको अवरोध कहीँ ठेल्दै कहीँ बोक्दै २ घन्टामा राँकेभीर पार गर्यौंि। दसैंमा च्याङ्ग्रा किन्दा नुन बोकेकाको मासु मिठो हुन्न र चाम्रो हुन्छ भन्ने त सुनेकै हो यहाँ त सामान बोक्दै गरेका भेडा च्याङ्ग्रा पो देखियो!
rara lake अप्ठेरो बाटो सुक्खा नदीका गोला ढुंगा, बाटोभरि पानी नभेटिएको अवस्था, वरिपरि गाँजाका बिरुवा। प्रकृतिले धनी भए पनि, निकै बिकट र गरिबी भएकाले त्यहाँ भात माग्दै गरेका ३ जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएर उनीहरूको घर गमगढी बुझाउन लाँदै गरेको दृश्य पनि देखियो। लामो डोहोर्यािउने यात्रा ठाडो खोला पार गरेपछि टुंगियो र त्यही खोलाको पानी पियौं। ठूलो पहिरोको अवरोधलाई साइकल बोकेर पार गरेको केही घन्टामा विमानस्थल रहेको कोल्टी बजारसम्म पुग्यांै, जुन बाजुराको दोस्रो ठूलो बजार रहेछ। हामीले बल्लबल्ल नेपालगन्ज उड्ने टिकट पायौं। केही बेर थकानपछि हामी बजार घुम्न निस्कियौं। विमानस्थलको आडैमा प्रहरी चौकी, बाटोपारि खाद्य संस्थानको डिपो र डिपोमाथि सेनाको ब्यारेक रहेछ। ब्यारेक आडैको खहरे खोलामा बाढी आएर ०७१ जेठ २४ गते कोल्टी बजारका ५ घर बगाएको र ३ जनाको ज्यान गएको जानकारी पायौं। अलिपर बाजुराको सदरमुकाम मार्ताडी जाने बाटोतिर पुरानो र ठूलो बजार रहेछ। तर साँझ परेकाले होटलमा फर्किंयौं। आठौं दिन बिहान ११ः३० मा बल्ल विमान आयो। विमानस्थल व्यवस्थापनले हातेब्यागको समेत पैसा असुल्यो। सबै साइकल जहाजमा नअट्ने अभिव्यक्ति मोलतोलमा मिल्दा अट्यो। मन खल्लो भो। हामी साइकल यात्रीमा अन्तुमान गुभाजू, टोक्केल शेर्पा, अनिल शाक्य, अभिषेक कोइराला र अन्जान कोइराला थियौं। हामी नेपालगन्जमा बागेश्वरी मन्दिर घुम्यौं। एक रात त्यहाँ बसेर अर्को दिन पोखरा फर्कियौं।
]]>
2606 0 0 0
चाडपर्वका विकृति निरुत्साहित गर्न दाङमा पर्चाटाँस अभियान http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%a1%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a4%e0%a5%8d%e0%a4%b8/ Wed, 02 Sep 2015 09:01:32 +0000 http://www.ghumphir.com.np/?p=2614

तुलसीपुर (दाङ), १६ भदौ ।

सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरले नेपाली महिलाको महान् पर्व तीजलगायत अन्य चाडपर्वका नाममा हुने गरेका विकृति, विसङ्गतिलाई निरुत्साहित गर्न आजदेखि पर्चा पम्पलेट टाँस्न तथा वितरण अभियान सुरु गरेको छ ।

dang mapचाडबाडका नाममा गरिने खर्चलाई कम गर्न तथा सादा जीवन उच्च विचारलाई स्थापित गर्न सचेतना जगाउने उद्देश्यले यहाँका सार्वजनिक स्थल, बजार क्षेत्र, गाउँ तथा टोलमा पर्चा टाँस्न सुरु गरेको हो । अभियानको आज तुलसीपुरको सार्वजनिक स्थलमा पर्चा टाँस गरेर इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख धनबहादुर केसीले उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले यस कार्यले नागरिकको चेतनास्तरमा वृद्धि गर्नुका साथै चाडपर्वमा हुने गरेका देखासिकी तथा तडकभडकलाई कम गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले कम खर्चमा चाडपर्व मनाउने संस्कृतिको विकास गर्न र अशोभनीय तरिकाले गरगहना प्रदर्शन नगर्न नागरिकलाई अनुरोध गर्नुभयो । सोही अवसरमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसार्इंले समाजमा शान्ति सु–व्यवस्था कायम राख्न, चाडपर्वलाई सहज र सरल तरिकाले मनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष नारायणी रजौरेले चाडपर्व तथा रितीरिवाजका नाममा केही वर्षयता विकृति मौलाएको र सो कार्यलाई रोक्न यो अभियान सुरु गरिएको बताउनुभयो । कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रमुख, नागरिक समाज, महिला अधिकारकर्मी, विभिन्न दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । केन्द्रले चाडपर्वका नाममा हुने गरेका विकृतिलाई निरुत्साहित गर्न जनचेतनामूलक सन्देश राखेर दुई हजारको सङ्ख्यामा पर्चा पम्पलेट छपाएर यहाँका विभिन्न सार्वजनिक स्थल तथा गाउँटोलमा टाँस गर्ने जनाएको छ ।

]]>
2614 0 0 0
परिश्रमी कृषक http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a5%80-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%95/ Wed, 02 Sep 2015 09:06:40 +0000 http://www.ghumphir.com.np/?p=2617 2617 0 0 0 गोसाइँकुण्ड मेला भर्ने भक्तजन घटे, भेटी रु २९ हजार मात्रै http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%81%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%ad%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%ad/ Wed, 02 Sep 2015 14:04:09 +0000 http://www.ghumphir.com.np/?p=2625

धुन्चे (रसुवा), १६ भदौ ।

यस वर्ष गोसाइँकुण्ड मेलाबाट रु २९ हजार ४१० भेटी सङ्कलन भएको छ । मेला भर्ना आएका भक्तजनबाट चढाइएको भेटी आज जिल्ला प्रहरी कार्यालय रसुवामा गन्ती गरी सार्वजनिक गरिएको हो । गोसाइकुण्ड क्षेत्र विकास कोषका अध्यक्ष सञ्जिव डिएमका अनुसार सर्वपक्षीय रोहवरमा भेटी गन्ती गरिएको हो । यस वर्ष करिब एक हजार भक्तजनले मेला भरेको अनुमान गरिएको छ । गत वर्ष १५ हजार भक्तजनको आगमन भएर रु एक ७३ हजार भेटी सङ्कलन भएको थियो । गत वैशाख १२ मा गएको भूकम्पका कारण भक्तजन घटेको समितिको भनाइ छ ।

]]>
2625 0 0 0
शीघ्र एमआरपी बनाउन आग्रह http://localhost/ghum/%e0%a4%b6%e0%a5%80%e0%a4%98%e0%a5%8d%e0%a4%b0-%e0%a4%8f%e0%a4%ae%e0%a4%86%e0%a4%b0%e0%a4%aa%e0%a5%80-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%86%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%b9/ Wed, 02 Sep 2015 14:08:48 +0000 http://www.ghumphir.com.np/?p=2627

काठमाडौँ, १६ भदौ ।

राहदानी विभागले आगामी मङ्सिर ८ गतेपछि हस्तलिखित राहदानी अमान्य हुने जनाउँदै जति सक्दो चाँडो यन्त्रले पढ्ने राहदानी (मसिन रिडेबल पासपोर्ट, एमआरपी) बनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ । विभागले आज सूचना जारी गर्दै हस्तलिखित राहदानीमा विदेशमा रहेका आफन्तजनलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासमा सम्पर्क गरी एमआरपी बनाउने सूचना प्रवाह गर्न अनुरोध गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमानुसार आगामी नोभेम्बर २४ पछि हस्तलिखित राहदानी अमान्य हुने भएकाले सम्बद्ध सबैलाई एमआरपी बनाउन विभागले अनुरोध गरेको हो ।

]]>
2627 0 0 0
तीन दिन सम्म चल्ने नीलबाराही नाच सुरु http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%9a%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%b0/ Wed, 02 Sep 2015 14:17:05 +0000 http://www.ghumphir.com.np/?p=2630

भक्तपुर, १६ भदौ ।

मध्यपुरथिमिको बोडेमा देखाइने नीलबाराही नाच हेर्नेको घुइँचो लागेको छ । गत सोमबार अर्थात गाईजात्राको भोलिपल्टको मध्यरातिदेखि सुरु हुने नाच तीन दिन चार रातसम्म बोडेमा चल्ने गर्दछ । बोडेका नेवार समुदायले मनाउँदै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाच हो । पन्ध्र दिनअघिदेखि मूलघरमा सिकाइँदै आएको यो नाच राति, बिहान र दिउँसो टोलटोलको चोकमा देखाइने गरिन्छ ।

Nil-Barahi-Nach-Photo1नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लाय्कु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा छ । प्रत्येक टोलको चोकमा धाः बाजा, भुस्याः, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ । नृत्य टोलीमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार, द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ । देवता १९, गुरु छ, १९ देवताका सहयोगी, बाजा बजाउने नौजना गरी १०० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् । दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर बोडेमा नचाइने नीलवाराही नाच कहिलेदेखि सुरु भएको हो भन्नेबारे यकिन जानकारी नभए पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने स्थानीय दिलकृष्ण प्रजापतिले बताउनुभयो । नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर स्थानीय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरी राखेर नाचको सम्पूर्ण विधि सिकाएर पठाएपछि यो नाच सुरु भएको किंबदन्ती रहिआएको छ । नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिसापिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम छ । प्रत्येक वर्ष भाद्र द्वितीयादेखि पञ्चमीसम्म यो नाच नचाइन्छ । बिहानीपख देवगणलाई पूजा गर्न स्थानीय जनताको घुइँचो लाग्ने गर्छ ।

]]>
2630 0 0 0
रु एक करोडको अलैँची बिरुवा बिक्री http://localhost/ghum/%e0%a4%b0%e0%a5%81-%e0%a4%8f%e0%a4%95-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b2%e0%a5%88%e0%a4%81%e0%a4%9a%e0%a5%80-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%b5/ Wed, 02 Sep 2015 14:21:05 +0000 http://www.ghumphir.com.np/?p=2634

इलाम, १६ भदौ ।

जिल्लाबाट एक वर्षमा रु एक करोड बराबरको अलैँचीका बिरुवा बिक्री भएको छ । जिल्लाको फिक्कलमा रहेको अलैँची विकास केन्द्र र जिल्ला कृषि विकास कार्यालय तथा अलैँची बिरुवा उत्पादक किसानले बिरुवा बिक्री गरेका हुन् । अलैँची विकास केन्द्रले उत्पादन गरेको बिरुवा काठमाडौँ, नुवाकोट, गोरखा, कास्की, रोल्पा, स्याङ्जा, पाँचथर, तेह्रथुम, ताप्लेजुङका साथै इलाममा समेत गरी पाँच लाख बढी उत्पादन तथा बिक्री वितरण गरिएको केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो । यहाँबाट सबैभन्दा बढी जिल्लाकै किसानले करिब डेढ लाख र कृषि विकास कार्यालयले ५० हजार भन्दा बढी बिरुवा खरिद गरेको छ । केन्द्रले यस वर्ष रु २७ लाख ७५ हजारको बिरुवा बिक्री गरेको अधिकारीले बताउनुभयो ।

alaichiकेन्द्रले किसान र कृषि कार्यालयलाई प्रतिगोटा रु पाँचका दरले बिरुवा बिक्री गरेको हो । यसका साथै किसानले निजीस्तरबाट समेत रु ७० लाखभन्दा बढीका बिरुवा बिक्री गरेका छन् । जिर्मलेका याम अधिकारीले जिर्मले जातको पाँच लाख ६३ हजार, शमसेर राईले पाँच लाख ३० हजार, भोलानाथ वाइवाले डेढ लाख तथा मङ्गलबारेका नरेन्द्र सुवेदी र वेदप्रसाद राईले एक÷एक लाख अलैँची बिरुवा उत्पादन गरी बिक्री वितरण गर्नुभएको हो । किसानले निजीस्तरमा उत्पादन गरेका बिरुवा सरकारी दररेटभन्दा केही महँगो मूल्यमा बिक्री भएको छ । किसानले प्रतिगोटा रु छदेखि रु आठसम्ममा बिरुवा बिक्री गरेका हुन् । बिरुवाको माग धान्नै नसक्ने गरी आएको थियो तर सीमित मात्र बिरुवा भएकाले मागअनुसार बिक्री गर्न नसकिएको केन्द्र प्रमुख अधिकारीले बताउनुभयो । यस केन्द्रले मुलुकमै अलैँचीखेती विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको छ । यस वर्ष धेरै माग आएकाले १० लाख बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ । जिल्लामा चिवेसाइ, गोलसाई, रामसाइ, डम्बरसाइ र जिर्मले जातका बिरुवा उत्पादन गरिएको छ ।

]]>
2634 0 0 0
अजिङ्गर सङ्कटमा http://localhost/ghum/%e0%a4%85%e0%a4%9c%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b0-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%9f%e0%a4%ae%e0%a4%be/ Wed, 02 Sep 2015 14:29:19 +0000 http://www.ghumphir.com.np/?p=2636

गुलरिया (बर्दिया), १६ भदौ ।

बर्दियामा अजिङ्गरको संरक्षण हुन सकेको छैन । ‘अजिङ्गरको आहारा दैवले पु¥याउँछ’ भन्ने उखान अधिकांश नेपालीको जिब्रोमा झुन्डिएको पाइन्छ । तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ संरक्षित वन्यजन्तु घस्रने वन्यजन्तुको सूचीमा सर्प प्रजातिका अजिङ्गर विविध कारणले यहाँ सङ्कटमा परेका छन् । बासस्थान विनाश, वन डढेलो, कृषि क्षेत्रमा प्रयोग गरिने विषादीलगायत कारणले गर्दा यिनीहरुको अवस्था थप सङ्कटमा परेको छ । बढ्दो जनसङ्ख्या, वन फँडानी, सीमसार क्षेत्रको अतिक्रमण र अत्यधिक प्राकृतिक दोहनले अजिङ्गरको आहारामात्र होइन बासस्थान नै गुम्ने खतरा बढेको कृष्णासार संरक्षण क्षेत्र कार्यालयका प्रमुख नारायण रुपाखेती बताउनुहुन्छ । प्राकृतिक स्रोत साधनमाथि अत्यधिक मानवीय दोहन र बासस्थान विनाशका कारण अजिङ्गर सङकटपूर्ण अवस्थामा छन् । सरकारले हात्ती, बाघ, गँैडालाई जस्तै अजिङ्गरका प्रजातिको संरक्षणमा कसैको ध्यान जान नसकेको रुपाखेतीले बताउनुभयो । वन डढेलोलगायत कृषि प्रणालीको प्रयोग गरिने विषादीले गर्दा अजिङ्गर संरक्षणमा थप चुनौती थपिदिएको उहाँको भनाइ छ । अजिङ्गरको पहिचान र सङ्ख्या यकिन गर्न सरकारले ध्यान दिएको छैन । यस्ता महत्वपूर्ण जैविक सम्पत्तिको संरक्षणका निम्ति नीति ल्याउनुपर्ने माग रुपाखेतीको छ । सर्प प्रजातिमा आकर्षक मानिने अजिङ्गर नेपालमा इन्डियन रकर र वर्मिथ गरी दुई किसिमका छन् । यहाँ तिनको उपयुक्त बासस्थान छ । चिसो रगतयुक्त प्रजातिमध्येका अजिङ्गर शान्त प्रकृतिका मानिन्छन् । सिकारका लागि बाहिर निस्कने र सिकारपछि आराम गर्ने प्राकृतिक गुण तिनमा पाइन्छ ।

]]>
2636 0 0 0
राउटेको नारायणीमा जलयात्रा http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%89%e0%a4%9f%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a4%a3%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%b2%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d/ Wed, 02 Sep 2015 15:14:23 +0000 http://www.ghumphir.com.np/?p=2639

रत्ननगर (चितवन), १६ भदौ ।

लोपोन्मुख जाति राउटेका तीन मुखियाले आज नारायणी नदीमा पहिलो पटक जलयात्रा गरेका छन् । पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको नारायणी किनारबाट उनीहरुले जलयात्रा गरेका हुन् । चितवनको नारायणी नदीमा जलयात्रा पर्यटकीय दृष्टिले पनि राम्रो छ । करिब एक घण्टा उनीहरु नारायणीमा ¥याफ्टिङमा रमाएका थिए । यसअघि फेवा तालमा डुङ्गामा चढे पनि नदीमै जलयात्रा गरेको उनीहरुको यो पहिलो अनुभव हो । नदीको छाल आएका बेला केही डराएजस्तो देखिएपनि उनीहरुले रमाइलो महसुस भएको बताएका छन् । राउटेका मुखिया सूर्यनारायण शाहीले पानीमाथि हिँड्दा रमाइलो लागेको प्रतिक्रिया दिनुभयो । हिजोदेखि राउटे मुखिया सूर्यनारायण शाही, वीरवहादुर शाही र लोकेन्द्र शाही चितवनमा छन् । उनीहरुले गएराति नारायणगढको एक दोहोरी साँझको उद्घाटनसमेत गरेका थिए । बाजागाजासहित स्वागत पाएर गएराति दोहोरीमा रमाएका राउटेले आज जलयात्रा गरेका हुन् । उनीहरुका अनुसार अहिले राउटेका ४० घरमा १३९ सदस्य छन् ।

]]>
2639 0 0 0
बीस हजार सुधारिएको चुल्हो निर्माण http://localhost/ghum/%e0%a4%ac%e0%a5%80%e0%a4%b8-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a5%81%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%b9/ Wed, 02 Sep 2015 15:26:18 +0000 http://www.ghumphir.com.np/?p=2642

इलाम, १६ भदौ ।

दुई वर्षको अवधिमा इलाममा २० हजारभन्दा बढी सुधारिएको चुल्हो निर्माण भएका छन् । सन् २०१७ सम्ममा घरभित्रको धुवाँमुक्त जिल्ला बनाउने लक्ष्यका साथ सन् २०१३ देखि सुरु गरिएको अभियानका क्रममा हालसम्ममा २० हजार १८० वटा सुधारिएको चुल्हो निर्माण गरिएका छन् । जिल्लाका ४३ गाविस र तीन नगरपालिकामध्ये सात वटा गाविस घरभित्रको धुवाँमुक्त गाविस घोषित भइसकेका छन् भने चार वटामा चुल्हो निर्माण सकेर घोषणा चरणमा छन् । गोर्खे, सिद्धिथुम्का, लुम्दे, साँखेजुङ, सोयाङ, नामसालिङ, जितपुर गाविसलाई प्रदूषणमुक्त घोषणा गरिसकिएको छ । प्याङ, पुवामझुवा, माइमझुवा र जोगमाई गाविस घोषणा चरणमा रहेका छन् । चौसट्ठी हजार ५०० घरधुरीमध्ये ४४ हजार घरधुरीमा अझै पनि परम्परागत चुल्होको प्रयोग भइरहेको छ । फलामे चुल्हो निर्माणमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अनुदान दिए पनि सुधारिएको चुल्हो भने अनुदानको व्यवस्था छैन् । दुई मुखे फलामे चुल्होमा रु तीन हजार र तीन मुखे चुल्होमा रु चार हजार तथा लक्षित वर्गलाई प्रतिचुल्हो रु एक हजार थप अनुदानको व्यवस्था रहेको छ । उत्तरी क्षेत्रका घरधुरीमा भने फलामे चुल्हो बनाउने धेरै छन् । जिल्ला विकास समितिअन्तर्गत वातावरण ऊर्जा तथा जलवायु शाखाका अनुसार घरभित्रको सुधारिएको चुल्हो निर्माण अभियानलाई व्यापक बनाइएपछि धेरै चुल्हो बनेको नामसालिङ सामुदायिक विकास केन्द्रअन्तर्गत वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाको सेवा केन्द्रका संयोजक प्रकाश खतिवडाले बताउनुभयो । जिल्लाका गजुरमुखी, इभाङ, शान्तिडाँडा, साङरुम्वा, दानाबारी, चिसापानीलगायत १३ गाविसका ४० प्रतिशत घरधुरीमा सुधारिएको चुल्हो निर्माण भइसकेको छ । यी गाविसलाई चालु आवमा घरभित्रको धुवाँमुक्त बनाउने लक्ष्यका साथ चुल्हो निर्माणलाई प्राथमिकता दिइएको खतिवडाको भनाइ छ । खुला दिसामुक्तलाई गाविसले न्यूनतम शर्त मापन तथा कार्यसम्पादन मूल्याङ्कनमा पहिलो सूचक मानेको छ भने घरभित्रको धुवाँमुक्तलाई दोस्रो सूचकका रुपमा लिइएको छ । सुधारिएको चुल्हो निर्माण अभियानलाई प्रभावकारी बनाउन जिविसले गाविस सचिवको क्षमता अभिवृद्धि, सुधारिएको चुल्होको तथ्याङ्क अद्यावधिक गर्ने र चुल्हो प्रवद्र्धकलाई तालिमजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । सुधारिएको चुल्हो क्षेत्रमा जिविस, नामसालिङ सामुदायिक विकास केन्द्रलगायत गैरसरकारी संस्था सक्रिय छन् ।

]]>
2642 0 0 0
नेपाल क्यानोनिङका लागी अति उपयोगि छ : व्यवसायी लामा http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8b%e0%a4%a8%e0%a4%bf%e0%a4%99%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80-%e0%a4%85/ Thu, 03 Sep 2015 03:24:51 +0000 http://www.ghumphir.com.np/?p=2646 विगत १२ वर्ष देखि क्यानोनिङ खेलको प्रबद्धन,विकास तथा ब्यबसायमा आवद्ध पर्यटन व्यवसायी राजेन्द्र बहादुर लामा पर्यटन सग चिरपरिचत नाम हो । क्यानोनिङसंगमात्र नभएर समाजसेवामा पनि उत्तिकै परिचित छन् लामा । नेपालमा यो खेलको उचित प्रवद्धन हुन नसकेपनी समय समय यस्को चचौ परिचचौ समेत हुने गर्दछ । जब कास्की पोखरामा खोचमा अढाई बर्षको बालीका परेर उद्धार हुन सकेन । बिभिन्न प्रयासका बाबजुत हुन नसेपछी राजेन्द्र लामाको टिमले सुरक्षीत उद्धार गरेका थिए खोचमा परेका बालक कमल नेपालीलाई । नेपालीलाई सुरक्षीत तवरले निकाल्नका लागी क्यानोनिङ एसोसियसनका प्रमुख सहित उनैको टोली काठमान्डौ बाट कास्की पुगेर कमल नेपालीलाई उद्धार गरेको थियो । नेपालका क्यानोनिङको वर्तमान अवस्था,विकास र प्रवद्धनका बिषयमा घुमफिरले ब्यबसायी लामा सग गरेको कुराकानी

rajendra lamaके हो क्यानोनिङ ? साहसिक खेलहरुमा पर्ने क्यानोनिङ नेपालमा हाल व्यावसायिक रूपमा विकसित हुँदै गएको साहसिक खेल हो । चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिदै हाम्फाल्दै चिप्लिदै झरना र खोलाका छाँगाबाट खस्दै खेलिने साहसिक खेल हो, क्यान्योनिङ । नेपालमा यो खेल साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित हुँदैछ । युरोप र अमेरिकामा निकै लोकप्रिय यो खेल अति साहसिक खेलका रुपमा परिचित छ । नेपालका पहाडी र हिमाली भेगमा प्रशस्त मात्रामा हुने झरना र खोलाको छाँगाका कारण नेपाल नयाँ पर्यटकीय आकर्षणका रूपमा विदेशीहरूको रोजाइमा पर्ने गर्दछ । नेपालको भैगोलिक बनावट र प्रचुर संभावना हुदाहुदै सोचे अनुरुप क्यानोनिङ खेलको विकास हुन सकेको छैन ।

नेपालमा यस खेलको संभावना कतीको छ ? पक्कैपनि नेपालको भूबनोट क्यानोनिनीङको लागी चाहिने छागा झरना विश्वमै उत्कृष्ट खालका रहेका छन् । विशेष गरि यो साहसिक खेलको रूपमा विकसित क्यान्योनिङ अग्ला झरनाबाट डोरीको सहायताले झुण्डिदै झर्ने अवरोहण गर्ने खेल हो । चिप्लिने, हाम्फाल्ने, पौडिने र झर्ने यसको मुख्य विशेषता हो । ज्यानको बाजी लगाएर गरिने यो कठिन र जोखिमपूर्ण खेल हो त्यसैले यसलाई साहंसिक खेलमा लिइन्छ तर आम सर्वसाधारणले सोचेजस्तो खतरा भने पक्कै हुन्न हामीले गर्ने क्यानोनिङ शतप्रतिशत सुरक्षीत हुन्छ । यसमा विशेष तालीमको आवश्यकता पर्छ जुन हामीले विदेशमा गएर प्रशिक्षण लिएर आएका हौ र नेपालमा पनि नेपालीहरुलाई प्रशिक्षण दिएर यो खेल संचालन गर्दै आएका छौ । क्यानोनरलाई हेलमेट, हार्नेस, वेटसुट, डोरी, जुत्ता र झोला सहितका सामग्री आवश्यक पर्दछ । नेपालको सन्दर्भमा यो खेन नयाँ नै मान्नु पर्छ ।

नेपालमा यो खेल कसरी आयो ? यो खल अमेरिका र फ्रान्स हुदै नेपाल भित्रीएको हो । विदेश आट नेपाल घुम्न आएका विदेशीहरुले हाम्रो देशमा जता ततै आकर्षण झरनाहरु देखे र आफ्नो देशमा प्रचार प्रसार गरे । अनि विदेशी विस्तारै नेपालमा क्यानोनिङ गर्न आउन थालेको पाइन्छ । विशेष गरि नेपालमा सन् १९९७,९८ ताका नेपालमा भित्रीएको भएपनि व्यवसायीक रुपमा २००७देखी सुरु भयो ।नेपालमासन् २००२ देखि २००७ सम्म एकखालको क्यानोनिङ मिटिङ भयो र नेपालमा लगभग २०० जना १२ देशका सांहासिक खेलाडीहरु जम्मा भएका थिए, यो विश्वस्तरको पहिलो संम्मेलन जस्तै थियो र पाचवर्ष एक्पीडिसन भएको थियो, यो चाहि लम्जुङको बेसी सहर को र्मरस्याङदीमा भएको थियोे । । त्यसपछि हाम्रै पहलमा२००७मा नेपाल क्यानोनिङ एसोसीयसन दर्ता भयो र त्यसै बेला देखि आबद्ध भएर हामी लागेका हौ र यसले विश्वस्तरको इभेन्टहरु गराउने गर्दछ । नेपालको विभिन्न पहाडी इलाकाहरुमा यो इभेन्ट हुने यो खेल विशेष गरि २०११ देखि व्यवसायीक हुदै देशको विभिन्न पहाडी इलाकामा हुदै आएको छ । यो खेलको कुनै सिजन विशेष छैन यो चारै सिजनमा सजिलै गर्न सकिन्छ ।

rajendra lama

नेपालमा क्यानोनिङको भविष्य कस्तो देख्नु भएको छ ? नेपालमा यो साहसिक खेल भएकाले मैले राम्रो संभावना देखेको छु ।यो खेल संगै हिमाल आरोहण, पदयात्रा, जलयात्रा र रमणीय प्राकृतिक सौन्दर्यका कारण विकसित नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समयमा पर्यटक लोभ्याउने नयाँनयाँ गन्तब्य सम्पदा र खेलले पर्यटक तान्ने क्रममा क्यान्योनिङको प्रवर्द्धन हुन थालेको छ । यसको प्रवद्धनका लागी नेपाल सरकार संग हामीले केहि सहकार्यका योजना पनि अगाडी बडाएका छौ संभव त त्यो चाडै अगाडी बड्नेमा हामी विश्वस्त छौ ।नेपालमा साहसीक पर्यटकलाई विभिन्न किसिमका कठीनाईहरु छन त्यसकालागी हामीले पहल गरेका छौ र नेपाल सरकारको कार्यविधि अली अफ्ठयारो खालको छ त्यसलाई परिमार्जन गर्नुपर्छ कर्मसियललाई दु्रतगतीमा अगाडी लैजान समस्या छ । हामीले बनाएका कार्यविधी अनुसार सहासिक खेलमा हुने अफ्ठयाराहरु लगाएतका कुराहरु समेटिएको प्रतिबेदन नेपाल सरकारको पर्यटन उद्योगसाखामा रोकिएको छ ।

नेपालमा क्यानोनिङका लागी उपयुत्त ठाउ विशेष छ कि? नेपालको भू बनोट यो खोलको लागी ज्यादै उपयूत्त छ देशका प्राय सबै क्षेत्रमा यस खेलका लागी चाहिने झरना झागा पाउन सकिन्छ तर पर्यटकले ज्यादै नै रुचाएको ठाउहरु पनि छन काभ्रे, हाडी, जम्बो, ग्यालुङ र फाङफुङ खोला क्यान्योनिङ गर्ने प्रसिद्ध प्रमुख आकर्षकस्थल हुन् र पर्यटकले अनि नै रुचाउने ठाउमा लम्जुङ र मुग्लीङ भन्दा केहि जलबीरे पनी अती आर्कर्षी क्षेत्र हो । नेपालमा हिमाल पहाड दुबै छ । यसले विश्वका साहासिक खेलाडीहरुलाई आकर्षण गर्छ । र विशेष गरेर क्यानोनिङका लागी अति उपयोगि छ । यो चारै सिजनमा गर्न सकिने खेलहो ।

कतीको सुरक्षी त? सबैखालको उमेर समुहले यो खेलखेल्न सक्छन हेर्दा डरलाग्दो देखिए पनि विश्व स्तरको ट्रेनिङ गरिने र सामान पनी त्यसतै प्रयोग हुने भएकाले जस्तो डरलाग्दो देखिए पनी त्यस्तो छैन्। विभिन्न खालको विश्वस्तरको टेनिङ गर्ने नसकिएको ले मात्र डरलाग्दो देखीन्छ तर यो त्यस्तो छैन ।

भूकम्पले नेपालमा आउने पर्यटकलाई निकै प्रभाव पारेको देखीन्छ के उनिहरुले सोचे जस्तै पर्यटकीय क्षेत्र जोखिममा छन र ? पक्कैपनी यो दुखद समाचार मिडीयाले कभर ग¥यो तर हामीले छिट्टै नै सोसल मिडिया र अन्तराष्ट्रीय मिडीयामा नेपाल सुरक्षीत छ भनेर म्यासेज दिनु पर्छ ढिलो त भयो तर सरकारले पनी त्यसतै खालको न्यूज दिनुपर्छ ।

cynoning क्यानोनिङमा तपाई लाग्नु भएको कती भयो ?सन्तुष्ट हुनुहुन्छ ?सम्झीन लाएक कुनै घटना ? यो खेलमा म लागेको त धेरै भयो भाई तर व्यवसायीक रुपमा लागेको १२ वर्ष भयो । तर टुरिजममा लागेको १५ बर्षजती भयो र म एकदम सन्तुष्ट छु किन भने यसको भविष्यपनि मैले निकै राम्रो देखेको छु ।एसियामा नै पहिलो चोटि भएको साहसीक खेलको आयोजना नेपालमा २०११ मासंसारकै ठूलो खेलको आयोना भयो मैले अगि पनी भने यो आयोजना एसियाकै ठूलो आयोजना थिाोे र अर्को संझन लाएक भनेको तपाइलाई पनी थाह छ होला पोखराको खोचमा एक वालिका सखेको मिडीमा समाचार आएको थियो कमल नेपाली भाईको जस्ले खोचमा खसेको एक वालिकाको उद्धार गरेका थिए तिललाई निकाल्न मेरै नेतृत्वमा हाम्रो टोली नै हो त्यती बेलामा हामी पनी भर्रखर भर्रखर व्यवसायीक सुरुवात गरेका थियौ ।

cynoning

]]>
2646 0 0 0
सहकारीलाई सित्तैमा जग्गा दान http://localhost/ghum/%e0%a4%b8%e0%a4%b9%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%88%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%97%e0%a5%8d%e0%a4%97%e0%a4%be/ Thu, 03 Sep 2015 06:34:08 +0000 http://www.ghumphir.com.np/?p=2655 गोरखाबजार, १७ भदौ ।

तरकारी खेतीको पकेट क्षेत्र गोरखाको घ्याल्चोकका स्थानीय किसानले सहकारीलाई १६ आना जग्गा दान गरेका छन् । सामूहिक कृषि सहकारी संस्थाको भवन निर्माण गर्न घ्याल्चोक–९ का किसान श्रीकृष्ण पौडेल, झम्कबहादुर मगर, चन्द्रबहादुर श्रेष्ठ र देवीमाया रेग्मीले चार÷चार आना क्षेत्रफलको जग्गा दान गर्नुभएको हो । तरकारी सङ्कलन गरी बिक्री–वितरणका लागि सहकारीले विभिन्न ठाउँमा सङ्कलन केन्द्र भवन निर्माण गर्ने जनाएको छ । घ्याल्चोक–५ को सामुदायिक भवन, ९ को गाविस भवन र ५ को वडहरे क्षेत्रमा नयाँ भवन निर्माणको प्रक्रिया सुरु गरिसकेको सहकारीका अध्यक्ष भूमि रेग्मीले जानकारी दिनुभयो । आठ सय किसानले घ्याल्चोकमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । “तरकारी बेचेर वार्षिक रु १० करोड भित्रिन्छ”–रेग्मीले भन्नुभयो–“तरकारी खेती विस्तारका लागि थप जग्गा खोज्दैछौँ ।” रु २० लाख बराबरको जग्गा सहकारीलाई प्राप्त भएको रेग्मीको भनाइ छ । किसानले काँक्रो, गोलभेँडा, फर्सी, घिरौँला, सिमी, आलु, भेडीँलगायत जातका तरकारी खेती गर्दै आएका छन् । तरकारी सङ्कलन केन्द्र भवन नहुँदा समस्या भएको भन्दै किसानले आर्थिक सहयोग सङ्कलन गरेर छिट्टै भवन निर्माण गर्ने जनाएका छन् । सिँचाइको सुविधा र यातायातको सहज पहुँच नहुँदा यहाँका किसानले बारीमा उत्पादन भएको तरकारी आधा घन्टा बोकेर पृथ्वीराजमार्ग छेउको बजार झार्नुपर्ने बाध्यता छ । उत्पादन भएको तरकारी काठमाडौँ, चितवन, पोखरालगायत सहरमा बिक्री गरिन्छ ।

]]>
2655 0 0 0
महसुल नतिर्ने २९ ग्राहक कालोसूचीमा http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a4%b8%e0%a5%81%e0%a4%b2-%e0%a4%a8%e0%a4%a4%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a5%a8%e0%a5%af-%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%95-%e0%a4%95/ Thu, 03 Sep 2015 06:36:32 +0000 http://www.ghumphir.com.np/?p=2657 इलाम, १७ भदौ ।

नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय इलामले महसुल नतिर्ने २९ जना ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयदेखि विद्युत् सेवा प्रयोग गरेर महसुल नतिर्ने ग्राहकको लाइन काटेर कालोसूचीमा राखेको प्राधिकरणले जनाएको छ । महसुल बुझाउन पटकपटक ताकेता गरे पनि अटेर गर्ने ग्राहकलाई कालोसूचीमा राखेको प्राधिकरण इलामका प्रमुख सीताराम सिग्देलले बताउनुभयो ।

कालोसूचीमा पर्नेमा धेरैजसो व्यक्ति तथा उद्योग सञ्चालक रहेका छन् । उनीहरुले ६÷७ वर्ष अगाडिदेखि महसुल नबुझाएपछि लाइन काटेर कालोसूचीमा राखेको प्राधिकरणले जनाएको छ । समयमै महसुल नबुझाउने ग्राहकबाट महसुल उठाउनका लागि प्राधिकरणले अभियान चलाउने तयारी गरेको छ । लक्ष्य अनुसारको काम गर्न दरबन्दी थप नहँुदा समस्या भएको प्राधिकरणले जनाएको छ । तीन नगरपालिकासहित ४० गाविसमा अहिले २९ हजार नौ सय २६ जना ग्राहकले बिजुली बाल्दै आएका छन् ।

]]>
2657 0 0 0
झोलुङ्गेपुल निर्माणपछि आवतजावतमा सहज http://localhost/ghum/%e0%a4%9d%e0%a5%8b%e0%a4%b2%e0%a5%81%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%87%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%86/ Thu, 03 Sep 2015 06:40:01 +0000 http://www.ghumphir.com.np/?p=2659 पाल्पा, १७ भदौ ।

जिल्लाको रामपुर नगरपालिका–९ देखि स्याङ्जाको साँखर गाविस–९ जोड्ने कालीगण्डकी नदीमा झोलुङ्गेपुल निर्माणपछि दुई जिल्लाका बासिन्दालाई आवतजावतमा सहज भएको छ । एक सय ४४ मिटर लम्बाइको सो पुल रु एक करोड २८ लाखको लागतमा बनेको हो । पुल बनेपछि चापाकोट, सेखाम, साँखर र रामपुर नगरपालिकामा हाट मेलामा किनमेल गर्न र आवतजावत गर्न सजिलो भएको जयनारायण न्यौपानेले बताउनुभयो । मिलनघाट झोलुङ्गेपुल निर्माण भएपछि लामो समयदेखि कालीगण्डकी नदीदेखि पाल्पा र स्याङ्जालाई जोड्ने आशा पूरा भएको छ । उपभोक्ता समितिका अध्यक्ष लेखनाथ पोखरेल झोलुङ्गेपुलको दुबै पक्षले संरक्षण गर्न आवश्यक रहेको बताउनुहुन्छ ।

]]>
2659 0 0 0
बालउद्यान निर्माण गर्दै बालबालिका http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Thu, 03 Sep 2015 06:42:32 +0000 http://www.ghumphir.com.np/?p=2662 पथरी (मोरङ), १७ भदौ ।

केराबारी गाविसका बालबालिकाले बालउद्यान निर्माण सुरु गरेका छन् । केराबारी बाल सञ्जालका अध्यक्ष रबिन सापकोटाका अनुसार बालबालिकाको पठनपाठन सहज बनाउनका लागि पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले केराबारी–९ का बालबालिकाले बाल उद्यान निर्माण सुरु गरेका हुन् । जिल्ला वन कार्यालयको अनुमतिमा स्थानीय बालबालिका र अभिभावकको सहयोगमा करिब दुई बिगाहा क्षेत्रफलमा बाल उद्यान निर्माण सुरु गरिएको हो । केराबारी बाल सञ्जाल र स्थानीय समाजसेवी रमेशजङ्ग रायमाझीको आर्थिक सहयोगमा सो बाल उद्यान बन्न लागेको केराबारी बाल सञ्जालका अध्यक्ष रविन सापकोटाले बताउनुभयो । सुरुसुरुमा केटाकेटीले के गर्लान् र भनेर कसैले नपत्याएको तर एक हजार पाँच सय बिरुवा रोपेपछि सबैले सहयोग गर्न थालेको अध्यक्ष सापकोटाले बताउनुभयो । सो उद्यानका लागि धुपी, अशोक, कपुर, रुद्राक्ष, अघोरी सल्ला लगायतका बिरुवा लगाइएको छ । बाल क्लबले साप्ताहिक रुपमा स्थानीय बजारसमेत सरसफाइ गर्दै आएको जानकारी अध्यक्ष सापकोटाले दिनुभयो ।

]]>
2662 0 0 0
जाने त भने तर मनमा कता कता डर पनि लागीरहेयाे http://localhost/ghum/%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%a4-%e0%a4%ad%e0%a4%a8%e0%a5%87-%e0%a4%a4%e0%a4%b0-%e0%a4%ae%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%a1/ Thu, 03 Sep 2015 07:28:37 +0000 http://www.ghumphir.com.np/?p=2665 ranjiरन्जीत सिंह गत बैशाख १२ गतेको आएको महा विनासकारी भूकम्पले अति प्रभावित क्षेत्रमा पर्ने सिन्धुपाल्चोक तेस्रो पटक यात्रा गरियो । भुकम्पले प्रभावित क्षेत्र मध्य यो पटकको यात्रा सुनखानी गाविसको थियो । विषय सधैको जस्तो राहत बाड्ने कार्यमा सहभागी हुने । भूकम्पले लथालीङग पारेको संरचनाको अवलोकन ,पुन निमार्ण र राहत वितरण जुन अन्य विभिन्न जिल्लाहरुमा अझै पनि विभिन्न संघसस्थाले गरिरहेको छन् । यस पटकको यात्रा त्यतीबेला भयो जस्को एक दिन अगाडी मात्र ५.२ रेक्टरको भूकम्प दूई पटक गएको थियो ।  जब राजेन्द्र लामा दाईले सिन्धुापल्चोक जाने भनेर सोध्नु भयो , उहलाई नाई भन्न सकिन जाने भने । जाने त भने तर मनमा कता कता डर पनि लागीरहेको थियो ।  तर यो कुरा मैले मनमा लुकाई राखे कसैलाई भनिन लाज लाग्यो, कस्तो डर छेरुवा भन्नला भन्ने पिर । किन भने यो पटक यात्रा गर्दाको डर अघिल्लो दुई पटक सिन्धुपाल्चोक बासीमा देखेको थिएन । आफुलाई निकै डर लागेता पनी अरुको अरुको अनुहारमा त्यस्तो डर नदेखेपछी आफुलाई पनी डर केही कमी भएको थियो । उनिहरुले धेरै नजीकबाट महसुस गरि सकेका थिए भुकम्पको । तर आफुले त्यती नजीकै महसुस नगरेका कारण पनी होला सायद डर धेरै लागेको । हामीले यात्राकोक्रममा भेट भएका लाई सोधेका थियाै अब भुकम्पको डर लाग्दैन तपाईहरुलाई ? डर के हो त्यो भनेको । पहिला सानो घर थियो ढुंगाको त्यो सबै भत्कीयो, उ बेला घर भत्कीएला र थिचीएर मरिएला भन्ने डर थियो तर अब के छ र भत्कनलाई र अनी भूकम्पदेखि डराउनु । भुकम्प पिडीतका जवाफ सुन्दा कता कता मनको पिडी लुकाएर पनी हास्ने प्रयास गरीरहेका छन् जस्तो लाग्यो । सानातिना त महसुस गर्न पनि छिडीयो,मिठो मुस्कान सहित निस्फीक्री उत्तर आयो । हाम्रो यात्रा सुनखानी गाविसलाई केन्द्री थियो बाटोमा हुईकिदै गर्दा भरत दाईको फोन आयो यात्रा कस्तो हुदैछ, भनेर  मैले रमाइलो अनुभव सुनाए र पुग्नै लागेको बताउदा दाईले आउदा मेरोलागी पनि सुन ल्याउनु है भन्नु भयो, किनभने हामी सुनखानी जादै थियौ ।

sunakhanai केहि समय अगाडी सुनखानीका स्थानीय कुमार लामाले सुनखानीमा सुन चै पाईदैन है भनेका थिए । तर सुनखानी पुग्नैलाग्दा मैले सबैतीर सुनै सुन देखे तर के गर्नु त्यो सुन काठमान्डौ ल्याउन नसकिने खालका थिए । लाग्थ्यो हामीलाई देखेर माथीबाट हासी रहेकाथिए विशाल पहाडहरु । अग्ला अग्ला अटल पहाड, हरियालीले ढपक्कै ढाकेको,त्यस्ता पहाडको पनि छात्ती चिरेर निस्केका अनगीन्ती झरना र झागांहरु लाग्थ्यो हे पहाड बाटो छोड, हामीलाई अगाडी जान दे भन्दै होलान् ति झरना र झांगाहरुले । मनै छुने दृश्य, आकाशलाई छुन लम्कदै गरेका हिमालहरु बादल बाथिबाट आफ्नो शिर ठाडो पारेर आखै तिरमिराउने गरि उभिइ रहेका थिए । तरेली परेकाका हरिया फाटहरु सुस्त सुस्त चलेको बतास संगै लहराई रहेका थिए । सुनखानी पारीपटि थियो,वारि हामी विचमा चादि झै सेताम्मै निरन्तर बहेको खोला, खोलाको नामै भूल,े तर हामीलाई सुनखानी जान खोला कुनैपनी हालतमा तर्नु थियो । २ दिनअगाडीमात्र त्यो खोलाको मुहानै अन्यत्र र्फकाईको थियो ,उही कुमार लामा दाईलाई आफ्नो गाउ जानु थियो बाटो खोलाले के रोक्न सक्थ्यो त्यो पनि आफ्नो घर जानेलाई,बेलुका ६ बजे देखी विहान ९ बजेसम्म २ जना मिलेर खोलामाथि विजयी पाएका कुमार लामालाई पुन त्यहि खोलाले बाटो रोक्यो र खोलालाई उसैको बाटोमा फेरी र्फकाउने चुनौति देखियो । गजबको साहस भएका रहेछन तिनी खोला र्फकाउन गाडीबाट गमबुट सहित ओर्लिर र काम सुरु गरे खोला मा ढुंगा हाल्न थाले काममा हामीले पनी रमाइलो मान्दै ढुंगा हाल्यौ, केहिबेर खोलासंग रमाईलो गरियो ,हामी संगै गएका विदेशीलाई पनि खोलादेखेर लोभै लागेर आयो न नुहाई बस्नै सकेनन् फोटो सेसन नै गरियो खोलामा एक छिन, काकाकुल काठमान्डौंबासिले चादि जस्तै बग्ने खोला भेटेको अनी त सक्कि गो नि, पाइन्ट माथी सारेर ढुंगा खोलामा हाल्दै बाटो बनाउनु पनि कती रमाईलो अरु के चाहियो खुब रमाइलो गरियो र केहि बहाब मथ्थर के बनेकोे थियो गाडी हुईकाइहाले कुमार लामा र ट्रक ड्राइभरले खोलै बाट, त्यो श्रण साच्चिकै डर लाग्दो थियो र फेरि खोला हा¥यो यो श्रण फेरि दोहरीने निश्चत थियो ,हामीलाई फर्कनु जो थियो । गाउलेलाई चाहिने अत्तिआवश्यक सामाग्री ल्याएको देखेर गाउलहरुको अनुहारमा गजबको उत्सुकता र खुसी देखियो तर डर भने कत्तीपनी थिएन भूकम्पको तिनमा कुरा उही भूकम्पले अब के नै भत्काउन सक्छ र बाकि केहि थिएन ,जताततै जस्ताले बनेका टहराहरु । गाउलेले राम्रै स्वागत गरे ,लगीएको सामान जिम्मा लगाउन अली समय लाग्यो र फर्कन ठिला भयो । खोलामा आएपछि गाडीबाट र्ओलन मन लागेको थियो । डरले तर कोहि बोलेनन् बसी राखे गाडी खोलाबाटै अघि बड्यो खोलाले कुनै आपत्ती जनाएन हामी अघि बड्यौ ।काठमान्डौं फर्कने क्रममा एउटा अनौठो महसुस भयो विदेश बाट नेपाल घुम्न विदेशिहरु आउछन र यहाका यत्र तत्र छरिएका सुनहरुको अवलोकन गरि फर्कन्छन् । उनिहरुलाई पक्कै रमाईलो हुदो हो तर नेपालीहरु जत्ति अलि हुन्न कि जस्तो लाग्यो ।

IMG_0902 आफ्नो गाउघरतिर रहेका प्राकृतीक सम्पदाँ ,दृश्यहरु देख्दा हरेक नेपालीहरु पनि आफ्नै गाउ पनी पहिलोचोटि आए झै रमाउदा रहेछन् विदेशि भन्दा बडी फोटाहरु आफ्ना क्यामरामा कैद गर्दारहेछन् । प्रकृती दृश्वअवलोकनमा रमाउदा रहेछन अनी विदेशीहरु किन भुतुक्कै न हुन त नेपालका विभिन्न भागमा रहेका यहाका सुनखानीहरु देखेर । खोला तरेर अली अगाडी मात्र के आएका थियौ एक गाउलेले हाम्रो गाडी रोके र अनुरोध गरे आफ्नो बहिनीलाई केहि पर सम्म पु¥याई दिन ,अनुरोध त्यो पनी आफ्नै गाउले ले । कुमार लामाले हुन्छ त भने तर डागीमा ठाउ थिएन तरपनि मिलाईयो र ति गाउले महिलाई गन्तब्य सँम्म छाडियो । ओर्लने क्रमा ति महिला दिदीले् भाडा कती दिउ भनेर के सोधेकि थिइन कुमार लामा दाईले ३ हजार दिनुन भनिहाले एकछिन सबै जिल्ल प¥यौ ,त्यो त रमाईलोको लागी भनेका रहेछन खुब हासियो ति दिदीले लाजमानीन ।छिमेकि संग कसरी भाडा लिन हुन्थ्यो र । हामी आएको देखिर बहिनीलाई घर जानेबेलामा कुमारको गाडी देखेर पठाई दिने वाचा सहित भाईले बहिनीलाई रोकेका रहेछन र साझ घर फर्कन आत्तिएकि ति दिदि गाडीमा आउन पाएकोमा धन्यवाद दिदै आफ्नो गन्तब्य तिर लागीन र हामी काठमान्डौ तिर हुइकियौ रात परिसकेको थियो बाटोमा गाडी पन्चर पनी भयो केहिबेर सुस्ताएर हामी लाग्यो खानपिन तिर खोकल खानाको बयान गर्न कहा सकिन्छ । अनि माया गरेर दिएको घिउ अनि के चाहियो घिउ त खाईयो तर आफुलाई वाक वाक पो आउन थाल्यो ।डर लागेको थियो तर केहि भएन । आफै दिेखि हास उठेर आयो कुकुर लाई घिउ पच्दैन रे  हा हाबाटोमा आमाको फोन आएर हैरान कत्ती खेर आइपुग्छस भनेर ,घर पुग्दा साडे एघार भएछ ।

sunakhani (1) sunakhani (2) sunakhani (3) sunakhani (4) sunakhani (5) sunakhani (6) sunakhani (7)

IMG_0883 IMG_0886

]]>
2665 0 0 0
गौरा पर्व सुरु http://localhost/ghum/%e0%a4%97%e0%a5%8c%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Thu, 03 Sep 2015 09:31:21 +0000 http://www.ghumphir.com.np/?p=2681 १७ भदौ, भीमदत्तनगर ।

सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व बुधबारदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।

महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरुको भनाइ छ । सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ । देउडाको रौनक

सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दसैँभन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ । गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यतिमात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् ।

गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन छ । साथै देउडा र धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । गौरा पर्वलाई एकताको पर्वका रुपमा पनि लिइन्छ । गौरा पर्वका लागि काम विशेषले घर बाहिर गएका व्यक्तिहरु घर फर्किने गर्छन् ।

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रशन्न हुने जनविश्वास छ ।

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उहाँकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ । पछिल्ला केही वर्षयता देशको राजधानीमा समेत देउडाले लोकप्रियता पाउँदै गएको छ । बसाइँ सराइसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि पहाडी समुदायले मनाउने गौरा पर्वमा खेलिने देउडाप्रति सबैको आकर्षण बढेको छ ।

]]>
2681 0 0 0
जनैपुर्णिमा बडीमालिकाकाे साैन्दर्य (फाेटाे फिचर) http://localhost/ghum/%e0%a4%9c%e0%a4%a8%e0%a5%88%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a4%be/ Thu, 03 Sep 2015 09:42:16 +0000 http://www.ghumphir.com.np/?p=2684 दीपक उपाध्याय सुदूरपश्चिमको दुर्गम अनि विकट जिल्ला बाजुरा । गरीबी र अभावले पिल्सिएको बाजुरा । भोकमरीले थलिएको बाजुरा । मानव विकास सुचकांकमा ७४ स्थानमा रहेको बाजुरा । राज्यबाट ठगिएको बाजुरा । बाजुराले यी र यस्तै उपमा पाएको छ । तर बडी मालिका जस्तो सुन्दर, मनमोहक, रमणीय र पवित्र धार्मिक स्थल पनि बाजुरामा छ भन्ने कुरा धेरै कमलाई थाह छ । त्यहाँ पुग्नेहरु अन्य सबै कुरा बिर्सिएर बडीमालिका मात्र सम्झिन्छ । यस्तै गजबको छ, बडी मालिका । मोती खोज्न सागरको गहिराईमा पुग्नुपर्छ भन्ने उखान बडी मालिकासंग ठ्याक्कै मेल खाल्छ । बडी मालिका जति बिकट छ । त्यति नै सुन्दर पनि ।     रमणीय २२ पाटन र चुचुरोमा रहेको धार्मिक आस्थाको केन्द्र बडी मालिका मन्दिर त्यहाँ पुग्ने जो कोहीलाई लोभ्याउछ । १४ हजार फिट उचाईमा रहेको बडी मालिका क्षेत्रबाट कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ र डोटी क्षेत्र हेर्न सकिन्छ । पं्राय हिमपात परिरहने बडी मालिकामा जान भने साउन र भदौमा मात्र सजिलो हुन्छ । अन्य बेला त्यहाँ जान निकै जोखिम मोल्नुपर्छ । हरिया पाटनमा सयौं थरीका फुल फुलेका हुन्छन् । जसले यात्रुहरुलाई मोहित गर्छन् । तर फुल र विष छुट्याउन नसक्ने भने हम्मेसी फुल टिप्न डराउछन् । कालीकोट मुगु र बाजुराका वरीपरीका गाविसका बासिन्दा भेडा र घोडा चराउन बडी मािलकाको पाटन ल्याउछन् । हरिया डाडामा भेडाहरुको बथान लोभ लाग्दा हुन्छन् । बडी मालिका मन्दिर बि.स.१४२३ भन्दा अघि स्थापना भएको स्थानियहरुको भनाई रहेको छ । सत्य युगमा भगवान शिवले सतीदेवीको मृत शरीर बोकेर पृथ्वीलोकमा परिक्रमा गरिरहदा मल्लिका गिरीमा बाया“ हात पतन भएकोले त्यहा“ बडी मालिका शक्तिपीठको उत्पत्ति भएको धार्मिक किम्बदन्ती छ । बडी मालिकाको पैदल यात्रा जति कठिन छ । त्यति नै रोमाञ्चक पनि । हेलिकोप्टरबाट पनि बडी मालिकाको मन मोहक दृष्यावलोकन गर्न सकिन्छ । हिउँले बडी मालिका क्षेत्र ढाकिएको दृष्य कम लोभलाग्दो हुदैन । फोटो सौजन्य :कमलकान्त पन्त

IMG_20150826_063202 IMG_20150826_073441 IMG_20150826_120651 IMG_20150826_132655 IMG_20150826_164430 IMG_20150827_070145 IMG_20150827_070214 IMG_20150827_100327 IMG_20150827_100428 IMG_20150827_123737 IMG_20150827_151458

]]>
2684 0 0 0
प्रदर्शनीमा बुद्धका आसनदेखि महाकविका मूर्ति http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%95%e0%a4%be-%e0%a4%86%e0%a4%b8%e0%a4%a8%e0%a4%a6/ Thu, 03 Sep 2015 15:47:13 +0000 http://www.ghumphir.com.np/?p=2713

काठमाडौँ, १७ भदौ ।

बबरमहलस्थित नेपाल कला परिषद्मा हस्तकला प्रदर्शनी आजदेखि सुरु भएको छ । प्रदर्शनीमा राखिएका कलाकृति अधिकांश हिन्दू तथा बौद्ध धर्ममा आधारित छन् । विभिन्न आसनका बुुद्ध, महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्ध कद, कालो चक्रलगायत विभिन्न मूर्ति तथा चित्र पनि राखिएका छन् । सो कार्यक्रममा हस्तकला र कलाकारको परिचय पुस्तिका ‘टे«जर्स अफ नेपाल’को पनि विमोचन गरिएको छ । यही भदौ २१ गतेसम्म चल्ने प्रदर्शनीमा लोक चित्रकार, दीपकराज जोशी, उदयचरण श्रेष्ठलगायत १४ वरिष्ठ कलाकार तथा सुन्दर वज्राचार्य, विनोद शाक्य, रामप्रकाश श्रेष्ठलगायत ११ उदीयमान कलाकारका ३४ चित्रकला तथा मूर्तिकला छन् । नेपाल हस्तकला महासङ्घ र हस्तकला डिजाइन तथा विकास सेन्टरलगायतले संयुक्त रुपमा आयोजना गरेकोे प्रदर्शनीमा रु पाँच हजारदेखि २० हजारसम्मका धातुकला, प्रस्तरकला, हस्तकला, पौभालगायत कलाकृति रहेको हस्तकला डिजाइन तथा विकास सेन्टरका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिनुभयो । कलाकृति बिक्रीबाट उठेको रकम कलाकार तथा कला क्षेत्रकै प्रवद्र्धनका लागि खर्च गरिने बताइएको छ । प्रदर्शनीको उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै मूर्तिकार, चित्रकारलगायत कलाकारको समाजमा पहिचान स्थापित गर्न यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भन्नुभयो, “हामीले पुर्खाले छाडेर गएका कला र संस्कृतिको संरक्षण गर्दै अर्को पुस्तालाई सुम्पनुपर्छ ।”

]]>
2713 0 0 0
बिहानै बैंकिङ सेवा http://localhost/ghum/%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a5%88-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%bf%e0%a4%99-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be/ Thu, 03 Sep 2015 15:49:55 +0000 http://www.ghumphir.com.np/?p=2715

धनगढी, १७ भदौ ।

यहाँका बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाको समयअघि बिहानको समयमा सेवाग्राहीलाई सेवा प्रदान गर्न थालेका छन् । टीकापुरमा भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले १० दिनदेखि लगातार जारी निषेधाज्ञाका कारण बैंकिङ सेवा सुविधासमेत प्रभावित भएकाले ती संस्थाले प्रभातकालीन सेवा प्रदान गर्न थालेका हुन् । स्थानीय प्रशासनले मध्याह्न र अपराह्नको समयलाई लक्ष्य गरी निषेधाज्ञा जारी गर्दै आएको छ । यहाँ आज मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । लगातारको बन्द र त्यसपछि जारी निषेधाज्ञाका कारण बैंकको लगानी प्रायः ठप्प रहेको नेपाल राष्ट्र बैंक धनगढीका निमित्त प्रमुख डिलाराम सुवेदीले बताउनुभयो । कैलालीमा सरकारी स्वामित्वका बैंकबाहेक निजी क्षेत्रका ३१ बैंक तथा वित्तीय संस्थाले बैंकिङ सुविधा प्रदान गर्दै आएका छन् ।

]]>
2715 0 0 0
थोराङ घाँटीमा आवास गृह निर्माण, पदयात्रीलाई सहज http://localhost/ghum/%e0%a4%a5%e0%a5%8b%e0%a4%b0%e0%a4%be%e0%a4%99-%e0%a4%98%e0%a4%be%e0%a4%81%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%b5%e0%a4%be%e0%a4%b8-%e0%a4%97%e0%a5%83%e0%a4%b9-%e0%a4%a8%e0%a4%bf/ Thu, 03 Sep 2015 15:56:54 +0000 http://www.ghumphir.com.np/?p=2717

मुस्ताङ, १७ भदौ ।

अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ घाँटीमा अस्थायी ‘सेल्टर’ (आवास गृह) निर्माण भएको छ । जिविस, मुस्ताङ र पर्यटन बोर्डको लगानीमा समुद्री सतहदेखि ५४ सय मिटर उचाइमा रहेको थोराङमा सेल्टर निर्माण गरिएको हो । एक्काइस दिन लाग्ने पदमार्गको पदयात्रामा आउने अधिकांश पर्यटक थोराङ छिचोल्न चाहन्छन् । मनाङ र मुस्ताङको सिमाना पर्ने थोराङ क्षेत्रमा आवश्यकताका आधारमा दुईवटा सेल्टर निर्माण गरिएको जिविसका कार्यक्रमका अधिकृत केदारसिंह थापाले जानकारी दिनुभयो । “करिब रु ४० लाखको लागतमा थोराङ आसपासमा दुईवटा आवासगृह बनेको छ भने थोराङभन्दा तल साङ्टामा पनि निर्माण सामग्री पुगिसकेको छ” – कार्यक्रम अधिकृत थापाले भन्नुभयो । गतवर्षको असोज अन्तिम साता हुडहुड आँधीका कारण परेको बेमौसमी हिमपातले थोराङ क्षेत्रमा मात्रै विदेशी पर्यटक र नेपाली पथप्रदर्शक तथा भरिया गरी २५ भन्दा बढीले ज्यान गुमाएका थिए । आँधीको प्रभावका कारण दुईदिनसम्म लगातार हिउँ परेपछि मनाङ हुँदै आएका पर्यटकको अत्यधिक चिसोले कठ्याङ्ग्रिएरै मृत्यु भएको थियो । लामो समयदेखि सेल्टर निर्माण गर्नुपर्ने बहस चले पनि प्रक्रिया अघि नबढ्दा गतवर्ष ठूलो मानवीय क्षति भएको थियो । नेपाल पर्यटन बोर्ड तथा मन्त्रालयले पक्की घर नै बनाउन भनेर बजेट दिएको भए पनि तत्काल सम्भव नभएका कारण टिन र फलामको सहायताले अस्थायी गृह निर्माण गरिएको जिविसले जनाएको छ । कात्तिक दोस्रो सातादेखि थोराङ क्षेत्रमा पूरै हिउँ पर्ने भएकाले त्यहाँ भौतिक संरचना निर्माण गर्न समस्या हुन्छ । वैशाखदेखि हिउँ पर्ने क्रम कम हुँदै जाने भएकाले असोजसम्म निर्माण गरिसक्नुपर्छ । “त्यस्तो गर्दा बजेट नै फ्रिज हुन्छ, यसपालि केही निर्माण गरिएकाले पर्यटन मौसममा गतवर्ष जस्तो समस्या नआउँला” – कार्यक्रम अधिकृत थापाले भन्नुभयो ।

]]>
2717 0 0 0
तस्बिरमा नीलबाराही नाच http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%9a/ Thu, 03 Sep 2015 16:26:27 +0000 http://www.ghumphir.com.np/?p=2719 मध्यपुर थिमि, बोडेमा हरेक वर्ष गाईजात्राको भोलिपल्टदेखि प्रदर्शनीमा ल्याइने ऐतिहासिक नीलबाराही नाच प्रदर्शनी गर्दै नीलबाराहीका गण । उक्त नाच तीन दिनसम्म बोडेको विभिन्न टोलमा नचाइन्छ । नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार, द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहन्छन् । तस्बिर: रत्न श्रेष्ठ

nirbarahi nach  (1) nirbarahi nach  (2) nirbarahi nach  (3)nirbarahi nach  (4)

]]>
2719 0 0 0
खयरलेक http://localhost/ghum/%e0%a4%96%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a5%87%e0%a4%95/ Thu, 03 Sep 2015 16:41:29 +0000 http://www.ghumphir.com.np/?p=2727 2727 0 0 0 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: एक सय ४० रोपनी अधिग्रहण गरिने http://localhost/ghum/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ad%e0%a5%81%e0%a4%b5%e0%a4%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf/ Fri, 04 Sep 2015 03:05:16 +0000 http://www.ghumphir.com.np/?p=2730

१८ भदौ ,काठमाडौं

नेपाल नागरिक उड्डयन प्राधिकरणले दीर्घकालीन महत्वको विमानस्थल योजनालाई पछि पार्दै अल्पकालीन योजनाको विमानस्थल विस्तारमा तीन अर्बभन्दा बढी रकम खर्चिने निर्णय गरेको छ।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई थप एक सय ४० रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ।प्राधिकरणले यो विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन थप जग्गा अधिग्रहण गर्ने निर्णय भएको प्राधिकरण सञ्चालक समितिले बताएको छ।
tribhuwan international airpot
प्राधिकरण सञ्चालक समितिले यो विमानस्थललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डअनुसार बनाउन जडीबुटीबाट पेप्सीकोला जाने बाटोको पश्चिमतर्फ २५ रोपनी सरकारी र एक सय १५ रोपनी निजी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले यो जग्गा पेरिमिटर तथा ढल निकासको व्यवस्थाका लागि आवश्यक भएको दाबी गरेको छ। विमानस्थलवरपरको यो जग्गामा भविष्यमा कुनै भौतिक संरचना नबनोस् भनेर पनि अधिग्रहण गर्नुपरेको प्राधिकरणले औंल्याएको छ।
जग्गा अधिग्रहण गर्न प्राधिकरणले पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद्सँग अनुमति मागेको छ। यो जग्गा थप हुँदा पनि त्रिभुवन विमानस्थलको क्षमता बढ्ने नभएर अन्तर्राष्ट्रिय मापदण्डमात्रै पूरा हुने पर्यटन मन्त्रालयका प्रवक्ता मोहन सापकोटाले बताए। तत्कालका लागि उक्त जग्गा आवश्यक भएकाले अधिग्रहणको निर्णय गरिएको उनको भनाइ छ।
प्राधिकरणले निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी तयार भइनसकेको अवस्थामा अहिलेको आवश्यकताका आधारमा त्रिभुवन विमानस्थलमा लगानी गर्नुपर्ने भएको जनाएको छ।
यो जग्गा अधिग्रहण गर्दा कम्तीमा तीन अर्ब रुपैयाँ खर्च हुन्छ। २०३६ सालमा नै विमानस्थलवरपरको निश्चित दूरी तोकेर पूर्वाधार निर्माण गर्न रोकिएको थियो। पछि २०६४ मा विमानस्थलका लागि आवश्यक पर्ने जग्गा धावनमार्गबाट एक सय ५० मिटरसम्म मात्रै भएको निर्णय गरियो। त्यसपछि विमानस्थलवरपर एक सय ५० मिटर छोडेर भौतिक संरचना बनाउन पाइने व्यवस्था भएको मन्त्रालयका एक अधिकारीले बताए।
प्राधिकरणले अहिले अधिग्रहण गर्ने भनेको जग्गा विमानस्थलको हालको सीमाबाट एक सय ८० देखि दुई सय सात मिटरभित्र पर्छ। कतै धेरै र कतै थोरै जग्गा लिने गरी प्राधिकरणले निर्णय गरेको छ।
अधिग्रहण गर्न लागिएको जग्गामा एक सय ५० वटा निजी घर छन् । २०६४ सालमा प्रतिआना १० लाख पर्ने जग्गालाई सरकारले पाँच लाख ६० हजारमा अधिग्रहण गरेको थियो। अहिले थप अधिग्रहण गर्ने जग्गाको मूल्य प्रतिआना १९ लाख रुपैयाँ पुगेको छ।
प्राधिकरणले यो जग्गा अधिग्रहणका लागि चालू आवमा एक अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको जानकारी दिएको छ। यो रकम कुल लागतको ३५ प्रतिशतमात्रै भएको प्राधिकरणले जनाएको छ। यो जग्गा अधिग्रहण गर्दा ७० प्रतिशत प्राधिकरण तथा सरकारले बेहोर्ने र बाँकी ३० प्रतिशत स्थानीयले बेहोर्नुपर्ने प्राधिकरणले मन्त्रालयमा पठाएको प्रस्तावमा उल्लेख छ।
 प्राधिकरणले निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी तयार भइनसकेको अवस्थामा अहिलेको आवश्यकताका आधारमा त्रिभुवन विमानस्थलमा नै लगानी गर्नुपर्ने भएको जनाएको छ। त्रिभुवन विमानस्थलमा अहिले तीन हजार ५० मिटरको धावनमार्ग छ। थप तीन सय मिटर धावनमार्ग विस्तारको काम भइरहेको छ।
विमानस्थलवरपर भौतिक संरचना नबनोस् भनेर थप जग्गा अधिग्रहण गर्नुपरेको प्राधिकरणको भनाइ छ।अधिग्रहण गर्ने क्षेत्रमा घर भएका बासिन्दाले आफ्नो आवास अधिकार नखोस्न सरकारलाई आग्रह गरेका छन्।
आफूहरूलाई स्थानान्तरण नगरी जग्गा अधिग्रहण नगर्न उनीहरूले सहरी विकास मन्त्रालयमा पत्र पठाएका छन्। स्थानीयले सरकारले दिने मुआब्जा नयाँ आवास बनाउन नपुग्ने भएकाले घर बनाएरै स्थानान्तरण गराएर मात्रै जग्गा अधिग्रहण गर्न माग गरेका छन्।
]]>
2730 0 0 0
कोल्टीमा दसँै अगावै जिप पुग्ने http://localhost/ghum/%e0%a4%95%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%b8%e0%a4%81%e0%a5%88-%e0%a4%85%e0%a4%97%e0%a4%be%e0%a4%b5%e0%a5%88-%e0%a4%9c%e0%a4%bf%e0%a4%aa-%e0%a4%aa/ Fri, 04 Sep 2015 03:17:57 +0000 http://www.ghumphir.com.np/?p=2733 बाजुरा, १८ भदौ ।

सदरमुकाम मार्तडीपछिको दोस्रो व्यापारिक केन्द्र कोल्टी बजारमा दसँैअगाडि नै जिप सेवा सञ्चालन हुने भएको छ । गत वर्ष पाण्डुसैनको चाँपारुसम्म जिप सेवा र सोही गाविसको स्यालकाटियासम्म ट्याक्टर सेवा आंशिक रुपमा सञ्चालनमा आएको थियो । असारको पहिलो साताबाट अवरुद्ध भएको उक्त सडक अहिले सञ्चालन हुन सकेको छैन । सडक सञ्चालन नहुँदा पूर्वीत्तर ११ गाउँ विकास समितिका स्थानीयवासी, हुम्ला र मुगुका जनताले महँगीको मार खेपिरहेका छन् । अहिले निर्माणको जिम्मा लिएको बिल्डक्सले काम सुरु गरिसकेको र दसँै अगावै कोल्टीमा जिप सञ्चालनका लागि बाटो बन्ने जनाएको छ । बिल्डक्सका प्रतिनिधि कृष्ण बमका अनुसार उक्त सडक निर्माणका लागि रु दुई करोड ३६ लाखको सम्झौता भएको छ ।

]]>
2733 0 0 0
सार्वजनिक सवारीको भाडादर तत्काल घटाउ http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%9c%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%be%e0%a4%a1%e0%a4%be%e0%a4%a6%e0%a4%b0/ Fri, 04 Sep 2015 04:32:27 +0000 http://www.ghumphir.com.np/?p=2741

काठमाडौं, १८ भदाै

केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले सार्वजनिक सवारीको भाडादर तत्काल घटाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको यस्तो निर्देशनपछि बिहीबार मुख्यसचिव डा.सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक सवारीको भाडा घटाउने निर्णय गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटेकाले बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी भाडा समायोजनको व्यवस्था गर्न मन्त्रीपरिषद्को कार्यालयले निर्देशन दिएको छ ।

सुवेदीको अध्यक्षतामा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा सोही अनुपातमा सार्वजनिक सवारीको भाडा वैज्ञानिक रुपमा समायोजन हुने व्यवस्था मिलाउन पनि यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

सरकारको लाचारिपन तथा यातायात व्यवसायीको मनोमानीका कारण पटक–पटक तेलको मूल्य घटेपनि सार्वजनिक सवारीको भाडादर भने घटेको छैन । नेपाल आयल निगमले मंगलबार पेट्रेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा र डिजेलमा २ रुपैयाँ मूल्य घटाए पनि सवारीभाडा भने घटेको छैन ।

पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल प्रतिलिटर ८८ रुपैयाँ हुँदा सरकारले सार्वजनिक यातायातको भाडा २.०३ प्रतिशत घटाएयता पेट्रोल १०४ र डिजेल ८२ रुपैयाँमा आइपुग्दा पनि भाडा घटाउन भने सरकारले चासो देखाएको छैन । जसका कारण उपभोक्ता मारमा परेका छन् ।

]]>
2741 0 0 0
अदुवा खेतिबाट वार्षिक १ लाखभन्दा बढी आम्दानी http://localhost/ghum/%e0%a4%85%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95-%e0%a5%a7-%e0%a4%b2/ Fri, 04 Sep 2015 04:41:58 +0000 http://www.ghumphir.com.np/?p=2744 चीना थापा

सिन्धुली, १८ भदौ : 

सिन्धुली भद्रकाली गाविस ८ की भवमाया गौतम खाद्यान्न बालीको सट्टा व्यवसायीक अदुवा खेति गरिरहेकी छन् । तीन वर्षदेखि अदुवा खेति गर्दै आएकी गौतम सफल कृषक पनि भइसकेकी छिन् । अदुवा खेतिबाट वार्षिक १ लाखभन्दा बढी आम्दानी हुने गरेको भौतमले बताइन् ।भवमाया गौतम मात्र हैन भद्रकाली गाविसका प्राय सबै कृषकहरु व्यवसायीक रुपमा अदुवा खेतिमा लागेका छन् । भद्रकाली गाविसलाई सिन्धुलीको अदुवाको पकेट क्षेत्रको रुपमापनि चिनिन्छ । भद्रकाली ८ का अर्का किसान विष्णु कार्कीले अदुवा खेतिवाट वर्षमा १ लाख ५० हजार भन्दा बढी आम्दानी हुने गरेको बताए ।

aduwaभद्रकालीका कृषकहरु व्यवसायीक अदुवा खेति गरेर राम्रो आम्दानी लिन थालेका छन् । अदुवा खेतिवाट उनीहरु वर्षमा १ लाख देखि २ लाखसम्म आम्दानी गर्दछन् । व्यवसायीक अदुवा खेति गर्ने किसानहरुका लागि जिल्ला कृषि विकास कार्यालयले अदुवाको वीउ वितरण र प्राविधिक सहयोग गरेको छ भने प्लान नेपालको सहयोगमा सहमति सिन्धुलीले पनि परिवर्तन महिला बचत तथा ऋण सहकारी मार्फत अदुवा खेतिको लागि ऋण उपलब्ध गराएपछि कृषकहरुले अदुवा खेतिमा लगानी समेत बढाउन थालेका छन् ।

दुइ चार कट्ठामा अदुवा खेति गर्ने कृषकहरुले सहकारीबाट ऋण लिएर अहिले नौ दश कट्ठामा खेति गर्न थालेका छन् । लगानी बढेसँगै आम्दानी पनि बढ्ने कृषकहरुको भनाई छ । अहिले भद्रकाली गाविसमा मात्रै वार्षिक अदुवा बिक्रीबाट ५ करोड भित्रिने गरेको स्थानीयले बताएका छन् ।

Aaduwa-kahti1भद्रकाली गाविसको अदुवा सिन्धुलीको माढीवजार, छिमेकी जिल्लाहरु र भारतमा पनि बिक्री हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले अदुवा खेति गर्ने किसानलाई यस सम्वन्धी तालिम समेत प्रदान गरेकाले खेति गर्न सजिलो भएको स्थानीय कृषकले बताएका छन् ।

सिन्धुलीमा अहिले ४५० हेक्टर क्षेत्रफलमा अदुवा खेति भइरहेको छ भने भद्रकाली, कमलामाई नगरपालिका, अरुणठाकुर, ककुरठाकुर र दुधौली गाविसमा व्यवसायीक अदुवा खेति गरेर किसानहरुले राम्रो आम्दानी गरिरहेका छन् । अहिले सिन्धुलीमा प्रति धार्नी १ सय देखि १२० रुपैयाँ सम्ममा अदुवा बिक्री भइरहेको छ । व्यापारिहरुले गाउँमा गएर ७० देखि १०० रुपैयाँसम्ममा ल्याउने गरेको छन् । साभार :काराेबार

]]>
2744 0 0 0
नेपाल सुरक्षित रहेको जानकारी पाएपछि पर्यटक स्वाभाविक रूपमा आउँछन् :पर्यटन मन्त्री शेर्पा http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%be%e0%a4%a8/ Fri, 04 Sep 2015 04:53:46 +0000 http://www.ghumphir.com.np/?p=2748

मुलुकमा मुख्य पर्यटकीय सिजन सुरु हुन लागेको छ तर पर्यटकको बुकिङ उत्साहजनक छैन । वैशाख १२ गतेको विनाशकारी भूकम्पले ठूलो क्षति पु¥याएको पर्यटन क्षेत्र अझै उठ्न नसकेको अवस्थामा प्रमुख सिजनमा न्यूनतम पर्यटक ल्याउन पनि चुनौतीपूर्ण छ । विगतका वर्षहरूमा होटल खाली नहुने अवस्थामा यसपटक भने आधा भर्न पनि हम्मेहम्मे अवस्था छ । व्यवसायीसामु यतिबेला पर्यटक आगमनदर पुरानै अवस्थामा पु¥याउनुपर्ने चुनौती छ । यही बेला सन् २०२० सम्ममा २० लाख पु¥याउने राष्ट्रिय अभियानसमेत ठूलो चुनौतीका रूपमा देखिएको छ । पर्यटनका धेरैजसो क्षेत्रमा पूर्वाधार खडा भइसके पनि सरकारले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठोस प्रगति हासिल गर्न सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको कामले पनि गति समाउन सकेको छैन । नेपाल वायुसेवा निगममा जहाज थप्नुपर्ने र गन्तव्य विस्तारका साथै व्यवस्थापन सुधार गर्नुपर्ने अर्को चुनौती छ । युरोपेली संघ (ईयू)ले नेपालको हवाई आकाशलाई कालोसूचीमा राखेको २ वर्ष हुन लाग्दा पनि हटाउन सकिएको छैन । यिनै चुनौतीको चौघेराका बीच केही महिनाअघि मात्रै कृपासुर शेर्पाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका हुन् । प्रस्तुत छ, एमालेका तर्फबाट भोजपुरबाट निर्वाचित सभासद्समेत रहेका मन्त्री शेर्पासँग पर्यटन क्षेत्रको विकासमा केन्द्रित  रहि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्री कृपासुर शेर्पा सग केदार दाहाल र शिव बोहराले गरेको कुराकानी ः

Kripasur-Sherpa-300x320भूकम्पको विनाशपछि सुस्ताएको पर्यटन क्षेत्रमा प्रवद्र्धनका लागि के–कस्ता काम भइरहेका छन् ? हामीले राष्ट्रिय प्रवद्र्धन समिति बनाएका छौं, जुन मेरै अध्यक्षतामा छ । मन्त्रिपरिषद्को निर्णयअनुसार ३६ सदस्यीय समिति बनेको हो । यसका लागि विभिन्न चरणमा छलफल गरी अन्य उपसमिति पनि बनाएका छौं । विदेश तथा स्वदेशमा पर्यटन प्रवद्र्धनलगायतका काम गर्न ३ उपसमिति बनेको छ । उपसमितिहरूको रायसुझावलाई समेटेर काम अगाडि बढाउन यो वर्ष ६० करोड रुपैयाँ बजेट लाग्ने हाम्रो अनुमान छ । केही बजेट बिग्रिएका ट्रेकिङ रुटको पुनर्निर्माण गराउने, अरू प्रमोसनमा खर्च गर्ने योजना छ ।

भूकम्पपछि नेपालबारे नकारात्मक चर्चा बढी भएरै पर्यटक आगमन घटेको हो ? भूकम्पका बेला भएका प्रचारका कारण पर्यटन क्षेत्र पनि पूर्णरूपमा क्षतिग्रस्त भएको विदेशीले बुझेका रहेछन् । सबै मुलुकले आफ्ना नागरिक सुरक्षित रहुन् भन्ने चाहन्छन् । त्यही कारण उनीहरूले ट्राभल एड्भाइजरी जारी गरे । हामीले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक तवरले उनीहरूलाई नेपालको अवस्था सुरुमा प्रचार गरिएजस्तो नभएको बताएपछि धेरैजसो मुलुकले ट्राभल एड्भाइजरी सच्याइसकेका छन् । जसले ट्राभल एड्भाइजरी रिभ्यु गरेका छैनन्, ती देशका नागरिक नेपाल आउँदा बिमा महँगो हुने भएकाले लागत धेरै लाग्छ । यसकारण ती देशका नागरिक आउन नसक्ने अवस्था छ । हामीले उनीहरूलाई सुरक्षित क्षेत्रहरू जस्तै ः रारा, लुम्बिनी, खप्तडबारे यथार्थ जानकारी गराउने हो भने सबैले नेपाल आउन योग्य रहेको थाहा पाउँथे । कञ्चनजंघा, सगरमाथा क्षेत्र, जहाँ जान हामीले जापानी टोलीलाई शरद ऋतुमा पनि अनुमति दियौं । यस्तो अवस्थामा नेपाल सुरक्षित भन्ने देखाउन यसले ठूलो सन्देश प्रवाह गर्नेछ । त्यहाँको फोटोग्राफी, भिडियोसहित प्रचारमा सहयोग पुग्छ । यसले अन्तर्राट्रिय क्षेत्रमा नेपालको पर्यटन उद्योगको मार्केटिङमा सहयोग पुग्ने अपेक्षा हामीले गरेका छौं ।

त्यसो भए तपाईं आउँदो सिजनमा पर्यटक बढ्नेमा ढुक्क हुनुहुन्छ ? नेपाल सुरक्षित रहेको जानकारी पाएपछि पर्यटक स्वाभाविक रूपमा आउँछन् । तर, अहिले जो पर्यटन उद्योगमा लागेका छन्, उनीहरूलाई यही क्षेत्रमा राखिराख्न र पर्यटन क्षेत्रबाट रोजगारी पाइरहेकाहरूलाई यस क्षेत्रमै राख्नु राज्यको दायित्व हो । पर्यटन क्षेत्रको सम्बन्धित मन्त्रालय भएकाले हामीले अर्थ मन्त्रालयसँग बजेट मागिसकेका छौं । यो प्रक्रिया अघि बढिसकेको छ । हामी योजनाबद्ध ढंगले लागिपरेका छौं । बजेट आइसकेपछि सार्वजनिक खरिद ऐनलगायतले काम गर्न समय लाग्ने हुँदा हामी फास्ट ट्र्याकबाट जाने तयारीमा छौं । यसका लागि मन्त्रिपरिषद्को स्वीकृति लिई उपभोक्ता समितिमार्फत अघि बढ्ने विषयमा छलफल भइरहेको छ । पुरातात्विक महत्वका मठमन्दिरलगायत बनाउने काम क्रमिक रूपमा हुँदै जानेछ ।

तपाईंहरूले प्रवद्र्धनको कामलाई कसरी प्राथमिकीकरण गर्नुभएको छ ? हामीले विगतमा धेरै पर्यटक आउने देशहरू तथ्यांकका आधारमा हेरेर प्रमोसनका काम गरिरहेका छौं । यसलाई नै प्राथमिकता दिने हो । यसमा अमेरिका, बेलायत, जापान, चीन, भारतजस्ता मुलुकमा धेरै प्रवद्र्धन हुनेछ । सेप्टेम्बर ५ मा भारतको बैंग्लोरमा प्रवद्र्धनका लागि त्यहाँका मुख्य टुर अप्रेटर, जसले नेपालमा धेरै पर्यटक पठाउँछन्, समेत संलग्न गराई कार्यक्रम गर्दैछौं । यसमा पर्यटन विभागका महानिर्देशक नेतृत्वको टोली त्यसतर्फ जानेछ ।

पर्यटकको नयाँ सिजन सुरु भइरहेको छ । मन्त्रालयले तत्काल के गर्र्दै छ ? हामीले नेपाल सुरक्षित छ भन्ने सन्देश दिइसकेका छौं । हाम्रो प्रचारपछि १४ टोलीले सगरमाथालगायत विभिन्न हिमाल चढ्न निवेदन दिएका छन् । यसमध्ये १२ ले स्वीकृतिसमेत पाइसकेका छन् भने २ टोली प्रक्रियामा छन् । उनीहरू आएपछि उनीहरूमार्फत नै सकारात्मक सूचना प्रवाहित हुने र अरू पनि यसबाट प्रभावित भएर आउने क्रम बढ्नेछ । हामी विश्व रेकर्ड राख्ने महिलाको सम्मेलन नेपालमा गर्ने तयारीमा छौं । त्यो लुम्बिनीमा वा यस्तै द्वन्द्व रहिरहे काठमाडौंमै भए पनि गर्ने गरी तयारी भइरहेको छ । यसले नेपालप्रति विदेशीको धारणा परिवर्तनमा  सहयोग पुग्नेछ । यसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तान्नेछ र उनीहरूमार्फत नेपाल आउन लागेका तर हल्लाका कारण रोकिएकाहरू सहजै आउन सक्नेछन् ।

सरकारले अहिले साना विमानस्थललाई मात्र प्राथमिकतामा राखेर काम गरिरहेको देखिन्छ । अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध, पोखरा तथा निजगढको काम के भइरहेको छ ? तपाईंले सही समयमा सही कुरा उठाउनुभयो । पोखरा विमानस्थलका लागि दाताहरूसँग छलफल भइरहेको छ । यसमा चीनसँग लिन लागिएको ऋण सहयोगबारे अर्थमन्त्री चीन गएर कुरा राखेर आउनुभएको छ । यो चाँडै निर्माण प्रक्रियामा जानेमा म विश्वस्त छु । त्यस्तै, भैरहवामा रहेको गौतमबुद्ध विमानस्थल निर्माणाधीन छ, जुन समयमै निर्माण हुनेछ । अब रह्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, निजगढको । यसको निर्माणका लागि यसअघि चारकिल्ला तोक्ने काम मात्र भएको थियो । निजगढको पूर्वतर्फ खोला रहेको, उत्तरतर्फ पूर्व–पश्चिम राजमार्ग र पश्चिमतर्फ पनि खोला नै रहेकाले सीमांकनमा समस्या देखिएको छैन । तर, दक्षिणतिर बस्ती रहेकाले म यो मन्त्रालयमा आइसकेपछि ५० करोड बजेटसहित कार्यालय स्थापना गरी नक्सांकनका काम भर्खरै सकिएको छ । त्यहाँ पिलर गाडेर विमानस्थलको एरिया छुट्ट्याउने काम भइरहेको छ । तर, त्यहाँ १४०० परिवार जंगल संरक्षणको काममा बसिरहेका छन् । यो सार्वजनिक जग्गा हो । हामीले अब उनीहरूलाई अन्यत्रै लगेर स्थापित गराउनुपर्छ वा त्यस्तै जंगल संरक्षणका लागि राख्नुपर्छ । अर्को ८४ बिगाह जग्गा व्यक्तिको नाममा छ, जहाँ १५० परिवार रहेछन् । उनीहरूलाई पनि उचित मुआब्जा दिनेबारे छलफल भइरहेको छ । विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रियस्तरमा ठूला विमानस्थल बनाइसकेका कम्पनीले इच्छा देखाएका छन् । तर, हामीले हाम्रो सुरक्षा, एयर स्पेसमा समस्या नआउने गरी छलफल गरी अगाडि बढाउनुपर्ने अवस्था छ । यो विमानस्थल दोहोरो धावनमार्गसहितको हुनेछ । यसमा राति विमान अवतरण भयो तर कतै जान नसक्ने अवस्था आयो भने बस्नका लागि एयरपोर्ट सिटीसमेत निर्माण गर्ने परिकल्पना गरिएको छ । यसका लागि जग्गा प्लटिङ गरेर उपलब्ध गराउने तथा होटललगायत पूर्वाधार बनाउन पनि मिल्ने गरी काम अगाडि बढाइरहेका छौं ।

विमानस्थल बन्ने विषयमा धेरै कुरा भयो,  निर्माण कार्य कहिले सुरु हुन्छ ?    लगानी बोर्डमार्फत लगानीकर्ताको खोजी र व्यवस्थापन हुन्छ । कुन मोडलबाट बनाउने भन्ने विषयमा अध्ययन गरेर निर्माण कार्य सुरु गर्नेछांै । लगानी बोर्डले पनि निजगढ विमानस्थल निर्माणमा कुन मोडल उपयुक्त हुन्छ भनेर अध्ययनका लागि आईएफसीलाई जिम्मा दिइएको छ । कम्पनीले अहिले काम गरिरहेको छ । कम्पनीले पीपीपी मोडल, बुट मोडल कुनमा जान सुझाव दिन्छ । त्यसपछि निर्माण कार्यले गति लिन्छ । अर्को कुरा, विमानस्थल निर्माण गरेर बिजनेस पनि पाउनुप¥यो, निर्माण मात्र गरेर हुने होइन । सरकारको मुख्य आयोजना विमानस्थल हो । तर, त्यसलाई चलाउन फास्ट ट्र्याक निर्माणको आवश्यकता पर्छ । अहिले फास्ट ट्र्याकलाई अगाडि बढाउन भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयले काम अगाडि बढाइरहेको छ । दुवै आयोजनाले बिजनेस पाउन दुवै आयोजना निर्माण आवश्यक छ । निजगढ विमानस्थलको कुरा गर्दा अहिले चारकिल्ला तोक्ने, अफिस राख्ने, मुआब्जा वितरणका लागि लगत संकलनका काम अगाडि बढेका छन् । हामीलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाई सुखै छैन । नेपालको सौभाग्य भूकम्पले एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समस्या आएन । र, हामी सबैलाई सहज भइदियो । तापनि, यो विमानस्थल अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ)को मापदण्डअनुसार छैन । त्यसमा सुधारका काम अगाडि बढिरहेको छ । बजेटमा पनि  सुधारका लागि रकम छुट्ट्याइएको छ ।

त्रिभुवन विमानस्थल सुधार त गर्दै हुनुहुन्छ तर ८० प्रतिशत काम सकिनुपर्नेमा १४ प्रतिशत मात्र काम भएको छ, किन ? यसमा प्राविधिक समस्या छ । माटोमा समस्या रहेछ । त्यहाँ १९ लाख घनमिटर माटो आवश्यक पर्ने देखिएको छ । माटोको विषयमा ठेक्का सम्झौता हुँदा दुवै पक्ष बोलेका रहेनछन् । पशुपति क्षेत्र विकास कोषको क्षेत्रबाट माटो ल्याएर भर्ने काम सुरु गरिएको रहेछ । ४ लाख घनमिटर माटो ल्याएर काम अगाडि बढिरहेको बेला मुद्दा परेपछि त्यहाँबाट माटो ल्याउन रोक लाग्यो । धेरै विवादपछि अहिले ठिमीलगातय अन्य स्थानबाट माटो ल्याउन थालिएको छ । ठेकेदारको अवधि पनि नसकिएकाले उसले अब काम छिटो सम्पन्न गर्नेमा हामी आशावादी छौं ।

नेपाल वायुसेवा निगमलाई चिनियाँ जहाज भार भएको हो ? त्यतिबेला जहाज ल्याउने काम भयो । यो काम प्रक्रिया पूरा गरेर भएको देखिन्छ । तर, जुन क्षमताको भनेर चिनियाँ जहाज ल्याइएको हो, क्षमताअनुसार उडान भर्न नसकेपछि बिमा मात्र साढे २ लाख रुपैयाँ तिरेर उडान गर्न सकिँदैन । निगमलाई त नोक्सान हुने अवस्था आएको रहेछ । चिनियाँ जहाज कम्पनीले निगमलाई पहिले एमए–६० मा ५६ यात्रु बोक्न सक्ने क्षमता भनिएको रहेछ । तर, जहाज नेपाल आइसकेपछि मेनुअलमा ४६ सिट दिइएको रहेछ । एमए–६० मात्रै नभई दुर्गम उडानका लागि ल्याएको वाई–१२ ई जहाजमा पनि अगाडि यात्रु क्षमता १८ को मेनुअल दिइएको र पछि १३ जनाको मात्र दिइएको रहेछ । अहिले सबै विषयमा मन्त्रालय तथा निगमले चिनियाँ पक्षसँग निरन्तर वार्ता अगाडि बढाइरहेको छ । जतिसक्दो चाँडो चिनियाँ जहाजको समस्या समाधान हुनेमा आशावादी छु । यो दुवै सरकारबीचको सहमति भएको छ । हामीले प्राविधिक कुरा मात्र हेरेका छौं । अन्य विषय पनि यसमा जोडिने भएकाले छिट्टै समाधान निस्कन्छ ।

निगम व्यवस्थापन सम्हाल्ने विषयमा जर्मनीको लुफ्थान्साको प्रस्ताव आएको थियो । यस विषयमा के भइरहेको छ ? कुनै पनि संस्थाले प्रस्ताव ल्याउनु नराम्रो होइन । तर, हाम्रो राष्ट्रिय ध्वजाबाहक किन पछाडि प¥यो ? किन व्यवस्थापनमा चुक्यौं ? यी पाटोबाट कुनै अध्ययन र छलफल भएको छैन । अहिले व्यवस्थापनको पाटोबाट गम्भीर छलफल भइरहेको छ । निगमले ग्लोबल टेन्डर आह्वान गरिसकेको छ । कुन संस्था आउँछन् टेन्डरमा उसले नै व्यवस्थापनको पाटो हेर्न दिने गरेर अहिले निगम सञ्चालक समितिले काम गरिरहेको छ ।

तपाईं वाइडबडी जहाज ल्याउने भन्नुहुन्छ तर न्यारोबडी नै उडाउन व्यवस्थापनले सकेको छैन ? अहिले आइकाओको मापदण्ड पूरा नगरी युरोप तथा अमेरिका उडान भर्न सक्ने अवस्था पनि छैन । तापनि, कुरा के हो भने के सधंै निगमलाई यसरी नै चलाउने हो ? हैन, हामीले अब गुमेका पुराना गन्तव्य लिनका लागि पनि नयाँ जहाज खरिद गर्न आवश्यक छ । हामीले अघि पनि पर्यटन प्रवद्र्धनका विषयमा धेरै कुरा गरिसकेका छौं । निगम बलियो भएर युरोप, अमेरिका उडान गर्न सकेको खण्डमा आफैं प्रवद्र्धन हुन्छ । पर्यटक आगमनदर स्वतः बढ्नेछ । म जर्मन, जापान, फ्रान्स, चीन, लन्डन गएको छु निगमको जहाजबाट । त्यसैले अब जहाज किन्न रोकेर विकास हुने होइन । वाइडबडी, न्यारोबडी खरिद गर्दै जाने निगमको गन्तव्य लिने व्यवस्थापन सुधार्ने सबै काम एकसाथ सुरु गराउने अभियानमा म लागेको छु । अहिले निगमको नयाँ जहाज पनि ग्राउन्डेड भएको छ भन्ने आरोप छ । किनभने जहाज ल्याउँदाको सम्झौतामा क्रु र पाइलटको विषयमा केही बोलेको पाइएन, त्यसले पनि केही समस्या पारेको छ । अहिले नयाँ पाइलट ल्याउने तयारी भइरहेको छ् ।

हामीले युरोप उडाउने भनेका छांै तर ईयूको कालोसूचीबाट अझै हट्न सकेका छैनांै । के अझै कालोसूचीबाट हट्न नसक्ने हो वा सरकारी पहल कम भएको ? हाम्रो हवाई क्षेत्रलाई युरोपेली युनियनले झन्डै २ वर्षदेखि कालोसूचीमा राखेको छ । आईकाओका केही मापदण्ड छन् । हामीले त्यो पूरा गर्न आवश्यक छ । अहिले आईकाओको बैठकमा जाने अनि प्रगति राख्ने काम नागरिक उड्डयन प्राधिकरणले गरिरहेको छ । अहिले सो विषयमा काम गर्न प्राविधि टोली नै लागेको छ । सुधार गरेर चाँडै कालोसूचीबाट हट्नेछांै ।

नेपाल पर्यटन बोर्डको सीईओ नियुक्त हुनै नसक्ने अवस्था आएको हो ? नेपाल पर्यटन बोर्डमा ४ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त हुन नसक्नु पर्यटन क्षेत्रको दुर्भाग्य भन्नुपर्छ । भूकम्पले पर्यटन क्षेत्र थिलोथिलो भएको बेला प्रवद्र्धन गर्ने मख्य निकाय नै प्रमुखविहीन छ । अलिकति तल–माथि हुनेबित्तिकै सबै अदालत जाने परिपाटीले गर्दा समस्या समाधान हुन सकेको छैन । प्रवद्र्धनको काम गर्ने गरी स्थापना भएको संस्था मुद्दामामिलको झमेलामा फस्नु गलत भएको छ । यसबाट धेरै समस्या आएका छन् । अहिले हामी यसलाई फुकाउन लागिरहेका छौं । चाँडै बोर्डले सीईओ पाउनेछ ।

साभार: काराेबार

]]>
2748 0 0 0
मलेसियामा ‘नेपाल नाइट २०१५’ सम्पन्न http://localhost/ghum/%e0%a4%ae%e0%a4%b2%e0%a5%87%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%9f-%e0%a5%a8%e0%a5%a6/ Fri, 04 Sep 2015 05:18:40 +0000 http://www.ghumphir.com.np/?p=2751 दिवस पोखरेल मलेसिया, १८ भदौ ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि मलेसियाको राजधानी कोलालम्पुरमा आयोजित ‘नेपाल नाइट २०१५’ सम्पन्न भएको छ । मलेसियाका पर्यटकलाई नेपाल भ्रमणका लागि लक्षित गरी आयोजना गरिएको कार्यक्रममा नेपाल प्रवद्र्धन गर्न चाहने टुर्र अपरेटरले उपस्थिति जनाउनुका साथै पर्यटनका सम्बन्धमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमान बस्नेतले भूकम्पको विषयलाई लिएर अन्तर्राष्ट्रिय समाचार माध्यमले प्रचारप्रसार गरेजस्तो क्षति नभएको र नेपाल भ्रमणका लागि सुरक्षित भएको जानकारी दिनुभयो । उहाँले नेपालका ९० प्रतिशत भाग सुरक्षित भएको र काठमाडौँका केही सम्पदामा क्षति भएको विषयलाई लिएर नकारात्मक प्रचारप्रसार भएको बताउनुभयो । “नेपालका पर्यटन व्यवसायीले सहुलियत दरमा कार्यक्रम बिक्री आयोजना गरेका छन् । चीनले नेपाल भ्रमणलाई मुख्य गन्तव्यका रुपमा लिएको छ”, राजदूत डा बस्नेतले भन्नुभयो, “मलेसियाका पर्यटक भगवान् गौतम बुद्धको पवित्रधाम लुम्बिनी, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ आदि अवलोकन गर्न र कैलाश मानसरोवरको यात्रा नेपालबाट गर्न चाहन्छन् ।” कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका सदस्य एवम् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशक टीकाराम अधिकारीले नेपालको गन्तव्य मलेसियाका नागरिकलाई भ्रमणयोग्य रहेको बताउनुभयो । नेपाल एसोसिएसन अफ ट्रार्भल एन्ड टुर्र एजेन्टस्की सह–कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक जीस्वाँन तुलाधारले नेपाल भ्रमणका लागि निमन्त्रणा दिँदै नेपालको पर्यटन प्रवद्र्धन गर्न मलेसियामा सम्पन्न हुन गइरहेको ‘माट्टा मेला’मा नेपालका १३ वटा पर्यटनसम्बन्धी कम्पनीले सहभागी जनाउन लागिएको जानकारी गराउनुभयो । मलेसियाका सफुआन ट्रार्भल एन्ड होलिडेजका सञ्चालक अजिजी बोरहानले निकट भविष्यमा नेपालमा पर्यटक पठाउने तयारी गरिरहेको बताउनुभयो । “नेपालमा पदयात्रा, चितवन, पोखरा आदि गन्तव्य भ्रमणका लागि मलेसियन नागरिक इच्छुक छन्”, बोरहान भन्नुहुन्छ, “मलेसियन नागरिक जटिल आरोहण गर्न चाहँदैनन्, त्यसैले साधारण आरोहण र भ्रमणको कार्यक्रम सञ्चालन गर्न चाहन्छु ।” कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट नेपालको पर्यटनका विविध पक्षलाई समेटेर तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

]]>
2751 0 0 0
नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d/ Fri, 04 Sep 2015 13:18:20 +0000 http://www.ghumphir.com.np/?p=2755

काठमाडौँ, १८ भदौ ।

मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमान बस्नेतले भूकम्पपछिको नेपालको पर्यटन पहिलाकै अवस्थामा फर्किसकेकाले भ्रमणका लागि सुरक्षित रहेको बताउनुभएको छ । राजधानी क्वालालम्पुरमा बिहीबार राति सम्पन्न ‘नेपाल नाइट २०१५’ मा सहभागिता जनाउँदै राजदूत बस्नेतले भूकम्पको विषयलाई लिएर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रचारप्रसार गरेजस्तो क्षति नभएकाले ढुक्क भएर भ्रमणमा जान पर्यटकलाई आग्रह गर्नुभयो । उहाँले नेपालका ९० प्रतिशत भाग सुरक्षित भएको र काठमाडौँका केही सम्पदामा क्षति भएको विषयलाई लिएर नकारात्मक प्रचारप्रसार भएको बताउँदै धार्मिक पर्यटन प्रवद्र्धनका लागि सरोकारवाला निकायले विशेष कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्याउनुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका सदस्य एवम् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशक टीकाराम अधिकारीले नेपालको गन्तव्य मलेसियाका नागरिकलाई भ्रमणयोग्य रहेको बताउँदै यस किसिमको कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मलेसियाका पर्यटकलाई नेपाल भ्रमणका लागि लक्षित गरी आयोजना गरिएको कार्यक्रममा नेपाल प्रवद्र्धन गर्न चाहने ‘टुर अपरेटर’ले उपस्थिति जनाउनुका साथै पर्यटनका सम्बन्धमा जिज्ञासा राखेका थिए । नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्सकी सहकोषाध्यक्ष एवम् कार्यक्रम संयोजक जीस्वान तुलाधरले नेपाल भ्रमणका लागि निमन्त्रणा दिँदै पर्यटन प्रवद्र्धनका लागि माट्टा मेला उपयोगी हुने बताउनुभयो । नेपाल पर्यटन प्रवद्र्धन गर्न चाहने मलेसियामा सफुआन ट्राभल एन्ड होलिडेजका सञ्चालक अजिजी बोरहानले निकट भविष्यमा नेपालमा पर्यटक पठाउने तयारी गरेको बताउनुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट नेपालको पर्यटनका विविध पक्षलाई समेटेर तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको सहभागी पत्रकार दिवस पोखरेलले जानकारी दिनुभयो ।

]]>
2755 0 0 0
नेपाल वायुसेवा निगमको मुम्बई उडान सुरु http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81/ Fri, 04 Sep 2015 13:22:39 +0000 http://www.ghumphir.com.np/?p=2757

काठमाडौँ, १८ भदौ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको बैङ्लोर उडान सुरु गरेको छ । निगमको एयरबस ए ३२०÷२०० जहाजले ९८ यात्रु बोकेर दिउँसो १२ः४० बजे बैङ्लोरतर्फ उडान भरेको हो । यसअघि सन् २००६ मा निगमले जहाज अभाव भएको भन्दै काठमाडौँ–बैङ्लोर उडान बन्द गरेको थियो । पछिल्लो समय निगमले नयाँ एयरबस भित्र्याएपछि बैङ्लोर उडान सुरु गरेको र सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने जनाएको छ ।

Nepal Airlines01बैङ्लोरका लागि निगमले प्रवद्र्धनात्मक भाडादर करसहित दुईतर्फी रु २१ हजार तोकेको निगम संस्थागत विभागका कामु उपनिर्देशक शैलेश कंसाकारले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली र विदेशीलाई समान भाडादर कायम गरिएको छ । बैङ्लोरबाट ४० जना यात्रु बोकेर निगमको एयरबस भारतीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि उडान गर्नेछ । यात्रुले दुईवटा टिकट किन्दा एउटा निःशुल्क पाउने निगमले जनाएको छ । बैङ्लोरबाट बिदा मनाउन नेपाल आउने र नेपालबाट बैङ्लोर जाने यात्रुलाई लक्षित गर्दै उडान सुरु गरेको निगमले जनाएको छ । निगमले भदौ १८ गतेदेखि मुम्बई उडान सुरु गर्दैछ । यहाँ निगमले बुधबार, शुक्रबार र सोमबार उडान गर्ने तयारी गरिरहेको छ ।

]]>
2757 0 0 0
तीनजुरेको चिया तेस्रो मुलुकमा बिक्री http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8%e0%a4%9c%e0%a5%81%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%ae%e0%a5%81/ Fri, 04 Sep 2015 13:26:11 +0000 http://www.ghumphir.com.np/?p=2759

इलाम, १८ भदौ ।

अर्गानिक चिया उत्पादन गरिरहेको तीनजुरे चिया सहकारी संस्थाका चिया तेस्रो मुलुक निर्यात भएको छ । विभिन्न देशका चियासँग सम्बन्धित उद्योगी तथा व्यापारीहरूले कारखानामै पुगेर चियाको गुणस्तर मापन गरेपछि पाँच हजार किलोग्राम तयारी चिया निर्यात भएको हो । अमेरिका, जर्मनी, फ्रान्स, अर्जेन्टिना, जापान र छिमेकी मुलुक भारतमा अर्गानिक चिया निर्यात गर्ने अवसर आएको सहकारी संस्थाले जनाएको छ । चिया खरिद गर्नुअघि गत चैत २७ गते अमेरिका, अर्जेन्टिना र जापानको मल्टिकम्प्लेक्स कम्पनीबाट आएका प्रतिनिधिहरुले चियाको गुणस्तरीयता मापन गरिएको थियो । परीक्षणका क्रममा चिया गुणस्तरीय रहेको र यसलाई पूर्ण अर्गानिक बनाउँदै लगेको खण्डमा यहाँको चियाको भविष्य विश्व बजारमा राम्रो रहेको उनीहरूले बताएको कारखानाका नवीन कोइरालाले बताउनुभयो । पूर्ण अर्गानिक चिया उत्पादन भए यहाँको चिया तेस्रो मुलुकमा महँगो मूल्यमा बेचिदिने चिया परीक्षणमा आएका विदेशी चिया व्यापारीले आश्वासन दिएका छन् । “चिया परीक्षणबाट पूर्ण अर्गानिक भएको प्रमाणपत्र पाएको खण्डमा चियाको मूल्य धेरै बढ्ने आवश्वासन पाएका छौँ,” कोइरालाले भन्नुभयो – “अर्गानिक प्रमाणपत्रका लागि नासाबाट गरिने प्रक्रिया खर्चिलो भएकाले समस्या भएको छ ।” अर्गानिक चिया उत्पादन गरिरहेको यस कारखानामा फाकफोक, एकतप्पा र चमैताका गरी २०९ जना किसानले दैनिक आठ÷नौ सय किलोग्राम हरियोपत्ति प्रशोधनका लागि ल्याइरहेका छन् । कारखानाबाट ब्लुम टी, गोल्डेन टी, स्पेसल ग्रिन टी (एक पात एक सुइरो), वाइट टी, एल्लो टी, पलग्रिनलगायत विभिन्न प्रकारका उच्च कोटीका चिया उत्पादन हुँदै आएको छ । गएको वर्षमात्रै पाँच हजार किलोग्राम चिया जापान, जर्मनी, अमेरिका, अर्जेन्टिनामा प्रतिकिलो रु छ हजारसम्म बिक्री गरेको चिया प्राविधिज्ञसमेत रहनुभएका कोइरालाले जानकारी गराउनुभयो । अघिल्लो वर्ष तेस्रो मुलुकबाट आएका व्यापारीले आमबोटे अर्गानिक चिया प्रशोधन उद्योग जीतपुर, ब्रदर्श अर्थाेडक्स चिया मङ्गलबारे–४, तीनजुरे चिया सहकारी प्रशोधन कारखाना फाकफोक–६ र पाँचथरको पाथीभरा टी स्टेटबाट उत्पादित अर्गानिक चियाको परीक्षण गरेका थिए । अमेरिकी व्यापारीहरूले यहाँको चिया सोझै लगेर बिक्री गर्नेभन्दा पनि वेबसाइटमा राखेर बिक्रीका लागि प्रचारप्रसार गर्ने गर्छन् । “वेबसाइटमार्फत क्रेताबाट माग आए लगत्तै उनीहरूले सोझै कारखानासँग सम्पर्क गरेर चिया खरिद गर्छन्,” केन्द्रीय चिया उत्पादक सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले भन्नुभयो । यस अतिरिक्त सूर्याेदय नगरपालिकाको फिक्कलमा रहेको गोर्खा टिस्टेट र साँखेजुङको हिमालयन साङ्ग्रिला चिया कारखानाबाट उत्पादित उच्च कोटीको अर्गानिक चिया पनि जर्मनीमा बिक्री भइरहेको थाहा भएको छ ।

]]>
2759 0 0 0
कृष्णसारको सङ्ख्या घटे http://localhost/ghum/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%be-%e0%a4%98%e0%a4%9f%e0%a5%87/ Fri, 04 Sep 2015 13:31:30 +0000 http://www.ghumphir.com.np/?p=2761

गुलरिया (बर्दिया), १८ भदौ ।

बर्दियाको गुलरिया नगरपालिका खैरापुर–२ पण्डितपुर रहेको कृष्णसार संरक्षण क्षेत्रमा कृष्णसारको सङ्ख्या हाल दुई सय ६२ पुगेको छ । संरक्षण क्षेत्र कार्यालयका प्रमुख नारायण रुपाखेतीले अहिले कृष्णसारको सङ्ख्या दुई सय ६२ पुगेको जानकारी दिनुभयो । यसअघि कृष्णसारको सङ्ख्या तीन सय रहेको थियो । उहाँले भन्नुभयो–“पोहोर साल बबई नदीमा आएको बाढीले ४० कृष्णसारको मरेर सङ्ख्या घटेकोे थियो ।” अहिले दुईवटा बढेको उहाँले बताउनुभयो ।

]]>
2761 0 0 0
दामोदरकुण्ड जाने भक्तजनका लागि अस्थायी आवासगृह निर्माण http://localhost/ghum/%e0%a4%a6%e0%a4%be%e0%a4%ae%e0%a5%8b%e0%a4%a6%e0%a4%b0%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%9c%e0%a4%a8%e0%a4%95/ Fri, 04 Sep 2015 13:33:40 +0000 http://www.ghumphir.com.np/?p=2764

मुस्ताङ, १८ भदौ ।

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्डमा स्नान र दर्शनका लागि जाने भक्तजनको सुविधाका लागि आवासगृह निर्माण गरिएको छ । जिल्ला विकास समितिको पहलमा पर्यटन बोर्डको करिब रु २० लाखको लागतमा सुर्खाङ गाविसको सुर्खाङ गाउँभन्दा केही माथि अस्थायी आवास गृह निर्माण गरिएको हो । जिल्ला सदरमुकाम जोमसोमदेखि तीनदिनको पैदलदूरीमा रहेको दामोदरकुण्डको बाटोमा अस्याथी आवासगृह नहुँदा त्यहाँ जाने भक्तजन ओडार र खुला चौरमा बास बस्नुपर्ने अवस्था विद्यमान थियो । हरेक सिजनको असारदेखि असोज महिनासम्म नेपाली र भारतीय भक्तजन दामोदरकुण्डमा स्नानका लागि पुग्ने गरेका छन् । दामोदरकुण्डमा स्नान गरे आफ्नो भित्री मनोकांक्षा पूरा हुने जनविश्वास छ । दामोदरकुण्ड जाँदा सुर्खाङ गाउँदेखि माथि कुनै पनि बस्ती नहुँदा बीचमा खानुपर्ने र लगाउनुपर्ने सम्पूर्ण सामग्री भक्तजनले नै व्यवस्था गरी लैजानुपर्छ । लामो समयदेखि बीचभागमा आवास गृह निर्माणको माग आएकाले जिविसले अस्याथी टहरा बनाएको जिविस मुस्ताङका कार्यक्रम अधिकृत केदारसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार, स्थानीयवासीले दामोदरकुण्डसम्म जान व्यवस्थित पदमार्ग निर्माणको माग पनि अघि सारेका छन् । “पर्यटन बोर्डले हामीलाई दामोदरकुण्ड, हिडन भ्यालीमा समेत आवास गृह निर्माण गर्न रु एक करोड बजेट पठाएको थियो, त्यसमध्ये रु २० लाखले हामीले काम गरेका हौँ” कार्यक्रम अधिकृत थापाले भन्नुभयो । जोमसोमबाट पहिलो दिन सुर्खाङ गाउँ, दोस्रो दिन सुर्खाङकै कोवेथाँती र तेस्रो दिन दामोदरकुण्ड पुग्न सकिन्छ । कुण्डमा स्नानका लागि जाने भक्तजन नेपालीभन्दा भारतीय बढी हुन्छन् । उनीहरु उत्तराखण्ड, हिमाञ्चल, विहारलगायतका राज्यबाट आउने गरेको बताइएको छ । जिविसले मुक्तिनाथ र दोमादरकुण्डलाई एकीकृतरुपमा विकास गर्ने योजना अघि सारेको छ । आवास गृह निर्माण पछि भक्तजनलाई ठूलो राहत पुग्ने अनुमान गरिएको छ ।

]]>
2764 0 0 0
यार्सागुम्बाको मूल्य घटेपछि आर्थिक मन्दी http://localhost/ghum/%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%97%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%98%e0%a4%9f%e0%a5%87/ Fri, 04 Sep 2015 13:36:59 +0000 http://www.ghumphir.com.np/?p=2766

त्रिपुराकोट (डोल्पा), १८ भदौ ।

यस वर्ष यार्सागुम्बाको मूल्य घटेपछि डोल्पामा आर्थिक मन्दी भएको छ । गत वर्ष रु ३० लाखदेखि रु ३२ लाखमा कारोबार भएको यार्सागुम्बा यस वर्ष भने रु २० लाखमा मात्रै कारोबार भएको स्थानीय व्यापारीहरूले बताएका छन् । यार्सा मौसम सकिएलगत्तै स्थानीय बजारमा दैनिक उपभोग्य सामान र चाडपर्वका लागि लत्ता कपडालगायतका सामान किन्ने मान्छेको घुइँचो लाग्ने गथ्र्यो तर यी बजार यसवर्ष भने सुनसान छन् । यार्साको मूल्य घटेपछि पुँजीे अभावका कारण बजारमा सामान किन्न आउनेको सङ्ख्यामासमेत कमी आएको स्थानीय व्यापारीले बताउने गरेका छन् । विगतमा खासगरी साउनदेखि भदौ महिनासम्म होटेल तथा पसलमा जति व्यापार हुने गथ्र्यो त्यसको एक तिहाइ पनि यस वर्ष कारोबार नभएको स्थानीय व्यापारी विष्णु हमालले बताउनुभयो । विसं २०४० देखि व्यापारिक प्रयोजनका लागि सङ्कलन गर्न थालिएको यार्सागुम्बा डोल्पाली तथा छिमेकी जिल्लावासीको आर्थिक उपार्जनको मुख्य स्रोत हो । यार्सागुम्बा यस वर्ष धेरै कम भेटिएकाले यसको मूल्य बढ्ने पूर्व अनुमान गरिएको थियो । यार्सागुम्बाको मूल्य घट्नु नै डोल्पाको यस वर्षको आर्थिक समस्याको जड भएको अधिकांश सरोकारवालाहरूको बुझाइ छ । एक महिनाको यार्सा टिपाइको कमाइबाट वर्षभरिका आधारभूत आवश्यकता सहजै पूरा गर्दै आएका डोल्पाली भने यसवर्ष निराश छन् । यसरी यार्सागुम्बा सङ्कलन तथा व्यापारमा नसोचेकै घाटा खाएपछि धेरै सर्वसाधारण पुरानै खेती किसानीतर्फ फर्केका छन् । उनीहरुले पैसाको अभावमा स्थानीय उत्पादन बजार मूल्यभन्दा घटाएर बिक्री वितरण गर्न थालेका छन् ।ु जिल्लाबाट यसवर्ष ३०६ किलो यार्सागुम्बा बिक्री वितरणका लागि जिल्ला बाहिर निकासी गरिएकामा रु ३० करोड बराबरको घाटा लागेको व्यापारीहरूले बताएका छन् । बिक्रीका लागि विभिन्न व्यापारिक केन्द्रमा लगिएको यार्सागुम्बामा प्रतिकिलो रु १० लाखका दरले मूल्य घटेपछि घाटा भएको स्थानीय यार्सा व्यापारी गोपी सार्कीले बताउनुभयो ।

]]>
2766 0 0 0
कृष्णमन्दिरमा कृष्ण जन्माष्टमीका दिन डबलीबाटै पूजा http://localhost/ghum/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a3-%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%ae/ Fri, 04 Sep 2015 13:42:57 +0000 http://www.ghumphir.com.np/?p=2768

ललितपुर, १८ भदौ ।

यस वर्षको कृष्ण जन्माष्टमीका दिन भोलि शनिबार पाटन दरबारस्थित कृष्ण मन्दिरको पूजामा सहभागी भक्तजनले डबलीमा रहेर पूजा गर्नुपर्ने भएको छ । भूकम्पका कारण मन्दिर जोखिममा रहेकाले पूजाका लागि आउने भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइएको ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत ताराबहादुर कार्कीले बताउनुभएको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पले विश्व सम्पदा सूचीमा रहेको पाटन दरबारस्थित कृष्ण मन्दिर जोखिम अवस्थामा रहेकाले पूजामा आउने श्रद्धालु भक्तजनलाई डबलीमा नै पूजाको व्यवस्था गर्न लागेको उहाँको भनाइ रहेको छ । भूकम्पले त्यहाँ रहेका चारनारायण र विश्वनाथको मन्दिर पूर्णरुपमा ध्वस्त भएका थिए । त्यससँगै रहेको भीमसेन मन्दिरसमेत जोखिम अवस्थामा रहेको छ । कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिरमा राष्ट्र प्रमुखको उपस्थितिमा पूजा गरिने प्रचलन रहँदै आएको छ । यस दिन पूजामा सहभागी हुन पाटनका स्थानीयवासी, चापागाउँ, सुनाकोठी, हरिसिद्धी, लूभू, इमाडोल, सिद्धीपुर, खोकना, बुङ्मती, गोदावरीलगायतबाट उपत्यकाभित्रका भक्तजनको ओइरो लाग्ने गरेको छ ।

]]>
2768 0 0 0
फर्कदै http://localhost/ghum/%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%a6%e0%a5%88/ Fri, 04 Sep 2015 14:02:18 +0000 http://www.ghumphir.com.np/?p=2771 2771 0 0 0 आवागमन बढ्दै http://localhost/ghum/%e0%a4%86%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%ae%e0%a4%a8-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Fri, 04 Sep 2015 14:09:57 +0000 http://www.ghumphir.com.np/?p=2774 2774 0 0 0 ४५ वर्षपछि सुरु भएको भैरव नाच सम्पन्न (फोटो फिचर) http://localhost/ghum/%e0%a5%aa%e0%a5%ab-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%b5/ Sat, 05 Sep 2015 02:23:48 +0000 http://www.ghumphir.com.np/?p=2777 रामगोपाल तमखु

मध्यपुरथिमिमा ४५ वर्षपछि यस वर्षबाट सुरु भएको लायकू भैरव नाच सम्पन्न भएको छ । मल्लकाल भन्दाअघिदेखि सञ्चालन भएर रोकिएको यो नाच यहाँका युवाले तीन वर्षको अनुसन्धानपछि यस वर्षबाट पुनः सञ्चालनमा ल्याएका थिए । गाईजात्राको भोलिपल्टको राति थिमिको लायकू दरबारबाट सुरु भएर चार रातसम्म निरन्तर मध्यपुरथिमिको विभिन्न क्षेत्रमा प्रदर्शन गरिने यो नाच शुक्रबार  सम्पन्न भएको नाचका सहयोगी हरिसुन्दर श्रेष्ठले बताउनुभयो । साक्षात भैरव प्रकट हुने विश्वास गरिएको भैरव नाच चार रातसम्म लायकूदेखि बालकुमारी, इनायटोल, द्धिगुटोल, हात्ती महाँकाल, भूलांखेल, चपाचो, गुङ्चिवा (नौवटा चैत्य) भएको ठाउँहरुको परिक्रमा गर्दै आज बिहान पुनः लायकू आएर सम्पन्न भएको नाचका गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । मल्लकालीन वंशावलीमा मध्येका मगागु अर्थात् नभई नहुने भनेर उल्लेख गरिएको नाचमा भैरव दुई जना, कुमारी अर्थात् दाङ्गी दुई जना, ज्यापुङ्ग एक जनाले देवताको मुकुन्डो धारण गरेर नाच प्रदर्शन गर्ने गरिन्छ । नाचमा वाद्यवादनमा १२ जना, दाग बाजामा १२ जना, भुस्या बाजामा आठ जना, पेंगा बाजामा आठ जना, मुवाली बाजामा चार जना र प्रत्येक देवताको सहयोगीसमेत गरेर ६८ जनाको टोलीको नाचमा सहभागिता रहनेछ । वाद्य एवम् भैरव नाचका गुरु निरञ्जन श्रेष्ठले आफू जन्मनुअघि नै लोप भइसकेको यो नाच अब हरेक वर्ष सञ्चालन गरिने बताउनुभयो । यता मध्यपुरथिमिको बोडेमा चार रात तीन दिनसम्म मनाइने प्रसिद्ध नीलबाराही नाच पनि सम्पन्न भएको छ । गत सोमबार अर्थात् गाईजात्राको भोलिपल्टको मध्यराति १२ बजेदेखि सुरु हुने भएको यो नाच गएरातिबाट सम्पन्न भएको हो । नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकू छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ । देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ । देवता १९ जना, गुरु छ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने नौ जना गरी यो नाचमा १०० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् । परापूर्वकालमा नीलबाराही देवीले एक दिन मानिसका रूपमा बोडे सहर आएर स्थानीय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरी राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएपछि यो नाच सुरु भएको किम्बदन्ती एवम् जनविश्वास रहँदै नाचका गुरु कान्छा बालाले जानकारी दिनुभयो । यहाँको नाच देखाउन थालेपछि थिमिमा भूत, प्रेत, पिसाचले दुःख नदिएको र यहाँ अनिकाल, रोगको महामारी नहुने जनविश्वास रहेको छ ।

Bhairab Dance  @ Ghumphir.com.np (1) Bhairab Dance  @ Ghumphir.com.np (2) Bhairab Dance  @ Ghumphir.com.np (3) Bhairab Dance  @ Ghumphir.com.np (4) Bhairab Dance  @ Ghumphir.com.np (5) Bhairab Dance  @ Ghumphir.com.np (6) Bhairab Dance  @ Ghumphir.com.np (7) Bhairab Dance  @ Ghumphir.com.np (8)

????????????????????????????????????]]>
2777 0 0 0
लोमान्थाङमा चौबिसै घन्टा बिजुली http://localhost/ghum/%e0%a4%b2%e0%a5%8b%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%8c%e0%a4%ac%e0%a4%bf%e0%a4%b8%e0%a5%88-%e0%a4%98%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%be/ Sat, 05 Sep 2015 05:26:48 +0000 http://www.ghumphir.com.np/?p=2789

मुस्ताङ, १९ भदौ ।upp

मुस्ताङको लोमान्थाङ उपत्यकामा २४ सै घन्टा बिजुली बल्न थालिएको छ । चीन सरकारले अनुदानमा ७० किलोवाट क्षमताको सोलार प्यानल जडान गरेपछि करिब एक सय ९० घरधुरी रहेको लोमान्थाङ उपत्यकाका स्थानीयवासीले २४ सै घन्टा बिजुली बाल्न थालेका हुन् । यसअघि अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) र स्थानीयवासीको श्रमदानमा निर्माण गरिएको २९ किलोवाटको साना लघुजलविद्युत्बाट उनीहरुले दैनिकी चलाउँदै आएका थिए । बेलुकी ६ देखि १० बजेसम्म र बिहान ४ देखि ७ बजेसम्म मात्रै बिजुली उपभोग गर्दै आएका स्थानीयवासी २४ सै घन्टा उज्यालो पाएपछि हर्षित भएको गाविस सचिव ज्ञानेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार चीनसँग सीमा जोडिएका जिल्लामा आवश्यकताका आधारमा शिक्षा, स्वास्थ्य, विद्युत् र यातायातमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत उक्त सोलार प्यानल जडान गरिएका हुन् । सोलार र खोलाबाट उत्पादित विद्युत्लाई एउटै प्रणालीमा जोडेर बिजुली वितरण गरिँदै आएको छ । अहिले केही घरमा अझै वाइरिङ गर्ने काम बाँकी रहेकाले केही दिनमा उद्घाटनको तयारीमा रहेको जानकारी सीमा प्रशासन कार्यालय मुस्ताङका प्रमुख कृष्णप्रसाद ढकालले दिनुभयो ।

]]>
2789 0 0 0
पुल नहँुदा डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न बाध्य http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%a8%e0%a4%b9%e0%a4%81%e0%a5%81%e0%a4%a6%e0%a4%be-%e0%a4%a1%e0%a5%81%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a5%8b%e0%a4%96%e0%a4%bf/ Sat, 05 Sep 2015 05:29:40 +0000 http://www.ghumphir.com.np/?p=2791

कञ्चनपुर, १९ भदौ ।

कञ्चनपुरको दोधारा चाँदनी–९ कुतियाकभरका बासिन्दा जोगबुढा नदीमा पुल नहुँदा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । नदी वारपार गर्न यहाँका बासिन्दाले वर्षौंदेखि डुङ्गाको प्रयोग गर्दै आएका छन् । गाउँमा विद्यालय नहुँदा बालबालिकालाई डुङ्गाकै सहारामा नदी तारेर टाढाको विद्यालय पठाउने गरेका छन् । “बालबालिका नदी पार नहुँदासम्म नदीको डिलमा बसेर कुर्नुपर्ने अवस्था छ”–स्थानीयवासी मदनबहादुर सुनारले भन्नुभयो । आवश्यक खाद्यान्न, घाँस, दाउरा र जिल्ला सदरमुकाम पुग्नकै लागि पनि डुङ्गाको भरमा नदी तर्दै आएको उहाँले बताउनुभयो । महाकाली र जोगबुढा नदीले घेरिएको क्षेत्र भएकाले बर्सात्का बेला नदीमा पानीको बहाव उच्च हुँदा सबै क्षेत्रको सम्पर्क विच्छेद हुने भएकाले आवश्यक वस्तु आपूर्ति गर्न नसक्दा भोकभोकै बस्नुपर्ने अवस्थासमेत आउने गरेको स्थानीयवासीको भनाइ छ । नगरपालिका, जिविस र मन्त्रालयसम्म पुल निर्माणका लागि पुग्दासमेत सबै क्षेत्रबाट आश्वासन पाइए पनि पुल बन्न नसकेको यस क्षेत्रका बासिन्दाको भनाइ छ । महाकाली र जोगबुढा नदीले वर्षौंदेखि जग्गा कटान गरी बगाउँदै आएकाले तटबन्ध निर्माण गरिदिनसमेत सम्बन्धित निकायलाई यहाँका बासिन्दाले माग गरेका छन् ।

]]>
2791 0 0 0
पैँतीस बोरा आलु नियन्त्रणमा http://localhost/ghum/%e0%a4%aa%e0%a5%88%e0%a4%81%e0%a4%a4%e0%a5%80%e0%a4%b8-%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a4%be-%e0%a4%86%e0%a4%b2%e0%a5%81-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/ Sat, 05 Sep 2015 05:35:04 +0000 http://www.ghumphir.com.np/?p=2793

गौशाला, १९ भदौ ।

आन्दोलनकारीले आज एकाबिहानै महोत्तरीको सदरमुकाम जलेश्वरमा ३५ बोरा आलु नियन्त्रणमा लिएका छन् । बन्दको बेला कालोबजारी गर्ने उद्देश्यले आठ÷१० वटा साइकलमा भारतबाट जलेश्वर ल्याइएका ३५ बोरा आलु आन्दोलनकारीले साइकलसहित नियन्त्रणमा लिएका हुन् । अनिश्चितकालीन मधेस बन्द रहेको बेला बर्दिबास र जनकपुरका ठूला व्यापारी र कालोबजारी गर्नका लागि साइकलमा ढुवानी गरी आलु पु¥याइने गरेको आरोप लगाउँदै आन्दोलनकारीले आलु नियन्त्रणमा लिएका हुन् । साइकलमा आलु लिएर आएकालाई आन्दोलनकारीले रोक्नासाथ साइकल र आलु छाडेर उनीहरु भागेका छन् । उनीहरुले विगत पाँच÷६ दिनदेखि नेपाली व्यापारीको आलुको ट्रक भारतमा राखिएको ठाउँबाट दुई÷तीनवटा बोरा एउटा साइकलमा हाली पालैपालो नेपाल ल्याउने गरेको थियो । आन्दोलनकारीले उनीहरुलाई पटकपटक चेतावनी दिँदा पनि भारतबाट आलु ढुवानी गर्न नछाडेपछि आज बिहान आन्दोलनकारीले एकैसाथ ३५ बोरा आलु र १२ थान साइकल नियन्त्रणमा लिएको बताएका छन् ।

]]>
2793 0 0 0
राष्ट्रपतिद्वारा कृष्णमन्दिरको दर्शन http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a4%ae/ Sat, 05 Sep 2015 05:37:30 +0000 http://www.ghumphir.com.np/?p=2795

काठमाडौँ, १९ भदौ ।

राष्ट्रपति डा रामवरण यादवले श्रीकृष्णाष्टमीको पावन अवसरमा आज बिहान ललितपुरको पाटनस्थित कृष्णमन्दिर दर्शन गरी टीका, फूलमाला, पञ्चामृत एवम् प्रसाद ग्रहण गर्नुभएको छ । सो अवसरमा उहाँले गत वैशाखमा गएको भूकम्पबाट क्षति भएका त्यहाँस्थित भौतिक संरचना र कृष्णमन्दिर परिसरको अवलोकन पनि गर्नुभयो । कृष्णाष्टमीको अवसरमा भगवान् कृष्णको दर्शन गर्न त्यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको छ ।

]]>
2795 0 0 0
प्रेमको प्रतिक रानीे महल पुग्दा http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a4%b2/ Sat, 05 Sep 2015 07:56:26 +0000 http://www.ghumphir.com.np/?p=2799 बिशाल रानामगर प्रेमको प्रतिकको रुपमा प्रख्यात रानी महल पुग्दा लाग्यो म अकै दुनियामा छु कि जस्तो । जुन स्वरुपमा सोचेको थिए त्यती संरक्षण हुन सकेको रहेन छ । तर संरक्षण नभएपनी भावनात्मक रुपले निकै नौलो अनुभुती भयो । नेपालको ताजमहलका रुपले प्रख्यात रानीमहल जुन रुपले संरक्षण हुनु पर्ने हो त्यती हुन सकेको रहेन छ । पर्यटकीय स्थलका रुपले प्रचुर मात्रामा सम्भावान भएर पनी सुनसान रानी महल देख्दा कता कता दिक्क पनी लाग्यो । तर मनमा दिक्क लागे पनी आफुले माया गर्ने तथा आफ्नो जिवन सगीनीको यती याद आयो जुन म शब्दमा लेख्नका लागी म सग कुनै शब्द नै आएन । पाल्पा भ्रमणको अवसर यो भन्दा अघि दुई पटक गरिसकेको थियो । तर रानी महल जाने इच्छा हुँदाहुँदै पनि मौका मिलेको थिएन । यो पटक साईत जुर्यो रानी महल पुग्ने तानसेनबाट गएका हामी भिरपहरा खनेर बनाइएको र बन्दै गरेको बाटो हुँदै करिब डेढ घण्टामा रानी महल पुगेका थियौ । कालिगण्डकीको तिरबाट उठाइएको महल साँच्चीकै सुन्दर रहेछ । खड्ग शम्शेर राणाले आफ्नी श्रीमति तेजकुमारीको सम्झनामा सन् १८९३ मा रानी महल निर्माण गरेको थिए । अहिले मोटरबाट खोलिएको रानी महलमा अझ यातायात व्यवस्थालाई सहज र महल परिसरलाई अझ व्यवस्थित गरिन सके प्रसस्तै पर्यटक भित्र्याउन मद्दत पुग्ने सम्भावना देखिन्छ । रानी महल क्षेत्रमा केही तस्विरहरु ।

palpa rani mahal @ ghumphir. (8) palpa rani mahal @ ghumphir. (5) palpa rani mahal @ ghumphir. (2) palpa rani mahal @ ghumphir. (1)

 palpa rani mahal @ ghumphir. (3) palpa rani mahal @ ghumphir. (4) palpa rani mahal @ ghumphir. (6) palpa rani mahal @ ghumphir. (7)

]]>
2799 0 0 0
नौ दिनसम्म मनाइने गाईजात्रा सकियो (फोटो फिचर) http://localhost/ghum/%e0%a4%a8%e0%a5%8c-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%ae%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%88-%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%9c%e0%a4%be%e0%a4%a4/ Sat, 05 Sep 2015 15:30:24 +0000 http://www.ghumphir.com.np/?p=2812 नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा सम्पन्न भएको छ । जात्राको अन्तिम दिन भक्तपुरका स्थायिनले निकै हर्षो उल्लासका साथ मनाएका छन् । जात्रामा सहभागी हुनेहरुले आफ्नो शरिरमा दियो बालेर नगर परिक्रमा समेत गरेका थिए ।

आफ्नो शरिरमा दियो बालेर नगरपरिक्रमा गरेमा आफ्नो मनोकाक्षा पुरा हुनुका साथै परिवार जनलाई समेत सुख शान्ति र समृद्धी हुने जनविश्वास रहेको छ । यसरी दियो बालेर जात्रामा सहभागी हुनेको सबै भन्दा अगाढी भक्तपुर नगरमा रहेको वाकुपतीनारायणको मुर्तिलाई सबै भन्दा अगाढी लग्ने प्रचलन रहेको छ ।

जात्रामा भक्तपुर नगरका टोल टोल बाट जात्राको प्रमुख आकर्षण मानिने आकर्षण मानिने घिन्ताङ्गघिसी निकाल्ने गरीन्छ । बिगतका बर्षहरुमा जस्तै विस्तारै विस्तारै परमपरागत रुपमा निकाल्ने घिन्ताङ्गघिसी भन्दा आधुनी रुपले मनाउने बढ्दै गएको छ । हेरौ जात्राको अन्तिम दिन भक्तपुरको गाईजात्राका केही तस्बिरहरु

gaijatra bhaktapur  @ghumphir.com (13) gaijatra bhaktapur  @ghumphir.com (12) gaijatra bhaktapur  @ghumphir.com (11) gaijatra bhaktapur  @ghumphir.com (9) gaijatra bhaktapur  @ghumphir.com (8) gaijatra bhaktapur  @ghumphir.com (7) gaijatra bhaktapur  @ghumphir.com (6) gaijatra bhaktapur  @ghumphir.com (5) gaijatra bhaktapur  @ghumphir.com (4) gaijatra bhaktapur  @ghumphir.com (3) gaijatra bhaktapur  @ghumphir.com (2)

]]>
2812 0 0 0
काभ्रेमा १० हजार कन्या पुजीय http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%a6-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be-%e0%a4%aa%e0%a5%81/ Sat, 05 Sep 2015 17:31:00 +0000 http://www.ghumphir.com.np/?p=2827 १९ भदौ, काभ्रे ।

कन्याहरुलाई पूजा गरेमा कन्या पुज्नेहरु तथा पुजिने कन्याहरु निरोगी हुने धार्मिक विश्वासका साथ शुरु भएको कन्या पूजा अहिले १ सय १३ बर्ष देखि निरन्तर चलिरहेको छ । जहिले पनि कृष्ण जन्मष्टमीको दिन पारेर कन्य पूजीय आफूहरुलाई पनि धर्म मिल्ने र कन्याहरु पनि निरोगी रहेने प्रचलन छ । वि.सं. १९५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्या पुजा नेपालकै एक मात्र कन्याहरु पुज्ने पर्व काभ्रेका बनेपा, नाला, साँगा,पनौती,धनेश्वर लगायतका आसपासका क्षेत्रहरुमा मनाइएको हो । प्राचीन कालका सनातनी मौलिक वाजा माकामाहाली, ढोलक, वौचा, धिम्वे, वासुरी, करात तथा आधुनिक वाजागाजासहित कन्याहरुलाई पुजिने गरिन्छ । नेवारी समाजमा वेल विवाह नगरिएका र अन्य समुदायका रजस्वला नभएका कन्याहरुलाई शुभको प्रतिक मानी कन्या पुजा गरिदै आएको हो ।

बनेपाको पुरानो बजारको भोलाखाटोल, दक्षुटोल, तीनधारा, वकुटोल र त्रिभुवनचोकमा दायाँवायाँ कन्याहरुलाई आसन गराएर सयौ दर्शनार्थीहरुमार्फत ती कन्याहरुलाई पुजाआजा गरिन्छ । कन्या पूजाको लागि काभ्रे जिल्लाको अलावा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौ, भक्तपुर, ललितपुर, मकवानपुर, पोखरा लगायतका विभिन्न जिल्लाबाट हजारौ दर्शनार्थीहरुका साथै पुजिनको लागि कन्याहरु आएका थिए ।सनातन कन्या पुजा प्रवन्ध समितिद्धारा तयार पारिएका तथा व्यतिmगत गरि अधिराज्यभरबाट आएका दाताहरुले ल्याएको पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफुल, पैसा, विस्कुट लगायतका सामान दान दिइने गरिन्छ । पुजिने कन्याहरु मात्र होइन, पुजा गर्ने दाताहरु समेतले पुण्य पाउने हुनाले कन्या पुजालाई बनेपामा विशेष पर्वको रुपमा मनाउने गरिएको प्रबन्ध समितिका सचिव सुरकृष्ण बैद्यले जानकारी दिए । ।उनका अनुसार कृष्ण अष्टमीका अवसरमा बनेपामा मात्र ८ हजार कन्याहरु पुजियको र जिल्ला भर करीब १० हजार कन्या पूजियको बताए ।

यस कृष्ण जन्मअष्टमीका दिन कन्या पूजा गर्नले आफूहरुलाई पनि धर्म मिल्ने र कन्याहरु पनि निरोगी हुने जनविश्वास रहेको सनातन कन्या पूजा प्रबन्धक समितिका सचिव वैद्यले जानकारी दिए । उता भोक भोकै बसेर कन्या पूजा गर्दा आजको दिनमा कन्याहरुलाई केही रोग नलाग्ने र आफूहरुले आटेको काम पूरा हुने विश्वासका साथ कन्या पूजा गरेको भक्तजनहरु बताउछँन् ।त्यसैगरी पनौतीमा पनि करीब ८ सय कन्या पूजा गरेको पनौती यूवा मञ्चका अध्यक्ष सौगात बस्नेतले बताए । यस भन्दा पहिला बनेपामा मात्र हुने कन्या पूजा यस वर्ष देखि पनौतीमा पनौती यूवा मञ्चको आयोजनामा कन्या पूजा गरेको अध्यक्ष बस्नेतले बताए । कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नर कन्या र किचकन्या समेत मानव कन्याका भेषमा आउने भएकोले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरी माईकी कुमारी मानी पूजा गरेमा सार्थक कर्म हुने जनविश्वास रहिआएको छ । यही कारण काभ्रेमा कन्याहरुलाई उच्च सम्मान स्वरुप पुजिने गरिन्छ ।

]]>
2827 0 0 0
निषेधाज्ञाका बिच गाैरा पर्वकाै राैनक (फाेटाे फिचर ) http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%b7%e0%a5%87%e0%a4%a7%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a4%9c%e0%a5%81%e0%a4%a6-%e0%a4%97%e0%a4%be%e0%a5%88%e0%a4%b0/ Sun, 06 Sep 2015 06:02:27 +0000 http://www.ghumphir.com.np/?p=2830 पश्चिम नेपालकाे पंमुख पर्व मध्य एक हाे गाैरा पर्व । सघियताका नाममा देश भर जुलुश धर्ना तथा कर्फयू भइरहेका कारण याे पर्वमा केही असर परेता पनी स्थानियले यसलाइ भुल्ने प्रयास गरेका छन् ।  दैनिक जसाे निषेधाज्ञाका बाबजुद पनि पश्चिम नेपालमा गौरापर्व मनाई रहेका छन् ।
दुई दिनअघि गौरापर्व शुरु भएपनि लगातारको कर्फ्यु र निषेधाज्ञाका कारण धनगढीमा गौरा पर्व मनाउन नपाएका स्थानीय बासिन्दा आज साँझ ४ बजेपछि स्वतर्स्फुत रुपमा धनगढीको बन्देवी मन्दिरमा जम्मा भएका थिए।
दिउँसो १२ बजेदेखि ४ बजेसम्म जारी गरिएको कर्फ्युको समय समाप्त भए लगत्तै त्यसपछि निषेधाज्ञाको वेवास्ता गर्दै गौरा पर्व मनाउन स्थानीयहरु बन्देवी मन्दिरमा जम्मा भए। साँझ ७ बजेसम्म स्थानीयले देउडा खेलेर रमाईलो गरे। लगातारको कर्फ्यु र निषेधाज्ञाको पीडा देउडा खेलेर बिर्सिए। धनगढीमात्र नभएर पश्चिम नेपालका क्षेत्रमा मनाइएका गाैरा पर्बका केही तस्बिरहरु
gaura parba gaura parba 6 gaura parba 5 gaura parba 4 gaura parba 3 gaura parba 2 gaura parba 1]]>
2830 0 0 0
गौरा पर्व प्रभावित http://localhost/ghum/%e0%a4%97%e0%a5%8c%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%a4/ Sun, 06 Sep 2015 03:01:08 +0000 http://www.ghumphir.com.np/?p=2840

धनगढी, २० भदौ ।

स्थानीय प्रशासनले लगाएको लगातारको निषेधाज्ञाका कारण सुदूरपश्चिमेलीको मौलिक गौरा पर्व यहाँ सहज रुपमा मनाउन नपाई प्रभावित भएको छ । दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञासँगै धनगढी नगर क्षेत्रलाई निषेधित क्षेत्रसमेत घोषणा गरिएपछि आफूहरुले सहज रुपमा पर्व मनाउन नपाएको श्रद्धालु नगरवासीले गुनासो गरेका छन् । शुक्रबार सप्तमी तिथीका दिन गौराघर तथा मन्दिरमा धार्मिक अनुष्ठानका साथ गौरा भित्र््याइएको थियो । गौराघर अथवा मन्दिरमा सर्वसाधारण भेला हुन पाएनन् । बाह्र दिनदेखि धनगढी नगर क्षेत्रमा दिउँसोको समयमा निषेधाज्ञा जारी गरिएकामा निषेधाज्ञाको समयबाहेकको समयमा समेत प्रदर्शन, सभा, जुलुस गर्न नपाइने गरी केही दिनदेखि निषेधित क्षेत्रसमेत घोषणा गरिएको छ । सुदूरपश्चिमका अन्य जिल्लामा भने यो पर्व निर्वाध रुपमा सर्वसाधारणले मनाइरहेका छन् । धनगढी नगर क्षेत्रमा कृष्णजन्माष्टमी पर्वका अवसरमा निकालिने भव्य डोल जात्रा (शोभा यात्रा) समेत लगातारको निषेधाज्ञाका कारण प्रभावित हुने भएको छ । शोभा यात्रा कृष्णजन्माष्टमीको दोस्रो दिन निकालिने गरिएको छ । घटनापछि स्थानीय प्रशासनले धनगढीमा मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म निषेधाज्ञा लगाउँदै आएको छ ।

]]>
2840 0 0 0
ग्रामीण क्षेत्रमा अब्बलदर्जाका पर्यटकीय गन्तव्यः मन्त्री शेर्पा http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a5%80%e0%a4%a3-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%ac%e0%a5%8d%e0%a4%ac%e0%a4%b2%e0%a4%a6/ Sun, 06 Sep 2015 04:34:33 +0000 http://www.ghumphir.com.np/?p=2842

स्याङ्जा, २० भदौ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशूर शेर्पाले नेपालका ग्रामीण क्षेत्रमा अब्बल दर्जाका पर्यटकीय गन्तव्य भएको बताउँदै यिनको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक भएको बताउनुभएको छ । स्याङ्जाको एलादी गाविस–४ खाल्टेस्थित सुन्तलाबारी सामुदायिक घरबास ‘होमस्टे’को आज उद्घाटन गर्दै उहाँले सबै जात र जाति मिलेर सङ्गठित रुपमा होमस्टे चलाउँदै मौलिक पहिचानसहितको विशिष्टता कायम राख्न सक्नु नै उत्कृष्ट कार्य भएको बताउनुभयो । ६५ प्रतिशत गुरुङ जातिको बसोबास भए पनि जातीय सदभाव र सामूहिकताको अनुपम उदाहरण खाल्टे गाउँमा आफूले पाएको उहाँको भनाइ थियो । सभासद् डा गणेशमान गुरुङ र टेकु नेपालीले सदियौँदेखि मिलेर बसेको समुदायलाई विखण्डित गर्ने र सामाजिक सद्भाव विगार्ने तत्वसँग सतर्क हुनुपर्ने बताउँदै सुन्तलाबारी सामुदायिक होमस्टे उत्कृष्ट पर्यटकीय गन्तव्य हुने विश्वास व्यक्त गर्नुभयो । सुन्तलाबारी होमस्टे पर्यटन समितिका अध्यक्ष दीलविक्रम गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय अनुशासन विभागका सदस्य चक्रबहादुर पराजुली, एमाले जिल्ला अध्यक्ष मीनप्रसाद गुरुङ, नेपाली काँग्रेस महासमिति सदस्य सूर्यप्रसाद रेग्मी, निमित्त स्थानीय विकास अधिकारी रामेश्वर अर्याल, पर्यटन व्यवसायी गोविन्द पहाडीलागायतले यो होमस्टेले स्थानीय पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । यसैबीच, पर्यटनमन्त्री शेर्पाले सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका स्थानीय पर्यटन व्यवसायी मोहन खनाललाई रु २० हजार र सम्मानपत्रद्वारा सम्मानित गर्नुभयो ।

]]>
2842 0 0 0
हजयात्राका लागि रुपन्देहीबाट १५४ जना जाने http://localhost/ghum/%e0%a4%b9%e0%a4%9c%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b9/ Sun, 06 Sep 2015 04:37:11 +0000 http://www.ghumphir.com.np/?p=2844
लुम्बिनी (रुपन्देही), २० भदौ । रुपन्देही जिल्लाबाट यस वर्ष मुस्लिम समुदायका १५४ जना हज गर्नका लागि साउदी अरेबियाको मक्कामदिना जाने भएका छन् । रुपन्देही जिल्लाका हज तीर्थयात्रीको टोली भदौ २१ र २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साउदी अरबका लागि प्रस्थान गर्ने छन् । यस जिल्लाका २६६ जनाको केन्द्रीय हज समितिमा आवेदन परे पनि कोटा अभावका कारण ११२ जना यस वर्ष हज गर्न जानबाट वञ्चित हुने भएका छन् । साउदी अरब सरकारले नेपाललाई हजयात्राका लागि एक हजार कोटा मात्र दिएपछि ११२ जना हज गर्नका लागि जान नपाएका हुन् । देशभरबाट एक हजार ४१६ जनाले आवेदन दिएका थिए, कोटाभन्दा बढी आवेदन परेकाले केन्द्रीय हज समितिबाट गठित कार्य सम्पादन उपसमितिले जनसङ्ख्याको आधारमा गोलाप्रथाबाट हजयात्रामा जानेको नाम छनोट गरेको थियो । यो वर्ष नेपाल सरकारले हजयात्राका हाजीको हवाई भाडा, होटल भाडा तथा अन्य धार्मिक कार्यका लागि केन्द्रीय हज कमिटीले प्रतिव्यक्ति रु एक लाख ८५ हजार अनुमानित खर्च लाग्ने आँकलन गर्दै हजका लागि आवेदन दिएका सबैलाई साउन मसान्तभित्र पैसा जम्मा गर्न आग्रह गरेको थियो । जान नपाएका निवेदकको राहदानी तथा जम्मा गरेको रकम यथाशीघ्र फिर्ता गरिने र आगामी वर्षको हजयात्रामा पहिलो प्राथमिकतामा राखिएको केन्द्रीय हज कमिटीको सचिवालयले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत जनाएको छ । मुस्लिम धर्मका पाँचवटा महत्वपूर्ण धार्मिक कार्यअनुसार इमान (आस्था, विश्वास), नमाज (प्रार्थना), रोजा (व्रत), जकात (दान) मध्ये हज (तीर्थाटन) समेत एक रहेको मुस्लिम अगुवाको भनाइ छ । इस्लाम धर्मावलम्बीको जीवनमा एक पटक गर्नैपर्ने धार्मिक तीर्थयात्रामध्ये साउदी अरेबियाको मक्का मदिनाको यात्रामा पुगेर गरिने धार्मिक कार्यलाई ‘हज’ भनिन्छ, मुस्लिममा हज’ गर्नु अत्यन्त उत्तम र पुनित कार्य मानिन्छ । हज गर्नाले स्वर्ग जानेसरह पुण्यफल प्राप्ति गर्ने, अन्जानमा भएका गल्तीबाट मुक्ति पाउनुका साथै भेदभावको अन्त्य तथा आमाको गर्भबाट भर्खरै जन्मेका शिशु जस्तै निश्चल र पवित्र हुने धार्मिक विश्वास छ र हजयात्रीले बक्रइदको बेला साउदी अरबस्थित मक्का मदिना सरिफमा सामूहिक नमाज पढी जनावरको बलि (कुर्बानी) दिने चलन रहेको छ । हज यात्रा गरी आउनेलाई हाजी भन्ने गरिन्छ ।
]]>
2844 0 0 0
विश्व सम्पदास्थलको बाटो दुई वर्षमा पनि पूरा भएन http://localhost/ghum/2847/ Sun, 06 Sep 2015 04:40:27 +0000 http://www.ghumphir.com.np/?p=2847

पूर्णप्रसाद मिश्र

काठमाडौँ,२० भदौ 

विश्व सम्पदा सूचीमा रहेका पशुपतिनाथ र बौद्धनाथ क्षेत्रलाई जोड्ने डेढ किलोमिटर सडक जीर्ण भएको दुई वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा स्थानीयवासी आक्रोशित भएका छन्। हिन्दू र बौद्ध धर्मावलम्बीको तीर्थस्थलमात्र नभई नेपाल आउने विश्वभरका पर्यटकको आकर्षण केन्द्र ती स्थानसम्म पुग्ने सडकको दूरवस्थाले मुलुकको छविमा आँच पुग्नुका साथै पर्यटन प्रवद्र्धनमा प्रतिकूल असर परेको स्थानीय बासिन्दाको गुनासो छ।
गौरीघाटबाट कुमारीगाल हुँदै बौद्धनाथ प्रवेशद्वार पुग्ने यो महत्वपूर्ण सडकलाई विस्तार गर्ने सरकारी निर्णयअनुसार सडक विभागले निर्माण एवम् विस्तारको काम अघि बढाए पनि उपराष्ट्रपतिको घरका कारण अहिलेसम्म अलपत्र परेको हो।
बाटो विस्तारको काम रोकिँदा गौरीघाट, कुमारीगाल र बौद्ध आसपासका सर्वसाधारण मात्र नभई धार्मिक पर्यटकसमेत प्रभावित भएका छन्। यो सडकलाई ११ मिटर चौडा बनाउने काम उपराष्ट्रपतिको घरका कारण अलपत्र भएको सडक उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्रचरण श्रेष्ठले बताए।
“उपराष्ट्रपति परमानन्द झाको घरले चर्चेको जग्गा विवादका कारण सडक विस्तार पूरा गर्न समय लागेको हो, उपराष्ट्रपति झाका पुत्र कृष्णचन्द्र झाले पहिले नै सडकका लागि जग्गा छोडेको भन्नुभएकामा अगाडिका छिमेकीले त्यसलाई नमानी सडकको मूलबिन्दुबाट आधा आधा सडक छोड्ने माग गरेपछि निर्माण रोकिएको हो” – समितिका अध्यक्ष श्रेष्ठले भने।
यो विवादका कारण विसं २०७१ माघदेखि भइरहेको सडक विस्तारको काम रोकिएको हो । विवादले ठूलो रुप लिँदै गएपछि उपराष्ट्रपति झाका पुत्र कृष्णचन्द्रले पछि पर्खाल भत्काए पनि उनको घर अगाडिको घरधनीले छोडेजति जग्गा सडकलाई छोड्न स्वीकार नगर्दा समस्या आएको समितिले जनाएको छ।
उपराष्ट्रपति झाको घर अगाडिका स्थानीयवासीले भने उपराष्ट्रपतिले पदको दुरुपयोग गरी सडकका लागि जग्गा नछोडेको आरोप लगाएका छन्। आफ्नो परिचयसमेत खुलाउन नचाहेका स्थानीयवासी पीडितले सबैलाई आवश्यक पर्ने बाटो निर्माणमा सहयोग गर्न बारम्बार अनुरोध गर्दा नमानेपछि विरोध गर्नुपरेको र त्यसक्रममा आफूहरूलाई प्रहरीले थुनेको गुनासो गरे। सभासद् गगनकुमार थापाले दबाब दिएपछि मात्र आफूहरू थुनामुक्त भएको उनीहले बताए।
उपराष्ट्रपति झाका पुत्र कृष्णचन्द्र झाले वैधानिक विधि, निकाय र प्रक्रियामा नगएको स्थानीय उपभोक्ता समितिका निर्णय मान्न नसकिने भएकाले जग्गा नछोडिएको बताए।
उनले भने – “जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत र अदालतलगायत वैधानिक संस्थालाई विधिसम्मत तरिकाले नाप्न लगाई समाधान गर्न हाम्रो घर अगाडिका छिमेकीलाई सुझाव दिँदा मान्नुभएको छैन। सडक विभागले निकालेको ३५ दिने म्यादभित्र पनि कसैले उजुरी दिनुभएको छैन । माथिबाट उहाँहरुले सडक च्याप्नुभएको छ । म टसका मस हुन्न, उपराष्ट्रपतिज्यूलाई यसमा जोड्न जरुरी छैन । उहाँ होइन, भाइ र म यो घरमा बस्छौँ ।”
यो सडकलाई काठमाडौँ उपत्यका विकास प्राधिकरणले सीमाङ्कन गरी ११ मिटर कायम गरेको थियो । कायम गरिएको सडकको संरचना हटाउने काम काठमाडौँ महानगरपालिकाले तोकिएको समयमै सम्पन्न गरेको थियो । सडक निर्माणको काम सडक विभागलाई दिइएकामा अहिलेसम्म सम्पन्न नगरेको समितिले जनाएको छ ।
रौताहा साफ नामक कम्पनीले उक्त सडक निर्माणको ठेक्का लिएको थियो। उक्त कम्पनीले २०७२ वैशाख मसान्तसम्म काम सक्नुपर्नेमा भूकम्पका कारण असार मसान्तसम्मको समयावधि तोकिएको थियो। तोकिएको अवधिमा काम नसकिएपछि सडक अलपत्र भई वर्षातमा हिलो र घाममा धुलो उड्ने समस्याले सताएको स्थानीयवासी एवम् समितिका सदस्य सन्तोष अधिकारीको गुनासो छ ।
सदस्य अधिकारीले भने– “वर्षाको पानी जाने ढल हाल्न लाग्दा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले रोकेको छ । वर्षामा आउने पानीको भेल कटाउने ठाउँ अन्त छैन । यसले पनि काममा अवरोध भएकोे छ । बिजुलीका खम्बा सारिसकिएकोे छ तर सरकारी निकायका बीचमा समन्वय नहुँदा काम ढिला भएको हो ।”
]]>
2847 0 0 0
डिजेल र मट्टितेलको मूल्य घट्यो http://localhost/ghum/%e0%a4%a1%e0%a4%bf%e0%a4%9c%e0%a5%87%e0%a4%b2-%e0%a4%b0-%e0%a4%ae%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%a4%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af/ Sun, 06 Sep 2015 15:03:01 +0000 http://www.ghumphir.com.np/?p=2854

काठमाडौँ, २० भदौ ।

नेपाल आयल निगमले डिजेल र मट्टितेलको बिक्री मूल्य आज पुनः घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा रु एक÷एक घटाएको निगमले जनाएको छ । निगमका प्रवक्ता दीपक बरालका अनुसार सार्वजनिक यातायातको भाडा कम गर्न सरकारलाई सहयोग होस् भन्ने उद्देश्यले डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु एक÷एक घटाइएको हो । उहाँले अन्तर्राष्ट्रिय बजारमा मूल्य समायोजन नभए पनि सरकारको आग्रहमा बिक्री मूल्य घटाइएको र यसले सम्पूर्ण यात्रुवर्गलाई सहयोग पुग्ने बताउनुभयो । आजदेखि डिजेल र मट्टितेलको मूल्य रु ८३ कायम हुने र पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य भने पुरानै कायम हुने जनाएको छ । पेट्रोल प्रतिलिटर रु १०४ र खाना पकाउने ग्यास प्रति सिलिण्डर रु १४०० मा बिक्री मूल्य कायम हुने पनि उहाँले जानकारी दिनुभयो ।

]]>
2854 0 0 0
लगातारको बन्दले पर्यटन क्षेत्र धराशायी http://localhost/ghum/%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%95/ Sun, 06 Sep 2015 15:19:20 +0000 http://www.ghumphir.com.np/?p=2858

]]>
2858 0 0 0
पाल्पामा भगवती जात्रा (फोटो-फिचर) http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%97%e0%a4%b5%e0%a4%a4%e0%a5%80-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Sun, 06 Sep 2015 15:29:02 +0000 http://www.ghumphir.com.np/?p=2860

नेपालले अङ्ग्रेज सेनामाथि विजय हासिल गरेको खुसियालीमा आज पाल्पामा विजयोत्सवस्वरुप भगवती जात्रा मनाइएको छ । पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तर रुपमा विजयोत्सव मनाउने परम्परा चल्दै आएको छ । बुटवल क्षेत्रलाई अङ्ग्रेजको हातमा पर्न नदिन कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि तानसेनको मध्य भागमा रहेको भगवती देवीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्ने छु र भगवतीको महिमा चारैतर्फ फैलाउने छु भनी भाकल गरेका थिए । दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७२ देखि ७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवतीको रथजात्रा निकालेका थिए जुन अद्यापि सञ्चालन हुँदै आएको छ । यो रणउजिरेश्वरीबाट चर्चित रहँदै आएको छ । यस वर्षको विजयोत्सव रथजात्रा बिहान ११ः३० बजेको शुभसाइतमा निकालिएको छ । यसवर्षको भगवती जात्रा हेर्न करिब ७० हजारको हाराहारीमा दर्शकले अवलोकन गर्ने अनुमान गरिएको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताउनुभयो ।

विजय जात्रामा पाल्पाका साथै गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्कीलगायतका क्षेत्रबाट दर्शकको सहभागिता रहेको छ । घरबाहिर रहेका पाल्पालीहरु भगवती जात्राको दिन अनिवार्य रुपमा तानसेन आउने गर्छन् । palpa bhagawati jatra  (5) palpa bhagawati jatra  (4) palpa bhagawati jatra  (1) palpa bhagawati jatra  (2)
]]>
2860 0 0 0
चिज बिक्री नहुँदा कृषक निराश http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%9c-%e0%a4%ac%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%95-%e0%a4%a8%e0%a4%bf/ Sun, 06 Sep 2015 15:44:28 +0000 http://www.ghumphir.com.np/?p=2863

बाबियाचौर (म्याग्दी), २० भदौ ।

म्याग्दीको घारका कृषक उत्पादित चिज बिक्री नहुँदा समस्यामा परेका छन् । गत वैशाखको भूकम्पका कारण पर्यटक आगमन घटेपछि घार– ५ स्थित हिमालयन चिज उद्योग तथा कृषि सहकारी संस्थाले उत्पादन गरेको सयौँ किलो चिज बिक्री हुन सकेको छैन । उत्पादित चिज बिक्री नहुँदा कृषकले उत्पादन गरेको दूध खरिद गर्न र भुक्तानी दिन नसकेको संस्थाका सचिव श्याम खड्काले बताउनुभयो । उद्योगमा अहिले एक हजार दुई सय किलो चिज बिक्री हुन नसकेर मौज्दात रहेको छ । “चिज बिक्री नहुँदा उत्पादन घटाएका छौँ” सचिव खड्काले भन्नुभयो – “कृषकले उत्पादन गरेको सबै दूध खपत पनि हुन सकेको छैन । दूध खरिद गरेबापत भुक्तानी गर्न समस्या भएको छ ।” यो मौसममा दैनिक दुई सय लिटर दूध उत्पादन भए पनि एक सय लिटरको हाराहारीमा उद्योगले खरिद गरेको छ । दूध खपत घटेपछि घाटा भएको कृषक शुकराम खड्काले बताउनुभयो ।

cheej“उत्पादन भएकोमध्ये आधामात्रै दूध उद्योगलाई बेच्न सकेका छौँ” उहाँले भन्नुभयो – “अन्यत्र दूध निकास गर्न बजार टाढा र भौगोलिक विकटताका कारणले सकिएको छैन ।” यसअघि दैनिक २० किलो चिज उत्पादन गरेको उद्योगले अहिले उत्पादन आधा घटाएको छ । चिज उत्पादन र दूध खपत घट्दा घारको ५, ६, ७ र ८ नं वडाका २५ जना कृषक प्रभावित भएका छन् । व्यावसायिक रुपमा उन्नत जर्सी र होल्यड जातको गाई पालेका उनीहरुले दैनिक पाँचदेखि २५ लिटरसम्म दूध उत्पादन गर्छन् । विसं २०७१ वैशाखमा कृषकले स्थापना गरेको उद्योगले पहिलो वर्ष रु ३४ लाखबराबरको चिजको कारोबार गरेको थियो । त्यहाँ उत्पादित चिज पोखरा, घोरेपानी, घान्द्रुक, भुरुङ तातोपानी, बेनीलगायतका पर्यटकीयस्थलमा खपत हुने गरेको छ । प्रोटिनयुक्त, स्वादिलो, शक्तिवद्र्धक एवम् स्वास्थ्यका लागि हितकारी मानिने चिज पर्यटकले रुचाउने हुँदा पर्यटकीय क्षेत्रमा खपत हुने गर्छ । होटल व्यवसायीसँग चिज खरिद बिक्रीको सम्झौता भइसके पनि पर्यटक आगमन नहुँदा खपत हुन नसकेको उद्योगका संस्थापक गोविन्द खड्काले बताउनुभयो । “चिज खपत बढेपछि उद्योगले उत्पादन पनि बढाउने थियो, कृषकको दूध सबै बिक्री हुन सक्थ्यो,” उहाँले भन्नुभयो – “पर्यटकको पर्खाइमा रहेका छौँ ।” घारमा विदेशबाट फर्किएका र विदेशको भिसा त्यागेका युवाले गाईपालन गरी दूध उत्पादन र चिज उद्योग सञ्चालन गरेका छन् ।

]]>
2863 0 0 0
कृष्णजन्माष्टमीको अन्तिम पूजा http://localhost/ghum/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%ae%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf/ Sun, 06 Sep 2015 15:55:08 +0000 http://www.ghumphir.com.np/?p=2866 2866 0 0 0 महाकाली नाच http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%9a/ Sun, 06 Sep 2015 15:59:55 +0000 http://www.ghumphir.com.np/?p=2869 2869 0 0 0 दुलर्भ http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%b2%e0%a4%b0%e0%a5%8d%e0%a4%ad/ Sun, 06 Sep 2015 17:25:45 +0000 http://www.ghumphir.com.np/?p=2879 2879 0 0 0 क्स्तो छ, हेरौ विश्वकै खतरानक विमानस्थलमा http://localhost/ghum/%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%9b-%e0%a4%b9%e0%a5%87%e0%a4%b0%e0%a5%8c-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%88-%e0%a4%96%e0%a4%a4%e0%a4%b0/ Mon, 07 Sep 2015 04:57:05 +0000 http://www.ghumphir.com.np/?p=2882 2882 0 0 0 ]]> हैबुङमा भालु र बँदेलको आतङ्क http://localhost/ghum/%e0%a4%b9%e0%a5%88%e0%a4%ac%e0%a5%81%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%b2%e0%a5%81-%e0%a4%b0-%e0%a4%ac%e0%a4%81%e0%a4%a6%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%a4/ Mon, 07 Sep 2015 05:01:29 +0000 http://www.ghumphir.com.np/?p=2884

मेलम्ची, २१ भदौ ।

सिन्धुपाल्चोक जिल्लाको पश्चिमी गाविस हैबुङमा जङ्गली जनावर भालु र बँदेलले दुःख दिन थालेपछि स्थानीय आतङ्कित भएका छन् । भालु र बँदेललगायतका जङ्गली जनावरले खेतबारीमा लगाएको बाली सखाप पार्ने र मान्छेलाई समेत आक्रमण गर्ने हँुदा स्थानीय त्रसित भएका हुन् । भालुको आक्रमणबाट हैबुङ गाविस–९ मा यो साता एक व्यक्ति घाइतेसमेत भएको स्थानीय टङ्कबहादुर थिङले बताउनुभयो । भालु, बँदेलले मकैबाली सखाप पार्दा किसान चिन्तित भएका छन् । थिङका अनुसार हरेक दिन जङ्गली जनावर मकै बालीमा पस्दा किसानलाई साह्रै समस्यामा पारेको छ । भालु र बँदेलले गाउँका किसानले लगाएको बाली नोक्सान गर्दा हैबुङ गाविस–८ स्थित बोक्राङवासीलाई तीन महिनासम्म खान नपुग्ने अवस्था आएको उहाँले बताउनुभयो । जङ्गली जनावरले आक्रमण गर्ने हुँदा अहिले बसोबास गरिरहेका टहरा असुरक्षित रहेको स्थानीय बताउँछन् । भालुले मान्छेलाई आक्रमण गर्न थालेकाले ज्यान जोगाउन मुस्किल भएको टङ्कबहादुर बताउनुहुन्छ । मकैबारीमा जङ्गली जनावर पस्ने भएकाले हैबुङवासी आजभोलि रातभर जाग्राम बस्नुपरेको छ । गाउँमा जङ्गली जनावर आएपछि भागदौड चल्ने गरेको छ । जङ्गली जनावरलाई मार्न नपाइने कानुन हुँदा गाउँवासी समस्यामा परेका छन् । त्यत्तिकै छोड्दा ज्यान जोगाउन मुस्किल पर्ने र मार्दा कानुन लाग्ने भएकाले समस्या भएको हैबुङवासीको गुनासो रहेको छ । गाउँमा भएको समस्या समाधानका लागि राज्यले चासो देखाउनुपर्ने उनीहरुको भनाइ छ ।

]]>
2884 0 0 0
अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल सहभागी http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%ae/ Mon, 07 Sep 2015 05:04:34 +0000 http://www.ghumphir.com.np/?p=2887

विकास लोहनी  बैङ्गलोर, २० भदौ ।

पर्यटन प्रवद्र्धनका लागि सामूहिक रुपमा सहकार्य गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एजेन्ट्स (पाटा) को ३८ औँ अन्तर्राष्ट्रिय सम्मेलन तथा (पाटा मार्ट) पर्यटन–व्यापार मेला आजदेखि यहाँ सुरु भएको छ । तीनदिने सो सम्मेलनमा एसिया, युरोपलगायत अन्य मुलुकका करिब दुई सय ५० ट्राभल र टुर व्यवसायी सहभागी भई आ–आफ्ना देशमा पर्यटन विकासका लागि नयाँ रणनीति र योजना बनाउने बारेमा छलफल र सम्पदाको प्रचारप्रसार गर्नेछन् । नेपालबाट पाटा च्याप्टर नेपाल, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगमलगायत ट्राभल र टुरक्षेत्रका सङ्घसंस्थाले सो सम्मेलनमा सहभागिता जनाइ नेपालको पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नो तयारी गरेका छन् । सम्मेलनको उद्घाटन भारतको कर्नाटक राज्यका मुख्यमन्त्री सिद्धरामैयाले गर्नु भएको थियो । नेपालले सम्मेलनमा आफ्नो स्टलबाट देशका आकर्षक पर्यटकीयस्थल र पर्यटकीय उत्पादन र सेवाका बारेमा प्रर्दशनी गर्नुका साथै पर्यटकीय क्षेत्रमा व्यापार तथा लगानीका बारेमा अन्तरक्रिया गर्ने पाटा, नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताउनुभयो । उहाँले यस पर्यटन मेलामा नेपालको सशक्तरुपमा प्रस्तुति रहने र भूकम्पपछि नेपालमा पर्यटन क्षेत्रमा परेको नकारात्मक असरलाई सुधार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

]]>
2887 0 0 0
पाल्पाको रिब्दीकोट दरबार ओझेलमा http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%bf%e0%a4%ac%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0/ Mon, 07 Sep 2015 05:08:25 +0000 http://www.ghumphir.com.np/?p=2890

पाल्पा, २१ भदौ ।

जिल्लाको कुसुमखोला गाविस–७ स्थित सेनवंशीय राजाको रिब्दीकोट दरबार क्षेत्र प्रचारप्रसार हुन नसक्दा अहिले ओझेलमा रहेको छ । पाल्पाका प्रथम सेनवंशी राजा धर्मपाल सेनले ईसं १४२९ तिर पाल्पा राज्यको स्थापना गरी रिब्दीकोटमा दरबार निर्माण गरी राज्य चलाएको स्थानको उचित संरक्षण हुन सकेको छैन । समुद्री सतहदेखि १८९३.३ मिटर उचाइमा रिब्दीकोट जङ्गलमा यस सेनवंशी दरबारको भग्नावशेष उचित किसिमबाट संरक्षण हुन सकेको छैन । जिल्लाका अग्ला डाँडामध्ये रिब्दीकोट पनि एक मानिने यस क्षेत्रको ऐतिहासिक महत्वको प्रचार हुन नसक्दा यहाँको विकास हुन सकेको छैन । रिब्दीकोट सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय रूपमा समेत महत्व बोकेको यस क्षेत्रमा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरी बर्सेनि हजारौँ पर्यटक तान्न सकिने जिल्ला विकास समिति पाल्पाका वरिष्ठ अधिकृत दुर्गाबहादुर थापाको भनाइ छ । रिब्दीकोटबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«, लमजुङलगायतका हिमशिखर तथा दक्षिणतर्फ रूपन्देही, नवलपरासी, कपिलवस्तु र भारतको उत्तर प्रदेशका विभिन्न भाग देख्न सकिन्छ । सुन्दर रिब्दीकोटमा मणिमुकुन्द सेनको जन्मस्थलको रूपमा परिचित दरबार क्षेत्रमा जलेश्वर महादेव आएर जमिनमुनि चिम्टा गाडेर पानी निकालेको जनविश्वास रहेको स्थानीय बासिन्दाको भनाइ छ । दरबारमा अहिले जलेश्वर महादेव मन्दिरको स्थापना गरी स्थानीयले प्रत्येक सोमबार पूजाआजा गर्दै आएका स्थानीय बासिन्दा तथा पालुङमैनादी गाविसका सचिव दोलखबहादुर कार्कीे बताउनुहुन्छ । कुसुमखोला, ठिमुरे र पालुङमैनादी गाविसको सङ्गमस्थलमा रहेको यो मन्दिर र जङ्गलको बीचभागमा रहेको यस दरबार क्षेत्रमा पुग्ने सडकको उचित व्यवस्था हुन सकेको छैन ।

]]>
2890 0 0 0
कालीकोटमा वन्यजन्तुको लोप हुने क्रम बढ्यो http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a5%8b/ Mon, 07 Sep 2015 05:16:35 +0000 http://www.ghumphir.com.np/?p=2894

कालीकोट, २१ भदौ ।

कुनै जमानामा कालीकोटका जङ्गलमा जताततै देखिने कस्तुरी मृग पछिल्लो समयमा विरलै देखिन थालेका छन् । जिल्लामा वनको अवस्था व्यापक भए पनि दिनानुदिन कस्तुरी मृगलगायतका वन्यजन्तु भने कमै देखिने गरेका हुन् । कालीकोट जिल्लाको माथिल्लो क्षेत्रका दांहा बदालकोटमा पर्ने चुलि पाटन, रास्कोटका त्रिवेणी र देउरा पाटन, ओदानकुको महावु, राम्नाको र थिर्पू गाविसमा पर्ने पुगलगायतका क्षेत्रमा कस्तुरीले वासस्थान छाडेर अन्यत्र बसाइँ सर्न थालेकाले कस्तुरी मृगको सङ्ख्यामा कमी आएको हो । एक स्थानीय सिकारीले नाम नबताउने सर्तमा भने— “वनमा पाइने अन्य वन्यजन्तुभन्दा कस्तुरीको खोजीखोजी सिकार हुने भएकाले बहुमूल्य नाभिका कारण चोरी सिकारी हुनाले वनमा कस्तुरी मृग पाउनै छाडेको छ । अहिले वनमा केही नभेटे पछि गुना बाँदरको समेत सिकार हुने क्रम बढेको छ ।” जिल्लामा व्यापकरुपमा हुने चोरी सिकारी तथा बढ्दो तापक्रम वृद्धिका कारण यस्तो समस्या आएको हुनसक्ने स्थानीयले बताएका छन् । स्थानीयका अनुसार लोपोन्मुखरुपमा पाइने कस्तुरी मृगलाई आहारको अभाव हुनुका साथै चिसो र एकान्त वातावरण मन पराउने भएकाले कस्तुरी मृगले वासस्थान छाडेर अन्यत्र जान थालेको बताइएको छ । नेपालमा मात्र होइन विश्वमै दुर्लभ पाइने कस्तुरी मृग कालीकोटका वन जङ्गलबाट छिमेकी जिल्ला जाजरकोट, डोल्पालगायतका जङ्गलमा बसाइँ सरेको हुनसक्ने स्थानीयको ठम्याइ रहेको छ । कालीकोटका वन जङ्गलमा कस्तुरी मृग मात्र होइन घोरल, झारल, बाघ, थार, सुँगुर, जरायो, भालुलगायतका वन्यजन्तुसमेत देखिन छाडेको बदालकोट—५ सिकुका नयाँ खड्काले बताउनुभयो । उहाँले भन्नुभयो “बीस वर्षअघि आफूले बाख्रा चराउन वनमा जाँदा बाख्रासँग मृग चर्ने गरेको भए पनि हाल विरलै देखिने गरेको छ ।” कस्तुरी मृग पनि हिमचुली आसपासका पाटनमा भन्दा तल्लो क्षेत्रमा पर्ने सालिमपाटा, पोग्रामा भेटाएको भए पनि अहिले नाम मात्र सुनिने तर कस्तुरी नदखिएको उहाँको भनाइ रहेको छ । जिल्ला वन कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख चक्रपाणि शर्माले वन्यजन्तु संरक्षणका लागि जिल्ला वन कार्यालय कालीकोटले पहल नचालेको तर समुदायस्तरमा समूहमार्फत संरक्षण गरिएको बताउँदै वन्यजन्तुको चोरी सिकारीका लागि कानुनी प्रक्रियाबाहेक अन्य केही नभएको बताउनु भएको छ । वन्यजन्तु संरक्षणका लागि समुदाय नै जागरुक हुनुपर्ने जिल्ला वन कार्यालय कालीकोटले जनाएको छ । अनुकूल वातावरणको अभावमा उचित वासस्थान र आहारको अभाव भएपछि वन्यजन्तुको प्रजनन प्रक्रियामा समेत समस्या देखिने भएकाले पहाडी क्षेत्रका वन्यजन्तुको अस्तित्व सङ्कटमा परेको वन्यजन्तुविद्को भनाइ रहेको छ ।

]]>
2894 0 0 0
पाटा अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनमा http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%9f%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d/ Mon, 07 Sep 2015 05:24:03 +0000 http://www.ghumphir.com.np/?p=2897 2897 0 0 0 राष्ट्र बैंकले भारु नदिंँदा मनिचेन्जर सङ्कटमा http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%a8%e0%a4%a6%e0%a4%bf%e0%a4%82/ Mon, 07 Sep 2015 05:28:56 +0000 http://www.ghumphir.com.np/?p=2900

तिलोत्तमा (रुपन्देही), २१ भदौ ।

मनिचेन्जर व्यवसायी महासङ्घ नेपालले राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) नदिँदा देशभरका व्यवसायी मर्कामा परेको गुनासो गरेको छ । नेपाल राष्ट्र बैंकले विगतमा मनिचेन्जर व्यवसायीलाई प्रतिव्यवसायी दैनिक दुई लाख भारुसम्म दिने गरेकामा अघिल्लो वर्षको असोजदेखि बन्द गर्दा व्यवसाय सङ्कटमा परेको केन्द्रीय महासङ्घ तदर्थ समितिका अध्यक्ष ऋषिराम पोखरेलले गुनासो गर्नुभयो । देशभर ५०० मनिचेन्जर छन् । “एक वर्षदेखि भारु नपाउँदा सबैतिर व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको छ”– अध्यक्ष पोखरेलले भन्नुभयो– “व्यवसायी मात्र हैन एक हजार कर्मचारीको रोजगारी पनि खोसिएको अवस्था छ ।”

indian moneyसरकारले लाइसेन्स दिने र कर मात्रै लिने तर कारोबार गर्न भारु उपलब्ध नगराउने हो भने अब लाइसेन्स सरकारलाई बुझाएर व्यवसाय बन्द गर्नुको विकल्प नभएको अध्यक्ष पोखरेल बताउनुहुन्छ । प्रतिव्यवसायी दैनिक तीन लाखका दरले भारु दिँदा व्यवसाय चल्न सक्ने उनीहरुको भनाइ रहेको छ । राष्ट्र बैंकले भारु दिन बन्द गरेपछि गत वर्ष नै गभर्नर युवराज खतिवडालाई र नयाँ गभर्नर चिरञ्जीवी नेपाललाई समेत ज्ञापनपत्र बुझाएको भए पनि आश्वासन मात्र पाउँदा व्यवसाय सञ्चालनमा अन्योल आएको महासङ्घका महासचिव सहदेवविक्रम शाहले बताउनुभयो । “हामीले पटकपटक राष्ट्र बैंकमा हाम्रा माग राख्यौँ, उनीहरु भोलि हुन्छ, पर्सी हुन्छ भन्छन्, पाउँदैनौ कहिल्यै भन्दैनन््”– उहाँले भन्नुभयो– “त्यसैले गर्दा हामी अन्योलमा छौँ, कारोबार गर्न नपाउँदा सटर भाडा र कर्मचारीलाई तलब दिन कठिन भएको छ ।” राष्ट्र बैंकले भारु नदिँदा बिचौलियाले कालोबजारी गरेका र अभाव सिर्जना भएको शाह बताउनुहन्छ । बिचौलियाले प्रिमियम (बढी मूल्य) मा मात्रै बेच्ने र बढी मूल्य नपाए सीमावर्ती भारतमा लगेर बिक्री गर्ने गर्दा मनिचेन्जर दोहोरो मारमा परेको उहाँको गुनासो छ । नेपाल राष्ट्र बैंक भैरहवाका सहायक निर्देशक जीवन पाण्डेले राष्ट्र बैंकको केन्द्रीय नीतिअनुसार नै गत वर्षदेखि मनिचेन्जरलाई भारु दिन बन्द गरिएकाले स्थानीयस्तरबाट समस्या समाधान नहुने बताउँछन् । उहाँले विगतमा व्यवसायीलाई भारु दिँदा पनि उपभोक्ताले सहजरुपमा नपाएको गुनासो आएपछि केन्द्रको निर्देशनअनुसार देशभरि नै रोकिएको र सर्वसाधारणलाई भने राष्ट्रबैंकबाटै दैनिक १५ लाख भारु सटही गरेर दिने गरेको जानकारी दिनुभयो । रुपन्देहीमा मात्रै २९ वटा मनिचेन्जर छन् ।

]]>
2900 0 0 0
उद्योग वाणिज्य सङ्घ उर्लाबारीको अध्यक्षमा भट्टराई http://localhost/ghum/%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b5%e0%a4%be%e0%a4%a3%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%98-%e0%a4%89%e0%a4%b0%e0%a5%8d%e0%a4%b2/ Mon, 07 Sep 2015 05:34:22 +0000 http://www.ghumphir.com.np/?p=2903

पथरी (मोरङ), २१ भदौ ।

उर्लाबारी उद्योग वाणिज्य सङ्घको ३७ औँ साधारणसभाले गरेको चुनावमा अध्यक्ष पदमा चन्द्रबहादुर भट्टराई (भरत) विजयी हुनुभएको छ । प्रमुख निर्वाचन आयुक्त तेजकुमार रिजालका अनुसार आइतबार साँझसम्म भएको चुनाव र रातिसम्म भएको मतगणना परिणाममा भट्टराई विजय हुनुभएको हो । चार सय ६८ मत ल्याई ३७३ मत ल्याउने प्रितम खड्गी र १७५ मत ल्याउने धर्मराज शाक्यलाई पछि पार्दै उहाँले आफ्नो जीत हात पार्नुभएको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा तारामान सिरेङ (लिम्बू) ५२२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी भूपाल रायामाझीले ४६७ मत ल्याउनु भएको छ । त्यस्तै, उद्योग उपाध्यक्ष पदमा यामलाल रसाइलीले ५१६ मत ल्याई ४४१ मत ल्याउने रामबाबु चौधरीलाई पछि पार्नुभयो । त्यस्तै, वाणिज्य उपाध्यक्षमा सचिन शाक्य ६४६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले ३३९ मत ल्याउने केदार रिजाललाई पछि पार्नुभएको छ । महासचिवमा प्रदीप गौतम (मिलन) ले ५५० मत ल्याउँदै विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी कृष्ण बर्देवा ४२० मत ल्याउनुभएको छ । उद्योग सचिवमा दिलकुमार श्रेष्ठ (दिलु)ले ५४९ मत ल्याउँदै विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी शेखरनाथ दाहालले ४२३ मत ल्याउनुभएको छ । त्यस्तै, वाणिज्य सचिवमा मीरा भट्टराई ४९८ मत ल्याई विजयी हुनुभएको छ । भट्टराईको प्रतिद्वन्द्वी केशव सुवेदीले ४९२ मत ल्याउनुभएको छ । यता कोषाध्यक्षमा इन्द्रबहादुर भट्टराईले ५२३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्धी विशाल वाहेतीले ४५२ मत प्राप्त गर्नुभयो । यसैगरी, सदस्य पदमा सङ्गीता अधिकारी (पाण्डे) ६०६, राम थापा ५२७, विष्णु गुरागार्इं ५१८, बद्रि खरेल ४९२ र सुनिल बोहोराले ४६० मत प्राप्त गरी विजय हुनुभएको छ । त्यस्तै, लेखा समिति संयोजकमा पवन अग्रवालले ४१७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी अम्बरबहादुर धिमालले ३२० मत प्राप्त गर्नुभयो । त्यसैगरी, लेखा सदस्यमा लक्ष्मीप्रसाद दाहाल र दिनेश बराल यसअघि नै सर्वसम्मत चयन भइसकेको प्रमुख निर्वाचन आयुक्त तेजकुमार रिजालले जानकारी दिनुभयो । सङ्घमा एक हजार २१२ जना मतदाता रहेका भए तापनि एक हजार ६८ मत खसेको थियो ।

]]>
2903 0 0 0
बालुवा चोरी गर्ने आठजना ट्र्याक्टरसहित पक्राउ http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%86%e0%a4%a0%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%9f/ Mon, 07 Sep 2015 05:53:32 +0000 http://www.ghumphir.com.np/?p=2906

तिलोत्तमा (रुपन्देही), २१ भदौ ।

तराईमा जारी आन्दोलनको सुरक्षामा प्रहरी खटिएको मौका छोपी रुपन्देही जिल्लाका विभिन्न नाकाबाट नदीजन्य पदार्थ चोरी गर्ने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय रुपन्देहीले विभिन्न स्थानबाट आठ जनालाई ट्र्याक्टरसहित पक्राउ गरेको आइतबार साँझ जनाएको छ । जिल्लाका विभिन्न स्थानमा नदीजन्य पदार्थ गिट्टी, बालुवा, मिस्कट उत्खनन गरी ट्र्याक्टरमा लोड गरिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा लु २ त ७९७५ ट्र्याक्टरका चालक वेदनारायण थारु, लु २ त ९७२७ का बलबहादुर थारु, लु २ त ७४०४ का गणेशकुमार थारु, लु २ त १३० का जीतेन्द्र यादव, लु २ त ४३०९ का गौरव यादव, लु २ त ९७३२ का सरोज गौड, लु १ त ९१६८ का चन्द्रशेखर सहनी र लु ३ त २४८३ का रमेश लोध रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख राजेन्द्र ढकालले जिल्ला तथा मातहतका प्रहरी कार्यालयले पक्राउ गरेका उनीहरु माथि अनुसन्धान भइरहेको बताउनुभयो ।

]]>
2906 0 0 0
मासिक करोडौँ घाटा खाँदै सानिमा हाइड्रोपावर http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%98%e0%a4%be%e0%a4%9f%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%b8/ Mon, 07 Sep 2015 09:49:28 +0000 http://www.ghumphir.com.np/?p=2909

इलाम, २१ भदौ ।

कावेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा समस्या हुँदा सानिमा माई हाइड्रोपावर लिमिटेडले मासिक करोडौँ रुपैयाको घाटा व्यहोर्नुपरेको हो । कावेली करिडोर आयोजनाको पहिलो खण्ड झापाको लखनपुर र इलामको गोदकखण्डको निर्माण कार्य सम्पन्न भएर पनि टावरको बीचमा लाइन टाँग्ने कार्यमा समस्या आएको छ । लाइन प्रभावित क्षेत्रमा व्यक्तिगत जग्गामाथिको क्षतिपूर्ति विवादले उक्त खण्डमा निर्माण सकिए पनि विद्युत् आपूर्ति भने हुन सकेको छैन । निर्माण सकिएको दुई साता बितिसक्दा पनि आयोजनाले उक्त क्षेत्रको विवाद समाधानमा पहल नगर्दा इलामको दानाबारीमा विद्युत् उत्पादन हुन नसकेको हो । सानिमा हाइड्रोपावरका प्रमुख कार्यकारी डा सुवर्णलाल श्रेष्ठले भन्नुभयो – “बाइस मेगावाट क्षमताको सानिमा माई हाइड्रोपावरले हाल चार मेगावाट विद्युत् मात्र उत्पादन गरी ३३ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा पठाएको छ । १३२ केभी प्रसारण लाइन समयमा नबन्दा गत फागुनदेखि नै हामी २२ मेगावाट विद्युत् उत्पादन चार मेगावाटमा झार्न बाध्य भएका छौँ ।” देशभित्र विद्युत् आपूर्ति कम हुँदा भारतबाट दोब्बर मूल्य तिरेर आयात गर्नुपरिरहेको र सरकारलाई थप दुई प्रतिशत रोयल्टी घाटा भएको उहाँको तर्क छ । सानिमा माई हाइड्रोबाट उत्पादित विद्युत् हालको प्रतियुनिट चार रुपैयाँ ८० पैसाले १८ मेगावाटको घाटा मासिक रु छ करोड २२ लाख आठ हजार पुग्छ । कावेली करिडोरको १ र २ नं टावर बीचमा झापा लखनपुरका तीन व्यक्तिको सगोलको जग्गा रहेको छ । उक्त जग्गाका धनीलाई नसोधिकन लाइन विस्तार गर्न लागिएको भन्दै जग्गाधनीले लाइन विस्तारमा रोक लगाएपछि करिडोरअन्तर्गतको पहिलो खण्डमा विद्युत् आपूर्ति हुन सकेको छैन । सानिमा हाइड्रोपावरले गत मङ्सिर महिनादेखि उत्पादन सुरु गरेको हो ।

]]>
2909 0 0 0
हिमालयन एयर फेस्टिबल असोज १० मा http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%a8-%e0%a4%8f%e0%a4%af%e0%a4%b0-%e0%a4%ab%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%ac%e0%a4%b2-%e0%a4%85%e0%a4%b8%e0%a5%8b/ Mon, 07 Sep 2015 09:51:37 +0000 http://www.ghumphir.com.np/?p=2912

पोखरा, २१ भदौ ।

नेपाल हवाई खेलकुद संस्था पोखराद्वारा आगामी असोज १० मा अर्थात् यहाँ हिमालयन एयर फेस्टिबल गरुढा फनको आयोजना गर्ने भएको छ । भूकम्पपछि हाल जनजीवन सामान्यमा फर्किएको सन्देश विश्वसामु दिई नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको र पोखरामा साहसिक खेलको गतिविधि निरन्तर भइरहेको सन्देश दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको संस्थाका कार्यबाहक अध्यक्ष सोवित बानियाले जानकारी दिनुभयो । आगामी असोज ९ र १० गते विश्व पर्यटन दिवसका अवसरमा पोखराको आकाशमा प्याराग्लाइडिङ, अल्ट्रालाइट र पावर प्याराग्लाइडिङ (प्यारा मोटर) बाट रङ्गीविरङ्गी हुँदै विभिन्न भेषभूषामा ध्वजापताकासहित प्रदर्शन गरिनेछ । भगवान् गणेश, शिव, पार्वती, भगवती, गरुण, लक्ष्मी, यति, लाखे नृत्यलगायत भेषभूषा पहिरिएर प्याराग्लाइडिङ अल्ट्रालाइट र पावर प्याराग्लाइडिङ पाइलट आकाशमा उड्ने छन् । त्यसैगरी अल्ट्रालाइट तथा पावर प्याराग्लाइडिङबाट रङ्गीविरङ्गी आकाशमा धँुवा फालेर रिवनको प्रदर्शनी गरिनेछ । यस मनोरञ्जनात्मक फेस्टिबलमा १०० को हाराहारीमा नेपाली पाइलट र करिब ५० विदेशी पाइलट सहभागी हुने कार्यक्रम संयोजक नतीसा श्रेष्ठले बताउनुभयो । कास्कीको सराङकोटबाट विभिन्न ध्वजापताका तथा वेषभूषामा सजिएका पाइलट केहीले आकाशमा एक्रो ब्याट्रिक प्याराग्लाइडिङसमेत गर्ने भएका छन् । सराङकोटबाट हवाई उडान गरी फेवातालको किनार खपौदीको इन्ड अफ द लेकमा पाइलटले अवतरण गर्ने कार्यक्रम रहेको छ । उक्त फेस्टिबल सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने बताइएको छ ।

]]>
2912 0 0 0
सुनसरीमा दूध र मासु उत्पादनमा वृद्धि http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%82%e0%a4%a7-%e0%a4%b0-%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a5%81-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be/ Mon, 07 Sep 2015 09:54:33 +0000 http://www.ghumphir.com.np/?p=2915

इनरुवा, २१ भदौ ।

सुनसरीमा व्यावसायिक पशुपालन बढेसँगै दूध र मासु उत्पादनमा वृद्धि भएको छ । सदरमुकाम इनरुवासँगै आसपासका ग्रामीण क्षेत्र श्रीपुरजब्दी, हरिपुर, लौकही, पश्चिम कुशहा, नरसिंह, भोक्राहा, रामनगर भुटहालगायतका गाविसमा बाख्रापालन र बङ्गुरपालन बढेर जिल्लामा मासु उत्पादनमा वृद्धि भएको छ । उन्नत जातको गाई र भैँसी पालन गर्ने चलन बढेका कारण दूध उत्पादनमा वृद्धि भएको जिल्ला पशुसेवा कार्यालय सुनसरीले जनाएको छ । जिल्लामा राँगा, भैंसी, खसीबोका, बाख्रा, बङ्गुर, कुखुरा, भेडालगायतका पशु तथा पक्षीको वार्षिक नौ हजार ८०३ दशमलव २५ मेट्रिक टन मासु उत्पादन भइरहेको कार्यालयका प्राविधिक मोहन सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार जिल्लामा मासु उत्पादन विगतको वर्षको तुलनामा आव २०७१÷७२ मा ३०० मेट्रिक टनभन्दा बढीले उत्पादन भएको छ । त्यसैगरी, जिल्लामा पशुजन्यतर्फ दूध उत्पादनसमेत विगतको तुलनामा आठ प्रतिशतले वृद्धि भएको छ । दूध उत्पादन आव २०७०÷७१ मा ३८ हजार ३७१ दशमलव ४ मेट्रिक टन भएकामा आव २०७१÷७२ मा आठ प्रतिशतले बढेर ४१ हजार ४७९ मेट्रिक टन दूध उत्पादन भएको छ ।

]]>
2915 0 0 0
दैनिक उपभोगका वस्तुलाई सहज बनाउन सांसदको आग्रह http://localhost/ghum/%e0%a4%a6%e0%a5%88%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%89%e0%a4%aa%e0%a4%ad%e0%a5%8b%e0%a4%97%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8/ Mon, 07 Sep 2015 09:58:44 +0000 http://www.ghumphir.com.np/?p=2918

काठमाडौँ, २१ भदौ ।

नजिकिँदो चाडपर्व तथा तराई मधेसको निरन्तरको आमहडताललाई ख्याल गरी दैनिक उपभोगका वस्तुलाई सहज बनाउन सांसदहरुले सरकारलाई आग्रह गर्नुभएको छ । उहाँहरुले नुनदेखि सुनसम्म अर्थात् खाद्यान्न, औषधि, लत्ताकपडा, विद्युतीय सामग्री, तरकारी, फलफूल, भाँडाकुँडा, दुग्ध पदार्थ आदि दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुन नसकेको अवस्था तथा उड्नेदेखि गुड्नेसम्म व्यवस्थापन गर्नुपर्ने सरकारको दायित्वलाई ध्यान दिई सरकारले दैनिक आपूर्तिलाई सहज बनाउन जोड दिएका हुन् । व्यवस्थापिका–संसद् उद्योग, वाणिज्य तथा उपभोक्ता समितिको आजको बैठकमा सांसदहरुले बन्द हडतालका कारण हाल दैनिक उपाभोगका वस्तुको अभाव हुन थालेको गुनासो आएको हुँदा यसलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो । बैठकमा सांसद कञ्जनवादे श्रेष्ठले उपत्यकामा रहेका १३० वटा पेट्रोलपम्पमा तेल तथा बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेको भन्दै यसतर्फ सम्बन्धित मन्त्रालयको ध्यान जाओस् भन्नुभयो । सांसद चन्द्र महर्जनले तराई मधेस निरन्तरको बन्दको अवस्थामा पनि नेपाल आयल निगमले विशेष सुरक्षाका माध्यमबाट तेल आपूर्ति गरी उपत्यकालगायत अन्य क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव हुन नदिनु सराहनीय काम भएको बताउनुभयो । सांसद महालक्ष्मी उपाध्यायले बजारमा खान पकाउने ग्यास सहजरुपमा प्राप्त गर्न नसकेको र यसको बिक्री वितरण गर्नेहरुले कालोबजारी गर्न सुरु गरेको आरोप लगाउनुभयो । सांसद शान्ता मानवीले दैनिक उपभोगका वस्तु दाल, चामल, चिनीको मूल्य वृद्धि हुन थालेको बताउनुभयो । सो अवसरमा सांसदहरु नारायणबहादुर कार्की, सीताराम भण्डारी, राज्यलक्ष्मी श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, सुरेन्द्रकुमार सैजवाललगायतले नजिकिँदो चाडपर्वलाई ध्यान दिई दैनिक खाद्य पदार्थ तथा पेट्रोलियम पदार्थलाई सहज बनाउन सरकारसँग आग्रह गर्नुभयो । बैठकमा उपस्थित वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले खाद्यान्न तथा पेट्रोलियम पदार्थको यथेष्टमा मात्रामा मौज्दात रहेको जानकारी दिनुभयो । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रोलियम पदार्थको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहचिव शम्भु घिमिरेले नौ महिनालाई पुग्ने नुन, तीन महिनालाई पुग्ने चिनी तथा चार महिनालाई पुग्ने खाद्य पदार्थ मौज्दात रहेको बैठकमा जानकारी दिनुभएको थियो ।

]]>
2918 0 0 0
मनोरम धौलागिरि http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a5%8b%e0%a4%b0%e0%a4%ae-%e0%a4%a7%e0%a5%8c%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%bf/ Mon, 07 Sep 2015 10:05:43 +0000 http://www.ghumphir.com.np/?p=2921 2921 0 0 0 बेलहिया–बुटवल छ लेन सडकको निर्माणकार्य तीव्र http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%b9%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%ac%e0%a5%81%e0%a4%9f%e0%a4%b5%e0%a4%b2-%e0%a4%9b-%e0%a4%b2%e0%a5%87%e0%a4%a8-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%95/ Mon, 07 Sep 2015 13:27:07 +0000 http://www.ghumphir.com.np/?p=2924

दीपक घिमिरे  लुम्बिनी (रुपन्देही), २१ भदौ ।

नेपालकै पहिलो व्यापारिक मार्ग बेलहिया–बुटवल छ लेन सडकखण्डको निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ । यसअन्तर्गत हालसम्म सात किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भइसकेको छ । नेपाल सरकारको आफ्नै बजेट तथा सक्रियतामा सुरु भएका व्यापारिक सडकमध्येका यसलाई तोकिएकै समयमा सम्पन्न गर्ने तथा नेपालकै उत्कृष्ट सडकका रूपमा अगाडि बढाउने आयोजनाले जनाएको छ । सरकारले हाल भैरहवाको बेलहियादेखि बुटवल, रानीदेखि विराटनगर, जनकपुरदेखि चटही र वीरगन्जदेखि पथलैया गरी चार ठाउँमा व्यापारिक मार्ग निर्माणको काम गरिरहेको छ । यसमध्ये वीरगन्ज–पथलैया मार्गको निर्माण कार्य यस वर्षदेखि सुरु हुनेछ । यी चार मार्गमध्ये सबैभन्दा उत्कृष्ट र नेपालकै नमुना मार्ग बेलहिया–बुटवल मार्ग भएको सरकारले जनाएको छ । विसं २०६९ देखि सुरु भएको बेलहिया–बुटवलसम्मको व्यापारिक मार्गको निर्माण कार्यमा सुरुमा केही प्राविधिक कारण ढिलाइ भए पनि पछिल्लो समय कामले तीव्रता पाएको व्यापारिक मार्ग निर्माण योजनाका लेखाअधिकृत वसन्त सिग्देलले जानकारी दिनुभयो । कुल रु ८० करोडको लागतमा सम्पन्न पहिलो चरणको काम अब करिब सम्पन्न हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । हालसम्म सम्पन्न सात किलोमिटर मार्गअन्तर्गत बुटवलको ट्राफिक चोकदेखि योगीकुटीसम्मको तीन किलोमिटर, भैरहवाको बेलहिया–डन्डा पुलसम्म १ दशमलव ५ किलोमिटर र डन्डा–बुद्धचोकसम्म २ दशमलव ८ किलोमिटर काम सम्पन्न भइसकेको छ भने डन्डा पुल ७०० मिटर, बुद्धचोक–अञ्चलपुरसम्म २ दशमलव १ किलोमिटर र शङ्करनगर–मणिग्रामसम्म तीन किलोमिटर सडकको निर्माण कार्य चालु अवस्थामा रहेको छ । ठेक्का प्रक्रियाअनुसार बेलहियादेखि डन्डा पुलसम्मको ठेक्का लामा÷रायमाझी र कानफाराम गरी तीनवटा कम्पनीले पाएका थिए । त्यस्तै डन्डादेखि बर्मेलीटोलसम्मको ठेक्का शर्मा÷दिवा र कञ्चनजङ्घा जेभी कम्पनीले पाएका थिए । बुटवलखण्डको ठेक्का लुम्बिनी÷कन्टेक्ट र आशिष जेभीले पाएका थिए । तीनवटा ठेक्काको मार्ग यही असारमै सम्पन्न भए पनि सडक विभागलाई हस्तान्तरण गर्न अझै एक वर्ष लाग्नेछ । यसअन्तर्गत सुरुमै तोकिएअनुसार काम सम्पन्न भएपछि पनि एक वर्षको समय ‘डिफेक्ट लाएबिलिटी पिरियड’ भनी तोकिएको छ । यस डिएलपीअनुसार काम सम्पन्न भएको एक वर्षभित्र सडक भत्किएमा अथवा समस्या आएमा सम्बन्धित ठेकेदार कम्पनीले नै आफ्नै खर्चमा मर्मत गर्नु पर्नेछ । एक वर्षपछि सडक विभागले सडक सम्झौता गरेअनुरुप सडक सही भएको भनी प्रमाणित गरेपछि ठेकेदार कम्पनीले सडक विभाग वा नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । नाली, सडकछेउमा रोपिने बिरुवा पनि ठेक्काभित्रै पर्ने भएकाले काम सम्पन्न भएका तीनवटै मार्गमा यी काम पूरा भएका छन् । दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम करिब १० महिनाजति ढिला हुनुमा सडकसीमा अतिक्रमण गरेर निर्माण गरिएका घर संरचनाहरू नभत्काइनु एक मुख्य समस्या भएको अधिकृत सिग्देलले बताउनुभयो ।

rupandehi_district-318x250विद्युत्का तार, खम्बा, खानेपानीका पाइप, टेलिफोन खम्बा र चेम्बर समयमै स्थानान्तरण नभएका कारण काम गर्न कठिनाइ भएको उहाँको भनाइ छ । सरकारी निकाय नै भए पनि सडक विभागको लालपुर्जा भएको सडकमा खम्बा बिछ्याएर विद्युत् प्राधिकरणले सडक विभागलाई कुनै पनि किसिमको भाडा तिर्दैन । त्यसमा पनि अहिले खम्बा स्थानान्तरणको कार्य सडक विभागले आफ्नै खर्चमा गर्दै आएको छ । सडकसीमा अतिक्रमण गरेर बनाइएका घर संरचना भत्काइने विषयमै ११ वटा मुद्दा परेकामा सडक विभागले सबै मुद्दा जितिसकेको छ । त्यस्तै विद्युत् प्राधिकरणले सडकछेउका खम्बा समयमै सार्न अटेर गर्नाले पनि मार्ग निर्माण कार्यमा अवरोध पुगेको उहाँको भनाइ छ । कुल २४ किलोमिटर दूरी रहेको बुटवल–बेलहिया सडकखण्डअन्तर्गत अब ११ दशमलव ८ किलोमिटरको ठेक्का व्यवस्थापन गर्न पूर्व योग्यताको मूल्याङ्कन भइरहेको छ । यो ठेक्का चारवटा प्याकेजमा निकालिएको छ । मूल्याङ्कन समितिले समयमै मूल्याङ्कन गरेर जिम्मा दिएमा असोजदेखि कात्तिकसम्म मणिग्रामदेखि अञ्चलपुरसम्मको मार्ग निर्माण कार्य सुरु हुनेछ । विश्व बैंक, एसियाली डेभलपमेन्ट बैंकलगायतको जस्तो एकमुष्ट बजेट आउने भएमा अझै छिटो सम्पन्न हुन सक्ने लेखाअधिकृत सिग्देल बताउनुहुन्छ । अब बाँकी रहेको ११ दशमलव ८ किलोमिटर व्यापारिक मार्ग निर्माणका लागि रु एक अर्ब लाग्ने लेखा अधिकृत सिग्देलको अनुमान छ । यद्यपि आव २०७२÷७३ मा सरकारले यो मार्ग निर्माण गर्न ३४ दशमलव ५० करोड रकम छुट्याएको छ । यो रकम करिब रु ६५ करोडले कमी हुन आउँछ । तर यो योजना नेपाल सरकारकै प्रस्तावमा आएकाले अपुग रकम दोस्रो चरणमा छुट्टिने उहाँको विश्वास छ । अन्य मार्गहरूका तुलनामा यो मार्गको महत्व बढी छ । एकातर्फ विश्व शान्ति प्रवत्र्तक गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा यसै सडकखण्डमा पर्दछ । उता नेपालको दोस्रो व्यापारिक नाका सुनौली तथा व्यापारिक क्षेत्र भैरहवादेखि महेन्द्र राजमार्गसँग जोड्ने एकमात्र मार्ग भएकाले पनि यो मार्ग नेपालकै गौरवको मार्गका रुपमा रहेको छ । बढ्दो जनसङ्ख्या र अव्यवस्थित सहरीकरण बढिरहेको अवस्थामा यो मार्ग व्यवस्थित सहरीकरणको एउटा नमुना मार्ग पनि हो । भर्खरैमात्र भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आएको हुँदा यसको विकासमा पनि यो मार्गको ठूलो महत्व रहनेछ ।

]]>
2924 0 0 0
कमिसनको चलखेलका कारण पर्यटन र हवाई क्षेत्र निकै पछि धकेलिए:संसदीय समिति http://localhost/ghum/%e0%a4%95%e0%a4%ae%e0%a4%bf%e0%a4%b8%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%b2%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d/ Mon, 07 Sep 2015 13:38:10 +0000 http://www.ghumphir.com.np/?p=2926

काठमाडौँ, २१ भदौ ।

संसदीय समितिले बेग्लै स्थान निर्धारण गरेर मात्र क्यासिनो सञ्चालनका लागि अनुमति दिन उपयुक्त हुने सुझावसहितको प्रतिवेदन तयार पारेको छ । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले क्यासिनोबारे अध्ययन गरी सुझाव दिन गठित उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले प्रस्तुत गर्नुभएको त्यससम्बन्धी प्रतिवेदनलाई स्वीकृत गरेको छ । बैठकमा संयोजक विश्वकर्माले क्यासिनो सञ्चालन गर्नु राम्रो विषय नभए पनि यसलाई रोक्न नसकिने भएकाले व्यवस्थापन गरेर जानुपर्ने आवश्यकता प्रतिवेदनमा औँल्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “यसले समाजमा पारेको असरको सूक्ष्मसँग विश्लेषण गर्न जरुरी छ । क्यासिनो सञ्चालन गर्न दिँदा नियमन, नियन्त्रण र व्यवस्थापनको पक्षलाई चुस्त तुल्याउन आवश्यक छ ।” प्रतिवेदनमा क्यासिनो सञ्चालकलाई जिम्मेवार तुल्याउनुपर्ने तथा श्रमिकको पारिश्रमिकलगायतका हकहित र अधिकारको सुनिश्चित गरिनुपर्ने सुझाव दिइएको छ ।

Nepal Airlines01क्यासिनोले अपराधलाई प्रोत्साहन गरिरहेको पक्षलाई भने सरोकार राख्ने पक्षले बिर्सन नहुने भनाइले बैठकमा महत्व पाएको थियो । बैठकमा सदस्यहरुले सहरको मुख्य भागभन्दा कम्तीमा पनि पाँच किलोमिटर बाहिर बेग्लै ‘क्यासिनो भिलेज’ स्थापना गरेरमात्र सञ्चालनको अनुमति दिन सरकारलाई सुझाव दिनुभएको थियो । बैठकले समितिको वार्षिक प्रतिवेदनलाई अन्तिम रुप दिन समितिका सदस्य बलबहादुर केसी, सोमप्रसाद पाण्डेय र श्याम श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ । समितिले तयार गरेको वार्षिक प्रारम्भिक प्रतिवेदनमा केन्द्रित रहँदै सदस्यहरुले जिम्मेवारीभित्र परेका परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा श्रम र रोजगारी मन्त्रालयसँग सम्बन्धित विषयमा अपेक्षाकृत रुपमा परिणाम देखाउन नसकिएको धारणा राख्नुभयो । “नेपालको राष्ट्रिय ध्वजाबाहक विमानसँगै स्थापना भएको थाई एयरवेजका १०० भन्दा बढी विमान विश्व हवाई सेवामा संलग्न हुँदै आउनु तर नेपालका चाहिँ घट्दै जानुले कुन गतिमा काम गरिरहेका छौँ भन्ने स्वतःसिद्ध हुन्छ,” उहाँहरुले भन्नुभयो – “आफू खानका लागि कमिसन, अर्काे विमान खरिद गर्न नदिनका लागि पनि कमिसनको खेलको मार वायु सेवा निगमले मार खेप्नुपरेको छ ।” कुनै पनि संस्था वा आयोजनाले दिएको जिम्मेवारी सकेपछि मात्र त्यसमा अनियमितता भएको छ÷छैन भनेर अनुसन्धान गर्नुपर्नेमा कामको सुरुवात गर्न नपाउँदैमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हात हालिदिँदा समस्या आएको सदस्यहरुको भनाइ रहेको थियो । कमिसनको चलखेलका कारण विमान खरिदमा ढिलाइ हुनाले मुलुकको पर्यटन र हवाई क्षेत्र विकासको हिसाबले निकै पछि धकेलिएको तथ्यलाई सबैले मनन गर्नुपर्ने धारणा उहाँहरुले राख्नुभएको थियो । उहाँहरुले भन्नुभयो – “यो किन, ऊ किन भनेर अख्तियारले सरकारलाई काम गर्न नदिएर बाधा पु¥याउने हो र !”

touristकाम गर्ने सरकारी प्रक्रियालाई परिमार्जन गरेर सुधार गर्नुपर्ने तथा संसदीय समितिले पनि क्षेत्राधिकार बाहिर गएर अनावश्यक हस्तपेक्ष हुने गरी निर्देशन दिन नहुने आवश्यकतामा सांसदहरुले जोड दिनुभयो । बैठकमा समितिका सदस्यहरु माधवकुमार नेपाल, बलबहादुर केसी, सोमप्रसाद पाण्डे, अम्बर शर्मा, डा राजन भट्टराई, श्याम श्रेष्ठ, पेम्वा लामा, पुष्कर आचार्य, मीन विश्वकर्मा, लालबाबु यादवलगायतले समितिले गएको एक वर्षको अवधिमा परराष्ट्र, श्रम तथा रोजगार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बारेमा भए गरेका अध्ययन र दिएका निर्देशनबारेमा जानकारी गराउनुभएको थियो ।

]]>
2926 0 0 0
तस्बिरमा पाटन दरबार क्षेत्रको सौन्दर्य(फोटो फिचर) http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%9f%e0%a4%a8-%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87/ Tue, 08 Sep 2015 03:19:50 +0000 http://www.ghumphir.com.np/?p=2930 गत बैशाख १२ गतेको भुकम्म पश्चात र देशको राजनैतिक अवस्थाका कारण नेपालको पर्यटन क्षेत्र निकै कमजोर अवस्थामा रहेको छ । तर भुकम्पबाट नेपालमा भएका विश्वसम्पदा क्षेत्र रहेका स्थलहरुमा केही असर परेपनी अवलोकन गर्न लाएक मात्र होईन पुर्ण रुपमा सुरक्षीत समेत रहेका छन् ।तर भुकम्प पश्चात पर्यटन क्षेत्र केही राहत मिल्ने अवस्थमा सिर्जना हुनै लाग्दा देशका राजनैतिक वातावरणले पुन पर्यटन क्षेत्र ओरालो लाग्ने स्थिती रहेको छ । काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो। पाटन शहर बरदेवले स्थापना गराएका हुन्। प्राचीन पाटनको बीचमा रहेको पाटन दरबारक्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ। सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ। यो दरबारक्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूलकेन्द्र पनि थियो।

दरबारको जग यसैले हालेको भनी हालसम्म कसैले पनि ठोकुवा गर्न सकेको पाइँदैन। वि। सं। १६७५ तिर पाटनका स्वतन्त्र राजा भएका सिद्धिनरसिंह मल्लले तत्कालीन मनिङ्गल राजप्रासादलाई विस्तार गर्नुका साथै कलाकृतिले सिँगारेका कुरा इतिहासले देखाउँछन्। पाटन दरबारको महत्त्वपूर्ण अंग सुन्दरीचोक पनि एक हो। नेवारी वास्तुकलाका अनुपम उदाहरणहरू देख्न सकिन्छ सुन्दरीचोकमा । यसको निर्माण सिद्धिनरसिंह मल्लले गरेका हुन ।

patan @ ghumphir.com.np patan @ ghumphir.com.np (1) patan @ ghumphir.com.np (2) patan @ ghumphir.com.np (3) patan @ ghumphir.com.np (4) patan @ ghumphir.com.np (5) patan @ ghumphir.com.np (6) patan @ ghumphir.com.np (7) patan @ ghumphir.com.np (8) patan @ ghumphir.com.np (9) patan @ ghumphir.com.np (10) patan @ ghumphir.com.np (11) patan @ ghumphir.com.np (12)

]]>
2930 0 0 0
लाङ्टाङवासी घर फर्कदैँ http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%99%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a4%98%e0%a4%b0-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%a6%e0%a5%88%e0%a4%81/ Tue, 08 Sep 2015 02:57:05 +0000 http://www.ghumphir.com.np/?p=2945 धुन्चे (रसुवा), २१ भदौ ।

भूकम्पपछि विस्थापित लाङ्टाङवासी आफ्नो थातथलोमा फर्कन थालेका छन् । समाजसेवी ढिण्डुप तामाङका अनुसार पैदलमार्ग भत्केका कारण हवाई मार्गबाट क्यान्जेन जान विस्थापित ६० जना स्थानीय अहिले साँझ धुन्चे आइपुगेका हुन् । मङ्गलबार हेलिकोप्टरबाट क्यान्जेन पुग्ने स्थानीयबासिन्दाले पूर्वाधारको कार्यमा केन्द्रित रहने भएकाले विस्थापितको हितमा सबै सरकारी एवम् गैरसरकारी निकाय लाङटाङ केन्द्रित भइदिन आग्रह गरिएको बताइएको छ । वैशाख १२ को ‘गोरखा भूकम्प’ ले लाङटाङको उच्च भाग फुटेर हिउँ पहिरो चल्न थालेपछि ११६ घरका ४९६ जना विस्थापित बासिन्दा काठमाडौँको ‘पहेँलो गुम्बा’मा शरण लिइबसेको र दाताहरुको सहयोगबाट पूर्वाधार निर्माण भएपछि सबै विस्थापितलाई आफ्नो थातथलोमा पु¥याइने समाजसेवी तामाङले बताउनुभयो । रा

]]>
2945 0 0 0
सवारी साधन नचलेपछी http://localhost/ghum/%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%a8-%e0%a4%a8%e0%a4%9a%e0%a4%b2%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a5%80/ Tue, 08 Sep 2015 03:02:36 +0000 http://www.ghumphir.com.np/?p=2949 2949 0 0 0 जिप फ्लाएर विश्वकै तेस्रो नम्बरमा http://localhost/ghum/%e0%a4%9c%e0%a4%bf%e0%a4%aa-%e0%a4%ab%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%88-%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0/ Tue, 08 Sep 2015 03:48:11 +0000 http://www.ghumphir.com.np/?p=2955 पोखरा, २२ भदौ पर्यटन प्रर्बद्धन संगै व्यापार गर्ने उद्देश्यले नेपालमै पहिलो पटक पोखरामा सन्चालन भएको जिप फ्लाएर विश्वको नै तेस्रो नम्बरमा पर्न सफल भएको छ । तीन वर्ष आगाडी तीन जना युवा मिलेर एड्भेन्चर मन पराउने पर्यटकहरुलाई लक्षित गर्दै ‘जिप फ्लाएर’ संचालनमा ल्याएका थिए । साहसीक खेलहरुको प्रर्बद्धन गर्न सन्चालन भएको रेडबुलको अनलाइन संकरणले जिप फ्लाएर गरेका अनुभवका आधारमा तेस्रोमा राखेको हो ।

zipflyer @ghumphir

विश्वका साहसीक ६ वटा जिप फ्लाएरमा नेपालको तेस्रो नम्बरमा परेको हो ।पहिलो नम्बर क्यानाडाको जिपटे«कर पहिलो नम्बरमा रहेको छ भने साउथ अफिकाको जिप टुथाउसेन्ट दोस्रो नम्बरमा रहेको छ । तीन वष अगाडी भरत गोल्छा, शरद गोल्छा र अभिनव तिरुवाल मिलेर करिब १३ करोड रुपैँया लगानी जिप फ्लाएर संचालनमा आएको हो । सराङकोटको टुप्पोबाट हेमजाको याम्दी सम्म तानीएको जिप फ्लाएरकै केबलमा एकै पटकमा दुई जना झर्न मिल्छ ।

साहसीक खेलमा विश्वमा नै अगाडी आउदा प्रर्यटन प्रर्बद्धनलाई सहयोग मिल्ने कम्पनीका अप्रेसन प्रमुख दिनेश मर्हजनले बताए ।सराङकोटको डाँडाबाट २ हजार फिट तल हुईकिँदै करिब १ मिनेट ३० सेकेन्डमा हेम्जासम्म आईपुग्ने गरि बनाएको जिप फ्लाएर संसारकै सबैभन्दा लामो र अग्लो भएको कम्पनीले दाबी छ । समुद्री सतहबाट पाँच हजार ३२ फिट अग्लो रहेको सराङकोटबाट ३ हजार फिट तल झर्नका लागी जिप फ्लाएरबाट झर्न बढिमा २ मिनेट लाग्ने गर्दछ । गोल्छा अर्गनाइजेसन र मंगलम समुहको लगानी रहेको छ ।

]]>
2955 0 0 0
मुगुकाे स्याउ बजार नपाएर कुहिन्छ (फोटो फिचर) http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%97%e0%a5%81%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89/ Tue, 08 Sep 2015 08:26:02 +0000 http://www.ghumphir.com.np/?p=2958

नृपेन्द्र बहादुर मल्ल

जिल्लाका विभिन्न स्थानमा कृषकले फलाएको स्याउ पाके पनि जिल्ला कृषि विकास कार्यालयले स्याउ राख्ने बाकस उपलब्ध गराउन नसकेर बजार आसपासमा र बाहिर गाउँघरमा बजार नपाएर करोडौँका स्याउ कुहिन थालेका छन् । “स्याउ धेरै छ, पाकेर रूखबाट झर्न थालिसक्यो, अलिअलि भएको बाकसमा स्याउ राखेर नेपालगन्ज पठाएँ, अरू कुहिने हो कि भन्ने चिन्ता छ”–कार्कीवाडा गाविसका स्थानीय रामभक्त रोकायाले भन्नुभयो । कृषकका बगैँचामा फलेको स्याउ पाकेर झर्न थालेपनि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा उपलब्ध गराउने बाकस समयमा नै वितरण नगरेपछि स्याउ कसरी बाहिर जिल्ला पठाउने भन्नेमा किसान चिन्तामा छन् ।

mugu apple (1) मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरवीर रावत स्याउ राख्ने बाकस नपाएपछि आफूले गमगढी बजारमा रहेका तरकारी बिक्री गर्ने प्लास्टिक क्यारेट भाडामा लिई त्यसैमा ८० क्विन्टल स्याउ राखेर सुर्खेतमा लगी प्रतिकिलो ५० रुपैयाँका दरले मुगुको स्याउ बिक्री गरेको बताउँछन् । उनी भन्छन्–“गाउँघरबाट जिल्ला सदरमुकामसम्म ढुवानीको व्यवस्था भएमा मुगुको स्याउ राम्रै मूल्यमा बिक्री हुने रहेछ । सदरमुकामसम्म हवाई र स्थलमार्गको यातायातको राम्रो सुविधा भएकाले अन्य जिल्लासम्म स्याउ पु¥याउन समस्या छैन बरु किसानलाई भण्डार, उत्पादनबारे तालिम दिन जरुरी छ ।” कृषि कार्यालयले जिल्लामा फलेको स्याउ सहज रुपमा जिल्लाबाहिर लैजानका लागि स्याउ किसानलाई हरेक वर्ष अनुदानमा बाकस उपलब्ध गराउँदै आएको थियो तर तराई बन्दका कारण खरिद गरिएका बाकस बीच बाटोमा नै रोकिएकाले किसानलाई समयमै बाकस वितरण गर्न नसकिएको कृषि कार्यालयले जनाएको छ । गत वर्षका बाँकी रहेका केही सङ्ख्याका बाकस किसानलाई वितरण गरिएको र बाटोमा रोकिएका बाकस आए किसानलाई वितरण गरिने जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बुद्धिनारायण देवले जानकारी दिनुभयो ।

mugu apple (3) गत वर्ष जिल्लामा उत्पादन भएको स्याउ वर्षाका कारण हवाई यातायात तथा सडक मार्ग बन्द भएपछि जिल्लाबाहिर निकासी हुन नसक्दा खेर गएको थियो । अहिले सडक यातायात र हवाई यातायात सञ्चालन रहे पनि स्याउ राख्ने बाकस नपाउँदा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि लाखाँैको स्याउ कुहिने हो कि भन्ने चिन्तामा किसान छन् । स्याउ पाकेपछि अहिले किसानले आफ्ना बगँैचाका स्याउ टिप्न सुरु गरेका छन् । स्याउ टिपे पनि सुरक्षित भण्डारणको व्यवस्था नहुँदा किसानले सस्तो मूल्यमा स्याउ बिक्री गरिरहेका छन् । गत वर्ष जिल्लाबाहिर स्याउ नपठाए पनि ४० हजार बराबरको स्याउ जिल्लामा नै बिक्री गरेको र बाँकी सबै खेर गएको कार्कीवाडा–२ की राजमाया रावलले भन्नुभयो । अहिले जिल्लामा २५ देखि ४० रुपैयाँ प्रतिकेजी स्याउ बिक्री भइरहेको छ । शुक्रबार मात्र जिल्लाबाट एक सय क्विन्टल स्याउ निकासी भएको छ । “नेपालगन्ज बन्द भन्छन्, यता स्याउ पाकेर झर्न थालिसक्यो, जे पर्ला पर्ला भनेर ७२ क्विन्टल नेपालगन्जतर्फ पठाएँ”–कार्कीवाडा–६ निवासी हस्तबहादुर कार्कीले भन्नुभयो । सदरमुकाम आसपासका कार्कीवाडा, रुगा, रोवा, पिना गाविसमा उत्पादन भएको स्याउ सदरमुकाम र नेपालगन्जतर्फ खपत हुने भए पनि सदरमुकामबाहिरका माँग्री, जिमा, रारा, खमाले, सुकाढिक, कालैलगायत गाविसमा फलेको स्याउ यातायात र भौगोलिक विकटताका कारण खेर जाने गरेको छ । mugu apple (2) सोरुकोटका पदमबहादुर शाही आफ्नो गाउँमा उत्पादन हुने स्याउ गाउँघरमा एक रुपैयाँमा तीन दानामा बिक्री हुने गरेको र बजार टाढा हुने भएकाले बिक्री नभएको स्याउको घरेलु मदिरा बनाउने र गाईवस्तुलाई खुवाउने गरेको तर त्योभन्दा कम गुणस्तरका स्याउ गमगढी बजारमा एक दानाको १० रुपयाँसम्म पर्ने गरेको बताउँछन । जिल्लामा एक हजार ७५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्लाभरिमा दुई हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यो वर्ष तीन हजार नौ सय ९० मेट्रिक टन उत्पादन भएको अनुमान छ । जिल्लामा उत्पादन भएको स्याउ सुरक्षित राख्न विभिन्न स्थानमा भण्डार घर निर्माण गर्ने आगामी लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

mugu apple 3

]]>
2958 0 0 0
फ्लाई दुबईले ३० प्रतिशत छुट पाउने http://localhost/ghum/%e0%a4%ab%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a6%e0%a5%81%e0%a4%ac%e0%a4%88%e0%a4%b2%e0%a5%87-%e0%a5%a9%e0%a5%a6-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%a4-%e0%a4%9b/ Tue, 08 Sep 2015 13:15:40 +0000 http://www.ghumphir.com.np/?p=2963 बजेट एयरलाइन्स कम्पनी फ्लाई दुबईले ग्राहकलाई ३० प्रतिशत छुटको अफर ल्याएको छ। आफ्नो उडान सञ्जालभित्रका दुबई तथा अन्य केही विशिष्ट गन्तव्यमा ३० प्रतिशत छुट उपलब्ध गराउने कम्पनीले घोषणा गरेको हो। बिजनेस र इकोनोमी दुवै क्लासमा यो छुट लागू हुनेछ।
fly dubai
फ्लाई दुवईमा १ अक्टोबर २०१५ देखि ३० जुन २०१६ बीच यात्रा गर्नेहरुलाई यो छुट पाउनेछन्। यसका लागि सेप्टेम्बर २० भन्दा अगाडि नै टिकट बुक गर्नुपर्ने कम्पनीले उल्लेख जनाएको छ।

४९ वटा अत्यधुनिक बोइङ ७३७–८०० विमान रहेको फ्लाई दुबईले एक सातामा विश्वभर ४५ राष्ट्रका ९० भन्दा बढी गन्तव्यमा १ हजार ६ सय उडान गर्दछ। फ्लाई दुबईको नेटवर्क गल्फ कोअपरेसन काउन्सिलका ६ राष्ट्र, मध्यपूर्व, अफ्रिका, आर्मेनिया, अजरबैजान, जर्जिया, इरान, टर्की र रसिया तथा मध्य एशिया, युरोप लगायतका क्षेत्रमा रहेको छ।

फ्लाइ दुबइको बिजनेस क्लासमा १२ इञ्च टेलिभिजन, बिजनेस क्लास लङ, इटालियन लेदर सिट रहेका छन्। बिजनेस क्लासमा यात्रुले २ सय सिनेमाहरुको छनाैट सुविधा समेत पाउँछन्।

फ्लाई दुबईले सातामा काठमाडौं–दुबई २४ उडान सञ्चालन गर्छ। सन् २००८ मा दुबइ सरकारले स्थापना गरेको कम्पनी दुबई अन्तरार्ष्ट्रिय विमानस्थल आधारित भएर उडान गर्ने गर्छ। कम्पनीमा इमिरेट्स समूहको समेत लगानी छ।

]]>
2963 0 0 0
एटिएम सेवा सञ्चालन भएर खुसी http://localhost/ghum/%e0%a4%8f%e0%a4%9f%e0%a4%bf%e0%a4%8f%e0%a4%ae-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8-%e0%a4%ad%e0%a4%8f%e0%a4%b0-%e0%a4%96%e0%a5%81/ Tue, 08 Sep 2015 13:19:54 +0000 http://www.ghumphir.com.np/?p=2966

गुल्मी, २२ भदौ ।

ग्लोबल आइएमई बैंक लि वामी शाखाबाट पहिलो पटक एटिएम कार्ड (अटोमेटिक टेलर मेसिन) सेवा आजदेखि सञ्चालन भएको छ ।यस क्षेत्रका सेवाग्राहीको माग र चाहनालाई ध्यानमा राखेर सेवा सञ्चालन गरिएको वामी शाखाका प्रबन्धक अम्बु रायमाझीले जानकारी दिनुभयो । उहाँले गुल्मीको रिडीदेखि बागलुङको बुर्तिबाङसम्मकै स्थानमा यो सेवा कतै नभएको हँुदा वामी शाखाबाट एटिएममार्फत सेवा लिन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । गुल्मी र बागलुङका एक दर्जन गाविसका करिब नौ हजार ग्राहक रहेको वामी शाखामा दैनिक रुपमा १५० देखि २०० सम्म सेवाग्राहीले आर्थिक कारोबार गर्ने गरेका छन् ।

]]>
2966 0 0 0
प्रवद्र्धनको पर्खाइमा खोटाङको रुपाकोट http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%96%e0%a4%be%e0%a4%87%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a5%8b/ Tue, 08 Sep 2015 13:26:10 +0000 http://www.ghumphir.com.np/?p=2969 खोटाङ, २२ भदौ ।

खोटाङको सदरमुकाम दिक्तेलदेखि करिब तीन घन्टा उकालो चढेपछि रमणीय डाँडा रुपाकोट पुगिन्छ । समुद्री सतहदेखि करिब दुई हजार ३०० मिटर उचाइमा अवस्थित रुपाकोट दृष्यावलोकन गर्न सकिने उपयुक्त ठाउ“ मानिन्छ । पदयात्राका लागि ढुङ्गाको सोलिङ भरिएको बाटो पछ्याउ“दै उकालो चढेपछि पुगिने रुपाकोटमा आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । सूर्याेदयको दृश्य राम्रोसँग देखिने रुपाकोटमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । रुपाकोटमा विशेष गरी नया“ वर्ष मनाउन आउने आन्तरिक पर्यटकको घुइँचो लाग्छ । वर्षको अन्तिम दिन अर्थात् चैत मसान्तको दिन आउने र रातभरि जाग्राम बसेर पुरानो वर्षलाई बिदा गर्ने र नया“ वर्षको स्वागत गर्ने प्रचलन छ । रातको १२ बजे वर्षलाई बिदा गरिन्छ । त्यतिखेर वर्षभरि गरेका राम्रा कुराको अनुशरण गर्ने र नराम्रा कुरालाई सधैँका लागि बिदा गर्ने चलन छ ।

Khotang District Map

नया“ वर्षको स्वागत राति १२ बजेदेखि नै सुरु गरिन्छ । बिहान सूर्योदयको स्वागतपछि विभिन्न परिकार खाने चलन छ । सूर्योदयका बेला वर्षभरि शुभ रहोस् भन्ने कामना गर्दै नयाँ कामको थालनी गर्ने अठोट गरिन्छ । नया“ वर्षको दिन दिनभर रुपाकोट क्षेत्र घुमफिर गरेर रमाइलो गर्ने प्रचलन छ । रुपाकोट क्षेत्रमा गडी, सिद्ध पोखरी, सिद्ध बाबाको मन्दिर, ठूलो आहाल, सानो आहालका साथै ठूला–ठूला चउर छन् । रुपाकोटाको बीचभागमा रहेको सिद्ध बाबाको मन्दिरमा पूजा आराधना गरे चिताएको पुग्ने जनविश्वास रहिआएको छ । मन्दिरमा विशेष गरी वैशाखे पूर्णिमाको दिन लामा तथा स्थानीयले असिना, भलपहिरो र आँधीबेहरी नचलोस् भनेर कामना गर्ने प्रचलन छ । जिल्लाको विभिन्न क्षेत्रमा बसोबास गर्ने लामाहरु भेला भएर ज्ञान प्राप्तिका लागि दिनभर ध्यान गर्छन् । चारैतिरबाट जङ्गलले घेरिएको रुपाकोट डाँडा लोपोन्मुख वन्यजन्तु, भेडीगोठ, विभिन्न प्रकारका गुराँसका साथै जडीबुटीका लागि पनि प्रसिद्ध मानिन्छ । घोरल, मृग, खरायो, राजपङ्खी, थार, सालकलगायतका वन्यजन्तु तथा मुनाल, हुच्चिल, कालिज, प्यूरालगायत विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइने यस डाँडामा चोरी सिकारीको पनि उत्तिकै बिगबिगी छ । यसलाई नियन्त्रण गर्नका लागि जिल्लास्थित राजनीतिक दल तथा सम्बन्धित निकायले चासो दिएको छैन । रुपाकोटमा जानका लागि खाने बस्ने व्यवस्था नभएकाले त्यसको जोहो आफैँले मिलाउनुपर्ने हुन्छ । दिक्तेलबाट जाने बाटोमा रुपाकोटदेखि मुन्तिरको मुढेमा उसिनेको आलु, जिम्बु, टिमुर, गहुँको रोटी, मौसम परेका बेला पोलेको मकैलगायतका खानेकुरा पाइन्छ । खार्मी र पाथेकाबाट आउनेका लागि बाझोबारी, जालपा र हौँचुरबाट आउनेका लागि बाघखोरलगायतका ठाउँमा खाजाघर पाइन्छ । रुपाकोट क्षेत्रलाई आरक्षित क्षेत्र बनाउने योजना पनि बन्दै छ । यहा“ रहेको वन क्षेत्रको संरक्षणले पानीको मुहान बढ्नुका साथै लोपोन्मुख तथा अन्य वन्यजन्तु, जडीबुटीलगायतको संरक्षण हुने स्थानीयवासीको भनाइ छ । रुपाकोट सिङ्गो जिल्लाकै पानीको स्रोत भएकाले यसको संरक्षण आवश्यक रहेको राप्रपा (नेपाल) खोटाङका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । यसका लागि बृहत्तर योजना बनाएर अगाडि बढ्नुपर्ने अवस्था आएको श्रेष्ठको भनाइ छ ।

रुपाकोट क्षेत्रको पर्यटन विकासका आफू गम्भीर भएर लागिपरेको सभासद् पाँचकर्ण राई (पिके)ले बताउनुभयो । “रुपाकोटदेखि मेरुङ हुँदै साल्पा पोखरीसम्मको पदमार्ग निर्माणका लागि पर्यटन मन्त्रालयमा बजेट माग गरेको छु ।” उहाँले भन्नुभयो – “मन्त्रीज्यूसँग कुरा भइरहेको छ, यस वर्ष थोरै भए पनि योजना पारित हुन्छ ।”
]]>
2969 0 0 0
एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिए http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%a4/ Tue, 08 Sep 2015 13:34:57 +0000 http://www.ghumphir.com.np/?p=2972

वालिङ, २२ भदौ ।

गत आव २०७१÷७२ मा स्याङ्जामा एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण तथा अवलोकन गरेका छन् । जिल्ला पर्यटन विकास समिति स्याङ्जाका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठका अनुसार जिल्लाका विभिन्न भागमा आन्तरिक तथा धार्मिक गरी एक लाख पर्यटक र दुई हजार ५०० बाह्य पर्यटक भित्रिएका हुन् । “जिल्लाको पर्यटन विकासका लागि पाँच वर्षे गुरुयोजनासहित अगाडि बढेका छौँ” जिल्ला पर्यटन विकास समिति स्याङ्जाका उपाध्यक्ष श्रेष्ठले भन्नुभयो – “गत आर्थिक वर्षमा पनि जिल्लाको पर्यटन विकासको पूर्वाधार निर्माणका लागि रु तीन करोड रकम भित्रिएको र चालु आवमा पनि रु तीन करोड भित्रिएको छ ।”

Syangja_Mapदेशकै पहिलो पर्यटकीय गाउँ सिरुवारी पनि स्याङ्जामै भएको बताउँदै श्रेष्ठले पछिल्लो समयमा जिल्लामा पर्यटकीय तथा होमस्टे गाउँ एक दर्जनभन्दा बढी भएको दाबी गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले होमस्टेको राजधानीका रुपमा स्याङ्जालाई अगाडि बढाउने योजनामा जिल्ला पर्यटन विकास समिति भएको दाबी गर्नुभयो । जिल्ला पर्यटन विकास समितिले जिल्लामा विधागत रुपमा पर्यटन क्षेत्र निर्धारण गरेको छ । होमस्टे गाउँ, धार्मिक एवम् ऐतिहासिक क्षेत्र, जैविक विविधताका क्षेत्र, प्याराग्लाइडिङ, ¥याफ्टिङ, ट्रेकिङ रुट तथा फिल्मी पर्यटकीय क्षेत्रहरु रहेका छन् । नेपालकै पहिलो पर्यटकीय गाउँ सिरुवारी, सिर्सेकोटको घुरुङ्खा, जगतभञ्ज्याङको पित्लेक, सतौँको खर्सुलेक, एलादीको खाल्टे गाउँलगायतलाई होमस्टे गाउँका रुपमा विकास गरिएको छ । त्यस्तैगरी, धार्मिक एवम् ऐतिहासिक क्षेत्रका रुपमा सतीदेवीको अङ्ग पतन भएको स्थान छायाँक्षेत्र मन्दिर, छाङ्छाङ्दी, आलमदेवी, अकला, नुवाकोट, कालाभैरव मन्दिर, गह्रौँसुरलगायत छन् । जैविक विविधताका लागि ख्याति कमाएका पञ्चासे क्षेत्र र आरुचौरको डहरे देउराली रहेका छन् भने प्याराग्लाइडिङका लागि स्वरेक मैदान, खिलुङ देउराली र आरुखर्कमा पूर्वाधार निर्माण गरिएको छ । त्यस्तैगरी, कालीगण्डकी र आँधीखोलामा ¥याफ्टिङको सम्भावना रहेकाले यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने तयारी भइरहेको जिल्ला पर्यटन विकास समितिले जनाएको छ । स्याङ्जाको मिर्मी, आँधीखोला, भालु पहाड तथा कोल्माजस्ता स्थानमा सबैभन्दा बढी म्यूजिक भिडियो छायाङ्कन हुने गरेको र गत आवमा १० भन्दा बढी चलचित्र पनि यसै क्षेत्रमा छायाङ्कन गरिएको जिल्ला पर्यटन विकास समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा रहेका पर्यटकीय सम्भावना बोकेका स्थानको प्रचारप्रसार तथा आवश्यक पूर्वाधार निर्माण गरी धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी पञ्चवर्षीय गुरुयोजना तयार गरी काम भइरहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

]]>
2972 0 0 0
औषधि ढुवानी नरोक्नुस् http://localhost/ghum/%e0%a4%94%e0%a4%b7%e0%a4%a7%e0%a4%bf-%e0%a4%a2%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%a8%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a8%e0%a5%81%e0%a4%b8%e0%a5%8d/ Tue, 08 Sep 2015 13:45:33 +0000 http://www.ghumphir.com.np/?p=2976

काठमाडौँ, २२ भदौ ।

झण्डै एक महिनादेखि जारी आन्दोलनका कारण तराई÷मधेसका जिल्लामा औषधि अभाव भएको समाचारप्रति नेपाल औषधि व्यवसायी सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । औषधिजस्तो मानव जीवनमा अति महत्वपूर्ण जीवन रक्षक वस्तुको ढुवानीसमेत हुन नसकेर अभाव सिर्जना हुनु ज्यादै दुःखद अवस्था बताएको बताउँदै सङ्घले औषधि अभावले मानव स्वास्थ्यमा पर्ने गम्भीर समस्याप्रति बेलैमा सचेत रहन सबै आन्दोलनरत पक्षसँग आग्रह गरेको छ । “नियमित सेवन गर्नुपर्ने औषधि बिरामीले पाउन नसक्दा समस्याले झन् अर्को रुप लिने खतरा छ, औषधि व्यवसाय केवल मुनाफा आर्जनको व्यवसाय मात्र होइन, अति संवेदनशील र जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने व्यवसाय हो भनेर कसैले भुल्नु हुँदैन ।”–सङ«द्दद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सदियौंँदेखि रहेको आपसी एकता, सद्भावना, भातृत्व र मेलमिलाप सदैव कायम रहने अपेक्षा गर्दै सङ्घले देशभरि सहज तरिकाले नेपाली जनतालाई औषधिको आपूर्ति गरी सबै सरोकार भएकाहरुलाई सरल ढङ्गबाट औषधि आयात तथा ढुवानीको आवश्यक व्यवस्था मिलाउन आग्रहसमेत गरेको छ ।

]]>
2976 0 0 0
भाँडाकुँडा बनाएर पन्ध्रजना परिवारको खर्च धान्दै http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%81%e0%a4%81%e0%a4%a1%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%8d%e0%a4%b0%e0%a4%9c/ Tue, 08 Sep 2015 13:51:24 +0000 http://www.ghumphir.com.np/?p=2979

कञ्चनपुर, २२ भदौ ।

परम्परागत सीपको प्रयोग गरी तामाका भाँडाकँुडा बनाएर कञ्चनपुरको दैजी–५ चौँरीका डम्बर ताम्राकारले १५ जनाको परिवारको खर्च धान्दै आउनुभएको छ । पहाडबाट एक दशकअघि तराई फिर्दा ताम्राकारसँग बाजेबाट सिकेको सीपबाहेक कमाइखाने अर्को विकल्प थिएन । सडक छेउमै छाप्रो बनाएर बस्दै आएको ठाउँमा आरन राखी तामाको कार्य गर्न थालेपछि उनको जीवनशैलीमा परिवर्तन आएको हो । तामाका सामग्री बनाएर आएको आम्दानीले घर घडेरी जोड्न सकेको छु, उहाँले भन्नुभयो – “श्रीमती, तीन छोरा, एक छोरी र नातिनातिना गरी १५ जनाको परिवारका लागि कमाइको साधन यही आरनबाट बन्ने तामाका भाँडाकुँडाको बिक्री हो ।” भाँडाकुँडा बिक्री गरेर आएको आम्दानीले ताम्राकार परिवारले वर्षभरिका लागि पुग्ने गरी अन्न खरिद, लत्ताकपडा, औषधोपचार खर्च र बालबालिकालाई विद्यालय पठाउने खर्च व्यहोर्दै आएका छन् । घरकै आँगनमा राखेको आरनमा तामाका माना, पाथी, दियो, विभिन्न किसिमका बाजा र मूर्तिहरु ताम्राकारले बनाउँदै आउनुभएको छ । नजिकैका महेन्द्रनगर, दैजी र झलारी बजार क्षेत्रमा तामाबाट निर्मित सामग्री सहजै बिक्री हुने गरेका छन् । “ग्राहकको माग बमोजिम तामाका भाँडाकुँडा बनाउँदै आएकाले माग अत्यधिक हुने भएकाले कार्यको चाप अत्यधिक रहने गरेको छ” – उहाँले भन्नुभयो । कम्तीमा रु दुई हजारदेखि रु १० हजारसम्म निर्मित वस्तुहरुको मूल्य हुने गरेको छ । सामग्री बेचेर रु ३५ हजार देखि रु ४० हजारसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । दैनिक ताम्राकारका बाबु छोराले दशभन्दा बढी तामाका सामग्री बनाउने गरेका छन् । तामाको भाउ छ महिनाअघिसम्म प्रतिकिलो रु एक हजार ८०० सम्म रहेकामा बढेर हाल रु दुई हजार ४०० पुगेको छ । पुरानै दर रेटमा ग्राहकले तामाका सामग्रीको माग गर्ने भएकाले सम्झाउन र सामग्री बेच्न कठिन भएको उहाँको भनाइ रहेको छ । कैलालीको अत्तरिया बजार र महेन्द्रनगरबाट ताम्राकारले तामा खरिद गरेर आरनमा राखी भाँडा बनाउने गर्नुभएको छ । “बजारमा माग हुँदै आए बमोजिमका धातुका वस्तुहरु निर्माण गर्ने सीप सिकाइ व्यवसाय विस्तार गर्नका लागि बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने हुन्छ” – डम्बरले भन्नुभयो । परम्परागत सीप भएका व्यक्तिहरु आधुनिक वस्तुहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा पेसाबाट विस्थापित हुनुपर्ने अवस्था आएकाले पुरानो सीपको जगेर्ना गर्दै नयाँ सीप सिकाइनुपर्ने ताम्राकारका छोरा दानबहादुरले बताउनुभयो । उहाँले भन्नुभयो – “नयाँ सीप नहुँदा परम्परागत तरिकाले बनाएका भाँडाकुँडा बिक्री हुँदैनन्, त्यसैले लगानी डुब्ने डरमा धेरैले पेसा नै छाडेका छन् ।” उहाँका अनुसार परम्परागत सीपको प्रयोग गरी भाँडाकुँडा बनाउनेको सङ्ख्या यहाँ तीन दर्जनभन्दा बढी रहेको छ ।

]]>
2979 0 0 0
लुम्बिनी आउने पर्यटकमा वृद्धि, बन्दको नकारात्मक प्रभाव http://localhost/ghum/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%86%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%b5/ Tue, 08 Sep 2015 13:56:34 +0000 http://www.ghumphir.com.np/?p=2982

लुम्बिनी (रुपन्देही), २२ भदौ ।

बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुुम्बिनीमा आउने विदेशी पर्यटकको सङ्ख्यामा पछिल्ला वर्षमा क्रमशः वृद्धि हुँदै गएको छ । सन् २०१४ को अगस्तसम्ममा ७४ हजार ९५२ पर्यटक आएकामा यस वर्ष बढेर ७५ हजार २७२ पुगेको छ । लुम्बिनी विकास कोषले दिएको तथ्याङ्कअनुसार तेस्रो मुलुकबाट यस वर्षको अगस्त महिनासम्ममा बुद्ध जन्मस्थल लुम्बिनी आउनेमध्ये सबैभन्दा बढी श्रीलङ्काबाट ३० हजार ४७६ हजार पर्यटक आएका छन् । सबैभन्दा कम पर्यटक लिविया, पोल्याण्ड, साउदी अरेबिया र युएईबाट एक÷एकजना लुम्बिनी भम्रणका लागि आएका छन् । कतिपय मुलुकबाट गत वर्षभन्दा यस वर्षको अगस्तसम्ममा पर्यटकको आवागमनमा केही वृद्धि भएको छ भने कुनै मुलुकबाट भने ह्वात्तै घटेको छ ।

Lumbiniश्रीलङ्काली पर्यटक गत वर्षको अगस्तसम्ममा २२ हजार ५७८ आएकामा यस वर्ष बढेर ३० हजार ४७६ हजार लुम्बिनीमा आएको कोषले जनाएको छ । यता लुम्बिनीमा आउने चिनियाँ पर्यटकको सङ्ख्यामा भने कमी आएको छ । सन् २०१४ को अगस्तसम्ममा ११ हजार ६९२ चिनियाँ पर्यटक लुम्बिनी आएकामा सन् २०१५ को अगस्तसम्ममा नौ हजार २८१ पर्यटक आएका छन् । यो सङ्ख्या दुई हजार ४११ ले कमी हो । त्यसैगरी, थाइल्यान्डबाट आउने पर्यटकको सङ्ख्यामा पनि कमी आएको छ । सन् २०१४ को अगस्तसम्ममा १४ हजार १०९ पर्यटक आएकामा सन् २०१५ मा ११ हजार ७६५ मात्र पर्यटक लुम्बिनी आएका छन् । जर्मनी, म्यानमार, भियतनामलगायतका देशबाट आउने पर्यटकको सङ्ख्या भने बढेको छ । सन् २०१४ मा जर्मनीबाट ७६६, म्यानमारबाट नौ हजार ८८, भियतनामबाट ३४० पर्यटक आएकामा सन् २०१५ को अगस्तसम्ममा जर्मनीबाट एक हजार १३९, म्यानमारबाट १२ हजार ३८४ र भियतनामबाट एक हजार २४९ पर्यटकले लुम्बिनीको भ्रमण गरेका लुम्बिनी विकास कोषको सूचना शाखाले जानकारी दिएको छ । लुम्बिनीमा अगस्तसम्म केही मात्रामा पर्यटक आए पनि सेप्टेम्बरमा भने खासै पर्यटकको आवागमन हुन नसकेको कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी दिनुभयो । उहाँले अगस्तको मध्यदेखि तराईका जिल्लामा बन्द तथा हडतालका कार्यक्रम भएकाले अहिले लुम्बिनीमा आउने पर्यटकको सङ्ख्यामा कमी आउने उल्लेख गर्नुभयो । बन्दमा सुरक्षाको प्रत्याभूति पाउन नसकेको भन्दै कतिपय पर्यटक लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरस्थित अध्यागमन कार्यालयबाटै फर्किएका छन् । वैशाखमा आएको भूकम्पको असर सकिन नपाउँदै सुरु भएको बन्द र हडतालका कारण लुम्बिनीमा पर्यटकको आवागमनमा कमी मात्रै आएको छैन यसले लुम्बिनीको गौरव र साखमा समेत सङ्कट पैदा गरेको कोषका अधिकारीहरुले उल्लेख गरेका छन् । कोषले यस वर्ष गत वर्षको भन्दा ४० प्रतिशतले बढी पर्यटक लुम्बिनी ल्याउने तयारी गरेको छ । तर बन्द र हडतालले पहिलाको वर्षभन्दा पनि पर्यटक घट्ने हुन् कि भन्ने चिन्ताले अधिकारीहरुलाई पिरोलेको छ ।

]]>
2982 0 0 0
खोटाङको थामखर्क विमानस्थल कालोपत्रे हुने http://localhost/ghum/%e0%a4%96%e0%a5%8b%e0%a4%9f%e0%a4%be%e0%a4%99%e0%a4%95%e0%a5%8b-%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%96%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5/ Wed, 09 Sep 2015 03:30:35 +0000 http://www.ghumphir.com.np/?p=2991 भदाै २३, खोटाङ

 जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रे हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणको नौ करोड २५ लाख २९ हजार ६१ रुपैयाँ ९८ पैसा लगानीमा विमानस्थल कालोपत्रे हुने भएको हो । सञ्चालनमा आएको लामो समयपछि कालोपत्र गर्न लागिएको विमानस्थलका लागि ठेक्का आह्वान गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । गत वर्ष डिटेल सर्भे गरिएको विमानस्थल कालोपत्रका लागि यस वर्ष रु पाँच करोड ५० लाख बजेट छुट्याइएको छ । विसं २०५२ देखि निर्माण कार्य थालेर २०५६ सालदेखि उडान सुरु गरिएको विमानस्थल अहिले अवरुद्ध छ । नेपाल एयरलायन्सले हप्ताको दुई पटक थामखर्क–काठमाडौँ र थामखर्क–विराटनगर उडान भर्दै आएको विमानस्थल वर्षात्का कारण गत असार १५ गतेदेखि अवरुद्ध भएको छ । वर्षात्को समयमा हरेक वर्ष विमानस्थल अवरुद्ध हुँदा दक्षिणी क्षेत्रका हजारौँ जनता समस्यामा पर्ने भएकाले बाह्रै महिना सञ्चालनमा ल्याउन कालोपत्रको पहल गरिएको सभासद् विशाल भट्टराईले बताउनुभयो । “अन्य यातायातको सुविधा नपुगेको दक्षिणी क्षेत्रमा भएको एउटा विमानस्थल पनि वर्षात्को समयमा अवरुद्ध हुन्छ ।” उहाँले भन्नुभयो – “यसले गर्दा जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ, त्यसैले उनीहरुको उद्धारका लागि मन्त्रीज्यूसँगको समन्वयमा कालोपत्र गर्न लागिएको हो ।” जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने २० गाविसका साथै भोजपुरका केही गाविसका सेवाग्राहीका लागि उपयुक्त मानिएको विमानस्थल कालोपत्रे हुने भएपछि स्थानीयवासी हर्षित छन् । कालोपत्र गरिएपछि बाह्रै महिना विमान उडान÷अवतरण हुने भएकाले स्थानीयवासी हर्षित भएका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा थामखर्क, खानीडाँडा र लामीडाँडा गरी तीनवटा विमानस्थल सञ्चालनमा छन् । थामखर्क क्षेत्र नं १ मा पर्छ भने खानीडाँडा र लामीडाँडा– २ नं क्षेत्रमा पर्छन् । सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक रहेको मनमायाँ राई खानीडाँडा विमानस्थल भर्खरै कालोपत्र भएको छ । उक्त विमानस्थलमा प्रत्येक दिन उडान हुँदै आएको छ ।
]]>
2991 0 0 0
दुई सय केजी चिज उत्पादित http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b8%e0%a4%af-%e0%a4%95%e0%a5%87%e0%a4%9c%e0%a5%80-%e0%a4%9a%e0%a4%bf%e0%a4%9c-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%bf%e0%a4%a4/ Wed, 09 Sep 2015 03:27:27 +0000 http://www.ghumphir.com.np/?p=2994

बेनी (म्याग्दी), २३ भदौ ।

उत्तरी म्याग्दीको घार गाविसमा उत्पादन गरिएको झन्डै दुई सय केजीभन्दा बढी चिज बिक्री भएको छ । हिमालयन चिज उद्योग सहकारी संस्थामार्फत उत्पादित चिज हिमालपारिको जिल्ला मुस्ताङका विभिन्न ठाउँमा बिक्री वितरण गरिएको हो । भूकम्पका कारण ठप्प भएको चिज उद्योगको कारोबार हालै सञ्चालनमा आएपछि चिज बिक्री भएको उद्योगले जनाएको छ । लामो समयसम्म भूकम्पका कारण चिज उत्पादन र बिक्री हुन केही समय ठप्प भएको थियो भने हाल आएर चिज बिक्री भएपछि किसान उत्साहित भएका छन् । घारमा उत्पादन गरिएको चिज मुस्ताङको सदरमुकाम जोमसोमबजार, कागबेनी र विश्वकै पर्यटकीय गन्तव्य मानिने मुक्तिनाथ क्षेत्रलगायतका ठाउँमा बिक्री गरिएको संस्थाका उपाध्यक्ष एवम् युवा व्यवसायी नारायण बरुवालले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङका ९५ प्रतिशत होटल तथा व्यवसायीले मन पराएको र माग उच्च रहेको बताइएको छ । प्रतिकेजी चिजको मूल्य रु ७७० रहेको र धमाधम बिक्री भइरहेको युवा व्यवसायी बरुवालको भनाइ छ । किसानबाट प्रतिलिटर रु ५० देखि ५५ मा दूध खरिद गरी चिज उत्पादन गर्दै आएको उद्योगमा दैनिक करिब २५ जनाभन्दा बढी कृषकले दूध बिक्री गर्दै आइरहेका छन् । घारमा उत्पादित चिज म्याग्दीको सदरमुकाम बेनीबजार, तातोपानी, पर्यटकीय क्षेत्र घोडेपानी, पोखराको लेकसाइड, घान्द्रुकलगायतका क्षेत्रमा बिक्री हुँदै आइरहेको छ । डेढ वर्ष पहिले उद्योग स्थापना गरी चिज उत्पादन हुँदै आएकामा पछिल्लो समय भूकम्प र वर्षात्का कारण रोकिएको थियो । भूकम्पकै कारण म्याग्दी भित्रिने पर्यटकको सङ्ख्यामा समेत कमी आएको व्यवसायीहरु बताउँछन् ।

]]>
2994 0 0 0
रुप्से झरनामा पुल बनेपछि मुक्तिनाथ आउने भक्तजनलाई सुविधा http://localhost/ghum/%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87-%e0%a4%9d%e0%a4%b0%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%ac%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/ Wed, 09 Sep 2015 03:26:34 +0000 http://www.ghumphir.com.np/?p=2996

मुस्ताङ, २३ भदौ ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको रुप्से झरनामा अस्थायी पुल निर्माण भएपछि मुक्तिनाथ दर्शनका लागि आउन भक्तजनलाई सुविधा पुगेको छ । अविरल वर्षाका कारण खोलाको बहाव बढेपछि लामो समयदेखि सिधा सवारीसाधन सञ्चालन हुन सकेको थिएन । रुप्से झरनाको खोलामा सडक डिभिजन कार्यालय बाग्लुङले अस्थायी पुल निर्माण गरिदिएपछि शनिबारदेखि सिधा सवारीसाधन सञ्चालनमा आएको यातायात व्यवसायीले जानकारी दिएका छन् । मुस्ताङको मार्फा र कोबाङ गाविसका केही स्थानमा झरेको पहिरो यसअघि नै हटाइसकेको छ । रुप्से झरनामा पुल नहुँदा जिल्ला आउने भक्तजन तथा पर्यटक दोहोरो मारमा परेका थिए । बेनीदेखि रुप्से झरना र त्यसदेखि माथि अर्को सवारीसाधनमा आउनुपर्दा समय र पैसा बढी खर्च हुने गरेको थियो । यो याममा मुक्तिनाथ दर्शनका लागि आउने भारतीय र नेपाली भक्तजन बढी हुन्छन् । उनीहरु सिधै मुक्तिनाथ पुग्ने चाहे पनि जीर्ण सडक र पहिरोले समस्या भएको थियो । वर्षा पनि रोकिँदै गएको र पुल पनि निर्माण भएपछि सिधा यातायात सञ्चालन हुन थालेको म्याग्दीका यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिनुभयो । “म्याग्दी खण्डमा कुनै समस्या छैन्, अब सिधै जोमसोमसम्म सवारीसाधन जान सक्छ”– उहाँले भन्नुभयो । नियमित सवारीसाधन सञ्चालनमा आउने भएपछि भक्तजनलाई सहज हुने मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीको भनाइ छ । उहाँले भदौ महिनादेखि तुलनात्मक रुपमा भक्तजनको सङ्ख्या बढ्दै गएको पनि जानकारी दिनुभयो ।

]]>
2996 0 0 0
आफ्नै चेक साट्न कमिसन http://localhost/ghum/%e0%a4%86%e0%a4%ab%e0%a5%8d%e0%a4%a8%e0%a5%88-%e0%a4%9a%e0%a5%87%e0%a4%95-%e0%a4%b8%e0%a4%be%e0%a4%9f%e0%a5%8d%e0%a4%a8-%e0%a4%95%e0%a4%ae%e0%a4%bf%e0%a4%b8%e0%a4%a8/ Wed, 09 Sep 2015 03:34:41 +0000 http://www.ghumphir.com.np/?p=3005 राजविराज २३ भदाै
राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको आफ्नै खातावाट १० हजार रुपैयाँ झिक्न खोज्दा सप्तरी, कोचाबखारी–३ का रामेश्वर मण्डलले ५ सय रुपैयाँ कमिसन दिनुपर्यो ।
उनले त्यो कमिसन बैंकका कर्मचारीलाई दिएका होइनन्। बैंक लगातार २३ दिनदेखि बन्द रहेपछि मण्डलले एकजना साहूसँग ९ हजार ५ सय रुपैयाँ लिएर १० हजारको चेक दिएका हुन्। 'चेक बोकेर ३ दिन राजविराज धाएँ तर बैंक खुल्ने सम्भावना नदेखेपछि एकजना व्यापारीलाई ५ सय रुपैयाँ कमिसनमा चेक बेचेँ।' सप्तरीकै तिलाठी–७ का राजेन्द्र झाले पनि यस्तो समस्या भोगिसके। अवकाशप्राप्त कर्मचारी झाले पेन्सन बापतको १० हजार रुपैयाँ बैंकबाट झिक्न नसकेपछि राजविराजकै एक व्यापारीलाई चेक जिम्मा लगाए, ८ सय रुपैयाँ कमिसनमा। 'त्यो पनि कहाँ सजिलो छन् र?' झाले भने, 'चिनजानकै एकजना व्यापारी ग्यारेन्टी बसेपछि बल्ल साहूले चेकको भुक्तानी दिन माने।' चेक लिएर पैसा दिँदा ठगिने सम्भावना भएकाले व्यापारी पनि जोसुकैलाई दिन मान्दैनन्। विश्वासिलो व्यक्ति भए मात्रै उनीहरुले पैसा दिने गरेको झाले बताए। 'एक त आफ्नै पैसा झिक्न कमिसन दिनुपर्ने त्यसमाथि ग्यारेन्टी बसिदिने मान्छे चाहिने भनेपछि योभन्दा ठूलो बिडम्बना के होला?' प्रश्न गर्दै झा थप्छन्, 'बाबाधाम जान पैसा चाहिएको थियो। बैंक बन्द रहेकाले कमिसन दिनुको विकल्प रहेन।' बैंक लामो समयदेखि बन्द रहेको र अरु पनि त्यस्तै समस्यामा हुन सक्ने सोचेर साथीभाइसँग सापटी नमागेको उनले बताए। अनिश्चितकालीन तराई/मधेस बन्दको चपेटमा बैंक, वित्तीय संस्थासमेत परेकाले अधिकांश सर्वसाधारण बैंक खातामा पैसा हुँदाहुँदै पनि ब्याज र कमिसन दिन बाध्य छन्। बैंक, वित्तीय संस्था बन्द हँुदा सर्वसाधारणको अत्यावश्यक काम प्रभावित भएको छ।
बब'साउन–भदौ खेतमा मल हाल्ने, रक्षा बन्धन, जन्माष्ठमि, चउरचन, अनन्त चतुदर्शी जस्ता पर्व मनाउने र बाबाधाम लगायत तीर्थयात्रामा जाने समय हो,' स्थानीय अगुवा थानसिंह भन्साली भन्छन्, 'स्वास्थ्य उपचार लगायतका आकस्मिक काममा पनि पैसै चाहिन्छ। तर बैंक बन्द छन्।' बैंक, वित्तीय संस्था अहिलेको परिवेशमा तराई/मधेसको जीवनरेखा बन्न पुगेको उनको भनाइ छ। 'कर्मचारी र हुनेखाने शिक्षित वर्ग मात्रै होइन, ग्रामीण किसानदेखि गृहणी समेतको पैसा बैंकमै हुन्छ,' भन्सालीले भने, 'कर्मचारीको तलब, पेन्सनदेखि, वैदेशिक रोजगारीमा रहेका समेतले बैंकबाटै पैसा पठाउने हुँदा अचेल घरमा पैसा राख्नेको संख्या न्यून छ।' तीन सातादेखि सबै बैंक, वित्तीय संस्था बन्द हुँदा जनजीवन ठप्प भएको छ। भुतही–७ का कैलु प्रमाणीले दुई साताअघि छोराले विदेशबाट पठाएको पैसा झिक्न नपाएको बताए। आफ्नो पैसा हुँदाहुँदै ऋण लिनुपरेको सुनाउँदै प्रमाणीले आफू जस्ता दर्जनौ गाउँले यस्तै समस्याबाट गुजि्ररहेको बताए। मंगलबार राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंकको मूल गेटमै भेटिएकी सन्ध्या यादवले ७ दिनदेखि लगातार बैंक धाइरहेको गुनासो पोखिन। 'भारतीय जीवन बिमा कम्पनीले पठाएको चेकको अन्तिम म्याद गुजि्रन ५ दिन बाँकी छ,' उनले भनिन्, 'यस अवधिमा चेक साट्न नपाए पुनः अर्को चेक पाउन महिनौं कुर्नुपर्ने हुन्छ।' राजविराजमा वाणिज्य, कृषि विकास, नेपाल बैंक लिमिटेड र दर्जनभन्दा बढी निजी बैंक, वित्तीय संस्थाका शाखा छन्। साउन ३१ देखि सबै शाखा बन्द छन्। निजी लगानीका सनराइज, एभरेस्ट, ग्लोबल आइएमई, माछापुच्छे, प्रभु फाइनान्स, सृजना फाइनान्स, कोओपरेटिभ, मल्टिपरपस, सेन्चुरी लगायत बैंक पूर्ण रुपमा बन्द छन्। बैंकका कर्मचारीले चिनजानका आधारमा कतिपय उद्योगी, व्यवसायी र गिनेचुनेका स्थानीयलाई गोप्य रुपमा सेवा दिने गरे पनि औपचारिक रुपमा सबै ठप्प छन्। पछिल्लो बुधबार राष्ट्रिय वाणिज्य बैंकले सेवा सुचारु गर्ने जमर्को गरे पनि बैंक खोलेलगत्तै बन्दकर्ताले डुंगामुढा गरेपछि बन्द गरियो। बैंकका औपचारिक काम कारबाहीबाहेक २४ घन्टे भनिएको एटिएम सेवासमेत ठप्प छ। राष्ट्रिय वाणिज्य, सनराइज र ग्लोबल आइएमई बैंकको एटिएम राजविराजको गजेन्द्र चोकमा छ। ग्लोबल आइएमईले भने अवस्था हेरी बेलाबेलामा १–२ घन्टा एटिएम खोल्ने गरेको छ। यहाँका अधिकांश निजी बैंकको पैसा राष्ट्रिय बाणिज्य बैंकमा राखिने भएकाले एटिएम सञ्चालनमा समेत समस्या भएको मल्टिपरपसका सञ्चालक अजितकुमार मिश्रको भनाइ छ। बैंकिङ लगायत अत्यावश्यक सेवा सञ्चालनमा अवरोध गर्न नहुने उनको सुझाव छ।साभार नागरीक
]]>
3005 0 0 0
गन्तव्य र सेवाको स्तर विस्तार गर्दै निगम :सचिव थपलिया http://localhost/ghum/%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af-%e0%a4%b0-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0-%e0%a4%b5%e0%a4%bf%e0%a4%b8/ Wed, 09 Sep 2015 03:39:48 +0000 http://www.ghumphir.com.np/?p=3008 भदाै २३, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेश थपलियाले विमानस्थल बढाउने भन्दा दुर्गम क्षेत्रका जनताले विमानसेवा पाउने कुरालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
नेपाल वायुसेवा निगममा भ्रमण निरीक्षण कार्यक्रमका अवसरमा सचिव थपलियाले आफ्ना गन्तव्य र सेवाको स्तर विस्तार गर्दै निगमले आफ्नो विगतको प्रतिष्ठा कायम गर्नुपर्ने बताए ।
उनले निगमका लागि उपयुक्त हुने कार्ययोजना तयार गरी कार्यान्वयन गर्दै जाने हो भने असम्भव भन्ने कुरा नभएको भन्दै अनुशासन यसका लागि मूल आधार हुने उल्लेख गरे ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले राष्ट्रिय ध्वजावाहक नाफाका लागि नभइ सेवाका लागि भन्ने अन्तर्राष्ट्रिय मान्यता भए पनि निगम घाटामा नगएको जानकारी दिए ।
कंसाकारले निगमले एयरबस ल्याएपछि विगतमा स्थगित राखिएका गन्तव्यहरुमा उडान प्रारम्भ गरेको बताउँदै अबका लागि २ वटा वाइडबडी विमान सेवामा लगाउनु अति आवश्यक रहेको बताए । उनले आन्तरिक स्रोत परिचालन गरी विमान खरीद गर्दा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पर्ने पनि उल्लेख गरे ।
]]>
3008 0 0 0
बारपाक जाँदै http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%95-%e0%a4%9c%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Wed, 09 Sep 2015 03:42:56 +0000 http://www.ghumphir.com.np/?p=3011 3011 0 0 0 भीमसेन जात्रा http://localhost/ghum/%e0%a4%ad%e0%a5%80%e0%a4%ae%e0%a4%b8%e0%a5%87%e0%a4%a8-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Wed, 09 Sep 2015 03:44:43 +0000 http://www.ghumphir.com.np/?p=3014 3014 0 0 0 किबीको बिरुवा बिक्री गरेर मनग्य आम्दानी http://localhost/ghum/%e0%a4%95%e0%a4%bf%e0%a4%ac%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%87/ Wed, 09 Sep 2015 12:07:12 +0000 http://www.ghumphir.com.np/?p=3017

]]>
3017 0 0 0
मेलम्चीका होटल विस्तारै सञ्चालनमा http://localhost/ghum/%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%9a%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2-%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a5%88/ Wed, 09 Sep 2015 12:12:01 +0000 http://www.ghumphir.com.np/?p=3020

मेलम्ची, २३ भदौ ।

भूकम्पका कारण चर्किएका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका होटल अहिले विस्तारै सञ्चालनमा आउन थालेका छन् । भूकम्पका कारण मेलम्चीस्थित मेलम्ची गेस्ट हाउस, होटल मेलम्ची रिभरसाइडलगायतका एक दर्जन होटलमा क्षति पुगेको थियो । क्षति भएको होटललाई पुनः निर्माण तथा मर्मतसम्भार गरी सञ्चालनमा ल्याएको मेलम्ची गेस्ट हाउसका सञ्चालक भीमसेन डङ्गोलले बताउनुभयो । भूकम्पले चर्काएको कोठामा स्वदेशी तथा विदेशी पर्यटक बस्न डराउने हुनाले पुनः निर्माण तथा मर्मत गरी होटल सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । “पुनःनिर्माण सम्पन्न गर्दा रु १५ लाख खर्च भयो” उहाँले भन्नुभयो । त्यसैगरी भूकम्पले क्षति पु¥याएको यस क्षेत्रका प्रायः होटल सञ्चालनमा आएका छन् । भूकम्पले तीन महिनासम्म बन्द रहेका होटल तथा गेस्ट हाउस अहिले सञ्चालनमा आएपछि केही मात्रामा राहत मिलेको अर्का होटल व्यवसायी जनकलाल श्रेष्ठ बताउनुहुन्छ । पुनःनिर्माण गरेर बस्न उपयक्त हुने बनाएपछि विभिन्न सङ्घसंस्थाका तथा गाउँका केही बस्तीमा सहयोग पु¥याउन आउने विदेशी पर्यटकहरु बस्ने गरेको उहाँले बताउनुभयो । पर्यटकले अहिले बस्नका लागि उपयुक्त हुने÷नहुने र चर्के÷नचर्केको राम्रोसँग हेरेर प्रायः भुइँतलाकै आवास स्थान रोज्ने गरेको व्यवसायी श्रेष्ठ बताउनुहुन्छ । पुनः निर्माण गरी होटल सञ्चालनमा आएपछि सङ्घसंस्था, स्वदेशी पर्यटक तथा थोरै मात्रामा विदेशी आउन थालेकाले बिस्तारै होटलमा पर्यटकको रौनक बढ्दै गएको होटल व्यवसायी बताउँछन् । बैंकसँग ऋण लिएर होटल पुनः निर्माण गरी सञ्चालनमा ल्याएपछि पर्यटक केही मात्रामा आउँदा खुसीको अनुभूति हुने गरेको व्यवसायीको भनाइ छ ।

]]>
3020 0 0 0
ऋण पाएपछि आयआर्जनतर्फ आकर्षित http://localhost/ghum/%e0%a4%8b%e0%a4%a3-%e0%a4%aa%e0%a4%be%e0%a4%8f%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%86%e0%a4%af%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%ab-%e0%a4%86%e0%a4%95/ Wed, 09 Sep 2015 12:15:59 +0000 http://www.ghumphir.com.np/?p=3023

महोत्तरी, २३ भदौ ।

जिल्लाको गौरीबास तथा विजलपुराका स्थानीय सस्तो दरमा ऋण पाएपछि आयआर्जन गर्नतर्फ आकर्षित भएका छन् । ग्रामीण भेगमा गरिबी निवारण कोषबाट सस्तो दरमा ऋण पाएपछि यहाँका ४२ जना स्थानीय आयआर्जन क्रियाकलापमा सक्रिय भएका हुन् । गरिबी निवारण कोषको आर्थिक सहयोग तथा एकीकृत ग्रामीण विकास समाज बर्दिवासको मध्यस्थतामा सञ्चालित लवकुश सामुदायिक संस्था, विजलपुरा–७ तथा घारीटोल सामुदायिक संस्था गौरीवास–४ का सदस्यले संस्थाबाट सस्तो दरमा ऋण लिएर आफूले चाहेको आयआर्जनका क्रियाकलाप गर्दै आएका छन् । पाँच वर्षअघि गठित यस संस्थालाई गरिबी निवारण कोषबाट रु सात लाख ६६ हजार ८८० अनुदानस्वरुप प्रदान गरिएको थियो । प्रत्येक सदस्यले रु ७९ हजारबराबर श्रमदान गरेका थिए । संस्थाले अहिले रु नौ लाख ५० हजारभन्दा बढी सदस्यलाई ऋण लगानी गरेका छन् । करिब रु दुई लाख बैंक बचत गरेका छन् भने रु तीन लाख घुम्ती कोषको रकम जम्मा गर्न सफल भएका छन् । विजलपुरास्थित लवकुश सामुदायिक संस्थाका ३० जना सदस्यले गरिबी निवारण कोषबाट अनुदानस्वरुप प्रदान गरिएको रकम ऋणस्वरुप लिई कृषिखेती, पशुपालन र व्यापार व्यवसाय गर्दै आएका संस्थाका अध्यक्ष तेजनारायण सिंहले बताउनुभयो ।

]]>
3023 0 0 0
वाईल्डलाईफका मनमोहक तस्बिरहरु http://localhost/ghum/%e0%a4%b5%e0%a4%be%e0%a4%88%e0%a4%b2%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a4%be%e0%a4%88%e0%a4%ab%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a4%ae%e0%a5%8b%e0%a4%b9%e0%a4%95-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac/ Wed, 09 Sep 2015 12:48:06 +0000 http://www.ghumphir.com.np/?p=3025 वाईल्डलाईफ फोटोग्राफीका लागी मारसेल विश्वभर चर्चित रहेको नाम हो । उनले प्राकृतीक तथा वाईल्डलाईफ फोटोमा रुचि राख्नेहरुका लागी प्रेरणाको स्रोत पनी हुन । नेदरल्याण्डलाई केन्द्र मानेर आफ्नो फोटाग्राफी गर्ने मारसेलले कैद गरेका केही वाईल्डलाईफका तस्बिरहरु

ghumphir (1)

Facebook Update

ghumphir (3)

In The Spotlight

ghumphir (5) ghumphir (6) ghumphir (7) ghumphir (8) ghumphir (9) ghumphir (10) ghumphir (11)

]]>
3025 0 0 0
तारे होटललाई कारबाही गर्न सुरू गरेपछि होटलले कर तिर्न थाले http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a5%87-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/ Wed, 09 Sep 2015 13:18:28 +0000 http://www.ghumphir.com.np/?p=3047

काठमाडौँ,भदौ २३

काठमाडौँ महानगरपालिकाभित्र रहेका कर नतिर्ने निजीस्तरबाट सञ्चालित ठूला होटललाई कारबाही गर्न सुरू गरेपछि ती होटलले कर तिर्न थालेका छन् ।
पाँचतारे होटल र नाफामूलक संस्थाले लामो समयसम्म कर तिर्न आलटाल गरेपछि यो गत वर्षको सुरुदेखि महानगरपालिकाले कारबाही गर्न सुरू गरेको हो । आरबी कम्प्लेक्स खिचापोखरी, वीणा चेम्बर न्यूरोड, सिटिसी मल सुन्धारा, बानेश्वर प्लाजा, बानेश्वर डिपार्टमेन्टल स्टोर, पशुपति प्लाजा खिचापोखरी, पिपुल्स प्लाजा खिचापोखरी, अम्बे कम्प्लेक्स टेकु, जामे मार्केड रत्नपार्क, महालक्ष्मी प्लाजा खिचापोखरी, केस प्लाजा न्यूरोड र नेपाः कम्प्लेस न्यूरोडले कर तिरेका छन् ।
त्यसैगरी होटल मल्ल लैनचौर र होटल सोल्टी सोल्टीमोडले कर तिरेका छन् । महानगरपालिकाले कारबाही अगाडि बढाएपछि ती सङ्घसंस्थाले कर तिर्ने गरेको राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए ।
तर काठमाडौँ मल सुन्धारा, सांस्कृतिक संस्थान जमल, वल्र्ड ट्रेड सेन्टर, साझा भण्डार लिमिटेड भोटाहिटी, त्रिपुरेश्वर प्लाजा, अल्फाबिटा बानेश्वर, काठमाडौँ बिजनेस पार्क टेकु र काठमाडौँ प्लाजा कमलादीले समयसीमा नाघिसक्दासमेत कर नतिरेको हुँदा कारबाही अगाडि बढाइएको छ ।
रोयल सिङ्गे होटल दरबार मार्ग, ह्यात रिजेन्सी होटल, होटल र्‍याडिसन, होटल शङ्कर, होटल माउन्टेन, ल्यान्ड मार्क होटल र होटल मार्को पोलो र साङ्ग्रीला होटले पनि कर नतिरेको हुँदा कारबाही प्रक्रिया अघि बढाइएको छ ।
होटल एभरेस्ट र याक एन्ड यतिले स्थापनाकालदेखि हालसम्म पनि कर नबुझाएको राजस्व महाशाखाको भनाइ छ । महाशाखा प्रमुख काफ्लेका अनुसार पछिल्लो समय कर बुझाउने करदाताको सङ्ख्यामा वृद्धि हुँदै गएको भए पनि ठूला व्यावसायिक ठूला होटल तथा सङ्घसंस्थाले अझै सहज तरिकाले कर तिरेका छैनन् ।
समयमा कर नबुझाउनेलाई महानगरपालिकाले स्थानीय स्वायक्त शासन ऐन, २०५५ को दफा १६५ (२) बमोजिम चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने, व्यापार व्यवसायमा शिलबन्दी, तालाबन्दी वा रोक्का गर्ने महानगरपालिकाअन्तर्गत हुने कामकाजका लागि सिफारिस नगर्नेलगायतका कारबाही गर्ने छ ।
हरेक आर्थिक वर्षभित्रमा आफ्नो संस्थाको विवरणसहित कर बुझाउनुपर्ने हुन्छ । तिनुपर्ने समयभित्रै कर नतिरेको खण्डमा जरिवाना समेत तिर्नुपर्ने छ । होटल वा ती संस्था रहेको भवनको वनावट र त्यसले ओगटेको क्षेत्रफलको आधारमा कर तिर्नुपर्ने हुन्छ ।
पटकपटक कर तिर्नका लागि सुझाउने, पत्र पठाउने, सूचना प्रकाशित गर्ने नभए कारबाही गर्ने र त्यति गर्दा पनि कर नतिरेको खण्डमा तालाबन्दी नै गर्ने गरेको महाशाखा प्रमुख काफ्लेले बताए ।
खासगरी राजनीतिक पहुँच र राजनीतिक संरक्षण भएका व्यक्ति र उच्च पदमा रहेका जिम्मेवार व्यक्तिले नै कर तिर्नुपर्नेमा बुझेर पनि नबुझेझै गरेर कर छल्ने गरेको उनले बताए ।
]]>
3047 0 0 0
भूकम्पले हिमाल चढ्ने पर्वतारोहीको संख्यामा असर देखिएन http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a5%87-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2-%e0%a4%9a%e0%a4%a2%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d/ Wed, 09 Sep 2015 13:27:38 +0000 http://www.ghumphir.com.np/?p=3050

सुदिल पोखरेल

काठमाडौं,भदौ २३

भूकम्पपछि पर्यटन क्षेत्र चौपट भएको पर्यटन सम्बद्ध व्यवसायीहरुको भनाईहरु सार्वजनिक हुँदै गर्दा हिमाल चढ्ने पर्वतारोहीको संख्यामा भने कुनै असर देखिएको छैन। गत वर्षको तुलनामा बरु हिमाल चढ्ने पर्वतारोहीको समुहमा वृृद्धि  भएको छ।
पर्यटन विभागका अनुसार हालसम्म २६ समुहले अनुमति लिइएसकेका छन्। गत वर्षको भदौ १८ सम्मको तुलनामा  यो वर्षको सोहि अवधिमा पर्वतारोहीको समुहमा वृद्धि भएको छ।  विभागका अनुसार गत वर्षको भदौ १८ गते सम्ममा जम्मा २४  समुहले हिमाल चढ्ने अनुमति लिएका थिए।
everest climbing
विभागका अनुसार अहिलेसम्ममा सगरमाथा चढ्नको लागि २ वटा समुहले अनुमति लिइसकेका छन्। सगरमाथा एक समुहले भने चढ्न सुरुवात नै गरिसकेको छ भने अर्काे समुह चढ्नको लागि सुरुवात गर्ने चरणमा रहेको विभागले जानकारी दिएको छ।
अंग्रेजी महिना सेप्टेम्बर अक्टोबर र नोभेम्बर हिमाल चढ्ने दोस्रो सिजनका रुपमा लिइन्छ। वर्षमा दुईवटा सिजनमा नेपालमा हिमाल चढ्न पर्यटकहरु आउने गरेका छन्। मार्च अप्रिल र मे एक सिजन मानिन्छ भने सेप्टेम्बर अक्टुबर र नोभेम्बरलाई अर्काे सिजन मानिन्छ ।
अप्रिल महिनाको २५ गते  अर्थात वैशाख १२ गते आएको भूकम्पले नेपालका केहि पर्यटकिय स्थलमा क्षती पुगेको छ। भूकम्पको पराकम्प आउँदा पनि हिमाल चढ्नेहरुमा कुनै कमि नआएको हो ।
यस वर्षको पहिलो सिजनको सुरुवात हुनलाग्नै गर्दा आएको भूकम्पको कारणले कैयन पर्यटकहरुले टिकट रद्ध गरेका थिए। साथै सो सिजनमा पर्यटकको न्युन उपस्थिती रह्यो। जसले गर्दा पर्यटन सम्बद्ध ब्यक्तिहरु दोस्रो सिजनको आशमा बसेका थिए।
दोस्रो सिजनमा पनि पर्यटक भित्रन नसकेको होटल एसोसियसनका हानका अध्यक्ष बिके श्रेष्ठ बताउँछन्। सरकारले पर्यटक भित्राउन चासो नदेखाएका कारण पर्यटक नभित्रिएको उनको दावी  छ। तर यता हिमाल चढ्ने पर्वतारोहीको संख्यामा भने यो सिजनमा कुनै असर देखा परेको छैन।
पर्यटन विभागको पर्वतारोही साखाका नायब सुब्बा ज्ञानेन्द्र श्रेष्ठका अनुसार यो वर्षको दोस्रो सिजनमा पर्वतारोहीको संख्यामा बृद्धि देखिएको छ। उनले भने ‘प्रारम्भिक तथ्यांक केलाउने हो भने  गत वर्षको तुलनामा पर्वतारोहीको समुहमा कुनै गिरावट आएको छैन, बरु गत वर्षको भदौ १८ गते सम्म भन्दा यो वर्षको सोहि अवधिमा दुई समुह बढि आएका छन्। ’ साथै उनले पहिलो महिनामानै यसरी पर्वतारोहीको संख्यामा बढोत्तरी हुनु सकारात्मक भएको बताए।
भूकम्पले अन्य क्षेत्रमा पर्यटक नआएको खबरहरु बाहिर आइरहँदा पर्वतारोहीको संख्यामा आएको वृद्धिले भने पर्यटन क्षेत्रमा केहि सकारात्मक सन्देश दिएको छ।
अहिले सम्म अनुमति पाएका २६ टिमका पर्वतारोहीले गाउग्री, एइचन,मकालु,मनसइल, अन्नपुर्णं,मनास्लु, सगरमाथा, से सिखर, ठकार गो इष्ट, जबाउ रि, सारीबङ, मुस्ताङ हिमाल, हिमलुङ हिमाल,लोहांक डिजेन जस्ता हिमाल चढ्न लागेका छन्।
यसममध्ये सवैभन्दा बढि पर्वतारोहीका समुह मनास्लु हिमाल चढ्न लागेका छन्। मनास्लु हिमालको उचाई ८ हजार एक सय ६३ मिटर रहेको छ।
श्रेष्ठ यो वर्ष पनि पर्वतारोहीको संख्यामा कमि नआउने दावी गर्छन्। उनले भने ‘द्वन्दकालमा पनि पर्वतारोहीको संख्यामा कुनै कमि आएको थिएन, यो वर्षको यो सिजनको एक महिनालाई नियाल्दा पनि कमि आएको देखिदैन जसले गर्दा पर्वतारोहीको संख्यामा कमी नआउने आँकलन गर्न सकिन्छ। ’
]]>
3050 0 0 0
पर्यटकीय मार्ग निर्माण तीव्र गतिमा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%a4/ Thu, 10 Sep 2015 02:59:16 +0000 http://www.ghumphir.com.np/?p=3054

धुन्चे (रसुवा), २४ भदौ ।

भूकम्पपछि बिग्रेको लाङटाङको पर्यटकीय मार्ग मर्मत तीव्र गतिमा अगाडि बढेको छ । उपभोक्ता समितिका अध्यक्ष सुप्पा तामाङका अनुसार स्याफ्रुबेसीदेखि लाङटाङको गोरेटो बाटो मर्मतका लागि यार्सा क्षेत्रबाट ल्याइएको मजदुर र स्थानीयवासीको सहयोगमा तीव्र गतिमा काम अगाडि बढिरहेको छ । जिविसको रु १५ लाख सहयोगमा एक महिनाभित्र कार्य सम्पन्न गर्नेगरी काम अगाडि बढाएको र दैनिक कामका लागि ७० जना मजदुर क्रियाशील रहेको बताइएको छ । काम गर्ने मजदुरलाई ओएम नेपालको सहयोगमा हेलिकोप्टरद्वारा घोडातबेला पु¥याइएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । गत वैशाख १२ को भूकम्पपछि नेपालको तेस्रो पर्यटकीय गन्तव्यअन्तर्गतका स्याफ्रुबेसीदेखि क्यान्जेनसम्मको पैदलमार्ग ठाउँठाउँमा भत्केपछि बाटो अवरुद्ध भएको र एक सय १६ घरका चार सय ९६ जना विस्थापित भई काठमाडौँको एल्लो गुम्बामा सरण लिइबसेको जानकारी दिँदै उहाँले पैदलमार्ग तयार भएपछि विस्थापित परिवारलाई पुनः स्थापना र पर्यटक प्रवद्र्धन गर्ने कार्यमा सबै एकजुट हुने बताउनुभयो ।

]]>
3054 0 0 0
अवैध रुपमा कटिङ ढुङ्गा निकासी गर्ने नियन्त्रणमा http://localhost/ghum/%e0%a4%85%e0%a4%b5%e0%a5%88%e0%a4%a7-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%9f%e0%a4%bf%e0%a4%99-%e0%a4%a2%e0%a5%81%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%be-%e0%a4%a8%e0%a4%bf/ Thu, 10 Sep 2015 03:00:43 +0000 http://www.ghumphir.com.np/?p=3056

फलेवास (पर्वत), २४ भदौ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले उत्तरी क्षेत्रको माझफाँट गाविसबाट अवैध रुपमा निकासी गर्न लागेका कटिङ ढुङ्गा नियन्त्रणमा लिएको छ । कुस्मातर्फ ल्याइँदै गरिएको ग१त २३८२ र लु२त ८९९३ नम्बरको ट्याक्टरमा अवैध रुपमा कटिङ ढुङ्गा ल्याउँदै गर्दा प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि जिविसको कार्यालय पठाएको जनाएको छ । ट्याक्टर चालक र सवारीसाधन जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ । त्यस्तै कुस्मा नगरपालिका–१ राजाको बगरस्थित कालीगण्डकी नदीबाट वा२ख ७५६०, ग१ख ५०२६ को टिप्पर र ध१त २७१ नम्बरको ट्याक्टरले अवैध रुपमा बालुवा निकासी गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिविसको कार्यालयमा पठाएको बताएको छ ।

]]>
3056 0 0 0
धान काटने चटारो http://localhost/ghum/%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%95%e0%a4%be%e0%a4%9f%e0%a4%a8%e0%a5%87-%e0%a4%9a%e0%a4%9f%e0%a4%be%e0%a4%b0%e0%a5%8b/ Thu, 10 Sep 2015 03:03:37 +0000 http://www.ghumphir.com.np/?p=3059 3059 0 0 0 दसैंमा उपत्यकालाई साढे ३२ हजार खसीबोका भित्रिने http://localhost/ghum/%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%82%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a4%be%e0%a4%a2%e0%a5%87-%e0%a5%a9/ Thu, 10 Sep 2015 03:10:03 +0000 http://www.ghumphir.com.np/?p=3062 भाद्र २३,काठमाण्डाै दसैंका लागि उपत्यकामा साढे ३२ हजार खसीबोका भित्रिने भएका छन् । नेपाल खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले साढे ३२ हजार खसीबोका ल्याउने तयारी गरेका छन् । दसैंको अवसरमा खसीबोकाको माग उच्च हुने गरेकाले सोहीअनुसार राजधानी भित्र्याउने तयारी भएको यी दुई संस्थाले जनाएका छन् । ‘चाडबाडमा खसीबोकाको अस्वाभाविक मूल्य बढ्न नदिन २ हजार खसीबोका र ५ सय च्यांग्रा ल्याउने तयारी गर्दै छौं,’ संस्थानका प्रवक्ता श्रीमणिराज खनालले भने, ‘मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो । यसले उपभोक्तालाई धेरै राहत गर्नेछ ।’ उनले परीक्षणका लागि मुस्ताङबाट च्यांग्रा ल्याउने तयारी भएको पनि बताए । उपत्यका भित्र्याइएका उक्त खसीबोका सर्वसुलभ मूल्यमा बिक्री गरिने संस्थानले जनाएको छ । दसैंको बेलो खसीबोकाको माग बढ्ने हुँदा त्यसको मौका छोपी केही व्यवसायीहरूले कालोबजारी गर्ने गरेका छन् । व्यापारीले खसीबोका खरिद गरी मनपरी ढंगले बजारमा बिक्री गर्ने हुँदा बजार मूल्य अनियन्त्रित गर्न धेरै सहयोग पुग्ने संस्थानले दाबी गरेको छ । ‘खसीबोका बाँके, सुर्खेत, सिराहा, मकवानपुरलगायत जिल्लाबाट ल्याउनेछौं । स्थानीय प्रशासनले बजार मूल्य निर्धारण गर्छ । काठमाडौंमा ल्याउन ढुवानी भाडा र बजार मूल्यअनुसार सञ्चालक समितिले बिक्री मूल्य निर्धारण गर्नेछ,’ उनले भने । ती खसीबोका घटस्थापानादेखि बिक्री गरिने जनाएको छ । goat संस्थानले खसीबोका बजार भाउभन्दा सस्तो मूल्यमा बिक्री गर्ने दाबी गरेको छ । अघिल्लो दसैंमा पनि संस्थानले ३ हजार ५ सय खसीबोका भित्र्याउने जनाएको थियो । तर, करिब ५ सय वटा मात्रै बिक्री भएको थियो । ‘गत वर्षको दसैंमा लहान र सुर्खेतबाट मात्रै आयात गर्न सक्यौं । विभिन्न कारण (खसीबोका अभाव) ले मकवानपुर, नेपालगन्ज जिल्लाबाट भित्र्याउन सकेनौं,’ खनालले भने, ‘यस वर्ष लक्ष्य पूरा गर्नेछौं ।’ त्यहीअनुसार तयारी गर्न संस्थान मातहतका कर्मचारीलाई निर्देशन दिन तयारी गरिरहेको उनले बताए । यसरी ल्याइएका खसीबोका संस्थानको थापाथली कार्यालयबाट बिक्री गरिनेछ । यसपालि भूकम्पले अधिकांश उपभोक्ता प्रभावित भएकाले मागमा केही कमी हुने व्यवसायीहरू बताउँछन् । यस्तै, तराई क्षेत्रमा भएको बन्दले ढुवानीमा केही समस्या हुन उनीहरूको भनाइ छ । स्वदेशी उत्पादनसँगै व्यवसायीहरूले भारतबाट पनि खसीबोका आयात गर्छन् । भारतको लखनउ, बहराइचलगायत स्थानबाट करिब ९० प्रतिशत आयात हुन्छ । ‘दसैं नजिकिँदै गर्दा खसीबोका खरिदको तयारी भइराखेको छ,’ चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष दीपक थापाले भने, ‘यसपालिको दसैंमा करिब ३० हजार खसीबोका ल्याउनेछौं ।’ च्यांग्रा पनि आयात गर्ने उनले बताए । अघिल्लो वर्ष संघले ४५ हजार राजधानीमा बेचेको थियो । जसमध्ये भारतबाट मात्रै करिब ८५ प्रतिशत आयात भएको जनाएको छ । बाँकी जिल्लाबाट भित्र्याइएको अध्यक्ष थापाले बताए । दसैंमा माग अधिक रहे जिल्लाबाट थप भित्र्याउने बताए । ‘भकम्पले अधिकांश प्रभावित परेका छन् । जसले गर्दा गत वर्षको तुलनामा संख्या घटाएका छौं,’ उनले भने, ‘माग अधिक रहे जिल्लाबाट थप भित्र्याउनेछौं ।’ व्यवसायीका अनुसार जिल्लाबाट ल्याउँदा ट्राफिकले धेरै दु:ख दिने गरेकाले भारतबाट आयात गरिन्छ । यस्तै, बजारीकरणको समस्या, ढुवानी, भटेनेरी डक्टरको अभावका कारण स्वदेशी उत्पदान ल्याउन नसकिएको संघले जनाएको छ । ‘भारतबाट आयात गर्दा भन्सार तिरेपछि कुनै झन्झट हुँदैन । तर, जिल्लाबाट खरिद गरिएको खसीबोकामा विभिन्न ठाउँका ट्राफिकले चेकिङको नाउँमा दु:ख दिने गरेका छन्,’ उनले भने, ‘जसका कारण व्यवसायीहरू भारतबाट ल्याउन रुचाउँछन् ।’ तराई क्षेत्र बन्दले गत वर्षको तुलनामा यस वर्ष केही महँगो भएको उनीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार गत वर्ष किलोको ४ सय २५ रुपैयाँ सम्ममा कारोबार भएको थियो । अहिले किलोको ४ सय ६५ रुपैयाँमा बिक्री भइरहेको छ । दसैंमा भने भाउ थपघट हुन सक्ने थापाले बताए । खसीबोकाको मुख्य कारोबार घटस्थापनाको अघिल्लो दिनदेखि टीकाको दिनसम्म हुन्छ ।  साभार कान्तिपुर]]> 3062 0 0 0 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम सुस्त http://localhost/ghum/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ad%e0%a5%81%e0%a4%b5%e0%a4%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0-2/ Thu, 10 Sep 2015 03:16:44 +0000 http://www.ghumphir.com.np/?p=3065 राजु बास्कोटा
भाद्र २४,काठमाण्डाै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम सुस्त भएको छ। सुस्तताका कारण विमानस्थल विस्तारको जिम्मा पाएको निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडिने सम्भावना बढेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले काममा भएको न्यून प्रगतिले ठेक्का तोडिने अवस्था आएको जानकारी दिएको छ। सुस्तताका बारेमा पटकपटक चेतावनी दिँदा पनि प्रगति नभएपछि ठेक्का सम्झौता नै तोडिने सम्भावना बढेको प्राधिकरण स्रोतले बताएको छ।
 यो विमानस्थल विस्तारको जिम्मेवारी पाएको स्पेनिस कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले साढे दुई वर्षमा जम्मा १३ प्रतिशत प्रगति गरेको छ। ८० प्रतिशत काम सकिसक्नुपर्ने समयमा यो प्रगति साह्रै न्यून भएको प्राधिकरणका अधिकारीको भनाइ छ।
यो कम्पनीले त्रिभुवन विमानस्थलको कोटेश्वरटर्फ तीन सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ एप्रोन निर्माण र अन्तर्राष्ट्रिय उडानका यात्रुको व्यागेज ओसार्ने (कन्भेयर बेल्ट) निर्माणको जिम्मा पाएको छ। कम्पनीले सन् २०१२ को डिसेम्बरमा प्राधिकरणसँग तीन वर्ष भित्रमा काम सक्ने गरी निर्माण सम्झौता गरेको थियो।
सन् २०१३ को मार्चबाट काम सुरु गरेको सान्जोसेले आगामी सन् २०१६ को मार्चभित्र काम सकिसक्नुपर्ने भए पनि अहिलेसम्मको भौतिक प्रगति १५ प्रतिशत मात्रै छ।६ करोड १० लाख अमेरिकी डलर (करिब ६ अर्ब) रुपैयाँको काम गर्ने गरी ठेक्का पाएको सान्जोसेलाई योजना सक्न दिएको तीन वर्षको समयमध्ये अब ६ महिनामात्रै बाँकी छ।
यत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजनाका प्रमुख बावाराम पौडेलले हालसम्मको खर्च १३ प्रतिशत मात्र देखिएको दुई साता अगाडि संसद्को विकास समितिमा जानकारी दिएका थिए। यो प्रगतिअनुसार सान्जोसेले साढे दुई वर्षमा करिब ८० करोड रुपैयाँ खर्च गरेर जम्मा करिब १५ प्रतिशतको मात्रै भौतिक प्रगति गरेको छ।
tribhuwan international airpot
अहिलेको कामको रफ्तारले ६ महिनाभित्र योजना नसकिने र विमानस्थल विस्तारको काम प्रभावित हुने पौडेलले बताएका छन्।यो कम्पनीले वर्षात, बन्द, हडताल, भूकम्पलगायतका कारण काम ढिलो भएको जानकारी दिएको छ।
समयमा नै योजना नसक्ने भएपछि अपडेड योजना मागिएको छ। यो योजनाअनुसार काम गर्न प्राधिकरणले केही समय थप गर्न सक्छ। तर, समयमा नै काम पूरा हुने विश्वसनीय आधार नदेखिएको प्राधिकरणले जानकारी दिएको छ।
सान्जोसेले सन् २०१६ को मार्चभित्र काम पूरा गर्नेुपर्ने सम्झौता भए पनि अहिलेसम्मको भौतिक प्रगति १५ प्रतिशत मात्रै छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले काम सुस्त भएको र आर्थिक तथा भौतिक प्रगति सन्तोषजनक नभएकोले आगामी सेप्टेम्बर महिनाभित्र उपयुक्त रिकभरी योजना मागिएको बताए। उनका अनुसार प्राधिकरणमार्फत मागिएको यो रिकभरी योजना चित्तबुझ्दो नआए ठेक्का सम्झौता रद्द हुन सक्छ।
सन् २०१० बाट नै सुरु हुनु पर्ने गरी तयार पारिएको विमानस्थल विस्तारको काम आर्थिक स्रोत जुटाउन नसक्दा सन् २०१३ बाट मात्रै सुरु भएको थियो। यो योजनाका लागि प्राधिकरणले करिब ६ अर्ब रुपैयाँको जिम्मेवारी दिएको भए पनि अहिलेसम्मको कार्य प्रगति भने चित्तबुझ्दो छैन।
सान्जोसेले नेपाली कम्पनी टुन्डी कन्स्टक्सनसनलाई सहायक कम्पनी नियुक्त गरेर विमानस्थल विस्तारको काम गरिरहेको छ। विमानस्थल विस्तारका लागि पशुपति विकास कोषको जग्गाबाट माटो ल्याउने काम सुरु गरेको थियो। यो माटो ल्याउने काममा भएको विवादका कारण काममा ढिलो भएको छ।
विमानस्थल विस्तारको काम ६ महिना भित्रमा ८५ प्रतिशत काम गर्न सम्भावन नदेखिएको विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीले बताएका छन् । १९ लाख घनमिटर माटो भर्नुपर्नेमा साढे दुई वर्षमा जम्मा चार लाख घनमिटर मात्रै माटो भर्ने काम भएको छ।
उनका अनुसार धावनमार्ग विस्तारको काम समयमा नै सक्न दैनिक १२ सयवटा ट्रकले माटो बोक्नुपर्छ। काठमाडौंको सडक र सवारी चापमा यो सम्भव छैन।
यसको ठेक्का सम्झौता तोडेर नयाँलाई दिँदा काम ढिलो हुने भएकोले समय थप गरेर वा नयाँ सहमति गरेर भए पनि यही कम्पनीबाट काम गर्नु उपयुक्त हुने भनाइ पर्यटन मन्त्रालयको छ। यो कम्पनीले विस्तारका निम्ति भौतिक निर्माणमा मात्रै सवा पाँच अर्ब खर्च गर्ने गरी ठेक्का सम्झौता गरेको छ। 'एसियाली विकास बैंक (एडीवी)को आठ अर्ब रुपैयाँ सहयोगमा विमानस्थल क्षमता विस्तारको काम अगाडि बढेको हो । यो रकममध्ये एडीवीले सात करोड डलर ऋण र एक करोड डलर अनुदान दिएको हो।साभार: अन्नपुर्ण
]]>
3065 0 0 0
बन्दले बारा र पर्सामा मात्र १५ अर्ब भन्दा बढीको क्षती http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%a4/ Thu, 10 Sep 2015 03:22:13 +0000 http://www.ghumphir.com.np/?p=3067 अनुप तिवारी

वीरगन्ज,  २४ भदौ  :

मधेश केन्द्रीत दलहरुको अनिश्चितकालिन आम हडतालका कारण उत्पादन र व्यापार ठप्प हुँदा पीडित लगानीकर्ता तथा आयातकर्ता सामु विभिन्न समस्या थपिदै गएका छन् । समुद्री मार्ग भएर तेश्रो मुलुकबाट आयातकर्ताको मालवस्तु ढुवानी गर्ने सिपिङ्ग कम्पनीले २० दिनको अग्रिम विलम्ब जरिवाना मांग गरेका छन् । अग्रिम विलम्ब जरिवाना नपठाए मालवाहक कन्टेनर नपठाउने जनाएपछि नेपाली आयात कर्ता आत्तिएका छन् । नेपालको लागि ढुवानी गर्ने मध्ये सिंगापुरको सिपिङ्ग कम्पनी पेसिफिक इन्टरनेशनलले बन्दहडतालका कारण कन्टेनर नेपाल मै थन्किने गरेको बताउदै अग्रिम विलम्ब जरिवाना तिर्नु पर्ने पत्र पठाएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप केडियाले बताए । कोलकता बन्दरगाहमा आएदेखि कन्टेनर १४ दिन भित्र पुनः.कलकता बन्दरगाह यार्डमा पुग्नु पर्ने हुन्छ । बन्दका समयमा कन्टेनर पुग्न ढिलाई हुने गरेको कारण देखाउदै सिपिङ्ग कम्पनीले नेपाली आयातकर्ता माथी भार थपेको केडियाले बताए । नेपाल भित्रको असहज अवस्थाको फाइदा उठाउदै सिपिङ्ग कम्पनीले आयातकर्ता सँग बाग्रेनिङ्ग गरिरहेको वीरगन्जका उद्योगी व्यवसायीले बताएका छन् ।

कलकाता बन्दरगाह बाट बन्द कन्टेनर छुटेपछि त्याहाँको भारतीय कस्टमले दिने सिटिडी अर्थात कस्टम ट्रान्जिट डिक्लिरियशनको पत्र नेपाली भन्सारमा प्रमाणित भएर १५ दिन भित्र नजिकैका नाकाको भारतीय कस्टममा पुग्नु पर्ने प्रावधान छ । १५ दिन भन्दा ढिलो भएमा जरिवाना लाग्ने गरेको छ । बन्दका कारण अहिले प्राय जसो कनसाइनमेन्ट जरिवानाको दायरामा परेको वीरगन्ज भन्सार प्रमुख मित्रलाल रेग्मीले बताए । बन्दका कारण साउन अन्तिम साता देखि कलकाताबाट छुटेका सबै कन्टेनरमा यस्तो जरिवाना लाग्ने भएको भन्सार प्रमुख रेग्मीले बताए । कलकताबाट छुट्ने कन्टेनर अहिले बाटो, वीरगन्ज भन्सार परिसर,सुख्खा बन्दरगाह यार्ड, र आयातकर्ताकहां बन्दका कारण थन्किएका छन् ।

nepal_strike

सुख्खा बन्दरगाह र वीरगन्ज भन्सार नाकाबाट भित्रिएका कन्टेनर साउन २९ पछि पर्किएका छैनन् । बन्दपछि २ हजार भन्दा बढी कन्टेनर नेपालमै थन्किएको र त्यतिकै कालकाता कन्दरगाहमा थन्किएको रेग्मीले बताए । आयातकर्ताले ३० देखी ६० डलर सम्म विल्मब जरिवाना तिर्नु पर्ने हुन्छ ।

बन्दको कारण देखाउदै आयातकर्ताले सिटिडि प्रकृयामा लागने जरिवाना मिनाहा गर्न रक्सौल कस्टममा पहल गरेपछि आयातकर्ताहरुले जरिवाना मिनाहा हुने आश्वासन पाएका छन् ।

भन्सार राजश्व न्यून

बन्दका कारण वीरगन्ज भन्सारको राजश्व असुली न्यून भएको छ । भदौ महिनामा ८ अर्ब ८८ करोड राजश्व संकल्न लक्ष्य लिएको वीरगन्ज भन्सार कार्यालयले मंगलवार सम्म मात्र २ अर्ब ३ करोड संकलन गरेको भन्सार प्रवक्ता सुशिल शर्माले बताए । संकलित राजश्व मध्ये अधिकांश पेट्रोलियम पर्दाथबाट उठेको उनले बताए । सिर्सिया सुख्खा बन्दरगाह जोडने मुख्य सडकको कलभर्ट आन्दोलनकारीले क्षतीग्रस्त बनाएपछि ड्रईपोर्ट भन्सार कार्यालयको राजश्व संकलन शून्य भएको छ । खाली र बन्द कन्टेनर बन्दरगाह परिसरमै थुप्रिएका छन् ।

उद्योग व्यवसाय संकटमा

यसपालिको बन्द हडतालका कारण उद्योगी व्यवसायीलाई ठूलो मार परेको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । लगातारको बन्द हड्तालका कारण बारा पर्सा करिडोरका साना ठूला उद्योगको उत्पादन ठप्प हुँदा दैनिक करोडौं रुपैयाँ बराबरको नोक्सानी भइरहेको छ । बन्दले कारखाना नचलेपछि बैंकको ऋण लिएर उधोग व्यवसायी संचालन गर्ने लगानीकर्तालाई तीन साता देखिको बन्दले अर्बौं घाटा भएको संघका उध्यक्ष केडियाले बताए । घाटाको यकिन विवरण नभएपनि अहिले सम्म अनुमानित १५ अर्ब भन्दा बढीको क्षती भएको उनले बताए । बारा पर्सा करिडोरमा रहेका ठूला उद्योगको उत्पादन ठप्प भएको छ । कच्चा पदार्थ र उत्पादीत वस्तुको ढुवानी नहुँदा उद्योगी मारमा परेका छन् ।

]]>
3067 0 0 0
भुकम्प पछिकाे सुन्दरता पशुपति क्षेत्रकाे (फाेटाे फिचर) http://localhost/ghum/%e0%a4%ad%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a4%a4%e0%a4%be-%e0%a4%aa/ Thu, 10 Sep 2015 04:03:06 +0000 http://www.ghumphir.com.np/?p=3070 पशुपतिनाथ क्षेत्र हिन्दुहरुकाे पवित्र तिर्थ स्थल मात्र नभएर याे विश्व सम्पदाकाे सुचिमा सुचिकृत क्षेत्र पनी हाे । गत बैशाख १२ गते गएकाे महाभुकम्पमा नेपालमा क्षती भएपनी याे क्षेत्रमा खासै केही क्षती भएकाे छैन ।

पशुपतिनाथको मन्दिर  ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्काेले विश्व सम्पदा क्षेत्रमा राखेकाे छ । सन् १९७९मा युनेस्काेले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै हाे ।

यो मन्दिर यस संसारमा रहेका २७५ शिवको पवित्र स्थान मध्ये एक हो । पशुपतिनाथमा मुख्य रुपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्वका साथ मनाइन्छ। Photoes:www.bharatbandhu.com.np

pasupati mandir @ ghumphir (9) pasupati mandir @ ghumphir (1) pasupati mandir @ ghumphir (2) pasupati mandir @ ghumphir (3) pasupati mandir @ ghumphir (4) pasupati mandir @ ghumphir (5) pasupati mandir @ ghumphir (6) pasupati mandir @ ghumphir (7) pasupati mandir @ ghumphir (8)

]]>
3070 0 0 0
राजनीतिक हस्तक्षेप नहुँद सार्वजनिक संस्था सफल भएका हुन्: अध्यक्ष दासु http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%aa-%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6/ Thu, 10 Sep 2015 04:45:05 +0000 http://www.ghumphir.com.np/?p=3082

ड्रुक होल्डिंग्स भुटान सरकारको लगानी गर्ने कम्पनी हो । यसअन्तर्गत टेलिकम, वायुसेवा, बैंक, बिमा, पूर्वाधार, जलविद्युत्लगायत सरकारी स्वामित्वका १६ संस्थान छन् । होल्डिसले सबै कम्पनीलाई नियमन गर्दै आएको छ । नेपाल, भारतलगायत अन्य मुलुकहरूमा सार्वजनिक संस्थान धराशायी भइरहेका बेला होल्डिंग्समार्फत सञ्चालन भइरहेकाले भुटानका सार्वजनिक संस्थान सफल छन् । होल्डिंग्सको नेतृत्व दासु साङ्गे खान्दुले गरेका छन् । उनलाई भुटान सरकारले सन् २०१४ मार्चमा अध्यक्ष नियुक्त गरेको हो । प्रशस्त प्राकृतिक स्रोत भएको भुटानले पछिल्लो समय भारतको साझेदारीमा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । भारतको टाटा र सतलजलगायतका साझेदारीमा आयोजना निर्माण भइरहेका छन् । भुटानको कुल जडित क्षमता लघुजलविद्युत्समेत गरी १६ सय मेगावाट पुगेको छ । यसमध्ये २४० मेगावाट आन्तरिक खपत र बाँकी भारत निकासी हुने गरेको छ । ७० प्रतिशत बिजुली भारतलाई बिक्री गर्दै आएको भुटानले आगामी ५ वर्षमा विद्युत् उत्पादन बढाएर १० हजार मेगावाट पु¥याउने लक्ष्य लिएको छ । गत वर्ष सरकारी स्वामित्वको भुटान पावर कर्पोरेसन लिमिटेडले १३ अर्ब रुपैयाँ बिजुलीको कारोबार गरेको छ । यसमध्ये झन्डै १० अर्ब रुपैयाँ बिजुली भारतलाई बेचेको छ । भुटानमा भएका सार्वजनिक संस्था र जलविद्युत्मा भएको प्रगतिका बारेमा डुक होल्डिंग्स एन्ड इन्भेस्टमेन्ट लिमिटेड (डीएचआई) भुटानका अध्यक्ष, दासु साङ्गे खान्दोसँग बाबुराम खड्काले गरेको कुराकानीको सारसंक्षेप :

dan-puche-375x285होल्डिंग्सअन्तर्ग विभिन्न व्यवसाय गर्ने १६ सार्वजनिक संस्थान छन् । कसरी सम्हालनुभएको छ ? चौथो राजा (हालका राजाका पिता)ले राजगद्दी सम्हालेपछि भुटानमा सार्वजनिक कम्पनीलाई व्यावसायिक रूपमा अघि बढाउने काम सुरु भएको हो । त्यसअघि परम्परावादी सोचअनुसार सञ्चालन भइरहेका थिए । कति संस्था त सञ्चालन हुन नसकी बन्द भएका थिए । आज भुटानमा त्यस्तो अवस्था छैन । अहिले यो सोचमा परिवर्तन भई व्यावसायिक ढंगले सार्वजनिक संस्थान सञ्चालन भइरहेका छन् । संस्था सफल हुनुको मुख्य कारण सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रारूप नै हो । हाल सबै संस्थान यही मोडलमा चलिरहेका छन् । हामीले बोलेका मात्र छैनौं, काम पनि गरिरहेका छौं । चौथो राजाले शासन सम्हालेपछि भुटानमा ऊर्जा, वायुसेवालगायत अन्य उत्पादनमूलक उद्योग स्थापना भएका हुन् । निजी कम्पनीको भूमिका निकै कम छ भुटानमा । टासीलगायत केही निजी कम्पनीहरू सञ्चालनमा छन् । सार्वजनिक संस्थामा पनि ८० प्रतिशत लगानी सर्वसाधारणको छ भने २० प्रतिशत मात्र सरकारको हिस्सा छ । यस्तै सर्वसाधारणले लगानी गर्न चाहे थप ५ प्रतिशत सेयरको पनि व्यवस्था गरेका छांै । सरकार जमानी बसेर सेयर खरिदमा सर्वसाधारणलाई लगानी जुटाउँदै आएको छ । सरकारी संस्थानहरू सबै पारदर्शी छन् । यहाँ नाफाघाटाको जानकारी सर्वसाधारणले पाउँछन् तर यहाँका निजी कम्पनी पारदर्शी छैनन् र उनीहरूले आफ्नो हिसाब–किताब पारदर्शी बनाएका छैनन् । किनभने निजी कम्पनीमा सर्वसाधारणको लगानी छैन । अर्को कुरा— सरकारले सार्वजनिक र निजी दुवै संस्थामा हस्तक्षेप गर्दैन । साना र इमानदार लगानीकर्ताले सेयरबाट प्रतिफल पाइरहेका छन् । उनीहरूको लगानी बढ्दै गएर अहिले बृहत् भइसकेको छ । यस्तै निजी क्षेत्रको प्रवद्र्धनका लागि भुटान सरकारले सहजीकरण र सहयोग गरिरहेको छ । सरकारले उद्योग व्यवसायको प्रवद्र्धन गर्नुका साथै साना लगानीकर्तालाई लगानी गर्ने वातावरण बनाएको छ । जस्तोः भुटान नेश्नल बैंक लिमिटेडमा सरकारको १० प्रतिशत मात्र लगानी छ, बाँकी ९० प्रतिशत सर्वसाधारणको छ, तर यो बैंक सरकारले सञ्चालन गरिरहेको छ । भुटान इन्स्योरेन्स कर्पोरेसनमा सरकारको १८ प्रतिशत र बाँकी सबै सर्वसाधारणको छ । ड्रुक एयरमा पनि सरकारको धेरै कम हिस्सा छ, यो पनि सरकारले सञ्चालन गरिरहेको छ । पहिला शतप्रतिशत सरकारको लगानीमा सार्वजनिक संस्थानहरू स्थापना भएका हुन् । पछिल्लो समय अधिकांश कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री भइसकेका छन् । यस विषयमा भुटानको तुलनामा नेपाल केही परिपक्व छ । भुटान भूपरिवेष्ठित मुलुक भएकाले यहाँ स्रोत सीमित छन् । तर, पनि दूरसञ्चार र वायुसेवा हाम्रा लाइफलाइन व्यापार हुन् । यहाँ निजी क्षेत्रबाट वायुसेवा र दूरसञ्चार सेवा सञ्चालन भएकाले सर्वसाधारणलाई रोज्ने अवसर छ । प्रतिस्पर्धाले गर्दा उपभोक्ताले सस्तो मूल्यमा मोबाइलका साथसाथै इन्टरनेट सेवा पाइरहेका छन् । वायुसेवा व्यापारमा पनि प्रतिस्पर्धा छ । यसमा २८ प्रतिशत सेयर मात्र सरकारको छ, बाँकी सर्वसाधारणको लगानी छ । जलविद्युत्, खनिजजस्ता रणनीतिक महत्वका क्षेत्रमा सरकारले आफ्नो ध्यान केन्द्रित गरेको छ । यस्तै सिमेन्ट र निर्माण जस्ता गैररणनीतिक क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिइरहेको छ । भुटान नेश्नल बैंकको स्वामित्व सरकारले हस्तान्तरण गर्दै छ । लगानीकर्ता कम्पनीको बारेमा पूरै जानकार छन् । यहाँका सार्वजनिक र निजी संस्थामा सरकारको हस्तक्षेप हँुदैन । हाम्रो होल्डिंग्स कम्पनीको मुख्य उद्देश्य भनेको बढीभन्दा बढी सर्वसाधारणको सहभागितामा लगानी बढाउने नै हो ।

डीएचआईअन्तर्गत १६ बढी सार्वजनिक संस्थानको नियमन कसरी गर्नुभएको छ ? प्रत्येक वर्ष होल्डिंग्सअन्तर्गतका कम्पनीले वित्तीय र गैरवित्तीय लक्ष्य निर्धारण गरेका हुन्छन् । होल्डिंग्स र अन्य कम्पनीको प्रत्येक ६/६ महिनामा वित्तीय र गैरवित्तीय प्रगतिका साथै प्रमुख कार्यकारीको अधिकृत (सीईओ)को कार्यसम्पादन मूल्यांकन हुन्छ । प्रत्येक वर्षको नोभेम्बरमा सरकारको बजेट आउँछ र त्यसपछि हामी सार्वजनिक संस्थानको लगानी र त्यसको प्रतिफल प्राप्तिको लक्ष्य तय गर्छौं । यस्तै कति कमाउने र खर्च गर्ने बजेट तथा कार्यक्रम बनाउँछौं । प्रत्येक ६ महिनामा हामी प्रगतिको पुनःमूल्यांकन गर्छौं । प्रत्येक आर्थिक वर्षको अन्त्यमा लक्ष्य प्राप्तिमा सफल हुने सीईओको तलब सुविधा उसको कार्यसम्पादनका आधारमा २५ प्रतिशतसम्म वृद्धि हुन्छ । तर, यसका लागि ७५ प्रतिशतभन्दा बढी प्रगति भएको हुनुपर्छ । नत्र सीईओले थप आर्थिक प्याकेज पाउँदैनन् । मूल्यांकनको न्यूनतम आधार नै ७५ प्रतिशत तोकिएको छ । यदि ९५ प्रतिशत सफलता प्राप्त ग¥यो भने उसले शतप्रतिशत आर्थिक प्याकेज पाउँछ । ३ महिनाको तलबबराबरको बोनससमेत पाएको हुन्छ । सीईओका अतिरिक्त प्रबन्धकको पनि लक्ष्य निर्धारण गरिएको हुन्छ । सार्वजनिक संस्थानमा सीईओको नियुक्ति ३ वर्षका लागि हुन्छ । ३ वर्षमा उसले लक्ष्यअनुसार सफलता हासिल नगरे उसको करार सम्झौता स्वतः रद्द हुन्छ ।

नेपाल, भारतलगायत अन्य मुलुकमा राज्यद्वारा सञ्चालित सार्वजनिक संस्थान असफल भइरहेका छन्, तर भुटानमा सफल भएको देखिन्छ । यसको कारण के हो ? यहाँका सार्वजनिक संस्थानमा सरकार र राजनीतिक पार्टीको हस्तक्षेप हुँदैन । आफ्नो नीति तथा कार्यक्रमअनुसार स्वतन्त्र रूपमा सञ्चालन हुन्छन् । होल्डिंग्स र त्यसअन्र्तगतका सहायक कम्पनी शाही वडापत्रअनुसार स्थापना र सञ्चालन हुन्छन् । यो वडापत्रलाई हामी सम्मान गर्छौं । नेपाल अहिले संविधान निर्माणको प्रक्रियामा छ, यदि नेपालले पनि होल्डिंग्समार्फत सार्वजनिक संस्था सञ्चालन हुने गरी संवैधानिक व्यवस्थाका साथै राजनीतिक हस्तक्षेपमुक्त व्यवस्था गरेमा सार्वजनिक संस्थानहरू सफल हुनेछन् । सफल हुनुको मुख्य कारण राजनीति हस्तक्षेप नहुनु । व्यावसायिक ढंगलले आफ्नो व्यापार योजनाअनुसार सञ्चालन भइरहेकाले भुटानमा सार्वजनिक संस्था सफल भएका छन् । व्यवसायीकरण र व्यावसायिक मूल्यांकन पद्धति र पारदर्शिता नै सफलताको सूत्र हुन् । यस्तै निजी क्षेत्रलाई परिपक्व बनाउन सरकारले सार्वजनिक संस्थान आफ्नो अधिनमा लिएको हो । जब निजी क्षेत्र सबल र परिपक्व र पारदर्शी र व्यावसायिक ढंगल आउँछ, तब सबै संस्था सञ्चालनको जिम्मेवारी निजी क्षेत्रले पाउनेछ । अर्कोतर्फ अर्थ मन्त्रालयले होल्डिंग्स कम्पनीमा हस्तक्षेप गर्दैन । सरकारको लगानी त भएको हुन्छ तर हस्तक्षेप हुँदैन । अर्थ मन्त्रालयको जिम्मेवारी लगानी बढाउने मात्र हुन्छ तर नाफा कमाउने, नकमाउने भन्ने विषयमा उसको कुनै हस्तक्षेप हुँदैन । कम्पनी स्वतन्त्र हुन्छन् र पूरै संस्थागत सुशासनमा केन्द्रित हुन्छन् । त्यसैले मन्त्रालयहरूले कम्पनीमा हस्तक्षेप गर्दैनन्, कम्पनीका प्रमुख आफैं जिम्मेवार हुन्छन् । तर, प्रत्येक वर्ष मन्त्रालय र संस्थानका प्रमुखबीच लाभांश कति दिने भनेर छलफल हुन्छ । संस्थानहरूले छलफलका आधारमा सरकारसँग प्रतिफल दिने सम्झौता गरेका हुन्छन् ।

सार्वजनिक संस्थानमा जस्तै पछिल्लो समय भुटान जलविद्युत् विकासमा सफल भएको छ, यसको कारण के होला ?

भुटानले जलविद्युत् विकासलाई प्राथमिकतामा राखेको छ । भारतसँगको साझेदारीमा यहाँ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । दुवै पक्षलाई फाइदा हुने गरी लगानीका सर्तहरू तयार गरिएका छन् । आयोजना निर्माणका क्रममा भुटान र भारतका कन्ट्रक्सन अथोरिटीले नजिकबाट अनुगमन गरिरहेका हुन्छन् । त्यसैले निर्धारित समयमा जलविद्युत् आयोजना सम्पन्न हुन्छन् ।

जलविद्युत्मा भुटानले भारतबाट कसरी आर्थिक सहयोग पाउँदै आएको छ ? भुटानमा सबैभन्दा पुरानो ३६० मेगावाटाको चुखा र केही वर्षअघि सम्पन्न १०२० मेगावाटको ताला दुवै ठूला आयोजना भारतको ऋण तथा अनुदानमा निर्माण गरिएका हुन् । दुवै आयोजनामा भारतले ६० प्रतिशत अनुदान र ४० प्रतिशत सहुलियत कर्जा दिएको छ । चुखा आयोजनाले सन् २००७ अगावै ऋण चुक्ता गरिसकेको छ । अब तालाको बाँकी छ । तालाले पनि ऋण तिरिरहेको छ । यस्तै निर्माण अवधिभर आयोजना व्यवस्थापन भारतीय पक्षले लिएको थियो । आयोजना सम्पन्न भएर बिजुली उत्पादन थालेपछि व्यवस्थापन भुटानमा हस्तान्तरण भयो । हामीले भुटानबाट बढी भएको बिजुली मात्र निकासी गर्ने भनेर भारत सरकारसँग सम्झौता गरेका छौं । त्यसैअनुसार बढी भएको बिजुली मात्र भारत निकासी गरिरहेका छौं ।

भुटानले जलविद्युत्मा लगानीको प्रारूप कस्तो बनाएको छ ? हामीले भारतसँगको सार्वजनी निजी साझेदारीमा जलविद्युत् विकास गरिरहेका छौं । जलविद्युत् र लघुजलविद्युत् गरी हालसम्म जडित क्षमता १६ सय मेगावाट पुगेको छ । आयोजनाको प्रकृति हेरी लगानी भएका छन् । जस्तै चुखा र तालजस्ता ठूला आयोजनामा ६०÷४० लगानी मोडेलमा आयोजना विकास गरिएका छन् । यसअनुसार ६० प्रतिशत भारतको अनुदान र ४० प्रतिशत सहुलियत ऋणमा आयोजना बनेका छन् ।

नेपालमा प्रतिमेगावाट लागत न्यूनतम् १४ देखि १८ करोड रुपैयाँसम्म छ, भुटानमा कति लाग्छ ? भुटानमा प्रति मेगावाट औसत १ करोड भारु लागत छ । लागत आयोजनाको प्रकृति र क्षमतामा निर्भर हुने भएकाले केही प्रतिशत तलमाथि हुन्छ । जलवायु परिवर्तनले खडेरी पर्ने, भारी वर्षा हुने र हिउँ पग्लने जस्ता कारणले पनि आयोजनाको लागतमा फरक पार्ने देखिएको छ ।

भुटानले कति बिजुली बिक्रीबाट कति आम्दानी गर्छ ? भुटानले ४५ प्रतिशत राजस्व बिजुली बिक्रीबाट र बाँकी ५५ प्रतिशत पर्यटन तथा अन्य स्रोतबाट आर्जन गर्छ ।

भुटानमा लोडसेडिङ हुन्छ कि हुन्न ? भुटानमा लोडसेडिङ हुँदैन । १ मिनेट बिजुली गयो भने धेरै ठाउँबाट फोन आएर हैरान हुन्छ । भुटानले बढी भएको बिजुली मात्र भारतलाई बिक्री गरेकाले यहाँ लोडसेडिङ हुँदैन् । देशभरी विद्युत् सेवा पुगेको छ । बिजुली नपुगेको गाउँ नै छैन । विद्युतीकरण सम्पन्न भइसकेको छ ।

सरकारले टेलिकम, वायुसेवा, बिमा, बैंकमा लगानी गरिसकेको अवस्थामा निजी क्षेत्रले कसरी प्रवेश पाएको छ ? निजी क्षेत्रबाट सिमेन्टमा लगानी भएको छ । पूर्वाधार क्षेत्रमा पनि निजी क्षेत्रको प्रवेश भइरहेको छ । यस्तै सरकारले सञ्चालन गरेको उद्योगमा पनि अधिकांश हिस्सा निजी क्षेत्रको छ ।

सरकारको होल्डिंग्स कम्पनीमा निजी क्षेत्रको प्रवेश हुने सम्भावना कतिको छ, यहाँले यसका लागि पहल गर्नुभएको छ ? सार्वजनिक संस्थानमा निजी लगानी भइरहेको छ । अहिले अधिकांश संस्थानमा सरकारको हिस्सा धेरै कम र निजी र सर्वसाधारणको लगानी छ । साभार :काराेबार

]]>
3082 0 0 0
राजस्व असुलीमा वृद्धि http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%b5-%e0%a4%85%e0%a4%b8%e0%a5%81%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%bf/ Thu, 10 Sep 2015 12:42:22 +0000 http://www.ghumphir.com.np/?p=3086

हेटौँडा, २४ भदौ ।

आन्तारिक राजस्व कार्यालय मकवानपुरले गत आव २०७०÷७१ मा विभिन्न प्रकारको राजस्वबापत रु एक अर्ब ८१ करोड ३४ लाख ६९ हजार राजस्व असुली गरेको छ । अन्तःशुल्कतर्फ रु एक अर्ब १७ करोड ७४ लाख ६५ हजार, मूल्य अभिवृद्धि करबापत रु ३२ करोड ५० लाख र आयकरतर्फ रु २८ करोड ७९ लाख चार हजार राजस्व असुली गरिएको छ । यसैगरी घर बहाल राजस्वमा रु १४ करोड पाँच लाख ५२ हजार, ब्याज करबापत रु १२ करोड सात लाख २३ हजार, शिक्षा सेवा करतर्फ रु २७ लाख ५० हजार र स्वास्थ्य सेवा करतर्फ रु एक लाख ८२ हजार राजस्व असुली गरेको सो कार्यालयले जनाएको छ । प्रमुख राजस्व सङ्कलनमध्ये हेटौँडा औद्योगिक क्षेत्रको गोर्खा लारी चुरोट उद्योग प्रालि, एसियन पेन्टस् प्रालि, यति पेन्टस् प्रालि, शिवम् सिमेन्ट उद्योग, हेटौँडा सिमेन्ट उद्योगलगायत विभिन्न आयोजना रहेको छ । कार्यालयले गत आवको भन्दा करिब रु नौ करोड ७४ लाख ७० हजार थप राजस्व असुली गर्न सफलता प्राप्त गरेको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत नवीन्द्र श्रेष्ठले बताउनुभयो ।

]]>
3086 0 0 0
आकर्षक गन्तव्य बन्दै सहिद स्मृति उद्यान http://localhost/ghum/%e0%a4%86%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%b8%e0%a4%b9%e0%a4%bf/ Thu, 10 Sep 2015 12:46:43 +0000 http://www.ghumphir.com.np/?p=3088

चन्द्रकला भण्डारी काँकडभिट्टा (झापा), २४ भदौ ।

मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नजिकै रहेको सहिद स्मृति उद्यान बाह्य तथा आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्न थालेको छ । शनिअर्जुन नगरपालिका– ७ सालबारीस्थित २६ हेक्टर क्षेत्रफलमा यो उद्यान फैलिएको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि पञ्चायतकालमा भएको आन्दोलनका क्रममा आफ्नो ज्यानको आहुति दिएका अमर सहिदहरुको स्मृतिलाई ताजा राख्न यो उद्यानको स्थापना भएको हो । उद्यानभित्र झापा किसान विद्रोहमा जीवन बलिदान गरेका पाँच सहिद वीरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको पूर्ण कदको प्रतिमा छ । प्रतिमा स्थापना गरिएका पाँचैजना सहिदलाई पञ्चायती शासकहरुले २०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने निहुँमा सुखानी जङ्गलमा लगेर गोली हानी हत्या गरेका थिए । उद्यानभित्र रहेको पाँच सहिदको प्रतिमा यहाँ आउने पर्यटकको मुख्य आकर्षण बनेको उद्यान व्यवस्थापन समितिका अध्यक्ष वृखबहादुर प्रधान बताउनुहुन्छ । सालको घना जङ्गलभित्र उद्यानको मध्यभागमा रहेको अढाइ हेक्टर क्षेत्रफलको प्राकृतिक तलाउ पर्यटकका लागि अर्को आकर्षण हो । उद्यान व्यवस्थान समितिले तलाउमा पर्यटकलाई सयर गराउन चारवटा पाइडल डुङ्गाको व्यवस्था गरेको छ । उद्यानको स्थापना सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालले गरेको हो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले २०७० साल फागुन २१ गते सहिद स्मृति उद्यानको उद्घाटन गर्नुभएको थियो । “प्राकृतिक वातावरणले भरिपूर्ण उद्यान भएकाले टाढादेखि पर्यटक गाडी रिजर्भ गरी वनभोज खान, घुमफिर गर्न, तस्बिर खिचाउन, तलाउमा डुङ्गा सयर गर्न र तनावबाट मुक्त भएर मन बहलाउन यहाँ आउने गरेका छन्” शनिअर्जुन प्रेस क्लबका अध्यक्ष दिपीन राई भन्नुहुन्छ । गत वर्षदेखि सुखानी सहिद स्मृति प्रतिष्ठानले उद्यानभित्र पूर्वाञ्चलकै पहिलो कछुवा संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरेको छ । उद्यानले कछुवा राख्न छुट्टै सानो पोखरी बनाएको छ भने प्रजनन र बच्चा रेखदेखका लागि व्यवस्थित स्थानको निर्माण गरिरहेको छ । उद्यानमा हाल २५ वटा दुर्लभ जातका कछुवा संरक्षण गरिएको छ । “वातावरणीय विनाशका कारण कछुवा लोपोन्मुख हुँदै गएको छ,” शनिश्चरे गाविसका पूर्व अध्यक्ष हरि राना भन्नुहुन्छ – “उद्यानले संरक्षणको प्रयास थालेर प्रशंसनीय कार्य गरेको छ ।” कछुवा हेर्नकै लागि कतिपय पर्यटक तथा विद्यार्थी यहाँ आउने गरेका छन् । हराउँदै गएको प्राणीमध्येको कछुवाको संरक्षण नै केन्द्रको मूल उद्देश्य भएको कछुवा संरक्षण तथा प्रजनन केन्द्रका प्रमुख नवीन भट्टराई बताउनुहुन्छ । उद्यानमा पाँच जातका कछुवा संरक्षण गरिएका छन् । यहाँ रहेका पहेँलो टाउको भएको सुन कछुवा, ढकनी खवटे कछुवा र मयुरपङ्खी नरम खबटे कछुवाको पहिचान भएको छ भने अन्य दुई जातको पहिचान हुन बाँकी रहेको भट्टराईले जानकारी दिनुभएको छ । हाल प्रतिष्ठानभित्र कछुवा प्रजनन केन्द्रको निर्माण धमाधम भइरहेको र बाल उद्यानका लागि आवश्यक सामग्री आउन बाँकी रहेको उहाँले बताउनुभयो । संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न चार फिट अग्लो तथा छ फिट लामो फाइवरबाट निर्मित कछुवाको आकर्षक प्रतिमा राखिएको छ । कछुवाको प्रतिमा हेर्न र तस्बिर खिचाउन बालबालिकाको घुइँचो लाग्ने गरेको उद्यानकी कर्मचारी रोजिना पाण्डे बताउनुहुन्छ । मनोरम वातावरण, तलाउ र रमणीय आकर्षणका कारण पर्यटकको आगमन आगामी दिनमा झन बढ्दै जाने उहाँ बताउनुहुन्छ । आव २०७१÷७२ मा ४६ हजार ८४५ पर्यटकले सहिद स्मृति उद्यानको अवलोकन गरेका छन् । उद्यान प्रवेश गर्दा गत आवमा रु १० को शुल्क तिर्नुपर्ने प्रावधान थियो । साउनदेखि प्रवेश शुल्क रु १५ बनाइएको छ । दैनिक औसत डेढ सय जनाको हाराहारीमा पर्यटक आउने गरेको र नयाँ वर्ष, भ्यालेन्टाइन दिवस, शनिबार र चाडबाडका बेला यहाँ घुइँचो लाग्ने गरेको छ । गत आवमा उद्यानले प्रवेश टिकट बिक्रीबाट रु चार लाख ६१ हजार २३०, डुङ्गा सयरबाट रु एक लाख ५० हजार, वनभोजबाट रु एक लाख सात हजार २०० र माछा बिक्रीबाट रु एक लाख आम्दानी गरेको कार्यालय प्रमुख रमेश भट्टराई बताउनुहुन्छ । पूर्वी नेपालको प्रवेशद्वार काँकडभिट्टा र मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडबाट सबैभन्दा नजिकमा रहेको पर्यटकीय आकर्षणको प्राकृतिकस्थल नै यही उद्यान हो । व्यवस्थापन समितिले उद्यानभित्र एक हेक्टर क्षेत्रफलमा बाल उद्यान निर्माण गर्न थालेको छ । यहाँ पर्यटकलाई बस्न फलैचा, चौतारो र हवाई घरको निर्माण गरिएको छ । सरकारी सहयोगमा ३५ मिटर लामो झोलुङ्गे पुल समेत निर्माण भइरहेको छ । सहिद स्मृति उद्यान पुग्न बिर्तामोडबाट कालोपत्र सडक नभएको र नियमित सार्वजनिक यातायातका साधन नचल्ने भएकाले कठिनाइ हुने गरेको छ । दिनहुँ सयौँ पर्यटक आउने स्थल भएकाले उद्यानभित्र अस्थायी सुरक्षा पोस्ट राखिएको छ । “उद्यान अत्यन्त रमणीय लाग्यो”, इलाम–२ बाट सपरिवार घुम्न आएकी सुनगाभा विकास संस्थाकी उपाध्यक्ष यशोदा देवान भन्नुहुन्छ – “प्रचारप्रसार हुन सके यहाँ आन्तरिक मात्र होइन बाह्य पर्यटकसमेत आउने निश्चित छ ।” उद्यानको भौतिक पूर्वाधार विकासका लागि पर्यटन कार्यालय काँकडभिट्टाले समेत सहयोग गरिरहेको छ । गत आवमा कछुवाको प्रतिमा स्थापना, पोखरीको छेउमा फलैँचा, दुईवटा भ्यू पार्क र बाल उद्यान निर्माणका लागि रु १० लाख खर्च गरिएको छ । विगतमा अनकन्टार जङ्गल रहेको यस क्षेत्रमा उद्यान निर्माण भएपछि चहलपहल बढेको र स्थानीवासीले गुजाराका लागि होटल समेत सञ्चालन गर्न थालेका छन् ।

]]>
3088 0 0 0
जुम्ली प्राङ्गारिक स्याउ काठमाडौँ भित्रियो http://localhost/ghum/%e0%a4%9c%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%b2%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89/ Thu, 10 Sep 2015 12:50:31 +0000 http://www.ghumphir.com.np/?p=3090

काठमाडौ, २४ पुस ।

यस वर्ष भदौ महिनाको दोस्रो साताभित्र १२ मेट्रिक टन जुम्ली प्राङ्गारिक स्याउ काठमाडौँमा भित्रिएको छ । जुम्लाका स्याउ व्यापारीहरुले अहिले काठमाडौँका कलङ्की, बल्खु बागबजार, बालाजु र सिंहदरबार अगाडिका गेटलगायतका स्थानमा प्रतिकिलो रु १०० देखि रु १२० मा बिक्री वितरण गरिरहेका छन् । अर्गानिक स्याउका नामले परिचित रोयल, रेड, गोल्डेन डेलिसियस जातका स्याउ काठमाडौँमा बिक्री गर्दा केही हदसम्म खर्च उठे पनि भनेजस्तो कमाइ हुन नसकेको हाँकु– २ जुम्लाका स्याउ व्यापारी पदम खत्रीले बताउनुभयो । व्यापारी खत्रीले जुम्लाबाट चार दिनभित्र काठमाडौँ ल्याउन सकिने स्याउ बन्दका कारण ११ दिनसम्म नेपालगन्जमा रोकिँदा सोचेको जस्तो उपलब्धि नभएको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत धनबहादुर कठायतका अनुसार १२० जना जुम्लाका व्यापारीले ‘ए’ र ‘बी’ ग्रेडका ६५१ मेट्रिक टन स्याउ निर्यात गरेका छन् । निर्यात गरिएका प्राङ्गारिक स्याउ व्यापारीले काठमाडौँ, पोखरा, नारायणगढ, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, सुर्खेत र दैलेख पु¥याएको उहाँले जानकारी दिनुभयो । जुम्ला कुडारी– १ का स्थानीय स्याउ व्यापारी विमल भट्टराईले नेपालगन्जमा आफूले प्रतिकिलो रु ६५ मा बेचेको स्याउ बुटवलमा रु ८० र काठमाडौँमा रु १२० मा बिक्री गरेको बताउनुभयो । राम्रै फाइदा हुने आशा राखेका भट्टराईले गत वर्षभन्दा यस वर्ष जुम्लाको अर्गानिक स्याउ किन्नेहरु आकर्षित भएको बताउनुभयो । जुम्लामा रु ३५ देखि रु ४० परेको ‘ए’ र ‘बी’ ग्रेडका स्याउहरु दैलेखमा प्रतिकिलो रु ५५, सुर्खेतमा रु ६०, नारायणगढ, बुटवल, पोखरालगायतका बजारमा रु ८० देखि रु ८५ मा बिक्री हुँदै आएको छ । गत वर्ष पाँच हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरेको जुम्लाले यस वर्ष पाँच हजार १०० मेट्रिक टनसम्म निर्यात हुनसक्ने जिल्ला कृषि कार्यालयले जनाएको छ ।

]]>
3090 0 0 0
दूधबाट रु बीस लाख बराबरको आम्दानी http://localhost/ghum/%e0%a4%a6%e0%a5%82%e0%a4%a7%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b0%e0%a5%81-%e0%a4%ac%e0%a5%80%e0%a4%b8-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%ac%e0%a4%b0%e0%a4%be%e0%a4%ac%e0%a4%b0%e0%a4%95%e0%a5%8b/ Thu, 10 Sep 2015 12:53:42 +0000 http://www.ghumphir.com.np/?p=3092

रामपुर (पाल्पा), २४ भदौ ।

पाल्पामा गएको आवमा ४८ हजार ८५८ लिटर दूध उत्पादनबाट रु २० लाख १८ हजार आम्दानी भएको छ । अघिल्लो वर्षको तुलनामा २.८ प्रतिशतले दूधको उत्पादनमा बृद्धि भएको हो । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा ६० वटा दुग्ध डेरी फार्म दर्ता भई सञ्चालनमा छन् । यी डेरी फार्मबाट दैनिक ५३ हजार ३७० लिटर दूध उत्पादन हुने गर्दछ । फार्मबाहेक १७ हजार ७८६ लिटर दूध किसानको घरबाटै उत्पादन हँुदै आएको छ । दुग्ध डेरी फार्म सञ्चालनका लागि जिल्ला पशुसेवा कार्यालयले युवा लक्षित कार्यक्रमअन्तर्गत गाई र भैँसीपालक किसानलाई अनुदानस्वरुप रु २० हजार सहयोग गरेको थियो । कार्यालयका पशुचिकित्सक डाक्टर उत्तम आचार्यले व्यावसायिक पशुपालक किसानलाई भकारो सुधार, घाँस विकास, विभिन्न तालिम तथा रोग उपचारका सेवा दिँदै आएको बताउनुभयो । उत्पादित दूध जिल्लाका विभिन्न ठाउँमा खपत हुने गरेको छ । जिल्लामा व्यावसायिक रुपमा सञ्चालित ठूला तथा साना डेरी फार्मबाट पाँच सय युवा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । दूध उत्पादनकै लागि पछिल्लो समय किसानले व्यावसायिक पशुपालनमा जोड दिन थालेका छन् । दूधको उचित मूल्य पाउन थालेपछि तथा पशुफार्म सञ्चालनका लागि पशुसेवा कार्यालयले युवालक्षित कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराएपछि गाईफार्म सञ्चालन गरेको रामपुरकी कृषक विष्नुदेवी गैरेले बताउनुभयो ।

]]>
3092 0 0 0
बर्दियामा गैँडाको सङ्ख्या बढ्यो http://localhost/ghum/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a5%88%e0%a4%81%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%96%e0%a5%8d%e0%a4%af/ Thu, 10 Sep 2015 12:57:10 +0000 http://www.ghumphir.com.np/?p=3094

गुलरिया (बर्दिया), २४ भदौ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा गँैडाको सङ्ख्या बढेर २९ वटा पुगेको छ । यसअघि बर्दियामा २४ वटा गँैडा रहेका थिए । नेपालमा जम्मा छ सय ४५ गैँडामध्ये चितवनमा ६ सय पाँच रहेका छन् भने पर्सामा तीन, सुक्लामा आठवटा गैँडा रहेको जानकारी बर्दिया राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले दिनुभयो ।

]]>
3094 0 0 0
लाखौँ मूल्यको सामानसहित तीन भारतीय पक्राउ http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4/ Fri, 11 Sep 2015 03:07:26 +0000 http://www.ghumphir.com.np/?p=3097

गौर (रौतहट), २५ भदौ ।

रौतहटस्थित प्रहरी गस्ती टोलीले तीन भारतीय तस्करसहित लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । आन्दोलनको मौका छोपी सीमावर्ती भारतीय बजार बैरगनियाबाट भन्सार छलेर रौतहटतर्फ ल्याउँदै गरेको अवस्थामा कपडा, मलखाद र सुर्तीजन्य पदार्थ गरी रु दुई लाख मूल्य बराबरको सामानसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सीमावर्ती भारत सेन्दुरिया गाउँका हरिओम महतो, प्रमोद महतो र वीरेन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौर पठाएको र तस्करको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले बताउनुभयो । आन्दोलनको मौका छोपी सीमावर्ती क्षेत्रबाट अवैध रुपमा भारतीय सामानको ढुवानी बढेको सूचनाका आधारमा तस्करी नियन्त्रणका लागि जिल्लामा प्रहरीको विशेष टोली परिचालन गरिएको जानकारी सहायक प्रहरी निरीक्षक प्रधुमन कार्कीले दिनुभयो ।

]]>
3097 0 0 0
चित्रकलामा कालभैरवदेखि जलवायुसम्म http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%9c/ Fri, 11 Sep 2015 03:10:25 +0000 http://www.ghumphir.com.np/?p=3100

काठमाडौँ, २५ भदौ ।

त्रिविअन्तर्गतको ललितकला क्याम्पस चित्र तथा मूर्तिकला विषयका विद्यार्थी कलाकारले बनाएका कलाकृतिको प्रदर्शनी बिहीबारदेखि सुरु भएको छ । नेपाल कला परिषद्मा यही भदौ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा विसं २०६९ मा स्नातकोत्तर अध्ययन गरेका ३२ कलाकारका सयभन्दा वढी कलाकृति राखिएका छन् । प्रदर्शनीमा अजय देशार, अमितकुमार दास, अनिशा महर्जन, बालकृष्ण वनमाला, विकास शाक्य, दीपक थामी, दीपेन्द्र फुयाँल, दीपमाला महर्जन, युरिका वज्राचार्य, गौरवरत्न तुलाधार, हेमरत्न शाक्य, इन्द्रप्रसाद शिल्पकार, इशान परियार, कान्छाकाजी भासिमा, किशोर नकर्मी, लीलाधर केसी, मोहन शिवाकोटी, नम्रता सिंहलगायतका चित्र र मूर्तिकला राखिएका छन् । प्रदर्शनीमा राखिएका चित्र तथा मूर्तिको मूल्य रु २० हजारदेखि दुई लाखसम्म रहेको छ । कलाकृति बिक्रीबाट उठेको रकमको २५ प्रतिशत भूकम्पपीडितका लागि खर्च गरिने छ । प्रदर्शनीमा राखिएका मूर्ति कंक्रिट र फाइबर ग्लासबाट बनेका बालबालिका, मातृत्व, कमलको फूल, अण्डालगायत मूर्ति राखिएका छन् । त्यस्तै विभिन्न आकृतिका बुद्धका तस्बिर, श्रवणकुमार, नरसिंह, कालभैरवसहित जलवायु परिवर्तन तथा जनचेतना जगाउने चित्रकला छन् । प्रदर्शनीको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले शब्दको माध्यमले बुभm्न नसकिएको कुरा चित्र र मूर्तिले अभिव्यक्त गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चित्र र मूर्तिले इतिहास, वर्तमान र भविष्य बोलिरहेको हुन्छ ।” शताब्दी पुरुष सत्यमोहन जोशीले कलाकारले नेपाली माटो र हावापानी अनुकूलका सिर्जना गर्दै अन्तर्राष्ट्रियस्तरमा पु¥याउनुपर्ने बताउनुभयो । कलाकृति समसामयिक विषयवस्तुमा आधारित रही आआफ्नै माध्यम प्रयोग गरी निर्माण गरेको संयोजक श्यामकृष्ण श्रेष्ठले बताउनुभयो ।

1441892291327_RoS- Ktm- Art looking-minister Nidhi

]]>
3100 0 0 0
एनआरएन बिश्व सम्मेलन आयोजना गर्न पराराष्ट्रमन्त्रीको संयोजकत्वमा समिति गठन http://localhost/ghum/%e0%a4%8f%e0%a4%a8%e0%a4%86%e0%a4%b0%e0%a4%8f%e0%a4%a8-%e0%a4%ac%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%a8-%e0%a4%86%e0%a4%af%e0%a5%8b/ Fri, 11 Sep 2015 03:14:30 +0000 http://www.ghumphir.com.np/?p=3103 २५ भदौ, काठमाण्डौ ।

गैरआवासीय नेपाली संघको सातौं गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजना गर्नका लागि सरकारले पराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको अध्यक्षतामा १९ सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ । समितिमा सरकार, गैरआवासीय नेपाली संघ र नीजि क्षेत्रका प्रतिनिधि छन् ।   सम्मेलनको आयोजकमध्ये एउटा सरकार पनि रहने प्रचलनअनुसार यो पटक पनि सरकारले परराष्ट्र मन्त्रीको अध्यक्षतामा समिति गठन गरेको हो ।

NRN-Icc-Logo

 समितिको पहिलो वैठकले सम्मेलन आयोजनाका सन्र्दभमा बिभिन्न निर्णयहरु गरेको संघले जनाएको छ ।   वैठकले उच्चस्तरीय समितिको मातहतमा सरकार र निजी क्षेत्रका प्रतिनिधि सदस्य रहने गरी बिभिन्न उपसमितिहरु गठन गर्ने र त्यसको जिम्मेवारी समितिका सदस्य सचिवलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।   गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेसमेतको सहभागितामा वसेको वैठकमा पराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, श्रम मन्त्रालयका सचिवहरु, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उर्जा मन्त्रालय, कानुन मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघका अध्यक्ष, व्यापार तथा निकासीय प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

वैठकमा आफ्ना धारणा राख्दै परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकरदास बैरागीले घोषणापत्र निर्माणका बिगतका अनुभवबाट सिक्दै त्यसको कार्यान्वयन पक्षलाई मूल्याङ्कन गरी कार्यन्वयन गर्न सकिने बुँदामात्र समावेश गरी घोषणापत्र तयार पार्नुपर्ने सुझाव दिए ।   घोषणापत्र कार्यन्वयन भए/नभएको अनुगमन गर्न एक समिति बनाउने र त्यसमा नेपाल सरकार र निजीक्षेत्रका प्रतिनिधिसमेत सहभागी गराउनुपर्ने प्रस्ताव उनले गरे ।   सो अबसरमा संघका अध्यक्ष घलेले सम्मेलन आयोजनाका सन्दर्भमा हालसम्म भएका प्रगति बिबरणबारे जानकारी दिँदै यसपटकको सम्मेलनको मुल नारा ‘एनआरएन– राष्ट्र पुन:निर्माणको सच्चा साझेदार’ तय गरिएको जानकारी दिए । सम्मेलनको बिषयगत प्रस्तुती गर्दै उनले भूकम्प पिडीतका लागि एक हजार घर निर्माण गर्ने र त्यस अभियानमा एनआरएन स्वयंसेवकलाई परिचालन गर्ने तयारी रहेको जानकारी पनि दिए ।

]]>
3103 0 0 0
तस्बिरमा जलजलाकाे साैन्दर्य (फाेटाे फिचर) http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%b2%e0%a4%9c%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a5%88%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/ Fri, 11 Sep 2015 03:36:27 +0000 http://www.ghumphir.com.np/?p=3105 कुलदीप न्याैपाने

जलजला पुग्न कठिन् भयपनी त्यहा पुगिसकेपछी यकै छिनमा सबै थकाई मेटाइदिन्छ त्यहाको मनोरम द्श्यले । आदिबासी मगर जातिहरुले कुल पूजा गर्ने जलजलामा अहिले सबै जात जातिले पूजा आजा र बलि दिनको लागि त्यहा पुग्ने गर्दछन । जलजलामा बाराहा देवताको पूजा गर्न भक्तजनहरु त्यहा पुग्ने गर्दछन । त्यहा पुगी पूजा आजा गरी मागेमा मागेको पुग्ने धार्मिक विश्वाश रही आयको छ । त्यहाको मनोरम द्रिश्यले जो कसैलाई पनि मोहित गर्न सक्छ जलजलाले । जलजलाले ऋतु अनुसार आफ्नो सुनदरता बदल्ने गर्दछ । हिउदमा साच्चिकै जाडो भयर सिरक ओडेर बसे जस्तै गरी ढाकिने जलजला हिउ सुक्न नपाउदै रङी बिरङी लाली गुरास ले बेहुली सिगारिय झै सिगारियको हुन्छ भने गुरास नसकिदै अनेकौ थरिका रङी बिरङी बुकी फुलेर मुस्कुरायको हुन्छ जलजला । जलजला पस्चिम नेपालको रोल्पा जिल्लामा पर्ने अग्लो पहाडी भेग हो । थबाङ गाबिसको १ र ६ न वडामा पर्ने जलजला समुद्री सतहबाट ३१९३ मिटरको उचाइमा छ । जलजलाको दलदल गर्ने कपासको भुवामा टेके जस्तो लाग्ने पानी नै पानीले भरिएको छ । यहाँ बर्षमा ३ वटा पुर्णिमा बैशाखे पुर्णिमा ,ज्येठासी पुर्णिमा र साउने पुर्णिमा आर्थात जनै पुर्णिमामा भब्य मेला समेत लाग्ने गर्दछ ।् रोल्पाको ऐतिहासिक गाउ थबाङको सिरमा रहेको जलजलाको धार्मिक सँगै ऐतिहासिक महत्व पनि उत्तिकै छ । युद्धकालमा तत्कालीन माओवादीले यही स्थानबाट रेडियो जनगणतन्त्र संचालन गरेको थियो । यतिबेला जलजला रोल्पा ,राप्ती का मात्रै हैन देश बिदेशका प्रयटकको पर्खाइमा छ् । रोल्पाको जलजला पुग्नका लागि २ वटा रुट हरु प्रयोग गर्न सकिन्छ । दाङको सदरमुकाम घोराही देखी रोल्पाको सुलिचौरसम्मको पिच बाटो र करीब २५ किलोमिटर कच्ची मोटर बाटो हिंडेपछी जेलबाङ गाबिस पुग्न सकिन्छ । त्यहाबाट करीब ७ घण्टाको पैदल उकालो यात्राा पछी पुग्न सकिन्छ भने अर्को घोराही देखी होलेरी मिरुल हुँदै थबाङ सम्मको १५० किलोमिटर कच्ची मोटर बाटो र त्यहा देखी ३ घन्टाको पैदल यात्रा पछी जलजला पुग्न सकिन्छ ।त्यसो त सुलिचौरदेखि जेलवाङ जलजला हुदै थबाङ पुगेर त्यहाबाट रुकुमको लागि गुरिल्ला ट्रेक भनेर गन्तव्यको रुपमा रुपमा विकास गर्ने पदमार्गको समेत रेखांकन गरेको छ । जलजला पुग्नका लागि उपयुक्त मौसम कार्तिक देखी फागुन सम्म हिउ पर्ने हुँदा जान सकिदैन भने अरु महिनामा सजिलै पुग्न सकिन्छ ।

jaljala (6) jaljala (10) jaljala (15) jaljala (20) jaljala (22) jaljala (23) jaljala (24) jaljala (31) jaljala (40) jaljala (41) jaljala (42) jaljala (47) jaljala (51) jaljala (53) jaljala (55)

]]>
3105 0 0 0
खर्च धान्न नसकेर थला परेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा कर्मचारी थप्दै महाप्रबन्धक http://localhost/ghum/%e0%a4%96%e0%a4%b0%e0%a5%8d%e0%a4%9a-%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8%e0%a4%b8%e0%a4%95%e0%a5%87%e0%a4%b0-%e0%a4%a5%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%87%e0%a4%95/ Fri, 11 Sep 2015 03:39:49 +0000 http://www.ghumphir.com.np/?p=3122 २५ भदौ, काठमाडौ
प्रशासनिक खर्च धान्न नसकेर थला परेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले कर्मचारी कटौती योजना सुरु गर्दै गर्दा महाप्रबन्धक जगन्नाथ कोइरालाले भने नयाँ कर्मचारी भर्ना गरिरहेका छन्।आवश्यकताभन्दा बढी कर्मचारी पनि कम्पनी घाटामा जानुको मुख्य कारण रहेको भन्दै ४१ जना हटाउने तयारी भइरहँदा महाप्रबन्धक कोइरालाले विभिन्न बहानामा नयाँ भर्ना गरिरहेका छन्। 'खर्च धान्न नसकेर कर्मचारी कटौती गर्न कम्पनीले सूचना प्रकाशित गरिरहेको छ,' सुरुदेखि नै काम गर्दै आएका एक कर्मचारीले भने, 'तर जिएम सा'ब कर्मचारी कम भए भनेर थपिरहनुभएको छ।' एक वर्षअघि महाप्रबन्धकको जिम्मेवारी समालेयता कोइरालाले कम्पनीमा १७ कर्मचारी भर्ना गरिसकेका छन्। देशका ग्रामीण भेगमा जडीबुटी खेतीको विकास र विस्तार गर्ने उद्देश्यले २०३४ सालमा स्थापना भएको कम्पनीले त्यसयता कुनै पनि वर्ष नाफा कमाएको छैन। कम्पनी स्थापना गर्न तत्कालीन सरकारले ३८ वर्षअघि ५ करोड रुपैयाँ लगानीका साथै काठमाडौं महानगरपालिका–३५ कोटेश्वरमा करिब २० रोपनी र उपत्यकाबाहिर ६ सय बिघाभन्दा बढी जमिन उपलब्ध गराएको थियो। कम्पनीका एक कर्मचारी भन्छन्, '३८ वर्षअघि ५ करोड रुपैयाँ लगानी र त्यति धेरै जमिन उपलब्ध गराउनु भनेको तत्कालीन सरकारको जडीबुटी खेतीको विस्तार र विकास गर्ने चानचुने चाहना होइन। तर, कम्पनीमा आउने महाप्रबन्धक र सञ्चालक समितिका पदाधिकारीले दुहुनो गाई बनाउँदा बर्सेनि ओरालो लागिरह्यो।'
jadibutiकम्पनीका लागि उपलब्ध साधन, स्रोत उपयोग गर्नुभन्दा पनि कसरी व्यक्तिगत फाइदा लिन सकिन्छ भनेर धेरै पदाधिकारी लागेको अर्का पुराना कर्मचारीले गुनासो गरे। ३८ वर्षसम्म नाफा कमाउन नसकेपछि कम्पनीले अघिल्लो महिना काठमाडौं, कोटेश्वरको १३ रोपनी १४ आना जग्गा ५७ करोड ७२ लाख रुपैयाँमा बेचेर ऋण तिर्योल। यस अवधिमा कम्पनीको ऋण ३२ करोड रुपैयाँ पुगेको थियो। प्रशासन विभागका अनुसार जग्गा बेचेपछि ऋण तिरेर बचेको रकम मुख्य कार्यालय बाराको तामागढी सार्न र कर्मचारी कटौती गर्न प्रयोग गरिनेछ। वर्षमा ११ करोड रुपैयाँ आर्थिक कारोबार गर्ने कम्पनीमा हाल ३ सय ८७ कर्मचारी कार्यरत छन्। अघिल्लो वर्ष १० करोड आम्दानी गरेको कम्पनीको खर्च ११ करोड रुपैयाँ थियो। प्रशासनिक खर्च मात्रै अघिल्लो वर्ष ४ करोड ४० लाख ८६ हजार रुपैयाँ थियो। कम्पनीमा हाल ९२ स्थायी, ४२ करार, ९३ मासिक ज्यालादारी र १ सय ६० दैनिक ज्यालादारी कर्मचारी छन्। अधिकांश कर्मचारीले गर्ने कामै भएको कम्पनी स्रोत बताउँछ। 'अहिलेको आर्थिक कारोबारको हिसाबले कम्पनीमा १२–१५ जना कर्मचारी भए पुग्ने देखिन्छ,' स्रोत भन्छ, 'कार्यरत कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या भइरहेको बेला नयाँ भर्ना गरिरहने प्रचलनलाई के भन्ने? यो पक्कै पनि राम्रो नियत होइन।' कम्पनीमा फेरिने महाप्रबन्धकले आफू समर्थित राजनीतिक दलका कार्यकर्ता र नातागोता भर्ना गर्नाले कम्पनी उँधो लागेको धेरैको भनाइ छ। २०४६ सालपछि कम्पनीमा बर्सेनि जस्तो महाप्रबन्धक फेरिने गरेका छन्। अधिकांश महाप्रबन्धकले कर्मचारी थप्छन्। सरकार फेरिएलगत्तै कम्पनीको महाप्रबन्धक फेर्ने चलन छ। महाप्रबन्धक हुनेबित्तिकै धेरैले कम्पनी सुधार गर्नु पर्योफ भन्दै कर्मचारी थप्न थाल्छन्। एक कर्मचारी भन्छन्, 'स्थापनापछिका चार महाप्रबन्धक अस्फाक शेख, कृष्णराज अमात्य, रणबहादुर रावल र धु्रवराज भट्टराईबाहेक अन्य कुनै पनि महाप्रबन्धकले कम्पनीका लागि योगदान गरेका छैनन्।' कतिपय त जडीबुटी नै नबुझेका व्यक्तिलाई समेत महाप्रबन्धक बनाइएको कर्मचारी बताउँछन्। १७ कर्मचारी भर्ना गरेका हालका महाप्रबन्धक कोइरालाले पनि कार्यालयलाई चुस्त, दुरुस्त बनाएर प्रगति गर्ने भन्दै कर्मचारी थपेको कम्पनी स्रोत बताउँछ। कम्पनीका सूचना अधिकारी सुदर्शन सुवेदी अति आवश्यक परेकाले नयाँ कर्मचारी नियुक्त गरिएको बताउँछन्। 'अति आवश्यक कामका लागि सञ्चालक समितिको निर्णय अनुसार करार र दैनिक ज्यालादारीमा कर्मचारी नियुक्त गरिएको हो,' सुवेदीले भने, 'नयाँ कर्मचारी महाप्रबन्धकको नभई कार्यालयको आवश्यकतामा राखिएको हो।' ४१ जना पुराना कर्मचारी हटाउने निर्णयको टुंगो १०–१५ दिनमा लाग्ने उनले बताए। विगतमा बारा, सुनसरी, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा जडीबुटी खेती गरी विदेश निकासी गर्दै आएको कम्पनीले हाल ती जिल्लाको जग्गा बाँझै राखेको छ। किसानसँग कच्चा जडीबुटी पनि किन्न छाडेको छ। जडीबुटी बिक्रीका लागि दिनहुँजसो कम्पनीमा आउने किसान निराश हुँदै फर्कन्छन्। किसानले जडीबुटीबाट तेल निकालेर ल्याएको खण्डमा मात्र कम्पनीले किन्ने गरेको छ। कम्पनीका लेखा अधिकृत धर्म नेपाल किसानसँग जडीबुटी किन्ने रकम नहुँदा समस्या हुँदै आएको बताउँछन्। जग्गा बिक्रीबाट रकम आएकाले अब जडीबुटी किन्न सहज हुने कम्पनीका अधिकारी बताउँछन्।साभार :नागरीक
]]>
3122 0 0 0
गन्तव्य बन्दै http://localhost/ghum/%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Fri, 11 Sep 2015 03:44:52 +0000 http://www.ghumphir.com.np/?p=3127 3127 0 0 0 काठमाडौं – पोखरा व्यवसायीक उडान सुरु http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%82-%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af/ Fri, 11 Sep 2015 03:49:16 +0000 http://www.ghumphir.com.np/?p=3130 २५ भदौ, काठमाडौं नेपाल वायुसेवा निगमले चिन सरकारबाट अनुदानमा पाएको ‘वाई १२ ई’ जहाजले काठमाडौं – पोखरा व्यवसायीक उडान सुरु गर्ने भएको छ । ‘कोइली’ नाम दिएको जहाजबाट दैनिक दुईवटा काठमाडौं (पोखरा (काठमाडौं उडान गर्ने निगमले जानकारी दिएको छ । निगमले पोखराका लागि सम्पूर्ण करसहित ३ हजार १० रुपैयाँ प्रवर्द्धनात्मक भाडा तोकेको छ ।निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एओसीका सम्पूर्ण प्रकृया पुरा गरेर मंसिर ४ गतेदेखि व्यवसायीक उडान सुरु गर्ने बताएपनि झण्डै एक महिना ढिलो गरि उडान सुरु गर्न लागेको हो । १९ सीट क्षमताको यो जहाजलाई निगमले दुर्गम गन्तव्यमा उडाउने बताएको छ । निगमका अनुसार यो जहाज काठमाडौंबाट विहान आठ बजे र दिउँसो दुई बजे पोखराका लागि उडान गर्ने छ । त्यस्तै, पोखराबाट विहान ९ बजेर १० मिनेटमा र ३ बजेर १० मिनेटमा काठमाडौंका लागि उडान गर्ने छ ।

]]>
3130 0 0 0
फिस्टेल अल्ट्रा फ्लाइट्स नियमित उडान पुन शुरु http://localhost/ghum/%e0%a4%ab%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%b2-%e0%a4%85%e0%a4%b2%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%ab%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b8/ Fri, 11 Sep 2015 03:53:13 +0000 http://www.ghumphir.com.np/?p=3132 २५ भदौ, काठमाडौं पोखराको फिस्टेल अल्ट्रा फ्लाइट्स प्रालिले नियमित उडान पुन शुरु गरेको छ । मनसुनको कारणले केही समय अपरेशन रोकेको कम्पनीले विशेष छुट सहित उडान सुचारु गरेको फिस्टेल अल्ट्रा फ्लाइट्सका प्रबन्ध निर्देशक पारसराज गौतमले जानकारी दिए । कम्पनीले १५ मिनेट ३० मिनेट १ एक घन्टाको प्याकेजबाट उडान सञ्चालन गरेको छ । हरेक दिन बिहान ६ ः३० बजेदेखि ११ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साँझ ५ बजेसम्म पोखरा विमानस्थलबाट उडान सञ्चालन गरिरहेको बताइएको छ । अल्ट्रालाइट उडान सुरु गरेकोे अबसरमा नेपालीका लागी बिषेश छुटको ब्यबस्था गरिएकोले यसको फाइदा लिन कंपनीले सबैमा अनुरोध गरेको छ । सुरुमा २ वटा अल्ट्रालाइट जहाजबाट उडान सुरु गरेको फिस्टेलले हाल तीन वटा अल्ट्रालाइटबाट सेवा दिई रहेको छ । ब्रिटेन युकेमा निर्मित जहाज, ब्रिटिस र नेपाली पाइलटले उडाउने, संसारकै सबभन्दा बढी अल्ट्रालाइट बनाउने कंपनीमा निर्मित अल्ट्रालाइट,पाइलट र यात्रु हेडसेट मार्फत आपसमा कुराकानी गर्न सकिने, अल्ट्रालाइट जहाजको गति उच्च भएकाले थोरै समयमा धेरै दृश्यावलोकन गर्न सकिने लगायतका विशेषताले फिस्टेल अल्ट्रा फ्लाइट्समा पर्यटकको आकर्षण बढेको गौतमले बताए ।

]]>
3132 0 0 0
सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई सहयोग गर्न भारत सरकार तयार http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8/ Fri, 11 Sep 2015 03:55:56 +0000 http://www.ghumphir.com.np/?p=3135 २५ भदाै ,पाेखरा

भूकम्प पछि सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई सहयोग गर्न भारत सरकार तयार रहेको पोखरामा आयोजित कार्यक्रममा बोल्ने भारतिय दूतावासका प्रतिनिधिहरुले प्रतिवध्ता जनाएका छन् । बोडकास्ट्रिङ एशोसिएशन अफ नेपाल (वान) र वि.पि. कोइराला ईण्डिया फाउन्डेशनले आयोजना गरेको “भारतीय पर्यटकको पोखरामा आकर्षण बढाउनका लागि स्वतन्त्र रेडियोको भूमिका” विषयक कार्यक्रममा बोल्दै भारतिय दूतावासका डेपुटिचिफअफ कमिसनर विनय कुमारले भारतियलाई नेपाल घुम्नको लागि पठाउने प्रतिवध्ता समेत व्यक्त गर्नु भयो ।

unnamed (1)उहाँले भूकम्पका कारण संञ्चार माध्यमले प्रचार गरे जस्तो वातावरण नेपालमा आफुले नपाएको बताउनु भयो ।उहाँले नेपालका एफ.एम. रेडियो र भारतका एफ.एम. रेडियो बीच अवलोकन सहित अन्तक्रिया गराएर भारतियलाई कसरी नेपाल पठाउन सकिन्छ भन्ने बारेमा आफु लाग्ने बताउनु भयो । अघिल्लो वर्ष मात्र पोखरामा मात्रै एक लाख ३५ हजारभन्दा बढि भारतियहरु पर्यटकहरु पोखरा र मुक्तिनाथका लागि आएको भए पनि आहिले त्यो अनुपात घटेर १० प्रतिशतमा झरेको पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले जानकारी दिनुभयो । उहाँले नेपालमा आउने पर्यटकमध्ये भारत, चीन, अमेरिका, श्रीलंका र यु.के., का पर्यटकहरु भूकम्प अगाडि २२ प्रतिशतसम्म आउने गरेको बताउनु भयो । पोखरा पर्यटन पुनर जागरण समितिका अध्यक्ष गणेश बहादुर भट्टराई भूकम्पको मार खेपी रहेका व्यवसायीहरुलाई तराई आन्दोलनबाट थप पीडा पाएको बताउनुभ भयो । अहिलेको मौसम भारतिय पर्यटकहरुका लागि राम्रो मानिएको थियो तर पनि देश भित्रकै दन्दले भारतिय पर्यटकलाई समेत भित्राउन नसक्दाँ व्यवसायीहरु चिन्तित रहेको बताउनु भयो । उहाँले संञ्चार माध्यम जस्तो सूचना प्रशारण ग¥यो त्यसलाई नै आधार मानेर पर्यटकले आफ्नो भम्रण तह गर्ने हुँदा संञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

]]>
3135 0 0 0
तस्बिरमा भक्त्तपुरको पन्चदान पर्व (फोटो फिचर) http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%a8%e0%a5%8d/ Fri, 11 Sep 2015 13:20:24 +0000 http://www.ghumphir.com.np/?p=3139 रामगोपाल तमखु

बौद्घ धर्मावलम्बीहरुले दान प्रदान गरी ‘पञ्चदान’ पर्व मनाएका तन् । भक्तपुरका बौद्धहरुले घर चोखो गरी तयार पारेको खिर भोजनसहित चामल, काँचो केराउ, मासको दाल, चिनी, नुन, पैसा आदि शाक्य र बज्राचार्य कुलका कुलपुत्रहरु दान गर्ने परम्परा छ । यी समुदायका कुलपुत्रहरु आज कम्तीमा सात घरमा भिक्षाटनमा जानुपर्छ । दिनभर टोल टोल र चोक चोक दान दिइरहेको देखिन्थ्यो । पञ्चदानको परम्परा दिङ्पकर बुद्धको पालादेखि चलिआएको विश्वास गरिन्छ ।

DSC_2346 DSC_2339 DSC_2323 DSC_2312

????????????????????????????????????

DSC_2293 _DSC1444 _DSC1440 _DSC1418 _DSC1407 DSC_2501 DSC_2468 DSC_2467

???????????????????????????????????? ????????????????????????????????????

DSC_2401 DSC_2395 DSC_2361 DSC_2359 DSC_2355

]]>
3139 0 0 0
हनुमान ढोका दरबार क्षेत्रमा भारतीय र चिनियाँ पर्यटक बढी http://localhost/ghum/%e0%a4%b9%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%a2%e0%a5%8b%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d/ Sat, 12 Sep 2015 01:56:05 +0000 http://www.ghumphir.com.np/?p=3162

काठमाडौँ,  भदौ ।

हनुमानढोका दरबार क्षेत्रमा दैनिक अहिले दैनिक करिब १५० जना पर्यटक आउने गरेका छन् । दरबार क्षेत्रमा विगतका वर्षमा युरोप र अमेरिकाबाट अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या रहेपनि अहिले अधिकांश पर्यटक भारत र चीनबाट आउने गरेको दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गत वैशाखमा गएको ‘गोरखा भूकम्प’का कारण हनुमानढोका दरबार क्षेत्रमा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या कमी भएसँगै दैनिक करिब रु छ लाख बराबरको आर्थिक कारोबारमा कमी आएको छ । हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका अनुसार भूकम्पअघि हरेक दिन करिब एक हजार विदेशीले हनुमानढोका दरबारको अवलोकन गर्ने गर्दथे । भूकम्पकै कारण गत वैशाख १२ देखि जेठ २८ सम्म दुवार क्षेत्र बन्द नै रहेको थियो । भूकम्पअघि दरबार क्षेत्र अवलोकन गर्न आउने पर्यटकबाट दैनिक रु सात लाखसम्म आम्दानी हुने गरेपनि अहिले रु एक लाख मात्र आम्दानी हुने गरेको छ । दरबार क्षेत्र अवलोकन गर्न सार्कका पाहुनाको लागि रु १५० र अन्य देशका पाहुनालाई रु ७५० निर्धारण गरेको छ ।

]]>
3162 0 0 0
घरायसी विषादीको प्रयोगतर्फ किसान आकर्षित http://localhost/ghum/%e0%a4%98%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a4%b8%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a4%be%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%a4%e0%a4%b0/ Sat, 12 Sep 2015 02:02:11 +0000 http://www.ghumphir.com.np/?p=3164

सुशीला रेग्मी  रामपुर (पाल्पा),  भदौ

तरकारी खाद्यान्न बालीमा रोग तथा किरा लाग्नासाथ विषादीको प्रयोग गर्ने कसेनी गाविसका गोविन्द घिमिरे भने यतिखेर रोग तथा किरा लाग्नासाथ विषादीको प्रयोग नगरौँ, विभिन्न रोगलाई ननिम्त्याउँ भन्ने अभियानमा लाग्नुभएको छ । घिमिरेमात्र होइन मदनपोखराका युवा कृषक चुडामणी न्यौपानेले खाद्यान्न बालीमा विषादीको प्रयोगलाई निरुत्साहित गर्दै स्वस्थ बाली उत्पादन गर्न सिकाउने उत्कृष्ट कृषि प्राविधिक नै बन्नुभएको छ । कृषकले प्राविधिकको सहयोग तथा सुझावबिना अन्धाधुन्ध विषादीको प्रयोग गरी मानवीय स्वास्थ्य र वातावरणीय क्षेत्रमा यसको प्रभाव नराम्रो पर्न लागेपछि नेपाल सरकारको बाली संरक्षण निर्देशनालयद्वारा २०५५ सालदेखि जिल्लामा एकीकृत शत्रुजीव व्यवस्थापन तालिम (कृषक पाठशाला) सञ्चालन भएका कारण न्यौपाने र घिमिरेजस्ता एक हजार कृषक यस अभियानमा लागेका हुन् । जिल्ला कृषि विकास कार्यालयद्वारा सञ्चालित कृषक पाठशाला तरकारी, खाद्यान्न, कफीखेतीमा विषादीको प्रयोग नै नगरी बाली स्याहार्न सकिने रहेछ भन्ने राम्रो सिकाइ भएको मदनपोखराकी अगुवा कृषक सीता पुरी बताउनुहुन्छ । कृषकले बालीमा किरा लाग्नासाथ विषादीको प्रयोग गर्न हुँदोरहेनछ भन्ने जानकारी कृषक पाठशालाबाट सिकाइ भएको चिदीपानीका कृषक देउबहादुर कुँवरको अनुभव छ । “बालीमा लाग्ने सबै किरा शत्रु हुँदोरहेनछ, मित्रु पनि हुँदोरहेछ, विषादीको प्रयोग गर्दा मित्रु किरा पनि मर्छन्” उहाँले भन्नुभयो । पहिचानबिना विषादीको प्रयोग गर्नुहुँदैन । मित्रु किराले शत्रु किरालाई खाएर समाप्त पार्ने, निःसन्तान बनाउने गर्दोरहेछ भन्ने कुरा तालिमबाट सिक्न पाएको रामपुरका कृषक सूर्यप्रसाद रेग्मीले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत थमन कार्कीका अनुसार हालसम्म ५७ वटा पाठशाला, २३ गाविस र दुईवटा नगरपालिकामा सञ्चालन भइसकेका छन् । जसमध्ये ७० प्रतिशत तरकारीखेतीमध्ये गोलभेँडा, काउली, बन्दागोभीमा र ३० प्रतिशत धान बालीमा सञ्चालन भएका थिए । कृषक पाठशाला तथा तालिममा पुरुषभन्दा महिलाको सहभागिता बढी रहेको छ । १६ देखि १९ हप्तासम्म बालीअनुसार सञ्चालन हुने तालिम तथा पाठशालामा एक हजार ४६५ मध्ये ९५२ जना महिला र ५१३ जना पुरुष कृषकको सहभागिता रहेको कार्यालयले जनाएको छ । कृषक पाठशालाबाट कस्तो अवस्थामा विषादीको प्रयोग कसरी गर्ने, प्रयोग गरिसकेपछि कति दिनपछि मात्र उपयोगमा ल्याउने, बिनाविषादीको प्रयोग कसरी गर्नेजस्ता महत्वपूर्ण विषयमा कृषकलाई खेतबारीमा पुगेर सिकाउने गरेको ताहुँ गाविसकी अगुवा कृषक कल्पना केसी बताउनुहुन्छ । कृषकले जथाभावी विषादीको प्रयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने, स्वस्थ खाद्यान्न तथा तरकारी बालीको उत्पादन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको र यो कार्यक्रम निकै प्रभावकारी भएको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले बताउनुभयो । जिल्लामा एकीकृत बाली तथा जल व्यवस्थापन कार्यक्रमअन्तर्गत एकीकृत माटो खाद्यतत्व पाठशालाअन्तर्गत २७ वटा कृषक पाठशाला समेत सञ्चालन भएका छन् । कृषक पाठशाला सञ्चालन भएपछि कृषकमा व्यावसायिक खेती सँगसँगै नियमित रुपमा खेत तथा बारीको अनुगमन तथा निरीक्षण गर्ने, किरा लाग्नासाथ विषादीको प्रयोग नगर्ने, विषादी प्रयोग गर्दा पहिलो पटक घरेलु विषादीको प्रयोग गर्ने, दोस्रो पटक प्रयोग गर्नुपरे किरा नियन्त्रणका लागि जाल तथा पासोको प्रयोग गर्ने प्रविधि सिकेका कारण कृषकले विषादीको प्रयोगलाई निरुत्साहित गरेको रामपुरका ‘हराभरा एग्रोभेट’ सञ्चालक कमल गौतमले बताउनुभयो । कृषक पाठशालामा स्वस्थ बालीको उत्पादन, कृषक आफैँले खेतबारीमा गरेर सिक्ने, बालीबिरुवाको नियमित अवलोकन तथा बालीबिरुवामा लाग्ने शत्रु जीव र मित्रु जीवको पहिचान र अर्गानिक कृषि उत्पादन, विषादीको न्यूनीकरणजस्ता ज्ञान सीप कृषकलाई सिकाइने गरिन्छ ।

]]>
3164 0 0 0
होटल व्यवसायी सङ्गठित http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%a0%e0%a4%bf%e0%a4%a4/ Sat, 12 Sep 2015 02:06:18 +0000 http://www.ghumphir.com.np/?p=3167

काठमाडौँ,  भदौ ।

व्यावसायिक एकता र विकासका लागि कलङ्की क्षेत्रमा होटल व्यवसाय गर्दै आएका व्यवसायीहरू सङ्गठित बनेका छन् । व्यवसायको विकासका साथै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले २०६६ सालदेखि सङ्गठित बनेका यस क्षेत्रका ७२ होटलका सञ्चालकहरू कलङ्की होटल एण्ड गेष्ट हाउस एसोसिएसनमा आबद्ध छन् । व्यावसायिक विकास र सेवाको गुणस्तरियता अभिवृद्धिका लागि क्रियाशील एसोसिएसनले सामाजिक सेवाका क्षेत्रमा पनि विभिन्न काम गर्दै आएको जनाएको छ । यसैबीच एसोसिएसनको चौथो अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । मोहिणीप्रसाद आचार्यको अध्यक्षतामा गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपकबहादुर अधिकारी, उपाध्यक्षमा रुद्र न्यौपाने, सचिवमा तुल्सीराम भण्डारी (कमल), सहसचिवमा सत्यनारायण मेहता र कोषाध्यक्षमा देवीबहादुर राई निर्वाचित हुनुभएको छ । समितिका सदस्यहरूमा बलबहादुर थापा, तुलबहादुर श्रेष्ठ, केदार कोइराला, रमेश बराल एवम् महिला सदस्यमा उषादेवी दाहाल, निर्मला देवकोटा र कुसुम दाहाल खड्का रहनुभएको छ । एसोसिएसनद्वारा आज यहाँ आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सम्मान गर्दै सभासद् ध्यानगोविन्द रञ्जितले व्यावसायिक एकता अभिवृद्धिका लागि व्यवसायीहरू सङ्गठित बन्नु सकारात्मक भएको बताउनुभयो ।

]]>
3167 0 0 0
बेमौसममा सङ्कलनले जडीबुटी लोप हुँदै http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%ae%e0%a5%8c%e0%a4%b8%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%9c%e0%a4%a1%e0%a5%80%e0%a4%ac%e0%a5%81%e0%a4%9f/ Sat, 12 Sep 2015 02:13:50 +0000 http://www.ghumphir.com.np/?p=3170

मुगु,  भदौ ।

जिल्ला वन कार्यालयले बेमौसममा सङ्कलनको अनुमति दिँदा जडीबुटी लोप हुन थालेका छन् । असोजदेखि कात्तिकसम्मका लागि सङ्कलन गर्न उपयुक्त रहेको भनी कार्यालयमा सूचना टाँस गरेको कटुकी नामक जडीबुटी साउन महिनामै सङ्कलन गर्नका लागि जिल्ला वन कार्यालयले पाँचवटा फार्मलाई सङ्कलनको अनुमति दिएको छ । मुगु गाविसका विभिन्न वन क्षेत्रमा पाइने यो जडीबुटी सङ्कलन गर्नका लागि कार्यालयले कटुकी साउन महिनामै दोर्जे स्टोरका तेन्जिन तामाङ, मुगु दोर्जे इन्टरप्राइजेजका देजेनदोर्जे तामाङ, बालक किराना एण्ड स्टेसनरीका प्रेमबहादुर बोहरा, एमके हर्वल्स टे«ड एण्ड सप्लायर्सका केसीबहादुर भण्डारी, सलिना सप्लायर्स एण्ड फेन्सी स्टोर र रारा सूर्योदय जडीबुटी अर्डर एण्ड सप्लायर्सलाई गरी जम्मा १० हजार ५०० किलो सङ्कलन गर्ने अनुमति दिएको छ । यसैबीच कार्यालयको लापर्बाहीका कारण मुगुका वन क्षेत्रमा पाइने जडीबुटी लोप हुने अवस्था सिर्जना हुँदै गएको र बेमौसमको सङ्कलनको अनुमति दिँदा सङ्कलनकर्ता र कार्यालयका केही कर्मचारीबीच आर्थिक चलखेल भएको सर्वसाधारणले आरोप लगाएका छन् । जडीबुटी संरक्षणका लागि मुगु गाविसका नौवटै वडाका सर्वसाधारण र जिल्लास्थित जडीबुटी व्यवसायीले सङ्कलनको अनुमतिपत्र रद्ध गर्न जिल्ला प्रशासन र वन कार्यालय समक्ष माग गरेका छन् । वन क्षेत्रका बहुमूल्य जडीबुडी संरक्षणका लागि उनीहरुले कार्यालय विरुद्ध आन्दोलन समेत गर्ने जिल्ला वन उपभोक्ता समितिका अध्यक्ष मेलबहादुर शाहीले बताउनुभयो । “भदौसम्म बोटको फल झरेको हुँदैन फल नझर्दै सङ्कलन अनुमति दिँदा अर्को वर्ष फेरि बोट कसरी फल्न सक्छ,” मुगु गाविसका उर्गिन तामाङ भन्नुुहुन्छ– “जडीबुटी सङ्कलन गर्नुपर्छ भनेर वन कार्यालयले तालिम दिने अनि आफँै उल्टै सङ्कलन गर्ने समय नपुग्दै अनुमति दिने गरेको छ ।” जुनसुकै जडीबुटी सङ्कलन गर्ने समय आयो त्यो बेला जिल्ला वन कार्यालयले सूचनामार्फत जानकारी दिनुपर्नेमा सुटुक्क अनुमति दिनाले चोरी सिकारीसमेत बढेको अर्का जडीबुटी व्यापारी अङ्क बुढाको भनाइ छ । जडीबुटी परिपक्क हुनुभन्दा पहिल्यै सङ्कलन गरिँदा पछिल्ला वर्षहरुमा पहिलाको जस्तो जडीबुटी वनमा पाउन छोडेको उहाँले बताउनुभयो । वर्षभरि तीन महिना मङ्सिर, पुस र माग महिनामा मात्र कुनै पनि जडीबुटी सङ्कलन अनुमति दिन नसकिने तर अरु नौ महिना सबै किसिमका जडीबुटी सङ्कलनको अनुमति दिन मिल्ने जिल्ला वन कार्यालयका वरिष्ठ अधिकृत शिलानाथ झाको भनाइ छ । असोजदेखि कात्तिकसम्म सङ्कलनका लागि उपयुक्त हुने कटुकी आलो प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ भने सुकेको प्रतिकिलो रु एक हजारदेखि रु एक हजार ८०० सम्ममा स्थानीय तहमा बिक्री हुने गरेको छ । जिल्ला वन कार्यालयले कटुकीको प्रतिकिलो रु १५ का दरले राजस्व लिने गरेको छ ।

]]>
3170 0 0 0
खल्ती नभएको कपडा लगाउन दिएको निर्देशन कार्यान्वयन हुँदै http://localhost/ghum/%e0%a4%96%e0%a4%b2%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%a8%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%aa%e0%a4%a1%e0%a4%be-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf/ Sat, 12 Sep 2015 02:22:00 +0000 http://www.ghumphir.com.np/?p=3173 केदार दाहाल काठमाडौं, २६ भदौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा कार्यरत मजदुरलाई ‘खल्ती नभएको कपडा लगाउन’ ७ वर्षअघि अख्तियारले दिएको निर्देशन निकै चर्चित बनेको थियो । यात्रुका सामान हराउने समस्या बढेपछि अख्तियारले दिएको यो निर्देशन बल्ल कार्यान्वयन हुँदैछ तर यसमा कर्मचारीले नै बखेडा झिकेका छन् । अन्तर्राष्ट्रियस्तरमा समेत निकै चर्चित बनेको यो निर्देशन कार्यान्वयनसँगै तल्लो तहका कर्मचारी तथा मजदुरहरूले अवज्ञा आन्दोलन सुरु गरेका छन् ।

tribhuwan international airpotविमानस्थलमा कार्यरत मजदुरले माथिल्लो निकायका कर्मचारीले पनि सोही पोसाक लगाएमात्र आफूहरूले लगाउने बताएका छन् । साउन २१ देखि नै कार्यान्वयनमा ल्याउन नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ विभागले काम थाले पनि मजदुरहरूले अझै मानेका छैनन् । यो व्यवस्था लागू गरे झन्डै ४ सय मजदुरले खल्तीबिनाको पोसाक लागाउनु पर्नेछ । तर, मजदुर युनियनहरू भने यही निर्णयविरुद्ध बुधबारदेखि आन्दोलनमा छन् । युनियनहरूले विभेदकारी निर्णय बदर नगरे उडान÷अवतरणै अवरोध गर्ने चेतावनी दिएका छन् । अख्तियारको निर्देशन अहिले आएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगम व्यवस्थापनले मजदुरलाई मात्र अनिवार्य गर्न खोजेको आरोप निगमअन्तर्गत विमानस्थल मजदुर युनियनका अध्यक्ष रवीन राईले बताए । “अख्तियारको निर्देशन मान्ने हो भने सबै कर्मचारीलाई लागू गर्नुपर्छ, होइन भने हामी मान्दैनौं,” उनले भने, “विमानस्थलमा भ्रष्टाचार गर्नेहरू माथिबाटै चल्दै आएका छन् तर आरोप एक ठाउँमा ल्याएर विषयान्तर गर्न खोजिएको छ, यो मान्य हुँदैन ।” यता, मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले पहिल्यैदेखि उठेको विषय भए पनि अहिले कार्यान्वयमा लैजान खोजिएको बताए । “यसलाई कसरी व्यवस्था गर्ने भन्ने निगमको हातमा छ,” उनले भने । विमानस्थलमा अनेक झमेला छन् । सामान हराउने समस्या नियमितजस्तै छ । त्यसमाथि कहिले सुन, कहिले डलर त कहिले भ्रष्टाचार काण्डले एकसाथ थुप्रै कर्मचारी पक्राउ परेका घटना सार्वजनिक भइरहन्छन् । यिनै काण्डमा प्रत्यक्ष रूपमा जोडिने मजदुरमाथि नियन्त्रण गर्न खल्तीबिनाको पोसाक अनिवार्य गर्न खोजिएको हो । विमानस्थल कार्यालयले लोड तथा अनलोडमा काम गर्ने मजदुरले यात्रुका सामान निकाल्ने गरेको भन्दै रोक्न यस्तो व्यवस्था गर्न लागिएको बताएको छ । भ्रष्टाचार रोक्न यस्तो व्यवस्था लागू गर्ने भनिए पनि विमानस्थलबाट खुलेआम सुन तस्करीलाई रोक्न नसक्नेहरूले मजदुरको खल्तीमा आँखा लगाएको आरोप थाई एयरवेज मजदुर युनियनका अध्यक्ष जगतबहादुर अधिकारी लगाउँछन् । “यहाँ मजदुरलाई मात्र पेल्न खोजिएको छ, यो राम्रो होइन,” उनले भने । एयर इन्डियाका मजदुर धनबहादुर कार्कीले खल्तीबिनाको पोसाक लगाउन भन्नु मानवअधिकारविपरीत भएको बताए । “मजदुरलाई मोबाइलसमेत बोक्न नदिनु जायज होइन,” उनले भने, “मानवअधिकार हनन् हो ।” निगमको ग्राउन्ड सर्पोट विभाग प्रमुख सुदीप महर्जनले मजदुरहरूको आरोप प्रतिवाद गर्दै अन्तर्राष्ट्रिय मान्यताबमोजिम नै कार्यान्वयन गर्न खोजिएको बताए । “कसरी लागू गर्ने भन्नेमा मजदुर युनियनहरूसँग कुराकानी भइरहेकाले छिट्टै कार्यान्वयन हुनेछ,” उनले भने, “यो निर्णयबाट अब पछि हट्नेछैनौं ।” यता नेपाल ट्रेकिङ–ट्राभल–¥याफ्टिङ–एयरलाइन्स मजदुर युनियनका महासचिव सुमन पराजुलीले भने मजदुरलाई मात्र यस्तो निर्देशन दिनु भनेको ‘नाङ्लो ठटाएर हात्ती तर्साउने काममात्र भएको’ टिप्पणी गरे । “सिधै भ्रष्टाचारमा संग्लग्न उच्च कर्मचारीलाई कारबाही गर्न नसक्नेहरूले मजदुरलाई पेल्न खोज्नु गलत हो,” उनले भने ।साभार :कारोबार

]]>
3173 0 0 0
पुनःनिर्माणमा पराधीनता घटाउनुपर्छ: उपाध्यक्ष पोखरेल http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a5%80%e0%a4%a8%e0%a4%a4%e0%a4%be-%e0%a4%98/ Sat, 12 Sep 2015 15:57:28 +0000 http://www.ghumphir.com.np/?p=3193

काठमाडौँ, २६ भदौ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले भूकम्पपछिको पुनःनिर्माणका क्रममा पराधीनता घटाउनुपर्ने बताउनुभएको छ । हेलम्बु एजुकेशन लाइभ्लीहुड पार्टनरसिप (हेल्प) ले आज यहाँ आयोजना गरेको स्वयंसेवीको सम्मान कार्यक्रममा उपाध्यक्ष डा पोखरेलले आर्थिक, सामाजिक र भौतिक पुनःनिर्माणमा स्वाधीनताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँको उत्पादनले सहरबासीलाई पाल्नुपर्नेमा त्यसको विपरीत भइरहेकामा यो चक्रलाई पनि उल्टाउनुपर्ने बताउनुभयो । डा पोखरेलले भूकम्प प्रभावित विद्यालय र विद्यार्थीलाई सहयोग गरेकामा संस्थालाई आभार व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष जिमी लामाले ‘गोरखा भूकम्प’पछि शैक्षिक र सामाजिक क्षेत्रको राहत, उद्धार र पुनःनिर्माणमा आफूहरुले काम गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा गायक यसकुमार र बाबु बोगटीलगायतलाई पनि सम्मानित गरिएको थियो ।

]]>
3193 0 0 0
हुम्लामा ऐतिहासिक सीमा वार्ता http://localhost/ghum/%e0%a4%b9%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%90%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b5/ Sat, 12 Sep 2015 16:01:22 +0000 http://www.ghumphir.com.np/?p=3196

हुम्ला, २६ भदौ ।

नेपाल–चीनबीच सीमावार्ता भोलि हुम्लाको सिमिकोटमा हुँदैछ । चीनको पुरान काउन्टीका सेक्रेटरी गाओ बोगाउको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली भोलि बिहान ११ बजे सिमिकोट आइपुग्ने प्रमुख जिल्ला अधिकारी कृष्ण घिमिरेले जानकारी दिनुययो । तीन वर्षदेखि हुन नसकेको यो वार्ता नेपालमा पहिलोपटक हुन लागेको हो । यसअघि सो वार्ता चीनमा मात्रै हुँदै आएको थियो । यसपटक आफ्नो विशेष यो वार्ता नेपालमा हुन लागेको प्रजिअ घिमिरेले बताउनुभयो । वार्ताका लागि मन्त्रालयबाट स्वीकृतसमेत लिइएको उहाँले जानकारी दिनुभयो । वार्तामा सीमाबाट हुने अवैध गतिविधि रोक्ने, पशु चरणसम्बन्धी समस्या, हिन्दू तथा बौद्ध धर्मावलीहरुको पवित्र तीर्थस्थल कैलाश मावरोवरको दर्शन, पुरान काउन्टीका लगानीकर्ता जिल्लाका आकर्षित गर्ने, हम्लाको उत्तरी क्षेत्र हिल्सामा चीनबाट विद्युत् विस्तारलगायत विषयमा छलफल हुने प्रजिअ घिमिरेले जानकारी दिनुभयो । वार्तामा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा स्थानीय विकास अधिकारी रवि भट्टराई, प्रहरी नायब उपरीक्षक त्रिलोकबहादुर चन्द, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपाने, राष्ट्रिय अनुसन्धानका होमराज रेग्मी सहभागी हुने कार्यक्रम छ । चिनियाँ टोली हुम्ला आउने भएपछि जिल्ला सदुरमकामा सरसफाइ र विभिन्न ठाउँमा स्वागत द्वारसमेत बनाइएको छ । टोलीलाई बाजागाजा तथा झाँकीसहित स्वागत गर्ने कार्यक्रम छ । वार्तापछि पाहुना टोलीलाई रारा तारा घुमाउने कार्यक्रम रहेको जनाइएको छ ।

]]>
3196 0 0 0
सम्पदा पुनःनिर्माणमा भारतको सहयोग रहने :रे http://localhost/ghum/%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a6%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%b0/ Sat, 12 Sep 2015 16:07:05 +0000 http://www.ghumphir.com.np/?p=3199

ललितपुर, २६ भदौ ।

नेपालका लागि भारतीय राजदूत रञ्जित रेले ऐतिहासिक नगरी खोकना र बुङ्मतीमा रहेका सम्पदा पुनःनिर्माणमा सहयोग गरिने बताउनुभएको छ । ललितपुर विकासका लागि समाज संस्थाको आज भएको नवौं वार्षिक साधारणसभामा उहाँले वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्राचीन नगरी ललितपुरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विश्व सम्पदामा रहेका संस्कृति र सम्पदा जोगाइराख्न भारत सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो संस्कृति र सम्पदा बचाउन देशकै जिम्मेवारी भएकाले यस कार्यमा भारत सरकारबाट सहयोग गर्ने मात्र हो भन्दै उहाँले पुनःनिर्माण कार्यमा यहाँका नेतृत्वमा भएको दृढ विश्वासले सबैको मन जित्न सफल हुनेमा आपूm विश्वस्त रहेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्याक्ष प्रा डा गोविन्दराज पोखरेलले पुनःनिर्माण कार्यमा आम नेपाली एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।संस्थाका अध्यक्ष बुद्धिराज बज्राचार्यले ललितपुर विकासका लागि आप्mनो संस्थाबाट आवश्यक पहल गरिरहेको बताउनुभयो ।

]]>
3199 0 0 0
बन्दले होटल व्यवसायीलाई चार अर्ब घाटा http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-2/ Sat, 12 Sep 2015 16:11:49 +0000 http://www.ghumphir.com.np/?p=3202

पथरी (मोरङ), २६ भदौ ।

मधेस केन्द्रित दलले आह्वान गरेको लगातार एक महिनादेखि विराटनगर बन्दका कारण यहाँका होटल व्यवसायीलाई चार अर्ब घाटा भएको छ । नेपाल होटल एसोसिएसन (हान)का केन्द्रीय सदस्य राजन श्रेष्ठका अनुसार एक महिना यता होटल सुनसान भएका छन् । बन्दका कारण यातायत नचल्दा पर्यटक आउन सकेका छौनन् भारतीय पर्यटकको भरमा चल्ने विराटनगरका होटल यतिखेर सुनसान भएका छन् । विभिन्न सीमा नाकाबाट दैनिक दुई हजार पर्यटक पूर्व आउने गरेकामा यतिखेर होटलमा पर्यटकको मात्रा शून्य रहेको पूर्वाञ्चल क्षेत्रीय होटल सङ्घले जनाएको छ । पछिल्लो समय विभिन्न धार्मिक महोत्सव चलिरहेकाले दैनिक दुई हजारको सङ्ख्यामा पर्यटक आउने गरेका थिए । पूर्वाञ्चल क्षेत्रीय होटल व्यवसायी सङ्घका अध्यक्ष सुरेश भट्टराईले एक महिनायता यातयातका साधन चल्न नपाउँदा पर्यटन व्यवसाय पूरै सुनसान भएको बताउनुभयो । विराटनगरमा ठूला र साना गरेर झन्डै एक सयको हाराहारीमा होटल सञ्चालित छन् । नेपाल होटल एसोसियसन (हान)का केन्द्रीय सदस्य राजन श्रेष्ठले चाँडोभन्दा चाँडो वार्ताको माध्यमबाट बन्द हडतालजस्ता समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो ।

]]>
3202 0 0 0
गलैँचा व्यापारबाट मनग्य आम्दानी लिँदै ओलाङ्चुङगोलावासी http://localhost/ghum/%e0%a4%97%e0%a4%b2%e0%a5%88%e0%a4%81%e0%a4%9a%e0%a4%be-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ae%e0%a4%a8%e0%a4%97%e0%a5%8d%e0%a4%af/ Sat, 12 Sep 2015 16:25:39 +0000 http://www.ghumphir.com.np/?p=3205

ताप्लेजुङ, २६ भदौ ।

धेरैजसो तिब्बततर्फ निर्यात हँुदै आएको गलैँचाको मूल्य र माग बढेसँगै ताप्लेजुङको ओलाङ्चुङगोलावासीले मनग्य आम्दानी लिन थालेका छन् । केही वर्षअघि सम्म घाटा व्यहोर्दै आएका गलैँचा व्यवसायीले पछिल्लो समयमा मूल्य र माग बढेपछि गलैँचा व्यवसायबाट मनग्य फाइदा लिन थालेका हुन् । ताप्लेजुङको सदरमुकामदेखि २२ कोष उत्तरमा अवस्थित ओलाङ्चुङगोलाका स्थानीयवासीले बनेको गलैँचा धेरैजसो तिब्बत निर्यात हुने गरेको स्थानीयवासी छेतेन डण्डु शेर्पाले बताएका छन् । पछिल्लो ६ महिनाको अवधिमा करिब चार सय ५० भन्दा बढी गलैँचा तिब्बत निर्यात भएको व्यवसायीको भनाइ छ । यहाँका स्थानीयवासीको प्रमुख काम पशुपालन व्यवसाय, जडीबुटी सङ्कलन र गलैँचा व्यापार नै हो । यहाँका धेरैजसो महिलाले घरको कामसँगै गलैँचा बुन्ने गर्छन् भने पुरुषले चौँरी पाल्ने, छुर्पी बनाउने, जडीबुटी सङ्कलन र व्यापार गर्ने गर्छन् । समुन्द्र सतहदेखि तीन हजार मिटरभन्दा माथिको भू–भागमा अवस्थित ओलाङ्चुङगोलामा छिट्फुट रुपमा आलु खेतीबाहेक अन्य खेतीपाती नहुने हुँदा वर्षौंदेखि स्थानीयवासीले गलैँचा व्यवसायलाई नै जीवन निर्वाहको प्रमुख आधार बनाउँदै आएका छन् । केही वर्षअघि सम्म आवश्यक पर्ने कच्चापदार्थ तिब्बतबाटै खरिद गर्ने गरे पनि हिजोआज गलैँचाका लागि आवश्यक कच्चापदार्थ तिब्बतबाट नै ल्याउँदै आएकामा हिजोआज काठमाडौँबाट खरिद गरेर लाने गरेका छन् । गलैँचा बन्ने धागो तिब्बतमा पाइनेभन्दा नेपालकै गुणस्तरीय हुने भएकाले काठमाडाँैबाट खरिद गर्ने गरिएको व्यवसायीले बताएका छन् । ओलाङ्चुङगोलावासीका यी गलैँचा व्यवसायीलाई कहिलेकाहीँ चिनियाँ बजारमा हुने उतारचढाब र उत्तरी ओलाङ्चुङगोला नाका नियमितरुपमा सञ्चालन नहुँदा बजारीकरणमा समस्या आउने गरेको छ । ओलाङ्चुङगोला ताप्लेजुङ सदरमुकामबाट तीन दिनको पैदल दूरीमा पर्छ ।

]]>
3205 0 0 0
ढोरपाटन सिकार आरक्षमा सिकारको राजस्व बढ्यो http://localhost/ghum/%e0%a4%a2%e0%a5%8b%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%9f%e0%a4%a8-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%86%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%bf/ Sat, 12 Sep 2015 16:40:55 +0000 http://www.ghumphir.com.np/?p=3208 ढोरपाटन सिकार आरक्षमा सिकारको राजस्व बढेको छ। गत वर्षको तुलनामा यो वर्ष झारल सिकारमा तीन लाख रुपैयाँ राजस्व बढेको हो। विदेशी सिकारीले यो वर्षको पहिलो सिकार याममा नौ लाख ३१ हजार रुपैयाँ तिरेर एउटा झारलको सिकार गर्नेछन्। आरक्षमा झारल सिकार विदशी सिकारीको पहिलो रोजाइमा पर्ने गरेको छ।
सिकार एजेन्सीबीचको बढ्दो प्रतिस्पर्धाले सिकारको दर बर्सेनि बढ्दै गएको आरक्ष कार्यालयले जनाएको छ। अघिल्लो वर्ष सिकारीले  छ लाख २६ हजारमा झारलको सिकार अनुमति पाएका थिए। झारल नाउरभन्दा आकर्षक भएको र भिर पहारामा खेल्ने भएकाले सिकारी झारलको सिकार गर्न बढी रोमाञ्चक अनुभव गर्ने गरेका छन्।
आउँदो असोजदेखि मङ्सिरसम्म चल्ने सिकारको पहिलो यामका लागि ६ झारल र १३ नाउरको सिकार अनुमति दिइएको कार्यालयका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए। “सिकारी पठाउने एजेन्सीबीचमा प्रतिस्पर्धा छ, विद्युतीय बोलपत्रबाट सिकारी पठाउने एजेन्सी छानिने गर्छन्”, अधिकृत श्रेष्ठले भने “सिकारी पनि सिकारमा जान बढी आकर्षित हुने भएकाले राजस्वको दर पनि बढ्दै गएको छ।”
आरक्ष क्षेत्रमा झारलको सङ्ख्या कम भएकाले बर्सेनि सिकारका लागि कम कोटा छुट्याउने गरिएको छ। आरक्षमा प्रत्येक वर्षको असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई सिकार यामका लागि सिकार खुल्ला हुने गरेको छ। वन्यजन्तु विभागले सिकारका लागि आह्वान गरेको विद्युतीय बोलपत्रबाट नेपाल वाइल्ड लाइफ एडभेन्चर प्रालि हिमालयन सफारी प्रालि ट्र्याक एन्ड टे«ल्स, नेपाल वाइल्ड लाइफ सफारी र ग्लोबल सफारीले सिकारी पठाउन स्वीकृति पाएका छन् ।
सिकार अनुमति पाउनेमा बढी युरोपियन देश र अमेरिकाका सिकारी रहेको अधिकृत श्रेष्ठले बताए। विदेशबाट आउने तालिमप्राप्त सिकारी हप्तौँ दिन आरक्षमा रहेका ‘सिकार ब्लक’ बसी सिकारमा रमाउने गरेका छन् । बर्सेनि विभागले २६ नाउर र ११ झारलका लागि सिकार अनुमति प्रदान गर्ने गरेको छ। अन्य वन्यजन्तु, चरा पनि सिकार गर्न पाउने व्यवस्था भए पनि सिकारी झारल र नाउरको सिकारका लागि ढोरपाटन पुग्ने गर्छन्।
नाउरको सिकार गरेबापत सिकारीले न्यूनतम एक लाख २५ हजारदेखि अधिकतम तीन लाख ३० हजारसम्म राजस्व बुझाउने गरेका छन्। यो वर्षको पहिलो याममा सिकार अनुमति पाएका सिकार एजेन्सीले आगामी असोज १९ गतेदेखि सिकारी आरक्षमा पठाउनेछन् । आरक्ष क्षेत्रमा रहेको सात सिकार ‘ब्लक’मध्ये सुर्तिवाङ ‘ब्लक’ मा नाउर र झारल दुर्लभ भएकोले सिकारमा रोक लगाइएकोे छ ।
त्यस्तै सुनदह ‘ब्लक’ भौगोलिक हिसाबले अत्यन्तै विकट र टाढा भएकाले विगत केही वर्षयता सिकारी पुग्न नसकेको अधिकृत श्रेष्ठले जानकारी दिए। फागुन–वैशाखमा चल्ने दोस्रो सिकार याममा १३ नाउर र पाँच झारलका लागि सिकारका लागि अनुमति दिइनेछ। सिकारबाट मात्रै वार्षिक करोडभन्दा बढी राजस्व सङ्कलन हुने गरेको छ।
]]>
3208 0 0 0
भूकम्प र बन्दले मुलुकको अर्थतन्त्रलाई २० औं वर्ष पछि पर्यो http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%85/ Sun, 13 Sep 2015 01:42:01 +0000 http://www.ghumphir.com.np/?p=3211 छविलाल बगाले

लमजुङ, २७ भदौ :

वैशाख १२ को भूकम्पले थलिएर बसेको आर्थिक क्षेत्र उठ्न नपाउँदै तराईको बन्दले झनै थला पारेको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । लमजुङ उद्योग बाणिज्य संघको २९ औं साधारण सभाको उद्घाटन गर्न लमजुङ आएका श्रेष्ठले भूकम्प र बन्दले मुलुकको अर्थतन्त्रलाई २० औं वर्ष पछि धकेलेको बताएका हुन् ।

‘भूकम्पले १४ जिल्लाको अर्थतन्त्र कमजोर पारिरहेको छ । तराईमा लामो समयदेखि जारी बन्द हडतालजस्ता गतिविधीले उद्योगी व्यवसायीहरु समस्यामा परेका छन् ।’ श्रेष्ठले भने, ‘उद्योगी, व्यापारीहरुसँग चन्दा मागेर बन्द हडताल गर्नेहरु राजनैतिक दलहरु आज तिनै उद्योगी व्यापारीलाई निशाना बनाइरहेका छन्, यस्तो पनि हुन्छ ?’

उनले भने, ‘बन्दका कारण आज तराई भेगमा भएका उद्योग कलकारखानाहरु बन्द भएका छन् भने कतिपय तोडफोड भएका छन् । राज्य निरिह भएर बसेको छ । खोई हामीहरुलाई सुरक्षा ?’ बन्दकर्ताहरु प्रति आक्रोश पोख्दै उपाध्यक्ष श्रेष्ठले लगातार बन्द हडताल गरिरहने हो भने सरकारी कोषमा २ अर्ब रुपैयाँ जम्मा गरेर मात्रै बन्द गर्न बन्दकर्ताहरुलाई आग्रह गरेका छन् । राजनैतिक पार्टी चलाउनको लागि उद्योगीहरुलाई धम्क्याउने, पैसा लिएर जाने अनि तिनै उद्योगीको उद्योग, कलकारखानाहरु तहसनहस हुनेगरी फुटाउने यो कस्तो बन्द हो श्रेष्ठले प्रतिप्रश्न गरे ।

निरन्तर बन्दको कारण मोरङ, सुनसरी औधोगिक करिडोरसहित पूर्वाञ्चलमा दैनिक अर्बौको नोक्सान भएको बताउँदै श्रेष्ठले बन्दका कारण उद्योगमा राखिएको कच्चापदार्थ समेत नष्ट हुदै गएको प्रति दुःख ब्यक्त गरे । ‘सरकारले शान्ति सुरक्षाको प्रत्याभुति नगर्दा उद्योगहरु बन्दकर्ताको निसाना बन्दै जान थालेको छ ।’ उनले भने, ‘बन्दका कारण उद्योग कलकारखाना मात्रै हैन समग्र बजार नै ठप्प छ । उद्योग नचल्दा मजदुर कर्मचारीहरुको रोजीरोटी खोसिएको छ ।’

एक अर्को प्रसंगमा उपाध्यक्ष श्रेष्ठले खोलामा त्यसै बगिरहेको पानीमा लमजुङे जनताको भविष्य रहेको बताए । बाह्रै महिना अटुट रुपमा बगिरहेको खोलाको पानीलाई सदुपयोग गरेमा लमजुङमात्रै नभई  मुलुक नै सम्बृद्ध हुने श्रेष्ठको भनाई थियो । ‘मेरो र उसको खोलो नभनी जिल्लामा लगानीमैत्री वातावरणको सिर्जना गर्नुपर्छ’ उनले भने, ‘लमजुङे जनाता सबैले जलविद्युतको क्षेत्रमा लगानी गर्नुस ।’

लमजुङमै २५ सयदेखि ३ हजार मेगावाटका जलविद्युत आयोजनाहरु निर्माण गर्ने हो भने देशभरी भएको जलविद्युतको मागलाई पुरा गर्ने भन्दै लगानीमैत्री वातावराणको प्रबन्ध मिलाउनुपर्ने उनको भनाई थियो । ‘जलविद्युत आयोजना यस्तो उद्योग हो, जुन उद्योगमा लगानी गर्ने ब्यक्तिहरुले ३०–३५ वर्षपछि राज्यलाई नै फिर्ता गर्छन्’, उनले भने, ‘यदि सबैले आफ्नो खोलो र उसको खोलो भनेर अपनत्व बोकेर बस्ने हो भने बाहिरको लगानी आउँदैन् ।’

]]>
3211 0 0 0
बन्द हडतालको फाइदा उठाउँदै तस्करहरु http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%b9%e0%a4%a1%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a4%be%e0%a4%87%e0%a4%a6%e0%a4%be-%e0%a4%89%e0%a4%a0%e0%a4%be%e0%a4%89%e0%a4%81/ Sun, 13 Sep 2015 01:45:31 +0000 http://www.ghumphir.com.np/?p=3214 नेपालगन्ज, २७ भदौ : बन्द हडतालको बेला प्रहरी प्रशासनको समग्र ध्यान शान्ति सुरक्षा स्थापना गर्नमा केन्द्रित भएको मौका छोपेर नेपाल–भारत सीमानामा विभिन्न सामानको तस्करी मौलाउन थालेको छ । बन्द हडतालको फाइदा उठाउँदै तस्करहरु नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ विभिन्न प्रतिबन्धित सामानहरु ओसारपसारमा सक्रिय रहेको पाइएको छ । यहाँस्थित नेपाल–भारत नाकाको प्रमुख बाटो र अन्य साइडबाटोहरुबाट अहिले ठूलो मात्रामा भन्सार छलेर सामान भित्र्याउनेहरु सक्रिय रहेका छन् । यस्तै नेपालतर्फबाट पनि सोही बाटो भएर प्रतिबन्धित जडिबुटीदेखि लिएर सुन चाँदी तथा सुपारीलगायतको ठूलो मात्राको सामानहरु भारततर्फ पुर्याउने गरिएको छ । अहिलेको संवेदनशिल अवस्थालाई मध्यनजर गरि अधिकांश सुरक्षाकर्मीलाई शान्ति सुरक्षा कायम गर्न खटाइएकोले सीमानामा दुवैतर्फबाट तस्करी बढेको बाँके प्रहरीले  स्वीकारेको छ । सीमा नाकाबाट अवैध रुपमा हुने गरेको चोरी पैठारी र निकासी रोक्न सीमानामा स्थापना गरिएको सशस्त्र प्रहरी कार्यालयका अधिकांश प्रहरीलाई पनि सुरक्षामा खटाइएकोले तस्करी बढेको प्रहरीको भनाई छ । सोही कारणले पछिल्लो समयमा आएर सीमाना वारीपारी गराउदै गरिएको अवस्थामा धेरै सामानहरु पक्राउ समेत गरिएको जिल्ला प्रंहरी कार्यालय बाँकेले जनाएको छ । सोही क्रममा प्रहरीले ठूलो मात्रामा महिलाको भित्री वस्त्र सहित दुई तस्करलाई पक्राउ गरेको छ । भारतबाट भन्सार छलेर नेपाल ल्याइएको १ लाख ७४ हजार बराबरको ब्रा प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार प्रहरी नायब निरीक्षक कृष्ण देव प्रसाद शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालगन्ज–१६ बाट उक्त कपडा पक्राउ गरेको हो । प्रहरीले तस्करीमा संलग्न जिल्ला बाँके साहिगाउँ ८ बस्ने ईफान अन्सारी र बिध्या प्रसाद धोवीलाई कपडा सहित नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुमाथि आवश्यक अनुसन्धान अघि बढाएको जानकारी समेत दिएको छ । यस्तै भारततर्फ गइरहेको मोटरसाइकलको तेल ट्यांकी भित्र लुकाएर राखेको ३० किलो चाँदी पनि पक्राउ गरिएको छ । यसैगरी सुपारी र जडिबुटी पनि ठूलो मात्रामा दिनदिनै भारततर्फ गइरहेको जानकारी आएको प्रहरीले जनाएको छ ।  सीमानामा तस्करी बढ्न थालेपछि सोमवारबाट नाकाहरुमा प्रहरी गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । केही समययता गस्ती र प्रहरी सतर्कता अली कम भएको बेलामा नाकामा अवधै सामान ओसार पसार बढेपछि पुनः गस्ती बढाईएको सो कार्यालयले जनाएको छ ।]]> 3214 0 0 0 गिद्ध नेपालमा १० वर्षको अवधिमा ९५ प्रतिशत घटे http://localhost/ghum/%e0%a4%97%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%a6-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%85/ Sun, 13 Sep 2015 01:49:37 +0000 http://www.ghumphir.com.np/?p=3217 लक्ष्मण ढुंगाना

बर्दिया, २७ भदौ :

प्रकृतिको कुचिकारको रुपमा रहेका गिद्ध नेपालमा १० वर्षको अवधिमा ९५ प्रतिशत घटेको पाइएको छ । गिद्ध घट्दै जानुमा पशुमा प्रयोग गरिने डाइक्लोफेनाक नामक औषधि प्रमुख कारण भएको अनुसन्धानबाट देखिएको बताइएको छ ।

velture

नेपालका ४६ वटा जिल्लालाई डाइक्लोफेनाक नामक औषधि मुक्त जिल्ला घोषणा गरिएको भएपनि घोषणा गरिएका जिल्लामा एग्रोभेट संचालकहरुले उक्त औषधि बेचबिखन गरेको पाइएको गिद्ध संरक्षणकर्मीहरु बताउँछन् । गिद्धको संख्या घटेपछि गिद्ध लोप हुनबाट बचाउन नेपालका कैलाली, दांग नवरपरासीलगायतका ६ स्थानमा गिद्ध संरक्षण केन्द्रको स्थापना गरी गिद्धलाई संरक्षण गर्न थालिएको छ ।

संसारमा २३ प्रजातीका गिद्ध पाइन्छ । जसमा दक्षिण एसियामा पाइने ९ वटै प्रकारका गिद्धहरु नेपालमा पाइन्छन । गिद्ध मरेको जनावरको सिनो खाएर बाँच्ने पंक्षि हो । प्रकृतिबाट गिद्ध लोप भएमा सिनोबाट उब्जने बिभिन्न प्रकारका हैजा, महामारी तथा अन्य रोगहरुको प्रकोप बढ्न सक्ने भएकोले प्रकृतिका कुचिकार गिद्धको संरक्षण गर्न संरक्षणकर्मीहरुले आग्रह गरेका छन् ।

सातौं अन्तराष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा बर्दिया प्रकृति संरक्षण क्लवले एग्रोभेट संचाकहरुसंग गिद्ध संरक्षणका विषयमा संचालन गरेको अन्तक्रिया कार्यक्रममा लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणको निम्ती आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने क्लवका अध्यक्ष रामबहादुर शाहीले बताए ।

गिद्धहरु प्रकृतिका कुचिकार भएकोले गिद्धले पारिस्थितिकीय प्रणालीमा सुधार ल्याउनुका साथै जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा गिद्धको संरक्षणको लागि सवैले लाग्नुपर्ने उनको भनाई छ ।

]]>
3217 0 0 0
गजुलकोटको इतिवृत्ति http://localhost/ghum/%e0%a4%97%e0%a4%9c%e0%a5%81%e0%a4%b2%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%a4%e0%a4%bf%e0%a4%b5%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%bf/ Sun, 13 Sep 2015 01:53:44 +0000 http://www.ghumphir.com.np/?p=3220 डा. बालकृष्ण सुवेदी
नेपालको इतिहासमा सबैभन्दा कम उल्लेख भएको बाइसीराज्य मध्ये गजुलकोट पनि पर्छ। यसको स्थापना विसं १५०५ तिर भएको मानिन्छ। विसं १८४३ मा नेपाल एकीकरण हुने क्रममा गजुलकोटका राजा गजिन्द्र पाल सिनले दामोदर पाँडे नेतृत्वमा गएको टोलीले अत्याधुनिक हतियार भएको गोर्खाली सैनिकसँग खुकुरी, तरबार, धनुष, घुँएत्रो, गुलेलीलगायत हतियारबाट स्वतन्त्रता कायम राख्न नखोजेका होइनन्। तर झरालु सैनिकका भरमा करिब पाँच सय जनाको गोर्खाली पेसावाल तथा अत्याधुनिक शस्त्र लिएका सैनिकसँग लड्नु सम्भव थिएन। फलस्वरूप विसं १८४३ कात्तिकमा गजुलकोट राजाको छत्रभंग भयो।
rolpa ko gajulkot
नेपालमा एकीकरण भइसकेपछि गजुलकोट राज्य चीर निद्रामा सुतेको अवस्था रह्यो। तत्कालीन विदेशीले बाइसी राज्यको सूची बनाउँदा यसको नामोच्चारण आफ्नै हिसाबले गरे, तर यसको विस्तृत अध्ययन गर्ने प्रयास गरेनन्। इतिहासविद् प्राध्यापाकद्वय सूर्यमणि अधिकारी र राजाराम सुवेदीले यस राज्यबारे केही केलाउने प्रयास गरेका छन्। गजुलकोट रोल्पा जिल्लाको गजुल गाविसको नामले चिनिन्छ। हालका करिब ३८ गाविस तथा सदरमुकाम लिवाङ पनि यसै राज्यअन्तर्गत पर्थ्यो। त्यस बेला यसको आबादी करिब दुई हजार घरधुरी रहेको मानिन्छ। लिवाङदेखि पूर्व २२ किलोमिटर दुरीमा पर्छ, गजुलकोट। व्यापारिक केन्द्र सुलिचौरबाट करिब २० किमि दुरी तथा स्वर्गद्वारी जाने बाटो भिंग्रीबाट ५० किमिमा पर्छ। रोल्पाको मिझिङसम्म काठमाडौं, बुटवल, नेपालगन्ज, दाङको घोराही तथा तुलसीपुरसँग पिच बाटोले जोडिएको छ र नियमित बस सेवाबाट पुग्न सकिन्छ। मिझिङदेखि गजुलकोटसम्म १२ किमि कच्ची छ। हिउँदमा सुलिचौर या लिवाङबाट जीप लिएर जान सकिन्छ। हाइकिङप्रेमीका लागि बाटोे आकर्षक छ। करिब तीन घन्टामा मिझिङबाट गजुलकोट पुगिन्छ। गजुलकोटको मौसम समशीतोष्ण छ। धेरै गर्मी पनि नहुने तथा धेरै जाडो पनि नहुने। गजुल खोलाले सिँचाइ गरेको हुँदा यहाँ धान तथा गहुँ र सिँचाइ नहुने ठाउँमा मकै, जौ, कोदो, दाल दलहन तथा आलु प्रशस्त उत्पादन हुन्छ। मौसमी फलफूल पनि। नुवाकोट मिझिङदेखि गजुलकोट जाने बाटोमा नुवाकोट पर्छ। यसको ऐतिहासिक नाम नुवाकोट नभई नयाँकोट थियो। गजुलकोटे राजासँग कुरा नमिल्दा उनकै भाइले दरबार बनाएर 'नयाँकोट' नाम राखिबसेको भनाइ छ। कालान्तरमा नाम परिवर्तन भई नुवाकोट भएको बुझिन्छ। हाल यहाँ मन्दिरको भग्नावशेष छ। दरबारको भग्नावशेष भेटिन्छ। ठाँटी–चौतारा सात वटा बाटा जोडिने यस संगमस्थलमा एउटा चौतारी छ। यसलाई ऐतिहासिक रूपमा ठाँटी पनि भनिन्छ। यहाँ ५५ वर्षअघि स्थापना गरिएको शिलालेख छ, जसले गजुलकोट स्थापनाबारे बताउँछ। यो संरक्षणको पर्खाइमा छ। भनिन्छ, गजुलकोटका प्रथम राजा तथा सिनले यही चौतारीमा पगरी फुकाली पिपलको रूखमुनि विश्राम लिएको समयमा स्थानीयले उनलाई गजुलकोटको राजा हुन आग्रह गरेका थिए। त्यसपछि उनी गजुलकोट राज्यका संस्थापक भए। जुन ताम्रपत्र तथा सुवेदी वंशावली उल्लेख छ। पाटेश्वरी मन्दिर गजुलकोट दरबार जाने बाटोमा पर्ने मन्दिर ऐतिहासिक महŒवको मानिन्छ। राजा तुथा सिनले विसं १५०९ मा स्थापना गराएको मन्दिर। राजा भइसकेपछि देवी दुर्गाको पूजा गर्न मन्दिर बनाइएको र त्यस बेलादेखि नै वर्षको दुईचोटि असोज र चैतमा दसैं (अष्टमी) का दिन मेला लाग्छ र बलि चढाइन्छ। विगतमा गजुलकोट राज्य अन्तर्गतका सबै गाउँबाट मन्दिरमा नियमित अन्न, फलफूल तथा बलिका लागि जनावर ल्याइन्थ्यो। तर, 'पञ्चायतीकरण' तथा गाविसकरण भइसकेपछि यो क्रम टुट्दै जाँदा आयस्ता घटी मन्दिर कमजोर अवस्थामा छ। गजुलकोट दरवार गजुलकोट टाकुरोमा छ। टाढाबाट हेर्दा ठ्याक्कै गजुरजस्तै देखिन्छ। गजुर आकार भएको टाकुरामा कोट भएकाले गजुलकोट भनिएको। गजुलकोटमा दरबार थियो। दरबारअगाडि चौर छ, जसमा सिपाही परेड खेल्थे। धनुषवाण अभ्यास गर्थे। ठेलो फाल्थे। भनिन्छ, त्यस बेला दरबारअगाडि निकै ठूलो चौर थियो। पछि भूकम्प र मुसलधारे वर्षाले चारैतिरबाट काट्दै गर्दा सानो टाकुरोमात्र रहन गयो। संरक्षण अभावमा बिग्रँदै गएको छ। त्यस बेला भारतको तुल्सीपुरबाट कालिगड झिकाई इँटा र झिँगटी स्थानीय स्तरमै तयार पारी दरबार बनाइएको थियो। तीनतले दरबारको पहिलो तलामा पूर्वतिर पुरोहित र पूजाका लागि स्थान छुट्याइएको थियो भने पश्चिमतिर पूर्वाभिमुख पारी राजाको आसन। दोस्रो तलालाई बैठककोठा भनिन्थ्यो र सिंहासन पनि त्यहीँ थियो। तेस्रो तला राज परिवारको शयनागार थियो। १९९० सालको भूकम्पले दरबारलाई क्षति पुर्यातयो। यसको संरचना कमजोर हुँदै गयो र २०२० सालतिर आइपुग्दा–नपुग्दै छाना भत्कियो। चारैतिर घेरिएको काठे बार्दली पनि मक्कियो। स्थानीयको श्रमदानबाट खरको छाना लगाइयो। त्यो पनि धेरै दिन टिकेन। विसं २०३८ मा आएको भूकम्पले दरबार क्षतविक्षत भयो। दरबारका इँटा र समान चोरिए या जमिनमुनि दबे। अतः गजुलकै जनताको श्रमदानबाट विसं ०४२–४३ तिर पुरानो दरबारको भग्नावशेष भत्काई सानो आकारको ढुंगा र माटोको जोडाइ भएको र प्लास्टर गरिएको दुईतले पक्की घर बनाइयो। यही नै हालको गजुलकोटको चिनारी बनेको छ। पानी पोखरा गजुलकोटदेखि उत्तर करिब ३० मिनेट पैदल दुरीमा पानी पोखरा भन्ने ठाउँ छ। यस ठाउँमा योद्धाले लडाइँ गरेर फर्केपछि तरबार, खुँडा, खुकुरीजस्ता हतियार धुन्थे। पछिसम्म पोखरीमा घर पाल्तु जनावरलाई पानी पिउन निषेध थियो। एकीकरणपछि नेपाललाई प्रशासनिक रूपमा बाँड्ने क्रममा प्युठानलाई गौंडा कायम गरी गजुलकोट राज्यलाई बाइसखुवा थुम नामकरण गरिएको बूढापाका बताउँछन्। २२ वटा गाउँबाट धेरै किसिमका वस्तु कूतका रूपमा बुझाइने भएकाले गजुलकोट राज्यको नाम 'बाइसखुवा थुम' नामकरण गरिएको अनुमान छ। राणाकालमा पनि बाइसखुवा नाम प्रचलनमा रह्यो। पञ्चायतकालमा सबै गाउँ 'पञ्चायत' र बहुदल पछि गाविसमा परिणत भए। यसरी समयको चक्रमा 'गजुलकोट' राज्यका धेरै ऐतिहासिक कुरा समयको गर्भमा पुरिए। पुरातात्विक उत्खनन पनि नभएको अवस्थाका साथै दस्तावेज पनि नभएकाले यसको गरिमा ओझेल परेको छ। अन्य बाइसी र चौबीसी राज्यका बारेमा व्यापक चर्चा र अन्वेषण भए पनि गजुलकोट सदैव उपेक्षित रह्यो। हाल नेपालका माओवादी भन्नेबित्तिकै रोल्पाको नाम टाँसिन आइपुग्छ, जसले गर्दा ऐतिहासिक 'गजुलकोट' राज्यका सन्दर्भमा कालो दाग लागेको महसुस हुन्छ। जब कि यसको आफ्नै गौरवपूर्ण अतीत छ। इतिहासको एउटा कालखण्डमा स्वतन्त्र राज्य भएर करिब साढे तीन सय बर्ष बाँचेको गजलुकोट अस्तित्वविहीन जस्तै बनाइएको छ। जब कि लामो इतिहास बोकेको हिसाबले रोल्पाको नाम 'गजुलकोट' जिल्ला रहनुपर्ने होे। जाजरकोट, कालिकोट, पाल्पा, मकवानपुर या गोरखाजस्तै। अब यो जिम्मा संघीयताको नामकरण गर्ने पण्डितलाई। हेरौं, उनीहरूले इतिहासलाई कत्तिको सम्मान गर्छन्!
]]>
3220 0 0 0
मोहरेडाँडाको सौन्दर्य (फोटो-फिचर) http://localhost/ghum/%e0%a4%ae%e0%a5%8b%e0%a4%b9%e0%a4%b0%e0%a5%87%e0%a4%a1%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8c%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%af-%e0%a4%ab/ Sun, 13 Sep 2015 02:05:17 +0000 http://www.ghumphir.com.np/?p=3223 सन्तोष गौतम
पहाडी जिल्ला म्याग्दी पर्यटकीय हिसाबले सम्भावनायुक्त मानिन्छ। धौलागिरि, अन्नपूर्ण, गुर्जा हिमाल, ढोरपाटन सिकार आरक्ष, घोरेपानी, पुनहिल, खोप्रा, अन्धगल्छी, तातोपानी कुण्ड, रुप्से छहराजस्ता थुप्रै प्राकृतिक सौन्दर्यको भण्डार हो म्याग्दी। उल्लेखित ठाउँमा पर्यटक चहलपहल हुन्छ। म्याग्दीमा अरू थुप्रै सुन्दर गन्तव्य छन्। त्यस्तै एउटा ठाउँ हो– मोहरे डाँडा।

पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्द्धनात्मक गतिविधिको पर्खाइमा छ राम्चे गाविसको मोहरे। एकै स्थानबाट हिमशृंखला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिने मोहरेले मोहनी लगाउँछ।

Mohare6 मोहरे (३,००० मिटर) बाट सिस्नेदेखि मनास्लुसम्मका ३० हिमटाकुरा देखिन्छ। पश्चिममा देखिने सिस्ने हिमालमा परेको नजर पूर्वको मनास्लुमा नपुग्दासम्म आँखा झिम्क्याउन मन मान्दैन। सिस्ने, गुर्जा, धौलागिरि पहिलो, दोस्रो, तेस्रो, टुकुचे, निलगिरि, अन्नपूर्ण पहिलो, दोस्रो, माछापुच्छ्रे हुँदै मनास्लुसम्मका हिमशृंखलाको मोहरेडाडाँको पृष्ठभूमिमा देखिने दृश्यमा प्रकृतिले दन्तलहर खोलेको अनुभव हुन्छ।

यतिमा मात्रै मोहरेको सौन्दर्य सीमित छैन। आँखैअगाडि हिमालका चुचुरामा एकाबिहानै देखा पर्ने रातो लाली र झुल्कँदो सूर्योदयको दृश्य यहाँको थप आकर्षण हो। हिमालका टाकुरामा सूर्योदय हुँदा चौबीस क्यारेटको सुन टल्किएझैं देखिन्छ। पूर्वबाट उदाउँदो सूर्यको किरण हिमालमा टल्किएको दृश्यलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउने मात्र होइन मौसमले साथ दिए पश्चिमको सूर्यास्त देख्न सकिन्छ। मोहरेले सिजनअनुसार फेर्ने रूपले पनि प्रकृति पारखीलाई आकर्षित गर्छ। चारैतिर पहाडका घाँस सुक्दा र बिरुवाको पात झर्दा हिउँदमा नांगिने मोहरेदेखि तलका पाखाहरू चैत, वैशाख महिनाको वसन्त ऋतुमा लालीगुरासँले रंगिन्छन् भने बर्खामा हरियाली छाउँछ। पुस र माघमा सेताम्मे हिमले ढाकिने मोहरेमा अन्य समयमा पनि चिसोले लुगलुग शरीर कमाए पनि प्रकृतिसँग रमाउन पाउँदा मन फुरुङ्ङ हुन्छ।

Mohore2 रातमा पर्यटकीय नगरी पोखराको झिलीमिली र पोखरा–बागलुङ राजमार्गको नाउडाँडा खण्डमा गुडिरहेका सवारी साधनको प्रकाशले एकान्त वातावरणको मोहरेले मोहित बनाएको भान हुन्छ। यहाँबाट म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, गोरखा, कास्की, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमलगायत जिल्लाका अग्ला टाकुरा अवलोकन गर्न सकिन्छ। पंक्षीहरूको चिरबिरमा रमाउँदै गुराँस, सल्ला, धुपी, खर्सुलगायत उच्च पहाडी भूगोलमा पाइने प्रायजसो वनस्पति र जडिबुटीका बोटबिरुवा हेर्न सकिन्छ। कात्तिक पहिलो साता मोहरेमा भेटिएका नेदरल्यान्डका एभेक न्यवरसिसीले यहाँको दृश्य र प्राकृतिक सौन्दर्यले मानसपटलमा कहिल्यै बिर्सन नसकिने छाप पारेको अनुभव सुनाउँदै थिए। पेसाले इन्जिनियर एभेक श्रीमतीसँगै छुट्टी मनाउन अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको मुख्य आकर्षण मोहरे डाँडा आइपुगेका थिए। एभेककी श्रीमती मिजा लिजनहोरस्टले सूर्योदय, हिमशृंखला र पहाडी भूगोलको मनमोहक दृश्यावलोकन गर्न पाएकोमा प्रफुल्लित भएको प्रतिक्रिया दिइन्।

Mohore3 मानव बस्तीदेखि टाढाको मोहरेडाँडा आसपास रहेका पशुगोठ, जैवीक विविधताको अवलोकनसँगै चराको चिरबिर आवाज सुन्दै पदयात्रा गर्न पाउनु सौभाग्य भएको उनीहरूले बताए। सामाजिक कार्यकर्ता महावीर पुनले म्याग्दी र आसपास बेतारे इन्टरनेट सञ्जाल फिजाउन मोहरेडाँडामा रिपिटर टावर राखेका छन्। उनले पोखराको टावरसँग मोहरेमा रहेको टावरमार्फत कनेक्सन गराएका छन्। पहिले धुपीको टुप्पोमा राखिएका उपकरण अचेल फलामको आधुनिक टावर बनाएर राखिएको छ। सन् २००७ मा एसियाको नोबेल पुरस्कारसरह मानिने रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित पुनले बेतारे इन्टरनेट विस्तार गर्न मोहरेमा धेरै समय संघर्ष गरेका छन्। एक दशकदेखि हजारौं रात मोहरेमा एक्लै कटाएर महावीरलाई सघाउँदै आएका राम्चेका गम पुनका अनुसार मोहरेमा प्रकृतिको अध्ययन गर्नमात्र नभई महावीरको काम अवलोकन गर्नेहरूका लागि पनि महत्वपूर्ण स्थल हुन सक्छ।

Mohore5 दुर्गम भए पनि मोहरेडाडाँमा सहरी क्षेत्रमा जस्तै तीव्र गतिको इन्टरनेट सुविधा निशुल्क उपलब्ध छ। अग्लो डाडाँमा अवस्थित भएका कारण मोहरेबाट मोबाइलमा पनि कुरा गर्न सकिन्छ। मोहरेलाई पर्यटकीय गन्तब्यका रूपमा विकास गर्न अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्ग सञ्चालन गरिएको छ। म्याग्दी र पर्वतका ग्रामीण बस्तीलाई समेटेर संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा सञ्चालित लद्युउद्यम विकास कार्यक्रममार्फत सन् २०११ मा सञ्चालनमा ल्याइएको यस पदमार्गको मुख्य गन्तव्य मोहरेडाडाँ नै हो। म्याग्दीको पिप्ले घुमाउनेताल, पर्वतको बाँसखर्क, डाडाँकटेरी, म्याग्दीको नांगी, लेकफाँटको हप्पालडाँडा, मोहरेडाँडा, हिस्तानको फूलबारी, टिकोट, खिवाङ र भुरुङ तातोपानीलाई समेटिएको यो पदमार्ग घुम्न बढीमा सात दिन लाग्छ। यो पदमार्ग भएर मोहरे पुग्न तीन दिन हिँड्नुपर्छ। स्थानीयले प्रयोग गर्ने पुरानो छोटो बाटो प्रयोग गरेर बेनी, पर्वतको लेकफाँट र कास्कीको उल्लेरी हुँदै एकै दिनमा पुग्न सकिने मोहरेडाडाँमा अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोरेपानीबाट चार घन्टा तेर्सो बाटो हिँडेर पनि जान सकिन्छ।

mohna dada मोहरेमा कार्यक्रमको सहयोगमा भवन निर्माण गरी २० बेड क्षमताको सामुदायिक लज सञ्चालन गरिएको छ। पदमार्गका सबै ठाउँमा सामुदायिक लज, होमस्टे, चिया पसल र विश्राम स्थलको सुविधा छ। एक दिनमा एक ठाउँमा २० जनामात्र बास बस्न सक्ने क्षमता छ। समुदायले सञ्चालन गरेको पदमार्गको आम्दानी पनि विद्यालय, स्वास्थ्य संस्था सञ्चालन, पदमार्गमा पूर्वाधार निर्माण तथा प्रवर्द्धनात्मक त्रियाकलापमा खर्च गरिन्छ। पदमार्गमा स्थानीय खानाका परिकारको स्वाद पाइन्छ। त्यहाँका लज र होमस्टेमा प्रयोग गरिने तरकारी स्थानीय स्तरमै जैविक प्रविधिबाट उत्पादित हुन्छन्। प्रशस्त आकर्षण र सम्भावना भए पनि हाल वर्षमा मुस्किलले दुई सयको हाराहारीमा पर्यटक मोहरेडाँडा भ्रमणमा आउने गरेको मोहरे सामुदायिक लजका व्यवस्थापक गम पुनले बताए। प्रचारप्रसार, व्यवस्थित पदमार्ग र पर्याप्त पूर्वाधारको अभावका कारण सम्भावना भएर पनि मोहरेडाँडामा पुग्ने पर्यटकको संख्या कम भएको हो। यस क्षेत्रको सौन्दर्य, पर्यटकीय महत्व र आकर्षणबारे प्रचारप्रसार गर्न आवश्यक रहेको रोयल माउन्टेन ट्राभलका पथ प्रर्दशक सञ्जय लामा बताउँछन्। व्यवस्थित पदमार्ग निर्माण र जंगल क्षेत्र भएकाले पदचिह्न बनाउने कामलाई पनि प्राथमिकता दिनुपर्ने उनले सुझाए। नेपालमै नमुनाको रूपमा समुदायद्वारा सञ्चालित अन्नपूर्ण धौलागिरि पर्यावरणीय सामुदायिक पदमार्गको मुख्य गन्तव्य मोहरेडाडाँको पर्यटन विकासका लागि सक्रिय भएका स्थानीयवासी सरकारी निकायबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्छन्।साभार :नागरीक

]]>
3223 0 0 0
खप्तड क्षेत्र पर्यटन विकास समितिमा व्यापक भ्रष्टाचार http://localhost/ghum/%e0%a4%96%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%a1-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%95/ Sun, 13 Sep 2015 03:09:43 +0000 http://www.ghumphir.com.np/?p=3229 दिपक उपाध्याय भदौ २७, डोटी सुदूरपश्चिममा प्रख्यात पर्यटन एवं धार्मिक स्थल खप्तडको विकास तथा पर्यटन प्रवद्धन गर्ने सस्था खप्तड पर्यटन विकास समितिमा ब्यापक भष्टचार भएको छ । खप्तड क्षेत्र विकास तथा प्रर्वद्धनको लागि २०६५ सालमा स्थापना भएको खप्तड क्षेत्र पर्यटन विकास समितिमा व्यापक भ्रष्टाचार हुने गरेको रहस्य पत्ता लागेको छ । विकास समितिको कार्यकारी निर्देशक राजनैतिक नियुक्ति हुने कारणले पनि भ्रष्टाचर हुने गरेको स्थायिनहरु ब्ताउछन् । नेपाल सरकार पर्यटन मन्त्रालयको पर्यटन बोर्डबाट खप्तड क्षेत्र पर्यटन विकास समितिमा अहिले सम्म ५ जना कार्यकारी निर्देशक नियुक्ति भएपनि बजेट अनुसारको कुनै पनि काम नभएको स्थानिय डोटी शिलगढीका भोजराज श्रेष्ठले बताउनुभयो । ‘जति पनि कार्यकारी निर्देशक भएर यहाँ आउनु भयो उहाँहरुले आफ्ना नातागोताका मान्छेहरुलाई खप्तड विकासका नाममका ठेक्का तथा विकासका काम बाढ्दा कामले त पुर्णता पाएन अनि भष्टचार हुनु स्वभावाविक भएको बताउनुभयो ।

khaptad (3) त्यस्तै डोटीकै स्थानिय वासिन्दा विराज रोस्याराले खप्तडको विकासका लागि भनेर आएको वजेटले केहि काम भएको बताउँदै त्यो काम झारा टार्ने मात्रै भएको बताउनु भयो । ‘बाटो निर्माणका भनेर आएको बजेट साच्चै बाटो निर्माणमा खर्चेको भए अहिले खप्तडको झिंग्रानासम्म निर्वाधरुपमा बाह्ै महिना मोटर गुड्न सक्थ्यो तर त्यसो भएको छ्रैन, यसबाट पनि विकास समितिमा भ्रष्टाचार भएको प्रष्ट हुन्छ’ उहाँले भन्नु भयो । खप्तड क्षेत्र पर्यटन विकास समितिमामा अहिले नियुक्ती हुनु भएका यमराज कुँवरले पनि समितिमा आएको बजेट आफ्ना नातागोतालाई दिएर गतिलो काम नगरेको स्थानियको आरोप छ । २०७२ असार १७ गते स्वीकृत भएको बुडाकोट–खप्तड पैदलमार्गमा समेत ब्यापक भ्रष्टाचार भएको छ । खप्टड क्षेत्रको पदयात्रामार्ग सुधार तथा साईनेजहरुको स्थापना साझेदारी अन्र्तगत कार्य गर्नका लागि एक जना अधिकृत स्तरको फोकल पर्सन तोक्ने भनिए पनि त्यसो गरेको छैन । नेपाल पर्यटन बोर्डको चलानी नम्बर १ का.प्र.का. २०७१÷०७२ को पत्रमा उल्लेख भए अनुसार रुपैया १५ लाख पठाएको र सो रकम खर्च नभए फिर्ता पठाउनु भन्ने उल्लेख भएपनि कार्यकारी निर्देशकको मिलेमतोमा उक्त रकम खर्च गरिएको देखाइएको स्रोतको दावी छ । नेपाल पर्यटन बोर्डको पत्रमा स्पष्ट रुपमा उपभोक्ता समिति वा गैरसरकारी संघ÷संस्था वा सरकारी निकायसंग आपसी साझेदारीमा संचालन हुने पर्यटन प्रवद्र्धन कार्यक्रमको लागि कार्य गर्ने संस्थाहरुको कम्तिमा पनि ३० प्रतिशत लागत सहभागिता अनिवार्य भनिएपनि त्यसो गरेको नपाएको एक स्थानिय बताउछन् । नृप कुवँर अध्यक्ष रहेको बुडाकोट–खप्तड पैदलमार्ग उपभोत्ता समिति गठन गरेर नेपाल पर्यटन बोर्डबाट आएको १५ लाख रुपैया पनि काम नै नगरि भ्रष्टाचार गरेको रहस्य पत्ता लागेको हो । नेपाल पर्यटन बोर्डले मिति २०७२ असार १८ गते खप्तड क्षेत्र पर्यटन विकास समितिको नाममा पठाएको १५ लाख रुपैयाको रकम वुडाकोट–खप्तड पैदलमार्ग उपभोक्ता समितिका सचिव रुप बहादुर वि.क.को नाम असार २५ गते ६ लाख ८८ हजार ७ सय १६ रुपैया पहिलो किस्ता भुक्तानी गरिएको छ भने दोस्रो किस्ताको रकम उपभोक्ता समितिका अध्यक्ष नृप कुँवरको नाममा असार ३० गते ६ लाख ८९ हजार ५ सय रुपैया राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी गरिएको छ । यसरी १२ दिनको समयमा नै रकम भुक्तानी हुनुले पनि भ्रष्टाचार भएको प्रष्ट हुन्छ । समितिका कार्यकारी निर्देशक यमराज कुँवर संग सम्पर्क गरि के कस्तो तरिकाले काम गर्नुभो सो को जानकारी पाउँ भनेर भन्दा उहाँले झर्केर डोटीका मान्छे मेरो पछाडी लागेको छ, म अहिले केहि पनि दिन सक्दैन भन्ने गैर जिम्मेवारी जवाफ दिनु भयो । तपाई सूचना लुकाउन पाउनु हुन्न भन्दा निर्देशक कुँवरले म दिदैन तपाईले गर्न खाजेको के हो भनेर झर्निनु भयो । यस्तै समितिका अध्यक्ष पुर्णराज जोशीलाई सम्पर्क गर्दा उहाँले मन्त्रालयबाट आएका पत्रहरुको बारेमा आफुलाई जानकारी नै नदिई कार्यकारी निर्देशक यमराज कुँवरले मनोमानी गर्ने गरेको आरोप लगाउनु भयो । उहाँले निर्देशक कुँवरले मन्त्रालय र पर्यटन बोर्डबाट आएको पत्रहरु आफ्नै झोलामा बोक्ने र काठमाण्डौ मै बसेर उपभोक्ता समिति बनाउने र रकम निकाशा गर्ने गरेको बताउनु भयो । त्यस्तै विकास समितिका कर्मचारीले पनि निर्देशक कुँवरले आफुहरुलाई पनि कुनै जानकारी नै नदिने गरेको बताउँदै नाम न बताउने सर्तमा ‘हामी त करारका कर्मचारी कुनै पनि बेला निकाल्न सक्छन्, के बोल्नु हजुर’ भनेर बताउनु भयो । निर्देशक कुँवरले कर्मचारीहरुलाई पनि आफु अनुकुल कार्य गर्न लगाउने गरेको त्यसो नगरे तेरो जागिर नै खाइदिने भन्ने गरेको कर्मचारीहरुले गुनासो गरे । यसरी खप्तड पर्यटन क्षेत्र विकास समितिका लागि आएको रकम केहि सिमित व्यक्तिले आफ्नो स्वार्थपूर्तिको लागि खर्च गर्दा समेत पर्यटन मन्त्रालय र पर्यटनको विकास गर्ने अधिकार पाएको पर्यटन मन्त्रालय मौन भएर बस्दा कतै यि सबैको मिलेमतोमा यो सबै भ्रष्टाचार भैरहेको त छैन भन्ने स्थानियहरुले आरोप लगाई रहेका छन् । सकितिमा आएको यस्ता अन्य बजेटहरुमा पनि भ्रष्टाचार भएको छ । पर्यटन प्रवद्र्धनका लागि अध्ययन अनुसंधान तथा बझाङ्ग, बाजुरा, डोटी र अछाम जिल्लामा रहेका ऐतिहासिक धार्मिक साँस्कृतिक प्राकृतिक सौन्दर्य तथा ताल तलैयाका नाममा आएको ५ लाख रुपैया पनि काम नै नगरि भ्रष्टाचार भएको छ ।

]]>
3229 0 0 0
श्रमदानबाट कृषि सडक सञ्चालन http://localhost/ghum/%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a/ Sun, 13 Sep 2015 08:33:10 +0000 http://www.ghumphir.com.np/?p=3233 सल्यान २७, भदौ ।

सिद्धेश्वरी गाविसका बासिन्दाले ३ किमी मोटरबाटो मर्मत गरी सञ्चालनमा ल्याएका छन् । वर्षात्ले विभिन्न स्थानमा सडकमा पहिरो खसेपछि अवरुद्ध ग्रामीण सडक स्थानीयवासीको सक्रियतामा मर्मत भई सञ्चालनमा आएको हो । सिद्धेश्वरीको ढोरचौरदेखि गुरदासेसम्मको सडक अवरुद्ध भए पनि कृषकले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्री गर्न समस्या पर्दैै आइरहेको थियो । सडक मर्मत भई यातायातका साधन सञ्चालनमा आएपछि सजिलो भएको स्थानीयवासी जितबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।  सडक सञ्चालन भएपछि सिद्धेश्वरी, चाँँदेकरेन्जी र मर्मपरिकाँडा गाविसका बासिन्दालाई आफ्ना उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ ।

]]>
3233 0 0 0
दुग्ध परिकारको मूल्य १० प्रतिशतले वृद्धि http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%a7-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a5%a7%e0%a5%a6-%e0%a4%aa/ Sun, 13 Sep 2015 08:36:55 +0000 http://www.ghumphir.com.np/?p=3236 इलाम, २७ भदौ ।

इलाम दुग्ध उत्पादक सहकारी संस्थाले दूधबाट बनाइएका विभिन्न परिकारको मूल्यमा १० प्रतिशतले वृद्धि गरेको छ । संस्थाबाट उत्पादन गरिने बम्बैसन, कुराउनी, पेडा, घिउ, ललिपप र मिल्क केकको मूल्यमा आजदेखि वृद्धि गरिएको संस्थाका व्यवस्थापक अर्जुन शिवाकोटीले जानकारी दिनुभयो । बढ्दो महँगीलाई ध्यानमा राखेर मूल्य वृद्धि गरिएको जनाइएको छ ।  किसानबाट दूध सङ्कलन गरेर बिक्री वितरण गर्दै आएको उक्त संस्थाले किसानबाट प्रतिलि रु ४५ दरले खरिद गरेर प्रतिलिटर रु ५० मा बिक्री गर्न थालेको छ । साङरूम्बा, शान्तिडाँडा र इलाम नगरक्षेत्रका २२७ किसानले संस्थामा दूध बिक्री गरिरहेका छन् । हाल संस्थामा दैनिक छ सय लि दूध सङ्कलन हुँदै आए पनि सुख्खा मौसममा भने मागअनुसार धान्न नसकिने अवस्था आउने गरेको शिवाकोटी बताउनुहुन्छ । चालु आवदेखि नै पशुपालन गर्न चाहनेलाई १५ प्रतिशत ब्याजदरमा धितो राखेर रु दुई लाखसम्म ऋण दिइने संस्थाले जनाएको छ ।

]]>
3236 0 0 0
पिताको सम्झनामा http://localhost/ghum/%e0%a4%aa%e0%a4%bf%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%9d%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Sun, 13 Sep 2015 08:41:54 +0000 http://www.ghumphir.com.np/?p=3238 3238 0 0 0 प्रसिद्ध धार्मिकस्थल ‘ऋखार क्षेत्र’मा पूर्वाधार निर्माण http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%95%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2-%e0%a4%8b%e0%a4%96/ Sun, 13 Sep 2015 08:50:56 +0000 http://www.ghumphir.com.np/?p=3241 म्याग्दी, २७ भदौ ।

म्याग्दीको कुइनेमङ्गले गाविसमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ‘ऋखार क्षेत्र’ मा पूर्वाधार निर्माण गर्न थालिएको छ । सप्तऋषिहरुले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलको रुपमा चिनिँदै आएको ऋखार क्षेत्रमा पुग्ने भक्तजन तथा पर्यटकको सुविधाका लागि पदमार्ग, धर्मशाला शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको हो । धौलागिरि बेसक्याम्पसँगै करिब चार हजार ५०० मिटर उचाइमा अवस्थित ऋखार भौगोलिक हिसाबले धेरै रमणीय ठाउँका रुपमा चिनिँदै आएको ऋखार संरक्षण तथा सुधार समितिका अध्यक्ष बेलबहादुर छन्त्यालले जानकारी दिनुभयो । ऋखार क्षेत्रको दर्शन तथा पूजापाठ र भ्रमणमा आउने तीर्थयात्रीका लागि पदमार्ग निर्माण, प्रचारप्रसारमा दरबाङ– ४ हिदीका ६५ वर्षीय बाबा गमबहादुर शेरपुञ्जाले पहल गर्नुभएको छ । उहाँको पहलमा यो वर्ष रु ४४ हजारको लागतमा सप्तऋषिको मूर्ति प्रतिस्थापन गरिएको त्यहाँ पुग्नुभएका स्थानीय कर्ण खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, पाखापानी– २ का मोतिबहादुर पाइजाले ऋखारमा पुगेपछि आफ्नो मनोकाङ्क्षा पूरा भएको भन्दै गत वर्ष र यस वर्ष गरी रु चार लाख ५० हजारको लागतमा दुईवटा मन्दिर निर्माण गरी ऋषिको मुक्ति राख्नुभएको छ । त्यसैगरी गाविसको रु ३५ हजार र बाँकी स्थानीयवासीको चन्दा गरी रु चार लाख बराबरको लगानीमा कुइनेमङ्गले– ४ पात्लेखर्कमा धर्मशाला निर्माण गरिएको जनसुन्दर प्रावि पात्लेखर्कका प्रअ गमप्रसाद छन्त्यालले जानकारी दिनुभयो । त्यस्तै, भक्तजनको चन्दा सहयोगमा बगर खर्कमा धर्मशाला निर्माण भएको छ । यस अगाडि कुइनेमङ्गले सिरिखर्कका इन्द्रजीत छन्त्याल, जगमान छन्त्याल, शक्तबहादुर छन्त्यालले धर्मशाला र मूल मन्दिर निर्माण गरेका थिए भने मन्दिर परिसरमा पाखापानी– ९ का टेकबहादुर शेरपुञ्जाले एकवटा धर्मशाला निर्माण गर्नुभएको थियो । सामान्य पूर्वाधार निर्माण गरिएको भए पनि बजेट अभावले विभिन्न खोलामा झोलुङ्गे पुल, व्यवस्थित पदमार्ग, खानेपानी, थप धर्मशाला र शौचालयलगायतका पूर्वाधार निर्माण गर्न समस्या देखिएको समितिले जनाएको छ ।

]]>
3241 0 0 0
१ वर्षपछि नाङ्लो रेष्टुरेन्ट दरबारमार्गमै सञ्चालनमा आउने http://localhost/ghum/%e0%a5%a7-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%a8%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%b2%e0%a5%8b-%e0%a4%b0%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%81%e0%a4%b0/ Sun, 13 Sep 2015 09:28:21 +0000 http://www.ghumphir.com.np/?p=3244 २७ भदौ, काठमाडौं ।

बन्द भएको झण्डै १ वर्षपछि नाङ्लो रेष्टुरेन्ट फेरि दरबारमार्ग छेवैमा सञ्चालनमा आउने भएको छ । गत वर्ष घर भाडा विवाद देखाउँदै सञ्चलाक श्यामसुन्दर लाल कक्षपतिले बन्द गरेको नाङ्लो रेष्टुरेन्ट कमलादीस्थित क्लासिक कम्प्लेक्सको पहिलो तलामा सञ्चालनमा गर्न लागिएको हो ।रेष्टुरेन्ट फेरि सञ्चालन गर्न नाङ्लो व्यवस्थापनले डिजाइनको जिम्मा सरोस प्रधान एण्ड एसोसिएट्सलाई दिएको छ । यो कम्पनीले नाङ्लोको इन्टेरियर डिजाइनिङको काम थालिसकेको छ । ’हामीले नाङ्लोको डिजाइनिङको काम थालि सकेका छौं,’ कम्पनीका एक उच्च अधिकारिले भने, ’हामी दुई पक्षबीच भएको सम्झौताबारे धेरै कुरा त भन्न मिल्दैन, काम थालिसकेका छौं । बाँकी कुरा नाङ्लोमा नै बुझ्नुस ।’ यो कम्पनीले नाङ्लो भित्रि डिजाइनिङको काम थालिसकेको छ । सिभिल बैंकको केन्द्रीय कार्यालय रहेको कमलादीस्थित क्लासिक कम्प्लेक्सको पहिलो तलामा नाङ्लो रेष्टुरेन्ट निर्माण भइरहेको छ ।दरबारमार्गमा सञ्चालनमा आएको ३८ वर्षपछि गत वर्ष अचानक गत पुस ४ गतेबाट बन्द भएको थियो । सञ्चालक श्यामसुन्दर लाल कक्षपतिको जन्मदिन तथा नाङ्लोको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा रेष्टुरेन्ट बन्द हुने घोषणा गरिएको थियो ।नेपालमा रेष्टुरेन्ट कल्चर भित्र्याउने श्रेय पाएको नाङ्लो रेष्टुरेन्ट दरबारमार्गबाट दैनिक ४ लाख रुपैयाँ भन्दा धेरैको कारोबार गर्दै आएको थियो । रेष्टुरेन्ट बन्द भएपछि यो समूहले त्यहाँका सामान पनि अन्यत्रै सारेको थियो ।श्यामसुन्दर र उनका भाइ गोपाल सुन्दरको द्वन्द्व र जग्गाधनीबीच विवादका कारण बन्द भएको नाङ्लो रेष्टुरेन्ट फेरि श्यामसुन्दरले नै सञ्चालनमा ल्याउन लागेका हुन् । पहिले नाङ्लो बसेको स्थान अरु कम्पनीलाई नै भाडामा दिन लागिएपछि नयाँ ठाउँको खोजी भएको थियो । पहिले दरबारमार्ग्स्थित नाङ्लो बसेको जग्गा तथा घर गायक योगेश्वर अमात्य सहितको नाममा छ । नाङ्लोले बौद्ध, धरहरा, जाउलाखेल, महाराजगंज, नयाँ वानेश्वर, पुलचोक तथा टेकुबाट पनि सेवा दिँदै आएको थियो । यसका विभिन्न आउटलेटमा गरी २ सय ९० भन्दा धेरै कर्मचारी कार्यरत छन् । दरबारमार्गमा मात्रै ८० जना कर्मचारी कार्यरत थिए ।यो समूहले रिभरसाइड स्प्रिङ रिसोर्ट पनि संचालनमा ल्याइसकेको छ । काठमाडौंबाट एक सय दुई किलोमिटर टाढा रहेको यो रिसोर्ट काठमाडौं(पोखरा सडक खण्डमा पर्छ । त्रिशुली नदीको किनारामा रहेको यो रिसोर्टबाट कम्पनीले सेवा दिँदै आएको छ ।

]]>
3244 0 0 0
तस्बिरमा गोकर्ण मेला http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a5%8b%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Sun, 13 Sep 2015 09:58:25 +0000 http://www.ghumphir.com.np/?p=3247 आज बाबुको मुख हेर्ने दिन । आफ्ना बाबुलाइ आफ्नो क्षमताले भ्यायसम्म मिठा मिठा खानाका परिकारहरु दिने चलन रहेको छ । यदि आफ्नो बुबा दिवङ्गत भइसकेको हो भने बुबाको सम्झनामा श्रद्धा प्रकट गर्नका लागी काठमाडौँको गोकर्णमा तर्पण, सीदादान र श्राद्ध गरी दिवङ्गत पिताको सम्झना गर्ने गरिन्छ । गोकर्णमा आज दिन बिशेष मेला समेत लाग्ने गर्दछ । रामगोपाल तमखुले आफ्नो क्यामरामा गोकर्ण मेलामा कैद गरेका तस्बिरहरु

???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ????????????????????????????????????]]>
3247 0 0 0
पर्यटन प्रवद्र्धनका लागि विदेशमा सांस्कृतिक कार्यक्रम http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97-2/ Sun, 13 Sep 2015 14:42:26 +0000 http://www.ghumphir.com.np/?p=3262

काठमाडौँ, २७ भदौ ।

भूकम्पपछिको नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह गर्ने उद्देश्यले विभिन्न मुलुकमा विशेष सांस्कृतिक कार्यक्रम गरिने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाली फेस्टिबल प्रालि र श्रुति सङ्गीत विद्यालयले दक्षिण कोरिया, जापान र थाइल्याण्डमा आगामी असोज ८ गतेदेखि १३ गतेसम्म आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा नेपाली कलाकार र ती देशका स्थानीय कलाकारको समेत प्रस्तुति रहने जनाइएको छ । सांस्कृतिक कार्यक्रममा नेपालबाट कलाकार सिन्धु मल्ल, नरहरि प्रेमी, सुमिना लो, सन्तोष लामा, राजा राजेन्द्र पोखरेल र सुदन ढकाललगातयले सहभागिता जनाउनु हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘सेफ नेपाल, भिजिट नेपाल’ भन्ने नाराका साथ ती देशका नागरिकमाझ नेपालको सुरक्षित पर्यटनबारे सकारात्मक सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ । सो सांस्कृतिक कार्यक्रमबाट सङ्कलन गरिएको रकम नेपालका भूकम्पपीडितलाई सहयोग गरिने संयोजक रवीन्द्रपुरुष ढकालले जानकारी दिनुभयो । त्यसैगरी कोरियास्थित नेपाली राजदूतावासको संयोजनमा हुने कार्यक्रममा नेपाल र कोरियाको राष्ट्रिय झण्डा र राष्ट्रिय पोसाकका साथ प्रभातफेरी कार्यक्रमसमेत गरिने आयोजकले जनाएको छ ।

]]>
3262 0 0 0
चिनियाँ टोली रारा ताल भ्रमणका लागि आउने http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%9f%e0%a5%8b%e0%a4%b2%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0/ Sun, 13 Sep 2015 14:48:28 +0000 http://www.ghumphir.com.np/?p=3264 मुगु, २७ भदौ ।

छिमेकी जिल्ला हुम्लामा सीमा वार्ता गर्न आइतबार सिमीकोट पुगेको चिनियाँ टोली सोमबार नेपालकै ठूलो र गहिरो ताल रारा अवलोकन भ्रमणका लागि मुगु आउने भएको छ । हुम्लामा सीमा वार्ता गर्न पुगेको चीनको पुरान काउन्टीका सचिव गाओ बोगाउसहितको पाँच सदस्यीय टोली यहाँ आउने भएको हो । हुम्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण घिमिरेसहित पाँचजनाको नेपाली टोलि समेत हेलिकोप्टरबाट रारा आउने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो ।

rara

]]>
3264 0 0 0
सहकारी बैंकको रु तीन लाख लुटियो http://localhost/ghum/%e0%a4%b8%e0%a4%b9%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%81-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%b2/ Sun, 13 Sep 2015 14:52:23 +0000 http://www.ghumphir.com.np/?p=3266

गौशाला, २७ भदौ ।

महोत्तरीको बर्दिबासमा आज दिउँसो स्वावलम्बन लघु वित्त सहकारी बैंकको रु तीन लाख लुटिएको छ । पाटु गाउँबाट बैंकको समूहबाट रकम सङ्कलन गरी मोटरसाइकलमा फर्किरहेका बैंकका कर्मचारी नवीन न्यौपानेबाट लुटेराको समूहले रकम लुटेको बैंकले जनाएको छ । चार÷पाँचजनाको सङ्ख्यामा रहेका लुटेराको समूहले बर्दिबास–४ स्थित स्मृति चौकमा न्यौपानेलाई कुटपिट गरी रकम लुटेर जङ्गलतर्फ फरार भएका थिए । घटना घट्ने बित्तिकै इलाका प्रहरी कार्यालय बर्दिबासले कर्मचारी न्यौपानेलाई नियन्त्रणमा लिई छानबिन सुरु गरेको प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताउनुभयो ।

]]>
3266 0 0 0
पर्वतारोहण पर्यटन विकासका लागि नीति आउँदै http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%b9%e0%a4%a3-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a4%95/ Mon, 14 Sep 2015 12:59:11 +0000 http://www.ghumphir.com.np/?p=3268

काठमाडाँै, २८ भदौ ।

सरकारले पर्वतारोहण पर्यटनको दीर्घकालीन विकासका लागि आवश्यक नीति ल्याउने भएको छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को २५औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले पर्यटन व्यवसायी, मजदुर र उनीहरूको परिवारलाई राहत पुग्ने गरी नीति ल्याउन मन्त्रालय लागिपरेको जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “नीतिगत निर्णय गरेर मात्र पर्यटन प्रवद्र्धन हुँदैन, व्यावहारिकताका लागि पहिला पूर्वाधार विकास गर्नुपर्छ, त्यसका निम्ति सरकार योजनाबद्ध ढङ्गले लागिपरेको छ ।” मन्त्री शेर्पाले भूकम्पपछि अन्योलग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान गर्न निजी व्यवसायीलाई उत्साहित गर्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउँदै पर्यटन प्रवद्र्धन र विकासका लागि अहिलेको व्यवस्थालाई परिमार्जन गरी भ्याट र करलगायतमा छुट दिनेसम्मका कार्यक्रम ल्याइने जानकारी दिनुभयो । पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पाले एनएमएमा राजनीति र विकृति फैलन दिन नहुने बताउनुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले टान र एनएमएबीचको सम्बन्धलाई थप सुदृढ गरी पर्यटन प्रवद्धनमा भूमिका खेल्नुपर्ने औंल्याउनुभयो । एनएमएका अध्यक्ष आङ्छिरिङ शेर्पाले पर्वतारोहीको हकहितका लागि स्थापित कोषमा अहिलेसम्म करिब रु दुई करोड जम्मा भएको र आगामी डेढ वर्षमा यसलाई दोब्बर वृद्धि गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । यसैबीच अघिल्लो वर्ष सबैभन्दा धेरै पर्वतारोहण गराउने क्रमशः समिट नेपाल टे«किङ, स्नोइ होराइजन टे«क्स, हिमालयन स्टेसी तेस्रोलगायत दश कम्पनीलाई सम्मान गरिएको थियो । त्यस्तै ‘डा. हर्क पर्वतीय पुरस्कार’बापत एक तोलाको सुनको तक्मा अमेरिकी ब्राउट कोबुर्नलाई तथा ‘स्व दावा नर्बु पर्यटन पत्रकारिता पुरस्कार’ अमृत भादगाउँलेलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु २५ हजार छ ।

]]>
3268 0 0 0
टान निर्वाचनको मिति घोषणा माग http://localhost/ghum/%e0%a4%9f%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%9a%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf-%e0%a4%98%e0%a5%8b%e0%a4%b7%e0%a4%a3/ Mon, 14 Sep 2015 13:04:43 +0000 http://www.ghumphir.com.np/?p=3271 काठमाडौँ, २८ भदौ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले टानको वार्षिक साधारणसभाको यथाशीघ्र मिति घोषणा गर्न माग गरेको छ । टानले आज पत्रकार सम्मेलन गरी विभिन्न बहानामा टानको वार्षिक साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचन पछाडि नधकेली विधानअनुसार समयमै सम्पन्न गर्न टानको वर्तमान कार्यसमितिसमक्ष आग्रह गरेको हो ।

taan-logo

सङ्गठनका अध्यक्ष चन्द्र रिजालले टान आबद्ध सबै ट्रेकिङ व्यवसायीलाई एकताबद्ध भई तत्काल मिति घोषणा गर्न दबाब सिर्जना गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “टानको विधानअनुरुप दुईवर्षे कार्यकाल सकिएको आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने हुन्छ, सो अवधि भदौभित्र सकिँदैछ तर अहिलेसम्म पनि निर्वाचनको मिति घोषणा गर्ने कुनै सङ्केत देखिएको छैन ।” यसअघि टिम्स कार्ड वितरणमा अनियमितता भएको भनी टानबारे अख्तियार दुुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो ।

]]>
3271 0 0 0
भादगाउँलेलाई पर्वतीय पुरस्कार http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%a6%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%b2%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a5%81%e0%a4%b0/ Mon, 14 Sep 2015 13:08:06 +0000 http://www.ghumphir.com.np/?p=3274 amrit bhadgonle
काठमाडौँ, २८ भदौ ।
पत्रकारितामार्फत् पर्वतीय पर्यटनमा योगदान पुर्‍याएबापत नागरिककर्मी अमृत भादगाउँले सोमबार राजधानीमा पुरस्कृत भएका छन्। उनलाई नेपाल पर्वतारोहण संघले 'दाबा नोर्बु पर्वतीय पर्यटन पुरस्कार' दिइएको हो।
संघको २५ औं वार्षिक साधारण सभामा सीमाविद् बुद्धिनारायण श्रेष्ठले भादगाउँलेलाई प्रमाणपत्र र नगद पुरष्कार हस्तान्तरण गरेका थिए। संघका अध्यक्ष आङछिरिङ शेर्पाले खादा लगाएर सम्मान गरे । पुरस्कार राशि २५ हजार रुपैयाँ छ । दुई दशकदेखि पत्रकारितामा संलग्न भादगाउँलेले डेढ दशकदेखि पर्यटनमा कलम चलाउँदै आएका छन् ।
]]>
3274 0 0 0
चिनियाँ टोली रारामा http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%9f%e0%a5%8b%e0%a4%b2%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Mon, 14 Sep 2015 13:10:59 +0000 http://www.ghumphir.com.np/?p=3277

मुगु, २८ भदौ ।

छिमेकी जिल्ला हुम्लामा सीमा वार्ता गर्न आइतबार सिमीकोट आएको चिनियाँ टोली सोमबार रारा तालको अवलोकन भ्रमण गरेर फर्किएको छ । हुम्लामा सीमा वार्ता गर्न पुगेको चीनको पुरान प्रान्तका सेक्रेटरी गाओ बोगाउसहितको पाँच सदस्यीय टोली र हुल्लाका प्रजिअ कृष्ण घिमिरेसहित पाँच नेपाली सोमबार बिहान हेलिकप्टरबाट रारा पुगेको थियो । टोली रारा ताललगायत यहाँ रहेका अन्य धार्मिक तथा पर्यटकीयस्थलबारे अवलोकन भ्रमण मात्र गरेर फर्किएको हुम्लाका प्रजिअ कृष्ण घिमिरेले जानकारी दिनुभयो । भदौ पहिलो साता नेपाल सरकारले चीनसँग जोडिएका नेपालका हिमाली जिल्लाका छ नाका खोल्ने चिनियाँ उच्चपदस्थ तहसँग काठमाडाँैमा गरेको सहमतिमा मुगुको नाग्चे लाग्ना नाका पनि खोल्ने सहमति भएको थियो ।

]]>
3277 0 0 0
एक दिन बन्दले दुई अर्ब १८ करोड घाटा http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a5%a7%e0%a5%ae-%e0%a4%95/ Mon, 14 Sep 2015 13:14:09 +0000 http://www.ghumphir.com.np/?p=3279

काठमाडौँ, २८ भदौ ।

मुलुकमा एक दिन बन्द हुँदा रु दुई अर्ब १८ करोडभन्दा बढी घाटा हुने गरेको छ । घरेलु तथा साना उद्योग विकास समितिले ‘आव २०७१÷७२ को उपलब्धि समीक्षा तथा योजना कार्यान्वयन रणनीति तर्जुमा’ विषयक गोष्ठीमा सहभागी उद्योगीले बन्द हडतालले मुलुकलाई विकासको बाटोमा लैजान अवरोध पु¥याउने हुँदा त्यसो नगर्न आग्रह गरेका छन् ।

moneyकार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले देशमा अर्थतन्त्रको मेरुदण्डका रुपमा उद्योग कलकारखाना सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सरकारले त्यसका लागि उचित वातावरण मिलाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानका लागि उद्योग क्षेत्रकै विकास हुनु जरुरी छ ।” मन्त्री बस्नेतले उद्योग क्षेत्रको विकासका लागि विगतमा भएका कमीकमजोरीलाई छलफल गरेर आगामी कार्ययोजना बनाएर अगाडि बढ्नु आवश्यक छ, भन्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानले दैनिक बन्दका कारण रु दुई अर्ब १८ करोडभन्दा बढी घाटा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दमा श्रमिकले काम नगरेको समयमा पनि पारिश्रमिक दिनुपर्दा उद्योगी मर्कामा परेका छन् ।” मन्त्रालयका सचिव जयमुकुन्द खनालले जनताको चाहनालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर समीक्षा बैठकमा छलफल गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।

]]>
3279 0 0 0
पर्यटन प्रवद्र्धनमा जोड http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%8b%e0%a4%a1/ Mon, 14 Sep 2015 13:18:15 +0000 http://www.ghumphir.com.np/?p=3281

काठमाडौँ, २८ भदौ ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको परिचय पर्वतारोहण पर्यटनको मुख्य गन्तव्यस्थलका रुपमा बने पनि यस क्षेत्रलाई अलग्गै पर्यटन व्यवसायका रुपमा स्वीकार नगरिँदा ओझेलमा परेको भन्दै सम्बन्धित विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । सन् १९५० देखि पर्यटन विकासको सुरुवात पर्वतारोहणबाट भएको भए पनि अझसम्म राज्यका नीति नियममा यसलाई पदयात्राको एक अङ्गका रुपमा मात्र सीमित गरिँदा पर्वतारोहणको वास्तविक तथ्याङ्क र जानकारी प्राप्त हुन नसकेको आज यहाँ आयोजित गोष्ठीमा बताइयो । हिमाली जोशले आयोजना गरेको सगरमाथाको पुर्नजीवनसम्बन्धी गोष्ठीमा पर्यटनविद् डा लाक्पा नोर्वु शेर्पाले नेपालमा पर्वतारोहण पर्यटनको प्रशस्त सम्भावना रहे पनि राज्यले उचित ध्यान नदिँदा, सगरमाथा क्षेत्रमा विगत तीन वर्षमा भएका विपद् र असुरक्षाको अवस्थाले पर्वतारोहणमा आउने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको बताउनुभयो । नेपाल राष्ट्रिय पर्वतारोहण गाइड एसोसिएसनका पूर्व अध्यक्ष पेम्वा ग्लाल्जेन शेर्पाले सगरमाथा क्षेत्रमा सन् २०१३ मा इटालीका पर्वतारोहणसँग द्वन्द्व भएको, सन् २०१४ मा हिमपहिरो जाँदा १६ पर्वतारोहीको मृत्यु र सन् १०१५ मा गएको भूकम्पमा परी १९ जनाको ज्यान गएको घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमा नराम्रो प्रचार भएकाले यसलाई चिर्दै नेपाल पर्वतारोहणका लागि सुरक्षित छ भन्ने सकारात्मक सन्देश फैलाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । नेपाल पर्वतारोहण प्रतिष्ठानका कार्यकारी निर्देशक लाक्पा फुटी शेर्पाले नेपाल पर्वतारोहणको विश्वविद्यालय नै भएकाले यसबाट धेरै फाइदा लिनुपर्ने बताउँदै पर्वतारोहणमा स्नातक र स्नातकोत्तर तहको पढाइ सुरु गर्न लागिएको जानकारी दिनुभयो । हिमाली जोशका अध्यक्ष डा मिङ्मा नोर्बु शेर्पाले नेपाल पर्वतारोहण र पदयात्राका लागि सुरक्षित छ भन्ने सन्देश विश्वभर पु¥याउन नसकिएसम्म पर्यटक आगमन बढाउन नसकिने भएकाले यसतर्फ सरकार, व्यवसायी र सञ्चारमाध्यमहरुले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

]]>
3281 0 0 0
महँगोमा सामान खरिद गर्न उपभोक्ता बाध्य http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a4%81%e0%a4%97%e0%a5%8b%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%96%e0%a4%b0%e0%a4%bf%e0%a4%a6-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%89/ Mon, 14 Sep 2015 13:30:16 +0000 http://www.ghumphir.com.np/?p=3284

काठमाडौँ, २८ भदौ ।

वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीले उपभोक्ताका सरोकारलाई सम्बोधन गर्न निजामती सेवाभित्र एउटा अलग्गै समूह गठन गर्न मन्त्रालयमा गृहकार्य भइरहेको बताउनुभएको छ । राष्ट्रिय उपभोक्ता मञ्चको दशौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले उपभोक्ताको हित संरक्षणको क्षेत्र व्यापक भए पनि बजार अनुगमनमा जाने कर्मचारी तथा विभागलाई कालाबजारीलाई जरिवाना तथा कारबाही गर्ने अधिकार नभएकाले त्यस्तो समूह गठन गर्न लागिएको प्रस्ट पार्नुभयो । उपभोक्ताको हक हित संरक्षणका लागि मञ्चले कडा कानुन निर्माणका लागि सम्बन्धित संसदीय समितिमा दबाब दिँदै आएकामा उहाँले त्यसको सराहना गर्नुभयो र भन्नुभयो – उपभोक्ताका विभिन्न सङ्गठनलाई एकीकृत गरी उपभोक्ताका हक हितका लागि सङ्घर्ष गर्नुपर्छ । मञ्चका उपाध्यक्ष अर्जुनबहादुर अधिकारीले क्षमतावान् कर्मचारीबाट बजार अनुगमन गराउनुपर्ने र बदमासी गर्ने व्यवसायीलाई दण्डित गर्नुपर्ने बताउनुभयो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले राजनीतिक अस्थिरताका कारण महँगोमा सामान खरिद गर्न उपभोक्ता बाध्य भएको बताउनुभयो । उक्त कार्यक्रममा उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी तथा विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

]]>
3284 0 0 0
दुईसय २१ घरमा बिजुली उपभोग गर्न पाए http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88%e0%a4%b8%e0%a4%af-%e0%a5%a8%e0%a5%a7-%e0%a4%98%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%9c%e0%a5%81%e0%a4%b2%e0%a5%80-%e0%a4%89%e0%a4%aa%e0%a4%ad%e0%a5%8b/ Mon, 14 Sep 2015 13:35:44 +0000 http://www.ghumphir.com.np/?p=3286

मुस्ताङ, २८ भदौ ।

माटो सहरको रुपमा परिचित हिमाली जिल्ला मुस्ताङको लोमान्थाङमा चीन सरकारले निर्माण गरेको ७० किलोवाट क्षमताको सोलार प्यानल आयोजना नेपाली पक्षलाई हस्तान्तरण गरिएको छ । एक वर्षअघि दुई पक्षबीच भएको सम्झौताअनुसार, चीन सरकारको करिब रु पाँच करोडको लागतमा निर्मित आयोजना लोमान्थाङमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण भएको हो । हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा नेपाली पक्षबाट मुस्ताङका स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशी र चिनियाँ पक्षबाट तिब्बत मामिलासम्बन्धी कार्यकारी अन्तर्राष्ट्रिय अधिकृत क्वासिङले हस्ताक्षर गरेका छन् । सोलार प्यानल जडान भएपछि लोमान्थाङका २२१ घरधुरीका एक हजार ४०० सर्वसाधारणले नियमित विद्युत् उपभोग गर्न पाएको स्थानीय विकास अधिकारी जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार, चिनियाँ टोलीले गाविसका सबै घरमा लाइन विस्तारदेखि वाइरिङसम्मका काम गरेका थिए । यसअघि स्थानीय र पर्यटकको समस्यालाई मध्यनजर गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले स्थानीय सर्वसाधारणसँग सहकार्य गरेर १५ वर्षअघि लोमान्थाङ खोलाबाट २९ किलोवाटको लघुजलविद्युत् आयोजना सञ्चालन गरेको थियो । त्यसैबाट लोमान्थाङवासीले बेलुकी ६ देखि १० बजेसम्म र बिहान ४ देखि ७ बजेसम्म मात्रै बिजुली उपभोग गरिरहेका थिए । “अहिले सोलार प्यानल जडान गरेपछि जति बिजुली बालेपनि हुने भएको छ, चीन र नेपाल सरकारबीचको मैत्रीपूर्ण सम्बन्धका कारण यो सम्भव भएको हो” स्थानीय विकास अधिकारी जोशीले भन्नुभयो– “यसको मर्मत र सम्भारको जिम्मा पनि चिनियाँ पक्षले नै लिएका छन् ।” खोला र सोलार सेट दुवैबाट उत्पादित बिजुलीलाई एउटै प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ । नियमितरुपमा बिजुली उपभोग गर्न पाएपछि स्थानीय हर्षित भएको गाविस सचिव ज्ञानेन्द्र विष्टले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा दुवै देशका अधिकारीले आयोजनाको नियमित र दीर्घकालीन रुपमा प्रयोग गर्न सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

]]>
3286 0 0 0
स्वर्गद्धारीमा आर्थिक समस्या http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%ae/ Mon, 14 Sep 2015 15:59:35 +0000 http://www.ghumphir.com.np/?p=3289

प्यूठान, २८ भदौ ।

लगातारको तराई बन्दका कारण भारतीय तीर्थयात्री स्वर्गद्धारीमा नआउँदा स्वर्गद्धारी पछिल्लो एक महिनादेखि सुनसान जस्तै भएको छ । स्वर्गद्धारीमा आउने वार्षिक झन्डै दुई लाख ६० हजार तीर्थयात्रीमध्ये एक लाख ५० हजार जति भारतीय तीर्थयात्री रहने गरेका छन् । भारतको हिमालञ्चल, उत्तर प्रदेश, विहारलगायत क्षेत्रबाट स्वर्गद्वारी आउने तीर्थयात्री साउन र भदौ महिनामा धेरै आउने गर्दछन् ।

sorgadwari“स्वर्गद्धारीको व्यवस्थापन तथा सञ्चालनका लागि भारतीय तीर्थयात्रीकै भेटिको आधारमा आश्रम चल्ने गरेको छ ।” आश्रमका कोठारी प्रमुख हरि अधिकारीले भन्नुभयो– “वैशाखमा गएको भूकम्पले स्वर्गद्धारीमा आउने तीर्थयात्री आधाले घटेका थियो । त्यससँगै लगातारको बन्दले आश्रममा तीर्थयात्रीनै आएका छैनन् ।” साउन र भदौ महिनामा मात्रै करिब ४० हजार भारतीय तीर्थयात्री आश्रममा आउने गरेकोमा यस पटक एक जना पनि नआएको कोठारी प्रमुख अधिकारीले बताउनुभयो । “यो सिजन भारतीय तीर्थयात्रीका लागि उत्तम सिजन हो ।” अधिकारीले भन्नुभयो– “पछिल्ला दिनमा आन्तरिक झन्डै पाँच हजारमात्रै तीर्थयात्री आएका छन् ।” प्यूठानसँगै, दाङ, रोल्पा, रुकुम, सल्यान, अर्घाखाँची, गुल्मीलगायत क्षेत्रबाट आन्तरिक तीर्थयात्री धेरै आउने गरे पनि उनीहरुले आश्रममा थोरै मात्रामा भेटी दिने गर्दा उनीहरुको भेटीले आश्रममा केही नपुग्ने आश्रमले जनाएको छ । “आन्तरिक पर्यटक चार्डपर्वको समयमा धेरै आउने गर्दछन् । आश्रमका लेखा अधिकृत वासुदेव भट्टराईले भन्नुभयो– “गत वर्ष रु एक करोड ४२ लाखसम्म भेटी सङ्कलन भएको थियो । त्यसैले आश्रम सञ्चालन गरेका छौँ तर यस पटक सो भेटीको आधा पनि सङ्कलन नहुने जस्तो देखिएको छ ।” दैनिक ३०० सम्म तीर्थयात्री स्वर्गद्धारीमा आउने गरेकोमा अहिले त्यो सङ्ख्या ह्वात्तै घटेको छ । आश्रममा आएका भारतीय तीर्थयात्रीबाट प्राप्त भएको भेटीका आधारमा आश्रमका पण्डित तथा पूजापाठको खर्च, कर्मचारीका लागि तलब, झन्डै ४०० भन्दा धेरै गाइडको व्यवस्थापनलगायत क्षेत्रमा भेटी खर्च गरिने गरेको लेखा अधिकृत भट्टराईले बताउनुभयो । आश्रमका आन्तरिक स्रोतका रुपमा रहेका दाङ जिल्लामा रहेको एक हजार ५० बिगाह जमिन तथा प्यूठानका विभिन्न क्षेत्रमा रहेका जग्गाबाट माओवादी जनयुद्धसँगै आयस्ता आउन बन्द भएको छ । आयस्ता नआउँदा आश्रमका सबै सामग्री खरिद गर्नुपर्ने भएकाले पनि आश्रममा आर्थिक अभाव सुरु भएको छ । स्वर्गद्धारीमा तीर्थयात्री घटेसँगै स्वर्गद्धारीको धरमपानी, भिगृलगायतका क्षेत्रमा रहेका व्यवसाय तथा होटलमा पनि कम कारोबार भएको व्यवसायीले बताएका छन् ।

]]>
3289 0 0 0
ओलाङ्चुङगोला भन्सार कार्यालय कर्मचारी विहीन http://localhost/ghum/%e0%a4%93%e0%a4%b2%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%9a%e0%a5%81%e0%a4%99%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d/ Tue, 15 Sep 2015 01:51:35 +0000 http://www.ghumphir.com.np/?p=3294

ताप्लेजुङ, २९ भदौ ।

सरकारको राजस्व उठ्ने ताप्लेजुङको ओलाङ्चुङगोला भन्सार कार्यालय कर्मचारी नहुँदा अहिले भेडाबाख्रा बाध्ने ठाउँ भएको छ भने नाकामा कर्मचारी नबस्दा गैरकानुनी व्यापार व्यवसाय गर्ने कार्य बढदै गएको छ । एक जना कार्यालय सहयागीले कहिलेकाहीँ मात्र कार्यालय खोल्ने गरे पनि नियमित नहुँदा कार्यालयको भवनमा भेडाबाख्रा बाँधेको भेटिने गरेको स्थानीयको भनाइ छ । द्वन्द्वका बेला बन्द कार्यालय दुई वर्षअघि खुले पनि कर्मचारीको अभाव हुँदा राजस्व उठ्न सकेको छैन । ओलाङ्चुङगोला भन्सार कार्यालयका खरिदार नारायणप्रसाद सापकोटा डेढ वर्षअघि सरुवा भई आए पनि अहिलेसम्म कार्यालय पुगेका छैनन् । उनी अहिले ओलाङ्चुङगोला भन्सारकै नाममा ताप्लेजुङको कोष तथा लेखा नियन्त्रण कार्यालयबाट तलब बुभ्mने गर्दछन् । भन्सार बन्द नभए पनि कहिलेकाहीँ मात्र खुल्ने भएका कारण राज्यलाई वार्षिक लाखौँको राजस्व घाटा भएको छ । दैनिक लाखौँ मूल्यबराबरको आर्थिक कारोबार हुने नाकामा कर्मचारी नबस्दा गैरकानुनी व्यापार व्यवसाय फस्टाउदै गएको छ । जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमा सम्पर्क कार्यालय राखेका भन्सार कर्मचारी काजमा बसेको डेढ वर्षसम्म कार्यालय नपुगे पनि प्रशासनबाट कुनै कारबाही नभएको स्थानीय बताउँछन् । आठ जनाको दरबन्दी रहेको कार्यालयमा कर्मचारी नहुनु र कार्यालय सहयोगीका भरमा सञ्चालन गरिँदा राजस्व उठ्न नसकेको हो । अहिलेका कार्यालय सहयोगी स्थानीय ओलाङ्चुङगोलाका भोमु शेर्पाले पनि अवकाश पाउन लागेका छन् । कार्यालयले गत आव ०७१÷७२ मा रु १५ हजार ७६० मात्र राजस्व उठाएको छ । त्यस्तै, आव ०७०÷७१ मा कार्यालयले रु ८४ हजार ९२ राजस्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ । छिमेकी चीनको तिब्बतसँग सोझो सम्बन्ध रहेको नाका खुला नहुँदा दुर्लभ जडीबुटीको अवैध चोरी निकासीले तीव्रता पाएको छ । अवैध व्यापार व्यवसायका लागि नाका प्रयोग हुने क्रम पछिल्लो समय झनै बढेको छ । रक्तचन्दन तस्करले ओलाङ्चुङगोला नाकालाई नै प्रयोग गर्दै आएको स्थानीयको दाबी छ । अहिले चिराइतो पनि यही नाका हुँदै तिब्बत निकासा हुने गरेको छ ।

]]>
3294 0 0 0
नागरिक लगानी कोषमा सन्ध्याकालीन सेवा http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%8d/ Tue, 15 Sep 2015 01:46:27 +0000 http://www.ghumphir.com.np/?p=3297

काठमाडाँै, २९ भदौ ।

नागरिक लगानी कोषले आफूले सञ्चालन गर्दै आएको कर्मचारी बचत वृद्वि स्वीकृत अवकाश कोषका सहभागीलाई थप सेवा प्रवाह गर्ने उद्देश्यले सन्धाकालीन सेवा सञ्चालन गरेको छ ।

nagarik lagani koshकोषले आज विज्ञप्तिमार्फत हालसम्म आइतबारदेखि बिहीबारसम्म कोषमा आबद्ध सेवाग्राहीले बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म राजीनामा÷अवकाशसम्बधी भुक्तानी र सापटी फाराम दर्ता गर्ने गरेकामा अब अपराह्न ४ बजेसम्म दर्ता गर्ने व्यवस्था मिलाइएको जनाएको छ । त्यसैगरी शुक्रबार अपराह्न २ बजेसम्म राजीनामा÷अवकाश÷भुक्तानी तथा सापटी भुक्तानीको फाराम दर्ता गर्ने गरिएकामा अब अपराह्न ४ बजेसम्म गरिने व्यवस्था कोषका सूचना अधिकृत उद्धव सिलवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै भुक्तानीको हकमा फाराम दर्ता गरेकै दिनमा कोषले आइतबारदेखि बिहीबार ६ बजेसम्म तथा शुक्रबार अपराह्न ४ बजेसम्म राजीनामा÷अवकाश तथा सापटीको भुक्तानीको व्यवस्था मिलाएको छ । सो सेवा सञ्चालन भएपछि करिब एक लाख ६६ हजार सेवाग्राहीले सुविधा पाउने कोषले अपेक्षा गरेको छ ।

]]>
3297 0 0 0
विमानस्थलका कर्मचारी र सुरक्षाकर्मीले जहाजको टिकट 'ब्ल्याक'मा बेचे http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b0-%e0%a4%b8/ Tue, 15 Sep 2015 02:04:30 +0000 http://www.ghumphir.com.np/?p=3302 २९ भदौ,विराटनगर
काठमाडौं हवाई रूटको एकतर्फी भाडा ६ हजार ४ सय ९५ रूपैयाँ हो। महिना दिन लामो बन्दले आजको भोलि टिकट पाइँदैन। १५ दिनअघि टिकट किने सस्तोमा ४ हजार ३ सय ६५ रूपैयाँ पर्छ। यो त भयो, प्रक्रियामा गएर टिकट खरिद गर्दा लाग्ने मूल्य र समय।
तर, अहिलेको अहिल्यै टिकट चाहियो भने पनि विराटनगरमा उपलब्ध हुन्छ। त्यसको लागि पूरै भाडामा हजार रूपैयाँ थप्नुपर्छ। लगातार बन्दले सडक मार्ग असुरक्षित भएपछि हवाई यात्रा गर्नेको चाप बढेको छ। जहाजको टिकट पाउनु मुश्किल छ। त्यसैको फाइदा उठाएर विराटनगरका ट्राभल एजेन्सीका केही कर्मचारी र विमानस्थलमा खटिएका सुरक्षाकर्मीले जहाजको टिकट 'ब्ल्याक'मा बेचिरहेको रहस्य खुलेको छ। सुनसरीका ३ जनालाई शुक्रबार काठमाडौं पुग्नैपर्ने थियो। शनिबार उनीहरूको विदेश उड्ने टिकट कन्फर्म थियो। सुनसरीबाट बन्दको अवरोध छिचोल्दै तीनैजना विराटनगर विमानस्थल आइपुगे। टिकटको लागि धेरैतिर हारगुहार गरे। नपाइने छाँट देखेपछि विमानस्थलमै निराश बसिरहे। एक हजार बढी तिरे टिकट पाइने आश्वासन पाए। आश्वासन दिने प्रहरीको पोसाकधारी थिए, उनीहरुले नाइँनास्ती गरेनन्। हुन्छ भनिदिए। तीनवटै टिकट आइपुग्यो। दुईजनाको एउटै जहाजमा, एकजनाको अर्कोमा। सेडुलमा टिकट पाएका एकजना साथी जहाज आयो, उड्यो। बाँकी दुई साथीको टिकट कन्फर्म गरिएको चार्टर जहाज रद्द भइदियो। उनीहरु उड्न पाएनन्। टिकटको पैसा फिर्ता लिन उनीहरु एयरलायन्सको काउन्टरमा गए। ६ हजार ४ सय ९५ रूपैयाँ मात्रै फिर्ता पाएपछि उनी बिच्किए। '७ हजार ५ सय रूपैयाँ तिरेको छु, सबै फिर्ता हुनुपर्छ,' ती यात्रुको भनाई उद्धृत गर्दै एक एयरलायन्सका कर्मचारीले नागरिकसँग भने, '७ हजार ५ सय कसरी, टिकटको मूल्य त्यति छँदै छैन भन्दा यात्रुले ७ हजार ५ सय तिरेको भन्दा हामी त आश्चर्यमा पर्यौं ।' हल्लाखल्ला भएपछि उनीहरुसँग टिकटको मूल्यभन्दा बढी रकम तिरेका ती प्रहरीले पैसा फिर्ता गरिदिए। बन्दले विमानबाट यात्रा गर्नेको चाप बढेपछि विराटनगर विमानस्थलमा टिकटको ब्ल्याकमेलिङ मौलाएको छ। विराटनगर विमानस्थलबाट अहिले दैनिक ८ सयभन्दा बढी यात्रु ओहरदोहोर गर्छन्। बुद्ध एयरको चार, यति एयरलायन्सको चार र सौर्य एयरको दुईवटा दैनिक उडान भइरहेको छ। टिकट नपाएर फर्किने यात्रुको संख्या पनि दुई सयभन्दा बढी छ। 'चिनजानको हिसाबले हामीले एक–दुईवटा टिकट मिलाइदिन्छौं,' यति एयरलायन्सका एक कर्मचारीले भने, 'त्यसलाई महँगोमा बेचेर सुरक्षाकर्मी र ट्राभलका कर्मचारीले फाइदा लुटिरहेका छन्।' ती कर्मचारीका अनुसार अहिले विराटनगर विमानस्थलमा टिकट दलाली गर्नेको बिगबिगी नै छ। 'ट्राभलका कर्मचारी टर्मिनल हलमै प्रवेश गरेर टिकट ब्ल्याकमेलिङ गर्छन्,' विराटनगर विमानस्थल स्रोतले भने, 'टर्मिनल हलमा रहेको एयरलायन्सको काउन्टरमै पुगेर ट्राभलका कर्मचारीले टिकट मिलाइदिने भन्दै यात्रुसँग बढी पैसा असुलिरहेका छन्।' टिकट नपाएर टर्मिनल हलमा अलपत्र परेका यात्रुसित बढी पैसा असुलेर सुरक्षाकर्मी र ट्राभलका कर्मचारीले टिकट कालोबजारीमा बेचिरहेको एयरलायन्स कर्मचारीको गुनासो छ। विराटनगर विमानस्थलबाट अहिले मोरङ, सुनसरी, धनकुटा, सप्तरीसम्ममा यात्रुले विमान सेवा प्रयोग गरिरहेका छन्।
]]>
3302 0 0 0
माछा मारेर खाने "अट्वारी पर्व" (फोटो फिचर) http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%9b%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%b0-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%85%e0%a4%9f%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%aa/ Tue, 15 Sep 2015 04:02:37 +0000 http://www.ghumphir.com.np/?p=3305 कुलदीपन्यौपाने पश्चिम नेपालको तराईका जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारु समुदायले अट्वारी पर्व मनाउने गर्दछन् । हुन त अरु दिनपनि माछा मारेर तरकारी खाने थारु जातीे दिन अट्वारी पर्वका बेला अनिबार्य गाउले सबै मिलेर नजिकको खोला नदिमा गएर माछा मारेर ल्याउने र त्यसलाई पकायर रातिभाले नबास्दै उठेर दर खाने थारु समुदाय परमपरा रहेको छ । दिनभर पानी समेत नपिएर ब्रत बस्ने गर्दछन् । यसो गरेमा आफ्नो परिवारलाई सुख शान्ति हुने जवविश्वार रहेको छ । पश्चिम नेपालको बाँके, बर्दिया, दाङ्ग, कैलाली कञ्चनपुरकाथारु समुदायको यो प्रमुखपर्व मध्य एक हो । अट्वारी पर्व थारु समुदायका पुरुषले मात्रमनाउने गर्दछन । दिनदिनभरी नै व्रत बसेर साँझ नजिकैको खोलामागई नुहाइधुवाइ गरेर घरको बैठक कोठा लिपपोत गरी ‘गन्यारी’ भन्ने काठबाट आगो निकालेर भान्सागर्ने चलन छ । त्यही ‘गन्यारी’ बाट निस्केको आगोले सबैभन्दा पहिला एकापट्टि मात्र पाकेको रोटी पकाउछन । जुन रोटीलाई ‘भेवक रोटी’ भनिन्छ । त्यसपछि अरु विभिन्न थरीकाचिल्ला रोटी पकाउछन र आफ्नादिदीबहिनीहरुको लागिआ–आफ्नो भागमा रहेका रोटी र विभिन्न थरिका फलफूल आधा भाग निकालिसकेपछि पुनःआ–आफ्नो भागबाट सबै रोटी तथा फलफूलबाट चिम्टेर भेवक अर्थात् भीमको नाममा आगोमा हालेर पूजागर्ने चलन छ । यसरी पूजा गरिसकेपछि घरका सदस्यहरु बसेर घरको सबैभन्दा अगुवा मान्छेबाट क्रमशः सानोले रमाइलो गर्दै खाने चलन रहेको छ । दाङकाथारु राजादंगीशरणको राज्यमाशत्रुहरुले आक्रमण गर्न लागेको खबर पाउनसाथ भिमले तावामा पकाउदै गरेको रोटी छाडेर भोकै पेट पानीसमेत नखाई थारु राजादंगीशरणको पक्षमा लड्न गइशत्रुहरुलाई हराएछन् । यसरी भिमले भोकै पेट केहीनखाएर थारु राजादंगीशरणको पक्षमा लडेर विजयहासिल गरेको अवसरमा यो महानपर्व अट्वारी मनाउदै आएको किवदन्ती रहेको छ । त्यही मान्यतालार्इ मान्दै र विश्वास गरी थारु समुदायले भीमजस्तै बलियो बन्नपुर्खा देखी नै यो अट्वारी पर्व मनाउदै आएको हो ।

tharu festival @ ghumphir tharu festival @ ghumphir (15) tharu festival @ ghumphir (14) tharu festival @ ghumphir (13) tharu festival @ ghumphir (11) tharu festival @ ghumphir (10) tharu festival @ ghumphir (7) tharu festival @ ghumphir (6) tharu festival @ ghumphir (5) tharu festival @ ghumphir (3) tharu festival @ ghumphir (2)

]]>
3305 0 0 0
जङ्गली हात्तीबाट आतङ्कित http://localhost/ghum/%e0%a4%9c%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a5%80-%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%86%e0%a4%a4%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%a4/ Tue, 15 Sep 2015 04:10:50 +0000 http://www.ghumphir.com.np/?p=3318

भद्रपुर, २९ भदौ ।

झापाको दक्षिणी केही गाविसमा जलथल जङ्गलमा रहेका जङ्गली हात्तीका कारण मानिस आतङ्कित बनेका छन् । रातको समयमा जङ्गलबाट आठ वटा हात्तीको समूहले मानव बस्तीमा प्रवेश गरी अन्नपात र घरहरु तोडफोड गर्ने गरेका कारण आतङ्कित बनेको मानव हात्ती द्वन्द्व व्यवस्थापनका लागि हरियाली युवा परिवारका अध्यक्ष दिनेश दासले जानकारी दिनुभयो । जङ्गली हात्तीले राजगढ, महेशपुर, पृथ्वीनगर, पाठामारीलगायतका गाविसमा दुःख दिने गरेको छ । अधिकांश सुकुम्बासी नै जङ्गली हात्तीको आक्रमणमा पर्ने गरेको र उनीहरुसँग स्थायी धनी पुर्जा नभएका कारण क्षतिपूर्ति पनि पाउन नसकेकाले उनीहरु झन प्रताडित बनेका छन् । स्थायी धनी पुर्जा भएको मानिसको घर भत्काएमा रु १० हजार र अन्नपात खाएको प्रमाणित भएमा रु १० हजार क्षतिपूर्ति हुने व्यवस्था भए पनि स्थायी धनी पुर्जा नभएका कारण पीडितले क्षतिपूर्ति पनि पाउन सकेका छैनन् । गएको वैशाखयता अहिलेसम्ममा लगभग ५० वटा घर भत्काइसकेको छ भने जङ्गली हात्तीको समूहमा रहेको आँखा नदेख्ने एउटा कानो हात्तीले नै सबैभन्दा बढी क्षति गर्ने गरेको जिल्ला वन कार्यालयका प्रमुख इन्द्रमणि भण्डारीले जानकारी दिनुभयो । यस्तै झापाको उत्तरी क्षेत्र बाहुण्डांगीमा पाँच दशकदेखि भारतबाट प्रवेश गरी स्थानीय मानिसलाई दुःख, जनधनको क्षति गर्न थालेपछि सुरक्षाको निम्ति हात्तीलाई रोक्न विद्युतीय तारवार लगाउने कार्य तीव्र गतिमा भइरहेको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।

]]>
3318 0 0 0
प्राधिकरणमा मिटर नहुँदा समस्यामा http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%b0%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%bf%e0%a4%9f%e0%a4%b0-%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be/ Tue, 15 Sep 2015 04:14:59 +0000 http://www.ghumphir.com.np/?p=3321

इलाम, २९ भदौ ।

मिटर बक्स नआउँदा उपभोक्ता समस्यामा परेका छन् । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय इलाम, फिक्कल शाखामा मिटरका लागि निवेदन दिए पनि उपभोक्ताले मिटर बक्स पाउन सकेका छैनन् । मिटर बक्स नपाएपछि छिमेकीको घरबाट तार जोडेर बत्ती बाल्नुपर्ने अवस्था सिर्जना भएको छ । दसैँमा आफ्नै घरमा मिटर जोडेर बिजुली बाल्ने सपना पनि अधुरै रहने भयो, नयाँ मिटरका लागि फिक्कलमा निवेदन दिएको छ महिना भइसक्यो, गोदक–४ का भक्तबहादुर बराइलीले भन्नुभयो– “प्राधिकरणले एउटा मिटरबाट एक घरमा मात्र बिजुली बाल्नुपर्छ भन्छ तर मिटर चाहीँ वितरण गर्दैन्, यो कस्तो बिडम्वना ।” आफ्नै घर छेउबाटै बिजुलीको मुख्य प्रसारण लाइन विस्तार भए पनि विद्युत् बाल्न अझै कति महिना कुर्नुपर्ला कुनै निश्चित छैन उहाँले भनुभयो । नेपाल विद्युत् प्राधिकरणमा मिटरका लागि इलाम शाखामा एक हजार ५०० र फिक्कल शाखामा एक हजार ग्राहकले नयाँ मिटर जडानका लागि निवेदन दिए पनि पाउन सकेका छैनन् । मिटर नपाएपछि उनीहरू कसैले छिमेकीको घरबाट त कोही अन्धकारमै बसिरहेका छन् । प्राधिकरणले असारदेखिनै मिटरका लागि आवेदन लिन छाडिसकेको जनाएको छ । मिटरबक्सको समस्या यहाँ मात्र नभएर अन्य ठाउँमा पनि रहेको छ, प्राधिकरण प्रमुख सीताराम सिग्देलले भन्नुभयो– “मिटरका लागि अन्तर्राष्ट्रिय टेण्डर भए पनि अझै आइपुगेको छैन, चीनबाट आउनुपर्ने भए पनि भन्सार नखुल्दा समस्या भएको छ ।”

]]>
3321 0 0 0
पर्यटन प्रवद्र्धन समितिको क्षेत्रीय कार्यालय स्थापना http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%95/ Tue, 15 Sep 2015 13:25:00 +0000 http://www.ghumphir.com.np/?p=3324

कास्की, २९ भदौ ।

राष्ट्रिय पर्यटन प्रवद्र्धन समिति (एनटिपिसी) को पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरामा स्थापना भएको छ ।कार्यालयको समितिका पश्चिमाञ्चल संयोजक गोविन्दराज पहारीले आज उद्घाटन गर्नुभयो । भूकम्पबाट अस्तव्यस्त भएको नेपालको पर्यटन क्षेत्रलाई उत्थान गर्न गत जेठ ३१ गते मन्त्री परिषद्को निर्णयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा समिति गठन भएको थियो । समितिको पश्चिमाञ्चल क्षेत्रीय समितिलाई मन्त्रालयले केही दिनअघि अनुमोदन गरेपछि बैठक बसी ३६ सदस्सीय क्षेत्रीय समितिलाई प्रभावकारी रुपले क्रियाशील बनाउन बैठकले कार्य सम्पादन समिति गठन गरेको छ । सम्पादन समितिमा समितिका पश्चिमाञ्चल संयोजक पहारी, सहसंयोजक कृष्णहरि सुवेदी, लक्ष्मण गिरी, भरतराज पराजुली र रामचन्द्र शर्मा रहनुभएको छ । त्यसैगरी पर्यटन बोर्ड पोखराका प्रमुख श्रद्धा श्रेष्ठ, रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराई, सेञ्चुरी पर्यटन विकास सङ्घका अध्यक्ष दलबहादुर गुरुङ, पर्यटन व्यवसायी घनश्याम सुवेदी, कृष्ण भण्डारी, ओम पाण्डे, लक्की क्षेत्री र टेसाका अध्यक्ष चन्द्र पौडेल समेत समितिमा रहनुभएको छ ।

]]>
3324 0 0 0
मुस्ताङका तीन गाविसमा हिउँचितुवाको आतङ्क http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%95%e0%a4%be-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%97%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%bf/ Tue, 15 Sep 2015 13:30:52 +0000 http://www.ghumphir.com.np/?p=3326

मुस्ताङ, २९ भदौ ।

हिमाली जिल्ला मुस्ताङका तीन गाविसमा हिउँचितुवाको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । रातको समयमा गोठमा आएर किसानले पालेको च्याङ्ग्रा, याकको बाच्छाबाच्छी र घोडालाई समेत आक्रमण गर्न थालेपछि उनीहरु चिन्तित बनेका हुन् ।

sno leopard

पछिल्लो एकहप्ताको अवधिमा चराङ, मार्फा र कागबेनी गाविसमा शृङ्खलाबद्ध रुपमा हिउँचितुवाले पशुचौपायालाई आक्रमण गरेको जिल्ला पशु सेवा कार्यालय मुस्ताङले जनाएको छ । चराङस्थित चराङ गाउँमा स्थानीयवासी छेतेन पेमा गुरुङको १०४ वटा च्याङ्ग्रा मारेको दुई दिन पछि चितुवाले मार्फामा ३० भन्दा बढी याकको बाच्छा मारेको पशु सेवा कार्यालयका पशु चिकित्सक डा नन्दलाल बर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, कागबेनीमा पनि १० भन्दा बढी घोडालाई आक्रमण गरी घाइते बनाएका छन् । “यी तीन गाविसबाट किसानले निरन्तर फोन गरिरहेका छन्, यसलाई कसरी व्यवस्थापन गर्ने हो,” डा बर्माले भन्नुभयो – “पशु हुँदै मान्छेलाई समेत आक्रमण गर्ने सम्भावना रहन्छ ।” पशुचौपायालाई निरन्तर आक्रमण गरिरहेकाले त्यस क्षेत्रका स्थानीय जनता पनि त्रसित भएका छन् । पछिल्लो समय अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायतका सङ्घसंस्थाले जिल्लाभर दुर्लभ मानिएको हिउँचितुवाको संरक्षण र सम्बद्र्धन गर्न अभियानै सञ्चालन गरिरहेको छ । एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जङ्गलबाट हिउँचितुवा मानव बस्तीतिर आउने क्रम बढेको जानकारी दिनुभएको छ ।

]]>
3326 0 0 0
भूकम्पपछिको पर्यटनः सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक :परराष्ट्र मन्त्री पाण्डे http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a4%9b%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%83-%e0%a4%b8%e0%a4%95%e0%a4%be%e0%a4%b0/ Tue, 15 Sep 2015 13:38:20 +0000 http://www.ghumphir.com.np/?p=3328

काठमाडौँ, २९ भदौ ।

‘नेपालमा भूकम्पपछिको पर्यटनको पुनरुत्थान’ विषयमा आयोजित कार्यशालामा भूकम्पपश्चात् पनि नेपालको पर्यटकीय क्षेत्र सुरक्षित र उत्तिकै हेर्न लायक भएका कारण त्यसको सकारात्मक सन्देश प्रवाह गर्नु अपरिहार्य भएकोमा जोड दिइएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र नेपाल पर्यटन बोर्डद्वारा आयोजित कार्यशालामा वक्ताले भूकम्पले नेपालका केही पर्यटकीय पूर्वाधार क्षति गराए पनि भूकम्पपश्चात् केही सञ्चारमाध्यमबाट भूकम्पले नेपाल पूर्णरुपमा ध्वस्त बन्यो भन्नेजस्ता भ्रामक समाचार सम्प्रेषण गरेकाले नकारात्मक सन्देश दिएको बताउनुभयो । कार्यशालामा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालका केही पर्यटकीय क्षेत्र तथा सम्पदा भूकम्पले प्रभावित भए पनि धेरै ठाउँ सुरक्षित रहेको बताउनुभयो ।

maheanra-pandey44“नेपालका धेरै सांस्कृतिक तथा धार्मिकस्थल पर्यटकलाई स्वागत गर्न आतुर छन्,” उहाँले भन्नुभयो, “हिमालय पर्वत पर्यटकको स्वागतको पर्खाइमा छन्, यहाँका नदीनाला, राष्ट्रिय निकुञ्ज तथा आरामदायी होटलसमेत अतिथिको सत्कारको प्रतिक्षामा छन् ।” उहाँले भूकम्पपछि केही समययता प्रभावित मुलुकको पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा आउने विश्वास व्यक्त गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले नेपालको ८० प्रतिशतभन्दा बढी क्षेत्र भूकम्पको प्रभावबाट मुक्त भएको जानकारी गराउँदै महत्वपूर्ण र असाध्यै सुन्दर पर्यटकीय क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा रहेकाले यसको विश्वव्यापी प्रचार गर्नु आवश्यक भएको उल्लेख गर्नुभयो । “नेपालका प्रमुख ३५ वटा पदयात्रा मार्गमध्ये दुईवटा मार्गमात्रै भूकम्पले प्रभावित भएका छन्,” उहाँले भन्नुभयो, “भूकम्पपछिको नेपालको पर्यटकीय पूर्वाधार पूर्ववत् अवस्थामै छन् । यहाँ अहिले पनि सुरक्षित रुपमा मनमोहक दृश्यावलोकन गर्न सकिने सन्देश प्रवाह गर्नु वर्तमानको आवश्यकता हो ।” नेपालका पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका सुन्दर सांस्कृतिक तथा प्राकृतिक क्षेत्र भूकम्पबाट प्रभावित नभएको बताउँदै उहाँले ७५ जिल्लामध्ये जम्मा ११ जिल्लामा रहेका पर्यटकीय क्षेत्रमा भूकम्पको प्रभाव परेको जानकारी गराउनुभयो । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशक डा ऋषिराज अधिकारीले भूकम्पपश्चात् केही सञ्चारमाध्यमबाट भएको नकारात्मक समाचार प्रवाहका कारण नेपालको पर्यटन क्षेत्रलाई तत्कालीन अवस्थामा प्रभाव पारे पनि नेपालको पर्यटन क्षेत्रमा क्रियाशील सङ्घसंस्था तथा सञ्चारमाध्यमबाट यसको वास्तविकतालाई उजागर गरे विस्तारै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्नुभयो । नेपाल टुरिस्ट गाइड एसोसिएसनका अध्यक्ष हरेराम बरालले भूकम्पपछि फैलिएको नकारात्मक सन्देशका कारण नेपाल आउने पर्यटकमा नकारात्मक असर पर्नसक्ने हुँदा तत्कालै पर्यटन सम्बद्ध सङ्घसंस्थाको पहलमा सम्पदा क्षेत्र पदयात्रा, जलविहार, हिमालय आरोहण तथा धार्मिक र सांस्कृतिक पर्यटनलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो । “पर्यटन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण व्यवसाय हो,” बरालले भन्नुभयो, “भूकम्पपछि विभिन्न कारणले प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा ल्याउन सबैको सकारात्मक प्रयास आवश्यक छ ।” परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका सदस्य डा गणेश गुरुङले भूकम्पपछिका १४३ दिनसम्म पनि पर्यटन क्षेत्र प्रभावित भएकोप्रति गम्भीर बन्नुपर्ने बताउनुभयो । नेपाल पर्वतारोहण सङ्घका महासचिव ठाकुरराज पाण्डेले नेपालका हिमालय आफँैमा पर्यटकीय आकर्षणको केन्द्र भएका र भूकम्पले यी क्षेत्र प्रभावित नभएका कारण यसको सन्देश प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डको बजार शाखा प्रमुख उज्वला दलीले नेपाल पर्यटन बोर्डले भूकम्पपछिको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन अन्य पर्यटन सम्बद्ध संस्थासँग सहकार्य गर्दै अघि बढेको जानकारी गराउनुभयो । होटल सङ्घ नेपालका प्रमुख कार्यकारी अधिकृत प्रवेश अर्यालले भूकम्पले नेपालका केही होटेलमा मात्र प्रभाव पारेपनि अधिकांश होटल पूर्णरुपमा सुरक्षित रहेको बताउनुभयो ।

]]>
3328 0 0 0
तीन लाख बढी राजस्व सङ्कलन http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a4%a8/ Tue, 15 Sep 2015 13:40:26 +0000 http://www.ghumphir.com.np/?p=3331

मेलम्ची, २९ भदौ ।

सिन्धुपाल्चोकमा रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले आर्थिक वर्ष २०७१÷७२ मा रु तीन लाख १६ हजार ८०० राजस्व सङ्कलन गरेको छ । एक वर्षभरिमा इलाका प्रहरी कार्यालयले राजमार्गको विभिन्न ठाउँमा जाँच गर्दा नियम विपरीत सवारी साधन चलाउने, क्षमताभन्दा बढी भार बोक्ने र बिनाकागजपत्र सवारी साधन चलाउने टिपर, बस, भ्यान, मोटरसाइकललगायतका साधनबाट उक्त राजस्व सङ्कलन गरेको हो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्र थापाका अनुसार यस क्रममा विभिन्न एक हजार ५६ वटा सवारी साधनलाई कारबाही गरिएको छ । पटक–पटक यात्रुबाहक बस, मोटरसाइकल र टिपर चालकलाई राखेर ट्राफिक सचेतना कार्यक्रम समेत गर्दै आएको थापाले जानकारी दिनुभयो ।

]]>
3331 0 0 0
दश किलो सुनसहित पक्राउ http://localhost/ghum/%e0%a4%a6%e0%a4%b6-%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%89/ Tue, 15 Sep 2015 13:43:33 +0000 http://www.ghumphir.com.np/?p=3333

काँकडभिट्टा (झापा), २९ भदौ ।

भद्रपुर विमानस्थलबाट अवैध रुपमा काठमाडौँ लैजान लागिएको अवस्थामा आज अपराह्न १० किलो सुनसहित एक जना पक्राउ परेका छन् । भद्रपुरबाट काठमाडाँै जान लागेको बुद्ध एयरलाइन्सको फ्लाइट नं ९५६ बाट काठमाडौँ जान लागेका ललितपुर घर भएका सोनाम गुरुङ सो परिमाणको सुनसहित पक्रउ परेको प्रहरीले जनाएको छ । प्रहरीले जाँच गर्दा राईले जुत्तामा लुकाएको अवस्थामा सुन फेला पारेको हो । यति ठूलो परिमाणमा झापामा सुन पहिलो पटक बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक पुष्कलराज रेग्मीले बताउनुभयो । अभियुक्त गुरुङ भारतबाट सुन तस्करी गिरोहको भरिया हुन सक्ने प्रहरीको अनुमान छ ।

]]>
3333 0 0 0
'नाडा साे' सुरु (फोटो फिचर) http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a5%87-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81-%e0%a4%ab%e0%a5%8b%e0%a4%9f%e0%a5%8b-%e0%a4%ab%e0%a4%bf%e0%a4%9a%e0%a4%b0/ Tue, 15 Sep 2015 16:23:43 +0000 http://www.ghumphir.com.np/?p=3339 २९ भदौ, काठमाडौं ।

राजधानीको भृकुटिमण्डपमा मंगलबारदेखि सवारी साधनको कुम्भ मेला सुरु भएको छ । मेलाको अर्थमन्त्री डा. रामशरण महतले भव्य समारोहबीच समुद्घाटन गरे ।

नेपाल अटोमोवाइल्स डिलर एसोसिएसन (नाडा)ले आयोजना गरेको मेलामा विभिन्न ६५ कम्पनीका १२० स्टलहरु रहेका छन् । मेलामा १४ ब्राण्डका चारपांग्रे, १५ ब्राण्डका दुइपांग्रे र ५ ब्राण्डका हेभी कमर्शियल भेइकल प्रदर्शनीमा राखिएको छ । ६ दिनसम्म चल्ने मेलामा ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

Nada Auto Show (5) (1) Nada Auto Show (6)

nata auto (2) nata auto (3) nata auto (4)

Df+unjf/ b]lv /fhwfgLdf ;'? ePsf] gf8f c6f] zf]df /flvPsf] :s'6/df kf]h lbb} Ps df]8n . tl:a/ M k|bLk/fh jGt ,/f;;]]>
3339 0 0 0
पर्यटकको पर्खाइमा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%96%e0%a4%be%e0%a4%87%e0%a4%ae%e0%a4%be/ Tue, 15 Sep 2015 16:28:14 +0000 http://www.ghumphir.com.np/?p=3346 3346 0 0 0 सुरु भएको नाडा अटो http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%85%e0%a4%9f%e0%a5%8b/ Tue, 15 Sep 2015 16:51:33 +0000 http://www.ghumphir.com.np/?p=3353 3353 0 0 0 हरितालिका तीज देशचर हर्षो उल्लासका साथ मनाइँदै http://localhost/ghum/%e0%a4%b9%e0%a4%b0%e0%a4%bf%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a4%e0%a5%80%e0%a4%9c-%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a4%a4/ Wed, 16 Sep 2015 01:55:18 +0000 http://www.ghumphir.com.np/?p=3355

काठमाडौैँ, ३० भदौ ।

नेपाली महिलाहरूको महान चाड हरितालिका तीज देशचर हर्षो उल्लासका साथ मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाइँछ । तीजको अघिल्लो दिन आज दरखाने र भोलि ब्रत बसी तीज मनाउने प्रचलन रही आएको ज्योे.पं. माधवप्रसाद सापकोटाले बताउनुभयो । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ । भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो । पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ । तीजका नाममा पछिल्ला समयमा बढिरहेको विकृतिलाई अन्त्य नगर्ने हो भने भावी पुस्ताले तीज पर्वको वास्तविक महत्व र गरिमाका सम्बन्धमा जानकारीसमेत नपाउन सक्ने अवस्था सिर्जना हुने आशङ्का हुन थालेको छ । तीज पर्व दिदीबहिनीबीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो । तीजका नाममा एक महिनादेखि तडकभडक देखाउने, अनावश्यक खर्च गर्ने प्रवृत्तिले यो विकृतिमय बन्दै गएको छ, मौलिक गीत हराउँदै उत्ताउला गीत गाउन थालिएको छ । प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा उक्त दिन यही हरितालिका तीजको दिन रहेको थियो । तीजको ब्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यस महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । यस दिन काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुको ठूलो भीड लाग्ने गर्दछ ।

]]>
3355 0 0 0
विषादीको खपत क्रमशः कम हुँदै गएको http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a4%be%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a4%aa%e0%a4%a4-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%b6%e0%a4%83-%e0%a4%95%e0%a4%ae-%e0%a4%b9%e0%a5%81/ Wed, 16 Sep 2015 02:00:05 +0000 http://www.ghumphir.com.np/?p=3358

भद्रपुर, ३० भदौ ।

झापा जिल्लामा विगतको तुलनामा बर्सेनि विषादीको खपत कम हुँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । झापामा ९० हजार हेक्टर जग्गामा धानखेती हुने गरेको छ भने धेरै भूभागमा चिया र तरकारी खेती हुने गर्दछ ।

kisanबालीनालीमा रोग र कीराबाट जोगाउन प्रयोग गरिने विषादी मानिसको स्वास्थ्यमा गम्भीर खसर पर्ने गरेको चेतनाकै कारण विषादीको प्रयोग घटेको कार्यालयले जनाएको छ । विषादीको कम प्रयोग गर्न आइपिएम तालिम र बनेका कृषकको समूहले विषादीलाई न्यूनीकरण गर्नेतर्फ देखाएको सक्रियताले नै विषादी कम प्रयोग भएको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले बताउनुभयो । कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७१÷७२ मा झोल विषादी १८ हजार ९७ लिटर, पाउडर १२ हजार ८५ केजी, जैविक झोल पाँच हजार दुई लिटर, जैविक धुलो छ हजार दुई केजी र अन्य पाँच हजार केजी विषादी प्रयोग गरिएका छन् । आर्थिक वर्ष २०७०÷७१ मा झोल विषादी २० हजार ९८ लिटर, पाउडर १४ हजार चार सय १३ केजी, जैविक झोल चार हजार ८६ लिटर, जैविक झोल पाँच हजार ५६ केजी र अन्य चार हजार पाँच केजी विषादी किसानले खेतबारीमा प्रयोग गरेको देखिन्छ । झापामा हाल विषादीको कारोबार गर्ने दुई सय ९७ वटा पसल छन् ।

]]>
3358 0 0 0
करोडौँको खानेपानी आयोजना अलपत्र http://localhost/ghum/%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a5%8c%e0%a4%81%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be/ Wed, 16 Sep 2015 02:02:19 +0000 http://www.ghumphir.com.np/?p=3361

दाङ, ३० भदौ ।

दाङको मानपुुर र विजौरी गाविसमा विसं २०५८ देखि सुरु भएको करोडौँको खानेपानी आयोजना अलपत्र परेको छ । मानपुर गाविस–१, २, ३, ४, ५, ६ र विजौरी गाविस–७ का गरी करिब दुई हजार घरधुरीका लागि ७२ वटा सामुदायिक धारामा पानी वितरण गर्ने उद्देश्यले सुरु भएको आयोजना अलपत्र अवस्थामा पुगेको हो । अधिकांश धारा जीर्ण अवस्थामा पुग्दासमेत पनि काम सुरु नगरेको मानपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका निवर्तमान अध्यक्ष गिरिराज केसीले बताउनुभयो । जिल्ला विकास समिति दाङ र जिल्ला प्राविधिक कार्यालयको गैरजिम्मेवारीपनका कारण पानी वितरणमा समस्या उत्पन्न भएको उहाँको भनाइ छ । योजना सुरु गर्दा उपभोक्ताको श्रमदान र नगदसहित २५ प्रतिशत लगानीका साथै एक करोडभन्दा बढी लगानी भइसकेको समेत अध्यक्ष केसीले बताउनुभयो ।

]]>
3361 0 0 0
जिवन त धान्नै पर्यो नि http://localhost/ghum/%e0%a4%9c%e0%a4%bf%e0%a4%b5%e0%a4%a8-%e0%a4%a4-%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%88-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf/ Wed, 16 Sep 2015 02:08:19 +0000 http://www.ghumphir.com.np/?p=3363 3363 0 0 0 प्राङ्गारिक चिया http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be/ Wed, 16 Sep 2015 02:18:20 +0000 http://www.ghumphir.com.np/?p=3368 3368 0 0 0 तराईमा चौंठचन्द्र पर्व मनाइँदै http://localhost/ghum/%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%8c%e0%a4%82%e0%a4%a0%e0%a4%9a%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%ae/ Wed, 16 Sep 2015 05:30:20 +0000 http://www.ghumphir.com.np/?p=3371 विराटनगर, ३० भदौ ।

तराईका जिल्लामा चौंठचन्द्र पर्व धार्मिक विधिपूर्वक  मनाइँदैछ । भाद्र शुक्ल चतुर्थी तिथिमा सन्ध्याको समयमा गणेश र चन्द्रमाको पूजा गरी मैथिल समुदायले यो पर्व मनाउने गरिएको हो । प्राचीन मिथिलाका राजा हेमाङ्गद ठाकुरले यो पर्वको शुभारम्भ गर्नुभएको विश्वास गरिन्छ । उहाँ ज्योतिष पनि हुनुहुन्थ्यो । यस पर्वको अवसरमा मिथिलामा पूजाको अवसरमा बनाउने गरिएका कलात्मक अरिपन आँगनमा बनाउने गरिन्छ । चामलको पीठोले आँगनमा अरिपन गरी त्यसमा चन्द्रमाको आकृति बनाउनुका साथै विभिन्न पूजाका सामग्री राख्ने स्थल अङ्कित गरिन्छ । त्यसपछि पूजाका सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाई, नरिवल केरालगायत सामग्री राखेर पूजा सुरु गरिन्छ । यो पर्व मनाउने परिवारका एकजना दिनभर उपवासमा बसेका हुन्छन् । पूजामा बस्नुअघि स्नान गरी स्वच्छ मनले चन्द्रमा र गणेशलगायत देवीदेउताको पूजा गरिन्छ । पूजा सम्पन्न भएपछि पूजाका सामग्री लिएर चन्द्रमाको दर्शन गरिन्छ । त्यसो नगरी चन्द्रमाको दर्शन गरेको खण्डमा मिथ्या कलङ्क लाग्ने जनविश्वास छ । स्यमन्तक मणि चोरी गरेको आरोपबाट प्रताडित हुनुभएका भगवान् कृष्णले भाद्र शुक्ल चतुर्थी तिथिमा चन्द्रमा र गणेशको पूजा गरेपछि मिथ्या कलङ्कबाट मुक्त हुनुभएकाले यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थ भविष्य पुराणमा उल्लेख गरिएको छ । यसका साथै आज चौंठचन्द्रको रातिको समयमा चोरी गर्नेहरु चोरी गरेर साइत बनाउने गर्छन् । यो तिथिमा चोरी गरेपछि वर्षभरि सहज ढङ्गले चोरी गर्न पाउन सक्ने मान्यताले चोर साइत बनाउनका लागि चोरी गर्न प्रयत्नशील रहन्छन् । यो पर्व मनाइएमा मिथ्या कलङ्कबाट जोगिने र परिवारको कल्याण हुने विश्वासका साथ मैथिल समुदायले यो पर्व मनाउने गरिएको हो ।

]]>
3371 0 0 0
बन्दले हवाई मार्गका प्रयोगकर्ता बढे http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%af/ Wed, 16 Sep 2015 05:36:35 +0000 http://www.ghumphir.com.np/?p=3374 पथरी (मोरङ), ३० भदौ ।

मधेस केन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्दले हवाई मार्ग प्रयोगकर्ता बढेका छन् । एक महिनाभन्दा बढीको तराई बन्दले स्थलमार्ग पूरै ठप्प भएपछि सर्वसाधारणले विकल्पको रुपमा हवाई मार्गको प्रयोगकर्ता बढेका हुन् । दैनिक तीनदेखि चारपटकसम्म उडान भर्ने एअरलाइन्सले आफ्नो फ्लाइट सङ्ख्या बढाएर दैनिक सातपटकसम्म भर्ने गरेका छन् । विभिन्न चारवटा विमान कम्पनीमार्फत यात्रुलाई उडान अवतरण गर्दै आएकामा पछिल्लो समयको बन्दले ती सबै कम्पनीको उडान बढेको बुद्ध एअरका स्टेसन म्यानेजर कौशल भण्डारीले जानकारी दिनुभयो । दैनिक नियमित उडानभन्दा झन्डै एक सय ५० जनाको हाराहारीमा नयाँ यात्रु एयरपोर्टसम्म आउने गरेका छन् । नियमित उडानसँगै चार्टर उडान पनि विराटनगर आउने क्रम उत्तिकै रहेको बताइन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका फ्लाइट अप्रेसन सेक्सनका प्रमुख भेषराज अधिकारी बन्दमा स्वाभाविक रुपमा यात्रुको सङ्ख्या बढेको देखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला नियमित उडानमा पनि कमी आउने गरेकामा अहिले हरेक वायुसेवा कम्पनीले आफ्नो उडान बढाएका छन् ।” बुद्ध एअरको दैनिक पाँच, यति एअरलाइन्सको चार, सौर्यको दुई र नेपाल वायु सेवा निगमको एउटा फ्लाइट हुँदै आएकामा अहिले नेपाल वायु सेवा निगमबाहेकका सबै विमान कम्पनीले दोब्बरजस्तो उडान भर्दै आएका छन् । बन्दका कारण हवाईयात्राको टिकट पाउन पनि मुस्किल पर्ने गरेको गुनासो यात्रुको छ ।

]]>
3374 0 0 0
सङ्कटका कारण ११ वटा सहकारीबीच एकीकरण http://localhost/ghum/%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%9f%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a5%a7%e0%a5%a7-%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%b8%e0%a4%b9%e0%a4%95%e0%a4%be%e0%a4%b0/ Wed, 16 Sep 2015 05:41:59 +0000 http://www.ghumphir.com.np/?p=3376 सुरुङ्गा (झापा), ३० भदौ ।

झापाका ११ वटा सहकारी संस्थाबीच एकीकरण भएको छ । डिभिजन सहकारी कार्यालय झापाले दिएको जानकारीअनुसार कार्य क्षेत्र एउटै, कारोबार उस्तै र वित्तीय सङ्कटका कारण जिल्लाका वटा सहकारी कार्यालय संस्था एकीकरण भएका हुन् । सयपत्री बचत तथा ऋण सहकारी संस्था र व्यापारी कल्याण बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर व्यापारी कल्याण बचत तथा ऋण सहकारी संस्था भएको छ ।

SAHAKARI त्यस्तै सतासी महिला कृषि सहकारी र सतासी माहुरीपालन सहकारी संस्थाबीच एकीकरण हुँदै सतासी माहुरीपालन सहकारी संस्था भएको छ । भरोसा महिला बचत तथा ऋण सहकारी संस्थामेची नगर र परिचय महिला बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर परिचय महिला बचत तथा ऋण सहकारी संस्थामा परिणत भएको सहकारी डिभिजन कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो । त्यस्तै नागबेली कृषि सहकारी र अनमोल सुपारी सहकारीबीच एकीकरण भएर नागबेली सुपारी उत्पादन सहकारी संस्था तथा पतञ्जलि, मकालु र चन्द्रगढी बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ । त्यस्तै १० वटा सहकारी संस्थाको एकीकरणको तयारीमा रहेको पनि कार्यालयका प्रमुख पोखरेलले बताउनुभयो ।

]]>
3376 0 0 0
तस्बिर र भिडीयोमा हरितालिका तीज http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0-%e0%a4%b0-%e0%a4%ad%e0%a4%bf%e0%a4%a1%e0%a5%80%e0%a4%af%e0%a5%8b%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%b0%e0%a4%bf%e0%a4%a4%e0%a4%be%e0%a4%b2/ Wed, 16 Sep 2015 14:58:32 +0000 http://www.ghumphir.com.np/?p=3379 Teej Dance 1442408412606_RG-BKT- Dolewsor Teej  Mantri chitra lekha Yadav 3 teej (7) teej (6) xl/tflnsf tLh kj{sf] pknIodf k"hfcfhf Pjd bz{gsf nflu laxfg}b]lv kz'klt dlGb/ k'u]sf j|tfn' dlxnfx? cf/fd ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;; teej (4) teej (3) teej (2) teej (1) 1442408559441_BM-Parsa-Teej-2]]> 3379 0 0 0 ]]> वन्यजन्तुको संरक्षणका लागि सिकार गर्न प्रतिबन्ध http://localhost/ghum/%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be/ Thu, 17 Sep 2015 03:21:55 +0000 http://www.ghumphir.com.np/?p=3395

म्याग्दी, ३१ भदौ ।

म्याग्दीको दग्नाम गाविस वडा नं ७, ८ र ९ दरमिजनामा वन्यजन्तु संरक्षणका लागि स्थानीय वनजङ्गलमा सिकार गर्न प्रतिबन्ध लगाइएको छ । सोमबार र मङ्गलबार गरी दुई दिन सञ्चालन भएको गाउँको उधौलीसभाले अव्यवस्थित सिकार गर्ने प्रचलनले वन्यजन्तु लोप हुने खतरा बढेको भन्दै स्थानीय गाउँ नजिकका वनमा सिकार गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको स्थानीय युवा कर्ण खत्रीले जानकारी दिनुभयो । सभाले दरमिजाको ठूलोचार, दोबिल्ला, कोटितेल, फुलट्याङ, दोबाटो, कन्जरीखोला, ठूलोभिर वन र राहुघाट खोलादेखि माथि रहेको जङ्गलमा वन्यजन्तुको सिकार गर्न नपाउने निर्णय गरेको उहाँले बताउनुभयो । त्यस क्षेत्रमा पाइने मृग, कालिजलगायतका वन्यजन्तुको स्थानीय र छिमेकी गाउँबाट समेत सिकार हुने गरेको थियो । वन्यजन्तुको संरक्षणसँगै सभाले वन व्यवस्थापनका लागि अर्को निर्णय नहुँदासम्म ती जङ्गलमा निगालोसमेत काट्न रोक लगाएको खत्रीले बताउनुभयो । ‘‘यहाँ चौमासिक रुपमा सभा बस्ने गरेको छ, यसले समसामायिक विषयमा बृहत् छलफल गरी रीतिस्थितिको अवस्थाको समीक्षासँगै विभिन्न वस्तुको दररेट निर्धारण गर्दै आएको छ – उहाँले भन्नुभयो ।’’ समितिका अध्यक्ष पदमबहादुर गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय शिव प्राविमा कम्प्युटर कक्षा सञ्चालनका लागि चन्दादाताबाट करिब रु आठ लाख २० हजार सङ्कलन गरिएको जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतमन पाइजाले दिनुभयो ।

]]>
3395 0 0 0
दुई महिनामै रु ११ लाखको सामान बरामद http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a5%88-%e0%a4%b0%e0%a5%81-%e0%a5%a7%e0%a5%a7-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be/ Thu, 17 Sep 2015 03:30:39 +0000 http://www.ghumphir.com.np/?p=3398 इलाम, ३१ भदौ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरले दुई महिनामै करिब रु ११ लाख बराबरको सामान बरामद गरी भन्सारमा बुझाएको छ । प्रहरीले गएको साउनमा रु पाँच लाख सात हजार दुई सय र भदौमा रु छ लाख चार हजार मूल्य बराबरका सामग्री बरामद गरी भन्सारमा बुझाएको प्रहरी निरीक्षक पदम थपलियाले बताउनुभयो । पूर्वी नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याउँदै गरेका फलफूल, लत्ताकपडा, खाद्यान्न तथा नेपालबाट भारत लैजाँदै गरेका चौपाया नियन्त्रणमा लिई पशुपतिनगर भन्सार कार्यालयमा दाखिला गरिएको हो । पूर्वी क्षेत्रका मानेभञ्ज्याङ, फाटक, छब्बिसे, हिलेलगायतका दर्जनौँ नाकामा गस्ती गर्ने क्रममा अवैध तरिका (भन्सार नतिरी) ल्याउँदै गरिएका सामान प्रहरीले बरामद गरेको हो । प्रहरीले गएको साउनमा मात्रै एकैदिन रु एक लाख ३० हजार मूल्य बराबरका फलफूल बरामद गरेको छ । चाडपर्वको मौका छोपी तस्करहरूले अवैध तरिकाले सामान भित्र्याउने गरेका छन् । प्रहरीले लाखौँ रुपैयाँको सामान बरामद गरे पनि तस्कर भने अहिलेसम्म फेला पर्न नसकेको प्रहरी निरीक्षक थपलिया बताउनुहुन्छ ।

]]>
3398 0 0 0
पर्यटक सवारीसाधनमा विश्वसनीयता बढ्दै http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5/ Thu, 17 Sep 2015 03:38:31 +0000 http://www.ghumphir.com.np/?p=3401 राजु बास्कोटा
काठमाडौंबाट बाहिर जाने र भित्रिने पर्यटक सवारीसाधनले यात्रु विश्वसनीयता बढाउन आधुनिक सेवा र सुविधा बढाउन थालेका छन्। आरामदायी सिटमात्रै भनेर सुरु गरिएका पर्यटक गाडी अहिले वाइफाइ, एअर कन्डिसन, सोफाजस्तै सिटयुक्त भइसकेका छन्।
 अब त जहाजकै सरहको सुविधा दिएर गाडी सञ्चालन गर्ने तयारी भइरहेको छ। 'पोखरा जगदम्बा ट्राभल्स' ले हवाई जहाजकै सुविधामा गाडी सञ्चालन गर्ने भएको छ।
tourist-bus
तराई बन्दले रोकिएको यो गाडी काठमाडौं ल्याउने वातावरण बने असोज १ गतेबाट सञ्चालन गर्ने तयारी भइरहेको ट्राभल्सले जानकारी दिएको छ। एअर होस्टेज जस्तै बस होस्टेज (लेडी क्रु) रहने यो गाडीमा यात्रुुले रिमोर्ट कन्ट्रोलबाट सञ्चालन गर्न मिल्ने आरामदायी सिट, वाइफाइ, एसी, खाना र खाजाको व्यवस्थासहित मिनी बारको पनि सुविधा दिइने पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशव अधिकारीले बताए। काठमाडौंबाट पोखरा र चितवनमा यो गाडी सञ्चालन हुनेछ।
 यात्रुले घन्टी बजाएर चिया, कफी, कोल्ड ड्रिंक्स, खाजा मगाउन सक्ने व्यवस्था यसमा छ। अधिकारीका अनुसार यो गाडीमा यात्रा गर्ने विदेशीले दुई हजार पाँच सय र नेपालीले दुई हजार रुपैयाँको टिकट काट्नुपर्नेछ।
डेभिड ट्राभल्सले ३० सिट क्षमताका दुईवटा गाडीबाट सेवा सुरु गरेको छ । एसी र शौचालयसमेत भएका यी गाडीमा वाइफाइ, पत्रिका र पानी निःशुल्क रहेको डेभिड ट्राभल्सका प्रबन्ध निर्देशक दीपक भट्टराईले बताए। काठमाडौंबाट पोखरा र चितवनमा सञ्चालन हुने यी गाडीमा टिकट शुल्क एक हजार तोकिएको छ।
तोकिएको समयमा गन्तव्यमा पुगिने र आरामदायी तथा सुरक्षित यात्रा हुने भएकाले पनि पर्यटक सवारीसाधनमा विश्वसनीयता बढ्दै गएको भट्टराईको बुझाइ छ। उनका अनुसार काठमाडौंबाट बिहान सात बजे छुटेको पर्यटक सवारी दिउँसो दुई बजे पोखरा पुग्छ। यसको गति एकैनासको हुने भएकाले पनि निर्धारित समयमा पुग्ने गरेको व्यवसायीको भनाइ छ।
पर्यटक सवारीले बीचमा यात्रु नचढाउने भएकाले पनि गन्तव्यमा समयमै पुग्ने व्यवसायी बताउँछन्। यात्रुको सुविधाका लागि पहिल्यै टिकट बुकिङ गर्ने सुविधा छ। काठमाडौंबाट पोखरा सवारीसाधन मलेखुमा खाजा र दमौलीमा खानाका लागि रोकिन्छ भने चितवनका लागि मुग्लिनमा मात्रै रोकिन्छ।
Travels Bus 2
पर्यटक गाडीमा अहिलेसम्म मानवीय क्षति हुने गरी दुर्घटना नभएको दाबी व्यवसायीको छ।सुरक्षित यात्राले विश्वास बढाएको महालक्ष्मी भेइकलका प्रबन्ध निर्देशक रामहरि शर्माले बताए। उनका अनुसार पर्यटकीय सवारी साधानले आन्तरिक र बाह्य दुवै यात्रुलाई लक्जरियस सेवा दिने गरेका छन्।
bus
अन्य सवारीसाधनको तुलनामा बढी सुरक्षित र तालिमप्राप्त चालक तथा सहचालक हुनु नै यसको विशेषता भएको शर्माले बताए।अहिले उपत्यकामा मात्रै पर्यटकीय सेवाका सवारीसाधन सानाठूला गरी एक हजार पाँच सय छन् भने ठूला लक्जरी बसको संख्या एक सय ५० रहेको पर्यटन व्यासायीले बताएका छन्।
टुरिस्ट भेइकल एसोसिएसन अफ नेपाल (एनटीभीए) अन्तर्गत रहेका १५ सय सवारीसाधन रुटमा चल्दैनन्। यी सवारीसाधन पर्यटकलाई लिन विमानस्थल जानेदेखि पर्यटकीय गन्तव्य घुम्ने र फिर्ता जाने बेला विमानस्थलसम्म नै पुर्‍याउने काममा खटिने गरेका छन्।
नेपाल पर्यटन यातायात संघअन्तर्गत रहेका डेढ सय बस भने विभिन्न ट्राभल कम्पनीका सवारीसाधन हुन्। यी सवारीसाधन काठमाडौंबाट पोखरा र चितवनको रुटमा चल्छन्।
दीपज्योति एड्भेन्चर टुर्स एन्ड ट्राभलका अध्यक्ष दीपक थापाका अनुसार रुटमा सञ्चालन हुने पर्यटक सवारीमा पछिल्लो समय आधुनिक सेवा र सुविधा थप गर्न थालिएको छ। उनका अनुसार सेवा र सुविधामा जति धेरै विश्वासिलो हुन सकियो त्यति नै यात्रु आकर्षित हुने भएकाले पनि आधुनिकतातर्फ उन्मुख हुनुपरेको हो।
]]>
3401 0 0 0
यस्तो छ सडक र सवारीको अवस्था http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%9b-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%b0-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a5%8d/ Thu, 17 Sep 2015 03:50:54 +0000 http://www.ghumphir.com.np/?p=3408 नवराज ढकाल
मुलुकभर दर्ता भएका सवारीसाधनमध्ये ४२ प्रतिशत बागमती अञ्चलमा मात्रै छन् जबकि कर्णालीमा अहिलेसम्म एउटा पनि सवारीसाधन दर्ता भएको छैन। यसले काठमाडौंका सडकमा धान्नै नसक्ने सवारीसाधन गुड्छन् भने कर्णालीका सडकमा सवारीसाधन चाप शून्यजस्तै भएको पुष्टि हुन्छ।
 यतिमात्र होइन, बागमतीमा दर्ता भएका आठ लाख २८ हजार सवारीसाधनमध्ये करिब सात लाख त मोटरसाइकलमात्रै छन्। यसबाट काठमाडौंका सडक मोटरसाइकलले भरिएका छन् भन्ने देखाउँछ। यातायात विभागका निर्देशक वसन्त अधिकारी बागमतीमा दर्ता भएका सबै सवारीसाधन एकैसाथ काठमाडौंका सडकमा आउने हो भने गुडाउनु त परै जाओस्, सवारीले सडक आसपासका क्षेत्रसमेत ढाकिने बताउँछन्।
Raod_and_vehicle_335192490
मुलुकभर बनेका सडकको अनुपातमा सवारीसाधनको संख्या थोरै भए पनि स्थानगत रूपमा सवारीसाधन र सडकको अनुपात मिल्दैन। कुल सवारीसाधनमध्ये झन्डै आधा राजधानी र आसपासका सडकमा मात्र गुड्ने अनि बाँकी सडकमा सवारी अनुुपात अत्यन्त न्यून हुँदा सडकको समानुपातिक उपयोगमा समेत प्रश्न चिह्न लागेको छ।
बागमतीमा अत्यधिक बढी सवारीसाधन भए पनि सरकारले दर्ता रोक्न सकेको छैन। उता कर्णाली, महाकालीलगायतका क्षेत्रमा सवारी दर्ता बढाउन सरकारको प्रभावकारी पहल छैन।जुन ठाउँबाट दर्ता गरे पनि सवारीसाधन निर्बाधरूपमा मुलुकभर गुड्न पाउँछन्।
यसले गर्दा पछिल्ला वर्षहरूमा अन्य अञ्चलमा दर्ता भएका सवारीसाधनलाई स्थायी रूपमै काठमाडौंमा ल्याएर गुडाउने प्रवृत्ति बढेको यातायात विभागको अध्ययनले देखाएको छ। नारायणीमा दर्ता भएका ट्रक, भ्यान तथा मोटरसाइकलले राजधानीका सडक ढाकिएका छन्।
एउटा क्षेत्रमा दर्ता भएका साधन अर्को अञ्चल वा विकास क्षेत्रमा चलाउन नदिने नियम बनाउनु पनि व्यावहारिक हुँदैन। मुलुक संघीयतामा गएपछि प्रत्येक प्रदेशले अर्को प्रदेशमा दर्ता भएका सवारीबाट कर उठाउने व्यवस्था गर्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक अर्को प्रदेशमा सवारीसाधन लैजाने प्रवृत्ति न्यून हुन सक्ने निर्देशक अधिकारीको बुझाइ छ।
देशभरको कुल सडकको हिसाबमा सवारीसाधन कमै रहेको उनी बताउँछन्। सडक विभागका अनुसार देशभरमा ६५ हजार किलोमिटर सडक बनिसकेको छ। यसमा कच्ची सडकको हिस्सा अत्यधिक छ।
राजधानीबाट बाहिरका जिल्लामा सार्वजनिक सवारीसाधनको सेवा पुर्‍याउनै पर्ने हुन्छ। कुल सवारीमा दुईतिहाइभन्दा बढी हिस्सा ओगट्ने मोटरसाइकललाई भने नियमन गरी निकै लामो दूरीमा गुड्नबाट रोक्न सकिने विज्ञ बताउँछन्।
लामो दूरीमा मोटरसाइकल गुडाउन रोक्न सकिने भए पनि नागरिकको मौलिक हकसँग जोडिने विषय भएकाले तत्काल निर्णय गरिहाल्न नसकेको यातायात विभागको भनाइ छ।सवारी संख्याका आधारमा सडक निर्माण नगरिएकाले ट्राफिक प्रहरीलाई सडकमा सवारी व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको छ। राजधानीका सडक फराकिलो पार्ने काम थालिए पनि यसले पूर्णता पाउन सकेको छैन।
सवारी र सडकको सम्बन्ध नङ र मासुजस्तै हुने भए पनि हामीकहाँ यिनीहरूको सम्बन्धलाई बेवास्ता गरिएको छ। सवारीसाधन गुडाउन अनुमति दिँदा सडकको अवस्थाबारे ख्याल गरिँदैन भने सडक बनाउँदा पनि कस्ता सवारी गुडाउने भनेर ध्यान दिएको पाइँदैन।
सडक विस्तार गर्ने र सवारीसाधन सञ्चालन अनुमति दिने निकायबीच समन्वय अभावमा वर्षौंदेखि सडक र सवारीको सम्बन्धलाई बेवास्ता गरिएको हो। सडकको क्षमताअनुसार सवारी नगुड्दा दुर्घटना बढ्नेमात्र नभई सडक छिटो बिग्रिने समस्या हुने गरेको छ।
यातायात विभागको पछिल्लो तथ्यांकअनुसार देशभरमा गरी १९ लाख ९५ हजार चार सय चार सवारीसाधन दर्ता भएका छन्। गएको आर्थिक वर्ष २०७१÷७२ मा मात्रै दुई लाख ३९ हजार पाँच सय ८३ सवारीसाधन थपिएका थिए।
बर्सेनि सवारी थपिने क्रम तीव्र भए पनि त्यसअनुपातमा सडकको गुणस्तर र चालकको क्षमता विकास हुन सकेको छैन। सडक गतिलो नहुनु, सवारीको चाप बढ्नु तथा चालकलाई अनुमतिपत्र दिएपछि पर्याप्त अभिमुखीकरण तालिम नदिँदा दुर्घटना बढ्दो क्रममा देखिएको छ।
सडकको क्षेत्रफल बढे पनि गुणस्तर वृद्धि हुन सकेको छैन। सडक विभागले बनाएका सडक तुलनात्मक रूपमा गुणस्तरीय देखिए पनि स्थानीय विकास मन्त्रालयअन्तर्गत डोलिडारले निर्माण गरेका अधिकांश सडक माटे वा कच्ची छन्।
प्राविधिक हिसाबले पनि यस्ता सडक कम गुणस्तरका छन्। डोजरले भत्काएर फराकिलो पारेका भरमा सवारीसाधन गुडाउने गरिएकाले ग्रामीण क्षेत्रमा दुर्घटना बढ्दो क्रममा छ।
सडक विभागका अनुसार ६५ हजार किलोमिटर सडकमध्ये १५ हजार किलोमिटरमात्र सडक विभागले बनाएको हो। बाँकी ५० हजार किलोमिटर स्थानीय विकास तथा नगरपालिकालगायतले निर्माण गरेका हुन्। स्थानीय विकास मन्त्रालयअन्तर्गतको डोलिडारको संयोजनमा ग्रामीण क्षेत्रमा धुले सडक निर्माण गरिएका छन्।
सडक विभागले बनाएको १५ हजार किलोमिटरमध्ये ६ हजार चार सय किलोमिटर पक्की, एक हजार सात सय ३५ किलोमिटर ग्राभेल र ६ हजार आठ सय ६५ किलोमिटर कच्ची सडक भएको विभागका सूचना अधिकारी उमेश झाले बताए।
सवारी अनुपातमा देशभरको सडक सञ्जाललाई हिसाब गर्दा थोरै नभए पनि व्यस्तताका आधारमा हेर्दा सडकको उपयोग समानुपातिक छैन। ग्रामीण क्षेत्रका धुले सडकमा वर्षायाममा सवारीसाधन चल्न नसक्ने अवस्था छ। यसैगरी कर्णालीलगायतका ठाउँका सडकमा गुड्ने सवारीसाधन नै छैनन्।
]]>
3408 0 0 0
बाह्र बर्षे गोदावरी मेला अाज सकिदै (फोटो फिचर) http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%8d%e0%a4%b0-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a5%87-%e0%a4%97%e0%a5%8b%e0%a4%a6%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Thu, 17 Sep 2015 07:48:33 +0000 http://www.ghumphir.com.np/?p=3413 बाह्र बर्षमा एक पटका लाग्ने एक महिने गोदावरी मेला आज देखि सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा लाग्ने मेलामा देशभर बाट भक्तजनहरु सहभागीता रहेको थियो । धार्मिक तथा ऐतिहासीक रुपले निकै महत्तव बोकेको गोदावरी मेलामा विगत भएका मेलाहरु मध्य निकै सहभागीत रहेको आयोजकले जनाएका थिए । photo:www.bhartbandhu.com.np

godawari mela @ ghumphir (1) godawari mela @ ghumphir (2) godawari mela @ ghumphir (3) godawari mela @ ghumphir (4) godawari mela @ ghumphir (5) godawari mela @ ghumphir (6) godawari mela @ ghumphir (7) godawari mela @ ghumphir (8) godawari mela @ ghumphir (9) godawari mela @ ghumphir (10) godawari mela @ ghumphir (11) godawari mela @ ghumphir (12) godawari mela @ ghumphir (13) godawari mela @ ghumphir (14)

]]>
3413 0 0 0
तारा एयरको नयाँ ट्विनअटर विमान भित्रियो (फाेटाे फिचर) http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%9f%e0%a5%8d%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%85%e0%a4%9f%e0%a4%b0/ Thu, 17 Sep 2015 11:36:01 +0000 http://www.ghumphir.com.np/?p=3429 काठमाडौँ, ३१ भदौ ।

यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले नयाँ अत्यधुनिक ट्विनअटर विमान भित्र्याएको छ ।ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्रेट हिमालयन ट्रेल’ सँगको सहकार्यमा नयाँ विमान ल्याइएको हो ।क्यानाडाको प्रख्यात कम्पनीबाट खरिद गरिएको उक्त अत्याधुनिक विमान दुर्गम भेगमा सहज उडान भर्न उपयोगी हुने कम्पनीले जनाएको छ । अठार सिट क्षमताको सो विमानलाई अहिलेसम्मकै महङ्गो सात मिलियन अमेरिकी डलर (नेरु ७० करोड) फ्याक्ट्री मूल्य तिरिएको छ । बेलायती सहयोग नियोगको आर्थिक सहयोगमा विमान खरिद गरिएको बताइएको छ ।विगत १९ वर्षदेखि उडान भर्दै आएको यति÷तारा एयरको पछिल्लो नयाँ विमानसँगै जम्मा १५ वटा विमान भएको छ ।यसमध्ये तारा एयरका पाँचवटा ट्विनअटर विमानले नेपालका ग्रामीण गन्तव्य खासगरी ताप्लेजुङ, फाप्लु, मनाङ, डोल्पा, रारा, जुम्ला र सिमीकोटमा उडान भर्दै आएको छ ।यति एयरले हाल देशका २९ वटा गन्तव्यमा उडान भर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र रायले जानकारी दिनुभयो ।नयाँ भित्र्याएको ट्विनअटर विमानको अत्याधुनिक इन्जिन जेट विमानको जस्तै क्षमता भएकाले सुरक्षित यात्राको लागि भरपर्दो विमान भएको वरिष्ठ विमानचालक पेम्बा शेर्पाले बताउनुभयो ।नयाँ ट्विनअटर नाइन एन–एकेल कलसाइन विमानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घरेलु विमानस्थलमा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले उद्घाटन गर्नुभएको थियो ।सो अवसरमा पर्यटनमन्त्री शेर्पाले नेपालको पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको र त्यसको ज्वलन्त उदाहरण निजी विमान कम्पनीले दुर्गम तथा पहाडी क्षेत्रमा पु¥याइरहेको सेवा हो भन्नुभयो । नयाँ विमानले भूकम्पपछिको साहसिक ग्रामीण पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।उहाँले हाल पर्यटन मन्त्रालयले एक दुर्गम जिल्ला कम्तीमा एक विमानस्थल निर्माण गर्ने नीतिअनुरुप विमानस्थल विस्तारमा लागेको र भएका विमानस्थलको स्तरोन्नति गरिरहेको जानकारी दिनुभयो ।यति÷तारा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत रायले साहसिक पर्यटन प्रवद्र्धनका लागि ‘हिमालयन ग्रेट ट्रेल’ को लोगो तारा एयरका सबै जहाजमा आगामी डिसेम्बरदेखि अङ्कित गराइने बताउनुभयो ।

tf/f Po/sf] gofF ljdfg  tf/f Po/n] leqØfPsf] gofF cTow'lgs l6jgc6/ ljdfg pb3f6gkl5 ;+:s[lt ko{6g tyf gful/s p88ogdGqL s[kfz'/ z]kf{ olt÷tf/f Po/nfOG;sf sd{rf/L;Fu . tl:a/ M /f]zg ;fksf]6f, /f;; tf/f Po/sf] gofF ljdfg  tf/f Po/n] leqØfPsf] gofF cTow'lgs l6jgc6/ ljdfg cjnf]sg u/]/ emb}{ ;+:s[lt ko{6g tyf gful/s p88ogdGqL s[kfz'/ z]kf{ . tl:a/ M /f]zg ;fksf]6f, /f;; tf/f Po/sf] gofF ljdfg  tf/f Po/n] leqØfPsf] gofF cTow'lgs l6jgc6/ ljdfg pb3f6g ub}{ ;+:s[lt ko{6g tyf gful/s p88ogdGqL s[kfz'/ z]kf{ . tl:a/ M /f]zg ;fksf]6f, /f;; tf/f Po/sf] gofF ljdfg  tf/f Po/n] leqØfPsf] gofF cTow'lgs l6jgc6/ ljdfg . tl:a/ M /f]zg ;fksf]6f, /f;; tf/f Po/sf] gofF ljdfg  tf/f Po/n] leqØfPsf] gofF cTow'lgs l6jgc6/ ljdfg . tl:a/ M /f]zg ;fksf]6f, /f;;

]]>
3429 0 0 0
रसुवामा ध्वस्त आवास निर्माणका लागि छलफल http://localhost/ghum/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a7%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4-%e0%a4%86%e0%a4%b5%e0%a4%be%e0%a4%b8-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d/ Thu, 17 Sep 2015 11:40:11 +0000 http://www.ghumphir.com.np/?p=3436 रसुवा, ३१ भदौ ।

भूकम्पमा विनास भएका जिल्लाका ग्रामीण आवास पुनःनिर्माण गर्न छलफल सुरु भएको छ । स्थानीय विकास अधिकारी एवम् जिल्ला दैवीप्रकोप उद्धार समितिका सदस्य सचिव विष्णुप्रसाद कोइरालाका अनुसार वर्षायाम सकिन लागेको र भूकम्पका कम्पनमा पनि कमी हुँदै गएकाले ग्रामीण समुदायमाझ दीर्घकालीन आवास निर्माणको कार्य थालनी गर्न गैरसरकारी संस्थाबीच पहिलो चरणको छलफल कार्य सम्पन्न गरिएको छ । उहाँले सरकारले मापदण्ड तोक्नासाथ यहाँ पुनःनिर्माणको काम अगाडि बढाउने लक्ष्य राखिएको र रसुवामा ११ हजारभन्दा बढी गाउँलेका आवास ध्वस्त भएको जानकारी दिनुभयो । आवास निर्माणका काममा संलग्न हुन चाहने गैससलाई जिल्ला विपद् व्यवस्थापन समितिमा सम्पर्क राख्न पनि आग्रह गरिएको छ ।

]]>
3436 0 0 0
गणेश चतुर्थी http://localhost/ghum/%e0%a4%97%e0%a4%a3%e0%a5%87%e0%a4%b6-%e0%a4%9a%e0%a4%a4%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a5%80/ Thu, 17 Sep 2015 11:45:24 +0000 http://www.ghumphir.com.np/?p=3438 ]]> 3438 0 0 0 पर्यटकको आकर्षणको केन्द्र http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d/ Thu, 17 Sep 2015 11:49:06 +0000 http://www.ghumphir.com.np/?p=3441 3441 0 0 0 पर्यटन प्रवद्र्धनका लागि अन्तराष्ट्रिय मिडिया ‘फाम ट्रिप’ गरिने http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97-3/ Thu, 17 Sep 2015 16:02:16 +0000 http://www.ghumphir.com.np/?p=3445

काठमाडौँ, ३१ भदौ ।

अन्तराष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आगामी असोज ६ देखि १३ गतेसम्म अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई नेपालको पर्यटकीय गन्तव्यका बारेमा परिचित गराउन ‘फाम ट्रिप’ आयोजना गर्ने भएको छ । भूकम्पपछि नेपाल सुरक्षित रहेको र यो भरपर्दो गन्तव्य रहेको सन्देश अन्तराष्ट्रिय जगतमा प्रवाह गरी विदेशी पर्यटक आकर्षण गर्नका लागि साताव्यापी कार्यक्रम आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

NATTAनेपाल पर्यटन बोर्डको सहयोगमा हुने उक्त कार्यक्रममा २२ वटा अन्तराष्ट्रिय मिडियाका प्रमुख तथा प्रतिनिधि र चार वटा अन्तराष्ट्रिय टूर अपरेटर तथा विभिन्न ट्राभल एजेन्टस् संस्थाहरु गरी ५० भन्दा बढीकोे सहभागिता रहने नाटाका अध्यक्ष डिबी लिम्बुले बताउनुभयो । कार्यक्रममा छिमेकी देश भारत, चीन, भुटान, बङ्गलादेश, श्रीलङ्का, कम्बोडिया, थाइल्याण्ड, मलेसिया, हङ्कङ तथा युरोपियन मुलुक इटाली, टर्कीलगायतका मिडियाहरुको सहभागीता रहने बताइएको छ । सहभागी विदेशी पाहुनाहरुलाई काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदा क्षेत्र, चितवन र पोखराका रमणीय स्थलहरुको स्थलगत अवलोकन गराईने कार्यक्रम रहेको अध्यक्ष लिम्बुले बताउनुभयो । कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र विभिन्न निजी क्षेत्रका पर्यटन व्यवसायी संस्थाहरुको सहयोग रहेको र आवश्यक सम्पूर्ण तयारी पुरा भएको संस्थाले जनाएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फार्म ट्रिपको अवसरमा असोज ८ गते काठमाडौँमा २० औँ नाटा सम्मेलन तथा नाटा विशेष कार्यक्रम –२०१५ आयोजना हुदैछ । सोही अवसरमा नेपाली तथा विदेशी सञ्चारमाध्यमबीच अन्तरक्रियात्मक पत्रकार सम्मेलन आयोजना गरिनेछ । अध्यक्ष लिम्बुले नेपालको पर्यटन सुरक्षित रहेको अन्तराष्ट्रिय जगतमा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

]]>
3445 0 0 0
घरमै ऊनीको धागो निकाल्दै पैसा कमाउँछन् महिला http://localhost/ghum/%e0%a4%98%e0%a4%b0%e0%a4%ae%e0%a5%88-%e0%a4%8a%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%a7%e0%a4%be%e0%a4%97%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Thu, 17 Sep 2015 16:08:59 +0000 http://www.ghumphir.com.np/?p=3448

कावासोती, ३१ भदौ ।

घरमा फुर्सदको समयमा ऊनीको धागो निकाल्दै महिलाले मनग्य आम्दानी लिने गरेका छन् । थापा ऊनी धागो कटाई उद्योगले ऊनीको धागो निकाल्न देवचुली र कावासोतीका महिलालाई तालिम दिएपछि उनीहरुले आम्दानी लिन सफल भएका हुन् । काठमाडौँको जोरपाटीमा रहेको थापा ऊनी उद्योगले यहाँका २०० जनाभन्दा बढी महिलालाई ऊन काट्ने काम दिएपछि उनीहरुले आम्दानी लिन सफल भएका हुन् । भेडाको रौँ (ऊन)लाई थापा ऊनीहरुले धागो कटाई उद्योगले कावासोती र देबचुलीका महिलालाई धागो प्रशोधन गर्न दिएपछि महिलाहरुले काम गर्दै आएका छन् । उक्त ऊनलाई महिलाले धागो प्रशोधन गरेर बिक्री वितरणको लागि तयार बनाउने गर्दछन् ।

Work at homeपरम्परागतरुपमा घरका लागि आवश्यक सामानका लागि मात्र हातले धागो प्रशोधन गर्ने गरेका महिलाले अहिले व्यावसायिकरुपमा नै मेसिनबाट प्रशोधन गरी सरल तरिकाले धागो उत्पादन गर्दै आएका छन् । धागो प्रशोधन गरेबापत महिलालाई उद्योगले प्रतिकिलो रु १२० दिने गरेको उद्योगका प्रमुख क्याचो थापाले बताउनुभयो । विपन्न परिवारको पहिचान गरी आवश्यक स्रोतअनुसार ऊनको धागो प्रशोधन व्यवसायप्रति प्रेरणा जगाउँदै आत्मनिर्भरमा सहयोग गरेको देबचुलीकी डोमिसरा ठाडाले बताउनुभयो । “विपन्न परिवारका सदस्यले ऊनी धागो प्रशोधनसम्बन्धी क्षमता विकासको तालिम पाएका थियौँ यसले जीवन गुजारा सहज बनाएको छ” उहाँले भन्नुभयो । यस क्षेत्रका महिलाले अहिले धागो प्रशोधन गरी बिक्री गरेरै महिनाको रु ८ हजारसम्म कमाउने गरेका छन् । आधुनिक औजार प्रयोग गरेर प्रशोधन गरिएको धागो गुणस्तरीय भएकाले यसको मूल्य पनि राम्रै भएको कावासोतीकी रेनुका थापा मगरले बताउनुभयो । यस व्यवसायबाट आत्मनिर्भर बन्न थालेपछि गाउँका अन्य समुदायका महिला पनि यो व्यवसायमा लागेको देबचुलीकी मीनाकुमारी महतोले जानकारी दिनुभयो । “महिलालाई उद्यमशील र विकास तालिमपश्चात् हामीले गाउँमै ऊनी प्रशोधन तथा धागो उत्पादन गर्ने तालिम तथा चर्खा मेसिन केही रकम तिरेर सहयोगमा पायौँ” उहाँले भन्नुभयो । ऊन व्यवसाय गर्दा नेपालको भन्दा राम्रो हुने भएका कारण कचापदार्थ चीनबाट आयात गर्नुपरेको थापा ऊनी धागो कटाई उद्योग जोरपाटीका सञ्चालक थापा बताउनुहुन्छ । उद्योगले पहिला कच्चा पदार्थ ल्याएर ऊनीको धागो बनाउन दिने गरेको छ । कृषि पेसाले मात्र दैनिकी चलाउन गाह्रो हुन थालेकाले ऊनी धागो प्रशोधन व्यवसायबाटै आफू आत्मनिर्भर हँुदै आएको मीना कुमारीको भनाइ छ । अहिले घरमै बसेर यस पेसाबाट आयआर्जन वृद्धि गरी आत्मनिर्भर बन्दै गएको उहाँले बताउनुभयो । प्रशोधित ऊनको धागोलाई उद्योगले गलैँचा व्यवसायीलाई बिक्री गर्ने गरेको छ ।

]]>
3448 0 0 0
सुक्खा बन्दरगाहमा सामान थुप्रियो http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%96%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a4%97%e0%a4%be%e0%a4%b9%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8/ Thu, 17 Sep 2015 16:14:57 +0000 http://www.ghumphir.com.np/?p=3451

वीरगन्ज, ३१ भदौ ।

प्रदेशको सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै लगातारको लामो जारी बन्दले गन्तव्यसम्म जान नपाएपछि वीरगन्जस्थित सुक्खा बन्दरगाहमा भारतवाट आयातित फलामजन्य कच्चा पदार्थ ठूलो परिमाणमा थन्किएका छन् । भारतबाट मालबाहक रेलमार्फत सुक्खा बन्दरगाहमा आइपुगेका फलामजन्य कच्चा पदार्थ बन्दका कारण गन्तव्यसम्म जान नपाएपछि थन्किएका हुन् । सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार, एक महिनाभन्दा बढी समयसम्मको लगातार बन्द र १८ दिनयतादेखिको जारी निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणाका कारण मालबाहक गाडी गन्तव्यसम्म जान पाएका छैनन् । अहिले बन्दरगाह परिसरमा करिब ४४ हजार टन फलाम उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ थन्किएका छन् । मालबाहक गाडी चल्न नसक्दा वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरस्थित फलाम उद्योगले आयात गरेका फलामजन्य कच्चा पदार्थ बन्दरगाहमा थन्किएको फलाम उद्योग सञ्चालकहरुले बताए । सुरक्षा स्कर्टिङ्गमा विशेषगरी पट्रोलियम पदार्थ र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तु प्राथमिकतामा पर्ने भएकाले सुक्खा बन्दरगाहमा आइपुगेका फलामजन्य वस्तु बन्द र हडतालका कारण ढुवानी गरेर गन्तव्यसम्म पु¥याउने अवस्था नभएको उद्योग सञ्चालकहरु बताउँछन् ।

bandargahaबन्दका कारण सुरक्षा देखाउँदै फलामजन्य वस्तु बोक्ने मालबाहक ट्रकका चालकले पनि सवारी चलाउन नचाहेकाले बन्दरगाह परिसरमै ठूलो परिमाणमा यस्ता वस्तु थन्किएका हुन् । बन्दरगाह गोदामको पश्चिमतर्फको पर्खालसम्मको खाली जग्गामा यसरी आयातित फलामजन्य कच्चा पदार्थले भरिएको छ । सुक्खा बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलका प्रशासकीय अधिकृत रामबाबु प्रसादका अनुसार वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेका जगदम्बा स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन र हुलास स्टिललगायतका उद्योगले भारतको झारखाण्ड राज्यको जमशेदपुर टाटानगरबाट ती कच्चा पदार्थ आयात गरिएका हुन् । आयातित ती कच्चा पदार्थमा एचआर क्वाइल, ब्लेड, डब्लुआर क्वाइललगायतका रहेका छन् । बन्दरगाहबाट आयातित मालवस्तु रेलबाट अनलोड गरेको दिनदेखि छ दिनसम्ममा आयातकर्ताले उठाइसक्नुपर्ने व्यवस्था रहेको बताइएको छ । तोकिएको समयसीमाभित्र नउठाए आयातकर्ताले प्रतिदिन प्रतिकिलो ७० पैसाको दरले विलम्ब शुल्क तिर्नुपर्ने हुन्छ । बन्दरगाहबाट कच्चा पदार्थ ढुवानी गरेर उद्योगसम्म ल्याउने सहज वातावरण नभएका कारण आफ्नो उद्योगका मात्रै झन्डै २५ हजार टन विभिन्न खाले कच्चा पदार्थ बन्दरगाहमा थन्किएको जगदम्बा इन्टरप्राइजेजका व्यवस्थापक अनिल रुङ्गटाले बताउनुभयो । “कच्चा पदार्थको सहज ढुवानी हुन नसकेपछि उद्योगको उत्पादन प्रायः ठप्प भएको छ” उहाँले भन्नुभयो । अहिलेको जटिल परिस्थितिको मूल्याङ्कन गरेर बन्दरगाह सञ्चालकले आफूहरुबाट लिइने विलम्ब शुल्क मिनाहा गर्नेमा उद्योग सञ्चालक आशावादी रहेको बताएका छन् । एक महिनाभन्दा बढीको लामो बन्द र हडतालले गन्तव्यसम्म जान नपाएपछि फलामजन्य कच्चा पदार्थ मात्रै होइन्, भारत र तेस्रो मुलुकबाट आयातित हजारौँ टन अन्य वस्तु तथा सयौँको सङ्ख्यामा मालबाहक कन्टेनर पनि सुक्खा बन्दरगाहमा थन्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । बन्द र हडतालका कारण गन्तव्यसम्म जान नपाएपछि अहिले नयाँ र पुराना गरी करिब ५०० बढी मालबाहक कन्टेनर बन्दरगाहमा थन्किएका छन् ।

]]>
3451 0 0 0
तस्बिरमा ऋषेश्वर महादेव मन्दिरमा मेला http://localhost/ghum/%e0%a4%8b%e0%a4%b7%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b5-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be/ Fri, 18 Sep 2015 07:40:31 +0000 http://www.ghumphir.com.np/?p=3456 काठमाडौँ, १ असोज ।

काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुको ऋषेश्वर महादेव मन्दिरमा आज मेला लागेको छ । प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन मन्दिरमा मेला लाग्ने प्रचलनअनुसार आज त्यहाँ मन्दिरमा ठूलो सङ्ख्यामा महिला भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ महानगरपालिका–१२ नं वडाले संयोजन गरेको मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नेपाल स्काउटलगायतको सहभागिता रहेको छ ।गएराति १२ बजेदेखि नै मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएकाले सहज रुपमा भक्तजनले दर्शन गरेका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक हेम थापाले मन्दिरमा दर्शनका लागि आउने भक्तजनको सुरक्षाका लागि लाइन रहेको ठाउँमा प्रहरी खटाइएको र अहिलेसम्म शान्तिपूर्ण रुपले दर्शन भइरहेको जानकारी दिनुभयो । तीजमा व्रत बसेका महिलाले सो मन्दिरमा गएर ब्राह्मणद्वारा पञ्चमीको पूजा समेत गराएका छन् । श्रीसत्य साई सेवा केन्द्रका साधना लामाले अशक्त तथा वृद्धवृद्धालाई सहजरुपमा मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको बताउनुभयो । मन्दिरमा दर्शनका लागि विदेशी महिलासमेत लाइनमा बसेका थिए ।

BBTG6658 BBTG6659 BBTG6660 BBTG6666 BBTG6675 BBTG6678 BBTG6687 BBTG6694 BBTG6695 BBTG6697 BBTG6710 BBTG6719 BBTG6720 BBTG6721 BBTG6732 BBTG6749 BBTG6763 BBTG6768 BBTG6769 BBTG6772 BBTG6773 BBTG6793

]]>
3456 0 0 0
ऋषि पञ्चमी http://localhost/ghum/%e0%a4%8b%e0%a4%b7%e0%a4%bf-%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%ae%e0%a5%80/ Fri, 18 Sep 2015 07:53:22 +0000 http://www.ghumphir.com.np/?p=3482 3482 0 0 0 कृषक भारतीय बजारमा दूध निर्यात गर्न बाध्य http://localhost/ghum/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%95-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%82%e0%a4%a7-%e0%a4%a8%e0%a4%bf/ Fri, 18 Sep 2015 07:57:12 +0000 http://www.ghumphir.com.np/?p=3485 खजुरा (बाँके), १ असोज ।

बाँके जिल्लाको विकट राप्तीपारि क्षेत्रअन्तर्गत पर्ने अधिकांश गाविसका किसान भारतीय बजारमा दूध निर्यात गर्न बाध्य छन् ।नेपालगन्ज बजारसम्म सहज यातायातको सुविधा नभएका कारण जिल्लाको राप्तीपारिका केही गाविसमा उत्पादित दूध सीमापारि भारतीय बजारमा निर्यात हुने गरेको किसान बताउँछन् ।    सो क्षेत्रको बैजापुर, काँलाफाटा, लक्ष्मणपुर, गङ्गापुर, बिनौना, मटेहिया, कट्कुइँया र नरैनापुर गाविसका किसानले भारतीय बजारमा दैनिक एक हजार लिटरभन्दा बढी दूध बिक्री गर्दै आएका छन् । ‘यातायातको सहज पहुँच नभएका कारण कृषकले भारतीय बजारमा दूध बिक्री गर्नुपरेको हो’ स्थानीय कृषक मुन्ना यादवको दुःखेसो छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार नेपालगन्जमा आवश्यक पर्ने दैनिक करिब २० हजार लिटर दूधमध्ये हाल करिब १५ हजार लिटर मात्र उपलब्ध गराउन सकिएको छ ।

]]>
3485 0 0 0
नेपाल घुम्न आएर फर्केका पर्यटकहरुको प्रचारले नेपालको पर्यटन क्षेत्र टिकेको छ:कार्यवाहक अध्यक्ष बाँनिया http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%a8-%e0%a4%86%e0%a4%8f%e0%a4%b0-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%aa/ Fri, 18 Sep 2015 09:57:58 +0000 http://www.ghumphir.com.np/?p=3488 गत बैशाख १२ गतेको महाभुकम्प पछि नेपलाको पर्यटनक्षेत्रमा केही असर परेको सर्वविदीतै छ । तर जती क्षती पुग्यो त्यो भन्दा पनी बढी नकरात्मक प्रचार प्रसार स्थान पायो भन्ने तर्क राख्छन पोखराका पर्यटन ब्यबसायी सोबीत बाँनिया । बाँनिया हर्वाइ खेलकुद संघका कार्यवाहक अध्यक्ष समेत हुन् । पर्यटन क्षेत्रम परेको नकरात्मक प्रभाव तथा प्रचार प्रसालाई न्यून गर्न तथा पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थमा पुराउने उदेश्यले असोजको दोस्रो हप्तामा पोखरामा नेपाल हवाई खेलकुद संघको अयोजनामा हुन लागेको अन्तराष्टिय हवाई खेलकुद मेला र नेपालको पर्यटनको वर्तमान अवस्थाका बिषयमा केन्द्रीत भई घुमफिरले गरीएको कुराकानी

sobit abniyaकार्यक्रम कहिले हुदै छ? यहि असोज ९ र १० गते विश्व प्याराग्लाईडीङ नेपालको पोखरामा आयोजना हुदै छ । पोखरामा आयोजना हुन लागेको विश्व प्याराग्लाइडीङमा नेपालका १०० जना विदेशका ५० जना विदेशी प्याराग्लाईडीङ पाइटहरुको सहभागीता हुने छ । जस्ले नेपालको वर्तमान पर्यटनको अवस्था कस्तो छ भन्ने सन्देश दिनका लागी पनी यो आयजना गर्न लागीएको हो । तयारी कस्तो हुदै छ? कार्यक्रमको तयारी तिब्र रुपमा चलीरहेको छ । १५० जना भित्रै बाट नै प्याराग्लाईडीङ ,अल्टा«लाईट ,पावराग्लाइडीङ, ह्याडग्लाईडीङ खेल समावेश गरीने छ । इन्ट्री फि कती राख्नु भएको छ ? ऋहिलेको नेपालको पर्यटनको अवस्था कमजोर छ । कमजोर अवस्थमा पर्यटन प्रवद्धनका लागी गरिन लागेको कार्यक्रममा भएकाले इन्ट्री फि नलिने सोचेका छौ । भूकम्पपछिको अवस्थालाई  मध्यनगर गर्दै नेपाल भित्रको यातायात , लजिङ फुडिङ समेत फ्रि गरेका छौ । यस्का लागी पोखराका ब्यबसायीहरुले निकै सहयोग गर्नु भएको छ । नेपाल सरकारको कस्तो सहयोग रहेको छ ? नेपालको टुरिजम मार्केटिङ नेपाल सरकारले गर्नु पर्ने हो  । अहिले सम्मको अवस्था हेर्ने हो भने नेपाल सरकारले पर्यटन प्रवद्धनका लागी खासै त्यस्तो प्रचाव पार्ने कार्य गरेको जस्तो अवस्था छैन । नेपाल सरकारले नेपाल पर्यटनको प्रवद्धनका लागी न त खासै भुकम्प पहिले गरेको  थियो  नत भुकम्प पछि नै । जती नेपालको प्रचार प्रसार भएको छ त्यो सबै नेपाल घुम्न आएका पर्यटकले नेपाल आएर घुमी सकेपछी आफ्नो देशमा गएर प्रचार प्रसारले नेपालको पर्यटन प्रवद्धन भएको हो । यही कुरालाई मध्य नजर गदै हामीहरुले विदेशीहरुलाई लक्षीत गरेर खेलकुद महोत्सव गर्न लागेका हौ । महोत्सवले कस्तो सन्देश दिन्छ जस्तो लाग्छ ? भुकम्पपछी नेपलाको पर्यटन जती नकरात्मक प्रचार भएको छ त्यसलाई केही मात्रामा कम गर्छ भन्ने हाम्रो अनुमान छ । यो अनुमान सही सावित हुने विश्वास  समेत छ । नेपाल आएर घुमेर आफ्नो देशमा गएर पर्यटकले नेपालको संचारमाध्यममा आएजस्तो भुकम्पले क्षती भएको छैन र नेपालका पर्यटकीय स्थलहरु सुरक्षीत छ भन्ने सन्देश दिनेछन र नेपालमा पर्यटनको पुन आगमन हुनेछ भन्ने मेरो बुझाइमा छ । नेपाललाई सहयोग गर्नु भन्दा नेपाल आएर घुमेर गएर विदेशमा यसको प्रचार प्रसार गरी दिन समेत हामीले महोत्सवमा आउने पाहुनालाई आग्रह समेत गर्ने छौ । यस्तो किसिमको मेला पहिला पनी आयोजना गर्नु भयोको थियो की ? नेपालमै यस किसिमको मेला हाम्रो पहलमा पहिलो पटक हुन लागेको हो । पर्यटनलाई पहिलेकै अवस्थामा र्फकाउन के गर्नु पर्छ? कस्तो प्रभाव पार्ला ? भन्ने बिषयमा ब्यापक छलफल पश्चात यो मेला गर्न लागीएको हो । नेपालको वर्तमन अवस्थमा पर्यटन क्षेत्रलाई  कसरी हेर्नु भएको छ ? नेपालको टुरिजम मार्केटिङ भनेको नेपाल सरकारले सम्बन्धीत निकायले नगरेर नेपालमा घुम्न आएर नेपाल आफ्नो देश फर्केर गएका पर्यटकहरुले दिएको जानकारि आधारमा नेपालको पर्यटन क्षेत्र टिकेको छ जस्तो लाग्छ मलाई । यो गलतपनि हुन सक्छ । तर अन्तराष्ट्रिय मिडीयाबाट नेपालको वर्तमान पर्यटन क्षेत्रको जुन गलत खालको सन्देश गयो नेपाल खत्तमै भयो अब नेपाल जानुहुदैन भन्ने सन्देश गएको छ । त्यसलाई जब सम्म समाप्त पार्न सकिदैन तब सम्म नेपालको पर्यटन क्षेत्रलाई पुरानो अवस्थामा पुराउन गाह्रो हुन्छ । यो गलत सन्देश समाप्त गर्नका लागी विदेशमा रहेका नेपाली तथा हामी संग सम्पर्कमा रहेका साथीहरुलाई कन्भीन्स गर्नु पर्दछ । तर अहिले कन्भीन्स गर्न गाहे भैरहेको अवश्था छ । नेपालको बिषयमा टिका टिप्पणी तथा भुकम्पका नाममा सहयोग गर्नु भन्दा नेपाल आएर भ्रमण गरेर सहयोग गर्नुहोस भन्ने हाम्रो सोच हो । सरकारको भूमीका कस्तो देख्नु भएको छ ? सरकारको अन्तराष्ट्रिय स्तरमा प्रख्यात मिडीयाहरुसंग समन्वयन गरेर नेपाल सुरक्षीत छ भन्ने सन्देश दिन जरुरी छ । अहिलेको हिसाबले नेपालको सबै क्षेत्र सुरक्षीत छ भूकम्पले केवल १० प्रतिशतमात्र क्षती भएको हो भन्ने सन्देश दिनु पर्छ । यो खरब विदेशमा पुगेको छैन विदेशमा रहेकाहरुले नेपाल जानु हुन्न भन्ने बुझेका छन। यसकालागी अन्तराष्ट्रिय मीडीयाहरुमा  अली बडीरुपमा प्रचार प्रसार गरि त्यस किसिमका सन्देशलाई चिर्न जरुरी छ यसकोलागी नेपाल पर्यटन मन्त्रालय मार्फतै प्रचार प्रसार गर्न सके राम्रो हुने थियो ।

]]>
3488 0 0 0
बजार खुल्न थाले http://localhost/ghum/%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a4%a5%e0%a4%be%e0%a4%b2%e0%a5%87/ Sat, 19 Sep 2015 01:44:03 +0000 http://www.ghumphir.com.np/?p=3491

महेन्द्रनगर (धनुषा),  असोज ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एक महिना बढीदेखि जारी राखेको मधेस बन्दबाट आजित भएर राजमार्गमा रहेका बजार स्वतस्फूर्तरुपमा खुल्न थालेका छन् । पैँतीस दिनदेखि लगातारको बन्दबाट प्रभावित महेन्द्रनगर, हरिहरपुर, ढल्केवर, बेंगाडावर र लालगढका बजार खुल्न थालेका छन् । बजार खुले पनि राजमार्गमा सार्वजनिक सवारी साधन भने चलेका छैनन् । बजार खुल्दै गएपछि यस क्षेत्रका बासिन्दाले राहत महसुस गरेका छन् । महिनादेखिको बन्दले दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी, खाना पकाउने ग्यासलगायतको किनमेलमा उपभोक्ताको भिड देखिएको थियो ।

]]>
3491 0 0 0
पर्यटन एक्काइसौँ शताब्दीको ठूलो उद्योग http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%87%e0%a4%b8%e0%a5%8c%e0%a4%81-%e0%a4%b6%e0%a4%a4%e0%a4%be%e0%a4%ac%e0%a5%8d%e0%a4%a6%e0%a5%80/ Sat, 19 Sep 2015 02:06:39 +0000 http://www.ghumphir.com.np/?p=3495

काठमाडौँ,  असोज ।

पर्यटन उद्योग एक्काइसौँ शताब्दीको ठूलो उद्योगका रुपमा विकास हुँदै गएको नेताहरुले बताएका छन् । नेकपा (एमाले) निकट पर्यटन व्यवसायीको सङ्गठन ‘नेपाल राष्ट्रिय पर्यटन व्यवसायीे सङ्गठन’ केन्द्रीय समितिको बैठक उद्घाटन गर्दै पार्टीका महासचिव ईश्वर पोखरेलले धेरै पर्यटक देशमा भित्र्याउने हो भने काठमाडौँ उपत्यकामा रहेको होटल, सवारी सुविधालाई ग्रामीण क्षेत्रमा विस्तार गर्दै लैजानु आवश्यक रहेको औँल्याउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपाशुर शेर्पाले पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको देशमा आवश्यक पूर्वाधारको अभाव भएको बताउनुभयो । एमाले स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले पर्यटन क्षेत्रको आवश्यक पूर्वाधार पु¥याएर छिमेकी मुलुकमा आउने पर्यटकलाई हाम्रो देशमा तान्नुपर्छ भन्नुभयो । एमाले पर्यटन विभाग प्रमुख सूर्य थापा, सङ्गठनका अध्यक्ष चन्द्र रिजाललगायतले संविधान निर्माणसँगै आर्थिक क्रान्ति हुने भन्दै बन्द हडतालजस्ता क्रियाकलाप गर्न नहुनेमा जोड दिनुभयो ।

]]>
3495 0 0 0
नेपालमा वर्षमा करिब ३0 हजार कोरियन पर्यटक आउने http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a4%bf%e0%a4%ac-%e0%a5%a90-%e0%a4%b9%e0%a4%9c%e0%a4%be/ Sat, 19 Sep 2015 02:36:26 +0000 http://www.ghumphir.com.np/?p=3498 पोखरा, भदौ  भ“कम्पपछि अन्नप“र्ण क्षेत्रको अवस्थाबारे नेपालका लागि कोरियन राजद’तावासका पदाधिकारीसँग नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको कार्यालयमा छलफल भएको छ . भ“कम्प पछि पोखरा र आसपासका क्षेत्रबारे जानकारि लिन द’तावासका राजद’त छोय योङ जीन र काउन्सीलर पार्क जी योङसित यहाँका पर्यटन व्यवसायीले छलफल गरेका ह’न्

natta pokhara पोखरा आएको टोलिसँग नाट्टाका पदाधिकारीसहितका व्यवसायीले छलफल गरेका ह’न् . नेपालमा वर्षमा करिब ३0 हजार कोरियन पर्यटक आउने र ती मध्ये २५ हजार पोखरा आउने उक्त अवसरमा राजद’त जीनले जानकारि दिए . अन्नप“र्ण आधारशिविर र फेरोको बारेमा बढिमात्रामा चाँसो रहेकोले भ“कम्प पछिको अवस्थाबारे ब’झ्न आफ’ आएको उनले बताए . पोखराका व्यवसायीले विश्वस्त बनाउन सके आफ्ना म“ल“कका नागरिकलाई नेपाल भ्रमण स’रक्षित रहेको भन्ने जानकारि दिलाउन सक्ने उनले बताए . पदयात्रामा गएका पर्यटकलाई बसोबासको व्यवस्था, पदमार्गमा जाँदा बाढिपहिरोको डर भए नभएको ब’झ्नका लागि आफै आएको उनले बताए . कार्यक्रममा नेपाल एशोसिएसन अफ ट’र्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघका पदाधिकारीले पोखरा र आसपासका क्षेत्र भ“कम्प र मनस’नमा क’नै जोखिममा नपरेको बताएका थिए . छलफल कार्यक्रममा नाट्टा अध्यक्ष पोमनारायण श्रेष्ठले स्वागत मन्तव्य दिन’ ह’दै अन्नप“र्ण आधारशिविर र क्षेत्र प’रै स’रक्षित रहेकोले ढ’क्क घ’म्न बोलाउनका लागि द’तावासले सकारात्मक सन्देश दिन’पर्ने बताए . उनले पोखरामा कोरियाली पर्यटक आगमन बढाउनका लागि यतिबेला द’तावासको भ“मिका महत्वप“र्ण रहेको बताए . छलफलमा पोखरा पर्यटन प“र्नजागरण समिति (पिटिआरसी)का संयोजक गणेशबहाद’र भट्टराइले भ“कम्प गएपनि सबै क्षेत्रमा असर नपरेको भन्ने जानकारि विदेशी पर्यटकलाइ दिलाउन राजद’तसँग आग्रह गरे . राजनीतिक अवस्था स’ध्रेको र संविधान निर्माण अन्तिम चरणमा प’गेकोले आगामि दिनमा पर्यटकलाई घ’म्न क’नै अप्ठेरो नरहेको उनल बताए . भ“कम्प पछि केहिदिन पर्यटक नभएपनि अबका दिन पर्यटक घ’म्नका लागि क’नै समस्या नरहेको उनले बताए . माओवादी द्वन्द्वकालमा पनि पर्यटकलाई घ’म्नका लागि क’नै समस्या नरहेको भन्दै भट्टराइले यो पटक पनि समस्या नभएको बताए . छफलमा सहभागी नाट्टा कार्यसमिति सदस्य श्री किर्तिबल्लभ त्रिपाठीले ६) जना पर्यटकह? अन्नप’र्ण आधार सिबिरमा भ्रमण गराई त्यँहाको पर्यटकह?को लागी उक्त स्थान स’रक्षित रहको जानकारी गराउन’ त्यसबाट पनि पोखरा र यस वरिपरिका पदमार्ग स्थानह?को बारेमा सकारात्मक सन्देस गएको जानकारी गराउन’ भएको थियो . पर्यटन बोर्डका प“र्व सदस्य बास’देव त्रिपाठीले यतिबेला सकारात्मक सन्देश प्रवाहको खाँचो निकै रहेको बताए . ‘पोखरा र आसपासका क्षेत्र स’रक्षित रहेको बारेमा क’नै आशंका गर्न’पर्दैन’ उनले भने, ‘घ’म्न खतरा छैन भन्ने सन्देश पठाउन’ नै अहिलेको आवश्यकता हो .’ भ“कम्प आएपनि सबै क्षेत्रमा असर नपरेको उनले बताए . राजनीतिक उतारचढावका कारण यतिबेला केहि भेगमा आन्दोलन भएपनि पोखरा क्षेत्र प’रै स’रक्षित रहेको बताए . राजनीतिक आन्दोलन पनि संविधान निर्माणसँगै समाधान ह’न लागेको उनले बताए . कार्यक्रममा नाट्टाका सल्लहकार सन्तोष पोखरेलले नेपाल र यहाँको वास्तविक अवस्थाबारे यथार्थ जानकारि दिलाउन राजद’तसँग आग्रह गरेका थिए . उनले वास्तविक अवस्था बारे थाहा दिन नसक्दा भ“कम्प पछि नेपालको अवस्थाबारे बढि र नकारात्मक हल्ला फैलिएको बताए . नाट्टाका प्रथम उपाध्य दील गौतमले कोरियाली पर्यटकलाई नेपालबारे सधै सकारात्मक सन्देश पठाइदिन द’तावाससँ आहग्र गरे सहभागीह? एवं सञ्चारकर्मिह?ले राखेका जिज्ञासाका बारेमा राजद’त चोय योङ जिङले प्रकाश पानर्’ भएको थियो . नाट्टा अध्यक्ष श्री पोमनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेटघाट कार्यक्रम संघका महासचिव श्री सञ्जयकान्त सिग्देलले संचालन गनर्’ भएको थियो .

]]>
3498 0 0 0
गोठ सुधार कार्यक्रमपछि दुग्ध उत्पादनमा सुधार http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%a0-%e0%a4%b8%e0%a5%81%e0%a4%a7%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%a6/ Sat, 19 Sep 2015 02:38:41 +0000 http://www.ghumphir.com.np/?p=3501

पाँचथर, २ असोज ।

जिल्लामा गोठ सुधार कार्यक्रम सम्पन्न भएयता दुग्ध उत्पादनमा सुधार आएको छ । व्यावसायिक पशुपालक कृषकलाई लक्षित गरी गत आवमा जिल्लाका रवि, सुभाङ, फाक्तेप, अमरपुर, नाङगीलगायत १६ वटा पशु गोठमा सुधार कार्यक्रम सम्पन्न भएको कार्यालयका वरिष्ठ पशु विकास अधिकृत मोगलप्रसाद शाहले जानकारी दिनुभयो । उहाँका अनुसार दुग्ध उत्पादन गोठ सञ्चालनमा सहजता भएको र कृषकको आम्दानीमा बढवा आएको छ । प्रत्येक गोठ सुधार कार्यक्रममा कार्यालयले रु २५ हजार अनुदान उपलब्ध गराएको थियो । यस्तै सो कार्यक्रमसँगै कृषकलाई १६ वटै गोठमा घाँस काट्ने मेसिन उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

]]>
3501 0 0 0
पुर्वी दुईसय अठारवटा रेडपाण्डा http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a5%80-%e0%a4%a6%e0%a5%81%e0%a4%88%e0%a4%b8%e0%a4%af-%e0%a4%85%e0%a4%a0%e0%a4%be%e0%a4%b0%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%b0%e0%a5%87%e0%a4%a1/ Sat, 19 Sep 2015 02:43:48 +0000 http://www.ghumphir.com.np/?p=3503 रेडपाण्डा दिवस

पाँचथर, २ असोज ।

पाँचथर सहित पुर्वी पहाडी जिल्लामा शनिवार छैठौं रेडपाण्डा ( हाब्रे ) दिवस मनाइदैछ । यो दिवस मनाऔं उत्सव रातो पाण्डा,अर्थात “वास्तविक पाण्डाको लागि भन्ने नाराका साथ मनाइने भएको छ । दुर्लभ रेडपाण्डाको संरक्षणका लागि विश्वको ध्यान आकृष्ठ गर्ने उदेस्यले सन २०१० देखि यो दिवस मनाउन थालिएको रेडपाण्डा नेटवर्कले जनाएको छ । नेपालमा भने यो दिवस सन २०११ देखि मनाउन थालिएको नेटवर्ककका कार्यक्रम संयोजक सोनाम टाँसी लामाले जानकारी दिए ।विश्वमा सेप्टेम्वर महिनाको तेस्रो शनिवार रेडपाण्डा दिवस मनाउने गरिएको नेटवर्कले जनाएको छ ।

redpanda1नेटवर्कका अनुसार पाण्डा विश्वमा दुई थरीका हुन्छन । ती मध्ये एकथरीलाई रेडपाण्डा र अर्को थरीलाई जाइण्ट पाण्डा भनिन्छ । जाइन्ट पाण्डा भालु समूहमा पर्दछ भने यो चिनमा मात्रै पाइन्छ ।वैज्ञानिकहरुले रेडपाण्डालाई जाइन्ट पाण्डाभन्दा ५० वर्ष पहिल्यै सन १८२५ मा पत्ता लगाएका हुन । रेडपाण्डालाई भने एलुरीडा समूहमा वर्गिकरण गरिएको छ ।त्यसैले रातो पाण्डा नै वास्तविक पाण्डा हो भन्ने शन्देस पर्वाह गर्ने उदेस्यले यो वर्षको नारा “ऋभभिदचबतष्लन च्भम एबलमब, तजभ च्भब िएबलमब” राखिएको नेटवर्कले जनाएको छ । पाँचथर सहित पुर्वी पहाडमा दीप ज्योती युवा क्लव, रेडपाण्डा नेटवर्क,उच्च पहाडी जडिवुटी उत्पादक सस्था र हिमाली संरक्षण कार्यक्रम लगायतका बिभिन्न गैर सरकारी सस्थाले मनाँउदै आएका छन । यो वर्ष रेडपाण्डा दिवसका अवसरमा संरक्षण कार्यक्रम सञ्चालन भइरहेका गाविसमा पर्ने विभिन्न विद्यालयमा गठित रुटसुट समूह विद्यार्थीविच हाजिरी जवाफ,वक्तृत्वकला,निवन्ध लेखन लगायतका प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएका रेडपाण्डा नेटवर्ककको साझेदार सस्था दीप ज्योती युवा क्लव पाँचथरका कार्यकारी निर्देशक सुनिल वान्तावाले जानकारी दिए ।दिवसकै अवसर पारेर पुर्वी पहाडी जिल्लामा रहेका रेडपाण्डाको तथ्यांक पनि सार्वजनिक गरिएको छ ।मेची अञ्चलका पहाडी जिल्लामा २ सय १८ वटा रेडपाण्डा रहेको जानकारी दिइयो । दिवसको सन्दर्भ पारी रेडपाण्डा नेटवर्क र उस्का साझेदारी सस्थाहरु दीप ज्योती युवा क्लव पाँचथर र द माउण्टेन इष्टिच्युट नेपालले संयुक्त प्रेस विज्ञप्ती प्रकाशन गर्दै यो तथ्यांक सार्वजनिक गरेका हुन ।ती सस्थाले ७ वर्ष लामो समयसम्म बैज्ञानिक अध्ययन गरी उक्त तथ्यांक पुष्टी गरेको विज्ञप्तीमा उल्लेख छ । बैज्ञानिक अनुसन्धानले इलाम ५,पाँचथरका ३ र ताप्लेजुङका ११ गरी १९ वटा गाँउ विकास समितिमा रेडपाण्डा रहेको पुष्टी भएको भनिएको छ । विज्ञप्तीका अनुसार तीनवटै जिल्लाको कुल ६०५ वर्ग कि.मि. भूभागमा रेडपाण्डाको वासस्थान छ । जस्मा सवैभन्दा वढि वासस्थान रहेको ताप्लेजुङ्ग हो । जहाँ २२४ वर्ग कि.मि.क्षेत्रमा रेडपाण्डा पाइन्छ । जस्मा ताप्लेजुङमा १ सय ३४, पाँचथरमा ४३ र इलाममा ४० वटा रहेका छन । पछिल्लो समय दुर्गम क्षेत्रसम्म यातायात साधन पुग्न थालेपछि वासस्थानको खण्डिकरण, परम्परागत पशुपालन प्रणालीले वासस्थानको विनास, घरपालुवा कुकुरको आक्रमण, आहाराका रुपमा प्रयोग हुने मालिंगो र निगालोको जंगल मासिदै जानु,अवैध व्यापार, अन्य जनावरहरुका लागि थापिने पासो र बन जंगलमा लाग्ने डढेलोका कारण रेढपाण्डा मासिँदै गएको दीप ज्योती युवा क्लव सिदिनका कार्यक्रम अधिकृत वाङचु भुटियाले जानकारी दिए । पछिल्लो समयमा रेडपाण्डा तीनको वासस्थान र आहारा संकटमा पर्न थालेपछि रेडपाण्डा नेटवर्कको सन २०१० देखि प्रत्येक वर्षको सेप्टेम्वर महिनाको तेस्रो शनिवार अन्तराष्ट्रिय रेडपाण्डा दिवस मनाउन थालिएको हो ।उता रामेछापमा भएको दुर्घटनामा मर्नेको सख्या ४ पुगेको छ भने सनाखत हुन बाकी छ

]]>
3503 0 0 0
इलाम र पाँचथरका पाँच वटा सरकारी चीज कारखाना बन्द http://localhost/ghum/%e0%a4%87%e0%a4%b2%e0%a4%be%e0%a4%ae-%e0%a4%b0-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a%e0%a4%a5%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%b8/ Sun, 20 Sep 2015 01:32:03 +0000 http://www.ghumphir.com.np/?p=3292 इलाम, ३ असोज ।

इलाम र पाँचथरमा रहेका पाँच वटा सरकारीस्तरबाट सञ्चालित चीज कारखाना बन्द भएका छन् । कारखानाबाट उत्पादित चीज बिक्री नभएपछि कारखानानै बन्द भएका हुन् । देशमा जारी बन्द, हडतालका कारण चीजको खपत नहुँदा कारखाना सङ्कटमा परेका हुन् । दुग्ध विकास संस्थान विराटनगरअन्तर्गत रहेका पाँचथरको राँके र इलामका रक्से, माइपोखरी, पशुपतिनगर र नयाँबजार चीज कारखाना बन्द भएका हुन् । चीज कारखाना बन्द हुँदा किसानलाई दैनिक लाखौँ रूपैयाँ घाटा भइरहेको छ । गत वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प, मधेसमा जारी आन्दोलनका कारण राजधानीलगायत ठूला सहरमा दुई सातादेखि चीज निकासी हुन सकेको छैनन् । ठूला सहरका तारे होटलमा धेरै परिमाणमा बिक्री हुने चीज अहिले निकासी ठप्प छ । “अहिले चीज खपत नभएर कारखानामा राख्ने ठाउँसमेत छैन्, अर्काेतिर ढुवानी गर्न सकिएको छैन” पशुपतिनगर चीज उत्पादन केन्द्रका प्रमुख सोमराज चापागाइँले भन्नुभयो “देशमा शान्ति स्थापना नहुञ्जेल चीजको बजार सुध्रिने देखिँदैन् ।” बन्द भएका चीज कारखाना कहिले खुल्ने भन्ने कुनै टुङ्गो नभएको कारखानाले जनाएको छ । सरकारी स्वामित्वमा रहेका यी चीज केन्द्रबाहेक जिल्लामा निजीस्तरबाट पनि एक दर्जनभन्दा बढी चीज कारखाना स्थापना भएका छन् । सरकारी स्वामित्वमा रहेका कारखानामा चीज बिक्री नहुँदा ३० हजार किलोग्राम तयारी चीज नष्ट हुने अवस्थामा पुगेको चापागाइँले बताउनुभयो । यतिबेला प्रशस्त पर्यटक आउने सिजन भए पनि विनाशकारी भूकम्प, बन्द, हडतालको कारण पर्यटक नआएर होटल व्यवसाय फस्टाउन नसक्दा चीज बिक्री हुन नसकेको कारखानाले जनाएका छन् । देशकै ठूलो चीज उत्पादन केन्द्रको रूपमा स्थापित पशुपतिनगर चीज कारखानामा यसअघि दैनिक दुई हजार ७०० लिटर दूधबाट चीज उत्पादन गरिँदै आएको थियो । रक्से, माइपोखरी, नयाँबजार, राँके चीज कारखानामा दैनिक ८०० देखि एक हजार किलोसम्म चीज उत्पादन हुँदै आएको थियो । चीज कारखानाका अतिरिक्त संस्थानअन्तर्गत रहेका दुग्ध चिस्यान केन्द्रले समेत हप्ताको तीन दिन मिल्क होलिडे गर्न थालेका छन् । दुग्ध विकास संस्थानले दूध खरिद नगरेपछि चिस्यान केन्द्र पनि बन्द गर्नुपरेको विब्ल्याँटे दुग्ध चिस्यान केन्द्रका कर्मचारी ओमप्रकाश खरेलले बताउनुभयो ।

]]>
3292 0 0 0
‘कोदो लानुस्, चामल ल्याइदिनुस्’ http://localhost/ghum/%e0%a4%95%e0%a5%8b%e0%a4%a6%e0%a5%8b-%e0%a4%b2%e0%a4%be%e0%a4%a8%e0%a5%81%e0%a4%b8%e0%a5%8d-%e0%a4%9a%e0%a4%be%e0%a4%ae%e0%a4%b2-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%87%e0%a4%a6/ Sun, 20 Sep 2015 01:27:11 +0000 http://www.ghumphir.com.np/?p=3336 प्रशन्न पोखरेल

गोरखाबजार, ३ असोज ।

बारपाक–८ का बुद्धिबहादुर घले पिँढीमा फिजाएको कोदो पाथीमा भर्दै हुनुहुन्छ । एक पाथी, दुई पाथी गर्दै उहाँले पाँच मुरी कोदो गोदाममा भण्डारण गर्नुभयो । बीस पाथीको एक मुरी मानिन्छ ।कोदो पिसेर बनाइएको पीठोको रोटी र ढिँडो खाने गरिएको घलेको भनाइ छ । रक्सी बनाउने मुख्य कच्चापदार्थका रुपमा पनि कोदोको प्रयोग गरिन्छ । कोदोको परिकारले बिहान–बेलुकाको छाक टार्दै आएको बताउने घलेका अनुसार बारपाकमा खेती हुनेमध्ये प्रमुख बालीमा कोदो हो । “यस वर्ष आठ मुरी कोदो भित्र्याएँ,” घलेले भन्नुभयो – “भूकम्पले घर भत्केपछि तीन मुरी कोदो माटोमा पोखियो ।” धुलोमा पोखिएको कोदाको दाना चाल्नोले चाल्दासमेत छान्न सकिएन । धुलोमा मिसिएको कोदो घलेको जहानले एक साता लगाएर तीन पाथी निकाल्नुभयो । तर मानिसले खानयोग्य भएन, घरपालुवा जनावरलाई खुवाइयो ।

Rice_p1160004बारपाकमा खेत छैन । किसानले बारीमा कोदो, गहुँ, आलु, सिमीलगायत बाली लगाउँदै आएका छन् । नौ मुरी अन्नले एउटा सानो परिवारलाई वर्षभरि खान पुग्छ भन्ने गाउँघरतिर मान्यता छ । “भूकम्पले कोदो नष्ट नगरेको भए बेसाएर खान पर्दैनथ्यो,” घलेले भन्नुभयो – “चिसो ठाउँमा भातभन्दा कोदोको परिकार रुचाइन्छ ।” कोदोको परिकार खाँदा हैरान भएको बताउँदै घलेले भन्नुभयो – “कोदो लैजानूस्, चामल ल्याइदिनूस् ।” महाभूकम्पपछि विभिन्न सहयोगी सङ्घसंस्थाले चामल वितरण गरेका थिए । दुई बोरा चामल पाएको भन्दै घलेले मुख फेर्ने काम भएको बताउनुभयो । केही वर्षअघिसम्म बारपाकमा चाडबाडका बेला मात्रै चामलको भात खाने चलन थियो । सडक सञ्जाल पुगेपछि आर्थिक सम्पन्नता भएका मानिस भात खान्छन् । भातले भन्दा कोदोले शक्ति दिने घलेको विश्वास छ । “ढिँडो र सिस्नुको तरकारी खानुको बेग्लै आनन्द छ” उहाँले भन्नुभयो – “बजारबाट ल्याएको तरकारी बेस्वादको हुन्छ ।” पछिल्लो समय बारपाकीले बजारबाट तरकारी खरिद गरी लैजाने चलन बढेकामा उहाँले विरोध गर्नुभयो । उहाँले यस वर्ष ४० भारी (थुन्से) मकै उत्पादन भएको बताउनुभयो । वडा नं ५ को सिप्रङ र ४ को स्याप्रङ क्षेत्रमा खेतीयोग्य जमिन प्रशस्तै छ । वडा नं ७ का रामबहादुर घलेले पनि यस वर्ष कोदो, मकैलगायत बाली भित्र्याउनुभएको थियो । भूकम्पले घर भत्काएपछि अन्नपात खेर गएको घलेको गुनासो छ । “दुःख गरेर भित्र्याएको अन्न भूकम्पले घरभित्रै पु¥यो,” उहाँले भन्नुभयो – “आफूलाई बढी भएर कोदो बेचिन्थ्यो । यसपाला अनिकाल लाग्ने भयो ।” घलेको मुख्य पेसा कृषि हो । भूकम्पपछि उहाँले निगालोको चोयाले डोको, थुन्से, नाम्लोलगायत सामग्री बुन्ने काम गर्नुभएको छ । “थुन्सेलाई तीन सय रुपैयाँमा बेच्छु, डोकोलाई एक सय ८० मा ” – उहाँले भन्नुभयो । घलेको परिवार टहरोमा बस्दै आएका छन् । घर भत्किएपछि नयाँ कपडा, किताबकापी खरिद गर्न मुस्किल परेको घलेको दुखेसो छ । “सबैले हुनेखानेलाई हेर्दा रहेछन्,” उहाँले भन्नुभयो – “गरिबलाई घर बनाउने पैसो सरकारले छिटो देओस् ।” सरकारले घर पुनःनिर्माणमा सहयोग गरिदिए ढुक्क भएर खेतीपाती पर्ने घलेको सोच छ । भूकम्पप्रतिरोधी मौलिक प्रकारको घरमा बस्ने घले परिवारको इच्छा छ । स्थानीयवासी विर्षराज घलेले अधिकांश बारपाकी किसानको घर भत्किएकाले कोदो, मकै, सिमीलगायत बालीको बीउ अभाव भएको बताउनुभयो । “घरभित्र भण्डारण गरेको अन्न खेर गयो,” उहाँले भन्नुभयो – “बीउ जोगाउन सकिएन ।” स्थानीय जातको बीउ लोप हुने अवस्था देखिएको उहाँको भनाइ छ । विकासे जातका बीउले बारपाकको हावापानीमा राम्रो उत्पादन नदिने किसानको गुनासो छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले नयाँ जातका बीउ भूकम्पपीडितलाई वितरण गरिएको बताउनुभयो । विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा बीउ वितरण गरिएको उहाँको भनाइ छ । स्थानीय जातका बीउ पाउन मुस्किल रहेको भएपनि सकेसम्म स्थानीय जातको बीउको खोजी गरिएको श्रेष्ठले बताउनुभयो । भूकम्पले गोरखाको दुई नगरपालिकासहित ६० गाविसका ५८ हजार घरधुरी बस्नै नहुने गरी भत्किएको थियो । घरभित्र भण्डारण गरिएका अन्न माटोमा मिलेपछि बीउको अभाव देखिएको हो ।

]]>
3336 0 0 0
अवैध तवरले ढुङ्गा निकाल्ने क्रम तीव्र http://localhost/ghum/%e0%a4%85%e0%a4%b5%e0%a5%88%e0%a4%a7-%e0%a4%a4%e0%a4%b5%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%a2%e0%a5%81%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8d/ Sun, 20 Sep 2015 01:19:41 +0000 http://www.ghumphir.com.np/?p=3378 रौतहट, ३ असोज ।

जिल्ला वन कार्यालय रौतहटले नियमित अनुगमन नगर्दा चुरे क्षेत्रबाट अवैध तवरले ढुङ्गा निकाल्ने क्रम तीव्र रुपमा भइरहेका छन् ।जिल्ला वन कार्यालय तथा स्थानीय प्रशासनले चुरे तथा नदी आसपासका क्षेत्रबाट ढुङ्गागिट्टी निकाल्न तथा ओसारपसार गर्न प्रतिबन्ध लगाएको अवस्थामा पनि केही ट्याक्टर व्यवसायीले सो कार्य गर्दै आएका स्थानीयवासीले बताएका छन् । अवैध तवरले निकालिएका ढुङ्गा हाल चन्द्रपुर नगरपालिका–२ स्थित चाँदी नदी तथा गैँडाटार आसपासको खोला किनारामा सङ्कलन गरिएको छ । नियमित अनुगमनको अभावमा हाल चुरे क्षेत्रबाट दैनिक ४० भन्दा बढी ट्याक्टरले ढुङ्गा लोड गरी अन्यत्र स्थानमा जम्मा गर्ने गरेको सर्वसाधारणको भनाइ छ ।

]]>
3378 0 0 0
विदेशबाट फर्किएर डेरी उद्योग सञ्चालन http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%b0-%e0%a4%a1%e0%a5%87%e0%a4%b0%e0%a5%80-%e0%a4%89%e0%a4%a6/ Sat, 19 Sep 2015 02:50:15 +0000 http://www.ghumphir.com.np/?p=3505

सुरुङ्गा (झापा), २ असोज ।

आर्थिक उपार्जनका लागि नेपाली युवा रोजगारीको खोजीमा दैनिक विदेशिइरहेका बेला दक्षिणी झापाका दुई युवाले गाउँमा बसेर मासिक रु ६० हजार भन्दा बढी कमाई गरिरहनुभएको छ । वैदेशिक रोजगारीका लागि विदेश गएर झन्डै तीन वर्ष दुबई तथा कतारमा रहेर काम गर्दा भनेजस्तो नभएपछि गोलधाप – १ निवासी ३० वर्षीय भरतप्रसाद ओली र सोही ठाउँ निवासी ५४ वर्षीय जनकलाल तिवारीले गाउँमा नै दूध चिस्यान केन्द्र सञ्चाल गरेर अहिले मनग्य आम्दानी गरिरहनुभएको छ । उहाँहरुले राजगढ – ६ मा विगत सात वर्षदेखि कनकाई दूध डेरी उद्योग तथा चिस्यान केन्द्र सञ्चालन गरेर आम्दानीको राम्रो स्रोत जुटाउनुभएको छ । झन्डै रु चार लाख ५० हजारको लगानीमा सुरु गरेको उक्त व्यवसायबाट अहिले दैनिक खर्च कटाएर रु दुई हजारभन्दा माथि बचत गर्ने गरेको ओलीले बताउनुभयो । ओली वैदेशिक रोजगारीका लागि रु दुई प्रतिशतमा ब्याजदरमा ऋण खोजेर सन् २००३ मा रु ८० हजार खर्च गर्दै विदेश (दुबई) जानुभएको थियो । दुबईमा २८ महिना बस्दा पनि राम्रो कमाइ गर्न नसकेपछि नेपाल फर्किएको उहाँले बताउनुभयो । नेपाल फर्किए पनि ऋण तिर्न आफ्नै कुनै माध्यम नभएपछि पुनः सन् २००५ मा कतार गएको तर ११ महिना बित्न नपाउँदै घर फर्किएर गउँमा नै दूध सङ्कलन केन्द्रको सुरुवात गरेको ओलीले बताउनुभयो । राजगढमा सञ्चालनमा ल्याएको दूध सङ्कलन केन्द्रका कारण त्यस क्षेत्रका कृषकले दूध बिक्री गरेर मनग्य आम्दानी गर्ने गरेको स्थानीय कृषक पदमप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार गाउँका अधिकांश कृषकले दूध बिक्रीका लागि नै उन्नत जातका पशुपालन व्यवसाय सुरु गरेका छन् । सस्तो मूल्यमा भारतीयलाई दूध बेच्दै आएका किसानले अहिले उक्त चिस्यान केन्द्रमा उचित मूल्यमा दूध बेच्न थालेको अगुवा कृषक केशवप्रसाद बरालले बताउनुभयो । ग्रामीण क्षेत्रका कृषकलाई यही स्वरोजगारको वातावरण सिर्जना गर्न तथा यो व्यवसायलाई प्रोत्साहित गर्न गत वर्ष क्षेत्रीय पशुसेवा निर्देशनालय विराटनगरले रु एक लाख अनुदान उपलब्ध गराएको हो । चिस्यान केन्द्र सञ्चालनमा आएपछि अहिले यहाँका किसानले बिहान बेलुका दुवै समयमा दूध बिक्री गरिरहेका छन् । विदेशमा गरेको दुःख सम्झिएर ओलीले भन्नुभयो – “हामीले यहाँ केही व्यवसाय सुरु गरेपछि त्यसले आफूलाई राम्रो गर्छ ।” दक्ष नेपाली युवा विदेशिएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो – “सुरुमा त मलाई पनि यहाँ कमाइ गर्न सकिँदैन जस्तो लागेको थियो तर अहिले ग्राहकको मागलाई पूरा गर्न नसक्ने अवस्था छ । केका लागि विदेश जानु प¥यो ?” सीप नसिकी विदेश जानु भनेको जीवनलाई बन्धकी राख्नु जस्तै भएको उहाँको भनाइ छ । दैनिक तीन सय लिटर दूध सङ्कलन गर्दै आउनुभएका उहाँहरुले रीतिका डेरीलाई उक्त दूध बिक्री गर्नुहुन्छ । गुणस्तरीय सेवा प्रदान गर्ने मुख्य उद्देश्यले सञ्चालन गरेको उक्त चिस्यान केन्द्रबाट अहिले दैनिक दुई सय घरपरिवार प्रत्यक्ष लाभान्वित भएका डेरीका अर्का सञ्चालक तिवारीले बताउनुभयो । ठेक्कापट्टाको व्यवसाय गर्दा उपलब्धि नभएपछि विदेशसमेत जाने सोच बनाउनुभएका तिवारीले अहिले ओलीसँग मिलेर सुरु गरेको व्यवसायबाट उहाँ यही सन्तुष्ट हुनुहुन्छ । “मलाई मात्र होइन राजगढका धेरैले दूध बेचेर सहज जीवनयापन गरिरहेका छन्” उहाँले भन्नुभयो । ओली र तिवारीले सुरु गरेको यो व्यवसायको सिको गर्दै अहिले राजगढ बजारमा थप दूध डेरी सञ्चालनमा आएका छन् । कनकाई डेरी उद्योगले बिहान बेलुकै दूध सङ्कलन गर्न थालेपछि यहाँका कृषक थप पशुपालन व्यवसायमा उत्साहित भएका छन् । लगानी सुरक्षित हुने भन्दै राजगढका अधिकांश कृषकले पशुपालन गर्दै आएका छन् ।

]]>
3505 0 0 0
पुनःनिर्माण प्राधिकरण पुनः अन्यौलमा, विधेयक पारित हुन सकेन http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%b0%e0%a4%a3-%e0%a4%aa%e0%a5%81/ Sat, 19 Sep 2015 15:40:30 +0000 http://www.ghumphir.com.np/?p=3508

रमेश लम्साल/हरि लामिछाने  काठमाडौँ, २ असोज ।

प्रमुख राजनीतिक दलकाबीचमा सहमति हुन नसकेपछि भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक आज पनि पारित हुन सकेन । सोही विधेयक पारित गर्नका लागि भन्दै बोलाइएको व्यवस्थापिका–संसद्मा सोसम्बन्धी प्रस्ताव पेस भएपनि सम्बन्धित समितिमा पठाउने भन्दै पर धकेलियो । सरकारले प्रस्तुत गरेको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयक पारित हुन नसक्दा पुनःनिर्माणको काम प्रभावित हुँदै आएको छ । सो विधेयक संशोधनका लागि नेकपा (एमाले) को तर्फबाट एक दर्जनभन्दा बढी संशोधन प्रस्ताव र एकीकृत नेकपा (माओवादी) का तर्फबाट चार वटा संशोधन प्रस्ताव परेको बुझिएको छ ।

kathmandu earthqueनेपाली काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले धेरै संशोधन प्रस्ताव परेकाले आज सो विधेयक पारित हुन समस्या परेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘भूकम्पपछिको पुनःनिर्माणमा तुरुन्त लाग्नुपर्नेमा अवरोध खडा गरेर सरकारमै सहभागी दल र प्रमुख प्रतिपक्षीले मुलुकको गम्भीरता र आवश्यकतालाई ध्यान दिएनन्, जसका कारण आज सो विधेयक पारित हुन सकेन । ’’ नेकपा (एमाले) का प्रमुख सचेतक अग्निप्रसाद खरेलले पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयकलाई व्यवस्थापिका–संसद्ले आज सम्बन्धित समितिमा पठाएको जानकारी दिनुभयो । ‘‘धेरै संशोधन परेका छन्, ती सबै संशोधन सबै स्वीकार्य नहुन सक्छन्, त्यसैले सदनको सम्बन्धित समितिमा पठाउने निर्णय भयो । पारित भने भएन,’’ प्रमुख सचेतक खरेलले भन्नुभयो । प्राधिकरणको कानुनी हैसियतमाथि नै प्रश्न उठेपछि काम सुरु नगर्दै समस्यामा परेको थियो । एकीकृत नेकपा (माओवादी) का प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सरकारले आवश्यक पहल नगरेका कारण सो विधेयक समस्यामा परेको बताउनुभयो । प्राधिकरणको विधेयक तयार पार्दा सत्तारुढ दलले आफूखुसी गरेको भन्दै एमाओवादीले विरोध गर्दै आएको छ । प्रमुख सचेतक पोखरलले भन्नुभयो, ‘‘हामीले उठाउँदै आएको सरोकारलाई सम्बोधन गरिएको छैन, सत्तारुढ दल जिम्मेवार भएर प्रस्तुत भएको भए आजै सो विधेयक पारित हुन सक्थ्यो । तर उहाँहरुले नै किन चाहनु भएन यो विषय भने गम्भीर रहेको छ ।’’ गत वैशाख १२ गते गएको गोरखा भूकम्पका कारण आठ हजार ८९० जनाको निधन भएको थियो भने २२ हजार भन्दा बढी नागरिक घाइते भएका थिए । सरकारले गरेको अध्ययनको क्रममा आठ लाखभन्दा बढी घर तथा आवास भत्किएको पाइएको थियो । प्राधिकरणले सकारात्मक रुपमा काम अगाडि बढाउन नसक्दा भूकम्पछिको पुनःनिर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । सरकारले व्यवस्थापिका–संसद्मा गत भदौ १५ गते भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२ लाई प्रस्तुत गरेको थियो । उक्त दिन प्रमुख राजनीतिक दलकाबीचमा सो विधेयक सम्बन्धमा सहमति जुट्न नसकेका कारण पछाडि सरेको थियो । प्रमुख दलबीच लामो छलफल र संवादपछि पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयक गत भदौ २९ गते सदनमा प्रस्तुत भएको थियो । सदनमा सो विधेयकमाथि छलफल लम्बिने भन्दै भूकम्पपछिको पुनःनिर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन वैकल्पिक व्यवस्था गर्ने भने पनि सरकारले कुनै पनि काम अगाडि बढाएको थिएन । यही भदौ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकमा भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२ का विषयमा छलफल भएपनि पारित हुन सकेको थिएन । सरकारले गठन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण यही भदौ ११ गते नै निष्क्रिय भएको थियो । गत असार १० गते सम्पन्न भएको पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर गत असार ६ गते अध्यादेश ल्याइएको थियो । सरकारले गत साउन २८ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेललाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो भने विज्ञ सदस्यका रुपमा तारानिधि भट्टराईलाई नियुक्त गरेको थियो । यही भदौ ८ गते बसेको प्राधिकरणको बैठकले भूकम्प प्रभावित ३१ जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउने निर्णय गरेको थियो ।व्यवस्थापिका–संसद्ले आफ्नो काम पूरा गरेपछि मात्रै प्राधिकरणले गति लिने विश्वास गरिएको छ ।

]]>
3508 0 0 0
कालोबजारीबाट सजक रहन उपभोक्तालाई आग्रह http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b8%e0%a4%9c%e0%a4%95-%e0%a4%b0%e0%a4%b9%e0%a4%a8-%e0%a4%89%e0%a4%aa%e0%a4%ad/ Sat, 19 Sep 2015 15:44:10 +0000 http://www.ghumphir.com.np/?p=3510

काठमाडौँ, २ असोज ।

उपभोक्ता हितसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले चाडपर्व नजिकिँदै जाँदा हुने कालोबजारीबाट जोगिन उपभोक्तालाई आग्रह गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च र ग्रिन फाउन्डेसन नेपालको संयुक्त आयोजनामा आज यहाँ आयोजित “बजार तथा उपभोक्ताको अवस्था र अबको बाटो” विषयक अन्तक्र्रियामा संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति भीष्मराज आङ्देम्बेले उपभोक्तालाई मिसावट वस्तु र कालोबजारीबाट सजग रहन आग्रह गर्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका आङ्देम्बेले संविधान निर्माणपछि देशलाई आर्थिक क्रान्तिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले उपभोक्ता हितसम्बन्धी संविधानमा उल्लेख भए पनि यसलाई कार्यान्वयन गर्नु ठूलो चुनौती रहेको स्पष्ट पार्नुभयो । उहाँले सबै दल मिलेर संविधान निर्माण गरेजस्तै आर्थिक विकासका लागि पनि सबै एक हुनु आवश्यक रहेको औँल्याउनुभयो । संसदको आपूर्ति तथा उपभोक्ता हित उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले बजारमा मूल्यसूची नराख्नु, एउटै सामानको मूल्य फरकफरक ठाउँमा फरकफरक हुँदा उपभोक्ता मारमा परेको बताउनुभयो । मञ्चका अध्यक्ष ज्योति बानियाँ, सभासद् भक्तप्रसाद पाण्डे, महासचिव बाबुराम हुँमागाई, ग्रीन फाउन्डेसनका अध्यक्ष घनश्याम पाण्डेलगायतले सुगम र दुर्गम सबै क्षेत्रका उपभोक्ताको हितका लागि आफूहरु लाग्ने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

]]>
3510 0 0 0
नयाँ संविधानले पर्यटन व्यवसायीमा ल्याएको उत्साहित http://localhost/ghum/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%b5%e0%a5%8d/ Sat, 19 Sep 2015 15:49:32 +0000 http://www.ghumphir.com.np/?p=3512

सिबी अधिकारी काठमाडौंँ, २ असोज ।

नयाँ संविधान प्रमाणीकरण भएसँगै निजी क्षेत्रका पर्यटन व्यवसायीमाझ नयाँ उत्साह छाएको छ । नयाँ संविधानले राजनीतिक स्थायित्व कायम हुने र त्यसले मुलुकमा लगानीको वातावरण सिर्जन हुने व्यवसायीको विश्वास छ । लामो समयको अन्योलता र अस्थिरतालाई चिर्दै जारी हुन लागेको संविधानले एकतर्फ राजनीतिक निकास पाएको छ, भर्ने अर्कोतर्फ लगानीको वातावरण सिर्जना हुनुका साथै आर्थिक समृद्धिको बाटो पहिल्याएको छ । त्यसो त, नयाँ संविधान बन्दैमा सबैथोक पूरा हुन्छ, भन्ने हैन, तथापि विगत सात वर्षदेखि अड्किएको संविधानसभामार्फत संविधान जारी गर्ने जनताको चाहनालाई साकार पारेको उनीहरुकै अभिव्यक्तिले प्रष्ट्याएको छ । आम नेपालीको उत्कट चाहना बोकेको संविधान जारी हुनुले व्यवसायीलाई थप उत्साहित र लगानी गर्न प्रेरित गरेको व्यवसायीको भनाइ छ । नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठले नयाँ संविधान जारी हुनुले सबैभन्दा बढी खुसी र उत्साह आर्थिक क्षेत्रलाई भएको र त्यसमा पनि पर्यटन व्यवसायीमा नयाँ आशा र सम्भावनाका किरण देखिएको बताउनुभयो । “नयाँ संविधानले पर्यटनलगायत समग्र आर्थिक क्षेत्रका लागि ठूलो उत्साह जगाएको छ । राजनीतिक निकास भएको छ । आर्थिक सुधार र आन्तरिक लगानी परिचालन गर्न पर्यटन व्यवसायीलाई थप उत्साहित बनाएको छ” –उहाँले भन्नुभयो । नेपालमा नयाँ संविधान जारी भएसँगै कूटनीतिक धारणा पनि सकारात्मक हुने भएकाले अबका दिनमा पर्यटकको सङ्ख्या वृद्धि हुने व्यवसायीको ठम्याइ छ । नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर्स एजेन्ट्स (नाटा) का अध्यक्ष डिबी लिम्बूले संविधान आउनु सबै नेपाली त्यसमा पनि पर्यटन व्यवसायीका लागि निकै हर्ष र उत्साहको विषय हो भन्दै संविधान जारी भएपछि शान्ति र सुरक्षाको वातावरण निर्माण गर्न सकेको खण्डमा नेपालमा पर्यटक बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ संविधानले नयाँ आशाका किरण थपिएका छन् अन्तर्राष्ट्रिय दृष्टिकोण सकारात्मक बन्ने हुनाले पर्यटक पनि बढ्ने देखिएको छ, अब राजनीतिक दलले बन्द हडतालजस्ता कार्यक्रम रोकेर आर्थिक समृद्धिको मुद्दालाई प्राथमिकता दिनुपर्छ, यसमै नेपाली पर्यटनको भविष्य जोडिएको छ ।” नेपालको संविधान २०७२ को धारा ५१ मा राज्यका नीतिअन्तर्गत पर्यटनसम्बन्धी नीतिको व्यवस्था गरिएको छ । जसमा नेपालको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाको पहिचान, संरक्षण, प्रवद्र्धन एवम् प्रचारप्रसारमार्फत राष्ट्रिय पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवम् नीति निर्माण तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने उल्लेख छ । राष्ट्रिय पर्यटन व्यवसायी सङ्घका अध्यक्ष दीपकले समग्रमा संविधानले धेरैको भावनालाई समेटेकाले आम जनताको लागि स्वागत योग्य भएकोे र मुलुक सङ्घीयतामा प्रवेश गरिसकेकाले अब त्यहीअनुरुपका केन्द्रीय पर्यटन नीतिलाई परिस्कृत गरिनुपर्नेमा जोड दिनुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) महासचिव सागर पाण्डेले संविधान जारी भई देश शान्तितर्फ जानु भनेको नै पर्यटनको आधारभूत जग खडा भएको भन्दै यसले समग्र पर्यटन व्यवसायीलाई उत्साह थपेको बताउनुभयो । संविधानमा भनिए जस्तै नेपालमा खासगरी सांस्कृतिक पर्यटन प्रवद्र्धनको दरिलो सम्भावना छ, अर्कोतर्पm घरबास कार्यक्रम (होमस्टे) पछिल्लो समय पर्यटकको आकर्षण र आन्तरिक पर्यटन प्रवद्र्धनको दरिलो आधार बनिरहेको छ । अथाह सम्भावना बोकेको नेपाली पर्यटन क्षेत्रलाई समयसापेक्ष गुणस्तरीय र नयाँ गन्तव्यको प्रवद्र्धन गर्नसके मुलुकको अर्थतन्त्रलाई नै टेवा पुग्ने देखिन्छ ।

]]>
3512 0 0 0
सल्यानी खुकुरी आधुनिकीकरण गरी उत्पादन सुरु http://localhost/ghum/%e0%a4%b8%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%96%e0%a5%81%e0%a4%95%e0%a5%81%e0%a4%b0%e0%a5%80-%e0%a4%86%e0%a4%a7%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%80%e0%a4%95%e0%a4%b0/ Sat, 19 Sep 2015 15:56:32 +0000 http://www.ghumphir.com.np/?p=3514

दाङ, २ असोज ।

नेपालमा आफ्नै पहिचान बनाएको सल्यानी खुकुरीलाई अब आधुनिकीकरण गरी दाङबाट उत्पादन सुरु गरिएको छ । आरन पेसामार्फत निर्माण गरिने सल्यान खुकुरी देश तथा विदेशमा समेत बढ्दो माग भइरहँदा दाङका युवा व्यवसायीले तुलसीपुरमा आधुनिक तरिकाबाट उत्पादन गर्न सुरु गरेका हुन् ।

khukuriठूलो लगानीमा आधुनिकीकरण गरी उद्योग नै सञ्चालन गरिएको राप्ती खुकुरी तथा कृषि औजार उद्योगका सञ्चालक मणिराम विकले जानकारी दिनुभयो । बहु सरोकारवाला वन कार्यक्रम रुपान्तरण नेपालको रु तीन लाख ५० हजार अनुदान सहयोग र अन्यबाट रु १६ लाख ५० हजार गरी कुल रु २० लाख लगानीमा उद्योग स्थापना गरिएको विकले जानकारी दिनुभयो । उक्त उद्योगले खुकुरी, चुलेसी, खुँडा, कृषि औजार, सजावटका सामग्री माछे, डाँफे खुकुरीलगायत उत्पादन गर्ने विकले बताउनुभयो । निकै चल्तीमा रहेको सल्यानी खुकुरी रु ५०० देखि छ हजारसम्म मूल्यका उत्पादन गरिने अर्का सञ्चालक सदस्य उमलाल विकले बताउनुभयो । यस्तै चुलेसी रु ५०० देखि दुई हजार ५००, सजावटका एक हजारदेखि दुई हजारसम्ममा बिक्री हुने उहाँले उल्लेख गर्नु भयो । सो उद्योगको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । उद्योगमा १५ जना युवाले रोजगारी पाएका छन् ।

]]>
3514 0 0 0
धान आयातमा भन्सार दर न्यून गर्न माग http://localhost/ghum/%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%86%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b0-%e0%a4%a6%e0%a4%b0-%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%82/ Sat, 19 Sep 2015 16:07:54 +0000 http://www.ghumphir.com.np/?p=3517

शीतलप्रसाद महतो वीरगन्ज, २ असोज ।

आयातित भारतीय चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी चामल उद्योग सङ्कटमा पर्न थालेका छन् । स्वदेशी चामल उद्योगको संरक्षणका लागि धान आयातमा लाग्ने भन्सार दर न्यून गर्नुपर्ने माग यस क्षेत्रका उद्योगी व्यवसायीको छ । स्वदेशी चामल उद्योगलाई संरक्षण गर्ने हो भने धान आयातमा लाग्दै आएको कृषि सेवा शुल्कलाई पाँच प्रतिशतबाट झारेर सकेसम्म शून्य दर कायम गर्नुपर्ने हुन्छ । यहाँका अधिकांश चामल उद्योग भारतीय धानमाथि निर्भर रहेका छन् । स्वदेशी धानको उत्पादनले यहाँका चामल उद्योगहरू मुस्किलले चार पाँच महिनामात्र सञ्चालनमा ल्याउन सकिन्छ । स्वदेशी धान अभावका कारण बाध्य भएर नेपाली चामल उद्योगहरूले भारतीय धानमाथि निर्भर रहनुपरेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध गुप्ताले बताउनुभयो ।

dhanभारतमा धान सस्तो मूल्यमा पाइने र त्यहाँ उत्पादन लागतसमेत सस्तो भएकाले आयातित भारतीय चामलसँग यहाँका चामल व्यवसायीले प्रतिस्पर्धा गर्न सक्दैन । धानमा लिएको भन्सार दरबन्दीका कारण भारतीय बजारको तुलनामा यहाँ २५ देखि ३० प्रतिशत मूल्य बढी पर्न जान्छ । उत्पादन लागत बढ्दा सस्तोमा आएका भारतीय चामलसँग प्रतिस्पर्धा गर्न सकिदैन । त्यसैले धानको आयातमा लाग्ने भन्सार दर सके शून्यमा, नसके कम्तीमा दुईदेखि तीन प्रतिशत कायम गर्नुपर्ने व्यवसायीको भनाइ छ । नेपाली चामल उद्योगलाई प्रोत्साहन गर्ने हो भने धानको आयातमा लाग्ने कृषि सेवा शुल्क घटाउनुपर्ने तथा चामलको आयात शुल्कमा वृद्धि गर्नुपर्नेमा चामल व्यवसायीहरू जोड दिन्छन् । अहिले चामलको आयातमा आठ प्रतिशत र धानमा पाँच प्रतिशत कृषि सेवा शुल्क लिइने गर्दछ । हामीले यस वर्ष कम्तीमा चामलको आयातमा लाग्ने आठ प्रतिशत शुल्कबाट बढाएर १० प्रतिशत र धानको आयातमा लाग्ने पाँच प्रतिशतबाट घटाएर शून्य वा कम्तीमा दुई प्रतिशत कायम गर्नुपर्ने माग सरकारसँग गरेका थियौँ, मोहित एग्रो इन्डस्ट्रिजका प्रबन्ध निर्देशकसमेत रहनुभएका सङ्घका उपाध्यक्ष गुप्ताले भन्नुभयो – तर सरकारले हाम्रो माग सुनेन, फलस्वरुप भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा बारा र पर्सामा रहेका चामल उद्योग सङ्कटमा परेका छन् । पाँच वर्षअघिसम्म बारा र पर्सामा करिब साढे तीन सयको हाराहारीमा रहेको चामल उद्योगमध्ये झन्डै तीन सयको हाराहारीमा बन्द भइसकेका छन् । अहिले ५० मा सीमित भएका चामल उद्योगमध्ये पनि आधा सङ्कटग्रस्त रहेको चामल उद्योग सञ्चालक बताउँछन् । भारतले सार्क मुलुकमा बास्मतीबाहेक अन्य धानको निर्यातमा लगाएको रोक सन् २०११ को सेप्टेम्बर ९ वाट फुकुवा गरेपछि तयारी चामल र धान ठूलो परिमाणमा आयात हुन थालेको हो । भारतको विहार मात्र नभई उत्तर प्रदेशका उद्योगका चामलसमेत आयात भइरहेको दाबी चामल उद्योगीको छ । स्वदेशमै उत्पादित धानले यहाँका चामल मिलको वार्षिक कुल मागको ७० प्रतिशत धान्न सक्ने अवस्था रहेकामा यहाँको किसानको ढाड सेक्ने गरी भारतबाट चामल र धान दुवै आयात गरिएको चामल उद्योगी अनिरुद्धप्रसाद गुप्ताले बताउनुभयो । वीरगन्ज भन्सार कार्यालयका अनुसार, गत आवमा यो नाका भएर भारतबाट रु पाँच अर्ब ७४ करोड मूल्य बराबरको २१ करोड छ लाख किलो धान आयात भएको थियो । हामीले कुनै समय भारतमा चामल निर्यात गर्ने गरेका थियौँ, उद्योगी गुप्ताले भन्नुभयो – भारतबाट तयारी चामल होइन, यहाँको माग धान्न नसक्ने वार्षिक मागको ३० प्रतिशत मात्र धान आयात हुनुपर्दछ । स्वदेशी चामल उद्योगलाई प्रोत्साहन गर्नुको सट्टा भारतीय चामल उद्योगलाई प्रोत्साहन गर्ने खालको भन्सार नीति देखिएको छ, अर्का चामल उद्योग सञ्चालक तथा वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष गणेश लाठले भन्नुभयो – धान र चामलको भन्सार मूल्याङ्कन व्यावहारिक र वैज्ञानिक हुनुपर्दछ । स्वदेशी चामल उद्योगको प्रवद्र्धन र किसानको हकहितका लागि धान चामल बोर्ड गठन गर्नुपर्ने माग गत वर्षदेखि नै उठाउँदै आएको भए पनि यस वर्षको बजेटमा समेत त्यसलाई सम्बोधन नगरिएकाले उहाँले दुःख व्यक्त गर्नुभयो ।

]]>
3517 0 0 0
कर्मचारीले चित्तल मारेर खाए http://localhost/ghum/%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b2-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%b0/ Sun, 20 Sep 2015 01:36:10 +0000 http://www.ghumphir.com.np/?p=3528

भीमदत्तनगर, ३ असोज ।

जिल्ला वन कार्यालय कञ्चनपुरका कर्मचारीले आज बिहान घाइते अवस्थामा ल्याइएको चित्तल मारेर खाएका छन् । शुक्रबार राति गाउँलेले लखेटेपछि घाइते भएको चित्तललाई राति नै इलाका वन रेन्ज पोस्टका प्रमुख जिवत्स यादवले घाइते चित्तल जिल्ला वन कार्यालय पु¥याएका थिए । चित्तलको उपचारको साटो वन कर्मचारीले मरिसक्यो भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि रहेको वन सुुरक्षा शाखामा काटेर खाएका हुन् । ऐनअनुसार घाइते अवस्थामा वन्यजन्तु फेला परे उपचार गर्नुपर्ने र मरेको अवस्थामा फेला परे वन कार्यालय, प्रहरी र पशुसेवा कार्यालयको रोहवरमा खाडलमा गाड्नुपर्ने हुन्छ । तर यहाँ सुरक्षा शाखाका प्रमुख जीतसिंह बोहरा र मानबहादुर खडायतसहित जिल्ला वन कार्यालयका कर्मचारीले भाग लगाएको मासु लिनाका साथै बिक्रीसमेत गरेका छन् । बिहान रासस प्रतिनिधि त्यहाँ पुग्दा सुरक्षा शाखाका सबै कर्मचारी र बाहिरबाट समेत मासु खरिदका लागि स्थानीयवासी पुगेका थिए । साथै स्थानीयवासीले खरिद गरेर चित्तलको मासु लगेका छन् । “चित्तल मरेको भए पनि रोहबरमा गाड्नुपर्ने ऐनमा व्यवस्था छ ।” वन स्रोतले भन्यो – “तर यहाँ जिल्ला वन अधिकृतहरुकै मिलेमतोमा मासु खाइएको छ ।” घटनाबारे जिल्ला वन कार्यालयका निमित्त प्रमुख वीरबहादुर ठगुन्नाले घाइते अवस्थामा ल्याइएको चित्तल आज बिहान मरेको खबर आफूकहाँ आएको बताउँदै चित्तल कर्मचारीले खाएको बारे आफूले जानकारी नभएको स्पष्ट गर्नुभयो । “मरे पनि रोहवरमा चित्तल गाड्नुपर्ने कानुनी प्रावधान छ ।” उहाँले भन्नुभयो, “चित्तलको छाला निकालेर गाडेपछि मुचुल्का उठाउनुपर्ने हुन्छ ।” जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विभाग अधिकृत मदनसिंह धामीले वनबाट ल्याइएको चित्तल शुक्रबार राति नै मरेको बताउनुभयो । उहाँले चित्तल मरेको बारे प्रतिवेदन बनाए पनि कानुनी प्रावधानअनुसार गाड्नुपर्ने विषयमा वन कार्यालयले प्रक्रिया पु¥याउनुपर्ने बताउनुभयो । घटनालगत्तै सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले जिल्ला वन कार्यालय शाखाबाट अन्दाजी एक किलो मासु लिएर घरतर्फ गइरहेका भीमदत्तनगरपालिका–१८ का ४२ वर्षीय वीरबहादुर ठगुन्नालाई नियन्त्रणमा लिएको छ । “वनमा मासु बिक्री हँुदैछ भन्ने खबर पाएपछि किनेर ल्याएको प्रारम्भिक बयान उनले दिएका छन् ।” ब्युरोका महाकाली अञ्चल प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले भन्नुभयो,“अहिले मासुसहित जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान हुँदैछ ।”

]]>
3528 0 0 0
बौद्ध हिमालको उज्यालोमा बारपाक मुस्कुराइरहेछ http://localhost/ghum/%e0%a4%ac%e0%a5%8c%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ae%e0%a4%be/ Sun, 20 Sep 2015 01:41:57 +0000 http://www.ghumphir.com.np/?p=3530 नसोचेको भयो, बारपाकमा आमा समूहले फूलमालाले स्वागत गर्योर। भुइँचालो आउनुअघि झैं स्वागत गरे उनीहरूले। पुरानै लयमा फर्कन खोज्दै छन् गाउँले। बौद्ध हिमालको उज्यालोमा बारपाक मुस्कुराइरहेछ। होमस्टे पर्यटन गन्तव्यका रूपमा गोरखाको बारपाकले ख्याति कमाइसकेको थियो। भुइँचालोअघि २२ वटा घरमा होमस्टे थियो। केही होटल पनि थिए। देश/विदेशका पर्यटक आउँथे। रमाउँथे। कम्तीमा एक रात बसेर फर्कन्थे।वैशाख १२ को भुइँचालोको केन्द्रबिन्दु बन्यो बारपाक। गाउँका घर भत्के भने ७२ जनाको ज्यान गयो। सबैको मनमा पीडा छ। सधैं रोएर चल्दो रहेनछ, उनीहरू नियमित काममा फर्किसके।

कतिले अस्थायी टहरा बनाइसके। कति पालमुनि छन्। कतिले त पुरानै घरको ढुंगा र काठबाट एकतले घर बनाए। कति बनाउँदै छन्। पुनर्निर्माणको चरणमा प्रवेश गर्दै छ, बारपाक।

गाविसका ४ देखि ९ वडा एकै ठाउँमा गुचुमुच्च बस्ती छन््। १ देखि ३ सम्मका ३ वडा मुख्य बारपाक गाउँभन्दा बाहिर छन्। घले, गुरुङ, परियार र विश्वकर्माको बसोबास छ। त्यहाँ ब्युटीपार्लरदेखि मोबाइल पसलसम्म छन्।

बारपाक जाने योजना धेरैपटक बनाएँ मैले। तर, भुइँचालोपछि भदौ २१ गतेमात्रै त्यहाँ पुग्ने सपना साकार भयो। गाउँको फेदी बालुवाबाट ६ घन्टा हिँडेर पुग्दा साँझ छिप्पिसकेको थियो। फेदीको झरना आँखामा सजाउँदै उकालियौं हामी।

barpakगाउँलेले फूलमालाले स्वागत गरे। खानपिन गराए। र, साँझ ठूलो टेन्टमा सुत्ने व्यवस्था मिलाए। भुइँचालोपछि घुम्नै भनेर पर्यटक आएका छैनन्। तर, सामुदायिक होमस्टे पाहुनाको स्वागत गर्न तम्तयार अवस्थामा छ। गाउँमा मारुनी नाच, चुड्का र दोहोरीका कलाकार छन्।

बारपाक धेरै हिसाबले चर्चित छ। बौद्धका साथै गणेश, मनास्लु र शृङी हिमाल पनि देखिन्छ। इतिहास बोकेको छ गाउँले। विश्वयुद्धमा बेलायती महारानीबाट भिसी पदक पाउने गजे घले बारपाककै हुन्। उनले दोस्रो विश्वयुद्धमा वीरता देखाएका थिए। उनको सम्मानमा जन्मथलोमै प्रतिमा बनाउन जरुरी छ।

बारपाक हिमालको उज्यालोमा झलमल्ल छ। त्यहाँबाट नारदपोखरी (४,५०० मिटर) पुग्न सकिन्छ। पोखरी पवित्र तीर्थ हो। पोखरीमा जनै पुर्णिमा मेला लाग्छ।

बारपाकबाट ४ घन्टा हिँडे लाप्राक गाउँ पुगिन्छ। विदेशमा समेत चर्चित माउन्टेन गाइड सुनारबहादुर गुरुङको गाउँ लाप्राक। लाप्राक पनि भुइँचालोबाट बचेन।

एडभेन्चर ग्रामीण विकास कार्यक्रमको अग्रसरतामा ०६७ मा बारपाकमा होमस्टे सुरु गरिएको थियो। गुरुङ र घलेका घरमा। गाउँमा हेर्नलाई भिसी सामुदायिक संग्रहालय थियो। भुइँचालोले त्यो भत्कियो। त्यसैले सूचना केन्द्र भवनमा तला थपेर संग्रहालयका सामान सजाउने तयारी भइरहेको छ।

अध्यक्ष चित्रबहादुर गुरुङको नेतृत्वमा बारपाक पुगेको भिटोफको टोलीले होमस्टे पुनर्निर्माणमा सघाउने वचन दिएको छ। गाउँलेको मागअनुसार उसले सुरुमा ६ वटा घर बनाइदिनेछ। 'दसैंपछि होमस्टे निर्माण सुरु गर्नेछौं,' कार्यक्रमकी अध्यक्ष दलकुमारी घलेले भनिन्।

बारपाकसम्मै सडक खुलेको छ। फोरवील जीप र बस गाउँसम्मै जान्थ्यो। बर्खाको पहिरोले ठाउँ–ठाउँमा सडक अवरुद्ध छ। पहिरो पन्छाउने काम भइरहेको छ। सामुदायिक होमस्टेकी अध्यक्ष मनोस घलेका अनुसार दुइटा डोजरले पन्छाउँदै छन्। 'असोजको पहिलो हप्ताभित्र पहिरो पन्छाइसक्ने योजना उनले सुनाइन्।

लार्केपास पदयात्रामा निस्कने कतिपय पदयात्री बारपाक हुँदै जान्छन्। मनास्लु पदमार्गको जगत खण्ड भुइँचालोपछि समस्यामा परेकाले पनि बारपाकतिरको गोरेटो राम्रो विकल्प बन्न सक्छ।

बारपाक पर्यटकीय गन्तव्य त हुँदै हो, भुइँचालोको इपिसेन्टरसमेत भएकाले त्यसको अध्ययन गर्नेहरूलाई समेत गाउँले लोभ्याउन सक्छ। पर्यटक आउनेमा गाउँलेहरू आशावादी छन्। त्यसैले एक रात बारपाक र अर्को रात लाप्राकमा बिताउने गरी घुमफिर योजना बनाउनु बेस हुन्छ।साभार:नागरीक

]]>
3530 0 0 0
वाबुडाँडाबाट धरान नियाल्दा http://localhost/ghum/%e0%a4%b5%e0%a4%be%e0%a4%ac%e0%a5%81%e0%a4%a1%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a7%e0%a4%b0%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%8d/ Sun, 20 Sep 2015 01:52:14 +0000 http://www.ghumphir.com.np/?p=3533 रोहित राई

भदौको तेस्रो शनिबार धरान रन कार्यक्रममा सहभागी भएको थिएँ। सोमबार (भदौ २८ गते ) पाँचकन्यातर्फ १२ किलोमिटर हाइकिङ जाने सल्लाह भयो। धरानेलाई नियमित हाइकिङमा लैजाने युकेबाट फर्किएका गोपाल राईको योजना रहेछ। तर, सोमबार आउनुअघि नै मेरो हाइकिङको गन्तव्य फेरियो।

आइतबार धरानदेखि उत्तरपश्चिम विष्णुपादुकास्थित वाबु डाँडातिर हान्निएँ। विष्णुपादुका गाविस धरानमा गाभिएपछि उपमहानगरपालिका भइसकेको छ। त्यसअघि भर्खर ट्र्याक खुलेको बाटो उद्घाटनमा मोटरसाइकलबाट वाबुडाँडा एकपटक पुगेको थिएँ। यसपटक किरात राई यायोक्खाले आयोजना गरेको 'वाबु डाँडाबाट किरात प्रदेश हेर्दा' कार्यक्रममा कलाकार, पत्रकारको टोलीमा म पनि थिएँ।

वाबुडाँडाबाट टि आकारमा फिँजिएको धरानलाई ९९ प्रतिशत नियाल्न सकिन्छ। अन्त कतैबाट धरानको यस्तो स्वरूप हेर्न सकिँदैन। यसकारण धरानेहरू यो डाँडातिर उक्लिन थालेका छन्। धरानलाई पृष्ठभूमिमा राखेर खिचेको फोटो फेसबुकमा शेयर गर्नेको संख्या बढिरहेको छ। वर्षाबाहेक अरू समय साना गाडी र मोटरसाइकल पनि पुग्छन्। तर, अधिकांश धरानेहरू फुर्सदमा हिँडेरै जान थालेका छन्। हाइकिङप्रति धरानेहरूको आकर्षण बढ्दो छ। हुन त हरेक बिहान सबेरै जिरोप्वाइन्टसम्म मर्निङ वाकमा जाने र फर्कनेहरूको ताँती हुन्छ। आफ्नो स्वास्थ्यप्रति धराने धेरैअघिदेखि सचेत छन्। तर, आसपासको गाउँघर, हरियाली डाँडापाखातिर डुल्न थालेको भने धेरै भएको छैन।

वाबुडाँडालाई रमितेडाँडा, चिण्डेडाँडा र शिवहाङ डाँडा अनेक नामले पनि चिनिन्छ। अहिले यो धरान २४ वडामा पर्छ। घिरौंलाको एक प्रजाति हो, चिण्डो। जसलाई किरात राई जातिले आफ्नो संस्कारमा प्रयोग गर्छन्। यो डाँडा चिण्डोजस्तै भएकाले चिण्डोडाँडा भनिएको मानिन्छ। त्यही नाम अपभ्रंस हुदै चिण्डे हुन पुगेको हो।

राई भाषामा चिण्डोलाई वाबु भनिन्छ। डाँडामा पुग्न धरानबाट करिब ४ किलोमिटर उकालो चढ्नुपर्छ। यायोक्खाले धरानलाई सांकेतिक रूपमा किरात प्रदेश मानेर वाबुडाँडाबाट हेर्ने कार्यक्रम बनायो। एक रात त्यही बिताउने र सोमबार बिहानमात्रै फर्कने योजना थियो।

यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राई, समाजसेवी रमेश राई, चित्र (मूर्ति) कारद्वय महेन्द्र राई र जीवन पौडेल, यायोक्खा जिल्ला सहसचिव हिन्दुहाङ राई, पत्रकारहरू जनकऋषि राई, उपेन्द्र चाम्लिङ, भोजराज श्रेष्ठ, विकास राई, शिशिर भाइलगायत ११ जनाको टोली बन्यो। हिँड्न ढिला भइसकेको थियो। अढाइ बजेतिर धरान १३ देवीमार्गसम्म गाडीमा पुग्यांै। सर्दु खोलामा झोलुंगे पुल छ। पारि पुगेर केही बेर फोटोसेसन गर्यौंढ। पहिला सर्दु धरान र विष्णुपादुकाको सिमाना थियो। यो पुल बनेपछि गाविसका बासिन्दालाई धरान आउन धेरै सहज भयो। धरानेका लागि भने साँझ–बिहान घुम्न आउने ठाउँ बनेको छ। पुलपारि आधा दर्जन रिसोर्ट खुलिसकेको छ।

झोलुंगे पुल कटेपछि उकालो चढ्नुपर्छ। केही सामान पनि भएकाले रमेश र तिलक दाइ बाइकमा। हामी पैदल यात्रामा। हिँड्ने बानी छुटिसकेको छ। केही छिनमै पसिनाले लुथ्रुक्क भिजियो। उकालोमा सास बढेर गाह्रो होला जस्तो पनि। ठाउँठाउँमा सुस्ताउँदै, गफिँदै टोली अघि बढिरह्यो। विकास जि पिस मास्टर छन्। कलाकार महेन्द्रलाई पात्र बनाएर पिस सुनाएको सुनायै। अरू हाँसेको हाँस्यै। यसले बाटो काट्न सहज बनाएको छ। कलाकार महेन्द्र भने आफ्नै पिस सुनेर बेलाबेला हाँस्छन् र रिसाउँछन् पनि। तर विकास पिस बनाउन छोडे पो? जनक दाइको हासो सुन्नेहरू पनि नहाँसी बस्न सक्दैनन्। नयाँ मान्छेले जनक दाइको हाँसो सुन्यो भने सुरुमा तर्सिन्छ जस्तो लाग्छ।

बाटो गाउँलेले आफैंले बनाएका। वर्षाले ठाउँठाउँमा पहिरो जाँदा निकै अप्ठ्यारो रहेछ। रमेश दाइको मोटरसाइकल विकासले चलाए। दाइ हामीसँगै पैदलयात्री बन्नुभो। यो बाटोमा म र रमेश दाइ पहिलोपटक हिँड्दै थियौं। अरू भने बेलाबेला हाइकिङ आइरहने रहेछन्। निक्कै गलिसकेका थियौं। बाटोको एउटा घुम्तीमा पसल रहेछ। त्यहाँ चाउचाउ र कोल्डड्रिंक्स लियौं। गन्तव्यबाट नजिक थियौं। तर, ठाडो उकालो बाटो रहेछ। रमेश दाइले त निक्कै हरेश खाइसक्नुभएको थियो। घरिघरि फर्कने कुरा गर्नुहुन्थ्यो। खराब बाटोमा विकासले मेरो मोटरसाइकल कसरी लग्यो होला भनेर चिन्ता पनि गर्नुहुन्थ्यो। जनक दाइले 'दाइ त एक छिन घाममा हिँड्दा डढेर रजनीकान्त हुनुभएछ' भन्दा जुरुक्क उठेर मोटरसाइकलको ऐना हेर्नुभो। हामी सबै हाँस्यौं।

झन्डै २ घन्टा यात्रापछि वाबुडाँडाको शिरानमा टेक्यौं। धरानतिर फर्केर हेर्दा सबैको मन फुरुंग भएको प्रस्टै देखियो। सबैले धरानलाई पृष्ठभूमिमा राखेर फोटो खिच्यौं। धरानको निराजन बस्तीमात्र त नदेखिने रहेछ। माथि भेडेटारदेखि दक्षिणतिर जंगल र तराईका फाँट पनि मजाले हेर्यौंध। धन्न, मौसमले पनि साथ दियो। वरिपरि हरियाली। विजयपुर डाँडा, धरान रंगशाला, बिपी प्रतिष्ठान र त्यहाँको गल्फ कोर्स कति सुन्दर दृश्य।

dharanसरकारले धरानलाई हरित नगरी बनाउने घोषणा गरेको छ। तर, यहाँबाट हेर्दा यस्तो लाग्छ, धरान त जंगलबीचमा उमि्रएको सहर हो। प्रत्येक घरमा रूखबिरुवा र हरियाली देखिन्छ। टि आकारमा बसेको चिटिक्कको सहर। यायोक्खाले कल्पना गरेको किरात प्रदेशको राजधानी। केही राजनीतिक दल, संगठनले पनि धरानलाई एक नम्बर प्रदेशको राजधानी बनाउन लबिङ गरिरहेकै छन्।

बाटोमा हिँड्दा थाकेर बित्थैमा आएछु भन्नुहुन्थ्यो रमेश दाइ। वाबुडाँडाको शिरमा पुगेपछि भने रमाउनुभो। 'धरानमै हुर्केर, बसेर यो उमेर भयो। यस्तो रमणीय, सुन्दर ठाउँमा आएकै रहेनछु,' दाइले ठट्यौली पारा भन्नुभयो, 'म मेरी प्रियसी लिएर अवश्य आउनेछु।' हामीले जिस्क्यायौं, 'भाउजूले मार्नुहोला नि।' दाइको जवाफ थियो, 'मेरी प्रियसी उनै त हुन्।'

कृषि उपज बजारस्थलका व्यापारी भाइ हेमचन्द्र ढकालसँग अचानक भेट भयो। उनी त यहाँ हरेक दिन इभिनिङ वाकका लागि आउँदा रहेछन्। बजार बन्द हुँदा अरू साथी पनि आउँछन्, नत्र प्रायः एक्लै। खलखली पसिना निस्कने, धुँवाधुलोदेखि टाढा, स्वच्छ हरियाली वातावरणले वाबुडाँडा आफ्नो गन्तव्य बनेको उनले सुनाए।

यायोक्खाको झन्डोत्तोलन कार्यक्रम राखिएको थियो। तयारी हुँदै थियो। फोटो पत्रकार उपेन्द्र चाम्लिङ दाइले एउटा लाठीले सेतो भालेको टाउकोमा हिर्काएर खुत्रुकै पार्नुभो। उहाँले घरवालासँग अघि नै कुरा मिलाइसक्नुभएको रहेछ। बेलुका त्यसको सुप खाने उहाँको योजना। ७ वर्षदेखि पालेको भाले। भालेको दुइटा मुटु थियो रे। धरान २४ को वडा नागरिक मञ्चका संयोजक कर्ण तामाङ आइपुगे। विष्णुपादुकाको पर्यटन सम्भाव्यताबारे लामो गफ चल्यो। उनले वाबुडाँडासँगै विष्णुपादुका मन्दिर, सिद्धपोखरी, सुलिकोट (सुलिथान), भालढुंगास्थित सूर्यकुण्ड लगायत समेटेर पर्यटन विकास गर्न सकिने सुनाए। यही डाँडाबाट प्याराग्लाइडिङ पनि हुन्छ।

हामीसँग गएका २ जना कलाकार अघि नै हराइसकेछन्। म खोज्न निस्किएँ। वाबुडाँडा पर्तिर भिरालो ठाउँमा बसेर धरानलाई रङ र ब्रसले पोत्दै पो रहेछन्। भेटेर तस्बिर लिएँ। जब रात पर्दै गयो, तल धरान भने तिहारमा दियो बलेजस्तै पिलिकपिलिक बल्न थाल्यो। एकै छिनमा धरान झिलिमिलि सहरमा परिणत भयो। कुनै युरोपको सहरझंै देखियो। तोम्बा र कोदोको चुस्कीसँगै खुला चौरमा बसेर नियालिरह्यांै। विकास र म झिलिमिली तस्बिर कैद गर्न पनि चुकेनौं।

राति भालेको सुप पिएर रमेश दाइ, उपेन्द्र दाइ, हिन्दुहाङ र भोजराज फर्कने भए। बाँकी त्यहीँ बस्ने भयौं। डाँडामा ३ वटा घरमा बस्ने सुविधा छ। हामी प्रेमकुमार राईको घरमा बस्ने भयौं। उनको घर ठ्याक्कै डाँडामा छ, जहाँबाट धरानलाई मजाले नियाल्न सकिन्छ। तर, व्यवस्थित बासको अभाव रहेछ। होटल सञ्चालक राईले होमस्टेको तयारी गरेका छन्।

उनका अनुसार एक समय ब्रिटिश आर्मी भर्ती हुन चाहने युवामात्रै डोको क्यारी गरेर डाँडासम्म आउँथे। अचेल भने दिनहँु धराने आउँछन्। 'छुट्टीको दिन, शनिबार र सोमबार त पाइला टेक्ने ठाउँ हुदैन,' उनले भने। पाहुनालाई उनी अर्डरअनुसार लोकल कुखुरा, बंगुरको मासुसँग खाना खुवाउँछन्। तोम्बा र कोदोको रक्सी पनि चाख्न पाइन्छ। व्यवस्थित नभएकाले बास बस्न पैसा लिँदैनन्। जनक दाइ र रमेश दाइले त चाँडै भाउजूसँग आउने वाचा पनि गरिसकेका छन्। त्यति बेलासम्म प्रेम दाइको होमस्टे सुरु भइसक्ने आशा छ।

तिलक राई केन्द्रीय उपाध्यक्ष, किरात राई यायोक्खा सरोकारवालाले वाबुडाँडामात्रै होइन, समग्र विष्णुपादुकाको पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्छ। प्रकृति सुहाउँदो घर, टहरा बनाउनुपर्छ। पर्यटकबाट कोषका लागि थोरै रकम उठाउने व्यवस्था हुनुपर्छ, जसबाट भ्युटावर र सांस्कृतिक पहिचानका संरचना बनाउन सकियोस्।

कर्णबहादुर तामाङ संयोजक वडा नागरिक मञ्च, धरान २४ धरानको शिरको गहना र महाभारत पर्वतको काखमा रहेको सुन्दर ठाउँ हो, विष्णुपादुका। जहाँ विष्णुपादुका मन्दिर, सुलिथान, सिद्धपोखरी र सूर्यकुण्ड लगायतका सम्पदा छन्। यहाँसम्म आउने बाटो त बनायौं, तर बर्खामा बिग्रिरहन्छ। सर्दु खोलामा झोलुंगे पुल भए पनि पक्की नहुँदा समस्या छ। यसमा सरकारले ध्यान दिनुपर्योा।

प्रेमकुमार राई होटल सञ्चालक म ५६ सालदेखि होटल चलाउँदै आएको छु। पहिला आक्कलझुक्कल आउँथे। भर्ती हुन चाहनेहरू भारी बोकेर आउँथे। अचेल घुम्न धेरै आउँछन्। रात बस्ने गरी पनि आउँछन्। चाँडै होमस्टे सुरु गर्छु। यहाँ केही आकर्षक प्वाइन्ट बनाइदिनुपर्छ। वाबुडाँडा भएकाले यहाँ वाबु (चिण्डो) को प्रतिमा बनाए राम्रो हुन्छ।साभार नागरीक

]]>
3533 0 0 0
संविधान जारी भएकामा देशभर खुशीयाली मनाउँदै दीपावली (फोटो फिचर) http://localhost/ghum/%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ad/ Sun, 20 Sep 2015 17:02:38 +0000 http://www.ghumphir.com.np/?p=3591 काठमाडौँ, ३ असोज ।

संविधानसभामार्फत नेपालको संविधान जारी भएको खुशीयालीमा देशभर दीपावली गरी हर्सोल्लास भइरहेका छन् । नेपालको सविधान जारी भएपछी देशभर हर्षो उल्लाहसका साथ खुसियाली मनाईरहेका छन् । लामो समय सम्म देशले सविधान निमार्ण प्रक्रिया टुगो नलाग्दा देशले निकास पाउन सकेको थिएन । देशले नया सविधान पाएपछी निकास पाउने आसमा बसेका नागरीकहरु सविधान आएपछी केही राहत महसुस गरेका छन् । यही राहत महसुस गरेर देशभर खुसियाली मनाएका छन् । हेरौ तस्विरमा देशभर सविधान जारी गरेपछीका दृश्यहरु

sambidhan @ ghumphir.com (5) sambidhan @ ghumphir.com (6) sambidhan @ ghumphir.com (7) sambidhan @ ghumphir.com (8) sambidhan @ ghumphir.com (10) sambidhan @ ghumphir.com (11) sambidhan @ ghumphir.com (12) sambidhan @ ghumphir.com (13) sambidhan @ ghumphir.com (14) sambidhan @ ghumphir.com (15) sambidhan @ ghumphir.com (16)

1442765058226_RS-KTM-news sambidhan-12

1442764565027_RoS-Ktm-Jhilimil

[caption id="attachment_3610" align="alignnone" width="1500"]धादिड धादिड[/caption] [caption id="attachment_3611" align="alignnone" width="2144"]पोखरा पोखरा[/caption] [caption id="attachment_3612" align="alignnone" width="1500"]ईलाम ईलाम[/caption] [caption id="attachment_3613" align="alignnone" width="1500"]कञ्चनपुरको कलुवापुरका दलित समुदायका व्यक्ति नयाँ संविधान घोषणाको खुसियालीमा दमाहाको बजाउनेकला देखाउँदै । कञ्चनपुरको कलुवापुरका दलित समुदायका व्यक्ति नयाँ संविधान घोषणाको खुसियालीमा दमाहाको बजाउनेकला देखाउँदै ।[/caption] [caption id="attachment_3614" align="alignnone" width="1500"]नेपलागन्ज नेपलागन्ज[/caption]

[caption id="attachment_3608" align="alignleft" width="1500"]गोरखा गोरखा[/caption]]]>
3591 0 0 0
सामान बरामद गरी भन्सारमा बुझाइयो http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%ac%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%a6-%e0%a4%97%e0%a4%b0%e0%a5%80-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be/ Mon, 21 Sep 2015 01:51:12 +0000 http://www.ghumphir.com.np/?p=3616

भद्रपुर, ४ असोज ।

प्रहरी सीमा क्षेत्रमा गरेको कडाइका कारण हिजो ठूलो परिमाणमा अवैधरुपमा ल्याउँदै गरेको विभिन्न सामान पक्राउ गरी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेको सामान करिब रु १५ लाख एक हजारका कुर्ता सुरुवाल एक हजार ३०८ पिस, लेगिज ५७२ पिस, सल ४२ पिस, डिगन कपडा दुई हजार ९८४ पिस, सुटिङ सटको कपडा ३०१ पिस, साडी १० पिस, लेङ्गा ३९ पिस, रेमिमेड सल ७४ पिस, नेट कपडा १० मिटर र सटिङ कपडा रोल ५१२ मिटर रहेको प्रहरी निरीक्षक राकेश पोदारले जानकारी दिनुभयो ।

]]>
3616 0 0 0
मछिन्द्रनाथको पुनः दोस्रो पटक आज रथारोहण http://localhost/ghum/%e0%a4%ae%e0%a4%9b%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83-%e0%a4%a6%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%b0/ Mon, 21 Sep 2015 02:01:31 +0000 http://www.ghumphir.com.np/?p=3618

काठमाडौँ, ४ असोज ।

गत वैशाखमा गएको भूकम्पका कारण हालसम्म स्थगित रहेको यसबर्षको बाह्रवर्षे जात्राका लागि रातो मछिन्द्रनाथलाई पुःन दोस्रो पटक आज रथारोहण गराइने भएको छ ।

ratomachndranathदोस्रो पटक रथारोहण गर्ने प्रचलन नभएपनि भूकम्पका कारण निर्माण गरिएको रथमा क्षति भएकाले रथको पुनःनिर्माण गरी भोलि रथारोहण गर्ने तगारी रहेको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो । प्रमुख अधिकारीका अनुसार ज्योतिषीको साइतअनुसार भोलि बिहान ९ः३० बजे विशेष बाजागाजासहित रथारोहण गरिनेछ । रथारोहणपछि पानेजुहरुले पुनः रथजात्रा सञ्चालनका लागि कुनै पनि समस्या नआओस् भनेर शान्ति पूजा, होम पूजा र क्षमा पूजा गर्नेछन् । रथको पुनःनिर्माण गरिएको स्थान छ्यासिकोटमा रथारोहण गरिसकेपछि मङ्गलबार अपराह्न २ बजेदेखि दोस्रो पटकको रथ जात्रा सुरु हुने गुठी संस्थानले बताएको छ । यसअघि पहिलो पटक गत वैशाख ६ गते रथ निर्माण गरिएको स्थान बुङ्मतीमा रथारोहण गरी वैशाख ९ गतेदेखि रथ जात्रा सुरु गरिएको थियो । यस वर्ष बाह्रवर्षे मेला परेकाले रथ निर्माणको काम भने गत बर्ष मङ्सिर महिनादेखि नै सुरु भएको थियो ।

]]>
3618 0 0 0
विषादीयुक्त तरकारी र फलफूलबाट उपभोक्ता मर्कामा http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a4%be%e0%a4%a6%e0%a5%80%e0%a4%af%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%a4%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b0-%e0%a4%ab%e0%a4%b2%e0%a4%ab/ Mon, 21 Sep 2015 02:11:24 +0000 http://www.ghumphir.com.np/?p=3621

मेलम्ची, ४ असोज ।

कीटनाशक विषादी प्रयोग गरेपछि तत्कालै बजारमा ल्याएर कृषकले तरकारी बिक्री वितरण गर्दै आएकाले जनस्वास्थ्यमाथि प्रतिकूल असर पर्न थालेकाले उपभोक्ताले गुनासो गर्न थालेका छन् । विषादी प्रयोग गरेपछि पर्खनुपर्ने समयको वास्ता नगरी तरकारी तथा फलफूल बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमाथि नै असर परेको र लापार्बाही भएको सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्रका उपभोक्ताले आरोप लगाएका छन् । विषादी प्रयोग गरेपछि खानयोग्य हुँदामात्रै कृषकले बजारमा बिक्रीका लागि ल्याउनुपर्ने तर त्यस्तो नभएको मेलम्ची बजार क्षेत्रका स्थानीयवासी महेश दुलालले बताउनुभयो । यस विषयमा जिल्ला कृषि विकास कार्यालयले कृषकलाई सचेत गराउनुपर्ने उहाँको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयले कृषकलाई कार्यालय र मातहतका कार्यालयले पटक पटक विषादीको प्रयोग न्यूनीकरण गर्ने, यदि गरिए पनि सुरक्षित विषादी प्रयोग गर्न र गरेपछि खानयोग्य हुने अवधिबारे जानकारी गराउँदै आएको जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

]]>
3621 0 0 0
गन्धर्व जातिको पेसा लोप हुने अवस्थामा http://localhost/ghum/%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%87%e0%a4%b8%e0%a4%be-%e0%a4%b2%e0%a5%8b%e0%a4%aa-%e0%a4%b9/ Mon, 21 Sep 2015 02:28:33 +0000 http://www.ghumphir.com.np/?p=3624

काठमाडौँ, ४ असोज ।

सारङ्गीमा गाउँ सहरमा भएका घटनालाई गीत र मनोरञ्जनका माध्यमबाट सूचना दिने गन्धर्व समुदायको पेसा पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ ।

sarangiदलित समुदायका रुपमा रहेको गन्धर्व जातिको पेसा अहिले नयाँ पुस्ताले आफ्नो संस्कृतिको रक्षा गर्न नसक्दा लोप हुने अवस्थामा पुगेको गन्धर्व समाज नेपालका अध्यक्ष केदार गान्धरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “देशी तथा विदेशी पाहुनाका लागि सारङ्गी बजाएर मनोरञ्जन दिँदै आएका छौँ तर सरकारले यसलाई राम्रो संरक्षण नदिँदा पेसा सङ्कटमा पर्ने अवस्थामा छ ।” “पर्यटन मन्त्रालयले पुराना मठमन्दिरलाई मात्र संरक्षण दियो, हाम्रो संस्कृतिको संरक्षणका लागि राज्यले लगानी गर्नुपर्छ,” गान्धरीले गुनासो गर्नुभयो । देशको कुल जनसङ्ख्यामध्ये छ हजार जनसङ्ख्या रहेको गन्धर्व जाति ५६ जिल्लामा बसोबास गर्दै आएको छ । यो नेपालको शताब्दीऔँ पुरानो जाति हो । सुरु सुरुमा गन्धर्वले ढोलक, चिट्ठीमार्फत एक ठाउँको खबर अर्को ठाउँमा लैजाने गर्थे तर अहिले बढ्दै गएको सञ्चारमाध्यमको विकास र यो जातिका युवा रोजगारीका लागि विदेश पलायन हुने क्रम बढेकाले पेसा सङ्कटमा परेको छ । देशको पर्यटन प्रवद्र्वनमा गन्धर्व जातिको पेसा ठूलो योगदान रहेको छ । आफ्नो संस्कृति बचाउनका लागि सारङ्गी प्रतियोगिता र विभिन्न सङ्घसंस्थाको सहकार्यमा विभिन्न कार्यक्रम हुँदै आएको गान्धरीले बताउनुभयो ।

]]>
3624 0 0 0
ऐतिहासिक गुम्बा पुनःनिर्माण गर्न स्थानीय सक्रिय http://localhost/ghum/%e0%a4%90%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%97%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d/ Mon, 21 Sep 2015 02:36:36 +0000 http://www.ghumphir.com.np/?p=3627

इलाम, ४ असोज ।

निर्माणका क्रममा रोकिएको गोर्खे–९ मानेभञ्ज्याङस्थित ऐतिहासिक लहनडुप होसल द्धिछोलिङ गुम्बाको पुनःनिर्माण गर्न स्थानीय बासिन्दा सक्रियताका साथ जुटेका छन् । डेढ शताब्दी पुरानो यो गुम्बालाई एक दशकअघि नया“ निर्माणका लागि भत्काइएको थियो । आकर्षक ढङ्गले गुम्बाको निर्माण थालिए पनि विविध कारणले गुम्बा निर्माण कार्य रोकिएकाले स्थानीयवासीको सक्रियतामा पुनःनिर्माण थालिएको स्थानीय सुरेन गुरुङ बताउनुहुन्छ । “उतिबेला नया“ गुम्बा बनाउन थालिएपछि स्थानीयवासीस“गै विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भयो” – उहाँले भन्नुभयो – “तर निर्माण कार्य अधुरै रहेपछि पुराना मूर्ति थन्किए अनि ऐतिहासिक गुम्बाको अस्तित्व नै मेटिँदै गयो ।” भारतीय सीमावर्ती व्यापारिक र पर्यटकीय नाकाका रूपमा रहेको यो स्थानमा गुम्बाको महत्व थप खड्किएकाले स्थानीयवासी सक्रिय भएका हुन् । गुम्बा क्षेत्रमा मङ्गलबार बौद्ध परम्पराअनुसार पूजाआजा गरेर पुनःनिर्माण थालिएको हो । गुम्बा निर्माण पूरा गर्न सभासद् लीलादेवी श्रेष्ठ, विनोद ठकुरीलगायतले सहयोग गर्ने बचन दिएको स्थानीयवासीको भनाइ छ । नेपाल–भारत सीमामा रहेको यो गुम्बा सन् १८६४ मा निर्माण भएको स्थानीय सोनामवाङ्दी शेर्पाले बताउनुभयो । “यो क्षेत्रकै पुरानो गुम्बा भएकाले उतिबेला देशविदेशका बौद्धमार्गीका लागि आस्थाको केन्द्र थियो” – शेर्पाले भन्नुभयो । पुरानो गुम्बा भत्काउने क्रममा त्यहा“का ऐतिहासिक मूर्ति पनि जीर्ण भएका छन् । गुम्बाको निर्माण पूरा गरेर पुराना मूर्तिलाई पनि आवश्यक मर्मत गरी राख्ने अभियानमा लागेको स्थानीय मुना तामाङ बताउनुहुन्छ । पा“च सय बढी घर रहेको सीमावर्ती यो बजार क्षेत्रमा गुम्बा नभएकाले स्थानीयवासीले आस्थाको केन्द्रका रूपमा गुम्बा पुनःनिर्माण गर्ने जनाएका छन् । गुम्बालाई आकर्षक ढङ्गले निर्माण गरेर श्रद्धालु र टाढाबाट आउने पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनाउने स्थानीयवासीको योजना छ । लामो समयसम्म पूजाआज नभएको र गुम्बाको अस्तित्व नै हराउँदै गएकाले स्थानीयवासीले भूमिपूजासमेत गरेका छन् । गुम्बाका ऐतिहासिक मूर्ति र धार्मिक महत्वलाई ब्युँझाउन आवश्यक रहेको पूजामा संलग्न लामा जिरुङ्ला घ्यालाले बताउनुभयो ।

]]>
3627 0 0 0
केन्द्र र प्रदेश सरकारको आर्थिक अधिकार के के छ ? http://localhost/ghum/%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b/ Mon, 21 Sep 2015 04:31:18 +0000 http://www.ghumphir.com.np/?p=3629 काठमाडौँ, ४ असोज ।

समाजवाद उन्मुख अर्थव्यवस्थाका लागि तीनखम्बे अर्थनीति अंगिकार गर्ने प्रावधानसहित नेपालको संविधान जारी भएको छ । ऐतिहासिक संविधानसभामार्फत् जारी संविधानले मुलुक नयाँ युगमा प्रवेश गरेको टिप्पणिसहित अब विकासको ढोका खुलेको विश्वास निजीक्षेत्रले समेत व्यक्त गरेको छ । संविधानमा संघीय आर्थिक संरचना तथा केन्द्र र प्रदेश सरकारको आर्थिक अधिकार पनि छुट्याएको छ । मस्यौदामा कतिपय विषय केन्द्र र प्रदेश सरकारको साझा बनाइएको छ । केन्द्र सरकारले भन्सार, अन्तशुल्क, मूल्य अभिबृद्धि कर, संस्थागत आयकर, ब्यक्तिगत आयकर उठाउने व्यवस्था नयाँ संविधानमा गरिएको छ । त्यस्तै केन्द्रीय योजना, केन्द्रीय बैंक, वित्तीय नीति, मुद्रा र बैंकिङ, मौद्रिक नीति, विदेशी अनुदान, सहयोग र ऋणको अधिकार केन्द्र सरकारमा निहित गरिएको छ । त्यस्तै पारश्रमिक कर, घर जग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर, अन्तशुल्क, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर, सेवा शुल्क दस्तुर उठाउनेजस्ता अधिकार प्रदेश सरकारलाई दिइएको छ ।बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, केन्द्रको सहमतिमा बैदेशिक अनुदान र सहयोग, बिमा व्यवस्थापन र सञ्चालन प्रदेश सरकारको अधिकार भित्र पर्ने व्यवस्था नयाँ संविधानमा रहेको छ ।

new-map nepal

जलविद्युत तथा सिंचाइ आयोजनालाई केन्द्र र प्रदेश दुबैको अधिकारभित्र राखिएको छ । त्यसैगरी एक प्रदेश विशेषको मात्र नभएर राष्ट्रिय तहमै महत्वपूर्ण अर्थ राख्ने अरु केही महत्वपूर्ण क्षेत्रका अधिकार पनि केन्द्र र प्रदेश सरकारको साझा विषय बनाइएको छ । आवश्यक वस्तु तथा सेवाको आपुर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमनको अधिकार केन्द्र र प्रदेश दुवै सरकारको साझा अधिकारका रुपमा राखिएको छ । त्यसैगरी सामाजिक सुरक्षा र रोजगारी, ट्रेड युनियन, औद्योगिक र मजदुरका हक अधिकार र विवाद सम्बन्धि कार्यको अधिकारलाई पनि केन्द्र र प्रदेश दुवै सरकारहरुसँग छ । त्यसैगरी सम्पती कर, घर वहाल कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर, दण्ड जरिवानाजस्ता क्षेत्रको आर्थिक अधिकार स्थानीय निकायलाई दिइएको छ । प्रस्तावनामै राखिएको समाजवादउन्मुख अर्थतन्त्रको विकास सम्बन्धी विषयमा निजीक्षेत्रले आपत्ति जनाएपनि यसलाई संविधानले निरन्तरता दिएको छ । त्यस्तै बहसमै रहेको सरकारी, सहकारी र निजी तीनखम्बे अर्थनीतिले पनि संविधानमा निरन्तरता पाएको छ । त्यस्तै निजीक्षेत्रले आपत्ति जनाउँदै आएको उद्योग प्रतिष्ठान व्यवस्थापनमा श्रमिकका प्रतिनिधित्व रहने व्यवस्था पनि संविधानमा रहेको छ । संविधान घोषणाले राजनीतिक संक्रमणकाल टुंग्याउँदै व्यवस्था परिवर्तनलाई संस्थागत गरेको छ । सँगै राजनीतिक स्थिरता कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अघि बढाउने चुनौति पनि खडा भएको छ ।

]]>
3629 0 0 0
दक्षिण एसियाली उद्यमी महिला सम्मेलन मङ्गलबारदेखि http://localhost/ghum/%e0%a4%a6%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a3-%e0%a4%8f%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a5%80-%e0%a4%ae%e0%a4%b9/ Mon, 21 Sep 2015 16:03:55 +0000 http://www.ghumphir.com.np/?p=3634

काठमाडौँ, ४ असोज ।

दक्षिण एसियाली उद्यमी महिलाको तीनदिने सम्मेलन मङ्गलबारदेखि सुरु हुने भएको छ । फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल ओमेन नेपाल (बिपिडब्लु) र गरिबी निवारण कोषको संयुक्त आयोजनामा हुने सम्मेलनमा नेपालका २० तथा पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का र भारतका २० महिलाको सहभागिता रहने बिपिडब्लुका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलनमा उद्यमी महिलाको सफलता, चुनौती, सम्भावना, दक्षिण एसियाली मुलुकले उद्यमी महिलाको सफलताका लागि गरेको प्रयासका बारेमा छलफल गरिनाका साथै अनुभवसमेत साटासाट गरिने बताइएको छ ।

]]>
3634 0 0 0
संविधान जारी भएको स्मरणमा राष्ट्र बैंककले 2 हजार र 1 सय मूल्य अङ्कित विशेष सिक्का जारी गर्ने http://localhost/ghum/%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%b0%e0%a4%a3%e0%a4%ae/ Mon, 21 Sep 2015 16:12:35 +0000 http://www.ghumphir.com.np/?p=3636

काठमाडौँ, ४ असोज ।

संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक अवसरमा स्मरण जनाउन हर्षस्वरुप नेपाल राष्ट्र बैंककले रु दुई हजार र रु एक सय मूल्य अङ्कित विशेष सिक्का जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले रु दुई हजारको चाँदीको सिक्का र रु १०० को निकेलको सिक्का जारी गर्ने निर्णय गरेको राष्ट्र बैंकका वरिष्ठ डेप्युटी गभर्नर गोपाल काफ्लेले राससलाई जानकारी दिनुभयो । उक्त सिक्कामा ‘नेपालको संविधान २०७२’ लेखिने र अन्य नमुनाका बारेमा राष्ट्र बैंकले तयारी गर्नेछ । आगामी दसैँको नजिक उक्त सिक्का जारी गर्ने तयारी गरेको उहाँले बताउनुभयो । यो सिक्का सर्वसाधारण जनताले प्रयोगमा ल्याउन सक्नेछन् ।

]]>
3636 0 0 0
सन्दर्भ गैंडा दिवस-सामूहिक हातेमालोले मात्रै संरक्षण सफल http://localhost/ghum/%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%ad-%e0%a4%97%e0%a5%88%e0%a4%82%e0%a4%a1%e0%a4%be-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%82%e0%a4%b9/ Mon, 21 Sep 2015 16:17:28 +0000 http://www.ghumphir.com.np/?p=3638

रत्ननगर (चितवन), ४ असोज ।

चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो संरक्षित क्षेत्र हो । दुर्लभ एकसिङ्गे गैंडा, पाटे बाघलगायत संरक्षित वन्यजन्तुको राम्रो बासस्थान चितवनमा छ । त्यसैले वन्यजन्तुको संरक्षणका लागि सबै क्षेत्रको हातेमालो आवश्यक हुने निकुञ्जका प्रवक्ता एवम् सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो । आज चितवन निकुञ्जको स्थापना दिवस पनि हो । विसं २०३० साल आजैका दिन निकुञ्ज स्थापना भएको थियो । भोलि मङ्गलबार गैंडा दिवस मनाइँदै छ । दिवसका सन्दर्भमा ठूलो कार्यक्रम गर्नुभन्दा पनि संरक्षण कसरी प्रभावकारी गराउन सकिन्छ भन्ने विषयमा चितवन निकुञ्जले ध्यान दिएको प्रवक्ता पौडेल बताउनुहुन्छ । सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६४५ गैंडा रहेको तथ्याङ्क छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०२ गैंडा भेटिएका छन् । चितवनमा अघिल्लो सन् २०११ को गैंडा गणनाभन्दा अहिले १०२ वटा गैंडा बढेको निकुञ्जले जनाएको छ । “यो सबै सामूहिक प्रयासको प्रतिफल हो”, पौडेलले भन्नुभयो, “स्थानीय जनता, सुरक्षा निकाय, प्रशासन, निकुञ्ज कर्मचारी, सेनालगायत यसमा सबैको सहभागिता छ ।” चितवनमा तीनपटक शून्य चोरी सिकार वर्ष मनाइएको छ ।

बाघ संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै निकुञ्जलाई अन्तर्राष्ट्रियस्तरको ‘क्याट्स अवार्ड’ समेत दिइएको छ । पछिल्लो समयमा चोरी सिकारका घटना नभएकाले यसैलाई कायम राख्न पनि निकुञ्जलाई चुनौती छ । त्यसैले संरक्षण कार्य प्रभावकारी बनाउने विषयमै संरक्षणकर्मीको ध्यान गइरहने गरेको निकुञ्जको भनाइ छ । चितवन निकुञ्जमा नेपालमै पहिलो प्रकृति संरक्षण शिक्षालय स्थापना गरेर प्रशिक्षणसमेत दिन थालिएको छ । यो संरक्षणको अर्काे उपलब्धि भएको निकुञ्जका प्रमुख कमलजङ्ग कुँवर बताउनुहुन्छ । चितवन निकुञ्जमा सन् २००० मा ५४४ गैंडा थियो । २००५ मा पुग्दा चोरी सिकार अत्यधिक भयो र सङ्ख्या घटेर ३७२ मा झरेको थियो । सन् २००८ मा बढेर ४०८ पुगेको गैंडाको सङ्ख्या सन् २०११ मा पुग्दा ५०३ पुगेको थियो । अहिले १०२ थपिएर ६०५ गैंडा पुगेको तथ्याङ्क हालैको गणनाले देखाएको छ । यसरी गैंडा बढिरहेको भए पनि बासस्थान संरक्षणमा चुनौती भने थपिँदो छ । निकुञ्जमा मिचाहा प्रजातिको झार, घाँसै मैदान घट्दै जानु र मानवीय चाप बढ्नाले संरक्षणमा चुनौती थपिँदै गएको निकुञ्जको भनाइ छ । चितवन निकुञ्जमा गैंडा बाघ अवलोकनकै लागि विदेशी र स्वदेशी पर्यटक आउने गरेका छन् । गएको वर्षको तथ्याङ्क हेर्ने हो भने निकुञ्जमा एक लाख ७८ हजार पर्यटकले निकुञ्ज घुमेका र उनीहरुबाट कुल रु साँढे २५ करोड बढी राजस्व सङ्कलन भएको छ । यो सबै संरक्षित वन्यजन्तुकै कारण भएको हो । त्यसैले संरक्षणमा सबैको हातेमालो आवश्यक भएको निकुञ्जले जनाएको छ ।

]]>
3638 0 0 0
कागेश्वरी महादेवको मन्दिरमा मेला http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf/ Mon, 21 Sep 2015 16:20:59 +0000 http://www.ghumphir.com.np/?p=3640

काठमाडौँ, ४ असोज ।

काठमाडौँको हनुमानढोकामा रहेको कागेश्वरी महादेवको मन्दिरमा आज मेला लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमी (आजको दिन) त्यहाँ मेला लाग्ने परम्पराअनुसार भक्तजनको सहभागिता बढेको हो । सो मन्दिर एक वर्षमा एकपटक मात्र खुल्ने हुँदा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ । यस मन्दिरमा दर्शन गर्दा पाप नाश भई पुण्य प्राप्त हुने र पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने पुजारी रघु राजभण्डारीले जानकारी दिनुभयो । भूकम्पका कारण मन्दिर जोखिममा रहेकाले दर्शन गर्न आएका भक्तजनलाई यसवर्ष मन्दिरभित्र जान भने निषेध गरिएको छ । मन्दिर आसपास क्षेत्रमा आउने भक्तजनलाई साँझसम्म नै दर्शनको व्यवस्था गरिएको छ । वर्ष दिनभित्र दिवङ्गत भएका मानिसका घरपरिवार तथा आफन्तले उनीहरुको स्मरण गर्दै दीप प्रज्वलन गरेका छन् । यसरी मृत आत्माको नाममा दीप प्रज्वलन गर्दा उनीहरुको आत्माले चीर शान्ति प्राप्त गरी वैकुण्ठमा बास प्राप्त गर्ने जनविश्वास रहेको छ ।

]]>
3640 0 0 0
राष्ट्र निर्माणमा जुट्नुस्:अर्थमन्त्री http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%81%e0%a4%9f%e0%a5%8d%e0%a4%a8%e0%a5%81/ Mon, 21 Sep 2015 16:31:52 +0000 http://www.ghumphir.com.np/?p=3642

पोखरा, ४ असोज ।

अर्थमन्त्री डा रामशरण महतले अब देशले संविधान पाइसकेकाले बन्द, हडताल, तोडफोड र अनावश्यक राजनीतिक विवाद त्यागेर राष्ट्र निर्माणमा जुट्न सवैसँग आग्रह गर्नुभएको छ । नेपालको संविधानको स्वागतार्थ आज मानव अधिकारचोकमा भएको उत्सवसभालाई सम्बोधन गर्दै उहाँले अब सारा शक्ति आर्थिक कार्यसूचीमा केन्द्रविन्दु गरेर देशलाई समृद्धितिर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मधेसका केही शक्ति पहाड र मधेसीबीच अविश्वास बढाएर आफ्नो निहित स्वार्थ पूरा गर्नतर्पm लागेको आरोप पनि लगाउनुभयो । सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले नयाँ संविधानको विरोध गर्नु भनेको जनमत र कानुनको विरोध गर्नु हो भन्नुभयो । उहाँले अब सबैलाई कानुनको सम्मान गरी लोकतन्त्रको विश्वास गर्दै अघि बढ्न सबैसँग आग्रह गर्नुभयो । नेकपा(एमाले) स्थायी समिति सदस्य शङ्कर पोखरेलले सबै जातजाति र समुदायले नयाँ संविधानबाट केही न केही पाएको धारणा राख्नुभयो । एकीकृत नेकपा (माओवादी) स्थायी समिति सदस्य जनार्दन शर्माले नयाँ संविधान घोषणासँगै समाजवादी क्रान्तिको बाटो अघि बढेको बताउनुभयो । व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले नयांँ संविधान विश्वकै उत्कृष्ट भएको जिकिर गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, सांसद सीता गिरी ओली, शारदा पौडेल, तेजकुमारी पौडेल, वृन्दा रानालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । यसअघि पोखराबाट सुरु भएको बाजागाजासहितका पदयात्रा नगर परिक्रमा गरी सभामा परिणत भएको थियो ।

]]>
3642 0 0 0
संविधान जारीको खुसियालीमा (फोटो फिचर) http://localhost/ghum/%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%81%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae/ Mon, 21 Sep 2015 17:10:20 +0000 http://www.ghumphir.com.np/?p=3644 काठमाडौँ, ४ असोज । ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’ भन्ने गीतको धुन बजिरहेको थियो । सो धुन घन्किरहँदा युवाहरू स्वरमा स्वर मिलाइरहेका थिए भने हातमा राष्ट्रिय झण्डा बोक्दै एक आपसमा संविधान निर्माणको खुसी साटासाट गर्दै थिए । यो दृश्य सैनिक मञ्च टुँडिखेलको हो, जहाँ ‘नेपालको संविधान, २०७२’ जारी भएको खुसियालीमा आज नेपाल सरकारले ऐतिहासिक स्वागत समारोह आयोजना गरेको थियो । उक्त खुसियालीमा आयोजित समारोहका कारण बिहानैदेखि सैनिक मञ्च र यस आसपासको क्षेत्रमा छुट्टै रौनकता देखिन्थ्यो । अपराह्न १ बजेदेखि हुने भनिएको समारोहका लागि काठमाडौँका शान्तिबाटिका, प्रदर्शनीमार्ग, बागबजारलगायत स्थानमा विभिन्न बाजा, झाकी लगाएत कर्यक्रममो रौनक दिएका थियो । विभिन्न जातजातीका भेष भुषामा सजिएर सास्कृतीक झाँकी प्रर्दशन गरिएको थियो हेरौ तस्बिरमा सोही झाकीहरु

sambidhan (1) sambidhan (2) sambidhan (3) sambidhan (4) sambidhan (5) sambidhan (6) sambidhan (7) sambidhan (8) sambidhan (9) sambidhan (10)photo:www.bharatbandhu.com.np

 ]]>
3644 0 0 0
खुसियालीमा http://localhost/ghum/%e0%a4%96%e0%a5%81%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be/ Mon, 21 Sep 2015 17:16:05 +0000 http://www.ghumphir.com.np/?p=3656 3656 0 0 0 सहभागी हुदै http://localhost/ghum/%e0%a4%b8%e0%a4%b9%e0%a4%ad%e0%a4%be%e0%a4%97%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%a6%e0%a5%88/ Mon, 21 Sep 2015 17:21:28 +0000 http://www.ghumphir.com.np/?p=3658 3658 0 0 0 चन्दा उठाएर सडक निर्माण http://localhost/ghum/%e0%a4%9a%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%89%e0%a4%a0%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/ Tue, 22 Sep 2015 04:19:01 +0000 http://www.ghumphir.com.np/?p=3660 खोटाङ, ५ असोज ।

जिल्लाको पश्चिमी गाविस धितुङका स्थानीयवासीले चन्दा उठाएर सडक निर्माण गरेका छन् । हलेसी–धितुङ–रेग्मीटार सडकखण्डमा पर्ने धितुङ–३ का २१ घर चन्दा उठाएर सडक निर्माण गरिएका हुन् । चन्दा सङ्कलनबाट धितुङ–३ स्थित देउरालीडाँडादेखि दलितबस्ती हुँदै बुलापन्थे उच्च मावि जोड्ने डेढ किलोमिटर लामो सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष दर्जिमान परियारले बताउनुभयो । “सडक अभावमा आवतजावतका साथै दैनिक उपभोग्य सामान ल्याउन समस्या थियो”, उहाँले भन्नुभयो, “त्यसैले प्रत्येक घरपरिवारबाट चन्दा सङ्कलन गरेर सडक निर्माण गरेका हौँ ।” सडक निर्माणका लागि वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका आफन्तले समेत सहयोग गरेको अध्यक्ष परियारले जानकारी दिनुभयो । स्काभेटरको प्रयोग गरी उक्त सडक रु एक लाख ८० हजार निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ । सो सडक निर्माणपछि गाविस र स्वास्थ्यचौकीसम्म आवतजावत गर्न सहज भएको स्थानीयवासी ज्ञानदीप कार्कीले बताउनुभयो । सडक अभावमा यसअघि बिरामीलाई स्वास्थ्यचौकीसम्म पु¥याउन पनि कठिनाइ थियो ।

]]>
3660 0 0 0
चीनमा प्याराग्लाइडिङ उडाउदै नेपाली http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a4%bf%e0%a4%99-%e0%a4%89%e0%a4%a1%e0%a4%be/ Tue, 22 Sep 2015 04:22:46 +0000 http://www.ghumphir.com.np/?p=3662  नागरिकमा खबर छ । तत्काल पर्याप्त पर्यटक आउने सम्भावना नदेखेपछि बिदेसिनुपरेको उनीहरुको भनाइ । ‘पोखरा यतिबेला सुनसान छ तर, हाम्रो काम पर्यटकलाई उडाउने हो,’ चीनमा प्याराग्लाइडिङ उडायन थालेको शंकर पराजुलीले बताए ।]]> 3662 0 0 0 पर्यटन विभागले एक वर्षमा झन्डै ५१ करोड आम्दानी http://localhost/ghum/3664/ Tue, 22 Sep 2015 04:32:27 +0000 http://www.ghumphir.com.np/?p=3664 असाेज ५,काठमाडौं
पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले एक वर्षमा झन्डै ५१ करोड आम्दानी गरेको छ। एक वर्षअगाडि सरकारले पर्यटन क्षेत्रको पूर्वाधार विकास, नीतिगत सुधार तथा पर्यटनको नियमन र पर्यटकीय गतिविधि प्रभावकारी बनाउने उद्देश्यले विभाग गठन गरेको थियो।
विभागको गल वर्षको आम्दानी ५० करोड ७४ लाख छ। यो आम्दानीले संस्थालाई बलियो बनाउन सहयोग पुर्‍याएको विभागका महानिर्देशक गोविन्दबहादुर कार्कीले बताए।
उनका अनुसार पर्वतारोहण क्षेत्रको अनुमति, पदयात्रा पर्यटनको इजाजत, ट्राभल कम्पनी तथा पर्यटकीय गतिविधिको अनुमति तथा नियमनबाट विभागले उल्लेख्य आम्दानी गर्ने गरेको छ । विभागले समग्र पर्यटन उद्योगकै नियमन गर्छ।
पर्वतीय गतविधि सञ्चालनबाट विभागले सबैभन्दा धेरै आम्दानी गरेको कार्कीले जानकारी दिए।विभागको आम्दानीको प्रमुख स्रोत पर्वतारोहण सलामी हो। विभागले पर्वतारोहण सलामीमार्फत गत आवमा ३१ करोड २४ लाख रुपैयाँ संकलन गरेको छ।
यसैगरी क्यासिनोको रोयल्टीबापत १६ करोड ३५ लाख रुपैयाँ संकलन भएको छ। यहाँ सञ्चालित १० वटा क्यासिनोमध्ये हाल दुईवटामात्रै सञ्चालनमा छन्। थप क्यासनो सञ्चालन हुने हो भने वार्षिक आम्दानी पनि बढ्ने विभागको भनाइ छ।
विभागले एजेन्सी नवीकरण तथा दर्ताबाट तीन करोड ११ लाख र बोलपत्रमार्फत तीन लाख आम्दानी गरेको छ।विभागले गत आवमा ७० किलोमिटर पदमार्ग निर्माण गरेको छ । विभागले एक वर्षको अवधिमा ३० वटा पर्यटकीय होटेललाई इजाजत दिएको छ।
नौवटा तारे होटेल र १८ वटा पर्यटकीय होटेलको नवीकरण गरेको छ। विभागले ८ वटा होमस्टे दर्ता, दुई सय ५८ ट्राभल एजेन्सीको इजाजत, दुई सय २१ ट्राभल एजेन्सीको नवीकरण, दुई सय पाँच ट्रेकिङ एजेन्सीको नवीकरण र १२ वटा र्‍याफ्टिङ र एक साहसिक पर्यटन व्यवसायलाई इजाजत दिएको छ।
 ]]>
3664 0 0 0
काबेली जलविद्युत 'होल्ड' गर्दै बिपिसी http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a5%80-%e0%a4%9c%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4-%e0%a4%b9%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%a1-%e0%a4%97/ Tue, 22 Sep 2015 04:50:32 +0000 http://www.ghumphir.com.np/?p=3668 लक्ष्मण वियोगी
असाेज ५,काठमाडौं
बुटवल पावर कम्पनी (बिपिसी) ले काबेली 'ए' जलविद्युत आयोजना निर्माण प्रक्रियामा नलगी 'होल्ड' गर्ने नियतले वित्तीय व्यवस्थापन र विद्युत खरिद सम्झौता (पिपिए) गर्न थप समय मागेको छ।
बिपिसीको सहायक काबेली इनर्जी कम्पनीले असार १ गते विद्युत विकास विभागलाई पत्र लेख्दै वित्तीय स्रोत जुटाएर पिपिए गर्न ६ महिना थप समय मागेको हो। ऊर्जा मन्त्रालयमा दर्ता भएको कम्पनीको ९९७ नम्बर पत्रमा भनिएको छ, 'नेपाल विद्युत प्राधिकरणसँग ड्राफ्ट पिपिए भइसकेको र अन्य बाँकी काम गर्न केही समय लाग्ने हुँदा समय थपिदिन आग्रह गरिएको छ।' प्राधिकरणसँग भदौ १५ गते ड्राफ्ट पिपिए गरेको जनाउँदै कम्पनीले अब बस्ने सञ्चालक समिति बैठकले त्यसको स्वीकृति गर्ने पत्रमा उल्लेख गरेको छ। पत्रअनुसार आयोजनाका लागि आवश्यक लगानी जोहो भइसकेको र अर्थ मन्त्रालयमा केही काम बाँकी रहेकाले सबै काम सक्न थप समय चाहिएको हो। ३७.७ मेगावाटको उक्त आयोजनाले विद्युत ऐन, २०४९ अनुसार काम नगरेको र प्रगति अद्यावधिक नगरेको भन्दै गत वर्ष भदौमा खारेज गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो। त्यतिबेला यो बाहेक अरु १३ आयोजना पनि खारेजीमा परेका थिए। काबेली 'ए'मा विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले ऋण लगानी गरेकाले खारेज भएको एक सातामै मन्त्रिपरिषदले उल्ट्याएको थियो। अरु स्वदेशी निजी उत्पादकले त्यतिबेला विदेशी लगानीको आयोजनाका हकमा सरकारले कानुन मिचेर सुविधा दिइएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए। ६ महिनाभित्र बाँकी काम सकेर निर्माण सुरु गर्ने सर्तका आधारमा मन्त्रालयले गत चैत ८ गते लागु हुने गरी आयोजनाको अनुमतिपत्रको म्याद ६ महिना थपेको थियो। उक्त म्याद असोज ७ गते सकिँदैछ। तर, तोकिएको काम उसले अझै पूरा गरेको छैन। खारेजीमा परेका बाँकी आयोजनाको प्रगति हेरेर अनुमति दिनु भन्दै मन्त्रिपरिषदले निर्णय गरे पनि ऊर्जा मन्त्रालयले कुनै कारबाही अगाडि बढाएको छैन। ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले आफूले खारेज गरेका आयोजना आफैंले दिन नसक्ने तर्क गर्दै आएका छन्। उनले कारबाहीको चित्त नबुझे अदालत जान पनि प्रवर्द्धकलाई सुझाएका छन्। काबेलीको पिपिए र वित्तीय व्यवस्थापनको केही काम बाँकी रहेकाले कम्पनीले थप समय मागेको आयोजना प्रमुख प्रतीकमानसिंह प्रधानले सोमबार नागरिकलाई बताए। 'प्राधिकरणसँग ड्राफ्ट पिपिए भइसकेको छ, सञ्चालक समितिबाट पास हुन मात्र बाँकी छ,' उनले भने, 'संविधान जारी भएको छ, अब नयाँ सरकार आउँछ, काम टुंगिन समय लाग्छ कि भनेर समय मागिएको हो।' विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) र कम्पनीबीच आयोजना निर्माण सम्झौता भइसकेको र आवश्यक लगानी जुटिसकेकाले अब बाँकी काम गर्न धेरै समय नलाग्ने विभागलाई लेखेको पत्रमा उल्लेख छ। कम्पनीका अनुसार बैंक र आइएफसीसँग कम्पनीले २०७० मंसिर ८ र २०७१ साउन ७ मा सम्झौता भएको थियो। आयोजनाका लागि विश्व बैंकले ४ करोड र आइएफसीले ३ करोड ८६ लाख डलर ऋण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। बैंकले दिने रकम सरकारले जलविद्युत लगानी तथा विकास कम्पनीमार्फत काबेलीमा लगानी हुनेछ। अर्थ मन्त्रालय र जलविद्युत कम्पनी, जलविद्युत कम्पनी र काबेलीबीच हुने सहायक सम्झौताको ड्राफ्टसमेत तयार भइसकेको पत्रमा छ। पुरानो सम्झौताअनुसार ५३ प्रतिशत डलरमा र ४७ प्रतिशत नेपाली रुपैयाँमा आयोजनाको पिपिए गर्ने सहमति भएको थियो। तर, तोकिएको समयमा आयोजनाको निर्माण सुरु नभएकाले निर्माण सामग्रीको मूल्य बढेको भन्दै बिपिसीले ६० प्रतिशत डलरमा र ४० प्रतिशत नेपाली रुपियाँमा पिपिए गर्नुपर्ने माग राखेको थियो। आयोजना प्रतिस्पर्धामार्फत बिपिसीलाई दिँदा बैंक अन्तर्गतको ऊर्जा विकास कोषमा रहेको ४ करोड अमेरिकी डलर काबेलीमा लगानी गर्ने सम्झौता भएको थियो। उक्त रकम विश्व बैंकले सरकारलाई ४ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने र सरकारले साढे १० प्रतिशत बिपिसीलाई दिने सहमति भएको छ। प्रतिस्पर्धाबाट आयोजना दिँदा बिपिसीले सरकारलाई राजस्वबापत १ करोड २० लाख रुपैयाँ बुझाएको थियो। आयोजनामा ४० प्रतिशत विश्व बैंकको, ४० प्रतिशत स्थानीयको र २० प्रतिशत बिपिसीले लगानी गर्ने सहमति भएको छ। ९ करोड २० लाख अमेरिकी डलर लागत अनुमान गरिएको उक्त आयोजनामा करिब ३० करोड रुपियाँ खर्च भइसकेको प्रवर्द्धकको दाबी छ।साभार नागरीक
]]>
3668 0 0 0
बाँफीकोटको इतिहास http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%ab%e0%a5%80%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8/ Tue, 22 Sep 2015 05:02:25 +0000 http://www.ghumphir.com.np/?p=3671 सुरविन्द्रकुमार पुन
सामान्य ज्ञानमा चासो राख्ने जो कोहीले रुकुमलाई ‘बाउन्न पोखरी त्रिपन्न टाकुरी'को जिल्लाका रूपमा चिन्छन्। रुकुममा दुई सयभन्दा बढी पोखरी छन्। सबै प्राकृतिक दह। यिनैमध्ये सर्वाधिक ठूलो स्यार्पू दह हो। बाँफीकोटको मुख्य आकर्षण स्यार्पू ताल (दह)। क्षेत्रफल २.६ वर्ग किलोमिटर। दहको गहिराइ वर्षामा ३९ मिटरसम्म हुन्छ।

दहमा माछापालन छ। केही महिनाको अन्तरालमा माछा मार्न पाइन्छ। दहमा डुंगा सयर सुविधा छ। अधिकांश पर्यटक रुकुम र छिमेकी जिल्लाका हुन्छन्। विद्यार्थी शैक्षिक भ्रमणमा निस्केर दह अवलोकन गरी मन बहलाउँछन् भने थकित तनमन ताजा बनाउन कर्मचारी आइपुग्छन्। विदेशी पनि आउँछन्। दहको सौन्दर्यमा प्रेमीजोडी छिटफुट भेटिन्छन्। स्यार्पू दहमात्रै होइन, बाँफीकोटको छुट्टै इतिहास पनि छ। बाइसी चौबीसी राज्यकालमा यो कोत थियो। दक्षिण–पश्चिम भएर बग्ने ठूली भेरी किनाराको रिम्ना र पूर्वोत्तरतर्फ अवस्थित सिस्ने हिमालसँगैको तोरीद्वारी भञ्ज्याङ सीमाबीचको बाँफी राज्यको राजधानी बाँफीकोट नै थियो। १८४३ सालमा यो राज्य विशाल नेपालमा विलय भएको हो। सर्वप्रथम मगर राजाद्वारा शासन गरिएको बाँफीमा ती राजालाई मल्ल राजाले हत्याएको र केही वर्ष अन्तरालमा मल्ल राजालाई पनि शाहले हत्याएको इतिहास छ। राजा वीरेन्द्रसँगको साइनोका कारण पञ्चायतकालमा यहाँका शाहहरू शक्तिको केन्द्रमा थिए।

bafikot बाँफीकोटका पहिलो पुस्ताका स्थानीय स्वर्गीय ध्रुवविक्रम शाहलाई ‘राजा' शब्दले सम्बोधन गर्छन। ध्रुवविक्रम राष्ट्रिय पञ्चायतका सदस्य थिए। ध्रुवविक्रमका छोरा विवेकविक्रम राजा वीरेन्द्रका एडिसी बने। उनी सैनिक सचिव थिए। जर्नेल विवेकको जन्मथलोकै रूपमा जिल्लावासीले बाँफीकोटलाई चिन्छन्। विवेक ‘मैले देखेको दरबार' पुस्तकका लेखक हुन्। माओवादीले ०५२ फागुन १ मा सुरु गरेको ‘जनयुद्ध'ले सदरमुकाम मुसीकोट खलंगासँग दायाँ हातको जस्तो सम्बन्ध राख्ने बाँफीकोटमा ठूलै हलचल ल्यायो। माओवादीले गरेको संगठन विस्तारले गाउँका केही युवा र प्रौढ पूर्णकालीन कार्यकर्ताको रूपमा जंगल पसे। यहाँस्थित वीरेन्द्र उच्च माविका स्थायी शिक्षक शरुण बाँठामगर ०५५ पुुस २५ गते भूमिगत हुँदा बौद्धिक जगत्मा हलचल ल्यायो। जसको प्रभावले जिल्लामा गनिएका बौद्धिक तप्काका व्यक्ति पनि माओवादीको पूर्णकालीन कायकर्ता बने। रुकुम र रोल्पाजस्ता आधार इलाकामा माओवादीको अन्तर्राष्ट्रिय सम्बन्ध संयोजनको मुख्य श्रेय शरुणलाई जान्छ।

bafikot2 बाँठामगर जनयुद्धको मध्यकालमा मगरात स्वायत्त राज्य प्रतिनिधि सभाको सभामुख बने। पछि जिल्ला जनसरकार रुकुमको प्रमुख। कतिसम्म भयो भने ०५७ मंसिर ५ गते वीरेन्द्र उमाविको प्रांगणमै माओवादीले आमसभा गरेर पहिलो जनसरकार घोषणा गरे। पहिलो जनसरकार प्रमुख पूर्ण घर्तीमगर बने। यस्तै माओवादी गतिविधि र राज्य तथा माओआदीबीचको द्वन्द्वको कथा सुन्न बाँफीकोट उत्तम गन्तव्यस्थल हो। यहाँ द्वन्द्वकालको बेला ०५६ फागुन चौथो हप्ता ध्वस्त पारिएको शाह राजाहरूको कोतक्षेत्र (दरबार एरिया) हेर्न सकिन्छ। दरबार क्षेत्रमा बाँफीकोट गाविस, पशु सेवा उपकेन्द्र, हेल्थ पोस्ट, हुलाक, प्रहरी, पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजनालगायत कार्यालय छन्। ‘खास दरबार भएको ठाउँ पशु सेवा उपकेन्द्रको कार्यालय हो,' नयाँ बनेको दुईतले टिनको घरतर्फ इंगित गर्दै गाविसकी कार्यालय सहायक निर्मला मल्ल शर्माले भनिन्, ‘माथिल्लो तलाको एउटा कोठामा मास्टर डेरा लिएर बसेका छन् भने अर्को कोठामा पशु सेवाकै कर्मचारी बस्छन्। तल्लो तला अफिस हो।' बाँफीकोट रोचक र रहस्यमयी छ। शाह राजकाज, माओआदी द्वन्द्व र शान्तिकालमा अवतरण भइसकेपछिको अवस्था बुझ्न उपयोगी। प्रत्येक टोलमा मोटरबाटो पुगेको। शिक्षा, रोजगारी, विकास निर्माणलगायत सिर्जनशील कार्यमा पाइला चाल्न स्थानीय लालायित देखिन्छन्। पछिल्ला वर्षमा स्यार्पू दहलाई चिनाउन पर्यटकीय गतिविधि भइरहेका छन्। केही वर्षअघि एकहप्ते स्यार्पू पर्यटन महोत्सव भयो। दहसम्मै मोटरबाटो छ। साना र मध्यमस्तरका होटेल खुल्ने क्रमले निरन्तरता पाएको छ। पर्यटन प्रवर्द्धनका निम्ति गाउँ, इलाका र जिल्ला परिषद्बाट बर्सेनि बजेट छुटिन्छ। बाँफीकोट वडागाउँका ४७ वर्षीय लक्षिराम पुनको कामले पर्यटक लोभिन सक्छन्। उनी काठबाट देवदेवीका मूर्ति र मान्छेका प्रतिमा बनाउँछन्। आवश्यक मूल्य नपाउँदा जाँगर नचलेकाले काठको मूर्ति बनाउन उति ध्यान नदिएको उनले सुनाए। समय, कला र श्रमको मूल्य पाए जुनसुकै प्रकारको मूर्ति तयार गर्न उनी तत्पर छन्।

pond यहाँका विद्यालयले आयस्रोत जुटाउन चाडपर्व र मेलामा सांस्कृतिक नृत्य देखाउँछन्। मयुर, टप्पालगायत सामूहिक नाचमा नृत्य गर्छन्। पर्यटक विद्यालयले निर्धारण गरेको शुल्क तिरेर जुनसुकै बेला मनोरन्जन गरेर रसस्वादन लिन सक्छन्। दहको पूर्वाे रहेको सिमईछहरी झरनामा रक क्लाइम्बिङको सम्भावना छ। यस्तै खारखोला छहरा, स्यानी दह, दादुरे ताल, बञ्चरे छहरो, भालु छहरो र हाँस खोला बाँफीकोटका थप आकर्षण हुन्। स्यार्पू दहबाट तिलिचे खोला बग्छ, जसलाई दही खोला भनिन्छ। हिउँद र वर्षायाममा खोला निख्खर सेतो देखिन्छ, दहीजस्तै। स्यार्पू दहको दक्षिणपूर्वमा अवस्थित गंथले सामुदायिक वन पर्यटकको थप रोजाइको गन्तव्य बन्न सक्छ। जिल्ला वन कार्यालयबाट पटकपटक पुरस्कृत भइसकेको वनमा सालका ठूला–ठूला रूख छन्। गंथले वनको फेदीमै अवस्थित छिन्खेतज्यूला र योसँगैको सानीभेरी नदी स्यार्पूको सौन्दर्यका थप पर्याय हुन्। धान र गहुँको अत्यन्तै राम्रो उब्जनी हुने ज्यूलासँगै रहेको छिन्खेत बजार रुकुमकै महत्वपूर्ण व्यापारिक नाका हो। यहाँबाट अन्यत्र मात्र नभएर जाजरकोट र डोल्पातर्फ निर्माण, खाद्यान्नलगायत सामान निर्यात हुन्छ। यी क्षेत्र आसपासमा बदाम, दूधदही र मौसमअनुसारका फलफूल प्रशस्त पाइन्छ। द्वन्द्वको कथा सुन्न र द्वन्द्वको अवशेष नियाल्न रुकुम। ‘साम्प्रदायिक, जातीय र धार्मिक सहिष्णुता उजिल्याउने हेतुले विभिन्न जातिले दह वरिपरि धर्मअनुकूल मठमन्दिर बनाउन उत्प्रेरणा दिने काम भइरहेको छ। हिन्दुका लागि त देवल र शक्तिपीठ छँदै छन्,' सामाजिक अगुवा तिलवीर केसी भन्छन्, ‘यसबाट सहिष्णुताको भावना जागृत गराउने सन्देश फैलिनेमात्र होइन, बाँफीकोटमा पर्यटक बढाउन सकिन्छ।'साभार नागरीक

]]>
3671 0 0 0
हामी आशावादि छौ http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%86%e0%a4%b6%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a4%bf-%e0%a4%9b%e0%a5%8c-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%b5%e0%a5%8d/ Tue, 22 Sep 2015 13:41:43 +0000 http://www.ghumphir.com.np/?p=3674 नेपालको संविधान २०७२ जारी भए संगै देशभर खुसीयाली मनाइएको छ ।अत्याधिक बहुमतले पारित भई जारी भएको छ संविधान । सविधान जारीको सर्वत्र स्वागत भएपनि तराई केन्द्रीत केही राजनितीक दलले भने असन्तुष्टि देखाएका छन् । असन्तुष्ट दललाई पनि समेटेर अगाडी बड्न सके देशमा आउने भनेको शान्तिदिगो हुनेमा विभिन्न क्षेत्रमा कार्यरत पर्यटन व्यवसायीएव संघ/सस्थाले अपेक्षा गरेका छन् । देशमा दिगो शान्ति स्थापना भए नेपालको अर्थतन्त्रमा अग्रणी भूमिका खेल्ने पर्यटन क्षेत्रले पनि अबका दिनमा गतिलिनेमा पर्यटन व्यवसायी सकारात्क देखिएका छन् । नेपालको संविधान २०७२ जारीभए पछि पर्यटन व्यवसायीहरुलाई "नेपालको संविधान २०७२ जारी भएको छ, यसलाई कुन रुपमालिनु भएको छ?अबको पर्यटन क्षेत्रमा कस्तो किसिमको प्रभावपर्ला ?"हामीले राखको प्रश्नमा कस्तो छ त उहाहरुको विचार

Ramesh Dhamala

रमेश धमला अध्यक्ष,टान देशको अहिले सम्मकै ठूलो, परिर्वतन कारी र स्वागत योग्ज्ञ कार्य हो । यो संविधान जारी हुनुलाई पर्यटन व्यवसायीहरुले सहर्ष स्वीकार गरेका छन् । हामीले पनि संविधान जारि भएपछि समग्र पर्यटन व्यवसायीका बिचमा ठुलो उत्सवका रुपमा खुसीयाली मनायौ ¥यालीपनी गर्यौ । यो ऐतिहासीक र अत्यन्तै महत्वपुर्ण निणर्य भएको हुनाले समग्र पर्यटन व्यवसायी यो नयाँ संविधान बाट अत्यन्त आशामुखी छन् । अब मुलुकले स्थीरता पाप्त गर्छ ,राजनितीक अस्थीरताले हामो पर्यटन क्षेत्र अस्तव्यस्त भएको अवस्था थियो । त्यसमा केही सुधार आउने विशवास लिएका छौ ब्यबसायीहरुले । सविधान आएपछी विश्व समुदाए पनि खुसी भएको अवश्था छ र हामीहरु प्नि अत्यन्त खुसी छौ । यो अत्यन्तै प्रसंसनीय कार्य गरेको हामीले महसुस गरेका छौ । पर्यटन क्षेत्र भनेको राष्टिय उद्योग भएको हुनाले हामीले सरकारसंग बारम्बार संघहरु निमार्ण हुदाँ यसलाई राष्ट्रिय स्तरमै प्राथमीकतामा राख्नुपर्ने भन्दै आएका छौ । प्रान्तहरु निमार्ण हुदाखेरी पनि पर्यटन क्षेत्र राष्ट्रिय उद्योगको रुपमा हुनुपर्छ । अर्को कुरा नेपाले संविधानसभाबाट संविधान पाए लगतै विश्व समुदाएले पनि पर्यटन क्षेत्रलाई सहयोग गर्नेछन् हामीलाई यो विश्वास लागेको छ । हामीले पनि अत्यन्त आशावादि बनेर लगानीको एउटा ठुलो क्षेत्र अगाडी बडनेमा आशाबादी भएका छौ । भोलीका दिनमा पर्यटनको पुर्वाधारको विकासका क्षेत्रमा मैत्रीपुर्ण वातावरण निमार्णका लागी नयाँ संविधानले ढोका खोलेको जस्तो लागेको छ र हामी आशाबादि छौ ।

amar shai

अमर शाही महासचिव, नाटो नेपालीहरुको बहुप्रतिक्षित संविधान आएको छ, यो चाहि स्वागत योग्ज्ञ नै छ । संविधान ६५ वर्षदेखि को चाहना थियो । संविधान आएपछि देशमा शान्ति आउछ भन्ने हामीले आशा गरेका छौ, देशमा शान्ति आएपछि अवश्य पनि लगानिका नयाँ नयाँ संभावनाका क्षेत्रहरु देखापर्नेछन । कतीपय राजनितीकदलहरु, समुहहरु रहेका छन त्यसता असुन्तस्ष्ट दलहरुलाई पनि सहभागी गराइ अगाडी बड्न सके देशमा शान्ति आउने थियो । शान्ति नै मुल कुरा हो ।यदी शान्ति हुन सकेन भने पर्यटन त के देशेको समेत विकास हुन सक्दैन । देशमा शान्ति आएपछी ,देशी विदेशी लगानी आउछ । अहिले देशको पर्यटन क्षेत्र सिमीत रुपमा हेर्ने गरीएको छ । अझ भन्ने हो भने यसलाई देशको आर्थिक विकासको रुपमा जोड्न सकिएको छैन । यदी यसरी जोडन सकियो भने देशेले धेरै अगाढी बढ्छ जस्तो लाग्छ मलाई । देशमा शान्ति आएको खण्डमा मात्र पर्यटन व्यवसायीले पनी नयाँँ नयाँ क्षेत्रको पहिचान गरि लगानी बढाउछन् । विदेशिहरुपनि ढुक्कले नेपालका नयाँ नयाँ क्षेत्रको पहिचानगरि लगानीमा वृद्धि गर्छन र त्यसका लागी देशमा शान्ति आउनुप¥यो । देशमा शान्ती आएर मात्र पुग्दैन देशका नेताहरुका साथ साथै पर्यटन व्यवसायीको सोचमा परिवर्तन आउन जरुरी छ जस्तो लाग्छ मलाई । अनि मात्र पर्यटन क्षेत्र अहिलेको भन्दा यसको दायरा बडेर जान्छ , नत्रभने हिजो जस्तो अवस्थामा थियौ त्यो भन्दा झन कमजोर अवस्थामा नपुगिएला भन्न सकिन्न ।

bhim raiभीमराज राई प्रबन्धक, यती एयरलाईन्स

संविधान जारी भएकोमा हामी पनि खुसी नै छौ । सारा देशखुसी छ हामी खुसी नहुने त कुरै भएन । देशका विभिन्न भागमा खुसीयाली साटासाट गरिरहेको अवस्था छ । हामीले पनि सविधान आएपछी खुसियाली मनायौ । तर तराइका केहि जिल्लाहरुमा बाहेक सबै सन्तुष्ट नै भएको जस्तो लागेको छ मलाई । नेपालीले चाहेको बहुप्रतिक्षीत जनताले कोरेको संविधान आएको छ । देशले एउटा जगमा उभिएर बुहप्रतिक्षीत संविधानपाएको छ ।

जहासम्म पर्यटन क्षेत्रको कुरा गर्नुपर्दा अबका दिनमा हामो पर्यटन क्षेत्रमा पनी रामै्र होला भन्ने अपेक्षा गरेका छौ । संविधानको कार्यान्वयन कस्तो हुन्छ त्यो मुल कुरो हो, आशा गरौ यसको कार्यन्वयनपक्ष पनि राम्रै होस । हामी त आशावादि छौ राम्रा होला भन्नेमा,सबै देशवासीलाई हार्दिक बधाइ भन्न चाहन्छु र पर्यटन क्षेत्रमा मात्र नभई सबै क्षेत्रमा राम्रोहोस भन्न चाहन्छु ।

dipek mahat

दिपक महत अध्यक्ष,निट नेपाल लामो प्रतिक्षा पछि देशले ऐतिहासिक ंसविधान जनताले पाएका छन् । प्रतिक्षा पछि देशले संविधान पाएको छ ,यद्धपी यसमा केहि असन्तुष्टी पनी देखिन थालेको छ र पुर्णरुपमा सन्तुष्टिहुने संसारमा सायद कहिपनी संभव छैन । तर पनि समग्रमा भन्नुपर्दा संविधान घोषणा नहुदा नेपाली जनता निरास भैसकेका थिए ,संविधान आउदैन होला,यो संविधान सभाको दोसो निर्वाचन पछि पनि संविधान नआउला भन्ने आमा जनताले सोचेको अवस्थामा आजआएर संविधान आएको छ, र धेरै राम्रा कुराहरु पनी यसले ल्याउको छ । देश सघियतमा गएपछी प्रान्तमा प्रान्तीय सरकारहरु हुन्छन,उनिहरुको संसद हुन्छ ,उनिहरुले आफनो क्षेत्रभीत्र आर्थिक विकासका विविध पक्ष्यहरु खोजी गर्नुपर्ने हुन्छ । यसरी विविध पक्ष्यहरुको खोजीगर्ने क्रममा पर्यटन विकास आर्थिक विकासका लागी पर्यटन क्षेत्रको विकास कहा र कसरी हुनसक्छ भन्ने कुरा आ आफनो प्रान्तमा गन्तब्यको पहिचान गरि लगानी गर्न सकिन्छ भन्ने कुरा प्रान्तीय सरकारले सोच्यो भने पर्यटन क्षेत्रको विकास हुन्छ । आर्थिक संभावना व्यापक हुदै जान्छ र यसमा पर्यटन विकासका संभावना पचुर मात्रामा हुन्छ र त्यस क्रममा पर्यंटन विकासका संभावना पनी हुने हुदा यसले अत्यन्तै सकारात्मक योगदान दिन्छ ।

bachunarayan

बच्चु नारायणश्रेष्ठ पुर्व उपाध्यक्ष,टान यो संविधानआउनु नै सबैभन्दा महत्वपूर्ण कुरा हो । नेपाली जनताको लगभग ७ दशक देखिको संविधानसभा बाट संविधान बनाउने जुन चाहना थियो त्यो पुरा भएको छ । यती मात्र नभएर अब हामीले विगतको तिस वर्षयता संसदिय प्रणाली रहदा रहदै पनि केहि राजनितीक दलहरुबाट भएका जनयुद्धका खाटाहरुबाट हाम्रो देश थिलाथिला भैरहेको अवस्था थियो । तर अबहामीले कमसेकम संविधानको निमार्ण संगसंगै देशको पुुर्ननिमाणतिर लाग्नु पर्छ । एउटा त्यो कुरा त छदैछ, त्यो संगसगै पर्यटन क्षेत्रको कुरा गर्ने हो भने देश राजनीतीक तरलता, अशुरक्षाका कारण पर्यटन क्षेत्रमा निकै असर परेको छ । नेपाल आउने पर्यटकहरु हाम्रा पाहुना हुन उनिहरुलाई हामीले स्वागत गर्नुपर्छ । देशको राजनैतिक तथा शान्ति स्थिती राम्रो भएमा मात्र पर्यटकलाई स्वागत तथा सत्कार गर्न सहज हुन सक्छ । देशेको यस्तो स्थिती विगतमा खासै देखीएन । अव सविधान आएपछी यो स्थिती आउछ की भन्ने आश रहेको छ । अब हामीहरुले नेपाल आउने पर्यटकहरु सख्यात्मक रुपमा मात्र नहेरेर गुणात्मक पर्यटनको विकासमा तर्फ ध्यानदिनु जरुरी रहेको छ । अबका दिनमा नेपालको आर्थिक मेरुदण्डकारुपमा तिनवटा कुराहरु कृर्षी, पर्यटन र जलश्रोतलाई हामीले मुख्य अङगका रुपमा लिनु पर्दछ । यसो गर्न सकेमा देशले गतीलिने मैले विश्वास लिएको छु । नेपालमा पर्यटन क्षेत्रलाई खासै चासो दिएको अवस्था छैन, अबका दिनमा यस्तो नहोस भन्ने हाम्रो सोच हो । पर्यटन प्रवद्धन र विकासमा अलिकती मात्र ध्यानदिन सकेमा देशमो ठुलो रोजगारको सीर्जन हुने छ ।

]]>
3674 0 0 0
छुट्टै पहिचान बोकेको माउण्ट कैलाश रिसोर्ट http://localhost/ghum/%e0%a4%9b%e0%a5%81%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a5%88-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%a8-%e0%a4%ac%e0%a5%8b%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%89/ Wed, 23 Sep 2015 04:04:20 +0000 http://www.ghumphir.com.np/?p=3683 नेपाल घुम्न आउने पर्यटकको पहिलो रोजाईमा पर्ने स्थान हो पोखारा । एकै स्थानमा हिमाल,ताल, मन्दिर, गुफा लगाउत साहसीक खेलकुदको सगम सथल भएका कारणले मात्र नभएर विश्वकै उत्कृष्ट पदमार्ग अन्नपुर्ण प्रवेशद्धर समेत हो । पर्यटकको पहिलो रोजाई पर्ने भएकाले कारण पोखरामा होटलहरुको सख्या पनी निकै रहेको छ । तर पोखरमा मात्र नभएर नेपालमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ माउण्ट कैलाश रिसोर्ट । पर्यटकीय शहरको पोखराको लेकसाईडमा रहेको माउण्ट कैलाश रिसोर्टबाट हिमाल, ताल र ग्रीन पार्क समेतको दृश्य अवलोकन गर्न पाईने भएपछी पर्यटकको रोजाईमा पर्न गएको हो । माउण्ट कैलाश रिसोर्ट पोखरामा अवस्थित एक उत्कष्ट रिसोर्ट हो । नेपाली हातले बनाएका बिशिष्ट डिजाइनका इट्टाद्घारा बनाइएका परमपरागत भएवस समेत भएकाले पर्यटकको रोजाईमा पर्न सफल भएको दाबी गर्दछन होटल संचालक । रिसोटमको बाल्कोनी बाट विहानै हिमालमा सुर्य उदाएको  दृश्य अवलाकन गन सक्नुका साथै चौबीसे घण्टा बाइृ–फाई सूबिधा,सामान स्टोरेज सेवा ,बिदेशी मूद्रा सटही सेवा, लकर सूबिधा ,क्रेडीट कार्ड सूबिधा ,मेडीकल सूबिधा ,पाकिङ्ग सूबिधा,चौबिसे घण्टा रुम सरभिस रहेको छ ।

mount kailash resort pokhara  (1) mount kailash resort pokhara  (2) mount kailash resort pokhara  (3) mount kailash resort pokhara  (4) mount kailash resort pokhara  (5) mount kailash resort pokhara  (6) mount kailash resort pokhara  (7) mount kailash resort pokhara  (8) mount kailash resort pokhara  (9)

]]>
3683 0 0 0
खल्तीको पैसा हालेर बनेको बाटोले पर्यटनको ढोका खोल्ने विश्वास http://localhost/ghum/%e0%a4%96%e0%a4%b2%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%88%e0%a4%b8%e0%a4%be-%e0%a4%b9%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a5%8b/ Wed, 23 Sep 2015 04:12:03 +0000 http://www.ghumphir.com.np/?p=3694 पोखरा, ६ असोज

कास्कीको भाचोक गाउँ विकास समिति स्थित भाचोक गाउँका बासिन्दाले आफ्नै खल्तीको पैसा लगानी गरेर गाउँ सम्म जोड्ने गरी पछिल्लोपटक निर्माण गरेको बाटोले गाउँमा पर्यटनको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् ।

bato लम्तरी ग्रामीण सडक निर्माण तथा उपभोक्ता समिति र भाचोक पोखरा जनसरोकार मञ्चको अगुवाईमा गाउँलेले जम्मा गरेको रकम मध्ये ५० लाख रुपैयाँ हाराहारीको लागतमा उक्त सडक निर्माण गरिएको मञ्चका सचिव कल्याण गुरुङले जानकारी दिए । पाँच किलोमिटर लामो उक्त कच्ची सडकले भाचोक गाउँ र सैमराङ गाउँ विकास समितिको वारचोक गाउँलाई जोड्छ पोखराबाट ३३ किलोमिटर टाढाको भाचोक पर्यटकीय गाउँ समेत भएका कारण बाटो निर्माणसँगै गाउँ पुग्ने पर्यटकलाई समेत सहज भएको सचिव गुरुङले सुनाए । भाचोकबाट पदयात्रा गरी पवित्र तिर्थस्थल दूधपोखरी समेत पुग्न सकिन्छ । बाटो निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोषबाट छ लाख हाराहारीमा बजेट प्राप्त भएको जनाइएको छ । भाचोक गाउँ र सो गाउँबाट विवाह गरेर अन्यत्र गएका चेलीबेटीबाट पाँच लाख २३ हजार रुपैयाँ प्रदान गरिएको छ ।

]]>
3694 0 0 0
कालीगण्डकीमा पुलको विकल्पमा फड्केबाट वारपार http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%b2%e0%a5%8d/ Wed, 23 Sep 2015 04:23:18 +0000 http://www.ghumphir.com.np/?p=3697 बाबियाचौर (म्याग्दी), ६ असोज ।

म्याग्दीको बैँसरीस्थित कालीगण्डकी नदीमा रहेको झोलुङ्गे पुल पहिरोले पुरेपछि स्थानीयवासीले बाँसको फड्के (अस्थायी पुल) निर्माण गरेर वारपार गर्न थालेका छन् । हिस्तानको औला, रिम, राम्चेको काफलडाँडा, भगवतीको बैँसरी र रिसिन चौतारीका बासिन्दाले श्रमदान गरेर कालीगण्डकी तर्नका लागि बाँस र काठको प्रयोग गरेर फड्के बनाएका हुन् । भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैँसरीस्थित झोलुङ्गे पुल गत जेठ १० गते पहिरोले पुरेको थियो । पन्ध्र मिटर लामो फड्के निर्माण गरेपछि ६ घन्टाको बाटो ४५ मिनेटमा छोटिएको आदर्श मावि रिमका स्रोतव्यक्ति भरत पुनले जानकारी दिनुभयो । बँैसरीको पुल पहिरोले पुरिएपछि औला, रिम, काफलडाँडा र राम्चेका बासिन्दालाई सदरमुकाम बेनी आउन जानका लागि छ घन्टा घुमाउरो बाटो प्रयोग गर्नुपर्दा सास्ती भएको थियो । झोलुङ्गे पुल निर्माणमा ढिलाइ भएपछि दुई सय घरधुरीले पाँच दिनका दरले श्रमदान गरेर आवतजावत र ढुवानीलाई सहज गराउन फड्के बनाएका हुन् । राम्चे–९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले बँैसरीमा दुईवटा झोलुङ्गे पुल पुरेको थियो । पहिरोले पुल पुरिएको ठाउँमा नयाँ झोलुङ्गे पुल निर्माण गर्न पहल गरे पनि आर्थिक स्रोत नहुँदा ढिलाइ भएको जिविसका सब इन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो ।

]]>
3697 0 0 0
रुरु क्षेत्र ओझेलमा http://localhost/ghum/%e0%a4%b0%e0%a5%81%e0%a4%b0%e0%a5%81-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%93%e0%a4%9d%e0%a5%87%e0%a4%b2%e0%a4%ae%e0%a4%be/ Wed, 23 Sep 2015 04:28:29 +0000 http://www.ghumphir.com.np/?p=3699

पाल्पा,६ असोज ।

पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । सदरमुकाम तानसेनदेखि ३० किलोमिटर पश्चिममा अवस्थित यस क्षेत्रलाई नेपालको कालीगण्डकी किनाराका चार धाममध्ये एक धामका रूपमा लिइने गरिएको छ । कालीगण्डकी तटमा रहेको यो स्थानमा परापूर्वकालममा रुरु (मृत) कन्याले तपस्या गरी उनलाई सदाका लागि त्यहाँ बस्न बाध्य बनाएको भन्ने भनाइ रहेको छ । धार्मिक एवम् पर्यटकीय रूपमा समेत महत्व बोकेको रुरु क्षेत्रको पूर्वाधारको विकास र प्रचारप्रसार हुन नसक्दा यस क्षेत्र ओझेलमा परेको स्थानीयको भनाइ छ । भारतको बनारससँग तुलना गरिने यो स्थानमा भृगुतुगेश्वर ऋषिको गुफा एवम् भगवना विष्णुको मूर्ति रहेको ऋषिकेशवलगायतका विभिन्न देवीदेवताको दजनौँ मन्दिरमा मूर्तिले यस क्षेत्रको सौन्दर्यता अझै पनि कायम राख्न सफल देखिएको छ । जनरल भीमसेन थापाले सत्यरूपाको नाममा सत्वेश्वर महादेवको मन्दिर निर्माण गरेका थिए । सो मन्दिर परिसरमा रहेका दुईवटा पौवा एवम् तिनका काष्ठकलाले पर्यटकलाई लोभ्याउने स्थानीय दुर्गाा पोखरेलले बताउनुभयो । रुरु क्षेत्रमा माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठूली एकादशीलगायतका चाडमा मानिसले नदीमा स्नान गर्न सर्वसाधारण आउने स्थानीयको भनाइ छ । पाल्पा, गुल्मी र स्याङ्जाका मानिसको अन्तिम दाहसंकार तथा विवाह, व्रतबन्ध जस्ता कार्य पनि सञ्चालन हँुदै आएको छ । मानिस दाहसंकारका लागि पहिला हिँडेर आउनुपर्ने बाध्यता रहेकोमा अहिले यातायातको सुविधाले मानिसलाई पैदल यस क्षेत्रमा आउनेपर्ने बाध्यता हटेको छ । कालीगण्डकी नदीमा शालिकग्राम पाइने र यसको धार्मिक तथा वैज्ञानिक महत्व रहेको विश्वाससमेत रहेको छ ।

]]>
3699 0 0 0
गौशालामा लाखौँको लुटपाट http://localhost/ghum/%e0%a4%97%e0%a5%8c%e0%a4%b6%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a5%8c%e0%a4%81%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a5%81%e0%a4%9f%e0%a4%aa%e0%a4%be%e0%a4%9f/ Wed, 23 Sep 2015 04:36:22 +0000 http://www.ghumphir.com.np/?p=3701 महोत्तरी, ६ असोज ।

महोत्तरीको गौशालामा गएराति हतियारधारी डकैती समूहले लाखौँको लुटपाट गरेको छ । गएराति करिब १२ बजे गौशाला नगरपालिका–८ का गणेश मोहन साहको घरमा २० जनामा आएको हतियारधारी समूहले कुटपिट गर्दै रु २५ लाख बराबरको लुटपाट गरेको पीडितले बताएका छन् । उमा सेलर मिलको सञ्चालकसमेत रहेको साहको घर पछाडिकोे पर्खाल तोडी भित्र प्रवेश गरी ती समूहले सुन र चाँदी गरी १० तोला, दुई बन्डल रिचार्ज, साढे तीन लाख नगद लुटपाट गरेको पीडित उमा साहले बताउनुभयो । सो समूहले घरभित्रै दुई राउन्ड फायरसमेत गरेको पीडित गणेश मोहनले बताउनुभयो । डाँका घरभित्र प्रवेश गर्नासाथ निजका छोरा ३ वर्षीय कृष कुमारलाई नियन्त्रणमा लिई पेस्तोल तेस्र्याएर लुटपाट गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनास्थलबाट ९ एमएमको गोलीको खोका फेला परेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो । सो घटनाका बारे थप अनुसन्धानका साथै उक्त समूहको खोजी भइरहेको उहाँले बताउनुभयो ।

]]>
3701 0 0 0
अवैध मदिरा नियन्त्रणका लागि नाकामा जाँच सुरु http://localhost/ghum/%e0%a4%85%e0%a4%b5%e0%a5%88%e0%a4%a7-%e0%a4%ae%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%a3%e0%a4%95%e0%a4%be-%e0%a4%b2/ Wed, 23 Sep 2015 04:43:19 +0000 http://www.ghumphir.com.np/?p=3703 जाजरकोट, ६ असोज ।

अवैध मदिरा उत्पादनमा वृद्धि भएको भन्दै प्रहरीले यहाँका नाकामा जाँचलाई बुधबारदेखि कडा बनाएको छ । सुन्दर, शान्त समाजको परिकल्पनाका साथ नागरिकको जीउधनको सुरक्षाका लागि प्रहरीले यस्तो कदम चालेको प्रहरीको भनाइ छ ।

Madiraमङ्गलबार दिउँसो खलङ्गा गाविस–४ युउरी र मूलपानीमा घर लुकाइछिपाई राखेको मदिरा खानतलासी गर्दा ३५ लिटर जाँड र ४२ लिटर मदिरा साथै दुई थान मदिरा बनाउने भाडासमेत प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको प्रहरीको सूचना विभागले जनाएको छ । यहाँ पछिल्लो समयमा घरेलु मदिरा उत्पादनमा वृद्धि भएको खबर प्रहरीमा पुगेपछि प्रहरीले त्यहाँ गएर मदिरा नष्ट गरेको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

]]>
3703 0 0 0
युरो–एसिया आर्थिक मञ्च बैठकमा उपराष्ट्रपति प्रस्थान गर्दै http://localhost/ghum/%e0%a4%af%e0%a5%81%e0%a4%b0%e0%a5%8b-%e0%a4%8f%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a4%9e%e0%a5%8d%e0%a4%9a-%e0%a4%ac/ Wed, 23 Sep 2015 04:53:29 +0000 http://www.ghumphir.com.np/?p=3706 काठमाडौँ, ६ असोज ।

उपराष्ट्रपति परमानन्द झा चीनको सान्सी प्रान्तको सियान सहरमा आयोेजना हुने ‘युरो–एसिया आर्थिक मञ्च २०१५’ को छैटौँ बैठकमा भाग लिन नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ बुधबार प्रस्थान गर्नुहुनेभएको छ ।

paramananda-Jhaयही असोज ६ देखि ९ गतेसम्म आयोजना हुने सो मञ्चमा सहभागी हुन उहाँका साथ उपराष्ट्रपति कार्यालयका कामु सचिव जीवनप्रभा लामा, उपराष्ट्रपतिका निजी सचिव कृष्णचन्द्र झा, परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याललगायत हुनुहुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति झालाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा मीनेन्द्र रिजाल एवम् परराष्ट्र मन्त्रालयका उच्च अधिकृतले बिदाइ गर्नुभयो । प्रत्येक दुई वर्षमा हुने उक्त मञ्चको पहिलो बैठक सन् २००५ मा भएको थियो । यसअघि पाँच बैठक भइसकेका छन् । चीन सरकार र साङ्घाई सहयोग सङ्घले संयुक्त रुपमा आयोजना गर्ने बैठकको उद्देश्य ‘सहयोगको नमुनामा नवीनता तथा रेशम मार्गको समृद्धि बाँडफाटका लागि एक क्षेत्र एक सडक निर्माण’ रहेको छ । मञ्चको बैठकका क्रममा उपराष्ट्रपति झाले आफ्ना समकक्षीसँग द्विपक्षीय बैठकमा भाग लिनुहुनेछ । प्रतिनिधिमण्डल यही असोज ९ गते गाङ्दोङ प्रान्तको सेन्चेत सहर हुँदै नेपाल फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

]]>
3706 0 0 0
खानीडाँडा विमानस्थलमा गरिएको कालोपत्रे चार महिना नपुग्दै उप्कियो http://localhost/ghum/%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%a1%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a4%b0/ Wed, 23 Sep 2015 13:14:00 +0000 http://www.ghumphir.com.np/?p=3711 असाेज ६,खोटाङ ।

खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा गरिएको कालोपत्रे गुणस्तरहीन भएको पाइएको छ । गत असार पहिलो साता सम्पन्न गरिएको कालोपत्रे चार महिना नपुग्दै उप्किनुका साथै ठाउँठाउँमा खाल्डाखुल्डी परेपछि उडान अवतरणमा समस्या हुन थालेको विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।   'ठेकेदारको लापरबाहीले यस्तो समस्या सिर्जना भएको हो' उनले भने, 'यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।'  नागरिक उड्डयन प्राधिकरणको सात करोड २४ हजार ३८० लागतमा लामा बुईल्डर्स÷चाङ्मिला जेभी निर्माण कम्पनीले विमानस्थल कालोपत्रे गरेको थियो ।

khanidada airpot

विमानस्थलको ५९० मिटर लम्बाइ र २० मिटर चौडाइमा कालोपत्रे गरिएको छ ।   ठेकेदारले नाफा कमाउन गुणस्तरहीन सामग्री प्रयोग गरेकाले यस्तो समस्या देखा परेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । 'चन्दा सङ्कलन र श्रमदानबाट निर्माण गरिएको विमानस्थल कालोपत्रे गरेपछि प्रभावकारी हुने अपेक्षा गरिएको थियो,' उनले भने,'ठेकेदारको लापरबाहीले चार महिना नपुग्दै जीर्ण बनेको छ ।'   यसबारे सम्बन्धित निकायलाई तत्काल सुधार गर्न निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए ।

'ठेकेदारले यसरी अलपत्र छाड्न मिल्दैन' उनले भने, 'आयोजना प्रमुखसँग कुरा भइरहेको छ, यदि काम पूरा नगरेको खण्डमा कारबाही हुन्छ ।'   हतारमा गरिएको काम भएकाले यस्तो समस्या आएको स्वीकार गर्दै आयोजनाका प्रमुख इन्जिनियर रत्नबहादुर श्रेष्ठले तत्काल समस्या समाधान गरिने बताए । 'तत्कालका लागि उडान भर्ने व्यवस्था मिलाएका हौँ,'उनले भने,“विज्ञ टोली ल्याएर फिनिसिङ गर्ने तयारीमा छौँ ।'   खोटाङवासीको आफ्नै पहलमा निर्माण गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाइन्स, अग्नि, गोमा र तारा एयरलाइन्सले उडान भर्दै आएको छ । खानीडाँडा, लामीडाँडा र थामखर्क गरी तीनवटा विमानस्थल सञ्चालनमा रहेको जिल्लामा खानीडाँडा विकानस्थल सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्दछ ।

]]>
3711 0 0 0
मनमोहक रुप्से झरना र अन्धगल्छी ओझेलमा http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a4%ae%e0%a5%8b%e0%a4%b9%e0%a4%95-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87-%e0%a4%9d%e0%a4%b0%e0%a4%a8%e0%a4%be-%e0%a4%b0-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a7/ Thu, 24 Sep 2015 01:02:48 +0000 http://www.ghumphir.com.np/?p=3716

म्याग्दी, ७ असोज ।

म्याग्दीको उत्तरी पर्यटकीय दाना गाविसमा रहेको आकर्षक रुप्से झरना र विश्वकै गहिरो अन्धगल्छी प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । बेनी–जोमसोम सडकखण्ड नजिकै रहे पनि प्रचारप्रसार हुन नसक्दा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन नसकिएको हो । झरना र गल्छीको दृष्यावलोकनका लागि लाखौँ रुपैयाँ लगानीमा भ्युटावर, पदमार्ग, रेलिङलगायतका पूर्वाधार निर्माण भए पनि झरना र गल्छीलाई लक्षित गरी पर्यटक भित्र्याउन नसकिएको रुप्से अन्धगल्छी संरक्षण समितिका सचिव सुनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । अन्नपूर्ण र धौलागिरि हिमालको रेन्जबाट दानास्थित कालीगण्डकी नदीको खोंचमा मापन गरिएको छ हजार ९६७ मिटर गहिरो अन्धगल्छी संसारकै गहिरो गल्छी मानिन्छ । त्यस्तै ७५ मिटर अग्लो रुप्से झरना नेपालकै सुन्दर झरनाको रुपमा चिनिँदै आएको छ । पछिल्लो समय विभिन्न ठाउँबाट झरना र गल्छीको अवलोकनका लागि आन्तरिक पर्यटक भित्रने क्रम बढे पनि बाह्य पर्यटकलाई उल्लेख्य मात्रामा भित्र्याउन नसकिएको संरक्षण समितिका सचिव विश्वकर्माको भनाइ छ । छयत्तर किलोमिटर बेनी–जोमसोम सडक सञ्चालनमा आएपछि रुप्से झरना र अन्धगल्छीको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या घटेको हो । मोटरबाटोमा सवारीसाधन सञ्चालनमा आएपछि पर्यटक सिधै बेनीदेखि जोमसोम पुग्ने भएकाले झरना र गल्छी ओझेलमा पर्न थालेको स्थानीय बताउँछन् । सवारी चालकले पनि आवतजावत गर्ने बेला पर्यटकले केही समय त्यस क्षेत्रको प्राकृतिक सुन्दरताको विषयमा जानकारी दिने बानीको विकास गर्नुपरेको स्थानीय अगुवाको भनाइ छ । उनीहरुले रुप्से झरना र अन्धगल्छी रहेको क्षेत्रलाई आवश्यक पूर्वाधार तयार गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नसमेत सरोकारवालासँग माग गरेका छन् ।

]]>
3716 0 0 0
दक्षिण एसियाली उद्यमी महिला सम्मेलन सम्पन्न http://localhost/ghum/%e0%a4%a6%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a3-%e0%a4%8f%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a5%80-%e0%a4%ae%e0%a4%b9-2/ Wed, 23 Sep 2015 13:43:28 +0000 http://www.ghumphir.com.np/?p=3718

काठमाडौँ, ६ असोज ।

महिलाहरूलाई कसरी आर्थिक क्षेत्रमा बलियो बनाउन सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिएको दक्षिण एसियाली उद्यमी महिलाहरूको सम्मेलन दक्षिण एसियाली उद्यमी महिलाहरूको सफलताका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ । फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल ओमेन नेपाल (बिपिडब्ल्यु) र गरिबी निवारण कोषले संयुक्त रूपमा तीन दिनसम्म सञ्चालन गरेको सम्मेलनमा नेपालका २० तथा पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का र भारतका २० जना उद्यमशील महिलाको सहभागिता थियो । बिपिडब्युका अध्यक्ष अम्बिका श्रेष्ठका अनुसार सम्मेलनमा दक्षिण एसियाका उद्यमी महिलाले आफ्नो सफलताकाबारेमा अनुभव साटासाट गर्नुका साथै उद्यमी महिलाको चुनौती र सम्भावनाका बारेमा छलफल गरेका थिए । सम्मेलनमा संयुक्त राष्ट्र सङ्घ (युएन) का पूर्व क्षेत्रीय सल्लाहकार चाँदनी जोशीले पछिल्लो समय महिलाहरु आर्थिक उन्नतिको लागि क्रियाशील हुँदै आएको भएपनि आर्थिक समस्या र भौगोलिक रुपले सबै स्थानका महिला सक्रिय हुन नसकेकाले अबका दिनमा हरेक महिलाको क्षमता हेरेर उनीहरुको सीप विकासमा जोड दिनुपर्ने धारणा राख्नु भयो । सम्मेलनमा सहभागी उद्यमी महिला सविता महर्जनले आगामी दिनमा महिला आर्थिक रुपमा सबल हुनुपर्नेमा जोड दिनुभयो । करिब दशवर्ष पहिले बिपिडब्ल्युले दिएको तालिमपछि अहिले चाँदीको व्यापार गर्दै आउनुभएकी ललितपुर ठेचोकी मनिका मालीले अहिले राम्रो आम्दानी गर्नुका साथै विदेशमा समेत निर्यात गर्न थालेको बताउनुभयो ।

]]>
3718 0 0 0
धार्मिक पर्यटकीय क्षेत्र गैँडाकोट विकासका लागि सहयोग गर्न सरकार तयार : अर्थमन्त्री महत http://localhost/ghum/%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/ Wed, 23 Sep 2015 13:52:39 +0000 http://www.ghumphir.com.np/?p=3720

चितवन, ६ असोज ।

अर्थमन्त्री डा रामशरण महतले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको गैँडाकोटमा रहेको मौला कालिका मन्दिर विकासका लागि सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ । उहाँले प्रहरी र सर्वसाधारणको साझेदारीको नमुनाका रुपमा रहेको मन्दिर विभिन्न दाताको सहयोगमा निर्माण भएकामा खुसी व्यक्त गर्नुहँुदै प्रक्रिया पु¥याएर सहयोगका लागि आए सरकारले सहयोग गर्ने बताउनुभयो । मन्दिरको आज दर्शन र अवलोकनपश्चात् आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री महतले प्राकृतिक छटाले भरिपूर्ण कालिका मन्दिरको प्रचारप्रसारमा जोड दिएको खण्ड धार्मिक पर्यटन फष्टाउने बताउनुभयो । सो अवसरमा मन्त्री महतले मन्दिर परिसरको विभिन्न भौतिक पूर्वाधारको अवलोकन गर्नुभएको थियो । मन्दिर सञ्चालक समितिका सल्लाहकार एवम् पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा सूचीकृत मन्दिरको विकासको सहयोगका लागि आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली सेनाका रथी बलदेव राज महतलगायतको उपस्थिति रहेको थियो ।

]]>
3720 0 0 0
करुवा उद्योग सङ्कटमा http://localhost/ghum/%e0%a4%95%e0%a4%b0%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%9f%e0%a4%ae%e0%a4%be/ Wed, 23 Sep 2015 13:58:34 +0000 http://www.ghumphir.com.np/?p=3722

पाल्पा, ६ असोज ।

पाल्पाको पहिचान बोकेको करुवा उद्योग सङ्कटमा परेको छ । तानसेनको टक्सारटोल पाल्पाली करुवा उत्पादनका लागि परिचित स्थान भए पनि अहिले त्यहाँ उत्पादन न्यून मात्रामा हुँदा उद्योग सङ्कटमा पर्न थालेको हो । मागअनुसारको करुवा समयमा पाइन छाडेको उद्योग वाणिज्य सङ्घका महासचिव भीमसेन कार्कीले बताउनुभयो ।

karuwaपछिल्लो पुस्ताका ताम्राकारले करुवा निर्माणभन्दा अन्य व्यवसाय अङ्गालेपछि करुवा उद्योग धरापमा परेको हो । सात आठ वटा घरमा पहिला करुवा उद्योग सञ्चालित भए पनि अहिले दुई घरमा मात्र सीमित रहेको कार्की बताउनुहुन्छ । पाल्पामा कालिगडको अभावका कारण उद्योग बन्द हँुदै गएका छन् । धेरै मेहनत गर्नुपर्ने भएकाले नयाँ पुस्ता यस पेसामा आकर्षित हुन नसकेको स्थानीय माया बज्राचार्यले बताउनुभयो । उद्योग वाणिज्य सङ्घका कार्यकारी सचिव मुक्ति न्यौपानेले करुवा उपहार दिनुपर्नेमा पाल्पाली करुवाको अभावका कारण अन्य सामान उपहार दिन बाध्य हुनुपरेको बताउनुभयो । पाल्पा घुम्न आउने उद्यमी तथा व्यवसायीलाई चिनोस्वरुप करुवा दिनुपर्ने चलन रहेकोमा अहिले करुवाको अभावले अन्य उपहार दिनुपर्ने दुःखद् स्थिति सिर्जना भएको उहाँले बताउनुभयो । युवा विदेश पलायन हुनु र अन्य समुदाय यस पेसामा आकर्षित हुन नसक्दा पराम्परागत सीप बर्सेनि लोप हुँदै गएको छ ।

]]>
3722 0 0 0
सुनसान मनास्लु पदमार्ग http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%be%e0%a4%a8-%e0%a4%ae%e0%a4%a8%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%b2%e0%a5%81-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97/ Wed, 23 Sep 2015 14:14:19 +0000 http://www.ghumphir.com.np/?p=3725 3725 0 0 0 १ रुपैया भन्दा बढी भाडा लिनेलाई पाँच हजार जरिवाना http://localhost/ghum/%e0%a5%a7-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%88%e0%a4%af%e0%a4%be-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%ad%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%b2%e0%a4%bf/ Wed, 23 Sep 2015 14:18:32 +0000 http://www.ghumphir.com.np/?p=3728

काठमाडौँ, ६ असोज ।

सार्वजनिक सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिएमा रु पाँच हजार जरिवाना तिराउने अभ्यास सुरु भएको छ ।यातायात व्यवस्था विभागले पटकपटक घटाएको भाडादर लागू नभएपछि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार अधिकतम जरिवाना तिराउन सुरु गरिएको हो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा विभागले भदौ २३ गते लागू गरेको भाडादर कार्यान्वयन नभएपछि अधिकतम जरिवाना तिराइमा कारबाही गर्न थालिएको हो ।

विभागका प्रवक्ता वसन्त अधिकारी तोकिएको भन्दा रु एक बढी भाडा लिए पनि रु पाँच हजार जरिवाना गरी कारबाही गरिएको बताउनुहुन्छ । “रु एक र रु दुई बढी भाडा लिने ३०० भन्दा बढी सार्वजनिक सवारीसाधनलाई रु पाँच हजार कारबाही गरिसकिएको छ, ट्राफिकले बढी भाडा लिने साधनको ब्लु बुक र लाइसेन्स समातेर विभागमा बुझाउँछ, त्यसका आधारमा रु पाँच हजार जरिवाना गरेका हौँ”–उहाँले भन्नुभयो ।

ट्राफिकले चिट काटेर रु एक हजार मात्र कारबाही गर्नसक्ने भएकाले पटकपटक भाडा घटाउन आनाकानी गर्ने सवारीसाधनलाई कडा कारबाही गर्ने नीतिअनुरुप ब्लु बुक र लाइसेन्स समाती रु पाँच हजार कारबाही गरिएको विभागले जनाएको छ । विभागले अनुगमनका लागि उपत्यकामा ट्राफिक प्रहरी, उपभोक्तावादी र यातायात व्यवसायी सम्मिलित चारवटा समूह खटाएको छ ।

तोकिएभन्दा बढी भाडा लिने साधनका विषयमा यात्रुले ट्राफिक प्रहरीको १०३ मा फोनबाट दिएको सूचनाका आधारमा पनि सवारी समाती कारबाही गरिएको विभागले जनाएको छ । ट्राफिकमा बढी भाडा लिएको फोन आउने क्रम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला तोकिएको भाडाभन्दा बढी लिने सवारीसाधनमाथि भइरहेको कारबाहीमा पूर्ण समर्थन रहेको बताउनुहुन्छ ।

“कार्यान्वयनका लागि झोलामा खुद्रा पैसा बोकेर हिँड्न पनि तयार हुनुस् भनी व्यवसायीलाई निर्देशन दिएका छौँ, सवारी धनीले तोकिएभन्दा बढी भाडा नलिन निर्देशन दिँदा पनि कर्मचारीले बढी भाडा लिएको सूचना आएकाले बढी भाडा लिने कर्मचारीबाट जरिवाना असुल गर्न सवारी धनीलाई निर्देशन दिएका छौँ”– उहाँले भन्नुभयो ।

यात्रुलाई टिकट दिने सम्बन्धमा पनि गृहकार्य सुरु भएको उहाँले बताउनुभयो । यसअघि २०७१ पुस ९ र माघ २६ गतेको भाडादर घटाउने निर्णय पनि कार्यान्वयन नभएपछि यसपटक रु एक बढी भाडा लिँदा पनि रु पाँच हजार नै जरिवानास्वरुप कारबाही गर्न बाध्य हुनुपरेको विभागले जनाएको छ ।

]]>
3728 0 0 0
मनोरम द्श्य http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a5%8b%e0%a4%b0%e0%a4%ae-%e0%a4%a6%e0%a5%8d%e0%a4%b6%e0%a5%8d%e0%a4%af/ Wed, 23 Sep 2015 16:23:40 +0000 http://www.ghumphir.com.np/?p=3734 3734 0 0 0 सुन्दरीचोकको सुन्दरता http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%80%e0%a4%9a%e0%a5%8b%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a4%a4%e0%a4%be/ Wed, 23 Sep 2015 16:41:08 +0000 http://www.ghumphir.com.np/?p=3736 3736 0 0 0 नयाँ अलैंची बजारमा आउन थालेपछि व्यापारीले ह्वात्तै मूल्य घटाए http://localhost/ghum/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%85%e0%a4%b2%e0%a5%88%e0%a4%82%e0%a4%9a%e0%a5%80-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%89%e0%a4%a8-%e0%a4%a5%e0%a4%be/ Thu, 24 Sep 2015 01:02:05 +0000 http://www.ghumphir.com.np/?p=3738 संखुवासभा,७ असोज
कालो सुन भनेर चिनिने अलैंचीको नयाँ कारोबार सुरु भएसँगै दुई महिनाको अन्तरालमा प्रतिकिलो आठ सय ५० रुपैयाँ मूल्य घटेको छ । नयाँ अलैंची बजारमा आउन थालेपछि व्यापारीले ह्वात्तै मूल्य घटाएको किसानको गुनासो छ।
असारमा प्रतिमन एक लाख २० हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य हाल ८६ हजार रुपैयाँ कायम भएको छ। 'मूल्य कसरी बढ्छ, कसरी घट्छ, सैलाई जानकारी हुँदैन। एक लाख २० हजार रुपैयाँमा खरिद गरेको अलैंची गोदाममा छ तर मूल्य ८६ हजार भनेपछि छक्क परेको छु', मकालुका व्यापारी मनोज गुरुङले भने।
alaichi
अलैंची उत्पादन हुने तल्लो क्षेत्रमा तयार गरी बजार ल्याउन थालेपछि खाँदबारी, चैनपुर, नुम, बाह्रबिसे, सिद्धपोखरी बजारमा ८६ हजार प्रतिमन (४० किलोग्राम) मा खरिदबिक्री सुरु भएको हो। आफूहरूले बिक्री गर्ने समयमा अलैंचीको मूल्य घटाउने काँकडभित्ताका व्यापारीलाई राज्यले कहिल्यै कुनै निगरानी गर्न नसकेको किसानको आरोप छ।
किसान र अलैंची खेतीप्रति राज्यले बेवास्ता गरेर राजस्वमात्रै लिन नहुने उनीहरूको माग छ। अघिल्लो दिन खरिद गरेको अलैंची पछिल्लो दिन प्रतिमन १० हजार रुपैयाँ मूल्य घटेको भन्दै ठूला व्यापारीले खरिद नगरेपछि धेरै साना खुद्रे व्यापारी घरबारविहीन बनेको उदाहरण छ।
सामानको गुणस्तर र परिमाणसँग सरोकार नराखी काँकडभित्ताका ठूला व्यापारीले अलैंचीको मूल्यमा सिन्डिकेट गरेको किसानको आरोप छ।
सामानको गुणस्तर र परिमाणसँग सरोकार नराखी काँकडभित्ताका ठूला व्यापारीले अलैंचीको मूल्यमा सिन्डिकेट गरेको किसानको आरोप छ। नेपाल अलैंची व्यवसायी महासंघ पनि ठूला व्यापारीकै पक्षमा भएकाले मूल्य निर्धारणमा कुनै पहल नगरेको उद्योग वाणिज्य महासंघका सदस्य लेखनाथ बुढाथोकीले बताए।
 अलैंचीको मूल्य निर्धारण र निर्यातमा राज्यले कानुनी प्रावधान तोकिदिनुपर्ने उनले माग गरे। एभरेस्ट कार्डिममको नामबाट अलैंची निर्यात गर्ने भनी महासंघले बोरा खरिद गर्न बाध्य बनाएपछि अन्य व्यापारीले भारत, बंगलादेश र अरब मुलुकमा अलैंची निकासी गर्न रोक लगाएको एक व्यापारीले बताए।
संकलित पुराना अलैंचीको मूल्य उच्च हुँदा किसानले नयाँ अलैंची बजारमा ल्याउन नपाउँदै मूल्य ह्वात्तै घटेपछि आफू निराश बनेको जलजलाका अलैंची किसान पासाङ शेर्पाले बताए। गत वर्षको तुलनामा यस वर्ष अलैंची उत्पादन घट्ने देखिए पनि मूल्यसमेत घट्ने भएको छ।साभार :अन्नपुर्ण
]]>
3738 0 0 0
नेपालकै पहिलो कफुचे हिमतालसम्म पदयात्रा मार्ग निर्माण गरिने http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%88-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%95%e0%a4%ab%e0%a5%81%e0%a4%9a%e0%a5%87-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%a4/ Thu, 24 Sep 2015 01:01:16 +0000 http://www.ghumphir.com.np/?p=3740 कृष्णमणि बराल
पोखरा,७ असोज
नयाँ पर्यटकीय गन्तव्य विकास गर्ने उद्देश्यले कास्कीको पार्चे गाविसस्थित कफुचे हिमतालसम्म पदयात्रा मार्ग निर्माण गरिने भएको छ।
 समुद्री सतहदेखि २४ सय ३७ मिटर उचाइँमा रहेको कफुचे ताल क्षेत्रलाई अध्यय, अनुसन्धान र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्यटकीय गाउँ सिक्लेस हुँदै तालसम्म पदयात्रा मार्ग निर्माण गर्न लागिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का पर्यटन अधिकृत नरेन्द्र लामाले जानकारी दिए।
भेडा गोठाला हिँडिरहेको पुरानै गोरेठो बाटोलाई स्थरउन्नत्ती गरी पदयात्रा मार्ग निर्माण गर्न लागिएको पर्यटन अधिकृत लामाले बताए। यसका लागि छुट्याइएको प्रस्तावित बजेट स्वीकृत भएपछि यसै वर्ष पदयात्रा मार्ग निर्माणकार्य सुरु गरिने छ।
लाली गुराँसको वन हुँदै उकालीओराली गर्दै अन्नपूर्ण, लम्जुङलगाएतका सुन्दर हिम श्रृंखलाको दृश्यावलोकन गर्न सकिने यो क्षेत्र वन्यजन्तु, जडीबुटिका लागि प्रसिद्ध मानिन्छ।
नेपालमा ४५ सय मिटरभन्दा माथि मात्रै हिमताल भेटिए पनि २४ सय ३७ मिटरको उचाइमा रहेको यो नै नेपालकै पहिलो हिमताल भएको दाबी संरक्षणविद् डा हुम गुरुङको छ। 
untitled
तालसम्मको पदयात्रा क्षेत्र नयाँ पर्यटकीय गन्तव्य भएकोले यस क्षेत्रको भ्रमणमा जाँदा खानेकुराको जोहो गर्दै टेन्टमा बस्ने गरी पदयात्राको तय गर्नु पर्ने अवस्था छ। त्यसैले यो पदयात्रा मार्ग अन्य पदयात्रा क्षेत्रभन्दा रोमाञ्चक हुने एक्यापका पर्यटन अधिकृत लामा सुनाउँछन्।
जलवायु परिवर्तनको कारण कास्कीको पर्यटकीय गाउँ पार्चेमा गत १० देखि १२ वर्षमा नयाँ हिमताल बनेको संरक्षणविद् डा हुम गुरुङ बताउछन्। अन्नपूर्ण हिमालबाट झर्ने विशाल हिमको थुप्रो पग्लिएर हिमतालमा परिणत भएको उनले बताए।
नेपालमा ४५ सय मिटरभन्दा माथि मात्रै हिमताल भेटिए पनि २४ सय ३७ मिटरको उचाइमा रहेको यो नेपालकै पहिलो हिमताल भएको दाबी डा गुरुङको छ। कफुचे हिमताल अन्तर्राष्ट्रिय अनुसन्धान कर्मीका लागि अध्ययनको उचित केन्द्र हुने गुरुङ बताउँछन्।
पार्चे गाविसका पूर्व अध्यक्ष मनबहादुर गुरुङले सरकारले चासो नदिँदा हिमतालको संरक्षण र पर्यटन प्रवद्र्धनको काम हुन नसकेको बताए। जापानी अनुसन्धानकर्ता डा जिरो कोमोरीका अनुसार झन्डै दसदेखि १२ वर्षमा हिमताल पग्लिएर बनेको यो तालको लम्बाइ चार सय मिटर, चौडाइ तीन सय मिटर र गहिराइ ४० मिटर छ।साभार अन्नपुर्ण
]]>
3740 0 0 0
सिँचाइका लागि नहर बने भएपछि देवचुलीका बासिन्दा खुसी http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%81%e0%a4%9a%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%a8%e0%a4%b9%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a5%87-%e0%a4%ad%e0%a4%8f%e0%a4%aa/ Thu, 24 Sep 2015 04:09:03 +0000 http://www.ghumphir.com.np/?p=3745

परासी, ७ असोज ।

सिँचाइका लागि नहर बने भएपछि नवलपरासीको देवचुलीका बासिन्दा खुसी भएका छन् । सिँचाइको अभावको खेतीयोग्य भूमिबाट आम्दानी लिन नसकेका यहाँ बासिन्दालाई नहर बने भएपछि खुसी भएका हुन् । देवचुली डाँडाको काखबाट बहने टोक्रे खोलाको पानीले यहाँको ६५० हेक्टर खेतीयोग्य जमिनलाई सिँचाइ गर्छ । विश्व बैंकको रु आठ करोड ६६ लाख ९३५ लागतमा नहर निर्माण भइरहेको जानकारी टोक्रे नहर निर्माण उपभोक्ता समितिका अध्यक्ष बालानन्द अर्यालले दिनुभयो । एक वर्ष अगाडिबाट निर्माण थालिएको नहरको काममा धान सिँचाइका लागि आवश्यक पर्ने पानीको अत्यधिक आवश्यकतालाई परिपूर्ति गर्न काम भएकाले अहिले काम रोकिएको छ भने अबको केही दिनमा यसलाई तीव्र गति दिने अध्यक्ष अर्यालले बताउनुभयो । देवचुली नगरपालिकाको ६ देखि ९ नम्बर वडालाई समेट्ने गरी निर्माण गरिएको यो नहरले यस क्षेत्रका एक हजार किसान लाभान्वित हुने भएका छन् । १४ वटा शाखाबाट पानी वितरण हुने प्रणाली नहरको रहेको छ । नहरले देवचुलीको झाक्रेस्वर, रामवास, मुढावास, आपटारी र विशालटारका खेतीयोग्य जमिनमा सिँचाइ गर्ने जनाएको छ । रु साढे चार करोड बराबरको काम भइसकेको छ अबको एक वर्षमा सबै काम सकिन्छ भन्नेमा आशावादी रहेको सहसचिव प्रेमराज अधिकारीले बताउनुभयो ।

]]>
3745 0 0 0
पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव हुने http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%95/ Thu, 24 Sep 2015 04:33:08 +0000 http://www.ghumphir.com.np/?p=3748 पाेखरा ७ असाेज

नेपालीहरुको महान् चाड वडादशैंको अवसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा घटस्थापनादेखि नवमीसम्म हुने महोत्सवको तयारी सुरु भएको हो । महोत्सवका लागि समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको अध्यक्षमा मुल समारोह समिति गठन भएको छ भने विभिन्न २३ वटा उपसमिति पनि गठन भएको छ । समितिले यो नवौं पटक महोत्सव गर्न लागेको हो । महोत्सवको सुरुको दिन घटस्थापनामा शोभायात्रामा नवदुर्गाका नौ रुपसहित एक सय आठ कलश, विन्ध्यवासिनी मन्दिरको झाकी, विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक, शैक्षिक संघसंस्थाहरुको सहभागितामा नवदुर्गा शोभा यात्रा हुने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । मन्दिर परिसरबाट निस्केर नवदुर्गाको नौ रुपको झाँकीसहितको ¥यालीले पोखराको विभिन्न ठाउँको परिक्रमा गरि पुनः मन्दिरमा पुगेर समापन हुने आयोजकले जनाएको छ । मन्दिर परिसरमा घटस्थापनाको दिनदेखि नवदुर्गा महोत्सव अन्तर्गत महानवमीको दिनसम्म दैनिक संगीतमय श्रीमददेवी भागवत कथा वाचन हुने समितिका अध्यक्ष तथा मुल समारोह समिति संयोजक गणेश बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सवमा युवा पण्डित नारायण देवकोटाले प्रवचन गर्नेछन् भने भारतको बनारस र नेपालको पशुपति बाग्मती किनारमा हुने गरेको आरती जस्तै संगीतमय आरतीको पनि प्रारम्भ भैसकेको छ । आरतीका लागि विन्ध्यवासिनी गुरुकुलका पूर्व विद्यार्थी तथा बनारसमा अनुभव बटुलेका गोकर्ण शर्मा पोखरा आएका छन् । विन्ध्यवासिनी मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले बडादशैंको अवसरमा नवदुर्गा महोत्सवको आयोजना गर्दै आएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकाी दिए । विन्ध्यवासिनी मन्दिरको साढे ३ सय बर्षको ईतिहास रहेको र मन्दिरमा स्वदेशी तथा विदेशी दर्शनार्थीको घुइचो लाग्ने गरेको श्रेष्ठको भनाई छ ।

]]>
3748 0 0 0
पर्यटन प्रवद्र्धन गर्न चिनियाँ नायक मिङयाङ पोखरामा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%9a/ Thu, 24 Sep 2015 16:56:28 +0000 http://www.ghumphir.com.np/?p=3756 सागर राज तिमिल्सिना
पोखरा, ७ असोज 
पोखराको पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले चिनियाँ नायक मिङयाङ पोखरा आएर बिहिबार पोखरा आएर काठमाडौ फर्किएका छन् । पोखराको पर्यटन प्रवद्र्धन गर्न चिनियाँ नायक जियाङलाई पोखरा ल्याएको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यष पोमरारायण श्रेष्ठले जानकारी दिए । विहिबार पोखरा आएका चिनियाँ नायक जियाङ बिहान पोखरा आएर पोखरामा अल्ट्रालाइट र प्याराग्लाईडिङ गरे काठमाडौ फर्किएका हुन् ।
actress chines
उनीसँगै चिनियाँ संचारमाध्यमका पत्रकार, फोटोग्राफर, मेकअप आर्टिस्ट सहित जियाङको समुहमा ९ जना चिनियाँ पोखरा आएका थिए । नेपाल ल्याउनु निकै महंगो भएपनि काठमाडौं आएको मौका पारेर आफुहरुको विशेष अनुरोधमा पोखरा ल्याएको श्रेष्ठले बताए । चिनियाँ नायक जियाङले गड्स ओउन लभ दी टिकेट इज २०१२ लगायतमा अभिनय गरेका छन् । उनले सन् २००६ मा माइक्रो फिल्म फेस्टिवलमा उत्कृष्ट नायकको उपाधि हात पारेका थिए । त्यसबाहेक उनले थुप्रै उपाधि हात पारिसकेका छन् ।
पोखरामा चर्चित विदेशी फिल्मकर्मीको आगमनले यहाँको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने व्यवसायीको भनाइ छ । पोखरा पर्यटन पूर्नजागरण समिति (पिटिआरसी) संयोजक गणेशबहादुर भट्टराइले जियाङलाई मायाको चिनो दिदै नेपाल र पोखराको बारेमा चिनमा सकारात्मक सन्देश फैलाउन अनुरोध गरे ।
]]>
3756 0 0 0
मुक्तिनाथ दर्शन रु १२ हजार मात्र : ब्यबसायी गुरुङ्ग http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a5%a7%e0%a5%a8-%e0%a4%b9/ Thu, 24 Sep 2015 17:50:26 +0000 http://www.ghumphir.com.np/?p=3759 मुक्तिनाथ हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तिर्थ स्थल हो । धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले निकै प्रख्यात रहेको मुस्ताङको मुक्तिनाथ । मुक्तिनाथमा बास बस्न तथा यात्रा गर्न चाहने यात्रुहरुलाई खुसिको खबर ,मुस्ताङ यात्रामा जादा हुने कठिनाई र खानपीनको ब्यबस्थान भएपनी सुविधा सम्पन्न तरिकाले खानपी तथा बास बस्ने ब्यबसाथपन थिएन । अव त्यो समस्याबा छुटकारा मिल्ने भएको छ , मुक्तिनाथ दर्शन गर्न जाने भक्तजनहरुलाई । आफ्नै क्षेत्रमै केही गरौ भन्ने हेतुले मुक्तिनाथकै ब्यबसायी सुरज गुरुङ्गले ३ करोडको लगानीमा मुक्तिनाथमा सुविधा सम्पन्न होटल ग्राण्ड संवाला भाद्र १ देखी संचालनमा ल्याएका छन् । भुकम्पका कारण देशको पर्यटन ओराले लागेको समयमा संचालक सुरजले मुक्तिनाथमा सुविधा सम्पन्न होटल संचालनमा ल्याएका छन् । मुक्तिनाथको पर्यटन तथा त्यसको सेरोफेरोमा केन्द्रित भएर घुुमफिर सग गरिएको कुराकानी

suraj mustangमुस्ताङ स्थीत मुत्तिनाथ परिसरमा होटल संचालनको सोच कसरि आयो ? आफु मुस्ताङमा जन्मीएको र उतै उर्किएको हुनाले मुस्ताङ लगाएत अन्नपूर्ण क्षेत्र,मुक्तिनाथको दर्शनमा आउने आन्तिरीक र बाह् पर्यटकहरुले पाउने गरेका कठिनाईहरुलाई नजिक बाट नियाल्ने अवसर पाएको छु । एउटा कुरा आफ्नो माृतीभूमीमा केहि गरौ भन्ने सोच धेरौ पहिला देखिनै पलाएर आएको थियो । मुक्तिनाथमा स्वदेशी विदेशी हिन्दु धर्मालम्बी र बौद्ध धमालम्बीहरुको एउटा गुनासो सधै कानका गुञ्जी नै रह्यो । त्यो के हो भने मुक्तिनाथ यात्रामा जादा निकै खर्चिलो हुने तर खर्च गरेअनुरुप सुविधा नपाएको भन्ने गुनासा आउदथियो । त्यही कुराले कर्दा मुक्तिनाथ क्षेत्रमा सुवीधा सम्पन्न तर सबै तहका भक्तजनहरुको आर्थिक हैसियतले भ्याउने खालको खाने बस्ने ठाउ ,स्थानीय उत्पादनको प्रवद्धन लाई लिएर होटल संचालनको सोच आएर थालनी गरेको हु ।

तपाईले संचालनमा ल्याउनु भएको होटलको विशेषाहरु के के हुन ? विशेष गरि भन्नुपर्दा होटलको विशेषता ,मुक्तिनाथ दर्शनमा आउने पर्यटकहुन वा विदेशी । उनिहरुलाई खान बस्न सधै समस्या हुने गरेको मैले अनुभव गरेको थिए । त्यसैलाई मध्य नजर गर्दै होटल संचालनमा ल्याएको हु । यो होटलमा अत्याधिक सुविधा सम्पन्न स्वीट रुम देखि सस्तो खालको रुमहरु सजिलै उपलब्ध छन् । अझ होटलको विशेषता तथा सेवा विस्तारै विस्तार बढाउदै लैजाने सोच छ । मुक्तिनाथ आउका पाहुनाहरुले स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरु देखि विदेशीहरुले रुचाउने सबै खाले खानाको परिकार समेत पाउने ब्यबस्थापन गरेका छौ होटलमा । मुस्ताङमा अतिनै लोकप्रीय रहेको आलु जुन पोखरामा विशेष महत्व राख्छ त्यसबाट बनाइएका विभिन्न परिकारहरु, फापरको रोटी, मुस्ताङको स्याउबाट बनेका विविध परीकारहरु, सुकुटी लगाएत पाउन सकिन्छ । विशेष गरि मुस्ताङको अन्य भाग घुम्न चाहने पर्यटहरुलाई पनि विशेष व्यवस्था छ जस्तै मुस्ताङ घुम्नचाहलेहरुलाई मोटरसाईक सफारी घोडा सफारी स्थानीय परम्परा अनुसारको सांस्कृतिक झाकी देखाउने ,मुस्ताङमा रहेका प्रचिन स्थानहरुको भ्रमण तालहरुको भ्रमण गराउने र गुम्बाहरुको बारेका जानकारी लागएतका पर्यटकहरुको बसाईलाई लम्बाउने थुप्रै विशेषताहरु रहेका छन् । अहिले सम्म प्याकेजै भनेर स्वादेशी तथा पर्यटकहरुलाई छुट्याएको त छैन । तर पछि हामी बनाउने छौ ।

भूकम्प पछि पर्यटकिय क्षेत्रमा कस्तो किसिमको असर प¥यो ? भूकम्पले धेरौ ठाउमा नोक्सान त ग¥यो, तर हाम्रो मुक्तिनाथ क्षेत्रमा विशेष गरि भन्नु पर्दा मुक्तिथानको कृपाले भन्नु पर्छ त्यती क्षती भएन । यो हाम्रो लागी राम्रो कुरा हो तर संचारमाध्यममा आएका खबरहरुले प्रभाव भने निश्चितरुपमा पारेका छ । यसवर्ष आउने पर्यटकहरुको सख्यामा निकै कमी आएको छ । आशा छ भोलीका दिनमा मुस्ताङ मात्र होईन अन्न भागमा आयउने पर्यटकको सख्या बढेर जाने छ ।

पर्यटक सख्यामा आएको कमीलाई पुनः पहिलेको अवस्थामा फर्काउन तपाईहरुको स्तरबाट केहि पहल गर्नु भएको छ ? हामीले हाम्रो स्तरबाट भन्ने हो भने पर्यटन व्यवसायी भएको नाताले स्थानीय स्तरबाट साथि भाई मिलेर विभिन्न कार्यक्रम पनि गरेका छौ र गर्ने सोचमा पनी छौ । अझ भन्ने हो भने भोलीका दिनकालागी पनि साथीभाई मिलेर पर्यटकिय क्षेत्रको प्रचार प्रसाग गर्ने कार्यक्रमको सोच बनाएका छौ ।

सरकार बाट कस्तो अपेक्षा गर्नु भएको छ ? सरकारले पर्यटन क्षेत्रमा के गरिदिओस जस्तो लाग्छ ? सरकारले आफ्नो स्तरबाट गरिरहेको पनि छ ,तर संचार क्षेत्रमा पर्यटकिय क्षेत्रको वास्तविक्ता बुझेर यसको अली बडी प्रचार प्रसार गरिदिओस जस्तो हामीलाई लागेको छ । सरकारको पर्यटन मन्त्रालयले यसको गम्भीर भएर प्रचारप्रसार गरे आगामी दिनमा आउने पर्यटकहरुको सख्यामा अवश्यपनि वृद्धि हुनेमा म विश्वस्त छु ।

यात्रामा आउने पर्यटकहरुले भूकम्पले बाटोहरु पुलहरु विग्रेको भन्ने ठानेका छन् के त्यस्तै हो मुस्ताङको बाटो ? भुकम्पमा केही समयमा बाटाहरु असहज भएका हुन् बिग्रका होईन्न ।  तर जे जती बजारमा हल्लाहरु आएका छन् त्यस्तो विग्रेका छैन्न। विशेषगरि भूकम्पले गर्दापनि सेतीमा आएको पहिरोले कालीगण्डकी नदिको मुहान बन्द हुदा केही समय बाटो विग्रेको अवस्थामा थियो । तर त्यसलाई सरकारले तथा स्थानियले मर्मत गरिसकेका कारण अहिले आवत जावत सहज भईसकेको छ ।  अहिले आवत जावतका लागी कुनै पनी स्थानमा त्यास्तो अप्ठ्यारो छैन ।

मुस्ताङ आएर मुक्तिनाथको दर्शन गर्न सरदर एक यात्रुले कती खर्चमा जती पर्ला ? विशेषगरि यात्रुहरुको कम खर्चमा नै मुक्तिनाथको दर्शन होस भन्ने हाम्रो चाहना पनी हो । यसका लागी अहिले एक यात्रुले पोखराबाट मुक्तिनाथ दर्शन गर्न १२ हजार जतीमा दर्शन गरि र्फकन सकिन्छ ।

mustang

]]>
3759 0 0 0
मध्यरातमा रथ चोरेर पुल्चोक ल्याइयो http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%a5-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%b0-%e0%a4%aa%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%9a/ Fri, 25 Sep 2015 03:52:38 +0000 http://www.ghumphir.com.np/?p=3766

शर्मिला पाठक  काठमाडौँ, ८ असोज ।

शास्त्रीय मान्यताअनुसार बिहीबार मध्यरातमा रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको युलाखेलबाट चोरेर पुल्चोक ल्याइएको छ । यस वर्ष १२ वर्षको विशेष मेला परेकाले परम्पराअनुसार युलाखेलबाट रातको करिब १२ बजे रथलाई पुल्चोक ल्याइएको हो । सामान्यतया रथ तान्दा बाजागाजासहित विशेष किसिमको रमाइलो गरी तान्ने भएपनि बाह्रवर्षे जात्राको तेस्रो दिन सकेसम्म शान्त वातावरण र कुनै सामान चोरेको शैलीमा रथ तान्नुपर्ने धार्मिक मान्यताअुसार रथलाई मध्यरातमा युलाखेलदेखि चोरेर पुल्चोक ल्याइएको पुजारी विनोद बज्राचार्यले बताउनुभयो ।

rato-m1अन्य दिन रथ तान्दा बिहान वा दिउँसोको समयमा गरिने भएपनि रथ जात्राको तेस्रो दिनमा मध्यरातको समयमा गरिने भएकाले यस जात्रालाई विशेष रुपमा लिइएको पुजारी बज्राचार्यको भनाइ छ । रातको समयमा नै रथ तान्नुपर्ने भएकाले पुजारी, गुठीयार र सानो सङ्ख्यामा स्थानीयवासीको सहभागिता रहेको बताइएको छ । बाह्रवर्षको मेला परेकाले पहिलो पटक गत वैशाख ६ गते रथारोहण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भएपनि वैशाख १२ गतेको भूकम्पका कारण क्षति भई रोकिएको रथ जात्रा पुनःनिर्माण पछि ज्योतिषीको साइतअनुसार यही असोज ४ गते दोस्रो पटक रथारोहण गरी ५ गतेदेखि जात्रा सुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले बताउनुभयो । हजारौँ मानिसको सहभागितामा जात्राको पहिलो दिन रथलाई छ्यासीकोटदेखि भैँसेपाटी सम्म तानिएको थियो भने त्यसैगरी दोस्रो दिन रथलाई भैँसेपाटीदेखि नख्खु खोलासम्म पार गरिएको थियो । परम्पराअनुसार नख्खु खोलामा रथ आइपुग्दा खोलाबाट नाग र नागिनीले रथको दर्शन गर्ने विश्वास रहिआएको छ । अन्य समयमा रथ पुल्चोकमा नै निर्माण गरी सोही स्थानबाट रथ जात्रा सुरु हुने गरेको भएपनि यस वर्ष १२ वर्षको विशेष मेला परेकाले रथलाई बुङ्मतीमा निर्माण गरी सोही स्थानमा नै रथारोहण गरी रथ जात्रा सुरु गरिएको हो । बाह्र वर्षको मेलाकै कारण रथको सबै भाग नयाँ बनाउनुपर्ने भएकाले गत मङ्सिर महिनादेखि रथ निर्माणको काम सुरु गरिएको थियो । यस जात्रालाई उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा लिइन्छ । रथमा राखिने विभिन्न भागको निर्माण गर्न मात्र करिब पाँच महिनाको समय लागेको निर्माणकर्मी दिलकुमार बारहीले जानकारी दिनुभयो । बारहीका अनुसार अन्य भागको तुलनामा पाङ्ग्रा र रथ निर्माणको कामलाई जटिल रुपमा लिइन्छ । रथको पाङ्ग्रा बनाउन दुई महिनाको समय लागेको थियो । त्यस्तै वेद, जुटबाट बनेको डोरी र काठबाट निर्माण गरिएको रथ अग्लो हुने भएको हँुदा एक हातले लड्नबाट बच्नको लागि समाउने पर्ने र अर्का हातले रथ निर्माणको काम गर्नुपर्ने भएकाले अत्यन्तै जटिल भएको निर्माणकर्मी बताउँछन् । रथमा राखिने विभिन्न भागमध्ये खट, घमा, घमा पासा, पाङ्ग्रालगायत सामग्रीलाई महत्वपूर्ण मानिन्छ । रथ निर्माणको लागि मात्र रु १५ लाख खर्च भएको गुठी संस्थानले बताएको छ । चार पाङ्ग्रालाई मुख्य चार भैरवका रूपमा लिने गरिन्छ । प्रकृति विपद्का कारण यस वर्ष १२ वर्षे मच्छिन्द्रनाथको रथ जात्रालाई पनि निकै समस्या परेको थियो । अब निरन्तर रुपमा जात्रा सञ्चालन गर्न पाए असोजको अन्तिम सातासम्ममा भोटो देखाउन सकिने गुठी संस्थाने बताएको छ । आज चौथो दिन रथलाई पुल्चोकबाट गाबाहल ल्याउने तयारी भइरहेको छ ।

]]>
3766 0 0 0
सुलभ तथा सहज आपूर्तिका लागि सुपथ मूल्य पसल http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%b2%e0%a4%ad-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b8%e0%a4%b9%e0%a4%9c-%e0%a4%86%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be/ Fri, 25 Sep 2015 03:57:37 +0000 http://www.ghumphir.com.np/?p=3769

काठमाडौँ, ८ असोज ।

केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको आज बसेको बैठकले असहज परिस्थितिका कारण सिर्जना हुन सक्ने बाधाअवरोधको समयमै आकलन गरी अत्यावश्यक वस्तु तथा सेवाको नियमित, सुलभ तथा सहज आपूर्ति गर्न सुपथ मूल्यका पसल सञ्चालन गर्ने निर्णय गरेको छ । मुख्यसचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सम्पन्न बैठकमा आसन्न चाडपर्वमा वस्तु तथा सेवाको प्रभावकारी व्यवस्थापन गर्ने निर्णय भएको हो ।

pasal khdhya बैठकले हरेक निकायले फलफूल, तरकारी, दुग्धजन्य पदार्थ, माछामासु र खाद्यान्नलगायत वस्तु तथा अन्य सेवामा जनतालाई दिन सक्ने सुविधा, सहुलियत तथा छुटको व्यवस्था गरी सर्वसाधारणलाई सोको सहज जानकारी दिने, गराउने सरोकारवाला निकाय, सहकारी, सामुदायलगायतसँग सम्बन्धित मन्त्रालयले छलफल तथा समन्वय गरी अत्यावश्यक वस्तु तथा सेवामा विशेष सुविधा, सहुलियत एवम् छुट दिन सक्ने गरी व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस्तै चाडपर्वका समयमा व्यवसायीबाट कृत्रिम अभाव सिर्जना गराई अस्वाभाविक मूल्यवृद्धि जस्तो अवाञ्छित क्रियाकलाप नगर्न नगराउन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले सम्बन्धित निकायको समन्वयमा निरन्तर अनुगमन गरी त्यस्तो क्रियाकलाप नियन्त्रण गर्ने निर्णय भएको छ । अत्यावश्यकीय वस्तुको सहज आपूर्तिका लागि राजमार्ग र भन्सार नाकामा यात्रुवाहक एवम् ढुवानीका सवारी साधनको आवश्यकतानुसार सुरक्षा व्यवस्था प्रभावकारी बनाउँदै सवारी साधन, चालक, यात्रु र मालसमान गन्तव्यसम्म पु¥याउने निर्णय भएको छ । पुराना गाडी सञ्चालन गर्ने, मापसे गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, टिकट वितरण (स्थल र हवाइ) मा अनियमितता गर्नेलगायत विषयमा भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जाँच गरी सर्वसाधारणले सहज र सुलभ तरिकाले सेवा प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

]]>
3769 0 0 0
सल्यानमा कृषि हाटबजार सञ्चालन http://localhost/ghum/%e0%a4%b8%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%b9%e0%a4%be%e0%a4%9f%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%9e/ Fri, 25 Sep 2015 04:02:28 +0000 http://www.ghumphir.com.np/?p=3772

सल्यान, ८ असोज ।

जिल्लाको पश्चिमी क्षेत्र वनगाडमा कृषि हाटबजार सञ्चालनमा आएको छ । सल्यानका पश्चिममा पर्ने सात गाविसमा हुने कृषि तथा पशुजन्य उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कृषि हाटबजार सञ्चालन गरिएको हो । किसानले उत्पादन गरेका तरकारीलगायतका कृषिजन्य उत्पादनले बजार पाउन गाह्रो हुँदै गएपछि कृषक व्यवसायप्रति निरुत्साहित हुँदै गएका थिए । हाललाई महिनाको दुई पटक सल्लीबजारमा हाटबजार सञ्चालनमा आउने भएपछि त्यस क्षेत्रका कृषक खुसी देखिएका छन् । बारीमा व्यावसायिक खेती गरेर तरकारी उत्पादन गरेको भए पनि बजार नपाउँदा बारीमै कुहिने गरेको राधाकृष्ण ताजा तरकारी समूहकी अध्यक्ष गोमा चौधरीले बताउनुभयो । “मेरो बारीमा मात्रै ४० क्विन्टलभन्दा बढी बन्दा छ, अब हाटबजार लागेपछि सबै बिक्री हुने भएपछि उत्साह थपिएको छ” – चौधरीले भन्नुभयो । पहिले पहिले उत्पादन गरेको तरकारी बारीमै कुहिने गरेको उहाँको भनाइ छ । लामो समयदेखि आलुखेती गरिरहेका टोपबहादुर विसीको आलुले बजार नपाउँदा समस्यामा परेकाले हाटबजार सञ्चालनले समस्या समाधान हुनेमा आशावादी देखिनुभयो । “मैले छ वर्षदेखि आलु खेती गरिरहेको छु, बजारमा लिँदा रु २० प्रतिकेजीभन्दा बढीमा कहिलै बिक्री गर्न सकिनँ, अब हाटबजार लागेसँगै मूल्य पाउँछु होला” – विसीले भन्नुभयो । हाटबजार सञ्चालन भएपछि यस क्षेत्रको तरकारी नेपालगन्ज, सुर्खेतलगायतका क्षेत्रमा पु¥याउन सकिने कृष्ण सहकारी संस्थाका अध्यक्ष तुकबहादुर बुढाक्षेत्रीले बताउनुभयो । “यस क्षेत्रका छवटा गाविसमा बाह्रै महिना तरकारी फल्छ, बजार नहुँदा समस्या थियो, हाटबजार लाग्ने भएपछि तरकारी बिक्रीका लागि बाहिर सम्पर्क गरी बजारीकरणको व्यवस्था गरेका छौँ” – अध्यक्ष बुढाक्षेत्रीले भन्नुभयो । जिल्ला कृषि विकास कार्यालय, सल्यान र उच्च मूल्य कृषि आयोजनाको अग्रसरतामा हाटबजार सञ्चालन गरिएको छ । यस क्षेत्रमा रहेका मूलखोला, देवस्थल, माझकाँडा, घाँजरीपीपल, वामे र स्वीकोट गाविसमा तरकारीखेतीको राम्रो सम्भावना रहेको छ ।

]]>
3772 0 0 0
सङ्कटापन्न लाटोकोसेरोको नयाँ प्रजाति फेला http://localhost/ghum/%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%9f%e0%a4%be%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%9f%e0%a5%8b%e0%a4%95%e0%a5%8b%e0%a4%b8%e0%a5%87%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8b/ Fri, 25 Sep 2015 04:10:01 +0000 http://www.ghumphir.com.np/?p=3775

रत्ननगर (चितवन), ८ असोज ।

चितवन राष्ट्रिय निकुञ्जलाई आश्रय बनाएर बसेको सङ्कटापन्न लाटोकोसेरोको नयाँ प्रजाति फेला परेको छ । चरा विज्ञ डिवी चौधरीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने थारू भिलेजमा उक्त लाटोकोसेरोको रेकर्ड गर्नुभएको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष वासु विँडारीले जानकारी दिनुभयो । योसँगै नेपालमा लाटोकोसेकोको प्रजाति २२ पुगेको छ । यसको अङ्ग्रेजी नाम भने मोटेड उड औल  रहेको छ । उहाँका अनुसार नेपालको बर्दिया निकुञ्जमा पाँच महिनाअघि एक पर्यटकले उक्त प्रजाति फेला पारेका थिए ।

latokosoro

तर सो समयमा प्रमाणित हुन सकेको थिएन । दिउँसो निकुञ्जको मध्यवर्ती क्षेत्र नवलपरासीको थारू भिलेज क्षेत्रमा मुसा खान जाने र राति चितवन निकुञ्जमा बस्ने गरेको पाइएको विँडारीले बताउनुभयो । अहिले भेटिएको लाटोकोसेरो बर्दियामा यसअघि एक नेपालीले आवाज रेकर्ड गरेको र एकजना विदेशीले तस्बिर नै खिचेर सार्वजनिक गरिएको भए पनि रेकर्ड प्रक्रियामा भने जान नसकेको लाटोकोसेरो विज्ञ राजु आचार्यले बताउनुभयो । तर यो नेपालका लागि नयाँ प्रजातिको लाटोकोसेरो भएको उहाँले पनि पुष्टि गर्नुभयो । विगत केही वर्षदेखि यसको संरक्षणका लागि लाटोकोसेरो तथा हुचिल उत्सव गर्दै आएको छ । नेपालमा वार्षिक कम्तीमा दुई हजार लाटोकोसेरो मारिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । मारिएकामध्ये अधिकांश बाह्य मुलुकमा अवैध व्यापार हुने गरेको चरा विज्ञहरुले बताएका छन् । लाटोकोसेरोको संरक्षण तथा अध्ययन गर्दै आएका प्रकृतिका साथी संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले विभिन्न परम्परावादी सोचका कारण लाटोकोसेरोको चोरी, सिकार तथा अवैध व्यापार हुने गरेको जानकारी दिनुभयो । विदेशमा औषधि बनाउने नाममा र अन्य प्रयोजनका लागि चितवनबाट बर्सेनि कम्तीमा पचासवटा लाटोकोसेरोको अवैध कारोबार हुने गरेको संरक्षणकर्मीको भनाइ छ । सबैभन्दा बढी लाटोकोसेरो पाइने दोलखाबाट वार्षिक दुईसय लाटोकोसेरोको अवैध रुपमा विदेश निर्यात हुन्छन् । विश्वभर २२५ प्रजातिका लाटोकोसेरो रहेका छन् । जसमध्ये २१ प्रजाति नेपालमा रहेको पाइएको छ । अहिले भेटिएपछि यसको प्रजाति २२ पुगेको चरा लाटोकोसेरो विज्ञ राजु आचार्यले बताउनुभयो । अहिलेसम्म नेपालमा ८७२ र चितवनमा ६२७ प्रजातिका चरा रहेको तथ्याङ्क छ । एउटा लाटोकोसेराले तीन महिनामा किसानका खेतका तीन हजार मुसा खाएर नष्ट गर्ने भएकाले कृषकको साथीका रुपमा यसलाई लिइन्छ । नेपालमा उच्च जोखिममा परेका बाघ, गैँडा झँै लाटोकोसेरा पनि रहेकाले सरकारी निकायको ध्यान जानुपर्ने विज्ञहरु बताउँछन् । नेपालमा अवैध रुपमा लाटोकोसेरो पाल्दा वा मार्दा रु ३०० देखि १० हजारसम्म जरिवाना र दुई महिनादेखि दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

]]>
3775 0 0 0
सुन्दर दृश्य http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0-%e0%a4%a6%e0%a5%83%e0%a4%b6%e0%a5%8d%e0%a4%af-2/ Fri, 25 Sep 2015 04:38:36 +0000 http://www.ghumphir.com.np/?p=3778 3778 0 0 0 सुस्ताएको पर्यटन क्षेत्र संविधान जारीसँगै पूर्ववत् अवस्थामा फर्कने व्यवसायी विश्वस्त http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/ Fri, 25 Sep 2015 16:16:33 +0000 http://www.ghumphir.com.np/?p=3714 चितवन, ८ असोज ।

भूकम्पबाट सुस्ताएको पर्यटन क्षेत्र संविधान जारी भएसँगै पूर्ववत् अवस्थामा फर्कनेमा व्यवसायी विश्वस्त बनेका छन् । बन्द हडतालका कारण उत्साहित भई नसके पनि तराईको समस्या हल हुने र अन्तर्राष्ट्रिय जगत्मा नेपालको सकारात्मक सन्देश प्रवाह भई पर्यटक बढ्ने उनीहरुको विश्वास छ । सेप्टेम्बर दोस्रो सातासँगै गत वर्षमा जिल्लाको सौराहामा व्यापक चहलपहल सुरु हुने गर्दथ्यो । तर यस वर्ष सौराहा, पटिहानी, जगतपुर र मेघौली सुनसान छ । क्षेत्रीय होटल सङ्घ सौराहाका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरे संविधान जारी भएसँगै अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक सन्देश प्रवाह हुन थालेको बताउँदै अब पर्यटक बढ्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो ।

chitawan mapनेपालमा जारी भएको संविधानले विश्वभर राम्रो सन्देश प्रवाह गरेको भन्दै उहाँले तराईको समस्या समाधान भएसँगै भूकम्पको प्रभाव बिर्सने गरी पर्यटक आउने बताउनुभयो । गत वर्ष यति बेला ५० प्रतिशतको हाराहारीमा कोठा बुकिङ भएका थिए । “यस वर्ष १० प्रतिशतभन्दा बढी बुकिङ हुन सकेका छैनन्” उहाँले भन्नुभयो । सौराहामा मात्र ११० को हाराहारीमा होटल छन् । जिल्ला भरमा पर्यटकीय होटलको सङ्ख्या १५० रहेको छ । व्यवसायीको भनाइमा पर्यटन क्षेत्रमा चितवनमा मात्र रु पाँच अर्बभन्दा बढी लगानी छ । यो मौसमका लागि भएका सबै बुकिङ भूकम्प पछि रद्द भएका हुन । हिमाल चढ्न आउने पर्यटकका कारण नेपालमा सेप्टेम्बर दोस्रो सातादेखि डिसेम्बर पहिलो सातासम्म पर्यटक बढ्ने गरेको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्व अध्यक्ष गिरीधारी चौधरीले बताउनुभयो । जिल्लाको मेघौलीमा गत वर्षबाट सञ्चालनमा आएको होटल बाराहीका कार्यकारी निर्देशक विप्लव पौडेल नेपालमा जारी भएको संविधानसँगै भूकम्पको प्रभाव बिर्सने गरी पर्यटक आउनेमा विश्वस्त हुनुहुन्छ । गत वर्षको भन्दा आधाभन्दा कम यो मौसममा पर्यटक आएको भन्दै उहाँले तराईको समस्या समाधान हुने र पर्यटक उल्लेख्य मात्रामा भित्रनेमा आफूहरु ढुक्क रहेको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा दुलर्भ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघलगायतका जनावार हेर्न, यहाँको थारु संस्कृतिमा रमाउन, नदीमा ¥याफ्टिङ गर्न पर्यटक आउने गर्छन् । चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनाली तराई आन्दोलन रोकिए नेपालमा पर्यटकको आगमन बढ्ने बताउनुहुन्छ । जिल्लामा दुर्लभ वन्यजन्तु, स्वास्थ्य, धार्मिक क्षेत्र, कृषि, पोल्ट्री, प्राकृतिक सम्पदा र अन्य क्षेत्रमा जाने क्रममा आउने पर्यटकले भरिने बताउँदै अध्यक्ष मैनालीले नेपालमा संविधान जारी भएसँगै आफूहरुमा नयाँ उमङ्ग र जागर थपिएको बताउनुभयो । झन्डै ३५ वर्षे पर्यटन क्षेत्रको आफ्नो अनुभव सुनाउँदै उहाँले विदेशमा रहेका पर्यटन व्यवसायीले नेपालमा स्थायी शान्ति कायम हुनसके पर्यटक आउने आश्वासन दिएको पनि बताउनुभयो ।

]]>
3714 0 0 0
राम्राे बनाउनु पर्याे नि http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a5%87-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%81-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a5%87-%e0%a4%a8%e0%a4%bf/ Fri, 25 Sep 2015 04:42:34 +0000 http://www.ghumphir.com.np/?p=3781 3781 0 0 0 इन्द्रध्वजा फराएपछि जात्रा सुरु http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a5%8d%e0%a4%b5%e0%a4%9c%e0%a4%be-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%8f%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d/ Fri, 25 Sep 2015 04:58:15 +0000 http://www.ghumphir.com.np/?p=3784

काठमाडौँ, ८ असोज ।

हनुमानढोका अगाडि इन्द्रध्वजा फराएपछि यसवर्षको इन्द्रजात्रा आजबाट सुरु भएको छ । भक्तपुर जङ्गलबाट ल्याइएको लिङ्गो विधिपूर्वक पूजा गरी हनुमानढोका अगाडि ठड्याइएको हो । लिङ्गो मानन्धर समूहले ल्याएको हँुदा उनीहरुको सहभागितामा उठाउनुपर्ने परम्परा छ । सो अवसरमा विभिन्न नेवारी सङ्घसंस्थाका प्रतिनिधिले विशेष सांस्कृतिक बाजागाजासमेत बजाएका थिए ।

indra jatra उक्त कार्यक्रममा गुर्जुको पल्टनले धुन बजाउँदै नेपाली सेनाले सलामी दिएको थियो भने तोपसमेत पड्काएको थियो । एकसातासम्म सञ्चालन हुने जात्रामा हनुमानढोका आसपास क्षेत्रमा आइतबारदेखि गणेश, भैरव र कुमारीको रथ यात्रासमेत गरिन्छ । यस अवधिमा हनुमानढोका तथा त्यस वरपरका स्थानीय टोलटोलमा भैरवको मूर्ति प्रदर्शन तथा बाहिर दर्शनको व्यवस्था गरी प्रसाद वितरणसमेत गरिने लीरा मानन्धरले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाका नेवार समुदायले विशेष मनाउने इन्द्रजात्रा सुरु भएपछि विभिन्न पर्व आउने विश्वास गरिन्छ । इन्द्रजात्रा व्यवस्थापनका लागि गुठी संस्थान तथा सरकारले समेत सहयोग उपलब्ध गराउँदै आएको छ ।

]]>
3784 0 0 0
अवैध काठ, पटाका र कपडा बरामद http://localhost/ghum/%e0%a4%85%e0%a4%b5%e0%a5%88%e0%a4%a7-%e0%a4%95%e0%a4%be%e0%a4%a0-%e0%a4%aa%e0%a4%9f%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b0-%e0%a4%95%e0%a4%aa%e0%a4%a1%e0%a4%be-%e0%a4%ac%e0%a4%b0%e0%a4%be%e0%a4%ae/ Fri, 25 Sep 2015 05:00:39 +0000 http://www.ghumphir.com.np/?p=3787

रौतहट, ८ असोज ।

चन्द्रपुर नगरपालिका–७ स्थित जुडिबेलाबाट अवैध रुपमा चोरी निकासी गरी लैजाँदै गरेको अवस्थामा गएराति प्रहरीले ठूलो परिमाणमा काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार ८१ थान सालको ८८ क्यूबिक चिरान काठ ना१च ८८०३ नम्बरको पिकअप भ्यानमा राखी सर्लाहीतर्फ लैजाने क्रममा विशेष सुराकीको आधारमा बागमतीबाट पक्राउ गरिएको हो । यसैगरी प्रहरीले गएराति नै बन्दको मौका छोपी काठमाडौँ लैजान लागेको अवैध पटाका तथा कपडासमेत बरामद गरेको छ । करिब रु एक लाख बराबरको पटाका तथा रु एक लाख २५ हजार बराबरको कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

]]>
3787 0 0 0
बर्र्दियामा पाटेबाघको संख्या बढ्याे http://localhost/ghum/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%9f%e0%a5%87%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82/ Fri, 25 Sep 2015 06:21:26 +0000 http://www.ghumphir.com.np/?p=3794

गुलरिया (बर्दिया), ८ असोज ।

उचित बासस्थान र प्रशस्त आहाराको प्राप्तिसँगै बाघको सङ्ख्या दोब्बर हुने अनुमान बर्दिया राष्ट्रिय निकुञ्जले गरेको छ । बाघ बढेसँगै समुदायमा मानव र बाघको द्वन्द्व नहुने बताए तापनि मानव र बाघको द्वन्द्व बढ्ने देखिन्छ । बाघको संरक्षणसँगै मानवको संरक्षणका लागि राज्यले व्यवस्थापन गर्नुपर्ने सरकारी अधिकारीको भनाइ छ ।

tigerबाघ संरक्षणका लागि नदी तटीय बासस्थान तथा घाँसे मैदानले गर्दा बाघ दोब्बर हुने देखिएको छ । नेपालमा जैविक विविधताको संरक्षणमा समुदायको परिश्रम, दातृ निकायको सहयोग, सरकारको लगानी, शून्य चोरीसिकारीका कारण आइयुसिएनले रातोसूचीमा राखेको सङ्कटपूर्ण अवस्थामा रहेको प्यान्थेरा टाइग्रिस प्रजातिका पाटेबाघको सङ्ख्या बढ्दै आएको छ । बर्दियामा संरक्षणका लागि घाँसे मैदानको व्यवस्थापन, जङ्गलमा जलाशय, बाघका लागि प्रशस्त आहारा प्राप्तिमा पहुँचलगायत शून्य चोरीसिकारीका कारण विश्वबाटै लोप हुने अवस्थामा पुगेको पाटेबाघको सङ्ख्या वृद्धि भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो बाघ गणनाअनुसार यसको सङ्ख्या ५० वटा पुगेको निकुञ्जको स्रोतले बताएको छ । यसभन्दा पहिले बर्दियामा ३७ वटा पाटेबाघ रहेका थिए । मानव र वन्यजन्तुबीच द्वन्द्व निम्तिन नदिनका लागि राज्यले समुदायको पनि संरक्षण गर्ने नीति बनाउनका लागि राज्यले सोच्नु पर्ने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो ।

]]>
3794 0 0 0
पर्यटन क्षेत्र फेरी उठेको सन्देश फिँजाउनुस् :सभामुख http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a5%80-%e0%a4%89%e0%a4%a0%e0%a5%87%e0%a4%95/ Fri, 25 Sep 2015 11:26:43 +0000 http://www.ghumphir.com.np/?p=3800 ८ असोज, काठमाडौं ।

सभामुख सुभासचन्द्र नेम्बाङले नयाँ संविधानले मुलुकको आर्थिक क्षेत्रलाई माथि उठाउन आधार खडा गरेको बताएका छन् । शुक्रबार राजधानीमा नेपाल एशोसियसन अफ टुर्स एन्ड ट्राभल्स (नाट्टा)को २०औं सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेपालीको ७० वर्षदेखिको चाहानले मुर्तता पाएको छ’ सभामुख नेम्बाङले भने- ‘नयाँ संविधानसँगै मुलुकको पर्यटन लगायतका आर्थिक क्षेत्र अगाडि बढ्ने आधार तयार भएको छ ।’

Natta 20th Conventation

संविधानसभाका ८५ प्रतिशत सदस्यहरुले मतदान गरेर संविधान ल्याएको बताउँदै नेम्बाङले विश्वमै यति धेरै मतदान भएर अहिलेसम्म संविधान जारी नभएको दाबी गरे ।

‘३१ दलको सहभागिता, पञ्चायतकालिन नेतादेखि संविधानको विरोध गर्नेहरु, सशस्त्र द्धन्द्धबाट आएकाहरु, मधेसी, दलित, जनजाती लगायतको सहभागितामा ल्याएको संविधान विश्वकै उत्कृष्ट छ’ नेम्बाङले भने ।

संविधानमा असन्तुष्ट भएर आन्दोलनमा उत्रिएकाहरुलाई वार्ताबाट समस्या समधान खोज्न उनले आग्रह गरेका छन् । ‘कुनै पनि देशमा १०० मा १०० प्रतिशत सहभागी भई १०० मा १०० प्रतिशत माग पुरा भई संविधान आएको छैन’ उनले आन्दोलनरत पक्षलाई इँगित गर्दै भने- ‘संविधान लचिलो बनेको छ, जुनसुकै बेलामा संसोधन गर्न सकिन्छ, दलहरु पनि यसमा सकरात्मक छन, संविधान परिमार्जन गर्न वार्तामा बस्नुस् ।’

कार्यक्रममा सभामुख नेम्बाङले आफुभित्र रहेका कमिकमजोरी सच्चाउँदै पर्यटन प्रवर्द्धनमा लाग्न व्यवसायीलाई आग्रह गरेका छन् । भूकम्पपछि सुस्ताएको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नाट्टा सम्मेलन आयोजना गरेकोमा उनले आयोजकलाई धन्यवाद दिए ।

पर्यटन उठेकाे सन्देश फिँजाउँ

‘यतिधेरै विदेशी टुर अपरेटर भेला भएको सम्मेलनले नेपालको पर्यटन फेरी उठिसकेको सन्देश फिँजाउन सफल होस्’ उनले सुभकामना दिँदै भने- ‘केही क्षेत्रबाहेक मूख्य पर्यटकीय गन्तव्य पोखरा, लुम्बिनी, चितवन लगायतका ठाउँ पर्यटकलाई सेवा दिन तयार रहेको सन्देश बाहिर जानुपर्छ ।’

सम्मेलनमा इटाली, फ्रान्स, टर्की, हङकङ, चीन, भारत, भुटान, श्रीलंका, मलेशिया लगायतका २० मुलुकका टुर अपरेटर तथा पत्रकारहरुको सहभागिता रहेको छ । सम्मेलनमा युनिभर्सल फेडेरेसन अफ ट्राभल एजेन्टस एशोसियसनका कार्यवाहक अध्यक्ष उदय नानायक्काराले कार्यपत्र प्रस्तुत गरेका छन् ।

नेपालको पर्यटन पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो सम्मेलन आयोजना गरेको नाट्टाका अध्यक्ष डिबी लिम्बुले बताए । यही अवसरमा नेपालमा सहभागी विदेशी टुर अपरेटर तथा पत्रकारलाई घुमाएर यथार्थ सन्देश बाहिर पुर्‍याउने लक्ष्य राखिएको छ । उनले नेपालमा पर्यटकलाई रेड कार्पेट बिच्छाएर स्वागत गरकेको बताए ।

पर्यटनमन्त्री कृपाशुर शेर्पाले सम्मेलनले सम्मेलनबाट जारी हुने घोषणापत्र सरकारलाई काम गर्न मार्गदर्शक बन्ने अपेक्षा गरे । उनले मुलुकको सुस्ताएको पर्यटन प्रवर्द्धनमा सम्मेलन लाभदायक हुने विश्वास समेत व्यक्त गरेका छन् ।

यसैगरी पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले मुलुकको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको ३ प्रतिशत योगदान रहेको र १० लाख बढिलाई रोजगारी प्रदान गरेको स्मरण गरे । उनले मुलुकको मुख्य आर्थिक मेरुदण्डमा कृषि, हाइड्रो र पर्यटन रहेको बताउँदै यी क्षेत्रको प्रवर्द्धनमा जुट्नुपर्नेमा जोड दिए ।

पर्यटन प्रवर्द्धनमा सघाउने सम्मानित

सोही अवसरमा एरिक भ्यालीलाई नाट्टा सगरमाथा अवार्डले सम्मान गरिएको छ । यस्तै दीपेन्द्र बहादुर क्षेत्रीलाई नाट्टा भाष्कर अवार्डले सम्मान गरियो भने फेवा टुर्स एन्ड ट्राभल्स र गण्डकी टुर्स एन्ड ट्राभल्सलाई नाट्टा एक्सिलेन्ट अवार्ड प्रदान गरियो । यही अवसरमा नाट्टाका पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको छ ।

यसैगरी मुलुकको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने पत्रकार समेत नाट्टाबाट सम्मानित भए । अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार राजु बास्कोटा, नागरिक दैनिकमा कार्यरत अमृत भादगाउँले सहितका पत्रकारलाई नाट्टा मिडिया अवार्ड प्रदान गरिएको छ । साभार अनलाइन

]]>
3800 0 0 0
हिमालयन हवाई महोत्सवको तयारी पूरा http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%a8-%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%a4/ Fri, 25 Sep 2015 11:28:05 +0000 http://www.ghumphir.com.np/?p=3802

पोखरा, ८ असोज ।

नेपाल हवाई खेलकुद संस्था पोखराद्वारा भोलि र पर्सि यहाँ आयोजना गरिने हिमालयन हवाई महोत्सव गरुढा फनको सम्पूर्ण तयारी पूरा भएको छ । विनाशकारी भूकम्पपछि हाल जनजीवन सामान्य अवस्थामा फर्किएको सन्देश विश्व सामु दिई नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको र पोखरामा साहसिक खेलको गतिविधि निरन्तर भइरहेको सन्देश दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । संस्थाका कार्यबाहक अध्यक्ष सोवित बानियाँले विश्व पर्यटन दिवसको अवसरमा पोखराको आकाशमा प्याराग्लाइडिङ, अल्ट्रा लाइट र पावर प्याराग्लाइडिङ (प्यारा मोटर) बाट डेमोका रुपमा रङ्गीबिरङ्गी हुँदै विभिन्न वेशभूषामा ध्वजापताकासहित प्रदर्शन गरिने बताउनुभयो । भगवान गणेश, शिव, पार्वती, भगवती, गरुण, लक्ष्मी, यति, लाखे नृत्यलगायतको वेशभूषा पहिरिएर प्याराग्लाइडिङ, अल्ट्रालाइट र पावर प्याराग्लाइडिङ पाइलटहरु आकाशमा उड्ने छन् । त्यसैगरी अल्ट्रालाइट तथा पावर प्याराग्लाइडिङबाट रङ्गीबिरङ्गी आकाशमा धुवाँ फाल्ने र रिबनको प्रदर्शनीसमेत हुने भएको छ । यस मनोरञ्जनात्मक महोत्सवमा सहभागी हुन १०० को हाराहारीमा नेपाली पाइलट र करिब ५० विदेशी पाइलट पोखरा आइसकेको कार्यक्रम संयोजक नतिसा श्रेष्ठले बताउनुभयो । कास्कीको सराङ्कोटबाट विभिन्न ध्वजापताका तथा वेशभूषामा सजिएका पाइलटहरु केहीले आकाशमा एक्रो ब्याट्रिक प्याराग्लाइडिङ गर्ने भएका छन् । सराङ्कोटबाट हवाई उडान गरी फेवातालको किनार खपौदीको इन्ड अफ द लेकमा पाइलटहरुले अवतरण गर्ने कार्यक्रम रहेको छ । उक्त फेस्टिबल सम्पन्न गर्न करिब रु ३० लाख खर्च लाग्ने र यसका लागि नेपाल पर्यटन बोर्ड, राष्ट्रिय पर्यटन प्रवद्र्धन समिति, पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सहयोग गर्ने भएकोे छ ।

]]>
3802 0 0 0
पर्यटन व्यवसायी सङ्गठनमा रिजाल http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%a0%e0%a4%a8%e0%a4%ae%e0%a4%be/ Fri, 25 Sep 2015 16:31:35 +0000 http://www.ghumphir.com.np/?p=3807

काठमाडौँ, ८ असोज ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको आज यहाँ सम्पन्न प्रथम महाधिवेशनले चन्द्र रिजालको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । हाल जारी अधिवेशनले अन्य पदाधिकारी र सदस्यको अबेरसम्म टुङ्गो लगाउने भएको छ । अधिवेशनले १८ पदाधिकारी, ३१ सचिवालय सदस्य र ६९ केन्द्रीय सदस्य चयन गर्नेछ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको अधिवेशनले भूकम्पपछिको पर्यटन क्षेत्रका पुनः निर्माणका लागि प्रमुख तीन दलले संसद्बाट पारित गरेको संकल्प प्रस्तावको कार्यान्वयनमा जोड दिने लगायत प्रस्ताव पनि पारित गरेको छ । अधिवेशनमा पर्यटन क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो ।

]]>
3807 0 0 0
लगातारको बन्दले केरा किसान चिन्तित http://localhost/ghum/%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a5%87%e0%a4%b0%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%b8/ Fri, 25 Sep 2015 16:41:30 +0000 http://www.ghumphir.com.np/?p=3809

सप्तरी, ८ असोज ।

सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाले सप्तरीमा विगत ४२ दिनदेखि बन्द जारी राखेपछि यहाँको केरा नष्ट हुँदा किसान चिन्तित भएका छन् ।

bananaदिनरात मेहनत गरेर लगाएको केरा अहिले काट्ने समयमा लगातारको बन्दले यातायातको साधन बन्द भएपछि खेतमै कुहिने गरेको छ । हुनुमाननगर योगिनीमाई नगरपालिका– १ सकरदही निवासी श्याम खड्काका अनुसार यहाँका किसानले कोसी पलारमा करिब ५०० बिगाहामा केराको खेती गरेका छन् । काट्ने समयमा बन्द भएपछि पाकेका केरा खेतमै कुहिन थालेको उहाँले बताउनुभयो । अर्का किसान अशोक माझीले बन्दका कारण केरा काट्ने मानिस पाउन गाह्रो भइरहेको बताउनुभयो । किसानले विदेशबाट कमाएर ल्याएको पैसा केराखेतीमा लगाएका छन् । केरा काट्ने र बेच्ने बेलामा बन्द हडताल भएपछि लगानी डुब्ने चिन्ता किसानलाई रहेको छ । यहाँको केरा बिक्रीका लागि काठमाडाँैसहित पोखरा, नेपालगन्ज, भैरहवा, बुटवल र पूर्वको झापा, काँकडभिट्टा, इलाम, धनकुटासम्म लैजाने गरेको केरा व्यापारी इन्द्रदेव लौगीले बताउनुभयो । यहाँको किसानको आयआर्जनको स्रोत केरा खेती नै रहेको छ ।

]]>
3809 0 0 0
दुई ट्याङ्कर नेपाल प्रवेश http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a5%87/ Fri, 25 Sep 2015 16:53:10 +0000 http://www.ghumphir.com.np/?p=3812

काँकडभिट्टा (झापा), ८ असोज ।

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट आज अपराह्न पेट्रोलियम पदार्थ बोकेका दुई ट्याङ्कर नेपाल प्रवेश गरेका छन् ।भारतीय सीमा पानीटङ्कीमा सुरक्षा जाँचको बहानामा तीन दिनदेखि सयौँ नेपाली मालवाहक ट्रक तथा ट्याङ्करलाई रोकिएकामा आज ती ट्याङ्करलाई भारतीय पक्षले छाडिदिएको मेची भन्सार कार्यालयले जनाएको छ । भन्सार प्रमुख भीमबहादुर अधिकारीका अनुसार बिहीबार साँझसम्ममा भारतीय भन्सार नाका पानीटङ्कीबाट १२ मालवाहक साधन काँकडभिट्टा आएका थिए । भारतीय नाकाबाट मालबाहक साधन नेपाल आउन नपाउँदा भन्सार कार्यालयको राजस्वसमेत प्रभावित भएको छ ।

]]>
3812 0 0 0
घरदैलो अभियानबाट सङ्कलित रकम विद्यालयलाई http://localhost/ghum/%e0%a4%98%e0%a4%b0%e0%a4%a6%e0%a5%88%e0%a4%b2%e0%a5%8b-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a4%bf%e0%a4%a4/ Sat, 26 Sep 2015 01:41:47 +0000 http://www.ghumphir.com.np/?p=3817

गुल्मी, ९ असोज ।

गुल्मीको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा चन्दा सङ्कलनबाट फर्निचर निर्माण गरिएको छ । विद्यालयको आर्थिक अवस्था कमजोरले पर्याप्त मात्रमा डेक्स र बेन्च किन्न नभएका कारण पठनपाठन गराउन समस्या र असहजता भएपछि विद्यालयले गाउँ टोलमा घरदैलो चन्दा सङ्कलन अभियान सञ्चालन गरेको हो । सो क्रममा सङ्कलन भएको रु एक लाख, ४७ हजार, ९६० आर्थिक सहयोगबाट ६० सेट फर्निचर निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक तेजबहादुर महतले जानकारी दिनुभयो । उहाँले सङ्कलित आर्थिक सहयोगबाट पठनपाठनमा केही सहजता आएको बताउनुभयो ।

]]>
3817 0 0 0
तस्बिरमा कालापत्थरदेखि धरहरासम्म http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%a5%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a7/ Sat, 26 Sep 2015 01:47:47 +0000 http://www.ghumphir.com.np/?p=3819

काठमाडौँ, ९ असोज ।

नेपाल सुन्दर छ भन्ने सन्देश दिन नेपाल कला परिषद्मा फोटो प्रदर्शनी भईरहेको  छ । अन्तर्राष्ट्रियस्तरमा भूकम्पले देशको सुन्दरतालाई केही बिगारेको छैन भन्ने सन्देश फैलाउन ‘देशलाई हाम्रो खाँचो छ’ भन्ने संस्थाले सो प्रदर्शनीको आयोजना गरेको हो । नेपाली सञ्चारमाध्याममा र स्वतन्त्र फोटोग्राफी गर्ने फोटोग्राफरले खिचेको फोटोलाई प्रदर्शनमा राखिएको छ । सुशील श्रेष्ठले खिचेको सोलुखुम्बुको कालापत्थरदेखि चिमी दोर्जे शेर्पाले खिचेको काठमाडौँको धरहरासम्मका फोटाहरु छन् । यस्तै पूर्वको इलामको चिया बगानदेखि पश्चिमको चाँदनी दोधारा पुलसम्मका फोटासमेत प्रदर्शनीमा राखिएका छन् । माछापुच्छ«े, अन्नपूर्ण, सगरमाथा, भक्तपुर दरबार स्क्वायर, हनुमानढोका दरबार स्क्वायर, मठमन्दिर, हिमाल, नदीनाला, पहाड, हिमाल, तराई विभिन्न जातजातिका रहनसहन भेषभूषालाई प्रदर्शनमा समेटिएको छ । प्रदर्शनीमा अजय रानाभाट, विशाल गौतम, अभिषेक साह, विनिता ओली, विसोका मुल्मी, अमिस श्रेष्ठ, उमा विष्ठ, सन्ध्या श्रेष्ठ, मनिस सिलवाल, सन्गेस श्रेष्ठ, तेञ्जिङ सम्दुप, अर्जुनभद्र खनाल, समिर प्रधानाङ्ग, विकेन रञ्जित, उदय कर्माचार्यलगायत २४ फोटोग्राफरले खिचेका ८५ फोटा राखिएका छन् । सो अवसरमा उत्कृष्ट फोटोग्राफरलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रदर्शनी आगामी मङ्गलबारसम्म चल्ने आयोजकले जनाएको छ ।

]]>
3819 0 0 0
नेपाल–भारत हस्तकला प्रदर्शनीमा ‘माटोले बनेको कला’ को आकर्षण http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0/ Sat, 26 Sep 2015 01:54:41 +0000 http://www.ghumphir.com.np/?p=3821

काठमाडौँ, ९ असोज ।

भृकुटीमण्डपमा जारी नेपाल–भारत हस्तकला प्रदर्शनीमा नयाँ दिल्लीका कलाकारले तयार पारेको सजावटका सामानले थुप्रै अवलोकनकर्ताको मन तानेको छ । माटोबाट बनाइएका फूलदानी, ठूला आकारका सजाउने घैँटो, मूर्तिलाई क्रमबद्ध रुपमा राख्दा त्यो निकै आकर्षक देखिएको छ । घैँटो, सजावटका सामानमा बुद्ध, अन्य देवीदेवताको आकृति कुँदिएकाले पनि ती सामग्री सुन्दर देखिएको जस्तो लाग्दथ्यो । साउथ एसियन फाउन्डेसनको आयोजनामा यही असोज ६ गतेदेखि सुरु भएको सो प्रदर्शनी ११ गतेसम्म चल्नेछ । प्रदर्शनीमा भारतका गुजरात, उडिसा, नयाँ दिल्ली, पश्चिम बङ्गाल, मध्यप्रदेश, उत्तरप्रदेशलगायतका ठाउँका हस्तकलाका साम्रगी प्रदर्शन गरिएका छन् । प्रदर्शनीस्थलमा छिर्नेबित्तिकै ढोकामा नेपाली ढाकाको कपडा बुन्दै गरेको महिलालाई देख्न सकिन्छ । यसैबाट सुरु हुने नेपाली सामग्रीको प्रदर्शनी अल्लोको कपडा, जुत्ता, मैथिल संस्कृतिमा आधारित रहेर बनाइएका ऐना, फोटो फ्रेमलगायतमा सामानमा गएर सकिन्छ । नेपालका तर्फबाट प्रदर्शनीमा २५ कक्ष राखिएका छन् । यसैगरी प्रदर्शनीमा भारतका ३५ स्टल रहेका छन् । विशेष गरी महिलालाई लक्ष्यित गरेर विविध प्रकारका चुरा, पाउजु, घाँटीमा लगाउने गहनाका साथै बनारसी साडी, टप्स, कलात्मक जुत्तालाई प्रदर्शनीमा भारतले प्राथमिकता दिएको छ । फाउन्डेसनका महासचिव राहुल बरुआका अनुसार नेपाल र भारतको सहकार्यमा भएको यो प्रदर्शनी चौथो हो । प्रदर्शनी अवधिभर करिब साढे दुई लाख मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीले दुई देशका विभिन्न क्षेत्रका स्थानीय कला र संस्कृतिबारे जानकारी दिने र प्रवद्र्धन गर्ने कार्य गरिरहेको छ । स्थानीय पहिरनमा ‘फेसन शो’ स्थानीय सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार साँझ ‘फेसन शो’ गरियो । ‘फेसन शो’मा खाडी तथा हस्तकलाबाट उत्पादित नेपाली तथा भारतीय संस्कृति झल्किने पहिरनमा सजिएर दुवै देशका ‘मोडेल’ले दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । साउथ एसिया फाउन्डेसन र साउथ एसिया फाउन्डेसन नेपालको संयुक्त आयोजनामा भएको उक्त ‘फेसन शो’मा नेपाली ‘फेसन डिजाइनर’ मुक्ता श्रेष्ठ तथा भारतीय सामन्त चौहान र पुनम भगतले पहिरनका ‘डिजाइन’ गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै साउथ एसिया फाउन्डेसन नेपालका अध्यक्ष काँग्रेस केन्द्रीय सदस्य शशाङ्क कोइरालाले आत्मसम्मानका लागि स्वदेशमा निर्मित सामान प्रयोग गर्नुपर्ने बताउनुभयो । भारतीय राजदूत रणजीत रायले खाडी र हस्तकलाका सामानको उत्पादनले दुवै देशलाई एक ठाउँमा ल्याएको बताउनुभयो ।

]]>
3821 0 0 0
गहना बनाएर आत्मनिर्भर बन्दै महिला http://localhost/ghum/%e0%a4%97%e0%a4%b9%e0%a4%a8%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%86%e0%a4%a4%e0%a5%8d%e0%a4%ae%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ad%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8/ Sat, 26 Sep 2015 01:59:37 +0000 http://www.ghumphir.com.np/?p=3824

तिलोत्तमा (रूपन्देही), ९ असोज ।

रुपन्देहीमा पछिल्लो समय सुनचाँदीका गहना बनाउने कालिगढ पुरुषमात्र नभएर महिला पनि थुप्रै भेटिन थालेका छन् । कुनै बेला सुनचाँदीका गहना बनाउने कालिगढ पुरुषमात्रै भेटिन्थे । तर, अहिले गहना बनाउने महिला कालिगढ बुटवलका विभिन्न सुनचाँदी पसलमा भेटाउन सकिन्छ । नेपाल सुनचाँदी व्यवसायी सङ्घ बुटवल शाखाले गहना बनाउने तालिम प्रदान गरेपछि महिला कालिगढ वृद्धि भएका हुन् । नेपाल सुनचाँदी व्यवसायी सङ्घ बुटवल नगर सचिव गोकुल विकका अनुसार बुटवलमा गहना बनाएरै जीविकोपार्जन गर्ने महिलाको सङ्ख्या धेरै रहेको छ । सङ्घले महिलालाई लक्षित गरेर तालिम प्रदान गरेपछि उनीहरुको सङ्ख्यामा वृद्धि भएको हो । दुई वर्षअघिसम्म गहना बनाउने त के सोच्नसम्म नसक्ने महिला सीप सिकेर गहना बनाउन सकेकामा दङ्ग परेका छन् । जिल्लाको बाँसगढीकी कृष्णकुमारी विक भन्नुहुन्छ – “गहना बनाउन सक्छु भन्ने विश्वास नै थिएन, तर अहिले यही कामबाट घरखर्च चलेको छ ।” अहिले उहाँले मासिक रु १२ हजारसम्म आम्दानी गर्नुहुन्छ । “अहिले मैले पढाइ खर्च पनि गहना बनाएरै जुटाएको छु” विकले भन्नुभयो । उहाँ कृष्ण सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययनरत हुनुहुन्छ । “बिहान क्याम्पस पढ्छु दिनभरि गहना बनाउँछु” उहाँले इच्छाशक्ति हुने हो भने महिलाले जस्तोसुकै काम पनि गर्न सक्ने बताउनुभयो । तालिम लिएपछि कृष्णकुमारी मात्रै होइन अन्य महिला पनि आत्मनिर्भर भएका छन् । बुटवल लक्ष्मीनगरकी शान्ता बराल पनि सुनचाँदीका गहना बनाएर मासिक रु १० हजारसम्म आम्दानी गर्ने गरेको बताउहुन्छ । “अहिले छोराछारी पढाउन सहयोग पुगेको छ” उहाँले भन्नुभयो । आफूहरुले गहना बनाउन सक्षम भए पनि पुरुषलाई जतिको काम भने नपाउने महिलाको गुनासो छ । बुटवल दीपनगरकी छुमदेवी विश्वकर्माले सीप जाने पनि अझै पनि पुरुषले विश्वास नगर्दा काम निकै कम पाइएको बताउनुभयो । नेपाल सुनचाँदी व्यवसायी सङ्घले महिलालाई गहना बनाउने सामग्री उपलब्ध गराएको थियो । उनीहरु दिनभरि सुनचाँदी व्यवसायीको हलमा काम गर्ने गरेको सङ्घका बुटवल शाखाका अध्यक्ष दीपक विश्वकर्माले बताउनुभयो । जिल्लामा ५०० भन्दा धेरै सुनचाँदी पसल रहे पनि स्वदेशी कालिगढ ४० प्रतिशत मात्रै छन् । विदेशी कालिगढको चाप कम गर्न र महिलालाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुगोस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

]]>
3824 0 0 0
पर्यटकीय क्षेत्र खुला भएपछि पर्यटक आवागमन बढ्यो http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be-%e0%a4%ad%e0%a4%8f/ Sat, 26 Sep 2015 02:08:19 +0000 http://www.ghumphir.com.np/?p=3827  

इलाम, ९ असोज ।

रेडपाण्डाको प्रजनन समय भएको भन्दै दार्जिलिङको वन विभागले तीन महिनादेखि लगाएको पर्यटक प्रतिबन्ध खुल्ला गरेको छ । दार्जिलिङको सिंहलिला नेसनल पार्कमा रहेका रेडपाण्डा र विभिन्न जनावर र चराचुरुङ्गीको प्रजननमा असर नपुगोस् भनेर बर्सेनि तीन महिनाका लागि पर्यटक प्रतिबन्ध लगाउने गरिएको छ । पार्कले इलामको तुम्लिङदेखि पा“चथरको फालोटसम्मको नेसनल पार्क क्षेत्रभित्रको पदमार्गमा पर्यटक हिँड्डुलमा प्रतिबन्ध लगाएको थियो । पदमार्ग खुल्ला गरेपछि रेडपाण्डा हेर्नका लागि अहिले पर्यटक आउन थालेको स्थानीय छिरिङ फुञ्चोङ भोटियाले बताउनुभयो ।
ठूलो सङ्ख्यामा दार्जिलिङ, मिरिकलगायत भारतीय सहर हु“दै भारतीय र पश्चिमा पर्यटक सन्दकपुर पुग्न थालेका छन् । मानेभञ्ज्याङदेखि चित्रे, लामिधुरा, मेघमा, तुम्लिङ, जौवारी, गैरीबास, कैयाकट्टा, कालपोखरी, बिखेभञ्ज्याङ, सन्दकपुर हु“दै फ्यालुटसम्म पर्यटक पुग्ने गर्छन् ।
कञ्चनजङ्घा बेसक्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभञ्ज्याङदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ । पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङका लागि भारतलगायत तेस्रो मुलुकका दर्जनौँ पर्यटक आवतजावत गर्न थालेका छन् ।
दुर्लभ रेडपाण्डालगायत विश्वमा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको प्रजनन र यौन क्रियाकलापको समय भएको भन्दै पार्कले प्रतिबन्ध लगाएको थियो ।
“तीन महिना पर्यटक नआउँदा कारोबार ठप्प हुन्छ,” चित्रेका छिरिङ फुन्चोङ भोटियाले भन्नुभयो “अब भने हिउँदभर पर्यटक आगमनले यहाँ भरिभराउ हुन्छ ।” यो क्षेत्रमा असोज १५ देखि पर्यटकको अत्यधिक चाप बढ्छ । सगरमाथा, कञ्चनजङ्घालगायत नेपाल, भारत र भुटानका थुप्रै हिमाल देख्न सकिने, जैविक विविधताले भरिएको र धार्मिक आस्थाका कारण पनि सन्दकपुर क्षेत्रमा पर्यटकीय चाप हुने गरिएको छ ।
“पर्यटकको जमघट सुरू भइसकेको छ” भोटियाले भन्नुभयो “तीन महिनादेखिको सुनसान पर्यटकको चहलपहल बढेको छ ।” पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघ्मा, तुम्लिङ्ग, जौवारी, गैरिवास, कैँयाकट्टा, कालपोखरी, बिखेभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौंदेखि भारत भएर पर्यटक आउने गरेका छन् ।
नेपालबाट पनि त्यस क्षेत्रमा पर्यटक पु¥याउने प्रयास भए पनि ठोस उपलब्धि हासिल हुन सकेको छैन । तर विगतको तुलनामा आन्तरिक र बाह्य पर्यटक सन्दकपुर क्षेत्र पुग्ने क्रम भने बढेको छ । सीमावर्ती क्षेत्रको मनोरम वातावरण, विभिन्न क्षेत्रमा रहेका गुम्बा र धार्मिक केन्द्रलगायतका कारण हरेक स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण छन् । नेपालतर्फबाट पनि सडक खुलाएर पर्यटकलाई सहज आवतजावतको सुविधा मिलाउने प्रयास जारी छ । तर आवश्यक बजेटको अभावमा निरन्तरता नपाउँदा झापाको काँकडभिट्टादेखि नेपाल भएर नै सन्दकपुरसम्म पुग्ने सडकको निर्माण कार्य पूरा हुन सकेको छैन । मानेभञ्ज्याङबाट ३१ किलोमिटर सीमावर्ती सडक पार गरेर सन्दकपुर पुग्न सकिन्छ ।

]]>
3827 0 0 0
वाग्मतीबाट २२ मेटन फोहर व्यवस्थापन http://localhost/ghum/%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%ae%e0%a4%a4%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a5%a8%e0%a5%a8-%e0%a4%ae%e0%a5%87%e0%a4%9f%e0%a4%a8-%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a4%b0-%e0%a4%b5/ Sat, 26 Sep 2015 09:20:37 +0000 http://www.ghumphir.com.np/?p=3839

काठमाडौँ, ९ असोज ।

वाग्मती सफाइ अभियानले बल्खु तथा त्यस आसपास क्षेत्र नदीबाट आज २२ मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायत सङ्घसंस्थाले अभियान अन्तर्गत आज १२४आँै हप्तामा नदी तथा त्यस वरपरका क्षेत्रबाट प्लास्टिकलगायत नकुहिने फोहर निकालियो । सो अवसरमा मुख्य सचिव डा सोमलाल सुवेदीले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार भएकाले नदीलाई कसैले पनि फोहर गर्न नहुने बताउनुभयो । पूर्व मुख्य सचिव लीलामणि पौड्यालले अभियानमा सबै क्षेत्र तथा पक्षको सहयोग भएका कारण नदीको स्वरुप परिवर्तन भएको र त्यस आसपासमा दुर्गन्ध हटेको बताउनुभयो । समितिका प्रतिनिधि माला खरेल, रिसर्च डेभलपमेन्ट सेन्टर नेपालका प्रतिनिधि नारायण ज्ञवालीलगायतले सो नदी तथा अन्य साना नदीलाई सफा राख्नुपर्छ भन्ने सोच सर्वसाधारणमा विकास हुँदै गएकाले अब नदीको सफाइलाई नयाँ गतिका साथ अघि बढाउनुपर्ने बताउनुभयो । स्थानीय समाजसेवी मोहन बस्नेतले काठमाडौँ उपत्यकामा वाग्मती नदीको ठूलो महत्व रहेकाले सफाइ तथा संरक्षणका लागि उपत्यकावासी गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सफाइका क्रममा सरकारी तथा विभिन्न सङ्घसंस्थाका कर्मचारी, सुरक्षाकर्मी, अभियानकर्मी, स्थानीयवासीलगायतको सहभागिता थियो ।

]]>
3839 0 0 0
थामखर्क विमानस्थलमा नियमित उडान हुने http://localhost/ghum/%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%96%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%ae/ Sat, 26 Sep 2015 09:24:22 +0000 http://www.ghumphir.com.np/?p=3842

खोटाङ, ९ असोज ।

दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा यही असोज १५ गतेदेखि नियमित उडान हुने भएको छ । गत जेठदेखि उडान अवरुद्ध भएको थियो । नजिकिँदै गरेको दसँै तथा तिहारलाई ध्यानमा राखेर नेपाल वायुसेवा निगमले नियमित उडान भर्ने तालिका सार्वजनिक गरेको स्टेसन इन्चार्ज नरेन्द्र उदासले बताउनुभयो । हिउँदभर सञ्चालन हुने विमानस्थलमा निगमले मात्र उडान भर्दै आएको छ ।

]]>
3842 0 0 0
मनोरम चुरेन हिमाल http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a5%8b%e0%a4%b0%e0%a4%ae-%e0%a4%9a%e0%a5%81%e0%a4%b0%e0%a5%87%e0%a4%a8-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2/ Sat, 26 Sep 2015 09:29:24 +0000 http://www.ghumphir.com.np/?p=3844 3844 0 0 0 दाङमा उत्पादन भएको बीउको माग बढ्दो http://localhost/ghum/%e0%a4%a6%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%80%e0%a4%89%e0%a4%95%e0%a5%8b/ Sat, 26 Sep 2015 11:10:03 +0000 http://www.ghumphir.com.np/?p=3847

दाङ, ९ असोज ।

यहाँका किसानले उत्पादन गरेको उन्नत जातका तरकारी तथा खाद्यान बालीको मूल बीउको माग बढेको छ । राप्ती अञ्चलका किसान तथा कृर्षि प्राविधिकले दाङको तुलसीपुरमा नै सबै नगदे तथा हिउँदे बालीको मूल बीउ उत्पादन गर्न थालेपछि दाङलगायत देशैभरका बजारमा त्यसको माग बढेको हो । एक उन्नत जातका बीउबिजनको माग बढेपछि बजारमा पु¥याउनै हम्मेहम्मे भएको रुकुमेली एग्री सिड सेन्टरका अध्यक्ष निर्मलकुमार आचार्यले बताउनुभयो । दाङको तुलसीपुरमा रुकुमेली एग्री सिड सेन्टर स्थापना गरी राप्ती अञ्चलमा उत्पादन हुने भिन्न दलन तथा खाद्यान बालीको मूल बीउबिजन प्याकिङ गरी हाल काठमाडौैँ, पोखरा, विराटनगर तथा पश्चिम महाकाली हँुदै भारतसम्म यहाँको बीउबिजनको माग दिनप्रतिदन बढ्दै गएको प्राविधिक माधव केसीले बताउनुभयो । केसीका अनुसार पहिले राप्तीमा उत्पादन गरी बीउबिजन काठमाडाँै जाने र त्यहीबाट आफूहरूले खरिद गरी महँगो मूल्यमा बिक्री गर्ने गरेको भन्दै अब स्थानीय किसानले उत्पादन गरेको बीउबिजन यहीँका किसानलाई न्यूनतम मूल्य लिएर कम मूल्यमा गुणस्तरीय उन्नत जातका बीउबिजन दिने बताउनुभयो । “यस वर्ष हिउँदे बालीको बीउबिजन माग बढी छ, उत्पादनभन्दा माग धेरै आयो”– केसीले भन्नुभयो । राप्ती अञ्चलका–७ जना किसानले करिब रु २५ लाख लागतमा सञ्चालन गरेको सिड सेन्टरले हाल विभिन्न किसिमका प्याकिङका मेसिनसमेत ल्याएको र मकै धानलगायतका बीउबिजन उत्पादनका लागि जग्गा भाडामा लिएर मूल बीउ उत्पादन गर्ने गरेको बताएको छ । हाल सेन्टरले मकै, धान, गहुँ र अन्य नगदे बालीको मूल बीउ उत्पादन गरेको बताएको छ । अन्य जिल्लाबाट यसअघि आएको बिक्री वितरण गर्दै आएका किसानले आफनै घर आँगनमा उत्पादन भएका उन्नत जातका बीउबिजन तथा खाद्यानबालीका बीउ सहज रुपमा पाउने भएका छन् । हाल सो सेन्टरले तरकारीका पनि बीउबिजन प्याकिङ गरी बजारमा ल्याएको छ । पहिलो चरणमा भिन्डी, बोडी, मुला, काउली, प्याज तथा सिमीजातका नगदेबाली प्याकिङगरी बजारमा बिक्री गरेको र बीउबिजन आपूर्ति गर्न हम्मेहम्मे हुने गरेको सञ्चालन केसीको भनाइ रहेको छ । यसअघि भारतबाट आएका बीउबिजन यहाँका किसानले प्रयोग गर्दै आएका थिए । जसले गर्दा उनीहरूले महँगोमा बीउबिजन खरिद गर्नुपर्ने बाध्यता थियो ।

]]>
3847 0 0 0
महोत्सवबाट नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने :मन्त्री शेर्पा http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf/ Sat, 26 Sep 2015 11:14:50 +0000 http://www.ghumphir.com.np/?p=3849

पोखरा, ९ असोज ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले वैशाख १२ गतेको भूकम्पले अन्तर्राष्ट्रिय जगतमा पर्यटकीय क्षेत्रमा पु¥याएको असरलाई न्यूनीकरण गरी थप टेवा दिन हिमालयन हवाई महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल हवाई खेलकुद संस्था पोखराद्वारा आजदेखि यहाँ सुरु भएको हिमालयन हवाई महोत्सव गरुढा फनको शुभारम्भ गर्दै उहाँले पर्यटकीय गन्तव्य सुरक्षित रहेको र साहसिक एवम् मनोरञ्जनात्मक खेलकुद कार्यक्रम भइरहने सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

kirpasur sherpaमन्त्री शेर्पाले रङ्गीविरङ्गी र भगवान् गणेश, शिव, पार्वतीको रुप धारण गरेर आकाशमा प्याराग्लाइडिङ गरेको दृश्यले पोखराको पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका संयोजक गोविन्द पहारीले भूकम्पपछि खस्कोको पर्यटन व्यवसायलाई यस महोत्सवले थप टेवा दिने बताउनुभयो । भूकम्पपछि हाल जनजीवन सामान्यमा फर्किएको सन्देश विश्वसामु दिई नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको र पोखरामा साहसिक खेलको गतिविधि निरन्तर भइरहेको सन्देश दिने उद्देश्यले कार्यक्रम गरिन लागिएको संस्थाका कार्यबाहक अध्यक्ष सोवित बानियाँले जानकारी दिनुभयो । पोखराको आकाशमा आज र भोलि प्याराग्लााइडिङ,अल्ट्रालाइट र पावर प्याराग्लाइडिङ ( प्यारा मोटर) बाट डेमोका रुपमा रङ्गीविरङ्गी हुँदै विभिन्न वेषभूषामा ध्वजापताका सहित प्रदर्शन गरिने गरिएको छ । त्यसैगरी अल्ट्रालाइट तथा पावर प्याराग्लाइडिङबाट रङ्गीविरङ्गी आकाशमा धुवाँ फाल्ने र रिवनको प्रदर्शनीसमेत भइरहेको छ । यस मनोरञ्जनात्मक महोत्सवमा नेपाली ३५ र विदेशी १५ जना पाइलटको सहभागिता रहेको छ । कास्कीको सराङकोटबाट विभिन्न ध्वजापताका तथा वेषभूषामा सजिएका पाइलट उडान गरी फेवातालको किनार खपौदीमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

]]>
3849 0 0 0
किसानले रु दुई अर्ब ५० करोडको पशु बिमा गराए http://localhost/ghum/%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a5%81-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a5%ab%e0%a5%a6-%e0%a4%95%e0%a4%b0%e0%a5%8b/ Sat, 26 Sep 2015 11:17:26 +0000 http://www.ghumphir.com.np/?p=3851

कावासोती, ९ असोज ।

नवलपरासीमा पशुपालन गर्ने किसानले आव ०७१÷७२ मा रु दुई अर्ब ५० करोडको पशु बिमा गराएका छन् । पशुमा सबैभन्दा बढी गाईको बिमा गरिएको छ । गाई, बाख्रा र भैँसीलगायतका पशु बिमा गरिएको छ । पशु मर्दा किसानलाई आर्थिक रुपमा हुने ठूलो क्षति कम गर्न र पुनः पशुपालनमा प्रेरित गर्ने उद्देश्यले सरकारले पशुबिमामा ७५ प्रतिशत अनुदान दिने गरेको पशुसेवा कार्यालय नवलपरासीका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शङ्कर साहले बताउनुभयो । कुल पशु बिमामध्ये तीन हजार ५७५ गाईको रु एक अर्ब ६२ करोड पाँच लाख तथा एक हजार ३७५, भैँसीको रु छ करोड २५ लाख बिमा गरिएको जनाइएको छ । त्यस्तै २७५ बाख्राको रु एक करोड २५ लाख १७५ छ । एक सय बङ्गुरको रु ७५ लाख तथा ११० पाडाको रु ५० लाखको बिमा गरिएको थियो । पशुधनको बिमा गरेबापत सरकारले अनुदान दिन थालेपछि किसानको जोखिम कम हुने भएकाले पनि जिल्लाका पशु किसान पशु बिमातर्फ आकर्षित भएका छन् । आव ०७१÷७२ मा किसानले पशुधन मरेपछि बिमा गरिएका पशुको रु एक करोडभन्दा बढी क्षतिपूर्ति पनि पाएका छन् । जिल्ला पशुसेवा कार्यालय नवलपरासीका अनुसार गत आवमा बिमा गरिएका ७५ गाई, २८ भैँसी, पाँच बाख्रा, तीन बङ्गुर र चार पाडा मरेका थिए । ती पशु मरे पनि किसानले रु एक करोड २० लाख २८ हजार ४०० क्षतिपूर्ति पाएका छन् । वरिष्ठ पशु विकास अधिकृत साहले भन्नुभयो – “बिमाले किसानलाई पशुपालनमा आकर्षित गरेको छ ।” पशु मरेपछि बिमाबापतको रकम पाएका अधिकांश किसानले पुनः सो रकम पशुपालनमा नै लगानी गर्ने गरेका छन् ।

]]>
3851 0 0 0
आइतबारदेखि देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली सुरु http://localhost/ghum/%e0%a4%86%e0%a4%87%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ad%e0%a4%b0-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%be/ Sat, 26 Sep 2015 16:30:36 +0000 http://www.ghumphir.com.np/?p=3853

काठमाडौँ, ९ असोज ।

सरकारले भोलि आइतबारदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुनेछन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यावश्यकीय सवारीसाधनबाहेक अन्य सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने मन्त्रालयले निर्णय गरेको हो । अत्यावश्यकीय सवारीसाधनको रुपमा सुरक्षा निकायका सवारीसधान, एम्बुलेन्स, दमकल, शबवाहन, तरकारी, फोहोर बोक्ने, दुध बोक्ने, पानी बोक्ने सवारीसाधनमा भने जोरबिजोर प्रणाली लागू नगरिने उहाँले जानकारी दिनुभयो । यो व्यवस्थाबाट सर्वसाधारणमा पर्न जाने असरप्रति संवेदनशील हुँदै आपूर्ति सहज गराउन सरकार प्रत्यनशील रहेको र आपूर्तिमा सुधार नभएसम्मको लागि धैर्य गरी पेट्रोलियम पदार्थको उपभोगमा मितव्ययिता अपनाउन र अनावश्यकरुपमा सञ्चय नगरिदिनु हुन सबैमा अनुरोध गरेको छ । पछिल्लो समय भारतबाट पेट्रोलियम पदार्थको सहज आपूर्तिमा कठिनाइ उत्पन्न भएकाले जोरबिजोर प्रणाली लागू गरिएको प्रवक्ता ढकालको भनाइ थियो । सरकारले पेट्रोलियम पदार्थको सकभर कम प्रयोग गर्नसमेत सर्वसाधारणमा आग्रह गरेको छ । पेट्रोलियम पदार्थको कालोबजार र कृतिम अभाव नगर्न आग्रह गर्दै सो गरेको पाइए कारवाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।

]]>
3853 0 0 0
भूकम्पपछि तङ्ग्रिदो पर्यटन प्रवद्र्धनको रणनीतिक योजना http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%a4%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a6%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af/ Sat, 26 Sep 2015 17:17:28 +0000 http://www.ghumphir.com.np/?p=3855 सन्दर्भः विश्व पर्यटन दिवस

]]>
3855 0 0 0
भारतबाट सवारीसाधनको आवागमनमा अनुचित विलम्बप्रति चासो http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b5%e0%a4%be%e0%a4%97/ Sat, 26 Sep 2015 17:12:14 +0000 http://www.ghumphir.com.np/?p=3859

काठमाडौँ, ९ असोज । भारतका विभिन्न सीमा जाँचचौकीबाट नेपाल भित्रने अत्यावश्यक सामग्री बोकेका सवारी साधनको आवागमनमा विगत केही दिनयता विलम्ब भएकोमा सरकारले गम्भीर चासो व्यक्त गरेको छ ।
बिगत एक महिनादेखि तराई क्षेत्रको सुरक्षास्थिति यथावत रहेको र पछिल्ला दिनमा त्यहाँको सुरक्षा अवस्थामा अझ सुधार आएको भएपनि यही असोज ६ गतेदेखि अत्यावश्यक सामग्रीको प्रवाहमा कमी आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयको कार्यभारसमेत सम्हाल्नुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले नेपालका लागि भारतका राजदूत रणजित रायलाई नेपालमा सुरक्षा व्यवस्था चुस्त पारिएको तथा नेपाल आउने मालबाहक सवारी साधन भारतीय भूमिमा रोकिएकाबारे गत शुक्रबार ध्यानाकर्षण गराएको तर आजसम्म स्थितिमा सुधार नआएको उक्त मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“परिस्थितिमा कुनै सुधार आएको छैन, आज अपराह्न पाँच बजेसम्ममा विराटनगर, वीरगञ्ज, भैरहवा, कृष्णनगर र नेपालगञ्ज जाँचचौकीबाट एउटा पनि मालबाहक सवारी साधन नेपाल प्रवेश गरेका छैनन्,” भारतीय राजदूतसँग भएको छलफलपछि पनि कुनै सुधार नभएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ।
शीघ्र नष्ट हुने मालसामान बोकेका उनन्तिसवटा मालबाहक सवारी साधनलाई हिजो र अस्ति भैरहवाबाट नेपाल प्रवेश गर्न दिइएको, मेची भन्सार कार्यालयबाट आज पेट्रोलियम पदार्थ बोकेका तीनवटा गरी १७ वटा मालबाहक सवारी साधन नेपाल आएका तथा धनगढीस्थित जाँचचौकीबाट पनि २५ वाहनलाई मात्र प्रवेशको अनुमति दिइएको जनाइएको छ ।

पेट्रोलियम पदार्थ र अत्यावश्यक सामग्री बोकेका सयौं सवारी साधन भारतीय भूमिमा निकासका निम्ति प्रतीक्षारत रहेका तथा अन्य उपभोग्य सामग्री लिन ठूलो सङ्ख्यामा लामबद्ध सवारी साधनलाई भारत प्रवेशमा रोक लगाइएकोमा मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । भारतको पछिल्लो कदमबाट सर्वसाधारण नेपालीमा चाडबाडको पूर्वसन्ध्यामा दैनिक उपभोग्य वस्तुको अभाव महसुस भएको छ ।

नेपाल र भारतबीचको विद्यमान विशेष सम्बन्धलाई दृष्टिगत गरी भारत सरकारले विगतमा झैँ पेट्रोलियमलगायत दैनिक उपभोग्य सामग्री बोकेका सवारी साधनको निर्वाध प्रवाहलाई जतिसक्दो चाँडो सुनिश्चित गर्न आवश्यक कदम चाल्ने विश्वास नेपाल सरकारले गरेको उल्लेख गर्दै विज्ञप्तिमा नेपालमा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनलाई सुरक्षाको पूर्ण व्यवस्था गरिएको स्पष्ट पारिएको छ ।

]]>
3859 0 0 0
मुलुकलाई आत्मनिर्भर बनाउन सहकारीको विकासमा जोड http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%86%e0%a4%a4%e0%a5%8d%e0%a4%ae%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ad%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89/ Sun, 27 Sep 2015 04:47:48 +0000 http://www.ghumphir.com.np/?p=3864 काठमाडौँ, १० असोज ।

पूर्व कृषि तथा सहकारीमन्त्री होमनाथ दाहालले परनिर्भरता बढिरहेको र अघोषित नाकाबन्दीको चर्चा चलिरहेको बेला मुलुकलाई आत्मनिर्भर तुल्याउन सहकारीको विकास र विस्तारमा जोड दिनुभएको छ । कोटेश्वरस्थित मङ्गलमूर्ति बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले आयात बढेर मुलुक असाधारण परिस्थितिबाट गुज्रिरहेको अवस्थामा छरिएर रहेको पुँजीलाई सङ्कलन गरी उत्पादनसँग जोड्ने सहकारीको अहिले साँच्चि नै आवश्यकता परेको धारणा व्यक्त गर्नुभयो । “वार्षिक ३५ अर्ब रुपैयाँ बराबरको चामल आयात गर्नुपरिरहेको र विप्रेषणबाट प्राप्त हुने रकम ८० प्रतिशत उपभोगका वस्तु खरिदमा खर्च भइरहेको अवस्थालाई अन्त्य गर्न सहकारीको माध्यमबाट आत्मनिर्भर हुने, उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्ने कार्यक्रम घोषणा गर्न आवश्यक छ”–नेता दाहालले भन्नुभयो । पूर्वसभासद् एवम् सहकारीका जानकार विष्णुबहादुर राउतले छरिएर रहेको स्वदेशी पुँजीलाई एकीकृत गरेर देश अस्तित्व र पहिचानलाई बचाउन ठूलो सङ्ख्यामा रहेका युवा बेरोजगार र गरिबी सम्बोधन गर्न सहकारीका माध्यमबाट उत्पादनसँग जोडेर लैजान सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“परनिर्भरता बढिरहेको अवस्थामा अहिले दिनानुदिन सहकारीको महत्व बढेको छ, मुलुकको विकास, सक्षमता र सबलता बढाउँदै धनी र गरिबबीचको खाडललाई सहकारीकै माध्यमबाट कम गर्न सकिन्छ ।” संस्थाका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मङ्गलमूर्तिका बचत तथा ऋण सहकारीका तीन सय १४ जना सेयरधनी रहनाका साथै यो वर्ष संस्थाले रु तीन करोड निक्षेप सङ्कलन गर्नाका साथै रु एक करोड ३५ लाख कर्जा प्रवाह गरेको जानकारी दिनुभयो । उपाध्यक्ष शरदकुमार शर्माले जनताबाट सङ्कलन गरेको पुँजीलाई केही सहकारीले दुरुपयोग गरेका कारण राम्रो गर्नेलाई समेत अप्ठ्यारामा परेको बताउँदै सहकारीमाथि इमान्दारीको प्रश्न उठेकाले सरकारले अनुगमन, प्रोत्साहन, पुरस्कार र दण्डलाई चुस्त तुल्याउन आवश्यक छ भन्नुभयो ।

]]>
3864 0 0 0
एक सिलिन्डर ग्यासको रु पाँच हजार http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%b0-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%81-%e0%a4%aa%e0%a4%be/ Sun, 27 Sep 2015 04:50:47 +0000 http://www.ghumphir.com.np/?p=3866 भक्तपुर, १० असोज ।

भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भइरहेका बेला यहाँ ग्यासमा व्यापक कालोबजारी भएको छ । भक्तपुरका ग्यास डिपो सञ्चालकले अवैध रुपमा ग्यास लुकाएर कालोबजारी गर्दा पनि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छैन । व्यापारीले एक साताअघिदेखि नै ग्यास लुकाएर कालोबजारी गर्न थालेको उपभोक्ताले गुनासो गरेका छन् । मध्यपुरथिमि नगरपालिकाका रामेश्वरलाल श्रेष्ठले थिमिमा ग्यास बिक्रेताले एक सिलिन्डर ग्यासको २५ सय रुपैयाँ लिएको आरोप लगाउनुभयो ।

LP_gas_cilinder ग्यास लिएर आउँदै गरेका श्रेष्ठले सुरुमा छैन भने पनि “दुई हजार पाँच सय रुपैयाँ दिएमा मगाइदिन्छु” भन्दै अन्यत्रबाट मगाइदिएको बताउनुभयो । ग्यास बिक्रेताले ग्यास डिपोभित्र नराखेर अन्यत्रै गोदाम गरेर राखेको उपभोक्ताको आरोप छ । बालकोट, नयाँ बस्तीका रामशङ्कर पाण्डेले ग्यास नपाएपछि सिलिन्डरसहित ग्यास किन्नुपरेको बताउनुभयो । शनिबार साँझ ग्यास पसलबाट एक सिलिन्डर ग्यासको चार हजार पाँच सय रुपैयाँ तिरेर ल्याएको जानकारी उहाँले दिनुभयो । उहाँले भन्नुभयो—“दसैँ आउन लाग्यो, ग्यास सकिएला भनेर जति भन्यो त्यति नै तिरेर ल्याउनुपरेको छ, ग्यास माग्दा छैन भन्छन्, बढी पैसा दिन्छु भने बाहिरबाट मगाइदिन्छु, राति आउनू भन्छन्, खै सङ्कटको बेलामा कसले रोक्ने कालोबजारी ?” कमलविनायकका एक ग्यास बिक्रेताले रु एक हजार चार सय पर्ने ग्यासलाई रु दुई हजार सात सयमा बिक्री गरेका छन् । शनिबार साँझ मोटरसाइकलमा ग्यास लाँदै गरेका कमलविनायक पाइपलाइनका सन्तोष न्यौपानेले अरू बेलामा एक हजार चार सय २० रुपैयाँमा ल्याउने गरेको ग्यास यस पटक त्यही पसलबाट रु दुई हजार सात सय तिर्नुपरेको बताउनुभयो । ग्यासमा खुला कालोबजारी भए पनि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनमा चासो नदिएको उपभोक्ताको गुनासो छ । जिप्रकाले भने लगातार बिदाको दिन परेकाले अनुगमन गर्न नसकेको स्विकारेको छ । सरकारले नै अनुगमन गर्न अधिकृतको टोली खटाएकाले सोही टोलीले अनुगमनमा चासो दिनुपर्ने जिप्रकाको भनाइ छ ।

]]>
3866 0 0 0
पश्मिम नाका निर्बाध सञ्चालनमा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%ae-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a4%be%e0%a4%a7-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a/ Sun, 27 Sep 2015 04:52:49 +0000 http://www.ghumphir.com.np/?p=3869 भीमदत्तनगर, १० असोज ।

भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालमा ढुवानी गर्न नदिइरहेका बेला पश्चिमी क्षेत्रका नाकामा भने कुनै अवरोध छैन । भारतसँग सीमा जोडिएका कञ्चनपुरको गड्डाचौकी, बैतडीमा झुलाघाट र दार्चुला नाकामा कुनै अवरोध नभएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ । हालसम्म कुनै खाले समस्या नभएको प्रजिअ लीलाधर अधिकारीले स्पष्ट गर्नुभयो ।

]]>
3869 0 0 0
जहाँ हिड्दा पर्यटकहरु अत्तालिए http://localhost/ghum/%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%b9%e0%a4%bf%e0%a4%a1%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%85%e0%a4%a4/ Sun, 27 Sep 2015 05:05:47 +0000 http://www.ghumphir.com.np/?p=3871 चीनमा निर्मित नयाँ ५९० फिट अग्लो झोलुंगे पुल चढ्न पुगेका एक हुल पर्यटकहरुले सायद जीवनमा कहिल्यै नगरेको अनुभव गरे । सिसाको सतह भएको पुलमा पार गर्ने क्रममा उनीहरु धेरैपटक रिंगटा लागेर थचारिएका थिए ।

यो अद्भूत संरचना चीनको हुनान प्रान्तमा अवस्थित छ । पिपुल्स डेली अनलाइनले पुलमा पहिलोपटक हिँडेका पर्यटकको तस्वीर प्रकाशित गरेको छ जसमा उनीहरु डरले कक्रक्क परेका देखिन्छन् । केहि युवतीहरु हिँड्नै नसकेर अरुले सहारा दिनु परेको छ ।

यसअघि शीनिउझाईस्थित स्टोन बुद्ध माउन्टेनका दुई चुचुराहरुलाई जोड्ने काठको पुल थियो । अहिले ९८४ फिट लामो सिसाको संरचना बनाइएको हो । ११ जना इन्जिनीयरहरुको समूहले थुप्रै महिना लगाएर काठलाई सिसाले प्रतिस्थापन गरेका थिए । यसलाई संसारकै पहिलो सिसाको सतहयुक्त झोलुंगे पुल भनिएको छ ।

China's-new-glass-bottom-1

समाचार अनुसार पहिलोचोटी यस्तो पुल टेक्ने क्रममा थुप्रैको सातो गएको थियो । कोहि एक अर्कालाई सहारा दिएर हिँडिरेहका देखिन्थे भने कोहि पुलको रेलिङको आड लिइरहेका थिए । पुलको मुन्तिर हेर्दै कहालिएको आवाज पनि पटक पटक सुनिएको थियो । मानिसहरुको चाप भएको बेलामा पुल हल्लिदा झनै आतंक मच्चिन्थ्यो ।

यद्यपि पुल वरिपरीको दृष्यले धेरै पर्यटकहरुलाई मोहित बनायो । यो पुलको चित्ताकर्षक सौन्दर्यले गर्दा यसलाई ‘हिरो पुल’ नाम दिन थालिएको छ । यस पुलमा प्रयोग गरिएको शीशा झ्यालमा हालिने सामान्य खालको सिसा भन्दा २५ गुणा बलियो रहेको जनाइएको छ ।पुलमा हिँड्दा हिँड्नेहरुलाई विशेषखालको जुत्ता लगाउन दिइन्छ, ताकि उनीहरु नचिप्लिउन् भनेर ।

China's-new-glass-bottom-2

सिसाका संरचनाहरु आजकाल चीनमा निकै लोकपि्रय भइरहेका छन् । हालै मात्र हुबेईस्थित एक पर्यटकीय स्थलमा सिसाको एलिभेटर सञ्चालनमा आएको छ, जसमा चढेर पहाडको टुप्पोमा पुग्न सकिन्छ ।

Chinas-new-glass-bottom

]]>
3871 0 0 0
पर्यटन क्षेत्रमा रु पाँच अर्ब लगानी http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%81-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a/ Sun, 27 Sep 2015 15:47:43 +0000 http://www.ghumphir.com.np/?p=3878

रत्ननगर (चितवन), १० असोज ।

नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश विश्वव्यापी गर्नुपर्नेमा व्यवसायीले जोड दिएका छन् । विश्व पर्यटन दिवसका अवसरमा आज भरतपुरमा भएको एक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । चितवनको पर्यटन क्षेत्रमा मात्रै करिब रु पाँच अर्ब लगानी भएको छ । जनआन्दोलन २०६२÷६३ पछि जिल्लामा पर्यटन व्यवसाय फस्टाउँदै गएको पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनालीले जानकारी दिनुभयो । “अहिले जिल्लामा सुविधायुक्त स्टार तहका होटलसमेत खुलेका छन,” उहाँले भन्नुभयो– “अब नेपाल सुरक्षित छ भन्ने सन्देशमात्रै बाहिर लानसके व्यवसाय फष्टाउने छ ।” शान्ति प्रक्रियापछि नेपालमा पर्यटन व्यवसाय बढेको हो । सो समयपछि रु १० करोड बढीका होटल जिल्लामा दर्जन बढी खुलेका छन् । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा चिनिएको सौराहा तथा मेघौली, पटिहानी, जगतपुर, राइचुली, लामो झरना, परेवाकोट देवघाटलगायत क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण छ । सुरक्षित गन्तव्य नेपाल भनेर विश्वमा पहिचान गराउनसके फेरि पुरानै अवस्थामा पर्यटन व्यवसाय फर्किने क्षेत्रीय होटल सङ्घका प्रथम उपाध्यक्ष सुमन घिमिरेले बताउनुभयो । जिल्लामा अहिले स्टार तहका करिब ३० वटा होटल छन् । सौराहामा मात्रै करिब १०० होटल छन् । “यस्ता होटल खुल्नेक्रम जारी छ” उहाँले भन्नुभयो । तर अहिले भूकम्पपछि भने बैंकको ऋणसमेत तिर्न नसक्ने अवस्था भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने व्यवसायी बताउँछन् । चितवन निकुञ्जको तथ्याङ्कमा वार्षिक करिब दुई लाख पर्यटन आउने देखाएको भए पनि जिल्लामा समग्रमा चार लाख पर्यटक वार्षिक आउने गरेको समितिले जनाएको छ ।

]]>
3878 0 0 0
नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउन सबै पक्ष लाग्नुपर्छ – मन्त्री पण्डित http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%9b-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a4%a8/ Sun, 27 Sep 2015 15:50:16 +0000 http://www.ghumphir.com.np/?p=3880

काठमाडौँ, १० असोज

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पर्यटन नेपालको अर्थतन्त्रको आधार रहेकाले पर्यटकलाई नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउन सबै पक्ष लाग्नुपर्ने बताउनुभएको छ । विश्व पर्यटन दिवसका अवसरमा छिरिङमा टे«क्स एण्ड एक्स्पिडिसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र रहेकाले यसलाई विशेष महत्वका साथ अघि बढाउने बताउँदै पुनःनिर्माणका क्रममा पर्यटन क्षेत्रलाई अझै व्यवस्थित बनाउनेमा जोड दिनुभयो । मन्त्री पण्डितले विश्वमा कहीँ पनि सर्वसम्मत संविधान जारी नभएको उल्लेख गर्दै नेपाली जनताको आवश्यकताअनुसार संशोधन हुने किसिमको नेपालको संविधान जारी भएको दाबी गर्नुभयो । संविधानको विषयमा ठीक ढङ्गले नबुझेकाले संविधानको विरोधमा आन्दोलन भइरहेको भन्दै उहाँले भन्नुभयो– “आन्दोलनका नाजायज मागलाई कुनै पनि हालतमा मान्न सकिँदैन ।” नेपाल पर्यटन बोर्डका सदस्य घनेन्द्र श्रेष्ठले पर्यटन क्षेत्रको मेरुदण्ड पर्वतारोहण भएकाले यसको पुनःउत्थानका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ छिरिङ शेर्पाले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र रोजगारी सिर्जना गर्ने यो क्षेत्रलाई अगाडि बढाउन आफूहरु लागिपरेको बताउनुभयो । कार्यक्रममा पर्वतारोही याङ दन शेर्पा, आङ फुर्वा, नोर्बु शेर्पालगायतलाई सम्मान गरिएको थियो ।

]]>
3880 0 0 0
नाकाबन्दीले आर्थिक क्षेत्रमा सुस्तता http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4/ Sun, 27 Sep 2015 15:54:54 +0000 http://www.ghumphir.com.np/?p=3882

काठमाडौँ, १० असोज ।

भारतले गरेको नाकाबन्दीले नेपालको अर्थतन्त्रमा सुस्तता ल्याएको अर्थविद्हरुले बताएका छन् । मिडिया भिजन नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले भारतले नेपाललाई गरेको व्यवहार अन्तर्राष्ट्रिय हित विपरीत भएको बताउनुभयो । उहाँले भारतले सदियौँदेखि चल्दै आएको नेपाल र भारतको सम्बन्धलाई नाकाबन्दी गरेर बिगार्न खोजेको आरोप लगाउनुभयो ।

nepal_strikeक्षेत्रीले सीमा नाकाबन्दीले नेपालको अर्थतन्त्रमा ठूलो घाटा पुग्ने भन्दै यसो नगर्न भारत सरकारलाई आग्रह गर्नुभयो । उहाँले नेपाली एकताको भावनाका साथ अगाडि बढेमात्र यो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनीले नाकाबन्दीले सामानको मूल्य बढ्ने भन्दै त्यसलाई रोक्न भारत सरकारलाई आग्रह गर्नुभयो । उहाँले भारतबाट अन्तर्राष्ट्रिय पैसा तिरेर सामान आयात गरेको भन्दै नाकाबन्दीले नेपाललाई मात्र घाटा नभएर भारतीयलाई पनि घाटा हुने बताउनुभयो । उहाँले तराईमा बन्द भए पनि बैंक सेवा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । पङ्गेनीले उत्तरतिरबाट नाका खोलेर व्यापार गर्ने तत्काल सम्भावना नभएको भन्दै भारतसँगै सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको आँैल्याउनुभयो ।

]]>
3882 0 0 0
पाँच हजार बढी गाडी भारतीय भूमिमा अलपत्र http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a5%80-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af/ Sun, 27 Sep 2015 15:57:05 +0000 http://www.ghumphir.com.np/?p=3884

लुम्बिनी (रुपन्देही), १० असोज ।

नेपालको जारी संविधानप्रति असन्तोष पोख्दै आएको भारतले पछिल्लो समय नेपाल–भारत सीमा नाका बेलहिया ठप्प पारेको छ । जसका कारण भारतका विभिन्न स्थानबाट माल लिएका ट्रकहरु भारतीय बजमर सुनौली ३० किलोमिटर टाढासम्म लामबद्ध भएका छन् । भारतीय भन्सारले सामान लिएर नेपाल आउन लागेका ट्रकमा समयमै सामान जाँचपास नगरिदिँदा भारतमा अलपत्र परेका हुन् । भारतीय पक्षले सुरक्षाका नाममा घन्टौँसम्म एउटै गाडीमाथि गरिएको चेकजाँचले सीमा नाका सुनौलीमा अघोषित रुपमा नाकाबन्दीको आभाष गराएको नेपाली भन्सार अधिकारीहरुले जनाएका छन् । भारतबाट नेपाल भित्रने मालबाहक ट्रक नेपाल प्रवेश गर्न नपाउँदा राज्यलाई अहिलेसम्म अर्बौं रुपैया नोक्सानी परेको छ भने समग्र क्षेत्र तहसनहस भएको बेलहियास्थित भैरहवा भन्सार कार्यालयका प्रमुख लावण्य ढकालले जानकारी दिनुभयो । भारतीय सुरक्षाकर्मीहरूले सुनौली नाका हुँदै रुपन्देहीको बेलहिया भएर नेपाल प्रवेश गर्ने फलफूल, तरकारी र मार्बलका गाडीबाहेक अन्य अत्यावश्यक सामानसहितका मालबाहक गाडी नेपाल आउन दिएका छैनन् । भारतीय पक्षले तीन दिनअगाडि बेलहिया भन्सार कार्यालयमा आएर भन्सार काटिएका पेट्रोलिएम पदार्थ लिएर बेलहियास्थित भन्सार कार्यालयको गेट अगाडि आएका गाडीसमेत फिर्ता लगेर गएको भन्सार प्रमुख ढकालले जानकारी दिनुभयो । बेलहिया नाकामा आएका पेट्रोलियम पदार्थ, ग्यास र खाद्यान्न नेपाल जान नदिने भन्दै सीमा सुरक्षा बल एसएसबीले भारततर्फ फर्काएको उहाँले जानकारी दिनुभयो । भारतको बैतालपुरबाट ग्यास र पेट्रोलियम पदार्थ बोकेका नेपाल आयल निगमका ९४ वटा ट्याङ्करसमेत नेपाल प्रवेशमा रोक लगाइएपछि अलपत्र अवस्थामा रहेको उहाँले बताउनुभयो । दैनिक करिब ३५० देखि ४०० मालबाहक गाडी आउने सुनौली नाकाबाट अहिलेसम्म १५÷२० वटा गाडी मात्र नेपाल प्रवेश गरेका छन् । जसमा चारवटा खाली थिए भने दुईवटा मार्बल, दुईवटा टायल, पाँचवटा फलफूल र केही तरकारीका गाडी रहेको प्रमुख ढकालले बताउनुभयो ।

]]>
3884 0 0 0
तीन बङ्गलादेशी पर्यटक सम्मानित http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%ac%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%b8%e0%a4%ae/ Sun, 27 Sep 2015 16:00:26 +0000 http://www.ghumphir.com.np/?p=3886

काँकडभिट्टा (झापा), १० असोज ।

पूर्वी नाका काकँडभिट्टाबाट आज दिउँसो प्रवेश गरेका तीन बङ्गलादेशी पर्यटकलाई ३६औँ विश्व पर्यटन दिवसको अवसरमा सम्मान गरिएको छ । पर्यटन कार्यालय काँकडभिट्टा र विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले आयोजना गरेको एक कार्यक्रममा ती पर्यटकलाई सांसद रवीन कोइरालाले फूलमालासहित सम्मान गर्नु भएको हो । पर्यटक कार्यालयका प्रमुख गणेशप्रसाद तिम्सिनाले नेपालमा जारी बन्द, हडतालका कारण पर्यटकको आगमनमा समेत असर परेको बताउनुभयो । सोही अवसरमा भएको अन्तक्रियामा सहभागी व्यवसायीले कानून नै बनाएर बन्द, हड्ताल निषेध गर्नुपर्ने माग गरेका थिए ।

]]>
3886 0 0 0
पश्चिमी नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्या बर्सेनि घट्दै http://localhost/ghum/%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%86%e0%a4%89/ Sun, 27 Sep 2015 16:03:31 +0000 http://www.ghumphir.com.np/?p=3888

कञ्चनपुर, १० असोज ।

पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या घटेको छ । सन् २००९ पछिका छ वर्षमा पश्चिमी नाकाबाट आउने पर्यटकको सङ्ख्यामा कमी आएको हो । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन् २००९ मा दुई हजार ३४, सन्, २०१० मा एक हजार ३९६, सन् २०११ मा एक हजार ६४०, सन् २०१२ मा एक हजार ६०८, सन्, २०१३ मा एक हजार ७३९, सन् २०१४ मा एक हजार २१० र सन् २०१५ को हालसम्म एक हजार ४४४ पर्यटक नेपाल आएका छन् । यसैगरी, गड्डाचौकी नाका भएर सन्, २००९ मा एक हजार ५५०, सन् २०१० मा एक हजार १३९, सन् २०११ मा एक हजार ३२४, सन् २०१२ मा एक हजार २१, सन् २०१३ मा एक हजार ६२०, २०१४ मा एक हजार ५३७ र सन् २०१५ को हालसम्म एक हजार २९३ पर्यटक स्वदेश फर्किएका छन् । कार्यालयका अद्यागमन सहायक शेखरनाथ ओझाले सन् २००९ मा नेपाल भ्रमण वर्ष परेकाले पर्यटकको सङ्ख्या बढी भए पनि त्यसपछिका वर्षमा समान्यरुपमा थपघट भएको बताउनुभयो । गड्डाचौकीबाट नेपाल आउनेमा सबैभन्दा बढी अस्ट्रेलिया र फर्किनेमा इजरायलका छन् । यसैगरी अमेरिका, फ्रान्स, बेलायत, इटाली, स्पेन, क्यानडा, रुसलगायत मुलुकका पर्यटक गड्डाचौकी नाकाबाट आउने गरेका छन् । उनीहरु पोखरा, काठमाडौँ बर्दिया घुम्न आउने गरेका छन् । पछिल्लो समय केहीले शुक्लाफाँटा वन्यजन्तु आरक्ष घुम्नका लागिसमेत आउन थालेको उहाँले बताउनुभयो ।

]]>
3888 0 0 0
बौद्धनाथ स्तुपाको पुनःनिर्माणका लागि रु ३३ लाख सहयोग http://localhost/ghum/%e0%a4%ac%e0%a5%8c%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf/ Sun, 27 Sep 2015 16:10:37 +0000 http://www.ghumphir.com.np/?p=3890

काठमाडौँ, १० असोज ।

भूकम्पले क्षतिग्रस्त बौद्धनाथ स्तुपा (चैत्य) को पुनःनिर्माणका लागि बुद्धिस्ट एसोसिएसन अफ चाइनाले रु ३३ लाख २० हजार (दुई करोड युआन) सहयोग प्रदान गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा पर्यटन मन्त्रालय अन्तर्गत रहेको बौद्धनाथ क्षेत्र विकास समितिलाई उक्त रकम हस्तान्तरण गरिएको हो । सोही अवसरमा पर्यटन मन्त्री कृपाशुर शेर्पाले एक असल छिमेकीका रुपमा रहेको चीनले सङ्कटका बेला नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै चीनविरोधी कार्य भइरहेको समाचार बाहिर आएपनि नेपाली भूमिमा यस्ता कार्य गर्न नदिने बताउनुभयो । संस्थाका अध्यक्ष गुरु जुबे चेङ्ले रकम धेरै नभएपनि सहयोगका लागि बढाएको हात र साथ ठूलो कुरा भएको बताउनुभयो । यसैगरी, कार्यक्रममा आनी छोइङ् डोल्माको अनाथ बालबालिकाको विद्यालयलाई पनि सहयोगस्वरुप रु १६ लाख प्रदान गरिएको थियो ।

]]>
3890 0 0 0
सलामी दिँदै http://localhost/ghum/%e0%a4%b8%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%a6%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Sun, 27 Sep 2015 16:52:55 +0000 http://www.ghumphir.com.np/?p=3893 3893 0 0 0 इन्द्रजात्रा http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Sun, 27 Sep 2015 16:57:42 +0000 http://www.ghumphir.com.np/?p=3896 3896 0 0 0 चीनतर्फको नाका खोल्न एमाओवादी अध्यक्ष दाहालको चिनियाँ राजदूतलाई आग्रह http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%ab%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a4%8f%e0%a4%ae%e0%a4%be/ Mon, 28 Sep 2015 14:33:23 +0000 http://www.ghumphir.com.np/?p=3899

काठमाडौँ, ११ असोज ।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले चीनतर्फको नाका खोल्न नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलाई आग्रह गर्नुभएको छ । राजदूत ऊलाई आज आफ्नै निवास लाजिम्पाटमा बोलाएर अध्यक्ष दाहालले संविधान निर्माणपछि मुलुकमा विषम अवस्था उत्पन्न भएकाले नेपाल चीन नाका खोल्नका लागि आवश्यक सहयोग गर्न अनुरोध गर्नुभएको हो । नेपालीको महान् चाड दसँै र दीपावली नजिक आएकाले त्यसलाई मध्यनजर गरेर नाका खोल्न अध्यक्ष दाहालले आग्रह गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिनुभयो । अध्यक्ष दाहालको आग्रहमा राजदूत ऊले नेपाललाई हर प्रकारको सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो । नेपालका राजनीतिक दल, नेपाली जनताले गरेको निर्णयको पक्षमा चीन सरकार रहेको राजदूतको भनाइ थियो । गत वैशाखमा गएको ‘गोरखा भूकम्प’का कारण नेपाल चीन नाकातर्फको तातोपानी कोदारी नाका र रसुवा केरुङ नाका अवरुद्ध छ । ती दुई नाका अवरुद्ध भएका कारण नेपालमा समस्या उत्पन्न भएको छ ।

]]>
3899 0 0 0
रातो मच्छिन्द्रनाथको होम पूजाको लागि रथ जात्रा रोकियो http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%8b-%e0%a4%ae%e0%a4%9a%e0%a5%8d%e0%a4%9b%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%8b%e0%a4%ae/ Mon, 28 Sep 2015 14:35:27 +0000 http://www.ghumphir.com.np/?p=3903

काठमाडौँ, ११ असोज ।

रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएर सुन्धारा पु¥याएपछि एक दिन रोकी होम पूजा गर्नुपर्ने प्रचलनअनुसार होम पूजाका लागि आज रथ जात्रा रोकिएको छ । यही असोज ५ गतेदेखि सुरु भएको रथ जात्रा हरेक वर्ष रथलाई तानेर सुन्धारा पु¥याएपछि एक दिनका लागि रथलाई सोही स्थानमा रोकी पूजा गर्ने प्रचलनअनुसार रथ जात्रा आज एक दिनका लागि स्थगन गरी पूजा गरिएको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो । प्रमुख अधिकारीका अनुसार सुन्धारामा रथ रोकी रथका पूजारी र बारही समुदायका मानिसले रथको होम पूजा गरे । हिजो मङ्गलबजारदेखि सुन्धारासम्म रथ तानियो । मङ्गलबार सुन्धारादेखि लगनखेलसम्म रथ तानिने बताइएको छ । यसअघि पहिलो पटक गत वैशाख ६ गते रथारोहण गरी ९ गतेदेखि रथजात्रा सुरु गरेको भए पनि वैशाख १२ गतेको भूकम्पका कारण रथ जात्रा स्थगन भइ यही असोज ५ गतेदेखि पुनःसञ्चालन भएको हो ।

]]>
3903 0 0 0
मलेखुमा माछा महोत्सव हुने http://localhost/ghum/%e0%a4%ae%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a5%81%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%9b%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%b9%e0%a5%81%e0%a4%a8/ Mon, 28 Sep 2015 14:37:46 +0000 http://www.ghumphir.com.np/?p=3905

गजुरी धादिङ), ११ असोज ।

माछा बजारका रुपमा प्रख्यात धादिङको मलेखुमा माछा महोत्सव आयोजना हुने भएको छ । नेपाल राष्ट्रिय वाणिज्य सङ्घ धादिङको आयोजनामा मलेखुबजारमा आगामी पुस ९ देखि १९ गतेसम्म राष्ट्रिय महोत्सव तथा माछा मेला आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लोकनाथ डल्लाकोटीले जानकारी दिनुभयो । जिल्लाको कृषि र पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न यो महोत्सव हुन लागेको हो ।

]]>
3905 0 0 0
तराईमा धूमधामका साथ इन्द्रजात्रा मनाइयो http://localhost/ghum/%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%ae%e0%a4%be-%e0%a4%a7%e0%a5%82%e0%a4%ae%e0%a4%a7%e0%a4%be%e0%a4%ae%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%a5-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/ Mon, 28 Sep 2015 14:40:04 +0000 http://www.ghumphir.com.np/?p=3907

लहान, ११ असोज ।

तराईमा आज धूमधामका साथ इन्द्रजात्रा मनाइएको छ । लहान, सुखीपुर, कटाहालगायत गाउँमा इन्द्र भगवान्, गणेश भगवान्को माटोका मूर्ति बनाई सजावट गरी नरनारी तथा भक्तजन, बालबालिकासमेतले हर्षोल्लासका साथ फलफूल, धूप, मिठाइ चढाई पूजा अर्चना गरे । साँझपख मनोरञ्जन, नाचगान समेतको व्यवस्था गरिएको छ । भोलि बिहान मूर्तिलाई नदी तथा पोखरीमा सेलाइने छ ।

]]>
3907 0 0 0
भक्तपुरमा पनि इन्द्रदह http://localhost/ghum/%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b9/ Mon, 28 Sep 2015 16:39:13 +0000 http://www.ghumphir.com.np/?p=3910

भक्तपुर, ११ असोज ।

इन्द्र दहका रुपमा परिचित प्रसिद्ध सिद्धपोखरीमा आज बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । इन्द्र दहमा आज बिहानैदेखि मुख धोएर इन्द्रको पूजाअर्चना गर्ने चलन छ । आइतबार साँझ खौमास्थित इन्द्रायणी पीठबाट इन्द्रायणी देवतालाई सिद्धपोखरीमा लगेर राखिएपछि पोखरीमा दीपावलीसमेत गरिएको थियो । आज दिनभर सिद्धपोखरीमा मेला पनि लाग्यो ।

]]>
3910 0 0 0
बजार खोज्दै दुग्ध व्यवसायीहरु http://localhost/ghum/%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%96%e0%a5%8b%e0%a4%9c%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%a6%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%a7-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be/ Mon, 28 Sep 2015 16:41:33 +0000 http://www.ghumphir.com.np/?p=3912

डडेल्धुरा, ११ असोज ।

डडेल्धुराको परशुराम नगरपालिकाअन्तर्गतका भित्री मधेसका कृषक दूधको बजार र डेरीको व्यवस्थापन हुन नपाउँदा चिन्तित बनेका छन् । जिल्लाको परशुराम नगरपालिका– १० बेलडाँगी र जलगंडाका करिब २० घर परिवारले उन्नत जातको जर्सी गाईपालन सुरु गरेपछि दूधको उत्पादनमा वृद्धि भएको हो । दुग्ध चिस्यान केन्द्र तथा डेरी व्यवस्थित नहुँदा दूध खेर जाने चिन्ताले पिरोलेको स्थानीय महिला व्यवसायी मानमतीदेवी बोहराले बताउनुभयो । कृषकले दुग्ध व्यवसाय सुरु गर्नका लागि चितवनबाट ३५ होलेस्टनी जातका उन्नत जर्सीगाई भित्रयाएका छन् । जोगबुडाका किसानले व्यवस्थित गोठ सुधार गरी प्रतिगाई रु ७०÷८० हजार मूल्य पर्ने दुईदेखि पाँच गाईसम्म पालेका छन् । तर बजारको व्यवस्थापनको अभावका कारण कृषक चिन्तित भएका छन् । दूधको मुख्य बजार रहेको कैलाली, धनगढी र सदरमुकाम डडेल्धुरा पु¥याउने व्यवस्था नभएकाले कृषक दुग्ध उत्पादन गरेर पनि चिन्तित बनेका छन् । भौगोलिक कठिनाइ, जोखिमपूर्ण भित्री मधेसको सडक अवस्था र पटक पटक भइरहने बन्दका कारण समयमै दूध बजारमा पु¥याउन कठिनाइ हुने गरेको किसानले बताएका छन् । परशुराम नगरपालिका– १० मा स्थापना गरिएको दुग्ध चिस्यान केन्द्र सञ्चालनमा समस्या आएपछि किसानको दूध व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । जर्सीगाई पालनबाट आफ्नो आर्थिक अवस्थालाई सुधार गर्न उत्साहित भएर लगानी गरेका बेलडाँगी समुदायका किसानले दूधको बजार व्यवस्थापन गरिदिन सम्बन्धित निकायलाई आग्रह गरे पनि कसैले पनि चासो नदिँदा लगानी डुब्ने र ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्थाप्रति किसान चिन्तित बनेका छन् । डडेल्धुरामा करिब पाँच सयजति जर्सीगाई पालनमा छन् । तर खुवा दूध दही र मिठाईजस्ता दुग्धजन्य चिजवस्तुहरु उत्पादन गरी बजारीकरण गर्ने हो भने किसानको लगानी सदुपयोग हुनुका साथै पशु विकासमा पनि नमुना स्रोतकेन्द्र बन्ने प्रचुर सम्भावना रहेको देखिन्छ । स्थानीय बजारमा दूधको धेरै खपत नहुने हुँदा नजिकरहेको डडेल्धुरा सदरमुकाम र धनगढीका बजारसम्म दूध पु¥याउने व्यवस्था गर्न सके भित्री मधेसका कृषकको आम्दानीको मुख्य स्रोत नै गाईपालन हुने र हतोत्साही बनेका कृषकलाई राहत मिल्ने व्यवसायीहरुको भनाइ छ ।

]]>
3912 0 0 0
चामल पर्याप्त छ: संस्थान http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%ae%e0%a4%b2-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%a4-%e0%a4%9b-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8/ Mon, 28 Sep 2015 16:47:18 +0000 http://www.ghumphir.com.np/?p=3914

विराटनगर, ११ असोज ।

नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, विराटनगरसँग चामल पर्याप्त मात्रामा मौज्दात छ । यस कार्यालयको गोदाममा ११ हजार क्विन्टल चामल मौज्दात रहेको छ । पहाडी जिल्लाको डिपोमा पनि दसैँसम्मका लागि चामल मौज्दात रहेको सो कार्यालयले जनाएको छ । यस कार्यालयबाट कोसी अञ्चलको भोजपुर र सङ्खुवासभामा चामल पठाइने गरिन्छ । भोजपुरको डिपोमा ६०० क्विन्टल मध्ये एक हजार १०० क्विन्टल चामल मौज्दात रहेको कार्यालय प्रमुख गणेशप्रसाद चापागाईले जानकारी गराउनुभयो । यसैबीच, भारतबाट आयात प्रभावित भएकाले नेपाल खाद्य संस्थानले दसैँको समयमा मोरङमा मागलाई पूर्ति गर्ने उद्देश्यले चामल बिक्री गर्ने निर्णय गरेको छ । विराटनगरस्थित कार्यालयको गोदामबाट घटस्थापनादेखि छठ पर्वसम्म सर्वसाधारणका लागि चामल बिक्री खुला गरिने तयारी भइरहेको उहाँले बताउनुभयो । सङ्खुवासभा र भोजपुर जिल्लामा चामलको अभाव हुन नदिने सो कार्यालयले जनाएको छ ।

]]>
3914 0 0 0
टानको चुनाव सर्यो http://localhost/ghum/%e0%a4%9f%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Mon, 28 Sep 2015 17:08:10 +0000 http://www.ghumphir.com.np/?p=3916 काठमाडौँ, ११ असोज ।

पर्यटन ब्यबसायीहरुको छाता सगठन ट्रेकिङ एजेन्सि एसोसियसन अफ नेपाल (टान)को निर्वाचन सरेको छ । आगामी शुक्रबार गर्ने भनीएको निर्वाचन आगामी डिसेम्बर २१ तारिक सम्ममा चुनाव गरिसक्नु पर्ने गरी चुनावको मिति सरहेको हो ।

taan-logo

चुनाव सरेको बिषयमा आधाकारीक रुपमा जानकारी नगरे पनी टानले आफ्नो आधाकारीक फेसबुक पेजमा हालको निर्वाचन प्रकृया स्थगित गरेको जानकारी गराईएको छ । टानका कार्यसमितिको कार्यअवधि सकिन लाग्दा पनी चुनाव प्रक्रियमा नगएको भन्दै ब्यापक आलोचना भएपछी यहि शुक्रबार निर्वाचन गर्ने ब्यबसायहरु बिच सहमती भएको थियो । तर एका एक चुनाव सरेको जानकारी आएपछी ब्यबसायहरु बिच आरोप प्रत्यारोपमा उत्रेका छन् । घोषण गरेको निर्वाचनको समयतालिका अनुसार सोमबारका लागि उम्मेद्वार दिने समय रहेको थियो । उमेदवार दिने दिन निर्वाचन सारिएको छ । टान निर्वाचन मिति सारिएकोप्रति टान नेतृत्वको चर्को आलोचना भएको छ ।

]]>
3916 0 0 0
पर्यटकिय गन्तव्य http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%bf%e0%a4%af-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af/ Mon, 28 Sep 2015 17:13:52 +0000 http://www.ghumphir.com.np/?p=3919 3919 0 0 0 जाँतोमा मकै http://localhost/ghum/%e0%a4%9c%e0%a4%be%e0%a4%81%e0%a4%a4%e0%a5%8b%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%95%e0%a5%88/ Mon, 28 Sep 2015 17:18:59 +0000 http://www.ghumphir.com.np/?p=3922 3922 0 0 0 जब रारा पुगे http://localhost/ghum/%e0%a4%9c%e0%a4%ac-%e0%a4%b0%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%87/ Mon, 28 Sep 2015 17:42:57 +0000 http://www.ghumphir.com.np/?p=3925 राम बहादुर खड्का मध्यपश्चिमका अधिकाश जिल्ला घुमीसकेपनी रारा पुग्ने सपना अहिले सम्म पनी पुरा हुन सकेको थिएन । साथीभाइ तथा कसैले पनी रारा तालको कुरा गर्दा कहिले पुगीएला जस्तो लाग्दथियो । तर त्यो साईत भदौको अन्तिम महिनामा मात्र साइत जुर्यो । रारा ताल नेपालको सबै भन्दा ठुलो ताल । धेरै पटक सुनेको र पढेको पनी । तर जाने ईच्छा धेरै भएपनी जाने मौका मिलेको थिएन । यो बर्ष जसरी पनी रारा जाने सोच अनि साथीहरु सग भने साथीहरु पनी तयार भए । जाने त भनियो तर बाटो राम्रो नभएका कारण मोटरबाईकमै जाने सोच बनायौ । सुर्खेत देखि दिनको एक बजे हिडेका हामी राती बास बस्नका लागी कालिकोटको सदरमुकाम मान्म पुग्यौ । दिनभरको मोटरसाईकल यात्रा र बाटो पनी त्यती सहज नभएका कारण थकाईको अनुभुती भयो ।

rara tour (1)यसरी लामो यात्रा मोटरसाईकलमा पहिलो नभएपनी यो पटक अलि थकाई लागेको जस्तो अनुभुति भयो । पहिलो रात कालीकोटमा बिताएका हामीले दोस्रो रात भने कर्णालीको सदरमुकामा जुम्ला पुग्यौ । जुम्लामा बास बस्न तथा खानपीनको राम्रो ब्यबस्थापन भएका कारण थकाइको त्यस्तो अनुभुती भएन । जुम्ला यो भन्दा पनी पहिलो पटक आई सकेका कारण नौलो अनुभुति भएन । तर मौसम सफा भएका कारण सुन्दर देखिएको जुम्ला निकै मनमोहक देखिएको थियो । जुम्ला भन्न वित्तिकै अभाव अशिक्षाका कुराहरु मत्र उठेको देखिन्छ । यहाको सौन्दर्यको कुरा विरलै सुन्न पाईन्छ । जुन म शब्दमा समेत ब्याख्या गर्न सक्दीन । जुम्लामा बिहानै उठेर चिया खाई नेपालको रारा ताल तर्फ लाग्ने सोच बनायौ सबै साथीहरु । सबै साथीहरु भन्नाले चार जना साथीहरु । मनमा कहिले रारा पुगिएला भन्ने कौतुहुल्ता रह्यो । जुम्ला देखी यात्रा गरेका हामी मुगुको गमगढी आएर बास बस्यौ । गमगढी देखी नजीकै भएका कारण रारा पुगे जस्तै भयो । गमगढीको बास कालिकोट र जुम्लाको बास बसाई भन्दा लामो लाग्यो । किनभने भोली रारा ताल पुग्नु छ । रारा कहिले हेर्न पाईएला भन्ने कौतुहुल्ताले गर्दा पनी होला कालिकोट र जुम्लाको बास भन्दा गमगढीको बास अलि पट्यारिलो लाग्यो । गमगढीमा बास बसीसकेपछी रारा जानका लागी तयार भएका हामी जब रारा तर्फको यात्रा गर्यौ । गमगढी देखी केही घण्टामै रारा तालको छेउ पुग्दा लाग्यो जिवनको सबै भन्दा आन्नदको अनुभुति पाए जस्तो । जगलको बिच बाट गएका हामी रारा तालको एक कुना देख्या मनमा निकै खुसि भएर कराउन पो मन लाग्यो र तर मनमा भए पनी कराउन सकिन । जब रारा तालको छेउ पुग्यौ अनि अनी सबै साथीहरु स्तब्ध भयौ । निकै हल्ला खल्लाका साथा हिडेका हामीहरु । जब ताल छेउ पुग्यौ तालको सुन्दरता र निश्लता देखेर सबै स्तब्ध भयौ । अनी आफ्ना यात्राका दुखहरु सबै भुल्यौ ।

rara tour (3) वरी परि जगल विचमा ताल । नेपालको सबै भन्दा ठुलो ताल समुन्द्री सतह बाट २ हजार ९ सय ९० मिटर उचाईमा रहेको रहेछ ।त्यो पनी नेपाली सेनाको तालको छेउमा हेर्नका लागी बनाएको विसैनीमा लखेको देखे पछी मात्र थाहा भयो कि, यो ताल यती उचाईमा रहेको छ भनेर । यो देखे पछी के याद आयो भने बाटाहरुको बिच बिचमा बाटो पहिल्याउने चिन्ह तथा रारा राष्टिय निकुन्जका बारेमा जानकारी दिन सकेको भए निकै राम्रो हुने थियो कि जस्तो लाग्यो । बर्षौ देखिको रारा जाने सपना पुरा भएपछी मनमा निकै खुसी अनुभव भयो । रारालाई पुरै एक फन्को मार्ने मनमा चाहना भएपनी पुरै एक फन्को मार्न सकियन । समय अभावका कारण रारालाई आधा फन्को मारे । फेरी आधा फन्को समयले साथ दिएमा फेरी आउने वाचा सहित रारा बाट फक्यौ ।

rara tour (2)rara

]]>
3925 0 0 0
वाईल्ड लाईफका केही तस्बिरहरु http://localhost/ghum/%e0%a4%b5%e0%a4%be%e0%a4%88%e0%a4%b2%e0%a5%8d%e0%a4%a1-%e0%a4%b2%e0%a4%be%e0%a4%88%e0%a4%ab%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%b9%e0%a5%80-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf/ Mon, 28 Sep 2015 18:10:08 +0000 http://www.ghumphir.com.np/?p=3931 wild photo (1) A fox, deeply asleep, while I am just quietly watching her. I couldn’t have wished for more beautiful behavior to witness: a wild animal with complete trust in a –potentially very dangerous- human species. Amsterdamse Waterleidingduinen, Nederland wild photo (3) wild photo (4) wild photo (5) wild photo (6) wild photo (7) wild photo (8) wild photo (9) wild photo (10)]]> 3931 0 0 0 बेलहिया नाकाबाट धमाधम पर्यटक सवार गाडी नेपाल भित्रँदै http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%b9%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a7%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a4%ae-%e0%a4%aa%e0%a4%b0/ Tue, 29 Sep 2015 07:11:02 +0000 http://www.ghumphir.com.np/?p=3944

लुम्बिनी (रुपन्देही), १२ असोज ।

सोमबार दिउँसोदेखि बेलुकासम्म रुपन्देहीको सुनौली नाकाबाट सबै प्रकारका गाडीको प्रवेश दिएको भारतीय पक्षले आज बिहान भने पर्यटकका गाडी मात्रै नेपाल पठाएको छ । सोमबार बेलुकासम्ममा पेट्रोलियम, ग्यास, खाद्यान्न, टायल्स र फलफूलका गरी ६० वटाभन्दा बढी गाडी नेपाल प्रवेश गरेका थिए । सोमबार दिनभरमा २० भन्दा बढी पर्यटक सवार गाडी नेपाल आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानदेखि पर्यटकका गाडीमात्रै नेपाल भित्रिरहेका छन् । बिहान ८ः४५ बजेसम्ममा एक दर्जनभन्दा बढी पर्यटक सवार गाडी नेपाल आएका छन् । दिउँसो मालबाहक गाडी नेपाल पठाउनका लागि भारतीय अधिकारीलाई अनुरोध गरिने बताइएको छ । सोमबार बेलहिया र भैरहवावासीको चर्को दबाब र सरकारी अधिकारीको पहलका कारण चार दिनदेखि ठप्प बेलहिया नाका केही खुकुलो भएको थियो ।

]]>
3944 0 0 0
पचास सिलिन्डर ग्यास लुटियो http://localhost/ghum/%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b8-%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%b0-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%b2%e0%a5%81%e0%a4%9f%e0%a4%bf/ Tue, 29 Sep 2015 07:13:52 +0000 http://www.ghumphir.com.np/?p=3946

गौशाला, १२ असोज ।

महोत्तरी जिल्लाको सम्सी रघुनाथपुर सडकखण्डमा सोमबार अबेर साँझ एक व्यापारीको ५० वटा ग्यास सिलिन्डर लुटिएको छ । जिल्लाको पश्चिमी सीमा नाकामा अवस्थित सम्सी बजारमा खाना पकाउने एलपी ग्यासको व्यापार गरी बसेका सम्सी गाविस–७ बस्ने रामदेव यादवको ५० वटा ग्यास सिलिन्डर युवाको एक समूहले आफूलाई आन्दोलनकारी भन्दै लुटेको पीडितले बताएका छन् । पीडित ग्यास व्यवसायी यादवले आफ्नो ग्यास रघुनाथपुरवासीले लुटेको आरोप लगाएका छन् तर उनले कसैलाई पनि आफूले नचिनेको बताएका छन् । मधेसमा अनिश्चितकालीन आम हडताल चलिरहेका बेला छिमेकी जिल्ला सर्लाहीको लालबन्दी बजारबाट ज१त ४७११ नम्बरको ट्याक्टरमा ५० वटा ग्यास सिलिन्डर ल्याउँदै गरेको यादवको सबै ग्यास लुटिएको सोही ठाउँमा सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले जनाएको छ ।

]]>
3946 0 0 0
ब्याज मिनाहा गर्न अनुरोध http://localhost/ghum/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%9c-%e0%a4%ae%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%b9%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b0%e0%a5%8b%e0%a4%a7/ Tue, 29 Sep 2015 15:06:31 +0000 http://www.ghumphir.com.np/?p=3948

काठमाडौँ, १२ असोज ।

नेपाल चेम्बर अफ कमर्सले देशमा विभिन्न भागमा भइरहेको बन्दहडतालले मुलुकको आर्थिक अवस्था धराशायी भई उद्योगी व्यवसायी पलायनको स्थितिमा पुगेकाले आन्दोलनरत दल, सरकार र सम्पूर्ण राजनीतिक दललाई वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न अनुरोध गरेको छ । चेम्बरले केही समयदेखि भन्सार नाका ठप्प भएकाले आयातमा लाग्ने डेमरेज र डिटेन्सन शुल्क तथा बंैकको ब्याज मिनाहा गर्न अनुरोध गरेको छ ।

]]>
3948 0 0 0
घोषित मितिमै टानको निर्वाचन गर्न माग http://localhost/ghum/%e0%a4%98%e0%a5%8b%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a5%88-%e0%a4%9f%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5/ Tue, 29 Sep 2015 15:13:30 +0000 http://www.ghumphir.com.np/?p=3951

काठमाडौँ, १२ असोज ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको चन्द्रप्रसाद रिजाल समूहले घोषित मितिमै निर्वाचन गर्न माग गरेको छ । नेपाल राष्ट्रिय व्यवसायी सङ्गठन र एकीकृत पर्यटन व्यवसायी सङ्गठनबाट संयुक्त उम्मेदवारी घोषणा गरेको सो समूहले आज यहाँ पत्रकार सम्मेलन गरी पूर्वघोषित मितिअनुसार नै यही असोज १५ गते टानको नयाँ कार्यसमितिको निर्वाचन हुन माग गरेको हो । सो दिन टान निर्वाचन घोषणा गरी अधिकृतको सचिवालयले निर्वाचन कार्यतालिकासमेत प्रकाशन गरी आफ्नो काम सुरु गरिसकेका अवस्थामा वर्तमान कार्यसमितिले असोज ११ गते अचानक सूचना टाँस गरी निर्वाचन स्थगन गरेको व्यवसायीको भनाइ छ । टान अध्यक्षका प्रत्याशी रिजालले पूर्वघोषित मितिअनुसार नै निर्वाचन सम्पन्न गर्नेगरी सबल नेतृत्व चयनका लागि तत्काल प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो । उहाँले घोषित मितिमा निर्वाचन नभए व्यवसायीमाझ गएर दबाब सिर्जना गर्नाका साथै जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग संस्थाको वैधानिकताका लागि आग्रह गरिने बताउनुभयो । टानले विभिन्न प्रकोपमा परेका मजदुरका परिवारलाई राहत दिने भनी मजदुर सङ्गठनसँगको गरिएको सम्झौता असोज १० गतेसम्मको समयसीमाभित्र कार्यान्वयन नगरेको जनाई विभिन्न मजदुर सङ्गठनले टान कार्यालयमा तालाबन्दी गरेको तर समस्या समाधानका लागि सकारात्मक पहल गर्नाको साटो कार्यसमितिबाट मजदुर सङ्गठनलाई विभाजन गर्ने लगायत हर्कत गर्दै घोषित निर्वाचन प्रक्रियालाई मजदुरको तालाबन्दीका कारण देखाइै स्थगन गरेको रिजाल समूहको भनाइ छ । टानको ३६औँ वार्षिक साधारणसभा तथा निर्वाचनका लागि रिजालसहित टानका वर्तमान महासचिव सागर पाण्डेले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

]]>
3951 0 0 0
कोदारी राजमार्ग एक साताभित्र खुल्ने http://localhost/ghum/%e0%a4%95%e0%a5%8b%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%8f%e0%a4%95-%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%ad/ Tue, 29 Sep 2015 15:22:38 +0000 http://www.ghumphir.com.np/?p=3954

काठमाडौँ, १२ असोज ।

भूकम्पपछि पटक पटक अवरुद्ध हुँदै आएको कोदारी राजमार्ग यथाशीघ्र खुलाउन जोडतोडका साथ काम भइरहेको छ । भूकम्पलगत्तै नेपाल सरकारको आग्रहमा चिनियाँ सशस्त्र बलले केही समय लगाएर एकतर्फी सवारी साधान चल्न सक्ने गरी खुलाएको सो राजमार्ग खुलेको केही दिनपछि सुक्खा पहिराका कारण पुनः अवरुद्ध हुन पुगेको थियो । सिन्धुपाल्चोकका प्रजिअ बलभद्र गिरीका अनुसार अवरुद्ध राजमार्ग पाँच सात दिन भित्रै खुलाउने उद्देश्यका साथ छ ‘हेभी इक्विप्मेन्ट’ प्रयोग गरी तीव्र रुपमा काम भइरहेको छ । सो राजमार्गको खासगरी लिपिङ र तातोपानी बजार क्षेत्रमा पहिरासँगै खसेका ठुल्ठुला ढुङ्गाका कारण सडक अवरुद्ध भएकाले वरिपरिको बस्तीलाई सुरक्षित तुल्याउँदै विस्फोटन र उपकरणका माध्यमबाट सडकमा थुप्रिएको पहिरो हटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । भूकम्पसँगै बाह्रबिसे–तातोपानी सडकखण्डका दशभन्दा बढी स्थानमा साना ठूला पहिरो गएको थियो । सडक डिभिजन कार्यालय चरीकोटको प्रयासमा सडक खुलाउने कार्यलाई तीव्रता दिइएको हो । सडक खुलाउने कार्यलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि सहयोग पु¥याउँदै आएका छन् । “पेट्रोलियम पदार्थको अभाव भएन र लक्ष्यअनुसार काम भयो भने पाँच सात दिनभित्रै पनि सडक सुचारु गर्न सक्छौँ भन्ने नै हो, सुक्खा पहिरोले कत्तिको असर गर्छ भन्ने विषयले पनि सडक कति समयभित्र खुल्छ भन्ने निर्धारण हुन्छ ”, प्रजिअ गिरीले भन्नुभयो ।

]]>
3954 0 0 0
मन्त्री थापाको भारतीय वाणिज्य मन्त्रीसँग छलफल http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b5%e0%a4%be/ Tue, 29 Sep 2015 15:26:21 +0000 http://www.ghumphir.com.np/?p=3957

काठमाडौँ, १२ असोज ।

भारत भ्रमणमा रहनुभएका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले नेपाल–भारत सीमा क्षेत्रमा केही दिनदेखि उत्पन्न असहज परिस्थिति अन्त्यका लागि आफ्ना भारतीय समकक्षी आग्रह गर्नुभएको छ । दक्षिण एसियाली आर्थिक सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री थापाले आफ्ना समकक्षी निर्मला सीतारामलाई आपूर्ति व्यवस्थामा देखिएको समस्याका कारण दैनिक उपभोग्य वस्तुको अभाव भएको र नेपालमा नकारात्मक प्रभाव परेको भन्दै तत्काल सहज वातावरण बनाउन आग्रह गर्नुभएको हो । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार मन्त्री थापाको आग्रहलाई भारतीय वाणिज्य मन्त्रीले सकारात्मक रुपमा लिनुभएको छ । सम्मेलनमा सहभागी हुने क्रममा भएको अनौपचारिक छलफलमा भारतीय मन्त्रीले समस्या समाधान गर्न सकारात्मक प्रयास गर्ने बताउनुभएको उल्लेख छ । भारतीय समकक्षीसँग मन्त्री थापाले बुधबार औपचारिक संवाद गर्नुहुने बताइएको छ । यस्तै नेपाली दूतावासले उच्चस्तरीय भेटघाटको आवश्यक तयारी गरिहेको छ । सोमबार मात्रै मन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभई सीमा क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो ।

]]>
3957 0 0 0
डोल्पा आउने पर्यटकको सङ्ख्या बढ्यो http://localhost/ghum/%e0%a4%a1%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%be-%e0%a4%86%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%99%e0%a5%8d/ Tue, 29 Sep 2015 15:32:25 +0000 http://www.ghumphir.com.np/?p=3960

त्रिपुराकोट (डोल्पा), १२ असोज ।

डोल्पामा गएको दुई महिनायता विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा भदौदेखि मात्र दैनिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको विमानस्थल सुरक्षा प्रहरी चौकी जुफालले जानकारी दिएको छ । डोल्पा आउनका लागि भदौदेखि असोजसम्मको दुई महिना उपयुक्त मौसम भएकाले पनि यस मौसममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने गरेको पर्यटक पथ प्रदर्शक साजन कठायतले बताउनुभयो ।

phoksundo lake dolpaयस मौसममा जताततै हरियाली तथा वर्षात् पनि कम हुने भएकाले पनि पर्यटक धेरै आउने गरेको उहाँको भनाइ छ । गत दुई महिनायता मात्रै चार सयको हाराहारीमा पर्यटक जुफाल विमानस्थलमा अवतरण गरेको प्रहरी नायब निरीक्षक कृष्णबहादुर डिसीले जानकारी दिनुभयो । डोल्पा पर्यटन व्यवसायको हिसाबमा महत्वपूर्ण जिल्ला भए तापनि सडक सञ्जालको सुविधा नहुनुका साथै डोल्पाको यातायातको मुख्य साधनका रुपमा रहेको एकमात्र विमानस्थल पनि भरपर्दो नभएकाले व्यवसाय सङ्कटमा परेको उहाँले बताउनुभयो । दुई महिनायता दैनिक नेपालगन्ज र सुर्खेतबाट हुने उडानहरुमा पनि विदेशी पर्यटक आउने गरेका छन् । राज्यले जिल्लाका पर्यटकीय सम्पदाको विकासका लागि उचित प्रचारप्रचार र सडक सञ्जालको पहँुच डोल्पासम्म जोड्न सके करोडाँै राजस्व पर्यटन व्यवसायबाटै सङ्कलन हुने स्थानीय लोकेश खत्रीले दाबी गर्नुभयो । डोल्पामा नेपालकै गहिरो सेफोक्सुन्डो ताल, नेपालकै दोस्रो ठूलो तथा नेपालकै अग्लो स्थानमा रहेको झरना सुलिगाड झरना, विश्वकै अग्लो मानववस्ती, नेपालकै प्रसिद्ध शक्तिपीठ बाला त्रिपुरासुन्दरी धामलगायतका दर्जनाँै प्रसिद्ध धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय सम्पदा रहेका छन् । यहाँ रहेका दर्जनौँ प्रसिद्ध पर्यटकीय सम्पदालाई राज्यले उपेक्षित गर्दा बर्सेनि करोडौँ राजस्व खेर गइरहेको स्थानीयवासी बुद्धिजीवी हेमराज हमालले बताउनुभयो । पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि यातायातको सुविधा नहुनुका साथै सुविधायुक्त होटलको अभाव र महँगीका कारण नगन्य मात्रामा जिल्लामा पर्यटक आउने गरेका छन् । यदि राज्यले डोल्पाको पर्यटन व्यवसायलाई विकास र विस्तारका लागि सडक सञ्जालको सुविधा पु¥याउन सके बर्सेनि दशौँ हजार आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिन्छ । यातायात, सञ्चार, स्वास्थ्यलगायतका सबै पक्षबाट पछि परेकाले डोल्पालाई राज्यले विशेष सम्बोधन गर्नुपर्ने डोल्पालीले बताएका छन् ।

]]>
3960 0 0 0
मदिरा उद्योग सञ्चालन नगर्न निर्देशन http://localhost/ghum/%e0%a4%ae%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8-%e0%a4%a8%e0%a4%97%e0%a4%b0/ Tue, 29 Sep 2015 16:49:03 +0000 http://www.ghumphir.com.np/?p=3962

काठमाडौँ, १२ असोज ।

व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हितसम्बन्ध समितिले मदिरा उद्योग सञ्चालन सम्बन्धमा औद्योगिक प्रवद्र्धन बोर्डबाट दिइएको अनुमति तत्काल कार्यान्वयन नगर्न उद्योग मन्त्रालयलाई दिर्नेशन दिएको छ । समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज बसेको बैठकले मदिरा उद्योग सञ्चालनका सम्बन्धमा समितिमा उजुरी परेकाले देशलाई अप्ठ्यारो परेको समयमा राज्यले विवादित विषयमा निर्णय लिन उपयुक्त नहुने निष्कर्ष निकालेको हो । मदिरा उद्योग सञ्चालनका सम्बन्धमा उद्योग मन्त्री महेश बस्नेतसँग छलफल गरेको र अन्तिम निर्णय लिनका लागि समितिका सदस्यले समय माग गर्नुभएकाले तत्काल कार्यान्वयन नगर्न निर्देशन दिइएको अध्यक्ष आङ्देम्बेले बताउनुभयो । डेढ महिनादेखि बन्द हडतालले देशका उद्योग व्यवसाय आक्रान्त भएको भनी उद्योगीले समितिसमक्ष गुनासो गरेको भन्दै उहाँले उपलब्ध उपभोग्य सामग्रीको मितव्ययी भएर एकअर्कालाई सहयोग अगाडि बढ्न आह्वान गरिएको बताउनुभयो । भारतले गरेको नाकाबन्दी कूटनीतिक तवरले समाधान हुँदै जाने विश्वास व्यक्त गर्दै सभापति आङ्देम्बेले भन्नुभयो –“अघोसित नाकाबन्दी भएको छ, पेट्रोल ट्याङ्कर, ग्यासका बुलेट र ट्रकको लाइन लागेका छन् । यो अप्ठ्यारोको समयमा सबै क्षेत्रका जनता एकढिक्का भएर अगाडि बढ्नुपर्छ ।” अहिले परेको अप्ठ्यारोलाई एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । बन्द हडतालबाट भएको क्षतिको सम्बन्धमा उद्योगी व्यवसायीले समितिमार्फत क्षतिपूर्ति माग गरेको विषयमा समितिले सक्दो सहयोग गरिदिन उद्योग मन्त्रालयलाई आग्रह गरिएको सभापति आङ्देम्बोले जानकारी दिनुभयो । बैठकमा उद्योगमन्त्री महेश बस्नेतले संविधानसभाबाट संविधान जारी भएपछि देशले अकल्पनीय सङ्कट व्यहोर्न परेको उल्लेख गर्दै नाकाबन्दी खुलाउन सरकारले पहल गरिरहेको बताउनुभयो । एक साताभित्र चीनसँगको दुई मुख्य नाकाहरु सञ्चालनमा आउने आसा व्यक्त गर्दै उहाँले चाडै समस्या सहज हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले निर्देशिका बनाएर अर्र्बौँ रुपैयाँको आयात रोक्नका लागि औद्योगिक प्रवद्र्धन बोर्डले मदिरा उद्योग सञ्चालन गर्न अनुमति दिएको स्पष्ट पार्नुभएको थियो । उहाँका अनुसार वार्षिक रु पाँच अर्बभन्दा बढीको मदिरा आयात हुने गरेको छ । प्रतिसपर्धी बजार बनाउनका लागि पनि नयाँ उद्योग सञ्चालन दिन लागिएको हो । बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र चेम्बर्स अफ कमर्सका पदाधिकारीको उपस्थित थियो ।

]]>
3962 0 0 0
नेपालको गौरव http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a5%8c%e0%a4%b0%e0%a4%b5/ Tue, 29 Sep 2015 17:22:29 +0000 http://www.ghumphir.com.np/?p=3968 3968 0 0 0 चरा झै उड्दा http://localhost/ghum/%e0%a4%9a%e0%a4%b0%e0%a4%be-%e0%a4%9d%e0%a5%88-%e0%a4%89%e0%a4%a1%e0%a5%8d%e0%a4%a6%e0%a4%be/ Tue, 29 Sep 2015 17:59:56 +0000 http://www.ghumphir.com.np/?p=3971 पदम तीमलसिना

पोखरा त साच्चिकैको पोखरा नै रैछ माछापुच्छ«े फेवातालमा पौडी खेल्दो रहिछ पोखरा त साँच्चिकै को पोखरा नै रहिछ............

यो गित धेरै पटक मेरो मानस पटलमा गुन्जिरहने गित मध्य एक गित हो । आफुले गित सुन्न मनपराएदेखि सुन्दै आएको गित मध्य एक गित हो । यो गीत गुञ्जिरहँदा पहिलेदेखि नै पोखरा पुग्न मन नकल्पिएको होइन । तर संयोग जुर्न निकै समय लाग्यो । केही दिन अघि दक्षिण एसियामै पहिलो पटक आयोजना गरिएको हिमालय एयर फेस्टिवल २०१५ गरुढा फनको कार्यक्रममा सञ्चारकर्मी सहितको एक टोलीमा सहभागी हुँदै पोखरा पुग्ने अवसर मिल्यो ।

https://www.youtube.com/watch?v=Y24VSQykDY8

जब पोखरा पुगे, त्यसपछि मलाई लाग्यो पोखरा साँच्चिकै पो पोखरा नै रहेछ । सबै श्रृङ्गारहरुले पोतिएकी बेहुली जस्तै बनेकी थिइ पोखरा । उसको सौन्दर्यमा कुनै कमी थिएन । यही भएर होला नेपाल आउने पर्यटकको पहिलो रोजाईमा पर्ने स्थान पर्न गएको होला पोखरा । पोखराको सुन्दरताले मात्रा होईन साहसीक खेलहरुले भरिपुर्ण स्थान पनी हो । अझ पोखरा प्याग्लाइडिङ्ग गर्नका लागी विश्वभर प्रख्यात समेत रहेको छ । टिभीमा जब प्याग्लाइडिङ्गका समचार तथा दृश्य देख्दथिय आफु पनी कहिले यसरी उड्न पाईएला भनेर मनम कल्पना गर्दथिए । तर यो अवसर असोजको दोस्रो हप्ता मिल्यो । यस्को अवसर जुटाइदिए पोखरामा जन्मेका र राजधानीलाई आफ्नो पत्रकारीताको कर्मथलो बनाएका सुमन ढुगानाले ।

paragaliding

प्याग्लाइडिङ्ग गर्न अवसर पाएपछी त्यसका लागी प्रस्थान गरियो सराङकोट । जब सराङकोट पुगियो अनि मनमा कौतुहुल्ता लाग्यो , कस्तो हुने हो भनेर । जब पाईलट प्रेम क्षेत्रीले उडनका लागी प्याग्लाइडिङ्ग तयार गर्दै थिए, म चाही मनमा कस्तो कस्तो भईरहेको थियो । जुन शब्दमा समेत उल्लेख गर्न सकिन । पाईलट क्षेत्रीले उडान गर्नका लागी भने अनी सराङकोटको भिरालो डाँडाबाट फाल हान्न प्याराग्लाइडिङको साहारा लिन पुगियो । कहिल्यै उडान नगरेको मान्छे ।धेरै जिज्ञासा र थोरै डर लागिरहेको थियो । हाम फल्ने आँट धर्मराइरहेका बेला पाइलट प्रेमले उत्साह थपेर मन दरिलो बनाइदिए । प्रेम पनि साँच्किै प्रेमी नै रहेछन् । जुन कुरा आधा घन्टाको पोखरा उडानबाट थाहा पाएं । उडानको सबै तयारी पूरा भएपछि प्रेमले वाक, रन अनि जम्पको आदेशसँगै शरिरले जमिन छाड्यो र चरा जस्तै आकाशतर्फ उडान भरियो । र टेक अप को पहिलो मज्जा पहिलो पटकै लुटियो ।

paraglaiding

फेवातालबाट सुरु भएको उसको खुला स्वरुप आकाशबाट अझ बढी वाइड देखिन्थ्यो । उडान फेवातालको आकाशमाथि पुग्दै गर्दा आकाशभरी चरा जस्तै मान्छेहरु उडेका देखिन्थे । आकाशबाट देखिने फेवाताल र पोखरा आडैमा रहेका जंगल वस्ती अनि पोखरा सहरलाई नियाल्दा मन त्यसै चङ्गा भयो । डर । डर भन्दा धेरै पोखरा उड्ने रहरले कुतकुताएको मलाई आधा घन्टाको उडानले झनै रोमाञ्चि बनायो । भुकम्प पछि पोखरेलीले पर्यटक भित्राउन गरेको अभियान र प्रयास साँच्चिकै लोभलाग्दो छ ।पोखरा पूर्ण रुपमा सुरक्षित रहेको तथ्यलाई पोखरेलीहरुले प्रमाणित गराएका छन् । पोखरा चुम्न पोखरा पुगेको मलाई कहिल्यै नविर्सने गरी उसैले चुमेर पो पठाएकी छ ।

paraglidina

]]>
3971 0 0 0 ]]>
पाथीभरा मन्दिरको भेटी सङ्कलनमा सरकारको चासो http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%a5%e0%a5%80%e0%a4%ad%e0%a4%b0%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a5%80-%e0%a4%b8%e0%a4%99/ Wed, 30 Sep 2015 04:12:54 +0000 http://www.ghumphir.com.np/?p=3979 ताप्लेजुङ, १३ असोज ।

बर्सेनि लाखौँ भक्तजनले दर्शन गर्ने ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको भेटीघाटी सङ्कलनमा सरकारले बल्ल चासो देखाएको छ । वार्षिक रु एक करोडभन्दा बढी भेटी सङ्कलन हुने यस मन्दिर क्षेत्रको विकासका लागि गठन गरिएको पाथीभरा क्षेत्र विकास समितिलाई भेटी सङ्कलनका लागि कार्यविधि बनाई कार्यान्वयन गराउन सरकारले निर्देशन दिएको छ ।

pathivara_devi_statue_thumb संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत साउन १४ गतेको सचिवस्तरीय बैठकको निर्णयअनुसार सो समितिलाई कार्यविधि तयार गरेर भेटी सङ्कलन गर्न समिति स्थापना भएको १९ वर्षपछि बल्ल निर्देशन आएको समितिका अध्यक्ष सजन पौडेलले जानकारी दिनुभयो । यो समिति २०५३ सालमा सरकारले राजपत्रमा प्रकाशित गर्दै स्थापना गरेको थियो । हाल स्थानीय स्तरमा गठन गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले भेटी सङ्कलन गर्दै आएको छ । यस मन्दिरमा बर्सेनि स्वदेशी तथा विदेशी गरी झन्डै एक लाखभन्दा धेरै दर्शनार्थी पुग्ने गरेका छन् भने वार्षिक करोडौँ भेटी सङ्कलन हुने गरेको छ । पाथीभरा क्षेत्रको विकासमा सरकार मातहतको र स्थानीयस्तरकै गरी दुई–दुईवटा निकाय संलग्न भए पनि सो क्षेत्रको विकास अपेक्षाकृत नहुनुका साथै भेटीपातीको पारदर्शिता हुन नसकेको कतिपयको आरोप छ ।

]]>
3979 0 0 0
पर्यटकीय विकासका लागि घाँसेमैदान निर्माण http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%98%e0%a4%be/ Wed, 30 Sep 2015 04:15:29 +0000 http://www.ghumphir.com.np/?p=3982 खजुरा (बाँके), १३ असोज ।

बाँके राष्ट्रिय निकुञ्ज स्थापनाको तीन वर्षपछि निकुञ्जमा पर्यटकीय विकासका लागि घाँसेमैदान निर्माण भएको छ । कोहलपुर, चिसापानी, महादेवपुरी, नौवस्ता गाविसको केन्द्रमा रहेको गिद्धेनी घाँसेमैदानलाई पहिलो पर्यटकीय केन्द्रबिन्दुका रुपमा विकास गरी आन्तरिक र बाह्य पर्यटन निकुञ्जमा घुम्ने बाटो खुल्ला भएको छ । करिब ५० हेक्टर क्षेत्रफलमा रहेको घाँसेमैदानमा पानीपोखरी, पानीका लागि बाँध, निकुञ्जका चराचुरुङ्गी र जनावर अवलोकन गर्नेगरी टावर भ्यूसमेत निर्माण गरिएको छ । निकुञ्ज क्षेत्रमा पर्यटनका लागि कुनै पूर्वाधार र विशेष स्थल नरहेको अवस्थामा घाँसेमैदानलाई पहिलो निकुञ्ज अवलोकन र घुम्नका लागि पर्यटन स्थल बनाएको छ । १२ महिना पानी जम्ने र बग्ने स्थलका रुपमा घाँसेमैदानलाई सिमसार क्षेत्रका रुपमा समेत निकुञ्जले व्याख्या गरेको छ । पोखरी निर्माण, पानी जम्ने स्थल र घाँसेमैदानको चारैतिर घना जङ्गली झाडी रहेकाले घाँसेमैदानमा निकुञ्जका जनावर र चुराचुरुङ्गी हेर्ने र घुम्न लायक हुने निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार निकुञ्जका अन्य क्षेत्रभन्दा ठूलो घाँसै मैदान, पानी, झाँडीसमेत रहेकाले पहिलो पूर्वाधारका रुपमा यसलाई पर्यटकीय स्थल मानिएको छ । निकुञ्जले काठको अग्लो भ्यू टावर अर्थात् दृश्यावलोकन बनाएर घाँसेमैदानको पश्चिममा तलाउ र चारैतिर पानी जम्ने सक्ने पूर्वाधार निर्माण गरेको छ । थारू होमस्टे सञ्चालक कृष्ण चौधरीले पर्यटनका लागि घाँसेमैदान निर्माणले अब निकुञ्जमा पर्यटनका लागि बाटो खुल्ला गर्नु राम्रो कार्य भएको बताउनुभयो । घाँसैमैदान हुँदै नौवस्ता, चिसापानी, कोहलपुर, नौवस्ता, महादेवपुरी गाविससम्म जोड्ने कच्ची ग्राभलिङ बाटोसमेत निर्माण गरिएको छ । निकुञ्जमा पर्यटकीय क्षेत्रको विकासले निकुञ्जको आम्दानीसँगै निकुञ्ज क्षेत्रको उपभोक्तालाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास लिएको छ । घाँसेमैदानमा जङ्गली जनावरले नखाने घाँस उखालेरसमेत फालिएको छ । निकुञ्जले घाँसेमैदानमा घुम्नका लागि अब सर्वसाधारणलाई खुल्ला गर्ने भएको छ । नेपालीलाई प्रतिव्यक्ति रु १०० र विदेशी पर्यटकलाई रु एक हजार टिकट व्यवस्था गरिने निकुञ्जले जनाएको छ ।

]]>
3982 0 0 0
रातो मछिन्द्रनाथको रथ लगनखेलमा http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%8b-%e0%a4%ae%e0%a4%9b%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%a5-%e0%a4%b2%e0%a4%97/ Wed, 30 Sep 2015 04:19:15 +0000 http://www.ghumphir.com.np/?p=3984 काठमाडौँ, १३ असोज ।

वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको रथ लगनखेल पु¥याइएको छ । यही असोज ५ गतेदेखि सुरु भएको रथ आज ललितपुरको सुन्धारादेखि लगनखेलसम्म तानिएको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो । प्रमुख अधिकारीका अनुसार हरेक वर्ष रथलाई सुन्धारा ल्याएपछि होम पूजा गर्नुपर्ने प्रचलनअनुसार हिजो एक दिन रथलाई सुन्धारामा नै रोकी होम पूजा गरी आज पुनः रथ जात्रा सुरु गरेको हो । रथलाई लगनखेल पु¥याएपछि महाबलि पूजा गर्नुपर्ने भएकाले भोलि राति र बिहीबार बिहान गरी रथको महाबलि पूजा गरिने बताइएको छ । महाबलि पूजाअन्र्तगत बोका, राँगा, हाँस, माछाको बलि दिने गरिन्छ । यस वर्ष १२ वर्षको विशेष जात्रा परेकाले यस जात्रालाई विशेष रुपमा लिने गरेकाले हरेक दिन अपराह्न २ बजेदेखि सुरु हुने जात्रामा स्थानीय बासिन्दा, गुठी संस्थानका कर्मचारी, रथका पूजारी र बारही समुदायका मानिसको हजारौँको सङ्ख्यामा सहभागिता रहने छ । गत वैशाख ६ गते रथारोहण गरी ९ गतेदेखि सुरु गरेको रथ जात्रा १२ गतेको विनासकारी भूकम्पका कारण स्थगित भएको थियो ।

]]>
3984 0 0 0
लाङ्टाङ पद्मार्ग खुल्ला http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%99-%e0%a4%aa%e0%a4%a6%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be/ Wed, 30 Sep 2015 05:48:29 +0000 http://www.ghumphir.com.np/?p=3987

रसुवा (धुन्चे), १३ असोज ।

भूकम्पका कारण क्षति भएको लाङ्टाङ पदमार्ग खुला भएको छ । लाङटाङ व्यवस्थापन एवम् पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा लामाका अनुसार स्याफ्रुवेंसीदेखि खाम्जिङ, शेर्पागाउँ रिबोचे हुँदै क्याङ्जेनसम्मको पर्यटकीय पदमार्ग मर्मत कार्य सम्पन्न गरी खुल्ला गरिएको हो । पदमार्ग खुलेपछि स्थानीय वासिन्दाको दैनिक उपयोग्य वस्तुको ढुवानी र लाङ्टाङ पद्मार्गमा जाने पर्यटकहरुलाई आवागमनमा सजिलो भएको छ । असहज परिस्थितिका कारण ओएम नेपालले मजदुर लैजान हेलिकप्टरको व्यवस्था गरिदिएको र बाटो मर्मतका लागि पर्यटन मन्त्रालयमार्फत जिविसले रु १० लाख सहयोग गरेका कारण बाटो खोल्न सहज भएको अध्यक्ष लामाले बताउनुभयो । उहाँले ठाउँठाउँमा पदमार्गीलाई खाना बस्न अस्थायी वासस्थान निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

]]>
3987 0 0 0
एमाले, कांगे्रस र माओवादीनिकट व्यवसायीहरुले टानको निर्वाचनका लागि प्यानल तयार पारे http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%87%e0%a5%8d%e0%a4%b0%e0%a4%b8-%e0%a4%b0-%e0%a4%ae%e0%a4%be%e0%a4%93%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a5%80/ Wed, 30 Sep 2015 10:10:31 +0000 http://www.ghumphir.com.np/?p=3990 काठमाडौं, १३ असोज ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को आउदो निर्वाचनका लागि हाल सम्म तीन वटा प्यानल बनेको छ । एमाले, कांगे्रस र माओवादीनिकट व्यवसायीहरुले आफने प्यानल तयार पारेका हुन । प्यानल घोषणा गरे लगतै चुनावको वातावरण बाढेको छ ।

taan-logo

एमालेनिकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन र एनेकपा माओवादीनिकट एकीक्रित पर्यटन व्यवसायी सङ्गठन नेपालको तर्फबाट चन्द्र रिजालको अध्यक्षतामा एउटा टिम घोषण गरेको छ ने कांगे्रसनिकट राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल ९निट०ले कुलबहादुर गुरुङको अध्यक्षतामा छुट्टै कार्यसमिति तयार गरेको छ । चन्द्र रिजाल समुहको वरिष्ठ उपाध्यक्षमा तासी लाक्पा शेर्पा, प्रथम उपाध्यक्षमा तेजबहादुर गुरुङ, द्धितीय उपाध्यक्षमा रामप्रसाद सापकोटा, महासचिवमा कर्णबहादुर लामा, सचिवमा मुक्ति पाण्डे, कोषाध्यक्षमा नुरुजाङ्बु शेर्पा र सहकोषाध्यक्षमा कृष्णमान श्रेष्ठ रहेछन भने कुलबहादुर गुरुङ समुहको वरिष्ठ उपाध्यक्षमा निमा शेर्पा, प्रथम उपाध्यक्षमा खुमबहादुर सुवेदी, द्धितीय उपाध्यक्षमा एलपी शेर्पा, महासचिवमा पासाङ शेर्पा, सचिवमा छेतुप तामाङ, कोषाध्यक्षमा लिला बल्लभ र सहकोषाध्यक्षमा विद्या हिराचन रहेका छन् । त्यस्तै एमाओवादी निकट नेपाल पर्यटन व्यवसायी मञ्चले सागर पाण्डेको अध्यक्षतामा टिम घोषणा गरिएको छ । सागर पाण्डे समुहको वरिष्ठ उपाध्यक्षमा कामीरिञ्जी शेर्पा, प्रथम उपाध्यक्षमा तिलक थापा मगर, द्धितीय उपाध्यक्षमा आङछेतार शेर्पा, महासचिवमा आङ तेन्जिङ शेर्पा, सचिवमा ऋषि नेपाल, कोषाध्यक्षमा महेश बुढामगर र सहकोषाध्यक्षमा धनबीर गुरुङ रहेका छन् । टानले अचनाका चुनाव सारेपछी पर्यटन व्यवसायीहरुसमेतको चौतर्फी विरोध गरेका थिए । विरोध तथा दवाब बढ्दै गएपछी टानको मगलबार बसेको बैठकले अक्टोबर १५ का लागी निर्वाचन मिति घोषणा गरेको छ ।

]]>
3990 0 0 0
कर्पोरेट क्रिकेटको उपाधि सिप्रदी ग्रुपलाई http://localhost/ghum/%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%9f-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a4%bf/ Wed, 30 Sep 2015 15:05:41 +0000 http://www.ghumphir.com.np/?p=3992

काठमाडौँ, १३ असोज ।

सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेज् क्रिकेट प्रतियोगिताको उपाधि सिप्रदी ग्रुपले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा आज भएको फाइनल खेलमा सिप्रदीले नविल बैंकलाई १० रनले पराजित गर्दै उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको सिप्रदीले निर्धारित ५ ओभरमा ३ विकेटको क्षतिमा ७९ रन बनायो । जवाफी ब्याटिङमा आएको नविलले पूरै ओभर खेल्दै ४ विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो । सिप्रदीलाई जित दिलाउन शैलेन्द्र नेपालीले ३१, दीपेश श्रेष्ठले १९ तथा सावन्त सिजापतिले १६ रनको योगदान दिए भने चिरन थापाले ३ विकेट लिए । नविलका अमित पोखरेलले ४० र भुवन श्रेष्ठले १७ रन बनाएर विशाल थापाले १ विकेट लिए पनि जितका लागि पर्याप्त भएन । प्रतियोगितामा सिप्रदीका शैलेन्द्र सर्वोत्कृष्ट खेलाडी, नविलका अमित उत्कृष्ट ब्याट्सम्यान तथा सबभन्दा धेरै छक्का बर्साउने खेलाडी भए । त्यस्तै, सिप्रदीकै चिरन उत्कृष्ट बलर र दीपेश उत्कृष्ट विकेटकिपर तथा सुरज तिमल्सिना उत्कृष्ट फिल्डर घोषित भए । विजेता, उपविजेता टोली तथा सबै उत्कृष्टलाई ट्रफी तथा गिफ्ट ह्याम्पर प्रदान गरियो ।

]]>
3992 0 0 0
भैरहवा भन्सारबाट एक सय बढी गाडी नेपाल भित्रिए http://localhost/ghum/%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%b9%e0%a4%b5%e0%a4%be-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%8f%e0%a4%95-%e0%a4%b8%e0%a4%af-%e0%a4%ac%e0%a4%a2/ Wed, 30 Sep 2015 15:08:40 +0000 http://www.ghumphir.com.np/?p=3994

लुम्बिनी (रुपन्देही), १३ असोज ।

भैरहवाको बेलहिया नाका आजदेखि सञ्चालनमा आएको छ । नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी र भन्सार कर्मचारीको आजको बैठकले भारतमा रोकिएका मालबाहक सवारीसाधन नेपालमा भित्र्याउने निर्णय गरेसँगै अहिले भैरहवा भन्सार नाकाबाट निर्वाध मालबाहक सवारीसाधन भित्रिरहेको छ । भैरहवाको बेलहिया नाकाबाट १०० बढी मालबाहक ट्रक तथा बस नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार साँझ ५ बजेसम्म ५२ ट्रक, छ वटा पेट्रोलका गाडी, एक वटा एलपिजी ग्यास, पाँच कर्बान अक्सिजनका गाडी, २१ बस, ४० बढी भ्यानलगायतका सवारीसाधन नेपाल भित्रिएका छन् । नेपाल प्रवेश गरेका ट्रकमा फलफूल, नयाँ मोटरसाइकल, गहँु, चामल, अगरबत्ती, तोरी, सिमेन्ट, प्याज, आलु एवम् टायरलगायतका सामग्री रहेको प्रहरीले जनाएको छ । अहिले पनि मालबाहक सवारीसाधन भित्रिने क्रम जारी छ । मोर्चाका कार्यकर्ता दसगजामा नभएपछि भारतबाट निर्वाधरुपमा नेपालतर्फ सवारीसाधन भित्रिएका हुन् । मङ्गलबार सिमानाका बेलहियामा भएको आन्दोलनकारी र प्रहरीबीचको झडप पछि आज भारतीय बजार सुनौली प्रहरी चौकीमा बसेको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी राजस्व गस्ती डण्डका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खनाल, इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रबिनबाबु रेग्मी, भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्र प्याकुरेल र भारतका तर्फबाट महाराजगन्जका सहायक सिडिओ (एसडिएम) विक्रम सिंह, भारतीय सीमा सुरक्षा बल (एसएसबी) महाराजगन्जका कमानडेन्ट केएस बानकोटी, सुनौलीका कस्टम अधिकारी पङ्कज श्रीवास्तवलगायतको सहभागिता रहेको थियो । भारतमा रोकिएका तेलका ट्याङ्कर र अन्य मालबाहक सवारीसाधन भारतीय प्रहरीले कडा सुरक्षाका साथ स्कर्टिङ गरेर सिमानासम्म ल्याइरहेको छ । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ आउने सवारीसाधनमा कुनै अवरोध नगरे पछि अहिले सहजै नेपाल भित्रिएका छन् ।

]]>
3994 0 0 0
चीनसँगको नाका शीघ्र सञ्चालन गर्न आग्रह http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b6%e0%a5%80%e0%a4%98%e0%a5%8d%e0%a4%b0-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a/ Wed, 30 Sep 2015 15:11:22 +0000 http://www.ghumphir.com.np/?p=3996 काठमाडौँ, १३ असोज ।

]]>
3996 0 0 0
विदेशमा इन्धन भरेर पनि अन्तर्राष्ट्रिय उडान नियमित http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%ad%e0%a4%b0%e0%a5%87%e0%a4%b0-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%85%e0%a4%a8/ Wed, 30 Sep 2015 15:28:55 +0000 http://www.ghumphir.com.np/?p=3998

भीष्मराज ओझा  काठमाडौँ, १३ असोज ।

नेपालमा उडान भर्दै आएका अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीहरुले नेपालमा इन्धन भर्न नपाएपछि विदेशबाट भरेर पनि आफ्ना उडानलाई नियमित गरेका छन् । हाल नेपालमा २७ अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले दैनिक ३५ उडान र अवतरण गरिरहेका छन् । यसमध्ये चाइना साउदर्न विमानसेवाले मात्र इन्धन आपूर्ति नभएको भनी आफ्ना उडान रद्द गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । मङ्गलबार दिउँसो १२ बजेदेखि नेपाल आयल निगमले इन्धन अभावको कारण देखाउँदै अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई आपूर्ति गरेको छैन । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीका कारण विगत सात दिनदेखि पेट्रोलियम पदार्थको आपूर्ति हुन नसकेको हो ।

planeनेपालमा इन्धन भर्न नपाएपछि अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले आ–आफ्नै मुलुकबाट भरेर आउने र फर्किने बेला चीन, भारत र बङ्गलादेशका नजिकका विमानस्थलमा इन्धन भरेर जाने गरेको विमानस्थल कार्यालयले जनाएको छ । यद्यपि निगमले अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आपत्कालीन अवस्थामा भने इन्धन भर्न दिने जनाएको छ । ती कम्पनीहरुले हालसम्म कुनै उडान कटौती नगरेको बरु मर्ज अर्थात् साना विमानका दुई उडानलाई ठूलो एक विमानमा गाभेर हवाई सेवालाई निरन्तरता दिएको कार्यालयका निर्देशक भोला गुरागार्इंले राससलाई जानकारी दिनुभयो । विदेशमा इन्धन भर्दा विमान सेवाका लागि सञ्चालन खर्च केही महँगो हुने भए पनि हाललाई हवाई टिकट मूल्य भने यथावत् राखिएको ती कम्पनीले बताएका छन् । ती विमान कम्पनीका अनुसार इन्धन भर्नका लागि मात्र विमान अवतरण गर्दा लाग्ने विमान पार्किङ शुल्क, विमान उडान÷अवतरणमा थप खर्च बढ्ने र पूर्ण मात्रामा हवाई इन्धन भर्नुपर्दा आवश्यक मात्रामा कार्गाे बोक्न नपाउनाले खर्च बढ्ने गरेको छ । आन्तरिक विमानले भने नियमित रुपमा इन्धन पाइरहेको र उडान पनि नियमित रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमका डिपो प्रमुख प्रदीप यादवले बताउनुभयो । “आन्तरिक उडानका लागि हामीसँग दसैँसम्म पुग्ने इन्धन छ” उहाँले भन्नुभयो । यसअघि विमानस्थलस्थित डिपोले दैनिक अन्तर्राष्ट्रिय उडानका लागि दुई लाख ५० हजार लिटर र आन्तरिक उडानका लागि दैनिक ५० हजार लिटर इन्धन वितरण गर्दै आएको थियो । अघोषित नाकाबन्दीका कारण निगमले अन्तर्राष्ट्रिय उडानलाई इन्धन नदिएपछि अब निगमले आन्तरिक उडानका लागि मात्र इन्धन वितरण गर्दै आएको छ । निगमले यसबाहेक तत्कालको समस्या समाधानका लागि बङ्गलादेशबाट समेत हवाई मार्ग हँुदै पेट्रोलियम पदार्थ आयात गर्ने जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आधा दर्जनभन्दा बढी निजी हवाई कम्पनीले दैनिक दुई सयभन्दा बढी आन्तरिक उडान र अवरतरण गर्दै आएको कार्यालयको तथ्याङ्क छ ।

]]>
3998 0 0 0
लुम्बिनी विकास कोषको ताला खुल्यो http://localhost/ghum/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%be%e0%a4%b2/ Wed, 30 Sep 2015 15:32:39 +0000 http://www.ghumphir.com.np/?p=4002

लुम्बिनी (रुपन्देही), १३ असोज ।

लुम्बिनी विकास कोष प्रधान कार्यालय रुपन्देहीमा मधेसी मोर्चाका कार्यकर्ताले लगाएको ताला आजदेखि खुलेको छ । जिल्लास्थित सुरक्षा समितिमा आबद्ध पदाधिकारीले लुम्बिनीको निरीक्षण गर्दै कोषको आन्तरिक सुरक्षा निकायलाई ताला खोल्न लगाएपछि विगत १५ दिनदेखि लागेको ताला आज साँझ खुलेको हो । निरीक्षणमा प्रजिअसहित लुम्बिनी अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेश केसी, नेपाल आर्मीका कर्नेल राम लामा, सशस्त्र प्रहरी उपरीक्षक गणेश सङ्ग्रौलालगायतको सुरक्षा निकायका पदाधिकारीसहितको टोलीले लुम्बिनीको निरीक्षण तथा अवलोकन गरेको थियो । सरकारले कोषका कर्मचारीका लागि सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सकेमात्रै काम गर्न सकिने कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिनुभयो ।

]]>
4002 0 0 0
पर्यटकीय विकासका लागि कङ्काली गाउँको वृत्तचित्र तयार गरिने http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%95%e0%a4%99/ Thu, 01 Oct 2015 01:03:39 +0000 http://www.ghumphir.com.np/?p=4005

काठमाडौँ, १४ असोज ।

काठमाडौँ पश्चिमभेगस्थित चन्द्रागिरी नगरपालिका–२१ को शिर पुरानो नैकाप कङ्काली गाउँको पर्यटकीय विकासलाई लक्षित गरी वृत्तचित्र तयार गरिने भएको छ ।
सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै कङ्कालीमाई विकास सरोकार केन्द्रको सक्रियतामा वृत्तचित्र तयार गर्न लागिएको हो ।
प्रकृतिको अनुपम उपहारका रुपमा रहेको दर्शनीय यो गाउँ पृथ्वीनारायण शाहकै पालादेखि नै विभिन्न जातजाति तथा भाषाभाषीको प्राचीन बस्ती भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका कारण यसका महत्वपूर्ण पक्षलाई समेटेर वृत्तचित्र तयार गर्न लागिएको केन्द्रका अध्यक्ष दिवाकर अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार वृत्तचित्रमा पृथ्वीनारायण शाहकालीन समयदेखिका सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय पक्षलाई समेट्ने प्रयास गरिनेछ । पदयात्रा, सूर्योदय र सूर्यास्तसहितको दृश्यावलोकनलगायतका सम्भावनालाई पनि समेटिने छ ।
स्वयम् उत्पत्ति भएकी देवीका रुपमा प्राचीनकालदेखि पूजाआजा गरिँदै आइएकी कङ्काली माईको मन्दिर रहेका कारण यो कङ्काली गाउँका रुपमा परिचित रहेको बताउँदै अध्यक्ष अधिकारीले पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानसँग पनि यो क्षेत्र प्रत्यक्ष जोडिएको उल्लेख गर्नुभयो ।
प्रचलित किंवदन्तीअनुसार पृथ्वीनारायण शाहले कीर्तिपुरसँगको युद्धमा दुई दुई पटक पराजित भएपछि गोरखकालीमाता सपनामा आएर कीर्तिपुरसहित काठमाडौँ देखिने यही स्थानमा कङ्काली देवीे रहेकी र यी देवीको पूजा गरेपछि विजय हासिल गर्न सकिने भनेकी थिइन् ।
सपनामा बताइएअनुसार पृथ्वीनारायण शाहले कङ्काली माईको पूजा गरेपछि कीर्तिपुरमा विजय हासिल गरेको भन्ने जनविश्वास कायमै रहेको अधिकारीले बताउनुभयो ।
हाल मन्दिरमा रहेको शिलालेखअनुसार विसं १९४२ मा स्व मेयरसिंह अधिकारीले स्वयम् उत्पत्ति भएको कङ्काली माईको मन्दिर बनाउनुभएको उल्लेख छ ।
दक्षिणकाली, भद्रकाली, कङ्कालीलगायतका अष्टकालीमध्येकी देवी कङ्कालीको मन्दिर लामो समयदेखि यही गाउँमा स्थापित भएको र प्राचीनकालदेखि नै यहाँ उपत्यकाका विभिन्न ठाउँबाट दर्शनार्थी आउने गरेका कारण यो धार्मिक पर्यटनको पनि विशिष्ट स्थल बन्दै जाने विश्वास लिइएको छ ।
उहाँका अनुसार २०३९ सालमा विद्यालय निर्माण गर्नका लागि मन्दिरलाई विद्यालयको मध्यभागमा पार्ने गरी हाल मन्दिरमा रहेको मूर्ति सारिएकोमा बिहान हेर्दा उक्त मूर्ति पूर्ववत् स्थानमा नै सरेका कारण पनि मन्दिरलाई धार्मिक रुपमा अत्यन्त महत्वको तीर्थस्थल मानिन्छ ।
काठमाडौँको कलङ्की चोकबाट जम्मा तीन किमी टाढा रहेको यो स्थानलाई प्रचारप्रसार गर्ने लक्ष्यका साथ तयार गरिने वृत्तचित्र यहाँको पर्यटकीय विकासका लागि अत्यन्त उपयोगी हुने विश्वास लिइएको स्थानीयवासी बताउँछन् ।

]]>
4005 0 0 0
ब्याट्रीबाट चल्ने ई–रिक्सा लोकप्रिय http://localhost/ghum/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%9a%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%88-%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%8d/ Thu, 01 Oct 2015 01:05:16 +0000 http://www.ghumphir.com.np/?p=4007

काँकडभिट्टा (झापा), १४ असोज ।

इन्धन अभावका कारण पेट्र«ोल र डिजेलबाट चल्ने यातायातका साधनको सञ्चालनमा कमी आएका बेला झापामा ब्याट्रीबाट चल्ने ई–रिक्सा लोकप्रिय भएका छन् ।
विगत छ महिनायता मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा ई–रिक्सा चलाउँदै आएका बिर्तामोड–७ का एकराज पोखरेल नाकाबन्दीको असरले तेलगाडी चल्न कम भएपछि ई–रिक्साको कमाइ दोब्बर हुन थालेको बताउनुहुन्छ ।
तीन दिनदेखि झापाका सबै पेट्र«ोल पम्पमा डिजेल र पेट्रोलको मौज्दात सकिएर बिक्री वितरण बन्द भएको अवस्था छ । इन्धन अभावका कारण राजमार्ग र सहायक सडकहरूमा ई–रिक्साबाहेकका सवारी साधन ह्वात्तै पातलिएका छन् ।
मेचीनगर, भद्रपुर, दमक र सुरुङ्गामा पनि सर्वसाधारणका लागि आवतजावत गर्न ई–रिक्सा नै सहज उपलब्ध भएको छ । यातायात व्यवस्था कार्यालय मेचीले अञ्चलभर भदौ मसान्तसम्ममा ८७४ वटा ई–रिक्सा दर्ता भएको जनाएको छ । दर्ता भएका सबै ई–रिक्सा झापामै सञ्चालित छन् ।
बिजुलीबाट रिचार्ज हुने ब्याट्रीले चल्ने ई–रिक्साहरू इन्धन अभावले डिजेल र पेट्रोल गाडी नचलेका बेला उपयोगी देखिएका छन् । बिजुली र ब्याट्रीबाट चल्ने यातायातका साधनको प्रयोगमा ध्यान पु¥याउन सके पेट्रोलियम पदार्थमाथिको निर्भरता स्वतः घट्ने देखिन्छ ।
पाँचजना यात्रु बोकेर प्रतिघन्टा २० किलोमिटरको रफ्तारमा गुड्ने ई–रिक्साको बजार मूल्य रु दुई लाख ४५ हजारसम्म पर्ने गरेको छ । दैनिक रु दुई हजारसम्म कमाइ हुने यस्ता ई–रिक्साको ब्याट्री फूल चार्ज गरेपछि ९० किलोमिटरसम्म ढुक्कले गुड्ने गरेको ई–रिक्सा सञ्चालक एकराज पोखरेल बताउनुहुन्छ ।

]]>
4007 0 0 0
सिनामङ्गल–बागबजार सडक नबन्दा स्थानीयवासी पीडामा http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2-%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%a8%e0%a4%ac/ Thu, 01 Oct 2015 01:06:15 +0000 http://www.ghumphir.com.np/?p=4014

काठमाडौँ, १४ असोज ।

सिनामङ्गल–पुरानो बानेश्वर–मैतीदेवी–डिल्लीबजार–बागबजार सडक दुई वर्षदेखि फराकिलो बनाउने काम सुरु भए पनि सम्पन्न हुन नसक्दा स्थानीय र यात्रु पीडा भोग्न बाध्य भएका छन् ।

kathmandu1काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको चौडाइ फराकिलो पार्न नक्साङ्कन गर्ने, काठमाडौँ महानगरपालिकाले त्यसमा बनेका संरचना भत्काउने काम सकेपनि निर्माणको काम अलपत्र हुँदा यात्रु मर्कामा परेका हुन् । सडक फराकिलो बनाउन भत्काइएका संरचना पन्छाएर काम सिध्याउन सडक विभागअन्तर्गतको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ढिलाइ गरेकाले अलपत्र भएको स्थानीयवासीको गुनासो छ ।
मैतीदेवीका स्थानीयवासी नारायण शर्मा घिमिरे दुई वर्षअघिदेखि बनाउन सुरु गरिएको सडक अलपत्र हुँदा आवतजावतमा समस्या भएको गुनासो गर्नुहुन्छ । “बढाउन खोजिएको सडक अलपत्र भएपछि हिउँदमा धुलो र वर्षामा हिलोले निस्कन नसकिने भएको छ, राजधानीको मुटुको सडक निर्माणको अवस्था त यो छ भने दूरदराजमा निर्माणको अवस्था के होला भनी सहजै अनुमान गर्न सकिन्छ” – उहाँले भन्नुभयो । सडकको अवस्थाका कारण यो रुटबाट सवारी साधन सञ्चालन गर्नसमेत कठिन भएको सवारी चालकहरुको गुनासो छ । सफा टेम्पो चलाएर जीविकोपार्जन गर्दै आउनुभएकी सीमा लामा यो बाटो बन्दप्रायः हुँदा काम गरेर खान समस्या भएको बताउनुहुन्छ । अहिले विभागले माटोमिश्रित गिट्टी हालेर सडकलाई हिलाम्य बनाएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।
आयोजना प्रमुख मनोज श्रेष्ठ विभिन्न निकायको समन्वयमा काम गर्नुपर्ने भएकाले ढिलाइ भएको स्वीकार्नुहुन्छ । “ढुङ्गा, गिट्टी र बालुवाको अभाव, वैशाखको भूकम्पले गर्दा पनि काम समयमा सक्न बाधा पु¥यायो, यी व्यवधानका कारण करिब चार किमी सडक समयमा नसक्दा समस्या भएको छ” – उहाँले भन्नुभयो । अब छिटो काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो ।

]]>
4014 0 0 0
मादल बनाउन भ्याइनभ्याइ http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%a6%e0%a4%b2-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%ad%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a4%ad%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%87/ Thu, 01 Oct 2015 01:01:33 +0000 http://www.ghumphir.com.np/?p=4016

जाजरकोट, १४ असोज ।

वरिपरि मादलको लहर, छेउमा मादलको मुखमा गोटी भरिरहेकी श्रीमतीका साथमा खलङ्गा–९ रावतगाउँका तिले वादीलाई यतिबेला मादल बनाउन भ्याइनभ्याइ छ ।
केहि वर्ष अघिसम्म गाउँका अन्य वादी समुदायले मादल बनाउने पेसा गर्ने गरेपनि अहिले उहाँको परिवारले मात्र उक्त पेसा अँगालिरहेको छ । पाश्चात्य सङ्गीत मोहका कारण गाउँमा मादल बजाउने र किन्ने चलन हराउँदै गए पनि यो पेसा जोगाउन वादी व्यावसायिक रुपमा लागि पर्नुभएको छ ।

madalव्यावसायिक रुपमा मादल बनाउने पेसामा कोही पनि नलागिरहेको बेला रोजी रोटीको लागि मात्र नभएर मादल जोगाउने सुरका साथ आफूले यो पेसालाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।
अन्य वादी समुदायले मादल बनाउन छोडेपनि आफूले नछोड्ने र पछाडिका पुस्तालाई यो कला र सीप हस्तान्तरण गर्न चाहेको तिलेको भनाइ छ । नयाँ मादल बनाउने र पुराना मादलको मर्मत गर्ने गरेका उनीहरुसँग मादल किन्न जिल्लाभित्र र बाहिरबाट समेत मानिसहरु आउने गरेका छन् । सात छोरीका बुबा तीले मादल बनाएर यथेष्ट आम्दानी हुने बताउनुहुन्छ ।
तिलेकी श्रीमती सन्तोषीका अनुसार नयाँ मादलको मूल्य रु एक हजार ५०० देखि रु पाँच हजारसम्म पर्छ । मर्मत गर्दा रु एक हजार र गोटी हालेको रु ५०० लिने गरिएको छ । अहिले तिलेलाई मादल बनाउन भ्याइनभ्याइ छ ।
वादी दम्पतीले घरेलु प्रविधिबाटै बनाएका मादल बिक्री गरेर एक याममा रु ३० देखि रु ४० हजारसम्म आम्दानी गर्ने गरेका छन् । मादल बनाउने पेसालाई व्यावसायिक बनाउन आधुनिक औजार र नवीनतम् प्रविधिको खाँचो रहेको उनीहरुको भनाइ छ ।
वादी समुदायको पहिचानका रुपमा रहेको मादल बनाउने पेसालाई संरक्षण र प्रवद्र्धनका लागि स्थानीय निकायले सहयोग गर्नुपर्ने नागरिक अगुवा सहदेव बस्नेतले बताउनुभयो । जिविसले स्थानीय पञ्चेबाजा संरक्षणका लागि बर्सेनि बजेट विनियोजन गर्ने गरेपनि मादल संरक्षणका लागि भने कुनै सहयोग नगरेका स्थानीयबासीको गुनासो छ ।

]]>
4016 0 0 0
राजमार्ग अवरुद्ध समस्यामा http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%b8%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae/ Thu, 01 Oct 2015 00:59:59 +0000 http://www.ghumphir.com.np/?p=4020

मेलम्ची, १४ असोज ।

भूकम्पपछि गएको बाढी र पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध हुँदा व्यापारीदेखि सर्वसाधारण समस्यामा परेका छन् । वर्षाका कारण पटक पटक अवरुद्ध अरनिको राजमार्गको बाह्रबिसेदेखि तातोपानीसम्मको २७ किमी सडकखण्ड मर्मतसम्भार गरिरहँदा पनि यातायात सञ्चालनमा ल्याउन सकिएको छैन ।
एकसातादेखि जुरे क्षेत्रमा पहिरो पन्छाउन गएका डोजरलाई पनि अहिले तातोपानी सडकखण्डमा बाटो खुलाउनका लागि पठाइएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।
अहिले चारवटा डोजरले तातोपानी–लिपिङ सडकखण्डमा लगातार काम गरिरहेको भएपनि राति पानी परेपछि पुनः पहिरो जाने र सडक अवरुद्ध हुने हुनाले समस्या भएको मुकारुङले बताउनुभयो ।
बाह्रबिसेदेखि तातोपानी र मितेरी पुलसम्म सुरक्षाकर्मी, अन्य सरकारी कर्मचारीबाहेक कसैको पनि उपस्थिति छैन । तातोपानी क्षेत्रमा सञ्चारसेवासमेत अवरुद्ध भएको छ । स्थानीयवासीले खासा बजारबाट सामग्री ल्याउन सक्ने अवस्था नरहेको निरिक्षक मुकारुङले बताउनुभयो ।

kodari-kathmandu-en

]]>
4020 0 0 0
आमाको माया http://localhost/ghum/%e0%a4%86%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%af%e0%a4%be/ Wed, 30 Sep 2015 16:21:13 +0000 http://www.ghumphir.com.np/?p=4022 4022 0 0 0 चरा बन्दा http://localhost/ghum/%e0%a4%9a%e0%a4%b0%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be/ Wed, 30 Sep 2015 16:26:00 +0000 http://www.ghumphir.com.np/?p=4025 4025 0 0 0 चितवन निकुञ्जको एक हजार २११ हेक्टर अतिक्रमण http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8-%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%8f%e0%a4%95-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a5%a8/ Thu, 01 Oct 2015 07:50:26 +0000 http://www.ghumphir.com.np/?p=4033

रत्ननगर (चितवन), १४ असोज ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक हजार २११ हेक्टर जङ्गल अतिक्रमण भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले निकुञ्जको अतिक्रमणको अवस्था भयावह रहेको भन्दै अतिक्रमणका कारण वनजङ्गल मासिने, वन्यजन्तु प्रभावित हुने र भूक्षयको सम्भावना बढिरहेकाले अतिक्रमण हटाउनु अत्यावश्यक भएको बताउनुभयो । चितवन निकुञ्जको कुल क्षेत्रफल ९३२ वर्ग किमी छ । निकुञ्जले विगत केही वर्षदेखि अतिक्रमण हटाउन पहल गरिरहेको भए पनि सफल हुन सकेको छैन । निकुञ्जमा सबैभन्दा धेरै माडीको बाँदरझुलामा अतिक्रमण भएको छ । सो क्षेत्रमा ५५० हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ । विश्वकै संरक्षित क्षेत्र भए पनि निकुञ्जको अतिक्रमण हटाउन नसक्दा अस्तित्व नै सङ्कटमा पर्दै गएको छ । निकुञ्ज चितवन, मकवानपुर र नवलपरासीमा फैलिएको छ । चितवनको बाँदरझुलासहित बाल्मीकि आश्रम, मकवानपुरको सुनाचुरी क्षेत्रमा समेत अतिक्रमण बढ्दो छ । नवलपरासीको गजग्राह र त्रिवेणी सुस्तामा गरेर ६० हेक्टरमा अतिक्रमण भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । यस्तै नवलपरासीको नयाँ बेलहानी क्षेत्रमा २४१, पिठौलीमा २७, चितवनको कुखुमखोलामा १५४ हेक्टर अतिक्रमण भएको निकुञ्ज प्रमुख कँुवरले जानकारी दिनुभयो । यस्तै चितवनको गीतानगर, पिप्ले मनहरी, कुमरोजलगायत क्षेत्रमा समेत अतिक्रमण भएको छ । निकुञ्जका अनुसार अतिक्रमित क्षेत्रमा अनुमानित दुई हजार ५०० घरधुरीभन्दा बढी बसोबास रहेको छ । अतिक्रमणका कारण चुरेपहाड तथा नदी क्षेत्रमा बाढी, पहिरो बढेको अध्ययनले देखाएको छ । चितवन निकुञ्जमा संरक्षित वन्यजन्तुको बसोबास रहेकाले संरक्षण प्रभावकारी बनाउनुपर्ने निकुञ्जको भनाइ छ । साथै बसिरहेका घरधुरीसमेत असुरक्षित रहेको र वन्यजन्तुको आक्रमणको त्रास बढ्दो रहेको निकुञ्जले जनाएको छ ।

]]>
4033 0 0 0
कोदारी राजमार्गमा श्रमदानका लागि अनेरास्ववियुको टोली प्रस्थान http://localhost/ghum/%e0%a4%95%e0%a5%8b%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a6%e0%a4%be/ Thu, 01 Oct 2015 07:54:26 +0000 http://www.ghumphir.com.np/?p=4035

काठमाडौँ, १४ असोज ।

भूकम्पपछिको पहिरोका कारण अवरुद्ध कोदारी राजमार्गको तातोपानीखण्ड खुलाउने काममा श्रमदान गर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री शङ्कर पोखरेलले प्रदर्शनीमार्गबाट अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमलाई श्रमदानमा प्रयोग हुने औजार (सामग्री) हस्तान्तरण गरी टोलीलाई बिदाइ गर्नुभयो । नेता पोखरेलले तराई क्षेत्रमा आन्दोलन र भारतीय सीमामा अघोषित नाकाबन्दी भएका बेला उत्तरतर्फको नाका खुलाउन सहयोगी बन्नुले सङ्कटका बेला युवाहरू राष्ट्र निर्माण र स्वाभिमानको अभियानमा सामेल हुन्छन् भन्ने सन्देश दिएको बताउनुभयो । उहाँले आन्दोलन नभएका भैरहवा, काँकडभिट्टाजस्ता भारतीय सीमाबाट पनि पेट्रोलियम पदार्थलगायतका सामग्रीका सवारी साधन आउन नसक्नुले भारतीय पक्षको नियतमा प्रश्न उठेकाले यस्तो व्यवहार सच्चाएर भूपरिवेष्टित मुलुक नेपालको पारवहन अधिकार प्राप्तिमा अवरोधक नबन्न आग्रह गर्नुभयो । पोखरेलले भन्नुभयो – “यदि भूकम्पपछिको अवस्थामा भारतले नेपाललाई साँच्चै सहयोग गरेको हो भने अहिलेको व्यवहारले भूकम्पको घाउमा नुन छर्किएसरह भएको छ, यो व्यवहारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्राष्ट्रिय सम्बन्ध र छविमा समेत प्रतिकूल असर पर्ने र भारतीय अर्थतन्त्रमा पनि प्रभाव पर्ने कुरालाई हेक्का राख्न म आग्रह गर्दछु ।” संविधान जारी भएपछि सञ्चालन गरिएको राष्ट्रिय जागरण अभियानअन्तर्गत करिब एक सयजनाको सो टोली त्यसतर्फ लागेको सङ्गठनका महासचिव नविना लामाले जानकारी दिनुभयो । टोलीले तीन दिन पूर्ण श्रमदान (स्वयम्सेवा) गर्नेछ । भूकम्पलगत्तै नेपाल सरकारको आग्रहमा चिनियाँ सशस्त्र बलले केही समय लगाएर एकतर्फी सवारी साधन चल्न सक्ने गरी खुलाएको सो राजमार्ग खुलेको केही दिनपछि लिपिङ र तातोपानी बजार क्षेत्रमा सुक्खा पहिरोका कारण पुनः अवरुद्ध भएको थियो । बाटो खुलाउन सडक डिभिजन कार्यालय चरीकोट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि क्रियाशील छन् ।

]]>
4035 0 0 0
साना वायुऊर्जा प्रणाली विषयक गोष्ठी ललितपुरमा सुरु http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%be-%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b5/ Thu, 01 Oct 2015 08:01:57 +0000 http://www.ghumphir.com.np/?p=4037

काठमाडौँ, १४ असोज ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) तथा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको संयुक्त आयोजनामा नेपालका नीति निर्माताका लागि साना वायु ऊर्जा प्रणाली विषयक गोष्ठी आजदेखि ललितपुरमा सुरु भएको छ । अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयअन्तर्गतको स्वच्छ ऊर्जा कार्यक्रमका लागि व्यावसायिक तालिम र शिक्षा कार्यक्रमद्वारा लगातार तीन दिनसम्म चल्ने गोष्ठीमा नेपालमा साना वायु ऊर्जा उत्पादनका थप सम्भाव्यताका बारेमा विस्तृत छलफल गरिने नास्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले बताउनुभयो । उहाँका अनुसार गोठीमा ऊर्जासम्बन्धी नक्साको परिचय तथा खोजी, यससम्बन्धी उत्पादन भएका सफ्टवेयर सञ्चालनको तालिम पनि प्रदान गरिनेछ । गोष्ठीको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोख्रेलले ऊर्जा सङ्कट भोगिरहेको नेपालमा वैकल्पिक ऊर्जाको खोजी र विकासमा निरन्तर लाग्नुपर्ने बताउनुभयो । नीति निर्मातालाई लक्ष्यित गरी आयोजित गोष्ठी निकै उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । एरिजोना स्टेट विश्वविद्यालयका प्राध्यापक डा अम्बिकाप्रसाद अधिकारीले गोष्ठीमा साना वायुऊर्जाका विशेषता, विश्वमा वायु ऊर्जा प्रणालीको वितरण, बजारीकरण, वायु प्रणालीका आर्थिक पक्ष लगायतका विषयमा छलफल गरिने जानकारी गराउनुभयो । नेपाल विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा.कृष्णचन्द्र पौडेलले नेपालमा वायु ऊर्जाको विकास तथा विस्तार हुन नसकिरहेको बताउँदै विद्यमान उर्जा सङ्कटको समाधानका अन्य उपायहरूको खोजी गर्न गोष्ठी निकै उपयोगी हुने बताउनुभयो । पूर्व मन्त्री ई. गणेश शाह, एरिजोना स्टेट विश्वविद्यालयका प्राध्यापक डा. मिचेल माउपाउक्स, नास्टका सचिव डा. बुद्धिरत्न खड्गी लगायतले नेपालमा वायु ऊर्जाको विद्यमान अवस्था र सम्भाव्यताका बारेमा छलफल हुने गोष्ठीका उपलब्धि कार्यान्वयनको तहमा लैजानुपर्ने धारणा राख्नुभयो ।

]]>
4037 0 0 0
टानको नेत्तृवका लागी कस्तो बन्दैछ गठबन्दन http://localhost/ghum/%e0%a4%9f%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%83%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80-%e0%a4%95%e0%a4%b8%e0%a5%8d/ Thu, 01 Oct 2015 08:21:16 +0000 http://www.ghumphir.com.np/?p=4039 काठमाडौं, असोज १४

नेपाल टेकिड एजेन्सिज एशोसियएशन अफ नेपाल(टान)को नेतृत्वका लागि पर्यटन व्यवसायीहरु कम्मर कसेर लागेका छन् । राजनीतिक संगठनका आधारमा विभाजित भई व्यवसायीहरु टानको नेतृत्व हत्याउन खोजिरहेका छन् । अहिलेको टानको कार्यसमिती निर्वाचन हुदाको समयमा एमाओवादी र कांग्रेसनिकट व्यवसायी मिलेर निर्वाचनमा सहभागी भएका थिए ।

निवार्चनमा सहभागी भएर कांग्रेसनिकट पर्यटन व्यवसायी रमेश धमलाले टानका नेतृत्व विजयी भएको थियो । अघिल्लो सहमतिमा रमेश धमलाई नेत्तृव एमाओवादी निकट पर्यटन ब्यबसायीहरुलाई सहयोग गर्ने र अहिले हुन लागेको चुनावमा एमाओवादी निकट ब्यबसायीलाई नेत्तृव दिने सहमती भएको थियो । तर सो सहमती भएपनी एमाओवादी र कांग्रेसनिकट व्यवसायीहरु अहिले विभाजित भएपछि यो गठबन्धन समस्यमा परेको बताउछन् ब्यबसायीहरु । गठबन्धन समस्यामा परे सगै नेकपा एमालेका निक पर्यटन ब्यबसायीहरु भने आफ्नो पक्षमा टानको नेत्तृव पर्ने आसमा बसेको व्यवसायीहरु बताउछन् ।

taan-logoटानको नेत्तृवका लागी कस्तो बन्दैछ गठबन्दन अहिले एमाओवादीनिकट पर्यटन व्यवसायी सागर पाण्डेले एउटा समुहको नेतृत्व गरेका छन् । पहिला उनलाई कांग्रेस निकट पर्यटन व्यवसायीहरुले पनि साथ दिने सहमति भएको थियो । एमाओवादीनिकट पर्यटन व्यवसायी गणेश सिंखडा टानको अध्यक्षमा उठ्ने चर्चा चलेसंगै बागीको रुपमा पाण्डे आएका हुन । सिंखडापछि हटेपछि पाण्डेले उक्त समुहको नेतृत्व गर्ने सहमति भएको हो । त्यसपछि कांग्रेसभित्र पनि समस्या आउन थालेको हो । अहिले कांग्रेसनिकट पर्यटन व्यवसायी कुलबहादुर गुरुडको नेतृत्वमा टीम खडा गर्ने तयारी भएको छ । वैद्य माओवादीनिकट मानिएका मोहन लम्साल कांग्रेसमा प्रवेश गरेपछि कांग्रेसनिकट पर्यटन व्यवसायीहरुले छुट्टै टीम बनाउने तयारी गरेका हुन । यता, एमालेनिकट पर्यटन व्यवसायीहरुको टीमको नेतृत्व भने चन्द्र रिजालले गरेका छन् । रिजालको टीमलाई वैद्य माओवादीले पूर्ण समर्थन गरेको छ भने एमाओवादीको आधा समूह रिजालकै टीममा आएको छ । पर्यटन क्षेत्रमा एमाओवादीमा दुईवटा समूह छन् । एउटा समूहको नेतृत्व गणेश सिम्खडा र अर्को टीमको नेतृत्व कमल सापकोटाले गर्छन । अहिले सापकोटा टीम एमालेसंग सहकार्य गरेर जान लागेको छ । कांग्रेस नेतृत्वको टीम छुट्टै घोषणा हुनेपछि पाण्डे भने अलमलमा परेका छन् । कांग्रेस र एमाओवादीको गठबन्धनमा निर्वाचनमा होमिन लागेका पाण्डेलाई कांग्रेसले नै साथ नदिने अवस्था देखिएपछि उनीहरु नउठ्ने मनस्थितिमा रहेका देखिएका छन् । चन्द्र रिजालसंग मिलेर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव पनि पाण्डेले गरिसकेका छन् ।

]]>
4039 0 0 0
च्याउका लागि झापा आत्मनिर्भर http://localhost/ghum/%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%9d%e0%a4%be%e0%a4%aa%e0%a4%be-%e0%a4%86%e0%a4%a4%e0%a5%8d%e0%a4%ae%e0%a4%a8%e0%a4%bf/ Fri, 02 Oct 2015 01:37:30 +0000 http://www.ghumphir.com.np/?p=3965

सुरुङ्गा (झापा) १५ असोज ।

झापा जिल्ला च्याउ खेतीका लागि आत्मनिर्भर भएको छ । सरकारले युवालाई स्वरोजगार बनाउन सञ्चालन गरेको युवा लक्ष्यित कार्यक्रममार्फत ८० जना कृषकलाई जिल्ला कृषि विकास कार्यालयले तालिमसँगै नगद रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराएपछि यहाँका कृषकले व्यावसायिक रुपमा च्याउ खेती सुरु गरेसँगै झापा च्याउका लागि आत्मनिर्भर बनेको हो । जिल्ला कृषि विकास कार्यालयले युवालाई तालिमसँगै च्याउ उत्पादनका लागि अनुदान रकम दिएपछि अहिले जिल्लाका १५० जनाले व्यावसायिक फार्म दर्ता गरेर च्याउखेती गर्दै आएका छन् । तीन सयभन्दा बढी कृषकले अहिले दैनिक च्याउ उत्पादन गरिरहेको प्राविधिक सहायक शालिग्राम भट्टराईले बताउनुभयो । जिल्लामा बिर्तामोडसँगै दमक, काँकरभिट्टा, कनकाई, शिवसतासी र भद्रपुर नगरपालिका कृषकले व्यावसायिक च्याउ खेती गर्दै आएका छन् । दुई वर्षअघि सम्म भारतबाट नेपाली बजारमा उपभोग गरिने च्याउ आयात गरिँदै आए पनि आर्थिक वर्ष २०७१÷७२ बाट झापाले इलाम, पाँचथर र ताप्लेजुङमा समेत च्याउ निर्यात गर्दै आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७१÷७२ सालमा जिल्लामा एक हजार आठ सय मेट्रिक टन च्याउ उत्पादन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा पाँच सय मेट्रिक टनले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७०÷७१ मा एक हजार तीन सय मेट्रिक टन मात्रै च्याउ उत्पादन भएको थियो । जिल्लामा सबैभन्दा बढी कन्ने च्याउ उत्पादन हुने गरेको छ । प्रतिकिलो रु दुई सयका दरले बिक्री हुने च्याउ आर्थिक वर्ष २०७१÷७२ मा मात्रै रु ३६ लाखबराबरको उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

]]>
3965 0 0 0
गोबरग्यासप्रति आकर्षण बढ्दो http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%ac%e0%a4%b0%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf-%e0%a4%86%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%ac%e0%a4%a2/ Thu, 01 Oct 2015 15:56:28 +0000 http://www.ghumphir.com.np/?p=4011

बलेवा (बागलुङ), १४ असोज ।

गाई–भैँसीको गोबर तथा घरायसी फोहोरबाट बैकल्पिक ऊर्जा उत्पादन हुने भएपछि बागलुङका किसान बायोग्यास (गोबरग्यास)तर्फ आकर्षित भएका छन् । कच्चा पदार्थको सहज उपलब्धता र स्वास्थ्यमा फाइदा पुग्नेभएपछि किसानहरु बायोग्यासतर्फ आकर्षित बनेका हुन् । बायोग्यासबाट खाना पकाउदा एलपी ग्यास, मट्टितेल, दाउराबाट हुने खर्च बच्ने, दाउराको प्रयोग गर्दा धुँवाका कारण देखिने स्वास्थ्य समस्यासमेत हट्ने भएकाले यसको प्रयोग बढ्न थालेको छ ।

gobar gasगोल्डमाइन्ड बायोग्यास इनर्जी कम्पनीका प्रबन्धक लेखबहादुर खड्काका अनुसार बायोग्यासको प्रयोगबाट दुषित वातावरण हटने भएकाले यसको प्रयोगमा बढोत्तरी आएको छ । जिल्लामा बायोग्यास विस्तार हुँदै गइरहेको छ । अहिलेसम्म जिल्लामा सात सयदेखि आठ सय घरमा बायोग्यासको प्रयोग गरिएको छ । दाउरा तथा मट्टितेलको प्रयोगबाट वातावरणलाई प्रतिकूल असर गर्ने कार्वनडाइअक्साइड ग्यास बढी निस्कने भएकाले त्यसलाई निरुत्साहित पार्न गोबरग्यासको प्रयोग गर्नु आवश्यक देखिन्छ । अहिले नेपाल सरकारअन्तर्गतको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले विश्वव्यापी रुपमा कार्वन उत्पादनमा कमी आउने बैकल्पिक उपाय अपनाएर कार्वन बिक्री गरेबापत आउने रकम गोवरग्यासका लागि प्रयोग गर्दै आइरहेको छ । काठ दाउरा तथा इन्धनको प्रयोगबाट विश्वमा कार्वनको उत्पादन बढी भएर मौसम परिवर्तन हुँदा विश्वलाईनै असर गरेको भन्दै विश्वव्यापी रुपमा कार्वनको बिक्री सुरु गरिएको थियो । सोही अनुसार नेपालले पनि कार्वनको बिक्री गरेर आएको पैसालाई बैकल्पिक ऊर्जाका क्षेत्रमा लगानी गर्दै आइरहेको छ । गोवरग्यास निर्माणका लागि बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अनुदानसमेत दिँदै आइरहेको छ । घर–घरमा चार, छ र आठ घनमिटरका गोबरग्याास प्लान्ट निर्माणका लागि सरकारले अनुदान दिने गरेको छ । गोबरग्यासका लागि गाई–भैँसीको गोबरबाहेक शौचालयको समेत प्रयोग हुन थालेको छ । ग्यास गन्धरहित हुने र शौचालयको प्रयोगबाट कुनैपनि नकरात्मक असर नपर्ने भएकाले यसको प्रयोग बढाउन सक अझै बढी ग्यास उत्पादन गर्न सकिने खड्काले बताउनुभयो । चार घनमिटरका लागि रु २० हजार, छ घनमिटरका लागि रु २५ हजार र आठ घनमिटरका लागि रु ३५ हजार अनुदान प्राप्त हुँदै आएको छ । एउटा गोबरग्यास प्लान्ट निर्माण गर्न रु ६० हजारदेखि रु ८० हजारसम्म खर्च हुन्छ । बागलुङमा केन्द्रीय कार्यालय रहेको कम्पनीले अहिले जिल्लाका भकुण्डे, पैयुपाटा, तित्याङ, सिगाना, रेश, लेखानी, पाला, हटिया, बुर्तिवाङ र बागलुङ नगरपालिका क्षेत्र, म्याग्दीका बाबियाचौर, ताकम, पर्वतका फलेवासलगायत गाविसमा सरकारी अनुदानमा गोबरग्यास निर्माण गरिरहेको छ । गोबरग्यासको प्रयोगबाट पैसा तथा समयको बचत हुने, स्वास्थ्यमा सुधार आउने, उच्चकोटीको मल उत्पादन हुने गोबरग्यास प्रयोगकर्ता तुलसी शर्माले बताउनुभयो । दाउरा खोज्ने झन्झटबाट मुक्ति हुने, ग्यास, मट्टितेलको प्रयोग गर्दा बढी पैसा खर्च हुने भएकाले खर्च कटौती समेत भएको छ । सुरुमा निर्माण गर्दा बढी खर्च लाग्ने भएपनि पछाडिका दिनमा सहज हुने र समय र पैसाको पनि बचत भएको उपभोक्तहरुको भनाइ छ ।

]]>
4011 0 0 0
खडेरीले रु एक्काइस करोडको अन्नबाली नष्ट http://localhost/ghum/%e0%a4%96%e0%a4%a1%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a5%81-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%87%e0%a4%b8-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95/ Thu, 01 Oct 2015 08:33:29 +0000 http://www.ghumphir.com.np/?p=4041

मुगु, १४ असोज ।

यो वर्ष भदौ महिनादेखि नै लामो खडेरी सुरु भएपछि जिल्लाभरि रु २१ करोडभन्दा बढीको अन्नबाली नष्ट भएको छ । धान, कोदो, सिमी, मकैलगायत बाली पसाउने बेला खडेरी सुरु भएपछि खेतबारीमा लगाएको बाली नष्ट भएको छ । भेग क्षेत्र र सेवा केन्द्र स्तरमा खटिएका प्राविधिकले ल्याएको प्रतिवेदनअनुसार खडेरीले जिल्लाभरि रु २१ करोड ७९ लाख ७४ हजारको अन्नबाली क्षति बनाएको छ । जिल्ला कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेतीवाडा सेवा केन्द्रअन्तर्गत पर्ने पाँचवटा गाविसको कुल तीन हजार ६५९.२९ हेक्टर क्षेत्रफलमा लगाइएको अन्नबाली खडेरीले डढाएपछि करिब रु ६ करोड ६१ लाख २५ हजार तथा सोरुकोट सेवा केन्द्रअन्तर्गत पर्ने सातवटा गाविसको तीन हजार १६३.८६ हेक्टर क्षेत्रफलमा लगाइएको रु सात करोड १८ लाख ५० हजारबराबरको अन्नबाली क्षति भएको छ । त्यस्तै पश्चिम खत्याड भेगस्थित श्रीकोट सेवा केन्द्रअन्तर्गतका सातवटा गाविसमा तीन हजार ३०३.९१ हेक्टर क्षेत्रफलको रु पाँच करोड ४५ लाख २५ हजार तथा पूर्वी करान भेगको पुलु सेवा केन्द्रअन्तर्गत पर्ने पाँच गाविसमा दुई हजार १४.१४ हेक्टर क्षेत्रफलको रु दुई करोड ५४ लाख ३५ हजारबराबरको अन्नबाली क्षति भएको बागवानी शाखाका प्राविधिक सहायक तेजविक्रम मल्लले जानकारी दिनुभयो । स्थानीयवासी हस्तबहादुर मल्लले जलवायु परिवर्तनका कारण यस्तो प्रभाव देखापरेको हुन सक्ने बताउनुभयो । खडेरीले सबैभन्दा बढी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु भेगका गाविसमा प्रभाव पारेको छ । अघिल्लो वर्षको कात्तिकमा परेको असिना पानीले कृषकको पाकेको धानलगायत अन्य अन्नबालीसमेत नष्ट गर्दा रु १३ करोडबराबरको क्षति भएको थियो । यो वर्ष अघिल्लो वर्षभन्दा बढी क्षति भएको र आउने दिनमा जिल्लामा खाद्य सङ्कट उत्पन्न हुने प्राविधिक सहायक मल्लले बताउनुभयो ।

]]>
4041 0 0 0
ठमेलमा कानेबल फेस्टीबल हुने http://localhost/ghum/%e0%a4%a0%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%ac%e0%a4%b2-%e0%a4%ab%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%80%e0%a4%ac%e0%a4%b2-%e0%a4%b9/ Thu, 01 Oct 2015 08:56:06 +0000 http://www.ghumphir.com.np/?p=4044 काठमाडौं, असोज १४

असोज दुई गते काठमान्डौको ठमेलमा दोस्रो कानेबल (फुडफेस्टीबल)फेस्टीबल हुने भएको छ । ठमेल टुरिजमं काउन्सीलले आयोजना गर्न लागेको फेस्टीबलमा काठमान्डौ महानगरपालीका ,क्लीन यनर्जी ,होटल व्यवसायी ,स्थानीय संघ सस्था लगाएतको सहभागीतामा हुनलागेको ठमेल टुरिजम काउन्सीलकी सचिव गिता गुरुङले जानकारी दिनु भएको छ ।

ठमेल फेस्टीबल विशेष गरि ठमेल क्षेत्रमा हिढडुल गरि बजार घुमेर मनाइनेमा विशेष जोड दिइने गुरुङको दावी रहेको छ । पछिल्लो समयमा पर्यटकको आगमनमा कमीले गर्दा ठमेल सिजनको बेलामा पनि सुनसान भएपछि पर्यटन व्यवसायी मर्काका पर्दै आएको र अहिले देशमा जारी तराई आन्दोलन र पेट्रोलीयम पदार्थको अभावलाई मध्यजनर गर्दै ठमेललाई सवारी साधन निशेधीत क्षेत्र घोषणा गरि ठमेलमा केवल घुमफीर गरि पर्यटक प्रवद्धनमा टेवा पु¥याउने मुख्य उदेश्य रहेको गुरुङले जानकारी दिनुभयो । ठमेलमा आएका पर्यटकले किनमेलका दैरान सवारीसाधनको चापले किनमेल गर्नबाट हिच्कीचाउने गरेको ,सवारी साधनको ट्राफिक समस्याले हैरान हुने गरेको र रातको समयमा विशेषगरि बत्तीको समस्या भएको कुरामा जोड दिइन ।

भोलीका दिनमा ठमेलमा सवारीसाधन लान सरकारले रोक गलाओस र लैनचौर स्थीत पाकिङको व्यवस्था गरि ठमेलका विभिन्न सम्वेदन सिल स्थानमा सिसि क्यामराको जनाडा गरि रातको समयमा सुरक्षाकार्डको व्यवस्था गरे पर्यटक आवागमन बडनुका साथै पेट्रालीयम अभावबाट केहि राहत हुने उनको बुझाइ रहेको छ । मानिसले हिडडुल गर्दा स्वास्थ्यमा राम्रो असर पर्नुका सार्थ प्रदुषण पनि कम हुने उनको विश्वास रहेको छ ।

विशेषगरि लोडसेडिङको समस्यालाई चिर्न सोलार लाइटको व्यवस्था निजीक्षेत्रको प्रयासमा हाल्ने तयारी पनि भैरहेको र आफ्नै पहलमा सात घुम्तीमा केहि सि सि क्यामरा जडान गरिएपनी त्यो अपुग भएको र सबैको सहयोग भए ठमेर सुरक्षीत हुनुकासाथै चौविसै घण्टा खुल्ला गर्दापनि कुनै समस्या न हुने उनले दावी गरिन । शुक्रवार आयोजना हुनलागेको ठमेल फेस्टीबल दिउसो दुई बजे देखि बेलुका सातबजे सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।।

]]>
4044 0 0 0
बन्द न गरौ बन्दले हामी सबैलाई असर गर्छ : ब्यबसायी बराल http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8c-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%b8%e0%a4%ac%e0%a5%88/ Thu, 01 Oct 2015 09:28:20 +0000 http://www.ghumphir.com.np/?p=4046 सन् १९९८ देखि नेपालमा आयोजना हुदै आएको नाडा अटो शो २०७२ सालमा पनि सफलता पुर्वक सम्पन्न भइ छ । सवारीसाधन र त्यससँग सम्बन्धित स्पेयर पाट्स, एक्सेसरिज सम्बन्धी देशकै सर्वाधिक ठूलो प्रदर्शनी हो नाडा अटो शो । देशका विभिन्न शहरमा रहेका सवारीसाधन व्यवसायीहरुको वृहत सहभागीता हुने गरेको यो शोमा यस वर्षको आयोजनामा ५० हजार दर्शकले अवलोकन गर्ने र करिब १ अर्वबराबरको कारोबारहुने आयोजकको लक्ष्य रहेकोमा यस वर्ष करिब ५ अर्बको कारोबार भएको र सोचेभन्दा बडी दर्शकहरुले अबलोकन गरेकोमा आयोजक हर्षित भएका छन् । नेपालमा गएको विनाषकारी भूकम्प पछि भएको प्रदर्शनिमा पनि सोचेभन्दा निकै रामो्र सफलता हात परेको anup baral (2)ब्यबसायीहरु बताउछन् । यही बिषयलाई केन्द्रित रहेर आयोजक अनुप बरालसग गरेको कुराकानी

यस पटकको नाडा अटो शो कस्तो रह्यो ? अटो शो त एकदमै राम्रो भयो, यसले एउटा नया उचाई लियो, यस पटकको शो ले नया ट्र¥याक चेन्ज ग¥यो कनि भने नेपालमा हुने भनेको अटोशो भनेको यहि एउटा हो । हामीले आयोजना गर्ने आयोजना स्थल भनेको भृकुटी मण्डपको सानो स्थल हो त्यतीसानो ठाउमा पनि हामीले अन्तराष्ट्रिस्तरको आयोजना गर्न सफल भयौ ।

कतीको उपलब्दी मुलक र¥यो यस पटको नाडा शो ? सोचेभन्दा धेरै राम्रो भयो नि ,एक अर्ब भन्दा फाइब टाईम्स बडी भयो । पाच अर्बको कारोबार भयो । त्यो त एकदमै राम्रो भयो , तपाइको के पनि भयो भने पहिलो पटक अटो शो लाई सर्वो लुब्रिकेटले आयोजक गरेको थियो ।त्यो पनि राम्रो हो । विज्नेस सेक्टरमा आयोजक हुनु ,कुनै पाटर्नर थपिनु त्यसलाई राम्रो मानिन्छ ।त्यसै गरि फोर ह्ुव्लरर्सहरु छुट्टै स्टलको व्यवस्था गरिएको थियो । जहाचाहि दर्शकहरुलाई चाहिएका मोटर कार जिप भ्यान लगाएत क्याटगरिको राम्रो व्यवस्था थियो जहा चाहि आवश्यक पर्ने दर्शक वा भर्नौ ग्रहाकहरुले अवलोकन र सम्बन्धीत कुराहरु राख्न सक्नु भयो । त्याहा छुटै माहोल बन्नो यसपटकको शोमा यती धेरै पाटिस्पेसन भयो कि यो भन्दा अगाडीका शोहरुका हामीले एउटामात्र डोमको प्रयोग ग¥थै भने यस पटक दुईवटा डोमो प्रयोग ग¥यौ । त्यसमा हामीले स्टल डेप्लप ग¥यो एउटामा फोपर ह्व्लर्सको प्रयोग ग¥यौ भने अर्को डोममा पुरै मोटरसाईकलको थियो ,तपाईहरुले देख्नुपनी भएको होला यती भब्य भयो कि यसलाई सफल नै भन्नु पर्छ ,नेपाको परिपेक्षमा ।

भूकम्प पछि नै शोको आयोजना भयो ,बजारलाई चलाएमान गर्ने लक्ष्य कस्तो र¥यो जस्तोलाग्छ ? यस्तो छ , बजारलाई चलाएमान बनाउनु हाम्रो कर्तब्यपनिहो ।साच्चि भन्नु हुन्छ भने अटो शोलाई आयोजना गर्न सकिन्छ कि सकिदैन भन्ने दुबिधामा हामी थियौ । बजारको अवश्था यस्तो छ । बजार बन्द छ , नाकाहरुपनि बन्द रहेको अवश्थामा र तराई आन्दोलन जुन अझै पनि जारी छ यस्तो बेलामा बाहिर बाट एउटा पनि गाडी ल्याउन सक्ने अवस्था थिएन,हामीले स्कटीङ गरेर गाडी ल्याउनु पर्ने अवश्था थियो , भन्सार त खुल्ला थियो तर ल्याउने कन्डीसन थिएन , इम्पोटरहरुले तर राती राती गरेर हामीले गाडी मोटरसाईकल विभिन्न पार्सहरु ल्याएका हौ । र बन्द भनेर सामान न ल्याएर कसरि भयो र काम कारोबार पनि त गर्नु प¥यो हामीले ठूलो रिक्स मोलेरै गाडी मोटर टायर विभिन्न पार्स ल्याऔ र सबैले साथ दिनु भयो र यो सक्सेसफुल पनि भयो ।यसमा के पनी छ भने यसरी बन्द न गरौ बन्दले हामी सबैलाई असर गर्छ भन्ने भावना चाहि हामी सबै नेपालीहरुमा छ ।

यस पटकको शोमा कस्तो प्रकारका गाडीहरु भित्रिए ? यसमा यसो छ , यसपटकको शोमा फोर अल्मस्त मेजर अटोमोविल्सका सबै मेर्जस ह्व्लिरर्स टु ह्व्लिरर्स सबैले पाटिस्पेट गर्नु भएको थियो ,तपाई हरुले देख्नु भएको होला मोटरसाईकलमा पनी विभित किसीमका बाइसलाख सत्ताइस लाख सम्ममा मोटरसाईकल्स हरु पनि राखिएका थिए शोमा अलमस्ट बसै खाने सवारी साधान ल्याई पु¥याउनु भयो र गाडीहरुमा पनि नया नया गाडीहरु इन्डीयामा भरर्खर भरर्खर लन्च भएका गाडीहरुपनी नेपालमा पनि लन्च भएका गाडीहरु टाटा हुन्डाई,होन्डा टोयोटा निसान मारुती सियाट लगाएत को¥याण्डोको नया भर्सनको गाडी थियो सबैले नया नाय गाडीहरु ल्याइएका थिए ।सबैले आफ्ना नया नया भर्सन सहित आफ्नो आफ्नो प्रडक्ट आफ्नो तर्फबाट प्रडक्टहरु ल्याएर पाटिस्पेट गर्नु भएको थियो ।शो मा सबैले अतिराम्रो सहयोग गर्नु भयो र शो सफल भयो ।

कस्तो प्रकारको गाडी बडीको माग छ बजारमा ? अवस्य पनि बजारमा सधै टु ह्व्लर्सको माग बडि छ । जहापनी बजारको दिष्टीकोण ले भन्नु पर्दा फोर ह्व्लर्सको तुलनामा टु ह्व्लर्सको माग बडि हुन्छ । ग्राहकले अर्फाट गर्नसक्ने कुरामा भर पर्नु पर्ने कुराहो तर सर्व सुलभ र प्राय सबैले यर्फोट गर्ने सक्ने त टु ह्व्लर्स नै होनी ।यो अहिले अत्तिआवश्यकीय बस्तु भै सकेको अवस्थामा अलिने हाम्रो सन्र्दभमा भन्नु पर्दा बजारमा निश्चय पनि टु ह्व्लर्सकै माग बडि छ ।

आगामी कार्य योजना के छ? यसमा हाम्रो कस्तो छ भने हाम्रो अध्यक्ष ज्यू नव निर्वाचित अध्यक्ष अनजान क्षेष्ठलेके भन्नु भा छ भने वहाको भिजनलाई लाइ लिएर टिम अगाडी बड्ने हो ।यो टिम ओर्क हो वहाले वार्षिक क्यालेन्ड बनाएर अगाडी बड्ने सोच छ । हाम्रो पदाधिकारी भोटिङ बाट चयन भए लगतै सबै पदाधीकारी संगै बसेर हामीले अध्यक्ष ज्यू संगै बार्षिक क्यालेनड निमार्ण गर्ने भन्नु भा छ र यो नै सबैभन्दा राम्रो हो असोजको १० गते चयन भएको पधादिकारीहरुका अनुसार नेपाल अधिराज्य भरीका अटोमोविल्सका व्यवसायीहरु र पदाधिकारीहरुलाई साथ लिएर अगाडी बडने सोच छ अधिरान्ज्य भरि रहेको अटोमोविल्स व्यवसायीहरुलाई एक जुट गराउने सोच छ र सोहि अनुसार अगाडी बड्ने सोच छ ।र एकदमै छिटो नै क्यालण्डर तयार गरि हामी अगाडी बडछौ ।नाडाले विगदमा एकदमै राम्रो कामगर्र्दै आएको र आगामी दिनहरुमा यसलाई निरन्तरता दिने सोच छ ।

नाडा अटो शो काठमान्डौ केन्द्रीत भएन र? हइन यो हाम्रो अटोमोविल्स नाडा अटो शो मा चितवन एसोसिएसन अटोमोविल्स एसोसिएसन पोखरा अटोमोविल्स देशभरका व्यवसायीहरुको सहभागीता रहेको छ । आगामी दिनमा निश्चय पनी देशका अन्न शहरहरुमा नाडा अटो शो गर्ने हाम्रो योजना रहेको छ त्यसका लागी भन्नु पर्दा अहिले काठमान्डौको भृकुटीमण्डपको सानो ठाउमा हामीले शो को आयोजना सम्पन्न गर्न त ग¥यौ तर देशका अन्य शहरमा आयोजना सम्पन्न गर्ने स्थल सुरक्षा लगाएतका कुराहरु पनि हेर्नुपर्ने हुन्छ तर हाम्रो सोच न भएको होइन आगामी दिनमा देशमा अन्न शहरमा पनी शो गर्ने सोच चाहि छ ।

सरकारसंग अटोमोविल्स व्यवसायीहरुको कुनै प्रकारको गुनासो छ? सरकारसंग माही दुईपच्छिय नै हुन्छ ,सरकारले व्यवसायीसंग केहि अपेच्क्षा गरेको हुन्छ भने व्यवसायीहरुले पनि सरकारसगं केहि अपेक्षा गरेका हुन्छै । अब यसमा दुईटा मात्र कुरा छ हाम्रो शो यति भव्य भैसक्यो र आगामी दिनमा ठूल्ठूला शोहरु गर्न एउटा प्रर्दशनी स्थल , ठूलो ठाउ ठूलो क्षेत्रफलको जग्गा चाहिएको छ ।हामीले यो माग सरकार संग राख्दै आएका छौ ।नाडा अटो शोको लागी मात्र नभइकन समग्र प्रदर्शनीकालागी ठूलो ठाउ चाहिएको छ ।नेपालमा यस्तो अन्तराष्ट्रिय स्तरको ठाउको आवस्यकता छ ।दोस्रो कुरा ओटोमोविल्स इन्ड्रीष्टी«लाई लक्जरीयस भनेर राख्नु भएन आजकादिनमा यो अतिआवश्सकीय चिज भैसकेको छ , यसलाई अन्न बस्तु सरह तल राख्नु भएन त्यस्तै यसमा स्पेयरपाट्सहरुमा विभिन्न अन्तशुल्क लगाईको छ लक्जरीयस बस्तुमा राखिएको यो क्षेत्रलाई अतिआवश्यक बस्तुअन्र्तगत राखेर यसमा लाग्दैआएको अन्तशुल्क घटाए राम्रो हुनेथियो जस्तो लाग्छ । कार्यक्रममा अर्थमन्त्रीले पनी सकारात्मकता देखाउनु भएको छ , हेरौ आगामी दिनमा के हुन्छ ।

]]>
4046 0 0 0
मुस्ताङको फापर http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a4%be%e0%a4%aa%e0%a4%b0/ Thu, 01 Oct 2015 16:05:30 +0000 http://www.ghumphir.com.np/?p=4055 4055 0 0 0 ऊर्जामन्त्री पदमुक्त http://localhost/ghum/%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4/ Thu, 01 Oct 2015 16:09:23 +0000 http://www.ghumphir.com.np/?p=4058

काठमाडौँ, १४ असोज ।

प्रधानमन्त्री सुशील कोइरालाले ऊर्जामन्त्री राधा ज्ञवालीलाई पदमुक्त गर्नुभएको छ । प्रधानमन्त्रीले मन्त्री ज्ञवालीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताउनुभयो । केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलु करिडोर प्रसारण लाइन निर्माणमा मन्त्री ज्ञवालीले अनियमितता गरेको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । आजै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आफ्नो पदबाट राजीनामा दिइसक्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा विवादित व्यक्तिलाई नियुक्त गरिएको विषयमा आयोगले मन्त्री पौडेललाई विभागीय काराबाही गर्न निर्देश गरेपछि उहाँले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको हो ।

]]>
4058 0 0 0
सुरक्षित पदयात्रा निर्माण गर्ने तयारी http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%aa%e0%a4%a6%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be/ Fri, 02 Oct 2015 01:33:38 +0000 http://www.ghumphir.com.np/?p=4061

काठमाडौँ, १५ असोज ।

सरकारले भूकम्पका कारण भत्किएको लाङ्टाङ, मनास्लु, खुम्बुलगायत सुरक्षित पदयात्रा निर्माणको काम सुरु गर्ने तयारी गरेको छ ।  पर्यटन विभागका महानिर्देशक गोविन्दबहादुर कार्कीले सरकारले भूकम्पका कारण भत्किएका पर्यटकीय पदयात्रा सुरक्षित तरिकाले निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।
“पर्यटकीय दृष्टिकोणले नेपाल सुरक्षित छ भन्ने सन्देश दिने काम सरकारका तर्फबाट भइरहेको छ, यसमा निजी क्षेत्रको सहयोग पनि जरुरी छ, भूकम्पका कारण भत्किएका पदमार्ग पनि छिट्टै बनाउने सरकारको तयारी छ”–उहाँले भन्नुभयो ।
नेपाललार्ई पर्यटन वातावरणमैत्री बनाउन निजी क्षेत्रको पनि ठूलो योगदान रहेको भन्दै उहाँले भूकम्पको अति प्रभावित १४ जिल्लाका पर्यटकीय तथा ऐतिहासिक धार्मिक स्थलमा ठूलो क्षति पुगेको बताउनुभयो । महानिर्देशक कार्कीले भूकम्प आएलगतै भारत, चीन, जापानसहित युरोपका देशमा नेपालमा हेर्नलायक पर्यटकीय चीज नष्ट भयो भनेर सञ्चारमाध्यममार्फत गलत रुपमा प्रचार गरे त्यसले गर्दा विश्वसामु नेपालका पर्यटकीय स्थान सुरक्षित रहेको जानकारी गराउन अझै केही समय लाग्न सक्छ भन्नुभयो ।
ग्रामीण पर्यटनको विकासका लागि होमस्टेको विकास गर्ने पनि सरकारले सोच बनाएको जानकारी दिँदै उहाँले सरकारले मात्र एक्लैले यी सबै काम गर्न सम्भव नभएकाले निजी क्षेत्रले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले किपले पर्वतीय पर्यटनमा वातावरणीय असरलाई जोगाउने र पर्यटनको क्षेत्रमा काम गर्ने मजदुरलाई समेत तालिम लिएर सक्षम बनाई संरक्षण गर्ने काम गर्नु ज्यादै महत्वपूर्ण भएको बताउनुभयो ।
ठमेल पर्यटन विकास परिसङ्घका अध्यक्ष रामशरण थपलिया, हिमाल उद्धार सङ्घका अध्यक्ष डिभी कोइराला, नेपाल माउन्टेरिङ एसोसिएसनका कोषाध्यक्ष टीकाराम गुरुङले किपले पर्यटीय क्षेत्रमा काम गर्ने गाइडलाई भाषा, पदयात्रामा जाने स्थानका बारेमा सूचना दिने जस्ता प्रभावकारी काम गर्दै आएको विचार राख्नुभएको थियो ।
किपका सल्लाहकार तथा संरक्षणविद् उकेशराज भुजुले किपले दिगो रुपमा वातावरण संरक्षण, पदयात्रा, पर्वत, भौगालिक रुपमा र सांस्कृतिक रुपमा कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तिलाई क्षमता अभिवृद्धि गर्ने काम महत्वपूर्ण भएको बताउनुभयो ।
सो संस्थाका कार्यकारी निर्देशक डिवी गुरुङले दिगो पर्यटन व्यवस्थापनका लागि पर्यटन सूचना केन्द्र, पर्यटन क्षेत्रमा लाग्नेका लागि क्षमता अभिवृद्धि तालिम, वातावरणीय सचेतनामा स्वयम्सेवक परिचालनलगायतका काम गर्दै आएको जानकारी गराउनुभयो ।
संस्थाका अध्यक्ष सागरराज पाण्डेले पदयात्रामा जाँदा पर्यटकीय पदयात्री कुनै पनि दुर्घटनामा नपरून् भन्नाका लागि ७२ घन्टाको आधारभूत तालिम दिने र पर्यटकीय क्षेत्रको वातावरणको संरक्षणका लागि काम गर्दै आएको बताउनुभयो । संस्थाको बार्षिक साधारणसभाबाट आझै ११ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन भएको छ ।

]]>
4061 0 0 0
चीनको सिचुआनमा नेपालको पर्यटन प्रवद्र्धन http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%bf%e0%a4%9a%e0%a5%81%e0%a4%86%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa/ Thu, 01 Oct 2015 16:21:57 +0000 http://www.ghumphir.com.np/?p=4063

काठमाडौँ, १४ असोज ।

चीनको सिचुआन प्रान्तको इमिसान सहरमा भएको ‘दोस्रो सिचुआन अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो–२०१५’मा नेपालको पर्यटनको प्रवद्र्धनका लागि प्रचारप्रसार गरिएको छ । नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको सहकार्यमा नेपाल पर्यटन बोर्डले असोज ८ देखि १३ गतेसम्म सो प्रदर्शनीमा आफ्नो कक्ष राखेको बोर्डले जानकारी दिएको छ । नेपालको प्यागोडा शैली, विभिन्न क्षेत्रको पर्यटन आकर्षण, नेपाली हस्तकला लगायतका सामग्री प्रदर्शनीमा राखिएको थियो । बाह्र नेपाली हस्तकला संस्थाले त्यहाँ आफ्नो हस्तकलाको प्रचार गरेका थिए । प्रदर्शनीमा श्रव्य र दृश्य माध्यमबाट नेपालको पर्यटनबारे सूचना दिनुका साथै नेपालबारे जानकारीसहितको पुस्तिका नेपाली कक्षमा आएका चिनियाँ आगन्तुकलाई वितरण गरिएको थियो । कार्यक्रममा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)का अध्यक्ष केभिन बी. मुर्फेले नेपाली कक्षमा उपस्थित भई भूकम्पपछिको नेपाली पर्यटनको पुनः उत्थानका लागि आफ्नो संस्थाले सहयोग गर्ने जानकारी दिनुभयो । प्रदर्शनीमा करिब एक लाख पचास हजार आगन्तुकले अवलोकन गरेका थिए । चीनको दु्रत आर्थिक वृद्धिसँगै त्यहाँका जनतामा देखिएको घुम्ने संस्कृतिको विकासको फाइदा लिन आवश्यक छ । सिचुआन प्रान्तको छेन्दुदेखि काठमाडौँसम्मको सिधा हवाई उडान रहेकामा यसले नेपालको पर्यटन विस्तारको विशाल सम्भावन बढाउने अपेक्षा लिइएको छ ।

]]>
4063 0 0 0
करिब रु साढे दुई करोडको जडीबुटी बिक्री http://localhost/ghum/%e0%a4%95%e0%a4%b0%e0%a4%bf%e0%a4%ac-%e0%a4%b0%e0%a5%81-%e0%a4%b8%e0%a4%be%e0%a4%a2%e0%a5%87-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%a1/ Fri, 02 Oct 2015 01:29:26 +0000 http://www.ghumphir.com.np/?p=4065

इलाम, १५ असोज ।

इलामका किसानले गएको आव २०७१÷७२ मा रु दुई करोड ४२ लाख बराबरको जडीबुटी बिक्री गरेका छन् । जिल्ला वन कार्यालयको तथ्याङ्कअनुसार किसानले पाखो बारीमा लगाएको चिराइतो, लोक्ता, नागबेली, सतुवा, मजिटोलगायत जडीबुटी बिक्री गरेका हुन् । जिल्लाका किसानले ४२ हजार ८९५ किलो चिराइतो बिक्री गरेका छन् । चिराइतो यसपटक पाँच रूपैयाँ प्रतिकिलोले बिक्री भएको छ । गएको वर्ष रु दुई करोड १४ लाखको ४७ हजार बराबरको चिराइतो बिक्री भएको जिल्ला वन कार्यालयले जनाएको छ । जडिबुटीको सबैभन्दा बढी हिस्सा चिराइतोले ओगटेको छ । स्वदेशमा नेपाली हातेकागज बनाउन र जापानी येन बनाउन प्रयोग गरिने अर्गेली (लोक्ता) १५ हजार २७५ किलोग्राम बिक्री भएको छ । कागज र पैसा बनाउन प्रयोग गरिने अर्गेली यस वर्ष रु ५० देखि रु ८० प्रतिकिलोका दरले रु १२ लाख २२ हजारको बिक्री भएको छ । करिब रु १३ लाख ७५ हजार बराबरको सतुवा बिक्री भएको छ । सुजमा जडीबुटी सहकारी संस्थाका अध्यक्ष राजबहादुर राईका अनुसार सतुवा स्थानीयस्तरमै प्रतिकिलो पाँच हजार पाँच सय र विदेश निर्यात गर्दा रु आठ हजार प्रतिकिलोका दरले बिक्री भएको छ । किसानले नागबेलीको धुलो सङ्कलन गरेर बिक्री गरेका छन् । दुई सय चालिस किलोग्राम नागबेली रु एक लाख २० हजारमा बिक्री गरेका छन् । यस्तै लौठसल्ला, मजिटो, चुथ्रो र जमाने मान्द्रोको बोक्रा समेत किसानले बिक्री गरेका छन् । गाउँघरमा कुनै प्रयोजनमा नआउने चुथ्रो र जमाने मान्द्राको बोक्रा पनि बिक्री हुने गरेको किसान बताउँछन् । स्थानीयस्तरमा किसानबाट जडीबुटी सङ्कलन गरेर झापाको काँकडभिट्टा हुँदै भारत, पाकिस्तान र बङ्गलादेशसम्म बिक्री भएको छ । कम मेहनत र लगानीमा बढी आम्दानी हुन थालेपछि किसानको आकर्षणसमेत थपिँदै गएको जिल्ला वन कार्यालयका नासु राधाकृष्ण खतिवडा बताउनुहुन्छ ।

नयाँबजार, सुलुबुङ, माईपोखरी, मावु माईमझुवा, प्याङ, जोगमाई, चमैता, पुवामझुवा गाविसमा किसानले निजी वन तथा आफ्नै भिरपाखोमा जडीबुटी खेती गर्दै आएका छन् । यी गाविसका करिब पाँच हजार किसानले २२ हजार रोपनी पाखोबारीमा जडीबुटीको व्यावसायिक खेती गर्दै आएको वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । वन कार्यालयले जडीबुटी बिक्री गर्ने किसानलाई बर्सेनि परिचयपत्रसमेत वितरण गर्दै आएको छ ।
]]>
4065 0 0 0
तस्बिरमा धनेश्वर महादेव http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a7%e0%a4%a8%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b5/ Fri, 02 Oct 2015 03:33:08 +0000 http://www.ghumphir.com.np/?p=4071 धार्मीक तथा ऐतिहासीक रुपले महत्तव बोकेको पनौतीको धनेश्वर महादेव कमैले सुनेको नाम होला । नजीकै भएर पनी कमै मानीस पुगेका होलान धनेश्वर महादेवको मन्दिरमा ।
वरीपरी हरियाली वातावरणमा रहको मन्दिर पुग्नका लागी अलिक उकालो पुग्न पर्दछ । बनेपा बजार देखि पनौती बजारको बिचमा पर्ने धनेश्वर महादेव पुग्नका लागी सडक बाट केही उकाले यात्रा तथा सवारी साधनमा जान सकिन्छ ।

BBTG2259 copy BBTG2277 copy BBTG2296 copy BBTG2308 copy BBTG2331 copy BBTG2332 copy BBTG2333 copy BBTG2341 copy

]]>
4071 0 0 0
कापी कलमका लागि गिट्टी कुट्दै बालबालिका http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%aa%e0%a5%80-%e0%a4%95%e0%a4%b2%e0%a4%ae%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%97%e0%a4%bf%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a5%80-%e0%a4%95%e0%a5%81/ Sat, 03 Oct 2015 02:02:40 +0000 http://www.ghumphir.com.np/?p=4084

धनबहादुर भण्डारी 

डडेल्धुरा, १६ असोज ।

गरिब परिवारका बालबालिकाका लागि सुदूरपश्चिमका राजमार्गहरु आर्थिक उपार्जनको माध्यम बनेका छन् । विद्यालय जाने उमेरका न्यून आयस्रोत भएका परिवारका बालबालिका कलम कापी किन्नका लागि राजमार्गका सडकमा गिट्टी कुट्ने गरेको पाइन्छ । आफ्ना आमा, हजुरआमा, दाजुभाइ, दिदीबहिनीसँगै गिट्टी कुटेर दैनिक रु ५० देखि रु १५० सम्म आम्दानी गरी कापी कलमको जोहो गर्न सडकको छेउछाउमा बालबालिका प्रायःजसो विद्यालय बिदाका दिन गिट्टी कुट्नमा व्यस्त देखिन्छन् ।

Nepal Pokhara Lake Sai15सुदूरपश्चिमका केआई सिंह राजमार्गको मष्ठमाण्डौ सकायल, गणेशपुर गाविस र अमरगढी नगरपालिकाको सिमाना रडुवा खोला, कैलपालमाण्डौ गाविसको कोराल क्षेत्र जस्तै राजमार्गमा बालबालिकाले बिदाका दिन गिट्टी कुटेर आम्दानी गर्ने र गिट्टीबाट आम्दानी भएको पैसाले कापी कलमलगायत लुगाफाटो पनि किन्ने गरेको र बाँकी रहेको पैसा अभिभावकले अन्यमा लगानी गर्ने गरेको बालबालिकाको भनाइ रहेको छ । छ÷सात वर्षदेखि १६÷१७ वर्षसम्मका अबोध तथा किशोरावस्थाका बालबालिकाका लागि बालअधिकार के हो थाहा छैन तर आफ्नो कापी किताब र कलमजस्ता आवश्यकताको परिपूर्ति आफैँ गर्नका लागि आमा वा दिदीबहिनीसँगै राजमार्गको छेउछाउमा वा खोलाको किनारमा गिट्टी कुट्न पुगेका हुन्छन् । बिनाकाममा बसेर खेलेर उपद्रो र चकचक बढी गर्ने भएकाले पनि केटाकेटीलाई आफूसँगै गिट्टी कुट्न ल्याउनुपर्ने अभिभावकको बाध्यता रहेको श्रमिक महिला बताउँछन् । घरमा भएका पुरुष जति काम गर्न भारततिर निस्कने भएकाले केटाकेटीको हेरचाहका लागि पनि काम गर्ने ठाउँमा ल्याउनुपर्ने बाध्यता रहेको रजमार्गमा काम गर्दै गरेका महिलाले पीडा सुनाए । विद्यालयमा बर्र्खे बिदा होस् वा हिउँदे बिदा राजमार्ग छेउछाउको बस्तीमा बसोबास गर्ने बालबालिकाले आफ्ना आमा र दिदीसँगं दैनिक रु १५० सम्म पनि आम्दानी गरी आफ्ना आमालाई आम्दानीका रुपमा दिने गरेको बताएका छन् । राजमार्ग आसपासका दर्जनाँै बालबालिका आम्दानीका लागि घरबाट सडकमा आमाबाबुले पठाउने गरेका छन् भने टाढाटाढाबाट पानी बोक्नेलगायत घरायसी अन्य कामकाज पनि गर्नुपर्ने बाध्यता रहिआएको समेत देख्न सकिन्छ । गरिबीका कारण प्रत्येक शनिबार दिनभरि र अरु दिन बिहान उठ्नेबित्तिकै विपन्न परिवारका यी बालबालिकाले पारिवारिक गुजाराका लागि मौसमअनुसार कहिले लालीगुराँसका फूल, कहिले काफल बेचेर त कहिले घरमा हुने फलफूल बेचेर अथवा गिट्टी कुटेर आम्दानी गर्नु सुदूरपश्चिमका गरिब दलित बालबालिकाका लागि दिनचर्या जस्तै बनेको छ । रोजगारीको अन्य सम्भावना नभएपछि पठनपाठनका लागि खर्चको जोहो गर्दै गरेका बालबालिकाले गिट्टी बिक्री गरी दैनिक उपभोग्य वस्तु खरिद गर्नेलगायत घरखर्चमा बालबालिकाले सहयोग पु¥याउँदै आएको न्यून आयस्तर भएका परिवारको दुःखेसो रहेको छ । कापी, किताब र कलम समात्नुपर्ने हातमा कहिले हमर समातेर गिट्टी कुट्नु त कहिले मौसमअनुसारका फलफूल टिपेर राजमार्गमा तराई पहाड गर्ने यात्रुलाई बेचेर दिनचर्या बिताउनु यी परिवारका बालबालिकाको दैनिकी नै बनेको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने धेरै सरकारी र गैरसरकार संस्था भए तापनि न्यून आयस्तर भएका र राजमार्गको छेउछाउमा काम गर्ने बालबालिकाको हकअधिकारका लागि आवाज उठाउने कोही कार्यालय नभएको उनीहरुको गुनासो रहेको छ । आफूहरुलाई पनि पढ्ने जोहो मिलेमा धेरै पढेर ठूलो मानिस बन्ने सपना रहेको सडकछेउमा काम गरिरहेका बालबालिकाको भनाइ रहेको छ ।

]]>
4084 0 0 0
मागेर एक करोड २३ लाखभन्दा बढी सङ्कलन http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%b0-%e0%a4%8f%e0%a4%95-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a5%a8%e0%a5%a9-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be/ Fri, 02 Oct 2015 08:41:01 +0000 http://www.ghumphir.com.np/?p=4090

पथरी (मोरङ), १५ असोज ।

विराटनगर–१३ मा अवस्थित विराटेश्वर वृद्धाश्रमका सञ्चालक जगत अज्र्यालले विगत १२ वर्षदेखि वृद्धाश्रमको सहयोगका लागि मागेर एक करोड २३ लाखभन्दा बढी सङ्कलन गर्नुभएको हो । उहाँले वार्षिकरुपमा रु एक हजार ९२ जनासँग एक लिँदै आउनुभएको छ । त्यस्तै अहिलेसम्म रु चार लाख ७२ हजार ६६५ जना बाट पाँच लिनुभएको छ । उहाँले अझै पनि इच्छुक र सहयोगीसँग एक रुपैयाँ र पाँच रुपैयाँ लिँदै आउनुभएको छ । त्यो मागेको रकमबाट सञ्चालक आज्र्यालले रु ६३ लाखमा वृद्धाश्रमका लागि विराटनगरमा ११ कट्ठा तीन धुर जमिन खरिद गर्नुभयो । उहाँले वृद्धाश्रमका लागि ११ कट्ठामा १२ ÷१५ को सातकोठे भवन रु ६० लाखको लागानीमा निर्माण गर्नुभयो । सो वृद्धाश्रममा अहिले ४७ वृद्धवृद्धा बस्दै आएका छन् । त्यस्तै सातजना कामदार र पाँचवटा गाई रहेका छन् । आश्रमका अध्यक्ष जगत अज्र्यालले भन्नुहुन्छ–“काम लाग्ने छोडेपछि वृद्धवृद्धालाई आश्रमतिर ल्याउँछन् । म उहाँहरुको भरणपोषण गरेर बस्छु ।”

]]>
4090 0 0 0
मुस्ताङको कोरल्ला नाकासम्म पन्ध्र दिनपछि यातायात सम्पर्क http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a4%ae/ Fri, 02 Oct 2015 08:44:25 +0000 http://www.ghumphir.com.np/?p=4093

मुस्ताङ, १५ असोज ।

नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न सकेमा १५ दिनपछि सोझै मालसामान ढुवानी गर्न सकिने देखिएको छ । पर्वतको मालढुङ्गादेखि कोरल्लासम्मको १९० किलोमिटर लामो मालढुङ्गा–जोमसोम– कोरल्ला सडकमा १५ दिनपछि सोझो यातायात सम्पर्क स्थापित गर्न सकिने भएकाले मालसामान तिब्बतबाट ढुवानी गर्न सकिने देखिएको हो । भारतले अघोषित नाकाबन्दी लगाइरहेको अवस्थामा सबैभन्दा छोटो दुरीमा र ठूलो क्षेत्रफलमा सुक्खा बन्दरगाह बनाउन सकिने कोरल्ला नाका खोल्नका लागि अहिलेसम्म सरकारले ठोस पहल गर्न सकेको छैन । मुस्ताङको सदरमुकाम जोमसोममा कालीगण्डकी नदीमा पानीको सतह घटेपछि १५ दिनपछि कोरल्लासम्म सोझै यातायात सम्पर्क कायम हुने सडक डिभिजन कार्यालय बागलुङले जानकारी दिएको छ । “चीन र नेपालले कोरल्ला नाका खोल्ने हो भने १५ दिनभित्रमा सोझो यातायात सम्पर्क स्थापित हुन सक्छ”–डिभिजन प्रमुख राजेश पौडेलले भन्नुभयो–“दुई देशका बीचमा नाका खोल्न सहमति भएमा अहिले पनि एक ठाउँमा बाहेक सामान ढुवानी गर्न सकिन्छ ।” पर्वतको मालढुङ्गादेखि जोमसोमसम्मको ९० किलोमिटरसम्म ठूला मालवाहक ट्रक जान सक्छन् भने कालीगण्डकी नदी तरेपछि ४० किमीमा सुसाङ्गसम्म सडकको सोझो पहुँच छ । सुसाङ्गमा हल्का सवारीसाधनलाई हाइग्रेड भएकाले कठिन भए पनि फोर ह्विल ट्रक जोमसोमबाट सोझै कोरल्लासम्म पुगिराखेको डिभिजन प्रमुख पौडेलले बताउनुभयो । कोरल्लादेखि तिब्बतको ढोङ्गबासेनसम्म पठारयुक्त सडक भएकाले तेलका ठूला ट्याङ्कर आउन सक्छन् । “यस वर्षपछि म्याग्दीको बेनीदेखि जोमसोमसम्म स्तरोन्नतिको काम हुने र जोमसोमदेखि कोरल्लासम्म पनि स्तरोन्नतिका लागि काम हुने भएकाले यो सडक बाह्रैमास सञ्चालनमा ल्याउन सकिन्छ”–उहाँले भन्नुभयो । व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सञ्चालन गर्न आवश्यक देखेर गृह र परराष्ट्र मन्त्रालयमा यसका बारेमा जानकारी गराएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो । “सबै हिसाबले महत्वपूर्ण हुने यो नाका खुलाउनका लागि हाम्रो तर्फबाट पहल भइरहेको छ, केन्द्रले चीन सरकारसँग सहमति गर्नुपर्छ”– नेपालका परराष्ट्र सचिव र चीनका राजदूतका बीचमा सन् २००३ मा यो नाका सञ्चालन गर्नका लागि सम्झौता भएको थियो । सन् २०१२ मा पनि यस्तै सम्झौता भएपनि त्यसको कागजात आफूसँग नरहेको प्रजिअ बरालले बताउनुभयो । “दुई देशका बीचमा सम्झौता भइसकेकाले अब सञ्चालनका लागि कूटनीतिक पहल गरे मात्रै पुग्छ”–उहाँले भन्नुभयो–“चीनलाई सुरक्षाको प्रत्याभूति दिएर नाका खोल्न सकिन्छ ।” अहिले त्यहाँ धेरै समयपछि त्यहाँ सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय राखिएको छ भने नेप्चुङ्गमा भन्सार कार्यालयसमेत सञ्चालनमा आइसकेको छ । नाका सञ्चालन गर्न र सुक्खा बन्दरगाह बनाउनका लागि अहिले सीमा क्षेत्रमा जग्गा अधिग्रहणको काम अघि बढाइएको मुस्ताङका प्रजिअ बरालले बताउनुभयो । भन्सार, सुरक्षा निकायका लागि ५०० रोपनीभन्दा बढी जमिन अधिग्रहणका लागि काम भइरहेको उहाँले बताउनुभयो । “यो नाका सञ्चालन भएमा धेरै फराकिलो पठारयुक्त जमिन भएकाले ठूलो सुक्खा बन्दरगाह बनाउन सकिन्छ”–उहाँले भन्नुभयो । मुस्ताङमा रहेका ५०० भन्दा बढी सुरक्षाकर्मीलाई पनि सडक मर्मतका लागि तयारी अवस्थामा राखिएको प्रजिअ बरालले जानकारी दिनुभयो । “नाका खुलाउने निर्णय भएमा सडक सञ्चालन गर्न तत्काल सुरक्षाकर्मीसमेत खटिने गरी बसेका छौँ”–उहाँले भन्नुभयो । विसं २०६२÷६३ अघिसम्म यो नाका खुला थियो । दुबै देशका सीमा क्षेत्रका नागरिक सजिलै आवतजावत गर्न र दैनिक उपभोग्य सामान किनबेच गर्न सक्थे । तर त्यसपछि चिनियाँ पक्षले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएपछि नाका बन्द भएको मुस्ताङका पत्रकार तिलक विश्वकर्माले बताउनुभयो । चिनियाँ पक्षले सीमा क्षेत्रमा सेना नै परिचालन गरेर नेपालीलाई प्रवेशमा रोक लगाएको छ । धार्मिक पर्यटनका दृष्टिले पनि यो नाका महत्वपूर्ण रहेको छ ।

]]>
4093 0 0 0
वर्षाले अवरुद्ध दिक्तेल–हलेसी सडक सञ्चालनमा http://localhost/ghum/%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%a6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a5%87%e0%a4%b2/ Fri, 02 Oct 2015 08:53:55 +0000 http://www.ghumphir.com.np/?p=4096

खोटाङ, १५ असोज ।

वर्षाका कारण गत असारदेखि अवरुद्ध खोटाङको दिक्तेल–हलेसी सडक सञ्चालनमा आएको छ । वर्षाको भलबाढीले हिलाम्मे र खाल्डाखुल्डी भएपछि असार २१ गतेबाट पूर्ण रुपमा अवरुद्ध सडक सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएसँगै शुक्रबारबाट नियमित यातायात सेवा सुरु गरिएको खोटाङ यातायात व्यवसायी सङ्घका सचिव रामकुमार हिङ्माङले बताउनुभयो । “अवरुद्ध सडक सञ्चालनमा आएसँगै जयरामघाट र हलेसीमा थन्किएका यात्रुबाहक सवारी साधन दिक्तेल ल्याइएको छ ।” उहाँले भन्नुभयो – “अवरुद्ध सडक पूर्णरुपमा नखुले पनि नजिकिँदै गरेको दसैँ तथा तिहारलाई लक्षित गरेर नियमित यातायात सेवा सुरु गरेका हौँ ।” जिल्लाबाट तराई जाने र आउने एकमात्र सडकका रुपमा रहेको दिक्तेल–हलेसी सडक सञ्चालनमा आएपछि जिल्लावासी हर्षित भएका छन् । यसअघि सडक अवरुद्ध हुँदा दिक्तेलबाट हलेसीसम्म र हलेसीबाट दिक्तेलसम्म पैदल हिँड्नुपर्ने समस्या थियो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक यसै वर्षदेखि कालोपत्रेको काम सुरु गरिएको छ । विगतका वर्षमा वर्षात्को समय पनि आंशिक रुपमा सञ्चालन हुँदै आएको यस सडक यो वर्ष कालोपत्रेको काम सुरु गरेलगत्तैबाट अवरुद्ध बनेको थियो ।

]]>
4096 0 0 0
चरा पत्ता लगाउन चराविज्ञको भेला सौराहामा http://localhost/ghum/%e0%a4%9a%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%9a%e0%a4%b0%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e/ Fri, 02 Oct 2015 08:58:12 +0000 http://www.ghumphir.com.np/?p=4098

रत्ननगर (चितवन), १५ असोज ।

नेपालमा चराको वास्तविक अवस्था पत्ता लगाउन देशभरिका चरा विज्ञ चितवनको सौराहामा भेला भएका छन् । हिमालयन नेचर, जुओलोजिकल सोसाइटी अफ लन्डन र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा देशभरका करिब ६० जना चरा विज्ञको सहभागितामा पाँचदिने गोष्ठी सुरु भएको हो । सन् २०१२ पछि यो पहिलो गोष्ठी भएको चरा विज्ञ डा हेमसागर बरालले जानकारी दिनुभयो । नेपालमा पछिल्लो समयमा चराको अवस्था के छ, कुन चरा सङ्कटमा छन्, कुन कुन क्षेत्रमा चराको अवस्था राम्रो छ, कुन क्षेत्रमा छैन, सङ्कटमा पर्नुको कारण के हो लगायतका विषयमा छलफल हुने डा बरालले जानकारी दिनुभयो । बिहीबारदेखि सुरु पाँचदिने छलफलले चरा संरक्षणमा अपनाउनुपर्ने नयाँ रणनीतिसमेत तय गर्नेछ । चराको अवस्था पत्ता लगाई यसैको निष्कर्षको आधारमा किताव तयार पार्ने बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विँडारीले जानकारी दिनुभयो । गोष्ठीमा सङ्कटमा पर्न खोजेको देखिएका ६६ प्रजातिका चराको विषयमा गम्भीर मन्थन हुनेछ । यसका लागि करिब तीन हजार सन्दर्भ सामग्री सङ्कलन गरिएको छ । हाल विश्वमा नौ हजार प्रजातिका चरा छन् । नेपालमा ८७५ र चितवनमा ६२९ प्रजातिका चरा रहेको तथ्याङ्क छ । यसअघि नेपालमा १४९ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेको विज्ञ डा बरालले जानकारी दिनुभयो । बाँकी चराको अवस्था के छ त भन्ने विषयमा जानकारी नभएकाले सोही बारेमा गम्भीर छलफल गरेर यो गोष्ठीले निचोड निकाल्ने उहाँको भनाइ छ । मुख्यगरी सिमसार क्षेत्रमा पाइने, घाँसेमैदानमा पाइने चराका साथै अन्य विभिन्न प्रजातिका चराको विषयमा विज्ञबीच छलफल हुने चरा विज्ञ राजु आचार्यले जानकारी दिनुभयो । निकुञ्ज विभागका पर्यावरणविद् गोपाल प्रकाश भट्टराईले निकुञ्ज ऐन संशोधनका क्रममा रहेकाले कार्यशालाले महत्वपूर्ण सुझाव दिने आशा व्यक्त गर्नुृभयो । उहाँका अनुसार नेपालमा नौ प्रजातिका चरा संरक्षण सूचीमा छन् । अब यो गोष्ठीले उक्त सूची हेरफेर गर्न सक्नेगरी निष्कर्ष निकाल्ने आशा राखिएको भट्टराईले बताउनुभयो । हिमालयन नेचरका अध्यक्ष करण शाहले नेपालमा अन्य वन्यजन्तुभन्दा चराको अध्ययन अनुसन्धान प्रभावकारी रहेको बताउनुभयो । नेपालमा लामो समयदेखि चराको अध्ययन गर्दै र किताब लेख्दै आउनुभएका वेलायतका क्यारोल र टिम इन्स्किपको समेत कार्यक्रममा सहभागिता रहेको छ ।

]]>
4098 0 0 0
आलु खेती http://localhost/ghum/%e0%a4%86%e0%a4%b2%e0%a5%81-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80/ Fri, 02 Oct 2015 09:04:10 +0000 http://www.ghumphir.com.np/?p=4100 4100 0 0 0 http://localhost/ghum/4103/ Fri, 02 Oct 2015 09:07:40 +0000 http://www.ghumphir.com.np/?p=4103 4103 0 0 0 अघोषित नाकाबन्दीले पोल्ट्री व्यवसाय सङ्कटमा http://localhost/ghum/%e0%a4%85%e0%a4%98%e0%a5%8b%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%9f/ Fri, 02 Oct 2015 09:16:34 +0000 http://www.ghumphir.com.np/?p=4106 चितवन, १५ असोज ।

झण्डै एक महिनादेखि कच्चा पदार्थ भित्रिन नसकेपछि यहाँका कुखुरा व्यवसायीले कुखुरा बचाउन नसक्ने अवस्थामा पुगेको बताएका छन् । खाने दाना नहुनु र उत्पादित सामग्रीलाई इन्धनको अभावमा बजारसम्म पु¥याउन नसकेपछि कुखुरा व्यवसाय नै सङ्कटमा परेको हो । चल्ला उत्पादनका लागि बाहिरबाट झिकाइएका माउ कुखुरा पनि बचाउन सक्ने अवस्था नरहेको उनीहरुले बताएका छन् ।

poultry-farmह्याचिङ मेसिन चल्न छाडेका छन् भने यस अघि दिइँदै आएकोभन्दा आधा कम मात्र दाना कुखुरालाई खुवाउँदै आएको पनि एक हप्ता नाघेको व्यवसायीले बताएका छन् । देशभरका कुखुरा पाल्नका लागि दैनिक दुई हजार ७०० मेट्रिकटन दाना आवश्यक पर्दछ । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्कर कँडेलका अनुसार ६० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात हुँदै आएको छ । दाना बनाउन आवश्यक पर्ने भटमास, ढुटो, मकै, सूर्यमुखीको पिना, तोरीको पिना, तिलको पिना, जनावरको हड्डीलगायतका सामग्री भारतबाट झिकाइन्छ । यसका अतिरिक्त आवश्यक पर्ने भिटामिन तथा मिनिरल्सहरु पनि भारतबाट आयात हुँदै आएको थियो । अन्य विकल्प नभएपछि बाच्न सक्ने गरी मात्र दाना खुवाउँदै आएका अध्यक्ष कँडेलले बताउनुभयो । नेपालमा दैनिक २० लाख अण्डा, २५ लाख ब्रोईलर चल्ला उत्पादन हुन्छ । त्यसैगरी प्रतिहप्ता एक लाख २५ हजार लेयर्स चल्ला उत्पादन हुन्छ भने प्रतिदिन पाँच लाख किलो तयारी मासु उत्पादन हुन्छ । ती कुखुराका लागि आवश्यक पर्ने दाना नहुनु, उत्पादित सामग्री बजारसम्म लैजान इन्धनको अभाव हुनु, चलिरहेका ह्याचरी उपकरण लोडसेडिङका समयमा नचल्नुजस्ता समस्याले पोल्ट्री व्यवसायमा संकट उत्पन्न भएको छ । विदेशबाट आयात गरिएका माउ कुखुरा (प्यारेन्ट) बचाउन नसके आत्मनिर्भर पोल्ट्री व्यवसाय धारासायी हुने पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले बताउनुभयो । देशको कूल ग्राहस्थ उत्पादनको चार प्रतिशत योगदान पोल्ट्री व्यवसायको रहेको छ । नेपाल ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ऋषिराम पौडेलले चल्ला उत्पादनदेखि मासु बजारसम्म पु¥याउने कार्य पूर्ण प्रभावित भएपछि व्यवसायी अन्यौलमा परेको बताउनुभयो । देशभर करिब एक लाख ५० हजार व्यक्तिलाई रोजगार दिएको यस व्यवसायमा झण्डै रु ७० अर्ब लगानी भएको उहाँको भनाइ छ । जसमध्ये आधाभन्दा बढी चितवनमा मात्रै लगानी भएको छ । दुई वर्षअघि बर्डफ्लुबाट प्रभावित बनेको पोल्ट्री व्यवसाय क्रमिक सुधार हुने क्रममा भूकम्पबाट प्रभावित बनेको थियो । पुनःसुधारकै क्रममा रहँदा बन्द हड्तालसँगै नाकाबन्दीका कारण यो व्यवसाय झन सङ्कटमा परेको छ । व्यवसाय जोगाउन नसके आउँदा दिनमा विदेशबाट आयातको विकल्प नहुने व्यवसायी बताउँछन् । अरबौं रुपैयाँ बैंकको लगानी भएकाले व्यवसाय धरासायी भएमा बैंकसमेत प्रभावित हुने बैंकरहरुको भनाइ छ ।

]]>
4106 0 0 0
एक सय पाँच वर्षकी सुकमायालाई सम्मान http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%b8%e0%a4%af-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a5%80-%e0%a4%b8%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a4%be%e0%a4%af%e0%a4%be/ Fri, 02 Oct 2015 09:30:51 +0000 http://www.ghumphir.com.np/?p=4111

पाँचथर, १५ असोज ।

२५औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका दिन जिल्लाको मेमेङ गाविसकी १०५ वर्षीया सुकमाया लावतीलाई सम्मान गरिएको छ । सदरमुकाम फिदिमस्थित शिवालय मन्दिर परिसरमा गरिएको कार्यक्रममा उहाँ आउन नसकेपछि फिदिमको दुमामा बस्दै आउनुभएकी लावतीलाई घरमै गई ज्येष्ठ नागरिक जिल्ला सङ्घले सम्मान गरेको हो । यस्तै ९३ वर्षीया नेत्रप्रसाद अधिकारीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा फिदिम नगरपालिकाभित्रका करिब ६० ज्येष्ठ नागरिकलाई सहभागी गराएर कार्यक्रम सम्पन्न गरेको सङ्घकी अध्यक्ष राधिका थापाले जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिक आधारस्तम्भ भएकाले उनीहरुको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभएको छ । कार्यक्रममा जिल्ला महिला तथा बालबालिका कार्यालयकी प्रमुख गोमा वाग्लेले ज्येष्ठ नागरिकको संरक्षणमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरे सञ्चारकर्मी मानवअधिकारकर्मी सङ्घसंस्थाका प्रमुख लगायतको सहभागिता थियो ।

]]>
4111 0 0 0
चोरी सिकारीका कारण वन्यजन्तुको अस्थित्व सङ्कटमा http://localhost/ghum/%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%9c/ Sat, 03 Oct 2015 06:03:56 +0000 http://www.ghumphir.com.np/?p=4115

पथरी (मोरङ), १६ असोज ।

चोरी सिकारीका कारण मोरङका जङ्गलमा पाइने वन्यजन्तुको अस्थित्व सङ्कटमा पर्न थालेको छ । मोरङको टाँडी, जाँते, मधुमल्ला, वरवन, केरौन, भोगटेनी, पथरी शनिश्चरेलगायतका जङ्गल क्षेत्रका वन्यजन्तुको चोरी सिकारी हुन थालेपछि वन्यजन्तुको अस्थित्व सङ्कटमा परेको हो । मृग, हरिण, बदेल, दुम्सी, सालक, सुन गोहोरोलगायतका वन्यजन्तु चोरी सिकारी हुन थालेपछि बर्सेनि वन्यजन्तुको सङ्ख्या घट्न थालेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष खड्ग बस्नेतले बताउनुभयो ।

]]>
4115 0 0 0
धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा खानेपानी विस्तार http://localhost/ghum/%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2/ Sat, 03 Oct 2015 06:08:00 +0000 http://www.ghumphir.com.np/?p=4117

खोटाङ, १६ असोज ।

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पम्पिङ प्रविधिबाट खानेपानी विस्तार गरिएको छ । जिल्लाको सुक्खाग्रस्त क्षेत्रमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा नजिकै पानीको मुहान नभएपछि पम्पिङ प्रविधिबाट खानेपानी विस्तार गरिएको हो । पम्पिङ प्रविधिबाट खानेपानी योजना सञ्चालन भएपछि आधा घन्टा तलबाट गाग्रीमा बोकेर ल्याएको पानी उपभोग गर्नुपर्ने बाध्यता हटेको स्थानीय मङ्गल परियारले बताउनुभयो । “अहिले घरघरमा निर्माण गरिएको धारामा पानी आउँछ ।” उहाँले भन्नुभयो, “घरैमा निर्माण गरिएको धारामा पानी आएपछि लिन जाँदा लाग्ने समयको बचत भएको छ ।” पम्पिङ प्रविधिबाट विस्तार गरिएको खानेपानी योजनाबाट महादेवीस्थान–४ स्थित मन्दिर क्षेत्रमा बसोबास गर्ने ३७२ तथा वडा नम्बर–५ मा बसोबास गर्ने ८० घरपरिवार उपभोक्ता लाभान्वित भएका छन् । लामो समयपछि पम्पिङ प्रविधिबाट पानी तानेर विस्तार गरिएको धाराको पानी उपभोग गर्न पाएपछि स्थानीय उपभोक्ता हर्षित भएका छन् । हिन्दू, बुद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको बसाहा गुफादेखि पश्चिमपट्टी रहेको पानीको मुहान नजिक ५० हजार लिटरको ट्याङ्की निर्माण गरेर विद्युत्को माध्यमबाट पम्पिङ प्रविधि अपनाएर खानेपानी विस्तार गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल गिरीले बताउनुभयो । सो समितिका अनुसार ४०५ मिटर तलबाट तानिएको पानीलाई बजार क्षेत्रको तीनवटा ट्याङ्कीमा जम्मा गरेर २२ तथा वडा नम्बर–५ मा दुईवटा ट्याङ्कीमा जम्मा गरेर ११ वटा धारामार्फत पानी वितरण गरिएको छ । उपभोक्ता समितिले दिएको जानकारीअनुसार घरमा निर्माण गरिएका धारामा बिहान र बेलुका दुई÷दुई घन्टा खोलीदिने गरिएको छ भने, मन्दिरमा २४सैँ घन्टा खुला गरिन्छ । जिल्लामा पहिलो पटक सञ्चालन गरिएको विद्युतीय पम्पिङ प्रविधि सफल भएको जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका प्रमुख विजयकुमार ठाकुरले बताउनुभयो । “जिल्लामा हलेसीजस्तै दर्जनभन्दा बढी गाविसमा यस्तो समस्या छ ।” उहाँले भन्नुभयो, “हलेसीको योजना सफल भएसँगै अन्य ठाउँका समस्यामा पनि अध्ययन थालेका छाँै ।” जिल्ला विकास समितिको रु नौ लाख, खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको रु छ लाख ४० हजार, मारतीका गुम्बाका वाङ्सु लामाको रु नौ लाख र स्थानीयवासीको श्रमदानमा योजना सञ्चालन गरिएको समितिले जनाएको छ ।

]]>
4117 0 0 0
आगलागीबाट करिब रु सात लाखको क्षति भएको अनुमा http://localhost/ghum/%e0%a4%86%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a4%b0%e0%a4%bf%e0%a4%ac-%e0%a4%b0%e0%a5%81-%e0%a4%b8%e0%a4%be%e0%a4%a4-%e0%a4%b2%e0%a4%be%e0%a4%96/ Sat, 03 Oct 2015 06:12:37 +0000 http://www.ghumphir.com.np/?p=4119

बैतडी, १६ असोज ।

जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने मेलौली गाविस–१ काँडा बजार नजिकै रहेको खोटो सङ्कलन केन्द्रमा आगलागी हँुदा करिब रु सात लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीबाट सङ्कलन गरिएको करिब २५० वटा टिन खोटो जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ रु सात लाख जतिको क्षति भएको प्रारम्भिक अनुमान आएको छ, साथै द्ववारीकादेवी स्मृति प्रतिष्ठान भवनको बाहिरी भित्तामा क्षति पुगेको र प्रतिष्ठानभित्र रहेका कागजपत्र भने बाहिर निकाल्न सफल भएका छौँ ।” आगो नियन्त्रण लिनेक्रममा प्रहरी हवलदार कृष्णचन्द, खोटो सङ्कलक दलबहादुर आलेको खुट्टामा पोलिएको र उहाँहरुको प्राथमिक स्वास्थ्य केन्द्र केशरपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । हिमाल रोजीन कम्पनीले सङ्कलन गरेको खोटोको टिनमा शुक्रबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ । बैतडी सदरमुकामबाट दशरथचन्द नगरपालिकाको दमकल पुगेपछि मात्रै सो आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने एकीन हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

]]>
4119 0 0 0
राष्ट्रिय पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन व्यवसायी मञ्चविच एकता हुन सक्ने http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af/ Sat, 03 Oct 2015 11:37:33 +0000 http://www.ghumphir.com.np/?p=4122 काठमान्डौ,१६ असोज ।

कांग्रेसनिकट राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (नीट–नेपाल) र एमाओवादीसम्वद्व नेपाल पर्यटन व्यवसायी मञ्चविच टानको चुनावी  एकताको बिषयमा छलफल भएको छ ।

वर्तमान कार्यसमितिमा चुनावी एकाता गरेका संघ मन्चले यो पटक पनी निरन्तरता दिने बिषयमा छलफल गरेका हुन्। छलफलमा टान निर्वाचनमा पदको बाडफाड तथा रणनिती कसरी बनाउने भन्ने बिषयमा छलफल गरिएको छलफलमा सहभागी एक ब्यबसायीले घुमफिरलाई बताए । उनले भने अहिले सम्मको वातावरण हेर्ने हो भने चाढैनै पदको समेत बाडफाड हुने जस्तो देखिन्छ ।

वर्तमान कार्यसमिति एकता गर्दा सघलाई अध्यक्ष दिएकका कारण यो पटक आफुले अध्यक्ष पाउनु पर्ने दावी मन्चको रहेको छ ।  चुनावका लागी मञ्चका तर्फबाट सागर पाण्डेको र संघको तर्फ बाट कुलबहादुर गुरुङको नेत्तृवमा निवाचानमा पठाउने अनौपचारीक कुराहरु आएको छ ।

]]>
4122 0 0 0
म यस कारण उमेदवारी दिन्छु :पाण्डे,गुरुङ र रिजाल http://localhost/ghum/%e0%a4%ae-%e0%a4%af%e0%a4%b8-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%89%e0%a4%ae%e0%a5%87%e0%a4%a6%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%9b%e0%a5%81/ Sat, 03 Oct 2015 12:23:04 +0000 http://www.ghumphir.com.np/?p=4125 पर्यटन ब्यबसायहीहरु सबै भन्दा ठुलो सस्था टानमा हुन लागेकोे चनुवाको रन्कोले पर्यटन ब्यबसायीहरु छलफल तथा गोष्ठीमा ब्यस्त रहेका छन् । गत बैशाख १२ गते पछी नेपालको पर्यटन क्षेत्रमा निकै प्रभावित भएर सुस्ताएको पर्यटन क्षेत्र टानको चुनावले तातेको छ । बैशाख १२ भन्दा केही समय अघि हुद हुद सामुन्द्रिका आधीको असरले पनी नेपालको पर्यटन क्षेत्रमा निकै प्रभावित भएको थियो । सामुन्द्रिक आधिले प्रभावित भएपछी विस्तारै उठन् थालेको पर्यटन क्षेत्र महाभुकम्पले पर्यटकीय क्षेत्रमा खासै असर नगरे पनी विश्वमाझ गलत सन्देश जादा नेपाल आउने पर्यटकहरुको सख्यामा निकै कमी भयो । यस्तो परिस्थीतमा हुन लागेको चुनावले नेपालको पर्यटन क्षेत्रलाई कस्तो अवस्थामा पुराउने हो पर्यटन ब्यबसायीहरुल निकै चासो दिएका छन् । अहिले सम्मको अवस्था हेर्ने हो भने टानको अध्यक्षका लागी सागर पाण्डे, कुल बहादुर गुरुड र चन्द्र रिजालको नाम देखिएको छ । कस्ता छन् टानका उमेदवार

sagar pandeyसागर पाण्डे २०२८ सालमा काठमान्डौंमा जन्मीएका सागर पाण्डेको वाल्यकाल भने गोर्खामा भएको थियो । बुबाको जागिरको सिलसिलामा गोर्खा पुगेका पाण्डेले गोर्खाको सदरमुकाम बाटै प्रवेशिका परिक्षामा दिएका थिए । प्रवेशिका परिक्षामा ७१ प्रतिशत ल्याएका पाण्डेले अस्कलबाट आएसी र त्रिचन्द्र बाट विएसी सकाएका छन् । २०४९ सालमा पर्यटन क्षेत्रमा प्रवेश गरेका पाण्डे सन् १९९८ देखि अनवरत रुपमा पर्यटन क्षेत्र तथा संघ सस्थामा कार्यरत रहेका छन् । एडभन्चर एण्ड ट्राभल क्षेत्रबाट पर्यटन क्षेत्रमा लागेका पाण्डे त्यस पछिका दिनमा हस्पीटालीटि होटल व्यवसायमा सक्रिय हुदै आएका छन् ।

किन दिए मैले उमेदवारी टानमा आफ्नो उम्मेदवारी तिन वटा कारण दिने सोच बनाए । पहिलो कारण विगत लामो सयम देखी पर्यटनको एडभन्चर क्षेत्रमा लामो अनुभव तथा प¥याएको योगदान र अझै यो क्षेत्रामा केही गरौ भन्ने हो । दोस्रो आफुले जुन कम्पनी को नेत्तृव गरेको छु त्यो सार्कराष्ट्रमा अनुकरणीय हुनुका साथै होटल व्यवसाय लगाएत र माउण्टेनरिङमा आफ्नो कम्पनी टप १० मा पर्दछ । बिभिन्न क्षेत्रमा बिभिन्न तहमा बसेर संघ सस्थाहरुको नेत्तृव गर्नुका साथै होटल व्यवसायमा पनि राम्रै प्रभाव पारेकाले अन्य व्यवसायीहरु माझ आफ्नो राम्रो छबी भएका कारण मैलेख उमेदवारी दिएका हु । अन्तिममा भन्नु पर्दा अहिले देशेको पर्यटन क्षेत्र निकै नाजुक अवस्थामा रहेको छ । यस्तो अवस्थमा कुशल नेत्तृवको आवश्यक्ता तथा वर्तमान टानको कार्यसमितिको पनी अनुभव भएका कारण मैले उमेदवारी दिनु उपयुक्त ठाने । अहिले व्यवसायीहरुलमा राजनितीकरण भएपनि सोचेअनुसार यो क्षेत्रलाई निस्चीत दिशामा लानसक्ने आफुमा क्षयमता म भएको साथीहरुबाट आग्रह गरेका कारण पनी मैले उमेदवारी दिने सोच बनाएको हो

chanra rijalचन्द्र रिजाल धादिङ खाल्टे ३ मा जन्मीएका चन्द्र रिजालको विद्यालय सम्मको अध्ययन पनि धादिङका विभिन्न तिन विद्यालयमा गर्दै २०४०मा भैरवी मावि बाट प्रवेशिका परिक्षा पास गरेका हुन । सरस्वती, त्रिचन्द्र हुदै त्रिभुवन विश्व विद्यालयबाट सन २००० मा एम वि ए गरेका रिजाल त्रिचन्दैमा सोसलोजीमा मास्र्टश गर्दै हुनुहुन्छ ।सन् १९९८ बाट पर्यटन व्यवसाय सुरुगरेका रिजाल होटल डिप्लोम्याट ठमेलको ज्याठामा संचालन गरि यो क्षेत्रमा प्रवेश गरेका हुन । सोहि समय देखि विशेषगरि होटल व्यवसाय गरेका रिजाल हाल आएर ट्राभल , टे«किङ र होटल व्यवसायमा सक्रिय रहेका छन् ।

किन दिए मैले उमेदवारी पदयात्राका सुरुवाती समय देखि पुराना व्यवसायीहरु संग आफ्नो राम्रो संबन्ध रहनुका साथै अहिलेका व्यवसायीहरु संग पनि राम्रो सम्बन्ध भएको र लामो समय काम गरेको हुनाले वहाहरुले आफुले राम्रो कामगर्न सक्ने विश्वास गर्नु भएका कारण मैले उमेदवारी दिएको हु । आफुलाई व्यवसायीहरुले मिलनसार अरुको भावना अनुसार कामगर्न सक्ने हुनाले आफनो उम्मेदवारी दिन आग्रह भएपछी मैले उमेदवारी दिने सोच भएको हो । बिभिन्न संघ सस्थामा रहदापनि आफुले पुरानाहरुसंग राम्रो काम गरेकाले र विशेष गरि पर्यटन व्यवसायीहरु संग लामो राम्रो सम्बन्ध भएकै कारण आफ्नो उम्मेदवारी रहेको हो । ब्यबसायी तथा राजनैतिक आस्थाकाका साथीहरुले पनी आफुले सहयोग गर्ने बचन दिए पछी म मा झन आत्मविश्वास भएपछी देशको पर्यटन क्षेत्र नाजुक भएका समयमा सबै बाट आग्रह भएपछी मैले उमेदवारी दिएको हु ।

kul gurungकुल गुरुङ धादिङको सेरतुङ ४ मा २०३२ सालमा जन्मीएका कुल गुरुडले धादिडकै सत्यदेवी मावि बाट प्रवेशिका परिक्षा सकए । गुरुङले काठमान्डौ आएर शंकर क्याम्पस बाट मास्र्टस गरे । सन् १९९२ सालबाट पर्यटन व्यवसाय क्षेत्रमा लागेका गुरुङ टान संग विगत १२ वर्षदेखि प्रत्यक्ष रुपमा नजिक छन् । ८ वर्ष अगाडी देखि टानको विभिन्न कार्यसमितीमा रही कार्य गर्दै आएको र हाल टानको कार्यसमितिको द्वितीय उपाध्यक्षका रुपमा कार्यरत छन् । किन दिए मैले उमेदवारी टानमा विभिन्न समयमा विभिन्न पदमा रहि कामदर्गै आएको छु । टान बिभिन्न कार्यसमितीमा बसेर काम गरेका कारण म सग लामो अनुभवलाई अब नेत्तृव गर्नु पर्दछ भन्ने ब्यबासायी साथीहरुको आग्रह कारण मैले उमेदवारी दिने सोच बनाएको हो । यती मात्र नभएर मैले अन्तराष्टिय« स्तरमा पनि आफ्नो कामको प्रभाव परेको र आफु विगतदेखि नै सबैखाले व्यवसायीहरु संग कार्य गरिसकेकाले आफुमा राम्रो अनुभव भएकाले यसपानि आफ्नो प्रमुख दावेदारी हो । हालको कार्यसमितिमा म द्वितीय खउपाध्यक्ष भएर काम गरीसकेका कारण र भुकम्पले क्षती बनाएको पर्यटन क्षेत्रलाई कसरी अगाढी बढाउने भन्ने बिषयमा छलफल तथा बिभिन्न कार्यक्रम तथा निती निमार्णमा बसीरहेका कारण आफ्नो अनुभव अन्यको तुलनामा राम्रो रहेको मेरो दावी छ । यो मेरो मात्र दावी नभएर साथीहरुको आग्रह पनी आएकाले मैले उमेदवारी दिने निर्णय गरेको हु ।

]]>
4125 0 0 0
तिलोत्तमा उद्योग वाणिज्य सङ्घलाई सदस्यता http://localhost/ghum/%e0%a4%a4%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b5%e0%a4%be%e0%a4%a3%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%af/ Sun, 04 Oct 2015 01:20:03 +0000 http://www.ghumphir.com.np/?p=4131

तिलोत्तम (रुपन्देही), १७ असोज ।

गत वर्ष सरकारले नया“ नगरपालिका घोषणा गरेस“गै थपिएका उद्योग वाणिज्य सङ्घका शाखा विस्तारको क्रम बढेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले तिलोत्तमा उद्योग वाणिज्य सङ्घ रुपन्देहीलाई सदस्यता प्रदान गरेको छ । महासङ्घ केन्द्रीय कार्यसमितिको बैठकले तिलोत्तमा उद्योग वाणिज्य सङ्घलाई सदस्यता प्रदान गर्ने निणर्य गरेको हो । रुपन्देहीमा पाँचवटा थप नगरपालिकासँगै चारवटाले महासङ्घको सदस्यता लिने पहल गरेका थिए । गत वर्ष तिलोत्तमा नगरपालिका घोषणा भएसँगै स्थापना भएको सङ्घले यस क्षेत्रमा सक्रियतापूर्वक आर्थिक तथा सामाजिक क्रियाकलाप गर्दै आएको छ । सङ्घका गतिविधिहरु र छिमेकी उद्योग वाणिज्य सङ्घहरुको सिफारिसमा तिलोत्तमा उद्योग वाणिज्य सङ्घलाई सदस्यता दिइएको महासङ्घका अध्यक्ष पशुपति मुरारकाले बताउनुभयो । महासङ्घले सदस्यता प्रदान गरेकामा धन्यवाद ज्ञापन गर्दै सङ्घका अध्यक्ष गुणनिधि भण्डारीले सङ्घको दायित्व र जिम्मेवारी अब बढेकाले महासङ्घलाई विश्वासमा लिएर व्यावसायिक तथा सामाजिक कार्यमा लाग्ने बताउनुभयो । सङ्घले आउँदो मङ्सिर महिनामा तिलोत्तमा नगरपालिकाको कार्यालय अगाडि शङ्करपुरमा औद्योगिक व्यापार तथा कृषि एवम् पर्यटन महोत्सव आयोजना गर्ने निणर्य यसअघि नै गरेको छ । तिलोत्तमा उद्योग वाणिज्य सङ्घले महासङ्घको सदस्यता प्राप्त गरेपछि रुपन्देही जिल्लामा बुटवल उद्योग वाणिज्य सङ्घ, सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घसहित सदस्यता पाएका तीनवटा उद्योग वाणिज्य सङ्घ भएका छन् । अन्य नगरपालिकामा स्थापित देवदह, सैनामैना र लुम्बिनी आदर्श उद्योग वाणिज्य सङ्घहरुले पनि महासङ्घको सदस्यता लिने बताएका छन् ।

]]>
4131 0 0 0
दुई हजार उद्योगका उत्पादन बन्द http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%95%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6/ Sun, 04 Oct 2015 01:24:27 +0000 http://www.ghumphir.com.np/?p=4133

शीतल महतो  वीरगन्ज, १७ असोज ।

प्रादेशिक सीमाङ्कन र नेपालको संविधान २०७२ प्रति असन्तुष्टि जनाउ“दै डेढ महिनादेखि जारी बन्द र हडतालका कारण वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका झन्डै दुई हजार उद्योगका उत्पादन बन्द भएको छ । नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै आन्दोलनकारीले धर्नामा बसेपछि विगत नौ दिनदेखि उद्योगजन्य कच्चापदार्थ र इन्धन नेपाल भित्रिन पाएको छैन । यसको प्रत्यक्ष मार औद्योगिक कोरिडोरका साना ठूला सबै उद्योगहरुमा परेको छ । यो औद्योगिक कोरिडोरमा साना ठूला गरी करिब दुई हजार २०० उद्योग रहेको वीरगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । यसअघि बन्दका कारण सुरक्षा घेरामा दैनिक ६०÷७० वटा मालसामान बोकेका मालवाहक गाडी यहा“बाट निस्कने गर्दथ्यो । “विद्युत् कटौतीको चर्को मार परेका बेला जेनरेटरको भरमा उद्योग सञ्चालन गर्दैआएकामा अहिले इन्धनको अभावमा उद्योग नै बन्द गर्न बाध्य भएका छौँ,” वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले भन्नुभयो – यस कोरिडोरका अधिका“श उद्योगका उत्पादन बन्द भएको छ । बन्द र हडतालका कारण ढुवानी ठप्प छ । यसले गर्दा उत्पादित सामान पनि बजारसम्म पु¥याउन सकिएको छैन । उहा“का अनुसार यो क्षेत्रका उद्योग, व्यापार, विद्युत््, टेलिफोन, शिक्षण संस्था, होटल व्यवसाय, कृषि क्षेत्र र श्रम बजारमा एक दिनमात्र बन्द हु“दा करिब रु ५६ करोड बराबरको नोक्सानी हुने गर्छ । बन्दका कारण अहिलेसम्म झन्डै २५ अर्ब रुपैया“ घाटा भइसकेको अध्यक्ष केडियाको भनाइ छ । केही उद्योग जसोतसो सञ्चालनमा आइरहे पनि त्यसले पूर्णक्षमतामा काम गर्न सकेको छैन । आन्दोलनकारीले उद्योगमै आएर बन्द गर्ने धम्की दिइने गरेको उद्योगीहरुको गुनासो छ । उद्योग बन्द हु“दा करिब ५० हजार मजदुर प्रत्यक्षरुपमा प्रभावित भएका छन् । “आयातित सामान बन्दका कारण लामो समयसम्म सीमापारि नै थन्किएकाले उद्योगका लागि चाहिने आवश्यक कच्चापदार्थ र इन्धनको अभावले उद्योग कलकारखानासमेत सञ्चालन हुनसकेको छैन्,” नेपाल उद्योग वाणिज्य सङ्घका कार्यकारिणी सदस्य विजय सराबगीले भन्नुभयो – “हजारौँ टन मालसामान सीमावर्ती भारतीय नाकामा रोकिँदा उद्योगी, व्यवसायीका साथै आम उपभोक्ता पनि मारमा परेका छन् ।” विद्युत्् आपूर्तिमा देखिएको अनियमितता, चर्को विद्युत्् कटौती, चन्दा आतङ्क, बैंकको चर्को ब्याजदर र बजार अभावलगायतका समस्यासँग जुझ्दै उद्योग सञ्चालन गरिरहेका उद्योगीलाई बन्द हडतालले थप निरास बनाएको सराबगी बताउनुहुन्छ । उद्योग व्यवसाय ठप्प हु“दा वीरगन्जस्थित वाणिज्य बैंक तथा वित्तीय संस्थाको कारोबारसमेत प्रभावित भएको छ । व्यवसायीले एलसी खोल्ने, टीटी, ड्राफट बनाउने कामसमेत नगराएकाले वाणिज्य बैंक तथा वित्तीय संस्थाको काम प्रभावित भएको हो । तेश्रो मुलुकबाट सामान आयातका लागि एलसी खोलिसकेका वस्तु बोकेका कन्टेनर कोलकोता बन्दरगाहमा थुप्रिएका कारण धेरैजसो उद्योगी व्यापारी मर्कामा परेका छन् । दसैं, तिहार र छठ पर्वलाई लक्ष्यित गरेर ल्याउन लागिएका मालसमान बोकेका कन्टेनरको चाप अहिले कोलकोता बन्दरगाहमा बढ्दै गएको दाबी सङ्घका अध्यक्ष केडियाको छ । भारतबाट आयात भएका गाडी सीमापारि थन्कि“दा र नेपाल भित्रिसकेका भारतीय मालवाहक गाडीसमेत तोकिएको समयमा फर्किन नपाउ“दा आयातकर्ताले विलम्ब शुल्कबापत अर्बौ रुपैयाँ व्यहोर्नु परिरहेको उद्योगी व्यावसायीको दुखेसो छ ।

]]>
4133 0 0 0
होटेलमा खाने हैन बस्ने सुविधा मात्रै http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%b9%e0%a5%88%e0%a4%a8-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a5%81/ Sun, 04 Oct 2015 01:27:50 +0000 http://www.ghumphir.com.np/?p=4135

काठमाडौँ, १७ असोज ।

बजारमा खाना पकाउने ग्यास सहज रुपमा उपलब्ध नहुँदा होटेल व्यवसायी मारमा परेका छन् । एक महिना यता खाना पकाउने ग्यासको अभाव झेल्दै आएका व्यवसायी अब भने सेवाग्राहीलाई खानासमेत खुवाउन नसक्ने अवस्थामा पुगेका छन् । ग्यासको अभावले राजधानीभित्रका लगभग ४० प्रतिशतभन्दा बढी होटल तथा रेष्टुराँ बन्द भइसकेको व्यवसायी बताउँछन् । कलंकी होटेल एण्ड गेष्ट हाउस एसोसिएसनमा आवद्ध ७४ होटेलमध्ये लगभग ४० वटा होटेल ग्यासकै अभावमा लगभग बन्दको अवस्थामा पुगेको एसोसिएसनका सचिव तुल्सीराम भण्डारी(कमल)ले बताउनुभयो । “केही होटल बन्द भै सकेका छन् भने धेरै बन्द हुने अवस्थामा पुगेका छन्,” उहाँले भन्नुभयो – “होटलमा आउने सेवाग्राहीलाई बस्ने सुविधा पाइन्छ, खानलाई होइन भन्नु यतिखेर धेरै व्यवसायीको बाध्यता बनेको छ ।” होटेलमा खान नपाएका सर्वसाधारणबाट नेपालले आत्मसम्मानका साथ विद्यमान समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने भावना व्यक्त हुने गरेको भण्डारीले भन्नुभयो । एक महिना यता होटेलमा बस्न आउने ग्राहकको सङ्ख्या पनि अत्यन्त न्यून रहेको बताउने होटल एसियन सुन्धाराका मालिक विष्णुप्रसाद पौडेलले ग्यासको चरम अभावले सेवाग्राहीलाई अपेक्षित सेवा प्रदान गर्न नसकेको गुनासो गर्नुभयो । “तराई आन्दोलन र अघोषित नाकाबन्दीले होटल व्यवसाय निकै सङ्कटमा परेको छ,” उहाँले भन्नुभयो, “धेरै व्यवसायीले चाहेर पनि सेवाग्राहीलाई यथोचित सेवा प्रदान गर्न सकेका छैनन्, देशमा जारी यो समस्या सरकारले दृढताका साथ चाँडै समाधान गर्नुपर्छ ।” खाना पकाउने ग्यासको अभावका साथै पानी बोक्ने ट्याङ्कर तेल नपाएका कारण चल्न नसक्नुले पनि समस्या बल्झाएको उहाँ बताउनुहुन्छ । पौडेल जस्तै ललितपुरको पुलचोकमा नमस्ते लुम्बिनी तन्दुरी रेष्टुराँ सञ्चालन गर्दै आएका रामकिशोर पन्त पेट्रोलियम पदार्थको अभावले आपूmजस्ता धेरै व्यवसायी समस्यामा परेको बताउनुहुन्छ । उहाँका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा रहेका धेरै तन्दुरी रेष्टुराँ ठूलो सङ्कटमा छन् । न्यू लुम्बिनी तन्दुरी भोजनालय, बागबजारका सञ्चालक सुन्दर चापागार्इँ पनि ग्यास नपाउँदा व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेको दुखेसो गर्नुहुन्छ । सिन्धुलीलगायतका ठाउँका पुगेर आजसम्म बल्लबल्ल भोजनालय सञ्चालन गर्दै आइपनि भोलिदेखि पूर्णरुपमै बन्द गर्नुपर्ने अवस्थामा आपूm पुगेको उहाँले बताउनुभयो । उपत्यकामा लगभग २२० सङ्ख्यामा तन्दुरी भोजनालय सञ्चालनमा रहेका छन् । उहाँका अनुसार धेरै व्यवसायीले चितवन, बुटवललगायतका स्थानबाट ग्यास ल्याएर अहिलेसम्म जेनतेन चलाई आए पनि अब त्यो पनि सम्भव छैन । सामान्य तन्दुरी भोजनालयमा दुईवटा सिलिन्डरले तीन दिन धान्ने गरेको छ ।

]]>
4135 0 0 0
अवरुद्ध सडक खुलाउने प्रयास जारी http://localhost/ghum/%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%af/ Sun, 04 Oct 2015 01:36:00 +0000 http://www.ghumphir.com.np/?p=4137 रसुवा , १७ असोज ।

नेपाल आउने पर्यटकको तेस्रो रोजाईमा पर्ने स्थल लाडटाड पदमात्र अन्तगर्त गएको पहिलरो हटाउने प्रयास जारी रहेको छ । पहिरो कारण तीन दिनदेखि अवरुद्ध धुन्चे–स्याफ्र्रु खण्डको पासाङ्ल्हामु मार्ग खुलाउने प्रयास जारी भइरहेको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार सडक खुलाउने प्रयासका लागि डोजर व्यवस्था भइसकेको र ढुङ्गा खस्नेक्रम नरोकिएकाले जोखिम न्यूनीकरण गरी अगाडि बढ्न प्राविधिक अध्ययन भइरहेको छ । सडक बन्द हुँदा रसुवाको उत्तरी क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाका सामान तथा खाद्यान्न ढुवानी हुन नसकेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

]]>
4137 0 0 0
मितेरी पुलसम्म ट्र्याक खोलियो http://localhost/ghum/%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a5%87%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%81%e0%a4%b2%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95-%e0%a4%96/ Sun, 04 Oct 2015 01:45:37 +0000 http://www.ghumphir.com.np/?p=4139

मेलम्ची, १७ असोज ।

भूकम्प र त्यसपछिको अविरल वर्षाका कारण अवरुद्ध भएको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे–कोदारी सडकखण्डअन्तर्गत मितेरी पुलसम्म ट्र्याक खोलिएको छ । लिपिङ बजारमा सडक मर्मत गर्ने कार्य भइरहेको छ । बल्लतल्ल चारपाङ्ग्रे हलुका गाडी पुग्ने उक्त बजारमा अझै सामान ओसारपसार गर्नका लागि प्रयोग गरिने ठूलाठूला मालबाहक ट्रक आवतजावत गर्न समय लाग्ने देखिन्छ । लामो समयदेखि अवरुद्ध भएको उक्त सडकखण्डमा चिनियाँ प्रहरीले पनि सडक खुलाउन सहयोग गरेको छ । गत एकसाता अघिदेखि सडक डिभिजन कार्यालय चरिकोटले स्काभेटर, ब्रेकर र डोजर लगाएर बाटो खुलाएको सडक डिभिजन कार्यालय चरिकोटका नायब सुब्बा भगवान् थापाले बताउनुभयो । उहाँका अनुसार– बिहान ६ः३० बजेबाट साँझ ७ बजेसम्म सडक मर्मत गर्ने कार्य भइरहेको छ । अहिले साना चार पाङ्ग्रे गाडीबाहेक अन्य लोडगाडी चल्न सक्दैनन् । पेट्रोल र डिजेलको अभाव र विद्युत् सेवा नहुँदा स्काभेटर सञ्चालनमा ल्याउन निकै कठिनाइ परेको छ । वाइरिङ गर्नका लागि जेनेरेटर खोज्न जानुपर्ने अवस्था छ । अहिले चाइनासँग जोडिएको नाका मितेरी पुलसम्म बाटो मर्मत भइरहेको छ । लोड गाडी चल्न नसक्ने हुनाले त्यसको स्तरोन्नतिका लागि लेवल मिलाउने कार्य भइरहेको समेत उहाँले बताउनुभयो । बाह्रबिसेदेखि तातोपानी सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा पहिरो गएकाले अझै लोड गाडी, कन्टेनर, भ्यान, ठूलाठूला मालबाहक गाडी सञ्चालन हुन केही समय लाग्ने देखिन्छ । यसै क्रममा तातोपानी गाविसका स्थानीयवासीसँग अन्तक्र्रिया कार्यक्रममा जानुभएका सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ नेपाली काँग्रेसका सभासद् मोहनबहादुर बस्नेतले आफूले यस क्षेत्रमा विभिन्न सहयोग गर्दै आइरहेको, तातोपानीसम्म विद्युत् सेवा विस्तारका लागि ५०० वटा पोल ल्याइएको र चाँडोभन्दा चाँडो विद्युत् सेवा सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले तातोपानी नाका जिल्ला र देशकै मुख्य नाका भएको हुनाले बाटो, बत्ती र खानेपानी सञ्चालनका लागि सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । चिनियाँ राजदूतसँग बोर्डर खुलाएर सामान पठाउन आग्रह गरेको उहाँले उल्लेख गर्नु भयो । तातोपानी गाविस तथा तातोपानी नाका क्षेत्रमा ३–४ परिवार, नेपाली सुरक्षाकर्मी र चिनियाँ सुरक्षाकर्मीबाहेक अन्य सरकारी कर्मचारी तथा स्थानीयवासीको कुनै उपस्थिति छैन । लिपिङ बजार क्षेत्रमा ठूलाठूला ढुङ्गा अझै रहेको र त्यसलाई फुटाउने कार्य भइरहेको छ । पहिलाको भन्दा पहिरोले सडक धेरै माथि पु¥याएको छ । लोड तथा अन्य ट्रक सञ्चालनमा धेरै कठिनाइ हुने देखिन्छ । स्थानीय साङ्दोर्जे शेर्पा भन्नुहुन्छ – “नाका बन्द भएर केही पनि सामान नआउँदा यहाँ बस्नेको अस्तित्व नै छैन । न त पानी नै खान पाइन्छ न त खाद्यान्न नै । सरकारी भवन पनि पूर्णरुपमा ध्वस्त छन् अब कसरी बोर्डर खुलाएर सामान नेपाल भित्र्याउने हो” यसमा नेपाल सरकारको प्रमुख भूमिका हुने उहाँको जिकिर छ । तातोपानी बजारबाट केही किलोमिटर अगाडि पहिरोले पहिलेको पुल भत्काएको र त्यसलाई पूर्णरुपमा पुनःनिर्माण नगरे कुनै पनि ठूला तथा मालबाहक ट्रक सञ्चालनमा आउन नसक्ने अर्का स्थानीयवासी जाङ्बु शेर्पाले बताउनुभयो । तातोपानीसम्म जिपबाहेक अन्य गाडी चल्न सक्ने अवस्था छैन, केही यात्रु आवतजावतका लागि अरनिको जिप सेवाबाट जाने गरेको केही स्थानीयवासीले बताए । पहिरोले पुरेको ट्रक, जिप, ट्याक्सी अझै पनि सडकखण्डका विभिन्न ठाउँमा देख्न सकिन्छ । स्थानीयवासीका अनुसार लिपिङबजारमाथिबाट आएको पहिरोले दर्जनौँ गाडी पुरेको र त्यसको नामनिशानासमेत नरहेको बताएका छन् । मालबाहक ट्रक, मोटरसाइकल तथा साना ठूला गाडी अझै पहिरोमा पुरिइरहेका छन् । । चारपाङ्ग्रे गाडीबाहेक अन्य केही सवारी साधन तत्काल चल्ने सम्भावना नरहेको र छिटोभन्दा छिटो सडक पूर्णरुपमा सञ्चालन हुन सक्ने बनाउनका लागि सरकारले प्राथमिकताका साथ कार्य अघि बढाउनुपर्ने व्यापारी विष्णुबहादुर श्रेष्ठले बताउनुभयो ।

]]>
4139 0 0 0
वाग्मती सफाइ http://localhost/ghum/%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%ae%e0%a4%a4%e0%a5%80-%e0%a4%b8%e0%a4%ab%e0%a4%be%e0%a4%87/ Sun, 04 Oct 2015 02:00:46 +0000 http://www.ghumphir.com.np/?p=4142 4142 0 0 0 रानी महल http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a4%b2/ Sun, 04 Oct 2015 02:16:33 +0000 http://www.ghumphir.com.np/?p=4145 4145 0 0 0 साईकलमा सरर http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%88%e0%a4%95%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%b0%e0%a4%b0/ Sun, 04 Oct 2015 02:20:44 +0000 http://www.ghumphir.com.np/?p=4148 4148 0 0 0 लोपोन्मुख बिरुवा संरक्षणमा सामुदायिक वन http://localhost/ghum/%e0%a4%b2%e0%a5%8b%e0%a4%aa%e0%a5%8b%e0%a4%a8%e0%a5%8d%e0%a4%ae%e0%a5%81%e0%a4%96-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3/ Sun, 04 Oct 2015 07:57:04 +0000 http://www.ghumphir.com.np/?p=4151

भीमदत्तनगर, १७ असोज ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका सामुदायिक वनहरु लोपोन्मुख प्रजातीका बिरुवाको संरक्षणमा जुटेका छन् । कृष्णपुर–२ वाणीस्थित जयलक्ष्मी सामुदायिक वन, जनहित महाकाली सामुदायिक वन र ग्लावालाबारी सामुदायिक वनले लोपोन्मुख प्रजातिका बिरुवा बिजयसाल, साननलगायतको संरक्षणमा जुटेका छन् । सामुदायिक वनले आफ्नो वन क्षेत्रभित्र रहेका विजयसाल र साननको बिरुवा संरक्षणका लागि सम्पूर्ण उपभोक्तालाई अभियानको रुपमा लगाएको जयलक्ष्मी सामुदायिक वनका अध्यक्ष बसन्ती रानाले बताउनुभयो । जयलक्ष्मी महिला सामुदायिक बनमा पाँच सय बढी विजयसालका बोट रहेको रानाले जानकारी दिनुभयो । सामुदायिक बनको ६८.६२ हेक्टरमा फैलिएको वनमा विजयसालको संरक्षणको अभियानलाई तिब्र बनाएको उहाँको भनाइ छ । “लोपोन्मुख बिरुवाको संरक्षणमा केही बर्ष यता सक्रियरुपमा लागेका छौँ,” रानाले भन्नुभयो– “यसमा उपभोक्ताको महत्वपूर्ण भूमिका रहेको छ ।” जनहित महाकाली सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरीले पनि आफ्नो वनमा पदाधीकारी र वन उपभोक्ताको सक्रियतामा बिजयासाल तथा अन्य प्रजातीका बिरुवा संरक्षणमा जुटेको बताउनुभयो । “पछिल्ला दिनमा वनमै आत्मनिर्भर रहने किसान पनि आधुनिक कृषिमा लागेका छन्” उहाँले भन्नुभयो । खुल्ला चरिचरन क्षेत्रसमेत घोषणा भइसकेको बताउँदै चौधरीले पशुपालन गर्ने किसान उपभोक्तालाई डुडको व्यवस्था मिलाएको बताउनुभयो ।

]]>
4151 0 0 0
अबको प्रमुख यात्रा आर्थिक विकास : अर्थमन्त्री http://localhost/ghum/%e0%a4%85%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a5%81%e0%a4%96-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf/ Sun, 04 Oct 2015 07:59:17 +0000 http://www.ghumphir.com.np/?p=4153

पथरी (मोरङ), १७ असोज ।

अर्थमन्त्री डा रामशरण महतले संविधान जारीसँगै अब आर्थिक विकास नै प्रमुख यात्रा भएको बताउनुभएको छ । विराटनगरमा जारी जैन धर्माबलम्बीको चातुर्मासमा जैन विश्व भारती संस्थानको नवौँ दीक्षान्त समारोहमा आज बोल्दै उहाँले अब आर्थिक विकासबाट नै गरिबी निवारण हुने बताउनुभयो । अर्थमन्त्री महतले भन्नुभयो, “अब हामी सधँै गरिब देशका नागरिकका रुपमा बस्न सक्ने अवस्था छैन । अबको यात्रा आर्थिक विकास नै हो ।” नेपालमा संविधान निर्माणको कार्य पूरा भएकाले अब आर्थिक विकास नै प्रमुख यात्रा भएको भन्दै उहाँले असन्तुष्ट पक्षलाई वार्ताको माध्यमबाट सहमतिमा ल्याइने बताउनुभयो

]]>
4153 0 0 0
मिथिलाञ्चलमा जितिया पर्व सुरु http://localhost/ghum/%e0%a4%ae%e0%a4%bf%e0%a4%a5%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5/ Sun, 04 Oct 2015 08:02:57 +0000 http://www.ghumphir.com.np/?p=4155

गौशाला, १७ असोज ।

मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा ‘नहा, खा’ (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले घिरौलाको पातमा भगवान् जितमाहन र दिंवगत पितृलाई प्रसाद चढाइ चिउरा दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । भोलि बिहान ४ बजेदेखि उपवास बसी पर्सी बिहान १० बजे सम्पन्न हुनेछ । सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर भार्गवसरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुने गरिन्छ । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन रहेको छ । व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाख सन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिले दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा माछ मरुवा(कोदो) भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओठ गन सम्पन्न गर्नु पर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायःजसो महिलाले आठ गन मा च्यूरा दही खाने गरेको पाइन्छ । त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम । आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो व्रतविशेष विकट रहेको पण्डित कैलाश मिश्र बताउनुहुन्छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यालना संस्कृत विधापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ भन्नुहुन्छ । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिंवगत पितृलाई पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिव्रो टोके भने व्रत असल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खद जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन् । राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।

]]>
4155 0 0 0
माटोमुनी गाडेर राखेको काठ बरामद http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%9f%e0%a5%8b%e0%a4%ae%e0%a5%81%e0%a4%a8%e0%a5%80-%e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a5%87%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be/ Sun, 04 Oct 2015 08:13:44 +0000 http://www.ghumphir.com.np/?p=4157

गौशाला, १७ असोज ।

महोत्तरीको गौशाला नगरपालिका–७ मा बारीमा गाडेर राखिएको अवस्थामा आज बिहान प्रहरीले ठूलो परिमाणमा काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक चन्देश्वर यादवको नेतृत्वमा खटिएको टोलीले गौशाला नगरपालिका–७ का राजाराम महतोको बारीमा गाडिएको अवस्थामा एक ट्र्याक्टर काठ बरामद गरेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । तराई मधेसमा लामो समयदेखि चलिरहेको बन्द, हडतालको मौका छोपी महतोले नजिकैको सागरनाथ वनबाट चोरी तस्करी गरी ल्याएको कर्मा, खयर र साखुको करिब एक सय क्युबिक फिट काठ गोप्य सूचनाको आधारमा प्रहरीले महतोको बारीबाट बरामद गरेको हो । तेह्र (१३) वटा ठूल्ठूला गोलिया बनाएर गाडिएको ती काठलाई इलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ भने आवश्यक कारबाहीका लागि सागरनाथ वन विकास परियोजनालाई बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । महतो फरार रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

]]>
4157 0 0 0
कोरल्ला नाका खुलाउन तिब्बत इच्छुक http://localhost/ghum/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a5%8d/ Sun, 04 Oct 2015 08:20:09 +0000 http://www.ghumphir.com.np/?p=4160

फलेवास (पर्वत), १७ असोज ।

नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् । मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको लोमान्थाङमा भएको वार्ताका क्रममा छिटो नाका खोल्नका लागि इच्छुक देखिएका हुन् ।

korala nakaवार्ताका क्रममा नाका सञ्चालन गराउन चीन सरकारले नै निर्णय गर्नुपर्ने र त्यसका लागि आफूहरुले पहल गर्ने तिब्बती अधिकारीहरुले आश्वासन दिएको सीमा प्रशासन कार्यालय मुस्ताङका प्रमुख कृष्णराज ढकालले जानकारी दिनुभयो । “तत्काल नाका सञ्चालनका लागि उहाँहरु (तिब्बती अधिकारी) इच्छुक देखिनुभयो” सीमा प्रशासन कार्यालय प्रमुख ढकालले भन्नुभयो – “त्यसका लागि बेइजिङबाट नै निर्णय गर्नुपर्ने भएकाले दुईपक्षीय सरकारले गर्नुपर्छ भन्ने राय आयो केन्द्रले चीन सरकारसँग सहमति गर्नुपर्छ’ नेपालका परराष्ट्र सचिव र चीनका रातदूतका बीचमा सन् २००३ मा यो नाका सञ्चालन गर्नका लागि सम्झौता भएको थियो । सन् २०१२ मा पनि यस्तै सम्झौता भए पनि नाका सञ्चालन हुन सकेको छैन । कोरल्ला नाकाबाट पोखरा २०० किमी टाढा छ भने भारतसँगको सुनौली नाकासम्म मुस्ताङ–म्याग्दी–पर्वत–स्याङ्जा–पाल्पा हुँदै जम्मा ३४४ किमी पर्छ । उपल्लो मुस्ताङमा सञ्चालन भइरहेका मोटरसाइकलले अहिले पनि तिब्बतबाटै पेट्रोल लिँदै आएका छन् । पेट्रोलियम पदार्थ ल्याउनका लागि केही लामो दूरी पार गर्नुपर्छ तर अन्य सामग्री तत्काल ल्याउन सकिने देखिएको ढकालले बताउनुभयो । अहिले मुस्ताङका लागि मात्रै भए पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने प्रयास थालिएको हो । कोरल्ला नाका तत्काल सञ्चालन गर्न सकिने व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सञ्चालन गर्न आवश्यक देखेर तिब्बती पक्षको धारणा बुझ्न मुस्ताङका सीमा प्रशासकलाई खटाइएको थियो । नाकामा तिब्बतले तारबार र ढोकासमेत लगाएका कारण प्रारम्भिक चरणमा ढोका खोलेर आवागमन सहज बनाउनका लागि प्रयास भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताउनुभयो । सडकको पहुँचसमेत पुगेको र भत्केको सडक मर्मतका लागि मुस्ताङमा सुरक्षाकर्मी र स्थानीयवासी समेत कुटोकोदालो बोकेर लाग्न तयार भएर बसेको प्रजिअ बरालले बताउनुभयो । ‘सबै हिसाबले महत्वपूर्ण हुने यो नाका खुलाउनका लागि हाम्रोतर्फबाट पहल भइरहेको छ – “दुई देशका बीचमा सम्झौता भइसकेकाले अब सञ्चालनका लागि कूटनीतिक पहल गरे मात्रै पुग्छ” उहाँले भन्नुभयो – “चीनलाई सुरक्षाको प्रत्याभूति दिएर नाका खोल्न सकिन्छ” अहिले त्यहाँ धेरै समयपछि सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय राखिएको छ भने नेप्चुङमा भन्सार कार्यालयसमेत सञ्चालनमा आइसकेको छ । नाका सञ्चालन गर्न र सुक्खा बन्दरगाह बनाउनका लागि अहिले सीमा क्षेत्रमा जग्गा अधिग्रहणको काम अघि बढाइएको छ । भन्सार, सुरक्षा निकायका लागि ५०० रोपनीभन्दा बढी जमिन अधिग्रहणका लागि काम भइरहेको उहाँले बताउनुभयो । विसं ०६२÷६३ अघिसम्म यो नाका खुला थियो । दुवै देशका सीमा क्षेत्रका नागरिक सजिलै आवतजावत गर्न र दैनिक उपभोग्य सामान किनबेच गर्न सक्थे । तर, त्यसपछि चिनियाँ पक्षले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएपछि नाका बन्द भएको मुस्ताङका पत्रकार तिलक विश्वकर्माले बताउनुभयो । चिनियाँ पक्षले सीमा क्षेत्रमा सेना नै परिचालन गरेर नेपालीलाई प्रवेशमा रोक लगाएको धार्मिक दृष्टिले पनि यो नाका महत्वपूर्ण रहेको छ ।

]]>
4160 0 0 0
भूकम्पबाट थलिएको तातोपानी बजार उठ्ने तरखरमा http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a5%e0%a4%b2%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%a8/ Sun, 04 Oct 2015 08:30:32 +0000 http://www.ghumphir.com.np/?p=4163

प्रकाश सिलवाल तातोपानी (सिन्धुपाल्चोक), १७ असोज ।

“भूकम्पपछिका छ महिना सामाजिक र मानसिक समस्यासँग जुधियो, सडकको ट्रयाक खोलिएसँगै हामीमा उत्साह थपिएको छ ।” स्थानीयवासी दाबा तामाङले भने झैं तातोपानी बजार क्षेत्रमा बल्ल चहलपहल सुरू हुन थालेको छ । गत वैशाख १२ को विनासकारी भूकम्प र त्यसपछिका विभिन्न पहिरोका कारण अस्तव्यस्त बनेको तातोपानी क्षेत्र पहिलेकैै अवस्थामा फर्कन त अझै केही समय लाग्ने देखिन्छ तर बजार खुल्ने क्रम र चीनसँगको नाका चाँडै सुचारू हुने सम्भावनाले स्थानीयमा नयाँ आशा पलाएको छ ।

tato pani bazarसडक विभाग, सुरक्षाकर्मी, स्थानीयको सहयोगमा सो क्षेत्रको सडकमा थुप्रिएको पहिरो पन्छाउने क्रममा भेटिएका सोनाम लजका सञ्चालक छोम्बोल लामाले भन्नुभयो, “अब ढुक्क भएर तातोपानी फर्कदाँ हुन्छ । यहाँ बस्ने स्थिति छैन भनेर कतिपय मानिस अझै फर्केका छैनन्, म फर्कन आग्रह गर्छु ।” स्थानीय राजनीतिक कार्यकर्ता शेरबहादुर मगरले स्थानान्तरण भएका स्थानीयवासी क्रमशः फर्कने क्रम रहेको जनाउनुभयो । त्यसो त सो क्षेत्रमा अस्थायी रुपमा सडक सञ्चालन भएपनि विद्युत् प्राधिकरणको टावर मर्मत नभएका कारण विजुली बत्ति बलिसकेको छैन भने पाइपलाइन नजोडिएका कारण खानेपानीको सुविधा पाउन सकिएको छैन । यस्तै अध्यागमन कार्यालय, स्थानीय विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, सामुदायिक भवन पूर्ण सञ्चालनमा आइसकेका छैनन् । टेलिफोन पनि सुचारू भइसकेको छैन । सडकमाथिबाट आएका ठूल्ठूला ढुङ्गा पन्छाउन डिभिजन सडक कार्यालय चरीकोटबाट खटिएका टोलीले लगातार प्रयास गरेपनि पर्याप्त र ठूला उपकरण नहुँदा समय लागेको छ । सडकमा पुरिएका माटो पन्छ्याएपनि बजारमा घरसमेत छोपिने गरी थुप्रिएका माटो हटाउन अझै केही दिन लाग्नेछ भने भत्किएका घरका भग्नावषेश हटाउन महिनौँ लाग्ने देखिन्छ । छिमेकी चीनको खासामा सामानसहित रोकिएर रहेका करिब पाँच सय कन्टेनर चाँडो ल्याउन सकिए बजारको चहलपहल थप बढ्ने, व्यवसायीको लगानी खेर नजाने र दसैं तिहारजस्ता पर्वको मुखमा लत्ताकपडालगायत सामग्री नेपाली बजारमा सहज हुने स्थानीय भैवरकुण्ड क्लबका अध्यक्ष कुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँले प्रसिद्ध तीर्थस्थल तातोपानी धारा सुरक्षित रहेकाले बजार खुलेसँगै आउँदो कात्तिकमा नुहाउन आउने तीर्थालु बढ्ने अपेक्षा व्यक्त गर्नुभयो । सडक डिभिजन कार्यालयका इञ्जिनियर रामबहादुर गुरुङ काठमाडौँबाट ११४ किलोमिटरको दूरीमा रहेको अरनिको राजमार्गअन्तर्गत कोदारी सडक खण्डको घट्टेकुलो भन्ने स्थान र १०३ किलोमिटर दूरीको स्थानमा पहिरोका अवरोध हटाइसकेको र अब त्यस स्थानमा सडकको स्तरोन्नति गर्ने तयारी भएको जानकारी दिनुभयो । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष विष्णुबहादुर श्रेष्ठ चीनसँगको नाका व्यावसायिकरुपमा तत्काल नखुल्ने हो भने आफूहरू यहाँ बस्नुको अर्थ नभएको बताउँदै भन्नुभयो, “सधँै अरुको आश गरेर हुँदैन, राहतको भरमा पनि पुग्दैन, काम गरेर खान पाउनुप¥यो ।” उहाँले अर्थ मन्त्रालयको बेवास्ताका कारण नाका खुलाउन र व्यवसाय सञ्चालनमा ढिलाइ आएको गुनासो गर्नुभयो । सो नाकाबाट वार्षिक करिब रु २० अरबको कारोबार भई रु तीन अर्ब राजस्व सङ्कलन हुने गरिएको छ । नेपालबाट चीनतर्फ मुख्यगरी घ्यू, पीठो, खाद्यान्न, हस्तकला र छालाका सामान निर्यात हुने गर्दछ भने चीनबाट नेपालतर्फ खासगरी तयारी पोसाक, फलफूल, विद्युतीय सामग्री, छाता, मोबाइल, जुत्तालगायत आयात हुँदै आएको छ ।

]]>
4163 0 0 0
इन्धन र कच्चापदार्थको अभावका कारण उद्योग ठप्प http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%b0-%e0%a4%95%e0%a4%9a%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ad/ Sun, 04 Oct 2015 15:33:09 +0000 http://www.ghumphir.com.np/?p=4166 चितवन,१७ असोज ।

त्रैमासिक बैंकिङ ब्याज र किस्ता एवम् दसैँको भत्ता मजदुर कर्मचारीलाई खुवाउने बेलामा इन्धन र कच्चापदार्थको अभावका कारण उद्योग ठप्प भएपछि भारतीय अघोषित नाकाबन्दीको प्रत्यक्ष प्रभावमा यहाँका उद्योग परेका छन् ।   जसका कारण विगत दुई हप्तायता कतिपय उद्योग बन्द छन् भने सञ्चालन भएका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । इन्धन नहुँदा उत्पादित सामग्री बजार पुग्न सकेका छैनन् भने कच्चा पदार्थ नआउँदा थप समय उद्योग सञ्चालन हुने अवस्थामा कुनै पनि उद्योग छैनन् ।   चितवन जिल्लामा मात्रै साना ठूला गरी १२ हजार उद्योग रहेको चितवन उद्योग सङ्घले जनाएको छ । जसमा तीन सय अर्बभन्दा बढी लगानी भएको सङ्घका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारी बताउँछन ।

उनले जिल्लाका आधाभन्दा बढी उद्योग इन्धन र कच्चा पदार्थको अभावमा बन्द भएको जानकारी दिए ।     छिमेकी देश भारत र चीनले समेत चितवनका उद्योगमा लगानी सुरु गरेका बेला अघोषित नाकाबन्दीका कारण उद्योग प्रभावित बनेपछि बाह्य लगानी भित्रिनसमेत कठिनाइ हुने उनले बताए ।   चाडबाडको मुखमा मजदुर कर्मचारीलाई कसरी तलब भत्ता दिने अहिले सबैको चिन्ताको विषय बनेको छ ।   ग्यास र इन्धनको अभावसँगै होटल तथा रेष्टुराँ धमाधम बन्द हुन थालेका छन् । पर्यटकीय होटललाई अति संवेदनशील क्षेत्रका रुपमा राज्यले सम्बोधन गर्नुपर्ने होटल सेभेन स्टार सौराहाका प्रबन्ध निर्देशक माधव दुवाडी बताउँछन् ।

पर्यटकलाई आतिथ्यता दिन नसके लामो समयसम्म यसको प्रभाव अन्तर्राष्ट्रिय बजारमा पर्ने भन्दै उनले सरकारले त्यस्ता होटललाई अत्यावश्यक सूचीमा राखेर प्राथमिकताका साथ इन्धन उपलब्ध गराउनुपर्ने माग गरे ।  नाकाबन्दीका कारण कच्चा पदार्थ नआउँदा ठप्प उद्योग अब कहिलेदेखि सञ्चालन हुने हो अन्योल छ । उद्योग सङ्घ, चितवनका महासचिव सूर्य न्यौपाने हेर्दा ठूलो जटिलता नदेखिए पनि यसको दीर्घकालीन प्रभाव सानो नहुने बताए ।   ट्रेड बजारका कारण विदेशीको मुख ताक्नुपर्ने नेपाली बाध्यतालाई यस्ता नाकाबन्दीले निकै प्रभावित तुल्याएको उहाँको तर्क छ ।

औद्योगिक क्षेत्रमा लगानी गर्नेहरुलाई राज्यका तर्फबाट सहयोग मिल्नुपर्ने भन्दै उहाँले कर्मचारी मजदुरलाई दिने तलब भत्ता र बैंकका ऋण किस्ताका विषयमा सरकारका तर्फबाट सम्बोधन हुनुपर्ने बताए । नाकाबन्दीसँगै यहाँका छापाखानाहरु प्रभावित हुँदा नियमित रुपमा पत्रिका प्रकाशन हुनसमेत कठिनाइ देखिएको छ । जिल्लामा ६१ वटा छापाखाना सञ्चालनमा छन् ।

]]>
4166 0 0 0
मछिन्द्रनाथको भोटो देखाउनका लागि साइत हेर्ने तयारी http://localhost/ghum/%e0%a4%ae%e0%a4%9b%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%8b%e0%a4%9f%e0%a5%8b-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%be%e0%a4%89/ Sun, 04 Oct 2015 15:35:45 +0000 http://www.ghumphir.com.np/?p=4168

काठमाडौँ, १७ असोज ।

वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको सबैभन्दा महत्वपूर्ण मानिने भोटो देखाउने जात्राका लागि साइत हेर्ने तयारी भइरहेको छ । शनिबार बिहान महिलाको मात्र सहभागितामा रथजात्रा सम्पन्न भएपछि भोटो देखाउनका लागि तयारी भइरहेको पुजारी विनोद बज्राचार्यले जानकारी दिनुभयो । पुजारी बज्राचार्यका अनुसार आगामी २१ गतेसम्ममा साइत हेर्ने काम सकी कुन दिन भोटो देखाउने निश्चित गरिनेछ । भोटो देखाउने दिनको यकिन भएपछि हाल ठटीटोलमा रहेको रथलाई जावलाखेल पु¥याई राष्ट्रप्रमुखको प्रमुख आतिथ्यमा भोटो देखाइनेछ । अहिले रथलाई पानेजुहरुले दैनिक गर्दै आएको नियमित पूजा मात्रै गरिरहेका छन् । यस वर्ष १२ वर्षको रथजात्रा भएकाले यस जात्रालाई विशेष जात्राका रुपमा लिने गरिएको छ । हरेक वर्ष जावलाखेलमा मात्र भोटो देखाउने गरिएको भएपनि यस वर्ष १२ वर्षको मेला परेकाले जावलाखेल र बुङ्मती गरी दुई स्थानमा भोटो देखाइनेछ । केही समयअघि नै रथजात्रा सकिनुपर्ने भएपनि गत वैशाख १२ गते गएको भूकम्पका कारण तीन महिना रथजात्रा स्थगित भई गत असोज ५ गतेदेखि पुनः दोस्रोपटक जात्रा सुरु भएको हो ।

]]>
4168 0 0 0
चिनियाँ पर्यटकको आगमन बढ्दो http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%97%e0%a4%ae%e0%a4%a8-%e0%a4%ac%e0%a4%a2/ Mon, 05 Oct 2015 01:17:50 +0000 http://www.ghumphir.com.np/?p=4170

काठमाडौँ, १८ असोज ।

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको सङ्ख्या पछिल्लो समयमा उल्लेख्य रुपमा वृृद्धि भएको पाइएको छ । गत वर्ष चीनबाट एक लाख २५ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए भने त्यसभन्दा अघिल्लो वर्ष ७२ हजारले मात्र नेपाल भ्रमण गरेका थिए ।
चिनियाँ राष्ट्रिय पर्यटन प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१४ मा सन् २०१२ को तुलनामा ४० प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको देखिन्छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सन् २०१६ मा हालको चिनियाँ पर्यटकको सङ्ख्या दोब्बर बढाई दुई लाख ५० हजार पु¥याउने लक्ष्य प्रक्षेपण गरेको छ ।
नाट्टाका अध्यक्ष डिबी लिम्बूले चीन र भारत नेपालका लागि सम्भावित बजार भएकाले दुवै देशलाई प्राथमिकतामा राखी पर्यटक बढी भित्र्याउने योजना रहेको बताउनुभयो ।
उहाँले पछिल्लो समय चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले बढी पर्यटक भित्र्याउनका लागि दुई देशबीच विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम ल्याइने बताउनुभयो ।
अध्यक्ष लिम्बूले नाट्टाले पछिल्लो समय विदेशी सञ्चार माध्यमका प्रतिनिधि र टूर अपरेटरलाई नेपालका पर्यटकीय स्थलको स्थलगत अवलोकन गराई उनीहरुप्रति सकारात्मक धारणा पैदा भएकाले आगामी दिनमा अन्य मुलुकका पर्यटकको आवागमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
सन् २०१४ मा चीनबाट १० करोड ७० लाख पर्यटक विश्व भ्रमणमा गएका थिए जसमध्ये ७० प्रतिशतले हङ्कङ र मकाउको मात्र भ्रमण गरेको विभिन्न आँकडाले देखाउँछ । बाँकी ३० प्रतिशत अर्थात् तीन करोड २० लाख चिनियाँ पर्यटकले विश्वका अन्य भू–भागको भ्रमणमा गएको पाइन्छ । सन् २०१५ मा यो २२ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।
नाट्टाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सन् २०१५ सेप्टेम्बरको अन्तिम साताभरि पर्यटन पुनरुत्थानका लागि भए गरेका गतिविधि समेटिएको श्रब्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।
नाट्टाले अघिल्लो साता विभिन्न मुलुकका सञ्चार प्रतिनिधि तथा टुर अपरेटरलाई काठमाडौँ, चितवन तथा पोखराको परिचयात्मक भ्रमण आयोजना गरेको थियो ।

]]>
4170 0 0 0
चितवन निकुञ्जमा गुगल अर्थबाटै जानकारी लिन सकिने http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8-%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a5%81%e0%a4%97%e0%a4%b2-%e0%a4%85%e0%a4%b0%e0%a5%8d/ Mon, 05 Oct 2015 01:14:23 +0000 http://www.ghumphir.com.np/?p=4172

 चितवन, १८असोज ।

चितवन निकुञ्जमा वन र वन्यजन्तु संरक्षणका लागि नेपाली सेना र निकुञ्ज प्रशासनले बेलाबेलामा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।स्मार्ट, पैदल, हवाई तथा सवारी गस्ती सञ्चालन गरेको निकुञ्जले यो पटक ‘रियल टाइम गस्ती’ सञ्चालन गरेको छ ।

निकुञ्जको संरक्षणलाई चुस्त पार्न नयाँ प्रविधिसहितको गस्ती सुरु गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँबरले जानकारी दिनुभयो । अहिलेको गस्तीमा भने कुनै पनि कर्मचारी वा सेनाले छल्न सक्दैनन् उहाँले भन्नुभयो ।

“कहीँकतै गस्ती गएको भनेर बस्ने, अन्तै जाने हुन सक्छ, अहिले सुरु भएको यो गस्तीमा भने त्यस्तो गर्न सकिँदैन”– कुँवरले भन्नुभयो– “गस्तीमा निस्किएको व्यक्ति कहाँ छ, के गर्दै छ भन्ने कुरा सबै गुगल अर्थमार्फत आइपुग्छ । प्रत्यक्ष हेर्न सकिन्छ ।”

रेडियो सेटमार्फत वास्तविक र तत्कालै भइरहेको गस्तीबारे जानकारी लिन सकिने भएकाले यसलाई रियल टाइम गस्ती भनिएको उहाँले जानकारी दिनुभयो । अहिले जुनसुकै कुनाबाट पनि इन्टरनेट भएपछि गुगल अर्थबाटै गस्तीबारे सबै जानकारी दिन सकिनेछ ।

गस्तीमा निस्किएको व्यक्ति कहाँ छ, उसले कुनकुन क्षेत्र घुम्यो, कति किमी हिँड्यो भन्ने कुरा रेडियो सेटमार्फत जानकारी आउँछ । उक्त जानकारी गुगल अर्थबाट सजिलै हेर्न सकिनेछ । तस्कालै तस्बिरसमेत खिचेर पठाउन सकिने उक्त प्रविधि छ ।

यो प्रविधि नेपाली सेनाले भित्र्याएको हो । सेनामार्फत निकुञ्जमा ल्याइएको यस्तो प्रविधि निकुञ्ज क्षेत्रमै पहिलो भएको दाबी प्रमुख संरक्षण अधिकृत कुँवरले दाबी गर्नुभयो । यसअघि यहाँ स्मार्ट गस्ती कार्यक्रम चलाइएको थियो ।

निकुञ्जको कुनकुन क्षेत्रमा कतिजना गस्तीमा हिँडेका छन् भनेरसमेत गुगल अर्थबाट जानकारी पाउने भएकाले संरक्षण कार्यलाई प्रभावकारी बनाउन यो गस्ती सहयोगी हुने निकुञ्जको विश्वास छ ।

निकुञ्जले गएको तीन पटकसम्म शून्य चोरी सिकार वर्ष बनाइसकेकाले त्यसलाई कायम राख्न चुनौती भइरहेका बेला यो नयाँ कार्यक्रम सञ्चालन गरेको हो । चितवन निकुञ्ज संरक्षित वन्यजन्तुको प्रमुख बासस्थान हो । यहाँ बाघ, गैँडा, हात्ती, गोही, भालुलगायत जनावर छन् ।

विश्वमै सबैभन्दा बढी एकसिङ्गे गैँडा पाउनेमध्ये दोस्रो स्थानमा चितवन राष्ट्रिय निकुञ्ज पर्छ । भारतको काजिरङ्गा पहिलो हो । चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैँडा छ भने काजिङ्गामा दुई हजार ५५२ गैँडा छ ।

]]>
4172 0 0 0
‘लाखे महोत्सव’ असोज २० गते हुने http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%85%e0%a4%b8%e0%a5%8b%e0%a4%9c-%e0%a5%a8%e0%a5%a6-%e0%a4%97%e0%a4%a4/ Sun, 04 Oct 2015 15:46:51 +0000 http://www.ghumphir.com.np/?p=4174

काठमाडौँ, १७ असोज ।

टोखा नगरपालिकाको ‘एक घर एक सम्पदा’ कार्यक्रमअन्तर्गत आयोजना गरिएको सांस्कृतिक नाच ‘लाखे महोत्सव’ यही असोज २० गते हुने भएको छ । काठमाडौँ उपत्यकाको ‘उत्तरी प्रवेशद्वार’का रुपमा समेत परिचित हालको टोखा नगरपालिका वडा नं ३, ४, ५, र ६ अन्तर्गत रहेको ‘प्राचीन नगर’ का रूपमा परिचित बस्तीका प्रत्येक घरबाट एक÷एक वटा ऐतिहासिक, सांस्कृतिक एवम् पुरातात्विक महत्व बोकेका सम्पदा संरक्षण र प्रदर्शन गर्न महोत्सवको आयोजना गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ईन्द्रायणी दापा खलःले आयोजना गरेको महोत्सवमा काठमाडौँ उपत्यकाभित्र र बाहिरका समेत गरी ३० भन्दा बढी समूहले लाखे नाचमा भाग लिनेछन् । महोत्सवमा सहभागीमध्ये एक उत्कृष्ट समूहलाई रु १० हजार पुरस्कारका साथै सम्मान गरिनेछ । विगतका वर्षमा जस्तै यस वर्ष पनि सो महोत्सव टोखाको थःनेलाछीमा आयोजना गर्न लागिएको ईन्द्रायणी दापा खलःले जनाएको छ । नेपालको सांस्कृतिक इतिहासमा लाखे नाचको विशिष्टता साथै लोकप्रियता हुँदै आएको हुँदा त्यसलाई जीवन्त बचाइराख्न महोत्सवको आयोजना गरिएको महोत्सवका संयोजक सूर्यमान डङ्गोलले बताउनुभयो ।

]]>
4174 0 0 0
पचास लाखको खुर्सानी विक्री http://localhost/ghum/%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b8-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%8d/ Mon, 05 Oct 2015 01:13:27 +0000 http://www.ghumphir.com.np/?p=4176

इलाम, १८ असोज ।

जिल्लाको पूर्वी नामसालिङ गाविसबाट मात्रै एकै याममा रू ५० लाखको अकबरे खुर्सानी बिक्री भएको छ । नामसालिङ–३, ४, ८ र ९ वडाका किसानले लाखौं रूपैयाँको खुर्सानी बिक्री गरेका हुन् । यहाँका किसानले एक रोपनीदेखि १० रोपनी जमिनमा ५० जनाभन्दा बढी किसानले अकबरेको व्यवसायिक खेती गर्दै आएका छन् ।
नामसालिङ–३ का कृषक बोधराज घिमिरेले खुर्सानीबाट रू डेढ लाखको लगानीमा १० रोपनी जग्गामा तीनहजार वटा बयरे र छारे जातका अकबरेको विरूवा लगाएर खेती सुरू गर्नुभएको छ । उहाँले साउनबाट धमाधम अकबरे खुर्सानी टिपेर बजारमा बिक्री गरिरहनुभएको छ ।
साउनयता ३५ मन (४० किलोको एक मन) खुर्सानी विक्री गरेर दुई लाखभन्दा बढी आम्दानी गरेको घिमिरेले बताउनुभयो । “बाली लगाएको छोटो समयमै आम्दानी गर्न सकिन्छ, अरू खेतीभन्दा सहज र कम लगानीमा धेरै फाइदा लिन सकिन्छ” उहाँले भन्नुभयो ।
नामसालिङ–८ का धु्रव राईले पनि पाँच रोपनी जग्गामा अकबरे खुर्सानी लगाएर एकै याममा रु ५० हजारभन्दा बढी आम्दानी गर्नुभएको छ । अकबरेमा यसपाली खासै रोगकीराको सङ्क्रमण नदेखिएको र मौसमसमेत अनुकूल भएकाले राम्रो उत्पादन भएको कृषक बताउँछन् ।
नामसालिङ–४ का गायत्री काफ्लेले अकबरे खुर्सानीबाट रु ६० हजार आम्दानी गर्नुभएको छ । महिनामा चारपटकसम्म टिप्न मिल्ने अकबरेबाट मनग्य आम्दानी भएपछि अर्काे वर्ष १५ हजार विरूवा लगाउने तयारीमा रहेको उहाँले बताउनुभयो ।
विदेशमा धेरै कमाई हुने सपना बुनेका युवाहरू पनि किसानको आम्दानी देखेर अकबरे खेतीमा लाग्न थालेका छन् । अहिले अकबरेको उत्पादन र माग दुबै बढी छ ।
यहाँ उत्पादन भएको खुर्सानीको मुख्य बजार इलाम हो । बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु दुई सयदेखि रु तीन सयको हाराहारीमा बिक्री भइरहेको छ । अकबरेबाट विभिन्न प्रकारका अचार बनाईने गरिएको छ ।
जिल्लाका बरबोटे, पञ्चकन्या, इलाम नगरपालिका, सोयाङ, नामसालिङ, गोदक, शान्तिडाँडाका किसानले गतवर्ष मात्रै ६१० मेट्रिकटन अकबरे खुर्सानी उत्पादन गरेकोमा १५० मेट्रिकटन बिक्री भएको थियो ।
अकबरे खुर्सानीबाट मात्रै किसानले गतवर्ष रु साढे सत्र करोड आम्दानी गरेको वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताउनुभयो ।

]]>
4176 0 0 0
मुक्तिनाथ विकास बैंक कर्मचारी पक्राउ http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95-%e0%a4%95%e0%a4%b0%e0%a5%8d/ Sun, 04 Oct 2015 16:14:25 +0000 http://www.ghumphir.com.np/?p=4179

काठमाडौँ, १७ असोज ।

फर्जी लगानी गरेको देखाई रकम हिनामिना गर्ने मुक्तिनाथ विकास बैंक लिमिटेड लघु वित्त डेस्क कार्यालय दुलेगौडा, तनहुँका तत्कालीन कामु सहायक अधिकृत असराज खनाललाई प्रहरीले पक्राउ गरेको छ । खनालसहितका व्यक्तिले रु ३६ लाख ५४ हजार ५१७ कीर्ते रुपमा फर्जी लगानी गरेको देखाई रकम निकासा गरी लिई फरार रहेकामा सर्लाही जिल्ला जानकीनगर घर भएका खनाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । सो घटनापछि बैंकमा निलम्बनमा परी फरार रहेका खनाललाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकामा लुकिछिपी बसिरहेको अवस्थामा महाशाखाको टोलीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि खनाललाई इलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँ पठाइएको महाशाखाले जनाएको छ ।

]]>
4179 0 0 0
आयात निर्यात ठप्प http://localhost/ghum/%e0%a4%86%e0%a4%af%e0%a4%be%e0%a4%a4-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a4-%e0%a4%a0%e0%a4%aa%e0%a5%8d%e0%a4%aa/ Mon, 05 Oct 2015 09:27:07 +0000 http://www.ghumphir.com.np/?p=4185

वीरगन्ज, १८ असोज ।

मुलुककै प्रमुख भन्सार नाका वीरगन्जवाट आज पनि आयात निर्यात ठप्प रहेको छ । यो नाका सञ्चालन नभएसम्म मुलुकमा इन्धनको आपूर्ति सहज हुने सम्भावना न्यून देखिएको छ । मुलुकमा खपत हुने कुल इन्धनको ७० प्रतिशत पेट्रोल डिजेल यही नाका भएर भित्रिने गरेका छन् । त्यस्तै खाना पकाउन प्रयोग हुने एलपी ग्यासको ८० प्रतिशत र हवाई इन्धनको ९० प्रतिशत यही नाकाबाट भित्रिने गरेको नेपाल आयल निगम अमलेखगन्ज डिपोले जनाएको छ । डिपोका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानका लागि आवश्यक पर्ने इन्धन पनि रक्सौलस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)को डिपोबाट मात्र आपूर्ति हुँदै आएको छ । पोखरा, सिमरा र जनकपुरका विमानस्थलमा चाहिने हवाई इन्धन पनि यही नाका भएर आपूर्ति हुने गरेको छ । काठमाडौँको आवश्यकतालाई धान्ने सम्पूर्ण इन्धन यही नाका भएर आपूर्ति हुने गरेको छ । तर नाका बन्दका कारण सीमावर्ती रक्सौल डिपोबाट इन्धन ढुवानी हुन नसक्दा काठमाडौँलगायत सिङ्गो मुलुकको जनजीवन प्रभावित भएको छ । नेपाल–भारत द्विपक्षीय भन्सार अधिकारीबीच वार्ता भएपछि आइतबार साँझदेखि विराटनगर–जोगवनी भन्सार नाका सञ्चालन भए पनि सबैभन्दा बढी इन्धन भित्रिने वीरगन्ज रक्सौल नाका आज पनि सञ्चालन हुन सकेको छैन । विगत ११ दिन दिनयताको नाकाबन्दीले दुई हजारभन्दा बढी मालवाहक ट्रक सुरक्षा जाँच नभएकै अवस्थामा सीमावर्ती भारतीय सहर रक्सौलतर्फ अड्किएका छन् । इन्धन आपूर्ति सहज बनाउनका लागि छलफल गर्न रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको कार्यालयतर्फ जानेक्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाल आयल निगम वीरगन्ज वितरण केन्द्रका प्रमुख अशोक साहलाई नेपाल भारत सीमामा पर्ने मितेरी पुलबाट आफ्नो नियन्त्रणमा लिई केही बेर धर्नामा बसाएर छोडिएको छ । ना.३ प ७१६६ नम्बरको मोटरसाइकलमा चढेर एक सहयोगीसहित रक्सौलस्थित आइओसीका पदाधिकारीसँग छलफलका लागि जाने क्रममा आफूलाई नियन्त्रणमा लिई जबर्जस्ती धर्नामा बसाएको केन्द्र प्रमुख साहले बताउनुभयो । भारतबाट इन्धन ढुवानी गरेर काठमाडौँ पठाउन खाजेकाले प्रमुख साहलाई सम्मानपूर्वक धर्नामा बसाएर केही बेरपछि छोडिएको मोर्चाका नेता प्रदीप यादवले बताउनुभयो । नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै आन्दोलनकारी धर्नामा बसेपछि यस नाकावाट विगत ११ दिनदेखि आयात निर्यात ठप्प रहेको छ । मधेस केन्द्रित राजनीतिक दलको नाका ठप्प पार्ने आह्वानसँगै असोज ७ गतेदेखि मितेरी पुलमै आन्दोलनकारीले धर्नामा बसेको कारण उद्योगजन्य कच्चापदार्थ र इन्धन लगायतका कुनै पनि मालवाहक गाडी नेपाल भित्रिन पाएको छैन । बन्दका कारण सीमावर्ती भारतीय सहर रक्सौलतिर औद्योगिक कच्चापदार्थ बोकेका ट्रक तथा कन्टेनर, इन्धन र ग्यास बोकेको बुलेट तथा दैनिक उपभोग्य वस्तु बोकेका ट्रकको लाइन २०÷२२ किलोमिटरसम्म पुगिसकेको छ । बन्दले ६०० भन्दा बढी खाना पकाउने एलपीजी ग्यास बोकेको बुलेट पनि सीमावर्ती भारतीय सहर रक्सौलदेखि १० किलोमिटर टाढा लक्ष्मीपुरमा थन्किएको अवस्थामा रहेको छ । “इन्धन भर्न वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौल पुगेकामध्ये ६३ वटा ट्याङ्कर सीमामा जारी अवरोधका कारण नेपाल भित्रिन सकेको छैन्,” नेपाल आयल निगम अमलेखगन्ज डिपोका क्षेत्रीय प्रमुख भानु खनालले भन्नुभयो– “आन्दोलनकारीले नेपाल भारत सीमामा अवरोध गर्नुअघिसम्म रक्सौलस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)को डिपोमा इन्धन भर्न पुगेका २०० ट्याङ्करमध्ये ६३ वटा ट्याङ्कर रक्सौलमै अड्किएको छ ।” प्रमुख खनालका अनुसार सामान्य अवस्थामा यो नाकाबाट दैनिक ६०० केएल पेट्रोल, ५०० हवाई इन्धन र एक हजार ६०० देखि एक हजार ८०० केएल डिजेल नेपाल भित्रिने गरेका थिए । तीमध्ये अधिकांश इन्धन काठमाडौँ पु¥याउँदै आएको छ । यसअघि बन्दका कारण सुरक्षा स्कर्टिङ्गमा दैनिक पेट्रोलियम पदार्थसहित ८०÷९० वटा मालवाहक गाडी यहाँबाट निस्कने गर्दथ्यो तर आन्दोलनकारीले सीमामा पर्ने मितेरी पुलमै धर्नामा बस्न थालेपछि यस नाकाबाट हुने आयात निर्यात पूर्ण रुपमा ठप्प भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशीलप्रसाद शर्माले बताउनुभयो । नाका ठप्प हुँदा मुलुककै सर्वाधिक राजस्व सङ्कलन गर्ने यो भन्सारको राजस्व असुलीसमेत गम्भीर रुपमा प्रभावित भएको छ । सामान्य अवस्थामा दैनिक रु ३० करोड राजस्व असुली गर्ने यो भन्सार नाकाबाट अहिले सरदर दैनिक रु सात लाख राजस्व असुली मात्र भइरहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । त्यस्तै ५१ दिनदेखिको जारी बन्द र हडतालले गन्तव्यसम्म जान नपाएपछि वीरगन्जस्थित सुक्खा बन्दरगाहमा आयातीत सामान ठूलो परिमाणमा थन्किएका छन् । भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एक मात्र यो सुक्खा बन्दरगाहमा भारतबाट मालवाहक रेलमार्फत आइपुगेका सामान बन्दका कारण गन्तव्यसम्म जान नपाएपछि थन्किएका हुन् । विगत डेढ सातादेखि यो बन्दरगाहबाट निकासी पूर्ण रुपमा ठप्प भएको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार अहिले बन्दरगाह परिसरमा एक लाख ५० हजार मेट्रिक टनभन्दा बढी सामान थन्किएका छन् । यसरी थुप्रिएका मालवस्तुमा फलाम उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थ, बोराबन्द सामान र कन्टेनर रहेका छन् । “सामान गन्तव्यसम्म जान नसकेपछि बन्दरगाह परिसरमै थन्किएका छन्”, बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीले भन्नुभयो– “आयातीत मालसामानले बन्दरगाह परिसर भरिएका छन्, अब भित्रिने मालसामान राख्नका लागि खाली ठाउँ छैन ।” “दैनिक रु पाँच करोड राजस्व सङ्कलन गर्ने यो बन्दरगाहमा भारतबाट आएक कन्टेनर फिर्ता जान नसक्दा दैनिक रु एक करोड अतिरिक्त घाटा व्यहोर्नुपरेको छ” सुक्खा बन्दरगाह कार्यालयका भन्सार प्रमुख देवी भण्डारीले बताउनुभयो ।

]]>
4185 0 0 0
घोडेपानी–घान्द्रुक रुटमा पदमार्ग निर्माण सुरु http://localhost/ghum/%e0%a4%98%e0%a5%8b%e0%a4%a1%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%98%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%81%e0%a4%95-%e0%a4%b0%e0%a5%81%e0%a4%9f%e0%a4%ae/ Mon, 05 Oct 2015 09:29:46 +0000 http://www.ghumphir.com.np/?p=4187

बाबियाचौर (म्याग्दी), १८ असोज ।

म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीदेखि कास्कीको घान्द्रुक जाने पदमार्ग निर्माण गर्न सुरु गरिएको छ ।भिरालो पहाड र जङ्गलबीचको बाटोमा घोडेपानीका बासिन्दाले ढुङ्गे सिँढी राखेर व्यवस्थित पदमार्ग बनाउन सुरु गरेका हुन् । पहिलो चरणमा घोडेपानीदेखि छ सय मिटर टाढासम्म पदमार्ग बनाउने काम सकिएको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनु पुनले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पदमार्ग निर्माण गर्न समितिको आन्तरिक कोषबाट रु १७ लाख खर्च भएको छ । चिप्लो बाटोमा हिँड्दै आएका पर्यटकले सिँढी निर्माण भएपछि सहज र सुरक्षित रुपमा यात्रा गर्न पाएका छन् । आगामी वर्ष पनि पदमार्ग निर्माण कार्यलाई निरन्तरता दिइने अध्यक्ष पुनले बताउनुभयो । समितिको नेतृत्वमा घोडेपानीदेखि पुनहिल पुग्ने पदमार्गमा सिँढी र रेलिङ राख्ने काम ९० प्रतिशत पूरा भएको छ । यसअघि चित्रे र उल्लेरीतर्फबाट घोडेपानी प्रवेशद्वारदेखि गाउँसम्म पनि सिँढीसहितको पदमार्ग निर्माण गरिएको थियो । उनीहरुले गाउँ प्रवेश गर्ने चार ठाउँमा पक्की स्वागतद्वार पनि बनाइसकेका छन् । अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख आकर्षकस्थल मानिने घोडेपानी नजिकै रहेको पुनहिल, घना गुराँसे जङ्गल, सूर्योदय र हिमशृङ्खलाको दृष्यावलोकनका लागि प्रसिद्ध छ । हरेक वर्षको असोज, कात्तिक, चैत र वैशाख महिनामा त्यहाँ पर्यटकको घुइँचो लाग्छ । यसपालि पनि पर्यटकको चहलपहल बढ्न थाले पनि विगतको जस्तो पर्यटक नआएको घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताउनुभयो । उहाँका अनुसार गत वर्ष यो मौसममा दैनिक चार सयको हाराहारीमा पर्यटक भित्रने गरेका थिए । यसपालि गत वर्षको भन्दा ५० प्रतिशत कम पर्यटक आएका छन् ।

]]>
4187 0 0 0
तातोपानी सडक दुई दिनभित्र खुलाइने http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d/ Mon, 05 Oct 2015 09:32:53 +0000 http://www.ghumphir.com.np/?p=4189

चौतारा, १४ असोज ।

वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि झरेको पहिरोले क्षतविक्षत भएको अरनिको राजमार्गको चीनसँग जोड्ने तातोपानी नाकाको सडक दुई दिनभित्र खुलाइने भएको छ । बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किमी सडकको लिपिङसम्म सडक खुलाइसकिएको छ । मितेरी पुलबाट एकसय मिटर यताको भागमा ठूल्ठूला ढुङ्गा पन्छाउने काम भएपनि इन्धनको समस्या सुल्झिएमा एक÷दुई दिनभित्रै सडक खुलाउन सकिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजनल इन्जिनियर रामहरि पोखरेलले बताउनुभयो । “हामीले छ वटा मेसिन निरन्तर रुपमा प्रयोग गरिरहेका छौँ,” इन्जिनियर पोखरेलले भन्नुभयो – “इन्धनको समस्या समाधान भए एक दुई दिनभित्रै सडक खोल्ने लक्ष्य छ ।” सो सडकका विभिन्न भागमा पहिरो गएपछि अवरुद्ध सडकलाई चीन सरकारले गत साउनमा खुलाएपनि ठाउँठाउँमा पहिरो झरेर पुनः अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालयले भदौ २५ गतेदेखि पहिरो पन्छाउने काम गरिरहेकाले हाल लिपिङसम्म साना सवारी साधनसमेत सञ्चालन भइसकेको छ । लिपिङसम्म सडक खुलाइएको र इन्धन अभाव नभएमा तीन दिनभित्र सडक खुलाउन सकिने प्रजिअ बलभद्र गिरीले बताउनुभयो । भूकम्पपछि बन्द भएको भन्सार र अध्यागमन कार्यालय पनि आइतबारदेखि तातोपानीबाटै सञ्चालन हुने भएको छ । कार्यालयको सामान ढुवानी गर्न सवारी साधनमा इन्धन भर्ने व्यवस्था भइदिए आइतबारदेखि तातोपानीबाटै कार्यालय सञ्चालन गरिने भन्सार प्रमुख दिव्यराज पोखरेलले बताउनुभयो ।

]]>
4189 0 0 0
भारु साट्दा नेपालीहरु भारतीय बजारमा ठगिँदै http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%b8%e0%a4%be%e0%a4%9f%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%be/ Mon, 05 Oct 2015 09:41:33 +0000 http://www.ghumphir.com.np/?p=4191

महेन्द्रनगर (धनुषा), १८ असोज ।

तराई मधेसमा जारी अनिश्चितकालीन आम हडतालको मौका छोपी सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ साट्दा मनपरी शुल्क लिने गरेकाले नेपालीहरु ठगिँदै आएका छन् । बन्दका कारण बैंकहरु बन्द भएपछि सिमावर्ती भारतीय बजारमा सामान खरिद गर्न पुगेका सर्वसाधारणलाई मनपर्दी दररेटमा नेपाली रुपैयाँसँग भारु साट्दा मनपरी बट्टा शुल्क असुल्दै आएका छन् । भारतीय बजारमा हाल एक सय भारु लिनको लागि नेपाली १६८ देखि १७० रुपैयाँसम्म तिर्नुपरेको महेन्द्रनगर–२ का शशीभुषण गुप्ताको भनाइ छ । सीमावर्ती बासोपट्टी, जयनगर, दुहबी, भिट्ठाभोड, सुरसन्ड, कन्हवाँलगायत स्थानबाट दैनिक उपभोग्य वस्तु ल्याउने क्रममा त्यहाँका व्यापारीले सर्वसाधारण नेपालीलाई ठग्दै आएको गुप्ताले बताउनुभयो ।

]]>
4191 0 0 0
पेट्रोलपम्प सञ्चालक पक्राउ http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%aa%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0/ Tue, 06 Oct 2015 13:55:11 +0000 http://www.ghumphir.com.np/?p=4194

प्यूठान, १९ असोज ।

पेट्रोलियम पदार्थ अभावको अवसर पारी पेट्रोलमा कालोबजारी गर्ने एक जना पेट्रोलपम्प सञ्चालन पक्राउ परेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सन्तोषी आयल स्टोर बाङगेशाल–६ दर्भानका सञ्चालक शान्ता थपलियालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्लामा तेलको अभाव भएपछि जिल्ला आपूर्ति व्यवस्थापन समितिले उक्त पम्पलाई दिइएको तीन हजार लिटर पेट्रोल र सोही परिमाणको डिजलमा कालोबजारी गरेको पाइएपछि थपलियालाई पक्राउ गरिएको जिल्ला बजार अनुगमन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । कालोबजारी गरेको गुनासो आएपछि समितिले गोप्य अनुगमन गर्दा कालोबजारी भएको पाएपछि पक्राउ गरिएको समितिले जनाएको छ । पम्प सञ्चालक थपलियालाई पक्राउ गरी थप अनुसन्धान जारी राखिएको निमित्त प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रसिंह चौधरीले जानकारी दिनुभयो । समितिको पहलमा उपलब्ध गराएको तेलमा आधा परिमाणको तेल बिक्री गरी तेल सकियो भन्दै बाँकी रहेको एक हजार ५०० लिटर तेलमा कालोबजारी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका सञ्चालक थपलियालाई कालोबजारी ऐनअनुसार मुद्दा दर्ता गरिने प्रजिअ कुरुम्वाङले बताउनुभयो । कालोबजारी गरी लुकाएको अवस्थामा फेला परेको एक हजार ५०० लिटर पेट्रोललाई आजै प्रहरीको रोहवरमा बिक्री गरिएको छ ।

]]>
4194 0 0 0
सगरमाथा सुरक्षित छ–पर्यटन व्यवसायी http://localhost/ghum/%e0%a4%b8%e0%a4%97%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%9b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f/ Tue, 06 Oct 2015 14:06:15 +0000 http://www.ghumphir.com.np/?p=4197

काठमाडौँ, १९ असोज ।

गत वैशाख महिनामा गएको विनाशकारी भूकम्पपछि अन्तराष्ट्रिय पर्यटन वजारमा नेपालको गलत प्रचार भएकोमा पर्यटन व्यवसायीले चिन्ता गरेका छन् । शिखर पोष्ट मासिकद्वारा आयोजित ‘भूकम्पपछिको सगरमाथा’ कार्यक्रमका सहभागीहरुले सो चिन्ता व्यक्त गर्दै नेपालसम्बन्धी गलत व्याख्यालाई चिर्न अन्तर्राष्ट्रिय बजारमा नेपाल सुरक्षित छ भन्ने सन्देश प्रचार गर्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा पर्यटन तथा नागरिक उडड्ययन मन्त्री कृपासुर शेर्पाले भूकम्पले क्षति पु¥याएका ऐतिहासिक तथा पुरातात्विक स्थलका संरचनाहरुको पुनःनिर्माण कार्य सुरु भएको जानकारी दिनुभयो । उहाँले पर्यटन प्रवद्र्धनका लागि सरकारले उच्च प्राथमिकता दिएको पनि बताउनुभयो । कार्यक्रममा सांसद वलबहादुर केसीले भूकम्पपछि सगरमाथा क्षेत्रको पहिचान पुनःस्थापित गराउन ध्यान दिनुपर्ने वताउनुभयो । सगरमाथा समाजका अध्यक्ष लाक्पा नोर्बु शेर्पाले भूकम्पले सगरमाथा क्षेत्रमा कम क्षति भएपनि पर्यटक आगमनमा भने निकै कमी आएकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पा र ठमेल विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले बन्द हड्तालका कारण पर्यटन क्षेत्र थप धरासयी हुँदै गएको छ भन्नुभयो

]]>
4197 0 0 0
ढोरपाटनमा सिकारको याम सुरु http://localhost/ghum/%e0%a4%a2%e0%a5%8b%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%9f%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%af%e0%a4%be%e0%a4%ae-%e0%a4%b8%e0%a5%81/ Tue, 06 Oct 2015 14:11:14 +0000 http://www.ghumphir.com.np/?p=4200

बागलुङ, १९ असोज ।

ढोरपाटन सिकार आरक्षमा आजदेखि यो वर्षको पहिलो सिकार याम सुरु भएको छ । सिकार खुल्ला भएसँगै विदेशी सिकारीहरु आरक्षमा पुग्ने क्रम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले आगामी मङ्सिरसम्म चल्ने पहिलो यामका लागि छ झारल र १३ नाउरको सिकार अनुमति दिएको छ । सिकार एजेन्सीले सिकारी पठाउन सुरु गरिसकेको र सिकार (ब्लक) हरु खुल्ला गरिएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ । विभागले सिकारका लागि आह्वान गरेको विद्युतीय बोलपत्रबाट नेपाल वाइल्ड लाइफ एड्भेन्चर प्रालि, हिमालयन सफारी प्रालि, ट्र्याक एण्ड टे«ल्स, नेपाल वाइल्ड लाइफ सफारी र ग्लोबल सफारीले सिकारी पठाउन स्वीकृति पाएका छन् । बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा सिकार खुल्ला गर्ने गरिएको आरक्षका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताउनुभयो । सिकार खेल्न अमेरिका, रसिया, डेनमार्क, मेक्सिको, स्पेनलगायतका मुलुकबाट तालिमप्राप्त सिकारी आउने गरेको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । सिकारीहरुले यस याममा सेङ, गुस्तुङ, फागुने, बार्से र दोगाडी ‘ब्लक’मा सिकार खेल्नेछन् । सुनदह ‘ब्लक’ निकै टाढा र विकट भएकाले पछिल्ला वर्षहरुमा सिकारीहरु पुग्न नसकेको आरक्ष कार्यालयले जनाएको छ । त्यस्तै सुर्तिवाङ ‘ब्लक’मा नाउर र झारलको सङ्ख्या कम भएकाले सिकारमा रोक लगाइएको अधिकृत श्रेष्ठले बताउनुभयो । “सिकार खेल्न आउने सिकारी हप्तौँसम्म अस्थायी पाल टाँगेर आरक्षमा बस्ने गर्छन्” अधिकृत श्रेष्ठले भन्नुभयो – “उनीहरु साहसिक र रोमाञ्चक ढङ्गले सिकारमा भुल्ने गर्दछ ।” आरक्ष कार्यालय रहेको ढोरपाटन उपत्यकाबाट पैदल मार्ग भएर सिकारीहरु आरक्षका कर्मचारी, सिकार (गाइड) सँग ‘ब्लक’हरुमा पुग्ने गरेका छन् । हेलिकप्टर ‘चार्टर’ गरेर सिकारीहरु ढोरपाटन आउने गरेको अधिकृत श्रेष्ठले बताउनुभयो । दुवै याममा गरी २६ नाउर र ११ झारलको सिकार गर्न अनुमति दिने गरेको छ । आउँदो फागुन–वैशाखमा चल्ने दोस्रो सिकार याममा १३ नाउर र पाँच झारलको सिकार अनुमति दिइनेछ । यो वर्ष सिकारको दर पनि बढेको छ । गत वर्षको तुलनामा यो वर्ष झारल सिकारमा रु तीन लाख राजस्व बढेको हो । सिकारीले रु नौ लाख ३१ हजार तिरेर एउटा झारलको सिकार गर्नेछन् । आरक्षमा झारल सिकार विदेशी सिकारीको पहिलो रोजाइमा पर्ने गरेको छ । सिकार एजेन्सीहरुबीचको बढ्दो प्रतिस्पर्धाले सिकारको दर बर्सेनि बढ्दै गएको आरक्ष कार्यालले जनाएको छ । अघिल्लो वर्ष सिकारीले रु छ लाख २६ हजारमा झारलको सिकार अनुमति पाएका थिए । नाउरको सिकार गरेबापत सिकारीले न्यूनतम रु एक लाख २५ हजारदेखि अधिकतम रु तीन लाख ३० हजारसम्म राजस्व बुझाउने गरेका छन् । आरक्षमा अन्य वन्यजन्तु र चरा पनि सिकार गर्न पाउने व्यवस्था भए पनि सिकारीहरु झारल र नाउरको सिकारमा बढी रमाउने गरेका छन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि विदेशीका लागि ढोरपाटन रोजाइको गन्तव्य बनेको छ ।

]]>
4200 0 0 0
मुक्तिनाथ सुनसान http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%be%e0%a4%a8/ Tue, 06 Oct 2015 14:14:26 +0000 http://www.ghumphir.com.np/?p=4202

मुस्ताङ, १९ असोज ।

अघोषित नाकाबन्दीका कारण इन्धनको अभाव हुँदा सोह्श्राद्धमा भक्तजनको अत्यधिक भीड हुने कागबेनी सुनसान बनेको छ । यो समयमा आफ्ना दिवङ्गत आफन्तको सुख प्राप्तिका लागि कागबेनीस्थित कालीगण्डकी र कागबेनी नदीको दोभानमा पितृतर्पण दिने र स्नान गर्न नेपाल र भारतबाट हजाराँै भक्तजन आउने गर्दथे । तराई क्षेत्रमा चलिरहेको दुई महिना लामो आन्दोलन र एकहप्ता देखिको पेट्रोलियम पदार्थको अभावले भक्तजन आउन नसकेका हुन् । गत वर्षमा दैनिक एक हजारभन्दा बढी भक्तजन पुग्ने कागबेनीमा अहिले मुस्किलले १०÷१५ जना आउने गरेको कागबेनीका स्थानीयवासी शेरमान गुरुङले बताउनुभयो । उहाँका अनुसार, न्यून सङ्ख्यामा जाने भक्तजनहरु सबै पैदलमार्फत त्यहाँ पुग्ने गरेका छन् । “बाटोको सुविधा छ, पेट्रोल र डिजेल पाइएन भनेर सबै हिँडेरै आएका छन्”–उहाँले भन्नुभयो, “विगतको तुलनामा अहिले सुनसान जस्तै छ ।” यात्रा गर्न अनुकूल मौसम र बेनी–जोमसोम सडकखण्ड सिधा सञ्चालनमा रहने हुँदा सोह्श्राद्धको समयमा कागबेनीमा स्नान तथा मुक्तिनाथमा दर्शन गर्न उत्तम समय मानिन्छ । नाकाबन्दीका कारण बेनी–जोमसोम सडकखण्डमा एकदमै न्यून मात्रामा सवारीसाधन सञ्चालन भएका छन् । भक्तजन तथा धार्मिक पर्यटकको सङ्ख्या न्यून रहँदा कागबेनीलगायत होटल पनि सुनसान बनेका छन् । कहिले बन्द त कहिले भूकम्पले गर्दा यस क्षेत्रका होटल व्यवसायी धराशायी बन्दै गएका छन् । पूजारी कृष्णप्रसाद सुवेदी भन्नुहुन्छ, “विगतमा खुट्टा टेक्ने ठाउँ नहुने मुक्तिनाथ अहिले सुनसान बनेको छ, यस्तो बेला भक्तजनहरु कसरी यहाँ स्नान र दर्शनका लागि आउछन्, हिँडेरै आउन सम्भव छैन्, यस्तो समस्याको समाधान छिटो गर्नुप¥यो ।” कागबेनीमा स्नान तथा पितृतर्पण पछि भक्तजनहरु मुक्तिनाथ दर्शन गरी फर्कने परम्परा छ ।

]]>
4202 0 0 0
चीनसँगका नाका नियमित खुलाउन पन्ध्र जिल्लाका सांसदको सक्रियता http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%ae%e0%a4%bf%e0%a4%a4-%e0%a4%96%e0%a5%81%e0%a4%b2/ Tue, 06 Oct 2015 14:20:24 +0000 http://www.ghumphir.com.np/?p=4204

प्रकाश सिलवाल काठमाडौँ, १९ असोज ।

छिमेकी चीनसँगको सीमा जोडिएका १५ जिल्लाका विभिन्न नाका खुलाई व्यावसायिक र नियमित सञ्चालनका लागि सम्बन्धित जिल्लाका सांसदबाट संयुक्त पहल प्रारम्भ भएको छ । संविधान जारी भएपछि तराई मधेसको आन्दोलनका कारण जनाउँदै दक्षिणको छिमेकी भारतले अघोषित नाकाबन्दी गरिरहेका बेला उत्तरी छिमेकी चीनसँगको सीमा जोडिएको जिल्लाका नाका सञ्चालनमा सांसदबाट चासो बढाइएको हो । ती नाका खुलेमा दुई देशको आर्थिक विकास र द्विपक्षीय व्यापारिक सम्बन्ध विस्तारमा थप योगदान पुग्ने उहाँहरुको भनाइ छ । सांसदहरुले नेपाल र चीन सरकारसँग विभिन्न संयन्त्रबाट आफ्ना प्रस्तावबारे अवगत गराउन थालेको तातोपानी नाका भएको जिल्ला सिन्धुपाल्चोकका नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले बताउनुभयो । बस्नेतले रासससँग भन्नुभयो, “नेपालको समुचित विकासका लागि भारतसँगको सीमा नाकाको सुसञ्चालनका साथै चीनसँगका नाका सञ्चालनमा पनि उत्तिकै प्राथमिकता दिनुपर्छ, त्यसो गर्न सकिए अप्ठ्यारो पर्दा पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा पनि सहज हुनेछ ।” उहाँले चीनसँग सीमा जोडिएका १५ जिल्लाका सांसदहरुले संयुक्तरुपमा नेपालका लागि चिनियाँ राजदूतसँग यसबारे चाँडै छलफल गर्ने तयारी गरेको जानकारी पनि दिनुभयो । सिन्धुपाल्चोक जिल्लाका एमाओवादीका सांसद अग्निप्रसाद सापकोटाले चीनसँगका यसअघि स्थापना भइसकेका नाकाको नियमित सञ्चालन र थप नाका खोल्न सकिने ठाउँमा त्यस प्रकारको प्रबन्ध गर्न आवश्यक रहेको जनाउनुभयो । चीनसँग सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङ, मुस्ताङको कोरला, दार्चुलाको तिङ्कर भन्ज्याङ, बझाङको उरै भन्ज्याङ र राईढुङ्गा, हुम्लाका हिल्सा, चुवा, टाँके र लिमी र मुगुको नाक्चालाग्न नाका रहेकामा हाल सबै नियमित सञ्चालनमा आउन सकेका छैनन् । तातोपानी नाकाबाट वार्षिक करिब रु २० करोडको कारोबार हुँदै आएकामा विनासकारी भूकम्पपछि पहिरोका कारण स्थानीय सडक अवरुद्ध हुँदा नाका सञ्चालन हुन सकेको छैन । सरकारले सो नाका खुलाउन प्राथमिकता नदिएका कारण सडकको स्तरोन्नतिको कामले गति लिन नसकेको स्थानीय भैरवकुण्ड क्लबका अध्यक्ष कुमार श्रेष्ठको गुनासो छ । मुस्ताङका नेकपा (एमाले)का सांसद श्रीमाया थकाली मुस्ताङको कोरला नाका खोल्नेबारेमा सन् २००३ मा नै दुई देशबीच सम्झौता भए पनि कार्यान्वयनमा नआएको विषयमा आफूले उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पालाई ध्यानाकर्षण गराइसकेको बताउनुभयो । प्रस्तावित ४ नम्बर प्रदेशको मुख्य नाकाका रुपमा त्यसलाई हेरिएको छ । उहाँले सोबारेमा पटकपटक संसद्मा पनि आवाज उठाएको जनाउँदै स्थानीय व्यवसायी धार्मिक पर्यटनका दृष्टिले लुम्बिनी हुँदै मानसरोबरसम्मको पदयात्राका विस्तृत प्रस्ताव पनि स्थानीय व्यवसायीले सरकारलाई दिइसकेको बताउनुभयो । यसबारे धौलागिरि अञ्चलका सांसद चित्रबहादुर केसी, अर्जुनप्रसाद जोशी र प्रकाशबाबु पौडेलसँग पनि छलफल भई एकीकृतरुपमा अघि बढ्ने कुरा भएको जनाउनुभयो ।

]]>
4204 0 0 0
जितिया पर्व सम्पन्न http://localhost/ghum/%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a8/ Tue, 06 Oct 2015 14:27:29 +0000 http://www.ghumphir.com.np/?p=4206

गौशाला, १९ असोज ।

आइतबारदेखि महोत्तरीसहित मिथिलाञ्चलभर सुरु भएको जितिया पर्व आज बिहान सम्पन्न भएको छ । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै धार्मिक विधिअनुसार आइतबारदेखि सुरु भएको थियो । आज बिहान ६ बजे जितमाहन देवतालाई विशेष प्रसाद चढाउँदै सो पर्व सम्पन्न भएको छ । व्रत बस्नुअघि आइतबारका दिन महिलाले घिरौंलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाई चिउरा दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खाएका थिए भने सोमबार बिहान ४ बजेदेखि उपवास बसी मङ्गलबार बिहान ६ बजे सम्पन्न गरेका छन् । जितिया पर्वमा बर्सेनि महोत्तरीका सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जंगहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । पाकाले भन्ने र तन्नेरीले कथा सुन्ने चलन छ । व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौंलाको पातमा पिना, सख्खर र तोरीको तेललगायत चढाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना सन्तानलाई पनि लगाउनुपर्छ । त्यस्तै, व्रत सम्पन्न भएको दिन पनि सुरुको दिनको सम्पूर्ण कार्य दोहो¥याउनुपर्छ । व्रतको पहिले दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा माछ मरुवा(कोदो) भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिलाले ‘ओठ गन’ अर्थात केही खानेकुरा ओठमा लगाउनु पर्छ । प्रायःजसो महिलाले ओठ गनमा च्यूरा र दही खाने गरेको पाइन्छ । त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम । आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो व्रत दुष्कर विकट रहेको पण्डित कालिकान्त झा बताउनुहुन्छ । “सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ”– यालना संस्कृत विधापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले भन्नुभयो – “यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ ।” पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैंले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा लिइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खद जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् । राजा शालिवाहनको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातैजना छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवाहनलाई जिमुतवहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ । जितिया पर्वको समापनसँगै आज बिहान व्रतालु महिलाले आ–आफ्ना घरमा जितमाहन भगवान्को प्रसादसँगै विभिन्न पकवान खाने गर्दछन् ।

]]>
4206 0 0 0
नाराका सचिव अधिकारीमाथि हातपात http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%9a%e0%a4%bf%e0%a4%b5-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf/ Tue, 06 Oct 2015 15:57:23 +0000 http://www.ghumphir.com.np/?p=4210 काठमान्डौ ,१९ असोज ।

shiva-adhikarनेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विदेशीलाई स्वागत गर्न पुगेका नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्टस् (नारा)का सचिव  शिव अधिकारी माथि हातपात भएको छ ।

एड्रिफ एड्भाञ्चर र्‍याफ्टिङका प्रबन्ध निर्देशक समेत रहेका अधिकारी आफ्ना  पाहुनालाई विमानस्थल स्वगत पुगेका  थिए ।स्वागत गर्न पुगेका अधिकारीलाई विमानस्थलको मुख्य प्रवेशदवारमै हातपात भएको थियो । हातपातबाट अधिकारी घाइते भएको नाराले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । टाउकोमा सामान्य चोट लागेका अधिकारीको ओम अस्पतालमा उपचारपछि घर फर्कि सकेका छन् । तर हातपातमा उनको मोबाईल फुटेको अधिकारीले बताए।

आफ्ना पाहुना  ल्हासाबाट आउने योजना रहेको थियो । आफ्ना पाहुनालाई लिनका लागी पुगेका अधिकारी माथि विमानस्थलको मुख्य प्रवेशद्वारमा सुरक्षा जाँचका लागि बसेका प्रहरी जवान वेदबहादुर दवाडीले हातपात गरेको घाइते अधिकारीले बताए ।

]]>
4210 0 0 0
साईकल छैन् डिमान्ड चाहि बडी छ: ब्यबसायी राजभण्डरी http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%88%e0%a4%95%e0%a4%b2-%e0%a4%9b%e0%a5%88%e0%a4%a8%e0%a5%8d-%e0%a4%a1%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a1-%e0%a4%9a%e0%a4%be%e0%a4%b9%e0%a4%bf-%e0%a4%ac/ Tue, 06 Oct 2015 16:53:11 +0000 http://www.ghumphir.com.np/?p=4215 भारतले लगाएको अघोषित नाकाबन्दीले देशभर देखिएको पेट्रोलियम पर्दाथको विकल्प खोजीन थालीएको छ । कतीपयले पेट्रोलीयमको पर्दाथको अभावका कारण सवारी साधनलाई विकल्पका रुपमा साइकललाइ भरपर्दो सवारी साधनका रुपमा समेत लिन थालेका छन । वातावरण पनि स्वछ हुने र स्वास्थ्य पनि राम्रो हुने भएपछी यस तर्फ आकर्षण बढेको छ ।  बजारमा पेट्रोलियमको अभाव संगै साईकलको व्यापारमा वृद्धि त भएकै छ । नेपालमा साईकल पर्यटन र यस्को महत्तवका बिषयमा केन्द्रित रहेको घुमफिरले विगत प्रन्धवर्ष देखि माउण्टेन वाईक पर्यटन व्यवसायमा लागेका रन्जन राजभण्डरीका सग गरेको कुराकानी 

ranjan raj bhandari

बाईक पर्यटन क्षेत्रमा लागेको कती भयो? अहिलेको अवश्था कस्तो छ ? माउण्टेन बाइक पर्यटन क्षेत्रमा लागेको भयो पन्ध्रवर्ष जती । साइक्लिङ चल्या चल्यै छ । खासगरि अहिलेको अवश्थामा भन्नु पर्दा पेट्रोल छैन ,मारामार छ ,बजारमा साईकल छैन् डिमान्ड चाहि बडी छ ।

बजारमा भएको पेट्रोलीयम अभाव भएको अवस्थामा आम सर्वसाधारणलाई के भन्नु हुन्छ ? अहिलेको पेट्रोलीयम अभावको अवस्थामा साईकल चडे धेरै राम्रो, यसले वायु प्रदुषण हुदैन, वातावरण स्वक्ष हुन्छ,स्वास्थ्यलाई निकै राम्रो एक्ससाईज पनि हुन्छ र वाइक टु वर्क , साइकल चडेर काममा जादा निकै राम्रो हुन्छ जस्तो लाग्छ मेरो  विचारमा ।

पेट्रोलियमअभावमा परेर साईकल लिन चाहनेहरुले  चाहेअनुसारको साइकल सजिलै पाउन सक्छन त? बजारमा विभिन्न प्रकारकासाईकलहरु पाइन्छ, तर साइकल किन्नु भन्दा अगाडी आफनो साईज अनुसारको विभिन्न फेम अनुसारको साईकल हुन्छ त्यो छनोट गर्नु पर्छ।यदि आफनो हाईट अनुसारको साईकल मिलेन भने साईकल चलाउन मजा पनि हुदै र सुहाउदै न पनि । साईकलका साथ सार्थ हेल्मेट ग्लबस सेफटीका कुराहरु,माक्स,चस्मा भै दिए रामो। अब साईकल देशमा विभिन्न ठाउमा पाइन्छ । काठमान्डौ ,पोखरा धरान अहिले विभिन्न बाण्डको साईकलहरु नेपालमा भित्रिएका छन ।टेक बाण्ड भयो मरिन बाण्ड भयो,स्कट बाण्ड भयो,त्यस्तै विदेशमा बेचिने बाण्डका डिलर्ससिप अहिले नेपालमा ल्याएका छौ हामीले अनि त्यही वाण्डको साईकल नेपालमा पाइन्छ अहिले ।

नेपाल माउण्टेन वाईकले विक्रि पनि गर्छ कि साइकल रुटमा चलाउने मात्र हो ?यो कहाँ छ ? होईन, हामीले साईकल बेच्ने पनि गरेका छौ, र रुटमा स्वदेशी र विदेशी संग चलाउने पनि गरेका छौ ।ट ुर पनि गराउर्छौ ।यो चाहि ठमेल स्थीत काठमान्डौ गष्टहाउस संगै छ ।

नेपालमा माउण्टेन वाईक गर्न आउने पर्यटकहरुको पछिल्लो अवश्था कस्तो छ ? अहिलेको अवस्थामा केहि कम छ तर,तुलनात्मक रुपमा हरेक वर्ष विस्तारै बडदै छ ,विदेशी साईकिल्नीन गर्ने टोलीहरु, जस्तो अन्नपुर्ण राउण्डको लगभग सबै बाटोहरु बनी सके दुईदिन तिन दिन बाहेक ।त्यहा पनि साइकिल्नीड गर्न थाली सके,मनासलु मान्छे साईकल लिएर जान्छन । काठमान्डौं पोखरा,काठमान्डौं भ्याली भरी टुर गर्छन मान्छे ले विभिन्न ठाउमा ।

ranjan rajसरकारी निकाय लाई केहि भन्न चाहनु हुन्छ ? सरकारलाई भनेर त केहि हुदैन ,सरकार लाग्यो भने त लाग्या लाग्यै ।सरकारले भन्ने मात्र हो गर्ने केहि होईन ।हुदापनि हुदैन हाम्ले , अब करमा केहि छुट गरिदिए हुन् छ भन्ने त लागेको छ तर हुन्छ हुन्न हामीलाई थाहा छैन ।उनीहरुले पढेको हुन्छ रिर्सच गरेको हुन्छ करमा छुट गराउने कि न गराउने भन्ने बारेमा अहिले त झन कर बडदै गर्एको छ भ्यालुयसन अनुसार। अहिले त साईकलको पैसा झन घटनु पर्ने तर बडदै गैरहेको छ ।

नेपालीहरुको आयश्रोत अनुसारको ,कती कती मुल्यका साइकल बजारमा पाउन सकिन्छ ? नेपाली बजारमा विभिन्न खाले साईकलहरु उपलब्द छ ।दश हजार देखि तिल लाख सम्मका साईकल चडछन अहिले नेपालीले किन्न सकिने ।

नेपालमा विशेष गरि कुन रुट बडी पपुलर छ ,माउण्टेल बाईकका लागी ? काडमान्डौको लागी भन्नु पर्दा काठमान्डौं बाट ककनी, मुढखुभन्ज्याड अली बडी फेमस छ यो चलेको रुट हो ।अर्को काठमान्डौं बाट नगरकोट,अनी काठमान्डां बाट ककनी मुलखर्क चिसापानी नगरकोट यस्ता रुटहरुचाही धेरै चलेको रुट हो यस्मा धेरै मान्छेहरु जान्छन ।एसका अलावा अरु रुटहरु भन्नु पर्दा काठमान्डौं दामन,चितवन, पोखरा चाहि अप्सनल रुटहरु भयो अनि यसमा अली कम मानिसहरु जान्छन ,विशेषगरि काठमान्डौं रुटमा अलि बडी जान्छन ।नजीक भा हुनाले पाच दश किलोमिटर जाने वितिकै आउट अफ टाफिक हुन्छ त्यसैले मान्छेहरु अलि धेरै जान्छन ।

तपाईले माउण्टेन बाईक गराएदा विशेषगरि स्वदेशि वा विदेशी कुनको सख्या बडी छ ? नेपालीहरु कत्तीको साइक्लीड गर्छन ? होईन ,अहिलेको अवस्थामा भन्नु पर्दा स्वदेशीको सख्या बडेको छ ।तुलनात्क रुपमै बडेको छ । विदेशीहरुको तुलनामा नेपालीहरु धेरै छन साईक चडने ।विदेशी त सिजनमा मात्र आउने हो जस्ट अक्टुबरमा लगभग चालिस पचासहजार विदेशी आउछन अनि जुन जुलाई भन ेको त अफ सिजन हो दश हजार जती आउछन । नेपाली भनेको यहीको हो अफ सिजनमा पनि चडछन ।

]]>
4215 0 0 0
जीवित देवी कुमारीको पूजा सम्पन्न http://localhost/ghum/%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%bf%e0%a4%a4-%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a5%80-%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%82%e0%a4%9c%e0%a4%be/ Wed, 07 Oct 2015 03:05:42 +0000 http://www.ghumphir.com.np/?p=4222 साँखु (काठमाडौँ), २० असोज ।

साँखुमा परम्परादेखि चल्दै आएको जीवित देवी कुमारीको पूजा मङ्गलबार राति सम्पन्न भएको छ । दसैँको महानवमीको ठीक दुई हप्ता अगाडिको नवमीका दिन गरिने उक्त पूजामा कुमारी, जेठी कुमारी, भैरव र गणेशको सहभागिता रहन्छ । यसपछि महानवमीको दिन पुनः लस्क फल्चामा जीवित देवी कुमारीको पूजा हुने गर्दछ । त्यतिबेला भने कुमारी माजु एक्लैलाई मात्र पूजा गर्ने गरिन्छ । यी सबै देवीदेवता बज्राचार्य परिवारका हुने गर्दछन् । यदि बज्राचार्य परिवारमा योग्य कुमारी नपाइएमा भने उनीहरुका परिवारका छोरीतर्फका नातिनाहरुको समेत सहभागिता सो पूजामा हुने गर्दछ । यी दुईवटै पूजा राति हुने गर्दछन् । यो पूजाका लागि साँखुको तलेजु मन्दिरबाट पूजा ल्याउने र पूजा सकिएपछि तलेजु मन्दिरमै पुगी समापन गर्ने गरिन्छ । जीवित देवी कुमारीलाई साल्खाको ग्वरल्ह्वंबाट पूजारी वर्ग जोशी, पण्डित, किसी, मल्ता लगायतका गुठियारले बोकेर कुमारी मण्डपमा लगिन्छ त्यहाँबाट पूजा सकिएपछि कुमारी माजुलाई बोकेरै कुमारी गाल (छ्वासः) सम्म गुठियार ले नै बोकेर लैजान्छन् त्यसपछि मात्रै कुमारी हुने व्यक्तिका आमा बुबाले लिन्छन् । स्थानीय इतिहासविद् प्रकाशमान सक्वका अनुसार यो पूजा परापूर्वकालदेखि नै भइरहेको हो र यो पूजा गरिसकेपछि दसैँको आगमन भएको मानिन्छ । साँखुमा आठवटा शक्ति पीठ छन् त्यसमध्ये चलाखुको महालक्ष्मीस्थानमा कुमारी पाठी बलि दिएर पूजा गरिने यो पूजाको विशेष महत्व रहेको छ ।

]]>
4222 0 0 0
सीमापारिबाट http://localhost/ghum/%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%ac%e0%a4%be%e0%a4%9f/ Wed, 07 Oct 2015 03:12:06 +0000 http://www.ghumphir.com.np/?p=4224 कपिलवस्तुको जहदिमा रहेको एक होटलमा रुखमा झुन्ड्याएर बिक्री गर्न राखिएको पेट्रोलका बोतलहरु किन्दै ग्राहक । सीमापारिबाट ल्याउने पेट्रोल प्रतिलिटर १५० देखि २०० रुपैयाँले बिक्री गर्नेगर्छन् । तस्बिर: सुरेन्द्र पोखे्रल

]]>
4224 0 0 0
सिकार गन्तव्य http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af/ Wed, 07 Oct 2015 03:27:31 +0000 http://www.ghumphir.com.np/?p=4228 आर.के. अदिप्त गिरि

बागलुङको उच्च हिमाली भू–भागमा अवस्थित धौलागिरि हिमशृंखलामा पर्ने ढोरपाटन देशको एकमात्र सिकार आरक्ष हो। लेकाली भू–भाग भएकाले पनि यो क्षेत्र जैविक विविधता, प्राकृतिक भू–सम्पदा, दुर्लभ वन्यजन्तु, वनस्पति एवं पर्या–पर्यटनका दृष्टिले महत्वपूर्ण मानिन्छ। आरक्ष म्याग्दी, बागलुङ, डोल्पा र रुकुम गरी १,३२५ वर्गकिमिमा फैलिएको छ। भौगोलिक अवस्थितिका हिसाबले आरक्षको पूर्व दारेखानी, झाल्के र लामाभन्ज्याङका धुरी पर्छन् भने पश्चिमतर्फ खरिवाङखोला, कुल्टा भन्ज्याङ र जक्ला भन्ज्याङ। त्यस्तै दक्षिणपट्टि सुर्तिवाङ र उत्तरगंगा र उत्तरी सिमामा पुथा, चरेन र गुर्जा हिमाल। ढोरपाटन उत्तरपट्टिका हिमशृंखला वर्षैभरि हिउँले ढाकिएका हुन्छन् भने दक्षिणतर्फका केही कम उचाइ भएका भू–भागमा हिउँदमा मात्र हिउँ पर्छ। आरक्षको धेरै भू–भाग घाँसे मैदान, भीर, पहराले भरिएका छन् भने बाँकी भू–भाग भीर, खर्क, बुट्यान, जंगल एवं खोलाले ओगटेको छ। आंशिक भाग खेतीयोग्य जमिनका रूपमा प्रयोग भएको छ। मुख्यतया यहाँ मगर, थकाली, गुरुङ एवं दलित समुदायलगायतका मानिस बसोबास गर्छन्।

dhorpatan करिब २,००० मिटरदेखि ७,२४६ चुरेन हिमालसम्मको उचाइमा फैलिएको हुनाले पनि यस आरक्षमा शितोष्ण, लेकाली एवं हिमाली हावापानी पाइन्छ। वर्षातको समय जेठदेखि भदौसम्म लगातार पानी परिरहन्छ भने कात्तिकदेखि बाक्लो तुषारो एवं माघ महिनादेखि लगातार हिउँ पर्छ।

dhorpatan आरक्षणको ठूलो क्षेत्रफल वनले ओगटेको हुँदा यहाँ अनेकन जातका वनस्पति खोटो सल्ला, गोब्रे सल्ला, धुपी, भोजपत्र, खर्सु्र, गुराँस पाइन्छन् भने दुर्लभ जडिबुटीको रूपमा प्रयोग हुने यार्सागुम्बा, पाँचऔंले, जटामसी, निरमसी, बाँझ, चिराइतोलगायत जडिबुटीका लागि पनि यस क्षेत्र महŒवपूर्ण मानिन्छ। त्यस्तै दुर्लभ एवं संरक्षित पंक्षी सूचीमा परेका डाँफे, मुनाल, हिउँकुखुरा, कोकलास, चिरलगायतका चरादेखि जनावरमा नाउर, घोरल, झारल, सिंह, रेडपान्डा, हिमाली कालो भालु, हरिणलगायतका जनावर अवलोकनका लागि पनि यस क्षेत्र प्रसिद्ध छ। सेंग र सुन्दह क्षेत्रमा वन्यजन्तुहरू बढी पाइन्छन्। सोखका लागि सिकार गर्नेदेखि अन्तर्राष्ट्रिय सिकार प्रतियोगितासम्ममा भाग लिएका सिकारी यहाँ आउँछन्। राष्ट्रिय निकुञ्ज आरक्षण विभागले टेन्डर आह्वान गरी सिकारी पठाउँछ। आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइने सिकार आरक्षका प्रमुख विश्वबाबु श्रेष्ठले बताए।

1439883804939_KK-Myagdi-dhorpatan उनका अनुसार एउटा नाउर सिकार गर्न सिकारीले तीन लाखसम्म खर्च गर्नुपर्छ। सिकारीलाई लाइसेन्सदेखि लिएर सिकार खेल्न लाग्ने सबै रकम लिने काम विभागको हो। सिकारका लागि मंसिर र वैशाख महिना उत्तम मानिन्छ। ढोरपाटन धार्मिक गन्तव्य पनि बन्न सक्छ। आरक्ष कार्यालयबाट एक किलोमिटर दूरीमा देउराली नजिकै उत्तरगंगा र ढोरवराह थान छ। जहाँ धार्मिक पर्यटकको घुँइचो लाग्छ। वैशाख पूर्णिमा र जनै पूर्णिमामा मेला लाग्छ। मेला भर्न बागलुङ, म्याग्दी, रोल्पा, रुकुम, गुल्मी, बुटवललगायतका जिल्लाबाट हजारौं श्रद्धालु भक्तजन आउँछन्। पूर्व, पश्चिम, उत्तर, दक्षिण विभिन्न दिशाबाट यस क्षेत्रको भ्रमण गर्न सकिने सम्भावना छ। बागलुङ–बुर्तिवाङ–ढोरपाटन, बेनी–दरवाङ–मुना–ढोरपाटन, बुटवल–गुल्मी–बुर्तिवाङ–ढोरपाटनलगायत रुकुम, डोल्पा र प्युठानबाट पनि पर्यटकीय मार्ग विस्तार गर्न सकिन्छ। मध्यपहाडी लोकमार्ग पनि यसै आरक्ष भएर जाने र ढोरपाटन क्षेत्रमा सरकारले ३ सय मेगावाट क्षमताको जलविद्युत आयोजना अध्ययन गर्दै छ। यसबाहेक छेल्तुङ गुम्बा, एकखुट्टे गुम्बा, पाखाथर गुम्बा, सल्लाथान देवी, मैकोटको कोट, गुर्जाखानीको वराहथान, चिसापानी भण्डारी गाउँको सिमवराह, पुख हिमाल, गुर्जा हिमाल, सिस्ने हिमाल, सुन दह, जाल्पाताल, रुद्रतालजस्ता अन्य धार्मिक स्थल पनि यहाँका पहिचान हुन्। जहाँ आ–आफ्ना समय परपम्पराअनुसार पूजाआजा तथा प्राकृतिक सौन्दर्यको रसपान गर्न सकिन्छ। आरक्षको बाटो भएर डोल्पा, हुम्ला, जुम्ला जाने विदेशीको संख्या पनि बढ्दै जान थालेको छ। गुरिल्ला पदमार्गसँग पनि ढोरपाटन जोडिएको छ। आरक्षको पूर्वी सिमानाको जलजला क्षेत्र क्याम्पिङका लागि उपयुक्त छ। यहाँबाट यस क्षेत्रका विभिन्न भूप्राकृतिक दृश्यको अनुपम दृश्यावलोकन गर्न सकिन्छ। हवाई मैदान भए पनि ०४४ देखि हवाई सेवा बन्द छ। आरक्ष क्षेत्र भित्रका छ्यान्तुङ, गुर्जाखानी, लम्सुङलगायतका क्षेत्रलाई क्याम्पिङ साइटको रूपमा विकास गर्न स्थानीय आमा समूह सक्रिय छन्। वनस्पति तथा वन्यजन्त अध्ययन गर्न आरक्ष उपयोगी छ। ठाउँ–ठाउँमा होटल, लजलगायत पर्यटन पूर्वाधार बनाउने काम भइरहेको छ। अब ढोरपाटनको प्रवर्द्धन जरुरी छ। कसरी पुग्ने काठमाडौं, पोखरा, बागलुङ, बुर्तिवाङ, बोवाङ मोटरबाटो हुँदै ढोरपाटन पुग्न सकिन्छ। रुकुम र म्याग्दीबाट ३ देखि ४ दिन हिँडेर पनि पुगिन्छ।

dhorpmap

]]>
4228 0 0 0
बीसहजारी तालको संरक्षण तथा व्यवस्थापनका लागि एक करोडको परियोजना http://localhost/ghum/%e0%a4%ac%e0%a5%80%e0%a4%b8%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%a4/ Wed, 07 Oct 2015 13:58:13 +0000 http://www.ghumphir.com.np/?p=4235 २० असोज, चितवन ।

विश्व रामसार सूचीमा सूचिकृत चितवनको बीसहजारी तालको संरक्षण तथा व्यवस्थापनका लागि रु एक करोडको परियोजना सञ्चालन भएको छ ।चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषकले बीसहजारी ताल संरक्षण तथा व्यवस्थापन परियोजना सञ्चालन गरेको हो । पर्यटन प्रवद्र्वन गर्दै स्थानीयवासीको आयआर्जनका विकास गर्ने र ताल तथा वरपरका क्षेत्र संरक्षण गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डा. चिरञ्जिवि पोखरेलले जानकारी दिए ।कार्यक्रम सञ्चालनपछि अहिले यहाँ आयआर्जनका लागि स्थानीयवासीलाई प्रशिक्षण, सीपमुलक तालिम दिइएको छ । यस्तै तालको पानी शुद्ध राख्ने काम, संरक्षण र व्यवस्थापन कार्य, बाँध तथा जैविक बार लगाउने कार्य गरिएको उनले बताए ।

जिल्लाको रत्ननगर र भरतपुर नगरपालिकाबीच कोरिडोर क्षेत्रमा रहेको विश्व रामसार सूचीमा सूचिकृत बीसहजारी ताल हो । नेपालमा नौवटा यस्ता क्षेत्रम सूचीमा रहेका छन् ।

बीसहजारीसँगै कपिलवस्तुको जगदीशपुर तालमा समेत उक्त परियोजना सञ्चालन भएको चितवन निकुञ्जले जनाएको छ । गएको वर्ष मात्रै ताल संरक्षण तथा व्यवस्थापन योजना यहाँ लागू भएको थियो । सोही योजना अनुसार पुल मर्मत, इनलेट र आउट लेट व्यवस्थापन, पैदलमार्ग तथा भ्यू टावरलगायतका काम गर्नुपर्ने योजनामा छ ।

तालको संरक्षण हुन नसक्दा पर्यटकीय सम्भावना बोकेको बीसहजारी ताल ओझेलमा पर्दैआएको छ । वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायिक वनभित्र रहेको ताल सफाइका लागि यसअघि करोडौंँको रकम खर्च गरिए पनि काम भने प्रभावकारी भएको छैन ।

तीन हजार २० हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई संरक्षण गर्ने हो भने बर्सेनि हजारौँको सङ्ख्यामा पर्यटक भित्रा्यउन सकिने स्थानीयवासी बताउछन् । यहाँ तालमा रहेका गोही, वरिपरीको सामुदायिक वन, गैँंडा, बाघलगायत विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गिीले पर्यटकको मन तान्ने गर्दछ ।ताल वरपर २६ प्रजातीका वन्जयन्तु, २७३ प्रजातीका चरा, २५ प्रजातीका माछा र १३१ प्रजातीका बोटबिरुवा छन् ।

]]>
4235 0 0 0
तातोपानी नाकाबाट ठूला सवारी सञ्चालन http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a0%e0%a5%82%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a4%b5/ Wed, 07 Oct 2015 14:02:34 +0000 http://www.ghumphir.com.np/?p=4237

चौतारा, २० असोज ।

भूकम्पपछि विभिन्न ठाउँमा झरेको पहिरोले अवरुद्ध बाह्रविसे–तातोपानी सडकखण्डमा आजदेखि ठूला गाडी सञ्चालन हुन थालेका छन् । सडक डिभिजन कार्यालय चरिकोटको प्रयासमा २६ किलोमिटर लामो सो खण्डमा गत शुक्रबारदेखि खुलाइएको ट्रयाकलाई सुधार गरी यात्रु बस तथा कन्टेनर भ्यानसमेत सहजरुपमा मितेरी पुलसम्म ल्याउन थालेको इन्जिनियर रामबहादुर गुरुङले जानकारी दिनुभयो । अहिले राजमार्ग मर्मतका लागि ब्रोकर, डोजर, स्काभेटर र लोडरसहित १० वटा मेसिनरी औजार प्रयोग भइरहेको र ठूलो ब्रेकर हेभी इक्यूपमेन्ट डिभिजनमा माग गरिएको उहाँले जानकारी दिनुभयो । सो सडकका लागि बजेटको अभाव भएकाले माथिल्लो निकायसम्म बजेट माग गरिएको डिभिजन इन्जिनियर रामहरि पोखरलले जानकारी दिनुभयो । सडक सञ्चालनमा आएसँगै भूकम्पका कारण विस्थापित भन्सार, अध्यागमनलगायतका कार्यालय सञ्चालनमा आएका छन् । अन्यत्र गएका स्थानीय जनता पनि फर्किसकेकाले चहलपहलमा वृद्धि हुन थालेको स्थानीय व्यापारी कामी शेर्पाले बताउनुभयो ।

]]>
4237 0 0 0
छेकम्पार नाका बाह्रै महिना खुलाउन चीन सहमत http://localhost/ghum/%e0%a4%9b%e0%a5%87%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%b0-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%8d%e0%a4%b0%e0%a5%88-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf/ Wed, 07 Oct 2015 14:12:17 +0000 http://www.ghumphir.com.np/?p=4239

प्रशन्न पोखरेल  गोरखा, २० असोज

दक्षिणी छिमेक भारतबाट नाकाबन्दी भई इन्धन र खाद्य सामग्रीको अभाव चुलिँदै गएको बेला अर्को छिमेक चीनले उत्तरी गोरखास्थित छेकम्पार नाका वर्षभर खुलाउने निर्णय गरेको छ । तिब्बतको परराष्ट्र कार्यालयले तिब्बत–छेकम्पार नाका बाह्रै महिना सञ्चालनमा ल्याउने निर्णय गर्दै नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ । छेकम्पारबाट नजिकका तिब्बती बजार स्या र जोङ हुन् । नोर्बुलिङ्का–१३ ल्हासा, तिब्बतका वाणिज्यदूत पुरुषोत्तम ढुङ्गेलले हस्ताक्षर गरी नेपालस्थित परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा पठाएको पत्रमा ‘चीनको तिब्बत स्वशासित क्षेत्रसँग सिमाना जोडिएको गोरखा जिल्लाको छेकम्पार नाका वषैँभरि खोल्न चीन सहमत भएको’ उल्लेख छ । यसअघि छेकम्पारस्थित नाका चीनले वर्षको एक पटक साउन महिनाभर मात्रै सञ्चालन गर्दै आएको थियो । गोरखाको बारपाक केन्द्रबिन्दू रहेर गत वैशाख १२ मा विनाशकारी भूकम्प गएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले पटक–पटक नाका खुलाउन प्रयास गरेको थियो । वर्षभर नाका खुल्ने निर्णयसहितको पत्र जिल्ला प्रशासन कार्यालयमा पनि आएको जानकारी दिँदै गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले यो कदमले उत्तरी गोरखाका स्थानीयवासीको जीवनयापन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । अहिले हिमालपारिका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दिवास गाविसका भूकम्प पीडितले उपभोग्य सामग्रीको ढुवानी गर्न हेलिकोप्टरको भर पर्नुपर्ने बाध्यता छ । ढुवानीमा असहज हुँदा उत्तरी भेगका अधिकांश गाउँमा नुन, तेल, खुर्सानीको अभाव कायमै रहेको सिर्दिवासका धनबहादुर गुरुङले बताउनुभयो । गोरखा सदरमुकामबाट छेकम्पार गाविस जोड्ने सडक छैन । तिब्बतदेखि छेकम्पार हुँदै गत वर्षदेखि सडकको ट्रयाक खोल्न सुरु गरिएपनि अहिलेसम्म करिब १० किलोमिटर मात्रै सडक खुलाइएको छ । सडक खन्न हेलिकप्टरमार्फत डोजर छेकम्पार पु¥याइएको थियो । अहिले इन्धन अभावले उक्त डोजर थन्किएको छ । सदरमुकामदेखि करिब १५० किलोमिटरको दूरीमा छेकम्पार गाविस पर्छ । छेकम्पार गाउँदेखि एक दिनको दूरीमा तिब्बत नाका रहेको स्थानीयवासी निमा लामाले जानकारी दिनुभयो । छेकम्पार, चुम्चेत गाउँका स्थानीय व्यापारी नाकास्थित बजारबाट दैनिक उपभोग्य सामग्री खरिद गरी ल्याउँछन् । लामाका अनुसार नुन, चिनी, चाउचाउ, पेय पदार्थ, कपडालगायतका सामग्री तिब्बतबाट ल्याइन्छ । चीन सरकारले हिउँ जमेर हिड्न नसक्ने बेलाबाहेक अन्य समयमा बाहै महिना नाका खुलाउने निर्णय गरेकामा स्थानीयवासी खुसी भएका छन् । गोरखाको अर्को सामागाउँ–तिब्बत नाका भने साउनमा मात्रै खुल्दै आएको छ । उक्त नाकालाई पनि बाह्रै महिना सञ्चालनमा ल्याउनेबारे पहल गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

]]>
4239 0 0 0
स्याउ निर्यातबाट रु सवा दश करोड आम्दानी http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b0%e0%a5%81-%e0%a4%b8%e0%a4%b5%e0%a4%be-%e0%a4%a6/ Wed, 07 Oct 2015 14:20:34 +0000 http://www.ghumphir.com.np/?p=4241

जुम्ला, २० असोज ।

जुम्लाले चालु आर्थिक वर्षमा स्याउ निर्यातबाट झन्डै रु सवा १० करोड रुपैयाँ आम्दानी गरेको छ । कूल २९ सय हेक्टर जमीनमध्य ७५० हेक्टरमा उत्पादित चार हजार १२५ मेट्रिकटन स्याउमा दुई हजार नौ सय मेट्रिकटन निर्यात गरिएको थियो । जसबाट जुम्लाले रु १० करोड १५ लाख आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विष्णुबहादुर महतले जानकारी दिनुभयो । गत वर्ष पाँच हजार पाँच सय मेट्रिकटन स्याउ उत्पादन गरेको जुम्लाले यस वर्ष भने करिव १८ प्रतिशत घाटा खानुपरेको छ । गएको जेठमा परेको असिनापानीले फल झारेका कारण स्याउ उत्पादनमा कमी आएको वरिष्ठ कृषि विकास अधिकृत महतको भनाइ छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको आव २०६९÷७० देखि २०७२÷७३ सम्मको स्याउ उत्पादन तथा निर्यातको अभिलेखअनुसार स्याउ उत्पादकत्व दर २०७१÷७२ मा ७ दशमलव ८ रहेकोमा अहिले ५ दशमलव ५ मा खुम्चिनु परेको अवस्था छ । कार्यालयका अनुसार प्रतिकिलो रु तीन हजार ५०० का दरले किसानले बिक्री गरेको स्याउबाट असोज महिनासम्म जुम्लाले रु १० करोड १५ लाख अन्तर जिल्लाबाट आम्दानी गरेका छ । कूल उत्पादित स्याउको आँकडाअनुसार रु १४ करोड ४३ लाख ७५ हजार जुम्लाले आम्दानी गर्ने देखिन्छ । गतवर्ष जुम्ली किसानको घरबाट प्रतिकिलो स्याउको रु ३० बजार भाउ थियो । जसबाट रु १२ करोड ३० लाख आम्दानी भएको थियो । त्यसवर्ष सबैक्षेत्रको स्याउ कारोबारबाट झण्डै रु १७ करोड आम्दानी गरेको थियो ।

]]>
4241 0 0 0
संस्कृतिको जगेर्ना गर्न ‘लाखे महोत्सव’ http://localhost/ghum/%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%97%e0%a5%87%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8/ Wed, 07 Oct 2015 14:31:20 +0000 http://www.ghumphir.com.np/?p=4243

काठमाडौँ, २० असोज ।

प्राचीन संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले टोखामा आज ‘लाखे महोत्सव’ गरिएको छ । इन्द्रायणी दापा खलःले स्थानीय थनेलाछी टोलमा आयोजना गरेको महोत्सवमा नेवार समुदायका वेषभूषामा विभिन्न किसिमका लाखे नाच भएको थियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले महोत्सवको उद्घाटन गर्दै विभिन्न जातजाति तथा समुदायका जात्रा, पर्व महोत्सवले नै नेपालको गौरव अन्तर्राष्ट्रियस्तरमा विशिष्ट बनाएकाले तीनको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपासुर शेर्पाले लाखे नाच नेपाली जनजीवनको महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा विकास भएको बताउनुभयो । इन्द्रायणी दापा खलःका संस्थापक अध्यक्ष मणिराज डङ्गोलका अनुसार नयाँ पुस्तालाई मौलिक संस्कृतिको जगेर्ना गर्न र त्यसतर्फ चेतना जगाउन महोत्सव गरिएको हो ।

]]>
4243 0 0 0
‘लाखे महोत्सव’ http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5/ Wed, 07 Oct 2015 14:49:23 +0000 http://www.ghumphir.com.np/?p=4245 4245 0 0 0 सुकिलुम्वा विमानस्थलका लागि बजेट अभाव http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%b5%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%b2/ Thu, 08 Oct 2015 04:12:37 +0000 http://www.ghumphir.com.np/?p=4249

इलाम, २१ असोज ।

इलाम नगरपालिका–गोलाखर्कमा निर्माणाधीन फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलका लागि बजेट अभाव भएको छ । कच्ची धावनमार्ग बनिसकेको विमानस्थल सञ्चालनमा ल्याउन रु १३ करोड आवश्यक पर्नेमा सरकारले गत आवमा रु तीन करोड मात्रै छुट्याएको थियो । यो पटक कति बजेट विनियोजन भएको छ भन्नेमा निर्माणको जिम्मा पाएको नागरिक उड्डयन प्राधिकरणलाई नै थाहा छैन । जिल्लामा विमानस्थल नहुँदा इलामवासी चन्द्रगढी, विराटनगर र भारतसम्म पुगेर हवाई यात्रा गर्न बाध्य भएका छन् । बाँकी काम सम्पन्न गर्नका लागि पर्याप्त रकम माग गरिए पनि सरकारले थोरै मात्र बजेट विनियोजन गरेको छ, तर ठ्याक्कै बजेट कति हो भन्ने थाहा नभएको विमानस्थल आयोजना प्रमुख पशुपति राजवंशीले भन्नुभयो । विमानस्थल सञ्चालनमा ल्याउन मागेको जति रकम नपाइएपछि विमानस्थल चाँडै निर्माण सम्पन्न गर्न चुनौती थपिएको उहाँले बताउनुभयो । गतवर्ष विनियोजन भएको रु तीन करोड अघिल्लो वर्षको भुक्तानी दिँदैमा आधाभन्दा धेरै सकिएको थियो भने थोरै मात्र उभ्रिएकाले ठोस काम हुन नसकेको फाल्गुनन्द–सुकिलुम्वा विमानस्थल आयोजनाले जनाएको छ । विमानस्थलको ६० मिटर चौडा र ७६० मिटर लम्बाइ भएको कच्ची धावनमार्ग निर्माण पूरा भएको थियो । रु सात करोड खर्चेर विमानस्थलमा धावनमार्गसहित ग्याविन वाल र कल्भर्टसमेत निर्माण भइसकेको छ । विमानस्थल सञ्चालनमा ल्याउन टर्मिनल टावरको भवन निर्माण र धावनमार्ग कालोपत्रे गर्ने काम प्रमुख र खर्चिलो रहेको प्राधिकरणले जनाएको छ ।

]]>
4249 0 0 0
आरक्षमा पर्यटकलाई दुई ठाउँबाट प्रवेश अनुमति http://localhost/ghum/%e0%a4%86%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%a0%e0%a4%be/ Thu, 08 Oct 2015 04:15:14 +0000 http://www.ghumphir.com.np/?p=4251

कञ्चनपुर, २१ असोज ।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुई ठाउँबाट पर्यटकलाई प्रवेश अनुमति उपलब्ध गराउने व्यवस्था गरेको छ । आरक्षको मझगाउँ कार्यालयबाट मात्रै प्रवेश अनुमति दिइँदै आएकामा पिपरैया क्षेत्रबाट समेत पर्यटकलाई प्रवेश अनुमति दिने व्यवस्था गरिएको छ । “पर्यटकलाई आरक्ष घुम्न सुविधा पु¥याउने उद्देश्यले दुई ठाउँमा प्रवेश अनुमतिका लागि व्यवस्था मिलाएका हौँ” – आरक्षका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले भन्नुभयो । महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुल हेर्न आएका पर्यटकलाई आरक्षमा छिर्न यस कार्यले सहज हुने उहाँले बताउनुभयो । आरक्ष प्रवेशका लागि कार्यालयले नेपाली नागरिकबाट रु ५०, सार्क राष्ट्रका नागरिकलाई रु ५०० र तेस्रो मुलुकका पर्यटकका लागि रु एक हजार शुल्क निर्धारण गरेको छ ।

]]>
4251 0 0 0
चाडबाडमा ठूला सार्वजनिक साधनलाई इन्धन उपलब्ध गराइने http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%a1%e0%a4%ac%e0%a4%be%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%a0%e0%a5%82%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%9c%e0%a4%a8%e0%a4%bf%e0%a4%95/ Thu, 08 Oct 2015 04:19:53 +0000 http://www.ghumphir.com.np/?p=4253

हरि लामिछाने काठमाडौँ, २१ असोज ।

नेपाल आयल निगमले हिन्दू धर्मावलम्बीको महान् पर्व बडादसैँ तथा नेपाल संवत्, दीपावली, छठलगायतका पर्वका अवसरमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि ठूला सार्वजनिक सवारीसाधनलाई आवश्यक इन्धन उपलब्ध गराउने भएको छ । तराईका विभिन्न क्षेत्रमा भएको आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा कमी भएपछि निगमसँग रहेको मौज्दातको अधिकतम उपयोग गरी इन्धन उपलब्ध गराउने तयारी गरिएको हो । निगमले केही सातादेखि निगमसँग भएको मौज्दातलाई समुचित प्रयोग गर्न आम उपभोक्तालाई आग्रहसमेत गर्दै आएको छ । निगमले आन्तरिक उडानलाई पनि निरन्तरता दिने गरी हवाई इन्धन उपलब्ध गराउन अधिकतम पहल गरेको छ । भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा चर्को इन्धनको अभाव हुँदै आएको छ । निगमले उपत्यकाका विभिन्न बिक्री डिपोबाट ३० हजार लिटर पेट्रोल र एक लाख ६६ हजार डिजेल आज उपलब्ध गराएको छ । निगमसँग मौज्दातलाई अधिकतम सदुपयोग गर्ने नीतिअनुसार व्यवस्थापन गरिएको आयल निमगका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राससलाई जानकारी दिनुभयो ।

bus

उहाँले नेपालबाट पठाइएका ट्याङ्करले इन्धन भर्न नसकेको उल्लेख गर्दै राजनीतिक तहमा कुरा नमिलेसम्म सहज नहुने बताउनुभयो । निर्देशक खड्काले वैकल्पिक उपाय अवलम्बन गर्न निगमले गृहकार्य सुरु गरिसकेको उल्लेख गर्नु भयो ।निगमका प्रवक्ता दीपक बरालका अनुसार केही दिन अगाडि नेपालबाट गएका केही ट्याङ्करले मात्र इन्धन भर्न पाए पनि त्यो क्रम क्रमशः कम हुँदै गएको छ । नेपालले इन्धन भर्ने मुख्य डिपो बरौनी, रक्सौल र सिलगुडीमा एउटा पनि ट्याङ्करलाई आज इन्धन भर्न दिइएन् । अन्य स्थानबाट आज मात्र १५ ट्याङ्करले इन्धन पाएका छन् भने ग्यासका कुनै पनि बुलेट भरिएन । निगमले अत्यावश्यक भएका क्षेत्रमा मात्रै पेट्रोलियम पदार्थको उपलब्ध गराउने र सार्वजनिक सवारीसाधन तथा पर्यटन सेवामा सञ्चालित सवारीसाधनलाई, जोरबिजोर नम्बरलाई माइक्रोबसलाई १५ लिटर, मिनीबसलाई २० लिटर र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराएको निर्णय गरिसकेको छ । निगमले अति आवश्यक वस्तु ढुवानीमा संलग्न पिकअप, डेलिभरी भ्यानलगायतलाई जोरबिजोर नम्बरलाई जोरबिजोर गर्नेअनुसार १० लिटरका दरले उपलब्ध गराउँदै आएको छ । त्यसैगरी अति आवश्यक सेवा जस्तै दमकल, एम्बुलेन्सलाई १० लिटरका दरले पेट्रोलियम पदार्थ उपलब्ध गराइएको छ । ट्याक्सीलाई प्रतिसाता १० लिटरका दरले आइतबार र सोमबार मात्र जोरनम्बरकालाई जोर दिन र बिजोर नम्बरकालाई बिजोर गते परेको दिन पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ । त्यस्तै अति आवश्यक सेवामा प्रयोग हुने जेनेरेटर सञ्चालनार्थ सीमित परिणाम प्रहरी कल्याण कोष पम्प नक्साल र शक्ति देवी पेट्रोल सेन्टर, लगनखेलबाट उपलब्ध गराएको छ । निजी सवारी साधन तथा टिपर, ट्रक मिनीट्रक र निर्माण सेवासँग संलग्नलाई पेट्रोलियम पदार्थ उपलब्ध गराएको छैन । लामो लाइन लाग्दासमेत पेट्रोलियम पदार्थ पाउनसक्ने अवस्था छैन । जसका कारण पेट्रोलपम्प अगाडि लामो लाइन लाग्ने गरेको छ । आयात नै नभए पनि निगमसँग मौज्दात रहेको पेट्रोलियम पदार्थ वितरणमा विभिन्न उपाय अवलम्बन गर्नुपर्ने बाध्यता छ । पेट्रोलियम पदार्थको अभावमा नागरिकको दैनिक जीवन प्रभावित भएको छ । उद्योगधन्दा, अस्पताल, विद्यालय प्रभावित भएका छन् । सरकारले वैकल्पिक व्यवस्था गर्ने बताए पनि हालसम्म सार्थक निर्णय भने हुन सकेको छैन । निगमले सामान्यरुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन चार हजारदेखि चार हजार ५०० किलोलिटर आयात हुनुपर्छ । अस्पताल, नर्सिङ होम, बैंक तथा वित्तीय संस्थालगायत अत्यावश्यक क्षेत्रमा चौबीसैँ घन्टा विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणलाई सरकारले निर्देशन दिइसकेको छ ।

]]>
4253 0 0 0
रिसोर्टमा दाउराको प्रयोग हुन थाल्यो http://localhost/ghum/%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%be%e0%a4%89%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%af%e0%a5%8b%e0%a4%97/ Thu, 08 Oct 2015 04:27:16 +0000 http://www.ghumphir.com.np/?p=4255

बनेपा, २१ असोज ।

इन्धन अभाव भएपछि धुलिखेलका रिसोर्टले खाना बनाउन दाउराको प्रयोग गर्न थालेका छन् । “ग्यासको अभाव भएपछि केही दिनयतादेखि दाउरा नै प्रयोग गर्न थालेका छौँ”–धुलिखेल लज रिसोर्टका सञ्चालक प्रेमकण्ठ श्रेष्ठले भन्नुभयो । उहाँले अहिले ‘कन्टीनेन्टल’ खाना बनाउन बन्द गरिएको जानकारी दिँदै मेनु परिवर्तन भएको बताउनुभयो । मैले त खानाका लागि दाउराको प्रबन्ध गरेको छु त्यसैले खानाका लागि नै समस्या नहोला सञ्चालक श्रेष्ठले भन्नुभयो । “अतिथिलाई दाउरा बालेर भएपनि खाना खुवाइन्छ, तर पहिलेकै अवस्थामा पर्याप्त मात्रामा खाना उपलब्ध हुँदैन”–क्षेत्रीय होटेल एसोसियसनका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो । इन्धन अभाव भएपछि बेलुका केही समय अन्धकारमा बस्नुपरेको जानकारी दिँदै उहाँले रिसोर्टमा अतिथिको चाप भने नघटेको जिकिर गर्नुभयो । अहिले पनि अष्ट्रेलिया, चीनलागयत मुलुकका पाहुना रिसोर्टमा भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले इन्धन अभावका कारण उद्योग धन्दा चौपट हुने स्थितिमा पुगेको बताउनुभयो । धुलिखेलमा साना तथा ठूला गरी करिब २२ रिसोर्ट तथा होटेल सञ्चालित छन् । त्यसैगरी धुलिखेल, बनेपा, पनौतीलगायत क्षेत्रमा पनि सर्वसाधरणले ग्यास नपाएपछि वैकल्पिक रुपमा दाउराको प्रयोग गर्न थालेका छन् ।

]]>
4255 0 0 0
इन्धन अभावले धमाधम विद्यालय बन्द हँुदै http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%b2%e0%a5%87-%e0%a4%a7%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a4%ae-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af/ Thu, 08 Oct 2015 04:30:30 +0000 http://www.ghumphir.com.np/?p=4258

भक्तपुर, २१ असोज  ।

इन्धनको चरम अभाव भएपछि भक्तपुरमा सञ्चालित विद्यालय धमाधम बन्द हुन थालेका छन् । इन्धन अभाव भएपछि केही विद्यालय एक÷दुई दिन अघि नै बन्द भएका थिए भने परीक्षा नसकिएका विद्यालयले भने परीक्षा सकिएलगत्तै बन्द गर्ने भएका छन् । प्याब्सन भक्तपुरले इन्धन अभावको विषयमा बैठक राखेर जिल्ला प्रशासन कार्यालयसँग विद्यालयलाई इन्धन उपलब्ध गराइदिन आग्रह गरेपनि इन्धन नपाएपछि विद्यालय बन्द गर्ने निर्णयमा पुगेको हो । प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापाले इन्धन अभाव भएपछि विद्यार्थीलाई विद्यालयसम्म ल्याउने लैजाने व्यवस्था गर्न नसक्दा विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय सञ्चालन गर्दा पनि बसमा आउने विद्यार्थी आउन नसक्ने भएपछि ४० प्रतिशत विद्यार्थीलाई मात्रै पढाउने कुरा हँुदैन, त्यसैले परीक्षा सकिएलगत्तै विद्यालय बन्द गर्छौँ ।” भक्तपुर जिल्ला प्याब्सनका अध्यक्ष राजकुमार महर्जनले चाहेर पनि विद्यालय सञ्चालन गर्न नसक्ने अबस्थामा पुगेको बताउनुभयो । “एकातिर भूकम्पका कारण एक महिना पढाइ रोकियो, अहिले इन्धनको अभावले फेरि विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगियो, यसवर्षको शैक्षिक पात्रो नै बिग्रिने भयो”–उहाँले भन्नुभयो । विद्यालय बन्द गर्न कै लागि कतिपय विद्यालयले परीक्षासमेत छिटो सञ्चालन गरेका छन् भने केही विद्यालयले एकै दिन दुईवटा विषयको परीक्षा सञ्चालन गरेका छन् । इन्धन अभाव नभएको भए यसवर्ष फूलपातीको अघिल्लो दिनसम्म पढाइ सञ्चालन गर्ने र दसैँमा समेत धेरै दिन बिदा नदिने योजना रहेपनि पढाइ सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको विद्यालय सञ्चालकहरु बताउँछन् । प्याब्सन अध्यक्ष महर्जनले इन्धन अभावले सिङ्गो शैक्षिक संस्थामा जटिल समस्या आएको बताउनुभयो ।

]]>
4258 0 0 0
दैनिक ३० करोड घाटा http://localhost/ghum/%e0%a4%a6%e0%a5%88%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a5%a9%e0%a5%a6-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%98%e0%a4%be%e0%a4%9f%e0%a4%be/ Thu, 08 Oct 2015 04:38:37 +0000 http://www.ghumphir.com.np/?p=4261 वीरगन्ज,२१ असोज
वीरगन्जस्थि देशको प्रमुख आर्थिक तथा ब्यपारिक नाका पुर्ण रुपमा ठप्प भएको २ हप्ता पुगेको छ। भारतसंग जोडिने सिमामा आन्दोलनकारी मधेशी मोर्चाको धर्नाले नाका ठप्प हुँदा वीरगन्ज भन्सार कार्यालय र यहाँबाट उठ्ने दैनिक २५ देखि ३० करोड रुपैयासम्मको राजश्व संकलन पनि २ हप्तादेखि रोकिएको छ।
भन्सार बिभागले तोकेको कुल भन्सार राजश्व लक्ष्यको ५० प्रतिशतभन्दा बढी असुलीको जिम्मा पाएको र ब्यपारी तथा भन्सार एजेन्टहरुबाट भरीभराउ रह्ने वीरगन्ज भन्सार सुनसान बनेको छ। 'यस नाकाबाट नेपाललाई चाहिने ए टु जेड समान आउने गरेको छ,' भन्सार एजेन्ट मुतुर्जा अहमदले भने, 'अहिले पुर्ण रुपमा ठप्प छ।' सिमामा जारी धर्नालाई कारण देखाउदै भारतीय पक्षले निर्यात प्रकृया बन्द गरेका थिए। यस नाकाबाट पेट्रोलियम इन्धन, खाद्यान्न, औद्योगिक कच्चा पदार्थ, लता कपडा, सवारीसाधन, दैनिक उपभोग्य सामग्री, औषधी, बिद्युतीय उपकरण लगायत कुरा मुख्य रुपमा आयात हुने गरेको छ। दशैं तिहारजस्ता मुख्य पर्वलाई लक्षित गरी नेपाली ब्यपारीहरुले आयात गरेका मालसामान भारतीय सीमा क्षेत्रमैं रोकिएका छन्। पेट्रोलियम पदार्थ बोकेको ट्यांकर र ग्यास बोकेका बुलेट पनि सिमा पारी नै रोकिएका छन्। वीरगन्जस्थित नेपाल आयल निगमको क्ष्ँेत्रीय कार्यालयका अनुसार रक्सौलमा २ सय ५३ ग्यास बुलेट र ७० ट्यांकर पेट्रोलियम पदार्थ बोकेका गाडी नेपाल भित्रिन लामबद्ध छन्। 'धर्ना सुरु भएदेखि स्थिती यथावत छ, केही काम हुन पाएको छैन्,' वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत मित्रलाल रेग्मीले भने, 'आज (बुधबार) झन नारा जुलुस र बाजागाजाँ सहित प्रदर्शनकारीहरु नाकामा पुगेका छन्।'
]]>
4261 0 0 0
अल्ट्रा सम्पर्क विहिन http://localhost/ghum/%e0%a4%85%e0%a4%b2%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%b9%e0%a4%bf%e0%a4%a8/ Thu, 08 Oct 2015 07:45:12 +0000 http://www.ghumphir.com.np/?p=4264 पोखरा २१ असोज । पर्यटकीय नगर पोखरमा पर्यटक लिएर उडेको अल्टालाईट सम्पर्क बिहिन भएको छ । पोखरा विमानस्थल बाट विहान १०ः३० उडेको अल्ट्रालाईट विमान सम्पर्क विहिन भएको हो । पोखरा अल्टालाईट कम्पनी प्रालीद्धारा संचालीत हो । हराएको अल्टा खोजी कार्यका लागी नेपाल प्रहीले दुर्घटना हुने सक्ने सम्भावीत क्षेत्रमा हेलीकप्टर सहित गस्ती गरिरहेको कास्की प्रहरीले जनाएकाृे छ । रसियन पाईलट भ्यालोरि ब्रुटिन र साउथ अफ्रिकाकी ४० बर्षका एलिजाबेथ वेल रहेको विमानस्थल ले जानकारी दिएको छ ।

]]>
4264 0 0 0
रसुवागढी नाका सञ्चालनमा ल्याउने तयारी http://localhost/ghum/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8%e0%a4%ae%e0%a4%be/ Thu, 08 Oct 2015 08:03:53 +0000 http://www.ghumphir.com.np/?p=4266

धुन्चे (रसुवा), २१ असोज ।

नेपाल–चीनबीचको रसुवागढी नाका यही असोज २८ गतेसम्ममा सञ्चालनमा ल्याउने तयारी चिनियाँ पक्षले गरिरहेको छ ।नाका सञ्चालनका बारेमा बुधवार साँझ रसुवागढी भन्सार प्रमुख केदारप्रसाद पनेरु र जिल्ला प्रहरी प्रमुख अवदेश विष्ट तथा चिनियाँपक्षसित भएको वार्तामा चिनियाँपक्षले सो जानकारी दिएको भन्सार प्रमुख पनेरुले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार चिनियाँ पक्षले नेपालमा गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको रसुवागढी–केरुङबीचको सडक निर्माण मर्मत कार्य यही २६ गतेसम्म सम्पन्न गर्ने र यही २८ गतेदेखि नाका सञ्चालन गर्ने तयारी गरिरहेको छ । प्रमुख पनेरुले नाका सञ्चालनका लागि नेपाली पक्षको पनि तयारी पुरा भएको जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७१ ÷७२ को बैशाखसम्ममा करिव ३० करोड बराबरको राजश्व सङ्कलन सो नाकाबाट भएको थियो ।

]]>
4266 0 0 0
बसपार्क सुनसान : गाडि थन्किए http://localhost/ghum/%e0%a4%ac%e0%a4%b8%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%be%e0%a4%a8-%e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a4%bf-%e0%a4%a5%e0%a4%a8%e0%a5%8d%e0%a4%95/ Thu, 08 Oct 2015 08:08:51 +0000 http://www.ghumphir.com.np/?p=4268

बागलुङ, २१ असोज ।

चाडवाडमा घर फर्कनेको भीडले भरिभराउ हुने बागलुङ बसपार्कमा अहिले तेल नभएका गाडि थन्किएर बसेका छन् । ग्रामीण भेगमा जाने यात्रुको चाप हुने बेला बागलुङ जिप पार्कको अवस्था उस्तै छ । यात्रुहरु समयमा गन्तव्यमा पुग्न नपाउँदा अलपत्र छन् । दैनिक ३५ वटा जिप पोखरा जाने सो पार्कबाट बल्लतल्ल ८÷१० वटा मात्र जिप चल्ने गरेका छन् । जिप काउण्टरका कर्मचारी दुर्गा बोहोराका अनुसार एक÷दुई दिन यस्तै अवस्था रहे ग्रामीण भेगमा सबै यातायात सेवा बन्द हुने अवस्था छ । जिल्लाका मुख्य व्यापारिक केन्द्र गलकोट, बुर्तिवाङ, कुश्मिसेरालगायत अन्य क्षेत्रमा चल्ने यातायात पनि नराम्रोसँग प्रभावित बनेको छ । तेल अभावले जिल्ला भरको यातायात सेवा प्रभावित भएको धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । “तेल भएका गाडी एकादुई चलेका छन्, बाहिरबाट आउने गाडी पनि धेरै कम छन्”–अध्यक्ष खड्काले भन्नुभयो, “कुनै पनि गाडी आफ्नो समय र ‘रुट’ मा चल्ने अवस्था छैन, अस्तव्यस्त छ ।” सार्वजनिक यातायात सेवानै ठप्प हुने अवस्था आएपछि व्यवसायीहरु पनि चिन्तित छन् । जिप व्यवसायी ओमबहादुर रानाले तेल नभएपछि गाडी थन्काएको हप्तादिन बढी भइसकेको छ । उहाँले गाउँघरमा पसलमा अत्यावश्यकीय सामानसमेत अभाव हुन थालेको बताउनुभयो । जिप र बस समितिले भाडामा मनपरि हुन नदिन निगरानी बढाएको जनाएका छन् । कतिपय ठाउँमा व्यवसायीले चर्को मूल्य लिएर यात्रु बोकेको गुनासो आएपछि समितिले कडाइ गरेका हुन् ।

]]>
4268 0 0 0
अन्तर्राष्ट्रिय गरगहना प्रदर्शनी मङ्सिरमा http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%97%e0%a4%b0%e0%a4%97%e0%a4%b9%e0%a4%a8%e0%a4%be-%e0%a4%aa/ Thu, 08 Oct 2015 15:46:29 +0000 http://www.ghumphir.com.np/?p=4273

काठमाडौँ, २१ असोज ।

नेपाल हस्तकला महासङ्घले आगामी मङ्सिर १० देखि १४ गतेसम्म १३औँ हस्तकला व्यापार मेला तथा नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स–पो गर्ने भएको छ । स्थानीय भृकुटीमण्डपमा हुने सो मेलामा हस्तकलाका २०० तथा रत्न तथा आभूषणका १०० बिक्री कक्ष राखिने छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मेलाका संयोजक किरणकुमार डङ्गोलले हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । व्यापार निर्यात तथा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले हस्तकला उद्योगबाट उत्पादित सामानले नेपाली कला तथा संस्कृतिको प्रवद्र्धन गरी व्यापार घाटा न्यून गर्न सहयोग पु¥याउने बताउनुभयो । नेपाल सुन चाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जन, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यलगायतले नेपाली कला र मौलिकतामा बनेका गरगहना तथा सुनचाँदीबाट बन्ने सामग्रीको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको अवस्थामा सो मेलाले ती सामग्रीको प्रचार गर्न उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

]]>
4273 0 0 0
आमाको माया http://localhost/ghum/%e0%a4%86%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%af%e0%a4%be-2/ Thu, 08 Oct 2015 16:21:05 +0000 http://www.ghumphir.com.np/?p=4276 4276 0 0 0 सबै भन्दा ठुलो http://localhost/ghum/%e0%a4%b8%e0%a4%ac%e0%a5%88-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a0%e0%a5%81%e0%a4%b2%e0%a5%8b/ Thu, 08 Oct 2015 16:24:49 +0000 http://www.ghumphir.com.np/?p=4279 4279 0 0 0 सबैभन्दा गहिरो ताल http://localhost/ghum/%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%97%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b-%e0%a4%a4%e0%a4%be%e0%a4%b2/ Thu, 08 Oct 2015 16:29:47 +0000 http://www.ghumphir.com.np/?p=4282 4282 0 0 0 टान निर्वाचनका लागि सागर पाण्डे र चन्द्र रिजाल भिड्ने http://localhost/ghum/%e0%a4%9f%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%9a%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b8%e0%a4%be%e0%a4%97%e0%a4%b0/ Fri, 09 Oct 2015 02:03:53 +0000 http://www.ghumphir.com.np/?p=4284 काठमाडौँ, २२ असोज ।
पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान) निर्वाचनका लागि सागर पाण्डे र चन्द्र रिजाल भिड्ने भएका छन्।
पाण्डेलाई नेपाली कांग्रेस निकट राष्ट्रिय पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन व्यवसायी मन्चको सहयोग रहेको छ भने रिजाललाई नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र एकिकृत पर्यटन व्यवसायी संगठनकाे सहयोग रहेको छ।
पाण्डे र रिजालले छुट्टा छुट्टै स्थानमा पत्रकार सम्मेलन गरेर आफ्नो कार्यसमितिको नामावली सार्वजनिक गरिसकेका छन्।
पाण्डेका तर्फबाट बरिष्ठ उपाध्यक्षमा निमा शेर्पा, प्रथम उपाध्यक्ष विद्या हिराचन, द्धितीय उपाध्यक्ष ऋषिप्रसाद नेपाल, महासचिव पासाङ शेर्पा, सचिवमा छेटुप तामाङ, कोषाध्यक्ष लिलाबल्लभ दाहाल र सहकोषाध्यक्ष शंकर पाण्डे रहेका छन्।
कार्यसमिति सदस्यका लागि भने हिमाल घले, नकुल देवकोटा, अर्जुन पाण्डे, पेम्बा शेर्पा, रवि भट्ट, शिवहरी सापकोटा, तारा राना, राजनप्रसाद ढुंगाना र महेश बुढा रहेका छन्। त्यस्तै रिजाललको समुहमा वरिष्ट उपाध्यक्षमा तासी लाक्पा शेर्पा, प्रथम उपाध्यक्षमा तेजबहादुुर गुरुङ, द्धितीय उपाध्यक्षमा रामप्रसाद सापकोटा, महासचिवमा कर्णबहादुुर लामा, सचिवमा मुक्ति पाण्डे, कोषाध्यक्षमा सोनाम ग्याल्जेङ शेर्पा, सहकोषाध्यक्षमा कृष्णमान श्रेष्ठ त्यस्तै सदस्यहरुमा क्रमशः रुद्रजंघ अधिकार (सम्भु), तारानाथ लामिछाने (दिनेश), सूर्यबहादुर घिमिरे, देवी पाण्डे, डमरबहादुर अधिकारी, बासुदेव लम्साल, वाङ्छु शेर्पा, सरिता लामा र दावा डिमा शेर्पा रहेका छन्।
सागर पाण्डेः
२०२८ सालमा काठमान्डौंमा जन्मिएका सागर पाण्डेको वाल्यकाल भने गोर्खामा भएको थियो। बुबाको जागिरको सिलसिलामा गोर्खा पुगेका पाण्डेले गोर्खाको सदरमुकामबाटै प्रवेशिका परिक्षा दिएका थिए।
प्रवेशिका परिक्षामा ७१ प्रतिशत ल्याएका पाण्डेले अस्कलबाट आएसी र त्रिचन्द्रबाट विएस्सी सकाएका हुन्। २०४९ सालमा पर्यटन क्षेत्रमा प्रवेश गरेका पाण्डे सन् १९९८ देखि अनवरत रुपमा पर्यटन क्षेत्र तथा संघ सस्थामा कार्यरत रहेका छन्।
एडभेन्चर एण्ड ट्राभल क्षेत्रबाट पर्यटन क्षेत्रमा लागेका पाण्डे त्यसपछिका दिनमा हस्पिटालीटि होटल व्यवसायमा सक्रिय हुँदै आएका छन्।
उमेद्वारी यसकारणः
टानमा आफ्नो उम्मेदवारीका तीनवटा कारण रहेका उनले बनाए। पहिलो कारण विगत लामो समयदेखि पर्यटनको क्षेत्रमा लामो अनुभव तथा पुर्‍याएको योगदान र अझै यो क्षेत्रमा केही गरौँ भन्ने।
दोस्रो आफुले जुन कम्पनी को नेतृत्व गरेको होऽ त्यो सार्कराष्ट्रमा अनुकरणीय हुनुका साथै होटल व्यवसाय लगायत र माउण्टेनियरिङमा पनि टप १० मा पर्ने हुनाले।
त्यस्तै, बिभिन्न क्षेत्रमा बिभिन्न तहमा बसेर संघ सस्थाहरुको नेतृत्व गर्नुका साथै होटल व्यवसायमा पनि राम्रै प्रभाव पारेकाले अन्य व्यवसायीहरु माझ आफ्नो राम्रो छवि भएका कारण पनि अाफुले उमेद्वारी दिएको बताए।
अहिले देशको पर्यटन क्षेत्र निकै नाजुक अवस्थामा रहेको र यस्तो अवस्थामा कुशल नेतृत्वको आवश्यकता तथा वर्तमान टानको कार्यसमितिको पनि अनुभव भएका कारण उमेद्वारी दिन उपयुक्त ठानेको उनले बताए।
चन्द्र रिजालः
धादिङ खाल्टे ३ मा जन्मिएका चन्द्र रिजालको विद्यालय सम्मको अध्ययन पनि धादिङका विभिन्न तीन विद्यालयमा गर्दै २०४० मा भैरवी माविबाट प्रवेशिका परिक्षा पास गरेका हुन्। सरस्वती, त्रिचन्द्र हुँदै त्रिभुवन विश्व विद्यालयबाट सन् २००० मा एमविए गरेका रिजाल त्रिचन्द्रमा नै समाजशास्त्र स्नातोकोत्तर गर्दै हुनुहुन्छ। सन् १९९८ बाट पर्यटन व्यवसाय सुरुगरेका रिजाल होटल डिप्लोम्याट ठमेलको ज्याठामा संचालन गरी यो क्षेत्रमा प्रवेश गरेका हुन्। सोहि समयदेखि विशेषगरी होटल व्यवसाय गरेका रिजाल हाल आएर ट्राभल, ट्रेकिङ र होटल व्यवसायमा सक्रिय रहेका छन्।
उमेद्वारी यसकारणः
पदयात्राका सुरुवाती समय देखि नै पुराना व्यवसायीहरुसँग आफ्नो राम्रो संबन्ध रहनुका साथै अहिलेका व्यवसायीहरुसंग पनि राम्रो सम्बन्ध भएको र लामो समय काम गरेको हुनाले उनीहरुले आफुले राम्रो कामगर्न सक्ने विश्वास गरेका कारण अाफुले उमेद्वारी दिएको रिजाल बताउँछन्।
आफुलाई व्यवसायीहरुले मिलनसार अरुको भावना अनुसार कामगर्न सक्ने हुनाले आफ्नो उम्मेदवारी दिन आग्रह गरेपछि उमेद्वारी दिने सोच भएको उनले बताए। बिभिन्न संघ स‌ंस्थामा रहँदापनि आफुले पुरानाहरुसँग राम्रो काम गरेकाले र विशेषगरी पर्यटन व्यवसायीहरुसँग लामो राम्रो सम्बन्ध भएकै कारण आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन्।
व्यवसायी तथा राजनैतिक आस्थाकाका साथीहरुले पनि आफुले सहयोग गर्ने बचन दिएपछि उनमा झन् आत्मविश्वास थपिएकाे र देशको पर्यटन क्षेत्र नाजुक भएका समयमा सबैबाट आग्रह भएपछि अाफुले उमेद्वारी दिएको उनले बताए।
]]>
4284 0 0 0
अजिङ्गरको छालासहित पक्राउ http://localhost/ghum/%e0%a4%85%e0%a4%9c%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%9b%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Fri, 09 Oct 2015 02:07:05 +0000 http://www.ghumphir.com.np/?p=4287

भीमदत्तनगर, २२ असोज ।

प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो महाकाली अञ्चलको टोलीले बिहीबार कैलालीबाट १२ फिट लामो अजिङ्गरको छालासहित एकजनालाई पक्राउ गरेको छ । अनुसन्धान ब्युरो महाकाली प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारी नेतृत्वको टोलीले अजिङ्गरको छालासहित सुर्खेत लगाम–८ का ४८ वर्षीय धौले कामीलाई कैलालीको सुङरखाल– १ चयाभावर इलाकाबाट प्रक्राउ गरेको हो । अजिङ्गरको छाला लिएर हिँडिरहेको अवस्थामा प्रहरीले कामीलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला वन कार्यालय कैलालीको जिम्मा लगाएको जनाएको छ ।

]]>
4287 0 0 0
नेपाल एयरलाइन्सले कोलकाताबाट ६६ टन हवाई इन्धन ल्यायो http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a5%8b%e0%a4%b2%e0%a4%95%e0%a4%be%e0%a4%a4/ Fri, 09 Oct 2015 02:12:24 +0000 http://www.ghumphir.com.np/?p=4289 २२ असोज, काठमाडौं ।

नेपाल वायुसेवा निगमले आफ्ना उडानहरु नियमित राख्नुका साथै दशैंमा धेरै यात्रुहरुलाई सेवा दिन कोलकाताबाट चार्टर उडान गरी हवाई इन्धन ल्याएको छ ।

दशैंमा श्रम गन्तव्यबाट धेरै यात्रुहरु स्वदेश फर्किने भएकाले बढी भन्दा बढी यात्रुलाई सेवा दिन चार्टर गरी हवाई इन्धन ल्याएको निगमले जनाएको छ ।

nepal-airlines-e1425348144153

निगमले बोइङ ७५७ जहाजबाट दुई उडान गरेर ६६ टन हवाई इन्धन ल्याएको छ । उक्त इन्धन नेपाल आयल निगमको स्टोरेज ट्यांकीमा जम्मा गरी निगमलाई आवश्यक पर्दा विमानमा भरिने बताइएको छ ।

परिस्थिति र आवश्यकता अनुसार भोलिका दिनमा पनि चार्टर उडान गरेर हवाई इन्धनको सञ्चिती बढाउने निगमको योजना छ । यसका लागि आवश्यक प्रक्रिया पूरा गरिएको निगमले जनाएको छ ।

यसअघि विभिन्न मुलुकबाट काठमाडौं फर्किने विमानमा अर्को गन्तव्य जान पुग्ने हवाई इन्धन ल्याउनुपर्दा कम संख्यामा यात्रु बोक्नुपर्थ्यो ।  तर, अब चार्टर गरी इन्धन ल्याएको हुँदा बढी संख्यामा यात्रु ल्याउन सकिने निगमको विश्वास छ ।

कलकत्ताको उडान केवल ४५ मिनेटको मात्र हुने र काठमाडौंको तुलनामा हवाई इन्धन सस्तो भएकाले कलकत्ताबाट चार्टर गरी ल्याएको निगमले जनाएको छ ।

भारतले अघोषित नाकाबन्दी गरेपछि नेपाल आयल निगमले इन्धन संकट टार्नका लागि नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानलाई तेल दिन छाडेको छ । निगमले तेल नदिएपछि अन्तर्राष्ट्रिय विमानले विभिन्न देशका विमानस्थलमा टेक्निकल ल्यान्डिङ (प्राविधिक अवतरण) गरी तेल भरी उडान भर्दै आएका छन् ।

]]>
4289 0 0 0
भारतको चुनौति: चीनसँग सामान लिने भए लिनुस्, http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a5%8c%e0%a4%a4%e0%a4%bf-%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%b8%e0%a4%be%e0%a4%ae/ Fri, 09 Oct 2015 02:19:20 +0000 http://www.ghumphir.com.np/?p=4292 भारतले नेपाल स्वतन्त्र राष्ट्र भएकाले आफूलाई अत्यावश्यक वस्तु कुन देशबाट लिने कुनबाट नलिने भन्ने नेपालीकै रोजाइको विषय भएको बताएको छ। विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सोधिएका चीनसम्बन्धी प्रश्नहरु लगातार पन्छाएका प्रवक्ता विकास स्वरुपले अन्तिम प्रश्नको जवाफमा यस्तो अभिव्यक्ति दिएका हुन्।

‘अर्कै देशबाट सामान लिने तपाईँसँग नलिने भन्छन् भने उनीहरुलाई स्वागत छ। उनीहरु स्वतन्त्र राष्ट्र हुन् उनीहरुको आफ्नो च्वाइसेज छन्,’ उनले भने, तर जुन रोटी बेटीको नाता छ, सांस्कृतिक नाता छ, त्यो त भारतसँग मात्रै छ। त्यो कुनै अरु देशले कसरी प्रतिस्थापन गर्न सक्छ? यो नेपाललाई पनि राम्रोसँग थाहा छ। पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ आपूर्ति नगरेपछि एयरलिफ्ट गर्न नेपाल आयल निगमले ग्लोबल टेन्डर खुला गरेकै दिन भारतको यस्तो प्रतिक्रिया आएको हो।

‘घोषित, अघोषित कुनै पनि नाकाबन्दी गरेका छैनौँ’

नेपाल-भारत सीमामा अवरोधका कारण नेपालीहरु भुखमरीको शिकार भइरहेको भन्ने खबर आएको छ नि भनी सोधिएको प्रश्नको जवाफमा प्रवक्ता स्वरुपले प्रष्ट शब्दमा भने,  ‘हामीले अफिसियल/अनअफिसियल कुनै पनि नाकाबन्दी गरेका छैनौँ। अहिले नेपाल भारतका नौ वटा सीमा नाकामा भएका अवरोधहरु नेपालको भूमितर्फ भइरहेका र हरेक दिन ट्रकहरु नेपालभित्र पस्न कुरिरहेको भन्दै उनले आफूसँग भएको फाइल पल्टाउँदै तथ्याङ्क नै दिए, ‘आज १२ बजेसम्म छ वटा नाकामा ५ हजार ३३ वटा गाडी अड्किएका छन्। दैनिक ‍औसत २५० देखि ३ सयसम्म गाडी आइरहेका छन्।‘ ‘यो सब नेपालकै सीमातर्फ भइरहेको अवरोधका कारण भएका हुन्,’ उनले भने, ‘हामी नेपाल सरकारलाई सीमा क्षेत्रमा सुरक्षा गर्न आग्रह गर्छौँ।'

‘राजनीतिक समाधान नभएसम्म अवरोध कायमै’

प्रवक्ता स्वरुपले जबसम्म राजनीतिक रुपमा समस्याको समाधान निकालिँदैन, तबसम्म भारतबाट सामान नेपाल जान नसक्ने भन्दै नाकाबन्दी लम्बिने संकेत गरे। उनले जे जति समस्या छन् नेपाल तर्फका छन् भन्दै भारतको अडान यसरी राखे, ‘हामी चाहन्छौँ समस्याको हल होस्। तर हल नेपालले नै गर्नुपर्छ, आफ्नै असन्तुष्ट समुदायसँग वार्ता गरेर।‘

चाइना कार्डबारे प्रश्नको जवाफ

नेपालमा एन्टी इन्डिया सेन्टिमेन्ट बढिरहेको र चाइनासँग सहयोग लिने धम्कीलाई कसरी लिनुभएको छ? अर्का एक पत्रकारले प्रश्न सोधे। यसको जवाफमा प्रवक्ता स्वरुपले भने, 'हाम्रो अडान क्लियर छ। हाम्रा प्रधानमन्त्री दुई चोटी नेपाल भ्रमणमा गइसकेका थिए। त्यहाँ गएर उनले संविधान वृहत् सहमतिमा आधारित भएर पपो बनोस् भनेका थिए। विदेशमन्त्रीले पनि र विदेश सचिवले पनि त्यही भनेका थिए। हामीले लेट रियलाइज गरेका हैनौँ। उतिबेलै भनेका हौँ संविधान खुसीले मनाउनु पर्ने हो, हिंसाले होइन। संविधानमा संशोधन भयो भने गतिरोध हट्छ।‘ उनले मधेसीसँगको समस्या कायम रह्यो भने कसरी हल हुन्छ र भन्ने प्रश्न राख्दै नेपालका राजनीतिक दलले नै आफ्नाहरुसँग कुरा गरेर हल निकाल्नुपर्ने बताए।

प्रदर्शन नभएका सीमामा पनि रोकिएको नेपालको भनाईबारे

प्रदर्शन र अवरोध नभएका सीमा नाकामा पनि अवरोध भएको बारे सीएनएन संवाददाताले सोधेको प्रश्न नसकिँदै प्रवक्ताले जवाफ फर्काए, 'हाम्रा ट्रक गइरहेका छन् त दिनहुँ।' उनले सुरक्षाको गम्भीर चासो भएको बताउँदै वीरगञ्जमा आक्रमण भएको, नेपाली सुरक्षाकर्मीले हानेको टियर ग्याँस भारतीय भूमिमा आएको दावी गरे। त्यस्तै भारतीय ट्रक ड्राइभरलाई नेपाली भूमितर्फ पिटेको घटना उनले सुनाए नेपाली भूमितर्फ भारतबाट सुरक्षाकर्मीलाई लक्षित गर्दै प्रहार भएको ढुङ्गामुढाका फोटो र भिडियो सार्वजनिक भए पनि उनले त्यसलाई भने लुकाए।आफ्नोतर्फको चासो राख्दै उनले भने, ‘यदि यसलाई तपाईँ सुरक्षा भन्नुहुन्छ भने म सहमत छैन।‘

‘भारतविरोधी भावना नेपालीकै कारण’

सबै समस्या नेपालकै थाप्लोमा राख्ने क्रममा प्रवक्ता स्वरुपले भने, ‘नेपालमा बढिरहेको एन्टी इन्डिया सेन्टिमेन्टमा चासो छ हाम्रो। तर यसको लागि को जिम्मेवार छ ? कसले गरेको ? किन ? किन भने नेपाली भूमितर्फको सीमामा अवरोध छ। नेपालका केही समुदाय असन्तुष्ट छन्। तर आरोप चैँ भारतका कारण भएको जस्तो लगाइएको छ। भारत कुनै पनि हिसाबले जिम्मेवारी छैन। नेपालको समस्या नेपाल आफैले उत्पन्न गरेको हो। ‘हामीले यस्तो सं‌विधान बनाउनु पर्छ भनेका छैनौँ,’ उनले भने, ‘नेपाल सार्वभौम राष्ट्र हो। हामीले सल्लाह मात्रै दिएका हौँ सर्वस्वीकार्य हुनुपर्छ भनेर।‘ सुदूर पश्चिम लगायत प्रदर्शन नभइरहेका नाकाबाट सामान पठाउने बारे सोधिएको प्रश्नमा भने उनले गोलमटोल जवाफ दिए। उनले भने, 'प्रदर्शन यति लामो समयसम्म होला भनेर हामीले अपेक्षा गरेका थिएनौँ।'

]]>
4292 0 0 0
उपत्यकामुनि करिब ३० करोड घनमिटर ग्यास रहेको अनुमान http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%a8%e0%a4%bf-%e0%a4%95%e0%a4%b0%e0%a4%bf%e0%a4%ac-%e0%a5%a9%e0%a5%a6-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1/ Fri, 09 Oct 2015 03:25:20 +0000 http://www.ghumphir.com.np/?p=4294 काठमाण्डौ ,२२ असोज ।

ललितपुर, कुपन्डोलस्थित बिमा समितिका कर्मचारी जमीनमुनिको प्राकृतिक (मिथेन) ग्यासले पकाइएको चिया पिउँछन्। पहिला नेपाल बैंकको कार्यालय रहेको उक्त भवनमा बिमा समिति सरेपछि प्राकृतिक ग्यास प्रणाली जोडिएको चुलो पनि समितिलाई उपहारस्वरुप प्राप्त भएको थियो। न सिलिन्डर रित्तिएला भन्ने पिर, न ओसारपसारको झन्झट। स्विच खोल्यो, बाल्यो।

gas'पहिले ४ वटा चुलो बाल्ने गरेको सुनेको छु। अहिले एउटा मज्जाले बलिरहेको छ,' बिमा समितिका कार्यालय सहयोगी भेषराज भट्टले भने, 'करिब ७० कर्मचारीका लागि दैनिक चिया र खाजा यही ग्यासबाट पाक्छ।' राणाकालमा जैन समुदायका व्यक्तिको नाममा रहेको यो घर नेपाल बैंकको स्वामित्वमा आएपछि प्राकृतिक ग्यास रहेको थाहा भएको उनले बताए। समिति प्रवक्ता राजकुमार अर्यालले यो प्राकृतिक ग्यास प्रभावकारी देखिएको बताए। 'उक्त भवनमा नेपाल बैंकको कार्यालय हुँदादेखि नै प्राकृतिक ग्यास चुलो जडान गरिएको रहेछ,' प्रवक्ता अर्यालले भने।काठमाडौं, बागबजार क्षेत्रमा कुनै व्यक्तिले निजी प्रयोजनका लागि जमिनमुनिको ग्यास प्रयोग गरिरहेको अपुष्ट खबर भूकम्पताका फैलिएको थियो। उपत्यकामा इनार खन्दा ग्यास आएको खबर पनि सार्वजनिक हुने गरेका छन्। फाट्टफुट्ट व्यक्तिगत प्रयत्नमा यसरी प्राकृतिक ग्यासको प्रयोग हुन थाले पनि सरकारले यसको प्रयोगलाई संस्थागत गर्न सकेको छैन।

जमिनमुनि रहेको प्राकृतिक ग्यास प्रयोगमा ल्याउन खानी तथा भूगर्भ विभागले ललितपुरको इमाडोलमा एउटा ग्यास चेम्बर नै निर्माण गरेको छ। आर्थिक वर्ष २०७१/०७२ मा ५० लाख रुपैयाँ खर्चेर विभागले उपत्यकाका विभिन्न ठाउँको जमिन छेडेर पर्याप्त मात्रामा प्राकृतिक ग्यास रहेको पत्ता लगाएको छ। 'ग्यास रहेको पत्ता लागेपछि त्यसको प्रयोग गर्ने तरिका सुझाउन हामीले कन्सल््यान्ट कम्पनी खोजिरहेका छौं,' विभागका महानिर्देशक सर्वजित महतोले भने।

उपत्यकामा ग्यास भण्डार छ। तर, सतहमा बस्ने उपत्यकाबासी ग्यासकै अभावमा प्रताडित छन्। ग्यासमाथि बसेर ग्यासकै अभाव झेल्नुपर्ने बिडम्बनापूर्ण अवस्थामा छन्।

कहिले पत्ता लाग्यो ग्यास?

विभागका अनुसार उपत्यकाको जमिनमुनि जैविक वस्तु कुहिएर बन्ने मिथेन ग्यास रहेको तथ्य पत्ता लागेको झन्डै पाँच दशक भइसकेको छ। २०२० सालताका भारतको प्राकृतिक ग्यास आयोग र २०३० मा चीनको पेट्रोलियम इन्भेस्टिगेसन टोलीले काठमाडौंमा ठूलै मात्रामा प्राकृतिक ग्यास रहेको अनुमान गरेका थिए। जापान सहयोग नियोग (जाइका) ले २०३४ सालमा उपत्यकामा ग्यास अन्वेषण गरेको थियो। २०४१ सालमा युएनडिपीको सहयोगमा सरकारले ५ वर्षे अन्वेषण परियोजना सञ्चालन गरेको थियो। ती अन्वेषणले उपत्यकाको जमिनमुनि ग्यास रहेको देखाएको थियो।

जाइका र युएनडिपीले खाना पकाउनेबाहेक हल्का प्रकारका (लाइट ग्यास) लिथियम जस्ता ग्यासको अवस्थिति अध्ययन गरेको थियो। अध्ययनले ठूलो परिमाणमा मिथेन ग्यास मात्र रहेको देखाएको थियो।

कति छ उपत्यकामा ग्यास?

हालसम्म भएका अन्वेषणका अधारमा उपत्यकामुनि करिब ३० करोड घनमिटर ग्यास रहेको अनुमान गरिएको छ। यसले करिब ३० वर्षसम्म २० हजार परिवारलाई खाना पकाउन पुग्ने अनुमान छ। 'गत साल हामीले गरेको अध्ययनले अझै पनि त्यही परिमाणमा ग्यास मौजुद रहेको देखाएको छ,' विभागका महानिर्देशक महतोले भने।

काठमाडौं, टेकुदेखि त्रिपुरेश्वर, तीनकुने, कोटेश्वर, ललितपुरको इमाडोल, टीकाथलीलगायत २६ वर्गकिलोमिटर क्षेत्रमा वभिन्न १४ ग्यास वेल (कुवा) निर्माण गरी प्राकृतिक ग्यासको अन्वेषण यसअघि नै भइसकेको छ। विभागले गत वर्ष करिब ५० लाख खर्चेर उपत्यकाको विभिन्न ठाउँमा ड्रिलिङ गरी सोही परिमाणमा ग्यास रहेको पत्ता लगाएको जनाएको छ।

ग्यासबाट २ मेगावाट बिजुली

जमिनमुनिको ग्यास सिलिन्डरमा भर्न नमिल्ने विभागको भनाइ छ। यसको प्रयोग गर्न मुहानदेखि चुलोसम्म पाइपलाइन विस्तार गर्न सकिन्छ। गोबरग्यास प्लान्ट जस्तै जमिनबाट पाइपमार्फत घरको चुलोमा जोड्न सकिन्छ। 'पाइपबाट वितरण गर्दा पनि चुहावट भएर भौतिक तथा मानवीय क्षति हुने जोखिम रहन्छ,' महतोले भने, 'यसलाई सुरक्षित तरिकाले कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा सुझाव दिन कन्सल्ट्यान्ट खोजिरहेका छौं।'

प्राकृतिक ग्यासलाई सिधै प्रयोग गर्नुभन्दा यसबाट थर्मल विद्युत उत्पादन गरी सुरक्षित तरिकाले प्रयोग गर्न सकिने सुझाव यसअघिका अन्वेषण टोलीले दिएका छन्। जमिनमुनिको ग्यासबाट थर्मल प्लान्टमार्फत विभिन्न ठाउँमा ७२ वटा कुवा निर्माण गरी २ मेगावाट विद्युत निकाल्न सकिने पनि विज्ञहरुले अनुमान गरेका छन्।

सरकार उदासीन

विद्युत उत्पादनका लागि थर्मल प्लान्ट स्थापना तथा अन्य विकल्पबारे छलफल गर्न विभागले विभिन्न मितिमा करिब ६ पटक बोलपत्र आह्वान गरिसकेको छ। तर, कुनै पनि निजी कम्पनीले इच्छा देखाएका छैनन्। उतिसारो व्यवसायिक लाभ नदेखिएको र झन्झटपूर्ण भएकाले निजी लगानीकर्ता उपत्यकाको ग्यासमा लगानी गर्न उत्साहित नदेखिएको विभागको दाबी छ। आफैंले अन्वेषण, उत्खनन र परीक्षण गरी व्यावसायिक लाभ हुने सुनिश्चिततापछि मात्र प्राकृतिक ग्यासमा निजी लगानी आउने विभागको बुझाइ छ।तर, यसलाई खासै प्राथमिकताका साथ अघि बढाएको छैन। प्राकृतिक ग्यास उत्खनन अघि बढाउन विभागले छुट्टै शाखामार्फत काम गरिरहेको छ। तर, प्रभावकारी हुन नसक्दा ग्यास भण्डारमाथि उभिएर ग्यासकै लागि कोकोहोलो गर्नुपर्ने अवस्थामा उपत्यकाबासी छन्।साभार नागरीक

]]>
4294 0 0 0
दसै र तिहारका लागि हवाई टिकट ७० प्रतिशत टिकट बुकिङ http://localhost/ghum/%e0%a4%a6%e0%a4%b8%e0%a5%88-%e0%a4%b0-%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%88-%e0%a4%9f%e0%a4%bf/ Fri, 09 Oct 2015 03:36:15 +0000 http://www.ghumphir.com.np/?p=4297 काठमाण्डौ ,२२ असोज । आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीहरूले दसै र तिहारका लागि ७० प्रतिशत टिकट बुकिङ गराईसकेका छन् । असहज परिस्थितका कारण सार्वजनिक यातायातले बुकिङ खुला गर्न नसकेको अवस्थामा दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुको बढी चाप हवाई टिकट बुकिङमा परेको हो ।दशैंका लागि आन्तरिक उडानका ७० प्रतिशतसम्म टिकट अग्रीम बुकिङ भैसकेको छ ।

नेपाल वायुसेवा निगम, बुद्ध एयर, सिम्रिक एयरलाइन्स, यती एरलाईन्सले सुगम क्षेत्रका लागि तथा सीता, तारा, गोमा एयरले दुर्गम क्षेत्रका लागि टिकट बुकिङ गराइरहेका छन् । त्यस्तै सिम्रिक, डाइनेष्टि, नमस्ते, फिसटेललगायत हेलिकोप्टर सेवा प्रदायकहरुले पनि दुर्गम क्षेत्रका लागि चार्टर फ्लाइट तथा टिकट बुकिङ गराएका छन् । आन्तरिक उडानका लागि नेपाल आयल निगमले नै इन्धनको आपूर्ति व्यवस्था मिलाएको छ । टिकट माग गर्ने यात्रुहरुको संख्या यसपटक बढेपनि प्रक्रियाअनुसार सबैले सहज रुपमा हवाई टिकट लिनसक्ने व्यवस्था मिलाइएको नेपाल बायुसेवा निगमका कामु निर्देशक रामहरि शर्माले बताए । दसैं र तिहारका लागि १ महिनाअघिदेखि नै जहाजको टिकट बुकिङ भईरहेकाले मागअनुसार पर्याप्त टिकट नभए पनि उडान संख्या नै थप गर्न सकिने अवस्था रहेको बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले बताए । यात्रुको बढी चाप हुने विराटनगर र भद्रपुर गन्तव्यका टिकट सकिएको तर यात्रुको मागका आधारमा उडान थप्ने तयारी रहेको उनले जानकारी दिए । स्थलमार्गका यातायात सेवा प्रभावित रहेकाले यात्रुको चाप हवाईसाधनमा परेको जनाउँदै उनले यसको उचित व्यवस्थापन गरिने बताएका छन् । दसैंका लागि यति एरलाईन्सको अधिकाँश टिकट बुकिङ भैसकेको छ । तराईका केही जिल्लामा भएको प्रदर्शनको बाहनामा भारतले गरेको अघोषित नाकाबन्दीका कारण सडक यातायात प्रभावित भएको छ । यसैले पनि यात्रुहरुले दशैंमा घर जाने सुनिश्चित गर्न हवाई टिकट अग्रिम बुकिङ गरेका छन् ।।

]]>
4297 0 0 0
यस वर्ष दुई पटक भोटो हेर्न पाइने http://localhost/ghum/%e0%a4%af%e0%a4%b8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%aa%e0%a4%9f%e0%a4%95-%e0%a4%ad%e0%a5%8b%e0%a4%9f%e0%a5%8b-%e0%a4%b9%e0%a5%87%e0%a4%b0%e0%a5%8d%e0%a4%a8/ Fri, 09 Oct 2015 14:55:56 +0000 http://www.ghumphir.com.np/?p=4299

शर्मिला पाठक  काठमाडौँ, २२ असोज ।

वर्ष र सहकालको देवता रातो मछिन्द्रनाथको यस वर्ष १२ वर्षको मेला परेकाले सर्वसाधारणले जावलाखेल र बुङ्मतीमा गरी दुई पटक भोटो हेर्न पाउने भएका छन् । हरेक वर्ष १२ वर्षको रथ जात्राको समयमा दुई पटक भोटो देखाउने प्रचलनअनुसार जावलाखेलमा भोटो देखाएपछि सोही दिनदेखिनै रथलाई निर्माण गरिएको स्थान बुङ्मतीमा लान सुरु गरिन्छ । बुङ्मती पु¥याइएको चार दिनपछि पुनः दोस्रो पटक सोही स्थानमा रहेको जावलाखेलमा भोटो देखाइने छ । अन्य समयको रथ जात्रामा भने जावलाखेलमा मात्र भोटो देखाएपछि रथ जात्रा समापन हुने गर्दथ्यो । यस वर्ष विशेष मेला परेकाले दुई पटक भोटो देखाउन लागिएको हो । लामो समयको पर्खाइ पछि आउँदो २५ गते सोमबार सर्वसाधारणले वर्ष र सहकालको देवता रातो मछिन्द्रनाथको भोटो हेर्न पाउने भएका छन् । मछिन्द्रनाथको रथलाई आज जावलाखेल पु¥याइएको छ । जावलाखेल लगेको चौथो दिनमा भोटो देखाउने प्रचलनअनुसार आगामी सोमबार मध्याह्न ४ बजे राष्ट्रप्रमुखको प्रमुख आतिथ्यमा भोटो देखाउने तयारी रहेको गुठी संस्थान ललितपुरले जनाएको छ । रथलाई आज जावलाखेल लानका लागि बिहीबार बिहान ८ः५० बजेको साइत निकालिएको भए पनि लामो बाटोको कारण आज मात्र रथलाई जावलाखेल ल्याइएको हो । जावलाखेलमा रथ लगेपछि मछिन्द्रनाथको भोटो देखाउने भएकाले अन्य स्थानमा रथजात्रा गर्नुभन्दा जावलाखेलमा रथ लैजानुलाई महत्वका साथ लिने भएकाले ज्योतिषीले साइत निकालेका हुन् । रथलाई जावलाखेल लानका लागि स्थानीय बासिन्दा, गुठी संस्थानका कर्मचारी, रथका पुजारी (पानेजु) र रथ निर्माणकर्मीलगायत लाखौँको सहभागितामा इटीटोलमा रहेको रथलाई जावलाखेल पु¥याइएको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो । बुङ्मतीमा रहेको जावलाखेलमा भोटो देखाएपछि यस वर्षको लागि १२ वर्षे भोटो जात्राको विधिवत्रुपमा अन्त्य हुनेछ । पहिलो पटक गत वैशाख ६ गते देवतालाई रथमा रथारोहण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गते गएको भूकम्पका कारण रथमा क्षति पुगेकाले लामो समय रथ जात्रा स्थगित गरिएको थियो । क्षति भएको रथलाई पुनः निर्माण गरी यही असोज ४ गते रथारोहण गरी ५ गतेदेखि रथ जात्रा सुरु भएको हो । ५ गतेदेखि सुरु भएको रथ जात्राअन्तर्गत सुरुको दिन रथ रहेको स्थान ललितपुरको छसिकोटदेखि भैँसेपाटीसम्म रथ जात्रा सम्पन्न गरिएको थियो । रथका पुजारी विनोद वज्राचार्यको अनुसार विगतका वर्षमा नेवार समुदायको मानिसको मात्र सहभागी हुने गरेकोमा पछिल्लो समय सबै समुदायका मानिसको सहभागिता रहँदै आएको छ । रातो मछिन्द्रनाथलाई रथ जात्राका लागि आज रथारोहण गरिएको छ । यस वर्ष विशेष मेला भएकाले रथ निर्माणको सबै काम नयाँ गरिएको छ । सबै निर्माणको काम नयाँ गरिएकाले गत वर्षको तुलनामा रथ अत्यन्तै सुन्दर देखिएको छ । यस जात्रालाई उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा लिइन्छ । अन्य भागको तुलनामा पाङ्ग्रा अनि रथ निर्माणको कामलाई जटिलरुपमा लिइन्छ । पाङ्ग्रा बनाउन दुई महिनाको समय लागेको थियो । त्यस्तै वेद, जुटबाट बनेको डोरी र काठबाट निर्माण गरिएको रथ ३२ हात अग्लो हुने भएको हँुदा एक हातले लड्नबाट बच्नको लागि समाउने पर्ने र अर्का हातले रथ निर्माणको काम गर्नुपर्ने भएकाले अत्यन्तै जटिल काम भएको निर्माणकर्मीले बताएका छन् । रथमा राखिने विभिन्न भागमध्ये खट, घमा, घमा पासा, पाङ्ग्रालगायतका सामग्रीलाई महत्वपूर्ण मानिन्छ । चार पाङ्ग्रालाई मुख्य चार भैरवका रूपमा लिने गरिन्छ । रथको सबै भागको निर्माणको काम १२÷१२ वर्षको विशेष मेलामा मात्र गरिन्छ अन्य वर्षको लागि समयमा पुरानोलाई सुधार गरी जात्राको लागि रथको सामान प्रयोग गरिन्छ ।

]]>
4299 0 0 0
दसैं तथा खाना महोत्सव सुरु http://localhost/ghum/%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%82-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%b8%e0%a5%81%e0%a4%b0/ Fri, 09 Oct 2015 15:00:35 +0000 http://www.ghumphir.com.np/?p=4302

पोखरा, २२ असोज ।

सिटी रेवान पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा चौथो सिटी रेवान दसैं महोत्सव तथा खाना महोत्सव सुरु भएकोे छ । पर्यटन प्रवद्र्धन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित महोत्सव कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दसैंंका लागि आवश्यक पर्ने उपभोग्य वस्तु नयाँ नोटदेखि खाद्यान्न, लत्ता कपडा, खसी, च्याङ्ग्र्रालगायतका सामान राखिने संस्थाका अध्यक्ष तथा महोत्सव आयोजक समितिका अध्यक्ष केपी शर्माले बताउनुभयो । महोत्सव आकर्षणका लागि लोक दोहोरी गीत प्रतियोगिता, पप कन्सर्ट, कलाकारहरुद्वारा विविध सांस्कृतिक कार्यक्रम, हास्य कलाकारको प्रस्तुती, एकल महिला नृत्य, रत्यौली र रेवान तारा बाल नृत्य प्रतियोगिता महोत्सवमा राखिएको छ । त्यस्तै महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, भारतबाट आएका कलाकारले भोजपुरी, बिहारी र हिन्दी नृत्य प्रस्तुत गर्ने छन् । महोत्सवमा दर्शकलाई कोदोका परिकार र भुटेका मकै खुवाउने पनि कार्यक्रम छ । महोत्सवमा १८० स्टल रहने छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले महोत्सवको आज उद्घाटन गर्दै यस महोत्सवले पर्यटन प्रवद्र्धन तथा सर्वसाधारणलाई दसैंंका लागि चाहिने आवश्यक सरसामान खरिदका लागि सहयोग पुग्ने बताउनुभयो ।

]]>
4302 0 0 0
पशुपतिमा पुष्प व्यापार घट्यो http://localhost/ghum/%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b7%e0%a5%8d%e0%a4%aa-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0-%e0%a4%98/ Fri, 09 Oct 2015 15:13:26 +0000 http://www.ghumphir.com.np/?p=4304

काठमाडौँ, २२ असोज ।

लगातारको बन्दका कारण पशुपति दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्यामा कमी आउन थालेपछि यहाँको फुल र प्रसादको व्यापार घटेको छ । मुलुकमा विद्यमान समस्याको समाधान छिटै खोजेर काम गरेर खाने बातावरण मिलाइदिन पुष्प व्यापारीले सरकारसँग आग्रह गरेका छन् । “पहिले भुकम्पका कारण व्यापार घट्यो, अहिले बन्दले गाह्रो भइसक्यो” २६ वर्षदेखि पशुपतीमा व्यापार गर्दै आउनुभएकी सीता तामाङ भन्नुहुन्छ । पहिले दैनिक रु तीन÷ चार हजारको व्यापार हुने गरेकामा अहिले आधाभन्दा बढी घटेको उहाँको गुनासो छ । बन्दका कारण भारतलगायत देशका विभिन्न स्थानबाट आउने दर्शनार्थी गाडी नचलेपछि आउन सकेका छैनन् । विगत १० वर्षदेखि पूmलप्रसाद बेचेर घर चलाउदै आउनुभएका जनकपुरकी अनिता पन्जियारले पहिले व्यवसायमा यति साह्रै कमी नआएको बताउनुभयो । “साउनसम्म व्यापार ठिकै थियो, अहिले बन्दसगै स्रोहश्राद्ध पनि परेकाले व्यापारमा मन्दी आएको छ” जेशिका लुइटेल भन्नुहुन्छ । आपूmले बजारमा ग्यास अभावका कारण एक सातादेखि होटलमा खाना खान थालेको उहाँको भनाइ छ । पशुपतिमा व्यापार मात्र घटेको छैन । फुलप्रसादको समेत अभाव हुनथालेको व्यापारीले बताए । व्यापारी हरि बस्नेतका अनुसार भारतबाट आउने २०÷३० रुपैया पर्ने पूmलको माला अहिले रु ८० मा किन्नुपरेको छ । उहाँ भन्नुहुन्छ, “व्यापार नभएर घर चलाउन मुश्किल भएको छ ।” पहिले दैनिक रु सात÷आठ हजारको पूmलप्रसाद बेच्ने चन्द्रा साह अहिले दिन काट्न मात्र पसल खोलेको बताउनुहुन्छ ।

]]>
4304 0 0 0
फर्पिङमा हरिशङ्कर जात्रा http://localhost/ghum/%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%b0%e0%a4%bf%e0%a4%b6%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b0-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Fri, 09 Oct 2015 15:19:53 +0000 http://www.ghumphir.com.np/?p=4308

काठमाडौँ, २२ असोज ।

काठमाडौँ दक्षिणी भेगस्थित फर्पिङमा हरिशङ्कर जात्रा लागेको छ । प्राचीन वस्ती फर्पिङका सात टोल क्रमशः ठल्कु, यल्खु, कोछु, कोटाल, कोठेप, ठथेप र टिपी टोलमा आ–आफ्नो परम्परालाई जर्गेना गर्न विभिन्न देवीदेवता दक्षिणकाली, इन्द्रायणी, महादेव, कुमारी, नारायण, महालक्ष्मी र नीलबाराहीको रथ बनाई पूजाआजाका साथ फर्पिङ बजारमा परिक्रमा गराइन्छ । हरिशङ्कर जात्राका जानकार स्थानीय समाजसेवी सुरेन्द्र मानन्धरका अनुसार फर्पिङमा इन्द्रजात्राको भोलिपल्ट गोपालेश्वर महादेवको रथ निर्माण गरेदेखि औपचारिकरुपमा हरिशङ्कर जात्राको सुरुवात भएको मानिन्छ । महादेवको रथ बनाएको १२औँ दिन (आश्विन कृष्ण द्वादशी)का दिनमा फर्पिङमा लाग्ने जात्रालाई विशेष महत्वका रुपमा लिइने जानकारी गराउँदै उहाँले भोलि बिहान सिन्दूर जात्रा गरिने बताउनुभयो । हरिशङ्कर जात्राका दिन फर्पिङ क्षेत्रका सरकारी कार्यालय एवम् शिक्षण संस्थामा स्थानीय बिदा दिने प्रचलन रहेको उहाँले जानकारी गराउनुभयो ।

]]>
4308 0 0 0
सूर्योदयको दृश्यअवलोकन http://localhost/ghum/%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%a6%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%83%e0%a4%b6%e0%a5%8d%e0%a4%af%e0%a4%85%e0%a4%b5%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a8/ Fri, 09 Oct 2015 15:24:58 +0000 http://www.ghumphir.com.np/?p=4310 4310 0 0 0 पर्यटकको चहलपहल http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%b9%e0%a4%b2%e0%a4%aa%e0%a4%b9%e0%a4%b2/ Fri, 09 Oct 2015 15:30:34 +0000 http://www.ghumphir.com.np/?p=4313 4313 0 0 0 मौलायो कालोबजारी http://localhost/ghum/%e0%a4%ae%e0%a5%8c%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80/ Fri, 09 Oct 2015 15:45:56 +0000 http://www.ghumphir.com.np/?p=4316

दीपक घिमिरे  लुम्बिनी (रुपन्देही), २२ असोज ।

नेपालमा जारी सङ्क्रमणकालको फाइदा उठाउँदै रुपन्देहीका केही व्यापारीले कालोबजारी सुरु गरेका छन् । मुलुकमा जारी लामो समयदेखिको बन्द र हडतालबाट आजित बनेका नेपाली नागरिक कालोबजारी प्रवृत्तिबाट झनै सङ्कटमा परेका छन् । स्थानीय प्रशासन र सम्बद्ध सरोकारवाला निकायको अनुगमनको अभावका कारण बजारमा कालोबजारी मौलाएको हो । भारतीय पक्षको अघोषित नाकाबन्दीकाबीच आएको खाद्यान्न, फलफूल र तरकारीमा यहाँका स्थानीय व्यापारीले खुलेआम कालोबजारी गर्दासमेत स्थानीय प्रशासन र सरोकारवाला निकाय कानमा तेल हालेर बसेका छन् । यसले गर्दा बजार केही माफियाको हातमा परेको छ । खासगरी अघोषित नाकाबन्दीको बहाना देखाउँदै भैरहवाको खुद्रा व्यापारी कालोबजारी गर्न उद्दत छन् । भारतले अघोषित नाकाबन्दी गरे पनि आलु र प्याजको अभाव भने नभएको भैरहवाका थोक विक्रेताले बताइरहँदा खुद्रा व्यापारीले भने अघोषित नाकाबन्दीका कारण देखाउँदै आलु र प्याजको भाउ ह्वात्तै बढाएका छन् । भैरहवाको हाटबजारमा रहेको थोक पसल सत्गुरु टे«डर्सका सञ्चालक अमित बानियाँका अनुसार अहिले बजारमा थोकमा रातो आलु प्रतिकेजी रु २२ र सेतो आलु प्रतिकेजी रु १८ रहेको छ । तर भैरहवाकै मुख्य तरकारी बजार मायादेवी फलफूल तथा तरकारी बजारमा बु्झ्दा रातो आलु प्रतिकेजी रु ४५ र सेतो आलु प्रतिकेजी रु ४० मा धमाधम बिक्री वितरण भइरहेको छ । यसरी हेर्दा थोकमा भन्दा खुद्रा व्यापारमा दोब्बर मूल्य लिएर नाफा खाने प्रवृत्ति देखिएको छ । रातो आलु रु २० बाट रु २२ र सेतो आलु रु १७ बाट १८ भए पनि खुद्रामा भने त्यसको अन्तर निकै ठूलो देखिएको छ । त्यस्तै केही दिन अगाडिदेखि भारतीय बजारमा प्याजको भाउ घटेका कारण पहिला १०५ नेपाली रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ अहिले रु ८५ थोकमा बिक्री हुँदा पनि खुद्रामा भने रु १३० देखि रु १५० सम्ममा बिक्री भइरहेको छ । यसको प्रत्यक्ष मारमा सर्वसाधारण परेका छन् । एउटा सानो निहुँ पाउनासाथ कालोबजारी गर्न खुद्रा व्यापारी माहिर रहेको सर्वसाधारणको गुनासो छ । यसरी कालोबजारी गर्नेलाई स्थानीय प्रशासनले तत्काल कारबाही थाल्न जरुरी रहेको स्थानीय जनता बताउँछन् । रुपन्देहीको चिल्हीयाका बाबुराम केसीले भन्नुभयो – “मुलुकको सङ्क्रमणकालको फाइदा उठाउँदै कालोबजारी गर्नेलाई सबै मिलेर कडाभन्दा कडा कारबाही गर्न जरुरी छ ।” उहाँले भन्नुभयो– “कालोबजारी गरेर एक दिनमा मात्रै कमाउने प्रवृत्ति हटाएर दीर्घकालीन व्यापार गर्न म आग्रह गर्दछु ।” उपभोक्ताको हितका लागि भन्दै यस क्षेत्रमा क्रियाशील उपभोक्ता मञ्च नेपाल तथा अन्य सरोकारवाला निकायले पनि बजार अनुगमनमा खासै चासो देखाएको छैन । बजारमा खुलेआम कालोबजारी हुँदा सरोकारवाला निकाय अनुगमनमा निस्कन नसक्नु दुःखद कुरा हो । उपभोक्ता मञ्च नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण वैदवारले कालोबजारी गरेको सुनेपछि आफूहरु अनुगमनमा गएको बताउँदै भारतीय पक्षबाट लगाइएको अघोषित नाकाबन्दी खोलेरमात्रै अनुगमनमा आउन व्यापारीले भनेपछि आफूहरु चुप लागेर फर्किएको जवाफ दिनुभयो । उहाँले स्थानीयस्तरबाट कालोबजारी बढेको गुनासो आएको उल्लेख गर्दै आफूहरुले छिट्टै अनुगमनलाई तीव्रता दिने वचनबद्धता पनि प्रकट गर्नुभयो । अनुगमनकै लागि भनेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एकजना सहायक प्रमुख जिल्ला अधिकारी पाए पनि पछिल्लो समय अनुगमनले स्थान नै पाउन सकेको छैन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कालोबजारी भयो भन्ने चौतर्फी आवाज उठ्न थालेपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरोकारवाला सम्मिलित एक समिति गठन गरिएको बताएको छ । तर त्यो समितिले अहिलेसम्म खासै परिणाममुखी काम गरेको छैन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले अनुगमनलाई अब तीव्रता दिने बताउनुभयो । हरेक प्राकृतिक विपत्ति तथा अप्ठ्यारो स्थितिको मौका छोपेर कालोबजारी गर्ने केही लोभी व्यापारीका कारण असल व्यापारीलाई समेत मर्का पर्ने गरेको स्थानीय व्यापारीको भनाइ छ । ती व्यापारीका अनुसार कालोबजारी गर्नेलाई स्थानीय प्रशासनले कडाभन्दा कडा कारबाहीको भागिदार बनाउनु पर्दछ । सिद्धार्थ उद्योग वणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष रामकुमार शर्माले सङ्क्रमणका बेला कसैले पनि कालोबजारी नगर्न आग्रह गर्नुभयो । उहाँले बजार अनुगमनका लागि सङ्घ तत्पर रहेको बताउनुभयो । पेट्रोलियम पदार्थ आयातमा असहजता सिर्जना भए पनि अघोषित नाकाबन्दीको अवधिमा आलु प्याजलगायतका खाद्य वस्तु फाट्टफुट्ट भित्रिरहेका छन् । तर व्यापारीले भने कृत्रिम अभाव सिर्जना गरिरहेको सर्वसाधारणको बुझाइ छ । थोक विक्रेताभन्दा पनि खुद्रा विक्रेतामा ठग्ने प्रवृत्ति बढी देखिएको छ । अब व्यापारीकै कुरा पत्याउनु र उनीहरुकै मात्र भर पर्नुभन्दा पनि उपभोक्ता नै सचेत भएर वस्तुको वास्तविक भाउ बुझ्न पट्टि लाग्नुपर्ने बेला आएको स्थानीय उपभोक्ता सुनिल चौधरी बताउनुहुन्छ ।

]]>
4316 0 0 0
अमेरिकाले आफ्ना नागरिकलाई भन्यो - नाकाबन्दी छ, नेपाल नजाऊ http://localhost/ghum/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%86%e0%a4%ab%e0%a5%8d%e0%a4%a8%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%b2%e0%a4%be/ Sat, 10 Oct 2015 04:01:59 +0000 http://www.ghumphir.com.np/?p=4320 काठमाडौं, २३ असोज

अमेरिकाले नेपालमा स्पष्ट शब्दमा नाकाबन्दीका कारण इन्धन अभाव रहेको भन्दै आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण गर्नुअघि सचेत रहन आग्रह गरेको छ।  नेपालस्थित अमेरिकी दूतावासले ट्राभल एडभाइजरी जारी गर्दै भनेको छ ‘हामी सुझाव दिन्छौँ तपाईंको नेपाल आउने योजना नगर्नुस्, यहाँ देशभर पेट्रोलियम पदार्थको अभाव छ किनकी भारतसँगको बोर्डरमा नाकाबन्द छ।’ इमरजेन्सी अवस्थामा आवश्यक पर्ने सामानहरु  समेत नेपालमा नपाउने अवस्था उत्पन्न भएको भन्दै नेपाल भ्रमण नगर्न एडभाइजरीमा सुझाइएको छ।

एडभाइजरीमा भनिएको छ – ‘इमरजेन्सीको अवस्थामा उत्पन्न हुने सुरक्षाका सामाग्रीहरु उपलब्ध नहुन सक्छन्, यसको मतलब हवाइ साधनबाट बचावट तथा स्थानिय अस्पतालका सेवासम्म पनि’। अहिले तत्कालको अवस्थामा इमरजेन्सीको बेला सञ्चालन हुने सेवाहरु उपलब्ध रहेको एडभाइजरीमा उल्लेख छ।

साथै धेरै दिनको यात्राको तयारी हो भने अवस्था नाजुक बन्न सक्ने तर्फसमेत सचेत गराइएको छ। ‘तपाँइ कतै दुर्गम क्षेत्रमा पैदल जानु भयो र घाइते हुनु भयो भने त्यस्तो अवस्थामा उद्दारका लागि धेरै कम विकल्प हुनेछन् कारण हो पेट्रोलियम अभाव’, एडभाइजरीमा भनिएको छ। साथै बोर्डरबाट सप्लाइ सुरु भएपछि पनि नर्मल अवस्था आउन दुई/तीन साता लाग्ने अवस्थाबारे समेत उसले आफ्ना नागरिकहरुलाई जानकारी गराएको छ।

]]>
4320 0 0 0
एयरलिफ्ट गरेर तेल ल्याउँदा नाकाबन्दी नभएको पुष्टी हुने, तेस्रो मुलुकबाट ल्याउँ http://localhost/ghum/%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a4%bf%e0%a4%ab%e0%a5%8d%e0%a4%9f-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%b0-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%81/ Sat, 10 Oct 2015 04:05:49 +0000 http://www.ghumphir.com.np/?p=4322 विज्ञान अधिकारी काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजित रायले विकल्पको रुपमा हवाईमार्गबाट इन्धन ल्याउन नेपाललाई बुधवार सुझाव दिए । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासँगको भेटमा राजदूत रायले वैकल्पिक मार्गको रुपमा एयरलिफ्ट गरेर तेल ल्याउन सुझाव दिएको भोलिपल्ट (विहिबार) नेपाल वायु सेवा निगम (एनएसी)ले हवाई इन्धन एयरलिफ्ट गरेर ल्यायो ।
एनएसीले ६६ टन(६६ हजार लिटर) हवाई इन्धन ल्याउने निर्णय नेपालको लागि आत्मघाती कदम मात्रै थिएन, भारतले नाकाबन्दी नलगाएको दावी गर्न पाउने स्पस्ट प्रमाण समेत थियो ।
भारतीय राजदूतले कुटनीति माध्यमबाट नेपाललाई नाकाबन्दी नलगाएको व्यवहारिक रुपमै देखाउने चाहन्थे । भारतको यही चाहनालाई एनएसीले तेल ल्याएर पूरा गरिदिएको छ ।
अर्कोतर्फ आयल निगमले पनि भारतलाई सहयोग पुग्नेगरि त्यहीँबाट एयरलिफ्ट गरेर तेल ल्याउने अनौपचारिक निर्णय गरेको छ । भारतले नाकाबन्दी गरेपछि नेपालभर पेट्रोलियम पदार्थको चरम अभाव छ ।
अभावका कारण सवारी साधन ठप्प प्राय छन् र औद्योगिक र कतिपय सेवा क्षेत्रका प्रतिष्ठानहरु बन्द भइसकेका छन् । तर भारतले पटक/पटक नेपाललाई नाकाबन्दी नलगाएको दावी गर्दै बरु नेपालतर्फको सीमा भएको आन्दोलनले ढुवानी गर्न नसकेको बताउँदै आएको छ ।
भारतीय सीमामा भएको आन्दोलन देखाएर नाकाबन्दीलाई बैधानिक बनाउन चाहिरहेको थियो । ‘भारतले सीमा क्षेत्रमा आन्दोलनका कारण ढुवानी गर्न नसकेको बताउँदै आएको थियो । तर नेपालले भने आफ्नो भूमीमा ठूलो समस्या नरहेको बताउँदै आएको छ,’ एक उच्च सरकारी अधिकारी भन्छन्, ‘भारतले यही बेलामा कुटनीतिक भूमिका खेलेर एयरलिफ्ट गरेर भारतबाटै तेल ल्याउन आग्रह गर्‍यो । यो निर्णयलाई हाम्रा मन्त्रीहरुले सहर्ष स्वीकार गर्दा नेपाल फेरि झुक्यो ।’
ती अधिकारीका अनुसार नेपालले एयरलिफ्ट गरेरै ल्याउनुपर्ने अवस्थामा अन्य मुलुकबाट तेल ल्याउनुपथ्र्यो । ‘भारत बाहेकका मुलुकबाट तेल ल्याउन सकेको भए अन्तर्राष्ट्रिय जगतमा नाकाबन्दी भएको औपचारिक जानकारी समेत गराउन सकिन्थ्यो,’ ती अधिकारीले भने, ‘सरकारले अन्य मुुलकबाट एयरलिफ्ट गरेर तेल ल्याउने निर्णय गरेको भए परिस्थिती अर्कै हुन्थ्यो र हामीले अन्तर्राष्ट्रिय रुपमा अपिल गर्न सक्थ्यौ ।’
आयल निगम उच्च स्रोतका अनुसार हवाई इन्धन बाहेकका पेट्रोलियम पदार्थपनि भारतबाटै ल्याउने तयारी भएको छ । ‘हामीले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट मात्रै तेल नल्याउने भनेका हौं । तर भारतकै अरु कम्पनीबाट एयरलिफ्ट गरेर तेल आउनेछ,’ निगम स्रोतले भन्यो, ‘हामीले गरेको ग्लोबल टेन्डरमा समेत अधिकांश भारतबाटै ल्याउने देखिएको छ ।’
आइओसीले तेल दिन आनकानी गरेपछि आयल निगमले अल्पकालिन र दीर्घकालिन रुपमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने निर्णय गरेको थियो । यो निर्णयपछि अल्पकालिन रुपमा एयरलिफ्ट गरेर तेल ल्याउने निर्णय गरेको थियो भने दीर्घकालिन रुपमा उत्तरी छिमेकी चीनबाट तेल ल्याउने निर्णय गरेको थियो ।
स्रोतका अनुसार भारतले बंगलादेशबाट तेल ल्याउन रोकेपछि भारतबाटै ल्याउने निर्णय भएको हो । तर बंगलादेशलाई औपचारिक रुपमा भने कुनै आग्रह गरिएको छैन ।बिजमाण्डू
]]>
4322 0 0 0
'पर्खन्छौं तर खोइ विकल्प?' http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%96%e0%a4%a8%e0%a5%8d%e0%a4%9b%e0%a5%8c%e0%a4%82-%e0%a4%a4%e0%a4%b0-%e0%a4%96%e0%a5%8b%e0%a4%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%aa/ Sat, 10 Oct 2015 04:12:28 +0000 http://www.ghumphir.com.np/?p=4324  

काठमाडौं- भक्तपुरको सूर्यविनायक बस स्टपमा थुप्रै यात्रु बस पर्खंदै छन्। कोही हतारमा देखिन्छन्, कोही तनावमा। एक युवक परबाट सरर साइकलमा आए। बस पर्खेर बसेकातर्फ नजर घुमाए, मुस्कुराउँदै अघि बढे। भक्तपुरस्थित सहकारीमा कार्यरत उनै विकास राईलाई तेलको अभावमा कुनै चिन्ता छैन, किनकि संकट आउनुअघि नै उनले साइकल किनिसकेका थिए।'मैले त्यति बेला स्कुटर किन्ने सोच बदलेर साइकल किनेको हुँ,' उनले भने, 'उक्त निर्णयले अहिले सहज भएको छ।' बिहान कलेजको पढाइ, दिउँसो अफिस र सिपाडोलस्थित घरमा पुग्ने सजिलो साथी बनेको छ साइकल। साइकलको भर पर्दा सबै ठाउँमा समयमै पुग्छन् पनि। 'म बाटोमा हिँड्दा कोही तेलको लाइनमा, कोही बस स्टपमा रोकेको देख्छु,' उनले भने, 'काम सकेर फर्कंदा पनि कतिपय मानिस कुरिरहेको देखेको छु। रोकिनुभन्दा थोरै भए पनि अगाडि बढ्नु नै राम्रो लागेर साइकल चढिरहेको छु।'

भारतले नाकाबन्दी लगाएको दुई साता नाघिसकेको छ। थुप्रैको दैनिकी प्रभावित बनेको छ। काभ्रेको धुलिखेल बस्दै आएका हेमराज केसीले भने आफ्नो दैनिकीमा भने खासै फरक नपरेको सुनाए। उनी छोरीलाई समयमै विद्यालय पठाउँछन्। श्रीमती कलेज जान्छिन्। आफू काठमाडौंस्थित नापी विभागको अफिसमा समयमै पुग्छन्। समस्यालाई उनले सजिलै व्यवस्थापन गरेका छन्।

जहिले पनि आवश्यक कुराहरूको सामान्य बचत गर्ने बानीले उनलाई सजिलो भएको छ। यही सामान्य बचतले उनी अहिलेको असामान्य स्थितिमा पनि सहज देखिएका छन्। पेट्रोलको अभाव देखिन थालेपछि तेल रिजर्भमा नआउँदै उनले लोकल बस चढ्न थाले। छोरीलाई स्कुल पुर्याएउनका लागि त्यही बाइक प्रयोग गर्ने गरेका छन्। उनी आफूचाहिँ लोकल बस चढेर अफिस जाने गर्छन्।

बचत गर्ने बानीले अप्ठ्यारोमा पनि सहजता ल्याउने उनको अनुभवले बताउँछ। 'मैले नाकाबन्दी होला भनेर केही जोहो गरेको होइन, सधंै आवश्यक चिजको जोहो गर्थें,' उनले भने, 'जसका कारण आजसम्म मैले नाकाबन्दीको समस्या झेल्नुपरेको छैन।' नाकाबन्दीले साधनको प्रयोग बदलिए पनि काम नरोकिएको उनी सुनाउँछन्।

डेरामा बस्दै आएका उनलको दुई सिलिन्डर ग्यासमध्ये एउटा सकिएको छ। अर्को भर्खरै लगाएका छन्। तेल र खाद्यान्न अझै दुई महिनालाई पुग्नेछ। 'सामान्य बचत गर्दा समस्याले चाँडै पेल्दो रहनेछ,' उनी भन्छन्, 'समस्या लम्बदै गए मसँग समाधानको लागि समय रहन्छ।' ग्यास सकिए दाउराको जोहो गर्ने उनको विकल्प अझै बाँकी छ।

काठमाडौं कपनकी शान्तीकुमारी खत्रीले सात वर्षअघि स्कुटर किनेकी हुन्। उनको प्यारो स्कुटरले अहिले साथ दिन छाडेको छ। तेल नपाएपछि उनी साइकल किन्ने सुरमा छिन् । 'अब साइकल किन्ने हो,' उनले भनिन्, 'यसमै चढेर अफिस आउनेछु।' तेलको भर परे यात्रा रोकिने उनको बुझाइ छ। भान्सामा ग्यास सकिए माटोको चुलो बनाएर दाउरा बाल्ने उनको सोच छ। 'जीवन त कसैगरी अगाडि बढिहाल्छ नि,' बर्दिया मगरागढीबाट राजधानी आएकी उनी त्यत्ति अतालिएकी छैनन्, 'यहाँ खाद्यान्न अभाव भए गाउँबाट मगाउँछु।'

राष्ट्रिय भूमिअधिकार मञ्चकी महासचिव सरस्वती सुब्बा नेपालीले परनिर्भरता छाडेर आत्मनिर्भरतको बाटो अँगाल्नुपर्ने सुनाउँछिन्। समस्यालाई समाधानको चाबी बनाएर अगाडिको बाटो लिनुपर्ने उनको बुझाइ छ। 'नाकाबन्दीपछि पलाएको चेतानको चाबीले स्वावलम्बनको ढोका खोल्नुपर्छ,' उनले भनिन्, 'अहिलेको समस्यालाई स्वावलम्बनतर्फको प्रस्थान बिन्दु बनाउनु जरुरी छ।' स्वभिमानी यात्रा तेलले नरोकिने सुनाउँदै उनले खुट्टा दह्रोसँग टेेकेमात्र समृद्धिको बाटो तय गर्न सकिने बताइन्।

नेपालीले आफ्नो जिउने शैलीलाई परिवर्तन गर्नुपर्ने उनको बुझाइ छ। 'ग्यास सकिए, गोबर ग्यासतर्फ जानुपर्योट, दाउरा बाल्नुपर्यो्,' उनी भन्छिन्, 'त्यो सम्भव नहुने ठाउँमा हिटर बाल्नुपर्यो ।' तेलको बहानामा उनलाई समस्या छैन। किनकि सकभर पैदल हिँड्छिन्, पैदल नसके साइकल चढ्छिन्।

aaaaaaaa

उनको जस्तै सोच राख्ने थुप्रै युवाहरू समृद्धिको बाटोमा अगाडि बढ्न सरकार पनि सहयोगी हुनुपर्ने सुनाउँछन्। युवा पुस्ता देशलाई जुनसुकै तवरबाट सहयोग गर्न तत्पर छ, तर उनीहरू भन्छन्, 'सरकारले वातावरण मिलाउनुपर्छ।'

तेलको अभाव रहेको समयमा सर्वसाधारणले आफ्नो ठाउँबाट अन्यलाई सहयोग गर्न थालेका छन्। आफ्नो सवारी साधनमा लिफ्ट दिएर अलपत्र यात्रुलाई गन्तव्यतर्फ लैजाने उनीहरूको कार्यले नेपाली समाजमा आफ्नोपनको भावना विकसित भएको छ। आफ्नै धुनमा हुइँकिने सवारीहरूले पैदल यात्रुको सुस्केरा सुन्न थालेका छन्।

समाजशास्त्री बलराम आचार्य अहिले नागरिक मनैदेखि स्वावलम्बी बन्न खोजेको बताउँदै यो चेतना बुझेर राज्यले आत्मनिर्भरको बाटो अँगाल्नुपर्ने सुझाव दिन्छन्। 'नेपालीको स्वाभिमानसँग बाँच्ने चाहनाको मद्दतले राज्यले पनि दह्रोसँग खुट्टा टेक्नुपर्योल,' उनी भन्छन्, 'अहिलेको अवसरलाई सत्ताको खेलमा सक्नु हँुदैन।'

ग्लोबलाइजेसनको जमानामा इन्धनविनाको संसार कल्पना गर्न नसकिने बताउँदै उनले इन्धनको खपत कम गनर्ेे उपाय अपनाउनुपर्ने बताए। 'नजिक जानेले टाढा जानेको लागि इन्धन छाड्नुपर्योि,' उनले भने, 'एकले अर्काको समस्या बुझेर अगाडि बढे नागरिक हिँड्ने बाटोलाई कसैले रोक्न सक्नेछैन।

संकट लम्बिएको लामो समय भइसक्दा पनि सरकारले सहज अवस्था बनाउन सकेको छैन। यस्तो संकटमा गुजि्रएका नागरिकहरू सचेत र धैर्यशील हुनु सकारात्मक पक्ष हो। आचार्य यस्तो अवस्थामा सरकारले विकल्प खोजिहाल्नुपर्ने बताउँछन्।

नयाँ बानेश्वरका मिलन खड्का पनि सरकारले गफ गरेर मात्र होइन काम गरेर देखाउनुपर्ने बताउँछन्। 'हामी अझै पर्खन तयार छौं, सरकारले अलि चलाख बनेर केही न केही उपाय त झिक्नुपर्योन नि।' हजार पाइला हिँड्ने कुरा गर्नुभन्दा एक पाइला सारेको राम्रो हुने भन्दै उनले आफ्नो ठाउँबाट सबैमा सहयोगी भावना भए गाह्रो नहुने बताए।

]]>
4324 0 0 0
एभरेस्ट चिनीमिलका ट्रकलाई प्रहरीले पठाइयो http://localhost/ghum/%e0%a4%8f%e0%a4%ad%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%bf%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%b2%e0%a4%be/ Sat, 10 Oct 2015 05:10:50 +0000 http://www.ghumphir.com.np/?p=4331

महोत्तरी, २३ असोज ।

महोत्तरीस्थित एभरेस्ट चिनी सुगर मिल रामनगरबाट प्रहरीले स्कर्टिङ गरी चिनी लोड गरी राखिएको १५ वटा ट्रकलाई गन्तव्यतर्फ पु¥याएको छ । मोर्चाका कार्यकर्ताले बिहीबार रातिदेखि नै आफ्नो नियन्त्रणमा लिइएको सो ट्रकलाई इलाका प्रहरी कार्यालय गौशाला, सशस्त्र बेस क्याम्पका सशस्त्र प्रहरी जवानले सो गाडीलाई स्कर्टिङ गरी गन्तव्यतर्फ पु¥याएको हो । बर्दिवासस्थित कुमार ट्रान्सफर्मरमार्फत ११ वटा ट्रक काठमाडाँै तथा चार वटा ट्रक हेटौँडातर्फ पठाएको मिलका महाप्रबन्धक कृष्णचन्द्र दासले बताउनुभयो । मोर्चाका कब्जामा रहेको सो ट्रक प्रहरीले आज बिहानको समयमा छोडाउन सफल भएको र गन्तव्यतर्फ पठाइएको महाप्रबन्धक दासले जानकारी दिनुभयो ।

]]>
4331 0 0 0
इन्धन अभावसँगै अटो रिक्साको उपयोग बढ्दो http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a5%88-%e0%a4%85%e0%a4%9f%e0%a5%8b-%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b8/ Sat, 10 Oct 2015 08:37:59 +0000 http://www.ghumphir.com.np/?p=4334

दाङ, २३ असोज ।

केही दिनयता अटो रिक्साको उपयोग बढेको छ । इन्धनको अभावमा हुने समस्यालाई कम गर्न अटो रिक्सा (बिद्युत्बाट चल्ने रिक्सा) उपयोगी देखिएको छ । जम्मा तीन युनिट विद्युत् खर्चमा पूरा चार्ज भई ८० किलोमिटरसम्मको यात्रा तय क्षमता यसको हुन्छ । छोटो दुरीको शहर बजारमा निकै उपयोगी मानिएको छ अटो रिक्सा । अहिले पेट्रोलियम पद्धार्थको अभावमा साना यातायातका साधन नचल्दा यात्राका लागि अटो रिक्सा उपयोग गर्नेहरु बढेको अटो रिक्सा चालक यामबहादुर पुनले बताउनुभयो । “पहिले चढ्न हिचकिच्याउनेहरु अहिले सहजै रिक्सा चढ्छन्,” उहाँले भन्नुभयो । यसले चालकसहित पाँच यात्रु सहजै बोक्न सक्छ । मालबाहक सामान बोक्ने अटो रिक्सा पनि छ । यो बजार क्षेत्रमा सामान ओसारपसार गर्न निकै उपयोगी देखिएको छ । मानिसले चलाउने रिक्साभन्दा अटो रिक्साले काम छिटो हुने मात्र हैन शारीरिक कष्ट पनि हुँदैन । “पेट्रोलियम पदार्थको अभावलाई अहिले अटो रिक्साले केही हदसम्म समाधान गरेको छ, नजिकको यात्रामा अटो रिक्सा उपयोगी सिद्ध भएको छ” – घोराही निवासी किसोर आचार्यले भन्नुभयो । स्थानीयवासी रामु गुरुङले भन्नुभयो, “सरकारले पनि इन्धनको विकल्पमा यस्ता सवारी साधनलाई प्राथमिकतामा राखेर योजना बनाउन आवश्यक छ ।” हाल दाङको घोराही, तुलसीपुर र लमहीका बजारमा अटो रिक्सा सञ्चालनमा आएका छन् ।

]]>
4334 0 0 0
कोरला नाकाको द्वार भत्काइयो http://localhost/ghum/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%b2%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0-%e0%a4%ad%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a4%be/ Sat, 10 Oct 2015 08:39:49 +0000 http://www.ghumphir.com.np/?p=4336

मुस्ताङ, २३ असोज ।

नेपाल र चीनको सिमाना कोरला नाका नजिकै निर्माण गरिएको स्वागत द्वार भत्काइएको छ । जिल्ला विकास समिति मुस्ताङबाट खटिएको प्राविधिज्ञको टोलीले तीनवर्ष अघि निर्माण गरेको द्वार भत्काइएको हो । सीमा नाकाभन्दा करिब पाँच किलोमिटर यता निर्माण गरिएको ढोका सिमाना नजिकै हुनुपर्ने चौतर्फी दबाब बढेपछि त्यसलाई भत्काइएको जिविसले जनाएको छ । करिब १० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको स्वागत द्वार सीमाभन्दा धेरै वर भएको भन्दै उपल्लो मुस्ताङका सर्वसाधारणले पनि आपत्ति जनाउँदै आएका थिए । ठेकेदारले तोकिएको स्थानभन्दा वर निर्माण गरेका कारण समस्या भएको थियो । सीमा नजिकै अर्को स्वागत द्वार निर्माण गर्न पुरानो द्वार भत्काइएको स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले जानकारी दिनुभयो । “त्यो वैज्ञानिक भएन भन्ने कुरा आएपछि त्यसलाई भत्काएर सीमा नजिकै द्वार निर्माण गर्ने हो,” स्थानीय विकास अधिकारी जोशीले भन्नुभयो, “त्यसका लागि आवश्यक बजेट पनि विनियोजन गरेका छौँ ।” चीनले भने सीमा नजिकै सुरक्षा बलको शिविर खडा गरेर सुरक्षालाई चुस्त पारेको छ ।

]]>
4336 0 0 0
फुलचाेकीबाट उपत्यका नियाल्दा http://localhost/ghum/%e0%a4%ab%e0%a5%81%e0%a4%b2%e0%a4%9a%e0%a4%be%e0%a5%87%e0%a4%95%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be/ Sat, 10 Oct 2015 08:54:57 +0000 http://www.ghumphir.com.np/?p=4339 खुल्ला आकाश मुनि मूर्ति। नजिकै आकाशै छुने टावर, तलतल हरिया डाँडा आपसमा खप्टिएर बसे झैं देखिने। एकैछिनमा आकाशै छोपुँला झैं उडेर आएका भुई कुहिरोले सबैतिर ढपक्कै ढाकिँदा सेतो तलाउझै देखियो।
फुल्चोकीबाट देखिएको दृष्यले सबैको मन र मस्तिस्कलाई शीतल बनाइदियो। मनसुनमा भुइँकुहिरोभित्र लुकामारी खेल्छिन् फुल्चोकी। छिनमै कुहिरो फाट्दा प्रकृतिको अदभूत सुन्दरता लिएर मुस्कुराउँछिन्। बषैभरि शीतल हुन्छ फुलचोकी। काठमाडौं बासीको गर्मी छल्ने गन्तव्य फुल्चोकी (२,८०० मिटर)। असार २३ गते हामी प्रकृतिप्रेमी समूहका सदस्यहरुको ९९ औं हाइकिङ सृङखला फुलचोकीमा भएको थियो। 'आफ््न्ाो स्वास्थ्य आफ्नै हातमा' नाराका साथ उचित आहार, विहार र बिचारको अभ्यासले मात्र स्वस्थ रहन सकिन्छ भन्ने सञ्देश बाँड्दै हिँड्यौं हामी। समूहले विगत १२ बर्षदेखि काठमाडौ वरपरका डाँडामा स्वास्थ्य पर्यटन प्रबर्धन गर्दै आएको छ। फुलचोकीमा सय जना पुगेका थियौं। भुइँचालो गएको दुई महिना वितिसक्दा पनि जनमानसमा डर कायमै थियो। सातदोबाटोबाट गोदावरी पुगुञ्जेल बाटो छेउछाउमा घरका भग्नावशेष देख्दा मन निमोठियो। हामी पक्कै उठ्नेछौं यो दुःखबाट।
hikingफुल्चोकी हाफसम्म गाडीमा र त्यहाँबाट हिँड्ने हाम्रो योजना। करिब ९ बजे गाडीले ब्रेक लगायो। सबै ओर्लियौं २१ सय मिटरमा। बर्षामास भएकाले मुलबाटो हिँड्यौं। फुल्चोकी पुग्न गोदावरीको नौधाराबाट जंगलको बाटो पनि छ। तर, मनसुनमा चिप्लिने र जुका लाग्ने डरले गोरेटो नहिँड्नु नै बेस। सुरुमै समूहका संस्थापक अध्यक्ष डा. उमेश श्रेष्ठले पदयात्राका नियम जानकारी गराएपछि हामीले फलफुल ब्रेक गर्यौं । पदयात्रा भनेकै हिँड्नु हो। जथाभाबी खाएर हिँड्दा स्वास्थ्यलाई हानी हुन्छ। त्यसैले हाम्रो समूहले दुई– तीन पटक मौसम अनुसार ताजा फलफुल र एकपटक स्वास्थ्यबर्द्धक तीन बरावर आहार खुवाउँछ। पदयात्रा शरिरको उचित विहार अन्तर्गत पर्छ भने तीन बराबर खाना उचित आहार र सकारात्मक सोच उचित विचार अन्तर्गत पर्छ। सिजन भएकाले हामीले आँप खायौं। गोदावरीबाट भित्र छिरेदेखिनै हाम्रा कान र आँखाले चराको चिरविर र प्रकृतिको सौन्दर्य रसपान गर्दै आएको थियो। गाडीको आवाज र धुँवाधुलोबाट विदा भएर हामी प्रकृतिको काखमा पुग्यौं। चिसो भएकाले ज्याकेट लगायौं। मनसुनमा चारैतिर हरियाली हुन्छ। असार भएकाले किसान खेतमा पसिना चुहाउँदै थिए। कहिले निलो आकाश त कहिले सेतो बादल अनि कहिले चिसो बतास अनि इन्द्रेनीसंग पदयात्रा गर्यौं । 'मामु तपाइँको खुट्टामा जुका हेर्नुस् त', ९ वर्षकी छोरी खुशीले भनिन्। म खुट्टै नहेरी चिच्याए। धन्न जुका रहेनछ। जुकासँग डराउने भएकाले छोरीले मलाई जिस्काएकि रहिछन्। जति उचाई चढ्दै गयो उति तलबाट उडेर आएका भुइकुहिरोको चिसो चुम्बनले उकालो चढ्दा थाकेको मनमा स्फुर्ति बढाइदियो। करिब २ घण्टा उकालो चढाइपछि फुल्चोकीद्धार पुग्यौ। सैनिक क्याम्प छ फुलचोकीमा। त्यहाँबाट देखियो काठमाडौ, भक्तपुर र ललितपुरका दृष्य। अघि हामी भन्दा अग्ला देखिएका डाँडा फुलचोकिबाट त हामी भन्दा मुनि साना पो देखिए। सबैभन्दा उचाइमा थियौं हामी। खुल्ला आकाश मुनि छिन् फुल्चोकी माई। काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो डाँडा फुलचोकीबाट चारैतिर देखिन्छ। फुल– चोकी अर्थात फुलै फुलको चोक भन्ने बुझिन्छ। धेरै फुल फुल्ने बगैचा भएकाले नाम फुल्चोकी रहन गएको भनाई छ। चैत–वैशाखमा राताम्य हुनेगरी गुराँस र लालुपातेले वनै ढाक्छ। उचाइमा हावा चल्छ। मौसम चिसो हुन्छ। चैत– बैशाख, फल्चोकी चढ्न उपयुक्त समय हो, त्यतिबेला बाटैभरी गुराँस हेर्दै एसेलु खाँदै हिड्न सकिन्छ। फुलचोकि हिन्दु र बौद्धमार्गीको पवित्र तिर्थ हो। डाँडामा खुला आकाशमुनि ढुङ्गैढुङ्गाका मूर्ति र त्रिशुल छन्। अबिरले राताम्य फुल्चोकी। नजिकै बौद्ध स्तुप पनि। नयाँ बर्षमा यहाँ मेला लाग्छ। पौराणिक भनाइ अनुसार फल्चोकीका चार दिदि बहिनी– चम्पादेबी, नागार्जुन जामाचो, शिवपुरी र फुल्चोकी हुन्। दिदिबहिनी मध्ये सबैभन्दा उचाइमा भएकाले फुल्चोकी हिमालय दृश्याबलोकन गर्न प्रख्यात छ। त्यहाँ पुस–माघमा हिउँ पर्छ। फल्चोकीबाट चारै दिशाको दृश्य राम्रोसंग देख्न सकिन्छ। उत्तरतिर मौसम खुलेका बेला हिमालको लर्कन देखिन्छ। पश्चिम देखि दक्षिणसम्म हरिया पहाड र तराइका दृश्य देखिन्छ भने फुल्चोकीको मुनि काठमाडौं उपत्यका। अनि छिन छिनमै उडेर आएका बादलले डाँडामा रहेका बस्तीलाई छोपिदिँदा स्वर्गझै देखिन्छ। रमणीय छ फुल्चोकी। डाँडामा हवाइजहाजलाई सिग्नल दिने र टेलिभिजनलाई सिग्नल पठाउने टावर छन्। सूर्योदय र सूर्यास्तका लागि समेत फुलचोकी उपयुक्त छ। डाँडामा होटल तथा रिसोर्ट छैन। सामान्य खाजा पसल मात्रै छ। राम्रा होटल र रिसोर्ट भैदिने हो भने काठमाडौंबासीको सप्ताहन्त मनाउने राम्रो ठाउँ बन्न सक्छ। साताभरको थकाई मेटेर शीतल हावामा दिमागलाई रिचार्ज गर्न सकिन्छ। गोदावरीबाट फुल्चोकी जाने दुई बाटा छन्। नौधाराबाट जंगलको ठाडो बाटो र कुण्डबाट कच्ची मोटर गुड्ने तेर्स्रो बाटो। झरी पर्दा तेर्स्रो बाटो हिड्ने र अरुबेला गोरेटो। ठाडो उकालो र ठाडै ओरालो भएकाले जंगलको बाटो सहासिक छ। घना जंगलमा वनस्पति र चराचुरुङी अवलोकन गर्न सकिन्छ। जंगलमा चितुवा, विरालो, लोखर्के, कालो भालु पाइन्छ। बाँदर त सधैं भेटिन्छन्। किरा फटयाङग्रा र रंगविरंगका पुतलीहरुले लोभ्याउँछ।फुल्चोकीको आधार गोदावरी आफैंमा वनस्पति केन्द्र हो। गोदावरी ललितपुरको प्रख्यात पिकनिक स्पट हो जहाँ वनस्पति अध्ययन गर्न सकिन्छ। मिश्रित जाति बसोबास रहेको गोदवरी धार्मिकस्थल पनि हो। त्यहाँ नौधारा र कुण्ड छन्। फुल्चोकी पुग्दा मध्यान्ह १२ बजिसकेको थियो। सबै थाकिसकेका र भोकले लखतरान थिए। हाम्रो लागि तीन बराबर आहार भोजन तयार भैसकेको थियो। तीन बराबर भन्नाले एक भाग अन्न, एक भाग हरियो तरकारी र एक भाग काँचो सलाद भन्ने बुझिन्छ। यसरी मिलाएर खाँदा शरीरलाई चाहिने छोक्रा बोक्राको पूर्ति हुन्छ। कब्जियत हुँदैन। परिणाम : शरिर स्वस्थ्य हुन्छ। खानापछि अन्तरक्रिया र नाचगान गर्यौंद। फुल्चोकी टावरै गुन्जियो नाचगानले। साइकलमा दिपक श्रेष्ठ दाइको समूह पनि फुल्चोकि आएको रहेछ। ललितपुरको छाप डाँडाबाट फुल्चोकी आइपुगेका। साइक्लिङका लागि समेत फुल्चोकी वेस्ट छ। प्रकृतिको नियम : जति उकालो चढ्यो उति ओरालो झर्नै पर्ने। हामी पनि अघि आएकै बाटो ओरालो झर्यौंछ जहाँ हामीलाई बस कुरिरहेको थियो। कसरी पुग्ने : काठमाडौं–गोदावरी १५ किमि। लगनखेल बसपार्कबाट गोदावरी पुग्न गाडिमा एक घन्टा। गोदावरीबाट हाइकिङ गर्ने। डाँडा चढ्न ३ घन्टा र ओर्लन २ घन्टा। हाइकिङ दुरी करिब १८ किमि। जीप र मोटरबाइक फुल्चोकीसम्मै पुग्छ। हाइकिङ, बाइकिङ र साइक्लिङका लागि उपयुक्त छ।साभार: नागरीक
]]>
4339 0 0 0
नाकाबन्दीविरुद्ध मध्य बानेश्वरका स्थानीयवासीको सामूहिक भोजन http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a4%be/ Sat, 10 Oct 2015 15:34:06 +0000 http://www.ghumphir.com.np/?p=4342

काठमाडौँ, २३ असोज ।

भारतले गरेको अघोषित नाकाबन्दीको विरोधस्वरुप आज मध्य बानेश्वरका स्थानीयवासीले दाउरामा पकाएर सामूहिक भोजन गरी साङ्केतिक विरोध गरेका छन् । “नेताहरु नझुक, हामी जनता साथमा छौँ, अन्याय सहन्नौँ, राष्ट्रियता हाम्रो प्राण हो” भन्ने नाराका साथ काठमाडौँ महानगरपालिका वडा नं १० का स्थानीयवासीले सामूहिक भोजन गरेका हुन् । राजनीतिक दलका नेताहरुलाई ‘ग्यास र पेट्रोल’का निहुँमा राष्ट्रिय स्वाभिमान नगुमाउ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले साङ्केतिक विरोधस्वरुप कार्यक्रम आयोजना गरिएको स्थानीय समाजसेवी नवराज गौतमले बताउनुभयो । स्थानीय टोलवासीको सहयोगमा आज पहिलो दिन ३०० भन्दा बढीलाई खाना खुवाइएको छ । घरमा ग्यास नभएका स्थानीयवासी, मजदुर, विद्यार्थीलगायतलाई नियमित रुपमा खाना खुवाउने व्यवस्था मिलाइएको छ । हरेक दिन बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म खाना खाने व्यवस्था गरिएको स्थानीय गौतमले बताउनुभयो । स्थानीय खुल्ला मैदानमा पाल टाँगेर क्याटरिङको जस्तै गरी दाउराको आगोमा पकाएर खाना खुवाउने व्यवस्था मिलाइएको छ । खानामा दाल, भात, तरकारी र अचारको व्यवस्था छ । समाजसेवी बलिभद्र राजभण्डारी, विष्णु भुसाललगायतले बरु जस्तोसुकै कष्ट सहेर बस्ने तर भारतीय नाकाबन्दीको विरुद्ध राष्ट्रिय स्वाभीमान नगुमाउने प्रतिबद्धता जनाउनुभयो । यसैबीच, बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालय अगाडि नाकाबन्दीको विरोध र नजिकिएको चाडपर्वको उपलक्ष्यमा दाउरामा पकाएर चियापान गरी साङ्केतिक विरोध पनि गरिएको छ ।

]]>
4342 0 0 0
दसैँका लागि आन्दोलन खुकुलो http://localhost/ghum/%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%81%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8-%e0%a4%96%e0%a5%81%e0%a4%95%e0%a5%81/ Sat, 10 Oct 2015 15:38:40 +0000 http://www.ghumphir.com.np/?p=4344

धनगढी, २३ असोज ।

आन्दोलनरत थरुहट÷थारुवान पक्षले बडादसैँलाई मध्यनजर गरी कैलाली जिल्लामा आफ्ना आन्दोलनका कार्यक्रम खुकुलो बनाएको छ । पत्रकार सम्मेलनमा थरुहट÷थारुवान सङ्घर्ष समितिका प्रवक्ता माधव चौधरीले चाडबाड र प्रमुख बाली धान भित्र्याउने समय भएकाले आन्दोलनका कार्यक्रमलाई केही खुकुलो पारिएको जानकारी दिनुभयो । चाडवाडको समयमा छोटो दुरीका यातायातका साधन चल्न दिने र व्यापार व्यवसाय पनि सुरु गर्न दिने अवसरमा जानकारी दिइएको थियो । दसैँपछि आन्दोलनका कार्यक्रम पुनः यथावत् राखिने चौधरीले बताउनुभयो । थरुहटले आन्दोलन गरिरहेको भए पनि जिल्लामा यातायातका साधनका साथै धनगढी, अत्तरिया, लम्कीलगायतका सहरी क्षेत्रमा व्यापार व्यवसाय निर्वाधरुपमा सुरु हँुदै आएका थिए । सीमाङ्कनप्रति असहमति राख्दै कञ्चनपुरदेखि चितवनसम्म एक प्रदेश निर्माण हुनुपर्ने थारुवान÷थरुहट पक्षको माग रहेको छ । थरुहट आन्दोलनकै क्रममा टीकापुरमा गत भदौ ७ गते भएको हिंसामा आठ प्रहरी र एक बालकको ज्यान गएको थियो ।

]]>
4344 0 0 0
बजारमा हिटर र राइसकुकरको अभाव http://localhost/ghum/%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%bf%e0%a4%9f%e0%a4%b0-%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%b8%e0%a4%95%e0%a5%81%e0%a4%95%e0%a4%b0%e0%a4%95%e0%a5%8b/ Sat, 10 Oct 2015 15:48:21 +0000 http://www.ghumphir.com.np/?p=4346

काठमाडौँ, २३ असोज ।

पेट्रोलियम पदार्थको अभावसँगै राजधानीका बजारमा विद्युतीय हिटर र राइसकुकरको अभाव देखिन थालेको छ । लगातारको बन्दका कारण बजारमा खाना पकाउने ग्यास पाउन छाडेपछि विद्युतीय उपकरण किन्नेको भीड बढेर अभाव देखिन थालेको हो । राजधानीको सबैभन्दा व्यस्त बजार मानिने असनमा अहिले एउटा हिटर पनि नभएको व्यापारीले बताएका छन् । बीस वर्षदेखि त्यहाँ भाँडाको पसल गर्दै आएका रामबाबु साहनीका अनुसार भएको मौज्दात सकिएपछि बजारमा विद्युत्बाट खाना पकाउने उपकरण किन्न आउनेको सङ्ख्या बढेको छ । “पहिले विद्युत् कटौती कायम रहेकाले राइसकुकर र हिटर बिक्री हुँदैन्थ्यो, अहिले अचानक यसको बिक्री बढेको छ ।” भारतको सीतामढी घर भएका साहनी भारतले लगाएको नाकाबन्दी गलत भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “हामी यहाँ काम गरी खानेलाई भारतीय प्रधानमन्त्रीले गाह्रो पार्नुभयो ।”

Himstar Gas heaterदिनभर असनचोक र भृकुटीमण्डप घुम्दा एउटा पनि हिटर पाउन नसकेको गुनासो गर्नुहन्छ सामाखुसीकी रीना थापा । उहाँले भन्नुभयो – “घरमा ग्यास छैन । होटलबाट किनेर कतिञ्जेल खाने ? छोराछोरीलाई भोकै मार्नु भएन । त्यसैले हिटर किन्न आएको । बजारमा एउटा हिटर पनि रहेनछ ।” दुई महिना लामो तराई बन्द र दुई साताको नाकाबन्दीले सामान नआएकोे कारण बजारमा यस्ता उपकरणको अभाव भएको बताउनुहुन्छ व्यापारी रामहरि श्रेष्ठ । उहाँ भन्नुहुन्छ – “मानिसहरु हिटर र राइसकुकुर खोज्न आउँछन् । भएको सामान सकियो ।” यहाँका बासिन्दा मात्र होइन राजधानीमा अध्ययन गर्न आएका विद्यार्थी पनि राइसकुकर र हिटरको खोजीमा लागेको भेटिन्छ । बर्दियाका लक्ष्मी बुढा घर जाने बसको टिकट नपाएपछि राइसकुकुर किन्न आएको बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ – “यो दसैँमा घर जान टिकट पाइएन । यहाँ खान पकाउन ग्यास पाइएन । त्यसैले राइसकुकुर किन्न आएकी हुँ ।” पन्ध्रस्रोह वर्षदेखि असनमा व्यापार गर्दै आउनुभएका नविन श्रेष्ठका अनुसार बजारमा हिटर पाइ हाले पनि त्यसको मूल्यमा चार गुणा वृद्धि भएको छ । बजारमा अहिले मसला, तेल, घिउ, जिरा, धनियाँजस्ता खाद्यवस्तुका् अभाव हुन थालेको गुनासो उपभोक्ताहरुले गर्न थालेका छन् । नेपाल खुद्रा व्यापार सङ्घका सचिव अमूलकाजी तुलाधर भन्नुहुन्छ – “सरकारले छ महिनालाई पुग्ने सामान रहेको बताइआएको भएपनि सामान लिन जाँदा डिलरमा पाइदैन ।” दसैँका लागि सामान किन्न आउनुभएकी सम्झना न्यौपानेका अनुसार प्रतिकिलो रु ३८० पर्ने जिरालाई अहिले रु ४९० तिर्नुपर्छ ।

]]>
4346 0 0 0
सुदुरपश्चिमको पर्यटन क्षेत्र केही समय सुस्ताय पनी विस्तारै विस्तारै तग्रीदै : प्रबन्ध निर्देशक भट्ट http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b7/ Sat, 10 Oct 2015 17:36:32 +0000 http://www.ghumphir.com.np/?p=4350 नेपालमा गएको विनासकारी भूकम्पले विशेषगरि पर्यटन क्षेत्रमा भौतिक क्षती त्यती न पु¥याएपनि नेपाल घुम्न आउने पर्यटकको सख्यामा व्यापक असर पुग्न गएको पर्यटन व्यवसायीहरुको भनाई रहदै आएको छ । विशेषगरि भूकम्पपछि नेपाल सरकारले अख्तीयार गरेको नितिका कारण पर्यटन क्षेत्र प्रभावित भएको व्यवसायीको तर्क छ । नेपाल घुम्न आएका पर्यटकहरुले स्वादेश फर्के पछि गरेको नेपालको पयर्टन पर्वद्धनमा मात्र नेपालको पर्यटन व्यवसाय टिकेको छ ।

पर्यटन पर्वद्धनमा सरकारका तर्फबाट भूकम्प पछि हुनुपर्ने प्रचार प्रसार प्रवद्र्धन सोचेअनुरुप नभएपनि पर्यटन व्यवसायीहरुले आफनै पहलमा विधिन प्रचास प्रसारका कार्य गर्दै आएका छन् । अझ सुदूरपश्चिमको पर्यटन राज्य क्षेत्रबाट खासै पहल भएको छैन भन्दा पनी हुन्छ । भुकम्प पछि पर्यटन क्षेत्र केही चहल पहल तथा पर्यटक आगमन हुन थालेको थियो । तर नेपालको संविधान २०७२ जारीभए संगै दिन प्रति दिन बन्द हडताल तथा अघोषित नाकाबन्दीक कारण पर्यटन क्षेत्रको विश्वमाझ निकै नकरात्मक सन्देश गयो ।

विस्तारै तंग्रिरन लागेको सुदूरपश्चिम क्षेत्रको पर्यटनमा पुन अरस देखिएको छ । यसै विषयमा आधारीत पर्यटन तथा होटल व्यसायी एव सुदूरपश्चिमका जिल्लाहरुमा पर्यटन प्रवद्धनमा विगत लामो सयम देखी निरन्तर लागीरहेका होटल रुवसका प्रबन्ध निर्देशक प्रकाश भट्ट सगंको कुराकानी ...

parkash bhattaअहिले सुदुरपश्चिम क्षेत्रको पर्यटकको अवश्था कस्तो रहेको छ ? सुदुरपश्चिमको पर्यटन क्षेत्र पछिल्लो अवस्था भन्नु पर्दा भुकम्प पश्चात केही समय सुस्ताय पनी विस्तारै विस्तारै तग्रीदै गएको थियो । तर सविधान जारी लगतै बन्द, हड्ताल तथा आन्दोलन भयो त्यसपछि पछि गएर कर्रफु जारी भयो । यस्तो अवस्थमा पर्यटकीय गतिविधी हुने त कुरै भएन । यस्ले गर्दा नकारात्क असर प¥यो ।

सुदुरपश्चिममा विशेष गरि कस्ता किसिमका पर्यटक आउछन् ? अहिलेको अवश्थामा भन्नु पर्दा क्रमिक रुपमा बड्दो छ । महेन्द्रनगर बोर्डर भएका कारण भारतीय पर्यटकहरु बढी आउने गर्दछन् । तरे देशका अन्य भागमा जानका लागी यो नाका भएर आउने जाने गरेका छन् । गत वर्ष दुई देश नेपाल र भारतका ब्यापारीहरुका एउटा दुईटा व्यापारीहरुको मिटिङ पनि भएको थियो । व्यापारीक मिटिड भए लगतै साइक्लीङमा तथा नजीकका पर्यटकीय स्थलहरुमा घुमघाम गर्ने र होटलमा र्फकेर आएर बस्ने कार्य भएको थियो । तर अहिले त्यस्तो अवस्था छैन ।

पर्यटन क्षेत्रमा सरकारले अबका दिनमा के गर्नु पर्छ अथवा पर्यटन पर्वद्धनका लागी तपाईहरुले आफनो क्षेत्रबाट केहि गर्नु भएको छ ? पहिला त देशको राजनैतिक स्थिता हुनु पर्यो अनि मात्र अरु कुरा सहज हुन्छ । राज्यले पहिले देखिनै सुदूरपश्चिमलाई खासै हेरेको छैन । राज्यले सुदूरपश्चिमका पर्यटकीय स्थलका बारेमा विकासका विषयमा निश्चित निति ल्याएर आगढी बढेमा रामे हुन्छ जस्तो मलार्य लाग्छ । सुदूरपश्चिमका पर्यटकका बिषयमा यहाका ब्यापारी, उद्योगपति, समाजसेवीहरु लागी परेकै छन् । तर यहाकाले मात्र पुग्दै जब सम्म राज्यले ठोस निती नल्याउसम्म यहाकाले जती गरेपनी पुग्दैन जस्तो लाग्छ मलाइ । सुदुरपश्चिम घुम्न आउने पर्यटकहरुलाई के भन्न चाहनु हुन्छ? देशका राजनैतिक तथा बन्द हडतालका बिषयमा जती संचार माध्यमा आएक छन् त्यो भन्दा भिन्न अवस्था रहेको छ सुदूरपश्चिममा । यहाको अवस्था सामान्य रहेको छ ।सुदुरपश्चिममा आउन चाहने पर्यटकहरुले ठुक्क भएर आए हुन्छ ।

सुदुशपश्चिममा आउने पर्यटकहरु विशेषगरि कुन ठाउमा बडी घुम्न जान मन पराउछन ? हामीले दुइ किसीमका स्थानलाई प्राथमीक्ता दिएका छौ । एउटा चाहि वाइल्ड लाईफलाई लक्षीत गरेर शुँल्लाफाटा बन्यजन्तु आरक्षण क्षेत्र हो । यो क्षेत्र विशेष गरि संसारका सबैभन्दा बडी बाह्सिगांको झुण्डभएको एकमात्र ठाउँ हो । शुँक्लाफाटा वन्यजन्तु आरक्षणम एकै पटक बाह्सिगां पन्ध्रसय देखि दुई हजारको सख्या एकै पटक हेर्न पाईन्छ । त्यस्तै कर्णालीबाट र¥याफटिडं गरेर टिकापुर सम्म आउने र टिकापुरमा आयल्याण्ड रिसोर्ट पनि छ त्यहा आरम गरेर केराका बिभिन्न प्रकारका परिकारको स्वाद लिन सकिन्छ । अझ देशकै प्रखयत तथा भु स्वर्गकै रुपमा रहेको खप्तड क्षेत्र, धार्मिक हिसावले प्रख्यात बडीमालीका तथा आरोहणका लागी खुलेका विभिन्न हिमालहरु पनी रहेका छन् । यी स्थानहरुका पनी बढी पर्यटकको रोजाईमा पर्ने गरेका छन् । विशेषगरी खप्तड र शुक्लाफाट वन्यजन्तु आरक्षणमा अहिले पर्यटकको रोजईमा पर्ने गरेका छन् ।

पश्चिम नेपालकै प्रख्यात होटल मा तपाईको होटल रुवस पर्ने गर्दछ । यस्का विशेषताहरु के छन ? होटल रुवस फुल्ली एसी होटल हो । एकसय पचास जनासम्मको कन्फ्रेन्स गर्ने हलको व्यवस्था छ । साठी जना र चालीस जना गरेर जम्मा तिन वटा कन्फ्रेन्स हल उपलब्ध छ । अहिले बत्तिस वटा एसी सहितका कोठाहरु छन । एक पर्यटकलाई चाहिने सम्पुर्ण सुविधाहरु रहेका छन् । पर्यटकले रुचि अनुसारका सुविधा सम्पन्न कोठाहरु रहेका छन् ।

अन्तमा केहि भन्नु छ ? देशको विकास लागी सबै लाग्नु पर्दछ । सबैले काम गरेर खाने वातावरण भयो भने विकास हुन्छ । पश्चिममा भएको स्रोत र साधनको सहि सदुपयोग गर्न सकियो पश्चिमको विकास हुन्छ । सुदूरपश्चिमका पर्यटकीय स्थलको सहि सदुपयोग गर्न सकियो भने यहाको विकास हुन्छ । अझ स्थानिय समुदायलाई उत्तरदायी बनाउन सकियो भेन दिगो रहन्छ जस्तो लाग्छ ।

]]>
4350 0 0 0
म्याग्दीमा रहेको नुन खानी अलपत्र http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a5%81%e0%a4%a8-%e0%a4%96%e0%a4%be%e0%a4%a8/ Sun, 11 Oct 2015 06:39:19 +0000 http://www.ghumphir.com.np/?p=4355

बेनी (म्याग्दी), २४ असोज ।

म्याग्दीको शिख गाविसको कालीगण्डकी नदी किनारमा चार वर्षअघि फेला परेको नुन खानी अलपत्र परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा कालीगण्डकी नदी किनारामा २०६८ सालमा नुनिलो पानीको मुहान भेटिएको थियो । मुहान भेटिएपछि त्यसको अनुसन्धान सुरु गरे पनि आर्थिक अभावमा त्यसले पूर्णता पाउन नसकेको तातोपानी संरक्षण समितिका सदस्य पूर्णबहादुर पुनले बताउनुभयो । “तातोपानीसँगै नुनसमेत देखिएको छ” – उहाँले भन्नुभयो – “पानीको स्वाद नुन हालेको जस्तो भएकाले पनि खानी तथा भूगर्भ विभागमार्फत अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ ।” करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानीको मुहान तथा आसपासको जग्गामा सेताम्मे नुन जस्तै पदार्थ देखिएको थियो । कालीगण्डकी नदीको किनारमा फेला परेको तातोपानीलाई संरक्षण गर्ने क्रममा डोजरको सहायताले स्नानका लागि कुण्ड बनाउने क्रममा नुनको खानी फेला परेको स्थानीय समाजसेवी चन्द्रबहादुर पाइजाले जानकारी दिनुभयो । सो खानीको उत्खनन हुन सकेमा जिल्लाका लागि आवश्यक पर्ने नुन प्राप्त गर्न सकिने अनुमान गरिएको उहाँको भनाइ रहेको छ । उहाँले भन्नुभयो – “उत्खननका लागि नमुना पठाइसकेका छाँै ।” नुनखानी उत्खनन गर्न आवश्यक सहयोगका लागि स्थानीयवासीले सरोकारवालासँग सहयोग मागेपछि स्थलगत अवलोकनमा गएको एक टोलीले अन्य क्षेत्रमा रहेको तातोपानीभन्दा स्वाद फरक रहेकाले पनि यसको अनुसन्धान आवश्यकता रहेको बताएका थिए ।

]]>
4355 0 0 0
आइओसीले तेल भर्न बोलायो, निगम भने विश्वस्त छैन http://localhost/ghum/%e0%a4%86%e0%a4%87%e0%a4%93%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%ad%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%ac%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%a8/ Sun, 11 Oct 2015 07:00:06 +0000 http://www.ghumphir.com.np/?p=4359 विज्ञान अधिकारी

इन्डियन आयल कर्पोरेशन (आइओसी) को मुख्यालय मुम्बईले शनिबार आयल निगमलाई टेलिफोन गरेर आइतबार रक्सौल बाहेकका डिपोमा पेट्रोलियम ट्यांकर पठाउन आग्रह गरेको छ। आइओसीको ट्याङ्कर पठाउन आग्रह गरेपनि तेल भरेर नपठाएसम्म विश्वास गर्न नसकिने आयल निगमका अधिकारीहरु बताउँछन्। ‘आइओसीले शनिबार हामीलाई टेलिफोन गरेर आइतबार (विदा) भएपनि डिपो खोलेर तेल दिने जानकारी दिएका छन्,’ निगमका प्रवक्ता दीपक बरालले भने ‘हामीले पठाएको ट्यांकरमा तेल भरेर नेपाल नआएसम्म केही विश्वास गर्न सकिदैन।’ बरौनी, सिलगुढी, गुन्डा र वेतालपुरमा ट्यांकर पठाउन आइओसीले आग्रह गरेको छ।

निगम स्रोतका अनुसार शनिबारनै आइओसीले लोडिङ बढाएर दिएका थिए। निगम उच्च स्रोतका अनुसार आयल निगमले पेट्रोलियम पदार्थ आपूर्तिमा टेन्डर आह्वान गरेपछि आइओसी लचिलो भएको हो। ‘नेपाल–भारतवीचको राजनीतिक सम्बन्धमा कुनै सुधार भएको देखिएको छैन। आइओसीले नेपालको व्यापार गुमाउन नचाहेकोले केही लचिलो भएर तेल दिएको हुनसक्छ,’ स्रोतले भन्यो, ‘हामीले स्वदेश र विदेशका कम्पनीलाई तेल ल्याउन आह्वान गर्नेवित्तिकै उनीहरु आत्तिएका छन्।’ आयल निगमसँग आइओसीको १ खर्ब ३० अर्बको व्यापार छ। आइओसीका लागि नेपालसँगको व्यापार सबैभन्दा ठूलो हो। टेन्डरमा पनि आइओसीका चासो आयल निगमले निकालेको ग्लोबल टेन्डरमा समेत आइओसीले चासो राखेको छ।

स्रोतका अनुसार आइओसीका अधिकारीले शनिबार टेलिफोन गरेर टेन्डरमा आफु पनि सहभागी हुने जनाएको थियो। ‘आइओसी आफ्नो व्यापार सुरक्षित गर्न ग्लोबल टेन्डरमा समेत सहभागी हुने इच्छा देखाएको हुनसक्छ,’ स्रोतले भन्यो, 'आइतबारसम्म उनीहरुले पनि टेन्डर भरे भने थाहा हुन्छ।’ भारतले नाकाबन्दी लगाएपछि आइओसीले माग भन्दा १० प्रतिशत मात्रै तेल दिँदै आएको छ। भारतीय दूतावासको चासो आयल निगमले ग्लोबल टेन्डर आह्वान गरेपछि भारतीय दूतावासले चासो देखाउँदै नियमित रुपमा सूचना लिइरहेको स्रोतले बतायो। स्रोतका अनुसार दूतावासले कुन, कुन कम्पनीले टेन्डर भरे भनेर जानकारी लिएको हो।

]]>
4359 0 0 0
तस्बिरमा रातो मछिन्द्रनाथ http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%8b-%e0%a4%ae%e0%a4%9b%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%a8%e0%a4%be/ Sun, 11 Oct 2015 07:31:39 +0000 http://www.ghumphir.com.np/?p=4361 वर्ष र सहकालको देवता रातो मछिन्द्रनाथको जावलाखेलमा रहेको छ ।  यस वर्ष १२ वर्षको मेला परेकाले जावलाखेल र बुङ्मतीमा गरी दुई पटक भोटो हेर्न पाउने भएका छन् ।

के हो रातो मच्छिन्द्रनाथको रथजात्रा करिब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ। सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन्।पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ्र

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ ९पञ्चबुद्धमध्येका चौथो बुद्ध० का रूपमा पूजा गर्ने गर्छन्।

लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्‍यो। दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्‍यो। सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन्।

उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए। सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ। जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ। संस्कृतिविद् सत्यमोहन जोशी कालो मखमलको कपडामा मणिमाणिक, बहुमूल्य नवरत्नजडित सो भोटोको दर्शन गर्नाले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभफलदायी हुन्छ भन्ने सांस्कृतिक मान्यता रहेको बताउँछन्।

लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा(राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ्र

मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ। भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ। जावलाखेलको नाम पनि यही भात छर्ने प्रसङ्गसँग जोडिएको छ। नेपालभाषामा यो ठाउँलाई जा ह्वला ख्यः भनिन्छ जुन पछि अपभ्रंश भएर जावलाखेल हुन पुगेको हो। भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ।

सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ। ललितपुर स्थित रातो मत्स्येन्द्रनाथको जात्राको सुरूआतमा सर्वप्रथम म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट श्री करुणामयको मूर्ति बनाइ कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रतिस्थापन गरिन्छ। विभिन्न तिथिमा विभिन्न किसिमका कर्म र कृत्य गरेपछि वैशाख कृष्ण प्रतिप्रदामा श्री करुणामयको न्हवं ९स्नान० कार्य गरिन्छ। वैशाख शुक्ल प्रतिपदामा रथारोहण भई अक्षय तृतियाका दिन गौदान सहितको शान्ति स्वस्तीपश्चात् चौथी तिथिमा श्री मीननाथले पुल्चोक ललितपुरमा स्वागत गर्दै नगरबासीलाई श्री पद्मपाणी अवलोकितेश्वरको दर्शन दिलाउन र ललितपुर नगरको भ्रमण गराउन श्री करुणामय रातो मत्स्येन्द्र नाथको रथयात्रा आरम्भ गरिन्छ। यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बु·मतीमा लगेर राखिन्छ।

rato machindra (3)

/ftf] dl5Gb|gfy jif{ / ;xsfnsf] b]jtf /ftf] dl5Gb|gfysf] hfjnfv]ndf b}lgs k"hf ub}{ ;j{;fwf/0f . o; jif{ !@ jif{sf] d]nf k/]sfn] hfjnfv]n / a'ªdtLdf u/L b'O{ k6s ef]6f] x]g{ kfpg] ePsf 5g . tl:a/ M /f]zg ;fksf]6f, /f;;

1444543089746_RoS-Ktm-Machindra Nath (5) rato machindra (1) rato machindra (2)

/ftf] dl5Gb|gfy jif{ / ;xsfnsf] b]jtf /ftf] dl5Gb|gfysf] hfjnfv]ndf b}lgs k"hf ub}{ ;j{;fwf/0f . o; jif{ !@ jif{sf] d]nf k/]sfn] hfjnfv]n / a'ªdtLdf u/L b'O{ k6s ef]6f] x]g{ kfpg] ePsf 5g . tl:a/ M /f]zg ;fksf]6f, /f;;

]]>
4361 0 0 0
म्याग्दीको बगरमा होम स्टे http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%97%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%ae-%e0%a4%b8%e0%a5%8d%e0%a4%9f/ Sun, 11 Oct 2015 07:48:07 +0000 http://www.ghumphir.com.np/?p=4371

बाबियाचौर (म्याग्दी), २४ असोज ।

म्याग्दीको मुदी गाविस– ९ बगर र नाउरामा पर्यटकको सुविधाका लागि ‘होम स्टे’ (घरबास) सञ्चालन सुरु भएको छ । स्थानीयवासीको पहल र असल छिमेकी नेपालद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाको सहयोगमा बगरका तीन र नाउराका दुई वटा घरमा २० जना क्षमताको होम स्टे सुरु भएको हो । धौलागिरि हिमाल आरोहण र राउण्ड धौलागिरि भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी घरबास सेवा सुरु गरेको स्थानीय नरप्रसाद पुनले बताउनुभयो । होम स्टेमा बसोबासका लागि आउने पर्यटकले आरामदायी बसोबाससँगै स्थानीय उत्पादनका परिकारको स्वाद लिन पाउने व्यवस्था मिलाइएको छ । बगरमा होम स्टे सञ्चालनमा म्याग्दी सामुदायिक विकास परियोजनाले समेत स्थानीयवासीलाई आवश्यक तालिम र विस्तारका सामग्री सहयोग गरेको छ । जिल्ला सदरमुकाम बेनीदेखि दुई दिनको पैदलयात्रापछि पुगिने म्याग्दीको दुर्गम बगर गाउँ धौलागिरि हिमाल आरोहण गर्न जाने पदमार्गको अन्तिम मानवबस्ती हो । बगरभन्दा माथि आधार शिविरतर्फ बस्ती छैन् । दर्जनौँ मनोरम झरना, प्राकृतिक तातोपानी कुण्ड, घना जङ्गल, वन्यजन्तु र पक्षीको अवलोकन गर्न पाउन बगर गाउँको विशेषता हो ।

]]>
4371 0 0 0
साउदी अरबमा एक सय नेपाली अलपत्र http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a5%80-%e0%a4%85%e0%a4%b0%e0%a4%ac%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%95-%e0%a4%b8%e0%a4%af-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%85/ Sun, 11 Oct 2015 08:00:45 +0000 http://www.ghumphir.com.np/?p=4373

एनपी प्रधान साउदी अरब, २४ असोज ।

खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर यहाँ आएका करिब १०० नेपाली बिचल्लीमा परेका छन् । धन कमाउने मिठो सपना बोकेर रोजगारीका लागि साउदी आएका ती नेपालीले डेढ महिनादेखि काम पाउन नसकेपछि बिचल्लीमा परेका हुन् । उनीहरु काठमाडौँमा रहेको गोल्डेन इगल मेनपावर, सस मेनपावर र एडभेन्चर ह्युमन रिसोर्सेस गरी तीन छुट्टाछुट्टै मेनपावरमार्फत वैदेशिक रोजगारी सिलसिलामा साउदी आइपुगेका हुन् । दुई वर्षे करार सम्झौतामा अल जजीरा सर्पोट सर्भिस् कम्पनीमा कामदारका रुपमा आएका उनीहरुले अहिलेसम्म काम पाउन सकेका छैनन् । गत सेप्टेम्बरको १ र २ तारिखमा विभिन्न समूहमा गरी साउदी आएका उनीहरु हराजस्थित दुई वटा शिविरमा आश्रय लिएर बसिरहेका छन् । एक हजार २०० साउदी रियल तलब पाउने गरी सस मेनपावरमार्फत उक्त कम्पनीमा आएका दार्चुलाका वीरसिंह समालले आफू नराम्रोसँग ठगिएको दुखेसो गरे । मेनपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभन दिएर आफूसँग एक लाख हजार रुपैयाँ लिएको उहाँले बताउनुभयो । “ऋण काढेर विदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने बस्नेसम्म टुङ्गो छैन,” समालले भन्नुभयो – “आएको दिनदेखि नै चिसो भुर्इंमा सुतेका छौँ ।” पीडित समालका अनुसार कम्पनीले खानाका लागि २०० साउदी रियलबाहेक अहिलेसम्म केही दिएको छैन । समालसँगै आएका उदयपुरका रुद्र राउतले गोल्डेन ईगल मेनपावरलाई एक लाख पाँच हजार बुझाएर उक्त कम्पनीमा आएको बताउनुभयो । आफूसँगै उक्त शिविरमा रहेका १०० नेपालीले अहिलेसम्म काम नपाएको जानकारी राउतले दिनुभयो । गोल्डेन ईगल मेनपावरमार्फत नै साउदी अरब आइपुग्नुभएका उदयपुरका प्रदीप राउतले डेढ महिना खाली हात बस्नुपर्दा घरपरिवार समेत तनावमा रहेको बताउनुभयो । उहाँका अनुसार मासिक एक हजार २०० रियल कमाइ हुन्छ भनेर मेनपावर कम्पनीले रु ७० हजार लिएको थियो । उहाँले भन्नुभयो – “काम लगाउने विषयमा कम्पनीले चासो नदिएपछि काठमाडौँमा रहेको मेनपावर कम्पनीलाई पटकपटक फोन ग¥यौं । फोन गर्दा केही दिनमै काम मिल्छ भन्ने आश्वासन पाउँछौँ तर आजसम्म काम पाएको छैन ।” आजभोलि मेनपावर कम्पनीलाई फोन गर्दा फोन नउठ्ने गरेको उहाँको दुखेसो छ । शिविरमा एउटा कोठामा ८–९ जना सम्म कोच्चिएर बस्न बाध्य छन् । पिउने पानीको व्यवस्था नभएर केही नेपाली कामदार बिरामी परेको बताइएको छ । राउतका अनुसार कम्पनीले काममा लगाउन नसक्दा केही नेपाली कामदार कामको खोजीमा कम्पनी छाडेर भागेका छन् । यस्तै, सस मेनपावरमार्फत रु ९० हजार बुझाएर सो कम्पनीमा कामदारका रुपमा आएका सिन्धुलीका सूर्य लामाले मेनपावर कम्पनीले आफूहरुलाई विदेशी भूमिमा अलपत्र पारेको बताउनुभयो । कमाइ हुन नसक्दा घरपरिवारलाई फोन गर्नसमेत नपाएको उहाँले गुनासो गर्नुभयो । एडभेन्चर ह्युमन रिसोर्सेसमार्फत साउदी आइपुगेका महोत्तरीका भरत यादवले डेढ महिनादेखि काम गर्न नपाउँदा आफूहरु निकै पीडित बनेको बताउनुभयो । मेनपावर कम्पनीले आफूसँग रु ९० हजार लिएर पठाएको भए पनि अहिलेसम्म काममा लगाउन नसकेको यादवले सुनाउनुभयो । तेह्रथुमका हजिन्द्रबहादुर कार्कीको पीडा पनि उस्तै छ । काम नपाएर आफूहरु बिचल्ली पर्दा पनि हारगुहारका लागि कसैसँग सम्पर्क गर्न नसकेको उहाँले बताउनुभयो ।

]]>
4373 0 0 0
नाकाबन्दी : भारतको घातक प्रहार http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%98%e0%a4%be%e0%a4%a4%e0%a4%95-%e0%a4%aa%e0%a5%8d/ Sun, 11 Oct 2015 08:21:45 +0000 http://www.ghumphir.com.np/?p=4375 krishna khanal

प्रा. कृष्ण खनाल

सरकारहरू रकमी कुरा गर्छन्। कम विकसित देशमा यो अझ टड्कारो हुन्छ। यो कुरा कुनै देशभित्र मात्र होइन, देशहरूबीचको सम्बन्धमा पनि उत्तिकै यथार्थ छ। यसको स्रोत राजनीति गर्ने स्वयं हुन्। भारतले नेपालविरुद्ध लगाएको नाकाबन्दीले नै यसको यथेष्ट पुष्टि गर्छ। नेपाल र भारतबीच व्यापार, पारवहन, आपूर्तिलगायत निर्वाध सीमा वारपार, गर्न–गराउन पाउने सन्धिसम्झौता यथावत् छन्। तिनका बारेमा कुनै गुनासो पनि अहिले देखिन्न। तर नेपालले भारतबाट वा भारतको बाटो भएर भित्र्याउने इन्धन, औषधि, उद्योग व्यवसायजन्य कच्चा पदार्थ, निर्माण सामग्रीलगायत दैनिक उपभोगका कुनै पनि वस्तुको यतिखेर सहज वारपार हुन सकेको छैन। नयाँ संविधान जारी गरेको भोलिपल्टैदेखि भारतले सिमानालाई ठप्प पार्‍यो। अबगालबाट जोगिन कहिले यता कहिले उता गरी केही सीमा नाकाबाट एकाध मालवाहक ट्रक/ट्यांकर नेपाल भित्रिए पनि नाकाबन्दी जारी छ। मलाई राजनीति र कानुनी औपचारिकताका शब्दजालमा अलमलिनु छैन। भारतले सिमानामा गरेको व्यवहार सोह्रैआना नाकाबन्दी हो। नेपाल–भारतबीच कायम रहेका सन्धिसम्झौता र प्रचलित अन्तर्राष्ट्रिय कानुन एवं अन्तर्राष्ट्रिय सम्बन्धका व्यवस्था र प्रचलनका आधारमा पनि यो सहजै पुष्टि गर्न सकिन्छ।

भारतको यो कारबाही नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्वमाथि नांगो हस्तक्ष्ोप हो भन्ने कुरामा नेपाली मात्र होइन, विश्वमतसमेत बनेको छ। कसैले कुरा उठाउँछन् ००७ साल र ०४६ सालमा आन्दोलन गर्दा वा ०६२ मा १२ बुँदे समझदारी गर्दा दिल्लीलाई स्वागत गर्ने तर अहिले विरोध गर्नु आफैंमा विरोधाभास होइन र? वर्तमान नाकाबन्दी र चालु राजनीतिक संक्रमणमा उसको चासो वा भूमिकामा तात्त्विक अन्तर छ। उसले आफ्नो भूमिका निर्वाह गर्न अन्य थुप्रै कूटनीतिक तथा राजनीतिक विकल्प थिए। समय छँदै कूटनीतिक र राजनीतिक पहल गर्न भारत पछि परेको हो। यसका लागि उसका दूतावास तथा परराष्ट्रका अधिकारीहरू जिम्मेवार छन्। तर यसको आवेश र आवेगपूर्ण मारमा नेपाली जनता पारिएका छन्। यो नाकाबन्दी दुई देश खास गरेर छिमेकीका बीचमा दुईपक्षीय सम्बन्ध तथा कूटनीतिको कुनै मर्यादा र मान्यताभित्र पर्दैन। मनसाय जे भए पनि नाकाबन्दीको प्रकृति र प्रभाव हेर्दा यो एकपक्षीय हस्तक्षेप अघोषित युद्धको शैलीमा आएको छ। नेपालसँग अहिलेलाई टुलुटुलु हेर्नु र बेहोर्नुबाहेक यसको विकल्प छैन। छिमेकीको सबैभन्दा कमजोर अंगमाथिको यो आक्रमण घोर अमानवीय कार्य पनि हो। यस अर्थमा यो मानवताविरुद्ध घातक प्रहारसमेत हो। नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले यो अत्यन्त निन्दनीय काम गरेको छ। स्वयं भारतीयले समेत यसको निन्दा गरिरहेछन्। समग्र नेपालीका अगाडि मोदीको अनुहार र राजनीतिक छवि कहिल्यै नधोइने गरी धमिलिएको छ। यसको प्रभाव भारतीय जनमतसम्म पुग्दैन भन्ने दम्भ उनले नराखे हुन्छ।भारतको यस्तो गैरजिम्मेवारी कार्यबाट आज काठमाडौं मात्र होइन, मधेसलगायत सिंगै नेपाल प्रताडित छ। प्रारम्भमा मधेसका आन्दोलनकारीलाई केही प्रोत्साहन र उत्साहजन्य देखिए पनि अन्तत: यसले सबैलाई ग्रसित गर्न पुगेको छ। मानिसहरूको सामाजिक, सार्वजनिक र व्यावसायिक जीवन मात्र प्रभावित भएको छैन, उसको दैनिकी नै अस्तव्यस्त भएको छ। दिनहुँ काम गरेर खानुपर्ने तल्लो तप्काका मानिसका चुलो चिसिएको छ। स्कुल कलेज मात्र होइन, अड्डा–अदालत पनि बन्द हुन थालेका छन्। बालकहरू भोकै पर्न थालेका छन्। यसका लागि नेपालका नेताहरू दोषी छैनन् भन्नु मेरो तात्पर्य होइन। तर दोषी होइन, निर्दोषहरू दण्डित भएका छन्। नाकाबन्दीको प्रभाव शासकसम्म कहिल्यै प्रत्यक्ष पुग्दैन। यो वा त्यो जोसुकै हुन् सुविधा उनीहरूका लागि निरन्तर उपलब्ध भइरहेको हुन्छ। मारमा सुविधाबाट वञ्चित सामान्य मानिस पर्छन्। तराई/मधेस अशान्त भएको दुई महिना नाघिसकेको छ। संविधान घोषणा भएको पनि तीन साता भएको छ। भारतको मुख बोली कहिलेकाहीं फेरिएको भए पनि स्थिति यथावत् छ। अघिल्लो साता केही सकारात्मक प्रगति हुने संकेत देखिएका थिए तर साता पूरा नहुँदै समस्या अरू किचलोपूर्ण हुन थालेको छ। दिन तोकेर यो पद यति दिनभित्र यसलाई, अर्को यति दिनमा उसलाई भनेर तस्बिरै खुल्ने गरी संसारका कुनै पनि संविधानमा नलेखिने संक्रमणकालीन व्यवस्था हाम्रा संविधान निर्माता भनिनेहरूले गरेका छन्। सामान्यतया राजनीतिक प्रकृतिका पदहरूमा नयाँ संविधानअनुसार आमचुनाव वा मनोनयनले त्यसको पूर्ति नगरुन्जेल बहालवाला नै कायम रहने संवैधानिक प्रचलन छ। तर हामीले त्यसो गरेनौं। पदीय बाँडफाँडको मानसिकतामा १६ बुँदेको रचना भएको पुष्टि गर्छ। यसले संविधानको औचित्यलाई नेताहरूको पद लाभमा सीमित गरिदिएको छ। मधेसी दलहरूसँग उत्साहहीन वार्ताको खबर काठमाडौंका मूलधारका सञ्चार माध्यममा आउन थालेका छन्। दुवैतर्फका वार्ताकारहरूमा उत्साहभन्दा दबाबको तनाव बढी देखिन्छ। जेजस्तो सहमति भएर काठमाडौंमा निस्कने निकासले दिल्ली र मधेसी नेताहरू खुसी होलान् तर मुलुकको संवैधानिक इतिहासमा यो भारतको हस्तक्षेपकारी संशोधन भनेर अंकित भइरहने छ। आन्दोलनमा हुत्याइएका मधेसी युवा जत्था आक्रोशित रही नै रहने छ। उपयुक्त समयमा फेरि तिनीहरू दिल्लीको गोटी बन्ने छन्। अर्को नाकाबन्दीको रचना हुने छ। तसर्थ अहिलेका लोभी लिच्चड र मिओपिया (नजिक मात्र देख्ने, टाढा नदेख्ने दृष्टिजन्य समस्या) ग्रस्त पात्रहरूबीचबाट आउने निकास अस्थायी र क्षणिक हो भन्ने कुरामा सन्देह नराखे हुन्छ। संविधान घोषणा भएपछि संविधानसभा संसद्मा रूपान्तरित भएर यसको पहिलो अधिवेशन पनि प्रारम्भ भएको छ। सरकारले मधेसी समुदायका मागलाई सम्बोधन गर्न भनेर संविधान संशोधन विधेयक संसद्मा दर्ता गरेको पनि खबर छ। तथापि यो संसद्को पहिलो कार्यसूचीका रूपमा प्रधानमन्त्रीको निर्वाचन गर्नु हो। मानौं संविधानको सबैभन्दा ठूलो उद्देश्य पनि यही नै हो। एमालेका मान्छेहरूलाई यसले उत्साहित गराएको होला। आफ्ना नेता प्रधानमन्त्रीको कुर्सीमा त बसून्, उनको टुक्के बोलीमा सुइकिने गुलेली गोलीले फत्ते गरिहाल्छ भनेर उनीहरूमा आशाको त्यान्द्रो झुन्डिरहेकै होला। तर दोस्रो संविधानसभाको निर्वाचनपछि प्रधानमन्त्री बनेका सुशील कोइराला र उनको दलको मुख फेरिएको छ। प्रधानमन्त्री बनेदेखि ३ असोजमा संविधान जारी नभएसम्म संविधान बनेको भोलिपल्टै राजीनामा दिन्छु भनेर सयौंपटक कबुल गरेका भए पनि उनले भनेको समयमै राजीनामा गरेनन्। १६ बुँदे गर्दा कांग्रेसले प्रधानमन्त्री छोड्ने, एमालेले पाउने, राष्ट्रपति कांग्रेसले लिने सहमति भएको छ भनेर एमाओवादीका अध्यक्ष प्रचण्डले ढोल पिट्दा कांग्रेसले प्रतिवाद गरेन। कांग्रेस अहिले सत्ताको उल्टो बाटो हिँड्दै छ। सत्ताको गणितीय खेलमा एमाले अगाडि छ। कांग्रेसको मुख फेरिएका कारण यो स्वाभाविक पनि हो। प्रधानमन्त्रीमा ओली नै निर्वाचित हुने निश्चितप्राय: छ, कुनै अदृश्य लगामले बिथोलेन भने। तर प्रधानमन्त्री हुँदैमा चुट्कीले मुलुक चल्ने अवस्था छैन। संसदीय प्रक्रियामा मधेसी दलहरूलाई सहभागी गराउनु र संविधान संशोधनबाट उनीहरूका मागलाई सम्बोधन गर्नु पनि उत्तिकै आवश्यक छ। हिजोसम्म ओलीको बोलीले त्यो संकेत गर्दैन। प्रधानमन्त्री भए भने सायद बोली फेरिन्छ होला। सम्राटीय शैलीमा बक्सिसको राजनीति भएछ भने नौले मान्नु पर्दैन। यो पटकको मधेस आन्दोलनले मधेसी–पहाडी विभाजनलाई अरू संगीन बनाएको छ। मोदीको भारतले यसपटक आन्दोलनलाई होइन, मधेसी–पहाडी विभाजनलाई आफ्नो प्राथमिकता बनायो। दलहरू त आउँछन्, जान्छन्। मधेसी दलहरू पनि उनै हुन्। तर यो विभाजनको कार्ड भारतले जतिखेर जसरी पनि उपयोग गर्न पाउँछ। यही प्रयोग भारतले श्रीलंकामा गरेको हो। यसले श्रीलंकालाई संकटमा त पुर्‍यायो तर आफ्नो प्रधानमन्त्रीको ज्यान गुम्दासम्म पनि भारतले चाहेको जस्तो हुन सकेन। नेपालको अवस्था श्रीलंकाको भन्दा खराब छ। यसको निराकरण सहज छैन। परम्परागत सुरक्षा धारणा, गुप्तचरी र प्रशासनिक तजबिजमा राजनीतिक नेतृत्व निर्भर हुँदा यस्तै नीति विवेकहीन ढंगले उपयोग गर्छन् ठूला शक्ति मानिएका देशहरूले। स्वतन्त्रतापछि परम्परागत संस्थाको धारणा, नीति र योजनामा यतिविधि आश्रित राजनीतिक नेृतृत्व भारतमा देखिएको थिएन। तर नेहरूपछि भारतको राजनीतिमा उदयी नेता मानिएका मोदीमा नेपाललाई स्वतन्त्र रूपमा हेर्ने चेत नै पलाएको रहेनछ भन्ने पुष्टि भइरहेको छ। अहिले मधेसी र पहाडी खास गरेर युवा जत्थामा परस्पर विरोधी तीव्र आक्रोश छ। धन्न यसले पहाडमा अझै सार्वजनिक अभिव्यक्ति पाइसकेको छैन। अवस्थालाई त्यहाँसम्म पुग्न नदिनु विवेकशील नागरिक समुदायको सबैभन्दा ठूलो दायित्व हो। यसैमा मात्र भविष्यको आशा सुरक्षित रहने छ। अर्को कुरा, काठमाडौंको मूलधारको मिडिया, कथित बौद्धिक जमात वा ठूला दलका नेता कसैको पनि मधेसी समुदायमा संवाद प्रवाह गर्न सक्ने अवस्थामा देखिन्नन्। मिडिया त करिब–करिब बहिस्कृत नै भइसकेका छन्। नेता र दलहरू चुनावका बेला कमजोर मतदाताको निजी स्वार्थको उपयोग गर्नभन्दा अघिपछि उपस्थित नै देखिन्नन्। तसर्थ मधेससँग सञ्चार सम्पर्क टुटेको अवस्था छ। सरकारमा बस्नेहरूलाई यस्तो नलाग्न सक्छ, किनभने आन्दोलनका नेता कहलिएकाहरूसँग उनीहरू कुरा गरिराखेकै त छन्। तर, बुझ्नुपर्ने यथार्थ के हो भने त्यो सम्पर्क सूत्र दिल्ली वा लैनचौरको भारतीय दूतावासले गरिदिएको छ। लेनदेनका कुरा मिलेपछि मुद्दा त जनता भुलाउनकै लागि न हो। धेरै आशा नगरौं, यथास्थितिको सत्ता खेलबाट हामी कहीं पुग्दैनौं। ढिलोचाँडो फेरि पनि नाकाबन्दीकै सिकार हुने हो। नाकाबन्दीको स्वरूप बदलिएला, परिणाम त फेरि पनि उही हो। विज्ञान र प्रविधिले मानिसलाई भूगोलको बन्दीबाट मुक्त गरेको युग हो यो। आफ्नो देशको अवस्थालाई विवेकसंगत ढंगले बुझ्नसके नेपाल पनि सदैव भूगोलको बन्दी भइरहनु पर्दैन। अहिले त्यस्तो नेतृत्व देखिन्न। विवेक र विचारको कुरा गर्नेहरू या त सत्ता स्वार्थका दास भएका छन् वा आफ्नै निष्क्रियताका कारण ओझेलमा छन्। कठिन बाटो र क्रान्तिकारिताका कुरा गर्नेहरू पनि कसैले रचिदिएको राजनीतिक पाठ्यमै अड्किएका छन्। अवसर पाउँदा त कि झन् ठूलो दास बनेका छन् कि आलाकाँचा खेलाडी। नाकाबन्दीका कारण भोकै कोही मर्दैन। निकासको एउटा मञ्चनको त तयारी नै छ। तर सार्थक निकासको यात्रा अझै प्रारम्भ भएको छैन, भविष्य त्यसको खोजीमा छ।साभार:कान्तिपुर

]]>
4375 0 0 0
दूध, अन्डा र मासु उत्पादनमा वृद्धि http://localhost/ghum/%e0%a4%a6%e0%a5%82%e0%a4%a7-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%be-%e0%a4%b0-%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a5%81-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8%e0%a4%ae/ Sun, 11 Oct 2015 08:37:04 +0000 http://www.ghumphir.com.np/?p=4381

रत्ननगर (चितवन), २४ असोज ।

चितवनमा दूध अन्डा र मासु उत्पादनमा वृद्धि भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार व्यावसायिक कृषि तथा पशुपालनमा वृद्धि भएकाले उत्पादनसमेत बढेको हो । अहिले जिल्लामा ७० हजार बढी गाईपालन हुँदै आएको छ । अघिल्लो आव २०६९÷७० देखि आव २०७१÷७२ सम्मको उत्पादनलाई हेर्दा यहाँ दूधमा सात हजार ५६२ मेट्रिक टन उत्पादन बढेको छ । यस्तै मासुमा एक हजार ३९६ मेट्रिक टन र अन्डामा दुई करोड वटा अन्डा उत्पादनमा वृद्धि भएको छ । अन्डामा २४ करोड वटाबाट अहिले बढेर २६ करोडभन्दा बढी उत्पादन भएको छ । आव २०६९÷७० मा दूध ७९ हजार ५१५ मेट्रिक टन उत्पादन भएको थियो । २०७०÷७१ मा ८२ हजार ९०० उत्पादन भएकोमा गएको वर्ष २०७१÷७२ मा ८७ हजार ७७ मेट्रिक टन उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीले जानकारी दिनुभयो । यस्तै २०६९÷७० सालमा १९ हजार मेट्रिक टन मासु उत्पादन भएकोमा २०७०÷७१ मा १९ हजार ८१७ र २०७१÷७२ मा २० हजार ४२९ मेट्रिक टन मासु उत्पादन भएको कार्कीले जानकारी दिनुभयो । यस्तै २०६९÷७० मा अन्डा २४ करोड वटाभन्दा बढी उत्पादन भएकोमा आव २०७०÷७१ मा २५ करोड तथा आव २०७१÷७२ मा २६ करोड २७ लाखभन्दा बढी वटा अन्डा उत्पादन भएको कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा अहिले व्यावसायिक कुखुरा फार्म ९०० छ । यस्तै व्यावसायिक गाई फार्म २०० र दुग्ध उत्पादक सहकारी संस्था १३८ रहेको छ । यहाँ पशुसेवा कार्यालयमार्फत अनुदानका कार्यक्रमसमेत सञ्चालन हुँदै आएको कार्यालय प्रमुख कार्की बताउनुहुन्छ । गएको वर्ष दुग्ध क्षेत्रमा मात्रै करिब रु ६० लाख बढीको अनुदानका कार्यक्रम सम्पन्न भएका छन् । अहिलेको आन्दोलन र नाकाबन्दीले कृषि क्षेत्र समेत नराम्ररी प्रभावित भएको छ । उत्पादनजन्य वस्तु बाहिर लैजान पाएका छैनन् भने आवश्यक कच्चापदार्थसमेत ल्याउन नसकिएको पोल्ट्री व्यवसायीहरुले बताएका छन् ।

]]>
4381 0 0 0
वन्यजन्तुको छालासहित विदेशी पक्राउ http://localhost/ghum/%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%9b%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6/ Sun, 11 Oct 2015 14:49:46 +0000 http://www.ghumphir.com.np/?p=4384

काठमाडौँ, २४ असोज ।

प्रहरीले वन्यजन्तुका छाला तथा अवैध सामग्री ओसारपसार गर्ने थाई नागरिक मेटान्ध लखनपियालाई पक्राउ गरेको छ । थाई एअरवेजको उडानद्वारा काठमाडौँबाट बैङ्कक जान लागेका पासपोर्ट नम्बर एए ४९८०९८० की लखनपियालाई प्रहरीले बाघको जस्तो देखिने छाला, वन्यजन्तुको हड्डीबाट निर्मित बाला, औँठी, माला, वनस्पति रुद्राक्षको मालासहित पक्राउ गरेको हो । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ब्यागेज परीक्षण क्षेत्रमा शनिबार लखनपियाको झोला चेकजाँच गर्दा पाटेबाघको जस्तो छाला एक टुक्रा, ५० थान रुद्राक्षको माला, तीन थान हातमा लगाउने बन्यजन्तुको हड्डीबाट निर्मित बाला फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै तीन थान वन्यजन्तुको हड्डी जडित औँठी, एक थान वन्यजन्तुको हड्डीबाट निर्मित घाँटीमा लगाउने माला र एक थान पाटेबाघको छालाजडित झोला प्रहरीबाट बरामद गरिएको छ । पक्राउ परेका लखनपिया थप आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालयमा आज पठाइएको प्रहरीले जनाएको छ ।

]]>
4384 0 0 0
टान निर्वाचनका लागि दुई समूहको उम्मेदवारी दर्ता http://localhost/ghum/%e0%a4%9f%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%9a%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b8/ Sun, 11 Oct 2015 14:53:18 +0000 http://www.ghumphir.com.np/?p=4386

काठमाडौँ, २४ असोज ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी असोज २८ गते हुने निर्वाचनका लागि दुई व्यावसायिक समूहले आज उम्मेदवारी दर्ता गराएका छन् ।

taan chunab nominationटानको ३७औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनका लागि सागर पाण्डे र चन्द्रप्रसाद रिजाल समूहले उम्मेदवारी दर्ता गराएका हुन् । टान निर्वाचनको कार्यसूचीअनुसार आज दुवै पक्षले उम्मेदवारी दर्ता गराएको टानका प्रशासकीय अधिकृत मच्छिन्द्र आचार्यले जानकारी दिनुभयो । सुरुमा पाण्डे र लगत्तै रिजाल समूह, दुवै पक्षका अध्यक्षसहितको पूरै कार्यसमितिले टान सचिवालयमा पुगेर उम्मेदवारी दिएका थिए । उम्मेदवार मनोनयनसँगै दुवै समूहले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । उनीहरुले भिन्नभिन्न रुपमा व्यावसायिक भेला, अन्तक्र्रिया तथा घरदैलो कार्यक्रम गर्दै आएका छन् । दुवै समूहले आफूहरुको व्यावसायिक पकड रहेकाले निर्वाचन जित्नेमा दाबी गर्दै आएका छन् । टान अध्यक्षका प्रत्यासी पाण्डेले आफूहरु पुराना र लामो अनुभव सङ्गालेका व्यवसायी भएकाले निर्वाचन जित्नेमा विश्वास व्यक्त गर्नुभयो । अर्का प्रत्यासी रिजालले पनि आफ्नो समूहलाई युवा व्यवसायी, शेर्पा समुदाय र मजदुरको साथ रहेकाले निर्वाचन जित्ने बताउनुभयो । टानको १७ सदस्यीय नयाँ कार्यसमितिका लागि दुवै समूहले यसअघि नै प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।

]]>
4386 0 0 0
दूध उत्पादन बढ्यो http://localhost/ghum/%e0%a4%a6%e0%a5%82%e0%a4%a7-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Sun, 11 Oct 2015 15:05:58 +0000 http://www.ghumphir.com.np/?p=4392

लुम्बिनी (रुपन्देही), २४ असोज ।

रूपन्देहीमा व्यावसायिक पशुपालनको विकास भएसँगै दूध उत्पादनमा वृद्वि हुँदै गएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार आव २०७१÷७२ मा एक लाख ३० हजार ५७५ मेट्रिक टन दूध उत्पादन भएको छ । यो रु छ अर्ब ७८ करोड ९९ लाख बराबरको दूध हो । किसानले घाँसमा आधारित पशुपालन गर्दा पछिल्ला वर्ष जिल्लामा दूग्ध उत्पादन फस्टाउँदो छ । कार्यालयका पशु चिकित्सक प्रेमबहादुर मल्लका अनुसार अघिल्लो आव २०७०÷७१ माभन्दा यसवर्ष जिल्लामा दूध उत्पादन १ दशमल ५ प्रतिशतले वृद्वि भएको छ । गतवर्ष एक लाख २८ हजार ६३० मेट्रिक टन अर्थात् रु छ अर्ब ६८ करोड ८७ लाख ६० हजार मूल्य बराबरको रहेको मल्लले बताउनुभयो । पशुसेवा कार्यालयका प्रमुख गान्धीराज उपाध्यायका अनुसार जिल्लाका एक लाख ३१ हजार ७१४ दुधालु गाई÷भैँसीबाट दैनिक नौ लाख २१ हजार ९३८ लिटर दूध उत्पादन हुन्छ । उपाध्यायले ७३ हजार ७९० भैँसी र ५७ हजार ९३४ दुधालु गाई रहेको जानकारी दिनुभयो । जिल्लाको दक्षिणी क्षेत्रको अधिकांश दूध भारतीय बजारमा समेत जाने गरेको छ । अहिले जिल्लाका किसानले प्रतिलिटर रु ५० देखि रु ५२ मा दूध बिक्री गर्छन् भने बजार मूल्य प्रतिलिटिर रु ७० कायम गरिएको छ । उत्पादित दूधमध्ये ५० प्रतिशत जिल्लामा नै खपत हुने गरेको छ भने बाँकी काठमाडौँ, चितवन र पोखरासम्म पुग्ने गरेको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो । उहाँले व्यावसायिक पशुपालन र पशु फार्ममा स्थानीयको सट्टा उन्नत गाई÷भैँसी पाल्ने सोहीअनुसारको आहार खुवाउने र स्याहारसुसार गर्ने गरेकाले जिल्लामा दूध उत्पादन बढ्दै गएको बताउनुभयो । जिल्लामा ३९४ गाई फार्म र २०२ भैँसी फार्म रहेका छन् । किसानले व्यावसायिक पशु फार्म सञ्चालन गरेका छन् । पशु सेवा कार्यालयले तीन समूहमा पशु फार्म दर्ता गर्ने गरेको छ । पाँच देखि १० वटा दुहुना गाई÷भैँसी पालेका किसानको लागि रु दुई लाख, १० देखि ३० वटा पाल्नेलाई रु तीन लाख र ३० भन्दाबढी पशु पाल्नेलाई रु चार लाख अनुदान दिने कार्यालयले बताएको छ । दूधबाट खुवा, आइसक्रिम, क्रिम दहीलगायत परिकारसमेत निर्माण गरी बिक्री वितरण हुन्छन् । पशु सेवा कार्यालका प्राविधिक सुरेश मिश्रले यसवर्ष किसानका लागि विभिन्न जातका घाँसको वितरण, गाईका नस्ल सुधार, गोठ सुधार, डेरी सुदृढीकरण, युवा लक्षित सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा कृषि क्षेत्रमा भन्दा किसानको आकर्षण पशुपालनमा बढ्दै गएको छ ।

]]>
4392 0 0 0
सोमबार भोटो जात्रा http://localhost/ghum/%e0%a4%b8%e0%a5%8b%e0%a4%ae%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%ad%e0%a5%8b%e0%a4%9f%e0%a5%8b-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Sun, 11 Oct 2015 15:12:09 +0000 http://www.ghumphir.com.np/?p=4394

काठमाडौँ, २४ असोज ।

लामो समयको प्रतीक्षापछि सर्वसाधारणले भोलि वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको भोटो हेर्न पाउने भएका छन् । भोलि भोटो देखाउनको लागि २२ गते रथलाई लगनखेलबाट जावलाखेल लगिएको थियो । गत वैशाख ६ गते रथारोहरण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गतेको भूकम्पका कारण रथमा क्षति पुगेकाले रथ जात्रा स्थगित भएको थियो । क्षति भएको रथलाई पुनःनिर्माण गरी गत असोज ४ गते रथारोहण गरी ५ गतेदेखि पुनः दोस्रोपटक रथ जात्रा सुरु भएको हो । यसैबीच यसवर्ष १२ वर्षको विशेष मेला परेकाले रथमा फूलपाती चढाउने र दर्शन गर्ने दर्शनार्थीको हजारौँको सङ्ख्यामा बिहानैदेखि भीड लागेको रथका पुजारी विनोद बज्राचार्यले जानकारी दिनुभयो । रथको दर्शन गर्नाले आँटेको कुरा पूरा हुने धार्मिक मान्यता रहिआएको छ । पुजारी बज्राचार्यको अनुसार हरेक वर्ष भोटो देखाउने अघिल्लो दिन भूजा पूजा गर्ने प्रचलनअनुसार आज बेलुको रथ रहेको स्थान जावलाखेलमा भुजा पूजाको तयारी भइरहेको छ । बेलुका भूजा पूजा गरे पनि भोलि राष्ट्रप्रमुखको प्रमुख आतिथ्यसँगै लाखौँ सर्वसाधारणको सहभागितामा जावलाखेलमा मछिन्द्रनाथको भोटो देखाइनेछ । यस वर्ष १२ वर्षको मेला परेकाले सर्वसाधारणले जावलाखेल र बुङ्मतिमा गरी दुईपटक देवताको भोटो हेर्न पाउने भएका छन् । जावलाखेलमा भोटो देखाएपछि रथलाई बुङ्मती लगिन्छ र रथ बुङ्मती प¥याएको चौथो दिन पुनः यस वर्षका लागि दोस्रोपटक भोटो देखाएर विधिवत्रुपमा १२ वर्षे रथ जात्राको अन्य हुने गुठी संस्थानले बताएको छ ।

]]>
4394 0 0 0
राजमार्ग क्षेत्रमा फेरि बाह्र घन्टै दङ्गाग्रस्त कायम http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a4%bf/ Sun, 11 Oct 2015 15:24:17 +0000 http://www.ghumphir.com.np/?p=4396

सप्तरी, २४ असोज ।

सप्तरी प्रशासनले राजमार्ग क्षेत्रमा आजदेखि १२ घन्टा लागू हुने गरी दङ्गाग्रस्त घोषणा गरेको छ । सप्तरीको राजविराजमा आज बसेको सुरक्षा समितिको बैठकले सप्तरीको कोसी ब्यारेजदेखि बलान खोलासम्मको राजमार्गको दुबैपट्टिको ५०० मिटर र गाईघाट कदमाहा सडकखण्ड आसपासको क्षेत्रमा दङ्गाग्रस्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । सो बैठकले राजमार्ग क्षेत्रमा साँझ ७ देखि बिहान ७ बजेसम्मका लागि दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएकोे बताइएको छ । यसअघि सप्तरी प्रशासनले शनिबार मात्रै राजमार्ग क्षेत्रमा दङ्गाग्रस्त क्षेत्र हटाइएको थियो ।

]]>
4396 0 0 0
चिनियाँ कलाकारको नेपाली कला प्रदर्शनी http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80/ Sun, 11 Oct 2015 15:28:38 +0000 http://www.ghumphir.com.np/?p=4398

काठमाडौँ, २४ असोज ।

नेपाल–चीन कूटनीतिक सम्बन्धको ६० औँ वार्षिक अवसर पारेर चिनियाँ कलाकार चाव ज्येन छ्यौका एकल चित्रकला प्रदर्शनी नेपाल कला परिषद्मा सुरु भएको छ । हिमालपार बन्धुत्वको सराहना गर्दै गरिएको ‘इन्क वास’ चित्रकला प्रदर्शनीको नेपालका लागि चीनका राजदूत उ चुन्ताईले आज आयोजित कार्यक्रममा उद्घाटन गर्नुभयो । आगामी कात्तिक १ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा कलाकार छ्यौले कोरेका ६० चित्रकला समावेश छन् । रङ्गबिहीन साधारण मसीका भरमा कोरिएका चित्रमा नेपाली परम्परागत कला संस्कृति झल्काउने मन्दिर, स्तुप, गुम्बा, वसन्तपुर–पाटन–भक्तपुरसहित विभिन्न दरबार, हिमाल, ताल–तलौवा, खोल्सा, मञ्जरी, प्राचीन परम्परा र ऐतिहासिक हिन्दू तथा बौद्ध धर्मसम्बन्धी चित्र कोरिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै चिनियाँ राजदूत चुन्ताईले दुई देशको सम्बन्ध स्थापनाकालदेखि नै प्रगाढ भएको भन्दै सनातन संस्कृति, बौद्ध धर्म र हिमालयले अझ प्रगाढ बनाएको बताउनुभयो । संस्कृतिविद् सत्यमोहन जोशीले चिनियाँ कलाकारले नेपाली कला क्षेत्र बुझेकामा प्रशंसा गर्नुभयो । उहाँले नेपाली कलाकार अरनिकोले चीनमा कमाएको ख्याति कलाकारले पछ्याउनुपर्नेमा जोड दिनुभयो ।

]]>
4398 0 0 0
बर्दियामा कात्तिक १ देखि हात्ती महोत्सव http://localhost/ghum/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a5%a7-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf/ Mon, 12 Oct 2015 03:12:02 +0000 http://www.ghumphir.com.np/?p=4400

बर्दिया, २५ असोज ।

दसैँको अवसरमा बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा हात्ती महोत्सव हुने भएको छ । प्रत्येक वर्ष हात्तीबाट सुँगुर कुल्चाउने प्रथाको अन्त्य गरी स्थानीय संस्कृतिलाई पर्यापर्यटनमार्फत जैविक विविधताको प्रचारप्रसार र संरक्षण गर्दै स्थानीयवासीको जीविकोपार्जनमा टेवा पु¥याउन हात्तीसार मैदानमा महोत्सवको आयोजना गर्न थालिएको हो । कात्तिक १ र २ गते दुई दिनसम्म चल्ने महोत्सवमा हात्ती फुटबल प्रतियोगिता, कर्णाली नदीमा पुरुष तथा महिला पौडी प्रतियोगिता, स्थानीय थारु नृत्य, परिकारसहितका विविध सांस्कृतिक कार्यक्रम गरिने आयोजक चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका संयोजक हेमन्त आचार्यले बताउनुभयो । स्थानीय उत्पादन र संरक्षणसम्बन्धी कक्षसमेत महोत्सवमा राखिनेछ ।

]]>
4400 0 0 0
कैदीले बाँसका मुढा बेचेर दसैँका लागि घर खर्च पठाउन थाले http://localhost/ghum/%e0%a4%95%e0%a5%88%e0%a4%a6%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%81%e0%a4%a2%e0%a4%be-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a5%87%e0%a4%b0/ Mon, 12 Oct 2015 03:15:34 +0000 http://www.ghumphir.com.np/?p=4402

दमौली, २५ असोज ।

तनहुँ कारागारका कैदीबन्दीले बाँसका मुढा बिक्री गरेर जम्मा भएको रकम दसैँका लागि घर खर्च पठाउन थालेका छन् । कारागारमा रहेका ५० भन्दा बढी कैदीबन्दीले मुढा बेचेर आएको रकम दसैँका लागि घर खर्च पठाउन थालेका हुन् । बन्दीका चौकीदार प्रेम परियारले कैदीबन्दीले मुढा बेचेर आएको रकम दसैँका लागि घर खर्च पठाउन थालेको बताउनुभयो । प्रत्येक कैदीले रु चार हजारदेखि रु पाँच हजारसम्म घर खर्च पठाउन थालेका हुन् उहाँले भन्नुभयो । कारागारका प्रमुख तीर्थनाथ खनालले पनि कैदीबन्दीले मुढा बेचेर दसैँका लागि घरखर्च पठाउन सुरु गरेको जानकारी दिनुभयो । कैदीहरु भुलबहादुर थापा, टीकाराम विक, हुमानसिंह थापा, सन्तबहादुर भट्ट, मनबहादुर घर्ती, वीरबहादुर विकलगायतका कैदीबन्दीले मुढा बेचेर राम्रो आम्दानी गर्दै आएको कारागारले जनाएको छ । कैदीहरुका ठेकेदार गोविन्द सेढाईंले मुढा बेचेर बर्सेनि रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । कैदीले बुनेका मुढा खरिद गरी उहाँले बजारमा पठाउने गर्नुहुन्छ । पोखरा, बागलुङ, दमौली, भिमाद, खैरेनीटार, बेँसीसहर, गोरखालगायतका बजारमा मुढा राम्रो बिक्री हुने गरेको कारागारका प्रमुख खनालले बताउनुभयो । हेर्दा पनि आकर्षकका साथै टिकाउ र गुणस्तरीय भएकाले कैदीबन्दीले बुनेका मुढाको माग अत्यधिक रहेको बताइएको छ । बाँस, दुई लाइनको रड, धागो, टायर, इनामेललगायतका सामग्री मुढा बुन्नका लागि प्रयोग गरिने कैदीहरु बताउँछन् । न्यूनतम रु २३५ देखि रु ५५० सम्ममा मुढा बिक्री हुने गरेको र कैदीले अर्डर बमोजिम बुनेका टी टेबुल एक हजारदेखि रु दुई हजार ५०० सम्म र डाइनिङ टेबल रु आठदेखि रु १२ हजारसम्ममा बेच्दै आएका छन् । भूकम्प गएपछि सामान अभावका कारण मुढा कम उत्पादन भई मागअनुसार पु¥याउन नसकिएको बन्दीका चौकीदार परियारको भनाइ छ । कारागारभित्रकै केही कैदीले जाल र नाम्लोसमेत बुन्ने गरेको चौकीदार परियारले बताउनुभयो । गतवर्ष पनि तनहुँ कारागारका कैदीबन्दीले दसैँका लागि घर खर्च पठाएका थिए ।

]]>
4402 0 0 0
पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिवमा टन्डन अदालत जाने http://localhost/ghum/%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%95%e0%a5%8b%e0%a4%b7/ Mon, 12 Oct 2015 03:20:43 +0000 http://www.ghumphir.com.np/?p=4404

काठमाडौँ, २५ असोज ।

पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्यसचिव सरेश नेपालले  पदभार ग्रहण गर्नुभएको छ । नेपाललाई कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री कृपासुर शेर्पाको असोज २० गतेको मन्त्रिस्तरीय निर्णयअनुसार सदस्यसचिवमा नियुक्त गरिएको हो । पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ अनुसार सदस्य–सचिवको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । पदभार ग्रहण गर्दै सदस्यसचिव नेपालले पशुपति क्षेत्रको विकास निर्माणमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “विश्वका हिन्दूको शिरस्थलका रुपमा विख्यात पशुपतिनाथलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनका लागि लाग्नेछु, पवित्र तीर्थस्थल भईकन पनि धेरै कुरामा पछि परेको पशुपति क्षेत्रलाई आधुनिकीकरण गर्नु मेरो कार्यकालको उद्देश्य हुनेछ”–पदभार ग्रहण गरेपछि उहाँले भन्नुभयो । नेपाल जिल्ला विकास समिति सिन्धुपाल्चोकका पूर्वसभापति हुनुहुन्छ । यसअघिका सदस्य सचिव संस्कृतिविद् डा गोविन्द टन्डनलाई २०७० असार २५ गतेको निर्णयअनुसार चार वर्षका लागि नियुक्त गरिएकामा असोज २० गतेको मन्त्रिस्तरीय निर्णयअनुसार अवकाश दिइएको छ । मन्त्रालयले सत्यतथ्य पेस गर्नु भनी असोज १३ गते पत्र पठाएकामा १५ गते सम्पूर्ण विवरण बुझाई व्यक्तिगत काममा बिदा लिएर नेपालबाहिर गएका बेला अवकाश दिइएको टन्डनले जानकारी दिनुभयो । “पशुपति क्षेत्रको विकासका लागि तलब भत्ता र गाडी सुविधासमेत नलिई काम गरेकामा मन्त्रीले खल्तीबाट झिकेको मानिस जस्तै गरी हटाएकाले न्यायको ढोका ढक्ढक्याउनेछु, जाँदाजाँदै मन्त्रीले ऐननियम विपरीत मनोनीत सातजना सदस्य हुनुपर्नेमा आठजना पु¥याएर विधि र प्रक्रियाको उल्लाङ्घन गर्नुभएको छ, यसका विरुद्ध न्याय माग्नेछु”–उहाँले भन्नुभयो । मन्त्रीले कार्यकालको अन्तिम समयमा नियमविपरीत केशवप्रसाद घिमिरेलाई सदस्यमा मनोनयन गर्नुभएको हो । टन्डनकै संयोजकत्वमा रहेको कोषको कार्यसम्पादन समितिले असोज १५ गतेको निर्णयअनुसार सिफारिस गरेका आधारमा कोषको कार्यकारी निर्देशकमा रमेशकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय असोज १८ गतेको सञ्चालक परिषद्को बैठकले गरेको पनि कोषले जनाएको छ ।

]]>
4404 0 0 0
लघुजलविद्युत् आयोजना निर्माण सम्पन्न http://localhost/ghum/%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%9c%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0/ Mon, 12 Oct 2015 03:53:37 +0000 http://www.ghumphir.com.np/?p=4407

म्याग्दी, २५ असोज ।

म्याग्दीको रुम– ७ मा ११ दशमलव ५ किलोवाट क्षमताको छेरबाङ पात्लेखोला लघुजलविद्युत् परियोजनाको निर्माण कार्य सम्पन्न भएको छ । कुल रु ५३ लाख ४१ हजार ३१३ को लागतमा निर्माण भएको लघुजलविद्युत् परियोजनाबाट स्थानीय ११० घरधुरी लाभान्वित भएका छन् । विसं २०६९ पुसदेखि निर्माण सुरु भएको आयोजनामा स्थानीयवासीले प्रतिघरधुरी रु २० हजार र १५० दिन बराबरको जनश्रमदान गरेको गोरक्ष निमावि रुमका प्रधानाध्यापक हेमबहादुर बुढाले जानकारी दिनुभयो । धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङको प्राविधिक सहयोगमा निर्माण भएको आयोजनामा धुलिखेल निर्माण सेवा जेभिआरन इन्जिनियरिङ, काठमाडौँले निर्माण जडान गरेको थियो । आयोजना निर्माणमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु २२ लाख ४२ हजार ५०० र लक्षित समुदायले थप रु दुई लाख ७५ हजार अनुदान उपलब्ध गराएको थियो । त्यस्तै आयोजनाका लागि गाविसको रु दुई लाख ४४ हजार, जिविसबाट रु एक लाख २० हजार, उपभोक्ताबाट रु १२ लाख २० हजार र डिसिआरडिसीको लघुवित्त शाखाबाट रु पाँच लाख ऋण लगानी भएको डिसिआरडिसीका सामाजिक परिचालन संयोजक नेत्र चालिसेले जानकारी दिनुभयो । उक्त आयोजनाको एक समारोहका बीच परीक्षण प्रसारण सुरु गरिएको छ ।

]]>
4407 0 0 0
टेलिकमको दसैं, तिहार छुट सुविधा प्रदान http://localhost/ghum/%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%82-%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0-%e0%a4%9b%e0%a5%81%e0%a4%9f-%e0%a4%b8/ Mon, 12 Oct 2015 04:05:53 +0000 http://www.ghumphir.com.np/?p=4409

काठमाडौं,२५ असोज

नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा विभिन्न अफर तथा छुट सुविधा प्रदान गर्ने भएको छ । दशैं, तिहार, छठका लागि छुट र अफरहरु ल्याएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन ।
९० रुपैयाँमा  SIM/RUIM कार्ड उपलब्ध गराउने टेलिकमले जनाएको छ । हाल कम्पनीबाट  २०० रुपैयाँमा  १००  बराबरको  टक भ्यालुहित  SIM/RUIM कार्ड उपलब्ध गराइ आएकोमा अब कात्तिक १ गतेदेखि ९० रुपैयामा ५० रुपैयाँ बरामरको टक भ्यालु उपलब्ध गराएने उनले बताइन ।
साथै हाल वितरण गरी आएको  २०० बराबरको टक भ्यालु सहितको SIM/RUIM कार्ड असोज महिनाभित्र एक्टिभेट गराइसक्नु पर्ने र त्यसमा ५० रुपैयाँ कायम हुने टेलिकमले जनाएको छ ।
]]>
4409 0 0 0
इमेल मार्फत पेट्रोलियम आपुर्ति गर्ने ग्लोबल ट्रेण्डर आइओसीले पनि भर्यो http://localhost/ghum/%e0%a4%87%e0%a4%ae%e0%a5%87%e0%a4%b2-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ab%e0%a4%a4-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%86/ Mon, 12 Oct 2015 04:13:54 +0000 http://www.ghumphir.com.np/?p=4411 काठमाडौं,२५ असोज
 पेट्रोलिय आपुर्तिका लागि नेपाल आयल निगमले गरेको ग्लोबल टेण्डरमा इन्डियन आयल कर्पोरेसन (आइओसी) पनि सहभागि हुने भएको छ । भारतले अघोषित नाकाबन्दी लगाएर आपूर्तिमा व्यवधान सिर्जना गरिरहेकै अवस्थामा आइओसीले निगमको ग्लोबल टेण्डरमा सहभागिता जनाउन लागेको हो ।
आइओसीले आइतबार निगमलाई इमेलमार्फत पत्र पठाउँदै ग्लोबल टेण्डरमा भाग लिने जनाएको हो । गत साता निगमले पेट्रोलियम आपुर्तिका लागि ग्लोबल टेण्डर आव्हान गरेको थियो । १५ दिनका लागि पुग्ने पेट्रोलियम पदार्थ आपुर्ति गर्न निगमले टेण्डर मागेको हो । 'एयरलिफ्ट' गरेर निगमले पेट्रोलियम अापुर्ति गर्ने तयारीमा निगम छ ।
‘आइओसीले इमेल गरेर ग्लोबल टेण्डरमा भाग लिन पत्र पठाएको हो, निगम स्रोतले भन्यो, आइओसीले टेण्डर भर्ने जनाएको छ ।’ आइओसीले आयल निगमसँगको व्यापारलाई सुरक्षित गर्न चाहेको कारण टेण्डरमा भाग लिन खोजेको हो । यो व्यापार नगुमाउन उसले चासो देखाएको निगमका अधिकारीहरुको विश्लेषण छ ।
आइओसी र निगमबीच वार्षिक एक खर्ब २५ अर्ब रुपैयाँको कारोबार हुन्छ । नेपालमा प्रत्येक वर्ष पेट्रोलियम पदार्थको कारोबार वढ्दै गएको छ । आइओसीसँग मात्रै निगमले पेट्रोलियम किन्दै आएको छ । आइओसीका लागि ठूलो व्यापार हो ।
आइओसी सहित अन्य केही कम्पनीले पनि यो टेण्डरमा भाग लिँदैछन् । भारतकै अन्य केही कम्पनी, चिनियाँ व्यवसायी र अन्य मुलुकका केही कम्पनीले टेण्डरमा भाग लिएको जानकारी निगम स्रोतले दिएको छ ।
सरकारले नै सहज नहुँदासम्मका लागि वैकल्पिक उपाय अपनाएर पेट्रोलियम आपुर्ति गर्ने निर्णय गरेको थियो । निगमले ग्लोवल टेण्डरबाट २०० केएल डिलेज, १०० केएल पेट्रोल, २०० केएल हवाई इन्धन र १०० मेट्रिक टन एलपी ग्याँस आयात गर्न खोजेको हो ।
]]>
4411 0 0 0
भोटो देखाउने जात्रा (फोटो फिचर) http://localhost/ghum/%e0%a4%ad%e0%a5%8b%e0%a4%9f%e0%a5%8b-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%ab%e0%a5%8b%e0%a4%9f%e0%a5%8b/ Mon, 12 Oct 2015 14:15:00 +0000 http://www.ghumphir.com.np/?p=4413 २५ असोज, ललितपुर ।

ललितपुरको जावलाखेलमा सोमबार परम्परागत भोटो देखाउने जात्रा मनाइएको छ । वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन जाउलाखेलमा भोटोजात्रा मनाउने गरिन्छ । भोटोजात्रा देखाईने भोटो हेर्नका लागी राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपति डा। रामवरण यादव , उप राष्टपती परमानन्द झा तथा नवनिर्वाचित प्रधानमन्त्रि केपी शर्मा ओली ,भोटो देखाउने जात्रामा सहभागी भएका थिए । तर राष्टप्रमुख डा यादव भन्दा केही समय ढीला प्रधामन्त्रि पुगेका थिए । सरकारका अन्य विशिष्ट अधिकारी र संवैधानिक निकायका प्रमुखहरु पनि कार्यक्रममा सहभागी हुने प्रचलन छ ।

गत वैशाख ६ गते रथारोहरण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गतेको भूकम्पका कारण रथमा क्षति पुगेकाले रथ जात्रा स्थगित भएको थियो । क्षति भएको रथलाई पुनःनिर्माण गरी गत असोज ४ गते रथारोहण गरी ५ गतेदेखि पुनः दोस्रोपटक रथ जात्रा सुरु भएको हो।
रथको दर्शन गर्नाले आँटेको कुरा पूरा हुने धार्मिक मान्यता रहिआएको छ । मच्छिन्द्रनाथको जात्रा करिब १६ सय वर्ष पुरानो मानिन्छ । जात्राको अवसरमा काठमाडौं उपत्यकामा सोमबार सरकारले सार्बजनिक विदा दिएको छ ।photo:www.bharatbandhu.com.np

BBTG9771 BBTG9804 BBTG9854 BBTG9863 BBTG9882 BBTG9927 BBTG9963 BBTG9973 BBTG9991

]]>
4413 0 0 0
व्यावसायिक बङ्गुर फार्म सञ्चालन http://localhost/ghum/%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95-%e0%a4%ac%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%81%e0%a4%b0-%e0%a4%ab%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae/ Mon, 12 Oct 2015 15:28:29 +0000 http://www.ghumphir.com.np/?p=4425

खोटाङ, २५ असोज ।

जिल्लाको नेर्पास्थित निरौली कृषि सहकारी संस्थाले व्यावसायिक बङ्गुरपालन सुरु गरेको छ । स्थानीय युवाको सक्रियतामा सहकारी संस्था स्थापना गरेर उन्नत तथा रैथाने जातको बङ्गुर÷सुँगुरपालन व्यवसाय सुरु गरेको हो । सहकारीका सचिव पवन राईका अनुसार हेमसायर, पाख्रीबास, ड्युरोक, हेमसायर–पाख्रिबास मिक्स, ड्युरोड पाख्रिबास मिक्स, पुँडीलगायत जातका २५ वटा बङ्गुर÷सुँगुर लगाइएको छ । पाठा उत्पादनका लागि दुई भाले (बुचो), नौ पोथी (माउ भुनी) र अन्य मासुका लागि ल्याइएको छ । “आगामी वैशाखसम्ममा ६० वटा पु¥याउने तयारीमा छौँ” उहाँले भन्नुभयो । नेर्पा–६ का ३६ जना सेयरधनी रहेको सहकारीले बङ्गुर÷सुँगुरपालनका लागि रु १९ लाख खर्च गरिसकेको जनाइएको छ । आगामी छ महिनादेखि बङ्गुरले पाठा दिन थाल्ने राईले बताउनुभयो । सहकारीले विसं २०७१ पुसबाट खोरको काम सुरु गरेर २०७२ साल वैशाख २८ गते पाठा लगाएको थियो । व्यावसायिक रुपमा सुरु गरिएको फार्ममा स्थानीय एक युवालाई रोजगारीसमेत दिइएको जनाइएको छ । जिल्लामा उत्पादित बङ्गुरले बजार पाउन थालेपछि विभिन्न गाविसका कृषकसमेत बङ्गुरपालन व्यवसायप्रति आकर्षित भएका छन् । प्रतिकिलो रु २५० मा बिक्री हुने बङ्गुरको मासु जिल्लाको विभिन्न ठाउँमा गरी हप्तामा दुई हजार ५०० क्विन्टल बिक्री हुने गरेको बङ्गुर व्यवसायी सङ्घका सचिव हेमविक्रम राईले जानकारी दिनुभयो ।

]]>
4425 0 0 0
सिम्रिक एयरको जहाज दुर्घटना हुनबाट जोगियो http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%ae%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98/ Mon, 12 Oct 2015 17:57:48 +0000 http://www.ghumphir.com.np/?p=4429 आश्विन २५, २०७२

सिम्रिक एयरको जहाज खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ।  काठमाडौँबाट आज दिउँसो आएको सिम्रिक एयरको जहाज अवतरण गर्ने क्रममा पछाडिको दुवै टायर पन्चर भएपछि खानीडाँडा विमानस्थलमै रोकिएको हो।

जहाज फर्कन नपाएपछि हेलिकप्टरमा काठमाडौँबाट टायर ल्याएर पुनःमर्मत गरिए पनि समय अभावमा आज जहाज काठमाडौँ फर्कन नपाएको स्टेसन मेनेजर ध्रुव श्रेष्ठले जानकारी दिए।  टायर पन्चरपछि केही समय दायाँबायाँ मोडिन खोजेको जहाज पुनः नियन्त्रणमा आएको प्रत्यक्षदर्शी एवम् विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक गुणराज कटवालले बताए।

“जहाज गुडेर अवतरण गर्नेक्रममा टायर पन्चर भएको हो,” कटवालले भने, “पन्चर भएपछि मोडिन खोजेको थियो तर, कन्ट्रोलमा आउन सफल भयो।”

]]>
4429 0 0 0
दुर्घटना हुनबाट जोगियो http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%9c%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%af%e0%a5%8b/ Mon, 12 Oct 2015 18:00:36 +0000 http://www.ghumphir.com.np/?p=4432 4432 0 0 0 सुनसान कार्यालय http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%be%e0%a4%a8-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af/ Mon, 12 Oct 2015 18:04:00 +0000 http://www.ghumphir.com.np/?p=4434 4434 0 0 0 बडादसैं पर्व सुरू http://localhost/ghum/%e0%a4%ac%e0%a4%a1%e0%a4%be%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%82-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%82/ Tue, 13 Oct 2015 03:36:38 +0000 http://www.ghumphir.com.np/?p=4437

काठमाडौं, असोज २६

आजदेखि नेपालीहरूको महान् चाड बडादसैं  सुरु भएको छ। पहिलो दिन आज दुर्गा भवानीको प्रतीकका रूपमा घरघरमा घटस्थापना गरिन्छ। नजिकको तीर्थबाट ल्याइएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चाँदी, पित्तल, आँप, डुम्री र पाख्रीको पात) राखी जौं र मकै छरेर आज घटस्थापना गरिन्छ ।
यसपटक  घटस्थापना र नवरात्रि आरम्भको शुभसाइत नेपाल पञ्चांग निर्णायक समितिले मंगलबार बिहान ११स्२५ बजे निकालेको छ। घटस्थापनादेखि नवमीसम्म प्रत्येक दिन नवरात्रका रूपमा बिहान सबेरै एकरएक तीर्थमा स्नानका साथै एकरएक शक्तिपीठमा पूजा आराधना गरी नजिकको शिवलिंगमा अर्घ दिने गरिन्छ। यो वर्ष दसैंको टीकाको दिन कात्तिक ५ गते रहेको छ।
]]>
4437 0 0 0
जहाजमा ओसार्दा सस्तो http://localhost/ghum/%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%93%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%b8%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b/ Tue, 13 Oct 2015 03:46:16 +0000 http://www.ghumphir.com.np/?p=4440 केहीदिनदेखि हवाइ जहाजमा तेल ओसारिरहेको वायु सेवा निगमलाई नेपाल आयल निगमसँग काठमाडौंमा किन्दाभन्दा भारतको कोलकाताबाट ओसार्दा सस्तो पर्ने देखिएको छ । नागरिक दैनिकमा समाचार छ । '
निगमका अनुसार आयल निगमसँग हवाइ इन्धन किन्दा प्रतिकिलोलिटर करिब १ हजार ३ सय ५० डलर पर्छ । कोलकाताबाट त्यही इन्धन प्रतिकिलोलिटर ५ सय ७० डलरमा पाइन्छ । काठमाडौ र कोलकाताको दुरी ४५ मिनेटको छ । यहाँभन्दा कोलकातामा इन्धनको भाउ साढे ३ गुणा सस्तो पर्छ ।
]]>
4440 0 0 0
मुम्बइ विश्वकै सस्तो सहर http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%88-%e0%a4%b8%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%b8%e0%a4%b9%e0%a4%b0/ Tue, 13 Oct 2015 03:49:20 +0000 http://www.ghumphir.com.np/?p=4443 विश्वका ठूला १२ महानगरीय सहरमध्ये भारतको आर्थिक नगरी मुम्बइ विश्वकै सस्तो सहर भएको छ । कारोबार दैनिकमा समाचार छ ।
 खान र बस्नका लागि मुम्बइ सस्तो भएको हो । कामदारलाई आवास उपलब्ध गराृने कम्पनीका लागि लन्डन, हङकङ र न्युर्योक विश्वकै महँगा सहर भएका छन् । लण्डनको खर्च उचाइमा पुगेका कारण लण्डनपनि महँगो सहरका रुपमा स्थापित भएको साभिल्स बल्र्ड रिसर्चले जनाएको छ ।
]]>
4443 0 0 0
आईओसीले बोलाएरै तेल दियो http://localhost/ghum/%e0%a4%86%e0%a4%88%e0%a4%93%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%8f%e0%a4%b0%e0%a5%88-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a5%8b/ Tue, 13 Oct 2015 03:57:11 +0000 http://www.ghumphir.com.np/?p=4446 काठमाडौं, असोज २६

भारतीय आयल निगम (आईओसी) ले सोमबार पूर्व क्षेत्रमा वितरण हुने ईन्धन ढुवानी गर्ने ट्यांकरलाई सिलीगुडीको डिपोमा बोलाएरै तेल दिएको छ। यसअघि ८ घन्टा चाँच पासको समय लिएका भारतीय एसएसवी (सिमासुरक्षा बल ) ले ५ मिनेटमै चाँच पास दिने गरेको ट्यांकर चालकले बताएका छन्।

नेपालमा राजनीतिक संरचना परिवर्तन भए लगत्तै पानिट्यांकीबाट काकडभिट्टा आउने नाकाको अवरोध पूर्णरूपमा हटेको छ। तर, भारतीय सीमासुरक्षा बलले भने यो विषयमा केहि बताउन चाहेन। सोमबार सेतोपाटीको जिज्ञासामा उनीहरूले आफूलाई केही थाहा नभएको बताए।

एकजना भारतीय एसएसविका उच्च अधिकारीले नाका खुकुलो भएको मात्र प्रतिकृया दिए उनले आफ्नो परिचय बताउन चाहेनन्।

असोज ७ देखिको अघोषित नाकाबन्दीको १९ औ दिन सोमबार पूर्वी नाका काकडभिट्टा आउन ईन्धन बोकेका ट्याँकरलाई कुनै अवरोध भएन। भारतको पानिट्याँकीबाट नेपाल आउने सो नाकामा सोमबार यो समचार तयार पार्दासम्म हवाई ईन्धनको १ , मट्टितेल १ र २२ वटा डिजलका टयांकर भित्रिएका छन्। यो वाहेक २ बुलेट खाना पकाउने एलपी ग्यास पनि भित्रिएका छन्।

ईलाका प्रहरी कार्यलय काकडभिट्टाका डिएसपी श्यामकृष्ण अधिकारीले भारतीय नाकाबाट ढुवानीका ति साधन बिना अवरोध नेपाल भित्रिएको बताए। नेपाली ट्यांकरलाई आईओसीले बोलाएरै ट्यांकरमा तेल भरिदिएको आफूलाई सूचना आएको उनले सेतोपाटीलाई सुनाए।

ईन्धन लिनकै लागि सोमबार दिउँसो करिव ४० वटा ट्यांकर सिलिगुडी गएका छन्। ईलाका प्रहरी कार्यालय काकडभिट्टाको सूचना शाखाले दिएको जानकारी अनुसार ईन्धन आयतका लागि गएका सवै ट्यांकरले आजै तेल भरेर ल्याउने दावी गरेको छ।

प्रहरी उपरीक्षक अधिकारीले आज राति पट्रोल, डिजेल, मट्टितेल र हवाई ईन्धन आउने दावी गरे।

भारतको पानिट्यांकीमा बिभिन्न बस्तु लिएर नेपाल आउने पर्खाईमा रोकिएका सयौ मालवहाक ट्रक नेपाल प्रवेश गरिसकेको पनि डिएसपी अधिकारीले बताए। करिब तीन सातादेखि रोकिएका ढुवानीका साधन धमाधम नेपाल आउन थालेपछि पूर्वी नाका काकडभिट्टामा मानिसको चहल पहल ह्वात्तै बढेको छ।

झापामा सर्वसाधरण उपभोक्ताले सोमबार सहजै ईन्धन पाएका छन्। पद्मा आयल सेन्टर झिलझिलेका सञ्चालक दिपेश रिजालले अब ईन्धन भारत सरकारले बोलाई बोलाई दिन थालेको बताए। कसैले पनि सोमबार पम्पमा लाईन लागेर तेल खरिद गर्नु नपरेको रिजालले बताए।

]]>
4446 0 0 0
मंगलबार कहाँ-कहाँ बाँडिदै छ आज पेट्रोल ? http://localhost/ghum/%e0%a4%ae%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%95%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a4%bf%e0%a4%a6/ Tue, 13 Oct 2015 04:13:08 +0000 http://www.ghumphir.com.np/?p=4448 आश्विन २६, २०७२

नेपाल आयल निगमले मंगलबार सबै पम्पबाट पेट्रोल बाँड्ने तयारी गरेको छ । दसैं नजिकिएपछि यात्रुलाई गन्तव्यतर्फ र सवारी चलाउन सजिलो होस् भनेर निजी सवारीलाई इन्धन वितरण गर्न लागेको निगमले जनायो । ‘मंगलबार उपत्यकामा रहेका सबै पम्पबाट पेट्रोल वितरण गर्ने योजना छ,’ निगमका प्रवक्ता दीपक बरालले भने, ‘दसैंका लागि निजी सवारी साधनले तेल पाउने छन् ।’

गृह मन्त्रालय, वाणिज्य, सुरक्षा निकाय र निगमसहित शनिबार भएको बैठकले निजी सवारीलाई पेट्रोल दिने निर्णय भएको थियो । सोहीअनुसार आयल निगमले पेट्रोल वितरण गर्न लागेको हो । निगमका अनुसार उपत्यकामा करिब १ सय २५ पम्प छन् । ती सबै पम्प गरेर करिब ६ सय किलोलिटर पेट्रोल वितरण गरिने प्रवक्ता बरालले बताए ।

अघोषित नाकाबन्दीले इन्धन आयातमा कमी भएपछि निगमले वितरणमा भारी कटौती गर्दै आएको छ । दैनिक ३ सयदेखि साढे ३ सय किलोलिटर वितरण हुने पेट्रोल अहिले ४० देखि ५० हजार लिटर मात्रै वितरण गर्दै आएको छ । यस्तै डिजेलमा वितरणमा पनि कटौती गरेर औसत १ लाख ५० हजार लिटर वितरण गर्दै आएको छ । यसअघि दैनिक साढे ४ सय किलोलिटर डिजेल वितरण हुन्थ्यो ।

मंगलबार मोटरसाइकल र कार/जिपमा जोरबिजोर लागू नहुने बताइएको छ । निर्णयअनुसार मोटरसाइकललाई ५ लिटर र कार/जिपलाई १५ लिटर इन्धन दिइने छ । ‘सबैले पेट्रोल पाऊन् भन्ने उद्देश्यले ६ सय किलोलिटर पेट्रोल वितरण गर्ने योजना बनाएका छौं,’ उनले भने । यातायात व्यवस्था विभागका अनुसार वाग्मती अञ्चलमा ८ लाख २८ अजार १ सय ७९ वटा निजी सवारी (मोटरसाइकल/कार/जिप/भ्यान) दर्ता भएका छन् । जसमध्ये ६ लाख ५७ हजार मोटरसाइकल/स्कुटर दर्ता भएका छन् । यस्तै १ लाख ३ जार ७ सय ९२ कार/जिप/भ्यान दर्ता भएको विभागको तथ्यांकमा छ । निगमका अनुसार उपभोक्ताले पेट्रोल लिन ब्लुबुक लिएर पम्पमा जानुपर्ने छ ।

निगमका अनुसार मंगलबार थानकोट डिपोबाट विभिन्न लटअनुसार पेट्रोल बोकेको ट्यांकर उपत्यकामा पठाइने छ । पहिलो लट ११ देखि १२ बजे थानकोटबाट ट्यांकर उपत्यका लागि छुट्ने छन् । ती ट्यांकरले उपत्यकाका विभिन्न पम्पहरूमा पेट्रोल वितरण गर्ने छन् । पहिलो लटको इन्धन वितरण गरेपछि ट्यांकरहरू पुन: थानकोट डिपोमा पुगि पेट्रोल उपत्यकामा पठाउने छन् । उपभोक्ताले पनि सोहीअनुसार पेट्रोल पाउने निगमले जनायो ।

‘विभिन्न लट अनुसार इन्धन उपत्यकामा पठाउँछौं । पहिलो लट १२ बजेभित्र उपत्यका पुग्छ,’ प्रवक्ता बरालले भने, ‘पम्पले इन्धन पाउने बित्तिकै वितरण सुरु हुन्छ ।’ थानकोट डिपोबाट ६/७ बजेसम्म ट्यांकर पठाइने उनले बताए । यस्तै मंगलबार डिजेल वितरणमा भने केही कटौती गर्ने निगमको तयारी छ । मंगलबार मुख्यत: पेट्रोल वितरणमा केन्द्रित हुने भएकाले सीमित मात्रामा डिजेल वितरण गर्ने निगमको योजना छ । सोमबार ८६ पम्पबाट ४ लाख ७ हजार लिटर डिजेल वितरण गरिएको थियो ।

यस्तै इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल पठाउँदै आएको इन्धनको लोडिङमा वृद्धि गरेको छ । केही दिनअघि फाट्टफुट्ट (१० प्रतिशत) मात्रै लोड दिँदै आएको निगमले सोमबार ६२ ट्यांकरमा लोड दिएको छ । बरालका अनुसार सोमबार १ सय ९६ ट्यांकर लोडिङका लागि गएका थिए । तीमध्ये सिलगुडी नाकामा २२, धनगढीमा २२ र नेपालगन्जमा १८ ट्यांकरमा लोड भएको निगमले जनायो । इन्धन लोड भएको ट्यांकर भने नेपाल नभित्रिएको जनाएको छ । ‘सोमबार लोड भएको ट्यांकर नेपाल छिरेको छैन,’ बरालले भने ।

  • साढे ८ लाख मोटरसाइकल/कारलाई ६ लाख लिटर बाँडिने, सीमित मात्रामा डिजेल वितरण हुने,
  • थानकोट डिपोबाट पहिलो लट ११–१२ बजे छुट्छ, सोहीअनुसार पम्प र उपभोक्ताले पाउने

]]>
4448 0 0 0
इन्धन आपूर्तिका लागि निगमलाई अनुमति http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%86%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%a8%e0%a4%bf%e0%a4%97/ Tue, 13 Oct 2015 04:27:19 +0000 http://www.ghumphir.com.np/?p=4450

काठमाडौँ, २६ असोज ।

नेपाल आयल निगमले हवाइ इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल वायुसेवा निगमलाई अनुमति प्रदान गरेको छ । आयल निगम व्यवस्थापन समितिको आज बसेको बैठकले सो निर्णय गरेको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले  जानकारी दिनुभयो । निगमका अनुसार हवाइ इन्धन आपूर्तिका लागि नेपाल वायुसेवा निगमले मनसायपत्र दर्ता गराएसँगै आज आयल निगमले सो निर्णय गरेको हो ।

Nepal Airlines01विभिन्न बहाना बनाई भारतले पेट्रोलियम पदार्थको आयातमा रोक लगाएपछि निगमले गएको विहीबार अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ आयातका लागि मनसायपत्र आह्वान गरेको थियो । निगमका अनुसार पेट्रोलियम पदार्थ आपूर्तिका लागि २३ वटा विभिन्न फर्म तथा कम्पनीले निवेदन दिएका थिए । हवाइ इन्धन आपूर्तिका लागि नेपाल वायु सेवा निगमलाई जिम्मा दिइएपनि अन्य पेट्रोलियम पदार्थ आपूर्ति गर्न भने कस्लाई दिने भन्ने निर्णय हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । आयल निगमले आह्वान गरेको आशयपत्रमा कुनै पनि मुलुकबाट तथा जुनसुकै मार्गबाट पनि पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिनेछ । निगमले आपूर्ति व्यवस्थालाई सहज बनाउने हेतुले इच्छुक आपूर्तिकर्ताले तीन दिनभित्र अहिलेलाई १५ दिनका लागि प्रतिदिन डिजल २०० किलोलिटर, पेट्रोल १०० किलोलिटर, हवाई इन्धन र मट्टितेल २००÷२०० किलोलिटर र खाना पकाउने ग्यास १०० मेट्रिक टन आपूर्ति गर्नुपर्नेछ । सो परिमाणको पेट्रोलियम पदार्थ ल्याउन सक्ने जुनसुकै फर्म तथा संस्थाले निवेदन दिन सक्ने जनाएको थियो ।

]]>
4450 0 0 0
बडा दशैको सुरु http://localhost/ghum/%e0%a4%ac%e0%a4%a1%e0%a4%be-%e0%a4%a6%e0%a4%b6%e0%a5%88%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Tue, 13 Oct 2015 04:38:08 +0000 http://www.ghumphir.com.np/?p=4452 4452 0 0 0 तस्बिरमा दशैको पहिलो दिन http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%b6%e0%a5%88%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8/ Tue, 13 Oct 2015 05:12:33 +0000 http://www.ghumphir.com.np/?p=4455 दशैको पहिलो दिन घटस्थापनको दिन भक्तपुरको ईन्द्रायणी मन्दिरमा चहल पहल हुने गर्दछ । भक्तपुरनगर तथा वरीपरीका सर्वसाधाहरण मन्दिर दर्शन गर्न तथा पुजा गर्न आउने गर्दछन् । मन्दिर पुजा गर्नु अघि नजीकै रहेको खोलामा स्नान गरेर पुजा गर्ने चलन रहेको छ । यसरी नुहाएर पुजा गरेमा आफ्नो मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।

देशभर इनधनको अभावले दशैको चहल पहल त्यती सुरु हुन सकेको छैन । भक्तपुर ठिमीका प्रजापतिहरुले घटस्थापनाको लागि चाहिने माटोका भाडाहरु भक्तपुरको टौमढीमा ल्याएर बिक्री गर्ने गर्दथिए । ।तर अघिलो बर्षहरुमा भक्तपुरको टौमढीचोक भरी ठिमीको माटोका भाडाहरुले भरीन्थ्यो भने यसपली टौमढी कम देखिन्छ । हेरौ रामगोपाल तमखुले आफ्नो क्यापमारा दशैको पहिलो दिन कैद गरेका तस्बिरहरु

dashin suru (1) dashin suru (14) dashin suru (12) dashin suru (11) dashin suru (10) dashin suru (8) dashin suru (7) dashin suru (6) dashin suru (5) dashin suru (4) dashin suru (3) dashin suru (2)    ]]>
4455 0 0 0
प्रहरीद्वारा पेट्रोल नष्ट http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a8%e0%a4%b7%e0%a5%8d/ Tue, 13 Oct 2015 13:58:06 +0000 http://www.ghumphir.com.np/?p=4471

तौलिहवा (कपिलवस्तु), २६ असोज ।

कपिलवस्तु प्रहरीले भारतबाट ल्याएर महँगो मूल्यमा बिक्री गर्न राखिएको ५० लिटर जति पेट्रोल आज नष्ट गरेको छ । जिल्ला प्रहरी उपरीक्षक विक्रम गुरुङको नेतृत्वमा गएको प्रहरी टोलीले आज जिल्लाको तौलिहवा बजार ४ नम्बर जितपुर र पिपरा बजारमा मिनरलवाटरमा बिक्रीका लागि राखिएको ५० लिटरभन्दा बढी नियन्त्रणमा लिएर नष्ट गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट आम सर्वसाधारणले कालोबजारी गर्ने गिरोहले भारतबाट पेट्रोल ल्याएर महँगो मूल्यमा बिक्री गरेको गुनासो तीव्ररुपमा गरेको हुनाले आफूहरु बजार अनुगमनमा लागेको प्रहरी उपरीक्षक विक्रम गुरुङले बताउनुभयो । पैंसठ्ठी दिनदेखि लगातार रुपमा मधेसी मोर्चाले गरेको बन्द र भारतले गरेको अघोषित नाकाबन्दीको मौका छोपी कपिलवस्तुमा पेट्रोलियम पदार्थमा कालोबजारी बढेको सर्वत्र रुपमा फैलिएपछि प्रहरीले यो काम गर्न आफूहरु लागेको उहाँले बताउनुभयो । उहाँले यसरी बेच्ने पेट्रोलियम पदार्थमा मिसावटसमेत भएको बताउनुभयो । कपिलवस्तुमा आजभोलि पेट्रोलियम पदार्थको कालोबजारीको कारण सर्वसाधारण बढी मूल्य तिरेर पेट्रोलियम पदार्थ किन्न बाध्य भएका छन् । अघोषित रुपमा भएको नाकाबन्दीले नेपाल अधिराज्यभर पेट्रोलियम पदार्थ, ग्यास र खाद्य पदार्थको चरम अभाव भइरहेको बेला कपिलवस्तु जिल्लामा भने भारतसँग जोडिएका सीमानाकाबाट दैनिकजसो नेपाली नम्बर प्लेटका सयौँ मोटरसाइकल भारतीय बजारमा पुगेर तेल भरेर ल्याउने एउटा गिरोह नै लागेको प्रहरीको बुझाइ छ । उनीहरुले भारतीय बजारबाट पेट्रोल र डिजल ल्याएर कपिलवस्तुका विभिन्न बजारमा खुलेआम रुपमा पेट्रोल १८० रुपैयाँदेखि २५० रुपैयाँसम्म र डिजल १६० रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।

]]>
4471 0 0 0
त्रिशुली देवी मन्दिर सर्वसाधारणका लागि खुल्ला http://localhost/ghum/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b6%e0%a5%81%e0%a4%b2%e0%a5%80-%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d/ Tue, 13 Oct 2015 14:01:12 +0000 http://www.ghumphir.com.np/?p=4473

गौशाला, २६ असोज ।

महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशुली देवीको मन्दिर आजदेखि सर्वसाधारणका लागि खोलिएको छ । यस मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुँइचो लागेको छ । वर्षमा एकपटक केवल दशैंको दश दिन मात्रै यो मन्दिर दर्शनार्थीका लागि खुल्ला रहने मन्दिरका पूजारी उपेन्द्र पाठकले बताउनुभयो । त्रिशुल धारण गरेकी त्रिशुली देवी भवानीको मन्दिर वर्षभरि खोलिँदैन भने उनको प्रतिमालाई समेत वर्षभर कसैले हेर्न वा छुन पाउँदैन । तर दशैंमा पूजारीले उनको दश दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणलाई दर्शन गर्न दिन खुल्ला राख्ने र भेटी चढाउन पाउने व्यवस्था रहेको छ । जलेश्वर महादेव मन्दिरमा विराजमान यो देवीे महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्ला लगायत भारतको सीतामढी र मधुवनी जिल्लामा निक्कै प्रख्यात छ । त्रिशुली मन्दिरमा भाकल गरे पूरा हुने जनविश्वास रहेको छ ।

]]>
4473 0 0 0
जुम्लामा चन्दननाथ र भैरवनाथको लिङ्गो ठड्याइयो http://localhost/ghum/%e0%a4%9c%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%a8%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%b0-%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%b5/ Tue, 13 Oct 2015 14:08:02 +0000 http://www.ghumphir.com.np/?p=4476

जुम्ला, २६ असोज ।

कर्णालीको जुम्लास्थित प्रसिद्ध मन्दिर चन्दननाथ र भैरवनाथ मन्दिरमा घटस्थापनाको दिन पारेर आज नयाँ लिङ्गो ठड्याइएको छ । गोर्खालीको विजयस्तम्भका रुपमा बर्सेनि घटस्थापनाको दिनमा दुवै मन्दिरमा लिङ्गो गाड्ने प्रचलन चलिआएको छ जसअनुसार आज चन्दननाथ मन्दिरमा ५२ हात र भैरवनाथ मन्दिरमा ४८ हातको साथमा दुईवटा देवीका लिङ्गो ठड्याइएको संस्कृतिविद् रमानन्द आचार्यले बताउनुभयो । वैदिक तथा खस संस्कृतिसँग सम्बन्धित प्रचलन कल्याल राज्यको स्थापनाकालदेखि चलिआएको उहाँको भनाइ छ । यस कार्यबाट दसैँको विधिवत् सुरुवात भएको मानिन्छ । लिङ्गो ठड्याउँदा नेपाली सेनाले चन्दननाथ र भैरवनाथ बाबालाई चार तोपको सलामी दिएको थियो । जुम्ला जिल्ला प्रशासन कार्यालयको नेतृत्व तथा नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी तथा स्थानीयबासीको सामूहिक प्रयासमा जङ्गलबाट लिङ्गो ठड्याइएको थियो । आजै चन्दननाथ र भैरवनाथ देवीका लागि दुईवटा बोकासमेत बलि दिइएको छ ।

]]>
4476 0 0 0
लोमान्थाङमा पचास प्रतिशत पर्यटक घटे http://localhost/ghum/%e0%a4%b2%e0%a5%8b%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%a4/ Tue, 13 Oct 2015 14:11:11 +0000 http://www.ghumphir.com.np/?p=4478

मुस्ताङ, २६ असोज ।

मुस्ताङको लोमान्थाङमा पर्यटकको सङ्ख्यामा ५० प्रतिशतले कमी आएको छ । सन् २०१५ को अक्टोबर १२ तारिखसम्म १५ सय ४१ पर्यटकले लोमान्थाङमा भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । गतवर्ष सोही अवधीमा ३३ सय ११ पर्यटकले लोमान्थाङ भ्रमण गरेको तथ्याङ्क छ । गत वैशाखमा गएको भूकम्प र देशमा भइरहेको बन्द हड्तालका कारण पर्यटकको सङ्ख्यामा कमी आएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । भुकम्पपछि करिब दुई महिना लोमान्थाङ क्षेत्र सुनसान बनेको थियो । पछिल्लो दुई महिना सेप्टेम्बर र अक्टोम्बरमा उत्साहजनक रुपमा पर्यटक भित्रिएको शेरचनको भनाइ छ । “बन्द, हड्तालले निकै प्रभाव पा¥यो, पछिल्लो समयमा पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ” उहाँले भन्नुभयो । लोमान्थाङमा सन् २०१५ मा चार हजार दुई सय पर्यटकले भ्रमण गरेको बताइएको छ । अनौठो भू–वनोट, मुस्ताङी राजदबार, माटोले निर्मित लोमान्थाङ उपत्यका र स्थानीय कलासँस्कृतिमा रमाउन विश्वका विभिन्न मुलुकबाट पर्यटक लोमान्थाङ आउने गरेका छन् । सबैभन्दा बढी फ्रान्स र जर्मनीबाट पर्यटक आएको एक्यापले जनाएको छ ।

]]>
4478 0 0 0
चौवालिस वर्षपछि विमानस्थलको स्वरुपमा परिवर्तन http://localhost/ghum/%e0%a4%9a%e0%a5%8c%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%b8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5/ Tue, 13 Oct 2015 15:03:28 +0000 http://www.ghumphir.com.np/?p=4480

ताप्लेजुङ, २६ असोज ।

विमानस्थलको धावनमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै गोमा एयरले पूर्वको पर्यटकीय हिमाली जिल्ला ताप्लेजुङको सुकेटार विमानस्थलमा आज पहिलोपटक परीक्षण उडान गरेको छ । विमानस्थल निर्माण भएको करिब ४४ वर्षपछि विमानस्थलको धावनमार्ग फराकिलो गर्ने साथै कालोपत्रे गर्ने काम सम्पन्न भएकाले दसँै तिहारको अवसरमा यात्रुको मागलाई मध्यनजर गर्दै निजी कम्पनी गोमा एअरले आज परीक्षण उडान गरेको हो । विसं २०२८ मा यहाका स्थानीयवासीको पहलमा निर्माण भएको सुकेटार विमानस्थलको धावनमार्गमा काम सुरु भए पछि विगत डेढ वर्षदेखि उडान सेवा ठप्प बनेको थियो । धावनमार्गको दुवैतर्फबाट अवतरण गर्न सकिने भएकाले र धावन मार्ग पनि कालोपत्रे गरिसकेकाले अब गोमा एयरले साताको दुईदिन सोमबार र शुक्रबार काठमाडौँबाट ताप्लेजुङ नियमित उडान भर्ने गोमा एयरका पाइलट एडि शेर्पाले बताउनुभयो । विसं २०७० माघमा गौरी पार्वती याक्थुहाङ एसएपी जेभी कन्ट्रक्सनले विमानस्थलको धावनमार्ग तथा अन्य कामको जिम्मा पाए पनि १० महिनापछि मात्र काम सुरु गरेको थियो । धावनमार्ग कालोपत्रे र फिलिङको काम सकिएकाले अब हवाईसेवा सञ्चालन गर्न कुनै समस्या नरहेको र नाली बनाउने, कटिङ गर्नेलगायत काम मात्र बाँकी रहेको ठेकेदार बल थापाले जानकारी दिनुभयो । थापाका अनुसार यो कामले विमान उडान तथा अवतरणमा अब कुनै असर गर्ने छैन । विमानस्थल पिच भएपछि जिल्लामा पर्यटक आगमन बढ्न सक्ने सुकेटर क्षेत्रमा होटल गर्दै आएका स्थानीय व्यवसायीको भनाइ छ ।

]]>
4480 0 0 0
एनसेलले ल्यायो पैसा ब्याक अफर http://localhost/ghum/%e0%a4%8f%e0%a4%a8%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%aa%e0%a5%88%e0%a4%b8%e0%a4%be-%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be/ Tue, 13 Oct 2015 15:46:42 +0000 http://www.ghumphir.com.np/?p=4482 २६ असोज, काठमाडौं ।
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले पैसा ब्याक योजना ल्याएको छ । यो योजना अनुसार एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम बराबरको मेन ब्यालेन्स प्रयोग गर्दा त्यतिनै रकम बराबरको बोनस ब्यालेन्स प्राप्त गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले चाडपर्वलाई लक्षित गर्दै ल्याएको यो योजना बुधवारदेखि लागु हुने जनाएको छ । कम्पनीका प्रिपेड ग्राहकले १७१२४ मा डायल गरेर योजनामा निःशुल्क सहभागी हुनसक्ने विज्ञप्तिमा उल्लेख छ । सहभागितासँगै ग्राहकले वोनस प्राप्त गर्न प्रयोग गर्नुपर्ने रकमको जानकारी पाउने कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार यो रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुने वितिकै सोही बराबरको बोनस ब्यालेन्स तत्काल प्राप्त हुनेछ ।
कम्पनीले यो बोनसलाई ग्राहकले एनसेल नेटर्वक भित्र कल गर्न, एसएमएस, एमएमएस पठाउन तथा ईन्टरनेट चलाउन प्रयोग गर्न सक्ने जनाएको छ । ‘बोनस एक दिनमा एक पटक प्राप्त हुने र प्राप्त बोनस सोही दिन मध्यरात सम्म मान्य हुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार भोलिपल्ट पुनःतोकिएको रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुँदा ग्राहकले  सोही रकम बराबरको बोनस प्राप्त गर्नेछन् । ‘चाडपर्वको आगमनसँगै हामी आफ्ना आफन्तजन, साथीभाईसँग बढी भन्दा बढी सम्पर्कमा रहन चाहन्छौं । ग्राहकको यहि चाहनालाई कदर गर्दै एनसेलले यो योजना ल्याएको हो,’ कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलनमणि शर्माले भने, ‘यसले ग्राहकलाई थप मूल्य प्रदान गर्दै आफ्ना प्रियजनसँग अझ बढी सम्पर्कमा रहन सहज बनाउने छ ।’ यो योजना ९० दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ ।
]]>
4482 0 0 0
पेस्तोल देखाएर ६ लाख लुट http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b%e0%a4%b2-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a5%ac-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%b2%e0%a5%81%e0%a4%9f/ Tue, 13 Oct 2015 16:19:32 +0000 http://www.ghumphir.com.np/?p=4484 २६ असोज,महोत्तरी ।

अज्ञात हतियारधारिको एक समूहले गौशाला नगरपालिका ८ स्थित मनोज साहको घरमा लुटपाट गरेको छ। नकाब बाँधेर आएको समूहले पेस्तोल देखाउँदै साहको घरका सम्पूर्ण सदस्यलाई नियन्त्रणमा लिएर नगद ६ लाख ६० हजार, एक थान मोवाइल, २ तोला सुन, १ तोला चाँदीको गरगहना लुटेर लगेको पीडित साहले बताए।घर पाछाडिको बाँस घारिमा लुकेर बसेको हतियारधारी समूह मध्यरातमा पेस्तोल देखाउँदै घरभित्र प्रवेश गरेको थियो।घटनाको खबर पाए लगतै प्रहरी पुगेपछि लुटेराहरु भागेका थिए। लुटेराहरुको योजना अरु घरमा पनि लुटपाट गर्ने रहेको स्थानीयले बताएका छन्।

लुटपाट गर्ने समूहको खोजी तीब्र पारिएको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए। यसअघि असोजको पहिलो साता गौशालामै डाका समूहले १५ लाख बराबरको समान ल्ुाटपाट गरेको थियो।सोमबार रातिको घटनामा पनि सोही समूहको संलग्नता रहेको हुन सक्ने प्रहरी अनुमान छ।

]]>
4484 0 0 0
मोबाइल खरिदमा उपहारै उपहार http://localhost/ghum/%e0%a4%ae%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%87%e0%a4%b2-%e0%a4%96%e0%a4%b0%e0%a4%bf%e0%a4%a6%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%aa%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a5%88-%e0%a4%89%e0%a4%aa%e0%a4%b9/ Wed, 14 Oct 2015 02:32:37 +0000 http://www.ghumphir.com.np/?p=4487 ललितपुर,२७ असोज ।
नेपालकै ठूलो मोबाइल हबको रुपमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारको अवसर पारेर दशैं तिहारको बहार, मोबाइल खरिदमा उपहारै उपहार योजना ल्याएको छ ।
कम्प्लेक्सले दशैं तथा तिहारको बहार योजनामा आफ्ना मोबाइल खरिदकर्ताहरुका लागि हात खाली नहुने उपहारहरु प्रदान गर्ने जनाएको छ । कम्प्लेक्सले यस योजनाअनुसार कुनै पनि स्मार्टफोन खरिदमा ग्राहकहरुले विभिन्न उपहारहरु प्राप्त गर्ने जनाएको छ ।
योजनामा हरेक स्मार्टफोनको खरिदमा हात खालि नजाने उपहार अन्तरगत मोबाइल कभर, स्क्रीन गार्ड, पावर ब्यांक, ८ जीबीको मेमोरी कार्ड, ब्लूटूथ स्पीकर तथा टिसर्टमध्ये कुनै एउटा उपहार ग्राहकले पाउने छन् । यस योजनामा ग्राहकहरुले कुनैपनि ब्राण्डको स्मार्टफोन खरिद गरेर सहभागि हुनसक्ने कम्प्लेक्सले जानकारी दिएको छ ।
त्यसैगरी कम्प्लेक्सले सामसंग, हुवावेलगायत अन्य मोबाइल ब्राण्डले संचालन गरेको योजनालाई पनि कायमै राखेको छ । कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले विभिन्न ब्राण्डका मोबाइलहरुको ग्राहक योजनाका साथै दशैं तिहारको अवसर पारेर थप उपहार योजना संचालन गरेको जानकारी दिए। ग्राहकहरुले रुचीअनुसार उत्सवको अवसरमा मोबाइल खरिद गर्दा विभिन्न हात खाली नहुने उपहार छान्न सकिने उनले बताए ।
कम्प्लेक्सले उपहार योजनाका साथै नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुममा हरेक मोबाइलको खरिद, एसेसरिजको खरिद तथा रिपेयर सर्भिसमा अधिकतम ७० प्रतिशतसम्मको छुटको व्यवस्था मिलाएको छ ।
]]>
4487 0 0 0
चीनबाट पेट्रोल ल्याउने तयारी http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%a4/ Wed, 14 Oct 2015 02:39:02 +0000 http://www.ghumphir.com.np/?p=4490 रसुवा,२७ असोज ।

रसुवाको रसुवागढीमा रहेको चीनसँगको सीमा नाका यसै हप्ता खुल्ने भएको छ। नेपाल र चीन दुबै तर्फ सडक निर्माणको काम सकिएपनि चीनले औपचारिक समारोह मार्फत नाका खोल्न चाहेकाले १/२ दिन समय लाग्ने रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। 'हाम्रो तर्फबाट केही रोकतोक छैन तर उनीहरुले केही फर्मल्ली गर्ने भन्ने भएकाले नाका खुल्न नसकेको हो' उनले पहिलोपोस्टसँग टेलिफोनमा भने 'उनीहरुले पनि छिटै गर्ने भनेका छन् त्यसैले १/२ दिनमा नाका खुल्छ।

गएको वैशाख १२ गतेको भूकम्पले भन्सार कार्यालयहरु भत्किएका र पहिरोले नेपाल र चीन दुवै तर्फका सडकहरु थुनिएकाले नाका बन्द भएको थियो। दक्षिणी नाकाहरुमा भारतले अवरोध गरेपछि सरकारले पहिरो पन्छाएर सडक खुलाउन थालेको थियो। चीन सरकारले पनि पहिरोले अवरुद्ध सडकहरु निर्माण गरिसकेको छ। 'चीन तर्फ पनि अवरोध छैन भन्ने जानकारी आएको छ' प्रमुख जिल्ला अधिकारी गेलालले भने 'त्यसैले नाका खुल्न अब धेरै दिन लाग्दैन।'

नाका खुलेपछि तत्काल चीनबाट लत्ता कपडा र फलफूलहरु नेपाल ल्याउन सकिनेछ। स्थानीय ब्यापारीहरुले पेट्रोलियम पदार्थ पनि ल्याउने तयारी गरेपनि सरकारी स्तरबाट भने यसको पहल भएको छैन। 'ब्यापारीहरुले आफ्नै प्रयासमा पेट्रोलियम पदार्थ ल्याउने तयारी गरिरहेका छन् भन्ने सुनेको छु, सरकारी स्तरबाटै ल्याउन के पहल भएको छ यसबारे मलाई जानकारी छैन, भन्सारको हाकिम साहेबलाई थाहा होला कि' प्रमुख जिल्ला अधिकारी गेलालले भने।

]]>
4490 0 0 0
दसैका आन्तरिक उडान नियमित हुने http://localhost/ghum/%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%95%e0%a4%be-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%89%e0%a4%a1%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%ae%e0%a4%bf/ Wed, 14 Oct 2015 02:44:31 +0000 http://www.ghumphir.com.np/?p=4492 काठमाडौं,२७ असोज । ।
नेपाल वायुसेवा निगमले कोलकाताबाट हवाई इन्धन ल्याएको छ । निगमले दुई वटा चार्टर फ्लाइट गरेर ६६ हजार टन इन्धन ल्याएको हो ।
आफ्ना उडानहरु नियमित राख्न र दसैमा आन्तरिक उडान घटाउनु नपरोस भनेर इन्धन ल्याएको निगमले जनाएको छ । दशैंको अवसरमा वैदेशिक रोजगारीबाट धेरै यात्रु आउने र आन्तरिक उडान कटौति गर्दा त्यस्ता यात्रुहरुलाई समस्या हुने भएकोले इन्धन ल्याएको निगमले जनाएको छ ।
निगमले ल्याएको हवाई इन्धन नेपाल आयल निगमको स्टोरेज टैंकमा जम्मा गरी निगमलाई आवश्यक पर्दा विमानमा भरिने छ ।
परिस्थिति र आवश्यकता अनुसार यस्ता चार्टर उडानहरु भविष्यमा पनि गर्ने र हवाई इन्धनको सञ्चिति बढाउने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इनधनको सञ्चिति बढाउन आवश्यक प्रक्रिया पूरा गरिएको जानकारी पनि विज्ञप्तिमा उल्लेख छ ।
यसअघि काठमाडौं आउने विमानमा अर्को गन्तव्य जान पुग्ने हवाई इन्धन ल्याउनु पर्दा कम संख्यामा यात्रु ल्याउन सकिन्थ्यो । तर अब चार्टर गरी ल्याएको हवाई इन्धनले सहयोग पुग्ने हुँदा बढी संख्यामा यात्रु ल्याउन पनि निगमले उल्लेख गरेको छ ।कोलकाताको उडान ४५ मिनेटको मात्र हुने र काठमाडौंको तुलनामा हवाई इन्धन सस्तो भएकाले चार्टर गरेर ल्याएको हो ।
]]>
4492 0 0 0
यात्रु सहायता कक्ष स्थापना http://localhost/ghum/%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%81-%e0%a4%b8%e0%a4%b9%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a4%be-%e0%a4%95%e0%a4%95%e0%a5%8d%e0%a4%b7-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa/ Wed, 14 Oct 2015 02:56:51 +0000 http://www.ghumphir.com.np/?p=4494

इलाम, २७ असोज ।

चाडपर्वका समयमा यात्रुलाई सहज होस् भन्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालयले मङ्गलबार जिल्लाका तीन स्थानमा यात्रु सहायता कक्षा स्थापना गरेको छ । ट्राफिकले सदरमुकामस्थित बसपार्क, फिक्कल र पशुपतिनगरमा सहायता कक्षा स्थापना गरेको हो । चाडपर्वका समयमा सवारीसाधनमा यात्रुलाई हुने ठगी, असुविधालाई निराकरण गर्न सहायता कक्षा स्थापना गरेको जिल्ला ट्राफिक इन्चार्ज प्रहरी नायब निरीक्षक पदमबहादुर राईले जानकारी दिनुभयो । बसपार्कमा प्रनानि राई र प्रहरी हबल्दार श्यामप्रसाद थापा, फिक्कलमा प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर बस्नेत र पशुपतिनगरमा प्रहरी जवान दिनेशप्रसाद शाह रहने गरी यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी चन्द्र माझीले बताउनुभयो ।

]]>
4494 0 0 0
खासाबाट ग्यास ल्याउने, ४० हजार सिलिन्डर भर्ने http://localhost/ghum/%e0%a4%96%e0%a4%be%e0%a4%b8%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a5%aa%e0%a5%a6/ Wed, 14 Oct 2015 03:18:03 +0000 http://www.ghumphir.com.np/?p=4496 विज्ञान अधिकारी
भारतको नाकाबन्दीका कारण ग्यासको हाहाकार भएपछि निजी क्षेत्रले चीनबाट ग्यास ल्याउने प्रस्ताव आयल निगमसँग गरेका छन् । ओम शिव पेट्रो प्रालिले चीनको न्यालमबाट ग्यास ल्याएर बिक्री गर्ने प्रस्ताव निगमसँग विहिवार गरेको हो ।
‘नाकाबन्दीले ग्यासको हाहाकार भएपछि हामीले चीनबाट ल्याउने प्रस्ताव गरेका हौ,’ कम्पनीका अध्यक्ष एवं नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बिजमान्डूसँग भने, ‘निगमले अनुमति दिएमा केही दिनभित्रै ग्यास ल्याउनेछौ ।’ यो कम्पनीमा नेपालका बोटलिङ प्लान्ट चलाइरहेका व्यवसायीहरु आवद्ध छन् ।
उनका अनुसार खासाबाट ३२ किलोमिटर टाढा न्यालम भन्ने पेट्रो चाइनाको बोटलिङ प्लान्ट छ । त्यही बोटलिङ प्लान्टमा नेपाली सिलिन्डरमा ग्यास भरेर ल्याउने योजना कम्पनीको रहेको छ ।
‘हामीले तत्कालका लागि नेपालबाट ग्यासका खाली सिलिन्डर लिएर जाने र न्यालममा रहेको ग्यास बोटलिङ प्लान्टमा भरेर नेपाल ल्याउँछौ,’ घिमिरेले भने, ‘हामीले पेट्रो चाइनाको डिस्टिब्यूटरसँग कुराकानी गर्दा उनीहरु ग्यास दिन तयार देखिएका हुन् ।’ उनका अनुसार कम्पनीले टेलिफोन र मेलमार्फत कम्पनीसँग छलफल गरेको र तत्कालका लागि ग्यास दिन तयार छन् ।
घिमिरेले तत्कालै नेपालको माग अनुसार ग्यास दिन नसकेपनि उपत्यकाका लागि आवश्यक ग्यास ल्याउन सकिने जानकारी दिए । कम्पनीले पहिलो चरणमा ४० हजार सिलिन्डर भरेर ल्याउने तयारी रहेको जनाएको छ ।
स्रोतका अनुसार न्यालममा एक सिलिन्डर ग्यासको झन्डै दुई हजार रुपैयाँ मूल्य पर्छ । नेपालमा अहिले ग्यास एक सिलिन्डरको १४ सय रुपैयाँमा उपभोक्ताले पाइरहेका छन् । उनले सरकारले भ्याट लगायतका करहरु छुट दिएमा उपभोक्तालाई चीनबाट ल्याएको ग्यास पनि सस्तोमा दिन सकिने बताए ।
सार्वजनिक लेखा समितिको निर्देशन सार्वजनिक लेखा समितिले ग्यास आपूर्तिका लागि आयल निगमको प्रस्तावलाई तत्कालै निर्णय गरेर स्विकृती दिन निर्देशन दिएको छ । समितिले एक÷दुई घन्टाभित्रै निर्णय कार्यान्वयनमा ल्याउन निर्देशन दिएको स्रोतले बतायो ।
समितिले शुक्रवार वाणिज्य मन्त्रालयका अधिकारी, आयल निगम, ग्यास तथा पेट्रोलियम व्यवसायीलाई बोलाएर गरेको छलफलपछि यो निर्देशन दिएको हो । निगमले निर्णय गरेमा औपचारिक छलफल गर्न कम्पनीका पदाधिकारी शनिबारनै न्यालम जाने जानकारी दिएको छ ।
‘हामीलाई निगमले निर्णय गरेर ग्यास ल्याउन अनुमति दिएमा भोली(शनिबार)नै ग्यास आपूर्तिका लागि छलफल गर्न चीन जान्छौ,’ अध्यक्ष घिमिरेले भने, ‘हामीले केही दिनभित्रै चीनबाट ग्यास भरेर ल्याउन सक्छौ ।’ ग्यास बिक्रेता महासंघका निर्वतमान अध्यक्ष ज्ञानेश्वर अर्यालले सरकारले अनुमति दिएमा ग्यास ल्याउन कठिनाई नरहेको बताए ।
‘चीनबाट ग्यास ल्याउन कुनै समस्या छैन । हामीले चीनको महावाणिज्यदूतसँग गरेको छलफलमा आपूर्ति गर्न कुनै कठिनाई नभएको जानकारी पाइसकेका छौ,’ उनले भने, ‘सरकारले चाँडै पहल गर्नुपर्छ ।’बिजमाण्डू
]]>
4496 0 0 0
पेट्रोल खानी उत्खनन् गर्न भारतको दबाबमा रोकियको थियो http://localhost/ghum/%e0%a4%a6%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%96%e0%a4%a8/ Wed, 14 Oct 2015 03:29:56 +0000 http://www.ghumphir.com.np/?p=4498 नारायण खड्का

दाङको फूलवारी गाविस–६ बखरीयामा रहेको पेट्रोल खानीको पुनः उत्खनन् गर्न दाङवासीले सरकारसँग माग गरेका छन्। स्थानीय पत्रकार देवीराम कुसारीका अनुसार खानी तथा भुगर्व विभागले २०२८ सालमा उत्खनन् गर्दा बखरीयामा ९५ प्रतिशत पेट्रोल भएको प्रमाणित भएको थियो ।सोहि तथ्यलाई आधारमान्दै बखरियाको पेट्रोल खानीका जानकार, स्थानीय जेष्ठ नागरिक हरीभक्त भण्डारीले तत्कालिन समयमा भारतको दवावमा रोकिन पुगेको पेट्रोल खानीको पुनः उत्खनन् गरिनुपर्ने वताए । दाङको तुलसीपुरदेखि दक्षिण झन्डै १२ किलोमिटरको दुरीमा रहेको बबई किनारको उक्त बखरीया गाउँमा खानी भएको प्रमाणित भएपछि ३० को दशकमा त्यहाँ दुईवटा अत्याधुनिक भवनहरु निर्माण गरी मेसिन समेत जडान गरिएको थियो ।

उक्त खानी उत्खनन् गर्दा विशेष भूमिका निर्वाह गरेका भण्डारीले तत्कालिन समयमा खानी वाट पेट्रोलको ग्यास निस्किएको जानकारी दिए । भन्डारीले भने ‘ २०२८ सालमा खानी उत्खनन् गर्दा पेट्रोलमा पाइने तत्व फेला परेको थियो । उत्खननको क्रममा खानीवाट निस्कको पानीले जमिन र हरियो घास डढ्ने गथ्र्याै ।’

भण्डारीका अनुसार खानी खन्ने क्रममा वखरीया आसपासको क्षेत्रमा ग्याँस खानी भएको पत्ता लागेको प्राविधिकहरुले वताएका थिए ।अनुधानका क्रममा उरहरीको क्वाङ खोला देखी सुकौराको पूर्वी ईनार सम्म ग्यास खानीको सम्भावना रहेको औंल्याइएको फूलवारी –६ बखरिया निवासी ७८ वर्षिय भूपाल वस्नेतले बताए । बस्नेत बखरीयामा पेट्रोल उत्खननका लागि निर्मित  खानीको १५ वर्ष सम्म गोदाम प्रमुख भएर काम गरेका व्यक्ति हुन ।

वखरीयामा पेट्रोल खानी रहेको चर्चा गर्दै उनले थपे ‘फेरी यसको उत्खनन्मा राज्यले ध्यान दिनु जरुरी छ । उरहरीको सुकौरा स्थित प्राकृतिक जरुवाको पानीमा ३०को दशकमा जापानी इन्जिनियरले परिक्षण गर्दा आगो लगको  आफ्नै आँखाले देखेको हुँ ।’

पेट्रोल खानीकालागि प्राविधिक टोलिसंगै आफूले काम गरेको  जानकारी दिँदै बस्नेतले भने ‘ तत्कालिन समयमा पेट्रोल उत्खनन् मेसीनका प्रमुख श्यामकृष्ण खड्काले आफुलाई तिमीहरु त भाग्यमानी रहेछौं,तिम्रो घरको आँगनमै पेट्रोल निस्कने भयो भनेको  आजै जस्तो लाग्छ ।’

भुगोल विषयका सह– प्रध्यापक देवनारायण चौधरीले दाङमा कोइला खानी चालु रहेको, सिमेन्टको लागि चुन ढुङ्गाको अथाहा भन्डार रहको,देउखुरीमा सुन खानीको उत्खनन् जारी हरेको, तामा खानीको पनि सम्भावना भएकोले बबईको समथर भूभाग वखरीयामा पेट्रोल खानीको प्रवल संभावना छ ।

जमिनको सतह कम उचाइको हुने स्थानको भित्री भागमा पनि गहीरो हुने र सो गहीरो ठाउँमा पृथिविको चापका कारण उत्पन्न हुने मिथेन ग्यास र अन्य ग्यासको भण्डार हुने समभावना चौधरीले औंल्याए । उनले दाङ बखरियाको पेट्रोल खानीको राज्यले पुनः उत्खनन् गर्नुपर्ने वताए ।

भारतका कारण बखरियाको उत्खनन् रोकियो –स्थानियहरु

२०३० को दशकाम दाङ फूलवारी –६ बखरीयास्थित पेट्रोल खानी उत्खनन् भइरहेको स्थानको निरीक्षण र अवलोकनकालागि तत्कालिन राजा विरेन्द्रपनि बखरीया पुगेका थिए । उनले पनि उत्खनन्मा खटिएका प्राविधिक देखि इञ्जिनियरसंग सोधपुछ पछि स्थानीयहरुलाई बधाई दिएका थिए ।

dang petrol

बखरीयामा खानी सफल हुने कुराले बखरिया वासी खुसी बनेका थिए । तर खानी भएको करिव पक्का भए पछि भारतले पटक÷पटक नेपाललाई पत्राचार गर्दै उत्खनन् रोक्न दवाव दिएको जानकारहरु वताउँछन् ।

स्थानिय जेष्ठ नागरिक तथा खानीवारे जानकार हरीभक्त भण्डारीका अनुसार दाङको वखरीयामा पेट्रोल खानी सफल भए भारतको  उत्तर प्रदेशको खानीलाई असर पर्ने भन्दै काम रोक्न दवाव दिइएको थियो ।    भारत सरकारले पटक पटक खानीको काम रोक्नलाई पत्राचार गर्दा समेत उत्खनन् नरोकिएपछि तत्कालिन समयमा समेत भारतले रुपैडिया नाकामा नाकावन्दी गरेको भन्डारी बताउँछन् ।

उत्खनन्का लागि मेसिनमा आवश्यक इन्धनको अभाव हुनु, दाङ र वाँकेमा इन्धनको अभाव सृजना गरिनु, सोही समयमा खानी खन्ने जिम्मा लिएको भारतीय कम्पनीले मेसिनको  ड्रिल फस्यो भन्दै काम रोक्नुले षडयन्त्र पूर्वक उत्खनन् रोकिएको जानकारहरु वताउँछन् ।

खानीको काम नाटकिय ढंगले रोकिएपछि तत्कालिन खानी तथा भुगर्व विभागका विभागिय प्रमुख दिनेश भट्टराईले स्थानीयवासीहरु संग खानी सफल हुन नदिन ठूलो षड्यन्त्र भएको दुखेसो पोखेको स्थानीयहरुलाई उद्धतगर्दै पत्रकार देवीराम कुसारीले बताए । नाटकिय ढंगवाट रोकिएको उत्खनन् फेरि संचालन हुने आशामा खानी उत्खनन्का लागि ल्याइएका औजार, मेसिन तथा सामाग्री १५ वर्ष सम्म बखरियाको गोदाममा राखिएको थियो । तर समस्या समाधान नभएपछि २०४२÷०४३ मा गोदाम संरक्षणको अभावमा जिर्ण भएपछि  खानी उत्खनन् गर्ने र इन्धन निकासा गर्ने सपना पूर्ण रुपमा ध्वस्त भएको पत्रकार कुसारीले बताए ।

तर पत्रकार कुसारीका अनुसार पछिल्लो समय भारतले आधा महिना वढी समय नाकाबन्दी गरेपछि फेरि स्थानियबासीले फूलवारीको बखरीया स्थित पेट्रोल खानीको उत्खनन्को   माग गर्न थालेका छन् । उनीहरुले भारतको दवावमा तत्कालिन समयमा उत्खनन्को काम वन्द भएको भन्दै अब राज्यले उत्खनन् गरी आफ्नै देश भित्रका खानीहरुको पहिचान गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।

२०२७ सालमा पेट्रोल खानी उत्खनन्मा सहयोग पुगोस भनेर स्थानीय भूपाल वस्नेत र उनका वावु नरवाहदुर वस्नेतले  तत्कालिन उरहरी गाउँ पञ्चायतका प्रधान इश्वरीप्रसाद उपाध्यायको आग्रहमा आफ्नो जग्गा खानीको नाममा नामसारी गरिदिएका थिए ।

त्यसको लगतै जापानबाट  झिकाइएका इन्जिनियर सहित  खानी तथा भुगर्व विभागको टोली बखरियामा आएर उत्खनन्को काम शुरु गरेको थियो । जग्गादाता भूपाल वस्नेतले भने ‘तत्कालिन समय बखरिया झिमिली वन्न पुगेको थियो , एक खालको वजारकै रुपधारण गरेको थियो ।

अस्थाई र स्थायी संरचना पनि निर्माण गरिएका थिए तर,नाटकिय ढंगले सबै काम रोकिन पुग्यो ।’ बखरियामा हाल जिर्ण अवस्थामा रहेको भवन पनि सोही समयमा निर्माण भएको गोदाम घर हो । बस्नेतले करिब १५ सय फिट गहिरो खनि सकेपछि  खानी भएको ९५ प्रतिसत प्रमाणित हुँदा काम एकाएक रोकिनुले आश्चर्यमा परेको वताउँछन् ।

उनले थपे ‘खानी भएको पक्का भएपछि नै मलाई बखरियामा खानी तथा भुगर्व विभागका कर्मचारीको बैठकले मलाई खानीको गोदाम प्रमुखका रुपमा नियुक्त गरिएको थियो ।’

]]>
4498 0 0 0
नाकाबन्दीले व्यापार क्षेत्रमा प्रभाव http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87/ Wed, 14 Oct 2015 08:26:48 +0000 http://www.ghumphir.com.np/?p=4504

काठमाडौँ, २७ असोज ।

भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले नयाँ सडक क्षेत्रको व्यापारमा प्रतिकूल प्रभाव परेको छ । दसैँ नजिकिँदै जाँदा विभिन्न सामानको माग बढेपनि नाकाबन्दीका कारण आपूर्ति सहज हुन नसकेकाले कारोबार घटेको हो । छ सयभन्दा बढी पसल रहेको काठमाडौँको सबैभन्दा पुरानो व्यापारिक केन्द्र खिचापोखरी नयाँ सडक क्षेत्रमा यसपटक नाकाबन्दीले व्यापार कमी भएको सङ्घका अध्यक्ष ¬¬मनोज श्रेष्ठले जानकारी दिनुभयो । “बिगत वर्षमा यहाँ मानिसहरु हिँड्नसमेत मुस्किल हुन्थ्यो अहिले व्यापार नभएकाले सबै पसल खाली छन्” उहाँले भन्नुभयो । विगत वर्षमा ग्राहकले किनमेल गर्न आउँदा ल्याउने सवारी साधनले सडक जाम हुने गरेकाले ट्राफिक, काठमाडौँ महानगरपालिका र स्वयम्सेवक खटाउने गरेपनि यसवर्ष भीडभाड नभएको उहाँले बताउनुभयो । यस्तै आरबी कम्प्लेक्समा पनि यस वर्ष व्यापारमा ह्रास आएको छ । गत वैशाखमा गएको भूकम्प तथा नाकाबन्दीका कारण नयाँ सामान भित्रन नसकेपछि व्यापारमा ह्रास आएको हो । सो कम्प्लेक्सका व्यापार सङ्घका अध्यक्ष पर्शुराम दाहालले गत वर्षको तुलनामा अहिले ४० प्रतिशत मात्र व्यापार भएको बताउनुभयो ।

]]>
4504 0 0 0
दसैंअघि निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ नदिन http://localhost/ghum/%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%82%e0%a4%85%e0%a4%98%e0%a4%bf-%e0%a4%a8%e0%a4%bf%e0%a4%9c%e0%a5%80-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%a8%e0%a4%b2/ Wed, 14 Oct 2015 08:30:11 +0000 http://www.ghumphir.com.np/?p=4506 काठमाडौँ, २७ असोज ।
नेपाल आयल निगमले निजी सवारी साधनलाई दसैंअघि पेट्रोलियम पदार्थ दिन नसक्ने बताएको छ । निगमले दसैंका लागि भनेर उपत्यकामा हिजो मंगलबार मोटरसाइकललाइ ५ लिटर, निजी सवारी साधन कार तथा जीपलाई १५ लिटरको दरले पेट्रोलियम पदार्थ वितरण गरेको थियो ।
निगम प्रवक्ता दीपक बरालका अनुसार दसैंअघि निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ पाउने छैनन् । पम्पमा लाइन बसेका निजी सवारी साधनलाई पनि तेल नदिइने हुनाले  लाइनबाट हट्न निगमले आग्रह गरेको छ। लामो  दुरीमा चल्ने सार्वजनिक सवारी साधनले भने पर्याप्त मात्रामा डिजेल पाउने पनि बरालले बताए।
मंगलबार ६ लाख लिटर पेट्रोल वाग्मती अञ्चलमा वितरण गरेको  निगमले जनाएको छ । तर अधिकांश लाइनमा बसे पनि तेल पाएका थिएनन् ।
]]>
4506 0 0 0
बढी भाडा लिने सवारीलाई कारबाही सुरु http://localhost/ghum/%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%ad%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a4%be/ Wed, 14 Oct 2015 15:50:30 +0000 http://www.ghumphir.com.np/?p=4509

काठमाडौं, असोज २७

दसैँमा घर जाने यात्रुसँग बढी भाडा लिएको गुनासो आउन थालेपछि यातायात व्यवस्था विभागले पाँचवटा अनुगमन समूह बनाई काम सुरु गरेको छ ।
राजधानीबाट लामो दूरीमा जाने सवारी साधनले नयाँ बसपार्कबाट टिकट काट्दा बढी भाडा नलिएपनि टिकट नकाट्ने यात्रुसँग र छोटो दूरीमा चल्ने सवारी साधनले मनपरी भाडा असुलेका छन् ।
काठमाडौँबाट हेटौँडा, चितवन, भैरहवा, पोखरालगायत छोटो दूरी र काठमाडौँ आसपासका जिल्लामा चल्ने सवारी साधनले विभागले तोकेभन्दा तेब्बर चौबरसम्म बढी भाडा लिएको पीडितको गुनासो आएको  विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।
ुबढी भाडा लिने सवारी साधनलाई कारबाही गर्न राजधानीका पाँच स्थानमा सहयोग कक्ष स्थापना गरिएको छ । बल्खु, गोङ्गबु, कोटेश्वर, गौशाला र कलङ्कीमा स्थापना गरिएका ती कक्षमा बढी भाडा लिने सवारी साधनको सूचना दिन यात्रुसँग अनुरोध गरेका छौँ, यी स्थानमा अनुगमन गर्न बुधबार विभागका पाँचजना उपसचिवको नेतृत्वमा पाँच वटा समूह परिचालन गरिएको छ,ुप्रवक्ता अधिकारीले भने ।
विभागले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै बढी भाडा लिने सवारी साधनको अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको जनाएको छ ।
पेट्रोलियम पदार्थको अभावसँगै उपत्यकाका सडकमा सवारी साधनको सङ्ख्या घटी छतमा चढी गन्तव्यमा पुगिरहेका यात्रुलाई तीनदिनदेखिको सामान्य मौसम परिवर्तनले प्रभाव पारेको छ । मौसम परिवर्तनसँगै बढेको चिसोले छतमा बसेर यात्रा गर्न कठिन भएको लगनखेलको बसको छतमा यात्रा गर्दै पुरानो बसपार्क, भृकुटीमण्डपमा झरेपछि रामबहादुर सुनारले भने ।
भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भई कम सवारी साधन सञ्चालन भएपछि पेसा व्यवसायमा निस्कनेहरु दुई सातादेखि बसको छतमा बसी यात्रा गर्न बाध्य भएका छन् । सङ्कटका समयमा सहुलियतको डिजेल लिने सवारी साधनले बढी मूल्यमा तेल किनेको भन्दै उपत्यकामै पनि बढी भाडा लिइरहेको उपभोक्ता मञ्च नेपालका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठले बताए।
'काम सकी घर जाने बेलामा पुरानो बसपार्कमा पुग्दा पानी पर्न थाल्छ, प्रत्येक सवारी साधन भरिएर आउँछन्, भित्र पस्न सकिँदैन, वर्षासँगै हल्का जाडोसमेत बढ्ने भएकाले छतमा बसेर जान नसकिने भएको छ, अब कसरी आवतजावत गर्ने भन्ने चिन्ताले सताउन थालेको छ,' थानकोटबाट दैनिक रत्नपार्कसम्म छतमा यात्रा गर्दै आएका विजेश महर्जनले भने ।
थोरै मात्रामा सञ्चालनमा आएका सवारी साधनले कालोबजारमा डिजेल किनेकाले सरकारले तोकेको भाडामा बस चलाउन नसकिने भन्दै बढी भाडा असुल्न थालेको पनि यात्रुको गुनासो छ । विभागका प्रवक्ता अधिकारी भने ब्ल्याकमा तेल किनेको भएपनि बढी भाडामा यात्रा गराउन नपाइने बताउँछन् । अनुगमनका क्रममा यस्तो भेटिएमा न्यूनतम रु पाँच हजार जरिवाना गरिने उनले जानकारी दिए
जल तथा मौसम विज्ञान विभागले भने अहिले भइरहेको वर्षा धेरै दिन नचल्ने र ठूलो पानी पनि नपर्ने भएकाले आत्तिनुनपर्ने जनाएको छ । ुयस वर्षको वर्षा सकियो, अहिलेको वर्षा सामान्य हो दुई दिनमा मौसम सफा हुने भएकाले बसमा यात्रा गर्नेका लागि वर्षाद्ले समस्या बनाउँदैनु–विभागका मौसमविद् वरुण पौडेलले भने ।
]]>
4509 0 0 0
सुनसान बन्यो लुम्बिनी http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%be%e0%a4%a8-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80/ Wed, 14 Oct 2015 15:53:44 +0000 http://www.ghumphir.com.np/?p=4511

लुम्बिनी (रुपन्देही), २७ असोज ।

मुलुकमा आएको प्राकृितक विपत्ति र देशको राजनीतिक अस्थिरताका कारण लुम्बिनीमा पर्यटक आगमनमा ह्वात्तै कमी आएको छ ।लुम्बिनी विकास कोषले निकालेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा पर्यटक आगमनमा लगभग आधाले कमी आएको देखाउँछ । यस वर्षको सुरुका महिनामा मुलुकमा आएको विनाशकारी भूकम्प र पछिल्लो दुई महिना तराईमा भएका बन्द र हडतालका कारण पर्यटक आगमनमा कमी आएको कोषले जनाएको छ ।

Lumbini-FInalगत वर्षको तथ्याङ्कअनुसार सन् २०१४ को सेप्टेम्बर महिनामा विश्वका २१ वटा मुलुकबाट जम्मा आठ हजार ६१ जना पर्यटक लुम्बिनी अवलोकनका लागि आएकामा यो वर्ष भने जम्मा चार हजार ४६१ जनामात्र पर्यटक लुम्बिनी भ्रमण गर्न आएका देखिन्छ । अन्य मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्यामा कमी आए पनि श्रीलङ्काबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या भने यो वर्ष बढेको देखिन्छ । श्रीलङ्काबाट गत वर्षको सेप्टेम्बर महिनामा चार हजार ९२६ पर्यटक नेपाल प्रवेश गरेका थिए र यो वर्षको सेप्टेम्बरमा पाँच हजार ७६ पर्यटक नेपाल प्रवेश गरेका छन् । तर आन्तरिक पर्यटक र भारतबाट आउने पर्यटकको सङ्ख्यामा भने ह्वात्तै कमी आएको छ । गत वर्ष सेप्टेम्बर महिनामा भारतबाट लुम्बिनी आउने पर्यटकको सङ्ख्या पाँच हजार ३०० रहेकामा यो वर्ष भने जम्मा ७०१ जना रहेको छ । त्यस्तै नेपाली पर्यटक पनि लुम्बिनी जान सकिरहेका छैनन् । गत वर्षको सेप्टेम्बर महिनामा १५ हजार ७२३ जना नेपाली पर्यटकले लुम्बिनीको अवलोकन गरेका थिए । यो वर्ष जम्मा दुई हजार २२९ जना पर्यटकले लुम्बिनीको भ्रमण गरेको कोषको सूचना शाखामा कार्यरत दिलीप सिंहले जानकारी दिनुभयो । उता पैदल तथा सडक मार्ग हुँदै तेस्रो मुलुकका पर्यटक पनि सुनौलीबाट नेपाल प्रवेश गर्न सकेका छैनन् । जबर्जस्ती म जान्छु भनेर आउने पर्यटक आएका छन् । अन्यलाई नेपालमा आन्दोलन चर्किएको छ भनेर भारततर्फबाटै फिर्ता गरेका कारण उतैबाट पर्यटक फर्किएको खबर आएको रुपन्देहीको बेलहियास्थित अध्यागमन विभागका वरिष्ठ अधिकृत आनन्द पौडेलले जानकारी दिनुभयो । पर्यटककै लागि भनेर खोलिएका होटल पनि गत वैशाखमा गएको भूकम्पदेखि निरन्तर खाली जस्तै छन् । लुम्बिनीका एक होटल सञ्चालक भन्छन् – “बैंकको ऋणसम्म तिर्न सकेका छैनौँ । काम गर्ने कर्मचारीको तलबसमेत दिन धौधौ परेको छ । यस्तै अवस्था रहिरहे व्यवसाय नै परिवर्तन गर्नुपर्छ ।” लुम्बिनीमा पर्यटक आउन नसक्दा होटल व्यवसायीमात्र होइन ट्याक्सी चालक, रिक्सा चालक, सानातिना पसल व्यवसाय गरेर बस्नेको रोजीरोटीसमेत खोसिएको छ । मधेसवादी दलको बन्दका कारण आफू असुरक्षित भएको महसुस गर्दै त्यहाँका कर्मचारीसमेत पलायन हुँदा कोषका अन्य कामसमेत ठप्प भएका छन् ।

]]>
4511 0 0 0
अवरुद्ध मनास्लु पदमार्ग खुलाउन सुरु http://localhost/ghum/%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%ae%e0%a4%a8%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%b2%e0%a5%81-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97/ Wed, 14 Oct 2015 16:04:44 +0000 http://www.ghumphir.com.np/?p=4513

गोरखा, २७ असोज ।

भूकम्पपछि झरेको पहिरोले अवरुद्ध गोरखाको मनास्लु पदमार्ग गैरसरकारी संस्थाको आर्थिक सहयोगमा स्थानीयबासीले खुलाउन सुरु गरेका छन् । अवरुद्ध सोति–लापुभीर–माछाखोला–तातोपानी पदमार्ग खण्ड खुलाउने काम धमाधम सुरु गरिएको छ । केयर नेपाल नामक संस्थाले स्थानीयलाई दैनिक रु छ सय पारिश्रमिक दिएर पदमार्ग खुलाउने काम सुरु गरेको हो । केयरकै सहयोगमा यारु बगरमा काठे पुल समेत निर्माण गरिएको छ । स्थानीयबासी जीबन गुरुङ्गका अनुसार यारु बगरमै अर्को काठे पुल निर्माणको काम सुरु गरीएको छ । बूढीगण्डकी कटानले गर्दा पदमार्गको यारुबगरखण्डमा नयाँ पदमार्ग बनाउनुपर्ने अवस्था देखिएको स्थानीयबासीको भनाइ छ । पदमार्ग खुलाउन करोडौँ रुपैयाँ आवश्यक पर्ने उत्तरी गोरखाको अनुगमन गरेर फर्कनुभएका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताउनुभयो । “पदमार्ग सुचारु गर्न ढिलाइ भएको छ” उहाँले भन्नुभयो । भूकम्पपछि जिल्ला भित्रिएका गैरसरकारी संस्थाले पदमार्ग खुलाउन आवश्यक सहयोग गर्ने बताए पनि सरकारी नीति, नियमका कारण समस्या भएको उहाँको भनाइ छ । मन्त्रालयमा सम्झौता गरेपछि मात्रै जिल्लामा काम गर्न पाउने नियम भएका कारण समस्या भएको उहाँले बताउनुभयो । स्थानीय स्वायत्त शासन ऐनअनुसार जिल्ला बिकास समितिमा सम्झौता गरेर काम अघि बढाउन सकिने नियम भएपनि कार्यान्वयनमा ल्याउन नसकिएको प्रजिअ तिमल्सेनाले बताउनुभयो । जिल्लाको गुम्दा गाविसको सिङ्ला गाउँसम्म पुग्ने बाटो तथा बारपाकदेखि लाप्राक हुँदै गुम्दा जोड्ने बाटो निर्माण गरिएको केयर नेपालका माधव ढकालले जानकारी दिनुभयो ।अवरुद्ध पदमार्ग निर्माणमा रु ४९ लाख ६२ हजार खर्च भएको उहाँले बताउनुभयो । सुख्खा पहिरो झरिराखेकाले पदमार्ग खुलाउन असहज भएको छ ।

]]>
4513 0 0 0
लाङटाङ क्षेत्रमा अस्थायी बासस्थान बनाउन सुरु http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%99%e0%a4%9f%e0%a4%be%e0%a4%99-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%af%e0%a5%80/ Wed, 14 Oct 2015 16:22:47 +0000 http://www.ghumphir.com.np/?p=4517

धुन्चे (रसुवा), २७ असोज ।

विस्थापितपछि आफ्नो थातथलोमा फर्केका लाङटाङ क्षेत्रका बासिन्दा अहिले अस्थायी बासस्थान बनाउन जुटेका छन् । लाङटाङका समाजसेवी ङेरुप तामाङका अनुसार भूकम्पपछि क्यान्जेनमा केन्द्रित गाउँलेहरु सिन्धुप, थाङ्साप, घोडातवेला र रिम्चे क्षेत्रमा छरिएर तत्कालको बासस्थान मिलाउन जुटेका छन् । क्यान्जेनमा हिउँ पर्ने समय नजिकिदै गएकाले ११६ घरपरिवारले भूकम्पविद्को सिफारिसमा सुरक्षित क्षेत्र खोज्दै बासस्थान तयार गर्न जुटेका हुन् । ढुङ्गा र काठबाट अस्थायी टहरा बनाउने काम सम्पन्न भएकाले छाना छाउने जस्तापाता ढुवानी गर्ने क्रम अघि बढेको बताउँदै समाजसेवी तामाङले जस्तापाता हवाई मार्गबाट शुक्रबार लाङटाङ पु¥याउने लक्ष्यका साथ धुन्चेको हवाई मैदानमा जस्तापाता एकत्रित पार्ने कार्य सम्पन्न गरिएको बताउनुभयो ।

]]>
4517 0 0 0
भारतीय आयल कर्पोरेसन (आईओसी)ले फेरि धोका दियो http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%86%e0%a4%af%e0%a4%b2-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%a8-%e0%a4%86%e0%a4%88%e0%a4%93/ Wed, 14 Oct 2015 16:53:17 +0000 http://www.ghumphir.com.np/?p=4520 रविन्द्र घिमिरे

२७ असोज, काठमाडौं ।

पछिल्लो केही दिनमा तेलको लोडिङ बढाएको भारतीय आयल कर्पोरेसन (आईओसी)ले फेरि कटौती गरेको छ । आईओसीले आफ्ना डिपोहरुमा पुगेको १० प्रतिशत नेपाली ट्यांकरमा मात्रै लोड दिएको निगमका प्रवक्ता दीपक बरालले बताए ।

indian-oil

शनिबार निगमका अधिकारीलाई टेलिफोन गरी आईओसीले सामान्य अवस्थाको भन्दा बढी तेल दिने भन्दै ट्यांकर पठाउन भनेको थियो । आइतबार नेपाललाई दिँदै आएको तेलको कोटा बढाएको आईओसीले मंगलबार त्यहाँ पुगेका मध्ये ६० प्रतिशत ट्यांकरमा तेल भरेको थियो ।

तर, बुधबार फेरि एकाएक तेल कटौती गर्न थालेको छ । झण्डै डेढ सय नेपाली ट्यांकर आईओसीको डीपोमा पुगेको थिए । तर, त्यसको १० प्रतिशतलाई मात्र तेल दिने बताएको छ ।

‘आईअोसीले फेरि धोका दिएको छ’ निगमका एक अधिकारीले अनलाइनखबरसँग भने-‘आईओसीले हिजो ६० प्रतिशतसम्म ट्यांकरलाई लोड दिएको थियो । तर, आज १० प्रतिशतमा झारेको छ ।’

तेल भर्नका लागि बुधबार भारतको सिलगुढी, बरौनी, बैतालपुर, गोन्डा र वनथराको आईओसी डिपोमा ट्यकंर पुगेका थिए । तर, आईओसीले फेरि तेल न्युन परिमाणमा दिन सुरु गरेको छ ।

असोज ५ गते भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि आईओसीले केही दिन पूर्णरुपमा तेल रोेकेको थियो । तर, चौतर्फी दबावपछि १० प्रतिशत मात्र तेल दिन थालेको आईओसी नेपालमा नयाँ सरकार बने लगतै केही लचिलो रुपमा प्रस्तुत भएको थियो ।

आईओसीले तेल नदिने र निकै कम दिएको बेला पनि भन्सार नाकाहरुमा अवरोध गर्दा नेपालमा झण्डै एक महिनादेखि इन्धनको चरम संकट भएको छ ।इन्धन अभावका कारण सार्वजनिक सवारी निकै कम चलेका छन्, जसले आम सर्वसाधारणले निकै सास्ती खेप्नु परेको छ ।

]]>
4520 0 0 0
पर्यटन प्रवद्र्धनका लागि एकता र सरकारी सक्रियता चाहिने http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97-4/ Thu, 15 Oct 2015 15:03:57 +0000 http://www.ghumphir.com.np/?p=4523

काठमाडौँ, २८ असोज ।

भूकम्पपछि थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि व्यवसायीहरुको एकता र सहकार्य जरुरी भएको औँल्याइएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान)को ३७ औँ वार्षिक साधारण सभाको आज यहाँ उद्घाटनका अवसरमा सहभागी वक्ताहरुले निजी क्षेत्रको एकता र सरकारको समन्वयलाई थप प्रभावकारी बनाइनुपर्ने जोड दिए । पर्वतीय र पदयात्रा पर्यटनको महत्वपूर्ण आधार मानिने ट्रेकिङ् एजेन्सिज व्यवसायीहरुको छाता सङ्गठन टानलाई व्यावसायिक नेतृत्व दिएर पर्यटन क्षेत्रलाई नयाँ रक्तसञ्चार गराउन भूमिका खेल्नुपर्नेमा उहाँहरुको जोड थियो ।

taan elecसाधारणसभाको उद्घाटन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपालको सुन्दरताको आकर्षण भनेकै पर्यटन र त्यसमा पनि पदयात्रा र पर्वतीय पर्यटन महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पर्यटनको माध्यमबाट मुलुकको आर्थिक सम्बृद्धि हासिल गर्न व्यावसायिक एकता र सक्रियताको खाँचो औंल्याउनुभयो । जारी नयाँ संविधानले निजी क्षेत्रमा लगानीको वातावरणको अधिकार प्राप्त भएको भन्दै उहाँले पर्यटनमा लगानी वृद्धि भई रोजगारी सिर्जना हुनुको साथै मुलुकको सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भूकम्पपछि क्षतिग्रस्त बनेका पदयात्रा पर्यटन र पर्वतीय पर्यटनका संरचनालाई पुनःनिर्माण गरी पदयात्रा प्रणालीलाई व्यवस्थित गर्न मन्त्रालयले साझेदारी संस्थाको सहयोगमा आवश्यक काम अघि बढाएको जानकारी दिनुभयो । उहाँले पर्यटनको आवागमन वृद्धि गर्न र उनीहरुको इच्छाअनुसार सेवा विस्तार गर्न व्यवसायी लाग्नुपर्छ भन्दै पुरानो पर्यटन ऐन संशोधन गरेर टानजस्ता संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभयो । टानका संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठ, वर्तमान अध्यक्ष रमेश धमला, महासचिव सागर पाण्डे, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पा र ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले पर्यटन प्रवद्र्धनका लागि व्यावसायिक एकता र सरकारी सक्रियता चाहिने बताउनुभयो । सो अवसरमा ‘टान लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट टानका संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठलाई सम्मान गरियो । त्यस्र्तै ‘टान रेस्पोन्सिबल टुरिजम जर्नालिस्ट अवार्ड’ नगद रु १५ हजार र कदरपत्रसहित रिपब्लिका दैनिकका कृति भूजु र अन्नपूर्ण पोष्टका राजु बाँस्कोटालाई प्रदान गरिएको थियो । त्यसैगरी साहसिक पर्यटन पत्रकारिता गरेबापत नगद रु २५ हजार र कदरपत्रसहित कान्तिपुर टेलिभिजनका दिवाकर पन्त र पत्रकार अशोक सिलवाललाई सम्मान गरियो ।

]]>
4523 0 0 0
मत गणनाको कार्य सुरु,दुई घण्टामा परिणाम आउने http://localhost/ghum/%e0%a4%9f%e0%a4%be%e0%a4%a8-%e0%a4%95%e0%a4%b0%e0%a5%80%e0%a4%ac-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%98%e0%a4%a3%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%a3/ Thu, 15 Oct 2015 15:16:01 +0000 http://www.ghumphir.com.np/?p=4526 काठमाडौँ, २८ असोज ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान)को ३७ औँ वार्षिक साधारण सभाले नया कार्यसमिति चयन गदैछ । बिहीबार भएको साधाहरण सभाले आगामी नेत्तृवको चयन गर्न लागेको हो । कुल मतदाताको संख्या १ हजार २१ मतदाता मध्य निर्वाचनमा ७ सय ६२ मत खसेको थियो । मत परिणाम निकाल्नका लागी अहिले पाँच वटा समूहमा विभाजन गरि मत गणनाको कार्य सुरु भएको छ । मत गणना करीब दुई घण्टामा सकिने अनुमान गरिएको छ ।

]]>
4526 0 0 0
कात्तिक १ गते पुनः भोटो देखाइने http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a5%a7-%e0%a4%97%e0%a4%a4%e0%a5%87-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83-%e0%a4%ad%e0%a5%8b%e0%a4%9f%e0%a5%8b-%e0%a4%a6%e0%a5%87/ Thu, 15 Oct 2015 15:48:15 +0000 http://www.ghumphir.com.np/?p=4531

काठमाडौँ, २८ असोज ।

रातो मछिन्द्रनाथको आगामी कात्तिक १ गते पुनः दोस्रोपटक भोटो देखाइने भएको छ । हरेक वर्ष जावलाखेलमा भोटो देखाएपछि रथ जात्रा समापन हुने भए पनि यस वर्ष देवताको १२ वर्षे रथ जात्रा परेकाले जावलाखेल र बुङमती गरी दुई स्थानमा भोटो देखाउने प्रचलनअनुसार आगामी १ गते पुनः भोटो देखाउने तयारी रहेको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार अन्य समयमा जावलाखेलमा भोटो देखाए पनि मछिन्द्रनाथको भोटो देखाउने जात्राको अन्त्य हुने भए पनि यस वर्षको मेलालाई विशेष रुपमा लिने भएकाले रथ निर्माण गरिएको स्थान बुङमतीमा पनि भोटो देखाउन लागेको हो । प्रत्येक १२÷१२ वर्षको रथ जात्रालाई विशेष महत्वका साथ लिने भएकाले यस वर्ष जावलाखेलमा भोटो देखाएपछि रथलाई तानेर बुङमती पु¥याएको चौँथौ दिन भोटो देखाउनुपर्ने भएकाले १ गते भोटो देखाउन लागिएको पुजारी विनोद बज्राचार्यले जानकारी दिनुभयो । बुङमतीमा भोटो देखाउन आज रथलाई छ्यासीकोटबाट बुङमती लगिएको छ । कात्तिक १ गते भोटो देखाएपछि छ महिनाअघि सुरु भएको रथ जात्राको विधिवत् रुपमा अन्त्य हुनेछ । रथ जात्राअन्तर्गत गत वैशाख ६ गते रथारोहण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेकामा १२ गतेको भूकम्पका कारण रथमा क्षति पुगेकाले पुनःनिर्माणपछि यही असोज ४ गते फेरि रथारोहण गरी ५ गतेदेखि जात्रा सुरु भएको थियो ।

]]>
4531 0 0 0
चन्द्र रिजाल भारी मतको अन्तरले विजयी http://localhost/ghum/%e0%a4%9a%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%b0%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8/ Fri, 16 Oct 2015 02:39:45 +0000 http://www.ghumphir.com.np/?p=4539 बिहिबार राती सम्पन्न टानको निर्वाचनमा चन्द्र रिजाल भारी मतको अन्तरले विजयी हुनुभएको छ । रिजालले सागर पाण्डेलाई पराजित गदै आगीमी दुई बर्षका लागी अध्यक्षमा विजयी हुनु भएको हो । कुल ७६२ मत मध्य रिजालले ४११ मत र सागर पाण्डेले ३३२ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्ष बाहेक रिजाल समुहको पूरै प्यानल नै जितेको छ । कोषाध्यक्षमा भने रिजाल समुहका प्रत्यासी सोनाम ग्याल्जेन शेर्पालाई हराउँदै सागर पाण्डे समुहका लिलाबल्लब दाहाल ९काका विजयी हुनुभएको छ । टान ३७औं वार्षिक साधारण सभासँगै होटल ह्यातमा सम्पन्न भएको निर्वाचनमा रिजालले ४११ मत र सागर पाण्डेले ३३२ मत प्राप्त गर्नुभएको छ । chanra rijalको हुन चन्द्र रिजाल ? धादिङ खाल्टे ३ मा जन्मीएका चन्द्र रिजालको विद्यालय सम्मको अध्ययन पनि धादिङका विभिन्न तिन विद्यालयमा गर्दै २०४०मा भैरवी मावि बाट प्रवेशिका परिक्षा पास गरेका हुन । सरस्वती, त्रिचन्द्र हुदै त्रिभुवन विश्व विद्यालयबाट सन २००० मा एम वि ए गरेका रिजाल त्रिचन्दैमा सोसलोजीमा मास्र्टश गर्दै हुनुहुन्छ ।सन् १९९८ बाट पर्यटन व्यवसाय सुरुगरेका रिजाल होटल डिप्लोम्याट ठमेलको ज्याठामा संचालन गरि यो क्षेत्रमा प्रवेश गरेका हुन । सोहि समय देखि विशेषगरि होटल व्यवसाय गरेका रिजाल हाल आएर ट्राभल , टे«किङ र होटल व्यवसायमा सक्रिय रहेका छन् ।नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष, दिगो पर्यटन सहकारीका अध्यक्ष, नेपाल ¥याफिटङ एण्ड क्यानोनिङ एशोसियसनको पूर्व उपाध्यक्ष समते जिम्मेवारी वहन गररिसक्नु भएको छ ।

]]>
4539 0 0 0
टानको निर्वाचनमा कस्ले कती मत ल्याए (फोटा फिचर) http://localhost/ghum/%e0%a4%9f%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%9a%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%b8%e0%a5%8d%e0%a4%b2%e0%a5%87-%e0%a4%95/ Fri, 16 Oct 2015 03:52:40 +0000 http://www.ghumphir.com.np/?p=4541 काठमाडौं । टेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) को अध्यक्षमा चन्द्रप्रसाद रिजाल विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी सागर पाण्डेलाई ७९ मतले हराउँदै रिजाल विजयी भएका हुन् । २८ गते साँझसम्म भएको निर्वाचनको आज बिहान २ बजे प्राप्त अन्तिम मतपरिणाम अनुसार रिजालले ४११ र पाण्डेले ३३२ मत ल्याए । रिजाल समूहले १७ मा १५ स्थानमा बाजी मारेको छ । पाण्डे समूहबाट कोषाध्यक्ष र एक सदस्य विजयी भए ।

द्धित्तिय उपाध्यक्षमा

रामप्रसाद सापकोटा ः ४०३ (विजयी) ,ऋषिप्रसाद नेपाल ः ३२५

महासचिवमा

कर्णबहादुर लामा ः ४१२ (विजयी),पाशाङ शेर्पा ः ३२७

सचिवमा

मुक्ति पाण्डे ः ४०४ (विजयी),छेटुप तामाङ ः ३२२

कोषाध्यक्षमा

लिलाबल्लभ दाहाल ः ३८५ (विजय),सोनामा ग्याल्जेन शेर्पा ः ३५४

सह–कोषाध्यक्ष

कृष्णमान श्रेष्ठ ः ३९३(विजयी),शंकर पाण्डे ः ३२२

सदस्यहरुमा (विजयीहरु)

रुद्रजंग अधिकारी(शम्भु) ः ३७०,तारानाथ लामिछाने (दिनेश) ः ३४३ ,देवि पाण्डे ः ३७६,डम्बरबहादुर अधिकारी ः ३५५,बासुदेव लम्साल ः ३६०,सरिता लामा ः ४४३,ङावा ङिमा शेर्पा ः ३७९,वाङ्छु शेर्पा ः ३७०,पेम्बा शेर्पा (संगम) ः ३३८

chandra risja taan chandra rijalkarna lama

]]>
4541 0 0 0
शेष घले एनआरएनए अध्यक्षमा फेरि निर्वाचित http://localhost/ghum/%e0%a4%b6%e0%a5%87%e0%a4%b7-%e0%a4%98%e0%a4%b2%e0%a5%87-%e0%a4%8f%e0%a4%a8%e0%a4%86%e0%a4%b0%e0%a4%8f%e0%a4%a8%e0%a4%8f-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae/ Fri, 16 Oct 2015 04:44:08 +0000 http://www.ghumphir.com.np/?p=4550 को को विजयी भए।
  • अध्यक्ष- शेष घले- ८६७
  • उपाध्यक्ष- भवन भट्ट(५३८) र कुमार पन्त (५१२)
  • महासचिव- बद्री केसी (५५५)
  • कोषाध्यक्ष- हिक्मत थापा (२६४)
  • सचिव- अर्जुन श्रेष्ठ (३९३)
  • युवा संयोजक- विजय पोखरेल
  • उपसंयोजक- लोकराज शर्मा
  • महिला संयोजक= सपिला राजभण्डारी
  • महिला उपसंयोजक- राजनी प्रधान
  • अमेरिका संयोजक- सेनाम लामा
  •  अमेरिका उपसंयोजक- आङ छिरिग शेर्पा
  • एसिया प्यासिफक संयोजक- किरण विक्रम थापा
  • युरोप संयोजक- कुल आचार्य निर्विरोध
  • युरोप सह संयोजक- दाबा शेर्पा र प्रेम गुरुङ
  • गल्फ संयोजक-डीबी क्षेत्री
  • गल्फ उपसंयोजक- धर्मराज गिरी र उमेश अधिकारी
  • ओसियाना- महेन्द्र लम्साल
 ]]>
4550 0 0 0
नेपालको पर्यटन क्षेलाई नयाँ उचाईमा पुराउने छु :नवनिवार्चित अध्यक्ष रिजाल http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a8/ Fri, 16 Oct 2015 08:52:08 +0000 http://www.ghumphir.com.np/?p=4554 पर्यटन क्षेत्रको सबैभन्दा ठुलो सस्था नेपाल टानको बिहीबार सम्पन्न निर्वाचनमा अध्याधिक बहुमतले विजयीभएका छन् चन्द्र रिजाल । गत बैशाख १२ गतेको महाभुकम्पले नेपालको पर्यटन क्षेत्र निकै सुस्ताएको छ । पर्यटकीय मौसममा ापनी पर्यटकीय क्ष्ोत्रमा पर्यटकहरु निकै न्यून मात्रामा देखिएका छन । यस्तो अवस्थमा पदयात्रीहरुको साझा सस्था टानको नया कार्यसमितीले के के कुरामा प्राथमीक्ता दिएको छ । यही बिषयमा केन्द्रित भएर  नवनिर्वाचित टानका अध्यक्ष चन्द्र रीजाल सग गरेको कुराकानी

chanra rijalतपाईको कार्यलको पहिलो प्राथमिकता के हुने छ ? पहिलो प्राथमिकताभनेको जहिले पनि घरलाई दिने गरिन्छ,सोहि अनुरुप मैले पहिलो प्राथमीकता सचिवालयलाई दिन्छु । सचिवालय अलिकती व्यवस्थीत भएनभने कामगर्ने सकिदैन,यो पहिलो प्राथमीकताभयो । सचिवालय ब्यबस्थीत बनाए लगतै मेरो कार्यसमितिको कामे भनेको भुकम्पले विग्रेकारुटको पुर्ननिमाण र अन्तराष्ट्रिय बजारमा पदयात्राको गन्तव्यको प्रचार प्रसारको सकरात्मक सन्देश लाने कामहुन्छ । तेस्रो भनेको पर्यटकहरुका केही निशेधित क्षेत्र रहेका छन् । जुन मैले मेरो घोषण पत्रमा पनी उल्लेख गरेको छु ति स्थानहरु खुल्लागर्ने । अनीअर्को कामभनेको नेपालमा चाईनिज पर्यटकहरु पनीनिकै आउने गरेका छन् ।अझतिनिहरुलाई सहज बनाउनका लागीदुई तिन वटा नाकाहरु रहेका छन् चाईना नाका त्यसलाई अलीकती ईमिग्रेसन बनाएर चाईनिज पर्यटकलाई पनि नेपाल ल्याउने । यहि कामहरुलाई प्राथमिक्ता साथलाग्ने छौ । भूकम्पले थलापरेको पर्यटन व्यवसायलाई अबआगामीदिनमा कसरी अगाडी बढाउनु हुन्छ ? हामीपर्यटन व्यवसायीहरुले धेरै अगाडीदेखि यस क्षेत्रकालागी छलफल गरीरहेका छौ । कसरी जाने भन्ने बिषयमा छलफलहरु जरी राख्ने छौ । सरसल्लाह अनुसार अन्य संघ सस्थाहरु सगमिलेर कामगर्ने छौ । पर्यटन क्षेत्र अहिले अप्ठयारो अवस्थामा रहेको सर्वविदीतै छ । यस्तो अवस्थमा सरकार संग सरसलाह गरेर सरकारले लिने केही करहरु मिनहाका कुरा र सर्वसुलभ तरिकाले व्याजमालोन दिने कुरा अगाडी बढाउ छौ । यो बिषयमापहिले पनी छलफल भएको थियो ।अब फेरि हामी नेपाल सरकार संग कुरा गर्छौ । मैले फेरि भने अन्तराष्ट्रिय बजारमा एउटा चाईनिज पर्यटक भित्रयाउन अलिकती सहज बातावरण बनाउने प्रयात्न गर्छौ ।अन्तराष्ट्रिय बजारमा भूकम्पले नेपाल भारत विच जुन छवि विग्रिएको छ त्यसलाई तुरुन्त रिकभरी गर्ने कामहरु हामी अगाडी सार्छौ । त्यसका लागी आजै देखी म पहलगर्ने छु । यस्का लागी हाम्रो सस्था मात्र नभएर पर्यटन सग जोडीयका सबै सस्थाहरु मिलेर माहीकाम अगाडी बडाउछौ ।

नेपालपर्यटन क्षेत्रलाई आगामीवर्ष भित्र पुनारै अवस्थामा पु¥याउन सिकिन्छ ? सकिन्छ नसकीने भन्ने त कुरै भएन । तर हामी सुस्तायका हौ । निदाएका होईनौ । भुकम्पले केहीमत्थर भएको हो । अवत्यस्तो हुदैन । देशको राजनैतिकवातावरण पनी राम्रो हुदै गएको छ । यस्ले विश्व मामाझ सन्देश फैलाउछ । हामी हाम्रो कार्यकालमै नेपालको पर्यटन क्षेत्र भुकम्प अघिको अवस्था भन्दा राम्रो बनाउछौ भन्ने दृढ अठोट लिएका छौ र त्यो अवस्थामा पुराएर छाड्छौ । त्यसका लागी तपाईहरुको पनी सहयोग र साथ चाहिन्छ ।

अन्यत्यमा केही छ की ? भर्खरै सम्पन्नचुनावमा सहयोग गनुहुने सम्पुर्णलाई धन्यवाददिन चाहन्छु । यो मेरो जितभनेको सम्पुण पर्यटन क्षेत्रमा समपर्ती भएकाहरुको जितहो भन्ने मैले लिएको छ । मेरो कार्यकायलमा म सबै सग सरसल्लाहमाकामगर्ने छ ।

taan chandra rijal

]]>
4554 0 0 0
नेपालले अनुरोध गरेको खण्डमा चीन तेल आपूर्ति गर्न तयार http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b0%e0%a5%8b%e0%a4%a7-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a4%a3%e0%a5%8d/ Fri, 16 Oct 2015 11:59:07 +0000 http://www.ghumphir.com.np/?p=4557 २९ असोज, काठमाडौं ।

भारतले अघोषित नाकाबन्दी गरिरहेको बेला चीनले भने नेपालले अनुरोध गरेको खण्डमा तेल आपूर्ति गर्न तयार रहेको संकेत गरेको छ ।

नेपालमा तेल आपूर्ति गर्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नेपालको अनुरोध बमोजिम सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

Hua-Chunying

विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालको विषयमा प्रश्न सोधेका थिए । उनको प्रश्न थियो-‘नेपालमा भुकम्प गएदेखि अवरुद्ध रहेको चीन-नेपालबीचको केरुङ सिमा नाका हिजोबाट पुन सञ्चालनमा आएको छ । के यो सत्य हो ? के यसलाई पुष्टि गर्न सक्नुहुन्छ ? के चिनिया पक्षले नेपाललाई इन्धन आपूर्ति गर्न सक्छ ?’

जवाफमा चिनिया विदेश मन्त्रालयकी प्रवक्ताले नेपालको अनुरोधलाई हेरेर सहयोग गर्न अधिकतम प्रयत्न गर्ने बताएकी छन् ।

‘नेपाल र चीनबीचकेा जिलुङ नाका गत २५ अपि्रलमा नेपालमा भुकम्प गएदेखि अवरुद्ध थियो । हिजोबाट यो सुचारु भएको छ । आज बिहान चिनीया पक्षले नेपाली पक्षलाई उक्त सिमाबाट सहायता सामग्रीहरु पनि आपूर्ति गरेको छ’ उनले भनिन्-‘नेपालको अनुरोधलाई हेरेर उसलाई सहयोग गर्न चिनीया पक्षले अधिकतम प्रयत्न जारी राख्ने छ ।’

]]>
4557 0 0 0
टानलाई एकताबद्ध बनाएर अघि बढ्ने नयाँ कार्यसमितिको प्रतिबद्धता http://localhost/ghum/%e0%a4%9f%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%8f%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%ac%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%85%e0%a4%98/ Fri, 16 Oct 2015 16:33:41 +0000 http://www.ghumphir.com.np/?p=4564

काठमाडौँ, २९ असोज ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का नवनिर्वाचित कार्यसमितिले विगतमा उठाइएका एजेन्डालाई दृढताकासाथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।अध्यक्ष चन्द्रप्रसाद रिजालसहितको १७ सदस्यीय कार्यसमितिले आज पत्रकार सम्मेलन गरी निर्वाचनका दौरानमा दुवै पक्षले उठाएका व्यावसायिक एजेन्डालाई एकताबद्ध भइ कार्यान्वयनमा ल्याइने जनाएको हो । अध्यक्ष रिजालले निर्वाचन अघि दुई समूह भए पनि व्यावसायिक एजेन्डा साझा भएकाले अब व्यावसायिक कार्यमा एकताबद्ध भएर पदयात्रा र पर्यटन प्रवद्र्धनमा लाग्ने बताउनुभयो । उहाँले टानलाई सम्मानित र सबैको साझा संस्थाका रुपमा विकास गरी भूकम्पपछि थलिएको पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रम ल्याइने उल्लेख गर्नु भयो । महासचिव कर्णबहादुर लामाले दुवै पक्षले उठाएका एजेन्डा साझा भएकाले यसलाई आधार मानेर क्रियाशील भई पर्यटन उद्योगलाई माथि उठाउने बताउनुभयो । कोषाध्यक्ष लीला बल्लभ दाहालले हिजोसम्म दुई खेमामा रहेका व्यवसायी निर्वाचनपछि एउटै कित्तामा पुगेको भन्दै सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

]]>
4564 0 0 0
बैतडीमा छ सय ७६ घरेलु उद्योग दर्ता http://localhost/ghum/%e0%a4%ac%e0%a5%88%e0%a4%a4%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%9b-%e0%a4%b8%e0%a4%af-%e0%a5%ad%e0%a5%ac-%e0%a4%98%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a5%81-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af/ Sat, 17 Oct 2015 03:19:37 +0000 http://www.ghumphir.com.np/?p=4567

बैतडी, ३० असोज ।

आव २०७१÷०७२ मा बैतडीमा ६७६ घरेलु तथा साना उद्योग दर्र्ता भएका छन् । ती उद्योगमा कृषिजन्य उद्योग बढी रहेको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय बैतडीका प्रमुख उद्योग अधिकृत नारायण न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा होजीयारी, छालाजुत्ता, तरकारी, कुखुरापालन, मौरीपालन, पशुपालनका साथै हातेकागज, साबुन बनाउनेलगायतका स्थानीय स्रोत साधनको उपयोग गर्ने खालका उद्योग सञ्चालनमा रहेका छन् ।” जिल्लामा सञ्चालित उद्योगको विकासका लागि घरेलु तथा साना उद्योग विकास समितिले उद्यमीलाई बेलाबेलामा तालिम दिने गरेको उहाँले बताउनुभयो । त्यस्ता उद्योग सञ्चालनका लागि ६७ जना उद्यमी रहेका छन् भने दुई हजार ४२३ जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

]]>
4567 0 0 0
दमक–रवि सडक सञ्चालनमा http://localhost/ghum/%e0%a4%a6%e0%a4%ae%e0%a4%95-%e0%a4%b0%e0%a4%b5%e0%a4%bf-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8%e0%a4%ae%e0%a4%be/ Sat, 17 Oct 2015 03:29:35 +0000 http://www.ghumphir.com.np/?p=4570 दमक, ३० असोज ।

वर्षा लागेपछि साढे तीन महिनादेखि अवरुद्ध रहेको दमक–चिसापानी रवि (फाल्गुनन्द) सडक सञ्चालनमा आएको छ । शुक्रबारदेखि सो सडकमा सवारीसाधन गुड्न थालेका छन् ।

गत जेठको अन्तिम साता रतुवा खोलामा बाढी आएपछि यातायात अवरुद्ध भएको थियो ।   दमक–चिसापानी रवि सडक निर्माण उपभोक्ता समितिको पहलमा ट्र्याक खोलिएपछि यातायात सञ्चालनमा आएको हो । समितिका महासचिव हेमन्त राईले दमकको बेलडाँगीदेखि पाँचथरको रविसम्मको ४३ किलोमिटर लामो सडकमा पर्ने रतुवा खोलाको क्षेत्रमा वर्षाको भेलले ल्याएको अवरोध हटाएपछि यातायात चालु गरिएको बताउनुभयो ।

सो सडकमा अब हिउँदका करिब आठ महिना सवारी चालु रहने महासचिव राई बताउनुहुन्छ ।   सो समयमा पाँचथर र इलामका पश्चिमी क्षेत्रका गाविसमा औषधि, लत्ताकपडा, खाद्यान्नजस्ता अत्यावश्यक वस्तु यही सडकबाट आपूर्ति गर्ने गरिन्छ ।   सो सडकले इलाम र पाँचथरका तेह्र गाविसलाई झापाको दमकमा पूर्वपश्चिम राजमार्गसँग जोड्छ । यसै वर्ष सो सडकलाई बाह्रैमास चल्ने सडक बनाउन सरकारको प्राथमिकता ‘ए’ मा पारिएको छ ।

]]>
4570 0 0 0
नेपाल वायुसेवा निगमले इन्धन ढुवानी सुरु http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%87%e0%a4%a8/ Sat, 17 Oct 2015 03:34:47 +0000 http://www.ghumphir.com.np/?p=4572 काठमाडौं,३० असोज ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले मुलुकको एकमात्र पेट्रोलियम पदार्थ विक्रेता नेपाल आयल निगमका लागि हवाई इन्धन ढुवानी सुरु गरेको छ। वायुसेवा निगमले आफूलाई आवश्यक इन्धन भारतको कोलकातास्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट सिधै खरिद गरी जहाजमा ल्याइरहेको छ। अब उसले आयल निगमका लागि पनि इन्धन ल्याउन सुरु गरेको हो। निगमले बिहीबार एक उडान गरी ३३ टन हवाई इन्धन ल्याइदिएको छ। 'हाम्रा जहाजले आयल निगमका लागि पनि इन्धन ढुवानी गर्न सुरु गरेको छ,' वायुसेवा निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बिहीबार नागरिकसँग भने, 'हामीले ल्याइदिने इन्धन आयल निगमले आन्तरिक वायुसेवा कम्पनीका जहाजलाई उपलब्ध गराउँछ।'

उनका अनुसार दसैं सुरु हुनु अघिल्लो दिनसम्म आयल निगमलाई दैनिक एक उडानका दरले हवाई इन्धन 'एयर टर्बाइन फ्युल' (एटिएफ) ढुवानी गर्न थालिएको हो। अवस्था हेरेर तथा समय मिल्यो भने एक दिनमै दुई उडान गरी ६६ टन इन्धन ल्याइदिने छौं।

आन्तरिक उडान गरिरहेका वायुसेवा कम्पनीका जहाजलाई दैनिक ५० हजार लिटर इन्धन आवश्यक पर्ने आयल निगमले जनाएको छ। दसैंसम्म आन्तरिक वायुसेवालाई इन्धन पुग्ने अनुमान गरिए पनि पछिल्लो पटक भण्डारण रित्तिँदै गएपछि निगमले हवाई मार्गबाट इन्धन ल्याउने निर्णय गरेको थियो। यसरी ल्याइएको इन्धन नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई भने निगमले दिँदैन।

वायुसेवा निगमका प्रवक्ता शर्माका अनुसार कोलकाताबाट इन्धन ढुवानी गर्दा प्रतिघन्टा (एकतर्फी) जहाज 'चार्टर' भाडा १२ हजार अमेरिकी डलर (१२ लाख रुपैयाँ) लिइएको छ। यहाँबाट जाँदा र इन्धन भरेर फर्किंदा गरी एक उडान वापत आयल निगमले जहाज भाडा २४ हजार डलर (२४ लाख रुपैयाँ) तिर्ने सम्झौता दुवै संस्थाबीच भएको छ।

'यो भाडा दर अन्य कम्पनीको दाँजोमा सस्तो हो,' शर्माले भने, 'मुलुकमा जारी विषम परिस्थिति र यात्रु सेवालाई ध्यान दिएर भाडा कम लिएका हौं। सामान्य दिनमा भने जहाज चार्टर गर्दा हामी प्रतिघन्टा १३ हजार २ सय डलर (१३ लाख २० हजार रुपैयाँ) लिने गर्छौं। निगमले प्रत्येक १५ दिनमा ढुवानी खर्च भुक्तानी गरिदिन्छ।'

एक उडानबाट ल्याइने इन्धन वायुसेवा निगम आफैंले प्रयोग गर्योा भने लगभग दुई दिन पुग्छ। तर, त्यही इन्धन दुई उडानबाट ल्याइयो भने आन्तरिक वायुसेवा कम्पनीलाई जम्मा एक दिनमात्र पुग्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने आन्तरिक वायुसेवाका जहाजलाई दैनिक ५० हजार लिटर इन्धन आवश्यक पर्छ।

नेवानिका प्रवक्ता शर्माका अनुसार अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त 'बि७५७–२००' सिरिजको जहाजबाट मात्र इन्धन ढुवानी गरिन्छ। इन्धन ल्याउन छुट्टै ट्यांकीको प्रयोग नगरी जहाजकै ट्यांकीमा पूरै भरेर ल्याइन्छ।

इन्धन ल्याएपछि आयल निगमको प्राविधिक सहयोगमा झिक्ने गरिन्छ। एक उडानबाट ३३ टन इन्धन ल्याउन सकिन्छ। तर, यहाँबाट कोलकाता जाँदा र फर्कंदा करिब आठ टन इन्धन खपत हुने गर्छ। बाँकी २५ टन इन्धन आयल निगमले झिकेर भण्डारण गर्छ।

काठमाडौंबाट कोलकाताको हवाई दुरी ४५ मिनेटमात्र छ। फेरि यहाँभन्दा कोलकातामा इन्धनको भाउ साढे तीन गुणा सस्तो पनि पर्छ। वायुसेवा निगमका अनुसार आयल निगमसँग हवाई इन्धन खरिद गर्दा प्रतिकिलो लिटर करिब १ हजार ३ सय ५० डलर (१ लाख ३० हजार ५ सय रुपैयाँ) पर्छ। उता कोलकातामा त्यही इन्धन खरिद गर्दा प्रतिकिलोलिटर ४ सय ७० डलर (४० हजार ७ सय रुपैयाँ) मात्र पर्ने गर्छ।

'कोलकातामा हवाई इन्धन प्रतिलिटर ४१ रुपैयाँमात्र पर्छ,' निगमका प्रवक्ता शर्माले भने, 'त्यही इन्धन आयल निगमसँग खरिद गर्दा १ सय ३८ रुपैयाँ पर्न आउँछ।' नेवानि आफैंले पनि दसैंसम्म १० उडान गरी ३ सय ३० टन इन्धन ल्याउने घोषणा गरिसहेको छ। हालसम्म दुई खेपमा ६६ टन इन्धन कोलकाताबाट ल्याइसकेको छ।

नेवानिका अनुसार ३३ टन इन्धन कोलकाताबाट ल्याउँदा १ करोड ३५ लाख ३० हजार रुपैयाँमात्र खर्च लाग्छ। यति नै परिमाणको इन्धन आयल निगमसँग यहाँ खरिद गर्ने हो भने ४ करोड ५५ लाख ४० हजार रुपैयाँ तिर्नुपर्छ। निगमले आफ्नै 'जहाज चार्टर' गरेर इन्धन ल्याइरहेको छ।

निगमले अब आठवटा चार्टर उडान गरी २ सय ६४ टन इन्धन ल्याउन बाँकी छ। यसअघि असोज २१ गते उसले एकै दिन दुई उडान गरी ६६ टन इन्धन ल्याएको थियो। निगम कुनै पनि अन्तर्राष्ट्रिय उडान रद्द गर्ने पक्षमा नभएका कारण सिधै भारतबाटै इन्धन खरिद गरेर ल्याउने निर्णयमा पुगेका थियो। मुलुकमा असहज परिस्थिति उत्पन्न भएका बेला नाफा र व्यापारभन्दा पनि यात्रु सेवा महत्वपूर्ण भएको निगमको भनाइ छ।

नेवानिका अनुसार आफ्नै उपयोगका लागि काठमाडांैबाट कोलकाता एक पटक चार्टर उडान गर्दा ७ हजार अमेरिकी डलर (७ लाख रुपैयाँ) खर्च लाग्छ। यसमा उताको अवतरण (ल्यान्डिङ), पार्किङ, नेभिगेसनल शुल्क, जहाज मर्मत सबै खर्च समेटिएको छ। १० उडानका लागि निगमले ७० लाख रुपैयाँ खर्च लाग्छ।

आयल निगमले आफूसँग मौज्दात नरहेको भन्दै काठमाडौं उडान गरिरहेका सम्पूर्ण विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई त्रिभुवन विमानस्थलमा पुनः इन्धन भर्न दिन नसक्ने घोषणा गरिसकेको छ।

नेवानिले यहाँबाट दोहा जाँदा नयाँदिल्ली र क्वालालम्पुर जाँदा भने कोलकातामा प्राविधिक अवतरण गरी पुनः इन्धन भरेर जाने गरेको छ र उताबाट फर्कंदा पनि ट्यांकी भरी तेल ल्याइरहेको छ। हङकङ र थाइल्यान्डको बैंकक गएर फर्कंदा पनि उतैबाट तेल लिएर आउने गरेको छ।

नेपालमा संविधान जारी भएका विषयमा बखेडा झिक्दै भारतले अघोषित नाकाबन्दी लगाएपछि दुई सातादेखि पेट्रोलियम पदार्थ आयात ठप्प भएको छ। यसको गम्भीर असर दैनिक उपभोग्य सामग्री आयातदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा परेको छ।

]]>
4572 0 0 0
बाह्रवर्षे देवी नाच कात्तिक ५ गतेबाट सुरु हुने http://localhost/ghum/%e0%a4%95%e0%a5%80%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a5%87-%e0%a4%a6/ Sat, 17 Oct 2015 03:38:29 +0000 http://www.ghumphir.com.np/?p=4574

काठमाडौँ, ३० असोज ।

प्रत्येक बाह्र वर्षमा कीर्तिपुरमा नचाइने देवी नाच आगामी कात्तिक ५ गते विजयादशमीको दिनबाट औपचारिकरुपमा सुरु हुने भएको छ । लगभग ११ महिना अवधि सञ्चालन हुने नाचको तयारी भने गत जेठ महिनादेखि नै सुरु गरिएको थियो । विभिन्न ११ देवीदेवताको मुकुट लगाएर प्रत्येक बाह्र वर्षमा नाच नचाउने गरिन्छ । नाचका लागि मुकुट भक्तपुरको ठिमीमा तयार गरिएको छ । बाघभैरव गुठीले आयोजना गर्दै आएको नाचका लागि पूर्वाभ्यासका रुपमा दसैँअघि छवटा नाच प्रदर्शन गरिने जानकारी गराउँदै गुठीका गुरु राजकुमार मालीले यसअन्तर्गत हनुमान ढोका र पाटनमा एक एक पटकसहित १२ पटक अनिवार्य नचाउने प्रचलन रहेको बताउनुभयो । “नाचका लागि प्रत्येक १२ वर्षमा नयाँ मुकुट बनाउने प्रचलन छ,” उहाँले भन्नुभयो, “सामान्यरुपमा नाच सञ्चालन गर्दा पनि एउटा नाचका लागि रु एक लाखसम्म खर्च लाग्ने गरेको छ ।” पूर्वाभ्यासका रुपमा नचाइएका नाचमा पनि एक पटकमा रु ७० हजारसम्म खर्च लाग्ने गरेको उहाँको भनाइ छ । प्रत्येक नाचका क्रममा पञ्चवली दिनुपर्ने भएका कारण नाचमा लगभग रु एक लाखसम्म खर्च हुने मालीले बताउनुभयो । कीर्तिपुरमा प्राचीन संस्कृतिमध्येको मल्लकालीन समयदेखि नचाउँदै आइएको देवी नाचको आफ्नै विशिष्ट महत्व रहेको कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यले बताउनुभयो । “देवी नाच कीर्तिपुरको अति प्राचीन मौलिक संस्कृति हो,” उहाँले भन्नुभयो, “आर्थिकरुपमा पनि निकै खर्चिला यी संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नेतर्फ सबैले बेलैमा सोच्नुपर्ने देखिएको छ ।” एक वर्षका अवधिमा काठमाडौँका विभिन्न स्थानका साथै भक्तपुरबाट नाचका लागि माग आएमा नाच लगिने परम्परा छ ।

]]>
4574 0 0 0
गोरखाबाट फूलपाती भित्र्याउने प्रचलन अन्त्य http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%b0%e0%a4%96%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%aa%e0%a4%be%e0%a4%a4%e0%a5%80-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%af/ Sat, 17 Oct 2015 04:17:27 +0000 http://www.ghumphir.com.np/?p=4578 कीर्तिपुर,३० असोज ।

राजतन्त्रकालीन समयसम्म कीर्तिपुरको दसैँ घरमा गोरखाबाट फूलपाती भित्र्याउने प्रचलन रहे पनि गणतन्त्रको स्थापनासँगै त्यो प्रचलन अन्त्य भएको छ । कीर्तिपुरको उमामहेश्वर मन्दिरस्थित कोतघरमा प्राचीनकालदेखि नै दसैँमा घटस्थापना गरी फूलपातीका दिन धादिङका मगरले गोरखाबाट फूलपाती लिएर आउने प्रचलन थियो । प्रधान जातिको गुठी घरका रुपमा रहेको उक्त कोतघरमा प्रत्येक दसैँमा विशेष पूजाआजा हुँदै आएको छ । कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यका अनुसार देशमा गणतन्त्र स्थापनासँगै उक्त प्रचलन अन्त्य भएको छ । विगतमा फूलपातीका दिन फूलपाती लिएर आउने मगर दसैँका दिनसम्म कीर्तिपुर बसी घर फर्कने गरेको स्थानीयवासी बताउँछन् । दसैँका दिन प्रधान जातिका महिलाले कोतघरबाट निस्की लायकु दरबार परिक्रमा गरी सिन्दूरजात्रा गरी सर्वसाधारणलाई टीका लगाइदिने गर्दछन् । नेवारी संस्कृतिमा निशा पायाका रुपमा उक्त संस्कृति मनाउने गरिएको छ ।

]]>
4578 0 0 0
काहुँमाको धरहराबाट पोखरा उपत्यका हेर्दा http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%a7%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be/ Sat, 17 Oct 2015 04:36:06 +0000 http://www.ghumphir.com.np/?p=4581

गज्जबै छन्, पोखराका डाँडा। जताबाट हेरे पनि हिमाल देखिने। कुमारी माछापुच्छे्रे आँखामै टाँसिन आइपुग्ने। धौलागिरिदेखि लमजुङ हिमालसम्मको लर्कन। सबै डाँडामा पर्यटनको घाम छिप्पिसकेको छैन। काहुँ त्यस्तै गन्तव्य हो, जहाँ पर्यटनको घाम झुल्किसकेको छ। गाउँलेले पहार ताप्न भने पाइसकेका छैनन्। तर, आशाको दियो जल्दै छ।

झट्ट हेर्दा घोप्टाइएको थुन्से जस्तो देखिन्छ काहुँ (१,४४३ मिटर)। पोखरा बजारबाट उत्तरपूर्वी दिशामा। त्यहाँबाट हिमालका साथै सूर्योदय र सूर्यास्तको अतुलनीय दृश्य देखिन्छ। डाँडाको टुप्पामा धरहरा। ९.८५ मिटर अग्लो। धरहराबाट पोखरा उपत्यका, भलाम गाउँ, लेखनाथ नगर र नागबेली डाँडा पनि देखिन्छ।

kahu dadaअहिले होइन, २०२६ सालमै बनेको धरहरा। स्थानीय मेजर वीरसिंह गुरुङको सक्रियतामा बनेको। गुरुङले पर्यटन बीउ रोपेको चार दशकपछि काहुँ डाँडाले पहिचान पाएको छ। गाउँलेले चिनारी फैलाउन ०६२ र ०६५ सालमा काहुँ महोत्सव मनाए। गाउँमा चहलपहल बढ्यो। ‘काहुँलाई पर्यटन गन्तव्य बनाउन महोत्सव गर्यौंयं,' महोत्सव संयोजक इश्वरीप्रसाद आचार्य भन्छन्, ‘अचेल दिनहुँ पर्यटक आइपुग्छन्। हामी आशावादी छौं।' काहुँ शब्दबारे रोचक किंवदन्ती छ। भिरालो चट्टानै चट्टानयुक्त तर पर्याप्त पानीको स्रोत नभएको भूभाग भएकाले डाँडामा काहुनो खेती गरिन्थ्यो। बाहिरका मान्छेले हास्यास्पद रूपमा गाउँलाई ‘काहुने डाँडा' उपनाम दिए। त्यही नाउँ अपभ्रंस हुँदै काहुँ डाँडा भएको रे। डाँडामा मानव बस्ती बसेको करिब ६६० वर्ष भइसक्यो। उहिल्यै डाँडालाई घले गुरुङहरूले किल्लाको रूपमा विकास गरी बस्ती बसाएको मानिन्छ। साबिकको काहुँ गाविस पोखरा उपमहानगरमा गाभिएको छ। नगरको २१ नम्बर वडा भएको छ काहुँ। सिरानमा गुरुङ गाउँ। वरपर बाहुन, क्षेत्री र दलित समुदाय। काहुँ पछि पर्नुमा तीन कारण छन्। सडक पिच नहुनु, डाँडामा होटल अभाव र प्रचारको कमी। फूलबारी (मनिपाल अस्पताल) बाट धरहराको फेदसम्म मोटर बाटो जोडिएको धेरै भएको छैन। फूलबारी–धरहरा ५.५ किमि। त्यसमध्ये डेढ किमि पिच सडक। ‘कच्ची सडकमा पनि ट्याक्सी र मोटर बाइक सजिलै चल्छन्,' फूलबारी मनिपाल काहुँ धरहरा सडक उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङ भन्छन्, ‘तीन वर्षभित्र पूरै सडक कालोपत्रे भइसक्नेछ।'

kaun33पर्यटन विकास गर्न गाउँलेले यिनै इन्द्रबहादुरको अध्यक्षतामा काहुँकोट देउराली मन्दिर तथा धरहरा संरक्षण समिति गठन गरेका छन्। समितिले धरहराको प्रवेश शुल्क लिन्छ। स्थानीय र विद्यार्थीले १० रुपैयाँ, नेपालीले २० र विदेशीले ३० रुपैयाँ तिर्नुपर्छ। गुरुङका अनुसार ०७१ सालमा करिब १२ हजारले धरहरा चढे। पुरानो भत्काएर तीनतले धरहरा बनाउने समितिको योजना। त्यो बनेपछि एकैपटक ५० जनाले धरहराबाट वरपर नियाल्न पाउनेछन्। ‘हामी धरहरामा दुरबीन राख्नेछौं,' उनले भने, ‘डाँडामा पिकनिक स्पट बनाउन सहयोगी खोजिरहेका छौं।' डाँडामा घोताने गुरुङ परिवारले देउराली मन्दिर पुनःनिर्माण गरेका छन्। मन्दिर अर्थात् शक्तिपीठ। त्यहाँ जगदम्बा मन्दिर पनि छ। बस्ती मुन्तिर चण्डी मन्दिर छ। अर्को हेर्नलायक सम्पदा हो मेजर वीरसिंहको घर। भारतीय सेनाबाट निवृत्त भएपछि पोखराको शिक्षा र स्वास्थ्य क्षेत्र विकासमा जीवन समर्पण गरेका वीरसिंह काहुँमै जन्मे/हुर्केका थिए। उनको घर खाली भएको दसकौं भइसक्यो। मेजर वीरसिंह गुरुङ स्मृति प्रतिष्ठानले घरलाई संग्रहालय बनाउने सोच राखेको छ। ‘घर वीरसिंहका उत्तराधिकारी लोकबहादुरको स्वामित्वमा छ,' प्रतिष्ठानका अध्यक्ष डा. कृष्ण केसी भन्छन्, ‘त्यसलाई संग्रहालय बनाउन पाए राम्रो हुन्थ्यो।' तत्कालीन सोल्जर्स बोर्ड भोकेशनल टे्रनिङ स्कुल (हालको अमरसिंह उच्च मावि) खोल्न योगदान गरेका मेजरसाबको स्मृतिमा माविमा स्मृति कक्ष छ। त्यहाँ उनले प्रयोग गरेका सामान छन्। पश्चिमाञ्चल अस्पताल र काहुँको कालिका माविमा उनको सालिक छ। काहुँमा लालीगुराँस फुल्छ। गाउँ कृषि कर्ममा छ। मकै, धान र कोदो फल्छ। काउली, बन्दा, गोलभेडा र मुला उत्पादन हुन्छ। भैंसीपालन राम्रो छ। दूध/दही पाइन्छ। अदुवा र कफी खेती फैलँदो छ। काहुँजस्तै डाँडो सराङकोटमा हरेक बिहान पर्यटकको भिड लाग्छ। चियाको चुस्की लिँदै देश देशावरबाट आएका पर्यटक हिमालतिर क्यामेरा ताक्छन्। तर, काहुँमा बिहानभन्दा दिउँसो र बिदाका दिन भिड लाग्छ। त्यहाँ खान/बस्न होटल र लज छैन। धरहरा नजिक सामान्य खाजा घरमात्रै छ। वनभोज खानेहरु काहुँ उकालिन्छन्। वर्षैभरि शीतल हुन्छ। बेसी पोखरामा हपहपाउँदो गर्मी हुँदा काहुँमा सिरक ओढेर सुत्नुपर्छ। राम्रो पर्यटन गन्तव्य बन्न सक्छ काहुँ। त्यसका लागि होटल, लज र रेस्टुरेन्ट खुल्नुपर्छ।

Kaun1डाँडामा नौ करोड रुपैयाँको योजना परेकाले पानीको दुःख हट्दै छ। काहुँको भविष्य उज्यालोतिर डोरिएको छ। काहुँको फेदमा छ गुम्बा। मनाङे बौद्धमार्गीले २०१६ मा स्थापना गरेको कर्म सिद्ध परम्परा धर्म चक्र गुम्बा। जयकोट डाँडाको गुम्बामा बुद्ध मूर्ति छन्। बुद्ध दर्शन गरी काहुँ हाइकिङ गरे झनै राम्रो। खुसीको कुरा, सिद्धार्थ गौतमलाई बुद्ध बन्न योगदान पुर्याथउने श्रीमती यशोधराको समेत सम्मान गर्दै काहुँमा ‘सिद्धार्थ–यशोधरा स्मारक' बनाउने अभियान सुरु भएको छ। यो खबरले सबैभन्दा खुसी पर्यटनविद् झलक थापा भएको हुनुपर्छ। किनकि धेरै पहिलेदेखि उनी बौद्धमार्गीले यशोधरालाई बिर्सेकोमा दुःखमनाउ गर्थे। र, उनले यशोधरा पार्क बनाउने घोषणा गरिसकेका थिए। स्मारक निर्माण समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङका अनुसार डाँडामा पार्क बनाउन प्रक्रिया अघि बढेको छ। ‘पार्कले समग्र पोखराको विकासमा योगदान पुर्यािउनेछ,' उनले भनिन्, ‘स्थानीय र सरकारको सहयोगमा करोडौं रुपैयाँमा पार्क बनाउनेछौं।' त्यहाँ गौतम बुद्ध र यशोधराका ठूल्ठुला मूर्ति राखिनेछ। स्वर्गै हो पोखरा। दुईपटक काहुँ पुगिसकेँ म। फेरि जाने मन छ। एक रात त्यतै बिताउने गरी। म पर्खिरहेछु— इन्द्रबहादुर दाइहरूले होमस्टे उद्घाटन गरेको समाचार। कसरी पुग्ने : पोखराको फूलबारी–काहुँ ५.५ किमि। चापापानी–काहुँ ६ किमि। रानीपौवाबाट बिहान ८:१५, ८:४५ तथा दिउँसो ३:३० र ५:३० बजे काहुँका लागि बस छुट्छन्। महेन्द्रपुलबाट हिँडेर जाँदा दुई घन्टा।

होमस्टे गराउँछौं इन्द्रबहादुर गुरुङ अध्यक्ष, काहुँकोट मन्दिर तथा धरहरा संरक्षण समिति काहुँमा खाने/बस्ने होटल छैन। त्यसैले पर्यटनबाट हामीले फाइदा लिन सकेका छैनौं। पाहुनालाई एक रात बसाउन र गाउँमा दुई–चार पैसा भिœयाउन हामी गुरुङ समुदायको घरमा होमस्टे गराउने योजनामा छौं। हामीलाई तालिम र पूर्वाधार विकास गर्न सहयोगीहरू चाहिएको छ। सम्पर्क : ९८५६०३८४२२

]]>
4581 0 0 0
‘ग्रेट वाल'को घट्दो उचाइ http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%9f-%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%a6%e0%a5%8b-%e0%a4%89%e0%a4%9a%e0%a4%be%e0%a4%87/ Sat, 17 Oct 2015 04:47:38 +0000 http://www.ghumphir.com.np/?p=4586 हाल चीनमा भइरहेका भौतिक विकास अपत्यारिलो खालको छ। ३६ अर्ब डलरको लागतमा समुद्रको गहिराइमा बन्न लागेको सुरुङ बेलायत र फ्रान्सको बीचमा रहेको ‘इङ्लिस च्यानल'मा बनेको सुरुङभन्दा दुई गुना लामो हुनेछ। जुन एसियामै सबैभन्दा बढी भुकम्पीय जोखिम मानिएको सतह माथि बन्दै छ। जब यसको निर्माण पूरा हुन्छ यो नै विश्वको सबैभन्दा लामो पानीमुनिको सुरुङ हुनेछ। जसले चीनको दुई वटा उत्तरी बन्दरगाहको सहरलाई जोड्नेछ।

चीनभर नै यस्तै अरबौं डलर लागत भएका महत्वाकांक्षी परियोजनाहरू निर्माण दु्रत गतिमा भइरहेको छ। विश्वको लामो पुल। विश्वको ठूलो विमानस्थल। विश्वकै लामो ग्यास पाइपलाइन। ८० अर्ब डलरको लागतमा देशको दक्षिणमा रहेको यथेष्ठ पानीलाई कम पानी भएको उत्तरतर्फ लाने परियोजना। यो मानवनिर्मित नदीको लम्बाइ झन्डै २४ सय किलोमिटर हुनेछ।

यस्ता भव्य भौतिक संरचनाको निर्माण गर्नु चिनियाँ परम्परा नै हो। ‘ग्रेट वाल'देखि ‘ग्रान्ड क्यानल' र ‘थ्री गर्जेस ड्याम'।

यो देशले शताब्दीयौंदेखि भव्य सार्वजनिक परियोजनाको निर्माण गर्दै आफ्नो अद्वितीय इन्जिनियरिङ क्षमता र आर्थिक शक्तिको प्रदर्शन गरिरहेको छ। अहिले विश्वले चीनको तीन दशक लामो आर्थिक वृद्धिलाई शंकाले हेरिरहेको बेला चिनियाँ नेताहरू भने ठूला भौतिक संरचनाको निर्माणलाई दोब्बर पार्न लागिपरेका छन्। उदाहरणका लागि गत नोभेम्बर महिनामा मात्रै राष्ट्रिय निर्माण तथा सुदृढ आयोगले ११५ अर्ब डलरभन्दा बढी खर्च गरेर २१ वटा भव्य भौतिक संरचना बनाउने परियोजनालाई हरियो झन्डा देखाएको छ। जसअन्तर्गत नयाँ विमानस्थल तथा द्रुत गतिको रेलमार्गको निर्माण गरिनेछ।

Deepwater_port‘चीनको इतिहास नै ठूला संरचनाको निर्माणसँग गाँसिएको छ,' अमेरिकाको वासिङटनस्थित एक अन्तर्राष्ट्रिय संस्थामा कार्यरत अर्थशास्त्री हुआङ यूकोनले भने, ‘यो हाम्रो रगत, संस्कृति र समाजमै विद्यमान सोच हो। देशमा प्रभाव पार्न पनि त्यो ठूलो हुनैपर्छ।' चीनलाई यति ठूला र भव्य संरचनाको आवश्यकता छ कि छैन? यसलाई चीनको अर्थतन्त्रले थेग्न सक्छ या सक्दैन? भन्ने विवाद पनि जन्मिएको छ। भौतिक संरचनाको निर्माणले बेइजिङले आर्थिक विकासलाई मलजल गर्न सरकारी स्वामित्वका निर्माण तथा लगानीहरूलाई निरुत्साहित गर्ने भनी गरेको प्रतिबद्धता पालन भएको भने देखिँदैन। जसले गर्दा केही अर्थशास्त्रीहरू भने चीनको अर्थतन्त्र यसैको ऋणमा दबिनसक्ने अशंका व्यक्त गर्छन्। चीनको राष्ट्रिय लेखा परीक्षकको कार्यालयको २०१३ को प्रतिवेदनअनुसार स्थानीय सरकारको ऋणमात्रै तीन खर्ब डलरभन्दा माथि छ। जुन देशको कुल बजेटभन्दा पनि एक तिहाइ माथि छ। अर्थविज्ञका अनुसार यस्तो ऋणले कुनै पनि बेला अर्थतन्त्रलाई नराम्रोसँग लामो समयसम्मलाई धराशायी बनाउन सक्छ।

Shanghai Tower ‘जनता सचेत हुन जरुरी छ। किनभने धेरै कम भौतिक निर्माणमात्र यस्ता छन्, जसले अर्थसंकलन पनि गर्न सक्छन्,' क्यालिफोर्निया विश्वविद्यालयमा अर्थराजनीतिका प्राध्यापक तथा चीन विज्ञ भिक्टर सिहले भने। तैपनि चीनका नेताहरूमा भने ती भव्य संरचनाको आवश्यकता, उपयोगिता र मूल्यबारे कुनै शंका छैन। इन्जिनियरहरू दशकौंपछिको परियोजनाको मार्गचित्र बनाउन व्यस्त छन्। सुन्दर सांघाई सहर, जहाँको जनसंख्या २ करोड ५० लाख छ। यो सहरको मौलिकता भनेकै यहाँका भव्य संरचनाहरू हुन्– भव्य विमानस्थल, मेट्रो, ढल व्यवस्थापन र ऊर्जा केन्द्र। चीनको आर्थिक केन्द्रको रूपमा स्थापित यो सहरमा मजदुरहरू दिनरात नभनी सांघाई टावरलाई अन्तिम रूप दिन व्यस्त छन्। जसको लागत मूल्य २ अर्ब ४० करोड डलरको छ। जसको उचाइ २ हजार ७३ फिट छ, जुन विश्वकै अग्लो भवन दुबईको बुज्र खलिफाभन्दा ६४३ फिटमात्र सानो छ। सहरको केही पूर्व, विश्वकै सबैभन्दा ठूलो खेल मैदान निर्माण भइरहेको छ– सांघाई डिज्ने रिसोर्ट। जुन सन् २०१६ मा खुल्दा २२५ एकडमा फैलिएको ‘म्याजिक किङडम– स्टाइ पार्क'ले घेरिएको हुनेछ। यसको सम्पूर्ण निर्माण लागत ५ अर्ब डलरको हुने अनुमान गरिएको छ। सांघाईले महँगो सामानलाई स्वीकार्न सक्छ। यहाँ दु्रत गतिमा विकास भइरहेको छ, यो चीनको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र पनि हो। तर, अन्य सहरसँग भने सांघाईसरह खर्च गर्न सक्ने क्षमता छैन। राजधानी बेइजिङबाट लगभग ११३ किलोमिटर दक्षिण–पूर्वमा स्थित तियानजिन सहरले आफूलाई अमेरिकाको न्युयोर्कको जुम्ल्याहा बनाउन ठूलो ऋण लिएको छ। त्यहाँस्थित ठूलाठूला अफिस टावर र आलीशान बिल्डिङहरू खाली छन्। लाग्छ, त्यो भुताहा सहर हो। निर्माण पनि आधामै रोकिएको छ। उत्तर–पूर्वमा स्थित अर्को सहर डालियानमा ६ करोडको हाराहारी मान्छे बस्छन्। जहाँ पानीमुनिको रेल चल्ने लगभग २६२ किलोमिटर लामो सुरुङमार्गको निर्माण भइरहेको छ। जसले विश्वकै सबैभन्दा ठूलो समुद्रमाथिको विमानस्थलसँग उक्त सहरलाई जोड्छ। विमानस्थल निर्माण लागत ४ अर्ब ३० करोडको छ।

great waalचीनका लागि पूर्व विश्व बंैकका प्रमुख डेभिड डलर भन्छन्, ‘ठूलो भौतिक संरचनाको निर्माणले काम नपाएका मजदुर र स्थिर अवस्थामा रहेको आर्थिक स्रोतको परिचालन त हुन्छ। तर, भविष्यमा त्यही भौतिक निर्माणले अर्थतन्त्रलाई शिथिल बनाउने सम्भावनासमेत रहन्छ।' धेरै विज्ञ पनि यस्ता भव्य भौतिक संरचनाले जनतालाई अनावश्यक आर्थिक भारबाहेक अन्य केही फाइदा नपुर्यािउने औल्याउँछन्। यसले वतावरणलाई पनि क्षति पुर्यााउने उनीहरूको धारणा छ। चीनको उत्तर–पश्चिमस्थित लान्जाउ सहरमा स्थानीय सरकारले ७ सय वटा स–साना पहाडलाई सम्याउने परियोजना अघि सारेको छ। त्यसपछि उक्त स्थानमा नयाँ व्यापारिक संरचनाको निर्माण हुनेछ। वातावरणविद्हरूले यसले त्यहाँको वातावरणमा ठूलै क्षति पुर्यािउने बताइरहेका छन्। त्यहाँ बनाइएको ठूलो ड्यामले ठूलो प्रभाव पार्न थालिसकेको दाबी उनीहरूको छ। त्यसैको कारण चीनको दक्षिण–पश्चिम भूभागमा धेरै भूकम्प जान थालेको वैज्ञानिकहरूको दाबी गर्दै आइरहेका छन्। ‘जब तपाईं प्रकृतिलाई आफ्नो अधिनमा लिन सक्छु भनेर सोच्नुहुन्छ त्यसको उपज भयावह नै हुन्छ,' तेनेसी विश्वविद्यालय, अमेरिकाका समाजशास्त्री पाउल के गेलर्टले भने, ‘प्रकृतिमाथिको दमनको नकारात्मक प्रभाव सामाजिक तथा वातावरणीय स्तरमै देखिन्छ।' एउटा पार्टीले शासन गरिरहेको चीनमा कुनै पनि ठूला परियोजना निर्माण गर्नका लागि चाहिने राजनीतिक इच्छाशक्ति र आर्थिक स्रोतको परिचालन, दुवै गर्न सहज हुन सक्छ। अहिले त्यो भई पनि रहेको छ। ‘त्यहाँ निरंकुशतन्त्र अझै कायम छ। उनीहरू जे पनि विपक्षीको अवरोधविना गर्न सक्छन्। यो सबै हुनुपछाडिको चुरो कुरा यहि हो,' ठूला परियोजना बनाउन विज्ञता हासिल गरेका कुपर युनियन, न्युयोर्कमा कार्यरत गेरार्डो डेल केर्रो सान्तामारियाले भने, ‘पश्चिममा त्यसो गर्न जनताको सहभागिता पनि हुन्छ। धेरै अवस्थामा त्यसको विरोध पनि हुन्छ।' ठूलो भौतिक संरचना निर्माणका समर्थकहरू ठूला परियोजनाले काममा चुस्तता ल्याउने दाबा गर्छन्। ठूला ड्याम, ‘विन्ड फार्म'ले कार्बन उत्सर्जनमा कमी ल्याउँछ। तथा ठूलाठूला रेलमार्गले पेट्रोलियम खपतलाई घटाउन मद्दत गर्छ भन्ने तर्क उनीहरूको छ। अन्य ठूला परियोजनाहरूले चीनलाई विश्वसामु ठूलो उत्पादक तथा खरिद बिक्री गर्ने प्रमुख केन्द्रका रूपमा स्थापित गराउन सक्छ। गत नोभेम्बरमा मात्रै चीनले स्पेन जोड्ने रेल मार्ग खुल्ला गरिसकेको छ। जसले चीनमा निर्मित सामग्रीहरू अब स्पेन पुग्न मात्र २० दिन लाग्नेछ। यो संसारकै सबैभन्दा लामो रेलयात्रा भएको छ।

Shanghai_Towerयस्ता परियोजनाले वैज्ञानिक र प्राविधिक विज्ञता हासिल गर्न मद्दत गर्नुका साथै चीनले यसमा अन्य अदृश्य लाभ पनि देखेको छ। फलस्वरूप पुल निर्माणको गति चीनका लागि ओलम्पिकको तयारीभन्दा ठूलो स्तरको लडाइँ भएको देखिन्छ। सन् २००७ मा चीनले हाङजाउ प्रान्तमा विश्वकै समुद्रमाथिको लामो पुलको निर्माण सम्पन्न गर्योस। चीनले धेरै यस्ता रेकर्ड कायम गरेको छ, जस्तोः विश्वको लामो पुल, अग्लो पुल। चिङदाओ सहरमा स्थित विश्वकै लामो समुद्र पार गर्ने पुलको लम्बाइ ४२.५ किलोमिटर छ। ‘चीनका लागि यो सबै राष्ट्रिय पहिचान कायम गर्ने राम्रो माध्यम भएको छ,' अक्सफोर्ड विश्वविद्यालयमा ठूलो परियोजनाबारे पढाउने बेन्ट फ्लाइब्जर्गले भने, ‘यी सब चीनले के गर्न सक्छ भन्ने नमुनामात्र हुन्।' यस्तो खालको विज्ञता चीन विश्वको अन्य कुनामा निर्यात पनि गर्न चाहन्छ। त्यो भई पनि रहेको छ। अमेरिकाको बोस्टन सहरले चीनमा निर्मित सब–वे गाडी खरिद गर्दै छ। पाकिस्तान, अर्जेन्टिना र रुसले आफ्नो भौतिक संरचना पुननिर्माण गरिदिन चीनलाई आग्रह गरेको छ। गत महिनादेखि मात्रै चीनको निर्माण टोलीले ५ खर्ब डलरको लागत रहेको महत्वाकांक्षी निकारागुवा क्यानलको निर्माण सुरु गरेको छ। जसको निर्माणले अति व्यस्त पानामा क्यानललाई टक्कर दिनेछ। त्यसो गर्न चीन भौतिक निर्माणको सबै सीमालाई नाघेर अघि बढिरहेको छ। ‘डालियन' सुरुङमार्ग चीनले प्रस्ताव गरेको ‘अर्न्ताष्ट्रिय रेल–वे'को तुलनामा सानो लाग्छ। जसले चीनलाई अमेरिकासँग जोड्नेछ।न्युयोर्क टाइम्स

]]>
4586 0 0 0
रसुवागढी नाका खुलेको २४ घण्टा नबित्दै फेरि बन्द http://localhost/ghum/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a5%a8%e0%a5%aa-%e0%a4%98/ Sat, 17 Oct 2015 04:58:58 +0000 http://www.ghumphir.com.np/?p=4592

रसुवा,३० असाेज ३० ।

रसुवागढी नाका खुलेको २४ घण्टा नबित्दै फेरि बन्द भएको छ। रसुवाढी–केरुङ सडकमार्गमा पहिरो खसेका कारण सडक भासिएको छ। रसुवाढी–केरुङ सडकमार्गको वीचमा रहेको केरुङतर्फको ढोङ्सा भन्ने स्थानमा  पहिरो खसेर सडक बन्द भएको जानकारी  रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वताए । उनका अनुसार चीनले पहिरो पन्छाएर सडक पुनः सुचारु गर्न  एक साताको समय लाग्ने छ।
दसैंमा चीनको रसुवागढी नाकावाट दैनिक उपभोग्य सामग्रीका साथै इन्धन आउने आसा अब  निरासामा परिणत भएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजनलाल श्रेष्ठले बताए ।
]]>
4592 0 0 0
नेपाल वायुसेवा निगमको जहाज हङ्कङमा ठूलो दुर्घटनाबाट बच्यो http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%b9/ Sat, 17 Oct 2015 14:57:11 +0000 http://www.ghumphir.com.np/?p=4595

काठमाडौँ, ३० असोज ।

नेपाल वायुसेवा निगमको एयरबस ए ३२०–२०० सिरिजको जहाजमा क्याटरिङको गाडीले ठक्कर दिएपछि उडान स्थगित भएको छ । हङ्कङ विमानस्थलबाट काठमाडौँका लागि उड्ने तयारीमा रहेको सो जहाजलाई खाना बोक्ने क्याटरिङको गाडीले ठक्कर दिएको थियो । आज साँझ स्थानीय समयअनुसार १९.०५ मा काठमाडौँका लागि उड्ने तालिका थियो । जहाजको पछाडिको भागमा क्याटरिङको गाडीले ठक्कर दिएको र उडानमा समस्या पैदा भएको निगमका प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिनुभयो । क्याप्टेन विजय लामाले जहाज उडाउन लाग्दा समस्या देखिएको पत्ता लागेपछि जहाज हङ्कङ विमानस्थलमा ग्राउन्डेड भएको छ । कति क्षति भएको हो र मर्मत गर्न कति समय लाग्छ भन्ने बारेमा अध्ययनपछि मात्रै पत्ता लाग्ने प्रवक्ता शर्माको भनाइ छ । “जहाज उडेको भए ठूलो दुर्घटना हुनसक्ने थियो धन्न जोगियो, हामी चाँडै नै मर्मत गरेर उडाउँछौँ ।” प्रवक्ता शर्माले भन्नुभयो । दसैँ मान्न विभिन्न गन्तव्यबाट घर फर्कन चाहने यात्रुका लागि भने जहाज ग्राउन्डेड भएपछि समस्या पैदा भएको छ । जहाज ग्राउन्डेड भएपनि यात्रु भने सकुशल रहेको प्रवक्ता शर्माले बताउनुभयो ।

]]>
4595 0 0 0
नेपाल वायु सेवा निगमले एक लाख पचास हजार टन इन्धन ल्यायो http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%8f%e0%a4%95/ Sat, 17 Oct 2015 15:05:51 +0000 http://www.ghumphir.com.np/?p=4597

रमेश लम्साल/हरि लामिछाने  काठमाडौँ, ३० असोज ।

भारतले अघोषितरुपमा नाकाबन्दी लगाएपछि नेपाल वायु सेवा निगमले हालसम्म करिब एक लाख ५० हजार टन पेट्रोलियम पदार्थ आयात गरेको छ । नेपाल आयल निगमसँग द्विपक्षीय सहमति गरेर निगमले सात दिनका लागि आन्तरिक उडान भर्न पुग्ने इन्धन ल्याएको जनाएको छ । चाडबाडको समयमा हवाइ यात्रुलाई सहज ढङ्गले गन्तव्यमा पु¥याउन आयल निगमले नेपाल वायु सेवा निगमसँग सहकार्य गरी इन्धन आपूर्ति गरेको हो । स्थलमार्गबाट इन्धन ल्याउन कठिनाइ भएपछि नेपाल आयल निगमले नेपाल वायु सेवा निगमलाई इन्धन ल्याइदिन गरेको आग्रहअनुसार नै दैनिक एक उडानमार्फत आयात गरिएको छ । भारतको कोलकातास्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट सिधै इन्धन खरिद गरी जहाजमा ल्याइरहेको छ । निगमले बिहीबार एक उडान गरी ३३ टन, शुक्रबार ३० टन इन्धन ल्याएको छ । निगमको बोइङले कोलकाताबाट ल्याएको इन्धन आयल निगमले आन्तरिक वायुसेवा कम्पनीका जहाजलाई उपलब्ध गराएको छ । “आन्तरिक उडानलाई समस्या नपरोस् भनेर हामीले सामाजिक तथा व्यावसायिक दुवै हिसाबले इन्धन आयात गरिरहेका छौँ । आवश्यक पर्दा दैनिक दुई उडान गरेर भए पनि आयात गरिएको छ ।” रासससँग कुराकानी गर्दै नेपाल वायु सेवा निगमका प्रवक्ता रामहरि शर्माले भन्नुभयो, ‘‘हालसम्म हामीले आयल निगम एक लाख ५० हजार टनभन्दा बढी इन्धन आयात गरिसकेका छौँ ।’’ फुलपातीको दिनसम्म इन्धन आयात गर्ने लक्ष्य निगमले राखेको छ । दैनिक दुई उडान गर्दा ६६ टन इन्धन आयात हुनसक्छ । आन्तरिक उडानमा रहेका हवाई सेवा प्रदायकका जहाजलाई दैनिक ५० हजार लिटर हवाइ इन्धन आवश्यक पर्छ । अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई भने निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्धन दिन बन्द गरेको छ । वायु सेवा निगमका प्रवक्ता शर्माका अनुसार अमेरिकी जहाज निर्माता कम्पनी बोइङ जहाजबाट मात्र इन्धन ढुवानी गरिएको छ । दसैँसम्म निगमले कुल ३३० टन इन्धन ल्याउने जनाएको छ । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले भारतसँग जोडिएको मुख्य नाका सञ्चालनमा नआउँदासम्म इन्धन आयात सहज हुन नसक्ने र समस्या कायमै रहने भएकाले राजनीतिक र कुटनीतिक तबरबाटै समस्याको समाधान हुनुपर्ने बताउनुभयो । जनजीवन सहज हुन दैनिक ३५० ट्याङ्क्र इन्धन आयात हुनुपर्छ । पछिल्लो दिनमा इन्धनसँगै खाना पकाउने एलपी ग्याँसको समेत चरम सङ्कट देखिएको छ । प्रवक्ता बरालले वीरगन्ज नाका नखुल्दासम्म ग्याँसको समेत सहज आयात नहुने र समस्या कायम रहने उल्लेख गर्नुभयो । “निगमले आफ्नो तर्फबाट पहल गरिरहेको छ । हामीले निर्देशक मुकुन्द घिमिरेलाई द्विपक्षीय संवादका लागि इन्डियन आयल कर्पोरेशनमा पठाएका छौँ । हाम्रो तर्फबाट पहल जारी छ, तर हामीले मात्रै पहल गरेर समस्याको समाधान हुने देखिएन । राजनीतिक तबरबाटै समस्याको समाधान गर्नेतर्फ प्रयत्न गरिनुपर्छ”– प्रवक्ता बरालले भन्नुभयो । निगमले शुक्रबार काठमाडौँ उपत्यकाका आठवटा पेट्रोल पम्पलाई कुल ३० हजार लिटर पेट्रोल उपलब्ध गराएको थियो । काठमाडौँ उपत्यका र आसपासका विभिन्न जिल्लाका ८३ वटा पम्पलाई कुल तीन लाख ७१ हजार लिटर डिजल उपलब्ध गराएको थियो । मागअनुसारको आपूर्ति हुन नसक्दा निगमले उपलब्ध गराउने इन्धन वितरणमा समेत समस्या पैदा भएको छ । लामो लाइनको व्यवस्थापन गरेर सहजरुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन पम्पहरूलाई समेत समस्या भएको छ । निगमले बिहीबार विभिन्न नाकाबाट कुल १९५ वटा ट्याङकर भारत पठाएकामा ७७ वटा ट्याङ्करमा इन्धन लोड भएको र ४६ वटा ट्याङकरको मात्रै भन्सार जाँच भएको जनाएको छ । शुक्रबार दुई सयभन्दा बढी ट्याङ्कर भारत गएको र एक सय ट्याङ्करमा इन्धन लोड भएको थियो । निगमले आज ५० ट्याङ्कर मात्रै इन्धन लोड भएको जनाएको छ । भारतबाट सिमित मात्रामा आएको पेट्रोलियम पदार्थ ‘हात्तीको मुखमा जिरा’ भने जस्तै भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निजी पेट्रोल पम्पका अगाडि हजाराँैको सङ्ख्यामा सवारी साधन इन्धनको खोजीमा लाइन लागेका छन् ।

]]>
4597 0 0 0
भारतीय लगानीको विकल्प खोज्न माग http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%aa-%e0%a4%96%e0%a5%8b/ Sat, 17 Oct 2015 15:15:24 +0000 http://www.ghumphir.com.np/?p=4599

म्याग्दी (वेनी), ३० असोज ।

म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत्् आयोजनमा भारतीय लगानीको विकल्प खोज्न म्याग्देलीले माग गरेका छन् । लगानीको नाममा पटकपटक काम अवरुद्ध गर्ने, क्षतिपूर्ति माग्नेलगायत अनावश्यक माग राख्ने गरेकाले पनि लगानीकर्ताकै विकल्प खोज्न उनीहरुले सरकारसमक्ष अनुरोध गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको ३२ मेगावाट क्षमताको जलविद्युत््मा करोडौँ खर्च भएपनि परिणाम न्यून भएकाले निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन अहिलेका सबै ठेकेदार कम्पनी र लगानीकर्ताको समेत परिवर्तन गर्नुपर्ने नेकपा (एमाले) म्याग्दीका सचिव बालकृष्ण सुवेदीले बताउनुभयो । “बालुवामा पानी हालेजस्तै भएको छ । अब पनि यस्तै हुने सम्भावना धेरै छ”–सुवेदीले भन्नुभयो । भारतीय सिभिल ठेकेदार कम्पनी आइभीआरसीएल इण्डिया लिमिटेडले राज्यलाई नै चुनौती दिइरहेको बिनायोजना सडक निर्माणको क्रममा पिप्ले गाविसको घुमाउने तालमा रहेको बस्ती नै जोखिममा परेको बताउँदै सुवेदीले लगानीको नाममा भारतीय सरकारबाटै अनावश्यक दबाब आउने गरेको उल्लेख गर्नु भयो । निर्माण कार्य सुरू भएको दशक बितिसक्दा पनि करिब १२ प्रतिशत मात्रै काम देखिनुमा ठेकेदार, लगानीकर्ता र प्राधिकरण जिम्मेवार रहेको भन्दै सरोकारवाला निकायले पटकपटक ध्यानार्कषण गराउने गरेका छन् । “सरकारी आयोजनाले गति नलिँदा निजी आयोजनालाई समेत असर गरेको छ, छिट्टै सम्पन्न हुने विकल्पमा ध्यान दिनुपर्छ”–म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनकुमार विश्वकर्माले भन्नुभयो । अध्यक्ष विकले सडक, विद्युत् अन्य आवश्यक साम्रगीको सहज पहुँच भएको राहुघाटको निर्माण कार्यले सर्वसाधारणको लगानीमा निर्माण हुने आयोजनाप्रति पनि अनावश्यक शङ्का उत्पन्न भएको बताउनुभयो । प्राधिकरणले नेपाली ठेकेदारलाई दिएको आवास तथा भवनको निर्माण कार्यसमेत अलपत्र परेको छ । आइभीआरसीएले नेपाल सरकारबाट लिएको पैसालाई समेत अन्य आयोजनामा लगानी गरेर छ महिनासम्म कर्मचारीको तलब नदिएको भन्दै कर्मचारीसमेत काम बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । आयोजनाको सुरुङ, विद्युत् गृह, सडक, बाँध निर्माणको जिम्मा भारतीय कम्पनी आइभीआरसीएलले लिएको छ ।

]]>
4599 0 0 0
बाघको छाला र हड्डीसहित एक पक्राउ http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%9b%e0%a4%be%e0%a4%b2%e0%a4%be-%e0%a4%b0-%e0%a4%b9%e0%a4%a1%e0%a5%8d%e0%a4%a1%e0%a5%80%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%8f%e0%a4%95/ Sat, 17 Oct 2015 15:20:48 +0000 http://www.ghumphir.com.np/?p=4601

बेलौरी (कञ्चनपुर), ३० असोज ।

सुदूरपश्चिम क्षेत्रिय प्रहरी कार्यालय महाकालीले बाघको छाला, हड्डीसहित एक जनालाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–१० मैतुवास्थित मोतिराम चौधरीको घरबाट एक पाठेबाघको छाला, हड्डीसहित उक्त कारोबारमा संलग्न घोडाघोडीकै स्थानीय गोपिराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीको घरमा खानतलासी गर्दा छ फिट लामो २४ इन्च चौडाइको छाला र तीन किलो २५० ग्राम हड्डी बरामद गरेको प्रहरीले जनाएको छ । चौधरीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना र एक वर्षदेखि पाँच वर्षसम्म जेल सजाय हुनेछ ।

]]>
4601 0 0 0
झिझिया लोकनृत्य http://localhost/ghum/%e0%a4%9d%e0%a4%bf%e0%a4%9d%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a8%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af/ Sun, 18 Oct 2015 03:45:15 +0000 http://www.ghumphir.com.np/?p=4605 कमलेश मण्डल

पारिवारिक सुरक्षाको लोकअनुष्ठान झिझिया महोत्तरी लगायत मिथिलाञ्चलमा सुरु भएको छ। यसमा पूर्णरुपमा तांन्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी स्तुतिको लोक परम्परामा आधारित लोक नृत्य प्रस्तुत गरिन्छ। झिझियाको उद्देश्य समाजमा रहेका बोक्सीबाट आफना सन्तानको सुरक्षा गर्नु रहेको छ।

यसको बनावट र स्वरुपभित्र जादू टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ। बलिरहेको दियो भएको असङ्ख्य प्वाल पारिएको घैँटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ।

झिझिया लोकनृत्य सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा क्षेत्र लगायत भारतीय क्षेत्र बेनीपट्टि, मधुवनी, जयनगर, सीतामढी, सहरसा आदि क्षेत्रमा पनि प्रस्तुत गरिन्छ। झिझियामा प्रयोग हुने घैँटोमा गरिएका असङ्ख्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृतिले यसको निहित विशेष अर्थलाई सङ्केत गर्छ। महिलाको टाउकोमा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्यो भने त्यो नाच्ने महिला ठहरै हुन्छ भन्ने जनविश्वास रहेको छ।

एक विशेष ताल र आरोह अवरोहमा गाइने गीतको बोलसँगै टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै दुवै हातले गीतको भाउमा ताली बजाउँदै जाँदा अदुत वातावरणको निर्माण हुन्छ र महिला यस लोक अनुष्ठानमा सुर बिर्सेर तल्लीन भइरहेका हुन्छन्। नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली गरिएको हुन्छ, बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ भन्ने जनविश्वास पनि रहेको छ।

 झिझिया नृत्यमा बोक्सीलाई गाली मात्र गरिँदैन उसलाई यसरी धम्क्याउने काम पनि गरिन्छ। झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोक नृत्य हो, जसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ। यसको बनावट र स्वरुप भित्र जादु, टुनामुना, बोक्सी आदिको परम्परागत मान्यता रहेकाले समाजमा व्याप्त बोक्सीको प्रभावलाई कम गर्न यसको अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ।

कुनै कुनै बेला ताली बजाउँदै टाउको तल ल्याउँछन, फेरि ताली बजाउँदै यथास्थानमा राख्छन। घैंटामा बलिरहेको दियोको मद्धिम प्रकाश, मुहानमा दन्किरहेको आगो, तालमा नाचिरहेकी कुनै महिला र झुन्डमा गीतको लहरीले अदभुत वातावरणको निर्माण हुन्छ र महिलाहरु यस लोकअनुष्ठानमा सुर विर्सेर तल्लीन भइरहेका हुन्छन। नृत्यसँगै गाइरहेको गीतमा बोक्सीलाई गाली गरिरहेको हुन्छ। विश्वास छ कि बोक्सीलाई गाली गर्नाले उनीहरुको मारक क्षमतामा कमी आउँछ र बालबच्चाको सुरक्षा हुन्छ।

समाजमा प्रचलित जनविश्वासअनुसार गाउँकी डाइनी बोक्सी महिला जादु मन्त्र सिकेर, त्यसको सिद्धिका लागि गाउँका जन्मजात बालबालिकाहरुलाई कुनै करणीद्वारा मारेर मसानमा त्यहीं मरेको बच्चालाई जिउँदो पारी नाङ्गै नृत्य गर्छन्। विजयादशमीको अवसरमा यस्ता घटनामा बृद्धि हुन थालेपछि महिलाहरु नै एउटा धार्मिक, साँस्कृतिक अनुष्ठानको सुरुवात गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्ने बोक्सीहरुको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ। आफ्ना साखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ।

यसको अर्को उद्देश्य दशमीको बेला माता दुर्गालाई स्तुति गर्नु पनि रहेको छ। झिझिया नृत्य गर्दै गाइने गीतहरुमा बोक्सीलाई गाली गर्नुका साथै भगवती दुर्गालाई अभ्यर्थना गरिएका अत्यन्त मोहक गीतहरु पनि गाइन्छ। त्यसमा प्रत्येक दसैंमा आफ्ना खास सवारीसाथ आउने भगवतीको शृङ्गार डोलीमा सवारी र कामख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीतहरु गाइने गरिन्छ।

झिझिया नृत्य प्रारम्भ गर्न पूर्व तयारी गर्नुपर्छ। एउटा वा दुइटा स्वच्छ घैंटो किनेर ल्याइन्छ। त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ। घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ। त्यसमा मट्टितेल हालेर दन्काइन्छ। त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ। तर, टाउकामा राखी नृत्यका लागि झिझिया तयार हुन्छ। तर, टाउकामा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ। अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ–

 “सभ्य गुरुक बन्दे पाउँ। बजर केवाडी।

बजर बान्हो दशो दुआरी।

मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो..................................।”

यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो दन्किरहेको घैंटो राखेर बिना हातको सहारा लिई नाच्दैं ब्रह्मस्थानतिर पुग्छन्। त्यहाँ अराधना गर्दछन् र त्यहींबाट औपचारिक रुपमा नृत्य सुरु गरी गाउँका भद्रभलादमीहरुको घरमा पुगि नृत्य देखाउँछन् र पूर्णाहुतिका लागि अन्न रुपियाँ चन्दा माग्छन्। त्यही मागिएको रकम जोडेर दशमीका दिन पूजा पाठ, भोज भात र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्जन हुन्छ।

  मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता , पहिचान र इतिहास छ। गाग्रीमाथि धधकिरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैंमा साहास र कलाको अलौकिक प्रर्दशन हो झिझिया नृत्य। समाज रुपान्तरणको क्रममा रहेको समयमा यो लोकनृत्य आजपनि गाउघरमा मात्रै नभइ शहरमा समेत प्रचलनमा छ र यसलाइ निरन्तरता दिइदैंछ। तराइका अधिकांश जिल्लाहरुमा समय समयमा बोक्सी प्रकरणका घटनाहरु सुनिदै आएको छ। कानूनले त्यस्ता प्रकरणलाइ असत्य भन्दै प्रकरणमा मुछिएकाहरुलाइ सजाय निर्धारण गरेपनि न त बोक्सीको प्रसङ्ग नै हटेको छ न त्यस्ता घटनाहरुमा कमी नै आएको छैन्। तर समाजमा बोक्सीको उपस्थिति रहेकेा भन्दै सातौं आठौं शताब्दीतिर पूर्खाहरुले बोक्सीको विरुद्धमा प्रतिकार गर्ने उद्येश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको जग बसाले। गाउ घरमा ती झिझिया नृत्यले निरन्तरता पाइरहदा शहर पनि त्यसबाट अछूतो छैन ।

 बोक्सीका मुद्याहरु तराइतिर दशैंको समयमा बिगतका दिनदेखि नै अझै बेसी सुनिएका छन्। बोक्सीले आफ्नो तन्त्र अर्थात शक्ति प्राप्त गर्ने समय दशैं नै हो भन्नेमा विश्वास गर्नेको संख्याको कमी छैन। त्यस्ता बोक्सी विरुद्ध प्रतिकार गर्ने उद्येश्यले बिगतका दिनहरुमा झिझिया नृत्य मात्र गाउ“मा नै हुने सुनिदै आएको छ। तर शिक्षामा पहुच सगै जनचेतना र भरभलाद्मीकेा उपस्थिति रहने गरेको शहरमा पनि त्यस्ता बोक्सी प्रकरणविरुद्ध अपनाइने उपायलाई अगिंकार गर्दै झिझिया नृत्य गरेको शायद कमैले सुनेको होला र हेरेको होला।

झिझिया नृत्यको विशिष्ट पक्ष गीत हुन्। दुई प्रकारका गीतहरु प्रथम देवी स्तुति र दोस्रो बोक्सीको गाली हुन्छ। प्रथम प्रकारका गीतहरुमा भगवती दुर्गाको स्तुति वर्णन, चरित्र गाथा र सवारीको चित्रण गरिएको हुन्छ। एउटा गीतमा देवी कामाख्या जान सोह्रौ शृंगार गरी डोलीमा बसिसकेकी हुन्छिन र बत्तीसवटै कहार डोली उठाई गन्तव्यतिर लम्किरहेका हुन्छन्।

“लील रंग डालीया, सबुजे ङ्ग ओहरिया,

मैयागे भीडि गेलाह बत्तीसो कहार, कमरुआ देश मैआ कब जइहें गे................।”

गीतको अर्को पक्ष बोक्सीलाई गाली गर्नु हो। जनविश्वास के छ भने दसैंका बोक्सीहरु गाउँ बाहिर भर्खरै मृत्यु भएका बालकलाई चिहानबाट झिकी त्यसलाई जिउँदो पारेर नांगै नाच्ने गर्छन। त्यहो बालक पनि उसैद्वारा जादु टुना गरी मारिएको हुन्छ। ब्रह्मस्थानको पछाडि श्रृंगार नगर्नू है बोक्सी। बायाँ हात आरती र दायाँ हात तरबार, नाच्दै तिमी सिमापारी गयौ, साथै गएछन, गाउँको कोतवाल र उसले देख्यो तिम्रो नांगो शरीर– “बरहमके पछुआरिए डैनियां, मत करिहें सिंगार गे बमेलेल आरती, दहिने तरुआरि गे, नचैत नचैत गेले डैनियां, सीमा ओइ पार गे सँगे सँगे गेलौ डैनियां, राजा कोतवाल गे देख लेलकौ खागै डैनियां नङ्टे उघार गे...............।”

बोक्सीलाई गाली मात्र गरिंदैन, उसलाई धम्क्याउने काम पनि गरिन्छ। खबरदार, यदि तिमी खिडकी पछाडिबाट टुनामुना गरी दाजु चलायौ भने तिमीलाई गधामाथि चढाएर गाउँमा घुमाउँछौ र नाम बदनाम गराउँछौ –

“कोठाके उपर डैनिया, खिडकी लगैले ना,

खिडकी ओत्ते डैनिया, गुनावा चलैले ना,

आगे किछु होएतौ डैनिया, गदहा पर चढैवौ

गदहा चढाए डैनियां नमुहां हसैबौ ना..............।”

समाजमा बोक्सीप्रति घृणा भाव कति प्रबल हुन्छ, त्यसको एउटा सानो उदाहरण यो झिझिया गीतमा हेरौं।

“डैनिया बेटा मरल पडल है,

अन्हार घर झिझडी

कोइ नै बाँस कटबैया है

अन्हार घर झिझडी.................।”

घरमा बोक्सीका छोरा मरेको छ, बाँस काटने सम्म कोही छैनन.................। झिझिया गीतको एउटा अर्को पाटो पनि छ, र त्यो मनोरञ्जनात्मक र व्यङ्ग्यात्मक शैलीको पाटो हुन्छ। झिझिया नृत्य देखाउँदै गाउँका भद्रभलादमी कहाँ जाँदै गर्दा पूर्णाहुतिको लागि चन्दापनि माग्ने चलन छ। नगद, अन्न र मट्टितेल। दलानमा पुग्दापुग्दै गीत गाउनेहरु गाउँछन–

“जाबे भैया सुनलनि, झिझियाके अबैया

ताबे भैया ठोकलनि केवार.......................।”

अर्थात् जब झिझिया टोली आउने सुइँको दाइले पाउनुभयो आफनो घरको ढोका बन्द गर्नुभयो। यस स्थितिमा घरपट्टि अवश्य पनि कोही न केही चन्दा दिने गर्छन्। त्यस्तै– “एक डिबिया तेलला झिझिया रुसल जाइ छै, दू महला के कोन सिंगार.......................................।”

अर्थात् एउटा दियो बराबर तेल दिन नसकेपछि झिझिया ठुस्सिएर फर्कदै गइरहेकोमा यो घरको के अर्थ। भोजपुरी लोकगीतमा स्थानीय सामाजिक जीवन, चाहना नारी शोषण र उत्पीडन मायाप्रीतिको आभासको साथसाथै सामाजिक कुरीतिप्रति व्यंग्यात्मक प्रहार भएको पाइन्छ।

चलरे चल डाइन ओही वरम्हता

तोरे वेटवो खैलो वरम्हता,

चल रे चल डाइन ओही वरम्हता

तोर भतराके खैवो ओही वरम्हता।।

चलरे चल..

 समाजमा प्रचलित यो झिझिया गीतले सामाजिक अन्धविश्वासलाई प्रस्ट पारेको छ। यद्यपि, गाउँटोलका महिलाहरुले आफ्नो पारिवारिक शान्तिको कामना गर्दै हिन्दूहरुको महान चाड दशैंताका झिझिया नाच नाच्ने परम्परा रहेको छ। विशेषगरी बोक्सी तथा अन्य भूतप्रेतबाट दुःख कष्ट पाउन नपरोस् भन्ने कामना गर्दै झिझिया गीतगाउने गरिन्छ। परम्परागत लोकविश्वासमा आधारित कैयौँ यस्ता लोकगीतहरु विलीन हुने तरखरमा रहेका हुन। सामाजिक संस्कारमा रहेकेा अन्धविश्वासका प्रतिछाया दर्शाउने यस किसिमका लोकगीतलाई समेत संस्कृतिका दृष्टिले जगेर्ना गर्नुपर्ने राय लोकसंस्कृतिप्रेमीहरुको रहेको पाइन्छ।

शिक्षक.विश्वनाथ यादव लोक संस्कृतिको जिवन्त प्रस्तुती झिझिया नृत्य संस्कृतिको निरन्तरता कि अन्धविश्वास उखेल्न गाह्रो भएको बताएको छ। उनले कलालाइ रुपान्तरण गर्ने आवश्यकता रहेको बताएको छ।

ब्यापक संख्यामा जमा भएका मानिसहरुको भीड झिझिया नृत्यको रमझम लिइरहेका छन। यति मात्र कहा हो र झिझिया नृत्य हुन्छ भनी सुनेर भारतबाट पनि मानिसहरु महोतरीको मटिहानी आएका छन भारतको सितामढी घर भएकी बबिता देवी मण्डलले बताईन।

जमा भएका भिडले झिझिया नृत्यलाइ मात्रै मनोरञ्जनका रुपमा लिने गर्छन। वास्तवमा नृत्य प्रदर्शन गर्ने कला पनि हेर्नेयोग्य हुन्छ। ४/५ वर्षका बालबालिकादेखि लिएर तरुणी र अधबैसेंसम्म यस नृत्यमा सहभागि हुने गर्छन। आयोजक श्रीलाली गुरांस युवा क्लवका अध्यक्ष चन्द्रशेषर प्रसादले मिथिलाको लोकनृत्यलाइ जिवन्त राख्न मात्रै झिझिया नृत्यको आयोजना गरेको बताउछन।

उनका अनुसार टाउकोमाथि राखिएको घैटों र त्यसमाथि उज्यालो दिइरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैंमा एउटा ठूलो कलाको प्रदर्शन गर्नु हो। खासगरी यसरी नृत्य गर्दा बोक्सीहरुको शक्ति क्षीण हुन्छ भन्ने जनविश्वास छ। नृत्यको बेलामा बोक्सीलाइ सक्दो गाली गरिन्छ।

गाली गरेकेा आवाज आउछ भने राख्नुहोला सुन सुन गे डैनिया कदमतर तोडा बेटाके खेबौ ब्रम्हतर  बोक्सीलाइ आधार मानेर यस संस्कृतिलाइ निरन्तरता दिनु अन्धविश्वास बाहेक अरु केही मान्न नसकिने भन्नेहरुको पनि कमी छैन्। तर झिझिया नृत्यमा प्रदर्शन गरिने कलालाइ रुपान्तरित समाजमा परिस्कृत गर्दै अगाडि बढदा झिझिया नृत्य अझै लोकप्रीय र समाजले त्यसबाट केही लिनसक्ने  साहित्यकार एवम् पत्रकार रमेश रञ्जन झा ले बताएको छ।

]]>
4605 0 0 0
दसैँको चहलपहल बढेन राजधानीमा http://localhost/ghum/%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%81%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%b9%e0%a4%b2%e0%a4%aa%e0%a4%b9%e0%a4%b2-%e0%a4%ac%e0%a4%a2%e0%a5%87%e0%a4%a8-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a7%e0%a4%be/ Sun, 18 Oct 2015 03:49:01 +0000 http://www.ghumphir.com.np/?p=4608

काठमाडाँै, १ कात्तिक ।

हिन्दूहरुको महान् चाड दसैँ सुरु भइसकेको भए पनि किनमेल गर्नेको चहलपहल त्यति बढ्न सकेको छैन । काठमाडौँको मुटुमा दशैँको किनमेल गर्ने मानिसको भीड देखिए पनि काठमाडौँकै अन्य भागहरु पुतलीसडक, बागबजार, सामाखुसी, गोङ्गबु, लैनचौर, लगन आदि क्षेत्रमा अझै चहलपहल सुरु हुन सकेको छैन । नेवारहरुका लागि दसैँमा पूजा गर्न नभई नहुने पूजाका सामानसहित सबथोक पाइने भएकाले असन, इन्द्रचोक, हनुमानढोका र वसन्तपुरमा किनमेल गर्ने मानिसको सङ्ख्या अन्य क्षेत्रको तुलनामा बढी पाइन्छ । यी क्षेत्रमा भूकम्पको प्रभाव पनि प्रष्ट देख्न सकिन्छ । भूकम्पको पीडाका बीच चर्केको घरपसलमा बसेर आफ्नो व्यापार गरिरहेका व्यापारी र त्यही पसलमा त्रासका बीच किनमेल गर्ने ग्राहकको केही चहलपहलले भूकम्पको प्रभाव अझै देखाइरहेको छ । बजारभाउमा अस्वाभाविक मूल्य बृद्धि र भारतबाट भएको अघोषित नाकाबन्दी दसैँ मनाउने हिन्दूहरुका लागि अर्को दर्द बनेको त्यहाँ किनेमेलका लागि आएका कृष्ण रुपाखेतीको भनाइ छ । घरको आँगनमा प्रवेश गरेको बडा दसँैँसँगै जोडिएको सन्नाटा काठमाडौँकै त्यौड, प्याफल, मखन, वसन्तपुर पछाडिका गल्ली, भेँडासिंह, जनबहाल आदि ठाउँमा भूकम्पबाट चर्केर टेको लगाएको घरमा बस्न बाध्य परिवारको पीडाले स्पष्ट हुन्छ । असनमा दसैँका लागि पूजाका सामान बिक्री गर्दै आउनुभएका सुमन श्रेष्ठ भन्नुहुन्छ – पोहोरको तुलनामा यो वर्ष दसैँ सुरु भए पनि किनमेल गर्न आउने मानिसको चहलपहल बढ्न सकेको छैन । गोरखाबाट काठमाडौँमा बसोबास गर्दै आउनुभएका चन्द्र खड्काले भन्नुभयो – यस पटक पोहोरको तुलनामा दसैँ र तिहारका लागि आवश्यक वस्तुको भाउ निकै महँगो भएको छ । सरकारले मूल्य वृद्धिको नियन्त्रणतर्फ चासो नै नदिएको उहाँको गुनासो थियो । दैनिक जीविकोपार्जन गर्नका लागि नभइनहुने रहरको दालको मूल्य वृद्धि भई एक केजीको रु २४० पुगेको छ । गत वर्ष यसको मूल्य रु १८० थियो । त्यस्तै मासको दाल प्रतिकेजी रु २०० पुगेको छ भने हरियो सिमी प्रतिकेजी रु ९० रहेको पाइयो । भर्खरै दसैँका लागि विदेशबाट फर्केका अमर तामाङ दसैँ रमाइलो नै लागिरहेको बताउनुहुन्छ । उहाँलाई नेपालमा भएको सामान्य मूल्य वृद्धिले खासै फरक पार्दैन । भृकुटीमण्डपभित्र जुत्ता मेलामा मानिसको चहलपहल सामान्य रहेको छ भने भृकुटीमण्डपको खासा बजार, सुन्धाराको मल आदि क्षेत्रमा पनि मानिसको भीड सामान्य देखिए पनि पोहोरको तुलनामा चहलपहल बढ्न सकेको छैन ।

]]>
4608 0 0 0
पर्यटक भन्छन् – ‘नेपाल अझै सुन्दर र सुरक्षित छ’ http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%85%e0%a4%9d/ Sun, 18 Oct 2015 03:59:29 +0000 http://www.ghumphir.com.np/?p=4611

सूर्यचन्द्र बस्नेत/सिबी अधिकारी काठमाडौँ, १ कात्तिक ।

भूकम्पपछि नेपाल घुम्न आएका पर्यटकले प्रचारमा आएजस्तो नेपालको पर्यटकीय सौन्दर्य नगुमेको र अझै सुरक्षित गन्तव्यस्थल भएको धारणा राखेका छन् । अस्टे«लियाका फोटोग्राफर वेनिजी सान्टमेरियाले भुइँचालोपछि नेपालका मुख्य पर्यटकीय क्षेत्र घुमघाम गर्न सुरक्षित रहेको अनुभव सङ्गाल्नुभएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रामार्गमा पर्ने घोरेपानी घान्द्रुक हिमाली क्षेत्रको एकहप्ते पदयात्रापछि पर्यटकीय नगरी पोखरा, भक्तपुर र काठमाडौँका प्रमुख पर्यटकीयस्थल घुमेका सान्टमेरियाले नेपाल पर्यटकका लागि सुरक्षित रहेको बताउनुभयो । “भुइँचालोले यहाँका संरचना पूरै भत्केको जस्तो गरेर सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए तर त्यो होइन रहेछ, बस्न खान होटल रेष्टुराँ, घुम्न पदयात्रा मार्ग र नाम चलेका पर्यटकीयस्थल सुरक्षित भएको पाएँ” – सान्टमेरियाले भन्नुभयो । नेपाल आफ्नो सपना भएको र घुम्न पाउँदा अतिनै रोमाञ्चित भएको बताउँदै उहाँले यहाँ घुम्ने धोको अझै नपुगेकाले आगामी मार्चमा आउने बताउनुभयो । नेपाली जनजीवन, बालबालिका, संस्कृति र हिमाली क्षेत्रको फोटोमा रुचि राख्नुभएका उहाँले अस्टे«लियामा नेपालसम्बन्धी फोटो प्रदर्शनी गर्ने सोच बनाउनुभएको छ ।

tourist at basantpuar तीन हजार दुई सय मिटर उचाइको पुनहिलबाट देखिने धौलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पोखरा उपत्यकाको मनोरम दृश्य, भक्तपुर एवम् काठमाडाँैको नेवारी संस्कृति र यहाँको जनजीवनले आफूलाई बढी लोभ्याएको सान्टमेरियाले सुनाउनुभयो । “नेपाल प्राकृतिक रुपमा साँच्चिकै सुन्दर छ र सुरक्षित छ, यो सन्देश विश्वभर फैलाउनु जरुरी छ” – दर्जन बढी देश घुमिसकेका सान्टमेरियाले नेपालपछि इन्डोनेसिया र मलेसिया उड्नुअघि भन्नुभयो । चौथो पटक नेपाल घुम्न आउनुभएका क्यानडाका ब्रुस एडवर्ड रोवटर्स र थिएर्से रोवटर्स भूकम्पपीडितलाई सघाउन र नेपालको अवस्था बुझेर विदेशीलाई घुम्न आउने सन्देश फैलाउन यसचोटी यहाँ आइपुग्नुभएको छ । धेरै देश घुमेर भ्रमण कार्यक्रममा विशेष दक्खल राख्ने यो जोडीले दाता र भूकम्पपीडितबीच प्रत्यक्ष सम्पर्क गरी पीडितलाई सघाउन वेभसाइटमार्फत नेपालका लागि सहयोग अभियान पनि सुरु गर्नु भएको छ । केही विद्यालय र घर एवम् पीडित बालबालिकाका लागि सहयोग जुटिसकेको उहाँहरुले बताउनुभयो । “भूकम्पले विदेशी पर्यटकलाई नेपाल घुम्न अप्ठ्यारो छ कि भन्ने सोच भ्रममात्र रहेछ, घुमफिर र बस्नखान कुनै समस्या देखिएन बरु अहिलेको इन्धन समस्याले जनजीवनलाई असर गरेको रहेछ” – रोवटर्स दम्पतीले भन्नुभयो । काठमाडौँपछि पोखरा र त्यस क्षेत्रको एक महिने घुमघामका क्रममा रोवटर्स दम्पतीले वेभसाइटमार्फत भूकम्पपीडित क्षेत्रका विद्यालयसहितका सामुदायिक भवनहरु, घर तथा पीडित व्यक्तिको पहिचान गरी सहयोग जुटाउनेसमेत बताउनुभयो । “हिमाल, ताल, नदीनाला, पहाड, विभिन्न भाषाभाषी, संस्कृति र आफ्नै मौलिक जनजीवन रहेको नेपाल सुन्दर र सुरक्षित रहेको सन्देश विदेशमा फैलाउन हामी पनि मद्दत गर्छौं” – भर्खरै कोरियाको भ्रमणपछि नेपाल आउनुभएका रोवटर्स दम्पतिले भन्नुभयो । वसन्तपुर दरबार क्षेत्रमा भेटिएका न्युयोर्क (अमेरिका) का फ्रान्जर गुन्टर दम्पतीले पश्चिमा मिडियाले भूकम्पले नेपाल पूरै ध्वस्त भएजस्तो गरेर चित्रण गरे पनि यहाँ आउँदा आफूले त्यस्तो नभएको महसुस गर्नुभयो । “केही संरचना भत्केका छन्, तर पर्यटकलाई बस्न, घुम्न र हेर्न कुनै असुविधा छैन म अमेरिका पुगेपछि यो सन्देश दिन चाहन्छु” – भुटान जाने तयारीमा रहनुभएका उहाँहरुले भन्नुभयो । भक्तपुर, पाटन, वसन्तपुर दरबार क्षेत्रजस्ता राजधानीका प्रमुख पर्यटकीय स्थलमा पर्यटकको चहलपहल देखिए पनि गतवर्षको दाँजोमा यो सङ्ख्यामा कमी आएको छ । भूकम्पले पर्यटकका घुमघाम, खानपिन र बसोबासका बारेमा उचित सूचना बेलैमा प्रवाह हुन नसक्दा यसपटकको पर्यटकीय मौसममा पर्यटकको सङ्ख्यामा कमी आएको हो । वसन्तपुर दरबार क्षेत्रको पर्यटक सूचना केन्द्रका अनुसार आव ०७१÷०७२ मा दुई लाख २७ हजार ११६ पर्यटक आएका थिए । उनीहरुबाट रु १५ करोड ७० लाख राजस्व उठेको थियो । यो वर्ष असोजको तेस्रो सातासम्म पाँच हजार ५९३ पर्यटक आएका छन् । जबकि अघिल्लो वर्ष साउन महिनामा मात्रै २२ हजार २५५ र भदौमा १६ हजार पर्यटकले भ्रमण गरेका थिए । विगत पाँच वर्षदेखि सो क्षेत्रमा पर्यटक पथप्रदर्शकको काम गर्दै आउनुभएका सुजन रिजाल पनि राजधानीका मुख्य स्थलमा पर्यटकको चहलपहल देखिए पनि विगतको तुलनामा भने कमी रहेको बताउनु हुन्छ । “भूकम्पले यहाँको पर्यटन क्षेत्रमा कुनै असर पुगेको छैन भन्ने सूचना बेलैमा दिन नसक्दा यो मौसममा पर्यटक घटेका हुन्, अहिलेको चहलपहल हेर्दा भने आउँदो मौसममा पर्यटक बढ्नेछन्” – पथप्रदर्शक रिजाल भन्नुहुन्छ ।

]]>
4611 0 0 0
पैसा चोर सक्रिय http://localhost/ghum/%e0%a4%aa%e0%a5%88%e0%a4%b8%e0%a4%be-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0-%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af/ Sun, 18 Oct 2015 04:05:49 +0000 http://www.ghumphir.com.np/?p=4613 १ कार्तिक, २०७२

चाडपर्वको बेला बैंकबाट रकम निकाल्न या नयाँ नोट साट्न जाँदै हुनुहुन्छ भने होसियार रहनुहोस । किनकि बैंकमा पैसा निकाल्न पुगेका सर्वसाधारणबाट चोरी गर्ने गिरोहले नगद चोर्ने क्रम बढेको छ ।

असोज २२ गते भूगोलपार्कस्थित नेपाल बैंक लिमिटेडमा लाम बसेका चाबहिल बस्ने चेतनाथ पराजुलीको ४ लाख रुपैयाँ दिउँसै लुटियो । लाइनमा बसेका पराजुलीको झोला काटेर नगद कुम्लाएर फरार भएका लुटेरालाई महानगरीय वृत जनसेवाले पक्राउ गरेपछि बैंक ढुकेर लुट्ने गिरोह सक्रिय रहेको खुलेको हो ।

विभिन्न बैंकमा ढुक्ने र महिला तथा बृद्धबृद्धाबाट नगद लुट्ने गिरोह सक्रिय रहेको पाइएपछि सुरक्षा सतर्कता बढाइएको जनसेवा प्रहरीका प्रमुख डिएसपी विनोद घिमिरेले बताए । बैंकको लाइनमा रहेका पराजुलीको झोला काटेर ४ लाख लुटेका व्यक्तिहरूले शुक्रबार पुनः न्युरोडस्थित एसबिआई बैंकमा प्रवेश गरी काउन्टरमा लाम बसेका सर्वसाधारणको रकम चोर्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत, रक्सौलका ५८ वर्षीय जावेद अहमद, ४५ वर्षका राजु मिश्र र ६५ वर्षीय अम्बिका साह छन् ।

चाडपर्वको बेला बैंकमा भीडभाड धेरै हुने भएकाले लुटेरालाई सजिलो हुने प्रहरीको भनाइ छ । 'धेरै मान्छे भएको बेला झुक्याएर लुट्ने गिरोह सक्रिय भएको सूचना प्राप्त भएकाले सुरक्षाकर्मी परिचालन गरेका छौं,' घिमिरेले भने, 'यद्यपि सर्वसधारणलाई पनि बैंकमा नगद कारोबार गर्दा ध्यान पुर्याउन आग्रह गर्छौं ।'

बैंक पुगेका सर्वसाधारणको रकम चोरी गर्ने तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरीका अनुसार नेपाल बैंक र एसबिआई बैंकमा पुगेका सर्वसाधारणको रकम चोरी गर्ने तीनैजना भारतीय २०७० सालमा बैंकबाटै सर्वसाधारणको रकम चोरेको अभियोगमा पक्राउ परेका व्यक्ति हुन् ।

'हरेक वर्षको चाडपर्वमा नेपाल आउने र चोरी गर्ने उनीहरूको पेसा रहेछ,' घिमिरेले भने, 'यस्ता चोरीका घटनामा उनीहरूका अन्य साथी पनि सक्रिय भएको अनुमान छ ।' यतिखेर प्रहरीले विभिन्न वित्तिय संस्था तथा भीडभाड हुने ठाउँमा लुटेरा खोज्न टोली खटाइएको जनाएको छ । यसैबीच प्रहरीले चाडपर्वको बेला चोरीका घटना बढ्न सक्ने भएकाले सर्वसाधारणलाई गरगहना, नगद तथा अन्य भौतिक सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ । कुनै शंकास्पद गतिविधि देखिए प्रहरीलाई खबर गर्न भनेको छ ।

असोज २२ गते बैंकबाटै ४ लाख लुटिएपछि उनले प्रहरीलाई एक घन्टापछि मात्र जानकारी गराएकाले पक्राउ गर्न केही समय लागेको घिमिरले बताए । 'दिनदहाडै नगद लुटिँदासमेत तुरुन्त लुटेरा पक्राउ गर्न नसक्नुको कारण प्रहरीलाई ढिलो सूचना प्राप्त हुनु हो,' उनले भने । प्रहरीले पक्राउ परेका व्यक्तिबाट ९८ हजार रुपैयाँ बरामद गरेको छ ।

]]>
4613 0 0 0
तीन सय ग्यास बुलेट रि–रुट गर्न तयार http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%b8%e0%a4%af-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%9f-%e0%a4%b0%e0%a4%bf-%e0%a4%b0%e0%a5%81%e0%a4%9f/ Sun, 18 Oct 2015 04:16:29 +0000 http://www.ghumphir.com.np/?p=4615 विज्ञान अधिकारी

इन्डियन आयल कर्पोरेशन(आइओसी)ले रक्सौलमा रोकिएका तीन सय ग्यास बुलेट रि–रुट गर्न तयार भएको छ। नेपाल आयल निगम र आइओसीका अधिकारीबीच नयाँ दिल्लीमा भएको वार्तामा आइओसी बुलेट रि–रुट गर्न सहमत भएको हो।   ‘आइओसीले रक्सौलमा रहेको ग्यासका बुलेट रिरुट गरेर नेपाल ल्याउन दिन सहमत भएको छ, आयल निगमका निमित निर्देशक मुकुन्दप्रसाद घिमिरेले नयाँ दिल्लीबाट टेलिफोनमा बिजमाण्डूसँग भने, ‘आइओसीको मुम्बईले राजस्व सम्वन्धी समस्या मिलाउन सेन्ट्रल एक्ससाइज डिपार्टमेन्टलार्ई जानकारी दिइसकेको छ।’ आयल निगमले भारतको अघोषित नाकाबन्दीपछि पेट्रोलियम पदार्थमा भएको कटौति बारे बुझ्न र छलफल गर्न निमित निर्देशक घिमिरेलाई नयाँ दिल्ली पठाएको थियो।

उनले आइओसीका कमर्सियल एवं मार्केटिङ महाप्रबन्धक एसएस बोससँग छलफल गरेर यो सहमति जुटेको हो। बोस नेपाल हेर्ने आइओसीका अधिकारी हुन् । यो सहमतिपछि ती ट्यांकरका कागजपत्र बरौनी र हल्दिया रिफाइनरी लगेर परिवर्तन गर्नुपर्छ। कागजपत्र ती दुई रिफाइनरीमा लगेर मिलाउन पाँच दिन लाग्ने उनले बताए। उनका अनुसार कागजपत्र मिलाएपछि ती सबै बुलेट नेपालका अन्य नाकाबाट ल्याइनेछ।

मधेसमा आन्दोलनरत समूहले नेपाल–भारत सीमा दशगजामा धर्नामा बसेका कारण विगत २३ दिनदेखि ग्यास बोकेका बुलेट रोकिएका छन्। अरु नाका सहज हुँदा पनि रक्सौल भने खुल्ने सम्भावना कम देखिएपछि निगमले यो प्रक्रिया थालेको हो। रक्सौल नाकामा मात्रै  तीन सय बुलेटमा झन्डै चार लाख सिलिन्डर भर्न मिल्ने ग्यास रोकिएका छन् । एक बुलेटमा १२ सय ५० भन्दा बढी सिलिन्डर हुन्छ।   नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले निगमले रिरुट गर्ने प्रक्रिया ढिलोे गर्दा समस्या भएको बताए ।  ‘रक्सौल खुल्ने सम्भावना कम हुनेबितिकै यो प्रक्रिया अघि बढाउनुपथ्र्यो, उनले भने, ‘भारतले केही नाका केही खुकुलो पार्ने बितिकै रिरुटको लागि भनेपनि निगमले नसुन्दा दशैमा नेपालीले ग्यासको अभाव खेप्नुपरेको छ ।

अझै यो प्रक्रियालाई द्रुतगतिमा अघि बढाउनुपर्छ।’ उनका अनुसार रक्सौलमा १ सय ५३ बुलेट भारतीय भन्सारमा कागजात पेश भएको छ भने १ सय ९ बुलेटको कागजात पेश भएको छैन। घिमिरेका अनुसार रक्सौलभन्दा १ सय १५ किलोेमिटर टाढा ६५ बुलेट ग्यास रोकिएका छन्। उनले रक्सौलमा बुलेट रोकिँदा अन्य नाकाबाट ग्यास ल्याउन नसकिएको बताए।   ‘चार सय वटा ग्यास बोक्ने भारतीय नम्बर प्लेटका बुलेट छन्। तीमध्ये ३ सय भन्दा बढी रोकिएर बसेका छन्, उनले भने, ‘अहिले अरु नाकाबाट ग्यास ल्याउँ भन्दा पनि सकिएको छैन। रक्सौलबाट जसरी भएपनि रि-रुट गरेर ल्याउनुपर्छ। त्यसका लागि आयल निगमसँग हामी पनि सहयोग गर्न तयार छौ र गरिरहेका छौँ।’ कार्यकारी पनि भारत आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का पनि भारत गएका छन्। उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको निर्देशनपछि उनी शनिबार बिहान भारतको नयाँ दिल्ली गएका हुन्। उनले आइओसीका अध्यक्षसँग भेटेर पेट्रोलियम पदार्थ सहज बनाउन आग्रह गर्नेछन् । स्रोतका अनुसार भारतको नाकाबन्दीपछि आयल निगम र आइओसीबीच बिग्रिएको सम्वन्ध सुधारको प्रयास गर्नेछन्। भारतको नाकाबन्दीपछि आइओसीले तेल कटौती गरिरहेको छ। यो कटौतीपछि आयल निगमले माग अनुसार तेल नदिएर नोक्सानी पुर्‍याएको भन्दै क्षतिपूर्ति दिनुपर्ने मागसहित पत्र पठाइसकेको छ। निगमका अनुसार तेल कटौतीपछि आइओसीलाई ३० भन्दा बढी पटक पत्र पठाइसकिएको छ तर उसले कुनै जवाफ फर्काएको छैन ।

]]>
4615 0 0 0
तीन दिनमा 2 लाख ६ हजार ३८६ मानिस उपत्यकाबाट बाहिरिए http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%ae%e0%a4%be-2-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a5%ac-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a5%a9%e0%a5%ae%e0%a5%ac-%e0%a4%ae%e0%a4%be/ Sun, 18 Oct 2015 04:52:09 +0000 http://www.ghumphir.com.np/?p=4618 १ कार्तिक, २०७२।

दसैँ सुरु भएसँगै दुःख गरेर उपत्यकाबाट घर जानेहरुको सङ्ख्या बढेको छ । भारतले गरेको अघोषित नाकाबन्दीले इन्धन अभाव भए पनि छतमा बसेर समेत यात्रु यात्रा गर्न बाध्य छन् ।

उपत्यका भित्रिने र बाहिरिने नाका थानकोट, फर्पिङ, जगाती र नागार्जुन नाकाबाट घटस्थापनापछिका तीन दिनमा मात्र दुई लाख ६ हजार ३८६ मानिस उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सह—प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

 उनले भने, 'नेपाल आयल निगमले लामो दुरीका सार्वजनिक सवारी साधनलाई इन्धन दिएसँगै उपत्यकाबाट बाहिरिने सवारी साधन बढेका हुन् ।'   भट्टले उपत्यकामा भने पहिलेको तुलनामा २५ देखि ३० प्रतिशत मात्र सवारीसाधन चलेको बताए ।   यस्तै यात्रुको सहजताका लागि नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात विभागको सहकार्यमा उपत्यकाको नयाँ बसपार्क, पुरानो बसपार्क, बल्खु, कलङ्की, नागढुङ्गा, एयरपोर्टलगायतका १२ स्थानमा नागरिक सहायता कक्ष राखिएको छ ।

सवारी साधनमा बढी भाडा लिने गरेको आरोपमा बिहीबार कलङ्की क्षेत्रबाट तीन जनालाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको महाशाखाले जनाएको छ ।

]]>
4618 0 0 0
थोराङ पासमा आवास गृह बनेपछि पर्यटकलाई सुविधा http://localhost/ghum/%e0%a4%a5%e0%a5%8b%e0%a4%b0%e0%a4%be%e0%a4%99-%e0%a4%aa%e0%a4%be%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%b5%e0%a4%be%e0%a4%b8-%e0%a4%97%e0%a5%83%e0%a4%b9-%e0%a4%ac%e0%a4%a8%e0%a5%87%e0%a4%aa/ Sun, 18 Oct 2015 13:24:23 +0000 http://www.ghumphir.com.np/?p=4623

मुस्ताङ, १ कात्तिक ।

राउण्ड अन्नपूर्ण पदमार्गअन्र्तगत थोराङ पासमा अस्थायी सेल्टर (आवास गृह) निर्माण भएपछि पर्यटकलाई सहज भएको छ । जिल्ला विकास समिति मुस्ताङ र पर्यटन बोर्डको ४० लाख रुपैयाँको लगानीमा गत असार महिनामा सेल्टर निर्माण गरिएको हो । एक्काइस दिन लाग्ने पदमार्गको पदयात्रामा आउने अधिकाँश पदयात्रीहरु समुद्री सतहदेखि पाँच हजार चार सय मिटर उचाईमा रहेको थोराङ पास पुग्न चाहन्छन् । मनाङ र मुस्ताङको सिमाना पर्ने थोराङ क्षेत्रमा आवश्यकताका आधारमा दुईवटा सेल्टर निर्माण गरिएपछि यो याममा आउने पदयात्रीलाई सहज भएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत केदारसिंह थापाले बताउनुभयो । पर्यटकलाई विश्राम, आवश्यक लत्ताकपडा र खाद्यान्न राख्न तथा प्रतिकूल मौसमको समयमा बास बस्न मिल्ने भएपछि पर्यटक उत्साहित भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो – “दुई वटा आवासगृह बनेपछि अहिले पर्यटकलाई धेरै फाइदा पुगेको छ । त्यहाँ बास बस्ने पदयात्रीको बढ्दै गएका छन् ।” गतवर्षको असोज अन्तिम सातातिर भएको हिमपातले थोराङ क्षेत्रमा मात्रै विदेशी पर्यटक र नेपाली पथप्रदर्शक तथा भरिया गरी २५ जना भन्दा बढीले ज्यान गुमाएका थिए । आँधीको प्रभावका कारण दुईदिनसम्म लगातार हिउँ परेपछि मनाङ हुँदै आएका पर्यटकको अत्यधिक चिसोले कठङ्ग्रिएर मृत्यु भएका थिए । लामो समयदेखि सेल्टर निर्माण गर्नुपर्ने बहस चलेपनि प्रक्रिया अघि नबढ्दा गतबर्ष ठूलो मानवीय क्षति भएको थियो । अहिले सेल्टर बनेपछि हिमपातकै कारणले यस्तो मानवीय क्षति नहुने एक्याप जोमसोमका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो । बोर्ड तथा मन्त्रालयले पक्की घर नै बनाउन भनेर बजेट दिएको भएपनि तत्काल सम्भब नभएका कारण टिन र फलामको सहायताले अस्थायी गृह निर्माण गरिएको जिविसले जनाएको छ । “पर्यटकहरुले पनि ठीक ठाउँमा सेल्टर बनेको छ भनेर प्रतिक्रिया आएको छ, अझै त्यसलाई व्यवस्थित बनाउनुपर्नेछ,” प्रमुख कुइँकेलले भन्नुभयो ।

]]>
4623 0 0 0
फोन खरिद गर्दा फोनको मूल्य बराबरकै बोनस ब्यालेन्स पाउने http://localhost/ghum/%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a4%96%e0%a4%b0%e0%a4%bf%e0%a4%a6-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ab%e0%a5%8b%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d/ Sun, 18 Oct 2015 13:27:43 +0000 http://www.ghumphir.com.np/?p=4625 १ कार्तिक, २०७२
चाडपर्वकोे अवसरमा एनसेलले आफ्ना ग्राहकका लागि स्मार्टफोन सेटसँग बन्डलिङ्ग गरेर आकर्षक सेवा ल्याएको छ । यो योजनामा एनसेलका प्रिपेड ग्राहकले विभिन्न मोडलका स्मार्टफोन खरिद गर्दा फोनको मूल्य बराबरकै बोनस ब्यालेन्स प्राप्त गर्नेछन् ।
यो सेवा अन्तर्गत ग्राहकले हुवावेका दुई मोडल, र माइक्रोम्याक्स तथा कर्लसको एक–एक मोडलको  खरिदमा एनसेलको सिम कार्ड सहित तत्काल बोनस र प्रत्येक रिचार्जमा पनि आकर्षक बोनस पाउनेछन् ।
कर सहित १३ हजार ४५० रुपैयाँ मूल्य रहेको हुवावेको वाई६२५ स्मार्टफोन खरिद गर्दा ग्राहकले तत्काल चार हजार रुपैयाँ बराबरको बोनस प्राप्त गर्नेछन् भने ८ हजार २५० रुपैयाँ पर्ने हुवावेकै वाई३सी खरिद गर्दा  दुई हजार पाँच सय रुपैयाँको बोनस ब्यालेन्स तत्काल पाउनेछन् ।
कर सहित  छ हजार ५० रुपैयाँ पर्ने माइक्रोम्याक्स डि३०३ खरिद गर्दा तत्काल  दुई हजार बोनस र चार हजार ९५० रुपैयाँ मूल्य पर्ने कर्लस एक्स२५ लिँदा एक हजार पाँच सय रुपैयाँ तत्काल बोनस प्राप्त गर्नेछन् ।
यस बाहेक, ग्राहकले कुल बोनस स्मार्टफोनको मूल्य बराबर नहुदासम्मा प्रत्येक  १० देखि एक हजार रुपैयाँसम्मको रिचार्जमा रिचार्ज मुल्य बराबरकै बोनस १० महिनासम्म प्राप्त गरिरहने एनसेलले जनाएको छ । अर्थात्, ग्राहकले १०० को रिचार्ज गर्दा थप १०० रुपैयाँ नै बोनसको रुपमा प्राप्त गर्नेछन् । कुल बोनस मोबाईलको खरिद मुल्य बराबर वा १० महिनामा जुन पहिला हुन्छ तबसम्म ग्राहकले रिचार्जमा बोनस प्राप्त गरिरहने एनसेलले जनाएको छ ।
यसरी प्रदान गरिएको बोनस एक महिनाको लागि मान्य हुनेछ र उतm बोनसलाई ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न, तथा एसएमएस ÷ एमएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।
“चाडपर्वको आगमनसँगै हामीले आफ्ना ग्राहकका लागी  स्मार्टफोनमा आकर्षक बोनस बन्डलिङ्ग गरेर यो सेवा ल्याएका हौं । यसले हाम्रा ग्राहकलाई चाडपर्वको अवसरमा आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन सहज बनाउने छ,” एनसेलका  कर्पोरेट संवाद् विज्ञमिलन शर्माले बताए ।
यो सेवा यहि असोज २८ गतेदेखि लागु भई अर्को सूचना नआउन्जेल सम्म जारी रहनेछ । ग्राहकले एनसेलका सबै एनसेल  सेन्टर, एनसेल सप तथा मोवाईल सेटका आधिकारिक बिक्रेताबाट यो सेवा प्राप्त गर्न सक्छन् ।
पहिले नै एनसेलको नम्बर प्रयोग गरिरहेका ग्राहकले आफ्नो विद्यमान नम्बरमा पनि बोनस प्राप्त गर्न सक्नेछन् । यसका लागि एनसेल सेन्टरमा मोबाईल सेट खरिद गर्दा आफ्नो नम्बर समावेश गर्नुपर्नेछ ।
]]>
4625 0 0 0
ललितपुर मोबाइल कम्प्लेक्सले दशैं तिहारको बहार, उपहारै उपहार योजना, हात खाली नहुने http://localhost/ghum/%e0%a4%b2%e0%a4%b2%e0%a4%bf%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%ae%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%87%e0%a4%b2-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a5%8d/ Sun, 18 Oct 2015 13:34:09 +0000 http://www.ghumphir.com.np/?p=4627 १ कार्तिक, २०७२।
नेपालकै ठूलो मोबाइल हबको रुपमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारको अवसर पारेर दशैं तिहारको बहार, मोबाइल खरिदमा उपहारै उपहार योजना ल्याएको छ ।
कम्प्लेक्सले दशैं तथा तिहारको बहार योजनामा आफ्ना मोबाइल खरिदकर्ताहरुका लागि हात खाली नहुने उपहारहरु प्रदान गर्ने जनाएको छ । कम्प्लेक्सले यस योजनाअनुसार कुनै पनि स्मार्टफोन खरिदमा ग्राहकहरुले विभिन्न उपहारहरु प्राप्त गर्ने जनाएको छ ।
योजनामा हरेक स्मार्टफोनको खरिदमा हात खालि नजाने उपहार अन्तरगत मोबाइल कभर, स्क्रीन गार्ड, पावर ब्यांक, ८ जीबीको मेमोरी कार्ड, ब्लूटूथ स्पीकर तथा टिसर्टमध्ये कुनै एउटा उपहार ग्राहकले पाउने छन् । यस योजनामा ग्राहकहरुले कुनैपनि ब्राण्डको स्मार्टफोन खरिद गरेर सहभागि हुनसक्ने कम्प्लेक्सले जानकारी दिएको छ ।
त्यसैगरी कम्प्लेक्सले सामसंग, हुवावेलगायत अन्य मोबाइल ब्राण्डले संचालन गरेको योजनालाई पनि कायमै राखेको छ । कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले विभिन्न ब्राण्डका मोबाइलहरुको ग्राहक योजनाका साथै दशैं तिहारको अवसर पारेर थप उपहार योजना संचालन गरेको जानकारी दिए। ग्राहकहरुले रुचीअनुसार उत्सवको अवसरमा मोबाइल खरिद गर्दा विभिन्न हात खाली नहुने उपहार छान्न सकिने उनले बताए ।
कम्प्लेक्सले उपहार योजनाका साथै नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुममा हरेक मोबाइलको खरिद, एसेसरिजको खरिद तथा रिपेयर सर्भिसमा अधिकतम ७० प्रतिशतसम्मको छुटको व्यवस्था मिलाएको छ ।
]]>
4627 0 0 0
सम्पदा पुनःनिर्माणका लागि पर्यटक शुल्कमा वृद्धि http://localhost/ghum/%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a6%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97/ Sun, 18 Oct 2015 14:07:43 +0000 http://www.ghumphir.com.np/?p=4630

काठमाडौँ, १ कात्तिक ।

हनुमानढोका दरबार क्षेत्र संरक्षण समितिले सम्पदा पुनःनिर्माणका लागि कोष स्थापना गरेको छ । दरबार क्षेत्रमा भएका ऐतिहासिक महत्वका प्राचीन तथा सांस्कृतिक सम्पदा भूकम्पका कारण भत्किएपछि तिनको मर्मतसम्भार तथा पुनःनिर्माणका लागि कोष स्थापना भएको हो । समितिले दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको शुल्क आजदेखि लागू हुने गरी रु ७५० बाट वृद्धि गरी रु एक हजार पु¥याएको छ । समितिले दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) मुलुकभन्दा बाहिरबाट आएका पर्यटकलाई अहिलेसम्म रु ७५० शुल्क लिँदै आएकोमा उनीहरुलाई शुल्क वृद्धि गरिएको हो । प्रत्येक टिकटबाट प्राप्त हुने रु २५० लाई कोषमा सङ्कलन गरिनेछ । सार्क मुलुकका नागरिकलाई रु १५० शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएकोमा त्यसलाई अहिले यथावत् राखिएको छ । काठमाडौँ महानगरपालिकाको गत असारमा बसेको परिषद्ले आजदेखि शुल्क वृद्धि गर्ने निर्णय गरेकोमा त्यसलाई कार्यान्वयन गरिएको समितिका कार्यक्रम प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिनुभयो । अहिलेको मौसममा गत वर्ष प्रतिदिन करिब ४०० पर्यटक आउने गरेकामा यस वर्ष पर्यटकको सङ्ख्या घटेर करिब २५० आउने गरेको समितिले जनाएको छ ।

]]>
4630 0 0 0
ऐतिहासिक गुम्बा पुनःनिर्माण गर्न स्थानीय सक्रिय http://localhost/ghum/%e0%a4%90%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%97%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0-2/ Mon, 19 Oct 2015 08:54:31 +0000 http://www.ghumphir.com.np/?p=4633

इलाम, २ कात्तिक ।

निर्माण क्रममा रोकिएको गोर्खे–९ मानेभञ्ज्याङस्थित ऐतिहासिक लहनडुप होसल द्धिछोलिङ गुम्बाको पुनःनिर्माण गर्न स्थानीय बासिन्दा सक्रियताका साथ जुटेका छन् । डेढ शताब्दी पुरानो यो गुम्बालाई एक दशकअघि नया“ निर्माणका लागि भत्काइएको थियो । आकर्षक ढङ्ले गुम्बाको निर्माण थालिए पनि विविध कारणले गुम्बा निर्माण कार्य रोकिएकाले स्थानीयवासीको सक्रियतामा पुनःनिर्माण थालिएको स्थानीय सुरेन गुरुङ बताउनुहुन्छ । “उतिबेला नया“ गुम्बा बनाउन थालिएपछि स्थानीयवासीस“गै विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भयो” उहाँले भन्नुभयो – “तर निर्माण कार्य अधूरै रहेपछि पुराना मूर्ति थन्किए, अनि ऐतिहासिक गुम्बाको अस्तित्व नै मेटिँदै गयो ।” भारतीय सीमावर्ती व्यापारिक र पर्यटकीय नाकाका रूपमा रहेको यो स्थानमा गुम्बाको महत्व थप खड्किएकाले स्थानीयवासी सक्रिय भएका हुन् । गुम्बा क्षेत्रमा बौद्ध परम्पराअनुसार पूजाआजा गरेर पुनःनिर्माण थालिएको हो । गुम्बा निर्माण पूरा गर्न सभासद् लीलादेवी श्रेष्ठ, विनोद ठकुरीलगायतले सहयोग गर्ने बचन दिएको स्थानीयवासीको भनाइ छ । नेपाल–भारत सीमामा रहेको यो गुम्बा सन् १८६४ मा निर्माण भएको स्थानीयवासी सोनामवाङ्दी शेर्पाले बताउनुभयो । गुम्बालाई आकर्षक ढङ्गले निर्माण गरेर श्रद्धालु र टाढाबाट आउने पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनाउने स्थानीयवासीको योजना छ ।

]]>
4633 0 0 0
कुण्डमा पर्यटकको चहलपहल http://localhost/ghum/%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%b9%e0%a4%b2%e0%a4%aa%e0%a4%b9%e0%a4%b2/ Mon, 19 Oct 2015 09:00:51 +0000 http://www.ghumphir.com.np/?p=4635

बेनी (म्याग्दी), २ कात्तिक ।

म्याग्दीको उत्तरी पर्यटकीयस्थल भुरुङ तातोपानीमा रहेको तातोपानी कुण्डमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने तातोपानीमा मौसम सुरुसँगै कुण्डमा स्नान गर्न आउने पर्यटकको चाप बढेको कुण्ड सञ्चालक प्रेम तुलाचनले बताउनुभयो । कालीगण्डकी नदीको किनारमा ६९ डिग्री सेल्सियसमा मूलबाट निस्किएको पानीलाई ३६ डिग्रीदेखि ३८ डिग्री सेल्सियससम्ममा तापक्रम मिलाइएको पानीमा पर्यटकले स्नान गरी मनोरञ्जन लिने गर्छन् । पर्यटकको सुविधाका लागि दुईवटा कुण्ड बनाएर स्नान गर्ने व्यवस्थासमेत गरिएको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत शिख, घारा हुँदै आउने पर्यटकसमेत तातोपानी झरेर स्नान गरी नारच्याङ हुँदै मुस्ताङ पुग्ने गर्छन् भने हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक र तीर्थयात्रीसमेत सोही कुण्ड हुँदै जाने भएकाले कुण्डमा स्नान गर्नेको सङ्ख्या बढेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष भुवन गौचनले बताउनुभयो । कालीगण्डकी नदी नजिकै रहेको कुण्ड कटानको जोखिममा परेपछि जिविस म्याग्दी, भुरुङ तातोपानी गाविसका साथै पर्यटन व्यवसायीले समेत संरक्षणमा सहयोग गर्ने गरेका छन् । कुण्डमा स्नान गरेमा विभिन्न बाथरोग, मर्केको, सुन्निएको, ग्यास्ट्रिक, गानोगोलालगायतका रोग निको हुने विश्वासमा पर्यटक आउने गर्छन् । उक्त कुण्डबाट हुने आम्दानीमध्ये बर्सेनि रु १० लाखभन्दा धेरै रकम स्थानीय सर्वोदय उच्च माध्यमिक विद्यालयमा खर्च हुने गरेको विद्यालयले जनाएको छ । म्याग्दीको सिंगा, मुदी, दग्नाम, शिखलगायत विभिन्न गाविसमा करिब आधा दर्जन तातोपानी कुण्ड रहेका छन् ।

]]>
4635 0 0 0
‘बलि दिएर देवी–देवता कहिल्यै खुसी हुदैनन्’ http://localhost/ghum/%e0%a4%ac%e0%a4%b2%e0%a4%bf-%e0%a4%a6%e0%a4%bf%e0%a4%8f%e0%a4%b0-%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a5%80-%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a4%a4%e0%a4%be-%e0%a4%95%e0%a4%b9%e0%a4%bf/ Mon, 19 Oct 2015 09:15:49 +0000 http://www.ghumphir.com.np/?p=4638

कालिका खड्का काठमाडौँ, २ कात्तिक ।

“अरूको प्राण लिएर पुण्य कमाउने काम मन पर्दैन । जीव हत्या गरेर आफ्नो मनोकामना पूरा गर्नु धर्म होइन ।” पशुबलिलाई पाप सम्झने पाँचखाल काभ्रेकी मीरा चौलागाईंको भनाइ हो यो । प्राणीको हत्या गरेर धर्म हुन्छ भन्ने गलत धारणा समाजमा व्याप्त रहेकामा उहाँलाई निकै दुःख लाग्छ । मन्दिर÷मन्दिरमा जीव हत्या गर्ने प्रचलन हटेको कहिले सुन्न पाइएला भन्ने प्रतीक्षामा उहाँ हुनुहुन्छ । उहाँले अहिलेसम्म जीव हत्या गरेको हेर्नु भएको छैन । हेर्न पनि सक्नु हुन्न । पशुबलि धर्मका चल्दैआएको कुप्रथा रहेको बताउनुहुन्छ बत्तीसपुलतली काठमाडौँका रामकुमार शर्मा । “राम्रो भविष्य, दीर्घायुको कामना, राम्रो शिक्षादीक्षा, सफल जीवनका कामना गर्न मन्दिरमा रगतको बलि चढाउनु त पाप हो नि ।” – उहाँले भन्नुभयो । आफूले अहिलेसम्म कुनै जीवको बलि मन्दिरमा नचढाएको पनि उहाँले सुनाउनुभयो । नेपालमा बडादसँैको नौरथा सुरु भएपछि विभिन्न शक्तिपीठमा दुर्गा मातालाई खुसी पार्न व्यापक रुपमा पशुबलि दिइन्छ तर योे प्रचलनको अहिंसावादीहरुले चर्को विरोध गर्दैआएका छन् । उनीहरुको भनाइमा ‘पशुबलि धर्मका नाममा अपराध हो’ र ‘अहिंसा नै परम धर्म’ हो । बलि दिनै परेमा पशुबलीको सट्टामा भगवतीलाई नरिवलको बलि चढाउन सकिने उनीहरुको तर्क छ । दसैँ पर्वका अवसरमा खास गरी दक्षिणकाली, भद्रकाली, गुह्येश्वरी, शोभा भगवतीलगायतका शक्तिपीठमा हजाराँै जीवको बलि दिने गरिन्छ । संस्कृतिविद् डा गोविन्द टन्डनका अनुसार दक्षिणकाली, भद्रकालीलगायत शक्तिपीठ, मन्दिरमा नवरथामा हजारौँ प्राणीको बलि दिने गरिएकामा अहिले नगण्य रुपमा मात्रै छ र धेरैले नरिवलको बलि दिने गरेका छन् । “पशुलाई भगवतीका शक्तिपीठमा लगेर हत्या गरेर धर्म हुन्छ भन्ने कुरा गलत हो,” बलिप्रथा रोक्ने अभियानका अभियन्ता डा टन्डनले भन्नुभयो, “अरूलाई दुःखकष्ट नदिनु नै धर्म हो, बलि दिएर देवी–देवता कहिल्यै खुसी हँुदैनन् ।” उहाँका अनुसार कुनै पनि धर्म ग्रन्थमा पशुबलि दिएर धर्म हुने कुरा उल्लेख छैन । यो प्रचलनले समाजमा शान्ति नभई हिंसा र आतङ्क फैलाइरहेको छ । राजसी, तामसीमा रमाउने पण्डितहरुले पशुबलिलाई बढावा दिने तरिकाले धार्मिक ग्रन्थको व्याख्या गर्ने गरेको डा टन्डनकोे आरोप छ । उहाँ भन्नुहुन्छ – दसैँमा क्रोधको प्रतीक भनेर राँँगोलाई बलि दिन्छन् । निर्दोष पशु राँगोलाई मारेर के धर्म हुनु ? मानिसलाई दसँै पशुलाई दशा हुने गरेको छ । जीव भएर जीवको हत्या गर्नु पाप हो । पशुबलि निषेध सचेतना अभियानका संयोजक विवेक श्रेष्ठले पशुबलि धर्म नभएको कुरालाई सचेतना ¥याली, साहित्य, सडक नाटक, गीतमार्फतजस्ता सचेतना जगाउने काम गरिरहेको जानकारी दिनुभयो । “धेरै वर्षदेखि पशुबलि दिँदै आएर त्यसले सांस्कृतिक मान्यता पायो, तर त्यो अज्ञानता थियोे, २१औँ शताब्दीको विज्ञान र प्रविधिको युगमा पशुबलि दिएर धर्म हुन सक्दैन”– उहाँले थप्नुभयो । मासु खानेहरुलाई मुटु रोग, मोटोपना, फोक्सोको रोग, रक्तचापजस्ता ठूला रोगले मनोवैज्ञानिक÷मानसिक रोग निम्त्याउँछ । मासु सेवन नगर्ने मानिस निरोगी, शान्त स्वभावका हुन्छन् । त्यसैले पशुबलिलाई प्रोत्साहन दिनु हुँदैन भन्ने यो अभियानका अभियन्ताहरुको भनाइ छ । पशुबलि निषेध अभियान २०४७ सालदेखि सुरु भएको हो । यो अवधिमा समाजलाई फर्केर हेर्दा धेरै परिवर्तन भएको छ । पहिला पशुबलिलाई धर्म सम्झनेले आज पाप सम्झन थालेका छन् । यस अभियानमा नेवार, क्षेत्री, बाह्मण, गुरुङ सबै लागेका छन् । त्यसमा कृष्णप्रणामी, नेपाल मानव धर्मलगायत एक दर्जनभन्दा बढी धार्मिक सङ्घसंस्था पनि यो अभियानमा सामेल छन् । अभियानका अनुसार नेपालमा पछिल्लो समयमा साकाहारीको सङ्ख्या बढ्दै गएको र काठमाडौँलगायतका सहरमा पनि होटल, रेष्टुराँ पनि शाकाहारी थुप्रै खुलेका छन् । नेपालमा शाकाहारीको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क नभए पनि कुल जनङ्ख्याको २५ देखि ३० प्रतिशत मानिस शाकाहारी रहेको अनुमान छ ।

]]>
4638 0 0 0
बडादसैको साइत http://localhost/ghum/%e0%a4%ac%e0%a4%a1%e0%a4%be%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%a4/ Mon, 19 Oct 2015 09:21:41 +0000 http://www.ghumphir.com.np/?p=4640

काठमाडौँ, २ कात्तिक ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यही कात्तिक ५ गते बिहीबार विजयादशमीका अवसरमा बिहान १०ः५५ बजे टीकाका लागि साइत उपयुक्त भएको ठहर गरेको छ । सामान्यतः टीकाको साइत आवश्यक नपर्ने तर साइत जुराउन चाहनेका लागि सो साइत उपयुक्त भएको जनाएको हो । तिथि घटबढका कारण सोही दिन महानवमी पनि परेकाले महानवमीको कार्य सम्पन्न भएपछि मात्र विजयादशमीको कार्य प्रारम्भ गर्ने र बिहान १०ः४५ बजे देखि बिसर्जन गर्न उपयुक्त हुने सो समितिले सरकारलाई उपलब्ध गराएको पत्रमा उल्लेख छ । विजयदशमीमका दिन बिहान ११ः०१ बजे तुलजा भवानीको यात्रा र ११ः५५ बजे स्थिराशनपछि खड्गयात्राका लागि उपयुक्त हुने उल्लेख छ । भोलि ३ गते फूलपातीका दिन बिहान १०ः५५ बजे तुलजा भवानी यात्रा गरी ११ः५३ बजे स्थिराशन गर्नुपर्ने जनाइएको छ ।

]]>
4640 0 0 0
दसैंपछि रसुवागढीबाट सामान भित्रिने http://localhost/ghum/%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%82%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Mon, 19 Oct 2015 09:32:13 +0000 http://www.ghumphir.com.np/?p=4644

धुन्चे (रसुवा), २ कात्तिक ।

नेपालको उत्तरी नाका रसुवागढीबाट दसैँपछि सामान आयात गरिने भएको छ । रसुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कैसाङ् नुर्पु तामाङका अनुसार भूकम्पपछि बन्द भएको रसुवागढीबाट दसैँपछि सामान आयात निर्यात हुन्छ । भूकम्पपछि बन्द भएको रसुवागढी नाका गत असोज २८ गतेदेखि सञ्चालनमा आएपछि नेपाली व्यापारीले चिनियाँ व्यवसायीसँग सामान पठाइदिन आग्रह गरिसकेको तामाङले बताउनुभयो । नेपालीको महान् चाड बडादसैँ सकिनासाथ सबै व्यवसायी केरुङतर्फ केन्द्रित हुने बताइएको छ । सामान ढुवानीका लागि कन्टेनरसमेत व्यवस्था गरिसकिएको कन्टेनर व्यवसायी सङ्घले बताएको छ ।

]]>
4644 0 0 0
अहिंसा पदयात्रा http://localhost/ghum/%e0%a4%85%e0%a4%b9%e0%a4%bf%e0%a4%82%e0%a4%b8%e0%a4%be-%e0%a4%aa%e0%a4%a6%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Mon, 19 Oct 2015 09:40:37 +0000 http://www.ghumphir.com.np/?p=4646

धनगढी, २ कात्तिक ।

देवीदेवताका नाममा पशुको बलि दिने प्रथा रोक्नुपर्ने माग गर्दै आज यहाँ अहिंसा पदयात्रा निकालिएको छ । ‘निर्दोष प्राणीको बलि नदिऊँ, विकार र विकृतिको बलि दिऊ’ भन्ने नारासहित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय धनगढीको आयोजनामा पदयात्रा निकालिएको हो । स्थानीय ट्राफिक चौराहाबाट सुरु भएको अहिंसा पदयात्रा बजारका विभिन्न भाग हुँदै पार्कमोडमा पुगेर समापन भएको थियो । पदयात्राका सहभागीले प्राणी हत्या महापाप हो, शाकाहारी भोजन खाऔँ, निरोगी बनौँ लगायत बलिप्रथाविरुद्ध लेखिएका चेतनमूलक प्लेकार्ड बोकेका थिए । देवी खुसी हुने जनविश्वासमा नेपाली समाजमा विभिन्न शक्तिपीठमा महाअष्टमीको दिन ठूलो सङ्ख्यामा राँगा र बोकाको बलि दिने प्रचलन रहेको छ । यसबाहेक देवीदेवतालाई भाकल गरेबापत पनि पशुको बलि दिने परम्परा रहेको छ ।

]]>
4646 0 0 0
दुई हजार पर्यटकले लोमान्थाङ भ्रमण गरे http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%b2%e0%a5%8b%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d/ Mon, 19 Oct 2015 09:43:28 +0000 http://www.ghumphir.com.np/?p=4648

मुस्ताङ, २ कात्तिक ।

मुस्ताङको पर्यटकीय गन्तव्य लोमान्थाङमा नौ महिनाको अवधिमा दुई हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०१५ को नौ महिनाको अवधिमा माटोले निर्मित लोमान्थाङ उपत्यका, मुस्ताङ्गी राजदरबार, कला संस्कृतिको अध्ययन र प्राकृतिक सुन्दरतामा रमाउन दुई हजार ३९ जना पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । लोमान्थाङ भित्रिने मुख्य नाका कागबेनी र लोमान्थाङ क्षेत्रबाट एक्यापले दैनिकरुपमा पर्यटकको तथ्याङ्क सङ्कलन गर्दै आएको छ । नौ महिनाको अवधिमा गत वर्षभन्दा न्यून पर्यटक भित्रिएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार जनवरीमा १२, फेबु्रअरीमा आठ, मार्चमा १८८, अप्रिलमा ३४१, मेमा ६९, जुनमा ३०, जुलाईमा ११५, अगस्तमा ३१८, सेप्टेम्बरमा ४१८ र अक्टोबरको पहिलो सातासम्म ५३९ पर्यटक भित्रिएका छन् । लोमान्थाङ भित्रिने पर्यटकमध्ये अधिकांश जर्मनी, फ्रान्स र नेदरल्यान्डमा रहेको एक्यापले जनाएको छ । गत वैशाख १२ र २९ गतेको भूकम्प र पछिल्लो समय देखिएको बन्द–हडतालका कारण अनुमान गरेअनुरुप पर्यटक आउन नसकेको लोमान्थाङका पर्यटन व्यवसायीले बताएका छन् । उपल्लो मुस्ताङमा चिसो बढेका कारण पर्यटकको सङ्ख्यासमेत घट्दै गएको बताइएको छ । “अक्टोबर महिना मात्रै यहाँ पर्यटक आउँछन्, त्यसपछि त सुनसान हो,”, प्रमुख शेरचनले भन्नुभयो । सन् २०१४ मा लोमान्थाङमा चार हजार २०० पर्यटकले भ्रमण गरेका थिए ।

]]>
4648 0 0 0
महोत्तरीमा भूत मेला सुरु http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%82%e0%a4%a4-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Mon, 19 Oct 2015 09:48:23 +0000 http://www.ghumphir.com.np/?p=4650

गौशाला, २ कात्तिक ।

महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई शक्तिपीठमा आजदेखि भूत मेला सुरु भएको छ । जिल्लाको सोनामाई गाविस वडा नं ४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात रहेको छ । हरेक वर्ष बडादसैँको षष्ठीदेखि सोनामाईमा लाग्ने भूतमेला यसवर्ष पनि आजदेखि सुरु भएको पुजारी कामेश्वर झाले बताउनुभयो । बडादसैँको षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौँ पीडित र दर्शनार्थीको भीड लाग्ने गर्छ । भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजाराँै पीडित प्रत्येक वर्ष यस मेलामा आउने गर्छन भने सोनामाईको असीम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास रहेको छ । वर्षौंदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै को कसबाट सताइएको बारे आफैँ भन्न थाल्छन् भने देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दैपड्दै, रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्छन र दरबारमा पुगेका पीडितहरु माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको पुजारी झगरु झा बताउनुहुन्छ । यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका हेटाँैडादेखि भारतका पटना सहरसम्मका हजाराँै पीडित महिला र पुरुष पुग्ने गरेको कुरा अर्का पुजारी रमेश झाले बताउनुभयो । घरघरमा भूतप्रेतले रातदिन दुःखी र पीडित भएका कारनी ( पीडित) हरु आ–आफ्ना घरबाट रुँदै कराउँदै यहाँ आउँछन् भने सोनामाई शक्तिपीठबाट पीडामुक्त भई हाँस्दै जाने गरेको कुरा झाँक्रीहरु बताउँछन् । सोनामाई शक्तिपीठमा दर्जनाँै धामी झाँक्री रातदिन भजन कीर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४सै घन्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितको पीडा हरण गर्ने गरेको कुरा अर्का पुजारी घनश्याम झा बताउनुहुन्छ । यसवर्ष सोनामाई भूत मेलामा १५ लाख भक्तजन सहभागी हुने अनुमान रहेको सोनामाई पूजा समितिले जनाएको छ ।

]]>
4650 0 0 0
नाकाबन्दी खाेल्न भारतले मानेन,उपप्रधान तथा परराष्ट्रमन्त्री थापा रित्तै फर्कँदै http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%a4%96%e0%a4%be%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%b2%e0%a5%87/ Mon, 19 Oct 2015 10:05:38 +0000 http://www.ghumphir.com.np/?p=4652 विज्ञान अधिकारी

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इन्डियाको जहाजमा चढेर स्वदेश फर्किदैछन् । उनी भारतीय ध्वजावाहक एयर इन्डियाको जहाजबाट काठमाडौं अवतरण गर्दैछन् । उनी भारतीय जहाजबाट काठमाडौं अवतरण गरेपनि आम नेपालीका लागि एक महिनादेखि भोगेको नाकाबन्दीको गाँठो फुकाउने कुनै कोशेली ल्याउन सकेका छैनन् । थापा रित्तो हात काठमाडौं आउन लागेको भ्रमणदलकै एक सदस्यले नयाँ दिल्लीबाट बिजमाण्डूलाई बताए ।

modi

नयाँ दिल्ली बसाईका क्रममा थापाले सबै संयन्त्र लगाएर थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न भने पाए । त्यो पनि जम्मा १० मिनेटको भेटमा नाकाबन्दी खोल्ने कुनै सकारात्मक जवाफ पाएनन् बरु नेपालको आन्तरिक समस्या संबोधन गर्न मोदीले सुझाव दिए ।   ‘नाकाबन्दी खुल्ने कुनै संकेत छैन, उनीहरु उपप्रधानमन्त्री थापालाई नेपालको आन्तरिक समस्या समाधान गर्न सुझाव दिए,' ती अधिकारीले भने, ‘नाकाबन्दीको बारेम ठोस छलफल समेत भएन ।’ ती अधिकारीका अनुसार थापाले रक्सौलमा रहेको ग्यास बोकेका बुलेट रि–रुट गर्न सफल भएको जानकारी काठमाडौंमा दिन सक्नेछन् । ‘थापासँग नाकाबन्दी खुलाउने लगायतका बारेमा केही भन्न सक्ने आधार छैनन्, उनले काठमाडौं ओर्लर्ने वितिकै ग्यासको रि–रुट गर्न सफल भएको जानकारी गराउन सक्ने एउटा मात्रै एजेन्डा छ,’ उनले भने ।   यो एजेन्डासमेत आयल निगमका निमित्त निर्देशक मुकुन्दप्रसाद घिमिरेले सहमत गराएका थिए ।

उनी शुक्रबार भारत पुगेर इन्डियन आयल कर्पोरेशन(आइओसी)का कमर्सियल एवं मार्केटिङ महाप्रवन्धक एसएस बोससँगको छलफलमा रक्सौलमा रहेको तीनसय बुलेट रिरुट गर्न सहमत गराइसकेका थिए ।   थापा भारत जाने बित्तिकै नयाँ दिल्लीको पाँच तारे होटल ओवरायमा बसेर मोदीलाई भेट्ने तारतम्यमा जुटेका थिए । स्रोतका अनुसार भारत तत्कालै नाकाबन्दी खुलाउने कुनै संकेत छैन ।   ‘मोदीले पहिले मधेशी मोर्चाको माग संबोधन गराउनुस अनि मात्रै अरु विषयमा छलफल गरौंला भनेको थाहा पाएका छौं,' ती अधिकारीले भने, ‘भारत आफ्नो एजेन्डामा टसमस छैन ।’ थापासँग गएका परराष्ट्रसचिव शंकर बैरागी, वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय र निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासमेत स्वदेश फर्किएका छन् ।

वाणिज्य सचिव उपाध्यायले आफ्ना समकक्षी भारतीय वाणिज्य सचिवसँग भेट्न पाएनन् भने निगमका कार्यकारी निर्देशक खड्काले आइओसीका अध्यक्ष बी अशोकसँग भेट्न पाएनन् । पटक पटकको प्रयासमा पनि असफल भएपछि उनीहरु निराश भएर स्वदेश फर्किएका हुन् ।

]]>
4652 0 0 0
माग पूरा नहुन्जेल अवरोध जारी रहन्छ – यादव http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%97-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a4%be-%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a5%87%e0%a4%b2-%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%8b%e0%a4%a7-%e0%a4%9c/ Mon, 19 Oct 2015 13:44:39 +0000 http://www.ghumphir.com.np/?p=4656

लहान, २ कात्तिक ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग पूरा नहुन्जेल नाकामा जारी अवरोध नहट्ने जिकिर गर्नुभएको छ । सो पार्टीको जिल्ला कमिटीद्वार लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसी जनताले पटक पटक आन्दोलन गर्नुभन्दा जारी आन्दोलनलाई निर्णायक बनाउन सहयोग र साथ दिएकाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आन्दोलन रोक्ने पक्षमा नरहेको बताउनुभयो ।

]]>
4656 0 0 0
पर्वतारोहण सङ्घलाई स्वायत्त बनाउन माग http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%b9%e0%a4%a3-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%98%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%af/ Mon, 19 Oct 2015 14:41:36 +0000 http://www.ghumphir.com.np/?p=4659

काठमाडौँ, २ कात्तिक ।

नेपाल पर्वतारोहण सङ्घले सो संस्थालाई स्वायत्त बनाउन सरकारसँग माग गरेको छ ।  पत्रकार सम्मेलनमा सङ्घका महासचिव ठाकुरराज पाण्डेले गत असोज २२ गते मन्त्रिपरिषद्को बैठकले सङ्घलाई प्राप्त भएका अख्तियारी खारेजी भएकाले त्यसलाई पुनःविचार गर्न आग्रह गर्नुभयो । उक्त निर्णयले सङ्घबाट सञ्चालन हुँदै आएको सबै प्रकारका पर्वतारोहण तालिम तथा पर्यटनको विकास, पदयात्रा मार्ग, आश्रय, पुल–पुलेसा, शौचालयलगायत सम्पूर्ण निर्माण र मर्मत सम्भार कार्यसमेत प्रभावित भएको उहाँले बताउनुभयो । उहाँले पर्वतीय वातावरणको संरक्षण, प्रवद्र्धन कार्यक्रम र पर्वतीय उद्धारजस्ता अत्यन्तै महत्वपूर्ण एवम् मानवीय संवेदनशील कार्य पनि स्थगन हुने तथा सम्पूर्ण पर्वतीय पर्यटन आबद्ध व्यवसायी र आरोहीलाई दिइने तालिमका साथै दिवङ्गत आरोहीका छोराछोरीलाई स्नातकसम्मको अध्ययन छात्रवृद्धिसमेत रोकिने जिकिर गर्नुभयो । विदेशी पर्यटक, पदयात्री, पर्वतारोही र सम्पूर्ण सरोकारवालालाई सो निर्णयबाट असुविधा पुग्ने र पर्यटनको क्षेत्रमा नकारात्मक प्रभाव पर्ने सङ्घले जनाएको छ ।

]]>
4659 0 0 0
ठगिएको भन्दै ४३ वटा उजुरी http://localhost/ghum/%e0%a4%a0%e0%a4%97%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a5%aa%e0%a5%a9-%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%89%e0%a4%9c%e0%a5%81%e0%a4%b0%e0%a5%80/ Mon, 19 Oct 2015 14:46:07 +0000 http://www.ghumphir.com.np/?p=4661

दाङ, २ कात्तिक ।

वैदेशिक रोजगारमा जाँदा ठगिएको भन्दै दाङमा एक वर्षको अवधिमा ४३ वटा उजुरी परेको छ । श्रम तथा रोजगार मन्त्रालय र स्विस विकास नियोगको सहकार्यमा जिल्ला विकास समिति दाङअन्तर्गत सञ्चालित वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजनाको सूचना तथा परामर्श केन्द्र घोराहीमा एक वर्षको अवधिमा विभिन्न प्रकृतिका उजुरी परेको हो । एजेन्टदेखि लिएर मेनपावर कम्पनीका कारण दाङका युवा स्वदेशदेखि विदेशसम्म ठगिने र न्यायका लागि उजुरी दिने क्रम पनि बढ्दै गएको केन्द्रका संयोजक किरण पोख्रेलले जानकारी दिनुभयो । उजुरीमध्ये अधिकांश एजेन्ट तथा मेनपावर कम्पनीले बढी रकम लिएको, एउटा काम भनेर अर्को काम र कम्पनीमा लगाउने गरेको, तलब कम दिएको, पैसा बुझाएर पनि पाँच छ महिनासम्म विदेश नपठाएको, ढिलासुस्ती गरेको भनी न्यायका लागि निवेदन आएको पोख्रेलले जानकारी दिनुभयो । यसैबीच केन्द्रले गएको आवमा दुई हजार ५४० जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिएको छ । सरकारी तथ्याङ्कअनुसार २०५० देखि २०७१ चैतसम्म नेपालबाट वैदेशिक रोजगारीका लागि ३८ लाख ६४ हजार ६ जना विभिन्न देशमा गएका छन् । यता दाङबाट श्रम स्वीकृति लिएर आव २०६७÷६८ देखि २०७१÷७२ सम्ममा ३४ हजार ७८ जना विदेश गएका छन् ।

]]>
4661 0 0 0
बाटो बदलेर इन्धन ल्याउने पहल जारी http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%8b-%e0%a4%ac%e0%a4%a6%e0%a4%b2%e0%a5%87%e0%a4%b0-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87/ Mon, 19 Oct 2015 14:50:04 +0000 http://www.ghumphir.com.np/?p=4663

काठमाडौँ, २ कात्तिक ।

मुलुकमा जारी रहेको इन्धन सङ्कटका कारण नेपालीहरुको महत्वपूर्ण चाड दसँै खल्लो हुने भएको छ । भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दीका कारण नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । सरकारले वैकल्पिक व्यवस्था गर्ने जनाए पनि हालसम्म कुनै पनि सार्थक निष्कर्ष निस्कन सकेको छैन । इन्धन अभावका कारण नागरिकको सहज आवागमनमा समेत समस्या पैदा भएको छ । सवारीसाधनको अभावमा चाडबाड मान्न आफ्ना थातथलो जान चाहनेले कष्टकर यात्रा गर्न बाध्य छन् । नेपाल आयल निगमका अनुसार एकाध सङ्ख्यामा आएका इन्धनले मागअनुसारको आपूर्ति गर्न सकिएको छैन । रक्सौल नाका नखुल्दासम्म इन्धन आयात सहज हुन नसक्ने निगमले बताएको छ । जनजीवन सहज बन्न दैनिक ३५० ट्याङ्कर इन्धन आयात हुनुपर्नेमा हाल १०० भन्दा कम ट्याङ्कर मात्रै भित्रिएको छ । रक्सौल नाकाबाट आयात हुने इन्धन कुल आयातको ९० प्रतिशत हो भने अन्य नाकाबाट आउने इन्धन भने बाँकी १० प्रतिशत मात्रै हो । अन्य नाकाबाट जतिसुकै इन्धन आयात भए पनि राजधानी काठमाडौँ र आसपासको जनजीवन सामान्य बन्न नसक्ने निगमको भनाइ छ । इन्धन सङ्कटका कारण जनजीवन प्रभावित भइरहेको बेला सबैभन्दा बढी समस्या खाना पकाउने एलपी ग्यासको अभावका कारण झन सङ्कट पैदा भएको छ । ग्यासको खोजीमा राजधानीका बालाजु, सातदोबाटोलगायतका स्थानमा लामा लामा लाइन लागेका छन् । चार दिन लाइनमा बस्दा पनि ग्यास नपाएको उपभोक्ताले गुनासो गरेका छन् । राजधानीमा दैनिक ३० हजार सिलिन्डर ग्यासको माग रहेको छ । निगमले बाटो परिवर्तन गरेर रक्सौल नाकामा रोकिएका एलपी ग्यासको बुलेट ल्याउने प्रयास जारी राखेको जनाएको छ । तर त्यसले सार्थक निष्कर्ष पाउन सकेको छैन । निगमका प्रवक्ता दीपक बरालले इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग संवाद जारी रहे पनि कुनै तार्किक निष्कर्ष आइनसकेको जानकारी दिनुभयो । सरकारले कूटनीतिक तवरबाट गरिरहेको संवादका बारेमा आफूलाई जानकारी नभएकाले यसै भएको छ भन्न नसकिने उहाँको भनाइ छ । निगमले आइओसीसँग वार्ता गर्न निर्देशक मुकुन्द घिमिरेलाई पठाएको र रक्सौलमा रोकिएका ग्यासका बुलेटलाई भैरहवा नाकाबाट नेपाल भित्र्याउने तयारी भइरहेको जनाएको छ । निगमले इन्धन आयातका लागि सक्दो पहल जारी राखेको उल्लेख गर्दै प्रवक्ता बरालले राजनीतिक र कूटनीतिक प्रयास भए समस्या समाधानमा सहज हुने बताउनुभयो ।

]]>
4663 0 0 0
दुई हजार पर्यटकले लोमान्थाङ भ्रमण गरे http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%b2%e0%a5%8b%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d-2/ Mon, 19 Oct 2015 15:11:23 +0000 http://www.ghumphir.com.np/?p=4666

मुस्ताङ, २ कात्तिक ।

मुस्ताङको पर्यटकीय गन्तव्य लोमान्थाङमा नौ महिनाको अवधिमा दुई हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०१५ को नौ महिनाको अवधिमा माटोले निर्मित लोमान्थाङ उपत्यका, मुस्ताङ्गी राजदरबार, कला संस्कृतिको अध्ययन र प्राकृतिक सुन्दरतामा रमाउन दुई हजार ३९ जना पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । लोमान्थाङ भित्रिने मुख्य नाका कागबेनी र लोमान्थाङ क्षेत्रबाट एक्यापले दैनिकरुपमा पर्यटकको तथ्याङ्क सङ्कलन गर्दै आएको छ । नौ महिनाको अवधिमा गत वर्षभन्दा न्यून पर्यटक भित्रिएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार जनवरीमा १२, फेबु्रअरीमा आठ, मार्चमा १८८, अप्रिलमा ३४१, मेमा ६९, जुनमा ३०, जुलाईमा ११५, अगस्तमा ३१८, सेप्टेम्बरमा ४१८ र अक्टोबरको पहिलो सातासम्म ५३९ पर्यटक भित्रिएका छन् । लोमान्थाङ भित्रिने पर्यटकमध्ये अधिकांश जर्मनी, फ्रान्स र नेदरल्यान्डमा रहेको एक्यापले जनाएको छ । गत वैशाख १२ र २९ गतेको भूकम्प र पछिल्लो समय देखिएको बन्द–हडतालका कारण अनुमान गरेअनुरुप पर्यटक आउन नसकेको लोमान्थाङका पर्यटन व्यवसायीले बताएका छन् । उपल्लो मुस्ताङमा चिसो बढेका कारण पर्यटकको सङ्ख्यासमेत घट्दै गएको बताइएको छ । “अक्टोबर महिना मात्रै यहाँ पर्यटक आउँछन्, त्यसपछि त सुनसान हो,”, प्रमुख शेरचनले भन्नुभयो । सन् २०१४ मा लोमान्थाङमा चार हजार २०० पर्यटकले भ्रमण गरेका थिए ।

]]>
4666 0 0 0
भगवान् पुकार्दै गाडी चलाउँदै http://localhost/ghum/%e0%a4%ad%e0%a4%97%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%8d-%e0%a4%aa%e0%a5%81%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a5%80-%e0%a4%9a%e0%a4%b2%e0%a4%be/ Mon, 19 Oct 2015 15:23:03 +0000 http://www.ghumphir.com.np/?p=4668 मिथिलेश यादव

ना४ख ६६९० नम्बरको मालबाहक ट्रक प्रहरी एस्कर्टिङमा पश्चिम आउँदै थियो । सप्तरीको भारदह कटेर पोर्ताहा लाग्नेबित्तिकै ढुंगा बर्सियो । पर्शुराम प्रजाको टाउको लाग्यो । उनले ट्रकमाथिको नियन्त्रण गुमाए । ट्रक दुई सय मिटर दक्षिण खेतमा जोतियो ।

'कोसी ब्यारेज पार गरेपछि भारदह गाउँ कति बेला पार हुन्छ भनेर डराइरहेका बेला अचानक ढुंगाको वर्षा सुरु भयो,' हेटौंडा–७ घर भएका चालक प्रजाले सुनाए, 'ढुंगाले सिसा फुटाएर मेरो टाउकोमा लाग्यो । धन्य, बाँचेछु ।'

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सो ट्रकमाथि ढुंगा प्रहार गरेका थिए । 'अहिले पनि भारदहदेखि सिरहाको मिर्चैयासम्म भगवान् पुकार्दै गाडी चलाउनुपर्ने अवस्था छ,' उनले भने ।

bus driver

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आमहडतालका कारण अलपत्र पर्ने गाडीहरूलाई आउजाउनिम्ति प्रहरीले एस्कर्टिङ गरिदिन्छ । तर, एस्कर्टिङकै बेला पनि आन्दोलनकारीले ढुंगामुढा गर्ने भएकाले पूर्व–पश्चिम राजमार्गमा प्रजाझैं चालकहरू जोखिममा गाडी चलाउन बाध्य छन् ।

पूर्वपश्चिम राजमार्गको सुनसरी झुम्कादेखि महोत्तरीको बर्दीवाससम्मको खण्डलाई यस क्षेत्रका प्रहरी अधिकारीले संवेदनशीलको सूचीमा राखेका छन् । यस खण्डमा आउजाउ गर्ने सवारी साधन निर्धक्क गन्तव्यमा पुग्न पाउँदैनन् ।

आन्दोलनकारीको आक्रमणबाट सवारी साधन र यात्रुलाई सकुशल गन्तव्य पुर्याउन सुरक्षाकर्मीले एस्कर्टिङ गरे पनि गाडीका सिसा जोगिँदैन । लुकेर बसेका आन्दोलनकारीले सुरक्षा एस्कर्टिङका बीचमा रहेका यात्रुवाहक बसलाई लक्षित गरी ढुंगा बर्साउँछन् जसका कारण चालकदेखि यात्रुसम्म बसको फुटेको सिसाले घोचेर र सिसा छेडेर आएको ढुंगा लागेर घाइते हुने गरेका छन् ।

आन्दोलनकारीले हानेको ढुंगाबाट बढी क्षति बसलाई हुने गरेको सुरक्षाकर्मीहरू बताउँछन् । 'बसको संख्या पनि धेरै, सिसा पनि बढी हुने भएकाले जोखिम बसका यात्रुलाई नै हुन्छ,' एक प्रहरी अधिकारी भन्छन्, 'एउटा बस चालकको हातमा करिब ४० जना यात्रुको ज्यान हुन्छ ।'

आन्दोलनकारीले हानेको ढुंगा टाउकोमा नलागोस् भनेर चालकहरू हेलमेट लगाउने गरेका छन् । मोटरसाइकल चालकले लगाउने हेलमेट बस, ट्रक, जिप, कारका चालक र बसका यात्रुले लगाउने गरेका छन् ।

यो राजगमार्गमा चल्ने अघिकांश बसमा अगाडिको सिसा बन्दकर्ताले प्रहार गरेको ढुंगाबाट फुटेका छन् ।

'आन्दोलनकारीले हानेको ढुंगा कतिबेला सिसा छेडेर टाउकोमा बजारिने हो पत्तो हुँदैन, त्यसैले सुरक्षाका लागि हेलमेट नलगाई हुँदैन,' यती बसका चालक नन्द श्रेष्ठ भन्छन्, 'सिरहाको मिर्चैया र सप्तरीको भारदह, कञ्चनपुर क्षेत्रमा बढी डर लाग्छ ।'

'संवेदनशील' क्षेत्रमा गाडी पुग्नेबित्तिकै चालकदेखि यात्रुसम्ममा मनोवैज्ञानीक भय पैदा हुन्छ । त्यसले कतिपय यात्रु पनि हेल्मेट लगाउँछन्, हेलमेट नहुनेहरू सतर्क भएर बस्छन् ।

]]>
4668 0 0 0
जीउमा जमरा http://localhost/ghum/%e0%a4%9c%e0%a5%80%e0%a4%89%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%ae%e0%a4%b0%e0%a4%be/ Mon, 19 Oct 2015 15:38:05 +0000 http://www.ghumphir.com.np/?p=4671 4671 0 0 0 भक्तजनको भीड http://localhost/ghum/%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%80%e0%a4%a1/ Mon, 19 Oct 2015 15:54:07 +0000 http://www.ghumphir.com.np/?p=4675 4675 0 0 0 देविको मुर्ति http://localhost/ghum/%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf/ Mon, 19 Oct 2015 16:27:02 +0000 http://www.ghumphir.com.np/?p=4680 4680 0 0 0 बंगलादेशले भन्योःभारतको नाकाबन्दी सार्कको भावना विपरित http://localhost/ghum/%e0%a4%ac%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%b2%e0%a5%87-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%83%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%95%e0%a5%8b/ Mon, 19 Oct 2015 16:33:10 +0000 http://www.ghumphir.com.np/?p=4682 २ कात्तिक, काठमाडौं ।

नेपाल सरकारका मन्त्रीहरु ‘अघोषित नाकाबन्दी’ भन्न समेत हिच्किचाइरहेका बेला बंगलादेशका एक मन्त्रीले नेपालमाथि भारतले लगाएको नाकाबन्दी चाँडो हटाउनुपर्ने बताएका छन् ।बंगलादेशका वाणिज्य मन्त्री टोफेल अहमदले नाकाबन्दी सार्कको भावना विपरित भएको बताए । नाकाबन्दीका कारण नेपालको अर्थतन्त्रलाई क्षति पुगेको मात्र नभई समग्र सार्क क्षेत्रकै समृद्धीको सम्भाव्यतालाई आघात पुर्‍याएको उल्लेख गरे ।

Tofail-Ahmed-Minister-of-Commerce

भारतीय पत्रिका द हिन्दूसित कुराकानी गर्दै बंगलादेशका मन्त्री अहमदले भने-‘नेपालमाथि लक्षित नाकाबन्दी अब दुई देशबीचको द्विपक्षिय मामला मात्र होइन । यसले सार्कका सदस्य राष्ट्रहरुबीच साझा समृद्धिका योजनाहरुलाई अघात पुर्‍याउने सम्भावना छ ।’

बंगलादेशबाट टेलिफोनमा कुरा गर्दै उनले भारतले लगाएको नाकाबन्दी दक्षिण एशियाको क्षेत्रीय साझेदारीको भावनाअनुरुप नभएको बताए । नाकाबन्दी प्रकरणलाई बंगलादेशले नजिकबाट नियालिरहेको भए पनि कूटनीतिक कारणले अहिलेसम्म औपचारिक प्रतिक्रिया व्यक्त नगरेको उनको भनाइ छ ।

यसै वर्षको जूनमा बंगलादेश, भूटान, भारत र नेपालले बिबिआइएन ट्रान्सपोर्ट नेटवर्कको संरचना निर्माणका विषयमा सहमति भएको थियो । बिबिआइएन भनेको दक्षिण एशियामा साझा समृद्धीका लागि लक्षित महत्वपूर्ण कदम हो । यसले नेपाल भुटान, भारत र बंगलादेश बीच व्यवसायिक सवारहीसाधनको आवतजावतलाई सहजिकरण गर्ने उद्देश्य लिएको छ । बंगलादेशका मन्त्रीले भने, यो नाकाबन्दीले बिबिआइएन जस्तो सहमतिमाथि प्रहार गरेको छ ।’

मन्त्री अहमद बंगलादेशका एक प्रमुख उदारवादी राजनीतिज्ञ मानिन्छन् । धेरै वर्षदेखि सार्क क्षेत्रमा स्वतन्त्र व्यापारलाई प्रवर्द्धन गर्ने कार्यमा क्रियाशील उनको प्रतिक्रियालाई महत्वपूर्ण मानिएको छ ।

नेपाल र भारतबीचको द्विपक्षीय विवादमा आफू प्रवेश नगर्ने भन्दै उनले अहिलेको विश्वव्यापीकरण र स्वतन्त्र व्यापार सम्झौताको युगमा यस्तो नाकाबन्दीले नकारात्मक नजिक प्रस्तुत गर्ने उल्लेख गरे ।

‘नेपालसित बंगलादेशका ठूलो द्विपक्षीय व्यापारिक सम्वन्ध छैन । तर, यदि नेपालमाथि नाकाबन्दी जारी रह्यो भने बंगलादेशी ट्रक मालिकहरु, बन्दरगाह र कम्पनीहरुलाई नकारात्मक प्रभाव पर्न सक्छ’ उनले भने, हामी आशा गर्छौं यो नाकाबन्दी अस्थाई हो र चाँडै यसको समाधान खोजिनेछ ।’

]]>
4682 0 0 0
दसैंअघि निजी सवारीलाई तेल दिन सक्दैनाैः निगम http://localhost/ghum/%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%82%e0%a4%85%e0%a4%98%e0%a4%bf-%e0%a4%a8%e0%a4%bf%e0%a4%9c%e0%a5%80-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a4%e0%a5%87/ Tue, 20 Oct 2015 01:09:31 +0000 http://www.ghumphir.com.np/?p=4686 कात्तिक ३,काठमाडौं
नेपाल आयल निगमले निजी सवारी साधनलाई दसैंअघि पेट्रोलियम पदार्थ दिन नसक्ने बताएको छ । निगम प्रवक्ता दीपक बरालका अनुसार द लामो दूरीका र सार्वजनिक गाडीलाई मात्र तेल वितरण गरिने र दसैंअघि निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ पाउने छैनन् ।
 तर इन्धन आपूर्ति सहज भएमा भने निजीलाई पनि तेल दिनेबारे तयारी गर्न सकिने निगमले जनाएको छ ।यसैबीच सोमबार डेढ सय गाडी तेल लिन भारत गएको पनि निगमले जनाएको छ ।
]]>
4686 0 0 0
विदेशिएकाहरु नेपाल आउँदा के किनेर ल्याउँछन् http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%86%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a4%be/ Tue, 20 Oct 2015 01:20:19 +0000 http://www.ghumphir.com.np/?p=4688

उत्तम काप्री

वैदेशिक रोजगारी र उच्च शिक्षा अध्ययनका लागि विदेश गएका युवायुवतीहरु दसैं मान्न नेपाल आउन थालेका छन्। दिनहुँ ५ सयभन्दा बढी युवायुवती काठमाडौं ओलर्ने गरेको त्रिभुवन विमानस्थलले जनाएको छ।
त्रिभुवन विमानस्थल मजदुरी गरेर नेपाल फर्कने र अध्ययन  गरेर फर्केनेको चहलपल दिन प्रतिदिन बढ्दो छ।  हाल वैदेशिक रोजगारीका लागि झन्डै ३५ लाख युवा विदेशमा रहेका छन्। उनीहरु घर फर्कने बेलामा आफन्तजन र साथीभाइका लागि उपहार पनि बोकेर ल्याउने गरेका छन्।
airpot logdge
विदेशी भुमीमा पसिना पोखी आएको आम्दानीबाट चाडपर्व मनाउन आउनेहरुले प्रायः सबैले टि भी, ल्यापटप, ब्ल्याङकेट, मोबाइल फोन, डिभिडी, चकलेट लगायतका सामान ल्याउने गरेका छन् ।
५ वर्ष मलेसियामा काम गरेर फर्कदै गरेका उदयपुर गाइघाट कमल बहादुर भुजलेले परिवारको लागि आवश्यक ब्ल्याङकेट, मोबाइल र चकलेट ल्याएका छन्।  तर विमान स्थलमा भन्सार चेकपासमा बस्ने कर्मचारीले दुःख दिएको भन्दै उनले गुनासो गरे ।
विदेशबाट नेपाल फर्कने युवाको पनि आ–आफनो सौख छ किनमेलमा। विदेशबाट इलेक्ट्रोनिक सामान, लत्ताकपडा ल्याउँदा सामान ब्रान्डेड पनि पाइने उनीहरुको विश्वास छ।  नेपालमा भन्दा सस्तो पनि पर्ने उनीहरुले बताए। चार वर्ष अघि मलेसियामा गइ नेपाल फर्कदै गरेका गुल्मीका शोभराज अधिकारीले पनि आफूले इलेक्ट्रोनिक्स सामानहरु ल्याएको बताए।
उनले अब विदेशमा कहिलै पनि नजाने समेत बाचा गर्दै आफुले मलेसियामा बस्दा प्रयोग गरेका घरायसी सामान र बालबच्चाको लागि चकलेट र ४२ इन्चको सोनी एलइडी टिभी ल्याएको बताए।
जापानमा लगातर सात वर्ष देखि भाषा कक्षा र विश्वविद्यालय सम्मको अध्ययन सकेर नेपाल फर्कदै गरेका दिपशरण बुढाथोकी साथमा पनि  एलइडी टि भी, मोबाइल फोन, डिभीडी र ब्ल्याङकेट छ ।
त्यस्तै दुबइमा ४ वर्षदेखि लेबरकाम गररे थकितमुद्रामा नेपाल आएको वीरगञ्जका  अब्दलुल अन्सारीका साथै साउदीमा ३ वर्ष होटलमा काम गरेर दसैैं र तिहार मनाउन आएका पदम कुवँर र धनबहादुर भुजेलको साथमा पनि घरयासी सामान, लत्ताकपडा, मोवाइल, टिभी र चकलेट रहेको छ।
timthumb
]]>
4688 0 0 0
तराई बन्द अघि र पछिको अनियन्त्रित बजारको मनपरी कसले रोक्ने? http://localhost/ghum/%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%85%e0%a4%98%e0%a4%bf-%e0%a4%b0-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a4%bf%e0%a4%af/ Tue, 20 Oct 2015 01:28:11 +0000 http://www.ghumphir.com.np/?p=4692

भोजराज श्रेष्ठ

भारतको अघोषित नाकाबन्दी र तराईमा बन्दको फाइदा उठाउँदै बजारमा सामानहरुको मूल्यमा मनपरी गरिरहेका छन्। तर, नियन्त्रण गर्ने निकायको सुस्तता कारण फाइदा उद्योगहरुले उठाइरहेका छन्। उद्योग तथा कम्पनीहरुले तराई बन्द र भारतको अघोषित नाकाबन्दीले ढुवानी, लोडअनलोड लगायतमा अतिरिक्त खर्च देखाउँदै हरेक चिजको मूल्य अनियन्त्रित तरिकाले बढाएका हुन्।
उपभोक्ताहरु एकपछि अर्को संकटमा घेरिएका छन्। बजार अनुगमन गर्ने निकायको सुस्तताको फाइदा उठाउँदै उद्योगहरुले आम उपभोक्तालाई संकटमा पारेका हुन्। नेपालमै निर्मित अतिआवश्यकीय बस्तुहरुको समेत चर्को मूल्यवृद्धि गरेका छन्। एकातिर इन्धन नपाउने पीडाबाट गुज्रिएका छन् भने अर्कोतिर ढाडै सेक्ने गरी बढेको मूल्यवृद्धिले खत्रक्कै लडेका छन्।
hat-bazar-624x468
‘अहिले केही चिज पनि किनिसक्नु छैन’ उपभोक्ता रामजी श्रेष्ठ भन्छन्। रिफाइन गरिएको तेलको मूल्य तराई बन्द हुनु अघिसम्म प्रतिकार्टुन एकहजार एकसय ३० रुपैयाँमा पाइन्थ्यो। अहिले मूल्य बढेर पन्ध्रसय २५ रुपैयाँ पुगेको छ।
धरान–१५ का क्षितिज किराना पसलका सञ्चालक दीपक नेपाल भन्छन् ‘मैले त मूल्य बढेपछि सामननै झार्न छाडिसकेको छु। त्यत्रो महंगो हालेर कसरी बेच्नु ?’ उनका अनुसार एकातिर नपाउने पीडा छ भने पाएको सामानको पनि अत्यधिक मूल्य बढाएर पठाएका कारणले किनेर बेच्न नसकिने अवस्था छ।
हरेक चिजको होलसेल मूल्य अहिले ६० रुपैयाँदेखि चारसय रुपैयाँसम्म बढेको स्थिति छ। ‘पाउँदा त त्यो पनि उपभोक्ताले खान्छन्। तर, नपाउँदा त्यो पनि गाह्रै छ।’ उनले थपे। सामान्य नुनको मूल्यमासमेत प्रतिबोरा ८० रुपैयाँले बढेको उनी बताउँछन्।
भान्सामा हरेक दिनका लागि चाहिने सामग्रीको मूल्य अहिले बजारमा छोइनसक्नु भएको उपभोक्ता श्रेष्ठले गुनासो पोखे। उनले भने ‘केही चिज पनि खाइसक्नु छैन। सब्जीमा गयो त्यस्तै महंगो, तेल, नुन, दाल, चिउरा, चालम सबै चिजमा भाउ बढेको छ।’ तराई र भारतको अघोषित नाकाबन्दी देखाउँदै कम्पनीहरुको मनोमानीलाई कस्ले रोक्ने ? आम उपभोक्तामा अन्यौलता छाएको छ।
‘दालको मूल्य १४० सम्म किनेको अहिले १७० रुपैया प्रतिकेजी पर्यो।’ उपभोक्ता सञ्जय शर्माले भने। उनले हरेक चिजको मूल्य सोच भन्दा बढी नै बढेको बताएका छन्।
अहिले कतिपय साना पसलहरुले तेलजन्य चिजहरुसमेत खरिद गर्न छाडेका छन्। बजारमा अत्यधिक मूल्य बृद्धि भएकै कारणले पनि खरिद गर्न नसकेको भन्दै साना पसलेहरुले तेललगायत अतिआवश्यकीय बस्तुहरु बिक्री गर्न छाडेका छन्। ‘बेच्नै नसक्ने गरी मूल्य बढेको छ,’ नेपाल थप्छन् ‘मैले त ल्याउनै छाडिसके।’ त्यसो त प्रशासनलाई पनि यसबारेमा जानकार नै छ। ‘यस बारेमा नोटिस भएको छ। विभिन्न तरिकाले बुझिरहेका छौं।’ जिल्ला प्रशासन सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भने।
उनका अनुसार कतिपय व्यपारीहरुले मूख्य नाकाहरुबाट प्रवेश नहुँदा ढुवानी र लोड अनलोडमा अतिरिक्त खर्च भएकाले खरिद मूल्यमा केही बढेको भन्ने जानकारीसम्म आएको छ। तर, नाजायज मूल्य राखेर बिक्री वितरण गरेको पाइएमा कानुन अनुसार कारबाही हुने प्रजिअ पन्थले बताए। ‘नाजायाज मूल्य राखेर विक्री गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्छौँ।’ प्रजिअ पन्थले फोनसम्पर्कमा भने।
उनले इटहरी र इनरुवाको बजार अनुगमनमा त्यस्तो नपाइएको र धरानमा एक दुई दिन भित्रै बजार अनुगमन गर्ने बताएका छन्। ‘यहाँको अनुगमनमा अन्य सामग्री मूल्य बढेको बढाएको पाइएन। धरानको हकमा पनि हेर्दै छौं  ।’ प्रजिअ पन्थले भने।
तराई बन्द अघि र पछिको अनियन्त्रित मूल्य
चिउरा प्रति ३० केजी बोरामा (पहिले १०००, हाल १३ सय रुपैयाँ)
चालम प्रति क्विन्टलमा २ सय रुपैयाँ
रिफाइन तेल प्रतिकार्टुन (पहिले ११३०, हाल १५२५ रुपैयाँ)
सोलो तेल प्रतिकार्टुन (पहिले १२३०, हाल १६०० रुपैयाँ)
भुजा प्रति १० केजी (पहिले ५३०, हाल ६४० रुपैयाँ)
चिनी प्रतिकेजी (पहिले ६१ रुपैया, हाल ६४ देखि ७० रुपैयाँसम्म)
मुसुरो दाल प्रतिकेजी (पहिले १३०, हाल १८० रुपैयाँ)
नुन प्रतिबोरामा (पहिले भन्दा ८० रुपैयाँ बढेको)
(किराना पसलहरुसँग समन्वय गरी तयार पारिएको चार्ट)
]]>
4692 0 0 0
साझपखको बागेश्वरी मन्दिरको महिमा (फोटो फिचर) http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%9d%e0%a4%aa%e0%a4%96-%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%95%e0%a5%8b/ Tue, 20 Oct 2015 01:51:20 +0000 http://www.ghumphir.com.np/?p=4694 बागेश्वरी मन्दिर पश्चिम नेपालको प्रख्यात मन्दिर हो । यो मन्दिर नेपालगञ्जमा रहेको छ ।बाँके जिल्लाको नेपालगञ्चमा रहेको यो मन्दिरमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ। यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा(आराधना गरेको मानिन्छ। एउटा ठूलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो। बडा दशैको समयमा यो मन्दिरमा नजीकै रहेको भारतको रुपैडिहा तथा नेपालगन्ज वरीपरीका स्थानहरु बाट पुजा अर्चना गर्न आउने गर्दछन् । हेरौ बागेश्वरीको साझपखको दृश्य

bagishori mandir @ ghumphir (7) bagishori mandir @ ghumphir (6) bagishori mandir @ ghumphir (5) bagishori mandir @ ghumphir (3) bagishori mandir @ ghumphir (2) bagishori mandir @ ghumphir (1)Photo:www.bharatbandhu.com.np

]]>
4694 0 0 0
इन्धन दिन चीनलाई औपचारिक पत्र ,चीनसँग पनि भारतसँग जस्तै पेट्रोलियम पदार्थको सम्झौता सरकारले गरोस् http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%94%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%95/ Tue, 20 Oct 2015 03:43:03 +0000 http://www.ghumphir.com.np/?p=4707 सन्तोष घिमिरे
कार्तिक २,काठमाडाैँ
सरकारले मुलुकमा देखिएको तत्कालीन इन्धन संकट हल गर्न आवश्यक पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीनसमक्ष औपचारिक रूपमा अनुरोध गरेको छ ।
भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ मुलुक भित्रिन नसकेपछि सरकारले विकल्पका रूपमा उत्तरी छिमेकी चीनलाई सडकमार्गबाट पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन अनुरोध गरेको हो ।
chin flag
स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई तत्कालका लागि इन्धन उपलब्ध गराइदिन लिखित आग्रह गरेको हो । वाणिज्य, अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारीहरूबीच भएको उच्चस्तरीय बैठकपछि चीनलाई यस्तो आग्रह गरिएको हो । वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले परराष्ट्रमार्फत चीन सरकारलाई अनुरोध गरिएको बताए ।
नेपाल आगल निगमका एक उच्च अधिकारीले इन्धन संकटबाट मुलुक धेरै समय गुज्रिन नसक्ने भएकाले चीनसमक्ष दीर्घकालीन रूपमा पेट्रोलियम पाइपलाइन सम्झौता गर्नुपर्ने राय वाणिज्य मन्त्रालयलाई दिइएको बताए ।
‘भारतीय आयल निगमसँगको मात्रै नेपालमा एकाधिकार स्थापित भएको छ । अहिले भोगेको जस्तो भारतीय नाकाबन्दी फेरि भविष्यमा भारतले नगर्ला भन्न सकिन्न ।
 त्यस कारण चीनसँग पनि आईओसीसँग जस्तै पेट्रोलियम पाइपलाइन सम्झौता सरकारले गरोस् भन्ने हाम्रो चाहना हो’, आयल निगमका ती अधिकारीले भने ।नेपालको आग्रहमा चीन अत्यन्तै सकारात्मक देखिएको अधिकारीहरूले जानकारी दिए ।
सडकमार्गबाट इन्धन ल्याउन चीनलाई अनुरोध गरिए पनि मुख्य दुई सीमा नाकाहरू रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका कारण कठिनाइ हुनसक्ने देखिएको छ ।
यसअघि आइतबार एमाले पूर्वअध्यक्ष झलनाथ खनालसँगको भेटमा काठमाडौंस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले चीनको स्वाशासित क्षेत्र तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ नेपाललाई आपूर्ति गर्न तयार रहेको बताएका थिए ।
नेपालले उच्च राजनीतिक तहबाट ठोस प्रस्ताव गरेमा सिगात्सेमा रहेको पेट्रोल भण्डारण केन्द्रबाट वितरण हुने इन्धन नेपालतर्फ सहज रूपमा निर्यात गरिदिन सक्ने राजदूत ऊले बताएका थिए । सिगात्सेबाट केरुङ आउने इन्धन नेपाल सरकारले सहज रूपमा रसुवागढी हुँदै काठमाडौं भित्र्याउन सक्ने उनको भनाइ थियो ।
सवारीसाधनबाट एक दिनमा ल्हासाबाट केरुङसम्म इन्धन ल्याइन्छ । नेपाल र चीनबीचको दोस्रो ठूलो सीमानाका रसुवागढीबाट केरुङ २५ किलोमिटर दूरीमा छ ।
रसुवागढीलाई अन्तर्राष्ट्रिय सीमा नाकाका रूपमा विस्तार गर्न चीन र नेपाल तयार छन् । एक वर्षअघि रसुवागढी नाकालाई गतिशील बनाउने निर्णय दुई देशबीच भएको थियो । भूकम्पका कारण क्षतिग्रस्त भएको उक्त नाका तीन दिनअघि पुनः सञ्चालनमा आए पनि कहिलेकाहीं जाने पहिरोका कारण अवरुद्ध हुने गरेको छ ।
]]>
4707 0 0 0
पूर्वराजा ज्ञानेन्द्र शाहले दसैं नमान्ने http://localhost/ghum/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%be-%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%b6%e0%a4%be/ Tue, 20 Oct 2015 03:49:57 +0000 http://www.ghumphir.com.np/?p=4711 कार्तिक ३,काठमाडौं।
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूको दैनिक जीवनमा आइपरेको असहज परिस्थिति र आवागमनमा उत्पन्न कठिनाइका कारण यस वर्षको विजयादशमीको दिन टीका कार्यक्रम नगर्ने भएका छन् ।
पूर्व राजाले गत असार २३ उनको जन्मोत्सवसमेत महाभूकम्पका कारण मनाएका थिएनन् । राष्ट्रपतिले टीका लगाउने सर्वसाधारणका लागि ५ गते बिहीबार अपराह्न १: ३० देखि ५ बजेसम्मको समय तोकेका छन् ।
]]>
4711 0 0 0
मनाङमा झण्डै २ बर्षपछि हवाइजहाज अवतरण http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%9d%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a5%88-%e0%a5%a8-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b9%e0%a4%b5/ Tue, 20 Oct 2015 04:08:21 +0000 http://www.ghumphir.com.np/?p=4714 आश गुरुङ

कार्तिक २, काठमाडौं ।

हिमाली जिल्ला मनाङमा झण्डै २ बर्षपछि निजी हवाइजहाज अवतरण भएको छ ।  पोखराबाट उडेको गोमा एयरको ट्वीनअटर विमान सोमबार बिहान मनाङ गाविस ९, हुम्डेस्थित विमानस्थलमा अवतरण भएको हो । नेपाल वायु सेवा निगमको जहाजले नियमित उडान भर्न नसकेपछि २ बर्षयता मनाङमा उडान हुन सकेको छैन । गोमा एयर पोखराका स्टेशन म्यानेजर पोषणमणि त्रिपाठीका अनुसार सोमबार बिहान पोखराबाट मनाङका लागि उडेको विमानले मनाङबाट काठमाडौं उडान भरेको छ ।

मनाङका लागि फेरि पनि उडानको प्रयासमा छौँ' उनले भने, 'मिति तोकिएको छैन । तर, छिट्टै उडान हुनेछ ।' मनाङमा गोमा एयरले पहिलोपटक उडान भरेको हो । उनका अनुसार पोखराबाट मनाङ उडेका प्रत्येक यात्रुले ४ हजार रुपैयाँ र मनाङबाट काठमाडौंका लागि उडेका प्रतियात्रुले ५ हजार रुपैयाँका दरले तिरेका छन् ।'यो नै तोकिएको वा अन्तिम शुल्क होइनु उनले भने, 'मनाङ जाँदा बालबालिका भएका कारण ४५ सय लिनुपर्नेमा ४ हजारमात्रै लिएँ ।'

goma air

हुम्डेस्थित वायु नेपाल वायु सेवा निगमका स्टेशन म्यानेजर सूर्य गुरुङले धावनमार्गको विस्तारपछि २र३ महिना नेपाल वायुसेवा निगमले उडान भरेको र त्यसपछि रोकिएको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक बर्ष २०६९र०७० मा ९ करोड रुपैयाँ खर्च गरी त्यसअघि ६ सय मिटरको धावनमार्गलाई विस्तार गरेर ९ सय मिटर बनाएको थियो । संगै कालोपत्रे पनि गरेको थियो । ुत्यतिबेला परीक्षण उडानपछि कार्तिकरमंसिरबाट उडान ठप्प भयो' उनले भने, 'एक बर्षअघि एउटा जहाजले चार्टड गरेजस्तो लाग्छ । त्यसपछि उडान हुन सकेको छैन ।'

उनका अनुसार अबको शनिबार गोमाले नै उडान भर्ने अनौपचारिक जानकारी आएको गुरुङले बताए । हुम्डेका होटल ब्यवसायी कान्छा गुरुङले हवाई मैदानको स्तरोन्नतिपछिको कार्तिकरमंसिरदेखि हवाइजहाज नआएको बताए । ुहेलिकप्टर भने कहिलेकाही आउँछन् । विरामी पर्यटक बोकेर जान्छन्' उनले भने, 'अहिले त मोटरबाटो पनि खुलेको छ । मोटरबाटो नै प्रयोग गर्छन् ।' पर्यटन ब्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले दोस्रो संविधान सभाको चुनावताका तारा एयरको विमान हुम्डे विमानस्थलमा अवतरण गरेको बताए । उनका अनुसार त्यसपछि कुनैपनि जहाज आएनन् । 'सरकारी जहाजले उडान नभरेको बेला नीजि जहाजले उडान भर्नु राम्रो हो' उनले भने, 'जहाज उडान भएमा यहाँका वासिन्दा, ब्यापारी, कर्मचारी लगायतलाई सजिलो हुनेछ ।'

उनका अनुसार अहिलेको अवस्थामा मोटरबाटोमा जीपमार्फत आउनुभन्दा हवाइजहाजमार्फत आउँदा सस्तो पर्न जान्छ । 'काठमाडौं-पोखरादेखि मनाङ पुग्न गाडीमा मात्रै ५र६ हजार रुपैयाँ लाग्छ । त्यही पनि एकदिनमा आइपुग्दैनु उनले भने, 'आधा घण्टाको समयमा पोखरारकाठमाडौंबाट ४र५ हजार रुपैयाँ तिरेर आउन पाउने भएपछि जहाज नै सस्तो भयो ।' उडान नियमित हुन सकेमा छोटो दुरीका लागि आउने विदेशी तथा स्वदेशी पर्यटक र स्थानीयलाई निकै सुविधा पुग्ने उनले बताए । नेपाल वायु सेवा निगमले सातामा २ पटक पोखरावाट मनाङ र मनाङवाट पोखरा नियमित उडान भर्ने गरेकोमा विमानस्थल विस्तार र कालोपत्रे पछि उडान भर्नै छोडेको हो ।

बायु सेवा निगमले हरेक बर्ष असार १६ र पुस १६ देखि मौसममा आएको खराबीका कारण २र२ महिना हवाई उडान बन्द गर्ने गर्छ । मनाङमा एकमात्र राष्ट्रिय ध्वजाबहाक नेपाल बायु सेवा निगमको जहाजले मात्रै मनाङ-पोखरा र पोखरा-मनाङको उडान भर्ने गरिएको थियो । हुम्डेस्थित वायु सेवा निगमका स्टेशन म्यानेजर गुरुङका अनुसार जहाज अवतरण गर्ने मनाङको बिमानास्थल ३ सय ३ सय ३० मीटर उचाइमा छ । 'यो बिमानस्थल जहाज अवतरण हुनेमध्ये सवैभन्दा उच्च भेगमा छु उनले भने, 'धावनमार्गभन्दा धेरै माथि उड्नुपर्ने भएकाले हाइ-अल्टीच्युटका कारण धेरै पाइलटले आँट गर्दैनन् ।' पहिले धुलोमा उडाइराखिएको हवाइजहाज दुर्घटना हुनसक्ने भन्दै ३ वर्ष लगाएर धावनमार्ग र पार्किङस्थल विस्तार गरिएको थियो । त्यतिबेला पनि बिमान उडेन । विस्तारकार्य सकिएपछि तत्कालीन मन्त्रीसहित पर्यटन मन्त्रालयका कर्मचारीसमेत वायु सेवा निगमको जहाजमा चढेर हुम्डे पुगे । त्यसपछि सातामा १ पटक उडान भर्ने तालिका बनाएर नियमित उडान भर्ने भनिएपनि त्यसयता उडान हुन नसकेको स्थानीयले बताएका छन् । हुम्डेमा २०३९ साल असोजबाट उडान सुरु गरिएको थियो ।

]]>
4714 0 0 0
नेपालले चाहे सिगात्सेबाट इन्धन दिन चीन तयार http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%9a%e0%a4%be%e0%a4%b9%e0%a5%87-%e0%a4%b8%e0%a4%bf%e0%a4%97%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%ac%e0%a4%be%e0%a4%9f/ Tue, 20 Oct 2015 04:24:34 +0000 http://www.ghumphir.com.np/?p=4717 कार्तिक ३,काठमाडौं।
दक्षिणी छिमेकी भारतले तीन सातायता गरेको नाकाबन्दीले चरम इन्धन संकट बेहोरिरहेका बेला उत्तरी छिमेकी चीनले नेपालले औपचारिक रूपमा अनुरोध गरे सीमावर्ती तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ आपूर्ति गराउन तयार रहेको बताएको छ ।
एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग आइतबार भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले असल छिमेकीका नाताले नेपाललाई जस्तोसुकै संकटको घडीमा पनि सघाउन आफ्नो मुलुक तत्पर रहेको स्पष्ट पारेका हुन् । सिगात्सेमा रहेको पेट्रोल भण्डारण केन्द्रबाट वितरण हुने इन्धन नेपालतर्फ सहज रूपमा निर्यात गर्न सक्ने राजदूत ऊले बताएको खनाल निकट स्रोतले जानकारी दियो ।
‘नेपालको परराष्ट्र मन्त्रालयले लिखित रूपमा चीन सरकारलाई पत्राचार गर्नुपर्छ,’राजदूतलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सिगात्सेबाट केरुङ आउने इन्धन नेपाल सरकारले सहज रूपमा रसुवागढी हुँदै काठमाडौं भित्र्याउन सक्छ । यसमा हामी सघाउन तयार छौं ।’ एक दिनमा तिब्बतको ल्हासाबाट केरुङसम्म इन्धन ल्याइने गरेको राजदूतले बताएका थिए ।
खनालले दसैं मुखैमा आइसक्दा पनि भारतको नाकाबन्दी नहटेको र जनताले संकट भोगिरहेकाले चीनले नेपाललाई सहयोग गर्ने उपयुक्त अवसर रहेको बताएका थिए । अहिले अल्पकालीन रूपमा नेपाललाई इन्धन उपलब्ध गराइदिन र निकट भविष्यमा औपचारिक सम्झौता गरी पेट्रोलियम पाइपलाइनमा जान सकिने खनालको भनाइ थियो ।
भेटमा राजदूतले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता र द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता गरी व्यापारलाई सुदृढ बनाउने चीनको चाहना पनि सुनाएका थिए । उनले खनालको आग्रहबारे चिनियाँ नेतृत्वलाई अवगत गराउने बताए । खनालका विदेश मामिला सल्लाहकार मिलनराज तुलाधरले भेटका क्रममा नेपालको विद्यमान इन्धन संकट र नेपाल–चीनबीच कसरी व्यापार अभिवृद्धि गर्ने भन्नेबारे छलफल भएको जानकारी दिए । ‘इन्धन संकटबारे हाम्रो सरकारले स्पष्ट रूपमा आग्रह गरे चीन सहयोग गर्न तीव्र इच्छुक देखिन्छ,’ तुलाधरले भने ।
नेपाल र चीनबीचको दोस्रो ठूलो सीमा नाका रसुवागढीबाट चीनको केरुङ पुग्न २५ किलोमिटरमात्रै लाग्छ । रसुवागढीलाई अन्तर्राष्ट्रिय सीमा नाकाका रूपमा विस्तार गर्न चीन तयार रहेको चिनियाँ राजदूतले बताएका थिए । एक वर्षअघि रसुवागढी नाकालाई गतिशील बनाउने निर्णय दुई देशबीच भएको थियो ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले चीनलाई तातोपानी र रसुवागढी नाका खुलाएर व्यापार सहज गरिदिन आग्रह गरिए पनि हालसम्म इन्धन आपूर्तिका लागि अनुरोध नगरिएको बताए । ‘सरकारले चीनलाई औपचारिक रूपमा इन्धन पठाइदिन भनेको छैन । परराष्ट्रमन्त्रीको भ्रमणमा समेत भारत इन्धन आपूर्ति गर्न तयार नभए चीनसँग यसबारे अनुरोध गर्न सकिन्छ,’ ती अधिकारीले भने ।
यसअघि गत शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका अधिकारीले नेपालको चाहनाअनुसार सहयोग दिन तयार रहेको बताएका थिए ।
]]>
4717 0 0 0
लिगलिगे दौड http://localhost/ghum/%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a5%87-%e0%a4%a6%e0%a5%8c%e0%a4%a1/ Tue, 20 Oct 2015 06:59:06 +0000 http://www.ghumphir.com.np/?p=4721 4721 0 0 0 एनअारएनलाई मागेजति तेल http://localhost/ghum/%e0%a4%8f%e0%a4%a8%e0%a4%85%e0%a4%be%e0%a4%b0%e0%a4%8f%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%9c%e0%a4%a4%e0%a4%bf-%e0%a4%a4%e0%a5%87%e0%a4%b2/ Tue, 20 Oct 2015 07:05:22 +0000 http://www.ghumphir.com.np/?p=4724

कार्तिक २, काठमाडौं ।

तेल लिन पेट्रोल पम्प अगाडी कैयाैं घण्टा लाइन बसेर खालिहात फर्कनु सर्वसाधारणका लागि सामान्य भैसकेको छ। तेलको हाहाकार सहेरै सर्वसाधारणले कष्टकर दैनिकी गुजारेका छन्। तर गैर अावासीय नेपाली संघ (एनअारएन) का सदस्यहरूकालागि सरकारले विशेष सुबिधा दिएको छ। एनअारएनको परिचय पत्र बोकेर नेपाल प्रहरीले सञ्चालन गर्ने पम्पमा पुग्नेलाई मागेजति तेल दिने गरिएको छ।

बाणिज्य तथा अापूर्ति मन्त्रालयले नेपाल अायल निगमलाई एनअारएन सदस्यहरूलाई इन्धन दिन लेखेको पत्र  प्राप्त भएको छ। उक्त पत्रमा ‘एनअारएन प्रयोजनका लागि इन्धन माग भएकोले अावश्यक परिमाणमा उपलब्ध गराउनु’ भन्ने ब्यहोरा लेखिएको छ। उक्त पत्रमा मन्त्रालयका शाखा अधिकृत नवराज अाचार्यको हस्ताक्षर रहेको छ।सोही पत्रमा अायल निगमका तर्फबाट नेपाल प्रहरी कल्याण कोष पम्पलाई एनअारएनको परिचय बोकेर अाउने सदस्यलाई तेल दिन सिफारिस गरिएको छ।

एनअारएनको साधारण सभा र सम्मेलन सकिइसकेको छ। तर पम्पमा पुगेर एनअारएन सदस्यहरूले धमाधम सुबिधाको तेल भर्ने गरेका छन्। प्रहरीका पम्प अगाडी सयाैं सर्वसाधारण लाइन लागेका दृश्य एकातिर देखिन्छ भने अर्कोतिर एनअारएनको पत्र र परिचय देखाएका भरमा लाइनमै नबसि चाहेजति तेल भर्दै गरेको देखिन्छ। एनअारएनको परिचय देखाउनेले लाइनमा नबसी तत्कालै मागेजति तेल पाउने गरेका छन्। ‘पाएको सुबिधा किन नलिने भनेर मैले पनि प्रहरीको पम्पबाट तेल लिएँ,’ एनअारएनका एक सदस्यले नागरिकन्युजसँग भने ‘लाइनमा बस्नु पनि परेन गाडी भरेर तेल लिएँ।’ उनका अनुसार यसरी तेल भर्ने एनअारएनका अगुवा नेतादेखि साधारण सदस्यसम्म छन्।

प्धानमन्त्री केपी शर्मा अोलीले एनअारएन सम्मेलनमा सम्बोधनका क्रममा भनेका थिए–‘एनअारएनका सदस्यहरूलाई सकेसम्म इन्धन अभाव महसुस नहोस्।’ साभार :नागरीक न्यूज

]]>
4724 0 0 0
हनुमानढोका दरबारमा फूलपाती पठाइएन http://localhost/ghum/%e0%a4%b9%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%a2%e0%a5%8b%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%aa%e0%a4%be/ Tue, 20 Oct 2015 10:01:39 +0000 http://www.ghumphir.com.np/?p=4728

गोरखा, ३ कात्तिक ।

गोरखा दरबारले धादिङको जीवनपुर हुँदै काठमाडौँको हनुमानढोका दरबारमा पठाउनुपर्ने फूलपाती यस वर्ष पठाएन । तत्कालीन राजा पृथ्वीनारायण शाहको पालादेखि चल्दै आएको चलन यस वर्षदेखि अन्त्य भएको हो । गोरखाबाट पठाएको फूलपाती वैदिक विधिअनुसार हनुमानढोका दरबारमा भित्र्याउने चलन थियो । गोरखा दरबार हेरचाह अड्डाले फूलपाती हनुमानढोका पठाउन नसकेको हो । दरबारमा भने आज शुभ साइतमा हर्षबढाइँका साथ फूलापाती भित्र्याउने तयारी गरिएको छ । हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले सशस्त्र प्रहरी गोरखा गुल्ममार्फत फूलपाती हनुमान ढोका पठाइएको जिकिर गर्नुभयो तर सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शम्भुजङ्ग थापाले आफूहरुलाई फूलपाती काठमाडौँ लैजाने जिम्मा कसैले नदिएको प्रतिक्रिया दिनुभएको छ । åगत वर्ष गोरखा पर्यटन नामक संस्थाको सहयोगमा गोरखा दरबारबाट फूलपाती हनुमानढोका पठाइएको थियो । यस वर्ष इन्धन अभावले गर्दा गोरखा पर्यटनले फूलपाती लैजाने काम गर्न नसकेको अध्यक्ष रमेश थापाले बताउनुभयो । हनुमानढोकामा फूलपाती नपठाएको भन्दै गोरखाबासीे दरबार हेरचाह अड्डाका कर्मचारीप्रति आक्रोशित देखिएका छन् । पृथ्वीनारायणदेखि चल्दै आएको संस्कार, संस्कृतिको अन्त्य गरेर हेरचाह अड्डाले नराम्रो गरेको स्थानीयवासीको भनाइ छ ।

]]>
4728 0 0 0
३० करोडको नयाँ नोट वितरण http://localhost/ghum/%e0%a5%a9%e0%a5%a6-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%a8%e0%a5%8b%e0%a4%9f-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%a3/ Tue, 20 Oct 2015 10:06:23 +0000 http://www.ghumphir.com.np/?p=4730

भीमदत्तनगर, ३ कात्तिक ।

राष्ट्रिय वाणिज्य बैंक भीमदत्तनगर शाखा कञ्चनपुरले दसैँ तिहारका लागि यहाँ ३० करोड मूल्य बराबरको नयाँ नोट वितरण गरेको छ । नेराबैंक धनगढी शाखाबाट ल्याएर यहाँका वाणिज्य बैंकले गत असोज २४ गतेदेखि नयाँ नोट वितरण गरेको थियो । एक व्यक्तिले ५, १० र २० का दुई–दुई बण्डल तथा ५० र १०० का एक–एक बण्डल नयाँ नोट साट्न पाएका छन् । “सोमबार बिहान सबै नयाँ नोट सकियो,” वाणिज्य बैंक भीमदत्तनगर शाखाका नायब सुब्बा हरिप्रसाद भट्टले भन्नुभयो – “नयाँ नोट सकिएपछि सर्टिङ नोटको वितरण गर्न थालेका छौँ ।” अझै नयाँ नोटको अभाव रहेको वाणिज्य बैंकले जनाएको छ । त्यसैगरी, यहाँ सञ्चालनमा रहेका अन्य निजी बैंकले पनि वाणिज्य बैंकबाट नयाँ नोट लिएको नासु भट्टले बताउनुभयो । “साना नोट करिब रु पाँच करोडभन्दा बढी आएको भट्टको भनाइ थियो । उहाँले भन्नुभयो – “अपुग भएपछि गत वर्षको मौज्दातमा रहेको सर्टिङ नोट वितरण गर्न थालेका छौँ,” वाणिज्य बैंकले गत वर्ष पनि यहाँ करिब रु ३० करोडकै हाराहारीमा नयाँ नोट वितरण गरेको थियो । विगत वर्षमा अन्य निजी बैंकलाई राष्ट्र बैंकले सोझै नयाँ नोट प्रदान गर्ने गरेको भए पनि यस पटक सरकारी बैंकमार्फत मात्रै नयाँ नोट उपलब्ध गराएको हो ।

]]>
4730 0 0 0
पेट्रोलियम पदार्थ नष्ट नगर्न आग्रह http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5-%e0%a4%a8%e0%a4%b7%e0%a5%8d%e0%a4%9f-%e0%a4%a8/ Tue, 20 Oct 2015 10:11:22 +0000 http://www.ghumphir.com.np/?p=4732

रौतहट, ३ कात्तिक ।

भारतीय सीमा नाकाबाट ल्याइएको पेट्रोलियम पदार्थ स्थानीय जनताले नियन्त्रणमा लिएर नष्ट गर्न थालेपछि त्यसो नगर्न यहाँका व्यवसायीले आग्रह गरेका छन् ।रौतहटको सीमा नाकाबाट कृषि प्रयोजनका लागि भित्र्याइने गरिएको डिजल चन्द्रनिगाहपुरतर्फ ल्याउने क्रममा केही सातादेखि विर्ता तथा बालचनपुर क्षेत्रका मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर सडकमै खन्याएर नष्ट गर्ने गरेका छन् । डिजेलको अभावमा यहाँका कृषकले धान झार्न पाएका छैनन् । धान झार्न तथा खेत जोत्न सीमा नाकाबाट ल्याइने गरेको डिजेल मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर नष्ट गर्न थालेपछि समस्या भएको चन्द्रपुर नगरपालिका–१ बस्ने ट्र्याक्टर व्यवसायी हरि आचार्यले बताउनुभयो । उहाँका अनुसार जिल्लामा डिजेलको अभाव भएका बखत महँगो मूल्यमा किनेर ल्याएको इन्धन नष्ट गर्दा कृषक प्रत्यक्षरुपमा मारमा परेका छन् ।

]]>
4732 0 0 0
कुमारी दर्शन खुला http://localhost/ghum/%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be/ Tue, 20 Oct 2015 10:57:35 +0000 http://www.ghumphir.com.np/?p=4734

काठमाडौँ, ३ कात्तिक ।

आजदेखि ‘जीवित देवी’ कुमारीको दर्शन खुला गरिएको छ । कोजाग्रत पूर्णिमासम्म बिहान ९ देखि साँझ ७ बजेसम्म कुमारीघरमा रहनुभएकी कुमारीको दर्शन गर्न सकिने कुमारीका सहयोगी गौतमरत्न शाक्यले बताउनुभयो । नवमीको दिन कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिने बताइएको छ ।

]]>
4734 0 0 0
लुकाइराखेको पेट्रोल छापा मारी नियन्त्रणमा http://localhost/ghum/%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%be%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a5%a8%e0%a5%a6%e0%a5%a6%e0%a4%b2%e0%a4%bf-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b/ Tue, 20 Oct 2015 11:03:04 +0000 http://www.ghumphir.com.np/?p=4736 हेटौँडा, ३ कात्तिक । हेटौँडा उपनगरपालिका–११ थानाभ¥याङस्थित शिवम् पेट्रोल पम्पमा लुकाइराखेको २०० लि को पेट्रोल जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज छापा मारी नियन्त्रणमा लिएको छ । सो पेट्रोल स्थानीय उपभोक्तालाई वितरण गर्न आजै सो पम्पका व्यवस्थापकलाई निर्देशन दिइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो । यसैबीच हेटौँडास्थित दुई पम्पबाट १२ हजार लि डिजेल र पाँच हजार लि पेट्रोल सार्वजनिक यातायातलगायत एम्बुलेन्स तथा दूध वितरण गर्ने सवारी र दूरसञ्चारलाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनियमितता गरी पेट्रोल लुकाई कृत्रिम अभाव सिर्जना गर्ने पम्पलाई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइसकेको मकवानपुरका सहायक प्रजिअ चन्द्रबहादुर कार्कीले बताउनुभयो ।]]> 4736 0 0 0 तयारी गरिँदै http://localhost/ghum/%e0%a4%a4%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Tue, 20 Oct 2015 11:05:48 +0000 http://www.ghumphir.com.np/?p=4738 4738 0 0 0 जातीय पोशाक http://localhost/ghum/%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a5%8b%e0%a4%b6%e0%a4%be%e0%a4%95/ Tue, 20 Oct 2015 11:07:33 +0000 http://www.ghumphir.com.np/?p=4741 4741 0 0 0 भक्तालुहरु http://localhost/ghum/%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%81%e0%a4%b9%e0%a4%b0%e0%a5%81/ Tue, 20 Oct 2015 11:34:54 +0000 http://www.ghumphir.com.np/?p=4744 4744 0 0 0 कूटनीतिक प्रयास जारी छ: प्रधानमन्त्री http://localhost/ghum/%e0%a4%95%e0%a5%82%e0%a4%9f%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%9b-%e0%a4%aa%e0%a5%8d/ Tue, 20 Oct 2015 15:08:40 +0000 http://www.ghumphir.com.np/?p=4748

काठमाडौँ, ३ कात्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण नेपाली जनताले झेल्न परेको पेट्रोलियम पदार्थलगायत अन्य दैनिक उपभोग्य वस्तुको अभाव हटाउन कूटनीतिक प्रयास जारी रहेको बताउनुभएको छ ।

kp-oli2देशको ३८ औँ प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हाल्नु भएका ओलीप्रति बधाई ज्ञापन गर्न तथा मुलुकको वर्तमान अवस्थाबारे उहाँलाई ध्यानाकर्षणपत्र बुझाउन आज प्रधानमन्त्री निवास पुगेका विभिन्न विद्यार्थी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो ।

मुलुकको राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्दै तराई–मधेसका साथै भारतसँगको सीमा नाकामा उत्पन्न अवरोध हटाउन वर्तमान सरकार गम्भीर भएर लागेको जानकारी प्रधानमन्त्रीले दिनुभएको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले राससलाई बताउनुभयो । “अहिलेको असहज अवस्थाबाट मुलुकलाई मुक्त गर्न सरकारले विविध उपाय अवलम्बन गरेको छ, चाँडो निकास निस्कनेमा म आशावादी छु,”– प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रवक्ता लामिछानेले भन्नुभयो । तराई–मधेसका समस्या राजनीतिक संवादका माध्यमबाट समाधान गर्न, भारतको अघोषित नाकाबन्दीका कारण कष्टकर बन्दै गएको जनताको दैनिकी सहज बनाउन कूटनीतिक प्रयासका साथै वैकल्पिक बाटोबाट इन्धन आपूर्तिका लागि ठोस प्रयास गर्न विद्यार्थी सङ्गठनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । भूपरिवेष्ठित नेपालको पारवहन अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रि«य समुदायको ध्यानाकर्षण गर्नुपर्ने तथा अहिलेको असहज परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गर्नेहरूमाथि कठोर कारबाही गर्नुपर्ने माग प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको ध्यानाकर्षणपत्रमा गरिएको छ ।

]]>
4748 0 0 0
विश्वका सबैभन्दा खराब विमानस्थलमा नेपाल तेस्रो नम्बरमा, कुन कुन हुन ? विश्वकै खराब विमानस्थल सुचिसहित http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%96%e0%a4%b0%e0%a4%be%e0%a4%ac-%e0%a4%b5%e0%a4%bf/ Tue, 20 Oct 2015 15:23:13 +0000 http://www.ghumphir.com.np/?p=4751 विश्वभरका यात्रुहरुको भोटका आधारमा खराब विमानस्थलको सूची निकाल्ने ट्राभल वेबसाइटको यस वर्षको सूचीमा पनि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो नम्बरमा परेको छ। गत वर्ष पनि टिआईए तेस्रो नम्बरमा नै परेको थियो। द गाइड टु स्लिपिङ इन एयरपोर्टस नामको वेबसाइटले २६ हजारभन्दा बढी मतका आधारमा यो सूची तयार पारेको हो।

tirbhuwan airpot

अमेरिकी टेलिभिजन सिएनएन र उसको वेब संस्करणमा पनि यो समाचार आएकोले यसको चर्चा बढेको हो। वेबसाइटले आरामदायी, सुविधा, सरसफाई र ग्राहक सेवा लगायत चार श्रेणीका आधारमा विश्वभरका विमानस्थलबारे मत दिन पाठकहरुलाई आग्रह गरेको थियो। सूचीमा एक नम्बरमा नाइजेरियाको पोर्ट हारकोर्ट विमानस्थल परेको छ।

गत वर्ष यो विमानस्थल सूचीमा परेको थिएन। फिलिपिन्सको निनोय एक्विनो अन्तर्राष्ट्रिय विमानस्थल तीन पटक लगातार खराब विमानस्थलको सूचीमा परे पनि यस वर्ष हटेको छ। साउदी अरबको जेद्दाह किङ अब्दुल्लाजिज अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई समेत उछिनेर दोस्रो नम्बरमा परेको छ। गत वर्ष सबैभन्दा खराब विमानस्थल बनेको इस्लामावादको बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल यो वर्ष नवौँ नम्बरमा पुगेको छ। सूचीमा अमेरिकाका एउटै पनि विमानस्थल छैनन्।

यस्तो छ सूची

१)पोर्ट हार्कोट अन्तर्राष्ट्रिय विमानस्थल (नाइजेरिया)

२) किङ अब्दुलाजिज अन्तर्राष्ट्रिय विमानस्थल (जेद्दा, साउदी अरब)

३) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौँ, नेपाल)

४) तास्कन्द अन्तर्राष्ट्रिय विमानस्थल (उज्बेकिस्तान)

५) साइमन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल (काराकास, भेनेजुएल)

६) टाउस्सेन्ट लुभ्रचर अन्तर्राष्ट्रिय विमानस्थल (पोर्ट अउ प्रिन्स, हाइटी)

७) हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्‍थल (काबुल, अफगानिस्तान)

८) तान सोन न्हात अन्तर्राष्ट्रिय विमानस्थल (हो चि मिन्ह सिटी, भियतनाम)

९) बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल (इस्लामावाद, पाकिस्तान)

१०) बिउभाइस टिले अन्तर्राष्ट्रिय विमानस्थल (पेरिस, फ्रान्स)

]]>
4751 0 0 0
ग्यास र तेल बोकेको बस पल्टिदा ६ को मृत्यु, १७ यात्रु सम्पर्कविहीन http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%b0-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%ac%e0%a5%8b%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%b8-%e0%a4%aa%e0%a4%b2%e0%a5%8d%e0%a4%9f/ Tue, 20 Oct 2015 15:42:20 +0000 http://www.ghumphir.com.np/?p=4754 देवेन्द्र बस्नेत

कार्तिक ३,दाङ ।

दाङसँग सीमा जोडिएको बाँकेको खास कुश्मामा यात्रु बाहक बस पल्टिएर आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ। ग्यास सिलिण्डर र पेट्रोलियम पदार्थ बोकेको उक्त बसमा दुर्घटनापछि आगलागी भएको थियो।

accident

बाँकेको खासकुस्मा ८ चप्परगौडीमा भएको उक्त बस आगलागीबाट १० जनाको जीवीतै उद्धार गरिएको भएपनि अन्य १७ यात्रु सम्पर्कमा छैनन्। उक्त बसले घटनास्थल भन्दा ५ किलोमिटर पूर्व रहेको दाङको अमिलीयामा ३३ यात्रुको इन्ट्री गराएको प्रहरीले जनाएको छ। 'कुल ३३ यात्रु रहेको अमिलीयाको इन्ट्रीले देखाएको छ, ती मध्ये १० जना घाइतेलाई उद्धार गरिएको छ,' अस्थायी प्रहरी पोष्ट कुसुम बाँकेका प्रहरी सहायक निरिक्षक पुष्कर बमले नागरिकन्युजसँग भने '१७ यात्रु सम्पर्कमा छैनन्, उनीहरु आगोमै डढेको हुन सक्ने अनुमान गरिएको छ।' उनका अनुसार बसमा ठूलो आगलागी भएको थियो। आगोले झण्डै पचास फिट अग्ला रुखका हाँगाहरु समेत जलेर भाँचिएका छन्।

'आगो धेरै ठूलो भएकाले बसमा खरानी मात्रै छ,'बमले भने 'यहाँ शब पनि खरानी भएको हुन सक्ने अनुमान छ ।' बमका अनुसार अहिले सम्म भेटिएका ६ शव मध्य पाँचजनाको शब चिन्नै नसकिने अवस्थामा छन् । एउटा शव मात्रै पहिचान गर्न सकिने खालको रहेको प्रहरीले बताएको छ।

प्रहरीकाअनुसार बसबाट कोही यात्रु पनि भागेको नदेखिएकाले सम्पर्कमा नरहेका यात्रुहरु सकुशल आउन सक्ने सम्भावना कमै रहेको छ। प्रहरीले अहिले खोजतलासको काम रोकिसकेको छ। 'बसभित्र मान्छे रहेको भएपनि उनीहरु सबै खरानी भैसकेका छन्,'बमले भने 'खरानीको थुप्रो मात्रै रहेकाले अहिलेलाई खोजीकार्य रोकेका छौँ ।'

बुटपलबाट नेपालगन्ज जाँदै गरेको लु १ ख ५८२८ नम्बरको बस बाँकेको खासकुस्मा ८ चप्परगौडीमा पल्टीदा आगलागी भएको हो। बसमा ग्यास सिलिण्डर र ठूलो परिमाणमा पेट्रोलियम पदार्थ रहेकाले बस पल्टीएपछि आगलागी भएको प्रहरीले बताएको छ। घाइते मध्य ५ जनालाई उपचारका लागि लमही ल्याइएको छ भने थप ५ घाइतेलाई नेपालगन्ज लगिएको छ।साभार :नागरीक

]]>
4754 0 0 0
प्रधानमन्त्री केपी शर्मा ओली छिटै भारत भ्रमण जाने http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a5%87%e0%a4%aa%e0%a5%80-%e0%a4%b6%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be/ Tue, 20 Oct 2015 15:54:41 +0000 http://www.ghumphir.com.np/?p=4758 काठमाडौँ, ३ कात्तिक ।

भारतको नाकाबन्दीबाट तीन करोड नेपालीको दशैँ प्रभावित बनिरहेको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली छिटै भारत भ्रमण गर्ने भएका छन्। परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणको अवसरमा सो प्रक्रिया अघि बढेको हो।

भारतीय राजदूत रणजीत रेले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले छिटै भारत भ्रमण गर्ने जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीको भारत भ्रमण मिति तय नभए पनि औपचारिक प्रस्ताव स्वीकृत भएको उनले बताए। 'भ्रमण मिति तय भइसकेको छैन', दूतावासमा आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा बोल्दै राजदूत रेले भने,'भारत भ्रमणको औपचारिक प्रस्ताव स्वीकृत भएको छ। पूर्ण तयारी सहित छिटै नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुनेछ।'

मन्त्रिपरिषद गठन भए लगत्तै परराष्ट्रमन्त्री कमल थापाले भारतको भ्रमण गरेका थिए। थापा तीनदिने भारत भ्रमणबाट फर्किए पनि भारतले नेपालमाथि लादेको नाकाबन्दी उस्तै छ। वीरगञ्ज नाका मधेसी मोर्चाका कारण अवरुद्ध भए पनि अन्य नाकाहरुबाट पनि भारतीय पक्षले पेट्रोलियम, औषधिजन्य सामग्रीको आपूर्ति सहज भइरहेको छैन।

संविधान निर्माण प्रक्रियो रोकेर आफ्ना ७ वटा माग पूरा गर्न भारतले दवाब दिएको थियो। अंगिकृत नागरिकता हुनेले नेपालको राष्ट्रपति, प्रधानमन्त्री पद पाउनु पर्ने तथा तराइबाट राष्ट्रिय संसदमा ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने लगायतका माग पूरा नभएपछि भारतले नेपालमाथि नाकाबन्दी लादेको हो।

]]>
4758 0 0 0
दसैंभर आन्तरिक उडान भर्न नाकाबन्दीले असर नपर्ने http://localhost/ghum/%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%82%e0%a4%ad%e0%a4%b0-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%89%e0%a4%a1%e0%a4%be%e0%a4%a8-%e0%a4%ad%e0%a4%b0%e0%a5%8d%e0%a4%a8/ Wed, 21 Oct 2015 01:11:40 +0000 http://www.ghumphir.com.np/?p=4760 सुरज कुँवर

नाकाहरूलाई लक्षित गरी तराईमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीले दसैंमा हुने आन्तरिक उडानलाई असर नपर्ने भएको छ । आयल निगम र नेपाल वायुसेवा निगमबीच दसैंमा आन्तरिक उडानलाई प्रभावित नपार्ने सहमतिसहित हवाई इन्धन पाइने भएकाले दसैंभर र त्यसपछि पनि आन्तरिक उडानमा असर नपर्ने भएको हो । ‘आन्तरिक उडानलाई प्रभावित नपार्ने हेतुले आयल निगमका लागि नेपाल वायु सेवा निगम (नेवानि) ले १० दिनमा ३० वटा उडानमार्फत ६ लाख ९० हजार लिटर हवाई इन्धन ल्याइदिने भएको छ,’ निगमको एयरपोर्ट डिपो प्रमुख प्रदीप यादवले भने ।

tf/f Po/sf] gofF ljdfg  tf/f Po/n] leqØfPsf] gofF cTow'lgs l6jgc6/ ljdfg . tl:a/ M /f]zg ;fksf]6f, /f;;

उनका अनुसार आयल निगमका प्रमुख गोपालबहादुर खड्का र नेवानि महाप्रबन्धक सुगतरत्न कंसाकारबीच आन्तरिक उडानलाई निरन्तरता दिनका लागि दुईपक्षीय सम्झौता भएको छ । नेवानिको बोइङले शुक्रबारदेखि निगमका लागि भारतको कोलकाताबाट हवाई इन्धन ल्याउन थालेको छ । एयरलिफ्ट गरी बोइङले शुक्रबार ४६ हजार लिटर र शनिबार ४७ हजार लिटर गरी ९३ हजार लिटर इन्धन ल्याइसकेको छ । ‘कुनै दिन दुइटा त कुनै दिन चार वटासम्म उडान गर्ने सहमति भएको छ,’ डिपो प्रमुख यादवले भने । यो इन्धन आन्तरिक उडानका लागि निजी वायुसेवाका विमानहरूलाई निगमले बिक्री गरिरहेको छ ।

निगमले इन्धनको रकम नेवानिलाई हरेक साता तिर्ने सहमति गरेको छ । आयल निगमले तिरेको रकम नेवानिले भारतीय आयल कर्पोरेसनलाई पनि हरेक साता भुक्तानी गर्ने छ । निगमका अनुसार अहिले जहाजबाट आयात गरिएको इन्धनको कोलकातामा प्रतिलिटर ५८ रुपैयाँ परल मूल्य छ । निगमले नेपालभित्र ल्याइसकेपछि यसको प्रतिलिटर २ रुपैयाँका दरले भन्सार शुल्क मात्रै तिर्नुपर्छ । यता नेवानिलाई निगमले जहाज भाडा प्रतिउडान २४ हजार ६ सय २० डलर (२५ लाख ६० हजार ४ सय ८० रुपैयाँ) तिर्ने सम्झौता गरेको छ । आयात गरेको इन्धनको प्रतिलिटर कोलकाताबाट काठमाडौं ल्याउँदा कम्तीमा पनि १ सय ७८ रुपैयाँ पर्न आउँछ । तर, आयल निगमले अहिलेको समस्यालाई मध्यनजर गर्दै पुरानै दरमा अन्तर्राष्ट्रिय विमानलाई १ सय ३३ रुपैयाँ र आन्तरिक विमानलाई १ सय १८ रुपैयाँ प्रतिलिटरमा बिक्री गरिरहेको छ ।

buddha air

निगमले हाल प्रतिलिटर ५० देखि ५५ रुपैयाँ घाटा बेहोर्दै हवाई इन्धन बिक्री गरिरहेको छ ।  कार्गो गरी जहाजबाट आयत गरिएको इन्धन काठमाडौंका लागि र बाहिरका विमानस्थलका लागि फाटफुट आइरहेको इन्धनले गुजारा चलिरहेको निगमले बताएको छ ।   उसले काठमाडौं र बाहिरका विमानस्थलमा हवाई इन्धन पर्याप्त मौज्दात रहेको बताउँदै अभाव भई नहाल्ने भनेको छ । निगमका अनुसार काठमाडौंमा आइतबारसम्म कम्तीमा पनि ४ लाख २२ हजार लिटर हवाई इन्धन रहेको बताएको छ ।अहिले आन्तरिक विमानहरूले दैनिक ६० हजार लिटर हाराहारी खपत गरिरहेका छन् । चाडपर्व परेकाले हवाई इन्धनको खपत बढेको छ । सामान्य अवस्थामा दैनिक ५० हजार लिटर हाराहारी इन्धन खपत हुन्छ ।  भरतपुर, सिमरा, जनकपुर सिधा उडान गर्ने जहाजहरूले काठमाडौं विमानस्थलमा रहेको डिपोबाटै इन्धन भर्छन् भने अन्यले विमानस्थलमा रहेको निगमको डिपोबाट इन्धन लिन्छन् ।

निगमका अनुसार यतिबेला सबैभन्दा धेरै इन्धन नेपालगन्ज विमानस्थलमा छ । आइतबार साँझ सम्मको आँकडाअनुसार नेपालगन्जमा १ लाख ५० हजार लिटर हवाई इन्धन मौज्दात छ ।   हुम्ला, जुम्ला, मुगु, डोल्पालगायत पहाडी जिल्लामा उडान भर्ने विमानहरूले पनि यहीँबाटै इन्धन भर्छन् । त्यसैगरी धनगढीमा १ लाख, विराटनगर, पोखरा, भैरहवामा ६०/६० हजार र सुर्खेतमा ४० हजार लिटर हवाई इन्धन मौज्दात रहेको एयरपोर्ट डिपो काठमाडौंले जनाएको छ ।

]]>
4760 0 0 0
तेब्बर भाडा असुल्दै यातायात व्यवसायी http://localhost/ghum/%e0%a4%a4%e0%a5%87%e0%a4%ac%e0%a5%8d%e0%a4%ac%e0%a4%b0-%e0%a4%ad%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%85%e0%a4%b8%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%be/ Wed, 21 Oct 2015 01:22:08 +0000 http://www.ghumphir.com.np/?p=4763 हरिहरसिंह राठौर

इन्धन अभावका बेला ‘ब्ल्याक’ मा इन्धन किनेको भन्दै धादिङका यातायात व्यवसायीले यात्रुहरूसँग तीन गुणासम्म बढी भाडा असुल्ने गरेका छन् । राजधानीबाट धादिङबेंसी आउँदा दोब्बर र सदरमुकामबाट ग्रामीण रुट प्रयोग गर्दा तेब्बर भाडा लिने गरेको यात्रुहरूको गुनासो छ । सामान्यतया राजधानीबाट सदरमुकाम सम्मको भाडा १ सय ७० र रुट परमिट नलिएका सदरमुकामबाट ग्रामीण रुटहरूको ३ सय ५० देखि ४ सय ५० सम्म लिने गरिन्थ्यो । टिकट छैन भन्दै हाल राजधानीबाट सदरमुकाम सम्मको ३ सय ४० देखि १ हजारसम्म र ग्रामीण रुटको १ हजारदेखि १२ सयसम्म असुल्ने गरेको पाइएको छ ।

bus

दसैं नजिकिँदै गर्दा राजधानीलगायत अन्य जिल्ला फर्कनेको लर्को चलेको छ । धादिङका आधाभन्दा बढी बासिन्दा राजधानी बसोबास गर्ने गरेको अनुमान गरिन्छ । वैदेशिक रोजगारबाट फर्कनेहरू पनि राजधानी र नारायणगढको बाटो प्रयोग गर्छन् । भारतको नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण इन्धनको अभाव हुँदा थोरै मात्रामा गाडी चलेका छन् । त्यसमा पनि सवारी साधनहरूले दोब्बर, तेब्बर भाडा लिन थालेपछि यात्रुहरू मारमा परेका हुन् ।

पृथ्वी राजमार्ग र सदरमुकामदेखि ग्रामीण भेकहरूमा ६० वटा ग्रामीण सडहरूमा अस्थायी रूपमा यातायात सञ्चालनमा छ ।  गत वर्षको दसैंमा राजधानीबाट सदरमुकाममा १ सय ९० तिरेका बुढाथुमका प्रल्हाद थापा यसपाला ३ सय ५० तिरेको बताए । जबकि काठमाडौंबाट धादिङसम्मको नियमित भाडा १ सय ७० रुपैयाँ हो । थापाले भने, ‘धेरै बेरसम्म बस कुर्नुपर्‍यो । मान्छे धेरै भएकाले छतमा चढेर यात्रा गरियो त्यो पनि दोब्बर भाडा तिरेर ।’ बस पाइँदैन जसोतसो जानै परेको छ ।’ भाडाको विषयमा किन कराउनु भनेर चुपचाप भनेजति रकम दिएको थापाले बताए ।

टिकट काउन्टरबाट तोकिएकै शुल्कमा टिकट काटे पनि बीचमा चढ्ने र छतमा यात्रा गर्ने यात्रुहरूसँग बढी भाडा लिने गरेको भेटिएको छ । बढी भाडा लिएको गुनासो आउन थालेपछि प्रहरीहरूले पनि बीचबीचमा चेकजाँच गर्दै बढी भाडा लिएको सवारी साधनलाई कारबाही गर्न थालेका छन् ।  इलाका प्रहरी कार्यालय गजुरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले महँगो भाडा लिएर यात्रुहरू बोक्ने सवारी साधनलाई कारबाही गरी भाडा फिर्ता गर्न सुरु गरेको छ । प्रहरीले ठाउँठाउँमा चेकजाँच गरी सुरक्षित यात्राका लागि सवारी चालकहरूलाई सचेत गराउन थालेका छन् । दसैंमा घर फर्किने यात्रुहरूको चाप बढे पनि इन्धन आपूर्ति सहज नहुँदा सवारी साधनहरू पनि पातलो मात्रामा चलेको र यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ‘सडकमा गाडी धेरै गुडेका छैनन् । यात्रुहरूको चाप पनि उत्तिकै छ अनि छतमा यात्रा नगराई सम्भवै छैन,’ नारायणगढ जाँदै गरेका चालक डिल्लीबहादुर बगालेले बताए । चेकिङको क्रममा भेटिएका र छतमा यात्रा गरिएका यात्रुहरूलाई प्रहरीले पनि सुरक्षित तरिकाले बस्न र सुरक्षित यात्रा गर्न सल्लाह दिन थालेका छन् ।

दोब्बर भाडा लिएको भए फिर्ता गर्ने र सुरक्षित यात्राका लागि सचेत गराउने अभियान नै सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।  दसैं मनाउनका लागि राजधानीबाट घर फर्कने यात्रुहरूको चाप अनुसारको सवारीका साधनहरू पर्याप्त नभएका कारण जोखिम मोलेर राजमार्गमा पनि यात्रुहरू छतमा बसेर यात्रा गर्न बाध्य बनेका छन् भने यात्रुहरूले लाग्नेभन्दा दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य बनेका छन् । विगत एक साता अघिको तुलनामा मंगलबारदेखि राजमार्गमा सवारी साधनहरू अलि बाक्लो देखिन थालेको भए पनि यात्रुहरूको चाप र इन्धन अभावका कारण सवारी साधनहरू चल्न नसक्दा दसैंमा घर फर्किने यात्रुहरू मारमा परेका छन् । पछिल्ला दिनहरूमा यात्रुवाहक बसहरू राजधानीबाट बाहिरिने क्रम बढेको छ भने मालवाहक सवारीका साधनहरू राजधानी भित्रन थालेका छन् ।

]]>
4763 0 0 0
भूकम्प पीडितलाई दसैंले कुनै उत्साह छैन http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%82%e0%a4%b2%e0%a5%87-%e0%a4%95/ Wed, 21 Oct 2015 01:35:25 +0000 http://www.ghumphir.com.np/?p=4766 राजेन्द्र मानन्धर

भूकम्पले छोराको मृत्युपछि शोकमा डुबेकी पार्वती सार्कीलाई नजिकिँदै गरेको दसैंले कुनै उत्साह जगाएको छैन ।  पुत्रशोकसँगै चुलिँदै गएको आर्थिक संकटले पार्वतीको परिवारलाई यस वर्षको दसैं दशा सावित भएको छ । राहतबाट प्राप्त जस्ता र काठले बनाएको टहरामा भेटिएकी पार्वती चिन्ताले गल्दै गएजस्तो देखिन्थिन् ।

bhukammpa pidi

छोराको चिन्ताले दुब्लाउँदै गएको उनको काम गर्ने ऊर्जामा पनि शिथिल बनाएको अनुभव उनी सुनाउँछिन् । १२ कक्षा उत्तीर्ण गर्दा कलेज टप भएका छोरा कृष्ण मिजारको मृत्युपछि परिवार नै गन्तव्यहीन देखिएको छ ।  काभ्रे गाविस–३ स्थित अरूको घरमा जीवनको आधा उमेर नोकर बसेका ४५ वर्षीय धनबहादुर सार्कीले पार्वतीलाई बिहे गरेपछि अर्काले दिएको जमिनमा सानो ढुङ्गामाटोको घर बनाएका थिए । २१ वर्षको हुँदासम्म अरूकोमै बसेका उनलाई मालिकले २ हजारमा जग्गा किनिदिएपछि आफ्नै घर सरेर पार्वतीलाई बिहे गरेका थिए ।

आफ्नै जमिनको उत्पादनले महिना दिन पनि खान नपुग्ने उनीहरूले दु:खसाथ एक छोरा र एक छोरी हुर्काएका थिए । अचानक भूकम्पले घर र छोरा दुवै लगेपछि पार्वतीले आँसु खसाल्दै भनिन्, ‘छोराले पढिसकेपछि राम्रो जागिर पाउने र त्यसैबाट कमाएको पैसाले घर बनाउने सुनाउँथ्यो ।’  काठमाडौंस्थित पशुपति क्याम्पसमा पढ्दै गरेका कृष्णको सिन्धुपाल्चोक मेलम्चीमा अध्ययन भ्रमण जाँदा वैशाख १२ को भूकम्पमा परी ज्यान गएको हो । कृष्णले वाणिज्यशास्त्रमा स्नातक सकेर जागिर पाएपछि परिवारमै खुसी आउने दिनगन्ती गर्दै बसेका सार्की परिवारलाई यस वर्षको दसैं हर्ष होइन, विस्मातले भरिएको छ । धनबहादुर काठ मिस्त्री हुन् । दैनिक ५ सय कमाउने उनको मदिरा सेवन लतले राति अबेरसम्म बाहिरै पिएर बस्छन् । यो लतका कारण उनले आर्थिक व्यवस्थापन गर्न सकेका छैनन् । गरिखाने कुनै उपाय नभएको यो परिवारको दिनहरू जहिल्यै अभाव, गरिबीमै बितिरहेको छ ।

यस्तो चरम पारिवारिक कुण्ठाको बाबजुद पनि छोरा कृष्णको पढाइ राम्रो भएकाले पार्वतीले चित्त बुझाएकी थिइन् । बाबाको अवस्था कमजोर भए पनि छोराकै मुख हेरेर आमाको जीवन खुसी थियो,’ सँगै भेटिएकी छोरी सावित्रीले भनिन्, ‘दाइको मृत्युपछि सारा खुसी लुटिए ।’ सावित्रीले भनिन्, ‘मलाई पनि दाजुको नै भर थियो, अब के गर्ने जीवन अन्योल भयो,’ यस वर्षको एसलसी परीक्षा बिग्रिएको चिन्तामाथि दाजुको मृत्युको दु:खद् अवस्थाले पिरोलिएको उनले सुनाइन् । उनले १२ कक्षा उत्तीर्ण गरेको हनुमन्तेश्वर उच्चमाविका प्राचार्य गोपाल श्रेष्ठ उच्चमावि टपर विद्यार्थीको निधनले मर्माहत भएको सुनाउँछन् । ‘कृष्ण जीवित भइदिएको भए यो परिवारमा केही वर्षपछि खुसीका दिन आउँथे,’ श्रेष्ठले भने । ‘पढिसक्ने, कमाउने, राम्रो घर बनाउने, बहिनीको बिहे गरिदिने र आफ्नो बिहे गर्ने,’ कृष्णको योजनामा रमाइरहेका यो परिवारले यो वर्ष दसैं मनाउने सोच बनाएका छैनन् ।

जुठो परेकाले कटेरा सिंगार्ने, काटमार गर्ने, नयाँ लुगा लगाउने केही नहुने पार्वतीले बताइन् । ऋणमा डुबेको अवस्थाबाट त्राण पाउन श्रीमान्बाट मात्र असम्भव भएकाले पार्वती पनि ज्यालामा मेलापात गर्छिन् । दिनभर मेलापातबाट आएको रकमले परिवारको दैनिकी चल्छ । पार्वतीले सुरुका दिनमा छोरालाई त्यसैबाट बचाएर खर्च पठाउँथिन् । काठमाडौंमा मासिक ७ हजारको जागिर पाएपछि भने छोराले खर्च माग्न छाडेको पार्वतीले बताइन् ।

]]>
4766 0 0 0
नेपालको संकट नयाँ दिल्लीबाट हेर्दा http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%95%e0%a4%9f-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%a6%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%80/ Wed, 21 Oct 2015 01:39:10 +0000 http://www.ghumphir.com.np/?p=4770 नताली ओविको पियर्सन 

इन्धनको चरम अभाव खेपिरहँदा नेपालको राजधानीमा नेता, उनीहरुको इन्धन नीति र दक्षिणको छिमेकी भारतप्रति चर्को आक्रोश बढिरहेको छ। ट्याक्सी र बस रित्ता पेट्रोल पम्पसम्म लामो पङ्ति बनाएर अडिएका छन्। बसका छतछतमा मानिसहरु अटाइनअटाइ यात्रा गरिरहेका छन्।

हवाइजहाजहरुलाई नेपाल आउँदा फर्किन पुग्नेगरी इन्धन ल्याउन भनिएको छ, जबकि मुलुकको एउटा आम्दानीको स्रोत पर्यटन हो जुन केही महिनाअघिको भूकम्पले तहसनहस बनाएको छ। 'यसले हामीलाई हाम्रो अर्थतन्त्र र सामरिक नीतिलाई पुनर्विचार गर्न दवाव दिएको छ,' पूर्व अर्थमन्त्री मधुकर शम्शेर जबराले काठमाडौंबाट टेलिफोनमा भने, 'हामी भूपरिवेष्टित हौं। यस्तो अवस्था जतिखेर पनि भोग्नुपर्ने हुनसक्छ।' दुई साताअघि जारी भएको संविधानमा आफ्नो प्रतिनिधित्व नभएको भन्दै नेपालको दक्षिणी भेगमा रहेका समुदाय, जसको भारतसँग सांस्कृतिक-सामाजिक सम्बन्ध छ, ले आन्दोलन चर्काएपछि नेपाल चरम अवस्था भोगिरहेको छ।

नेपाली अखबारहरुले सबैभन्दा ठूलो ब्यापारिक साझेदार मुलुक भारतले अघोषितरुपमा नाकाबन्दी गरेको आरोप लगाएका छन् जबकि भारतले भने नेपालका आन्दोलनकारीले सडक अवरुद्ध पारेकाले राजधानीसम्म इन्धन पुग्न नसकेको जनाएको छ। 'नाकाबन्दी कायमै रहिरहने हो भने छिटै यहाँ मानवीय संकट हुनेछ,' अर्थमन्त्री रामशरण महतले टेलिफोन अन्तर्वार्तामा भने, 'पेट्रोल, डिजल, खाना पकाउने ग्यास, औषधीसँगै अतिआवश्यकीय वस्तुको अभाव भइसकेको छ। तपाईँ यस्तो अव्यवस्था अनुमान गर्नसक्नुहुन्छ।'   'भारतले आधिकारिक वा कुनै किसिमको नाकाबन्दी गरेको छैन,' भारतको विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले इमेलमार्फत् भने। हिमालयन मुलुकले ६० प्रतिशतभन्दा आयात भारतबाट गर्छ जसमा सबैभन्दा बढी इन्धन पर्छ। नेपालको चीनसँगको नाका र सडक थोरै र कमजोर छ त्यसमाथि भूकम्पले बाटो धेरै ठाउँमा अवरुद्ध कायमै छ।

'नेपाल ल्यान्ड लक्डमात्र होइन - हामी अभौतिकरुपमा इन्डिया लक्ड भएका छौं,' महतले  भने, 'उत्तरतिरको सीमा राम्रोसँग चल्न महिनौ लाग्छ जहाँबाट १० प्रतिशतमात्र आयात हुन्छ। यो अभावले हामीलाई विविधिकरणमा लाग्न पाठ पढाएको छ। तर, यसका लागि समय लाग्छ। यो एकैरातमा सम्पन्न हुने कुरा पनि होइन।' जलविद्युतको सम्भावना ऐतिहासिकरुपमा पनि चीनभन्दा नेपालको भारतसँग राजनीति र अर्थतन्त्रको गाँठो बाँधिएको छ। हालै चीनले नेपालसँगको नाका क्षेत्रमा सडक विस्तार गरेको छ र गतवर्षदेखि नेपालमा लगानी गर्ने मुलुकमध्ये सबैभन्दा ठूलो बन्दै भारतलाई उछिनेको छ। एक अर्ब ६० करोड डलरको जलविद्युत आयोजनामा चीनले लगानी गरेको छ। 'अहिलेको इन्धन अवरोधले भूकम्पले ध्वस्त भएको मुलुकको अर्थतन्त्रलाई थप कठिन अवस्थामा पुर्‍याएको छ,' आइएचएस इङ्कका एसिया-प्यासेफिक प्रमुख अर्थविद् राजीव विस्तावसले भने, 'जलविद्युत उत्पादनको सम्भावना र यसका लागि लगानी परिचालन गर्न नेपालले सक्छ यद्यपि तेल र ग्यास आयात नगरी हुने अवस्था छैन।' नेपालका हिमनदीमा आधारित रहेर उत्पादन गर्ने हो भने ८० गिगाबाट विद्युत उत्पादन गर्न सकिन्छ जुन नेपाल र एक तिहाई भारतका लागि पर्याप्त हुनसक्छ। १७ दिन ठीक यतिखेर नेपाल लोडसेडिङको मारसँगै डिजलबाट उत्पादन हुने विद्युतबाट चल्ने व्यवसायसमेत गर्न नसकी अस्तव्यस्त बनेको छ।

दी काठमाडौं पोस्टकाअनुसार नेपालसँग करिब १७ दिन पुग्ने इन्धन अझै छ, यो स्टक इजरायलसँग २ सय ७० दिन, दक्षिण कोरियासँग २ सय ४० र अमेरिकासँग १ सय ३७ दिन पुग्ने छ। 'विद्युतको ग्रिडमा उर्जा पुग्ने अवस्थामा हुने थियो भने यसका लागि खपत हुने डिजेल यातायातका लागि मात्र प्रयोग गरे पुग्ने थियो,' अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपाल र भारत प्रतिनिधि थोमस रिचार्डसनले भने। गत अप्रिलमा भएको भूकम्पले नेपालको आर्थिक वृद्धिदर गत वर्षको ५.५ बाट सुस्त बनाउँदै ३.४ पुर्‍याउने मुद्रा कोषले गत साता प्रक्षेपण गरेको छ। रिचार्डसन अहिल्यै यो स्थिति लम्बिने र थप अवरोध सिर्जना हुने अनुमान गरिहाल्न नहुने बताउँछन्।

पछिल्ला साताहरुमा काठमाडौंका लागि उडेका दर्जनौ फ्लाइटहरु प्रभावित भए। कोरियन एयरलाइन्सको विमान बैंककमा रिफ्युल गर्न उत्रियो, मलिसया एयरलाइन्सको क्वालालाम्पुरबाट उडेको विमान बंगलादेशको ढाकामा उत्रियो र सिंगापुरबाट उडेको सिल्क एयरको फ्लाइट कोलकातामा इन्धन भर्न उत्रियो। चाइना साउदर्नले अक्टोबर १० सम्मका लागि टिकेटिङ नै रोकेको छ। कम्पनीलाई उदृत गर्दै मिडियामा आएअनुसार चाइना साउदर्नले २४ अक्टोबरसम्म निशुल्क उडानको रिसेड्युलिङ वा क्यान्सिलेसन गराउने भएको छ। झोक नै झोक तराईको आन्दोलनमा एक महिनामा ४० जनाभन्दा धेरैको ज्यान गयो। यसबारे भारतले 'डिप कन्सर्न' रहेको जनाएको छ र निरन्तर रुपमा नेपालका सबै पक्षलाई सहमतीय राजनीतिलाई आगामी चुनौति पूरा गर्नका लागि जारी राख्न भनिरहेको छ। संविधानबारे औपचारिक रुपमा कुनै माग भारतले नराखेको अर्थमन्त्री महतले भने। तर उनले थपे, 'उनीहरु असन्तुष्ट समूहसँग छलफल गरेर संवादबाटै समस्याको समाधान निकालोस् भन्ने चाहन्छन्।' 'तर आन्तरिक राजनीतिमा व्यापार मिसाउन मिल्दैन,' महतले भने। उनले नेपाल छिर्ने सबै कार्गोमा नेपालले नै सुरक्षाको ग्यारेन्टी लिएको दावीसमेत गरे। ब्लुमबर्गको रिपोर्ट

]]>
4770 0 0 0
बेलहिया नाका फेरि बन्द http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%b9%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a4%bf-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/ Wed, 21 Oct 2015 04:37:20 +0000 http://www.ghumphir.com.np/?p=4772

लुम्बिनी (रुपन्देही), ४ कात्तिक ।

दुई जना भारतीय नागरिक सीमा नाका बेलहियामा नेपाली युवकको कुटपिटबाट घाइते भएपछि केही दिनयता सुचारु रुपन्देहीको नेपाल भारत सीमानाका बेलहिया बिहानैदेखि बन्द भएको छ । बेलहियाको सेरे पञ्जाब होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा बेलहियाका सचिन थैव, सुनील रानाले भारतीय नागरिक अजय सिंह राजकोट, कृष्ण मुरारी मधेसीयालाई कुटपिट गरेको विषयलाई लिएर बेलहिया नाका बन्द भएको हो । कुटपिटबाट भारतीय नागरिक घाइते भएपछि मङ्गलबार रातिदेखि नै असहज बनेको बेलहिया नाकामा भारतीय पक्षले अहिलेसम्म कुनै पनि गाडी नेपाल प्रवेश गर्न दिएको छैन । घाइते राजकोटको चिउडोमा चोट लोगेको छ भने मधेसीयाको हातमा सामान्य चोट लागेको र उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । भारतीय पक्षले नेपालतर्फ मालबहाक तथा सवारीसाधन आउन रोक लगाएपछि बेलहिया नाकाबाट भारतबाट रोजगारी गरी फर्कने नेपाली मात्रै आएका छन् । मङ्गलबार साँझको उक्त घटना पछि दुवै देशका सुरक्षा अधिकारीले बेलहिया नाकामा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । नेपालका तर्फबाट पनि बेलहिया नाकामा यसअघिभन्दा केही बढी सुरक्षाकर्मी खटाएको रुपन्देही प्रहरीले जनाएको छ । भारतीय पक्षले मालबहाक तथा सवारीसाधन नेपाल आउन रोक लगाएपछि नेपालबाट भारततर्फ जाने गाडी पनि भारत जानबाट रोक लगाइएको छ ।कुटपिट गर्ने फरार रहेको र खोजी कार्य जारी राखेको रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

]]>
4772 0 0 0
आयल निगम र व्यवसायीको टोली रातरात चिन पुगे http://localhost/ghum/%e0%a4%86%e0%a4%af%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae-%e0%a4%b0-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9f%e0%a5%8b%e0%a4%b2/ Wed, 21 Oct 2015 04:42:44 +0000 http://www.ghumphir.com.np/?p=4774 कार्तिक ४ गते

ग्यास आयातकोका लागि आवश्यक प्रक्रिया पूरा गर्न नेपाल आयल निगमका उच्च अधिकारी सहितको टोली चीन गएको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल भएकै दिन मंगलबार राति ६ सदस्यीय टोली चीन गएको हो।

निगमका निमित्त उपमहाप्रबन्धक सुशील भट्टराईको नेतृत्वमा टोली चीन गएको हो। टोलीमा निगमकै उच्च अधिकारीसहित ग्यास विक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल र नेपाल ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे र गोकुल भण्डारीसमेत सहभागी छन्। बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर चीनबाट ग्यास आयातका विषयमा थप निर्णय गर्ने सहमति भए पनि सरकारले मंगलबार राति नै टोली चीन पठाएको हो। दसैंपछि सरकारी प्रतिनिधि सहितको टोली चीन जाने तयारी गरेको भएपनि ढिला हुने भन्दै मंगलबार राति नै एउटा टोली चीन गएको हो।

त्यसअघि मंगलबार दिउँसो नै एक जना प्रतिनिधिलाई पनि चीन पठाइसकिएको थियो। नेपाल र चीनबीच ग्यास तथा अन्य पेट्रोलियम ल्याउन सहजीकरण गर्न सक्ने व्यक्ति छनौट गरी चीन पठाइएको थियो। ती व्यक्तिका बारेमा भने खुलाइएको छैन।   उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणले समस्या समाधान नभएपछि सरकारले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन विशेष चासो दिएर काम अघि बढाएको हो।

प्रधानमन्त्री ओलीले मंगलबार राजनीतिक संयन्त्रमा यो विषयमा छलफल गरिसकेका छन्। उनले निगमका उच्च अधिकारीहरुलाई तत्काल काम अघि बढाउन पनि निर्देशन दिएका थिए।    व्यवसायीहरुले यसअघि नै चीनबाट ग्यास ल्याउन आयल निगमसँग अनुमति मागिसकेका थिए। दुबै देशका सरकारबीच सम्झौता नभएको र हालसम्म चीनबाट ग्यास नल्याएको कारण पनि अनुमति दिइएको थिएन। निगमले केही कम्पनीलाई चीनबाट ग्यास आयातको अनुमति दिइसकेको स्रोतले बताएको छ।

]]>
4774 0 0 0
राष्ट्रपति डा यादवद्वारा शक्तिपीठमा पूजाआराधना http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%a1%e0%a4%be-%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be/ Wed, 21 Oct 2015 08:56:14 +0000 http://www.ghumphir.com.np/?p=4776

काठमाडौँ, ४ कात्तिक ।

बडादशँैको महाअष्टमीको अवसरमा राष्ट्रपति डा रामवरण यादव आज बिहान उपत्यकाभित्र रहेका विभिन्न शक्तिपीठमा गई शक्ति स्वरूपा देवी दुर्गाको पूजाआराधना तथा दर्शन गर्नुभयो । सो अवसरमा राष्ट्रपति डा यादवले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, सङ्कटा, शोभा भगवतीलगायत शक्तिपीठमा देवीको अर्चना एवम् दर्शन गर्नुभएको थियो । ती शक्तिपीठहरूमा पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि ठूलो भीड लागेको छ ।

]]>
4776 0 0 0
परमपरा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a4%ae%e0%a4%aa%e0%a4%b0%e0%a4%be/ Wed, 21 Oct 2015 09:31:36 +0000 http://www.ghumphir.com.np/?p=4778 4778 0 0 0 बजारमा साइकल अभाव http://localhost/ghum/%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5/ Wed, 21 Oct 2015 09:39:05 +0000 http://www.ghumphir.com.np/?p=4782 काठमाडौँ, ४ कात्तिक ।
अहिले उनको पसलमा दैनिक २० वटासम्म साइकल मर्मतका लागि आउने गरेका छन् । ७२ वर्षीय नकर्मीको पसलमा सामान्यतया दिनमा एकदुुईवटा साइकल मर्मतका लागि आउने गरेका थिए । तराईमा जारी बन्द, हडताल र भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ अभाव भएपछि साइकल चढ्नेको संख्या ह्वात्तै बढेको छ ।
अहिले सहरी क्षेत्रमा यातयातमा पनि वैकल्पिक उपायको खोजी थालिएको छ । काठमाडौंलगायत देशका हरेक सडकमा सवारीसाधन न्यून मात्रामा चलिरहेका छन् । त्यसैले कतिपयले सवारीसाधनको वैकल्पिक माध्यमका रूपमा साइकल प्रयोग गर्न थालेका छन् भने कतिपय मानिस हिँडेर यात्रा गरिरहेका छन् । हिजोआज काठमाडौंका सडकमा अन्य सवारीसाधनको तुलनामा साइकलको संख्या बढेको देखिन्छ ।
cycle
बजारमा साइकलको व्यापारमा पनि उल्लेखनीय वृद्धि भएको छ । व्यापारीले ग्राहकको मागअनुसार साइकल पुयाउन नसक्ने भएका छन् । कमल साइकल ट्रेडर्सका सञ्चालक वीरेन्द्रबहादुर ताम्राकारका अनुसार साइकल किन्न दैनिक २० देखि २५ जना आउँछन् । तर, उनीहरूको आवश्कताअनुुसार साइकल उपलब्ध नहुँदा ग्राहक फर्केर जाने गरेका छन् ।
उनको पसलमा सामान्य अवस्थामा दैनिक ३० देखि ४० हजारको व्यापार गर्न मुस्किल पर्नेमा अहिले तीन लाखसम्मको व्यापार हुुने गरेको छ । नयाँ साइकलको व्यापारसँगै पुराना मर्मत गराउने मनिसको संख्या पनि बढेको छ । धेरै वर्षदेखि नचलाई थन्क्याएर राखिएका साइकल बनाउन ल्याउने मानिसको भीड साइकल मर्मत पसलमा देख्न सकिन्छ ।
पेट्रोल अभाव नहुदासम्म अन्य सवारीसाधन चढ्ने भएकाले साइकल मर्मत गराउन ल्याउने मानिसको संख्या निकै कम देखिने गरेको थियो । कमलादीका साइकल मर्मत व्यवसायी नकर्मीका अनुसार अहिले साइकलको मर्मतबाट मात्रै पनि दैनिक १५ हजारसम्म आम्दानी हुने गरेको छ ।
साइकललाई सोखका रूपमा लिएर चढ्ने मानिस पनि नेपालमा नभएका भने होइनन् । साइकलमा सामान राखेर व्यापार गर्न हिँड्ने मानिस पनि काठमाडौंका प्रत्येक गल्लीगल्लीमा देख्न सकिन्छ । तर, अहिले साइकल सोख र व्यापारका लागि भन्दा पनि आवश्यकता बनेको छ ।
सबै वर्गका मानिसले साइकलमा यात्रा गर्न थालेका छन् । अहिलेको अवश्यकतालाई ध्यान दिने हो भने साइकल पसलमा साइकल किन्नका लागि विशेष गरी टाढाबाट धाउने कर्मचारी र निजी क्षेत्रमा काम गर्ने व्यक्ति छन् । आफ्नो घरमा कार, मोटरबाइक राख्ने मानिस पनि साइकल किन्नका लागि पसलपसल धाउन थालेका छन् । दैनिक ग्वार्कोदेखि महाबौद्धसम्म धाइरहेका निश्चय सुवेदी आफ्नो मोटरबाइकमा पेट्रोल सकिएपछि साइकल किन्न कमलादी पुगेका थिए।
स्टकमा रहेका साइकलले अहिलेसम्मको बजार माग धानिरहेको देखिन्छ । यस्तो अवस्थामा बढ्दो मागलाई बजारले केही दिनभन्दा भ्याउने स्थिति देखिँदैन । बाहिरबाट साइकल ल्याउन पनि नाकाबन्दीका कारण सम्भव छैन । व्यापारीले मगाएका सामान सीमामा रोकिएका छन् ।
तर, बजारमा भने प्रत्येक दिन ग्राहकको संख्या बढिरहेको छ । साइलक व्यापारी श्याम राईले अब केही दिनको व्यापार धान्नेमात्र साइकल बजार रहेको बताए । त्यसपछि पनि साइकल भित्रिएन भने पसल बन्द गरेर बस्नुपर्ने स्थिति आउने उनको भनाइ छ ।
]]>
4782 0 0 0
रक्सीको ऋण तिर्न नसक्दा नेसनल ट्रेडिङ लिमिटेड यो अवस्था http://localhost/ghum/%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%8b%e0%a4%a3-%e0%a4%a4%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a8/ Wed, 21 Oct 2015 10:21:21 +0000 http://www.ghumphir.com.np/?p=4785 रुद्र खड्का

१९ वर्षदेखि नेसनल ट्रेडिङ लिमिटेडमा कार्यरत उपत्यका जिन्सी शाखा प्रमुख राजु खत्रीले कुनै दिन तलब पाउनसमेत गाह्रो पर्ला भनेर सोचेका पनि थिएनन्। 'समयले कसलाई कहाँ पुर्यानउँछ भने जस्तै भयो,' गत असारदेखि तलब नपाउँदा निरास खत्रीले भने, '२०५५ सालसम्म सबैको आँखा लाग्ने नेसनल टे्रेडिङमा त्यतिखेर काम गरेकै कारण पछुताउने धेरै छन्।' उमेर छउन्जेल नेसनल टे्रडिङमा काम गरेका धेरैजसो कर्मचारी कम्पनी निरन्तर घाटामा जान थालेपछि चिन्तित भएका हुन्। 'काम गर्न सक्ने हुँदासम्म यहीँ बिताइयो,' अर्का कर्मचारी गजानन्द थापाले भने, 'अहिले जागिर छाडेर जाने ठाउँ पनि छैन, तलब आउन छाड्यो।' २०५५ सालसम्म देशकै आकर्षक संस्थान मानिने सरकारी स्वामित्वको नेसनल ट्रेडिङ २०६७ सालपछि घाटामा जान थालेको कर्मचारी बताउँछन्। २०५५ सालमा नेसनल ट्रेडिङमा काम गर्ने कर्मचारी ८ सयसम्म थिए। 'कम्पनीको राम्रो आम्दानीका कारण धेरैजसो वाणिज्य मन्त्री र महाप्रबन्धक/अध्यक्षहरू आफन्तलाई घुसाउन मरिहत्ते गर्थे,' एक कर्मचारीले भने, 'अहिले जागिर खान हेइन महाप्रबन्धक/अध्यक्ष बन्न पनि राम्रो मान्छे आउँदन।' हुँदाहुँदा पछिल्लो समयमा कम्पनीमा व्यापारबारे नबुझेका शिक्षक, दलका कार्यकर्ता महाप्रबन्धक/अध्यक्ष बन्न थालेका छन्।

कम्पनीको घाटासँगै हाल कर्मचारी घटेर ३ सय १० मा झरेका छन्। टेकु र पोखराको पेट्रोल पम्पबाट आउने कमिसनबाहेक कम्पनीको अरु आम्दानी छैन। नेसनल ट्रेडिङकी सूचना अधिकृत गीता निरौला २०६७ सालयता कम्पनीले विदेशबाट सामान आयात गर्न छाडेको बताउँछिन्। 'अत्यावश्यक सामान ल्याएर सर्वसाधारणलाई उपलब्ध गराउने कम्पनीले आयात नै गर्न नसकेपछि कसरी आम्दानी गर्ला?,' उनले भनिन्। विगतमा नेसनल ट्रेडिङले विदेशबाट सामान आयात गरी उपभोक्ताको आवश्यकता पूरा गर्नुको साथै नेपालको अर्गानिक उत्पादन विदेश निर्यात गर्थ्यो। यसले कम्पनीको आम्दानी मात्र नबढाई डलर आर्जन गरेर अर्थतन्त्र मजबुत बनाउन सहयोग गरेको पुराना कर्मचारी बताउँछन्।

गत असारयता ३ सय १० कर्मचारीलाई तलब खुवाउन नसकेको कम्पनीले यसै साता अर्थ मन्त्रालयलबाट थप साढे ४ करोड रुपैयाँ ऋण लिएको छ। सोही रकमबाट ४ महिनाको तलब र दसैं पेस्की दिने तयारी भइरहेको निरौलाले जानकारी दिइन्। कर्मचारीलाई तलब खुवाउन साढे ४ करोड ऋण लिएपछि अब नेसनल ट्रेडिङको ऋण ७० करोड रुपैयाँ नाघेको छ।

रक्सीको ऋण तिर्न नसक्दो यो अवस्था

२०६७ सालमा बैंकबाट ऋण लिएर रक्सीको कारोबार गर्न खोज्दा नेसनल ट्रेडिङको अवस्था बिग्रिएको कर्मचारी बताउँछन्। फ्रान्स, अस्ट्रेलिया, आयरल्यान्ड, स्कटल्यान्ड जस्ता मुलुकबाट ल्याएर मदिरा कारोबार गर्ने उद्देश्यले त्यतिखेर कम्पनीले विभिन्न बैंकबाट ३८ करोड रुपैयाँ ऋण लियो। मदिरा ल्याउनेबित्तिकै तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६७ सालमा एयरपोर्टको ड्युटी फ्री पसल बन्द गर्ने निर्णय गरेपछि कम्पनीले रक्सी किन्न लिएको ऋणको सावाँ र ब्याज तिर्न नसकेको कर्मचारी बताउँछन्।

'आयातित रक्सी गोदाममा थन्कियो, ३८ करोड रुपैयाँको ब्याज बढिरह्यो,' निरौलाले भनिन्, 'निजी बैंकको ऋण तिर्न नसकेपछि कम्पनीसँग अन्य कारोबार गर्ने न रकम बाँकी रह्यो न अरु ऋण कुनै बैंकले पत्याए।'

आम्दानी घट्दै गएका बेला सरकारले सुरु गरेको सार्वजनिक खरिद ऐनले पनि विदेशबाट सामान ल्याउन अप्ठेरो पारेको कर्मचारीको भनाइ छ। 'ऐन अनुसार सामान किन्दा ४५ दिन लाग्छ,' एक कर्मचारीले भने, '४५ दिनको सूचना प्रकाशित गरी सामान आयात गर्दा व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहँदैन।' सरकारी स्वामित्व भएकाले सामान खरिद गर्न नियम पालना गर्नुपर्दा काम गर्न गाह््रो भएको धेरै कर्मचारीको भनाइ छ।

सूचना अधिकृत निरौलाका अनुसार अहिले यसलाई अधिकांश ऋण अर्थ मन्त्रालयले उपलब्ध गराएको छ। सरकारले केही महिनाअघि उपलब्ध गराएको ५२ करोड ऋणबाट मदिरा आयात गर्दा लिएको ३८ करोड र त्यसको ब्याज बैंकलाई बुझाएको छ। कर्मचारीका अनुसार स्थापनाको ५४ वर्षपछि नेसनल ट्रेडिङ टाट पल्टने अवस्थामा छ। अहिलेकै अवस्था रहि रहे यो अघि बढ्न नसक्ने धेरैजसो कर्मचारी बताउँछन्।

हिमालयन बैंकको ऋण चुक्ता गरेपछि गत वर्ष निवृत कर्मचारीलाई सुविधा उपलब्ध गराउन पुनः अर्थ मन्त्रालयलबाट यसै साता १ करोड ६९ लाख रुपैयाँ ऋण लिएको छ। निरौलाका अनुसार साल्ट ट्रेडिङ र माछापुच्छ्रे बैंकको अढाइ–अढाइ करोडसहित सरकारको गरी नेसनल ट्रेडिङको ऋण दायित्व अब ७० करोड नाघेको छ। जसमध्ये १० करोड रुपैयाँ ऋण कम्पनीको पुरानो हो।

पूर्ण क्षमतामा चलेन पेट्रोल पम्प

नेसनल ट्रेडिङको टेकुस्थित पेट्रोल पम्पको क्षमता १२ हजार लिटर इन्धन हो। तर, उसले ४ हजार लिटरभन्दा बढी इन्धनको कारोबार गर्न सकेको छैन। आर्थिक संकट परेको भन्दै ४ हजार लिटरभन्दा बढी इन्धन खरिद गर्न नसक्दा सहजै हुने आम्दानी गुमाइरहेको छ। '४ हजार लिटर इन्धनको कारोबार गर्दा वार्षिक ६०/६५ लाख रुपैयाँ आम्दानी हुन्छ,' निरौलाले भनिन्, 'पम्पको क्षमताअनुसार कारोबार गर्न सकेको भए कम्पनीको आम्दानी बढ्थ्यो।' तेल किन्ने रकमको अभावमा क्षमताभन्दा कम इन्धन खरिद गर्नुपरेको उनको भनाइ छ।

]]>
4785 0 0 0
एक लाख ४० हजार लिटर डिजेल काठमाडौँ पठाइयो http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a5%aa%e0%a5%a6-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%9f%e0%a4%b0-%e0%a4%a1%e0%a4%bf%e0%a4%9c%e0%a5%87%e0%a4%b2-%e0%a4%95/ Wed, 21 Oct 2015 12:47:43 +0000 http://www.ghumphir.com.np/?p=4789

धनगढी, ४ कात्तिक ।

सुदूरपश्चिमको कैलाली भन्सार नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थ नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीमार्फत आज काठमाडौँ पठाउन सुरु गरिएको छ । कार्यालयका प्रमुख शरद पौडेलले सात ट्याङ्कर डिजेल र एक ट्याङ्कर हवाई इन्धन आज काठमाडौँ पठाइएको जानकारी दिनुभयो । काठमाडौं पठाइएका सात ट्याङ्करमा एक लाख ४० हजार लिटर डिजेल र अर्को एक ट्याङ्करमा २० हजार लिटर हवाइ इन्धन रहेको बताइएको छ । सुदूरपश्चिममा डिजेल तथा पेट्रोलको अभाव कायमै रहेको अवस्थामा आयल निगमले इन्धन आज काठमाडौंँ पठाएको हो ।

]]>
4789 0 0 0
तलेजु मन्दिर सर्वसाधारणका लागि बिहीबार खुल्ला http://localhost/ghum/%e0%a4%a4%e0%a4%b2%e0%a5%87%e0%a4%9c%e0%a5%81-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%a3%e0%a4%95/ Wed, 21 Oct 2015 13:02:43 +0000 http://www.ghumphir.com.np/?p=4792

काठमाडौँ, ४ कात्तिक ।

हनुमानढोका दरवार क्षेत्रमा रहेका तलेजु भवानीको मन्दिर भोलि बिहीबार एकदिन मात्र सर्वसाधारणका लागि खुला गरिने भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन खुल्ला हुने मन्दिर यसवर्ष नवमी र दशमी दुबै एकै दिन परेकाले विहान ७ बजेदेखि साँझ ५ः०० बजेसम्म खुल्ला गरिनेछ । अघिल्ला वर्षमा साँझ ९ः०० बजेसम्म खुल्ला रहने मन्दिर यसवर्ष भूकम्पका कारण जोखिम बढेपछि साँझ चाँडै बन्द गर्न लागिएको हनुमानढोका दरबार हेरचाह अड्डाका निर्देशक सरस्वती सिंहले जानकारी दिनुभयो । मन्दिर तथा त्यस आसपास क्षेत्रमा भएका जोखिम क्षेत्रमा भक्तजनलाई पूर्णरुपमा प्रतिबन्ध गरिएको छ । मन्दिरको मुख्य प्रवेशद्वारबाट भक्तजनलाई प्रवेश गराई दर्शनको व्यवस्था प्रवन्ध गरिएको छ । त्यसैगरी, भक्तजनले दर्शन गरेपछिको मार्गलाई यसवर्ष परिवर्तन गरी बसन्तपुरबाट बाहिर निकालिने छ । यसअघि उनीहरुलाई नासल चोक हुँदै हनुमान ढोकाको स्वर्णद्वारबाट बाहिर निकालिन्थ्यो । अहिले त्यस क्षेत्रमा जोखिम बढेकाले मार्ग परिवर्तन गरिएको हो । प्यागोडा शैलीको सो मन्दिर प्राचीन मानिन्छ । वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्दछन । मन्दिरमा लिपपोत तथा सरसफाइ सम्पन्न भएको छ भने सुरक्षाको व्यवस्था कडा बनाइएको निर्देशक सिंहले जानकारी दिनुभयो ।

]]>
4792 0 0 0
बिहान पूजा, दिउँसो आन्दोलन http://localhost/ghum/%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a5%82%e0%a4%9c%e0%a4%be-%e0%a4%a6%e0%a4%bf%e0%a4%89%e0%a4%81%e0%a4%b8%e0%a5%8b-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2/ Wed, 21 Oct 2015 13:36:36 +0000 http://www.ghumphir.com.np/?p=4796 दुई महिनादेखि आन्दोलनरत मधेसी समुदाय आन्दोलनसँगै दसैं मनाइरहेका छन्। बन्द, हड्ताल र नाकाबन्दीको कारण जिल्लाका बजार र यातायातसमेत ठप्प रहेको अवस्थामा मधेसी समुदायले दसैं मनाइरहेका छन्। विजयादशमीको दिन जिल्लाका प्रमुख शक्तिपीठमा दूर्गा भवानीको अस्थायी प्रतिमा बनाएर मेला लगाइएको छ। सदरमुकाम गौर, गरुडा, समनपुर, शिवनगर, मलाहीटोल, गंगापिपरा, बंकुल, कटहरिया र मत्सरी लगायतका पुराना बजारहरुमा वर्षौंदेखि दूर्गा भवानीको प्रतिमा बनाएर पूजा आजा भइरहेका छन्। आन्दोलनका कारण मेला खल्लो भएको छ। बजार बन्द हुँदा दैनिक उपभोग्य बस्तुको मूल्य आकासिएको सर्वसाधारण बताउँछन्।

आन्दोलन र दसैं एकसाथ मनाइरहेका मधेसी समुदायका व्यावसाय पनि ठप्प भए छ। ब्यापार ठप्प करोडौँको नोक्सान भएको उनीहरु बताउँछन्। जिल्लाका उद्योग तथा व्यवसाय ठप्प भएपछि कहिल्यै नव्यहोरोको घाटा खान परिरहेको गौरस्थित शिवशक्ति इम्पोरियमका सञ्चालक अशोककुमार अग्रवालले बताए।

'मोर्चाले आह्वाबन गरेको बन्दले करिब ६० दिनदेखि पसल खुल्न सकेको छैन,' अग्रवालले भने, 'दसैंको समयमा दुई पैसा कमाउनुपर्नेमा पसलमा काम गर्ने १५ जना कर्मचारीको तलब र बैंकको ब्याजसमेत बुझाउन सकेको छैन।'

साउन ३० गतेदेखि जारी बन्द र नाकाबन्दीले अर्थतन्त्रमा ठूलो क्षति पुगेको नेपाल उद्योग बाणिज्य महासंघका नारायणी संयोजक धर्मनाथ जसवालले बताए। उनले जारी बन्द तत्काल खुलाउनुपर्ने सकारसँग माग गरे।

यता मोर्चाका संयोजक बाबुलाल साहले लामो समयदेखि बन्द, हड्ताल र नाकाबन्दी जारी राख्दै मधेसीको अधिकारका लागि दूर्गा भवानीको पाठसँगै आन्दोलन जारी राखेको बताए। 'बिहान घरमा दूर्गा भवानीको पूजा पाठ गर्छौ,' मोर्चाका संयोजक साहले भने, 'दिउँसो आन्दोलन गर्छौ।'

]]>
4796 0 0 0
कपिलवस्तुमा तीन लाखको चल्ला नष्ट http://localhost/ghum/%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%b2/ Wed, 21 Oct 2015 13:56:58 +0000 http://www.ghumphir.com.np/?p=4801 ४ कात्तिक, कपिलबस्तु । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगर कपिलबस्तुले तीन लाख रुपैयाँ बराबरको अवैध रुपमा ल्याएको कुखुराको चल्ला नष्ट गरेको छ । बुधबार विहान विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी नायव उपरीक्षक शिवप्रसाद गैह्रेको कमाण्डमा खटि गएको ९ जनाको टोलीले कपिलबस्तको बिद्यानगर गाविस पाँचको मकौलीमा कुखुराको चल्ला नियन्त्रणमा लिएको हो । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउने क्रममा सशस्त्र प्रहरी गस्ती टोलीले तीन लाख बराबरको ८३ कार्टुन बोईलर कुखुराको चल्ला बरामद गरेकेा हो । तस्कारहरु सशस्त्र प्रहरी गस्ती टोलीलाई देखेर भगेका हुन । कृष्णनगरका स्थानीय भऽभलादमी, पत्रकार, समाजसेवीको रोहवरमा गुल्मको परिसरमा खाल्डो खनेर नष्ट गरेका थिए ।]]> 4801 0 0 0 ग्यास अभावले रेष्टुरेण्ट बन्द खुलेका रेष्टुरेण्टमा पनी मेनुमा भारी कटौती http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%81%e0%a4%b0%e0%a5%87%e0%a4%a3%e0%a5%8d%e0%a4%9f/ Wed, 21 Oct 2015 14:04:49 +0000 http://www.ghumphir.com.np/?p=4804 ४ कात्तिक, काठमाडौं ।

मुख्य पर्यटकीय सिजनमा रेष्टुरेन्टहरुले आफ्नो मेनुमा ५० प्रतिशत बढी कटौती गरेका छन् । भारतीय नाकाबन्दीका कारण ग्याँसको अभाव भएपछि रेष्टुरेन्टहरु सिजनमै मेनुमा कटौती गर्न बाध्य भएका हुन् ।

नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले संशोधनका लागि दबाव दिन अघोषित नाकाबन्दी गरेको छ । भारतले अत्यावश्यक वस्तु पेट्रोलियम पदार्थको आपूर्ति राकेर नेपालमा चरम अभाव सिर्जना गरिदिएको छ ।

महिना दिनदेखि ग्याँसको आपूर्ति ठप्प भएपछि कतिपय रेष्टुरेन्ट बन्द भइसकेका छन भने कतिपय रेष्टुरेन्टले मेनुमा व्यापक कटौती गरेका छन् । मेनुमा कटौती नगर्ने रेष्टुरेन्टहरुले मूल्य बढाएको देखिन्छ । यो क्रम बढ्दो अवस्थामा रहेको रेष्टुरेन्ट एन्ड बार एशोसियसन अफ नेपाल (रेवान)का अध्यक्ष प्रमोद जैसवाल बताउँछन् ।

ग्याँसको अभावले होटल तथा रेष्टुरेन्ट मात्र होइन, सर्वसाधरणको भान्छा समेत निभिसकेको छ । अहिले राजधानीका धेरै परिवारले हिटरमा खाना पकाउन सुरु गरिसकेका छन् । ग्याँस सकिएर दैनिक सयौं परिवारको चुल्हो निभ्ने गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रमलाल महर्जनको अनुमान छ ।

केही होटल तथा रेष्टुरेन्टहरुले ग्याँसको विकल्पमा दाउरा प्रयोग गरिरहे पनि त्यो दीर्घकालिन हुने देखिदैन । राजधानीमा सामान्य उपभोक्ताले खाजा खाने ६० प्रतिशत भन्दा बढी खाजाघर बन्द भइसकेका छन् ।

सञ्चालनमा रहेका अधिकांश रेष्टुरेन्टले विहानको ब्रेकफाष्ट खुवाउन छाडिसकेका छन् । बेलुका पनि सबेरै रेष्टुरेन्ट बन्द गरेर व्यवसायीहरु घरतिर लाग्न थालेका छन् । रेष्टुरेन्टले खानका भेराइटी पनि धेरै घटाइसकेका छन् ।

‘अहिले रेष्टुरेन्टमा पुगेका ग्राहकले आफुले चाहेको खान पाउने अवस्था छैन’ ठमेलका एक रेष्टुरेन्ट व्यवसायीले भने- ‘अहिले हामीले मेनु ग्राहकको रोजाई अनुसार होइन, आफ्नो अनुकुल पस्किरहेका छौं ।’

राजधानीको पर्यटकीय गन्तव्य ठमेलमा सञ्चालित नाम चलेका रेष्टुरेन्टहरु समेत बन्द भइसकेको रेवान अध्यक्ष जैसवाल बताउँछन् । सञ्चालनमा रहेको केही होटल पनि ग्याँसको अभाव यथावत रहिरहेमा चाँडै नै बन्द हुने अवस्थामा पुगेको उनको भनाई छ ।

रेवान अध्यक्ष जैसवालले आफ्नो मेला रेष्टुरेन्ट पनि ग्याँसको अभावले बन्द हुने अवस्थामा पुगिसकेको गुनासो गरे । मेनुमा कटौती गरि दशैंसम्म जसोतसो रेष्टुरेन्ट चलाउने उनको योजना रहेको छ ।

ग्याँसको अभावले राती अवेरसम्म खुल्ने रेष्टुरेन्टहरु पनि चाँडै बन्द हुन थालेका छन् । यसले नेपाल भ्रमणमा आएका पर्यटकलाई समस्या परेको रेवान अध्यक्ष जैसवालले बताए । त्यसो त रेष्टुरेन्टमा खाना खाने नेपालीहरु समेत मारमा परेका छन् ।

साना ख्ााजा घरदेखि ठूला रेष्टुरेन्टसम्मले चिया तथा कफी पकाउन छाडिसकेका छन् । चियाको सट्टा कोल्ड डि्रंक्स पिउन रेष्टुरेन्ट सञ्चालक सिफारिस गर्न थालेका छन् । कतिपय रेष्टुरेन्टले चिया कफी पकाए पनि ग्राहकको मागअनुसार धेरै भैराइटी पकाउन नसकिने बताउँछन् ।

]]>
4804 0 0 0
जनताको विश्वास गुम्न दिने छैन –प्रधानमन्त्री ओली http://localhost/ghum/%e0%a4%9c%e0%a4%a8%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8-%e0%a4%97%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8/ Wed, 21 Oct 2015 14:15:21 +0000 http://www.ghumphir.com.np/?p=4806

भद्रपुर, ४ कातिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले आफूप्रति देखाएको विश्वास गुम्न नदिने बताउनुभएको छ । नेकपा (एमाले) जिल्ला कार्यसमिति झापाद्वारा आज बिर्तामोडमा आयोजित अभिनन्दन एवम् शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अगामी दुई वर्षभित्र देशभरिका तुइन हटाउने र एक वर्षभित्र देशलाई विद्युत्भार कटौतीबाट मुक्त गराउने प्रतिबद्धता जनाउनुभयो । नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएको प्रधानमन्त्री ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त गराई दुई वर्षको अवधिमा प्रत्येक नेपालीको आफ्नो घरको सुनिश्चितताका लागि आफू क्रियाशील रहने कुरामा जोड दिनुभयो ।

kp-oli2उहाँले देशमा अमनचयन, सुशासन र शान्ति कायम गरी सम्बृद्ध नेपाल निर्माण गर्न सबैले आ–आफ्नो ठाउँबाट अग्रसरता देखाउनुपर्ने विचार व्यक्त गर्नुभयो । कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले उद्योग स्थापना गराउन लगानीमैत्री वातावरण सिर्जना गर्ने सङ्कल्प गर्नुभयो । लोकतान्त्रिक विधि र प्रक्रिया पूरा गरेर नयाँ संविधान जारी भएको भन्दै प्रधानमन्त्री ओलीले यसको कार्यान्वयनका लागि सबैको साथ र सहयोगको जरुरत रहेको बताउनुभयो । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानले नेपाली जनताको शिर ठाडो बनाई स्वाभिमानी बनाएको बताउनुभयो । उहाँले कठिन परिस्थितिमा पनि वर्तमान सरकारलाई एमालेले हरतरहले सफल बनाउने बताउँदै निठर भएर देश र जनताको भलाइमा काम गर्न आग्रह प्रधानमन्त्रीलाई गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भर्खरै जारी भएको नेपालको संविधानले मुलुकमा दिगो शान्ति, सम्बृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

]]>
4806 0 0 0
वीरगन्ज बन्दको मूल्य ४ खर्ब रुपैयाँभन्दा बढी http://localhost/ghum/%e0%a4%b5%e0%a5%80%e0%a4%b0%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a5%aa-%e0%a4%96%e0%a4%b0/ Wed, 21 Oct 2015 14:26:10 +0000 http://www.ghumphir.com.np/?p=4808 वीरगन्ज, ४ कातिक ।

साउन २९ देखि लागातार बन्दको मार खेपिरहेको वीरगन्ज क्षेत्रको मात्र जोड्दा नेपाललाई करिब ४ खर्ब रुपैयाँ नोक्सान भएको छ। यसको ठूलो हिस्सा उद्योगी व्यापारी र आमउपभोक्ताको टाउकोमा पर्ने निजी क्षेत्रको भनाइ छ।

वीरगन्जउद्योग वाणिज्य संघका अध्यक्षप्रदीप केडिया नोक्सानीअत्यधिकहुनथालेपछि आफूहरुले यसबारे कुरा उठाउन छोडेको बताउँछन्। 'आफ्नै बुताले थेग्न सक्नेभन्दाबढी नोक्सानभइसकेको छ,' केडियाले भने, 'सरकारले यसमाविचार नगरे यहाँको आर्थिक संरचना टिक्दैन।'

birgungसंघका पूर्व अध्यक्षअशोक वैद्यकाअनुसार वीरगन्ज क्षेत्र र यहाँस्थितऔद्योगिककरिडोरको नोक्सानीमात्रदैनिक ५० करोड हाराहारी छ। वीरगन्ज क्षेत्र ६५ दिनदेखि ठप्प छ। यस हिसाबले नोक्सानीजोड्दा ३ खर्ब २५ अर्ब रुपैयाँ हुन्छ। वीरगन्जभन्सार र यहाँस्थित सुक्खाबन्दरगाह गरेर दैनिक ३५ करोड राजस्वगुमिरहेको छ।

असोज ७गते विहानदेखि वीरगन्ज रक्सौलबीचको नाकास्थितमितेरी पुलमाआन्दोलनकारीले धर्ना दिएपछि २५ दिनदेखि आयात–निर्यात पूर्ण रुपमा ठप्प छ। त्यसअघिपनिबन्द, हडतालले भन्सारको राजस्व संकलनज्यादै न्यूनथियो। निजी क्षेत्रलाई परेको असर र सरकारको ढुकुटीमा परेको प्रभावजोड्दा करिब ४ खर्ब नोक्सानी देखिन्छ।

उद्योगी, व्यवसायीकाअनुसार उत्पादनह्रास, बैंक ब्याज, कर्मचारीको तलब, न्यूनतमविद्युतशुल्कलगायतमापनिनोक्सानीछ। त्यस्तै आयातित वस्तुको मूल्यविलम्बशुल्क, जरिवानालगायतबढेको छ।

'कन्टेनरको भाडाभन्दा बढी विलम्बशुल्क पर्न थालेपछि आयातकर्ता आत्तिएका छन्,' कृष्णा आयल एन्ड रिफाइनरीकाप्रबन्धकभानु अधिकारीले भने, 'व्यापारीले कन्टेनर किन्नगरेको प्रस्तावसिपिङ कम्पनीले अस्विकार गरेका छन्।' अबमूल्य बढाएर पनिनोक्सानीको भर्पाइ नहुने स्थितिआएको उनले बताए। 'सामानको मूल्य १० देखि २० प्रतिशतमात्रथप्न सकिन्छ, सयको ३ सय पार्न त सकिँदैन ति!' उनले भने।

नोक्सानीको दायरा बढ्दै गएपछि उद्योगी, व्यवसायीआत्तिएको नेपालउद्योग वाणिज्य महासंघका सदस्यअशोक टेमानी बताउँछन्। 'म सानो व्यापारी हुँ, पेन्ट उद्योगलाई चाहिने केमिकलको व्यापारगर्छु,मुख्यसिजनको साउनदेखि कात्तिकहो, जुनयसपटक बन्दमैल बित्यो,' टेमानीले भने, 'मेरो घाटा कम्तीमा५० लाखभन्दा बढी छ।' सिजनको व्यापारले वर्षभरिको सन्तुलनहुने भएपनियसपालिबिग्रिएको उनी बताउछन्।

डेमरेज र डिटेन्सनमिनाहाको लागि सरकारले पहलगर्नुपर्ने उद्यमी गणेश लाठको भनाइछ। 'सिपिङ कम्पनीले मिनाहा गरेको उदाहरण छ, सरकारले पहलगर्नुपर्छ,' लाठले भने, 'त्यसकोलागिआयातकर्ताले मात्र रोइकराइगरेर पुग्दैन।' सरकारले समस्यागम्भीरतापूर्वक नलिएकोले व्यापारीको गुनासो छ। 'हामीले समाधानको लागिसरकारलाई भन्ने हो आन्दोलनकारीलाई होइन, जबकि सरकारले हाम्रो समस्यालाई नहेरेको जस्तो देखिँदैछ,' वैद्यले भने।

]]>
4808 0 0 0
सखिया नृत्य http://localhost/ghum/%e0%a4%b8%e0%a4%96%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%a8%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af/ Wed, 21 Oct 2015 14:36:48 +0000 http://www.ghumphir.com.np/?p=4811 4811 0 0 0 पूजा सामग्री नदीमा विर्सजन http://localhost/ghum/%e0%a4%aa%e0%a5%82%e0%a4%9c%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b8/ Wed, 21 Oct 2015 14:42:22 +0000 http://www.ghumphir.com.np/?p=4814 4814 0 0 0 चीन गएको निगम र व्यवसायीको टोली केरुङबाटै फर्कियो http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%97%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae-%e0%a4%b0-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%95/ Wed, 21 Oct 2015 15:46:10 +0000 http://www.ghumphir.com.np/?p=4817 काठमाडौँ, ४ कात्तिक ।

ग्यास आयातका लागि आवश्यक प्रक्रिया पूरा गर्न मंगलबार रातारात चीन गएको नेपाल आयल निगमका उच्च अधिकारीसहितको टोली तिब्बतको सिगात्से पुगेको छ। प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल भएकै दिन मंगलबार राति ६ सदस्यीय टोली चीन गएको हो।

टोलीले आज सिगात्सेमा चिनियाँ पेट्रोलियम कम्पनीका डिलरसँग वार्ता गर्ने कार्यक्रम छ। चीनमा १२ केजी तौलको ग्यास सिलिन्डर प्रचलनमा छ। नेपालमा भने १४.२ किलोको सिलिन्डर चलाइन्छ। यहीँको सिलिन्डर त्यहाँ पुर्‍याएर त्यसमा ग्यास भरिदिने हो कि अरु कुनै विकल्प छ भन्ने विषयमा आज छलफल हुनेछ। निगमका निमित्त उपमहाप्रबन्धक सुशील भट्टराईको नेतृत्वमा टोली चीन गएको हो। टोलीमा निगमकै उच्च अधिकारीसहित ग्यास विक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल र नेपाल ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे र गोकुल भण्डारीसमेत सहभागी छन्। बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर चीनबाट ग्यास आयातका विषयमा थप निर्णय गर्ने सहमति भए पनि सरकारले मंगलबार राति नै टोली चीन पठाएको हो। दसैंपछि सरकारी प्रतिनिधि सहितको टोली चीन जाने तयारी गरेको भएपनि ढिला हुने भन्दै मंगलबार राति नै एउटा टोली चीन गएको हो।

त्यसअघि मंगलबार दिउँसो नै एक जना प्रतिनिधिलाई पनि चीन पठाइसकिएको थियो। नेपाल र चीनबीच ग्यास तथा अन्य पेट्रोलियम ल्याउन सहजीकरण गर्न सक्ने व्यक्ति छनौट गरी चीन पठाइएको थियो। ती व्यक्तिका बारेमा भने खुलाइएको छैन।   उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणले समस्या समाधान नभएपछि सरकारले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन विशेष चासो दिएर काम अघि बढाएको हो। प्रधानमन्त्री ओलीले मंगलबार राजनीतिक संयन्त्रमा यो विषयमा छलफल गरिसकेका छन्। उनले निगमका उच्च अधिकारीहरुलाई तत्काल काम अघि बढाउन पनि निर्देशन दिएका थिए।

व्यवसायीहरुले यसअघि नै चीनबाट ग्यास ल्याउन आयल निगमसँग अनुमति मागिसकेका थिए। दुबै देशका सरकारबीच सम्झौता नभएको र हालसम्म चीनबाट ग्यास नल्याएको कारण पनि अनुमति दिइएको थिएन। निगमले केही कम्पनीलाई चीनबाट ग्यास आयातको अनुमति दिइसकेको स्रोतले बताएको छ।

]]>
4817 0 0 0
कालिका मन्दिरको दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटना http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8-%e0%a4%97%e0%a4%b0/ Wed, 21 Oct 2015 15:50:44 +0000 http://www.ghumphir.com.np/?p=4819 वालिङ,४ कात्तिक ।

स्याङजाको खिलुङ देउराली गाविस–६ चिउरीखर्कमा आज भएको जीप दुर्घटनामा तीनजनाको ज्यान गएको छ । खिलुङ कालिका मन्दिरको दर्शन गरेर फर्कने क्रममा ग १ ज ५९८५ नम्बरको जीप दुर्घटना भएको हो ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक विजयराज पण्डितका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा खिलुङ देउराली–३ का हुमबहादुर रोका, स्वरेक–७ का मनिषा रोका र दार्सिङ दहथुम गाविस–९ का तुल्सी केसी रहेका छन् ।  जीपमा १० जना सवारमध्ये तीनजना सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । कच्ची सडकमा ब्रेक फेल भएर उक्त दुर्घटना भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

]]>
4819 0 0 0
जुवा खालबाट बरामद रकम प्रहरीले लुकाए http://localhost/ghum/%e0%a4%9c%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%a6-%e0%a4%b0%e0%a4%95%e0%a4%ae-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ Thu, 22 Oct 2015 04:49:54 +0000 http://www.ghumphir.com.np/?p=4822

कपिलवस्तु, ५ कात्तिक ।

जुवाडेसहित जुवाको खालबाट नियन्त्रणमा लिएको रकम प्रहरीले लुकाएको खुलासा भएको छ । सोमबार राति कपिलवस्तु नगरपालिका–४ स्थित राजेश धोवीको घरबाट २१ जना जुवाडे पक्राउ गर्दा जुवा खालबाट प्रहरीले करिब रु ५० हजार रकम लिएर गएको भएपनि खालबाट रु २१ हजार मात्रै बरामद भएको प्रहरीले जनाएको थियो । तास खेलेको आरोपमा पक्राउ परेर एक रात थुनामा रही बाहिर निस्केका २१ जनामध्येका अधिकांशले खालमा करिब रु ५० हजार रहेको सञ्चारकर्मीलाई बताएपछि प्रहरीले रकम लुकाएको खुलासा भएको हो । नाम नबताउने शर्तमा एक जनाले प्रहरीले करिब रु ३० हजार लुकाएको दाबी गरे । “हाम्रो खल्तीमा रहेको सबै रकम हामीले फिर्ता पायौँ,” उनले भने – “तर खालको रकम भने प्रहरीले कम देखायो । मेरो अगाडिको खालमा मात्रै रु २५ हजारभन्दा बढी रकम थियो । अन्य साथीहरुको अगाडि पनि करिब २०÷२५ हजार रुपैयाँ जति थियो ।” पक्राउ परेकाहरुलाईमाथि प्रहरीले मादकपदार्थ सेवन गरेर कुटपिटसमेत गरेको उनीहरुले बताएका छन् । जुवा खालबाट रकम नपाएपछि छापा मारिएको आरोप प्रहरीमाथि लगाइएको छ । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले भने खालबाट उठेको रकम हिनामिना नभएको बताएको छ ।

]]>
4822 0 0 0
ब्रम्हायणी मन्दिरमा बिहानै हजारौँको भीड /महिषासुर दैत्यको प्रतीक खःमेय् जात्रा सम्पन्न http://localhost/ghum/%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a5%8d%e0%a4%b9%e0%a4%be%e0%a4%af%e0%a4%a3%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be/ Thu, 22 Oct 2015 04:59:28 +0000 http://www.ghumphir.com.np/?p=4824

भक्तपुर, ५ कात्तिक ।

विजयादशमीको दिन आज भक्तपुर–१ च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै आजको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ । गठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय् अर्थात् राँगोलाई नवदुर्गा मन्दिरबाट जाँड खुवाई मत्ताएर लखेट्दै ब्रम्हायणी मन्दिर पु¥याएर बध गरेपछि रातिदेखि नै यो मेला सुरु हुने गर्दछ । बुधबारदेखि व्रत बसेका बिहान ३ बजेदेखि नै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने र पाप नष्ट हुने जनविश्वास रहेको छ । महिषासुर दैत्यको प्रतीक खःमेय् जात्रा सम्पन्न विजयादशमीको अवसरमा दशमीको अघिल्लो दिन साँझ मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राङ्गो जात्रा गएराति सम्पन्न भएको छ । धार्मिक एवम् सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात् राङ्गोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्गणमा बाँधेर राख्ने र सोही राँगोलाई राति बध गरी मनाइने परम्परा रहिआएको छ । महानवमीको राति नवौदेवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागतरुपमा खःमेय्को बधजात्रा मनाउने प्रचलन रहेको स्थानीयवासीको भनाइ रहेको छ । तान्त्रिक विधिअनुसार ब्रम्हायणीमा खःमेय् अर्थात् महिषासुर दैत्यको प्रतीक राङ्गोको बध गरिएको हो । बध गरिएको खःमेय् राङ्गोको एक टुक्रा मासु लिन हजारौँ व्यक्तिको भीड लागेको थियो । सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्युमा मुछेर धूप बनाई बाल्ने गरिन्छ । लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीवास हुने जनविश्वास रहेको छ ।

khamya jatrea

]]>
4824 0 0 0
देशभर विजयादशमी पर्व मनाइँदै http://localhost/ghum/%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ad%e0%a4%b0-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%b6%e0%a4%ae%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%ae%e0%a4%a8%e0%a4%be/ Thu, 22 Oct 2015 05:55:33 +0000 http://www.ghumphir.com.np/?p=4829 काठमाडौँ, ५ कात्तिक ।

आश्विन शुक्ल दशमीका अवसरमा देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार यस वर्ष महानवमी र दशमी(विजयादशमी) एकै दिन परेको छ । यस वर्ष विहान १०ः४५ बजे देवी विसर्जन र १०ः५५ बजे टीकाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ । असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ । दसैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।

]]>
4829 0 0 0
पिङबाट लडेर बालिकाको मृत्यु http://localhost/ghum/%e0%a4%aa%e0%a4%bf%e0%a4%99%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b2%e0%a4%a1%e0%a5%87%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4/ Thu, 22 Oct 2015 05:59:53 +0000 http://www.ghumphir.com.np/?p=4831

मलेखु (धादिङ), ५ कात्तिक ।

सदरमुकामस्थित सुगम टोलमा एक बालिकाको बुधबार पिङबाट लडेर मृत्यु भयो । जिल्ला प्रहरी कार्यालयका अनुसार नीलकण्ठ नगरपालिका–३ सुगमटोलमा पिङमा खेल्दै गरेकी नौ वर्षीया सरिता तामाङ लडेर घाइते भएपछि उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो । तिनलाई आफ्नै आमाले पिङमा चढाइदिएकी थिइन् । मृतकका बुबा वैदेशिक रोजगारीमा गएका छन् । मृत्युपछि उनको घर शोकमा डुबेको छ ।

]]>
4831 0 0 0
गढीमाई मन्दिरमा विना बलिकै भक्तजनहरुको भीड http://localhost/ghum/%e0%a4%97%e0%a4%a2%e0%a5%80%e0%a4%ae%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be-%e0%a4%ac%e0%a4%b2%e0%a4%bf/ Thu, 22 Oct 2015 08:38:50 +0000 http://www.ghumphir.com.np/?p=4833 बडा दशैको अष्टमी र नवमीका दिन विभिन्न शक्ति पीठहरुमा पशुपक्षी बलि दिएर पूजा गरिएतापनि बाराको बरियारपुर स्थित गढीमाई मन्दिरमा विना बलिकै भक्तजनहरुको भीड लागेको छ ।

बलिमा विश्वमै प्रसिद्धी प्राप्त गर्न सफल बरियारपुरको गढीमाई शक्ति पीठमा भने हिन्दुहरुको महान पर्व बडा दशैको अष्टमी र नवमीका दिन हास, कुखुरा, बोका, राँगा, भेडा लगायतका पशुबली मुलुककै सबै शक्तिपीठहरुमा बलि दिएको भएपनि गढीमाईमा बलि विनानै दर्शनार्थीहरुको भीड लागेको हो ।

नौ दिन सम्म निराहार व्रत बसी गढीमाई स्थलमा आई दर्शनार्थीहरुले खोइछ भर्नुका साथै लाख बती बाली पुजा गर्ने चलन रहेको छ ।स पूर्खौ देखि चलि आएको परम्पराका कारण गढीमाईमा पाँच वर्षमा मेला लाग्ने र बली दिइने परम्परा रहदै आएको तर मुलुकको अरु शक्ति पिठहरुमा भने प्रत्येक साल हिन्दुहरुको महानपर्व दशैको बेला अष्टमी र नवमीका दिन बलि दिने परम्परा छ । गढीमाई मन्दिर परिसरमै सबै देवी देउताहरुको मुर्ति भएपनि यहाँ पाँच सालमा मात्र बलि दिने परम्परा छ ।

]]>
4833 0 0 0
पेटेलीयम पदार्थ बजारमा अभाव भइरहँदा मोरंगमा भने कालोबजारी बढे http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a5%80%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%85/ Thu, 22 Oct 2015 08:42:39 +0000 http://www.ghumphir.com.np/?p=4835 पेटेलीयम पदार्थ बजारमा अभाव भइरहँदा मोरंगमा भने कालोबजारी बढेको छ । जिल्ला प्रशासन कार्यालय मोरंगले अनुगमन गर्न नसकेका कारण कालोबजारी गर्नेहरको मनोबल बढेको हो । मोरंगको रंगेरी नयाँबजार , रानि , मिल्स एरीया , झोराहाट , तेतरीया , नेताचौक ,हँरैचा लगायतका स्थानहरुमा खुलेआम पेटेल कालोबजारी भइरहँदा समेत प्रशासनको ध्यान पुग्न सकेको छ्रैन ।

पानीका बोटलमा भरेर राखिएका प्रतिलिटर पेटेल  एक सय ७० रुपैयाँ देखि तिन सय सम्म बिक्री हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरंगका सिडियोको सिफारीस बिना पेटेलपम्प हरुले बिक्री गर्न नपाउने नियम भएपनी नेपाल आयलनिगमले समय समयमा दिइने पेटेललाइ समेत अभाव सिर्जना गरेर पम्प हरुले नै कालोबजारी गर्नेहरुलाइ बिक्रीकालागी दिने गरेको छ ।

राति ११ बजे पछि बिराटनगर लगायतका केहि पम्प ब्यावसायी हरुले पेटेल कालोबजारी गर्ने हरुलाइ बढिमुल्यमा दिने गरेका छन् । यता निमयक नियकाले कालोबजारी प्रति ध्यान नदिदाँ कालोबजारी गर्नेहरुलाइ प्रत्साहन मिले संगै प्रहरीको समेत प्रसय मिलेको छ ।

]]>
4835 0 0 0
जसले युट्युवमा करोडौं कमाए http://localhost/ghum/%e0%a4%9c%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%af%e0%a5%81%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a5%8c%e0%a4%82-%e0%a4%95%e0%a4%ae/ Thu, 22 Oct 2015 08:48:44 +0000 http://www.ghumphir.com.np/?p=4837 टोमा कोही नौलो व्याक्तिलाई गएर फेलिक्स जेलबर्गलाई चिन्नु हुन्छ ? भनेर सोध्नुभयो भने उनले तपाईलाई अचम्म मानेर हेर्नसक्छन् । यदि युट्युबमा चार करोड सब्सक्राइबर भएका पिडिपिको बारेमा सोध्नुभयो भने पक्का पनि सकारात्मक प्रतिक्रिया पाउनुहुनेछ ।
यी पच्चीस वर्षे स्वीडिस नागरिक सबैभन्दा धनी युट्युब स्टार हुन् । फोब्र्सले भर्खरै सार्वजनिक पारेको सुचीमा पिडिपि पहिलोमा छन् । उनले पछिल्लो वर्ष भिडियो गेम खेलेरै एक करोड २० लाख डलर(एक अर्ब २० करोड रुपैयाँ) कमाएका थिए ।
विज्ञापनदाताहरु उनको भिडियो गेममा आफ्नो उत्पादनको प्रचार गर्न जति पनि पैसा तिर्न इच्छुक हुन्छन् । पिडिपि जस्तै इन्टरनेटमा भावनामार्फत धेरै कमाउने १० च्यानललाई फोब्र्सले सूचीवद्ध गरेको छ ।
युट्युवमा कमेडि, भायोलिनको सँगीतमा नृत्य, सौन्दर्य कला प्रस्तुत गरेर केही व्याक्तिले लाखौं फ्यान बनाएका छन् । उनीहरुले त्यसबाट राम्रो आम्दानी पनि गरेका छन् । यसरी युट्युवबाट सबैभन्दा बढी कमाउने दश जनाको सूचीमा एउटा समानता छ । त्यो हो सबैजना उमेरमा ३० वर्षभन्दा कम छन् । सन् २००७ मा ग्रयानी वेबक्यामबाट युट्युवमा आफ्नो पहिलो भिडियो अपलोड गरेकी मिसिल फ्यानले भनिन्, यदि युट्युब भविष्यमा बिश्वव्यापी टेलिभिजनको रुपमा स्थापित भयो भने म यहाँ आफ्नो ब्राण्ड स्थापना गर्नेछु । उनको पहिलो भिडियो पहिलो सातामा ४० हजार मानिसले हेरेका थिए । जहाँ सयौंले कमेन्ट पनि गरेका थिए ।
युट्युव स्टारको कमाइको प्रमुख स्रोत प्रायोजित विज्ञापन तथा पेश्की हो । तर केहि स्टार भने टेलिभिजन, चलचित्र र संगित उद्योगमा पनि संलग्न छन् । केहि भने आफ्नै छुट्टै व्यावसाय पनि सञ्चालन गर्दै आएका छन् ।
युट्युबमा भिडियो गेम कमाइको राम्रो स्रोत बनेको छ । जेलबर्गले पछिल्लो वर्ष  केएसआइ वा आलाजिदे आलाटुन्जी गेमबाट ४५ लाख डलर कमाएका थिए । ब्रिटिस कमेन्टेटर संगीतको क्षेत्रमा आफ्नो एकल र्याप लम्बोरगिनीबाट युकेको टप ४० चार्टमा पर्न सफल भए ।
हास्यकलाकारले युट्युबमा आफ्नो अस्तित्व स्थापित गरेका छन् । सबैभन्दा बढी कमाउनेमध्ये आधाले युट्युव च्यानलमा कमेडी र प्रयाङ्क च्यानल चलाएका छन् । बच्चादेखिकै साथी आयन हेक्जक र एन्थोनी पडिलाको समोस तथा फाइन ब्रदर्स बेन्नी र रफि फाइनले युट्युवबाट पछिल्लो वर्ष ८५ लाख डलर कमाए ।
रेट एण्ड लिकं, अक्का रेट म्याकलाफलिन र चार्ल लिङ्कनीनल तेस्रोले पनि युट्युवमा हँसाएर कमाएका छन् । ड्ओले पनि विभिन्न स्पोन्सरहरु जस्तै जिलेट, वेन्डिज र टोयोटाबाट ४५ लाख डलर कमाए ।
आफ्ना प्रशंसकमाझ सुपरवुमनको रुपमा परिचित लिल्ली सिंहले आफ्नो चुट्का र ख्यालीबाट पछिल्लो वर्ष २५ लाख डलर कमाएकी थिइन् । भर्खरै उनको युनीकर्न आइल्याण्ड नामक २५ शहरको विश्व भ्रमण पनि चर्चित रह्यो । युट्युवमा पकंडिएस एस्टोन कुचरको नामबाट चर्चित रोमन एटवुडले पनि आफ्नो चुट्कीबाट २५ लाख डलर कमाए ।
सबैभन्दा धेरै कमाउने युट्युव स्टारमध्ये चौथोमा भायोलिन वादक लिन्डसे पर्छिन् । उनको धुनले सबैको ध्यान केन्द्रित गर्छ । उनले जुनसम्म १२ महिनामा ६० लाख डलर कमाएकि थिइन् । उनले सटमी र लिन्ड्से स्टर्लिङ नामक दुइवटा एल्बम निकालेकी छिन् । यी दुई एल्बम उनको करियर बनाउन सफल रहे ।
फोब्र्सको समारोहमा बोल्दै लिन्ड्सेले भनिन्, यसको सम्पूर्ण श्रेय फ्यानलाई जान्छ । सौन्दर्यसंग सम्बन्धित उद्यमी मिसिल फ्यान पनि युट्युवमा परिचित नाम हो । उनले एक वर्षमा ३० लाख डलर कमाएकी छिन् । उनको ब्युटि सब्सक्रिप्सन सर्भिस लगायत कस्मेटिक क्षेत्रमा लगानी छ ।
बिस्कुट बनाउने सेफ रोशन्ना प्यानसीनोले पनि युट्युवबाट २५ लाख डलर कमाएकी छन् । उनले इन्टरनेटबाट कुकिङ सम्बन्धित कार्यक्रम चलाउँछिन् । अर्काे महिनामा उनको कुक बुक पनि आउँदैछ ।जब दश वर्ष अगाडी युट्युबको सुरुवात भयो, यसको एउटै लक्ष्य द्रुत र सहज रु पमा  भिडियो प्रदान तथा सेयर गर्ने थियो । अहिले यसबाट दर्जनौंको सङ्ख्यामा जवान करोडपतीहरु जन्मिएका छन् ।
]]>
4837 0 0 0
बजार क्षेत्रमा पेट्रोल–डिजेल बेच्न निषेध http://localhost/ghum/%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%a1/ Thu, 22 Oct 2015 09:49:16 +0000 http://www.ghumphir.com.np/?p=4843

काँकडभिट्टा (झापा), ५ कात्तिक ।

आगलागीको जोखिम बढेको भन्दै स्थानीय प्रहरीले पूर्वीनाका काँकडभिट्टाको मुख्य बजार र बसपार्कबाट पेट्रोल र डिजेलका फुटपाथे पसल हटाएको छ । काँकडभिट्टा इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी भन्सार राजस्व गुल्म र मेची उद्योग वाणिज्य सङ्घले संयुक्तरुपमा माइकिङ गरी बजार क्षेत्रमा पेट्रोल र डिजेल बेच्न निषेध गरिएको हो । भारतले अघोषित नाकाबन्दी लगाएपछि स्थानीय खुद्रा व्यवसायीले काँकडभिट्टाको बसपार्क र मुख्य बजार क्षेत्रमा पेट्रोल र डिजेलका जथाभावी सयौँ पसल चलाएका थिए । ती पसलमा ड्रम, ग्यालन र बोतलमा इन्धन बेच्ने गरिएको थियो । प्रज्ज्वलनशिल पदार्थको जथाभावी बिव्रmी गर्दा चाडपर्वका बेला आगलागीको जोखिम बढ्ने भएकाले फुटपाथमा पेट्रोल र डिजेल बेच्न नदिइएको सशस्त्र प्रहरी भन्सार राजस्व गुल्मका डीएसपी प्रेमबहादुर भण्डारीले बताउनुभयो । बजार र बसपार्क क्षेत्रबाट हटाइएका इन्धनका फुटपाथे पसललाई आवास क्षेत्रबाट एक किलोमिटर पूर्व निर्माणाधिन बस टर्मिनलको खुलाचौरमा सारिएको प्रहरीले जनाएको छ ।

]]>
4843 0 0 0
दसैँमा गरगहनाको बिक्रीमा कमी http://localhost/ghum/%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a4%97%e0%a4%b9%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be/ Thu, 22 Oct 2015 09:53:26 +0000 http://www.ghumphir.com.np/?p=4845

काठमाडौँ, ५ कात्तिक ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यसवर्षको दसैँमा सुन तथा गरगहनाको व्यवसायमा कमी आएको जनाएको छ । भारतको अघोषित नाकाबन्दीका कारणले गर्दा यस क्षेत्रको व्यापारमा नकारात्मक असर परेको हो । महासङ्घका अनुसार अघिल्ला वर्षमा दसैँका वेलामा दैनिक करिब ५० किलोको सुनको व्यापार हुने गरेकामा यसपटक विभिन्न कारणले दैनिक १० किलोको समेत कारोवार हुन सकेको छैन । महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सुन तथा गरगहनाको अहिले किनबेचको राम्रो समय भएको भए पनि नाकाबन्दीका कारण सर्वसाधारणको प्राथमिकतामा परिवर्तन भई बिक्रीमा कमी आएको स्वीकार्नुभयो । भूकम्पका कारण सुन तथा गरगहनाको कारोवार ह्वात्तै घटेको भए पनि विस्तारै विवाह, ब्रतबन्ध तथा तिजलगायतका पर्वले कारोवारमा क्रमिक सुधार आउन थालेको थियो । तर विभिन्न वाणिज्य बैङ्कमार्फत आउने दैनिक १५ किलो सुनसमेत उठ्न सकेको छैन । नेपाल रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनका अनुसार अहिले विशेषगरी नयाँ सुन किन्ने तथा गहना प्रयोग गर्ने भन्दा पनि पुराना गरगहनालाई मर्मत गरी लगाउने प्रचलन बढेको छ । महर्जनले सुनले नगदकारुपमा मान्यता पाउने हुँदा सर्वसाधारण मानिसले समेत दसैँमा धेरै थोरै गरगहना जोहो गर्ने परम्परा रहेको बताउँदै सुनको मूल्य उच्च हुनु, पैसाको क्रय शक्ति घट्नु, सुन लगाउँदा असुरक्षासमेत हुनेजस्ता कारणले मानिसको यसप्रति आकर्षण घट्दै जान थालेको बताउनुभयो । अन्तर्राष्ट्रिय मुद्रा तथा डलरमा सुनको कारोवार र खरिद बिक्री हुने गर्दछ । आवश्यक पर्दा सन्चय गरेको सुन तथा गहना बिक्री गरी विभिन्न काम चलाउनेसमेत गरिन्छ ।

]]>
4845 0 0 0
देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइयो http://localhost/ghum/%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a5%80-%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a4%e0%a4%b2%e0%a5%87%e0%a4%9c%e0%a5%81-%e0%a4%ad%e0%a4%b5%e0%a4%be/ Thu, 22 Oct 2015 09:57:53 +0000 http://www.ghumphir.com.np/?p=4847

काठमाडौँ, ५ कात्तिक ।

काठमाडौँको हनुमानढोका नजिकै रहेको तलेजु मन्दिरमा आज कुमारीलाई दर्शन गराइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी (आजको दिन) त्यहाँ कुमारीले दर्शन गर्ने परम्परा छ । कुमारी घरबाट विधिविधानपूर्वक कुमारीलाई तलेजु भवानीको दर्शनका लागि लगिएको गौतमरत्न शाक्यले जानकारी दिनुभयो । यसवर्ष नवमी र दशमीको तिथि आजै परेको छ । वर्ष दिनमा एक दिनमात्र नवमीको दिन आज देवीको दर्शन सर्वसाधारणलाई समेत खुल्ला गरिने परम्परा अनुसार आज त्यहाँ विशेष मेला लागेको छ । मन्दिरमा मुल प्रवेशद्वारबाट भक्तजनलाई दर्शनको लागि व्यवस्था मिलाइएको भए पनि यसपटक बसन्तपुर नजिकैबाट उनीहरुलाई बाहिर निकालिएको छ । भूकम्पका कारण मन्दिर क्षेत्रमा जोखिम रहेकाले दर्शन गर्न आएका भक्तजनलाई यसवर्ष दर्शन गरी फर्कने मार्ग परिवर्तन गरिएको हनुमानढोका दरवार हेरचाह अड्डाका कर्मचारी साधुराम पुडासैनीले जानकारी दिनुभयो । यसअघि भक्तजनलाई हनुमानढोकाबाट बाहिर निकालिन्थ्यो । मन्दिर आसपास क्षेत्रमा आउने भक्तजनलाई साँझ ५ः०० बजेसम्म दर्शनको व्यवस्था गरिएको छ ।

]]>
4847 0 0 0
हुम्लामा वडा दसँैमा बजार सरसफाई http://localhost/ghum/%e0%a4%b9%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%a1%e0%a4%be-%e0%a4%a6%e0%a4%b8%e0%a4%81%e0%a5%88%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0/ Thu, 22 Oct 2015 14:48:51 +0000 http://www.ghumphir.com.np/?p=4851

हुम्ला, ५ कात्तिक ।

सदरमुकाम सिमिकोट बजारमा वडा दसँैको अवसरमा प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, कर्मचारी, समाजसेवी, व्यापारी र पत्रकारसमेतको सहभागितामा बजार तथा चोक सरसफाई गरिएको छ । यसैगरी, यहाँ हुम्ला सीमा नजिकको चीनको ताक्लाकोटबाट च्यांग्रा नआएपछि बझाङ, दार्चुलालगायतबाट लोकल भेडाबाख्रा ल्याई महङ्गो भएपनि एउटाकै १८ हजार देखि २२ हजार रुपैयाँ सम्म हालेर पनि वडा दसैँ मनाइएको छ ।

]]>
4851 0 0 0
कीर्तिपुरमा बाह्रवर्षे नाच सुरु http://localhost/ghum/%e0%a4%95%e0%a5%80%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a5%87-%e0%a4%a8/ Thu, 22 Oct 2015 14:57:59 +0000 http://www.ghumphir.com.np/?p=4853

काठमाडौँ, ५ कात्तिक ।

कीर्तिपुरमा आजदेखि बाह्रवर्षे नाच सुरु भएको छ । राजा निवास मल्लका पालादेखि सुरु भएको सो नाच ११ महिनासम्म चल्छ । नाच टोल टोलमा आलोपालो गरी देखाइन्छ । अष्टमातृका, महालक्ष्मीलगायत ११देवदेवीका मुकुन्डो लगाएर सो नाच नाचिन्छ । नगरवासीलाई सुरक्षित गराउन यो नाच सुरु गरिएको नृत्यगुरु राजकुमार मालीले बताउनुभयो । अस्त्र परित्याग दिवस विजयादशमीकै दिन आज दुई हजार २७७औँँ अस्त्र परित्याग मनाइयो । मौर्यसम्राट् अशोकले कलिङ्गको युद्धपछि विक्षिप्त भई युृद्ध नगर्ने घोषणा गरेको दिनलाई अस्त्र परित्याग दिवसका रुपमा मनाइने चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । भिक्षु धम्मले भन्नुभयो–“उहाँकै देनले आज हामीले लुम्बिनी हाम्रो भन्न पाएका छौँ, बौद्धधर्मको विकासमा उहाँको अतुलनीय योगदान छ, आजको दिन उहाँको योगदानलाई स्मरण गरी शस्त्रास्त्र दिवसलाई शान्त भएर खुसी बाँडी मनाऔँ ।”

]]>
4853 0 0 0
नाकाबन्दीले छेकेन दसैं पर्व मान्नेलाई http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%9b%e0%a5%87%e0%a4%95%e0%a5%87%e0%a4%a8-%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%82-%e0%a4%aa/ Thu, 22 Oct 2015 15:00:46 +0000 http://www.ghumphir.com.np/?p=4855

अजयकुमार साह  धनुषा, ५ कात्तिक ।

“भरखरै भूकम्पको सामना गरेर दसैंको स्वागत गरिरहेका नेपालीको मनोबल यो बन्द, हडताल र नाकाबन्दीले तोड्न सक्दैन,” क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी नमिता उप्रेती भन्छिन् । विगत ६८ दिनदेखिको महोत्तरीसहित तराई मधेसका जिल्ला मधेस बन्दको चपेटामा परेका भएपनि अहिलेको असहज परिस्थितिमा समेत विजयादशमी मनाइरहेकी उप्रेतीको उमङ्गमा कुनै कमी देखिएन । उप्रेतीले रु २५० प्रति लिटरको पेट्रोल किनेर भएपनि आपूmहरु (श्रीमान, छोरा) सर्लाहीको हरिवन माइत टिका लगाउन बाइकमा जान लागेको बताइन् । महेन्द्रनगरको हनुमानचोकमा भेटिएकी गृहिणी एवम् व्यवसायी लक्ष्मी भुजेलले अवस्था जस्तो भएपनि खुशीकासाथ मान्यजनको हातबाट टिका थाप्नु, शुभकामना आदान प्रदान गर्नु र माता भवानीको विभिन्न रुपको आराधना गर्नु नै दशहराको मर्म भएको बताउँदै भनिन्, ‘दुई जोर लुगाको साटो एक जोर, सिँगै खसी किन्ने ठाउँमा पाँच किलो मासुले काम चलाउँला, ग्यास नपाएर के भयो ? माटाको चुल्होमा थोरै परिकार बनाएर खाऔँला तर दसैंको प्रभावलाई केहीले छेक्न सक्दैन ।’ ‘अझैं पनि सहजरुपले सवारी आवागमन सुरु भएको छैन । भारतबाट आएका मालवाहक वाहान र स्थानीय ठूला गाडी प्रहरी स्कर्टिङमा, त्यो पनि रातिपख गुडिरहेका छन् । अपराह्नदेखि अबेर रातिसम्म पूर्वपश्चिम राजमार्गको महोत्तरीको वर्दिवासदेखि धनुषाको लालगढको सडकमा गाडीको लाम देख्न सकिन्छ । यात्रामा जोखिम कायमै छ । मुलुकको अन्य सहरजस्तै विहानदेखि परिवारका कुनै सदस्य ग्यास खोज्न हिंडिरहेका हुन्छन् भने कोही मन्दिरमा पूजा गर्न गइरहेका हुन्छन् । परिवारकै कोही पेट्रोल खोजि रहेका हुन्छन् भने अरु बच्चाबच्चीसँगै लुगा, खेलौना र बेलुन किनिरहेका हुन्छन् । घटस्थापना सुरु नहुँदै यहाँका चोक, बजार र सडकमा बेलुन बोकेका युवायुवती देख्न थालिए । हातभरी बेलुन र खेलौना बोकेका बालबालिकालाई डो¥याउँदै अभिभावक हिंडिरहेका हुन्छन् । क्षीरेश्वरनाथ नगरपालिकाका उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामजी सिंहले भन्नुभयो, ‘जीवनमा दुःखसुख आइराख्ने हुनाले वर्षदिनको महापर्वमा त्यसको असर पर्न हुँदैन ।’ वहाँले कतिपय अनावश्यक दैनिक खर्च कटौती गरेर यो पर्वकोलागि प्रबन्ध मिलाएको बताउनुभयो । महेन्द्रनगरका स्थानीय राजनीतिकर्मी हरिप्रसाद पौडेलले भन्नुभयो, ‘यो संसार टुकीदेखि सोलार प्रविधिमा पुगिसक्यो, दशमी त सधैँ उस्तै रमाइलो लाग्छ,’ । वहाँले ‘द्वन्द्व एवम् आन्दोलन चर्किएको बेला र बेलाबेलामा खडेरी परेर अन्न उत्पादन नहुँदा पनि सबैले यी पर्व मनाएकै बताउनुभयो । निस्सन्देह नाकाबन्दिले यहाँको बजारमा दसैंकालागि चाहिने पर्याप्त सामग्रीको आपूर्ति नहुँदा अभाव र महङ्गी छ । भारतीय पोसाकको ठाउँ थाइल्याण्ड र चीनबाट आएका लुगाफाटाले लिएको छ । ठाउँठाउँमा दसैं मेला भने लागेकै छ । समोसा, चाट, पकौडा, प्याजी, खेलौना र मिठाई पसल सजिएकै छ । आ–आफ्नो आवश्यकता र क्षमता अनुरुप सबैले किनमेल गरिरहेकै छन् । ‘अरु वर्ष दश हजारको लुगा किन्नेले तीन हजार कै भएपनि किनेकै छन्,’ शिक्षक मिनबहादुर तामांगले भन्नुभयो, ‘जेजति खाएपनि भोजन स्टलमा भिड देखिएकैछ ।’ स्थानीयले अद्भुत ऊर्जा र जोशकासाथ अहिलेको अनौठो परिस्थितिसँग जुध्दै आपसी एवम् पारिवारिक तालमेलकासाथ विजया दशमी मनाइरहेका छन् । पत्रकार महासङ्घ महोत्तरीका सचिव धमेन्द्र झाले भन्नुभयो, ‘गाडी नचलेर बाहय रौनक भलै कम देखिएको होला, सम्पन्नदेखि विपन्न सबैले परापूर्वदेखि धुमधामकासाथ मनाउँदै आएको यस्तो पर्वमा मनलाई कहाँ थाम्न सकिन्छ र ?’ सीमापारीबाट दसैं, तिहार र छठजस्तो महापर्वमा पुजन सामग्री ल्याएर महेन्द्रनगरको साप्ताहिक हाट सखुवाबजारमा बेच्ने भारतीय नागरिक रामचन्द्र मण्डलले पनि नेपालीहरुको उत्साहको प्रशंसा गर्छन् । ‘बन्दमा पैसा अभाव हुने हुनाले पुजन सामग्री के बिक्री होला जस्तो लागेको थियो,’ वहाँले भन्नुभयो, ‘तर, थोरै भएपनि किनेकै छन् । ‘दुई देशको जनताको बीचमा कुनै मनमुटाव र दुश्मनी छैन, यताको किनमेल र काम गर्न सुरसन्ड, सीतामढी, सम्सी, मधवापुर जान्छन्, हामी ब्यापार गर्न यता आउँछौं,’ उनले भने ।

]]>
4855 0 0 0
दु:ख भुलेर दशैलाई रमझम बनाउने प्रयास (फोटो फिचर) http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%96-%e0%a4%ad%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%b0-%e0%a4%a6%e0%a4%b6%e0%a5%88%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b0%e0%a4%ae%e0%a4%9d%e0%a4%ae-%e0%a4%ac%e0%a4%a8%e0%a4%be/ Thu, 22 Oct 2015 15:57:38 +0000 http://www.ghumphir.com.np/?p=4857 विजया दशमी देशभर हर्षेा उल्लाहसहका साथ मनाईको छ । नाकाबन्दी तथा भुकम्पले निकै सास्ती झेलेका नेपालीहरुले आफनो मनको पीडा भुलेर पनी दशैलाई रमझम बनाउने प्रयास गरेका छन् । क्षती ग्रस्त स्थानका तथा घरहरुमा पनी आफ्नो पीडा विर्सेर दशै मनाईरहेका छन् भक्तपुर बासीहरुले ।

भुकम्पले क्षती भएको बिशेष गरी भक्तपुर नगरमा पनी विगत झै दशैको रौनक्ता नभएपनी पिडा विर्सनका लागी पनी दशै मनाईरहेका छन् । भक्तपुर नगरपालीका वडा नम्बर २ का हरि प्रजापती भन्छन दशै खुसियालीका लागी भन्दा पनी आफ्नो परिवारले भोगेका पीडा तथा तनावलाइ सहने शक्ती देवीले दिउन भन्ने मनासय रहेको बताए ।

भक्तपुरको ब्रम्हायणीमा दशैको बिशेष मेला समेत लाग्ने गर्दछ । सो मेलमा भक्तपुर नगर र वरीपरी रहेका नगरपालीका का बासीन्दाहरु म्निदरमा आउने गर्दछन् । मन्दिर परिसरमा १०८ बत्ति आफ्नो शरीरमा बालेर पुजा अर्चना गरेपछी आफुले चिताएको तथा मनले सोचेको पुरा हुन्छ भन्ने जनविश्वास रहेको छ ।

  dashain (12) dashain (10) dashain (9) dashain (8) dashain (5) dashain (3) dashain (2) dashain (1)

]]>
4857 0 0 0
भारत विरुद्ध पाकिस्तानको ठुलो सैन्य तयारी http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a%e0%a5%8c/ Fri, 23 Oct 2015 02:00:45 +0000 http://www.ghumphir.com.np/?p=4869 सदैव सत्रुतापूर्ण सम्बन्ध रहेको पाकिस्तानले भारतविरुद्ध ठूलो सैन्य तयारी थालेको छ । न्यूकिलयर रिपोर्टमा उल्लेख भएअनुसार परमाणु हतियारबारेमा पाकिस्तानका विदेश सचिव एजाज चौधरीको वक्तब्यको भोलिपल्ट 'बुलेटिन अफ द एटमिक साइन्टिस्ट्स' को ताजा न्युक्लियर नोटबुकको रिपोर्टका अनुसार पाकिस्तानसँग ११० देखि १३० सम्म परमाणु हतियराको स्टक रहेको छ ।
सन् २०११ मा पाकिस्तानसँग ९० देखि ११० परमाणु हतियार रहेका थिए । रिपोर्टमा उल्लेख भएअनुसार सन् २०२५ सम्ममा पाकिस्तान विश्वकै पाँचौ शक्तिशाली परमाणुयुक्त देश बन्नेछ ।
रिपोर्टमा उल्लेख भए अनुसार पाकिस्तानले निरन्तर आफ्नो परमाणु हतियारको संख्यामा वृद्धि गर्दै लगेको छ । चर्चित न्युक्लियर विज्ञ ह्यान्स क्रिस्टेन्सन र रोबर्ट नरिसले आफ्नो रिपोर्टमा पनि पाकिस्तान छोटो दुरीका परमाणु मिसाइल बनाउने काममा जुटिरहेको छ ।
पाकिस्तानले भारतीय सेनाले कुनै पनि बेला गर्न सक्ने हमलाको जबाफी कारबाहीका क्रममा भारतमाथि हाबी हुने गरी परमाणु हतियार बनाइरहेको उनीहरुको रिपोर्टमा उल्लेख छ ।
टाइम्स अफ इन्डियाका अनुसार अमेरिकामा बिहीबार प्रकाशित हुन लागेको रिपोर्टमा पाकिस्तानको परमाणु हतियारको स्टकमा विवादास्पद नयाँ परमाणु सक्षम मिसाइलमा एनएएसआर (एचएटीए-९) पनि सामेल रहेको छ ।
यो एक एक छोटो दुरीको शक्तिशाली फ्यूल मिसाइल हो । जसले केबल ६० किलोमीटर (३७ माइल) सम्म क्षति गर्ने क्षमता राख्छ । यो मिसाइललार्इ भारतसँग युद्धको अवस्थामा प्रयोग गर्नका लागि बनाइएको हो ।
भारतीय सुरक्षा अधिकारीका अनुसार 'पाकिस्तान यी मिसाइलका प्रयोग भारतविरुद्ध छोटो समयको लडाइँमा हाबी हुनका लागि प्रयोग गर्न सक्नेछ ।
मंगलबार पाकिस्तानले पहिलो पटक घोषितरुपमै भनेको थियो, उसले भारतको हमलाको सामना गर्न छोटो परमाणु हतियार तयार गरेको छ । तर यी हतियारको प्रयोग पाकिस्तानको भूमिमा आतंकवाद विरोधी अभियानविरुद्ध प्रयोग गर्ने सम्भावना रहेको छैन ।
न्युक्लियर विज्ञ ह्यान्स क्रिस्टेन्सनले बताए अनुसार दुबै देशबीचमा आतंकवादविरुद्ध थालिने छोटो भन्दा छोटो युद्धले पनि ठूलो रुप लिन सक्ने अवस्था छ । यो लडाइँ अघि बढेर परमाणु हतियारसम्म पनि पुग्न सक्ने चिन्ता उनले जनाएका छन् ।
रिपोर्टमा जनाइए अनुसार परमाणु हतियार बनाउने दिशामा यदि पाकिस्तान यही गतिमा अघि बढ्यो भने सन् २०२५ सम्ममा पाकिस्तानसँग २२०‌-२५० सम्म परमाणु हतियारको स्टक जम्मा हुनेछ । यदि यसो भएमा पाकिस्तान परमाणु हतियारले युक्त विश्वको पाँचौ शक्तिशाली देश बन्ने करिब पक्कापक्की छ ।    एजेन्सी
]]>
4869 0 0 0
काठमाडौंका अधिकांश पाँच तारे होटलले नेपाली लक्षित योजना बनाए http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%82%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%b6-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a/ Fri, 23 Oct 2015 02:19:59 +0000 http://www.ghumphir.com.np/?p=4875 भुकम्प त्यसपछि नाकावन्दीबाट प्रभावित राजधानीका ठूला होटलले नेपाली ग्राहक लक्षित योजना बनाउन थालेका छन्। भुकम्पको मारमा परेको पर्यटन उद्योगलार्इ नाकावन्दीले ठूलो असर परेको छ। सिजनको बेलामा पनि अधिकांश ठूला होटलको अकुपेन्सी दर निक्कै कम छ भने त्यसको मार होटल भित्र हुने रेष्टुरेण्टलाई पनि परेको छ। काठमाडौंका अधिकांश होटलले अहिले नेपाली लक्षित योजना बनाएका छन्। त्यसैगरी सभा, समारोहका लागि पनि सस्तो मूल्यमा प्याकेज दिन थालेका छन्। यसै क्रममा पाँच तारे सांग्रिलाले दशैंको अवसर पारेर नेपाली उपभोक्ताका लक्षित डिनर योजना ल्याएको छ । सांग्रिला होटलले 'यो दशैं मनाऔं सांग्रिला'मा भन्ने उद्देश्यका साथ नयाँ योजना ल्याएको हो । तीनदिने यो योजना मंगलबार, बुधबार र विहीबारसम्म चल्ने होटलका सेल्स असिस्टेन्ट म्यानेजर बबिता पाण्डेले जानकारी दिइन् ।

१७ किसिमका खाना १३ सयमा

होटलले नेपाली खानाको परिकार मात्रै उपलब्ध गराउने गरी यो योजना सार्वजनिक गरेको हो । 'यसमा टिपिकल नेपाली खानाको परिकार मात्रै समावेश हुनेछ,' सांग्रिलाका एक्जुकेटिभ सेफ महेशराज ढकालले भने, 'नेपाली ग्राहकका साथै विदेशी ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याइएको हो ।' यो मेनुमा डेजर्टसहित १७ किसिमका खानेकुरा समावेश गरिएको छ । दशैंलाई लक्षित गरी ल्याइएको मेनूमा खसीका परिकार र नेपाली खानालाई जोड दिइएको छ । यो डिनर प्याकेज सम्पूर्ण करसहित १२ सय ९९ रुपैयाँ रहेको छ । यो खानाको मेनु अनुसार स्न्याक्समा खसीको रक्ती, कलेजो, फोक्सो साँधेको, चिउरा र सिद्रा, साधेंको कालो भटमास र आलुको अचार समावेश गरिएको छ । यस्तै आलु तामा र बोडीको सुप पनि यसमा समावेश गरिएको छ । मेन कोर्स अन्तर्गत पलान्चोकी कालो खसीको लेदोबेदो, गोबी केराको तरकारी, तोरीको साग, आलु तारेको, कालो मासको दाल, नौनी भुजा र फापरको रोटी राखिएको छ । डेजर्टमा दहीमा साँधेको फलफूलको व्यवस्था हुने होटलले जनाएको छ । होटलको दशैं लक्षित यो मेनु नेपालको 'हस्पिटालिटी इतिहास' कै पहिलो भएको होटलका मार्केटिङ म्यानेजर फुर्बा शेर्पाले बताए । तीन दिनको अवधिमा ५ सय जनाले यो खानाको स्वाद चाख्ने होटलले जनाएको छ । अहिले होटलको क्याफे र गार्डेनको क्षमता १ सय ५० जनाको छ ।

]]>
4875 0 0 0
पेट्रोलियमका कारण मानवीय संकट पैदा भयो http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5%e0%a5%80%e0%a4%af/ Fri, 23 Oct 2015 02:29:35 +0000 http://www.ghumphir.com.np/?p=4877 अस्ट्रेलियन एड ग्रुपले अहिलेको इन्धन अभाव र सुस्त प्रशासनका कारण भूकम्पपछिको पुनर्निर्माणमा कठिनाइ हुने चेतावनी दिएको छ।
इन्धन अभावका कारण ८१ हजार परिवारका लागि जाडोअघि अस्थायी शिविर र ब्ल्याङ्केट उपलब्ध गराउनुपर्ने काम रोकिएको अक्सफामले जनाएको छ। नेपालमा चिसो ह्वात्त बढ्दैछ।
'दसौं हजार मानिसहरु बाँस र भाँचिएका टिनको भरमा बनेका आधारभूत सिविरमा बसिरहेका छन् यो चिसो महिनाका लागि निक्कै खराब हुनसक्छ', अक्सफामका प्रमुख कार्यकारी हेलन जोकीले भने।
आइतबार नेपालमा भूकम्प गएको ६ महिना पुगिसकेको छ। भारतसँगको सीमामा जारी आन्दोलनले इन्धन भित्रिएको छैन।
केयर अस्ट्रेलियाले नेपालमा पेट्रोलियमका कारण मानवीय संकट पैदा भएको जनाएको छ। उसले गर्भवती महिला, अशक्त र वृद्धहरु चिसोको मार खेप्न बाध्य हुने जनाएको हो।
'नेपाल अहिले पहिलेकै अवस्थामा आउनुभन्दा धेरै टाढा छ,' नेपाल निर्देशक लेक्स केसनवर्गले वक्तव्यमार्फत् भनेका छन्।

- See more at: http://www.bizmandu.com/content/-13697.html#.VimTT34rLIU

]]>
4877 0 0 0
१७६ वर्षका पुरुष जीवितै, कसरी ? http://localhost/ghum/%e0%a5%a7%e0%a5%ad%e0%a5%ac-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%b7-%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%88-%e0%a4%95/ Fri, 23 Oct 2015 02:36:15 +0000 http://www.ghumphir.com.np/?p=4879 खोटाङ :नागरिकतामा उल्लेख भएको जन्म मितिलाई आधार मान्ने हो भने दक्षिणी गाविस खोटाङबजार–७ का गणेशप्रसाद गेलाल गाविसमा मात्र नभएर विश्वकै ज्येष्ठ नागरिक हुन्। २०४२ सालमा जारी भएको गेलालको नागरिकतामा जन्ममिति १८९६ साल कात्तिक ४ गते उल्लेख छ। तर उनको वास्तविक उमेर १७६ वर्ष भने हैन। नागरिकता दिने टोलीका कर्मचारीले १९९६ साल लेख्नुपर्ने ठाउँमा १८९६ साल लेख्दा गेलालको उमेर १७६ वर्ष पुगेको पाइएको गाविस सचिव गोविन्द पराजुलीले बताए। छिमेकी टीकाराम राईका अनुसार गल्ती गणेशप्रसादको आफ्नो होइन, कमजोरी नागरिकता प्रमाणपत्रमा लेख्ने कर्मचारीको हो। सामाजिक सुरक्षा भत्ता थाप्न पनि छिटो भयो । तर, त्यसका कारण सिर्जित प्रश्नको झटारोको सामना गर्न बाध्य छन् गेलाल परिवार । कान कम सुन्ने गेलाल र कर्मचारीबीचको ‘सञ्चार ग्याप’ का कारण नागरिकतामा गलत जन्ममिति उल्लेख हुन पुगेको स्थानीयको अनुमान छ । गेलाल परिवारले नागरिकता सच्याउनका लागि आवेदन दिए सच्याउन सकिने गाविस सचिव पराजुली बताउँछन् । गत वर्ष गाविसका ज्येष्ठ नागरिकलाई सम्मान गर्नेक्रममा गणेशप्रसादको नामलाई लिएर केही विवादसमेत भएको थियो। गाविसमा खास जन्ममितिका आधारमा सम्मान पाउने अरु वृद्धवृद्धा थिए। नागरिकता र प्रमाणका आधारमा सम्मान पाउने गेलाल थिए। सामाजिक सुरक्षा भत्ताकै लागि आवेदन दिएपछि मात्र गेलाल वास्तविक उमेरभन्दा सय वर्ष जेठो बनेको खुलासा भएको थियो। “उहाँले जन्ममिति सच्याउन चाहेर निवेदन दिए सच्याउन सकिन्छ, गल्ती सच्याउनु नै राम्रो हो”–गाविस सचिव पराजुलीले भने।

]]>
4879 0 0 0
टिकट अभावका कारण घर फर्किन नसकेका नेपालीलाई नेपाल फर्काउने http://localhost/ghum/%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a4%9f-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%98%e0%a4%b0-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%bf/ Fri, 23 Oct 2015 02:43:42 +0000 http://www.ghumphir.com.np/?p=4881 मलेसिया: अवैधानिक रुपमा काम गरेको आरोपमा मलेसियाका जेलमा रहेका १७ नेपालीलाई नेपाली दुतावासले नि:शुल्क टिकट उपलब्ध गराएपछि उनिहरु घर फर्किएका छन् ।
मलेसियाको बिभिन्न जेल तथा डिटेन्सन क्याम्पमा रहेका ती  नेपालीलाई मलेसियामा कार्यरत  रहेका केही संस्थाको सहयोगमा नि:शुल्क टिकट उपलव्ध गराएको दुतावासले जनाएको छ ।
काजाङ्गको सिमोनिया डिटेन्सन क्याम्पमा रहेका पन्ध्र जना, के एलआइ ए डिटेन्सन क्याम्पमा रहेका एक र अर्का एक जनालाई नेपाल फर्काइएको दुतावासले जनाएको छ । मलेसियामा रोजगारीका लागि आएका  नेपालीले काम र दाम राम्रो नपाएपछि अवौधानिक बन्ने गरेका छन् । अवौधानिक रुपमा काम गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरे उनीहरुलाई यहाँको कानुन अनुसार ३ महिना जेल र थप डिटेन्सन क्याम्पमा राख्ने गरेको छ ।
केहि समय अघि जेलमा रहेका नेपालीलाइ घर फर्काउन गैरआवसिय नेपाली संघ मलेसिया, बिजनेश एसोसिएसन मलेसिया र नेपाली कांग्रेस जन सम्पर्क समिती मलेसियाले निशुल्क टिकटका लागि दुतावासलाई सहयोग गरेका थिए ।
जेलमा रहेका नेपालीलाई शुन्यमा झार्ने योजना बनाएको दुतावासले यसमा सहयोग गर्न मलेसियामा कार्यरत संघसस्थासँग समेत अपिल गरेको छ । डिटेन्सन क्याम्पमा रहेर पनि टिकट अभावका कारण घर फर्किन नसकेका नेपालीलाई नेपाल फर्काउने काममा सहयोग गर्न दुतावासले आग्रह गरेको हो ।
]]>
4881 0 0 0
छुट्टी लिएरै नेपालीले दसैँ मनाए http://localhost/ghum/%e0%a4%9b%e0%a5%81%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a5%80-%e0%a4%b2%e0%a4%bf%e0%a4%8f%e0%a4%b0%e0%a5%88-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%b8/ Fri, 23 Oct 2015 02:59:55 +0000 http://www.ghumphir.com.np/?p=4884 मलेसिया : मलेसियामा रहेका नेपालीले विभिन्न कार्यक्रम गरेर दसैँं मनाएका छन् । विहीवार मलेसियाको क्लाङ्गमा नेप्लिज विजिनेश एसोसिएसन क्लाङ्गले दर्शै विषेश कार्यक्रम गरेको छ । विजय दशमीको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेर नेपालीवीच दशैं कार्यक्रम सम्पन्न गरिएको हो ।
Dasain in malaysia_nepali celebreate dashain malaysia
मलेसियामा नेपालीहरु कम्पनीबाट छुट्टी लिएरै दसैं मनाएका हुन् । उनीहरुले प्रदेशमा भएपनि एकै ठाउँ भेला भएर दसैंमा खुसी साटासाट गरे ।कार्यक्रममा दशैंको दिन पनि टीका लगाउन नपाएका नेपालीलाई समुहिक टीका लगाइएको थियो । नेपाली दूतावास मलेसियाका द्धितिय सचिव उत्तम शाहीले सो कार्यक्रममा उपस्थितलाई टीका लगाइदिएका थिए । सोही कार्यक्रममा विभिन्न वक्ताले नेपाली नेपालीवीच भाइचार बढाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
कार्यक्रममा प्रवासमा रहेका नेपाली कलाकारले आफ्नो प्रस्तुतीसमेत दिएका थिए । गायक जनक रुचाल, रमेश बानियाँले गीत गाए भने जस्मा लिङ्गदेन, सुमित स्याङ्गतान र विशाल नेगीलगायतले नृत्य प्रस्तुत गरेका थिए ।
मलेसियाका अन्य ठाउँमा रहेका नेपालीलेसमेत सामुहिक टीका लगाएर दसैँ मनाएका छन् । कम्पनीमा रहेका श्रमिकले छुटी लिएरै दसैँ मनाएका हुन् ।
जेलका नेपालीलाई सहयोग 
कार्यक्रममा विजीनेश एसोसिएसन क्लाङ्गले मलेसियाका जेल र डिस्टेनेशन क्याम्पमा रहेका नेपालीलाई नेपाल फर्कनका लागि ५ हजार रिङ्गेट बराबरको टिकट सहयोग गरेको छ ।
एसोसिएसनका अध्यक्ष्य राजन सुव्बाले दुतावासका द्धितीय सचिव शाहीलाई ५हजार रिङ्गेटको चेक हस्तातरण गरेका हु्न ।
सो रकमबाट इपोको डिस्टेनेशन क्याम्पमा रहेका ९ नेपालीलाई घर फर्काउन सहयोग हुने शाहीले जानकारी दिए । पछिल्लो समय मलेसियाका जेलमा रहेका १७ नेपाली निशुल्क टिकट पाएर घर फर्किसकेका छन् ।
]]>
4884 0 0 0
मिथिलाञ्चलकै ठूलो महोत्सव सम्पन्न http://localhost/ghum/%e0%a4%ae%e0%a4%bf%e0%a4%a5%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%b2%e0%a4%95%e0%a5%88-%e0%a4%a0%e0%a5%82%e0%a4%b2%e0%a5%8b-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8/ Fri, 23 Oct 2015 04:47:03 +0000 http://www.ghumphir.com.np/?p=4888

गौशाला, ६ कात्तिक ।

मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक महोत्सवका रुपमा स्थापित लक्ष्मीनारायणको विजय शोभायात्रा आज हर्षोल्लासपूर्वक सम्पन्न भएको छ । महोत्तरी जिल्लाको मटिहानीमा ४०० वर्ष अघिदेखि मनाउँदै आइएको सो शोभायात्रा प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट निकालिँदै आएको छ । लक्ष्मीनारायण मठ मटिहानीबाट कलात्मक पालकी र डोलीमा भगवान् लक्ष्मीनारायणको मूर्ति तथा हनुमानजीको निशान राखेर ब्राह्मणद्वारा वेद पाठ र शङ्खध्वनिसहित भगवान्को स्तुतीका साथै भजनकीर्तन गाउँदै यात्रा सुरु गरिएको थियो । लक्ष्मीनारायण मठबाट निकालिएको सो शोभायात्राले नगरको विभिन्न भागको यात्रा गरी पुनः मन्दिरमै पुगेर टुङ्गिएको थियो । यात्राको क्रममा नगरको उत्तरभागमा पर्ने पूजा बगैँचा र दक्षिण भागमा पर्ने परिक्रमा बगैँचामा भगवान् लक्ष्मीनारायणलाई धार्मिक विधिपूर्वक पूजाअर्चना गरी भक्तजनलाई प्रसाद वितरण गरिएको थियो । शोभायात्रामा महोत्तरी, धनुषा, सर्लाही, सिरहा र भारतको विहारको सीतामढी, मधुवनी जिल्लाबाट आएका लाखौँ भक्तजनको सहभागिता रहेको थियो । यात्रामा ईरिक्सा, मोटरसाइकल, टाँगा, ट्र्याक्टर, टायरगाडा जिप उल्लेख्यरुपमा प्रयोग गरिएको थियो । सो शोभायात्रामा सहभागिता जनाउनाले सात जन्मको पाप र कष्टबाट मुक्ति पाउने तथा पूण्य प्राप्त हुने धार्मिक मान्यता रहेको कुरा लक्ष्मीनारायण मठ मटिहानीका मठाधीश जगन्नाथ दास वैष्णवले बताउनुभएको छ । सो यात्राको अगाडि पछाडि झाँकी, दर्जनाँै भजनमण्डलीले भजनकीर्तन गराएका थिए । शोभायात्राको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन महोत्तरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो भने व्यापकरुपमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो । रामले रावणमाथि विजय प्राप्त गरेको अवसरमा खुसियाली सो शोभायात्रा निकाल्ने गरिन्छ । आयोजकले दशकयता यसपालि सबैभन्दा बढी भक्तजन सहभागी भएको जनाएका छन् ।

]]>
4888 0 0 0
प्रसिद्ध कुभिण्डेजात्रा मनाइयो http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%95%e0%a5%81%e0%a4%ad%e0%a4%bf%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a5%87%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Fri, 23 Oct 2015 04:49:22 +0000 http://www.ghumphir.com.np/?p=4890

भक्तपुर, ६ कात्तिक ।

मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा आज मनाइएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी सुरुभएको थियो । कुभिण्डेजात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजू दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ । नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ बिगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो । एकादशीका दिन आज तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, बिगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहितको संलग्नतामा जात्रा मनाइन्छ । बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारीअगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा) ले कुभिण्डो काटेका थिए । कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहिआएको छ ।

]]>
4890 0 0 0
विपन्न महिला च्याउखेतीबाट आत्मनिर्भर http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80%e0%a4%ac-2/ Fri, 23 Oct 2015 04:52:13 +0000 http://www.ghumphir.com.np/?p=4892

बाँके (खजुरा), ६ कात्तिक ।

बाँके जिल्लाका विपन्न समुदायका महिला च्याउखेती व्यवसायबाट जीविकोपार्जन गरिरहेका छन् । सीमान्तकृत समुदायमा सूचिकृत केवट समुदायका महिला पछिल्लो समय च्याउखेतीबाट साँझ बिहानको जोहो मात्र हैन आफ्ना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च जुटाउँदै आएका छन् । जिल्ला कृषि विकास कार्यालय र अन्य सङ्घसंस्थाले आयआर्जनका लागि सीपमूलक तालिम र प्राविधिक सहयोग उपलब्ध गराएपछि केवट समुदायका महिलाले, समूह नै गठन गरी अहिले व्यावसायिकरुपमा च्याउखेती सुरु गरेका हुन् । आर्थिक स्थिति कमजोर भएका उनीहरुलाई व्यावसायिक च्याउखेतीले घरको समस्या टार्न सजिलो मात्र भएको छैन बचत पनि गर्न सफल भएको पर्वत महिला लघु उद्यम समूहकी कलावती केवटले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका–१७ बुलबुलियाकी सोनी केवटलाई चार छोराछोरीलाई पढाउन त्यति सजिलो थिएन । श्रीमान्ले मजदूरी गरेर कमाएको पैसाले रोजीरोटीसँगै धौधौले छोराछोरीको मासिक शुल्क बुझाउन पुग्थ्यो, तर हिमाल महिला लघु उद्यम समूहमा आबद्ध भएर व्यावसायिक च्याउखेती सुरु गरेपछि उहाँले अहिले सबैलाई सहजै पढाउन सक्नुभएको छ भने एउटी छोरीलाई उच्च शिक्षा दिइरहनुभएको छ । जिल्ला कृषि विकास कार्यालय र जिल्ला लघु उद्यम समूहले बीउ, ड्रम तथा प्राविधिक सहयोग गरेपछि जिल्लामा अहिले विपन्न समुदाय व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुले उत्पादन गरेको च्याउ नेपालगन्जमै खपत हुने गरेको छ । घरमा खानका लागि पनि सजिलो हुने र आम्दानी पनि हुने भएपछि कञ्चन केवटलाई च्याउखेतीले सन्तुष्ट बनाएको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेले बेरोजगार युवालाई कृषि पेसामा लगाउन यो वर्ष मात्र झन्डै रु दुई करोड लगानी गर्दैछ । त्यसमध्ये च्याउखेतीका लागि ४८ जना युवालाई छनोट गरी रु १६ लाख रकम वितरणको तयारी गरेको छ ।

]]>
4892 0 0 0
मटिहानीमा रावणको प्रतिमा जलाइयो http://localhost/ghum/%e0%a4%ae%e0%a4%9f%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b5%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be/ Fri, 23 Oct 2015 04:55:37 +0000 http://www.ghumphir.com.np/?p=4894

गौशाला, ६ कात्तिक ।

असत्य माथि सत्यको विजयको प्रतीक शारदीय नवरात्रको क्रममा महोत्तरीको मटिहानीमा विजया दशमीका दिन लंकाधिपति रावणको पुत्ला गएराति जलाइएको छ । रामले रावणमाथि विजया दशमीकै दिन विजय प्राप्त गरेको खुसियालीमा रावणको प्रतिमा बनाएर जलाउने कार्य त्रेतायुगदेखि चल्दै आएको धार्मिक परम्परा रहेको छ । पचास फिट अग्लो रावणको पुत्ला भारतको दरभङ्गाबाट आएका सातजना कलाकारले २० दिन लगाएर रु एक लाख ५० हजारको लागतमा बाँस, रङ्गीचङ्गी पताका तथा विस्फोटक पदार्थ राखी सो प्रतिमा निर्माण गरिएको आदर्श दुर्गापूजा समिति मटिहानीले जनाएको छ । बाँसको तिल्ली, कागज, किरकिरी, कलर, दफ्ती, थर्माकोलको मद्दतबाट निर्माण गरिएको रावणको पुत्लामा ठूलो आवाज हुने बम तथा पुतला दहन गर्नुभन्दा पहिले आतिशबाजीको प्रदर्शन हुन्छ । पुत्ला टाउको, शरीर तथा खुट्टा गरी तीन भागमा बनाइन्छ र पुत्लामा पटाका जडान गरेपछि निर्धारित स्थानमा लगी सबै भागलाई जोडेपछि साजसज्जा गरी पुत्लाको स्थापित गरिन्छ । यहाँका रावणको पुत्ला दहनको दृश्य अत्यधिक आकर्षक हुन्छ । मर्यादा पुरुषोत्तम रामको लीलामा आधारित रामको प्रतिकात्मक बनेका राम भगवानले धनुषबाट रावणको नाभिमा तीर हानेपछि रावणकोे पुत्ला दहन हुन्छ । श्रद्धालुले असत्यमाथि सत्यको विजयका रूपमा भगवान् रामको दीप प्रज्वलन गरी पूजा आराधना गरिन्छ । भगवान् रामको धार्मिक विधिअनुसार पूजा सम्पन्न भएपछि रावणको पुत्ला दहन गरिन्छ र सोही राति विजय उत्सव मनाउने गरिन्छ । भगवान् रामको प्रतीकको रुपमा रहेका बालकले धनुषबाट रावणको नाभिमा तीर प्रहार गरेपछि रावणको पुत्ला जलेको थियो । रावण बध कार्यक्रम हेर्न नेपाल र भारतका हजारौंँ सर्वसाधारणको घुइँचो लागेको थियो । नेपालमै सबैभन्दा अग्लो रावणको प्रतिमा बनाएर जलाउने कार्य गरिँदै आएको छ । असत्यमाथि सत्यको विजय होस् भने सन्देश दिनका लागि विगत ११ वर्षदेखि नेपालकै प्रसिद्ध धार्मिक क्षेत्र मटिहानीमा रावण बधको कार्यक्रम प्रत्येक वर्ष विजयादशमीको दिन आयोजना गर्दै आएको छ ।

]]>
4894 0 0 0
१ अर्ब २५ करोड बचत संकलन http://localhost/ghum/%e0%a5%a7-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a5%a8%e0%a5%ab-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%ac%e0%a4%9a%e0%a4%a4-%e0%a4%b8%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a4%a8/ Fri, 23 Oct 2015 04:58:26 +0000 http://www.ghumphir.com.np/?p=4896

भद्रपुर, ६ कात्तिक ।

स्थापना भएको एक दशकमै सहारा नेपाल बचत तथा क्रृण सहकारी संस्था विर्तामोडले धेरै प्रगति हासिल गरेको छ । झापाको चारपाने क्षेत्रका ३३ जनाले रु ३४ हजार लगानी गरी २०५२ सालमा स्थापना गरेको यो संस्थामा अहिले ८६ हजार सेयर सदस्य पुगिसकेका छन् भने २५० जना कर्मचारी छन् । हाल यस संस्थामा रु २२ करोड सेयर पुँजी र बचत रु एक अर्ब २५ करोड रहेको छ । यो संस्थाले पूर्वाञ्चलका सुनसरी, मोरङ, झापालगायत छवटा जिल्लामा आफ्नो कारोबार सुरु गरेको छ । आगामी दिनमा १ नम्बर प्रदेशमा पर्ने सबै जिल्लामा आफ्नो कारोबार बढाउने लक्ष्यसाथ अघि बढिरहेको यो संस्थाले आर्थिक कारोबारको अतिरिक्त सेवामूलक कार्य पनि गरिरहेको छ । निःशुल्क स्वास्थ्य सेवा, वृद्धवृद्धालाई सम्मान गर्ने तथा उनीहरुलाई समाजमा स्थापित गराउने उद्देश्यले वृद्ध चौतारी निर्माण गर्ने, सहकारी गाउँ निर्माण गर्ने, कृषि र शिक्षामा लगानी गर्ने सङ्कल्प रहेको संस्थाका प्रबन्धक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । अहिले संस्थाको आर्थिक विकास सँगसँगै सेयर सदस्यमा मोबाइल, मोटरसाइकल र मनि (पैसा) को व्यवस्था गरिसकेकाले यसमा काम गर्ने र आबद्ध रहने सदस्यको विश्वासबाट यो संस्थामा आगामी दिनमा तीनलाख सेयर सदस्य पु¥याउने र सेयर पुँजी रु दुई अर्ब ५० करोड र बचत रु ५० अर्ब पु¥याउने योजनाका साथ अघि बढिरहेको प्रबन्धक गिरीले जानकारी दिनुभयो । कर्मचारीबीच समझदारी र उत्साह बढाउने तथा उनीहरुको दक्षता र सीपको विकासबाट नै सहकारीलाई अगाडि बढाउने सोचका साथ आफ्ना आर्थिक क्रियाकलाप बढाउँदै लैजाने संस्थाको उद्देश्य रहेको प्रबन्धक गिरीले बताउनुभयो ।

]]>
4896 0 0 0
घरमा अन्न छैन, दसैं कसरी मनाउने ? http://localhost/ghum/%e0%a4%98%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%9b%e0%a5%88%e0%a4%a8-%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%82-%e0%a4%95%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a4%a8/ Fri, 23 Oct 2015 06:35:43 +0000 http://www.ghumphir.com.np/?p=4898 विप्लव काफ्ले चितवनको लोथरका श्रीमन चेपाङको घरमा खाने अन्नको गेडो छैन । नगद त झन् परको कुरा ।दारेचोक-८ ओरेकका दिलबहादुर चेपाङ र दाहखानी-६, कुयलघारीका ठूलाकान्छा थापामगरको अबस्था पनि श्रीमनको भन्दा फरक छैन । विगतका बर्षमा जसोतसो दसैं मनाउने गरे पनि यसपालि कसरी दसैं मनाउने भन्ने चिन्ताले सताएको छ उनीहरुलाई । किनकि गत वैशाख महिनाको भूकम्पले घर लडाइदिएपछि दसैं खल्लो भएको छ । आश्रयस्थलको सहारा लिइरहेका चितवनका पहाडी गाविसमा दसैंको माहोल छैन । Chepangदाहखानी गाविसमा ७० घर भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनेका थिए भने ३ सय ४० घरमा आंशिक क्षति पुगेको थियो । ठूलाकान्छा भन्छन्, ‘दसैं मनाउने खर्च छैन, खाने चामल छैन, चाडबाड खुसी भएर कसरी मनाउनु ?’ दसैंका लागि रेडक्रसले आठ बोरा नयाँ कपडा पठाइदिने आश्वासन दिए पनि आइनपुगेको उनको गुनासो छ । भूकम्प अघिसम्म लोथरका श्रीमन चेपाङका स-साना दुईवटा घर थिए । ती दुबै घर भूकम्पले भत्काइदिए । अहिले उनले गोठमा बस्नुपरिरहेको छ । गोठको एक कुनामा जमराका लागि टपरीमा मकै र जौं छरेका छन् उनले । जमरा लहलहाउँदै उम्रिए पनि उनको मुहारमा खुसीको लहर देखिँदैन । ‘पोहोर साल गाउँले सबै मिलेर दसैं मनाइयाथ्यो, यसपालि त दसैं आए-नआएको पत्तै छैन,’ श्रीमन भन्छन्, ‘घर छैन, अन्न छैन, आफूलाई खाने अन्न छैन । इष्टमित्र बोलाउन पनि सकिएन ।’ उनीजस्तै चितवनको विकट पहाडी वस्तीमा अधिकांशको अवस्था यस्तै छ । सधैं खाद्यान्न अभाव झेल्नुपर्ने बस्तीमा भूकम्पले थप संकट आइलागेको छ । ज्याला मजदुरी गरेर अलिकति पैसा आइहाले पनि नाकाबन्दीले गर्दा आकासिएको मूल्यवृद्धिले थप मार परेको छ । भूकम्पले जमीन नै चिरा परेपछि सिमलढापको बेलघारीमा सामाजिक संस्थाले बनाइदिएको अस्थायी आश्रयस्थलमा ७४ घरपरिवार बस्दै आइरहेका छन् । कतिपय आफ्नै जग्गामा त्रिपाल टाँगेर बसेका छन् । तर पनि चिरा-चिरा परेको जमिनले कुयलघारीका बासिन्दालाई अझैपनि त्रसित बनाउँछ । ‘फेरि भूकम्प आउने हो कि, पहिरो लड्ने हो कि,’ ठूलाकान्छा भन्छन्, ‘दसैंमा मन खुसी छैन ।’ दारेचोक-८ ओरेकका दिलबहादुर चेपाङ भूकम्पले घरको भित्तो भत्किएपछि चिन्तित छन् । दसैंको भन्दा बढी घरकै चिन्ता लागेको छ उनलाई । पानी पर्दा आश्रयस्थलमा ओत लाग्न जान्छन् । अरुबेला घर नजिकैको सानो गोठमा बस्छन् उनी । उनले भने, ‘बिहान बेलुका खान पुग्ने अन्न नहुँदा चाड आएजस्तो लागेको छैन ।’ दसैं सुरु भएपनि दसैं मनाउने खर्च नहुँदा उनको परिवारमा कुनै उत्साह र रौनक छैन । दारेचोकमा भूकम्पले १ हजार २ सय ८८ घरमा पूर्ण क्षति तथा ६ सय ४२ घरमा आंशिक क्षति पुगेको थियो । सरकारले घरमा पूर्ण क्षति भएकाहरुलाई १५ हजार र आंशिक क्षति भएकालाई ३ हजार रुपैयाँ दिएको थियो । तर, त्यो ‘हात्तीको मुखमा जिरा’ भनेजस्तै भएको छ । भत्केका घरलाई जसोतसो मर्मत सम्भार गरेर बसेकाहरु दसैंमा खुसी बन्नसक्ने अवस्था छैन । गाउँ पुरै सुनसान छ । जमिन चिरा परेकाले आश्रयस्थलमा बसेकाहरुले आफ्ना गाई, बाख्रा अन्यत्रै सार्न थालेका छन् । लोथरमा भूकम्पले २ सय ७० घरमा पूर्ण क्षति तथा ३ सय २० घरमा आंशिक क्षति पुर्‍याएको थियो । बैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्प तथा बाढी पहिरोबाट चितवनका १५ हजार ७ सय ४९ घरहरु प्रभावित भएका थिए । जसमध्ये ३ हजार ७ सय २५ घरधुरी पूर्ण क्षति र १२ हजार २४ घरमा आंशिक क्षति पुगेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।  ]]> 4898 0 0 0 तीन करोड रुपैया लगानीमा ‘आफ्नो घर टेम्पल रिसोर्ट’ सञ्चालनमा http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%88%e0%a4%af%e0%a4%be-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%ae-%e0%a4%86/ Fri, 23 Oct 2015 06:52:03 +0000 http://www.ghumphir.com.np/?p=4901 दीपक उपाध्याय कैलालीको धनगढीमा पछिल्लो केहि वर्षदेखि ठूलो लगानीको होटल खुल्ने शिलशिला सुरु भएकोमा यसैवर्ष करोडौको लगानीको अर्को होटल थपिएको छ । धनगढीका कुलदीप ध्वज थापाले साढे तीन करोड रुपैया लगानीमा ‘आफ्नो घर टेम्पल रिसोर्ट’ नामको होटल सञ्चालनमा ल्याएका छन् । यस क्षेत्रमा रहेको पर्यटकीय सम्भावनालाई मध्यनजर गरेर उनले ठूलो लगानीको होटल सञ्चालनमा ल्याएका हुन । धनगढीको उत्तर बेहडीमा सञ्चालनमा आएको उक्त होटल हालसम्म यहाँ बनेका होटल भन्दा फरक शैलीमा बनेको छ । वातारण, संस्कृति र पूराना सम्पदासंग नजिकिएर होटलको निर्माण भएको संचालक कुलदीप ध्वज थापाले बताए ।उनले भने–‘होटलको संरचना नै अरु भन्दा फरक छ । यहाँ पाइने खानाको परिकार पनि स्थानीय स्तरमा प्रचलित रहेका छन् ।’ आफ्नो घर टेम्पल रिसोर्टमा थारु समुदायमा प्रचलित ढिक्री, कुखुराको सेकुवा, खंरिया लगायतका खाना पाईन्छ । त्यसैगरी, नेवारी खानाका परिकारका साथै झोल मःमः, चिकन बिर्यानी ग्राहकको रोजाईमा पर्न सक्ने होटलका कार्यकारी प्रबन्धक देवेन्द्र हमालले बताए । उनले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफ्नो घर टेम्पल रिसोर्टको खानाका परिकारले आकर्षण गर्ने बताए । ‘अन्य खानाका परिकार अरु होटलहरुमा पाईन्छ’, उनले भने–‘हाम्रो यहाँ विशेष स्थानीय परिकार पाईन्छ । जुन अरुको रोजाईको खानाका परिकार बन्न सक्छ ।’ धनगढीका पूराना रेष्टुरेन्ट व्यवसायी स्वर्गीय खडक बहादुर थापाले आफू यस प्रकारको होटेल सञ्चालन गर्ने आकाङक्षा देखाएका थिए । तर, उनको ईच्छा पूरा नहुँदै निधन भएपछि स्वर्गीय बुवाको सपना पूरा गर्नका लागि आफुले होटेल सञ्चालनमा ल्याएको होटलका संचालक कुलदीप ध्वज थापाले बताए । यस क्षेत्रको संस्कृतिसंग प्रत्यक्ष सरोकार राख्ने गरी होटलको निर्माण भएको कार्यकारी प्रबन्धक हमालले बताए । उनले भने–‘हाम्रो यहाँको फेमिली रेष्टुरेन्ट थारु समुदायसंग सम्बन्धित छ । आदिवासी जनजाति थारुको जीवन शैली लगायत झल्किने कलात्मक चित्र रेष्टुरेन्टमा बनाइएको छ । जुन एउटा आकर्षणको विषय बन्न सक्छ ।’ साथै होटलको आकर्षणका रुपमा रहेको लाईटिङ्गका कारण सन्ध्याकालिन बसाई अत्यन्त मनमोहन हुने हमालले बताए । हमालले जुनसुकै वर्गका व्यक्तिले मूल्य तिर्न सक्ने गरि खानाका परिकारको मूल्य निर्धारण गरेको बताए । उनले होटलको कोठा मूल्य दर समेत सबैले तिर्न सक्ने किसिमले तय गरेको सुनाए । होटलमा थारु समुदायले प्रयोग गर्ने काठे बयलगाडा समेत प्रदर्शनीका लागि राखिएको छ । विभिन्न प्रजातिको रुखका कारण वातावरण रमणीय रहेको उक्त होटलमा काठमाण्डौंको जस्तो ढुङ्गे धारा समेत निर्माण गरिएका छन् । होटलमा दुई वटा सभा हल सहित १५ वटा कोठा रहेका छन् । आफ्नो घर टेम्पल रिसोर्टसंगै धनगढीमा ठूला होटलको संंख्या अब ६ पुगेको छ । यसअघि द होटल डिभोटी, द होटल रुबस, होटल साथी, होटल दिनेश, होटल जलसाले ठूला होटलको रुपमा सेवा दिदैं आइरहेका छन् ।

hotel dhangadi (1) hotel dhangadi (3) hotel dhangadi (4) hotel dhangadi (9)

]]>
4901 0 0 0
हत्यारा पेनड्राइभ, जसले सबैलाई खरानी बनाइदिन सक्छ http://localhost/ghum/%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a5%87%e0%a4%a8%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%ad-%e0%a4%9c%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%b8/ Fri, 23 Oct 2015 07:26:30 +0000 http://www.ghumphir.com.np/?p=4911 यसको नामै हो ग्याजेट किलर । किनकी यसले तपाइँको कम्प्युटर देखि लिएर टेलिभिजन सबैलाई खरानी बनाइदिन सक्छ । एकजना रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै फ्राइ गरिदिन सक्छ ।

Pendriveयुएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह गरिदिन्छ । जसका कारण ल्यापटप देखि लिएर टेलिभिजन सम्म, जसमा यो पेनड्राइभ घुसार्न मिल्न सबै विस्फोट भैहाल्छन् ।

रुसीसेक्योरिटी अनुसन्धानकर्ता समेत रहेका र डार्क पर्पलको नामले चिनिने ती ह्याकरले आफुले निर्माण गरेको पेनड्राइभको शक्ति प्रमाणित गर्नका लागि एक भिडियो बनाएर सार्वजनिक गरेका छन् । जसमा उक्त पेनड्राइभ घुसार्दा एउटा ल्यापटप विस्फोट भएको देख्न सकिन्छ ।

उनले यो पेनड्राइभका कारण युएसबी पोर्ट भएका हरेक डिभाइस खतरामा परेको चेतावनी दिएका छन् । लगभग सबैजसो स्मार्टफोनले युएसबी मोड सपोर्ट गर्नुका साथै टेलिभिजन, कम्प्युटर, राउटर तथा मोडेमहरु सबैलाई उक्त पेनड्राइभले निस्तेज बनाइदिन सक्ने उनको भनाइ छ ।

यस्तो भयानक पेनड्राइभ निर्माण भएको खबर सार्वजनिक भएसँगै प्रविधि सुरक्षा विज्ञहरुले आफ्नो डिभाइसमा जस्तो पायो त्यस्तो पेनड्राइभ नघुसार्न सल्लाह दिएका छन् ।

यसअघि ११० भोल्ट करेन्ट प्रवाह गर्ने हत्यारा पेनड्राइभ बनाएका ती ह्याकरले पछिल्लो पेनड्राइभ बेच्ने तथा प्रयोग गर्ने आफ्नो कुनै योजना नभएको जनाउँदै भनेका छन् : यो एटम बम जस्तै हो, राख्दा मज्जा हुने तर प्रयोग गर्न नसकिने ।

]]>
4911 0 0 0
शेष घले उत्कृष्ट भूकम्प उद्धारकर्ता घोषित http://localhost/ghum/%e0%a4%b6%e0%a5%87%e0%a4%b7-%e0%a4%98%e0%a4%b2%e0%a5%87-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%89/ Fri, 23 Oct 2015 07:59:43 +0000 http://www.ghumphir.com.np/?p=4914 काठमाडौं – विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिले गत वैशाखको ‘गोरखा भूकम्प’का भूकम्पपीडितलाई उद्धार गर्नेमध्ये गैर आवासीय नेपाली सङ्घ एनआरएनका अध्यक्ष शेष घलेलाई उत्कृष्ट उद्धारकर्ताको सम्मान प्रदान गरेको छ ।

सो अवसरमा घलेले सो सम्मान आफ्ना लागि पहिलो र महत्वपूर्ण भएको बताउँदै साहित्य महासङ्घसँग एनआरएनले सहकार्य गर्ने इच्छा व्यक्त गरे । महासङ्घले तत्कालै बहादुरीपूर्वक र विवेकपूर्वक भूकम्प पीडितको उद्धारमा संलग्न सशस्त्र प्रहरी हवल्दार कृष्णबहादुर बस्नेत, उपचारमा अहोरात्र संलग्न नर्सद्वय जसमाया जिरेल र शारदा श्रेष्ठ तथा स्वयम्सेवक परिचालक तथा उद्धारकर्ता बब्रिमकुमार केसीलाई मङ्गलबार जनही रु २५ हजारसहित सम्मानपत्र प्रदान ग¥यो ।

sg (Copy)(2)सोही अवसरमा केही महिनाअघि सम्पन्न साहित्य महासङ्घको दोस्रो विश्वव्यापी खुल्ला कविता प्रतियोगिताका विजयीलाई पनि नगदसहित पुरस्कार प्रदान गरियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सन्देश सुब्बालाई रु २० हजारसहित प्रमाणपत्र प्रा डा. गोविन्दराज भट्टराईले हस्तान्तरण गरे । त्यस्तै मैथिली भाषाका उत्कृष्ट पुनम ठाकुरलाई रु पाँच हजार र नेपालबाट प्रतिनिधि मूल्याङ्कनकर्ता ठाकुर बेलवासेलाई मूल्याङ्कनबापत रु पाँच हजार प्रदान गरियो ।

समारोहमा साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेला, केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ, सचिव खगेन्द्र अधिकारी, कोषाध्यक्ष केदार सङ्केत, शाखाका अध्यक्ष गोविन्द गौतम, कुवेत शाखाका अध्यक्ष अमित राई, इजरायल शाखाका प्रतिनिधि नितु खनाल र नेपाल शाखाका अध्यक्ष रमेश कँडेलले महासङ्घले विश्वमा नेपाली साहित्यलाई पु¥याउन विभिन्न गतिविधि गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा साहित्यकार रमेश पौडेल र सुशील पराजुलीले आआफ्नो सिर्जना वाचन गरेका थिए ।

]]>
4914 0 0 0
चीनले डेढ अर्व खर्चेर बनायो ५१० मेगावाटको परियोजना, भारतलाई दुख्यो टाउको http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%a1%e0%a5%87%e0%a4%a2-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%96%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a5%87%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a4%be/ Fri, 23 Oct 2015 08:38:23 +0000 http://www.ghumphir.com.np/?p=4917 काठमाडौं । चीन स्वशासित तिव्वतमा अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत परियोजना सञ्चालनमा आएको छ। ५१० मेगावाट क्षमताको जाम हाइड्रोपावर आइतवारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको चिनियाँ समाचार संस्थाहरुले लेखेका छन्।   संसारको सबैभन्दा अग्लो स्थानमा निर्माण भएको यो परियोजना नौ अर्व ६० करोड युआन अर्थात एक अर्व ५० करोड डलरमा तयार भएको हो। यो तिव्वतमा निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत परियोजना पनि हो।

यसबाट उत्पादन हुने विद्युतले तिव्वतको एक तिहाइ विद्युत मागलाई एक्लैले पूरा गर्नेछ।   विश्वको छाना भनेर चिनिने तिव्वतको ३३०० मिटरको उचाइमा बनेको यो आयोजना चीनको हाउनेन समूहले बनाएको हो। यो समूह सरकारी स्वामित्वमा स्थापित कम्पनी पनि हो। तिव्वतमा यारलुङ जाङबु नदीले चिनिने यही नदी बग्दै भारत र बंगलादेशसम्म पुग्छ। भारतमा यो नदीलाई ब्रम्हपुत्र भनेर चिनिन्छ।   सहनान प्रिफ्केचरको ग्याचा गाउँमा बनेको यो जलविद्युत परियोजना निर्माण सम्पन्न भएपछि भारतलाई भने टाउको दुखाइ बनेको छ। ब्रम्हपुत्रको शीरमा बनेको ड्याम 'युद्ध' जस्तो समयमा खोलिदिए भारत नै तहसनहस हुने भन्दै भारतमा यस्को विरोध भएको हो।   तर चीनले भने यो आयोजना 'रन अफ दि रिभर' भन्दै यसबाट भारतलाई कुनै क्षती नहुने जानकारी दिएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले परियोजनाबाट भारतलाई कुनै पनि समस्या नहुने बताइन् ।

उनले भनिन्,  हामीले भारतको चासोलाई बुझेका छौं,  हामी नदीको पानीका विषयमा भारतसँग सम्पर्कमा रहने छौं।   सन् १९७२ देखि अध्ययन थालिएको यो परियोजना निर्माणका लागि सन् २००९ मा गेजुवा समूहलाई छानिएको थियो। यसबाट सन् २०१४ को नोभेम्वर २३ मा पहिलो युनिटबाट विद्युत उत्पादन थालिएको थियो। परियोजनामा ८५ मेगावाटका छ वटा युनिट लगाइएको छ।   परियोजनालाई वातावरण मैत्री बनाउन माछा हिंड्ने छुट्टै बाटो बनाइएको छ। जसका लागि कम्पनीले करोडौं रुपैयाँ खर्च गरेको छ।

त्यसैगरी सिभरेज लगायतका विभिन्न काममा पनि कम्पनीले ठूलो रकम खर्च गरेको छ। अब चीनले यो ड्यामभन्दा माथि ६४० मेगावाटको दागु तथा ५६० मेगावाटको जेइचु र यो परियोजनाभन्दा तल ३२० मेगावाटको जियाचा ड्याम बनाउन अनुमति दिएको छ । ११६ मिटर अग्लो र ३८९ मिटर लामो कंक्रिट ड्यामले यारलुङ जाङबु नदीको पानीलाई रोकेको छ।

]]>
4917 0 0 0
प्रहरीमाथि आक्रमण गर्ने जुवाडे पक्राउ http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a4%86%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87/ Fri, 23 Oct 2015 08:41:47 +0000 http://www.ghumphir.com.np/?p=4920

गौशाला, ६ कात्तिक ।

प्रहरीमाथि आक्रमण गर्ने एक जुवाडेलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिजलपुरा–९ बस्ने रविन्द्र घोरारी रहेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले बिजलपुरा–९ स्थित पथलैया बजारमा जुवा खेलिरहेका जुवाडेहरुलाई बिहीबार अबेर राति पक्राउ गर्न खोज्दा जुवाडे र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो । जुवाडेहरुले एकतर्फी रुपमा प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढाबाट प्रहरीको गाडीमा समेत सामान्य क्षति पुगेको छ भने जुवाडेहरुले प्रहरी हबल्दार बरुण भूमिहारलाई कुटपीट गरी घाइते बनाएका छन् । घाइते प्रहरी हबल्दार भूमिहारको बर्दिबास स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य जुवाडेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

]]>
4920 0 0 0
‘दशैँ हैन दशा भो’: व्यवसायी http://localhost/ghum/%e0%a4%a6%e0%a4%b6%e0%a5%88%e0%a4%81-%e0%a4%b9%e0%a5%88%e0%a4%a8-%e0%a4%a6%e0%a4%b6%e0%a4%be-%e0%a4%ad%e0%a5%8b-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af/ Fri, 23 Oct 2015 08:57:55 +0000 http://www.ghumphir.com.np/?p=4922 लगातार दुई महिना बढी समयदेखि बन्द हड्ताल र एक महिनादेखिको भारतको नाकाबन्दीका कारण व्यवासाय धरासायी बनेपछि उद्योगी व्यवसायीलाई दँशै निराशाजनक बनेको छ । नेपालको उद्योग व्यवसायमै इतिहासमै अहिलेसम्म सबैभन्दा धेरै असर परेपछि वर्षदिनको महान पर्व विजया दशमी पनि दशा जस्तै भएको ठूला उद्योगीले बताएका छन् । तराई लगातारको बन्दले उद्योगधन्दा पूर्णतया ठप्प भएको, पहिला उत्पादन गरेको सामान पनि ढुवानी गर्न नसकिएको र नाकाबन्दीका कारण भारतबाट सामान ल्याउन नसकिने भएपछि उद्योग व्यवासय धरासायी भएको उनीहरुले बताएका छन् । यस्तो अवस्थामा कसरी मनाउँदै छन उनीहरुले दँशै :

Sekhar-golchaकेही उत्साह छैन, केही प्लान छैन शेखर गोल्छा, उपाध्यक्ष, उद्योग वाणिज्य महासंघ यो पालीको दँशै मनाउनमा कुनै उत्साह छैन । किनभने अहिलेको स्थीतिले नेपालमा जुन समस्या आएको छ । यो बेलामा के दशैँ बनाउनु भनेर मैले कुनै प्लान बनाएको छैन । यो शायद पहिलो दशैँ होला मैले यसरी कुनै विशेष योजना नबनाएको । उद्योग व्यवसाय त सारा चौपट छ । मलाई लाग्छ अव यो नाकाबन्दी खुलेर सहज भएपनि यो रीकवर भएर पुरानै अवस्थामा आउन सक्दैन होला । उद्योग व्यवसाय मात्रै होईन यत्रो ठूलो समस्या नेपालमा अहिलेसम्म आएको थिएन । जनतालाई हिँडडुल गर्न समस्या छ । पकाउने खाने सामान महंगियो । ग्याँस छैन । यस्तोमा के खुसीयालीले रमाईलो गर्नु ? घुम्न जाने हो भने पेट्रोल छैन, डिजल छैन । कहाँ कसरी जानु । अहिले त सामान्यतया परीवारसंग बसेर टिका लगाउने हुन्छ । टिभि हेर्ने, पुस्तकहरु पढ्ने यही नै होला ।

Rajesh-Kaji-shresthaदशैँ हैन दशा भैरहेको छ राजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श यसपालीको दँशै सबै व्यवसायीको दशा भैरहेको छ । पूजा सुजा गरेर बरुँ चाँडै खुलोस भन्ने कामना गर्ने हो । यो अवस्थामा म बाहिर पनि जाँदैन । काठमाण्डौमा बस्छु । सबैलाई तलव पनि दिनुप¥यो, बोनस पनि दिनुप¥यो । यस्तो बन्द भैरहेको बेला कसरी व्यवस्थापन गर्ने ? दशैँ हैन दशा भैरहेको छ । हामी उद्योगी व्यवसायीको मर्का सबैले बुझ्नु प¥यो । ल्याईरहेको सामान रक्सौल मा रोकिईरहेको छ, कलकत्तामा रोकिईरहेको छ । कमाउने एकडेढलाख हो, त्यो भन्दा बढी डिटेन्सलन लागिरहेको छ । यो बेला त हामी सबै ईन्तिजार गरीरहेका छाँै कहिले भन्सार खुल्ला होला भनेर । नाका खुल्यो भने हामी दशैँ मनाउने हैन सामान लिन जान्छौँ । पहिला भए रहर गरेर बाहिर घुमघाम हुन्थ्यो । तर अहिले त्यो अवस्था छैन । सामान्य रुपमा घरमै बसीन्छ । टिका लगाईन्छ । त्यही हो, यो पालीको दशैँ ।

Kush-kumar-joshiआमाको हातबाट टिका पनि लगाउन नपाईने भयो कुश कुमार जोशी, म्यानेजिङ डाइरेक्टर, निक तेल छैन । कहिँ जाने कुरा हुँदैन । यसपालीको दँशै तेलको अभावमा नै वित्ने भो । मन्दिर जाउँ जान सक्ने अवस्था छैन, घर जाने त झन कुरै छोडौँ । यो पालीको दँशै त्यती राम्रो नहुने भयो । आफ्नो पुख्र्यौली घर धरान गईन्थ्यो । तेलको अवस्था यस्तो छ । आमाको हातबाट टिका पनि लगाउन नपाईने भयो जस्तो छ । विराटनगर सम्मै जान सकिँदैन । संविधान आएकोमा खुसीयालीमा मनाउनुपर्नेमा खल्लो हुने भयो । दँशै भनेपछि रमाईलो गर्ने, घुम्न जाने, खाने, आफन्त साथीभाई दिदीबहिनी बोलाउने खाने हुन्थ्यो । तर घेराबन्दीमा वित्ने भयो यो वर्ष । तेलको अभाव भयो । लिम्बुबान खुम्बुवानले खोल्ने गरेको भए, अरुले गरेको भए दँशै तिहारमा खोल्ने चलन थियो । माओवादीले गर्दा समेत त्यस्तो समस्या हुँदैनथ्यो, दशैँ तिहारको लागि खोल्थे । तर यीनिहरुले के हो यस्तो, हाम्रो संस्कृतिलाई नै प्रहार गर्ने भनेपछि । पूरै नेपालीलाई निराश बनाए ।

Kamal-shresthaनेपालमा मनाउन सकिएन कमला श्रेष्ठ , अध्यक्ष, व्यूटिसियन व्यवसायी संघ, नेपाल  खासै यसपाली बर्षदिनको चाड भनेर दर्शन गरेर जाने र आशिर्वाद लिन जाने अवस्था छैन । हिँड्नलाई गाडी छैन, खाना पकाउनलाई चुलो बाल्ने अवस्था पनि पनि छैन । महिलाले आफै उद्यम गरेर अलिकति कमाएर दँशै मनाउने खर्च जुटाउने थिए तर सरकारले घुँडा टेकाईहाल्यो । म त यो अवस्थामा यहाँ नेपालमा बस्न सक्ने अवस्था भएन । सबै कुरा सकियो । पकाएर खान पनि सकिएन । बच्चाबच्चीहरु अमेरीका छन् । मेरो थाईल्याण्डमा तालिम छ । हामीहरु श्रीमान श्रीमति २ जना जाँदैछौँ । त्यहाँ दँशै धुमधाम मनाउने भन्ने कुरा त भएन । किनकी त्यहाँ आफ्ना आफन्त छैनन । श्रीमान श्रीमतिले टिका लगाउँछौँ । अनि घुमघाम गर्छौँ । १५ दिन तालिम लिन्छु । खर्चको कुरा गर्दाखेरी दँशै भनेको पहिलाको जस्तो दँशै रहेन । खसी काट्न, नयाँ लुगा लगाउनका लागि हो खर्च गर्ने । अहिलेको जमानामा त सँधै दँशै हो । दँशै अरुको जस्तो खर्चिलो दँशै मेरो हुँदैन, सामान्य हो । बरु आफ्नोमा काम गर्ने स्टाफहरुलाई हरुलाई दँशै खर्च दिन्छु ।साभार रातोपाटी

]]>
4922 0 0 0
सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र सिरहामा मधेसी मोर्चाका कार्यकर्ताले बन्द गराए http://localhost/ghum/%e0%a4%b8%e0%a4%97%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%be-%e0%a4%85%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a5%81%e0%a4%96-%e0%a4%b5/ Fri, 23 Oct 2015 13:10:32 +0000 http://www.ghumphir.com.np/?p=4927

लहान, ६ कात्तिक ।

विजयादशमीलाई मध्यनजर गरी सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र सिरहाको लहानमा आमहड्ताललाई खुकुलो पारेको संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज बिहानदेखि पुनः सशक्त पारेको छ । संयुक्त मधेसी मोर्चाका नेता, कार्यकर्ताले आज बिहानैदेखि लहानस्थित बजार, पसल, उद्योगधन्दा बन्द गराएका छन् । विजयादशमीभरि बजार पसल खोल्न दिएका मोर्चाका कार्यकर्ताले दसैँ सकिएको भन्दै आज बिहानबाट बजार, पसल बन्द गराएको स्थानीयवासीले बताएका छन् ।

]]>
4927 0 0 0
दुर्गा भवानीको मूर्ति विर्सजन http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%be-%e0%a4%ad%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%b5%e0%a4%bf/ Fri, 23 Oct 2015 13:17:49 +0000 http://www.ghumphir.com.np/?p=4929

लुम्बिनी (रुपन्देही), ६ कात्तिक ।

विजया दशमीको सुरुवातसँगै रुपन्देहीका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीको मूर्तिहरु आज विर्सजन गरिएको छ । घटस्थापनाको दिन मूर्ति प्रतिस्थापन गरी स्थानीयलाई दर्शन गराउने उद्देश्यले चोकचोकमा अस्थायीरुपमा दुर्गा भवानीको मूर्ति स्थापना गरी पूजाआजा गरिएका मूर्तिको आज नजिकका नदीमा लगेर विर्सजन गरिएको हो । नेपालमा विजया दशमीको सुरुवातसँगै छिमेकी मुलुक भारतबाट हजारौँको सङ्ख्यामा दुर्गा भवानीका मूर्तिहरु भित्रिएका थिए । भारतीय बजार सुनौलीमा भारतीय रुपैयाँ १० हजारदेखि ६० हजारसम्म मूल्यका मूर्ति नेपाल भित्रिएका थिए । तराईका जिल्लामा दुर्गा भवानीको पूजाआजा गर्ने प्रचलन निकै बढी भएका कारण तथा सबैका घरमा दुर्गा भवानीको मूर्ति राखेर पूजा गर्न नसक्ने हुँदा टोलवासी जम्मा भएर सामूहिकरुपमा पूजा गर्न मूर्ति प्रतिस्थापन गर्ने गरिन्छ । नेपालमा दुर्गा भवानीको मूर्ति बनाउने दक्ष कालीगढको अभावमा मूर्ति खरिदका लागि मात्रै नेपालबाट करोडाँै रुपैया भारत जाने गर्दछ ।

]]>
4929 0 0 0
बिमान स्थल दुर्घटनाबाट बच्यो http://localhost/ghum/%e0%a4%ac%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac/ Fri, 23 Oct 2015 13:33:53 +0000 http://www.ghumphir.com.np/?p=4931

बिनोद सापकोटा

झापा, कार्तिक ६

झापाको चन्द्रगढी बिमान स्थल बिहीवार ठूलो दुर्घटनाबाट बचेको छ । बिमान स्थलको १० मिटर दुरीे बाहिर रहेको क्यान्टीन मा लागेको आगो समयमै प्रहरी र बारुण यन्त्रले निभाउदा चन्द्रगढी बिमान स्थल दुर्घटना बाट बचेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।
बिमान स्थल परिषरको बाहिरी भागमा रहेको क्यान्टीनमा बिद्युत सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी प्रवक्ता भिमवाहादुर दाहालले सेतोपाटीलाई बताए । बिहीबार बिहान साढे ६ बजे लागेको आगो आधा घन्टामै नियन्त्रणमा आएपनि क्यान्टीन जलेर पुर्ण रुपमा नस्ट भएको छ ।
क्यान्टीन मा रहेका पेय पदार्थका बोतल आगो लागेर  पडकिदा स्थानिय बासीन्दा आतंकित भएका थिए । सो क्यान्टीनमा लागेको आगो जिल्ला प्रहरी कार्यलय झापा , मेचि अन्चल प्रहरी र भद्रपुरको बारुण यन्त्रले नियन्त्रणमा लिएका थिए । आगलागी बाट भएको क्षतिको बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।
]]>
4931 0 0 0
ए माओवादीको अगुवाइमा चीनबाट पेट्रोलियम पदार्थ आपूर्तिको उपायबारे छलफल http://localhost/ghum/%e0%a4%8f-%e0%a4%ae%e0%a4%be%e0%a4%93%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%97%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%87%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%80%e0%a4%a8/ Fri, 23 Oct 2015 13:45:19 +0000 http://www.ghumphir.com.np/?p=4933 काठमाडौँ, ६ कात्तिक ।

सत्ता साझेदार दल एनेकपा (माओवादी) को अगुवाइमा चीनबाट पेट्रोलियमलगायत अत्यावश्यक सामग्रीको आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भएको छ । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सक्रियातामा शुक्रबार यहाँ वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइ र चीनका लागि नेपाली राजदूत डा महेश मास्केबीच चिनियाँ नाकाबाट अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा विचारविमर्श भएको हो । “नेपाल–भारत सीमा नाकामा झन्डै एक महिनादेखि उत्पन्न असहज परिस्थितिका कारण कष्टकर बन्दै गएको देशको पछिल्लो अवस्थालाई दृष्टिगत गरी पूर्वउपप्रधानमन्त्री श्रेष्ठको अगुवाइमा औषधि, इन्धनलगायत अति आवश्यक वस्तुको ढुवानी र पारस्परिक विषयमा कुराकानी भएको हो, ”–उच्चस्तरीय छलफलबारे जानकारी दिँदै श्रेष्ठका सहयोगी सुसन कर्माचार्यले राससलाई बताउनुभयो । शुक्रबार नै चिनियाँ राजदूतसँगको छलफलपछि मन्त्री पुन र नेता श्रेष्ठले त्यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको उहाँले बताउनुभयो । चिनियाँ राजदूतसँग भएको छलफल र त्यसको निष्कर्षका सम्बन्धमा आफू अनभिज्ञ रहेको उहाँले बताउनुभयो । चिनियाँ र नेपाली अधिकारीका प्रयासमा भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका केही दिन अघि खोलिएको थियो । नाका खुलेकै दिन फेरि पहिराले बन्द भएको केरुङ मार्गलाई शीघ्र सञ्चालन गर्न दुवै मुलुकका सम्बद्ध कर्मचारी अहोरात्र खटेका छन् ।

]]>
4933 0 0 0
मिनी ट्रकमा लुटपाट, चार जना पक्राउ http://localhost/ghum/%e0%a4%ae%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a5%81%e0%a4%9f%e0%a4%aa%e0%a4%be%e0%a4%9f-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%9c%e0%a4%a8/ Fri, 23 Oct 2015 13:58:57 +0000 http://www.ghumphir.com.np/?p=4938

पर्सा, ६ कात्तिक ।

वीरगन्ज बाइपास सडकखण्डको ब्रह्मा चोकमा आज बेलुका एउटा मिनी ट्रकमा लोड गरिएको खाद्यान्न आन्दोलनकारीले लुटेका छन् । बन्द अवज्ञा गरी खाद्यान्न अन्यत्र पु¥याएको आरोप लगाउँदै ना४ख ४७७४ नम्बरको मिनी ट्रकमा लोड रहेको दैनिक उपभोग्य वस्तुलाई आन्दोलनकारीले लुटेको प्रहरीले जनाएको छ । चामल, दाल, नुनलगायतका खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु वीरगन्जबाट चितवनका लागि लैजाने तयारीमा राखिएकोे मिनी ट्रकलाई लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मिनी ट्रकबाट खाद्यान्न लुटेको अभियोगमा चार जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मिनी ट्रकबाट लुटपाट गरिएका केही वस्तु बरामद गरे पनि आघाभन्दा बढी खाद्यान्न हराइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । घटनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

]]>
4938 0 0 0
पेट्रोलियम पदार्थमा ब्यापक कालोबजारी http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be/ Fri, 23 Oct 2015 14:06:22 +0000 http://www.ghumphir.com.np/?p=4940 उपेन्द्र यादव

बारा- भारतसँग सीमा जोडिएका स्थानहरुमा पेट्रोलियम पदार्थ ओसार्ने काममा स्थानीहरु सक्रिय बनेका छन्। बारा पर्सासँग सीमा जोडिएका भारत विहारबाट पेट्रोलियम पदार्थ नेपाल भित्र्याउँदा दोब्बर फाइदा भएपछि स्थानीयहरु पेट्रोलियम ओसार्न सक्रिय बनेका हुन्।बाराको मुख्य नाकाको रुपमा रहेको मटिअर्वासँग सीमा जोडिएका विहारको सामपुरमा रहेको पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ किन्न पुगेका लिलकण्ठवाका धर्मदेव कुमारले किनेको पेट्रोल ४० किमी दूरीमा रहेको बाराको सिमरासम्म पुर्याउँदा दोब्बर फाइदा हुने गरेको बताए सानोतिनो सामानबाट फाइदा नभए पनि अहिले पेट्रोल बेचेर धेरै नाफा भइरहेको उनले बताए।

bara petrol

भारतीय पेट्रोल पम्पमा डिजेल किन्दा भारतीय ४८ रुपैयाँ ५२ पैसा परिरहेको जुन नेपाली बजारमा रुपैयाको बट्टा कट्टा गरी नेपाली ८२ रुपैयाँ प्रतिलिटर डिजल पाइरहेको कुरा बताए। ८२ प्रति लिटरमा किनेको डिजल सिमरा पुर्याउँदा दुई सय ५० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको उनले बताए।त्यसैगरी भारतीय पेट्रोल पम्पमा ६५ रुपैयाँ ६५ पैसा भारतीय रुपैयाँमा प्रतिलिटर पाइरहेको पेट्रोलियम पदार्थ किन्दा बट्टा काटेर प्रतिलिटर एक सय १० नेपाली रुपैयाँ पर्ने गरेको र त्यो पेट्रोल सिमरा पुर्यालउँदा तीन सय प्रतिलिटर सम्म बिक्री हुने गरेको कुरा कुमारले बताए।एक पल्टमा एक जना व्यक्तिले ५० लिटरसम्म पेट्रोल/डिजेल भारतस्थित रहेका पेट्रोल पम्पहरुबाट खरिद गरी नेपाल भित्र्याउने गरेका छन्नेपालमा मधेसी मोर्चाको नाकामा गरिएको आन्दोलन र भारतीय पक्षले गरेको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थमा कमी भएपछि सीमावर्ती क्षेत्रमा पर्ने भारतीय पम्पबाट ग्यालेनमा नेपाली समुदायका व्यक्तिहरुले पेट्रोलियम पदार्थ खरिद गरी नेपाल भित्र्याउने र कालोबजारी गरी मालामाल कमाइरहेका छन्।

भारतको सामपुर चोकमा पेट्रोल पम्पमा काम गरिरहेका रमेश साहले पहिला एक दिनमा चार हजार लिटरसम्म पेट्रोलियम पदार्थ बिक्री हुने गरेकोमा नेपालमा भइरहेको आन्दोलनले दैनिक १५ हजार लिटरभन्दा बढी पेट्रोलिय पदार्थ बिक्री भइरहेको बताए।

बढीमा एक सय १० रुपैयाँ गरेको लगानीबाट लगभग तीन सय रुपैयाँ उठाउन सक्ने भएपछि अहिले पेट्रोलियम पदार्थ ओसारपसार गरी कालोबजारी गर्ने समूहहरु सक्रिय छन्।

कालोबजारी गर्ने समूहलाई कतिपय ठाउँमा प्रहरीले सहयोग गरेका छन्। कतिपय स्थानमा आन्दोलन गरिरहेका मधेसी मोर्चाकै नेताहरुले सहयोग गरिरहेको कुरा पेट्रोलियम पदार्थ ओसारपसार गर्ने व्यक्तिहरुले बताएका छन्।

सिमरा औराहाका किसान पवन खडकाले ट्याक्टरबाट खेत जोताउन १६ लिटर डिजल सिमरा प्रहरीकै अगाडिबाट खरिद गरेको बताए।

तोकेको मूल्यभन्दा तीन गुणा बढीमा डिजल किन किन्नुभएको भन्ने प्रश्नमा खडकाले अहिले खेतमा मकै बाली लगाउने भएकाले महँगो किनेर खेत जोताएर मकै बाली लगाउने बाध्यता भएका बताए।

खडकाजस्तै बारा पर्साका धेरै किसान र यातायात व्यवसायीले तेब्बर मूल्य तिरेर पेट्रोलियम पदार्थ खरिद गरी आफ्नो काम चलाउने गरेपनि तिनीहरुको समस्याबारे न आन्दोलनरत मधेसी मोर्चाले र न सरकारले नै ध्यान दिएको देखिन्छ।

यसरी पेट्रोलियम पदार्थको कालोबजारीबाट रातारात लाखौं रुपैयाँ कमाउने काम गरेपनि त्यसलाई नियन्त्रण नगर्दा सामाजमा शान्ति सुरक्षा खल्बलिनसक्ने चिन्ता आमजनताले गरेका छन्। बाराको कचोर्वा, कवहीगोठ, झरोखर नाकाबाट नेपाल भित्र्याइएका पेट्रोलियम पदार्थ निजगढ, कोल्वीसम्म कालोबजारी गरी बढी मूल्यमा बिक्री भइरहेको छ ।

]]>
4940 0 0 0
टोखामा आज खड्ग जात्रा http://localhost/ghum/%e0%a4%9f%e0%a5%8b%e0%a4%96%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%9c-%e0%a4%96%e0%a4%a1%e0%a5%8d%e0%a4%97-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Fri, 23 Oct 2015 15:59:35 +0000 http://www.ghumphir.com.np/?p=4944

काठमाडौँ, ६ कात्तिक ।

उत्तरी भेगस्थित पुरानो बजार टोखामा आज खड्ग जात्रा गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशी (आजको दिन) त्यहाँ यस किसिमको जात्रा गर्ने परम्परा छ । विधि विधानअनुसार खड्गको पूजा गरी त्यसलाई बाँसले छोपेर खटमा राख्ने गरिन्छ । स्थानीय तलेजु मन्दिरबाट निकालिएको जात्रा तल्लो लाछीसम्म पु¥याइएको थियो । तलेजुका पूजारी हेमराज श्रेष्ठले खड्गको पूजा गरी जात्राका लागि अनुमति दिएपछि सो जात्रा सुरु भएको हो । सो जात्रा कहिलेदेखि निकाल्न थालिएको भनेर यकिन साथ भन्न नसकिए पनि प्राचीन समयदेखि टोखाको सुरक्षाका लागि वर्षमा एकपटक सो जात्रा गरिएको विश्वास छ । वर्ष दिनमा एक दिन मात्र एकादशीका दिन सर्वसाधारण नागरिकको दर्शनका लागि खड्ग जात्रा गरिने हुँदा त्यहाँ विशेष मेला लाग्ने गर्दछ । त्यस क्षेत्रका जीवित देवी, कुमारी र गणेशको समुपस्थितिमा देखाउने खड्ग जात्राले त्यहाँका नागरिक तथा त्यस क्षेत्रको सुरक्षा हुने जनविश्वास रहेको ईन्द्रायणी दापा खलःका संस्थापक अध्यक्ष मनिराज डङ्गोलले जानकारी दिनुभयो । गत वैशाखमा गएको भूकम्प र पटकपटकका परकम्पका कारण त्यस क्षेत्रका परम्परागत महत्व बोकेका सम्पदा जोखिम छन् ।

]]>
4944 0 0 0
सहरको दसैँ कारुणिक कथा http://localhost/ghum/%e0%a4%b8%e0%a4%b9%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%81-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%81%e0%a4%a3%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a4%a5%e0%a4%be/ Fri, 23 Oct 2015 16:04:04 +0000 http://www.ghumphir.com.np/?p=4946

सिबी अधिकारी काठमाडौँ, ६ कात्तिक ।

दोलखाकी कमला सुवेदीमा दसैँको कुनै रौनक छैन, न उत्साह र खुसियाली नै छ । चिसो बिहानी र दिउँसोको चर्को घाममा इँटाको धुलामा रुमलिएर दिनभर ग्राहकको प्रतीक्षा नै उहाँको दैनिकी बनेको छ । भूकम्पले घरबास पुरेपछि दुई छाक टार्नकै लागि राजधानीमा सङ्घर्षरत भई तीन महिनादेखि वसन्तपुर दरबार क्षेत्रमा परेवालाई दाना चारो बेच्न बसेकी उहाँलाई दसँैको खुसीभन्दा पनि बिहान र बेलुका हात जोर्ने सामल जुटाउने चिन्ता छ । समूहमा आउने मानिस र पर्यटकलाई गुहार्दैमा बित्छ उहाँको दिनचर्या । के सहर, के गाउँ सबैतिर दसैँको उल्लास छाइरहँदा भूकम्पपीडित सुवेदीको पीडा घटेको छैन । निरन्तर कष्टकर बन्दै गएको उहाँलाई ग्राहकको पखाईभन्दा पनि नगर प्रहरीको त्रास र पीडा बढी छ । दिनहँु बोरामा हालेर चारो बेच्ने सुवेदीले सधँैजसो नगर प्रहरीले दुःख दिने गरेको गुनासो गर्नुभयोे । पाँच जनाको परिवार धान्नुपर्ने सुवेदीले परेवाको चारो बचेरै तीन सन्तानलाई ‘बोर्डिङ स्कुलमा’ पढाउनुभएको छ । “भूकम्पले घर र भएको जेथा सबै माटोमा मिल्यो, बाँच्नु त प¥यो, सहयोग गर्ने कोही छैनन्, पाँच जनाको परिवार, मेरो मात्र कमाइले पाल्नुपर्छ, यहाँ पनि नगरपालिकाले असाध्यै दुःख दिन्छ, गरिबलाई कहीँ सुख छैन,”–उहाँले गुनासो गर्नुुभयो । मौका पर्दा पेसाबाट सुवेदीले मनग्गे कमाइ पनि गर्नुहुन्छ । कम्तीमा रु पाँच सयदेखि बढीमा रु एक हजारसम्म दैनिक आम्दानी हुने गरेको उहाँले बताउनुभयो । सुवेदीका ग्राहक विदेशीभन्दा नेपाली नै बढी हुन्छन् । रु २०, ५० र १०० का दरले मकै र गहुँका दाना बेच्नुहुन्छ । सङ्खु (काभ्रे) की फुलमाया लामा २८ वर्षदेखि सोही स्थानमा परेवालाई दाना बेच्दै आउनुभएको छ । उहाँमा पनि दसैँको कुनै रौनक छैन । एकातर्फ पैसाको समस्या त छँदैछ अर्कातर्फ भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव र ढुवानी सहज नहुँदा महँगिएको बजार मूल्यको चर्को मारमा उहाँजस्तै श्रमजीवी पिँधिएका छन् । सिन्धुपाल्चोक आठ किलोकी ७९ वर्षीया बालकुमारी कार्की पनि सात वर्षदेखि परेवालाई दाना बेच्ने पेसा गर्दै आउनुभएको छ । उहाँ पहिला भृकुटीमण्डपमा बोतल खोजेर बेच्ने गर्नुहुन्थ्यो । नरदेवीमा छोरीहरुसँग डेरा गरी बस्ने उहाँले आफ्नो कमाइले कोठा भाडा तिरेर खाना खानुपर्छ । भन्नुहुन्छ–“दुई छोरा बिरामी छन्, तीन छोरीको पनि समस्या छ, काम गर्न सक्दैनन्, अहिले पाँच दिन भयो साउँ पनि उठेको छैन, व्यापार घाटा छ, भाडा तिर्न समस्या छ, दसैँ त दसै भयो ।” बुढेसकालको सहारा सडकको दाना व्यापार बताउने कार्कीको भूकम्पले गाउँका तीन वटा घर भत्कायो । कमाउने जग्गा नभएको हैन, काम गर्ने हुती छैन । गाउँमा कोदालो खन्न र भारी बोक्न नसकेकै कारण सहर आएर यस्तो काम गर्नुपरेको उहाँले सुनाउनुभयो । कमला, फूलमाया र बालकुमारी प्रतिनिधि पात्र मात्र हुन् । उहाँहरुजस्ता थुपैै्रको दसैँ दसा बनेको छ । गरिबको श्रमको मूल्याङ्कन नहुँदा पीडा झन् थपिएको छ । हनुमानढोकास्थित तलेजु मन्दिर परिसरमा नेपाली राष्ट्रिय झन्डा बेच्दै आउनुभएका काठमाडौँ बानेश्वरका प्रेमलाल श्रेष्ठ, अर्थ अभावकै कारण सडकमा कष्टकर रुपमा काम गर्दै आएको बताउनुहुन्छ । पैँतीस वर्षदेखि पुख्र्याैली पेसा अँगाल्नुभएका उहाँले दैनिक बढीमा रु एक हजारसम्म कमाइ हुने गरेको बताउनुभयो । चार जनाको परिवार धान्दै आउनुभएका उहाँमा व्यापार नभए पनि पेसा परिवर्तन गर्ने सोच छैन ।

]]>
4946 0 0 0
साना तथा घरेलु उद्योगमा रु एक अर्ब ६० करोडको लगानी http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%be-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%98%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a5%81-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%b0/ Sat, 24 Oct 2015 01:41:28 +0000 http://www.ghumphir.com.np/?p=4950

बेनी (म्याग्दी), ७ कात्तिक ।

म्याग्दी जिल्लामा सञ्चालन भइरहेका ७२७ वटा साना तथा घरेलु उद्योगमा करिब रु एक अर्ब ६० करोडको लगानी भएको छ । यस जिल्लामा अहिलेसम्म सञ्चालनमा आएका उद्योगको सङ्ख्या ७२७ पुगेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जानकारी दिएको छ । गत आवको अन्त्यसम्म जिल्लामा ६०० वटा घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको देखिएको छ । सबै उद्योगमा गरी करिब रु एक अर्ब ६० करोडको लगानी भएको समितिले बताएको छ । म्याग्दीमा पोल्टीफार्म, राइसमिल, फर्निचर, दूध डेरी र मोबाइल मर्मत केन्द्र थपिँदै गएका छन् । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लामा २१२ पोल्टीफार्म, ७६ राइसमिल, ३२ वटा फर्निचर उद्योग, ७९ वटा दूध डेरीलगायतका साना तथा घरेलु उद्योग सञ्चालन भइरहेका छन् । यी सबै उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष गरी करिब पाँच हजार जनाले रोजगारी पाइरहेको अनुमान छ । यी उद्योगमा मासिक रु ३०करोडभन्दा बढीको कारोबार हुने गरेको प्रारम्भिक अध्ययनले देखाएको समितिले बताएको छ । गत आवमा राइसमिल, पोल्टीफर्म, डेन्टल क्लिनिक, मोबाइल मर्मत केन्द्र, सिलाइकटाइ प्रशिक्षण केन्द्र, माछाफार्म, बाख्राफार्म, होटल र दूध डेरीको दर्ता बढेको हो । सबै उद्योग व्यवसायलाई कानुनी दायरामा ल्याउन विभिन्न पक्षबाट सक्रियताका साथ सहयोग भएकाले कानुनी प्रक्रिया पु¥याएर उद्यम व्यवसाय गर्ने क्रम बढेको समितिका वरिष्ठ उद्योग अधिकृत रमेशराज रेग्मीले बताउनुभयो ।

]]>
4950 0 0 0
पेट्रोलियम पदार्थमा बढ्यो कालोबजारी http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af/ Sat, 24 Oct 2015 01:46:43 +0000 http://www.ghumphir.com.np/?p=4952

लुम्बिनी (रुपन्देही), ७ कात्तिक ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा बजारमा पेट्रोलको कालोबजारी बढेको छ । भारतीय आयल निगमले नेपाल आयाल निगमलाई पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा बजारमा कालोबजारी बढेको हो । सीमा क्षेत्रमा बसोबास गर्ने तथा तराई मधेस आन्दोलनको प्रभाव परेका स्थानका अधिकांश युवाले भारतीय बजार सुनौली र नौतनवासम्म पुगेर सवारीसाधनमा पेट्रोल हालेर ल्याउने र त्यसलाई प्रतिलिटर रु २१० देखि ३५० सम्म बिक्री गर्ने गरेका छन् । खुल्ला ठाउँबाट बिक्री हुने उक्त पेट्रोलमा डिजेल, ताडपिन तेल, मट्टितेल, जीवनजल र पानी मिसाएर समेत बिक्री वितरण गर्ने गरिएको पाइएको छ । मिसावटयुक्त पेट्रोलको प्रयोगका कारण मोटरसाइकल तथा कारको इञ्जिनमा खराबी आएर हैरानी बेहोर्नु परेको प्रयोगकर्ताले बताएका छन् । रुपन्देहीको बेलहिया, भैरहवा बसपार्क, वनगाई, मर्चवार लुम्बिनीलगायतका स्थानमा खुलेआमरुपमा पेट्रोलको कालोबजारी हुने गरेको छ । पेट्रोलमा व्यापकरुपमा कालोबजारी बढ्दा पनि स्थानीय प्रशासन भने मौन छ । खुल्ला ठाउँमा खुलेआमरुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण हुँदा आगो लाग्ने खतरासमेत बढेर गएको स्थानीयवासीको गुनासो बढेको छ । खुलेआम पेट्रोलियम पदार्थको कालोबजारी भएको पाइए स्थानीय प्रशासन ऐनअनुसार कारबाही अघि बढाउने रुपन्देही प्रशासनले जनाएको छ ।

]]>
4952 0 0 0
कस्को स्वार्थमा र किन टली र रोप वे बन्द गरियो ? http://localhost/ghum/%e0%a4%95%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%ae%e0%a4%be-%e0%a4%b0-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%9f%e0%a4%b2%e0%a5%80/ Sat, 24 Oct 2015 02:05:54 +0000 http://www.ghumphir.com.np/?p=4954 भारतले नाकाबन्दी गरेपछि परेको समस्या समाधान गर्ने अनेक उपाय सामाजिक सञ्जालले धमाधम दिइरहेका छन् । तर विस्तारै तेल पाइएपछि, गाडी चढ्न पाएपछि र ग्यास बाल्न पाएपछि यी उपाय बिर्सिएलान् जसरी यस अघिको नाकाबन्दीका बेला पत्ता लागेका उपाय बिर्सिइएका थिए ।

आजभन्दा २७ वर्ष अघि भारतले नाकाबन्दी गरेपछि त्यसको असर कम गर्न नेपालले आर्थिक नीति २०४६ तर्जुमा गरेको थियो । त्यसमा भनिएको थियो– पेट्रोलियम पदार्थको आपूर्तिका लागि विभिन्न स्रोतको खोजी गरी एकभन्दा बढी स्रोतबाट आपूर्ति गराउने ।

यस्तो नीति लिएको १२/१३ बर्षपछि सन् २००२ मा नेपालले भारतीय आयल कर्पोरेसनबाट मात्रै तेल किन्ने सम्झौता गर्यो । यस्तो सम्झौता मार्च २०१७ सम्म कायम छ ।अर्थात एकभन्दा बढी स्रोतबाट आपूर्ति गराउने नीति कार्यान्वयन गर्दा एउटासँग मात्रै खरिद गर्ने सम्झौता भयो ।२०४६ सालमा वाचा गरेको अर्को काम थियो- आयातित इन्धनको आवश्यकता घटाउँदै लैजान हाल संचालित रोपवेको क्षमता पूरा प्रयोगमा लगाउने, ट्रली बस विस्तार गर्ने, विद्युत रेलको स्थपाना गर्ने ।

यो नीतिको कार्यान्यवन गर्नका लागि रोपवे बन्द गरियो, ट्रली बस मासियो विद्युत रेल स्थापना गर्दै गरिएन  

नेपालमा रोपवे धेरै पहिलेदेखि चलेको थियो । श्री ३ चन्द्र शमशेरले सन् १९२७ मा धुर्सिङदेखि मातातीर्थसम्म २२ किलोमिटर लामो रोपवे चलाए । यसले घण्टामा ८ टन सामान बोक्थ्यो । यो चलाउनका लागि विदेशबाट ल्याएको पेट्रोलियम पदार्थ चाहिँदैनथ्यो । भारतको नाकाबन्दीले यसलाई छुँदैनथ्यो ।

torlly bus

पञ्चायतकालमा १९६४ मा यसलाई हेटौंडादेखि काठमाडौंसम्म ४४ किलोमिटर लामो पारियो । यसको क्षमता तीनगुणा बढाएर २५ टन पारियो । यसलाई चलाउन ट्रक चलाउन जति इन्धन चाहिँदैनथ्यो, विदेशबाट ल्याएको इन्धन चाहिँदैनथ्यो । यो ढुवानीको सबैभन्दा सस्तो साधन थियो । यस कामका लागि अमेरिकाले सहयोग गरेको थियो ।

सन् २००१ को डिसेम्बरमा सरकारले यो रोपवे चलाउने संस्था नेपाल यातायात संस्थानैमासिदियो

रोपवेको क्षमता पूरा उपयोग गर्ने नीति कार्यान्वयन गर्न रोपवे बन्द गरियो ।सन् १९७५ मा चीनको सहयोगमा काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म ट्रली बस चल्न थालेको थियो । यसले एक दिनमा २० हजारसम्म यात्रु ओसार्थ्यो । यो बस चलाउन विदेशबाट ल्याएको तेल चाहिँदैनथ्यो । यसले प्रदूषण पनि गर्दैनथ्यो । तर डिसेम्बर २००१ मा सरकारले ट्रली बस पनि बन्द गरिदियो ।

Kathmandu.2

ट्रली बन्द गर्नुअघि सरकारले केही काम गर्‍यो । ती यसप्रकार छन्ः

  • आठौं पञ्चवर्षीय योजना (१९९२ देखि १९९७) मा सरकारले “आयातित इन्धनको उपभोग घटाउने उद्देश्यले ट्रली बसलाई त्रिपुरेश्वर-किर्तिपुर र थापाथली-पाटन ढोका-पुल्चोकसम्म विस्तार गर्ने” नीति लियो ।

  • नवौं पञ्चवर्षीय योजनामा यसलाई काठमाडौंको चक्रपथमा विस्तार गर्ने तथा पूर्वमा विराटनगर-इटहरी-धरान र पश्चिममा भैरहवा-बुटवलमा ट्रली बस चलाउन सम्भाव्यता अध्ययन गर्ने नीति सरकारले लियो ।

  • २० सेप्टेम्बर १९९९ मा अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र भौतिक निर्माण योजना तथा यातायात मन्त्रालयको स्वीकृतिमा नेपाल यातायात संस्थानले चीनको एउटा कम्पनीसित एउटा सहमति गर्यो । यस सहमति अनुसार सो कम्पनीले काठमाडौं उपत्यकामा रिङरोड सातदोबाट-गोंगबु-रत्नपार्क-त्रिपुरेश्वर-कलंकी सम्मको ४१ किलोमिटरमा र धरान-विराटनगरको ४४ किलोमिटरमा ट्रली बस फैलाउन प्रस्ताव तयार गर्‍यो ।

  • २० अप्रिल २००० मा सो कम्पनीले यस कामका लागि प्राविधिक र वित्तीय प्रस्ताव बुझायो ।

  • अक्टोबर २००१ मा मन्त्रिपरिषदले काठमाडौं-भक्तपुरबीच चलिरहेको ट्रली बस सेवालाई निजीकरण गर्ने निर्णय गर्‍यो ।

  • त्यसको दुई महिनापछि १६ डिसेम्बरमा सरकारले ट्रली बसको सञ्चालक कम्पनी नेपाल यातायात संस्थानलाई खारेज गर्‍यो ।

पछि २००३ मा थापाथली-त्रिपुरेश्वरको तीन किलोमिटर खण्डमा चलाएर यो सेवा ब्युँताउने प्रयास गरिएको थियो तर यो प्रयास सफल भएन ।

सरकारले यसो किन गरेको होला ?

एउटा कारण हुनसक्छः यसो गर्दा सरकारलाई आम्दानी हुन्छ । आर्थिक वर्ष २०६९/७० मा सरकारले तेल र अन्य इन्धनबाट २२ अर्ब आम्दानी गरेको थियो ।स्वदेशी इन्धन उपयोग हुने प्रविधि चलाउन छाडेपछि विदेशी इन्धन आयात बढ्दै गएको छ ।साभार:रातोपाटी

]]>
4954 0 0 0
भूकम्पपछि नेपालमा रेमिट्यान्सको मात्रा उल्लेख्यरुपमा बढ्यो http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%87%e0%a4%ae%e0%a4%bf%e0%a4%9f%e0%a5%8d/ Sat, 24 Oct 2015 02:10:43 +0000 http://www.ghumphir.com.np/?p=4959 काठमाडौं –वैशाख १२ पछि नेपालमा रेमिट्यान्स पठाउनेको मात्रा बढेको विश्व बैंकको एक रिपोर्टले देखाएको छ । करिब ९ हजार जनाको ज्यान जाने गरी आएको गोरखा भूकम्पपछि उद्धार र सहयोगका लागि रेमिट्यान्सको मात्रा बढेको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अनुसार यस वर्ष रेमिट्यान्सको मात्रा १४ प्रतिशतले बृद्धि हुनेछ ।

गत वर्ष नेपालमा रेमिट्यान्सको मात्रा ५ प्रतिशतले मात्र बढेको थियो । हुन त भूकम्पअघि पनि नेपाल रेमिट्यान्समा नै धेरै जसो आश्रित थियो । कूल ग्राह्यस्त उत्पादनको ३० प्रतिशत रेमिट्यान्सले धानेको छ । सन् २०१६ र १७ मा विश्वभर रेमिट्यान्स ४ प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ । सबैभन्दा बढी रेमिट्यान्स पठाउने देशमा भारत रहेको छ । भारतले ७२ बिलियन डलर रेमिट्यान्सको रुपमा आफ्नो देश पठाउने गर्छ ।

]]>
4959 0 0 0
पेट्रोलियम तस्करी भएर काठमाडौं पुग्यो http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a5%80-%e0%a4%ad%e0%a4%8f%e0%a4%b0-%e0%a4%95%e0%a4%be/ Sat, 24 Oct 2015 02:12:31 +0000 http://www.ghumphir.com.np/?p=4961 वीरगंज – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भारतको रक्सौल तर्फबाट पेट्रोलियम पदार्थ तस्करी गरी पहाडी क्षेत्रमा पठाउने काम भइरहेको ठहर गरेको छ ।

भारतको रक्सौल तर्फबाट पेट्रोलियम प्रदार्थ डिजेल र पेट्रोलको ब्यापक मात्रामा तस्करी गरी शाषकहरुलाई सहयोग गर्ने काम भइरहेको भन्दै बिहीबार वीरगञ्जमा बसेको मोर्चाको बैठकले त्यस्तो गतिबिधि रोक्न सक्रिय हुन समुदायलाई अपिल गरेको छ । संघीय समाजबादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादवको संयोजकमा बसेको बैठकले आन्दोलन बिरोधी तत्वहरुले मधेशको बिरुद्धमा पेट्रोलियम प्रदार्थ तस्करीको गतिबिधि चलाएको जनाएको छ ।

मधेश आन्दोलनलाई अझ सशक्त बनाएर अगाडी बढाउन र बन्द तथा नाकाबन्दीको कार्यक्रम यथावत रहेकोले सहयोग र सहकार्य कायम राख्न मोर्चाले जनसमुदायलाई अपील गरेको छ । आन्दोलन तथा नाकाबन्दीमा पर्सा, बारा र रौतहटका गाउँगाउँबाट र बिभिन्न संघसंगठनको अगुवाईमा ऐक्यबद्धता जनाउनेहरुप्रति मोर्चाले धन्यबाद व्यक्त गर्दै आगामी दिनमा यसैगरी सहभागिता बनाई राख्न आग्रह गरेको छ । बैठकमा संघीय समाजवादि फोरम नेपालका महासचिव रामसहाय यादव,तराइ मधेस लोकतान्त्रक पार्टीका महासचिव जितेन्द्र सोनल ,सभासद रमेश पटेल,तराइ मधेस सदभावनापार्टी पर्साको अध्यक्ष प्रेमचन्द्र कुशवाहा लगायत केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरुको उपस्थिती रहेको थियो ।

]]>
4961 0 0 0
भारतको दृष्टि मधेशमा होइन नेपालको....... http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%bf-%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%87/ Sat, 24 Oct 2015 02:29:09 +0000 http://www.ghumphir.com.np/?p=4963  ई. रामप्रसाद पौडेल

पृष्ठभूमिः

(१) संसारका शक्तिशाली मुलुकहरुले गर्ने व्यवहार भारतले नेपाललाई गर्ने गर्दछ । उसका अरु छिमेकीहरुसंग जे–जस्तो सम्बन्ध छ, त्यसै अनुरुपको व्यवहार नेपाललाई पनि गर्दछ भन्ने कुरा आम नेपालीले बुझ्नु जरुरी छ । हाम्रो अतिनै घनिष्ठ सम्बन्ध छ भन्नु राजनीति मात्र हो ।

(२) हिमालयको दक्षिणी काखको सम्पूर्ण भूभाग भारत बन्नुपर्छ र त्यहाको सम्पूर्ण साधन र श्रोतको उपयोग हामीले गर्न पाउनुपर्छ भन्ने चाणक्य नीतिका अनुयायीहरु एकातिर र कमजोर पाठ्यक्रम र फितलो अध्ययनबाट तयार भै नेपालको निजामती सेवाको स्वदेश र विदेशनीतिको बागडोर सम्हालेको नेतृत्वले तयार गर्ने सम्झौतापत्र र त्यो भन्दा पनि कमजोर पृष्ठभूमि भएको हाम्रो राजनैतिक नेतृत्वको बीच भएका सन्धि सम्झौताहरुमा हामी सधै ठगिँदै आएकाछौ । यो कुराले आमनेपालीको मन भत्भती पोलिरहेको छ र पोलिरहने छ । यो कटु सत्य हो यसमा कसैले चित्त दुखाउनु पर्दैन । चित्त त ति मानिसहरुले दुखाउनु पर्छ जसले नेपालको हितमा काम गर्न सकेनन् वा गरेनन् ।

(३) सुगौली, १९५०, कोशी, गण्डक, पन्चेस्वोर (टनकपुर) लगायतका नेपाल भारतबीचका सन्धि–सम्झौताहरुमा लेखिएका बुदाहरुका भावना बुझ्ने हो भने नेपालको सम्पूर्ण जलस्रोत भारतीयहरुले उपयोग गर्न चाहेको स्पस्ट देखिन्छ । सुख्खाग्रस्त मध्यप्रदेश तथा महाराष्ट्र भौगोलिक रुपमा उत्तर प्रदेश र बिहार भन्दा उच्चसमस्थलीमा हुनु र पामिर देखि बग्ने सम्पूर्ण नदिनालाहरु बिहार र उत्तर प्रदेशको गहिरो भूभाग भएर पश्चिमको उच्चभूभागबाट पूर्वी तल्लो तटीय भारततिर वग्ने कारणले गर्दा ती नदी नालाहरुलाई थुनेर सुख्खाग्रस्त मध्यप्रदेश तथा महाराष्ट्रका नदिनालाहरुमा छोड्न प्राविधिक रुपमा सम्भब नहुने भएपछि सि.आइ. ए. ई. भोपालका बैज्ञानिक देखि पुर्व भारतीय राष्ट्रपति एपीजे अब्दुलकलाम सम्मले नेपालबाट बग्ने पानी भारतीयहरुको हितमा प्रयोगमा ल्याउनुपर्छ भन्ने कुरामा अनुसन्धान गर्नु, गराउनु र बृहत दीर्घकालिन योजना बनाउनुलाई भारतीयहरुको नजरमा नराम्रो भन्न मिल्दैन । अर्को कुरा, भारतीय शासकहरुको समस्या भनेको एकसय तीस करोड जनसंख्याको ब्यबस्थापन हो । यसका लागि पनि नेपालको पानीको स्रोत अति नै आबस्यक छ । केहि नेपालीहरुको बुझाइमा भारतीय शासकहरु नेपालको पानीबाट बिजुली निकाल्न चाहन्छन भन्ने छ तर यो गलत बुझाई हो किनकि भारत संसारको चौथो उर्जा उत्पादक मुलुक भैसकेको छ र उसले अहिले बिजुली निकाल्न उन्नाइस ओटा आणविक–भट्टी संचालन गर्दछ र पानीबाट बिजुली निकाल्नु फाइदाजनक छैन भन्ने कुरा भारतीय उर्जा्विद ईञ्जिनियरहरुको भनाइ छ ।

(४) नेपालीहरु कै काँधमा बन्दुक राखेर नेपालीहरुलाई नै हान्न पाईएको वर्तमान अवस्था र नेपालको सम्पत्ति आफ्नो पोल्टामा सजिलै पर्ने वातावरण ।

(५) यो पृष्ठभूमिमा आधारित भएर अहिले सिर्जना गरिएको नेपाल भारत सीमा समस्या र नेपाललाई गलाउन पटक पटक गरिँदै आएका र अबका दिनहरुमा गरिने आर्थिक नाकाबन्दी लगायतका आक्रमणबाट बच्न नेपालले आफ्नो खुट्टामा नउभिई सुखै छैन । आफ्नो खुट्टामा उभिनका लागि नेपाल भित्रैका नेपालीको भन्दा भारतीयको जानी वा नजानी हित चिताउनेहरु पनि अहिलेको नेपालको समस्या हो । यो गन्जागोल अबस्थामा नेपालमा भारतबाट ईन्धन आउँला, र हामी सुखले बाचौला भन्नु अतिसयोक्ति होला । भारत ठुलो देश हो, उसले नेपाललाई माया गर्छ भन्नु भ्रम हो किनकि उसले नेपाललाई साधन र श्रोतको रुपमा मात्र हेरेको छ । निचोडः त्यसैले नेपाल भारत समस्या नेपालीले आफ्नो प्राकृतिक स्रोतको उपयोग एकोहोरो रुपमा भारतलाई दिने हो भने तुरुन्त हुन्छ । होईन हाम्रो प्राकृतिक संसाधनको उपयोग हामीले सम्भव भएसम्म गर्न पाउनु पर्छ त्यसमा छिमेकीले टांग अडाउनु हुँदैन भन्ने हो भने हामी सबै भन्दा पहिला उर्जामा आत्मनिर्भर हुनु आवस्यक छ । उर्जामा आत्मनिर्भर नभए सम्म हामी भारतसंग बार्गेनिङ गर्ने अवस्थामा हुँदैनौ । यो कसरी सम्भव हुन्छ भन्ने कुरा म यहाँ छोटकरीमा प्रस्तुत गर्न चाहन्छु ।

(क) सक्ने जति तत्कालिनरुपमा आफुलाई आवश्यक पर्ने बिजुलीको व्यवस्था सोलार पावरबाट गरौं । यो कार्यबाट राष्ट्रिय विद्युतप्रसारण लाइनमा लोड कम पर्दछ जसबाट बचेको बिजुली खाना पकाउने काममा प्रयोग गरौ । यसले ग्यास र मट्टीतेल माथिको परनिर्भरता कम हुँदै जान्छ ।

(ख) ग्रामिण र अर्धशहरी बस्तिहरुमा छरिएर रहेका बायोउर्जाका स्रोतहरुको उपयोग गर्ने जस अन्तर्गत ४ घन मि क्षमताका गोवरग्यास प्लान्टहरुको निर्माण र संचालनमा जोड दिने साथसाथै अन्य बायोउर्जाका स्रोतहरुको अधिकतम उपयोग गर्ने । दुई महिनाको अवधिमा बायोग्यास प्लान्ट बनाई बायोग्यास उत्पादन हुन्छ । यो प्रविधिमा हाइब्रिड प्रणाली जोडेर भरपर्दो बनाउन सकिन्छ ।

(ग) सबै तह र तप्काका राष्ट्र सेवकहरुले हाललाई बाईसाइकलको प्रयोग गर्ने जसले गर्दा पेट्रोल माथिको परनिर्भरता घट्दछ ।

(घ) सौर्यउर्जा र बायुउर्जाको संयुक्त प्रणलीको बिकास गरि १० देखि २० किलोवाट क्षमताका उर्जा उत्पादन गर्ने केन्द्रहरुको सम्भव भए सम्मका ठाउँहरुमा पावर हाउसहरुको निर्माण छिटो भन्दा छिटो गरि स्वाबलम्बी बन्ने र बनाउने ।

(ङ) हाललाई उद्योग संचालन र लामो दुरीको वाहन चलाउनका लागि डिजेलफ्युलको व्यवस्था तेश्रो मुलुकबाट गर्ने ।

(च) एकातिरको छिमेकीको मात्र भर पर्दा पाएको दुःख सम्झेर चीनतिरका नाकाहरु दीर्घकालीन रुपमा खोल्ने जसले हामीलाई युरोपसंग जोड्नेछ ।

(छ) सरदर ३०० कि० मि० को दुरी पार गर्ने ब्याट्रीले चल्ने मोटर भेहिकलको उपलब्धता अन्तरराष्ट्रिय बजारमा भैसकेकोले त्यस्ता मोटर भेहिकललाई अबका दिनमा नेपाल भित्र्याउने र होटेल, हस्पिटल, स्कुल, कलेज र घनावस्ती भएका ठाउँहरुमा ब्याट्री चारजिङ्ग स्टेसनको व्यवस्था गर्ने ।

(ज) तिनाउ नदि पश्चिम र कर्णाली नदि पुर्वको मध्यपहाडी भूभागमा कोइलाखानीहरु संचालनमा छन्, यो उर्जाको समुचित विकास गर्न राप्तीको तल्लो तटीय भूभागमा १५०० देखि २००० मेघावाटको थर्मल पावरप्लान्ट बनाउने र त्यसबाट निस्कने स्टीमबाट खाध्य उद्योगहरु चलाउने ।

(झ) आम नेपाली जनता सहभागी हुने गरि शेयर बिक्रि गरि रकम जम्मा गर्ने र दीर्घकालिन योजनाका साथ हाइड्रोपावरको उपयोग गर्ने । (ञ) आगामी ५ वर्षको बजेट उर्जा र बाटोको विकासमा मात्र खर्च गर्ने ।

(ट) हाम्रो हितका लागि हाम्रै प्राविधिक जनशक्तिको अधिकतम उपयोग गर्ने जस अन्तर्गत सर्वप्रथम कृषि, वन, बस्ती, बाटो, शहर, जलाधार जस्ता क्षेत्रको पहिचान गरि छुट्याउने र जहाँ मन लाग्यो त्यहाँ घर बनाउन नदिने । कृषि नै सबै कुराको विकासको मूल आधार हो भन्ने मूल मन्त्रका साथ कम गर्ने ।

(ठ) नेपालको प्राकृतिक संसाधनको उपयोग नेपालको हितमा हुने कुरामा भारतसंग वार्गेनिङको अडान लिएर बस्ने ।

लेखक भारतीय प्रौद्योगिकी संस्थान खड़गपुरबाट कृषि ईञ्जिनियरिङ्ग र रसियाली जनमैत्री विश्वविध्यालय मास्कोबाट मेकानिकल ईन्जिनियरिंगमा स्नातकोत्तर गरेका त्रिवि ईन्जिनियरिंग अध्यन संस्थानका सहप्राध्यापक हुन् ।

]]>
4963 0 0 0
रजनिकान्तको चलचित्रमा खेल्न आर्नोल्डलाई १ सय करोडको अफर http://localhost/ghum/%e0%a4%b0%e0%a4%9c%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%b2%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a5%87/ Sat, 24 Oct 2015 02:39:17 +0000 http://www.ghumphir.com.np/?p=4965 arnaldचेन्नाई – हलिवुड सुपरस्टार आर्नोल्ड स्वार्जनेगर छिट्टै बलिवुड स्पुरस्टार रजनिकान्तसँग एउटै चलचित्रमा देखिन सक्ने छन् ।

टर्मिनेटरजस्तो चर्चित चलचित्र खेलेका आर्नोल्डलाई फिल्म निर्माता शंकरले आफ्नो नयाँ चलचित्र ‘एंथिरन २’ मा अनुबन्ध गर्न खोजिरहेका छन् । भारतीय मिडियाका अनुसार आर्नोल्डलाई अनुबन्ध गर्न १ सय करोड भारतीय रुपैयाँको अफर दिइएको छ ।

यद्यपि, यसबारेमा अर्नोल्डको तर्फबाट कुनै प्रतिक्रिया भने आएको छैन । आर्नोल्डलाई चलचित्रमा भिलेनको रुपमा अनुबन्ध गर्न चलचित्र निर्माताले सम्पर्क गरेको हो ।

यसका लागि लस एन्जलिसमा छिट्टै ट्रायल हुने बताइएको छ । सन् २०१० मा रिलिज भएको चलचित्र एंथिरनको स्वेकल हो जसलाई हिन्दीमा रोबोट भनेर रिलिज गरिएको थियो । यस चलचित्रमा नायिकाको रुपमा एमी ज्याकसन तय भइसकेको छ । चलचित्रमा संगीत एरआर रेहमानले दिनेछन् ।

]]>
4965 0 0 0
सरकारले राज्य सञ्चालन गर्न न्यूनतम साझा कार्यक्रम निर्धारण गर्ने http://localhost/ghum/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8-%e0%a4%97%e0%a4%b0/ Sat, 24 Oct 2015 03:57:48 +0000 http://www.ghumphir.com.np/?p=4970

काठमाडौँ, ७ कात्तिक ।

सरकारले राज्य सञ्चालन र आफ्ना भावी कार्यक्रम कार्यान्वयनका निम्ति न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता साझेदार दलसँग छलफल थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा समसामयिक राजनीतिक स्थितिका साथै सरकारका आगामी योजना र न्यूनतम साझा कार्यक्रम निर्धारणबारे विचारविमर्श भइरहेको छ । बैठकमा मन्त्रिपरिषद्का सदस्यसहित सत्तारुढ दलका नेता सहभागी हुनुहुन्छ ।

]]>
4970 0 0 0
धानको कुन्यूमा आगलागी http://localhost/ghum/%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%82%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80/ Sat, 24 Oct 2015 04:01:44 +0000 http://www.ghumphir.com.np/?p=4972

रत्ननगर (चितवन), ७ कात्तिक ।

पूर्वी चितवनको पिप्ले गडौलीमा धानको कुन्यूमै आगलागी भएको छ । शुक्रबार करिब २१ कट्ठाको धानको कुन्यूमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । राप्ती नगरपालिका–७ स्थित स्थानीय मीनराज कँडेलको धान थन्क्याएर राखेको कुन्यूमा आगलागी भएको थियो । अज्ञात व्यक्तिले आगो लगाएर भागेको अनुमान प्रहरीले गरेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आए पनि करिब ५०÷६० हजार रुपैयाँ भन्दाबढीको धान नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्ष दिनभरि खाने अन्न भित्र्याउने समयमा आगलागी भएकाले कँडेल परिवार चिन्तित भएका छन् । आगो कसले लगायो भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, चितवनको भरतपुरस्थित केन्द्रीय बसपार्कमा रहेको प्रतिक्षालयमा अन्दाजी ७०÷७२ वर्षका एक वृद्धको गएराति मृत्यु भएको जिप्रका चितवनले जानकारी दिएको छ ।

]]>
4972 0 0 0
बसबाट पेट्रोलियम पदार्थ ढुवानीमा कडाइ http://localhost/ghum/%e0%a4%ac%e0%a4%b8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5/ Sat, 24 Oct 2015 04:04:44 +0000 http://www.ghumphir.com.np/?p=4974

भीमदत्तनगर, ७ कात्तिक ।

आगलागीको जोखिम बढेपछि प्रहरीले यात्रुबाहक बसबाट हुने पेट्रोलियम पदार्थको ढुवानीमा निगरानी बढाएको छ । केही दिनअघि बाँकेमा बस दुर्घटना हुँदा बसभित्र ग्यालिनमा राखिएको पेट्रोलियम पदार्थ र ग्यासका कारण आगो फैलेर यात्रुको हताहत भएपछि कञ्चनपुरमा प्रहरीले काठमाडौँलगायतका रुटमा चल्ने सवारीसाधनमा पेट्रोलियम पदार्थ ढुवानीमा सजगता अपनाउन आग्रह गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोरकुमार दाहालले लामो दूरीका सवारीसाधनमा ग्यालिनमा पेट्रोलियम पदार्थ ढुवानीमा कडाइ गरिएको बताउनुभयो । “ग्यालिनमा भएको पेट्रोलले नै दुर्घटनाग्रस्त बसमा आगलागी भएको घटनासमेत भयो,” बाँकेको घटनालाई स्मरण गर्दै उहाँले भन्नुभयो – “यस विषयमा हामीले सजगता अपनाउनु नै पर्छ ।” भारतले अघोषितरुपमा नाकाबन्दी गरेसँगै काठमाडौँमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएपछि कञ्चनपुरबाट समेत सर्वसाधारणले पेट्रोलियम पदार्थ काठमाडौँ पठाएका थिए । यहाँका स्थानीय जनताले काठमाडौँमा रहेका आफन्तलाई यात्रुबाहक बसमा ग्यालिनमा हालेर पेट्रोल बढी मात्रामा पढाउने गरेका छन् । उनीहरुले भारतीय सीमावर्ती सहरबाट खरिद गरी काठमाडौँ पढाउने क्रम बढेको भए पनि बाँकेको घटनापछि बस व्यवसायीले समेत पेट्रोलियम पदार्थको ढुवानीमा रोक लगाउन थालेका छन् । कञ्चनपुरका विभिन्न सीमानाका तथा यहाँका पेट्रोलपम्पबाट खरिद गरी स्थानीयवासीले हजारौँ लिटर तेल काठमाडौँ पठाइसकेका छन् । यहाँबाट दैनिक पाँच वटा यात्रुबाहक बस काठमाडौँंका लागि दैनिक जाने गर्दछन् ।

]]>
4974 0 0 0
असिना पानीले बाली नष्ट http://localhost/ghum/%e0%a4%85%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%a8%e0%a4%b7%e0%a5%8d%e0%a4%9f/ Sat, 24 Oct 2015 04:08:26 +0000 http://www.ghumphir.com.np/?p=4976

भोजपुर, ७ कात्तिक ।

पूर्वी पहाडी जिल्ला भोजपुरमा मुसलधरे पानीसहित असिना परेको छ । भोजपुरको उत्तरी दिङ्ला क्षेत्रमा आज दिउँसो १ बजेबाट परेको पानी र असिनाका कारण किसानले लगाएको धानलगायत अन्य बालीमा ठूलो क्षति पुगेको स्थानीय उपेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार मुसलधरे पानीसँगै असिनाले किसानले लगाएको अन्नबाली धान र कोदोमा ठूलो क्षति पुगेको छ, भने दसैँमा टीका लगाउन जानेहरुलाई पनि प्रभावित बनाएको छ ।

]]>
4976 0 0 0
दसैँको बेलामा किसानलाई धान काट्न भ्याइनभ्याइ http://localhost/ghum/%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%81%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a7/ Sat, 24 Oct 2015 04:13:07 +0000 http://www.ghumphir.com.np/?p=4978

भक्तपुर, ७ कात्तिक ।

नेपालीका घरघरमा दसैँको रौनकताले छाएपनि भक्तपुरका किसानलाई भने धान काट्नको चटारोले भ्याइनभ्याइ भएको छ । दसैँको टीका लगाउन जाने हतारोसँगै यहाँका किसान धान भित्र्याउन व्यस्त देखिन्छन् । असिना पानी परेर पाकेको धान झार्ला भन्ने डरले दसैँको पर्वाह नगरी धान काट्न व्यस्त भएको नगरकोट नगरपालिका ताथली–३ की साबित्री बस्नेतले बताउनुभयो । दसैँमा आफन्तको हातको टीका लगाउन पनि पर्ममा भएकाहरुले नगई नहुने ठाउँमा मात्रै पालो गरेर जाने र अरुले धान भित्र्याउन खेतमा जाने गरी पर्ममै मिलाएको उहाँले बताउनुभयो । उहाँले भन्नुहुन्छ, ‘‘आकाश धुमिलिएको छ, असिना परेर पोहोरसालजस्तै धान झार्ला भन्ने डर छ । दसैँभन्दा धान काट्नै चटारो परेको छ ।’’ अहिले जिल्ला ताथली, सुडाल, चित्तपोल, बागेश्वरी, झौखेल, दुवाकोट, चाँगु, छालिङ्गलगायतका क्षेत्रमा धान पाकेर फाँट नै पहेलोँ देखिएको छ । पाकेको धान भित्र्याउने यहाँका किसानलाई चटारो परेको छ । गतवर्ष असिना परेर पाकेको धान झारेपछि किसानहरु पानी पर्ने डरले पनि एक सातादेखि चाडपर्वको पर्वाह नगरी धान काट्न व्यस्त हुन् । सूर्यविनायक नगरपालिका नःखेलका शिवराजा खत्रीले दसैँ लागेपनि किसानले धान भित्र्याउन भने नछाडेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दिनभरि चाड मनाएर बस्ने फुर्सद हामीलाई छैन, आधा दिन चाडवाडमा रमाउने, आधा दिन खेतमा धान काट्न व्यस्त भएकाले यसपटक कमै मात्र टाढाटाढाका आफन्तकहाँ टीका लाउन जानेछन् ।’’ भूकम्पले धेरैको घर भत्काएर टहरा र छाप्रोमा बास भएकाले कहाँ धान भित्र्याउने भन्ने समस्याले यहाँका किसान चिन्तित छन् । टहरामा धान राख्ने ठाउँ नै नभएपछि कतिपयले खेतबाटै धान बिक्री गर्न थालेका छन् ।

]]>
4978 0 0 0
बन्दुक खेलाउने क्रममा पडकीएर मृत्यु http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%81%e0%a4%95-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%a1/ Sat, 24 Oct 2015 04:19:20 +0000 http://www.ghumphir.com.np/?p=4981

 कात्तिक ७,भोजपुर ।

दशैमा मामा घर गएको अवस्थामा भरुवा बन्दुक खेलाउने क्रममा बन्दुक पड्कन जाँदा देवानटार–७ बस्ने जस बहादुर राईको १० बर्षीय छोरा राजाराम राईको मृत्यु भएको छ ।
रानिवास–३ दितेनीस्थित मामाघर गएको अवस्थामा मृतकका दाजु १४ बर्षीय भरत राईले मामाघरमा रहेको भरुवा बन्दुक खेलाउने क्रममा विहीबार बन्दुक पड्कन गएर लाग्दा राजारामको घटनास्थलमै मृत्यु भएको थियो । भरत राईलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
]]>
4981 0 0 0
प्रहरी र प्रदर्शनकारीबीच झडप, ३० राउण्ड हवाई फायर http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ac%e0%a5%80%e0%a4%9a/ Sat, 24 Oct 2015 04:21:30 +0000 http://www.ghumphir.com.np/?p=4983

जनकपुरधाम, ७ कात्तिक ।

धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ । झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट करिब ११ जना आन्दोलनकारी घाइते भएका छन् । राति करिब २ बजे प्रहरीले स्कर्टिङ गरेर यात्रुबाहक बस र विभिन्न मालबाहक गाडी लगिरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए । प्रदर्शनकारीले गाडीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी करिब ३० राउण्ड हवाई फायर गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा करिब ११ जना प्रदर्शनकारी घाइते भएको बताइएको छ । घाइतेमध्ये अधिकांशको शरीरमा गोलीको छर्रा लागेको छ । आन्दोलनकारीले केही सवारीसाधनमा पेट्रोल बमसमेत प्रहार गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रामदत्त जोशीले सवारीसाधनलाई गन्तव्यतर्फ पु¥याउने क्रममा प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि परिस्थितिलाई नियन्त्रण २५ देखि ३० राउण्डसम्म हावामा गोली चलाउनुपरेको जानकारी दिनुभयो । प्रदर्शनकारीले दुई वटा बसको सिसा फुटाइदिएका छन् । ढुङ्गा लागेर एक जना चालकको टाउको फुटेको छ भने एक जना महिला यात्रु घाइते भएका छन् । उनीहरुको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । अहिले सो क्षेत्र तनावग्रस्त छ ।

]]>
4983 0 0 0
विजेता http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%87%e0%a4%a4%e0%a4%be/ Sat, 24 Oct 2015 04:32:09 +0000 http://www.ghumphir.com.np/?p=4986 4986 0 0 0 विजया दशमीको टीका http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a4%af%e0%a4%be-%e0%a4%a6%e0%a4%b6%e0%a4%ae%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a4%be/ Sat, 24 Oct 2015 04:36:30 +0000 http://www.ghumphir.com.np/?p=4989 4989 0 0 0 मोर्चा कार्यकर्ताले ७ लाख नगद र १२ तोला सुन लुटे http://localhost/ghum/%e0%a4%ae%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a5%ad-%e0%a4%b2%e0%a4%be/ Sat, 24 Oct 2015 05:01:14 +0000 http://www.ghumphir.com.np/?p=4993 बारा—धर्मनगर–९ सितलपुर बस्ने पूर्व गाविस अध्यक्ष बाबुराम साह कानुको घरबाट नगद लगायतका धनमाल लुटपाट भएको छ। विहिबार ठूलो संख्यामा आएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले कानुको घरबाट नगद ७ लाख ५० हजार रुपैया, सुनका विभिन्न गहना १२ तोला लुटपाट गरेका छन्। घरको झ्याल, ढोका, पंखा, साइकल, टिभि लगायतका सामानहरु बाहिर निकाली आगजनी गरेर भागेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।

]]>
4993 0 0 0
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरू http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0-%e0%a4%89%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4/ Sat, 24 Oct 2015 05:23:15 +0000 http://www.ghumphir.com.np/?p=4995 ७ कात्तिक, काठमाडौँ ।

नयाँ संवैधानिक व्यवस्थाअनुसार व्यवस्थापिका–संसदमा शनिबारदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरू हुँदैछ ।

CA Buildingराष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न शनिबार अपराह्नान्न ३ बजे संसद् बैठक बस्दैछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने र संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बैठकको कार्यसूची छ ।

‘सहमतिका माध्यमबाट दुवै पदपूर्ति गर्न सदनले राजनीतिक दलहरूलाई कात्तिक ८ गते आइतबारसम्म समय दिने र त्यसो नभए १० गते मङ्गलबार निर्वाचनको मिति निर्धारण हुने प्रबल सम्भावना छ,’- निर्वाचनबारे जानकारी दिँदै व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले बताए ।

राष्ट्रपति र उपराष्ट्रपति सहमतिमा चयन नभएर निर्वाचन भएमा उम्मेदवारले प्रचारप्रसारका निम्ति कात्तिक ९ गतेसम्मको समय पाउनसक्ने समेत कुँइकेलले बताए ।  ती दुवै पदमा गोप्य मतदान हुने व्यवस्था संविधानले गरेको छ ।

]]>
4995 0 0 0
कापी उद्योगमा आगलागी http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%aa%e0%a5%80-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80/ Sat, 24 Oct 2015 05:27:34 +0000 http://www.ghumphir.com.np/?p=4997

विराटनगर, ७ कात्तिक ।

मोरङमा गएराति बेग्लाबेग्लै स्थानमा आगलागी भएर १७ चौपाया र नगदसहित लाखौँ मूल्य बराबरका सम्पत्ति जलेर नष्ट भएका छन् । अमाहीवरियाती गाविसमा र विराटनगर–१५ स्थित एक कापी उद्योगमा आगलागी हुँदा ३६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अमाहीवरियातीमा गङ्गाप्रसाद मण्डलको घरमा गएराति ११ बजे बालिएका टुकीबाट आगो फैलिएर मण्डल र छिमेकी घरसमेत गरी पाँचवटा घर जलेर नष्ट भएका छन् । मण्डलले आफ्नो घरमा राखेका नगद रु दुई लाखका साथै १७ वटा चौयाया जलेर नष्ट भएको छ । आगो नियन्त्रणका क्रममा मण्डल घाइतेसमेत भएका छन् त्यसैगरी, विराटनगर–१५ स्थित चूडामणि दत्तको घर भाडा लिई लक्ष्मीनारायण साहले सञ्चालन गरेका कापी उद्योगमा विद्युत् चुहिएर आगलागी हुँदा रु २५ लाख बराबरको क्षति भएको छ ।सो आगलागीमा परी कच्चा पदार्थ र मेसिनसमेत जलेर नष्ट भएको छ ।

]]>
4997 0 0 0
तातोपानी कुण्डलाई अपाङ्गमैत्री बनाइयो http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%85%e0%a4%aa%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%97/ Sat, 24 Oct 2015 07:19:06 +0000 http://www.ghumphir.com.np/?p=5000

बाबियाचौर (म्याग्दी), ७ कात्तिक ।

प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–१३ स्थित सिङ्गा तातोपानी कुण्डलाई अपाङ्गमैत्री बनाइएको छ । अपाङ्गता भएका, अशक्त र ज्येष्ठ नागरिकलाई सहज रुपमा स्नान गर्ने व्यवस्था मिलाउन कुण्डको संरचनालाई अपाङ्गमैत्री बनाइएको हो । ह्विलचियरमार्फत पुग्न सकिने बनाइएको कुण्डभित्र पनि कुर्चीमा बसेर स्नान गर्न मिल्ने व्यवस्था गर्न लागिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका उपाध्यक्ष योगेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार कुण्डको मर्मत र क्षमता विस्तारका क्रममा तातोपानी बजारदेखि कुण्डको तलाउसम्म पुग्ने बाटोलाई ह्विलचियर गुड्न सक्ने बनाइएको हो । यसअघि ढाडको समस्या भएका, अपाङ्गता भएका र अशक्तलाई पिठ्यूँ, डोको र स्टेचरमा राखेर कुण्डमा लैजाने गरिएको थियो । गत वैशाखको भूकम्पका कारण मुहानतर्फको पर्खाल चर्किंदा पानी चुहिएपछि कुण्डको मर्मतसँगै क्षमता विस्तार र संरचनालाई सुधार गरिएको हो । स्नानका लागि आउने बिरामीको चाप बढेकाले कुण्डको क्षमता बढाएर संरचनालाई महिला र अपाङ्गमैत्री बनाइएको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो । यस स्थानमा प्राकृतिक रुपमा गन्धक र बिरेनुनसहित ५७ डिग्री तातोपानी निस्कने मुहान रहेको छ । ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस रोगका बिरामी उक्त तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचारका लागि आउने गरेका छन् । देशका विभिन्न जिल्लाबाट कुण्डमा स्नान र उपचारका लागि वार्षिक १५ हजार जनाको अनुपातमा बिरामी आउने गरेको व्यवस्थापन समितिका सचिव मीनबहादुर बानियाँले बताउनुभयो । एक हप्ता स्नानका लागि प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ ।

]]>
5000 0 0 0
चीनबाट पेट्रोलियम पदार्थ आयात गरिने http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5-%e0%a4%86%e0%a4%af/ Sat, 24 Oct 2015 07:42:22 +0000 http://www.ghumphir.com.np/?p=5003 विज्ञान अधिकारी

काठमाडौं,७ कात्तिक ।

भारतले नाकाबन्दी लगाएको एक महिना बितेपछि नेपाल र चीन सरकारी निकायबीच सम्झौता गरेर पेट्रोलियम पदार्थ आयात गरिने भएको छ । वाणिज्य मन्त्रालय उच्च स्रोतका अनुसार तेल आपूर्तिका लागि नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको चाइना नेशनल पेट्रोलियम कर्पोरेसनवीच सम्झौता हुने भएकोछ ।

chin flag

सम्झौताका लागि वाणिज्य मन्त्रालयका सहसचिव शम्भु कोइरालासहितको सरकारी टोली एक/दुई दिनभित्रै वेइजिङ जाँदैछ । टोलीमा अर्थ, परराष्ट्र मन्त्रालयका सहसचिव, आयल निगमका प्रतिनिधि समेत रहनेछन् ।   नेपालले सम्झौतापत्रको ड्राफ्ट समेत तयार गरिसकेको छ । वाणिज्य मन्त्रालय र आयल निगमले तयार पारेको ड्राफ्ट परराष्ट्र मन्त्रालयमा बुझाइसकिएको स्रोतले बतायो ।

‘हामीले सम्झौताको ड्राफ्ट बनाएर परराष्ट्र मन्त्रालयमा दिइसकेका छौं । परराष्ट्र मन्त्रालयले चीनसँग सम्झौताको समय मिलाउन पत्र समेत पठाइसकेको छ, स्रोतले भन्यो, ‘परराष्ट्रले चीन जाने टोलीलाई अर्लट बस्न भनेको छ । समयमिल्ने वित्तिकै टोली चीन गएर दुबै मुलुकका सरकारबीच तेल आपूर्तिका लागि सम्झौता हुनेछ ।’  यो सम्झौंतापछि चीनबाट तेल ल्याउन औपचारिक बाटो खुल्नेछ ।   सम्झौतापछि चीनले नेपाललाई एक हजार टन पेट्रोलियम पदार्थ अनुदानमा दिन समेत सहमति जनाइसकेको छ । ‘यो सम्झौंता भएपछि केरुङ नाकाबाट एक हजार टन तेल अनुदानमा चीनले दिने सहमति भइसकेको छ', स्रोतले भन्यो, ‘नेपाललाई संकटमा परेको बेलामा सहयोग गर्न चीन आतुर देखिएको छ ।’   यो सम्झौतापछि चीनबाट पेट्रोलियम पदार्थ र ग्यास ल्याउन बाटो खुल्नेछ ।

सम्झौतापछि आयल निगम वा निजी कम्पनीले पेट्रोलियम पदार्थ ल्याउन सक्नेछन् । अहिले दुई देशबीच सम्झौता नहुँदा पेट्रोलियम पदार्थ ल्याउन सकिएको छैन ।   आयल निगमले केही दिनअघि गरेको ग्लोबल टेन्डरमा फर्महरुले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन समेत आवेदन हालेका थिए । निजी क्षेत्रका दुई कम्पनीले चीनको न्यालमबाट ग्यास ल्याउने आवेदन हालेका छन् । ती दुई कम्पनीका प्रतिनिधि र  आयल निगमका निमित नायब कार्यकारी निर्देशक सुशीलभट्टराईको टोली केरुङहुँदै न्यालम जान हिडेका थिए । तर केरुङ नजिकै पहिरो गएकोले टोली त्यहीबाट फर्किएको थियो ।

भारतले नेपालको संविधान निर्माणमा असन्तुष्टी जनाउँदै इन्डियन आयल कर्पोरेशन(आइओसी)लाई नेपालतर्फ तेल कटौती गरेर दिन निर्देशन दिएको थियो । यो निर्देशनपछि भारतबाट अत्यन्तै कम परिमाणमा तेल आइरहेको छ । आयात कम भएपछि मुलुकभर पेट्रोलियमको हाहाकार भएको छ । तेल नहुँदा सवारी साधन कम चलेका छन् भने उद्योग कलकारखाना समेत बन्द भएका छन् ।   उपभोक्ताले ग्यास नपाउँदा दाउरामा खाना पकाउनुपर्ने बाध्यतात्मक अवस्था सिर्जना भएको छ । आइओसीले तेल कटौती गरेपछि निगमका अधिकारीहरु विकल्पको रुपमा चीनबाट पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने पक्षमा थिए । निगमले अल्पकालिन र दीर्घकालिन गरेर तेल संकट समाधान गर्न सरकारलाई सुझाव दिएको थियो ।

अल्पकालिन रुपमा हवाई जहाजबाट एयरलिफ्ट गरेर तेल ल्याउने र दीर्घकालिन रुपमा चीनबाट तेल ल्याउन निगमले प्रस्ताव गरेको थियो ।   चीनबाट तेल ल्याएमा भारतको राजनीतिक दबाबलाई झेल्नुपर्ने अवस्था नरहने भएकोले यो विकल्पलाई स्थायी रुपमा अघि बढाउन निगमका अधिकारीले सरकारलाई सुझाव दिँदै आएका थिए । चीनबाट तेल ल्याउँदा केही महँगो पर्ने भएपनि विकल्प खोल्दा भारतको दबाब खेप्नुनपर्ने उनीहरुको निश्कर्ष थियो ।

]]>
5003 0 0 0
नेपालमा लगाएको नाकाबन्दी हटाउ :यूरोपियन यूनियन http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80/ Sat, 24 Oct 2015 13:33:02 +0000 http://www.ghumphir.com.np/?p=5007  कात्तिक ७, काठमाडौं । यूरेापियन युनियन (इयू)ले भारतले नेपालमा लगाएको नाकाबन्दीका बारेमा पहिलोपटक मुख खोलेको छ । युरोपेली संसदको दक्षिण एसिया मामिला हेर्ने प्रतिनिधिमण्डलकी अध्यक्ष जँ लम्बर्टलले विज्ञप्ती जारी गरी नेपालमा लागेको अघोषित नाकाबन्दी हटाउन भारतलाई अपिल गरेकी छन् । European-Union-(-EU-)‘हामी भारतलाई यो अपिल गर्दछौं कि, नेपालतर्फको आपूर्ति ब्यवस्थामा अवरोध सिर्जना नगरी बिनाअबरोध सीमापार ब्यापार सुनिश्चित गर्न सहयोग गर्नुपर्छ ।’ शुक्रबार जारी गरिएको बिज्ञप्तीमा भनिएको छ । विनाशकारी भूकम्पको पीडाबाट माथि उठ्न नपाउँदै नेपाली जनता भारतको अघोषित नाकाबन्दीबाट प्रताडित बनेको इयूको ठहर छ । नाकाबन्दीका कारण उत्पन्न पेट्रोलियम पद्धार्थको चरम संकटका कारण नेपाली जनताको दैनिक जीबन र मुलुकको अर्थतन्त्र गंभीर असर परेको भन्दै यूरोपियन यूनियनले चिन्ता व्यक्त गरेको हो । नयाँ सरकारले आन्दोलनरत मधेशी दलहरुको मुद्दा संविधानमा संबोधन गर्न वार्ता जारी राख्नु सकरात्मक भएको भन्दै इयूले स्वागत गरेको छ । ९० प्रतिशत जनताका प्रतिनिधिले संविधानसभाबाट जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै अघोषितरुपमा व्यापारिक नाकाबन्दी लगाउँदै आएको छ ।सरकारले पटक-पटक नाकाबन्दी खुलाउन आग्रह गरेपनि भारतले रेस्पोन्स नगरिरहेको अवस्थामा यूरोपियन यूनियनले विज्ञप्ती जारी गरि चासो देखाएको हो ।]]> 5007 0 0 0 नेपाल भाषा साहित्य सम्मेलन सुरु http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87/ Sat, 24 Oct 2015 13:39:44 +0000 http://www.ghumphir.com.np/?p=5010

भक्तपुर, ७ कात्तिक ।

नेपाल भाषा एवम् साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा आजबाट दुईदिने नेपाल भाषा साहित्य सम्मेलन सुरु भएको छ । नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुरमा ३५ वर्ष अगाडिदेखि आयोजना गर्दै आएको साहित्य तःमुंज्यामा यसवर्ष भूकम्प प्रभावित जनताको पीडा, भारतीय नाकाबन्दीले सिर्जना गरेको समस्याका बारेमा साहित्यमार्फत जनतालाई जानकारी गराइएको छ । सम्मेलनको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्नुभयो । कार्यक्रममा अध्यक्ष बिजुक्छेले नेपाल भाषा साहित्यको संरक्षणमा योगदान पु¥याएवापत संस्कृतविद् सत्यमोहन जोशीलाई ताम्रपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रममा नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हक, नेपाल भाषा साहित्य तःमुंज्याका केन्द्रीय अध्यक्ष कान्छा बासुकला, आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद धन्छालगायत विभिन्न वक्ताले भाषाको संरक्षणमा युवा पुस्ताले चासो दिनुपर्ने औल्याउनुभयो । सम्मेलनमा आज नेपाल भाषाका प्रतियोगितात्मक चारवटा कथा, एउटा गीत, १० वटा कविता, दुईवटा नाटक, तीनवटा प्रहसन, ११ वटा नृत्य प्रस्तुत भएको आयोजक समितिका रविन्द्र ज्याख्वाले जानकारी दिनुभयो । सम्मेलनमा सहभागी रचनामध्येबाट प्रथम, द्वितीय, तृतीय हुने रचनालाई क्रमश ः रु पाँच हजार, तीन हजार र एक हजार पाँचसय तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

DSC_0264

]]>
5010 0 0 0
कष्टकर दसैँ यात्रा http://localhost/ghum/%e0%a4%95%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%95%e0%a4%b0-%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%81-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Sat, 24 Oct 2015 13:44:33 +0000 http://www.ghumphir.com.np/?p=5014

सुशील दर्नाल  काठमाडौँ, ७ कात्तिक ।

हिन्दूको महान् चाड दसैँको मुखैमा आएर भारतले अघोषित रूपमा नाकाबन्दी गरेका कारण इन्धनमा समस्या आएपछि सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्नुप¥यो । दसैँ मनाउन रुपन्देही (बुटवल) जाँदै गर्दा बाटाको दृश्य बोलिरहेको थियो कि यात्रुले कस्तो सास्ती बेहोर्नुपरेको थियो । घटस्थापनाको अघिल्लो दिन अर्थात् असोज २५ गते काठमाडौँदेखि बुटवलसम्मको सडकमा गाडीको छत र भ¥याङमा झुन्डिएर हजाराँै यात्रु गन्तव्यतर्फ लागेका थिए । काठमाडौँबाट मोटरसाइकलमा गन्तव्यतर्फ लम्केको पङ्क्तिकार टीका थाप्न जानुपर्ने पाल्पा तर भैरहवाबाट मगाएको सात लिटर पेट्रोलले बल्लतल्ल बुटवलसम्म पुग्यो । बाटामा जाँदै गर्दा गाडीको छत र भ¥याङमा उभिएर मानिसले निकै कष्टपूर्ण यात्रा गरिरहेका थिए । त्यसो त हामीसँग मोटरसाइकलमा भएको सात लि तेलले बुटवलसम्म पनि पुग्दैन कि भनेर थानकोटपछिको ओरालो र अन्य धेरै ओराला बाटामा मोटरसाइकलको ‘स्टार्ट’ नै बन्द गरेर यात्रा गर्नुप¥यो । हरेक वर्ष दसँैँको महिना दिनअगाडि सर्वसाधारणलाई यातायातको सुरक्षित टिकटको व्यवस्था गरिए पनि नेपालमा संविधान जारी भएसँगै भारतले लगाएको अघोषित नाकाबन्दीले निम्त्याएको समस्याका कारण यसपालि भने त्यसो हुन सकेन । मानिसहरू जहाँ जतिबेला गाडी पायो त्यति नै बेला यात्रा गर्न बाध्य हुनुप¥यो । बल्लतल्ल बुटवल पुगियो, बुटवल पुग्दा पनि तेलको समस्याले रिक्सा धेरै गाडी थोरै देखिन्थे । एक जना गाउँको गाडीवाला दाइलाई गाडीका लागि फोन गर्दा बुटवलमा डिजेल मिलाइदिने भए आउनू भन्नुभयो । त्यो सम्भव थिएन । त्यो दिन बुटवल बसेर (दसैँको घटस्थापना) अर्को दिन बुटवलबाट गाडीमा पाल्पा जानका लागि बसपार्क पुग्दा गाडीभन्दा मान्छेको भिड देखिन्थ्यो । बसपार्कमा गाडी कुरिरहेका मानिसको अनुहार हेर्दा घर जान नपाउने जस्तो निरास देखिन्थ्यो । जसरी भए पनि घर पुग्नुपर्ने, गाडीको छतमा बसेर पाल्पातर्फ लागियो । मैले त बरु बसको छतको अगाडिपट्टि बस्ने ठाउँ पाएँ । तर धेरै यात्रुमाथि चढ्ने भ¥याङको मुखैमा कष्टपूर्ण बस्दै थिए । छेउमै बस्ने एक जना बुवाले भन्नुभयो–“यसपालिको दसैँ कस्तो खल्लो हुने भयो, तेल नपाएर गाडी कम चल्दा यस्तो समस्या आएको हो, घरबाट टाढा बस्नेहरु दसैँमा कसरी घरसम्म आइपुग्छन् ?” छतमा महिला पुरुष बराबरी सङ्ख्यामा थिए । बुटवलबाट पाल्पा सदरमुकाम तानसेन जाँदै गर्दा बाटामा अन्य गाडीको छतमा पनि उत्तिकै मान्छे देखिन्थे । अझै मोटरसाइकलमा तीन जना र ट्याक्टरमा समेत बसेर मानिस गन्त्यव्यतर्फ जाँदै थिए । कतिपय हिँडेर पनि यात्रा गरिरहेका थिए । बेलुका गाउँमा पुग्दा सुनसान जस्तै थियो । अघिल्लो वर्षको दसैँमा टाढा टाढा बस्ने गाउँले यतिबेला घर पुगिसकेका हुन्थे । तर यस वर्षको दसैँमा गाडी कम चल्दा टीकाको दिनसम्म गाउँ पुग्दै थिए । यस पटकको दसैँमा गाउँमा पनि त्यति उत्साह देखिँदैनथ्यो । गाडीको समस्याले गर्दा टीका थाप्न आउनुपर्ने धेरै आफन्तसमेत यसपालि आउन सक्नुभएन । टीकाको अर्को दिन कात्तिक ६ गते काठमाडौँ जानका लागि ओरालोमा स्टार्ट बन्द गरेर भए पनि बुटवलसम्म मोटरसाइकलमा आइयो । बुटवलबाट ८ बजे रात्रिबसको सिटमा बसेर काठमाडौँ आउन पाइयो ।

]]>
5014 0 0 0
काठमाडौँमा फोहरको डुङ्गुर http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a1%e0%a5%81%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%81/ Sat, 24 Oct 2015 13:48:47 +0000 http://www.ghumphir.com.np/?p=5016

काठमाडौँ, ७ कात्तिक ।

यहाँका विभिन्न स्थानमा केही दिनदेखि फोहर व्यवस्थापन हुन नसक्दा अहिले फोहरको डुङ्गुर थुप्रिएको छ । मुख्य सडक तथा भित्री सडकमा फोहरका कारण सडकको सौन्दर्यमा ह्रास आउनाका साथै वातवरण प्रदूषित भएको छ । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनमा कार्यरत आफ्ना कर्मचारीलाई दसैँ बिदा दिएपछि काठमाडौँका फोहर उठ्न सकेको छैन । कालीमाटी, भीमसेनस्थान, नयाँसडक, बागबजार, बसपार्क क्षेत्र, पुतलीसडकलगायत स्थानमा लामो समयदेखि फोहर नउठेपछि त्यस आसपासमा दुर्गन्ध बढेको छ । ती क्षेत्रमा व्यापार गर्ने तथा पैदल हिँड्ने बटुवालाई समेत समस्या भएको छ । महानगरपालिकाले कतिपय स्थानमा आफँै त कति स्थानमा विभिन्न निजी क्षेत्रका संस्थालाई फोहर व्यवस्थापनका लागि अनुमति दिएको छ । अहिले भइरहेको इन्धन अभावले समेत फोहर व्यवस्थापनमा केही समस्या आएको छ । महानगरपालिका, वातावरण व्यवस्था महाशाखाका प्रमुख अर्जुन सापकोटाले निजी क्षेत्रले जिम्मा लिएको फोहर समयमा उठाउन नसक्दा केही समस्या उत्पन्न भएको जानकारी दिँदै दसैँको समयमा कर्मचारीले बिदा लिएपछि उठ्न नसकेको फोहर अब चाँडो व्यवस्थापन गरिने बताउनुभयो ।

]]>
5016 0 0 0
पैँतालीस हजार लिटर रक्सी नष्ट http://localhost/ghum/%e0%a4%aa%e0%a5%88%e0%a4%81%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%b8-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%9f%e0%a4%b0-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%80/ Sat, 24 Oct 2015 13:57:10 +0000 http://www.ghumphir.com.np/?p=5018

काठमाडौँ, ७ कात्तिक ।

महानगरीय प्रहरी वृत्त बौद्धले बौद्ध नयाँबस्ती क्षेत्रमा अवैधरुपमा सञ्चालन भएको विषालु रक्सी बनाउने चारवटा भट्टीमा छापा मारी ४५ हजार लिटर रक्सी नष्ट गरेको छ । नागरिक समाजको उपस्थितिमा अवैधरुपमा सञ्चालन गरिएका चार भट्टीका १५० ड्रम रक्सी र रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । “युरिया, मरेका सिनो, थोत्रा जुत्ता, सडकमा फालेको फोहर प्लास्टिकलगायत दूषित वस्तुबाट बनाइने विषालु रक्सी खाई बेलुकी सुतेका मानिस बिहान मर्ने गरेको सूचनाका आधारमा अनुसन्धान गरी भेटिएका चार भट्टीका कच्चा पदार्थसहित अवैध विषालु रक्सी नष्ट गरिएको हो”–उहाँले भन्नुभयो । फोहर कच्चा पदार्थ थुपारी राखिएको स्थानमा फैलिएको दुर्गन्ध एवम् परेको कीरा देख्दा यस्तो दर्दनाक व्यापार गर्नेलाई कारबाही गर्नुपर्ने आवाज स्थानीयवासीबाट उठेको जानकारी पनि उहाँले दिनुभयो । यसअघि पनि वृत्तले बौद्ध र जोरपाटी क्षेत्रबाट हजारौँ लिटर अवैध एवम् विषालु रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ र रक्सी नष्ट गर्दै आएको जनाएको छ ।

]]>
5018 0 0 0
एउटै व्यक्तिको २ अनुहार, एउटा सुत्दा अर्को ब्युँझिने http://localhost/ghum/%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a5%88-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a5%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b9%e0%a4%be%e0%a4%b0-%e0%a4%8f/ Sat, 24 Oct 2015 14:03:38 +0000 http://www.ghumphir.com.np/?p=5020 two face man२ वटा अनुहार भएका एक व्यक्तिले २३ वर्षको उमेरमा इल्याण्डमा आत्महत्या गरेका छन्। एडबर्ड मोर्दकै नाम गरेका ब्यक्ति जन्मदा नै २ वटा अनुहार थियो।  टाउकाको एकापट्टिको अनुहार  निदाउदाँ अर्को पट्टि ब्युतने गर्दथ्यो । अनुहार छुट्टाउनका लागि कुनै पनि डाक्टर सर्जरी तयार भएका थिएनन् । २ वटा अनुहारबाट हैरान भएका उनले २३ वर्षको उमेरमा आत्महत्या गरेको विदेशी संचारमाध्यमहरुले जनाएका छन् ।]]> 5020 0 0 0 राष्ट्रपतिको हत्या योजना बनाएको अाराेपमा उपराष्ट्रपति पक्राउ http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be-%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be/ Sat, 24 Oct 2015 14:08:42 +0000 http://www.ghumphir.com.np/?p=5023 माल्दिभ्सका उपराष्ट्रपति अहमद अदीव पक्राउ परेका छन् ।राष्ट्रपति अब्दुब्लला यामीनको हत्या योजना रचेको आरोपमा उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।गृहमन्त्री उमर नसीरले उनीमाथि राजद्रोहको आरोप लगाइएको र जेलमा राखिएको बताएका छन् । यामीन पछिल्लो महिना भएको हमलामा बालबाल बचेका थिए ।

]]>
5023 0 0 0
तस्विरमा सराय नाच http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%b0%e0%a4%be%e0%a4%af-%e0%a4%a8%e0%a4%be%e0%a4%9a/ Sat, 24 Oct 2015 14:24:49 +0000 http://www.ghumphir.com.np/?p=5026 अर्घाखाँची ७ कात्तिक ।

हिन्दूहरुको महान पर्व वडादशैंको दवादशीको अवसरमा आज अर्घाखाँचीको सन्धिखर्कमा वृहत सराय नाच सम्पन्न भएको छ । तरबार खुडा र हतियारहरु लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देबीहरुको प्रतीकहरु आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरबार खुडा र हतियार प्रदर्शन सहित नाचिने यो नाचले देबी खुसी हुने बिस्वास रहेको छ ।

देबीले महिसासुर र शुम्भको बध गरेको दिन बिजया दशमीको दिन देखि नाचिने यो नाच खुसीयालीमा नाच्न थालिएको बुढापाकाहरु बताउन्छन । सराये नाच अर्घाखाँची आसपासका जिल्लामा बढि प्रचलित छ । हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न सराये नाच नाच्न गरिन्छ ।चुत्राबेसीको दुर्गा भवानी मन्दिरमा वृहत सराय जात्रा र फूलपाती विसर्जन गरिएकोे स्थानीय धर्म भुसालले बताएका छन् ।

P1030643 P1030644 P1030645 P1030646 P1030648 P1030650

]]>
5026 0 0 0
गुगलले सिध्याउँदैछ मान्छेको दिमाग http://localhost/ghum/%e0%a4%97%e0%a5%81%e0%a4%97%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%bf%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88%e0%a4%9b-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%9b/ Sat, 24 Oct 2015 15:00:16 +0000 http://www.ghumphir.com.np/?p=5034 मानिसमा बढ्दै गएको अधैर्यताले डिजिटल स्मरणहीनताको अवस्था सिर्जना गरेको छ । जसका कारण हामीहरु दैनिक जिवनका महत्वपूर्ण तथ्य तथा जानकारीका साथै प्रश्नहरुको उत्तरका लागि इनटरनेटमा भर पर्दै गएका छौँ अनि अर्कोतर्फ अनलाइनमा हेरेका र पढेका जानकारीहरु समेत छिटै भुल्न थालेका छौँ ।

google

एक अध्ययनले पनि मानिसको डिजिटल आशक्ति बढ्दै गएको देखाएको छ । जस अनुसार एक तिहाइ मानिसले उनीहरुलाई सोधिएको प्रश्नको जवाफ दिनका लागि आफ्नै मौलिक उत्तरको प्रयास गर्नुको साटो गुगल गर्ने गरेको देखाएको छ ।

साथै एक चौथाइ मानिसले गुगलमा खोजेर भेट्टाएको जानकारी तत्कालै भुल्ने गरेका छन् ।डिजिटल सेक्योरिटी कम्पनी क्यास्पस्र्की ल्याबले गरेको अध्ययनमा १६ वर्ष र त्यसभन्दा माथिका ६ हजार मानिसलाई सहभागी गराइएको थियो ।

त्यसक्रममा ३६ प्रतिशत मानिसले आफैले प्रश्नको जवाफ दिनुअघि गुगलमा जानकारी खोज्ने गरेको पाइएको छ । ४५ वर्ष भन्दा माथिका मानिसमा भने गुगल गर्ने प्रवृत्ति अझै बढि देखिएको छ र ४० प्रतिशतले प्रश्नको जवाफ दिँदा गुगलको सहारा लिने गरेका छन् ।इन्टरनेटका कारण मानिसहरुमा आफ्ना स्मरणशक्ति माथि नै शंका उत्पन्न हुने गरेको छ अनि उनीहरुले जतिसक्दो चाँडो उत्तर दिइहाल्न अधैर्य हुन्छन् ।

२४ प्रतिशत मानिसहरुले अनलाइनमा खोजेका जानकारीहरु आफुले प्रयोग गरिसकेपछि बिर्सिहाल्ने गरेको पाइएको छ । ४५ वर्षमाथिका मानिसमा भने यस्तो बिर्सिने दर २७ प्रतिशत रहेको पाइएको छ । इन्टरनेटको उपलब्धताका कारण जतिबेला पनि अनलाइनमा खोजेको जानकारी पाइने भएकाले त्यसलाई सम्झिरहन जरुरी नभएको ठान्ने मानिसको संख्या १२ प्रतिशत पाइएको छ ।

शोधकर्ताका अनुसार गुगलले प्रयोगले मानिसलाई यस्तो भान पारिरहेको छ की इन्टरनेट उनीहरुको आफ्नै सरीरभित्रको आन्तरिक औजार हो । मानिसहरु कुनै जानकारी सम्भिmने वा शेयर गर्ने गर्नुको साटो त्यसलाई इलेक्ट्रोनिक उपकरणमा सुरक्षित गर्ने गर्छन् ता की भविष्यमा त्यो जानकारी अरु कसैलाई नसोधी वा आफुले समिझने झण्झट नगरीकन प्राप्त गर्न सकियोस् ।

शोधकर्ता मनोविज्ञ ड्यानियल वेंगर र एडि्रयन वार्ड भन्छन् : हाम्रो अध्ययनले देखाएको छ की हामीले इन्टरनेटलाई स्मरणको मामिलामा मानवीय पार्टनर जस्तै ठान्ने गरेका छौँ, जो सँग हामीले आफ्ना सबै व्यक्तिगत कुराहरु शेयर गर्छौँ ।

आफ्ना परिवारका सदस्य, पि्रयजन तथा साथीहरुसँग मनका कुरा तथा सम्झनाहरु फुकाएझैँ हामीले इनटरनेट क्लाउडमा आफ्ना स्मरणहरु छाडिदिएका छौँ । इन्टरनेट माथिको अधिक आशक्तिका कारण मानिसले आधारभुत मानवीय आवश्यकता कुरा पनि सम्झिन छाडेको र मस्तिष्कलाई आवश्यक जैविक स्मरणशक्तिको बोझबाट पनि उन्मुक्ति दिँदै गएको ठम्याइ शोधकर्ताको छ ।

]]>
5034 0 0 0
सखिया नृत्य http://localhost/ghum/%e0%a4%b8%e0%a4%96%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%a8%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af-2/ Sat, 24 Oct 2015 15:08:09 +0000 http://www.ghumphir.com.np/?p=5037 5037 0 0 0 ताजिया मेला शुरु http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%b6%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Sun, 25 Oct 2015 01:46:31 +0000 http://www.ghumphir.com.np/?p=5041 परासी –  मुस्लिम समुदायको तेश्रो महान पर्व ताजिया मेला  शुरु भएको छ । नवलपरासी जिल्लाको ग्रामिण भेगका विभिन्न ठाउँहरुमा बाँसको ठूल्ठूला ताजिया बनाई मेला संचालन गरिएको छ । आरबी तारिखको पहिलो महिना मोहर्रमुल हरामको १० तारिखका दिन मुस्लिम धर्मगुरु (हजरत) ईमामे हुसैनले आफनो घरपरिवार सहित ईस्लाम धर्मलाई बचाउनका लागि शहिद भएकाले उनको यादमा ताजिया बनाई दर्शन गर्ने गरिएको छ ।

हिन्दु मुस्लिम दुबै समुदाय मिली ताजिया बनाउने र मेलामा ताजिया दर्शन गर्न समेत आउने गरेको मुस्लिम धर्मावलम्बीहरुले बताएका छन् । यस वर्ष जिल्लाको भुजहवा गाविसमा सबै भन्दा ठुलो ताजिया बनाइएको छ । उक्त ताजिया १ सय २५ फिट अग्लो, ८५ फिट चौडो रहेको छ भने ताजिया २५ सय बाँस, १ क्विन्टल कान्टी, ५० किलो ग्राम तार, ८५ रिम कागज लगाई ५५ खण्डको ताजिया बनाइएको स्थानिय ताजिया मिस्त्री फरजुल्लाह डफालीले बताए । ताजियालाई निर्माण गर्दा ३ जना मिस्त्री सहित १० जना कामदार मिली एक वर्षमा ताजिया तयार गरिएको मिस्त्री डफालीले बताए । ताजिया मेला आजदेखि शुरु भई तिन दिनसम्म चल्ने छ ।

ताजिया मेलामा थकरी, ढाँकतासा, लाठीभाला प्रतियोगितमा विजयी हुने टिमलाई उचित पुरस्कार समेतको व्यवस्था गरिएको भुजहवा ताजिया मेला व्यवस्थापन समितिले बताएको छ । जिल्लाको दोश्रो ठुलो ताजिया सिमा क्षेत्र महेसपुरमा पनि दर्शनार्थीहरुको भिडभाड बढेको छ । ११ मनिाको समयमा ७ लाख रुपिया खर्च गरि तयार ताजियाको खण्ड पत्ता लगाईदिने मान्छेलाई एक वटा साईक पुरस्कार राखिएको महशेसपुर ताजिया मेला व्यवस्थापन समितिले जनाएको छ ।

]]>
5041 0 0 0
मुस्लीम र हिन्दुहरु सँगै मुहर्रम पर्व मनाउदै http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%b2%e0%a5%80%e0%a4%ae-%e0%a4%b0-%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%81%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a5%88/ Sun, 25 Oct 2015 02:08:52 +0000 http://www.ghumphir.com.np/?p=5044 सनिउल्ला धोबी मुस्लीमहरुको तेस्रो प्रमुख चाड मुहर्रम कपिलवस्तुमा आज मुस्लीम र हिन्दुहरुलेसँगै मनाउदै छन । एक आपसमा भाईचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लीमहरुले हर्षोल्लासका साथ मुहर्रम मनाउदै छन ।

मुस्लीमहरुले मनाउने मुहर्रम हिन्दुहरुले समेत मनाउन थाले पछि यो धामिर्क सद्भाव पर्वको रुपमा विकसित हुदै गएको छ । मुस्लीम धामिर्क गुरु हजरते इमामे हुसैनको सम्झना स्वरुप मनाइने पर्वमा उनको प्रतिक स्वरुप तहाजियाको पुजा गरिने प्रचलन रहेको छ ।

यस अवसरमा मुस्लीमहरुले बिशेष नवाज पाठ गरी देशमा स्थायी शान्ति तथा दलहरु बिच चाडै सहमति भई मुलुकले छिट्टै निकासका लागि उनीहरुले कामना समेत गरेका थिए ।

तराईका हिन्दु मधेसी, थारुले समेत यो पर्व धुमधामले मनाउन थाले पछि यसल्े छुट्टै रौनकता थपेको छ । भाकल गरी तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संवृद्धी तथा मनोकामना पुरा हुनुका साथै बिग्रेको काम समेत बन्ने धामिर्क बिश्वासका साथ हिन्दुहरुले पनि मनाउन थालेको दुबै धर्मगुरुहरुको भनाई छ ।

अहिले यो पर्वलाई मधेसका हिन्दु समुदायले मसेत अंगालेकोले सदभाव कायम गर्न यसले निकै मदत मिलेको अधिकारकर्मीहरुको भनाई रहेको छ । देशमै मुस्लीमहरुको दोस्रो ठुलो बाहुल्यता रहेको कपिलवस्तुमा दुबै समुदायले सामुहकिरुपमा यो पर्व मनाएकोले एकआपसमा भाईचारा कायम गरेको छ ।

घरमा पुजापाठ गरी राखिएको तहाजियालाई मुर्हरमका दिन करबलामा लगेर सेलाईने चलन छ । हिन्दुहरुले घरमा पुर्जा गर्दा ढोल, तासा लगाउयतको बजा बजाउने गर्दछन् । मुस्लीम समुदायले भने मुर्हरमका दिन साहाशिक प्रर्दशन गर्ने गछन् ।

ईस्लामिक नयाँ बर्ष हिजरी संबत् शुरु भए पछि यो एक देखि १० तारेख सम्म मनाइने गरिन्छ । अहिले हिजरी संवत् १४३७ शुरु भए संगै यो पर्वले रौनता समेत ल्याएको छ । १४ सय बर्ष पहिले ईमामे हुसैनले ईस्लाम धर्मलाई बचाउन आफू सहीत ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको संझना स्वरुप मुहर्रम मनाउदै आएको मुस्लीम धर्म गुरुहरु बताउछन् ।

अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक बर्ष मनाईन्छ । ईस्लामिक नयाँ बर्ष हिजरी संबत्को एक देखि १० दिन सम्म यो पर्व मनाइने मुस्लीम मौलानाहरु बताउछन् ।

मोहर्रमको १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै मस्जीदमा कुरान पाठ गरी बेलुका पकाएर खाने चलन रहेको मुस्लीम अगुवाहरुले बताउछन ।

]]>
5044 0 0 0
अनौठो क्यामरा ,एउटै क्यामराभित्र १६ वटा क्यामरा http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8c%e0%a4%a0%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%b0%e0%a4%be-%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a5%88-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae/ Sun, 25 Oct 2015 02:13:26 +0000 http://www.ghumphir.com.np/?p=5048 अमेरिकी कम्पी लाइटले एउटा निकै अनौठो तथा अत्याधुनिक क्यामरा सार्वजनिक गरेको छ । एल सिक्सटिन नामको उक्त क्यामराको सबैभन्दा उल्लेखनीय विशेषता भनेको यो क्यामरामा अलग अलग फोकल लेन्थ भएका १६ वटा क्यामरा जडान गरिएका छन् । सिलिकन भ्यालीको स्टार्टअप लाइटको दाबीलाई पत्याउने हो भने एल १६ ले डिएसएलआरलाई टक्कर दिनेछ ।

camara 16

बनावटको कुरा गर्ने हो भने यो क्यामराको पछाडिपटि्ट १७ वटा वृत्ताकार आकृति छन् । जसमध्ये एउटा आइआर सेन्सर तथा १६ वटा क्यामरा हुन् ।

यो क्यामरामा रहेका हरेक क्यामराले अलग अलग एंगलबाट फोटो खिच्दछन् । जसलाई एकत्रित गरेर ५२ मेगापिक्सेल हाइ रिजोलुसनयुक्त फोटो तयार हुन्छ ।

त्यसैले स्मार्टफोन जत्रै आकारको यो क्यामराले ५२ मेगापिक्सेलको डिएसएलआर क्यामराले जत्तिकै क्वालिटीयुक्त फोटो खिच्न सक्ने बताइएको छ ।

यो डिभाइसको अर्को विशेषता भनको के भने यसमा फोटो क्लिक गरिसकेपछि पनि फोकस सेलेक्ट गर्न सकिन्छ । साथै कम प्रकाशमा पनि यसरी गुणस्तरीय फोटो खिच्न सक्छ । यसका लागि यो क्यामरामा रिड्युसिंग इमेज नाइस नामक फिचर पनि रहेको छ ।

एल सिक्सटिनमा ३५ एम एमका ५ क्यामरा मोड्युल, ७० एमएमका ५ भर्सन तथा १५० एमएमका ६ क्यामरा मोड्युल रहेका छन् । साथै पछाडीपटि्ट ५ इन्चको टचस्त्रिmन डिस्प्ले पनि राखिएको छ जसमा चार्जिंग सेटिंग्स, जूम, फोकस आदि कन्ट्रोल फिचर्स रहेका छन् । यो क्यामराले जेपिजी, टीआइएफएफ तथा रअ डिएनजी फोटोका साथै भिडियो पनि खिच्न सकिन्छ ।

कपनीले यो क्यामराको मूल्य १२९९ डलर तोकेको छ । तर नोभेम्बर ६ पछि भने यसको मूल्य १६९९ डलर पुग्ने बताइएको छ । यो क्यामराको प्री बुकिंग सुरु भैसकेको छ भने तत्कालका लागि यो अमेरिकी बजारमा मात्र उपलब्ध हुनेछ ।

]]>
5048 0 0 0
कर्णालीमा डुंगा दुर्घटना हुँदा एकको मृत्यु http://localhost/ghum/%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%a1%e0%a5%81%e0%a4%82%e0%a4%97%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be/ Sun, 25 Oct 2015 02:18:30 +0000 http://www.ghumphir.com.np/?p=5051 गाेविन्द केसी

दैलेख– लयाटीविन्द्रासैनी गाविसको पाल्तडादेखि आधा घण्टामाथि कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको ज्यान गएको छ। अछामबाट दैलेखतिर आउँदै गरेको डुंगा पल्टिएर लयाटीविन्द्रासैनी– ३ की रुपा शाहीको मृत्यु भएको हो।

शनिवार साँभ डुंगा पल्टिदा दुई महिला बगेका थिए। एक महिलाको सकुशल उद्धार गरिएकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक पुस्करबहादुर चन्दले बताए। कर्णालीले बगाएर बेपत्ता भएकी शाही १ घण्टाको दुरीमा मृत अवस्थामा भेटिएकी थिइन्। अछामबाट कर्णाली तरेर ढुंगा बगरनजिक रोक्न लाग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएकी लयाटीविन्द्रासैनीकै अमृता शाहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उक्त डुंगामा ३ जना सवार थिए।

]]>
5051 0 0 0
सिमानामा कालोबजारीले नयाँ काम http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a8%e0%a4%af%e0%a4%be/ Sun, 25 Oct 2015 02:27:43 +0000 http://www.ghumphir.com.np/?p=5053 बारा— भारतसँग सिमाना जोडिएका अधिकांश नेपालीहरुले अहिलै पेट्रोलियम पदार्थ भारतबाट ल्याउने र नेपालमा बेच्ने नयाँ काम पाएका छन्। यो काम गर्नेलाई कम्तिमा दोब्बर फाइदा हुने गरेको छ।

बारा, पर्सासँग सिमाना जोडिएको भारतको बिहारबाट पेट्रोलियम पदार्थ नेपाल भित्रयाउँदा दोब्बर फाइदा हुने गर्छ। धेरै दुःख नगरी नगद नाफा हुने भएपछि अहिले सीमावर्ती क्षेत्रका बासिन्दा यही काममा सक्रिय देखिन्छन्।

बाराको मुख्य नाकाको रुपमा रहेको मटिअर्वासँग सिमाना जोडिएका भारत विहारको सामपुर चोकमा रहेको पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ किन्ने नेपालीको घुइँचो हुने गर्छ। बाराको लिलकण्ठवाका धर्मदेव कुमार सोही पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ किन्छन् र ४० किलोमीटर दुरीमा रहेको सिमरासम्म ल्याइपु¥याउँछन्। यसो गर्दा उनले गर्ने फाइदा दोब्बर बढी हुनेगर्छ।

कुमार पहिला भारतबाट खुद्रा सामान नेपाली बजारमा ल्याउने गर्थे। त्यसमा थोरै फाइदा हुन्थ्यो। पेट्रोलिय पदार्थ ओसार पसार गर्दा रातारात धेरै नाफा भइरहेको उनले सुनाए।

भारतीय पेट्रोल पम्पमा डिजेल किन्दा भारतीय ४८ रुपैयाँ ५२ पैसा पर्छ। त्यो भनेको नेपाली रुपैयाँ नेपाली ८२ रुपैयाँ प्रति लिटर हो। ८२ प्रति लिटरमा किनेको डिजल ४५ किलोमीटर दुरीमा रहेको सिमरासम्म पु¥याउँदा दुई सय ५० रुपैयाँ प्रतिलिटरमा बिक्री हुन्छ ।

सीमावर्ती भारतीय पेट्रोल पम्पमा पेट्रोल ६५ रुपैयाँ ६५ पैसा भारतीय रुपैयाँमा पाइन्छ। सो दरअनुसार एक लिटर पेट्रोलको १ सय १० नेपाली रुपैयाँ पर्छ। त्यही पेट्रोल सिमरासम्म पुरयाउँदा तीन सय रुपैयाँ प्रतिलिटरसम्म बिक्री हुने गरेको कुरा कुमार बताउँछन्।

एक पल्टमा एक जना व्यक्तिले ५० लिटरसम्म पेट्रोलियम पदार्थ भारतबाट नेपाल भित्रयाउने गरेका छन्।

भारतको नाकाबन्दीले नेपालमा पेट्रोलियम पदार्थ अभाव भएपछि सिमावर्ती क्षेत्रमा पर्ने भारतीय पम्पहरुबाट गिलनमा नेपाली समुदायका व्यक्तिहरुले पेट्रोलीयम पदार्थ खरीद गरी नेपाल भित्र्याएर कालो बजारमा बिक्री गर्दै आएका हुन्।

भारतको सामपुर चोकमा पेट्रोल पम्पमा काम गरिरहेका रमेश साहले पहिला एक दिनमा चार हजार लिटरसम्म पेट्रोलियम पदार्थ बिक्री हुने गरेकोमा नाकाबन्दीपछि दैनिक १५ हजार लिटर भन्दा बढी बिक्री भइरहेको बताए।

कालोबजारी गर्ने समूहहरुलाई कतिपय ठाउँमा प्रहरी प्रशासनले सहयोग गरेका छन्। कतिपय स्थानमा आन्दोलन गरिरहेका मधेशी मोर्चाकै नेताहरुकै सहयोग समेत पेट्रोलियम पदार्थ ल्याइने गरेको छ।

सिमराको औराहाका किसान पवन खड्काले ट्रयाक्टरले खेत जोताउनको लागि चाहिने १६ लिटर डिजल सिमराबाट प्रहरीकै अगाडि बढी पैसा तिरेर खरीद गरे। पेट्रोलियम पदार्थ अभाव हुँदा खेत जोत्ने किसानदेखि यातायात व्यवसायीसम्म प्रभावित भएका छन्।

यातायात व्यवसायीहरुले तेब्बर मूल्य तिरेर पेट्रोलियम पदार्थ खरीद गरिरहे पनि तिनका समस्याबारे न त सरकार सम्वेदनशील देखिएको छ न त आन्दोलनकारी नै।

बाराको कचोर्वा, कवहीगोठ, झरोखर नाकाहरुबाट नेपाल भित्रियाइएका पेट्रोलियम पदार्थको निजगढ, कोल्वीसम्म कालोबजारी अत्यधिक मूल्य लिएर बिक्री गर्ने गरिएको छ।

]]>
5053 0 0 0
भारतीय राजदूतले रोक्न खोजे पनि ग्यास बुलेट रि–रुट गर्न आइओसीको स्विकृती http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a6%e0%a5%82%e0%a4%a4%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a8-%e0%a4%96%e0%a5%8b/ Sun, 25 Oct 2015 02:44:37 +0000 http://www.ghumphir.com.np/?p=5055 विज्ञान अधिकारी

काठमाडौँ : रक्सौलमा रोकिएका तीन सय ग्यास बुलेट रि–रुटको कागजपत्रलाई इन्डियन आयल कर्पोरेसन (आइओसी)ले स्वीकृति दिएको छ।भारतीय राजदूत रणजित रायले रोक्न खोजे पनि नेपाल आयल निगम र आइओसीका अधिकारीबीच नयाँ दिल्लीमा भएको वार्तामा जुटेको सहमतिका आधारमा आइओसीले स्वीकृति दिएको हो। आइओसीको स्वीकृतिपछि अब केन्द्रीय भन्सारको स्वीकृति लिनुपर्छ। निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले रि–रुटका लागि आइओसीले स्वीकृति दिइसकेको बताउँदै भन्सारबाट स्वीकृति पाएपछि ग्यास बोकेका बुलेट अन्य नाकाबाट ल्याइने जानकारी दिए।

gas truck‘आइओसीसँगको सबै प्रक्रिया सकिइसकेको छ। राजस्व सम्बन्धी प्रक्रिया पूरा गरेपछि रक्सौलमा रोकिएका ग्यास बुलेट अन्य नाकाबाट ल्याउन सकिन्छ, उनले पहिलोपोस्टसँग भने, ‘आयल निगमका कर्मचारीले सोमबार नै कागजपत्र लिएर पटनास्थित भन्सारमा गएर सबै प्रक्रिया पूरा गर्नेछन्।’ उनका अनुसार ग्यास बोकेका बुलेट रि–रुटका लागि कुनै समस्या छैन। ‘ग्यास रि–रुटमा कुनै समस्या छैन। सबै काम सहजै अघि बढेको छ, खड्काले भने, ‘सोमबार कागजपत्र पेश भएर स्वीकृत हुनेबितिकै अन्य नाकाबाट ग्यास ल्याउने प्रक्रिया अघि बढ्छ।’ नेपालस्थित भारतीय राजदूत रणजीत रायले रक्सौलमा रोकिएको ग्यास बुलेट रि–रुट गर्न कठिन रहेको पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका थिए। स्रोतका अनुसार नयाँ दिल्लीमा ग्यास रि–रुट गर्ने समाचार आउनेबितिकै रायले रोक्ने प्रयास गरेका थिए। उनले रोक्ने प्रयास असफल भएपछि औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर ग्यास रि–रुट गर्न राजस्व लगायतका समस्या हुने बताएका थिए।स्रोतका अनुसार आइओसीले कागजात स्वीकृत गरे पनि राजस्वबाट केही झन्झट हुनसक्नेछ। आइओसीले स्वीकृति दिए पनि राजस्वमा समस्या हुनसक्छ। भारतीय राजदूतले त्यतैतर्फ संकेत गरेर रोक्नसक्ने आधार पनि छ', स्रोतले भन्यो, ‘अझै पनि आश्वस्त हुनसक्ने अवस्था भने छैन।’ तर निगमका अधिकारीहरुले आइओसीले भारतको केन्द्रीय राजस्व विभागलाई जानकारी गराइसकेकोले रि–रुटमा समस्या नहुने बताएका छन्। ‘निमित निर्देशक मुकुन्द घिमिरेलाई नै केन्द्रीय राजस्व विभागलाई जानकारी गराइसकेको सूचना दिएको थियो, ती अधिकारीले भने, ‘उनीहरुले राजस्वको काम पनि सहजै स्वीकृति दिन्छन् जस्तो हामीलाई लागेको छ।’ रक्सौलमा रोकिएका ३ सयभन्दा बढी बुलेट नेपाल ल्याउन सकेमा खाना पकाउने ग्यासको समस्या केही समयका लागि भए पनि हल हुने भन्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले आयल निगमलाई निर्देशन दिएका थिए। यही निर्देशन अनुसार निगमका निमित निर्देशक मुकुन्दप्रसाद घिमिरे नयाँ दिल्ली गएर आइओसीका नेपाल हेर्ने मार्केटिङ तथा कमर्सियल महाप्रवन्धक एसएस बोससँग छलफल गरेर सहमति जुटाएका थिए।यो सहमतिपछि ती बुलेटका कागजपत्र बरौनी र हल्दिया लगेर परिवर्तन गरिएको थियो। मधेश आन्दोलनका कारण रक्सौल वरपर झन्डै तीन सय बुलेट (चार लाख सिलिन्डर) ग्यास रोकिएका छन्। यो रोकिएका बुलेटको डेमरेज चार्ज (ढुवानी लगायतका अतिरिक्त शुल्क) मात्रै १८ करोड भन्दा बढी भइसकेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। संघका अनुसार रक्सौलको भन्सारमा कागजपत्र पेश भएका १ सय ५३ बुलेट र कागजपत्र पेश हुन बाँकी १ सय ९ बुलेट छन् । रक्सौल भन्दा १ सय १५ किलोमिटर पर ६५ वटा बुलेट रोकिएका छन्। ग्यास बोकेका बुलेट रोकिँदा अन्य नाकाबाट ग्यास ल्याउन सकिएको छैन। ग्यास बोक्ने चार सय बुलेट सबै भारतीय हुन् र तीन सय रक्सौलमा रोकिएकोले अन्य नाकाबाट ग्यास ल्याउन पनि सकिएको छैन।

]]>
5055 0 0 0
संसारकै सबैभन्दा धनी मुलुक कुन हो ? http://localhost/ghum/%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%88-%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a7%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a5%81%e0%a4%b2/ Sun, 25 Oct 2015 03:02:08 +0000 http://www.ghumphir.com.np/?p=5058 भूगोलका आधारमा विश्वका साना यी तीन मुलुकहरु विश्वका सबैभन्दा धनी मुलुक रहेको ग्लोबल फाइनान्स म्यागेजिनले दावी गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्याङ्कलाई आधार मानेर म्यागेजिनले विश्वका सबै देशको कूल ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आय र धनी र गरिबको अवस्था मूल्याङ्कन गरेर संसारका धनी मुलुकको सूची तयार गरेको हो। यसरी धनी मुलुक छान्दा पर्चेजिङ पावर प्यारिटीलाई पनि आधार बनाइएको थियो जसले त्यहाँका मानिसको जीवनस्तर, किन्न सक्ने क्षमता र अन्य मुलुकका जनतासँग तुलनासमेत गरेको थियो। साह्रै कम भूभाग भएका मुलुकहरु लिकेटेस्टिन, नाउरु, भ्याटिकन सिटी, मोनाको, सान मारिनो र एन्डोरालाई अध्ययनमा समावेश गरिएको थिएन।   सन् २००९ देखि २०१३ को तथ्याङ्का आधारमा गरिएको विश्लेषणले साउदी अरेबियाको पूर्वी भागमा रहेको कतार विश्वकै धनी मुलुक देखियो। यही अवधिमा प्रजातान्त्रिक गणतन्त्र कंगो सबैभन्दा गरिब मुलुकमा पर्‍यो। लग्सेम्बर्ग दोस्रो धनी मुलुक रहेको म्यागेजिनले जनाएको छ। ५ लाखमात्र जनसंख्या भएको यो मुलुक भूपरिवेष्ठित मुलुक हो।

हेरौं विश्वका धनी मुलुकको सूची :

suchi world rich

   स्रोत : वर्ल्ड इकोनोमिक फोरमको एजेन्डा

]]>
5058 0 0 0
ग्यास आयात गर्न चीनसँग सम्झौता http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%86%e0%a4%af%e0%a4%be%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%b8%e0%a4%ae/ Sun, 25 Oct 2015 04:29:21 +0000 http://www.ghumphir.com.np/?p=5062 राजु चौधरी

कार्तिक  ८,काठमाडौं ।

चीनका विभिन्न राज्यबाट ग्यास आयात गर्न दुई देशबीच सम्झौता आवश्यक भएको छ। ग्यास आयातको सम्भावना खोज्न चीन पुगेका व्यवसायीले सम्झौताका लागि सरकारसँग आग्रह गरिसकेका छन्।

चीन सरकारसँग व्यापारिक सम्झौता नहुँदा तत्काल ग्यास ल्याउन सम्भव नभएको उनीहरूको भनाइ छ। सिगात्सेबाट ग्यास र गोरबाबाट पेट्रोल डिजेल ल्याउन सकिने सम्भावना रहेको व्यवसायी बताउँछन्। ‘ग्यासको हाहाकार अन्त गर्न चीनका विभिन्न प्रान्तबाट आयात गर्न सकिन्छ,’ एलपीजी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले भने, ‘तर, नेपाल र चीन सरकारबीच व्यापारिक सम्झौता नहुँदा ल्याउन सकिँदैन।’ घिमिरेका अनुसार छिन्दाई प्रान्तको गोरबा भन्ने ठाउँमा ठूलो रिफाइनरी छ। ती रिफाइनरीबाट तिब्बतका लागि इन्धन बितरण हुन्छ। ति रिफाइनेरी नेपाली बोर्डरबाट २७ सय किलो मिटर टाढा छ।

LP_gas_cilinder

गोरबाबाट पाइपलाइनबाट ल्हासासम्म पेट्रोल र डिजेल आउँछ। ल्हासाबाट पेट्रोल र डिजेल उपत्यका भित्र्याउन सकिने व्यवसायीहरूको बुझाइ छ। ग्यासको लागि भने सिगाछेबाट ल्याउनुपर्छ। सिगाछेबाट अनुमति भयो भने ग्यास बुलेट नेपाल भित्र्याउन सकिन्छ। संघका अनुसार तातोपानी नाका हुँदै १८ टनसम्मका बुलेट ल्याउन सकिन्छ। तर, सिगाछेमा २८ र १४ टनको मात्रै बुलेट रहेको घिमिरेले बताए। भारतबाट १८ टनको बुलेट आउँछ। यस्तै, न्यालमबाट पनि सिलिन्डरबाट ग्यास ल्याउन सकिन्छ। तर, ती ठाउँबाट आयात गरिएको सिलिन्डर महँगो पर्ने संघले जनाएको छ। ‘अध्ययनबाट सिगाछे नै उत्तम देखिएकाले थप जानकारीका लागि सोमबार जाने तयारी गरेका छौं,’ उनले भने।

यसअघि आयल निगमका निमित नायब कार्यकारी निर्देशक सुशील भट्टराई, संघका अध्यक्ष शिव घिमिरे र ग्यास बिक्रेता महासंघका पूर्व अध्यक्ष ज्ञानेश्वर अर्यालको टोली केरुङ हुँदै न्यालम हिँडेको थियो। तर केरुङनजिकै पहिरो गएकोले टोली त्यहींबाट फर्किएको थियो।

‘प्रधानमन्त्रीको आदेशमा फूलपातीको दिन केरुङ गएका थियौं,’ पूर्व अध्यक्ष अर्यालले भने, ‘पहिराले बाटो अवरुद्ध भएकाले जान सकेनौं।’ उनले डिजेल/पेट्रोल आउन सक्ने सम्भावना भएकाले नेपाल र चीन सरकारबीच तत्काल छलफलको प्रक्रिया अघि बढाउनुपर्ने बताए। यस्तै, नेपालतर्फको सडक करिब ८ किलो मिटर बिग्रेकाले त्यसलाई तत्काल मर्मत गर्न सुझाव दिएको उनले बताए।

महासंघले आवश्यकताअनुसार ल्याउने तयारी गरेको उनले बताए। ‘तातोपानीबाट ३० किलोमिटर नजिक कति भन्ने ठाउँबाट ल्याउने हाम्रो योजना छ,’ उनले भने। ग्यास आयात गर्नका लागि सबैलाई खुला गरिएको अर्यालको भनाइ छ। निजी क्षेत्रले आयात गर्दा भने केही महँगो पर्छ। एक सिलिन्डर ग्यासको मूल्य २२ सय ५० रुपैयाँ (बिनाकर) पर्ने महासंघले जनाएको छ।

सरकारले नै आयात गर्दा भने केही सस्तो पर्ने अर्यालको भनाइ छ। ‘निगमले आयात गर्दा सरकार र सरकारबीच सहमति हुन्छ। जसले गर्दा एउटा सिलिन्डरलाई १६/१७ सय रुपैयाँ मात्रै पर्छ,’ उनले भने।

नेपालमा एलपी ग्यासका ५३ वटा उद्योग छन्। तिनले ६२ लाख सिलिन्डर उत्पादन गरेका छन्। देशभर मासिक सरदर २० लाख सिलिन्डर खपत हुन्छन्। सरकारसँग ग्यास भण्डारण छैन।

सामान्य अवस्थामा समेत मागकै बराबर आपूर्ति गर्ने, सिलिन्डरमा भर्ने र बजारमा पठाइहाल्ने प्रचलन छ। त्यही भएकाले जसले धेरैवटा सिलिन्डर भरेर उपभोक्ताले घरमै जगेडा राख्छ। भारतसँगका ६ वटा नाका धनगढी, नेपालगन्ज, भैरहवा, वीरगन्ज, विराटनगर र काँकडभिट्टाबाट ग्यास भित्रिन्छ। त्यसका लागि भारततर्फ ४ वटा रिफाइनरी सेन्टर (करनाल, मथुरा, बरौनी र हल्दिया) छन्।

 अध्यक्ष घिमिरेका अनुसार सामान्य अवस्थामा ६ नाकाबाट दैनिक सरदर ६६ बुलेट ग्यास नेपाल छिर्छन्। एउटा बुलेटमा १२ सय ५० सिलिन्डर हुन्छ। तर, अहिले फाट्टफुट्ट मात्रै नेपाल भित्रिएको छ। उपत्यकामा भने भित्रिन सकेको छैन। साभार कान्तिपुर

]]>
5062 0 0 0
चिनबाट मंगलबार एक हजार मेट्रिक टन इन्धन नेपाल भित्रिने http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ae%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%8f%e0%a4%95-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%ae%e0%a5%87/ Sun, 25 Oct 2015 04:47:32 +0000 http://www.ghumphir.com.np/?p=5064 चन्द्रशेखर अधिकारी/राजु चौधरी

कार्तिक ८, काठमाडौं।

 भारतको अघोषित ‘नाकाबन्दी’ का कारण जनजीवन अस्तव्यस्त भएपछि उत्तरी छिमेकी चीनले इन्धन सहयोग उपलब्ध गराउने भएको छ। इन्धनको संकट टार्न विकल्प खोजिरहेको सरकारलाई चीनले एक हजार मेट्रिक टन (दस लाख लिटर) इन्धन अनुदान दिन लागेको हो। उक्त इन्धन मंगलबार नेपाल भित्रिने छ।

यही साताभित्र दीर्घकालीन विकल्पका लागि समेत चीनको वाणिज्य मन्त्रालयसँग सम्झौता गर्ने सरकारले तयारी गरेको छ। त्यसपछि चीनबाट औपचारिक रूपमा तेल ल्याउने बाटो खुला हुनेछ। वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनबाट तत्काल प्राप्त हुने इन्धन रसुवागढी–केरुङ नाका हुँदै ल्याइने छ। ‘लामो छलफलपछि अब औपचारिक प्रक्रिया थालनी भएको छ। यसबाट राहत मिल्ने छ,’ काठमाडौं आएका चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले कान्तिपुरसँग भने, ‘नेपालले ठोस प्रस्ताव नपठाएकाले अन्योल थियो। अब प्रक्रिया अघि बढ्यो। दिगो समाधानको पहलसमेत हुनेछ।’

chin

भारतले नाकाबन्दी लगाएदेखि चीनले वैकल्पिक समाधानको ठोस प्रस्ताव मागेको भन्दै काठमाडौं आएका राजदूत मास्के यहाँ घर बिदामा थिए। त्यही अवस्थामा राजनीतिक छलफलमा सक्रिय रहेर नेपाली टोलीको नेतृत्व गर्दै चीन जाने तयारीमा छन्। परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यममार्फत शनिबारै चीनलाई औपचारिक पत्र पठाएको छ। पत्र सोमबार चीनको वाणिज्य मन्त्रालयमा पुगेलगत्तै कारबाही प्रक्रिया अघि बढ्ने दूतावास स्रोतले बतायो। चिनियाँ दूतावासले भने यसबारे औपचारिक प्रतिक्रिया दिन चाहेन। चिनियाँ राजदूत उ छुन्थाई मास्केसँगै सबै भेटवार्तामा सहभागी थिए। ‘अनुदान स्वरूप चीनबाट हजार मेट्रिक टन इन्धन ल्याउन लागेका छौं,’ वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले भने। चीनले दिने इन्धन पेट्रोल, डिजेल वा अन्य के हुनेबारे मन्त्रालयले खुलाएको छैन। स्रोतका अनुसार चीनबाट आउने इन्धनमा सबैभन्दा बढी पेट्रोल रहने छ।

तेल आपूर्तिका लागि नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको चाइना नेसनल पेट्रोलियम कर्पोरेसनबीच सम्झौता हुने मन्त्रालयले जनाएको ‘चाइना नेसनल पेट्रोलियम कर्पोरेसन्ससँग सम्झौता गरेर मात्रै इन्धन ल्याउने छौं,’ मन्त्री पुनले भने। त्यसका लागि आइतबार वा सोमबारभित्रै सरकारी टोली चीन जाने एमाओवादीले सम्हालेको सबै मन्त्रालय हेर्ने इञ्चार्जको जिम्मेवारी पार्टीबाट पाएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘चीनबाट ल्याउने भन्नेबित्तिकै भारतलाई चटक्कै छोडेको होइन। भारतसँग पनि कूटनीतिक पहल गरेर भएका असमझदारी सल्टाउँदै सहजता ल्याउनु जरुरी छ। समस्या नै परेपछि विकल्पमा लाग्नु स्वाभाविक हो।’ उनले भारतसँगको सम्बन्ध सहज बनाउन राजनीतिक क्षेत्रले चाहिरहेको बताए। ‘तर त्यसमा भारत सकारात्मक छैन। मानवीय संकट परिसकेको छ।

त्यसैले राजनीतिक दल र सरकारले विकल्प खोजेका हुन्,’ उनले भने। चीनसँग सम्झौता गरेपछि त्यहाँबाट पेट्रोलियम पदार्थ र ग्यास ल्याउन बाटो खुल्नेछ। सम्झौतापछि आयल निगम वा निजी कम्पनीले पेट्रोलियम पदार्थ ल्याउन सक्नेछन्। आयल निगमले केही दिनअघि गरेको ग्लोबल टेन्डरमा फर्महरूले चीनबाट ल्याउनसमेत आवेदन हालेका थिए। मन्त्रालय स्रोतका अनुसार साताअघि सुचारु भएको रसुवा–केरुङ नाका सुख्खा पहिरोका कारण बाटो पुन: अवरुद्ध भएकाले आयातमा ढिलाइ भइरहेको छ। ३/४ दिनयता बाटो पुन: अवरुद्ध भएकाले समस्या आएको छ। पहिरो तिब्बतपट्टि भएको र खोल्ने प्रयास भइरहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ। ती अधिकारीका अनुसार चीन सरकारले इन्धन ढुवानी गर्ने टयांकर तयार पार्न मौखिक रूपमा भनिसकेको छ। औपचारिक पत्राचार भने गरेको छैन।

पेट्रोलियम डिलर्स एसोसिएनका अध्यक्ष लिलेन्द्र प्रधानका अनुसार मुलुकमा करिब १४ सय टयांकरबाट इन्धन ढुवानी हुन्छ। उनले चीनबाट एक हजार टन इन्धन ल्याउनु मुलुकको हितका लागि नभएको बताए। ‘उपत्यकामा दैनिक ३ सय ५० किलोलिटर पेट्रोल र साढे ४ सय किलोलिटर डिजेलको माग छ,’ उनले भने, ‘एक हजार टन इन्धन आयात भए पनि करिब ३/४ दिनका लागि मात्रै हो।’ अहिले देखिएको समस्या दीर्घकालीन रूपमा समाधान गर्न चीनसँग वाणिज्य सन्धि गर्नुपर्ने उनको भनाइ छ। भारत सरकारले नेपालको संविधानमा असन्तुष्टि जनाउँदै भारतीय आयल कर्पोरेसन्स (आईओसी) लाई इन्धन कटौती गर्न निर्देशन दिइसकेको छ। सोही निर्देशनअनुसार आईओसीले पनि इन्धन लोडिङमा कटौती गर्दै आएको छ। त्यही कारण उपभोक्ताको जीविका कष्टकर बन्दै गएको छ।

‘समस्या बढेपछि सरकारले विकल्प खोजी गरेको हो। भारतलाई पूरै बेवास्ता गरेर चीनबाट ल्याउने भनिएको होइन,’ राजदूत मास्केले भने, ‘चीनको ढोका खोल्न आवश्यक थियो। त्यो प्रक्रिया अघि बढ्यो।’ नेपाली टोलीको भ्रमणमा चीनबाट ल्याउने इन्धनको मूल्य कति हुने, कहाँसम्म चीनले ल्याइदिने, नेपालले मासिक कति खरिद गर्ने लगायतको विषयमा छलफल हुनेछ। भारतले अघोषित रूपमा गर्दै आएको नाकाबन्दीका कारण त्यहाँ पुगेका टयांकरको १० प्रतिशतलाई मात्रै दिने नीति लागू गरेको छ। नेपाल आयल निगम स्रोतका अनुसार आईओसीले लोडिङ बढाउँदा भन्सार चेकजाँचमा कडाइ गर्छ।   कम लोड दिएको बेला भन्सार चेकजाँचमा खुकुलो गर्छ। आयात कम भएपछि मुलुकभर पेट्रोलियमको हाहाकार भएको छ। तेल नहँ‘दा सवारी साधन कम चलेका छन्। उद्योग कलकारखानासमेत बन्द भएका छन्। राजदूत मास्केले चीनबाट इन्धन ल्याउँदा जाडोमा केही असहज हुने भए पनि अन्य समयमा गाह्रो नपर्ने बताएका छन्।

नेपाल संघाई कोअपरेसनको डाइलग पार्टनर भएकाले ताजाकिस्तान तथा अन्य मुलुकबाट समेत चीनको माध्यमबाट इन्धन ल्याउन सकिन्छ। चीनले आफैं पनि आवश्यक मात्रामा इन्धन उपलब्ध गराउन सक्छ। राजदूत मास्केले सकेसम्म अहिलेकै मूल्यमा चीनबाट ल्याउने पहल भइरहेको जनाए। ‘चीन पनि भारतसँग नेपालको सम्बन्ध सुमधुर रहेको हेर्न चाहन्छ,’ उनले भने, ‘तर समस्या पर्दा जस्तोसुकै सहयोग गर्न तयार छ ।’साभार कान्तिपुर

]]>
5064 0 0 0
तीस जुवाडे पक्राउ, खालबाट करिब डेढ लाख बरामद http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%b8-%e0%a4%9c%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%a1%e0%a5%87-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%89-%e0%a4%96%e0%a4%be%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%9f/ Sun, 25 Oct 2015 05:23:31 +0000 http://www.ghumphir.com.np/?p=5067

रत्ननगर (चितवन), ८ कात्तिक ।

जिल्ला प्रहरी कार्यालय चितवनले यो दसैँमा तास र जुवा खेल्ने ३० जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले दिएको जानकारीअनुसार दसैँका बेला प्रहरीले विभिन्न क्षेत्रमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । तास र जुवा खेलिरहेको अवस्थामा रङ्गेहात उनीहरुलाई पक्राउ गरी जुवा ऐनअनुसार कारबाही थालिएको कुँवरले आज जानकारी दिनुभयो । उहाँले जुवा तासविरुद्धको अभियानबारे जानकारी दिँदै आगामी दिनमा समेत यसको नियन्त्रणका लागि प्रहरी परिचालन गर्ने बताउनुभयो । खालबाटै एक स्थानबाट रु ९२ हजार र अर्काे दुई स्थानबाट करिब रु २३÷२३ हजार गरी झन्डै डेढ लाख रकमसमेत बरामद गरेको उहाँको भनाइ छ । कात्तिक ६ गते राति पूर्वी चितवनको कुमरोजस्थित एक होटलमा तास र कौडा खेलिरहेका १४ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट रु ९२ हजार नगदसमेत बरामद गरिएको हो । यस्तै गएको शुक्रबार प्रहरीले रत्ननगर– ९ स्थित कुखुरा फार्मको दाना राख्ने स्थानमा तास खेलिरहेका आठजनालाई पक्राउ गरेको छ । एकजना नेपाली सेनाका जवानसमेत रहेकाले उनलाई कारबाहीका लागि सेनालाई बुझाइएको प्रहरीले जनाएको छ । जिल्लामा चोरीका घटना भने न्यून भएको प्रहरीले जनाएको छ ।

]]>
5067 0 0 0
चीनबाट अनुदानमा प्राप्त इन्धन ल्याउने अन्तिम तयारी: मन्त्री पुन http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%a4/ Sun, 25 Oct 2015 13:14:09 +0000 http://www.ghumphir.com.np/?p=5069

काठमाडौँ, ८ कात्तिक ।

वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले चीनबाट अनुदान प्राप्त इन्धन ल्याउने आवश्यक तयारी भइरहेको बताउनुभएको छ । आफ्नै मन्त्रालयमा आज नेपाल आयल निगमका पदाधिकारीसँगको बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले एक–दुई दिनभित्रै इन्धन प्राप्त गर्नका निम्ति सबै तयारी भइरहेको जानकारी दिनुभयो ।

ganeshman-pun“अनुदानमा प्राप्त इन्धनलाई कसरी ढुवानी गरी राजधानी ल्याउने भन्नेबारे विस्तृत कागजात बनाएर यो बैठक बसिरहेका छौँ । यसमा राष्ट्रिय खपतको निश्चित प्रतिशत उहाँहरुसँग व्यापारिक तहमा खरीद गर्न कुराकानी गर्नका निम्ति हामीले एउटा टोली छिट्टै त्यता पठाउने प्रक्रियामा छौँ । त्यो अहिले तत्कालको समस्या समाधानका निम्ति सहायक हुन्छ र दीर्घकालीन रुपमा कसरी तयारी गर्ने भन्नेबारे पनि छलफल गरिरहेका छौँ,” उहाँले भन्नुभयो । मन्त्री पुनले आपूर्ति व्यवस्थालाई सहज बनाउन विभिन्न चरणका कूटनीतिक प्रयास भइरहेको जानकारी दिँदै हालै परराष्ट्रमन्त्रीको भारत भ्रमणका बेला भएको प्रतिबद्धताअनुरुप अवरुद्ध नाकाबाट रुट परिवर्तन गरेर ल्याउनेबारे पनि तयारी भइरहेको जानकारी दिनुभयो । नेपाल आयल निगम र भारतीय आयल निगमबीच छलफल अघि बढाउन पनि निगमका पदाधिकारीलाई आग्रह गरिएको जानकारी दिँदै मन्त्री पुनले अहिलेको आवश्यकताअनुरुप जुनसुकै तरिकाले जहाँसुकैबाट, जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि छिमेकी देश वा अन्य देशबाट इन्धन ल्याउनेबारे परामर्श भइरहेको पनि बताउनुभयो ।

]]>
5069 0 0 0
बेवारिसे बम भेटियो http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a5%87-%e0%a4%ac%e0%a4%ae-%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a4%bf%e0%a4%af%e0%a5%8b/ Sun, 25 Oct 2015 13:17:24 +0000 http://www.ghumphir.com.np/?p=5072

कञ्चनपुर, ८ कात्तिक ।

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–५ खजुवामा आज खेतमा बेवारिसे अवस्थामा बम फेला परेको छ । स्थानीय किसान दीपक भट्टको खेतमा बम फेला परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । धान काटेको खेतमा फेला परेको बम द्वन्द्वकालमा छाडिएको हुन सक्ने प्रहरी निरीक्षक ज्ञानबहादुर सेठीले बताउनुभयो । बम निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको उहाँले बताउनुभयो ।

]]>
5072 0 0 0
बस चढेपछि एक हजार भाडा ! http://localhost/ghum/%e0%a4%ac%e0%a4%b8-%e0%a4%9a%e0%a4%a2%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%8f%e0%a4%95-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%ad%e0%a4%be%e0%a4%a1%e0%a4%be/ Sun, 25 Oct 2015 13:25:56 +0000 http://www.ghumphir.com.np/?p=5074

गोरखा, ८ कात्तिक ।

पेट्रोलियम पदार्थको अभावले गर्दा दसैँ मानेर गन्तब्यमा फर्केका गोरखाका यात्रु समस्यामा परेका छन् । अहिले यहाँका ३२ ओटा ग्रामीण मार्गमा १० ओटा मात्रै सवारी चलेका छन् । यात्रुहरुले बस, जीप, ट्र्याक्टर, माइक्रोमा चर्को भाडा तिरेर गन्तब्यमा जानुपरेको गुनासो गरेका छन् । गोरखा बसपार्कबाट काठमाडौँका लागि छुटेका यात्रुबाहक गाडीले प्रतियात्रु रु एक हजार भाडा उठाएका छन् । “छतमा चढेर यात्रा गर्दा पनि सिटमा बसेकै भाडा लिन्छन्,” मसेलका विशाल गुरुङ्गले भन्नुभयो – “एउटै गाडीमा १८० जनाभन्दा बढी यात्रु कोचिएका हुन्छन् । प्रत्येक यात्रुसँग रु एक हजारका दरले भाडा उठाउँछन् ।” भच्चेक बजार, बालुवा बजार, बारपाक, भालुस्वाँरा, हर्मी, चोरकाटे, छोप्राक, पालुङटार, आँपपीपललगायत ठाउँका यात्रुहरु गाडीमा कोचिएर यात्रा गर्न बाध्य छन् । साविकको भाडाभन्दा दोब्बर, तेब्बर भाडा उठाएर यातायात व्यवसायीले ग्रामीण रुटमा बस चलाएका छन् । दैनिक २० भन्दा बढी सवारी यात्रु बोकेर काठमाडौँ गएपनि इन्धन अभाव भएपछि दैनिक छ ओटामात्रै सवारी चल्दै आएको छ । चितवनको ठोरीबाट महङ्गो मूल्य तिरेर ल्याएको तेल बसमा राखेर यातायात व्यवसायी समिति गोरखा र पृथ्वी राजमार्ग बस सञ्चालक समितिका व्यवसायीले बस, माइक्रो, ट्रक चलाएका छन् । रातो प्लेटका मालबाहक जीपले पनि नियम विपरीत यात्रु बोकेका छन् । गोरखास्थित कलश आयल स्टोर्सबाट भने रुटमा छुटेका बसलाई मात्रै इन्धन उपलब्ध गराएको छ । स्थानीय प्रशासनले यात्रु लिएर काठमाडौँ गएका सवारीलाई ३० लिटरका दरले इन्धन उपलब्ध गराएको हो । इन्धन नपाएर अधिकांश सवारीसाधन बसपार्क ग्यारेजमा थन्किएको व्यवसायीले जनाएका छन् । गोरखा–काठमाडौँको भाडा माइक्रोमा रु ३९० हो । तर, पेट्रोलियम पदार्थको अभाव भएको मौका छोपेर व्यवसायीले रु एक हजार भाडा उठाएका हुन् । त्यस्तै मिनीबसको भाडा रु ३५० भएपनि अहिले व्यवसायीले प्रतियात्रु रु सात सय भाडा लिँदै आएका छन् । बसमा कोचिएर यात्रा गर्दा यात्रुहरु बेहोससमेत हुने गरेका छन् । एउटै गाडीमा छ जनासम्म बेहोस हुने गरेको यात्रुहरु गुनासो गर्छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले बसको छतमा बसेर जोखिमपूर्ण रुपमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कच्ची सडकमा छत चढेर यात्रा गर्दा दुर्घटना हुने भएकाले छतमा यात्रु नचढाउन व्यवसायी, यातायात मजदुर र यात्रुलाई प्रहरीले आग्रह गरेको छ । तर, व्यवसायीले छतमा राखेर यात्रुलाई गन्तब्यमा पु¥याइआएका छन् । मझुवा देउराली, बाह्रकिलोलगायत मुख्य चोकमा प्रहरी, ट्राफिक प्रहरीले छतमा बसेका यात्रुलाई ओराले पनि प्रहरी बिट कटेपछि यात्रुहरु छतमा चढेर यात्रा गर्दै आएका छन् । यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष नारायण खत्रीले छतमा जोखिमसाथ यात्रा नगर्न यात्रुलाई आग्रह गरिएको बताउनुभयो । “छतमा चढेर यात्रा नगर्नुहोला,” उहाँले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको जोहो गरेर सकेसम्म यात्रुलाई सुरक्षितसाथ गन्तब्यमा पु¥याउने हाम्रो तयारी छ ।’

]]>
5074 0 0 0
नेसं ११३६ न्हूदँ समारोह समिति गठन http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%b8%e0%a4%82-%e0%a5%a7%e0%a5%a7%e0%a5%a9%e0%a5%ac-%e0%a4%a8%e0%a5%8d%e0%a4%b9%e0%a5%82%e0%a4%a6%e0%a4%81-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%b9-%e0%a4%b8/ Sun, 25 Oct 2015 13:30:02 +0000 http://www.ghumphir.com.np/?p=5076

काठमाडौँ, ८ कात्तिक ।

राष्ट्रिय संवत् नेपाल संवत् ११३६ मनाउनका लागि ‘नेसं ११३६ न्हूँद’ समारोह समिति गठन गरिएको छ । समितिका सदस्यका रुपमा काठमाडौँमा रहेका विभिन्न सक्रिय ३८ सङ्घसंस्थाका प्रतिनिधि छन् । ती सदस्यको बैठकले ११३६ न्हूदँ समारोह समितिको अध्यक्ष छनोट हुने समारोह समिति गठन कार्यक्रम व्यवस्थापन समितिका सदस्य सुजीव वज्राचार्यले जानकारी दिनुभयो । नेसं ११३५ न्हूदँ समारोह समितिका अध्यक्ष डा त्रिरत्न मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा व्यवस्थापन समितिका सदस्य राजेश शाक्यले पहिले पहिलेको प्रक्रियाअनुसार नै न्हूदँ समारोह समिति गठन गरिने जानकारी दिनुभयो । कार्यक्रममा ११३५ न्हूदँ समारोह समितिको आर्थिक कारोबारको विषयमा समितिका कोषाध्यक्ष अमृत ताम्राकारले प्रस्तुत गर्नुभयो । काठमाडौँका व्यापारी शङ््खधर साख्वाले भक्तपुरका राजा आनन्ददेवका पालामा विसं ९३६मा भचाखुसी र विष्णुमतीको दोभान लखुतीर्थबाट शुभमुहूर्तमा भरियाहरुबाट ल्याइएको बालुवा आफूले हात पारी सुनमा परिणत भएपछि जनताका ऋणमुक्त गर्नाका साथै राजा राघवदेवको स्वीकृतिमा नेपाल संवत् चलाएको वंशावलीहरुमा उल्लेख छ । उनै साख्वा विसं २०५६ मङ्सिर २ गते चौधौँ राष्ट्रिय विभूति घोषित भए भने उनले चलाएको विश्वास गरिएको नेसंले विसं २०६५ कात्तिक ७ मा राष्ट्रिय मान्यता पायो ।

]]>
5076 0 0 0
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पूर्णिमा मेला १५ वर्ष पछि सुरु http://localhost/ghum/%e0%a5%a7%e0%a5%ab-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a1%e0%a4%be%e0%a4%81%e0%a4%a1/ Sun, 25 Oct 2015 13:51:16 +0000 http://www.ghumphir.com.np/?p=5078

परासी, ८ कात्तिक ।

नवलपरासीमा १५ वर्षदेखि रोकिएको डाँडाजोर महोत्सव तथा पूर्णिमा मेला सुरु भएको छ । नवलपरासीको दुम्कीबास गाविसको डाँडाजोरमा कोजाग्रत पूर्णिमाको अवसर पारी आजदेखि मेला सुरु भएको हो । मेला दुई दिनसम्म चल्नेछ । विगत १५ वर्ष रोकिएको मेला यस क्षेत्रका स्थानीयबासीको सक्रियतामा पुनः सञ्चालनमा ल्याइएको हो ।मेलामा लोपोन्मुख कला, संस्कृतिको प्रदर्शन गरिएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विनयी ढिकमा रहेको मणि खम्बादेबी मन्दिरको पारिपट्टि मेला आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो । मेलामा लोप हुन लागेका मारुनी नाच, सराये नाच, जिल्लास्तरीय खुल्ला भलिबल प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ । मेलामा विशेषगरी विविध सांस्कृतिक कार्यक्रम एवम् मेला अवधिभर स्थानीय खानाका परिकारको स्टलसमेत विशेष आकर्षक रुपमा मिलाइएका छन् ।

]]>
5078 0 0 0
इन्धन पोखेर आगजनी http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a5%87%e0%a4%b0-%e0%a4%86%e0%a4%97%e0%a4%9c%e0%a4%a8%e0%a5%80/ Sun, 25 Oct 2015 14:04:04 +0000 http://www.ghumphir.com.np/?p=5082

सप्तरी, ८ कात्तिक ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्र्तगत भारदहस्थित सडक खण्डमा गुडिरहेको एम्बुलेन्स र मोटरसाइकलबाट एक सय लिभन्दा बढी पेट्रोलियम पदार्थ झिकेर सडकमै आगो लगाएका छन् । मोर्चाका कार्यकर्ताले विराटनगरबाट काठमाडौँतर्फ बिरामी लिएर जाँदै गरेको नं खुल्न नसकेको एम्बुलेन्समा राखिएको पेट्रोल र डिजल झिकेर सडकमै पोखी आगो लगाएको स्थानीयवासी अशोक माझीले बताउनुभयो । यस्तै मोर्चाका कार्यकर्ताले सप्तरीकै पोर्ताहा र कोसी ब्यारेजमा पनि भारतको भीमनगरबाट मोटरसाइकलमा ल्याइँदै गरेको डिजल र पेट्रोल झिकेर सडकमा पोखेको बताइएको छ । राजविराजलगायत अधिकांश ठाउँमा कार्यकर्ताले बजार, पसल शिक्षण संस्था, उद्योग, कलकारखाना, यातायात ठप्प पारेका छन् ।

]]>
5082 0 0 0
फुटबल खेल्न डेभिड बेकह्याम नेपाल आउने http://localhost/ghum/%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%ac%e0%a4%b2-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a4%a1%e0%a5%87%e0%a4%ad%e0%a4%bf%e0%a4%a1-%e0%a4%ac%e0%a5%87%e0%a4%95%e0%a4%b9%e0%a5%8d%e0%a4%af/ Sun, 25 Oct 2015 14:46:27 +0000 http://www.ghumphir.com.np/?p=5084 ८ कात्तिक, काठमाडाैं ।
विश्वचर्चित बेलायती फुटबल खेलाडी डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन् । व्यावसायिक फुटबलबाट सन्यास लिएको झण्डै दुइ वर्षपछि उनी सातदिने फुटबल अभियानका क्रममा नेपाल आउने भएका हुन् ।

बेलायतबाट प्रकाशित सण्डे टाइम्सले जनाएअनुसार बेकह्याम सात दिनमा सातवटा महादेशका बेग्लाबेग्लै देशमा फुटबल खेल्ने तयारीमा छन् । जसमा एउटा मुलुक नेपाल पनि हो ।

david-beckhams

बेकह्यामले नेपालसहित पपुवान्यूगिनी, ब्युनस आयर्स, जिबुटी, मायामी र अन्टार्क्टिकामा फुटबल खेल्नेछन् । अन्तिम खेल बेलायतको ओल्ड ट्राफोर्डमा खेल्नेछन् । यो म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान हो जहाँ उनले ११ बर्षसम्म व्यावसायिक फुटबल खेलेका थिए ।

युनिसेफका सदभावदूतसमेत रहेका बेकह्यामले सात दिनमा सातवटा महादेशमा फुटबल खेलेर युनिसेफका लागि रकम जुटाउन लागेका हुन् । उनले अघिल्लो बर्ष घोषणा गरेको आफ्नै परोपकारी संस्थाको नामसमेत सेभेन हो ।

बेकह्यामसँगै एउटा चलचित्रकर्मीहरुको समूह पनि हुने छ, जसले बीबीसी विश्वसेवा  र बीबीसी १ का लागि झण्डै ९० मिनेट लामो वृत्तचित्र तयार गर्ने छ ।

‘मैले खेलकुदको, खासगरि फुटबलले मानिसको जीवनमा परिवर्तनकारी असर पारेको देखेको छु’ बेकह्यामले भने- ‘यो महायात्राले मलाई यो खेलेको सकारात्मक पक्षको प्रर्दशन गर्ने अवसर दिने छ ।’

बेकह्यामको यात्रा कहिले सुरु हुने र नेपालमा कहिले खेल हुने भन्ने स्पष्ट पारिएको छैन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले यसबारेमा संघलाई केही जानकारी नभएको बताए ।

]]>
5084 0 0 0
चीनले अनुदान दिएको तेल अहिलेकै मूल्यमा बिक्री हुने http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%85%e0%a4%b9/ Sun, 25 Oct 2015 14:55:18 +0000 http://www.ghumphir.com.np/?p=5087 कार्तिक ८,काठमाडाैं ।

 सरकारले चीनबाट पेट्रोल मात्रै ल्याउने भएको छ । चीनले अनुदानस्वरुप एक हजार मेट्रिक टन (दश लाख लिटर) इन्धन दिने बताएपछि सोही परिमाणमा पेट्रोल मात्रै ल्याउने तयारी गरेको हो । ‘चीनले अनुदानमा दिन लागेकोमा पेट्रोल मात्रै ल्याउने छौ,’ नेपाल आयल निगमका प्रबक्ता दीपक बरालले भने, ‘इन्धन ल्याउने बिषयमा वार्ताको लागि बाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, निगमको प्रतिनिधी एक/दुई दिनमै चिन जानेछ ।’ अनुदानका इन्धन यही साताभित्र नेपाल भित्रिने छ ।

यही साताभित्र दीर्घकालीन विकल्पका लागि समेत चीनसँग सम्झौता गर्ने तयारी सरकारले गरेको छ । त्यसपछि चीनबाट औपचारिकरुपमा तेल ल्याउने बाटो खुला हुनेछ भने भारतीय आयल कर्पोरेसन (आइओसी) को एकाधिकार पनि तोडिने छ । ‘पहिलो चरणमा अनुदानको तेल ल्याउने छौ,’ बरालले भने, ‘त्यसपश्चात नेपालमा खपत हुनेमध्ये केही प्रतिशत इन्धन चीनबाट ल्याउने तयारी छ ।’ सवारी साधनको बृद्धिसँगै मुलुकभित्र इन्धनको माग वर्षेनी १० देखि १२ प्रतिशतले बढ्दै गएको छ । भारतबाट मात्रै आयात हँुदा सामान्य अवस्थामा पनि अभाव हुने गरेको छ । बेला बखतमा हुने अभावलाई हटाउन चीनबाट आयात अत्यावश्यक भएको निगमको ठहर छ । ‘इन्धनको माग वर्षेनी बढ्दै गएपनि भारतबाट मात्रै आयात हँुदा माग पूर्ति हुन सकेको छैन,’ प्रबक्ता बरालले भने ।

तेल आपूर्तिका लागि निगम र चीनको सरकारी स्वामित्वको चाइना नेसनल पेट्रोलियम कर्पोरेसनबीच सम्झौता हुने जनाइएको छ । सम्झैताका लागि परराष्ट मन्त्रालय, बाणिज्य तथा आपूर्ति मन्त्रालय, आयल निगम सहितका टोली सोमबार चिन जाने तयारी छ । यूरो–४ मापदण्डको पेट्रोल निगमका अनुसार चीनले यूरो–४ मापदण्डको पेट्रोल दिने छ । निगम आइओसीबाट युरो–३ मापदण्डको पेट्रोल आयात गरिरहेको छ । ‘युरो–४ अहिले प्रयोग गरिरहेको इन्धन भन्दा राम्रो  गुणस्तरको हो,’ बरालले भने । युरो–४ तेलले गाडीले बढी माइलेज दिने र सवारी साधनको आयूसमेत बढाउँछ ।

केरुङ नाकाबाट इन्धन चीनले दिन लागेको अनुदानको पेट्रोल केरुङ नाकाबाट पठाउने भएको छ । चीनले केरुङको आफ्नो डिपोमा खन्याउँने र त्यसपश्चात ट्यांकर मार्फत पेट्रोल नेपाल ल्याइने निगमले जनाएको छ । चीनले इन्धन ढुवानी गर्ने ट्यांकर तयार पार्न मौखिकरुपमा भनिसकेको छ । बरालका अनुसार चीनले अनुदानको इन्धन २५ नोभेम्बरसम्ममा लगिसक्न भनेको छ । ती इन्धन ५/६ ट्रिपमा उठ्ने  निगमले जनाएको छ । निगमका अनुसार केरुङबाट इन्धन आयात गर्न १२ किलो लिटरसम्म बोक्ने ट्याङकर चाहिन्छ । अहिले भारतबाट १२ देखि २० किलो लिटरसम्म बोक्न ट्याङ्करले ढुवानी गर्दे आएका छन ।

‘इन्धन आयात गर्नका लागि  ट्याङकरहरुले विभिन्न प्रक्रिया पुरा गर्नुपर्छ । व्यवसायीलाई  पनि सोही अनुसार ट्याङ्करको कागजातहरु तयार पार्न भनेको छौ,’  प्रबक्ता बरालले भने । मुलुकमा करिब १४ सय टयांकरबाट इन्धन ढुवानी हुन्छ । उपत्यकामा दैनिक ३ सय ५० किलोलिटर पेट्रोल र साढे ४ सय किलोलिटर डिजेलको माग छ । अनुदानस्वरुप आयात हुने पेट्रोल करिब ३/४ दिनको लागि मात्र्रै हुने निगमले जनाएको छ । ‘अहिले अवस्था सहज बनाउन २५ देखि ३० लाख लिटर आवश्यक छ,’ बरालले भने । अनुदानको तेल प्रतिलिटर १ सय ४ रुपैयाँमा बिक्री गरिने निगमले जनाएको छ ।

]]>
5087 0 0 0
पेट्रोल दिनेक्रममा आगलागी हुँदा दुई घाइते http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%97/ Sun, 25 Oct 2015 15:39:31 +0000 http://www.ghumphir.com.np/?p=5089

लुम्बिनी (रुपन्देही), ८ कात्तिक ।

पेट्रोल खन्याएर साथीलाई दिने क्रममा आगलागी हँुदा भैरहवामा आज दुई जना घाइते भएका छन् । सिद्धार्थनगर–८ बंैक कोलोनी बस्ने ४० वर्षीय सन्जय सिंहले नवलपरासी कावासोती–८ थकालीचोक बस्ने ४० वर्षीय बलभद्र सुवेदीलाई पेट्रोल दिने क्रममा आगलागी हुँदा दुवै जना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । घटना साँझ ७ बजेतिर भएको प्रहरीले जनाएको छ । एउटा भाँडोमा रहेको पेट्रोललाई अर्को भाँडामा खन्याएर दिने क्रममा छेउमा बलिरहेको दियोबाट आगो लाग्दा दुवै जनाको घुँडामुनिको भाग जलेको रुपन्देहीका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो । घाइते दुवै जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । आगलागीबाट घरको कोठामा रहेका लत्ता कपडा, खाट, लोवेडलगायतका सामान जलेर नष्ट भएको समेत प्रहरीले जनाएको छ ।

]]>
5089 0 0 0
योजना आयोगका उपाध्यक्ष डा पोखरेल र सदस्यको सामूहिक राजीनामा http://localhost/ghum/%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%95%e0%a4%be-%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7-%e0%a4%a1/ Sun, 25 Oct 2015 15:44:17 +0000 http://www.ghumphir.com.np/?p=5091

काठमाडौँ, ८ कात्तिक ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले आज सामूहिक राजीनामा दिनुभएको छ । आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र स्वर्णिम वाग्ले, भारतेन्दु मिश्र, यज्ञबहादुर कार्की, डा गोविन्द नेपाल, चन्द्रमणि अधिकारी, प्रेम दंगाल र विमला राईलगायत सबै सदस्यहरूले आज प्रधानमन्त्री कार्यालयमा राजीनामा पेस गरेको सदस्य डा गोविन्द नेपालले जानकारी दिनुभयो । नयाँ सरकार गठन भइसकेको अवस्थामा नयाँ सरकारलाई काम गर्न सहज बनाउनका लागि आयोगको बैठक बसेर निर्णय गरी राजीनामा दिएको उहाँको भनाइ छ । आयोगले सरकारलाई आर्थिक नीति तथा कार्यक्रम, योजनालगायतका विषयमा सुझाव दिनसक्छ ।

]]>
5091 0 0 0
जडिबुटीको दोकान http://localhost/ghum/%e0%a4%9c%e0%a4%a1%e0%a4%bf%e0%a4%ac%e0%a5%81%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%8b%e0%a4%95%e0%a4%be%e0%a4%a8/ Sun, 25 Oct 2015 16:06:57 +0000 http://www.ghumphir.com.np/?p=5094 5094 0 0 0 रमाउँदै http://localhost/ghum/%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Sun, 25 Oct 2015 16:11:17 +0000 http://www.ghumphir.com.np/?p=5097 5097 0 0 0 पर्यटकको चहलपहल http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%b9%e0%a4%b2%e0%a4%aa%e0%a4%b9%e0%a4%b2-2/ Sun, 25 Oct 2015 16:15:59 +0000 http://www.ghumphir.com.np/?p=5100 5100 0 0 0 चीनले आपूर्ति गर्न लागेको खबरमा भारतीय मिडियाको चासो http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%86%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%95/ Mon, 26 Oct 2015 04:52:16 +0000 http://www.ghumphir.com.np/?p=5107 mainphoto​काठमाडौँ : चीनले नेपाललाई अनुदानस्वरुप १ हजार मेट्रिक टन इन्धन पठाउन लागेको समाचारलाई भारतीय मिडियाले पनि महत्त्वका साथ सम्प्रेषण गरेका छन्। 
इन्डियन एक्सप्रेसले चीनले हजार मेट्रिक टन इन्धन आपूर्ति गर्ने शीर्षकको समाचारमा उच्च स्रोतलाई उल्लेख गर्दै चीन सरकारले केरुङ नाकाबाट इन्धन पठाउने र अर्को साताको सुरुसम्ममा त्यहाँ इन्धन आइपुग्ने लेखेको छ। सरकारमा रहेका उच्च स्रोतहरु उल्लेख गर्दै यो इन्धन चीनले अनुदानस्वरुप पठाउन लागेको पनि पत्रिकाले लेखेको छ। प्रधानमन्त्री केपी ओली र चिनिया राजदूत उ चुन्ताईबीच शुक्रबार भएको भेटमा प्रधानमन्त्रीले इन्धन पठाउन अनुरोध गरेको समाचारमा लेखिएको छ। इन्डियन एक्सप्रेसले रक्सौल बाहेकका अरु नाकाबाट इन्धन र औषधिलगायतका अत्यावश्यक सामानको आपूर्ति भारतबाट भइरहेको उल्लेख गरेको छ। टाइम्स अफ इन्डियाले नेपाल आयल निगमका नायब महाप्रबन्धक सुशीलकुमार भट्टराईसहितको ६ सदस्यीय समूह तिब्बतको सिगात्सेमा पुगी चिनियाँ अधिकारीसँग इन्धन आपूर्तिबारे वार्ता गर्न लागेको उल्लेख गरेको छ। एनडिटीभीले भने यससम्बन्धी समाचारमा चीनले १००० मेट्रिक टन इन्धन पठाउन सक्ने (मे सप्लाई) शब्द प्रयोग गरेको छ। त्यस्तै नवभारत टाइम्सले नेपाल आयल निगमका सूत्रहरुलाई उल्लेख गर्दै चीनले नेपाललाई १ हजार टन इन्धन आपूर्ति गर्ने र पहिलो खेप छिट्टै राजधानी पुग्ने उल्लेख गरेको छ। समाचारमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाललाई उद्‍धृत गर्दै भनिएको छ, 'भारतीय सीमामा नाकाबन्दीका कारण नेपालमा इन्धनको ठूलो समस्या परेकोले' यसो गरिएको हो। उनले सरकारले निजी कम्पनीलाई चीनबाट तेल आयात गर्न अनापत्ति पत्र दिने निर्णय गरिसकेको पनि बताएका छन्। नवभारत टाइम्सले समाचारको अन्त्यमा लेखेको छ, अहिलेसम्म केवल इन्डियन आयल कर्पोरेसनबाट मात्र पेट्रोलियम उत्पादन मगाइने गर्थ्यो। नेपाल सरकारले अब यो एकाधिकारलाई समाप्त गरिदिएको छ। जिन्युजले पनि चीनले नेपाललाई १००० टन इन्धन आपूर्ति गर्ने विचार गरिरहेको शीर्षकमा यही समाचारलाई छापेको छ। चीनबाट इन्धन आयातका लागि अघि बढ्यो नेपाल शीर्षकमा नई दुनियाले चीनले नेपाललाई एक हजार मेट्रिक टन तेल आपूर्ति गर्ने तयारी गरिरहेको र पहिलो खेप केही दिनमा नै काठमाडौँ पुग्ने उल्लेख छ। समाचारमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूतसँग गरेको भेटवार्ताबारे पनि उल्लेख छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहाललाई उद्‍धृत गर्दै समाचारमा चीन सरकारले हालै एक हजार मेट्रिक टन तेल आपूर्ति गर्ने प्रतिवद्धता जनाएको पनि समाचारमा उल्लेख छ। सबभन्दा फरक खबर आइबिएन-७ मा आकाश सोनीको बाइलाइनमा छापिएको छ। भारतविरुद्ध चीनको नयाँ चाल, हिमालयमा बनाउँदैछ नेपालसम्म सुरुङ शीर्षकको यो समाचारको लिडलाइनमा छ- नयाँ दिल्ली। भारतविरुद्ध चीन एउटा नयाँ चक्रव्युह रचिरहेको छ। ऊ दुनियाको सबैभन्दा उच्च पर्वतमाला यानी हिमालयलाई हल्लाउने तयारीमा छ। चीन हिमालयको ठीकमुनि एउटा सुरुङ खन्न गइरहेको छ। करिब १३ अरब डलरको खर्चमा यो सुरुङले चीनको तिब्बतलाई सीधै नेपालको काठमाडौँसम्म जोड्न सक्छ। समाचारको एक अंशमा भनिएको छ- भारतलाई घेर्नका लागि नेपालसँगै उसका अरु छिमेकीलाई साथमा लिन चीन अब्बल रहेको छ। यत्तिमात्र होइन चीनले श्रीलंका, माल्दिभ्सलाई पनि फँसाउन सुरु गरेको छ। त्यसैले सावधान इन्डिया! हिमालय नाघ्ने चीनको यो कोशिशसँग अलर्ट हुनु पर्छ।
]]>
5107 0 0 0
तलेजुको वाहन सेतो घोडाको मृत्युसँगै जात्रा प्रभावित http://localhost/ghum/%e0%a4%a4%e0%a4%b2%e0%a5%87%e0%a4%9c%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a4%a8-%e0%a4%b8%e0%a5%87%e0%a4%a4%e0%a5%8b-%e0%a4%98%e0%a5%8b%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8b/ Mon, 26 Oct 2015 04:54:35 +0000 http://www.ghumphir.com.np/?p=5109

भक्तपुर, ९ कात्तिक ।

तलेजु भवानीको वाहन सेतो घोडाको मृत्यु भएपछि जात्रा प्रभावित हुने भएको छ । चालीस वर्ष उमेरको उक्त घोडा विगत ३६ वर्षदेखि भक्तपुरको तलेजुमा तलेजुको वाहनका रुपमा रहँदै आएको घोडा आइतबार मरेको थियो । नवदुर्गामध्येको प्रमुख देवी मानिने तलेजु भवानीको वाहन सेतो घोडालाई विजयादशमीको राति वर्षमा एक दिन चन्द्रमासको गतिअनुसार तलेजु र नवदुर्गा भवानीसहित खड्ग जात्रा (पायो जात्रा) गरेर नगर परिक्रमा गराउने प्रचलन छ । यसलाई भक्तपुरको घोडेजात्रा पनि भन्ने गरिन्छ । तलेजुका पुजारी नाइके प्रा डा सिद्धिवीर कर्माचार्यले महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो वाहन सेतो घोडामा सिङ्गारिएर तलेजु भवानी खुसियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वासअनुसार यो जात्रा मनाउने गरिन्छ । गत विजयादशमीको दिन खड्ग जात्रा मनाएर फर्कने क्रममा तलेजुको तबेलाको ढोकामा ठोक्किएर घाइते भएको घोडा आइतबार मरेपछि भक्तपुरको घोडेजात्रा र अन्य जात्रा प्रभावित हुने उहाँले बताउनुभयो । धार्मिक र सांस्कृतिक मान्यताअनुसार तलेजुको वाहन घोडाको मृत्यु हुनुलाई अशुभ मानिने कर्माचार्यले बताउनुभयो । घोडा र तलेजुको सुरक्षाका लागि ज्वालादल गणका १७ जना नेपाली सेना परिचालित हुँदै आएका छन् । मरेको घोडालाई वैदिक विधिअनुसार तलेजु मन्दिर परिसरभित्रै आज अत्येष्टि गरिएको छ ।

]]>
5109 0 0 0
यी हुन् विश्वका सय मूल्यवान ब्राण्ड http://localhost/ghum/%e0%a4%af%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%af-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%b5/ Mon, 26 Oct 2015 05:16:24 +0000 http://www.ghumphir.com.np/?p=5111 इन्टरब्राण्ड कम्पनीले सार्वजनिक गरेको यो वर्ष विश्वका सर्वाधिक मूल्यवान ब्राण्डको सूचिमा एप्पल पहिलो स्थानमा कायमै छ भने गुगल दोश्रो स्थानमा यथावत छ । इन्टरब्राण्डको १६ औँ वाषिर्क ग्लोबल ब्राण्ड रिपोर्ट अनुसार एप्पलले आफ्ना ब्राण्ड भ्यालुलाई ४३ प्रतिशतले बढाएर १ खर्ब ७० अर्ब २७ करोड ६० लाख डलर पूराएको छ । दोश्रो स्थानको गुगलले आफ्नो ब्राण्ड मूल्यमा १२ प्रतिशतले वृद्धि गर्दै १ खर्ब २० अर्ब ३१ करोड ४० लाख पूराएको छ । विश्वका सबैभन्दा मूल्यवान ब्राण्डहरुमा अधिकांस प्रविधि कम्पनीहरुले बाजी मारेका भएपनि तेश्रो स्थानमा भने कोकाकोला कम्पनीले आफ्ना ठाउँ सुरक्षित राखेको छ । चौथो स्थानमा माइक्रोसफ्ट छ भने पाँचौ स्थानमा आइबिएम रहेको छ । त्यस्तै पहिलोपटक टप टेनमा छिर्न सफल अमेजन दशौँ स्थानमा रहेको छ । इन्टरब्राण्डको रिपोर्ट अनुसार विश्वका मूल्यवान ब्राण्डको सूचिमा सामसुंग सातौँ स्थानमा रहेको छ । टपटेनमा पर्न सफल अन्य ब्राण्डहरुमा टोयोटा, जनरल इलेक्ट्रिक र म्याक डोनाल्ड रहेका छन् । ब्राण्ड भ्यालुमा निकै तिब्र रुपमा उकालो चढिरहेको फेसबुक २३ औँ स्थानमा आइपुगेको रिपोर्टले देखाएको छ । यो वर्ष विश्वका सर्वाधिक मूल्यवान १ सय ब्राण्डको सूचिमा प्रविधिका ब्राण्डको प्रभुत्व देखिएको छ । इन्टरब्राण्डका अनुसार टेक्नोलोजी ब्राण्डले एक तिहाइ भन्दा बढि अर्थात् ३३.६ प्रतिशत हिस्सा ओगटेका छन् । यो वर्ष दुइवटा चिनिया उत्पादनहरु विश्वका सर्वोत्कृष्ट १ सय ब्राण्डभित्र परेका छन् । त्यसमा लेनोभो र हुवावे रहेका छन् । लेनोभो १ सयौँ स्थानमा छ भने हुवावे ८८ औँ स्थानमा रहेको छ । ब्राण्डेड प्रडक्ट तथा सेवाको वित्तिय अवस्था, उपभोक्ताको छनोटमा ब्राण्डले खेल्ने भूमिका तथा मूल्य र कम्पनीको मुनाफा लगायतका तत्वहरुको आधारमा इन्टरब्राण्डले विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको सूचि निकाल्ने गर्दछ । उता कुनैबेलाको नम्बर वान मोबाइल ब्राण्ड नोकिया भने उत्कृष्ट एक सय ब्राण्डको सूचिबाट समेत बाहिरिएको छ । मूल्यवान सयको सूचिबाट निन्टेन्डो पनि बाहिरिएको छ । मूल्यवान सय भित्र प्यानासोनिक ६५ औँ, सोनी ५८ औँ, फिलिप्स ४७ औँ, क्यानोन ४० औँ, इ बे ३२ औँ तथा एचपी १८ औँ स्थानमा रहेका छन् । प्रविधि कम्पनीहरुमै ओरेकल १६ औँ, सिस्को पन्ध्रौँ, इन्टेल १४ औँ स्थानमा रहेका छन् । सूचि अनुसार स्प्राइट ८१ औँ स्थानमा, केएफसी ७५ औँ स्थानमा तथा नेस्क्याफे ३६ औँ तथा पेप्सी २४ औँ स्थानमा छन् ।]]> 5111 0 0 0 सेनाद्वारा बम निष्क्रिय http://localhost/ghum/%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%ac%e0%a4%ae-%e0%a4%a8%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af/ Mon, 26 Oct 2015 05:19:44 +0000 http://www.ghumphir.com.np/?p=5122

भीमदत्तनगर, ९ कात्तिक ।

कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–५ वन समितिमा भेटिएको प्यारा बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । आइतबार दिउँसो वन समितिका स्थानीयवासी दीपक भट्टको खेतमा भेटिएको बम यहाँस्थित नेपाली सेनाको श्री २५ बाहिनी र हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले राति निष्क्रिय पारेको हो । हनुमानध्वज गुल्मका गुल्मपति सेनानी विष्णु थापाले सेनाले उक्त बेवारिसे अवस्थामा रहेको बम निष्क्रिय पारेको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय झलारीले बम द्वन्द्वकालमा छाडिएको हुन सक्ने आशङ्का गरेको छ ।

]]>
5122 0 0 0
कार्यथलो फर्कनका लागी सवारी साधन नहुँदा निकै सास्ती (फोटो-फिचर ) http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%a5%e0%a4%b2%e0%a5%8b-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80-%e0%a4%b8%e0%a4%b5/ Mon, 26 Oct 2015 05:27:52 +0000 http://www.ghumphir.com.np/?p=5124 दसैं मनाउन घर गएकाहरु धमाधम आफ्नो कार्यथलो तर्फ फर्कन थालेका छन् । पेट्रोलियम पदार्थको असहज परिस्थितिका कारण सर्वसाधारणहरुले निकै सास्ती झेल्नु परेको छ । दसैं मनाउन घर गएकाहरु कार्यथलो फर्कनका लागी सवारी साधन नहुँदा निकै सास्ती बेर्होनु परेको छ । सवारी साधनको छतमा तथा एउटा मोटरसाईकलमा चार जना समेत सवार गर्नु परेको छ । हेरौ तस्विरमा दसैं मनाएर काठमाडौ फर्कनेहरु केही तस्विरहरु -

BBTG8196 BBTG8193 BBTG8192 BBTG8190 BBTG8187 BBTG8185

]]>
5124 0 0 0
‘एके ४७’ सहित भारतीय प्रहरी वीरगन्जमा http://localhost/ghum/%e0%a4%8f%e0%a4%95%e0%a5%87-%e0%a5%aa%e0%a5%ad-%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9/ Mon, 26 Oct 2015 05:34:07 +0000 http://www.ghumphir.com.np/?p=5127 भूषण यादव कार्तिक ८,वीरगन्ज-

जारी मधेस आन्दोलनको केन्द्र विन्दु वीरगन्ज–रक्सौल नाका भएर भारतीय प्रहरीका एसपी ५ जना हतियारधारी टोली सहित नेपाल प्रवेश गरेको खुलेको छ । मधेसवादी दलले वीरगन्ज र रक्सौल नाकाबीचको मितेरी पुलमा सवारी साधन आवागमन ठप्प पारेपनि ती प्रहरी साइरन बत्ती भएको भारतीय जीपमा पुल पार गरेर प्रवेश गरेका थिए । गत शुक्रबार साँझ ७ बजे एमपी ओ ३ ए १९१५ नम्बरको गाडीमा भारतीय प्रहरी वीरगन्ज भन्सार हुँदै रजतजयन्ती चोक भएर बाइपास सडक हुँदै अन्तराष्ट्रिय नाकाबाट करिब १५ किलोमिटर भित्र परवानीपुरसम्म पुगेका थिए । त्यहाँ चेकजाँचमा तैनाथ पर्सा प्रहरीले गाडीबाट १ थान एके ४७ र त्यसमा प्रयोग हुने ३० राउण्ड गोली बरामद गरेको विश्वसनीय स्रोतले जनाएको छ । ‘४ जना बर्दीधारी प्रहरी सहित गाडीमा ५ जना थिए,’ स्रोतले भन्यो, ‘सिभिल ड्रेसमा रहेका एक व्यक्तिले आफू एसपी रहेको परिचय खुलाए ।’ गाडीमा मध्य प्रदेश रिवा जिल्ला ‘स्पेशल आर्म फोर्स’ ९ औँ बटालियनका एसपी नरवदा प्रसाद वरकडे सवार थिए । छिमेकी भारतको विहार राज्यको जारी विधानसभा निर्वाचनका लागि मध्यप्रदेशबाट वरकडेको टोलीलाई थप मद्दतका लागि पूवी चम्पारणको बेतियामा खटाइएको भारतीय प्रहरीले जनाएका थिए । हतियार र बर्दी सहित नेपाली भूमिमा प्रवेश निषेध रहेको डयूटीमा खटिएका प्रहरीले बताएपछि भारतीय प्रहरीले अन्जानवस प्रवेश गरेको जवाफ दिएका थिए ।

‘काठमाडौँमा रहेको पशुपतिनाथको दर्शनका लागि हिँडेका हौँ,’ भारतीय प्रहरीलाई उद्धृत गर्दै एक प्रहरीले भने, ‘हामीले वर्दी र हतियार यही राखेर जान भनेपछि आफ्नै देश फर्किने बताए ।’ राति प्रहरीले उनीहरुलाई स्कर्टिङ गरी भन्सार अगाडि रहेको शंकराचार्य गेट कटाएको थियो । दुबै देशका प्रहरी एक अर्काको देशमा प्रवेश गर्दा बोकेको हतियार आफ्नै मुलुकको सीमा प्रहरी चौकीमा बुझाएर जाने परम्परा छ । औपचारिक कार्यक्रम बाहेक बर्दीमा समेत बिना जानकारी अर्को देशमा जान मिल्दैन् । मितेरी पुलमा विगत १ महिनादेखि जारी मधेसी मोर्चाको धर्नाका कारण हलुका सवारी साधन र साइकल बाहेकका सवारी चलेका छैनन् । भारत तथा तेस्रो मुलुकबाट आउने मालवाहक सवारी र इन्धन आपूर्ति ठप्प गर्ने उद्देश्यले आन्दोलनरत पक्ष मुलुकको प्रमुख नाकामा गत असोज ७ गतेदेखि बाँसमा समेना (पाल) टाँगेर धर्नामा बसेका छन् । रक्सौलका व्यापारी महेशकुमार अग्रवालको गोदाम परिसरमा सञ्चालित मेसमा खाना खाएर रातको समयमा त्यही पालमुनि सुत्दै आएका छन् ।  भारतीय प्रहरीको गाडी त्यही पुल भएर नेपाल प्रवेश गरेको हो ।

‘मितेरी पुल भएर रिक्सा समेत पार गर्न गाह्रो छ,’ एक प्रत्यक्षदर्शी भन्छन्, ‘रातको समयमा प्रहरीको जीप आन्दोलनकारीको सहयोग बिना प्रवेश गर्न असम्भव छ । रिक्सा त के एम्बुलेन्स समेत जान पाएका छैनन् ।’ नाम उल्लेख नगर्ने शर्तमा एक प्रदर्शनकारीले बताए अनुसार भारतीय गाडी आउँदा आन्दोलनरत दलका एक प्रभावशाली नेताले समेना टाँगिएको बास हटाएर गाडी प्रवेश गराएका थिए । पुल पारि रहेको रक्सौल कस्टमसम्म भारतीय सीमा सुरक्षाबलका जवानले एसपी वरकडेको टोलीलाई ल्याएको थियो । नेपाल प्रहरीले परवानीपुरबाट फर्काएपछि मितेरी पुलमा सुतिसकेका आन्दोलनकारी उठेर पुन: बाँस हटाएर हात हल्लाउँदै भारतीय प्रहरीलाई बिदाई गरेका थिए । साभार कान्तिपुर

]]>
5127 0 0 0
धनगढी–काठमाडौँ ५ हजार ६५५ मा हवाई सेवा सुरु http://localhost/ghum/%e0%a4%a7%e0%a4%a8%e0%a4%97%e0%a4%a2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a5%ab-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a5%ac%e0%a5%ab/ Mon, 26 Oct 2015 10:21:39 +0000 http://www.ghumphir.com.np/?p=5129

धनगढी, ९ कात्तिक ।

नेपाल वायु सेवा निगमले हप्तामा चार दिन धनगढी–काठमाडौँ हवाई सेवा सुरु गरेको छ । जहाज अभावका कारण धनगढी–काठमाडौँ हवाई सेवा नियमित गर्न नसकिरहेको निगमले केही दिनअघिदेखि आइतबार, मङ्गलबार, बुधबार र शुक्रबार हवाई सेवा सुरु गरेको हो । जहाज नभएकाले धनगढी–काठमाडौँको हवाई सेवा नियमित बनाउन भने कहिलेकाहीँ समस्या हुने गरेको निगमको धनगढीस्थित कार्यालयका प्रमुख कुलप्रसाद ओझाले बताउनुभयो । ‘ट्रङ्क रुट‘ अर्थात् तराई क्षेत्रका विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न ठूलो विमान निगमसँग एउटै मात्र भएकाले धनगढी–काठमाडौँको उडान कहिलेकाहीँ रद्द गर्नुपर्ने अवस्था आउने गरेको बताइएको छ । ‘ट्रङ्क रुट’मा चल्ने निगमको यो एउटै विमानबाट तराई क्षेत्रका विराटनगर, भद्रपुर, भैरहवा, नेपालगन्ज र धनगढीबाट हवाई सेवा उपलब्ध गराउनुपर्ने अवस्था रहेको छ । धनगढी विमानस्थलवाट नेपाल वायुसेवा निगमबाहेक निजी क्षेत्रको बुद्ध एअर र यती एअरलायन्सले हवाई सेवा सञ्चालन गर्दै आएको छ । बुद्ध एअरले दैनिक सेवा उपलब्ध गराइरहेको छ भने यती एअरलायन्सले हप्तामा तीन दिन सेवा उपलब्ध गराउँदै आएको छ । हवाई भाडा दर फरकफरक धनगढी–काठमाडौँको हवाई भाडादर निजी क्षेत्रका विमानको भाडादरको तुलनामा नेपाल वायु सेवाको भाडा दर केही सस्तो रहेको छ । नेपाल वायु सेवाको धनगढी–काठमाडौँको भाडादर प्रतियात्रु रु पाँच हजार ६५५, रु छ हजार २५५ र आठ हजार ४६५ गरी तीन प्रकारको कायम गरिएको छ । अग्रिम टिकट लिनेले सस्तो अर्थात् रु पाँच हजार ६५५ मा उड्न पाउने गरेको बताइएको छ । यता निजी विमानको भाडा दरमा एकरुपता भए पनि दर भने सात प्रकारको निर्धारण गरिएको छ । कसले कति सस्तोमा टिकट दिन सक्छ भन्ने प्रतिस्पर्धा दुई एअरलायन्सबीच हुने गरेकाले सात प्रकारको भाडा दर कायम भएको यती एअरलायन्सका गजेन्द्र शाहीले बताउनुभयो । यी निजी विमानले धनगढी–काठमाडौँको हवाई भाडा दर प्रतियात्रु रु पाँच हजार ७२५ देखि रु ११ हजार ३४० सम्म सात प्रकारको निर्धारण गरेका छन् ।

]]>
5129 0 0 0
बेपत्ता विमानको सूचना दिनेलाई एक लाख पुरस्कार http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%a6%e0%a4%bf/ Mon, 26 Oct 2015 10:46:29 +0000 http://www.ghumphir.com.np/?p=5132

पोखरा, ९ कात्तिक ।

गत असोज २१ गतेदेखि बेपत्ता भएको अल्ट्रालाइट विमानको सूचना दिनेलाई रु एक लाख पुरस्कार दिइने भएको छ । पोखरा नागरिक उड्डयन कार्यालय पोखराले आज एक सूचना प्रकाशित गरी विमान दुर्घटना भएको स्थानको सूचना दिने व्यक्तिलाई पोखरा अल्ट्रालाइट कम्पनीका तर्पmबाट सो पुरस्कार दिइने खोज तथा उद्धार समन्वय उपकेन्द्रका प्रमुख योगेन्द्रनाथ कुँवरले बताउनुभयो । सो दिनको बिहान १०ः३० बजे पोखरा विमानस्थलबाट उडेको केही समयपछि सम्पर्कविहीन भएको सो अल्ट्रालाइन विमानको खोजीमा हेलिकोप्टर, अरू अल्ट्रालाइन विमान र स्थलगत रुपमा प्रहरी परिचालन गरिए पनि दुर्घटनाग्रस्त स्थल पत्ता लगाउन नसकिएको पोखरा नागरिक उड्डयन कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले बताउनुभयो । सो अल्ट्रालाइट विमान रुसी चालक भ्यालोरी बुरटिनले चलाएका थिए भने दक्षिण अफ्रिकाका एलिजावेथ वेल यात्रुका रुपमा दृश्यावलोकनका लागि सवार रहेकी थिइन् ।

]]>
5132 0 0 0
पर्यटक बढ्न थाल्यो http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%a8-%e0%a4%a5%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Mon, 26 Oct 2015 10:52:22 +0000 http://www.ghumphir.com.np/?p=5134

सिबी अधिकारी काठमाडौँ, ९ कात्तिक ।

राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलसहितका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय याम सुरु भएसँगै ठमेल, वसन्तपुर दरबार क्षेत्रलगायतका पर्यटकीय तथा सांस्कृतिक स्थलहरुमा पर्यटकको सङ्ख्या बढेको देखिएको छ । ती क्षेत्रमा खासगरी पश्चिमा मुलुकका पर्यटक बढी मात्रामा देखिएका छन् । आवागमनमा समस्या भएपनि अहिले बेलायत, अमेरिका, जापान तथा चीनबाट पर्यटकहरु नेपाल भ्रमणमा आएका छन् । पर्यटकको चहल पहल बढेसँगै ठमेलको व्यापारमा वृद्धि भएको छ । ठमेलमा विगत २० वर्षदेखि व्यवसाय गर्दै आउनुभएका कृष्णहरि घिमिरेले पर्यटक बढेसँगै व्यापारमा वृद्धि भएको बताउनुभयो । ठमेल क्षेत्रमा यती, एभरेष्ट, ठमेल आउटडोरलगायत पाँचवटा कम्पनी सञ्चालन गरिरहनुभएका घिमिरेले दैनिक डेढ लाख रुपैयाँभन्दा बढीको व्यापार भएको बताउनुभयो । गत वर्ष यही समयमा दैनिक रु चार लाखसम्मका व्यापार गरेको अनुभव सुनाउने उहाँले यो पटक भूकम्प र नाकाबन्दीले पर्यटक कम आएपनि अहिले पर्यटक ओइरिने ‘सिजन’सँगै क्रमिक रुपमा व्यापार बढेको बताउनुभयो । विगत १० वर्षदेखि ट्रेकिङ फलोवर कम्पनीमार्फत पर्यटकका सामान बिक्री गर्दै आउनुभएका केदार तिमल्सिनाले दैनिक दुईसयको हाराहारीमा पर्यटक आउने गरेको र दैनिक ८० हजार रुपैयाँसम्म कमाइ हुने गरेको बताउनुभयो । ठमेलकै अर्का व्यवसायी नवराज न्यौपानेले यो याममा पर्यटक आगमन बाक्लिएसँगै व्यापार पनि राम्रो भएको बताउनुभयो । ठमेलमा अहिले हजारौँको सङ्ख्यामा पर्यटक भित्रिएका छन् । ठमेलका सडक र गल्लीमा पर्यटकको भीडभाड देखिन्छ भने होटल तथा रेस्टुराँ र पसलमा पर्यटकको चहलपहल बढेको छ । ठमेल इको रिसोर्टका प्रवन्ध निर्देशक मोहन लम्सालले भूकम्प गएको पाँच महिनापछि अहिले पर्यटक आगमनमा वृद्धि भएको र होटल पनि भरिभराउ हुन थालेको बताउनुभयो । मकालु एडभेन्चरका सञ्चालकसमेत रहेका लम्सालका अनुसार यो याममा पदयात्रा गर्ने विदेशीहरु बढी मात्रामा आउँछन् । ठमेलका स्पा व्यवसायी भवी शर्माले पनि पर्यटकको आगमन क्रमिक रुपमा बढ्दै गएकामा सन्तोष प्रकट गर्नुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले दैनिक हजारौँको सङ्ख्यामा पर्यटक ठमेल घुम्न आउने गरेको बताउनुभयो । महत्वपूर्ण पर्यटकीय स्थल वसन्तपुर क्षेत्रमा पनि पर्यटकको आगमनमा वृद्धि भएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका सिफ्ट इन्चार्ज सुन्दर प्रजापतिका अनुसार अहिले दैनिक चारसयको हाराहारीमा विदेशी पर्यटक दरबार क्षेत्रमा घुम्न आउने गरेका छन् । संरक्षण कार्यक्रमबाट उपलब्ध गराइएको विवरण अनुसार असोज महिनाभर सार्क मुलुकबाट ४१७ र अन्य मुलुकबाट आठ हजार १४६ पर्यटक भित्रिएका छन् । गत वैशाखमा गएको भूकम्प र त्यसको केही महिनापछि भारतबाट अघोषित नाकाबन्दी भई जनजीवन कष्टकर बनेको भएपनि नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या क्रमिक रुपमा बढेर गएको छ ।

]]>
5134 0 0 0
सभासद् यादवको घरमा बम फेला http://localhost/ghum/%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%b8%e0%a4%a6%e0%a5%8d-%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%98%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%ae-%e0%a4%ab%e0%a5%87%e0%a4%b2/ Mon, 26 Oct 2015 10:55:24 +0000 http://www.ghumphir.com.np/?p=5136

सप्तरी, ९ कात्तिक ।

अज्ञात समूहले सप्तरीका क्षेत्र नं ६ बाट निर्वाचित सभासद् सुरेन्द्र यादवको घरमा सिलिन्डर बम राखेको अवस्थामा फेला परेको छ । राजविराज–५ मलेठस्थित यादवको घरमा आज बिहान सिलिन्डर बम फेला परेको प्रहरीले जनाएको छ । कसले किन बम राखेको खुल्न नसकेको र बमलाई निष्क्रिय पार्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम ढकालले बताउनुभयो । यादव २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सभासद् हुन् ।

]]>
5136 0 0 0
दर्जनौं सवारीसाधनमा तोडफोड http://localhost/ghum/%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a5%8c%e0%a4%82-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a5%8b%e0%a4%a1%e0%a4%ab/ Mon, 26 Oct 2015 11:03:14 +0000 http://www.ghumphir.com.np/?p=5138

सप्तरी, ९ कात्तिक ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको विभिन्न स्थानमा प्रहरीले राति स्कर्टिङ गरी लगिँदै गरेको दर्जनौँ सवारीसाधनमा तोडफोड गरिएको छ । राति प्रहरीले स्कर्टिङ गर्ने क्रममा आन्दोलनरत मधेसी मोर्चाले ढुङ्गामुढा गरी जिल्लाको भारदह, रुपनी, कञ्चनपुर बैर, बरमझियालगायतका स्थानमा दर्जनौँ सवारीसाधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ । सडकको छेउ–छेउमा लुकेर बसेका प्रदर्शनकारीले सवारीसाधनमा ढुङ्गामुढा गरी क्षति पु¥याएको बताइएको छ । सवारीसाधनमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रशासनले राजमार्ग क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरी दिनहँु सवारीसाधनलाई स्कर्टिङ गरी गन्तव्यमा पु¥याउने गरेको प्रहरीले जनाएको छ । सो क्रममा आज मात्रै सप्तरी प्रहरीले पूर्व र पश्चिम गरी ६०० भन्दा बढी सवारीसाधनलाई गन्तव्यमा पु¥याउन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । यसैबीच, सप्तरी मोर्चाले दसैँभरि खुकुलो पारिएको बन्दलाई दसँै सकेपछि पुनः आन्दोलनलाई कडा पारिएको छ । सो गर्ने क्रममा सदरमुकाम राजविराजलगायत जिल्लाको विभिन्न स्थानमा प्रदर्शन गर्दै बजार, पसल यातायात, शिक्षण संस्था, उद्योगधन्दा, कलकारखानालगायत सबै ठप्प गरिएको बताइएको छ ।

]]>
5138 0 0 0
एक पटक पुग्नै पर्ने खानीडाँडा http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%aa%e0%a4%9f%e0%a4%95-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a5%88-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%a1/ Mon, 26 Oct 2015 11:22:21 +0000 http://www.ghumphir.com.np/?p=5140  अविनाश चौधरी

गर्मी सिजनमा शितल । एकै छिनमा बादल, वर्षा र फेरी घाम । यो विशेषता हो कैलालीमा रहेको खानीडाँडाको । ‘चारैतिर मनोरम दृश्य र यहाँको शितलता मात्रै खानीडाँडाको पर्याप्त पहिचान होईन’, होटल व्यवसायी श्याम महरा भन्छन्–‘यो ठाउँ अब तनाव व्यवस्थापन स्थलको रुपमा पनि परिचित हुन थालेको छ ।’ गर्मी याममा कैलालीको सदरमुकाम धनगढीमा खप्नै नसक्ने गर्मी हुने गर्दछ । तर, सदरमुकाम भन्दा ४५ किलोमिटर दूरी अन्तरमा रहेको खानीडाँडा (पहाडी क्षेत्र) को वातावरण भने एकदमै फरक छ । त्यहाँको चिसो मौसम र मनै लोभ्याउने दृश्यले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तानेको छ । कैलाली, कञ्चनपुरदेखि बर्दिया, बाँकेसम्मका आन्तरिक पर्यटकहरु यहाँ रमाउन पुग्ने गर्दछन् । नेपालगञ्जमा अत्यधिक गर्मी भएपछि त्यहाँका ठूला व्यापारी, सरकारी कर्मचारी, युवायुवती पनि खानीडाँडा आउने गरेको स्थानीयबासी बताउँछन् । ‘भारतीय पर्यटकहरुलाई पनि यो ठाउँ बढी मन पर्ने गरेको छ’, किराना पसल व्यापारी कल्पना ठकुन्नाले भनिन्–‘पलिया, लखनऊ, हरियाणा, बरेली लगायतबाट भारतीयहरु घुम्न र गर्मी छल्न यहाँ पुग्ने गरेका छन् ।’ गर्मीमा खानीडाँडा पुगेका पर्यटकहरुको रोजाई लोकल झिनुवा चामलको भात, ठूलीगाडको माछा, लोकल कुखुराको मासु र काफल हुने गरेको बताइएको छ । यीनै परिकार चाख्नकै लागि पनि कतिपय भारतीय पर्यटक खानीडाँडा आउने गरेको स्थानीयहरु बताउँछन् । खानीडाँडा बजारकै नजिक रहेको कम्पासेधुरा डाँडा पर्यटकहरुको अर्को रोजाईको स्थान हो । जुन डाँडाबाट भारतको लखनऊ र बरेली प्रष्टै देखिने गरेको स्थानीय शिवराज जोशीले बताए । ‘कम्पासेधुरा डाँडाबाट भारतको दुई ठूला सहर दुरुष्टै देखिन्छ’, जोशीले भने–‘यहाँ आएका भारतीयहरु त्यो डाँडाबाट आफ्नो सहर हेर्न समेत रुचाउने गरेका छन् ।’ भारतबाट विशेष गरी अफिसर, सरकारी कर्मचारी, परियोजनाका मान्छेहरु बिदा मनाउन खानीडाँडा आउने गरेको होटल व्यवसायीहरुको भनाई छ । खानीडाँडा भन्दा पाँच किलोमिटर माथि रहेको भासु भीड हेर्न समेत भारतीय पर्यटकहरुले मन पराउने गरेको उनीहरुले बताएका छन् । शनिवार घुम्न आउने युवायुवतीहरुको बढ्दो आकर्षण, पिकनिक खाने विद्यार्थीको भीड र बाह्य पर्यटकको ध्यान केन्द्रित भएकाले खानीडाँडा सम्भावनाको खानी रहेको पुष्टि हुन थालेको व्यापारीहरु बताउँछन् । उनीहरुले राज्यको ध्यानाकार्षण र स्थानीयको गतिलो प्रयास हुन सकेमा खानीडाँडा पर्यटन ‘हब’ बन्न सक्ने सुनाउँछन् । तर, पर्यटन विकासको लागि सरकारी तथा अन्य निकायबाट यथेष्ट पहल नभएको उनीहरुको गुनासो छ । ‘स्थानीय स्तरबाट सक्दो पहल भएको छ’, स्थानीयबासी भीमराज सापकोटाले भने–‘तर, सरकारी ध्यान पुगेको छैन । पर्यटन सम्बन्धी सरकारले अहिलेसम्म कुनै पनि गतिविधि गरेको छैन ।’ स्थानीयहरुले सक्दो प्रयास थालेको सुनाउँदै उहाँले राज्यबाट थोरै लगानी र प्रचार प्रसार भएमा खानीडाँडाले ठूलो फड्को मार्ने दाबी गर्नुभयो । कैलालीको सहजपुर गाविसमा पर्ने खानीडाँडा आसपासमा दुई सय १४ घरपरिवारको बसोबास रहेको छ । तरकारी, काफल, दूध लगायतका स्थानीय उत्पादनबाट दैनिक ३३ हजार रुपिया (औसतमा) किसानलाई आम्दानी हुने गरेको स्थानीय व्यापारीहरु बताउँछन् । सुदूरपश्चिमको पहाडी सात जिल्लामा जाने बाटोमै परेकाले खानीडाँडामा आन्तरिक पर्यटकको जुनसुकै बेला भीड रहने गरेको छ । तर, बजारको राम्रो व्यवस्थापन र पर्यटनको गतिलो विकास भने अझै हुन सकेको छैन । सरकारी पहल नभएका कारण सम्भावनाको खानी रहेको खानीडाँडामा पर्यटन व्यवसाय व्यवस्थित र सम्भावना अनुसार फष्टाउन नसकेको स्थानीबासी सापकोटाको भनाई छ । ‘पर्यटन सम्भावन ठूलो छ भनेर हामीले भन्दै आएको धेरै भईसक्यो’, सापकोटाले गुनासो गर्दै अगाडि थपे–‘तर, हाम्रो आवाज सुनि दिने निकायको अझै ध्यान पुग्न सकेको छैन ।’ खानीडाँडाको सम्भाव्यताले त्यहाँको जग्गा समेत अत्यन्त महँगो भएको छ । हिजोआज जग्गाको मूल्य प्रति रोपनी एक करोड १६ लाख रुपियामा खरिद बिक्री भइरहेको सैपाल रिसोर्टका प्रोप्राइटर श्याम महराले जानकारी दिए । उनले ठूला व्यापारी, अफिसर तथा सरकारी कर्मचारीले हिजोआज खानीडाँडालाई तनाव व्यवस्थापन स्थलको रुपमा लिने गरेको सुनाए । ‘ब्यस्तता र भीडले तनावमा परेका मानिसहरु खानीडाँडालाई ‘रिफ्रेस सेन्टर’ को रुपमा लिने गरेका छन्’, महराले भने–‘यहाँको सुन्दर, शान्त वातावरण र चिसो मौसमले उनीहरुलाई तनावबाट मुक्ति दिने गरेको छ ।’ विक्रम सम्वत २०२८ सालमा खानीडाँडामा किराना पसल र साना होटल सञ्चालनमा आएको थियो । बजार स्थापनाको लामो समय भइसक्दासम्म बजारको विकास भने चित्त बुझ्दो अझै हुन नसकेको घुम्न आएकाहरुले प्रतिक्रिया दिने गरेका छन् । बसोबासका लागि दुई होटल र एउटा रिसोर्ट छ । तर, अधिक पर्यटक आएपछि त्यो अपुग हुने स्वयम् स्थानीयबासीले भन्ने गरेका छन् । उनीहरुले सरकारी चासो भएमा होटलमा लगानी बढ्न सक्ने बताउँछन् । अब जमाना इन्टरनेटको रहेको हुँदा खानीडाँडामा इन्टरनेट सुविधा हुन अनिवार्य समेत रहेको उनीहरुको भनाई छ । अहिलेसम्म खानीडाँडामा इन्टरनेटको व्यवस्था हुन सकेको छैन । नेपाल टेलिकमको एडीएसएल इन्टरनेट सेवाका लागि धेरै पहल गर्दा समेत अहिलेसम्म सेवा विस्तार हुन नसकेको सैपाल रिसोर्टका प्रोप्राइटर महरा बताउँछन् ।

1 2.1 3 4 5 6 7 9 10.1 11

]]>
5140 0 0 0
तत्काल चिनबाट तेल ल्याउन असम्भव - ट्यांकर व्यवसायी http://localhost/ghum/%e0%a4%a4%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%b2-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8/ Mon, 26 Oct 2015 11:52:19 +0000 http://www.ghumphir.com.np/?p=5159
प्रकाश ढुं‍गाना
काठमाडौं, कात्तिक ९
तराई मधेस बन्दका कारण २ महिना यता देशमा सहज तरिकाले पेट्रोलियम पदार्थ ढुवानी गर्न नसकिएको ट्यांकर व्यवसायीहरुले बताएका छन्।  तराई मधेस बन्दको साथसाथै भारतले नाकाबन्दी गर्दा समस्या झन् चुलिएको उनीहरुको बुझाई छ।
timthumb
राष्ट्रिय समस्या भएका कारण यो कुटनीटिक तहबाटै समाधान नहुने उनीहरुले बताएका छन्।
पेट्रोलियम ढुवानी महासंघका सल्लाहकार गोर्कण पराजुलीले सरकारले जति मात्रामा समस्या समाधानका लागि पहल गर्नुपर्ने हो त्यति नगरेको आरोप लगाए।  'सरकारले जुन एक्सन लिनुपर्दथ्थो त्यो लिएन, जनता झुक्याउने खेलमा सरकार लागेको छ' उनले भने 'नेताहरु सुरक्षाका साथ ३ देखि ५ वटा गाडीसम्ममा हिड्छन् उनीहरुलाई इन्धन अभाव छैन्, ग्यास पनि उनीहरुकै घरमा चाङका चाङ छन् उनीहरुलाई मतलव छैन् उनले भने 'नपाउने भनेका जनता हुन् ।'
जनताले अझै धैर्य गरिरहेका छन्। तराइ मधेस आन्दोलनका क्रममा आफ्ना चालकहरुले कुटाइ खाएको, मजदुरहरुको सुरक्षा नभएको उनले बताए ।  कति ट्यांकर चालकहरु ज्यान जोगाएर गाडी उतै छाडि आएका छन् उनले भने कति राम्रोसँग खान नपाएर फर्किएका छन् गाडीको किस्ता तिर्न पनि अब व्यवसायीहरुलाई समस्या पर्न थालेको उनले सुनाए।
केरुङबाट तेल आउने समाचार हल्ला मात्र भएको उनले बताए। त्यहाँबाट तत्काल तेल ल्याउन असम्भव रहेको उनले बताए । तेल लिनका लागि ट्यांकरहरु त्यहाँ जाने अवस्था नभएको, वाटो राम्रो नभएको उनले सुनाए । हाल देशभरी १६ सय ट्यांकरले तेल बोक्छन् । वीरगंज बरौनी नाकाबाट  मात्र ७ सयले तेल नेपाल ल्याउँछन्।
]]>
5159 0 0 0
र्‍याफ्टिङ दुर्घटना १ को मृत्यु ७ बेपत्ता http://localhost/ghum/%e0%a4%b0%e0%a5%8d%e2%80%8d%e0%a4%af%e0%a4%be%e0%a4%ab%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%99-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be-%e0%a5%a7-%e0%a4%95%e0%a5%8b/ Mon, 26 Oct 2015 11:55:19 +0000 http://www.ghumphir.com.np/?p=5162 दीपक श्रेष्ठ
बर्दिया, कात्तिक ८
बर्दीया र कैलाली जोड्ने कर्णाली नदीमा र्‍याफ्टीङ दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ यस्तै सात जना हराइरहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ६० वर्षीय बलखीमा पाण्डे रहेको बर्दिया प्रहरीका डिएसपी नेत्रमणि गिरीले सेतोपाटीलाई बताए। बर्दियाको पातावार गाविसस्थित सर्खल भटेरा भन्ने ठाउँमा भएको दुर्घटनामा हराइरहेकाको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ।]]>
5162 0 0 0
चीनले रसुवागढीसम्म पेट्रोलियम पदार्थ ल्याइदिने http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/ Mon, 26 Oct 2015 13:40:44 +0000 http://www.ghumphir.com.np/?p=5165  कार्तिक ९,धुन्चे (रसुवा)

नेपालका लागि चीनले दिने अनुदान पेट्रोलियम पदार्थ बुधबारसम्म रसुवागढी आइपुग्ने भएको छ। रसुवागढीसम्म नै चिनियाँ पक्षले इन्धन ल्याई पेट्रोलियम पदार्थ नेपाली ट्याङ्करमा भरिने बताइएको छ।दैनिक २५ वटा नेपाली ट्याङ्करले रसुवागढीबाट अनुदानको इन्धन बोकी काठमाडौँस्थित केन्द्रीय भण्डारणमा पुर्याकउने वाणिज्य विभागमार्फत जानकारी पाएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए

भूकम्पपछि चिनियाँ भू–भागमा बिग्रिएका सडक मर्मतसम्भार र पुनःनिर्माण गरी केही दिनदेखि सञ्चालनमा ल्याइएको छ।रसुवागढी नाका पूर्णरुपले सञ्चालनमा आउने भएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मले आफ्नो सुरक्षाफौज टिमुरेमा तैनाथ गरी यथेष्ट सुरक्षा व्यवस्था मिलाइसकिएको सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दर्शन गिरीले बताए।

राजस्व सङ्कलनमा पूर्ण रुपले सहयोग गर्दै सीमाको सुरक्षा र सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्ने प्रतिबद्धता उनले व्यक्त गरेयसैबीच, चीनबाट अन्य उपभोग्य सामान आयातका लागि १३ जना व्यापारी र स्थानीयबासिन्दा हिजो अपराह्न अध्यागमनको अनुमतिबाट केरुङतर्फ प्रस्थान गरिसकेका छन्।

]]>
5165 0 0 0
एमाओवादीले राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेका खण्डमा भण्डारीलाई मतदान गर्ने निर्णय http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%93%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%a8%e0%a4%bf/ Mon, 26 Oct 2015 16:25:29 +0000 http://www.ghumphir.com.np/?p=5172
 कार्तिक ९,काठमाडौं
एमाओवादीले राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेका खण्डमा नेकपा(एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई मतदान गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको स्थायी समितिको बैठकले पार्टी उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । ‘‘बहुमतीय प्रक्रियाका आधारमा अगाडि बढ्दा हामीले एमालेको उम्मेदवारलाई मतदान गर्नुपर्छ, हामी त्यसमा प्रतिबद्ध छौँ, बाहिर आएका गलत हल्लाको पछाडि कोही पनि लाग्नु आवश्यक छैन’’ शर्माले भने।
एमाओवादीले उपराष्ट्रपतिमा माओवादी सेनाका पूर्वप्रमुख नन्दबहादुर पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थायी समिति सदस्य समेत रहनुभएका पुनः तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षका नेतृत्वकर्ता हुनुहुन्थ्यो । संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापासँग उनी पराजित भएका थिए।
]]>
5172 0 0 0
राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण (फोटो फिचर) http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a8%e0%a4%b5%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d/ Mon, 26 Oct 2015 16:51:01 +0000 http://www.ghumphir.com.np/?p=5174

भक्तपुर, ९ कात्तिक ।

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति डा रामवरण यादव भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गर्नुभएको छ । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गर्नुभएको हो । राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पुजारी जुलाल कर्माचार्यले नवदुर्गा भवानीको पूजा गराई टीका एवम् प्रसाद प्रदान गर्नुभयो । त्यस क्रममा राष्ट्रपतिले नवदुर्गा देवगणका मूर्तिहरू अवलोकन गरी दर्शन गर्नुभएको थियो । राष्ट्रपति डा यादवलाई नवदुर्गा देवगणका मूल पुजारी इन्द्रबहादुर वनमालाले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो । राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा प्रमुख जिल्ला अधिकारी तोयम राया, प्रहरी उपरीक्षक किरण वज्राचार्य, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरी, गुठी संस्थान कार्यालयका प्रमुख लेखनाथ सापकोटालगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् राजनीतिक दलका स्थानीय नेताहरुले स्वागत गर्नुभएको थियो । राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणहरुलाई जनही रु २५१ का दरले दक्षिणा दिनुभएको थियो । अपराह्न ४ बजे मन्दिर आइपुग्नु भएका राष्ट्रपति डा यादव करिब ४ः१५ बजे मन्दिरबाट बाहिरिनुभएको थियो । उहाँले स्थानीय बासिन्दासँग भलाकुसारीसमेत गर्नुभएको थियो । देवगणहरुले भने आफूहरुको अवस्था ज्यादै नाजुक भएकाले सरकारले उचित रकमको व्यवस्था गर्नुपर्ने माग गर्दै राष्ट्रपति डा यादवलाई यस वर्ष पनि ज्ञापनपत्र बुझाएका छन् । नवदुर्गाा देवगण गुठीका नारायण वनमालाले आठ वर्षको बच्चासमेत पढाइ छाडेर आठ महिनासम्म देवगण बन्नुपर्ने बाध्यता आएकाले सरकारले देवगणलाई पढ्ने व्यवस्था र परिवारलाई रोजगारीको वैकल्पिक व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् । साइबाजा बजाएर काटेको राँगाको टाउको नगर परिक्रमा गराउनुपर्ने परम्परा लोप भएको बताउँदै नवदुर्गा जात्रा सञ्चालनमा वर्षको करिब रु १० लाख खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै सङ्कटमा परेको बताउँदै सरकारले जात्रा सञ्चालनको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । तस्बिर: रामगोपाल तमखु

DSC_0407 DSC_0435 DSC_0444 DSC_0457 (1) DSC_0468

]]>
5174 0 0 0
इन्डियन आयल कर्पोरेशनले खाना पकाउने ग्यासको लोडिङ तराईलार्ई मात्र दिने http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%a8-%e0%a4%86%e0%a4%af%e0%a4%b2-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%b6%e0%a4%a8%e0%a4%b2%e0%a5%87/ Mon, 26 Oct 2015 17:01:54 +0000 http://www.ghumphir.com.np/?p=5181 विज्ञान अधिकारी

इन्डियन आयल कर्पोरेशन(आइओसी)ले खाना पकाउने ग्यासको लोडिङमा समेत विशेष रणनीति अख्तियार गर्दै काठमाडौं लगायतका क्षेत्रका बोटलिङ प्लान्टलाई नदिई तराईलार्ई मात्र दिन थालेको छ ।   भारत सरकारको निर्देशनमा आइओसीले तराईमा रहेका बोटलिङ प्लान्टलाई भने माग भन्दा पनि बढी ग्यास दिएको छ तर काठमाडौं, पोखरा, धादिङमा रहेका बोटलिङ प्लान्टलाई भने ग्यास लोडिङनै दिएको छैन ।   नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार तराईका सबै बोटलिङ प्लान्टले आफ्नो कोटा भन्दा बढी ग्यास पाइसकेका छन् । ‘तराईका अधिकांश बोटलिङ प्लान्टले कोटा भन्दा बढी ग्यास ल्याइसकेका छन्, उनले बिजमान्डूसँग भने, ‘तर काठमाडौंका कुनैपनि प्लान्टलाई ग्यासनै लोडिङ गरेको छैन ।’    घिमिरेका अनुसार तराईमा रहेका दुईवटा प्लान्टले कोटा अनुसार ग्यास उठाइसकेका छन् ।

स्रोतका अनुसार भारतको केन्द्र सरकारको निर्देशनमा तराईमा मात्रै ग्यास दिइएको हो । सिद्धार्थ ग्यासको तराई र धादिङमा दुईवटा प्लान्ट छन् । सिद्धार्थले तराईमा दिएको ग्यास धादिङमा भरेर काठमाडौंमा बिक्री गरेको थियो । नाकाबन्दीपछि तराईमा रहेको सिद्धार्थ ग्यासले दुई बुलेट ग्यास ल्याएको थियो ।   वालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासले भेरी ग्यास उद्योगको ल्याएर यहाँका उपभोक्तालाई दिएको थियो । रक्सौल नाका ठप्प भएपछि ग्यास उद्योगीले सुनवल नाकाबाट ग्यास ल्याउन खरीद आदेश (पिडियो) बनाएर बुलेट पठाएका थिए । तर काठमाडौ, पोखरा र धादिङमा बोटलिङ प्लान्ट भएका उद्योगीले आयल निगमबाट बनाएको पिडियो लिएर बरौनी,  मथुराबाट ग्यास ल्याउने प्रयास गरेका थिए ।

ती पिडियो लिएर गएका ग्यास उद्योगीलाई अनेक वहानामा रोक्ने काम गरेको व्यवसायीहरुले बताएका छन् । संघका पूर्वअध्यक्ष सावरमल अग्रवालका अनुसार काठमाडौं, पोखरा र धादिङमा रहेका प्लान्टका उद्योगको ग्यास लोडिङ गरेपछि राजस्व तिर्न रक्सौलनै जानुपर्ने प्रावधान रहेको आइओसीका अधिकारीहरुले बताएका छन् ।   ‘रक्सौलबाट ग्यास ल्याउनेहरुको यहाँ सिस्टम छैन । यहाँ सिस्टम खोल्ने वित्तिकै रक्सौल देखाउँछ, त्यसैले तपाईहरु रक्सौलमा गएर राजस्व तिर्नुपर्छ भनेर हामीलाई रोक्ने काम भइरहेको छ,’ उनले भने, ‘उनीहरुले विभिन्न वहाना बनाएर ग्यास ल्याउन रोकिरहेका छन् ।’ मुलुकभर ५३ वटा ग्यास वोटलिङ प्लान्ट छन् । यो मध्ये २६ वटा प्लान्ट काठमाडौं क्षेत्रमा आधारित रहेका छन् बाँकी तराईमा रहेका छन् ।   ग्यासको सबैभन्दा बढी खपत काठमाडौं, ललितपुर र भक्तपुरमा हुन्छ । सस्तो र सफा इन्धन भएकोले ग्यासको माग वर्षेनी बढ्दो क्रममा रहेको थियो । अहिले ग्यासको माग मासिक २८ हजार टन छ । तराईमा मात्रै ग्यास दिएपछि कतिपय उद्योगले काठमाडौंमा केन्द्रित प्लान्टमा ग्यास बिक्री समेत गरेका छन् ।

काठमाडौंका प्लान्टलाई ग्यास दिन रोकेपछि तराईको कोटा काठमाडौं डाइभर्ट गर्न आयल निगमले उद्योगीलाई निर्देशन दिएको छ । स्रोतका अनुसार जतिसक्दो चाँडो ती ग्यास काठमाडौंका प्लान्टलाई दिएर अभाव हटाउन निर्देशन दिएको छ ।   यो निर्देशन अनुसार कतिपय उद्योगीले काठमाडौं ग्यास ल्याउने प्रक्रिया अघि समेत बढाएका छन् । तर काठमाडौंमा थोरै ग्यास ल्याउँदा बाँड्न समस्या हुने भन्दै उद्योगीहरु ल्याउन समेत डराइरहेका छन् ।   ‘थोरै ग्यास ल्याएर बाँड्न सकिने अवस्था छैन । चुनौती छ भनेर अभाव टुलुटुलु हेर्न पनि सकिदैन,’ राजधानी ग्यासका संचालक विष्णु ज्ञवालीले भने, ‘जसरी भएपनि ग्यास ल्याएर बाँड्नुपर्ने अवस्था छ ।’    आधा सिलिन्डर बिक्री गर्न पाउने   ग्यासको हाहाकार हटाउन आयल निगमले ७ किलो १ सय ग्रामको ग्यास बिक्रीका लागि अनुमति दिएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघको अनुरोधमा निगमले केही दिनअघि १४ किलो दुई सय ग्रामको आधा बिक्री गर्न दिन अनुमति दिएको हो ।   एक बुलेट ग्यास आउँदा १२ सय ५० सिलिन्डरमा मात्रै हुने र वितरण गर्न समस्या हुने भन्दै संघले पाँच किलो भरेर बिक्रीको लागि अनुमति दिन अनुरोध गरेको थियो । तर निगमले पाँच किलोको ग्यास बिक्री गर्दा ढुवानी लगायतका समस्याले नसकिने भन्दै आधा सिलिन्डर ग्यास बिक्रीका लागि अनुमति दिएको हो ।

]]>
5181 0 0 0
धार्मिक तथा सांस्कृतिक सम्पदा अलपत्र (फोटो फिचर) http://localhost/ghum/%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%b8/ Mon, 26 Oct 2015 17:12:08 +0000 http://www.ghumphir.com.np/?p=5183 जगदीश्वर पाण्डे भूकम्पपछिको निर्माणका लागि पुनर्निर्माण प्राधिकरण गठन भए पनि व्यवस्थापिका संसद्बाट पारित नहुँदा निष्क्रिय भयो। पुनर्निर्माण प्राधिकरणका कारण काम हुन नसक्दा भूकम्पपीडितसँगै नेपालका धार्मिक तथा सांस्कृतिक सम्पदा अलपत्र रहे। पुरातत्त्व विभागले सांस्कृतिक तथा धार्मिक सम्पदा पुनर्निर्माणको काम थाले पनि प्राधिकरण गठन नहुँदा काम अघि बढ्न सकेको छैन। ‘पुनर्निर्माण प्राधिकरण गठन भएर काम नगरेसम्म सम्पदा क्षेत्रको पुनर्निर्माण र नयाँ निर्माण कठिन छ,’ विभागका एक पदाधिकारीले भने।

विभागका महानिर्देशक भेषनारायण दाहालले भने काम चलिरहेको उल्लेख गर्दै पुनर्निर्माण प्राधिकरण नबन्दा काम गर्न केही असहज भएको स्वीकार गरे। उनले भने, ‘पुनर्निर्माण प्राधिकरण बनेको भए काम गर्न सहज हुन्थ्यो।   वैशाख १२ को भूकम्पका कारण २० जिल्लाका ७ सय ५० सम्पदा क्षेत्रमा असर परेका छन्। त्यसमध्ये १ सय ३३ सम्पदा पूर्णरूपमा क्षति भएका छन्।

pasupati mandir @ ghumphir (9)

६ सय २१ आंशिक र सामान्य क्षति भएका छन्। त्यसमा विश्व सम्पदा सूचीमा परेका उपत्यकाका ७ सम्पदामा बढी क्षति भएको छ।  युनेस्कोले सन् १९७९ मा उपत्यकाका ७ वटा सम्पदा क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो। त्यसमध्ये ४ धार्मिक (पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तूप, स्वयम्भूनाथ स्तूप र चाँगुनारायण मन्दिर) र सांस्कृतिकतर्फ ३ दरबार स्क्वायर (हनुमानढोका दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायर) छन्। भूकम्पलगत्तै विभागले आंशिक क्षति भएकामा टेको लगाउने काम गरेको थियो।  भूकम्पका कारण विश्व सम्पदा सूचीमा परेका ७ सम्पदाको ९० प्रतिशत काम चाँडै सक्ने लक्ष्य विभागको रहेको छ। बहुवर्षीय ठेक्का पद्धतिमा काम अघि बढाउने र केही क्षेत्रको बोलपत्र आह्वान गर्ने महानिर्देशक दाहालले जानकारी दिए।

तर पुनर्निर्माण प्राधिकरण नबन्दा विभागलाई आवश्यक पर्ने रकम आउने जस्तो देखिएको छैन। सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेटमा भूकम्पबाट प्रभावित पुरातात्त्विक सम्पदा क्षेत्रको पुनर्निर्माणलाई जोड दिएको छ। बजेटमा पुनर्निर्माण प्राधिकरणका लागि ७६ अर्ब रुपैयाँ छुट्याइएको थियो। सरकारले राष्ट्रिय पुनर्निर्माण कोषबाट हुने खर्चबाहेक पुरातात्त्विक क्षेत्रका लागि १७ अर्ब विनियोजन गरेको थियो। सम्पदा क्षेत्रमा १९ करोड २२ अर्ब क्षति भएको र यसको पुनर्निर्माणका लागि २० अर्ब ५६ करोड आवश्यक रहेको राष्ट्रिय योजना आयोगले तयार पारेको विपत्पछिको आवश्यकता पहिचान (पीडीएनए) रिपोर्टमा उल्लेख छ। राष्ट्रिय पुनर्निर्माण कोषबाट सम्पदा कोषमा आमनेपालीको अपनत्व र योगदान बढाउन दूरसञ्चार सेवा दस्तुरमा १ प्रतिशत थप गरी उक्त रकम जम्मा गर्ने प्रबन्ध मिलाएको बजेटमा उल्लेख गरेको थियो।  छिमेकी तथा दातृ मुलुकहरूले भूकम्पबाट ध्वस्त भएका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण गर्न प्रस्ताव आएका छन्। श्रीलंका, चीन, भारत र जर्मनीले आआफ्ना तर्फबाट पुरातत्त्व महत्त्वका मठमन्दिर, दरबार, गुम्बालगायत सम्पदाहरू निर्माण गर्ने प्रस्ताव नेपाल सरकारलाई राखेका छन्।

pasupati mandir @ ghumphir (6)

महानिर्देशक दाहालका अनुसार सबैभन्दा पहिले श्रीलंका सरकारले ललितपुरको बुङमती, रातो मत्स्येन्द्रनाथको मन्दिर र स्वयम्भूस्थित आनन्द कुटी विहार बनाइदिने प्रस्ताव गरेको हो। चीनले वसन्तपुर क्षेत्रको नौतले दरबार र नुवाकोटको साततले दरबार र त्यस क्षेत्रको परिषदको स्मारकलाई संरक्षण गरिदिने जनाएको छ। भारत सरकारले भने खोकना, बुङमती, साँखु, स्वयम्भू क्षेत्र, वसन्तपुर क्षेत्र, गोरखा, नुवाकोट, रसुवा, मनाङ र मुस्ताङका गुम्बालाई संरक्षण गर्ने पत्र पठाइसकेको छ। त्यसबारे कुराकानी भइरहेको दाहालले बताए। भक्तपुरकालाई जर्मन सरकारको जीटीजेटले भक्तपुर उपमहानगरपालिकासँग सम्झौता गरेर काम भइरहेको छ।

patan @ ghumphir.com.np (8)

]]>
5183 0 0 0
भारतीय सवारीका चालकहरु महावाणिज्य दूतावासमा धर्नामा बसे http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%ae/ Mon, 26 Oct 2015 17:34:15 +0000 http://www.ghumphir.com.np/?p=5186 भूषण यादव

कार्तिक ९- नाकाबन्दीले अलपत्र परेका भारतीय सवारीका चार दर्जन बढी चालकले घर फिर्ताका लागि वातावरण बनाइदिन भन्दै सोमबारदेखि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि धर्नामा थालेका छन् । दिनहुँ आश्वासन मात्र पाउने गरेकाले बाध्य भएर साँझदेखि दूतावासको २ नम्बर गेट सामुन्ने त्रिपाल ओछ्याएर उनीहरू धर्नामा बसेका हुन् । 'नाकामा भोकै मर्नुभन्दा आफ्नै सरकारका प्रतिनिधिका अगाडि मर्ने' भन्दै आफूहरू धर्नामा बसेको भारतको पन्जाबका ट्रक चालक दलजित सिंहले बताए । दूतावासका कर्मचारीले नाकाको अवरोध हटाउन नसकिने बताएपछि आफूहरू धर्नामा बसेको सिंहले जनाए ।

dharna dutabas

भारत फर्किने मितेरी पुलमा मधेसवादी दलका कार्यकर्ता ३३ दिनदेखि धर्नामा छन् । धर्नास्थलभन्दा करिब ३ सय मिटर दूरीमा भारतीय ट्रक रोकिएका हुन् । नेपालका विभिन्न सहरमा सामान अनलोड गरी भारत र्फकने क्रममा वीरगन्ज नाकामा करिब ५ सय भारतीय सवारी साधन अलपत्र छन् । '५ सय गाडीका हामी करिब हजार जना चालक/सहायक छौं,' कान्तिपुरसँग सिंहले भने, 'आफ्ना नागरिक विदेशी भूमिमा अलपत्र पर्दा पनि भारतीय सरकारलाई कुनै चासो छैन ।' बेखर्ची बनेपछि चना र भुजा मात्र खाएर गुजारा गरिरहेको चालकहरूले बताए ।

'खर्च जोहोका लागि अधिकांशले ट्रकमा राखिएका अतिरिक्त टायर, मोबाइल, घडी लगायतका सामान बिक्री गरेका छन्,' पन्जाबबाट थ्रेसर लिएर आएका सिंहले भने, 'गाडीको परमिट र इन्स्युरेन्ससमेत फेल भइसकेका छन् ।' भारत जानेबित्तिकै गाडी बैंकले नियन्त्रणमा लिने हो कि भन्ने चिन्ताले सताएको छ । नाकामा अवरोधका कारण यसपालि परिवारसँग दशहरा -दसैं) समेत मनाउन नपाएको उनीहरूले दुखेसो पोखे । परिवारको एक मात्र कमाउने सदस्य महिना दिनभन्दा बढी समयदेखि विदेशमा अडकिएपछि घरमा श्रीमती र बच्चा समेत समस्यामा छन् । 'घरको बिजुली, टेलिफोन, पानीको बिल भुक्तानी बाँकी छ,' लुधियानाका चरनजित सिंहले भने, 'बच्चाको स्कुल फिस नतिरेकाले पठनपाठन अवरोध हुने चिन्ता छ ।' झन्डै एक महिनादेखि सीमापारि रहेको रक्सौल कस्टमका कर्मचारीसँग भारत आउन वातावरण बनाइदिन आग्रह गर्दै आएको आन्ध्र प्रदेशका पीआर रेड्डीले बताए । 'कस्टमका कर्मचारीले आश्वासन मात्र दिए,' उनले भने, 'केही दिनमै समस्या समाधान हुन्छ, शान्त भएर बस मात्रै भन्छन् ।' कस्टमबाट ठोस जवाफ नआएपछि चालकहरू ४ दिनदेखि यहाँस्थित दूतावास धाइरहेका छन् ।

दिल्लीबाटै कस्टमका कर्मचारीलाई अवरोध हटाउने कुनै निर्देशन नआएकाले केही गर्न नसकिएको कर्मचारीलाई उद्धृत गर्दै एक चालकले बताए । 'पाकिस्तानमा गीता नामकी एक भारतीय युवती फस्दा भारत सरकारले लाखौं रुपैयाँ खर्च गरेर देश फर्कायो,' मुम्बईबाट काठमाडौंका लागि एक्साइड ब्याट्री लिएर आएका जवाहरलाल यादवले आक्रोश पोख्दै भने, 'तर, हामी खुला बोर्डर रहेको नेपालमा महिना दिनदेखि भोकै बस्दा पनि कुनै वास्ता छैन ।' नाका अवरोध गरेर आफूहरूलाई अलपत्र पार्ने समूहलाई भारतमै खाना खुवाएर पालिएको भन्दै उनले गुनासोसमेत गरे । 'सोमबार दिनभरि दूतावासअगाडि बस्दा पनि यहाँका भारतीय कर्मचारीले कुनै वास्ता गरेनन्,' छत्तीसगढका जरनेल सिंहले भने, 'बरु दूतावास अगाडि घर भएका एक नेपाली दिदीले नास्ता र पानी खान दिइन् ।'

वाणिज्य दूतावास पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषाका साथै भित्री मधेसका मकवानपुर र चितवनमा विकास कार्यक्रम सञ्चालनका साथै द्विपक्षीय व्यापार सहजीकरणको उद्देश्यले ०६० सालमा स्थापना भएको हो । यसमा ५ जना कूटनीतिक अधिकारीसहित करिब ३० जना कार्यरत छन् ।साभार कान्तिपुर

]]>
5186 0 0 0
पर्यटकद्वारा चार विद्यालयलाई शैक्षिक सामग्री सहयोग http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2/ Tue, 27 Oct 2015 02:48:25 +0000 http://www.ghumphir.com.np/?p=5189

बाबियाचौर (म्याग्दी), १० कात्तिक ।

म्याग्दीको ताकममा रहेका चारवटा सामुदायिक विद्यालयलाई जापानका पर्यटकले शैक्षिक सामग्री सहयोग गरेका छन् । जापानको अल्पाइन ओकामा विश्वविद्यालयका प्राध्यापकहरुले करिब रु पाँच लाख बराबरको शैक्षिक सामग्री सहयोग गरेका हुन् । ताकम माविलाई दुई थान ल्यापटप र दुई थान डेक्सटप कम्प्युटर उपलब्ध गराएका हुन् । यसैगरी धारापानीको किसानी माविलाई दुईवटा माइक्रोस्कोप, बाल विकास केन्द्रलाई खेलकुद र शैक्षिक सामग्री प्राप्त भएको शिक्षक ओमप्रकाश केसीले बताउनुभयो । ताकमको शिवाङमा रहेको हेम उच्च माविलाई पनि जापानका प्राध्यापकको टोलीले एक थान फोटोकपी मेसिन र शैक्षिक सामग्री सहयोग गरेका छन् । मच्छिममा रहेको भूमे प्राविलाई माइक्रोस्कोप र बालकक्षाका शैक्षिक सामग्री सहयोग गरेका छन् । हिरो कावाको नेतृत्वमा गत हप्ता ताकम पुगेका नौजना प्राध्यापकको टोलीले शैक्षिक सामग्री वितरण गरेका थिए । उनीहरुले धौलागिरि हिमालको आरोहण गरेको ४०औँ वर्षगाँठ मनाउने क्रममा पदमार्गमा पर्ने ताकमका विद्यालयलाई सहयोग गरेको हेम उच्च माविका प्रअ शेरबहादुर केसीले बताउनुभयो । यसअघि पनि उनीहरुले किसानी मावि धारापानीलाई कम्प्युटर, प्रिन्टर र सोलार सेट सहयोग गरेका थिए ।

]]>
5189 0 0 0
मिथिला क्षेत्रमा ‘चुमाउन’ विधि सम्पन्न http://localhost/ghum/%e0%a4%ae%e0%a4%bf%e0%a4%a5%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%89%e0%a4%a8/ Tue, 27 Oct 2015 02:51:04 +0000 http://www.ghumphir.com.np/?p=5191

बर्दिवास, १० कात्तिक ।

महोत्तरीसहितका मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमाका दिन सोमबार राति नवविवाहित दम्पतीबीच ‘चुमाउन’ विधि सम्पन्न गरिएको छ । मिथिलामा विवाह भएपछिको पहिलो कोजाग्रत पूर्णिमाका दिन नवदम्पतीको ‘चुमाउन’ विधि गरिने परम्पराअनुसार गएराति यो विधि सम्पन्न गरिएको हो । मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मणहरुमा प्रत्येक दुई कोजाग्रत पूर्णिमाका बीच विवाह भएका जोडीबीच यो विधि मनाउने परम्परा रहेको छ । यस विधिका लागि बधु पक्ष (दुलहीका माइती)ले बस्त्रआभूषण, मिष्टान्न खाद्य परिकार लिएर दुलाहाका घर आउने चलन छ । विधिमा दुलाहा–दुलहीलाई नयाँ बस्त्र आभूषण पहि¥याउने, दुलाहाका पक्षधरलाई मिष्टान्न भोजन गराउने परम्परा रहेअनुसार यो विधि सम्पन्न गरिएको जलेश्वर–७ का मनोहरनाथ पाठकले बताउनुभयो । चुमाउन विधिमा दुलहीका माइतीले बस्त्र आभूषण, थरिथरिका मिष्टान्न परिकार, मौसमअनुसारका फलपूmल र दहीका बेग्लाबेग्लै भार (सोली) भेटका लागि ल्याउनुपर्ने चलन छ । दुलाहा–दुलहीमात्र नभई दुलाहाका बाबु–आमा, दिदी–बहिनी र अन्य आफन्तलाई समेत बस्त्र आभूषण पहि¥याएर भोजन गराउनुपर्ने भएकाले यो विधि अब महँगो र झन्झटिलो बन्दै गएको टिप्पणी नयाँ पुस्ताका युवाले गर्न थालेका छन् । विधिमा खर्च जति दुलहीका माइती पक्षकाले गर्नुपर्ने र आमन्त्रित पाहुनाको खटनपटन दुलाहा पक्षकाले गर्ने हुँदा यो विधि महँगो हँुदै गएको महोत्तरीको भङ्गाहा–६ का अखिलेश झाले बताउनुभयो । विगतमा सम्बन्ध गाँसेका दुवै पक्षका आफन्तबीच चिनजान बढाउने, आत्मीयता बढाउने र दसैँ पर्व सम्पन्न गरिएको खुसी बाँड्ने उद्देश्यले सुरु गरिएको यो विधिमा सामान्य रुपमा बरबधुलाई धोती फेराउने, पान मखान (पानीमा फल्ने तराईको फलविशेष) प्रसादस्वरुप खुवाउने परम्परा रहेको थियो । चुमाउन विधिमा बढेको खर्च र रवाफिलो तडकभडक नियन्त्रण गरिनुपर्ने युवा पुस्ताको विचारमा मिथिला क्षेत्रका बुद्घिजीवी पनि सहमत देखिएका छन् ।

]]>
5191 0 0 0
गुर्जाका युवा मह सिकारको पेसा जोगाउँदै http://localhost/ghum/%e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%ae%e0%a4%b9-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b/ Tue, 27 Oct 2015 02:58:11 +0000 http://www.ghumphir.com.np/?p=5193

म्याग्दी, १० कात्तिक ।

म्याग्दीको दुर्गम गुर्जाका युवा परम्परागत पेसाका रुपमा रहेको मह सिकारलाई जोगाउन लागिपरेका छन् । पहाडका अग्ला भिरमा भिर माहुरीको मह काढेर आयआर्जन गर्ने पुख्र्यौली पेसाका रुपमा रहेको मह सिकारलाई जोगाउन स्थानीय युवा आकर्षित हुन थालेका हुन् । पहाडको अप्ठ्यारो पहरामा निगालोको रसीमा बनाइएको भ¥याङमा चढेर एक÷दुई सय मिटरको उचाइमा रहेको माहुरीको चाका निकाल्ने परम्परागत पेसालाई जोगाउन आफूहरुले मह सिकार गर्ने सीप सिक्न थालेको गुर्जाका दुर्क विश्वकर्माले बताउनुभयो । बत्तीस वर्षका विश्वकर्माले मह सिकार गर्न थालेको तीन वर्ष भयो । पहरामा रसीको सहारामा मह सिकार गर्दा निकै जोखिम हुन्छ । ज्यानै जान सक्ने जोखिम भए पनि उच्च सावधानी अपनाएर मह काढ्ने गरेको उहाँले आफ्नो अनुभव सुनाउनुभयो । गाउँका विभिन्न पहरामा भिर माहुरीले प्रशस्त मात्रामा चाका लगाउने भए पनि उत्खनन गर्ने सिकारी नहुँदा मह सिकारको पेसा नै सङ्कटमा पर्ने देखिएपछि गाउँका अग्रजहरुबाट भिरमा मह सिकार गर्ने सीप सिकेको विश्वकर्माको भनाइ छ । “यो हाम्रो खेती हो, मौसमअनुसार यसरी नै हरेक वर्ष मह काढ्छौँ, आफ्नो भागमा परेको मह बिक्री गरी आयआर्जनसमेत हुन्छ, स्थानीयवासी नरबहादुर छन्त्यालले भन्नुभयो ।” गुर्जामा बसोबास रहेदेखि नै मह सिकारको इतिहास जोडिएको पाइन्छ । मौसमी पेसाका रुपमा मह सिकार हुँदै आएको र परम्परागत पेसाका रुपमा रहेको मह सिकारको सीपलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको गुर्जाका स्थानीयवासी झकबहादुर छन्त्यालले बताउनुभयो । मह व्यवसायीसमेत रहेका छन्त्याल भिर महको माग हरेक वर्ष बढ्दै गएको र कोरियालगायतका मुलुकमा निकासी हुने गरेकाले जोखिमयुक्त मह सिकारमा आवश्यक पर्ने औजार, सामग्री र सीपमा आधुनिकीकरण गर्न सके सम्भावित जोखिम न्यूनीकरण गरी स्थानीयवासीको आयस्तरमा वृद्धि गर्न सकिने बताउनुहुन्छ ।

]]>
5193 0 0 0
त्रिभुवन विमानस्थलमा यात्रुहरुको लगेज लिन कम्तीमा पनि एक साता कुर्नुपर्ने http://localhost/ghum/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ad%e0%a5%81%e0%a4%b5%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a4%be%e0%a4%a4/ Tue, 27 Oct 2015 03:02:31 +0000 http://www.ghumphir.com.np/?p=5196 उत्तम काप्री

 कात्तिक १०,काठमाडौं

त्रिभुवन विमानस्थलमा एयरलाइन्स कम्पनीहरुको लापरबाहीका कारण यात्रुहरुको लगेज लिन कम्तीमा पनि एक साता कुर्नुपर्ने भएको छ ।  एक साताभन्दा बढी समय हुदाँ समेत कत्तिले त लगेज नै पाउन सकेका छैनन् । त्रिभुवन विमानस्थलमा दैनिक ५ सय देखि ८ सय जनासम्म मानिसहरु हवाइजहाजबाट ओर्लछन् । ती मध्ये वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढी छ ।

लगेज समयमा नआउँदा उपत्यका बाहिर घर भएकाहरु होटल बस्न बाध्य छन् । लगेज लिन दिनहुँ धाउँदा समेत नपाएको यात्रुहरुले बताएका छन् । ५ वर्ष अघिदेखि स्पेनमा गई उच्च शिक्षा हासिल गरि नेपाल फर्किएका  काठमाडौंका रमेश भुसालले ५ दिनदेखि आफ्नो लगेज नआएको बताए ।

असोज २७ गते टर्किस एयरलाइन्सबाट काठमाडौं झनले बल्ल कात्तिक २ गते  लगेज पाए । लगेज नआउँदा लगाउने कपडा समेत किन परेको उनले बताए। विदेशबाट आउँदा परिवारका सदस्य र साथीहरुलाई ल्याइदिएको गिफ्ट समेत दिन नपाएको उनले बताए । एयरलाइन्स कम्पनीको लापरबाहीले सास्ती भोग्न परेको उनको तर्क छ। त्यस्तै मलेसियामा ५ वर्ष मजदुरी गरी नेपाल आएका रमेश अधिकारीले पनि विमानस्थलमा आफ्नो लगेज कति खेर र कहिले आउँछ भनी कुरेर बसेको ५ दिन भएको बताए। मलेसियन एयरलाइन्सको लापरबाहीले गर्दा पाल्पा घर जान नपाएको उनले बताए । भुसाल र अधिकारी त लगेज कुर्न बसेका पात्र मात्र हुन् ।

उनीहरु जस्तै दैनिक २ सय जना विमानस्थलमा लगेज नआएको भन्दै गुनासो गर्न आउने विमानस्थल प्रहरीले जनाएको छ । नेपाल एयरलाइन्स, कतार, एयर अरेविया, फ्लाइ दुबइ, ओमन एयरलाइन्स लगायतका अन्य दर्जनौ कम्पनीले समयमै यात्रुहरुलाई लगेज दिन सकेका छैनन् ।

हवाइ इन्धन भर्नु परेको र लगेज पछिल्ला जहाजमा ल्याउनुपरेका कारण ढिलाइ भएको एयरलाइन्स कम्पनीहरुले आफूहरुलाई बताएको भुसालले बताए । त्रिभुवन विमानस्थलले भने लगेज ढिलो आउँदा  यात्रुहरुलाई समस्या परेको बताएको छ । उसले आफूहरुको कारण यात्रुले दुख नपाएको प्रष्ट पारेको छ ।साभार सेताेपाटी

]]>
5196 0 0 0
कुन देशका कामदार दक्ष हुने ? http://localhost/ghum/%e0%a4%95%e0%a5%81%e0%a4%a8-%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%a6%e0%a4%95%e0%a5%8d%e0%a4%b7-%e0%a4%b9%e0%a5%81%e0%a4%a8/ Tue, 27 Oct 2015 03:09:17 +0000 http://www.ghumphir.com.np/?p=5198

कुनै पनि मुलुकको अर्थतन्त्र सबल हुन त्यहाँ रहेका दक्ष कामदारको सबैभन्दा ठूलो भूमिका हुने गर्छ। कुनै पनि मुलुकको जनशक्ति दक्ष छ भने त्यहाँको विकास सबैभन्दा तिब्रतर गतिमा अघि बढ्छ। त्यसैकारण नै जनशक्तिलाई मानवीय पुँजी पनि भनिन्छ। वर्ल्ड इकोनोमिक फोरमले मानवीय पुँजी रिपोर्ट २०१५ मा १ सय २४ वटा अर्थतन्त्रको तथ्याङ्क सार्वजनिक गरेको छ। हरेक मुलुकमा रहेका दक्ष कामदार, व्यवस्थापक, प्राविधिक र अन्य प्रोफेसनलका आधारमा यो तथ्याङ्क ल्याएको हो। दक्ष कामदारको सूचीमा लग्जेमवर्ग पहिलो स्थानमा रहेको छ जहाँ १० जनामा ६ जना अति दक्ष कामदार रहेका छन्। सिंगापुर र स्विटजरल्यान्ड यो सूचीमा क्रमश: दोस्रो र तेस्रो स्थानमा छ। चौथोमा रहेको इजरायलपछि शीर्ष दश मुलुकमा अरु युरोपले नै ओगट्छ। न्युजिल्यान्ड दशौं स्थानमा छ जहाँ ४७ प्रतिशत दक्ष कामदार छन्। दक्ष कामदार हुने मुलुकको सूची हेर्नुस्

]]>
5198 0 0 0
उता गएर ट्यांकी भर्ने यता अाएर पेट्रोल खन्याउने http://localhost/ghum/%e0%a4%89%e0%a4%a4%e0%a4%be-%e0%a4%97%e0%a4%8f%e0%a4%b0-%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%82%e0%a4%95%e0%a5%80-%e0%a4%ad%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%af%e0%a4%a4%e0%a4%be/ Tue, 27 Oct 2015 03:27:35 +0000 http://www.ghumphir.com.np/?p=5200 कार्तिक १० भद्रपुर
इन्धनको सहज आपूर्ति हुन नसक्दा झापाको सीमावर्ती क्षेत्रमा पेट्रोलको कालोबजारी बढ्दो छ।सीमावर्ती क्षेत्र बनियानी, पथरिया, काँकरभिट्टालगायतका क्षेत्रमा भारतीय नम्बरको मोटरसाइकलको ट्याकीमा ल्याएको पेट्रोल ग्यालेन वा पानीको बोतलमा खन्याएर बिक्री गर्ने गरिएको छ। यसरी ल्याइएको पेट्रोल प्रतिलिटर रु १५० देखि रु १८० सम्ममा बिक्री गर्ने गरिएको छ ।तेलको कालोबजारी भारतीयले मात्र नभई सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीले पनि गर्ने गरेका छन् । कतिपयले भारतीय नम्बरको मारुती भ्यान तथा बोलेरोमा ग्यालेनमा पेट्रोल राखेर ल्याई अनधिकृत व्यापार गर्ने गरेका छन्। काँकरभिट्टाका एक व्यापारीले पेट्रोल राजधानी र पोखरासम्म पुराउने गरेको स्वीकार्दै प्रतिलिटर रु ५०० सम्ममा पेट्रोल बिक्री गरेको बताए ।
]]>
5200 0 0 0
फेसबुक चलाउन छाड्नैपर्ने कारणहरु http://localhost/ghum/%e0%a4%ab%e0%a5%87%e0%a4%b8%e0%a4%ac%e0%a5%81%e0%a4%95-%e0%a4%9a%e0%a4%b2%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%9b%e0%a4%be%e0%a4%a1%e0%a5%8d%e0%a4%a8%e0%a5%88%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87/ Tue, 27 Oct 2015 03:38:43 +0000 http://www.ghumphir.com.np/?p=5203 विश्वमा सबैभन्दा व्यापक प्रयोगमा रहेको तथा सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या डेढ अर्ब नाघिसकेको छ । एक दिनमै एक अर्ब मानिसले फेसबुक चलाउन थालेका छन् ।

Facebook1 फेसबुक हाम्रो यति नजिकको साथी बनिसकेको छ की यसमा हामीले हाम्रो जिवनका धेरै कुराहरु शेयर गर्न थालिसकेका छौँ । हाम्रा सोँच, विचार, भावना, अवस्थिति, योजना, जानकारी, सूचना तथा तथ्यांक लगायतका कुराहरु फेसबुकमा शेयर गर्ने तथा साथीभाइ तथा परिवारसँग जोडिने तथा सम्पर्कमा रहने सजिलो माध्यम बनिरहेको छ फेसबुक ।

फेसबुक प्रयोगका केही फाइदाजनक कुराहरु तथा सकारात्मक पक्षहरु छन् । तर फेसबुकको लत यति बढिसकेको छ की यसले धेरै नकारात्मक असरहरु पनि पारेको छ । जसका कारण फेसबुक चलाउनु अघि हामीले ठण्डा दिमागले सोँच्नु आवश्यक छ । कतिपय नकारात्मक असरहरु हेर्दा त फेसबुक चलाउनै छाड्दा राम्रो । फेसबुक चलाउन छाड्दा जाति हुने ६ कारण यस्ता छन् :

फेसबुकले तपाइँको समय बर्बाद पारिरहेको छ : एक अध्ययन अनुसार १० वर्षदेखि सक्रिय रुपमा फेसबुक चलाइरहेका मानिसले यो दश वर्षमा आफ्नो जिवनको पूरै ४० दिन फेसबुकमै बिताएको छ ।

सामान्य रुपमा फेसबुक चलाउने मानिसले पनि औषतमा दिनमा १७ मिनेट फेसबुकमा बिताउने गर्छ । दिनमा १ घण्टा सम्म फेसबुक चलाउने मानिसले त समग्रमा डेढ सय दिन फेसबुकमा लाइक तथा कमेण्ट गरेर बिताउने देखिएको छ ।

फेसबुकले तपाइँलाई विज्ञापनमा फसाउँछ : आफ्नो फेसबुक अकाउण्टमा दिइएको व्यक्तिगत जानकारीका आधारमा फेसबुकले तपाइँको टाइमलाइनमा विभिन्न खाले विज्ञापनहरु प्रकाशित गर्दछ ।

यस अर्थमा फेसबुकले तपाइँको आनीबानी तथा व्यक्तिगत जानकारीको समेत व्यापारिक प्रयोग गर्दछ र त्यसलाई नाफाको लागि उपयोग गर्दछ ।

स्वास्थ्यका लागि पनि हानिकारक : विभिन्न अध्ययनहरुबाट के पुष्टि भैसकेको छ भने फेसबुकको अत्यधिक प्रयोगले मानिसको रोग प्रतिरोधी प्रणालीमा प्रभाव पार्दछ । साथै यसले हर्मोनको वृद्धि रोक्ने, सोँचाइलाई सिमिति गरिदिने, सिर्जनशीलता मारिदिने तथा पाचन क्रियामा पनि नकारात्मक असर पूराउँदछ । यसका साथै फेसबुकको अत्यधिक प्रयोगले मानिसको आँखाको ज्योतिमा नकारात्मक असर पूराउनका साथै मनको खुसी तथा निद्रामा पनि असर पूराउने अध्ययनले देखाएको छ ।

चिन्दै नचिनेका सँग बेकारको दोस्ती : एक अध्ययन अनुसार फेसबुकका वयस्क प्रयोगकर्ताका औषतमा ३३८ जना फेसबुके साथी हुन्छन् । ती मध्ये १० प्रतिशत अपरिचित साथी हुने अध्ययनले देखाएको छ । यसरी चिन्दै नचिनेका पनि फेसबुकका साथी हुने हुनाले त्यो अनावश्यक हुन्छ र फेसबुक प्रयोगकर्ता त्यस्ता मानिससँगको सँगतमा अनावश्यक समय खर्च गरिरहेको हुन्छ ।

तनावको कारक : मनोविज्ञहरुका अनुसार फेसबुक प्रयोगका कारण मानिसहरुमा तनाव तथा निरासा बढिरहेको छ । यदि तपाइँले आफुसँग असहमत हुने मानिसलाई फेसबुकबाट अनफ्रेण्ड गर्दै हुनुहुन्छ र फेसबुकका कमेण्टहरु देखेर दिक्क बन्दै हुनुहुन्छ भने बुझ्नुहोस् फेसबुले तपाइँमा मानसिक असर पूराइरहेको छ र अब तपाइँले फेसबुक चलाउन छाड्ने बेला भएको छ ।

फेसबुकले निरुत्साहित पारिरहेको छ : अध्ययन अनुसार फेसबुकको अत्यधिक प्रयोगका कारण मानिसमा विचलन, निरासा तथा आरिसे प्रवृत्तिमा समेत वृद्धि भएको छ । साथीहरुका निरन्तरका फेसबुक पोष्टहरु, त्यसमा ह्वात्तै आउने कमेण्ट तथा लाइकहरुका साथै साथीले घुमफिर तथा रमझमका दृश्यका तस्वीरहरुले मानिसलाई निरुत्साहित गराउन सक्छ ।

आफ्ना पोष्टहरुले लाइक तथा कमेण्ट खासै नपाउने तथा साथीको जस्तो घुमफिर तथा रमझमका क्षणहरु पनि आत्मसात गर्न नपाएको कुरामा चित्त दुख्ने र निरासा पैदा भएर मनोरोगकै सिर्जना हुने जोखिम रहेको विज्ञहरु बताउँछन् । त्यसका साथै फेसबुकले मानिसहरुले स्वभाविक संचार सीपमा पनि स्खलन ल्याउने, भाषिक रुपमा कमजोर बनाउने गरेको पनि पाइएको छ ।

]]>
5203 0 0 0
गोसाइँकुण्डमा भक्तजन जान थाले http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%81%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%9c%e0%a4%a8-%e0%a4%9c%e0%a4%be%e0%a4%a8/ Tue, 27 Oct 2015 03:47:48 +0000 http://www.ghumphir.com.np/?p=5206

धुन्चे (रसुवा), १० कात्तिक ।

जनैपूर्णिमा पर्वमा धार्मिक यात्रा गर्न नसकेका भक्तजन क्रमशः गोसाइँकुण्ड जान थालेका छन् । स्थानीय ट्राफिक प्रहरीका अनुसार भूकम्पका परकम्प क्रमशः घट्दै गएको र अर्कोतर्फ चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्डमा नियमित होटल सञ्चालनमा आएका कारण भक्तजन गोसाइँकुण्ड जान थालेका हुन् । समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइ निलाद्री पर्वतमा अवस्थित भगवान् शङ्कर गोसाइँबाबा विराजमान रहनुभएको पवित्र कुण्डमा जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने धार्मिक मान्यताअनुरुप भक्तजन मौसमको अवस्था हेरी तीर्थ जान थालेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिनुभयो । हिजो र आज गरी दर्जनौँ भक्तजन तीर्थ गर्न धुन्चेबाट प्रस्थानसमेत गरिसकेका छन् ।

]]>
5206 0 0 0
फोहरबाट ग्यास http://localhost/ghum/%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8/ Tue, 27 Oct 2015 03:51:30 +0000 http://www.ghumphir.com.np/?p=5208

बाबियाचौर (म्याग्दी), १० कात्तिक ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन र ग्यास अभाव हुँदा देशभरको जनजीवन प्रभावित बनिरहेका बेला म्याग्दीस्थित कारागारमा फोहरबाट उत्पादित ग्यासले खाना पकाउने गरिएको छ । शौचालय एवम् भान्छाको फोहरबाट बायोग्यास उत्पादन गरेपछि दाउराको खपत कम हुनुका साथै सरसफाइ, फोहर व्यवस्थापनमा सघाउ पुगेको मात्र होइन बजारमा देखिएको चरम ग्यास अभावको प्रभाव कारागारमा परेको छैन । बढी भएर फालिने दाल, तरकारी र खाना तथा शौचालयको फोहर १५ घनमिटर क्षमताको पक्की टङ्कीमा जम्मा गरी उत्पादन हुने बायोग्यास दुईवटा चुलोमा प्रयोग गरिएको कारागारका जेलर नवराज पौडेलले बताउनुभयो । जेलर पौडेलका अनुसार ९२ जना कैदीबन्दी रहेको कारागारमा सेफ्टी टङ्की र भान्साको फोहर व्यवस्थापन गरी सरसफाइ कायम गरी इन्धन आपूर्तिमा सहज भएको छ । बायोग्यास जडान भएपछि इन्धनका लागि ७५ प्रतिशत दाउराको खपत घटेको छ । यसअघि मासिक दुई ट्र्याक्टर दाउरा खपत हुने गरिएको थियो । विसं २०७१ असारमा कारागारमा रु दुई लाख ७५ हजारको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको थियो । घुवाँ कम हुने भएकाले खाना पकाउन पनि सहज भएको कैदीबन्दीले बताएका छन् । बायोग्यास उत्पादन गरेपछिको र स्नानगृहको फोहरलाई कारागार परिसरमा करेसाबारी बनाएर तरकारीखेतीमा प्रयोग गरिएको छ । म्याग्दी कारागारसँगै बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय उच्च माविले पनि फोहरबाट ग्यास उत्पादन गरी होस्टेलको भान्छाका लागि प्रयोग गर्दै आएको छ । घरायसी फोहर, गाईबस्तुको गोबर र शौचालयको फोहरलाई प्रयोग गरेर बायोग्यास उत्पादन गर्न सकिने प्रसस्त सम्भावना भए पनि यसतर्फ सर्वसाधारणको आकर्षण भने न्यून रहेको जिविसअन्तर्गतको जलवायु परिवर्तन तथा वातावरण, ऊर्जा शाखाले जनाएको छ ।

]]>
5208 0 0 0
दैनिक १२ करोड रुपैयाँ धेरै नोक्सान http://localhost/ghum/%e0%a4%a6%e0%a5%88%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a5%a7%e0%a5%a8-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%a7%e0%a5%87%e0%a4%b0/ Tue, 27 Oct 2015 04:12:44 +0000 http://www.ghumphir.com.np/?p=5210 कार्तिक १० चितवन । भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ अभाव हुन थालेपछि उत्पादित कुखुराका चल्ला ढुवानी नहुँदा कुखुरापालक किसानले चल्ला खाल्डोमा पुर्न थालेका छन् । चितवनमा अण्डा उत्पादनमा ठूलो मात्रामा ह्रास आएको छ भने मासु बिक्रीमा ४० प्रतिशतले घटेको छ । नेपाल पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलले चल्ला, अण्डा, मासु र दाना उद्योग धरासायी अवस्थामा पुगेको बताए । यस क्षेत्रमा भएको ६० अर्बभन्दा बढी लगानी जोखिम अवस्थामा पुग्ने चिन्ता बढेको उनको भनाइ छ ।   किसानले ब्रोइलर चल्ला राख्न छाडेपछि ह्याचरी उद्योगीले चल्ला खाल्डोमा पुर्न थालेका हुन् । उत्पादित चल्ला किसानसम्म पुर्‍याउन इन्धनको समस्या छ भने बुडिङ्का लागि किसानले ग्यास र तेल पाएका छैनन् । दानाको अभावका कारण चल्ला नबिकेपछि दसैंपछि निस्किएको डबल ह्याच चल्ला पुर्न बाध्य भएको ह्याचरी उद्योग संघ चितवनका अध्यक्ष ऋषिराम पौडेलले बताए ।  ह्याचरी उद्योगले आइतबार र बुधबार हप्ताको दुई दिन चल्ला निकाल्ने गर्दछन् । बुधबार दसैँ परेकाले आइतबार डबल ह्याच एकै पटक निकालिएको थियो । देशभरका ह्याचरीले आइतबार निकालेको २२ लाख चल्ला खाल्डो खनेर पुर्न बाध्य भएको पौडेलले बताए । यसअघि चल्ला प्रतिगोटा ५५ रुपैयाँमा बिक्री हुँदै आएको थियो । १२ करोड १० लाख रुपैयाँ बराबरको चल्ला आइतबार मात्र नोक्सान भएको पौडेलले जानकारी दिए ।]]> 5210 0 0 0 मल्लकालीन गोदामत परम्परा सङ्कटमा http://localhost/ghum/%e0%a4%ae%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%a8-%e0%a4%97%e0%a5%8b%e0%a4%a6%e0%a4%be%e0%a4%ae%e0%a4%a4-%e0%a4%aa%e0%a4%b0%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a4%be/ Tue, 27 Oct 2015 14:03:54 +0000 http://www.ghumphir.com.np/?p=5212

काठमाडौँ, १० कात्तिक ।

कीर्तिपुरस्थित प्रसिद्ध चिलञ्चो महाविहारमा मल्लकालीन समयदेखि चलाउँदै आइएको गोदामत परम्परा आर्थिक स्रोतको अभावमा सङ्कटमा परेको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का अवसरमा वर्षभरिका दिनको गणनासहित ३६५ वटा दियो बाली भव्यताका साथ मनाउने यो परम्पराका लागि गुठी जग्गाको व्यवस्था गरिएको थियो । गुठी जग्गाको व्यवस्था गरिए पनि त्रिभुवन विश्वविद्यालय स्थापनाका क्रममा केही जग्गा अधिग्रहण भएको र अन्य केही जग्गा विभिन्न कारणवस अतिक्रमण भएसँगै यो परम्परा सङ्कटमा परेको कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यले बताउनुभयो । उहाँका अनुसार गोदामत परम्पराका लागि पाँच रोपनी गुठी जग्गा रहेकामा त्योमध्ये लगभग आधा जग्गा विश्वविद्यालय स्थापनाका क्रममा अधिग्रहणमा परेको थियो भने बाँकी जग्गा विभिन्न नाममा अतिक्रमण भएको थियो । विगतमा कोजाग्रत पूर्णिमाका दिन लगभग ३० फुटको उचाइमा रहेको झ्याल आकारको विशेष काठमा दियो बाल्ने गरिएकामा त्यो काठसमेत जीर्ण भएपछि पछिल्ला वर्षमा परम्परा धान्नका लागि स्थानीयवासी मिलेर भूइँमा माटाको दियोमा बत्ती बाल्ने गरेको उहाँले जानकारी गराउनुभयो । गोदामत बाल्ने क्रममा विगतमा चिलन्चोमा विशेष मेला लाग्ने गरेको र सो दिन देवी नाचसमेत प्रदर्शन गर्ने गरिएको स्थानीयवासी बताउँछन् । परम्परा नै सङ्कटमा पर्दै गएपछि लगभग १० वर्ष अघिसम्म मानन्धर समुदाय र अमात्य समुदायको गुठीले संयुक्तरुपमा परम्परा धान्दै आएको शाक्यको भनाइ छ । कीर्तिपुरमा रहेको धेरै प्राचीन संस्कृतिहरू आर्थिक स्रोतको अभावमा सङ्कटमा पर्दै गएकोप्रति बेलैमा सचेत नभए यी संस्कृति पूर्णरुपमै लोप हुने सम्भावना बढ्दै गएको अर्का स्थानीयवासी गोपाल महर्जनले बताउनुभयो ।

]]>
5212 0 0 0
धौलागिरि आइसफल पदमार्ग निर्माण http://localhost/ghum/%e0%a4%a7%e0%a5%8c%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%bf-%e0%a4%86%e0%a4%87%e0%a4%b8%e0%a4%ab%e0%a4%b2-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%a8/ Tue, 27 Oct 2015 14:38:13 +0000 http://www.ghumphir.com.np/?p=5214

म्याग्दी, १० कात्तिक ।

सडक सञ्जाल विस्तारसँगै विस्थापित वनेको बेनी–जोमसोम पदमार्गको वैकल्पिक रुटको रुपमा पहिचान गरिएको ‘धौलागिरि आइसफल पदमार्ग’ तयार भएको छ । म्याग्दीका विभिन्न नौ गाविसको उच्च पहाडी र हिमाली क्षेत्रलाई समेटेर मुस्ताङ जोड्ने पदयात्रा अन्र्तगत विभिन्न स्थानमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, दोबा, भुरुङ तातोपानी, दाना, चिमखोला र कुइनेमङ्गले गाविसलाई समेटेको छ । पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु १० लाख बजेटबाट यो वर्ष रुइसे, भेडिओढार हुँदै मुटुकाटेसम्म र चिमखोलाको फेदीदेखि पैराखर्क हुँदै दहबुकिसम्म पदमार्ग निर्माण गरिएको पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष धुब्रकुमार पाइजाले बताउनुभयो । उहाँका अनुसार गत वर्ष टान पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखरा र जिल्ला विकास समितिको रु सात लाख लगानीमा बेगको धुरीदेखि पछेत्राडिल, पानी डाक्ने डाँडा, दोबाको खोलाखर्क, सोबाङ धुरी हुँदै ल्होसो धुरीसम्म पदमार्ग निर्माण गरिएको थियो । “अब प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम सकिएको छ, नक्साङ्कन गरी सूचनामुलक सङ्केत बोर्ड राख्न सके सजिलै पर्यटक घुम्न सक्छन्,” उहाँले भन्नुभयो । पदमार्ग व्यवस्थापन समितिले सङ्केत बोर्ड राख्न नक्साङ्कनका लागि सहयोग गर्न टान पश्चिाञ्चललाई आग्रह गरेको छ । करिब एकसाता समयको यस पदयात्रा अन्र्तगत भम्रणमा आउने पर्यटक रुइसे, पछेत्राधुरि, खोलाखर्क, सोबाङधुरी, ल्होस र दहबुकीमा रात बिताउने छन् । दहबुकिबाट मुस्ताङको लेते झर्न सकिन्छ । म्याग्दीको कुइनेमङ्गबाट चिमखोलाको फेदी हुँदै पनि फर्कन सकिने व्यवस्थापन समितिका अध्यक्ष पाइजाको भनाइ छ । पदयात्रा अन्र्तगत तीन हजार आठ सय मिटर उचाइको सोबाङधुरी, चार हजार ५०० मिटर उचाइको दहबुकीजस्ता अग्ला ठाउँहरु प्राकृतिक भ्यु टावरको रुपमा रहेका छन् । अहिलेसम्म सञ्चालनमा नआएको र सडक सञ्जालले नछुने यस पदमार्गलाई कुमारी पदमार्गको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको पदमार्ग व्यवस्थापन समितिका सल्लाहकार देवेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

]]>
5214 0 0 0
तीन ट्रक पक्राउ http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%95-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%89/ Tue, 27 Oct 2015 14:48:50 +0000 http://www.ghumphir.com.np/?p=5216

पथरी (मोरङ), १० कात्तिक ।

भन्सार छलेको आशङ्कामा मोरङ प्रहरीले करिब रु ५० लाख मूल्य बराबरका विभिन्न सामानसहित तीन ट्रकलाई समाती राजस्व अनुसन्धान कार्यलय इटहरीमा आज बुझाएको छ । मधेस आन्दोलनका कारण भन्सार नाका अवरुद्ध भइरहेको अवस्थामा विराटनगर रानी भन्सार नाकाबाट राजस्व छलेको आशङ्कामा विशेष सुराकीका आधारमा सो सामान बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार भारतबाट नेपाल भित्रिएको को १ ख ३७७४, को १ ख ४० १० तथा को १ ख ४२६० नंको बेग्ला बेग्लै तीन ट्रकमा तयारी ऊनको स्वेटर र कपडा तथा हार्डवेयरको सामान रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यलयका मोरङका अनुसार भन्सार एजेन्ट किशोर शाहीद्वारा जाँच पास गरिएको भन्सार प्रज्ञापनपत्रमा हस्ताक्षर रहेको र बुद्ध पूजा ढुवानीले आयात गरिएको राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीका प्रमुख गौरीशङ्कर उपाध्यायले बताउनुभयो ।

]]>
5216 0 0 0
कात्तिक नाच कात्तिक ३० देखि http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%a8%e0%a4%be%e0%a4%9a-%e0%a4%95%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a5%a9%e0%a5%a6-%e0%a4%a6%e0%a5%87/ Tue, 27 Oct 2015 14:55:01 +0000 http://www.ghumphir.com.np/?p=5218

ललितपुर, १० कात्तिक ।

मल्लकालीन कात्तिक नाच यही कात्तिक ३० गतेदेखि सुरु हुने भएको छ । पाटन दरबार स्वायरस्थित चार नारायण मन्दिर परिसर, कात्तिक डबलीमा देखाइने उक्त नाच १० दिनको हुने छ । राजा सिद्धिनरसिंह मल्लको पालादेखि चल्दै आएको उक्त नाच पहिले पहिले २७ दिनसम्म चले पनि पर्याप्त बजेट अभावका कारण अचेल १० दिनसम्म मात्र चल्ने गर्छ । नाच ३७४ वर्ष पहिले सुरु भएको मानिन्छ । सो नाचअन्तर्गत बराह अवतार, नारायण अवतार, नृसिंह अवतार, वस्त्र हरणलगायत नाच देखाइन्छ । नाच सञ्चालनका लागि करिब २०० जनशक्तिको आवश्यकता रहने कात्तिक नाच संरक्षण समितिका उपाध्यक्ष प्रतापधर शर्मा उपाध्यायले बताउनुभयो ।

]]>
5218 0 0 0
नेपालको इन्धन अभाव पूर्ति गर्छौ:चीन http://localhost/ghum/5222/ Tue, 27 Oct 2015 15:10:53 +0000 http://www.ghumphir.com.np/?p=5222 १० कात्तिक, काठमाडौं ।

चीनले नेपाललाई अत्यावश्यक वस्तुहरुको आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता पुनः दोहोर्‍याएको छ । नेपालमा जारी इन्धन आपूर्तिको संकटलाई टार्न नेपाल सरकारको अनुरोध बमोजिम सहयोग प्रदान गरिने उसको भनाइ छ ।

chin flag

चिनिया विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले भनिन्-‘एउटा मित्रवत् छिमेकीका नाताले नेपालमा कायम इन्धन अभावलाई पूर्ति गर्न नेपाल सरकारको अनुरोध बमोजिम सहायता प्रदान गर्न तत्पर छौं ।’

प्रवक्ताले यस विषयमा नेपाली पक्षसित आफूहरु निकट सम्पर्कमा रहेको समेत जानकारी दिइन् । इन्धन आपूर्तिका लागि पहल गर्न हाल नेपालको प्रतिनिधिमण्डल चीन भ्रमणमा छ । यो टोलीले सम्झौता समेत गर्न सक्नेछ ।साथै चीनले नेपाललाई एक हजार मेटि्रक टन अर्थात १३ लाख लिटर पेट्रोल अनुदान दिने प्रतिवद्धता जनाइसकेको छ ।

]]>
5222 0 0 0
तस्करी मौलायो http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a5%8c%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a5%8b/ Tue, 27 Oct 2015 15:47:15 +0000 http://www.ghumphir.com.np/?p=5229

गाईघाट (उदयपुर), १० कात्तिक ।

रामपुर ठोक्सिला वनक्षेत्र तथा कटुन्जे बबला र मैनामैनीको जङ्गल क्षेत्रबाट अवैधरुपमा सुनसरीतर्फ काठचोरी हुने कार्य दिनानुदिन मौलाउँदै गएको छ । दसैँ अघिदेखि नै सो क्षेत्रबाट काठ तस्करी सुरु भएको भएपनि अहिले आएर राति र साँझको समयमा तीव्ररुपमा काठ तस्करी हुन थालेको स्थानीय जनता बताउँछन् । रामपुर ठोक्सिलाका केही सामुदायिक वनक्षेत्रमा सम्बन्धित पदाधिकारी नै वनको ढलेको रुखको काठ तस्करीमा लागेका कारण अहिले काठतस्करी झनै मौलाउँदै गएको स्थानीय देवराज कार्कीले बताउनुभयो । रातिको समयमा सुनसरी क्षेत्रबाट खुल्लारुपमा दर्जनौँ ट्र्याक्टर रामपुरको विभिन्न सामुदायिक वनमा छिर्ने र ढलेका रुखहरु कटान गरेर उज्यालो नहुँदै सप्तकोशीको पुल तारेर सुनसरी छिराउने गरेको अर्का स्थानीयवासी केशव थापाले बताउनुभयो । वनका कार्मचारीको उपस्थिति नहुनु र सम्बन्धित क्षेत्रका इलाका प्रहरीबाट पनि निगरानी नहुँदा अहिले सो क्षेत्रमा काठ तस्करी मौलाउँदै गएको प्रत्यक्षदर्शीहरु बताउँछन् । यता, मैनामैनी क्षेत्र तथा कटुन्जे बबलाको सामुदायिक जङ्गल क्षेत्रबाट पनि रातको समयमा ठूलो परिमाणमा दैनिक सामुदायिक वनका पदाधिकारीको मिलोमतोमा काठ तस्करी गरेर सुनसरीतर्फ नै लग्ने गरेको बबला–७ का स्थानीयवासी धनबहादुर राईले बताउनुभयो । यस वर्षको जेठ महिनामा आएको ठूलो आँधीहुरीको कारण रामपुर, बबला तथा मैनामैनी क्षेत्रमा दसौँ हजार रुखहरु ढलेको अनुमान गरिन्छ । ती ढलेका रुखको अहिलेसम्म पनि उचित व्यवस्थापन हुन नसक्दा तस्करले मौका छोपेका हुन् । जिल्ला वन कार्यालय तथा इलाका वन कार्यालयले भने जङ्गलका ढलेका रुखको निगरानी गर्ने कार्य भइरहेको बताएपनि वनका कर्मचारीको उपस्थिति नहुँदा सो क्षेत्रमा काठ चोरी कार्य व्यापक रुपमा हुँदै गरेको स्थानीयवासीको भनाइ छ ।

]]>
5229 0 0 0
ठूला राष्ट्रको प्रभूत्वको सदैव विरोध गर्नुपर्छ :प्रम ओली http://localhost/ghum/%e0%a4%a0%e0%a5%82%e0%a4%b2%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a5%82%e0%a4%a4%e0%a5%8d%e0%a4%b5%e0%a4%95/ Tue, 27 Oct 2015 15:52:22 +0000 http://www.ghumphir.com.np/?p=5231

काठमाडौँ, १० कात्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला शक्तिले साना मुलुकमाथि लाद्ने प्रभूत्ववाद, उपनिवेशवाद र साम्राज्यवादको विरोधमा नेपालले सदैव आवाज उठाउँदै आएको बताउनुभएको छ ।इन्डोनेसियाको जकार्ता तथा वाङ्डुङमा यही कात्तिक ९ देखि १३ गतेसम्म हुने वाङ्डुङ सम्मेलनको ६०औँ वर्षगाँठसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको सफलताको कामनाका लागि सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल विश्वका कुनै पनि भागमा कसैबाट पनि कानुन विरोधी, अमानवीय र असमान व्यवहार नभई सबै राष्ट्र स्वतन्त्र भएको हेर्न चाहेको पनि स्पष्ट गर्नुभएको छ । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षबाट अघोषित नाकाबन्दी जारी रहेको समयमा प्रधानमन्त्री ओलीबाट सो विचार व्यक्त भएको छ । सन्ताउन्न बर्ष अगाडि स्थापित नेपाल अफ्रोएसियाली जनएकता सङ्गठन (आप्सो) का वर्तमान अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेपालमा नयाँ संविधान जारी भएपछि मुलुकले गणतन्त्रलाई संस्थागत गरेको पनि अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट गर्नुभएको छ । सन्देशमा नेपालले गत असोज ३ गते नयाँ संविधान जारी गरेसँगै मुलुकमा औपचारिकरुपमा गणतन्त्र, धर्म निरपेक्षता, बहुदलीय प्रजातन्त्र, जनताको विश्वव्यापी मानवअधिकारलाई सुनिश्चित गरिएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल असंलग्न आन्दोलनको पनि संस्थापक सदस्य रहेको स्मरण गर्दै नेपाल सदैव हरेक मुलुकका लागि संयुक्त राष्ट्र सङ्घद्वारा परिभाषित स्वतन्त्रता र सम्मानका मान्यतामा प्रतिबद्ध रहेको पनि बताउनुभएको छ । सम्मेलनमा भाग लिन नेपालका तर्फबाट सो सङ्गठनका उपाध्यक्ष डा प्रदीपकुमार खड्काको नेतृत्वमा टोली प्रस्थान गरिसकेको आप्सोका महासचिव डा गोपाल पोखरेलले जानकारी दिनुभयो ।

]]>
5231 0 0 0
भारतले नेपालमा फिल्म बेच्न माग्यो तीन करोड http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%b2%e0%a5%87-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%ae-%e0%a4%ac%e0%a5%87%e0%a4%9a/ Tue, 27 Oct 2015 16:09:38 +0000 http://www.ghumphir.com.np/?p=5233 सलमान खानको आउँदो फिल्म ‘प्रेम रतन धन पायो’ निर्माण कम्पनी राजश्री पिक्चर्सले नेपाल राइट १ करोड ३० लाख भारुमा बिक्री गर्न चाहेको छ। यसको नेपाली मूल्य २ करोड ८० हजार रुपैयाँ हुन आउँछ। ६ नेपाली वितरण कम्पनीले राइट खरिद गर्न होड सुरु गरेको जानकारी प्राप्त भएको छ। यो मूल्य अहिलेसम्मकै सर्वाधिक ठूलो राशी हुनेछ। गोपिकृष्ण, दर्शना आर्ट्स, एफडी कम्पनी, पपकर्न, बिग मूभिज, उज्वल घिमिरेले फिल्म खरिद गर्न होड थालेका हुन्। ‘उक्त मूल्यमा अहिले बोलकबोल भैरहेको छ’ खरिद गर्न चाहेको एक कम्पनीका प्रमुखले भने, ‘अहिलेसम्म कसैले पनि किनिसकेका छैनन्।’ ट्रेलरका कारण सलमानको यो फिल्मले नेपालमा समेत हाइप कमाएको छ। लक्ष्मीपूजाको भोलिपल्ट अर्थात १२ नोभेम्बरमा फिल्म रिलिज हुनेछ । फक्स स्टार स्टुडियोले विश्वव्यापी फिल्म वितरण गर्न लागेको हो।

]]>
5233 0 0 0
चीनले दिएको पेट्रोल केरुङ आइपुग्योे तर समयमै लिन गएन नेपाली पक्ष http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%95%e0%a5%87%e0%a4%b0%e0%a5%81/ Tue, 27 Oct 2015 16:16:32 +0000 http://www.ghumphir.com.np/?p=5236 कात्तिक १० , रसुवा

भारतीय नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव भइरहँदा चीनले अनुदानमा दिएको १ हजार मेट्रिकटन पेट्रोलियम पदार्थ उत्तरी सीमावर्ती क्षेत्र केरुङ आइपुगेको छ। दुई दिन अगाडि नै पेट्रोलियम पदार्थ केरुङ आइपुगेको हो। चीनले मंगलबार नै औपचारिक कार्यक्रम गरी तेल नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम बनाए पनि नेपालतर्फबाट तेल लिन ट्याङकर नजादाँ सीमाभन्दा २६ किलोमिटर पर चिनियाँ क्षेत्र केरुङमा चिनयाँ ट्याङ्कर पर्खिरहेका छन्।

पेट्रोलिम पदार्थ बोकेका चिनियाँ ट्याङ्कर केरुङमा दुई दिनदेखि रोकिएर बसेको केरुङ स्थित नेपाली व्यवसायी कृष्ण तामाङले नागरिकन्युजलाई जानकारी दिए । 'सय वटा जति ट्याङ्कर केरुङको बाटोमा लामबद्ध भएर बसिरहेका छन्,' उनले भने।

चीनको केरुङमा रोकिएको तेल उठाउन नेपाली ट्याङ्कर चालकको प्रवेशपास व्यवस्था नभएका कारण ढिलाइ भएको बताइएको छ। चिनियाँ राजदुताबासले ट्याङकर लिएर जाने चालक र कन्डक्टरको परिचयपत्र र सवारी अनुमतिपत्र सहित नाम लिष्ट पठाउन भनेपछि प्रक्रिया ढिलाई भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।

'सिगात्सेबाट पेट्रोलियम पदार्थ केरुङसम्म आएको भन्ने अनौपचारिक जानकारी आएको छ, प्रजिअ गेलाले नागरिकन्युजसँग भने, 'पेट्रोलियम पदार्थ लिन आउने कुरा आयल निगमका प्रवक्ता प्रकाश बराललले जानकारी गराएका छन्।'

निगमले जिल्ला प्रशासनलाई बुधबारसम्म ट्याङ्कर पठाउने बताएको छ। 'कागजपत्र मिल्नासाथ पठाउँछौं भनेका छन्', प्रजिअ गेलालले भने।

चीन जान प्रवेश पासको अनिवार्य व्यवस्था रहेको छ। सामान्यतः नेपालीलाई केरुङ प्रवेश गर्न एक दिने पास दिने व्यवस्था छ। आयल निगमले पठाउने ट्याङकर तेल लोड नभएसम्म उतै बस्न पर्नसक्ने हुँदा चिनियाँ दुताबासले चालक र सहचालकको नाम लिष्ट पठाउन भनेको बताइएको छ।

चालक, सह चालकहरुले एक दिनभन्दा बढी बस्नुपर्ने अवस्था आउने सम्भावनालाई ध्यानमा राख्दै राजदुताबासलाई आयल निगमले पहिला नै नाम लिष्ट पठाउन

प्रक्रिया पूरा भएपछि बुधबारसम्म ट्याङकरको गाडी हिँड्ने आयल निगमले जानकारी गराएको प्रजिअ गेलालले बताए।

हाल रसुवागढी नाका सञ्चालन भए पनि रसुवाका स्थानीय तथा स्थायी पास भएकालाई मात्रै केरुङ प्रवेशको पास दिइने गरेको छ। त्यसैले चीनले पहिलानै केरुङ जाने चालक र सहचालकको लिष्ट मगाएको हो। चीन प्रवेशको प्रक्रिया पुरा गरे सँगै केरुङबाट तेलको ट्याङकर अपलोड गरेर नेपाल आयल निगमको ट्याङकरमा खसाल्ने छ। केरुङबाट लोड गरिएको २५ वटा ट्याङकर नेपालको रसुवागढी नाका हुँदै काठमाडौं पठाइने प्रजिअ गेलालले नागरिकन्युजलाई बताए।

चीनबाट तेल आउने भए सँगै नेपालतर्फ रसुवागढी सीमा नाकामा सशस्त्रको सीमा सुरक्षा बल तैनाथ गरिएको छ। चीनबाट अनुदानमा आएको तेल सुरक्षित हिसाबमा राजधानी काठमाडौं पठाउने व्यवस्था मिलाइएको रसुवाका प्रहरी नायव उपरिक्षक अभिधेश विष्टले जानकारी दिए।

चीनले अनुदानमा दिने पेट्रोल केरुङमै सिल गरेर काठमाडौं पठाइने तयारी भएको छ। सीमा नाका खुलेकै दिन केरुङमा व्यवसाय गरेर बसेका नेपालीहरु त्यसतर्फ लागेका छन्। ११ जनाको टोलीमा रहेको व्यापारीहरु समेत भुकम्पका कारण बन्द भएको सामान उठाउनका लागि केरुङ गएका हुन्।

गत असोज २८ गते रसुवागढी नाका खुले सँगै चीनले दिएको ६ कन्टेर सहयोगको खाद्य सामग्री समेत नेपालले ल्याउन सकेको छैन। गाडी अभावको कारण देखाउँदै चीनले दिएको राहते १ करोड ६० लाख रुपयाँ बराबरको सामग्री चीनको सिमाक्षेत्रम अलपत्र परेको हो।

इन्धन अभाव र बोक्ने कन्टेनर अभावको कारण देखाउँदै चीनले दिएको राहत सामग्री हाल चीन तर्फको सिमा नाका खम्बाटारमा असोज २८ गते देखि थन्किएर बसेको छ। उक्त कन्टेनरमा नुन चिनी तेल लगायतको खाद्य सामग्री रहेको बताइएको छ।

]]>
5236 0 0 0
अनौठा ग्याजेटहरु http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8c%e0%a4%a0%e0%a4%be-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%9c%e0%a5%87%e0%a4%9f%e0%a4%b9%e0%a4%b0%e0%a5%81/ Tue, 27 Oct 2015 16:36:26 +0000 http://www.ghumphir.com.np/?p=5238 हाम्रो जिवनमा स्मार्ट ग्याजेटहरुको ठूलो भूमिका रहँदै आएको छ । विश्वमा दैनिक रुपमा नयाँ नयाँ ग्याजेट लन्च भैरहेका छन् । जसमध्ये केही हाम्रो जिवनमा निकै काम आउँछन् भने कतिपयले हाम्रो कामलाई सजिलो बनाउँछन् । हामीले निकै साधारण सोँचिएका तथा नजरअन्दाज समेत गरिने कामहरुलाई समेत सहज बनाउनका लागि विभिन्न ग्याजेट बनाइएका छन् । यस्तै अनौठा ग्याजेटहरु यस्ता छन् :

Tag-GPS-plus ट्याग जिपिएस प्लस :

घरपालुवा जनावर खासगरी कुकुर बिरालोलाई ट्रयाक गर्नका लागि यो ट्याग जिपिएस प्लस निकै उपयोगी हुन्छ ।

यसमा थर्मोमिटर पनि जडान गरिएको हुन्छ जसले घरको कुकुर बिरालोको सरीरको तापक्रम पत्ता लगाउनेछ । यो जिपिएस ट्याग लगाएमा मूल्यवान कुकुर हराउने जोखिम कम हुन्छ र हराएमा पनि कहाँ पुगेको छ भनेर खोज्न सकिन्छ । यसको मूल्य ८५ पाउण्ड पर्ने र यो वर्षको अन्त्यसम्ममा बजारमा आउने बताइएको छ ।

Logbar-Ring

लगबार इंक औँठी

यदि तपाइँको मोबाइलमा म्यासेज आउँदा तपाइँको औँठी भाइब्रेट गर्छ वा औँठीले रिमोट कन्ट्रोलको रुपमा काम गर्छ ।

जब तपाइँले औँला हल्लाएर नै टेलिभिजनको च्यानल चेन्ज गर्न सक्नुभयो भने कस्तो लाग्ला ? हो अब यो काल्पनिक कुरा यथार्थ बन्दैछ । लगबार इंक कम्पनीले यस्तो ब्लुटुथवाला औँठी बनाएको छ जुन अरु जो सुकै ब्लुटुथवाला ग्याजेटसँग कनेक्ट हुनसक्छ । ८५ पाउण्ड मूल्यवाला यो औँठी रिमोठ छिटै बजारमा आउने बताइएको छ।

Sony-light

सोनी लाइट डिभाइस स्पिकर

सोनी लाइट डिभाइस स्पिकरले आवाजका साथसाथै प्रकाश पनि पैदा गर्छ । स्मार्टफोनबाट पनि नियन्त्रण गर्न सकिने यो डिभाइसलाई तपाइँ आफ्नो कोठाको सिलिंगमा लगाउन सक्नुहुन्छ वा टेबुलमा डेकोरेटिभ ल्याम्पको रुपमा पनि सजाउन सक्नुहुन्छ । अनि एक पन्थ दुइ काज भनेझैँ यसबाट गित संगीत सुन्ने र बत्ती बाल्ने दुबै गर्न सक्नुहुन्छ ।

Tween-Wash

ट्वीन वास

तपाइँलाई यदि कपडा धुने समयमा समस्या हुन्छ, सादा र रंगीन कपडा भिन्नाभिन्नै धुने झण्झट छ भने यसका लागि एउटा समाधानको उपाय आएको छ । एउटा यस्तो वासिंग मेसिन आउँदैछ जसमा एकै समयमै तपाइँले अनेक रंगका कपडा धुन सक्नुहुन्छ ।

एलजीका टि्वन वास वासिंग मेसिन देख्दा सामान्य भएपनि यसभित्र सादा र रंगीन कपडालाई छुट्टाछुट्दै सफा गर्नेगरी छुट्टाइएको हुन्छ । BMWI-3 बिएमडब्लु आइ थ्री

छिटै बिएमडब्लु आइ थ्री सेल्फ पार्किंग कार आउँदैछ जुन आफै पार्क हुन्छ । कारलाई पार्किंग एरियाको बाहिरै छाडेर आफ्नो बाटो लागे हुन्छ यो आफै पार्किंगमा गएर पार्क हुन्छ । लेजर स्क्यानर प्रविधिको सहायताले यो कार आफ्नो पार्किंगको सही ठाउँमा गएर अडिन्छ । यो कार निर्माण भएर संचालनमा आउन केही समय लाग्ने बताइएको छ । Walkman

आइकोनिक वाकम्यान एनडब्लु जेडएक्स टू

कुनै जमानामा बजारमा आफ्नो रवाफ कायम राख्न सफल आफ्नो वाकमेनलाई सोनी कम्पनीले पुनः ल्याएको छ । यसमा हाइ डेफिनेसन अडियो प्लेयर छ भने एकसाथ १० हजार गित स्टोर गर्न सकिन्छ । यसले हाइ रिजोलुसन अडियो मोबाइल भन्दा धेरै गुणा राम्रो आवाज पैदा गर्छ । यसको स्टोरेज क्षमता १२८ जिबी तथा ब्याट्री ब्याकअप ६० घण्टा हुन्छ ।

Aasus-Jen-Phone

एसस जेनफोन टू

एन्ड्रोइड फाइभ ललिपप ओएस मा चल्ने एसस जेनफोन टू मोबाइल फोर जिबी र्याम भएको विश्वको पहिलो स्मार्टफोन हो । यसमा ५.५ इन्चको फुल एचडी डिस्प्ले रहेको छ । साथै ६४ बिट इन्टेल २.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर, १३ मेगापिक्सेल रियर क्यामरा तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा लगायतका फिचर्स रहेका छन् ।

]]>
5238 0 0 0
भीभीआईपी सुविधासहित राष्ट्रपति यादव भैंसेपाटी सर्ने http://localhost/ghum/%e0%a4%ad%e0%a5%80%e0%a4%ad%e0%a5%80%e0%a4%86%e0%a4%88%e0%a4%aa%e0%a5%80-%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d/ Wed, 28 Oct 2015 01:54:10 +0000 http://www.ghumphir.com.np/?p=5242 ११ कात्तिक, काठमाडौं ।

राष्ट्रपति रामवरण यादवलाई सरकारले भीभीआईपी सुरक्षासहित काठमाडौंको भैंसेपाटी क्षेत्रमा सुविधासम्पन्न घरमा आवासको व्यवस्था गर्ने भएको छ।

मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले जीवनभर भीभीआईपी सुरक्षा, सेवा र सुविधा प्रदान गर्न लागेको हो। बुधबार नयाँ राष्ट्रपति चयन हुने भएकाले वर्तमान राष्ट्रपतिको आवास व्यवस्था गर्न सरकारले यादवको इच्छाअनुसार भैंसेपाटी क्षेत्रमा तत्कालका लागि भाडामा घर खोजिरहेको अन्नपूर्ण पोस्टमा खबर छ।

राष्ट्रपति यादवले नयाँ राष्ट्रपतिले शपथ लिएलगत्तै शीतल निवास छाड्ने तयारी गरेका छन्। तर सरकारले उनको आवासका लागि अझैसम्म नयाँ घर तय गरिनसकेकाले केही दिन ढिला हुन सक्ने बताइएको छ।

पूर्वराष्ट्रपतिको हैसियतमा यादवलाई सचिवालय, नेपाली सेनाको सुरक्षा, आवास सुविधासहित अन्य सुविधा सरकारले प्रबन्ध गर्नेछ। ‘केकति सेवासुविधा दिने भन्ने विषय निर्णय हुन बाँकी छ तर पूर्वराष्ट्रपतिलाई सबै सुविधा दिनेमा कुनै शंका छैन’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने।यादव निकट स्रोतका अनुसार उनले कुनै सेवामूलक सामाजिक संस्था खोलेर परोपकारी काम गर्ने मनस्थिति बनाएका छन्।

]]>
5242 0 0 0
एनओसी र पेट्रो चाइनाबीच इन्धन कारोबार गर्ने सम्झौता http://localhost/ghum/%e0%a4%8f%e0%a4%a8%e0%a4%93%e0%a4%b8%e0%a5%80-%e0%a4%b0-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%9a%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a4%be%e0%a4%ac%e0%a5%80%e0%a4%9a-%e0%a4%87/ Wed, 28 Oct 2015 13:26:52 +0000 http://www.ghumphir.com.np/?p=5252

हरि लामिछाने  काठमाडौँ, ११ कात्तिक ।

चीनसँग दीर्घकालीनरुपमा पेट्रोलियम पदार्थ आयात गर्न सरकारको स्वामित्व रहेको नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको पेट्रो चाइनाबीच आज बेइजिङमा सम्झौता भएको छ । यो सम्झौतासँगै नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशन(आइओसी)बीचको पेट्रोलियम पदार्थको एकाधिकार व्यापार तोडिएको छ भने चीनबाट इन्धन आयातको बाटो खुलेको छ । “आयल निगम र पेट्रो चाइनाबीच इन्धन आयात गर्ने सम्झौंता भएको छ” चीनका लागि नेपाली राजदूत महेश मास्केले रासससँग भन्नुभयो,“यो सम्झौंतापछि चीनबाट दीर्घकालिन रुपमा आयात गर्ने बाटो खुलेको हो ।” दुई देशका व्यापारीक निकायबीच भएको सम्झौतामा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र पेट्रो चाइनका कार्यकारी प्रमुखबीच हस्ताक्षर भएको राजदूत मास्केले जानकारी दिनुभयो । सम्झौता गर्नु अगाडिको छलफलमा दुई देशबीचको नाकालाई प्रभावकारी बनाउने र सडकलाई चौडा गर्ने विषयमा पनि छलफल भएको त्यस विषयमा चिनीया पक्ष सकारात्मक रहेको उहाँले जानकारी दिनुभयो । नेपालमा जारी सङ्कट समाधानका लागि चिनीया पक्षसँग नेपाल सरकारले हवाई मार्गबाट भएपनि इन्धन उपलब्ध गराउन आग्रह गरेको थियो । छलफलमा नेपाली पक्षले चिनीया पक्षलाई अन्तर्राष्ट्रिय बजार मूल्यमा नेपालमा इन्धन पठाउन आग्रह समेत गरेको थियो । जवाफमा चिनीया पक्षले नेपाली पक्षको आवश्यकता अनुसार इन्धन उपलब्ध गराउन तयार रहेको र त्यसका लागि विभिन्न तहमा तयार गर्नुपर्ने पूर्वाधार तथा प्राविधिक संरचना बनाउँदै लैजाने आश्वासन दिएको थियो । सम्झौतामा नेपालमा आवश्यक पर्ने कुल आयातको एक तिहाई इन्धन चीनबाटै आयात गर्ने प्रतिवद्धता गरिएको छ भने दीर्घकालिनरुपमा इन्धनमा देखिदै आएको समस्याको विकल्पको रुपमा यस सम्झौतालाई लिइएको छ ।

]]>
5252 0 0 0
चौबिस करोडका भेडाच्याङग्रा निर्यात http://localhost/ghum/%e0%a4%9a%e0%a5%8c%e0%a4%ac%e0%a4%bf%e0%a4%b8-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a4%be-%e0%a4%ad%e0%a5%87%e0%a4%a1%e0%a4%be%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99%e0%a4%97%e0%a5%8d/ Wed, 28 Oct 2015 13:30:08 +0000 http://www.ghumphir.com.np/?p=5255

मुस्ताङ, ११ कात्तिक ।

नेपालीको महान पर्व दसैँमा हिमाली जिल्ला मुस्ताङबाट रु २४ करोड भन्दा बढीको भेडाच्याङग्रा निर्यात भएको छ । उपल्लो मुस्ताङको विभिन्न ६ गाविसबाट दसैँ अवधिमा १५ हजार ३०८ वटा भेडाच्याङग्रा निर्यात भएको पशुसेवा कार्यालयले जनाएको छ । ती भेडाच्याङग्राबाट यहाँका किसानले रु २४ करोड २२ लाख ३६ हजार आम्दानी गरेको पशु सेवा कार्यालयका प्राविधिक फलेन्द्र थकालीले जानकारी दिनुभयो । उहाँका अनुसार, निर्यात भएको भेडाच्याङग्रा मध्ये ९ हजार भेडा र ६ हजार ३०८ वटा च्याङग्रा रहेका छन् । किसानले खोरबाटै व्यापारीलाई प्रति भेडा रु १५ हजार र प्रति च्याङग्रालाई रु १७ हजारमा बिक्री गरेका थिए । भेडाबाट रु १३ करोड ५० लाख र च्याङग्राबाट रु १० करोड ७२ लाख ३६ हजार आम्दानी भएको प्राविधिक थकालीले जानकारी दिनुभयो । व्यापारीले बजारमा भने प्रति भेडालाई कम्तीमा रु २० हजार र च्याङग्रालाई रु २३ हजार सम्ममा बिक्री गरेका थिए । मुस्ताङबाट ७०० भेडाच्याङग्रा नेपाल खाद्य संस्थानले काठमाडौँसम्म पु¥याएका थियो । काठमाडाँै, पोखरा, म्याग्दी, पर्वत र बाग्लुङलगायतका जिल्लामा मुस्ताङबाट भेडाच्याङग्रा निर्यात भएको पशुसेवा कार्यालयले जनाएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, सुर्खाङलगायतका गाविसलाई भेडापालनका लागि पकेट क्षेत्र मानिन्छ । त्यहाँ तयार पारिएका भेडाच्याङग्रा दसैँ याममा बजारमा ल्याउने गरिन्छ । मुस्ताङमा भेडा कम र च्याङग्रा बढी पाल्ने परम्परा छ ।

]]>
5255 0 0 0
मौसम खुलेसँगै पर्यटकको चहलपहल बढ्यो http://localhost/ghum/%e0%a4%ae%e0%a5%8c%e0%a4%b8%e0%a4%ae-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a5%88-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%9a/ Wed, 28 Oct 2015 13:34:25 +0000 http://www.ghumphir.com.np/?p=5257

इलाम, ११ कात्तिक ।

मौसम खुलेसँगै इलामका पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, कन्याम, सानो पाथीभरा, माइपोखरी र अन्य पर्यटकीयस्थलमा भारतीय र पश्चिमी मुलुकबाट बाह्य तथा झापा, मोरङ, सुनसरी, काठमाडाँैंलगायतका ठाउँबाट आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको हो । यसपटक छिट्टै मौसम खुलेकाले सन्दकपुरमा पर्यटक आवागमन बढेको स्थानीय शेर्पा च्यालेट होटलका नर्वु शेर्पाले बताउनुभयो । “चाडवाडको समय, अनि खुला मौसम भएकाले यस क्षेत्रका होटल बुक भइसकेका छन्” उहाँले भन्नुभयो । सन्दकपुरबाट कञ्चनजङ्घा, सगरमाथा, कुम्भकर्णलगायतका हिमशृङ्खलासँगै सूर्याेदय र सूर्यास्तको दृष्यावलोकन तथा नेपाल र भारतका थुप्रै स्थान देख्न सकिन्छ । यसैगरी पूर्वको हरियालीको रूपमा रहेको चियाको बारीले चिनिएको कन्याममा पनि बनभोज खाने र घुम्न आउने पर्यटक धेरै छन् । यहाँ दैनिक २०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको कन्यामका काजीमान कागते बताउनुहुन्छ । झापा, मोरङ, काठमाडाँैंलगायत देशका विभिन्न जिल्लाबाट पर्यटक आएका छन् । यहाँबाट श्रीअन्तु, समालबुङ र कन्याम क्षेत्रको सुन्दर हरियाली देख्न सकिन्छ । पूर्वकै कान्छो सिमसार क्षेत्र माइपोखरी घुम्न आउनेको सङ्ख्या पनि उल्लेख्य छ । बरबोटे हुँदै १३ किलोमिटर कच्ची सडक पार गरेर पुगिने माइपोखरीमा आजभोलि दैनिक २०० भन्दा बढी पर्यटक आउन थालेको धार्मिक वन समूहका अध्यक्ष कमल मुखियाले बताउनुभयो । यहाँ विश्वमै लोपोन्मुख गलँैंचे झ्याउ, अनौठा खालका चरा, ठकठकेलगायतका पक्षी तथा वनस्पति पाइन्छन् । माइपोखरीमा पानीको सतह बढ्न थालेपछि पर्यटक आगमनमा वृद्धि भएको मुखियाले बताउनुभयो । विभिन्न प्रजातिका लालीगुराँस र लोपोन्मुख रेडपाण्डा, काँडेभ्याकुरजस्ता पक्षी तथा जनवार सन्दकपुर क्षेत्रमा पाइन्छन् । जमुनामा रहेको चोयाटार सामुदायिक वन रेडपाण्डाको वासस्थान मानिन्छ । कन्काई माइको उद्गमस्थल तीन हजार ६३६ मिटरको उचाईमा रहेको सन्दकपुर धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । भारतको दार्जिलिङबाट सीमावर्ती मानेभञ्ज्याङ हुँदै धेरै पर्यटक सन्दकपुर पुग्छन् । मानेभञ्ज्याङदेखि ३१ किलोमिटरमा रहेको सन्दकपुरबीचका मेघ्मा, तुम्लिङ, जौवारी, गैरिवास, कैयाकट्टा र कालपोखरीमा पनि पर्यटक रोकिने भएकाले त्यहाँको चहलपहल पनि बढेको छ । सदरमुकामबाट बिब्ल््याँटे हुँदै माबुबाट सन्दकपुरसम्म मोटर सडक जोडिएको छ । माइपोखरी हुँदै माइमझुवा भएर पनि सन्दकपुर पुग्न सकिन्छ । पर्यटन सूचना केन्द्र कोल्बुङका सूचना अधिकारी प्रेम अधिकारीका अनुसार चालु आवको तीन महिनामा एक हजार ६०० भन्दा बढी पर्यटक इलाम आएका छन् । साउनमा ४००, भदौमा ६०० र असोजमा ६४२ जना र कात्तिकयता १०० भन्दा बढी पर्यटक जिल्लामा भित्रिएका हुन् । अमेरिका, जर्मन र भारतबाट पर्यटक आएको अधिकारीले जानकारी दिनुभयो । भारतको अघोषित नाकाबन्दीले समेत पर्यटक आवागमनमा असर पु¥याएको अधिकारीले बताउनुभयो ।

]]>
5257 0 0 0
उपभोग्य वस्तुको मुल्य आकासियो http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%ad%e0%a5%8b%e0%a4%97%e0%a5%8d%e0%a4%af-%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%86%e0%a4%95/ Wed, 28 Oct 2015 13:40:10 +0000 http://www.ghumphir.com.np/?p=5259

भोजपुर, ११ कात्तिक ।

भारतीय पक्षको अघोषित नाकाबन्दी र दसैँ तिहारले गर्दा भोजपुरमा दैनिक उपभोग्य वस्तुकोे मुल्य आकासिएको छ । नाकाबन्दी र बन्दको कारण ढुवानी गर्न समस्या देखाउँदै व्यापारीले मनपरी मूल्य बढाएकोे सर्वसाधारणले आरोप लगाएका छन् । मुल्यबृद्धिका कारण यसअघि प्रतिलिटर रु १७० मा पाइने तोरीको तेल अहिले रु २५० देखि रु २५० सम्म पर्दै आएको छ । रु १३० प्रतिलिटर पर्ने रिफाइन तेल पनि बढेर रु १६० भन्दा माथि पुगेको छ । त्यस्तै, प्रतिकिलो रु ८० पर्ने चिनीको मूल्य रु १०० सम्म पुगेको छ । जुस, मदिरा तथा अन्य पेयपदार्थको पनि मूल्य वृद्धि भएको छ । सदरमुकाममा दसैँ तिहारका लागि किनमेल गर्न आएका आम्तेक गाविसका ओमकुमार खुलालका अनुसार व्यापारीले नाकाबन्दीको दाउ छोप्दै चामल, दाल, साबुन, चिउरा लगायतका दैनिक उपभोग्य खाद्यपदार्थमा मूल्यवृद्धि गरेका हुन् । यता चार महिनाका लागि व्यापारीले ल्याएको सामान सकिएको र थप सामान ल्याउन कठिनाई भएका कारण अभाव सिर्जना भएको सदरमुकामका व्यापारीहरुको भनाइ छ । वर्षाका कारण उपभोग्य वस्तु ल्याउन नसकिएका बेला भारतीय नाकाबन्दीसँगै सर्वसाधारण मारमा परेको उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष डम्बर श्रेष्ठले बताउनुभयो । व्यापारीले मनपरी मूल्यवृद्धि नगरेको उहाँको भनाइ छ । “हामीले अनुगमन गरिरहेका छौँ,” उहाँले भन्नुभयो । अघोषित नाकाबन्दीकै कारण एक महिनायता सर्वसाधारणले ग्यास पाउन सकेका छैनन् । पेट्रोल, डिजेल, मट्टितेललगायतको चर्को अभाव छ । पेट्रोल अभावमा निकै कम मात्र मोटरसाइकल गुड्ने गरेका छन् । ग्यास नपाउँदा सदरमुकाममा डेरा गरी बस्ने विद्यार्थी र सर्वसाधारण बढी मारमा परेका छन् ।

]]>
5259 0 0 0
बढी भाडा लिने सवारीसाधनलाई कारबाही, भाडा फिर्ता गराइयो http://localhost/ghum/%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%ad%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%a8%e0%a4%b2/ Wed, 28 Oct 2015 13:43:02 +0000 http://www.ghumphir.com.np/?p=5261

वालिङ, ११ कात्तिक ।

चाडपर्वका बेलामा सार्वजनिक सवारीसाधनले यात्रुबाट चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि प्रहरीले बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरी भाडा फिर्ता गराएको छ । “सर्वसाधारणको गुनासो आउन थालेपछि हामीले सिद्धार्थ राजमार्गका विभिन्न भागमा छड्के जाँच गरेर सार्वजनिक सवारीसाधनले लिने गरेको बढी भाडा फिर्ता गराउने गरेका छौँ”, स्याङ्जाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार बैदावारले भन्नुभयो, “प्रत्येक सवारीसाधनमा नयाँ भाडा दर देखिने ठाउँमा टाँस्न लगाएका छौँ र यात्रुलाई पनि नयाँ भाडा दरका बारेमा जानकारी गराएका छौँ ।” सवारीधनीले ब्लाकको तेल हालेर सवारी चलाएको बताउँदै बढी भाडा दिए लैजाने नभए सवारीसाधनमा नचढाउने गरेको गुनासो पनि यात्रुको रहेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न सानाठूला सवारीसाधनलाई कारबाही गरी रु एकसय देखि एक हजार ५०० सम्म बढी भाडा दिएका यात्रुको भाडा फिर्ता गराएको छ । “भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धनको समस्या छ”, एक चालकले भने, “ब्लाकको इन्धन हालेर साबिकको भाडादरमा यात्रु बोक्दा उल्टै घाटा हुन्छ ।”

]]>
5261 0 0 0
केरुङसम्म तेल आएको छैन - रसुवाका सिडिओ http://localhost/ghum/%e0%a4%95%e0%a5%87%e0%a4%b0%e0%a5%81%e0%a4%99%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%86%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%9b%e0%a5%88%e0%a4%a8-%e0%a4%b0%e0%a4%b8/ Wed, 28 Oct 2015 13:48:32 +0000 http://www.ghumphir.com.np/?p=5263 रसुवा, ११ कात्तिक ।
चीनले अनुदानमा दिने भनेको तेल केरुङ आइपुगेको छैन् । रसुवाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल र रसुवाका प्रहरी प्रमुख डिएसपी अवदेश विष्टसहितको टोली आज केरुङ पुगेर अवलोकन गर्दा केरुङसम्म ट्यांकरहरु नआएको पाइएको हो ।
यसअघि चीनले तेल भरेर पठाएको ट्यांकर केरुङमा लामबद्ध भएको बसेको भन्ने समाचार सार्वजनिक भएको थियो । 'हामी केरुङसम्म पुगेर आयौं'  प्रमुख जिल्ला अधिकारी गेलालले सेतोपाटीसँग भने 'त्यहाँसम्म तेल आइपुगेको छैन ।'
आफूहरुको भेटमा चिनियाँ अधिकारीहरुले तेल बोकेको ट्यांकर सिगात्सेबाट हिडिँसकेको र केही दिनभित्र आइपुग्ने बताएको डिएसपी विष्टले बताए ।  अवलोकनका क्रममा केरुङतर्फ भूकम्पले सडकहरु विगारेको बताए । रसुवागढी र केरुङसम्मको दुरी १७ किलोमिटरको छ ।
चीनले तेल पठाए बाटोको समस्या नरहने उनले बताए । चीनले अनुदानमा दिने भनेको तेल केरुङबाट रसुवागढी, धुन्चे त्रिशुली गल्छी हुँदै काठमाडौं ल्याइने नेपाल आयल निगमको तयारी छ ।साभार :सेतोपाटी
]]>
5263 0 0 0
पूर्व राजपरिवारको नाममा रहेका सम्पत्ति खोज्न १० समूह http://localhost/ghum/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be/ Wed, 28 Oct 2015 14:00:11 +0000 http://www.ghumphir.com.np/?p=5266

काठमाडौँ, ११ कात्तिक ।

नेपाल ट्रष्टको कार्यालयले तराईका १० जिल्लामा पूर्व राजपरिवारको नामको सम्पत्ति खोज्न कर्मचारीको समूह पठाउने भएको छ । पूर्वराजा वीरेन्द्र, पूर्व रानी ऐश्वर्य र उनीहरुको परिवारको देहावसान हुँदाका बखतको सम्पत्ति खोज्न कर्मचारीको समूह खटाउने तयारी सुरु गरिएको कार्यालयका कार्यकारी सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “झापा, मोरङ, सुनसरी, बारा, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा चालु आवमा जग्गा खोजबिनका लागि समूह पठाउन लागिएको छ । दश जिल्लाका मालपोत कार्यालय र नापी कार्यालयमा गई सूक्ष्मरुपमा अध्ययन गर्न समूह पठाउन लागिएको हो ।” कार्यालयले दुई वर्षअघिदेखि सघन सम्पत्ति खोजबिन अभियान सुरु गरेको थियो । अहिलेसम्म २२ हजार रोपनी जग्गा पूर्व राजपरिवारको नामबाट नेपाल ट्रष्टको कार्यालयको नाममा ल्याइएको प्रवक्ता पर्शुराम अर्यालले जानकारी दिनुभयो । “नागार्जुन जङ्गलको २७ हजार रोपनी जग्गा कार्यालयको नाममा ल्याउन सञ्चालक समितिको बैठकबाट निर्णय गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ, नागार्जुन जङ्गलकै धादिङतर्फको १५ हजार रोपनी जग्गा यसअघि नै ट्रष्टको नाममा आइसकेको छ”  उहाँले भन्नुभयो । पूर्व राजपरिवारको नामबाट ट्रष्टको नाममा आएका घर जग्गाको भाडाबाट उठेको करिब रु ३६ करोड ट्रष्टको कोषमा जम्मा भएको छ । यसरी जम्मा भएको रकम नेपाल ट्रष्ट ऐन २०६४ अनुसार सार्वजनिक हितका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकिने व्यवस्था रहेको छ । सङ्कलित रकम हालसम्म खर्च नभएकाले कार्यविधिको मस्यौदा भइरहेको कार्यालयले जनाएको छ । कार्यविधि बनेपछि तोकिएका जनहितका काममा कोषको उपयोग गरिनेछ ।

]]>
5266 0 0 0
नवनर्विाचित राष्ट्रपतिलाई राष्ट्रपति डा यादवको बधाई http://localhost/ghum/%e0%a4%a8%e0%a4%b5%e0%a4%a8%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%bf%e0%a4%be%e0%a4%9a%e0%a4%bf%e0%a4%a4-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%b2/ Wed, 28 Oct 2015 14:03:25 +0000 http://www.ghumphir.com.np/?p=5268

काठमाडौँ, ११ कात्तिक ।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति डा रामवरण यादवले बधाई दिनुभएको छ । व्यवस्थापिका–संसद्बाट निर्वाचित भएको घोषणालगत्तै राष्ट्रपतिले टेलिफोन गरी नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बधाई दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । राष्ट्रपति डा यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई हार्दिक बधाई ज्ञापन गर्र्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

]]>
5268 0 0 0
पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध http://localhost/ghum/%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5-%e0%a4%b0/ Wed, 28 Oct 2015 14:09:57 +0000 http://www.ghumphir.com.np/?p=5270

बुटवल (खस्यौली), ११ कात्तिक ।

सिद्धार्थ राजमार्गमा पर्ने बुटवल पाल्पा सडकखण्डअन्तर्गत गर्ने पाल्पा दोभानको सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । दिउँसो करिब ३ः४५ बजे दोभान र माथिल्लो सिद्धबाबा नजिकै माथिबाट ठूलो पहिरो खसेको र राजमार्ग अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पाल्पातर्फबाट आउने र बुटवलबाट पाल्पा, पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँचीलगायतको जिल्लामा जाने सवारीका साधन दुवैतर्फ रोकिएका छन् । सवारीसाधन रोकिएपछि यात्रु अलपत्र परेका छन् । पहिरो हटाउनका लागि पाल्पाबाट डोजर ल्याउन समस्या भएको र बुटवलबाट डोजर लैजाने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । पहिरो ठूलो भएकाले केही समय लाग्ने पनि उहाँले बताउनुभयो । बुटवलको तल्लो सिद्धबाबा (चिढिया खोलादेखि पाल्पाको दोभानसम्मको करिब चार किलोमिटर सडक अत्यन्तै जोखिमयुक्त रहेको र यस सडक भएर यात्रा गर्ने यात्रुले दैनिक जोखिमपूर्वक यात्रा गर्न बाध्य छन् । यहाँको सडकको दूरावस्थाकै कारण वर्षौंदेखि सयौँ यात्रुले ज्यान गुमाइसकेका छन् भने हजारौँ यात्रु घाइते भएका छन् । त्यस्तै ठूलो धनमालको पनि क्षति भइरहेको छ ।

]]>
5270 0 0 0
रसुवाका असी राष्ट्रसेवक कारबाहीमा http://localhost/ghum/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%b8%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%95/ Wed, 28 Oct 2015 14:23:00 +0000 http://www.ghumphir.com.np/?p=5272

धुन्चे (रसुवा) ११ कात्तिक ।

दसँै बिदापछि कार्यालयमा उपस्थित नहुने रसुवाका ८० जना कर्मचारीलाई स्थानीय प्रशासनले कारबाही सुरु गरेको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी थापाका अनुसार कार्यालयमा उपस्थित नहुनेमा १४ कार्यालय प्रमुख र ६६ जना राजपत्रअनङ्कित कर्मचारी रहेका छन् । तिनीहरुलाई विभागीय कारबाहीका लागि स्पष्टीकरण माग्ने कार्य अघि बढाइएको छ । उपस्थित नहुने कार्यालय प्रमुखहरुमा जिल्लास्थित निर्वाचन कार्यालय, शिक्षा, स्वास्थ्य, सिँचाइ, वन, महिला तथा बालबालिकालगायत छन् । बडादसैँ सकिएको तीन दिनसम्म पनि कार्यालय अनुपस्थित भई जिम्मेवारीमा लापरबाही गरेका कारण निजामती सेवा नियमावलीअनुरुप कारबाही अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

]]>
5272 0 0 0
इलामको कोसेली http://localhost/ghum/%e0%a4%87%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8b%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a5%80/ Wed, 28 Oct 2015 15:27:53 +0000 http://www.ghumphir.com.np/?p=5276 5276 0 0 0 धान राख्ने ठाउँ नपाएपछि http://localhost/ghum/5279/ Wed, 28 Oct 2015 15:30:30 +0000 http://www.ghumphir.com.np/?p=5279 5279 0 0 0 पर्यटकको प्रतिक्षामा http://localhost/ghum/5282/ Wed, 28 Oct 2015 15:34:01 +0000 http://www.ghumphir.com.np/?p=5282 5282 0 0 0 नाकाबन्दीका कारण सुनसान http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%be%e0%a4%a8-2/ Wed, 28 Oct 2015 15:52:01 +0000 http://www.ghumphir.com.np/?p=5288 5288 0 0 0 पेट्रोल तस्करीमा प्रहरी भ्यानको प्रयोग ! http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80/ Wed, 28 Oct 2015 16:27:29 +0000 http://www.ghumphir.com.np/?p=5295 ११ कात्तिक, काठमाडौं । दसैंको चहल-पहल सकिएकै थिएन । सोमबार मध्यान्ह १२ बजे गोंगबुबाट रानीबारीतिर जाने चोकस्थित मःम पसल अगाडि प्रहरीको बा २ झ १९४ नम्बरकाे नीलो भ्यान रोकियो । कालो चश्मा लगाएका युवाहरुले पेट्रोल भरिएका पहेंला जर्किन गाडीबाट निकालेर हतार-हतार पसलमा लुकाउन थाले । Taskari1 तेलको अभावले राम्ररी दसैं मनाउन नपाएका स्थानीयबासीले तेल लुकाएको पत्तो पाइहाले । प्रहरीको राताे बत्तीवाला भ्यान प्रयोग गरेर पेट्रोलको तस्करी भइरहेको देखेपछि तत्कालै स्थानीयवासी भेला भए । कसैले प्रहरीलाई यो के गरेको भन्दै प्रश्न गर्न थाले त कसैले तस्वीर खिच्न थाले । यसरी प्रहरीले नै पेट्रोल तस्करी गर्न पाइन्छ ? स्थानीय युवाले यस्तो प्रश्न गर्दा सिभिलमा खटिएका प्रहरीले तस्वीर खिच्नेलाई किन फोटो खिचेको भन्दै हप्काए । घटनाका प्रत्यक्षदर्शीका अनुसार उक्त तेलका जर्किनहरु सोही चोकमा बसोबास गर्ने एक व्यक्तिको घरमा पुर्‍याएर प्रहरी भ्यान हतार-हतार भागेको थियो । हाकिमको घरमा तेलका जर्किन ओसार्न खटाइएका प्रहरी जवानले भने हाकिम सापको गाडीका लागि तेल ल्याएको बताएका थिए । तर, स्थानीयले प्रहरीका हाकिमको गाडीमा तेल हाल्न त्यसरी चोरले जसरी लुकाएर कारोवार गर्न जरुरी नरहेको र पेट्रोल पम्पबाटै तेल हाल्न सकिने बताउँदै पेट्रोल तस्करीमा प्रहरीको संलग्नता प्रमाणित भएको बताए पनि प्रहरीहरु भ्यानमा चढेर भागेका थिए । Taskari3 स्थानीयवासीका अनुसार प्रहरीको भ्यानमा त्यसरी ओसारिएको पेट्रोल उक्त घरबाट महंगो दाममा बिक्री गर्ने गरिएको छ । प्रहरीको भ्यानमा तेल ल्याउने र उक्त तेल किन्न सर्वसाधारणहरु सो घरमा जाने गरेको गोंगबु निवासी एक व्यक्तिले बताए । तेलको तस्करी बढ्यो, गृहमन्त्रालय निरीह पछिल्लो समयमा पेट्रोलको अभाव भइरहँदा तस्करी र कालोबजारी बढेको छ । तस्करी र कालोबजारी रोक्नुपर्ने प्रहरीका हाकिमहरु नै पैसा कमाउने अभियानमा लागेका कारण तस्करी नियन्त्रणमा गृह प्रशासन लाचार देखिएको छ । काठमाडौंको चाबहिल चोकमा भेटिएका एक ट्याक्सी चालकले अनलाइनखबरसँग भने- ‘मैले दुईसय रुपैयाँ तिरेर ब्ल्याकमा पेट्रोल किनेको हुँ, त्यसैले ट्याक्सी भाडासमेत बढाउन बाध्य भएको छु ।’ मधेसमा तेलको अभाव छैन काठमाडौं उपत्यकामा तेलको हाहाकार भए पनि तराई मधेसमा भने तेल पाइने गरेको छ । दिनभरि आन्दोलनमा लाग्नेहरुले समेत राति राति सीमा पारि गएर तेल ल्याई महंगोमा बेचेर पैसा कमाउने क्रम बढेको छ । Taskari2 मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण सर्वसाधारण मर्कामा परे पनि तेलका तस्करहरु रातारात धनी बनिरहेका छन् । यसैवीच पर्साको जगरनाथपुर नहरचोकमा तेल व्यापारमा लागेको आरोपमा २० वर्षीय रामविनेश कुशवाहालाई आन्दोलनकारीले मंगलबार बिहान कुटपिट गरी हत्या गरेका छन् ।साभार अनलाईन]]> 5295 0 0 0 अवैध सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ http://localhost/ghum/%e0%a4%85%e0%a4%b5%e0%a5%88%e0%a4%a7-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0/ Wed, 28 Oct 2015 16:43:07 +0000 http://www.ghumphir.com.np/?p=5298

काठमाडौँ, ११ कात्तिक ।

एअर अरेबियाको उडान नम्बर जि ९–५३७ द्वारा मङ्गलबार साउदी अरेबियाबाट नेपाल आएका भारतीय नागरिक सञ्जय गोयन्कालाई प्रहरीले २२८ ग्राम सुनसहित पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र पार भइसकेपश्चात शङ्का लागी प्रहरीले जाँच गर्ने क्रममा जुत्तामा लुकाई ल्याएको अवस्थामा तीन टुक्रामा रहेको उक्त सुन बरामद भएको थियो । यसैगरी आरए ४०९ को उडानद्वारा हङ्कङबाट काठमाडाँै आएका बेलायती राहदानी भएका नेपाली नागरिक विक्की गुरुङलाई भन्सार क्षेत्र पार भई बाहिर निस्कदै गरेको अवस्थामा प्रहरीले हातमा लगाएको ९४ ग्रामका सुनको बाला एक थानसहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

]]>
5298 0 0 0
व्यापारीले आन्दोलनकारीलाई लखेटे http://localhost/ghum/%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b2/ Thu, 29 Oct 2015 02:34:17 +0000 http://www.ghumphir.com.np/?p=5301 १२ कात्तिक, विराटनगर ।

विराटनगरका व्यवसायीले आन्दोलनकारीलाई लखेटेका छन् । बजार बन्द गराउँदै हिँडेका संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्तालाई व्यवसायीले लखेटेको नागरिक दैनिकमा खबर छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार संघीय समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा बजार बन्द गराउँदै हिँडेका आन्दोलनकारीलाई ट्राफिक चोकदेखि जलजला मोडसम्मका व्यवसायीले प्रतिकार गरी लखेटेका हुन् ।

प्रहरीको सहयोगमा आन्दोलनकारीलाई त्यहाँबाट महावीर चोकतर्फ लगिएको थियो । उक्त क्षेत्रका व्यवसायीले लामो समयदेखि बजार बन्द हुँदा व्यापार चौपट भएको भन्दै प्रतिकारमा उत्रिएका हुन् ।

]]>
5301 0 0 0
एक लाख सिलिन्डर ग्यास अलपत्र http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%b0-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%85%e0%a4%b2%e0%a4%aa/ Thu, 29 Oct 2015 02:37:09 +0000 http://www.ghumphir.com.np/?p=5303 १२ कात्तिक, काठमाडौं ।

नेपाल आयल निगम, ग्यास उद्योगी र ढुवानी व्यवसायीको अनाहकको किचलोका कारण नेपाल छिरिसकेको करिब एक लाख सिलिन्डर ग्यास तराई मै अलपत्र छ ।

निगम, ग्यास उद्योगी र ढुवानी व्यवसायीबीच कुरा नमिल्दा पछिल्लो २० दिनदेखि ७० बुलेट ग्यास करिब (८८ हजार ९ सय सिलिन्डर) तराईका विभिन्न जिल्लामा थन्किएको नागरिक दैनिकमा खबर छ ।

तराईमा अलपत्र ग्यास पहाडी सडकमा आउन नसक्ने ठूला गाडीमा भरिएका बुलेटमा छन् । ती सबै भारतीय गाडी हुन् । त्यस्ता गाडी घुम्ती नभएका तराईका समथर सडकसम्म मात्र आउन सक्छन् । निगमले जबर्जस्ती यस्ता बुलेट काठमाडौं ल्याउन खोजेपछि ढुवानी व्यवासयीसँग विवाद उत्पन्न भएको हो ।

]]>
5303 0 0 0
भोलिबाट आधा सिलिन्डर ग्यास पाइने http://localhost/ghum/%e0%a4%ad%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b8%e0%a4%be%e0%a4%a4-%e0%a4%b8%e0%a4%af%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%a7%e0%a4%be-%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a4%bf/ Thu, 29 Oct 2015 03:32:36 +0000 http://www.ghumphir.com.np/?p=5305 १२ कात्तिक, काठमाडौं ।

उद्योगीले शुक्रबारबाट आधा ७.१ किलोग्राम ग्यास भरिएका सिलिन्डर बजारमा उपलब्ध गराउने भएका छन् ।तराईका उद्योगले ल्याएका ४० भन्दा बढी बुलेटमध्ये करिब २५ बुलेट काठमाडौंमा ल्याई यहाँका उपभोक्तालाई आधा ग्यास भरिएका सिलिन्डर उपलब्ध गराउने एलपी ग्यास उद्योग संघले जनाएको छ ।

सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बिक्री गर्न उद्योगी/बिक्रेतालाई स्वीकृति दिएपछि व्यवसायीले यस्तो तयारी थालेको नयाँ पत्रिकामा खबर छ ।

भारतको नाकाबन्दीका कारण ग्यास अभाव भएपछि १४.२ केजी क्षमताको सिलिन्डरमा आधा मात्रै भरेर बिक्री गर्न सरकारले स्वीकृति दिएको हो । एउटा सिलिन्डरमा आधा ग्यास भर्दा धेरै उपभोक्तालाई पुर्‍याउन सकिने उद्योगीको भनाइ छ ।

]]>
5305 0 0 0
इन्धनको अभाव टार्दै ई–रिक्सा http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5-%e0%a4%9f%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%88-%e0%a4%b0%e0%a4%bf/ Thu, 29 Oct 2015 02:49:32 +0000 http://www.ghumphir.com.np/?p=5307

नारायण अधिकारी चितवन, १२ कात्तिक ।

भारतीय अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भइरहेका बेला ई–रिक्सा प्रभावकारी सवारी साधन बनेको छ । नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि चितवनमा ई–रिक्साको प्रयोग अत्यधिक बढेको छ । भरतपुर नगर क्षेत्रमा संञ्चालनमा रहेका पाइडल रिक्सा व्यवसायीको तीनवटा रिक्सा कटाएर एउटा ई–रिक्सा भरतपुर उपमहानगरपालिकाले दर्ता गरेसँगै गत साउनबाट ई–रिक्सा सञ्चालनमा आएको हो । चितवन रिक्सा व्यवसायी समितिका अध्यक्ष अमृतकुमार श्रेष्ठका अनुसार हाल भरतपुर उपमहानगरपालिकाभित्र ३०४ वटा ई–रिक्सा सञ्चालनमा आएका छन् । त्यस्तै रत्ननगर नगर क्षेत्रमा २२ वटा ई–रिक्सा सञ्चालनमा रहेका छन् । यसअघि नगर क्षेत्रमा एक हजार ३३४ वटा पाइडल रिक्सा सञ्चालनमा रहेकामा ९१२ वटा पाइडल रिक्सा हटाएर ३०४ वटा ई–रिक्सा सञ्चालनको अनुमति नगरपालिकासँग लिएको अध्यक्ष क्षेष्ठले बताउनुभयो । रु दुई लाख ८० हजारदेखि रु तीन लाख २० हजारसम्ममा खरिद गरिएका धेरैजसो रिक्सा दैनिक रु ९०० मा भाडामा दिइएको रिक्सा सञ्चालकसमेत रहेका समितिका उपाध्यक्ष प्रेम सुवेदीले बताउनुभयो । इन्धनका कारण अन्य सवारीको अभाव भएपछि चारजना बस्ने सिटमा आठजनासम्म बस्ने गरेको र दैनिक रु दुई हजारदेखि रु पाँच हजारसम्म चालकले आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । उपाध्यक्ष सुवेदीले भन्नुभयो – “साहु आफँैले रिक्सा चलाउनेले तीन महिनामा नै आफ्नो लगानी उठाउने भएका छन् । चालकहरु पनि निकै खुसी देखिएका छन् ।” भरतपुरको कृष्णपुर घर भएका देव खड्काले आफ्नो रिक्सा आफँैले चलाउँदा दैनिक रु दुई हजारमा घटेको छैन, राम्रो आम्दानी लिन सकेको छुु भन्नुभयो । त्यस्तै आरामदायी र सुलभ रुपमा ई–रिक्सा चढ्न पाएपछि यात्रु पनि खुसी भएका छन् । भरतपुरको चौबीसकोठीबाट भरतपुर अस्पताल पुगेकी सुस्मिता सुयालले रिक्साबाट झर्दै प्रदूषणरहित तथा ध्वनिरहित ई–रिक्सा चढ्न निकै राम्रो लागेको बताउनुभयो । तर ई–रिक्सामा भाडा दर यकिन नहुँदा कुनैबेला अप्ठ्यारो पर्ने गरेको यात्रुहरुको भनाइ छ । चितवनमा ई–रिक्साको बिक्री वितरण गरिरहेको भिजन टे«ड लिङ्कका सञ्चालक नगेन्द्र पौडेलले पेट्रोलियम पदार्थको अभाव भइरहने नेपालमा ई–रिक्सा उपयुक्त हुने बताउनुभयो । ई–रिक्सालाई एकपटक पूरा चार्ज गरिसकेपछि ८० किलोमिटरदेखि १२० किलोमिटरसम्म चलाउन मिल्ने बताइएको छ । पेट्रोल डिजेलको प्रयोग नहुने हुँदा यसले वातावरणमा कुनै असर नगर्ने भएकाले यसलाई वातावरणमैत्री रिक्सा पनि भने गरिएको छ ।

]]>
5307 0 0 0
चीनले भारतसँग वार्ता गर्ने http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/ Thu, 29 Oct 2015 02:53:26 +0000 http://www.ghumphir.com.np/?p=5309 बेइजिङ- तेल निर्यातको भारतीय एकाधिकार अन्त्य गर्दै नेपालले चीनसँग पहिलो तेल व्यापार सम्झौता गरेलगत्तै चीनले भारतसँग 'सौहार्द्धपूर्ण' वार्ता गरी भूपरिवेष्ठित देशलाई स्थिरता दिन तत्पर रहेको प्रतिक्रिया बुधबार दिएको छ। भारतसँगको सीमामा नाकाबन्दी गरिएपछि तेल संकटको चपेटामा परेको सन्दर्भमा चीनको यो प्रतिक्रिया आएको हो।

नेपालमा जारी संवैधानिक संकट समाधानका लागि नयाँदिल्ली र बेइजिङबीच पर्दापछाडि छलफल गर्ने सम्बन्धबारे सञ्चार माध्यमसँगको ब्रिफिङका क्रममा विदेश मन्त्रालयका प्रवक्ता लु काङले चीनका लागि भारत र नेपाल दुवै मैत्रीपूर्ण छिमेकी भएकाले क्षेत्रीय स्थायित्व र राज्य–राज्यबीचको दौंत्यसम्बन्ध कायम राख्न सबै सम्बन्धित सबै देश सँगै बसेर मित्रतापूर्ण विचारविमर्श गर्नुपर्ने र त्यसबाट सहमतिमा पुग्न सकिने बताए।

बेइजिङले नेपालमा जारी खाद्यान्न र तेल संकट समाधानका लागि तिब्बतसँगको नाका पुनः सञ्चालनमा ल्याएको बताउँदै उनले 'नेपाल मैत्रीपूर्ण मुलुक भएको र चीनले नेपालमा नयाँ संविधानपछिको घरेलु अवस्था स्थिर भएको हेर्न चाहेको' पनि बताए।

नयाँ संविधानको विरोधमा 'भारतीयमूलका मधेसी' को प्रदर्शनका कारण संकट सिर्जना भएकोमा नेपालको अनुरोधलाई विचार गरी भारतसँग संवाद गर्ने तथा आफूले पुर्याेउनुपर्ने सहयोगमा हरसम्भव प्रयास गर्ने लुले जनाए।

चीनका लागि नेपालका राजदूत महेश मास्केसहितको नेपाली प्रतिनिधिमण्डलले चीन सरकारसँग तेल आयात गर्ने सम्बन्धमा एमओयु (सम्झौतापत्र) मा हस्ताक्षर गरेको छ। यससँगै इन्डियन आयल कर्पोरेसनसँगको चार दशक लामो एकाधिकार तोडिएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक अधिकारीले दक्षिणी सीमामा भएको नाकाबन्दीले सिर्जना गरेको कठोर संकट अन्त्य गर्न नेपालले चीनसँग तेल आयात गर्ने सम्बन्धमा सम्झौता गरेको बताए।

]]>
5309 0 0 0
सिरहा कारागारमा खाद्यान्न सङ्कट http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%b0%e0%a4%b9%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d/ Thu, 29 Oct 2015 03:00:05 +0000 http://www.ghumphir.com.np/?p=5311

लहान, १२ कात्तिक ।

लामो समयदेखिको हडतालका कारण खाद्यान्नलगायत सामान आपूर्ति हुन नसक्दा सिरहा जिल्ला कारागारमा खाद्यान्न सङ्कट भएको छ । कैदीबन्दीका लागि चाहिने दाल, चामल, नुन, तेललगायतका रासन सामग्रीको सहज आपूर्ति नहुँदा समस्या भएको कारागार प्रशासनले जनाएको छ । दुई महिनाभन्दा बढी समयदेखि यातायातका साधन सञ्चालन नहुँदा कैदीबन्दीका लागि चाहिने रासन सामग्री ल्याउन नसकिएकाले कैदीबन्दीलाई खाना खुवाउन समस्या भइरहेको कारागारका प्रमुख शङ्करलाल कर्णले जानकारी दिनुभयो । यसैगरी खाना पकाउने ग्यास र दाउरासमेत उपलब्ध नहुँदा समस्या हुँदै आएको उहाँको भनाइ छ । सिरहाका कारागारमा १५० कैदीबन्दी अटाउने क्षमताको मात्र भए पनि हाल आठ महिलासहित ३०९ कैदीबन्दीलाई कोचाकोच गरी राख्नुपरेको प्रमुख कर्णले बताउनुभयो ।

]]>
5311 0 0 0
आन्दोलनरत मोर्चाल तेलको टोकन वितरण http://localhost/ghum/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%b0%e0%a4%a4-%e0%a4%ae%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2-%e0%a4%a4%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b/ Thu, 29 Oct 2015 03:05:17 +0000 http://www.ghumphir.com.np/?p=5313 धान भित्र्याउने समयमा किसानलाई सुविधा दिनभन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पेट्रोलियम पदार्थको टोकन वितरण गरिरहेको छ । मधेशमा ईन्धनको कालोबजारी र तस्करी बढेको भन्दै मोर्चाका कार्यकर्ताले इन्धन नियन्त्रणमा लिन थालेपछि किसान र तस्करको पहिचान गर्न सजिलो होसभन्दै कुपन वितरण गर्न थालिएको मोर्चाले जनाएको छ ।

वितरित कुपन नलिने किसान तथा तस्करलाई जतिबेलापनि कारबाही गर्न सकिने मोर्चाले चेतावनी दिएको छ । तस्कर र किसान छुट्याउन भन्दै रुपन्देहीमा मोर्चाले टोकन वितरण प्रणाली अपनाएको दाबी गरेको छ ।

सचिवालयमा मोर्चाको नामबाट कुपन नै छपाई गरिएको र धान काट्न प्रयोग हुने कम्बाईन हार्वेस्टर, ट्रयाक्टरलयागत अन्य कृषि प्रयोजनको लागि प्रयोग हुने साधनमा प्रयोग हुने इन्धनका लागि टोकन वितरण गरिएको र इन्धन खरिदका लागि भारत जानेलाई पनि सहजता भएको मोर्चाको दाबी छ ।

]]>
5313 0 0 0
टानका नवनिर्वाचित कार्यसमितिले आज पदभार ग्रहण गर्ने http://localhost/ghum/%e0%a4%9f%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%b5%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%9a%e0%a4%bf%e0%a4%a4-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b8/ Thu, 29 Oct 2015 03:13:43 +0000 http://www.ghumphir.com.np/?p=5315 १२ कात्तिक, काठमाडौं ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को नव निर्वाचित कार्यसमितिले आज औपचारिक रुपमा पदभार ग्रहण गर्ने भएको छ ।  अपराह्न ३ बजे टानको कार्यलयमा एक कार्यक्रमका बीच निर्वाचित कार्यसमितिलाई पदभार सुम्पिने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।   गत असोज २८ गते सम्पन्न चुनावले चन्द्र रिजालको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो ।

taan elcetion

]]>
5315 0 0 0
सुन्दर सुदूरपश्चिम बिकास अभियानले टानको नवनिर्बाचित कार्यसमितिलाई सुझाव सहितको बधाई दिए http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0-%e0%a4%b8%e0%a5%81%e0%a4%a6%e0%a5%82%e0%a4%b0%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae-%e0%a4%ac%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8/ Thu, 29 Oct 2015 03:53:10 +0000 http://www.ghumphir.com.np/?p=5319 काठमाण्डौं गएको असोज २९ गते सम्पन्न भएको टान निर्बाचनमा बिजयी समुहलाई सुन्दर सुदूरपश्चिम बिकास अभियान तथा सुदूरपश्चिम पत्रकार समाजले संयुक्त रुपमा बधाई तथा कार्यकालको शुभकामना ब्यक्त गरेका छन । उनिहरुले आज एक बिज्ञप्ति जारी गरि बधाई तथा कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेका हुन । बिज्ञप्तिमा नयाँ निर्बाचित कार्य समितिलाई देशका दुरदराजमा अवस्थित सम्भावना बोकेका पदमार्गको अध्ययन, प्रवद्र्धन, बिकास र बजारीकरणमा जोड दिन आग्रह गरिएको छ । साथै सुदूरपश्चिममा रहेका रारा देखि खप्तड, बडिमालिका पदमार्गको बिकास र बजारीकरण गर्न आग्रह गरिएको छ भने सैपाल सूर्मासरोवर, अपि सैपाल पदमार्ग अध्ययन गर्न सुझाव पेश गरिएको छ । लामो समयदेखी सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धन, प्रचार प्रसार र बिकासमा क्रियाशिल सुन्दर सुदूरपश्चिम बिकास अभियानका महासचिव किशोर खडका तथा सुदूरपश्चिम पत्रकार समाजका महासचिव खगेन्द्र भण्डारीले हस्ताक्षर गरेको बिज्ञप्तिमा टानको नव निर्बाचित कार्यसमितिलाई ब्यवसायि, मजदुरको हकहितमा काम गर्न र नँया तथा दुरदराजका पर्यटकिय गन्तब्यमा बिशेष कार्यक्रमको थालनी गर्न तथा प्राथमिकतामा राख्न पनि जोड दिएका छन् ।

]]>
5319 0 0 0
दिनभर पानी पर्ने http://localhost/ghum/%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%ad%e0%a4%b0-%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87/ Thu, 29 Oct 2015 03:57:48 +0000 http://www.ghumphir.com.np/?p=5321 १२ कात्तिक, काठमाडौं ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । आज दिनभर मध्य र पश्चिमका क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । पश्चिमी वायुसँगै अरब सागरमा न्यूनचापिय क्षेत्र विकास भएकाले देशभरको मौसम बदली भइ पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अरब सागरमा विकसित न्यूनचापिय क्षेत्र विस्तारै पूर्वतर्फ सर्दै गरेकाले आज पूर्व क्षेत्रमा पनि पानी पर्ने पुर्वानुमान गरिएको छ । मौसमविद्का अनुसार आज दिउँसो केही समय रोकिएपनि त्यसपछि पनि पानी पर्ने सम्भावना छ । देशभर बदलिएको मौसम शुक्रबारबाट सुध्रने अनुमान छ । केही ठाउँमा मेघ गर्जनसहित पानी पर्नुका साथै हिमाली क्षेत्रमा हिमपातको सम्भवना समेत रहेको छ । पानी परेसँगै जाडो समेत बढेको छ ।।

]]>
5321 0 0 0
बस दुर्घटनामा १० जना घाइते http://localhost/ghum/%e0%a4%ac%e0%a4%b8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%a6-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%98%e0%a4%be%e0%a4%87%e0%a4%a4/ Thu, 29 Oct 2015 05:08:20 +0000 http://www.ghumphir.com.np/?p=5323

कावासोती, १२ कात्तिक ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका वडा नं २ मा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई कल्भर्टमा ठोक्किदा १० जना यात्रु घाइते भएका छन् । सुर्खेतबाट काठमाडौँका लागि गुडिरहेको ना४ख ७७१५ नंको यात्रुबाहक बस तीव्र गतिका कारण दुर्घटना परेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक भने फरार रहेका छन् । चालीसजना सवार बसका अन्य यात्रुलाई प्रहरीले अर्को सवारीको व्यवस्था गरी काठमाडौँ पठाएको छ ।

]]>
5323 0 0 0
हुम्लामा चिसो बढ्यो http://localhost/ghum/%e0%a4%b9%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%bf%e0%a4%b8%e0%a5%8b-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Thu, 29 Oct 2015 05:11:25 +0000 http://www.ghumphir.com.np/?p=5325

हुम्ला, १२ कात्तिक ।

हुम्लामा गएरातिबाट पानी पर्दा चिसो बढेको छ । सदरमुकाम सिमीकोटका पसलहरूमा बिहानैदेखि आगो बालेर पसल खुलाएका छन् भने सदरमुकाम सिमीकोटको माथिल्लो लेकमा हिमपात भइरहेको छ । यसपाली कात्तिक महिनामै चिसो बढेकाले छिट्टै हिमपात हुने सम्भावना बढेको स्थानीय बासिन्दा बताउँछन् ।

]]>
5325 0 0 0
मुस्ताङमा हिउ पर्यो, मुक्तिनाथ दर्शन गर्न आएको भक्तजनहरु हिउ सग रमाए (फोटो फिचर) http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%bf%e0%a4%89-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%95%e0%a5%8d/ Thu, 29 Oct 2015 05:24:51 +0000 http://www.ghumphir.com.np/?p=5327 मुस्ताङ, १२ कात्तिक ।

मुस्ताङको मुक्तिनाथ क्षेत्रमा गएरातिबाट हिउ पर्दा निकै चिसो बढेको छ । मुक्तिनाथ दर्शन गर्न आएको भक्तजनहरु हिउ सग खेल्न पाएपछी निकै रमाएका छन् । मुक्तिनाथ मन्दिर र बजारमा परेको हिउमा खेल्न निकै रमाएका हुन् । यो मौसमको पहिलो हिउ परेका कारण पनी स्थानिय तथा मुक्तिनाथ दर्शन गर्न आउनेहरु निकै रमाएको होटल ग्राण्ड संवाला सचालक एव समाजसेवी सुरज गुरुडले बताए । उनले भने केही दिन देखी अलि अली चिसो भएको थियो तर यसरी हिउनै पर्ला जस्तो थिएन । हिउ परे लगतै मुक्तिनाथ दर्शन गर्न आउनेहरु निकै खुसी भएको बताए ।

muktinath snow (6) muktinath snow (4) muktinath snow (3) muktinath snow (2)

 mukthinath snoww mmuktingat mukthitanat mukhti mukthinatttt

]]>
5327 0 0 0
एक तिहाइ तेल दिन चीन सहमत http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%87-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%b8%e0%a4%b9%e0%a4%ae%e0%a4%a4/ Thu, 29 Oct 2015 08:06:47 +0000 http://www.ghumphir.com.np/?p=5344

काठमाडौं, कात्तिक १२

चीनले नेपालको पुरै मागको एक तिहाइ तेल दिन सहमत जनाएको छ । उसले वर्षमा नेपालमा चाहिने इन्धनको एक तिहाइ उपलब्ध गराउन सहमति जनाएको छ ।
आयल निगम र चाइना नेशनल युनाइटेड आयल कर्पोरेशनबीच तेल आयातका सम्बन्धमा सम्झौतामा सो कुरा उल्लेख रहेको चीनका लागि नेपाली राजदूत डाक्टर महेश मास्केले जानकारी दिए ।
दुवै देशका अधिकारीहरुबीच हिजो बेइजिङमा सो सम्झौता भएको थियो ।
भारतले नाकाबन्दी गर्दै नेपालमा इन्धन  अभाव भएपछि नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्कासहितको टोली चीनबाट तेल ल्याउन त्यसतर्फ गएको थियो ।खड्का र चाइना
नेशनल युनाइटेड आयल कर्पोरेशन उपाध्यक्ष झाङ टोङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  पेट्रोल, डिजल र ग्यास ल्याउने विषयमा २ देशबीच सहमति भएको हो । यसअघि सरकारले भारतीय आयल निगमबाट मात्र तेल आयात गर्दथ्यो ।
सम्झौंतापछि  निगम र भारतीय आयल निगमवीचको ४० वर्षदेखिको एकाधिकार अन्त्य भएको छ । 'अव संकटको बेलामा मात्र तेल चीनबाट आयात गर्ने होइन वर्षभरीमा नै एक तिहाइ तेल पठाउँछ,' राजदूत मास्केले भने ।
यसैबीच राजदूत मास्केले चीनले नेपाललाई अनुदानमा लिने भनेको इन्धन ल्हासाबाट केरुङ तर्फ हिडिसकेको बताए । शनिबारसम्ममा केरुङ पुग्ने उनले बताए ।
]]>
5344 0 0 0
शनिबारदेखि खाना पकाउने ग्यास पाउने http://localhost/ghum/%e0%a4%b6%e0%a4%a8%e0%a4%bf%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a4%be-%e0%a4%aa%e0%a4%95%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%97/ Thu, 29 Oct 2015 14:06:39 +0000 http://www.ghumphir.com.np/?p=5347

रमेश लम्साल / हरि लामिछाने   काठमाडौँ, १२ कात्तिक ।

लामो समयदेखिको इन्धन सङ्कट समाधान गर्ने उद्देश्यका साथ ग्यास उद्योगी सङ्घले शनिबारदेखि राजधानीमा ग्यास वितरण गर्ने भएको छ । व्यवसायीले ७.१ किलोको दरले ग्यास वितरण गर्न लागेका हुन् । हाल वितरणमा रहेको ग्यासको सिलिन्डर १४.२ किलो छ । आधा क्षमताको ग्यास वितरण गरिएपछि मूल्य पनि आधा मात्रै लिने तयारी गरिएको छ । प्रतिसिलिन्डर रु एक हजार ४०० मा बिक्रीवितरण हुँदै आएको ग्यास रु ७०० मा बिक्री गरिने छ र परिणाम पनि आधा मात्रै रहने छ । राजधानीमा दैनिक ५० हजार सिलिन्डरको माग छ । मुलुकभर करिब ६२ लाख सिलिन्डर ग्यासका ग्राहक छन् । दुई महिनादेखि जारी तराई–मधेस आन्दोलन र एक महिनाभन्दा बढीदेखि जारी भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव रहँदै आएको छ । ग्यास नपाएपछि राजधानीका उपभोक्ताले वैकिल्पक उपाय अपनाउन थालेका छन् । कालोबजारी गर्नेले प्रतिसिलिन्डर रु पाँच हजारसम्म बिक्री वितरण गर्ने गरेको गुनासो आएको छ । पछिल्ला केही दिनमा भारतबाट आएका २५ बुलेट ग्यास राजधानीमा ल्याउने तयारी गरिएको हो । तराईमा रोकिएका बुलेटलाई प्रहरी सुरक्षामा राजधानी ल्याइएको हो । एक बुलेट ग्यासमा एक हजार २०० सिलिन्डर ग्यास भर्न सकिन्छ । आधा परिणाम मात्रै दिँदा एक बुलेटबाट दुई हजार ४०० सिलिन्डरमा ग्यास भर्न सकिन्छ । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले उद्योगी व्यवसायीले ७.१ किलो ग्यास वितरण गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार तराईका विभिन्न नाकामा रोकिएका ग्यासको बुलेट ल्याएर वितरण गर्ने तयारी गरिएको छ । ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले उद्योगबाट ग्यास वितरण गर्दा वास्तविक उपभोक्ताले नपाएकाले बिक्रेतामार्फत वितरण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार बिक्रेतामार्फत ग्यास वितरण गर्दा काठमाडौँ उपत्यकाका कुना कुनाका उपभोक्तालाई ग्यास उपलब्ध गराउन सकिने भएकाले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा प्रमाणित भएका बिक्री केन्द्रबाट ग्यास बिक्री गर्न लागिएको हो । बिक्री केन्द्रबाट ग्यास वितरण गर्दा कालोबजारीसमेत कम हुने व्यवसायीको भनाइ छ । ‘‘उद्योगीले उद्योगबाट ग्यास वितरण गर्दा कालोबजारी मौलायो, त्यसलाई नियन्त्रण गर्न पनि डिलरलाई दिन लागिएको हो ’’ थापाले भन्नुभयो । काठमाडौँ उपत्यकामा हाल छ हजारभन्दा बढी ग्यास बिक्री गर्ने डिलर छन् । उद्योगमा शुक्रबारसम्म ग्यास बुलेट आइपुग्ने र पुनःभरण गरेर वितरण गरिनेछ । हाल मुलुकमा ५३ ग्यास उद्योग र करिब ६२ लाख सिलिन्डर छन् । मासिक २० लाख सिलिन्डर ग्यासको खपत हुने गरेको छ । ग्यास ढुवानी गर्ने करिब ४०० बुलेट छन् । ती सबै भारतका हुन् । भारतसँगका धनगढी, नेपालगन्ज, भैरहवा, वीरगन्ज, विराटनगर र काँकडभिट्टा नाकाबाट ग्यास भित्रिन्छ । सामान्य अवस्थामा छ नाकाबाट दैनिक सरदर ६६ बुलेट ग्यास आयात हुने गरेका छन् । दुई महिनादेखि बन्द भएको रक्सौल नाकाबाट ७० प्रतिशत ग्यास भित्रिन्छ । हाल रक्सौलमा ग्यास बोकेका ३०० बुलेट रोकिएका छन् । अन्य नाकामा करिब ५० बुलेट रोकिएका छन् । यस्तै करिब ५० बुलेट तराईमा भित्रिएका छन् ।

]]>
5347 0 0 0
यस वर्ष चाँडै हिमपात http://localhost/ghum/%e0%a4%af%e0%a4%b8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%9a%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a5%88-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%aa%e0%a4%be%e0%a4%a4/ Thu, 29 Oct 2015 14:12:55 +0000 http://www.ghumphir.com.np/?p=5349

बाजुरा, १२ कात्तिक ।

सुुदूर तथा मध्यपश्चिमका हिमाली जिल्लामा अरु वर्षभन्दा यस वर्ष चाँडै हिमपात हुन सुरु भएको छ । दसँैलगत्तै अधिकांश हिमाली क्षेत्रमा बुधबार बेलुकीदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर भएको छ । “मङ्सिर १५ पछि हिउँ देखिन्थ्यो यस वर्ष चाँडै हिउँ परेको छ, खप्तडमा समेत हिउँ आएको छ, अरु वर्षभन्दा यस वर्ष चाँडै हिमपात सुरु भयो ।” कालुखेती गाविस–६ का विजय सिंहले बताउनुभयो । सुदूरका बाजुरा, बझाङ, अछाम, डडेलधुरा र मध्यपश्चिमका जुम्ला, मुगु, हुम्ला कालीकोटलगायत जिल्लाको उच्च हिमाली भागमा गए रातिदेखि नै हिमपात हुन लागेको हो । रातभर आएको वर्षासँगै आएको हिउँका कारण यस क्षेत्रमा चिसो बढेको छ । बाजुराका दुर्गम गाविसबाट सदरमुकाम आउने जनता चिसोका कारण समस्यामा परेका छन् । दसँै खाएर अछामको साँफेबगर हुँदै आफ्नो काममा फर्किने हुम्ला, मुगु र बाजुराका जनतालाई समस्या परेको छ । हिमपातका कारण बाजुरा जिल्लाकै उच्च क्षेत्रमा रहेका बिच्छ्याँ, दहकोट, पाण्डुसैन, मानाकोट, मार्तडीलगायत दर्जन बढी गाविसको उच्च क्षेत्रमा हिमपात भएको छ । सबैभन्दा बढी समस्या उच्च भागमा भेँडापालन गर्ने भोटे जातिलाई भएको भोटे जनजाति समितिका अध्यक्ष नृप थापा भोटेले बताउनुभयो । बाजुराको पाण्डुसैन र मार्तडीका बीचमा पर्ने पोरखे लेखमा हिमपात भएपछि सदरमुकामदेखि उत्तरी भेगमा पर्ने बजार र एयरपोट बजारमा दैनिक उपभोग्य सामान ढुवानी गर्ने खच्चर र मान्छेकोे आवतजावतसमेतमा केही समस्या भएको स्थानीयवासी दलसिंह रोकायाले बताउनुभयो । यता लामो समयदेखि पानी नपरेर कृिष बाली सुक्न लागेका बेला हिमपात र पानी परेपछि कृषक खुसी भएका छन् । गहुँ र जौ बाली लगाउने समयमा पानीसँगै परेका हिउँले समयमा उम्रिने भएकाले अन्न बाली राम्रो हुने उनीहरुको आशा छ । लगातारको वर्षात् र हिमपातका कारण चिसो बढेपछिसदरमुकाम मार्तडीका कार्यालयमा कर्मचारी आगो बाली बसेका देखिन्छन् ।

]]>
5349 0 0 0
पर्यटकीय गन्तव्य बन्दै ठिनी गाउँ http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%a0/ Thu, 29 Oct 2015 14:16:24 +0000 http://www.ghumphir.com.np/?p=5351

मुस्ताङ, १२ कात्तिक ।

मुस्ताङ सदरमुकाम जोमसोमसँगै जोडिएको ठिनी गाउँ पर्यटकीय गन्तव्यका रुपमा विकसित हँुदै गएको छ । एकै लहरमा मिलेर बसेको बस्ती, थकाली समुदायको कला संस्कृतिको अध्ययन, धुम्बाताल र नीलगिरि हिमालको दृश्यावलोकन गर्न पाइने भएकाले ठिनी गाउँमा दिनहुँ पर्यटकको सङ्ख्या बढ्दै गएको हो । जोमसोमदेखि आधा घण्टाको पैदल दुरीमा पुग्न सकिने भएकाले जिल्ला भ्रमणमा आउने अधिकाँश पर्यटक ठिनी गाउँ पुग्न चाहन्छन् । ठिनी गाउँभन्दा माथि जिविस, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)लगायतका सङ्घ संस्थाको पहलमा निर्माण गरिएको भ्यूटावरले झन गाउँको शोभा बढाएको छ । जोमसोम– १, २, ३ र ४ वडा पर्ने ठिनीमा एक सय घरधुरी छन् । स्थानीय युवा क्लब, आमा समूहले गाउँमा नियमित सरसफाई कार्यक्रम सञ्चालन गर्ने भएकाले गाउँ सफासुग्घर देखिने त्यहाँ पुग्ने पर्यटकको भनाइ छ । मार्फा, जोमसोमजस्ता ठाउँमा शासन गरेका पूर्वराजा ठोकर सेनको घारपजोन किल्लासमेत ठिनी पर्ने भएकाले आन्तरिक पर्यटक आउने गरेको आमा समूहकी अध्यक्ष जमूना थकालीले जानकारी दिनुभयो । “सदरमुकाममा आउने पर्यटकलाई गाउँमा ल्याउन हामीले अब अभियानको रुपमा कार्यक्रम सञ्चालन गर्दैछौँ” उहाँले भन्नुभयो । गाउँमा होमस्टेको सम्भावना भएकोले एक्यापसँग सहकार्य गरेर पहिलो चरणमा तालिम लिइएको थकालीले बताउनुभयो । थकाली समुदायको पुरानो बस्ती पनि ठिनीलाई नै मानिन्छ । गाउँमा होमस्टे सञ्चालन तयारी गरिएको स्थानीय युवा निरज थकालीले बताउनुभयो । “भ्यूटावरबाट यहाँको दृश्य हेर्न याममा हरेक दिन ५० भन्दा बढी पर्यटक आउने गर्दछन्, यहाँ सुविधा सम्पन्न होटल र परम्परागत साँस्कृतिक कार्यक्रम देखाउने कार्यक्रम राख्नुपर्छ” उहाँले भन्नुभयो । निर्माणधिन भ्यूटावरमा याममा दैनिक ३० भन्दा बढी पर्यटक अवलोकनका लागि पुग्ने गरेको बताइएको छ । भ्यूटावरबाट मुस्ताङको कोरला नाकासहित जिल्लाको ९० प्रतिशत भू–भागको अवलोकन गर्न सकिन्छ ।

]]>
5351 0 0 0
पचासी प्रतिशत धान पानीले भिजायो http://localhost/ghum/%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%a4-%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a5%87/ Thu, 29 Oct 2015 14:28:27 +0000 http://www.ghumphir.com.np/?p=5353

चितवन (रत्ननगर), १२ कात्तिक ।

चितवनमा गएराति परेको बर्षाका कारण पानीले धान भिजाउँदा किसान चिन्तित भएका छन् । भित्र्याउने बेलाको धान भिजाएपछि उनीहरु चिन्तित भएका हुन् । जिल्लामा यो बर्ष धान खेतीसमेत कम भएको र समय समयमा विभिन्न कारणले धानमा असर परेकाले उत्पादनमा कमी आउने अनुमान गरेकाबेला अधिकाँश क्षेत्रमा धानको निन भिजेको छ । पूर्वी चितवनको रत्ननगरमा ८५ प्रतिशत बढी धान भिजाएको कृषि कार्यालयका बागवानी विकास अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो । तोरीलाई चिसो बनाएको छ भने मुसुरो र तरकारी खेतीलाई वर्षाका कारण फाइदा पुग्ने उहाँको भनाइ छ । पूर्वी चितवनमा अधिकांश क्षेत्रमा धान काटेर निन राखिएको छ । कतिपयको खेतमा पानी जमेकाले काटेको धान नै डुबेको किसान टीका जमकट्टेलले बताउनुभयो । पानीले भिजेपछि धान मख्खिने, चामल नपर्ने र पराल कुहिने तथा घट्ने हुन्छ । अघिल्लो बर्ष २६ हजार हेक्टरमा धान खेती भएकोमा यो बर्ष करिव २७ हजार हेक्टरमा मात्रै खेती भएको कृषि कार्यालयले जनाएको छ । जिल्लामा करिव एक लाख २५ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको थियो । यो बर्ष भने धान रोपाइसमेत कम भएको, मलबीऊसमेत नपाएको र धान भिजेकाले थप असर परेकेो किसानले बताएका छन् । चितवन दुध, माछा, केरा, धान, तरकारी खेतीका लागि अब्बल जिल्ला भएको कार्यालयले जनाएको छ । यहाँ उत्पादित धान धेरै काठमाडाँै जान्छ । अन्य क्षेत्रमा समेत चितवनको धान जाने गरेको छ ।

]]>
5353 0 0 0
नेपालमा पेट्रोलियम आपूर्ति बढाउछौं:भारतीय आयल कर्पोरेसन http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%86%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d/ Thu, 29 Oct 2015 14:33:11 +0000 http://www.ghumphir.com.np/?p=5355 नयाँदिल्ली । नेपालले चीनसँग पेट्रोलियम सम्झौता गरेको भोलिपल्ट भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपाललाई दिँदै आएको पेट्रोलियम पदार्थको परिमाण बढाउने घोषणा गरेको छ । भारतले नाकाबन्दी गरेपछि नेपालले चीनबाट पेट्रोलियम पदार्थ भित्र्याउने समझदारी गरेको भोलिपल्ट अर्थात विहीबार आइओसीको यस्तो धारणा सार्वजनिक भएको हो ।

b-ashok

'नेपालसँग हाम्रो चार दश लामो सम्झौता छ, नेपाल प्रवेश गर्ने नाका बन्द हुँदा पछिल्ला केही महिनायता आपूर्तिमा कमी भइरहेको छ । हामी नेपालमा आपूर्ति नियमित नै राख्नेछौं र नेपालमा आन्दोलन कम हुने हो भने आपूर्ति अझै बढाउछौं,' आइओसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक बी अशोकले भनेका छन् । अशोकले नेपालमा पेट्रोलियम पदार्थको ढुवानी बढाउने घोषणा गरेपनि अघिल्लो हप्ता उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापासँगै भारत गएका नेपाल आयल निगमका  कार्यकारी निर्देशक गोपालबहादुर खड्कासँग उनले भेट अस्विकार गरेका थिए । खड्काले निकै प्रयास गरेपनि उनले भेट्न मानेका थिएनन् । उनले नेपालले चीनबाट कति परिमाणमा पेट्रोलियम पदार्थ आयात गर्छ त्यो भने पर्ख र हेर कै अवस्थामा रहेको बताए । भारतीय आयल कर्पोरेसनले नेपालमा वार्षिक १५ लाख टन पेट्रोलियम पदार्थ निर्यात गर्दै आएको छ । नेपालसँग उसको पेट्रोलियम व्यापार मात्रै ९० अर्ब भारतीय रुपैयाँ भन्दा धेरैको छ ।

नेपालले भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यास आयात गर्दै आएको छ । भारतमा रहेका आइओसीका रिफाइनरीबाट ट्यांकर मार्फत नेपालसम्म पेट्रोलियम पदार्थ ढुवानी हुँदै आइरहेको छ । नेपाल र चीनबीच बुधबार बेइजिङमा भएको सम्झौता अनुसार चीनले नेपालको आवस्यकताको एक तिहाई पेट्रोलियम पदार्थ नेपाललाई दिनेछ । नेपालले चीनसँग पेट्रोल किन्ने सम्झौता गरेसँगै आइओसीको नेपालस्थित  एकाधिकार बजार तोडिएको छ । नेपालले ४० वर्षदेखि भारतबाट मात्रै पेट्रोलियम पदार्थ खरीद गर्दै आएको  थियो । नेपालको मधेश केन्द्रित राजनीति गर्दै आएका दलहरुले हालै जारी भएको संविधानको विरोधकाबीच भारतले नाकाबन्दी गरेपछि नेपालले पेट्रोलियम ढुवानीको नयाँ विकल्प खोजेको हो ।

नेपालका लागि चिनियाँ राजदूत डा महेशमान मास्के नेतृत्वको ८ सदस्सीय नेपाली टोलीले चीनको विदेश मन्त्रालय र आपूर्ति मन्त्रालयका उच्च अधिकारीसँगको दुई दिन लामो छलफलपछि पेट्रोलियम आयात सम्झौतामा हस्ताक्षर गरेका थिए । नेपालसँग सम्झौतापछि चिनियाँ विदेश मन्त्रालयले पनि छिमेकीलाई सहयोगका लागि असहज अवस्थामा पेट्रोलियम ढुवानी सम्झौता गरेको पुष्टी गरिसकेको छ । नेपालसँग पेट्रोलियम सम्झौतामा हस्ताक्षर भएपछि चीनले नेपाललाई १ हजार मेट्रिक टन पेट्रोल सहयोगस्वरुप पठाउँदै छ । चीनले दिने यो परिमाणको पेट्रोल ल्याउन नेपाल आयल निगमले पनि आवस्यक व्यवस्था गरिसकेको छ । छिट्टै नै चिनियाँ पेट्रोल काठमाडौं आइपुग्ने निमगका अधिकारीहरुले बताएका छन् । चीनले दिएको पेट्रोल ल्याउन निगमले शुक्रबार पहिलो चरणमा ४० वटा ट्यांकर नेपाल चीन सिमाना नजिकै पर्ने चीनको केरुङ पठाउँदै छ । यो नाकाबाट नेपालको रसुवागढी हुँदै काठमाडौंमा पेट्रोल ल्याइने निमगले जनाएको छ ।   बिजनेश स्टाण्डर्डको सहयोगमा

]]>
5355 0 0 0
नाका अबरोध गर्न खोज्ने आन्दोलनकारीहरुलाई दुबै देशका सुरक्षाकर्मीहरुले लखेटे http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%ac%e0%a4%b0%e0%a5%8b%e0%a4%a7-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%96%e0%a5%8b%e0%a4%9c%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%86%e0%a4%a8/ Thu, 29 Oct 2015 16:19:35 +0000 http://www.ghumphir.com.np/?p=5359 कृष्ण अधिकारी

कात्तिक १२,नेपालगन्ज ।

नेपालगन्ज रूपैडिया नाका अबरोध गर्न खोज्ने आन्दोलनकारीहरुलाई नेपाल र भारतका सुरक्षाकर्मीहरुले लखेटेर नाका सुचारू गरेका छन्। नाका अवरोध गर्न खोज्ने आन्दोलनकारी र  भारतमा किनमेल गर्न जाने चाहाने सर्वसाधारणबीच बिबाद बढ्दै गए पछि नेपालगन्ज नाका केहिबेर तनाबग्रस्त भएको थियो। आन्दोलनकारी र किनमेल गर्न भारत जान लागेका  सर्ब साधारण बिच केहि बेर ढुंगा हानाहान समेत भएको थियो। नाका तनाब बढ्न थाले पछि नेपाल र भारतका सुरक्षाकर्मीहरुले आन्दोलनकारीहरुलाई दशगजा क्षेत्रबाट लखेटेका थिए। नाकामा अबरोध हटे पछि भारतबाट आज २३ वटा पेट्रोलियम ट्रयान्कर तथा ७३ वटा मालबाहक ट्रक नेपाल भित्रिएको सीमास्थित जमुनाहा प्रहरी कार्यालयले जनाएको छ।]]>
5359 0 0 0
नाकाबन्दीले भूकम्पको जति नै क्षति http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%a4%e0%a4%bf/ Fri, 30 Oct 2015 02:31:56 +0000 http://www.ghumphir.com.np/?p=5365 kathmandu-earthque भूकम्पमा मुलुकको भौतिकतर्फ पाँच खर्ब १३ अर्ब र राजस्वलगायतको नोक्सानी एक खर्ब ८७ अर्ब गरी सात खर्ब रुपैयाँ भएको थियो । भूकम्प र भारतीय नाकाबन्दीले मुलुकको कुल गार्हस्थ उत्पादनमा झन्डै आधा अर्थात् करिब १२ खर्ब रुपैयाँबराबरको क्षति पुगेको छ । बन्द र नाकाबन्दीले सबैभन्दा बढी क्षति इन्धन आपूर्तिमा भएको छ । यसले उद्योग, निर्माण, शिक्षा, स्वास्थ्य, थोक तथा खुद्रा व्यापार, होटेल तथा रेस्टुरेष्ट, यातायातलगायतका क्षेत्र नराम्ररी प्रभावित भएका छन् । जनजीवन कष्टकर बनेको छ । अर्थसचिव सुमनप्रसाद शर्माले तराईमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीले नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा करिब २५ प्रतिशत असर पुगेको अनुमान गरिएको जानकारी दिए । नेपालको जिडिपी २१ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँको छ । ‘वस्तु तथा सेवा आपूर्ति प्रभावित भएको छ, तराई क्षेत्रमा रहेका उद्योग बन्द छन्, इन्धन अभावमा मुलुकभरको विकास निर्माण ठप्प छ,’ सचिव शर्माले नयाँ पत्रिकासँग भने, ‘सार्वजनिक र निजी क्षेत्र दुवै प्रभावित भएका छन् । यसबाट अर्थतन्त्रमा जिडिपीको करिब २५ प्रतिशत असर पुगेको अनुमान गरेका छौँ ।’ उनले समस्या तत्काल समाधान नगर्ने हो भने मुलुकको अर्थतन्त्र भयावह अवस्थामा पुग्ने बताए । विद्युत् र इन्धनको आवश्यकता हुने ठूला विकास निर्माणका आयोजनामा काम गर्न समस्या भइरहेको छ । यसले मुलुकको अर्थतन्त्रका साथै सामाजिक संरचनामा पनि असर परेको छ । भन्सार अवरोध र तराईमा भइरहेको लगातारको बन्दले औद्योगिक उत्पादन ठप्प छ । भन्सार अवरोधबाट दैनिक ५० करोड रुपैयाँ राजस्व गुमिरहेको अर्थ मन्त्रालयले जनाएको छ । उत्पादन घटेर व्यवसाय राम्रो नहुँदा कर तिर्न पनि व्यवसायीलाई समस्या परेको छ । ठूला लगानीकर्ताले बैंकको सावाँ–ब्याज तिर्न सकेका छैनन् । अर्थशास्त्री डिल्लीराज खनालले अहिले भइरहेको बन्दको प्रभाव अर्थतन्त्रमा दीर्घकालसम्म पर्ने बताए । ‘यस वर्ष सरकारले लक्ष्यअनुसार राजस्व उठाउन नसक्ने, आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने, पुँजीगत खर्च गर्न नसक्दा पूर्वाधार निर्माण नराम्ररी प्रभावित हुनेछ,’ खनालले भने, ‘यसको प्रभाव अल्प, मध्य र दीर्घकालसम्मै देखिनेछ ।’ समस्या तत्काल समाधान भए पनि अर्थतन्त्र पुरानै अवस्थामा फर्किन कम्तीमा एक वर्ष लाग्ने उनको भनाइ छ । भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थ र निर्माण सामग्री आपूर्ति ठप्प हुँदा देशभर सञ्चालित विकास निर्माणको काम पूर्ण रूपमा प्रभावित छ । इन्धन अभाव र निर्माण सामग्री भन्सारमा थन्किँदा ठूला विकास आयोजनाको काम ठप्प छ । आयोजनाले सञ्चित राखेको इन्धन सकिएको र थप आपूर्ति पनि हुन नसक्दा निर्माण अवरुद्ध भएको हो । इन्धन अभावले सडक, खानेपानी, जलविद्युत्, विद्युत् प्रसारण लाइन, सिँचाइलगायतका पूर्वाधार आयोजनाको निर्माण अवरुद्ध छ । कतिपय विकास आयोजनाले ल्याएका सामग्री भन्सार नाकामै अड्किएका छन् । यसका कारण उनीहरूले सामान आपूर्तिकर्तालाई जरिवाना तिर्नुपर्ने अवस्था छ । काम अवरुद्ध हुँदा तोकिएको समय र लागतमा नबन्ने हुँदा विकास आयोजना महँगा हुनेछन् । काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिका लागि निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण इन्धन अभावमा असोज दोस्रो साताबाट ठप्प छ । भूकम्पपछि अवरुद्ध भएको कामले गति लिन लागिरहेका वेला इन्धन अभावमा पुन: ठप्प भएको हो । भूकम्पपछि निर्माण अवरुद्ध भएका जलविद्युत् आयोजनाले पनि इन्धन अभावमा काम सुरु गर्न सकेका छैनन् । असोजको पहिलो हप्ताबाट काम थाल्ने तयारी गरिरहेका आयोजनाले इन्धन अभावमा सुरु गर्न सकेका छैनन् । सार्वजनिक र निजी क्षेत्रबाट निर्माणाधीन सबै आयोजनाको काम रोकिएको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।]]> 5365 0 0 0 चीनद्वारा नेपालसँग विद्युत व्यापार प्रस्ताव http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af/ Fri, 30 Oct 2015 02:38:25 +0000 http://www.ghumphir.com.np/?p=5370 चीनले  जलविद्युत आयोजना र प्रशारण लाइन निर्माण तथा प्रविधि आदानप्रदानमा सहकार्य संझौता पिटिएका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव अघि सारेको छ । नागरिक दैनिकमा समाचार छ ।
भारतले अघोषित नाकाबन्दी सुरुसँगै चीनले दुई देशबीचत समझदारप्पत्रमा हस्ताक्षर गरी सम्झौता प्रक्रिया अगाडि बढाउने बढाउने मनशाय व्यक्त गर्दै असोज ११ गते नै लिखित पत्राचार गरेको खुलेको हो ।
चिनियाँ जलस्रोत मन्त्रालय अन्तर्गतको हान्जाउ रिजनल सेन्टरले आयोजना निर्माणदेखि प्रविधि हस्तान्तरणसम्मको समझदारी नेपालसँग गर्ने इच्छा देखाउँदै नेपाल विद्युत प्राधिकरणलाई पत्र पठाएको हो ।
]]>
5370 0 0 0
भूकम्पपीडितकाे बिचल्ली http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%ac%e0%a4%bf%e0%a4%9a%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%80/ Fri, 30 Oct 2015 02:55:29 +0000 http://www.ghumphir.com.np/?p=5372 गोरखा, स्वाँरा–९ का मैते गुरुङको टहरामा छाएको त्रिपाल बुधबार राति मुसलधारे वर्षातपछिको हावाहुरीले उडायो । उनी ढुंगाले त्रिपाल च्यापेर रातभर जाग्राम बसे । 'छोराछोरीको चिन्ताले रातभर निद्रा लागेन,' ५० वर्षीय गुरुङले भने।

बिहीबार दिनभर पनि पानी परेकाले गुरुङको टहराभित्रै पानीको आहाल बनेको छ । 'टहरामा पानी पसेको छ, लगाउने दुई सरो लुगा बाहेक केही छैन,' उनले भने, 'अरू सामान घर ढल्दा पुरियो ।' गुरुङ दम्पती, उनीहरूका चार छोरी र दुई छोरालाई अहिले सकस छ ।

1d085555630747cf929f4537ab6c169f_L

बुधबार रातिदेखिको लगातार वर्षाले गुरुङ परिवारलाई जस्तै गोरखाका भूकम्प पीडितलाई सकस दिएको छ । लगातारको झरीले चिसो बढेपछि भूकम्पको केन्द्रबिन्दु बारपाक, लाप्राकका पीडितले बाक्लो लुगा लगाउन थालेका छन् ।

खाना पकाउन र बिहान–बेलुकी छाक टार्न धौधौ बनेको पीडितले बताएका छन् । 'झरीले दाउरा भिजेकाले आगो सल्काउनै मुश्किल छ,' ताप्ले–५ का जुम्मदिन मियाले भने, 'टहरामा राखेको अन्नपात चिसोले भिजेको छ ।'

बारपाक–४, ढुल्सिङका मनकुमारी गुरुङको आधा जस्ता र आधा त्रिपालले ढाकेर बनाएको टहरोभित्र झरीले जलाम्य बनाएको छ। टहरा बेरेको जस्तामा पानी परेर आवाज निस्कँदा सातमहिने छोरा चुकबहादुर झस्किने गरेको उनले बताइन्। 'चिसो लेकको ठाउँ, त्यसमा पनि जस्तामुनि पानी र शीतको जाडोले मार्ने भो,' मनकुमारीले भनिन् ।

उनको परिवारमा श्रीमान्, ७ महिनादेखि १४ वर्ष उमेरका ६ छोरा छन् । उनीहरू सबै भुइँमा ओछ्याइएको फल्याकमाथि सुत्छन्। 'झरीले सबै भएको ठाउँ भिज्यो, दिनभर पनि पानी परेको छ, बालबच्चा कसरी जोगाउनु,' उनले दुखेसो पोखिन्।

भूकम्पले बारपाक, लाप्राक, गुम्दा उहीया, केरौंजा, मान्बु कासिगाउँ लगायतका उत्तरी दुर्गम गाविसमा निकै क्षति पुर्याएकाे थियो। यी गाउँ हिमाली भेगमा पर्छन् । जाडोमा हिउँ पर्ने यी ठाउँमा लगातारको झरीले चिसो बढेको छ। अन्य समयमा पनि जाडोका बेला घर बाहिर निस्कन कठिन हुन्छ ।

'जाडो सिजनका लागि दाउरा, बाक्लो लुगा, ओढ्ने–ओछ्याउने व्यवस्था सकेजति सबैले गर्थे,' स्थानीय राज गुरुङले भने, 'भूकम्पले सबै घर भत्किएपछि अहिले जाडो थेग्ने उपाय छैन ।' घर भत्कँदा लत्ताकपडा, अन्नपात पुरिएका थिए।

भूकम्प पीडितका लागि काम गर्न जिल्ला आएका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले अहिले पनि बाक्ला लुगा वितरण गरिरहेका छन् । तर पीडित सबैले नपाएको गुनासो आउन छाडेको छैन ।

लगातारको झरीले किसानले भिœयाउने बेला भएको धान पानीले डुबाएको छ । भूकम्पको पीडाले थलिएका किसानलाई वर्षभरि खाने अन्न थन्क्याउन नपाउँदा झनै चिन्ता बढेको छ । '४० मुरी धान हुने खेतमा पाँजा काटेको थिएँ, पानीले पूरै डुबाएको छ,' सौरपानी–१, फुन्चोकबेसीका चोलानाथ पनेरूले भने । चिसोले सतायो भूकम्पले विस्थापित भएर रसुवा सदरमुकाम धुन्चेमा बस्दै आएकी हाकु–५ की निमा तामाङ दुई दिनदेखि राम्ररी सुत्न सकेकी छैनन्। रातभर पानी चुहियो, त्रिपाल पनि घाम र पानीले मक्किएको छ,' बिहीबार पाल टाल्दै गर्दा भेटिएकी उनले भनिन् ।

उनले सरकारले पनि पीडितहरूलाई नहेरेको गुनासो गरिन् । सदरमुकाम धुन्चेबाट पारि देखिने उनको गाउँ हाकु भूकम्पसँगै आएको पहिरोले बगाएको छ । 'बिहानै उठ्नेबित्तिकै पहिरोमा बगेको आफ्नो गाउँ देख्नुपरेको छ,' उनले भनिन्, 'अस्थायी बास बनाउनु त परको कुरा, अब कहाँ बस्ने भन्ने पीरले सताउन थालेको छ ।'

सरकारी जग्गाको झाडी फाँडेर बसिरहेकी हाकु–५ की म्ल्याङ ची तामाङले दुई दिनदेखि पानी परेपछि दिनभर लगाएर पालको प्वाल टालेको सुनाइन् । 'चिसोसँगै वर्षाले रातभर सुत्नै पाइएन,' उनले भनिन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाको कार्यालय नजिकै हाकुका विस्थापित त्रिपालमा बसिरहेका छन् । भूकम्पपछि खाद्यान्न पाए पनि पीडितहरूले अस्थायी राम्रो टहरा बनाउन सकेका छैनन् । 'गाउँ जाऊँ पहिरो नै पहिरो छ, सदरमुकाम धुन्चेमै बसांै अब कति दिन यसरी बस्ने !' हाकु–३ का रमेश तामाङले भने, 'चिसो बढेको छ, रातभर सुत्न सकिँदैन, त्यहीमाथि पनि पानी टहराभित्र पसेर आहाल सोहोर्दैमा दिन बित्छ ।'

उनले ६ वर्षको छोरो चिसोले बिरामी भएर बिहीबार अस्पताल पु¥याउनुपरेको सुनाए । दुई वर्षदेखि मलेसियामा काम गर्दै आएका तामाङ भूकम्प आएलगत्तै गाउँ फर्किएका हुन् । 'गाउँ पहिरोले लगिसकेछ, अहिले पालमा बसिरहेका छौं,' उनले भने, 'यहाँ पनि शान्तिले बस्न सकिएको छैन, कहिले घामले पोल्छ कहिले पानी चुहिएर सुत्नै सकिँदैन ।'

हाकुबाट विस्थापित तीन सय २० परिवार धुन्चेमा बस्दै आइरहेका छन् । अहिले सबैभन्दा बढी पीडा गर्भवती र सुत्केरीलाई छ । सुत्केरीले पोषिलो खानेकुरा पाएका छैनन् । 'खानेकुरा मिलाएर नखाँदा नानीलाई दूध पुगेको छैन,' बुनिमा तामाङले भनिन्, 'नानीलाई पानीमा चोपेर बिस्कुट खुवाउँदै आएकी छु ।'

पीडितहरूले दाउरा प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । 'बच्चालाई सेकाउन तातो चाहिन्छ, तर लाङटाङ निकुञ्ज कार्यालयले जंगलमा दाउरा खोज्न प्रतिबन्ध लगाएको छ,' उनले भनिन् ।

चिसोले बिरामी पर्ने त्रास उत्तिकै छ । शिविरमा आँखा दुख्ने, रुघाखोकी ज्वरो लगायतका समस्या देखा पर्न थालेका छन् । टहरामा ६ महिना 'नगरपालिकाले दसैंतिहारपछि सबै टहरा हटाउने भनेको छ । त्यसो भए हामी कहाँ गएर बस्ने ?' काभ्रे, बनेपा–४, लायकुका कान्छा रन्जितको जिज्ञासा थियो ।

विनासकारी भूकम्पले घर क्षति भएलगत्तै सडकमा आइपुगेको रन्जितको परिवार अस्थायी टहरोमा बस्न थालेको बिहीबार ठ्याक्क ६ महिना पुगेको छ । यसबीचमा यो परिवारले भोग्दै आएको सास्ती बयान गरी साध्य छैन ।

'भूकम्पले भत्किएको घर हटाएर नयाँ बनाउन खोज्दा दायाँबायाँका छिमेकीले छुनै दिएनन् । आफ्नै जमिन छाडेर टहरोमा बस्नुपर्दा कसलाई राम्रो लाग्छ र !' उनले भने । सरकारले दिएको राहतको १५ हजार रुपैयाँले टहरामा जस्तापाता थपेर लामो बनाएका छन् ।

रन्जितजस्तै बनेपा नगरका वडा नं ४ र ५ का अधिकांश पुराना घर पूर्ण क्षति भएपछि लायकु दरबार चोक र वडा कार्यालयको कम्पाउन्डमा जस्तापाताका दर्जनौं अस्थायी टहरा ठडिएका छन् । 'टहरामा बिहान, बेलुकी चिसो र दिउँसो हपहप गर्मी हुन्छ । त्यही भएर होला धेरै पटक बिरामी हुने गरेको छु,' कान्छाकी पत्नी सूर्यवतीले भनिन् ।

भूकम्पपछिको ६ महिनामा आसभन्दा पनि त्रासमा बाँच्नेहरूको पीडा पनि कम्ती छैन । अस्थायी किसिमका टहरो, छाप्रो र त्रिपालमुनि बस्दा लामखुट्टे, कीरा, सर्प र चितुवाको त्रास छँदैछ । 'कति पटक सर्प छिरेर सातो लिइसकेको छ । दसैंअघिसम्म कीरा, लामखुट्टेले टोकेर हैरान पाथ्र्यो', सूर्यवतीले भनिन् ।

लायकु दरबारक्षेत्रमा १५ वर्षअघि रन्जित परिवारले पुरानो घर किनेको थियो । ६ हात घडेरीमा बनेको तीनतले घरमा उनको परिवारले दैनिकी चलाउँदै आएको थियो । 'त्यही घर भत्काएर छिँडीमा मात्रै बस्ने बनाउनसमेत समस्या छ । धारा, चर्पी छ । माथिल्लो तला बनाउनसमेत समस्या छ,' कान्छाले भने । घर भएको जग्गाबाहेक एक टुक्रा पनि जमिन नभएकाले धेरै समस्या परेको कान्छाको परिवारको गुनासो रहेको छ ।

बनेपा नगरका राजमार्ग आसपासमा घरहरू क्षति नदेखिएकाले संघसंस्थाले समेत भित्री भागमा राहत र उद्धारमा त्यति सक्रियता देखाएका थिएनन् । 'त्यतिखेर पनि एउटा कम्बल, एउटा झुल र फोमको सुकुल पाएको हो । त्यहीले धेरै रात कटायौं । पछि रोटरी क्लबले जस्तापाताको टहरो बनाएर दिएपछि जेनतेन गुजारा गर्दैछौं,' सूर्यवतीले भनिन् ।

बनेपा नगरपालिकाका वरिष्ठ राजस्व अधिकृत ध्रुवराज नेपाल स्थानीय विकास मन्त्रालयबाट तत्काल राहतका लागि आएको रकमले सहयोग गरेको बाहेक थप सहयोग गर्न नसकेको बताउँछन् ।

भूकम्प आएलगत्तै जिल्ला दैवी प्रकोप उद्धार समितिले २०६८ को जनगणनालाई आधार मान्दै ८० हजार हाराहारी घरधुरी पूर्ण क्षति भएको अनुमान गरेको थियो । तर, प्राविधिक टोलीको प्रतिवेदनका आधारमा यो संख्या सवा लाख नाघेको छ । यति धेरै घर क्षति हुँदासमेत जिल्लामा पुनर्निर्माणका लागि सम्बन्धित निकायबाट खासै पहल भएको छैन ।

'बनेपाका अधिकांश वडाका पुराना घर पूर्ण क्षति भएका छन् । पुननिर्माणसम्बन्धी नीति नआउँदा पीडितलाई सहयोग गर्न नसकिएको हो,' नेपालले बाध्यता दर्शाए ।

हुन पनि काभ्रेमा केही संघसंस्था र कर्पोरेट हाउसबाहेक कसैले पनि पुनर्निर्माणको खाका ल्याएका छैनन् । उनीहरूले पनि सीमित बस्ती र निश्चित जातजातिका लागि मात्रै यस्तो योजना ल्याएका हुन् ।

नगरपालिका गठन भएका क्षेत्रमा समेत नगरका घरहरू कसरी पुनर्निर्माण गर्ने भन्नेमा नगरपालिकाहरूले ठोस योजना बनाएको पाइन्न । 'विशेष नगर परिषद गरी पुनर्निर्माणको योजना लागू गर्नुपर्ने थियो । यसबीचमा दुई जना कार्यकारी अधिकृत फेरिएका छन् । यसैले पनि तत्काल निर्णय लिन समस्या परेको हो,' वरिष्ठ राजस्व अधिकृत ध्रुवराज नेपालले भने । दैवी प्रकोप उद्धार समिति निष्क्रिय जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं तत्कालीन प्रजिअ सुदर्शनप्रसाद ढकाल भदौ ८ गते सरुवा भएपछि समितिको बैठक बस्न सकेको छैन । यसैबीचमा समितिका सदस्य सचिव एवं स्थानीय विकास अधिकारी चिरञ्जिीवी तिम्सिना पनि सरुवा भएका छन् ।

भूकम्पलगत्तै खोज तथा उद्धारमा सक्रिय भूमिका खेलेकी समिति सदस्य एवं प्रहरी उपरीक्षक पूजा सिंहको समेत सरुवा भएपछि समिति निष्क्रिय रहँदै आएको छ ।

'तत्कालीन सरकारी प्राविधिक टोलीले क्षतिको तथ्यांक संकलनमा छुटेका घरपरिवारको विवरण थप गरिदिन लेखिपठाएका छौं । त्यहाँबाट स्वीकृत नआउँदासम्म मर्कामा परेका नगरबासीलाई सहयोग गर्न सक्ने अवस्था छैन,' बनेपाका वरिष्ठ राजस्व अधिकृत ध्रुवराज नेपालले भने ।

उता, हालैमात्र सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी मदन भुजेल पनि भूकम्पपीडितहरूको पछिल्लो अवस्थाबारे अध्ययन गर्न नपाएको बताउँछन् । पछिल्लो समय ह्वात्तै चिसो बढेकाले अस्थायी टहरो र घर बाहिरै बसेका पीडितलाई चिसोको जोखिमबाट बच्ने उपायबारे जनचेतना जगाउने योजना राखेको प्रजिअ भूजेलले जानकारी दिए । 'केही गाउँमा पुनर्निर्माण गर्छौं भनेर संघसंस्था सम्पर्कमा आएका छन् । यसबारेमा शुक्रबारको समिति बैठकले निर्णय गर्छ,' उनले थपे ।

(नरहरि सापकोटा गोरखा, निराजन पौडेल रसुवा, मधुसुधन गुरागाईं बनेपाकाे रिपाेर्ट)

]]>
5372 0 0 0
पेट्रोलिय पदार्थ किन्नेभन्दा बेच्ने बढी http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5-%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%ad/ Fri, 30 Oct 2015 03:01:33 +0000 http://www.ghumphir.com.np/?p=5376 कपिलवस्तु– मधेसमा भइरहेको बन्दहड्ताल र भारतको नाकाबन्दीपछि पेट्रोलिय पदार्थको चरम अभावसँगै अहिले जिल्लाका बजारहरुमा पेट्रोल किन्नेभन्दा बेच्ने खुद्रे ब्यापारीहरको संख्या बढेको छ।

diesel1भारतबाट ठूलो ग्यालेनमा ल्याईएको डिजेल कपिलवसतुुको जहदी गाबिसको चौराहामा बिक्रीका लागि मोटरसाईलमा राखिएको अवस्थामा। तस्बिर: किरणमान बज्राचार्य

भारतको नाकाबन्दीपछि एक महिनायता भारतबाट तस्करी गरी भित्राइएका पेट्रोलिय पदार्थ बेच्ने खुद्रे ब्यापारीहरुको संख्या निरन्तर बढेका छन्। सीमापारी भारत र नेपाल दुबैतर्फका सयौं ब्यापारीहरु यही अबैध धन्दामा लागेको छन्। पेट्रोलमा प्रतिलिटर न्यूनतम १ सयदेखि २ सयसम्म र डिजेलमा ५० देखि सय रुपैयाँसम्म कमाई भएपछि अहिले जिल्लामा सयाैं मानिसहरु अन्य ब्यापार छाडेर यही कारोबारमा सक्रिय भएका छन्। भारतमा डिजेलको ५१ रुपैयाँ भारु र पेट्रोलको ६८ रुपैयाँ भारु प्रतिलिटर पाइन्छ।

उनीहरु अहिले दिनरात यही काराबोरमा ब्यस्त रहेका छन्। यही कारोबारमा लागेर कैयौँले नयाँ मोटरसाइकल किनेका छन् भने कैयौंले एकदेखि ५ लाखसम्म कमाएको स्रोतको भनाइ छ । ग्यास ब्पापारी, किराना ब्यापारी, कपडा, पान पसले, होटल ब्यवसायी, साईल मर्मत ब्यापारीलगायतका ब्यापारीहरु अहिले यही अवैध ब्यापारमा रमाएका तौलिहवा गुलाम अलीले बताए । उनका अनुसार भारतीय बजारबाट तेल ल्याएर बेच्ने ब्यापारीको संख्या तेल किन्नेभन्दा बढी रहेको दाबी गरे।

'आफनो अन्य ब्यापार छाडेर अहिले सयौं ब्यापारीहरु यही कारोबारमा लागेका छन् ,' उनले भने । भारतबाट नेपाली सीमासम्म ल्याउने मानिस र त्यहाबाट माल नेपाल भित्राउने छुट्टाछुट्टै मानिसहरुसँग सेटिङ मिलाएर कारोबार गरिरहेको उनले बताए । एउटै मोटरसाइकलमा सयदेखि २ सय लिटरसम्म तेल ल्याउने गरिएको छ । एक खेफ मै न्यूतम १० देखि २० हजार ब्यापारीहरुले कमाउने गरेका छन्।

भारतीय बजार बढनी, शोहरतगढ, बर्डपुरलगायतका बजारमा रहेका पेट्रोल पम्पबाट किनेर माल जिल्ला भित्राउने र बेच्ने गरिएको छ । बढनी रोडमा रहेका अन्सारी फिलिङ सेन्टर, अग्रवाल पेट्रोलियम र नौगढ रोडमा रहेको बोरा ईन्डीयन आयल, बर्डपुरको भारत पेट्रोलियम, बढनीको उशा पेट्रोल पम्मलगायतबाट पेट्रोल भित्राइने गरिएको छ।

आफ्नो अन्य ब्यापार छाडेर बिगत एक महिनादेखि यही कारोबारमा लागेका तौलिहवाका नजारे भन्ने एक जनाले आफूले यही कारोबारबाट राम्रो कमाएको बताए। भारतको शोहरतगढमा रहेका पेट्रोल पम्पलाई केही रकम थप दिएर मिलाए पछि आफूले चाहे जती पेट्रोल पाउने गरेको उनले बताए। ल्याएको माल तौलिहवा, चार नम्बर, बुटवल, पोखरा, काठमाण्डौं, नारायणगढ लगातयका स्थानमा पठाउने गरेको उनले बताए।

पेट्रोलिय पदार्थको चरम अभावसँगै यस्को तस्कारी र कालोबजारीसमेत बढे पनि सम्बन्धी निकाय भने यस तर्फ कुनै चासो दिएको छैन। प्रजिअ अब्दुल कलाम खाँले भारतबाट अबैधरुपमा पेट्रोलिय पदार्थको आसार्नेक्रम बढेको भन्ने हल्ला सुने पनि प्रशासन कार्यालयमा त्यस बिषयमा कसैले उजुरी भने नदिएको बताए। 'अभाव भए पनि आयल निगमले आपूर्ति गर्न नसकेपछि यो समस्या तराईका सबै जिल्लाहरुमा देखिएको छ,' उनले भने । अभावको अवस्थामा भारतबाट त्यसरी तेल आएको भए पनि जनताकाे सहजताका लागि आफूले कुनै कदम नचालेको उनको भनाइ छ।साभार नागरीक

]]>
5376 0 0 0
निकुञ्ज घुम्ने पर्यटक तीन महिनामा पनि १० हजार पुगेनन् http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%a4%e0%a5%80/ Fri, 30 Oct 2015 03:12:52 +0000 http://www.ghumphir.com.np/?p=5379 रमेशकुमार पौडेल

चितवन– विगत वर्षहरुमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकहरुको संख्या महिनामा १० हजारभन्दा माथि नै हुन्थ्यो। यो आर्थिक वर्षको तीन महिनामा निकुञ्ज घुम्ने पर्यटकहरुको संख्या कुल १० हजार पुग्न पनि गाह्रो भएको छ।

tourist chitawanनिकुञ्ज मुख्यालय कसराबाट प्राप्त जानकरीअनुसार यो आर्थिक वर्षको साउन, भदौ र असोजमा जम्मा ९ हजार ३ सय ७५ पर्यटकले मात्रै निकुञ्ज घुमेका छन्।

क्षेत्रीय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरेका अनुसार वैशाख १२ को भूकम्पले थला परेको पर्यटन व्यवसाय भारतको नाकाबन्दीले थप मारमा परेको छ । पछिल्ला महिनामा पर्यटक संख्यामा सुधारको संकेत देखिए पनि नाकाबन्दी र इन्धन समस्याले संकट थपिएकोे होटल व्यवसायीहरु बताउँछन् । निकुञ्ज आसपासमा सवा सयका हाराहारीमा पर्यटकीय होटलहरु रहेका छन्।

कात्तिक महिना पर्यटकहरु अत्याधिक आउने समय हो। 'अघिल्ला वर्षहरुमा यो बेला पर्यटकलाई सेवा दिन भ्याइ नभ्याइ हुन्थ्यो। अहिले पर्यटक निकै कम छन्। ती पर्यटकहरुलाई खान पकाएर खुवाउन दाउराको व्यवस्था गर्न डुल्नु परेको छ,' सौराहामा रहेको ठूलोमध्येको पर्यटकीय होटल, होटल सेभेन स्टारका सञ्चालक माधव दवाडीले भने। पर्यटक बोक्ने गाडीहरु इन्धन बिहिन हुँदा बुकिङ रद्द हुने गरेको दवाडीले बताए।

चितवन निकुञ्ज कार्यालयले दिएको जानकारीअनुसार यो आर्थिक वर्षको साउनमा कुल २ हजार ६ सय ९० पर्यटकले चितवन निकुञ्ज घुमेका थिए । भदौमा यो संख्या घटेर २१ सय ७९ भयो । असोजमा चितवन निकुञ्ज घुम्नेहरु ४ हजार ५ सय ६ पुगेका छन् । यो संख्या भूकम्प गएपछिको समय जेठयता सवैभन्दा उच्च हो । जेठमा १ हजार ५ सय ९२ र असारमा १ हजार ५ सय ९४ जनाले निकुञ्ज घुमेका थिए ।

वैशाख १२ गते भूकम्प गएपछि पर्यटक आउने क्रम लगभग ठप्प जस्तै भएको थियो । भूकम्प गएको महिना बैशाखमा निकुञ्ज घुम्नेहरु कुल १० हजार ५ सय ३० रहेका थिए । सामान्य अवस्थामा चितवन निकुञ्ज घुम्नेहरुको संख्या प्रत्येक महिना कम्तिमा पनि १० हजारको हाराहारीमा हुन्थ्यो। अघिल्लो आर्थिक वर्षको भदौमा निकुञ्ज घुम्नेहरुको संख्या १० हजार ६ सय ६१ थियो ।

भदौको तुलनमा असोजमा पर्यटक संख्या दोब्बर हुने गर्छ । अघिल्लो वर्ष असोजमा २० हजार ९ सय ५७ देशी विदेशी पर्यटकले चितवन निकुञ्ज घुमेको निकुञ्ज मुख्यालयले जनाएको छ । अघिल्लो वर्षभन्दा यो वर्षको असोजमा निकुञ्ज घुम्नेहरु ८० प्रतिशत कम भएको व्यवसायीहरु बताउँछन् । 'मुख्य याममा नै यस्तो अवस्था भएपछि पर्यटन क्षेत्रमा चिन्ता छाएको छ' व्यवसायी माधव दवाडीले भने ।

'विस्तारै सुधार देखिएको थियो । टीकापुर घटनापछि बिग्रदै गएको अवस्था अहिले जटिल बनेको छ । पर्यटकहरु काठमाडौं आउँछन् पर्याप्त बसहरु नभएकाले चितवन आउन सकेका छैनन्, आएकाहरुलाई पनि पकाएर खुवाउने समस्या छ,' होटल व्यवसायी माधव दवाडीले भने । निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु बाघ गैंडा हेर्न देश विदेशबाट पर्यटकहरु चितवन निकुञ्ज आउँछन् । यो नेपालको तेस्रो पर्यटकीय गन्तब्य हो ।

अघिल्लो आर्थिक वर्षमा चितवन निकुञ्ज घुम्ने कुल पर्यटकहरु १ लाख ७८ हजार पुगेका थिए । पर्यटक प्रवेश शुल्कबाट मात्रै निकुञ्जले २४ करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन गरेको थियो । निकुञ्जले संकलन गर्ने राजस्वको आधा हिस्सा निकुञ्जसँग जोडिएको मानव वस्ती मध्यवर्ती क्षेत्रको विकास निर्माणमा खर्च हुन्छ। पर्यटक संख्या कटौती हुँदा राजस्व र होटलको व्यपार तथा रोजगारमा पनि नकारात्मक असर परेको छ।

]]>
5379 0 0 0
झारलको मूल्य साढे नौ लाख रुपैयाँ http://localhost/ghum/%e0%a4%9d%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a4%be%e0%a4%a2%e0%a5%87-%e0%a4%a8%e0%a5%8c-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%b0/ Fri, 30 Oct 2015 03:20:56 +0000 http://www.ghumphir.com.np/?p=5382 बागलुङ– वनमा पाइने झारलको मूल्य कति होला। दश/बीस हजार वा एक/दुई लाख । यहाँको ढोरपाटन सिकार आरक्षमा पाइने झारलको मूल्य साढे नौ लाख रुपैयाँ पर्छ ।

dhorpmap

झारललाई कुनै तस्करको गिरोहले किनेर बेच्ने पनि होइन । न त मासु खाने प्रयोजनको लागि खरिद गरेको हो । सिकार खेल्ने सौखिन विदेशी धनाढ्यहरुले वन क्षेत्रमा छाडेको घोरललाई गोली हान्ने अनुमतिको लागि मोटो रकम तिर्ने गरेका हुन् । मुलुककै एक मात्र ढोरपाटन सिकार आरक्षमा सिकार खेले बापत एउटा झारलको मूल्य ९ लाख २६ हजार रुपैयाँ तिरेर विदेशी सिकारी सिकार खेल्न अहिले ढोरपाटन पुगेका छन् ।

सिकार खेल्ने विदेशी सौखिन सिकारीको संख्या बढ्दै जाँदा ढोरपाटन सिकार आरक्षमा सिकार खेले बापतको रकम एकाएक बृद्धि भएको हो । विगतको वर्षको तुलनमा एक तिहाइ बढि राजस्व तिरेर 'ढोरपाटन सिकार आरक्ष'मा झारलको सिकार खेल्ने अनुमति लिएका छन् । सिकार खेल्ने अनुमति लिन चाहानेको बढ्दो प्रतिस्पर्धाकाबीच बोलपत्रमा कम्पनीले अधिकतम ९ लाख २६ रुपैयाँमा एक झारलको अनुमति लिएका छन् ।

चालु आर्थिक वर्ष ०७२/०७३को पहिलो सिजन असोज—मङ्सिरमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति लिई सकेका छन् । आरक्षका पाँच ब्लकमा १९ वन्यजन्तुको सिकार खेल्ने अनुमति लिएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ । 'विभिन्न कम्पनीले ६ झारल र १३ नाउरको सिकार अनुमति लिएका छन्,' ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले भने, 'विगतको तुलनमा यो वर्ष ३ लाख रुपैयाँ बढि राजस्व तिरेका छन् ।' 'सिकारी पठाउने एजेन्सीबीचमा प्रतिस्पर्धा छ,' श्रेष्ठले भने, ' विद्युतीय बोलपत्रबाट सिकारी पठाउने एजेन्सी छानिने गर्छन् ।'

dhorpatan1

विदेशीहरुले लाखौँ रुपैयाँ तिरेर सिकार खेल्न आउने भएकोले 'हन्टिङ कम्पनी'ले विद्युतीय बोलपत्र मार्फत बढाबढ गर्दा नौ लाख पुगेको हो । गत वर्ष झारलको सिकार गरे बापत ६ लाख २६ हजार रुपैयाँ राजस्व तिरेका थिए । नाउरको सिकार गरेबापत भने सिकारीले ३ लाख ३० हजार रुपैयाँ राजस्व बुझाएका छन् । एक सिकारीले नेपाल आएपछि सिकार खेलेर फर्किँदासम्म करिब ३० लाख खर्च गर्ने गरेको छ । विदेशीहरु सिकार खेल्न आएपछि दर्जनौँ नेपालीले रोजगारी पाउने गरेका छन् । एउटा सिकारीसँगबाट २०—२२ जनाले रोजगारी पाउने गरेका छन् । सिकार खेल्न वनकै बीचमा बस्नु पर्ने भएकोले खाद्यान्न, पाल लगायतका आवस्यक सबै सामाग्री लैजान धेरै जनशक्ति प्रयोगमा आउने श्रेष्ठले बताए । आरक्षमा प्रत्येक वर्षको असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई सिकार यामका लागि सिकार खुल्ला हुने गरेको छ । प्रायः सबै सिकारी हेलिकप्टर चार्टर गरेर ढोरपाटन पुगेका थिए । अमेरिका, स्पेन, डेनमार्क, हंगेरी, रसिया लगायतका मुलुकका विदेशीले नाउर र झारलको सिकार खेल्न आउने गरेका छन् । यो वर्ष नेपाल वाइल्ड लाइफ एडभेन्चर प्रालि हिमालयन सफारी प्रालि ट्र्याक एन्ड टे«ल्स, नेपाल वाइल्ड लाइफ सफारी र ग्लोबल सफारी मार्फत विदेशी सिकारी आउने छन् । ती कम्पनीले सिकार खेलाउन अनुमति पाएका छन् ।

dhorpatan

आरक्षका सात ब्लक मध्ये पाँच ब्लकमा मात्र सिकार खेलिएको छ । सुनदह बल्क ढोरपाटन उपत्यकादेखि धेरै टाढा भएकोले त्यहाँ विदेशी जाँदैनन् । सुतिर्वाङ ब्लकमा नाउर नपाईने र झारल पनि न्युन संख्यामा रहेकाले आरÔले शिकारका लागि विगत चार बर्È यता शिकार खेल्न प्रतिबन्ध लगाउदै आएको छ । राजस्व संगै स्थानीय समुदायले संरक्षणकोलागि रकम लिने गरेका छन् । गत वर्ष करिब एक करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

ढोरपाटनले करोडौँ राजस्व संकलन गरेपनि जिल्लामा सो वातको राजस्व आउने गरेको छैन । आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गरेपछि मात्र ५० प्रतिशत रकम आउने जनाएको छ । मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ भएकोले राजस्व नआएको अधिकृत श्रेष्ठले बताए । मध्यवर्ती क्षेत्र घोषणा गर्ने तयारी गरेको भए पनि केही स्थानीयले बिरोध गरेको कारण ढिलाइ भएको छ । आरक्षमा नाउर, झारल, रतुवा, घोरल, चितुवा, हिमचितुवा, कस्तरी, बंदेल, थार, पुच्छर नभएको मुसा, लिजाड, विश्वमानै दुर्लभ मानिएको रेडपाण्डा लागयतका बन्यजन्तू पाइए पनि झारल, नाउरको मात्र सिकार खेल्न अनुमति दिने गरेको छ ।

]]>
5382 0 0 0
सुरक्षा निकायको पेट्रोल पम्पमा अत्यधिक तेल मौज्दात http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2/ Fri, 30 Oct 2015 03:33:36 +0000 http://www.ghumphir.com.np/?p=5385 काठमाडौँ,१३ कात्तिक ।
नेपाल आयल निगमले सुरक्षा निकायका पेट्रोल पम्पलाई अन्य पम्पको तुलनामा बढी इन्धन दिए पनि सर्वसाधारणलाई वितरण नगर्ने गरेको पाइएको छ । तीनवटै सुरक्षा निकायका पम्पले सुरक्षा मौज्दातका नाममा अधिक इन्धन मौज्दात राखेको फेला परेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
सुरक्षा निकायका पम्पले सरकारी सवारीसाधन र पहुँचवाला व्यक्तिलाई मात्रै इन्धन वितरण गरेको गुनासो बढ्दै गएको छ । आयल निगमबाट स्वीकति लिएर नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेना तीनवटै सुरक्षा निकायले कल्याणकारी कोषमार्फत पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् ।
]]>
5385 0 0 0
सेनाद्वारा निःशुल्क बस सञ्चालन http://localhost/ghum/%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%83%e0%a4%b6%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%95-%e0%a4%ac%e0%a4%b8-%e0%a4%b8/ Fri, 30 Oct 2015 11:59:57 +0000 http://www.ghumphir.com.np/?p=5390

काठमाडौँ, १३ कात्तिक ।

सवारीसाधन नपाई आवतजावतमा समस्या भोगिरहेका यात्रुका लागि नेपाली सेनाले निःशुल्क यातायात सेवा सुरु गरेको छ । इन्धनको अभावले सडकमा कम सवारी साधन चल्दा यात्रुले सास्ती भोगिरहेका बेला नेपाली सेनाले आजदेखि काठमाडौँ उपत्यकाका आठ मार्गमा निःशुल्क दैनिक चार ठूला बस सञ्चालन गरेको हो । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले बिहानी र दिवा गरी दुई समूहमा दैनिक चार बस गुडाउन सुरु गरिएको सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिनुभयो । सवारी सेवा दिइएको मार्गमा बानेश्वर–कोटेश्वर–एकान्तकुना–कालिमाटी–त्रिपुरेश्वर हुँदै रत्नपार्क तथा भद्रकाली–जमल–लैनचौर–नारायणगोपाल चोक–बालाजु–सोह्रखुट्टे हुँदै माइतीघर कायम गरिएको छ । त्यस्तै माइतीघर–सहिदढोका–त्रिपुरेश्वर–कालीमाटी–कलङ्की–स्वयम्भू–छाउनी–ताहाचल टेकु–थापाथलीसम्म सेवा दिन सुरु गरिएको सेनाले जनाएको छ । माइतीघर–बानेश्वर–तीनकुने–गौशाला–नारायणगोपालचोक लैनचौर हुँदै कान्तिपथको मार्गलगायतमा सवारी सेवा उपलब्ध सुरु भएको छ । यसअघि नेपाल प्रहरीले दैनिक तीन बस सेवा विभिन्न मार्गमा सञ्चालन गर्दै आएको छ ।

]]>
5390 0 0 0
इन्धन अभावले दुग्ध व्यवसायी मारमा http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%a7-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8/ Fri, 30 Oct 2015 12:03:48 +0000 http://www.ghumphir.com.np/?p=5393

ललितपुर, १३ कात्तिक ।

लगातारको तराई बन्द र भारतको अघोषित नाकाबन्दीका कारण इन्धन सहज हुन नसक्दा यहाँका दुग्ध व्यवसायी मारमा परेका छन् । आवश्यक मात्रामा उत्पादन भइरहँदा पनि इन्धन अभावले दूध ढुवानी हुन नसक्दा यस्तो समस्या आएको व्यवसायीको गुनासो रहेको छ । जिल्लाभरि दैनिक रुपमा आवश्यक पर्ने दूध उत्पादन भएर पनि बढी भएको उपत्यका र त्यसबाहिर समेत बिक्री गर्दै आएकोमा त्यसबाट बञ्चित हुनुपरेको ललितपुर दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रामप्रसाद आचार्यले बताउनुभयो । दूध ढुवानी गर्ने सवारी साधनलाई आवश्यक मात्रामा इन्धन पाउन नसक्दा उत्पादित दूध समयमै आपूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो । करिब पाँच हजार ५०० दुग्ध कृषक यसको मारमा परेका छन् । दैनिक २२ हजार लिटर दूध खपत हुँदै आएकोमा हाल १२ हजार लिटर दूध मात्र खपत भइरहेको छ । इन्धनकै कारण कृषकबाट उत्पादित दूध एक÷एक दिनको अन्तरमा ढुवानी गरिरहेको बताइएको छ । यहाँ सञ्चालित करिब पचास वटाको सङ्ख्यामा रहेका साना दूध डेरी ग्यासको अभावले बन्द हुने स्थिति रहेको जनाइएको छ ।

]]>
5393 0 0 0
इन्धन सङ्कटले सीमा क्षेत्रका बासिन्दा मालमाल http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%9f%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4/ Fri, 30 Oct 2015 12:21:09 +0000 http://www.ghumphir.com.np/?p=5395

दीपक घिमिरे लुम्बिनी (रुपन्देही), १३ कात्तिक ।

सीमा नाकामा बसेर व्यापार गर्नेहरुको अहिले दिन दुई गुना रात चौगुनाको हिसाबले कमाई भइरहेको छ । छिमेकी मुलुक भारतले गरेको अघोषित नाकाबन्दीले एकाथरी जनतालाई पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यकीय वस्तुको अभावले पिरोलिरहेको छ भने सीमा क्षेत्रमा बस्ने नागरिकलाई भने यो सङ्कट कमाउने अभूतपूर्व मौका साबित भएको छ । पशुपतिको यात्रा सिद्राको व्यापार भने झैँ अचेल सुनौलीको यात्रा पेट्रोलियम पदार्थको व्यापार भएको छ नेपाल–भारत सीमा नाका बेलहियामा । भारतको अघोषित नाकाबन्दीका कारण सीमा नाका बेलहिया क्षेत्रमा पेट्रोलियम पदार्थको कालोबजार व्यापक रुपमा फस्टाउँदो छ । सीमा क्षेत्रमा बसोबास गर्ने युवाको अहिले दिनचर्या पनि फेरिएको छ । बिहान उठ्ने बित्तिकै भारतीय बजार नौतनवा पुग्ने ती युवाले मोटरसाइकलमा पूरै ट्याङ्क पेट्रोल भरेर नेपालमा ल्याउने र आफूले तिरेको मूल्यभन्दा तीन गुणा बढीसम्ममा बिक्री गर्ने गर्दछन् । अन्य व्यवसाय गरेर कम मात्रै आम्दानी गर्ने गरेका सीमा क्षेत्रका व्यापारी रातारात हजारौँ हजार कमाइ हुने भएपछि यस्तो धन्दामा लागेका हुन् । यस कार्यमा भारतीय युवाको सक्रिय भूमिका रहेको छ । भारतीय युवाले भारतीय नम्बर प्लेटका मोटरसाइकलमा भारतको नौतनवाबाट पेट्रोल लिएर आउने र भैरहवा बेलहिया सडकखण्डको बीच बाटोबाटै प्रतिलिटर २०० देखि २५० रुपैयाँसम्ममा नेपालीलाई बिक्री गरिरहेका छन् । भारतीय पेट्रोल पम्पमा पेट्रोलको मूल्य भारु ६८.८० पैसा पर्ने गर्दछ जसको नेपाली मूल्य ११०.०८ पर्ने गर्दछ । उनीहरुले बिक्री गर्ने पेट्रोलियम पदार्थ खरिद गर्न नेपाली तँछाडमछाड गरेका दृश्य भैरहवादेखि बेलहिया नाकासम्मै हरेक दिन देख्न पाइन्छ । स्थानीय प्रशासनकै अगाडि खुलेआम कालोबजारमा पेट्रोलको कारोबार भइरहँदा पनि स्थानीय प्रशासन भने मौन बसेको देखिएको छ । भारतीय पेट्रोल पम्पबाट आफ्नो मोटरसाइकलमा पूरै ट्याङ्क भरेर ल्याइने तेल बेलहिया आसपासका क्षेत्र तथा भैरहवा, बनगाई, लुम्बिनी, मर्चवार, छपिया, अमुवा लगायतका स्थानमा बिक्री गर्ने गरिएको छ । तर पनि प्रशासनले कसैलाई कार्वाही गर्न सकेको देखिँदैन । बुटवलबाट पेट्रोल किन्न वेलहिया आउनुभएका दलबहादुर थापाले भन्नुभयो – “के गर्ने नेपालका पेट्रोल पम्पमा तेल छैन । दैनिकी चलाउन पनि गाह्रो भयो । त्यही भएर दोब्बरभन्दा पनि बढी तिरेर भए पनि बाइक त चलाउनै प¥यो नि !” यसरी राखेको तेलले मोटरसाइकल बिग्रिएर धेरैजना हैरानीमा परेका छन् । थापा जस्ता धेरैको यस्तै सुनासा सुनिन्छ । भारतीय नागरिकले नेपालमा तेलको अभाव भएको मौका छोपी दैनिक आठदेखि १० पटकसम्म नेपालमा आएर यस्ता कार्य गरिरहेका छन् । उनीहरुले त्यसरी ल्याएका पेट्रोल यात्रुवाहक बसमा राखेर बेलहियाबाट काठमाडौँ, पोखरा, बागलुङ, नारायणगढसम्म पनि पठाउने गरेको एक व्यापारीले उल्लेख गरे । त्यसरी खरिद गरेका पेट्रोलको शुद्धता कस्तो छ भन्नेबारे सर्वसाधारणले कुनै चासो पनि राखेको पाइँदैन ।

]]>
5395 0 0 0
शनिबारदेखि ४० हजार सिलिन्डर ग्यास वितरण गरिने http://localhost/ghum/%e0%a4%b6%e0%a4%a8%e0%a4%bf%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a5%aa%e0%a5%a6-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a4%bf%e0%a4%a8/ Fri, 30 Oct 2015 12:26:11 +0000 http://www.ghumphir.com.np/?p=5397

रमेश लम्साल / हरि लामिछाने  काठमाडौँ, १३ कात्तिक ।

काठमाडौँ उपत्यकामा शनिबारदेखि ४० हजार सिलिन्डर ग्यास वितरण गरिने भएको छ । लामो समयदेखि इन्धन सङ्कट समाधान गर्ने उद्देश्यले वाणिज्य विभागले अनुमति दिएका र ग्यास उद्योगको आधारिक बिक्री केन्द्रमार्फत ७.१ किलो ग्यास रहेको सिलिन्डर वितरण गर्न लागिएको हो । आहतमा परेका उपभोक्तालाई राहत दिने उद्देश्यका साथ व्यवसायीले शनिबार तोकिएका बिक्री केन्द्रबाट ग्यास वितरण गर्न लागिएको हो । सामान्य समयमा वितरणमा रहेको ग्यासको सिलिन्डरको तौल १४.२ किलो रहन्छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनानुसार नेपाल आयल निगमले आधा क्षमताको ग्यास वितरण गरिएपछि मूल्य पनि आधा मात्रै लिने तयारी गरेको हो । प्रतिसिलिन्डर रु एक हजार ४०० मा बिक्री वितरण हुँदै आएको ग्यास रु ७०० मा बिक्री गरिने र परिणाम पनि आधा मात्रै रहने छ । राजधानीमा दैनिक ५० हजार सिलिन्डरको माग रहेको छ । मुलुकभर करिब ६२ लाख सिलिन्डर ग्यासका ग्राहक छन् । दुई महिनादेखि जारी तराई–मधेस आन्दोलन र एक महिनाभन्दा बढीदेखि जारी रहेको भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव रहँदै आएको छ । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले हालको इन्धन सङ्कट सबैको साझा समस्या भएकाले मिलेर समाधान खोज्नुपर्ने र ग्यास उद्योगी, बिक्रेता एवम् उपभोक्ता इमान्दार हुनुपर्ने बताउनुभयो । उपत्यकामा शनिबारदेखि १६ बुलेट ग्यास वितरण गरिने छ । एक बुलेट ग्यासमा एक हजार २५० सिलिन्डर ग्यास भर्न सकिन्छ । आधा परिणाम मात्रै दिँदा एक बुलेटबाट दुई हजार ५०० सिलिन्डरमा ग्यास भर्न सकिन्छ । साहका अनुसार प्रति परिवार ७.१ केजीको एक सिलिन्डर ग्यास उपलब्ध गराउँदा सामान्यतः २५ दिनसम्म चल्ने र त्यसपछि थप विकल्प अपनाउन सकिने भएकाले हाल आधा परिणाममा वितरण गर्न लागिएको हो । वितरण शनिबारदेखि नै सुरु गरिने छ । वाणिज्य आपूर्ति तथा व्यवस्थापन विभाग, स्थानीय प्रशासन, नेपाल प्रहरी र उपभोक्तावादी सङ्घ संस्थाले अनुगमन गर्नेछन् । उहाँले सङ्कटको घडीमा घरमा मौज्दात रहेका उपभोक्तालाई थप भण्डारण नगर्न र मितव्ययी भएर प्रयोग गर्न आग्रह गर्नुभयो । तराईमा रोकिएका बुलेटलाई प्रहरी सुरक्षामा राजधानी ल्याइएको हो । थप केही बुलेट भने उपत्यका बाहिर नै वितरणको प्रबन्ध मिलाइएको छ । ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले उद्योगबाट ग्यास वितरण गर्दा वास्तविक उपभोक्ताले नपाएकाले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले अनुमति दिएका कम्पनीको आधिकारिक बिक्रेता मार्फत मात्रै वितरण गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार बिक्रेता मार्फत ग्यास वितरण गर्दा काठमाडौँ उपत्यकाका कुना कुनाका उपभोक्ताले प्राप्त गरून् भन्ने उद्देश्यका साथ आधिकारिक बिक्री केन्द्रबाटै गर्नुपर्छ । बिक्री केन्द्रबाट ग्यास वितरण गर्दा कालोबजारीसमेत कम हुने व्यवसायीको भनाइ छ । काठमाडौँ उपत्यकामा हाल छ हजारभन्दा बढी ग्यास बिक्री गर्ने डिलर छन् । हाल मुलुकमा ५३ ग्यास उद्योग र करिब ६२ लाख सिलिन्डर छन् । मासिक २० लाख सिलिन्डर ग्यासको खपत हुने गरेको छ । तीन लाख लि पेट्रोलियम पदार्थ वितरण नेपाल आयल निगमले झन्डै तीन लाख लि पेट्रोलियम पदार्थ वितरण गरेको छ । उपत्यकाका विभिन्न पेट्रोल पम्पबाट आज दुई लाख ८६ हजार पेट्रोलियम पदार्थ वितरण गरिएको हो । निगमका अनुसार दुई लाख ४१ हजार लि डिजल र ४५ हजार लि पेट्रोल वितरण गरिएको हो । हाल दैनिक औसतमा ३० प्रतिशत मात्रै इन्धन आयात गर्ने नाका खुला छ । सत्तरी प्रतिशत आयात हुने नाका डेढ महिनादेखि ठप्प छ । काँकडभिट्टा, विराटनगर, नेपालगन्ज, भैरहवा र धनगढी नाका मात्र खुला रहेको छ । ती नाकाबाट भारत गएका ट्यांकर इन्डियन आयल कर्पोरेसनले पूर्ण रुपमा ‘लोड’ गरेको छैन । घोषित रुपमा नाकाबन्दी नभने पनि इन्धन आयातको प्रक्रिया अनावश्यक रुपमा झन्झटिलो बनाइएको र कागजात मिलाउन प्रक्रिया समेत लम्ब्याइएको छ । निगमका निमित्त कार्यकारी निर्देशक साहका अनुसार खुलेका नाकाबाट पनि सहज रुपमा इन्धन आयात हुन सकेको छैन । भारतीय पक्षबाट भन्सार जाँचपछि पनि सुरक्षाको नाममा अवरोध हुने गरेको छ । विभिन्न झन्झट ब्यहोरेर मुलुक भित्रिएका मालवाहक ट्रक तथा ट्यांकर, इन्धन बोकेका ट्याङ्कर र ग्यासका बुलेटलाई तराई मधेसमा आन्दोलनरत पक्षले पनि अवरोध गर्ने गरेका छन् । अवरोधका बीच भित्रिएका केही बुलेट ग्यास र पेट्रोलियम पदार्थ सोही क्षेत्रमा खपत हुने गरेको छ । बाँकी मात्रै राजधानी र अन्य स्थानमा पठाइने गरेको छ । उहाँका अनुसार यस्ता अवरोधै अवरोधका बीच केही ट्यांकर राजधानी भित्र्याउने प्रयास जारी छ । त्यसरी ल्याइएका इन्धनलाई मितव्ययी तवरले वितरण गर्ने कार्यलाई सहयोग पु¥याइदिन सबैमा निमित्त कार्यकारी निर्देशक साहको अनुरोध छ । राजधानीमा उपलब्ध भएको र मौज्दात रहेको पेट्रोलियम पदार्थ दैनिक रुपमा उपत्यकाभित्र वितरण गरिएको हो । वितरणका क्रममा एम्बुलेन्स, विशिष्ट व्यक्ति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सरकारी सेवा, अस्पतालगायत प्राथमिकतामा परेका छन् ।

]]>
5397 0 0 0
अनुदान पेट्रोलियम पदार्थ लिन http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5/ Fri, 30 Oct 2015 12:32:55 +0000 http://www.ghumphir.com.np/?p=5399 5399 0 0 0 तिहारमा फूल अभाव हुने http://localhost/ghum/%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%82%e0%a4%b2-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87/ Fri, 30 Oct 2015 12:49:37 +0000 http://www.ghumphir.com.np/?p=5402

काठमाडौँ, १३ कात्तिक ।

भारतले अघोषितरूपमा गरेको नाकाबन्दीका कारण तिहारमा सयपत्री पूmलको अभाव हुने देखिएको छ । हरेक वर्ष तिहारको लागि भारतबाट पूmल आयात गर्ने गरेको भएकाले यसवर्ष नाकाबन्दीले गर्दा अभाव हुने देखिएको फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ । पछिल्लो समय स्वदेशी पूmल उत्पादनमा वृद्धि भएपनि चाडपर्वलाई लक्षित गरेर झण्डै २० प्रतिशत पूmल अझैपनि भारतबाटै आयात गर्ने गरिएको छ । गत वर्षको तिहारमा रु एक करोड ४० लाख बराबरको सयपत्री पूmल भारतबाट आयात गरिएको थियो । नाकाबन्दीका कारण यस वर्ष पूmल आयात गन समस्या देखिएको एसोसियसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनुभयो । विगतका वर्षमा १५ दिन अगाडि नै तिहारका लागि भारतबाट पूmल आयात गरिन्थ्यो । यस वर्ष अहिलेसम्म ल्याउने तयारीसमेत भएको छैन । पछिल्लो समय पूmलको प्रयोग होटल, सभा सम्मेलन र घरमा सजावट बढिरहेकाले वार्षिक रु अढाई करोड बराबरको पूmलको कारोबार हुने गरेको छ । सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ९० प्रतिशत पूmलको खपत हुने गरेको छ । प्रयोगमा वृद्धि भएसँगै हाल नेपालमा व्यावसायिकरूपमा पूmलको खेती गर्ने कृषक ६५० जना पुगेका छन् भने ती कृषकले ४५० प्रजातिका पूmलको खेती गर्दै आएका अध्यक्ष गैरेले बताउनुभयो । तिहारमा सयपत्री पूmल र प्रणय दिवसका लागि रातो गुलाफ भारतबाट ल्याइने गरेको छ । एसोसिएसनका अनुसार पूmल उत्पादनमा वृद्धि भएपनि गत वैशाखमा गएको भूकम्पका कारण बजारमा पूmलको कारोबार त्यति राम्रो भएको छैन । काठमाडाँै उपत्यकाको तीनवटै जिल्ला, नुवाकोट, चितवन, धादिङ, काभ्रेपलाञ्चोक, नवलपरासीलगायतका जिल्लामा करिब ३०० प्रजातिका पूmलको व्यवसायिक खेती हँुदै आएको छ । सयपत्री पूmल भारतबाट ल्याउने गरेको भएपनि गोदावरी र मखमली पूmल अस्ट्रेलिया तथा मलेसिया निर्यात हुने गरेको छ ।

]]>
5402 0 0 0
भारतको गोन्डा डिपोले मागे जति इन्धन दिन थाल्यो http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a5%8b%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%be-%e0%a4%a1%e0%a4%bf%e0%a4%aa%e0%a5%8b%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%be%e0%a4%97/ Fri, 30 Oct 2015 13:09:30 +0000 http://www.ghumphir.com.np/?p=5405

कृष्ण अधिकारी

नेपालगन्ज,१३ कात्तिक ।

भारतको गोन्डा डिपोले मागे अनुसार पेट्रोलियम पदार्थको लोड दिन थालेको छ।तीन चार दिनदेखि गोन्डा डिपोमा पुगेका सबै ट्यांकरहरुलाई लोड भईरहेको र भारतीय पक्षबाट कुनै अबरोध नरहेको नेपाल आयल निगम पेट्रोलियम ट्यांकर चालक एशोसियसनका अध्यक्ष गंगा दत्त बडुले बताए।
गोन्डा डिपोमा  नाकाबन्दी सुरु हुनुभन्दा पहिले  जति परिमाणमा पेट्रोलियम पदार्थको लोड हुन्थ्यो अहिले तीन चार दिनदेखि त्यही परिमाण मै लोड दिइरहेको बडुले बताए। नाकाबन्दी नहँुदा गोन्डा डिपोबाट दैनिक २८ देखि ३० ट्यांकर इन्धन आउँथ्यो। हिजो २८ ट्यांकर इन्धन नेपाल भित्रिएको थियो।
 भारतबाट इन्धन भरेका आएका ट्यांकरहरु बितरणका लागि  मध्य पश्चिमका बिभिन्न जिल्लाहरुमा पुगेका कारण धेरै ट्यांरहरु गोन्डा डिपोमा पठाउन नसकिएको अध्यक्ष बडुले बताए। आज पनि करिब २८ वटा ट्यांकरहरु लोड हुने तयारीमा रहेको उनले बताए।
नेपालगन्ज रुपैडिया नाकाबाट दिनहुँ जसो पेट्रोलियम पदार्थका ट्यांकरहरु भित्रिए पनि ती ट्यांकरहरु काठमाडाैँ पठाइँदा नेपालगन्जमै पेट्रोलियम पदार्थको अभाव भने अझै हटेको छैन। भारतले नाकाबन्दी सुरु गरेपछि नेपालगन्ज नाका हुँदै भित्रिने पेट्रोलियम पदार्थको परिमाण घटे पनि आयात भएकै कम परिमाणबाट पनि करिब ४० प्रतिशत काठमाडाैँ पठाइएका कारण नेपालगन्ज लगायत मध्य पश्चिम मै इन्धनको अभाव भएको  नेपाल आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जले जनाएको छ।
निगमका अनुसार असोज १० गते पछि २ हजार १२ केएल (किलो लिटर) डिजेल, ३ सय ६० केएल पेट्रोल, ३ सय ६० केएल हवाई इन्धन र २० केएल मट्टितेल काठमाडाैँ पठाइएको छ।
पहिलेभन्दा कम इन्धन आयात भएको र त्यसमा पनि करिब ४० प्रतिशत काठमाडाैँमा पठाइएपछि नेपालगन्ज लगायत मध्य पश्चिमका जिल्लाहरुमा पनि इन्धनको अभाव बढेको व्यवसायीहरुले बताएका छन्।
इन्धन अभाव हुँदा सीमावर्ति क्षेत्रमा बासिन्दाहरु इन्धन भर्नका लागि सीमापारीका भारतीय पेट्रोलपम्पमा जान बाध्य भएका छन्।लामो समयदेखि डिजेलको अभाव भएपछि सार्वजनिक यातायातका साधनहरु कम चल्न थालेका छन् भने किसानहरुलाई  खेत जोत्नका लागि ट्याक्टर र रोटाबेटर चलाउन समेत मुस्किल हुँदै गएको छ।
]]>
5405 0 0 0
​विदेश पठाउन ४९ वटा म्यानपावर छनौट (सूची सहित) http://localhost/ghum/%e2%80%8b%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%aa%e0%a4%a0%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a5%aa%e0%a5%af-%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8/ Fri, 30 Oct 2015 13:17:42 +0000 http://www.ghumphir.com.np/?p=5407

काठमाडाैं ,१३ कात्तिक ।

देशिक रोजगार विभागले  ​विदेशमा घरेलु कामदार पठाउन ४९ वटा म्यानपावर छनौट गरेको छ ।वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धि निर्देशिका २०७२ जारी  गरिसकेको विभागले ४९ वटा म्यानपावर कम्पनीको नाम तय गरेको हो ।
विभागका अनुसार घरेलु कामदारको सम्बन्धमा दुई पक्षीय श्रम सम्झौता  गरेर मात्र वैदेशिक रोजगारमा कामदार पठाउनेछ । विभागले छनौट परेका म्यानपावर कम्पनीहरुलाई सात दिनभित्रमा २५ लाख धरौटी राख्न आग्रह गरेको छ ।
छनौटमा परेका म्यानपावर यस प्रकार छन् -
]]>
5407 0 0 0
यसरी पाईन्छ आधा ग्यास भरेको सिलिण्डर ? http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a4%be%e0%a4%88%e0%a4%a8%e0%a5%8d%e0%a4%9b-%e0%a4%86%e0%a4%a7%e0%a4%be-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%ad%e0%a4%b0%e0%a5%87/ Fri, 30 Oct 2015 13:29:04 +0000 http://www.ghumphir.com.np/?p=5409

 कात्तिक १३,काठमाडौं।

उपभोक्ताले केही दिनमै आधा ग्यास भरिएको सिलिण्डर साविकको भन्दा आधा मूल्यमा किन्न पाउने भएका छन्। आधा ग्यास भरिएका सिलिण्डर कहाँ किन्न पाइन्छ, भन्नेमा उपभोक्ताहरु भने अनभिज्ञ देखिएका छन्।
ग्यास विक्रेता महासंघका अनुसार काठमाडौं उपत्यकामा विभिन्न कम्पनीका आधिकारिक विक्रेताहरुमार्फत नै ग्यास वितरण हुनेछ।
महासंघका महासचिव चन्द्र थापाले  कुराकानी गर्दै कम्पनीका आधिकारिक विक्रेताहरुबाटै प्रशासन तथा सुरक्षा निकायको उपस्थितिमा व्यवस्थित रुपमा ग्यास वितरण हुने दावी गरे। ‘उपभोक्ताको नाम र फोन नं.सहितको रेकर्ड राखेर ग्यास वितरण हुन्छ,’ उनले भने ‘यदि ग्यासमा कुनै पनि गलत नियत पाइएमा प्रचलित कानूनअनुसार तुरुन्तै कारबाही हुन्छ ।’
प्रत्येक दिन कुन कुन कम्पनीको कहाँ कहाँबाट ग्यास पाइन्छ भन्ने सूचना नेपाल आयल निगममा पठाइने र निगमले सो सूचना सार्वजनिक गरेर उपभोक्तालाई जानकारी दिने उनले बताए। थापाले विभिन्न उद्योगहरुमा ग्यास फिलिङ भइरहेको जानकारी दिए। ‘४०/४२ बुलेटको ग्यास उद्योगहरुमा ल्याएर फिलिङ भइरहेको छ, त्यसपछि सिलिण्डर ल्याएर क्रमिक रुपमा वितरण हुन्छ’ उनले भने।
आधा ग्यास भरेर सिलिण्डर बाँड्ने सरकार र व्यवसायीको तयारपछि उद्योगहरुमा ग्यास फिलिङ गर्ने काम धमाधम भइरहेको छ।
यसैबीच उपभोक्ताले नयाँ सिलिण्डर किन्न भने नपाउने भएका छन्। सरकार र व्यवसायीहरुबीच भएको सहमतिपछि नयाँ सिलिण्डर तत्कालका लागि विक्री गर्न बन्देज गरिएको महासचिव थापाले बताए।
‘संकटकालीन अवस्थाका कारण एउटै परिवारमा धेरै सिलिण्डर थपिन सक्ने हुँदा अहिलेका लागि नयाँ सिलिण्डर विक्री गर्ने कार्य रोकिएको हो’ उनले भने।
]]>
5409 0 0 0
प्रतिलिटर ४ सय रुपैयाँमा पेट्रोल बेच्ने पक्राउ http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b2%e0%a4%bf%e0%a4%9f%e0%a4%b0-%e0%a5%aa-%e0%a4%b8%e0%a4%af-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%ae%e0%a4%be/ Fri, 30 Oct 2015 16:55:09 +0000 http://www.ghumphir.com.np/?p=5413

 कात्तिक १३,कास्की।

प्रहरीले पोखरा–१५ रामबजारस्थित क्रान्तिटोलबाट पेट्रोलको कालोबजार गर्ने तीनजनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक वेदप्रसाद जोशीको नेतृत्वमा गएको टोलीले पोखरा–१५ का अग्निध्वज रसाइली, चितवन भरतपुरका दीप अघाई र गणेश विकलाई पक्राउ गरेको हो।
चर्को मूल्यमा पेट्रोल बेचिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले २३० लिटर पेट्रोलसहित उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूले प्रतिलिटर ४ सय रुपैयाँसम्ममा पेट्रोल बेच्ने गरेको खुलेको छ। थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको छ।
भारतको अघोषित नाकाबन्दीको नाजायज फाइदा उठाउँदै पोखरासहित देशका विभिन्न भागमा इन्धन कालोबजार गर्नेको बिगबिगी बढिरहेको छ । दुई दिन पहिले पनि इन्धनको कालोबजार गर्ने दुईजनालाई प्रहरीले कास्कीको लेखनाथबाट पक्राउ गरेको थियो ।
]]>
5413 0 0 0
अलपत्र अर्बौको मल http://localhost/ghum/%e0%a4%85%e0%a4%b2%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a5%8c%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b2/ Fri, 30 Oct 2015 17:04:17 +0000 http://www.ghumphir.com.np/?p=5415 5415 0 0 0 कालोबजारी http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80/ Fri, 30 Oct 2015 17:10:44 +0000 http://www.ghumphir.com.np/?p=5418 5418 0 0 0 साँघातिक आक्रमणको प्रयास http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%81%e0%a4%98%e0%a4%be%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%86%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%af%e0%a4%be%e0%a4%b8/ Fri, 30 Oct 2015 17:13:50 +0000 http://www.ghumphir.com.np/?p=5421 5421 0 0 0 अन्तर्राष्ट्रिय स्तरको कायक च्याम्पियनसिप प्रतियोगिता शुरु http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%95/ Fri, 30 Oct 2015 17:35:24 +0000 http://www.ghumphir.com.np/?p=5424 १३ कात्तिक ।

र्‍याफटिङ र कायकिङका लागि विश्वकै उत्कृष्ट मानिएको मस्र्याङ्दी नदीमा २ दिने अन्तर्राष्ट्रिय स्तरको 'मस्र्याङ्दी एक्सप्रेस एक्सटि्रम कायक च्याम्पियनसिप प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ ।

नेपाल कायक्लबको आयोजनामा भएको प्रतियोगितामा नेपाल सहित रसिया, बेलायत, स्पेन, जापान लगायतका देशका २४ जनाले भाग लिएका छन् । अप्रतियोगी पनि छन् । ४ महिलामध्ये १ जना नेपाली छन् । महिलासहित नेपाली ४ जना छन् । नेपालको नदीनालामा जलविद्युत निर्माण तथा अन्य कारणले र्‍याफटिङ तथा कायकिङ व्यवसाय संकटमा पर्दै गएको बेला प्रतियोगिताले पुनः पर्यटकहरुलाई आकषिर्त गर्ने उदेश्य लिइएको आयोजक नेपाल कायक्लबका अध्यक्ष अनुप गुरुङले बताए ।

मस्र्याङ्दी नदीमा र्‍याफटिङ र कायकिङ हराउन थालेकाले पुनः स्थापित गर्न च्याम्पियनसिप कार्यक्रम राखिएको नेपाल काय क्लबले जनाएको छ । प्रतियोगिताका विजयीलाई आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको गुरुङले बताए ।

३ पटक सम्म नेपाल च्याम्पियन बन्न सफल ओखलढुंगाकी गोमा सुनुवारले मस्र्याङ्दीमा कायाकिङ गरेको बताइन् । 'मस्र्याङ्दी नदी हार्ड छ । हार्डमा गर्नु आफैँमा मज्जा छ अनि रमाइलो पनि' उनले भनिन्, '१४ बर्षदेखि कायाकिङमा हिँडेको म अहिले २२ बर्षको भएँ । अझै यसमै रमाउँछु ।'

]]>
5424 0 0 0
पर्यटक लोभ्याउँदै कान्छो निकुञ्ज http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%b2%e0%a5%8b%e0%a4%ad%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%9b%e0%a5%8b/ Fri, 30 Oct 2015 17:47:02 +0000 http://www.ghumphir.com.np/?p=5427 कात्तिक १३, नेपालगन्ज।

 देशकै कान्छो निकुञ्जका रूपमा ०६७ साल असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै गएको छ । पाटे बाघ संरक्षणका लागि विस्तार भएको यो निकुञ्जमा दर्जनौं पर्यटन आकर्षण केन्द्रहरू निर्माण गरिएका छन् ।अन्य पर्यटकीय गन्तव्य अझै निर्माणको चरणमा छन् । कुल ५५० वर्ग किलोमिटर क्षेत्रफल रहेका निकुञ्ज र मध्यवर्ती क्षेत्र बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । विश्वमै दुर्लभ वन्यजन्तु पाटेबाघको संरक्षण गर्नका लागि स्थापित निकुञ्जमा आन्तरिक र बाह्र पर्यटन आगमनसमेत सुरु भएको छ ।

banke nataional parkनिकुञ्जमा जैविक, प्राकृतिक, जीवजन्तुबाट पर्यटन आकर्षण सम्भावनासँगै सिमसार क्षेत्र, डाँडाकाँडा, खोला–नदीनाला लक्षित गरी पर्यटन विस्तार भएको छ । बाँके निकुञ्जका प्रमुख वार्डेन गणेश पन्तले आन्तरिक र बाह्य पर्यटनका लागि निकुञ्जलाई अवलोकनका लागि खुला रहेको र आवतजावत सुरु भइसकेको बताए । निकुञ्जले तत्काललाई दर्जन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा स्वीकृत गरेको छ ।

निकुञ्जको घाँसे मैदान बाँके राष्ट्रिय निकुञ्जले ०७० माघ महिनादेखि नौवस्ता–७ मा पर्यटकीय विकासका लागि घाँसे मैदान निर्माण गरेको हो । अहिले आधा दर्जन घाँसे मैदान विस्तार गरी पर्यटन केन्द्र बनाएको छ, जसमा सिमसार क्षेत्रका रुपमा रहेको गिद्देनी घाँसे मैदान एक हो । कोहलपुर, चिसापानी, महादेवपुरी, नौवस्ता गाविसको केन्द्रमा रहेको गिद्देनी घाँसे मैदानलाई पहिलो पर्यटकीय केन्द्रविन्दुका रुपमा पर्यटन घुम्ने बाटो खुला गरिएको छ । यस्तै महादेवपुरी, चुनभट्टी, बुच्चापुर, ठुरिया र गोठेरेमा घाँसे मैदान छन् । जहाँ मचान, पानी पोखरी, संकेत निर्माण, सवारी साधन बाटो र पैदलयात्राका लागि बाटो बनाएको छ । घाँसे मैदानमा पानी पोखरी, पानीको लागि बाँध, निकुञ्जका चराचुरुंगी र जनावार अवलोकन गर्ने गरी टावर भ्यु निर्माण गरिएको छ । १२ महिना पानी जम्ने र बग्ने स्थलका रुपमा घाँसे मैदानलाई सिमसार क्षेत्रका रुपमा समेत निकुञ्जले व्याख्या गरेको छ । पोखरी निर्माण, पानी जम्नेस्थल र घाँसे मैदानको चारैतिर घना जंगली झाडी रहेकोले घाँसे मैदानमा निकुञ्जका जनावार र चुराचुरुंगी हेर्न र घुम्न लायक छ । यहाँ घुम्न नेपाली नागरिकलाई प्रतिव्यक्ति १०० रुपैयाँ र विदेशी पर्यटकलाई १ हजार रुपैयाँको टिकट व्यवस्था छ ।

भ्यु अवलोकन मचान निकुञ्जले घुम्न आउने पर्यटकलाई निकुञ्जभित्रको प्रकृतिको अवलोकन देखि जनावर, पंक्षीहरूको अवलोकनका लागि काठका मचान निर्माण गरिएको निकुञ्जका वार्डेन पन्तले जानकारी दिए । निकुञ्जको गिद्देनी, महादेवपुरी जलसैनी, गोठेरी, कुसुम, ओभरी, ठुरियामा दृश्यावलोकनका लागि मचान तयार पािरएको छ । अहिलेसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ६ वटा मचान निर्माण गरी पर्यटनलाई अवलोकन र आवतजावतमा खुला भइसकेको छ । अबको बजेटमार्फत ठुरियामा रात्री पर्यटन बसोबास गर्न सक्ने क्याम्प बनाउने तयारी भइरहेको छ ।

banke_district

निकुञ्जमा सफारी बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन आकर्षणका लागि जंगली सफारी सुरु भएको छ । निकुञ्जले सफारीका लागि बाँके, दाङ र सल्यानसम्मका क्षेत्रमा सफारी गर्न मिल्ने गरी ४ वटा सडक सञ्जाल विस्तार गरेको छ । निकुञ्जका अनुसार खड्गवार–सल्यान घुइयाबारी, ठुरियाखोला–हातीदमार सल्यान, अगैया–पानीमुहान दाङ र सुतैया–ओभरीसम्म जंगली सफारी र पैदलयात्रा गर्न मिल्ने सडक बनाएको हो । सफारीका लागि निकुञ्जभित्र सय किलोमिटर सडक विस्तार भएको छ, जहाँ सिजन र १२ महिना गाडीमा र पैदल सफारी गर्न सकिन्छ । सफारीका लागि नेपालीलाई प्रतिव्यक्ति सय रुपैयाँ, सार्क देशका नागरिकलाई ७०० र अन्य विदेशी पर्यटकलाई १ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । आन्तरिक र बाह्य पर्यटकले टिकट अनुमति लिएर, गाडीमा, पैदल जंगली सफारी गर्न व्यवस्था गरिएको छ । निकुञ्जका चुरे फेदसम्म सहजै गाडीमा सफारी गर्न सकिन्छ, बाँकी पैदलयात्रा ट्रेकिङ गर्न लायक छ ।

गाउँले होमस्टे निकुञ्ज क्षेत्रका ४ स्थानमा होमस्टे विस्तार भएका छन् । सिद्रा माछा, सिन्कीको चनटी, आन्द्री चामलको भात, ढिक्री, बटिया, लोकल कुखुराको मासुदेखि स्थानीय सागसब्जी, तरकारी, फलफूलदेखि दूध, दही, मही, घ्यूको स्वाद पाउनु होमस्टेको विशेषता हो । थारू समुदायमा बनेका काठ, माटा, प्लास्टिक, घाँसपातको झारबाट बनेको सामग्रीमा खाना र नास्ताको स्वाद पनि यहाँ पाइन्छ । बाँकेको चिसापानी–९ स्थित गाभरमा ३ वटा होमस्टे सञ्चालनमा छन् । यस्तै महादेवपुरीको नयाँ गाउँ र ढकेरीमा होमस्टे सञ्चालनमा छन् । चिसापानी च्यामा र महादेवपुरीका महादेवामा होमस्टेको तयारी भइरहेको छ । होमस्टेले स्थानीय थारु, पहाडी समुदायको खानपिन, सस्कार, रहनसहनले पाहुनालाई स्वागत गर्ने गर्छ । होमस्टेमा पुग्ने जोकोही पनि स्थानीय परिकार र वातावरणमा भरपुर स्वाद लिन पाउँछन् । ढकिया, गुन्द्री, सुपा, डाली, भकारी, छतरी, छिटुवा, हेल्का, काठमा मुर्ति, माटाका भाँडा, डोको, नाम्ला, कोसी, बेतबाँस, चकटी, ठेली, मदानी, कोसी जस्ता घरेलु सामग्रीसमेत किन्न पाइन्छ । यहाँ निकट भविष्यमा थारू संग्रहालय, वाच टावर, जंगल सफारी, बाघ अवलोकन, वृक्षारोपन, बाल उद्यान, एक घर एक बगैँचा, वनभोज स्थल, घाँसे मैदान अवलोकनका निर्माण प्रयाससमेत भइरहेको छ ।

बाघ र जंगली जनावर पाटे बाघ संरक्षणका लागि विस्तार भएको बाँके निकुञ्जमा अहिलेसम्म ७ वटा बाघ छन् । क्यामेरा ट्रेपिङमा ६ वटा बाघ रहेको पुष्टि भए पनि निकुञ्जले ७ वटा भएको जनाएको छ । यहाँ बाघसम्बन्धी अध्ययन, जानकारी लिन सकिन्छ । निकुञ्जमा ३ वटा जंगली हात्ती रहेको पाइएको छ । यहाँ दर्जनौं संख्यामा अजिंगर सर्प छन् । यहाँ २०० बढी प्रजातिका चराचुरुंगी र जीवजनावरको बासस्थान रहेकोले पनि पर्यटकीय अवलोकन र अनुसन्धानका लागि महत्वपूर्ण छ । निकुञ्जभित्र पाटे बाघ, चितुवालगायत अन्य हात्ती, भालु, मृग, चित्तल, बँदेल आदि जनावरसमेत रहेकाले पर्यटकीय स्थल हो भन्दा फरक पर्दैन । यहाँ १२४ वनस्पति प्रजाति, ८ इकोसिस्टम, ८३ प्रजातिका रूख, ५ प्रजातिका लहरा तथा ३६ प्रजातिका झाडीहरू रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत मोहन विश्वकर्माले बताए । यो निकुञ्जमा ३०० प्रजातिका चरा, सरिसृप २२ जाति, उभयचर ७, माछा ५५ जाति रहेको निकुञ्जले जनाएको छ ।

बबई भ्याली यहाँको पर्यटन विस्तारका लागि बबई नदीसँग जोडिएको बबई भ्याली पनि पर्यटनका लागि खुला रहेको छ । यहाँ जंगली जनावरदेखि प्राकृतिक दृश्यबाट मनोरम लिन सकिन्छ । यस्तै, पिकनिक स्थलका लागि उपयुक्त स्थान छ । बाँकेको गर्मीबाट शीतलता पाउन चिसापानी हुँदै देउराली, बबईसम्म उपयुक्त छ । यो क्षेत्रमा निकुञ्जले केही निश्चित जग्गा छुट्टयाएर बसोबास र गर्मीमा विश्रामस्थल बनाउने योजना निकुञ्जको छ । यहाँबाट बाँके, बर्दिया, बाँके र सल्यानको भूभाग छुने हुँदा पर्यटनका लागि गन्तव्य बनेको छ । चारैतिर घना जंगली, झाडी रहेकोले निकुञ्जका सफारी सडक वर्षात् र हिउँदमा समेत प्रयोग गर्न सकिन्छ । जनावर, चुराचुरुंगी, प्राकृतिक मनोरम, वन्यजन्तु, जडिबुटी, डाँडाकाँडा, बबई र राप्ती नदी घुम्न लायक छन् ।

ढकेरी उद्यान पार्क निकुञ्जसँगै जोडिएको महादेवपुरी गाविसमा ढकेरी वनस्पति उद्यान छ । यहाँ विभिन्न वनस्पति, जडिबुटी, फलफूलका बोटबिरुवासँगै फुलहरू लगाएर पार्कझैं सिंगारिएको छ । आसपासमा नाच्न, गाउन, खानपिन र रमाइलोका लागि पिकनिक क्षेत्र बनाइएको छ । जिल्लामा अन्यन्त्र पिकनिक स्थल, पार्क र एकान्त स्थल नहुँदा धेरैको रोजाइ बिदाको समय रमाइलो गर्ने ढकेरी उद्यान पार्क बनेको छ । वनस्पति उद्यान ढकेरी अवलोकन र घुम्न आउनेका लागि यी क्षेत्र एकान्त, सुविधासम्पन्न र व्यवस्थित छन् । यहाँ २० जना भन्दा कमको पिकनिक शुल्क २५०, २० बढी व्यक्तिको समूहलाई ३५० रुपैयाँ लिने गरिएको छ । राजमार्गबाट आवतजावत गर्नेहरू पनि यो उद्यानमा बसेर फोटो खिचाउने र घुमेर आउने गर्छन् ।

अगैया सिँक्टा सिँचाइ नहर कचनापुर गाविसको अगैयामा अवस्थित सिक्टा सिँचाइ आयोजनाको बाँधस्थल नेपाल सरकारको पहिलो र ठूलो लगानीको आयोजना हो । यहाँ राप्तीपारीका गाविस जोड्ने पुलसमेत रहेको बाँधले गर्दा तालसमेत बनेकोले यो पिकनिक स्थल बनेको छ । बोटिङ, माछा मार्नका लागि पनि यो प्रसिद्ध छ । यहाँको होटलहरू स्थानीय राप्तीका माछाका लागि प्रसिद्ध छन् । यसको वारिपारि बगैंचा बनाउनसके अझै पर्यटन तानिन सक्छन् ।

राप्ती नदी यो नदी गोही र जलचर प्राणीको मुख्य बाँसस्थान छ । यहाँ माछा मार्नेहरूको घुइँचो लाग्छ । यो नदीका विभिन्न स्थामा झोलुंगे पुल रहेकाले पनि पर्यटनका लागि घुमघाम गर्न आकर्षण केन्द्र बनेको छ । निकुञ्जले शिवखोलादेखि अगैयासम्म बोटिङ चलाउने योजना सुरु गरेको छ । यहाँबाट कुसुमस्थित शिव मन्दिर, बाघखोरदेखि जलचर प्राणीको अवलोकन गर्न सकिन्छ । यो निकुञ्जको पूर्वमा पूर्वपश्चिम राजमार्ग र शिवखोला, पश्चिममा रत्न राजमार्ग, उत्तरमा बबई नदी र दक्षिणमा पूर्वपश्चिम राजमार्ग छ । दक्षिणमा कम्दी जैविक मार्ग हुँँदै छिमेकी राष्ट्र भारतको सोहेलवा वाइल्ड लाइफ सेन्चुरीसँग जोडिएको यो राष्ट्रिय निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । खाता जैविक मार्ग, राष्ट्रिय वन र सामुदायिक वन हुँँदै भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेन्चुरीसँग समेत जोडिएको छ । तराई भू–परिधिको एक महत्वपूर्ण भाग रहेकोले पाटे बाघको बासस्थानका लागि यो उत्तम मानिएको छ ।

]]>
5427 0 0 0
अन्नपूर्ण प्रथम आरोहणमा गएका एक आरोहीको मृत्यु http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a5%e0%a4%ae-%e0%a4%86%e0%a4%b0%e0%a5%8b%e0%a4%b9%e0%a4%a3%e0%a4%ae%e0%a4%be/ Sat, 31 Oct 2015 06:52:30 +0000 http://www.ghumphir.com.np/?p=5430

मुस्ताङ, १४ कात्तिक ।

अन्नपूर्ण प्रथम हिमाल आरोहणमा गएका एक अस्ट्रेलियन नागरिकको मृत्युभएको छ । मुस्ताङ र म्याग्दीमा पर्ने अन्नपूर्ण प्रथमको आरोहणका लागि गएका ती आरोहीको छ हजार मिटरको उचाइबाट खसेर मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ । मृत्यु हुने आरोहीको पहिचान हुन सकेको छैन । हिमाल आरोहणका लागि एकदमै सहज मानिने अन्नपूर्ण प्रथममा चार जनाको टोली चार दिनअघि त्यसतर्फ गएका थिए । सहकर्मी खसेर मृत्यु भएपछि उनका सहकर्मी आधा बाटोबाटै फर्किएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । “सीमा प्रहरी चौकीमा हामीले खबर गरेका छौँ, अप्ठ्यारो ठाउँमा रहेका कारण शव निकाल्न सक्ने अवस्था छैन–”उहाँले भन्नुभयो । आधार शिविरसम्म पुग्नका लागि हेलिकप्टर अथवा मुस्ताङको कुञ्जो हँुदै घुमाउरो बाटो जानुपर्ने हुन्छ । पैदल जाँदा दुईदिन लाग्ने भएकाले अधिकांश आरोही हेलिकप्टरमार्फत सिधै त्यहाँ पुग्ने गर्दछन् । मृतक आरोहीको पहिचान र शव ल्याउने प्रयास भइरहेको सीमा प्रहरी चौकीले जनाएको छ ।

]]>
5430 0 0 0
हराएका पर्यटक फेला पार्नेलाई दश लाख पुरस्कार http://localhost/ghum/%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a8/ Sat, 31 Oct 2015 06:57:22 +0000 http://www.ghumphir.com.np/?p=5432

बाबियाचौर (म्याग्दी), १४ कात्तिक ।

म्याग्दीको शिख गाविसमा पर्ने खोप्रा लेक क्षेत्रबाट सात महिनाअघि हराएका पर्यटक फेला पार्ने व्यक्तिलाई उनका आफन्तले रु १० लाख नगद पुरस्कार दिने घोषणा गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिखको बयलीखर्कदेखि खोप्रा लेक जाने क्रममा गत चैत २२ गतेदेखि मलेसियाको क्वालालम्पुरका ४७ वर्षीय डेनिस लियन थिएन पो हराएका थिए । गत वैशाखदेखि प्रहरी, पर्यटन व्यवसायी र उनका आफन्तले हेलिकप्टर र तालिम प्राप्त कुकुरको समेत प्रयोग गरे निरन्तर खोजी गरी रहे पनि ती पर्यटक अझसम्म भेटिएका छैनन् । डेनिसको खोजीका लागि यसै हप्ता नेपाल आएका आफन्तले एक सार्वजनिक सूचना जारी रु १० लाख पुरस्कार दिने घोषणा गरेको हो । यसअघि रु पाँच लाख पुरस्कार दिने घोषणा गरेका थिए । घोरेपानी, शिख, घार, भुरुङ तातोपानी, घान्दु्रकलगायतका पर्यटकीय क्षेत्रमा इनाम दिने सूचना टाँस गरिएको छ । डेनिसको खोजीलाई निरन्तरता दिए पनि फेला पार्न नसकिएको घोरेपानी इलाका प्रहरी कार्यालयका हवल्दार मुक्त खड्काले बताउनुभयो । पर्यटक डेनिस सारडग्स नेपाल नामको टे«किङ कम्पनीमार्फत पदयात्रामा आएका थिए ।

]]>
5432 0 0 0
जीर्ण बन्दै प्राचीन काष्ठकलाका मूर्ति http://localhost/ghum/%e0%a4%9c%e0%a5%80%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%95%e0%a4%be%e0%a4%b7%e0%a5%8d/ Sat, 31 Oct 2015 07:07:34 +0000 http://www.ghumphir.com.np/?p=5434

भक्तपुर, १४ कात्तिक ।

विशिष्ट कलामा गनिएका मल्लकालीन कला, वास्तुकला एवम् धर्म संस्कृतिलाई जीवन्त राख्ने भक्तपुरको काष्ठकला सङ्ग्रहालयमा राखिएको प्राचीन मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । ऐतिहासिक तथा सांस्कृतिक मूल्य मान्यता रहेको वास्तुकलालाई झल्काउने प्राचीन मूर्तिमा धमिराले प्वाल पारेका कारण मक्किदै गएर जीर्ण अवस्थामा पुगेका हुन् । भक्तपुर नगरपालिका–३ तचपालस्थित दत्तात्रय मन्दिरको दक्षिणपूर्वी भागको पूजारी मठमा रहेको पुरातात्विक काष्ठकलाबाट निर्मित कला सङ्ग्रहालयमा राखिएका कुनै मूर्ति धमिरा लागेर मक्किदै गएको छ भने कुनै मूर्तिमा ढुसी परेका कारण कुरुप बन्दै बिग्रदै गएको छ । नेपालको परम्परागत चित्रकलाको संरक्षण गर्ने उद्देश्यले २०१७ सालमा स्थापना भएको सङ्ग्रहालयको प्रचारप्रसारको अभावले पर्यटकलाई जानकारी नभएको राष्ट्रिय कला सङ्ग्रहालयले जनाएको छ । भक्तपुर अवलोकन गर्न आउने पर्यटकसँग सीमित समय मात्र हुनुका साथै सङ्ग्रहालय बाहिरै परम्परागत शैलीमा निर्मित कला कृतिको अवलोकन गर्न पाउने भएकाले पनि पर्यटकको ध्यान सङ्ग्रहालयतर्फ नपुगेको राष्ट्रिय कला सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मी बताउनुहुन्छ । प्रमुख नकर्मीका अनुसार विदेशी पर्यटक भक्तपुर नगर प्रवेश गर्ना साथ नगरपालिकाले लिने शुल्कका साथै सङ्ग्रहालय अवलोकनका लागि लिइने छुट्टै प्रवेश शुल्कका कारणले पनि अवलोकन नगरी फर्कने गरेका छन् । पर्यटकका लागि राष्ट्रिय कला सङ्ग्रहालयअन्र्तगत रहेका सङ्ग्रहालय अवलोकनका लागि रु एक सय पचास शुल्क लिने गरिएको छ । चित्रकला, मूर्तिकला, धातुकला तथा काष्ठकला गरी चार भागमा विभाजित कलामध्ये विशिष्ट कलामा गनिएका काष्ठकला सङ्ग्रहालयमा शताब्दीऔँ पुराना अभिलेखलगायत पूर्वमध्यकालीन समयदेखि प्रतिनिधित्व गर्ने उत्कृष्ट नमूनाले सङ्ग्रहालयको वास्तुकलाको स्वरुपलाई अझ आकर्षक बनाएका छन् । जसमा आकर्षक बुट्टा र धर्मशास्त्रको आधारमा कुदिएका खम्बा रहेका छन् । विभिन्न देवी देवताका मूर्ति कुँदिएका छन् भने विममा राजपरिवारका मूर्तिसमेत कुदिएका छन् । धार्मिक महत्व बोकेको वज्रयोगिणी, गणेश शक्ति, महेश सम्हार, कृष्णलीला र विश्वरुप जस्ता महत्वपूर्ण कलाकृति यहाँ राखिएका छन् । खम्बामा बनाइएका पौराणिक कलाकृति, जलचर, विभिन्न चरा चुरुङ्गी र साढेजस्ता चित्रले नेपालको मध्यकालीन लोक संस्कृतिलाई प्रतिनिधित्व गर्ने यस कलाले नेपाली समुदायको धार्मिक र सांस्कृतिक वस्तुको प्रदर्शन गरेको छ । पर्यटकीय दृष्टिकोणले एक उत्कृष्ट कलाको गन्तव्यस्थलका रुपमा लिन मिल्ने यस सङ्ग्रहालयले विश्व सामु आफ्नो कला संस्कृतिलाई परिचित गराउँदै आएको भएपनि अहिले संरक्षणको अभाव खड्किएको छ ।

]]>
5434 0 0 0
इन्धन अभावका कारण राष्ट्रिय गौरवको आयोजना निर्माण रोकियो http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d/ Sat, 31 Oct 2015 07:16:04 +0000 http://www.ghumphir.com.np/?p=5437

धनगढी, १४ कात्तिक ।

पेट्रोलियम पदार्थको अभावका कारण निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको निर्माण कार्य ठप्प भएको छ । इन्धन अभावले निर्माण सामग्रीको ढुवानी गर्न कठिनाइ भएको र निर्माणमा प्रयोग हुने स्काभेटरलगायत इक्विपमेन्टसमेत चल्न नसकेपछि डेढ महिनादेखि आयोजनाको काम रोकिएको आयोजनाका इन्जिनियर कृष्णबहादुर विष्टले बताउनुभयो । “इन्धन अभावमा मूल नहरको व्यारेलको काम र फिडर नहरको काम रोकिएको छ”–विष्टले भन्नुभयो, “स्काभेटर पनि चलाउन नसकिएकाले माटो खन्ने काम पनि रोकिएको छ ।” कैलाली जिल्लाको पूर्वी क्षेत्रमा विसं २०६६ देखि निर्माणाधीन यो आयोजनाको हालसम्म ४० प्रतिशत काम पूरा भइसकेको छ । कर्णाली नदी मुहान भएको यो आयोजनाको अहिलेसम्म इन्टेक निर्माण पूरा भएको छ । मूल नहरको माटो खन्ने करिब ७५ प्रतिशत काम पनि पूरा भएको छ । यस्तै एक हजार ३०० मि लामो पक्की नहर बनाउनु पर्नेमा अहिलेसम्म ठाउँठाउँमा गरी करिब पाँच सय मि नहर पक्की गर्ने काम पूरा भइसकेको छ । इन्टेक निर्माणका साथै मूल नहर र जलविद्युत् आयोजना निर्माण कार्य नेपाल सरकारको लगानीमा भइरहेको छ । अन्य काममा विश्व बैंकको अनुदान र ऋण सहयोग रहेको बताइएको छ । मूल नहर निर्माणको दोस्रो प्याकेजअन्तर्गत निर्माण हुने विद्युत् आयोजना चार दशमलव ८८ मेगावाट क्षमताको रहेको छ । सिओ र टुडी ज्वाइन्ट भेन्चर निर्माण कम्पनीका साथै जापानको मारुसिन सिताका निर्माण कम्पनी निर्माणमा संलग्न छन् । सन् २०१७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजनाको पहिलो प्याकेजअन्तर्गतका संरचनाको काम करिब रु तीन अर्ब १८ करोडमा निर्माण भइरहेको छ । आयेजनाबाट जिल्लाका पूर्वी क्षेत्रका टीकापुर नगरपालिका, लम्की–चुहा नगरपालिकाका साथै आसपासका गाविस क्षेत्रको झण्डै १४ हजार हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको छ । आयोजना निर्माणसँगै उक्त क्षेत्रमा कृषि उत्पादन वृद्धिका लागि विभिन्न क्रियाकलाप पनि सुरु गरिएको छ ।

]]>
5437 0 0 0
ग्यास बिक्रेताहरुको आन्दोलनका कारण नेपाल भित्रिसकेका ग्यासका बुलेट गाडी भन्सार कार्यालयमै थन्किएका http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/ Sat, 31 Oct 2015 07:27:41 +0000 http://www.ghumphir.com.np/?p=5439

कृष्ण अधिकारी

कात्तिक १४,नेपालगन्ज ।

देशैभरि खाना पकाउने ग्यासको हाहाकार भएका बेला ग्यास बिक्रेताहरुकै आन्दोलनका कारण नेपाल भित्रिसकेका ग्यासका ४ बुलेट गाडी भन्सार कार्यालयमै थन्किएका छन्। करिब ५ हजार सिलिन्डर भर्न पुग्ने ग्यास बिगत ५ दिनदेखि  नेपालगन्ज भन्सार कार्यालय मै थन्किएको छ।
gas truck
भारतबाट  नेपालगन्ज नाका हुँदै नेपाल भित्रिएको ग्यासमध्ये ७५ प्रतिशत काठमाडौ पठाउने सरकारी निर्णयको बिरोध गर्दै बाँकेका ग्यास बिक्रेताहरु आन्दोलनमा उत्रिएपछि ती ग्यासका बुलेटहरु भन्सार कार्यालय परिसरमा थन्किएका हुन। बाँके जिल्लामा मात्रै ग्यासका ५८ जना बिक्रेता छन्।
भारतबाट नेपालगन्ज नाका हुँदै दिनहुँ ग्यासका बुलेटहरु भित्रिए पनि नेपालगन्जमै ग्यासको अभाब भएपछि भेला भएका ग्यास व्यवसायीहरुले बाँकेमा रहेको भेरी ग्यास उद्योग र मनकामना ग्यास उद्योगमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएका छन्।
गृह मन्त्रालयले राजधानीमा ग्यासको अभाब बढ्दै गएपछि  भारतसंग सिमा जोडिएका क्षेत्रका उद्योगहरुका लागि भित्रिएको ग्यासको बुलेट मध्ये २५ प्रतिशत स्थानीय उद्योगमा राखेर ७५ प्रतिशत काठमाडौ पठाउन निर्देशन जारी गरेको थियो।
नेपालगन्जमा अभाब हुनेगरी राजधानीमा ग्यास पठाउने गरी भएको सरकारी निर्णय खारेज नहुँदासम्म नेपालगन्जबाट ग्यास काठमाडौ पठाउन नदिने ग्यास बिक्रेताहरुले बताएका छन्।
भारतले गरेको अघोषित नकाबन्दी पछि नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जमा भित्रिने ग्यासको परिमाण पनि करिब ५० प्रतिशतले घटेको छ।
भारतबाट ग्यासको आयातमा कटौती भई रहेको बेला ७५ प्रतिशत ग्यास काठमाडौ पठाउँदा मध्य र सुदुर पश्चिममा चरम अभाव भएको ग्यास बिक्रेता संघ बाकेका अध्यक्ष दिब्यदेब उप्रेतिले बताए।
नेपालगन्जलगायत मध्य पश्चिममा मासिक २ हजार १ सय ४० मेट्रिक टन ग्यासको माग भए पनि भारतको नाकाबन्दी भएका कारण गत महिना १ हजार १ सय ४१ मेट्रिक टन मात्रै ग्यास आयात भएको ब्यबसायीहरुले बताएका छन।
]]>
5439 0 0 0
भारतीय सुरक्षाबलद्वारा नेपाली ट्यांकर चालकमाथि निर्घात कुटपिट http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%ac%e0%a4%b2%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a8/ Sat, 31 Oct 2015 10:16:05 +0000 http://www.ghumphir.com.np/?p=5441 बिनोद सापकोटा

 कात्तिक १४,झापा ।

भारतीय सीमा सुरक्षाबल एसएसवी नेपाली ट्याङ्कर चालकमाथि निर्घात कुटपिट गरेका छन्। कुटपीट गरेको घटनाप्रति नेपाली व्यसायीले आपत्ति जनाएका छन्। बिहीबार साँझ एसएसवीले भारतबाट ईन्धन लिएर नेपाल आउँदै गरेका ट्याङ्कर चेकचाँचका नाममा चालकमाथि जथाभावी कुटपिट गरेका हुन्। घटनाका विषयमा शुक्रबार भारतीय भन्सारका अधिकारीसँग नेपाली व्यवसायीले भेट गरी गम्भीर आपत्ति जनाएका छन्। भारतीय आयल कर्पोरेसन आईओसीको सिलिगुढी डिपोबाट तेल भरेर पानिट्यांकी नाका आईपुगेको ६ वटा ट्याङ्कर चालकहरुलाई एसएसबीले बिहिबार साँझ जथाभागी कुटपिट गरेको एक पीडित चालकले सेतोपाटीलाई बताए। ती चालकका अनुसार एसएसवीले नेपाली चालकलाई बुटले छातिमा प्रहार गरेको, लाठीले ढाँडमा हानेका थिए। एसएसविले पानीट्यांकीका स्थानीय केटाहरूलाई समेत प्रयोग गरी कुटपिट गर्न उक्सावट गरेको एक पेट्रोल व्यवसायीले बताए। चालकमाथि कुटपिटका कारण सुरक्षाको माग गर्दे व्यवसायीले भारतीय पक्षको ध्यानाकर्षण गराएका छन्। एसएसवीको ज्यादतीको कारण डिपोमा तेल लोड गर्ने ट्याङ्कर चालक शुक्रबार त्यसतर्फ जान मानेका थिएनन्। मेची पेट्रोलियम डिलर्स एशोसीएसनका बरिष्ठ उपाध्यक्ष नविन कोईरालाले शुक्रबार चालकसँग अनुरोध गरेपछि मात्र ट्यांकर सिलिगुढी गएका थिए। तर गएका १७ वटा चालकले तेल लोड गर्न मानेनन्। समस्या समाधान गर्न र चालक कुटपिट गर्नेलाई कारबाही गर्ने आश्वासन दिएपछि मात्र तेल भर्न चालक राजी भएका थिए। कोईराला अनुसार सुरक्षाकै कारण भरिएका सवै ट्यांकर शुक्रबार तेल लिएर नाकामा आउन सकेनन्। मेची भन्सार कायालयका सूचना अधिकृत निर्माण कुमार भट्टराईका अनुसार बिहीबार लोड गरिएको २ वटा डिजेल ट्यांकर शुक्रबार साँझ भन्सार परिसरमा भित्रिएका थिए। ‘बिहीबार ७ वटा लोड भएका ट्याङ्कर मध्ये २ वटा मात्र नाकामा आईपुगे बाँकी ५ वटा नाकामा रोकिएको छ,’ बरिष्ठ उपाध्यक्ष कोईरालाले भने। एसएसवीले नाकामा चेकचाँचका नाममा ट्याङ्कर चाल मात्र नभएर सर्वसाधरण लगायतलाई समेत दुर्वव्यहार गर्ने थालेको स्थानीयले बताएका छन्। यसैबीच ईलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख डिएसपी स्याम कृष्ण अधिकारी र  सशस्त्र प्रहरी प्रमुख डिएसपी प्रेम भण्डारीले शुक्रबार भारतीय भन्सारका अधिकारी, प्रहरी र एसएसवीसँग छलफल गरेका छन्। डिएसपी अधिकारीले पानिट्यांकी नाकामा ट्याङ्कर चालकमाथि गरेको कुटपिट बारे चालकहरूले एसएसवी, प्रहरी कसैलाई उजुरी नगरेको भारतीय प्रहरीले जनाएको बताए। नाकामा रोकिएका ५ वटा पेट्रोल डिजेलका ट्यांकर र ४० वटा मालबहाक ट्रक र कन्टेनर शुक्रबार राति नेपाल प्रहरीका डिएसपी अधिकारी र शसस्त्र प्रहरीका डिएसपी भण्डारीको कमाण्डमा भन्सार भित्रिएका छन्।]]>
5441 0 0 0
कोरला नाका खुलाउन सरकारसँग आग्रह http://localhost/ghum/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%b2%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b8/ Sat, 31 Oct 2015 15:25:32 +0000 http://www.ghumphir.com.np/?p=5443 बाबियाचौर (म्याग्दी), १४ कात्तिक ।

धौलागिरि अञ्चलका सरोकारवालाहरुले चीनसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङस्थित कोरला नाका खुलाउन सरकारसँग आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र म्याग्दी उद्योग वाणिज्य सङ्घले शनिबार बेनीमा आयोजना गरेको छलफलमा सहभागीहरुले नेपाल र चीनबीच व्यापारिक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका सञ्चालन गर्न आग्रह गरेका हुन् ।

]]>
5443 0 0 0
बेलहिया नाका इन्धनसहितका गाडी धमाधम आउन थाले http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%b9%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a4%be/ Sat, 31 Oct 2015 15:31:05 +0000 http://www.ghumphir.com.np/?p=5445

लुम्बिनी (रुपन्देही), १४ कात्तिक ।

देशका अन्य नाकाको अवरोध जारी रहे पनि रुपन्देहीको बेलहिया नाकाबाट भने निर्वाध रुपमा इन्धनसहितका मालबाहक गाडी नेपाल आइरहेका छन् । मधेसी मोर्चाले सिमानाका बेलहियामा नाकाबन्दी गर्ने कार्यक्रम राखे पनि भारतीय पक्षले आन्दोलनकारीलाई सहयोग नगरेपछि पछिल्ला दिनमा बेलहिया नाकाबाट दैनिक २०० बढी गाडी नेपाल प्रवेश गरेका छन् । रुपन्देहीको बेलहियाका नाकाबाट मात्रै बिहीबार र शुक्रबार मात्रै झन्डै ५० वटा डिजेल र पेट्रोलका गाडी नेपाल प्रवेश गरेको तथा २० वटा बढी ग्यास बुलेट नेपाल आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अभयविक्रम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार सबैभन्दा बढी ३३ वटा डिजेल, चार वटा पेट्रोलसहित सयौँ गाडी नेपाल आएका थिए । त्यसैगरी शुक्रबार १५८ वटा ट्रकसहित २०० बढी मालसहितका सवारीसाधन एवम् बस, पिकअप, अक्सिजनका गाडी आएका छन् । उहाँका अनुसार आज बिहानैदेखि गाडी नेपाल आइरहेका छन् । भारतीय पक्षले कुनै पनि अवरोध नगरेपछि सहजरुपमा मालबाहक साधन नेपाल आएको रुपन्देही प्रशासनले जनाएको छ । भारतीय नाका सुनौली हँुदै ठूलोमात्रामा डिजेल तथा पेट्रोलका गाडी रुपन्देही आए पनि जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार यथावत् छ । सरकारले सम्बन्धित नाकाबाट आएको पेट्रोलियम पदार्थ सम्बन्धित जिल्लामा २५ प्रतिशत राखेर बाँकी काठमाडाँै पठाउन गरेको निर्देशनप्रति पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एसोसिएसनका महासचिव हरिराम कसौधनले विज्ञप्ति जारी गर्दै बेलहिया नाकाबाट आएको पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत रुपन्देहीमा राख्नुपर्ने जनाएको छ ।

]]>
5445 0 0 0
इन्धन अभावका कारण एम्बुलेन्स सेवा बन्द http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%8f%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%81%e0%a4%b2/ Sat, 31 Oct 2015 15:47:04 +0000 http://www.ghumphir.com.np/?p=5448

जुम्ला, १४ कात्तिक ।

इन्धन अभाव भएपछि एम्बुलेन्स सेवा ठप्प भएको छ । एम्बुलेन्स सेवा बन्द भएपछि यतिबेला उपचार सेवा लिने बिरामी मर्कामा परेका छन् । नाकाबन्दीले एम्बुलेन्स सेवा बन्द भएपछि जिल्लाका दुर्गम गाविस मालिकावोतालगायत सिंजा क्षेत्रका ११ गाविस, चौधबीस भेकका चार र पाँच सय भेकका नौ गाविस प्रभावित भएका छन् । यतिबेला एम्बुलेन्सका नाममा रेडक्रस जुम्लाका दुई एम्बुलेन्स मात्र सञ्चालनमा छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको एम्बुलेन्स झन्डै तीन महिनादेखि बिग्रेको प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्व शाहीले जानकारी दिनुभयो । भएका दुवै एम्बुलेन्स पनि डिजेल अभावका कारण थन्किएका छन् । बिरामी लिन गएको एउटा एम्बुलेन्स मालिकावोता गाविसमा एक सातादेखि उतै थन्किएको जिल्ला संयोजक हरिगोपाल चौलागाईंले जानकारी दिनुभयो । अर्को भने शाखा कार्यालयमा नै खिया लाग्ने गरी थन्केको छ । सेवा बन्द भएपछि अहिले बिरामीलाई स्टे«चर र डोकामा बोकेर ल्याउने गरिएको छ । प्रजिअ दीपेन्द्रराज पौडेलले स्वास्थ्य सेवा तथा सरकारी सुरक्षाका लागि इन्धन उपलब्धताका लागि जुम्लास्थित दुई पेट्रोल पम्प र नेपालगन्ज क्षेत्रीय प्रशासन तथा नेपाल आयल निगमलाई पनि पत्राचार गरिएको बताउनुभयो ।

]]>
5448 0 0 0
हस्तक्षेप गरी प्रहरीले वीरगन्ज नाका खुलायो http://localhost/ghum/%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%aa-%e0%a4%97%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%b5/ Mon, 02 Nov 2015 04:17:47 +0000 http://www.ghumphir.com.np/?p=5452

पर्सा, १६ कात्तिक ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले अवरुद्ध गरेको वीरगन्ज–रक्सौल नाका आज बिहानदेखि खुल्ला भएको छ । वीरगन्जको मितेरीपुलमा धर्ना बसेका मोर्चाका नेता कार्यकर्ताहरुलाई हस्तक्षेप गरी प्रहरीले अवरुद्ध नाका खुल्ला गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साबाट खटेका प्रहरी टोलीले बिहान करिब ४ बजेको समयमा धर्नास्थलमा हस्तक्षेप गरी नाका खुल्ला गराएको स्थानीय प्रशासनले जनाएको छ । नाका खुल्ला भएपछि विगत दुई महिनादेखि वीरगन्जमा थन्किएका भारतीय वाहनलाई भारततर्फ पठाउने काम सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । वीरगन्जको इनर्वास्थित भन्सार एरियामा थन्किएका ५०० बढी वाहनलाई भारततर्फ पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । नाकामा प्रहरीले गरेको हस्तक्षेपको विरोध गर्दै वीरगन्जका विभिन्न स्थानमा टायर बाली प्रदर्शन भइरहेको छ । आन्दोलनकारीले मितेरीपुलमा लगाएको पाललाई प्रहरीले जलाई नष्ट गर्नुका साथै अन्य सामानसमेतलाई आफ्नो नियन्त्रणमा लिएको छ । नाकामा प्रहरी हस्तक्षेप भएपछि वीरगन्ज नगरको अवस्था तनावपूर्ण बनेको छ । यसैबीच, नाका खुलाउने क्रममा प्रहरीको कामकारबाहीमा बाधा उत्पन्न गर्ने चारजना व्यक्तिलाई नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिनुभयो । पक्राउ गरिएको व्यक्तिको परिचय हाल नखुलेको बताउँदै प्रजिअ घिमिरेले उनहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको जानकारी दिनुभयो । पहिलो चरणमा नेपालतर्फ थन्किएका वाहनलाई भारततर्फ पठाउने र भारतीय पक्षसँगको सल्लाहपछि भारतमा थन्किएका वाहनलाई नेपाल भित्र्याउने कार्य सम्भव भए आजैदेखि हुने प्रजिअ घिमिरेले बताउनु भयो ।

]]>
5452 0 0 0
‘जे’ टू ‘जे’ सम्मेलनको अवधारणा सार्वजनिक http://localhost/ghum/%e0%a4%9c%e0%a5%87-%e0%a4%9f%e0%a5%82-%e0%a4%9c%e0%a5%87-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5/ Mon, 02 Nov 2015 15:30:08 +0000 http://www.ghumphir.com.np/?p=5456

काठमाडौँ, १६ कात्तिक ।

मुलुकको पर्यटन प्रवद्र्धनका लागि ‘जे’ टू ‘जे’ अर्थात् जर्नालिष्ट टू जर्नालिष्ट सम्मेलनको अवधारणा सार्वजनिक गरिएको छ । भूकम्पपछिको पर्यटन प्रवद्र्धनका लागि पर्यटन पत्रकार सङ्घ (जाट–नेपाल) ले यस्तो अवधारणा ल्याएको हो । टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आज पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सङ्घका उपाध्यक्ष शिव श्रेष्ठले व्यापार प्रवद्र्धनका लागि गरिने ‘बि’ टू ‘बि’को अवधारणा अनुरुप नै ‘जे’ टू ‘जे’को अवधारणा ल्याइएको बताउनुभयो । कार्यक्रममा टानका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद रिजालले आफूले पहिलेदेखि नै महसुस गरिरहेको कार्यक्रमको अवधारणा पर्यटन पत्रकार सङ्घले ल्याएकामा खुसी व्यक्त गर्दै ‘जे’ टू ‘जे’ सम्मेलन गर्न सकिएका खण्डमा देशलाई फाइदा पुग्ने बताउनुभयो । टानका महासचिव कर्ण लामाले पर्यटन पत्रकारकै लागि भनेर टानको नयाँ कार्यसमितिको पहिलो बैठकले नै पदयात्रा पर्यटन पत्रकार कोषको स्थापना गरेको जानकारी दिनुभयो । टानको नयाँ कार्यसमितिलाई बधाई दिँदै नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले ‘जे’ टू ‘जे’ सम्मेलन गराउनका लागि बोर्डले समेत नेतृत्वदायी भूमिका निर्वाह गराउने बताउनुभयो । उहाँले भूकम्पपछि नेपालमा करिब ३०० को हाराहारीमा विदेशी पत्रकार भ्रमणका लागि आएको बताउँदै आगामी दिनमा यस्ता पत्रकारलाई पनि जाट–नेपालसँगको सहकार्यमा भ्रमण गराउने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ जापानका अध्यक्ष तिलक मल्लले नेपालका पत्रकारले दिएको सन्देशलाई नै विदेशी पत्रकारले समाचारको सामग्री बनाउने भन्दै सकारात्मक समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा जाट–नेपालका अध्यक्ष देवी पन्तले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुभयो ।

]]>
5456 0 0 0
गोदावरी फूलको प्रदर्शनी हुने http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%a6%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a5%80-%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a5%80/ Mon, 02 Nov 2015 15:33:42 +0000 http://www.ghumphir.com.np/?p=5458

काठमाडौं, १६ कात्तिक ।

कृषि मन्त्रालय तथा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा यही कात्तिक १९ गतेदेखि २२ गतेसम्म नवौं गोदावरी पूmल प्रतियोगिताको प्रदर्शनी हुने भएको छ । गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला २०६४ सालदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको एशोसिएसनका उपाध्यक्ष दिलीप बादेले जानकारी दिनुभयो । समयअनुकूल व्यवसायिकतातर्फ उन्मुख गर्न पुष्पको जातिय विकास एवम् गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउने मेलाको उद्देश्य रहेको उहाँले बताउनुभयो । फूलको अत्यधिक माग हुने पर्व तिहारलाई लक्षित गरी ललितपुरको जाउलाखेलमा मेला तथा प्रदर्शनी गर्न लागिएको हो । मेलामा व्यावसायिक स्टल, सूचनामुलक र फूलका ३६ वटा प्रदर्शनी कक्षहरु रहने आयोजकले जनाएको छ । मेलामा गोदावरी फूलको विभिन्न प्रजातीका फूलहरुका साथै अन्य फूल बिरुवासमेत प्रदर्शनी गरिनेछ । मेलामा प्रतिस्पर्धामा समावेश भएका नर्सरीलाई प्रथम, द्वितीय र तृतीय घोषणा गरी पुरस्कृत गरिनेछ । यस वर्ष “रोपेर फूल गोदावरी, सजाआँै घर आँगन वरिपरि” नाराका साथ सो मेलाको आयोजना गरिने भएको छ ।

]]>
5458 0 0 0
घोरेपानी घुम्ने पर्यटक घटे http://localhost/ghum/%e0%a4%98%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%98/ Mon, 02 Nov 2015 15:37:10 +0000 http://www.ghumphir.com.np/?p=5460

बागलुङ, १६ कात्तिक ।

पर्यटकीय याममा म्याग्दीको घोरेपानीमा घुम्न आउने पर्यटक आधा घटेका छन् । गत वैशाखको भूकम्पले सुस्ताएको पर्यटन व्यवसाय भारतले गरेको अघोषित नाकाबन्दीका कारण थप मारमा परेको हो । अघिल्लो वर्षको तुलनामा पचास प्रतिशत पर्यटक घटेको घारेपानी होटल व्यवस्थापन समितिले जनाएको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने आकर्षक गन्तव्य घोरेपानी–पुनहिल घुम्ने उपयुक्त याम असोज–मङ्सिर हो । गतवर्ष यसै याममा दैनिक ४०० सम्म विदेशी पर्यटक घोरेपानी भित्रिएकामा अहिले १५० देखि २०० सम्म मात्र पर्यटक आएको समितिका अध्यक्ष जुनु पुनले बताउनुभयो । सोज–मङ्सिर र फागुन–वैशाखमा गरि दुई याममा घोरेपानी क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने गर्छ । भूकम्पबाट अन्नपूर्ण संरक्षण क्षेत्र र चक्रीय पदमार्गमा पर्ने पर्यटकीय गन्तव्य सुरक्षित रहेपनि पर्यटक आगमन घटेको पर्यटन व्यवसायी बताउँछन् । “भूकम्पका कारण यहाँको पर्यटन व्यावसाय सुस्ताएको हो, त्यसमाथि अहिले राजनीतिक अस्थिरता र नाकाबन्दी जस्ता कारणले प्रभाव पारेको छ”–अध्यक्ष पुनले भन्नुभयो । इन्धन र अत्यावश्यक वस्तुको अभावले होटलले सेवा–सुविधामा पनि कटौतीसमेत गरेका छन् । सीमामा उत्पन्न अवरोध र इन्धन अभावका कारण भारतीय भूमि हुँदै नेपाल भित्र्ने तेस्रो मुलुकका पर्यटक आउन नसकेको होटल ‘स्नो भ्यू’ सञ्चालक टेकसर बुुद्धजा पुन मगरले बताउनुभयो । अन्नपूर्ण क्षेत्रमा भारत हुँदै नेपाल भित्र्ने पर्यटक बढी आउने गरेका छन् । पुनका अनुसार पर्यटक आगमन घटेपछि होटलको कारोवार पनि ह्वात्तै घटेको छ । “मुख्ययाममा एउटै होटलमा दैनिक रु ८० हजारदेखि रु एक लाखसम्म कारोवार हुने गथ्र्यो,”–पुनले भन्नुभयो, “देशको अवस्था सुध्रिएमा यस क्षेत्रको पर्यटन व्यवसाय थप फस्टाउने देखिन्छ ।” कात्तिक महिनाको ११ गतेभित्र एक हजार ४५५ विदेशी पर्यटकले घोरेपानी क्षेत्र घुमेको घारेपानीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी हवल्दार बुद्धिराम केसीले बताउनुभयो । उक्त सङ्ख्या गत वर्षको तुलनामा आधाभन्दा कम हो । गतवर्ष मासिक तीन हजार ६०० बढी पर्यटक घोरेपानी क्षेत्रमा भित्रिएको उहाँले जानकारी दिनुभयो । अन्नपूर्ण क्षेत्र भूकम्पपछि पनि पूर्णतया सुरक्षित रहेकाले पर्यटकलाई कुनै द्विविधा नपाल्न ‘कोलम्बस ट्रेक्स’ काठमाडौँका प्रबन्ध निर्देशकप्रमोद दाहालले आग्रह गर्नुभयो । उहाँले अन्नपूर्ण क्षेत्रका पर्यटकीय गन्तव्य आकर्षक र सुरक्षित रहेको बताउनुभयो । यस याममा हिम श्रृङ्खला र सूर्योदय अवलोकनका लागि पर्यटक आउने गर्छन् । अन्नपूर्ण चक्रीय पदमार्ग र धवलागिरी–अन्नपूर्ण पर्यावरणीय पदमार्गका विभिन्न ‘रुट’ हुँदै पर्यटक घोरेपानी पुग्ने गरेका छन् ।

]]>
5460 0 0 0
पैंसठ्ठी केजी सुन फेला http://localhost/ghum/%e0%a4%aa%e0%a5%88%e0%a4%82%e0%a4%b8%e0%a4%a0%e0%a5%8d%e0%a4%a0%e0%a5%80-%e0%a4%95%e0%a5%87%e0%a4%9c%e0%a5%80-%e0%a4%b8%e0%a5%81%e0%a4%a8-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Mon, 02 Nov 2015 15:40:16 +0000 http://www.ghumphir.com.np/?p=5462

मेलम्ची, १६ कात्तिक ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले गत वर्ष ६५ केजी छ तोला २९ लाल सुन बरामद गरेको छ । जिल्लाका विभिन्न प्रहरी जाँचचौकीबाट उक्त सुन बरामद गरिएको हो । विभिन्न मितिमा विभिन्न व्यक्तिद्वारा शरीरलगायत विभिन्न सवारीसाधनबाट लुकाइछिपाई तातोपानी नाकाबाट बाह्रबिसे, पाँचखाल हुँदै काठमाडौँ ल्याउने क्रममा तातोपानी, जलवीरे र बाह्रबिसे प्रहरी जाँचचौकीबाट रु २९ करोड १६ लाख २७ हजार १८५ मूल्य बराबरको सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । तस्करले प्रायःजसो आफ्नो शरीर, तरकारीको बोरा र टायरमा लुकाइछिपाई लाने क्रममा सुन फेला पार्ने गरेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो ।

]]>
5462 0 0 0
पेट्रोलियम पदार्थ वितरण प्रभावकारी बनाउन संयन्त्र http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%a3/ Mon, 02 Nov 2015 15:44:47 +0000 http://www.ghumphir.com.np/?p=5464

काठमाडौँ, १६ कात्तिक ।

सरकारले पेट्रोलियम पदार्थको वितरणलाई सुलभ र प्रभावकारी बनाउन एक संयन्त्र बनाएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा आज बसेको बैठकले पेट्रोलियम पदार्थ वितरणसम्बन्धी संयन्त्र बनाएको हो । उक्त संयन्त्रमा मन्त्रालय, वाणिज्य विभाग, नेपाल आयल निगम र नेपाल प्रहरीका प्रतिनिधि तथा ग्यास उद्योगीका तर्फबाट एकजना प्रतिनिधि रहेका छन् । संयन्त्रको संयोजन वाणिज्य विभागका निर्देशकले गर्नुहुनेछ । संयन्त्रले ग्यास तथा पेट्रोलियम पदार्थ, हवाई इन्धन कति आयात र वितरण भयो, कहाँबाट कति परिणाममा वितरण भयो कति अपुग छ भनी जानकारी राख्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताउनुभयो ।

]]>
5464 0 0 0
रु एकतीस करोड राजस्व सङ्कलन http://localhost/ghum/%e0%a4%b0%e0%a5%81-%e0%a4%8f%e0%a4%95%e0%a4%a4%e0%a5%80%e0%a4%b8-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95/ Mon, 02 Nov 2015 15:49:04 +0000 http://www.ghumphir.com.np/?p=5466

भद्रपुर, १६ कातिक ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनाको अवधिमा कुल रु ३० करोड ९९ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । जसमा आम्दानी कर रु १० करोड ७१ लाख ६८ हजार, वहाल कर रु एक करोड ६० लाख ४३ हजार, व्याज कर रु एक करोड ५६ लाख ६६ हजार, मूल्य अभिवृद्धि कर रु १३ करोड ५६ लाख ३७ हजार, अन्तःशुल्क रु दुई करोड ६३ लाख ७१ हजार, स्वास्थ्य सेवा कर रु ६८ लाख ४३ हजार र शिक्षा सेवा कर रु २२ लाख ४५ हजार रहेको छ । साउन महिनामा रु १६ करोड ६० लाख ५९ हजार, भदौमा रु छ करोड ७५ लाख र असोजमा रु सात करोड ६४ लाख १४ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । साउन महिनामा लक्ष्यको १०८ प्रतिशत, भदौमा ५९ प्रतिशत र असोजमा ६८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ ।

]]>
5466 0 0 0
पर्यटकको सुविधाको लागि http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/ Mon, 02 Nov 2015 16:43:46 +0000 http://www.ghumphir.com.np/?p=5468 5468 0 0 0 मकैको झुत्ता http://localhost/ghum/%e0%a4%ae%e0%a4%95%e0%a5%88%e0%a4%95%e0%a5%8b-%e0%a4%9d%e0%a5%81%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%be/ Mon, 02 Nov 2015 16:51:43 +0000 http://www.ghumphir.com.np/?p=5476 5476 0 0 0 स्वर्ग पुगे जस्तो लाग्यो http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%87-%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Mon, 02 Nov 2015 17:00:39 +0000 http://www.ghumphir.com.np/?p=5451 दबीन्द्र लामा नेपाल साहसीक पदयात्राका लागी जती प्रख्यात रहेको छ, त्यतीकै आरोहणका लागी पनी । नेपालमा विश्वको सर्वोच्च हिमाल सगरमाथा देखी लिएर दर्जनौ पिकहरु आरोहणका लागी बर्षेनी हजारौ आरोहीहरु आउने गर्दछन । तर गत बैशाख १२ गते गएको महाभुकम्प पछी नेपालका आरोहण तथा पदयात्राका लागी निकै न्यून पर्यटक तथा आरोहीहरु नेपाल आएका छन् । विश्वमाझ भुकम्प पश्चात नेपालको पर्यटन क्षेत्रको गलत सन्देश गएका कारण यस्तो अवस्था आएको हो । महाभुकम्प पश्चात सगरमाथा क्षेत्रमा पर्ने पिक आरोहण निकै आन्नदयाी भयो ।

dabi lama आयल्याण्डपिक आरोहीका लागी प्रख्यात पिक हो । यो पिक आरोहणका लागी काठमान्डौ बाट हाम्रो सुरु भएको हो । काठमाण्डौ देखी आरोहणको यात्रा २ हप्ताको थियो । आरोहणका लागी हामीसंग ३ जना अष्टे«लियन थिए भने उता गएर अन्न २ जना जर्मनीका आरोहणकर्ता पनि बिचमा सहभागी भएका थिए । जम्मा ५ जनाको हाम्रो समुह थियो । सगरमाथा आधाशिवीर त धेरै पटक गइयो तर ६ हजार सम्मको पिक आरोहणकोे यो पहिलो अनुभव थियो मेरो । पहिलो अनुभवमा भन्नु पर्दा हिमाल आरोहण सामान्य कुरो चाहि पक्कै होईन, सबैले रहर गरेर ेइमात्र कहाँ हुन्छ र होइन त ।

हाम्रो समुहमा म लगाएत ५जना थियौ र ३ जनाले मात्र पिकको आरोहण गरेका हौ । त्यसमा एकजना जर्मनी ,एक जना थाई सहित सगै गएका सेतेन शेर्पा, थियौ । हामीले आरोहण गरेको पिकको उचाई भन्नु पर्दा ६ हजार १ सय सात मिटर थियो । हामीले आरोहण गरेका पिकको स्थायिन नाम चाहि आयल्याण्ड इन जस्टी भनिदो रहेछ । पहिलो पटक त्यत्रो उचाईमा पुग्दा त स्वर्गै पुगेजस्तो लाग्यो । जब पिकमा पुगे अनी वरिपरि देखिएका दृश्यको शब्दमा बयान गर्न कहा सकिन्छ र । सायय स्वर्ग भनेकै यही होला जस्तो लाग्यो । आफु त सबै भन्दा माथि पुगेको अर्थात सबै अरु सबै तल देखीने रहेछ । आफुभन्दा माथी कोही छैन् जस्तो लाग्दो रहेछ । पिक आरोहण गर्दा उचाई चढदै जादा मलाई त खासै केहि भएन । सजिलै चडियो जस्तो लाग्यो किन भने मलाई विभिन्न पिक चडेको अनुभवहरु छ । विशेष गरि एभरेष्ट बेस क्याम्प सम्म धेरै पटक पुगिसकेको होला मलाई खासै त्यस्तो गाह्रो भएन तर म संग गएका गेष्टहरुलाई भने केहि समस्या परेको थियो । सास फेर्न गाहे भएको थियो । उनिहरुलाई गाहे हुनु भनेको नर्मल अवस्थाहो किनभने उनिहरु जिरो लेभलबाट आएका हुन्छन ।

dabi lama 1

जिरो लेभलबाट ६ हजार मिटरको उचाईमा एकैचोटि जादाखेरी अलि गाहै हुन्छ । हाम्रो आरोहण राती १२ बजे तिर सुरु भएको थियो ,छम्पुङ प्वाइन्ट भन्छ जुत्तामा काडा जस्तो लगाउनु पर्ने हुन्छ जसले गर्दा हिउको बाटोमा चिप्लो नहोस भनेर ,यो लगाएर हिडने गाहे भएको थियो । सामान्यतया मानिसहरुले आरोहण गरी सकेपछी चड्नु भन्दा ओर्लन सजिलो होला जस्तो लाग्न सक्छ तर सोचे अनुसार ओर्लन त्यती सजिलो पनि हुदैन । मेरो अनुभवमा भन्नु पर्दा चड्दा जस्तै ओर्लन पनि गाह्ै हुन्छ । माथि टुप्पोमा पुगेपछि प्राय मानिसहरुले अब सकियो भन्छन तर म के भन्छु भने जब हामी माथि टुप्पोमा पुग्छौ तब त्या आधिमात्र भएको हो किन भने हामी पुन फर्कनु छ नि त्यो पनि त हेर्नु प¥यो नि ।

peak ट्राभर एण्ड टुरिजममा लागेको सन २००३ देखि हो तर व्यवसायीक रुममा नै लागेको भनेको सन २००७ देखि हो । हाम्रो यो यात्रा नेपालमा गएको विनासकारि भूकम्प पछिको यात्रा थियो । विशेषगरि विदेशीहरुमा जुन एक किसीमको गलत म्यासेज गएको छ त्यस्तो मैले केहि देखिन सगरमाथा क्षेत्रमा । त्यहा अहिले पनि अवस्था सामान्य छ ,केहि भएको छैन । पर्यटकिय दृष्टिकोणले भन्नु पर्दा त्यो क्षेत्रमा पर्यटकको संख्यामा कमि त थियो तर हामीले सामान्य रुपमा सोचे जस्तो कमि चाहि छैन । चहल पहल सोचेभन्दा बडि नै छ पर्यटकहरुको । सगरमाथा आरोहण क्षेत्रमा पर्यटकहरुको चहल पहलको कमि आएको कुरा हल्लामात्र हो । यसको अन्य कारणहरु छन् ,जस्तै मौसम अनुकुल नहुदा उडानहरु हुन सकेको छैन जस्ले गर्दा पर्यटकरुको चहलपहलमा केहि कमि आएजस्तो देखिएको मात्र हो । गएको वर्षभन्दा केहि कमि त अवश्य छ तर पर्यटन नै नभएको भन्नु गलत हुन्छ । समाचारमा आएको र पर्यटकहरुले भनेको जस्तो प्रभाव चाहि मैले केहि देखिन । विदेशीहरुले हामीले भन्दा बडी नेपाललाई माया गर्दा रहेछन जस्तो लाग्ने । प्रकृती नै त्यस्तो चिज हो जस्तालाई आखाँमा जती राखे पनि भएरीएर आउदैन । फेरि फेरि आईरहु जस्तो लाग्दो रहेछ । सायद त्यसैले होला एक पटक यात्रा गरि सकेकाहरुपनि दोहरी तहराई आउदा रहेछन । म संग आएका दुई जना सगरमाथाको बेस क्याम्प सम्म पुगीसकेका पर्यटकहरु थिए तर पुन यो पिक चड्न दोहराएर आएका थिए । नेपाललाई विदेशीहरुले अत्यन्तै माया गर्दा रहेछन जस्तो मलाई यो पटक महसुस भयो । यो भन्दा अगाडीनै प्राय सबै घुमिसकेका ठाउहरु उनिहरु दोहराएर चढन आउनु भनेको नेपालीहरुले यस्तो अवस्थामा पनि काम पाउन भन्ने थियो र अर्को भनेको नेपाल अझै सुरक्षीत छ भन्ने सन्देश विश्वमा फैलाउने भन्ने पनि छ । पिक आरोहण पश्चात म सग गएका पाहुनाहरुले आफुले सक्दो नेपालको पर्यटन क्षेत्र सुरक्षीत रहेको सन्देश दिने बताए । यदी राज्यले नेपाल आउने पर्यटकका गाईड तथा कम्पनीहरुलाई एक पटक जम्मा गरेका केही गाईड गरेको भए राम्रो हुने जस्तो लाग्दछ । त्यसो गरेर विश्वमाझ नेपालको पर्यटक सुरक्षीत भएको सन्देश दिन सहज हुने जस्तो लाग्दछ ।

peak dabi lama 3

 dabi22

]]>
5451 0 0 0
पाहुनाको खिन्न मन http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%ae%e0%a4%a8/ Mon, 02 Nov 2015 17:03:01 +0000 http://www.ghumphir.com.np/?p=5479 5479 0 0 0 लोपोन्मुख विजयसाल संरक्षणमा जुट्न थाले http://localhost/ghum/%e0%a4%b2%e0%a5%8b%e0%a4%aa%e0%a5%8b%e0%a4%a8%e0%a5%8d%e0%a4%ae%e0%a5%81%e0%a4%96-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a4%af%e0%a4%b8%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7/ Tue, 03 Nov 2015 01:50:13 +0000 http://www.ghumphir.com.np/?p=5488

बेलौरी (कञ्चनपुर), १७ कात्तिक ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ मा रहेको महाकाली सामुदायिक वन उपभोक्ता समूहले लोपोन्मुख वियजसाल संरक्षण गर्न जुटेको छ । लोपोन्मुख वनस्पति संरक्षण गर्दा वनस्पति विज्ञानका अध्ययनकर्ता, पर्यटक र विजयसाल व्यवसायीलाई वनतर्फ आकर्षित गर्न सकिने भन्दै संरक्षणमा जुटेको सो सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरीले बताउनुभयो । उहाँका अनुसार सामुदायिक वनले वनजङ्गल संरक्षण सँगसँगै विजयसालको संरक्षण, पुर्नउत्पादन र विस्तारलाई प्राथमिकतामा राखेको छ । विजयसाल संरक्षणका लागि भन्दै सामुदायिक वनले कञ्चनपुरमै पहिलोपटक सामुदायिक वनलाई खुला चरिचरन निषेधित क्षेत्र घोषणा गरेको छ । अध्यक्ष चौधरीका अनुसार महाकाली सामुदायिक वनभित्र मात्रै ‘विजयसाल नमुना प्लट’ समेत निर्माण गरिएका छन् । पाँच सय ३० उपभोक्ता घरधुरी रहेको वनका उपभोक्ता मुक्तकमैया, दलित र न्यून आय भएका रहेका छन् । सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले कञ्चनपुरका विभिन्न सामुदायिक वनमा चालु आवमा १५ हजार विजयसालका बिरुवा वृक्षरोपण गरिएको जानकारी दिनुभयो । कञ्चनपुरकै ग्वालावारी सामुदायिक वनले समेत पाँच हजार नयाँ बिरुवा उत्पादन गर्न नर्सरी तयार गरेको छ । सामुदायिक वनमा कार्यालय सचिव दिलीपसिंह भण्डारीले गत वर्ष पाँच हजार बिरुवा रोपेको बताउनुभयो । जिल्ला वन कार्यालय कञ्चनपुरका जिल्ला वन अधिकृत सुरेश सिंहले विजयसाल कटानी र ओसारपसार प्रतिबन्धित वनस्पति भएको बताउनुभयो । उहाँका अनुसार विजयसालका लागि कञ्चनपुर उपयुक्त भौगोलिक धरात हो । “जिल्ला वन कार्यालयले समेत विजयसाल संरक्षणका लागि सहयोग गर्ने कार्यक्रम रहेको छ” – उहाँले भन्नुभयो – “नर्सरी व्यवस्थापनमा वन कार्यालयले सहयोग गर्दछ ।” जिल्ला वन कार्यालयले विजयसाल संरक्षणसम्बन्धी अध्ययनसमेत गर्ने तयारी गरिरहेको सिंहले बताउनुभयो । विजयसाललाई प्राकृतिक र कृत्रिम रुपमा समेत पुर्नउत्पादन गर्न सकिने वन अधिकृत सिंहको भनाइ छ ।

]]>
5488 0 0 0
तिहारका लागि चिनिबाट सामान ल्याउने http://localhost/ghum/%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b8%e0%a4%be%e0%a4%ae/ Tue, 03 Nov 2015 01:58:38 +0000 http://www.ghumphir.com.np/?p=5490

धुन्चे (रसुवा), १७ कात्तिक ।

नेपालीको दोस्रो ठूलो चाड तिहारका लागि स्थानीय व्यवसायीले चीनबाट पहिलो खेपमा स्याउ नेपाल भित्र्याउने तयारी गरेका छन् । नेपालमा भित्र्याउने स्याउ केरुङसम्म आइपुगेको र नेपाली कन्टेनरले भोलि रसुवागढी नाकाबाट नेपाल भित्र्याउने तयारी भएको नेपाल–चीन केरुङ व्यापार सङ्घका सचिव मुकुन्द पौडेलले जानकारी दिनुभयो । यस्तै, नेपाली व्यापारीले आयात गरेका चिनियाँ सामग्री चीनको सिगात्सेबाट केरुङतर्फ आउनेक्रम सुरु भएकाले काठमाडौँको बजारमा तयारी कपडासमेत विविध सामग्री तिहारभन्दा अगाडि लगभग १०० कन्टेनर भित्रिने समेत सचिव पौडेलले जानकारी दिनुभयो । रसुवागढी नाका खुलेपछि सीमानजिक टिमुरे क्षेत्रमा चहलपहल ह्वात्तै बढेको छ । नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाका लागि दिइने स्थायी परिचयपत्र लिनका लागि स्थानीय बासिन्दा दिनहुँ भीड लाग्न थालेको अध्यागमन कार्यालय, टिमुरेले जनाएको छ । भूकम्पपछि सडक अवरुद्ध भई बेरोजगार बनेका स्थानीय बासिन्दा सडक खुलेपछि प्रफुल्लित भई आफ्नो नियमित व्यापार व्यवसाय अगाडि बढाइसकेको टिमुरे गाविसले जनाएको छ । यसैगरी, चीनबाट नेपाल आयात भएको पेट्रोलियम पदार्थ बोकेका नेपाल आयल निगमका १२ वटा ट्याङ्कर आज टिमुरेमा नै रहने र भोलि बिहान काठमाडौँ पठाइने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । चीनले नेपाललाई दिएको अनुदानको पेट्रोलियम पदार्थको भन्सार महसुलबापतको शुल्क रु तीन करोड ६४ लाख नेपाल आयल निगमले भन्सार कार्यालयलाई बुझाइसकेको भन्सार अधिकृत श्याम बस्नेतले जानकारी दिनुभयो ।

]]>
5490 0 0 0
चिनियाँ पेट्रोल बिहीबारदेखि बाँडिने http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%a6/ Tue, 03 Nov 2015 02:12:24 +0000 http://www.ghumphir.com.np/?p=5492  कात्तिक १७,काठमाडाैं ।

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार निजी सवारीसाधनलाई पेट्रोल वितरण गर्ने भएको छ । भारतबाट आएको न्यून परिमाण र चीनले अनुदानमा दिएको पेट्रोल वितरण गरिने निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । ‘भारतबाट थोरै मात्रामा भए पनि ट्यांकर आइरहेका छन् । चीनबाट समेत पेट्रोल थपिएको छ,’ घिमिरेले भने, ‘त्यसैले बिहीबार, शुक्रबार र शनिबार तीन दिन निजी सवारीसाधनलाई पेट्रोल दिने निर्णय भएको छ ।’नयाँ पत्रिका दैनिकमा समाचार छ ।

घिमिरेका अनुसार दैनिक ५० वटा पेट्रोल पम्पबाट दैनिक तीन लाख लिटरका दरले पेट्रोल वितरण गरिनेछ । दसैँअघि सरकारले एक दिन मात्रै पेट्रोल वितरण गर्दा पम्प परिसरमा लामो लाइन थियो । त्यसैले तीन दिनसम्म बाँड्न लागिएको घिमिरेले बताए ।

]]>
5492 0 0 0
साझाले निकाल्यो तेल वितरण तालिका http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%9d%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%b0/ Tue, 03 Nov 2015 02:21:30 +0000 http://www.ghumphir.com.np/?p=5495 काठमाडौं,१७ कात्तिक, ।

पेट्रलियम पदार्थ अभाव झेलिरहेका उपभोक्तालाई सहज होस् भनेर पुल्चोक स्थित साझा संस्था सहकारीले पेट्रोलियम पदार्थ वितरणको तालिका सार्वजनिक गरेको छ।

saaja petrol

साझाका कार्यकारी निर्देशक दिनेश पौडेलकाअनुसार पेट्रोलियम पदार्थको वितरण मिलाउन तालिका बनाइएको हो। उनकाअनुसार आइतबार ट्याक्सीलाई पेट्रोल वितरण गरिनेछ। सोमबार सरकारी तथा संस्थानका सवारी साधनलाई मात्र पेट्रोलियम पदार्थ उपलब्ध गराइनेछ।

मंगलबार साझाको पम्पले निजी, सरकारी, संस्थान सबैखाले नम्बर प्लेट भएका मोटरसाकइललाई पेट्रोल उपलब्ध गराउनेछ। तालिकाअनुसार बुधबार सबै गाडीहरुलाई तेल उपलब्ध गराइनेछ भने बिहीबार निजी गाडीहरुलाई मात्र तेल दिइनेछ। त्यसैगरी शुक्रबार कुपनका सवारी साधनलाई तेल उपलब्ध गराइने कार्यकारी निर्देशक पौडेलले जनाएका छन्।

]]>
5495 0 0 0
औषधि अभाव चर्कंदै http://localhost/ghum/%e0%a4%94%e0%a4%b7%e0%a4%a7%e0%a4%bf-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5-%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%82%e0%a4%a6%e0%a5%88/ Tue, 03 Nov 2015 02:40:11 +0000 http://www.ghumphir.com.np/?p=5498 पवित्रा सुनार

काठमाडौं १७ कार्तिक

भारतले गरेको नाकाबन्दीका कारण आपूर्ति प्रभावित हुँदा राजधानीका अस्पतालमा औषधि अभाव हुन थालेको छ।अस्पतालहरूले सलाइन र आपतकालीन उपचारमा चाहिने औषधिको अभाव सुरु भएको र भण्डारण गरिएका अन्य औषधिले एक साताभन्दा बढीलाई नपुग्ने जनाएका छन्।

'अत्यावश्यक औषधि पाइन छाडेको छ, अब पनि औषधि आएन भने छिट्टै संकट हुन्छ,' वीर अस्पतालका निर्देशक स्वयंप्रकाश पण्डितले  भने।

पण्डितका अनुसार कतिपय औषधि नेपालमै बन्ने भए पनि सुईजन्य तथा केही विशेष औषधि आयातमै भर पर्नुपर्छ। 'यहाँ बन्ने औषधिको कच्चा पदार्थ पनि विदेशबाटै ल्याउनुपर्छ,' उनले थपे।

दसंै–तिहारसम्मलाई भनेेर भण्डारण गरेर राखिएका अत्यावश्यक औषधि पनि सकिन लागेको शिक्षण अस्पतालले जनाएको छ। अस्पतालकी स्टोरकिपर संगीता माथेमाले केही महिनासम्म पुग्ने औषधि उपत्यकाका सबै अस्पतालका बिरामीले किन्न थालेपछि पहिल्यै सकिएको जानकारी दिइन्। 'दसैं–तिहारसम्म पुग्ने गरी स्टक थियो, अन्यत्रका बिरामी पनि आएपछि सकियो,' माथेमाले भनिन्।

उनका अनुसार एक साताभित्र औषधि नआए बिरामीको उपचारै गर्न कठिन पर्ने अवस्था आउँछ। '१२ थरीका अत्यावश्यक औषधिमध्ये केही सकिइसकेका छन् भने केही एक साताभित्र सकिँदैछन्,' उनले भने।

अस्पतालका अनुसार सलाइन, एन्टिबायोटिक, सोडा बायो कार्बोनेट, पोटासियम क्लोराइड, एट्रोमिन तथा सुईजन्य औषधि सकिन लागेको छ। 'हृदयघात, सर्जरीमा चाहिने यी औषधि तुरुन्तै उपलब्ध नभए बिरामीको ज्यानै जान सक्छ,' माथेमाले भनिन्।

अपरेसन थिएटर र आइसियु विभागका चिकित्सकले अभाव हुँदै गएका औषधिको सूची अस्पताल प्रशासनलाई दिइसकेको प्रशासक चन्द्रमणि भण्डारीले बताए।

आइतबार नौ सरकारी अस्पतालले संयुक्त रूपमा आपूर्ति विभाग तथा स्वास्थ्यमन्त्रालयलाई औषधि अभावबारे लिखित जानकारी दिइसकेका छन्। अस्पतालको मागपत्रपछि शीघ्र औषधि व्यवस्थापनका लागि औषधि व्यवस्था विभागलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। 'केही औषधि अभाव हुन लागेको सूचना आएको छ, व्यवस्थापनका लागि औषधि व्यवस्था विभागलाई निर्देशन दिइसकेका छौं,' मन्त्रालयका प्रवक्ता शान्तबहादुर श्रेष्ठले भने।

औषधि अभाव व्यवस्थापनका लागि विभागले सोमबार व्यवसायी तथा सरोकारवाला संस्थासँग बैठक गरेर सातबुँदे निर्णय पनि गरेको छ। जिल्ला प्रशासन कार्यालयले औषधि बोकेका सवारीसाधनको सुरक्षा व्यवस्थापन गर्नुपर्ने, सम्बन्धित अस्पतालले घोषित कम्पनीबाहेक वैकल्पिक कम्पनीका औषधि प्रयोग गर्न सुझाव दिनुपर्ने निर्णय भएको हो। यस्तै, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमार्फत अत्यावश्यक औषधि आयात गर्न सरकारले सम्बन्धित हवाई कम्पनीसँग पहल गर्नुपर्ने, सम्बन्धित फार्मेसीले उधारो तिर्न बाँकी रहेका कम्पनीलाई पैसा तिरेर थप औषधि आयात गर्नेलगायत निर्णय पनि गरेको विभागले जनाएको छ।

विशेष गरी ठूला तथा सरकारी अस्पतालले टेन्डर प्रक्रियामार्फत औषधि खरिद गर्ने र निश्चित कम्पनी हुने भएकाले पनि औषधि व्यवस्थापनमा कठिन पर्ने हुनाले टेन्डर प्रक्रियाबिनै खरिद गर्न मिल्ने गरी खुद्रा प्रक्रियामार्फत औषधि व्यवस्थापन गर्न विभागले निर्देशन दिएको छ।

'तयारी अवस्थामा रहेका औषधि नाकापारि र नाकावारिबाट आन्दोलनकारीले आउन दिएका छैनन्, यसले अप्ठेरो परेको छ,' विभागका महानिर्देशक बालकृष्ण खकुरेलले भने, 'कतिपय औषधि थाइल्यान्डबाट ल्याएका छौं, थप ल्याउन सरकारले अनुरोध गर्नुपर्छ।'

नाकाबन्दीका कारण इन्धन अभाव झेलिरहेका अस्पतालले महिनौंदेखि दाउरामा खाना पकाइरहेकोमा अनुरोधपछि अस्पताललाई केही मात्रामा ग्यास व्यवस्था भएको छ। बन्द र नाकाबन्दीकै कारण आवातजावतमा बाधा परेपछि अस्पतालमा बिरामीको संख्या पनि आधा घटेको अस्पतालले जनाएका छन्।

]]>
5498 0 0 0
भूकम्पपछि पहिरोले अवरुद्ध पदमार्ग स्थानीयवासीले खुलाए http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d/ Tue, 03 Nov 2015 02:58:17 +0000 http://www.ghumphir.com.np/?p=5502

बाबियाचौर (म्याग्दी), १७ कात्तिक ।

गत वैशाखको भूकम्पपछि पहिरो जाँदा अवरुद्ध बनेको म्याग्दीको राउण्ड धौलागिरि पदमार्ग स्थानीयवासीले खुलाएका छन् । मुदी– ९ बगर गाउँका बासिन्दाको सक्रियतामा धौलागिरि आधार शिविर जाने पदमार्ग मर्मत खुलाएका हुन् । भूकम्पका कारण कमजोर बनेको पहाड भत्किएर अवरुद्ध बनेको पदमार्ग मर्मत गरेर आवतजावत सहज बनाएको स्थानीयवासीले जनाएका छन् । कैचीभिर, तलित्रे, सल्लाघारी, इटली बेसक्याप र दुलाओढार क्षेत्रमा भत्किएको पदमार्ग मर्मत गरिएको बगरका अगुवा हरिप्रसाद तिलीजाले बताउनुभयो । सल्लाघारीको हरथेबे खोला नजिकै करिब ३० मिटर बाटो बनाउन सकेमा इटाली बेसक्यापसम्म खच्चरमार्फत सामान ढुवानी गर्न सकिने तिलीजाको भनाइ छ । पदमार्ग मर्मत र सुधारका लागि रु पाँच लाखभन्दा बढी खर्च भएको छ । गाविसबाट रु एक लाख २० हजार र रु चार लाख ऋण खोजेर पदमार्ग बनाइएको उहाँले जानकारी दिनुभयो । थप रु दुई लाख बजेट भएमा पदमार्ग मर्मत कार्यले पूर्णता पाउने देखिएको छ । सहयोगका लागि जिविस र पर्यटन मन्त्रालयसँग स्थानीयवासीले अपेक्षा गरेका छन् । गत वर्ष यो मौसममा एक सय समूह आउने धौलागिरि आधार शिविरमा यसपाली ४० समूह पर्यटक पुगेका छन् । धौलागिरि हिमाल आरोहण र धौलागिरि चक्रीय पदमार्गको यात्राका लागि पर्यटक यस स्थानमा आउने गरेका छन् ।

]]>
5502 0 0 0
समय साइकलको http://localhost/ghum/%e0%a4%b8%e0%a4%ae%e0%a4%af-%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2%e0%a4%95%e0%a5%8b/ Tue, 03 Nov 2015 03:11:56 +0000 http://www.ghumphir.com.np/?p=5504 देवेन्द्र बस्न्यात

असोज महिना उकालो लाग्दो । शरद् ऋतुको सफेद आकास । नाकाबन्दिले सुनसान पारेको सडक । सप्ताह अन्तमा साइकलको प्यास मेटाउन आतुर तन्नेरीहरु। कोहि समूहमा । कोहि एक्लै । पाउदान घुमाउदै साइकलमा सरर्र गुडेको देख्दा धेरैको मन लोभिन्छ । शनिबारको बिहानी । सबका आ–आफ्नै रोजाइका गन्तव्य । लामा, मध्यम, छोटा दुरीका।

लामो समय देखि तीनपानेको तृष्णा जागिरह््यो । योजना बन्यो विहान ६ः३० बजे घण्टाघरमा भेट्ने । दिपक श्रेष्ठ र म साइकलमा हुँइकियौं । दिपकजी साइकलका असल पारखी । साइकल रुटका गुगल नक्साका पर्याय जस्तै । निक्कै उत्साह र जोसले भरीएका हामी दुई । गन्तव्य पुग्ने बाटो छलफल गर्दै जावलाखेलतर्फ बढ््यांै ।

cycle

जावलाखेल – टीकाभैरब

जावलाखेल, लगनखेल, महालक्ष्मी स्थान हुदै नख्खिपोटबाट दायाँ लागेर नख्खु फाँटको माझमा पुगियो । चारैतिर क्षितिजमा जोडीएका हरिया डाँडा । निलो आकासको गुम्मज मुन्तिर पहेंलपूर सुन जस्तै धानका बाला । बीचबाट बग्ने सफाखोला । अहा ! कति सुन्दर छ नख्खु फाँट । मन थामीएन । नख्खु खोला किनारै किनार पाउदान घुमाउने निधो ग¥्यौ । बगरमा फुलेका सेताम्ये काँस । साइकलेलाई देखेर होकी कालो र सोतो छिरबिरे रंगको धोबीनी चरी निक्कै उत्ताउलीई । फाराक र फुरुक गर्छे । पुच्छर तल माथि गर्दै एक ठाँउबाट अर्को ठाँउ भुरुर्र भुरुर्र उड्छे ।

नदि किनारमा तह, तह परेका स साना धानका खेत । खोला, झरना, चराचुरुङ्गीका चिरबिरे गाना सुन्दै । झरना, गल्छि छिचोल्दै टीभैरब पुगेको पत्तो पाइएन । सातदोबाटो, सुनाकोठी, ठेँचो, चापागाँउ हुदै पिच बाटो भएर पनि टिका भैरब पुगिन्छ । लगभग दुरी उस्तै छ । एकान्तकुना, सैंबु, छ्रयासीकोट, चुन् देबी हुदै पनि टिका भैरब पुग्न सकिन्छ । हाम्रो रोजाइ नख्खु खोला किनारै किनार । यो बाटो साइकल कुदाउन त बिछट्टै रमाइलो छ । ढुंगा, गिट्टि बोक्ने ट्रिपरले भने दिक्क लगाउछन् । करिब ११ कि.मी कच्ची बाटोको यात्रामा ।

घुमफिर गर्दाबिचित्रका कुरा देख्न पाइन्छ । खेतमा काम गर्दै गरेकाहरुलाई एक हुल बकुल्लाका बथान डर भरै नमानि घेरेर बसेका छन् । कति आत्मीय छ किसान र बकुल्लाको सम्बन्ध । मुलुक भित्र भने एक भेगको मान्छे देखि आर्को भेगको मान्छे शसंकीत छन् । यहाँ भने अचम्मै लाग्छ चरा र मान्छेको सम्बन्ध । हामीले पनि धेरै सिक्नु छ यिनिहरुबाट ।

cycle

टिका भैरब – तीनपाने

भट्टे डाँडाको फेदि, लेले र नल्लु खोला संगम बीचमा टिका भैरव मन्दिर । नल्लु खोला किनारको सानो बजार । बजारबाट उकालो लाग्नु पर्छ । चिया, पानी र थोरै खाजा खाएर यतै उर्जा भर्नु बेश । बजारबाट तीन तिर जाने बाटा छन् । पहिलो दायाँ तर्फको बाटो छम्पी हुदै बुङ्गमती । दोस्रो दायाँ तर्फको बाटो बुरुन्चुली देवीचौर । तीनपाने जान कान्तीराज पथ बायाँ तर्फ लाग्नुपर्छ । बाटो कच्ची भएकाले मूल बाटो भएर जाँदा धुलो धेरै उड्छ । करिब डेढ किमि पर दाँया तर्फ बाटो लाग्नु बेस । बास्तवमा दुवै बाटोको दुरी बराबरी जस्तै छ । लप्से, कोट डाँडागाँउ रमाइलो छ । लप्से कोट डाँडाको पश्चिम पट्टि खोल्चा पारी झुरप्प तामाङ्ग गाँउ बुरुन्चुली देखिन्छ । प्रकृती बडा गजब छ । ठाँउ बिशेष माटोको पनि छुट्टै बासना । ठाँउ अनुसार हावाको पनि छुट्टै सुवास । सिजन अनुसार प्रकृतीले पनि रंग फेर्छ । लप्सेमा एक महिना अघि मात्र गाढा हरीया लप्सीका रुखका पातमा विस्तारै पहेंलो रंग चढ्दो छ ।

चैतमा छरेको मकै भर्खरै पाक्दैछ । खेती किसानी गर्नेहरु मकै भित्राउदै बारीमा तोरी छर्दै छन् । अबको एक महिनामा तोरी फुल्छ होला । त्यो बखत त स्वर्गको टुक्रै खसेजस्तो देखिन्छ होला । कल्पनामा डुब्यौ हामी ।

टीका भैरबबाट तीनपाने ८ कि.मी । समुन्द्र सतहबाट १९३० मी. उचाइमा रहेको तीनपाने भञ्ज्याङ्गबाट हिमाल देखिन्छ । बिस्तारै उकालो चढ्दा करिब ८ कि.मी दूरी डेढ घण्टामा तय हुन्छ । तिनपानेबाट कान्तिराजपथ हुदै मकवानपुर गढी, हेटौंडा पुगिन्छ । २०११ सालमै खुलेको यो बाटो निर्माण कार्य चिप्लेकिराको गतिमा छ । पुरा हुन सकेको छैन । बायाँ(पूर्व) तर्फ लागे दलचोकी, मनकामना हुदै लेले जान सकिन्छ । दायाँ(पश्चिम) तर्फ लागे भट्टे डाँडा टावर । तीनपाने भञ्ज्याङ्गमा चिया पसल छन् । मन र तिलक भोम्जनको पसलमा अण्डा, चनाको तरकारी, चिउरा, सेल पाइन्छ । उकालो लागे पछि बाटोमा बस्ती भेटिदैन ।

तिनपाने भञ्ज्याङ – देवी चौर

हाम्रो रोजाइ भट्टेडाँडा, देबीचौर देउराली । पश्चिम तर्फ उकालो लागीयो । हल्का चुनौती पूर्ण ३ किमि उकालो कच्ची बाटो पार गरेर टावरमा पुगिन्छ । चुनौतीको सामना गर्न हिच्किचाउनु हुदैन । जति सामना ग¥यो उत्तीकै क्षमता बढ्छ । क्षमता विकासले अवसरका ढोका खोल्छन् ।

बाटाका छेउ छाउमा लटरम्म हाडे ओखर, कटुस फलेको देखिन्छ । स्थानीय भेटिए । जंगलबाट ओखर जोहो गर्दै गरेका । आम्दानीको पैसा तिारमा खर्च गर्ने बताए । कति स्वावलम्बी विचार ।

उकालिदै जाँदा अघि हिडेका बाटाका धर्सा प्रष्ट देखिए । भिउँट आकारको उपत्यका भित्रका गज्याङमज्याङ पनि प्रष्ट देखियो । अझै सुन्दरै छ कान्तिपूर । अघि टिका भैरब बाट देखिएको भिमकाय भट्टे डाँडाको टुप्पोमा उभिए पछि हामी दुई साइकले भट्टेडाँडा भन्दा अग्ला भयौं । करिब २,२५० मी. उचाई । भट्टेडाँडामा साइकलका पाङ्ग्रा टेकाउने सपना पूरा भएकाले दिपकजीको अनुहार खुसीले धपक्क भयो । लामो समय देखिको तृष्णा मेटियो । पालै पालो फोटो खिच्यौं ।

देबीचौर – डुकु छाप– बुङमती

टावर नपुग्दै पश्चिम तर्फ लाग्ने बाटो आउछ । जंगलको बाटो तीन कि.मी पार गरे पछि देबीचौर देउराली पुगिन्छ । हिमाल खुलेको बेला उत्तर तिरको चाँदिका पर्खाल हेरेर कहिल्यै धीत मर्दैन । सल्लाको रुखले भरिएको रमाईलो जंगल कटेपछि बाटो मुन्तिर एउटा घर छराम बहादुर थिङ्गको । फुर्सदले अर्डर गरेर स्थानीय खाना(भात, ढिंडो, समय अनुसारको तरकारी, लोकल कुखुरा) खान पाइन्छ । आफैले माछा, मासु लगे पनि पकाइ दिन झन्झट मान्दैनन् ।

अलि अगाडिश्री दुधेश्वरी दुर्गा प्राथमिक विद्यालय पुगिन्छ । बाटोको दायाँ (उत्तर) तर्फ लागे बुरुन्चुली हुदै टिका भैरब निस्कन्छ । पश्चिम तर्फकै बाटोलाई निरन्तरता दिए जौबारी पुगिन्छ । जौबारी निक्कै रमाइलो छ । दुई डाँडाका खाेंचमा बगेको बाग्मती । पारी पट्टि छैमले, दक्षिणकाली, फर्पिङ्ग लगायत ठाँउ असाध्य रमाइलो । जौबारीबाटदायाँ (उत्तर) तर्फ लागेसलिम, ब्यासी हात्ती गौंडा, डुकु छाप हुदै फर्सी डोल निस्कन सकिन्छ । डुकु छापको दनुवार बस्ती बाक्लै छ । जौबारीबाट यहाँ सम्म दुरी करीब १०कि.मी. छ । डाँडाका फेदकाफाँटलाई चिरेर नागबेली आकारमा बगेकी बाग्मती यहाँबाट हेर्न पाइन्छ । यस्तो प्राकृतीक छटा हेर्दै ओह्रालो लाग्दा स्वर्गानुभूती नै हुन्छ ।

फर्सी डोलको फराकीलो फाँटबाट हल्का उकालो लागे पछि बुङ्गमती पुगिन्छ । फर्सी डोलबाट बुङ्गमती, नख्खु खोला, एकान्तकुना हुदै जावलाखेलसम्म पुग्दा करिब १० कि.मी बाटो तय हुन्छ । यसरी जावलाखेल बाट टिका भैरब, तिनपाने भञ्ज्याङ्ग, भट्टे डाँडा, देबीचौर देउराली, जौबारी, डुकुछाप, फर्सी डोल, बुङ्गमती हुदै पुनः जावलाखेल आइपुग्दा करिव दुई बीस आधा जति बाटो तय हुन्छ ।

शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जले साइकललाई हेलिकप्टर पछिको दोस्रो विलासी सवारी साधन देखेको छ । साइकल प्रति उत्साहित अधिकांश युवाहरुलाई शिवपूरी उक्लन चर्को मुल्य तिर्नु पर्ने भएकाले खल्लो बनाएको छ । कस्तो विडम्वना ! काठमाडौंका सभासद्ले शुल्क यथासिघ्र घटाउन पहल गर्ने बचन दिए । तर अझै हुन सकेन । त्यसको विकल्पमा यो रुट उपयोगी हुन सक्छ ।

बाह््य पर्यटकका लागि एकतर्फी डाउन हिल गर्ने वा एक फन्को परिक्रमा गर्ने साइकल मार्गका रुपमा विकास गर्न सकिन्छ । सामान्य पूर्वाधार बिकास गरेर यो रुटको बजारीकरण गर्न जरुरी छ ।

अन्तमा

साइकलनै ठीक । तेलको चिन्तै छैन । बाजे पुस्ताका भन्छन् 'हामीले त हिंडेरै निर्वाह गरेका हौ । सवेरै टुंडिखेलमा कवाज खेल्न पुगिन्थ्यो ।' बाउ पुस्ताका भन्छन् 'हामीले साइकलै चढेर जागिर भ्याएका थियौं । आजकलका केटाकेटीका बानी बिग्रीयो । साग किन्न जानपनि मोटर साइकल चाहिने भैसक्यो । अति नै परनिर्भर भए ।'

साइकल यात्रामा यस्ता अनेक टिप्पणी सुनिन्छ । गाडिबाट गन्तव्य जान पर्खाइमै व्यस्त जमात सडक किनारबाट साइकले लाई हेर्छन् । भन्दा हुन्, जमाना त साइकलकै ठीक ।

बाग्मती अञ्चलमा मात्रै सवा आठ लाख भन्दा बढि निजि सवारी साधन दर्ता छन् । जसमध्ये ६ लाख ५० हजार भन्दा बढि त मोटर साइकल र स्कुटर नै । काठमाडौंमा सामान्य दिन दैनिक ३ लाख ५० हजार लिटर पेट्रोल खर्च हुन्छ ।

५० बर्ष भन्दा कम अवधिमा तीन पटक भारतको नाकाबन्दिको सामना गर्नु परिसक्यो । परनिर्भरताले निम्त्याएको दुर्गतीको पराकाष्ट भोग्नु प¥्यो । शहरी बिकास योजनामा साइकल मैत्री सडक कहिल्यौ प्राथमिकतामा परेन । साइकलप्रति युवा जमातको आकर्षण बढ्दो छ । तर सडकमा साइकल यात्रा गर्नु निक्कै जोखिम पूर्ण छ ।

नाकाबन्दि आत्म निर्भर हुनु पर्छ भन्ने पाठ सिकाएको छ । कठीन परिस्थितीमा पनि जीवन सहज बनाउन सबैभन्दा सुलभ, भरपर्दो, एकमात्र बैकल्पिक सवारी साधन साइकल मात्रै हो । त्यसैले साइकलमैत्री शहर निर्माणमा जुटौं ।

]]>
5504 0 0 0
पर्यटन प्रवद्धनका लागी कोरियन फोटोग्राफरहरुको टोली नेपालमा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80-%e0%a4%95/ Tue, 03 Nov 2015 03:45:56 +0000 http://www.ghumphir.com.np/?p=5507 कात्तिक १७,काठमाडाैं ।

गत बैशाख १२ गतेको महाभुकम्प पछि नेपालको पर्यटन क्षेत्रमा निकै प्रभावित भएको छ । भुकम्पले गरेका क्षती भन्दा पनी अन्तराष्टिय स्तरमा गलत सन्देशका कारण नेपाल आउने पर्यटकमा निकै कमी भएको तर्क रहेको छ । नेपालका पर्यटकी स्थलहरु अधिकाश सुरक्षीत रहेका छन् तर प्रचार प्रसार राम्ररी नहुदा पर्यटकहरमा गलत सन्दे गएको तर्क राख्दछन पर्यटब ब्यबसायीहरु । नेपाल सुरक्षीत र घुम्न गएर सहयोग गरौ भन्ने हेतुले कोरियन फोटोग्राफरहरुको टोली नेपाल आएको छ । नेपालमा गएको विनासकारी भूकम्प पछि नेपालमा आउने पर्यटकहरुको सख्यामा व्यापक कमी आएपछि वास्तविकता बारे अध्यन गर्न कोरियन फोटोग्राफरहरुको टोली नेपाल आएको हो । ४० जनाको सख्यामा आएको फोटोग्राफहरुको टोली नेपालमा ९ दिन रहने टोलीका प्रमुख एव फेन्डस एडभेन्चरका चिज मान गुरुडले बताउनुभयो  ।

नेपालमा रहदा टोलीले नेपालको विभिन्न पर्यटकिय क्षेत्रहरु नगरकोट,चितवन ,पोखरा,तनहुको बन्दीपुर जस्ता ठाउको भ्रमण गर्ने पर्यटन व्यवसायी राजेन्द्र बहादुर लामाले जानकारी दिए । विश्वमा नेपाल पर्यटन क्षेत्रकालागी प्रख्यात मानिन्छ । विश्वमाझ भुकम्प पश्चात नेपालको पर्यटन क्षेत्रको गलत सन्देश गएका कारण यस्तो अवस्था आएको बताउछन् ब्यबसायी लमा । नेपाललाई माया गर्ने पर्यटहरुको आफनै सक्रियतामा नेपालका पर्यटन व्यवसायीहरु संग संमन्वयन गरेर आएको टोलीले नेपालको विभीन्न भागको अध्यन गरि स्वदेश फर्किए लगतै विभिन्न संचारमाध्यम तथा म्यागजीनहरुमा यहाको वास्तवीकता विश्व संचारमा आएका खबरहरुभन्दा के भन्न छ भन्ने बारे फोटोग्राफि मार्फत विश्वमाझ ल्याउने टोली उदेश्य रहेको ब्यबसायी लामाले बताए । नेपाल भ्रमणमा आएको फोटोपत्रकारहरुको टोलीले विश्वका अन्न देशहरुको भ्रमण गरि सत्य तत्य विश्वसामु फोटोग्राफिमार्फत वास्तविकता विश्वसामु ल्याने गरेका र नेपाल आउनु भन्दा अगाडी भियतनाम ,अफगानिस्तान देशको पनि भ्रमण गरि फर्किएको टोलीले जानकारि दिएको छ ।

नेपाल सरकारले् विश्वमा भूकम्पपछि गएको नकारात्मक खबर लाई चिर्न केहि पहल नर्ग नसकिरहेको अवस्थामा नेपाललाई माया गर्ने पर्यटकहरु र नेपालका पर्यटन व्यवसायीहरुले विभिन्न क्षेत्रमा आ आफ्नो तर्फबाट नेपाल भ्रमण सुरक्षीत रहेको भन्ने सन्देश विश्वसामु दिन विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आएका छन् । यस्ताखाने प्रचार प्रसारले पर्यटन क्षेत्रमा राम्रो असर पार्नेमा पर्यटन व्यवसायी आसावादी देखिएका छन ।

]]>
5507 0 0 0
पशुपतिको आम्दानी दैनिकरुपमा सार्वजनिक हुने http://localhost/ghum/%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%ae%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%a6%e0%a5%88%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a4%b0%e0%a5%81/ Tue, 03 Nov 2015 14:18:59 +0000 http://www.ghumphir.com.np/?p=5511

काठमाडौँ, १७ कात्तिक ।

पशुपति क्षेत्र विकास कोषको दैनिक आम्दानी रकम सार्वजनिक हुने भएको छ । सुशासन, पारदर्शीताको क्षेत्रमा विगत १० वर्षदेखि क्रियाशील सञ्चारकर्मीको संस्था भरोसा नेपालको अग्रसरतामा कोषको रकम सञ्चारमाध्यमबाट सार्वजनिक गर्न लागिएको हो । आज पशुपति क्षेत्र विकास कोष र भरोसा नेपालबीच रकम सार्वजनिक गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका तर्फबाट नवनियुक्त सदस्यसचिव सरेश नेपाल र भरोसा नेपालका तर्फबाट अध्यक्ष शिव अधिकारीले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुरुप कोषको आम्दानी भरोसा नेपालले दैनिकरुपमा न्यूज २४ टेलिभिजनमा सञ्चालन गरिरहेको दैनिक टेलिभिजन कार्यक्रम ‘डेभलपमेन्ट फोरम’मा सार्वजनिक हुनेछ । सम्झौतापछि कोषका सदस्यसचिव सरेश नेपालले पशुपतिमा चढाएको भेटी सार्वजनिक गर्ने कार्यको थालनीले जनतामा रहेका आशङ्का निवारण गर्न केही हदसम्म मद्दत पुग्ने विश्वास लिएको बताउनुभयो । भरोसा नेपालका अध्यक्ष अधिकारीले कोषको आम्दानी सार्वजनिक गर्दै कोषलाई थप उत्तरदायी र पारदर्शी बनाउने उद्देश्यका साथ सञ्चारमाध्यमबाट आम जनतालाई सुसूचित गर्नु आफ्नो दायित्व सम्झिएर निःशुल्करुपमा काम गर्नेगरी सम्झौता गरिएको जानकारी दिनुभयो ।

]]>
5511 0 0 0
सिम्रिकले ल्यायो अत्याधुनिक हेलिकोप्टर http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%ae%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%85%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a7%e0%a5%81/ Tue, 03 Nov 2015 14:27:58 +0000 http://www.ghumphir.com.np/?p=5513

काठमाडौँ, १७ कात्तिक ।

सिम्रिक एयर प्रालिले फ्रान्सेली निर्माता कम्पनी एयरबस हेलिकप्टर्सद्वारा निर्मित अत्याधुनिक हेलिकोप्टर खरिद गरेको छ । सिम्रिक एयरले गत जुलाई २२ मा एयरबर हेलिकप्टर्स कम्पनी सिङ्गापुरसँग गरेको तीनवटा अत्याधुनिक हेलिकोप्टर खरिद गर्ने सम्झौताअनुसार पहिलो हेलिकोप्टर नेपाल आइपुगेको प्रालिले जनाएको हो ।

Simrik-Helicopter-3उक्त हेलिकोप्टर करिब रु २६ करोडमा खरिद गरेको सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार उच्च हिमाली क्षेत्रमा उद्धार, दृश्यावलोकनका साथै प्राकृतिक विपत्तिमा उद्धार तथा पर्यटकीय गतिविधिमा प्रयोग गर्ने उद्देश्यले सो हेलिकोप्टर ल्याइएको हो । सो हेलिकप्टरमा अहिलेसम्मकै उच्च प्राविधिक क्षमता जडान गरिएको दाबी उहाँले गर्नुभयो । आपत्विपद्को समयमा मानवीय क्षति कम गर्न तत्काल राहत तथा उद्धारमा सो हेलिकोप्टरको प्रयोग सहजरुपमा गर्न सकिने उहाँको भनाइ छ । उच्च हिमाली क्षेत्रमा सहजै उद्धार गर्न सफल यस खाले हेलिकोप्टरले २३ हजार फिटसम्म उडान गर्नसक्ने बताइएको छ । सिम्रिकले आफ्नो सेवा थप प्रभावकारी बनाउँदै नेपाललाई विश्वकै उत्कृष्ट उद्धार, हिमाल तथा पहाडी भेगमा विकास निर्माणका लागि सामान झुन्डाएर लैजान सकिने सेवालाई प्रभावकारी बनाउँदै जाने बताएको छ ।

]]>
5513 0 0 0
क्षतिग्रस्त सम्पदा सर्वेक्षण कार्य अन्तिम चरणमा http://localhost/ghum/%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a4%e0%a4%bf%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%a4-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a6%e0%a4%be-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a5%87/ Tue, 03 Nov 2015 14:35:59 +0000 http://www.ghumphir.com.np/?p=5517

कल्पना पौडेल  काठमाडौँ, १७ कात्तिक ।

वैशाख १२ र २९ मा गएको भूकम्पका क्षतिग्रस्त भएका सम्पदा स्थलको क्षति विवरण लिने काम अन्तिम चरणमा पुगेको छ । पुरातत्व विभागले उपत्यकाका तीन जिल्लाका महत्वपूर्ण सम्पदा स्थलको पुनःनिर्माणका लागि तीव्ररुपमा काम अघि बढाउन विवरण लिने काम सकिन लागेको जानकारी दिएको हो । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार भूकम्पका कारण भत्किएका संरचना, पर्खाल, भग्नावशेष र अन्य पुरातात्विक महत्वका वस्तुका बारेमा जानकारी लिने काम सकिन लागेको बताउनुभयो । “हामी सरकारबाट बजेट निकासा हुने बित्तिकै पुनःनिर्माणको कार्य थालनी गर्छाैैँ” प्रवक्ता कुँवरले भन्नुभयो । पुनःनिर्माण कार्य सुरु गर्न अझै दुई चार महिना लाग्ने उहाँको भनाइ छ । करिब ७० वटा सम्पदाको रुपरेखा र नक्सा तयार गर्ने गरिरहेको विभागले गोरखा दरबार, नुवाकोट दरबार, दोलखामा रहेका सम्पदालगायतका उपत्यकाभन्दा बाहिरका सम्पदाको पछि उद्धार गर्ने कार्य सुरु गरिसकेको जनाएको छ । विभागले पुरातात्विक स्थलको संरक्षण नक्साको निर्माण गरी भूकम्पबाट क्षति भएका काठमाडौँ, उपत्यकाका हनुमानढोका, पाटन र भक्तपुरदरबार क्षेत्रमा जमिनको तलसम्म भएका भएका भग्नावशेषका बारेमा जानकारी लिई पुनःनिर्माण गर्न नक्सा तयार पार्ने कार्य गरिरहेको प्रवक्ता कुँवरले जानकारी दिनुभयो । पुरातात्विक स्थलको उत्खनन र अनुसन्धानका कार्य युनेस्कोको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग र दुरहाम विश्वविद्यालय र राष्ट्रिय विज्ञको संयुक्त टोलीले गर्ने विभागले जनाएको छ । सो टोलीले आफ्नो अनुसन्धान कार्य सुरु गरिसकेको छ । विदेशी मुद्रा आर्जनका लागि मुख्य स्रोतका रुपमा रहेका उपत्यका र बाहिर जिल्लामा रहेका सांस्कृतिक महत्व बोकेका सम्पदा पुनःनिर्माण गर्न माटोको अनुसन्धान गर्ने र पुनःनिर्माणका नक्सा तयार गर्ने कार्य गरिरहेको विभागले पुनःनिर्माणका लागि सातदेखि १० अर्बसम्म लाग्ने अनुमान गरेको छ । पुनःनिर्माणको विषयलाई लिएर बजार विभिन्न कुरा उठेको भए पनि हल्लाको पछाडि नलाग्न विभागले आग्रह गरको छ । “बजारमा धरहरा बनाउने वा नबनाउने भन्ने विषयमा विभिन्न खाले चर्चा भइरहेको छ तर विभागले यस्तो कुनै किसिमको निर्णय गरेको छैन” प्रवक्ता कुँवरले भन्नुभयो । उहाँले धरहराको निर्माण हुने तर कस्तो मोडलमा बनाउने, भविष्यमा कसरी सुरक्षित गर्न सकिन्छ भन्ने सन्र्दभमा चर्चा गरिरहेको पनि बताउनुभयो । विभागका अनुसार काठमाडौँमा ३६ वटा सम्पदा पूर्णरुपमा क्षति भएका छन् भने १७३ वटा सम्पदामा आंशिकरुपमा क्षति पुगेको छ । यस्तै ललितपुरमा १३ वटा सम्पदा पूर्णरुपमा क्षति भएका छन् भने ७१ वटा सम्पदामा आंशिकरुपमा क्षति पुगेको छ भने २५ वटा सम्पदाको भित्तामा क्षति भएको छ । त्यसैगरी भक्तपुरमा २० वटा सम्पदा पूर्णरुपमा क्षति भएको छ भने ४३ वटा सम्पदामा आंशिक क्षति पुगेको छ । उपत्यकाभन्दा बाहिर २८१ वटा सम्पदामा क्षति भएको विभागले प्रारम्भिक तथ्याङ्क निकालेको छ । काठ, इँटा र झिङ्गटी प्रयोग गरी बनाइएका स्मारक राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा पर्यटन विकासको आधार भएको र अर्थतन्त्रको बलियो आम्दानीको स्रोत भएकाले यसको पुनःनिर्माण जतिसक्दो छिटो गर्नुपर्नेमा सम्बद्धको जोड छ ।

]]>
5517 0 0 0
यी ठाउँमा पाइनेछ बिहीबारदेखि पेट्रोल http://localhost/ghum/%e0%a4%af%e0%a5%80-%e0%a4%a0%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%87%e0%a4%9b-%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%b0/ Tue, 03 Nov 2015 14:44:42 +0000 http://www.ghumphir.com.np/?p=5519 काठमाडौँ, १७ कात्तिक ।
नेपाल आयल निगमले बिहीबारदेखि तीन दिन निजी सवारी साधनलाई पेट्रोल दिने पम्पहरुको सूची सार्वजनिक गरेको छ। निगम व्यवस्थापनको सोमबार बसेको बैठकले निजी क्षेत्रलाई पेट्रोल दिने निर्णय गरेको हो। तिहारलाई लक्षित गर्दै तीन दिन पेट्रोल वितरण गर्न लागिएको हो।  उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार निजी पेट्रोल पम्पमार्फत तेल दिइने निगमका निमित निर्देशक मुकुन्दप्रसाद घिमिरेले पहिलोपोस्टलाई बताए। उनका अनुसार उपत्यकाका ५० निजी पम्पमार्फत पेट्रोल वितरण गरिनेछ। चीनबाट झन्डै १३ लाख लिटर पेट्रोल आउन लागेको र निजी सवारी साधनले तेल नपाएर असन्तुष्टि बढेपछि निगमले यो निर्णय गरेको हो। निगमले सवारी साधनको लट अनुसार पेट्रोल वितरण गरिनेछ। घिमिरेका अनुसार मोटरसाइकलमा १ देखि ३० लटसम्मलाई बिहीबार, ३१ देखि ५० लटसम्मलाई शुक्रबार र ५१ देखि बाँकी सबै लटलाई शनिबार पेट्रोल वितरण गरिनेछ। यो निजी दुई पाग्रे र चार पाङ्ग्रेमा लागू हुनेछ। नम्बर प्लेटमा जुनसुकै अञ्चलको भए पनि लट हेरेर पेट्रोल दिइने निगमले जनाएको छ।
]]>
5519 0 0 0
घोरेपानीको पुनहिल पर्यटकको रोजाइमा http://localhost/ghum/%e0%a4%98%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%b9%e0%a4%bf%e0%a4%b2-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95/ Tue, 03 Nov 2015 14:51:31 +0000 http://www.ghumphir.com.np/?p=5521

म्याग्दी, १७ कात्तिक ।

हरियाली जङ्गलबीचमा अग्लो डाँडो । डाँडाबाट दृश्यावलोकनको लागि बनाइएको आकर्षक पुनहिल टावर । बिहानीको सूर्योदयसँगै चम्केका हिमशृङ्खलाको अवलोकनमा प्रर्यटक रमाइरहेका हुन्छन् । यो म्याग्दीको घार–१ घोरेपानीस्थित पुनहिलमा पुग्दा देखिने दृश्य हो । समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाइँमा रहेको पुनहिल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदयात्राले समेटिएको यो क्षेत्र पदयात्राकै उत्कृष्ट गन्तव्यको रुपमा चिनिन थालेपछि हरेक वर्ष पुनहिल क्षेत्रको भम्रणमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । लामो र छोटो प्याकेजमा अन्नपूर्ण पदयात्रामा निस्किएका अधिकाँसले घोरेपानी क्षेत्रलाई आफ्नो प्रमुख रोजाइमा पार्ने गरेका छन् । पदयात्रा हुँदै घोरेपानीमा पुगेका पर्यटकको लागि पुनहिलबाट देखिने बिहानीको सूर्योदय मुख्य आकर्षण हो । चम्कीला किरण छर्दै हिमालकै छेउबाट उदाउँने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै दन्तलहर झै देखिने हिमचुचुरोको दृश्यले त्यहाँ पुग्ने जो कसैको मन लोभ्याउने गर्छ । ‘‘धेरै राम्रो लाग्यो यो क्षेत्र, मसँगै छोरी र श्रीमतीलाई पनि भम्रणमा ल्याएको छु, स्वदेश फर्किएपछि समय मिलाएर फेरी पदयात्रामा आउने योजना बुनेको छु” अमेरिकी पर्यटक ज्याक क्यान हन्टुराले बताउनुभयो । धुँवा धुलोरहित स्वच्छ वातावरणमा प्रकृतिको स्नेहीपूर्ण यात्राले यस क्षेत्रमा भम्रणमा आउने पर्यटक मख्ख परेर फर्कने गर्छन् । विदेशी पर्यटकको समूहलाई चक्रिय अन्नपूर्ण पदयात्रा गराउने क्रममा घोरेपानी पुग्नुभएका कोलम्बो टे«क्स काठमाडाँैका सञ्चालक प्रमोद दाहालले यस क्षेत्रको प्राकृतिक सौन्दर्यता, भौगोलिक बनावट र मनोरम हिमशृङ्खलाले पर्यटकको मन जितेको अनुभव सुनाउनुभयो । भूकम्पपछि पनि अन्नपूर्ण सर्किट पुरै सुुरक्षित रहेकाले सरकारले मुलुकको राजनीतिक अवस्थालाई स्थिर तुल्याउनसकेमा मात्रै अहिले थलिएको पर्यटन जुर्मुराउने उहाँको भनाइ छ । आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरी हिमालको रेञ्जमा पर्ने झण्डै २० बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिने पुनहिलमा चैत्र वैशाखमा ढकमक्क फुल्ने थरिथरिका लालीगुराँस तथा पुस र माघमा पर्ने सेताम्मे हिउँमा समेत पर्यटक रमाइलो मानेर आनन्द लिने घोरेपानीका पर्यटन व्यवसायी टेकसर वुद्धुजा पुनले बताउनुभयो । विशेषगरी कास्कीको बिरेठाँटी, उल्लरी, घोरेपानी, नयाँपुल, घान्द्रुक, म्याग्दीको नागी, महरे, फुलबारी, तातोपानी, घार र शिख हुँदै घोरेपानी पुग्न सकिने गरी पदमार्गहरु सञ्चालनमा आएसँगै पुनहिल घुम्ने पर्यटकको सङ्ख्या बढ्दै गएको होटल व्यवस्थापन समिति घोरेपानीका अध्यक्ष जुनु पुनले बताउनुभयो । यस क्षेत्रमा विदेशी पर्यटकसँगै मुलुकका विभिन्न जिल्लाका आन्तरीक पर्यटकसमेत भम्रणमा आउने क्रम बढेको पुनको भनाइ छ । घोरेपानी हुँदै पुनहिलको भम्रणमा जाने पर्यटकलाई लक्षित गरी स्थानीयले अहिले यस क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माणलाई जोड दिएका छन् । होटल व्यवस्थापन समितिको नेतृत्वमा करिब रु ७५ लाख लगानीमा तीन वर्षको अवधिमा घोरेपानीदेखि पुनहिल, घोरेपानीदेखि शिखजाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण गरिसकिएको छ भने घोरेपानीदेखि घान्द्रुक जाने बाटोमा व्यवस्थित पदमार्ग बनाउने काम भइरहेको छ । गाउँलाई प्लाष्टिक मुक्त बनाएका घोरेपानी बासीले लालीगुराँसको संरक्षण र पुनहिलमा थप पूर्वाधार विस्तार गर्ने कामलाई जोड दिएको होटल व्यवस्थापन समितिका उपाध्यक्ष सुनिल पुनले बताउनुभयो । घोरेपानी क्षेत्रमा पर्यटकको फलो बढेको धेरै भएको छैन् । करिब तीन दशक अगाडिदेखि घोरेपानी क्षेत्रमा पर्यटक आउने क्रम बढेसँगै अहिले हरेक वर्ष हजाराँै पर्यटकले यस क्षेत्रको भम्रण गर्दै आएका छन् । ‘‘पहिलेको तुलनमा पर्यटक भित्रने क्रम बढेको छ, हामीले पर्यटकको सुविधाको लागि होटलको क्षमता, सुविधा र सेवालाई गुणस्तरीय बनाउने प्रयास गरेका छाँै” होटल व्यवस्थापन समितिका अध्यक्ष पुनले भन्नुभयो । अहिले पर्यटकको माग र सुविधालाई ध्यानमा राखेर व्यवसायीले होटलको स्तरवृद्धि गर्न थालेका छन् । होटल व्यवस्थापन समितिका अनुसार यहाँका होटलमा रु ५० करोडभन्दा बढी लगानी छ । घोरेपानीमा २२ वटा सुविधा सम्पन्न होटल रहेका छन् । यहाँका व्यवसायीले रु ५० लाखदेखि रु तीन करोडसम्म लगानी गरेका छन् । होटलमा पर्यटकलाई सहज तरिकाले खाने र बस्ने व्यवस्था गरिएको छ । घोरेपानीमा वार्षिक तीस हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका छन् । गत वर्षको तुलनामा यो वर्षको मुख्य पर्यटकीय याममा पर्यटकको आगमन घटेको छ । भूकम्पपछि यो क्षेत्र सुरक्षित रहेपनि तराई क्षेत्रमा भइरहेको नाकाबन्दी र आन्दोलनले गर्दा उल्लेख्य मात्रामा पर्यटक नआएपनि पर्यटकको आगमन सन्तोषजनक रहेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । गत वर्ष असोज–मङ्सिरमा दैनिक ४०० को हाराहारीमा पर्यटक भित्रिने गरेकोमा अहिले १५० देखि २०० जनासम्म आउने गरेको ईलाका प्रहरी कार्यालय घोरेपानीले जनाएको छ । प्रहरीले भम्रणमा जाने बाह्य मुलुकका पर्यटकको तथ्याङ्क राख्ने गरेको छ ।

]]>
5521 0 0 0
पर्यटकका गाडी आउनमा रोक http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a4%be-%e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a5%80-%e0%a4%86%e0%a4%89%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%8b%e0%a4%95/ Tue, 03 Nov 2015 14:59:50 +0000 http://www.ghumphir.com.np/?p=5523

लुम्बिनी (रुपन्देही), १७ कात्तिक ।

रुपन्देहीको बेलहिया सुनौली नाकाबाट पर्यटक सवारी साधन आउन सकेको छैनन् । सुरक्षाको कारण देखाउँदै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमा नाका बेलहिया बन्द गरेपछि पर्यटक सवार बससमेत आउन सकेका छैनन् । जसबाट बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटक पनि प्रभावित बनेका छन् । बेलहिया नाका हँुदै आज बिहानैदेखि मालबहाक तथा सवारी साधन नेपाल प्रवेशमा पूर्णप्रतिवन्ध लगाएको छ । बेलहियासहित नेपालसँग सीमा जोडिएको लुम्बिनी अञ्चलका तीनवटा जिल्लाका सीमा नाकाबाट आज पनि आयात निर्यातसहित सवारी साधन पनि ठप्प रहेको लुम्बिनी अञ्चल प्रहरी कार्यालयले जनाएको छ । भारतीय पक्षले लुम्बिनी अञ्चलको रुपन्देही, कपिलबस्तु र नवलपरासीको भारतसँग सीमा जोडिएका बेलहिया, महेशपुर, मर्यादापुर र कृष्णनगर नाकाबाट कुनै पनि मालबहाक साधन आवतजावत गर्न दिएको छैन । नाकाबन्दीका कारण नेपाल आउने तयारीमा रहेका सयौँ सवारी साधन भारतीय भूमिमा नै अलपत्र परेका छन् । नाका सुचारु गर्ने विषयमा भारतीय अधिकारीसँग रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले पटकपटक छलफल गरेपनि नाका खुल्ने गरी सहमति हुन सकेको छैन ।

]]>
5523 0 0 0
ताप्लेजुङमा प्रहरी र सशस्त्र समूहको भिडन्त, एकको मृत्यु http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a5%87%e0%a4%9c%e0%a5%81%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%b0-%e0%a4%b8%e0%a4%b6%e0%a4%b8/ Tue, 03 Nov 2015 15:08:54 +0000 http://www.ghumphir.com.np/?p=5525 आनन्द गौतम कार्तिक १७,, ताप्लेजुङ । प्रहरी र सशस्त्र समुहबीच मंगलवार भएको गोलिहानाहानमा एक जनाको मृत्यु भएको छ । दुई जना प्रहरी घाइते भएका छन् । जिल्लाको पश्चिमी सान्थाक्रा गाविसमा भएको गोली हानाहानमा खेजेनिम गाविस ३  का समिर लिम्वु नाम गरेको नागरिकता बोकेका ब्यत्तिको मृत्यु भएको प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले बताए । कोइरालाका अनुसार घाइते प्रहरी मध्ये एक जनाको हातमा र अर्कोको खुट्टामा चोट लागेको छ । मृतक प्रहरीले दसैं अगाडि देखिनै लगातार खोजी गरिरहेको देउमान लाबुङ -हाराहाङ) समुह मध्येका एक  सदस्य भएको कोइरालाले बताए । मंगलवार दोभान इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक देवी फागोको नेतृत्वमा खटिएको टोलि सान्थाक्रा ६ को थेवाटारमा पुग्दा उत्त समुहले फायरिङ गरेको र प्रहरीको जवाफी फायरिङमा उनको  मृत्यु भएको कोइरालाले बताए । प्रहरीले घटनास्थलवाट सकेट बम, कम्ब्याट ड्रेस, ब्याटि्र, बारुद, १४ हजार नगद लगायतका सामग्री बरामद गरेको छ । पाँच/छ जनाको समुहमा रहेका अरुको खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ । किँरात मुलवासी स्वतन्त्र लिम्वुवानको नाममा रहेको समुह सँग प्रहरीको दसैं अगाडि देखिनै झडप हुँदै आएको थियो । यसअघिका भिडन्त जिल्लाको उत्तरी इखावु गाविसमा भएका थिए ।]]> 5525 0 0 0 बन्दले जनकपुरमा औषधि अभाव, अस्पतालको सेवा प्रभावित हुने http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b2%e0%a5%87-%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%94%e0%a4%b7%e0%a4%a7%e0%a4%bf-%e0%a4%85%e0%a4%ad%e0%a4%be/ Tue, 03 Nov 2015 16:09:13 +0000 http://www.ghumphir.com.np/?p=5528

महेन्द्रनगर (धनुषा), १७ कात्तिक ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको अनिश्चितकालीन बन्द तथा भारतीय नाकाबन्दीका कारण जनकपुर बजारमा औषधिको अभाव भएको छ । दैनिक औषधि सेवन गर्नुपर्ने बिरामी मर्कामा परेका छन् भने आन्दोलनको कारण जनकपुर अञ्चल अस्पतालको सेवा प्रभावित हुने भएको छ । आमहडतालका कारण हृदयरोग, उच्च रक्तचाप, मधुमेह, बच्चाहरुको औषधिहरुको बजारमा अभाव भएको छ । एसिलक एम्पुल, ज्वरोका औषधि, एन्टिबायोटिक, स्लाइनलगायतका अतिआवश्यक औषधिको बजारमा अभाव भएको नेपाल औषधि व्यवसायी संघ अञ्चल शाखा जनकपुरका अध्यक्ष गणेशप्रसाद साहले बताउनुभयो । आर्थिक वर्ष समाप्त भएदेखि जनकपुरमा आन्दोलन सुरु भएपछि जनकपुर अञ्चल अस्पतालमा औषधि र अक्सिजनलगायतका अतिआवश्यक औषधिको अभाव हुन थालेको छ । आर्थिक वर्ष समाप्त भएपछि जनकपुर अञ्चल अस्पतालले औषधि र अक्सिजन लगायत सामग्रीहरु ट्रयाक्टरमार्फत परिपुर्ति गर्ने गरेको थियो । तर, यस वर्ष आन्दोलनको कारण हालसम्म औषधि आपूर्ति हुन नसकेको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सञ्जय ठाकुरले बताउनुभयो । अक्सिजन, सर्पदंश, एन्टीवायोटिक, नरमल सलाइन, एचआइभी रोगीका औषधि लगायत अस्पतालमा अभाव भएको मेसु ठाकुरले जानकारी दिनुभयो । यस्तै अवस्था रहिरहने हो भने जनकपुर अञ्चल अस्पतालको आकस्मिक सेवा, शल्यक्रिया र प्रसूति सेवासमेत बन्द गर्नुपर्ने अवस्था आउने ठाकुरले जनाउनुभयो । मधेसी मोर्चाले विगत ८१ दिनदेखि आमहड्ताल गरेकोले सबै क्षेत्रमा समस्या उत्पन्न भएको छ ।

]]>
5528 0 0 0
मदिराको नयाँ उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा अध्ययन सुरु http://localhost/ghum/%e0%a4%ae%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be/ Tue, 03 Nov 2015 16:19:30 +0000 http://www.ghumphir.com.np/?p=5530

काठमाडौँ, १७ कात्तिक ।

मदिरा उद्योगको अवस्था तथा नयाँ उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा व्यवस्थापिका–संसदको समितिले अध्ययन सुरु गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको मदिरा उद्योग अनुमतिसम्बन्धी उपसमितिले मदिरा उद्योगको वर्तमान अवस्था र तीनका उत्पादनको यथार्थ अवस्था थाहा भएपछि नयाँ उद्योग सञ्चालन अनुमतिका विषयमा निर्णय लिइने छ । उपसमितिको आजको बैठकले आयात तथा नयाँ उद्योग सञ्चलनका विषयमा मदिरा उद्योग सङ्घका पदाधिकारीसँग छलफल गरेको छ । बैठकमा सहभागी साना तथा मझौला मदिरा उद्योगीले सांसद्लाई वर्तमान अवस्थाको जानकारी गराउनुभएको थियो । बैठकमा मदिरा उद्योग सङ्घका पदाधिकारीसँग छलफल गरी आवश्यक सूचना सङ्कलन गरिएको उपसमितिका संयोजक अनन्त पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँले सबै सरोकारवाला पक्षसँग छलफल गरेर आगामी दिनमा मदिरा उद्योगसम्बन्धी प्रतिवेदन तयार गर्ने बताउनुभयो ।

]]>
5530 0 0 0
भूकम्पपछि बन्द भएका भन्सार नाका सञ्चालन गर्न आग्रह http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%b8/ Tue, 03 Nov 2015 16:22:31 +0000 http://www.ghumphir.com.np/?p=5533

काठमाडौँ, १७ कात्तिक ।

नेपालले भूकम्पबाट प्रभावित भएका नेपाल–चीनबीच रहेका भन्सार नाका चाँडो सञ्चालनमा ल्याउन चिनियाँ पक्षलाई आग्रह गरेको छ । आजदेखि यहाँ सुरु भएको २८औँ उच्चस्तरीय वार्षिक बैठकमा भूकम्पपछि रसुवागढीलगायतका नाका अझै सञ्चालनमा नआएको भन्दै चाँडो सञ्चालनमा ल्याउन आग्रह गरिएको होे । केरुङ तथा तातोपानी नाका सञ्चालनमा आए पनि अन्य नाका सञ्चालनमा कठिनाइ भएको छ । बैठकमा भन्सार प्रशासनलाई सुदृढ गरी प्रभावकारी बनाउने र नेपालले निर्यात गर्दै आएको वस्तुलाई सहजरुपमा जाँचपास गराउने सम्बन्धमा छलफल सुरु भएको बैठकमा सहभागी भन्सार विभागका निर्देशक सूर्य सेढाईंले जानकारी दिनुभयो । बैठमा नेपाल र चीनको कार्यालय समय दुई घन्टाको फरक परेकाले त्यसलाई समायोजन गर्न पनि पहल गर्ने निष्कर्षमा पुगिएको विभागका प्रवक्तासमेत सहनुभएका सेढाईंले बताउनुभयो । उहाँले आठ हजार वस्तुले भन्सार सुविधा दिएको भए पनि सो कार्यान्वयन नभएकाले कार्यान्वयन गर्न समिति बनाउने र भन्सार कार्यालयबीच स्थानीयस्तरमा छलफल चलाउने विषयमा दुई पक्ष सहमत भएको जानकारी दिनुभयो । बैठकमा भएका छलफलबाट निष्कर्षमा पुगेका विषयमा सहमति गर्ने तयारी गरिएको प्रवक्ता सेढाईंले बताउनुभयो । बैठकमा ताप्लेजुङको ओलाङ्चुङगोला, सङ्खुवासभाका किमाथाङ्का, दोलखाको लामाबगर, गोरखाको लार्के, मुस्ताङ, मुगु र हुम्लाको यारी नाकालाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ । नेपालका तर्फबाट बैठकको नेतृत्व भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी गर्नुभएको छ भने चीनका तर्फबाट ल्हासा भन्सारका उपप्रमुख लङ चेङ वइले गर्नुभएको छ ।

]]>
5533 0 0 0
तस्बिर कैद गर्दै http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0-%e0%a4%95%e0%a5%88%e0%a4%a6-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Tue, 03 Nov 2015 16:30:23 +0000 http://www.ghumphir.com.np/?p=5535 5535 0 0 0 कपिलवस्तु http://localhost/ghum/%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81/ Tue, 03 Nov 2015 16:33:05 +0000 http://www.ghumphir.com.np/?p=5538 5538 0 0 0 पुनहिलबाट धवलागिरि http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a7%e0%a4%b5%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%bf/ Tue, 03 Nov 2015 16:37:04 +0000 http://www.ghumphir.com.np/?p=5541 5541 0 0 0 विदेशी स्वयम्सेवक http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%af%e0%a4%ae%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%95/ Tue, 03 Nov 2015 16:42:02 +0000 http://www.ghumphir.com.np/?p=5544 5544 0 0 0 जलविद्युत्को सेयर सङ्कलन सुरु http://localhost/ghum/%e0%a4%9c%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a4%a8/ Wed, 04 Nov 2015 01:41:12 +0000 http://www.ghumphir.com.np/?p=5549

बलेवा (बागलुङ), १८ कात्तिक ।

आर्थिक अभावका कारण अलपत्र ताराखोला सामुदायिक जलविद्युत् आयोजनालाई पूर्णता दिन सेयर सङ्कलन अभियान सुरु गरिएको छ । गल्कोट क्षेत्रका हिल, तारा र अर्गल गाविसका दुई हजार २०० घरधुरीलाई लक्षित गरी सुरु गरिएको आयोजना आर्थिक अभावका कारण केही महिनायता अवरुद्ध बनेको थियो । आयोजनालाई पूर्णता दिन तीन गाविसबाट रु नौ करोडको सेयर सङ्कलन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । विसं २०६९ वैशाखदेखि निर्माण सुरु गरिएको ३९४ किलोवाट क्षमताको ताराखोला सामुदायिक साना जलविद्युत् आयोजनाको करिब ६० प्रतिशत कार्य सम्पन्न गरिएपछि अलपत्र परेको थियो । रु १७ करोडको लागतमा सुरु गरिएको आयोजना तारा गाविस–८ घप्लेङ मुहानदेखि पानी लगेर सोही वडाको धस्मरमा विद्युत् गृह निर्माण गरिने योजना रहेको सो आयोजनाको निर्माणका लागि स्थानीयवासीको रु दुई करोड ३२ लाख सेयर, नेपाल सरकारअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ६ करोड २३ लाख अनुदान र जिल्लाकै पहाडी हाइड्रोपावर कम्पनीको रु एक करोड लगानी रहेको छ । विसं २०६९ वैशाखदेखि निर्माण सुरु गरिएको ३९४ किलोवाट क्षमताका उक्त आयोजना सम्पन्न गर्न रु १७ करोड लागत लाग्ने अनुमान गरिएको छ । जसमध्ये रु ६ करोड २८ लाख वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत नेपाल सरकारको अनुदान, रु दुई करोड ३२ लाख स्थानीय उपभोक्ताबाट यसअघि नै सेयर सङ्कलन गरिसकेको उपभोक्ता समितिका सचिव कुलबहादुर रोकाले बताउनुभयो । अझै रु नौ करोड रकम नपुग रहेको छ । स्थानीयबाट सङ्कलित दुई करोड ३२ लाख, पहाडी हाइड्रोपावर कम्पनीका सञ्चालक बलबहादुर केसीको रु एक करोड सेयर लगानी र रु ८० लाख समितिले लिएको ऋण गरी जम्मा करिब रु चार करोडको लगानीमा कलो, फोर वेय, मुहानलगायत सिभिल निर्माणका काम सम्पन्न भइसकेको छ । नपुग लगानी हिमालयन बैंकमार्फत ऋण लिएर जुटाउने गरी बैंकले सहमति दिएपछि १८ महिनामा काम सक्नेगरी रु १० करोडमा चुरे जेवी कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । हिमालयन बैंकले अन्तिम समयमा आएर ऋण फिर्ता गर्ने ग्यारेन्टी नभएको भन्दै लगानी गर्न अस्वीकार गरेपछि काम अघि बढ्न नसकेको सचिव रोकाले जानकारी दिनुभयो । पछिल्लो समयमा समितिले तारा गाविसबाट रु चार करोड, हिल गाविसबाट रु तीन करोड र अर्गल गाविसबाट रु दुई करोड सेयर सङ्कलन गरेर लगानी जुटाई आयोजना सम्पन्न गर्ने निर्णय गरेको थियो । तीनवटा गाविस परेको कोटा त्यहाँका जनताबाट सेयर लगानी गर्ने पहिलो विकल्प, सबैले बराबर लगानी गर्न नसकेमा गाविसभित्रका सक्नेहरुबाट सङ्कलन गर्ने र विकल्पमा बाहिरबाट रकम जुटाई जुनसुकै हालतमा आयोजना सम्पन्न गर्ने परियोजनाका अध्यक्ष तीर्थसिंह थापाले बताउनुभयो । प्रत्येक उपभोक्ताबाट बराबर लगानी जुटाउनका लागि एक उपभोक्ताले ६० देखि ७० हजार थप लगानी गर्नुपर्ने उहाँको भनाइ छ । आयोजना सम्पन्न भएपछि घरायसी प्रयोजनमा हुने खपत, ढुङ्गा खानी, मिल, फर्निचर, स्थानीय साना उद्योग सञ्चालनलगायतमा विद्युत् खपत गरी ६ वर्षमा लगानी उठ्ने आयोजनाले जनाएको छ ।

]]>
5549 0 0 0
ऊर्जा सङ्कटकाल लगाउन माग http://localhost/ghum/%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%9f%e0%a4%95%e0%a4%be%e0%a4%b2-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%ae%e0%a4%be%e0%a4%97/ Wed, 04 Nov 2015 01:47:35 +0000 http://www.ghumphir.com.np/?p=5551

काठमाडौँ । मुलुकमा ऊर्जा सङ्कटकाल घोषणा गरेर जलविद्युत् आयोजना द्रुत गतिमा अगाडि बढाउन स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले सरकारसँग आग्रह गरेको छ । इपानले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर हाल मुलुकमा देखिएको चरम ऊर्जा सङ्कटलाई समाधान गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न र कुल १० हजार मेगावाट विद्युत् उत्पादन नहुँदासम्म सो व्यवस्था कायम राख्न आग्रह गरेको हो । सङ्कटको समयमा राज्यका निकायले लिनुपर्ने विशेषाधिकार, अन्य कानुन जस्तै जग्गा प्राप्ति ऐन, वातावरणीय ऐन आदि निलम्वन र ऊर्जा सङ्कटको लागि चाहिने अध्यादेश, नियम र कानुनी प्रावधान तर्जुमा गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै राष्ट्रिय ऊर्जा सुरक्षा नीति बनाएर ऊर्जा स्रोतको विविधता र जलविद्युत्को विकास गरी त्यसको प्रयोगबाट पेट्रोलियम पदार्थको आयातको प्रतिस्थापन गर्नु जरुरी रहेको भन्दै इपानले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ काम गर्नुपर्नेमा जोड दिएको छ । पेट्रोलियम पदार्थको आयात कम्तिमा पनि तीनवटा मुलुकबाट गर्नुपर्ने, एउटै मुलुकमा मात्रै निर्भर हुने प्रवृत्तिको अन्त्य गर्नुपर्ने, उचित मात्रामा सामरिक पेट्रोलियम भण्डारण गर्नुपर्ने, जलविद्युत्ले पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्नुपर्ने र ऊर्जाको स्रोतको विविधतामा ध्यान दिनुपर्ने इपानको माग छ । त्यसैगरी जलविद्युत् क्षेत्रको विकास र विस्तारका अन्तर मन्त्रालय तथा विभागहरुबीच समन्वय गर्नुपर्नेमा जोड दिएको छ । वन तथा भूसंरक्षण, वातावरण, सङ्घीय मामिला तथा स्थानीय विकास, ऊर्जा, अर्थमन्त्रालयबीच समन्वय नहुँदा काम गर्न गाह्रो भएको भन्दै इपानले एकल स्वीकृति डेस्क स्थापना गर्न जोड दिएको छ । विद्युत् महसुल समायोजन एवम् खरिद सम्झौता गर्नुपर्ने, जलाशययुक्त आयोजनाको निर्माणलाई विशेष ध्यान दिनुपर्ने इपानको माग छ । इपानका अध्यक्ष खड्गबहादुर विस्टले बूढीगण्डकी, नलसिंहगाड, पश्चिम सेतीजस्ता ठूला र जलाशययुक्त आयोजनाको निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भारतको अघोषित नाकाबन्दीका कारण मुलुक चरम सङ्कटमा परेकाले त्यसको समाधान गर्न र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न पनि जलविद्युत् आयोजना नै उत्तम विकल्प भएको बताउनुभयो । इपानले छिमेकी मुलुक चीनसँग विद्युत् व्यापार सम्झौता गर्नुपर्नेमा जोड दिएको छ । अध्यक्ष विष्टले भन्नुभयो ‘‘नेपाललाई आवश्यक परेको बेला आयात गर्न पनि सकिने र बढी भएका बेला बेच्न पनि सकिने किसिमले सम्झौता हुनु आवश्यक छ । त्यसका लागि अहिल्यै उपयुक्त समय हो । ‘मौका आउँछ पर्खदैन भन्ने मान्यतालाई आत्मसात गरौँ ।’ यस्तै विद्युतीय यातायातको साधन आयातमा लाग्ने भन्सारलगायत अन्य करमा तुरुन्त भारी कटौती गर्न समेत इपानले जोड दिएको छ भने निर्माण तथा हस्तान्तरण विधिबाट प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्नेमा जोड दिइएको छ ।

]]>
5551 0 0 0
मनाङले धान्दै पहाडको माग http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a4%be%e0%a4%99%e0%a4%b2%e0%a5%87-%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%aa%e0%a4%b9%e0%a4%be%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%97/ Wed, 04 Nov 2015 01:52:41 +0000 http://www.ghumphir.com.np/?p=5553 छविलाल बगाले

मनाङ, १८ असोज : कुनैबेला आफ्ना आफन्तलाई कोशेलीको रुपमा पठाइने आलु हिजोआज बिक्री हुन थालेकोमा मनाङका बासिन्दाहरु चकित परेका छन् । आफुलाई चाहिने आलु राखेर अरु आलु जिल्लामा कार्यरत कर्मचारी, पाहुना र आफ्ना आफन्तलाई कोशेली दिदै आएका तिनै मनाङबासीलाई अहिले आलु बिक्री गर्दैमा फुर्सद छैन् ।

तराई र पहाडका बासिन्दाले हिमाली जिल्लाहरुमा कुनैपनि खाद्यान्न उत्पादन हुदैन् भन्दै हिमाली जिल्लाहरुलाई हेर्ने नजर फरक राख्नेहरु आज आलु किन्न मनाङसम्म आउँदा निकै खुसी भएको अनुभव हुम्डेका आलु किसान राजु गुरुङले सुनाए ।

यता हिमाली जिल्लामा पहाड र तराईबाट खाद्यान्न नपुर्याई हिमाली भेगका बासिन्दाहरु बाँच्न सक्दैनन् भन्ने यदाकदा सुन्ने गरिन्छ । तर, त्यो सबै गलत भएको जिल्ला कृषि विकास कार्यालय मनाङका बरिष्ठ कृषि विकास अधिकृत डा. हरि बहादुर केसीको भनाई छ । ‘५० दिनदेखिको तराई बन्द अनि भारतीय नाकाबन्दीका कारण खाद्यान्न लगायतका वस्तुहरुको अभाव भइरहेको बेला मनाङ जिल्लाले केही जिल्लाहरुमा आलु निर्यात गरिरहेको छ ।’ कृषि विकास अधिकृत डा. केसीले भने, ‘हिमाली जिल्ला मनाङमा यसवर्ष अत्याधिक आलु उत्पादन भएको छ । तराई बन्दले चितवन, पोखरा, लमजुङ लगायतका स्थानका ब्यापारीहरु आलु किन्न मनाङ आइपुगेका छन् ।’

लगातारको तराई बन्द र नाकाबन्दीका कारण आलु आउन छाडेपछि विभिन्न स्थानका व्यापारी तथा ठेकेदारहरु आलु खरिद गर्नको लागि मनाङ आएको किसानहरुले बताएका छन् । मनाङका किसानहरुले विगतका वर्षहरुमा कुल उत्पादनको ४० प्रतिशत मात्रै आलु निर्यात गर्ने गरेपनि बेसीशहर–मनाङ सिधा यातायात चल्न थालेपछि ८५ प्रतिशत आलु निर्यात हुने गरेको कृषि कार्यालय मनाङले जनाएको छ ।

‘अघिल्ला वर्षहरुमा हामीले उत्पादन गरेको आलु बाहिरी जिल्लाहरुमा पठाउने संभावना नै थिएन् ।’ हुम्डेका आलु किसान राजु गुरुङ भन्छन्, ‘विगतका वर्ष भन्दा अहिले आलु उत्पादन राम्रो भएको छ । बाहिरी जिल्लाका व्यापारीहरु आलु किन्नका लागि घरमै आइपुगेका छन् । हामीलाई बजारको कुनै खाँचो छैन् ।’

मनाङमा उत्पादन भएको आलुलाई किसानहरुले प्रतिकिलो ४० देखि ४५ रुपैयाँको दरले बिक्री गर्दै आएका छन् । सजिलैसँग पाक्ने र स्वादिलो हुने हुँदा बाहिरी जिल्लाहरुमा मनाङको आलुले स्थान पाएको कृषकहरुले बताएका छन् ।

सदरमुकाम चामेसँगै १३ वटै गाविसमा आलु उत्पादनले गति लिन थालेपछि जिल्ला कृषि विकास कार्यालय मनाङले ठाउँ ठाउँमा भण्डार गृहको स्थापना समेत गरिदिएको छ । ‘कार्यालले आलु भण्डार गर्ने घर बनाइदिएपछि सजिलो भएको छ ।’ कृषक गुरुङले भने, ‘गाउँसम्म मोटर आएको छ । उत्पादन भएको आलु मोटरमा राखेपछि सिधैं बेसीशहर पुग्छ ।’

कुल १३ गाविस रहेको हिमालपारीको जिल्ला मनाङमा अघिल्लो आर्थिक वर्षमा ६ सय ४५ हेक्टर जमिनमा आलु लगाईएको थियो । अघिल्लो वर्षको तुलनामा यसवर्ष १ सय बढि हेक्टर क्षेत्रफलमा आलु रोपिएको जिल्ला कृषि विकास कार्यालय मनाङले जनाएको छ । कार्यालयका अनुसार मनाङमा अघिल्लो आवमा ७ हजार ६ सय ११ मेट्रिकटन आलु उत्पादन भएको थियो । ‘पहिले सबै तरकारी तलैको भर पर्नुपर्दथ्यो । अहिले कृषि कार्यालयले बिउविजन दिन्छ । आफ्नै बारीमा तरकारी उत्पादन गरिन्छ र आफुलाई बढी भएको तरकारी बेचिन्छ ।’ धारापानी गाविसकी कृषक देबी गुरुङ भन्छिन्, ‘हामीले समुह बनाएर आलुखेती देखि बिउ विजन उत्पादनसमेत गर्दै आएका छौं ।’

जिल्ला कृषि विकास कार्यालयले मनाङका ३ गाउँलाई आलुको पकेट क्षेत्रको रुपमा विकास गरेको छ । पकेट क्षेत्रहरुमा धारापानी, नाचै ओडार र माथिल्लो मनाङको हुम्डे गाउँ रहेका छन् । जिल्लाको १३ गाविसका किसानहरुले जनकदेव, डिजिरे, कार्डिनल तथा स्थानिय जातका आलुहरु उत्पादन हुदै आएको कार्यालयले जनाएको छ ।

]]>
5553 0 0 0
ग्यास अभावका कारण डेरावाल ग्रामीण क्षेत्रतर्फ पलायन http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%a1%e0%a5%87%e0%a4%b0%e0%a4%be%e0%a4%b5%e0%a4%be/ Wed, 04 Nov 2015 02:02:22 +0000 http://www.ghumphir.com.np/?p=5555

वीरेन्द्र कर्ण  जनकपुरधाम । ग्यासको चरम अभाव भएसँगै जनकपुरमा डेरा गरी बस्ने व्यक्तिहरु दाउरा बालेर खाना पकाउन नपाएपछि ग्रामीण क्षेत्रतर्फ पलायन हुन थालेका छन् । घरधनीले दाउरा बाल्न नदिएपछि उनीहरुलाई यस्तो समस्या आइलागेको हो । हुने खानेले तस्करहरुबाट सीमावर्ती क्षेत्रबाट भित्र्याइने ग्यास चर्को मूल्यमा किन्ने गरेको छ । तर डेरा लिएर बस्ने निम्न वर्गका मानिस दाउराको सहारा लिन खोज्दा घरधनीले त्यसो गर्न दिएका छैनन् । जनकपुरवासी यतिखेर चर्को मूल्य तिरेर छिमेकी मुलुक भारतबाट तस्करी भई आउने ग्यास प्रयोग गर्न बाध्य छन् । लामो समयसम्म भएको बन्द हडतालको कारण नेपाल आयल निगमबाट आउने ग्यास आउन नसकेपछि तस्करी गरेर ल्याइएको ग्यास चर्को मूल्य तिरेर किन्न बाध्य रहेको उपभोक्ताको गुनासो छ । उपभोक्ता प्रमोदकुमार चौधरी भन्नुहुन्छ – “स्थानीय प्रशासन र ग्यास व्यवसायीले यथाशीघ्र ग्यास उपलब्ध गराई अहिलेको समस्या समाधान गर्नु पर्दछ ।” तिहार र छठ सुरु भएपनि जनकपुरमा ग्यासको अभावका कारण उपभोक्ता चर्को सङ्कट बेहोर्न बाध्य छन् । भारतबाट तस्करहरुले ल्याएका ग्यास सिलिण्डर घरसम्म आएपनि उपभोक्ता एउटा सिलिण्डरको तीन हजार पाँच सय रुपैयाँसम्म तिर्न बाध्य छन् । दैनिक मजदुरी गर्ने व्यक्तिले ग्यासको साटो दाउरा बाल्दा घरधनीले आपत्ति गरेपछि पलायन हुनपरेको पीडित किरण कर्णले बताउनुभयो । ग्यासको अभावसँगै अहिले दाउराको मूल्य पनि बढेपछि उनीहरु झन् सङ्कटमा परेका छन् । स्थानीय काठ मिल्समा अहिले प्रतिक्विन्टल दाउरा रु दुई हजारका दरले बिक्री हुने गरेको छ जुन निम्न वर्गका मानिसको क्षमताभन्दा बाहिरको कुरा हो । सीमा क्षेत्रमा रहेका प्रहरी र मोर्चाका कार्यकर्ता बल्लतल्ल ल्याएका ग्यास सिलिन्डर पनि खोस्ने गरेको उनीहरुको दुखेसो छ । जनकपुर बजारमा पुग नपुग दुई सयको हाराहारीमा ग्यास बिक्रेता रहेका छन् । करिब रु २५ हजार सिलिण्डर जनकपुर बजारमा मात्र खपत हुने गरेको छ । ग्यासको अभावमा अहिले २५ हजारभन्दा बढी उपभोक्ता मर्कामा परेको जनकपुर अञ्चल ग्यास व्यवसायी सङ्घ भन्छन् । बन्दको क्रममा हालसम्म जनकपुरमा नोबेल, कामाख्या, अम्बरलगायतका करिब चार हजार ग्यास सिलिण्डर आएपनि ती सिलिण्डर कहाँ गयो भन्नेबारेमा बिक्रेता अनभिज्ञ छन् । यस आरोपलाई खण्डन गर्दै जनकपुर अञ्चल ग्यास व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरी भन्नुहुन्छ – “बन्दको क्रममा जनकपुर बजारमा यती ग्यास सिलिण्डर भित्रिएको र ती सबै उपभोक्तालाई वितरण गरिसकिएको छ ।” यहाँ खपत हुने ८० प्रतिशत ग्यास वीरगन्जको रक्सौल नाकाबाट आउने गर्छ भने २० प्रतिशत ग्यास पूर्वबाट कोशी, कामाख्या र प्रिज्मा ग्यास आउने गरेका छन् । सरकारले ७५ प्रतिशत ग्यास काठमाडौँ लान खोजेपछि यहाँको समस्या झन् विकराल भएको छ ।

]]>
5555 0 0 0
बदलिँदै राजापुर http://localhost/ghum/%e0%a4%ac%e0%a4%a6%e0%a4%b2%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%be%e0%a4%aa%e0%a5%81%e0%a4%b0/ Wed, 04 Nov 2015 02:04:59 +0000 http://www.ghumphir.com.np/?p=5557 लक्ष्मण ढुंगाना बर्दिया । राजापुर–२, बर्दियाका ७६ वर्षीय जयबहादुर खत्री १ वर्ष अघिसम्म सदरमुकाम गुलरिया आवतजावत गर्नुपर्दा जोखिमपूर्ण डुंगाको यात्रा गर्थे । अझ वर्षायाममा एउटै नदीमा २ ठाउँमा डुंगा तर्नुपर्दा बिहान सबेरै घरबाट निस्किए पनि बेलुकामात्रै सदरमुकाम पुग्थे । मालसामान बोक्ने व्यक्तिगत कामकाजदेखि सरकारी अड्डाका काम गर्न त्यही डुंगाको सहारा लिनुपर्दा निकै सास्ती हुन्थ्यो । जोखिमपुर्ण यात्रा गर्नुपर्दा कतिखेर प्राण जाने हो भन्ने त्रास त्यतिकै थियो उनलाई । तर, अहिले उनलाई यात्रामा सकस छैन, यसले उनको जीवनशैली नै फेरिएको छ । अहिले उनी सरर बस चढेर सदरमुकाम आउँछन्, अड्डाका काम सकेर बेलुका सबेरै घर फर्किन्छन् ।

kothiya-ghat-3-445x300कर्णाली र गेरुवा नदीमा पुल नहुँदा मालपोत, नापी, विद्युत्को बिललगायत सरकारी कामका लागि सदरमुकाम धाउनुपर्दा राजापुरबासीलाई राज्यको उपस्थिति शून्यप्रायः भएको महसुुस हुन्थ्यो । झन् अत्यावश्यक स्वास्थ्य उपचारको अभावमा अकालमै ज्यान गुमाउनु पथ्र्यो । नदीकिनारमै घर भएका खत्रीलाई पुल नहुँदा समयमै उपचारका लागि बाहिर लैजान नसकेर श्रीमती गुमाउनुपरेको पीडाले जहिल्यै ताजै रहन्छ । “सदरमुकाम जाने काम प¥यो कि एक साता अघिदेखि निद्रा लाग्न छाड्थ्यो,” विगत सम्झिँदै खत्री भन्छन्, “समयमै औषधि उपचारको अभावमा कैयौं राजापुरबासीले अकालमै ज्यान गुमाउनुपरेको छ ।” जयबहादुरमात्रै होइन, राजापुर क्षेत्रका करिब ३ लाख जनता यसरी नै जोखिमपूर्ण ढंगले डुंगामा यात्रा गर्न विवश थिए । चारैतिर कर्णाली नदीले घेरिएको ‘बर्दियाको श्रीलंका’ नामले परिचित राजापुरको कोठियाघाटस्थित कर्णाली गेरुवा नदीमा नेपालकै लामो पुल बनेपछि राजापुरबासीको जीवन फेरिन थालेको छ । पुल बनेसँगै राजापुरमा सरकारी निकायको उपस्थिति बाक्लिन थालेको छ । राजापुरमा मालपोत, नापी, विद्युत्, कर्णाली नदी नियन्त्रण आयोजनालगायतका कार्यालय स्थापना भइसकेका छन् भने बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढेको छ । कोठियाघाटमा पुल बनेपछि राजापुर क्षेत्र सदरमुकाम गुलरियालगायत देशका अन्य भूभागसँंग प्रत्यक्ष रूपमा जोडिएको छ । निर्बाध रूपमा यातायातका साधन चल्न थालेका छन् । अन्नको भण्डार मानिने राजापुरमा उत्पादित धान, गहुँ, तोरी, मसुरोलगायत खाद्यान्न सहज रूपमा निर्यात हुन थालेको छ । राजापुर क्षेत्रमा उत्पादित खाद्यान्न नेपालका २४ जिल्लामा पुग्ने गरेको बर्दिया उद्योग वाण्ीिज्य संघ राजापुरले जनाएको छ । १ नगरपालिकासहित ५ गाविसको मुख्य प्रवेशद्वारका रूपमा रहेको कोठियाघाटस्थित गेरुवा नदीमा पुल नहुँदा यसअघि खाद्यान्न निर्यातलगायत आवतजावतमा पनि सास्ती थियो । संघका अध्यक्ष गोविन्द रिजाल राजापुर क्षेत्रमा निकास नहँुदा यसअघि ठूलो परिमाणमा खाद्यान्न कुहाउनुपरेको बताउँछन् । “अहिले कृषकले उत्पादित खाद्यान्नको उचित मूल्य पाएका छन्,” उनले भने, “पुल निर्माणले व्यवसायीसमेत उत्साहित भएका छन् ।” वर्षौंदेखिको राजापुरबासीको सास्ती सधैंका लागि अन्त्य भएको उनको भनाइ छ । सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा करिब १ अर्बको लागतमा निर्माण भएको पुलको लम्बाइ १ हजार १५ मिटर र चौडाइ ९ मिटर १० सेन्टिमिटर डबल लेन छ । त्यस्तै, हुलाकी सडकअन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुर–सत्ती घाटमा ४५ करोडको लागतमा ५३१ मिटर लामो अर्को पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पुल निर्माणसँगै राजापुर क्षेत्र विभिन्न सडक सञ्जालमा जोडिन थालेको छ । राजापुर क्षेत्रमा २ ठूला पुल निर्माण भएपछि राजापुर क्षेत्रको मुहार फेरिन थालेको बर्दियाका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताए । पुल निर्माणसँगै खैरिचन्दनपुर– पाताभार– राजापुर रिंगरोड स्तरोन्नति गरी असारभित्र कालोपत्रे गरी सक्नेगरी टेन्डर आह्वान गरिएको उनले जानकारी दिए । त्यस्तै, जिविस बर्दियामार्फत धोविनपुरदेखि ईश्वरीगन्ज हुँदै खैरीचन्दनपुरसम्म ७ किलोमिटर सडक निर्माणाधीन छ भने राजापुर सिँचाइ आयोजनाले मानपुरटपरादेखि ओखरियावाधसम्म सडक निर्माण गरेको छ । दुवै पुल निर्माणसँगै राजापुर नगरपालिकाले समेत नगरस्तरीय गुरुयोजना बनाएर सडक सञ्जालमा विभिन्न वडालाई जोड्ने काम अघि बढाएको छ । त्यस्तै, राजापुर क्षेत्रको प्रमुख समस्याका रूपमा रहेको नदीकटान र डुबान नियन्त्रणका लागि कर्णाली नदीलाई नियन्त्रण गर्न ११ अर्ब लागतमा ५ वर्षीय गुरुयोजनाअनुसार करिब ४३ किलोमिटर स्थायी तटबन्ध गरी वैज्ञानिक ढंगबाट काम सुरु भएको छ । दुवै नदीमा पुल बनेर आवागमन सहज बनेपछि राजापुर क्षेत्रमा आर्थिक गतिविधि बढ्नुका साथै जग्गाको मूल्य बढेको स्थानीयबासीको भनाइ छ ।

]]>
5557 0 0 0
मधेस आन्दोलनले करोडौंको केरा नष्ट http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a5%8c%e0%a4%82%e0%a4%95%e0%a5%8b/ Wed, 04 Nov 2015 02:10:38 +0000 http://www.ghumphir.com.np/?p=5560 मिथिलेशकुमार यादव

भारदह (सप्तरी)

विभिन्न मधेसवादी दलहरुको अगुवाइमा थालिएको तेस्रो मधेस आन्दोलनले मार सप्तरीको भारदहका केरा किसानले पनि झेल्नु परेको छ । अनिश्चितकालिन बन्दका कारण सवारी साधन आवगमन नहु“दा भारदहमा व्यवसायीकरुपमा हुदैआएको करोडौं मूल्य बराबरको केरा नष्ट भइसकेको हो । पाकेको केरा किसानहरुले निकासी गर्न नपाएर खेतमै कुहिन थालेपछि सयौं किसान चिन्तित बनेका छन् ।

मह“गो मूल्यमा मलखाद् तथा किटनाशक औषधी प्रयोगमै धेरै खर्च हुने केरा खेती यसवर्ष किसानले राम्रै उब्जाएपनि आन्दोलनले गर्दा बिक्री नभएपछि उनीहरु चिन्तित बनेका हुन् । करिब दुई हजार पा“च सय विघामा गरिएको केरा खेतीमा गएको भदौको पहिलो सातामै कोसी नदीको पानी पसेपछि केरा बोट सुक्न थालेका थिए ।

केराको बोट सुकेपनि पाकेका केरा काटेर बिक्री गर्ने आधार रहेपनि लामो समयको आमहड्तालले बिक्री गर्न नसक्दा करोडौंको नोक्सानी यस क्षेत्रका किसानले भोग्नुपरेको केरा कृषक संघका अध्यक्ष बच्चालाल मण्डलको दुःखेसो छ ।

भारदहमा उत्पादित केरा दिनहु“ काठमाडौं, पोखरा, नारायणघाटसहित विभिन्न शहरमा निर्यात हु“दै आएको थियो । तर, बन्दले गर्दा आफूहरुको व्यापारस“गै हातमुख जोड्नसमेत समस्या हुने स्थिती उत्पन्न भएको केरा किसान एवं व्यापारी इन्द्रदेव लौगीको भनाई छ ।

केरा बिक्री नहु“दा अहिले कृषकहरु भारदहस्थित राजमार्गको कंकालिनी मन्दिरदेखि कोसी ब्यारेज सडक खण्डमा बिक्री गर्न लामबद्ध भएका छन् । तर, मुश्किलले पा“च सय रुपैया“को केरा पनि दिनभरिमा बिक्री नहुने किसानहरुको भनाई छ । ‘बजार–पसल यातायात सबै बन्द छन्, मोटरसाईकलमा हिड्ने यात्रुले मुश्किलले एक–दुई दर्जन केरा खरीद गर्छन्’, केरा किसान शिव लौगीले भने ।

सरकारले आन्दोलनरत मधेसी समुदायको माग सम्बोधन नगरेकै कारण बन्द लम्बिएको र यसले आफूहरुलाई ठूलो नोक्सनी भएको भन्दै क्षतिपूर्तिको मागसमेत किसानहरुले गरेका छन् । ‘बन्द हड्ताल खुलेको भए यस्तौ समस्या आफूहरुलाई व्यहोर्नुपर्दैन थियो’, केरा कृषक संघका अध्यक्ष बच्चालाल मण्डलले भने, ‘भदौ १ गतेको प्रदर्शनमा सहकर्मी राजीव राउतलाई गुमाए, अहिले आएर त सिङ्गो बगानमा रहेका केरा नष्ट भइरहेको छ, अहिले पनि बन्द खुल्यो भने केही राहत मिल्नेथियो ।’

]]>
5560 0 0 0
आपूर्ति असहजता चाँडै हट्छ: मन्त्री पुन http://localhost/ghum/%e0%a4%86%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%85%e0%a4%b8%e0%a4%b9%e0%a4%9c%e0%a4%a4%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a5%88-%e0%a4%b9%e0%a4%9f%e0%a5%8d/ Wed, 04 Nov 2015 15:10:43 +0000 http://www.ghumphir.com.np/?p=5563

काठमाडौँ, १८ कात्तिक ।

वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले आपूर्तिमा देखिएको असहजता चाँडै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । उपभोक्ता हित तथा संरक्षण मञ्चसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले नाकाबन्दीले नेपालको आपूर्ति व्यवस्थामा प्रतिकूल असर पारेको भन्दै त्यसको समाधानका लागि कूटनीतिक पहल भइरहेको बताउनुभयो । मधेस आन्दोलन वार्ताको माध्यमबाटै समाधान गर्नुपर्ने उहाँको भनाइ थियो । मञ्चका अध्यक्ष ज्योति बानियाँले अघोषित नाकाबन्दीका कारण उत्पन्न सङ्कट हटाउन मन्त्री पुनको ध्यानाकर्षण गर्नुभएको थियो । यसैगरी केन्द्रीय गलँैचा उद्योग सङ्घ नेपालका पदाधिकारीहरुले आजै मन्त्री पुनलाई भेटी भूकम्प प्रतिरोधात्मक कारखाना निर्माण गर्न चाहने उद्यमीलाई सहुलियतको व्यवस्था गर्र्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गलैँचा मेलामा सहभागी हुने व्यवसायीका लागि स्टल, भाडालगायतमा सहुलियत उपलब्ध गराउन र निर्यातमा नगद प्रोत्साहनको रकम १० प्रतिशतले वृद्धि गर्न माग गरे ।

]]>
5563 0 0 0
नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको पर्यटकको भनाइ http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%b8/ Wed, 04 Nov 2015 15:14:11 +0000 http://www.ghumphir.com.np/?p=5565

काठमाडौँ, १८ कात्तिक ।

बेल्जियम एक नागरिकले नेपालको पर्यटन क्षेत्र भूकम्पबाट सुरक्षित रहेको बताएका छन् । दुई साताअघि नेपालको विभिन्न ठाउँमा आफना समुहका साथ पदयात्रा सुरु गरेका बेल्जियमका प्रा डा म्याथ्यु भेण्फेनवल्कले आज पत्रकार सम्मेलन गरी नेपालको पर्यटन क्षेत्र अझै सुरक्षित रहेको र पर्याप्त सम्भावना रहेको जानकारी दिएका हुन् । उहाँले अल्जाइमर (बिर्सने रोग) भएका व्यक्तिलेसमेत तीन हजारभन्दा अग्लो क्षेत्रको अवलोकन गर्न सक्छन् भन्ने जानकारी दिनका लागि तीन जना अल्जाइमर रोगीलाई सँगै घुम्न लगेको जानकारी दिनुभयो । बेल्जियमको उक्त टोलीले नेपालको प्रमुख पर्यटकीय स्थल पोखरा, अन्नपूर्ण क्षेत्रको वृत्तचित्र बनाउनेसमेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । वृत्तचित्रले नेपालको पर्यटन क्षेत्र सुरक्षित र आकर्षक रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह गर्ने र सो वृत्तचित्रबाट संलग्न गरिएको रकम अल्जाइमरको उपचारका लागि खर्च गर्ने जनाएको छ । उनीहरुले अल्जाइमरका रोगी नेपालमा पनि भएकाले नेपालीका लागिसमेत यो पदयात्राले पाठ सिक्ने अवसर मिलेकोे बताएका थिए । अल्जाइमरको जनचेतना फैलाउन बेल्जियमको १४ जनाको टोली नेपाल आएको थियो । सो टोलीले कास्कीको नयाँपुलदेखि पुनहिलसम्मको पदयात्रा गरेको थियो ।

]]>
5565 0 0 0
काठमाडौँ–रसुवागढी सडक निर्माण र स्तरोन्नति गरिने http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%a8%e0%a4%bf/ Wed, 04 Nov 2015 15:18:29 +0000 http://www.ghumphir.com.np/?p=5567

काठमाडौँ, १८ कात्तिक ।

चीनबाट इन्धन ल्याउन प्रयोग गरिएको रसुवाको रसुवागढी नाकासम्म पुग्ने सडक सुधार एवम् स्तरोन्नतिका लागि सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिएको छ । काठमाडौँ–गल्छी–रसुवागढी १६४ किमी सडकमध्ये काठमाडौँदेखि गल्छी ५४ किमी सडक दुई लेन भएपनि गल्छीदेखि रसुवागढीसम्म ११० किमी सडक एक लेनको भएकाले इन्धन ढुवानीलगायत यातायात सञ्चालनमा पनि समस्या भएको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयले जनाएको छ । “यसमध्ये पनि रसुवाको राम्चेदेखि मूलखर्कसम्मको ६ किमी सडकमा बर्सेनि ठूला पहिरो गइरहने भएकाले कालोपत्र गर्न सकिएको छैन, यही स्थानमा मङ्गलबार यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना यात्रुको निधन भयो”– क्षेत्रीय निर्देशक इन्जिनियर किशोरनाथ गोङ्गलले भन्नुभयो । रसुवागढीसम्म पुग्ने छोटो दूरीका अन्य दुई मार्ग भए पनि दुवै मार्ग बन्दै गरेकाले इन्धनका ट्याङ्कर सञ्चालनका लागि सहज नभएको सडक डिभिजन कार्यालय विदुरले जनाएको छ । टोखा–गोर्खेभन्ज्याङ–छहरे हुँदै त्रिशूली ५७ किमी र बालाजु–ककनी–रानीपौवा हुँदै त्रिशूली पुग्ने ७६ किमी सडकमध्ये एउटा मार्गको स्तरोन्नति गर्न सकिए केरुङबाट नेपालभित्र इन्धन ढुवानी गर्न सहज हुने डिभिजन प्रमुख रोहितकुमार बिसुराल बताउनुहुन्छ । “त्रिशूलीबाट रसुवागढीसम्मको ७६ किमी दूरीमा पनि ट्र्याक खोलिँदै गरेको बेत्रावती–मैलुङ–स्याफ्रुबेँसीसम्मको ३० किमी दूरीमा नेपाली सेना र हाइड्रोपावर सञ्चालकले २२ किमी काम भएकाले बाँकी आठ किमीको काम गर्न सकिए अझ कम दूरीमा रसुवागढी नाका पुग्न सकिन्छ, यो मार्गको उपयोग गर्न सकिए सधैँ पहिरो जाने र बर्सेनि दुर्घटना हुने राम्चेको सडक पनि छलिन्छ”–डिभिजन प्रमुख बिसुरालले भन्नुभयो । अहिले सडकमा पहिरो पन्छाउने साधनसहित २४सैँ घन्टा सडक सुधारका लागि जनशक्तिको परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो । इन्धन ल्याउने ट्याङ्कर ओहरदोहर हुनसक्ने गरी सडक चौडा बनाउने काम निरन्तर भइरहेको छ । सडक दुई लेन बनाउन विभाग र मन्त्रालयसँग पत्राचार भइसकेको पनि डिभिजन प्रमुख बिसुरालले जानकारी दिनुभयो । मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर रसुवागढी–काठमाडौँलाई चीनले ‘ट्रेड रुट’का रुपमा विकास गर्न लागेकाले स्याफ्रुबँेसीसम्म दुई लेन सडक बनाइदिने विषयमा वार्ता भइरहेको बताउनुहुन्छ । “बेत्रावतीबाट त्रिशूलीको किनारैकिनारको सडकलाई पूर्णता दिएर सडकलाई छोटो बनाउने गृहकार्य भइरहेको छ, यो सडकको १५ किमी ट्र्याक खोल्न बाँकी छ, यसपछि काठमाडौँको दूरी १३० किमी मात्र हुन्छ, साढे तीन घन्टामा आइन्छ, यो मार्गको निर्माण एवम् स्तरोन्नतिमा मन्त्रालयले योजना बनाउँदै छ” – सचिव ठाकुरले भन्नुभयो ।

]]>
5567 0 0 0
मखमली पूmल र माला बिक्री नभएपछि किसान चिन्तामा http://localhost/ghum/%e0%a4%ae%e0%a4%96%e0%a4%ae%e0%a4%b2%e0%a5%80-%e0%a4%aa%e0%a5%82m%e0%a4%b2-%e0%a4%b0-%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%ad/ Wed, 04 Nov 2015 15:22:53 +0000 http://www.ghumphir.com.np/?p=5569

भक्तपुर, १८ कात्तिक ।

तिहारको लागि अत्यावश्यक पर्ने मखमली पूmल बिक्री नभएपछि यसवर्ष किसानले लगाएको लाखौँ रुपैयाँको मखमली पूmल खेर जाने भएको छ । इन्धन अभाव भएपछि किसानले बजारसम्म मखमली पूmल र माला लैजान नसकेका हुन् । बिगतमा जस्तो यसवर्ष घरघरमा व्यापारीसमेत नआएपछि किसानले उत्पादन गरेर बिक्रीका लागि तयार बनाएको मखमली पूmल र माला खेर जाने भएको हो । गतवर्ष तिहारको एक महिना अघि नै मखमली पूmल र यसको माला लिन घरघर मै व्यापारी आएका थिए । यसवर्ष इन्धन अभाव भएको भन्दै व्यापारी नआएपछि फूल एवम् माला बिक्री गर्न नपाएको नगरकोट नगरपालिका ताथलीका ईन्द्र बनमालाले बताउनुभयो । पख्र्यौली पेशाका रुपमा वर्षौं अघिदेखि पूmल खेती गर्दै आएका भक्तपुर ताथली बनमाला टोलका ईन्द्रले व्यापारी नआएपछि आफैँ काठमाडाँैसम्म पुगेर पूmल बिक्री गर्न पनि गाउँमा यातायातका साधन सहजरुपमा नपाउने भएपछि समस्या भएको बताउनुभयो । भक्तपुरको सुडाल, गुण्डु, बालकोट, ताथली, नंखेल, दुवाकोट, झौखेललगायतका क्षेत्रका किसानले व्यवसायीकरुपमा पूmल खेतीबाट पर्याप्त आम्दानी गर्दै आएका छन् । घर घरमै पूmल लिन व्यापारी आउने भएपछि केही वर्ष यता भक्तपुरका गाउँगाउँमा मखमली र सयपत्री पूmलको व्यावसायीक खेती हुँदै आएको थियो । घरमै प्रतिमाला रु १५ देखि रु ३० सम्ममा व्यापारीले मखमली पूmलको माला किनेर लैजाने भएपछि किसान यसतर्फ आकर्षित भएका थिए । यसवर्ष मखमली पूmलबाट यथेष्ट आम्दामी गर्न सक्ने आशा रहेपनि इन्धन अभावले माला नै बिक्री नहने चिन्ताले सताउन थालेको गण्डुकी रामलक्ष्मी नगरकोटीले गुनासो गर्नुभयो । वैशाखमा बेर्ना राखेर साउनदेखि नै मखमली पूmल टिपेर माला गासेर दसैँ लगत्तै माला बिक्री गर्ने किसान यसवर्ष भने माला बिक्री नहुने चिन्तामा परेको बताउँछन् ।

]]>
5569 0 0 0
आगलागीबाट एघार घर जलेर नष्ट http://localhost/ghum/%e0%a4%86%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%8f%e0%a4%98%e0%a4%be%e0%a4%b0-%e0%a4%98%e0%a4%b0-%e0%a4%9c%e0%a4%b2%e0%a5%87%e0%a4%b0-%e0%a4%a8%e0%a4%b7/ Wed, 04 Nov 2015 15:31:58 +0000 http://www.ghumphir.com.np/?p=5571

लहान, १८ कात्तिक ।

सिरहाको भगवानपुर–९ मा गएराति भएको आगलागीबाट ११ वटा घर जलेर नष्ट भएका छन् । भगवानपुर–९ निवासी रामकिसुन यादवको घरबाट राति ११ बजे सल्केको आगोले रामकुमार यादव र शिवनारायण यादवको फुस र बाँसको टाटीले बनेको ११ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट घरमा रहेका सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब रु २२ लाख बराबरको क्षति भएको जनाइएको छ । स्थानीयबासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा राति नै आगलागी नियन्त्रणमा लिइएको थियो ।

]]>
5571 0 0 0
दुई सहकारीमा एकैसाथ चोरी http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b8%e0%a4%b9%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%95%e0%a5%88%e0%a4%b8%e0%a4%be%e0%a4%a5-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a5%80/ Wed, 04 Nov 2015 15:48:44 +0000 http://www.ghumphir.com.np/?p=5573

काठमाडौँ, १८ कात्तिक ।

गएराति काठमाडौँ महानगरपालिका– १३ भीमसेनस्थानस्थित दुईवटा सहकारी संस्थामा एकैसाथ चोरी भएको छ । विजय शान्ति बचत तथा ऋण सहकारी संस्था लि. र ग्रिन प्लान बचत तथा ऋण सहकारी संस्थामा चोरले क्रमश रु १० हजार र रु ४० हजार नगद चोरेका छन् । चोरीका घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै सहकारी एकै घरमा सञ्चालन हुँदै आएका थिए ।

]]>
5573 0 0 0
‘चीनसँग अहिल्यै सम्झौता नभए, कहिल्यै हुन्न’ http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%85%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%88-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%9d%e0%a5%8c%e0%a4%a4%e0%a4%be/ Wed, 04 Nov 2015 15:58:50 +0000 http://www.ghumphir.com.np/?p=5575

सुदीप श्रेष्ठ

भारतीय राजदूत रणजित रेले सोमबार दिउँसो ३ बजे केही सम्पादकलाई डाकेका थिए, प्रेस ‘ब्रिफिङ’ का लागि। त्यसको लगभग एक घन्टाअघि वीरगन्जमा प्रहरीको गोली लागेर एक भारतीय युवकको मृत्यु भयो।स्वाभाविक थियो, नेपाली सुरक्षाकर्मीको गोलीबाट आफ्नो नागरिक मारिएको घटनालाई भारतीय राजदूतले प्राथमिकतासाथ प्रस्तुत गर्नेछन्।उनले त्यसै गरे।
वीरगन्ज गोलीकान्डले नेपाल–भारत सम्बन्धमा उत्पन्न जटिलतालाई थप पेचिलो बनाइदिएको छ। यसले भारतीय नाकाबन्दी कडा हुने र लगभग दुई महिनादेखि पेट्रोलियम अभावसँग जुधिरहेका उपभोक्ताका लागि आगामी दिन अझ कठिन र चुनौतीपूर्ण हुने प्रस्ट संकेत देखापरेका छन्।
पहिलो संकेत, भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी आफ्ना मालवाहक गाडीलाई ‘नेपाल जाने खतरा नमोल्न’ सुझाव दिएको छ। दोस्रो, भारतीय सुरक्षाकर्मीले सीमावर्ति क्षेत्रमा कडाइ गर्न थालेका छन्।तेस्रो संकेत भने भारतीय राजदूतले सोमबार दिउँसोको प्रेस ब्रिफिङमै दिएका थिए।
चीनसँगको पेट्रोलियम आपूर्ति समझदारीबारे टिप्पणी गर्दै उनले भनेका थिए, ‘इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपालको बजार हेरेर पूर्वाधार विस्तार योजना अघि बढाइरहेको थियो। नेपालले एकतिहाइ तेल चीनबाट ल्याउने भएपछि बाँकी परिमाणका लागि आइओसीले त्यति ठूलो पूर्वाधार बनाउनु नपर्ला कि!’वीरगन्ज घटनालगत्तै भारतीय राजदूतको यो ‘व्यंग्यात्मक’ टिप्पणीभित्र कूटनीतिक अर्थ लुकेको पक्कै छ।
...
वाणिज्य तथा आपूर्ति, परराष्ट्र र आयल निगमका अधिकारीको कुरा सुन्दा, सरकारको मनस्थिति ‘क्रसरोड’ मा उभिएको त्यो यात्रुको जस्तो छ, जसलाई सही बाटो ठम्याउन दुविधा भइरहेको छ।
भारतसँगको सम्बन्धमा चिसोपना आएपछि सरकारले उत्तरी छिमेकी चीनसँग पेट्रोलियम आपूर्ति प्रक्रिया अघि त बढायो, तर त्यसलाई व्यापारिक रूप दिन औपचारिक सम्झौतादेखि भएका सडक पूर्वाधार मर्मतसम्भारमा समेत तात्तिएर अघि बढिहाल्न सकेको छैन।
नेपालले आफ्नो कुल मागको एकतिहाइ चीनबाट आयात गर्ने सैद्धान्तिक सहमति जनाएको छ। आपूर्तिका विषयमा आर्थिक तथा प्राविधिक कुरा टुंगो लगाउन भने बाँकी नै छ। मूल्य, आयात विधि, रूट, प्रक्रिया लगायतमा आयल निगम र चिनियाँ समकक्षी चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना) बीच थप छलफलपछि मात्र व्यापारिक सम्झौता हुनेछ। सम्झौताको निम्ति पहल गर्ने जिम्मा अब आयल निगम वा नेपाल सरकारकै हो।
चीनबाट अनुदानमा प्राप्त १३ लाख लिटर पेट्रोलसम्म त ठिकै छ, सम्झौता गरेर औपचारिक रूपमै किन्न थालेको अवस्थामा भारतको रणनीति के हुनेछ भन्नेले सरकारलाई निर्णय गरिहाल्न अप्ठ्यारो पारिरहेको उच्च सरकारी स्रोतहरू बताउँछन्
यो परिस्थितिमा चीनसँग समझदारी गरेर आएका अधिकारी व्यापारिक सम्झौताको प्रक्रिया अघि बढाउन सरकारको ‘ग्रिन सिग्नल’ कुरिरहेका छन्। सरकार भने यसबाट उत्पन्न हुनसक्ने भारतीय प्रतिक्रिया आँकलन गर्दै दक्षिणी नाडी छाम्न खोजिरहेको बुझिन्छ।
यसबीच निगमले अनुदानित तेलको पहिलो खेप काठमाडौं आइपुगेको जानकारी दिँदै व्यापारिक सम्झौतातर्फ अघि बढ्न चिनियाँ पक्षलाई पत्र पठाइसकेको नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताएका छन्। पहिलो खेपमा १२ ट्यांकरले ओसारेको पेट्रोल काठमाडौंको थानकोट डिपो आइपुगिसकेको छ। दोस्रो खेप पनि आउने क्रममा छ
‘पहिलो खेप आउनेबित्तिकै हामीले व्यापारिक कारोबार सम्भव रहेको जानकारीसहित मूल्य, परिमाण लगायत विषयमा थप वार्ता गर्न पेट्रो चाइनालाई चिठी पठाइसकेका छौं,’ भट्टराईले सेतोपाटीसँग भने, ‘सरकारी तहबाट वार्ताको निम्तो गर्न वाणिज्य मन्त्रालयलाई पनि चिठी बुझाइसकेका छौं।’निगमको यो पत्राचारमा चीनसँग समझदारीपत्र हस्ताक्षरदेखि पेट्रोल आयात गर्दाको अनुभवसम्म समावेश गरिएको उनले बताए।
देशको राजनीति तथा अर्थतन्त्रमै दुरगामी प्रभाव पार्नसक्ने ‘क्रसरोड’ बाट अघि बढ्न सरकारका लागि ती अधिकारीहरूको अनुभव उपयोगी हुनेछ, जो चीनसँग समझदारी गर्न बेइजिङ गएका थिए। चीनका लागि नेपाली राजदूत महेश मास्केको नेतृत्वमा गएको उक्त टोलीका केही अधिकारीले बेइजिङबाट तिब्बतको ल्हासा जहाजमा र त्यहाँबाट काठमाडौंसम्मको दुरी स्थलमार्गबाटै पूरा गरेका थिए।ती अधिकारीले संगालेका अनुभवमध्ये चारवटा महत्वपूर्ण छन् :
पहिलो, चीनबाट नियमित तेल ल्याउन सडक र पूर्वाधारका हिसाबले सहज छ कि छैन ?‘चीन नेपालको आवश्यकताअनुसार जति पनि तेल दिन तयार छ, तर महत्वपूर्ण कुरा कनेक्टिभिटी (सडक सुविधा) हो,’ बेइजिङ वार्ताको सार खिच्दै आयल निगमका भट्टराईले भने।
चीनबाट पेट्रोलियम ल्याउन अहिलेलाई दुईवटा सडक मार्ग उपलब्ध छन्– तातोपानी र केरुङ। वैशाख १२ को भुइँचालोपछि तातोपानी नाका बन्द छ। भुइँचालोले सडक र प्रशासनिक संरचना भत्केको कारण देखाइए पनि यो नाकालाई लिएर चीनको आफ्नै ‘रिजर्भेसन’ छ। काठमाडौंसँग नजिक तातोपानी नाका बढी चल्तीमा आए तिब्बत मामिला भड्किन सक्ने जोखिम उसले देखेको छ। त्यही भएर भुइँचालोको बहानामा सीमावर्ति खासा बजारका व्यापारीलाई रणनीतिक रूपले सिगात्से वा अन्य ठाउँमा पुनर्स्थापित गराउन सुरु भइसकेको अधिकारीहरू बताउँछन्।
चीनले ‘राजनीतिक रूपमा संवेदनशील’ ठानेको तातोपानी तत्काल नखुल्ने छाँट देखिएपछि नेपालको निम्ति एउटै मात्र बाटो बाँकी रहन्छ– केरुङ।
केरुङ नाका प्रयोग गर्दा तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेबाट इन्धन ल्याउनुपर्छ। चीनले ल्हासासम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिसकेको छ। ल्हासाबाट सिगात्सेसम्म रेलमार्ग चालू भइसकेको छ। सन् २०२० सम्म यसलाई केरुङसम्मै तन्काउने चिनियाँ योजना छ।
बेइजिङ वार्तामा गएका नेपाली अधिकारी ल्हासाबाट रेलमार्ग हुँदै २ सय ८३ किलोमिटर दुरीको सिगात्से पुगेका थिए। सिगात्सेदेखि केरुङसम्म दुरी ५ सय ४० किलोमिटर छ। वर्षको लगभग दुई–तीन महिना हिमपात हुने यो क्षेत्रमा चीनले दोहोरो लेनको सुविधाजनक सडक निर्माण गरिसकेको भ्रमणमा सामेल भट्टराईले बताए।
बाटोमा आउँदा–आउँदै हिमपातमा परेर गाडी झन्डैझन्डै चिप्लिन आँटेको स्मरण गर्दै उनले भने, ‘हिउँ पर्दा कठिन हुन्छ, तर हिउँ पन्छाएर आवागमन खोल्नु चिनियाँहरूका लागि ठूलो कुरा होइन।’ नेपाली टोलीको गाडी बीच बाटोमा चिप्लिएर फस्दा पनि चिनियाँ पक्ष तत्काल उद्धार गर्न आइपुगेको उनले बताए।
उनको भनाइमा, समस्या केरुङदेखि नुवाकोटसम्म हो। यो बाटोको करिब १०–१५ किलोमिटर खण्डमा फुस्फुसे पहिरो गइरहन्छ। बाटोसमेत साँघुरो छ। ट्यांकर वा अन्य सवारीको निर्वाध ओहोरदोहोर कठिन हुनसक्छ। त्यसो त यो कालोपत्रे भइसकेको बाटो हो। तर, मर्मतसम्भार अभावले कालोपत्रे खोज्नुपर्ने भएको छ। ‘ठाउँ ठाउँमा पिच सडक देखापर्छ, एकैछिनमा हराइहाल्छ,’ उनले भने।
भारतीय नाकाबन्दीलगत्तै निगमको एउटा टोली केरुङबाट तेल ल्याउन सकिन्छ कि सकिँदैन भनी स्थलगत अध्ययन गर्न सीमासम्म पुगेको थियो। टोलीले त्यतिबेलै यहाँको कठिनाइ भाँपेर मर्मतसम्भारको निम्ति आग्रह गरेकै हो। उक्त आग्रह सरकारको प्राथमिकतामा परेन।
‘हामीले मर्मतसम्भारको सिफारिस गरेलगत्तै सुरु गरेको भए अहिले धेरै काम भइसक्थ्यो,’ भट्टराईले भने। सकारात्मक पक्ष के भने, काठमाडौंबाट केरुङसम्मको करिब १ सय ५० किलोमिटर सडक बाह्रै महिना चल्तीमा आउँछ। नियमित मर्मतसम्भारले अहिलेभन्दा सुविधाजनक बनाउन सकिन्छ। सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनेपछि त यो सिधै ल्हासा हुँदै मध्यचीनसँग सहज रूपले जोडिने भइहाल्यो। त्यो अवस्था विचार गरेर नेपालको आवश्यकताअनुसार केरुङमा पेट्रोलियम भण्डारण निम्ति चीनसँग औपचारिक आग्रह गर्नुपर्ने अधिकारीहरू बताउँछन्।
‘सिगात्सेमा पेट्रो चाइनाको ठूलो स्टोरेज छ, केरुङसम्मै रेल आउने भएपछि त्यहाँ पनि समथर जग्गा हेरेर पेट्रोलियम स्टोरेज बनाइदिन सक्छन्,’ भ्रमणमा सामेल वाणिज्य मन्त्रालयका अधिकारीले भने, ‘नेपालका लागि दुई–तीन महिनाको माग पूरा हुने गरी केरुङमा स्टोरेज बनाउन ऊ तयार हुनसक्छ।’
केरुङमा स्टोरेज क्षमता विस्तारसँगै नेपालले पनि नुवाकोटको कुनै समथर भूमि हेरेर डिपो स्थापना गर्न सक्ने उनको भनाइ छ। टोलीले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार नुवाकोटको पिपलटार यसको निम्ति सम्भाव्य हुनसक्छ।
‘भारतबाट आउने तेल अमलेखगन्जमा जम्मा गरेर देशभरि वितरण गरेजस्तै चीनबाट आउने तेल पिपलटारमा जम्मा गर्ने हो भने सोझै काठमाडौं ल्याउन र गल्छीको बाटो पश्चिमतिर लैजान सजिलो पर्छ,’ वाणिज्यका ती अधिकारीले भने, ‘केरुङको स्टोरेजबाट पिपलटारसम्म पाइपलाइन बिछ्याउने योजना पनि अघि बढाउन सकिन्छ, जसले ढुवानी अझ सहज हुन्छ।’दोस्रो, पेट्रोलियम आयात त सम्भव देखियो, के ग्यास ल्याउन पनि त्यत्तिकै सहज छ ?
वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनका अनुसार अहिले मूल समस्या नै खाना पकाउने ग्यासको हो। चीनबाट अन्य इन्धन ल्याउन सम्भव देखिए पनि चिसो मौसम र साँघुरो सडकका कारण ग्यास ढुवानी कठिन रहेको उनले बताए।
निगम र नेपालका उद्योगहरूसँग ग्यास ढुवानी गर्ने बुलेट छैन। अहिलेसम्म आइओसीकै बुलेटबाट ग्यास भित्रिँदै आएको छ। पेट्रो चाइनाले प्रयोग गर्ने २८ टनको बुलेट केरुङको बाटो ल्याउन अप्ठ्यारो रहेको अधिकारीहरू बताउँछन्। एउटै आस भनेको १४ टनको बुलेट हो। चीनका अन्य पेट्रोलियम कम्पनीले यो आकारको बुलेट प्रयोग गर्दै आएका छन्। त्यसलाई नेपाल ल्याउन सकिन्छ कि सकिँदैन भन्नेतर्फ अध्ययन हुन बाँकी छ।
‘केरुङबाट ठूला ग्यासका बुलेट ल्याउन सकिन्न,’ वाणिज्य मन्त्री पुनले सेतोपाटीसँग भने, ‘पेट्रो चाइनाले प्रयोग गर्ने २८ टनको बुलेट ल्याउन नसके पनि १४ टनको ल्याउन सकिन्छ कि भनेर हामी अध्ययन गर्दैछौं।’
ध्यान दिनुपर्ने तेस्रो कुरा हो, मूल्य अनुपात।
केरुङ बजारमा पेट्रोलको खुद्रा मूल्य १ सय १५ रुपैयाँ हाराहारी छ। यसमा चीनको आन्तरिक करसमेत जोडिएको छ। नेपालले औपचारिक आयात गर्ने हो भने आन्तरिक करमा छुट पाउनसक्छ, जुन भारतबाट पाउँदै आएको छ। ढुवानी लागतका हिसाबले भने चीनबाट ल्याउँदा महँगो पर्नेमा निगमका अधिकारी सहमत छन्।
चीनबाट तेल ल्याउँदा कति मूल्य पर्नसक्छ भन्नेबारे केहीअघि अर्थ मन्त्रालयमा अनौपचारिक छलफल भएको थियो। त्यसले निकालेको मोटामोटी हिसाबअनुसार काठमाडौंसम्म आइपुग्दा भन्सार र भ्याटबाहेक पेट्रोल प्रतिलिटर १ सय ३५ रुपैयाँ पर्ने स्रोत बताउँछ। भन्सार र भ्याटसमेत जोडेपछि यो थप महँगो पर्नेछ। अनुदानित तेल ल्याउँदा त भन्सार छुट नदिएको सरकारले व्यापारिक कारोबार सुरु भएपछि भन्सार लिँदैन भनी पत्याउन मुश्किल छ। तैपनि आन्तरिक कर समायोजन गरेर केही सहुलियत दिन सकिनेमा निगम अधिकारी विश्वस्त छन्।
उनीहरू त कतिसम्म सकारात्मक छन् भने, वार्षिक निश्चित परिमाणको तेल सधैं किन्ने विश्वास दिलाए चीनले प्रचलित बजार मूल्यमा फरक नपर्ने गरी उपलब्ध गराउनसक्छ। बेइजिङ वार्ता क्रममा मूल्यको कुरा गम्भीर रूपमा नउठाइएकाले तत्काललाई यो यकिन भन्न सकिन्न।
‘दीर्घकालीन योजनासहित अघि बढ्ने हो भने अहिले केही महँगो परे पनि रेलमार्ग, स्टोरेज र पाइपलाइन विस्तारपछि लागत कम हुनसक्छ,’ निगमका भट्टराईले भने, ‘पेट्रो चाइनासँग हुने अबको वार्तामा मूल्यबारे छलफल हुनेछ।’
चौथो, चीनबाट तेलसँगै भूराजनीतिक प्रभाव पनि भित्रिने जोखिम।
चीनसँग तेल किन्नु दीर्घकालीन रूपमा सम्भव भए पनि तत्काल यसले नेपालको माग धान्न नसक्ने बेइजिङ गएका अधिकारीहरू स्वीकार गर्छन्। वाणिज्य मन्त्री पुनले पनि चीनबाट मात्र आयात गरेर तत्काल नेपालको माग पूरा नहुने बताएका छन्। अर्कातिर, एकतिहाइ मात्रै ल्याउनलाई पनि केही आधारभूत संरचनाको तयारी जरुरी छ, जुन निश्चित रूपमा रातारात हुनेवाला छैन। सबभन्दा ठूलो कुरा त, हामीसँग बाह्रै महिना चल्ने सडक त छ, तर त्यो जुन हालतमा छ, त्यही हालतमा देशको ‘लाइफ लाइन’ बन्न सक्दैन।
भौगोलिक दुरी तथा सडकको कठिनाइ बेइजिङले पनि बुझेको छ। त्यही भएर चिनियाँ तेलको विषयमा बढी प्रचारप्रसार गरेर जनअपेक्षा नउकास्न उसले सुझाउँदै आएको अधिकारीहरू बताउँछन्। अर्कातिर, नेपालतर्फ सहयोगको हात बढाउँदा आर्थिक रूपले नजिकिँदै गएको भारतसँगको भूराजनीतिमा पर्ने प्रभाव चीनकै लागि पनि चासोको विषय हुनेछ। जुन दिन नेपालसँग पेट्रोलियम समझदारी भयो, त्यसै साँझ चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीले ‘नेपाल मामिलामा भारतसँग छलफल गर्न सक्ने’ जनाउ दिनु त्यसैको संकेत हुन सक्छ।
यो स्थितिमा भारतले निहुँ खोजेर आपूर्ति ठप्पै पार्न सक्ने जोखिम छँदैछ। भारत सरकारले प्रत्यक्ष केही नबोले पनि नेपालको तेल आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई हतियार बनाउनसक्छ। नेपालको तेस्रो मुलुकसँगको वैदेशिक व्यापारमा पारवहन सुविधा नदिएर खोँचे थाप्नसक्ने सम्भावना पनि नकार्न सकिन्न।
बेइजिङ समझदारी अघि बढाउने कि भारतसँग कुरा मिलाउनतिर लाग्ने भन्ने ‘क्रसरोड’ मा सरकार दुविधाग्रस्त उभिनुको कारण यही भूराजनीतिक प्रभाव नै हो।
त्यसो भए अब के त ?
वीरगन्ज काण्डपछि भारतसँगको सम्बन्धमा नयाँ जटिलता उत्पन्न भएको छ। मधेसवादी दलहरूसँग वार्ता भाँडिने खतरा बढेको छ। यसले भारतको नाकाबन्दी अझ कडा हुनसक्छ। भारतीय राजदूतले आइओसीलाई जोडेर गरेको व्यंगात्मक टिप्पणी, विदेश मन्त्रालयको विज्ञप्ति र प्रधानमन्त्री नरेन्द्र मोदीकै चासोले आगामी दिनमा स्थिति असहज हुँदै जानेतर्फ नै संकेत गर्छन्।
वाणिज्य तथा आयल निगमका अधिकारीको रायमा, यो अवस्थाले चीनसँगको पेट्रोलियम आपूर्ति समझदारीलाई औपचारिक व्यापारिक सम्झौतामा बदल्ने खाँचो बढाएको छ। आपूर्ति थप असहज हुने स्थिति हेर्दा चीनबाट थप तेल झिकाउनुको विकल्प छैन। व्यापारिक सम्झौता नै नगरी थप तेल माग्न सकिन्न। यसो गर्दा आइओसीले व्यापारिक सम्बन्ध नै तोड्ने जोखिम त छ, तर चीनसँगको समझदारी भारतीय रवैयाकै परिणाम हो भनेर आफ्नो तर्क जोडदार रूपमा राख्नुको विकल्प छैन।
अर्को कुरा, जोखिमका बाबजुद चीनसँग समझदारी गरिसकेपछि अब भारतको डरले व्यापारिक सम्झौतालाई पछाडि धकेल्ने हो भने यो प्रक्रिया यहीँ तुहिनेतर्फ पनि अधिकारीहरू शंका व्यक्त गर्छन्।
‘यस्तो अवस्थामा पनि सम्झौता गर्न सकेनौं भने चीनबाट व्यापारिक रूपमा तेल ल्याउने सम्भावना त्यसै तुहिन्छ,’ निगमका नायब कार्यकारी निर्देशक भट्टराईले भने, ‘अहिले पनि हुन नसकेको सम्झौता अब कहिल्यै हुन्न।
यति लामो बाटो हिँडेपछि पछाडि फर्कंदा चीनकै विश्वास पनि गुम्ने उनले बताए। ‘चीनसँग समझदारी गरेर हामीले फस्ट टर्म जाँच पास गर्यौं, अनुदानित तेल काठमाडौंसम्म ओसारेर सेकेन्ड टर्म पास गर्यौं, अब फाइनल जाँच व्यापारिक सम्झौतापछि मात्र पास हुनेछौं,’ उनले भने
सबभन्दा महत्वपूर्ण कुरा, कुनै पनि राजनीतिक मतभेद आउनेबित्तिकै भारतले तेलको अस्त्र प्रयोग गरेर नेपाललाई झुकाउँदै आएको छ। २०२७ सालमा उत्तरी क्षेत्रबाट भारतीय चेकपोस्ट हटाउँदा होस् वा २०४५ मा चीनसँग हतियार सम्झौता गर्दा, भारतले हरेकचोटि राजनीतिक खटपटमा प्रतिशोध साँध्न तेल आपूर्तिलाई नै हतियार बनाउँछ। यी सबै परिस्थितिमा नेपालले कुनै न कुनै रूपमा आफ्नो सार्वभौमिकता र आत्मस्वाभिमान सम्झौता गर्नुपर्ने बाध्यात्मक अवस्था भोग्दै आएको छ।
नेपालको यो निरीहता तबसम्म कायम रहन्छ, जबसम्म पेट्रोलियम पदार्थजस्तो ‘लाइफ लाइन’ का निम्ति भारतसँग मात्र निर्भर रहन्छ। देशको सार्वभौमिकता र स्वाभिमानमा सम्झौता गर्नुपर्ने परिस्थिति फेरिफेरि नआओस् भनेर पनि यो निर्भरता अन्त्य गर्नुपर्ने खाँचो छ
‘हामीले अहिले चीनसँग सम्झौता गरिहाल्यौं भने त्यो निर्भरता केही हदसम्म अन्त्य हुनेछ,’ निगमका नायब कार्यकारी निर्देशक भट्टराईले भने, ‘एकचोटि सम्झौता गरिसकेपछि चीनबाट तेल आयात गर्ने सहज वातावरण बन्दै जानेछ। भोलिको सरकारले पनि यसलाई निरन्तरता दिन बाध्य हुनेछ।’‘यो वास्तवमै नेपालको निम्ति नीतिगत डिपार्चर (फड्को) को घडी हो,’ उनले भने। साभार सेतोपाटी
]]>
5575 0 0 0
स्थानीयबासीले राजेन्द्र महतोको मोटरसाइकलको चाबी खोसे http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%af%e0%a4%ac%e0%a4%be%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0/ Wed, 04 Nov 2015 16:11:03 +0000 http://www.ghumphir.com.np/?p=5577 कात्तिक १८ , बारा ।

जनतालाई नाकाबन्दी गरेर आफू भने मोटरसाइकलमा हिँडेको भन्दै सिमराका स्थानीयबासीले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको मोटरसाइकलको चाबी खोसेका छन् ।महतो सिमरास्थित इलाका प्रहरी कार्यालयमा थुनामा रहेका पार्टीका गढीमाई नगर कमिटी अध्यक्ष रामबाबु साहलाई भेट्न पुगेका थिए ।

Rajendra-Mahatoबन्दको अवज्ञा गरेको भन्दै जीतपुरमा सवारी साधन तोडफोड गरेको भन्दै प्रहरीले साहलाई पक्राउ गरेको थियो । सुरुमा महतोलाई प्रहरीले साहसँग भेट्न दिएनन् ।तर, उनका कार्यकर्ताले केहीबेर नाराबाजी गरेपछि प्रहरीले सद्भावना अध्यक्ष महतोलाई साहसँग भेट गराए ।भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सद्भावना अध्यक्ष महतोले आफूहरुको नाकाबन्दी आन्दोलनलाई अन्तराष्ट्रिय समुदायको समर्थन रहेको बताए । ‘लामो समय सडक आन्दोलन गरेका जनताले नाकाबन्दी आन्दोलन गर्दा त्यसमा कसैले सहयोग गर्नु अपराध होइन’ उनले भने ।

सञ्चारकर्मीहरुसँग कुराकानी गरिरहँदा महतो स्थानीयबासीको घेरामा परे । नाकाबन्दी कहिले खुल्छ, जनतालाई सास्ती दिने भन्दै उनलाई स्थानीयबासीले घेरा हालेपछि तनाव सुरु भएको थियो ।जनतालाई नाकाबन्दी गरेर आफू मोटरसाइकलमा हिँडेको भन्दै स्थानीयले महतो चढेको मोटरसाइलको चाबीसमेत खोसेका थिए । घटनापछि प्रहरीले महतोलाई सुरक्षा दिएर वीरगञ्जतर्फ पठाएको छ ।

]]>
5577 0 0 0
नाकाबन्दीप्रति जापानको चासो http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf-%e0%a4%9c%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%9a/ Wed, 04 Nov 2015 16:17:13 +0000 http://www.ghumphir.com.np/?p=5580 काठमाडौँ, १८ कात्तिक ।

नेपालका लागि जापानी राजदूत मासाही गोवाले भारतले नेपालमा लगाएको नाकाबन्दीप्रति चासो देखाएका छन् । गृहमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा उनले मधेसमा चलेको आन्दोलन र नाकाबन्दीबारे चासो राखेका हुन् ।

सिंहदरबारमा भएको भेटमा जापानी राजदूतले नेपाल भएको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो राख्दै संविधानसभाबाट संविधान निर्माण भएकोमा जापान सरकार हर्षित रहेको भेटमा सहभागी स्रोतले जानकारी दियो । जापानी राजदूत मासाहीले भूकम्पपछिको पुनर्निर्माणको प्रक्रियाप्रति समेत चासो राखेका थिए । उनले पुनर्निर्माण प्राधिकरण निर्माणमा भइरहेको ढिलाइप्रति चासो राख्दै प्राधिकरण बनेपछि जापान सरकारले घोषणा गरेको सहयोगलाई अघि बढाउने जानकारी गराएका थिए ।

भेटमा बस्नेतले मधेसमा चलिरहेको आन्दोलनलाई शान्तिपूर्ण रूपमा समाधान गर्न सरकार तयार रहेको बताउँदै त्यसका लागि वार्ता र संवादअघि बढिसकेको जानकारी गराएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

]]>
5580 0 0 0
तेल पाउन लाइन बसेरमात्र नहुने कुपन पनि लिनु पर्ने http://localhost/ghum/%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a8-%e0%a4%ac%e0%a4%b8%e0%a5%87%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%a8/ Wed, 04 Nov 2015 16:34:50 +0000 http://www.ghumphir.com.np/?p=5583 उत्तम काप्री

 कात्तिक १८,काठमाडौं ।

नेपाल आयल निगमले असोज २६ गतेपछि पहिलो पटक निजी सवारीलाई कोटा प्रणालीमा लट अनुसार बिहीबारबाट तेल वितरण गर्नलागेको छ। निगमका निमित्त निर्देशक मुकुन्द घिमिरेका अनुसार १९ देखि २१ गतेसम्म १० लाख लिटर पेट्रोल निजी सवारीलाई  वितरण गरिनेछ। यसरी वितरण गरिने तेल कुपन पद्धतिमा वितरण गरिने समेत उनले बताए। पेट्रोल पाउनका लागि निजी सवारी साधनले अनिवार्य रुपमा कुपन लिनु पर्नेछ। तेल पाउन लाइनमा निजी सवारी धनीले सवारी साधन मात्र राखेर नहुने भएको छ। कुपन नभएकाले तेल पाउन छैनन्। सम्बन्धित पम्पबाट टोकन समेत लिनु पर्ने भएको छ। प्रत्येक दिन ५५ देखि ६० वटा पम्पबाट लट अनुसार बिहान ११ बजेदेखि पम्पमा तेल रहनुजेलसम्म वितरण गरिने घिमिरेले जानकारी दिए। थानकोट डिपोले बिहान १० बजेदेखि पम्पहरूलाई तेल वितरण गर्नेछ। एउटा ट्यांकरले कम्तिमा तीनदेखि चारवटा पम्पमा बाँडिने भएकाले केही समय ढिला हुन सक्ने निगमले जनाएको छ। उनका अनुसार उपत्यकामा यति नै बजेबाट यो पम्पबाट तेल वितरण गरिने समय भने तोकिएको छैन। असोज २६ गते धेरै उपभोक्ताले लाइनमा बसेर पनि पेट्रोल नपाएको गुनासो आएपछि नेपाल आयल निगमले यसपटक अनिवार्य रुपमा कुपन प्रणालीबाट तेल वितरण गरी व्यवस्थित गर्ने लागेको उनले बताए। निगमले असोज २६ गते निजी सवारी साधनलाई तेल बाँड्दा  लाइन बसेका करिब ३३ प्रतिशतले मात्र तेल पाएका थिए। त्यतिबेला निगमले साढे सात लाख लिटर तेल बाँडेको थियो। ‘सबै पम्पमा एकै परिमाणमा तेल वितरण हुँदैन', उनले भने। पम्पले पहिले वितरण गरेको परिमाणको आधारमा न्यूनतम ३ हजार लिटरदेखि ९ हजार लिटरसम्म पेट्रोल पाउने उनले जानकारी दिए। पम्पले आफूले पाउने पेट्रोलको परिमाणअनुसार कुपन बाँड्नुपर्ने घिमिरेले बताए। एउटा पेट्रोल पम्पले ३ हजार लिटर तेल पाएमा उसले ५० प्रतिशतमा ५ लिटरका दरले ३ सय मोटर साइकललाई १५ लिटरका दरले सय वटा कारलाई कुपन दिने व्यवस्था गरिएको उनले बताए। सरकारी पेट्रोलपम्पबाट समेत केहीलाई तेल वितरण गरिने उनले जानकारी दिए। थानकोट डिपोबाट पम्पले तेल पाउने तेलको परिमाण थाहा भएपछि मात्र सो पम्पले कुपन वितरण गर्नेछ। पछिल्लो समय चीनबाट पनि तेल आइरहेको, भारतका विभिन्न नाकाबाट आइरहेको तेल काठमाडौंमा ल्याएर र आपतकालीन स्टकबाट समेत तेल वितरण गर्न लागेको घिमिरेले बताए। घिमिरेले उपभोक्ता लागि आफ्नो लटको पालामा मात्र लाइन बसेर सहयोग गरिदिन समेत आग्रह गरेका छन्।साभार सेतोपाटी ]]>
5583 0 0 0
पर्यटकको चहलपहल बढ्दो http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%b9%e0%a4%b2%e0%a4%aa%e0%a4%b9%e0%a4%b2-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%a6%e0%a5%8b/ Wed, 04 Nov 2015 16:57:20 +0000 http://www.ghumphir.com.np/?p=5585 5585 0 0 0 सौर्य ऊर्जाले गाउँ झिलीमिली http://localhost/ghum/%e0%a4%b8%e0%a5%8c%e0%a4%b0%e0%a5%8d%e0%a4%af-%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%9d%e0%a4%bf%e0%a4%b2%e0%a5%80%e0%a4%ae/ Thu, 05 Nov 2015 02:24:11 +0000 http://www.ghumphir.com.np/?p=5592

]]>
5592 0 0 0
पेट्रोलको लाइन बस्दा ध्यान दिनुपर्ने कुरा http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a8-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a7%e0%a5%8d%e0%a4%af/ Thu, 05 Nov 2015 02:30:15 +0000 http://www.ghumphir.com.np/?p=5594 १९ कात्तिक, काठमाण्डौ ।

नेपाल आयल निगमले आजदेखि मोटरसाइकल तथा गाडीलाई तेल बााड्ने भएपछि दुई दिनअघि देखि नै काठमाण्डौका पेट्रोल पम्पअगाडी नदी झैं लामो लाइन देखिन थालेको छ । पााच लिटर पेट्रोल पाउन चार दिनसम्म लाइन बस्नुपर्ने बाध्यता छ ।

चिसो मौसममा यसरी लामो लाइन बस्दा केके कुरामा ध्यान दिनुपर्छ त ? चिकित्सक रवीन्द्र समिरले आफ्नो फेसबुकमार्फत् लाइन बस्नेहरुलाई केही महत्वपूर्ण सुझाव दिएका छन् ।

१. अति जरुरि तथा उपाय नभएका बाहेक लाइनमा नबसौं ! सबैले तेल पाउने स्थिति छैन ! पछिको लागि स्टक राख्ने सोंच त्यागौं ! म पनि यो लाइनमा बस्नेछैन !

२. रातिमा बाइक तथा कारका टायर, साइड ग्लास आदि चोर्ने घटना सुन्नमा आएको छ तसर्थ लाइन बस्ने व्यक्ति र सुरक्षाकर्मी सचेत बनौं ।

३. रातिमा लाइन बस्दा मदिरा सेवन गरेर झगडा गर्ने, सवारी साधन तोडफोड गर्ने खतरा हुनसक्छ तसर्थ यस्तो प्रवृति निरुत्साहित गरौँ ।

४. यो चिसो मौसममा रातदिन धुलो, धुँवा खाएर लाइन बस्दा बिरामी हुने सम्भावना हुन्छ तसर्थ स्वास्थ्यको पनि ख्याल गरौँ ।

५. पेट्रोलपम्पले आफन्त वा पहुँच भएकालाई बढी इन्धन दिने, कालोबजारी गर्न तेल सकियो भन्ने जस्ता बिगतका परम्परा दोहोरिन सक्छ तसर्थ अनुगमन पक्ष बलियो होस् ।

६. निगम, सुरक्षाकर्मी तथा अन्य पक्षले आउने र वितरण गर्ने परिणामअनुसार एकदिन पहिले नै टोकन दिएर बाँकीलाई अर्को लटको लागि टोकन दिएर भएपनि अनाबश्यक दुखबाट मुक्ति दिने काम गरोस ! ३/४ दिन लाइन लागेर तेल नपाउँदाको पिडा सरकारले बुझोस् ।

७. बाइक तथा कार दुवै हुनेले एउटा साधन मात्र लाइनमा राखौं ! बुझौं, आफुलाई जस्तो समस्या अरुलाई पनि छ भन्ने तथ्य ।

८. सरकारी साधनको उपभोग गर्न पाउनेले आफ्नो निजि साधन लाइनमा नराखौं ।

९. पालो मिच्ने तथा होहल्ला गर्ने काम नगरौं ।

१०. समयमा खाना तथा नियमित पानी पिउने ब्यबस्था गरौँ ।

]]>
5594 0 0 0
तपाईंलाई ग्यास चाहियो ? फोन गर्नुस् http://localhost/ghum/%e0%a4%a4%e0%a4%aa%e0%a4%be%e0%a4%88%e0%a4%82%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%9a%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%ab%e0%a5%8b/ Thu, 05 Nov 2015 02:36:07 +0000 http://www.ghumphir.com.np/?p=5597 १९ कात्तिक, काठमाडौं ।

तपाईं खाली सिलिन्डर बोकेर ग्यासको लाइनमा जान खोज्दै हुनुहुन्छ र ग्यास कहाँ पाइन्छ भन्ने जान्न चाहनुहुन्छ भने आयल निगमले सञ्चालनमा ल्याएको ०१–४२६२५८६ मा फोन गर्नुस् । तपाईंको नजिकै कुन डिपोबाट कुन ब्रान्डको ग्यास वितरण भइरहेको छ भन्ने जानकारी पाउनुहुन्छ ।

आयल निगमका वितरण विभाग निर्देशक मुकुन्द घिमिरेले मुलुकभित्र पसिसकेका ग्यास बुलेटदेखि डिलरमार्फत वितरण हुने सिलिन्डरसम्मको जानकारी दिन ‘कन्ट्रोल रुम’ को व्यवस्था गरिएको बताए । सोही कन्ट्रोल रुममा रहेको फोन नम्बरबाट सर्वसाधारणले उपत्यकामा वितरण हुने ग्यासका बारेमा जानकारी लिन सक्ने उनले बताए । ‘हामीले ग्यास वितरणबारे सर्वसाधारणलाई जानकारी दिन ०१–४२६२५८६ नम्बरको टेलिफोन जडान गरेका छौँ । सो नम्बरमा सर्वसाधारणले फोन गरे कुन–कुन डिलरमा कुन कम्पनीको ग्यास वितरण भइरहेको छ भन्ने जानकारी दिनेछौँ,’ निर्देशक घिमिरेले भने ।

कन्ट्रोल रुममा विवरण संकलन गर्न उद्योगी र विक्रेताले पनि सघाइरहेका छन् । भारतको नाकाबन्दीपछि गत शुक्रबारबाट मात्रै मागभन्दा अन्यन्त कम परिमाणमा ग्यास आइरहेका छन् । उपत्यकामा दैनिक ३० बुलेट (३७ हजार ५ सय सिलिन्डर) माग भए पनि हाल औसतमा दैनिक ५ बुलेट (६ हजार २ सय ५० सिलिन्डर) मात्रै आयात भइरहेको निगमले जनाएको छ । काठमाडौं भित्रिएकै ग्याससमेत उद्योगीले होटेल, रेस्टुरेन्ट र नेताका घरमा पुर्‍याउँदा सर्वसाधारणले पाउन सकेका छैनन् । बिहीबारबाट राजधानीका लागि ग्यास भित्रिए पनि उद्योगीले उद्योग परिसर र गोदामबाट ग्यास बिक्री गरेपछि सर्वसाधारणले सास्ती खेपेका थिए । उद्योग परिसरमा टाढा–टाढाबाट ग्यास लिन उपभोक्ता पुग्न थालेपछि सरकारले सोमबार डिलर (पसल) मार्फत नै ग्यास बिक्री गर्न कडाइ गरेको नयाँ पत्रिकामा खबर छ ।

त्यसपछि डिलरलाई ग्यास उपलब्ध गराउन राजी भएका उद्योगीकै सहयोगमा निगमले कन्ट्रोल रुम राखेको थियो । सो कन्ट्रोल रुममा उद्योगीले कुन–कुन कम्पनीका ग्यास आए र कति सिलिन्डर भरेर कुन–कुन डिलरमा पठाइएको छ भनेर डिलरको नाम र स्थानसहितको विवरण निगमलाई पठाउन थालेका छन् । सर्वसाधारणले ग्यासबारे जिज्ञासा राखे निगमले उद्योगीबाट प्राप्त गरेको विवरण जानकारी गराइदिनेछन् । उपभोक्ताले कहाँबाट फोन गरेको हो त्यसबारे जानकारी गराएपछि निगमले सो क्षेत्रबाट नजिक कहाँनेर कुन कम्पनीको ग्यास सिलिन्डर बिक्री भइरहेको छ भन्ने जानकारी गराउँछ ।

]]>
5597 0 0 0
निगमले दुईसाताभित्रै पेट्रो चाइनासँग पेट्रोलियम व्यापार सम्झौता गर्ने http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a5%81%e0%a4%88%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%88-%e0%a4%aa%e0%a5%87%e0%a4%9f/ Thu, 05 Nov 2015 02:47:05 +0000 http://www.ghumphir.com.np/?p=5599  कात्तिक १९, काठमाडौं ।

नेपाल आयल निगमले दुईसाताभित्रै पेट्रो चाइनासँग पेट्रोलियम व्यापार सम्झौता हुने बताएको छ । पेट्रोलियम कारोबारका लागि समझदारीपत्रमा हस्ताक्षर भैसकेको पेट्रो चाइनालाई १५ नोभेम्बरभित्रै व्यापार सम्झौताका लागि नेपाल आउन पत्र पठाइसकिएको निगमले जनाएको छ । भारत र चीनसहित तेस्रो मुलुकबाटसमेत पेट्रोलियम पदार्थ आयातका लागि पहल भैरहेको भन्दै निगमले वंगलादेशसँग समेत छलफल गरिरहेको छ । निगमले ग्लोबल टेण्डरबाट छानिएका ११ कम्पनीमध्ये विराट पेट्रोलियमले भने भारतबाटै पेट्रोल, डिजेल र एलपी ग्यास ल्याउने जनाएको छ । हवाई इन्धन भने पेट्रोम्याक्सले नेपाल वायुसेवा निगमले भन्दा कम मूल्यमा भारतको कोलकताबाट ल्याउने बताइएको छ । तत्काल पेट्रोलियम पदार्थ आपूर्तिका लागि गिमले आह्वान गरेको ग्लोबल टेण्डर २२ वटा कम्पनीले हालेका थिए । त्यसमध्ये ११ वटा कम्पनीले अनुमति पाएका छन् ।

बिराट पेट्रोलियम प्रालि, पेट्रोम्याक्स, ओटेक्स, शेर्पा आउटडोर, अरेन्ज ट्रेड, ओमशिव पेट्रो, साईराम सप्लायर्स, हिमालयन ग्यास एण्ड पेट्रोलियम, ग्लोबल एलाइन्स, ल्यास वर्ल्ड ट्रेडिङ र ब्लु लोटस प्रालीले निगमबाट पेट्रोलियम पदार्थ आयात गर्न अनुमति पाएका छन् । यिनीहरुमध्ये अधिकाँशले भारतबाट र कतिपय कम्पनीले चीन र बंगलादेशबाट ग्यास ल्याउने योजना पेश गरेका छन् ।

]]>
5599 0 0 0
इन्धन अभावमा अस्पताल http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2/ Thu, 05 Nov 2015 02:55:55 +0000 http://www.ghumphir.com.np/?p=5601 कात्तिक १९ , काठमाडौं । ईन्धन अभावले चौतर्फी प्रभाव परेसँगै यसको प्रतक्ष असर अस्पतालमा पनि परेको छ । अस्पतालका एम्वुलेन्स सेवा न्यून मात्रामा सञ्चलनमा आएका छन् । सडकमा कम सवारी चल्दा बिरामीलाई अस्पतालसम्म पुग्न मुश्किल छ । अक्सिज, औषधी लगायतका अत्यावश्यक बस्तुको आपूर्ति सहज नहुँदा अस्पताल संचालनमा समेत कठिनाइ भएको छ नाकाबन्दीले मुलुकमा अन्य क्षेत्रमाm झै स्वास्थ्य क्षेत्रमा पनि गम्भीर समस्या देखिएको छ । राजधानीका ठूला अस्पतालले औषधी, अक्सिजन, इन्धनलगायत अत्यावश्यक सामग्रीको अभावमा आफ्नो पूर्णसेवा दिन नसक्ने जनाएका छन् । वीरामीको अति आवश्यकीय शल्यक्रिया हुन नसक्दा गम्भीर प्रकृतिका विरामीहरु समस्यामा पर्न थालेका छन् । यसैगरी कर्मचारी बोक्ने सवारी साधन र एम्बुलेन्स चलाउनसमेत समस्या भएको छ । जेनेरेटर र एम्वुलेन्स संचालनका लागि इन्धनको जोहो गरिदिन उनीहरुले सरकारसँग माग गरेका छन् । इन्धन अभावकै कारण सधै विरामी र कुरुवाको चाप रहने वीर, टिचिङ, पाटन लगायतका अस्पतालमा अहिले भिडभाड देखिदैन । भर्ना भएका विरामीलाई राख्न समस्या भएको अस्पतालले जनाएको छ । खाना पकाउने ग्यास नहुँदा विरामीलाई खुवाउनै समस्या भएको आफन्तहरुको गुनासो छ । बाहिरबाट खाना ल्यान अधिकांश होटल बन्द भएका कारण खानापछि खानुपर्ने औषधी चिया, विस्कुट खुवाएरै औषधी खुवाउनु पर्ने अवस्था छ । विरामीलाई आवश्यक पर्ने औषधि समेत पाउन छाडेको छ । चिकित्सकले सिफारिस गरेको औषधी सहज रुपमा नपाइने भएकाले औषधी दिँदा पनि समस्या भएको चिकित्सकहरु बताउछन् । इन्धन र औषधी जस्ता अत्याश्वयक बस्तुको अभावमा विरामी समस्या पर्दा सरकारले अस्पताल संचालनका लागि विकल्प दिन समेत सञ्चालकहरुले आग्रह गरेका छन् ।।

]]>
5601 0 0 0
पहिले घरझगडा मिलाऔं अनि ‘नाकाबन्दी’विरुद्ध लडौंला :अध्यक्ष मुरारका http://localhost/ghum/%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%b0%e0%a4%9d%e0%a4%97%e0%a4%a1%e0%a4%be-%e0%a4%ae%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%94%e0%a4%82-%e0%a4%85%e0%a4%a8%e0%a4%bf/ Thu, 05 Nov 2015 03:18:39 +0000 http://www.ghumphir.com.np/?p=5603 तीन महिना लामो तराई बन्द र एक महिनादेखिको भारतीय नाकाबन्दीले मुलुकमा पेट्रोलियम संकटमात्र नभई सम्पूर्ण क्षेत्र नै उत्तिकै समस्यामा छ । उद्योग व्यवसायले भोगेको क्षतिको यकिन तथ्यांक छैन । लाखौं मजदुर बेरोजगार भएका छन् भने बजारमा दैनिक उपभोग्य वस्तुकै अभाव सुरु भइसकेको छ । राजनीतिक द्वन्द्वमा निजी क्षेत्र निरीह भएको छ । वीरगन्जको सुख्खा बन्दरगाहमा ७० हजार टन सामान थुप्रिए पनि त्यो गन्तव्यसम्म पु¥याउनेतर्फ कसैको ध्यान गएको पाइँदैन । सरकार र आन्दोलनरत दलहरूसँग यो समस्या समाधानका लागि पटक–पटक आग्रह गरे पनि कसैको ध्यान नजाँदा निजी क्षेत्र निरास देखिन्छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष,  पशुपति मुरारकासँग औद्योगिक तथा व्यावसायिक क्षेत्रको पछिल्लो अवस्थाबारे  विपेन्द्र कार्कीले गरेको कुराकानी :

Pashupati-Murarka1मुलुकको सम्पूर्ण ध्यान पेट्रोलियम संकटमा केन्द्रित छ, उद्योग व्यवसायमा भएको क्षतिको त कुनै चर्चा नै छैन नि ! यसको दोष केही हदसम्म मिडिया र सोसल मिडियालाई पनि जान्छ । मुलुकको सारा ध्यान नाकाबन्दी र पेट्रोलियम संकटमा केन्द्रित छ । नाकाबन्दी हो कि होइन भन्नेमै विवाद छ भने अर्कोतिर नाकाबन्दी नै भए पनि हामी त्यसको सामना गर्न तयार हुनुपर्छ । भूपरिवेष्ठित राष्ट्रलाई छिमेकीले पारवाहन सुविधा दिनैपर्छ र दिएको पनि छ । सँगसँगै नेपालले जसरी भारतसँग व्यापार नगरी सक्दैन, भारतले पनि ठीक त्यसैगरी नेपालको मार्केटलाई उपेक्षा गर्न सक्दैन । नेपाल उसका लागि पनि निकै ठूलो बजार हो । भारतको सातौं ठूलो ‘ट्रेडिङ पार्टनर’ हो नेपाल भने कसरी नेपालसँग व्यापार नगरी बन्न सक्छ । भारतजस्तो देशका लागि सातौं ठूलो बजार हो भने ठूलै कुरा हो । हाम्रा पनि भारतमा रहेका ट्रेडिङ पार्टनर छन् र उनीहरूले पनि नेपालसँग यसरी व्यापार रोकेर राख्न हुँदैन भनेर दबाब दिन्छन् ।

राज्यले पनि बेवास्ता ग¥यो भन्न खोज्नुभएको हो ? हाम्रो पीडा भनेकै राज्य जिम्मेवार भएन । उसले प्रयास गरेको भए पनि त्यो देखिएन, हामीले महसुस गर्न सकेनौं । तपाईंको घरबाहिर कसैले बाहिर निस्किनुभयो भने हतियार प्रहार गर्छु भनेर धम्क्यायो भने सभ्य मानिसले आफैं भिड्नेभन्दा पनि १०० मा फोन गरेर प्रहरीको सहयोग माग्छ । तर, प्रहरीले रेस्पोन्स गरेन भने के गर्ने ? हामीलाई पनि भएको त्यही नै हो । हामीले उद्योग चलाउँदा बन्द गराइदिए, आगजनी गरे, जबर्जस्ती मजदुरलाई बाहिर निकाले, लुटपाट गरे, ट्रकमा आगजनी गराइयो यस्ता धेरै घटना भए । हामी कहाँ जाने ? हामीले सहयोग माग्दा पनि पाएनौं, राज्य जिम्मेवार भएन । नाकाबन्दी त तराई बन्दको ४३औं दिनमा गएरमात्र लागेको हो नि । भारत सरकारले अझै नाकाबन्दी छैन भनिरहेको छ, हामी त्यो विवादमा पर्न चाहँदैनौं तर सरकारले त्यो ४३ दिनसम्म हाम्रो समस्या किन समाधान गरेन भन्नेमात्र हाम्रो चिन्ता हो । हाम्रो सरोकार मधेसीको माग जायज वा नाजायज भन्ने होइन, खास भन्ने हो भने त हामीले पढेका पनि छैनौं तर त्यो आन्दोलनका कारण हाम्रो व्यापार व्यवसाय र रोजीरोटी नै संकटमा पर्छ भने हामी सहेर बस्नु पनि भएन ।

तपाइँहरूले पनि मधेसवादी दलहरूको पक्ष लिनुभयो भन्ने आरोप सरकारनिकट दलले लगाइरहेका छन् नि ! म न मधेसवादी हो न त पहाडवादी हो, सम्पूर्णतामा म नेपालवादी हो । मधेसमा जन्मिएँ तर पहाडमा व्यापार–व्यवसाय गरेर बसेको छु भने मेरा लागि नेपाल सबैभन्दा अगाडि आउँछ । आज मजस्ता व्यवसायीको दसौं हजार करोड क्षति भइसकेको छ । हामीले के पाप गरेका थियौं र हाम्रो उद्योग व्यवसाय चल्न दिइएन ? उद्योग बन्द गर्दा न सरकारलाई फाइदा पुग्छ न त आन्दोलनकारीलाई नै । लाखौं मजदुर एकैपटक बेरोजगार हुँदा मुलुकलाई नै नोक्सान हुन्छ । राष्ट्र बैंकले यही अवस्थालाई मध्यनजर गरेर हामीलाई राहतको सानो प्याकेज दिएको पनि छ । एक त यो पर्याप्त छैन, क्षणिक राहतमात्रै हो भने अर्कोतर्फ यसले गरेको संकेत झनै डरलाग्दो पनि छ । राहत दिनुपर्ने अवस्था आउनु नै आफैंमा राम्रो दिन त पक्कै होइन ।

व्यापार–व्यवसायमा पर्ने दीर्घकालीन असर कस्तो छ ? अहिलेसम्म धेरैको ध्यान यसमा गएको छैन । उदाहरणका लागि, एउटा व्यापारीले १ करोडको सामान झिकायो । ३० लाख रुपैयाँ आफ्नो पैसा र ७० लाख रुपैयाँ बैंकको ऋण यसमा लगानी भएको होला । त्यो सामान थन्किएको छ, कुहिएर जाने सामान पनि हुन सक्छ अब उसको क्षमता रहेन कि त्यो ७० लाख बैंकलाई बुझाउन सकोस् । उसको ३० लाख त डुब्यो नै, बैंकको ७० लाख पनि सँगै डुब्यो । उसँग त्यो ७० लाख तिर्नसक्ने क्षमता पनि हुँदैन । यो नाकाबन्दी वा बन्द खुलेपछि धेरैको लगानी यसैगरी डुब्ने अवस्थामा छ । बैंकको हालत त्यो बेलामा के होला ? बैंकको चार्ज त बढेकोबढ्यै छ तर तिर्नसक्ने क्षमता घटेकोघट्यै छ । क्षमतामा यसरी ह्रास आएको छ कि मैले नै पनि आफ्ना कर्मचारीलाई दसैं बोनस खुवाउन सकिनँ, जबकि म आफ्नो कम्पनीलाई सामान्यभन्दा राम्रो क्षमता भएको रूपमा लिन्छु । यो एउटा उदाहरणमात्रै हो । दिने पैसा दिनुपर्छ, भएको सामान कुहिएर गएको छ भने आउने बाटो सबै बन्द छ । दसैंमा आएको सामान तिहारमा बेच्न सकिन्न, अर्को दसैंसम्म फेसनै गइसकेको पनि हुनसक्छ । सामानको मूल्यभन्दा विलम्ब शुल्क बढी भइसक्यो । यो पैसा बैंकलाई दिन सकिएन भने बैंकको हालत के होला ? मेरो अर्को कम्पनीले कमाइरहेको होला अथवा घरजग्गा बेचेरे तिरौंला तर जसको अर्को कम्पनी छैन र घरजग्गा बेचेर पनि पुग्दैन भने उसले किन दिन्छ ? त्यो भनिदियो भने बैंकको स्थिति के होला ? व्यवसायीको पैसा डुब्नु भनेको उसको मात्र होइन, सरकारको पनि डुब्नु हो भन्ने बुझ्नु जरुरी छ ।

तपाईंको जीवनकालमा यति लामो बन्द कहिल्यै देख्नुभएको थियो ? कहिल्यै पनि देखेको थिइनँ । माओवादीको चरम द्वन्द्वकालमा पनि यस्तो अवस्था आएको थिएन । हाम्रो उद्योगधन्धा चलेकै थियो । उद्योग र यातायात एक–दुई दिन बन्द भए पनि सुचारु भइहाल्थ्यो । बन्द हुनु एउटा कुरा हो भने राज्य यसरी निदाइरहेको छ । नयाँ संविधान बनेको थियो, नयाँ सरकार बनेको थियो तर अहँ सरकार निजी क्षेत्र र व्यवसायप्रति यति उदासीन होला भन्ने हामीले कल्पना नै गर्न सक्दैनौं । अर्को नकारात्मक कुरा यो आन्दोलन अहिले व्यापारमा परिणत भइरहेको छ । ठोरी नाकाबाट मात्र दैनिक ५० हजार लिटर तेल भित्रिरहेको सुनिन्छ, यस्ता नाका नै पचासौं छन् । तराईमा १५० रुपैयाँमा डिजेल खुलेआम पाइन्छ । यसबाट राज्यले न कर पाउँछ, व्यवसायीको लागत बढिरहेको छ र त्योभन्दा पनि महत्वपूर्ण कुरा त यो नाफा कसले कमाइरहेको छ ? दिनको १ लाख लिटरमात्रै भित्रियो भने पनि ५० लाख रुपैयाँ नाफा कमाइरहने भएपछि कसले आन्दोलन रोक्छ ? आन्दोलन कमाउने बाटो भइरहेको छ भने उनीहरूले रोक्न दिँदैनन् । ट्रकको स्कर्टिङ गर्नेसमेत आन्दोलनकारी नै छन् भन्ने सुनिएको छ । आन्दोलनकारीले नै स्कर्टिङ गरिदिए भने त्योभन्दा सुरक्षित त केही नै हुँदैन । बिहारमा रंगेबाजी कर लाग्थ्यो, राज्यका अतिरिक्त गुन्डाहरूलाई कर नतिरेसम्म सामान ओसारपसार गर्नै पाइँदैन थियो, अहिले त त्यहाँ पनि यस्तो छैन तर यो स्थिति हामीकहाँ पनि नआउला भन्न सकिँदैन । खुला सीमा छ, पार्टीको नाउँमा गुन्डाहरू सक्रिय छन् भने यसले पनि भोलि यस्तै स्थिति नआउला भन्न सकिँदैन ।

सरकारी अधिकारीहरू अथवा अघिल्लो र यो सरकारका जिम्मेवार नेतृत्वलाई नै भेटिसक्नुभयो, उहाँहरू के भन्नुहुन्छ ? सरकार कानमा तेल हालेर बसेको छ । उहाँहरूसँग भेटेर फर्कंदा हामी उत्साहित भएर फर्केनौं । उहाँहरूले गरिरहनुभएको छ भन्ने हामीलाई लागेको भए पनि कम्तीमा चित्त बुझाउन सकिन्थ्यो होला । हाम्रो सम्पूर्ण ध्यान नाकाबन्दीमा मात्रै गयो, हामीले घरको समस्या पूरै बिर्सियौं । पहिला घरको समस्या समाधान गरौं अनि नाकाबन्दीविरुद्ध लडौंला भन्नुपथ्र्यो ।

आन्दोलनकारीसँग पनि भेटघाट त गर्नुभएकै थियो, उनीहरूले पनि सुनेनन् ? उनीहरू वार्ताका लागि सरकार गम्भीर भएन भन्छन् । हामीले त्यो कुरा तत्कालीन प्रधानमन्त्री र सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई भनेका पनि हौं । हामीले गर्नसक्ने त्यति नै हो र आवश्यक ठानेमा वार्ताको सहजीकरणसम्म गर्न सक्छौं । उहाँहरूबीच वार्ता भएको पनि छ तर अहिलेको अवस्थाप्रति दुवै पक्ष संवेदनशील पाइँदैनन् । हामीले भन्ने त सरकारलाई नै हो, आन्दोलनकारीलाई भनेर समस्याको समाधान खोज्ने होइन । तर, सरकार सुन्दैन ।

घरभित्रको समस्या भन्नुहुन्छ, यो कसरी मिलाउने ? म राजनीतिक विषयमा त्यति ज्ञान राख्दिनँ । तर, जे–जति समस्या छ चाह्यो भने वार्ताद्वारा नै समाधान गर्न सकिन्छ र वार्ताको विकल्प छैन भन्नेचाहिँ हो । मधेसी मोर्चाका माग जायज छन् की नाजायज भन्ने हाम्रो विश्लेषणभन्दा टाढाको विषय हो । हामीलाई त यति थाहा छ कि हाम्रा लागि व्यापार–व्यवसायको अवसरबाट वञ्चित गरिनु हुँदैन । वार्ता भइरहेको पनि देखिन्छ तर एउटा वार्ता र अर्को वार्ताको म्याद नै किन त्यति लामो राखिन्छ भनेर मैले बुझ्न सकेको छैन । साँझ–बिहान गरेर भए पनि टुंग्याउनुपर्ने कुरा ४ दिन बाँकी राखेर वार्ताको मिति तोकिन्छ ।

नेपाल र भारतबीचको सम्बन्धमा यसले कस्तो असर पार्ने देखिन्छ ? राजनीतिक रूपमा सही वा गलत जे होला तर नेपालमा अलिकति उग्र राष्ट्रवाद हाबी भएकै हो । नेपालका लागि यो तत्कालका लागि मात्र नभई दीर्घकालका लागि पनि राम्रो होइन । नेपालमा आममानिसलाई भारतले नाकाबन्दी ग¥यो भन्ने परेको छ तर भारतमा कति मान्छेलाई यो समस्याबारे थाहा होला र ! सीमाक्षेत्रका बासिन्दालाई छाड्ने हो भने नेपाल–भारतबीच अहिले के भइरहेको छ भन्ने त्यहाँको नेपाल हेर्ने डेस्कसहित नेपालसम्बन्धी चासो राख्ने कमैलाई मात्र अहिलेको समस्याबारे जानकारी छ । तर नेपालमा जेजस्तो भइरहेको छ भन्ने भारतीयहरूलाई जानकारी हुने हो भने मलाई त चिन्ता लाग्छ कि भारतमा रहेका ६० लाख नेपाली र नेपालमा रहेका लाखौं भारतीयको स्थिति के होला । मधेसीको अवस्था के होला । मधेसीको अनुहारको रंग हेरेरमात्र राष्ट्रियताका विषयमा प्रश्न गर्ने हो अथवा दार्जिलिङका भारतीयलाई पनि त्यसरी नै हेर्ने हो भने पहिचानको मुद्दा संकटमा पर्न सक्छ ।

नाकाबन्दीले वीरगन्जबाट पेट्रोलियम पदार्थ भित्र्याउनबाहेक अन्य असर गरेको देखिँदैन तर यहाँको समस्या निकै गम्भीर देखिनुको कारण के हो ? वीरगन्ज ड्राइपोर्टमा ७० हजार टन सामान थुप्रिरहेको छ । कोलकातामा एउटा सामान पनि रोकिएको छैन । भारतले पारवाहन सुविधामा अवरोध गरेको छैन । यहाँ राख्ने ठाउँ छैन तर पनि आइरहेकै छ । हामी अचम्ममा छौं कि ७० हजार टनमध्ये कृषि सामग्री कम्पनीकै १६ हजार टन मल त्यहाँ थुप्रिएको छ तर त्यो पनि स्कर्टिङ गर्न नसकेर भारतलाई दोष दिएर पन्छिन मिल्दैन । औद्योगिक सुरक्षा बल छ, सेना नै लगाएर भए पनि सम्बन्धित ठाउँसम्म पु¥याउन सकिन्छ । हाइवे चालू गर्न सरकारले किन सकेन भनेर हामीले प्रश्न गर्न पाउने कि नपाउने ? हामीकहाँ यथार्थ अवस्था दर्शाउनेभन्दा पनि हल्ला बढी गर्ने प्रवृत्ति बढी छ ।

चीनबाट पेट्रोलियम पदार्थ ल्याउने विषयमा निजी क्षेत्रको धारणा के हो ? हामीसँग विकल्प त हुनैपर्छ । यसमा कुनै दुई मत छैन तर आर्थिक रूपमा ‘फिजिबल’ हुनुपर्छ । चीनसँग व्यापार गर्न हामी निजी क्षेत्रले चाहिँ त्यति सहज महसुस नै गर्दैनौं । चिनियाँहरूको काम गर्ने तरिका र हाम्रोबीच निकै अन्तर छ । हाम्रो मुलुककै अनुभवले पनि त्यस्तो देखाएको छ । तर, विकल्प चाहिन्थ्यो, यसलाई सकारात्मक रूपमा लिन सकिन्छ । यससँगै निजी क्षेत्रलाई खुला गर्ने विकल्प पनि हेर्नुपर्छ । यसमा अब ढिलो गर्नु हुँदैन ।साभार कारोबार

]]>
5603 0 0 0
नेपाल र चीनबीच व्यापारिक सम्झौता, तातोपानी र केरूङ सहित थप सात नाका सञ्चालनमा ल्याउने http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b0-%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ac%e0%a5%80%e0%a4%9a-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%95/ Thu, 05 Nov 2015 15:26:25 +0000 http://www.ghumphir.com.np/?p=5608 कात्तिक १९,काठमाडौं ।

चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी नेलामु नाकालाई मर्मत संभार गरी तत्काल संचालन गर्ने सम्बन्धमा दुईदेश बीच सम्झौता भएको छ।बिहिबार साँझ राजधानीको एक होटलमा नेपालका तर्फबाट भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी र चीनपक्षको तर्फबाट ल्हासा भन्सारका उपमहानिर्देशक लुन चेन वाइले सम्झौतामा हस्ताक्षर गरेका हन्।

सम्झौतामा तत्काल मुख्य व्यापारिक नाका तातोपानी र केरुङलाई सञ्चालनमा ल्याउने तथा त्यस अलावा चीनसँगका बाँकी सात नाका मुस्ताङ, हुम्लाको यारिङ, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, दोलखाको लामाबगर र मुगु भन्सार नाकाको सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने सहमति भएको छ।त्यसबाहेक सिन्धुपाल्चोकको लार्चा र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह स्थापना गरिने भएको छ।

नेपालमा भूकम्पले पुर्‍याएको भौतिक संरचना क्षतिको पुनर्निर्माणलाई तिव्रता दिने सम्झौता पनि चीनसँग भएको छ। त्यसैगरी, दुई देशबीचको कार्यालय समय पनि फरक रहेकाले कार्यालय संचालन समयलाई एकरुपता कायम गर्ने विषयमा पनि समझदारी भएको छ।

चीनबाट नेपाल निर्यात हुने खाद्य र पेय पदार्थहरुको लेबलमा उत्पादन मिति, उपभोग गर्न सकिने मिति,  मिश्रण सामाग्री लगायतका आवश्यक सूचना कम्तीमा  नेपाली वा अंग्रेजीमा लेख्ने व्यवस्था मिलाउन आफ्ना उत्पादनकर्ता, व्यापारीलाई अनुरोध गर्ने सम्बन्धमा पनि चिनियाँ टोली सहमत भएको छ।

]]>
5608 0 0 0
नाकाबन्दी अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/ Thu, 05 Nov 2015 15:31:10 +0000 http://www.ghumphir.com.np/?p=5610

काठमाडाँै, १९ कात्तिक ।

अर्थविद् डा विश्वम्भर प्याकु¥यालले भारतले गरेको नाकाबन्दीको असर र प्रभावका विषय समेटेको दस्तावेज नै बनाएर नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले नाकाबन्दीको असरबारे अन्तर्राष्ट्रिय जगत्लाई जानकारी दिनुपर्नेमा जोड दिनुभयो । चीनका लागि पूर्वनेपाली राजदूत राजेश्वर आचार्यले तराईको समस्या आन्तरिक भए पनि आन्तरिक समस्या आन्तरिक रुपमै समाधान गर्न नेपाल चुकेको विचार व्यक्त गर्दै सरकारले तराईमा मानिसको मृत्यु हुँदा समवेदना प्रकट गर्न नसकेकाले अप्ठ्यारो स्थिति आएको बताउनुभयो । उहाँले मधेसी मोर्चासँग वार्ता गर्न राष्ट्रिय सहमति आवश्यक रहेको र त्यसका लागि सबै दलका नेता भएको सर्वदलीय वार्ता टोली गठन गर्नुपर्ने सुझाव दिनुभयो । भारतका लागि पूर्वनेपाली राजदूत डा भेषबहादुर थापाले नाकाबन्दीका कारणले नेपालले भोगेको समस्यालाई अन्तर्राष्ट्रियकरण गर्न ढिला भएको बताउँदै हामीले राज्य तहमा कुरा गर्न नसकेको र राजनीतिक र कूटनीतिक अभ्यासमा कमजोरी भएकाले समस्या आएको विचार व्यक्त गर्नुभयो । नेकपा (एमाले)का सभासद् एवम् परराष्ट्रमामिलाका जानकार डा राजन भट्टराईले चीनसँग नेपालले सम्बन्ध बढाउने कुरालाई भारतका विरुद्ध हो भन्ने बुझ्न नहुने बताउँदै अहिलेको समस्या कूटनीतिक वार्ता र छलफलबाटै टुङ्ग्याउनुपर्ने सुझाव दिनुभयो ।

]]>
5610 0 0 0
पश्चिम नाकामा कडाइ http://localhost/ghum/%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%a1%e0%a4%be%e0%a4%87/ Thu, 05 Nov 2015 15:41:55 +0000 http://www.ghumphir.com.np/?p=5612

नेपालगन्ज, १९ कात्तिक ।

नेपाल–भारतको पूर्वी सीमानाकाको तुलनामा केही खुकुलो पारिएको पश्चिमका सीमानाकामा पनि भारतीय पक्षबाट कडाइ गरिएको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित भएपछि सहज भएका नेपालगन्जको रुपैडिया र कैलालीको त्रिनगर नाकामा पछिल्लो वीरगन्ज घटनापछि भारतीय पक्षबाट कडाइ गरिएको हो । भारतीय भन्सार कार्यालयले माथिको आदेश भन्दै आज बिहानदेखि इन्धन र मालबाहक गाडीलाई भन्सार अनुमतिमा रोके पनि मध्याह्न केही मालबाहक गाडीलाई प्रवेश अनुमति दिएको थियो । भारतीय भन्सार कार्यालयले मध्याह्नपछि झन्डै एक दर्जन मालबाहक गाडीलाई नेपाल प्रवेशको अनुमति दिएको प्रजिअ वेदप्रसाद लेखकले बताउनुभयो । भन्सार अनुमतिको पर्खाइमा अझै १५० बढी नेपाली मालबाहक गाडी सीमापारि रोकिएका छन्् ।

]]>
5612 0 0 0
भूकम्पपछिको पुनःनिर्माणलाई विशेष ध्यान दिइने http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a4%9b%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/ Thu, 05 Nov 2015 15:43:57 +0000 http://www.ghumphir.com.np/?p=5614

काठमाडौँ, १९ कात्तिक ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले भूकम्पपछिको पुनःनिर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । आज आफ्नो पद बहालीपछि रासससँग कुरा गर्दै उहाँले गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ र त्यसपछिका परकम्पका कारण पैदा भएको समस्या समाधान गर्न तथा पुनःनिर्माण तथा पुनःस्थापनालाई विशेष जोड दिइने उल्लेख गर्दै भूकम्पपछिको पुनःनिर्माणका लागि गठन हुने पुनःनिर्माण प्राधिकरणको पूर्ण संरचना तयार नहुँदासम्म आयोगले नै हेर्ने भएकाले आजदेखि नै त्यसमा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । भूकम्प र भारतले जारी राखेको अघोषित नाकाबन्दीले मुलुकको अर्थतन्त्र कठिन अवस्थामा रहेको बताउँदै उपाध्यक्ष डा खतिवडाले आर्थिक जनजीवनलाई सामान्यतर्फ फर्काउन विशेष पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले चालु आवको बजेट कार्यान्वयनमा पहल गरिने तथा दिगो विकासका लक्ष्यसम्म पुग्न विशेष कार्यक्रम र रणनीति तयार पारिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । “मुलुकका विकासका साझेदारसँग सहकार्य गरेर उनीहरुलाई विश्वासमा लिई भूकम्पपछिको पुनःनिर्माण तथा आर्थिक समृद्धिको योजना बनाइने छ”– डा खतिवडाले भन्नुभयो । बुधबारको मन्त्रिपरिषद्ले डा खतिवडालाई आयोगका उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगमा दोस्रो पटक उपाध्यक्षमा नियुक्त हुनुभएका डा खतिवडा यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर हुनुहुन्थ्यो ।

]]>
5614 0 0 0
पेट्रोलियम पदार्थ आउने क्रम जारी http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5-%e0%a4%86%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%95/ Thu, 05 Nov 2015 16:03:29 +0000 http://www.ghumphir.com.np/?p=5616

धुन्चे (रसुवा), १९ कात्तिक ।

चीनले अनुदानस्वरुप दिएको पेट्रोलियम पदार्थ आउने क्रम उत्तरी नाका रसुवागढीबाट निरन्तर भइरहेको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार चारवटा ट्याङ्कर अहिले धुन्चेबाट काठमाडौँका लागि प्रस्थान गरिसकेको र हालसम्म २४ वटा ट्याङ्कर इन्धन काठमाडौँतर्फ गइसकेको छ । उता सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मले ३७ वटा ट्याङ्कर इन्धन भरी रसुवागढी नाकाबाट भित्रिएको र इन्धन भरेका केही ट्याङ्कर टिमुरे–धुन्चेबीचका सडक मार्गमा आउँदै गरेको बताएको छ ।

]]>
5616 0 0 0
पर्यावरण संरक्षण गर्न ऊर्जामा अनुदान http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%8a%e0%a4%b0/ Thu, 05 Nov 2015 16:10:44 +0000 http://www.ghumphir.com.np/?p=5618

बेलौरी (कञ्चनपुर), १९ कात्तिक ।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष वन संरक्षण गर्न शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय कञ्चनपुरले स्थानीयवासीलाई वैकल्पिक ऊर्जा निर्माणका लागि अनुदान दिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा गोबर ग्यास निर्माणका लागि वैजनाथ मध्यवर्ती सामुदायिक वन क्षेत्रका २४ घरधुरीलाई प्रतिपरिवार रु १० हजारका दरले अनुदान दिएको कार्यालयका सहायक संरक्षण अधिकृत चन्द्रबहादुर चन्दले बताउनुभयो । “आरक्ष नजिकमा बसोबास गर्ने समुदायको वनमाथि दाउराको निर्भरता कम गर्न गोबर ग्यास निर्माणमा अनुदान दिएका हौँ” – सहायक संरक्षण अधिकृत चन्दले भन्नुभयो । शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष पुस्करबहादुर सिंहले मध्यवर्ती क्षेत्रका नागरिकलाई ऊर्जाको वैकल्पिक व्यवस्था गर्न सकेमात्रै आरक्षको संरक्षण हुने बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले दिने अनुदान सहयोग र वर्तमान अवस्थामा गोबरग्यासको आवश्यकताका विषयमा राष्ट्रिय ग्रामीण तथा वैकल्पिक ऊर्जा विकास प्रालिले उक्त गोबर ग्यास निर्माण गर्न लागेको जानकारी ऊर्जा विकासका प्रबन्धक ज्ञानेन्द्र महताले दिनुभयो । उहाँले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सर्वसाधारणका लागि रु २४ हजार र एकल र आदिवासीका लागि थप रु तीन हजार अनुदान दिने गरेको समेत बताउनुभयो । अनुदानमा गोबर ग्यास निर्माण हुने भएपछि यहाँका स्थानीयवासी हर्षित भएका छन् ।

]]>
5618 0 0 0
पटके’ पर्यटकको भरमा पोखरा http://localhost/ghum/%e0%a4%aa%e0%a4%9f%e0%a4%95%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0/ Thu, 05 Nov 2015 16:17:06 +0000 http://www.ghumphir.com.np/?p=5620

कात्तिक १९,कास्की।

भारतका ५८ वर्षीय तरुणकुमार घोष र ४६ वर्षीय जयदीप यो पटकको शरद ऋतुमा पनि नेपाल आए। कलकत्ताका दुई भाइले इन्धन अभावकै कारण लमजुङ सदरमुकाम बेसीसहर जान पाएनन्।
उनीहरु मनाङको डोना हिमताल क्षेत्रको भ्रमणलाई कास्कीकै माछापुच्छ्रे मोडल ट्रेकतिर मोड्न बाध्य भए। आफ्नो देशका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गुनासो गर्दै दुवै जनाले नेपाल फेरि आउने बाचा भने दोहोर्‍याए।
नेपालका धेरैजसो पदयात्रा मार्ग चहारिसकेका तरुणकुमार र घोष मात्र हैनन्, बेलायती अवकाशप्राप्त प्रहरी लि पनि यो याममा दोस्रोपटक नेपाल आए। भूकम्प गएको र नेपालमा जारी मधेस आन्दोलनबारे जानकार रहनुभएका उनले मज्जाले अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरे र फेरि नेपाल आउने वाचा दोहोर्‍याए।
एकपटक आउँदा महिनौँ लगाएर नेपालका विभिन्न ठाउँ चाहार्ने लि को भनाइ उद्धृत गर्दै पदयात्रा गराउने संस्था नेपाल टे«किङ एजेन्ट्स एसोसिएन अफ नेपाल (टान) पश्चिमाञ्चल, पोखराका उपाध्यक्ष दीपक अधिकारीले भने, “देशमा सशस्त्र द्वन्द्व हुँदा त एकपटक आएका पर्यटक फेरि आउने गर्थे भने भूकम्पले उनीहरुलाई के रोक्थ्यो ?”
उनका अनुसार भूकम्पपछि संसारभर नेपाल असुरक्षित छ भन्ने सन्देश प्रवाहित भए पनि पटकपटक नेपाल आएकालाई त्यसले कमै प्रभाव पारेको छ। “हाम्रो कुनै पनि बुकिङ रद्द भएन” अधिकारीले सुनाए।
पदयात्रा बिन्दुसम्म मोटरमा पठाउँदा पर्यटन व्यवसायीको लागत भने यस पटक बढ्न पुगेको छ। बुकिङ गर्दा नेपालमा इन्धन अभाव नभएको र अहिले इन्धन अभावले यात्रा महङ्गो भएकाले लागत बढे पनि आफूहरुले एक पटकको मात्र व्यवसाय नहेरेर पहिले तोकिएकै शुल्कमा पर्यटकलाई सेवा दिएको अधिकारीको भनाइ छ।
शरद र वसन्त ऋतु पदयात्राका लागि उपयुक्त समय मानिन्छ। पदयात्राका लागि नेपाल आउने पर्यटक यही मौषममा विभिन्न पदयात्रा र हिमाल आरोहणमा जाने गर्छन्। तर भूकम्पपछि विश्वभर फैलिएको सन्देश र नेपालमा जारी मधेस आन्दोलनले नेपाल आउनेको सङ्ख्यामा भारी गिरावट आएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाले जानकारी दिए।
यद्यपि, हल्ला र दुःखको पर्वाह नगर्ने पर्यटकको सङ्ख्यासमेत उल्लेख्य रहेको उनको भनाइ छ। नेपालको पर्यटन उद्योग आफ्नै प्रचारप्रसारले भन्दा पनि पर्यटकले मुखमुखै (माउथ टू माउथ) गर्ने चर्चाकै कारण विश्वमाझ चिनिएको थापाले बताउनुभयो।
“विभिन्न देशले आफ्ना नागरिकलाई नेपाल घुम्न नजानका लागि सचेत (ट्राभल एडभाइजरी) जारी गर्दा पनि नेपालको पर्यटन पटकपटक आउने पर्यटकहरुकै कारण धानिएको हो” उनले भने। टान पश्चिमाञ्चलका पूर्वअध्यक्ष नारायण सापकोटाका अनुसार यो याममा दैनिक ५० देखि ८० जनाको हाराहारीमा पोखरा हुँदै पर्यटक पदयात्रामा निस्किएका छन्। टान पश्चिमाञ्चल कार्यालयले पोखराबाट पदयात्री सूचना व्यवस्थापन प्रणाली अर्थात् टिम्स कार्डमार्फत पर्यटकलाई पदयात्रामा पठाउने गर्छ।
आफूखुसी यात्रा गर्नेको समेत हिसाब गर्दा यो सङ्ख्या बढी नै भएको थापाले बताए। अघिल्लो याममा भने यही समयमा दैनिक २०० सम्म पर्यटक पोखराबाट पदयात्रामा निस्कने गर्थे। हल्लाको पर्वाह नगरी नेपाल आउने ‘पटके’ पर्यटककै कारण पर्यटन व्यवसायीलाई केही राहत भए पनि यो पर्याप्त नभएको पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउँछन्।
भूकम्पपछि पोखरा र आसपासको क्षेत्र सुरक्षित छ भन्ने सन्देश प्रवाहित गर्न गठित पोखरा पर्यटन पुनः जागरण समितिका संयोजकसमेत रहनुभएका उनले भने–“नेपाललाई माया गरेर आएका अलिअलि पर्यटकलाई पनि धक फुकाएर खुवाउन सकिएको छैन तर यस्तो अवस्थामा पनि उहाँहरुले देखाएको सदासयताको हामीले प्रशंसा गर्नैपर्छ।”
टान पश्चिमाञ्चल कार्यालयका अनुसार यसपटक दोहो¥याएर आउने पर्यटकका साथै नेपालका विभिन्न विकासे परियोजनामा काम गरेका स्वयंसेवी पनि नेपाल आएका छन्। आफू आबद्ध हुँदा गरेको कामको प्रगति हेर्न तथा भूकम्पपीडितलाई राहत वितरण गर्नका लागि उनीहरु पर्यटक बनेर नेपाल आएको टान पश्चिमाञ्चल कार्यालय पोखराले जनाएको छ।
“विभिन्न मिसनरीमा आबद्ध भएर नेपालमा काम गरेका तथा भूकम्पको बेला ठूलो मात्रामा सहयोग गरेका पर्यटक पनि नेपाल आएका छन्”, टान पश्चिमाञ्चलका उपाध्यक्ष अधिकारीले भने, “आफूले दिएको सहयोग कता खर्च भएछ भन्ने उत्सुकता मेट्न र फेरि सहयोग गर्न आएकाहरु पनि हाम्रा लागि पर्यटक नै भएका छन्।”
पोखराबाट अन्नपूर्ण चक्रीय पदयात्रा, अन्नपूर्ण आधार शिविर, घोडेपानी, पुनहिल, माछापुच्छ्रे मोडल ट्रेक, पञ्चासे, मुक्तिनाथ, उपल्लो मुस्ताङसहित पोखरा वरपरका धम्पुस, सराङकोट, यहाँको बेगनास क्षेत्रमा पर्ने रोयल ट्रेक लगायतका क्षेत्रमा पदयात्रामा जाने गर्छन्।
पर्यटकले पदयात्रामा घटीमा तीन दिन र बढीमा एक महिना बिताउँछन्। पदयात्रामा निस्कने पर्यटकको दैनिक पोखरामा औषत बसाइ मात्र तीन दिनको रहेको छ। नेपाल रहँदा एक पर्यटकले दैनिक ३५.६ अमेरिकी डलर खर्च गर्ने गरेको पर्यटन मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
]]>
5620 0 0 0
पर्यटनलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा अघि बढाइन्छ :पर्यटनमन्त्री http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ae/ Thu, 05 Nov 2015 16:21:34 +0000 http://www.ghumphir.com.np/?p=5622

काठमाडौँ, १९ कात्तिक ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटनलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा अघि बढाइने बताउनुभएको छ । मन्त्री पोखरेलले आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै नेपाल पर्यटनका लागि विश्वकै आकर्षण रहेकाले पर्यटकीय सम्भावनाको भरपुर उपभोग गरी मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भूकम्प र इन्धनको सङ्कटपछि पर्यटन क्षेत्रमा परेको असर र सम्भावित अवस्थालाई अध्ययन गरी पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन आवश्यक कार्ययोजनासहितको विवरण पेस गर्न विभागीय प्रमुखलाई निर्देशन दिनुभयो । मन्त्री पोखरेलले मुलुकको हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउनका लागि विमानस्थलको वर्गीकरण गरी तत्कालै सुधारका कार्यक्रम ल्याइने जानकारी दिँदै राष्ट्रिय प्रतिष्ठासँग जोडिएको मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्न र पर्यटन प्रवद्र्धन गर्ने मुख्य निकाय नेपाल पर्यटन बोर्डलाई क्रियाशील तुल्याई निजी क्षेत्रको साझेदारी र सहकार्य प्रवद्र्धन गर्न सम्बन्धिन निकायलाई निर्देशन दिनुभयो । भाषा, जाति र संस्कृतिलाई सम्बोधन गर्नेगरी राष्ट्रिय सङ्ग्रहालयको थालनी गर्ने विषयमा आवश्यक गृहकार्य गरिने जानकारी उहाँले दिनुभयो । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले नेपाललाई विश्वमा जोड्ने हवाई क्षेत्रको विकास र विस्तारलाई प्रभावकारी रुपमा अघि बढाउनाका साथै पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनमा लागिपर्ने बताउनुभयो ।

]]>
5622 0 0 0
हलिउड सुपरहिरो पशुपतिमा ! http://localhost/ghum/%e0%a4%b9%e0%a4%b2%e0%a4%bf%e0%a4%89%e0%a4%a1-%e0%a4%b8%e0%a5%81%e0%a4%aa%e0%a4%b0%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b-%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be/ Thu, 05 Nov 2015 16:32:57 +0000 http://www.ghumphir.com.np/?p=5624  कात्तिक ,१९ काठमाडौं :

यतिबेला हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’को सुटिङ काठमाडौंको पशुपतिमा भइरहेको छ। यो फिल्मका नायक अरु कोही नभएर हलिउडका ए लिस्टर अभिनेता एवं सुपरहिरो बेनेडिक्ट कम्बरब्याच हुन्।

xh2_,281,29.jpg.pagespeed.ic.5ZkxX7d22A

पब्लिसिटीविना नै सुटिङ भैरहेको यो फिल्मको छायांकन नेपाल र बेलायतमा हुन लागेको हो। जेम्स बन्डको पछिल्लो फिल्म ‘स्पेक्टर’ सुटिङ भएको पाइनउड स्टुडियोमा ४ डिसेम्बरदेखि सुरु हुँदैछ यो फिल्म।   स्कट डेरिक्सनले निर्देशन गरिरहेको यो सुपरहिरो फिल्ममा चिवेटेल इजोफोर, म्याड्स मिकेलसनको मुख्य भूमिका छ। हलिउडको मुख्य स्टुडियो वाल्ट डिज्ने मार्भल पिक्चर्स अन्तर्गत फिल्मलाई निर्माण र वितरण गर्न लागेको हो। डिज्नेले हलिउडमा सुपरहिरो फिल्म बनाउँछ।

मार्भल कमिक्समा आधारित फिल्ममा बेनेडिक्टलाई कार दुर्घटना हुनु अघि प्रतिष्ठित चिकित्सकको रुपमा देख्न सकिन्छ। दुर्घटनापछि उनले सुपरहिरो हुने शक्ति पाउँछन्। यसका लागि उनी पशुपति आउँछन्। नेपालमा उनले रहस्यको कथा र शक्ति पाउँछन्।   गतसाता नेपालको मल्टिप्लेक्समा रिलिज भएको ‘बल्याक मास’मा उनलाई जोनी डीपको अपोजिटमा देखिएको थियो। हलिउडको चर्चित सिरिज सिनेमा ‘द हबिट’का उनी हिरो हुन्। नेपालमै चलेको फिल्म ‘द फिफ्थ स्टेट’मा उनी जुलियन असान्जेको रोलमा थिए।

]]>
5624 0 0 0
स्वर्गीय राजा वीरेन्द्रको २१ हजार ५१८ रोपनी जग्गा फेला पर्‍यो http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a5%80%e0%a4%af-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%be-%e0%a4%b5%e0%a5%80%e0%a4%b0%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%95/ Thu, 05 Nov 2015 17:00:54 +0000 http://www.ghumphir.com.np/?p=5628 काठमाडौँ, १९ कात्तिक ।

 स्व राजा वीरेन्द्र शाहको देशभर हालसम्म २१ हजार ५१८ रोपनी जग्गा फेला परेको छ ।  स्व राजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य र उनीहरूको परिवारको देहावसान हुँदाका बखतको सम्पत्ति हालसम्म देशभरका काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, धनकुटा, कास्की, नुवाकोट, धादिङ, चितवन, सुर्खेत र धनकुटा भेटिएको छ ।  सम्पत्ति पत्ता लगाउन स्थापना भएको ट्रष्टको तथ्याङ्कअनुसार गत आवमा नुवाकोट र धादिङमा थप जग्गा फेला परेको हो ।

गत आवमा फेला परेको जग्गा १५ हजार २७३ रोपनी रहेको छ।  विसं २०६४ मङ्सिरमा स्थापना भएको ट्रष्टले सुरुको आवमा ८३६ रोपनी जग्गा फेला पारेको थियो तर पछि छानबिन हुँदै जाँदा थप जग्गा फेला परेको ट्रष्टका कार्यकारी सचिव भीमप्रसाद उपाध्याय बताए।  उनका अनुसार थप सम्पत्ति पत्ता लगाउन देशभर झापा, मोरङ, सुनसरी, बारा, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका दश जिल्लामा ट्रष्टले छानबिन टोली पठाउने तयारी गरेको छ।  सचिव उपाध्यायले भने, “ट्रष्टले प्रत्येक जिल्लाको नापी कार्यालय गएर पूर्व राजाको सम्पत्ति छानबिन गर्न लागेका हौँ ।”

हालसम्म ट्रष्टको बैंक खातामा पूर्वराजपरिवारको नाममा रहेको चल सम्पत्तिमा २९ करोड ७९ लाख हजार नेपाली रुपैयाँ, ४७ हजार ६५६ पाउण्ड, एक लाख ३७ हजार १४ अमेरिकन डलर रहेको छ।  पूर्वराजपरिवारको नाममा जम्मा भएको रकम नेपाल ट्रष्ट ऐन २०६४ अनुसार सार्वजनिक हितका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकिने व्यवस्था ट्रष्टका सहसचिव एवम् प्रवक्ता पर्शुराम अर्यालले जानकारी दिए।  अर्यालले ट्रष्टको स्वामित्वमा रहेको होटल सोल्टीमा रहेको क्यासिनोले प्रयोग गर्दै आएको जग्गा छाड्न बारम्बार ताकेता गरे पनि नछाडेको गुनासो गरे।

उनले सल्लाघारीमा रहेको चौर ट्रष्टको नाममा रहेकाले बारवन्देज गर्न लागे पनि नगरपालिकाले अवरोध पुर्‍याएको बताए।  उनले भने, “पूर्वराजपरिवारको नाममा रहेका जग्गा उपयोग गर्नेले भाडा पनि नदिने र उपयोग गरेको जग्गा पनि नछोड्ने गरेकाले समस्यामा परेका छौँ।”  ट्रष्टले सङ्कलन गरेको रकम हालसम्म खर्च नभएकाले त्यसको खर्चका लागि कार्यविधि बनाएर अगाडि बढ्ने ट्रष्टले जनाएको छ । कार्यविधि बनेपछि तोकिएका जनहितका काममा कोषको उपयोग गर्नेछ शाखा अधिकृत भक्तबहादुर गुरुङले भने ।  गुरुङले पूर्वराजपरिवारको नाममा विदेशमा रहेको सम्पत्ति छानबिनका लागि विभिन्न देशको राजदूतावासबाट कूटनीतिक पहल भइरहेकोसमेत जानकारी दिए।

]]>
5628 0 0 0
पदमार्ग सुरक्षित रहेको सन्देश दिन ५ हजार ४१६ मिटरमा कन्सर्ट http://localhost/ghum/%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%b8/ Fri, 06 Nov 2015 03:11:28 +0000 http://www.ghumphir.com.np/?p=5635 छविलाल बगाले ५ हजार ४१६ मिटर उचाइको थोराङ भञ्ज्याङ । निक्कै चिसो ठाउँ । एकातिर कठ्यांग्रिँदो जाडो, अर्कोतिर राष्ट्रभावनाले ओतप्रोत भएका गीतहरूको गुञ्जन । त्यहाँ पुग्ने देशी–विदेशी पर्यटकलाई तताउने माध्यम त्यही गीतसंगीत बन्यो । नेपाल घुम्न आउने विदेशी पर्यटकले बढी गुन्गुनाउने गीत ‘रेशम फिरिरि…’ ले विश्वविख्यात राउन्ड अन्नपूर्ण पदमार्गमा अवस्थित थोराङ भञ्ज्याङ तातेको थियो । अत्यधिक हिउँ पर्ने स्थान थोराङ भञ्ज्याङमा ‘रेशम फिरिरि…’ गुन्जिरहँदा पदमार्गका पदयात्री पनि अडिएर स्वर दिन थाले । एक–आपसमा हात समाएर नाच्न थाले । “हामी सबै विदेशी भए पनि नेपालका लागि हामी पर्यटक हौं । हामीले विश्वविख्यात अन्नपूर्ण पदमार्ग सुरक्षित रहेको कुरा विश्वसामु पु¥याउन जरुरी छ,” गीतको तालमा नाच्दै उनीहरूले भने ।

thorang-445x300वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पले ‘मुलुकका प्रमुख पर्यटकीय गन्तव्य क्षतविक्षत भएका छन्’ भन्ने भ्रम चिर्न पदमार्गको सबैभन्दा अग्लो स्थान थोराङमा कात्तिक १३ र १४ गते कन्सर्ट आयोजना गरिएको हो । “भूकम्पबाट ‘नेपालका पर्यटकीय गन्तव्यहरू सुरक्षित छन्’, ‘म सुरक्षित छु’ भन्ने सन्देश दिन कन्सर्ट आयोजना गरेका हौं,” पियानो एन्ड आइसक्रिम गु्रपकी सुजिन चोईले भनिन्, “यसले विश्वभर नेपाल सुरक्षित छ भन्ने सन्देश दिनेछ भन्ने आशा लिएका छौं ।” दक्षिण कोरियाको पियानो आइसक्रिम गुप्रको आयोजनामा भएको कन्सर्टमा पुगेका सयभन्दा बढी पर्यटक, गाइड र भरियाहरू थोराङ भञ्ज्याङमा आयोजित कन्सर्टमा रमाए । ५ हजार ४१६ मिटर उचाइमा आयोजना भएको कन्सर्ट र यसको सन्देशले पर्यटकको नेपालमा आगमन बढ्ने अपेक्षा गरिएको टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का सदस्य वाङ्चु शेर्पाले बताए । “भूकम्पले संसारभर नेपालको पर्यटकीय क्षेत्रबारे गलत प्रचार भएको छ,” उनले भने, “गलत प्रचारलाई यस्ता कार्यक्रमले चिर्नेछन् ।” कोरियाली गायक करम किमले कन्सर्टका सहभागीलाई छमछमी नचाए । संसारभर चर्चित रहेको नेपाली गीत ‘रेशम फिरिरि…’ गाएर उनले दर्शकलाई भरपुर मनोरञ्जन दिए । डाँडा र भुइँभरि बिस्कुनझै रहेका सेताम्मे हिउँमा पुगेका पर्यटकले कन्सर्टसँगै प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिए । लमजुङको बेँसीसहरदेखि सुरु हुने राउन्ड अन्नपूर्ण पदमार्ग हिमालपारिको जिल्ला मनाङ, थोराङ भञ्ज्याङ, मुक्तिनाथ हुँदै पर्यटकीय नगरी पोखरा पुगेर टुंगिन्छ ।

]]>
5635 0 0 0
दाङका अस्पतालमा औषधिको अभाव http://localhost/ghum/%e0%a4%a6%e0%a4%be%e0%a4%99%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%94%e0%a4%b7%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%85/ Fri, 06 Nov 2015 03:16:27 +0000 http://www.ghumphir.com.np/?p=5638

तुलसीपुर (दाङ), २० कात्तिक ।

भारतको अघोषित नाकाबन्दीका कारण दाङका अस्पतालमा यतिखेर औषधिको अभाव हुन थालेको छ । तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल घोराही, प्राथमिक स्वास्थ्य केन्द्र लमहीसहित जिल्लाका सरकारी तथा निजी अस्पतालमा औषधिको अभाव हुन थालेको हो । राप्ती अञ्चल अस्पतालमा र उपक्षेत्रीय अस्पताल घोराहीमा रहेको साझा औषधि बिक्री संस्थामा पनि भारतीय औषधि ८० प्रतिशत सकिनुका साथै सुईको समेत अभाव हुँदै गएको ती अस्पतालले जनाएको छ । औषधिको अभाव भएपछि उपचार गराउन आउने बिरामीलाई समस्या हुने गरेको ती अस्पतालका चिकित्सक बताउँछन् । रक्तचाप, सुगर, मानसिक समस्या, छारेरोगविरुद्धका औषधि सकिएको साझा औषधि वितरण कक्षहरुले जनाएका छन् । त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा र तुलसीपुरमा रहेको तुलसी बाल अस्पतालमा पनि भारतीय औषधिको अभाव हुन थालेको बताइएको छ । अस्पतालका चिकित्सक किशोर खत्रीले यस्तै स्थिति रहेमा अब बिरामीलाई कसरी उपचार गर्ने भन्ने समस्या रहेको बताउनुभयो ।

]]>
5638 0 0 0
दाउराको प्रयोग बढ्यो http://localhost/ghum/%e0%a4%a6%e0%a4%be%e0%a4%89%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Fri, 06 Nov 2015 03:20:16 +0000 http://www.ghumphir.com.np/?p=5640

पथरी (मोरङ), २० कात्तिक ।

विराटनगरका थापा होटलका सञ्चालक राम थापा हिजोआज दाउरामा चिया, खाजा र खाना बनाउनुहुन्छ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको साढे दुई महिनादेखिको बजार बन्द र भारतको अघोषित नाकाबन्दीले भारतबाट ग्यासको सहज आपूर्ति नभएपछि विराटनगर बजार क्षेत्रका होटल व्यवसायीले दाउराकै प्रयोगबाट खाना, खाजा र चिया पकाउन थालेका छन् । थापा होटलका सञ्चालक थापा भन्नुहुन्छ – “दाउरा नबालेर उपाय छैन ग्यास पाइँदैन ।” उहाँमात्र होइन अर्का विराटनगरका होटल व्यवसायी सुबोध काफ्ले पनि ग्यास नपाउँदा निकै हैरान हुनुभएको छ । होटल तथा पेयपदार्थ व्यवसायी सङ्घका अध्यक्ष बलराम कारञ्जीतले ग्यासको सहज आपूर्ति नभएका कारण होटल सञ्चालकले दाउराको प्रयोग गर्न थालेको बताउनुभयो । विराटनगरमा साना ठूला गरेर करिब दुई सय होटल सञ्चालित छन् । होटलमात्र होइन सर्वसाधारणसमेत दाउराको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । पथरी शनिश्चरे नगरपालिकामा पर्ने बहुसङ्ख्यक ग्रामीण भेगका सर्वसाधारण दाउराको उपयोग गर्न थालेका छन् ।

]]>
5640 0 0 0
दुई दिनदेखि त्रिपुराकोट अन्धकार http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b%e0%a4%9f/ Fri, 06 Nov 2015 03:27:52 +0000 http://www.ghumphir.com.np/?p=5642

डोल्पा, २० कात्तिक ।

डोल्पाको त्रिपुरोकोटमा रहेको छलगाड जलविद्युत् आयोजना बन्द हुँदा यहाँका ६०० घरधुरी मर्कामा परेका छन् । त्रिपुराकोट गाविस– १ स्थित पावर हाउस रहेको पावर वितरण गर्ने मेसिनमा खरावी आएपछि दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् । सो आयोजनाबाट ३५ किलोवाट विद्युत् उत्पादन हुने गर्छ । विद्युत् बन्द हुँदा यहाँका स्थानीयवासीले सल्लीको दियालो प्रयोग गर्न थालेका छन् । विद्युत् मर्मत गर्न कम्तीमा एक हप्ता लाग्ने आयोजना सञ्चालक समितिका सचिव हेमराज हमालले बताउनुभयो ।

]]>
5642 0 0 0
सहयोग फिर्ता गर्ने चेतावनी http://localhost/ghum/%e0%a4%b8%e0%a4%b9%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%ab%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%9a%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%b5/ Fri, 06 Nov 2015 03:41:40 +0000 http://www.ghumphir.com.np/?p=5644 २० कात्तिक, काठमाडौं ।
दातृ निकायका प्रतिनिधि तथा युरोपेली मुलुकका राजदूतले नेपालमा इन्धन संकट अझै दुई महिना कायम रहे नेपाललाई वाचा गरेको सहयोग रकम मानवीय संकट झेलिरहेका विश्वका अन्य मुलुकमा 'डाइभर्ट' हुनसक्ने वा सम्बन्धित मुलुकमै फिर्ता जानसक्ने चेतावनी दिएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
प्रधानमन्त्री केपी ओलीलाई बिहीबार सामूहिकरूपमा भेटी उनीहरूले भूकम्पपछिका ८ महिनासम्म पनि पुनर्निर्माण अघि नबढाएको भन्दै असन्तुष्टि पोखेका थिए। नेपालमा विद्यमान इन्धन अभावले भूकम्पपछिको पुनर्निर्माणका लागि विगतमा आफूहरूले वाचा गरेअनुसार रकम खर्च गर्न नपाउने अवस्था उत्पन्न हुन लागेको भन्दै विदेशी कूटनीतिज्ञले सरकारमाथि दबाब दिएका हुन्।
भूकम्पपीडितका लागि स्थायी बसोबास, खानेपानी, विद्यालय निर्माण, भत्केका संरचना पुनर्निर्माण निजी कम्पनीलाई ठेक्कापट्टा दिनेलगायत काम अंग्रेजी नयाँ वर्षको अन्तिमसम्म अर्थात् डिसेम्बर महिनाअघि नै टुंगो लगाउनुपर्ने बाध्यता आफूहरूलाई रहेको पनि उनीहरूले सुनाए।
]]>
5644 0 0 0
भारतद्वारा प्रायोजित नाकाबन्दी लम्बिन सक्छ - प्रधानमन्त्री http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%bf%e0%a4%a4-%e0%a4%a8%e0%a4%be%e0%a4%95/ Fri, 06 Nov 2015 03:45:17 +0000 http://www.ghumphir.com.np/?p=5646 २० कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेसमा जारी आन्दोलन भारतद्वारा प्रायोजित रहेकाले नाकाबन्दी लम्बिन सक्ने बताएका छन् ।  कान्तिपुर दैनिकमा समाचार छ ।
नेपाल उद्योग बाणिज्य महासंघका उद्योगी व्यवसायीसंगको भेटमा उनले नाकाबन्दी लम्बिने बताएका हुन । 'तराई-मधेसमा जारी आन्दोलन भारतद्वारा प्रायोजित हो । भारत किन र के कारणले नेपालसंग रिसाएको हो, मैले बुझ्नै सकिन,' ओलीलाई उद्धृत गर्दै भेटमा सहभागी एक उद्योगीले भने, 'नाकाबन्दी अझै लम्बिएला जस्तो छ । तपाईहरू त्यहि अनुसार तयारी अबस्थामा बस्नुस् भन्ने आशयको कुरा उहाँले हामीसंग गर्नु भयो ?'
के कारणले लम्बिने र कहिलेसम्म नाकाबन्दी हुने भन्ने विषयमा प्रधानमन्त्री ओलीले नखुलाएको ती उद्योगीले बताए । तराई-मधेसमा आन्दोलन र भारतको अघोषित नाकाबन्दीको बिषयमा चाँडो निकास दिलाउन अनुरोध गर्दै प्रधानमन्त्रीलाई उद्योगीहरुले भेटेका हुन् । महासंघ अध्यक्ष पशुपति मुरारका नेतृत्वको टोली प्रधानमन्त्री निबास बालुवाटार पुगेर भेटघाट गरेका हुन् ।
]]>
5646 0 0 0
पेट्रोल र लाइसेन्स नचाहिने स्कुटर http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%b0-%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%a8%e0%a4%9a%e0%a4%be%e0%a4%b9%e0%a4%bf/ Fri, 06 Nov 2015 03:53:47 +0000 http://www.ghumphir.com.np/?p=5648 चेतना गुरागाईँ
नेपालमा एक महिनाभन्दा बढीको नाकाबन्दीका कारण पेट्रोलको अभाव भएसँगै सवारीसाधन चालकहरुले सास्ती भोग्नुपरिरहेको छ। यसमा पनि उपत्यकामा बढीमात्रामा दुईपांग्रे सवारीसाधन चलाउनेको संख्या बढी रहेको छ।
विगतमा चाडवाडमा सवारी किन्ने संख्या उल्लेखिय रुपमा भएपनि पेट्रोलियम पदार्थको अभावकै कारण सवारी किन्ने ग्राहकहरु अन्यौलमा छन्।  यस्तो अवस्थामा सवारी साधन अत्यावश्यक भएकाहरुका लागि विद्युतिय सवारी साधन राम्रो विकल्प हुन सक्छ।
नेपालमा केही कम्पनीहरुले केही वर्षयता विद्युतिय स्कुटरहरुको विक्रीवितरण गर्दै आएका छन्। पहिला धेरैले वास्तै नगरेका विद्युतिय स्कुटरहरुको अहिले माग र चर्चा दुवै फस्टाउँदो छ।
विद्युतिय स्कुटरहरुले पेट्रोलको समस्या समाधान गर्ने मात्र होइन यसका अरु थुप्रै फाइदाहरु पनि छन्। मुख्य सुविधा भनेको यो विद्युतिय स्कुटर चलाउनका लागि लाइसेन्सको आवश्यकता पनि पर्दैैन।
यातायात ऐन अन्तरगत यसलाई साइकलको वर्गमा राखिएको छ। ‘विद्युतिय स्कुटरलाई हालसम्म साइकलकै वर्गमा राखिएको छ। भारत, चीन लगायत अन्तर्राष्ट्रिय स्तरमा पनि यसलाई यही वर्गमा राखिएको छ। त्यसकारण यसका लागि लाइसेन्स चाहिने नियम छैन,’ महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पोषराज पोखरेल बताउँछन्।
‘यातायात ऐनमा पनि यो उल्लेख नभएको र यसका साथै विद्युतिय स्कुटर छोटो दूरीमा मात्र कुद्ने भएकाले लाइसेन्सको नियम नभएको हो,’ उनले भने।  यसका साथै यस्तो विद्युतिय स्कुटरधनीले वार्षिक सवारीकर पनि तिर्न पर्दैन। साइकलको वर्गमा रहेका कारण कर तिर्नपर्ने, ब्लुबुक वा विमा गर्नुपर्ने जस्ता कुनै पनि प्रक्रिया गर्नपर्दैन।
एकपटक विद्युतिय स्कुटर किनेपछि यसको प्रक्रिया पेट्रोलबाट चल्ने स्कुटरको जस्तो नभएर साइकलको जस्तो हुन्छ।
यस्ता स्कुटरहरुको आवाज पेट्रोल स्कुटरको तुलनामा एकदमै कम हुनुका साथै वातावरणमैत्री पनि छन्। कुनै पनि किसिमको प्रदुषण तथा धुँवा उत्सर्जन नगर्ने विद्युतिय स्कुटर इन्धनबाट चल्ने दुई पांग्रेको तुलनामा सस्तो पनि पर्छ। पेट्रोल हाल्न नपर्नेदेखि बाहेक कुनै प्रकारको मर्मत खर्च नलाग्ने, पेट्रोल स्कुटरमा पाइने सम्पूर्ण सुविधा पाइने र पेट्रोल स्कुटरभन्दा सस्तो पनि हुनाले यो उपयूक्त हुने व्यवसायीहरु बताउँछन्।
अझ काठमाडौँ उपत्यकाभित्र यात्रा गर्नका लागि यो झनै उपयूक्त भएको व्यवसायीहरुको भनाइ छ। तिव्र गतिमा नजाने र पेट्रोल नहुनाले सुरक्षाका हिसावले पनि विद्युतिय सवारीसाधन उत्कृष्ट विकल्प रहेको कम्पनीहरुको भनाइ छ।
फेयर अटो प्रा.लि.ले जापानमा निर्मित ‘टेर्रा’ विद्युतिय स्कुटरको विक्री वितरण गर्दै आइरहेको छ।  फेयर अटो प्रालिले हाल एक लाख ५ हजारदेखि एक लाख ८० हजार रुपैयाँसम्मका सीड ६० अल्फा,  इसिन, यामातो, हायाते  र अरासी जस्ता मोडलका ‘टेर्रा’ का विद्युतिय स्कुटरहरु विक्री वितरण गर्दै आएको छ । मोडलअुनसार यसको मूल्य र विशेषता फरक फरक हुने फेयर अटोका जेनरल म्यानेजर दीपक कुमार पुराकोटीले जानकारी दिए।
सामान्यरुपमा दुई देखि तीन घण्टामात्र चार्ज गरे पुग्ने ‘टेर्रा’ विद्युतिय स्कुटर मोडलकै आधारमा औसतमा ३५ किमीदेखि ७५ किमीसम्म चल्ने पुराकोटी बताउँछन् ।  सीड ६० अल्फा,  इसिन जस्ता कम मूल्यका स्कुटरहरुको औसत माइलेज ३५ किमीदेखि ४५ किमीसम्म छ भने हायाते र अरासी स्कुटरहरुले ७५ किमीसम्म माइलेज दिने उनले बताए।
टेर्रा विद्युतिय स्कुटर किन्दा सुरुमा कम्पनीले नै फुल चार्ज गरेर दिन्छ। त्यसपछि यसलाई दैनिक २-३ घण्टामात्र चार्ज गरे पुग्ने पुराकोटी बताउँछन्। ‘यो मोबाइल जस्तै जहाँ पनि चार्ज गर्न सकिन्छ। यसमा अटोकट सिस्टम हुनाले स्कुटरलाई चाहिने जति पावर पुगेपछि आफैँ चार्जिङ रोकिने हुनाले यसलाई रातभरि प्लगमा जोडेर राख्न पनि सकिन्छ,’ उनले भने।
टेर्रा विद्युतिय स्कुटरको ब्याट्रीको पूर्ण उपयोगिता हुने कम्पनीको दावी छ। ‘२ हजारदेखि २५ सय पटकसम्म प्लग इन गर्दासम्म यसको ब्याट्रीले राम्रो काम गर्छ,’ उनले भने। दैनिक चार्ज गर्दा यसले जम्मा १.५ देखि २ यूनिट मात्र विद्युत् खपत गर्ने कम्पनीको भनाइ छ।
नेपालमा प्राइम विजनेस प्रालिले पनि विद्युतिय स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको छ। टेकुस्थित आफ्नो सोरुमबाट कम्पनीले ‘हिरो इलेक्ट्रिक’ ब्राण्डको ‘फोटोन’ र ‘अप्टिमा प्लस’ दुई मोडलका स्कुटरहरु विक्रीवितरण गर्दे आएको सेल्स एण्ड मार्केटिङ प्रमुख नरेस शर्माले बताए।
हिरो इलेक्ट्रिक फोटोनको मूल्य १ लाख ६० हजार रुपैयाँ र अप्टिमा प्लसको मूल्य १ लाख ४५ हजार रुपैयाँ रहेको छ। पेट्रोलको आवश्यकता नपर्ने हिरो इलेक्ट्रिक स्कुटरहरुलाई ५ घण्टादेखि लिएर ६ घण्टा भित्रमा फुल चार्ज गर्न सकिन्छ र एकपटक फुल चार्ज गर्दा २.५ देखि ३ यूनिटमात्र विद्युत खपत गर्ने शर्माले बताए। एकपटक फुल चार्ज गरेर काठमाडौं जस्तो ठाउँमा ५० किमीदेखि ६० किमीसम्म गुडाउन सकिने शर्माले बताए।
सामान्यतया यस्ता स्कुटरका ब्याट्रीको लाइफ प्रयोग गर्ने र चार्ज गर्ने तरिकाका साथै कति र कस्तो बाटमो कुदाउने भन्नेमा निर्भर हुने व्यवसायीहरुको भनाइ छ। मोडलअुनसार र ब्याट्रीको क्षमताअनुसार औसतमा यसको २ वर्षभन्दा माथि हुन्छ।
हिरो इलेक्ट्रिकले आफ्नो विद्युतिय स्कुटरहरुमा १ वर्षको वारेन्टी दिएको छ। ‘एक वर्षको वारेन्टी दिएपनि यो दुईवर्षसम्म राम्ररी नै चल्छ,’ हिरो इलेक्ट्रिकका सेल्स एण्ड मार्केटिङ प्रमुख नरेस शर्माले बताए।
उनका अनुसार फोटोन र अप्टिमा प्लसमा ४ वटा ब्याट्री हुन्छन्। फोटोनको  एक ब्याट्रीको मूल्य ८ हजार ५ सय रुपैयाँ पर्छ। ब्याट्री विग्रँदा सबै एकैपटक विग्रने सम्भावना कम हुन्छ। यस हिसावले फोटोनको पुरै ब्याट्री फेर्नु परेमा मात्र करिब ३४ हजार रुपैयाँ पर्छ। नभए कम मूल्य पर्छ। त्यस्तै अप्टिमा प्लसको प्रतिब्याट्री मूल्य ५ हजार रहेको छ जुन हिसावले पूरा सेटको ब्याट्रीको मूल्य करिब २० हजार रुपैयाँ पर्छ। तर एकवटा ब्याट्री फेर्ने अवस्था पनि लगभग २ वर्षमा एकपटक मात्र हुने कम्पनीको भनाइ छ।
त्यस्तै टेर्राका स्कुटरहरुमा पनि एक वर्षको वारेन्टी दिइएको फेयर अटोका जेनरल म्यानेजर दीपक कुमार पुराकोटी बताउँछन्। टेर्राका विद्युतिय स्कुटरको मोडल हेरी ४ देखि ५ वटा ब्याट्री रहेको र यसको प्रतिब्याट्री मूल्य ८ देखि १२ हजार रुपैयाँ रहेको उनले बताए। उनी पनि ब्याट्री विग्रँदा सबै एकैपटक विग्रने सम्भावना कम हुनाले खर्च कम हुने बताउँछन्।
विद्युतिय स्कुटरहरुका लागि हेलमेटको अनिवार्य भन्ने नियम छैन। विद्युतिय स्कुटरहरुको अधिक गति २५ किमी प्रतिघण्टा भएपनि विक्रेता कम्पनीहरुले चालकको सुरक्षाको लागि भनेर हेल्मेट अनिवार्यरुपमा लगाउनुपर्ने बताउँदै आएका छन्।
लाइसेन्स, ब्लुबुक, सवारीकर इत्यादी कुनै पनि किमिसको झन्जट बेहोर्नु नपेर्ने, पेट्रोलको समस्या नहुने, सुरक्षित हुने, मर्मत गरिरहनु नपर्ने, खर्च पनि न्यून मात्रामा हुनाले र दैनिक रुपमा बढीमा ४ घण्टा चार्ज गर्दा पुग्ने हुनाले लोडसेडिङले पनि खास समस्या नहुने हुनाले यस्ता स्कुटरहरु नेपालका लागि सहज हुने व्यवसायीहरुको भनाइ छ।साभार सेतोपाटी
]]>
5648 0 0 0
साउदीमा नयाँ श्रम नीति, नेपाली कामदार लाभान्वित हुने http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf-%e0%a4%a8%e0%a5%87/ Fri, 06 Nov 2015 04:08:09 +0000 http://www.ghumphir.com.np/?p=5652 साउदी अरब, २० कात्तिक : साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजनाअन्र्तगत तलबसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ ।

साउदी अरबको श्रम मन्त्रालयले ३ हजार ५९५ निजी कम्पनीमा कार्यरत झण्डै ४ लाख ५ हजार ५९० कामदारको तलब सुनिश्चततालाई लक्षित गरी सो व्यवस्था सार्वजनिक गरेको हो ।

यो योजना सार्वजनिक गरिएसँगै साउदी अरबमा रोजगारीका लागि आएका झण्डै ६ लाख नेपाली कामदार लाभान्वित हुने आशा गरिएको छ । तलब पाउन नसकेका र सम्झौता अवधि सकिएर पनि स्वदेश फर्किन नपाएका नेपाली कामदारका लागि यो व्यवस्थाले राहत पुग्ने विश्वास लिइएको छ ।

निजी कम्पनीमा कार्यरत कामदारले निश्चित समयमै तलब पाउने गरी ल्याइएको यो व्यवस्था लागू गर्न सरकार प्रतिबद्ध रहेको साउदीका श्रम निरीक्षण तथा वातावरण विकास मन्त्री अब्दुल्लाह अबुले बताए ।

सार्वजनिक गरिएको नयाँ व्यवस्थाअनुसार सबै निजी कम्पनीले आफ्ना कामदारलाई समयमै तलव भुक्तान गर्नुपर्ने अरब न्यूजमा प्रकाशित समाचारमा उल्लेख गरीएको छ । यो व्यवस्थाले रोजगारदाता कम्पनी र कामदारका बीचमा देखिएको समस्या समाधान गर्ने विश्वास लिइएको छ ।

यो व्यवस्थाको उल्लङ्घन गर्ने कम्पनीलाई प्रतिकामदारका आधारमा ३ हजार साउदी रियल जरिवाना गरिने बताइएको छ । नयाँ नियमअनुसार कामदारलाई निरन्तर ३ महिनासम्म तलबभत्ता उपलब्ध नगराएको खण्डमा कम्पनी बन्दसमेत गरिनेछ र उक्त कम्पनीमा कार्यरत कामदारले स्वतः अन्य कम्पनीमा काम गर्न पाउनेछन् ।

यो व्यवस्था दुई महिनापछि सबै निजी कम्पनीमा लागू हुने भएकाले आफ्नो कम्पनीमा कार्यरत कामदारको विवरण पठाउन मन्त्रालयले आग्रह गरेको छ ।

]]>
5652 0 0 0
मलेसियामा इलामे युवकको मृत्यु http://localhost/ghum/%e0%a4%ae%e0%a4%b2%e0%a5%87%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%87%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a5%87-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%ae/ Fri, 06 Nov 2015 04:20:38 +0000 http://www.ghumphir.com.np/?p=5655

इलाम, २० कात्तिक ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामे युवकको मृत्यु भएको छ । रोजगारीका लागि एक वर्षअघि मलेसिया पुगेका माईपोखरी–८ का १९ वर्षीय सुरेश राईको मृत्यु भएको हो । छ दिनअघि मृत्यु भए पनि परिवारले भने बिहीबार मात्रै उनको मृत्युको खबर सुनेका थिए । मलेसियामा अवैध रूपमा बस्दै आएका राईलाई छ महिनाअघि मलेसिया प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियो । राईको जेलमै मृत्यु भएको उनकी दिदी रञ्जना राईले जानकारी दिनुभयो । उनी जेल परेको लामो समयपछि मात्र उनले परिवारमा सम्पर्क गरेका थिए । उनलाई जेलबाट उकासेर स्वदेश फर्काउनका लागि परिवारले लाग्ने खर्चसमेत जुटाइसकेको अवस्थामा उनको मृत्यु भएको दिदी रञ्जनाले बताउनुभयो । राईको शव स्वदेश ल्याउन पहल गरिदिन नेपाली दूतावाससँग मृतकका परिवारले अनुरोध गरेका छन् ।

]]>
5655 0 0 0
नेवारी संस्कृति राष्ट्रको गौरव हो: सभामुख http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%95/ Fri, 06 Nov 2015 16:36:01 +0000 http://www.ghumphir.com.np/?p=5657

काठमाडौँ, २० कात्तिक ।

सभामुख ओनसरी घर्तीले नेवारी समुदायले मनाउने म्ह पूजाले नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराइ देशको गौरव बढाएको बताउनुभएको छ । नेपाल प्याथिलियन कम्पनीद्वारा आज यहाँ आयोजित सामूहिक म्ह पूजा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली पर्व संस्कृतिको आआफ्नै विशेषता रहेको र त्यसले विविधतायुक्त सुन्दर देश नेपालमा सबै जाति समुदायकाबीच सांस्कृतिक र भावनात्मक एकता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । साहित्यकार डा तेजेश्वरबाबु ग्वङ्गले म्ह पूजाको सांस्कृतिक पक्षको चर्चा गर्दै यसले मानिसले आफ्नो महत्वलाई बुझ्ने अवसर प्रदान गर्ने बताउनुभयो । कम्पनीका प्रबन्ध निर्देशक नरेश श्रेष्ठले नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व म्ह पूजाको विशेषतालाई अन्तर्राष्ट्रिय तहमा पु¥याउन विभिन्न मुलुकका कूटनीतिक व्यक्तिलाई समावेश गरी पूजा गरिएको जानकारी दिनुभयो ।

]]>
5657 0 0 0
टेलिकमले डाटा प्याकेज ल्यायो http://localhost/ghum/%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%a1%e0%a4%be%e0%a4%9f%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%87%e0%a4%9c-%e0%a4%b2%e0%a5%8d/ Fri, 06 Nov 2015 16:40:42 +0000 http://www.ghumphir.com.np/?p=5659

काठमाडौँ, २० कात्तिक ।

नेपाल टेलिकमले ग्राहकको माग बमोजिम इन्टरनेट प्रयोगकर्ताका लागि डाटा प्याकेजको नयाँ योजना ल्याएको छ ।टेलिकमले उपलब्ध गराएको सानो परिमाणको डाटा प्याकेजमा ग्राहकबाट अत्यधिक माग भए बमोजिम जिएसएम÷सिडिएमएका प्रिपेड र पोस्टपेड सेवामा आगामी कात्तिक २२ गतेदेखि नयाँ डाटा प्याकेज उपलब्ध गराउने भएको हो । उक्त सेवाअन्तर्गत जिएसएम १० एमबीको दुई दिन अवधिको महसुल दर रु आठ जिएसएम प्रिपेड र पोस्टपेड ५० एमबी १० दिनको महसुल रु ३५ र सिडिएमए प्रिपेड पोस्टपेड ४० एमबी तीन दिनको महसुल रु १५ निर्धारण गरिएको टेलिकमले जनाएको छ । उल्लेखित महसुल दरमा नियमअनुसार थप १३ प्रतिशत कर लाग्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । जिएसएम पोस्टपेडमा डाटा सुविधा लिनका लागि डाटा र आफूले चाहेको परिणामको बीचमा खाली स्पेस राखेर १४०० सय डायलमा एसएमएस पठाउनु पर्नेछ । जिएसएम पोस्टपेड प्रयोग गर्न बाँकी रहेको डाटा परिमाण थाहा पाउन सिबी टाइप गरी १४०० मा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । त्यस्तै जिएसएम प्रिपेड र सिडिएमए पोस्टपेड÷प्रिपेडमा डाटा सुविधा लिनका लागि आफुले लिन चाहेको डाटा परिणाम उल्लेख गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । उक्त परिणामको बाँकी डाटा थाहा पाउन भिएल टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिने जनाइएको छ ।

]]>
5659 0 0 0
भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%87%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%a4/ Fri, 06 Nov 2015 16:59:01 +0000 http://www.ghumphir.com.np/?p=5662 काठमाडौँ, २० कात्तिक ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको साइत सार्वजनिक गरेको छ ।तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ । “यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११ः५५ मा शुभ बेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ”– समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भन्नुभयो ।

उज्यालो, पशुपक्षी पूजा, भ्रातृभगिनी प्रेम, मिठाइ र सेलरोटी सेवन, फूल तथा मुलुकको मौलिक नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चक कात्तिक २३ गते सोमबारदेखि सुरु हुनेछ । कात्तिक २३ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कात्तिक २४ गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार पर्ने समितिले जनाएको छ । काग तिहारका दिन यमदूत काग र कुकुर तिहारका दिन यमदूत कुकुरलाई मीठा खानेकुरा खान दिइने शास्त्रीय परम्परा छ ।

नरक चतुर्दशीका दिन बिहानै उठेर तिलको तेल लगाई नरके स्नान गरेमा वैज्ञानिक रुपमा शरीरभित्र पानी पस्दैन भन्ने छ । धार्मिक रुपमा नरक जानु नपर्ने र सुख शान्ति मिल्ने विश्वास रहेको प्रा डा गौतमले जानकारी दिनुभयो ।

कात्तिक २५ गते लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रिका लागि कुनै साइतको आवश्यकता नपर्ने पनि उहाँले जानकारी दिनुभयो । त्यसै दिन भलो होस् भनी भैलो खेल्ने परम्परा रहेको छ ।

कात्तिक २६ गते गाईपूजा, गोबद्र्धन पूजा, गोरु र नेवारी समुदायको म्ह(आत्म)पूजा गरिन्छ । यसै दिन कात्तिक शुक्ल प्रतिप्रदादेखि नेपाल संवत् पनि सुरु हुन्छ । यस दिन साँझदेखि देउसी खेल्ने गरिन्छ । कात्तिक २७ गते भाइटीका लगाएपछि नेपालीको दोस्रो ठूलो पर्व तिहार सकिन्छ ।

]]>
5662 0 0 0
कर्फयु हटे लगतै विरगञ्ज चहलपहल http://localhost/ghum/%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ab%e0%a4%af%e0%a5%81-%e0%a4%b9%e0%a4%9f%e0%a5%87-%e0%a4%b2%e0%a4%97%e0%a4%a4%e0%a5%88-%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a4%9a/ Fri, 06 Nov 2015 17:02:32 +0000 http://www.ghumphir.com.np/?p=5665 विरगञ्ज, २० कात्तिक ।

पर्सा प्रशासनले जारी गरेको अनिश्चितकालिन कर्फयु आदेश आज विहान ६ बजेदेखि ११ बजेसम्मको लागि हटाएपछि सर्वसाधारणको आवातजावत बढेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले गत सोमबारबाट लगाएको अनिश्चितकालिन कर्फयु आदेश सर्वसाधारणलाई सहज होस भनेर आज विहान ६ बजेदेखि ११ बजेसम्मको हटाएपछि बीरगंजको जनजीवन सामान्य बनेको हो ।

कर्फयु हटे लगतै बीरगंजको बजारमा मान्छेको चहलपहल बढनुको साथै आज रिक्शा, टांगा र मोटरसाइकल निर्वाधरुपमा संचालनमा आएका छन् । गत सोमबार बीरगंजको शंराचार्यगेट नजिक सुरक्षाकर्मीको गोली लागी एक प्रदर्शनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले तनावपूर्ण स्थितीलाई नियन्त्रणमा लिन सोमबार दिउसो ३ बजेबाट कर्फयु आदेश जारी गरेको थियो । कर्फयु आदेश खुकुलो भएसंगै बीरगंजबासी यतिवेला ग्यास तथा इन्धन जस्ता अत्यावश्यक बस्तुको जोहोमा जुटेका छन् ।

नेपाल भारत सीमावर्ती शहर बीरगंजमा हतपत ग्यास तथा इन्धनको अभाव नहुने भएपनि पछिल्लो समयमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागी एक भारतीय नागरिकको मृत्यु भएपछि भारतीय सरकार र जनताले नाकामा कडाई गरेपछि अतिआवश्यक बस्तुको अभाव सृजना शुरु भएको हो । बीरगंजबासीहरु विहानैदेखि ग्यासको सिलिण्डर बोकेर ग्यासको लागि लामो लाईनमा लाग्न बाध्य छन् । केही समयअघिसम्म सीमापारी भारतीय बजारबाट मंहगोमै ल्याएर भएपनि आफनो गर्जो टारिरहेकोमा, नाकामा कडाई बढेपछि अहिले आएर बीरगंजबासीहरुलाई पनि लाईनमा लाग्नुको बिकल्प देखिदैन ।

]]>
5665 0 0 0
डेरावासीको जीवन दालमोठ चिउराको भरमा http://localhost/ghum/%e0%a4%a1%e0%a5%87%e0%a4%b0%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8-%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a5%8b%e0%a4%a0-%e0%a4%9a/ Fri, 06 Nov 2015 17:06:15 +0000 http://www.ghumphir.com.np/?p=5667

भक्तपुर, २० कात्तिक ।

इन्धन अभाव चुलिएपछि अरुको घरमा डेरागरी बस्ने डेरावासीले जीवन दालमोठ, चिउराले धान्न थालेका छन् । ग्यास सकिएपछि दाउरा बालेर खाना पकाउन घरमालिकको अनुमति नपाएपछि अधिकांश डेरावासी दालमोठ चिउराको भरमा बस्नु परेको हो । सूर्यबिनायक नगरपालिका सूर्यबिनायक चोकमा डेरा गरी बस्ने गोरखाका अमरनाथ कार्कीले तीन दिनदेखि दालमोठ चिउराको भरमा बस्नु परेको बताउनुभयो । “ग्यास छैन, घरबेटीले घर कालो हुन्छ, दाउरा बाल्न दिन्न भनेपछि दालमोठ चिउराको भरमा बस्नु परेको छ” उहाँले भन्नुभयो । चार जनाको परिवारमा ९ वर्षको छोरा र १२ वर्षकी छोरीलाई समेत दालमोठ चिउराको भरमा राख्नु परेको उहाँले गुनासो गर्नुभयो । तिहार बिदामा घर जाने सोचाइ बनाए पनि गाडी नपाउने डरले थप समस्या आएको बताउँदै घर जानका लागि सरकारले गाडीको व्यवस्था गरिदिए सहज हुने उहाँको भनाइ छ । भक्तपुर सिर्जना नगरमा बस्ने उर्मिला नेपालको समस्या पनि उस्तै नै छ । चार वर्षदेखि एउटै घरमा बसेका घरबेटीले दाउरा नबाल्नु भनेपछि ल्याएको चुलोसमेत यत्तिकै रहेको बताउँदै उहाँले चार दिनदेखि नै दालमोठ, चिउरा, चाउचाउ र बिस्कुटको भरमा बस्नु परेको बताउनुभयो । तीन वर्षको छोरा निकेतलाई चिसो पानीमा चिनी हालेर चिउरा, बिस्कुट भिजाएर खुवाउनु परेको बताउँदै उहाँले आफूहरुले भने अचारसँग चिउरा खाएर बसेको बताउनुभयो । “ग्यास खोज्न धेरै ठाउँ गयाँै तर पाइएन, श्रीमान्ले अफिसको क्यान्टिनबाट कहिलेकाही तरकारी ल्याउनुहुन्थ्यो, त्यो पनि बन्द भयो, चिउरा खाएर बस्नुपरेको छ ।” अहिले सहरका अधिकांश डेरावासीको समस्या यस्तै रहेका छन् । ग्यास सिद्धिएका घर मालिक कौसीमा खाना पकाएर खाने गरेपनि डेरावासीलाई भने दाउरा बालेर खाना पकाउन घरबेटीले प्रतिबन्ध लगाएका छन् । मध्यपुरथिमि शङ्खधर चोकका माधव श्रेष्ठ आफ्नै घरको कौसीमा भुसे चुलोमा खाना बनाएर खाएको एकसाता भएको बताउनुहन्छ । आपूmले कौसीमा खाना बनाएर खाए पनि डेरावासीलाई भने आगो बाल्न नदिएको उहाँ बताउनुहुन्छ । “घरको कोठैपिच्छे भाडामा बस्ने मान्छे छन्, दाउरा बाल्न दिने हो भने सिंँगै घर धुँवाले कालो हुन्छ, महँगो रङ्ग लगाएको के काम, आगो बाल्न त दिन्नाँै” उहाँले भन्नुभयो । बालकोट चोकमा डेरामा बस्ने सर्मिला पाठकको अवस्था पनि उस्तै नै छ । एक सातादेखि ग्यास सकिएर कहिले चिउरा, कहिले चाउचाउ त कहिले बिस्कुट खाएर बसेको बताउँदै उहाँले ग्यासको अभाव र घरमालिकको व्यवहारले समस्या पारेको बताउनुभयो । बजारमा खुलेका होटल, रेष्टुराँ, खाजा घरसमेत बन्द भएपछि ग्यास सकिएका डेरावासीको समस्या झन झन जटिल बन्दै गएको छ । अधिकांश डेरावासीले ग्यास अभावको समस्यामा जेलिएकाले सवारी साधन पाए छिट्टै गाउँ फर्किने तयारी गर्न थालेका छन् ।

]]>
5667 0 0 0
काष्ठमण्डप र पाटनदरबार क्षेत्रको उत्खननको काम सकियो http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%ae%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%aa-%e0%a4%b0-%e0%a4%aa%e0%a4%be%e0%a4%9f%e0%a4%a8%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%95/ Fri, 06 Nov 2015 17:16:29 +0000 http://www.ghumphir.com.np/?p=5670

काठमाडौँ, २० कात्तिक ।

गत वैशाखमा गएको गोरखा भूकम्पले गर्दा क्षति भएको काष्ठमण्डप र पाटन दरबार क्षेत्रको उत्खननको काम सकिएको छ । पुरातत्व विभागका अनुसार उपत्यकाका तीन जिल्लाका महत्वपूर्ण सम्पदा स्थलमध्ये आजसम्ममा काष्ठमण्डप र पाटन दरबार क्षेत्रको उत्खननको काम सकिएको छ । भोलिदेखि भक्तपुरमा रहेका सम्पदास्थलको उत्खननको काम सुरु गरिने बताइएको छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार पुरातात्विक स्थलको उत्खनन युनेस्कोको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग र डुरहाम विश्वविद्यालय र राष्ट्रिय विज्ञको टोलीले संयुक्त रुपमा गरेको हो । विभागका अनुसार काठमाडौँमा ३६ वटा सम्पदा पूर्णरुपमा क्षति भएका छन् भने १७३ वटा सम्पदामा आंशिक रुपमा क्षति पुगेको छ । यस्तै, ललितपुरमा १३ वटा सम्पदा पूर्णरुपमा क्षति भएका छन् भने ७१ वटा सम्पदामा आंशिक रुपमा क्षति पुगेको छ भने २५ वटा सम्पदाको भित्तामा क्षति भएको छ । त्यसैगरी, भक्तपुरमा २० वटा सम्पदा पूर्णरुपमा क्षति भएको छ भने ४३ वटा सम्पदामा आंशिक क्षति पुगेको छ । उपत्यकाभन्दा बाहिर २८१ वटा सम्पदामा क्षति भएको विभागको प्रारम्भिक तथ्याङ्क छ । उहाँले धरहराको निर्माण हुने तर कस्तो मोडलमा बनाउने, भविष्यमा कसरी सुरक्षित गर्न सकिन्छ भन्ने सन्दर्भमा कुरा भइरहेको बताउनुभयो ।

]]>
5670 0 0 0
घाँटी अँठ्याउने कस्तो मित्रता ?: प्रधानमन्त्री ओली http://localhost/ghum/%e0%a4%98%e0%a4%be%e0%a4%81%e0%a4%9f%e0%a5%80-%e0%a4%85%e0%a4%81%e0%a4%a0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%95%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%ae%e0%a4%bf/ Fri, 06 Nov 2015 17:25:59 +0000 http://www.ghumphir.com.np/?p=5672

]]>
5672 0 0 0
बेकह्यामले विद्यार्थीसँग फुटबल खेले (फोटो फिचर) http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%95%e0%a4%b9%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a5%80%e0%a4%b8%e0%a4%81/ Fri, 06 Nov 2015 17:51:46 +0000 http://www.ghumphir.com.np/?p=5674

भक्तपुर, २० कात्तिक ।

बेलायतका फुटबल खेलाडी डेबिट बेकह्यामले आज यहाँको एक विद्यालयका भूकम्पपीडित विद्यार्थीसँग फुटबल खेल्नुभएको छ । उहाँले पाँचतले मन्दिर परिसरमा र दरबार स्क्वायरमा रहेको पद्म उमाविका कक्षा ८, ९ र १० का छात्र तथा छात्रासँग करिब १० मिनेट नीलो र रातो टोली बनाएर टौमढी स्वायरमा फुटबल खेल्नुभएको हो । उहाँले एसियाली मुलुकको नेपाल छानेको र त्यसमा पनि भक्तपुरको ऐतिहासिक स्कुलका पीडित विद्यार्थीसँग फुटबल खेलेकामा गर्व लागेको स्कुलका प्राचार्य राम हाडाले बताउनुभयो । बेकह्यामले स्कुलमा गएर भूकम्पीय क्षतिबारे जानकारी लिनाका साथै भूकम्पपीडित विद्यार्थीसँग कुरा पनि गर्नुभयो । बिबिसीको संयोजनमा युनिसेफका सद्भावनादूत समेत रहनुभएका बेकह्याम भूकम्पपछिको अवस्थाबारे बुझ्न र बिबिसीको युनिसेफले निर्माण गर्न लागेको वृत्तचित्र छायाङ्कनका लागि नेपाल आउनुभएको हो । बेकह्याम आज बिहान त्रिभुवन विमानस्थल उत्रिएर सिधै भक्तपुर आउनुभएको थियो । बेकह्याम विमानस्थलबाट भक्तपुरको सल्लाघारीसम्म माइक्रोबस र सल्लाघारीबाट सफा टेम्पो चढेर दरबार स्क्वायर आउनुभएको थियो । उहाँलाई हेर्न सर्वसाधारणको निकै घुइँचो लागेको थियो । Photo:www.bharatbandhu.com.np

Devid Bckam (1)

unnamed (1) Devid Bckam (2) Devid Bckam (3) Devid Bckam (4) Devid Bckam (6)

]]>
5674 0 0 0
कहिले पाइन्छ ग्यास ? http://localhost/ghum/%e0%a4%95%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9b-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8/ Sat, 07 Nov 2015 02:38:46 +0000 http://www.ghumphir.com.np/?p=5686 २१ कात्तिक, काठमाडौं ।
सप्तरी हरिपुरका श्रीप्रसाद विश्वकर्मा खाना पकाउने ग्यास पाउने आसमा सात दिनदेखि लाममा बसेका छन्। फर्निचर कारखानामा दैनिक ज्यालादारीमा काम गरेर जीवन निर्वाह गर्ने उनले एक सातादेखि एक रुपैयाँ आम्दानी गर्न पाएका छैनन् । टेकु डेरा भएका उनी भानु ग्यासको सामाखुसीस्थित डिपोबाट ग्यास बाँड्ने जानकारी पाएकाले एक सातादेखि डेरामा नगई बसेका हुन्।अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
‘सिलिन्डर छाड्दा हराउन सक्ने भएकाले डेरामा जान पाएको छैन। गत बिहीबार लाइनबाट तीनचारवटा सिलिन्डर हरायो रे,' उनी भन्छन्, 'दिनहुँ एक छाकमात्र खाएर लाइनमा बसेको छु, दुई छाक खाने पैसा छैन।
रातभर सडकको चिसोले रुघाखोकी लाग्न थालेको छ, ज्यान पनि दुःखेको छ,' उनले भने, 'डेरामा श्रीमती र दुई छोरी छन्। जेठी छोरीको गत वर्ष लडेर खट्टा भाँच्चिएको छ । सानी छोरी नौ कक्षामा पढ्छिन्। इन्धन नहुँदा खान पाएका छैनन्।' ग्याससँगै काम गर्न नपाएकाले गासबाससमेत खोसिएको भन्दै उनी बिलौना गर्छन्
बानियाँटारमा बस्ने सोलुखुम्बुकी गोर्मा शेर्पा पनि श्रीप्रसादजस्तै ग्यास पाइने आसमा पाँच दिनदेखि रित्तो सिलिन्डर लिएर लाइनमा बसेकी छन् । दमको रोगी उनी रातमा दुई छोरालाई लाइनमा राख्छिन् तर दिनभर भने आफैं ग्यास आइहाल्छ कि भनेर लाइन नछोडी कुरिरहन्छिन्।
ज्यामी काम गर्ने उनको पनि पाँच दिनदेखि दैनिक आम्दानी खोसिएको छ। सोमबारदेखि लाइनमा बसेकी उनले बुधबार कम्पनीले ग्यास बाँडे पनि पाउन सकिनन्।'पाँच सयजनालाई आधा सिलिन्डर बाँडियो तर मेरो पालो आएन। फेरि आउने आसमा बसेकी छु तर थाहा छैन कहिले आउँछ,' उनले भनिन्।श्रीप्रसाद र गोमा प्रतिनिधि पात्रमत्र हुन्।
]]>
5686 0 0 0
भारतभन्दा नेपाल समृद्ध http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a4%ae%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7/ Sat, 07 Nov 2015 02:44:15 +0000 http://www.ghumphir.com.np/?p=5688 २१ कात्तिक, काठमाडौं ।

सन् २०१५ को विश्व समृद्धि सूचकांकका अनुसार भारतभन्दा नेपाल समृद्ध देखिएको छ । बेलायतको लेगाटम इन्स्टिच्यूटले हालै सार्वजनिक गरेको लेगाटन समृद्धि सूचकमा सेटिएका एक सय ४२ मुलुकमध्ये नेपाल ८९ औ स्थानमा छ ।

भारत नेपालभन्दा १० स्थान तल ९९ औ स्थानमा छ । सम्पत्ति र जनकल्याणसम्बन्धी विभिन्न आधारमा समृद्धि सूचक हरेक वर्ष प्रकाशित हुँदै आएको नयाँ पत्रिकामा खबर छ ।

नेपाल अघिल्लो वर्षको भन्दा सात स्थान माथि उक्लँदै ८९ औ स्थान ओगट्न सफल भएको हो । समृद्धि सूचकका अनुसार दक्षिण एसियामा नेपाल श्रीलंकापछिकै दोस्रो समृद्ध मुलुक हो । नेपालभन्दा माथि रहेको श्रीलंका ६१ औ स्थानमा छ । भारत ९९ औ, बंगलादेश १०३ औ, पाकिस्तान १३० औ र अफगानिस्तान १४१ औ स्थानमा छ ।

]]>
5688 0 0 0
फोहरबाट विद्युत् उत्पादन सुरु http://localhost/ghum/%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8/ Sat, 07 Nov 2015 02:49:55 +0000 http://www.ghumphir.com.np/?p=5690

पथरी (मोरङ), २१ कात्तिक ।

जिल्ला विकास समिति मोरङले वैकल्पिक ऊर्जा प्रविधि अपनाएर विराटनगर कारागारमा फोहरबाट विद्युत् उत्पादन सुरु गरेको छ । जिल्ला विकास समिति मोरङका वैकल्पिक ऊर्जा केन्द्रका अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार कारागारमा प्रयोग हुँदै आएको ३५÷३५ घनमिटरका दुई वटा शौचालयबाट तीन किलोवाट विद्युत् उत्पादन सुरु गरिएको हो । मुलुकमा ऊर्जा सङ्कट भइरहेका बेलामा कारागारमा सो प्रविधिबाट जडित ऊर्जाले कारागार क्षेत्रभरि बिजुली बाल्न पुग्ने छ । त्यस्तै खाना पकाउनका लागि चारवटा चुल्होसमेत सञ्चालन गरिएको ऊर्जा अधिकृत सिंहले बताउनुभयो । करिब रु पाँच लाखको लागतमा निर्माण भएको सो प्रविधिको जडान भएपछि कारागारमा बिजुलीको समस्या नरहेको कारागार प्रशासनले बताएको छ ।

]]>
5690 0 0 0
माउन्टेन बाइक महोत्सव हुने http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%a8-%e0%a4%ac%e0%a4%be%e0%a4%87%e0%a4%95-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%b9%e0%a5%81/ Sat, 07 Nov 2015 02:56:02 +0000 http://www.ghumphir.com.np/?p=5692

काठमाडौँ, २१कात्तिक ।

नेपाल पर्यटन बोर्डसहित विभिन्न साइक्लिङ संस्थाहरुको संयुक्त आयोजनामा आगामी मङ्सिर ४ देखि ६ गतेसम्म ‘जाइन्ट काठमाडौँ माउन्टेन बाइक महोत्सव–२०१५’ हुने भएको छ । यसको अन्य आयोजकहरुमा नेपाल साइक्लिङ एसोसिएसन, फन्टेस्टिक होलिडेज नेपाल, जाइन्ट साइकल र लाइफ साइकल नेपाल रहेको छ । सत्तरी प्रतिशत नेपाली र ३० प्रतिशत विदेशीको सहभागिता रहने सो प्रतियोगितामा क्रस कन्ट्रीतर्फ १५० र डाउन हिल प्रतियोगितामा ५० जनाको सहभागिता रहने आयोजकल जनाएको छ । ललितपुरको हात्तीवनमा आयोजना हुने सो प्रतियोगितामा क्रस कन्ट्रीमा सहभागी प्रतिस्पर्धीले चार किलोमिटर र डाउन हिलमा भाग लिनेले दुई किलोमिटर यात्रा तय गर्नुपर्नेछ । फन्टेस्टिक होलिडेज नेपालका अध्यक्ष भूपेन्द्र श्रेष्ठले माउन्टेन बाइकका लागि नेपाल एउटा प्राकृतिक खेल मैदान नै भएको टिप्पणी गर्दै माउन्टेन बाइकको माध्यमबाट नेपाललाई विश्वमा चिनाउन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नेपाल पर्यटन बोर्डका निर्देशक सुशील शर्माले पर्यटन बोर्डले पर्यटकलाई नेपालको भ्रमण गराउन उत्प्रेरित गर्न विविध कार्यक्रम गर्दै आएको बताउनुभयो । लाइफ साइकल नेपालका अध्यक्ष निराकार याक्थुम्बाले साइकल प्रतिस्पर्धाका साथै साङ्गीतिक कार्यक्रम तथा कलाकारको पनि सहभागिता रहने जानकारी दिनुभयो । नेपाल साइक्लिङ एसोसिएसनका उपाध्यक्ष उपेन्द्रशम्शेर राणाले नेपालमा सन् २००७ देखि माउन्टेन बाइक च्याम्पियनसिप भइआएको जानकारी दिँदै उत्तर दक्षिण ७५ किलोमिटर दूरी रहेको नेपालमा माउन्टेन बाइक चलाउनका लागि आवश्यक सबै प्रकारको आधारहरु रहेको बताउनुभयो । उहाँले नेपालले हरेक बर्ष एसियन साइकल च्याम्पियनसिपमा भाग लिँदै आएको र यहाँ साइकल चढ्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको बताउनुभयो ।

]]>
5692 0 0 0
भारतविरुद्ध राष्ट्रसंघमा अभिमत पुर्‍याउने http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%ae/ Sat, 07 Nov 2015 03:00:54 +0000 http://www.ghumphir.com.np/?p=5694 २१ कात्तिक, काठमाडौं ।
भारतीय नाकाबन्दीले पारेको चरम मानवीय संकटलाई अन्तर्राष्ट्रियकरण एक लाख हस्ताक्षर संकलन गरेर संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलाई बुझाइने भएको छ ।कान्तिपुर दैनिकमा समाचार छ ।
शनिबार रत्नपार्कको शान्तिबाटिका, चावहिल, बालाजु, नयाँ बानेश्वर, कोटेश्वर र  कलंकीका चोकहरुमा सनिबार बिहानैदेखि हस्ताक्षर अभियान सुरु हुनेछ । वैदेशिक रोजगारीका लागि गएको खाडी मुलुकबाट दसैं मनाउन घर आएका एक नेपाली युवाको आह्वानमा यो अभियान सम्पन्न हुन लागेको हो ।
‘घरमा आउँदा ग्यासका सिलिण्डर र गाडीहरुको लाम देखेपछि मन धरधर्ति रोयो’ धापासीका सन्तोषबाबु लोहनीले भने, ‘म एक नादानले गर्न त के नै सक्थेँ र ? तर पनि टुलटुल्ती हेरेर बस्न सकिन । अनि भारतको यो अत्याचारका विरुद्ध राष्ट्रसंघमा नागरिकको अभिमत पुर्‍याउने जमर्को गरेको हुँ ।’तीन वर्षदेखि युएयीमा रेष्टुरेन्ट चलाउँदैआएका लोहनी अभियानमा साथ दिन हजारौं उभिएपछि जोस्सिएका पनि छन् ।
]]>
5694 0 0 0
रातीमा मात्रै किन बाँडिन्छ तेल ? http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%88-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a4%bf%e0%a4%a8/ Sat, 07 Nov 2015 03:05:29 +0000 http://www.ghumphir.com.np/?p=5697 २१ कात्तिक, काठमाडौं ।

उपत्यकाका पम्पबाट पेट्रेल भर्न सर्वसाधारणले हैरानी खेप्नु परेको छ । दिनभर तेल वितरण नगर्ने पम्पले साँझ परेपछि पेट्रोल वितरण थालेर रातीसम्म लगाउँछन् । त्यसकारण सर्वसाधारणले दिउँसोको चर्को घाम र रातीको चिसो सहन बाध्य हुनु परेको छ ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार अति प्रज्वलनशील पदार्थ भएका कारण अँध्यारोमा पेट्रोलियम पदार्थ लोड अनलोड गर्न र वितरण गर्न हुँदैन । तर उपत्यकामा पम्पले साँझ परेपछिमात्रै इन्धन वितरण थाल्छन् र मध्यरातीसम्म वितरण गरिरहन्छन्, नयाँ पत्रिकामा खबर छ ।

पेट्रोलियम ब्यवसायीले आयल निगमबाटै ढिला गरी पेट्रोल प्राप्त गर्दा साँझ र रातीसम्म तेल वितरण गर्नुपरेको बताएका छन् ।

आयल निगमले दिउँसो १ बजेदेखि पम्पमा तेल पुरर्‍याउने गरी तेल वितरण गरिरहेको दाबी गरेको छ । तर अधिकांश पम्पले साँझ ५ बजेपछि मात्रै पेट्रोल पाउँदै आएको बताएका छन् ।

]]>
5697 0 0 0
मधेसी मोर्चा संसदमा जाने http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8%e0%a5%80-%e0%a4%ae%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%87/ Sat, 07 Nov 2015 13:27:51 +0000 http://www.ghumphir.com.np/?p=5700 २१ कात्तिक, काठमांडौं ।

८४ दिन देखि आन्दोलनरत संयुक्त मधेसी मोर्चा संसदमा फर्कने भएको छ। आन्दोलनरत मधेसी मोर्चाका दलहरुले आइतबार चल्ने संसद बैठकमा सहभागि हुँदै अवरुद्ध गर्ने निर्णय गरेको स्रोतले बतायो।

सदन र सडकबाट आन्दोलन चर्काउने भन्दै संसदमा जान लागेको मोर्चाका एक नेताले बताए। संसदमा आन्दोलन चर्काएर संविधान संसोधनको लागि दवाव दिने मोर्चाका ति नेताले बताए।

]]>
5700 0 0 0
तीनसय भन्दा बढी औषधि बोकेका ट्रक रक्सौलमा थन्काइए http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%af-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%94%e0%a4%b7%e0%a4%a7%e0%a4%bf-%e0%a4%ac%e0%a5%8b%e0%a4%95%e0%a5%87/ Sat, 07 Nov 2015 14:59:26 +0000 http://www.ghumphir.com.np/?p=5705

पर्सा, २१ कात्तिक ।

मधेस केन्द्रित दलले गरेको आन्दोलन तथा भारतले गरेको अघोषित नाकाबन्दीको कारण नेपालका लागि आयात गरिएका तीनसय ट्रकभन्दा बढी औषधि सीमास्थित भारतको रक्सौलमा थन्किएका छन् । वीरगन्जको मितेरी पुलमा मोर्चाका नेता कार्यकर्ताले गरेको धर्ना र अघोषित नाकाबन्दीका कारण नेपालका लागि आयात गरिएका तीनसयभन्दा बढी ट्रक औषधि र औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ विगत दुई महिनादेखि सीमाक्षेत्रमा थन्किएको हो । युद्धकालीन अवस्थामा समेत उपचार तथा औषधिलाई रोक्न नपाइने अन्तर्राष्ट्रिय कानुन भएपनि सो कानुनलाई उल्लङ्घन गर्दै भारतले नेपालका लागि आयात गरिएको औषधि रक्सौल नाकामा थन्काई राखेको नेपालका आयातकर्ताले बताएका छन् । नेपाल औषधि व्यवसायी महासङ्घका उपाध्यक्ष प्रकाश खण्डेलवालले भारतको रक्सौल नाकामा नेपालका लागि आयात गरिएका तीनसयभन्दा बढी ट्रक थन्किएको जानकारी दिनुभयो । उहाँले थन्किएका ट्रकहरुको रुट परिवर्तन गरी भैरहवा लैजाँदासमेत भारतले आलु प्याज नेपाल भित्रिन दिएपनि अति आवश्यकीय वस्तुको रुपमा रहेको औषधिलाई भारतमै थन्काएको आरोप लगाउनुभयो । रक्सौलमा महिनौदेखि थन्किएका औषधि बिग्रने सम्भावना रहेका कारण केही औषधि ट्रकबाट झारेर रक्सौलकै गोदाममा राख्नुपरेको उपाध्यक्ष खन्डेलवालले जानकारी दिनुभयो । यस्तै ट्रकमै औषधि राख्दा ट्रकको विलम्ब शुल्क (जरीवाना) तिर्नुपर्ने भएकाले केही औषधि ट्रकबाट खन्याएर रक्सौलमा गोदाम भाडामा लिएर राख्नुपरेको उहाँले बताउनुभयो । भारतबाट आयात गरिएका औषधिका कच्चा पदार्थ बोकेका ट्रक सिमापारी नै थन्किएपछि वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका करिब एक दर्जनभन्दा बढी औषधिजन्य उद्योग बन्द हुने अवस्थामा पुगेको उपाध्यक्ष खन्डेलवालले जानकारी दिनुभयो । नेपालका लागि आयात गरिएको औषधिलाई नियम कानुन र सम्बन्धसमेतलाई मिचेर भारतले देखाएको दादागिरीबाट अन्तर्राष्ट्रिय क्षेत्रमा भारतमाथि नकारात्मक प्रभाव पार्ने नागरिक समाजका अगुवा डा दीपक शाक्यले बताउनुभयो । उहाँले भारतले नेपाललाई असल छिमेकी मान्छ भने उसको सिमाक्षेत्रमा रोकिएका अतिआश्यकीय वस्तु औषधि लगायतलाई यथाशीघ्र नेपाल पठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । करिब तीन महिनादेखिको बन्द हडताल र नाकाबन्दीका कारण दशँैभर औषधिको अभाव हुँदै जाँदा सर्वसाधारणको ज्यान नै जोखिम्मा पर्न थालेको छ । नेपालका लागि आवश्यक ६० प्रतिशत औषधि वीरगन्ज नाकाबाटै आयात हँुदै आउने गरेको छ ।

]]>
5705 0 0 0
भीमेश्वर मन्दिरलाई सूचीकृत गर्न पहल गर्छु – मन्त्री पोखरेल http://localhost/ghum/%e0%a4%ad%e0%a5%80%e0%a4%ae%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a5%80%e0%a4%95/ Sat, 07 Nov 2015 15:02:33 +0000 http://www.ghumphir.com.np/?p=5707

दोलखा, २१ कात्तिक ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखाको पर्यटन विकासमा टेवा पु¥याउन जिल्लाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि पहल गर्ने बताउनुभएको छ । क्षेत्रीय होटल सङ्घ दोलखाको आयोजनामा आज सदरमुकाम चरीकोटमा आयोजित बधाई कार्यक्रममा मन्त्री पोखरेलले भीमेश्वर मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नसके विदेशबाट समेत दोलखामा पर्यटक आउने र यहाँको समग्र विकास हुने बताउनुभयो । दोलखाको क्षेत्र नम्बर २ का सांसदसमेत रहनुभएका मन्त्री पोखरेलले दोलखा जिल्ला पर्यटनका लागि प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा लाग्ने समेत बताउनुभयो । उहाँले देशको पर्यटन उद्योग भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण थला परेको भन्दै यसलाई माथि उकास्न आफूले विशेष प्याकेज ल्याउने जानकारी दिनुभयो ।

]]>
5707 0 0 0
काष्ठ उद्योगमा ग्यास बिक्री गर्ने पक्राउ http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%a0-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a4%bf%e0%a4%95/ Sat, 07 Nov 2015 15:05:29 +0000 http://www.ghumphir.com.np/?p=5709

काठमाडौँ, २१ कात्तिक ।

काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू सानोभ¥याङस्थित जयकालिका काष्ठ उद्योगमा ग्यास बिक्री गर्ने तीनजनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुविधा ग्यास उद्योगका कर्मचारीद्वय जोरपाटीका हुमनाथ मैनाली, कपनका उमेशराज खरेल र को १ क १५४३ नम्बरको ट्रकका चालक मकवानपुर हेटौंडाका बुद्धिलाल स्याङ्वो छन् । नेपाल आयल निगमले धापासीका लागि पठाएको सुविधा ग्यास तोकिएको ठाउँमा नपु¥याई सो ठाउँबाट वितरण हुँदै गरेको अवस्थामा प्रहरीले उक्त स्थानमा १७१ वटा भरेको सिलिन्डर, तीनवटा खाली सिलिन्डर र ट्रकसहित उनीहरुलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । ग्यास उद्योगमा ढुङ्गा हान्ने पक्राउ काभ्रेको हिमाल ग्यास उद्योगमा ढुङ्गा प्रहार गर्ने स्थानीयवासी अशोक खड्गीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । ग्यास नदिएको विषयलाई लिएर विवाद हुँदा खड्गीले उद्योगमा ढुङ्गा प्रहार गरेपछि उद्योगमा सामान्य क्षति भएको छ ।

]]>
5709 0 0 0
हिउँचितुवाको आक्रमणबाट http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%89%e0%a4%81%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%ac%e0%a4%be%e0%a4%9f/ Sat, 07 Nov 2015 15:14:31 +0000 http://www.ghumphir.com.np/?p=5712

मुस्ताङ, २१ कात्तिक ।

जोमसोम–४ ठिनी गाउँमा शुक्रबार राति हिउँ चितुवाको आक्रमणबाट एकै गोठका १० भेडाच्याङग्रा मरेका छन् । गाउँका बीचमा रहेको गोठमा राति करिब २ः०० बजे आएको हिउँचितुवाले दुई च्याङ्ग्रा पनि लगेको स्थानीयवासीले जानकारी दिएका छन् । ठिनीका अगुवा भेडाबाख्रा पालक किसान आइतबहादुर थकालीले पालेका भेडाबाख्रा मारेपछि स्थानीयवासी त्रसित बनेका छन् । उनीहरुले नजिकै जङ्गलबाट आएको हिउँ चितुवाले मानिसमाथि समेत आक्रमण गर्ने सम्भावना बढेको जनाई तत्काल त्यसलाई नियन्त्रणमा लिन आग्रह गरेका छन् । स्थानीयवासी नीरज थकालीले २०० भेडाच्याङग्रा रहेको गोठमा बिहानपख मात्रै हिउँ चितुवा आई जङ्गलतिर लागेको जानकारी दिनुभयो । “मान्छेलाई समेत नटेर्ने भइसक्यो, अब हामी पनि सुरक्षित रहेनौँ,” उहाँले भन्नुभयो । भेडाच्याङ्ग्रा मरेपछि कृषक थकालीलाई कम्तीमा रु एक लाख ५० हजार घाटा भएको छ । स्थानीयवासीले हिउँ चितुवालाई मार्न खोजे पनि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने भएकाले एक्यापको अनुमति लिनुपर्ने बताइएको छ । तीन वर्षदेखि एक्यापले जिल्लाभर हिउँ चितुवा संरक्षण अभियान सञ्चालन गरेपछि पछिल्ला वर्षमा हिउँ चितुवाको सङ्ख्या बढ्दै गएको एक्याप जोमसोमका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो ।

]]>
5712 0 0 0
इन्धन अभावले आइतबार हुनुपर्ने चार दर्जन आन्तरिक उडान रद्द http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%b2%e0%a5%87-%e0%a4%86%e0%a4%87%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%81/ Sat, 07 Nov 2015 15:25:08 +0000 http://www.ghumphir.com.np/?p=5714 २१ कात्तिक, काठमांडौं ।
भारतले गरेको नाकाबन्दीको कारणले हवाई इन्धन अभाव हुँदै गएपछि भोलि आइतबारको आन्तरिकमा ५० प्रतिशत कटौती हुने भएको छ। अहिले दैनिक रुपमा आन्तरिक रुपमा उडान भरिरहेका २०० उडान मध्ये १०० वटा जति उडान कटौती हुने भएको छ।
विमानस्थल डिपो प्रमुख प्रदिप यादवका अनुसार आज आउनु पर्ने हवाइ इन्धन कमी हुँदा भोलि आइतबारको आन्तरिक उडानमा कटौती गर्न परेको हो। शनिबार नै नेपाल एयरलाइन्सले दुईवटा उडानबाट इन्धन ल्याउने जानकारी दिएको हुँदा पुरै रुपमा आन्तरिक उडान बन्द नहुने यादवको तर्क छ।
भोलि आइतबारको लागि नेपालगञ्ज, भैरहवा, धनगढी, लुक्ला, लामीडाडा, फाप्लु लगायतको क्षेत्रमा भने केही कटौती भएको यादवले जानकारी दिए। आइतबारको आन्तरिक उडानमा कटौती भएपनि सोमबारको उडानमा कुनै कटौती नहुने जानकारी सेतोपाटीलाई गराए।साथै उनले कुनै एक कम्पनीको उडान मात्र कटौती नगरी सबै कम्पनीको मिलाएर गरिने पनि बताएका छन्।
]]>
5714 0 0 0
नेपाल–भारत सीमामा १२ फिट अग्लो पर्खाल लाउन माग http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4-%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%a8-%e0%a4%ab%e0%a4%bf%e0%a4%9f/ Sat, 07 Nov 2015 15:31:09 +0000 http://www.ghumphir.com.np/?p=5716 २१ कात्तिक,सङ्खुवासभा ।

खाँदबारीका स्थानीयले नेपाल–भारतबीच १ हजार ७ सय किलोमिटर सीमामा १२ फिट अग्लो पर्खाल लगाउन माग गर्दै सरकारलाई ज्ञापन पत्र पठाएका छन् ।

दुई देशबीच खुला सीमाकै कारण नेपालमा विभिन्न आपराधिक समस्या देखिएको तथा भारतले विभिन्न बाहनामा नेपालमाथि पटकपटक नाकाबन्दी गर्दै आएको स्थानीयको ठहर छ । भारतको हेपाहा प्रवृत्तीबाट सँधैका लागि मुक्ति पाउन पनि सीमामा पर्खाल लगाउनु पर्ने मागसहितको हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारसमक्ष पत्र पठाएको स्थानीय जीवनाथ खनालले बताए ।

निश्चित स्थानबाट प्रवेशाज्ञासहित आवतजावत हुने व्यवस्था मिलाउन पनि ज्ञापनपत्रमार्फत माग गरिएको पनि उनले बताए। यसका लागि संयुक्त राष्ट्र संघ र अन्य मित्र राष्ट्रहरुको रोहवरमा नेपाल सरकारले तुरुन्त काम थाल्नुपर्ने उनीहरुको माग छ । यसका लागि आवश्यक पर्ने बजेटमध्ये हरेक नेपालीको भागमा पर्ने रकम आफूहरुकोतर्फबाट जम्मा गर्न तयार रहेको स्थानीयहरुले प्रतिवद्धता जनाएका छन्।

खनालका अनुसार ज्ञापनपत्रमा दुई देशबीच भएको सन्धि र सम्झौताहरु पुनरावलोकन गर्नसमेत माग गरिएको छ । त्यसअघि सबै सन्धि–सम्झौताका प्रावधानहरु स्थगन गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 'भूपरिवेष्ठित र विकट भौगोलिक धरातल भएको नेपालप्रति भारतले विगतदेखि गर्दै आएको व्यवहारबाट छिमेकी राष्ट्र मात्र भएको असल छिमेकी नभएको स्पष्ट हुन्छ,' ज्ञापनपत्रमा भनिएको छ ।

]]>
5716 0 0 0
तेल ल्याउन ठेक्का पाएका विराट पेट्रोका अध्यक्ष 'भारतीय कारोबारी' http://localhost/ghum/%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%a0%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%b5/ Sat, 07 Nov 2015 15:43:27 +0000 http://www.ghumphir.com.np/?p=5718 विराटनगर,२१ कात्तिक ।

तेल ल्याउन मनलागी ठेक्का पाएका विराट पेट्रोलियम प्रालि(विराट आयल) का अध्यक्ष अर्जुन क्षेत्री पेट्रोलियम पदार्थका भारतीय कारोबारी रहेको रहस्य खुलेको छ। भारतको सिक्किम, गुवाहटीका बासिन्दा क्षेत्रीले २० वर्षयता नेपालमा पेट्रोलियम 'धन्दा' चलाइरहेका छन्।

इटहरीको पूर्वलाइनमा रहेको पंकज पेट्रोलपम्पबाट नेपालमा पेट्रोलियम व्यवसाय थालेका क्षेत्रीले इटहरीकै पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेको पार्टनरसिपमा सुनसरीको खनारमा नेपा पेट्रो केमिकल्स स्थापना गरेका हुन्। सरकारले १० वर्षअघि निजी क्षेत्रलाई पनि पेट्रोलियम आयात गर्न दिने तयारी थाल्दा क्षेत्री र घिमिरे मिलेर नेपा पेट्रो स्थापना गरे। त्यति नै बेला मोरङ, हात्तीमुढामा पनि सुबोध कोइरालाले त्यही प्रकृतिको कारोबार गर्न कोसी पेट्रो केमिकल्स स्थापना गरे।

चार वर्षअघि नेपा पेट्रोको खनारस्थित उद्योगमा ग्यास सिलिन्डर फुटरिङ र नेकरिङ गरेको घटना सार्वजनिक भएपछि क्षेत्री र घिमिरेले त्यहाँको कारोबार रोके। स्रोतका अनुसार विराट पेट्रोको रिफाइनरी उद्योग धादिङमा छ जहाँ घिमिरेको सुगम ग्यासको कारखाना थियो। अर्काको कम्पनीको ग्यास सिलिन्डर बजारबाट गायब पारेर १५ हजार सिलिन्डरको पिँध काटिएको प्रमाणित भएपछि उद्योग मन्त्रालयले कारबाही गरेको थियो। नेपाल पेट्रोलियम व्यवसायी संघका पूर्वअध्यक्ष र हाल ग्यास व्यवसायी संघका अध्यक्ष घिमिरेको स्वामित्वमा रहेको सुविधा ग्यास फुटरिङ र नेकरिङको घटनापछि सरकारको निर्देशनमा बन्द भइसकेको छ।

सुनसरीको खनारमा नेपा पेट्रोले पेट्रोलियम भण्डारणका लागि दुईवटा ओभरहेड स्टोरेज ट्यांकसमेत बनाएको छ। त्यहाँ १ हजार ७ सय किलोलिटर क्षमताको ट्यांक छ। ट्यांक बनाइएकै परिसरमा विभिन्न कम्पनीका १५ हजार ३ सय १४ थान सिलिन्डर फुटरिङ र नेकरिङ गरिएको फेला परेको थियो। सरकारी अनुगमन टोलीले २०६८ वैशाख २२ गते ती सिलिन्डर जफत गरेको थियो।

घिमिरेको व्यवसाय हेरिरहेका छोरा सुदीपले नेपा पेट्रोबाट क्षेत्री अलग भइसकेको बताए। 'अहिले नेपा पेट्रोमा हाम्रो एकलौटी लगानी छ,' उनले भने, 'पार्टनरहरू अलग भइसकेका छन्।' नेपा पेट्रोमा क्षेत्री र घिमिरेले ९ जना साझेदार राखेका थिए। ग्यास फुटरिङ र नेकरिङ घटना बाहिरिएपछि साझेदारमध्ये विराटनगरको एक मारवाडी घरानाले हात झिकेको थियो।

भारतको बरौनी रिफाइनरी डिपोबाट ०६५ सालदेखि पेट्रोलियम पदार्थ आयात गर्नुअघि पूर्वक्षेत्रमा सिलिगुडी डिपोबाटै तेल आपूर्ति हुन्थ्यो। सिलिगुडीबाट नेपाल आयल निगमको विराटनगरस्थित क्षेत्रीय डिपोसम्म पेट्रोलियम पदार्थ ल्याउने ट्यांकरमध्ये एउटाका चालक क्षेत्री पनि थिए। ट्यांकरका चालक हुँदा नै क्षेत्रीको पूर्वक्षेत्रका पेट्रोलियम व्यवसायीसित 'हिमचिम' बढेको हो। 'क्षेत्रीलाई २० वर्षदेखि चिन्छु,' विराटनगरका एक पेट्रोलियम व्यवसायीले नागरिकसँग भने, 'सुरुमा भेट्दा उनले जिउभरि एक किलो सुनको गहना लगाएका थिए, लबज सिक्किमे पाराकै थियो।'

इन्डियन आयल कर्पोरेसनले निगमको क्षेत्रीय डिपोलाई पहिले फारबिंसगन्जबाटै पेट्रोलियम उपलब्ध गराउँथ्यो। रेल्वेबाट तेल ल्याएर फारबिंसगन्जको डिपोमा खन्याएर निगमलाई दिन्थ्यो। यसो गर्दा घाटा लागेपछि कर्पोरेसनले विराटनगर डिपोलाई पनि सिलिगुडीबाटै तेल दिन थाल्यो। सिलिगुडीबाट पेट्रोलियम आउन थालेपछि क्षेत्री यहाँका तेल व्यवसायीसित नजिकिएका थिए। ट्यांकर ड्राइभरको काम छाडेर क्षेत्रीले सिक्किममा पेट्रोलपम्प खोले। स्रोतका अनुसार उक्त पेट्रोलपम्प अझै सञ्चालनमा छ। 'सिक्किमका अधिकांश ठूला पेट्रोलपम्प क्षेत्रीकै हुन्,' उनीसँग नेपालमा पेट्रोलियम कारोबार गरेका एक व्यवसायीले भने, 'सिलिगुडी डिपो र आयल निगम दुवैतर्फ राम्रो पकड भएकाले क्षेत्री थोरै अवधिमा पेट्रोलियम क्षेत्रका माफिया बने।' पूर्वी नेपालका पेट्रोलियम व्यवसायीबीच क्षेत्री अहिले पनि 'तेलका डन' र 'नटरवरलाल' भनेर चिनिन्छन्।

'क्षेत्री सिक्किममा तेल कारोबार गर्ने व्यक्ति हुन्,' मोरङ व्यापार संघका पूर्वअध्यक्ष जीवन नेपालले भने, 'उनको नेक्सस नेपाल आयल निगमसम्म थियो, अहिले पनि छ।' नेपालका अनुसार छुट्टिएको देखाए पनि क्षेत्री र घिमिरे अहिले पनि व्यावसायिक पार्टनर हुन्। घिमिरेको काठमाडौं, रविभवनस्थित अढाईतले घर क्षेत्रीले नै किनेका हुन्। आयल निगमको ग्लोबल टेन्डर भरेका कोसी पेट्रोका सञ्चालक सुबोध कोइरालाले क्षेत्रीलाई सिक्किमका तेल कारोबारीका रूपमा चिनेको बताए।

कम्पनी रजिस्ट्रारको कार्यालयमा २०६५ असार २० गते दर्ता विराट पेट्रोलियम प्रालिको सञ्चालकमा मेचीनगर नगरपालिकाका नीरज क्षेत्री, कैलाश क्षेत्री, विनोद पाण्डे, प्रकाश दाहाल र परशुराम उप्रेती छन्।

कार्यालयका कागजातमा उल्लेख भएअनुसार क्षेत्री झापा, मेचीनगर नगरपालिकाका बासिन्दा हुन्। नीरज र कैलाश उनकै छोरा हुन्। पाण्डे र दाहाल सुनसरी, हाँसपोसाका तथा उप्रेती दोलखा, नाम्दुका बासिन्दा हुन्। काठमाडौं, गोठाटार–८ मा केन्द्रीय कार्यालय रहेको बताइएको विराटको अधिकृत पुँजी १० करोड, जारी पुँजी १० करोड र चुक्ता पुँजी ४ करोड २५ लाख भएको कम्पनी रजिस्ट्रार कार्यालयमा पेस गरिएको विवरणमा उल्लेख छ।

कम्पनीका साझेदार उप्रेती आफ्नो पाँच प्रतिशत मात्रै हिस्सा रहेको जानकारी दिँदै अधिकांश सेयर क्षेत्री दाजुभाइका नाममा रहेको बताउँछन्। 'मेरो त नाम मात्रै हो,' उप्रेतीले भने, 'सबै कारोबार उहाँहरूले नै गर्नुहुन्छ, के–कति हुन्छ मलाई थाहा छैन।' उप्रेतीका अनुसार भारत तथा नेपालमा पेट्रोलियमको ठूलो कारोबार गरिरहेका क्षेत्री बढीजसो भारतको सिलिगुडीमै बस्छन्।

क्षेत्री 'भारतीय नागरिक'

०५१ सालदेखि इटहरीको पंकज पेट्रोलपम्पबाट नेपालमा पेट्रोलियम कारोबार थालेका विराट पेट्रोका अध्यक्ष क्षेत्री 'भारतीय नागरिक' हुन्। पूर्वी नेपालका तेल व्यवसायी क्षेत्रीलाई सिक्किमे भनेर चिन्छन्। क्षेत्रीसँग पंकज पेट्रोलपम्प खरिद गरेका इटहरीका व्यवसायी श्याम जलानले पनि उनी सिक्किमका ठूला तेल कारोबारी रहेको बताए। 'पेट्रोलपम्प किनेपछि क्षेत्रीसँग सम्पर्क छैन,' जलानले भने, 'तर सिक्किममा उनका थुप्रै पम्प छन्।'

ट्यांकर चालक छँदा क्षेत्रीले नेपाल–भारत दुवैतर्फको तेल कारोबार बु‰न पाए। स्रोतका अनुसार नेपालमा पेट्रोलियम कारोबार थाल्न उनले नेपाली नागरिकताको प्रमाणपत्रसमेत लिएका छन्। 'क्षेत्री थरको फाइदा उठाउँदै उनले झापा वा इलाम जिल्लाबाट नेपाली नागरिकता लिएका हुन्,' स्रोतले भन्यो, 'अनुसन्धान गर्दा पत्ता लाग्छ।'

केही समयअघिसम्म सिक्किम, सिलिगुडी क्षेत्रमा 'ड्राइभिङ' गर्दै आएका क्षेत्री अहिले सिक्किमको 'आधा बजेट आफैं खेलाउँछु' भन्दै हिँड्ने गरेको उनलाई चिन्नेहरू बताउँछन्। सीमावर्ती भारतीय बजार नक्सलबाढीमा पेट्रोलपम्पको कारोबार सुरु गरेसँगै 'मालामाल' बनेपछि नेपालका पेट्रोल पम्पमा पनि लगानी गरे। स्रोतका अनुसार इटहरीस्थित पंकज पेट्रोलपम्पमा उनले पहिला लगानी गरेका थिए। 'हामीले जान्दासम्म उनी गाडीका ड्राइभर थिए,' इलामका एक पेट्रोलियम व्यवसायीले भने, 'अहिले उनले ज्यादै ठूलो आर्थिक हैसियत बनाएका छन्।' साभार :नागरीक

]]>
5718 0 0 0
गन्तव्यतर्फ http://localhost/ghum/%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%ab/ Sat, 07 Nov 2015 16:06:56 +0000 http://www.ghumphir.com.np/?p=5720 5720 0 0 0 नाकाबन्दीको असर http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b8%e0%a4%b0/ Sat, 07 Nov 2015 16:11:44 +0000 http://www.ghumphir.com.np/?p=5723 5723 0 0 0 मनोरम हिमश्रृङ्खला http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a5%8b%e0%a4%b0%e0%a4%ae-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%83%e0%a4%99%e0%a5%8d%e0%a4%96%e0%a4%b2%e0%a4%be/ Sat, 07 Nov 2015 16:15:54 +0000 http://www.ghumphir.com.np/?p=5726 5726 0 0 0 सत्ताइस ट्याङ्कर पेट्रोलियम पदार्थ लिन केरुङमा http://localhost/ghum/%e0%a4%b8%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%87%e0%a4%b8-%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b0-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2/ Sat, 07 Nov 2015 16:26:33 +0000 http://www.ghumphir.com.np/?p=5729

धुन्चे (रसुवा), २१ कात्तिक ।

चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ लिन नेपाल आयल निगमका २७ वटा ट्याङ्कर आज तिव्वतको केरुङ पुगेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बलका अनुसार केरुङ गएका ३४ खाली ट्याङ्करमध्ये सातवटाले पेट्रोलियम पदार्थ बोकी आज काठमाडौँतर्फ प्रस्थान गरिसकेका छन् भने २७ वटा ट्याङ्कर पेट्रोलियम पदार्थ भर्न केरुङमै बसेका छन् । गत कात्तिक १४ गतेयता ४४ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रिसकेको सशस्त्र प्रहरीले जनाएको छ ।

]]>
5729 0 0 0
उदयपुर सिमेन्ट उद्योग १७ करोड घाटामा http://localhost/ghum/%e0%a4%89%e0%a4%a6%e0%a4%af%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%b8%e0%a4%bf%e0%a4%ae%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a5%a7%e0%a5%ad/ Sat, 07 Nov 2015 16:41:49 +0000 http://www.ghumphir.com.np/?p=5731 उदयपुर, २१ कात्तिक । तीन महिनादेखि निरन्तर तराई बन्द तथा डेढ महिना यता आएर भारतले गरेको सीमा नाकाबन्दीको कारण देश कै ठूलो उदयपुर सिमेन्ट उद्योग १७ करोड रुपैयाँ घाटामा गएको छ ।उदयपुर जिल्लाको जलजलेमा अवस्थित सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगमा कच्चा पदार्थ ढुवानी बन्द भएको कारण सिमेन्ट उत्पादन हुन नसक्दा रु १७ करोड घाटामा गएको सिमेन्ट उद्योगका प्रशासनले बताएको छ । भदौ महिनादेखि असोज १५ सम्म उद्योगमा पहिला नै ढुवानी गरेर डिपोजिट गरिएका कच्चा पदार्थ राखिएको कारण केही सिमेन्ट उत्पादन हुँदै आएको थियो । त्यसपछि कच्चा पदार्थ नै सकिएपछि अहिले उद्योगमा सिमेन्ट उत्पादन ठप्प भएर उद्योग नै बन्द भएको उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताए । कच्चा पदार्थ ढुवानीको अभावमा सिमेन्ट उत्पादन बन्द भएपछि उद्योगमा आवद्ध झण्डै ५ सय कर्मचारीलाई अहिले तलब व्यवस्थापन गर्न जटिल समस्या भएको छ । उद्योगका अन्य कच्चा पदार्थ स्थानीयस्तरबाट नै उपलब्ध हुने भएता पनि कोईला र डिजलको अभावको कारण नै उद्योग बन्द भएको उद्योग प्रशासनले बताएको छ । उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न दैनिक २ हजार लिटर डिजल र सय टन कोईला अर्थात आठ गाडी कोइला चाहिने तर ती कच्चा पदार्थ भारतले एकपक्षियरुपले नेपालको सीमा नाका बन्द गरेको कारण आपुर्ति हुन नसक्दा उद्योगमा उत्पादन बन्द भएको हो । सिमेन्ट उद्योग सञ्चालनमा मात्र मासिक ३ करोड रुपैयाँ खर्च हुने गरेको छ । प्रतिदिन ८ सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उदयपुर सिमेन्ट उद्योग ले दैनिक ६ सय टन सिमेन्ट उत्पादन गर्दै आएको थियो ।]]> 5731 0 0 0 चीनसँग सिधै समुन्द्री बाटोसम्म पुग्ने व्यापार सहमति हुँदै :पूर्वपर्यटनमन्त्री ज्ञवाली http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%b8%e0%a4%bf%e0%a4%a7%e0%a5%88-%e0%a4%b8%e0%a4%ae%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a4%be/ Sat, 07 Nov 2015 17:35:39 +0000 http://www.ghumphir.com.np/?p=5734 कार्तिक २१ काठमाडौ ।

नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री प्रदीप ज्ञवालीले चीनको माध्यमबाट समुन्द्री सतहसम्म व्यापार पहुँच विस्तार गर्नेगरि चीनसँग सहमति गर्ने तयारी भईरहेको बताउनुभएको छ । नेकपा एमाले राजधानी पेशागत विशेष पर्यटन इलाकाको छैठौं संयुक्त शाखा अधिवेशनको उद्घाटन गर्दै सचिव ज्ञवालीले दिर्घकालिनरुपमा तेस्रो मुलुकसम्म व्यापार गर्ने कार्यको थालनीस्वरुप उक्त सम्झौता हुनलागेको बताउनुभयो । भारतले गरेको अघोषित नाकाबन्दीबारे विश्वको ध्यानाकर्षण भएको भन्दै उहाँले भारतसँग पनि कुटनीतिक तवरबाट समस्या समाधान गराउन सरकार लागिपरेको बताउनुभयो । ज्ञवालीले भन्नुभयो “भारतसँग कुनैपनि सम्झौता हुँदा नेपालको सार्वभौमिकतामा आँच आउन दिनेछैनौं, तर कुटनीतिकस्तरबाट हालको समस्या समाधान गर्ने पहल भईरहेको छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ३÷४ दिनमा राष्ट्र र जनताको नाममा सम्बोधन गर्नुहुने र त्यसले नेपाललाई आत्मनिर्भरतातर्फ लैजाने बाटो तय गर्ने उहाँले बताउनुभयो । अहिलको संकटलाई पार गरेर अगाडि बढ्ने पनि नेपाल सक्षम हुने उहाँले बताउनुभयो । ज्ञवालीले भन्नुभयो “चुल्हो नबल्दा गाह्रो छ, तरपनि अहिले लागेका कालो बादल हट्छन्, स्वाधिनताको सूर्यपनि झल्कन्छन् । त्यसमा हामी प्रतिबद्ध छौं ।” कार्यक्रममा पर्यटन प्रवद्र्धन विभागका इन्चार्ज सूर्य थापाले पर्यटन क्षेत्रका माध्यमबाट कसरी व्यवसायिक र राष्ट्रको हितमा योगदान गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले एमाले दया र निगाहाले नचल्ने भन्दै क्षमताका आधारमा नेतृत्व लिन मातहतका निकायलाई आग्रह गर्नुभयो ।

]]>
5734 0 0 0
संरक्षणको पर्खाइमा राजा जयपृथ्विको जिर्ण दरवार (फोटो फिचर) http://localhost/ghum/%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%96%e0%a4%be%e0%a4%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%be/ Sun, 08 Nov 2015 11:02:28 +0000 http://www.ghumphir.com.np/?p=5738 किशोर खड्का बझाङ्ग जिल्लाको कडेल गाविसमा पर्ने जयपृथ्विनगर समुन्द्री सतहबाट २२१४ मिटरको उचाईमा अवस्थित छ । चिसो हावापानी भएको यो स्थान ऐतिहासिक महत्वको स्थान हो । यो स्थानलाई बझागं जिल्लाको मध्य स्थान पनि मानिन्छ । बझागं जिल्लामा पर्ने ४७ गाविस मध्ये आधा गाविस उत्तर र आधा गाविस दक्षिण तर्फ रहेको स्थानिय बासिन्दाको बुझाई छ । यहि सुन्दर तथा जिल्लाको केन्द्रमा पर्ने राजा जयपृथ्विबहादुर सिंहको जन्मथलो पछि गएर जयपृथ्विनगर नामाकरण गरिएको स्थानिय वासिन्दा बताउँछन । पृथ्विनारायण शाहले नेपाल एकिकरण गरेपनि यस्ता केहि राज्य र राजाहरु थिए जो अझै स्थानिय तहबाटै राजकाज चलाउथे । त्यो मध्येको बझागं पनि एक हो । पछि आएर राजा महेन्द्रले सैनिक पठाएर बझागं लगायतका केहि राज्यलाई सम्पूर्ण रुपमा नेपालमा गाभेपछि बझागंको राज्य स्थानिय राजाहरुको हातमा रहेन । यद्यपी बझागीं राजाका दरबार लगायत महत्वपूर्ण ऐतिहासिक सम्पतिहरु अझै संरक्षित छन । जस्तो राजा जयपृथ्विले सञ्चालन गरेको सत्यवादी हाईस्कूल, हात्तिसार दरबार आदि । हात्तिसार दरबारमा अहिले जिल्ला प्रशासन कार्यालय बझागंको कार्यालय रहेको छ भने, भोपुर र जयपृथ्विनगरमा रहेको सत्यवादी स्कूलका भवनहरु पुर्ननिर्माण गरेर भएपनि सञ्चालनमा छन र संरक्षित अवस्थामा छन । यिनका वावजुद केहि दरबार तथा सम्पदा भने संरक्षण र सम्र्बद्धनको अभावमा जिर्ण अवस्थामा छन । ति जिर्ण तथा संरक्षण हुन नसकेको दरबार मध्ये कडेल गाविसको जयपृथ्विनगरमा अवस्थित राजा जयपृथ्विबहादुर सिंहको दरबार पनि हो । हाल उक्त दरबार जिर्ण अवस्थामा रहेको छ । दरवारमा प्रयोग गरिएको ईट्टा चौरमा छरिएर रहेका छन भने कति ईट्टाहरु स्थानिय बासिन्दाले रहर गर्दै लगेको श्री सत्यवादी उच्च माध्यमिक बिद्यालयका प्रधानाध्यापक भैरव बहादुर कडायत बताउँछन । हाल दरबारको भग्नावशेष मात्र यहाँ देख्न सकिन्छ तर कडायत त्यसलाई उत्खनन गरी संरक्षण गर्न सकेको खण्डमा बिभिन्न ऐतिहासिक तथा पुरातात्विक महत्वका सामाग्रि फेला पर्न सक्ने बताउँछन् । साथै दरबार अझै १ तला जमिन मुनी सम्म रहेकाले उत्खनन गर्न सकेको खण्डमा अध्ययनकर्ता र पर्यटकका लागि महत्वपूर्ण बिषय हुन सक्ने उनको ठम्याई छ । सत्यवादीको कथा तत्कालिन जहाँनिया राणा प्रधानमन्त्री चन्द्र शमसेरका ज्वाँई जयपृथ्विवहादुर सिंह कहिल्यै सांसारिक माया मोहमा परेनन । उनले जनताका छोराछोरीलाई शिक्षा दिने काम अघि सारेपछि निरंकुष ससुरा चन्द्र समशेरलाई यो कुरा मन परेन । पछि उनि आफै भारतको बैंगलोर गएर बसे र त्यहिँबाटै नेपाल रहँदा सम्भव नभएको साक्षरता अभियानको थालनी गरे । भारतमै बसेर १९६७ सालमा काठमाण्डौंको नक्सालमा रहेको सत्यवादी स्कूललाई बझाङ्गंमा स्थानान्तरण गरि भारतबाट शिक्षक पठाएर अध्यापन सुरु गराए । तत्कालिन अवस्थामा सत्यवादी ३ ठाउँबाट सञ्चालित हुने गर्दथ्यो । जयपृथ्विनगर र चौघानपाटामा स्थापना गरिएको सत्यवादी स्कूलस्थान चिसो ठाउँमा भएकाले जाडो याममा चैनपुर नजिकै भोपुरमा सर्ने गर्दथ्यो । गर्मी सुरु भएपछि फेरी यहाँ र चौघानपाटामा पुनः बिद्यालय सञ्चालन गर्ने गरेको स्थानिय बुढापाका बताउँछन् । समाजको लागि यति धेरै योगदान र सर्मपण गरेका जयपृथ्विबहादुरको दरबार भने संरक्षणको अभावमा जिर्ण बनेको छ । दरबार आफैमा ऐतिहासिक महत्व बोकेको स्थान भएकाले पर्यटकीय र अध्ययनकर्ताको लागि भएपनि दरबार संरक्षण गरेर राख्नुपर्ने स्थानिय समाजसेवि तथा अगुवाहरुको बुझाई रहेको छ । भलै जयपृथ्विबहादुर सिंहको गुन स्थानिय बासिन्दा, जिल्ला र राष्ट्रले भुलेपनि तिनै जयपृथ्विको जिर्ण दरबार स्थानिय, राष्ट्रिय पहिचान बन्नुको साथै पर्यटक र पर्यटनबाट हुनसक्ने आर्थिक मुनाफाको माध्यम बन्ने छ । यसका लागि भएपनि जयपृथ्विबहादुरको जिर्ण दरबारको संरक्षण गर्ने कि ?

SONY DSC SONY DSC SONY DSC SONY DSC SONY DSC SONY DSC SONY DSC SONY DSC SONY DSC SONY DSC]]>
5738 0 0 0
पुनर्निर्माण प्राधिकरणको तत्काल गठन गरी कार्य सुरु गर्न माग http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%b0%e0%a4%a3%e0%a4%95/ Sun, 08 Nov 2015 11:06:28 +0000 http://www.ghumphir.com.np/?p=5750

काठमाडौँ, २२ कात्तिक ।

भूकम्पपीडित राष्ट्रिय मञ्चले पुनर्निर्माण प्राधिकरणको तत्काल गठन गरी यथाशक्य चाडै कार्य सुरु गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मञ्चका संयोजक हस्त पण्डितले भूकम्प गएको सात महिनासम्म पनि कुनै नीति नआएकाले उपयुक्त पुनर्निर्माण नीति बनाई पीडितको सहभागितामा पुनर्निर्माण नीति छनौटको प्रावधान राख्न आग्रह गर्नुभयो । उहाँले पीडितलाई दुई प्रतिशत व्याजदरमा उपलब्ध गराइने रकम रु २५ लाख कायम गरी सो गर्ने अवधि २० वर्ष पु¥याउनुपर्नेमा जोड दिँदै भूमिहीन, सुकुम्बासी तथा आफ्नो स्वामित्वमा जग्गा नभएकाका लागि घर बनाउन जग्गा उपलब्ध गराउन माग गर्नुभयो । पुनर्निर्माण कार्यमा सहयोग गर्न तत्पर विदेशी सङ्घ संस्थालाई सरकारी समन्वयमा काम गर्ने वातावरण सुनिश्चित गरी सामूहिक आवास निर्माणका लागि सार्वजनिक जग्गा तथा निजी जग्गाबीच सट्टापट्टाको व्यवस्था मिलाउन सरकारलाई मञ्चले आग्रह गरेको छ । भूकम्पपीडितको जीवनस्तर उठाउन विशेष आयआर्जनका कार्यक्रम र युवा स्वरोजगार कोषको कार्यक्रम केन्द्रित गरी लागू गर्नुपर्ने, सरकारी रोजगारीमा १० वर्षसम्म भूकम्पपीडितलाई प्राथमिकता दिनुपर्नेलगायत माग गरिएको छ ।

]]>
5750 0 0 0
पर्यटन विकास तथा सचेतनाका लागि जलयात्रा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b8%e0%a4%9a%e0%a5%87%e0%a4%a4%e0%a4%a8%e0%a4%be%e0%a4%95/ Sun, 08 Nov 2015 11:09:25 +0000 http://www.ghumphir.com.np/?p=5752

परासी, २२ कात्तिक ।

नवलपरासीको कावासोती मगरकोटका युवाले जैविक विविधता संरक्षण तथा मध्यवर्ती क्षेत्रमा पर्यटन विकास तथा सचेतनाका लागि जलयात्राको सुरुवात गरेका छन् । जलयात्रा गरकोटको कृष्णसार मध्यवर्ती वनअन्तर्गत पर्ने वाण खोलाबाट डुङ्गा सवार गरी गुन्दहही खोलासम्म पुग्ने छ । त्यहाँबाट मध्यवर्ती वन क्षेत्रमा रहेका दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, जलचर, थलचर सबैको अवलोकनको व्यवस्था मिलाइएको छ । साथै जलचर, थलचर सबैलाई फोहरका कारण विनास हुने अवस्था सिर्जना हुने भएकाले वाणखोला तथा मध्यवर्ती क्षेत्रको सरसफाइ, चोरी सिकारी नियन्त्रणका लागिसमेत काम गर्ने युवाले जनाएका छन् । मगरकोटका युवा आबद्ध संस्था वातावरण जनजागरण मञ्च कावासोतीको पहलमा सो कार्यको थालनी गरिएको हो । मगरकोटदेखि अमलटारीसम्म करिब सात किमीको दूरीसम्मको डुङ्गा सयरको व्यवस्था गरिएको छ । सो क्षेत्रमा जलयात्रा सँगसँगै, भविश्यमा वैल गाडा सफारी र अन्य योजनासमेत रहेको छ ।

]]>
5752 0 0 0
कागती खेतीले फेरियो जीवनस्तर http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%97%e0%a4%a4%e0%a5%80-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8/ Sun, 08 Nov 2015 11:16:12 +0000 http://www.ghumphir.com.np/?p=5755

लहान, २२ कात्तिक ।

व्यवसायिकरुपमा कागती खेतीले सिरहाको सारस्वर गाविस–८ का ४५ वर्षीय रामसेवक महतोको जीवनस्तर फेरिएको छ । महतोले आफ्नो दुई कट्ठा जग्गामा लगाएको कागती बेचेर मासिक रु ३० हजार बढी आम्दानी गर्न सफल हुनुभएको छ । आफ्नै जग्गामा उत्पादन गरेको कागती सिरहा सदरमुकाममा लाग्ने हटिया र छिमेकी गाउँ बेल्हामा लाग्ने हटियामा बिक्री गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । यसबाहेक गाँउगाँउमा लाग्ने हटियामा बिक्री गर्न व्यापारीले समेत आफ्नो घरबाट कागती खरिद गरेर लाने गरेको महतोको भनाइ छ । हटियामा लगेर बिक्री गर्दा प्रतिकागती रु पाँचको दरमा तथा घरबाट रु चारका दरले बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । बगत छवर्ष अघि रोपेको कागतीको बोट एक वर्षपछि फल्न थालेको बताउँदै महतो भन्नुहुन्छ, “राम्रो बजार व्यवस्थापन र नजिकको बजारमा शीत भण्डार नभएकोले प्रत्येक महिना करिब रु २० हजार बराबरको कागती कुहिने गरेको छ ।” कागती बाह्रै महिना फल्छ । स्वास्थ्यका दृष्टिकोणले समेत उपयुक्त भएकाले पनि स्थानीयस्तरमा कागतीको माग बढ्दो रहेको महतोको भनाइ छ । उहाँको करेसाबारीमा कागतीको ७० बोट रहेको छ । उहाँले कागती र अन्य तरकारी खेतीले नै परिवार पाल्नुको साथै छोरा छोरीलाई पढाउँदै आउनुभएको छ । जिल्ला किृषि विकास कार्यालय सिरहाका योजना अधिकृत योगेन्द्र यादवका अनुसार महतोले कृषि विकास कार्यालयबाट नेपाल, भारत र बङ्गलादेशको समेत भ्रमण गर्न सफल हुनुभएको छ ।

]]>
5755 0 0 0
हवाई मार्गबाट आयात गरेर जनजीवन सहज बनाउन माग http://localhost/ghum/%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%86%e0%a4%af%e0%a4%be%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%b0-%e0%a4%9c/ Sun, 08 Nov 2015 15:48:56 +0000 http://www.ghumphir.com.np/?p=5758

काठमाडौँ, २२ कात्तिक ।

नेकपा माओवादी निकट राष्ट्रिय युवा जनस्वयम्सेवकले अत्यावश्यकीय वस्तुहरु औषधि, पेट्रोलियम पदार्थ र एलपी ग्यास आयात गरी जनजीवन सहज बनाउन माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जनस्वयम्सेवकका अध्यक्ष झकबहादुर मल्लले राज्यका सबै संयन्त्रको परिचालन गरी वैकल्पिक मार्ग तथा हवाइ मार्गबाट भए पनि अत्यावश्यकीय सामग्री देशमा आपूर्ति गरी जनतालाई उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले देशमा अहिले उत्पन्न भएको सङ्कटपूर्ण अवस्थाको दुरुपयोग गरी विराट पेट्रोलियमलाई इन्धन आपूर्तिका लागि सरकारले दिएको अनुमति तत्काल खारेज गर्न माग गर्दै बजारमा भइरहेको कालोबजारी नियन्त्रण गर्न सङ्घर्ष सञ्चालन गर्ने बताउनुभयो । त्यसैगरी, जनस्वयम्सेवकको यही कात्तिक १८ र १९ गते भएको केन्द्रीय समितिको पूर्ण बैठकले आउँदो मङ्सिर १५ देखि माघ १५ गतेसम्म भारतीय नाकाबन्दीका विरुद्ध तथा राष्ट्रिय स्वाधीनताका लागि देशभर अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।

]]>
5758 0 0 0
देउसी, भैलो राति १० बजेसम्म मात्रै खेल्न गृहको अनुरोध http://localhost/ghum/%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%b8%e0%a5%80-%e0%a4%ad%e0%a5%88%e0%a4%b2%e0%a5%8b-%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a4%bf-%e0%a5%a7%e0%a5%a6-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%b8%e0%a4%ae%e0%a5%8d/ Sun, 08 Nov 2015 15:52:05 +0000 http://www.ghumphir.com.np/?p=5760

काठमाडौँ, २२ कात्तिक ।

गृह मन्त्रालयले तिहारमा देउसी, भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्रै गर्न सबैमा अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले आज जारी गर्नुभएको विज्ञप्तिमा रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पु¥याउन सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गरी देउसी, भैलो राति १० बजेसम्म मात्रै गर्न अनुरोध गरिएको छ । भुँइचम्पा, पटाका, आतसबाजीजस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुनसक्ने भएकाले तिहार तथा छठ पर्वका अवसरमा त्यस्ता विष्फोटक पदार्थको उत्पादन, आयातनिर्यात, बिक्री वितरण, परिवहन तथा प्रयोग नगर्न अनुरोध गरेको छ । आ–आफ्ना बालबच्चालाई भुँइचम्पा, पटाका, आतसबाजीजस्ता प्रज्ज्वलनशील पदार्थको प्रयोग गर्न नदिन मन्त्रालयले अनुरोध गरेको छ । यस विपरीत कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।

]]>
5760 0 0 0
इन्धन अभावले फस्टायो व्यापार http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%b2%e0%a5%87-%e0%a4%ab%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%b5%e0%a5%8d%e0%a4%af/ Sun, 08 Nov 2015 15:58:33 +0000 http://www.ghumphir.com.np/?p=5762

काठमाडौँ, २२ कात्तिक ।

पेट्रोलियम पदार्थको हाहाकारले सवारी चालकले दुःख खेप्नुपरेको वर्तमान समयमा फुटपाथ पसलले भने आम्दानी राम्रो भएको बताएका छन् । भारत सरकारले पारवहन सम्झौता अनुसारको काम नगरेपछि काठमाडौँ उपत्यकालगायत देशभरका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ लिनको लागि लाइन लाग्नेको सङ्ख्या बढेको छ । लाइन बसेर पेट्रोलियम पदार्थ लिने सवारी साधनका चालक रातदिन नभनी लाइनमा बस्न बाध्य छन् । रामेछाप घर भई हाल काठमाडौँको सोह्रखुट्टे बस्दै आउनुभएका बुद्धबहादुर श्रेष्ठको जीवन धान्ने बाटो ट्याक्सी चलाउनु हो । तर तेल नपाएपछि चार दिनदेखि उहाँ लाइन बस्न बाध्य हुनुहुन्छ । उहाँको घरमा सात जनाको परिवार छ । तेल र ग्यास नपाउने गरेकाले परिवार पाल्न गाह्रो भएको श्रेष्ठको गुनासो छ । श्रेष्ठले भन्नुभयो, “मैले दुईवर्ष अघि सहकारीबाट रकम झिकेर ट्याक्सी किनेको थिएँ, हप्ताको एक पटक तेल हालेर कमाएको पैसाले घरपरिवार पाल्नु कि सहकारीको ऋण तिर्नु ?” । यस्तै धादिङ घर भई हाल नयाँबजार डेरा गरी बस्ने बाबुकाजी श्रेष्ठको पीडा पनि उस्तै छ । उहाँले पनि केही समय पहिले सहकारीबाट रकम लिएर ट्याक्सी किन्नुभएको थियो । तेलका लागि चार दिनदेखि ट्याक्सी लाइनमा राखी राति त्यहीँ सुत्ने गरेको गुनासो पोख्नुभयो । यसरी सवारी चालकले आफ्नो दुःख व्यक्त गर्दा त्यहाँका फुटपाथ पसलेहरु आफ्नो व्यापार बढेकोमा खुसी थिए । भारतको चम्पटी घर भई हाल काठमाडौँ जँैसीदेवल बस्दै आउनुभएका प्रमोद चौधरी फलफूल बेच्दै आउनुभएकाले आफ्नो आम्दानी बढेकोमा मख्ख देखिनुहुन्थ्यो । यसअघि बबहरमहलमा व्यापार गर्दै आउनुभएका चौधरी भद्रकालीस्थित नेपाली सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा सवारीको ताँती देखेर यहाँ व्यापार गर्न आउनुभएको थियो । उहाँले बबहरमहलमा दैनिक रु दुई हजारको व्यापार गर्दै आए पनि भद्रकालीमा आएपछि दैनिक रु तीन हजारदेखि रु तीन हजार ५०० सम्मको व्यापार हुने गरेको बताउनुहुन्छ । यसैगरी रामेछाप घर भई हाल काठमाडौँ नयाँसडक बस्दै आउनुभएकी हिरामाया श्रेष्ठको व्यापार पनि केही बढेको छ । उहाँले नाङ्लामा चुरोट, सूर्तिलगायतका सामान बेच्दै आउनुभएको छ । भद्रकालीमा आउनुभन्दा पहिले रत्नपार्कमा व्यापार गर्नुभएकी श्रेष्ठले त्यहाँ दैनिक रु एक हजारको व्यापार गर्नुहुन्थ्यो । भद्रकालीमा आएपछि दैनिक दरु दुई हजारको व्यापार हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “रत्नापार्कमा बस्दा महानगरपालिकाले पसल उठाउने गरेकाले भाग्नुपथ्र्यो । यहाँ आएपछि भाग्नुपर्दैन र व्यापार पनि धेरै छ” । उहाँले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म व्यापार गर्ने गरेको बताउनुभयो । यसरी नाकाबन्दीले पेट्रोलियम पदार्थको अभाव हुँदा फुटपाथ पसल चलेसँगै फोहर पनि उत्तिकै हुने गरेको छ । काठमाडौँका अधिकांश पेट्रोलपम्पमा फोहर फाल्ने ठाउँ र शौचालय समेत छैन । यसरी शौचालय र फोहर फाल्ने ठाँउ नहुँदा पेट्रोलपम्प वरिपरिको वातावरण बिग्रँदै गएको छ । “बाटो मिचेर पेट्रोलपम्प निर्माण गर्ने र पेट्रोलपम्प वरपर खुला ठाउँ नभएका कारणले यस्तो समस्या भएको हो” काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख ज्ञानेन्द्र कार्की भन्नुहुन्छ । उहाँले काठमाडौँ महानगरपालिका भित्रका कति पेट्रोल पम्पमा शौचालय छन् छैनन् भनेर आयल निगमसँग तथ्याङ्क मागेपनि दिन नमानेको गुनासो गर्नुभयो । “मापदण्ड विपरीत पेट्रोलपम्प बनाएकाले यस्तो समस्या आएको हो” उहाँले भन्नुभयो ।

]]>
5762 0 0 0
नाकाबन्दी खुल्ने संकेत पाएको छु: प्रधानमन्त्री http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a4%82%e0%a4%95%e0%a5%87%e0%a4%a4-%e0%a4%aa/ Sun, 08 Nov 2015 16:06:08 +0000 http://www.ghumphir.com.np/?p=5764 काठमाडौं,२२ कात्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमै नाकावन्दी हट्ने संकेत आफुले पाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार केही मन्त्रीहरु र सचिवहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले हाल भारतले लगाएको नाकावन्दी केही दिनभित्रै हटने जानकारी आफुले पाएको खुलासा गरेका हुन् ।

परराष्ट्र, वाणिज्य तथा आपूर्ती, अर्थ, स्वास्थ्य, उर्जा, भौतिक पूर्वाधार मन्त्रालयका मन्त्री र सचिवहरु र मुख्य सचिवहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले केही दिनमै नाकावन्दी हटने बताएका हुन् । 'भारतले केही महिनादेखि लगाएको नाकावन्दी अव केही दिनमै हटने मैले जानकारी पाएको छु,' प्रधानमन्त्रीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक सचिवले नागरिकसँग भने 'सम्भवत नाकावन्दी हटछ तर पनि अहिलेको संकटलाई कसरी समाधान गर्न सकिन्छ र के के विकल्पमा भने हामी तयार रहनुपर्छ ।'

मन्त्री र सचिवहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले इन्धन, आपूर्ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विकल्प तयार पार्न भनेका छन् । उनले अहिलेको संकट समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयहरुसँग कार्ययोजना समेत माग गरेका छन् । नाकावन्दीले नेपाललाई अप्ठेरो पारेको मात्रै नभई भारतलाईनै घाँडो भएको प्रधानमन्त्री ओलीले बताएका थिए ।

इन्धन लगायतका अत्यावश्यक सामाग्री आपूर्ती ठप्प हुँदा जनजीवन अस्तव्यस्त भएको बताउँदै प्रधानमन्त्री ओलीले कसरी राहत दिन सकिन्छ भन्नेमा अधिकतम ध्यान दिन निर्देशन दिएका छन् । 'नाकावन्दी खोल्ने नखोल्ने भारतको कुरा हो,' प्रधानमन्त्री ओलीले भने 'यदि उसले खोलेन भने पनि जनताले दुख पाउनुभएन, कसरी स्रोतसाधन जनताको हातसम्म पु¥याउन सकिन्छ त्यता ध्यान दिनुहोला ।'

बैठमा सचिव र मन्त्रीहरुले आफ्नो मन्त्रालयबाट भएको कामबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

]]>
5764 0 0 0
दिनैपिच्छे खण्डन विज्ञप्ति जारीगर्दै भारतीय दूतावास http://localhost/ghum/%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%88%e0%a4%aa%e0%a4%bf%e0%a4%9a%e0%a5%8d%e0%a4%9b%e0%a5%87-%e0%a4%96%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%aa%e0%a5%8d/ Sun, 08 Nov 2015 16:10:31 +0000 http://www.ghumphir.com.np/?p=5766 काठमाडौं,२२ कात्तिक

भारतीय नाकाबन्दीका कारण नेपालभित्र आक्रोस चुलिएपछि काठमाडौं स्थित भारतीय दूतावास दैनिकजसो विज्ञप्ति प्रकाशित गरेर नेता तथा मन्त्रीका भनाइहरुको खण्डन गर्न व्यस्त भएको छ।

आइतबार पनि दूतावासले उपप्रधानमन्त्री तथा महिला बालबालिका तथा सामाजकल्याण मन्त्री सीपी मैनालीको टिप्पणीप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गर्‍यो।

मन्त्री मैनालीले अहिलेको भारतीय नाकाबन्दी तराई टुक्राउने प्रयासको पहिलो चरण भएको बताएका थिए। शनिबार रिपोटर्स क्लबको साक्षात्कारमा उनले समग्र मधेस एक प्रदेश वा दुई प्रदेश भने पनि मधेसलाई 'डिस इन्ट्रिगेसन' गरेर आफूतर्फ गाभ्ने डरलाग्दो षड्यन्त्रको भइरहेको बताएका थिए।

उनको सो अभिव्यक्तिको दूतावासले विज्ञप्ति निकालेर खण्डन गरेको हो। सार्वजनिक विदाका दिनहरुमा समेत भारतीय दूतावासबाट खण्डन विज्ञप्ति अाइरहेका हुन्।

शनिबार विज्ञप्ति निकालेर दूतावासले अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसीको अभिव्यक्तिको खण्डन गरेको थियो।

त्योभन्दा अगाडि बिना विभागीय मन्त्री सत्यनारायण मण्डलको अभिव्यक्तिप्रति दूतावासले आपत्ति जनाएको थियो। उनले भारतले बिनाबर्दीका सेना नेपाल पठाउने खोजेको अभिव्यक्ति दिएका थिए।

संविधानमा आफ्ना ७ बुँदे माग नसमेटेसम्म नाकाबन्दी नखाेल्ने अडानमा रहेकाे भारतका कारण नेपालका सबै क्षेत्र थङ्थिलो भइसकेकाे अवस्थामा विज्ञप्ति जारी गर्न दूतावास जाँगरिलो देखिएको हो।

]]>
5766 0 0 0
झापाबाट भित्रियो ३५ ट्यांकर पेट्रोलियम पदार्थ http://localhost/ghum/%e0%a4%9d%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a5%a9%e0%a5%ab-%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be/ Sun, 08 Nov 2015 16:16:30 +0000 http://www.ghumphir.com.np/?p=5768 काकडभिट्टा, २२ कात्तिक ।

एकसाता देखि पूर्वीनाका पानीट्याँकीमा रोकिएका ३५ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर आईतवार साँझ काकडभिट्टा आईपुगेका छन्। दुई महिनादेखि पेट्रोलियम पदार्थ लिएर पूर्वी नाका पानीटयांकी हुँदै ट्याँकर काकडभिट्टा आईपुगेको यो पहिलो हो। भारतले लगाएको अघोषीत नाकाबन्दीका कारण यस अघि २५ वटासम्म ट्याँकरले ईन्धन लिएर काकडभिट्टा आएका थिए।

ईलाका प्रहरी कार्यलय काकडभिट्टाका डिएसपी स्यामकृष्ण अधिकारीले  भने, ‘आयात भएका मध्ये १३ ट्यांकर डिजल हो अन्य ट्यांकरका बारेमा जानकारी हुन बाँकी छ।’

उनका अनुसार अझै केहि ट्यांकर पानीट्याँकी नाकामा रोकिएका छन्। ठूलो छिमेकिको सानो चित्तका कारण ईन्धन आपूर्ति हुन नसक्दा झापा लगातय मेचीका अन्य जिल्लामा एक साता देखि पेट्रोलियम पदार्थको चरम अभाव हुँदै आएको छ।

भारतीय सीमासुरक्षा बलले नाकामा नेपाली ईन्धन व्यवसायीलाई देखाएको हेपाहा प्रवृद्धिका कारण दुई महिना देखि ईन्धन आयात असहज भएको ईन्धन व्यवसायी दिपेस रिजालले बताए। भारतीय आयल कर्पोरेसन (आईओसी)ले दिएको पेट्रोलियम पदार्थ भारतिय सिमा सुरक्षावल (एसएसवी) ले नाकामा चेक जाँचको वहानामा रोकिदिने गरेकाले ईन्धनको चरम अभाव भएको उनले बताए।

]]>
5768 0 0 0
इन्धन अभावले आइतबारदेखि विराटनगरका सबै उडान ठप्प http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%b2%e0%a5%87-%e0%a4%86%e0%a4%87%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf/ Sun, 08 Nov 2015 16:38:12 +0000 http://www.ghumphir.com.np/?p=5770 विराटनगर,२२ कात्तिक ।

इन्धन अभावका कारण आइतबारदेखि विराटनगर विममानस्थलबाट हुने सबै उडान ठप्प भएको छ। आइतबार विहान नेपाल एयरलाइन्सको विराटनगर-काठमाडौंको एउटा फ्लाइट भएको र अरु फ्लाइट हुन नसकेको विराटनगर विमानस्थलले जनाएको छ।नागरिक उड्ययन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले इन्धन अभावका कारण आइतबारदेखि उडान ठप्प भएको बताए। उनका अनुसार दैनिक १८ वटा उडान हुने विराटनगर विमानस्थलबाट आइतबार एउटा मात्रै उडान भएको छ।

biratnagar airpotयता जहाजलाई इन्धन उपलब्ध गराउँदै आएको नेपाल आयल निगम विराटनगर डिपोले इन्धनको स्टक नभएका कारण आइतबारदेखि जहाजलाई इन्धन दिन नसकेको जनाएको छ।

डिपोका हवाइ यनधन शाखा प्रमुख सनम कार्कीले एक हप्तादेखि इन्धन आयात नहुँदा स्टक सिद्दिएको बताए। उनका अनुसार हाल डिपोमा १० हजार लिटर हवाइ इन्धन स्टक छ। जुन इन्धन आकस्मीक उडानका लागि राखिएको आयल निगम विराटननगर डिपोले जनाएको छ।

डिपो प्रमुख कार्कीका अनुसार भारतबाट आयात गरिएको इन्धन काँकडभिट्टा नाका स्थित नक्सलवाडीका एक सातादेखि रोकिएको छ। लोड भएर रोकिएको इन्धन आइपुगेपछि मात्रै विराटनगरबाट हवाइ उडान सुचारु हुने स्थिति रहेको कार्कीले स्पष्ट पारे। विराटनगरबाट देशका विभिन्न स्थानमा हुने हवाइ उडानका लागि दैनिक छ हजार लिटर इन्धन खपत हुने गरेको छ।

]]>
5770 0 0 0
२२ हजार लिटर हवाई इन्धन ल्याउन २२ हजार डलर भाडा http://localhost/ghum/%e0%a5%a8%e0%a5%a8-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%9f%e0%a4%b0-%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%88-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%b2%e0%a5%8d/ Sun, 08 Nov 2015 16:51:12 +0000 http://www.ghumphir.com.np/?p=5773

उत्तम काप्री

काठमाडौं,२२ कात्तिक ।
भारतीय  नाकाबन्दीको कारण स्थलमार्गबाट हवाई इन्धन आयात हुन नसकेपछि नेपाल आयल निगमले नेपाल वायु सेवा निगमकोे कार्गो विमान चार्टर गरेर हवाइ इन्धन ल्याइ रहेको छ।नेपाल आयल निगमका एक उच्च अधिकारीका अनुसार निगमले २२ हजार लिटर हवाइ इन्धन ल्याउनको लागि २२ हजार अमेरिकी डलर भाडा तिरिरहेको छ।
पछिल्लो समय आन्तरिक उडानमा समस्या आउन नदिन निगमले हवाइ मार्गबाट इन्धन आयात गरिरहेको छ। त्यसको लागि वायु सेवा निगमले दैनिक रुपमा २ देखि ४ फ्लाइटमा कोलकत्ताबाट हवाइ इन्धन ल्याइरहेको छ।
यसरी आउने हवाइ इन्धनको लागि वायु सेवा निगमले कोलकत्तामै १ हजार लिटरको लागि ६ सय अमेरिकी डलर समेत तिर्ने गरेको निगमका एक उच्च अधिकारीले सेतोपाटीसँग बताए।
साथै यसरी ल्याइएको इन्धनमा वायुसेवा निगमका लागि नेपाल आयल निगमले १५ प्रतिशतसम्म कमिसन समेत बुझाउनु पर्ने स्रोतले बताएको छ। यसरी एक लट २२ हजार लिटर बराबरको हवाई इन्धनको लागि २२ हजार अमेरिकी डलर भाडा पर्न जान्छ। त्यस्तै सोही परिमाणको इन्धन किन्न भारतीय आयल निगमलाई सरदर १३ हजार २ सय अमेरिकी डलर बुझाउनुपर्ने हुन्छ। तर वायुसेवा निगमले भने नेपाल आयल निगमसित इन्धन ल्याउँदा कुनै कमिसन नलिएको दावी गर्ने गरेको छ। यसैबीच हवाई इन्धनको अभावकै कारण आज आइतवार आन्तरिक उडानमा ५० प्रतिशतसम्म कटौती भएको छ।  साभार:सेतोपाटी
]]>
5773 0 0 0
२७ गतेदेखि सबै पेट्रोलियम पदार्थ र ग्याँस वितरण बन्द http://localhost/ghum/%e0%a5%a8%e0%a5%ad-%e0%a4%97%e0%a4%a4%e0%a5%87%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%b8%e0%a4%ac%e0%a5%88-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af/ Sun, 08 Nov 2015 17:00:09 +0000 http://www.ghumphir.com.np/?p=5775 काठमाडौ, २२ कात्तिक । नेपाल आयल निगमले सोमबारबाट खाना पकाउने एलपी ग्यास र  कात्तिक २७ गतेदेखि सबै किसिमका ईन्धनको वितरण बन्द गरिने भएको छ । अर्को व्यवस्था नभएसम्म वितरण बन्द गर्न लागिएको हो ।

gas line

निगमका ग्यास वितरण विभाग प्रमुख मुकुन्द घिमिरेका अनुसार झण्डै एकसातादेखि भारतीय नाकाहरु ठप्प भएसँगै उद्योगहरुमा नयाँ बुलेट आउन सकेका छैन् । ‘रोकिएका ग्यास बुलेट नेपाल नआएसम्म ग्यासको वितरण पनि रोकिन्छ,’ उनले भने । विगत पाँच दिनदेखि भारतको कुनै पनि नाकाबाट ईन्धन नआएको र नेपालमा रहेको स्टक ब्यवस्थापन गरेर वितरण गर्दा पनि पाँच दिनभन्दा बढी समय नपुग्ने स्थितिमा इन्धनको बिक्री वितरण बन्द गरिएको निगमले जनाएको छ ।

भारतले सबै नाकाबाट हुने आयात ठप्प पारेपछि नेपाल आउने क्रममा रहेका ग्यास झण्डै ३ सय वटा बुलेटहरु विभिन्न नाकामा अलपत्र छन् । वीरगञ्जमा २ सय ८ बुलेट ग्यास डेढ महिनादेखि अलपत्र छ । रक्सौलमा रोकिएकामध्ये रि–रुटिङ गरी काठमाडौं ल्याउने क्रममा रहेका ग्यास बुलेट पनि सुनौलीमा रोकिएका छन् । ५ दिनयता भारतबाट एक बुलेट ग्यास नेपाल आएको छैन् । यस विषयमा नेपाल आयल निगमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरिसकेको छ ।

सोमबार यस विषयमा आयल निगमले सार्वजनिक सूचना समेत जारी गर्ने तयारी गरेको छ । नेपालमा ग्यास भण्डारण गर्ने संयन्त्र नभएको र आयात गर्ने ग्यास बुलेट समेत नभएकोले ग्यास छिट्टै सकिन लागेको हो । निगमले आइतबारबाट हवाई इन्धन वितरणमा ५० प्रतिशत कटौती गरिसकेको छ । जसले आधा आन्तरिक उडान समेत कटौति भईसकेको छ । निगमले ग्यास संकट हटाउन ७ दशमलव १ किलोग्रामको आधा सिलिन्डर बिक्री गर्ने योजना अनुरुप उपभोक्ताले आधा सिलिन्डर ग्यास ७ सय रुपैयाँमा किन्न पाएका थिए ।पछिल्लो समय चीनसँग सिमा नाका खोल्ने तयारी गर्नु, व्यापार सम्झौता गर्नु लगायतका कारण सीमामा थप कडाई गरिएको छ ।

]]>
5775 0 0 0
मानवअधिकार आयोगद्वारा नाकाबन्दी र मधेश आन्दोलनबारे अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a8%e0%a4%be/ Sun, 08 Nov 2015 17:08:57 +0000 http://www.ghumphir.com.np/?p=5777 काठमाडौं,२२ कात्तिक ।

राष्ट्रिय मानव अधिकार आयोगले भारतले लगाएको नाकाबन्दीका कारण मानवीय संकट र मानव अधिकारमा प्रभाव परेको भन्दै सरकार, आन्दोलनरत पक्ष र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।

humanrights

आयोगबाट आइतबार जारी विज्ञप्तिमा नेपाल – भारत सीमामा देखिएको अवरोधका कारण सिर्जित मानवीय सङ्कट, जीवनको अधिकार, बाल अधिकार, स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक आधिकार, पेशा व्यवसाय गर्न पाउने अधिकार, खाद्यान्नको अधिकार, महिलाको अधिकार लगायत मानव अधिकारमा पारेको प्रभाव औंल्याइएको आयोगले जनाएको छ।

आयोगले मानवअधिकारको स्थिति पत्रमार्फत् मानव अधिकार संस्थाहरुको एशिया प्रशान्त क्षेत्रीय मञ्च (एपीएफ), अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) र मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय (ओएचसिएचआर)मा समेत पठाएको छ।

देशमा उत्पन्न मानवीय संकटका कारण नेपालको संविधान एवं नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धी तथा अन्तर्राष्ट्रिय दस्तावेजहरुले प्रत्याभूत गरेका अधिकारहरुको उपभोगमा गम्भीर असर पारेको आयोगको निष्कर्ष छ।

त्यस्तो असरलाई सम्बोधन गर्न आयोगले नेपाल सरकार, तराई–मधेश केन्द्रित आन्दोलनरत पक्ष, अन्तर्राष्ट्रिय समुदाय तथा सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराएको आयोगका कायम मुकायम सचिव वेदप्रसाद भट्टराई द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

]]>
5777 0 0 0
मोही बनाउँदै http://localhost/ghum/%e0%a4%ae%e0%a5%8b%e0%a4%b9%e0%a5%80-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Sun, 08 Nov 2015 17:21:43 +0000 http://www.ghumphir.com.np/?p=5780 5780 0 0 0 फूलको व्यापार http://localhost/ghum/%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0/ Sun, 08 Nov 2015 17:24:56 +0000 http://www.ghumphir.com.np/?p=5783 5783 0 0 0 मुकोटबाट धौलागिरी हिमाल हेर्दा http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a7%e0%a5%8c%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a5%80-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2/ Mon, 09 Nov 2015 04:05:57 +0000 http://www.ghumphir.com.np/?p=5786 Mukot Dolpa @ Ghumphir.com (21)राज्यलक्ष्मी खतीवडा नेपाल प्राकृतीक सौन्दर्यले भरिपुर्ण स्थान हो । जता हेर्यो त्यती राम्रो छ । नेपालका कती स्थानहरु यस्ता छन् जुन पर्यटकीय हिसावले निकै महत्तपुर्ण भएपनी ती स्थानको उचित प्रचार प्रसार तथा ति स्थान सम्म पुग्नका लागी सहज छैन ।

पर्यटकलाई चाहिने आधारभुत आवश्यक्ता नहुदा सुगन्ध विनाका फुल जस्ता छन ति स्थानहरु । यीनै स्थान मध्य एक हो डोल्पाको मुकोट ।

नेपाल र विश्वमाझ डोल्पा भन्न वित्तिकै शे फोकसुण्डो ताललाई समभ्mन गर्दछन् । तर डोल्पा यती धेरै पर्यटकीय स्थान छन् । ति स्थानका उचित प्रचार प्रसार हुन सकेको छैन । डोल्पाको मुकोट पनी सम्भावना भएर पनी पर्यटकको रोजाईमा त परै जावस नाम समेत सुनेका छैनन पर्यटनमा सरोकार राख्नेहरुले । डोल्पाको मुकोटका धौलागीरी हिमालको मनोरम दृश्य सहित स्थानिय रहन सहनका साथै प्राकृती सौन्दर्यको खानी समेत हो । मुकोट पुग्न कालागी नेपालगन्ज देखि डोल्पाको जुफाल सम्म हवाई यात्रा पश्चात सुरु हुन्छ पैदल यात्रा ।

नेपालगन्ज देखी पहिलो दिन डोल्पाको सदरमुकाम दुनै पुग्न सकिन्छ । दोस्रो दिन दुनै देखी लासीक्याप । तेस्रो दिन कागकोट । चौथो दिन तेराङ । पाचौ दिन चाहि मुकोट गाउ पुग्न सकिन्छ । मुकोट यात्राका लागी विच विचमा सामान्य खान र बस्नका लागी बास बस्ने ब्यबस्था रहेको छ । मुकोटमा ५ महिना हिउले ढपक्क हुने भएकाले मुकोटबासी हरु ५ महिना बेसी तर्फ झर्ने गर्दछ्न् ।

Mukot Dolpa @ Ghumphir.com (1) Mukot Dolpa @ Ghumphir.com (5) Mukot Dolpa @ Ghumphir.com (7) Mukot Dolpa @ Ghumphir.com (8) Mukot Dolpa @ Ghumphir.com (9) Mukot Dolpa @ Ghumphir.com (10) Mukot Dolpa @ Ghumphir.com (11) Mukot Dolpa @ Ghumphir.com (12) Mukot Dolpa @ Ghumphir.com (13) Mukot Dolpa @ Ghumphir.com (14) Mukot Dolpa @ Ghumphir.com (17) Mukot Dolpa @ Ghumphir.com (19) Mukot Dolpa @ Ghumphir.com (20)]]>
5786 0 0 0
टर्किस एयरको जहाजमा चरा ठोक्कियो http://localhost/ghum/%e0%a4%9f%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%b8-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%b0%e0%a4%be-%e0%a4%a0/ Mon, 09 Nov 2015 13:24:24 +0000 http://www.ghumphir.com.np/?p=5805 २३ कात्तिक, काठमाडौं ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट टर्कीको इस्तानबुल उडेको टर्किस एयरको जहाजमा सोमबार दिउँसो चरा ठोक्किएको छ ।दिउँसो १ बजेर ३ मिनेट जाँदा उडेको बिमान ४ सय फिट माथि पुगेको अवस्थामा चरा ठोक्किएको बिमानस्थलको टर्मिनल डिपार्टले जनाएको छ ।

डपार्ट प्रमुख भोला गुरागाइँले भने, ‘चरा ठोक्किएको भनेर चालकले नै एयर ट्राफिक कन्ट्रोलमा जानकारी दिएका थिए । तर, बिमानको सबै अवस्था सामान्य रहेको जानकारी दिँदै फ्लाइट कन्टिन्यु गरे ।चरा ठोक्किँदा जहाजमा खासै क्षति पुगेको छैन । चालक दलका सदस्य र यात्रुहरु सुरक्षित छन् ।धावनमार्गमा गड्यौलाको संख्या बढेपछि बिमानस्थल आसपास बाक्लो संख्यामा चराहरु देखिएका छन् ।

]]>
5805 0 0 0
हिमाल देखेर कोरियाली मख्ख, पर्यटकका चाहना बुझ्न आग्रह http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a5%87%e0%a4%b0-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ae%e0%a4%96%e0%a5%8d/ Mon, 09 Nov 2015 13:28:26 +0000 http://www.ghumphir.com.np/?p=5808

वासुदेव मिश्र   कास्की, २३ कात्तिक ।

कोरियन फोटोग्राफी एसोसिएसन (हान्गुक साजिन छाक्का हेफ्फेको अगुवाइमा आएका ४० जना कोरियाली फोटोग्राफरले पोखरा र आसपासको दृश्यले मन्त्रमुग्ध बनेका छन् । भूकम्पपछिको नेपालको अवस्थाबारे जानकारी लिन तथा नेपाल सुरक्षित र सुन्दर छ भन्ने सन्देश दिन उनीहरुले कास्कीको हेम्जाकोट, सराङकोट र फेवाताल क्षेत्रका सुन्दर दृश्यलाई क्यामेरामा कैद गरेपछि खुसी भएका हुन् । टोलीको नेतृत्व गरेका किम साङ युनका अनुसार आँखै अगाडि सुन्दर साङ (हिमाल) देख्न पाउँदा टोलीमा रहेका सबै सदस्य औधी रमाएका छन् । “हामीले साङ (हिमाल) देख्न पायौँ, दाइँ हालेको, डोको बोकेका गाउँले महिला, सधैँ मुस्कुराउने बालबालिकाले हामीलाई असाध्यै खुसी बनाए”, उहाँले भन्नुभयो, “गाउँलेको स्वागतले त झन् रमाइलो भयो ।” उनको सङ्केत पोखराबाट करिब १८ किलोमिटर उत्तरतिर पर्ने हेम्जाकोट गाउँमा गरिएको अतिथि सत्कारप्रति लक्ष्यित थियो । आफूहरुले खिचेका तस्बिर कोरियाको राजधानी सियोलमा प्रदर्शनमा राखिने र नेपालबारे थप जानकारी दिने उनीहरुको योजना छ । आफ्नो पुरानो साथीले खिचेको हिमालको तस्बिर देखेर नेपालबारे जानकारी पाएको बताउने युनले भ्रमण दलमा रहेका सदस्य कोरियाको विभिन्न ठाउँका भएकाले देशैभर नेपालको प्रचार हुने धारणा व्यक्त गर्नुभयो । नेपाल आएर हिमालको तस्बिर खिच्ने पुरानो धोको पूरा भएकामा खुसी भएका उहाँले भन्नुभयो, “हिमाल मुस्कुरायो, म खुसी भएँ ।” तस्बिर खिच्नकै लागि हरेक वर्ष नेपाल आउने योजना बनाएको पनि उनले सुनाए । कोरियाको राजधानीभन्दा निकै पर रहेको चिवाङ भन्ने गाउँका छाङ जोङ बनले तोकिएको छोटो समयमा हिमालका सुन्दर तस्बिर खिच्न असम्भव भएकोले अर्को पटक पनि नेपाल आउने बताए । उनले हिमालको तस्बिर लिन सकिने ठाउँलाई ‘फोटोग्राफी स्पट’का रुपमा विकास गरिनुपर्ने र त्यहाँ सजिलै यातायातका साधन पुग्नुपर्नेमा जोड दिनुभयो । “फोटोग्राफीको शोख बूढेसकालतिर बढ्ने हो, बूढेसकालमा हिँड्न सकिँदैन”, हिमाललाई पृष्ठभूमिमा पारेर आफूले खिचेका तस्बिर देखाउँदै उहाँले भन्नुभयो, “बाटो राम्रो बनाउँ, नेपालमा कोरियन ओइरिन्छन् ।” टोलीमा रहेकी खिम सू योङले आँखैमा टाँस्सिन आइपुग्ने हिमाल देख्न पाउनु जीवनकै अविस्मरणीय क्षण भएको बताइन् । आफूहरुले खिचेका तस्बिर प्रदर्शनमा आएपछि नेपालबारे चासो बढ्ने र धेरैभन्दा धेरै कोरियाली नेपाल आउने उनको दाबी थियो । नेपाल गरिब देश हो भन्ने सुनेका टोलीमा रहेका सबैभन्दा कान्छा १७ वर्षीय सङ जिङले गाउँले जीवन, यहाँका बालबालिका तथा प्राकृतिक सुन्दरताले आफू मन्त्रमुग्ध भएको बताउनुभयो । भर्खरै उच्च माविको शिक्षा सकाएका उनले अर्को पटक प्रेमिकासँग नेपाल आउने र हनिमुन पनि यतै मनाउने विचार भएको सुनाए । आफूलाई नेपाल साह्रै सस्तो लागेको उनको भनाइ थियो । टोली नेता किम साङ युनले पनि नेपालको पर्यटन उद्योगलाई माथि लैजाने हो भने भौतिक संरचना निर्माण तथा पर्यटकको रुचिअनुसारका गतिविधिहरु बढाउनुपर्नेमा जोड दिनुभयो । “कोरियन खाएर, पिएर रमाइलो गर्न चाहन्छन्, नाच्नुपर्छ, केटी पनि नजिकै चाहिन्छ”, कोरियामा रहेको क्याथोलिक विश्वविद्यालयमा फोटोग्राफी सिकाउने ६४ वर्षीय बुढाले आफ्ना चिम्सा आँखा झिम्क्याउँदै थप्नुभयो, “गोजीमा ल्याएको पैसा सक्नुप¥यो नि, गोजीमा पैसा छ तर सक्ने ठाउँ छैन ।” पोखरामा रहेका कोरियन रेस्टुरेन्टमा परम्परागत ‘किम्ची’को स्वाद लिएपछि भने उनी केही खुसी देखिए । नेपाल आउन चाहनेलाई सजिलोसँग हवाई टिकटको उपलब्धता, विश्वभर प्रचार गर्न सके यहाँको पर्यटन उद्योगमाथि उक्लन बेर नलाग्ने उनको धारणा थियो । कोरियन टोलीले पोखरासहित चितवन र राजधानीका विभिन्न क्षेत्रसमेत घुम्ने कार्यक्रम तय गरेका छन् ।

]]>
5808 0 0 0
एक किलो सुनसहित व्यापारी पक्राउ http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%80/ Mon, 09 Nov 2015 13:30:08 +0000 http://www.ghumphir.com.np/?p=5810

लहान, २३ कात्तिक ।

प्रहरीले आज सिरहाको लहानबाट एक किलो सुनसहित एक व्यापारीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा लहान नगरपालिका–७ निवासी राहुल शारडा रहेको प्रहरीले जनाएको छ । शारडा लहानस्थित विकास ट्रेडर्सका सञ्चालक विकास शारडाका भाइ हुन् । काठमाडौँबाट सुन लिएर आउने क्रममा लहानस्थित सहिद चोकमा बसबाट ओर्लिने क्रममा शङ्का लागेर जाँच गर्दा सुनसहित शारडालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । शारडासँग रहेको सुन अवैध हो वा होइन् भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

]]>
5810 0 0 0
माटोका पालाको उत्पादन घट्यो http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%9f%e0%a5%8b%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8-%e0%a4%98%e0%a4%9f/ Mon, 09 Nov 2015 13:48:16 +0000 http://www.ghumphir.com.np/?p=5812

भक्तपुर, २३ कात्तिक ।

तिहारमा दीपावलीका लागि आवश्यक पर्ने माटोका पालाको उत्पादन यसवर्ष आधा घटेको छ । भूकम्पका कारण माटोका पाला बनाउने कुमाले समुदायका प्रजापति पाला बनाउने ठाउँबाटै विस्थापित भएपछि यसवर्ष माटोका पालाको उत्पादन आधा घटेको हो । एकातिर माटोको अभाव र अर्कोतर्फ भूकम्पले घर भत्काएपछि प्रजापति विस्थापित भएकाले यसवर्ष पालाको उत्पादन कम भएको पाटरीस्क्वायरका दुर्गाप्रसाद प्रजापतिले बताउनुभयो । “माटोको भाँडा बनाउने माटो नै पाइन छाड्यो, त्यसमाथि पनि भूकम्पले घर भत्काएपछि अन्यत्र गएर बस्नु परेपछि पाला बनाउने घटेकाले उत्पादन घटेको छ” उहाँले भन्नुभयो ।

pala (3) माटोको पालासँगै तिहार कै लागि आवश्यक पर्ने धूपौरो, घैटोँलगायतका सामानको समेत यसवर्ष उत्पादन घटेको छ । यहाँका प्रजापतिले माग अनुसार मात्रै पाला बनाएका छन् भने यसवर्ष पालाको माग गर्ने व्यापारी समेत घटेका छन् । पोटरीस्क्वायर कै लक्ष्मीकेशरी प्रजापतिले यसवर्ष पाला लिन आउने निकै कम भएको बताउनुभयो । “यसवर्ष धेरै पाला छैन, काठमाडाँै र उपत्यका बाहिर लगेर बिक्री गर्न मधेसी मूलका व्यापारी आउँथे, यसवर्ष उनीहरु पनि आएनन्, तेलसमेत अभाव भएपछि पाला लिन आउने धेरै कम छन् ।” अधिकांशले माटोका पाला खाने तेलमा बाल्ने गर्छन । तर नाकाबन्दीका कारण खाने तेलको अभाव भएपछि माटोका पालाको बिक्री कम भएको हो । बत्ती बल्ने प्लास्टिकको दियो बजारमा आएकाले त्यसले पनि पालाको व्यापार घटाएको छ । गतवर्ष पोटरीस्क्वायरका १०० घरले माटोका पाला बनाउने गरेपनि यसवर्ष करिब २५ घरले मात्रै पाला बनाएका छन् । “भूकम्पले घर भत्काएपछि विस्थापित भएका धेरै प्रजापतिले यसवर्ष पाला बनाएनन्, बनाउने र किन्ने पनि धेरै भएनन् ।” भक्तपुरको बोलाछें, च्यामासिंह, पोटरीस्क्वायर, ठिमीको नगदेश, बालकुमारी, चपाचोलगायतका क्षेत्रका प्रजापति समुदायले विगतमा पाला बनाउँदै आएका थिए । भूकम्पले घर भत्काएपछि यसवर्ष पाला बनाउनै छाडेको हुन् । यसवर्ष पालाको उत्पादन कम भए पनि मूल्य भने बढेको छ । गतवर्ष ८० पैसादेखि एक रुपैयासम्म प्रति पाला बिक्री हँुदै आएकोमा यसवर्ष भने इन्धनको अभाव र माटो अभावका कारण प्रजापति समुदायले प्रतिपाला रु एकदेखि एक रुपैयाँ ३० पैसासम्ममा बिक्री भइरहेको उनीहरुले बताएका छन् । रासस ९तस्बिर संलग्न छ ।

pala (1) pala (2) pala (4) pala (5)

]]>
5812 0 0 0
नाकाबन्दीबिरुद्ध खेलाडी http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%a1%e0%a5%80/ Mon, 09 Nov 2015 14:14:28 +0000 http://www.ghumphir.com.np/?p=5820

काठमाडौँ, २३ कात्तिक ।

भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको भन्दै खेलाडीहरु विरोधमा उत्रिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा आज दशरथ रङ्गशालामा विरोध कार्यक्रम गर्दै विभिन्न खेलका खेलाडी तथा पदाधिकारी भेला भएका थिए । आज पहिलो चरणको कार्यक्रममा उनीहरुले हस्ताक्षर अभियान सुरु गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, पूर्व खेलाडी बैकुण्ठ मानन्धर, दीपक विष्ट, सङ्गीना वैद्य, जितबहादुर केसी, सुशीलनरसिंहलगायत विभिन्न खेलका प्रतिनिधिले नाकाबन्दीविरुद्ध हस्ताक्षर गरे । आजै हस्ताक्षर सङ्कलन सकेर भोलि प्रधामन्त्री केपी शर्मा ओली र भारतीय राजदूतावासलाई बुझाउने कार्यकम रहेको कार्यकमको संयोजक धावक एवम् पर्वतारोही सञ्जय पण्डितले जानकारी दिनुभयो ।

]]>
5820 0 0 0
दाङमा भारतीय नम्वर प्लेटको गाडी जल्यो http://localhost/ghum/%e0%a4%a6%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%a8%e0%a4%ae%e0%a5%8d%e0%a4%b5%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a5%87%e0%a4%9f/ Mon, 09 Nov 2015 14:19:08 +0000 http://www.ghumphir.com.np/?p=5822 Gadi-Jalyo

दशरथ घिमिरे २३ कात्तिक,दाङ ।

दाङको लक्ष्मीपुर १ चौपट्टामा भारतीय नम्वर प्लेटको एक गाडीमा आगो लागेको छ । लमही-घोराही सडकखण्डको लक्ष्मीपुर-१ चौपट्टामा यूपी ५५ टी ४०२५ नम्वरको मिनी ट्रकमा आगो लागेको हो ।घोराहीमा केरा झारेर कृष्णनगर तर्फ जाँदै गरेको ट्रकमा आगो लाग्दा पूर्णरुपमा जलेको दाङका प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए । प्रहरीको टोलीले ट्यांकरबाट पानी ल्याएर आगो निभाएको थियो ।

ट्रकमा कसरी आगो लाग्यो भन्नेबारे केही खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान जारी राखेको छ । ट्रकका चालक र सहचालक प्रहरी सम्पर्कमा रहेको र उनीहरुसँग जानकारी लिन काम भैरहेको एसपी कडायतले बताए ।साभार अनलाईन

]]>
5822 0 0 0
ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको लाइनमा नबस्न उपभोक्तालाई निगमको आग्रह http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%a1%e0%a4%bf%e0%a4%9c%e0%a5%87%e0%a4%b2-%e0%a4%b0-%e0%a4%ae%e0%a4%9f%e0%a5%8d/ Mon, 09 Nov 2015 15:05:05 +0000 http://www.ghumphir.com.np/?p=5826 काठमाडौँ, २३ कात्तिक ।

पाँच दिनदेखि नेपाल–भारत नाकाबाट इन्धन आयात प्रायःठप्प भएको र नेपाल आयल निगमको मौज्दात पनि सकिएकाले आयल निगमबाट तत्कालका लागि कुनै पनि इन्धन उपलब्ध नहुने भएको छ । आयल निगमले आज पत्रकार सम्मेलन गरी इन्धन आयात गर्न नसकिएको र निरन्तर प्रयास गर्दा पनि उपयुक्त वैकल्पिक उपायसमेत पहिल्याउन नसकिएकाले उपभोक्तालाई तत्काल इन्धन उपलब्ध गराउन नसकिने भएको जनाएको छ । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भने, “हामीले गरेको गृह कार्य पर्याप्त देखिएन, वैकल्पिक उपायले काम गर्न सकेकै छैन, त्यसैले तत्कालका लागि कुनै पनि इन्धन सहज हुन सकेन ।” निगमले बङ्गलादेशबाट ग्यास आयात गर्ने तयारी गरे पनि सफल हुन सकेको छैन । इन्धन आयातका लागि निगमले आह्वान गरेको आशयमा २२ वटा कम्पनी तथा संस्थाको निवेदन परेको थियो । पेट्रोलियम पदार्थ आयात गर्नका लागि ठूलो रकम आवश्यकता पर्ने भएकाले निजी क्षेत्रले तत्काल ल्याउन सक्ने अवस्था नदेखिएको निगमका निर्देशक खड्काले बताए । निगमका अनुसार नेपाल–भारत नाकामा ६६ ट्याङ्कर पेट्रोल, २५१ ट्याङ्कर डिजेल, चार ट्याङ्कर मट्टितेल र ३५१ बुलेट ग्यास अड्किएको छ । केही दिनका लागि सुरक्षा तथा विशेष कार्यका लागि पेट्रोलियम पदार्थ उपलब्ध गराउन सकिने निगमले जनाएको छ । हवाई इन्धन पनि मागअनुसारको आपूर्ति गर्न नसकिएकाले आन्तरिक उडान कटौती गरिएको छ । चीनले उपलब्ध गराउन लागेको एक हजार ३०० किलोलिटर पेट्रोलमध्ये ६५५ किलोलिटर नेपाल आइसकेको छ । निगमले चीनबाट व्यापारिकरुपमा आयात गर्ने प्रक्रिया अगाडि बढाएको छ । निगमले सङ्कटको समयमा जनताको चाहना प्रयास गर्दा कुनै पनि अनियमितता नगरेको निर्देशक खड्काले दाबी गरे ।

]]>
5826 0 0 0
धार्मिकस्थलमा भक्तिसङ्गीत प्रशारण गर्न मन्त्रालयको निर्देशन http://localhost/ghum/%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%95%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%97/ Mon, 09 Nov 2015 15:30:43 +0000 http://www.ghumphir.com.np/?p=5828

काठमाडौँ, २३ कात्तिक ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रमुख धार्मिक तथा साँस्कृतिक सम्पदास्थलमा भक्तजनको उपस्थिति रहँदासम्म अनिवार्यरुपमा भक्ति सङ्गीतको प्रशारण गर्न सम्बन्धित कोष, समिति तथा अन्य सम्बद्ध संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी धार्मिक तथा साँस्कृतिक सम्पदास्थल पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, दक्षिणकाली, बुढानीलकण्ठ, बङ्गलामुखी, बज्रबाराही, मनकामना, लुम्बिनी, पाथीभरा, हलेसी, बराहक्षेत्र, देवघाट, मुक्तिनाथ, स्वर्गद्वारी, शैलेश्वरीलगायत प्रमुख धार्मिकस्थलमा सो व्यवस्था गर्न निर्देशन दिएको हो । मन्त्रालयले यस्ता कार्यबाट ती क्षेत्रहरुको महत्व र प्रतिष्ठा बढ्ने, सामाजिक, साँस्कृतिक एवम् धार्मिक सहिष्णुता प्रवद्र्धन हुने, राष्ट्रिय एकता अभिवृद्धि गर्न सहयोग पुग्ने एवम् सबै सम्प्रदायको धार्मिक साँस्कृतिक मूल्यमान्यताको सम्मान गर्ने वातावरण सिर्जना हुने विश्वास लिएको जनाएको छ । धार्मिक सम्पदाहरु सञ्चालन गर्ने कार्यलाई प्रभावकारी बनाउन भक्ति सङ्गीतको महत्वपूर्ण भूमिका रहेकाले धार्मिक र साँस्कृतिक स्थानहरुमा तत्तत् क्षेत्रमा बोलिने स्थानीय भाषा, संस्कृति र नेपाली भाषामा भक्ति सङ्गीत प्रशारण गर्दा भक्तजन आनन्दित हुने र साँस्कृतिक पर्यटनको समेत प्रवद्र्धन हुने मन्त्रालयले जनाएको छ ।

]]>
5828 0 0 0
राज्यमन्त्री र सहायकमन्त्रीद्वारा शपथ ग्रहण http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b0-%e0%a4%b8%e0%a4%b9%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4/ Mon, 09 Nov 2015 15:37:13 +0000 http://www.ghumphir.com.np/?p=5830

काठमाडौँ, २३ कात्तिक ।

नवनियुक्त भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रम थापा र सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले आज यहाँ आयोजित समारोहमा शपथ ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री दिनेश श्रेष्ठ र सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई पनि शपथ गराउनुभयो । सोही अवसरमा प्रधानमन्त्री ओलीले वैशाख १२ गते भएको विनाशकारी भूकम्पका कारण त्रिपालमुनि बसिरहेका भूकम्पपीडितलाई सरकारले जतिसक्दो चाँडो छानामुनि ल्याउने तयारी गरिरहेको छ भन्नुभयो । उहाँले भूकम्प र एक महिना अघिदेखि भइरहेको नाकाबन्दीबाट विविध सङ्कटको अवस्था भोगिरहेका जनता र देशलाई ध्यानमा राखेर एकबद्ध हुँदै काम गर्नसमेत मन्त्रीलाई अपिल गर्नुभयो । सो समारोहमा उपप्रधानमन्त्री कमल थापा, विभिन्न राजनीतिक दलका नेता, सांसद र विभिन्न मन्त्रालयका सचिवको समेत सहभागिता रहेको थियो ।

]]>
5830 0 0 0
सामूहिक तस्बिर http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%82%e0%a4%b9%e0%a4%bf%e0%a4%95-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0/ Mon, 09 Nov 2015 15:59:40 +0000 http://www.ghumphir.com.np/?p=5835 5835 0 0 0 बेसीतिर... http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%b8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%b0/ Mon, 09 Nov 2015 16:11:28 +0000 http://www.ghumphir.com.np/?p=5838 5838 0 0 0 नाकाबन्दीले यसवर्षको शैक्षिक सत्र एक वर्ष सर्ने अवस्था http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%af%e0%a4%b8%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a5%88%e0%a4%95/ Tue, 10 Nov 2015 02:06:19 +0000 http://www.ghumphir.com.np/?p=5842 कात्तिक २४ , काठमाडौं ।

भारतीय नाकाबन्दीको दीर्घकालीन असर शैक्षिक क्षेत्रमा परेको छ । नाकाबन्दी र तराई–मधेसमा जारी आन्दोलनले यस वर्षको शैक्षिक सत्र एक वर्ष पर सर्ने अवस्था सिर्जना भएको छ । यसले विश्वविद्यालयहरूको अवस्था बेहाल बनेको छ ।

विश्वविद्यालय मात्र होइन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले एकपटक स्थगित गरेर परीक्षा लिने तयारी गरे पनि सञ्चालन गर्न सकिनेमा ढुक्क हुन सकेको छैन । सिटिइभिटीले एक–डेढ महिनाभित्रै परीक्षा सञ्चालन गर्न नसके शैक्षिक वर्ष नै नोक्सान हुने जनाएको छ । हाल मुलुकमा नौवटा विश्वविद्यालय सञ्चालनमा रहे पनि नाकाबन्दी र तराई–मधेसको आन्दोलनको सबैभन्दा ठूलो मारमा त्रिभुवन विश्वविद्यालय परेको नयाँ पत्रिकामा खबर छ ।

६० भन्दा बढी आंगिक क्याम्पस र लाखौँको संख्यामा विद्यार्थी भएकाले अन्य विश्वविद्यालयको भन्दा त्रिविले ठूलै समस्या भोग्नुपरेको छ । मुलुकमा देखिएको पछिल्लो घटनाक्रमका कारण त्रिविले परीक्षासमेत स्थगित गरेको छ । दसैँअघि सम्पन्न गर्नुपर्ने परीक्षा रोकिएका छन् । त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले भूकम्पले ठूलो क्षति व्यहोरेको विश्वविद्यालयले नाकाबन्दीका कारण अर्को संकट भोग्नुपरेको बताए । त्रिविले असुरक्षा र इन्धन अभावका कारण तराईमा स्नातक तहको परीक्षा स्थगित गरेको थियो । परीक्षा सञ्चालनको अवस्था देखिए पनि कागज ल्याउन नसक्दा उत्तरपुस्तिकामा ठूलो समस्या भोग्ने देखिन्छ । उपकुलपति खनियाँले कागज नहुँदा प्रेसका काम रोकिएको र उत्तरपुस्तिकाको स्टक तयार पार्न नसकेको बताए ।

परीक्षा सम्पन्न भएका विषयको उत्तरपुस्तिका परीक्षणका लागि एक ठाउँबाट अर्को ठाउँमा लैजानुपर्ने भए पनि इन्धन अभावले काम हुन नसकेको उनको भनाइ छ । त्रिविको आगामी दीक्षान्त समारोहको तयारीसमेत रोकिएको छ । इन्धन अभावले कर्मचारी आवत–जावत र काममा परेको समस्या त छँदै छ, कार्यालयकै दैनिक कामसमेत प्रभावित बनेका छन् ।

]]>
5842 0 0 0
हवाइ इन्धनको मूल्यमा दोब्बर वृद्धिःकहाँको भाडा कति? http://localhost/ghum/%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%87-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%8b%e0%a4%ac/ Tue, 10 Nov 2015 02:10:37 +0000 http://www.ghumphir.com.np/?p=5845

काठमाडौँ, २२ कात्तिक ।

नेपाल आयल निगमले हवाइ इन्धनको मूल्यमा दोब्बर वृद्धि गरेको छ । इन्धनको मूल्यमा भएको वृद्धिसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले मङ्गलबारदेखि लागु हुनेगरी हवाई भाडादरसमेत बढाएका छन् । भारतको अघोषित नाकाबन्दीका कारण हवाइजहाजबाट इन्धन ल्याउनुपरेको भन्दै आयल निगमले आजदेखि हवाई इन्धनको मूल्य बढाएपछि नीजी आन्तरिक वायुसेवा कम्पनीले मङ्गलबारदेखि लागू हुने गरी हवाइ भाडा बढाएका हुन् । यसअघि प्रतिलिटर ११८ रुपैयाँमा बिक्री गर्दै आएको हवाई इन्धनको मूल्य दोब्बर अर्थात २३३ पु¥याएको निगमले जनाएको छ । इन्धनको मूल्य बढेलगत्तै बसेको वायुसेवा सञ्चालक सङ्घको आज बसेको बैठकले हवाई भाडा पनि बढाउने निर्णय गरेको सिम्रिक एयरका बजार प्रबन्धक प्रज्ज्वल थापाले राससलाई बताउनुभयो । आयल निगमले भने हवाई इन्धन पुनः सडक मार्गबाटै आउन सुरु भएपछि पुरानै मूल्य कायम हुने बताएको छ ।

6cdfc1b14b5e3e6c3f7f55bfcd3dbc13_L

]]>
5845 0 0 0
दरबाङदेखि काठमाडौँ सिधा बस सेवा सञ्चालन http://localhost/ghum/%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%99%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%b8%e0%a4%bf%e0%a4%a7%e0%a4%be/ Tue, 10 Nov 2015 03:13:21 +0000 http://www.ghumphir.com.np/?p=5849

म्याग्दी, २४ कात्तिक ।

म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरबाङदेखि राजधानी काठमाडौँका लागि सिधा बस सेवा सञ्चालन भएको छ । म्याग्दी जिप तथा बस सञ्चालक समिति र धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिको संयुक्त व्यवस्थापनमा यसै सातादेखि दरबाङदेखि काठमाडौँका लागि सिधा सवारी सञ्चालनमा ल्याइएको हो । पश्चिम म्याग्दीका जनता काठमाडौँ जानु पर्दा यसअघि बेनी आएर सवारी परिवर्तन गर्नुपर्ने बाध्यता रहेको थियो । दरबाङबाट काठमाडौँका लागि प्रत्येक साँझ ५ः३० बजे बस छुट्ने म्याग्दी जिप तथा बस सञ्चालक समितिका अध्यक्ष सुरत केसीले जानकारी दिनुभयो । म्याग्दी र धौलागिरि समितिले प्रत्येक दिन आलोपालो गरी काठमाडौँका लागि बस छुटाउने गरिएको छ । दरबाङबाट यो सेवा सुरु भएसँग पश्चिम म्याग्दीका झन्डै एक दर्जन गाविसका बासिन्दाले दरबाङबाटै काठमाडौँका लागि बस चढ्ने अवसर प्राप्त गरेका छन् । सिधा बस सेवा सञ्चालन भएसँगै बेनीमा सवारी परिवर्तन गर्नुपर्ने झन्झट र दोहोरो खर्चबाट पनि जोगिएको दरबाङका स्थानीयवासी किरण थापाले बताउनुभयो ।

]]>
5849 0 0 0
गुगलका ७ प्रडक्ट, जसले विश्वमा प्रभुत्व जमाइरहेछन् http://localhost/ghum/%e0%a4%97%e0%a5%81%e0%a4%97%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a5%ad-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a1%e0%a4%95%e0%a5%8d%e0%a4%9f-%e0%a4%9c%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6/ Tue, 10 Nov 2015 03:16:52 +0000 http://www.ghumphir.com.np/?p=5851 १. एन्ड्रोइड अपरेटिंग सिस्टमः विश्वमा १ अर्ब ४० करोड मानिसले गुगलको एन्ड्रोड स्मार्टफोन अपरेटिंग सिस्टम प्रयोग गरिहेका छन् । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन अपरेटिंग सिस्६मको रुपमा रहेको एन्ड्रोइडमा झण्डै १६ लाख एप्स, फिल्म, किताब तथा गेम रहेका छन् । २. यु ट्युबः गुगलको अर्को सर्वाधिक सफल प्रडक्टको रुपमा रहेको भिडियो स्टि्रमिंग साइट यु ट्युबका प्रयोगकर्ताको संख्या सन् २०१३ मै १ अर्ब नाघेको थियो । यु ट्युब प्रयोगकर्तामध्ये आधाजसोले मोबाइल एपबाटै यु ट्युब हेर्ने गरेको तथ्इांकले देखाएको छ । विश्वमा इन्टरनेटको पहुँचमा रहेका मध्ये एक तिहाइले युट्युब प्रयोग गर्ने गरेका छन् । दुनियामा दिनहुँ करोडौँ घण्टा यु ट्युबको भिडियो हेरिने गरिएको छ । ३. गुगल सर्चः जसको जवाफ कसैसँग हुँदैन, त्यसको जवाफ गुगलसँग हुन्छ । गुगल सर्च इन्जिन विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता भएको सर्च इन्जिन हो । गुगल सर्चमा हरेक दिन ३ अर्ब भन्दा बढि खोजी गरिन्छ । यो एप र वेबसाइट दुबैमा उपलब्ध छ । ४. गुगल क्रोमः सबैभन्दा लोकपि्रय वेब ब्राउजरको रुपमा स्थापित गुगल क्रोम ब्राउजर दैनिक रुप्मा १ अर्ब भन्दा बढिले प्रयोग गर्ने ग्रेका छन् । यो पनि डेक्स्टप र एप दुवै भर्सनमा उपलब्ध रहेको छ । ५. गुगल म्याप्सः सन् २०१३ मा विश्वको सबैभन्दा लोकपि्रय एप बन्न सफल गुगल म्याम्पसका प्रयोगकर्ता १ अर्ब भन्दा बढि छन् । यो पनि वेबसाइट र एप दुबै स्वरुपमा उपलब्ध रहेको छ । ६. गुगल नेक्ससः यो गुगलको एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेटको चर्चित ब्राण्ड हो । गुगलका नेक्सस ब्राण्डका स्मार्टफोन तथा ट्याब्लेटले पनि विश्व स्मार्टफोन तथा ट्याब्लेट बजारमा राम्रै स्थान ग्रहण गरेका छन् । ७. गुगल प्ले स्टोरः विश्वका १ अर्ब भन्दा बढि मानिसमा पहुँच रहेको गुगल प्ले स्टोर एप्स, मुभीज, तथा किताब लगायतका सामाग्रीहरुको भण्डार हो । १६ लाख भन्दा बढि एप्स प्ले स्टोरमा रहेका छन् । अहिलेसम्म गुगल प्ले स्टोर ५ हजार करोड भन्दा पनि बढिपटक डाउनलोड भैसकेको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/11/348608/#sthash.qtldcINK.dpuf]]>
5851 0 0 0
आजबाट तेल वितरण बन्द http://localhost/ghum/%e0%a4%86%e0%a4%9c%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%a3-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/ Tue, 10 Nov 2015 03:33:06 +0000 http://www.ghumphir.com.np/?p=5855 कात्तिक २४ , काठमाडौं । नेपाल आयल निगमले मंगलबारबाट निजी र सार्वजनिक सवारीसाधनलाई इन्धन उपलब्ध नगराउने भएको छ । निगमले सोमबार सुरक्षा निकायबाहेकका सवारीसाधनलाई इन्धन दिन नसक्ने निर्णय गरेको हो । नियमित तथा वैकल्पिक मार्गबाट इन्धन नआएको र थोरै भएको मौज्दात पनि सकिएकाले सुरक्षा निकायबाहेक अन्य सवारीलाई इन्धन दिन नसकिने आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए । ‘हामीसँग मौज्दात इन्धन छैन, थोरै भएको मौज्दात सेक्युरिटीका लागि राख्छौँ,’ उनले भने, ‘आज (सोमबार) सम्मको विषम परिस्थिति र आपत्का वेलासम्म हामीले इन्धन आपूर्ति गर्न सक्यौँ, अब सक्ने अवस्थामा छैनौँ ।’ निगमका निर्देशक मुकुन्द घिमिरेले पाँच दिनयता भन्सार छुटेर एउटा पनि इन्धन बोकेका ट्यांकर नआएको र मौज्दात पनि सकिएकाले अप्रिय निर्णय लिनुपरेको बताएको नयाँ पत्रिकामा खबर छ । ‘हामीसँग तेल छैन, भन्सार छुटेर पाँच दिनयता ट्यांकर आएका छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा सबै सवारीसाधनलाई इन्धन दिन सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका हौँ ।’ कार्यकारी निर्देशक खड्काले चीनबाट आउने अनुदानको तेल सुरक्षा निकायलाई केही दिन वितरण गर्न पुग्ने र थप तेल नभएको पनि बताए । सुरक्षा निकायलाई वितरण गर्न पनि धेरै तेल नरहेको उनको भनाइ छ । ‘हामीसँग भएको मौज्दातले केही दिनका लागि सुरक्षा निकायलाई दिन सकिन्छ,’ उनले भने । चीनबाट सोमबारसम्म ६ लाख ५५ हजार लिटर तेल आई वितरण भएको र थप तेल साताभित्रै आइसक्ने निगमले जनाएको छ ।]]> 5855 0 0 0 नचाहिँदा इमेलबाट यसरी पाउनुस् छुटकारा http://localhost/ghum/%e0%a4%a8%e0%a4%9a%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%87%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%af%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a4%be/ Tue, 10 Nov 2015 03:38:03 +0000 http://www.ghumphir.com.np/?p=5857 यद्यपि जिमेलमा स्पाम मेलहरु निकै कममात्र आउने गर्छन् । हटमेलसँग तुलना गर्ने हो भने त गुगलले स्पाम मेल नियन्त्रण गर्ने मामिलामा धेरै गरेर देखाएको पुष्टि हुन्छ, जुन माइक्रोसफ्टले गर्न सकेको छैन ।जिमेलमा नचाहिँदा इमेल कमै आउने भएकाले इमेल प्रयोगकर्ताका लागि जिमेल पहिलो रोजाइ बनेको छ ।

Gmail

यति हुँदाहुँदै पनि यदि तपाइँलाई स्पाम मेलले दुख दिइरहेको छ भने पनि तपाइँसँग यसबाट छुटकारा पाउने उपाय छ । तपाइँले स्पाम मेल अनसब्सक्राइब गर्न सक्नुहुन्छ ।

जिमेल ब्लगमा दिइएको जानकारी अनुसार यसको प्रयोग यस्ता मानिसहरु तथा कम्पनीहरुका लागि गर्न सकिन्छ जसले तपाइँलाई निरन्तर त्यस्ता अनावश्यक इमेल पठाउँछन् र एकपटक नपठाउन आग्रह गर्दापनि टेर्दैनन् ।

मोबाइलमा यो फिचर गुगलले केही हप्ता पहिले नै सुरु गरिसकेको छ । स्पाम इमेल बन्द गर्नका लागि सबैभन्दा पहिले तपाइँले आफ्नो मोबाइलको जिमेल एपमा स्किनको दाहिने तर्फ बाहिर माथि रहेको तिन वटा विन्दुमा क्लिक गर्नुपर्छ ।

त्यसपछि ब्लक सेन्डरको विकल्प छान्नुहोस् र स्पाम इमेल पठाउनेको नाम त्यहाँ लेख्नुहोस् । त्यसो गर्नुभयो भने अब त्यस्तो स्पाम इमेल पठाउने व्यक्तिले पठाउने इमेल हरु तपाइँको इनबक्समा आउने छैनन् ।

यदि तपाइँ एन्ड्रोइडको पुरानो भर्सन प्रयोग गरिरहनु भएको छ भने स्पाम इमेल एड्रेसका बारेमा जानकारी दिनुपर्नेछ र त्यसपछि त्यसलाई ब्लक गर्न सकिनेछ । कहिलेकाहीँ तपाइँको इमेलमा केही अनलाइन स्टोर तथा वेबसाइटहरुबाट न्युजलेटर आउँछन् जुन तपाइँले कहिल्यैपनि पढ्नुहुन्न ।

यदि तपाइँ यस्ता इमेल केवल गलकगदकअचष्दभ गर्न चाहनुहुन्छ भने केवल त्यस लिस्टबा रहेको unsubscribe मा क्लिक गर्नुहोस् ।

त्यसो गर्नका लागि पनि तपाइँले तिन विन्दुवाला आइकनमा गएर क्लिक गर्नुपर्छ र त्यसपछि देखिने unsubscribe को विकल्पमा क्लिक गर्नुपर्छ ।

यसरी इमेल ब्लक वा unsubscribe गरेसँगै त्यसरी पठाइने इमेलहरु इनबक्समा नभै स्पाम फोल्डरमा जानेछन् । यदि चाहनुभयो भने स्पाम फोल्डरबाट त्यस्ता इमेल अनब्लक पनि गर्न सक्नुहुन्छ ।

]]>
5857 0 0 0
साउदीमा ५० नेपालीकाे विचल्ली http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a5%ab%e0%a5%a6-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%9a/ Tue, 10 Nov 2015 03:47:00 +0000 http://www.ghumphir.com.np/?p=5860 साउदीअरब—रोजगारदाता कम्पनीले आवासीय अनुमति पत्र नवीकरण नगरिदिँदा साउदी अरबको एक कम्पनीमा कार्यरत ५० नेपाली कामदार विचल्लीमा परेका छन्। साउदीको दमाममा रहेको मोहम्मद अलमोजिक ग्रुप कम्पनी (एमएमजी) मा कार्यरत ती नेपाली कामदारको आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा विचल्लीमा परेका हुन्। कम्पनीले आवासीय अनुमतिपत्र नवीकरण नगरिदिँदा त्यहाँ कार्यरत नेपाली कामदारले एक वर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएका छन्। अधिकांश नेपाली कामदारको एक वर्ष र केही नेपालीको दुई वर्षदेखि नवीकरण हुन सकेको छैन। लामो समयदेखि आवासीय अनुमतिपत्रमा नवीकरण नगरेर कम्पनीले दमाम क्याम्पमा ३० जना र जुवैल क्याम्पमा २० जना नेपाली कामदारलाई बन्धक बनाएर राखेको पीडित नेपालीहरुले बताएका छन्। उनीहरुले १२ महिनाको तलबसमेत पाउन सकेका छैनन्। आवासीय अनुमतिपत्रको म्याद सकिएपछि स्वतः अवैध ठहर्ने साउदी अरबको कानुनी प्रावधान छ। अनुमतिपत्रको म्याद गुज्रेपछि नवीकरण नगरिएको खण्डमा गैर कानुनी हुने भएकाले बाहिर निस्कन नपाउने र चेकका क्रममा प्रहरीले भेटेको अवस्थामा पक्राउ गरी सिधै जेल हाल्ने यहाँको नियम छ। उनीहरुले आफूहरुकोे उद्धारमा साउदी अरबमा रहेको नेपाली दूतावासले चासो नदिँदा विचल्लीमा परेको गुनासो समेत गरेका छन्। आफूहरुले भोग्दै आएको समस्याका विषयमा दूतावासलाई जानकारी गराएको भएपनि दूतावासले बेवास्ता गरेको पीडित कामदारले बताएका छ । आफूहरुले भोग्नुपरेको समस्याका विषयमा आठ महिनाअघि नै पटक पटक दूतावासलाई लिखित र मौखिक जानकारी गराइए पनि सुनुवाइ नभएकोे गुनासो स्याङ्जा रापाकोटका महेश पौडेलले बताए। पीडित पौडेलका अनुसार कम्पनी घाटामा गएपछि त्यहाँ कार्यरत नेपाली कामदारसहित फिलिपिनी र भारतीय कामदारलाई तलब दिन छोडेको र अनुमतिपत्रमा समेत नवीकरण नगरी दिएको हो। तलब नपाएका र अवैधानिक भएर बसेका फिलिपिनी र भारतीय कामदारलाई भने उनीहरुको दूतावासले उद्धार गरेर स्वदेश पठाइसकेको छ। नेपाली कामदार भने नेपाली दूतावासले पहल नगरेकै कारण विचल्लीमा परेको त्यहाँ रहेका नेपालीको भनाइ छ । दूतावास प्रतिनिधि हरि घिमिरेले रोजगारदाता कम्पनीसँग छलफल गरेर रमादानअघि नै स्वदेश पठाउने आश्वासन दिएको भएपनि हालसम्म केही हुन नसकेको र नेपाली कामदारको उद्धारका लागि दूतावासले पहल गरिरहेको बताए। - See more at: http://www.nagariknews.com/society/foreign/story/48393.html#sthash.5eggAGJ3.dpuf]]> 5860 0 0 0 मन्त्रीको बयानप्रति बुद्ध एयरको विमति http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a5%81%e0%a4%a6%e0%a5%8d/ Tue, 10 Nov 2015 03:53:58 +0000 http://www.ghumphir.com.np/?p=5862 mainphoto
 काठमाडौं : निजी क्षेत्रको विमान सेवामा अग्रणी रहेको बुद्ध एयरले विराटनगरमा नै इन्धन अभाव भएका कारण उडान गर्न नसकिएको भन्दै पर्यटन मन्त्रीको आरोपको खण्डन गरेको छ। इन्धन अभावमा समेत निजी हवाई कम्पनीले सहयोग नगरेको मन्त्रीको आरोप शीर्षकको समाचारमा असहमति जनाउँदै बुद्ध एयरले भनेको छ, 'विराटनगर सम्बन्धमा काठमाडौंमा हवाई इन्धन अभाव रहेको विराटनगरमा पनि इन्धनको नरहेको कारण उडान रोकिन गएको हो। बुद्ध एयरले विराटनगरमा इन्धन भए/नभएको जानकारी नेपाल आयल निगमको त्रिभुवन विमानस्थल डिपोसँग बुझ्नसमेत भनेको छ।

यस्तो छ बुद्धको वक्तव्य :

तपाईको न्यूज पोर्टलमा प्रकाशित ‘इन्धन अभावमा समेत निजी हवाई कम्पनीले सहयोग गरेको मन्त्रीको आरोप’ समाचारप्रति हाम्रो विमति रहेको छ । लगातारको बन्द, हड्तालले सडक यातायात आक्रान्त रहेको बेला बुध्द एयरले सहज, सरल तथा सहुलियत भाडादरमा यात्रुहरुलाई गन्तव्यमा पुर्‍याई नै रहेको छ । पछिल्लो केही दिनदेखि हवाई इन्धनको अभाव हुन नदिन हामी सम्बन्धित निकायलाई झकझक्याएकै थियौं । इन्धन आपूर्ति भएका दिन हामीले हवाई सेवा प्रदान गरेकै हौं । विराटनगर सम्बन्धमा काठमाडौंमा हवाई इन्धन अभाव रहेको विराटनगरमा पनि इन्धनको नरहेको कारण उडान रोकिन गएको हो । इन्धन आपूर्ति रहेको बखत थप उडानहरु पनि गरेको जानकारी गराउन चाहन्छौं । तसर्थ सम्बन्धित निकायबाट हवाई इन्धनको सहज आपूर्ति भएमा हाम्रो उडानलाई निरन्तरता दिनेमा हामी प्रतिवद्ध छौं । यसबारेमा थप बुझ्नको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको नेपाल आयल निगमको डिपोलाई सम्पर्क गर्न समेत अनुरोध छ । धन्यवाद । बुध्द एयर
]]>
5862 0 0 0
नाकाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8/ Tue, 10 Nov 2015 17:02:25 +0000 http://www.ghumphir.com.np/?p=5867

काठमाडौँ, २४ कात्तिक ।

भारतले नेपालका मुख्य नाकामा लगाएको अघोषित नाकाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएकोमा चिन्ता व्यक्त गरिएको छ । राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) ले टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आज यहाँ आयोजित कार्यक्रमका वक्ताले भारतले नेपालको राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गर्दै सीमा अवरोध गरेको गुनासो पनि गर्नुभयो । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख सूर्य थापाले नेपालस्थित भारतीय राजदूत रणजीत रायको गलत रिपोर्टिङका कारण नेपालमा यस्तो समस्या उत्पन्न भएको बताउनुभयो । थापाले राजदूत रायलाई भारत सरकारले तत्काल फिर्ता बोलाउनुपर्ने बताउनुभयो । टानका अध्यक्ष चन्द्र रिजालले नाकाबन्दीले पर्यटन क्षेत्रमा गम्भीर असर परेको बताउनुभयो ।

]]>
5867 0 0 0
भगत र दुगडलाई रु १२ लाख ४५ हजार जरिवाना http://localhost/ghum/%e0%a4%ad%e0%a4%97%e0%a4%a4-%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%97%e0%a4%a1%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b0%e0%a5%81-%e0%a5%a7%e0%a5%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a5%aa%e0%a5%ab-%e0%a4%b9/ Tue, 10 Nov 2015 17:09:29 +0000 http://www.ghumphir.com.np/?p=5869

पथरी (मोरङ), २४ कात्तिक ।

राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले विराटनगरका दुई भन्सार एजेन्टलाई रु १२ लाख ४५ हजार जरिवाना गरी कारबाही गरेको छ । राजस्व अनुसन्धान क्षेत्रीय कार्यालयका अनुसार हिसाब जाँच गर्दा उहाँहरुले राजस्व छलेको पाइएपछि विराटनगरका भन्सार एजेन्ट सञ्जीव भगतलाई रु ११ लाख र सञ्जय दुगडलाई रु एक लाख ४५ हजार जरिवाना गरी कारबाही गरिएको हो । दश दिनअघि भगतले प्रहरीको सुरक्षामा तीन गाडी कपडा र दुगडले विद्युतीय सामान आयात गर्नुभएको थियो । सुरक्षा दिई सामग्री ल्याउँदै गर्दा दुवै भन्सार एजेन्टले राजस्व छलेको आशङ्कामा मोरङ प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धानको कार्यालय इटहरीमा बुझाएको थियो । त्यस्तै १५ दिनअघि विराटनगरका भन्सार एजेन्ट पिन्टु साहले राजस्व छलेको पाएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीले रु १६ लाख सात हजार जरिवाना गरी कारबाही गरेको थियो ।

]]>
5869 0 0 0
ब्रिकेट बनाउँदै http://localhost/ghum/%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Tue, 10 Nov 2015 17:40:49 +0000 http://www.ghumphir.com.np/?p=5871 5871 0 0 0 आयल निगमबाटै कालोबजारी http://localhost/ghum/%e0%a4%86%e0%a4%af%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%88-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80/ Wed, 11 Nov 2015 02:39:14 +0000 http://www.ghumphir.com.np/?p=5875 कात्तिक २५ , पोखरा ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले निजी कम्पनी विराट पेट्रोलियमबाट आउने तेल महँगोमा बेच्ने नियतले भारतबाट जेनतेन आइरहेको तेल बिक्रीवितरण पनि रोकिदिएका छन् ।यसबाट निगम आफैं ‘संस्थागत’ कालोबजारीमा उत्रिएको देखिएको छ ।कार्यकारी निर्देशक खड्काले सोमबार पत्रकार सम्मेलन गरी पेट्रोलियम मौज्दात सकिएकाले उपभोक्तालाई लाइन नबस्न आग्रह गर्दै तेल बिक्रीवितरण रोकेका हुन् ।

सरकारी स्वामित्वको निगमले निजी कम्पनी विराटबाट तेल ल्याएर चर्को मूल्यमा बेच्नकै लागि आफ्नो कारोबार ठप्प पारेको उच्च स्रोतको दाबी रहेको नागरिकमा खबर छ ।

भारतले दुई महिनादेखि सीमामा नाकाबन्दी लगाउँदा पेट्रोलियम पदार्थको आयात ८२ प्रतिशत कटौती भएको छ तर यो तथ्यांक निगमले अहिलेसम्म सार्वजनिकै नगरी तेल बाँडिरहेको थियो । निगमको पछिल्लो भनाइअनुसार वर्तमान मागको १८ प्रतिशत तेल नेपाल भित्रिएर वितरणसमेत भइरहेको छ ।

‘कार्यकारी निर्देशक खड्का आफ्नै संस्थाको तथ्यांकविपरीत भारतबाट एक थोपो तेल नआएको भन्दै विवादास्पद वक्तव्य दिँदै हिँडेका छन्,’ निगम उच्चस्रोतले भन्यो, ‘तेल आउँदाआउँदै यसरी औपचारिक रुपमै तेल वितरण रोक्नु सिधै कालोबजारी हो ।’

]]>
5875 0 0 0
जुवा खेलिरहेको अवस्थामा छ जना पक्राउ http://localhost/ghum/%e0%a4%9c%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Wed, 11 Nov 2015 02:42:23 +0000 http://www.ghumphir.com.np/?p=5877

गुलरिया (बर्दिया), २५ कात्तिक ।

जुवा खेलिरहेको अवस्थामा बर्दियाका छजनालाई रु ५६ हजार ६१५ सहित प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–९ घर भई हाल वडा नं ७ कृष्णसार टोलमा डेरा गरी बस्ने ३८ वर्षीय रमेश यादवले आफ्नो डेरा कोठामा जुवातास खेलाइरहेको अवस्थामा हिजो सोही स्थान बस्ने मानिसहरु, नगद रु ५६ हजार ६१५ र सात गड्डी ताससहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ । बर्दिया गुनपा–७ बस्ने ४२ वर्षीय गोपाल बहादुर प्रधान, ११ बस्ने ३३ वर्षीय मिलन लोध, ५ बस्ने ३१ वर्षीय अजय सदाशङ्कर, ९ बस्ने ४५ वर्षीय हर्क बहादुर श्रेष्ठ, सोही स्थान बस्ने ५८ वर्षीय नरेशकुमार शर्मालाई प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

]]>
5877 0 0 0
इन्धन भरेबापत भारतीय प्रहरीलाई घुस ! http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%ad%e0%a4%b0%e0%a5%87%e0%a4%ac%e0%a4%be%e0%a4%aa%e0%a4%a4-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ Wed, 11 Nov 2015 02:45:03 +0000 http://www.ghumphir.com.np/?p=5879 २५ कात्तिक, बाँके ।

इन्धन भर्न भारत पुगेका नेपालीहरुलाई भारतीय प्रहरीले विभिन्न बाहनामा पैसा असुली गर्न थालेका छन् । उनीहरुले प्रतिव्यक्ति पाँच सय रुपैयाँ लिने गरेका छन् ।इन्धन भर्ने भारतीय बजार रुपैडिहा, बाबागन्ज, नानपारासम्म पुग्ने नेपालीलाई दुई सय देखि पाँच सय भारु लिने गरेको नागरिकमा खबर छ ।मोटरसाइकल, जीप, ट्याक्टरमा पेट्रोल र डिजेल ल्याउन रोकेर विभिन्न बाहनामा पैसा असुल्दै आएको पीडितहरुले बताएका छन् । इन्धन भर्न सजिलै जान दिने तर भरेर फर्कँदा बीच सडकमा पैसा असुल्ने गरेको उनीहरुको भनाइ छ ।

]]>
5879 0 0 0
विमानस्थलको मुआब्जा वितरण अन्तिम चरणमा http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%86%e0%a4%ac%e0%a5%8d%e0%a4%9c%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%b0/ Wed, 11 Nov 2015 02:50:40 +0000 http://www.ghumphir.com.np/?p=5881

पोखरा, २५ कात्तिक ।

पोखराको छिनेडाँडामा निर्माण गरिन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । पहिलो, दोस्रो र तेस्रो चरणमा गरी हालसम्म २७६ जना जग्गाधनीलाई रु ९५ करोड मुआब्जा वितरण गरिएको छ । विमानस्थल निर्माणका लागि आजसम्म २०८ रोपनी जग्गाको मुआब्जा जग्गाधनीहरुले बुझिसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका वरिष्ठ अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । जसअन्तर्गत पहिलो चरणमा ७३ रोपनीको ५७ जना, दोस्रो चरणमा १२० रोपनीको १७८ जना र तेस्रो चरणमा १५ रोपनीको ४१ जनाले मुआब्जा बुझिसकेका छन् । अघिल्ला चरणमा मुआब्जा लिन छुटेका जग्गा धनीले मुआब्जा लिन आएमा म्याद बढाएर भए पनि मुआब्जा दिन सकिने परियोजनाले जनाएको छ । मुआब्जा वितरण कार्य सहज वातावरणमा सम्पन्न हुन लागेकाले अब विमानस्थलको निर्माण कार्य सुरु गरी अघि बढाउन सकिने भएको छ । अधिग्रहणमा घरटहरा परेका जग्गा धनीहरुले पनि मुआब्जा बुझेका छन् । परियोजनाले तेस्रो चरणको मुआब्जा वितरण कार्यक्रम पनि अन्तिम चरणमा भएको परियोजनाका सिनियर सुपरभाइजर दीपज्योति राजभण्डारीले जानकारी दिनुभयो । आगामी पुस मसान्तसम्म जग्गाधनीले मुआब्जा लिन सक्ने छन् । यस चरणमा १२५ रोपनी जग्गाको मुआब्जा वितरण गरिनेछ । परियोजनाले बाटो भएको जग्गाको प्रतिरोपनी रु ६४ लाख र बाटो नभएको जग्गाको प्रतिरोपनी रु ४८ लाख दिने गरेकोे छ । घर तथा टहराका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयले तोकेको मापदण्डअनुसार मुआब्जा वितरण गरिने कार्यक्रम छ । विसं २०३२ मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भनेर ३१०६ रोपनी जमिन अधिग्रहण गरिएकामा नपुग ६२९ रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थलको काम अघि बढाउन लागिएको हो ।

]]>
5881 0 0 0
वीरगन्ज–पथलैया करिडोरका एक दर्जन सिमेन्ट उद्योग बन्द http://localhost/ghum/%e0%a4%b5%e0%a5%80%e0%a4%b0%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%aa%e0%a4%a5%e0%a4%b2%e0%a5%88%e0%a4%af%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a4%bf%e0%a4%a1%e0%a5%8b%e0%a4%b0%e0%a4%95%e0%a4%be/ Wed, 11 Nov 2015 02:53:26 +0000 http://www.ghumphir.com.np/?p=5883

पर्सा, २५ कात्तिक ।

वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका एक दर्जन सिमेन्ट उद्योग बन्द हडताल र नाकाबन्दीका कारण धराशायी हुने अवस्थामा पुगेका छन् । संविधान संशोधन र सीमाङ्कनको विरोध गर्दै मधेस केन्द्रित दलहरुले गर्दै आएको बन्द हडताल र भारतले गरेको अघोषित नाकाबन्दीका कारण कच्चा पदार्थको अभावमा करिडोरमा रहेका सिमेन्ट उद्योगहरु धराशायी हुने अवस्थामा पुगेका हुन् । विगत तीन महिनादेखि बन्द हडताल र दुई महिनादेखिको नाकाबन्दीका कारण भारतबाट आयात गरिएको ५० हजार मेट्रिक टनभन्दा बढी कच्चा पदार्थ सीमा क्षेत्रमै अलपत्र परेपछि करिडोरमा रहेका सिमेन्ट उद्योग सञ्चालनमा आउन नसकेपछि पुनःनिर्माण कार्यसमेतलाई असर पारेको उद्योगीहरुको भनाइ रहेको छ ।

बन्द हडतालका कारण भारतबाट आयात गरिएका क्लिङ्कर, सलेक, कोइलालगायतका कच्चा पदार्थ वीरगन्जको सीमा क्षेत्र र रक्सौल रेल्वेको यार्डमा अलपत्र परेपछि उद्योगले अर्बैंको क्षति खेप्नुपरेको सालिमार सिमेन्टका सञ्चालक अशोककुमार वैद्यले जानकारी दिनुभयो । उहाँले बन्द हडतालका कारण ढुवानीका सवारी साधन सञ्चालनमा आउन नसक्दा नेपाल भित्र्याइएको हजारौँ टन कच्चा पदार्थ सीमा क्षेत्रमा खुल्ला आकाशमुनि भण्डारण गरी राख्नुपरेको बताउनुभयो । उहाँले उद्योगको उत्पादन बन्द भए पनि काम गर्ने मजदुरको तलब, बैंक ब्याज गरी एक अर्बभन्दा बढीको नोकसानी सिमेन्ट उद्योगले बेहोर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो ।
]]>
5883 0 0 0
आयल निगमका कार्यकारी निर्देशक खड्का कोप्रति जिम्मेवार छन् ? http://localhost/ghum/%e0%a4%86%e0%a4%af%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0/ Wed, 11 Nov 2015 03:05:40 +0000 http://www.ghumphir.com.np/?p=5887 विज्ञान अधिकारी

मुख्य सचिव सोमलाल सुवेदीले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको अभिव्यक्तिप्रति गम्भिर चासो व्यक्त गर्दै छानविन अघि बढाउनुपर्ने बताएका छन् ।   मंगलबार मन्त्रिपरिषद् बैठकमा मुख्य सचिवले कार्यकारी निर्देशकको अभिव्यक्ति गैरजिम्मेवार भएको र उनी कुन संस्थाप्रति जवाफदेही हुने भन्दै प्रश्न गरेको एक मन्त्रीले  जानकारी दिए ।   नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का ।

‘हामीले कस्तो व्यक्तिलाई आयल निगम जस्तो जिम्मेबार संस्थामा नियुक्ती गर्यौ । उनी कोप्रति जिम्मेवार हुन्छन्, सुवेदीले भनेका थिए, ‘खड्काले मन्त्री र सचिवका निर्देशन अटेर गरिरहेका छन् । त्यसरी हिड्ने व्यक्तिबाट हामीले कसरी सुशासन खोज्न सकिन्छ ?’ मन्त्रिपरिषद् बैठक सुरु हुनुअघि सुवेदीले खड्काको आलोचना गरेका थिए ।   उनले खड्काको आलोचना गर्दा प्रधानमन्त्री केपी ओली भने थिएनन् । खड्काले सोमबार पत्रकार सम्मेलन गरी विगत पाँच दिनदेखि एक थोपा तेल नआएको भन्दै अत्यावश्यक सेवा बाहेक कसैलाई पनि तेल दिन नसकिने बताएका थिए ।   भारतको अघोषित नाकाबन्दीका बेलामा सूचना समेत दिन कन्जुस्यायी गरेको निगमले सोमबार भने उपभोक्तामाथि मनोवैज्ञानिक त्रास फैलनेगरि सूचना नै जारी गरेको थियो । कार्यकारी निर्देशक खड्काले पत्रकार सम्मेलन गरेर एक थोपा तेल नआएको भन्दै झुट बोलेका थिए ।

आइतबार र सोमबार गरेर भारत र चीनबाट एक सय ट्यांकर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको थियो । उच्च स्रोतका अनुसार खड्काले नवनियुक्त वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको निर्देशन समेत अवज्ञा गर्दै आएका छन् । मन्त्रीको कार्यकक्षअघिनै उनले कतिपय व्यक्तिलाई खड्का भनेको डराउने मान्छे होइन भन्दै हप्कीदप्की समेत गरेको मन्त्रालयका कर्मचारी बताउँछन् ।   खड्काले सचिव ङइन्द्रप्रसाद उपाध्यायले दिएको निर्देशन अवज्ञा गर्दै आएका छन् । अघिल्लो सरकारका वाणिज्यमन्त्री सुनीलबहादुर थापाले खड्कालाई नियुक्ती गरेका हुन् । उनी सडक विभागबाट सेवा निबृत्त कर्मचारी हुन् । किन निरीह भए वाणिज्य तथा आपूर्तिमन्त्री ? नवनियुक्त वाणिज्य तथा आपूर्तिमन्त्री पुनले समेत तेलको चरम अभाव भएको बेला निगमलाई सही व्यवस्थापन गर्न असफल भएका छन् ।

उनले निगमभित्रको वेथिती मात्रै होइन कार्यकारी निर्देशक खड्कालाई समेत काम लगाउन नसकेको स्रोतले बतायो । स्रोतका अनुसार कार्यकारी निर्देशक खड्काले सोमबारको पत्रकार सम्मेलन समेत मन्त्री पुनलाई जानकारी नदिई गरेका थिए ।   अहिलेको जटिल परिस्थितीमा पत्रकार सम्मेलन गरेर जथाभावी बोल्दा समेत खड्कालाई सामान्य सोध्ने आँट समेत नगरेको मन्त्री निकटस्रोतले बतायो । उनले मन्त्रीलाई हेपेर आफुखुशी निगम चलाइरहँदा समेत मन्त्री पुनले कुनै हस्तक्षेप गर्न सकेका छैनन् ।

 ‘अभावको मौकामा तेल वितरणमा समेत भद्रगोल र अनियमितता भएको छ । आफुखुशी पम्पलाई तेल दिने र केही ठूला उपभोक्ताको नाममा जथाभावी वितरण भइरहेको छ, निगमका एक कर्मचारीले भने, ‘यसको सामान्य जानकारी समेत मन्त्रीलाई गराइएको छैन ।’ मन्त्री पुनले निगमभित्रको यो अव्यवस्थालाई हेर्न सकेका छैनन् । इन्धनको चरम अभावका बेला मन्त्रीले सही व्यवस्थापनमा ध्यान पुर्‍याउनु आवश्यक हुन्छ ।   स्रोतका अनुसार मन्त्रीले आफ्नै सचिवालय समेत व्यवस्थापन गर्न नसकेकोले समस्या भइरहेको छ । ‘मन्त्रीको सचिवालय समेत भद्रगोल छ । दुई/चार लिटर तेलको तोक लगाएर सचिवालयका कर्मचारी बसेका छन्,’ वाणिज्यका एक कर्मचारीले भने, ‘हामीले युवा मन्त्री पायौं भनेको तर उनी निरीह र हातखुटा बाँधिएको जस्तो पाएका छौ । यस्तो शक्तिशाली मन्त्रालय प्यारालाइज्ड जस्तो देखिएको छ ।’/बिजमाण्डू

]]>
5887 0 0 0
उपत्यकाका विभिन्न ठाउँमा सशस्त्रकाे निःशुल्क बससेवा http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%a0%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%ae%e0%a4%be/ Wed, 11 Nov 2015 03:13:13 +0000 http://www.ghumphir.com.np/?p=5889 काठमाडौं-सशस्त्र प्रहरी बलले बिरामी तथा यातायात सुविधाको अभावमा बेलुका घर फर्किन समस्यामा परेका यात्रुहरुलाई ध्यानमा राखेर  तीनवटा वस सञ्चालनमा ल्याएको छ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँलाई समेट्ने गरी उक्त बसहरुले यात्रुहरुलाई निःशुल्क सुविधा प्रदान गर्नेछन्। बिरामी तथा जेष्ठ नागरिक एवम् अपाङ्गहरुलाई प्राथमिकता दिइने उक्त निःशुल्क बससेवा राति अबेरसम्म सञ्चालन गरिनेछ ।

बस सेवा सञ्चालन गर्दा विभिन्न अस्पताल तथा यात्रुहरुको बढी भिडभाड हुने ठाँउलाईसमेत लक्षित गरिएको छ। सशस्त्र प्रहरी बलको यस बस सेवाले सहरको मूल बाटोहरुमा सेवा प्रदान गर्नेछ।

हाललाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक, स्वयम्भूबाट निस्कने तीनवटा बसहरुमध्ये एउटा बसले कलङ्की, सितापाइला, स्वयम्भू, वनस्थली, बालाजु, गोङ्गबु, सामाखुसी, बसुन्धारा, महाराजगन्ज, धुम्बाराही, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै स्वयम्भूसम्मनै यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्नेछ।

यसैगरी, स्वयम्भूबाट गुडेको अर्को बस कलङ्की, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, धुम्बाराही, महाराजगन्ज, बसुन्धारा, सामाखुसी, गोङ्गबु, बालाजु, वनस्थली, स्वयम्भू, सितापाईला हुँदै कलङ्की पुगेर स्वयम्भू फर्किने बलले जनाएको छ।

यसैगरी, अर्को बस स्वयम्भूबाट बालाजु, सोह्रखुट्टे, लैनचौर, जमल, रत्नपार्क, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सोही रुटबाट स्वयम्भू फर्किनेछ।

]]>
5889 0 0 0
टेलिकमको प्रिपेडमा पनि प्रतिमिनेट ७० पैसामा कुरा गर्न पाइने http://localhost/ghum/%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a5%87%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%aa/ Wed, 11 Nov 2015 03:22:36 +0000 http://www.ghumphir.com.np/?p=5891  कात्तिक २५,काठमाडौं ।
नेपाल टेलिकमले प्रिपेड मोवाइलबाट ७० पैसामा साथी र परिवारका सदस्यलाई कल गर्न सकिने सुविधा उपलब्ध गराउने भएको छ । टेलिकमले पोष्टपेडमा दिदै आएको सुविधा जिएसएम प्रिपेड मोवाइलमा पनि फ्रेण्डस् एण्ड फेमिली सुविधा उपलब्ध गराउने भएको हो ।
टेलिकमले बुधबारदेखि लागु हुनेगरि यो योजना लागु गरेको हो । जिएसएम प्रिपेड मोवाइलबाट नेपाल टेलिकमको नेटवर्क भित्रका कुनैपनि पाँच वटा नम्बरमा कल गर्दा ७० पैसामात्र तिर्नुपर्छ ।
ग्राहकले फ्रेण्डस् एण्ड फेमिली सुविधा लिन सुरुमा एफएनएसयुबी स्टार एमडिएन लेखेर १४१५ मा  एसएमएस पठाउनु पर्छ । एमडिएन भनेको नेपाल टेलिकमको नेटवर्क भित्रका टेलिफोन नम्बर बुझिन्छ । त्यसैगरी अन्य थप चार वटा नम्बर पनि क्रमशः थप्नका लागि एफएनएसयुबी स्टार एमडिएन लेखेर १४१५ मा क्ःक् पठाउनु पर्छ । एक पटकमा एउटा मात्र नम्बर  एसएमएस गर्नुपर्छ ।
त्यसैगरी पहिले देखि नै सिडिएमए प्रिपेड पोष्टपेड सेवामा पनि सुविधा उपलब्ध छ । सिडिएमए प्रिपेड सेवामार्फत यो सुविधा लिएका नम्बरहरुमा कल गर्दा अब प्रति मिनेट ७० पैसा र सिडिएमए पोष्टपेड सेवामार्फत यो सुविधा लिएका नम्बरहरुमा कल गर्दा प्रति मिनेट ५५ पैसा महसुल लाग्छ ।
जिएसएम पोष्टपेड सेवामा पहिले फ्रेण्ड एण्ड फेमिली अन्तर्गत तीन वटा नम्बरमा मात्र सुविधा भएकोमा अब पाँच वटा नम्बरमा कल गर्न सकिने टेलिकमले जनाएको छ । यो सुविधा लिनका लागि एफएनएफ  पछि स्पेश राखेर क्रमशः पाँच वटा नम्बरहरु लेखेर १४०० मा एसएमएस पठाउनु पर्छ ।\
]]>
5891 0 0 0
पेट्रोलियम पदार्थ एक थोपा छैन भनेकै भोलिपल्ट ६८ हजार लिटर डिजेल बाडियो http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5-%e0%a4%8f%e0%a4%95-%e0%a4%a5%e0%a5%8b%e0%a4%aa/ Wed, 11 Nov 2015 03:34:09 +0000 http://www.ghumphir.com.np/?p=5893

कात्तिक २५, काठमाडौं ।

नेपाल आयल निगमले अत्यावश्यक सेवा वाहेकलाई पेट्रोलियम पदार्थ नदिने जानकारी दिएकै भोलीपल्ट(मंगलबार) निजी पम्पलाई ६८ हजार लिटर डिजेल उपलब्ध गराएको छ । आयल निगमको थानकोट डिपोबाट उपत्यकाका निजी पम्पलाई यो परिमाणको तेल दिएको हो । यो वाहेक साझा र सुरक्षा निकायलाई डिजेल र पेट्रोल वितरण भएको छ । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले सोमबार पत्रकार सम्मेलन गरी विगत पाँच दिनदेखि एक थोपा तेल नआएको भन्दै सुरक्षा निकाय र सर्वसाधारणलाई तेल दिन नसक्ने जानकारी दिएका थिए । उनले झुटो विवरण दिँदै उपभोक्तालाई झुक्याएका थिए । विहारको विधानसभाको निर्वाचनको नतिजा आएपछि आइतबार र सोमबार गरेर एक सय ट्यांकर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको थियो । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले निजी पम्पलाई समेत तेल दिइएको बारेमा केही प्रतिक्रिया दिन मानेनन् । ‘यो विषयमा मेरो कुनै टिप्पणी छैन । आज कुन/कुन पम्पलाई तेल दिइयो मलाई केही जानकारी छैन,’ उनले बिजमान्डूसँग भने । निगमले मंगलबारनै सूचना प्रकासित गरेर पेट्रोलियम पदार्थको आपूर्तिमा भइरहेको अवरोधलाई ध्यानमा राखेर अत्यावश्यक सेवा वाहेकका अन्य निजी सवारी साधनलाई इन्धन उपलब्ध गराउन नसक्ने जनाएको थियो । ‘कार्यकारी निर्देशकको भनाई गम्भिर’ निगमका कार्यकारी निर्देशक खड्काले पत्रकार सम्मेलन गरेर आपूर्तिलाई चर्काउने काम गरेको भन्दै वाणिज्य मन्त्रालयले गम्भिर रुपमा लिएको स्रोतले बतायो । खड्काले अहिलेको गम्भिर संकटका बेलामा वाणिज्यमन्त्री गणेशमान पुनसँग समेत सल्लाह नगरी पत्रकार सम्मेलन गरेका थिए । ‘कार्यकारी खड्काले अहिलेको संवेदनशील अवस्थामा दिएको प्रतिक्रियालाई गम्भिर रुपमा लिइएको छ,’ वाणिज्य उच्च स्रोतले भन्यो, ‘संवेदनशील अवस्थामा भड्काउने काम भएको छ । यसलाई गम्भिर रुपमा लिइएको छ ।’ मंगलबार पम्पहरुलाई बाँडिएकाे पेट्रोलियम पदार्थ :

]]>
5893 0 0 0
स्वयम्भूबाट देखिएको काठमाडौँ http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%af%e0%a4%ae%e0%a5%8d%e0%a4%ad%e0%a5%82%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae/ Wed, 11 Nov 2015 14:00:50 +0000 http://www.ghumphir.com.np/?p=5896 5896 0 0 0 सप्तरङ्गी http://localhost/ghum/%e0%a4%b8%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%80/ Wed, 11 Nov 2015 14:06:48 +0000 http://www.ghumphir.com.np/?p=5899 5899 0 0 0 गाई पूजा http://localhost/ghum/%e0%a4%97%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%82%e0%a4%9c%e0%a4%be/ Wed, 11 Nov 2015 14:14:14 +0000 http://www.ghumphir.com.np/?p=5902 5902 0 0 0 चीनसँगको आपूर्तिमा अवरोध गर्नेहरुलाई कारबाही गर: नेपाल http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%8b%e0%a4%a7/ Wed, 11 Nov 2015 15:09:43 +0000 http://www.ghumphir.com.np/?p=5905

भक्तपुर, २५ कात्तिक ।

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले छिमेकी देश चीनबाट इन्धन आपूर्तिमा असहयोग गर्नेहरुलाई तत्काल कारबाही गर्नुपर्ने बताउनुभएको छ । एमाले, रौतहट–काठमाडाँै सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको देउसीभैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “भारतले गरेको नाकाबन्दीले चरम अभाव खेप्नुपरेको नेपाललाई चीनले इन्धन दिन तयार रहेपछि सकेसम्म चीनबाट इन्धन ल्याउन नदिन खोज्ने र असहयोग गर्नेहरुलाई सरकारले तत्काल बर्खास्त गरेर कारबाही गर्नुपर्छ ।” उहाँले नेपाललाई अप्ठ्यारो पर्दा सहयोग गरेर चीनले असल छिमेकीको पहिचान दिएको छ भन्दै भारतले असल छिमेकीको भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो । उहाँले नेपालीलाई देशभक्ति, स्वतन्त्रता, स्वाभिमान र भौगोलिक अखण्डता प्यारो भएकाले नेपाल र नेपालीले कोही कसैसँग सम्झौता नगर्ने र नझुक्ने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा एमाले नेता महेश बस्नेतले एमाले नेतृत्वको सरकार राष्ट्रियताको सवालमा कुनै विदेशी शक्तिसँग झुक्न नहुने सुझाव दिँदै इन्धन आपूर्तिमा भारतको विकल्प खोज्ने बेला आएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ काठमाडाँैका सभापति एवम् मञ्चका संयोजक गोविन्द चौलागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

]]>
5905 0 0 0
पेट्रोलियम पदार्थ बोकेको ट्यांकर अलपत्र http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5-%e0%a4%ac%e0%a5%8b%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b/ Wed, 11 Nov 2015 15:12:31 +0000 http://www.ghumphir.com.np/?p=5908

धुन्चे (रसुवा), २५ कात्तिक ।

पेट्रोलियम पदार्थ बोकी रसुवागढीबाट नेपाल प्रवेश गरेको एक ट्याङ्कर बिग्रिएर बीच बाटामा अलपत्र परेको छ । जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार स्याफ्रु गाविस वडा नं ४ सानो भार्खुको बाह्रघुम्तीमा नौ हजार लि पेट्रोलियम पदार्थ बोकी आएको ट्यांकरको सुरक्षाको व्यवस्था मिलाइसकेको र २४ ट्याङ्कर पेट्रोलियम पदार्थ लिई काठमाडौँतर्फ प्रस्थान गरिसकेको प्रमुख विष्टले जानकारी दिनुभयो । यस्तै तिहारलाई लक्ष्य गरी चीनबाट आयात गरिएको स्याउ बोकेका ३७ कन्टेनर पनि काठमाडौँतर्फ आज अपराह्न प्रस्थान गरेका छन् । फलफूलको आपूर्ति व्यवस्था मिलाउन ती कन्टेनर आजै राति अबेरसम्म भए पनि काठमाडौँ पुग्ने चालकले बताएका छन् ।

]]>
5908 0 0 0
बेलायतमा मोदीविरुद्द नेपालीहरूको ब्यापक प्रदर्शन http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%8b%e0%a4%a6%e0%a5%80%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6-%e0%a4%a8%e0%a5%87%e0%a4%aa/ Thu, 12 Nov 2015 16:59:16 +0000 http://www.ghumphir.com.np/?p=5913 कात्तिक २६।

भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीविरुद्ध बेलायतमा विशाल प्रदर्शन भएको छ । बेलायतको संसद भवन अगाडि भएको प्रदर्शनमा हजारौ नेपाली सहभागी भएका छन् ।

आजदेखि सुरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीले प्रदर्शन गरेका हुन्। अत्यन्तै कडा सुरक्षा व्यवस्थाका वावजुद पनि भारतीय नाकाबन्दीको विरोधमा हजारौं नेपाली सडकमा उत्रिएको गैर आवसीय नेपाली संघ युरोप संयोजक कुल आचार्यले बताए ।

प्रदर्शनमा सोचेभन्दा बढी नेपाली सहभागी भएको पनि उनले बताए। यस्तै प्रवासी नेपाली मन्चका अध्यक्ष रामशरण सिम्खडाले  प्रर्दशनमा दर्जनौ संघ संस्थाबाट हजारौं नेपालीहरू भारतीय नाकाबन्दी विरुद्ध सडकमा उत्रिएको बताए। प्रदर्शनले भारतीय नाकाबन्दी अन्तर्राष्ट्रियकरण भएको पनि उनले दाबी गरे ।

स्वाधिन राज्यप्रति भारतले गरेको अत्याचारको बिरुद्ध प्रदर्शन भएको र प्रदर्शनमा हजारौं नेपाली स्वतःस्फूर्त कार्ड तथा व्यानर बोकेर सहभागी भएको अध्यक्ष सिम्खडाले बताए। यस्तै पत्रकार राजेन्द्र भट्टले  भारतीय प्रधानमन्त्री मोदी विरुद्धको प्रर्दशनमा विदेशी सञ्चारमाध्यमको पनि उल्लेख्य उपस्थिति देखिएको जानकारी दिए।

भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएपछि आक्रोशित नेपालीले मोदी विरुद्ध बेलायतको संसद भवन अगाडि १२ नोभेम्बर, दिनको १२ बजेदेखि ३ बजेसम्म प्रर्दशन गरेका हुन्। भारतीय प्रधानमन्त्री मोदीले १४ नोभेम्बरसम्म तीन दिने बेलायत भ्रमण गर्नेछन् ।

untitled2

]]>
5913 0 0 0
आन्तरिक पर्यटकको भरमा http://localhost/ghum/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%b0%e0%a4%ae%e0%a4%be/ Fri, 13 Nov 2015 10:12:27 +0000 http://www.ghumphir.com.np/?p=5952

मुस्ताङ, २७ कात्तिक ।

पर्यटकीय जिल्ला मुस्ताङको पर्यटन व्यवसाय पछिल्लो समय आन्तरिक पर्यटकको भरमा चल्दै आएको छ । भूकम्प तथा देशमा चलिरहेको बन्द हडतालका कारण जिल्लामा ६ महिनाको अवधिमा ५० प्रतिशत पर्यटक आवागमन घटेको छ । बाह्य पर्यटक नआएपनि आन्तरिक पर्यटकको सङ्ख्या उत्साहजनक रुपमा बढेको छ । जिल्लाका ३०० भन्दा बढी होटल आन्तरिक पर्यटकले खचाखच भरिएको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिनुभयो । “विदाको याममा हवाई र स्थलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ” उहाँले भन्नुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले तेस्रो मुलुकबाट आउने पर्यटकको तथ्याङ्क मात्र राख्ने गरेकाले कुन अवधिमा कति आन्तरिक पर्यटक आए भन्ने तथ्याङ्क सङ्कलन नसकिएको जनाएको छ । “पछिल्लो दुई वर्षयता आन्तरिक पर्यटकले नै यहाँको होटल व्यवसाय धानेको छ,” अध्यक्ष तुलाचनले भन्नुभयो– “नेपालीमा पनि घुम्न र रमाउने संस्कृतिको विकास हुँदै गएको छ ।” दसैं तिहारको याममा सरकारी कर्मचारी, विद्यार्थी, शिक्षक शिक्षिका र समूहमा घुम्न आउने आन्तरिक पर्यटक बढी देखिएका छन् । मुक्तिनाथ मन्दिर, कागबेनी, अनौठो भू–बनोट, स्याउ राजधानी, तिब्बती कला सँस्कृति र प्राकृतिक सुन्दरता नै जिल्लाको आकर्षणका केन्द्रविन्दु हुन् । पछिल्लो समय आन्तरिक पर्यटक साइकलमै घुम्न आउने क्रम बढेको होटल व्यवसायी एकेन्द्र थकालीले बताउनुभयो ।

]]>
5952 0 0 0
ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थल पाँचथरको जोरपोखरी जोखिममा http://localhost/ghum/%e0%a4%90%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%a7%e0%a4%be/ Fri, 13 Nov 2015 10:16:11 +0000 http://www.ghumphir.com.np/?p=5955

जित बहादुर भण्डारी  पाँचथर,२७ कात्तिक ।

पाँचथर जिल्लाका भारपा र सुभाङ गाविसको सिमानामा अवस्थित, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल जोरपोखरी क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । पोखरी नजिकैबाट सडक निर्माणसँगै अतिक्रमणमा पर्न थालेको जोर पोखरीमा पछिल्लोपटक संरक्षणका नाममा तम्सिएका सङ्घ संस्थाले सम्भाव्यता अध्ययन नगरी टेवा पर्खाल निर्माण गरेपछि थप जोखिममा परेको हो । मेची राजमार्ग निर्माण कार्य सुरु भएदेखि नै यो पोखरीको अतिक्रमण हुन थालेको स्थानीय बताउँछन् । पछिल्लोपटक जोरपोखरीवाट खुँगा–एकतिन हुँदै मेमेङ जोड्ने जोरपोखरी एकतिन ग्रामिण सडक निर्माणका क्रममा यस क्षेत्रको सबैभन्दा धेरै अतिक्रमण भएको स्थानीयवासीको भनाइ छ । मानवअधिकार, चेतना र विकास केन्द्र (हुकोडेक) नेपालले सडक निर्माण गर्ने क्रममा निस्किएको ढुङ्गा र माटो खरीका दुईमध्ये एउटा सिंहपोखरीमा पसेपछि त्यहाँको पानी सुक्न थालेको जोरपोखरी क्षेत्र संरक्षण समितिका संयोजक तिलराज लावती बताउनुहुन्छ । करिब एक किलोमिटर क्षेत्र ढाकेको जोरपोखरीमा सिंह र सिद्व नामका दुईवटा पोखरी रहेकाले जोरपोखरी नामाकरण गरिएको हो । पछिल्लो समय अतिक्रमण हुन थालेपछि सिंहपोखरीमा पानी शून्य भएको छ भने सिद्वपोखरीको पनि पानी क्रमशः घट्दै गएको छ । पछिल्लोपटक फिदिमका बद्रीप्रसाद रिजालको पहल तथा भू–संरक्षण कार्यालय, जिल्ला विकास समिति र मेची पहाडी पर्यटन विकास बोर्डको सहयोगमा पाइपमार्फत पानी ल्याउने, पोखरी आसपास सरसफाइ गर्ने र पानी जमाउने काम गरिएकोे लावतीले जानकारी दिनुभयो । संरक्षणका नाममा पानी ल्याउने र टेवा पर्खाल गर्ने काम गरिएपनि तौरतरिका नमिलाइँदा संरक्षणको साटो पोखरीको सौन्दर्यतामा ह्रास आएको जोरपोखरी बजारकै मोहन सिवाकोटीको प्रतिक्रिया छ । बाटो खन्ने क्रममा नाली व्यवस्थित नगरिँदा भेल पोखरीभित्र पस्न थालेको उहाँको भनाइ छ । प्राकृतिक पोखरीभित्र सिमेन्टको पर्खाल बनाइनुका साथै बाहिरबाट आउने फोहोर पानी र भेल व्यवस्थित नगरिँदा पोखरी सुक्न लागेको स्थानीय युवा तुलसी भण्डारीको पनि टिप्पणी छ । जोरपोखरी क्षेत्र आसपासमा हिलिहाङ दरवार, आगेजुङ गुम्बा र शिवगङ्गा जस्ता धार्मिक तथा ऐतिहासिक स्थलसँगै नजिकै जोरपोखरी र गोपेटार बजार रहेका छन् । पोखरीको संरक्षण सम्बद्र्धन गर्न सके यहाँ बाह्रैमास ढुङ्गा सञ्चालन गर्दै पर्यटक आकर्षित गर्नुका साथै त्यहाँ आएका पर्यटकलाई तमोेर नदीसम्म स्थलमार्ग र ¥याफ्टिङमार्फत मुलघाटसम्म पु¥याउन सकिने सम्भावना रहेको संरक्षण समितिका संयोजक लावतीको भनाइ छ । जोरपोखरी १९३३ सालमा स्थापना भएको इतिहास छ । मेची राजमार्ग नबन्नुजेल दुईवटा पोखरी अत्यन्त ठूलो भएको स्थानीयवासी बताउँछन् । पोखरीमा पूजाअर्चना गरे रोग नलाग्ने जनविश्वास पाइन्छ । पोखरी आसपासमा सिद्धेश्वरी मन्दिर, फाल्गुनन्द माङ्हिमलगायतका मन्दिरहरु रहेका छन् । जोरपोखरी क्षेत्रमा नै जिल्लाकै पुरानो तथा एक मात्र संस्कृत विद्यापीठ समेत रहेको छ । जोरपोखरी प्राकृतिक रुपमा अत्यन्त सुन्दर क्षेत्रको रुपमा रहेको छ । पोखरीको दीर्घकालीन संरक्षणका लागि स्थानीय सक्रिय हुनुका साथै सरकारी र गैरसरकारी निकायको पनि चासो हुनु जरुरी रहेकाले त्यसतर्फ सबैको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।

]]>
5955 0 0 0
देउसी भैलोबाट एक लाख ६६ हजार रकम सङ्कलन http://localhost/ghum/%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%b8%e0%a5%80-%e0%a4%ad%e0%a5%88%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%8f%e0%a4%95-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a5%ac%e0%a5%ac-%e0%a4%b9%e0%a4%9c/ Fri, 13 Nov 2015 10:19:03 +0000 http://www.ghumphir.com.np/?p=5958

विराटनगर,२७ कात्तिक ।

नेकपा(एमाले) इटहरा इकाइ समितिको आयोजनामा आयोजित देउसी भैलो कार्यक्रममा सांसदद्वय ऋषिकेश पोखरेल र गङ्गादेवी डाँगी सहभागी हुनुभएको थियो । सो अवसरमा सांसद पोखरेलले सबै चाँडपर्व र संस्कृतिको सम्मान गर्नुपर्नेमा जोड दिंदै यस्ता कार्यबाट समुदायमा मेलमिलाप र एकतामा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । सो गाविसको उल्लुघाट, दाम्राभिटा, इटहरा, भौंडाहा र सोमबारे बजारमा बिहीबार साँझसम्म खेलिएको देउसी भैंलोबाट रु एक लाख ६६ हजार ८३५ सङ्कलन भएको सो समितिको सचिव टङ्क ढकालले जानकारी गराउनुभयो । सो रकम पार्टी सञ्चालनका साथै सामाजिक कार्यमा खर्च गरिने समितिका अध्यक्ष देवेन्द्र राईले जानकारी गराउनुभयो । दीपावली मनाउँदा आगलागी दीपावली मनाउने क्रममा बिहीबार साँझ विराटनगर–१८ मा आगलागी हुँदा एक परिवारको घर जलेर नष्ट भएको छ । अर्जुन थापाको घरमा दियोबाट सल्केको आगोले एउटा फुसको घर र वरण्डामा राखिएको मोटरसाइकलसमेत जलेर नष्ट भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । स्थानीय जनताले आगो नियन्त्रणमा लिएका थिए ।

]]>
5958 0 0 0
पर्यटकीय सम्भावना बोकेको फूलबारी ओझेलमा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%a8%e0%a4%be-%e0%a4%ac%e0%a5%8b%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b/ Fri, 13 Nov 2015 10:22:22 +0000 http://www.ghumphir.com.np/?p=5960

बाबियाचौर (म्याग्दी), २७ कात्तिक ।

पर्यटकीय सम्भावनायुक्त म्याग्दीको हिस्तान गाविस– ६ रिमाअन्तर्गत पर्ने रमणीयस्थल फूलबारी ओझेलमा परेको छ । घना गुराँसे जङ्गलको बीचमा रहेको समथर भागमा अवस्थित फूलबारी पर्यटकको पर्खाइमा छ । त्यहाँबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने पुनहिलमा दैनिक सयौँ पर्यटकको चहलपहल भए पनि फूलबारी सुनसान हुने गरेको छ । फूलबारीसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुनु ओझेलमा पर्नुको मुख्य कारण हो । यहाँको प्राकृतिक सौन्दर्यताका बारेमा प्रचारप्रसारको पनि कमी छ । फूलबारीमा होटल व्यवसाय गर्दै आएका रिमाका यामबहादुर पुनका अनुसार गत वर्ष २५० जना पर्यटकले भ्रमण गरेका थिए । यो वर्षको कात्तिक अन्तिम सातासम्म जम्मा ३० जना मात्र पर्यटक आएको होटल व्यवसायी पुनले बताउनुभयो । व्यवस्थित पदमार्गको निर्माण गरी प्राकृतिक सौन्दर्यताको बारेमा प्रचारप्रसार गर्न सकेमा ‘बटरफ्लाई भ्यू’का लागि फूलबारी आकर्षक गन्तव्य बन्न सक्ने पुनको भनाइ छ । गुराँसे जङ्गलको पृष्ठभूमिमा हिमशृङ्खलाको दृष्यावलोकन गर्न सकिने भएकाले बटरफ्लाई भ्यू भनिएको हो । फूलबारी वरपरको जङ्गलमा रातो, सेतोलगायत १५ प्रजातिका गुराँस पाइन्छ । फूलबारीबाट अन्नपूर्ण साउथ, बराह शिख, निलगिरि, घम्पु पिक, धम्पु पास, टुकुचे पिक, धौलागिरि पहिलो, दोस्रो, तेस्रो, पाँचौँ, चौथो र गुर्जा हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । गुराँस फूलको जङ्गलको बीचमा रहेकाले यस स्थानलाई फूलबारी भनिएको हो । असोज, कात्तिक, मङ्सिर तथा फागुन, चैत र वैशाख महिना फूलबारी भ्रमणका लागि उपयुक्त मानिन्छ । एकान्त वातावरण हुनु प्रकृति प्रेमीहरुका लागि फूलबारीको अर्को विशेषता हो । चराचुरुङ्गीको चिरविरे आवाज सुन्न सकिने यस क्षेत्रमा मृगलगायत जङ्गली जनावरको पनि अवलोकन गर्न सकिन्छ । पहिले रिमाका बासिन्दाले बर्खामा गाईभैँसी गोठ राख्ने यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न १० बेड क्षमताको होटल सञ्चालन गरिएको छ । थप १० जना क्षमताको अर्को होटल पनि आगामी मौसमदेखि सञ्चालन गर्ने तयारी भएको छ । घोरेपानी–पुनहिल, मोहरेडाँडा, नाँगी–राम्चे, काफलडाँडा, रिमा र शिखको फलाते हुँदै फूलबारी पुग्न सकिन्छ । बेनीबाट जानेका लागि काफलडाँडा–राम्चेको रुट अनुकूल र छिटो छ ।

]]>
5960 0 0 0
म्याग्दीको थाली नाच लोकप्रिय बन्यो http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%a5%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%9a-%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%aa/ Fri, 13 Nov 2015 10:25:43 +0000 http://www.ghumphir.com.np/?p=5962 म्याग्दी, २७ कात्तिक ।

म्याग्दीको चिमखोलामा उत्पत्ति भएको मानिने थाली नाच लोकप्रिय बन्दै गएको छ । हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाएको र नाचेको दृष्य निकै रोचक हुन्छ । सावधानीपूर्वक गरिने थानीनाच मौलिक, आकर्षक र संयमित हुनाले लोकप्रिय बनेको हो । पछिल्लो समय थाली नाचसम्बन्धी गीत पनि रेकर्ड भएकाले यसको लोकप्रियता झन बढेको म्याग्दीका अग्रज कलाकार धनकुमारी थापाले बताउनुभयो । सुरुदेखि नै यो नाच नाच्दै र सिकाउँदै आउनुभएकी थापाले थाली नाचमा मौलिकता र आफ्नोपन झल्कने बताउनुहुन्छ । दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुँदा थाली नाच रोचक हुने गर्छ । यस्तो नृत्य जो कोहीलाई प्रस्तुत गर्न गाह्रो हुन्छ । धेरै प्रयास गर्नुपर्छ । हातखुट्टा र शरीरको चाल मिल्नुपर्छ । थाल भुइँमा खस्यो भने अशोभनीय मान्ने गरिन्छ । पहिले चरेसको थाल नचाउने चलन थियो । अहिले स्टिलको थाल नचाउने गरिन्छ । आकर्षक र रोचक हुने भएकाले थाली नाच आजभोलि म्याग्दी जिल्लामा मात्रै नभएर प्रवासका म्याग्देलीले आयोजना गर्ने कार्यक्रममा पनि देखाउने गरिन्छ । थाली नाचसम्बन्धी गीत रेकर्ड भएपछि यसले अझ व्यापकता पाएको कलाकार थापाको भनाइ छ । महिला कलाकारले गुन्यु, चोलो, पटुकीको पहिरनमा सजिएर थाली नृत्य गर्ने चलन छ । २०२८ सालमा चिमखोलाकी हरिमाया पुनले देशका विभिन्न ठाउँमा पुगेर देखाउन सुरु गरेको थाली नाच २०४४ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा पनि प्रस्तुत गरिएको थियो ।

]]>
5962 0 0 0
केरा कृषक मारमा http://localhost/ghum/%e0%a4%95%e0%a5%87%e0%a4%b0%e0%a4%be-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%95-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be/ Fri, 13 Nov 2015 10:28:13 +0000 http://www.ghumphir.com.np/?p=5964

सप्तरी, २७ कात्तिक ।

तराई मधेसमा निरन्तर तीन महिनादेखि बन्द जारी भएपछि सप्तरीको भारदह क्षेत्रका केरा कृषक आर्थिक मारमा परेका छन् । तीन महिनादेखि यातायात साधन नहुँदा जिल्ला बाहिरका बजारमा बिक्रीका लागि केरा पठाउन नपाउँदा ठूलो आर्थिक घाटा बेहोर्नुपरेको स्थानीयवासी कृषक इन्द्रनारायण लौगीले बताउनुभयो । भारदह गाविस– १ स्थित कोसी छेउको पलारमा करिब दुई हजार बिगाहामा लगाइएको केरा काट्ने समयमा बिक्री वितरण नहुँदा पूर्वपश्चिम राजमार्ग क्षेत्रअन्तर्गत सडकमै कम भाउमा बिक्री गर्नुपर्ने बाध्यता रहेको केरा व्यवसायी श्यामसुन्दर खड्काले बताउनुभयो । उनीहरुले कोसी पलारमा लगाइएको केरा बगानबाट घोरमै पाकेको केरा ल्याई पूर्वपश्चिम राजमार्ग छेउमा राखेर कौडीको भाउमा खुद्रा बिक्री गर्ने गरेका छन् । यहाँको केरा यसअघि राजधानी काठमाडौँलगायत पश्चिमको पोखरा र पूर्वको इलामसम्म विभिन्न जिल्लामा बिक्रीका लागि पठाइने गरेको बताइएको छ ।

]]>
5964 0 0 0
एक घर एक सम्पदामा जोड http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%98%e0%a4%b0-%e0%a4%8f%e0%a4%95-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%8b%e0%a4%a1/ Fri, 13 Nov 2015 10:30:10 +0000 http://www.ghumphir.com.np/?p=5966

काठमाडौँ, २६ कात्तिक ।

टोखा नेवा ः गुठीले नेपाल संवत ११३६ को अवसरमा आज स्थानीय कुमारी, गणेशको तथा विभिन्न सांस्कृतिक सङ्घ संस्थालाई सम्मान गरेको छ । विगत २० वर्षदेखि प्रत्येक वर्ष नेपाल संवतको पहिलो दिन सो संस्थाले संस्कृतिको संरक्षणका क्षेत्रमा योगदान गरेका संस्थालाई यस किसिमको सम्मान गर्ने गर्दछ । कुमारी र गणेशलाई जीवित देव देवीका रुपमा सम्मान गरिन्छ । उहाँहरूलाई कदरपत्र तथा उपहारप्रदान गरी सम्मान गरिएको हो । यहाँ आज आयोजित कार्यक्रममा टोखा नगरपालिकाका कार्यकारी प्रमुख भोजराज खतिवडाले उहाँहरूलाई सम्मान गर्दै टोखा क्षेत्र विभिन्न प्राचीन संस्कृति तथा सम्पदाले सम्पन्न रहेको भए पनि अहिले तीनको राम्रो संरक्षण हुन नसकेकाले स्थानीयवासीको सक्रियताको अपेक्षा गर्नुभयो । संस्कृतिकर्मी एवम् स्थानीय समाजसेवी मनिराज डङ्गोलले त्यहाँका परम्परा तथा सांस्कृतिक धरोहरको संरक्षण तथा प्रचार प्रसारका लागि एक घर एक सम्पदा भन्ने अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो ।

]]>
5966 0 0 0
भारतीय पक्षद्वारा जग्गा अतिक्रमण http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%9c%e0%a4%97%e0%a5%8d%e0%a4%97%e0%a4%be/ Fri, 13 Nov 2015 10:36:01 +0000 http://www.ghumphir.com.np/?p=5968

कञ्चनपुर, २७ कात्तिक ।

दोधारा चाँदनी नगरपालिका– ७, कञ्चनभोजस्थित सीमा स्तम्भ नं १७ मुन्सीटोलमा भारतीय नागरिकले नेपाली भूमिमा आवादी गर्दै आएका छन् । स्थानीयवासीका अनुसार भारतीय पक्षले विगत लामो समयदेखि करिब तीन बिगाहा जग्गा नेपाली भूमि अतिक्रमण गरेर खेतीपाती गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका कञ्चनभोजका स्थानीयवासीलाई पायक पर्ने सीमावर्ती बजार मेलाघाट भएको हुँदा दिनरात सीमावर्ती भारतीय बजार मेलाघाट आवतजावत गर्नैपर्ने भएको हँुदा उनीहरुले खुलेर सीमा अतिक्रमणको विरोध गर्न नसकेको बताएका छन् । स्थलगत भ्रमणका क्रममा करिब तीन बिगाहा नोमेन्सलेन्डलगायत नेपाली भूमि भोगचलन गर्दै आएको देखिएको नेकपा (एमाले) दोधारा चाँदनी गाउँ कमिटीका अध्यक्ष किशोरकुमार लिम्बूले बताउनुभयो । उहाँका अनुसार भारतको हेपाहा प्रवृत्तिका कारण दोधारा चाँदनीका विभिन्न स्थानमा सीमा समस्या आउने गरेको छ । “अहिले साम्य गर्न नसके भोलि यो जटिल विषय बन्छ । तसर्थ जग्गा अतिक्रमणको विषयलाई तत्कालै सरकारले ध्यान पु¥याउनुपर्छ” – स्थानीयवासी रामसिंह खड्काले भन्नुभयो । विगत लामो समयदेखि भारतीय पक्षले दशगजा जग्गासहित नेपाली भूमि कब्जा जमाउँदै आएको स्थानीय खड्काले बताउनुभएको छ । स्थानीयवासीका अनुसार भारतीयले मिचेको जग्गामा उखु तथा धानखेती गर्दै आएको बताएका छन् ।

]]>
5968 0 0 0
महासचिव मुनले भने- भारतले नाकाबन्दी लगाउनु दुःखपूर्ण http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%9a%e0%a4%bf%e0%a4%b5-%e0%a4%ae%e0%a5%81%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%ad%e0%a4%a8%e0%a5%87-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%b2%e0%a5%87/ Fri, 13 Nov 2015 12:52:07 +0000 http://www.ghumphir.com.np/?p=5971 कात्तिक २७, काठमाण्डौ ।

राष्ट्रसंघीय महासचिव वान कि मुनले नेपालमाथि भारतले नाकाबन्दी लगाउनु दुःखपूर्ण भएको बताएका छन् । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँगको भेटमा महासचिव मुनले नाकाबन्दीका कारण नेपालको स्वतन्त्र पारवहनको अधिकार हनन भएको र मानवीय संकट उत्पन्न भएको प्रति राष्ट्रसंघ चिन्तित रहेको बताएका हुन् ।

बिहीबार अपरान्ह राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा भएको भेटमा महासचिव मुनले यो संकट समाधानका लागि आफुले सक्दो सहयोग गर्ने आश्वास दिनुभएको छ । भेटमा सहभागी कोइरालाका पूर्व विदेश मामिला सल्लाहका दिनेश भट्टराईले भने-‘नाकाबन्दीले सिर्जना गरेको समस्याप्रति उहाँ निकै चिन्तित हुनुहुन्थ्यो ।’ भेटमा महासचिव मुनले संविधान जारी गर्न सफल भएकोमा सभापति कोइरालालाई बधाई दिँदै स्वास्थ्य अबस्थाबारे पनि सोध्नुभएको थियो ।

जवाफमा कोइरालाले आफु क्यान्सरमुक्त भएको जानकारी गराएका थिए । मुनसँगको भेटमा सभापति कोइरालाले नेपालको सवैभन्दा महत्वपूर्ण छिमेकी र भूकम्पका बेला सवैभन्दा धेरै सहयोग गरेको भारतले भूकम्पबाट तंगि्रन नपाउँदै नाकाबन्दी लगाउँदा आफु चिन्तित भएको बताएका थिए ।

]]>
5971 0 0 0
तस्बिरमा राष्ट्रपति,प्रधानमन्त्रि,विदेशी पर्यटक तथा सर्वसाधहरणको भाईटीका http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7/ Fri, 13 Nov 2015 13:12:51 +0000 http://www.ghumphir.com.np/?p=5974 काठमाडौँ, २७ कात्तिक ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ः५५ बजेको भाइटीकाको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनुभएको छ । राष्ट्रपति भण्डारीले भाइलाई टिका लगाएर आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो भने उहाँका भाई डेगेन्द्र पाण्डेले सौभाग्य सामग्री र दक्षिणा प्रदान गरेर आशीर्वाद लिनुभयो । टीका थाप्नका लागि राष्ट्रपतिका भाई डेगेन्द्र राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई भने उहाँकी वहिनी सुशीला पाण्डेले सोही शुभसाइतमा मङ्गलधुनकाबीच टीका लगाइदिनुभएको राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीकाको अवसरमा आज दिदी विष्णुमाया सिवाकोटी र वहिनी विष्णुमाया ढकालबाट टीका थापेर आशीर्वाद लिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा मध्याह्न प्रधानमन्त्रीले साइतको टीका ग्रहणगर्दै दुवै दिदीबहिनीलाई सौभाग्य सामग्री र दक्षिणा प्रदान गरेर आशीर्वाद लिनुभएको थियो । प्रधानमन्त्री ओलीले सेलरोटी खाएर तथा त्यहाँ उपस्थित आफन्तजन तथा सञ्चारकर्मीलाई रोटी, मिठाईलगायतका परिकार खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले   कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिदै

Bhaitika 1

प्रधानमन्त्रीले केपी शर्मा ओलीले दिदी विष्णुमाया सिवाकोटी र वहिनी विष्णुमाया ढकालबाट साइतको टीका ग्रहण गर्दै ।Bhaitika 4 Bhaitika 2 Bhaitika 3 Bhaitika 5 Bhaitika 6

ljb]zLsf] ltxf/ rf/ lbg cl3 g]kfn cfPsf hd{gLsf kpn SnLjLG8/ sf7df8f+} ;fdfv'zLdf g]kfnL jlxgLx?;Fu l6sf nufPkl5 efO{jlxlg;Fu . tl:a/ M ;"o{rGb| a:g]t, /f;;

Bhaitika 8 Bhaitika 9

तस्विरहरु :रासस

]]>
5974 0 0 0
विदेशी पाहुनालाई टीका http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%aa%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a4%be/ Fri, 13 Nov 2015 13:23:06 +0000 http://www.ghumphir.com.np/?p=5986

पोखरा, २७ कात्तिक ।

पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा आज लेकसाइडस्थित वटरफ्लाई फाउन्डेसनको भवनमा पोखरा घुम्न आएका विदेशी पाहुनालाई टीका लगाइदिने काम भयो । गएको वैशाख १२ गतेको भूकम्प र भारतले लगाएको नाकाबन्दीपछि पर्यटन व्यवसायमा आएको मन्दीलाई न्यून गर्न सङ्घले आज नवौं संस्करणको भाइटीका महोत्सवको आयोजना गरेको सङ्घका संस्थापक अध्यक्ष गोविन्द पहारीले बताउनुभयो । महोत्सवमा चीन, स्वीट्जरल्यान्ड, बेल्जियम, क्यानाडा, अमेरिका, नेदरल्यान्ड, अष्ट्रिया, फ्रान्सलगायतका मुलुकका महिला र पुरुष गरी २५ पर्यटकको सहभागिता थियो । रेन्बो चिल्ड्रेन होमका अनाथ बालिकाहरूले ती विदेशी पाहुनालाई टीका लगाई सगुनको रुपमा सेलरोटी र मसला प्रदान गरेका थिए । नेपाली परम्पराअनुसार ती बालबालिकाले पाहुनाहरूलाई तीन पटक पानी र तेलको धार लगाएर वरिपरि घुमी सप्तरङ्गी टीका र मखमली पूmलको माला लगाइदिएका थिए ।

]]>
5986 0 0 0
एमालेको चियापान मधेशी मोर्चाले विथोल्ने http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a8-%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%ae%e0%a5%8b/ Fri, 13 Nov 2015 15:19:22 +0000 http://www.ghumphir.com.np/?p=5993 अनिल तिवारी

कातिक २७,वीरगन्ज ।

संयुक्त लोकतान्त्रिक मधेसी मेर्चाले एमालेको चियापान कार्यक्रम बिथोल्ने भएका छन्। मोर्चाले विज्ञप्ति जारीगरी मधेस आन्दोलनको बिरोधमा नेकपा एमाले पार्टीका जिल्ला समिति र सभासदहरु परिचालन गरिएको खुलासा भएकोले भन्दै भण्डाफोर तथा प्रतिकारको लागि आम मधेशी जनता र मोर्चा कार्यकर्तालाई अह्वान गरेको बताएको छ। नेकपा एमालेका सभासदहरु उपर आरोप लगाउदै उनीहरु चोकचोकमा जनतामाझ  गोप्य सूराकी र कार्यकर्ता परिचालन गराउने त मधेशमा चलिरहेको ऐतिहासिक आन्दोलन तुहाउने लागेकोमा त्यसको प्रतिकार गर्न आहवान गरेको छ। मधेशको संबैधानिक अधिकार खोसिने दस्तावेजको रुपमा आएको संबिधान बलपुर्वक लाद्न काठमाडौं पुगेर मधेश बिरुद्धको हरेक षडयन्त्रकारी गतिबिधिमा संलग्न रहेको भन्दै उसले सभासदहरुलाई भौतिक कारबाही गर्ने समेतको चेतावनी दिएको छ। मधेश आन्दोलनमा बर्बर दमन गर्न लगाएको एमालेका सभासदहरु उपर मोर्चाको बिज्ञप्तिमा आरोप रहेको  छ । साथै नेकपा एमाले पार्टी पर्साले जिल्लामा कातिक २८ गते शनिवार आयोजना गर्नगइरहेको  चियापान कार्यक्रम  केन्द्रीय निर्णय अनुसार मधेश आन्दोलन मत्थर पार्न र मत्थर गर्न षडयन्त्रको रुपमा हुन लागेको जिज्ञप्तिमा उल्लेख गरिएको छ।

]]>
5993 0 0 0
नाँगी गाउँमा पर्यटक बढे http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%80-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%ac%e0%a4%a2%e0%a5%87/ Sat, 14 Nov 2015 02:59:43 +0000 http://www.ghumphir.com.np/?p=5997

बाबियाचौर (म्याग्दी), २८ कात्तिक ।

सूचना प्रविधिमा नमुना बनेको म्याग्दीको राम्चे गाविसको वडा नं १ र २ मा पर्ने नाँगी गाउँमा पर्यटकको चहलपहल बढेको छ । सन् २००८ मा ‘रोमन म्यागासेसे पुरस्कार’ जितेका महावीर पुनको जन्मगाउँ नाँगीमा सूचना प्रविधिको विकासका लागि उहाँबाट भएका गतिविधिबारे जानकारी लिन र प्राकृतिक सौन्दर्यमा रमाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत पर्ने नाँगी गाउँमा विश्वका विभिन्न देशका साथै राजधानी काठमाडौँ, पोखरा, चितवनलगायतका ठाउँबाट शिक्षक, विद्यार्थी र अनुसन्धानकर्ताको आगमन बढेको स्थानीय हिमाञ्चल उच्च माविका प्राचार्य रमन पुनले बताउनुभयो । जिल्ला सदरमुकाम बेनीदेखि एक दिनको पैदलयात्रापछि पुगिने नाँगी गाउँमा अहिले मासिक एक हजारजनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विद्यालय र कलेजका शिक्षक र विद्यार्थीका लागि नाँगी शैक्षिक भ्रमणको आकर्षक गन्तव्य बनेको छ । ताररहित इन्टरनेटको सहयोगमा सञ्चालित कम्प्युटर कक्षा, टेलिमेडिसिन सेवा, इन्टरनेटले स्थानीयवासीको जीवनमा ल्याएको परिवर्तन, हिमशृङ्खलाको दृश्यावलोकन, नाँगीबाराही ताल, जडीबुटीको नर्सरी र नेपाली कागज उद्योग नाँगी गाउँका मुख्य आकर्षण हुन् । चिसो हावापानी पाइने नाँगीको सुन्दर मगर बस्ती, न्यानो आतिथ्यता, संस्कृति र जैविक खेती पर्यटकका लागि थप आकर्षण बनेको प्राचार्य पुनले बताउनुभयो । कम्प्युटर शिक्षा हासिल गरेका नाँगीका अधिकांश बासिन्दालाई आधुनिक सूचना प्रविधिको माध्यम इन्टरनेटबाट देश विदेशमा रहेका आफन्तसँग सञ्चार सम्पर्क गर्न र कृषि, घरेलु तथा पशुजन्य उत्पादनको पनि बजार खोज्न पनि सहज भएको छ । नाँगीमा परम्परागत शैलीका गोलघरहरु पनि छन् । गाउँमा भित्रने पाहुनालाई आवास सुविधाका लागि सामुदायिक विश्राम गृह सञ्चालन गरिएको छ । विश्राम गृहको आम्दानी गाउँको शिक्षा र स्वास्थ्यमा परिचालन गरिँदै आएको छ । गाउँमा आउने पाहुनालाई फूलमाला लगाएर स्वागत गरिन्छ । प्रविधिको पहुँच, मगर बस्ती र उनीहरुको संस्कार संस्कृति, शान्त वातावरण नाँगी गाउँको मुख्य विशेषता भएको स्विडेनका सातजना पर्यटकको साथमा हालै नाँगी पुगेकी पोखराका हिमालयन एड्भेन्चर गल्र्सकी पथप्रदर्शक सीता थापाले बताउनुभयो । दुर्गम ग्रामीण क्षेत्रमा पनि आधुनिक सूचना प्रविधिको सुविधासँगै न्यानो आतिथ्यता र मनोरम वातावरणमा रमाउन पाउँदा निकै रमाइलो भएको स्विडेनका पर्यटक एट्लसले नाँगी भ्रमणको अनुभव सुनाउनुभयो । पर्वतको बाँसखर्कबाट सुरु हुने अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग भएर नाँगी पुग्ने धेरैजसो विदेशी पर्यटक मोहरेडाँडाको भ्रमणमा जाने गर्छन् ।आन्तरिक पर्यटकले भने बेनी–माझफाँट–लेकफाँट–फलामेडाँडाको मार्ग प्रयोग गर्छन् । नाँगी गाउँमा सडक सुविधा पनि पुगेकाले पर्यटकलाई सहज भएको छ ।

]]>
5997 0 0 0
चीनसँगको व्यापार सहज पार्न के के गर्नुपर्छ? http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%b9%e0%a4%9c-%e0%a4%aa%e0%a4%be%e0%a4%b0/ Sat, 14 Nov 2015 03:07:34 +0000 http://www.ghumphir.com.np/?p=5999 नुवाकोट ,२८ कात्तिक ।

चीनको सीमाक्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको १ सय २ किलोमिटर साँघुरो बाटोमा तेल ओसार्न सहज छैन। बाटो स्तरोन्नति भए र दुई लेनको बनेमा मात्रै यहाँको बाटो सम्भव देखिन्छ । हाल एक लेनको बाटो धेरै ठाउँमा गाडी ओहोरदोहोर हुनसक्ने अवस्थामा छैनन् । चीनले अनुदानमा दिएको तेल ल्याउन हाल गल्छी–त्रिशूली–कालिकास्थान–धुन्चे–स्याफ्रु हुँदै रसुवागढी पुगिन्छ।

rasuwa naka

ठाउँठाउँमा गएको पहिरो र साँघुरो सडकका कारण तात्कालीन अवस्थामा अनुदानको तेल ल्याउन सकिए पनि दीर्घकालीन रुपमा बाटोको स्तरोन्नति नभई सम्भव देखिँदैन । गल्छीदेखि नुवाकोटको विदुरसम्मको २४ किलोमिटरको दुरी कालोपत्रे भए पनि साँघुरो भएकाले एक आपसमा गाडी पास हुन सक्ने अवस्था छैन । विदुरदेखिको धुन्चेसम्म पुग्न घुम्तीसँगै पहिरोको समस्या भएका कारण दीर्घकालीन रुपमा चीनसँग तेल ल्याउन सुधार गर्नुपर्ने रसुवाका स्थानीय विकास अधिकारी विष्णु कोइराला बताउँछन् । 'पहरा खोपेर बनाइएको भीरको बाटोमा वर्षामा पहिरो गइरहने समस्याले केही समस्या पक्कै छ', उनले भने, 'चौबीसै घन्टा एक्स्काभेटर राखेर बाटो चलाउन सकिए तेल ल्याउन केही सहज हुनेछ ।'

गत साता चीनका लागि नेपाली राजदूत डा. महेश मास्के र पराराष्ट्र मन्त्रालयको चिनियाँ डेस्क हेर्ने झपिन्द्र अर्यालले यो नाकाबाट तेल ल्याउन सम्भव भए पनि बाटोको अवस्था सुधारका बारेमा रसुवाका स्थानीय विकास अधिकारीसँग छलफल गरेका थिए । छलफलका क्रममा आफूले बाटो सुधारका लागि इन्धन अभावलाई मध्यनजर गर्दै फास्ट ट्र्याकबाट बाटो खोल्नुपर्ने, अर्को विकल्प स्याफ्रुबेसीदेखि बेत्रावतीको बाटो खोल्दा मात्रै सम्भव हुने विकल्प दिएको स्थानीय विकास अधिकारी कोइरालाले बताए । पासाङ ल्हामु मार्ग सडक डिभिजन कार्यालय नुवाकोटले हेर्ने गर्छ ।

सडक डिभिजन विभाग नुवाकोट-रसुवा प्रमुख रोहितकुमार विसुरालले तत्काल बाटो फराकिलो बनाउन सम्भव नभएको बताए । 'नेपालले चीनसँग एक तिहाइ इन्धन रसुवागढी नाका हुँदै ल्याउने योजना रहे पनि बाटोको अवस्था अहिले तत्काल सुधार गर्न सकिने अवस्था छैन,' उनले भने, 'गल्छीदेखि रसुवागढीसम्मको बाटो एक लेनको मात्रै भएकाले सामान्य ओहोरदोहोर गर्न ठाउँठाउँमा पासिङ वे बनाउन मात्रै सकिन्छ ।'

'कालोपत्र भएकोमध्ये पनि रसुवाको पहिरोग्रस्त क्षेत्रको ७ किलोमिटर बाटो भौगोलिक जटिलताका कारण काम हुन सकेन,' उनले भने, 'त्यो क्षेत्रमा बाटो फराकिलो बनाउने काम गर्ने तयारी छ । बाटोको जोखिम त छ नै त्यसका लागि हामीले बाटो कसरी फराकिलो बनाउन सक्छौँ भनेर प्राविधिक अध्ययन गरेर विभागमा पठाएका छौँ ।'

भौगोलिक हिसाबले कठिन भएका कारण हाल चीनले दिएको अनुदानको तेल ल्याउनसमेत कठिनाई भइरहेको छ । १२ हजार लिटर तेल बोक्ने ट्यांकरले मुस्किलले ९ हजार लिटर बोकिरहेका छन् । नेपालतर्फको स्याफ्रुदेखि रसुवागढीसम्मको १६ किलोमिटर बाटो ग्राभेल छ । त्यस्तै पासाङल्हामु मार्गअन्तर्गत राम्चे, मूलखर्क, ग्राङसहित ७ किलोमिटर सडक पहिरोका कारण जोखिमसँगै साघुरो छ । त्यही कारणले ट्यांकर चालकहरुले फुल फेजमा तेल बोक्नसमेत सकिरहेका छैनन् ।'

बाटो सहज नभए पनि चीनको प्राथमिकतामा परेको रसुवागढीबाट चरण–चरणमा गरेर अनुदानको तेल ल्याउन सुरु गरेको छ । नेपाल तर्फको बाटो असहज भए पनि चीनको बाटो दुई लेनको छ । चीनको सीमाक्षेत्र खम्बाटारदेखि केरुङसम्मको बजार पुग्न दुई लेनको बाटो निर्माण भएका छन् । रसुवागढी भन्सारसम्म सजिलै चिनियाँ तेल र ग्यासको बुलेट गाडी आउन सके पनि नेपाल तर्फको बाटो सुधार र स्तरोन्नति नभएसम्म ग्यास ल्याउन भने सम्भव देखिँदैन । इन्धनको एक तिहाई तेल ल्याउन तातोपानी र रसुवागढी नाका खोले सम्भव भएको नेपाल आयल निगमका प्रवक्ता दीपक बराल बताउँछन् । एक साताअघि रसुवागढी भन्सार कार्यालय आइपुगेका उनले चीनबाट एक तिहाई इन्धन ल्याउन सकिने भए पनि त्यसका लागि बाटोको अवस्था सुधार गर्ने सके सम्भव रहेको बताएका थिए ।

दुरीको हिसाबले चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेबाट सिन्धुपाल्चोकको तातोपानी–काठमाडौँ ५ सय ५ किलोमिटर पर्छ । यता सिगात्सेबाट केरुङ–रसुवागढी हुँदै राजधानी काठमाडौँ आइपुग्न ६ सय ८५ किलोमिटर पर्छ । बाटोको हिसाबमा दुरी केही लामो भए पनि हाल चीनको पहिलो प्राथमिकतामा रसुवागढी नाका छ ।

सिगात्से आइपुगेको रेल सन् २०२० सम्म चीनको केरुङसम्म जोड्ने लक्ष्य चीनले सार्वजनिक गरेसँगै यो नाकालाई बिस्तार गरी दक्षिण एसियाली राष्ट्रमा व्यापार गर्ने मार्गको रुपमा चीनले विकास गर्न खोजेको छ । चीनले केरुङसम्म तेल ल्याउने व्यवस्था मिलाए एकै दिनमा काठमाडौँ तेल ल्याउन सकिन्छ । चीनको सीमाक्षेत्र खम्बाटारदेखि केरुङसम्मको २६ किलोमिटर दुई लेनको सडक छ । तेल ल्याउन हाल चीनले आफ्नो क्षेत्रतर्फ पहिरोग्रस्त क्षेत्र हटाएर हाल अस्थायी बाटो बनाएको छ । दक्षिण एसियाली देशमा आफ्नो व्यापार विस्तार गर्ने योजनाका साथ चीनले यो नाकालाई प्राथमिकता दिएको छ । सन् २०१२ मा केरुङ नाकालाई अन्तर्राष्ट्रिय भन्सारको रुपमा विस्तार गर्नु र हाल यसै नाकाबाट तेल आपूर्ति दिन खोज्नुले पनि चीन यो नाकालाई प्राथमिकताका साथ हेरेको बुझ्न सकिन्छ । चीनका लागि रसुवागढी नाका भारतसँग व्यापार बढाउन सिन्धुपाल्चोकको भन्दा छाटो र नजिक पर्ने गर्दछ । विकल्प बन्न सक्छ स्याफ्रुबेसी–मैलुङ चीनबाट सामान ढुवानी गरेर स्याफ्रुबेसीदेखि काठमाडौँसम्म सिधै पुग्न मैलुङ बाटो खनिए सहज हुन सक्ने देखिन्छ । वारि र पारि ९० डिग्री कोणको चट्टाने ढुंगाको पहरा फुटाउँदै हाल सेनाले ७ किलोमिटर सडक खन्दैछ । नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय व्यापारिक मार्ग छोट्याउन स्याफ्रुबेसी केरुङ मार्ग छिचोल्ने गरी सेनाले द्रूत गतिमा काम सुरु गरिरहेको छ । आठ महिना अघिदेखि कामको जिम्मा लिएर चीनसँगको दुरी छोटो र सहज बनाउने उद्देश्यले सुरु भएको कामको सात किलोमिटर नेपाली सेनाले खन्न सुरु गरेको छ । चट्टानमा ड्रिल गर्नेदेखि पहरा फुटाउने कार्य भइरहेको छ ।

आर्थिक वर्ष २०७०÷०७१ को बजेटअनुसार भारत र चीनलाई छोटो दुरी बनाउने उद्देश्यअनुरुप नेपाली सेनालाई सडक खन्ने जिम्मा दिइएको हो । चीनसँगको व्यापार बढाउने उद्देश्यले खोल्न लागिएको यस मार्ग अन्तर्राष्ट्रिय मार्गको रुपमा विकास हुने अपेक्षा लिइएको छ । स्याफ्रु–५ ठूलो भार्खुबाट निर्माण थालिने उक्त मार्गको सात किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाले दुई वर्षसम्म निर्माण पूरा गर्ने उद्देश्य राखेको छ । चट्टान फोरेर सडक निर्माण गर्नुपर्ने भएकाले उक्त मार्गमा सडक खन्न कठिन छ । चट्टानमा बुट्यान समाउँदै सात किलोमिटर मार्ग खुलाउन नेपाली सेनाले छुट्टै प्राविधिक टोलीको प्रयोग गरेको छ । उक्त मार्ग नेपाली सेनाले दुई लेनको निर्माण गर्नेछ । स्याफ्रुबेसीदेखि मैलुङसम्मको १८ किलोमिटर दुरीमध्ये ११ किलोमिटर निर्माणाधीन दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले खन्नेछ । त्यस्तै मैलुङदेखि रसुवाको बेत्रावतीसम्मको दुरी सात वर्षअघि नै मैलुङ जलविद्युत आयोजनाले निर्माण पूरा गरेको भए पनि हाल भूकम्प पछिको पहिरोका कारण अवरुद्ध छ । जलविद्युत आयोजनाको काम सुरु गर्न छिट्टै पहिरोग्रस्त क्षेत्र खुलाउने कार्य हुन लागेको त्रिशूली–३ ए का आयोजना प्रमुख रवीन्द्र श्रेष्ठले बताए ।साभार :नागरीक

]]>
5999 0 0 0
सडकभरि धान http://localhost/ghum/%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%ad%e0%a4%b0%e0%a4%bf-%e0%a4%a7%e0%a4%be%e0%a4%a8/ Sat, 14 Nov 2015 03:11:30 +0000 http://www.ghumphir.com.np/?p=6001

भक्तपुर, २८ कात्तिक ।

भक्तपुर नगर क्षेत्रभित्र धान सुकाउने ठाउँको अभाव भएपछि यहाँका कृषकले सार्वजनिक स्थल, सडक, चौर, पार्क, मन्दिर र घाटमा धान सुकाइआएका छन् । विशेष गरी नगर क्षेत्रमा नेवार समुदायका लागि धान सुकाउने ठाउँको अभाव भएपछि यहाँका कृषकले सडक, पार्क र भूकम्पले क्षति नपु¥्याएका ठाउँमा धान सुकाउने गरेका हुुन् । विनाशकारी भूकम्पका कारण धान सुकाउने ठाउँको अभाव भएपछि पैदल मार्गका रुपमा प्रयोग हुने सडकहरुमा धान सुकाउँदा सर्वत्र धानैधान देखिएको हो । यसरी धान सुकाउँदा भक्तपुर घुम्न आउने पर्यटकसमेत मुग्ध हुन्छन् । भक्तपुर नगरपालिका चोछेंका राजाराम श्रेष्ठले धान सुकाउने ठाउँ नभएपछि रहरले नभई बाध्यतावस सडकदेखि मन्दिरसम्म धान सुकाउनुपरेको बताउनुभयो । धान सुकाउने ठाउँ अभावमा भक्तपुरका कृषकले सडक, चौर र खुल्ला क्षेत्रमा समेत आलोपालो गरेर धान सुकाउने गरेको भक्तपुर व्यासीका रामकृष्ण प्रजापतिले बताउनुभयो । भक्तपुरको च्याम्हसिंह, ब्यासी, जिल्ला प्रशासन कार्यालय जाने सडक, खानेपानी कार्यालय क्षेत्र, दूधपाटी जाने सडक क्षेत्र, पोखरी आसपासलगायतका सडक र खुल्ला क्षेत्रमा कृषकले सामूहिक रुपमा धान सुकाएका छन् । त्यस्तै, ब्रह्मायणी मन्दिरदेखि विभिन्न मन्दिर क्षेत्र, पोर्टरी स्क्वायरलगायतका पर्यटकीय क्षेत्र र भक्तपुरको हनुमानघाट क्षेत्रमा समेत सामूहिक रुपमा धान सुकाएको देखिन्छ ।

]]>
6001 0 0 0
पसलहरु सुनसान http://localhost/ghum/%e0%a4%aa%e0%a4%b8%e0%a4%b2%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%be%e0%a4%a8/ Sat, 14 Nov 2015 03:21:09 +0000 http://www.ghumphir.com.np/?p=6003 6003 0 0 0 ७ महिना पछी बसन्तपुर पुग्दा http://localhost/ghum/%e0%a5%ad-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be-%e0%a4%aa%e0%a4%9b%e0%a5%80-%e0%a4%ac%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%8d/ Sat, 14 Nov 2015 04:45:13 +0000 http://www.ghumphir.com.np/?p=6008 राज्यलक्ष्मी खतिवडा नेपाल प्राकृतीक सौन्दर्यले मात्र होईन साँस्कृतीक तथा ऐतिहासीक रुपले निकै महत्तवपुर्ण रहेको छ । गत बैशाख १२ गते गएको महाभुकम्पले नेपालको केही सास्कृतीक धरोहरु भत्कीएका छन् । जस मध्य एक हो काठमाण्डौ दरबार क्षेत्र । यो क्षेत्र विश्वसम्पदमा सुचिकृत स्थल पनी हो । बसन्तपुर धेरै पटक घुमीसकेता पनी यो पटक बसन्पुर पुग्दा निकै मन खिन्न भयो । पछिल्लो पट करिब ७ महिना अघि बसन्तपुर पुगेकी थिए । त्यो पटक र यो पटकको बसन्तपुर निकै फरक रहेको छ । ७ महिना अघिको बसन्तपुरमा पर्यटकहरु भरीभराउ थिय भने यो पटक निकै कम लगभग सुन्य भन्दा पनी फरक नर्पला । भुकम्प गएको लगभग ६ महिना पुग्दा पनी सम्पदाहरु छिन्न भिन्न देख्दा निकै खिन्न मन भयो ।

यती लामो समय सम्म पनी पर्यटकहरुको रोजाईमा पर्ने काठमाण्डौ दरबार क्षेत्रको अवस्था त यस्तो देखियो भने अन्य स्थानहरुको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । पर्यटकहरु पैसा खर्च गरेर घुम्न आउने हो । कुनै पनी मानिस पैसा खर्च गरेपछी राम्रो नै खोज्छ । भुकम्पले क्षती बनाएपनी त्यस्को उचित ब्यबस्थापन नर्गदा झन सम्पदाहर अस्तब्यस्त देखियो भने त्यसको नकरात्मक सन्देश जान सक्छ । त्यसकारण भत्किएका तथा क्षती भएका सम्पदाहरुको उचित सम्भार गर्न जरुरी रहेको छ ।

basantapur kathmandubasantapur kathmandubasantapurbasantapur kathmandubasantapur kathmandubasantapur kathmandubasantapur kathmandubasantapur kathmandubasantapur kathmandubasantapur kathmandubasantapur kathmandubasantapur kathmandubasantapur kathmanduIMG_1688basantapur

]]>
6008 0 0 0
भोलिदेखि छठ मनाइँदै http://localhost/ghum/%e0%a4%ad%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%9b%e0%a4%a0-%e0%a4%ae%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Sat, 14 Nov 2015 05:17:54 +0000 http://www.ghumphir.com.np/?p=6025

शीतलप्रसाद महतो वीरगन्ज, २८ कात्तिक ।

श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व आइतबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउ“दो र उदाउ“दो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भा“डाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । विशेष गरेर तराईवासीले कात्तिक शुक्लपक्षमा मनाउने यो पर्व चार दिनसम्म मनाइन्छ । कात्तिक महिनाको चौथीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ । पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यो दिनमा व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । यो दिनलाई व्रतालुहरुले आ“खा पनि भन्ने गन्ने गर्छन् । पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र सा“झ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नया“ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीरलाई लिने गरिन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । षष्ठीका दिन (तेस्रो दिन) गहु“ र चामल ओखल, जा“तो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ । पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाले श्रद्धापूर्वक गीत गाउने गर्छिन् । केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।। छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर गीतबाटै सचेत गराउन खोजिएको छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाजर, बेसारको गा“ठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउ“दै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् । यस अवसरमा व्रतालु महिलाले श्रद्धापूर्वक गाउने गर्छिन् – हातबा मे फूलवा के डलिया, छठ पूजन जाय । छठी मैया होइब सहाय, छठ पूजन जाय ।। (हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौँ, छठी माता हामीमाथि विशेष कृपा बनाइराख्नु होला ।) निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउ“ र पूजा सामग्रीलाई व्रतीले पा“चपटक साष्टाङ्ग दण्डवत गर्छन् । त्यस ठाउ“लाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसादस्वरुप अर्घ दिन पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दूरलगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् । पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउ“छन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ । प्रातःकालीन अर्घमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि प्राप्त हुन्छ । महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रह“दा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउ“दा सूर्य देउता प्रशन्न भई व्रतीका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभावमा भिक्षा मागेरै भए पनि यो पर्व मानिसहरू मनाउने गर्छन् ।

]]>
6025 0 0 0
कौडा नृत्य http://localhost/ghum/%e0%a4%95%e0%a5%8c%e0%a4%a1%e0%a4%be-%e0%a4%a8%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af/ Sat, 14 Nov 2015 05:22:58 +0000 http://www.ghumphir.com.np/?p=6027 6027 0 0 0 धौलागिरी हिमाल http://localhost/ghum/%e0%a4%a7%e0%a5%8c%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a5%80-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2/ Sat, 14 Nov 2015 05:25:51 +0000 http://www.ghumphir.com.np/?p=6030 6030 0 0 0 भारतले घोषित रुपमा नाकाबन्दी लगाउन सक्दैनःउपप्रम केसी http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a5%8b%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac/ Sat, 14 Nov 2015 08:27:56 +0000 http://www.ghumphir.com.np/?p=6033

काठमाडाँै, २८ कात्तिक ।

उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपाली जनताको चाहना अनुसारको संविधान बनेकाले छिमेकीबाट सजाय भोग्नुपरेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले केसीले मधेसी नेताले माग गरेजस्तो सङ्घीय सीमाङ्कन गर्दा नेपालको अस्तित्व नै समाप्त हुने जिकिर गर्दै भारतको नाकाबन्दी अमानवीय भएको तर्क गर्नुभयो । उपप्रधानमन्त्री केसीले भारतले घोषित रुपमा नाकाबन्दी लगाउन नसक्ने भएकाले नै अघोषित रुपमा लगाएको जिकिर गर्दै यस्तो नाकाबन्दी चाँडो खुल्ने सङ्केत नदेखिएको बताउँदै पारवहन अधिकार अन्तर्राष्ट्रिय अधिकार भए पनि हाम्रो अधिकार रोकेर अप्ठ्यारोमा पार्ने काम भइरहेको आरोप लगाउनुभयो । सहकारी एवम् गरिबी निवारणमन्त्री केसीले विगतका सरकारले उदारीकरणका नाममा पूर्वाधारका रुपमा रहेका कलकारखाना लिलाम गरेकाले नेपालले औद्योगीककरण तथा पूर्वाधारको समस्या भोगिरहेको विचार पनि व्यक्त गर्नुभयो ।

]]>
6033 0 0 0
बस दुर्घटना हुदाँ ६० जना घाइते http://localhost/ghum/%e0%a4%ac%e0%a4%b8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%81-%e0%a5%ac%e0%a5%a6-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%98/ Sat, 14 Nov 2015 08:30:41 +0000 http://www.ghumphir.com.np/?p=6036

म्याग्दी (बेनी), २८ कात्तिक ।

म्याग्दीको बरङ्जाबाट बेनीतर्फ आउँदै गरेको ग १ ख ५३६६ नम्बरको यात्रु बाहक बस थामडाँडाँको रत्नेखोलामा विहान १०ः४५ बजे दुर्घटना हुँदा बसमा रहेका ६० जनाभन्दा बढी यात्रु घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भिर रहेको छ । तीब्र गतिमा बेनीतर्फ आइरहेको सो बस सडकदेखि करिव एक सय मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शी लिला गुरुङले जानकारी दिनुभयो । बसमा करिव ८० जना रहेका र केही व्यक्ति छतमा रहेका प्रत्यक्षदर्शी गुरुङले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम बेनीबजारदेखि करिव एक घन्टाको दुरीमा रहेको छ । सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । स्थानीयले घाइतेलाई सडकसम्म ल्याएर राखेका छन् ।

]]>
6036 0 0 0
विदेशी पर्यटकको रोजाइमा शुक्लाफाँटा http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%be%e0%a4%87%e0%a4%ae%e0%a4%be/ Sat, 14 Nov 2015 08:37:24 +0000 http://www.ghumphir.com.np/?p=6038

कञ्चनपुर, २८ कात्तिक ।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष पश्चिमी सीमा नाका गड्डाचौकीबाट नेपाल आउने विदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । पश्चिमी नाकाबाट पोखरा, काठमाडौँ र बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले पछिल्लो समय शुक्लाफाँटासमेत जाने गरेका छन् । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका सूचना अधिकारी माधवप्रसाद जोशीले मासिक आठ जनादेखि १० जनासम्म विदेशी पर्यटक शुक्लाफाँटा आरक्ष जाने गरेको बताउनुभयो । “पर्यटक पहिला त सिधैँ पोखरा, काठमाडौँ र बर्दिया जान्थे, अहिले आरक्षसमेत घुम्न थालेका छन्” उहाँले भन्नुभयो । शुक्लाफाँटा आरक्षमा खान बस्नका लागि सुविधायुक्त होटल सञ्चालनमा आएपछि पर्यटकले घुम्नका लागि जान थालेको जोशीले बताउनुभयो । आरक्ष कार्यालयका अनुसार गत वर्ष आरक्ष घुम्नका लागि आउने विदेशी पर्यटकको सङ्ख्या ६८ रहेकोमा यस वर्षको हालसम्म बन्द, हडताल र इन्धन अभावले सवारी साधन सञ्चालन नहँुदा २० जना विदेशी पर्यटकले मात्रै आरक्ष घुम्न पुगेका छन् । मझगाउँस्थित आरक्ष प्रवेशद्वारमा युवा व्यवसायी हेमराज जोशी र परमानन्द भण्डारीले आरक्ष आउने पर्यटकका लागि शुक्लाफाँटा जङ्गल कटेज एण्ड लज सञ्चालनमा ल्याएका छन् । यस अघि बस्न खान व्यवस्था नभएको भन्दै अधिकाँश पर्यटक महेन्द्रनगर बजारमा रात बिताएर सिधैँ कर्णाली पारी जाने गरेका थिए । पश्चिमी नाकाबाट नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी पोखरा र त्यसछि काठमाडौँ र बर्दिया आउने छन् ।

]]>
6038 0 0 0
पर्यटन आगमनमा कमी http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%86%e0%a4%97%e0%a4%ae%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%ae%e0%a5%80/ Sat, 14 Nov 2015 11:48:44 +0000 http://www.ghumphir.com.np/?p=6042

धुन्चे (रसुवा), २८ कात्तिक ।

‘गोरखा भूकम्प’पछि पर्यटकको आगमनमा कमी आएको छ । गत साउनदेखि हालसम्म रसुवा भित्रने पर्यटकको सङ्ख्या एक हजार १५६ मात्र पुगेको छ । ती पर्यटकले बढी मात्रामा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा भ्रमण गर्ने गरेको लाङटाङ राष्ट्रिय निकुन्जले जनाएको छ । गत वर्ष यस अवधिमा सात÷आठ हजार पर्यटकको आगमन हुने गरेको थियो । यस वर्ष भूकम्पका कारण लाङटाङ क्षेत्रमा लामो समयमसम्म बाटो अवरोध तथा खान बस्नको अभाव भएका कारण पर्यटकको आगमन सङ्ख्या कम भएको निकुञ्चले जनाएको छ । लाङटाङ क्षेत्रमा जाने पैदल मार्ग भर्खर निर्माण भई यातायातको व्यवस्थापन हुन थालेकाले दोस्रो याममा पर्यटकको आगमनमा उल्लेखनीय मात्रामा वृद्धि हुने अपेक्षा निकुञ्ज कार्यालयको छ ।

]]>
6042 0 0 0
किसान माछापालन व्यवसायप्रति आकर्षित http://localhost/ghum/%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8-%e0%a4%ae%e0%a4%be%e0%a4%9b%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%a8-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a4%aa%e0%a5%8d/ Sat, 14 Nov 2015 11:52:02 +0000 http://www.ghumphir.com.np/?p=6044

तुलसीपुर (दाङ), २८ कात्तिक ।

पछिल्लो समयमा दाङमा व्यावसायिकरुपमा माछापालन गर्ने कृषकको सङ्ख्यामा वृद्धि भएको छ । कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले दिनुभएको जानकारीअनुसार अहिले जिल्लाका विभिन्न पाँच सयबढी किसानले १५५ हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा माछा पालन गरिरहेका छन् । माछापालनमा आकर्षण र बजारमा माग बढ्न थालेपछि कृषक माछापालनतर्फ आकर्षित भएका हुन् । दाङमा वार्षिक ६१६ मेट्रिकटन माछा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कले जनाएको छ । कार्यालयले यसपटक माछापालन गर्दै किसानको लागि विभिन्न शिर्षकमा अनुदान दिने जनाएको छ । सरकारले पनि यस वर्ष माछापालनको लागि भन्दै जिल्लामा रु साढे तीन करोडभन्दा बढी रकम कृषकलाई विभिन्न शिर्षकमा अनुदानको लागि पठाएको वरिष्ठ कृषिविकास अधिकृत ज्ञवालीले जानकारी दिनु भयो । यस पटक जिल्लामा थप तीन सय हेक्टर क्षेत्रफल जग्गामा माछापालन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । अहिले अनुदानमा माछापालन गर्नेको लागि इच्छुक विभिन्न कृषक समूह र व्यवसायीहरुसँग निवेदन माग गरेको वरिष्ठ कृषि विकास अधिकारी ज्ञवालीले उल्लेख गर्नु भयो । अन्य खेतीबालीको तुलनामा माछापालनबाट राम्रो उत्पादन हुने भएपछि यसप्रति कृषकको आकर्षण बढेको कार्यालयले जनाएको छ । जिल्लामा अहिले व्यावसायिकरुपमा माछापालन गर्ने कृषकको सङ्ख्या ५६० रहेपनि यसवर्ष भने अझै बढ्ने बताइएको छ । यसैबीच कार्यालयले माछापालनलाई व्यावसायिकरुपमा विकास गर्नका लागि किसानका लागि यसपटकपनि विभिन्न कार्यक्रम ल्याएको छ । जसअन्र्तगत मिसन फिस कार्यक्रम, कृषिप्रसार कार्यक्रम, व्यावसायिकरुपमा माछापालन गर्न चाहने किसानका लागि भुरा ढुवानी अनुदान कार्यक्रम, पोखरी विस्तारका लागि अनुदान कार्यक्रम कृषि औजार अनुदान कार्यक्रम माछाको रोग नियन्त्रण कार्यक्रम, उत्पादकत्व बढाउने र विभिन्न तालिमको व्यवस्थालगायतका कार्यक्रम रहेका छन् । जिल्लामा अहिले विशेषरुपमा देउखुरी क्षेत्रका विभिन्न स्थान, धर्ना गाविसको नैनबार, घोराही नगरपालिकाको केही स्थान, त्रिपुर नगरपालिकाको नारायणपुर र तुलसीपुर नगरपालिकाको गौरीगाउँमा व्यावसायिकरुपमा माछापालन गरिएको छ । दाङमा उत्पादन हुने माछा जिल्लामा नै खपत हुने गर्दछ ।

]]>
6044 0 0 0
आफ्नो ल्यापटप सुरक्षित राख्नुस् ,यी ५ टिप्स अपनाउनुस् http://localhost/ghum/%e0%a4%86%e0%a4%ab%e0%a5%8d%e0%a4%a8%e0%a5%8b-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%9f%e0%a4%aa-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%b0/ Sat, 14 Nov 2015 15:59:09 +0000 http://www.ghumphir.com.np/?p=6046 कुनै यात्राका क्रममा झोलामा ल्यापटप बोक्नु आवश्यक मात्र भएको छैन एउटा ट्रेण्ड नै बनेको छ । तर महंगो चिजवस्तु हुनुको नाताले यसको सुरक्षाको विषय निकै संवेदनशील हुने गर्छ । घरमा होस् वा यात्रामा, आफ्नो महत्वपूर्ण प्रयोगको वस्तु ल्यापटपको सुरक्षालाई प्राथमिकता दिनैपर्छ । यसका लागि निम्न ५ टिप्स उपयोगी हुन सक्छन्ः

laptops44

· प्याडेड कभरः यात्रामा विभिन्न उतारचढाव आउन सक्छन् । त्यसैले त्यस्ता कठिनाइ तथा कठीन परिस्थितिमा ल्यापटपलाई सुरक्षित राख्नका लागि ल्यापटपलाई सुरक्षित खोलमा राख्नु आवश्यक हुन्छ । सामान्य खाले कभरमा राख्दा ल्यापटप सुरक्षित हुन सक्दैन । त्यसैले ल्यापटपलाई प्याडेड कभरमै राख्नुपर्छ । बजारमा विभिन्न खाले गुणस्तरीय ल्यापटप ब्याग तथा कभरहहरु उपलब्ध छन् ।

· आद्रता र तापः ल्यापटप यस्तो मेसिन हो जुन आद्रता अर्थात् ओसिलोपना र तापबाट छिटै प्रभावित हुन्छ । त्यसैले ल्यापटपलाई बढि तातो ठाउँमा नराख्नुस् । हिट एण्ड ह्युमिडिटी मिटर खरीद गर्दा राम्रो हुन्छ र ल्यापटप स्टाब्लाइजरको पनि प्रयोग गर्नुहोस् ।

· चोरबाट बचाउनुहोस्ः तपाइँकेा ल्यापटप कुनै चोरको नजरमा पर्नसक्छ । त्यसैले ल्यापटप बोकेर हिँड्दा होस् वा कुनै ठाउँमा राखेर छाड्दा निकै होस पूराउनुपर्छ । कुनै झोलामा राखेर वा बाहिरै लापरवाही ढंगले ल्यापटप छाड्नु हुँदैन ।

· पब्लिक वाइफाइबाच बच्नुहोस्ः सार्वजनिक स्थानमा ल्यापटप प्रयोग गर्दा वाइफाइ सिग्नल देखियो भने कति खुसी होइन्छ । तर उक्त वाइफाइको प्रयोग गर्नुअघि होसियार हुनुस् । सार्वजनिक रुपमा उपलब्ध यस्तो वाइफाइ ह्याकर्सले छाडेको हुनसक्छ । ता की ह्याकरले तपाइँको कम्प्युटरमा भाइरस हालिदिएर तपाइँको डाटा चोर्नसक्छ।

· सुरक्षाः तपाइँको ल्यापटप हरायो भने तपाइँको महत्वपूर्ण डाटा, पूराना तस्वीरहरु पनि हराउँछन् । त्यसैले ल्यापटप लिएर यात्रामा निस्कनुअघि सबै डाटा हार्ड डिस्कमा सेभ गर्नुस् । जसका कारण तपाइँको ल्यापट चोरी भइहालेमा पनि डाटाहरु आफैसँग हुनेछन् । अति गोप्य कुराहरु ल्यापटपमा नराख्नु नै राम्रो होला ।

]]>
6046 0 0 0
वैकल्पिक पदमार्गमा पर्यटकको आकर्षण http://localhost/ghum/%e0%a4%b5%e0%a5%88%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f/ Sun, 15 Nov 2015 02:03:21 +0000 http://www.ghumphir.com.np/?p=6052

बाबियाचौर (म्याग्दी), २९ कात्तिक ।

पुरानो पदमार्ग मोटरबाटोमा परिणत भएपछि म्याग्दीमा सञ्चालन गरिएको वैकल्पिक पदमार्गमा पर्यटकको आकर्षण बढेको छ । राउण्ड अन्नपूर्ण पदमार्गअन्तर्गत म्याग्दीको दाना–पोखरेबगर–घार–शिख–चित्रे खण्ड सडकमा परिणत भएपछि पर्यटकले वैकल्पिक रुटमा यात्रा गर्न थालेका हुन् । नारच्याङ–भुरुङ तातोपानी–पाउद्धार–खोप्रा–स्वाँत हुँदै घोरेपानी रुटमा पदयात्रीको आकर्षण बढेको हो । सडकमा गुड्ने सवारी साधनका कारण धुवाँ र धुलोले असर गर्ने भएकाले शान्त र प्रदूषणरहित वातावरण रुचाउने पर्यटकले वैकल्पिक पदमार्ग रोज्न थालेको खोप्रा सामुदायिक लजका लेखापाल नवीन पुनले बताउनुभयो । उहाँका अनुसार नारच्याङ–खोप्रा–घोरेपानी पदमार्गमा पदयात्रीको आकर्षण बढेसँगै खोप्रामा पर्यटकको चहलपहल बढेको छ । यसअघि वार्षिक पाँच सयको हाराहारीमा पर्यटक आउने खोप्रामा पछिल्लो एकै मौसममा त्योभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । समुद्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोप्रा मनास्लु, माछापुच्छ«े, अन्नपूर्ण, निलगिरि, धौलागिरि, गुर्जालगायतका दर्जनौँ हिमशृङ्खला, सूर्योदय, सूर्यास्त, चरन खर्क, चौँरी र भेडा गोठको दृष्यावलोकनका लागि प्रसिद्ध छ । वैकल्पिक पदमार्गका पर्यटकका लागि खोप्रा प्रमुख गन्तव्य हो । खोप्रा भ्रमणमा आउने पर्यटकको सुविधाका लागि २४ जना क्षमताको सामुदायिक लज सञ्चालन भएको छ । भिरालो पहाडको टुप्पोमा अवस्थित समथर खोप्राबाट सूर्योदयको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडी बस्ती एवम् पोखरा बजारलगायत थुप्रै मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । यसका साथै खोप्रा क्षेत्रमा ५० भन्दा बढी प्रजातिका जडीबुटी तथा हिमाली वनपैदावारका साथै एक दर्जन प्रजातिका लालीगुराँस पाइन्छन् । शिखको बयली, कास्कीको घान्द्रुक, म्याग्दीको तातोपानी पाउद्वार र नारच्याङ हुँदै खोप्रा पुग्न सकिन्छ । वैकल्पिक रुटमा पदमार्ग निर्माण, होमस्टे र होटललगायतका पूर्वाधारको विकास गर्न आवश्यक रहेको पर्यटन व्यवसायीले बताएका छन् ।

]]>
6052 0 0 0
‘माछापालनबाट लखपति बने पल्टु’ http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%9b%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b2%e0%a4%96%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a4%a8%e0%a5%87-%e0%a4%aa/ Sun, 15 Nov 2015 02:07:28 +0000 http://www.ghumphir.com.np/?p=6054

भीमदत्तनगर, २९ कात्तिक ।

कृषि पेसा अङ्गालेका पल्टु चौधरीसँग एक दशकअघि ट्र्याक्टर खरिद गर्दा लागेको बैंकको रु २२ लाख ऋण थियो । पेसाप्रतिको लगाव र लगनशील भएर लागेका कारण कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका– १ वन्शाहका चौधरी अहिले माछापालन व्यवसायबाट लखपति बनेका छन् । “माछा पोखरी छँदै कृषिका लागि भनेर ट्र्याक्टर पनि किनेको थिएँ ।” पल्टु चौधरीले रासससँग भन्नुभयो – “त्यो ट्र्याक्टरले रु २२ लाखसम्म बैंकमा ऋण भयो ।” विसं २०४३ देखि माछापालन गर्दै आएका उनले २०५६ सालदेखि माछाका भुरा उत्पादन गर्ने हेचरी सञ्चालनमा ल्याए । भुरा उत्पादन गर्ने हेचरी कञ्चनपुरमै उनको मात्रै छ । “माछापालन र उत्पादनकै कारण आज म त्यो रु २२ लाख ऋण तिरेर वार्षिक रु सात÷आठ लाख आम्दानी गरिरहेको छु ।” डेढ बिगाहा खेतमा माछा पोखरी बनाएर व्यावसायिक माछापालनमा लागेका चौधरीले भने – “अहिले वार्षिक एक करोड जति भुरा उत्पादन गरी बिक्री गर्दैछु ।’ उनले उत्पादन गरेका भुरा कञ्चनपुर, डडेल्धुरा, बर्दियासम्मका किसानले खरिद गर्ने गरेका छन् । “मैले मागअनुसारको भुरा उत्पादन गर्न सकिरहेको छैन ।” विसं ०५६ को दशकमा सम्दीबाट हेचरी सञ्चालनको प्रेरणा पाएका चौधरीले भने – “हेचरीमा दक्ष प्राविधिक ज्ञान भएको किसान नभएकाले उत्पादन बढाउन सकिएको छैन ।” रु १२ लाख लगानी गरेर हेचरी सञ्चालनमा ल्याएका चौधरीलाई इलम हेल्भटास नामक संस्थाले ५० प्रतिशत आर्थिक लगानी सहयोग गरेको थियो भने जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले प्राविधिक तथा अन्य सहयोग गर्दै आएको चौधरीको भनाइ छ । “मलाई कृषि विकास कार्यालयले धेरै सहयोग गरेको छ ।” चौधरीले भने – “माछापालन फस्टाएकै कारण ऋण तिरेर घडेरीसमेत किनेको छु ।” आफू माछापालन व्यवसायमा लागेर सन्तुष्ट रहेको बताउने पल्टु चौधरीलाई परिवारका सबै सदस्यले व्यवसायमा रामै्र साथ दिएका छन् । “दुईजनालाई रोजगारीसमेत दिएको छु ।” चौधरीले भने – “वार्षिक रु १४÷१५ लाखको कारोबार हुन्छ” – त्यसमा रु सात लाखजति गत वर्ष फाइदा भएको उनले बताए । माछापालनमा जिल्लाकै सफल व्यवसायी मानिने चौधरी माछापालनसम्बन्धी तालिम तथा गोष्ठीमा सहभागी हुन भैरहवा, जनकपुरदेखि काठमाडाँैसम्म पुगिसकेको बताउँछन् । “माछाको माग स्थानीय बजारमै बढी छ ।” उनले भने – “खपतका लागि बजारको कुनै चिन्ता छैन ।” हाल उनले सिल्लबर, नैनी, रोहुलगायतका जात प्रजातिका माछाका भुरा उत्पादन गर्ने गरेका छन् । “महँगोमा एउटा भुरा रु पाँचसम्मको पनि उत्पादन हुन्छ ।” उनले भने – “माछापालनका लागि प्राविधिक ज्ञान लिनु जरुरी छ ।” सुदूरपश्चिममा कैलालीको सुख्खड र कञ्चनपुरको झलारीपिलाडी नगरपालिका–१ मा गरी दुईवटा हेचरीमात्रै रहेका छन् । “मैले गतवर्ष आठ क्विन्टलजति माछा बिक्री गरेको थिएँ ।” उनले भने – “पछिल्लो समय मैले भुरा उत्पादनमा बढी ध्यान दिएको छु ।” “जिल्लाको एकमात्रै सफल हेचरी सञ्चालक भनेर बेलाबखतमा सम्मानित हुँदा गर्भको सीमा रहँदैन ।” उनले भने – “हेचरीले दाम र नाम दुवै दिएको छ ।”

]]>
6054 0 0 0
बसले घन्टौँ कुराउँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेनन् http://localhost/ghum/%e0%a4%ac%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a5%8c%e0%a4%81-%e0%a4%95%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%af%e0%a4%be%e0%a4%a4/ Sun, 15 Nov 2015 02:15:19 +0000 http://www.ghumphir.com.np/?p=6056

पूर्णप्रसाद मिश्र  काठमाडौँ, २९ कात्तिक ।

यातायात समितिले सुपर एक्सप्रेस लेखेर सञ्चालन गरेका सवारीसाधनले सडकमा घन्टौँ कुराउँदा समयमै गन्तव्यमा पुग्न नसकिएको यात्रुले गुनासो गरेका छन् । इन्धनको अभावसँगै यातायात व्यवसायीले थोरै सवारीसाधनमा धेरै यात्रु बोकेर हिँड्नलाई लामो समय कुर्न थालेपछि यात्रु समयमा गन्तव्यमा पुग्न नसकेका हुन् । सरकारले यात्रुलाई सहज होस् भनी निजी सवारीलाई इन्धन कटौती गरी सार्वजनिक सवारीलाई दिएपनि यात्रुले सुविधा पाउन सकेका छैनन् । सरकारबाट प्राथमिकता पाई इन्धन लिएर यात्रुसँग मनपरि भाडा उठाउँदा पनि अनुगमन नभएको उपभोक्ता मञ्च नेपालका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । “भदौ २५ गते लागू गरिएको भाडादरपछि यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्रता दिई बढी भाडा लिनेलाई कारबाही गरेकोमा भारतको अघोषित नाकाबन्दीसँगै अनुगमन फितलो भएको छ, अघोषित नाकाबन्दीपछि नेपाल आयल निगमले सार्वजनिक सवारीलाई मात्र इन्धन दिँदा उनीहरुले कालोबजारी गर्ने अवसर पाएका छन्, यसको अनुगमन हुनुपर्छ”–उहाँले भन्नुभयो । आज बिहान मेलम्चीबाट धुलिखेल हुँदै चुच्चेपाटी आएको हेलम्बु यातायातको बा २ ख ३९२९ नम्बरको बसले सुपर एक्सप्रेस लेखी यात्रुसँग बढी भाडा लिएको र पाँच घन्टा लगाएर मात्र गन्तव्यमा ल्याई पु¥याएको भन्दै यात्रुले चुच्चेपाटीमा विरोध जनाए । “सुपर एक्सप्रेस लेखिएको बसले ७० किमी दूरी पार गर्न पाँच घन्टा लगायो, प्रत्येक बिसाउनीमा १५ मिनेटसम्म रोकिएको बसमा खचाखच यात्रु थिए, भाडा पनि तिहार भन्दै दोब्बर असुलियो, हामी निरीह भएर तिर्न बाध्य भयौँ”– रासससँग कुरा गर्दै पीडित यात्रु सोमबहादुर बम्जनले भन्नुभयो । यो रुटमा हेलम्बु यातायातको एकाधिकार हुँदा आफूहरुले यस्तो सास्ती बेहोर्न बाध्य हुनुपरेको उहाँको गुनासो थियो । चुच्चेपाटीमा आइपुगेपछि यात्रुले समितिको मनपरिको विरोध जनाउँदै यस्ता गतिविधि नसच्याए आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने चेतावनी दिएका छन् । यात्रुले सास्ती भोगेको रुटको यो त प्रतिनिधि घटना मात्र भएको मञ्चले जनाएको छ । यस्ता गुनासो मञ्चमा दैनिक दर्जनौँ आउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यस सम्बन्धमा विभागका प्रवक्ता बसन्त अधिकारीसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

]]>
6056 0 0 0
पदमार्ग निर्माणमा व्यवसायीनै सक्रिय http://localhost/ghum/%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be/ Sun, 15 Nov 2015 02:36:14 +0000 http://www.ghumphir.com.np/?p=6063 बागलुङ, २९ कात्तिक ।

आकर्षक पर्यटन गन्तव्य म्याग्दीको घोरेपानी–पुनहिल पुग्ने पदमार्गको स्तरोन्नति र मर्मतमा दसौँ लाख रुपैयाँ खर्च भएको छ ।घोरेपानीका होटल–पर्यटन व्यवसायीहरुको पहलमा त्यस क्षेत्रमा पुग्ने पदमार्गको स्तर सुधार गरिएको हो । पछिल्लो तीन वर्षमा रु ७० लाख भन्दा बढीको खर्चमा पदमार्ग पुनःनिर्माण र मर्मत गरिएको घोरेपानी होटल व्यवस्थापन समितिले जनाएको छ । अघिल्लो वर्ष जिविसबाट प्राप्त रु पाँच लाख बजेटबाहेक बाँकी सबै व्यवसायीले खर्च गरेका हुन् । होटल व्यवसायीहरुको सहयोग, पर्यटक शुल्क र अन्य सहायता जुटाएर पदमार्ग मर्मतको काम अघि बढाइएको समितिका अध्यक्ष जुुनु पुनले बताउनुभयो । अन्नपूर्ण चक्रीय पदमार्ग, धवलागिरि–अन्नपूर्ण पर्यावरणीय पदमार्ग र अन्य वैकल्पिक पदमार्ग मर्मतसुधार गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । जसमध्ये घोरेपानी–पुनहिलको ७०० मिटर, घोरेपानी–शिख पदमार्ग क्षेत्रको ४०० मिटर, घोरेपानी–तिखेढुङ्गा २०० मिटरमा स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ । त्यस्तै घारेपानी–घान्दु्रक पदमार्गको करिब तीन किमी क्षेत्रमा पनि मर्मतसुधारको काम अघि बढेको समितिले जनाएको छ । समितिका पूर्व उपाध्यक्ष एवम् होटल व्यवसायी टेकसर बुद्धुजा पुनका अनुसार सो पदमार्गमा यसै वर्ष रु १७ लाखभन्दा बढी खर्च भइसकेको छ । “पदमार्गको सरसफाइ, मर्मत र स्तरोन्नतिमा पछिल्लो तीन वर्षमा रु ७० लाखभन्दा बढी खर्च भइसकेको छ” – व्यवसायी पुनले भन्नुभयो – “होटलबाट उठ्ने वार्षिक कर, पर्यटक शुल्क र सहयोगहरु जुटाएर काम गरिरहेका छौँ ।” पुनहिल घुम्ने विदेशी पर्यटकबाट समितिले रु ५० शुल्क उठाउने गरेको छ । त्यस्तै होटलले पनि घोरेपानी–पुनहिल क्षेत्रको विकासका लागि वार्षिक कर सङ्कलन गर्ने गरेका छन् । शुल्क र कर रकमबाट पर्यटकीय क्षेत्र, वनजङ्गल, प्राकृतिक स्रोतसाधनको संरक्षण अभियान चलाउने गरिएको समितिको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घोरेपानी–पुनहिलको विकासमा व्यवसायीहरु आफैँ कस्सिएर लागेका हुन् । घोरेपानीमा कास्की वीरेठाँटी–उल्लेरी हुँदै, वीरेठाँटी–घान्दु्रक हुँदै, तातोपानी–शिख–घार हुँदै, नागी–मोहरे–फूलबारी र अन्य वैकल्पिक पदमार्ग हुँदै पर्यटक पुग्ने गरेका छन् । पर्यटकको सुविधा र पदमार्गमा आकर्षण थप्न स्तरोन्नतिको कार्यमा जोड दिइएको होटल व्यवसायीहरु बताउँछन् । चौडा पक्की सिँढीसहित, दायाँबायाँ (रेलिङ) सहितको पदमार्ग निर्माणमा समिति लागिपरेको छ । पदमार्गको सुधारले पर्यटकको सुरक्षित पदयात्रामा टेवा पुग्ने विश्वास लिइएको छ । घारेपानी क्षेत्रमा वार्षिक करिब ३० हजार विदेशी पर्यटक पुग्ने गरेका छन् । रोमाञ्चक पदयात्रा, हिमशृङ्खला, सूर्योदय र गुराँसे जङ्गलको अवलोकनका लागि पर्यटक घोरेपानी–पुनहिल क्षेत्रमा पुग्न रुचाउँछन् । घोरेपानीमा अहिले पर्यटकको सुविधाका लागि २२ वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । व्यवसायीहरुले लगानी थपेर नयाँ होटल निर्माणको कामलाई पनि अघि बढाएका छन् । घोरेपानीका होटलमा रु ५० करोडभन्दा बढीको लगानी रहेको बताइन्छ । सन् १९७० देखि घोरेपानी क्षेत्र पर्यटकका लागि खुल्ला गरिएको हो ।

]]>
6063 0 0 0
सरकारले गौशाला र बालकुमारीबाट दाउरा वितरण गर्ने http://localhost/ghum/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a5%8c%e0%a4%b6%e0%a4%be%e0%a4%b2%e0%a4%be-%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be/ Sun, 15 Nov 2015 02:51:21 +0000 http://www.ghumphir.com.np/?p=6068 काठमाडौं ,२९ कात्तिक ।

भारतीय नाकाबन्दीको कारण उपत्यकामा ग्यासको चरम अभान भएसँगै नेपाल सरकार वन मन्त्रालयले आज देखि गौशाला र बालकुमारीबाट क्षेत्रबाट दाउरा वितरण गनें भएको छ। मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यका अनुसार भोलि आइतबारबाट प्रतीपरिवार सय किलो वितरण गरिने भएको छ। दाउरा प्रतिकिलो १५ रूपैयाँका बिक्री गरिने उनले बताए।‘राजधानीका यी दुई ठाउँबाहेक अन्य क्षेत्रबाट पनि माग आए अनुसार वितरण गर्दै लगिने भएको छ। यसरी वितरण गरिने काठ तराईबाट पुरानै काठ ल्याइएको हो,’ उनले भने।

एक परिवारले बढीमा एक सय किलो दाउरा किन्न पाउने उनले बताए।तिहार अगाडि सर्वसाधारणलाई दाउरा बिक्री गर्ने तयारी भए पनि कर्मचारी अभाव र र्भाईटीका परेकाले आइतबारदेखि बालकुमारी र गौशालामा रहेको टिसिएनको आफ्नै डिपोबाट बिक्री सुरु गर्न लागिएको आचार्यले सेतोपाटीसँग भने।

इन्धन अभाव खेपिरहेका उपत्यकाका सर्वसाधारणलाई दाउरा वितरण गर्न भनी १० ट्रक दाउरा काठमाडौं भित्रिएको उनले जानकारी दिएबनमन्त्रालयको निर्देशनपछि टिम्बर कर्पोरेशन अफ नेपाल ९टिसिएन० ले तिहारकै बीचमा बाराका विभिन्न वनबाट १० ट्रक दाउरा काठमाडौं भित्र्याइएको थियो।

]]>
6068 0 0 0
स्मरणमा मैन बत्ति बालियो (फोटा फिचर) http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%b0%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%88%e0%a4%a8-%e0%a4%ac%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a5%8b/ Sun, 15 Nov 2015 15:44:09 +0000 http://www.ghumphir.com.np/?p=6071 काठमाण्डौ,२९ कित्तिक ।

नेपाल अटोमोबाईल एसोसिएसन (नासा) को आयोजनामा माइतीघर मण्डलामा मनैनबत्ति बालेर ‘सडक दुर्घटना पीडित स्मरण विश्व दिवस’ मनाएको छ । स्वतन्त्रता अभियान ,रोड सेफ्टी फोरम नेपाल लगायतका विभिन्न संस्थाहरुको संयुक्त आयोजना गरिएको स्मरण दिवस सभाषद मोहन बानियाले मैन बत्ति बालेर उद्धाटन गरेका थिए । मैन बत्ति बालेर उद्घाटन गर्दै सभाषद बानियाले सडक सुरक्षाका नियमहरुलाई सबैले सधै पालना गनर्’ पर्ने बताए । उनले भने सवारीमा विभिन्न क्षेत्रका अशक्त ब्यक्तिहरुलाई प्राथमिकता दिने, सडक सुरक्षाका वारेमा चेतना फैलाउने सबै तहका समुदाय लाग्नु पर्ने बताए । सुरक्षित र तोकिएको मापदण्ड तथा अपांगमैत्री सडक निर्माणका लागि सरकाले ध्यान दिनु पर्ने सभाषद बानियाले जोड दिए । आयोजक समितिका महासचिव गोविन्द भट्टराई भन्छन, दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा सन् १९९३ देखि बेलायतबाट सुरु भएको सडक दुर्घटना पीडित स्मरण दिवस गत बर्ष देखी मात्र नेपालमा मनाउन थालिएको बताए । उनले भने नेपालका सडक दुर्घटनका कुराहरुलाई स्थापीत गर्न तथा तिनका समस्याहरुलार्य स्थापीत गर्न आफुहरु लागी परेको बताए । प्रत्येक बर्ष सन् १९९५ मा युरोपियन फेडरेसन अफ रोड ट्राफिक भिक्टिम्स (एफइभिआर) अन्तर्गतका विभिन्न देशले यो दिवसलाई संयुक्त रुपमा मनाउन शुरु गरेका छन् । शुरुमा यसलाई ‘युरोपियन डे अफ रिमेम्बरेन्स’ को रुपमा मनाइएको थियो । तर पछि अफ्रिका, दक्षिण अमेरिका र एसियाका विभिन्न देशले समेत मनाउन थाले । सन् २००० मा पोप र अन्य धार्मिक समुदायका नेताहरु समेत यसलाई मनाउन थाले र सन् २००० देखि यसलाई ‘वल्र्ड डे’ को रुपमा मनाउन थालियो भने नेपालमा गत वर्षदेखि नासाको अगुवाईमा यो दिवस मनाउदै आएको छ । संयुक्त राष्ट्र संघले सन् २००५ को अक्टोबर २६ मा यसको स्वामित्व ग्रहण गरेको थियो । त्यसपछि राष्ट्र संघकै अगुवाइमा यो कार्यक्रम संचालन भइरहेको छ । त्यसैले यो वर्ष विश्व भर मनाउन थालिएको २० औं वर्ष र संयुक्त राष्ट्र संघले स्वामित्व ग्रहण गरेको १५ औं वर्षको रुपमा यो वर्षको ‘वल्र्ड डे अफ रिमेम्ब्रेन्स फर रोड ट्राफिक भिक्टिम्स’ मनाइदै छ ।

BBTG0390 BBTG0384 BBTG0372 BBTG0371 BBTG0361 BBTG0356 BBTG0353 BBTG0351

]]>
6071 0 0 0
प्रहरी र पम्पको साँठगाँठमा यसरी चलिरहेछ पेट्रोलियम पदार्थको कालोबजारी http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%b0-%e0%a4%aa%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%81%e0%a4%a0%e0%a4%97%e0%a4%be%e0%a4%81%e0%a4%a0/ Mon, 16 Nov 2015 15:45:12 +0000 http://www.ghumphir.com.np/?p=6085 विज्ञान अधिकारी

पेट्रोलियम पदार्थ अभावको मौका छोपी विभिन्न संगठित संस्थाकै मिलेमतोमा तेलको कालोबजारी भइरहेको छ। नेपाल आयल निगम र विभिन्न पेट्रोलियम व्यवसायीको मिलेमतोमा नै पेट्रोलियम कालोबजारी हुने गरेको हो।

यसरी हुन्छ कालोबजारी

गत बुधबारको एक दृश्य : बिहान काठमाडौंको कान्तिपथबाट चितवनका लागि पर्यटक बस छुट्यो। नियमित रुट भन्दा फरक बाटो गुडेको बस दरबारमार्ग हुँदै बालाजु पुगेर रोकियो। सामान्य अवस्थामा त्रिपुरेश्वर हुँदै सिधै कलंकी पुग्ने बस बुधबार नयाँ बाटो लागेको थियो। बालाजु पुगेपछि बसभित्रै रहेका सवारीधनीले फोन गरे। 'हेलो सर कहाँ हुनुहुन्छ? हामी कहाँ आउने?' उनले एकै पटकमा ती व्यक्तिलाई दुई प्रश्न सोध्न भ्याए। उताबाट सवारीधनीलाई एउटै जवाफ आयो, 'त्यँही बसिरहनु।'   ती अपरिचितले बालाजुमै बस्नु भनेपछि बस केहिबेर त्यहीँ रोकियो। भारतको नाकाबन्दीका कारण इन्धन नभित्रिएपछि आयल निगमले सोमबार नै पम्पमा लाइन नलाग्नु भनिसकेको थियो। तैपनि तिहार मनाउनकै लागि भएपनि घर फर्कने यात्रुका लागि सवारीधनीले जसोतसो गाडी गुडाएका थिए। बालाजुमा पनि बस चितवन पुग्ने तेलकै पर्खाइमा थियो। सहज रुपमा तेल नपाएपछि सवारीधनीले दोस्रो विकल्प खोजेका थिए। त्यो थियो ब्लाकमा तेल किन्ने। यसैका लागि बसले केही समय कुर्यो । बसका लागि इन्धन ल्याइदिने ती अपरिचति सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान थिए। तीनै प्रहरी जवानबाट सवारीधनीले तेल किनेका थिए। उनीहरुले डिजेल एक लिटरको १२० रुपैयाँसम्म तिरे। आयल निगमले डिजेलको मूल्य लिटरको ८१ रुपैयाँ तोकेको छ। तर ब्ल्याकमा भने व्यक्तिअनुसारकै मूल्य पर्छ। 'प्रहरीको पम्पमा कार्यरत प्रहरीको मिलेमतोमा महँगोमा तेल किन्नुपरेको छ,' ती सवारीधनीले भने, 'बाहिर किन्दा लिटरको दुईसय रुपैयाँ पर्छ। प्रहरीलाई पैसा खुवाएर केही कम परेपनि फाइदा नै भयो।' कान्तिपथबाट दैनिक २५ वटा बस पोखरा र चितवनका लागि छुट्छन्। एक ट्रिपका लागि ती गाडीलाई ५० लिटर तेल चाहिन्छ। यो आधारमा हेर्दा मिलेमतोमा ब्लाकमा तेल बेच्दा पर्यटक गाडीबाट मात्रै दैनिक ५० हजार रुपैयाँ भन्दा धेरै आम्दानी हुन्छ। ती सवारीधनीका अनुसार ब्ल्याकमा तेल बेचेर आएको पैसा प्रहरीका उपल्ला दर्जाका अधिकारीहरुसम्म पुग्छ। त्यसैले प्रहरीका अधिकारीहरुकै मिलेमतोमा नै यसरी डिजेल बिक्री हुँदै आएको छ। यी गाडीले तेल भने सशस्त्रको हलचोक र नेपाल प्रहरीको बसुन्धारास्थित पेट्रोल पम्पबाट नै हाल्ने गरेका छन्। यिनीहरुले बाहिरबाट भन्दा पनि भित्रबाट नै सेटिङ मिलाएर तेल भर्ने गरेका छन्।

यसो भन्छन् यातायात व्यवसायी 

'आयल निगमलाई हामीले कुपन सिस्टमबाट तेल बाडौं भनिरहेका छौं तर उहाँहरुले अहिलेसम्म त्यसमा ध्यान दिनुभएको छैन, ' यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारीले भने,  'निगम र व्यवसायीकै मिलेमतोमा कालोबजारी भइरहेको छ।' उनले स्थानीय प्रशासन पनि कालोबजारीमा मुकदर्शक बनेको आरोप लगाए।   निगमले पेट्रोल पम्पहरुमा निश्चित परिमाणमा पेट्रोलियम पदार्थ दिएको भए पनि पम्प सञ्चालकले पुरै परिमाणमा पेट्रोलियम पदार्थ नबेची कालोबजारी गर्ने गरेको उनले दावी गरे। 'पेट्रोल पम्पवालालाई निगमले ८ हजार लिटर तेल दिन्छ, उनीहरु ३/४ हजार लिटर बेचेर बाँकी कालोबजारी गर्छन्,'  उनले भने,  'अभावको बेला छ, प्रहरीले पनि केही गर्न सकेको छैन।'   निगमले ठुला सवारी साधनलाई डिजेल उपलब्ध गराउने गरेको भए पनि थोरै मात्रै सवारी साधनले लाइनमा बसेर तेल भर्ने र बाँकीले महँगो मूल्यमा कालोबजारीमार्फत् तेल किन्नुपर्ने बाध्यता रहेको उनले बताए। 'लामो रुटमा चल्ने सवारीलाई बसपार्क भित्रबाट र बाँकीलाई निश्चित पम्पबाट तेल दिने हो भने समस्या समाधान हुन्छ,' उनले भने, 'लाइनमा बस्नेहरुले तेल पाएका छैनन्, गाडी लाइनमा राखेर पनि ब्लाकमा तेल किन्नु पर्ने बाध्यता छ।'   भण्डारीले कुपन प्रणालीमार्फत समानुपातिक रुपमा तेल वितरण गरे समस्या समाधान हुने दावी गरे। 'कुपन दिने हो भने सबैलाई व्यवस्थित रुपमा तेल दिन सकिन्छ,' उनले भने, 'निगमले त्यसतर्फ अहिलेसम्म ध्यान दिएको छैन।' पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पनि तेल वितरण समानुपातिक नभएकाले समस्या भएको बताए। उनले आयल निगम निकट रहेका पम्पहरुलाई मात्रै तेल दिने गरेकाले कालोबजारीलाई प्रवर्द्धन भइरहेको बताए। एसोसिएसनले आयल निगमका कार्यकारी निर्देशकलाई समानुपातिक वितरणका लागि माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। निगम भन्छ : होइन

यता निगमले भने अहिलेसम्म व्यवस्थित रुपमा नै तेल वितरण भइरहेको जनाएको छ। निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराईले व्यवस्थित रुपमा नै तेल वितरण भइरहेको बताए। उनले उपलब्ध भएसम्मको पेट्रोलियम पदार्थ सवारी साधनहरुलाई समानुपातिक रुपमा वितरण भइरहेको दावी गरे।साभार :पहिलोपोष्ट

]]>
6085 0 0 0
पर्यटन ब्यबसायीहरु पलायन हुने अवस्था आयो :अध्यक्ष खड्का http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%ac%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%aa%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a8/ Tue, 17 Nov 2015 03:35:17 +0000 http://www.ghumphir.com.np/?p=6088 विगत दुई दशक देखि पर्यटन क्षेत्रमा क्रियाशिल नाम हो रण बहादुर खड्का । पर्यटन क्षेत्रको सबैभन्दा ठुलो सस्था टाको उपाध्यक्ष समेत भईसकेको खड्का मेची पर्यटन क्षेत्र प्रद्धधन विकाषसमीतीको अध्यक्षमा नियुक्ति भएका छन् । २०२६ सालमा ताप्लेजुङको चादाँ गाविसमा जन्मीएका खड्का ताप्लेजुङकै भानु मा वि बाट २०४६ सालमा प्रबेशीका परिक्षा उतिर्ण गरेका थिए । खड्काले उच्च शिक्षाका लागी काठमान्डौंको सरस्वती क्याम्पसमा २०४७ भर्नाभई अध्ययनलाई निरन्तरता दिदै २०५३ सालतिर विकम सम्मको शिक्षा लिएका छन् । २०५२ सालमा मधुवनी गेष्टहाउस संचालन गरेर पर्यटन क्षेत्रका लागेका खड्का २०५४ देखि व्यवसायीक रुपमै हार्डरक टे«किङ एजेन्सी संचालन गरि पर्यटन क्षेत्रमा आबद्ध भए । पर्यटन व्यवसायी संगठनमा आबद्ध हुनुभएका खड्का १९९८ मा सचिव हुदै सन्२००१ मा प्रसिडेन्ट भय । २००२ देखि २००४ सम्म टानको सचिव,२०११ देखि २०१३ सम्म टानको प्रथम उपाध्यक्ष भईसकेका छन् । हाल गत भदौ देखि मेची पर्यटन क्षेत्र प्रद्धधन विकास समीतीको अध्यक्षमा हुनुहुन्छ । उहासग पुर्वका पर्यटन क्षेत्रका बिषयमा घुमफिरले गरेको कुराकानी

Rana Bahadu Khadkaपर्यटन क्षेत्रमा लागेको लामो समय भयो । नेपालको पर्यटन क्षेत्रलाई कसरी बुझ्नु भएको छ ? पर्यटन क्षेत्र भनेको एकदम राम्रो प्राकृतीक जब हो । यसलाई जती प्रचार प्रसागर ग¥यो उती राम्रो हुने हो । यसमा मरेरै कुटो कोदालोले खनेरै गर्नुपर्ने जस्तो हुदैन् । प्रचार प्रसार गरेर पैसा आर्जन गर्न सकिने क्षेत्रहो पर्यटन भनेको ।

देश विदेश घुम्ने र वातावरण बनाउने क्षेत्रपनि हो यो क्षेत्र । थोरै लगानीमा धेरैलाई रोजगार दिन सक्ने भएका कारण देशको मेरुदण्ड पनी पर्यटन क्षेत्र । यस्का लागी राज्यले प्राथमीक्ता दिन सक्यो भने देशको अर्थतन्त्रमा निकै सहयो पुग सक्छ ।

गत बैशाख १२ गते गएको महा भूकम्प र भारतले गरेको अघोषित नाकाबन्दिले पर्यटन क्षेत्र कस्तो असर पारेको छ ? पर्यटन क्षेत्रमा द्धन्द्धकालमापनि ठूलो असर परेको थियो र द्धन्द्धकाल सकिए लगतै विस्तारै यो क्षेत्रले फस्टाउने मौका पाएको थियो । विस्तारै विस्तारै पर्यटन क्षेत्र उकासियको अवस्थमा गत बैशाख १२ गते महाभुकम्प गयो । त्यस्ले पर्यटन क्षेत्रमा असर भन्दा पनी नेपालको भुकम्पले पर्यटन क्षेत्र निकै प्रभावित भयो भएको प्रचार प्रसार ज्यादा भयो । त्यसालाई पनी विस्तारै विस्तारै विश्वमाझ सकरात्मक सन्देश गईरहेको बेला नाकाबन्दी भयो यस्ले नेपालको पर्यटन क्षेत्रमा प्रभावित मात्र नभएर कति पर्यटन ब्यबसायीहरुलाई पलायन हुने अवस्था पनी सिर्जना गर्यो । भुकम्पर नाकाबन्दीले पर्यटन क्षेत्र प्रभावित भएको अवस्थमा पर्यटन क्षेत्रमा काम गर्ने सबै भन्दा ठुलो सस्था टानको भुमीका कस्तो हुनु पर्छ जस्तो लाग्छ अबका दिनहरुमा ? नेपालको पर्यटन क्षेत्र भनको खासै सरकार तथा संघ सस्थाहरुले भन्दा पनी नेपाल घुम्न आएका पर्यटकहरुको प्रचार प्रसार तथा प्रर्वद्धनले गरिरहेको अवस्था हो । यो भन्दा अघिल्लो पर्यटन मन्त्रि कृपासुर शेर्पा मन्त्रि हुदा हाम्रो पर्यटन व्यवसायीको डेलीगेसन पनि गएको थियो । पर्यटनक्षेत्रका विभिन्न समस्याहरुका बारेमा हामीले पर्यटन मन्त्रालयलाई ध्यानाकषर्ण पनि गराउका थियौ । त्यसपछि परराष्ट्र मन्त्रालयमा पनि हाम्रो डेलीगेसन गएको थियो । हामीले उहाहरुलाई भन्यौ कमसेकम सबै इन्भेष्टरहरुलाई बोलाएर नेपालको वर्तमान अवस्थाका बारेमा जानकारि गराउन भनेका थियौ । पर्यटनमन्त्रीलाई व्यवसायीहरुले राष्ट्रिय ध्वाजाबाहक विमानपनि चाहियो यतीले पुगेन भनेर कुरा राखेका थियौ । विदेशी विमानहरु त आउछन र नाफा भउन्जेल काम गर्छन तर नाफा नभएपछि उनिहरु फर्कन्छन् । त्सैले सबै एशोसियशन एक भएर लाग्नु पर्छ भनेका थियौ । तर भनेजस्तो सजिलो त छैन । तर यस्को विकल्प पनी छैन । टानको पनि भर्खन चुनाव भएको छ चन्द्रजी आउनु भएको छ । सबै एसोशियसहरुका अध्यक्षहरु मिलेर नेपालको केही गनु पर्छ भन्ने छ । के हुन्छ हेरुम । अर्को

तपाई पनी मेची पर्यटन क्षेत्रको अध्यक्ष हुनुहुन्छ , तपाईले के के योजना बनाउनु भएको छ त ? म मेचि पहाडी क्षेत्रको अध्यक्ष भैसके पछि, पुर्वको कन्चनजंगा हिमालल, जुन विशवको तेस्रो अग्लो तथा नेपालका दोस्रो अग्लो हिमाललाको प्रचास प्रसार तिर लाग्ने सोच छ । त्यो बाहेक भर्खरै सुकेटारमा विमानपनि जान थालेकोले कमसेकम यसको प्रवद्धनको लागी चाहि अब फाम ट्रिप गर्ने डिजाइर्न गरि रहेकोे छु । यो फाम ट्रिपमा पर्यटन बोर्डसंग सहकार्य गरेर एशोसियसनका अध्यक्ष, पर्यटन व्यवसायीहरु ,पर्यटन क्षेत्रलाई प्रमोसन गर्नेखालका व्यवसायी जसले चाहि कन्चनजंगालाई पनि प्रवद्धन गर्ने मात्र नभएर भोलीका दिनमा त्यो क्षेत्रमा पर्यटक पठाउन सक्ने खालका ब्यबसायीहरु र अन्तराष्ट्रिय मिडीयामा काम गर्ने पत्रकारहरुको फामट्रिप बनाएर लैजाने योजना बनाएको छु ।

पुर्वका पर्यटकीय क्षेत्रहरु प्रवद्धमा के गर्नुपर्ला ? पुर्वका पर्यटकीय क्षेत्रमा कस्तो सुविधा छन् त ? पुर्वमा अन्नपुर्णक्षेत्र, एभरेष्ट जस्तो सुविधासम्पन छैन कन्चनजंगामा, तर पनी बस्नलाई अहिले राम्रो हुदैछ । पहिला पहिला त बस्तलाई क्यामपेनिङ ट्रेकिङ नै जानु प¥थयो । अहिले विस्तारै विकास हुदै छ । अहिले पुर्वका क्षेत्रमा टे«किङ पनी विस्तारै विस्तारै हुन थालीएको छ । यो क्षेत्रमा कम्तीममा दुईजनालाई मात्र अनुमती दिने गरिएको छ । अहिलेको सन्दर्भमा यहादेखि भद्रपुर र भद्रपुर देखी ईलाम ,ईलाममा पर्यटकहरुकाखलागी मनोरम दृश्य हेर्नकालागी बिभिन्न ठाउहरुको विकास भईसकेको छ । चिया वगान, विभिन्न तालहरु देखि लिएर भ्यूहेर्ने विभिन्न स्थानहरु धेरै छन् । हिन्दु तथा बौद्ध धर्मवलम्बीहरुको केन्द्रका रुपले प्रख्यात पाथीभरा देवीको दर्शन पुर्वको प्रमुख आकर्षण हो ।साक्षात देवीकोरुपमा दर्शन गर्न सकिन्छ । यो चाहि मनोकान्छा पुरागर्ने देवी भएकाले भारतको कलकत्ता सम्मबाट पर्यटकहरु आउने गर्छन । वार्षिक पाचलाख भारतीय र नेपाली पर्यटकहरु भित्रन्छन् । त्यसै गरि कञ्चनजंघाका ेलागी वर्षको पाचसय टुरिष्ट मात्रै भित्रिएको अवस्था रहेको छ । अहिले यहा हुने हवाई उडानपनि दुईटा भएको छ । अहिले तारा र गोमा जान्छन् मंगलवार र शुक्रवार उडान गर्र्दछन । पुर्वको कञ्चनजंगा सम्म डाइरेक्ट फ्लाइट भएको हुदा १२,१५ सय टुरिष्ट अबको दिनमाआउने हाम्रो आशा छ । बस्नलाई खानलाई विस्तारै विस्तारै विभिन्न सुविधाहरु पनि हुदै छ । अबको एक दुई वर्षमा राम्रै लजहरु बन्छन र व्यवस्था हुन्छ । पुर्वका पर्यटकिय क्षेत्रको विकासका लागी स्थानीयलाई कसरी सहभागी गराउनुभएको छ ? स्थानीयको सहभागीता भन्नु पर्दा ताप्लेजुङमा पहिले देखिनै होमस्टेको राम्रो व्यवस्था हुदै आएको छ । इलाममा पनि होमस्टेको राम्रो व्यवस्था छ र यसमा चाहि हामीले संग सगै प्रवद्धन केन्द्रले विभिन्न योजनाहरु विभिन्न ट्रेनिङहरुको आयोजना गर्ने गरेको छौ । ताप्लेजुङमा पनि कुक टे«निङको व्यवस्था गरेको छौ । त्यसै गरि ट्राभलको लागी पर्यटहरुसंग गरिने व्यवहार देखि लिएर कसरी फेन्ड्ली बनाउन सकिन्छ भन्नेमा चालकहरुलाई विशेष प्रशिक्षण दिने गरेको छौ । त्यसैे गरि ईलाम पाचथर ताप्लेजुङ कहा कहा बढि पर्यटकहरु छन् त्यहा त्यहा पर्यटकहरुका लागी शौचालयको व्यवस्था गरेका छौ । त्सतै कञ्चनजंगा क्षेत्रमा बस्ने सुविधा स्तर उन्नती गर्नका लागी ब्बयसायीहरु सग छलफल गरीरहेका छौ । ठाउ ठाउमा पर्यटकहरुलाई जान बाटो अझ फरकीलो तथा स्तरउन्नतीका लागी योजनाहरु रहेको छ । त्यसले गर्दा भविष्यमा चाहि मेरो कार्यकाल ४ वर्षको रहेको छ यो मेरो कार्यकालमा चाहि म पुर्वको लागी केहि न केहि गर्छु । मैले पर्यटन क्षेत्रमा लागेको दुई दशक मेरो अनुभव छ, यो अनुभवलाई पुर्ण रुपमा केन्द्रित भई पुर्वको पर्यटन विकासका लागी लाग्ने छु ।

अन्त्यमा केहि भन्नु छ की ? खासै केहि भन्नु भन्दा, यो हाम्रो पर्यटन क्षेत्रको प्रवद्धनको लागी संचारमाध्यमहरुले प्रचार प्रसार गरि सहयोग गरिदिनुहुन अनुरोध छ । नेपालमा रहेका राम्राकुराहरुको प्रमोसन संचार जगतले गरिदिनु प¥यो । सचारमाध्यले पुर्वका पर्यटकीय क्षेत्रका बारेक केही केही लेखीरहने गरिदिनु भयो भने विकासमा ठुलो सहयोग पुग्ने मैले विश्वास लिएको छु ।

]]>
6088 0 0 0
मनमोहक सजावट http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a4%ae%e0%a5%8b%e0%a4%b9%e0%a4%95-%e0%a4%b8%e0%a4%9c%e0%a4%be%e0%a4%b5%e0%a4%9f/ Tue, 17 Nov 2015 03:44:42 +0000 http://www.ghumphir.com.np/?p=6094 6094 0 0 0 रुवीनाला पास गर्दै http://localhost/ghum/%e0%a4%b0%e0%a5%81%e0%a4%b5%e0%a5%80%e0%a4%a8%e0%a4%be%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Tue, 17 Nov 2015 03:47:22 +0000 http://www.ghumphir.com.np/?p=6097 6097 0 0 0 ऐतिहासिक भुस पोल्ने पर्वमा http://localhost/ghum/%e0%a4%90%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%ad%e0%a5%81%e0%a4%b8-%e0%a4%aa%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5/ Tue, 17 Nov 2015 03:51:22 +0000 http://www.ghumphir.com.np/?p=6100 6100 0 0 0 छठको रौनक, युवा जलाशय (घाट) सजाउनमा व्यस्त http://localhost/ghum/%e0%a4%9b%e0%a4%a0%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%8c%e0%a4%a8%e0%a4%95-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%9c%e0%a4%b2%e0%a4%be%e0%a4%b6%e0%a4%af-%e0%a4%98%e0%a4%be%e0%a4%9f-%e0%a4%b8/ Tue, 17 Nov 2015 03:54:38 +0000 http://www.ghumphir.com.np/?p=6103

महोत्तरी, १ मङ्सिर ।

छठ पर्व गर्नका लागि महोत्तरी सदरमुकाम जलेश्वर, रामगोपालपुर, औरही, बर्दिवास, गौशालालगायत ग्रामीण भेगमा रहेका जलाशयलाई सजाउनका लागि स्थानीय युवा बिहानैदखि व्यस्त रहेका छन् । जिल्लाभरि रहेका पोखरी, ताल, इनार, नदीलगायतका जलाशयमा स्थानीय युवाले घाट बनाई सजाउनमा जुटेका छन् । युवाले स्थानीय घाटमा बिहानैदेखि टेन्ट, पन्डाल, डेकोरेसनलगायतका सजावटका समान लगाएर जलाशय (घाट) लाई दुलही झैँ सिङ्गार्ने कार्यमा जुटेका छन् । उनीहरु गाउँघरमा चन्दा उठाएर भए पनि घाटलाई सिङ्गार्ने कार्यमा जुटेका छन् । जलाशयको छेउमा सफा सुग्घर गर्नमा करिब एक हप्तादेखि जुटेका स्थानीयवासी आज बिहानैदेखि त्यस कार्यमा समूह बनाएर जुटेको बेलगाछीका रवीन्द्र महतोले बताउनु भयो । सन्ध्या अर्धका दिन रातभरि नै जलाशयको छेउ (घाट)मा बिताउनुपर्ने भएकाले विद्युत् भार कटौतीलाई ध्यानमा राखी आफूहरुले घाटमा जेनेरेटरको समेत व्यवस्था गरेको गौशाला नगरपालिका– १ का शम्भु साहको भनाइ रहेको छ । समुदायका हरेक व्यक्ति एकैसाथ एकैपल्ट पूजा गर्ने पर्वले परिचित रहेको छठ पर्व एउटा सामाजिक पर्व भएकाले सुरक्षाको खासै आवश्यक नपरेको उनीहरुको भनाइ रहेको छ । छठ पर्वको आज तेस्रो दिन भएकाले आज अस्ताउँदो सूर्यलाई दिएको अर्घ भोलि पुनः उदाउँदो सूर्यलाई अर्घ चढाउने भएकाले प्रायःजसो व्रतालुहरु घाटमा नै जाग्राम गरेर बिताउने गर्छन् । कतिपय स्थानमा मनोरञ्जन प्राप्तिका लागि घाटमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

]]>
6103 0 0 0
पर्यटन क्षेत्र प्रभावित http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%a4/ Tue, 17 Nov 2015 15:41:18 +0000 http://www.ghumphir.com.np/?p=6106

पाँचथर, १ मङ्सिर ।

इन्धन अभावले पाँचथरको होटल बन्द हुन थालेपछि पर्यटन क्षेत्र प्रभावित भएको छ । हिउँदयाम सुरु भएसँगै पूर्वको गोसाइँकुण्डको नामले प्रसिद्ध तिम्बु पोखरी र ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि जाने पर्यटक अत्यन्तै कममात्रै आउने गरेका छन् । अघिल्ला वर्षमा हिउँद लागेपछि पर्यटकको सदरमुकाम फिदिममा भीड लाग्ने गरेको थियो । तर यस वर्ष सुनसान जस्तै रहेको पर्यटन व्यवसायी बताउँछन् । इन्धनको अभावले आएका पर्यटकलाई दाउरामा पकाएर सेवा दिनुपर्दा ढिला हुने गरेको होटल अजिमाका सञ्चालक विमल श्रेष्ठले बताउनुभयो । इन्धनको अभाव जारी रहे अबको एक महिनापछि होटल बन्द गरेर वैकल्पिक व्यवसाय अपनाउने उहाँ बताउनुहुन्छ । होटलको भाडा, कर्मचारीलाई तलब र बैंकको किस्ता बुझाउनै धौधौ भएको होटल व्यवसायी बताउँछन् । होटल व्यवसायी सङ्घका अध्यक्ष तथा होटल सरगमका सञ्चालक महेन्द्र थाम्सुहाङले भूकम्पपछि होटल व्यवसाय धरासायी हुँदै गएको बताउनुभयो । “मधेस आन्दोलनपछि आयात ठप्प हुँदा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ” उहाँले भन्नुभयो । समस्या समाधान गर्दै व्यवसायीहरुका लागि अनुकुल बातवरण बनाउनुपर्नेमा थाम्सुहाङले जोड दिनुभयो । “ढिलाइ गरिए पर्यटन क्षेत्रमा गम्भीर असर पर्नेछ” उहाँले भन्नुभयो । जिल्लामा रहेका साना र ठूला होटल अधिकांशले खाना पकाउन हिटर र दाउरा प्रयोग गर्ने गरेका छन् ।

]]>
6106 0 0 0
डोलेश्वरकोे लिच्छविकालीन प्यागोडा शैलीमा पुनःनिर्माण सुरु http://localhost/ghum/%e0%a4%a1%e0%a5%8b%e0%a4%b2%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a5%87-%e0%a4%b2%e0%a4%bf%e0%a4%9a%e0%a5%8d%e0%a4%9b%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80/ Tue, 17 Nov 2015 15:47:05 +0000 http://www.ghumphir.com.np/?p=6108

भक्तपुर, १ मङ्सिर ।

भूकम्प र त्यसपछिका परकम्पका कारण भत्किएको सिपाडोलस्थित केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरको पुनःनिर्माण सुरु भएको छ । लिच्छविकालमा प्यागोडा शैलीमा निर्माण भएको सो मन्दिर १८९० सालको भूकम्पले चर्किएको र १९९० सालको महाभूकम्पले भत्काएपछि २००६ सालमा गुम्बज शैलीमा पुनःनिर्माण भएको थियो । डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले दुई वर्षभित्र लिच्छविकालमा बनेको जस्तै प्यागोडा शैलीमा रु चार करोड ५० लाखको लागतमा दुई तले मन्दिरमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पुनःनिर्माण भइरहेको जानकारी दिनुभयो । मन्दिरको मूल भाग र २४ रोपनी क्षेत्रफलमा विभिन्न संरचनासहितको गुरुयोजनाअनुसार निर्माण सम्पन्न गर्न रु ५० करोड लाग्ने अनुमान गरिएको छ । डोलेश्वरको गुरुयोजनानुसार मन्दिरसँगै ढुङ्गेधारा, सत्तल, धर्मशाला, अतिथि सदन गृह, घाट, पाञ्चायन मन्दिर, देवी, गणेश, सूर्यनारायण, वृन्दावनलगायत विभिन्न भौतिक संरचना निर्माण गरिने भएको छ ।

]]>
6108 0 0 0
पेट्रोल पम्पबाट नै इन्धनको कालोबजारी http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%aa%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a8%e0%a5%88-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8/ Tue, 17 Nov 2015 15:58:47 +0000 http://www.ghumphir.com.np/?p=6111

परासी, १ मङ्सिर ।

इन्धनको अभावको कारण देखाउँदै नवलपरासीमा स्वयम् पेट्रोल पम्पहरुले नै व्यापक मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएका छन् । भारतीय बजारबाट अवैध रुपमा भित्र्याइएको पेट्रोल वा डिजेललाई पम्प सञ्चालकहरुले स्वयम् पम्पमा राखी पम्पबाटै चर्को मूल्यमा पेट्रोल र डिजेलको बिक्री वितरण गरी कालोबजारी गर्दै आएका हुन् । विशेष गरी नवलपरासीको दक्षिणी क्षेत्रका अधिकांश पेट्रोल पम्पले पेट्रोलियम पदार्थको कालोबजारी गरेका छन् । पम्पबाट सोझै पेट्रोल वा डिजेलको खुलेआम कालोबजारी हुँदासमेत प्रहरी प्रशासन मौन छ । देशभरि नै पेट्रोलियम पदार्थको हाहाकारसँगै जिल्लाको दक्षिणी क्षेत्रको गोपीगन्ज, सेमरीलगायतका अधिकांश दक्षिण क्षेत्रका पेट्रोल पम्पले चरम मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएका हुन् । अझ यस्तो पेट्रोल वा डिजेलको कालोबजारी गर्ने कार्यमा पेट्रोलियम पदार्थ बोक्ने निजी ट्याङ्करसमेत प्रयोग गरिएको छ । यसरी पेट्रोलपम्पले प्रतिलिटर पेट्रोल रु ३०० र डिजेल रु २०० मा कालोबजारीमार्फत बाहिर जिल्लामा पठाउने गरेका छन् । पेट्रोल वा डिजेललाई खुलेआम पम्पबाटै प्रहरीको अगाडि पेट्रोलियम पदार्थको कालोबजारी गरी पेट्रोलियम पदार्थलाई महँगो मूल्यमा काठमाडौँ, चितवन, पोखरा, बुटवललगायतका क्षेत्रमा पठाउने गरेका हुन् । यसबारे पश्चिमाञ्चल डिलर एसोसिएसनका अध्यक्ष प्रेमनारायण पङ्गेनीले जिल्लाको ग्रामीण क्षेत्रका अधिकांश पेट्रोल पम्पले खुलेआम पम्पबाटै पेट्रोलियम पदार्थको कालोबजारी गरेको स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभयो –“प्रहरी प्रशासन यसबारे मौन बसेपछि केही पेट्रोल पम्पले कालोबजारी गर्दै आएका छन् ।” अहिले दैनिक करिब १० हजार लिटर पेट्रोलियम पदार्थ भारतीय बजारबाट ल्याएर नवलपरासी हुँदै जिल्लाभित्र र बाहिर पठाउने काम हुँदै आए पनि प्रहरी प्रशासन पूर्ण रुपमा मुकदर्शक बनेको छ ।

]]>
6111 0 0 0
तस्बिरमा रानीपोखरीको छठको रौनक http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9b%e0%a4%a0%e0%a4%95/ Tue, 17 Nov 2015 16:49:30 +0000 http://www.ghumphir.com.np/?p=6113 १ मंसिर, काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने गरिन्छ। सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको छठको प्रमुख दिन आज बेलुका सुर्य अस्ताउँदादेखि भोलि बिहान सूर्य उदाउँदासम्म हो। मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व वि।सं। २०४६ पछि काठमाडौँमा मनाउन लागिएको हो। सरकारले यसै वर्षदेखि सार्वजनिक बिदा दिन थालेको हो। विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो। यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो। कात्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ। यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ। तस्बिरमा रानीपोखरीको छठको रौनक chhat parba chhat parba chhat parba chhat parba chhat parba chhat parba chhat parba  ]]> 6113 0 0 0 उपत्यकाका सांस्कृतिक सम्पदाको जग बलियो http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d/ Fri, 20 Nov 2015 15:20:33 +0000 http://www.ghumphir.com.np/?p=6129

काठमाडौँ, ४ मङ्सिर ।

काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाको जग बलियो भएकाले भूकम्पले संरचना भत्किँदा पनि जग सुरक्षित रहेको अध्ययनमा संलग्न पुरातत्वविद्ले बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन (युनेस्को)को आर्थिक सहयोगमा पुरातत्व विभाग, बेलायतको दुरहाम विवि र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले गत कात्तिक २ गतेदेखि गरेको पुरातात्विक अन्वेषण र उत्खननबाट यस्तो तथ्य फेला पारिएको हो । “भूकम्पबाट भत्किएका काठमाडौँ उपत्यकाका पुरातात्विक र सांस्कृतिक सम्पदाको उत्खनन गरी अध्ययन गर्ने क्रममा परम्परागत निर्माण सामग्री एवम् प्रविधि उपयोग गरी बनाइएका स्थलको जगमा कुनै क्षति नभएको पाइयो”– विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्यले भन्नुभयो । भक्तपुर र पाटन दरबार क्षेत्र, पाटनका चार नारायण तथा काष्ठमण्डपको जग बलियो भएको अध्ययनबाट देखिएको छ । परम्परागत निर्माण सामग्री र प्रविधि उपयुक्त भए पनि समयमा मर्मत नगर्दा ती स्थलमा बढी क्षति भएको अध्ययनकर्ताले आज आयोजित छलफल कार्यक्रममा जानकारी गराएका हुन् । भत्किएका परम्परागत निर्माण सामग्रीलाई पुनः प्रयोग गर्न सकिने बताइएको छ । परम्परागत निर्माण सामग्री र प्रविधिले बनेका संरचनामाथि सिमेन्ट र बालुवाको प्रयोग गरी संरचना थप्दा भत्किएको कंक्रिटले उपत्यका फोहर देखिएको पुरातत्वविद् आचार्यले बताउनुभयो । माटाले बनेको संरचनामा सिमेन्ट, बालुवा र गिट्टी प्रयोग गरी निर्माण गर्दा संयोजन नमिली भत्किएको अध्ययनबाट प्रमाणित भएको छ । काठमाडौँका काष्ठमण्डप तथा ललितपुर र भक्तपुरका दरबार क्षेत्रमा उत्खनन गरिएको हो । काष्ठमण्डपको उत्खनन गर्दा लक्ष्मीनरसिंह मल्लले बनाएको विश्वास गरिँदै आएको तथ्य फरक पर्न सक्ने सामग्रीसमेत फेला परेको छ , जसलाई वैज्ञानिक अध्ययनका लागि स्टर्लिन विवि बेलायत पठाइएको छ । यसअघि पनि १२औँ वा १६औँ शताब्दीमा बनेको भनी फरक फरक भनाइ रहँदै आएकामा अहिलेको अध्ययनपछि ठोस प्रमाण पाइन सक्ने विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताउनुभयो । “नाम सङ्गीति नामक ग्रन्थमा काष्ठमण्डप १२औँ शताब्दीमा बनेको उल्लेख छ, अन्यत्र कतै लक्ष्मीनरसिंह मल्लले १६औँ शताब्दीमा बनाएको भन्ने उल्लेख गरेको पाइन्छ, अहिले फेला परेका सामग्रीको वैज्ञानिक परीक्षणपछि यस विषयमा ठोस प्रमाण आउने विश्वास छ”–उहाँले भन्नुभयो । एउटै रुखको काठले बनेको विश्वास गरिएको काष्ठमण्डपका भत्किएका केही काठ काम लाग्ने अवस्थामा छ । अध्ययनबाट विभिन्न विशेषतायुक्त माटाका भाँडाका टुक्रा भेटिएकाले तिनले निर्माणको तिथि निर्धारणका लागि सहयोग पु¥याउने अध्ययन समूहको विश्वास छ । अनुसन्धानमा दुरहाम विविका प्रा रवीन कनिङ्घम, प्रा अरमिन स्मिडिथ, डा क्रिस्टोफर डेभिस, डा जेनिफर टेम्बले, अनुक एवम् इमिलिया स्टर्लिन विविका प्रा इयान सिम्पसन, विभागका पूर्वमहानिर्देशक आचार्य, विभागका पुरातत्वविद् तथा कामपा संस्कृति शाखाका कर्मचारीको सहभागिता थियो ।

]]>
6129 0 0 0
साढे तीन हजार मेट्रिक टन स्याउ निर्यात http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a2%e0%a5%87-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%ae%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%9f%e0%a4%a8-%e0%a4%b8/ Fri, 20 Nov 2015 15:23:30 +0000 http://www.ghumphir.com.np/?p=6132

मुस्ताङ, ४ मङ्सिर ।

स्याउको राजधानी भनेर चिनिने हिमाली जिल्ला मुस्ताङबाट यो याममा तीन हजार ६०० मेट्रिक टन स्याउ निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयले यो वर्ष चार हजार ७५० मेट्रिक टन स्याउ उत्पादन भएको जनाएको छ । गतर्ष पाँच हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । “बाँकी स्याउ जिल्लाभित्रै खपत भएको छ” कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले भन्नुभयो । गतवर्ष पनि तीन हजार ६५० मेट्रिक टन स्याउ जिल्लाबाट निर्यात भएको थियो । जिल्लाको मार्फा, टुकुचे, जोमसोम, कोबाङ र कागबेनी गाविसमा स्याउको पर्याप्त उत्पादन हँुदै आएको छ । ९९७ हेक्टरमा स्याउखेती गरिए पनि ३३३ हेक्टरबाट उत्पादन भइरहेको कार्यालयले जनाएको छ । “यसवर्ष तीन हजार ६०० मेट्रिक टनबाट जिल्लाका किसानले करिब रु २८ करोड भन्दा बढी कमाउन सफल भए, दाना लाग्ने बित्तिकै प्रतिकिलो रु ८० मा किसानले बेच्ने गर्छन्” उहाँले भन्नुभयो । सडक विस्तारसँगै यातायातको पहुँचका कारण जिल्लामा उत्पादन भएको स्याउ म्याग्दी, पर्वत, बाग्लुङ हँुदै पोखरा, राजधानी र तराईका जिल्लामासमेत पुग्ने गरेको किसानले बताएका छन् । पछिल्लो समय जिल्लामा व्यक्तिगतसंँगै सामूहिक र सहकारीको माध्यमबाट स्याउखेती गर्नेको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।

]]>
6132 0 0 0
काठ तस्करी रोक्न संयुक्त गस्ती http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a0-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a8-%e0%a4%b8%e0%a4%82%e0%a4%af%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4/ Fri, 20 Nov 2015 15:26:41 +0000 http://www.ghumphir.com.np/?p=6134

कञ्चनपुर, ४ मङ्सिर ।

चुरे क्षेत्रमा काठ तस्करी गर्ने क्रममा बढोत्तरी भएपछि वन कार्यालय कञ्चनपुर र चुरे संरक्षण सञ्जालका पदाधिकारीले संयुक्त गस्तीको कार्य सुरु गरेका छन् । काठ तस्करी हुने क्षेत्रहरुको पहिचान गरी संयुक्त गस्तीको कार्यलाई दुवै निकायले प्रभावकारी रुपमा अगाडि बढाएका हुन् । “तस्करहरुले साइकल र मोटरसाइकलको प्रयोग गरी काठ तस्करी गर्न थालेपछि यसलाई रोक्नका लागि संयुक्त गस्तीको कार्यलाई अगाडि बढाएका छौँ” –इलाका वन कार्यालय ब्रह्मदेवका सहायक वन अधिकृत जीवछ यादवले भन्नुभयो । राति र दिउँसो पालो मिलाएर गस्तीको कार्य गरिन थालेकाले विगतको तुलनामा काठ तस्करी र जीवजन्तुको चोरी सिकारी नियन्त्रण हुँदै गएको उहाँले बताउनुभयो । केही दिनअघि मात्रै गस्ती टोलीले काठसहितका दुईवटा मोटरसाइकल बरामद गरी वन कार्यालयलाई बुझाइएको उहाँले बताउनुभयो । तस्करहरु गस्ती टोली देख्नेबित्तिकै मोटरसाइकल र साइकल छाडेर भाग्ने गरेकाले पक्राउ गर्न नसकेको उहाँको भनाइ रहेको छ । “दुवै निकायका पदाधिकारीहरुले गस्ती कार्यलाई निरन्तरता दिँदै आएकाले तस्करहरुले विगतमा जस्तो ढुक्कसँग वन पैदावारको तस्करी गर्नबाट डराउने गरेकाले तस्करीको कार्यमा निकै कमी आएको पाएका छौँ” – चुरे संरक्षण सञ्जालका अध्यक्ष रवीन्द्र कुँवरले भन्नुभयो । संयुक्त गस्तीको कार्य दुई महिनाअघिदेखि निरन्तररुपमा हुँदै आएको छ ।

]]>
6134 0 0 0
चीनले मुस्ताङमा छ गुणा अनुदान बढायो http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%9b-%e0%a4%97%e0%a5%81%e0%a4%a3%e0%a4%be-%e0%a4%85%e0%a4%a8/ Fri, 20 Nov 2015 15:33:04 +0000 http://www.ghumphir.com.np/?p=6136

मुस्ताङ, ४ मङ्सिर ।

चीन सरकारले हिमाली जिल्ला मुस्ताङलाई बर्सेनि दिँदै आएको अनुदानमा यसवर्षदेखि वृद्धि गरेको छ । नेपाली पक्षबाट हुने मागका आधारमा खाद्यान्न र निर्माण सामग्री अनुदानमा सहयोग गर्दै आएको चीनले भूकम्प र भारतीय नाकाबन्दीलाई दृष्टिगत गर्दै साविकको भन्दा छ गुणा अनुदान बढाएको जिविस, मुस्ताङका कार्यक्रम अधिकृत केदारसिंह थापाले बताउनुभयो । चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङका लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, घमी र छुसाङ गाविसका सर्वसाधारणका लागि चीनले सात हजार ८०० बोरा सिमेन्ट, १५ हजार थान जस्तापाता, आठ हजार थान प्लाइउड, एक हजार २०० टन फलामको रड, २५ हजार केजी केराउ, २९ हजार भटमास उपलब्ध गराएको कार्यक्रम अधिकृत थापाले जानकारी दिनुभयो । चीन सरकारले यसअघि नै उपल्लो मुस्ताङको लोमान्थाङमा ७० किलोवाटको सोलार प्रणाली जडान गरिदिएको छ । त्यसबाट त्यहाँका २२१ घरधुरी प्रत्यक्ष रुपमा लाभाविन्त भएका छन् । अनुदानका क्रममा थप ५०० थान सोलार प्यानल पनि पठाएको जिविसले जनाएको छ । चीनले उपलब्ध गराउने सबै अनुदानका सामान छोसेरस्थित कोरला नाका हुँदै सिधै लोमान्थाङ भित्रिएको थियो । सिमानासम्म दुवैतर्फबाट सडकको पहुँच पुगिसकेकाले नाकाबाट सामान आर्यात–निर्यात गर्न सहज हुने बताइएको छ । उक्त नाकालाई दीर्घकालीन रुपमा प्रयोग गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने मुस्ताङवासीको माग छ । उपल्लो मुस्ताङसँग सीमा जोडिएको तिब्बतका ढोवासेन जिल्लाका अधिकारीले उपलब्ध गराएको सामान लोमान्थाङका गाविस सचिव झुमी विष्टले बुझेको कार्यक्रम अधिकृत थापाले जानकारी दिनुभयो । चीनले मुस्ताङसहित हुम्ला, गोर्खा, मुगु, रसुवा, दोलखा र सिन्धुपाल्चोक जिल्लामा पनि यसरी अनुदान सहयोग गर्दै आएको छ ।

]]>
6136 0 0 0
तीन वर्षमा चार किमी सडक निर्माण http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a4%bf%e0%a4%ae%e0%a5%80-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%a8%e0%a4%bf/ Fri, 20 Nov 2015 15:36:23 +0000 http://www.ghumphir.com.np/?p=6138

बैतडी, ४ मङ्सिर ।

जिल्लाको अनारखोली–कैलपाल कृषि सडक निर्माण कार्य ढिलाइ हुँदा स्थानीयवासीलाई समस्या भएको छ । डडेल्धुरा र बैतडीको सीमामा पर्ने उक्त सडक तीन वर्षमा चार किलोमिटर मात्र निर्माण भएको स्थानीयवासी देवसिंह बोहराले बताउनुभयो । उहाँले भन्नुभयो – “करिब तीन वर्ष पहिलेदेखि निर्माण कार्य सुरु गरेकामा अहिलेसम्म पनि पूर्णरुपमा नबन्दा समस्या भएको छ ।” अनारखोलीदेखि चार किलोमिटर बीच जङ्गलसम्म मात्र निर्माण हुँदा गाउँमा उत्पादित तरकारी बजारमा पु¥याउन नसकिएको उहाँले बताउनुभयो । सडक निर्माणमा ढिलाइ हँुदा स्थानीय यातायात सेवाबाट वञ्चित भएका छन् । बजार आवतजावत गर्नसमेत पैदल जानुपर्ने बाध्यता रहेको छ । आफूलाई पायक पर्ने चुल्लेक गाउँसम्म सडक पु¥याइदिन सम्बन्धित निकायलाई आग्रह गर्दासमेत कुनै पहल नभएको स्थानीयवासीको गुनासो रहेको छ ।

]]>
6138 0 0 0
डिजेल बोकेको ट्याङ्कर प्रहरी नियन्त्रणमा http://localhost/ghum/%e0%a4%a1%e0%a4%bf%e0%a4%9c%e0%a5%87%e0%a4%b2-%e0%a4%ac%e0%a5%8b%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d/ Fri, 20 Nov 2015 15:38:37 +0000 http://www.ghumphir.com.np/?p=6140

बुटवल, ३ मङ्सिर ।

नेपाल आयल निगमको भलबारी डिपोबाट तेल बोकेर काठमाडाँैका लागि हिडेको ट्याङ्कर आज नवलपरासीमा प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देहीस्थित भलवारी डिपोबाट चलान भएको ना४ख ७१४५ नम्बरको ट्याङ्करलाई नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार डिजेल पठाउने विषयमा डिपोले स्थानीय प्रशासनसँग समन्वय नगरेको पाइएको छ । साथै डिपो प्रमुखको गतिविधि पनि शङ्कास्पद देखिएकाले ट्याङ्कर नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । प्रजिअ ढकालका अनुसार प्रहरीले नियन्त्रणमा लिएर उक्त ट्याङ्कर भलवारी डिपोमा नै फिर्ता ल्याइएको छ । ट्याङ्कर निगमका महाप्रबन्धक गोपालबहादुर खड्काको लिखित निर्देशनमा आफूले काठमाडौँका लागि पठाएको निगमका भलवाडी डिपोका प्रमुख दिनेश यादवले जानकारी दिनुभयो ।

]]>
6140 0 0 0
र्‍याडिसन, साङ्ग्रिला लगायतका होटल कारवाहीमा http://localhost/ghum/%e0%a4%b0%e0%a5%8d%e2%80%8d%e0%a4%af%e0%a4%be%e0%a4%a1%e0%a4%bf%e0%a4%b8%e0%a4%a8-%e0%a4%b8%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%b2%e0%a4%97/ Fri, 20 Nov 2015 15:48:49 +0000 http://www.ghumphir.com.np/?p=6142 काठमाडौँ, ४ मङ्सिर ।
काठमाडौँ महानगरपालिकाभित्र रही सञ्चालनम हुँदै आएका धेरै होटल तथा नाफामूलक संस्थाहरु अझै करको दायरामा नआएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।
काठमाडौँ महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाही गर्न सुरु गरेसँगै केही होटलले कर तिरेका भए पनि नाफा कमाउने उद्देश्यले सञ्चालन भएको होटल र केही संस्थानले अझैसम्म कर बुझाएका छैनन्।
होटल, नाफामूलक संस्था र संस्थानले समेत लामो समयसम्म कर तिर्न आलटाल गरेपछि यो वर्षको सुरुदेखि महानगरपालिकाले कारबाही गर्न सुरु गरेको थियो। कारबाहीको प्रक्रिया सुरु गरेसँगै केही होटलले कर तिर्ने क्रम बढेको भए पनि अझै धेरैले तिर्न आलटाल गरिरेहेको काठमाडौँ महानगरपालिकाअन्तर्गत राजस्व विभागका प्रमुख महेश काफ्लेले जानकारी दिए।
कारबाहीको प्रक्रिया सुरु गरेपछि आरबी कम्प्लेक्स खिचापोखरी, वीणा चेम्बर न्युरोड, सिटिसी मल सुन्धारा, बानेश्वर प्लाजा, बानेश्वर डिपार्टमेन्टल स्टोर, पुशपति प्लाजा खिचापोखरी, पिपुल्स प्लाजा खिचापोखरी, अम्बे कम्प्लेक्स टेकु, जामे मार्केट रत्नपार्क, महालक्ष्मी प्लाजा खिचापोखरी, केस प्लाजा न्यूरोड र नेपाः कम्प्लेस न्युरोडले कर तिरेका छन्।
त्यसैगरी होटल मार्कोपोलो कमलादी, होटल मल्ल लैनचौर र होटल सोल्टी सोल्टीमोडले कर तिरेका छन्। यस्ता ठूला होटल तथा व्यावसायिक प्रयोजनका लागि सञ्चालन भएको भवनले नियमितरुपमा कर बुझाउने हो भने वार्षिक १० लाख रुपैयाँ देखि १२ लाख रुपैयाँ सम्म कर तिर्नुपर्दछ। तर काठमाडौँ मल सुन्धारा, सांस्कृतिक संस्थान जमल, वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर प्लाजा, अल्फाविटा वानेश्वर, काठमाडौँ बिजनेस पार्क टेकु र काठमाडौँ प्लाजा कमलादीले समयसीमा नाघिसक्दासमेत कर नतिरेको काफ्लेले बताए।
रोयल सिङ्गे होटल दरबार मार्ग, होटल र्‍याडिसन, होटल शङ्कर, होटल माउन्टेन, ल्यान्डमार्क होटल र साङ्ग्रिला होटलले पनि कर नतिरेको हुँदा कारबाही प्रक्रिया अघि बढाइएको छ। साझा भण्डार लिमिटेड भोटाहिटीले भने घरवहाल कर मात्र तिरेको छ त्यसैगरी होटल एभरेस्ट, याक एन्ड यति, ह्यात रिजेन्सी होटल र द्वारिका होटलले स्थापनाकालदेखि हालसम्म पनि कर नबुझाएको राजस्व विभागले जनाएको छ।
पछिल्लो समय कर बुझाउने करदाताको सङ्ख्यामा वृद्धि हुँदै गएको भए पनि ठूला होटल तथा सङ्घसंस्थाले अझै सहज तरिकाले कर तिरेका छैनन्। समयमा कर नबुझाउनेलाई महानगरपालिकाले स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६५ (२) बमोजिम चलअचल सम्पत्तिको रोक्का गर्ने, नविकरण नगर्ने, फोहोर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी वा रोक्का गर्ने महानगरपालिकाअन्तर्गत हुने कामकाजका लागि सिफारिस नगर्ने लगायतका कारबाही गर्नेछ।
पटकपटक कर तिर्नका लागि बुझाउने, पत्र पठाउने, सूचना प्रकाशित गर्ने नभए कारबाही गर्ने र त्यति गर्दा पनि कर नतिरेमा तालाबन्दीसमेत गर्ने प्रमुख काफ्लेले बताए। खासगरी राजनीतिक पहुँच र, राजनीतिक संरक्षण भएका व्यक्ति र उच्च पदमा रहेका जिम्मेवार व्यक्तिले नै कर तिर्नुपर्नेमा बुझेर पनि नबुझे झै गरेर कर छल्ने गरेको उनको भनाइ छ।
हरेक आर्थिक वर्षभित्रमा आफ्नो संस्थाको विवरणसहित कर बुझाउनुपर्ने हुन्छ। तिनुपर्ने समयभित्रै कर नतिरेको खण्डमा प्रत्येक वर्ष १० प्रतिशतको दरले जरिवानासमेत तिर्नुपर्ने प्रावधान रहेको महानगरपालिकाले जनाएको छ।
]]>
6142 0 0 0
पाहुना चरा गन्दै http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a4%be-%e0%a4%9a%e0%a4%b0%e0%a4%be-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Fri, 20 Nov 2015 15:55:00 +0000 http://www.ghumphir.com.np/?p=6145 6145 0 0 0 काष्ठमण्डपको उत्खनन् http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%ae%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%aa%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%96%e0%a4%a8%e0%a4%a8%e0%a5%8d/ Fri, 20 Nov 2015 16:14:14 +0000 http://www.ghumphir.com.np/?p=6154 6154 0 0 0 लहलहाउदो तोरी बाली http://localhost/ghum/%e0%a4%b2%e0%a4%b9%e0%a4%b2%e0%a4%b9%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a5%8b-%e0%a4%a4%e0%a5%8b%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a5%80/ Fri, 20 Nov 2015 16:18:22 +0000 http://www.ghumphir.com.np/?p=6157 6157 0 0 0 मूर्ति स्थापना भएपछि http://localhost/ghum/%e0%a4%ae%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%a8%e0%a4%be-%e0%a4%ad%e0%a4%8f%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/ Fri, 20 Nov 2015 16:23:12 +0000 http://www.ghumphir.com.np/?p=6160 6160 0 0 0 आयल निगमले यसरी गरिरहेको छ कालोबजारी http://localhost/ghum/%e0%a4%86%e0%a4%af%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%af%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%95%e0%a5%8b/ Fri, 20 Nov 2015 16:29:06 +0000 http://www.ghumphir.com.np/?p=6163

विज्ञान अधिकारी

बिहीबार राति एउटा ट्याङ्कर नवलपरासीमा प्रहरीले नियन्त्रणमा लियो। ना४ख ७१४५ नम्बरको ट्याङ्कर नेपाल आयल निगमको भलबारी डिपोबाट तेल बोकेर काठमाडौँका लागि गुडेको थियो। जिल्ला प्रशासनलाई जानकारीसमेत नदिई ट्याङ्कर पठाएको थाहा भएपछि प्रहरीले नियन्त्रणमा लिई पुनः भलबारी नै पठाएपछि खुल्यो निगम आफैले कालोबजारीलाई प्रोत्साहन गर्दै कसरी पेट्रोलियम पदार्थ वितरण गर्दैछ।  सरकारले कालोबजारी नियन्त्रण गर्न उच्चस्तरीय समिति बनाएकै दिन यस्तो रहस्य खुलेको हो। वाणिज्य तथा आपूर्ति मन्त्रालय कालोबजारी छानविन गर्न सहसचिव जीवराज कोइरालाको संयोजकत्वमा समिति बनाएकै समयमा कुनै एउटा फर्मको नाममा १२ हजार लिटर डिजल दिइएको छ त्यो पनि पम्पमार्फत्। निगमको भलवारी डिपोले रिंगरोड विस्तार गर्ने कम्पनी संघाई ग्रुपको नाममा स्वयम्भुमा रहेको हामा पेट्रोल पम्पलाई यो परिमाणको डिजल दिएको हो। निगम आफैले चरम अभाव भएको भन्दै कुनै पनि पम्पलाई आफ्नो सिफारिशबाहेक ग्यालिनमा डिजल नदिन परिपत्र जारी गरेको छ। निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार तीन हजारसम्मको पेट्रोलियम पदार्थ निगम केन्द्रीय कार्यालयको सिफारिशमा स्वयं फर्मलाई मात्रै दिइएको छ। ‘हामीले सिफारिश गरेको आधारमा पम्पबाट दुई/चार सय लिटर पेट्रोलियम पदार्थ पम्पले दिनसक्छ । तर धेरै परिमाणको तेल सम्वन्धित फर्मकै नाममा दिइन्छ। पेट्रोल पम्पबाट ठूलो परिमाणको तेल दिन मिल्दैन,’ उनले पहिलोपोस्टसँग भने। तर निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको तोक आदेशमा निगमका भलवारी डिपो प्रमुख दिनेश यादवले हामा पम्पको नाममा १२ हजार लिटर डिजेल पठाएका थिए। पहिलोपोस्टलाई प्राप्त गोप्य पत्रमा हामा पम्पले रिंगरोड विस्तारको काम गरिरहेको संघाई ग्रुपले पेट्रोलियम पदार्थ नहुँदा काम ठप्प भएको भन्दै आवश्यक इन्धन उपलब्ध गराउन आग्रह गरेको थियो। निगममा संघाईको कुनै पत्र बिना निगमका कार्यकारी निर्देशक खड्काले कातिक १५ गते भलवारी डिपो प्रमुखलाई १२ केएल (१२ हजार लिटर) डिजेल दिन निर्देशन दिएका थिए। निगमका अनुसार सम्वन्धित फर्मको निवेदन बिना तेल दिनै मिल्दैन।‘सम्बन्धित फर्मको निवेदन बिना तेल दिनै मिल्दैन। अझ कुनै पम्पलाई यसरी फर्मको नाममा तेल दिने निर्णयले निगमले कालोेबजारी गरिरहेको स्पस्ट प्रमाण समेत हो,’ निगमका एक कर्मचारीले भने, ‘अहिलेसम्म तथ्य थिएन तर बिहीबारको घट्नाले तथ्य र प्रमाण समेत फेला परिसकेको छ।’ यही निर्देशनका आधारमा डिपो प्रमुख यादवले बिहीबार यो पम्पलाई डिजेल दिएका हुन्। उनले हामाको नाममा दिएको तेलकोे चलानीमा ‘एनओसीका श्रीमान् एमडी साहेबको कातिक १५ पत्रको तोक बमोजिम उपलब्ध गराएको’ उल्लेख छ। प्रहरीले डिजेल बरामद गरेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा राखेको छ। स्रोतका अनुसार यो डिजेल बरामद भएपछि निगमभित्र हल्लीखल्ली मच्चिएको थियो। डिपो प्रमुख यादवले प्रमुख जिल्ला अधिकारी सामु कार्यकारी निर्देशकको दबाबमा डिजेल दिनुपरेको बताएको स्रोतले बतायो । ‘उहाँले १५ दिनको अवधिमा धेरै पटक दबाब दिनुभयो । अस्ति फोन गरेर तिमीले त्यतिपनि काम गरेनौ भने म अबदेखि फोन गर्दिन भन्नुभयो,उनको भनाई उद्धृत गर्दै एक कर्मचारीले भने, ‘जागिरकै लागि पनि मैले गैरकानुनी काम भएपनि डिजल पठाएको हुँ ।’ स्रोतका अनुसार आयल निगम र पम्पको मिलेमतोमा आएको डिजेल महँगो मूल्यमा बिक्री गर्न ल्याइएको हो । थानकोट डिपोबाटै दिन सकिने तेल भलबारीबाट दिन लगाएर कालोबजारी गर्न लागिएको स्रोतले बतायो। स्रोतका अनुसार यो बाहेक कन्जुमरको नाममा पनि महँगो मूल्यमा तेल बिक्री भइरहेको छ। ठूला व्यवसायिक घरानाहरुले महँगो मूल्यमा निगमको डिपोबाटै तेल किनिरहेका छन्।पहिलोपोस्ट]]>
6163 0 0 0
बेच्न ल्याएको ग्यास लुकाएपछि http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a5%8d%e0%a4%a8-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%be/ Sat, 21 Nov 2015 02:10:13 +0000 http://www.ghumphir.com.np/?p=6165

मंसिर ५,बागलुङ ।

ग्यास सिलिण्डर लुकाएको आरोपमा ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।सानेपामा रहेको जे.एस.स्टोर का संचालक  विनय साहलाई पक्राउ गरिएको डिएसपी किसनसिंह थापाले जानकारी दिए । उनले  कालीमाटी काठमाडौस्थित ग्याँस डिपोबाट ३५ वटा हिमाल ग्याँसको सिलिण्डर विक्री वितरणको लागि ल्याएता पनि लुकाएर राखेका थिए ।
सानेपास्थित मुकुन्द सुवेदीको घरमा डेराकोठा भाडामा लिई लुकाई छिपाई राखेको अवस्थामा उनी पक्राउ परेका हुन् । १ लाख धरौटी बुझाएर उनी आजै छुटेका छन् ।
]]>
6165 0 0 0
मधेस आन्दोलनका नाममा यसरी भइरहेछ कालोबजारी, आन्दोलनकारीदेखि सरकारी निकायसम्मै साँठगाँठ http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a4%b8%e0%a4%b0/ Sat, 21 Nov 2015 02:19:11 +0000 http://www.ghumphir.com.np/?p=6167 विज्ञान अधिकारी

काठमाडौं : मधेसी मोर्चाले संविधान निर्माणमा असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेको आज(शुक्रबार) ९८औं दिनमा पुगेको छ भने भारतले अघोषित नाकाबन्दी लगाएको दुई महिना पुग्दैछ। मधेसी मोर्चाले राजनीतिक माग राखेर सुरु गरेको आन्दोलन ९८ दिनसम्म अनवरत रुपमा चल्नुमा राजनीतिक जगले मात्रै सम्भव छ ? पक्कै पनि छैन। पछिल्ला दिनका घटनाक्रमले आन्दोलन राजनीतिका नाममा ‘आर्थिकोपार्जन’को दरिलो माध्यम बनेको छ देखाएको छ। आन्दोलनकारी र सरकारका कर्मचारीले आन्दोलनलाई आर्थिक उपार्जनको बाटो बनाउँदा आन्दोलन लम्बिएको छ र टुंगोमा पुग्ने सम्भावना टाँढिदै गएको छ। मधेसको आन्दोलनसँगै वैधानिक व्यापार बन्द भएर ‘स्मगलिङ’तर्फ मुलुक धकेलिएको छ। यसले मुलुकको अर्थतन्त्रलाई अझै केही वर्ष उठ्नै नसक्ने अवस्थामा पुर्‍याएको छ। अवैध व्यापारका कारण मुलुकको राजश्वमा ठूलो गिरावट आइसकेको छ। भन्सार विभागका अनुसार विगत तीन महिनामा भन्सार बिन्दुमा संकलन हुने राजस्व मात्रै २५ अर्ब रुपैयाँ गुमेको छ। साउनदेखि कात्तिकसम्म वार्षिक लक्ष्यको करिब ३० प्रतिशत राजस्व संकलन हुनुपर्नेमा यही बेलामा बन्दको मार खेप्नुपरेको छ। आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा आन्तरिक राजस्व(भ्याट, अन्तशुल्क र आयकर) लक्ष्य भन्दा १० अर्ब रुपैयाँ कम भएको छ।

यसरी चलेका छन् औद्योगिक कोरिडर ?

वारा–पर्सा औद्योगिक कोरिडर मधेस आन्दोलनको केन्द्रविन्दुमा छ। आन्दोलनको भुंग्रोले सबैभन्दा बढी यही क्षेत्रलाई सताएको छ। अर्बौ लगानी गरेको यो क्षेत्रका उद्योगीहरुले करोडौं नोक्सानी व्योहोरिसकेका छन्। तर अहिले आन्दोलनकै बीचमा परिस्थिति फेरिएको छ। औद्योगिक कोरिडरभित्र रहेका उद्योगहरुमा धुवाँका मुस्लो बाहिर आउन थालेका छन्। ‘बारा–पर्साका औद्योगिक कोरिडरका उद्योगहरु संचालन हुन थालेका छन्। हामीले मधेसी मोर्चाका स्थानीय कार्यकतालाई पैसा बुझाएपछि उद्योग चलेका हुन्,’ वीरगञ्जका एक उद्योगीले टेलिफोनमा भने, ‘करोडौ ऋण र कामदारलाई तलब दिन पनि उद्योग चलाउन हामीले आन्दोलनकारीको कार्यकर्तालाई मिलाउन बाध्य भएका हौ।’ स्रोतका अनुसार उद्योग चलाउन उद्योग, उद्योगको क्षमताका आधारमा स्थानीय कार्यकर्तालाई दैनिक रकम बुझाउनुपर्छ। स्रोतका अनुसार दैनिक एक उद्योगले १० हजारदेखि ५० हजार रुपैयाँसम्म अतिरिक्त रकम बुझाएर उद्योग संचालनमा आएको छ। ती उद्योगीका अनुसार दैनिक रुपमा रकम नदिए उद्योग नै तोडफोड हुन्छ। आन्दोलनकारीले औद्योगिक कोरिडरबाट दैनिक लाखौ रुपैयाँ उठाएका छन्। ‘हामीबाट स्थानीय कार्यकर्ताले पैसा लैजाने गरेका छन्। त्यो मधेसी नेतासम्म पुग्छ कि पुग्दैन थाहा हुँदैन,’ ती उद्योगीले भने, ‘यही क्षेत्रमा हिडिरहेका मधेसी नेताहरुलाई उद्योग चलेको जानकारी छ। बन्दको बेलामा उद्योग चल्दा पनि उनीहरुले थाहा नपाउने त कुरै हुँदैन।’ स्रोतका अनुसार आन्दोलनमा सहभागी भएका दलमध्ये सबैभन्दा निष्कलंक महन्थ ठाकुर हुन्। यी बाहेक मधेसवादी सबै शीर्ष नेतासम्म स्थानीय तहबाट उठेको रकम पुग्ने गरेको ती उद्योगी बताउँछन्। यसबाहेक वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहबाट दिनहुँ सामान औद्योगिक कोरिडर र काठमाडौंसम्म आउन थालेका छन्। रातिको समयमा बन्दरगाहमा रहेका सामान कुनै अवरोध विना ल्याइन्छ। स्रोतका अनुसार मधेसी मोर्चाका स्थानीय नेताको सहयोगमा दैनिक तीन सय मालबाहक गाडी बन्दरगाहबाट छुट्ने गरेको छ। स्थानीय कार्यकर्तालाई एउटा गाडीको १० हजारदेखि २० हजार रुपैयाँ दिनुपर्छ। स्थानीय कार्यकर्तालाई पैसा नदिए मालवाहक गाडीमा तोडफोड हुने ती उद्योगी बताउँछन्। ‘आन्दोलनकारी र ट्रक व्यवसायीबीच मिलेमतो छ। उनीहरुले अहिले गाडीको भाडा सामान्य समय भन्दा चौब्बर बनाएका छन्,’ ती उद्योगीले भने, ‘यो भाडा वापतको रकम आन्दोलनकारी र ट्रक व्यवसायीको भागबन्डा गरिन्छ।’

पेट्रोलियम पदार्थको कालोबजारी

मधेस आन्दोलनलाई ‘फ्युलिङ’ गर्ने अर्को महत्वपूर्ण औजार पेट्रोलियम पदार्थको कालोबजारी बनेको छ। भारतले अघोषित नाकाबन्दी लगाउँदै नेपाल आउने तेल ८५ प्रतिशत कटौती गरेपछि अहिले सबैभन्दा ठूलो अवैध कारोबार पेट्रोलियम पदार्थको भइरहेको छ। भारतबाट आयात हुने सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ हो। वार्षिक रुपमा १ खर्ब ३० अर्बको पेट्रोलियम पदार्थ भारतबाट नेपाल भित्रिन्छ। भारतले यही ‘लाइफलाइन’लाई रोकेर आफ्नो माग पूरा गराउन खोजेको छ भने मधेस आन्दोलन अनवरत रुपमा अघि बढ्नमा सीमा नाकाबाट अवैध रुपमा आउने यही पेट्रोलियम पदार्थले सहयोग गरिरहेको छ। सीमा नाकाबाट अहिले हजारौ लिटर पेट्रोलियम पदार्थ अवैध रुपमा भित्रिएको छ। यही पेट्रोलियम पदार्थबाट बिक्रीबाट आउने अतिरिक्त रकमले आन्दोलन टुंगोमा पुग्न नदिने प्रमुख बाधक बनेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ठोरी नाकाबाटै मात्रै साढे एक लाख लिटर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ जसले अत्यावश्यक सेवा, निजी सवारी साधन र सार्वजनिक यातायात संचालन भइरहेका छन्। अवैध रुपमा आएको पेट्रोलियम पदार्थको जालो काठमाडौं उपत्यकासम्म फैलिएको छ। चितवनका धेरै घरमा पेट्रोलियम पदार्थको भण्डारण गरेर राखिएको छ र महँगो मूल्यमा बिक्री गरिन्छ। स्रोतका अनुसार वीरगञ्ज–रक्सौंल नाकामा आन्दोलनकारीले धर्ना दिए पनि मोटरसाइकल आन्दोलनकारीकै नाममै गएर पेट्रोलियम पदार्थ ल्याउने गरिएको छ। वीरगञ्जकै उद्योगीका अनुसार सिमरामा दुई सयभन्दा बढी मोटरसाइकल पेट्रोलियम पदार्थ ओसार/पसारकै लागि बसेका हुन्छन्। ती मोटरसाइकलले ल्याउँदा स्थानीय कार्यकर्तालाई रकम बुझाउनुपर्छ। सिमरा लगायतका क्षेत्रमा प्रत्येक पसलमा पेट्रोल बिक्री खुलमखुला भइरहेको छ।

सरकारकै कालो धन्दा ?

आन्दोलन ‘फ्युलिङ’ हुनुमा मधेसी मोर्चाका स्थानीय कार्यकर्ताको मात्रै हात छैन सरकारी निकायको मिलमतोमा भइरहेको कालोबजारीले सबैभन्दा महत्वपूर्ण भूमिका छ। पेट्रोलियम पदार्थको कारोबार गर्ने एक मात्रै संस्था नेपाल आयल निगमबाटै इन्धनको कालोबजारी भइरहेको छ।निगमका विभिन्न डिपोबाट ‘कन्जुमर’को नाममा महँगो मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरिन्छ। उद्योग, कलकारखानाका लागि आवश्यक डिजेलको डिपो मूल्य भन्दा दोब्बर मूल्यमा खुलमखुला बिक्री भइरहेको छ। निगमले आफ्ना डिपोमार्फत् ‘कन्जुमर’का नाममा वितरण गरेको पेट्रोलियम पदार्थको विवरण समेत सार्वजनिक गर्दैन। स्रोतका अनुसार उद्योगका नाममा गएका डिजेलको दोब्बर मूल्य लिएर बिक्री गरिएको छ। यो रकम आयल निगमको केन्द्रीय कार्यालय, वाणिज्य मन्त्रालयदेखि सरकारको नेतृत्व गर्ने उच्च राजनीतिक नेतृत्वसम्म पुग्छ। स्रोतका अनुसार निगमले उच्च मूल्य लिएर निजी पम्पलाई डिजेल वितरण गरेको छ। ‘मुलुकभरका निगमको डिपोबाट अतिरिक्त पैसा लिएर पेट्रोलियम पदार्थ वितरण भइरहेको छ। यसको रकम दैनिक लाखौमा आउँछ,’ एक पेट्रोलियम व्यवसायीले भने, ‘मासिक करोडौ रुपैयाँ आउने भएपछि आन्दोलन रोकेर के फाइदा ?’। इन्धनको वितरणमा आयल निगम मात्रै होइन प्रमुख जिल्ला अधिकारीहरुको संलग्नता पनि बढ्दो क्रममा रहेको छ। जिल्ला सुरक्षा समितिको नाममा प्रमुख जिल्ला अधिकारीको संलग्नतामा पेट्रोलियम पदार्थ वितरण गरिएपछि यसको जालो अझै फैलिएको छ। अब पेट्रोलियम पदार्थको कारोबार ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसम्म पुगेको छ। प्रमुख जिल्ला अधिकारीको तजविजमा पेट्रोलियम पदार्थ वितरण गर्दा यसको नाफा/घाटा जोडिँदै गएर मुलुकलाईनै ‘स्मगलिङ’ मा जोडेको छ।

तेलको कारोबारमै नयाँ नयाँ व्यापारी

भारतको अघोषित नाकाबन्दीपछि आयल निगमको केन्द्रीय कार्यालयमा ठूल/ठूला व्यवसायीको जमघट देखिन थालेको छ। निगमभित्रै वर्षौदेखि कारोबार गर्दै आएका व्यवसायीहरुको बोलवाला कम छ। स्रोतका अनुसार अहिले निगमभित्र तेल कारोबार गर्ने नयाँ व्यापारी जन्मिँदैछन् तर त्यो पनि छोटो समयका लागि मात्रै। नाकाबन्दीको समयमा जसरी अवैध रुपमा कालोबजारी भएको त्यसैगरी वैध रुपमा कालोबजारी गर्न व्यवसायीको लर्को लाग्ने गरेको छ। विदेशबाट तेल ल्याएर महँगो मूल्यमा बिक्री गर्ने योजनाहरु निगमले सदर गर्न थालेको छ। स्रोतका अनुसार विराट पेट्रोलियममा सिक्किमका अर्जुन क्षेत्री बाहेक नेपालका केही ठूला व्यवसायी समेत संलग्न थिए। विराटले तेल ल्याउने विवादमा परेपछि अहिले हवाई इन्धन ल्याउन पेट्रोली म्याक्सले जिम्मा पाएको छ। पेट्रोली म्याक्स ड्युटी फ्री मदिरा बिक्री गर्ने प्रमोद राणा र माज्दा गाडीका नेपालका अधिकृत बिक्रेता रोहिणी थपलियाको हो। थपलियाले बिहीबार निगमका कार्यकारी निर्देशक खड्कालाई साँझ पौने पाँच बजे भेटेका थिए। निगमका एक अधिकारीका अनुसार इन्धन संकट अझै केही लम्बिए पेट्रोलियम कारोबार गर्ने धेरै व्यवसायी जन्मिनेछन्।

अख्तियारको मौनता

नाकाबन्दीपछि इन्धनको हाहाकार भएर संस्थागत रुपमा आयल निगमले कालोबजारी गरिरहेको सूचना पाए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ। सामान्य खरदारलाई पचास हजार घुस खाएको भन्दै कर्मचारी पक्रिने अख्तियारले निगमले खुलमखुला इन्धनको कालोबजारी गर्दा समेत छानविन समेत अघि बढाएको छैन। निगमका एक अधिकारीका अनुसार निगमका कर्मचारीको साबुन र पोशाक भत्तामा हात हाल्ने अख्तियारले करोडौ चलखेल किन देखेको छैन ?

]]>
6167 0 0 0
खाडी मुलुक छाडेर सुन्तलाखेतीमा http://localhost/ghum/%e0%a4%96%e0%a4%be%e0%a4%a1%e0%a5%80-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%81%e0%a4%95-%e0%a4%9b%e0%a4%be%e0%a4%a1%e0%a5%87%e0%a4%b0-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b2%e0%a4%be/ Sat, 21 Nov 2015 02:49:03 +0000 http://www.ghumphir.com.np/?p=6171

फलेवास (पर्वत), ५ मङ्सिर ।

एक दशकभन्दा बढी खाडी मुलुकमा पसिना बगाएर स्वदेश फर्किएका उत्तरी पर्वतको विकट गाउँ शालिजाका कृषक नरु पाइजा जिल्लामै उत्कृष्ट बनेका छन् । साउदी अरबमा बसेर गतिलो कमाइ गर्न नसकेपछि स्वदेश फर्किएर कृषि पेसा अङ्गालेका पाइजा अहिले जिल्लाकै नमुना कृषक बन्न सफल भएका हुन् । उनले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । उनी सुन्तला बिक्रीबाट छोटो समयमै रु पाँच लाख आम्दानी गर्न सफल भएका छन् । घर वरिपरि रहेको १० रोपनी जग्गामा व्यावसायिकरुपमा सुन्तलाखेती गरेका पाइजाले वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएको बताउँछन् । छोटो अवधिमै जिल्लाकै उत्कृष्ट बन्न सफल भएकामा उनले राष्ट्रपति जिल्लास्तरीय कृषक पुरस्कार समेत प्राप्त गरेका छन् । पैतीसौँ विश्व खाद्य दिवसको अवसर पारेर उनलाई पुरस्कृत गरिएको हो । जिल्लाका ४९ जना कृषकले आवेदन दिएकामा उनी उत्कृष्ट ठहरिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । उनी ८२ नम्बर प्राप्त गर्न सफल भएका थिए । अहिले उनको घरमा ३५० वटा सुन्तलाका बोट रहेका छन् । यसमध्ये अहिले ५०÷६० वटा बोटले मात्रै फल दिने गरेका छन् । आफ्नो उत्पादन सदरमुकाम कुश्माबजार, बागलुङ, म्याग्दी र पोखरासम्म पनि पुग्ने गरेको पाइजाले बताए । सुन्तला मात्र हैन, पाइजाले गाउँमै व्यावसायिक कुखुरापालन पनि गर्दै आएका छन् । उनको फार्ममा अहिले ३०० भन्दा बढी ब्रोइलर कुखुरा छन् । ग्रामीण क्षेत्रमा मासुको मागलाई पूरा गरेको उनको अनुभव छ । पचास वर्षीय कृषक पाइजा भन्छन् – विदेश गएर १० वर्ष बिना उपलब्धि बिताइएछ । पहिल्यैदेखि गाउँमै बसेर सुन्तलाखेती गरेको भए अहिले वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्नसक्ने रहेछु । विदेश बसेको समयको अहिले पछुतो लागेको छ । स्वदेश फर्केलगत्तै उनले जिल्ला कृषि विकास कार्यालयमार्फत तालिम र परामर्श लिएर सुन्तलाखेतीमा लागेका हुन् । खाद्य दिवसको अवसरमा उनीबाहेक अन्य दुईजना कृषकले पनि राष्ट्रपति पुरस्कार प्राप्त गरेका छन् । कुस्मा नगरपालिकाका बङ्गुरपालक कृषक प्रेमबहादुर गुरुङ र कार्किनेटा गाविसका कफी उत्पादक कृषक भवानीप्रसाद शर्मा पनि पुरस्कृत भएका छन् ।

]]>
6171 0 0 0
पर्यटकीय रिसार्टमा जुवा खेल्दै, सवा पाँच लाख नगदसहित १५ जना पक्राउ http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%81%e0%a4%b5%e0%a4%be/ Sat, 21 Nov 2015 02:55:52 +0000 http://www.ghumphir.com.np/?p=6175 मंसिर ५,चितवन।

मेघौलीमा रहेको एक पर्यटकीय रिसोर्टबाट प्रहरीले पाँच लाख ३० हजार रुपैयाँ नगदसहित कौडा खेल्दै गरेका १५ जनालाई गिरफ्तार गरेको छ चितवन जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार नारायणी नगरपालिका वडा नं. १ मेघौली गोलाघाटमा रहेको गोलाघाट रिसोर्टबाट बिहीबार मध्यरातमा उनीहरु समातिएका हुन् । रिसोर्टमा जुवा खैल्दै गरेको सूचनाको आधारमा प्रहरी निरीक्षक नारायण खड्काको नेतृत्वमा गएको टोलीले उनीहरुलाई समाएको हो । प्रहरीले नगदसहित १६ थान कौडा र कौडा खेल्न ओछ्याइएको एक थान तन्ना पनि बरामद गरेको छ । प्रहरीले यसअघि कात्तिक २७ गते पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १ बाट पनि कौडा खेल्ने चारजनालाई समाएको थियो । रत्ननरगमा कौडा खेल्नेहरुको साथबाट ५३ हजार सात सय ९० रुपैयाँ बरामद भएको चितवन प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरु विरुद्ध जुवा ऐन २०२० अन्तर्गत मुद्दा दर्ता चितवन जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

]]>
6175 0 0 0
कृष्णसारलाई प्राकृतिक प्रकोपबाट जोगाउन पहाड निर्माण http://localhost/ghum/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a5%8d/ Sat, 21 Nov 2015 03:04:37 +0000 http://www.ghumphir.com.np/?p=6177 बर्दिया, मंसिर ४ ।

बन्यजन्तु ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सुचिमा सूचिकृत एन्टिलोप प्रजातीको कृष्णसारलाई प्राकृतिक प्रकोपबाट जोगाउन पहाड निर्माण गरिएको छ । गतबर्ष साउन महिनामा बबई नदीमा आएको बाढीले नेपालकै एकमात्र प्राकृतिक वासस्थान बर्दियाको खैरापुरमा रहेको लोपोन्मुख वन्यजन्तु कृष्णसार बगाएपछि त्यसको दीगो संरक्षण गर्न माटोको उच्चस्थली बनाईएको हो ।

डब्लुडब्लु एफ नेपाल हरियो बन कार्यक्रम अन्र्तगत २३ लाख रुपैयाको लागतमा १ मीटरको उचाई र ९ सय वर्ग मीटर चौडाईको ४ वटा र ५६ सय वर्गमीटरको एउटा गरी ५ वटा उच्चस्थली निर्माण गरिएको कृष्णसार संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत नारायण रुपाखेतीले वताए ।बबई नदीमा आएको बाढीबाट ४० वटा कृष्णसार बगेर हराएको र ८ वटा मृत भेटिएको थियो ।

हाल कृष्णसार संरक्षण क्षेत्रमा भाले ५५ पोथी १ सय ३३ र बच्चा ५३ गरी २ सय ४१ वटा कृष्णसार रहेको संरक्षण कार्यालयले जनाएको छ । १६ दशमलव ९५ बर्ग किलोमीटर क्षेत्रफलमा रहेको कृष्णसार संरक्षण क्षेत्र तराईकै पहिलो संरक्षण क्षेत्र मानिन्छ ।

]]>
6177 0 0 0
एम्बुलेन्स तेल तष्करी http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%a4%e0%a4%b7%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a5%80/ Sat, 21 Nov 2015 03:11:29 +0000 http://www.ghumphir.com.np/?p=6180 मंसिर ५,नवलपरासी । अत्यावश्यक साधन मध्येको एक बिरामी बोक्ने साधन पनि तेल बेच्ने धन्दामा लागेको भेटिएको छ । नेपाल आयल निगमबाट सहुलियतको तेल लिई महङ्गोमा तेल बेच्ने गरिएको छ । भारतीय नाकाबन्दीका कारण ईन्धनको चरमा अभाव भएको मौका छोपी अत्यावश्यक साधन एम्बुलेन्सले आफुले पाएको सहुलियतको तेल दुरुपयोग गरेको छ ।

नवलपरासी रजहरको भूपू सैनिक जनकल्याण समूहको एम्बुलेन्सले तेल बेचेको फेला परेको छ । शुक्रबार बेलहियामा लु्१च ३७५८ नम्बर प्लेटको उक्त एम्बुलेन्सले नेपालकै आयल निगमबाट तेल हाली बेलहियामा बेचेको हो । नेपाल आयल निगमले एम्बुलेन्सहरुलाई चाहिएको समयमा २ हजार रुपैया बराबरको करिब २५ लिटर तेल दिदै आएको छ । नेपाल आयल निगमको निर्देशन बमोजिम एम्बुलेन्सलाई मात्र बढीमा ३० लिटर सम्म तेल दिदै आएको आयल निगमका एक कर्मचारीले बताए । आयल निगमबाट पाएको तेल एम्बुलेन्स चालकहरुले महङ्गो शुल्क लिई अन्य सवारी तथा ब्यक्तिहरुलाई बिक्रि बितरण गर्दै आईरहेका छन । ईन्धन अभावको समयमा एम्बुलेन्स जस्ता अत्यावश्यक साधन पनि बिरामीहरुको कत्ति पनि ख्याल नगरी तेल कारोबारमा लागेका छन ।

आयल निगमका कर्मचारीहरु अनुसार एम्बुलेन्सहरुलाई राती पनि तेल लिन आउने गरे पनि तेल बितरण गरिएको छ । यस्ता एमबुलेन्सहरु पटक पटक तेल लिन आए पनि तेल दिने गरिएको उनको भनाई छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले यस्तो अभावको समयमा पनि तेलको दुरुपयोग गर्नेलाई कानूनी दायरामा ल्याई कार्यवाही गरिने बताए । यता सो एम्बुलेन्सका चालक जगलाल थापाले डिजल बेचेको नभई सीमा पारी डिजल लिन जानका लागी एम्बुलेन्सको ट्यांकी खाली गरेको दावी गरेका छन । नवलपरासीबाट आउदा प्रयाप्त तेल नभएको कारण भैरहवा आएको मौका पारी तेल भर्न मात्र खोजिएको उनको भनाई छ ।

]]>
6180 0 0 0
जनकपुरमा विस्फोट http://localhost/ghum/%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%ab%e0%a5%8b%e0%a4%9f/ Sat, 21 Nov 2015 05:42:58 +0000 http://www.ghumphir.com.np/?p=6184 मसीर ५, जनकपुर । जनकपुरको राराब क्याम्पस नजिक एक घरमा विष्फोट भएको छ ,सिरहा घरभई जनकपुरमा भाडामा बस्दै आएका १८ वर्षिय श्रवण यादव घाइते भएको छन् ।उनको उपचार जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ । विष्पोटक पदार्थ बनाउने क्रमा विष्पोट भएको हुनसक्ने प्रहरीको अनुमान रहको र प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । विस्तृत विवरण आउन बाकि रहेको छ ।]]> 6184 0 0 0 पदयात्रा पर्यटनको आकर्षण बढ्दै छ http://localhost/ghum/%e0%a4%aa%e0%a4%a6%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%a3/ Sat, 21 Nov 2015 06:01:38 +0000 http://www.ghumphir.com.np/?p=6186

सिबी अधिकारी  काठमाडौँ, ५ मङ्सिर ।

“नेपालको सुन्दरता हेरेर सकिँदैन, त्यसैले पटक–पटक आइरहन्छु ।” पदयात्राका लागि आठौँ पटक नेपाल आएका स्वीस नागरिक कास्पर डिउरिजको भनाइ हो यो । नेपालको प्राकृतिक सुन्दरता र भौगोलिक विविधताको सङ्गमलाई भुल्न नसकेर नेपाल भ्रमणमा आएको उनले बताए । डोल्पामा दुई हप्ता पदयात्रा गरेर फर्केका डिउरिजसँग यस अघि पनि नेपालका अन्य चर्चित पदयात्रामा गएको रमाइलो अनुभव छ । डिउरिजले भने – “भूकम्पपछि पनि नेपालमा पदयात्रा सुरक्षित छ । नेपालको सौन्दर्यमा बिग्रेको छैन । मेरो देशका नागरिकलाई यही सन्देश प्रवाह गर्नेछु ।”

Pashupati Tourist (4) नेपाली पर्यटनको मुख्य आधार पदयात्रा पर्यटनमा विदेशी पर्यटकको आकर्षण बढ्दो छ । पदयात्रा पर्यटनका लागि यो मौसम उत्तम भएकाले पनि बढी पर्यटक पदयात्रामा निस्किएका छन् । नाकाबन्दीले प्रतिकूल प्रभाव पारेपनि पदयात्रा पर्यटन घटेको छैन । भूकम्प र त्यसपछिको नाकाबन्दीको कुनै प्रवाह नगरी विभिन्न मुलुकका पर्यटक नेपालका पहाडी भेगमा पदयात्राको मज्जा उठाइरहेका छन् । अन्नपूर्ण, सगरमाथा आधार शिविर, कञ्चनजङ्गालगायतका प्रमुख पदयात्रामा उल्लेख्य सङ्ख्यामा पर्यटक गएका पर्यटन व्यवसायीले बताएका छन् । मनास्लु र लाङ्टाङमा पनि केही पर्यटक गएका छन् । नवौँ पटक नेपाल भ्रमणमा आएका लात्भियाका नटलिया क्रास्टिना र इन्ट मुर्निक जोडीको पनि फरक धारणा छैन नेपालको प्राकृतिक सौन्दर्यबारे । डोल्पा, मुक्तिनाथ र कञ्चनजङ्गाको आठ हप्ता लामो भ्रमण सकेका उनीहरुको हृदयलाई नेपालको प्राकृतिक सौन्दर्यले मात्र हैन नेपालीपन र नेपाली मनले पनि जितेको छ । एकै ठाउँमा विविध प्राकृतिक सुन्दरताको रसस्वादन गर्नु उनीहरुको ध्येय थियो र उनीहरुले त्यो पाए । अरु देशमा भन्दा धेरै प्राकृतिक विविधता र पर्यटकीय गन्तव्य भएकाले आफूहरुको पहिलो रोजाइ नै नेपाल भएको उनीहरुले बताए । नेपाल पर्यटनका लागि विश्वकै आकर्षण गन्तव्य मानिन्छ । भौगोलिक विविधता, पहाडी भूबनौट, जैविक विविधता, उत्तरतर्फ चाँदीका घेराझैँ चम्किएका अग्ला हिमाल र दक्षिणका समथर फाँट उपत्यकाका सांस्कृतिक परम्परा पर्यटकलाई लोभ्याउने आकर्षण हुन् । हिमाल आरोहणपछि पदयात्रा पर्यटन विदेशीको रोजाइमा पर्छ । पछिल्लो समयमा धार्मिक पर्यटन स्थान ओगट्न थालेको छ । सगरमाथा क्षेत्रको भर्खरै पदयात्रा सकेका अमेरिकी नागरिक मार्क फिस्टर र किम फिस्टरले भूकम्पपछि पनि नेपालमा पदयात्रा र पर्वतीय पर्यटन सुरक्षित रहेको अनुभव सुनाए । अमेरिका, बेलायत, फ्रान्स तथा एसियाका कतिपय मुलुकका विदेशी पर्यटक यतिखेर नेपालभित्र पदयात्रा हिँडिरहेका छन् ।

tourist प्राप्त विवरणअनुसार सन् २०१४ को तीन महिना (मे, सेप्टेम्बर र अक्टोबर) को अवधिमा मनाङमा आठ हजार २३० र मुस्ताङमा ११ हजार ५४१ पर्यटक गएका थिए भने सन् २०१५ को सोही अवधिमा मनाङमा तीन हजार ७३७ र मुस्ताङमा चार हजार १४४ पर्यटक पुगेका छन् । सन् २०१४ मा एक लाख २९ हजार ७४६ पर्यटक अन्नपूर्ण पदयात्रामा गएका थिए । सन् २०१३ मा एक लाख १६ हजार पर्यटक गएको तथ्यांक छ । सगरमाथा क्षेत्रको पदयात्रा गरेका फ्रेन्च नागरिक नोर्सिन कर्ली (तीन जनाको समूह) र अन्नपूर्ण पदयात्रा गरेका अर्का फ्रेन्च नागरिक मार्टिन बोसन (चार जनाको समूह) ले पनि नेपाल सुरक्षित रहेको र नेपालको पर्यटन पहिलाकै अवस्थामा रहेको प्रतिक्रिया दिए । “भूकम्पपछि हल्ला भएजस्तो नेपालको पर्यटकीय गन्तव्यमा कुनै असर देखिएन । पदमार्ग, बाटाका होटल, लज, रेस्टुराँ दुरुस्त छन् ” – अन्ठाउन्न वर्षीया नोर्सिन कर्लीले भनिन् । सगरमाथा र अन्नपूर्ण क्षेत्रको पदयात्रा सकेर फर्किएका अनुभवी पथ प्रदर्शक राजेश तामाङले भूकम्प र नाकाबन्दीको त्रास रहेपनि नेपाल आउने पर्यटकको सङ्ख्यामा खासै कमी नआएको बताए । उनले भने – “सगरमाथा क्षेत्रमा पहिला दैनिक ४०० को सङ्ख्यामा आउने गर्थे । अहिले यहाँ १५० जना विदेशी पर्यटक गइरहेका छन् । अन्नपूर्ण क्षेत्रमा दैनिक १०० को सङ्ख्यामा पर्यटक पदयात्रामा गएको देखिन्छ ।” हिमालयन ग्लासियर ट्रेक प्रालिका प्रबन्ध निर्देशक सागर पाण्डेले अन्नपूर्ण र सगरमाथा क्षेत्रमा बाक्लो सङ्ख्यामा पर्यटक गए पनि लाङटाङ र मनास्लु क्षेत्रमा भने पर्यटक ठप्पैजस्तो रहेको जानकारी दिए । अघिल्लो वर्षको तुलनामा अन्नपूर्ण र सगरमाथामा कम पर्यटक पदयात्रामा गएका छन् । टानका अध्यक्ष चन्द्र रिजालले पछिल्लो समय पर्यटकको आवागमन बढे पनि नाकाबन्दीको प्रभावले यो मौसममा आउने पर्यटकले पदयात्रा छोट्याउन थालेको बताए । पर्वतीय र पदयात्रा पर्यटनको छाता सङ्गठन टानले अहिलेसम्म पदयात्रामा जाने पर्यटकको अध्यावधिक विवरण राख्न सकेको छैन । टानमा हाल एक हजार २०० भन्दा बढी ट्रेकिङ एजेन्सी कम्पनी सदस्य छन् । नेपालमा करिब १९ हजार ट्रेकिङ कम्पनी रहेको बताइन्छ । टानका पूर्व अध्यक्ष रमेश धमलाका अनुसार नेपालमा वार्षिक दुई लाखको हाराहारीमा विदेशी पर्यटक पदयात्रा र हिमाल आरोहणका लागि आउँछन् । तीमध्ये ९५ प्रतिशत ट्रेकिङ एजेन्सीमार्फत जान्छन् ।

tourist at basantpuar पदयात्रा पर्यटनका लागि मनास्लु, कञ्चनजङ्गा, माथिल्लो मुस्ताङ, थ्री पास ट्रेक, धौलागिरि र अन्नपूर्ण क्षेत्र, रारा ताल, सगरमाथा र मकालु आधार शिविर, माथिल्लो डोल्पा, लाङटाङ उपत्यका उत्कृष्ट गन्तव्य मानिछन् । विश्वका उत्कृष्ट पदयात्राहरुमा नेपालको गोक्यो, सगरमाथा आधार शिविर र मनास्लु, भुटानको स्नोमेन मार्ग, पेरुको इन्का ट्रेल र हिउयेच, तान्जानियाको माउन्ट किलिमान्जारो, चिलीको टोरेस्ट डेल पेन, स्वीट्जरल्यान्डको हेउट मार्ग र अस्ट्रेलियाको ओभरल्यान्ड पर्छ । अध्यागमन विभागको विवरणअनुसार सन् २०१३ मा आठ लाख र सन् २०१४ मा सात लाख ७६ हजार पर्यटक पर्यटक नेपाल आएका थिए । सन् २०१५ सुरुको तीन महिनामा दुई लाख २४ हजार ७२९ पर्यटक आएका छन् । हुदहुद नामक सामुद्रिक आँधी, भूकम्प र नाकाबन्दीका कारण यो वर्ष पर्यटक आगमनमा कमी आउने अनुमान गरिएको छ । पर्यटन प्रवद्र्धन गर्ने मुख्य निकाय नेपाल पर्यटन बोर्डमा विगत चार वर्षदेखि प्रमुख कार्यकारी अधिकृत नियुक्त हुन नसक्दा प्रवद्र्धनात्मक काम प्रभावित भएका छन् । सरकारले सन् २०२० मा नेपाल आउने पर्यटकको सङ्ख्या २० लाख पु¥याउने लक्ष्य राखेको छ ।

]]>
6186 0 0 0
मुस्ताङको दुई गाविसबाट स्याउ पूर्णरुपमा लोप http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%97%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b8/ Sat, 21 Nov 2015 06:05:23 +0000 http://www.ghumphir.com.np/?p=6188

मुस्ताङ, ५ मङ्सिर ।

स्याउको राजधानी भनेर चिनिने मुस्ताङको दुई गाविसबाट स्याउको बोट पूर्णरुपमा लोप भएका छन् । जलवायु परिर्वतनको असरस्वरुप तल्लो क्षेत्रको लेते र कुञ्जो गाविसमा करिब छ वर्षदेखि स्याउ उत्पादन हुन नसकेको हो । यसलाई विज्ञहरुले जलवायु परिर्वतनको टड्कारो असर आधार भनेका छन् । केही वर्षअघिसम्म म्याग्दी र मुस्ताङको सिमाना घासासम्म स्याउ फल्ने भए पनि अहिले दुवै गाविसमा बोटसमेत हुर्कन नसक्ने अवस्थामा पुगेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका योजना अधिकृत तप्तबहादुर गुरुङले बताउनुभयो । “त्यहाँका स्याउ उत्पादक किसान अहिले एकदमै चिन्तित छन्, कुनै समय स्याउको पकेट क्षेत्र मानिने ती क्षेत्र अहिले सुनसान छ”, उहाँले भन्नुभयो – “हावापानी अनुकूल नभएपछि बोटसमेत राम्ररी हुर्कन सकेको छैन ।” विश्वव्यापीरुपमा बढ्दो औद्योगीकरणसँगै बढेको तापक्रमका कारण हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जाँदा त्यसको प्रत्यक्ष असर स्थानीयस्तरमा देखिन थालेको विज्ञहरुले बताएका छन् । जिल्ला कृषि विकास कार्यालयले मार्फा, टुकुचे, जोमसोम, कागबेनीलगायतका गाविसलाई मात्रै स्याउ उत्पादनका दृष्टिले पकेट क्षेत्र मानेको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले हिमाली क्षेत्रमा जलवायु परिर्वतन मुख्य समस्याको रुपमा रहेको बताउनुभयो । “केही वर्षसम्म उपल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण स्याउको बिरुवा हुर्कन सक्दैन्थे, तर अहिले फलसमेत दिन थालेको छ”, उहाँले भन्नुभयो – “तल्लो क्षेत्रमा लोप हुँदै उपल्लो क्षेत्रमा उत्पादन हुने अवस्था देखिएको छ ।” उपल्लो क्षेत्रको चर्राङ, घमी र लोमान्थाङ गाविससमेत स्याउ उत्पादन हुन थालेको कार्यालयले जनाएको छ ।

]]>
6188 0 0 0
भेडाच्याङ्ग्रा निर्यातबाट किसानलाई करिब र २९ करोड आम्दानी http://localhost/ghum/%e0%a4%ad%e0%a5%87%e0%a4%a1%e0%a4%be%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%ac/ Sun, 22 Nov 2015 03:24:36 +0000 http://www.ghumphir.com.np/?p=6191

मुस्ताङ, ६ मङ्सिर ।

नेपालीहरुका दुई ठूलो पर्व दसँै र तिहारमा हिमाली जिल्ला मुस्ताङबाट १८ हजार ३०८ भेडाच्याङ्ग्रा निर्यात भएको छ । उपल्लो मुस्ताङको विभिन्न छ गाविसबाट दसैँमा १५ हजार ३०८ र तिहारमा तीन हजार भेडाच्याङ्ग्रा जिल्लाबाट बाहिरिएको जिल्ला पशुसेवा कार्यालय मुस्ताङले जनाएको छ । ती भेडाच्याङ्ग्राबाट यहाँका किसानले रु २८ करोड ७२ लाख ३६ हजार आम्दानी गर्न सफल भएका छन् । मुस्ताङका लोमान्थाङ, छोसेर, छोन्हुप, घमी र सुर्खाङलगायतका किसानले जिल्ला सदरमुकाम जोमसोमसम्म लिएर व्यापारीलाई भेडा प्रतिवटा रु १५ हजार र च्याङ्ग्रा रु १७ हजारमा बिक्री गरेका थिए । स्थानीय किसानबाट म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका व्यापारीले खरिद गरी बजारमा ल्याएका थिए । यसवर्ष भारतीय नाकाबन्दीका कारण तराई क्षेत्रबाट काठमाडौँमा खसी ल्याउन सम्भव नभएपछि नेपाल खाद्य संस्थानले पनि एक हजार भेडाच्याङ्ग्रा मुस्ताङबाटै लगेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । दसैँमा नौ हजार भेडा र छ हजार ३०८ च्याङ्ग्रा तथा तिहारमा तीन हजार भेडा निर्यात भएको पशुसेवा कार्यालयका प्राविधिक फलेन्द्र थकालीले जानकारी दिनुभयो । भेडाबाट रु १८ करोड र च्याङ्ग्राबाट रु १० करोड ७२ लाख ३६ हजार आम्दानी भएको प्राविधिक थकालीले जानकारी दिनुभयो । “यसवर्ष साविकको वर्षभन्दा करिब दुई हजार भेडाच्याङ्ग्रा कम आए, तिब्बतबाट नआउँदा स्थानीय किसानले पालेकै भेडाच्याङ्ग्रा बजार गएका हुन्”, प्राविधिक थकालीले भन्नुभयो – “उपल्लो क्षेत्रका किसानको आम्दानी हुने मुख्य मौसम नै दसैँ तिहार हो ।” व्यापारीले किसानबाट सस्तोमा खरिद गरेर बजारमा भने भेडा कम्तीमा रु २० हजार र च्याङ्ग्रा रु २३ हजारसम्ममा बिक्री गरेका थिए । उपल्लो मुस्ताङलाई भेडापालनका लागि पकेट क्षेत्र मानिन्छ । उच्च हिमाली क्षेत्रमा विभिन्न किसिमका जडीबुटी खाएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक हुने बताइएको छ । मुस्ताङमा भेडा कम र च्याङ्ग्रा बढी पाल्ने परम्परा छ भने अधिकांश भेडा तिब्बतबाट ल्याएर पाल्ने गरिन्छ ।

]]>
6191 0 0 0
‘पदमार्ग सुरक्षित छ, घुम्न आउनुहोस्’:विदेशी पर्यटक http://localhost/ghum/%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%9b-%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%8d/ Sun, 22 Nov 2015 03:26:55 +0000 http://www.ghumphir.com.np/?p=6193

प्रशन्न पोखरेल गोरखा, ६ मङ्सिर ।

मनास्लु पदमार्गको केही खण्ड हुँदै गुम्दा–लाप्राक–बारपाक घुमेर सदरमुकाम फर्केको विदेशी पर्यटकको टोलीले भूकम्पपछि पनि गोरखाका पदमार्गहरु सुरक्षित रहेको बताएका छन् । पहिरोले पदमार्गका केही ठाउँ जोखिमयुक्त भए पनि अधिकांश ठाउँ सुरक्षित रहेकाले निर्धक्क साथ घुम्न आउन विदेशी पर्यटकले आग्रह गरेका छन् । तेह्रदिने पदयात्रा आफ्नो टोलीले सहजै पार गरेको बताउँदै जर्मनकी डाग्मारले भन्नुभयो – “अग्ला पहरा, छहरा र पहिरो पार गर्दै हामीले सुखसाथ यात्रा पार ग¥यौँ ।” डाग्मारसहित छजना जर्मनी नागरिकको टोली आरुघाट बजार, सोती, माछाखोला हुँदै गुम्दा निस्केर लाप्राक, बारपाक पुगेर फर्केका हुन् । उनीहरुले आरुघाटदेखि माछाखोलासम्मको मनास्लु पदमार्ग हिँडे । लापुभिर र माछाखोलाको पहिरो कट्न केही असहज भए पनि त्यसपछिको यात्रा रमाइलो भएको डाग्मारको अनुभव छ । “भूकम्पले भत्काएका बाटाहरु मर्मतमा सरकारले ढिला गर्नुभएन”, उहाँले भन्नुभयो – “पदयात्रा गर्न आएका स्वदेशी, विदेशी पदयात्रीले अनावश्यक दुःख पाउनु राम्रो होइन ।” उनीहरु पहिलो पटक नेपाल आएका हुन् । भूकम्पले गाउँ, बस्तीहरु भत्केको जर्मनमा सुनेका उनीहरुले थुमी गाविसको स्वाँरामा भवन निर्माण गरेर पुनःनिर्माणमा पनि सहयोग गरे । कर्मालय फाउन्डेसनले बनाएको भूकम्पले भत्काएको भवन मर्मत गरेर उनीहरुले गाउँलेलाई सहयोग गरेका हुन् । “पर्यटकहरु ढुङ्गा, माटो खेल्नमा रमाए । भूकम्पले भत्केको भवन मर्मतमा जुटे” – पर्यटकका गाइड मानसिङ राईले भन्नुभयो । पदयात्रीहरु जोखिमयुक्त पदयात्रा रुचाउँछन् । अन्नपूर्ण पदमार्गलाई सडक सञ्जालले छोएपछि विदेशी पर्यटकको रोजाइ मनास्लु पदमार्गमा परेको छ । वर्षको छ हजारभन्दा बढी विदेशी मनास्लु क्षेत्रको भ्रमणमा आउने गरेका छन् । भूकम्पपछि पदयात्रीको सङ्ख्या घटेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ । गुम्दा र लाप्राकका भूकम्पपीडितलाई चिसोबाट जोगाउन सरकारले न्यानो कपडा वितरण गर्नुपर्ने देखिएको बताउँदै पर्यटकले भूकम्पपीडितहरुले घरविहीन भए पनि संस्कार र संस्कृति नछाडेकामा गर्व गरेका छन् । “दुर्गम गाउँमा अनगिन्ती समस्याहरु छन् । समाधानको एउटै उपाय पुनःनिर्माणको सुरुवात् गर्नु हो” डाग्मारले भन्नुभयो । भूकम्पले उत्तरी हिमाली जिल्लाका अधिकांश पदमार्ग, ऐतिहासिक धरोहर भत्काएको सन्देश विदेशमा फैलिएको भन्दै सञ्चारमाध्यममार्फत ‘नेपालका चिनारी, गहनाहरु’ सुरक्षित रहेको सन्देश विश्वसामु फैलाउनुपर्नेमा पर्यटक जोड दिन्छन् । उनीहरुले गोरखा दरबारलगायत गोरखाका विभिन्न ऐतिहासिक धरोहरको पनि अवलोकन गरेका छन् । भूकम्पपछि पर्यटकको चहलपहल कम भएको र भारतीय पक्षले गरेको नाकाबन्दीले इन्धन, पेट्रोलियम तथा खाद्य सामग्रीको अभाव चुलिँदै गएपछि पदमार्ग तथा गोरखाबजार क्षेत्रका होटल शून्य छन् । पर्यटकको भीड लाग्ने होटल गोरखा बिसौनीका कर्मचारी शङ्कर पाण्डेले भन्नुभयो – “मेन्यूअनुसार खाना, खाजा खुवाउन सकिएको छैन ।” नाकाबन्दी र भूकम्पको मारमा गोरखाका होटल प्रभावित छन् ।

]]>
6193 0 0 0
अमेरिकामा भारतीय नाकाबन्दीविरुद्ध विशाल प्रदर्शनको तयारी http://localhost/ghum/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d/ Sun, 22 Nov 2015 03:28:52 +0000 http://www.ghumphir.com.np/?p=6195

अग्नि चौलागाईं अमेरिका (क्यालिफोर्निया), ६ मङ्सिर ।

अमेरिकामा रहेका नेपालीहरूले वासिङ्गटन डिसीेमा त्यहा समयअनुसार आइतबार बिहान ११ देखि ३ बजेसम्म ‘भारतीय नाकाबन्दीविरुद्ध हाम्रो दबाब अभियान’का रूपमा प्रदर्शन गर्न गइरहेका छन् । अमेरिकामा रहेका नेपालीहरूको प्रतिनिधिमूलक संस्थाहरूले संयुक्त रूपमा कार्यक्रमको आयोजना गर्न गइरहेका छन् । कार्यक्रमको दौरानमा अमेरिकी नीतिनिर्माताहरुलाई पनि संलग्न गराउने, अमेरिकी काँग्रेस सदस्य, सिनेटरका साथै भारतीय दूतावासमा पनि ज्ञापनपत्र बुझाउनेसमेत कार्यक्रम रहेको छ । तराईका बासिन्दाको प्रतिनिधित्व गर्दै विजय सिंह र सुकदेव शाहले नाकाबन्दीको विरोधमा बोल्ने कार्यक्रमसमेत रहेको आयोजकले बताएका छन् । कार्यक्रम भव्यरूपमा सफल पार्नका लागि विभिन्न व्यक्तिलाई जिम्मेवारीसमेत बाँडफाँड गरी तयारी गरिएको छ । प्रदर्शनमा नेपाललाई नाकाबन्द, भारतको आँखाबन्द, मित्रताको हात रुक्दैन, तर नेपाली स्वाभिमानझुक्दैन !, नेपाल फुटाउन गाह्रो छ, जातीय सद्भाव प्यारो छ !, बुझीराख दिल्लीकानवाब, नेपालमा काम गर्दैन तिम्रो दबाब !, सिमानामा रोकियो सबै तेल, तिहारमा नेपालीको पाकेन सेल, बुझ्नै सकिएन भारतको खेल !, नेपाली नेताहरू भारत दौडाहा छोड ! जस्ता ३६ वटा सन्देश भएका प्लेकार्ड तथा नारा प्रयोग गर्ने तथा ‘स्टप हुमेनराइट्स एव्युजेज’, ‘ट्र्रान्जिट ब्लकेड इज इल्लिगल’ जस्ता ११ वटा ह्यासट्याग प्रयोग गर्ने निर्णय आयोजकले गरेका छन् । कार्यक्रमको सम्बन्धमा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले भन्नुभयो – “यो तराईका समस्याको विरोधमा हैन, यो भारतीय नाकाबन्दीको विरुद्धमा हो, यो हाम्रो आन्तरिक समस्या हो र यसलाई वार्ताको माध्यमबाट आन्तरिक रूपमा नै समाधान गर्नुपर्दछ, यो मानवता विरोधी नाकाबन्दी हो, यो तराई, पहाड र हिमाल सम्पूर्ण भागको समस्या भएकाले सबैलाई सहभागिताका लागि अनुरोध गर्दछौँ ।” डिसीमा हुने कार्यक्रमको बारेमा एनआरएनआइसिसीका सदस्य खगेन्द्र जिसीले भन्नुभयो – “वासिङ्गटन डिसीमा हुने कार्यक्रम तेरो र मेरो नभई सबैको हो, नेपालीलाई परेको दुःखको अवस्थामा ऐक्यबद्धता जनाउँदै सबै नेपालीले गर्न लागेको साझा कार्यक्रम हो, नेपालमा जटिल समस्या सिर्जना हुन गइरहेको छ, यसर्थ सम्पूर्ण नेपालीलाई सहभागी हुनका लागि आह्वान गर्दछु ।” एएनएका अध्यक्ष रोजर अधिकारीले – “¥याली सबैको साझा हो, यसले नेपाल र नेपालीलाई समस्या परेको अवस्थामा सम्पूर्ण नेपालीहरू हिमाल, पहाड, तराई नभनी एकजुट भएर अगाडि बढ्न सक्छन् भन्ने अनुपम उदाहरण दिएको छ” भन्नुभयो । नेप्लिज एसोसिएसन इन साउथ इष्ट अमेरिका (नासा) का अध्यक्ष विमल नेपालले बताउनुभयो – “भारतीय नाकाबन्दीको कारणले नेपालमा जुन मानवीय सङ्कटको अवस्था सिर्जना हुन गइरहेको छ त्यसको विरुद्ध सम्पूर्ण नेपाली एकजुट भएर हामी नेपाली भनेर प्रदर्शन गर्न लागिएको हो ।” कार्यक्रम प्रचारप्रसार समितिका शिव विष्टले भन्नुभयो – “यो कार्यक्रम भारतीय नाकाबन्दीको विरुद्धमा गर्न लागिएको हो, नाकाबन्दीले हिमाल, पहाड, तराई सबैलाई आक्रान्त बनाएको हुँदा सबैले साझा रूपमा यसको विरुद्ध लाग्नुपर्ने हुँदा सबैलाई सहभागिताका लागि अनुरोध छ ।” एनआरएन अमेरिकाका उपाध्यक्ष कृष्ण पोखरेलले – “नेपाल सरकारले हालसम्म संयुक्त राष्ट्र सङ्घमा भारतले नेपालमाथि नाकाबन्दी ग¥यो भनेर पत्राचार नगरेको हुँदा तत्काल आधिकारिक रूपमा पत्राचार गर्नुपर्ने ” समेत बताउनुभयो ।

]]>
6195 0 0 0
ताक्लाकोट नाका खोल्न पहल http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a4%aa%e0%a4%b9%e0%a4%b2/ Sun, 22 Nov 2015 03:32:52 +0000 http://www.ghumphir.com.np/?p=6198

धनगढी, ६ मङ्सिर ।

उपप्रधानमन्त्री भीमबहादुर रावलले चीनसँगको व्यापार सहज बनाउन सुदूरपश्चिमको ताक्लाकोट (बझाङ) नाका खोल्नका लागि आफूले पहल गरिरहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग आज यहाँ भएको छलफलमा उहाँले सुदूरपश्चिमको अर्को नाका दार्चुलाको टिङ्कर खोल्नका लागि समेत पहल गरिने बताउनुभयो । राष्ट्रिय एकता सार्वभौमिकता र अखण्डतालाई कमजोर पार्ने गरी नाकाबन्दी गरिएको नाकाबन्दी चाँडै खुल्ने विश्वास रक्षामन्त्री रावलले व्यक्त गर्नुुभयो । सो अवसरमा सङ्घका तर्फबाट अध्यक्ष शङ्कर बोगटीले सुदूरपश्चिमको विकाससम्बन्धी ११ बुँदे ज्ञापनपत्र नेता रावलसमक्ष पेस गर्नुभयो । ज्ञापनपत्रमा सुदूरपश्चिमलाई विशेष आर्थिक क्षेत्र बनाउनुपर्ने, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्नुपर्ने, खुटिया–दिपायल सडक, सेती लोकमार्ग, सुदूरपश्चिमका पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक निर्माण, गौरीफन्टा नाकामा क्वारेन्टाइन जाँचचौकी स्थापनालगायत माग समावेश छन् ।

]]>
6198 0 0 0
‘सुन्दर सहर’ बनाउनेतर्फ महानगर http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0-%e0%a4%b8%e0%a4%b9%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%ab/ Sun, 22 Nov 2015 03:35:26 +0000 http://www.ghumphir.com.np/?p=6201

काठमाडौँ, ६ मङ्सिर ।

काठमाडौँ महानगरपालिका ठूला सडकपछि अब ससाना सडकका विज्ञापनपाटी हटाई ‘सुन्दर सहर’ बनाउने काममा लागेको छ । विसं २०७० मा ठूला सडकबाट विज्ञापन र सूचनापाटी हटाउने कामको थालनी गरी त्यसमा सफलता पाएपछि अहिले १४ मिसम्मका साना सडकलाई पनि विज्ञापनपाटीमुक्त बनाउने काममा महानगरपालिका लागेको हो । महानगरपालिकाका कार्यान्वयन महाशाखाका प्रमुख धनपति सापकोटाले साना सडकमा विशेष गरी निजी विद्यालय, कलेज र संस्थाहरुले टाँगेको विज्ञापनसहित तुल र सूचनापाटी हटाउने कामलाई तीव्रता दिइएको बताउनुभयो । “हामीले दैनिक तीन÷चार ट्रक त्यस्ता होर्डिङ बोर्ड उठाइरहेका छौँ”, उहाँले भन्नुभयो, “किराना पसल, भोजनालयको नाम भएका होर्डिङ बोर्डमा त्यसको प्रायोजन गर्ने संस्थाको विज्ञापनसमेत राखेका छन्, उनीहरुलाई हामीले आफ्नो पसलको मात्र नाम भएको होर्डिङ बोर्ड राख्न भन्दै विज्ञापन भएका होर्डिङ बोर्डलाई उठाइरहेका छौँ ।” यो काममा भने सम्बन्धित पसलेहे समेत सघाइरहेको उहाँले जिकिर गर्नुभयो । “उहाँहरुलाई यो काम सही हो भन्ने लागेरै होला त्यसरी पसलको नाम भएको होर्डिङ बोर्ड उठाउँदा विरोध गर्नुभएको छैन”, महाशाखा प्रमुख सापकोटाले थप्नुभयो । अब ठमेलजस्ता बाक्लो स्थानका होर्डिङ बोर्ड झिक्न बाँकी रहेको उहाँले बताउनुभयो ।

]]>
6201 0 0 0
अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता सुरु http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%aa/ Sun, 22 Nov 2015 14:42:35 +0000 http://www.ghumphir.com.np/?p=6203

कावासोती, ६ मङ्सिर ।

३४औं अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता नवलपरासीको अमलटारीमा सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा खेल सुरु भएको हो । आइतबार हात्तीसहित खेलाडी मैदानमा उत्रिएर खेलको शुभारम्भ गरेका हुन् । सन् १९८२ देखि चितवनको मेघौलीमा सुरु भएको सो खेल पहिलोपटक नवलपरासीको पर्यटकीय गाउँ थारू होमस्टे नजिकै भएको छ । गत वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा भएको सो खेल यस वर्ष यहाँ आयोजना भएको हो । टाइगर टप्स होटलको आयोजनामा बर्सेनी यो खेल हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट होटलबाहिर राख्ने सरकारी निर्णयसँगै २०६६ सालमा बर्दियामा सो खेल पुगेको थियो । विसं ०६७÷६८ मा मेघौलीमा पुनः खेल सुरु भए पनि ०६९ देखि ०७१ सालसम्म बर्दिया भएको थियो । हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोस्टमा लगेर गोल गर्दछन् । सो खेलका लागि स्विजरल्यान्ड, इङल्यान्ड, श्रीलङ्का, अस्ट्रेलिया, अरविया, युएसए र नेपालका गरी आठवटा समूह रहेको छ । घरेलु समूहमा टाइगर टप्स टियुस्केयर नेपाल र थारू टाइगर्स रहेको टाइगर टप्स होटलका व्यवस्थापक डिबी चौधरीले जानकारी दिनुभयो । पाँच दिनसम्म चल्ने खेल हेर्नका लागि विदेशी तथा स्वदेशी पाहुना अमटारी थारू होमस्टेमा आएका छन् । थारू गाउँमा अन्तर्राष्ट्रिय स्तरको हात्ती पोल खेल भएकामा स्थानीयवासी खुसी भएका छन् । सो खेल नेपालमा मात्र हुने अन्तर्राष्ट्रिय खेल हो । अमलटारी मध्यवर्ती उपभोक्ता समिति, अमलटारी थारू होमस्टे लगाएकाले स्थानीय रुपमा सहयोग पु¥याइरहेको थारू होमस्टेका अध्यक्ष प्रेम शङ्करमर्दनियाले बताउनुभयो । सोमबारदेखि मङ्सिर ११ गतेसम्म भने प्रतियोगितात्मक खेल हुने व्यवस्थापक चौधरीले जानकारी दिनुभयो ।

]]>
6203 0 0 0
देशभरका नारायणस्थानमा भिड (फोटो-फिचर) http://localhost/ghum/%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ad%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a4%a3%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%bf/ Sun, 22 Nov 2015 15:23:24 +0000 http://www.ghumphir.com.np/?p=6206

काठमाडौँ, ६ मङ्सिर ।

कार्तिक शुक्ल एकादशीका दिन आज बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भिड लागेको छ । प्रबोधिनी एकादशी पनि भनिने आजका दिन स्नान गरी पूजाआजाका साथ क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णुलाई जगाउने धार्मिक विधि छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा सुत्नुभएका विष्णु भक्तजनको भक्तिभावपछि जागा हुने भएकाले आजका दिनलाई हरिबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपिएको तुलसीको मठमा आज विशेष रुपमा सिँगारी तुलसी विवाह र पूजा गर्ने गरिन्छ । यस अवसरमा बिहानैदेखि काठमाडौँको उत्तरीभेगस्थित बुढानीलकण्ठ मन्दिरमा भक्तजनको भिड लागेको छ । यहाँ दर्शन गर्दा काठमाडौँ उपत्यकाका चार नारायण दर्शन गरे बराबरको फल पाइने विश्वासमा भक्तजनको भिड लाग्ने गरेको बुढानीलकण्ठ सनातन धर्म सेवा समाजका अध्यक्ष रामबहादुर केसीले बताउनुभययो । यसैगरी भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण, इचङ्गु नारायण र विशङ्खु नारायणमा पनि भक्तजनको भिड लागेको छ । उपत्यकाका चार नारायण पनि भनिने यी नारायणस्थानमा कार्तिक शुक्ल एकादशीका दिन पूजा गरेमा पाप पखालिई पुण्य कमाइने शास्त्रीय मान्यता भएकाले भक्तजनको भिड लाग्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “कार्तिक मासमा स्नान, जप, होम र दानको विशेष महत्व रहेको छ, यसैले नारायणस्थानमा भक्तजनको भिड लाग्ने गर्छ, आजै चार नारायणको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ”–उहाँले भन्नुभयो ।

तस्बिरमा भक्तपुरको चाँगुनारायण मन्दिरको सेरोफेरो

BBTG1316 BBTG1309 BBTG1302 BBTG1293 BBTG1254 BBTG1262 BBTG1277 BBTG1280

]]>
6206 0 0 0
त्रिशुलीमा र्‍याफ्टिङ प्रतियोगीता हुँदै http://localhost/ghum/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b6%e0%a5%81%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%8d%e2%80%8d%e0%a4%af%e0%a4%be%e0%a4%ab%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%99-%e0%a4%aa%e0%a5%8d/ Sun, 22 Nov 2015 15:38:50 +0000 http://www.ghumphir.com.np/?p=6218  मंसिर ६, काठमाडौं ।

नेपाल एशोसियसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले त्रिशुलीमा चौधौं ‘हिमालय हृवाइट वाटर च्यालेञ्ज’ आयोजना गर्ने भएको छ । प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ५ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

यही मंसिर ११ गतेदेखि १३ गतेसम्म आयोजना हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त कायकर्स तथा जजहरु आउने नाराले जानकारी दिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नाराका अध्यक्ष चन्द्र बहादुर दाहालले २० भन्दा बढी राष्ट्रबाट प्रतियोगितामा सहभागिता रहने बताए ।

विशेषगरी प्रतियोगितामा अष्ट्रेलिया, क्यानडा, अमेरिका, जर्मनी, नर्बे, युके, आइल्यान्ड, इन्डिया, चाइना, मलेसिया, होल्याण्ड, पोल्याण्ड, भुटान, कोरिया, जापान लगायत आउने भएका छन् ।

वैशाखमा गएको विनाशकारी भूकम्पपछि पनि नेपालको साहसिक जलयात्रा सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा फैलाउन प्रतियोगिता आयोजना गरेको नाराको भनाई छ । १६ वटै नदिमा सकुशल र सुरक्षित तरिकाले जलयात्रा गर्न सकिने सन्देश अन्तर्राष्ट्रिय जगतमा पुग्ने नाराले विश्वास लिएको छ ।

नेपालमा साहसिक जलयात्रा ब्रान्डको रुपमा विकास भएको छ । उच्च हिम श्रृङ्खलाबाट बाह्रै अभिरल बगिरहने साना ठूला गरी ६ हजार नदिनालाहरु रहेका छन् । जसमध्ये १६ वटा नदिमा सरकारले र्‍याफ्टिङका लागि खुल्ला गरेको छ ।

खासगरी त्रिशुली, भोटेकोशी, कालिगण्डकी, बुढिगण्डकी, महाकाली, सेती, तामाकोशी, सुनकोशी लगायतका नदि र्‍याफ्टिङका लागि प्रख्यात रहेका छन् ।

]]>
6218 0 0 0
प्लास्टिकबाट पेट्रोल उत्पादन http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%89%e0%a4%a4%e0%a5%8d/ Sun, 22 Nov 2015 15:46:40 +0000 http://www.ghumphir.com.np/?p=6221

रमेश लम्साल काठमाडौँ, ६ मङ्सिर ।

तपाइँले एक पटक प्लास्टिकको सामग्री प्रयोग गरेर त्यसलाई फोहरमा फाल्ने गर्नुभएको छ । प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नु भएको छ । अब भने त्यसो नगर्नु होला किनकी सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने योजना अगाडि सारेको छ । निकट भविष्यमा नै नेपालमा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिको विकास गरिन लागेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रणाली जडान गर्ने कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । फालिएका प्लास्टिकबाट पनि डिजेल निकाल्न सकिन्छ । नेपालमा यो प्रविधि नयाँ भएपनि संसारका विकसित मुलुकका लागि भने पूरानो हो । नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउने उद्देश्यका साथ आवश्यक उपकरण ल्याउने काम अन्तिम चरणमा पुगेको छ । सामान्यतः एक किलोग्राम प्लास्टिकबाट ७ सय मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिन्छ । नास्टका वैज्ञानिक डा रवीन्द्रप्रसाद ढकालका अनुसार सामान्य पानीको बोतल एक किलो प्रशोधन गर्दा सात सय मिलिटिर पेट्रोल उत्पादन हुन्छ भने सोही बोत्तलको बिर्को प्रयोग गर्दा आठ सय मिलिटरसम्म पेट्रोल उत्पादन हुन सक्छ । विगतमा सरकारले प्रयास नगरेका कारण प्लास्टिकले वातावरण प्रदूषण गरेको भएपनि आगामी दिनमा नास्टले इन्धन निकाल्ने प्रविधि ल्याएपछि प्लास्टिक सार्वजनिक स्थानमा नफाल्न र पुनः प्रयोगका लागि सङ्कलन गर्न सकिन्छ । प्लास्टिकजन्य फोहर जलाउँदा निष्कासन हुने कार्बनडाइअक्साइड तथा फ्यूरानजस्ता विषाक्त ग्यासले क्यान्सरजन्य रोग निम्त्याउने, माटोको उर्वराशक्ति घटाउने, जमिनमा पानी रिचार्ज हुन नदिने, सहरको सौन्दर्य घटाउने, नाला तथा ढललाई जाम गरी वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले नजलाउन आग्रह गर्दै इन्धन निकाल्न प्रेरित गर्नुपर्ने छ । काठमाडौँ महनागरपालिका वातावरण विभाग प्रमुख हरि कुँवरका अनुसार दैनिक काठमाडौँ उपत्यकामा एक हजार मेट्रिक टन फोहर उत्पादन हुन्छ । त्यसमा महानगरको मात्रै ५५० टन फोहर उत्पादन हुन्छ । उत्पादित फोहर मध्ये २० प्रतिशतभन्दा बढी फहोरको मात्रा प्लास्टिक तथा प्लास्टिकजन्य हुन्छ । यस हिसाबले २० टन भन्दा बढी प्लास्टिकजन्य फोहर त काठमाडौँ उपत्यकाबाटै उत्पादन हुन सक्छ । “एक हजार किलो प्लास्टिकको फोहरबाट करिब ७०० लिटर इन्धन उत्पादन गर्न सकिन्छ” डा ढकालले भन्नुभयो । काठमाडौँ उपत्यकाबाट मात्रै दैनिक एक लाख ४० हजार लिटर पेट्रोल उत्पादन हुन्छ । विराटनगर, वीरगन्ज, नारायगढ, पोखरा, दाङ, नेपालगन्ज, महेन्द्रनगर जस्ता ठूला सहरबाट सङ्कलन हुने प्लास्टिकजन्य फोहरबाट पनि दैनिक तीन लाख लिटरभन्दा बढी इन्धन उत्पादन गर्न सकिने डा ढकालको भनाइ छ । वातावरण विभाग प्रमुख कुँवर प्लास्टिकको फोहरबाट इन्धन निकाल्ने विषयमा महानगरमा छलफल भएको बताउनुहुन्छ । कुनै लगानीकर्ता आए आफूहरुले सङ्कलन गरेको प्लास्टिकजन्य फोहर इन्धन उत्पादनका लागि दिन सकिने उहाँको भनाइ छ । “महानगर आफैले पहल गरेको छैन, नास्टले अनुसन्धान गरिरहेको भए राम्रो भयो । त्यसले हामी सबैलाई प्रेरित गर्छ नै, नसड्ने फोहरलाई इन्धन बनाउन सके त त्यसले फोहर व्यवस्थापन पनि हुन्छ । विकल्प पनि तयार हुन्छ” कुँवर भन्नुहुन्छ । भूकम्पपछि काठमाडौँ उपत्यकामा प्लास्टिकजन्य फोहर वृद्धि भएको थियो । भूकम्पपीडितका लागि राहत बाँड्न प्लास्टिकमा राखिएको सुक्खा खाना वितरण गरिएकाले प्लस्टिकजन्य फोहर अत्यधिक बढेको फोहरमैला व्यवस्थापन प्राविधिक केन्द्रको अध्ययनले देखाएको थियो । त्यसका आधारमा पनि पछिल्लो दिनमा प्लास्टिकजन्य फोहरको मात्रा बढेको अनुमान गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा उत्पादित फोहरमध्ये ६० प्रतिशत फोहर कुहिने हुन्छ । जसबाट प्राङ्गारिक मलको अर्को व्यवसाय गर्न पनि सकिन्छ भने २० प्रतिशत प्लास्टिकजन्य फोहर हुन्छ । केही पुनः पुनः प्रयोग गर्न सकिन्छ । प्लास्टिकजन्य फोहरबाट डिजल, पेट्रोल, मट्टीतेल उत्पादन गर्न सकिन्छ । प्लास्टिकबाट डिजल मात्रै निस्कन्छ भन्ने होइन भन्ने जानकारी दिँदै डा ढकाल विभिन्न उत्प्रेरक राखेर फर्नाइस तेल पनि उत्पादन गर्न सकिने बताउनुहुन्छ । व्यावसायिक उत्पादनका लागि सरकार र निजी क्षेत्रलाई मार्ग प्रशस्त गर्न नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउन लागेको उहाँको भनाइ छ । आगामी डेढ महिनाभित्र नास्टमा प्रयोगशाला स्थापना हुने डा ढकालले जानकारी दिनुभयो । दक्षिण अफ्रिका, अमेरिका, क्यानडा जस्ता मुलुकमा प्लास्टिकबाट व्यावसायिक रुपमा इन्धन उत्पादन गरिएको उहाँ बताउनुहुन्छ ।

]]>
6221 0 0 0
पर्यटक http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95/ Sun, 22 Nov 2015 15:57:14 +0000 http://www.ghumphir.com.np/?p=6223 6223 0 0 0 कालोबजारी नियन्त्रण गर्न प्रशासनसमक्ष दलहरुको आग्रह http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8/ Tue, 24 Nov 2015 03:20:52 +0000 http://www.ghumphir.com.np/?p=6233

पथरी (मोरङ), ८ मङ्सिर ।

उपभोग्य वस्तुमा खुलेआम कालोबजारी भएको भन्दै तत्काल नियन्त्रण गर्न प्रशासनसमक्ष मोरङका राजनीतिक दलहरुले आग्रह गरेका छन् । जिप्रका, मोरङमा सोमबार भएको सर्वदलीय छलफल कार्यक्रममा राजनीतिक दलका नेताहरुले खुलेआम कालोबजारी हुँदा पनि अनुगमन हुन नसकेको भन्दै आपत्ति जनाएका छन् । नेकपा (एमाले) मोरङका अध्यक्ष महेश रेग्मीले ग्यासमा कालोबजारी भएकाले नियन्त्रण गर्न माग गर्नुभएको छ । आधा सिलिन्डर वितरण गर्ने गरिएको ग्यासमा व्यापक कालोबजारी हुने गरेको रेग्मीले दाबी गर्नुभयो । सिल बिनाको वितरण गर्ने गरिएको ग्यासमा पूरा तौल हुन नसकेकाले सिलबन्दी गरेर उपभोक्तासमक्ष पु¥याउनका लागि प्रजिअको ध्यानाकर्षण गराउनुभयो । नेपाली काँग्रेस मोरङका सचिव यदु विष्टले ग्यास वितरण पारदर्शी हुन नसकेको गुनासो गर्नुभयो । पेट्रोलियम पदार्थ वितरण हुने कुरा जानकारीमा आउने भए पनि ग्यास वितरण गर्ने जानकारी नपाउँदा उपभोक्ता हैरानी खेप्न बाध्य भएको बताउनुभयो । एनेकपा (माओवादी)का गणेश उप्रेतीले ग्यास वितरणमा पारदर्शिता नभएकाले आठ राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि सहभागी सर्वदलीय बैठकमा दलका नेताहरुले दैनिक उपभोग्य वस्तुहरु दाल, तेल, चामललगायतका वस्तुको पनि अनुगमन गर्न आग्रह गरेका छन् । बजारमा कालोबजारी बढेको गुनासो आएपछि वाणिज्य कार्यालयलाई पटक पटक निर्देशन दिँदा पनि अनगुमन नगरेको प्रजिअ गणेशराज कार्कीले बताउनुभयो । वाणिज्य कार्यालयको काम गराईप्रति आफू सन्तुष्ट नरहेको उहाँको भनाइ छ । कालोबजारी छैन भन्न सक्ने अवस्था छैन – प्रजिअ कार्कीले भन्नुभयो – “अनुगमन गर्नका लागि पटक पटक वाणिज्य कार्यालयका प्रमुखलाई भने पनि बजार अनुगमन हुन सकेन ।” सर्वदलीय छलफल कार्यक्रममा सहभागी वाणिज्य मन्त्रालयका प्रतिनिधिलाई वाणिज्य कार्यालयका प्रमुखलाई कारबाही गर्न आग्रह गर्नुभयो । छलफल कार्यक्रममा प्रजिअ कार्कीले उपभोग्य वस्तुमा कालोबजारी भएको बारेमा प्रशासन कार्यालयलाई जानकारी दिन पनि आग्रह गर्नुभयो । छलफल कार्यक्रममा एमाले, काँग्रेस, एनेकपा (माओवादी), राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, माले, राप्रपा, नेमकिपाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

]]>
6233 0 0 0
कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास परियोजना सञ्चालन http://localhost/ghum/%e0%a4%95%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%a8%e0%a4%9c%e0%a4%99%e0%a5%8d%e0%a4%98%e0%a4%be-%e0%a4%ad%e0%a5%82-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%a7%e0%a4%bf-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95/ Tue, 24 Nov 2015 03:22:20 +0000 http://www.ghumphir.com.np/?p=6235

इलाम, ८ मङ्सिर ।

कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास परियोजना नेपालको सहयोगमा मेची अञ्चलका चार जिल्लाका चार गाविसमा स्थानीयवासीको जीविकोपार्जन र संरक्षण कार्यक्रम सुरु गरिएको छ । कञ्चनजङ्घा भू–परिधि क्षेत्रमा पर्ने झापाको बाहुनडाँगी, इलामको माइपोखरी, पाँचथरको सिदिन र ताप्लेजुङको पापुङ गाविसमा परियोजनाले वन क्षेत्र समन्वय समितिको सहकार्यमा त्यहाँका स्थानीयवासीसँग प्रत्यक्ष जोडिएको जीविकोपार्जनसम्बन्धी कार्यक्रम सुरु गरेको हो । रामसार सन्धिमा सन् २०१२ मा सूचीकृत माइपोखरीको संरक्षण, यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका बोटबिरुवा, चराचुरुङ्गी, होमस्टे आदिको व्यवस्थापनसम्बन्धी कार्यक्रम सुरु गरिएको कञ्चनजङ्घा भू–परिधि परियोजनाका कार्यक्रम संयोजक डा यादव उप्रेतीले जानकारी दिनुभयो । यहाँ ठकठके पाहा, गलैँचे झ्याउ, दुई दर्जनभन्दा बढी प्रजातिका गुराँस, विभिन्न प्रजातिका चरासमेत पाइन्छन् । समुद्री सतहबाट करिब दुई हजार एक सय मिटरको उचाइमा रहेको धार्मिक तथा पर्यटकीयस्थलका रूपमा चिनिएको माईपोखरीको जैविक विविधता, धार्मिक तथा पर्यटकीय क्षेत्रको समेत विकास गरिने बताइएको छ । परियोजनाले रु ४० लाखको सहयोगमा यी गाविसमा कार्यक्रम सञ्चालन भएको हो । जिल्ला वन क्षेत्र समन्वय समितिको अगुवाइमा माईपोखरीमा जनचेतनामूलक कार्यक्रम, पानीको संरक्षण, वृक्षरोपण, होमस्टेको उचित व्यवस्थापनलगायतका विषयमा कार्यक्रम सञ्चालन गरिने जिल्ला वन कार्यालयका प्रमुख तीर्थराज जोशीले बताउनुभयो । त्यस्तै पाँचथरको सिदिनमा अर्गेलीको संरक्षण, बजार अध्ययन, यसमा संलग्न स्थानीयवासीको पहिचानलगायतका विषयमा सम्बन्धित वन क्षेत्र समन्वय समितिले कार्यक्रम अघि बढाउने कञ्चनजङ्घा भू–परिधि संयोजक उप्रेतीले जानकारी दिनुभयो । अर्गेलीले जीविकोपार्जनमा कत्तिको महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, बजार सम्भावना र यसबाट स्थानीयवासीलाई कत्तिको फाइदा पुगेको छ भनेर सिदिनमा अर्गेली छनोट गरेका हौँ, डा उप्रेतीले भन्नुभयो – “कार्यक्रम सञ्चालन भएको वर्ष थोरै बजेट भए पनि आगामी वर्ष बजेट तथा कार्यक्रम बढ्छ ।” झापाको बाहुनडाँगीमा हात्ती आतङ्क बढेको भन्दै हात्ती नियन्त्रण गर्न मानव हात्ती द्वन्द्व निवारण कार्यक्रम सुरु गरिएको छ । हात्ती नियन्त्रणका लागि पहिलो चरणमा कागती, तेजपात, काँडेबाँस लगाउने कार्यक्रम छ, डा उप्रेतीले भन्नुभयो – “यसबाट पनि हात्ती नियन्त्रण गर्न सम्भव नभए काँडेतारको समेत व्यवस्थापन गर्छौं ।” हात्तीले नखाने र छिर्न नसक्ने खालका बोटविरुवाको वृक्षरोपण र संरक्षणमा स्थानीयवासी लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो । ताप्लेजुङको पापुङमा जैविक विविधता संरक्षणका लागि विशेष कार्यक्रम सुरु भएको छ । नेपालकै पूर्वी सिमाना र कञ्चनजङ्घा भू–परिधिको उच्च क्षेत्र भएकाले जैविक विविधता क्षेत्रमा जोड दिइएको हो । वन तथा भू–संरक्षण मन्त्रालय, व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहयोगमा बनेको कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास परियोजना नेपालले कञ्चनजङ्घा भू–परिधि क्षेत्र पर्ने भारत र भुटानमा पनि कार्यक्रम सुरु गरिसकेको जनाएको छ ।

]]>
6235 0 0 0
अन्तर्राष्ट्रिय हात्तीपोलोःनेपालसहित चार देश विजयी http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%aa/ Tue, 24 Nov 2015 03:23:59 +0000 http://www.ghumphir.com.np/?p=6237

परासी, ८ मङ्सिर ।

नवलपरासीमा जारी ३४ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालसहित चार देश विजयी भएका छन् । जसमा टाइगर टप्स टस्कर नेपाल, दि रस्टी कुर्किस युके, गोल ओए श्रीलङ्का र इएचफजी स्विट्जरल्याडका खेलाडी विजयी भएका छन् । पहिलो खेल सिआइएच सेन्टपल गिरिपिन्स अमेरिका र नेपालको टाइगर टप्स टस्कर बीच भएको थियो । जसमा गिरिपिन्सले चार गोल गरेको थियो भने टस्करले आठ गोल गरेको थियो । दोस्रो खेल थारु टाइगर्स नेपाल र गोल ओए श्रीलङ्काबीच भएको थियो जसमा थारु टाइगर्सले दुई र ओए श्रीलङ्काले आठ गोल गरेको थियो । तेस्रो खेलमा इएचफजी स्विट्जरल्याड र पुक्का चुक्कास अस्टे«लियाबीच भएको थियो त्यसमा स्विट्जरल्यान्डले नौ र अस्टे«लियाले पाँच गोल गरेको थियो । चौथो खेलमा दि ट्रिग्रिसिप अरेवियाले पाँच र दि रस्टी कुर्किस युकेले सात गोल गरेका थिए । टाइगर टप्स होटलको आयोजनामा बर्सेनि हुने प्रतियोगिता यस वर्ष नवलपरासीको कावासोती– १५ अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी छ । यो खेल नेपालमा मात्र हुने अन्तर्राष्ट्रियस्तरको खेल हो । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोष्टमा लगेर गोल गर्दछन् । प्रतियोगिताअन्तर्गत आज पनि चारवटा खेल हुँदै छन् । पहिलो खेलमा इङ्ल्याण्ड र श्रीलङ्का भिड्ने छन् । त्यसैगरी दोस्रो खेलमा अमेरिका र स्विड्जरल्याण्ड भिड्ने छन् भने तेस्रो खेलमा अरविया र नेपालको थारु लज टाइगर भिड्ने छन् । चौथो खेलमा टाइगर टप्स टस्कर र पक्क चक्क अस्ट्रेलियाबीच खेल हुने व्यवस्थापक डिबी चौधरीले जानकारी दिनुभयो । प्रतियोगिता अवलोकनका लागि विदेशी पर्यटकका अलावा स्थानीयवासी सर्वसाधारणको समेत भीड बढेको छ । प्रतियोगिता यही मङ्सिर ११ गतेसम्म सञ्चालन हुनेछ ।

]]>
6237 0 0 0
मल नपाउँदा जमिन बाँझै http://localhost/ghum/%e0%a4%ae%e0%a4%b2-%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%9c%e0%a4%ae%e0%a4%bf%e0%a4%a8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%9d%e0%a5%88/ Tue, 24 Nov 2015 03:25:21 +0000 http://www.ghumphir.com.np/?p=6239

काठमाडौँ, ८ मङ्सिर ।

धान भित्र्याएर गहुँ लगाउने बेलामा रासायनिक मलको अभाव भएकाले काठमाडौँकै हजारौँ रोपनी जमिन बाँझै बसेको छ । धान भित्र्याएपछि गहुँ लगाउन मलको खोजीमा लाग्दा पाउन नसकेपछि खेत बाँझै राख्न बाध्य हुनुपरेको कृषकको गुनासो छ । बूढानीलकण्ठ नगरपालिका–१६ चुनिखेलका रुद्रबहादुर श्रेष्ठ तिहारअघिदेखि मल खोज्दा पनि पाउन नसकेपछि अहिलेसम्म खेत बाँझै रहेको बताउनुहुन्छ । विगत वर्षहरुमा चुनिदेवी कृषि सहकारीले घर आँगनमै मल पु¥याउने गरेकामा यस वर्ष भारतको अघोषित नाकाबन्दीका कारण पाउन नसकिएको उहाँले बताउनुभयो । “वीरगन्जपारि मल आएर रोकिएको भन्दै कृषि सामग्री संस्थान लिमिटेडले यस वर्ष वितरण गर्न नसक्दा हजारौँ रोपनी जग्गा यस वर्ष बाँझै राख्नुपरेको छ, मल हाल्ने बानी परिसकेकाले नहाल्दा उब्जनी हुँदैन, बजारमा खाद्य सामग्रीको अभाव भएका बेला खेतीयोग्य जमिनमा कमाइ गर्न नसकेपछि हाम्रो बिल्लीबाठ हुने भयो” – समस्या सुनाउँदै उहाँले भन्नुभयो । लिमिटेड र जिल्ला कृषि विकास कार्यालय, काठमाडौँमा पटक पटक धाउँदा पनि केही उपाय नलागेको उहाँको दुःखेसो छ । रु एक हजार १४० पर्ने ५० किलोग्रामको युरिया मलको बोरा अग्रिम पैसा लिएर रु दुई हजार ५०० मा कालाबजारिया भइरहँदा पनि सरकार मुकदर्शक बनेको उहाँले जानकारी दिनुभयो । कार्यालयका कृषिविज्ञ अर्जुन बराल काठमाडौँ जिल्लामा खेती भइरहेको २१ हजार २०० हेक्टर जमिनका किसानको सामूहिक समस्या नयाँ बाली लगाउने बेलामा मल नपाउनु रहेको बताउनुहुन्छ । “कार्यालयबाट केही हुनसक्छ कि भनी किसान सयौँको सङ्ख्यामा सम्पर्क गर्न आउनुहुन्छ तर हामीले पनि गर्न सक्ने केही छैन, यसका लागि लिमिटेडले नै पहल गर्नुपर्छ” – उहाँले भन्नुभयो ।

]]>
6239 0 0 0
ऐतिहासिक गुफा अवलोकनका लागि खुल्ला http://localhost/ghum/%e0%a4%90%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%97%e0%a5%81%e0%a4%ab%e0%a4%be-%e0%a4%85%e0%a4%b5%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2/ Tue, 24 Nov 2015 03:27:31 +0000 http://www.ghumphir.com.np/?p=6241

मुस्ताङ, ७ मङ्सिर ।

मुस्ताङको जोमसोम गाविसस्थित ठिनी गाउँमा रहेको पर्यटकीय गुफा अवलोकनका लागि खुल्ला गरिएको छ । सडक विस्तारका क्रममा पहिरोले पुरिएको गुफा स्थानीय युवा क्लब, आमा समूह र सर्वसाधारणको पहलमा खुलाइएको हो । ऐतिहासिक महत्व बोकेको गुफा अवलोकनका लागि दैनिक एक दर्जनभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ठिनी गाउँ पुग्ने गरेका थिए । तर पहिरोले पुरिएपछि अवलोकनका लागि जाने पर्यटक खाली हात फर्कनुपर्ने अवस्था सिर्जना भएको थियो । विभिन्न किसिमका जीवजन्तुको चित्रसमेत देखिने गुफा पर्यटकीय हिसाबले धेरै महत्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ । जिल्ला भ्रमणमा आउने पर्यटक जोमसोम बसाइपछि घुमफिरका लागि यही गुफामा जाने गर्छन् । गुफाको प्रवेशद्वारमा थुप्रिएको माटो हटाएर गुफा खुल्ला गरिएको स्थानीय जनमुक्ति युवा क्लबका अध्यक्ष नरेन्द्र थकालीले जानकारी दिनुभयो । उहाँका अनुसार क्लबमा आबद्ध युवाले श्रमदान गरेर माटो पन्छाएका हुन् । त्यहाँ दुईवटा गुफा रहेका छन् । गुफा करिब १५ मिटर लामो रहेको बताइएको छ । नजिकै रहेको अर्को गुफा पनि खुलाउने तयारी भइरहेको क्लबले जनाएको छ ।

]]>
6241 0 0 0
भारतीय नाकाबन्दीविरुद्ध अमेरिकामा प्रदर्शन http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7/ Tue, 24 Nov 2015 03:39:26 +0000 http://www.ghumphir.com.np/?p=6243

क्यालिफोर्निया (अमेरिका),  ८ मङ्सिर ।

भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा प्रदर्शन गरिएको छ । अमेरिकामा रहेका नेपालीहरुको प्रतिनिधिमूलक संस्थाहरुले संयुक्त रुपमा राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । स्थानीय समयअनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गरिएको विरोध प्रदर्शनमा चार हजार भन्दा बढी नेपालीको उपस्थिति रहेको थियो । उक्त विरोध प्रदर्शन नेपालीहरुबाट भएको अहिलेसम्मकै ठूलो भएको आयोजकले जनाएको छ । यस अघि प्रदर्शनकारीहरुले ह्वाइट हाउसदेखि अमेरिकास्थित भारतीय दूतावास रहेको ठाउँसम्म ¥याली निकालेका थिए । एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)ले आज भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रपति बाराक ओबामासमक्ष एक ज्ञापनपत्र बुझाउने जनाएको छ । नाकाबन्दीको विषयमा अमेरिकी सिनेटरहरुलाई यसअघि नै ज्ञापनपत्र बुझाइएको थियो भने सिनेटरबाट प्राप्त पत्र ¥यालीमा पढेर सुनाइएको थियो । अमेरिकास्थित क्रियाशील नेपाली संस्थाहरू एएनए, वाना, आन्मा, नासा र एनआरएन अमेरिकाको पहलमा विरोध प्रदर्शन गरिएको हो । मधेसवादी दलहरूको आन्दोलनलाई आधार बनाएर सीमा सुरक्षाको नाममा भारतले नाकाबन्दी गर्दै संयुक्त राष्ट्र सङ्घको बडापत्र, पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताको उल्लङ्घन गरेको आयोजकले जनाएको छ ।

]]>
6243 0 0 0
तराई आन्दोलनबाट रु २०० अर्ब घाटा http://localhost/ghum/%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b0%e0%a5%81-%e0%a5%a8%e0%a5%a6%e0%a5%a6-%e0%a4%85%e0%a4%b0/ Tue, 24 Nov 2015 03:41:43 +0000 http://www.ghumphir.com.np/?p=6246

काठमाडौँ, ८ मङ्सिर ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशलाई आत्मनिर्भरको बाटामा अगाडि लैजानुपर्ने बताउनुभएको छ । मिडिया इन्टरनेसनलले आज यहाँ आयोजना गरेको ‘नाकाबन्दीमा नेपाली उद्योगको अवस्था’ विषयको अन्तक्र्रियामा मन्त्री पाण्डेले कृषि, जलस्रोतलगायत क्षेत्रमा नयाँ सोच र योजनाका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपालको पारवहन सुविधालाई सहज बनाउन छिमेकी मुलुकलाई आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठ, राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष नयनबहादुर क्षेत्री र रेमिट्यान्स एसोसियसनका अध्यक्ष देवीप्रसाद भट्टचनले १०० दिनदेखि जारी तराई आन्दोलनले रु २०० अर्ब घाटा लागेको बताउँदै उद्योगलाई सञ्चालन गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गर्नुभयो । नेपाल औषधि उत्पादक सङ्घका वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद दाहालले सरकारको खुला बजारका कारणले औषधि क्षेत्रमा समस्या उत्पन्न भएको बताउनुभयो । राष्ट्रिय कफी व्यवसाय महासङ्घका अध्यक्ष उत्पादित कफीको कच्चापदार्थको अभावका कारण प्रशोधन गर्न समस्या परेको गुनासो गर्नुभयो । फुटवेयर एसोसियसनका उपाध्यक्ष कृष्णप्रसाद फुयाँलले कच्चापदार्थको अभावले अधिकांश कम्पनी बन्द भएको बताउनुभयो भने नेपाल बोटल वाटर सङ्घका अध्यक्ष सुवास भण्डारीले इन्धन अभावले ५० प्रतिशत पानी उद्योग बन्द भएको जानकारी दिनुभयो ।

]]>
6246 0 0 0
पेट्रोलपम्पले नै ग्राहकलाई कम तेल दिने गर्दछन् http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%aa%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a5%87-%e0%a4%a8%e0%a5%88-%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%95%e0%a4%b2/ Tue, 24 Nov 2015 14:07:35 +0000 http://www.ghumphir.com.np/?p=6249

किरण भट्टराई काठमाडौँ, ८ मङ्सिर ।

उपत्यकाका विभिन्न पेट्रोलपम्पमा सोमबार र मङ्गलबार छापा मार्ने क्रममा १४ पेट्रोलपम्पले ग्राहकलाई कम तेल दिने यन्त्र प्रयोग गरी ठगी गरेको पाइएको छ । महानगरीय अपराध महाशाखाको टोलीले छापा मार्ने क्रममा सोमबार १२ र मङ्गलबार दुई पेट्रोलपम्पमा तेल कम दिने यन्त्र जोडेको अवस्थामा फेला पारी सञ्चालकलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालका अनुसार १४ पेट्रोलपम्प सञ्चालकमध्ये सात जना सञ्चालक पक्राउ परेका छन् भने अन्य सञ्चालक फरार रहेका छन् । पक्राउ परेका सञ्चालकमा गायत्रीदेवी आयल स्टोर्स, एकान्तकुनाका शैलेन्द्रनाथ बादे, श्री महालक्ष्मी विश्वकर्मा ट्रेडर्स, चापागाउँका शिव तिमल्सिना, युनिक फ्युल सेन्टर, बालकुमारीका गोपाल महर्जन, त्रिशक्ति फ्युल सेन्टर, सानेपाका युनुष प्रधान, क्रिष्टल फ्युल सप्लायर्स, बालाजुका ल्याण खड्का, भक्तपुर फ्युल सेन्टरका पूण्यराम बखाडेया र न्यू बङ्गलामुखी आयल स्टोर्स, सानो भ¥याङका सीताराम घिमिरे रहेका छन् । राजधानी आयल, गोपीकृष्णका सञ्चालक बुद्धरत्न महर्जन र दीपक थपलिया, न्यू पुष्पाञ्जलि आयल ट्रेडर्स प्रालि, जय बागेश्वरीका सञ्चालक अमिर लामा, पूजाकोठी आयल स्टोर्स, नयाँ बसपार्कका सञ्चालक राजीव शर्मा, दिव्या सप्लायर्स, सामाखुसीका सञ्चालक तिलक श्रेष्ठ फरार रहेका छन् । पेट्रोलियम पदार्थ बेच्ने पम्पले तेलको मात्रा र नाप कम गर्ने उपकरण रिमोट, रिसिभर, डिभाइस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्ने गरेको अनुसन्धानको क्रममा खुलेको महाशाखाका प्रमुख खनालले बताउनुभयो । उनीहरुलाई पक्राउ गरी ठगी मुद्दाअन्तर्गत आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुर पठाइएको प्रहरीले जनाएको छ । सो यन्त्र जडान गर्ने कार्यमा संलग्न चार भारतीय नागरिक र एक नेपाली नागरिकलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार, मोतिहारीका नसिम सिद्दिकी, हमिद हुसेन, मोहम्मद अबरार भारत गोरखपुरका अयुव आलम र नेपाली नागरिक रौतहट कनकपुरका शेख इम्तिहाज रहेका छन् । त्यसैगरी पेट्रोलियम पदार्थको कालोबजारी गर्ने सर्लाही, कालिञ्जोर गाविसका हेम विक्रम बराललाई समेत प्रहरीले फक्राउ गरेको छ ।डिजिटल पम्पमा प्रयोग हुने उपकरण रिमोट, रिसिभर, डिभाइस, स्विच, चिप्स र कोड भारतको लखनउबाट रु २४ हजारमा खरिद गरी ल्याउने र पम्पमा ३० देखि ४० हजारमा जडान गर्दै बेच्दै आएको पक्राउ परेकाले प्रहरीलाई बयान दिएका छन् । मेनुयल पम्पमा प्रयोग हुने उपकरण बुस गियर, मिडल गियर, बबिल गियर, सेफ्टी पिन बजारबाट ३०० देखि ५०० मा खरिद गरी पम्पमा सात हजारदेखि १० हजारसम्ममा जडान गर्दै आएको यन्त्र बिक्री गर्नेले जानकारी दिएका छन् । महाशाखाका प्रमुख खनालका अनुसार ग्राहकले पाँच लिटर पेट्रोल हाल्दा २०० देखि ३०० मिलिलिटर कम दिने गर्दा १०० लिटर तेल हाल्दा तीनदेखि चार लिटर कम तेल पेट्रोलपम्पले दिने गरेको अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीले अन्य पाँच पेट्रोलपम्पमा छापा हाने पनि प्रहरी आउने सूचना पाएर त्यसअघिनै सञ्चालकले ती यन्त्र निकालेकाको आशङ्कामा ती पेट्रोलपम्पबारे पनी अनुसन्धान भइरहेका महाशाखाले जनाएको छ ।

]]>
6249 0 0 0
सामाचकेवा पर्व दिदीबहिनीको महत्व http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%9a%e0%a4%95%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%a6%e0%a4%bf%e0%a4%a6%e0%a5%80%e0%a4%ac%e0%a4%b9%e0%a4%bf%e0%a4%a8/ Tue, 24 Nov 2015 14:11:28 +0000 http://www.ghumphir.com.np/?p=6252

गोपाल बराल बर्दिवास, ८ मङ्सिर ।

महोत्तरीसहितका मिथिलाञ्चल क्षेत्रका महिलाले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने सामाचकेवा पर्व अब समापनको सङ्घारमा छ ।कात्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरेर ११ दिन मिथिला क्षेत्रमा मिथिलानीले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाएर मनाउने यो पर्व पूर्णिमा तिथि पारेर बुधबार समापन हुँदैछ ।

दिदीबहिनीले आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्साँउँदै उनीहरुको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै मनाइने सामाचकेवा पर्व रमाइलो खेल पनि भएको मिथिलानीहरु बताउँछन् ।

समूहमा आफ्नै दाजुभाइको बहादुरी वर्णन गर्दै गाइने गीतबीच ‘चुगला’ (कुरा लगाउने फटाहा) को निर्मित आकृतिलाई सत्तोसराप गर्दै आगाले झोसेर डढाइने पर्व रमाइलो खेल नै भएको बर्दिवास–३ पिपलचौतारीको चौबाटोमा सामाचकेवा खेल्दै आएकी पेसाले स्वास्थ्यकर्मी रश्मि दत्तले बताउनुभयो ।

बोलीचालीका भाषामा पनि सामाचकेवा पर्व मनाउनुलाई ‘सामा खेल’ भनिने गरिएको दत्तको भनाइ छ । मध्यरातसम्मको चकमन्न समयमा नगर, गाउँबस्तीको चौबाटामा समूहमा जम्मा भएर दिदीबहिनीले गीतमार्फत आपूmप्रति दर्साएका प्रेम र समर्पण भावले रोमाञ्चित गराउने मिथिलाका युवा बताउँछन् ।

‘कात्तिक मासे यौ भैया सामा लेलक अवतार, सयौँ बरख जियौँ यौ भैया सामा लेलक अवतार’ (हे दाजुभाइ हो, कात्तिक महिनामा सामा (खेलकी प्रमुख स्त्री पात्र) ले फेरि अवतार लिएकी छन्, तिमी सयौँ वर्ष बाँच्छौँ, सामा (बहिनीको भाव) ले फेरि अवतार लिइसकेकी छन् ।)

यी गीत सुनिरहँदा आफ्ना दिदीबहिनी हुनेहरु खुसीले दङ्ग हुन्छन् भने दिदीबहिनी नहुनेलाई आफ्ना चाहिँ किन दिदीबहिनी भएनछन् भन्ने भाव पैदा हुने गरेको महोत्तरीकै भटौलिया गाउँका युवा सामाजिक कार्यकत्र्ता प्रवीण कर्णले बताउनुभयो ।

‘चलु बहिना सामा खेल भैयाके आँगन हे...जुग जुग जियथिन भैया अपन हे...!’ (हिँड दिदीबहिनी हो (सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्) सामा खेल्न दाजुको आँगनमा जाऔँ, हाम्रो कामनाले दाजुभाइ युग युगसम्म बाँच्नेछन् ।)

मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको सामाचकेवा पर्वले ‘छोरी’ नचाहिने इच्छा पालेकालाई पनि ‘छोरी’ को रहर जगाउने गरेको पाइएको छ । ‘‘चोक चोकमा अरुका दिदीबहिनीले सामाका गीत गाएर आफ्ना दाजुभाइको सौर्य बखान गरेको सुन्छु’’ आफ्ना दिदीबहिनी नभएका भङ्गाहा–४ का ३४ वर्षीय युवा भरत यादवले खिन्न हुँदै भन्नुभयो, “के गरौँ...? आफ्ना दिदीबहिनी भएनन् ।” यही दिदीबहिनी नभएको न्यास्रोले अब आफ्ना छोराहरुले न्यास्रिनु नपरोस् भनेर एउटी छोरीको कामनामा दुई छोरा भइसक्दा पनि परिवार नियोजन नगरेर अझै छोरी पर्खेको यादवको भनाइ छ ।

पर्वमा मिथिलानीले सतभैया (सप्तर्षि), चुगला, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगाले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्ने गर्छन् । पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट ती आकृति फुटाउन लगाई जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र दक्षिणा दिने गर्छन् ।

दाजुभाइप्रति दिदीबहिनीले यस्तो प्रेम दर्साउने यो पर्व करिब साँढे पाँच हजार वर्ष पहिले द्वापर युगदेखि सुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका संस्कृति विषयका उपप्राध्यापक मनोज मुक्तिले बताउनुभयो ।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएको पौराणिक वर्णन रहेको पाइन्छ । दाजु साम्बको त्यही गुणलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको मिथिला क्षेत्रकै प्रसिद्घ साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताउनुभयो ।

मिथिलाञ्चल क्षेत्रमा सामाचकेवा पर्वको आकर्षण घट्दै गएकामा भने बुढापाकाले चिन्ता व्यक्त गरेका छन् । नयाँ पुस्ताका छोरीले सामा खेलमा चासो नदेखाएपछि अबका केही वर्षपछि यो इतिहासमा मात्रै पढ्न पाइने विषय हुने हो कि भन्ने लाग्न थालेको नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी ८० वर्षीय वरिष्ठ पत्रकार विन्देश्वरीप्रसाद मण्डलको भनाइ छ ।

]]>
6252 0 0 0
हवाई इन्धनसहितको ट्याङ्कर नियन्त्रित http://localhost/ghum/%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%88-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%95/ Tue, 24 Nov 2015 14:15:47 +0000 http://www.ghumphir.com.np/?p=6255

चितवन, ८ मङ्सिर ।

वडा प्रहरी कार्यालय नारायणगढले कालोबजारी गरी ल्याइएको हवाई इन्धनसहितको ट्यांकर गए राति नियन्त्रणमा लिएको छ ।नेपालगन्जबाट आएको ना २ ख ४३६५ नंको ट्यांकरसहित प्रहरीले चार जनालाई नारायणगढको बेलचोकबाट पक्राउ गरेको प्रहरी निरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार नेपाल आयल निगमसँग कुनै स्वीकृति नलिई नेपालगन्ज नाकाबाट बाटोका विभिन्न स्थानमा आआफ्नै ढङ्गले बिक्री गर्दै नारायणगढ आइपुगेपछि निजी घरमा इन्धन झार्दै गर्दा नियन्त्रणमा लिइएको बताउनुभयो । नारायणगढमा ८५० लि हवाई इन्धन झार्दै गर्दा ट्यांकरसहित नियन्त्रणमा लिइएको उहॉले बताउनुभयो । पक्राउ पर्नेमा नारायणगढ बेलचोकका विनोद अवस्थी, उनका एक जना कामदार, कालोबजारीको मध्यस्थता गरेका वीरगन्जका किशोर पटेल र सवारी चालक मकवानपुर काँकडा–४ का सोमलाल ब्लोन छन् । ट्याङ्करमा सात हजार लि जति हवाई इन्धन रहेको बताइएको छ । अभियुक्तले प्रहरीलाई रु ५० हजार घुस दिन खोजेको तर सो रकमसहित व्यक्ति नियन्त्रणमा लिइएको कँुवरले बताउनुभयो । सो इन्धन बाटामा बिक्री गर्दै बॉकी त्रिभुवन विमानस्थलमा बिक्री गर्न लैजान लागेको खुलेको छ । प्रहरी उपरीक्षक कुँवरले आयल निगमका कर्मचारीको मिलेमतोमा अवैध रुपमा इन्धन लैजान लागेको हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो । अभियुक्तलाई कालोबजारी ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

]]>
6255 0 0 0
निजी सवारीलाई तेल दिने योजना रोकियो http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%9c%e0%a5%80-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%87-%e0%a4%af%e0%a5%8b/ Tue, 24 Nov 2015 14:21:54 +0000 http://www.ghumphir.com.np/?p=6257 रविन्द्र घिमिरे

८ मंसिर काठमाडौं ।

नेपाल आयल निगमले निजी सवारी साधनलाई तत्काल तेल नदिने भएको छ ।  केही दिनअघि आयल निगमले निजी सवारीलाई तेल बाँड्ने भनेपनि मंगबलबार बाणिज्य मन्त्रालयले अन्य सवारीलाई बाँडिने तेलको कोटा तोकेको छ । तर, निजी सवारीलाई तेल दिनेबारे कुनै निर्णय गरेन ।

केही दिन अघि निगमकान कार्यकारी निर्देशकले निजी सवरीलाई एकहप्ता भित्रै तेल बााडिने बताएका थिए । तर, छठपर्वपछि भारतबाट पर्याप्त तेल नआएकोले तत्काल तेल बाँड्न नसकिने भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

साथै अब मन्त्रालयले नै वितरणको अधिकार लिएकाले मौज्दात हेरेर निजी सवारीलाई तेल बाँडिने उनले बताए । मन्त्रालयले मंगलबार अत्यावश्यक, सरकारी र सार्वजनिक सवारीले पाउने तेलको नयाँ कोटा निर्धारण गरेको छ ।

मन्त्रालयको निर्णयअनुसार यसअघि ५ लिटर पाउँदै आएका सरकारी कार्यालयका मोटरसाईलले अब हप्तामा ३ लिटर मात्रै पेट्रोल पाउने भएका छन् । सरकारी चार पाङ्ग्रे गाडीलाई हप्तामा १० लिटर पेट्रोल दिइने भएको छ । डिजेलबाट चल्ने गाडीले भने १५ लिटर पाउनेछन् ।

एम्बुलेन्स, दमकल, सुरक्षा निकाय लगायत अत्यावश्यक सवारीलाई भने आवश्यक्ता अनुसार तेल दिने मन्त्रालयले निर्णय गरेको छ ।

यसैगरी सार्वजनिक सवारी अन्तरगत माइक्रो र साना सवारीलाई हप्तामा जोरबिजोरका आधारमा १५ लिटर र मिनीबसलाई २० लिटर डिजेल दिने निर्णय भएको छ । सिटीबसलाई भने हप्तमा ३० लिटर डिजेल उपलब्ध गराइने भएको छ ।

स्कुल र कलेजका बसले अब सोमबार र बिहीबार हप्तामा दुईपटक ३० लिटर तेल पाउनेछन् । तर, कालो नम्बर प्लेटमा चल्ने स्कुल बसले त्यस अनुरुप तेल हाल्न पाउने छैनन् । यसैगरी लामो दुरीका सवारी र पर्यटकबाहक गाडीलाई चलानीका आधारमा रुट हेरेर तेल दिने निर्णय मन्त्रालयले गरेको छ ।

मन्त्रालयले पट्रोलको वितरण भने सरकारी, साझा र सुरक्षा निकायको पम्पबाट मात्रै गर्ने निर्णय गरेको छ ।

]]>
6257 0 0 0
पोष्टपेड प्रयोगकर्तालाई टेलिकमको ‘‘क्लोजर युजर ग्रुप’ योजना http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%aa%e0%a5%87%e0%a4%a1-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88/ Tue, 24 Nov 2015 14:31:38 +0000 http://www.ghumphir.com.np/?p=6259 ८, मंसिर, काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले पोष्टपेड ग्राहकहरुका लागि नयाँ सेवा ल्याएको छ ।टेलिकमले कुनै कर्पोरेट समूहले ‘क्लोजर युजर ग्रुप’ बनाएमा ग्रुपभित्रका ग्राहकलाई भ्वाइस कलमा विभिन्न छुट दिने भएको छ । मंसिर १० गते अर्थात बिहीबारदेखि यो सेवा उपलब्ध हुने छ । नयाँ योजना
सि.नं. ग्रुपमा ग्राहकको संख्या ग्रुपको प्रकार महसुलदर (प्रतिमिनेट)
५०-१०० सानो ५० पैसा
१०१-२०० मध्यम ४५ पैसा
२०१-५०० ठूलो ४० पैसा
टेलिकमका अनुसार ५० देखि सय जना ग्राहकको समुह निर्माण बनाएमा त्यो समूहभित्रका ग्राहकले ५० पैसा, १०१ देखि २ सय जना ग्राहक भएमा ४५ पैसा र २०१ देखि ५ सय जना ग्राहक बनाएमा ४० पैसा प्रतिमिनेटमा कल गर्न सकिनेछ । नयाँ महसुल दरमा नियमअनुसार लाग्ने कर समावेश गरिएको छैन । यो सुविधा लिन चाहने कर्पोरेट समूहले ग्रुपमा राख्न चाहने ग्राहकको नामावली र अन्य कागजातसहित उपत्यकाको लागि मोबाइल सेवा निर्देशनालय पुल्चोक र उपत्यका बाहिरका लागि सम्बन्धित क्षेत्रीय निर्देशनालयमा सम्पर्क गर्नुपर्ने टेलिकमले जनाएको छ । जीएसएम पोष्टपेड सेवाका ग्राहकहरुले मासिक रुपमा तिर्नु पर्ने न्युनतम महसुल ३ सय रुपैयाँमा नै सुविधा पाउनेछन् । सस्क्रीप्सन निःशुलक गरिएको टेलिकमले जनाएको छ ।]]>
6259 0 0 0
उपल्लो मुस्ताङमा चीनबाट इन्धन आयात http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f/ Wed, 25 Nov 2015 03:24:21 +0000 http://www.ghumphir.com.np/?p=6262

मुस्ताङ, ९ मङ्सिर ।

उपल्लो मुस्ताङका यातायात व्यवसायीले चीनको स्वशासित राज्य तिब्बतबाट युरो–४ पेट्रोल र डिजेल आयात गर्न थालेका छन् । आफूलाई आवश्यक पर्ने परिमाणमा इन्धन लिएर उनीहरुले निर्बाध रुपमा सवारीसाधन सञ्चालन गरिरहेका छन् । उपल्लो मुस्ताङका लोमान्थाङ, घमी, सुर्खाङ, छोसेर लगायत क्षेत्रमा चीनबाटै आयात गरिएका इन्धनबाट मोटरसाइकल, जिप तथा मालवाहक ट्रक सञ्चालन भइरहेका छन् । चीनको ढोङवासेन जिल्लामा पुगेर त्यहाँका डिपोबाट इन्धन लिने गरेको लोमान्थाङका व्यवसायी पासाङ गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसरी ल्याइएका इन्धन युरो–४ मापदण्डको हुन्छ । कालीगण्डकी करिडोरअन्तर्गत छोसेर गाविसमा पर्ने कोरला नाकासम्म सडक सञ्जालको पहुँच विस्तार भएका कारण उपल्लो मुस्ताङका छ गाविसमा सवारीसाधनको सङ्ख्या पनि बढ्दै गएको छ । ती क्षेत्रमा सञ्चालित अधिकांश मोटरसाइकल चीनबाट अवैध रुपमा ल्याइएका छन् । सीमा प्रशासन कार्यालयले कानुनी दायरामा ल्याउने प्रयास गरिए पनि सफल हुन सकेको छैन । त्यस्ता मोटरसाइकल कागबेनीदेखि तल सञ्चालन नहुने स्थानीयवासीले जानकारी दिएका छन् । जोमसोम–मुक्तिनाथ सडकखण्डमा सञ्चालन हुने दर्जनभन्दा बढी जिप पनि चीनबाट आयात गरिएका इन्धन नै प्रयोग गर्ने गरेको व्यवसायी गुरुङले जानकारी दिनुभयो । उपल्लो मुस्ताङका व्यवसायीले तल्लो क्षेत्रका व्यवसायीलाई समेत इन्धन उपहार पठाउने गरेका छन् । “लोमान्थाङबाट एक दिनमा गएर इन्धन ल्याएर आउन सकिन्छ”, व्यवसायी गुरुङले भन्नुभयो । मुस्ताङमा स्थानीय यातायात व्यवसायीले आफूलाई करिब छ महिना चाहिने इन्धन भण्डारण समेत गर्ने भएकाले जिल्लामा अहिले खासै समस्या नभएको यातायात व्यवसायीको भनाइ छ ।

]]>
6262 0 0 0
वनस्पतिबाट ग्यास उत्पादन \ http://localhost/ghum/%e0%a4%b5%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8/ Wed, 25 Nov 2015 03:25:52 +0000 http://www.ghumphir.com.np/?p=6264

ऋषिराम अधिकारी  लमजुङ, ९ मङ्सिर ।

मुलुक इन्धन र खाना पकाउने ग्यासको चरम अभावमा रहेका बेला यहाँका एक युवकले वनस्पतिबाट खाना पकाउने ग्यास उत्पादन गर्नुभएको छ । करापुटार नगरपालिकास्थित लक्ष्मीबजारका २५ वर्षीय रदी मियाँले स्थानीयस्तरमा पाइने सालधुप, खिर्राको चोप, बाँसको पानी, प्रशोधित पानी र खाने सोडा प्रयोग गरी ग्यास उत्पादन गर्नुभएको हो । ग्यास उत्पादनमा सफल भएको जिकिर गर्दै रदी भन्नुहुन्छ, “मैले उत्पादन गरेर चिया पनि पकाएँ, यसले बजारमा पाइने खाना पकाउने ग्यासको जस्तै काम गर्न सक्छ, मेरो कामको विश्वास लाग्छ भने लगानी गर्ने उद्देश्यले कसैले लगानी गरी सहयोग गरेमा म लमजुङमा नै ग्यासको सफल उत्पादन गर्न सक्छु, मैले उत्पादन गरेको ग्यासलाई अझै प्रशोधन र परिमार्जन गर्न आवश्यक छ, सरकारले सहयोग गरे यहाँ आवश्यक पर्ने ग्यास स्वदेशमै उत्पादन गर्न सकिन्छ । ” हाल उत्पादन भएको ग्यासलाई खाना पकाउने एलपी ग्यासको खाली सिलिन्डरमा जम्मा गर्दै परीक्षण गरेका उहाँले प्रभारम्भिक रुपमा उत्पादन गरेको खाना पकाउने ग्यास सफल परीक्षण भएको र अब सरकारले साथ दिएमा दिलोज्यानले लागेर उत्पादन गर्ने सोचमा रहेको बताउनुभयो । एक लिटर बाँसको पानी, खिर्रोको चोप र सालको धुलो एक÷एक सय ग्राम, एक पोका सोडा र एक लि प्रशोधित पानी मिसाएर मज्जाले घुलन गर्दा आधा किलो खाना पकाउने ग्यास उत्पादन गर्न सकिन्छ । सामान्य परिवारमा जन्मनुभएका मियाले सँगसँगै अल्ट्रालाइटसमेत निर्माण गर्नुभएको छ । यसअघि बनाइएको अल्ट्रालाइटले सफल उडान भर्न नसकेपछि अलि सानो खालको अल्ट्रालाइटको निर्माणमा आफू जुटेको बताउनुभयो । गाउँमा नै उडान भर्ने क्रममा मैदान सानो भएकाले अल्ट्रालाइटलाई रन वे नपुगेका कारण उडान सफल नभएको उहाँको भनाइ छ । विज्ञार प्रविधिको क्षेत्रमा सहयोग गरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले रदीलाई गत असार २१ गते रु ५० हजार राशिको ‘युवा प्रतिभा पुरस्कार’समेत प्रदान गरेको थियो ।

]]>
6264 0 0 0
गौराती मेला आजदेखि सुरु http://localhost/ghum/%e0%a4%97%e0%a5%8c%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%80-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%86%e0%a4%9c%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Wed, 25 Nov 2015 03:28:31 +0000 http://www.ghumphir.com.np/?p=6266

चौतारा, ९ मङ्सिर ।

सिन्धुपाल्चोकको सबैभन्दा ठूलो मानिँदै आएको गौराती भीमेश्वरको मेला आजदेखि सुरु भएको छ । चौतारा नगरपालिका–२ स्थित गौराती डाँडामा अवस्थित गौराती भीमेश्वरको मन्दिरमा बेलुकादेखि रातभर भव्य मेला लाग्ने भए पनि बिहानैदेखि दर्शनार्थीको भिड लाग्न थालेको छ । तीन महिनादेखि तराईमा आन्दोलन चलिरहे पनि व्यापार गर्न आउने तराईवासी गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य रहेको स्थानीयवासी मानबहादुर तामाङले जानकारी दिनुभयो । पुत्रप्राप्ति र मनले चिताएको पूरा हुने विश्वासमा कतिपयले बेलुकादेखि दियोमा बत्ती बाल्नाका साथै महादीप बालेर रातभर जाग्राम बस्ने गर्छन् । व्रतालु भक्तजनको सङ्ख्या पनि उल्लेख्य रुपमा वृद्धि हुँदै आएको मन्दिरका पुजारी बलबहादुर श्रेष्ठले बताउनुभयो ।

]]>
6266 0 0 0
नेपालमा रहेका पेट्रोल र ग्यासको अनुसन्धान गरिने उद्योग मन्त्री पाण्डे http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%b0-%e0%a4%97/ Wed, 25 Nov 2015 14:59:59 +0000 http://www.ghumphir.com.np/?p=6270

काठमाडौँ, ९ मङ्सिर ।

उद्योग मन्त्री सोमप्रसाद पाण्डेले नेपालमा भएका पेट्रोलियम पदार्थको खानीको स्थिति यकिन गर्न छ महिनाभित्र अनुसन्धान गर्न लागिएको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिमा आज भएको छलफलमा उहाँले केकति पट्रोलियम पदार्थको स्रोत छ भन्ने कुरा यकिन नभएको बताउनुभयो । उहाँले जापान सहयोग नियोग (जाइका)ले २६ वर्षअघि गरेको अनुसन्धानमा धनगढीदेखि मोरङसम्म १० वटा ब्लकबाट पेट्रोलियम पदार्थ निकाल्न सकिने सुझाव दिएको उल्लेख भएको जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग भएको छलफलमा मन्त्री पाण्डेले अनुसन्धानपछि केही निजी कम्पनीले यस सम्बन्धमा अनुमति लिएर पनि कार्य अघि नबढाएको जानकारी दिनुभयो । एक वर्षअघि तिनको अनुमति खारेज गरिएको र हालैमात्र बसेको आकस्मिक बैठकले छ महिनाभित्र केकतिमात्रामा पेट्रोलियम पदार्थउपलब्ध हुन्छ भन्नेबारे अनुसन्धान अघि बढाउने कार्यक्रम पनि अघि बढाइएको उहाँले बताउनुभयो । सो सर्वेक्षणमा नेपालका ७२ वटा कुवाबाट ३१ करोड घनमिटर ग्यास निकाल्न सकिने र यसबाट २० हजार घरपरिवारलाई ५० वर्षसम्म सेवा दिन सकिने तर ग्यास सिलिण्डरमा भर्न सकिने स्थिति भने नभएको उल्लेख गरिएको छ । टेकुस्थित पचली भैरव नजिक विगतमा निकालिएको ग्यास पुनःप्रयोगका लागि अनुसन्धान गर्न निर्देशनसमेत भइसकेको मन्त्री पाण्डेले बताउनुभयो । लामो समयसम्मको नाकाबन्दीका कारण उद्योग क्षेत्रमा परको असर न्यून गर्न नेपाल राष्ट्रबैंकसँग छलफल भइरहेको चर्चा गर्दै मन्त्री पाण्डेले यस अवधिमा उद्योग व्यवसायीले लिएको ऋणको ब्याज मिनाहा गर्ने वा अनुदान दिनेबारे छलफल अघि बढाइएको उल्लेख गर्नुभयो । उद्योग सचिव जयमुकुन्द खनालले सरकारबाट जारी श्वेतपत्रले मात्र उद्योग क्षेत्रको संरक्षण गर्न नसकिने हुनाले वर्तमान समस्या समाधानका लागि कूटनीतिक पहल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योग व्यवसायमा परेको असर न्यून गर्न उद्योग, वाणिज्य र अर्थमन्त्रालयबीच छलफल बढाउन आग्रह गर्नुभयो । महासङ्घका सभापति पशुपति मुरारकालगायतका पदाधिकारीले लामो समयसम्म दैनिक रु.दुई अर्ब बराबरको घाटा मुलुकले व्यहोर्नुपरेको जानकारी दिनुभयो । उद्योगधन्दा बन्द हुँदा श्रमिकलाई तलब दिन सकिने स्थिति नभएको वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज तिर्न कठिन भएको गुनासो उहाँले गर्नुभयो । बैठकमा समितिका सभापति भीष्मराज आङदम्बेले सदस्यको सुझावसहित देशलाई आत्मनिर्भर बनाउन अल्पकालीन तथा दीर्घकालीन रुपमा खानी सञ्चालनमा ल्याउन, स्वदेशी उत्पादन प्रवद्र्धन गर्न समितिले विगतमा दिएका सुझावलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभयो ।

]]>
6270 0 0 0
तीन सय वर्ष पुरानो चन्द्रविनायक जात्रा सुरु http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%b8%e0%a4%af-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%9a%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0/ Wed, 25 Nov 2015 15:02:20 +0000 http://www.ghumphir.com.np/?p=6272

काठमाडौँ, ९ मङ्सिर

काठमाडौँका चार विनायकमध्येको एक चन्द्रविनायकको ३०० वर्ष पुरानो जात्रा आजबाट सुरु भएको छ । कात्तिक शुक्ल पूर्णिमाका दिनबाट तीनदिनसम्म चाबहिल क्षेत्रमा लाग्ने यो जात्रामा भैरव र गणेशको दर्शन गर्नाले शरीरमा आएका घाउ खटिरा निको हुने विश्वासमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । जात्राको शुभारम्भ आज गणेश र भैरवको विधिपूर्वक पूजा गरी सुरु गरिएको चन्द्रविनायक, भैरव जात्रा व्यवस्थापन समितिका संयोजक सुवर्ण डङ्गोलले जानकारी दिनुभयो । आज बेलुकी गणेशस्थान र कुटुम्बहालमा धुनी जगाउने परम्परा रहेको उहाँले बताउनुभयो । मार्गकृष्ण प्रतिपदाका दिन रथ घर घर पु¥याई पूजा गरिन्छ । मार्गकृष्ण द्धितीयाका दिन चाबहिल क्षेत्रमा सिन्दूर जात्रा गरेपछि जात्रा सम्पन्न हुने गर्छ । बोली नफुटेका बच्चालाई यो जात्रामा ल्याई दर्शन गराउँदा बोली फुट्ने जनविश्वास रहिआएको स्थानीय मनोज डङ्गोलले बताउनुभयो ।

]]>
6272 0 0 0
सुखानीदेखि ढुङ्गेसाँघुसम्म ‘पर्यटन यात्रा’ http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a2%e0%a5%81%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%87%e0%a4%b8%e0%a4%be%e0%a4%81%e0%a4%98%e0%a5%81%e0%a4%b8/ Wed, 25 Nov 2015 15:04:25 +0000 http://www.ghumphir.com.np/?p=6274

काँकडभिट्टा (झापा), ९ मङ्सिर ।

नेकपा (एमाले) मेची अञ्चल कमिटीले आगामी फागुनमा पार्टीका मुलुकभरका उच्च तहका नेतालाई सहभागी गराउँदै झापाको सुखानीदेखि ताप्लेजुङको ढुङ्गेसाँघुसम्म ‘पर्यटन यात्रा’ को आयोजना गर्ने भएको छ । ‘झापा विद्रोह’ का क्रममा पाँचजना सहिद भएको दिन फागुन २१ गते झापाको सुखानीबाट पर्यटन यात्राको सुरुवात हुने र १० दिनपछि ताप्लेजुङको ढुङ्गेसाँघुमा समापन कार्यक्रम हुने एमाले झापाका अध्यक्ष चिन्तन पाठकले बताउनुभएको छ । एमाले झापाका अध्यक्ष पाठकका अनुसार कार्यक्रमको आयोजना पार्टीको मेची अञ्चल कमिटीले गर्ने र यात्रामा ७५ जिल्ला कमिटीका अध्यक्ष र १४ अञ्चलका इञ्चार्जलाई सहभागी गराइने योजना रहेको छ । यात्रामा झापा आन्दोलनका योद्धाहरू र पार्टीका केन्द्रीय पदाधिकारी सरिक हुने बताइएको छ । झापाको सुखानीमा हुने यात्राको उद्घाटन प्रधानमन्त्री केपी ओलीबाट गराउने र ढुङ्गेसाँघुको समापन अवसरमा जननेता मदन भण्डारीकै परिवारका सदस्यको उपस्थिति गराइने पार्टीको योजना रहेको पाठकले बताउनुभयो ।

]]>
6274 0 0 0
तस्बिरमा सकिमना पुन्ही http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%95%e0%a4%bf%e0%a4%ae%e0%a4%a8%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%b9%e0%a5%80/ Wed, 25 Nov 2015 15:40:22 +0000 http://www.ghumphir.com.np/?p=6276

भक्तपुर, ९मङ्सिर ।

आज नेवार समुदायले सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) धुमधामले मनाउँदैछ । आजको दिन नेवार समुदायले विशेषगरी सकी अर्थात् पिँडालु उसिनेर खाने प्रचलन छ । नेवार समुदायले ऋतु अनुसारको उब्जनी आफ्नो उत्पादन इष्टदेवलाई चढाएर मात्र खाने प्रचलनअनुसार आजकोे दिन पिँडालु, सख्खरखण्ड लगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । यसले शरीरमा ताकत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास छ । यसै अवसरमा आज कमलविनायक भत्केको पाटीस्थित यातु महादेव, आशापुरेश्वर (आशापुरी) महादेव, डोलेश्वर महादेव, सुवर्णेश्वर महादेव लगायत महादेव मन्दिरमा विशेष मेला लागेको छ । सकिमाना पुन्हीका दिन महादेवको पूजा आराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनाका साथै राम्रो वर पाउने धार्मिक विश्वास छ । आजै नेवार समुदायले एकमहिने दाफा भजनकीर्तन सम्पन्न गर्ने प्रचलन छ । कोजाग्रत पूर्णिमाको दिनदेखि आआफ्नो टोलमा रहेका गणेश, महादेव लगायत देवीदेवताको मन्दिरमा प्रत्येक साँझ भजनकीर्तन गाउन सुरु गरेकामा आज समापन हुन्छ । आजको दिन सो भजनमण्डलीले साँझ मन्दिर अगाडि उसिनेको सख्खरखण्ड, पिडालु तथा भुटेका मकै, भटमास, गहँु, बदाम, केराउ, चना लगायत विभिन्न गेडागुडीले देवीदेवता तथा मन्दिरको कलात्मक आकृति बनाउने गरिन्छ । अन्तमा त्यसैलाई प्रसादका रुपमा ग्रहण गर्ने प्रचलन रहेको श्रेष्ठले बताउनुभयो ।

BBTG1395 BBTG1403 BBTG1421 BBTG1423 BBTG1431 BBTG1434 BBTG1436 BBTG1454 BBTG1461

]]>
6276 0 0 0
भूत मेलामा हजारौ दर्शालू र श्रदालूको भिड (फोटो-फिचर) http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%a4-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%8c-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%be%e0%a4%b2%e0%a5%82/ Wed, 25 Nov 2015 16:42:26 +0000 http://www.ghumphir.com.np/?p=6294 सिरहा,९ मंसिर ।

तराई मधेशका जिल्लाहरु १ सय दिन देखि बन्द रहेपछि हरेक क्षेत्र प्रभाबित भएका छन् ।तर प्रत्येक बर्ष कार्तिक पूर्णिमाका दिन कमला नदिमा लाग्ने भूत मेला बन्दले प्रभाबित बन्न सकेन ।सिरहा र धनुषाको बिचमा रहेको कमला नदिमा अहिले भूत मेला लागेको छ ।मंगलबार देखिनै कमला नदि किनारमा भूत मेलामा हजारौ दर्शालू र श्रदालूको भिड लागेको छ ।मेलामा सिरहा,सप्तरी,उदयपूर,धनुषा,महोतरी सिमाबर्ति भारतको मधुबनि,दरभंगा,समस्तीपूर सहितका जिल्लाहरुबाट हजारौको संख्यामा सहभागि भएका छन् । तान्त्रिक बिद्धा सिद्द हुने जनबिश्बास रहेको यो मेलामा घरबाटै देउता देउता खेल्दै कमला नदिमा पुगी रहेको छ ।देउताले स्वास्य बिगारि दिएको,बोक्सा बोक्सिले बाल बच्चालाई टुना मूना लगाई दिएको र सोहि बाट बच्न धामी झाक्रि बन्न भूत मेलामा सहभागि हुने गरेको उनिहरुको जन बिश्वास छ ।कार्तिक पूर्णिमाका् दिन कमला नदिमा देउता खेल्दै स्नान गरेपछि तान्त्रीक बिद्धा पाको हुने र धामि झाक्रिको योग सिद्द हुने भनाई रहेको छ ।रात भर देउता र भूत खेलेपछि नदिमा बिहान स्नान गरी त्यही स्थानमा दहि,च्यूरा,सखर।तरकारी खाने प्रचलन रहेको छ ।

मुख्यतः गा्रमिण क्षेत्रका अशिक्षित,टुना मूनामा बिश्बास गर्नेहरुको भूतमेलामा सहभागिता रहेपनि मेला हेर्न तथा कमला नदिमा स्नान गर्न अन्य बर्ग समूदायको पनि उपस्थिती रहेको छ ।कमला किनारको अन्य ठाउंमा पछिल्लो समय मेला लाग्ने गरेता पनि सिरहाको पटेर्र्बा र धनषाको ईनर्बाका बिच कमलाको भागमा मेलाको आकर्षक हुन्छ ।

bhoot mela (2) bhoot mela (3) bhoot mela (4) bhoot mela (5) bhoot mela (6) bhoot mela (7) bhoot mela (8) bhoot mela (9) bhoot mela (10)

]]>
6294 0 0 0
पेट्रोल पम्पमा सिलबन्दी http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%aa%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80/ Thu, 26 Nov 2015 04:53:09 +0000 http://www.ghumphir.com.np/?p=6306

धनगढी, १० मङ्सिर ।

कैलाली जिल्लाको अत्तरिया नगरपालिका—१३ मा सञ्चालन रहेको मनीषा पेट्रोलियम सेन्टरले इन्धन बिक्रीमा कालोबजारी गर्ने गरेको थाहा भएको छ । प्रजिअ नेतृत्वको बजार अनुगमन टोलीले बुधबार पेट्रोल पम्प (डिजिटल मेसिन) लाई आफू अनुकूल बनाई इन्धन बिक्रीवितरण गरिरहेको अवस्थामा फेला पारेको हो । उक्त सेन्टरमा फलामको अङ्कुशे लगाई प्रतिदश लि इन्धन बिक्री गर्दा २५० देखि ४०० मिलि कम इन्धन बिक्री गरी कालोबजारी गर्ने गरिएको पाइएको अनुगमन टोलीमा सहभागी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । अनुगमन टोलीले उक्त पेट्रोल पम्पमा प्रयोग गरिएको फलामको अङ्कुशेसहितको मेसिन जफत गरी पम्पमा टाँचा लगाएको छ । सञ्चालक देवनारायण यादवलाई पक्राउ गरिएको छ ।

]]>
6306 0 0 0
प्रसिद्ध उग्रतारा मेला आज सम्पन्न http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%89%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%86/ Thu, 26 Nov 2015 16:11:42 +0000 http://www.ghumphir.com.np/?p=6312

डडेल्धुरा, १० मङ्सिर ।

डडेल्धुरास्थित उग्रतारा भगवतीको मन्दिरमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला आज सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको मेला आज दिउँसो पूजाआजा गरेर सम्पन्न भएको छ । देहीजातका नामले प्रसिद्ध सो मेलामा सुदूरपश्चिमका विभिन्न स्थान बैतडी, डोटी, कैलाली, कञ्चनपुर, दार्चुला र बझाङ जिल्लाका साथै छिमेकी भारतीय क्षेत्रबाट समेत श्रद्धालु भक्तजन उग्रतारामा दर्शन गर्न आउने गरेका स्थानीय मेला व्यवस्थापकले जानकारी दिएको छ । तर, यस वर्ष पेट्रोलियम पदार्थको अभावले सवारीसाधन चल्न नसकेपछि दशनार्थीको सङ्ख्या घटेकोे छ । हरेक वर्ष कात्तिक शुल्क पूर्णिमाका बेला लाग्ने उग्रतारा मेलाका दिन उग्रतारा मन्दिरमा पूजाअर्चना गरेमा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । उग्रतारा देवीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको स्थानीय बासिन्दा बताउँछन् ।

]]>
6312 0 0 0
पर्यटकको बसाइँ लम्ब्याउन होम स्टे http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%81-%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8/ Thu, 26 Nov 2015 16:22:34 +0000 http://www.ghumphir.com.np/?p=6316

रत्ननगर (चितवन), १० मङ्सिर ।

पर्यटकको बसाइँ लम्ब्याउन चितवनको खैरहनीस्थित कुमरोजमा २० वटा होम स्टे निर्माण सुरु भएको छ । तामाङ र चौधरी होम स्टे बनाउन थालिएको हो । केही निर्माण सम्पन्न भएको र कतिपय होम स्टे निर्माण कार्य भइरहेको बुढीराप्ती उपभोक्त समिति कुमरोजका अध्यक्ष नारायणदत्त तिमिलसिनाले जानकारी दिनुभयो । “होम स्टेका लागि रु २० लाख सहयोग भएको छ” उहाँले भन्नुभयो । काठपात स्थानीय सामुदायिक वनले उपलव्ध गराउने कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हिराबहादुर गुरुङले बताउनुभयो । यसअघि बुढीराप्तीले रु छ लाखको लागतमा उक्त गाउँमा छ वटा होम स्टे निर्माण गरिसकेको छ । यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष र स्थानीय वनको सहयोगमा यहाँ पाँच वटा दराई होम स्टे निर्माण भइसकेका छन् । “हरेक होम स्टेमा जाति अनुसारको मौलिक खाना पाइन्छ,” होम स्टे सञ्चालक समितिका संयोजक प्रतिमा दराईले भन्नुभयो, “प्रति होम स्टे निर्माणमा करिव चार लाख लाग्छ । अनुदानपछि अपुग रकम सञ्चालक आफैँले हाल्ने गरेका छन् ।” विसं २०६७ देखि होम स्टे सञ्चालन गर्ने योजना ल्याइएको स्थानीय कुलप्रसाद भुसालको भनाइ छ । बुढीराप्ती उपभोक्ता समिति र कुमरोज वनले होम स्टे सञ्चालनमा सहयोग गर्दै आएको छ । पछिल्लो समयमा जिल्लाको कुमरोज पर्यटकिय क्षेत्र बन्दै गएको छ । यहाँ बाघ, गैँडा, चित्तल, भालुलगायत संरक्षित वन्यजन्तुको बासस्थान बढेपछि पर्यटक आकर्षित भएका हुन् । पर्यटकले यहाँ हात्ती सफारीको समेत मजा लिन सक्ने छन् ।

]]>
6316 0 0 0
साँखुमा पार्क बन्ने http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%81%e0%a4%96%e0%a5%81%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87/ Thu, 26 Nov 2015 16:30:12 +0000 http://www.ghumphir.com.np/?p=6320

साँखु (काठमाडौँ), १० मङ्सिर ।

शङ्खरापुर नगरपालिकाका कार्यकारी अधिकृत दुर्गानाथ गौतमको अध्यक्षतामा भएको भेलाले शङ्खरापुर नगरको साँखुबजार वरपर ‘एक नगर अनेक उद्यान’ कार्यक्रमअन्तर्गतको पहिलो उद्यान बनाउन पहल गर्ने निर्णय गर्दै स्थान पहिचान गर्न शङ्कर मल्ल ठकुरीको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सो समितिका अन्य सदस्यहरुमा मोहन वाइवा, सुवर्ण श्रेष्ठ, नगरपालिकाका प्राविधिक र सदस्य सचिवमा लप्सेफेदी रेञ्जपोष्टका इन्चार्ज जगदीश रेग्मी (सहायक वन अधिकृत)लाई तोकिएको छ । उक्त कार्यक्रममा शङ्खरापुर नगरभित्र रहेका विभिन्न सङ्घसंस्था, क्लब, राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार एवम् लब्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त भेला नगरपालिका कार्यालयमै भएको थियो ।

]]>
6320 0 0 0
रारामा पाहुना चरा अझै आएनन् http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a4%be-%e0%a4%9a%e0%a4%b0%e0%a4%be-%e0%a4%85%e0%a4%9d%e0%a5%88-%e0%a4%86%e0%a4%8f%e0%a4%a8/ Thu, 26 Nov 2015 16:34:49 +0000 http://www.ghumphir.com.np/?p=6322

मुगु, १० मङ्सिर ।

प्रत्येक वर्षको असोज महिनाको अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म रारातालमा आउने गरेका पाहुना चरा यो वर्ष भने अहिलेसम्म पनि आएका छैनन् । हरेक वर्ष असोज महिनाको अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म तिब्बतको मानसरोवर, साइबेरिया, नेपालको कोसी टप्पु, पर्सा जिल्ला, भारत र बङ्गलादेशबाट रारा आउने गरेका पाहुना चरा यो वर्ष अहिलेसम्म नआएका हुन् । नेपालमा रहेका ८७४ प्रजातिका चरामध्ये रारा राष्ट्रिय निकुञ्जमा २८४ प्रजातिका चरा रहेका छन् । यसमध्ये हिउँदको मौसममा रारा तालमा मात्र मानसरोवर, साइबेरिया, बङ्गलादेशलगायत नेपालका कोसी, पर्सादेखि अन्य जिल्लाबाट असोजको अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म सयौँका सङ्ख्यामा मरुल, हरियो टाउके हाँस, कालिजुरे, क्यामरुलदेखि चखेवा चखेवी आउने र माघदेखि फागुनको पहिलो सातासम्म पुनः आ–आफ्ना पुरानै बासस्थानमा जाने गरेका हुन्थे तर यो वर्ष अझैसम्म पनि यी चरा तालमा आएका देखिँदैन । “पाहुना चराहरु आएर रारा तालको छेउछाउ चराले भरिभराउ हुँदा कालै देखिन्थ्यो,” निकुञ्जका संरक्षक अधिकृत मोहनचन्द्र विश्वकर्माले भन्नुभयो । चराचुरुङ्गीको अवलोकन र अनुसन्धानका लागि उत्तम स्थान भएको यो रारा राष्ट्रिय निकुञ्जमा विशेष गरी हिउँदको मौसममा पाहुना चराले रारा तालसँगै पर्यटकलाई छुट्टै आनन्द दिने गर्थे । तालमा खानेकुरा नभएर नआएका हुन् वा अति जाडो भई नआएका हुन् भन्ने कारण भने अनभिज्ञ रहेको विश्वकर्माले बताउनुभयो । अहिलेसम्म यो निकुञ्जमा पाइने २८४ प्रजातिका चरा र हिउँद मौसममा आउने पाहुना चराबारे सरकारी निकायबाट कुनै अनुसन्धान भएको छैन । चरा अवलकनकर्ता हटन चौधरी र उहाँका विदेशी मित्र भने बेलाबेला रारामा आई यहाँ रहेका रैथाने तथा पाहुना चराबारे अनुसन्धान गरिरहनुभएको छ ।

]]>
6322 0 0 0
पर्यटनलाई समेट्ने गरी योजना छनोट गर्न सुझाव http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a4%ae%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%80-%e0%a4%af%e0%a5%8b/ Thu, 26 Nov 2015 16:38:27 +0000 http://www.ghumphir.com.np/?p=6324

पोखरा, १० मङ्सिर ।

जिल्ला विकास समिति कास्कीद्वारा आज यहाँ आयोजित पूर्वयोजना तर्जुमा गोष्ठीमा वक्ताले योजना तर्जुमा गर्दा यहाँको पर्यटकीय सम्भाव्यतालाई दृष्टिगत गरी योजना छनोट गर्न जोड दिएका छन् । पर्यटन कास्की जिल्लाको विशिष्ट पहिचान भएको भन्दै वक्ताले विभिन्न कारणबाट यहाँको सौन्दर्य ओझेलमा पर्दै गएको भन्दै सौन्दर्य कायम राख्दै थप पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिए । गोष्ठीमा सांसद शारदा पौडेलले पर्यटन कास्कीको महत्वपूर्ण पहिचान भएको बताउँदै फेवातालसहित लेखनाथ नगर क्षेत्रका सात तालको संरक्षण र विकास अपरिहार्य भएको बताउनुभयो । राजनीतिकरणले विकास प्रभावित हुन नहुने उल्लेख गर्दै उहाँले जिल्लाको विकासका लागि सबैको सकारात्मक सहयोग अपरिहार्य हुने बताउनुभयो । उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश खनालले कास्कीका पर्यटकीय सम्भाव्यतालाई उजागर गर्ने गरी बृहत्तर गुरुयोजना निर्माण गरिनुपर्ने बताउनुभयो । विश्वबाट यहाँका ताल तलैया हेर्नका लागि पर्यटक आउने गरेको बताउँदै उहाँले यिनीहरूको संरक्षण र विकास समेतलाई दृष्टिगत गरी योजना छनोट गरिनुपर्ने धारणा राख्नुभयो । नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागीले कास्कीलाई पर्यटकीय गन्तव्य बनाउने योजना राखिए पनि अपेक्षित रुपमा त्यसको कार्यान्वयन बढ्न नसकेको बताउनुभयो । विकास निर्माणका लागि सांसद निर्वाचन क्षेत्र विकास कोषको रकम जिल्ला विकास समितिसँग समन्वय नभइ पहुँचका आधारमा वितरण हुने गरेका कारण त्यसको सही सदुपयोग हुन नसकेकामा उहाँको जोड थियो । नेकपा(माले) कास्कीका सचिव होमनाथ गिरीले यहाँको पर्यटनलाई प्रवद्र्धन गर्न जिल्लालाई विद्युत् भार कटौटीमुक्त बनाउन लघु विद्युत् योजना, सौर्य ऊर्जालगायतमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । समाजसेवी कालिदास सुवेदीले ताल कास्की जिल्लाको सौन्दर्य भएको र संरक्षणको अभावमा यो सौन्दर्य मेटिने अवस्थामा पुगेकाप्रति सबैको ध्यान जानु आवश्यक हुने बताउनुभयो । संरक्षणकै अभावमा रुपातालको अस्तित्व मेटिने अवस्थामा पुगेको चर्चा गर्दै उहाँले जिल्लाका सौन्दर्य बचाउन आगामी योजनामा तिनको संरक्षण र विकासलाई उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गनुभयो । जिल्ला विकास समिति कास्कीका योजना अधिकृत कीर्तनराज पौडेलले जिविसले सहभागितामूलक तवरबाट योजना छनोट कार्यलाई अघि बढाउने बताउनुभयो । कार्यक्रममा स्थानीय शान्ति समितिका संयोजक रामजी बराल, महिला समन्य समिति, कास्कीकी उपाध्यक्ष तारा अधिकारी, महिला विकास अधिकृत लक्ष्मी जिसी, ज्येष्ठ नागरिक वसन्तकेशव पराजुली, गैरसरकारी महासङ्घ कास्कीका अध्यक्ष गोपाल खड्कालगायतले योजना छनोट गर्दा लक्षित वर्ग र समुदायमा पुग्ने तवरबाट छनोट गरिनुपर्नेमा जोड दिनुभयो । स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले कास्कीको पर्यटकीय विकासमा महत्वपूर्ण स्थान ओगट्ने फेवातालसहित लेखनाथका तालको संरक्षणका लागि गृहकार्य भइरहेको बताउनुभयो । उहाँले सबै वर्ग र समुदायबाट प्राप्त सुझावका आधारमा योजना छनोट कार्यलाई निष्कर्षमा पु¥याइने विश्वास व्यक्त गर्दै यसका लागि सबैको सकारात्मक सहयोग अपरिहार्य भएको बताउनुभयो ।

]]>
6324 0 0 0
चार पेट्रोल पम्पमा सिलबन्दी http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%aa%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a4%ac%e0%a4%a8/ Fri, 27 Nov 2015 03:20:42 +0000 http://www.ghumphir.com.np/?p=6329

बनेपा, ११ मङ्सिर ।

वाणिज्य विभागको टोलीले दुई दिनसम्म गरेको अनुगमनका क्रममा काभ्रेपलाञ्चोकका चार पेट्रोल पम्पले अनियमितता गरेको भेटिएको छ । उनीहरुले उपकरण जडान गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गरेकाले बिहीबकार सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । उनीहरुले प्रयोग गरेको उपकरणबारे अनुसन्धान जारी छ । उहाँले भन्नुभयो, “सो उपकरण जडान गरेर पेट्रोल पम्पबाट कम परिणाममा इन्धनको बिक्री विरतण गरी पम्पहरुले ठगी गर्दै आएका थिए ।” बनेपास्थित उग्रचण्डी आयल स्टोर र मापा उग्रचन्डी आयल स्टोल, पनौतीको जयअम्बे पेट्रोल पम्प र जनागालको नारायणी पेट्रोल पम्पलाई सो टोलीले सिलबन्दी गरेको छ । टोलीले अनुगमन आज पनि जारी राख्ने प्रहरीले जनाएको छ ।

]]>
6329 0 0 0
धानले भाउ पाएपछि कृषक उत्साहित http://localhost/ghum/%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%ad%e0%a4%be%e0%a4%89-%e0%a4%aa%e0%a4%be%e0%a4%8f%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%95-%e0%a4%89%e0%a4%a4%e0%a5%8d/ Fri, 27 Nov 2015 03:24:10 +0000 http://www.ghumphir.com.np/?p=6331

पाँचथर, ११ मङ्सिर ।

इन्धन अभावको कारण खाद्यान्नको मूल्य बढ्न थालेपछि सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरका कृषकले उत्पादन गरेको धानले भाउ पाउने भएको छ । विगतका वर्षमा धानले खासै भाउ नपाउँदा निरास बन्ने गरेका कृषक यस वर्ष सीमामा देखिएको समस्याका कारण अधिकांश चामालको मूल्य बढेपछि धानले भाउ पाएको कृषक बताउँछन् । थर्पुका कृषक चन्द्रमणि बाँस्कोटाले भन्नुभयो, “गत वर्ष धान सस्तैमा बिक्री गरेका थियौँ, यस वर्ष इन्धन अभावले गर्दा तराईको चामल र पहाडको चामलभन्दा महँगो हुने भएपछि मानिसले धानै किन्न थाले ।” गत वर्ष धान रु एक हजार २०० प्रतिमन बिक्री गरेका कृषक यस वर्षको यामको सुरुआतमै रु एक हजार ५०० देखि एक हजार ८०० सम्ममा बिक्री गर्न सफल भएका छन् । जिल्लाका सराङडाँडा, नाँगिन, थर्पु, नाँगी, याङ्नाम, मेमेङ, प्राङबुङ, सिदिन, च्याङ्थापु, फलैँचा लगायत गाविसमा उत्पादन हुने धान प्रायः जिल्लामै खरिदबिक्री हुने गर्छ । यस्तै पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, इलामका कृषकले उत्पादन गरेको धानले पनि भाउ पाएको छ । प्रायः अहिले बजारमा इन्धनको अभाव देखाउँदै अधिकांश खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले ४० प्रतिशत मूल्य वृद्धि गरेका छन् । केही समयअघिसम्म रु एक हजार ५०० प्रतिमनमा बिक्री भइरहेको जिरा चामल अहिले रु दुई हजारसम्ममा बिक्री भइरहेको छ । यस्तै गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा समेत वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ । धान रोप्ने बेलामा पर्याप्त वर्षात भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि हुने कार्यालय प्रमुख बेनु प्रसार्इंले जानकारी दिनुभयो । कुल क्षेत्रफलको ९० प्रतिशत जमिनमा अर्थात् १० हजार ३५० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कार्यालयको तथ्याङ्कमा छ । यस्तै गत वर्ष भने नौ हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको थियो, जसबाट १९ हजार ९२३ मेट्रिक टन धान उत्पादन भएको थियो । पाँचथर जिल्लाको धानयोग्य कुल क्षेत्रफल ११ हजार ५०० हेक्टर रहेको कार्यालयले जनाएको छ ।

]]>
6331 0 0 0
शुक्रबारबाट आइफोन सिक्स एस र सिक्स एसप्लस नेपाली बजारमा http://localhost/ghum/%e0%a4%b6%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%86%e0%a4%87%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b8/ Fri, 27 Nov 2015 03:28:47 +0000 http://www.ghumphir.com.np/?p=6333

काठमाडौं११ मङ्सिर । नेपालका लागि आइफोनको आधिकारिक विक्रेता जेनेक्स्ट कम्युनिकेशनले शुक्रबारबाट आइफोन सिक्स एस र सिक्स एस प्लसको नेपालमा विक्री सुरु गर्ने भएको छ।विश्व बजारमा आएको केही समयपछि आइफोनका पछिल्ला यी दुई उत्पादन नेपाली बजारमा आउन लागेका हुन्। एक वर्षे स्टाण्डर्ड एप्पल वारेन्टीसहित नेपाली बजारमा भित्रने यी दुवै मोवाइल रोज गोल्ड, गोल्ड र स्पेस ग्रे रङमा नेपाली बजारमा उपलब्ध हुनेछन्। नेपालमा १६ जिबी, ६४ जिबी र १ सय २८ जिबी क्षमतामा ती फोन भित्रन लागेको जेनेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले जानकारी दिए। उनका अनुसार कम्पनीले एनसेलसँगको सहकार्यमा नेपालमा यो फोन भित्र्याउँदै छ।आइफोनको खरीदमा एनसेल डेटा प्याक पनि उपलब्ध गराउन लागिएको उनले बताए।नेपाली बजारमा १६ जिबी क्षमताको सिक्स एसको मूल्य ९० हजार ५ सय ५० रुपैयाँ पर्छ।यस्तै ६४ जिबी क्षमताको १ लाख ८ हजार ५ सय ५० र १२८ जिबीको मूल्य १ लाख २० हजार ५ सय ५० रहेको छ। एसप्‍लसतर्फ भने १६ जिबीको मूल्य १ लाख ८ हजार ५ सय ५० रुपैयाँ रहेको छ। ६४ जिबी क्षमताको मूल्य १ लाख २२ हजार ५ सय ५० र १२८ जिबी क्षमताको मट्ठल्य १ लाख ३३ हजार ५ सय ५० रुपैयाँ रहेको जुनेक्स्टले जनाएको छ। आइफोन किन्न चाहने ग्राहकका लागि बैंकबाट फाइनान्सिङको सुविधासमेत उपलब्ध गराइएको छ।नबिल बैंक, नेपाल इन्भेन्ष्टमेन्ट बैंक, हिमालयन बैंक र एनएमबी बैंकबाट फाइनान्सिङको सुविधा रहेको जेनेक्स्टले जानकारी दिएको छ।एनसेलसँगको सहकार्यमा आइफोन खरीदमा अग्रिम बोनसको समेत व्यवस्था गरिएको छ। सबै क्षमताका आइफोनमा १० हजार रुपैयाँ बराबरको अग्रिम बोनस र रिचार्जमार्फत मूल्य बराबरकै बोनसको वयवस्था गरिएको छ।यस्तै सिक्स एस र सिक्स एस प्लस खरीद गर्ने प्रिपेड र पोष्टपेड ग्राहकका लागि पनि विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ।एनसेलसँगको सहकार्यमा जेनेक्स्टले नेपाल भित्राउन लागेको यो मोवाइल इभोस्टोर, फ्यूचर वर्ल्ड, ओलिज स्टोर र सोनु मोवाइल्समा पाइने कम्पनीले जनाएको छ।
]]>
6333 0 0 0
घाटा कम गर्ने गरी काम गर्न पर्यटनमन्त्रीको निर्देशन http://localhost/ghum/%e0%a4%98%e0%a4%be%e0%a4%9f%e0%a4%be-%e0%a4%95%e0%a4%ae-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%ae-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8/ Fri, 27 Nov 2015 03:32:29 +0000 http://www.ghumphir.com.np/?p=6336
काठमाडौं ११ मङ्सिर ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोख्रेलले निर्धारित समयमा विमान उडाउने र मैत्रीपूर्ण व्यवहारले यात्रुको मन जित्ने प्रयास गरे निगमका विमान सिट भरिएर उड्ने बताएका छन् । विमान ढिलो उड्दा वित्तीय नोक्सानका साथै प्रतिष्ठा पनि गुम्ने भएकाले निगमको हितका लागि प्रभावकारी काम गर्न निर्देशन दिए ।
संस्थालाई योजनाबद्धरुपमा अगाडि बढाउन व्यावसायिक योजना तयार गरेर अगाडि बढ्न पनि उनले निर्देशन दिए । ‘संस्थालाई अगाडि बढाउने हो भने व्यवसायिक योजना आवस्यक पर्छ,’ उनले भने, ‘त्यस्तो योजना निगमले प्रस्तुत गरे आवश्यक सहयोग गर्न सरकार पछि पर्दैन ।’
उनले भूपरिवेष्ठित देशका लागि विमान जत्तिको विकल्प अर्को नहुने पनि बताए । ‘भूपेरिवेष्ठित देशका लागि विमान जस्तो अर्को विकल्प हुन नसक्ने तथ्य हामीले नै भोगेका छौं,’ उनले भने, ‘अहिलेको परिस्थितिमा राष्ट्रिय ध्वजावाहकसँग पर्याप्त विमान भए यति कठिनाई नपर्ने तथ्य हामीले बुझेका छौं ।’पोखरेलले निष्ठापूर्वक आफ्नो दायित्व पूरा गर्न पनि निर्देशन दिए । उनले निगमको आम्दानी बढाउने विषयमा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष दिनेशकुमार थपलियाले जुन संस्थासँग आशा र भरोसा गरिएको हुन्छ त्यसैको बढी चर्चा र आलोचना हुने भन्दै नेपाल वायुसेवा निगमसँग आम जनताको प्रत्यक्ष सम्वन्ध भएकोले टीकाटिप्पणी हुनु स्वाभाविक नै रहेको बताए ।
]]>
6336 0 0 0
एयरलाइन्सका कर्मचारीद्धारा ३ लाखको हिनामिना http://localhost/ghum/%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%a6%e0%a5%8d%e0%a4%a7/ Fri, 27 Nov 2015 03:35:38 +0000 http://www.ghumphir.com.np/?p=6339 नेपालगन्ज, ११ मंसिर ।

 टिकट बिक्रिका लागि खटिएका नेपाल वायु सेवा निगम नेपालगन्जका एक कर्मचारीले टिकट विक्रि गरेको करिब ३ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ ।निगमका लागि लामो समयदेखि करारमा काम गर्दै आएका कर्मचारी नारायण धितालले टिकट विक्रि गरेको करिब ३ लाख रुपैयाँ हिनामिना गरेको तथ्य बाहिर आएको हो । गत बैशाखमा नेपालमा भूकम्प आएको बेला इन्टरनेटबाट प्रदान गरिने सेवा अवरुद्ध भएपछि हातबाट बनाइएका टिकटहरुको बिक्रि रकममा सो हिनामिना गरिएको थियो । हिनामिना बारे थाहा भएपछि निगमको केन्द्रिय कार्यालयले सो बारेमा अनुसन्धान थालेको छ । नेपालगन्ज कार्यालयबाट आपतकालिन स्थितिका लागि टिकट बिक्री गर्न नियुक्त गरिएका धितालले लामो समय देखिको रकममा अनियमितता गरेको आशंकामा जाँच गरिरहेको विभागको टोलीले गहिरिएर अनुसन्धान गरिरहेको निगमको नेपालगन्ज स्थित कार्यालयले जनाएको छ । नेपालगन्जबाट काठमाण्डौ, जुम्ला, डोल्पा, हुम्ला, रुकुम, लगायत क्षेत्रमा उडान भर्दै आएको निगमले राँझा एयरपोर्टमा आपतकालिन स्थितिमा टिकट तत्काल बिक्रि गर्नका लागि धिताललाई खटाएको थियो ।निगमको नेपालगन्ज कार्यालयले दिएको जानकारी अनुसार, टिकट संख्या र रकममा अन्तर पाइएपछि विभागको टोलीले आफै आएर सो बारे अनुसन्धान अघि बढाएको हो । टिकट विक्रिमा अनियमितता भएको खुलेपछि अनियमितता आरोप लागेका कर्मचारी धितालले हिनामिना गरेको बुझाउनु पर्ने रकमका लागि बुझाउने कागज गरी सकेको निगम श्रोतले जनाएको छ । भूकम्पका बेला सर्भर खराब हुँदा टिकट हातबाटै बनाउने क्रम चलेको थियो । सोही बेला हिनामिना गरिएको निगमको भनाई छ । हिनामिनाको आरोप लागेका कर्मचारी नारायण धितालले सबै कुरा मिलिी सकेको जनाउदै अहिले कुनै समस्या नै नरहेको बताएका छन् । उनले जे समस्या थियो समाधान भैसकेको जनाउदै अब ती कुराको कुनै औचित्य नरहेको बताए । नेपालगन्जस्थित निगमका कार्यालय प्रमुख कृष्णमान श्रेष्ठले कति महिनाको हिसाबमा समस्या छ त्यसबारे विभागले आफुहरुलाई कुनै जानकारी नगराएको जनाउदै लेखापरिक्षण प्रतिवेदन लगायतका कागजातहरु चेकजाँच गरिएको बताए । टिकटमा समस्या कसरी आयो भन्ने बारे पनि विभागले काम गरिरहेको प्रमुख श्रेष्ठले जनाए ।३ लाख हिनामिना गरिएको बताईएपनि रकमको परिमाण ठुलो रहेको श्रोतको दावी छ । यद्यपि रकम कति हो भन्ने बारे अझै यकिन भइनसकेको कर्मचारीहरुको भनाइ छ ।नेपालगन्जमा निगमका १७ जना कर्मचारी कार्यरत रहेको बताइएको छ । पहाडी र हिमाली जिल्लाका लागि हुने निगमको उडानमा टिकटमा कालोबजारी भैरहेको आरोप कर्मचारीहरुमाथि धेरै पहिलेदेखि लाग्दै आएको छ ।

]]>
6339 0 0 0
विविधता http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%a4%e0%a4%be/ Fri, 27 Nov 2015 03:38:39 +0000 http://www.ghumphir.com.np/?p=6342 6342 0 0 0 अन्तर्राष्ट्रिय हात्तीपोलोको उपाधि स्वीट्जरल्यान्डलाई http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80-2/ Fri, 27 Nov 2015 13:14:17 +0000 http://www.ghumphir.com.np/?p=6346

परासी, ११ मङ्सिर ।

नवलपरासीमा जारी ३४ आँै अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि स्वीट्जरल्यान्डको इएफजीले उचालेको छ । नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा आज भएको अन्तिम खेलमा नेपालको टाइगर टप्स टस्कर्सलाई ८–५ गोलले पराजित गर्दै स्वीट्जरल्यान्डको इएफजीले ट्रफी आफ्नो कब्जामा पारेको हो । यही मङ्सिर ७ गतेबाट सुरु भएको प्रतियोगिता आज सकिएको छ । नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको खेलमा सात टोलीलाई पछि पार्दै इएफजीलले उपाधि जितेको हो । प्रतियोगितामा स्वीट्जरल्यान्ड, श्रीलङ्का, नेपाल, अमेरिका बेलायत, अस्ट्रेलियालगायतका आठ देशका खेलाडी सहभागी छन् । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोष्टमा लगेर गोल गर्दछन् ।

]]>
6346 0 0 0
निकुञ्जको राजस्व घट्यो http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%b5-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Fri, 27 Nov 2015 13:17:32 +0000 http://www.ghumphir.com.np/?p=6348

रत्ननगर (चितवन), ११ मङ्सिर ।

चितवन राष्ट्रिय निकुञ्जको आम्दानी चार महिनामा रु चार करोड बढीले घटेको छ । गएको साउनदेखि कात्तिकसम्म निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेकाले राजस्व घट्न पुगेको हो । सहायक संरक्षण अधिकृत टीकाराम पौडेलका अनुसार गएको चार महिनामा १८ हजार १३८ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । उनीहरुबाट कुल रु दुई करोड ४९ लाख ३४ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आवको सोही अवधिमा ७४ हजार २८ पर्यटकले निकुञ्ज घुमेका थिए । उनीहरुबाट कुल रु छ करोड ७८ लाख ४६ हजार राजस्व सङ्कलन भएको थियो । चार महिनामा ५५ हजार ८९० पर्यटक घटेका छन् भने राजस्व रु चार करोड २९ लाख १२ हजार गुमेको निकुञ्जले जनाएको छ । निकुञ्जमा आएका पर्यटकमध्ये आधाभन्दा बढी तेस्रो मुलुकका रहेका छन् । करिब ११ हजार ५०० पर्यटक विदेशी छन् । यस्तै सार्क मुलुकका करिब एक हजार र आन्तरिक पर्यटक पाँच हजार ५४७ जनाले निकुञ्ज घुमेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष एक तिहाइ समेत राजस्व सङ्कलन भएको छैन । निकुञ्जले प्रवेश शुल्कबाट मात्रै ८५ प्रतिशत बढी राजस्व सङ्कलन गर्ने भए पनि अहिले बन्द र नाकाबन्दीका कारण पर्यटक नआउँदा राजस्व सङ्कलन प्रभावित भएको हो । निकुञ्ज प्रवेश गर्दा अन्य विदेशीलाई प्रतिव्यक्ति रु एक हजार ५००, सार्क राष्ट्रका लागि प्रतिव्यक्ति रु ७५० र आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति रु १०० राजस्व लिने गरिएको छ । निकुञ्जलमा दुर्लभ एकसिङ्गे गैँडा र पाटेबाघ हेर्न, हात्ती सफारी, जिप सफारी, चरा अवलोकन र राप्ती किनारको मनोरम दृश्यावलोकनका लागि पर्यटक आउने गरेका छन् ।

]]>
6348 0 0 0
चौँरीपालन व्यवसायप्रति आकर्षण घट्दै http://localhost/ghum/%e0%a4%9a%e0%a5%8c%e0%a4%81%e0%a4%b0%e0%a5%80%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%a8-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf-%e0%a4%86/ Fri, 27 Nov 2015 13:23:10 +0000 http://www.ghumphir.com.np/?p=6351

मुस्ताङ, ११ मङ्सिर ।

मुस्ताङमा चौँरीपालन व्यवसायप्रति आकर्षण घट्दै गएको छ । तीन हजार मिटरदेखि माथिको क्षेत्रमा गरिने चौँरीपालन व्यवसाय परम्परागत हुँदा यसप्रति किसानको आकर्षण बढ्न नसकेको हो । जिल्लाको कोबाङ, मुक्तिनाथ, छोसेर, लोमान्थाङ, झोङ, छोण्हुपलगायतका चौँरीपालनका पकेट क्षेत्र मासिनने भए पनि पछिल्ला वर्षमा त्यस क्षेत्रमा चौँरी र चौँरीपालक किसानको सङ्ख्या घट्दै गएको छ । उच्च क्षेत्रमा पाल्नुपर्ने र हिउँदको छ महिना सदावहार हिउँ जमिरहने हुनाले जिल्लामा चौँरीपालन व्यवसाय सङ्कटमा पर्दैै गएको पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक नन्दलाल वर्माले जानकारी दिनुभयो । कोबाङ र लेते क्षेत्रको तल्लो स्थानमा हिउँ कम पर्ने भएकाले त्यहाँका किसानलाई केही सजिलो भएको उहाँको भनाइ छ । “पकेट क्षेत्रमै चौँरीका सङ्ख्या घटिरहेका छन्, यो मौसममा ठूलो सङ्ख्यामा चौँरीगाई मरेका छन्”, उहाँले भन्नुभयो – “परम्परागत रुपमा चरन क्षेत्रमा छोडेर मात्र अब चौँरीपालन व्यवसाय टिक्न सक्दैन ।” गत असोजदेखि चैत अन्तिमसाता जिल्लामा पटक–पटक हिमपात हुँदा ३०० को हाराहारीमा चौँरीगाई मरेको अनुमान गरिएको छ । चौँरीपालनबाट किसानले सोचेजस्तो आम्दानी गर्न सकेका छैनन् । मासु र आलो रगत पिउन स्थानीयवासीले चौँरीपालन व्यवसाय गर्दै आएका छन् । मुस्ताङसहित मनाङ, सङ्खुवासभालगायत हिमाली क्षेत्रमा चौँरीपालन व्यवसाय धरासायी बन्दै गएको पशुसेवा कार्यालयले जनाएको छ । “हाल जिल्लामा पाँच हजारको हाराहारीमा चौँरीगाई रहेका छन्, त्यसलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा छाप्रो र वैकल्पिक घाँसको व्यवस्था गरिनुपर्छ” वर्माले भन्नुभयो – “हामीले पनि किसानलाई सहयोग गर्छौं, तर यसमा किसान नै सचेत रहनुपर्छ ।”

]]>
6351 0 0 0
पर्यटकीय विकासका लागि घाँसेमैदान http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%98%e0%a4%be-2/ Fri, 27 Nov 2015 13:24:58 +0000 http://www.ghumphir.com.np/?p=6354

खजुरा (बाँके), ११ मङ्सिर ।

बाँके राष्ट्रिय निकुञ्ज स्थापनाको तीन वर्षपछि निकुञ्जमा पर्यटकिय विकासका लागि घाँसेमैदान निर्माण भएको छ । सिमसार क्षेत्रका रुपमा रहेको गिद्धेनी घाँसेमैदान निर्माणसँगै पर्यटकीयस्थलको रुपमा स्थापना भएको हो । कोहलपुर, चिसापानी, महादेवपुरी, नौवस्ता गाविसको केन्द्रमा रहेको गिद्धेनी घाँसेमैदानलाई पर्यटकिय केन्द्रविन्दुका रुपमा विकास गरेपछि आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्जमा घुम्न बाटो खुल्ला भएको छ । करिव ५० हेक्टर क्षेत्रफलमा रहेको घाँसेमैदानमा पानी पोखरी, पानीको लागि बाँध, निकुञ्जका चराचुरुङ्गी र जनावार अवलोकन गर्ने गरी टावर भ्यूसमेत निर्माण गरिएको छ । निकुञ्ज क्षेत्रमा पर्यटनकका लागि कुनै पूर्वाधार र विशेषस्थल नरहेको अवस्थामा घाँसेमैदानलाई निकुञ्ज अवलोकन र घुम्नका लागि पर्यटनस्थल बनाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो । पोखरी निर्माण, पानीजम्ने स्थल र घाँसेमैदानको चारैतिर जनावर र चुराचुरुङ्गी हेर्न मैदानहुँदै नौवस्ता, चिसापानी, कोहलपुर, नौवस्ता, महादेवपुरी गाविससम्म जोड्ने कच्ची बाटोसमेत निर्माण गरिएको छ । निकुञ्जले घाँसेमैदानलाई घुम्नका लागि अव सर्वसाधरणका निम्ति खुल्ला गर्ने भएको छ । नेपालीलाई प्रतिव्यक्ति रु १०० र विदेशी पर्यटकलाई रु एक हजार टिकटको व्यवस्था गरिने निकुञ्जले जनाएको छ ।

]]>
6354 0 0 0
नाकाबन्दीविरुद्व पदयात्रा http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%b5-%e0%a4%aa%e0%a4%a6%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d/ Fri, 27 Nov 2015 13:36:08 +0000 http://www.ghumphir.com.np/?p=6356

काठमाडौँ, ११ मङ्सिर ।

‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ नामक संस्थाले नाकाबन्दी विरुद्व आज बिहान यहाँ सद्भाव पदयात्रा निकालेको छ । मानव अधिकार शान्ति समाज, विद्यार्थी, विभिन्न राजनीति सङ्घसंस्थाले संयुक्त रुपमा जोरपाटीबाट बौद्वसम्म निकालेको पदयात्रालाई सम्बोधन गर्दै सांसद रामेश्वर फुँयालले नेपलमा विश्वमै सबैभन्दा धेरै जनप्रतिनिधिबाट संविधान बनेको भन्दै यही संविधानलाई देखाएर छिमेकी मुलुकले विरोध गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको संविधानमा मधेसी जनता हकअधिकार कति समेटिएका छन् भनेर मधेसी जनतालाई बुझाउनु जरुरी छ ।” मानवअधिकारकर्मी कृष्ण पहाडीले वार्ता र संवादबाटै मधेसी दलको जायज मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नाकाबन्दी मानव अधिकार विपरीतको कार्य हो यसलाई अन्त्य गर्न छिमेकी पक्ष गम्भीर हुनुपर्छ ।” सो अवसरमा नेपाली काँग्रेसका क्षेत्र नं ३ का नेता लालबाबु लामा र नेता सन्तोष चालिसे, नेकपा (एमाले)का नेता गोकुल बराल, ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’का उपाध्यक्ष उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराललगायतले राष्ट्र र राष्ट्रियताको सवालमा सबै राजनीति दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

]]>
6356 0 0 0
टेलिभिजन पड्केर बालिकाको मृत्यु http://localhost/ghum/%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%ad%e0%a4%bf%e0%a4%9c%e0%a4%a8-%e0%a4%aa%e0%a4%a1%e0%a5%8d%e0%a4%95%e0%a5%87%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b/ Fri, 27 Nov 2015 13:41:17 +0000 http://www.ghumphir.com.np/?p=6359

दोलखा, ११ मङ्सिर ।

आज साँझ ५ बजे घरमा टेलिभिजन हेरिरहेका अवस्थामा अचानक टेलिभिजन पड्कँदा एक बालिकाको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका–७ स्थित सार्कीस्वाँराटोलमा बाबु र छोरीले टिभी हेरिरहेका अवस्थामा एक्कासि टेलिभिजन पड्कँदा दुई वर्षीया रेष्मा चौलागार्इंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताउनुभयो । सामान्य घाइते रहनुभएका बाबु रामकृष्ण चौलागार्इंको चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ । उहाँको आँखामा चोट लागेको छ ।

]]>
6359 0 0 0
रेडपाण्डा मृत अवस्थामा http://localhost/ghum/%e0%a4%b0%e0%a5%87%e0%a4%a1%e0%a4%aa%e0%a4%be%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%be-%e0%a4%ae%e0%a5%83%e0%a4%a4-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Fri, 27 Nov 2015 13:43:42 +0000 http://www.ghumphir.com.np/?p=6361

इलाम, ११ मङ्सिर ।

इलामको जमुना–५ र ७ मा पर्ने हिले सामुदायिक वन क्षेत्रमा विश्वमै दुर्लभ मानिएको दुई वटा रेडपाण्डा शुक्रवार मृत अवस्थामा भेटिएका छन् । आहाराको रुपमा रहेको मालिङ्गो खान नपाएर ती रेडपाण्डा मरेको आशङ्का गरिएपनि पुष्टि हुन सकेको छैन । करिव ६ र ७ महिना उमेर पुगेका ती मृत रेडपाण्डा बोकेर सामुदायिक वनका अध्यक्ष पासाङ शेर्पा मृत्युको संभावित कारण पत्ता लगाउन सदरमुकाम आउनुभएको छ । ती रेडपाण्डाको प्रयोगशाला परीक्षणका लागि जिल्ला पशुसेवा कार्यालयमा लगिएको थियो । पशुसेवाका प्राविधिज्ञहरूले रेडपाण्डाको मृत्युको कारण पत्ता लगाउन नसकेपछि नमुना सङ्कलन गरेर पुनः जिल्ला वन कार्यालय पठाइएको पशुविकास अधिकृत ध्रुवकुमार यादवले बताउनुभएको छ । मरेका रेडपाण्डा भाले र पोथी छन् । दुर्लभ वन्यजन्तुको सूचीमा रहेका रेडपाण्डा जमुनाको चोयाटार, हाँगेथामलगायत जिल्लाका विभिन्न स्थानमा पाइन्छ । लजालु र सोझो प्रकृतिका रेडपाण्डाको संरक्षण गर्न यहाँका सङ्घसंस्थाले सात गाविसमा वन अभिभावक नियुक्ति गरेर नियमित अनुगमन र निगरानी गर्दै आएका छन् ।

]]>
6361 0 0 0
तोकिएको समय सकिँदा पनि पुल निर्माण सुरु भएन http://localhost/ghum/%e0%a4%a4%e0%a5%8b%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae%e0%a4%af-%e0%a4%b8%e0%a4%95%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%aa%e0%a5%81/ Fri, 27 Nov 2015 13:46:45 +0000 http://www.ghumphir.com.np/?p=6363

मनोहरा (काठमाडौँ), ११ मङ्सिर ।

उत्तरपूर्वमा रहेको कागेश्वरी मनोहरा नगरपालिकालाई भक्तपुरको चाँगुनारायण नगरपालिकासित जोड्ने पुल निर्माण सक्न सम्झौतामा तोकिएको समय सकिँदा पनि काम सुरु हुन सकेको छैन । काम सुरु गर्न लाग्दा पुल बनाउने स्थान विवाद भएर रोकिएको थियो । डिभिजन सडक कार्यालय भक्तपुरले पक्की पुलको निर्माण ६० प्रतिशत सकिसकेकोे सार्वजनिक गरेको छ । काम नै सुरु नगरी ६० प्रतिशत काम सकिएको सार्वजनिक अभिव्यक्ति दिएपछि कार्यालयले कागजमै मात्र पुल बनाउन खोजेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । “विसं २०७० साउनमा ठेक्का सम्झौता भई २४ महिनामा सक्ने लक्ष्य राखिएको पुलको निर्माण विसं २०७२ असार मसान्तमा सर्नुपर्ने थियो, निर्माण सकिनुपर्ने समय सकिएको चार महिना बितिसक्दा पनि काम सुरु नभएकाले डिभिजन सडक कार्यालय भक्तपुरलाई सचेत गराएका छौँ”— पुल निर्माण सहयोग सरोकार समितिका अध्यक्ष नारायण पण्डितले भन्नुभयो । रु तीन करोड ५० लाखको लागतमा पुल निर्माणको सम्झौता गरिएको थियो । पुल बनाउने ठेक्का पाएको नागार्जुन कोसी एन्ड न्यौपाने जेभीले पक्की पुल बनाउन सुरु गर्नुअघि स्थानीयवासीले बनाएको फलामको पुल भत्काइदिएपछि वर्षामा बाढीका कारण आवतजावत गर्न नपाएको स्थानीयवासीको गुनासो छ । “यो पुल हुँदै दैनिक ७०० मानिस काठमाडौँ र भक्तपुर ओहोरदोहोर गर्ने गर्छन्, फलामको पुल पनि भत्काएपछि बादल लागेका दिनमा आवतजावत गर्न नै डराउनुपर्ने अवस्था छ”—पानी परेपछि मनोहरा खोलामा आउनसक्ने बाढीका कारण दैनिक काम काजमा हिँड्नै डराउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै पुल निर्माण सहयोग सरोकार समितिका उपाध्यक्ष कृष्णबहादुर थापाले भन्नुभयो । यही पुल भएर दैनिक त्रिचन्द्र क्याम्पस आवतजावत गर्दै आउनुभएका ईश्वर श्रेष्ठ पुल भत्काएपछि वर्षात्मा खोलामा बाढी आउने चिन्ताले क्याम्पस जान नै डराउनुपर्ने अवस्था रहेको गुनासो गर्नुहुन्छ । ठेकेदार कम्पनीका लेखापाल दीपेश दाहाल डिभिजन सडक कार्यालय भक्तपुरले ठेक्का सम्झौता भएको धेरै समयपछि मात्र पुल निर्माणको नक्सा दिएको र अहिले पनि काम गर्ने वातावरण नबनाएर निर्माण सम्पन्न गर्नुपर्ने समय झुलाइदिएको जिकिर गर्नुहुन्छ । “नक्सा दिएपछि तीन वटा खाल्डो खन्ने लगायतका काम ग¥यौँ, त्यसलाई जाँचपास गर्न आउनुस् भनेर कार्यालयले अत्तो थापिरहेको छ, काम गर्ने वातावरण भने बनाएको छैन”— उहाँले गुनासो गर्नुभयो । डिभिजन सडक कार्यालय भक्तपुरका डिभिजनल इन्जिनियर देवेन्द्र साह सम्पर्कमा आउन चाहनु भएन । पुलको उपभोक्तासमेत रहनुभएका सांसद दीपकप्रसाद कुइँकेल परिणाममुखी भन्दा पनि प्रक्रियामुखी सरकारी तौरतरिकाले तोकिएको समयमा काम नसकिँदा स्थानीयवासीलाई समस्या हुने गरेको बताउनुहुन्छ । “सही ढङ्गबाट नापजाँच गरेर काम सुरुआत गरी समयमै सिध्याउने परिपाटी बसाउन हामी माग गरिरहेका छौँ, ठेकेदार र सडक कार्यालय समयमा काम नसकी थप समय लिने प्रक्रियामा लाग्दा जनता आवतजावत गर्न नपाउने वातावरण बन्नुहुन्न”– उहाँले भन्नुभयो ।

]]>
6363 0 0 0
अन्तर्राष्ट्रिय हात्तीपोलो http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80-3/ Fri, 27 Nov 2015 13:53:35 +0000 http://www.ghumphir.com.np/?p=6365 6365 0 0 0 सुरक्षा पैदल यात्रा http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%aa%e0%a5%88%e0%a4%a6%e0%a4%b2-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Fri, 27 Nov 2015 13:56:40 +0000 http://www.ghumphir.com.np/?p=6368 6368 0 0 0 दुई वर्षभित्र रसुवागढी नाका डबल लेनको बन्छ –उपप्रधानमन्त्री गच्छदार http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80-%e0%a4%a8/ Fri, 27 Nov 2015 15:45:49 +0000 http://www.ghumphir.com.np/?p=6371

धुन्चे (रसुवा), ११ मङ्सिर ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले नेपाल–चीनबीचको व्यापार व्यवसाय तीव्र पार्न गल्छी–त्रिशुली–स्पाफ्रुवेशी–रसुवागढी अन्तर्राष्ट्रिय मार्ग दुई वर्षमा निर्माण हुने बताउनुभएको छ । उत्तरी रसुवागढी नाकाको वर्तमान अवस्था र निर्माण गरिने सडक क्षेत्रको स्थलगत निरीक्षणका लागि आउनुभएका उपप्रधानमन्त्री गच्छदारले निरीक्षणपश्चात् काठमाडौँ फर्कनुअघि रासससँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो । उहाँले सञ्चालित सडकलाई स्तरोन्नति गर्ने गल्छी, त्रिशुली, बेत्रावती, मैलुङ, हाकु, स्याफ्रुवेशी रसुवागढीसम्म दोहोरो लेनको अन्तर्राष्ट्रिय मार्ग निर्माण हुने र बेत्रावती, मैलुङ, हाकु, स्याफ्रुवेशी क्षेत्रको बढी भिर चट्टान भएको २८ किमी क्षेत्रको नयाँ सडक निर्माणका लागि नेपाली सेनालाई परिचालन गरी द्रुतरुपमा काम आगाडि बढाइने उपप्रधानमन्त्री गच्छदारले बताउँदै सरकारले रसुवागढी सडक विस्तार निर्माण कार्यलाई उच्च प्राथमिकतामा रोखेको समेत जानकारी दिनुभयो । उहाँले इन्धन समस्या समाधान गर्न चीनको आपूर्तिले मात्र समस्या समाधान नहुने भएकाले राजनीतिक पाटोबाट आन्तरिक समस्या समाधान गरी भारतसँग कूटनीतिक पहल थालिने पनि बताउनुभयो । त्यस्तै उपप्रधानमन्त्रीका साथ रसुवागढी पुग्नुभएका अर्थमन्त्री विष्णु पौडेलले भन्नुभयो– “गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माणका लागि यथेष्ठ बजेट व्यवस्थापन गर्ने बताउँदै चीनसँग कारोबार गर्ने रसुवागढी नाका छोटो भएका कारण गल्छी, बेत्रावती धुन्चे, स्याफ्रुवेशी रसुवागढी मार्गलाई पनि यथास्थानमा राख्न स्तरोन्नति गर्ने र बेत्रावतीदेखि मैलुङ, हाकु, स्याफ्रुवेशी नयाँ मार्गका रुपमा विकसित हुने भएकाले यससम्बन्धी प्रक्रिया अगाडि बढाइनेछ ।” सडक र रसुवागढी क्षेत्रमा निर्माण हुने संरचना निर्माणका लागि स्थलगत भ्रमणमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलका साथ रसुवाका सभासद् जर्नादन ढकाल, अर्थसचिव लोकदर्शन रेग्मी, सडक विभागका महानिर्देशक माधवजङ्ग कार्की, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक फणीन्द्र खरेलसमेतको सहभागिता रहेको थियो । रसुवाका प्रजिअ शिवराम गेलाललका अनुसार उपप्रधानमन्त्रीसहितका सरकारी अधिकारीले सुक्खा बन्दरगाह बन्ने टिमुरे र भन्सार अध्यागमनलगायतका निकाय स्थापना गरिने रसुवागढी क्षेत्रको स्थलगत र हाकु मैलुङ बेत्रावती क्षेत्रमा हवाई निरीक्षण गर्नुभएको थियो ।

]]>
6371 0 0 0
चुरे तराई विकास समितिका पदाधिकारीद्वारा राजीनामा http://localhost/ghum/%e0%a4%9a%e0%a5%81%e0%a4%b0%e0%a5%87-%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%aa/ Fri, 27 Nov 2015 16:06:48 +0000 http://www.ghumphir.com.np/?p=6374

काठमाडौँ, ११ मङ्सिर ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष रामेश्वर खनालसहित सबै पदाधिकारीले राजीनामा दिएका छन् । बिहीबार अध्यक्ष खनालले राजीनामा दिएपछि अन्य सदस्यले पनि राजीनामा दिएको समितिका सदस्य सचिव डा अन्नपूर्णनन्द दासले बताउनुभयो । अध्यक्ष खनालले वन तथा भूसंरक्षण मन्त्री अग्नीप्रसाद सापकोटालाई सम्बोधन गरी सदस्य सचिवमार्फत राजीनामा दिएपछि सदस्यहरु डा विजयकुमार सिंह दनुवार, डा नागेन्द्रप्रसाद यादव, फुर्पा तामाङ र सुनितासिंह ठकुरीले पनि राजीनामा दिएको समितिले जनाएको छ । मन्त्रीसँगको मनमुटावले राजीनामा आएको हुनसक्ने बताइए पनि मन्त्रालयले भने राजीनामा दिनुपर्ने गरी कुनै विवाद नभएको जनाएको छ । अध्यक्ष खनालसहित सबै सदस्यलाई नेपाली काँग्रेस नेतृत्वको सरकारले पाँच वर्षका लागि नियुक्ति गरेको थियो । समितिका पदाधिकारीको नियुक्ति मन्त्रिपरिषद्को निर्णयबाट भएकाले राजीनामा स्वीकृत पनि मन्त्रिपरिषद्ले गर्नुपर्ने कानुनी प्रावधान छ ।

]]>
6374 0 0 0
टेलिकमको सीम पुनः एक्टिभ गर्दा ५० रुपैयाँ टक टाइम पाइने http://localhost/ghum/%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%80%e0%a4%ae-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%ad/ Sat, 28 Nov 2015 02:12:00 +0000 http://www.ghumphir.com.np/?p=6376 6376 0 0 0 तरकारीखेती र बङ्गुरपालनबाट मासिक तीन लाख आम्दानी http://localhost/ghum/%e0%a4%a4%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80-%e0%a4%b0-%e0%a4%ac%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%a8%e0%a4%ac/ Sat, 28 Nov 2015 02:28:16 +0000 http://www.ghumphir.com.np/?p=6379

बलेवा (बागलुङ), १२ मङ्सिर ।

हटियाका एक युवक व्यावसायिक तरकारीखेती र बङ्गुरपालनबाट मासिक रु तीन लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । युवा अवस्थाको अमूल्य नौ वर्ष मलेसिया र साउदी अरबमा पसिना बगाएका हटिया–८ चमुवाका ४१ वर्षीय सोमबहादुर सार्कीले गाउँमै तरकारी र बङ्गुरको पाठा बेचेर मासिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहनु भएको छ । छ वटा प्लास्टिक टनेलमा गोलभेँडा रोप्नुभएको सार्कीले व्यावसायिकरुपमै बङ्गुरसमेत पाल्नुभएको छ । आफूले उत्पादन गरेको टमाटर बजारसम्म पु¥याउन किनेको एउटा पिकअप जिप पनि उहाँको आम्दानीको स्रोत बनेको छ । “उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन अरुको साधन प्रयोग गर्दा समस्या हुन थालेपछि आफँैले पिकअप खरिद गरेको हँु,” सार्कीले भन्नुभयो – “तरकारी र बङ्गुरको दाना बोक्न मात्रै हैन यात्रु बोक्न र हटिया बजारसम्म पु¥याउन पनि जिपलाई उपयोगमा ल्याएको छु ।” तरकारी तथा बङ्गुरका पाठापाठी बिक्री र जिपबाट समेत गरी रु तीन लाखको हाराहारीका मासिक आम्दानी हुने गरेको सार्कीले बताउनुभयो । चार वर्ष साउदी र पाँच वर्ष मलेसियामा कमाएको रु चार लाख ७० हजारले हटियामा किनेको १६ रोपनी जग्गामा तरकारीखेती र बङ्गुर पाल्नुभएका सार्कीले दैनिक रु १२ देखि १५ हजारसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ । आठ वर्ष अगाडि विदेशबाट फर्किएर बङ्गुर पाल्न सुरु गर्नुभएका सार्कीले बङ्गुरको मललाई व्यवस्थापन गर्न तरकारीखेती सुरु गरेको भए पनि अहिले सोही तरकारीखेती मुख्य पेसा बन्न पुगेको छ । छोराछोरीको रु ३० परीक्षा शुल्कसमेत तिर्न नसकेको तितो अनुभव बोकेर विदेश जानुभएका सार्कीले पैसा कमाएपछि नेपालमै केही गर्नुपर्छ भन्ने भावना करन अर्जुन फार्म हाउस सञ्चालनमा ल्याउनुभएको छ । “सुरुका दिनमा वैदेशिक रोजगारी छोडेर बङ्गुर पालेको देखेर सबैले होच्याउने गर्थे, विदेशमा गरिखान नसकेर यो उमेरमा नेपालमा भुल्ने उपाय गरेको छ भनेर कुरासमेत काट्ने गर्दथे, तर अहिले मेरै सिको गर्न थालेका छन्, खुसी लाग्छ,” सार्कीले भन्नुभयो । सार्कीकोमा अहिले ल्यान ड्रसे र एर्क सायर प्रजातिका पाँच माउ बङ्गुर र तिनका १६ वटा वर्णशङ्कर प्रजातिका पाठापाठी रहेका छन् । आफूूले उत्पादन गरेको तरकारीको हटिया बजारमा बिक्री वितरण गर्ने गरेको बताउनुहुने सार्की यही पेसालाई जीवनभर निरन्तरता दिने सोचमा हुनुहुन्छ ।

]]>
6379 0 0 0
सबैभन्दा उच्च स्थानमा रहेको ताल http://localhost/ghum/%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%89%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%b9/ Sat, 28 Nov 2015 02:52:42 +0000 http://www.ghumphir.com.np/?p=6381 6381 0 0 0 आहा कति सुन्दर हिमाल – क्लिक, क्लिक, क्लिक ! http://localhost/ghum/%e0%a4%86%e0%a4%b9%e0%a4%be-%e0%a4%95%e0%a4%a4%e0%a4%bf-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2-%e0%a4%95%e0%a5%8d%e0%a4%b2/ Sat, 28 Nov 2015 15:12:02 +0000 http://www.ghumphir.com.np/?p=6389

वासुदेव मिश्र  कास्की, १२ मङ्सिर ।

क्लिक, क्लिक र क्लिक ! एकनासले दबाइएका क्यामेराका सटरस्पिडले दिने अनौठो आवाज । शरद ऋतु । खुलेको मौसम । आँखैमा टाँस्सिन आइपुग्ने अन्नपूर्ण र कुमारी माछापुच्छे« । फेवातालको कञ्चन पानी अनि त्यही पानीमा देखिने अन्नपूर्ण र माछापुच्छे«को छाया । “सुन्दर पोखरालाई तस्बिरमा उतार्ने हिमाल खुलेकै बेला हो,” पोखराका पाका पत्रकार तथा व्यावसायिक फोटोग्राफर विश्व शाक्यले भन्नुभयो, “यो मौसममा पोखरा प्रस्टै खुल्छ ।” पोखरा हरेक मौसममा सुन्दर देखिन्छ । शाक्यले आफूले उतारेकामध्ये शरद ऋतुकालीन तस्बिर नै बढी मात्रामा राम्रा र देश विदेश पुगेको सुनाउनुभयो । विसं २०२० तिरदेखि फोटो खिच्न थाल्नुभएको हो शाक्यले । पोखरा र वरपरको दृश्यलाई ‘पैसा’मा परिणत गर्ने श्रेय पाउनुभएका उहाँले असोजदेखि माघसम्म पोखराको सबै ठाउँ फोटो खिच्न उपयुक्त हुने बताउनुहुन्छ । यस क्षेत्रमा पाकेको धानबाली, गाउँले महिलाको दैनिकी तथा सुन्दर हिमालको संयोजन मिलाएर बढी तस्बिर खिचिन्छ । तस्बिरका बारेमा लेखिएको विवरण (क्याप्सन) नै नलेखे पनि यो पोखराको तस्बिर हो भनेर चिन्न सकिने भएकाले पनि पोखरा फोटोग्राफरको लागि प्रिय ठाउँ भएको प्रमाणित हुन्छ । पोखरा दृश्यमा सबैभन्दा बढी समेटिएको उपत्यका भएको पोखरेली फोटोग्राफरहरूको अनुभव छ । पोखराका पुराना डाक्टर कुमार शम्शेर राणाको घरमा पोखराकै हिमालको तस्बिर देखेपछि पोखराको सौन्दर्यलाई बेच्न सकिन्छ भन्ने सोच बनाएका शाक्यले स्वदेशी र विदेशीलाई माछापुच्छे«, अन्नपूर्ण र फेवाताललगायतका दृश्यको सयौँ तस्बिर बेचेको सुनाउनुहुन्छ । “विसं २०३९ तिर पोखराको सौन्दर्य बेच्न सकिन्छ भन्ने लागेपछि जर्मन म्यामियर क्यामेराबाट खिचेका फोटोलाई फ्रेममा सजाएर बेच्न थालेँ,” उहाँले अतीत सम्झँदै भन्नुभयो – “बढीमा रु आठ हजारसम्ममा एउटा फोटो बेचेको याद छ ।” उहाँलाई मात्र होइन, मनको आँखाले देखेका हिमाली सौन्दर्यलाई रङ र कुचीले क्यानभासमा उतार्दै आएका प्रख्यात चित्रकार तथा काटुर्निष्ट दुर्गा बरालको अनुभव पनि उस्तै छ । “हाँस्दा मान्छे राम्रो देखिने जस्तै त हो नि !,” उहाँले आफ्नै शैलीमा भन्नुभयो – “हिमाल राम्रो खुल्ने नै शरद ऋतुमा हो । चित्र र दृश्य राम्रो पनि यही बेला कै हुन्छ ।” कामकाजी जीवनको सुरुवाततिरको एक वर्ष जति जन्मथलो पोखरामा व्यावसायिक फोटो स्टुडियो र त्यसपछिका १६ वर्ष ‘इगल आइ’ नामक कला स्टुडियो सञ्चालन गर्दाको अनुभव सुनाउँदै बरालले थप्नुभयो– “पोखराको चिनारीसँग फेवाताल र माछापुच्छे« जोडिन्छ । अनि तस्बिर खिच्दा होस् वा चित्र बनाउँदा, पाश्र्व दृश्य सुन्दर देखिनाले पनि पोखरा फोटोग्राफीको लागि सुन्दर ठाउँ बन्न पुग्छ ।” पोखरामा अग्ला घर बन्न थालेपछि माछापुच्छे«, अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको तस्बिर खिच्न पोखरा वरपरका सराङ्कोट, निर्मलपोखरीलगायतका डाँडामा जानुपरेको अनुभव यहाँका फोटोग्राफर सुनाउँछन् । लेखनाथकै गगनगौँडा क्षेत्रबाट लामो हिमाली दृश्य क्यामेरामा कैद गर्न सकिन्छ । “सुन्दर प्राकृतिक सौन्दर्यकै कारण पोखराको फोटो संसारभर लोकप्रिय छ,” फोटो पत्रकार राम गुरुङ भन्नुहुन्छ । पोखराको सुन्दरतालाई शब्दमा र तस्बिरमा वर्णन गर्न थालिएको धेरै भयो । बिहानको लालीमासँगै माछापुच्छे« र अन्नपूर्ण फेवातालमा पौडी खेल्छन् । दिन ढल्दै जाँदा माछापुच्छे« र अन्नपूर्णले रुप बदल्छन् । अनि, तामाजस्तै टल्कन्छन् । दिनमा तीनपटक रङ बदल्ने भनिएको रुपाताल सौन्दर्यको त झन् कुरै भएन । हावाको दूरीमा पोखराबाट करिब ३५ किलोमिटर टाढाका माछापुच्छे« र फेवातालबीचको यही साइनोलाई गायक प्रेमप्रकाश मल्लले शब्दमा उतारेर भन्नुभयो – “माछापुच्छे« फेवातालमा पौडी खेल्दो रै’ छ, पोखरा त साँच्चिकैको पोखरा पो रै’ छ ......” अझ, नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका खेलेका जापानी भिक्षु एकाइ कावागुचीले सन् १८९९ मा पोखरा भ्रमण गरेपछि भन्नुभएको थियो – “यदि संसारमा कहीँ स्वर्ग छ भने त्यो पोखराको उत्तरी भागबाट सुरु हुन्छ ।” माछापुच्छे« र अन्नपूर्णको सुन्दर दृश्यले लोभिएका स्वीस नागरिक टोनी हेगनले यिनै तस्बिरमार्फत संसारभर जापानी भिक्षुको सन्देशलाई पु¥याउने काम गर्नुभयो । सन् १९५० ताका नेपालको १४ हजार किलोमिटर भूभाग पैदलयात्रा गर्नुभएका उहाँले पोखराको सुन्दर तस्बिरलाई विश्वमाझ पु¥याउनु भयो । हेगनकै तस्बिरमार्फत नेपालले विश्वमाझ नयाँ परिचय पाएको पर्यटनविद् श्रीकान्त खतिवडा बताउनुहुन्छ । हेगनको तस्बिरमा देखिने स्वच्छ फेवाताल र त्यसमा पर्ने माछापुच्छे« र अन्नपूर्णको छायाले नेपाललाई अद्वितीय सुन्दर राष्ट्रको रुपमा परिचय दिएको पर्यटनविद् खतिवडाको बुझाइ छ । नेपालीले मात्र नभएर केही प्रख्यात विदेशी फोटोग्राफरले समेत पोखराको तस्बिर व्यावसायिकरुपमै विश्वमाझ पु¥याएको अर्का फोटो पत्रकार कृष्णमणि बराल बताउनुहुन्छ । खुलेको हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्दा अर्कै मज्जा आउने उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ – “पोखरा र वरपरका दृश्य समेटिएका सयौँ पोष्टकार्ड र फोटो विश्वमाझ पुगेका छन् र अधिकांश फोटा असोजदेखि माघभित्र खिचिएका नै छन् ।” हालसालै हिमालकै तस्बिर खिच्न भनेर ४० फोटोग्राफरको नेतृत्व गर्दै पोखरा आएका कोरियन फोटोग्राफी एसोसियसन (हान्गुक साजिन छाक्का हेफ्फे) का टोली नेता किम साङ युनका अनुसार यति कम उचाइबाट त्यति अग्लो सुन्दर साङ (हिमाल) को तस्बिर खिच्न पाएकामा कोरियाली फोटोग्राफर आफूलाई भाग्यमानी सम्झिरहेका छन् । उहाँले पोखराको पर्यटन प्रवद्र्धन गर्न फोटोग्राफीका लागि वरपरका डाँडामा ‘फोटोग्राफी स्पट’हरू बनाउन सुझाव समेत दिनुभयो । तर, बढ्दो प्रदूषणले पोखरा पहिलाजस्तो भने छैन । पोखरामा अग्ला घर बनेपछि हिमाली दृश्य छेकिन थालेको छ । फोहरले फेवातालमा माछापुच्छे«को छाया परेको दृश्य हेर्नसमेत धौ–धौ पर्न थालेको छ । “तर पनि ताल र हिमाल अनि यहाँको जनजीवनको दृश्य खिच्ने प्रवृत्तिमा भने कमी आएको छैन, व्यावसायिकतासँगै शोखले फोटो खिच्न यहाँ आउने पर्यटक पनि अत्यधिक नै छन्,” अर्का फोटो पत्रकार सुदर्शन रञ्जितले भन्नुभयो । माङ्गलिक कार्य तथा अन्य पर्वमा तस्बिर खिच्नेको सङ्गठन पोखरा फोटोग्राफर सङ्घमा समेत आबद्ध रञ्जितले त्यस्ता अवसरको तस्बिर लिँदा पनि खुलेको माछापुच्छे« पृष्ठभूमिमा देखाउन पाउनु नै पोखराको विशेषता भएको बताउनुभयो । सुन्दर दृश्यले नै मानिसलाई तस्बिर खिच्न उक्साउने गर्छ । पोखराको दृश्यमा फोटो खिच्न उक्साउने जादु छ । फोटो खिच्दा आँखालाई पानी जस्तै बग्न दिनुपर्ने, प्रकाशको संयोजन मिलाउनु पर्ने तथा दृश्य सजीव छ÷छैन भन्नेमा ध्यान दिनुपर्ने हुन्छ । “आँखा दौडाएर भाव खोज्न सकिने फोटो सजीव हुन्छन्, फोटो खिच्नु कलाकारिता नै हो र कला चेतले फोटो राम्रो हुने हो,” अग्रज फोटोग्राफर शाक्य आफ्नो अनुभवलाई यसरी व्यक्त गर्नुहुन्छ ।

]]>
6389 0 0 0
ऐतिहासिक सूर्यकुण्डको संरक्षण हुन सकेन http://localhost/ghum/%e0%a4%90%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82/ Sun, 29 Nov 2015 06:18:03 +0000 http://www.ghumphir.com.np/?p=6402 6402 0 0 0 नाकाबन्दीले देशभरका अटो मजदुर बेरोजगार बन्दै http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ad%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%9f%e0%a5%8b/ Sun, 29 Nov 2015 06:23:19 +0000 http://www.ghumphir.com.np/?p=6404 6404 0 0 0 हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मी नियन्त्रणमा http://localhost/ghum/%e0%a4%b9%e0%a4%a4%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a5%87%e0%a4%b6/ Sun, 29 Nov 2015 06:28:47 +0000 http://www.ghumphir.com.np/?p=6406 6406 0 0 0 सिजनमा पनि भित्रिएनन् पर्यटक, व्यवसायी मारमा http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%9c%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%a8%e0%a4%a8%e0%a5%8d-%e0%a4%aa%e0%a4%b0/ Sun, 29 Nov 2015 06:31:02 +0000 http://www.ghumphir.com.np/?p=6408 6408 0 0 0 हङकङ समाजले एम्बुलेन्स दियो http://localhost/ghum/%e0%a4%b9%e0%a4%99%e0%a4%95%e0%a4%99-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%b2%e0%a5%87-%e0%a4%8f%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%a6/ Sun, 29 Nov 2015 06:35:41 +0000 http://www.ghumphir.com.np/?p=6410 6410 0 0 0 सुनको भाउ ६ वर्षयताकै न्यून हुने सम्भावना http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%be%e0%a4%89-%e0%a5%ac-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%af%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%88-%e0%a4%a8%e0%a5%8d%e0%a4%af/ Sun, 29 Nov 2015 06:39:38 +0000 http://www.ghumphir.com.np/?p=6412 6412 0 0 0 तेल हाल्न छुट्टा-छुट्टै पम्पहरु तोकियो http://localhost/ghum/%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%b9%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a4%9b%e0%a5%81%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a4%be-%e0%a4%9b%e0%a5%81%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a5%88-%e0%a4%aa/ Sun, 29 Nov 2015 06:53:54 +0000 http://www.ghumphir.com.np/?p=6414 6414 0 0 0 आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई हटाउने तयारी http://localhost/ghum/%e0%a4%86%e0%a4%af%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a6/ Sun, 29 Nov 2015 06:57:52 +0000 http://www.ghumphir.com.np/?p=6416 6416 0 0 0 भीर छिचोल्दै हिमालको चुचुरोसम्म http://localhost/ghum/%e0%a4%ad%e0%a5%80%e0%a4%b0-%e0%a4%9b%e0%a4%bf%e0%a4%9a%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%9a/ Sun, 29 Nov 2015 07:11:31 +0000 http://www.ghumphir.com.np/?p=6419 mardi himal trek चार पाउ टेकेर हिडन समेत मुस्किल भयो । भीरबाट लड्यिो भने बाँच्ने आशा थिएन । आँखैले नियाल्दा पनि नदेखिने पहरे भीर काट्न ज्यानको हुर्मतनै लियो । भीरबाट धेरै तल बगेको मर्दिखोला सुन्दर देखिएपनि डरले कहालीलाग्दो देखिन्थ्यो । कतिपय ठाउँमा झर्न नसकेर साथीको सहयोग लिइयो । हिडाईंको तालमेल नमिल्दा खंगारिएर झाडीमा पछारिए । एकातिर बजारिएको दुखाई र अर्कोतिर सिस्नोको पोलाई । बजारिदा सिस्नोमाथि सुतिएछ । शरीर दुखेर हैरान । मुस्किलले उठेर पाइला अगाडि बढाए । हिडाईको गति र रंगे भीरले सातो लिएपछि झमक्के साँझ पर्दा महशिकार गर्ने ठाउमा पुगियो । मर्दिखोलाको चिसो बाछिटाले ज्यान चिसो भयो । हामी पुग्दा एक हूल मान्छेहरु पहरोको ओतमा रंङरंग आगो बालेर खाना पकाउदै थिए । मह शिकारको टोली कोप्रे भीरमा मह काढदै थिए । मुढा राखेर मर्दिखोला तर्न बनाइएको सामान्य पुलमा खुट्टा चिप्लिएर फेरि पानीमा पछारिए । रात छिप्पिदै गएकाले हतार–हतार भिजेको कपडासँगै भीरबाट उक्लिएर मह काढेको दृश्य क्यामेरामा कैद गरे । हेर्दै टोपी खस्ला जस्तो भीरमा प्लाष्टिकको डोरीमा झुन्डिएको दृश्य कहालीलाग्दो थियो । रात परेपछि सबै भीरबाट झरे । त्यो दिन अनकन्टार र मर्दिखोलाको छेउमा रात कटाइयो । मह शिकारको प्रारम्भमा पुजाका लागी भेडोको बलीदिनु पर्नेरहेछ । त्यही भेडोको मासुसंग खाना खाइयो । झण्डै ४० जनाको त्यो समुहमा सुत्ने बन्दोबस्ती मिलाउन हम्मे पर्‍यो । धेरै त पहरामुनी सुते । साथी राम गुरुङले मर्दिखोलाको आडैमा रहेको अजंगको ढुङामा टांगिएको टेन्टमा सुत्ने चाजोपाजो मिलाइदिए । साँघुरो टेन्टमित्र ६ जना घन्चोमन्चो गरेर सुत्यौं । रातभर चिसो सिरेटोले हान्यो । आँखा झिमिक्क पारिएन । सुतेको ढुंगो दाह निस्केको र भिरालो रहेछ । ज्यान दुखेर उस्तै । बिहानै उठ्दा लगाएको कपड शितले भिजेर लचप्पै भएछ । चिसोले टाउको रन्किएर दुख्यो । घाम अबेरसम्म उदाएन । बाक्लो हुस्सु लागेकोले दाँत किटेर बसियो । देक्चीमा पकाएको कालो चियो सुरुप्प पारेपछि ज्यानलाई राहत भयो । दोस्रो दिन पनि भीरमा मह शिकार सुरु भयो । दुई दिनसम्म भीर छिचोलेर चाका झार्दा समेत मह निस्किएन । ज्यान जोखीममा राखेर शिकार गरेका शिकारीहरु निराश भए । मह भगाउन डोरीमा झुन्डिाइएको आगोको मुस्लोले झन्डै मूली महशिकारी ५४ वर्षीय उमानाथ गौतमको ज्यान गएन । सहयोगीहरुले डोरीको तारतम्य नमिलाउदा टेकेको प्लाष्टिकको डोरी झण्डै आगलागी भएन । दुईवटा भीर डुल्दा समेत मह ननिस्केपछि टोलीले ठूलो भीरमा काढ्ने योजना स्थगित गरे । तीन दिनको योजनासहित आएको टोली दोस्रो दिननै झिटी झाम्टो बोकेर फर्कियो । फेरि उही भीर पहरा अनि झाडी छिचोल्दै जोखिपुर्ण यात्रा गरेर सिदिङ पुगियो । अग्लो डाडोमा रहेको ट्ेरकर्स इन होटलमा बास बसियो ।अवयहीबाट पोखरा फर्किने योजना थियो । मर्दिहिमाल ट्रेकका अभियन्ता सुदीप गौतमले पुन: अर्को यात्रा गर्न हुटहुटी बढाए । हिउँ पन्छाउँदै हिमालमा भोलिपल्ट सिदिङबाट पोखरा नफर्कि मर्दि ट्ेरकको यात्रा तय भयो । उकालो ,जंगल अनि खर्क पार गदै पाइला लम्कायौ । मर्दिहिमाल चढेर आएका आरोहीदेखि विदेशी पर्यटकहरु बाटोमा लस्करै भेटिए । सहरतिर भूकम्प र त्यसपछिको नाकाबन्दीले पर्यटनमा आएको कमीले होटल व्यवसाय चौपट भएका छन् । तर यता पदयात्रामार्गमा भने पर्यटक हिडेकै देखिन्थ्यो । [caption id="attachment_6421" align="alignnone" width="800"]OLYMPUS DIGITAL CAMERA मर्दिबेसक्याम्प सम्मको यात्रामा लो क्याम्प र बादल भन्ने दुई ठाउमा मात्रै चिया नास्ता र बसोबास गर्ने एक/दुई वटा होटल रहेछ । मौसम चिसो भएकाले हातखुट्टा ठिहिराईरहेका थिए । बादलमा पुगेर तात–तातो सुप खाएपछि जाडो भगायो ।झण्डै आठ घन्टाको अपरान्ह मर्दि हाईक्याम्प पुग्यौ । झोला फालेर लामो सुस्केरा हाले । हिमालको काखको यो ठाउमा चिसो खपी नसक्नु रहेछ । तातो कफीको चुस्की लिएपछि चिसोले आगो छाड्न मन लागेन । मर्दिट्रेक सम्म आउनुको सबैको एउटै उद्देश्य नजिकबाट हिमाल हेर्ने, चढ्न र हिउ खेल्नेनै रहेछ । यो सबै हेर्न होटलबाट झण्डै चार घन्टाको बाटो छिचोलेर अपर भ्युप्वाईन्ट पुग्नुपर्ने रहेछ । सखारै उठेर त्यहाँ पुगिएन भने मौसमले साथ नदिदा दृश्य हेर्न नपाइने रहेछ । दस मिनेट ढिलो भएको भए हामी पनि अवसरबाट चुक्ने रहेछौ । भाग्यले साथ दियो । हिउमा रमाउन अनि हिमाल हेर्न सखारै उठेर अपर भ्युप्वाईन्टतिर लाग्यौं । सूर्यको लाली देखिन थालेपछि हिउको च्यादर ओढेका हिमाल मुस्कुराउन थाले । हिउले ढाकेको भुभाग नजिक आउदै गयो । खुट्टाहरु हिउमा फस्न थाले । हिउ पन्छाउँदै र क्यामेरा सोझाउँदै हिमालतिर बढ्यौं । ६ हजार ९ सय ९९ को कुमारी माछापुच्छ्ेर र ५ हजार ५ सय ८७ मिटरको हिमालको नजिकै पुगियो । मन रमाएर प्रफुल्ल भयो । माछापुच्छ्रे र मर्दिहिमाल यस्तो नजिक अन्यत्रबाट नदेखिने रहेछ । स्वर्गमा टेकेको अनुभूत भयो । यी दुई हिमालसँगै अन्नपुर्ण साउथ, फस्ट र थर्डसँगै सिंगु चुली, टेन्ट पिक, गंगापुर्ण र गन्धर्वचुली पनि एक साथ देख्न पाइयो ।४ हजार ५ सय मिटरको बेसक्याम्पबाट पुनहिल, पञ्चासे, माछापुच्छे मोडेल ट्रेक र अन्नपुर्ण बेसक्याम्पको रुट पनि देखिए । गुराँस फुल्ने मौसममा ९ थरीका गुराँस पनि यता ढकमक्क हुने रहेछ । पर्यटकहरू लुम्लेकाडे, धम्पुस, प्रीतम देउराली, हाइक्याम्प, बेसक्याम्प मर्दिहिमाल, सिदिङ र घलेलहुँदै यो रुटबाट फर्कन्छन् । बेसक्याम्पमा दुई वटा मात्रै होटल छ । सिदिङदेखि आठ घन्टाको यो बाटोमा होटलका लागि चाहिने सबै सामान मान्छेले बोकेर ल्याउने रहेछन् । स्थानियकाअनुसार सन् १९५६ मा स्वीस नागरिक बेसल यो रुटमा घुमेर फोटो खिचेपछि यो पदमार्गको पहिचान भयो । यात्राका क्रममा किनेको जुत्ता पाँच दिनमै प्वाल परेर कामै नलाग्ने भएछ । हिउमा बजारिएर एक दिनसम्म हातखुट्टा झनझनायो । तर पनि आँखै अगाडि हिमाल र हिउको अनुभव लिएर पाँच दिनपछि पोखरा फर्किदा सबै पीडा भुलाएरै छाड्यो । साभार:कान्तिपुर mardi trek]]> 6419 0 0 0 गोरखाको पुनःनिर्माण गर्न बाह्रबुँदे घोषणापत्र जारी http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%b0%e0%a4%96%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8/ Sun, 29 Nov 2015 13:28:36 +0000 http://www.ghumphir.com.np/?p=6428 6428 0 0 0 बारपाकमा ‘भूकम्प स्मृति उद्यान’ बनाइने http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a4%bf/ Sun, 29 Nov 2015 13:31:19 +0000 http://www.ghumphir.com.np/?p=6431 6431 0 0 0 चीनबाट तेल ल्याउन यस्तो छ तयारी http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%9b/ Sun, 29 Nov 2015 13:42:10 +0000 http://www.ghumphir.com.np/?p=6435 6435 0 0 0 फेवातालमा पाहुना चरालाई स्वागत http://localhost/ghum/%e0%a4%ab%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a4%be-%e0%a4%9a%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88/ Sun, 29 Nov 2015 14:06:54 +0000 http://www.ghumphir.com.np/?p=6437 6437 0 0 0 पूजाआजा http://localhost/ghum/%e0%a4%aa%e0%a5%82%e0%a4%9c%e0%a4%be%e0%a4%86%e0%a4%9c%e0%a4%be/ Sun, 29 Nov 2015 14:57:42 +0000 http://www.ghumphir.com.np/?p=6441 6441 0 0 0 नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%82%e0%a4%9c-%e0%a4%9a%e0%a5%8d%e0%a4%af/ Sun, 29 Nov 2015 15:00:25 +0000 http://www.ghumphir.com.np/?p=6444 6444 0 0 0 ट्यांकर आउँदैन दुईपाङ्ग्रेबाट प्रशस्तै http://localhost/ghum/%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%82%e0%a4%95%e0%a4%b0-%e0%a4%86%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88%e0%a4%a8-%e0%a4%a6%e0%a5%81%e0%a4%88%e0%a4%aa%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d/ Sun, 29 Nov 2015 15:20:22 +0000 http://www.ghumphir.com.np/?p=6450 6450 0 0 0 चार सय लिटर पेट्रोल नष्ट http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%af-%e0%a4%b2%e0%a4%bf%e0%a4%9f%e0%a4%b0-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%a8%e0%a4%b7%e0%a5%8d%e0%a4%9f/ Mon, 30 Nov 2015 03:25:58 +0000 http://www.ghumphir.com.np/?p=6454 6454 0 0 0 मुस्ताङका किसानले पशुको बिमा गर्न थाले http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%95%e0%a5%8b/ Mon, 30 Nov 2015 03:29:04 +0000 http://www.ghumphir.com.np/?p=6456 6456 0 0 0 पर्यटक लोभ्याउँदै ‘मगर सङ्ग्रहालय’ http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%b2%e0%a5%8b%e0%a4%ad%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%ae%e0%a4%97%e0%a4%b0-%e0%a4%b8/ Mon, 30 Nov 2015 03:30:51 +0000 http://www.ghumphir.com.np/?p=6458 6458 0 0 0 उखु किसान आन्दोलनमा http://localhost/ghum/%e0%a4%89%e0%a4%96%e0%a5%81-%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%ae%e0%a4%be/ Mon, 30 Nov 2015 03:32:24 +0000 http://www.ghumphir.com.np/?p=6460 6460 0 0 0 नाकाबन्दी हुँदाहुँदै पनि डडेल्धुरा महोत्सवमा रौनकता http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf/ Mon, 30 Nov 2015 03:35:14 +0000 http://www.ghumphir.com.np/?p=6462 6462 0 0 0 हात्तीको आक्रमणबाट एकको मृत्यु http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%8f%e0%a4%95%e0%a4%95%e0%a5%8b/ Mon, 30 Nov 2015 03:38:13 +0000 http://www.ghumphir.com.np/?p=6464 6464 0 0 0 आगलागीबाट लाखौँको क्षति, बालक घाइते http://localhost/ghum/%e0%a4%86%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a5%8c%e0%a4%81%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a4%e0%a4%bf/ Mon, 30 Nov 2015 03:40:46 +0000 http://www.ghumphir.com.np/?p=6466 6466 0 0 0 पेट्रोलियम पदार्थको कालोबजारी ठूला घराना नै संलग्न http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b/ Mon, 30 Nov 2015 03:43:40 +0000 http://www.ghumphir.com.np/?p=6468 petrol भारतीय सीमानामा प्रहरीको उपस्थिति नदेखिएको भन्दै अख्तियारले यस्ता गतिविधिले कालोबजारी गर्नेले ठूलो अवसर पाएको बताए। 'एक दिनमा एउटा मोटरसाइकल वालाले भारतबाट २/४ पटक तेल ल्याएर महिनामा लाखौं कमाइरहेका छन्' प्रवक्ता पुश्करले भने ' तस्करहरुले मुख्य टार्गेट काठमाडौं बनाएका छन्, उनीहरुले ठूला घरानियासँग मिलेर काम गरिरहेका छन्।' तर यसलाई रोक्न राष्ट्रसेवकबाट जे काम हुनुपर्ने हो त्यो नभएको भन्दै अख्तियारले कालोबजारी नियन्त्रण गर्न नसकेमा सम्बन्धित अधिकारीलाई नै कारबाही गर्ने चेतावनी दिएको छ। अहिले काठमाडौंको हरेकजसो चोकहरुमा अवैध रुपमा पेट्रोलको कालोबजारी भएको भन्दै अख्तियारले सरकारी अधिकारीहरुलाई उजुरी कुरेर नबस्न र आफै अनुसन्धानमा लाग्न निर्देशन दिएको छ। 'अहिले काठमाडौंको गौशाला, बालाजु र त्रिपुरेश्वरमा एक घण्टा बस्यो भने कालोबजारी आफै थाहा पाउनुहुन्छ' उनले भने 'हामीले तपाइँहरुको मनिटरिङ गरिरहेका छौं, जनताले थाहा पाउने गरी काम गर्नुभएन भने तपाइँहरुलाई नै कारबाही गर्छौं।' 'सरकारी अधिकारी नै संलग्न' अख्तियारले पेट्रोलियम पदार्थमा कालोबजारी भएको गुनासो आएपछि सरोकारवाला निकायलाई अवगत गराउँदा पनि ठोस प्रगति नभएको बताएको छ। 'फलानो फलानो ठाउँमा बदमासी भयो भनेर संबन्धित निकायमा जानकारी गराएर अनुगमन गर्न निर्देशन दियौं त्यसपछि वाणिज्य बिभाग गृह मन्त्रालय र नेपाल प्रहरी सक्रिय भएपनि त्यो पर्याप्त छैन' उनले भने। अख्तियारले कालोबजारीमा सरकारी निकायको पनि संलग्नता रहेको उजुरी परेको पनि बताएको छ। सरकारी पेट्रोलपम्पबाटै वितरणमा अनियमितता भएको, कालोबजारीमा आयल निगमको संलग्नता रहेको उजुरी पनि परेको छ, सामाखुशीमा अवैध पेट्रोल कारोबारमा एसपीकै संलग्नता भएको पनि भेटियो' प्रवक्ता पुष्करले भने। उनले एसपीको नाम नखुलाएपनि उनलाई प्रहरीले बिभागीय कारबाही सुरु गरेको जानकारी आएको बताए। अहिले कालोबजारी भइरहेको बारेमा आफुहरुले विस्तृत अध्ययन सुरु गरेको भन्दै उनले केही समयमा प्रतिवेदन सार्वजनिक गर्ने पनि बताएका छन्। 'पेट्रोलियम पदार्थमा देखिएको संगठित अपराध बेलैमा नियन्त्रण गर्न नसकेमा इन्धनको अवस्था सहज भएपछि पनि समस्या पारिरहने बताएको छ। 'यो संगठित अपराध अहिले नियन्त्रण भएन भने सामन्य अवस्थामा पनि चलिरहन्छ र राज्यलाई नै ठूलो समस्यामा पार्न सक्छ' प्रवक्ता पुष्करले भने। खड्कामाथि विस्तृत अध्ययन अख्तियारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि पनि छानबिन भइरहेको बताएको छ। 'यो केस प्रारम्भिक अवस्थाबाट विस्तृत अनुसन्धानमा पुगेको छ, के के भइरहेको छ अहिले भन्न मिल्दैन' अख्तियारका प्रवक्ता पुष्करले भने। निजी पेट्रोल पम्पलाई इन्धन दिन तोक आदेश दिएको लगायतका बिभिन्न अनियमितताको आरोपमा अख्तियारले उनीमाथि छानबिन गरिरहेको छ। खड्कालाई नेपाल आयल निगमको सञ्चालक समितिले पनि स्पष्टीकरण सोधेको छ। /बिजमाण्डू]]> 6468 0 0 0 पर्यटक बसको आगजनी सम्बन्धमा अनुसन्धान http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%ac%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%97%e0%a4%9c%e0%a4%a8%e0%a5%80-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d/ Mon, 30 Nov 2015 14:09:05 +0000 http://www.ghumphir.com.np/?p=6470 6470 0 0 0 ऊर्जा सङ्कटकाल घोषणा गर्न माग http://localhost/ghum/%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%9f%e0%a4%95%e0%a4%be%e0%a4%b2-%e0%a4%98%e0%a5%8b%e0%a4%b7%e0%a4%a3%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/ Mon, 30 Nov 2015 14:10:53 +0000 http://www.ghumphir.com.np/?p=6472 6472 0 0 0 रसुवा–केरुङ सडक खण्डको स्तरोन्नति गर्ने जिम्मा सेनालाई http://localhost/ghum/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%b0%e0%a5%81%e0%a4%99-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%96%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%b8/ Mon, 30 Nov 2015 14:13:28 +0000 http://www.ghumphir.com.np/?p=6474 6474 0 0 0 पर्यटकीय नगरी पोखरा जाऔँ http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%9c%e0%a4%be%e0%a4%94%e0%a4%81/ Mon, 30 Nov 2015 14:16:09 +0000 http://www.ghumphir.com.np/?p=6476 6476 0 0 0 वनबिरालो http://localhost/ghum/%e0%a4%b5%e0%a4%a8%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a5%8b/ Mon, 30 Nov 2015 14:28:01 +0000 http://www.ghumphir.com.np/?p=6478 6478 0 0 0 विमानस्थललाई नाफा कमाउने थलोका रुपमा हेर्न नहुने : मन्त्री पोखरेल http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a8%e0%a4%be%e0%a4%ab%e0%a4%be-%e0%a4%95%e0%a4%ae%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87/ Mon, 30 Nov 2015 14:41:17 +0000 http://www.ghumphir.com.np/?p=6481 6481 0 0 0 यातायात क्षेत्रमा स्मार्ट कार्ड आरम्भ http://localhost/ghum/%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a4-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d/ Mon, 30 Nov 2015 14:54:24 +0000 http://www.ghumphir.com.np/?p=6484 6484 0 0 0 तराई बन्द तथा नाकाबन्दीका कारण राजश्वमा ८ अर्बको क्षति http://localhost/ghum/%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95/ Mon, 30 Nov 2015 15:01:17 +0000 http://www.ghumphir.com.np/?p=6487 6487 0 0 0 चीनले केरुङबाट तेल नदिने, सिगात्सेसम्म आउन प्रस्ताव http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a5%87%e0%a4%b0%e0%a5%81%e0%a4%99%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%a8%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%87/ Mon, 30 Nov 2015 15:05:54 +0000 http://www.ghumphir.com.np/?p=6489 6489 0 0 0 वाइफाइ भन्दा १०० गुणा छिटो चल्ने ‘लाइफाइ’ http://localhost/ghum/%e0%a4%b5%e0%a4%be%e0%a4%87%e0%a4%ab%e0%a4%be%e0%a4%87-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a5%a7%e0%a5%a6%e0%a5%a6-%e0%a4%97%e0%a5%81%e0%a4%a3%e0%a4%be-%e0%a4%9b%e0%a4%bf%e0%a4%9f/ Mon, 30 Nov 2015 15:13:13 +0000 http://www.ghumphir.com.np/?p=6491 6491 0 0 0 नेपालमा बढ्दो भारतविरोधी भावनाबारे भारतीय लोकसभा प्रश्न उठ्यो http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%a6%e0%a5%8b-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%a7%e0%a5%80/ Mon, 30 Nov 2015 15:20:04 +0000 http://www.ghumphir.com.np/?p=6494 6494 0 0 0 नेपालतर्फ सामान आपूर्ति सुनिश्चित गर्न जोडदार माग http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%ab-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%86%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf/ Mon, 30 Nov 2015 15:57:17 +0000 http://www.ghumphir.com.np/?p=6497 0a7b5777-9d1e-4964-838b-0ac61d290ed4 d1efe4ca-cc87-407d-a340-31c37dabace6 (1) d1280715-baaa-44f1-9927-930f7cd3fcfc]]> 6497 0 0 0 रसुवागढीबाट चिनियाँ सामग्री भित्रिने क्रम बढ्यो http://localhost/ghum/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%97/ Tue, 01 Dec 2015 15:41:10 +0000 http://www.ghumphir.com.np/?p=6507 6507 0 0 0 दोलखाका डेढ दर्जन कार्यालय प्रमुखविहीन http://localhost/ghum/%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%96%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%a1%e0%a5%87%e0%a4%a2-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%a8-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be/ Tue, 01 Dec 2015 15:46:38 +0000 http://www.ghumphir.com.np/?p=6509 6509 0 0 0 पेट्रोल बिक्री गर्दै http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%ac%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Tue, 01 Dec 2015 15:54:10 +0000 http://www.ghumphir.com.np/?p=6511 6511 0 0 0 दाङका चार खोला तथा नदीबाट ढुङ्गा, बालुवा गिट्टी निकासीका लागि स्वीकृति http://localhost/ghum/%e0%a4%a6%e0%a4%be%e0%a4%99%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%a8%e0%a4%a6%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f/ Wed, 02 Dec 2015 03:36:38 +0000 http://www.ghumphir.com.np/?p=6517 6517 0 0 0 लिपुलेक त्रिदेशीय सीमा नाका बनाउनुपर्छ :सीमाविद् श्रेष्ठ 2 http://localhost/ghum/%e0%a4%b2%e0%a4%bf%e0%a4%aa%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%95-%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%a8/ Wed, 02 Dec 2015 03:37:51 +0000 http://www.ghumphir.com.np/?p=6519 6519 0 0 0 ट्रान्सफर्मरले लोड धान्न सकेनन् http://localhost/ghum/%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%b2%e0%a5%8b%e0%a4%a1-%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a8/ Wed, 02 Dec 2015 03:41:58 +0000 http://www.ghumphir.com.np/?p=6521 6521 0 0 0 निजी सवारीलाई अर्को साता इन्धन http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%9c%e0%a5%80-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%be/ Wed, 02 Dec 2015 03:44:37 +0000 http://www.ghumphir.com.np/?p=6523 6523 0 0 0 ठगी गर्ने पम्पलाई नै इन्धन वितरणको जिम्मा http://localhost/ghum/%e0%a4%a0%e0%a4%97%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a8%e0%a5%88-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7/ Wed, 02 Dec 2015 03:47:42 +0000 http://www.ghumphir.com.np/?p=6526 6526 0 0 0 त्रिशूलीमा कार खस्याे http://localhost/ghum/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b6%e0%a5%82%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%96%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a5%87/ Wed, 02 Dec 2015 03:50:38 +0000 http://www.ghumphir.com.np/?p=6528 6528 0 0 0 निजी हवाई कम्पनीले पहिलेकै भाडामा तर नेपाल वायु सेवा निगमले भारी मूल्य बढाए http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%9c%e0%a5%80-%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87/ Wed, 02 Dec 2015 03:54:34 +0000 http://www.ghumphir.com.np/?p=6530 6530 0 0 0 अन्नपुर्ण हिमाल देख्दा http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a5%8d%e0%a4%a6%e0%a4%be/ Wed, 02 Dec 2015 04:01:16 +0000 http://www.ghumphir.com.np/?p=6532 mardi himal trek खिलक बुढाथोकी उकालो बाटो हिँड्नु हामी नेपालीलाई नै गाह्रो लाग्छ। खुइखुइ गर्दै पसिना तरतर गरेर उकालो चढ्छौं। विदेशीका निम्ति उकालो चढ्नु झन् गाह्रो कुरा हो। तैपनि नेपाली हुन् वा विदेशी, पसिना पुछ्दै–पुछ्दै उकालो चढिरहँदा थकानको महसुस नगरी रमाइरहेका हुन्छन् पाइलाहरू माथितिर लम्किरहँदा खुसीले गद्गद् हुन्छन्। माथिमाथि जाँदा देखिँदै जाने हिमालको दृश्यले मनलाई फुरुंग बनाउँछ। हिमाललाई साथमा राखेर फोटो खिच्न पाउँदा जीवनमा अनौठो काम गरिरहेको महसुस हुन्छ। थकाइको कुनै मतलब नै गर्दैनन्। अन्नपूर्ण क्षेत्रको पुनहिल पदयात्रामा यस्तै दृश्य देखिन्छ। पुनहिल म्याग्दी जिल्लामा पर्छ। पोखराबाट नयाँपुलसम्म गाडीमा यात्रा गरेर तीन घन्टा हिँडेपछि तिखेढुंगा (१,१६० मिटर) पुगिन्छ। पहिलो दिन आधा गाडी र आधा पैदल यात्रा गरेपछि धेरैले आफ्नो थकान मेटाउँछन्। दोस्रो दिन तिखेढुंगाबाटै देखिने उल्लेरी (१,९६० मिटर) को उकालो मोदीखोला पुल तर्नेबित्तिकै सुरु हुन्छ। सायदै नेपालमा यस्ता नमुना उकालो कमै छन्। नाकै ठोकिने उकालो। हिँड्न सक्नेलाई छिटोमा चारदेखि ढिलोमा आठ घन्टासम्म लाग्छ। तर बाटो भने फराकिलो र ढुंगा बिछ्याएर सजिलो बनाउने काम स्थानीय पर्यटन विकास समिति तथा उपसमितिले गरेका छन्। भर्यारङजस्ता खुड्किलै–खुड्किलो बनाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाभित्र पर्ने पदयात्रा मार्गमा गाउँ, जंगल, खोला, पर्वत छिचोल्दै प्राकृतिसँग माया गाँस्दै जानुपर्दछ। बाटोबाटोमा होटल, लज तथा प्रसस्तै गेस्ट हाउस छन्। दाउरामा पकाएको स्थानीय स्वादको खाना खुवाइन्छ। फिस्टेल गेस्ट हाउसका प्रबन्ध निर्देशक भन्छन्, 'हामीले स्थानीय स्वादको खाना खुवाउँछौं। दालभात, गुरुङ बे्रड र सिलौटीमा बनाएको अचार धेरै पर्यटकहरूको रोजाइमा पर्दछ।' पर्यटन विकास समितिले मेनु बनाएको छ। सामान्यतः पर्यटकका लागि दैनिक दुई हजार भए पुग्छ। पथपदर्शक र भरियाले सस्तोमा खान पाउँछन्। गजबको कुरा त गाइड पोर्टरले खाएको खानाको पैसा होटल सञ्चालकले होइन स्थानीय पर्यटन विकास उपसमितिले लिने गर्दछ। त्यो पैसाले बाटो मर्मत तथा सफाइ गरिन्छ। punhill Himal अन्नपूर्ण पदयात्रा केही वर्षपहिलेसम्म पोखराबाटै सुरु हुन्थ्यो। दुई साता कस्सेर हिँडेपछि मात्रै अन्नपूर्ण आधार शिविर पुग्न सकिन्थ्यो। अन्नपूर्ण सर्किट पूरै भ्रमणको लागि भने झन्डै तीन साता लाग्थ्यो। तर अहिले मोटरबाटोले पदयात्राको समय घटाइदिएको छ। अन्नपूर्ण सर्किट यात्रामा लमजुङको बेसीसहरबाट मनाङ हुँदै थोराङ भञ्ज्याङ छिचोलेर मुक्तिनाथ जोमसोम हुँदै बेनी पुगिन्छ। पहिला–पहिला क्याम्पिङ टे्रक चल्थ्यो। अचेल टि हाउस चल्छ। बाटोबाटोमा पर्यटकको लागि आवश्यक पर्ने सबै प्रकारका सेवा उपलब्ध छन्। जोखिम मोल्नुपर्ने कुनै त्यस्तो बाटो छैन। पाँच वर्षदेखि यसै क्षेत्रमा पथप्रर्दशकको काम गर्दै आएका छन्द गुरुङ भन्छन्, 'ट्रेकिङमध्येको सबैभन्दा सजिलो ट्रेकिङ यसैलाई मानिन्छ। बच्चा पनि यहाँ ट्रेकिङमा सामेल हुन सक्ने भएकाले गाइडको भाषामा बेबी ट्रेक पनि भन्ने गरिएको हो। यो क्षेत्रमा गुरुङ तथा मगर समुदायको भाषा, संस्कृति, रहनसहन र खानपानलाई सजिलै बुझ्न सकिन्छ। यात्राको सुरुदेखि अन्त्यसम्मै गुरुङहरूको बाक्लो उपस्थिति छ। 'गुरुङ ब्रेड' मेनुमा जमेको प्रसिद्ध परिकारको रूपमा गनिन्छ। अधिकांश ठाँउ कास्की जिल्लामा पर्ने यो ट्रेकिङले म्याग्दी जिल्लाको पनि घोडेपानी (२,८६० मिटर) गाविसलाई छोएको छ। यात्रा सुरु गरेको दोस्रो दिन बास बस्न पुग्न सकिने घोडेपानी अन्नपूर्ण पदयात्राकै आकर्षक बिन्दु हो। उल्लेरी, वनठाँटी, नांग्यठाँटीबाट नै देखिने अन्नपूर्णले उकालोतिर तानिरहेका पर्यटकलाई मन्त्रमुग्ध बनाइदिन्छ। घोडेपानी पुगेपछि आँखैअगाडि आउने हिमालको लस्करले ठाडै उकालो उक्लिँदा लागेको थकान कता हराउँछ कता, पत्तै हुन्न। नजिकै देखिने अन्नपूर्ण साउथ, प्रथम, धैलागिरि, माछापुच्छ्रे, निलगिरि, हिमचुली, धम्पुस पीक लगायतका हिमालको दृश्यले जो कसैको मनलाई चंगाजस्तै बनाइदिन्छ। हिमालहरूलाई अझ नजिक बनाएर सूर्योदय हेर्नको लागि घोडेपानीमा बास बसेर बिहान चार बजेतिरै पुनहिल चढ्नेको लर्को छुट्छ। घोडेपानी पुन मगरहरूको बस्ती हो। उनीहरूकै डाँडो भएकाले त्यसले पुनहिल नाउँ पाएको। पुनहिल (३,२१० मिटर) पुग्न घोडेपानीबाट एक घन्टा उकालो चढ्नुपर्छ। Myagdi- ghorepani punhill सूर्योदय अवलोकन गर्दै धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमाल लगायतको लामो लर्कन हेर्न पाउँदा आनन्द हुन्छ। कति पर्यटक त घोडेपानीकै होटलमा बसीबसी हिमाली दृश्य नियालेर नेपाललाई स्वर्गको नामकरण गर्दछन्। माउन्टेन भ्यु होटलका सञ्चालक राजकुमार गुरुङ भन्छन्, 'पर्यटकहरू ओछ्यानबाट हिमाल देख्दा 'नेपाल त स्वर्ग रहेछ' भन्ने प्रतिक्रिया दिन्छन्।' चैत–वैशाखमा गुराँसले वन राताम्मे हुन्छ। चाँदीझैं टलक्क टल्किन्छन् हिमाल। सायद यसैले होला विदेशीलाई स्वर्गजस्तो लागेको।वर्षमा दुईपटक सिजन चल्छ। सिजनका बेला सबै होटलमा पर्यटक खचाखच हुन्छन्। अहिले भूकम्प र नाकाबन्दीको असर परेको छ। अन्नपूर्ण पदयात्रामा विगतको जस्तो पर्यटकको चाप छैन। होटलहरू भरिँदैनन्, तर पनि पर्र्यटनमा मन्दी छाएको बेला यतिको संख्यामा पर्यटक आउनु सन्तोषजनक नै मानेका छन्, गुरुङले। घोडेपानीपछि टाडापानी अर्को गन्तव्य बिन्दु हो। अन्नपूर्ण तथा माछापुच्छ्रे आधारशिविर जानेले टाडापानी, छोमरुङ, बाम्बो, देराउली, हिमालय हँुदै जानुपर्छ। आधारशिविरमै होटल छन्। फर्किंदा छोमरोङसम्म एउटै बाटो आएपछि झिनुडाँडा हुँदै घान्द्रुक, लान्द्रुकलगायत केही नमुना गुरुङ बस्ती हेरेर घान्द्रुक फेदीबाट पोखराको बस चढ्न सकिन्छ। आधारशिविरको चिसो खाएर आएकाहरूको लागि झिनुडाँडामा रहेको तातोपानीमा डुबुल्की मार्दै गर्दा आमाको काखभन्दा पनि प्यारो लाग्छ। आफ्नै गाउँभन्दा पनि धेरै प्यारो घान्द्रुक र लान्द्रुक धेरै पर्यटकमा लाग्नु झुरुम्म परेका घरहरू, देखिने हिमालका दृश्यहरू र गुरुङ संस्कृति तथा उनीहरूको सद्भावले होला। punhill एकपटक घुमेर गएको पर्यटकले अर्कोपटक पनि यही क्षेत्रमा आउने इच्छा राख्दछन्। लामो तथा छोटो टे्रकहरू गरिरहेका हुन्छन्। टे्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङका अनुसार विदेशीको रोजाइमा सबैभन्दा बढी अन्नपूर्ण पदयात्रा नै पर्ने गरेको छ। छोटोमा पाँच दिन र लामोमा दुई हप्तासम्मको प्याकेज पाइन्छ। पदयात्रामा गाउँ हेर्न चाहनेले गाउँ, संस्कृति हेर्न चाहनेले संस्कृति, हिमाल हेर्न चाहनले हिमाल तथा पर्यटकको चाहनाअनुसारको प्राकृतिक तथा भौतिक बस्तीहरू रहेका छन्। स्थानीयहरूले आफ्नै घरलाई चिटिक्क सजाएर होटल बनाएका छन्। आफ्नै घरका परिवार सबै जना खटेर स्वादिष्ट खाना खुवाइरहेका छन। वरिपरि फलफूल तरकारी उत्पादन गरेर व्यवसाय चलाइरहेका छन्। नयाँनयाँ र सुविधासम्पन्न होटल खुल्ने क्रम बढ्दो छ। पर्यटक पनि बढ्दै छन्। स्थानीय पनि पर्यटकलाई कसरी आकर्षण गर्न सकिन्छ भनेर लागेका छन्। पर्यटनको नयाँ आयाम खोजिरहेका छन्। तर दुःखको कुरा, गाउँमा सडक भित्रिएपछि त्यसले पदयात्रालाई बसयात्रामा रूपान्तरण गर्ने हो कि भनेर गाउँले चिन्तित छन्। उनीहरू भन्छन्, 'हामीलाई गाडीको सुविधा आवश्यक छैन। गाडी आउनेबित्तिकै हाम्रो व्यवसाय चौपट हुन्छ। सक्दो सडकलाई रोक्ने प्रयासमा छांै।' समग्र अन्नपूर्ण क्षेत्रको पदमार्गमा तीन सयभन्दा बढीको संख्यामा होटल, गेस्ट हाउस तथा रेस्टुराँ सञ्चालनमा छन्। तीन हजारभन्दा बढीले रोजगार पाएका छन्। गाइड पोर्टरलाई हिसाब गर्ने हो भने रोजगारीको संख्या झनै बढ्न आउँछ। पर्यटन व्यवसाय सर्कलजस्तो भएको हुँदा स्थानीय गाउँले किसानदेखि सबैले पर्यटनबाट फाइदा लिइरहेका छन्।साभार नागरीक ]]> 6532 0 0 0 पर्यटनमन्त्रीको योजना: चर्पी सफाइदेखि नयाँ विमान खरिदसम्म http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%9a/ Wed, 02 Dec 2015 13:41:15 +0000 http://www.ghumphir.com.np/?p=6536 6536 0 0 0 एनसेललाई कारबाही http://localhost/ghum/%e0%a4%8f%e0%a4%a8%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%80/ Wed, 02 Dec 2015 13:42:44 +0000 http://www.ghumphir.com.np/?p=6538 6538 0 0 0 दुईवर्षभित्र ३३ थान बहुमूल्य मूर्ति चोरीे http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a5%a9%e0%a5%a9-%e0%a4%a5%e0%a4%be%e0%a4%a8-%e0%a4%ac%e0%a4%b9%e0%a5%81%e0%a4%ae/ Wed, 02 Dec 2015 13:52:40 +0000 http://www.ghumphir.com.np/?p=6541 6541 0 0 0 भक्तपुर–नगरकोट सडक निर्माण अलपत्र http://localhost/ghum/%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae/ Wed, 02 Dec 2015 13:56:08 +0000 http://www.ghumphir.com.np/?p=6544 6544 0 0 0 एक महिनाभित्र महानगरपालिकाको कार्यालय हटाउन निर्देशन http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf/ Wed, 02 Dec 2015 14:05:21 +0000 http://www.ghumphir.com.np/?p=6546 6546 0 0 0 चौबिस बिघामा आलु खेती http://localhost/ghum/%e0%a4%9a%e0%a5%8c%e0%a4%ac%e0%a4%bf%e0%a4%b8-%e0%a4%ac%e0%a4%bf%e0%a4%98%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%b2%e0%a5%81-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80/ Wed, 02 Dec 2015 14:13:48 +0000 http://www.ghumphir.com.np/?p=6548 6548 0 0 0 आउँदैछ ग्यालेक्सी एस सेभेन, हुनेछन् यी फिचर्स http://localhost/ghum/%e0%a4%86%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88%e0%a4%9b-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%80-%e0%a4%8f%e0%a4%b8-%e0%a4%b8%e0%a5%87%e0%a4%ad/ Wed, 02 Dec 2015 14:17:22 +0000 http://www.ghumphir.com.np/?p=6551 6551 0 0 0 भारतीय भूभागबाट प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%ad%e0%a5%82%e0%a4%ad%e0%a4%be%e0%a4%97%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be/ Wed, 02 Dec 2015 14:46:11 +0000 http://www.ghumphir.com.np/?p=6554 6554 0 0 0 रेष्टुरेन्टमा झगडा गरेको अभियोगमा डिएसपी सिलवाल निलम्बित http://localhost/ghum/%e0%a4%b0%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%81%e0%a4%b0%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%9d%e0%a4%97%e0%a4%a1%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b/ Wed, 02 Dec 2015 14:56:04 +0000 http://www.ghumphir.com.np/?p=6556 6556 0 0 0 अवैध रुपमा दैनिक डेढ लाख लिटर पेट्रोल भित्रिन्छ (भिडीयो सहित) http://localhost/ghum/%e0%a4%85%e0%a4%b5%e0%a5%88%e0%a4%a7-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%88%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%a1%e0%a5%87%e0%a4%a2-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%b2/ Wed, 02 Dec 2015 15:14:26 +0000 http://www.ghumphir.com.np/?p=6558 thori छिमेकी बजार भिखनाठोरी नाका भएर अवैध रूपमा भित्रिरहेको इन्धनले राजधानीलगायत देशका अन्य शहरलाई नाकाबन्दीमा राहत दिइरहेको छ। पर्साको ठोरी र बिहार राज्यको पश्चिमी चम्पारणको बेतियास्थित भिखना ठोरीमा दुई महिनादेखि तेलको मेला नै लाग्दै अाएकाे छ। ठोरी गाविसमा पर्ने ठुटे खोलाको पश्चिमी डिलमा रहेको चौतारामा २४ सै घण्टा तरकारी बिक्री गर्ने हाटबजार जस्तै डिजेल, पेट्रोल र ग्यास खरिद बिक्री गर्न मान्छेहरूकाे भिड लाग्छ। नाकाबन्दीकाे याे चरम समस्यामा धेरै मान्छेहरूले वीरगञ्जबाट ७० किलोमिटर पश्चिम र उत्तरमा पर्ने एवं चितवनको नारायणगढबाट ८५ किलोमिटर पूर्व दक्षिणमा रहेको ठाेरीलाइ 'तेलकाे स्वर्ग' भन्न थालेका छन्। ठोरी गाविस– ७ मा स्थित सो सीमावर्ती बजारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, छोटी भन्सार कार्यालयको अगाडि नै कालो बजारमा पेट्रोलिम पदार्थको मोलमोलाइ हुन्छ। कालो कारोबारका विक्रेता अधिकांश भारतीय नागरिक हुने गर्छन्। तिनका ग्राहक एवं संरक्षणकर्ता भने नेपाली हुन्। एक किलोमिटरको दुरीमा भए पनि यता र उताको भाषा संस्कृति, लवाइखवाइ निकै फरक देखिन्छ। अरू कुरामा धेरै भिन्नता देखिए पनि काराेबारकाे कुरामा उनीहरूकाे स्वर एउटै सुनिन्छ। प्रत्येक घरमा अस्थाई पेट्रोलपम्प ठोरीमा सीमापारिका भारतीय व्यक्तिले ल्याएको इन्धन किन्न नेपालको राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, सिन्धुपालचोक, काभ्रे, धादिङ, बागलुङ, गुल्मी, पोखरा, तनहु, चितवन, हेटौडालगायतका विभिन्न जिल्लाबाट सवारी साधन रिजर्भ गराएर आएको भेटियो। पूर्व पश्चिम राजमार्गबाट झण्डै २० किलोमिटर दक्षिण गण्डक नहरको बाटैबाट सुवर्णपुरहुँदै ठोरी जाँदै गर्दा निर्मलबस्ती, विजयपुर, ब्रम्हस्थानमा रहेका प्रत्येक घरघरमा अस्थायी पम्प सञ्चालनमा रहेको देखियो। ती घरहरुमा भारतीय भरिया तेल र ग्यास पुर्याउन आइरहेका थिए। तेल र ग्यास किन्न आएका नेपालीहरुको भीड देखिन्थ्यो। टुटे खोलाको वारिपट्टी भिखना ठोरीमा रहेको भारतीय सुरक्षाकर्मी एसएसबीको चेक प्वाइन्ट छ। तेल कारोबार गर्नेले उनीहरुसँग डराउनु पर्दैन। यहाँबाट हुने तस्करीको मुख्य संरक्षक नै भारतीय सीमा सुरक्षा बल हो। भारतको जमुनिया पम्पबाट तेल ल्याएर ठोरीमा बिक्री गर्ने गरेको भारत खरठाका भुपेन्द्र चौधरी बताउँछन। 'यहाँ कारोबार सुरु गरेपछि हामीले सबैलाई खुशी पार्नु पर्छ,' उनी भन्छन्, 'एसएसबी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायतका निकाय सबै निकायलाई मिलाएर कारोबार गर्छौं। petrol सीमावर्ती भारतको जमुनिया, नरकटियागंजका पेट्रल पम्पबाट ठोरीमा मुख्य रुपमा तेल आउने गर्दछ। ती स्थानबाट दैनिक करिब डेढ लाख लिटर तेल नेपाल भित्रिने गरेको उनले सुनाए। अहिले ठोरी आसपास भारतीय गाउँका अधिकांश बासिन्दाको मुख्य पेशा नै तेल तेलको ओसारपसार भएको छ। भारत खराटा गाविसका भुपेन्द्र चौधरीले भिखनाठोरी नाकाबाट नेपालमा सहजै प्रवेश गरी एक जनाले दैनिक रुपमा कम्तिमा पाँच सय लिटरसम्म बिक्री गर्ने गरेको बताउँदै यस्ता कारोवारमा सयौं व्यक्ति लागेको र त्यतिकै नेपालीले खरिद गर्ने गरेको सुनाए। कालो कारोबारको केन्द्रस्थल बनेको ठोरी स्थित छोटी भन्सार कार्यालयमा प्रवेश गर्दा सरकारी कर्मचारी जस्तो देखिने एक व्यक्ति अर्का व्यक्तिलाई थर्काउँदै थिए– 'एसपीको मान्छे होस् वा अरु कोही अब उप्रान्त त्यसै जान दिन्नौं।' मैले सधेँ, 'तपाइँको शुभ नाम के हो? किन यसरी थर्काउँदै हुनुहुन्छ? 'के काम छ चाँडै भन्नुस मेरो फुर्सद छैन', उनले दायाँबायाँ नसोधी जवाफ दिए। केही छिनपछि परिचय खुलाए। उनी नेपाल सरकार, भन्सार कार्यालयको सहायक स्तरको कर्मचारी लक्ष्मी निरौला रहेछन्। 'तपाइँको अगाडि तस्करीको इन्धन, ग्यास र सामानहरु यत्रो कालोबजारी भइरहेको छ। केही गर्न सक्नुहुन्न?' 'हामी के गर्न सक्छौं र यहाँको संसार फरक छ', उनले निर्लज्जपूर्वक जवाफ दिए। छोटी भन्सारसँगैसशस्त्र प्रहरीको अस्थायी बेस क्याम्पमा रहेको छ। सशस्त्रले ठोरी आउने हरेक चारपांग्रे सवारी साधन अनिवार्य रुपमा दर्ता गर्छ। त्यहाँ दर्ता भएका सवारी साधनको तथ्यांकले दैनिक रुपमा डेढ लाख लिटर भन्दा बढी तेल र ग्यासको कारोवार भएको देखाउँछ। मोटरसाइकलबाट हुने कारोबार यसमा सामेल छैन। जब कि दिनभरीमा हजारौं मोटरसाइकलमा तेलको कारोबार गरिरहेका भेटिन्छन्। *** ठोरीमा पेट्रोल प्रतिलिटर १७५ मा पाइन्छ। डेढ लाख लिटर भित्रिएको स्थलगत हिसाबअनुसार दैनिक २६ करोड रुपैयाँको तेल कालो बजारमा आइरहेको छ। राजधानी पुग्दा पेट्रोल प्रतिलिटर ३०० देखि ५०० रुपैयाँसम्म पुग्ने व्यापारी बताउँछन्। यसर्थ यहाँबाट कालो बजारमा जाने इन्धनको बजार मूल्य दैनिक करिब ५० करोड रुपैयाँ हुनेगर्छ।साभार:नागरीक]]> 6558 0 0 0 ]]> मुस्ताङमा बर्षेनी स्याउ उत्पादन खस्किँदै http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a8%e0%a5%80-%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89/ Wed, 02 Dec 2015 15:29:08 +0000 http://www.ghumphir.com.np/?p=6566 6566 0 0 0 रु दुई लाखभन्दा बढीको कपडा बरामद http://localhost/ghum/%e0%a4%b0%e0%a5%81-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%aa%e0%a4%a1/ Thu, 03 Dec 2015 03:25:46 +0000 http://www.ghumphir.com.np/?p=6568 6568 0 0 0 म्याग्दीमा हाब्रे संरक्षण अभियान सुरु http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%be%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a5%87-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7/ Thu, 03 Dec 2015 03:27:07 +0000 http://www.ghumphir.com.np/?p=6570 6570 0 0 0 हिउँँचितुवा नियन्त्रण गर्न किसानको माग http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%89%e0%a4%81%e0%a4%81%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%a3-%e0%a4%97%e0%a4%b0/ Thu, 03 Dec 2015 03:28:05 +0000 http://www.ghumphir.com.np/?p=6572 6572 0 0 0 सुन्तला बोटमै कुहिन थाले http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b2%e0%a4%be-%e0%a4%ac%e0%a5%8b%e0%a4%9f%e0%a4%ae%e0%a5%88-%e0%a4%95%e0%a5%81%e0%a4%b9%e0%a4%bf%e0%a4%a8-%e0%a4%a5%e0%a4%be%e0%a4%b2%e0%a5%87/ Thu, 03 Dec 2015 03:31:17 +0000 http://www.ghumphir.com.np/?p=6574 6574 0 0 0 महिला भलिबल प्रतियोगिता सुरु http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%ad%e0%a4%b2%e0%a4%bf%e0%a4%ac%e0%a4%b2-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%a4%e0%a4%be/ Thu, 03 Dec 2015 03:35:49 +0000 http://www.ghumphir.com.np/?p=6576 6576 0 0 0 २१ दिनभित्र पर्यटन बोर्डमा सीईओ नियुक्ति: पर्यटनमन्त्री http://localhost/ghum/%e0%a5%a8%e0%a5%a7-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1/ Thu, 03 Dec 2015 03:39:31 +0000 http://www.ghumphir.com.np/?p=6579 6579 0 0 0 पेट्रो चाइनाको विकल्प खोज्दै आयल निगम http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%9a%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%aa-%e0%a4%96%e0%a5%8b/ Thu, 03 Dec 2015 03:41:23 +0000 http://www.ghumphir.com.np/?p=6582 6582 0 0 0 केएल दुगडको गोदाममा छापा, ५ ट्रक खानेतेल बरामद http://localhost/ghum/%e0%a4%95%e0%a5%87%e0%a4%8f%e0%a4%b2-%e0%a4%a6%e0%a5%81%e0%a4%97%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a5%8b%e0%a4%a6%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%9b%e0%a4%be%e0%a4%aa%e0%a4%be/ Thu, 03 Dec 2015 13:53:19 +0000 http://www.ghumphir.com.np/?p=6597 काठमाडौं प्रहरी परिसरले केएल दुगडको जडीबुटीमा रहेको गोदाममा आज साँझ छापा मारेको छ । प्रहरीले लुकाइराखेको ५ ट्रक भन्दा बढी खाने तेल धारा नियन्त्रणमा लिएको छ । प्रहरीले म्यानेजर अमन जैनलाई पक्राउ अनुसन्धान सुरु गरेको छ।
स्वष्तिक आयल इन्डट्रिजबाट उत्पादित र अन्य खाने तेलको मूल्य बढाइ विक्री गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए। नाकाबन्दीअघि एक लिटर तेल १ सय ५० बेच्ने गरेको दुगड ग्रुपले अहिले लिटरको ३ सय २० रुपैयाँ लिदै आएको थियो।
साथै बढी मूल्यको स्टीकर टाँसेर ठिक्क पारेर राखेको अवस्था प्रहरीले बरामद गरेको छ। छापामा अहिले सिल गरिएको एसपी विश्वराज पोखरेलले जानकारी दिए। मौकामा फाइदा उठाउँदै चर्को रकम लिएर बेच्ने गरेको र सोही अनुसार ठूलै गोदाममा छापा मारिएको एसएसपी थापाले बताए।
अन्य गोदाममा पनि कडा निगरानी बढाइएको उनले बताए। पछिल्लो समय काठमाडौं प्रहरीले कालोबजारी गर्ने ठूलो गोदामको खोजी गरिरहेको छ । एसएसपी थापाले साना कालाबजारी भन्दा पनि ठूलालाई मात्र समात्न मातहतका निकायलाई निर्दैशन दिएका छन्।
एसएसपी थापाले कालोबजारी गर्दै रातारात करोडपति बन्ने सपना देख्नेहरुलाई कानुनी दायरामा ल्याउने बताए । कालोबजारी नियन्त्रण गर्ने अन्य निकायहरु निष्क्रिय भएका बेला काठमाडौं प्रहरीले तदारुकता देखाएको हो ।
प्रहरी स्रोतका अनुसार केएल दुगडले नाकाबन्दीको बेलादेखि अहिलेसम्म कालोबजारी गरेर ५० करोडभन्दा बढी कमाइसकेको छ ।
]]>
6597 0 0 0
मनमहोक मर्दि हिमाल पदयात्रा http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%95-%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a4%a6%e0%a4%af%e0%a4%be%e0%a4%a4/ Fri, 04 Dec 2015 17:01:44 +0000 http://www.ghumphir.com.np/?p=6619 सुरेन्द्र राना

विश्का उत्कृष्ट पदयात्रामा पर्ने लगाएत दर्जनौ पदयात्राको सुरुवात र अन्तीम विन्दु हो पोखरा । यती मात्र नभएर पोखरा शहरालई नेपालको पर्यटनका राजधानी समेत भन्ने गरीन्छ । अन्नपुर्ण संरक्षण क्षेत्र भित्र पर्ने अन्नपूर्ण पदमार्ग,पुन हिल पदमार्ग,घोरेपानी, घान्द्रुक लगायत दर्जनौ पदमार्ग सुरुवमच चथम अन्तिम बिन्दु हो पोखरा । त्यही कारण बर्षेनी हजारौ स्वदेशी तथा विदेशि पर्यटकहरु पदयात्रा पोखरा भएर जाने गर्दछन । पोखरा क्षेत्र नजीकैको पदयात्रा मध्य एक हो मर्दि हिमाल पदमार्ग ।

मर्दि हिमाल पदमार्ग समुन्द्र सतह देखि १८०० देखि ४३०० मि सम्म को छोटो र आन्नददायी यात्रा मध्य एक हो । पोखरा देखि ४ देखि ५ दिन को यात्रा गर्न सकिने पदमार्ग पर्दछ्र । मार्दि हिमाल पदमार्गमा यात्राका लागी गएको हप्ता पत्रकार अमृत भाद्गाउले, हिमालयन म्याप हाउसका पवन शाक्य र म पोखरा तर्फ लाग्यौ । पोखरा बाट २० मिनेटमा मिलनचोक हुदै उत्तर मर्दि खोला को तिरै तिर २० कि मि कच्ची बाटो हुइकियौ । लुम्रे बजार हुदै घलेल गाउ नपुग्दै उकालो घुमाउरो बाटो मा जिप बिग्रियो। जिप बिग्रे पछि अनी राति राति टर्च बाल्दै यात्रामा सबै उकालो तर्फ लाग्यौ । यो क्षेत्रका परिचित तथा पोखरा क्यानोनिडका राम गुरुँडजी सग भएकाले सबै जना जती रात भएपनी ढुक्क थियौ। केहि घण्टा उकालो हिडेपछि मर्दि हिमाल इको लज पुगियो । लजमा पुगेपछी निकै आन्नदको अननुभुती भयो । लजकाभाइ शिब प्रसाद भण्दारी ले मिठो खाना तयार पारे । खाडि मुलुकमा केहि बर्ष काम गारि आफ्नो देश मा केहि गर्ने इच्छा सहित होटल खोलेका रहेछन शिव भाईले आफ्नौ गाउ मा । बिहान सबेरै उठ्दा माछापुछ्रे हिमालमा देखिएको सुर्य उदाएको दृश्यले लाग्यो नेपाल सुन्दरताले कती धनी छ । सुर्य उदाएको दृश्य कैद गर्नका लागी सबैले आफ्नो आफ्नो क्यामरामा तस्विर कैद गर्न थाले । केही समय तस्बिर कैद गरेर विहानको नास्ता को साथमा चिया पिएर बाटो लागियो । तेर्सो गाउको यात्रा, माच्छापुछ्रे हिमाल हेर्दै जंगल को बाटो उकालो हुदै फोरेस्ट क्याम्पमा दिउसो को लन्च लिन पुग्यौ । धम्पुस को बाटो काँडे , देउरालि हुदै यहा लंच खाना पदयात्रि आइपुग्छन पदयात्रीहरु । एक दशक अगाडी सम्म भैसी ,भेडा गोठ र चरण क्षेत्र थियो । तर पर्यटकको आगमन हुन थालेपछि अहिले आधा दर्जन होटल र लज हरु खुलेकाछन् मर्दि हिमाल को बाटाहरुमा ।

३ देखि ४ घण्टा को दुरीमा राम्रो खाना बस्नको राम्रो सुबिधा प्रसस्त छ मार्दि पदयात्रामा । केहि बर्ष देखि यो पदमार्ग बिदेशी सहित स्वदेशी पदयात्री हरुको पनि रोजाइ मा पर्दै आएको रहेछ । यात्राको क्रममा दुई ग्रुप नेपालि पदमार्गि भेटिय, लो क्याम्प पुग्दा साझ पर्दे थियो । सुर्य अस्ताउको दृश्य निकै मनमोहक थियो । सुर्य अस्थमाएको दृश्य सहित आखै अगाडि माछापुछ्रे हिमाल देख्दा लाग्यो म अकै दुनियमा छु कि जस्तो । लो क्याम्प होटल लालिगुरास मा रात बिताएर बिहान उकालो लालि गुरास जंगल को बाटो हिड्यौ तर फुल थिएन, फुलेको सिजन मा फेरि आउने हो अम्रृतजी बताउदैथिए । पहिलो भ्युपोइन्ट बाट हाम्रै अगाँडि अन्नपुर्ण साउथ, हिउचुलि, तेन पिक्स, गँगा पुर्ण,माछापुछ्रे , मर्दि हिमाल सँगै दर्जनौ सेताम्मे हिमाल आँखा अगाडि एक्कासि देख्दा मन निके प्रफुलित भयौ । विस्तारै अगाडि बढ्यौ, बादल क्याम्पमा लक्षमण गुरुङजीले मिठो ब्रेक्फास्ट बनाउदै गर्दा ,फेन्च,चिनिया,अमेरिकी पर्यटकहरु भेटिय, साथमा नेपाली भाइको टोलि पनि ।

३ घण्टा लाग्यो हामी हाइ क्याम्प पुग्न, तर हाई पुग्न जती गाह्रो भएपनी त्यो गाह्रोलाई विर्साई दिए हालाई सुन्दर सेताम्य हिमालले । हिमालका सुन्दर र्दश्य हेर्दै रमाउदै होटल त्रेकर्स पाराडाइज होम का सुदिप गौतम भाइ सग गफिदै बास बसियो । मर्दि हिमाल पदयात्राको प्रचार प्रसार मा सुदिप र राम गुरुंङजी निकै लाग्नु भएको रहेछ । कहिले ब्रसर बोक्दै पोखरा , कहिले पर्यर्टन बोर्ड त, त कहिले टान को ढोका घच्घच्याउन पुगेका रहेछन् मार्दि हिमालको पदयात्रकोे प्रवद्धनका लागी ।तेश्रो दिन को बिहानै ३ घण्टा, केहि ठाँउ कहालिलाग्दो भिर को बाटो । भिरको बाटो भएर होला बाटाको झार समाउदै दिउसो पुगियो हाइ क्याम्प भ्यु प्वाईन्ट । करिब डेढ घण्टा यात्रा पश्चात पवनजी, रामजी ,गुप्त दाइ र एक हुल भाइहरु जानुभो मर्दि हिमाल बेसक्याम्प तिर ।

हाइ क्याम्प मा खाना खाएर ७, ८ घण्टा ओरालो पैदल मार्ग लो क्याम्प हुदै राति ठाडै ओरालो झरेर सिदिङ बास बस्न पुगियो । अर्को दिन जिपमा घलेल गाउ हुदै रामजी को पोखरा क्यानोनिङ मा लन्च खाई , बेलुकि राजेन्द्र दाई संग ल्वाङ सामुदायिक होम्सटे बास बस्न पुगियो ।पदमार्ग भरि हरिया बन जंगल , चराचुरुंगी , बशन्त ऋतु मा राताम्मे फुलेको लालिगुरासको जंगल भित्र सुशेकेरा हाल्दै , थकाई मार्दै , लुकामारी खेल्दै अन्नपुर्ण , हिउचुली, गङगापुर्ण , माछापुछ्रे लगायत का दर्जनौ हिम्श्रीङखला हरु को मनोरम दिश्य लिन साकिन्छ। अरु एक दिन समय थपेर क्यानोनिङ को मज्जा लिएर घलेल होमेस्ते र ल्वांङ होमेस्ते मा गुरुङ संस्कृति , स्थानीय परिकार , नाचगान, सुन्दर गाउ, साथै चिया बारी घुमघाम गर्दै बास बस्न सकिन्छ ।यात्रा भरि साथ दिनुभएको मा राम गुरुङ र गुप्त गुरुङ दाइ लाई धेरै धन्यबाद, साथै सुदिप गौतम, शिब भाई , राजेन्द्र गुरुङ सर, बोनि गुरुङ लगायत ल्वाङ होम्सटे का आमा समुहको न्यानो आतिथ्य सत्कार ले झनै हाम्रो मर्दि हिमाल यात्रा अवस्मरणिय बन्यो। फेरि भेट्ने आशा गर्दे बाई बाई मर्दि हिमाल ट्रेक।

tourist IMG_8336 pokhara IMG_8430 (1) machapuchre himal IMG_8615 sunrise IMG_8667 fishtail sunrist IMG_8984 fishtail

]]>
6619 0 0 0
बेलायती फोटोग्राफरको तस्बिरमा नेपाली जीवन http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a5%80-%e0%a4%ab%e0%a5%8b%e0%a4%9f%e0%a5%8b%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ab%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d/ Fri, 04 Dec 2015 17:03:03 +0000 http://www.ghumphir.com.np/?p=6636

काठमाडौँ, १८ मङ्सिर ।

बेलायती फोटोग्राफर डेभिड रिचर्डसनले विभिन्न समयमा खिंचेका तस्बिरको आज प्रदर्शन गरिएको छ । माया एजुकेसन फाउन्डेसनको आयोजनामा आज राजधानीको बौद्धमा १५ वर्षदेखि खिंचेका तस्बिर प्रदर्शन गरिएको हो । प्रदर्शनीमा भूकम्पले नेपालमा पु¥याएको क्षति, नेपाली वृद्धवृद्वा, बच्चा, गरिब, डाँडाकाँडा र हिमालका तस्बिर राखिएका छन् । सो प्रदर्शनीको नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले उद्घाटन गर्दै तस्बिरले नेपाली जनजीवन, वेशभूषा र शैलीलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन ठूलो सहयोग पुग्छ भन्नुभयो । फोटोग्राफर रिचर्डले नेपालपछि बेलायत, स्विजट्रल्यान्ड लगायतक देशमा तस्बिर प्रदर्शन गरिने जानकारी दिनुभयो ।

]]>
6636 0 0 0
अन्नपूर्ण पदमार्गका होटलमा निःशुल्क ‘वाइफाई’ http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%95%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2/ Fri, 04 Dec 2015 17:08:10 +0000 http://www.ghumphir.com.np/?p=6638

म्याग्दी (बेनी), १८ मङ्सिर ।

पदयात्राका लागि चर्चित अन्नपूर्ण परिपथ मार्गका पर्यटकीय गाउँहरुमा निःशुल्क ताररहित (वाइफाई) इन्टरनेट सेवा सञ्चालन गरिएको छ । वीरेढा“टी, घान्द्रुक, घोडेपानी र तातोपानीका सबै पर्यटक होटल÷रेष्टुरेंन्टमा निःशुल्क वाइफाई इन्टरनेट युक्त भएका छन् । नेपाल टेलिकमले एडिएसएल र वाइम्याक्स इन्टरनेटसहितको रिलेस्टेसन स्थापना गरेपछि यहा“का सबै साना÷ठूला होटल÷रेष्टुराँले ‘फ्रि वाइफाई’ सेवा सञ्चालन गरेका हुन् । वाइफाई सेवा उपलब्ध भएपछि ग्राहकको सङ्ख्यामा वृद्धि भएको होटल÷रेष्टुराँ सञ्चालकहरु बताउँछन् । ‘स्वदेशी वा विदेशी जो पाहुनाले पनि पहिला वाइफाई सोध्छ अनि मात्र बास । वाइफाई इन्टरनेट नभएको होटलमा आजभोलि पर्यटकले पाइला राख्नै चाहन्न’ पुनहिलका पर्यटन व्यवसायी देवेन्द्र गर्बुजाले भन्नुभयो । आ“खामा ठोक्किन आउने हिमालको छाया“मा बसेर अर्गानिक खानेकुरा खाँदै ल्यापटप, नोटवुक वा मोवाइलमा इन्टरनेट चलाउ“दा पर्यटक दङ्ग पर्छन् । वाइफाईले होटल÷रेष्टुराँको ब्यापार पनि फष्टाएको छ । घोडेपानीमा मात्र होइन अन्नपूर्ण पदमार्ग क्षेत्रका बिरेठा“टी, उल्लेरी, घान्द्रुक र संसारको सर्वाधिक गहिरो अन्धगल्छीका पर्यटकीय होटल÷रेष्टुराँहरुमा फ्रि वाइफाई इन्टरनेट जोडेका छन् । नेपाल टेलिकमलगायतका सेवाप्रदायकले शहरदेखि धेरै टाढाका गाउ“मा समेत मोवाइलको भ्वाइस मात्र होइन, डाटा आदान–प्रदान गर्न सेवा पु¥याएपछि उपभोक्तालाई सूचना प्रविधिको विश्व सञ्जालमा सजिलै जोडेको छ । केही समय अघिसम्म शहरमा वितरण गरिएको थ्रीजी मोवाइल सेवा अहिले पर्यटकीय वस्ती घोडेपानी, तोतोपानीका वस्तीसम्म पुगेको छ ।

]]>
6638 0 0 0
तराईका जिल्लासँग सिधा यातायात सेवा सुरु भएपछि गाडी भाडा घटाइयो http://localhost/ghum/%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%95%e0%a4%be-%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%b8%e0%a4%bf%e0%a4%a7%e0%a4%be-%e0%a4%af%e0%a4%be/ Fri, 04 Dec 2015 17:11:05 +0000 http://www.ghumphir.com.np/?p=6640

खोटाङ, १८ मङ्सिर ।

राजधानी काठमाडौँलगायत तराईका जिल्लासँग सिधा यातायात सेवा सुरु भएपछि खोटाङमा गाडी भाडा घटाइएको छ । जयरामघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै सिधा यातायात सेवा सुरु भएपछि लामो दूरीका सवारी साधनको भाडा घटाइएको हो । जिल्लावासीलाई थोरै भए पनि राहत दिलाउने उद्देश्यले दिक्तेल–काठमाडौँ, दिक्तेल–कटारीलगायत लामो दूरीमा सञ्चालन हुने सवारी साधनको भाडा घटाएको यातायात व्यवसायी सङ्घ, खोटाङका महासचिव राजकुमार राईले बताउनुभयो । राईका अनुसार अब दिक्तेलबाट काठमाडौँ जानका लागि रु एक हजार ५०० भाडा लाग्नेछ । यसअघि रु एक हजार ६०० लिने गरिएकामा रु १०० घटाएको यातायात व्यवसायी सङ्घले जनाएको छ । यस्तै दिक्तेलबाट कटारी जानका लागि रु एक हजार लाग्ने छ । यसअघि दिक्तेलबाट कटारीसम्म पुग्नका लागि रु एक हजार १२५ लिने गरिएको थियो । जिल्लाबाट काठमाडौँका लागि बिहान, दिउँसो र बेलुका गरी दैनिक तीनवटा गाडी छुट्ने गरेको छ । प्रत्येक गाडीमा पहिलेको तुलनामा रु तीन हजार ४०० भाडा घटाइएको महासचिव राईले जानकारी दिनुभयो । जिल्लामा खोटाङ यातायात व्यवसायी सङ्घका ३४ वटा बस र नौवटा जिप सञ्चालनमा छन् । जिल्लाका अन्य ठाउँमा सञ्चालन हुने सवारी साधनको समेत भाडा घटाउने तयारी भइरहेको महासचिव राईले बताउनुभयो ।

]]>
6640 0 0 0
हुम्लामा योजना तर्जुमा गोष्ठी सम्पन्न http://localhost/ghum/%e0%a4%b9%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a5%81%e0%a4%ae%e0%a4%be-%e0%a4%97/ Fri, 04 Dec 2015 17:14:30 +0000 http://www.ghumphir.com.np/?p=6642

हुम्ला, १८ मङ्सिर ।

जिल्ला विकास समितिको कार्यालयको आयोजनामा पूर्वयोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीमा सम्पूर्ण राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालय प्रमुख, सुरक्षा प्रमुख, वृद्धिजीवी, समाजसेवी तथा पत्रकारसमेतको उपस्थिति रहेको थियो । सम्पूर्ण राजनैतिक दलका तर्फबाट एनेकपा (माओवादी)का इन्चार्ज विजय भण्डारीले योजनासम्बन्धमा प्रकास पार्नुभयो । योजना अधिकृत लस्मी घिमिरेले गाउँ विकास परिषद्, इलाका परिषद् र जिल्ला सभाको भूमिकाबारे जानकारी गराउनुभयो । स्थानीय विकास अधिकारी रवि भट्टराईको अध्यक्षतामा भएको सो गोष्ठीमा प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले शान्ति सुरक्षा तथा गाउँ परिषद्मार्फत जनताले योजना छनौट गर्नुपर्नेमा जोड दिनुभयो । यसैबीच, जिल्लाको दक्षिणी दार्मा र मिमी गाविसमा हालै पिपिआर रोगबाट करीब २०० भेडाबाख्रा मरेको स्थानीयबासी नन्दबहादुर शाहीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालयले पनि तत्काल आवश्यक औषधि र प्रविधिक पठाएको जनाएको छ ।

]]>
6642 0 0 0
नाकाबन्दीले दैनिक रु दुई अर्बको नोक्सान: मन्त्री पाण्डे http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a5%88%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%81-%e0%a4%a6%e0%a5%81%e0%a4%88/ Fri, 04 Dec 2015 17:23:01 +0000 http://www.ghumphir.com.np/?p=6644

काठमाडौँ, १८ मङ्सिर ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नाकाबन्दीका कारण देशको उद्योगधन्दाको उत्पादन र वितरण प्रभावित हुँदा दैनिक रु दुई अर्ब नोक्सान भएको बताउनुभएको छ । बोष्टर मिडियाको दोस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित अघोषित नाकाबन्दीले उद्योगको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले इन्धन अभावका कारण उद्योगधन्दा धरासायी भएको उल्लेख गर्नु भयो । “लामो समयदेखि इन्धन आपूर्ति हुन नसक्दा मुलुकका उत्पादन तथा सेवामूलक उद्योग नराम्रोसँग प्रभावित भएका छन्”– मन्त्री पाण्डेले भन्नुभयो–“आर्थिक नोक्सानमात्र नभएर उपभोक्ताले सहज उपभोग गर्न नपाउँदा व्यावहारिक चुनौती पनि उत्तिकै खट्किएको छ ।” यद्यपि, नाकाबन्दी खुलाएर आपूर्ति व्यवस्था सहज बनाउनका लागि सरकार प्रयासरत रहेको उहाँको भनाइ थियो । कार्यक्रममा सांसद गीता रानाले सरकारको गलत नीति र कार्यक्रमका कारण जनताले दुःख पाएको बताउनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले अघोषित नाकाबन्दीले प्रेस जगत मारमा परेको चर्चा गर्नुभयो ।

]]>
6644 0 0 0
राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%ad%e0%a4%b2%e0%a4%bf%e0%a4%ac%e0%a4%b2%e0%a4%95%e0%a5%8b/ Fri, 04 Dec 2015 17:29:43 +0000 http://www.ghumphir.com.np/?p=6647

काठमाडौँ, १८ मङ्सिर ।

राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विभागीय टोली शसस्त्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ । ललितपुरको जाउलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा आज भएको फाइनल खेलमा एपिएफले न्युडायमन्ड एकेडेमीलाई ३–० को सोझो सेट २५–१६, २५–११ र २५–१५ मा पराजित गरेको हो । प्रतियोगितामा विधागततर्फको पुरस्कारमा पनि एपिएफकै वर्चस्व रह्यो । उत्कृष्ट खेलाडीमा एपिएफकै सरस्वती चौधरी, उत्कृष्ट व्लगरमा उषा विष्ट र उत्कृष्ट सेटरमा विनिता बुढाथोकी घोषित भए । त्यसैगरी न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर र ललिता नाथ उत्कृष्ट क्विकरको उपाधि पाए भने पश्चिमाञ्चलकी अरुणा शाही उत्कृष्ट सर्वर घोषित भइन् । उपाधिसहित एपिएफले रु ५० हजार प्राप्त ग¥यो । त्यसैगरी उपविजेतामा चित्त बुझाएको न्यू डायमण्डले रु ३५ हजार प्राप्त ग¥यो । प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीले जनही रु एक हजार पाँच सय नगद प्राप्त गरे । प्रतियोगिताको विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङ, आयोजक कमिटीका अध्यक्ष रञ्जन खड्कालगायतले पुरस्कार प्रदान गर्नुभयो । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयाजना गरेको उक्त प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता रहेको थियो ।

]]>
6647 0 0 0
सुक्खा बन्दरगाह निर्माणसम्बन्धी सम्झौता सम्पन्न http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%96%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a4%97%e0%a4%be%e0%a4%b9-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%b8/ Fri, 04 Dec 2015 17:31:19 +0000 http://www.ghumphir.com.np/?p=6650

काठमाडौँ, १८ मङ्सिर ।

रसुवा जिल्लाको टिमुरेमा निर्माण गरिने सुख्खा बन्दरगाहको विस्तृत ‘डिजाइन’ गर्न नेपाल र चीन सरकार सहमत भएका छन् । सन् २०१४ को अक्टोबरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको सम्झौता तथा अप्रिल २०१५ मा अर्थ मन्त्रालयले गरेको पत्र आदानप्रदानका आधारमा सुक्खा बन्दरगाह निर्माण गरिने सम्झौता गरिएको हो । सम्झौतामा नेपालका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीन सरकारका तर्फबाट ‘द आर्किटेक्चरल रिकानसन्स एन्ड डिजाइन इन्स्टिच्युसन अफ तिब्बत अटोनोमस रिजन’ कम्पनीका अध्यक्ष फु झिन्झाउले हस्ताक्षर गर्नुभएको छ । सम्झौताबमोजिम चिनियाँ संरचनाको प्रारम्भिक नमुनासम्बन्धी कार्य तीन महिनाभित्र सम्पन्न गरी नेपाली पक्ष समक्ष पेस गरेपछि तत्काल निर्माण सुरु हुने वाणिज्य मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ विशेष टोलीले इन्टरमोडल यातायात विकास समितिको संलग्नतामा प्रस्तावित सुख्खा बन्दरगाहको स्थलगत निरीक्षण गरी पाँच हेक्टर क्षेत्रफलमा फैलने बन्दरगाहको प्रारम्भिक नमुना पेस गरेको थियो । सम्झौतामा सुख्खा बन्दरगाहमा करिब पाँच हजार वर्ग किमी फैलिएको पाँचतले प्रशासनिक तथा आवास भवन, करिब ३५० ट्रक पार्किङ गर्न सकिने स्थल, ७५० वर्ग किमी क्षेत्रफलमा गोदाम भवन, दुई हजार ८० वर्ग किमी क्षेत्रफल भएको दुई मालसामान जाँच गरिने खुला टहरा, जाँचचौकी, अग्नि नियन्त्रक प्रणाली, विद्युत्, पानीलगायत अन्य भौतिक तथा आवश्यकीय संरचनाको नमुना प्रस्तुत गरिएको छ ।

]]>
6650 0 0 0
आयल निगमका कार्यकारी निर्देशक खड्कालाई कारबाही गर्न सिफारिस http://localhost/ghum/%e0%a4%86%e0%a4%af%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0-2/ Fri, 04 Dec 2015 17:44:37 +0000 http://www.ghumphir.com.np/?p=6652 काठमाडौँ, १८ मङ्सिर ।

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्न निगम संचालक समितिले सरकारलाई सिफारिस गरेको छ । निगम संचालक समितिको शुक्रबार बसेको बैठकले खड्काले पेश गरेको स्पष्टिकरण सन्तोषजनक नभको भन्दै थप कारबाही अगाडि बढाउन बाणिज्य तथा आपुर्ति मन्त्रालयलाई सिफारिस गरेको हो ।

04122015073329Gopal-600x0

समितिका एक सदस्यका अनुसार आवश्यक कारबाहीका लागि तालुक मन्त्रालयलाई लेखि पठाइएको छ । ‘खड्कालाई नियुक्त गर्ने निर्णय मन्त्रीपरिषदले गरेको हो,’ उनले भने, ‘कारबाही पनि मन्त्रीपरिषदले नै गर्नुपर्ने भएकाले सिफारिस गरिएको हो ।’ तत्कालीन आपुर्तिमन्त्री सुनिल थापाको प्रस्तावमा उनलाई मन्त्रीपरिषदले ४ बर्षका लागि नियुक्त गरेको थियो । मन्त्रीपरिषदले गरेको निर्णय संचालक समितिले उल्ट्यादा मुद्दा मामिला हुने भएकाले परिषदलाई नै सिफारिस गरिएको ती सदस्यले बताए ।

पूर्वमन्त्री थापाले तत्कालीन प्रमुख चण्डिका भट्टलाई हटाएर खड्कालाई ल्याएका थिए । सडक विभागको इन्जिनियरका रुपमा कार्यरत खड्कालाई निगम ल्याउन थापाले निक्कै कसरत गरेका थिए । भारतीय नाकाबन्दीले इन्धनको अभाव चुलिदै गएपछि खड्काले वितरण प्रक्रिया प्रभावकारी नबनाएको, इन्धन आयातका लागि निजी कम्पनीलाई अनुमति दिँदा पक्षपात गरेको, चीनबाट इन्धन ल्याउन तदारुकता नदेखाएको लगायतका आरोपमा निगम संचालक समितिले स्पष्टिकरण मागेको थियो । उनलाई गत ११ गते स्पष्टीकरण सोधिएको हो । खड्काले १४ गते स्पष्टीकरणको उत्तर पेश गरेका थिए । ‘६ वटा बुदामा उनलाई स्पष्टीकरण सोधिएको हो,’ समितिका अर्का सदस्यले भने, ‘तर, चित्त बुझ्दो जबाफ आएन ।’

मुख्यगरि इन्धन वितरणमा न्यायोचित नभएको र कालोबजारीलाई प्रोत्साहन मिल्ने गतिविधि गरेको विषय खड्कालाई लगाइएका मुख्य आरोप हुन् । सञ्चालक समितिका ती सदस्यका अनुसार विभिन्न पेट्रोलपम्ममा डिभाईस राखी रिमोटबाट घटी तेल बिक्रि वितरणमा सघाउ पुर्‍याउदै संस्थागत रुपमा उपभोत्तालाई ठगी गरेको आरोप खड्का माथि छ । त्यस्तै उपलब्ध इन्धन न्यायोचित रुपमा वितरण नगरि ना ४ ख ७१५४ नम्बरको सवारीसाधनबाट विना कागजात पहुँचका भरमा विभिन्न व्यक्ति तथा निकायलाई इन्धन उपलब्ध गराएको अर्को अरोप छ ।

‘ठगी गरेका डिपोहरुमा अनुगमन भयो भएन ? भएको भए के कारबाही गरियो ? नगरिएको भए किन गरिएन ? कसले गरेन भन्ने अर्को बुँदामा उनलाई प्रश्न गरिएको थियो,’ ती सदस्यले भने, ‘साथै मन्त्रालय तथा विभिन्न निकायहरुले इन्धन वितरण परदर्शी रुपमा गर्नु भन्ने निर्देशन दिँदा दिँदै किन नगरेको भन्ने प्रश्न पनि गरिएको थियो ।’ सबै विषयमा चित्तबुझो जबाफ नआएकाले उनलाई कारबाहीको सिफारिस गरिएको उनले अधिकारीले बताए ।

निगमको वितरण प्रणाली चुस्त नभएपछि बाणिज्य मन्त्रालयले आफ्ना कर्मचारी समेत खटाएर वितरण गरिरहेको छ । निगम र बाणिज्यका कर्मचारी पनि पेट्रोल पम्पमा बस्ने गरेका छन् । तिनको पनि अनुगमन गर्ने अर्को संयन्त्र मन्त्रालयमा बनेको छ । खड्काले आफ्नो स्पष्टिकरणमा सबै आरोपको खण्डन गरेका थिए । तर उनका गतिविधि सतहमा आइसकेकाले स्पष्टिकरणमा चित्त बुझाउने आधार नभएको समितिका एक अर्का सदस्यले वताए ।

‘निगम इन्धन आयातका विकल्प पहिल्याउन र वितरण गर्नमा असफल देखियो,’ ती सदस्यले भने, ‘त्यसमा कार्यकारी निर्देशकको काम सन्तोषजनक देखिएन ।’ नाकाबन्दी पछि सबैभन्दा पहिलो र ठूलो असर इन्धन आपुर्तिमा परेको छ । आएको इन्धन वितरणमा खड्काले मनपरि गरेको उजुरी आपुर्ति मन्त्रालयमा परेको एक अधिकारीले बताए । उनले विराट पेट्रोलियमलाई इन्धन आपुर्तिको जिम्मा दिन ठूलो कसरत गरेका थिए । निगमले नै कालोसुचिमा राखेको कम्पनीलाई ठेक्का र पेश्की रकम दिँदा प्रक्रिया र मापदण्ड मिचेको आरोप लागेको छ । भारतकै कम्पनीबाट ल्याउने प्रस्ताव गरेको विराटले प्रस्ताव गरेको मूल्य हालको भाउभन्दा दोब्बर तोकिएको थियो । बिबादपछि विराटले ठेक्का सम्झौता रद्धको घोषणा भने गरिसकेको छ ।

अब संचालक समितिले बाणिज्य मन्त्रालयलाई सिफारिस गरिसकेकाले थप कारबाहीका लागि मन्त्रीपरिषदमा पेश गर्नुपर्नेछ । बाणिज्य मन्त्री गणेशमान पुन नै खड्काको कामकारवाहीबाट असन्तुष्ट रहेकाले मन्त्रीपरिषदमा जाने सम्भावना बलियो रहेको एक अधिकारीले बताए । ‘खड्काले मन्त्रीपरिषदमा भने कत्तिको पहँुच लगाउन सक्छन् त्यसैमा उनी हट्ने नहट्ने निक्र्यौल हुनेछ,’ उनले भने ।साभार कान्तिपुर

]]>
6652 0 0 0
मोर्चा नेताहरु आइतबार दिल्ली जाँदै, मोदी र सोनियालाई भेट्ने http://localhost/ghum/%e0%a4%ae%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%86%e0%a4%87%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%a6%e0%a4%bf/ Fri, 04 Dec 2015 17:47:53 +0000 http://www.ghumphir.com.np/?p=6658

काठमाडौँ, १८ मङ्सिर ।

मधेसी मोर्चामा आवद्ध चार दलका अध्यक्षहरु आइतबार बिहान भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र राय यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायतसँग भेट गरी मधेसमा १ सय १० दिनदेखि जारी आन्दोलनका बारे छलफल गर्ने उच्च स्रोतले जानकारी दियो । उनीहरु सोमबार फर्किने बताइएको छ ।

]]>
6658 0 0 0
पशुपतिनगरमा भारुको कालोबजारी http://localhost/ghum/%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ac/ Sun, 06 Dec 2015 03:37:11 +0000 http://www.ghumphir.com.np/?p=6663

इलाम, २० मङ्सिर ।

पूर्वी इलामको पशुपतिनगर नाकामा भारतीय मुद्रा सटही काउण्टर नहु“दा सर्वसाधारण र पर्यटक ठगिने क्रम बढ्दै गएको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण तेलमा भइरहेको कालोबजारीले गर्दा भारतीय नोटको अभाव भएको छ । पशुपतिनगर नाकाबाट दैनिक सयौँ लिटर इन्धन नेपाल भित्रिने गरेकाले इन्धन खरिद गर्दा भारतीय रुपैयाँनै सटही गरेर दिनुपर्छ । यसले गर्दा कालोबजारी बढेको स्थानीयको भनाइ छ । पशुपतिनगरमा भारतीय नोट सटही काउण्टर नहु“दा सर्वसाधारणले स्थानीयस“ग पैसा साट्दा बढी कमिसन तिर्नु परिरहेको गुनासो गरेका छन् । सशस्त्र द्वन्द्वअघि पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बैंकले नोट सटहीको सुविधा हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका साथै उपभोक्ता व्यापारीस“ग रकम साट्दा ठगिने गरेका हुन् । सटही काउण्टर पुनःस्थापनाका लागि पटकपटक सरकारस“ग माग गरे पनि सुनुवाइ नभएको स्थानीयवासी मिलन क्षेत्रीले बताउनुभयो । भारु एक लाख साट्दा अहिले सात हजारदेखि आठ हजारसम्म कमिसन लिने गरेका छन् । “दलाललाई कमिसन दियो भने भारु पाइन्छ, नत्र भारु पाउन गाह्रो छ,” एक स्थानीयले नाम नबताउने शर्तमा भने । पशुपतिनगरमा सटही काउण्टर नभएकै कारण दलाल र व्यापारीबाट ठगिनुपरेको गुनासो बारम्बार आउने गरे पनि सरकारीस्तरबाटै पहल नभए सटही काउण्टर स्थापना गर्न नसकिने राष्ट्रिय वाणिज्य बैंक पशुपतिनगरका प्रबन्धक अर्जुन सुवेदीले बताउनुभयो ।“बैंकमा भारु भएको बखत बैंकले सय रुपैयाँको १५ पैसाका दरले सटही गथ्र्यो, अहिले तेलको कालोबजारीले भारुनै पाउन मुस्किल छ,” सुवेदीले भन्नुभयो “भारु हुँदा बैंकले दुई चार हजारसम्म साट्दै ग्राहकलाई दिने गरेको छ ।”

]]>
6663 0 0 0
पेट्रोल पम्पको बिक्री वितरण रोक्का http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%aa%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%bf/ Sun, 06 Dec 2015 03:38:33 +0000 http://www.ghumphir.com.np/?p=6665

बनेपा, 20 मङ्सिर ।

काभ्रेपलाञ्चोकमा उपकरण जडान गरी उपभोक्ता ठगी गर्ने पेट्रोल पम्पको सङ्ख्या सात पुगेको छ । अनुगमनको क्रममा पछिल्लो समय भकुण्डेमा रहेको पशुपति आयल स्टोरमा मिटर नै नघुमेको पाइएपछि उपभोक्ता ठगी गर्ने पम्पको सङ्ख्या सात पुगेको र उनीहरु सबैको बिक्री वितरण रोक्का भएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकमा रहेका पेट्रोल पम्पको थप अनुसन्धान गर्न नेपाल गुणस्तर तथा नापतौल विभागको क्षेत्रीय कार्यालय, हेटाँैडालाई जिम्मेवारी तोकिएको छ । केही दिनमा नै परिणाम आउन सक्छ उहाँले भन्नुभयो । विभागले सिलबन्दी गरी बिक्री वितरण रोक्का गरेको पम्पमा बनेपाको उग्रचण्डी आयल स्र्टोस, माता उग्रचण्डी आयल स्र्टोस, पाँचखालको पाँचखाल आयल स्टोर, माता पलाञ्चोक फ्युल सेन्टर, पनौती जय अम्बे र जनागालको नारायण आयल स्टोर रहेका छन् । यता पम्पको ठगी प्रकरणले काभ्रेपलाञ्चोकमा आउने तेलको परिणाममा कटौती भएको छ । दैनिक ३५ देखि ४० हजार लिटर डिजेल आएको जिल्लामा अहिले दैनिक १२ हजारदेखि १८ हजार लिटरसम्म डिजेल आएको पेट्रोलियम डिलर्स एसोसियसन काभ्रेपलाञ्चोकका उपाध्यक्ष अमुल तौजलेले जानकारी दिनुभयो । उहाँले कारबाहीमा परेका पम्पलाई आउने तेल अन्य पम्पलाई दिन नमिल्ने भएका कारण पम्पमा तेल कटौती भएको बताउनुभयो ।

]]>
6665 0 0 0
म्याग्दीको टोड्केमा दोस्रो ‘गुराँस महोत्सव’ हुने http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9f%e0%a5%8b%e0%a4%a1%e0%a5%8d%e0%a4%95%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%8b%e0%a4%b8%e0%a5%8d/ Sun, 06 Dec 2015 03:41:10 +0000 http://www.ghumphir.com.np/?p=6667

बेनी (म्याग्दी), २० मङ्सिर ।

म्याग्दीको पर्यटकीयस्थल टोड्केमा दोस्रो ‘गुराँस महोत्सव’ हुने भएको छ । टोड्के क्षेत्र विकास कोष म्याग्दीको संयोजनमा शनिबार बेनीमा भएको भेलाले फागुन २५ देखि २९ गतेसम्म महोत्सव गर्ने निर्णय गरेको हो । पर्यटन प्रवद्र्धन र टोड्केको प्रचारप्रसारका लागि दोस्रो महोत्सव गर्ने निर्णय गरेको लाल युवा क्लब कुहुँ पूर्णगाउँका सचिव सागर सुवेदीले बताउनुभयो । कुहुँ, झिँ, पुलाचौर र पात्लेखेतको सिमानामा रहेको टोड्केमा धमाधम पूर्वाधार विस्तार भइरहेको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास भए पनि पदमार्गसहित प्रचारप्रसार नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या भइरहेकाले महोत्सवले थप पूर्वाधार विस्तारमा समेत सम्बन्धित निकायको ध्यान केन्द्रित गर्ने आयोजकको भनाइ छ । टोड्केमा सडकसहित अन्य पूर्वाधारसमेत विस्तार भइरहेको छ रातो, सेतोलगायतका १६ प्रजातिका लालीगुँरास पाइने भएकाले पनि बेनी तथा आसपासका क्षेत्रबाट वनभोजसहित गुराँसमा रमाउन जाने गर्छन् । पाखाभरि ढकमक्क फुलेका गुराँस, हिमशृङ्खला, स्थानीय प्रजातिका मुला, आलु यहाँको प्रमुख आकर्षण मानिन्छ । समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित टोड्केबाट १६ वटाभन्दा बढी हिमशङ््खला तथा सूर्योदयको अवलोकन गर्न सकिन्छ । महोत्सवका लागि आवश्यक तयारी उपसमितिसमेत गठन गरिएको टोड्के क्षेत्र विकास कोषका अध्यक्ष मोहनबहादुर खत्रीले बताउनुभयो । टोड्केमा अवस्थित स्वर्गद्वारी आश्रमको शाखाद्वारा शिवरात्रिमा महापुराणको समेत आयोजना गर्ने जनाइएको छ । महोत्सव आसपासमा रहेको घना जङ्गलमा मृग, घोरल, चितुवाजस्ता जनावरका साथै कालिज, निरमसी, सतुवा, टिम्बुरसहित ४० जातका जडीबुटीसमेत पाइन्छ । हिन्दू धर्मालम्बीहरुले प्यूठानस्थित स्वर्गद्वारी आश्रमको शाखाका रुपमा समेत टोड्केलाई लिने गरेका छन् ।

]]>
6667 0 0 0
नाकाबन्दीबाट अन्तर्राष्ट्रिय कानुनको उलङ्घन http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d/ Sun, 06 Dec 2015 03:44:47 +0000 http://www.ghumphir.com.np/?p=6670

पथरी (मोरङ), २० मङ्सिर ।

भारतले राष्ट्र तथा अन्तर्राष्ट्रिय कानुन, महासन्धि, सन्धिहरुको उलङ्घन गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय, विराटनगर तथा बृहत् नागरिक समाज मोरङको संयुक्त आयोजनामा अघोषित नाकाबन्दी तथा नेपालको पारवहन अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रममा इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले भारतले विराटनगर भन्सार नाका, झापाको काँकडभिट्टा भन्सार नाका, वीरगन्जको भन्सार नाका तथा नेपालगन्जको नाकामा पेट्रोलियम पदार्थ, ग्यासका बुलेट, खाद्यान्न बोकेका सवारीलाई रोकेर नाकाबन्दी गर्नुका साथै आन्दोलनलाई कारण देखाएर नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गरेको आरोप लगाउनुभयो । मधेसमा जारी कमाण्डर बेगरको आन्दोलनले मानव अधिकार रक्षक, एम्बुलेन्स तथा यात्रुबाहक सवारी साधनमाथि आक्रमण गरेको गम्भीर प्रकृतिको ज्यादति गरेको अध्यक्ष प्याकुरेलको भनाइ छ । नाकाबन्दीले गर्दा ३२ लाख बालबालिकाले अनिवार्य रोग प्रतिरोधक खोप लिनबाट वञ्चित भएको उहाँले बताउनुभयो । त्यसैगरी भारतले गरेको अघोषित नाकाबन्दीले सन् १९५८ को सामुद्रिक सन्धि, संयुक्त राष्ट्र सङ्घले पारित गरेको सन् १९६५ को पारवहन सन्धि तथा सन् १९८२ को भूपरिवेष्टित राष्ट्रको अधिकारको ठाडो उल्लङ्घन भएको प्रा डा युवराज सङ्ग्रोलाको भनाइ छ । भारतले भने जस्तै संविधानमा केही समुदायका मानिसको सम्बोधन नगरेकाले पारवहन हुन नदिँदा सार्क, विमिस्टेकलगायतमा गरिएको सम्झौतामाथि हस्तक्षेत भएको डा सङ्ग्रौलाले उल्लेख गर्नु भयो । कार्यक्रमका वक्ता अभिवक्ता डा दिनेश त्रिपाठीले युद्धको समयमा पनि कुनै पनि राष्ट्रले मानवीय सङ्कट सृजना गर्न नपाउने व्यवस्था रहेको बताउनुभयो । आवागमनको अवस्था सङ्कटमा पर्दा विद्यालयका बालबालिका, बिरामीको औषधि, मजदुरको रोजीरोटी, कृषकले पाउने अधिकार निर्वाध रुपमा पाउनुपर्ने अभिवक्ता त्रिपाठीको भनाइ थियो । कार्यक्रम बृहत् नागरिक समाजका अध्यक्ष डा भेषप्रसाद धमलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

]]>
6670 0 0 0
अकुत सम्पत्ति आर्जनको आशंकामा अख्तियारद्वारा १२ पूर्वमन्त्री, तीन सचिवसहित २९ प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु http://localhost/ghum/%e0%a4%85%e0%a4%95%e0%a5%81%e0%a4%a4-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b6/ Sun, 06 Dec 2015 03:48:26 +0000 http://www.ghumphir.com.np/?p=6672 मंसिर २०,काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘अकुत (स्रोत नखुलेको) सम्पत्ति आर्जन गरेको आशंकामा’ १२ पूर्वमन्त्री र तीन बहालवाला सचिवसहित २९ जना प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेको छ । अख्तियारले सबै बैंकलाई ती २९ जना सबैको बैंक लकर आइतबारसम्म बन्द गर्न निर्देशन दिएको छ । अख्तियारका प्रमुख लोकमानसिंह कार्कीले शुक्रबार सबै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई आयोगको कार्यकक्षमा बोलाई उनीहरूको बैंक लकर बन्द गर्न निर्देशन दिएको जानकारी स्रोतले दिए । उनीहरू सबैको बैंक खाता रोक्कालगायतका कारबाही गर्न आइतबार नै अख्तियारबाट पत्र आउने सम्भावना रहेको जानकारी बैंकका उच्च अधिकारीले दिएका छन् । प्रमुख आयुक्त कार्कीले बैंक लकर बन्द गर्न निर्देशन दिनुअघि राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालसँग समेत यो प्रकरणमा छलफल गरेको जानकारी स्रोतले दिएको छ । AKHTIYAR अख्तियारले अकुतका अतिरिक्त विभिन्न आयोजना, नीतिगत निर्णय, निर्वाचन क्षेत्र विकास कार्यक्रममा अनियमितता गरेको आशंका अरू व्यक्तिमाथि समेत छानबिन सुरु गरेको छ । लकर बन्द गर्न आदेश दिइएका व्यक्तिमात्र २९ जना रहेको, छानबिनको दायरा अरू पनि परेको जानकारी अख्तियार स्रोतले दिएको छ । अख्तियारले २९ जना सबैलाई कुनै विषय नखुलाई सात दिनभित्र आयोगमा बयान दिन बोलाएको छ । अख्तियारले शुक्रबार पत्र लेखी उनीहरूलाई बयान दिन बोलाएको हो ।  अख्तियारले उनीहरूलाई पठाएको पत्रमा आयोगले गरिरहेको अनुसन्धानको सिलसिलामा बुझ्नुपर्ने भएकाले सात दिनभित्र हाजिर हुन आउन निर्देशन दिएको छ । अख्तियारले उनीहरूमाथि के विषयमा अनुसन्धान भइरहेको र त्यसमा बोलाउनुपर्नाको कारण पत्रमा खुलाएको छैन । सबैलाई आयोगको निर्णयअनुसार भन्दै बयान दिन बोलाइएको छ । अख्तियारले छानबिनमा पर्ने पूर्वमन्त्रीहरूमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा, एमालेका नेताहरू राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, वंशीधर मिश्र, ल्हारक्याल लामा, मालेकी नेतृ निलम केसी खडा, विद्याधर मल्लिक, रामकुमार श्रेष्ठ, छविराज पन्त, शंकर कोइराला,  उमाकान्त झा, टेकबहादुर थापा घर्ती छन् । अकुतको छानबिनमा परेका १२ पूर्वमन्त्रीमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको चुनावी मन्त्रिपरिषदका मात्र ६ जना छन् । अख्तियारको छानबिनमा परेका बहालवाला सचिवमा स्वास्थ्यका शान्तबहादुर श्रेष्ठ, सिंचाइका अनुपकुमार उपाध्याय र कृषिका उत्तमकुमार भट्टराई छन् । त्यसैगरी अकुत सम्पत्ति आर्जन गरेको आशंकामा छानबिनमा परेकामा पूर्व मुख्यसचिव भोजराज घिमिरे, बहालवाला अतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, नेपाल प्रहरीका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख नायव महानिरीक्षक विजयलाल कायस्थ, पूर्व महानिरीक्षक एवं एमाओवादीका सांसद रवीन्द्रप्रताप शाह, प्याब्सन र एनप्याब्सनका पूर्व अध्यक्ष एवं सांसदत्रय बाबुराम पोखरेल, उमेश श्रेष्ठ र गीता राणा छन् । पोखरेल भीएस निकेतन, श्रेष्ठ लिटिल एन्जेल्स र राणा ग्यालेक्सी स्कूलका मालिक हुन् । एमालेका सांसदसमेत रहेका ठेकेदार एवं सिभिल ट्रेड सेन्टरका मालिक इच्छाराज तामाङ, एमालेका सांसद जनार्दन ढकाल, पूर्व सांसद विजय पौडेल, निर्माण व्यवसायी एवं राप्रपाका सांसद विक्रम पाण्डे, व्यवसायी राजकुमार अग्रवाल, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खडका, साझा यातायातका अध्यक्ष एवं हिमाल मिडियाका प्रकाशक कनकमणि दीक्षितसमेत अख्तियारको छानबिनमा परेका छन् । संविधानमा अख्तियारले सार्वजनिक पद धारण गरेका या गरिसकेका व्यक्तिहरूमाथि पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान, तहकिकात गरी कैफियत भेटिएमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गर्न पाउने व्यवस्था छ । तर, सार्वजनिक पद (राज्यको लाभको पद) मा नरहेका व्यक्तिमाथि अख्तियारले छानबिन गर्न पाउने संवैधानिक व्यवस्था छैन । छानबिनमा परेका पूर्व र वर्तमान सांसदलाई भने निर्वाचन क्षेत्र कार्यक्रमको रकम दुरुपयोगमा अख्तियारले छानबिन गरेको हुन सक्ने संसद सचिवालय स्रोतले उल्लेख गरेको छ । बैंक लकर बन्द गर्न निर्देशन दिइएकाले उनीहरूमाथि अकुत सम्पत्ति आर्जन गरेकै आशंकामा छानबिन सुरु भएको अख्तियार स्रोतले उल्लेख गरेको छ । अकुत सम्पत्तिको केसमा मात्र छानबिन सुरु हुनासाथ अख्तियारले आशंकित व्यक्तिहरूको बैंक लकर बन्द र बैंक खाता रोक्का राख्ने परम्परा रहिआएको छ । अख्तियारका आयुक्त नवीन घिमिरेले भने २९ जना प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु भएको र उनीहरूको बैंक लकर बन्द गर्न निर्देशन दिइएकोबारेमा आफूलाई जानकारी नभएको बताए । ‘अख्तियारले २९ जनाको बैंक लकर बन्द गर्न निर्देशन दिएकोबारेमा मलाई जानकारी छैन । अख्तियारमा छानबिन सुरु गर्दा प्रमुखसहित सबै आयुक्त बसेर निर्णय गर्नुपर्दैन । आ–आफ्नो कार्यक्षेत्रमा परेका मुद्दामा आयुक्तहरूले आ–आफ्नै किसिमले निर्णय गरी छानबिन सुरु गर्ने प्रचलन भएकाले मेरो जानकारीमा नआएको हुन सक्छ,’ घिमिरेले भने । अख्तियारले बैंक लकर बन्द गरेका व्यक्तिहरू विद्याधर मल्लिक, पूर्वमन्त्री रामकुमार श्रेष्ठ, पूर्वमन्त्री छविराज पन्त, पूर्वमन्त्री शंकर कोइराला, पूर्वमन्त्री उमाकान्त झा, पूर्वमन्त्री टेकबहादुर थापा घर्ती, पूर्वमन्त्री कृष्णबहादुर महरा, पूर्वमन्त्री भोजराज घिमिरे, पूर्वमुख्यसचिव एवं पूर्वराजदूत ल्हारक्याल लामा, पूर्वमन्त्री रवीन्द्रप्रताप शाह, पूर्व आईजीपी वंशीधर मिश्र, पूर्वमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री राजेन्द्र पाण्डे, पूर्वमन्त्री इच्छाराज तामाङ, सांसद एवं व्यवसायी जनार्दन ढकाल, सांसद उमेश श्रेष्ठ, सांसद एवं निजी स्कूलका मालिक राजकुमार अग्रवाल, व्यवसायी विक्रम पाण्डे, सांसद एवं निर्माण व्यवसायी गिता राणा, सांसद एवं निजी स्कूलका मालिक बाबुराम पोखरेल, सांसद एवं निजी स्कूलका मालिक कनकमणि दिक्षित, साझा यातायातका अध्यक्ष एवं हिमाल मिडियाका प्रकाशक निलम केसी खडका, पूर्वमन्त्री विजयलाल कायस्थ, डीआईजी राजेन्द्रसिंह भण्डारी, एआईजी उत्तमकुमार भट्टराई, सचिव कृषि मन्त्रालय शान्तबहादुर श्रेष्ठ, सचिव स्वास्थ्य मन्त्रालय अनुपकुमार उपाध्याय, सचिव सिंचाइ मन्त्रालय गोपालबहादुर खडका, कार्यकारी निर्देशक, आयल निगम विजय पौडेल, एमालेका पूर्व सांसद]]> 6672 0 0 0 सोमबारबाट निजी सवारी साधनलाई इन्धन दिइने http://localhost/ghum/%e0%a4%b8%e0%a5%8b%e0%a4%ae%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a8%e0%a4%bf%e0%a4%9c%e0%a5%80-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%a7/ Sun, 06 Dec 2015 03:52:22 +0000 http://www.ghumphir.com.np/?p=6675 मंसिर २०,काठमाण्डाै । लामो समयदेखि इन्धन नपाएका निजी सवारी साधनले इन्धन पाउने भएका छन् । नेपाल आयल निगमले आगामी सोमबारबाट निजी सवारीसाधनलाई इन्धन बिक्री गर्ने जनाएको छ ।तिहारपछाडिबाट एकपटक पनि इन्धन नपाएका निजी सवारी साधनलाई व्यवस्थित तबरले इन्धन बिक्री गर्न लागिएको निगमको दाबी छ । कालोबजारीबाट प्राप्त भएको इन्धनका कारण राजधानीमा सवारीको चाप बढीरहेका बेला त्यसलाई नियन्त्रण गर्न पनि निजी सवारीलाई इन्धन दिन लागिएको हो । तराई मधेसको आन्दोलनका कारण सहजरुपमा इन्धन आयात नभए पनि चोरबाटो कालोबजारीबाट भित्रिएको इन्धन चर्को मूल्यमा बिक्री वितरण हुँदै आएको छ । स्थानीय प्रशासनले कालोबजारी नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि सार्थक हुन सकेको छैन । निगमका थानकोट डिपो प्रमुख रविन शर्माले आगामी सोमबारबाट मोटरसाइकल, जिप, कारलाई दिन नै तोकेर इन्धन बिक्री गर्न लागिएको जानकारी दिए । उनका अनुसार सोमबारदेखि पहिलो चार दिन राजधानीका विभिन्न पेट्रोल पम्पबाट मोटरसाइकललाई इन्धन बिक्री गरिनेछ भने त्यसपछिको अर्को चार दिन कार, जिपलाई दिइनेछ । त्यसपछि तालिका बनाएर आलोपालो प्रणालीका आधारमा निरन्तर निजी सवारी साधनलाई इन्धन बिक्री गरिनेछ । अत्यावश्यकीय सेवाअन्तर्गतका सवारी साधनलाई भने निगमले पेट्रोल पम्प नै तोकेर समानुपातिक तबरले इन्धन वितरण गर्दै आएको छ । विद्यालय, अत्यावश्यकीय ट्रक तथा ट्याङ्कर, खानेपानी, दूध, कृषिउपज आयात गर्ने सवारी साधन, कूटनीतिक नियोग र राष्ट्रिय गौरवका आयोजनालाई पनि इन्धन उपलब्ध गराइरहेको छ ।भारतबाट भित्रिएका इन्धनलाई समानुपातिक तवरले वितरण गर्ने योजनाअनुसार नै अगाडि बढाइएको निगमको दाबी छ ।]]> 6675 0 0 0 घर बिदा लिएर प्रजिअ विदेश हिडे http://localhost/ghum/%e0%a4%98%e0%a4%b0-%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%8f%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9c%e0%a4%bf%e0%a4%85-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6/ Sun, 06 Dec 2015 03:58:09 +0000 http://www.ghumphir.com.np/?p=6677  मंसिर २०,गाेरखा।

भूकम्पपीडितलाई सघाउन आएको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको निम्तो मान्न प्रमुख जिल्ला अधिकारीसहितका कार्यालय प्रमुख विदेश भ्रमणमा निस्केका छन् ।प्रजिअ उद्धव तिमल्सेना १० दिनको घर बिदा लिएर इन्डोनेसिया पुगेका छन् । उनलाई साथ दिएका छन्, जिल्ला वन प्रमुख जीवनाथ पौडेल र सिँचाइ सब–डिभिजन प्रमुख लोकबहादुर थापाले ।

जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजकको हैसियतमा प्रजिअ तिमल्सेना सदस्यद्वय पौडेल र थापालाई लिएर गएका हुन् । उनीहरूको भ्रमणको प्रायोजन सीआरएस नामक आईएनजीओले गरेको हो । समितिका अन्य सदस्यले त्यसप्रति असन्तुष्टि जनाएका छन् । ‘समितिमा छलफलसमेत नगरी उहाँहरू विदेश जानु भएछ,’ एक सदस्यले शनिबार कान्तिपुरसँग भने । तीनै जनाले गत सोमबारदेखि कार्यालयमा ‘घर बिदा’ जनाएका छन् । सहायक प्रजिअ दीपेन्द्र पौडेलले भने प्रजिअ तिमल्सेना घर बिदामा बसेको जानकारी भए पनि विदेश गएको भन्ने थाहा नभएको बताए । सीआरएस गोरखाका टोली नेता दुर्गा लामाले तिमल्सेना, पौडेल र थापा इन्डोनेसिया गएको पुष्टि गरे ।

महाभूकम्पयता जिल्लामा काम गर्न आएका आईएनजीओमध्ये सीआरएस सबैभन्दा बढी फजुल खर्च गर्ने संस्थाका रूपमा आलोचित छ । कार्यालय सञ्चालनका लागि मासिक दुई लाखमा उद्योग वाणिज्य संघको भवन भाडामा लिएको छ । महँगा र धेरै गाडी प्रयोग गर्छ, कार्यालयलाई सुविधासम्पन्न बनाउन मात्र ९५ लाख रुपैयाँ खर्चेको छ । उक्त भवन ४५ लाख रुपैयाँमा निर्माण भएको हो ।

भूकम्पपीडितका लागिभन्दा आफ्ना लागि मात्र काम गरिरहेको उल्लेख गर्दै राजनीतिक दल र उपभोक्ता अधिकारीकर्मीले उक्त संस्थाको कार्यशैलीप्रति विरोध जनाउँदै आएका छन् ।महाभूकम्पको ७ महिना बितिसक्दा पनि पीडितको पुनर्वासका लागि अपेक्षित काम हुन नसक्दा पीडितमा असन्तुष्टि तीव्र छ । करिब ६ हजार पीडितले अस्थायी टहरो बनाउन १५ हजार रुपैयाँ पनि पाएका छैनन् ।साभार कान्तिपुर

]]>
6677 0 0 0
मंगलबारबाट मोटरसाइकलले ४ लिटर पेट्रोल पाउने, लट अनुसार बाँडिने http://localhost/ghum/%e0%a4%ae%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ae%e0%a5%8b%e0%a4%9f%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a5%aa/ Sun, 06 Dec 2015 15:28:14 +0000 http://www.ghumphir.com.np/?p=6680 रविन्द्र घिमिरे

२०, मंसिर, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा पर्सी मंगलबारदेखि निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने भएको छ ।यसअघि सोमबारदेखि वितरण गर्ने भनिएको थियो । तर, आइतबार भएको छलफलले सवारीको लटका आधारमा मंगलबारदेखि दिन बिराएर चार दिन मोटरसाइकल पेट्रोल दिने निर्णय गरेको छ ।

petrol

निगमले यो पटक दिन बिराएर लट अनुसार तेल बाँड्ने भएको छ भने मोटरसाइकललाई चार लिटरका दरले तेल दिइने भएको छ ।

२२ गते मंगलबार १ देखि २५ लटका मोटरसाइकलले तेल भर्न पाउनेछन् भने २४ गते बिहीबार २६ देखि ४० लटका मोटराइकलको पालो आउनेछ ।

२६ गते शनिबार ४१ देखि ५५ र २८ गते सोमबार ५६ देखि माथिका लटका मोटरसाइकललाई तेल बिक्री गर्ने तालिका बनेको छ । कारलाई भने मोटरसाइकललाई वितरण गरेपछि छुट्टै तालिका बनाए तेल बाँड्ने निर्णय भएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई बताए ।

९ बजेबाट तेल वितरण 

निगमले यो पटक विहान ९ बजेबाट तेल वितरण सुरू हुने बताएको छ । यसका लागि अघिल्लै दिन पम्पहरुमा तेल पुर्‍याइने प्रवक्ता घिमिरेले बताए । तेल झारेपछि बिहान ९ बजेसम्म पम्पहरू सिल गरिनेछ ।

oil-nigam-notice

]]>
6680 0 0 0
ग्यासमा ताप्लेजुङका व्यवसायीले नाफा नलिने http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a5%87%e0%a4%9c%e0%a5%81%e0%a4%99%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5/ Sun, 06 Dec 2015 15:46:58 +0000 http://www.ghumphir.com.np/?p=6683

ताप्लेजुङ, २० मङ्सिर ।

मुलुकभर खाना पकाउने ग्यास अभाव भइरहेको समयमा ताप्लेजुङमा पहिलो पटक भित्रिएका आधा भरिएका ग्यास सिलिण्डरमा नाफा नलिने यहाँका सम्बद्ध व्यवसायीले बताएका छन् । यसअघि १४.२ केजीका ग्यास सिलिण्डरमा प्रतिसिलिण्डर २० रुपैयाँ नाफा खाने गरिएकोमा यो पटक आएका आधा भरिएका सिलिण्डरमा नाफा नलिइ उपभोक्तालाई वितरण गर्ने व्यवसायी भरत श्रेष्ठले बताएका छन् । खरिद मूल्य र ढुवानी जोड्दा आधा सिलिण्डरको मूल्य रु ९०० हुन आएको र सोही मूल्य अर्थात् रु ९०० मा नै बिक्री गर्ने श्रेष्ठको भनाइ छ । अभावका बेला आक्रान्त भएका उपभोक्तालाई सहुलियत हुने श्रेष्ठले बताउनुभयो । पहिलो पटक आधा भरिएका सिलिण्डर ताप्लेजुङमा भित्रिएपछि मूल्यमा तलमाथि हुनसक्ने साथै कृत्रिम अभाव हुने कुरामा सचेत हँुदै प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले आज दिउँसो उद्योग वाणिज्य सङ्घका अध्यक्ष, व्यवसायीलगायत सरोकारवालालाई डाकेर वितरण प्रक्रियालाई कसरी पारदर्शी बनाउन सकिन्छ भन्ने विषयमा छलफलसमेत गर्नुभएको थियो । सो छलफलमा व्यवसायीले नै सो मूल्यमा ग्यास बिक्री गर्ने समझदारी पनि गरेका थिए । यस्तै, कृत्रिम अभाव सिर्जना नगर्न साथै बढी मूल्यमा बिक्री वितरण नगर्न प्रमुख जिल्ला अधिकारी थापाले सबैलाई आग्रहसमेत गर्नुभएको छ ।

]]>
6683 0 0 0
नेपाल टिम च्याम्पियन http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%9f%e0%a4%bf%e0%a4%ae-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8/ Mon, 07 Dec 2015 14:55:27 +0000 http://www.ghumphir.com.np/?p=6707

काठमाडौँ, २१ मङ्सिर ।

भारतको नयाँ दिल्लीमा भएको विश्व कुङ्फु च्याम्पियनसिपमा नेपालले टिम च्याम्पियनको उपाधि हात पारेको छ । नेपालसहित विभिन्न १७ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल १२ स्वर्ण, ६ रजत र १ कास्यपदकका साथ टिम च्याम्पियन बन्न सफल भएको टिम प्रशिक्षक सुकमान लामाले जानकारी दिनुभयो । त्यसैगरी प्रतियोगितामा भारत भने दोस्रो बनेको छ । डिसेम्बर ३ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा रमेश नेपाली, सूर्य लामा र विकास लामाले दोहोरो स्वर्णपदक जिते । उनीहरुले थाउलु र सान्डामा स्वर्ण जितेका हुन् । सृष्टि श्रेष्ठले थाउलुमा स्वर्ण र सान्डामा रजतपदक जितिन् । त्यस्तै सान्डामा मदन विश्वकर्मा, लक्ष्मण चौलागाईं, चिराग पौडेल तथा रवीन्द्र मगरले नेपाललाई समान एक एक स्वर्णपदक दिलाए । सान्डा स्पर्धामै युक्ता युवा, मन्जिता तामाङ, नवीनबहादुर सारु, राम चौलागाईं र सागर तामाङले समान एक÷एक रजत तथा यज्ञराज घलले कास्यपदक हात पारे । सोमबार स्वदेश फर्किएको च्याम्पियन टोलीलाई नेपाल उमा कुङ्फु सङ्घका अध्यक्ष उद्धव थापामगर, सचिव सिद्धार्थ लामा, खेलाडी, अभिभावकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

]]>
6707 0 0 0
ग्यास बुलेट दुर्घटनामा http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%9f-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Mon, 07 Dec 2015 14:58:51 +0000 http://www.ghumphir.com.np/?p=6709

इटहरी, २१ मङ्सिर ।

पूर्वपश्चिम राजमार्गको सुनसरीको पकलीस्थित सडकमा १७ टन ग्यास बुलेट आज बिहान दुर्घटना भएको छ । भारतको बरौनीबाट जोगवनी नाका हुँदै नेपाल छिरेको एच आर ४७६५ नंंको ग्यास बुलेट पल्टिएपछि त्यसका चालक सामान्य घाइते भए पनि अप्रिय घटना भने नभएको प्रहरीले बताएको छ । बुलेटमा रहेको ग्यास चुहिन नदिन प्राविधिक टोलीसमेत परिचालन गरिएको जनाइएको छ ।

]]>
6709 0 0 0
ग्यास उत्खननका लागि प्राविधिक टोली खटाइने: मन्त्री पाण्डेय http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%96%e0%a4%a8%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Mon, 07 Dec 2015 15:16:00 +0000 http://www.ghumphir.com.np/?p=6711

दैलेख, २१ मङ्सिर ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले ग्यास उत्खननका लागि एक महिनाभित्र प्राविधिक टोलीलाई सम्भावित क्षेत्रमा खटाउने बताउनुभएको छ । भूगर्भविद्सहित खानी क्षेत्रको अवलोकन भ्रमणमा आउनुभएका मन्त्री पाण्डेयले सरकारको आफ्नो साधन स्रोतले नभ्याए विदेशी सहयोग लिने बताउनुभयो । “प्राविधिक टोलीले ग्यास प्रयोगमा ल्याउन सकिने प्रतिवेदन दिएमा तत्काल उत्खनन् अघि बढ्छ, नाकाबन्दी खुलेपनि सरकारले आफ्नो काम अघि बढाउँछ” उहाँले भन्नुभयो । आफूले मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै मुलुकभरका खानीको अध्ययन र अन्वेषण गर्न निर्देशन दिइसकेको मन्त्री पाण्डेयले बताउनुभयो । उहाँले आज जिल्लाका शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका क्षेत्रमा पाइने पेट्रोलियम पदार्थको अवलोकन भ्रमण गर्नुभयो । जिल्ला उद्योग वाणिज्य सङ्घले ग्यास खानीको अध्ययन अनुसन्धान गरी उत्खनन् गर्न तथा पञ्चकोसी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा घोषणा गर्ने मागसहितको ज्ञापनपत्र मन्त्री पाण्डेयलाई बुझाएको छ । उक्त अवसरमा सांसद लक्ष्मीप्रसाद पोखरेल, अम्मरबहादुर थापा र ललिता रेग्मीको उपस्थिति रहेको थियो ।

]]>
6711 0 0 0
पर्यटकीय गन्तव्य रिखार क्षेत्रको संरक्षणमा स्थानीय http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af-%e0%a4%b0%e0%a4%bf%e0%a4%96%e0%a4%be%e0%a4%b0-%e0%a4%95/ Mon, 07 Dec 2015 15:20:42 +0000 http://www.ghumphir.com.np/?p=6714

बेनी (म्याग्दी), २१ मङ्सिर ।

म्याग्दी जिल्लाको कुइनेमङ्गले गाविसमा अवस्थित धौलागिरि हिमालको फेदैमा अवस्थित ‘हिमालका देवता’ को वासस्थान मानिने रिखार क्षेत्रको संरक्षण, प्रचार प्रसार र त्यस क्षेत्रको पर्यटन विकासका लागि स्थानीय बासिन्दा एकजुट भएका छन् । जिल्ला सदरमुकाम बेनीबजारदेखि करिब ४० किलोमिटर उत्तरतर्फ, धौलागिरी हिमालको फेदमा अवस्थित रिखार क्षेत्र धार्मिक दृष्टिका साथै पर्यटकीय सम्भावना भएको महत्वपूर्ण स्थल हो । आवश्यक प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावका कारण ‘बत्तीमुनिको अँध्यारो’ बनेको रिखार क्षेत्रको प्रचार प्रसारका लागि स्थानीयले जिल्लाका सरोकारवाला निकायहरुलाई जानकारी गराउनेदेखि लिएर सो क्षेत्रको सरसफाइ र गोरेटो बाटो निर्माणमा जुटेका हुन् । स्कन्दपुराणका अनुसार द्वापर युगमा देवीदेवता र ऋषिमुनिहरूले तपस्या गर्ने रिखार क्षेत्र मनमोहक प्राकृतिक वातावरण, जैविक र सांस्कृतिक विविधता, वन्यजन्तु तथा पक्षीहरूका कारण आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने प्रवल सम्भावना रहेको स्थानीय दर्शन छन्त्यालले बताउनुभयो । रिखार क्षेत्रलाई हिमालका देवताको वासस्थान भनेर चिनिने गरिएको छ । रिखार ताल छेउमै रहेको शिव मन्दिर र वर्षौंपहिलेका शिल्पीहरूको संरक्षणका लागि स्थानीय तहबाट भएको प्रयासलाई माथिल्लो निकायबाट सहयोग नभएको त्यस क्षेत्रको पर्यटकीय विकासमा सक्रिय रहँदै आउनुभएका बमबहादुर शेरपुञ्जाले बताउनुभयो । उहाँका अनुसार संरक्षणको अभावमा मन्दिर जीर्ण बनेको छ भने छन्त्याल, मगरलगायत भाषाका शिल्पलिपीहरू नष्ट हुने अवस्थामा छन् । त्यस क्षेत्रको सम्भावनाका बारेमा केही वर्षअघि स्थानीय निकायको अगुवाइमा स्थलगत अवलोकन पनि भएको थियो । सरोकारवालाको बेवास्ताका कारण अध्ययन प्रतिवेदन अहिले अलपत्र परेको छ । रिखार क्षेत्रमा पुग्न उचित बाटोघाटो निर्माण र अन्य भौतिक संरचनाको निर्माणतर्फ सबैको ध्यान पुगे त्यहाँको विकास हुने स्थानीय बासिन्दा देउमान घर्तीको भनाइ छ । तलाउको जलले स्नान गरी भगवान्को पूजाअर्चना गर्नाले भगवान्को लोक पाउने र पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । देशका विभिन्न स्थानका साथै भारतबाट आउने तीर्थयात्री र पर्यटक बाटो र खानेबस्ने होटलको सुविधा नहुँदा समस्यामा पर्ने गरेका छन् । रिखार क्षेत्रमा चुरेपहाडमा देखिने सुन्दर छहरा, गुफा, रघुगङ्गा नदी, सांस्कृतिक रुपमा अन्यभन्दा पृथक् जीवन शैलीमा रमेका छन्त्याल जातिको रहनसहन र प्राकृतिक दृश्यावलोकनले त्यहाँ पुग्ने जो कोहीको मन लोभिन्छ ।

]]>
6714 0 0 0
जीवित कछुवासहित दुई पक्राउ http://localhost/ghum/%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%bf%e0%a4%a4-%e0%a4%95%e0%a4%9b%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0/ Mon, 07 Dec 2015 15:47:44 +0000 http://www.ghumphir.com.np/?p=6716

काठमाडौँ, २१ मङ्सिर ।

केन्द्रीय अनुसन्धान ब्युरोले दुर्लभ वन्यजन्तु कछुवाको चोरी सिकारीमा संलग्न भएको आरोपमा आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा बारा उमजन घर भएका २७ वर्षीय साहेव महतो र महोत्तरी घर भएका २८ वर्षीय अर्जुन शाह रहेका छन् । गैरकानुनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि १९७५ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तु कछुवा बेचबिखन तथा ओसारपसार गर्न लागेको सूचनाका आधारमा ब्युरोबाट खटिएको टोलीले ललितपुरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपछि जीवित पाँच कछुवा उद्धार गरी उचित संरक्षणका लागि सदर चिडियाखाना जावलाखेल पठाइएको प्रहरीले जनाएको छ ।

]]>
6716 0 0 0
कृषि, ऊर्जा र पर्यटनमा लगानी गर्न आग्रह http://localhost/ghum/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be-%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%97%e0%a4%be/ Mon, 07 Dec 2015 15:57:03 +0000 http://www.ghumphir.com.np/?p=6720

बलेवा (बागलुङ), २१ मङ्सिर ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसमा जारी आन्दोलन र नाकाबन्दीका कारण नेपालको आर्थिक अवस्था धराशायी बन्दै गइरहेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ बागलुङको १६औँ अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले नाकाबन्दी खुलाउनका लागि पहल गर्न नागरिक समाजका अगुवालाई आग्रह गर्नुभयो । मधेसकेन्द्रित दलले कुरै नबुझी आन्दोलन गरिरहेको बताउँदै पौडेलले संविधानमा सबै जातजाति, भाषाभाषी, धर्म समुदायका मानिसलाई दिएको अधिकारका बारेमा राम्रोसँग अध्ययन गर्न उनीहरुलाई आग्रह गर्नुभयो । उहाँले केही छुटेका विषयलाई संशोधनको माध्यमबाट सच्चाउनका लागि सुशील कोइराला नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्ताव पास गर्नुपर्ने बताउनुभयो । आर्थिक समृद्धिका लागि कृषि, ऊर्जा र पर्यटनमा लगानी गर्न व्यवसायीलाई आग्रह गर्दै उहाँले लगानी बढाएर आत्मनिर्भर बन्नका लागि राज्यसँगै उद्योगी व्यापारीले सोच्नुपर्नेमा जोड दिनुभयो । अधिवेशन अन्तर्गत यही मङ्सिर २६ गते निर्वाचन हुने सङ्घले जनाएको छ ।

]]>
6720 0 0 0
नाकाबन्दी दुवै देशको हितमा छैन– कोइराला http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a5%88-%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a4%bf%e0%a4%a4/ Mon, 07 Dec 2015 16:00:06 +0000 http://www.ghumphir.com.np/?p=6722

धनगढी, २१ मङ्सिर ।

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले सीमामा लगाइएको नाकाबन्दी नेपाल र भारत दुवै देशको हितमा नरहेको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले सङ्कट उत्पन्न भएका बेला सानो र गरिब मुलुक नेपालमा नाकाबन्दी लगाउनु राम्रो होइन भन्नुभयो । एक प्रश्नमा नेत्री कोइरालाले काँग्रेसमा अब नयाँ नेतृत्वको खाँचो रहेको र राष्ट्रियताप्रति जिम्मेवार व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्ने मनसाय नेता कार्यकर्ताको रहेको आफूले पाएको बताउनुभयो ।

]]>
6722 0 0 0
वन्यजन्तुको चोरी–निकासी नियन्त्रण गर्न युवा परिचालन http://localhost/ghum/%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a5%80/ Mon, 07 Dec 2015 16:21:47 +0000 http://www.ghumphir.com.np/?p=6724

दाङ, २१ मङ्सिर ।

वन्यजन्तुको चोरी–निकासी नियन्त्रण गर्न दाङको देउखुरी राजपुर गाविसमा युवा परिचालन गरिएको छ । स्थानीयवासी विभिन्न नौवटा सामुदायिक वनमा आबद्ध युवा सदस्य सम्मिलित चोरी–निकासी नियन्त्रण सञ्जाल गठन गरेर युवा परिचालन गरिएको हो । जिल्ला वन कार्यालय दाङले राजपुर गाविसमा झपलाल खत्रीको संयोजकत्वमा नौ सदस्यीय वन्यजन्तु अपराध तथा चोरी–निकासी नियन्त्रण सञ्जाल गठन भएको छ । सञ्जालको सदस्यमा शेरबहादुर खड्का, खड्गबहादुर खड्का, अर्जुन घर्ती, ओमप्रकाश रोका, यज्ञबहादुर वली, टेकबहादुर डाँगी, कृष्णबहादुर विक र धनबहादुर घर्ती रहनुभएको छ । वन्यजन्तुको चोरी–निकासी बढ्न थालेपछि त्यसलाई रोक्न युवा परिचालन गरिएको इलाका वन कार्यालय गङ्गदीका सहायक वन अधिकृत पुरणप्रसाद चौधरीको जानकारी दिनुभएको छ ।

]]>
6724 0 0 0
आगलागीबाट रु दश लाखको क्षति http://localhost/ghum/%e0%a4%86%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b0%e0%a5%81-%e0%a4%a6%e0%a4%b6-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b7/ Mon, 07 Dec 2015 16:30:43 +0000 http://www.ghumphir.com.np/?p=6726

भक्तपुर, २१ मङ्सिर ।

चाँगुनारायण नगरपालिका वडा नं १ पकुनेपाटी कालीटारका ललित कासिछवा र निजका भाइ परमेश्वरको घरटहरामा आगलागी हुँदा रु १० लाख २० हजार बराबरको क्षति भएको छ । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालका अनुसार आगलागीबाट फर्निचर, इलेक्ट्रोनिक्स, अन्नपातलगायत सामग्री जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको सहायताबाट आगो नियन्त्रणमा लिइएको छ ।

]]>
6726 0 0 0
किन ढिलो गर्दै छ सरकार ,चीनसँग इन्धन खरिद सम्झौता गर्न http://localhost/ghum/%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%a2%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%9b-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%9a%e0%a5%80%e0%a4%a8/ Mon, 07 Dec 2015 16:54:34 +0000 http://www.ghumphir.com.np/?p=6731

उत्तम काप्री

मंसिर २१,काठमाडौं ।

भारतले नाकाबन्दी गरेलगतै सरकारले चीनसँग दिर्घकालीन रुपमा नै इन्धन खरिद सम्झौता गर्न प्रक्रिया अगाडि बढाउने बताएको थियो। त्यस लगतै यस विषयसँग सरोकार रहने वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले कदम अगाडि बढाइरहेका छन्। तर प्रक्रिया अगाडि बढको २ महिना हुँदा पनि चीनसँग इन्धन खरिदको सम्झौता हुनसकेको छैन। पछिल्लो समय चीन सरकारले लिने स्थानीय करको विषयमा कुरा अडकेको बताइएको छ।
 chaina nepal flagदुई पक्षबीचमा एमओयू भएलगत्तै वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन चीनबाट इन्धन आयतको सम्भावना र अवस्था बारे बुझ्न बेइजिङ गएका थिए। एक साता लामो चीन भम्रणबाट फर्के लगत्तै उनले  चीनसँग इन्धन खरिदको विषयमा सबै कुरा मिलेको र चीनसँग इन्धन खरिद सम्झौता हुने बताएका थिए।
त्यसपछि  मन्त्रालयले चीन जाने टोली गठन गरेपनि विभिन्न कारण देखाउँदै सो टोली चीन गएन। पछि प्राविधिक कुरा मिलाउन निगम टोली चीन गयो।  निगम टोली चीन गएपनि मन्त्रालयले उनीहरुलाई प्राविधिक, मूल्य र कुन मोडालिटीमा पैसा तिर्ने विषयमा कुरा मिलाइ मन्त्रालयको टोली बोलाउन आग्रह गरेको थियो।
टोलीले चीनमा एकसाता लामो छलफल गरी यी कुरामा निचोड निकालेको थियो। तर मन्त्रालयले सरकारी तवरबाट नै करको विषयमा कुरा मिलाउन नसक्दा आजसम्म पनि चीन सरकार सँग इन्धन खरिद सम्झौता हुन सकको छैन। निगमका निमित  निर्देशक  सुशील भट्टराई सरकारी पक्षको टोलीलाई पर्खेर चीनमा बसिरहकेका छन।
मन्त्रालयले भने बारम्बार एउटै विषयमा ची सँग कुरा भइरहको र  अब तत्काल नै चीनसँग सम्झौता हुने बताउदै आएको छ।  मन्त्रालयको एक उच्च स्रोतका अनुसार अझै पनि करकै विषयमा कुरा अडकेको छ। चीन सरकारले पेट्रोलमा अनुमानित ५७ प्रतिशत र डिजलमा ५१ प्रतिशत स्थानिय कर लिने गरको छ।  यी बाहेक निगम सञ्चालक बोर्ड, मन्त्रालय र निगमबीचमा फाटो आइरहको अवस्थाले पनि इन्धन खरिद सम्झौता लम्बिएको स्रोतले बतायो।
संसदको उद्योग तथा उपभोक्ता हित सम्बन्ध समितिले अाइतबार चिनियाँ अधिकारीसँग कुरा गरी फर्केका  दीपक बराल र निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कासँग सिंहदरबारमा छलफल गरको थियो। उक्त छलफमा निगमका बराल र खड्काको बोली भने फरक फरक थियो।
उक्त कार्यक्रममा खड्काले कर र प्राविधिक विषयमा सहमति भए चीनबाट उपत्यकाको मागको ५० प्रतिशत इन्धन ल्याउन सकिने बताएका थिए। खड्काले चीनबाट इन्धन आयात गर्न तत्कालै  बाटोको समस्या नरहेको जानकारी गराएका थिए। भौगोलिक कारणले केरुङ नाकाबाट भन्दा कोदारी नाकाबाट भित्रा्याउन सहज हुने खड्काले बताएका थिए।  यसको लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहल जरुरी पर्नै खड्काको भनाइ छ । यसरी दुबै  नाकाबाट इन्धन ल्याउनका लागि नुवाकोट र पाँचखालमा भण्डार आवश्यक रहेको समेत जानकारी गराएका थिए।
तर उक्त छलफलमा नै चीन भम्रण गरेर फर्केका बरालको तर्क भिन्न छ। बरालले भने तत्काल नै चीनबाट इन्धन ल्याउन भौगोलिक बनावट र मौसम असहज रहेको  समितिलाई बताएका थिए।
‘चीनले हामीले भनेको जस्तै गरी केरुङ नाकाबाट इन्धन उपलब्ध नगराउने  भनेको छ‘ समितिमा बरालले भने ‘तर सिगात्सेबाट आयात गर्दा सोहीअनुसार ट्यांकर बनाउनुपर्ने भएकाले मन्त्रालयको पहल छ।‘
उनले चाइना पेट्रोले नेपाललाई रिटेल मूल्यमै इन्धन दिन खाजेको पनि समितिमा बताएका थिए। पेट्रो चाइनाले ल्हासाबाट इन्धन पठाउन खोजेकाले ढुवानीमा केही समस्या समेत आउने समितिको छलफमा बरालल जानकारी गराएका थिए। उनका अनुसार  चीनमा हिउँ परेकाले ट्यांकर चलाउन समस्या हुने र  इन्धन ढुवानी गर्नका लागि चल्न सक्ने क्षमताका भएका ट्यांकर समेत नेपालमा नभएको बताएका थिए।
इन्धन खरिदसम्बन्धी सम्झौताका लागि चाइना पेट्रोका अधिकारीसँग छलफल गरेर फर्किएका बरालले  चीनले कर छुट नदिए त्यहाँबाट आयात गरिने पेट्रोलको मूल्य नेपाली बजारमा प्रतिलिटर १ सय ८० रुपैयाँ पर्ने बताएका थिए।
समितिको बैठकमा निगमका बरालले चाइना पेट्रोका अधिकारीहरुले कर छुट दिन आनाकानी गरेको र कर छुट नपाउँदा चीनबाट आयात गरिने डिजेलको मूल्य नेपाली बजारमा प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्ने उनको भनाई थियो।
उनका अनुसार कर छुट नपाएको अवस्थामा केरुङ नाकामा प्रतिलिटर पेट्रोलको मूल्य ८८ रुपैयाँ पर्छ। निगमले अहिले भारतीय आयल निगमसँग रक्सौलमा ४५ रुपैयाँ प्रतिलिटरका दरले पेट्रोल खरिद गर्दै आएको छ। सरकारले अहिले एक लिटर पेट्रोलमा ३२ रुपैयाँ भन्सार लिंदै आएको छ। भन्सार, यातायात लगायतका सबै रकम जोड्दा प्रतिलिटर पेट्रोलको मूल्य १ सय ८० रुपैयाँ पर्ने बरालले बताए ।
पेट्रो चाइनाले नेपाल आयल निगमलाई एक मेट्रिक टन डिजेलको मूल्य १३ सय २८ तथा पेट्रोलको मूल्य १४ सय ९० अमेरिकी डलर प्रस्ताव गरेको छ । उसले त्यो मूल्य वाहेक डिजेलमा ५१ प्रतिशत र पेट्रोलमा ६७ प्रतिशत कर लाग्ने बताएको छ । निगमका निमित्त निर्देशक बरालले आफुहरुले पटक पटक आग्रह गर्दा पनि चीनले कर छुट दिन नमानेको  समितिमा बताएका थिए।
पेट्रो चाइनाले नेपालले खरिद गर्ने इन्धन केरुङ नाकासम्म ल्याउन पनि इन्कार गरेको छ। पेट्रो चाइनाले ढुवानीको समस्या देखाउँदै इन्धन लिनका लागि नेपाललाई ल्हासामा बोलाएको  निगमका निमित्त निर्देशक बरालले बताए। निगमले पेट्रो चाइनाका अधिकारीहरुसँगको छलफलको बारेमा वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराइसकेको छ।
तर निगम एक उच्च स्रोत भन्छ, अब सबै बाकी रहेको कुरा मन्त्रालयले मिलाउन आवश्यक रहको छ। मन्त्रालय भने कछुवा गतिमा काम गरिरहेको छ। यही अवस्था रहने हो भने तत्काल चीनबाट इन्धन आउने कुरा बोलीमा मात्र सिमित रहनेछ।
]]>
6731 0 0 0
नेपालको समस्या ५-७ दिनमा समाधान हुन्छः भारतीय विदेशमन्त्री http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be-%e0%a5%ab-%e0%a5%ad-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b8/ Mon, 07 Dec 2015 17:01:41 +0000 http://www.ghumphir.com.np/?p=6734 मंसिर २१ , काठमाडौं ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको समस्या राजनीतिक सहमतिबाटै समाधान गर्ने वातावरण बनेको दाबी गरेकी छन् ।

भारतको राज्यसभामा भएको नेपालबारे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भनिन्-ईश्वरले चाहे शायद अबको ५-७ दिनमा समाधान निस्कन्छ ।’

नेपालका विदेशमन्त्री कमल थापा हालै मात्र दिल्ली आउँदा आपसी सहमतिबाट समाधान खोज्नुस्, नाकाबन्दी अन्त्य होस् भनेको र उनले आफूलाई त्यो विश्वास दिलाएकोसंसदलाई जानकारी दिइन् । ‘मधेसी मोर्चाका नेताहरु आए, मैले भने कि, विदेशमन्त्रीले भनेको सुुन्नुस्’ स्वराजले भनिन्- सम्बोधन हुन्छ, ठिक छ, नभए वार्ता गर्नुस् भनेकी छु ।’

नेपालको समस्या राजनीतिक सहमतिबाटै समाधान होस् भन्ने भारतले चाहेको भन्दै उनले भनिन्-यता मधेसीलाई न्याय होस्, उता आपूर्ति असहजताका कारण दुःख पाएका नेपालीले पनि राहत पाउन् । हाम्रो भूमीमा रोकिएका ट्रक अगाडि जाउन र नेपालमा आपूर्ति होस् ।’

प्रेस्क्रिप्सन होइन, सल्लाह दिन्छौं

विदेशमन्त्री स्वराजले नेपाल सार्वभौम देश भएको र त्यसको भारत सरकारले सम्मान गर्ने बताइन् । नेपालको अन्तरिक मामिलामा हस्तक्षेप गरेको र प्रेस्किप्सन दिएको आरोप अस्वीकार गर्दै उनले भनिन्-प्रेस्किप्सन दिँदैनौं । एक मित्र र सुशचिन्तकको नाताले सल्लाह दिन्छौं ।’

विदेशमन्त्री स्वराजले भारतले नेपालमाथि नाकाबन्दी गरेको आरोप ठाडै अस्वीकार गरिन् । नेपालीहरुले नै सीमामा प्रदर्शन गरिरहेका कारण आपूर्तिमा अवरोध आएको भन्दै उनले खुला भएका नाकाहरुबाट अहिले पनि ट्रकहरु नेपाल गइरहेको फेहरिस्त प्रस्तुत गरिन् ।

धर्ना भइरहेको ठाउँबाट सामान पठाउने दुई मात्र विकल्प भएको र त्यो सहि नभएको उनले बताइन् । ‘पहिलो बिकल्प गोली चलाएर हटाउने हो, दोस्रो बिकल्प आन्दोलकारीलाई ट्रकले किचेर अगाडी बढ्ने हो’ स्वराजले भनिन्- यी दुवै बाटो सही होइनन्, राजनीतिक सहमति गर भन्ने हाम्रो सुझाव हो, हामीले त्यसैका लागि काम गरिरहेका छौं ।’

स्वराजले नेपालमा औषधिको अभाव भएपछि राजदूत पठाएर र विदेशमन्त्री कमल थापालाई आफैंले समेत अत्यावश्यकीय औषधिहरुको सूची दिनुस्, एयर लिफ्ट गरेर पठाउँछौं भनेको तर, अहिलेसम्म नेपालले कुनै सूची नदिएको दबी गरेकी छन् ।

भनेको मानेको भए आन्दोलन हुँदैनथ्यो

भारतीय विदेशमन्त्री स्वराजले नेपालको नयाँ संविधान अन्तरिम भन्दा पनि पछाडि फर्किएकाले आन्दोलन भएको बताइन् ।

भारतले मधेसमा आन्दोलन भयो भने दुई देशलाई असर गर्छ भनेर सुरुबाटै भनेको भन्दै उनले त्यस्तो सुझाव दिएका नेताहरुको फेहरिस्त प्रस्तुत गरिन् । विद्या भण्डारी, डा. बाबुराम भट्टराई, प्रचण्ड र शेरबहादुर देउवा भारत आएको र आफूले नेपालमा जाँदा केपी ओलीलाई समेत भेटेर सोही कुरा गरेको उल्लेख गरिन् ।

विदेशमन्त्रीले नेपालको संविधान निर्माण अचानक र विना बहस भएको दाबी गरिन् । ‘सविधान बन्दैन भन्ने कुरा आएको थियो । तर, अचानक संविधान पारित भयो । विना बहस दुई दिनभित्र पारित भयो’ उनले भनिन्-संविधान आउँदा मधेसहरुको माग पुरा हुनु कता हो कता अन्तरिम संविधान भन्दा पनि पछाडि फर्किएको हुन्छ भनेर कसले साचेको थियो ?’

अन्तरिम संविधानमा भएको समानुपातिक समावेशी र मधेसमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलाई नयाँ संविधानमा हटाएकाले मधेसीहरुले आन्दोलन सुरु गरेको उनले बताइन् ।

नेपालमा संविधान घोषणा हुँदै गर्दा विशेष दूतका रुपमा विदेश सचिव एस जयशंकरलाई पठाएर अन्तरिम संविधान भन्दा पछाडि नर्फकनुस्, आन्दोलन भए हामीलाई गाह्रो पर्छ भनेर सल्लाह दिएको उनले जिकिर गरिन् । उनले भनिन्-यदि हामीले भनेजस्तो गरिएको भए १ दिन पनि आन्दोलन हुन थिएन ।’

यद्यपि संविधान जारी भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले त्यसलाई स्वीकार गरेको र १५ दिनभित्र संशोधन प्रस्ताव दर्ता गरेको भारतीय विदेशमन्त्री स्वराजले बताइन् ।

बिग ब्रदर हैन, इल्डर ब्रदर

संसदको बहसमा सहभागी भएका १४ जना बक्तामध्ये केहीले भारतले नेपालमाथि ठूल्दाई प्रबृत्ति देखाएको भन्दै कडा आलोचना गरेका थिए । त्यसको जवाफ दिँदै उनले भारतले ‘बिग ब्रदर’ नभई ‘इल्डर ब्रदर’को ब्यबहार गरेको बताइन् ।

यी दुई शब्दमा धेरै भिन्नता रहेको भन्दै स्वराजले भनिन्- भूकम्पका बेला हामीले सवैखाले मानवीय सहयोग गर्‍यौं, नेपालमा गएर भूकम्प पिडीतलाई खाना पकाएर खुवायौं, त्यस्तो स्नेह गर्ने ठूल्दाईको भूमिका निभाएका छौं, अरु कुनै देशले गरेको छ ?’ बिपक्षी कांग्रेसका सांसदहरुले नेपालसँगको सम्बन्ध इतिहासकै खराव अबस्थामा पुगेको भनी गरेको टिप्पणी जवाफ दिँदै स्वराजले भनिन्-राजीव गान्धीको पालामा डेढ बर्षसम्म भारतले नेपालमा नाकाबन्दी गरेको थियो, त्यो भारतले गरेको नाकाबन्दी थियो, के त्योबेला यस्तो तनावपूर्ण सम्बन्ध थिएन ? यस्तो पहिलोपटक भएको हैन् ।’

२०४५ सालमा लगाएको सो नाकाबन्दीबारे भारतले अहिलेसम्म आधिकारिकरुपमा स्वीकार गरेको थिएन् । तर, भारतीय बिदेशमन्त्री स्वराजले २७ बर्षपछि आएर भारतले डेढबर्षसम्म नाकाबन्दी लगाएको स्वीकार गरिन् ।

]]>
6734 0 0 0
व्यवसायीलाई केरुङ प्रवेश नदिँदा रसुवागढीबाट आयातमा समस्या http://localhost/ghum/%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a5%87%e0%a4%b0%e0%a5%81%e0%a4%99-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a5%87%e0%a4%b6/ Mon, 07 Dec 2015 17:18:44 +0000 http://www.ghumphir.com.np/?p=6737

ध्रुव दंगाल

सोमबार २१ मंसिर

सिन्धुपाल्चोक-उत्तरको सहायक नाका रसुवागढी–केरुङबाट चिनियाँ व्यापारिक सामग्री नेपाल भित्रन थाले पनि आयात सहज बन्न सकेको छैन । नेपाली व्यवसायी अनगिन्ति समस्या र सास्ती भोग्न बाध्य छन् ।

मुख्य त व्यवसायीलाई प्रवेश पास उपब्लब्ध नगराईँदा आयात कठिन बन्दै गएको छ । केरुङमा चिनियाँ भन्सार एजेन्टको दादागिरी, रसुवागढीको साँघुरो भौगोलिक संरचना, महंगो ढुवानी भाडा, लामो दुरी, स्थानीय प्रशासनको निष्क्रियता लगायत कारण आयात प्रभावित बनेको हो ।

अन्य जिल्लाबाट त्यहाँ पुगेका व्यवसायी र मजदुरलाई तिब्बत (केरुङ) प्रवेश पासको व्यवस्था छैन । यसको अभावमा उनीहरुलाई सामान लिन केरुङ जान दिइएको छैन । परम्परागत रुपमा चल्दै आएको यो नाका गत वर्षदेखि व्यवसायिक हिसाबले सञ्चालनमा ल्याइएको हो । वैशाख १२ को महाभूकम्पपछि चीनले यो नाकालाई प्राथमिकता दिएपनि त्यो अनुरुप सहज आयातमा ध्यान दिएको पाईँदैन । भर्खरै व्यवसायिक रुपले सञ्चालनमा आएको यो नाकाबाट ठूलो परिमाणमा आयात गर्ने स्थानीय व्यवासायी छैनन्, कन्टेनर चलाउने मजदुरको पनि अभाव छ ।

चीन–नेपाल दुबै सरकारले उत्तरको मुख्य तातोपानी नाका सञ्चालनमा ल्याउन प्राथमिकता नदिएपछि करोडौंको सामान दक्षिणी नाकामै फसाएर तातोपानीका व्यवसायी रसुवागढी पुगेपनि उनीहरुलाई प्रवेश पासको व्यवस्था गरिएको छैन । उनीहरुले अर्डर गरेका अर्बौ रुपैयाँ मुल्यका चिनियाँ सामान केरुङ आइ पुगेका छन् । 'प्रवेशपास नभएको भन्दै हामीलाई सामग्री लिन रसुवागढीबाट केरुङ जान दिइएको छैन । त्यहाँ हाम्रा सामान कुन हालतमा छन् पत्तो छैन,' सातादेखि रसुवागढीमा रहेका तातोपानीका आयातकर्ता अर्जुन सापकोटाले टेलिफोनमा नागरिकसँग भने । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सचिव सापकोटाले व्यवसायी र मजदुरलाई प्रवेश पास उपलब्ध गराउन कसैले चासो नदिएको बताए ।

'प्रवेश पास उपलब्ध नगराउने हो भने यताबाट आयात गर्न सकिँदैन,' उनले भने । चीन र नेपाल सरकारले सीमावर्ती जिल्लाका ३० किमी क्षेत्रभित्रका बासिन्दालाई सहजा आवतजावतका लागि निलो रंगको प्रवेश पास उपलब्ध गराउँदै आएको छ । यो पास स्थानीयले मात्र पाउँछन्, अन्यत्रकाले पाउँदैनन् । यस्तो पास पाउने स्थानीय व्यवसायी र मजदुर निकै कम छन् । तातोपानी नाकाबाट आयात गर्दै आएका झण्डै ५० व्यवसायीक फर्मका सयभन्दा बढी व्यवसायी अहिले रसुवागढी पुगेका छन् ।

तातोपानी नाकामा दुबैतिरको समस्यालाई ध्यान दिँदै व्यवहारिकताका आधारमा अन्यत्रका व्यवसायी र कन्टेनर मजदुरलाई रातो प्रवेश पासको व्यवस्था गरिएको थियो । नागरिकताका आधारमा अध्गायमन कार्यालयद्धारा जारी एक दिन अस्थायी पास देखाएर पर्यटक खासासम्म पुग्थे । रसुवागढीमा व्यवहारिकताका आधारमा पासको व्यवस्था नगरिएको आयातकर्ता सापकोटा बताउँछन् ।

खासा–तातोपानी–काठमाडौं रुटमा चल्ने झण्डै ५ सय कन्टेनर यतिबेला रसुवागढीमा छन् । मजदुर र व्यवसायीलाई रसुवागढीबाट अघि बढेर केरुङ छिर्ने अनुमति छैन । मंसिर १ बाट ठूलो परिमाणमा व्यवपारिक सामान केरुङ–रसुवागढी आइपुगेपछि व्यवसायी र मजदुर त्यहाँ पुगेका हुन् । नेपाली व्यवसायीले अर्डर गरेका जाडो मौशमका जुत्ता, चप्पल, तयारी पोशाक लगायत झण्डै ४ सय कन्टेनर सामग्री केरुङ आइपुगेको उनीहरु बताउँछन् ।

व्यवसायीलाई प्रवेश नदिँइदा केरुङ–रसुवागढी आयात स्थानीय मजदुरमा निर्भर छ । रसुवागढीबाट सामग्री लिन स्थानीय मजदुर कन्टेनर हाँकेर रसुवागढी पुग्छन् । 'यहाँ कन्टेनर चलाउन सक्ने प्रवेश पास प्राप्त मजदुर २०–२५ जना मात्र छन्,' व्यवसायी सापकोटाले भने । अनुभव नभएका चालकको भरमा सामान ल्यानु पर्दा पुरै नआउने, आएका पनि टुटफुट हुने गरेको उनी बताउँछन् ।

भूकम्पपछि असोज अन्तिम सातादेखि यो नाका सञ्चालनमा ल्याइएको छ । भूकम्पले रसुवागढीका कार्यालय र भौतिक संरचना क्षतिगरेपछि तीन किमीवर अस्थायी भन्सार कार्यालय खडा गरिएको छ । अहिले टिमुरे भन्सारमा सामग्रीले भरिएका २ सय भन्दाबढी कन्टेनरका लाम छ । सामान लिएर आएका र केरुङ जान तयार कन्टेनरको भीडले टिमुरे क्षेत्र अस्तव्यस्त छ । चालक अभावमा कन्टेनर आवतजावत सहज नहुँदा रसुवागढीसम्म तीन किमी क्षेत्र जाम छ ।

चिनियाँ ट्रान्सपोर्टेशन कम्पनीले नेपाली व्यवसायी प्रतिनिधिलाई केरुङसम्म आउन दिन स्थानीय अधिकारीलाई आग्रह गरेपनि नसुनेको आयातकर्ता बुद्धराज बस्नेत बताउँछन् । 'व्यवसायीका सामान केरुङका कति आए, त्यहाँ कुन हालतमा राखिएका छन् भन्ने पत्तो छैन,' रुसुवागढीबाट काठमाडौं फर्केपछि बस्नेतले भने । नेपाली व्यवासायी केरुङमा चिनियाँ भन्सार एजेन्टको दादागिरीबाट आजित भएको गुनासो गर्छन् । व्यापारिक सामान आयात हुन थालेसँगै उनीहरुले व्यवसायीसँग मनपरी भन्सार 'क्लियरेन्स जार्च' (सामान छुटाएको शुल्क) लिने गरेको उनीहरु बताउँछन् । व्यवसायी बस्नेतका अनुसार चिनियाँ एजेन्टले प्रतिकन्टेनर सामान छुटाएको शुल्क ४ हजार युआन लिन्छन् । यो रकम नेपालीमा झण्डै ७२ हजार हुन आउँछ । खासामा चिनियाँ एजेन्टले साना गाडीको ८ र कन्टेनरको १३ सय युआन (घोर्मु) लिन्थे ।

१ सय ७२ किमी रसुवागढी–काठमाडौं दुरीको कन्टेनर भाडा पनि निकै महंगो रहेको व्यवसायी बताउँछन् । उनीहरुका अनुसार यो रुटको कन्टेनर भाडा २ लाख रुपैयाँसम्म पुगेको छ । कन्टेनर लिएर २६ किमी रसुवागढी–केरुङ गर्ने चालकले छुट्टै भाडा लिन्छन् । उनीहरुलाई एकतर्फीको १५ हजार रुपैयाँ तिर्नुपर्छ । केरुङबाट सामग्री रसुवागढी नआइन्जेलसम्म चालक व्यवसायीले नै पाल्नुपर्छ । १ सय २६ किमी खासा–तातोपानी–काठमाडौं रुटको भाडा ८५ हजार रुपैयाँ मात्र थियो । खासाको तुलनामा केरुङ नाका ७२ किमी लामो हो ।

रसुवागढी भन्सार प्रमुख अधिकृत नाका भर्खरै सञ्चालनमा आएकाले नाकामा धेरै समस्या भएको बताउँछन् । 'व्यपारीको समस्याले हामीलाई पनि समस्यामा पारेको छ,' उनले भने । व्यापारी र मजदुर सहज आवतजावतका लागि प्रवेश पासको व्यवस्था गर्न चिनियाँ अधिकारीसँग छलफल भइरहेको उनले बताए । 'छलफलकै क्रममा छौं । कुनै टुंगो लागेको छैन । पासको लागि परराष्ट्र मन्त्रालयबाट पहल गरिदिन भनेका छौं,' उनले भने ।साभार:नागरीक

]]>
6737 0 0 0
पाँच खानीलाई प्रमाणपत्र http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/ Mon, 07 Dec 2015 17:32:26 +0000 http://www.ghumphir.com.np/?p=6740

काठमाडौँ, २१ मङ्सिर ।

खानी तथा भूगर्भ विभागले यो आर्थिक वर्षमा नयाँ खानी अध्ययनका लागि पाँच कम्पनीलाई प्रमाणपत्र दिएको छ । प्रमाणपत्र वितरण गरिएका खानीमा चुनढुङ्गाका र क्वारजाईटका दुई÷दुई तथा कोइलाका एक रहेको छ । विभागका प्रवक्ता कृष्णदेव झाका अनुसार विभागले यो आवमा सातवटा पुरानो खानीको नवीकरण गरेको छ भने ५९ रद्द गरेको छ । विभागले यो आवको कात्तिक मसान्तसम्म खानी तथा भूगर्भ विभागले रु ६ करोड ३९ लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । विभागबाट दिइने प्रमाणपत्र, प्रमाणपत्र नवीकरण, भूबहालबाट उक्त रकम सङ्कलन गरिएको विभागका प्रवक्ता झा बताउनुहुन्छ । विभागले १५ स्थानमा धातु तथा अधातु वस्तुको अध्ययन गरेको छ । धादिङ, मकवानपुरको सिमानामा सिसा, जस्ता, मकवानपुरमा तामाखानी, तनहुँमा फलामखानी, धादिङमा तामाखानी, नवलपरासी र तनहुँको सिमानामा सिसा र जस्ताखानी, काभ्रेपलाञ्चोकमा चुनढुङ्गा खानीको अध्ययन पूरा गरेको छ । यस्तै स्याङ्जा, सुर्खेत, पाल्पा र सल्यानमा चुनढुङ्गा तथा बाग्लुङ र उदयपुरमा तामाखानीको अध्ययन गरेको छ । अध्ययन गरिएका खानीमा उद्योग प्रवद्र्धनका लागि निजी क्षेत्रलाई यही महिनाभित्र बोलपत्र आह्वान गर्ने विभागले जानकारी दिएको छ । यस्तै गतवर्ष बन्द गरिएका क्रसर उद्योगलाई अध्ययन गरेकाले त्यी उद्योगलाई सञ्चालनका लागि निजी क्षेत्रलाई दिइने तयारी विभागले गरेको छ । यस्तै विभागले भूकम्पप्रभावित १६ जिल्लाको भूमिको अध्ययन गर्नुका साथै त्यहाँको खानीको अध्ययन गर्ने भएको छ ।

]]>
6740 0 0 0
ऋण सहयोग http://localhost/ghum/%e0%a4%8b%e0%a4%a3-%e0%a4%b8%e0%a4%b9%e0%a4%af%e0%a5%8b%e0%a4%97/ Mon, 07 Dec 2015 17:44:36 +0000 http://www.ghumphir.com.np/?p=6742 6742 0 0 0 सोलार सेट http://localhost/ghum/%e0%a4%b8%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a5%87%e0%a4%9f/ Mon, 07 Dec 2015 17:50:53 +0000 http://www.ghumphir.com.np/?p=6745 6745 0 0 0 मोदीखोला प्रभावित क्षेत्रमा तीन सातापछि विद्युत् सञ्चालन http://localhost/ghum/%e0%a4%ae%e0%a5%8b%e0%a4%a6%e0%a5%80%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%a4-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d/ Wed, 09 Dec 2015 03:23:11 +0000 http://www.ghumphir.com.np/?p=6749

फलेवास (पर्वत), २३ मङ्सिर ।

यहाँको पातीचौरस्थित १४.८ मेघावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रबाट प्रभावित आठवटा गाविसमा तीन सातापछि विद्युत् सञ्चालन भएको छ । मोदी सबस्टेसनमा जडित तीन एमभिए क्षमताको ट्रान्सफर्मर मर्मतपछि मङ्गलबार साँझदेखि विद्युत् सञ्चालन भएको हो । गत कात्तिक ३० गतेदेखि विग्रिएको ट्रान्सफर्मर हेटाँैडामा मर्मतका लागि पठाइएको थियो । विद्युत् सञ्चालन भएसँगै नाकाबन्दीले प्रताडित स्थानीयवासीले राहत महसुस गरेका छन् । तीन हप्ताभन्दा बढी समयसम्म मर्मत नभएकाले स्थानीयवासी आन्दोलितसमेत बनेका थिए । कात्तिक ३० गते ट्रान्सर्फमरमा समस्या आएपछि नाकाबन्दीबाट प्रभावित स्थानीयवासी विद्युत् नहुँदा थप समस्यामा परेका थिए । आन्दोलनमा उत्रिएका स्थानीयवासी र मोदीखोला सबस्टेसनका बीचमा तीन दिनभित्रमा विद्युत् आपूर्ति सञ्चालन गर्ने सहमतिपछि स्थानीयवासीले आन्दोलन समेत स्थगित गरेका थिए । पातीचौरस्थित सबस्टेसनमा रहेको ट्रान्सफर्मर बिगे्रपछि देउपुर, देउराली, बाजुङ, तिलहार, राम्जादेउराली, चित्रे, आर्थरडाडाँखर्क र भूकदेउराली गाविसमा विद्युत् अवरुद्ध भएको थियो । उक्त केन्द्रमा नयाँ ट्रान्सफर्मर गएको वैशाखमा मात्रै जडान गरिएको थियो । जडान भएको सात महिनामा नै बिग्रिएपछि त्यसको गुणस्तरमा समेत समस्या हुन सक्ने भएकाले छानबिन हुनुपर्ने माग मोदीखोलाका कर्मचारीले गरेका छन् । गत वर्षसम्म सो क्षेत्रमा १.५ एमभिए क्षमताको ट्रान्सफर्मरबाट विद्युत् वितरण हुँदै आएको थियो । तर कम क्षमताको ट्रान्सफर्मरबाट विद्युत् वितरण हुँदा यी गाविसमा हरेक दिन साँझमा विद्यतुत्भार कटौती भएको भन्दै प्रभावित क्षेत्रका बासिन्दा पटकपटक आन्दोलित भएपछि तीन एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको थियो ।

]]>
6749 0 0 0
७८ लाख कृषकलाई अनुदान प्रदान http://localhost/ghum/%e0%a5%ad%e0%a5%ae-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ Wed, 09 Dec 2015 03:25:41 +0000 http://www.ghumphir.com.np/?p=6751

पथरी (मोरङ), २३ मङ्सिर ।

व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले पूर्व क्षेत्रका व्यावसायिक किसानलाई दोस्रो चरणको अनुदान रकम प्रदान गरेको छ । आयोजनाको कार्यालय विराटनगरद्वारा मङ्गलबार बेलुका आयोजित कार्यक्रममा प्याक्टका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत भानुभक्त मैनाली र अनुगमन तथा मूल्याङ्कन अधिकृत वसन्तराज अर्यालले कृषकलाई चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा दोस्रो चरण र बाँकी रहेको पहिलो चरणको गरी करिब रु ७८ लाख पूर्वाञ्चलको ओखलढुङ्गा, सोलुखुम्बुका कृषकलाई हस्तान्तरण गरिएको अधिकृत मैनाली बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो र दोस्रो चरणको गरेर करिब रु ७८ लाख किसानलाई प्रदान गरेका हौँ ।” कृषकसँगको पहुँच वृद्धि र साना किसान तथा सहकारी समूहलाई लक्ष्यित गरेर गरिएको काम पूर्व क्षेत्रमा जिल्ला कृषि तथा पशु विकास कार्यालयले हेर्ने र त्यसको सुपरीवेक्षण प्याक्टका क्षेत्रीय कार्यालयले गर्ने जनाएको छ । पूर्वाञ्चलका ओखलढुङ्गा, सोलुखुम्बुका किसानलाई रकम हस्तान्तरण गरी सकिएको मूल्याङ्कन अधिकृत वसन्तराज अर्यालले जानकारी दिनुभयो ।

]]>
6751 0 0 0
थामखर्क विमानस्थलमा नियमित उडान सुरु http://localhost/ghum/%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%96%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%af-2/ Wed, 09 Dec 2015 03:28:47 +0000 http://www.ghumphir.com.np/?p=6753

खोटाङ, २३ मङ्सिर ।

लामो समयपछि खोटाङको थामखर्क विमानस्थलमा आजदेखि नियमित उडान सुरु गरिएको छ । वर्षाका कारण गत जेठ १० गतेदेखि अवरुद्ध विमानस्थलमा आजदेखि नियमित उठान सुरु भएको हो । नेपाल एयरलायन्सको विमानले काठमाडौँ र विराटनगरका लागि नियमित उडान सुरु गरेको स्टेसन प्रमुख नरेन्द्र उदासले जानकारी दिनुभयो । वर्षाका कारण बन्द विमानस्थलमा नेपाल एयरलायन्सले आज बिहान काठमाडौं–थामखर्क उडान भरेको छ । थामखर्कमा नेपाल एयरलायन्सले हरेक मङ्गलबार र शनिबार काठमाडौँ तथा शनिबार विराटनगरका लागि उडान भर्ने दासले बताउनुभयो ।

]]>
6753 0 0 0
पर्यटकको सङ्ख्या बढ्यो http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Wed, 09 Dec 2015 03:30:00 +0000 http://www.ghumphir.com.np/?p=6755

भक्तपुर, २३ मङ्सिर ।

भूकम्प र भारतीय नाकाबन्दीपछि पनि भक्तपुर आउँने पर्यटकको सङ्ख्या बढेको छ । गत वैशाखदेखि कात्तिकसम्म जिल्लामा ३७ हजार ४३० जना पर्यटक आएका छन् । सो अविधमा सार्क तथा चीनबाट १० हजार ६६५ जना र अन्य यूरोपलगायतका देशबाट २६ हजार ७६५ पर्यटकको आगमन भएको छ । सार्क तथा चीनबाट वैशाखमा पाँच हजार ७३८, जेठमा नौ, असारमा ३९२, साउनमा ७१९, भदौमा ८७६, असोजमा एक हजार ८८५ र कात्तिकमा एक हजार ४६ जना पर्यटकले भक्तपुरको अवलोकन गरेका भक्तपुर नगरपालिका पर्यटन सेवा केन्द्रका प्रमुख दामोदर सुवालले जानकारी दिनुभयो । यूरोपलगायतका अन्यदेशबाट वैशाखमा छ हजार ८०८, जेठमा ११, असारमा एक हजार ११७, साउनमा दुई हजार २५१, भदौमा दुई हजार ७१०, असोजमा पाँच हजार ६४७ र कात्तिकमा आठ हजार २२२ जनाले भ्रमण गरेका थिए । कात्तिकमा नौ हजार २७६ जना पर्यटकको आगमन भएको छ । नगरपालिका क्षेत्रभित्रका सम्पदा अवलोकन गरेवापत नगरपालिकाले प्रवेश शुल्कका रुपमा सार्क तथा चीनका पर्यटकसँग प्रतिव्यक्ति रु ५०० र गैरसार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार ५०० शुल्क लिँदै आएको छ । नगरपालिकाले वैशाखदेखि कात्तिकसम्म आएका पर्यटकबाट रु चार करोड ५४ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।

]]>
6755 0 0 0
रैथाने धानका जात हराए http://localhost/ghum/%e0%a4%b0%e0%a5%88%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%9c%e0%a4%be%e0%a4%a4-%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%8f/ Wed, 09 Dec 2015 03:31:30 +0000 http://www.ghumphir.com.np/?p=6757

गौशाला, २३ मङ्सिर ।

वर्षौँदेखि महोत्तरीमा उब्जनी र स्वादका हिसाबले अत्ति उत्तम मानिएका एक दर्जनभन्दा बढी रैथाने धानका जात हराएका छन् । जिल्लाबाट हरिनकेर, तन्गी, गोला, नाजिर, कमलखोर, कमलकाँटी, गोखुलसार, साहमर्दन, मालभोग, बच्ची, जसवा, बाहरनी, मन्सरी प्रजातिका रैथाने धान हराएका छन् । अहिले जिल्लामा उन्नत् जातका नयाँनयाँ प्रजाति आउन थालेपछि रैथाने जातका धान देखिन छाडिसकेको किसानको भनाइ छ । स्वाद, सुगन्ध र रङ्गका कारण कुनै बेला सौख र सम्पन्नताको प्रतीक मानिने करियाकामत धानसमेत अहिले लोपोन्मुख अवस्थामा रहेको बथनाहाका किसान कारी कापरले बताउनुभयो । तर रैथाने मध्येकै बासमती धानले अहिले पनि अस्तित्व बचाएकै छ । रैथाने धान हराउँदै गएपछि गाईवस्तुलाई खुवाउन पराल, परम्परागत रुपमा परालले तयार पारिने गुन्द्री (चटाई) र पिर्का तथा छाना छाउने कामसमेत प्रभावित भएको औरहीका किसान वीरेन्द्र यादवले बताउनुभयो । जिल्लाबाट रैथाने प्रजातिका धान विस्थापित हुँदै जाँदा नयाँ भनिएका विकासे धानका कारण विभिन्न खाले रोग प्रकोपसमेत बढेको उहाँको भनाइ छ ।

]]>
6757 0 0 0
विश्वकाे उत्कृष्ट गन्तब्य सूचीमा नेपाल पनि(फाेटाे फिचर) http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%ac%e0%a5%8d/ Wed, 09 Dec 2015 03:44:11 +0000 http://www.ghumphir.com.np/?p=6760  मंसिर २३, काठमाडौं ।

पर्यटनसम्बन्धी बिश्वप्रसिद्ध प्रकाशन ‘नेसनल जियोग्राफिक ट्राभलर’ले सन् २०१६ मा घुम्नैपर्ने ठाउँको सूचीमा नेपाललाई पनि राखेको छ ।सन् २०१६ मा छुटाउनै नहुने ‘कुल’ गन्तब्यको सूचीमा नेपाल छैटौ नम्बरमा परेको छ । ‘महाभूकम्पका कारण नेपाल जाने पर्यटकको संख्यामा ८५ प्रतिशतले कमी आए पनि यो देश घुम्नका लागि सुरक्षित र ब्यबसायका लागि खुला छ’ म्यागेजिनले भनेको छ-‘स्वयंसेवा र साहसिक पर्यटनका लागि नेपाल सवैभन्दा उत्कृष्ट गन्तब्य हो ।’सन् २०१६ मा घुम्ने गन्तब्यको खोजीसहित तालिका बनाउन जुटेका पश्चिमी देशका पर्यटकलाई ट्राभलरको यो सूचीले नयाँ गन्तब्यबारे सोच्न बाध्य बनाउँछ ।भूकम्पका कारण नेपालमा पर्यटकको संख्यामा भारी गिरावट आइरहेका बेला प्रतिष्ठित म्यागेजिनले गरेको यो सिफारिसले नेपालमा पर्यटक आवागमनका लागि प्रेरित गर्ने छ ।१६ वटा कुल गन्तब्यको सूची सिफारिस गरेको नेसनल जियोग्राफिक ट्राभलरको बेलायती संस्करणले पहिलो नम्बरमा इरानलाई राखेको छ ।

१. इरान

IRAN

२. कोष्टारिका

Thomson started flying from Gatwick to Liberia in November and British Airways is hot on its heels, with twice-weekly flights from Gatwick to San José launching on 27 April

३. वासिङटन डीसी (अमेरिका)

It only takes a walk down Pennsylvania Avenue to get a taste for the exciting pace and rhythm at the political heart of the US, and that's not forgetting the chance to see The White House

४. आयरल्याण्ड

In 2014, Ireland spread its wings with the Wild Atlantic Way — a 1,550-mile trail touted as the world’s longest defined coastal touring route. Now it’s going back to its roots with an entire touring region: Ireland’s Ancient East

५. क्युवा

Cuba has been off-limits to US tourism for decades, and the resumption of diplomatic ties has created huge demand. JetBlue is already flying direct from New York, and Carnival is launching cruises from May 2016 while MSC Cruises will send their second ship in late 2016

६. नेपाल

Tourist numbers to Nepal plummeted by 85 per cent after the devastating earthquakes, but the country is once more open for business and safe to visit

७. सांघाई (चीन)

There is plenty to do in Shanghai and there is more to come...Fancy a trip to see Disney’s largest ever theme park castle? What about checking into a Toy Story-themed hotel? The $5.5billion (£3.6billion) Shanghai Disney Resort opens this spring

८. मोजाम्विक

Undiscovered Africa:Thanks to the government’s sustainable tourism plan, Mozambique is likely to remain a natural gem. Since the Foreign Office lifted its travel warning for Sofala Province earlier this year, it’s been going from strength to strength

९. सेन्ट भिसेन्ट र द गेनाडिन्स

The arrival of the $240million (£158million) Argyle International Airport is thought to be the start of the arrival of big jets with direct flights from Europe and the Americas to the golden sands of St Vincent and The Grenadines

१०. बोस्निाय र हर्जगोभिना

After tough economic and political times, the underdog of the Balkans is starting to shine again thanks to a host of new hotels opening

११. सोमरसेट

Somerset has seen a spate of recent hotel openings, from boutique B&Bs such as Durslade Farmhouse to self-catering accommodation Bath Mill Lodge Retreat and the Gainsborough Bath Spa, which combines a hotel with spa facilities in a Grade II listed building

१२. रियो दि जेनेरियो (ब्राजिल)

Around 10,000 Olympic athletes will descend on Rio from 5-21 August, with the Paralympics following from 7-18 September. The games will take place across the city and some of Rio’s most iconic sights will be re-calibrated as Olympic venues

१३. काजाकस्तान

Kazakhstan’s largest city and cultural capital is in the middle of a wave of regeneration — and it’s seeking a reputation as a city of sports. In 2017 it will be the host city for the Winter Universiade, with £626million being poured into development. Kazakhstan is also enticing UK tourists with a visa waiver programme that’s set to last until the end of 2017. Pictured is Bektau Ata

१४. अर्जेन्टिना

Argentina will have been independent for 200 years as of 9 July. Celebrations will centre on San Miguel de Tucumán and Buenos Aires. Join the revellers in traditional costume and follow the parades down the Avenida de Mayo towards the Casa Rosada. Pictured Laguna de Los Tres and Mount Fitz Roy in Patagonia

१५. सान सेवेन्टियन

As European Capital of Culture 2016, San Sebastián is hosting an eclectic programme of events, ranging from film and puppetry festivals to an outdoor performance of A Midsummer Night’s Dream, preceded by a banquet in the city’s largest park

१६. द ग्रेट बारियर रिफ

Sir David Attenborough recently returned to Australia to spend a year shooting on the 1,600-mile reef to bring the tiny interplays of this vast, complex ecosystem to life. The three-part series of hour-long films will air in early 2016 and is sure to inspire many travellers to make the journey to Queensland

]]>
6760 0 0 0
यि हुन् २०१५ का मूल्यवान २० टेक्नोलोजी ब्राण्डको सूचि http://localhost/ghum/%e0%a4%af%e0%a4%bf-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a5%a8%e0%a5%a6%e0%a5%a7%e0%a5%ab-%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%be%e0%a4%a8-%e0%a5%a8/ Wed, 09 Dec 2015 03:50:15 +0000 http://www.ghumphir.com.np/?p=6763 हामी वर्ष सन् २०१५ को अन्त्यतिर छौँ । त्यसैले अहिले यो वर्षभरमा कुन चिजले प्रभुत्व कायम गर्‍यो भनेर फर्केर हेर्ने समय भएको छ । हाम्रो जनजिवनमाथि प्रविधिको प्रभुत्व बढिरहँदा एप्पल तथा गुगल जस्ता टेक्नोलोजी ब्राण्डहरु सबैभन्दा मूल्यवान भैरहने कुरामा शंका छैन ।

यहाँ यो वर्षका सबैभन्दा मूल्यवान २० टेक्नोलोजी ब्राण्डको सूचि प्रस्तुत गरिएको छ जसले यो वर्ष केवल प्रविधि जगतमा मात्र होइन पूरै व्यवसायिक विश्वमै प्रभुत्व कायम गर्न सफल रहे । इन्टरब्राण्डले तयार पारेको विश्वका सबैभन्दा मूल्यवान ब्राण्डको सूचिबाट टप ट्वान्टी टेक्नोलोजी ब्राण्डको सूचि निकालिएको हो ।

Apple1

एप्पल

दुनियाको सबैभन्दा मूल्यवान ब्राण्ड एप्पल सन् २०१४ मा पनि एक नम्बरमै थियो । यसको ब्राण्ड भ्यालु १ खर्ब ७० अर्ब २७ करोड डलर छ ।

google

गुगल

विश्वको दोश्रो मूल्यवान ब्राण्डको रुपमा रहेको गुगलको ब्राण्डभ्यालु १ खर्ब २० अर्ब ३१ करोड डलर रहेको छ ।

माइक्रोसफ्ट

समग्रमा विश्वको चौथो मूल्यवान ब्राण्डको रुपमा रहेको माइक्रोसफ्ट गतवर्ष पाँचौ स्थानमा थियो । यसको ब्राण्ड भ्यालु ६७ अर्ब ६७ करोड डलर रहेको छ ।

आइबीएम

ब्राण्डभ्यालु ६५ अर्ब ९ करोड डलर सहित अमेरिकी कम्पनी आइबीएम विश्वको पाँचौँ सबैभन्दा मूल्यवान ब्राण्डको रुपमा रहेको छ ।

सामसुंग

विश्वको सातौँ मूल्यवान ब्राण्डको रुपमा रहेको सामसुंगको ब्राण्ड भ्यालु ४५ अर्ब २९ करोड डलर रहेको छ ।

अमेजन

अघिल्लो वर्ष १५ औँ स्थानमा रहेको अमेजन यो वर्ष १० औँ स्थानमा उक्लिएको छ र यसको ब्राण्ड भ्यालु ३७ अर्ब ९४ करोड डलर रहेको छ ।

इन्टेल

अघिल्लो वर्षभन्दा २ स्थान खस्किएर १४ औँ स्थानमा पुगेको इन्टेलको ब्राण्ड मूल्य ३५ अर्ब ४१ करोड डलर रहेको छ ।

सिस्को पन्ध्रौँ स्थानमा रहेको सिस्को कम्पनीको ब्राण्ड भ्यालु २९ अर्ब ८५ करोड डलर रहेकेा छ ।

ओरेकल

२७ अर्ब २८ करोड ब्राण्ड भ्यालु सहित ओरेकल १६ औँ स्थानमा रहेको छ । एचपी

१८ औँ स्थानमा रहेको एचपीको ब्राण्ड भ्यालु २३ अर्ब डलर रहेको छ ।

facebook

फेसबुक

दुनियाको २३ औँ सबैभन्दा मूल्यवान ब्राण्डको रुपमा रहेको फेसबुक अघिल्लो वर्ष २९ औँ स्थानमा थियो । यसको ब्राण्ड भ्यालु २२ अर्ब डलर भन्दा बढि रहेको छ ।

स्याप

२६ औँ मूल्यवान ब्राण्डको रुपमा रहेको स्यापको ब्राण्ड भ्यालु १८ अर्ब ७६ करोड रहेको छ । इबे

अनलाइन सपिंग साइट इबे ३२ औँ स्थानमा छ र यसको ब्राण्ड भ्यालु १३ अर्ब ९४ करोड डलर रहेको छ ।

क्यानोन

क्यानोन कम्पनीको ब्राण्ड भ्यालु ११ अर्ब २७ करोड रहेको छ र यो दुनियाको ४० औँ मूल्यवान कम्पनीको रुपमा रहेको छ ।

एसेन्चर

४२ औँ स्थानमा रहेको यो कम्पनीको ब्राण्ड भ्यालु १० अर्ब ८० करोड छ ।

सोनी

जापानी कम्पनी सोनी गत वर्ष भन्दा ६ स्थान खस्किएर ५८ औँ स्थानमा पुगेको छ र यसको ब्राण्ड भ्यालु ७ अर्ब ७० करोड डलर छ ।

प्यानासोनिक

ब्राण्ड भ्यालु ६ अर्ब ४३ करोड डलर सहित प्यानासोनिक ६५ औँ स्थानमा रहेको छ ।

एडब

६८ औँ स्थानमा रहेको एडबको ब्राण्ड भ्यालु ६ अर्ब २५ करोड रहेको छ ।

जेरक्स

७१ औँ मूल्यवान ब्राण्डको रुपमा रहेको जेरक्सको ब्राण्ड भ्यालु ६ अर्ब ३ करोड डलर रहेको छ ।

हुवाबे

चिनिया कम्पनी हुवाबे दुनियाको ८८ औँ मूल्यवान ब्राण्ड हो र यसको ब्राण्ड भ्यालु ४ अर्ब ९५ करोड डलर रहेको छ ।

]]>
6763 0 0 0
च्याउ खाँदा चार प्रहरी बिरामी http://localhost/ghum/%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89-%e0%a4%96%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a4%bf/ Wed, 09 Dec 2015 03:57:03 +0000 http://www.ghumphir.com.np/?p=6770

महोत्तरी, २३ मङ्सिर ।

च्याउ खाँदा महोत्तरीको गौशालामा चार प्रहरी बिरामी परेका छन् । इलाका प्रहरी कार्यालय गौशालामा कार्यरत एक सहायक प्रहरी निरीक्षकलगायत तीनजना प्रहरी जवानले हिजो सामूहिक रुपमा आफ्नै परिसरमा रहेको च्याउको अचार खाँदा उनीहरु बिरामी परेका हुन् । बिरामी पर्नेमा सहायक प्रहरी निरीक्षक राम एकवाल यादव, प्रहरी जवान अमरबहादुर खड्कालगायत अन्य दुई प्रहरी जवान रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । दिउँसोको समयमा खाना खाएपछि लगातार रुपमा बान्ता गर्न थालेपछि तत्काल चारैजनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा पठाएका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई जनकपुर अञ्चल अस्पतालमा पठाइएको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो ।

]]>
6770 0 0 0
सात अर्बभन्दा बढीको सेयर आउँदै http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a4-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0/ Wed, 09 Dec 2015 04:02:02 +0000 http://www.ghumphir.com.np/?p=6773 काठमाण्डाै, २३ मङ्सिर ।
पुँजी बजारमा लगानी गर्न चाहनेलाई नयाँ अवसर आउँदैछ। निकट भविष्यमै विभिन्न कम्पनीले साँढे सात अर्ब रुपैयाँभन्दा बढीको साधारण सेयर र हकप्रद निष्कासन गर्ने तयारी गरेका छन्। सेयर निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा यी कम्पनीले आवेदन दिएका छन्। बोर्डबाट अनुमति पाएपछि आवेदन दिएका कम्पनीले सेयर निष्कासन प्रक्रिया अघि बढाउन पाउनेछन्।
नेपाल राष्ट्र बैंक बैंकले चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि धेरै विकास बैंकले हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेका छन्। दोस्रो बजारमार्फत सेयर कारोबार गर्न तुलनात्मकरूपमा बढी जोखिम हुने भएकाले सर्वसाधारण र नयाँ लगानीकर्तालाई साधारण सेयर आकर्षण हुन सक्छ।
सामान्यतयः साधारण सेयर एक सय रुपैयाँमा पाइन्छ । हकप्रद सेयरमा भने पुरानो सेयर भएकाले किन्ने प्राथमिकता पाउँछन्। हकप्रद पनि एक सय रुपैयाँमै पाइन्छ।
हाल धितोपत्र बोर्ड एक अर्ब ६ करोड ११ लाख ४७ हजार रुपैयाँको साधारण सेयर र ६ अर्ब ५९ करोड ७६ लाख ५६ हजार रुपैयाँको हकप्रद सेयर निष्कासनका लागि आवेदन परेको छ। साधारण सेयर निष्कासन गर्न नेपाल इन्डस्ट्रियल डेभलपमेन्ट कर्पोरेसनले अनुमति मागेको छ।
यो कम्पनीले १८ करोड ४१ लाख ७६ हजार रुपैयाँको साधारण सेयर जारी गर्न लागेको हो। यसैगरी, मर्केन्टाइल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, मेरो माइक्रो फाइनान्स वित्तीय संस्थालगायतले पनि साधारण सेयर जारी गर्न अनुमति मागेका छन्।
बोर्डका अनुसार मर्केन्टाइल फाइनान्सले एक करोड ८० लाख तथा ग्रीन डेभलपमेन्ट बैंकले १० करोड रुपैयाँको साधारण सेयर निष्कासन गर्न लागेका हुन्।
पुँजी बढाउन केही वाणिज्य बैंकसहित थुप्रै विकास बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएका छन्।
हाल धितोपत्र बोर्डमा चुक्ता पुँजी वृद्धि गर्न हकप्रद निष्कासनका लागि सनराइज बैंक र प्रभु बैंकले निवेदन दिएका छन्। सनराइज बैंकले २०:३ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ भने प्रभुले १०:२ अनुपातमा हकप्रद ल्याउन लागेको हो। सनराइज बैंकले ३६ करोड ९० लाख ४७ हजार रुपैयाँको ३६ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसैगरी, प्रभु बैंकले १०:२ अनुपातमा हकप्रद निष्कासन गर्न आवेदन दिएको छ।
धितोपत्र बोर्ड एक अर्ब ६ करोड ११ लाख ४७ हजार रुपैयाँको साधारण सेयर र ६ अर्ब ५९ करोड ७६ लाख ५६ हजार रुपैयाँको हकप्रद सेयर निष्कासनका लागि आवेदन परेको छ।
प्रभुले ६४ करोड १७ लाख ७७ हजार रुपैयाँको ६४ लाख १७ हजार सात सय ७० कित्ता हकप्रद निष्कासन गर्दैछ। राष्ट्र बैंकले तोकेअनुसार आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन हकप्रद सहयोगी हुनेछ । यसबाहेक यो बैंक ग्रान्ड बैंकसँग मर्जको प्रक्रियामा छ।
नेपाल धितोपत्र बोर्डका अनुसार चुक्ता पुँजी बढाउन गण्डकी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, ललितपुर फाइनान्स, एक्सेल विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंकलगायत डेढ दर्जनभन्दा बढी विकास बैंकले हकप्रद सेयर निष्कासन गर्दैछन् भने केहीले निष्कासन गरिसकेका छन्।
बोर्डले केही बैंकलाई सोधपुछ र अन्य जानकारी माग्ने काम गरिरहेको छ। गण्डकी विकास बैंकले १०:३ अनुपातमा हकप्रद जारी गर्दैछ। यसअनुसार १० लाख ५६ हजार कित्ताको १० करोड ५६ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन हुनेछ। यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकको १८ करोड ४० लाख रुपैयाँको १८ लाख ४० हजार रुपैयाँको सेयर बजारमा आउँदैछ।
धितोपत्र बोर्डमा पेस गरिएको आवेदन अनुसार इन्नोभेटिभ डेभलपमेन्ट बैंकले ३:२ अनुपातमा हकप्रद बिक्री गर्ने तयारी गरेको छ। यस अनुसार १० करोड रुपैयाँको १० लाख कित्ता सेयर निष्कासन हुनेछ।
धितोपत्र बोर्डमा साधारण तथा हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएकामा केही कम्पनी भने वर्षौदेखि अनुमति मागे पनि बजारमा नल्याउने छन्। केही कम्पनी मर्जमा गएका तथा केहीले निष्कासन गरिसकेका समेत पाइपलाइनमा देखिएका छन्। शिखर इन्सुरेन्स कम्पनी पाइप लाइनमा देखाइएको भए पनि यो कम्पनीले यसैसाता फर्दर पब्लिक इस्यु जारी गरिसकेको छ।साभार अन्नपुर्ण
]]>
6773 0 0 0
कैलालीमा जङ्गली हात्तीको उपद्रो बढ्दै http://localhost/ghum/%e0%a4%95%e0%a5%88%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a5%80-%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b/ Wed, 09 Dec 2015 08:38:48 +0000 http://www.ghumphir.com.np/?p=6776

धनगढी, २३ मङ्सिर ।

कैलाली जिल्लाको दक्षिण सीमावर्ती रतनपुरलगायतका गाविस क्षेत्रमा जङ्गली हात्तीको झुण्डले खेतमा लगाइएको बालीमा क्षति पु¥याएको छ । रातिको समयमा आउने हात्तीले केही हप्ताअघि मात्रै छरेको गहुँ, सिँचाइका लागि खेतमा राखिएको पम्पिङ्सेट, तरकारी बालीमा क्षति पु¥याउन थालेपछि हैरानी खेप्नुपरेको स्थानीयवासीले बताएका छन् । सीमापारी भारतको दुदुवा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको झुण्ड नजिकै रहेको कैलालीको बसन्ता वन क्षेत्रमा दिउँसोको समयमा चरनमा रहने गरेको बताइएको छ । जङ्गली हात्तीले उपद्रो मच्चाउन थालेपछि रातिको समयमा स्थानीयवासी आतङ्कित हुनथालेका छन् । यसअघि वर्षे धानबालीको समयमा पनि हात्तीले कैलाली जिल्लाको सीमावर्ती कैयौँ क्षेत्रको धानबालीमा क्षति पु¥याएका थिए ।

]]>
6776 0 0 0
गिद्ध संरक्षणमा पाल्पाको मदनपोखरा नमुना http://localhost/ghum/%e0%a4%97%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a5%8b/ Wed, 09 Dec 2015 08:40:35 +0000 http://www.ghumphir.com.np/?p=6778

पाल्पा, २३ मङ्सिर ।

सामुदायिक वनले जैविक विविधताको संरक्षण, गिद्धलाई शुद्ध आहारा र वनको दिगो व्यवस्थापनले गिद्ध संरक्षणका लागि पाल्पाको मदनपोखरा गाविस नमुना बनेको छ सामुदायिक वन तथा समुदाय गिद्ध संरक्षणमा अग्रसर भएपछि एसियामा पाइने नौ प्रकारका गिद्धमध्ये सात प्रजातिका गिद्ध मदनपोखरा गाविस–६ अधँेरी छरछरे सामुदायिक वनमा उडिरहेका हुन्छन् । पाल्पाको छरछरे सामुदायिक वनमा सात प्रजातिका गिद्ध बसोबास गर्दैआएका छन् । करिब एकसय वर्ष अघिको सिमलको रुख र त्यसको आसपासमा सात प्रकारका गिद्ध बस्ने, सिनो खान आउने गरेकाले यस क्षेत्रलाई नै रमणीय बनाएका छन् । विश्वमा लोपोन्मुख डङ्गर प्रजातिको गिद्धको सिमलको रुखमा गुड नै बनाएको छ । उसले प्रत्येक वर्ष बच्चा जन्माउने कोलल्ने र बच्चालाई उडाउन सिकाउने गरेको छ । प्रशस्त मात्रमा गिद्ध देख्न सकिने यस क्षेत्रमा गिद्धको महत्व बुझ्नका लागि अनुसन्धानकर्ताको चहलपहल हुने गर्दछ । क्यामेरामा गिद्धको फोटो कैद गर्न उनीहरु रमाउने गरेको स्थानीयवासीको भनाइ छ । अधेरी छरछरे सामुदायिक वन, नेपाल पक्षी संरक्षण सङ्घ, जिल्ला वन कार्यालय र जिल्ला विकास समिति पाल्पाको सहयोगमा डङ्गर प्रजातिको गिद्ध संरक्षणका लागि सिमलको संरक्षण र शुद्ध आहाराको उचित व्यवस्थापन गरिएको छ । स्थानीय बासिन्दाले गिद्ध तथा जैविक विविधताको संरक्षण र वनको दिगो व्यवस्थापन गरेकाले स्वदेशी तथा विदेशी अनुसन्धानकर्ता अध्ययन तथा अनुसन्धानका लागि यस क्षेत्रमा आउनेको निकै चहलपहल हुने गरेको छ । पाल्पा जिल्लाको मदनपोखरा, तानसेनको धरमपानी, छहरा, सोमदी, बौघागुम्बा र रामपुरलगायतका स्थानमा रुख तथा पहरामा हिमाली, सेतो, खैरो र हाडफोर प्रजातिका गिद्धले गँुड बनाएर बस्ने गरेको जिल्ला वन कार्यालय पाल्पाले जनाएको छ । तानसेनको बतासेडाँडामा गिद्ध घाम ताप्नका लागि ठूलो सङ्ख्यामा आउने गर्दछन् । यस क्षेत्र गिद्धका लागि उपयुक्त क्षेत्र रहेको जानकारहरु बताउँछन् । विश्वबाट नै गिद्ध लोप हुने अवस्थामा पुगेको जिल्ला वन अधिकृत प्रकाश लम्सालले बताउनुभयो । गिद्ध संरक्षणका लागि मदनपोखरामा ‘गिद्ध रेस्टुराँ’ सञ्चालनमा रहेको छ । रेस्टुराँमा मरेका पशु त्यहाँ लगेर राख्ने चलन रहेको छ । जसबाट गिद्ध आहारा सेवन गर्न सक्नेछ । रेस्टुराँ सञ्चालनले पनि पाल्पामा गिद्ध संरक्षण भएको जिल्ला पशु सेवा कार्यालयको दाबी छ । मरेको पशुपक्षी वा सिनो गिद्धको प्रमुख आहारा हो । पशपक्षीको उपचारमा प्रयोग गरिने ‘डाइकोफेनेक’ले नै गिद्धको सङ्ख्या बर्सेनि घटेको हो ।पशुपक्षीलाई दुखाई र सुन्निएको निको पार्नका पशु पक्षी उपचार गरेका डाइकोफेनेक पशु आहाराको रुपमा खाने गर्दा गिद्ध मर्ने गरेका हुन् । त्यस्तो प्रकारका सिनो खाएपछि गिद्धको मृगौलामा युरिड, एसिड जमेर गिद्ध मर्ने गरेको जानकारहरू बताउँछन् ।

]]>
6778 0 0 0
विश्वकाे सबैभन्दा अग्लाे ताल पुग्दा (फाेटाे फिचर) http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%85%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a5%87/ Thu, 10 Dec 2015 03:48:23 +0000 http://www.ghumphir.com.np/?p=5918 रस्मी थिङ तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १।२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ । तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमालले घेरेर रहेको तिलिचो तालको सुन्दतार मनामोहक रहेको छ ।

यो ताल ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो रहेको छ । यो ताल पुग्नका लागी गाह्रो छ, पुगे पछीको सुन्दताले पुग्नु अगाडीका सबै दुखहरु विर्सन बाध्य हुन्छ । पुग्नु अगाढी ठाढै उकालोले जती असहज बनाउछ पुगेपछिको आन्नदले मनमोहक बनाउछ ।

Tilocho Trek Manang @ Ghumphir.com (1) Tilocho Trek Manang @ Ghumphir.com (2) Tilocho Trek Manang @ Ghumphir.com (3) Tilocho Trek Manang @ Ghumphir.com (4) Tilocho Trek Manang @ Ghumphir.com (5) Tilocho Trek Manang @ Ghumphir.com (6) Tilocho Trek Manang @ Ghumphir.com (7) Tilocho Trek Manang @ Ghumphir.com (8) Tilocho Trek Manang @ Ghumphir.com (10) Tilocho Trek Manang @ Ghumphir.com (11) Tilocho Trek Manang @ Ghumphir.com (13) Tilocho Trek Manang @ Ghumphir.com (14) Tilocho Trek Manang @ Ghumphir.com (15) Tilocho Trek Manang @ Ghumphir.com (16) Tilocho Trek Manang @ Ghumphir.com (17) Tilocho Trek Manang @ Ghumphir.com (18)

]]>
5918 0 0 0
राजाको कोटको इतिहास हराउँदै http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8-%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%89/ Wed, 09 Dec 2015 08:42:31 +0000 http://www.ghumphir.com.np/?p=6780

डडेल्धुरा, २३ मङ्सिर ।

तेह्रौ शताब्दीमा राजा नागी मल्लद्वारा डोटी राज्य सञ्चालनका लागि निर्माण गरिएको अजयमेरुकोटको इतिहास मेटिने खतरामा पुगेको छ । गृष्मकालीन मौसममा बस्नका लागि निर्माण भएको कोट संरक्षणका अभावमा जीर्ण बन्नुका साथै संरचनासमेत मेटिदै गइरहेको अजयमेरुकोटको अवलोकनमा निस्कने अवलोकनकर्ता बताउँछन् । मल्ल राजाको दरबर, रानीले रानीताल नुहाउन जाने गुफा, घोडाराख्ने तवेला, नौला, देवलको संरचना केही हराइसकेका र केही जीर्ण अवस्थामा रहेका स्थानीयवासीको भनाइ छ । पुराना कलाशैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको इतिहास मेटिँदै गइरहेको छ । यस भेगकै शक्तिशाली राजाका रुपमा रहेका राजा नाग मल्लले राज्य सञ्चालन गर्नका लागि निर्माण भएको कोट पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण स्थलको रुपमा रहेको स्थानीय शिक्षक हीरा सेटी बताउनुहुन्छ । आफूले पर्यटकलाई आकर्षण गर्नका लागि होमस्टे सञ्चालनमा ल्याएको भए तापनि मुख्य आकर्षण नै ओझेलमा रहेको उहाँले गुनासो गर्नुभयो । यस कोटभित्र रहेको गुफा, रानीले नुहाउने पोखरी, प्राचीनशैलिका नौला, देवललाई मात्र उही आकारमा निर्माण गर्न सक्ने हो भने आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने स्थानीय बासिन्दा बताउँछन् । डडेल्धुरा जिल्लाको अजयमेरु गाविसस्थित अजयमेरु कोटको संरक्षण तथा सम्बद्र्धन हुन नसक्दा एकहजार ३०० वर्ष पुरानो इतिहास मेटिने अवस्थामा पुगेको हो । आठाँै शताब्दीमा निर्माण गरेको ऐतिहासिक दरबारको हाल भग्नावशेष मात्रै रहेको छ, भने उक्त क्षेत्रमा रहेका देवल जीर्ण भइसकेका छन् । जीर्ण बनेका भवनबाट १० आँैं फिट लामा ढुङ्गाको मूर्ति चोरी हुन थालेको छ । पुरातत्व विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्नका लागि पहल गरिरहेको जनाए पनि अजयमेरुकोटमा रहेका ऐतिहासिक र कलात्मक मूर्ति चोरी भइसकेका छन्् । कोटक्षेत्रमा रहेका अधिकांंस देवल पूर्णरुपमा नष्ट भइसकेका छन् । नेपाल सरकारबाट आवश्यक बजेट नआई थोरै आउने र त्यो पनि उद्देश्यअनुसार काम नहुँने गरेको स्थानीवासीले आरोप लगाएका छन् । संरक्षण र सम्बद्र्धन हुन नसक्दा कोट क्षेत्रमा रहेको गुफासमेत बन्द भइसकेको छ । कोटक्षेत्रमा रहेका ऐतिहासिक पानीका नाला जीर्ण छन् । जमिन अतिक्रमण गरेर खेती गर्नाले कोटले चर्चेको भूभाग साँगुरिदै गएको छ । तत्कालीन राजाले यहीबाट नै डोटी राज्य व्यवस्था सञ्चालन गर्दै आएको भन्ने किम्बदन्ती स्थानीयस्तरमा रहेको पाइन्छ ।

]]>
6780 0 0 0
मध्यपहाडी लोकमार्ग निर्माणको काम ठप्प http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%aa%e0%a4%b9%e0%a4%be%e0%a4%a1%e0%a5%80-%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae/ Wed, 09 Dec 2015 08:47:15 +0000 http://www.ghumphir.com.np/?p=6782

बागलुङ, २३ मङ्सिर ।

भूकम्पका कारण प्रभावित बनेको मध्यपहाडी–पुष्पलाल लोकमार्गको निर्माण कार्य इन्धन अभावका कारण ठप्प भएको छ ।लोकमार्गको बागलुङ खण्डमा गत साउनदेखि निर्माणको काम ठप्प छ । आयोजनाका इन्जिनियर कर्णसिंह कठायतले इन्धन अभाव हुँदा भइसक्नुपर्ने २० प्रतिशत काम पछि सरेको बताउनुभयो । इन्धन र निर्माण सामग्री आपूर्ति नहुँदा निर्माण कार्यमा बाधा पुगेको उहाँको भनाइ छ । चाडबाड मान्न घर गएका मजदुर फर्केका छैनन् । “यस्तै अवस्था रहे निर्माण कार्यको समयावधि लम्बिन्छ” कठायतले भन्नुभयो । लोकमार्गको रसुवा–नुवाकोट खण्डका डिभिजन प्रमुख रोहित बिसुरालले इन्धन अभावले निर्माण पूर्ण रुपमा ठप्प रहेको बताउनुभयो । “बल्लतल्ल आपूर्ति भएको इन्धन सर्वसाधारणले प्रयोग गरिरहेका छन्” उहाँले भन्नुभयो । रसुवागढी–केरुङ नाका भएर चल्ने गाडीको चाप बढेपछि इन्धन अभावका कारण सडकको स्तरवृद्धि गर्न नसकिएको उहाँले बताउनुभयो । सदरमुकामदेखि बिहुँसम्मको १३ किमी सडकको अढाइ वर्षअघि ठेक्का सम्झौता भए पनि अझै काम सुरु भएको छैन । बागलुङ खण्डको घोडाबाँधे–हटियाको २० किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी खण्डमा सडक विस्तार र कालोपत्रेको लागि पूर्वाधार तयारीको काम भइरहेको छ । इन्धनको सङ्कट लम्बिदै गए हटिया–बुर्तिवाङ ४३ किलोमिटर सडक दुई वर्षमै कालोपत्रे गर्ने लक्ष्य पूरा नहुने आयोजनाले जनाएको छ । सडक विस्तार, स्तरोन्नति, पूर्वाधार तयारीलगायत पुल निर्माणको काम पनि ठप्प छ । बागलुङ खण्डमा पर्ने चौध पुलमध्ये सात वटा निर्माणको चरणमा छन् । ती पुल पनि समयमै नबन्ने देखिएको छ । मध्यपहाडी लोकमार्गसँगै अर्को राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको निर्माण कार्य पनि इन्धन अभावले प्रभावित भएको छ ।

]]>
6782 0 0 0
रसुवागढी नाकामा सुख्खा बन्दरगाहा बनाउने प्रक्रिया अगाडि http://localhost/ghum/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%96%e0%a4%be-%e0%a4%ac/ Wed, 09 Dec 2015 08:48:18 +0000 http://www.ghumphir.com.np/?p=6784

धुन्चे (रसुवा), २३ मङ्सिर ।

नेपाल–चीनबीचको व्यापार व्यवसाय गर्ने उत्तरी रसुवागढी नाका क्षेत्रमा सुख्खा बन्दरगाहा बनाउन प्रक्रिया अगाडि बढेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको सुख्खा बन्दरगाहाको नियमनकारी प्रमुख संस्था नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रबन्धक हेमेन्द्र मोहन शाहीका अनुसार रसुवागढी नाकाको लागि चीन सरकारले सुख्खा बन्दरगाहा बनाई दिने सम्झौता भइसकेको कारण टिमुरे गाविसमा जमिनको रेखाङ्कन गर्ने काम सम्पन्न भएको छ । टिमुरे गाविसको घट्टेखोलाको तल्लो डिलदेखि तातोपानी नजिकसम्म सडकबाट नदीतर्फको पूरै भाग, भोटेकोशी नदी किनारको करिब दुई किलोमिटर तटीय क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण हुने र अधिग्रहण गरिने निजी जग्गाका धनीलाई क्षेत्रको जानकारीसमेत गराइसकिएको बताइएको छ । सुख्खा बन्दरगाहाले लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय वासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनीको क्षेत्रफल ओगट्ने बताउँदै प्रबन्धक शाहीले सो बन्दरगाहामा तीन सय मालमाहक कन्टेनर व्यवस्थित ढङ्गले पार्किङ गर्न मिल्ने जानकारी दिनुभयो । स्थानीय वासिन्दाको स्वामित्वका जग्गा जमिन, जग्गा प्राप्ति ऐनबमोजिम र लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न सरकारी स्वामित्वका जग्गाका लागि निणयार्थ सरकार समक्ष अनुरोध गरिने निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी थापाले बताउनुभयो ।

]]>
6784 0 0 0
काँग्रेस सभापतिमा मेरो उम्मेदवारी सुनिश्चित: नेता पौडेल http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%89/ Wed, 09 Dec 2015 08:53:12 +0000 http://www.ghumphir.com.np/?p=6786

फलेवास (पर्वत), २३ मङ्सिर ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको आगामी महाधिवेशनमा सभापतिको लागि आफुले उम्मेदवारी दिने सुनिश्चित भैसकेको खुलासा गर्नुभएको छ । नेपाल प्रेस यूनियन पर्वत शाखाले आज बिहान कुश्माबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले पार्टीले के भन्छ भन्दा पनि आफ्नो निर्णय आफँै गर्ने भएकाले मेरो उम्मेदवारी रोकिँदैन । उहाँले अहिलेसम्म आफुले सुशील कोइराला र शेरबहादुर देउवा पक्षबीच मध्यस्थता गरेको बताउँदै अब आफ्नो निर्णयबाट पछि नहट्नेसमेत ठोकुवा गर्नुभयो ।

Ramchandra-Paudelउपसभापति पौडेलले समयको माग र पार्टीको आवश्यकतालाई हेरेर आफुले उम्मेदवारी दिने निर्णय गरिसकेको बताउँदै अहिलेसम्म पार्टीलाई गरेको योगदानका कारण आफ्नो जीतसमेत सुनिश्चित रहेको पनि दाबी गर्नुभयो । अर्को प्रसङ्गमा पौडेलले वर्तमान समस्याको निकासको बिन्दु भनेको नेपाली काँग्रेसले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावनै भएको बताउनुभयो । उहाँले उक्त प्रस्तावमाथि छलफल गरेर निर्णय लिने वित्तिकै मधेसको समस्या समाधान हुने पनि बताउनुभयो । ‘संसदबाट त्यसलाई पारित गराँै, समस्या तत्काल समाधान हुन्छ,’ उहाँले भन्नुभयो । उपसभापति पौडेलले मधेसवादी दललाई दशगजा छाडेर वार्ताको टेबुलमा आउन आग्रह गर्नुभयो । उहाँले दशगजामा बसेर नाका रोक्दैमा समस्याको समाधान हुनेवाला छैन, दशगजा छाडेर वार्तामा आउनुहोस् त्यहीँबाट निकास निस्कन्छ, उहाँले भन्नुभयो । पौडेलले मधेसमा गएर संविधानका अन्तरवस्तुबारे जानकारी गराउन नसक्दा समस्या भएको बताउनुभयो । उहाँले संविधानसभाले निर्माण गरेको अहिलेको संविधान दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गर्दै एकदुई जनाको विचार नसमेटिँदैमा संविधान अपुरो र जनमुखी छैन भनेर भ्रम नछर्न मधेसवादी दललाई चेतावनी पनि दिनुभयो । पौडेलले वर्तमान समस्याको समाधान गर्न नेपाली काँग्रेसले नै अग्रसरता देखाएको बताउँदै समस्याको समाधानकै लागि आफ्नै नेतृत्वको सरकार हुँदा संशोधन प्रस्ताव दर्ता गरेको बताउनुभयो । उहाँले केपी ओलीसँग प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्न कोइरालाले उम्मेदवारी दिनुलाई लोकतान्त्रिक प्रकृया भएको बताउँदै उम्मेदवारी दिँदैमा काँग्रेस अराष्ट्रिय नहुने पनि बताउनुभयो । पौडेलले आम नेपालीलाई संविधानका बारेमा जानकारी गराउने उद्देश्यले ‘कस्तो बन्यो संविधान, अब सुरु गराँै एकताको अभियान’ देशव्यापीरुपमा सञ्चालन गर्ने जानकारी दिँदै आपूm त्यसैको सिलसिलामा देश दौडाहामा निस्किएको पनि बताउनुभयो ।

]]>
6786 0 0 0
तातोपानी कुण्ड http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1/ Wed, 09 Dec 2015 08:56:05 +0000 http://www.ghumphir.com.np/?p=6789 6789 0 0 0 पूर्वको पशुपतिनाथ http://localhost/ghum/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%a5/ Wed, 09 Dec 2015 08:57:15 +0000 http://www.ghumphir.com.np/?p=6792 6792 0 0 0 डेढ वर्षपछि राप्रपाको दुवै पक्षका नेता एकसाथ कार्यालयमा http://localhost/ghum/%e0%a4%a1%e0%a5%87%e0%a4%a2-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%81/ Wed, 09 Dec 2015 09:02:43 +0000 http://www.ghumphir.com.np/?p=6795

काठमाडौँ, २३ मङ्सिर ।

डेढ वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको दुवै पक्षका नेताहरु चावहिलस्थित केन्द्रीय कार्यालयमा उपस्थित भई कार्यक्रम गरेका छन् । राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी एकताका समयमा भएको सहमति पालना नभएको भन्दै पूर्व प्रधानमन्त्री एवम् पार्टी नेता लोकेन्द्रबहादुर चन्दलगायतले समानान्तर पार्टीको काम गर्दै आउनुभएको थियो । आलोपालो प्रणालीबाट अध्यक्ष चलाउने सहमतिपछि दुई साताअघि विवाद मिलेको थियो । विवाद मिले पनि चन्द पक्ष कार्यालयमा गएको थिएन ।

rppपार्टी केन्द्रीय समितिले आज आयोजना गरेको तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रममा दुवै पक्षका नेताहरु एकसाथ उपस्थित भई पार्टी एक भएको घोषणा गरेका छन् । कार्यक्रममा अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकमा मजबुत शक्तिको आवश्यकता भएकाले सबै राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताउनुभयो । “बहालवाला शक्तिले देशको हाँकलाई सामना गर्न नसकेकाले वैकल्पिक शक्तिका रुपमा राष्ट्र«वादी शक्ति एक हुने समय आएको छ, यस्तो शक्तिले मात्र नाकाबन्दीबाट भएको पीडा कम गर्न सक्छ,”उहाँले भन्नुभयो । स्थानीय निकायको निर्वाचन गराउन गाउँगाउँबाट दबाब दिइनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । भूकम्प पीडित र मधेसका समस्या समाधान गर्न सरकार असफल भएको टिप्पणी अध्यक्ष राणाको थियो । कार्यक्रममा नेता चन्दले नेपाली जनता राष्ट्रियता र स्वाधीनताका लागि जस्तोसुकै कष्ट सहन तयार छन् भन्ने नाकाबन्दीबाट प्रमाणित भएको बताउनुभयो । “वर्तमान सङ्कटबाट पार पाउन नयाँ राजनीतिक शक्तिको आवश्यकता छ, राप्रपा एकढिक्का भई अब त्यो ठाउँ लिनुपर्छ, यसका लागि टाउको मात्र मिलेर हुन्न, हाम्रो मन पनि मिल्नुपर्छ,”उहाँले भन्नुभयो । महामन्त्री एवम् पार्टी संसदीय दलका नेता दीपक बोहराले वैकल्पिक राष्ट्र«वादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि राप्रपा नेपालसँग पनि एकीकरण गरिनुपर्ने बताउनुभयो । सो अवसरमा नव मनोनीत केन्द्रीय सदस्यत्रय दिलविकास राजभण्डारी, विन्देश्वर यादव र पदमबहादुर तामाङलाई अध्यक्ष राणाले शपथ ग्रहण गराउनुभएको थियो ।

]]>
6795 0 0 0
गाँजा तस्कर र प्रहरी टोलीबीच गोली हानाहान http://localhost/ghum/%e0%a4%97%e0%a4%be%e0%a4%81%e0%a4%9c%e0%a4%be-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%b0-%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%9f%e0%a5%8b%e0%a4%b2%e0%a5%80/ Wed, 09 Dec 2015 09:06:55 +0000 http://www.ghumphir.com.np/?p=6798 मंसिर २३,विराटनगर ।

सप्तरीको तिकलिया–८ मा गाँजा तस्कर र प्रहरी टोलीबीच गोली हानाहान भएको छ । बगानखोला किनारमा गए राति दुई पक्षबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ । शंकास्पद अवस्थामा गइरहेको समूहलाई प्रहरी गस्ती टोलीले पछ्याएको थियो र त्यसक्रममा तस्कर समूहले गोली चलाएपछि आफ्नो टोलीले पनि गोली चलाएको प्रहरीले बताएको छ । पूर्वक्षेत्रीय प्रहरी कार्यालयका अनुसार त्यसक्रममा तस्करहरुको समूह भागेको थियो । उनीहरुले छाडेर गएको ४० किलो गाँजा प्रहरीले बरामद गरेको छ ।उता मोरङको भोगटेनीमा प्रहरीले ५ किलो गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्र विश्वकर्मा, नरेन्द्र लिम्बू, पाण्डव चौधरी, पूर्ण राई र संयोग राई रहेको प्रहरीले जनाएको छ ।

]]>
6798 0 0 0
बालाचर्तुदशी पर्व मनाइँदै http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%a6%e0%a4%b6%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%ae%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%81%e0%a4%a6/ Thu, 10 Dec 2015 03:05:29 +0000 http://www.ghumphir.com.np/?p=6801

काठमाडौँ, २४ मङ्सिर ।

दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै आज बिहानै पशुपति क्षेत्रको मृगस्थलीमा सद्बिज छरी बालाचर्तुदशी पर्व मनाइएको छ । सद्बिज छर्न श्रद्धालु भक्तजनको बुधबार राति नै पशुपति क्षेत्रमा भीड लागेको थियो । सद्बिजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ । आजका दिन मृगस्थलीमा सद्बिज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । परिवारका दिवङ्गत सदस्यको सद्गतिको कामनाका साथ मार्ग कृष्ण त्रयोदशीका दिन राति नै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनले दीपदान गरेका छन् । धैरै भक्तजन दीपदान गरी रातभर पशुपतिनाथ मन्दिर परिसरमा नै सद्बिज छर्न जागराम बसेको थिए । गत वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रका सम्पदा र सत्तल जीर्ण रहेकाले यस वर्ष जाग्राम बस्ने भक्तजनलाई चौरमा टेन्ट उपलब्ध गराइदिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो । यस वर्ष भूकम्पबाट दिवङ्गत भएको परिवारका सदस्यको आत्माको चिरशान्तिका कामना गर्दै दीपदान गर्न र सद्बिज छर्न पुशपति क्षेत्रमा भक्तजनको भीडा लागेको छ । आज नुवाकोट, म्याग्दीलगायत देशका अन्य शक्तिपीठहरुमा पनि सद्बिज छरेर बालाचतुर्दशी पर्व मनाउँदै छन् ।

]]>
6801 0 0 0
यातायातका कार्यालयमा सेवाग्राहीको भीड http://localhost/ghum/%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%b5/ Thu, 10 Dec 2015 03:09:10 +0000 http://www.ghumphir.com.np/?p=6803

काठमाडौँ, २४ मङ्सिर ।

काठमाडौँ उपत्यकास्थित यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयमा सेवाग्राहीको भीड बिहानैदेखि बढेको छ । नेपाल आयल निगमले राजस्व नबुझाएका निजी सवारीसाधनका धनीलाई इन्धन नदिने सार्वजनिक सूचना जारी गरेपछि कर तिर्न सेवाग्राहीको ती कार्यालयमा भीड लागेको हो । सल्लाघारी भक्तपुरस्थित यातायात कार्यालय, ललितपुरको एकान्तकुना र ताल्चिखेल र काठमाडौँको सानोभ्याङमा रहेका यातायात कार्यालयमा कर तिर्ने सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीलाई भ्याइनभ्याइ भएको छ । नियमितरुपमा चार–पाँचसय सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको ताल्चिखेलस्थित कार्यालयले अहिले दुई हजार बढी सेवाग्राहीलाई सेवा दिँदै आएको छ । आयल निगमको सूचनापछि कर तिर्न आउनेको सङ्ख्या ह्वात्तै बढेको उक्त कार्यालयले जनाएको छ । बितेका चार दिनयता बिहान ८ देखि साँझ छ बजेसम्म सेवा प्रवाह भइरहेको छ । अहिले पनि ती चारैस्थानमा सेवाग्राहीको भीड लागेको छ । बिहान ४ बजेदेखि कर तिर्न सेवाग्राही लामबद्ध भएका छन् । सेवाग्राहीको चापलाई दृष्टिगत नगरिएको र सहज सेवा प्रवाह नगरेको झोकमा बुधबार सानोभ्याङस्थित कार्यालयमा सेवाग्राहीले तोडफोड गरेका थिए । जेनरेटर सञ्चालन गर्न पर्याप्त इन्धनका साथै सुरक्षाको उचित प्रबन्ध हुनुपर्ने माग कर्मचारीले गर्दै आएका छन् । राजस्व सङ्कलनमा केही सुस्तता आइरहेका बेला यातायात व्यवस्था कार्यालयबाट भने भने उल्लेख्य मात्रामा कर असुली भइरहेको छ ।

]]>
6803 0 0 0
१० अर्बको धान उत्पादन घट्यो http://localhost/ghum/%e0%a5%a7%e0%a5%a6-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8-%e0%a4%98%e0%a4%9f%e0%a5%8d/ Thu, 10 Dec 2015 03:13:45 +0000 http://www.ghumphir.com.np/?p=6805 सुरज कुवर

काठमाडौँ, २४ मङ्सिर ।

भूकम्प, खडेरी, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण यस वर्ष कृषि क्षेत्रले १० अर्ब रुपैयाँ बराबरको धान उत्पादन गुमाउनुपरेको छ। यो क्षतिका कारण यस वर्ष चामललगायत खाद्यान्नको आयात बढ्ने छ। कुल गार्हस्थ्य उत्पादनमा पनि ०.५६ प्रतिशत असर पुग्ने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ। कृषि उत्पादनमा धानको योगदान सबैभन्दा धेरै (२१ प्रतिशतसम्म) छ।

चालू वर्षका वर्षे बालीहरूको उत्पादनको प्रारम्भिक अनुमानबारे बुधबार जानकारी गराउँदै मन्त्रालयले धानको उत्पादन गतवर्षको तुलनामा १०.२२ प्रतिशत अर्थात् करिब ४ लाख ८९ हजार टनले घट््ने जानकारी दिएको छ। गतवर्ष ४७ लाख ८८ हजार टन उत्पादन भएको थियो। यस वर्ष ४२ लाख ९९ हजार टन मात्रै हुने प्रारम्भिक अनुमान छ। यस वर्ष ४३ जिल्लामा धान उत्पादन घटेको छ। त्यसमध्ये पनि २ नम्बर प्रदेशमा पर्ने मध्य तराईका सबै जिल्लाहरूमा अघिल्लो वर्षको दाँजोमा उत्पादन घटेको छ। मन्त्रालयको तथ्यांक महाशाखाका उपसचिव हेमराज रेग्मीका अनुसार सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र कपिलवस्तुमा १५ प्रतिशतले उत्पादन घटेको छ।

मन्त्रालयका सहसचिव सुरोज पोखरेलका अनुसार धानको उत्पादन घट्नुमा केही ढिलो सुरु भएको कमजोर मनसुनका कारण समयमा रोपाइँ हुन नसक्नु, बन्दका कारण रासायनिक मल लगायतको सहज ढुवानी बेलैमा हुन नसक्नु, मध्य तराईमा खडेरी देखिनुलगायत कारण छन्। मधेस आन्दोलनले गर्दा यातायात प्रभावित भएपछि करिब ४० प्रतिशत किसानलाई रासायनिक मल बेलैमा उपलब्ध गराउन नसकेको मन्त्रालयले बताएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष औसतभन्दा कम अर्थात् करिब ७६ प्रतिशत मात्रै वर्षा भएको थियो। औसतभन्दा कम र वर्षा वितरणसमेत नराम्रो भएकाले धानबाहेक मकै उत्पादनमा पनि असर परेको छ। मन्त्रालयले यस वर्ष सुदूरपश्चिम र पूर्वी पहाडी भेगका १५ जिल्लामा मात्रै धान उत्पादन बढेको तथ्यांक पेस गरेको छ। अरू १५ जिल्लामा गतवर्षकै हाराहारी र ४३ जिल्लामा धान उत्पादन घटेको देखाएको छ। यस वर्ष तराईलगायत क्षेत्रमा लगाइएको धानमध्ये १ प्रतिशतले काट्न पाएनन्। बाँकी

धान उत्पादन हुने कुल क्षेत्रफलसमेत यस वर्ष करिब ६१ हजार हेक्टरले घटेको छ। जुन १५ वर्षयताकै सबैभन्दा थोरै क्षेत्रफल हो भने गतवर्षको दाँजोमा करिब ४ प्रतिशत न्यून हो। १५ वर्षको आँकडा हेर्दा ०६१ सालमा १५ लाख ५९ हजार हेक्टरमा धान खेती भएको थियो। यस वर्ष १३ लाख ६२ हजार हेक्टर क्षेत्रफलमा मात्रै धान खेती भएको छ। धान उत्पादन र क्षेत्रफल मात्रै होइन, यस वर्ष प्रतिहेक्टरमा हुने उत्पादकत्वसमेत गतवर्षको तुलनामा ६.११ प्रतिशतले घटेको छ। यस वर्ष प्रतिहेक्टर ३१ सय ५४ किलोग्राम धान फल्यो। अघिल्लो वर्ष प्रतिहेक्टर उत्पादन ३३ सय ६० किलोग्राम पुगेको थियो।

उत्पादनका हिसाबले धान पछिको दोस्रो प्रमुख खाद्यान्न बाली मकैको उत्पादन यस वर्ष गतवर्षको दाँजोमा करिब ४ प्रतिशतले बढ्न गई २२ लाख ३१ हजार टन उत्पादन हुने अनुमान छ। तर कोदोको उत्पादन करिब २ प्रतिशतले घटेको छ। हिमाली भेगलगायत ५० वटा जिल्लामा लगाइने फापर उत्पादन गतवर्षभन्दा बढेको छ।

तेस्रो स्थानमा फल्ने गहुँबालीको गतवर्ष उत्पादन १८ लाख ८३ हजार टन भएको थियो। तर, नेपालमा गहुँको खपत खाद्यान्नमा न्यून छ। नेपालीहरूको दुई छाक भात खाने बानी भएकाले यस वर्ष मुलुकको कुल जनसंख्या २ करोड ८४ लाखलाई करिब ८ लाख टन चामल थप आयात गर्नुपर्ने देखिन्छ।

गत वर्ष नेपालले १ खर्ब ३७ अर्ब हाराहारीको धान, चामलसहित कृषिजन्य वस्तु आयात गरेको थियो। यसमा १४ अर्ब रुपैयाँ हाराहारीको चामल मात्रै थियो।

आफू मातहतका विभाग, केन्द्रीय निर्देशनालय, क्षेत्रीय निर्देशनालय, जिल्लास्थित कार्यालयहरूबाट संकलन गरेका साप्ताहिक बालीनालीको स्थिति, बाली कटानी क्षेत्रगत निरीक्षणलगायत आधारमा प्रमुख बालीहरूको क्षेत्रफल, उत्पादन र उत्पादकत्वको राष्ट्रिय तथ्यांक निकाल्ने मन्त्रालयले चामलको आयात घटाउन यस वर्ष मोटो र मध्यम चामलको न्यूनतम समर्थन मूल्य तोक्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस पत्र पठाइसकेको छ। न्यूनतम समर्थन मूल्य तोकिए तराईका सिमानाबाट भारतमा धान निर्यात रोकिने सम्भावना बढ्छ।साभार कान्तिपुर

]]>
6805 0 0 0
हात्तीदौड प्रतियोगिता नगर्न दबाव http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%a6%e0%a5%8c%e0%a4%a1-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%a4%e0%a4%be-%e0%a4%a8%e0%a4%97/ Thu, 10 Dec 2015 03:17:06 +0000 http://www.ghumphir.com.np/?p=6807 मंसिर २४, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा हरेक बर्ष हुँदै आएको हात्तीदौड प्रतियोगिता नगर्न दवाव दिइएको छ । पर्यावरण, दीगो कृषि, सामाजिक जागरण र पशु अधिकारका विषयमा चासो राख्ने सात जना व्यक्तिहरुले महोत्सवको नाममा हात्तीको आचरणविपरितको गतिविधि हुने गरेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन् । क्षेत्रीय होटल संघको तत्वधानमा सौराहामा हरेक बर्ष हात्ती महोत्सव हुँदै आएको छ । महोत्सवमा हात्ती दौड, छावाहरुको फुटबल, हात्ती श्रृङ्गार लगायत प्रतियोगिता हुन्छ ।महोत्सवमा सञ्चालन हुने हात्ती दौड र छावाको फुटबल हात्तीको आचरण अनुकुल नहुने हँुदा त्यसलाई रोक्न ज्ञापनपत्रमा माग गरिएको छ । ‘हात्ती महोत्सव भिमकाय स्थल प्राणीसँग सम्बन्धित छ । त्यसैले यो महोत्सव त्यो जनावरको आचरण र बानी व्यवहार अनुकुल छ वा छैन भनेर हेर्नुपर्छ,’ अभियानका एक सदस्य समेत रहेका पत्रकार रमेशकुमार पौडेलले भने, ‘आफ्नो स्वभाव विरोधी काम भए आक्रोश र तनावमा आएर हात्तीले प्रतिरोध गर्छ । हात्तीको प्रतिरोधले दुखद घटनाहरु निम्त्याउन सक्छ । त्यसैले हामी हात्ती दौड र हात्तीको स्वभाव प्रतिकुल हुने अन्य कुनै पनि खालका कार्यक्रमलाई महोत्सवमा सामेल नगराउन भनेका छौं ।’उनले आफूहरुको मागलाई सकारात्मक रुपमा लिन आग्रह गर्दै खबरदारी अभियान जारी रहने बताए । त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डा.कृष्ण काफ्ले, कृषि तथा वन विश्वविद्यालयका उपप्रध्यापक अनन्त सुवेदी, एनिमल राइट्स क्लबका अध्यक्ष सुराष्न श्रेष्ठ, पर्यावरणवादीहरु बसन्त रानाभाट, ऋषि अधिकारी र चन्द्रप्रसाद अधिकारी तथा पत्रकार पौडेलले संयुक्त रुपमा आयोजक संस्था क्षेत्रीय होटल संघका अध्यक्ष ज्ञानेन्द्र विष्ट र हात्ती महोत्सव मूल समिति संयोजक सुमन घिमिरेलाई बुधबार ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ज्ञानेन्द्र विष्टले हात्तीलाई तनाव नहोस् भनेर सजग रहेको र त्यसमा सुधार गर्दै जाने प्रतिवद्धता जनाए । पर्यटक चहल पहल बढाउने माध्यमका रुपमा हात्तीदौड प्रतियोगिता गरिएको भन्दै उनीहरुले हात्ती दौड प्रतियोगिता नरोक्ने आशय ब्यक्त गरेका छन् ।तर अधिकारकर्मीहरुले भने यसलाई ‘जनावर माथि मानवको अन्याय’ भन्दै बिरोधलाई अझै ब्यापक बनाउने प्रतिक्रिया दिएका छन् ।]]> 6807 0 0 0 एप्पललको नयाँ आइफोन र स्मार्ट घडी http://localhost/ghum/%e0%a4%8f%e0%a4%aa%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%86%e0%a4%87%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a4%b0-%e0%a4%b8%e0%a5%8d%e0%a4%ae/ Thu, 10 Dec 2015 03:20:34 +0000 http://www.ghumphir.com.np/?p=6809 आइफोन निर्माता कम्पनी एप्पलले आगामी मार्च महिनामा आफ्नो नयाँ संस्करणको आइफोन तथा स्मार्टवाच ल्याउने भएको छ । नाइ टू फाइब म्याकका अनुसार सन् २०१६ को मार्च महिनामा एक समारोहबीच एप्पलले नयाँ संस्करणको एप्पल वाच र आइफोन सिक्स सी सार्वजनिक गर्नेछ ।नयाँ संस्करणको एप्पल घडीको नाम एप्पल वाच टू रहनेछ । यो घडीमा भिडियो च्याटिंगका लागि क्यामरा हुनेछ । अपि्रल महिनादेखि उक्त घडी बजारमा पठाउने लक्ष्य एप्पललको रहेको छ ।

एप्पलले गत अप्रिलमा सार्वजनिक गरेको एप्पलको स्मार्टवाचको पहिलो संस्करण पहिलो दिनमै १० लाखवटा बेचेको थियो ।यस्तै एप्पलले ल्याउन थालेको नयाँ आइफोन सिक्स सीमा ४ इन्चको स्क्रिन हुनेछ । यसमा प्लास्टिकको साटो धातुको बाहिरी खोल हुनेछ । आइफोन फाइभ सी मा भने प्लास्टिकको रंगीन खोल हालिएको थियो ।

]]>
6809 0 0 0
एउटै जहाज मर्मतमा ३ अर्ब रुपैयाँ http://localhost/ghum/%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a5%88-%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c-%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a5%a9-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a4%b0/ Thu, 10 Dec 2015 03:25:56 +0000 http://www.ghumphir.com.np/?p=6813 काठमाडौँ, २४ मङ्सिर ।

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको तीन दशक पुरानो एउटा जहाज मर्मत गर्न करिब ३ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ। यो खर्च भनेको निगमले हालै खरिद गरेको नयाँ जहाजको मूल्यको लगभग आधा हो।आफूसँग रहेका दुईमध्ये कलसाइन '९एन–एसिबी' भएको 'बि७५७' सिरिजको जहाजका लागि मात्र निगमले त्यति खर्च गर्न लागेको हो। यति खर्चमा यो जहाजका दुई इन्जिन मर्मत, नियमित मर्मत (सि–चेक), ल्यान्डिङ गियर फेर्ने, इन्धन (फ्युल) ट्यांकी फेर्ने र अन्य काम हुनेछन्।

'एसिबी जहाज मर्मत गर्न करिब ३ अर्ब रुपैयाँ खर्च गर्ने तयारी व्यवस्थापनले सुरु गरेको छ,' सम्बद्ध एक अधिकारीले बुधबार नागरिकसँग भने, 'यो जहाजलाई आगामी मंगलबार (मंसिर २९) मा सि–चेकका लागि सिंगापुर पठाएर खर्चको सुरुआत हुँदैछ। बढीमा चार महिनाभित्र रकम खर्च गर्ने उद्देश्य छ।'

Nepal Airlines01

ती अधिकारीका अनुसार दुइटा इन्जिन मर्मत गर्न एउटाको ६० करोड रुपैयाँका दरले १ अर्ब २० करोड, सि–चेक गर्न करिब ३० करोड, ल्यान्डिङ गियर फेर्न करिब २५ करोड, इन्धन ट्यांकी फेर्न करिब ५० करोड तथा अन्य खर्चका लागि ४० करोड खर्च गर्न लागिएको हो। यो खर्चलाई महाप्रबन्धक सुगतरत्न कंसाकारले 'ओके' गरिसकेका छन्।

निगम व्यवस्थापनले दुई बि७५७ मध्ये एउटालाई सन् २०१६ मा विस्थापन गर्ने योजना यसअघि नै बनाएको थियो। तर, पछिल्लोपटक उक्त योजना रद्द गरिएपछि व्यवस्थापन अर्बौं खर्चेर मर्मततिर लागेको हो।

सि–चेक गर्न सिंगापुर गएपछि एसिबी जहाज कम्तीमा ३५ दिन उतै बस्नेछ। उताबाट फर्केपछि करिब दुईदेखि तीन महिनाभित्र दुइटै इन्जिन मर्मत गरिसक्नुपर्ने तालिका छ। सँगसँगै ल्यान्डिङ गियर र इन्धन ट्यांकी पनि नयाँ जडान गर्नुपर्नेछ।

करिब तीन दशकदेखि उडाइरहेका दुईवटा बि७५७ जहाज मर्मतमा निगमले बर्सेनि ठूलो रकम खर्च गर्दै आएको छ। यो सिरिजका जहाज अमेरिकी जहाज निर्माता कम्पनी बोइङले उत्पादन गरेको हो। बोइङ आफैंले पनि यस्तो जहाज उत्पादन बन्द गरेको एक दशक नाघिसकेको छ। निगमसँग रहेका यस्ता जहाज १ सय ९० सिट क्षमतायुक्त हुन्।

'३ अर्बमा मर्मत गरेर ल्याएको जहाज बेच्नुपर्योस भने एक अर्ब पनि आउँदैन,' निगमका एक वरिष्ठ क्याप्टेनले भने, 'एउटा पुरानो जहाजलाई यत्रो ठूलो रकम खर्च गर्नुभन्दा त्यति पैसाले दुई/तीन वर्ष उडिसकेको र अहिले हामीसँग भएका 'ए३२०–२००' सिरिजका जस्तै जहाज खरिद गर्न सकिन्छ। व्यवस्थापन त्यतातिर लागे हुन्छ।'

उनका अनुसार अन्य देशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले एउटा जहाजलाई पाँचदेखि दस वर्ष उडाएर विस्थापित गर्ने गर्छन्। तर, निगमचाहिँ ३० वर्ष पुरानोलाई मर्मत गर्दै उडाइरहेको छ। उडान सुरक्षा र यात्रु सेवाका दृष्टिले यसलाई विडम्बना नै मान्नुपर्ने उनको तर्क छ।

'अमेरिकाका केही वायुसेवा कम्पनीले हाम्रोजस्तै बि७५७ सिरिजका तीन सयवटा जहाज थन्काइसकेको छ भने चीनमा एक सयभन्दा बढीलाई सेवाबाट हटाइएको छ,' ती क्याप्टेनले भने, 'हामी अझै पनि ३० वर्ष पुरानो प्रविधिका जहाजमा भर पर्नु भनेको राष्ट्रिय ध्वजावाहकलाई पछाडि धकेल्दै लानु हो।'

निगमसँग रहेका दुइटै बि७५७ मा 'रेगुलेटेड नेभिगेसनल प्रोसिडियोर–वान' (आरएनपी–१) प्रविधि छैन। यही कारण यी जहाजबाट निगमले आफ्नो नाफायोग्य सेक्टर हङकङ उडान गर्न पाएको छैन। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०१३ जनवरीदेखि आरएनपी–१ प्रविधि जडान नभएका जहाजलाई उडान–अवतरणमा प्रतिबन्ध लगाएपछि निगम त्यसैको चपेटामा परेको थियो। हाल निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजको जहाजबाट हङकङ उडान गरिरहेको छ।

सन् २०१७ बाट भारतमा पनि यस्तो प्रविधि जडान नभएका जहाज उडान–अवतरणमा प्रतिबन्ध लाग्ने घोषणा भएपछि निगम थप समस्यामा पर्ने निश्चित छ। 'अनि यस्तै गरी हाम्रो सबै गन्तव्यमा प्रतिबन्ध लाग्दै जान थालेपछि त्यही जहाजलाई अर्बौं खर्च गरेर मर्मत गर्नुको अर्थ के हो?' ती क्याप्टेनले भने, 'यसबारे सम्बद्ध निकायको ध्यानाकर्षण हुन जरुरी छ।'

निगम व्यवस्थापनका अर्का एक अधिकारीले भने उडान सुरक्षाका कारण नियमित तालिकाअनुसार जहाज मर्मत गर्न लागिएको जानकारी दिए। 'मर्मत गर्न कति खर्च लाग्छ भन्ने यकिन विवरण इन्जिनियरिङ विभागबाट आउन बाँकी छ,' उनले भने, 'अहिले नै ठ्याक्कै यति खर्च लाग्छ भन्न सकिँदैन। वायुसेवा कम्पनीमा जहाज मर्मतमा खर्च गर्नु स्वाभाविक हो।'साभार नागरीक

]]>
6813 0 0 0
भूकम्पले क्षति पु¥याएको राजमार्गको मर्मत सम्भार सम्पन्न http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a5%81%c2%a5%e0%a4%af%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b0/ Fri, 11 Dec 2015 03:07:33 +0000 http://www.ghumphir.com.np/?p=6817

काठमाडौँ, २५ मङ्सिर ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले भूकम्पले क्षति पु¥याएको विपी कोइराला राजमार्गको मर्मत सम्भार सम्पन्न गरेको जनाएको छ । सो राजमार्गको विभिन्न २९ स्थानमा सडक चिरा पर्नुका साथै ठूला ढुङ्गा खसेर बिग्रिएको थियो । गत असार १ गतेबाट सुरु भएको मर्मत सम्भार कार्य केही दिन पहिले सम्पन्न भएको र सो कार्यमा रु छ करोड खर्च भएको जाइकाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मर्मत सम्भारको कार्य जापानी परामर्शदाता निपोन कोइ र नेपाली निर्माण व्यवसायी स्वछन्द निर्माण सेवाले सम्पन्न गरेको हो । कुल १६० किमी लामो सो राजमार्गले काठमाडाँैंलाई तराईसँग जोड्न सफल भएको छ । सो राजमार्ग केही समय पहिले मात्र निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरी सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

]]>
6817 0 0 0
दश वटा झोलुङ्गे पुल निर्माण हुने http://localhost/ghum/%e0%a4%a6%e0%a4%b6-%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%9d%e0%a5%8b%e0%a4%b2%e0%a5%81%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%87-%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae/ Fri, 11 Dec 2015 03:09:50 +0000 http://www.ghumphir.com.np/?p=6819

काठमाडौँ, २५ मङ्सिर ।

देशभरका तुइनलाई विस्थापित गरी दुई वर्षभित्र झोलुङ्गे पुल निर्माण गर्ने सरकारको नीतिअन्तर्गत चालु आवमा १० वटा पुल निर्माण गरिने भएको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले बाँकी तुइनको पनि सम्भाव्यता अध्ययन गरी दुई वर्षभित्रमा पुल निर्माण गर्न लागेको हो । अहिलेसम्मको अध्ययनमा २२७ तुइनको पहिचान गरिएको विभागका पुल महाशाखा प्रमुख अमृत श्रेष्ठले जानकारी दिनुभयो । “पाँच वर्षअघि ३६६ तुइन भएकामा १३९ मा पुल निर्माण गरिएको छ, बाँकी रहेका २२७ मा १० वटा तुइनमा सस्पेन्सन वृज डिभिजनले पुल निर्माण कार्यअघि बढाएको छ, बाँकी तुइनमा पनि दुई वर्षभित्रमा पुल निर्माण कार्य सक्छौँ”– उहाँले भन्नुभयो । डिभिजनले नेपाल भारत सीमा दार्चुलाको जलजिपीमा महाकाली नदीमाथि, ललितपुर – मकवानपुर जिल्लाको सीमा जोड्ने सुवानेबेँसीस्थित वाग्मती नदीमाथि, धादिङको बेल्खुभुटियास्थित त्रिशूली नदीमाथि, चितवन–गोरखाको सीमास्थित ड्रिक्लुङघाटको त्रिशूली नदीमाथि, मकवानपुरको सँुगुरेस्थित कुलेखानीनदीमाथि, तनहुँ र नवलपरासी जिल्ला सीमा जोड्ने भिरकोटस्थित कालीगण्डकी नदीमाथि, सुर्खेतको छोटेचिप्लेस्थित भेरीनदीमाथि, रुकुमको गिठाकोटस्थित सानो भेरी नदीमाथि, कालिकोटको खुलालुघाटस्थित कर्णाली नदीमाथि र धादिङको बिहानी पेट्रोल पम्पस्थित त्रिशूली नदीमाथि गरी १० स्थानमा तुइन निर्माण गर्न लागिएको विभागले जनाएको छ । यी १० स्थानमध्ये धादिङको बिहानी पट्रोल पम्प र कालिकोटको खुलालुघाटमा जिविसले तुइन विस्थापित गरी पुल निर्माण गर्न लागेको बृजको डिभिजन प्रमुख कुमार थापाले जानकारी दिनुभयो । “यसबाहेक आठ वटा तुइनलाई विस्थापित गरी पुल निर्माणको काम डिभिजनले अगाडि बढाएको छ, यसका लागि रु १० करोड ६० लाखको लागत लाग्नेछ, डिभिजनबाट बाँकी २२७ तुइनको पनि पुल निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन गरी सम्भाव्यता अध्ययनका लागि स्वीस सरकारको ट्रेल ब्रिज सपोर्टसँग प्राविधिक सहयोग लिन लागिएको छ”–उहाँले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट देशभरका तुइनलाई विस्थापित गरी दुई वर्षभित्र झोलुङ्गे पुल निर्माण गर्ने निर्णय गर्नुभएको थियो । मन्त्रिपरिषद्को नीतिगत निर्णयपछि विभागले तुइनलाई विस्थापित गरी पुल निर्माण गर्ने कार्यलाई अगाडि बढाएको हो ।

]]>
6819 0 0 0
लुम्बिनी अन्तर्राष्ट्रिय व्यापार मेला पुसमा http://localhost/ghum/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf/ Fri, 11 Dec 2015 03:11:36 +0000 http://www.ghumphir.com.np/?p=6821

काठमाडौँ, २५ मङ्सिर ।

तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय व्यापार मेला पुस ८ गतेदेखि २१ गतेसम्म बुटवलमा हुने भएको छ । नेपाल चेम्बर अफ कमर्स र रुपन्देही व्यापार सङ्घद्वारा जनाए अनुसार स्थानीय तथा स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न मेला गर्न लागेको जानकारी दिइएको हो । मेलामा ६०० बिक्री कक्ष तथा १० लाखले अवलोकन गर्ने र रु ४० करोडको कारोबार हुने आयोजक संस्थाले जनाएको छ । मेलामा नेपाल, भारत, पाकिस्तान, चीन, बङ्गलादेशलगायतका राष्ट्रको सहभागिता हुने छ । अन्तर्राष्ट्रिय वस्तुका करिब ५० कक्ष राखिने छ । सेवामूलक, विद्युतीय उपकरण, दैनिक उपभोग्य सामग्री, घरेलु तथा हस्तकला अटो पेभिलियन, सूचना प्रविधि र इलेक्ट्रोनिक्स, गार्मेन्ट्स, होटल तथा रेस्टुराँ, कृषि प्रविधि, सामाजिक तथा सेवामूलक सङ्घ संस्था, जुत्ता, चप्पल, निर्माण सामग्रीलगायतका कक्ष राखिने छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भूकम्प तथा नाकाबन्दीका कारण अहिले नेपाली अर्थतन्त्रमा नकरात्मक प्रभाव देखा पर्दै गएका बेलामा हुन लागेको अन्तर्राष्ट्रिय मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश प्रवाह हुने र मुलुकको व्यवसाय तथा अर्थतन्त्रलाई सकारात्मक बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रुपन्देही व्यापार सङ्घका अध्यक्ष टङ्कप्रसाद पोखरेलले अहिलेको असहज परिस्थितिका समयमा हुन लागेको ऐतिहासिक मेला राष्ट्रियतासँग जोडिएको र यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । त्यसैगरी ती दुवै संस्थाले भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरीत रहेकाले भारत सरकारलाई चाँडोभन्दा चाँडो नाकाबन्दी खुला गर्न आग्रह गरेको छ ।

]]>
6821 0 0 0
वैदेशिक व्यापारमा ३७ प्रतिशतले कमी http://localhost/ghum/%e0%a4%b5%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a5%a9%e0%a5%ad-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ Fri, 11 Dec 2015 03:15:22 +0000 http://www.ghumphir.com.np/?p=6824 काठमाडौँ, २५ मङ्सिर ।

हाल प्रमुख भन्सार बिन्दुमा उत्पन्न असहज परिस्थितिका कारण मुलुकको वैदेशिक व्यापार प्रभावित भई चालु आवको प्रथम चार महिनामा देशको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.५ प्रतिशतले कमी आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार २०७२÷७३ को सो अवधिमा रु एक खर्ब ८१ अर्ब ४८ करोड रहन गएको हो । भारततर्फको निर्यात व्यापारमा उल्लेख्य कमी आए तापनि तेस्रो मुलुकतर्फको निकासी व्यापारमा खासै ठूलो उतारचढाव नदेखिएको केन्द्रले जनाएको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.५ प्रतिशत र ८८.५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा कुल निकासी ३०.५ प्रतिशतले कमी आई रु २० अर्ब ८५ करोड तथा कुल पैठारीमा ३८.३ प्रतिशतले कमी आई रु एक खर्ब ६० अर्ब ६३ करोड सीमित भएको हो । सो अवधिमा निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र टिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल र जडीबुटी प्रमुख छन् । समीक्षा अवधिमा पेट्रोलियम पदार्थलगायत औद्योगिक कच्चापदार्थ, मसिनरी, यातायातका साधन तथा खाद्यान्नको आयातमा भारी गिरावट आएको देखिन्छ । निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, फ्रान्स, जापान, इटाली, चीन, क्यानडा, टर्की, नेदरलेन्ड्स, अस्ट्रेलिया, बङ्गलादेश र स्वीट्जरल्याण्ड प्रमुुख छन् । त्यसैगरी सोही अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा फलाम तथा स्टिल र टिनका उत्पादनको आयातमा ३६.० प्रतिशतले कमी आई रु १७ अर्ब ४० करोड, पेट्रोलियम पदार्थमा ६२.९ प्रतिशतले कमी आई रु १५ अर्ब ३५ करोड र यातायातका साधन र टिनका पार्टपुर्जामा ४१ प्रतिशतले कमी आई रु १० अर्ब २३ करोडमा सीमित भएको छ । त्यसैगरी इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीमा ४४.३ प्रतिशत, औषधिमा ४०.८ प्रतिशत, मसिनरी तथा पार्टस्मा ३७.७ प्रतिशत, पोलिथिन ग्रेन्युल्समा २९.१ प्रतिशत, कच्चा पाम आयलमा ५०.८ प्रतिशतले कमी आएको छ । निर्यात गन्तव्यमध्ये भारततर्फको निर्यातमा ३९.३ प्रतिशतले कमी आएको हुनाले समग्र निकासीमा ह्रासोन्मुख स्थिति देखिएको छ । यसैगरी आयाततर्फ पनि समीक्षा अवधिमा भारतबाट हुने आयातमा पनि ४३ प्रतिशतले तथा अन्य प्रमुख स्रोत मुलुकबाट पनि उल्लेख्यरुपमा आयातमा कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९.४ प्रतिशतले कमी आई मुलुकको कुल व्यापार घाटा रु एक खर्ब ३९ अर्ब ७८ करोडमा सीमित हुन गएको केन्द्रका निर्देशक सुयस खनालले जानकारी दिनुभयो । प्रथम चार महिनाको मासिक व्यापार साउन, भदौ, असोज तथा कात्तिकमा निकासी व्यापार क्रमशः रु छ अर्ब ४९ करोड, पाँच अर्ब ७८ करोड, चार अर्ब ५६ करोड र चार अर्ब दुई करोडमा सीमित रहेको छ । यसै अवधिमा पैठारी व्यापार क्रमशः रु ६२ अर्ब आठ करोड, ४४ अर्ब २२ करोड, २४ अर्ब ३८ करोड र रु २९ अर्ब ९५ करोड रहेको छ । त्यसैगरी केन्द्रका अनुसार समीक्षा अवधिको प्रथम चार महिनामा पेट्रोलियम पदार्थको मासिक आयात क्रमशः रु छ अर्ब ८६ करोड, रु चार अर्ब ९९ करोड, एक अर्ब ५३ करोड र रु एक अर्ब ९७ करोड छ । यसका साथै विनाशकारी भूकम्पका कारणले चीनतर्फको प्रमुख भन्सार बिन्दुमा दुवैतर्फको सडक यातायातमा अवरोध सिर्जना भई नेपालको चीनतर्फ हुने निर्यात तथा आयात व्यापारमा पनि ह्रास आउँदा नेपालको चीनसँगको व्यापारसमेत प्रभावित भएको केन्द्रले उल्लेख गरेको छ ।

]]>
6824 0 0 0
बायोग्यास प्लाण्ट http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%a3%e0%a5%8d%e0%a4%9f/ Fri, 11 Dec 2015 03:21:16 +0000 http://www.ghumphir.com.np/?p=6826 6826 0 0 0 हात्तीसँग रमाउँदै http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Fri, 11 Dec 2015 03:22:54 +0000 http://www.ghumphir.com.np/?p=6829 6829 0 0 0 मनकामनामाईको मन्दिर http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%88%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0/ Fri, 11 Dec 2015 03:24:37 +0000 http://www.ghumphir.com.np/?p=6832 6832 0 0 0 आहाराको खोजिमा http://localhost/ghum/%e0%a4%86%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%8b%e0%a4%9c%e0%a4%bf%e0%a4%ae%e0%a4%be/ Fri, 11 Dec 2015 03:25:58 +0000 http://www.ghumphir.com.np/?p=6835 6835 0 0 0 च्याङ्ग्राको सुकुटी http://localhost/ghum/%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%95%e0%a5%81%e0%a4%9f%e0%a5%80/ Fri, 11 Dec 2015 03:27:13 +0000 http://www.ghumphir.com.np/?p=6838 6838 0 0 0 यस्तो बन्दैछ रानीपोखरी (फोटोसहित) http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88%e0%a4%9b-%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a5%80-%e0%a4%ab/ Fri, 11 Dec 2015 07:54:38 +0000 http://www.ghumphir.com.np/?p=6842 सर्वसाधारणका लागि सधैँ खुला हुने

सुदिल पोखरेल

काठमाडौं महानगरपालिकाले रानीपोखरीलाई पुनर्निर्माण गर्दै यसको स्वरुपमा समेत परिवर्तन ल्याउन लागेको छ।म्युजिकल फाउन्टेन सहितको रानीपोखरी अब प्रत्येक दिन सर्वसाधारणको लागि खुला गर्ने महानगरको तयारी छ। काठमाडौं महानगरपालिकाको भौतिक योजना तथा भवन निर्माण बिभाग प्रमुख उत्तरकुमार रेग्मीका अनुसार महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माण कार्यलाई अघि बढाएको छ।

 फाउन्टेन र विभिन्न करिडोरको साथै हरीयाली बनाइएको रानी पोखरीको डिजाइन तयार भइसकेको भए पनि पुरातत्व बिभागले हालसम्म निर्माण कार्य थालनी गर्नको लागि अनुमति  भने दिएको छैन। पुरातत्व विभागले अनुमति दिनेबित्तिकै निर्माण कार्य थालनी हुने रेग्मीले जानकारी दिए।
१० करोड लागतमा रानीपोखरीको पुर्नर्मिाण गर्न लागिएको छ। रत्नपार्कमा बोरिङ गरेर पानी निकाल्ने र बेलुकाको समयमा म्युजिकल फाउन्टेन चलाउने महानगरको तयारी छ। दैनिक ३ हजार जना रानीपोखरीमा भिजिटर आउने भौतिक योजना तथा भवन निर्माण बिभाग प्रमुख  रेग्मीको आँकलन रहेको छ।
भूकम्पको कारण क्षती पुगेको रानीपोखरीको मन्दिर पनि महानगरले पुनर्निर्माण गर्ने भएको छ। साथै यसको लागि १ करोड बराबरको रकम समेत महानगरले छुट्याएको छ।
गत वर्ष सम्पन्न भएको सार्क सिखर सम्मेलनको समयमा तीन करोडको लगानीमा फाउन्टेन निर्माण गरिएको भए पनि फाउन्टेन भने दैनिक रुपमा हालसम्म सञ्चालन हुन सकेको छैन। अब भने बेलुकापख प्रत्येक दिन म्युजिकल फाउन्टेन सञ्चालनमा ल्याउने महानगरको योजना छ।
साथै शान्तीबाटिका र रत्नपार्कलाई जोड्ने महागरपालिकाको योजना रहेको भौतिक योजना तथा भवन निर्माण बिभाग प्रमुख रेग्मीले जानकारी दिए। रत्नपार्क र शान्तीबाटिकाबीचको बाटोलाई बन्द गरेर त्यहाँ टेबल टेनिस र बास्केटबलको  कोर्ट बनाउने महानगरको योजना छ।
रानीपोखरी   पुनर्निर्माणको लागि महानगरपालिकाले २ करोड ५०  लाख रकम जुटाईसकेको छ।  नेपाल सरकारको जगेडा कोषबाट  १ करोड ५० लाख रुपैयाँ प्राप्त हुने भएको छ भने १ करोड महानगरपालिका आफैले रानी पोखरीको मन्दिर निर्माणका लागि भनेर छुट्टाएको  हो।
खुलामञ्चको घाँसे मैदानमा टायल बिच्छाउने महानगरको योजना रहेको रेग्मीले बताए। रङ्गीन टायलहरु बिच्छाएर उक्त क्षेत्र आकर्षक बनाउने  डिजाइनमा समाबेश छ।
बि सं १६७० मा प्रताप मल्लले आफ्नो रानीलाई खुसी पार्नको लागि  रानी पोखरीको निर्माण गरेका थिए। प्रताप मल्लको छोरालाई हात्तिले किल्चदा मृत्यु भएपछि रानीको उक्त दुःख भुलाउन उनले सो पोखरीको निर्माण गरेका हुन्।
लामो समयसम्म मर्मत सम्भार नपाएको  रानी पोखरीको मुहार नै परिवर्तन गर्नेगरि महानगरपालिकाले काम अघि सारेको छ।  निर्माणपछि रानीपोखरी सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने अथवा आफै सञ्चालन गर्ने भन्ने बारेमा भने महानगरपालिकाले हालसम्म कुनै निर्णय गरेको छैन।
‘निर्माण सम्पन्न पश्चात हामीले आफै सञ्चालन गर्ने वा अरुलाई दिने भनेर निर्णय गर्नेछौँ, अहिले हामी यसको निर्माण प्रक्रिया अघि बढाउनेमा मात्रै प्रयासरत छौँ’ रेग्मीले भने। रानीपोखरी पुनर्निर्माणको समयमा महानगरपालिकाले पोखरी समेत सफा गर्ने भएको छ।
पुष १० गतेतिर रानीपोखरी पुनर्निर्माणको लागि बोलपत्र आह्वान गर्ने महानगरपालिकाको तयारी छ। आगामी वर्षको दिपावलीमा म्युजिकल  फाउन्टेन सहितको रानीपोखरीको उदघटन हुन रेग्मीले जानकारी दिएका छन्।

 ]]>
6842 0 0 0
पेट्रोलियम पदार्थ ठगीमा आयल निगम थानकोट डिपोका प्रमुख नियन्त्रणमा http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5-%e0%a4%a0%e0%a4%97%e0%a5%80%e0%a4%ae%e0%a4%be/ Sun, 13 Dec 2015 17:37:34 +0000 http://www.ghumphir.com.np/?p=6847

काठमाडौँ, २७ मङ्सिर ।

महानगरीय अपराध महाशाखाले पेट्रोलियम पदार्थ ठगीको अभियोगमा नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रविनकुमार शर्मालाई आज साँझ थानकोटबाट नियन्त्रणमा लिएको छ ।

Rabin-Sharmaकाठमाडौँ महानगरपालिका–३१ पुतलीसडक घर भएका शर्मालाई महाशाखाबाट खटिएको टोलीले पेट्रोलियम पदार्थ ठगी गर्ने सञ्चालकको वयानका आधारमा नियन्त्रणमा लिएको हो । उहाँलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अपराध महाशाखाले हालै राजधानीका १७ वटा पेट्रोल पम्पमा छापा मार्दा ठगी गर्ने मेसिन जडान गरेको भेटेको थियो । अनुसन्धानको क्रममा केही पेट्रोलियम व्यवसायीहरुले शर्मामाथि संस्थागत रुपमा पम्पमा कम्पाटमेन्ट सेटिङ गरेको, पम्प सञ्चालकहरुसँग मिलेर इन्धनमा कालोबजारी गरेको आरोप लागेपछि प्रहरीले आज उहाँलाई पक्राउ गरेको जनाएको छ ।

]]>
6847 0 0 0
डाबर नेपालमा अख्तियारको छापा http://localhost/ghum/%e0%a4%a1%e0%a4%be%e0%a4%ac%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%96%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b/ Sun, 13 Dec 2015 17:41:02 +0000 http://www.ghumphir.com.np/?p=6850

पर्सा, २७ मङ्सिर ।

वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा आज अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले छापामारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँबाट छ जनाको टोलीले सुक्खा बन्दरगाहमा रहेको डाबर नेपाल प्रालिको ९० कन्टेनर जुस, च्यवन प्रास र पाचनचूर्ण नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

dabar logoबहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले म्याद गुज्रिएका जुस, च्यवनप्रास र पाचनचूर्ण भारतको दिल्ली निर्यात गर्नका लागि ड्राइपोर्टमा भण्डारण गरेको सूचनाका आधारमा छापामारी गरिएको टोलीमा सहभागी प्रहरी नायब उपरीक्षक हिमाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बन्दरगाहमा रहेका ९० कन्टेनरमध्ये आज १२ वटालाई चेकजाँच गरी परीक्षणका लागि नमुना सङ्कलनसमेत गरेको बताउनुभयो । ड्राइपोर्टमा रहेका डाबरका सबै ९० वटा कन्टेनर चेकजाँच गरेपछि मात्रै सिल गर्ने की नगर्ने भन्ने विषयमा निर्णय गरिने नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, अख्तियारको टोलीले बाराको रामपुर टोकनीस्थित डाबर नेपालको उद्योगमा पनि आजै छापा मारेर चेकजाँच गरिरहेको छ । यसैगरी, हेटौँडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेको नेतृत्वमा आएको अख्तियारको टोलीले वीरगन्जको गण्डकचोकस्थित डाबर नेपाल उद्योगको भगिनी संस्था लुना ट्रेडिङको गोदाममा समेत छापामारेर चेकजाँच गरिरहेको छ ।

]]>
6850 0 0 0
संसारकै उचोँ सगरमाथा पु¥याउने सहयात्रीको कथा ‘शेर्पा’ http://localhost/ghum/%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%88-%e0%a4%89%e0%a4%9a%e0%a5%8b%e0%a4%81-%e0%a4%b8%e0%a4%97%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%be-%e0%a4%aa%e0%a5%81%c2%a5%e0%a4%af/ Sun, 13 Dec 2015 17:49:13 +0000 http://www.ghumphir.com.np/?p=6854

अन्जली रम्तेल काठमाडौँ, २७ मङ्सिर

संसारकै उच्च हिमाल सगरमाथाको आरोहण गर्न जो कोही लालायित हुने गर्छन् । कसैको इच्छा पूरा हुन्छ, कसैको हुँदैन, कोही बीचबाट नै फर्कन बाध्य हुन्छन् भने कोही चुचुरोमा पुगेर पनि जीवनलाई अगाडि बढाउन सक्दैनन् । तर यी सबैमा उनीहरुको साथ हुन्छन् ‘शेर्पा’ । काठमाडौँ अन्तर्राष्ट्रिय हिमालयन फिल्म महोत्सवको तेस्रो दिन आज सबैको उच्चाकर्षण रहेको सगरमाथाको विषयमा केन्द्रित वृत्तचित्र शेर्पा देखाइयो । सन् १९५३ मे २९ मा पहिलोपटक तेन्जिङ शेर्पा र एड्मन्ड हिलारीले सगरमाथामा पाइला राखेदेखि नै सगरमाथा आरोहरणको ढोका खुलेको थियो । वृत्तचित्रमा उनीहरुको कथालाई समेत देखाइएको छ । प्रथमपटक सगरमाथा सफलताका साथ आरोहण गरेपछि तेन्जिङलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा सम्मान गरियो तर उनले कहिल्यै पनि यो इच्छा राखेनन् की दोहोराएर सगरमाथा चढुँ । उनका छोराछोरीसँग लिइएको अन्तर्वार्ताले पनि यो देखाउँछ की सगरमाथा आरोहण गर्नु सानो चुनौती हैन । यसका बाबजुद पनि शेर्पा सगरमाथा आरोहण गर्न छोडदैनन् सरकारले शेर्पाको योगदान बुझ्न नसकेको उनीहरुले गुनासो गरे । आफ्नो ज्यानलाई सधैँ हत्केलामा राखेर हिँड्ने व्यक्ति शेर्पा नै हुन्छन् । आरोहीलाई सगरमाथाको चुचुरोमा पु¥याउने जिम्मा लिएका ‘गाइड शेर्पा’ भारी बोक्ने ‘पोर्टर शेर्पा’ को भूमिका महत्वपूर्ण हुन्छ । गरिबी, अशिक्षालगायतका कारण शेर्पा जातिका अधिकांशले आफ्नो औपचारिक शिक्षालाई अगाडि बढाउन सकेका छैनन् । वृत्तचित्रले विशेषगरी सन् २०१४ अप्रिल १८ दिन सगरमाथामा गएको हिमपहिरोमा परी ज्यान गुमाउन पुगेका १६ जना शेर्पाको कथालाई समेटेको छ । रसेल नामका विदेशी आरोहीको सहयोगका लागि उनीहरु काम गरिरहेका हुन्छन् । आरोही टोलीका लागि बाटो बनाउने क्रममा एक्कासि आउने हिमपहिरोले उनीहरु पुरिन पुग्छन् । त्यस दिनलाई सगरमाथा आरोहणको ‘कालो दिन’ का रुपमा लिएर त्यो वर्षभरि नै आरोहण नगर्ने निर्णय अन्य शेर्पाहरुले लिन्छन् । दुर्घटना भएको पाँचौँ दिनमा सरकारका तर्फबाट गएका पर्यटनमन्त्री भीम आचार्यसँग शेर्पाहरुले त्यस वर्ष आरोहण बन्द गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राख्दा मन्त्री आचार्यले केही सम्बोधन नगरी फर्केको वृत्तचित्रमा देखाइएको छ । केही समयपछि भने सरकारले उनीहरुको माग पूरा गरेको थियो । रसेलको टोली फेरि सगरमाथाको आरोहण गर्न सकिन्छ कि भन्दै दुर्घटना भएको एक हप्तासम्म बेस क्याम्पमा नै बस्छन् । तर दुर्घटनाको सातौँ दिन भने उनीहरु फर्कन बाध्य हुन्छन् । टोलीमा संलग्न धेरै जना आरोहीले यसअघि पनि पटक पटक बेस क्याम्पबाट फर्किसकेको अनुभव सुनाउँछन् । वृत्तचित्रमा मुख्य पात्रका रुपमा फुर्वा छिरिङ शेर्पालाई लिइएको छ । उनी त्यही टोलीमा हुन्छन् । उनको जीवनीसँग वृत्तचित्र सुरु हुन्छ । उक्त दुर्घटनापछि उनले आरोहण पेसा नै छोडिदिन्छन् । भूकम्पका कारण सगरमाथामा गएको हिमपहिरोमा परी सगरमाथा बेस क्याम्पका १९ जना आरोहीको मृत्यु भएको थियो । जसमा १० जना शेर्पा रहेका थिए । आरोहणका क्रममा जुनबेला पनि मृत्यु हुनसक्ने जान्दाजान्दै पनि शेर्पा यो व्यवसाय छाड्न सक्दैनन् किनकी उनीहरुको मुख्य आयस्रोत भनेकै आरोहण हो । अष्ट्रेलियन नागरिक जेनिफर पिडोमले निर्माण गर्नुभएको उक्त वृत्तचित्रले सगरमाथाको आकर्षण र यसका चुनौतीलाई देखाउन सफल भएको छ । महोत्सवमा आज विभिन्न देशका १३ वृत्तचित्र प्रदर्शनी गरिएको थियो ।

]]>
6854 0 0 0
पोखराको प्याराग्लाइडिङ बन्द http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a4%bf%e0%a4%99-%e0%a4%ac/ Sun, 13 Dec 2015 17:55:36 +0000 http://www.ghumphir.com.np/?p=6856 मंसिर २७ , काठमाडौं ।

पर्यटकीय नगरी पोखरामा प्याराग्लाइडिङ बन्द गरिएको छ । पाइलटले उडान अनुमति शुल्क नबुझाएको भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) पोखराले प्याराग्लाइडिङमा रोक लगाएको हो ।क्यानका कर्मचारीले उडानका लागि सराङकोट पुगेका पाइलट तथा पर्यटकलाई फर्काएको छ । क्यानले उड्न नदिएपछि प्याराग्लाइडिङ बन्द भएको पाइलट प्रकाश गुरुङले अनलाइनखबरलाई बताए । पाइलटले क्यानलाई प्रतिमहिना ९ हजार ४० रुपैयाँ शुल्क बुझाउनुपर्छ ।

paragliding

‘हाम्रो नियमावलीमा प्याराग्लाडिङ पाइलटले फ्लाइट प्रमिसन शुल्क बझाएर मात्र उडान गर्नुपर्ने व्यवस्था छ,’ क्यान पोखरा कार्यालयका अनुप जोशीले भने, ‘उहाँहरुले शुल्क बुझाउन आनकानी गरिरहनुभएको छ, हामीले शुल्क नबुझाउनेलाई रोकेका हौं, शुल्क बुझाउनेलाई रोकेका छैनौं ।’

प्याराग्लाइडिङका पाइलटहरुले शुल्क महंगो भयो भन्दै विगतदेखि असन्तुष्टि जनाउँदै आएका थिए । क्यानको केन्द्रीय कार्यालयमा आएरसमेत उनीहरुले शुल्क घटाउन तत्कालिन महानिर्देशकलाई आग्रह गरेका थिए ।

पर्यटनमा धक्का

क्यानले एक्कासी अनुगमनको नाममा पाइलट र पर्यटकलाई फर्काएको प्याराग्लाइडिङ व्यवसायी बसन्त दवाडीले बताए । ‘संस्थागत जानकारी नै नगराई एक्कासी पाइलटहरुलाई फर्काउने काम भयो,’ उनले भने- ‘यसले पोखराको पर्यटनमा थप धक्का लागेको छ ।’

प्याराग्लाइडिङका लागि स्वदेशी विदेशी पाइलटका साथ पर्यटकहरु पोखरा पुगेका थिए । पोखरा पुगेर प्याराग्लाइडिङको मज्जा लिएर फर्किने पर्यटकको धोको हुन्छ । मुलुकको पर्यटन सुस्ताएको बेलामा अलिअलि भएका पर्यटकलाई पनि उडाउन नपाउँदा खिन्न भएको पाइलट गुरुङले बताए ।

‘आज पर्यटक प्याराग्लाइडिङ गर्न आएका छन्, आजको दिन उडाउन दिनुस्, भोलिदेखि बन्द गर्छौं भन्दा पनि क्यानका कर्मचारीले मानेनन्,’ पाइलट गुरुङले भने ।पोखरामा व्यवसायीक रुपमा प्याराग्लाइडिङ गराउँदै आइरहेका पाइलटहरु नेपाली ११० जना रहेको र त्यत्तिकै संख्यामा विदेशी समेत रहेको गुरुङले जानकारी दए ।

]]>
6856 0 0 0
स्मार्टकार्ड अनुमतिपत्र वितरण पुस २ गतेदेखि http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%a4%e0%a4%bf%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/ Sun, 13 Dec 2015 18:01:34 +0000 http://www.ghumphir.com.np/?p=6858

काठमाडौँ, २७ मङ्सिर ।

यातायात क्षेत्रमा हुने अनियमितता र ढिलासुस्ती रोक्ने उद्देश्यले यातायात व्यवस्था विभागले लागू गरेको स्मार्टकार्ड चालक अनुमतिपत्र पुस २ गते बिहीबारदेखि वितरण हुने भएको छ । मङ्सिर २० गतेदेखि यो प्रणालीअनुसार तस्बिर खिचेर फारम भरी परीक्षा पास गरेकालाई पुस २ गतेदेखि स्मार्टकार्ड प्रविधिको चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका निर्देशक एवम् प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो ।

smart_cardएसियाली विकास बैंकको सहयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रत्यक्ष निगरानीमा सञ्चालित सूचना तथा सञ्चार प्रविधि विकास आयोजनाको सहकार्यमा विभागले यो प्रणाली शुभारम्भ गरेको हो । विसं २०७० असोजदेखि काम सुरु गरेको आयोजनाको गृहकार्यपछि विभागले एक साता अगाडिबाट हस्तलिखित चालक अनुमतिपत्रका स्थानमा स्मार्टकार्ड वितरण प्रक्रिया सुरु गर्ने र पाँच वर्षभित्रमा हस्तलिखित अनुमति पत्रलाई विस्थापन गर्ने घोषणा गरेको थियो । “स्मार्टकार्ड चालक अनुमतिपत्र बनाउन सेवाग्राहीलाई हस्त लिखितभन्दा सुविधा हुन्छ, यो प्रणालीबाट बनेको अनुमतिपत्र बोक्नका लागि पनि सजिलो हुन्छ, यो प्रणाली सुरु गरेपछि यातायात क्षेत्रमा हुने अनियमितता घट्ने आशा गरिएको छ” –विभागका निर्देशक एवम् प्रवक्ता अधिकारीले रासससँग कुरा गर्दै भन्नुभयो । स्मार्टकार्डका लागि भरिने फारम पनि अब अनलाइनबाटै भर्न सकिने व्यवस्था गरिएको छ, यसका लागि यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा केही संशोधन गर्नुपर्ने विभागले जनाएको छ । संशोधनको प्रक्रिया पनि अघि बढेको उहाँले जानकारी दिनुभयो वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट मङ्सिर २० देखि स्मार्टकार्ड चालक अनुमति पत्र वितरणका लागि प्रक्रिया सुरु भएको थियो । यसलाई छिटो अन्य कार्यालयमा पनि विस्तार गर्ने तयारी भएको बताइएको छ ।

]]>
6858 0 0 0
एनसेल एप क्याम्प २०१५ का लागि २४ समुह छनोट http://localhost/ghum/%e0%a4%8f%e0%a4%a8%e0%a4%b8%e0%a5%87%e0%a4%b2-%e0%a4%8f%e0%a4%aa-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a5%a8%e0%a5%a6%e0%a5%a7%e0%a5%ab-%e0%a4%95%e0%a4%be-%e0%a4%b2/ Sun, 13 Dec 2015 18:06:06 +0000 http://www.ghumphir.com.np/?p=6861 मंसिर २७, काठमाडौं ।

नेपालको अग्रणी मोवाइल सेवा प्रदायक एनसेलले आयोजना गरेको एनसेल एप्ा क्याम्प २०१५ का लागि २४ वटा समुह अन्तिम चरणको प्रतिपस्पर्धाका लागि छनोट भएका छन् ।

Ncell-App-Campप्रतियोगिताका लागि राखिएका खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधा बाट ६/६ वटा गरि दोस्रो चरणको प्रतिस्पर्धाको लागि २४ वटा समुह छनोटमा परेका हुन् ।

एनसेलले पूर्व घोषित मापदण्डका आधारमा प्रतियोगीहरूको छनोट गरेको हो । यस अन्र्तगत प्रतियोगीहरुले चाहेको एप को आवश्यक्ता, एपबाट समाधान हुने समस्या, एपको व्यापार सम्भावना साथै प्रतियोगीहरूको अभिव्याक्ति र प्रस्तुतिलाई मुख्य आधार बनाइएको थियो ।

प्रायः सवै  प्रतियोगीहरुका आइडिया नयाँ, चाखलाख्दा र समस्या समाधानर्ला जोड दिएर आएका निणर्ायक मण्डलमा रहेका सदस्यहरुले बताए । यस्ता नविनतम् आइडियाहरु देख्दा नेपालको मोवाइल प्रविधिको क्षेत्रमा धेरैै स्रोत र आइडिया रहेको युवा जोश रहेछ भन्ने थप स्पष्ट भएको उनीहरुले भनाइ रहको छ ।

खेल तथा मनोरञ्जन विधा अन्र्तगत एन्सिएन्टस् अफ मण्डला, आर्कयुब गेम्स एण्ड, ˆलिप्पड, लिस्न, अननेम्ड (भि आर) र अप छनोटमा परेका छन् । स्वास्थ्य विधाबाट हाम्रो हस्पिटल, मेरो हेल्थ, मम्मा केयर, नारी, स्किन कन्सल्ट, र टेलि मेडिक अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । फुड नेपाल, नेपाली कोडर्स आर्टस् एण्ड क्राफ्ट, पिनपिक्स्, थिङ्गस्ले, ट्रेल इट र ट्राभल अक्सनियर पर्यटन विधा अन्र्तगत छनोटमा परेका छन् भने युटिलिटी विधामा घुमघाम, बुलेटिन बोर्ड, ड्रप मि हेयर-माइ क्याब, निडर, एन टाइल्स, र पाङ्गराज् छानिएका छन् ।

पर्यटन विधाको निर्णायक मण्डलमा रहेका नेपाल पर्यटन वोर्डका जनसम्र्पक निर्देशक सुनिल शर्माले भने, “प्रतियोगिहरुको नविनतम् आइडियाबाट हामी धेरै उत्साहित भएका छौै । कति पय एप यस्ता छन् जसको व्यवहारीक प्रयोगबाट नेपालको पर्यटन क्षत्रले धेरै लाभ हासिल गर्न सक्छ ।”

यस्तै खेल तथा मनोरञ्जन विधाका निणर्ायक मण्डलका सदस्य शुयोग्य तुलाधरले कतिपय एपहरुले अन्तराष्ट्रिय रुपमा सफल हुन सक्ने सभावना बोकेको बताए । उनले भने, “नविनतम् आइडियाको उत्साहजनक उपस्थितिले नेपालमा पनि अन्र्तराष्ट्रिय रुपमा ख्याति प्राप्त ‘फारक्राइर्’ जस्ता गेमहरु न्ोपालमा बनाउन सकिन्छ भन्ने संभावना मैले देखेको छु ।”

यसैगरी स्वास्थ्य विधामा निर्णयक मण्डलमा रहेका एक सदस्य निरज शाहले प्रतियोगीहरुले राम्रो खोज तथा अनुसन्धान गरेर एपको निमार्ण गरेको पाइएको बताए । उनले भने, “कुनै कुनै एप यस्ता छन् जसले स्वास्थ्य क्षेत्रमा क्रान्ति नै ल्याउन सक्छन् । “

युटिलिटी विधाको निर्णयक मण्डलमा रहेकी स्वेता कर्णले सवै एपहरु राम्रा रहेको बताउदै ति मध्ये मुख्यतया नविन आइडिया, दिगो ब्यवसायीक सुनिश्चतालाई हेरेर एपहरु छनोटमा परेको बताइन् ।

टप २४ समुहमा पर्ने प्रतियोगीहरुले विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आˆनो एपको प्रस्तुति गर्न सिक्नेछन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आˆनो आईडियाको प्रस्तुति तथा एपको प्रर्दशन गर्नुपर्ने छ । यस पटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ-सेवा र मेटलाइफ रहेका छन् ।

फाइनल प्रस्तुतिपछि प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट विजेताले थप ५ लाख रुपैयाँको थप नगद पुरस्कार सहित २०१६ मा हुने अन्तराष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।

]]>
6861 0 0 0
मृत्यृको मुख बाट फर्कदा http://localhost/ghum/%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%83%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%96-%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%a6%e0%a4%be/ Sun, 13 Dec 2015 18:20:09 +0000 http://www.ghumphir.com.np/?p=6864 लाक्पा शेर्पा विश्वको सबै भन्दा उच्च स्थानमा सांगीतीक कार्यक्रमको रिर्पोटीग गरेको रेर्कड आफ्नो नाममा राख्न पाउने सोचका साथ मेरा पिक आरोहणको लागी म लगाएत सात जना काठमाण्डौदेखी प्रस्थान गरेका थियौ । काठमाण्डौबाट प्रस्थान गरेदेखिनै, आफ्नो उदेश्य कहिले पुरा होला भनेर मनमा कौतुहुल्ता लागीरहेको हुन्थियो । समुन्द्री सतह देखि ६ हजार ७ सय ४० मिटर उचाइ रहेको मेरा पिक आरोहण तथा सागीतिका कार्यक्रम गर्ने जुन उदेश्यका साथ गएका हामी सात जना लगभग ६ हजार मिटरको उचाई नजीक पुगिसकेपछी फर्कनु पर्ने अवस्था आयो । प्रतिकुल मौसमका कारण फर्कनु पर्ने अवस्था आएपछी मन निकै खल्लो लाग्यो । मौसमको पुर्व अनुमानको जानकारी लिदै गएका हामीहरु मौसम ठिक नहुने जानकारी पाएपछी फर्कने निधो गर्यौ । फर्कने निधो गरेर फर्कन लाग्दै, भारी हिमपात भयो । हिमपातका कारण फर्कने बाटाहरु सबै मेटीसेकका थिए । हाम्रो आरोहण लागी ५० पटक भन्दा पनी बढी मेरा पिकको आरोहण गरीसकेका डेण्डी शेर्पा भएकाले निकै सहज भयो । उहाको कुशल गाईडले हामीहरु सकुसल फर्कन सक्यौ । अचानक मौसक प्रतिकुल भएपछि फर्कनु पर्दा निकै नरमाईलो भएपनी ज्यान भएपछी फेरी अर्को पटक आरोहण गर्न पाईन्छ भन्ने हेतुले आफ्नो मनलाई सबैले बझाईयौ । आरोहण क्रमममा लगभग ६ हजार मिटरको उचाईमा गित गाउदा निकै रमाईलो अनुभुती भयो । वरिपरी मात्र नभएर जता हेर्यो त्यतै हिउ । आखाले भ्याउन सकिने स्थान सम्म हिउ । हिउमा बसेकार सागीतीक कार्यक्रम गर्दाको मज्जा नै अकै । सधै दर्शक र कोलाहलमा गित सुनेका हामी शान्त तथा सुन्दर स्थानमा गित सुन्दाको मज्जानै अर्कै । जब डिजेले गित गाउन थाले निकै रमाईलो भयो । ६ हजार मिटरको उचाईमा गित गाउदा निकै आन्न्द आयो । अझ रेशम फिरीरी उडेर जाउका डाडमा भन्छन् रेशम फिरीरी गित गाउदा त्यती चिसो अवस्थमा पनी निकै न्यानो अनुभुती भयो । पत्रकारीता गरेको सात बर्षको अनुभवमा धेरै पटक हिमाल चढेका तथा हिमालमै आरोहण गरेर विश्व रर्केड कायम गरेकाको अन्तरवार्ता लिने क्रममा हिमाल चढ्दा केही गाह्रो तथा जिवननै खतरमा पर्ने सुनेको थिए । तर पिक आरोहण अलि सहज हुन्छ भन्ने सुनेको थिय । तर सोचे जस्तो सजिलो कहा हुदो रहेछ । आरोहण भनेकै निकै कष्टकर हुने रहेछ । मेरा पिकलाई सबैले सजिलो पिक भन्छन् । तर त्यस्तो रहेनछ । यो पिक तिनीहरुलाई सजिलो हो जुन आरोहणमा अनुभव गरेका हुन्छन् । आरोहणका क्रममा उकालो चढ्दा गाह्रो भएन तर ओरालो झर्दा निकै गाह्रो भयो । प्रतिकुल मौसम भएपछी मनमा पनी बेचैन भयो । त्यसकारण पनी निकै कष्टकर अनुभुती भयो फर्कदा । मौसमको जानकारी लिदै गर्दा आरोहणको अवस्थमा पुगेका हामी चार दिन सम्म मौसम ठिक छैन र भारी हिमपात हुन सक्ने जानकारी पाएपछी निकै दु खी भयौ हामी । हामी सग आरोहण रद्द गर्नु बाहेक कुनै विकल्प भएन । आरोहण रद्द गर्ने कुरा भइरहदा निकै पिडा भयो । अनी सोच जिवन भएपछी त फेरी पनी आईन्छ । अनी मन मनै सोच यो सिजन होईन अर्को सिजमा म फेरी आउछु भनेर वाचा समेत गरे मेरा पिक ५० चोटी भन्दा बढी आरोहण गरेको ड्ेण्डी शेर्पाले भएका कारण फर्कदा निकै गाह्रो भएपनी गाह्रोलाई सहज बनाउनु भयो । मौसक खराब भएपपछि दिउस हिडेको बाटो त फर्कदा थिएन । बाटो नभएपछी हामी सग गएका दाईहरुले बाटो पहिल्याउदै सकुसल सबैलाई फकाउनु भयो । आरोहणका लागी जादा भन्दा फर्कदा शारीरीक तथा मानिसीक रुपले निकै गाह्रो भयो । जब फर्केर सुरक्षीत स्थामा पुगेर मौसमको जानकारी तथा समाचार हरु हेर्दा लाग्यो मुत्यृको मुख बाट फर्केर आए जस्तो । विश्वको सबैभन्दा उच्च स्थानमा सागितीक कार्यक्रम गरेर विश्व रेर्कड कायम गर्नु मात्र नभएर भुकम्प पछी पनी नेपाल पर्यटकीय क्षेत्रहरु सुरक्षीत रेहको सन्देश दिनु पनी हाम्रो उदेश्य रहेको थियो ।

peak Climbing @ Ghumphir.com (13) peak Climbing @ Ghumphir.com (12) peak Climbing @ Ghumphir.com (11) peak Climbing @ Ghumphir.com (10) peak Climbing @ Ghumphir.com (9) peak Climbing @ Ghumphir.com (8) peak Climbing @ Ghumphir.com (7) peak Climbing @ Ghumphir.com (6) peak Climbing @ Ghumphir.com (5) peak Climbing @ Ghumphir.com (4)

]]>
6864 0 0 0
पहिलो जलविधुत पावर हाउस पुग्दा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%9c%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%81%e0%a4%a4-%e0%a4%aa%e0%a4%be%e0%a4%b5%e0%a4%b0-%e0%a4%b9%e0%a4%be%e0%a4%89%e0%a4%b8-%e0%a4%aa/ Sun, 13 Dec 2015 18:49:40 +0000 http://www.ghumphir.com.np/?p=6866 ramdevi

रामदेवी महर्जन 

कलकल पानीको आवाज । चिसो चिसो हावा । नीलो आकाश । चारैतिर पहेंलपुर धानबारी । तलतल काठमाडौ र ललितपुरको दृश्य । फर्पिङ पावर हाउस (१५,००मिटर)बाट देखिएको दृश्यले सबैको मन र मष्तिश्क शीतल बनायो ।

गर्मीमा ठाडो उकालो चढेर त्यहाँ पुग्दा चिसोले जाँगर भरियो । नजिकै पोखरीको नीलो पानीमा सबैका आँखा रमाए । नेपालको पहिलो जलविधुत आयोजनाको पावर हाउस । काठमाडौंबाट मात्र १५ किमि दक्षिणमा । जहिले पनि शीतल हावा बहन्छ ।

एतिहासिक गढी पनि हो पावर हाउस । पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा बनाएको गढीको भग्नाबशेष छ । नजिकै कोट देवी छन् । जलश्रोतको धनी देश । तर, गलत व्यवस्थापनका कारण अहिले पावरहाउस सञ्चालनमा छैन । पावर हाउस हाताबाट काठमाडौं र ललितपुरका दृश्य मात्र होइन, सेता हिमालको लस्कर पनि देखिन्छ । सूर्योदय र सूर्यास्त पनि । हरेक दिन यहाँ फिल्म सुटिङ हुन्छ । फर्पिङबाट दक्षिणकाली र चम्पादेवी जान सकिन्छ ।

hiking (1) त्यहाँ पुगेपछि बिहानको दृश्य सम्झिएँ । भारतको नाकावन्दीको मारमा परेका बेला बिहान हतार हतार हिँडेर जाँदै थिएँ । सडकमा खासै गाडि थिएनन् । एउटा बाइक नजिक आएर रोकियो र सोध्यो, ‘दिदी कहाँ जाने तपाइँ ?’ ‘सातदोबाटो’, भनें मैले । उनले भने, ‘बस्नुस् म पु¥याइदिन्छु ।’ ढुँगा खोज्दा देवतै मिल्यो । मैले न ती भाइको अनुहार देखें न नाम नै सोध्न भ्याएँ । वास्तवमा नेपालीले नाकावन्दीको पिडा सहज स्वीकार गरेका छन,् आफ्नो स्वाभिमान जोगाउन । देशले भोग्नु परेको समस्याले प्रेम, सद्भाव र सहयोग बढेको छ । एक छाक खाएर बस्छौं तर हामी स्वाभिमान गुमाउन चाहन्नौं । दाजूभाई नमिले बाहिरकाले हेप्छन् । देशभित्रको समस्या आफैं हल गर्नु पर्छ । हामी हरेक महिनाको चौथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गर्छौं । बिहान हामी ७० जना हाइकर्स निरोगधाम, सातदोबाटोबाट हिँड्यौं । हाम्रो गन्तव्य थियो, सातदोबाटोबाट नख्खु खोला भएर छ्यासीकोट नेवार बस्ती बुङमती हुँदै फर्पिङ पावर हाउस । त्यहाँबाट सातमुल हुँदै खोकना भएर फेरी छ्यासीकोट हुँदै नख्खुखोलाबाट निरोगधामसम्म । आठ बजे हिँड्न सुरु गरेका हामी केही बेरमा नख्खु खोला पुग्यौं । पहिला जुत्ता मोजा फुकालेर तर्नु पथ्र्यो । आज बाँसको पुल बनाइएको रहेछ । खोला पार गर्नेवित्तिकै गन्ध आयो । सुँगुर र कुखुरा पालन गरिएको रहेछ । त्यहाँबाट हामी खड्ग गाउँ हुँदै छयासीकोट पुग्यौं । कोटमा ब्रेक भयो । हाइकिङमा ठाउँ–ठाउँमा पानी र फलफुल ब्रेक गर्नु पर्छ । घन्टा–घन्टामा पानी पिउनु पर्छ । शरीरबाट पसिना निस्केपछि पानी कम हुन्छ त्यसैले । फलफुलले हिँड्न शक्ति दिन्छ ।

hiking (2) हतार हतार नहिँडि मध्यम गतिमा हिँड्नु पर्छ । पानी एक पटकमा करिब २५० एमएल मात्र लिनु पर्छ । ठोस आहार र पानी खाने समयको अन्तर एक घन्टा हुनु पर्छ । त्यसो गरे पेट फुल्दैन । याद गरौं, जंक फुड, अमिलो, चिल्लो खाएर हिँडे शरिरमा भारीपन आउँछ । गाहे हुन्छ । त्यसैले हामी हाइकिङमा स्वस्थ्यबर्धक खाना र फलफुल खुवाउँछौं । स्याउ ब्रेक पछि अघि बढ्दा धानबालीमा आँखा गढे । आँखाले भ्याएसम्म धानबाली । काठमाडौंबाट मात्र १० किमि दुरीमा सुनजस्तै सुनौलो फाँट ! हामी बुङमती पुग्यौं । कार्यविनायक नगरपालिकामा पर्ने बुङमती रातो मच्छेन्द्रनाथको घर हो । स्थानीय उनलाई संरक्षक मान्छन् । नेवार घर, मठ मन्दिर त्यहाँका विशेषता । तर, १२ वैशाखको भुकम्पले पुराना घरहरु ध्वस्त बनाइदिएको छ । कतिपय घर टेकोको भरमा छन् । त्यो दृश्यले मुटु कटक्कै खायो । भुकम्पमा बुङमतीका मात्रै ७ जनाको ज्यान गएको रहेछ । बुङमती पुननिर्माण अभियान चलाइ हाल्न जरुरी छ । पाँच वर्ष अघि आउँदा बुङमती निकै सुन्दर थियो । कलात्मक थिए घरहरु । पर्यटकको चहलपहल थियो । कृषि र मूर्ति कलामा निपुण छन् गाउँले । गाउँमा धान, मकै, गहुँका साथै तरकारीहरु ऋालु, साग र काउली उत्पादन हुन्छ । बुढापाकाहरु हाकु पटासी र दौरा सुरुवालमा भेटिन्छन् । बुङमतीमा नेवार परिकार बेच्ने खाजा पसलहरु थुप्रै छन् । बुङमतीबाट हामी खेतको बाटो भएर अघि बढ्यौं । किसानहरु धान काट्दै थिए । भुकम्पको क्षतिलाई बिर्सेर जीवनको लयमा फर्केको देख्दा खुशीका आँसु झरे । बुङमती सधैं मुस्कुराउँछ, कहिले धानबालीमा कहिले तरकारीमा । बागमती खोलाको कलकल आवाजसँगै गाउँले दिनचर्या सुरु गर्छन ।

hiking (3) बाटोमा कोही डोको बोकेर खेत लाग्दै गरेका त कोही खर्पन बोकेर हिँडेका भेटिए । हिँड्दै गयौैं, झोलुङे पुल आयोे । सबैले धानबाली पृष्ठभूमीमा राखेर फोटा खिच्यौं । कति सुन्दर छ हाम्रो देश ! कतै खोला, कतै हिमाल, कतै समथर, त कतै हरिया डाँडा । सिँगो राष्ट्र हाम्रो गौरब । हामी मिलेर बस्नु पर्छ । ललितपुर र काठमाडौंलाई बागमतीले छुट्टयाएको छ । वारी ललितपुर बुङमती र पारी काठमाडौं फर्पिङ । पुल त¥यौं । गाउँले खेतमा धान काट्दै थिए । एक जना बाजेले भने, ‘हाम्रो घर बुङमती, खेत चाहिँ काठमाडौंमा ।’ त्यहाँबाट करिब एक घन्टा हिँडेपछि पुगियो फर्पिङ जलविधुत गृह । सबैले गृह हे¥यौं । करिब १२ सय मिटर उचाइमा छ गृह । चन्द्र शमसेरको पालामा बनाइएको विद्युत गृह देशकै गौरव हो । भित्र दुइटा टबाईन मेशिन छन । ५ सय वाट विजुली उत्पादन गर्न सकिन्छ । तर, पानीको समस्याले गर्दा बिजुली उत्पादन बन्द छ । यहाँको पानी खान मात्र प्रयोग हुन्छ । घुमन्तेलाई मात्र बिजुली उत्पादनको तरिका देखाइन्छ । अरु बेला बन्द हुन्छ । विद्युत गृह माथि पानी संकलन गरिएको पोखरी छ । त्यहाँ दुइ ठाउँबाट पानी ल्याइन्छ, शेषनारायण र सात मुलबाट । विजुली उत्पादन भएको सय वर्ष नाघिसक्यो । पावर हाउस आफैंमा सुन्दर छ । त्यहाँ राम्रा होटर र होमस्टे हुने हो भने एक रात विताउन उपयुक्त हुन्छ । यहाँको अधिकाँश पानी ललितपुरमा वितरण भैरहेको छ । पानीको सही व्यवस्थापन गरि विजुली उत्पादन गर्नु पर्ने देखिन्छ । हामीले पावर हाउस क्षेत्रमा लन्च ब्रेक ग¥यौं । हामी स्वास्थ्यबर्धक तीन बराबर आहार मात्र सेवन गराउँछौं । यस्तो आहारले कब्जियत हुँदैन । निरोगी हुन मद्धत गर्छ । तीन बराबर भन्नाले पकाएको एक भाग हरियो तरकारी, पाकेको एक भाग अन्न र एक भाग काँचो सलादको मिश्रण । यस्तो आहारमा शरिरलाई चाहिने छोक्रा, बोक्रा सबै हुन्छ ।

hiking (4) हाम्रो लन्चमा समयबजी र एक थरि तरकारी थियो । ग्यास अभावले हामीले दुइ थरी तरकारी बनाउन सकेनौं । सलादस्वरुप अमृत भोजन थियो । अमृत भोजनलाई पूर्ण आहारका रुपमा प्रयोग गर्न सकिन्छ । इन्धन अभाव भएका बेला अमृत भोजन मात्रै खाएर पनि जीवन निर्वाह गर्न सकिन्छ भन्ने सञ्देश दियौं हामीले । अमृत भोजन बनाउन इन्धन चाहिँदैन । वास्तवमा संसारका कुनै पनि जीवजन्तुले खाना पकाएर खाँदैनन, प्राकृतिक आहार खान्छन् । मान्छे मात्रै खाना पकाएर खान्छ । सबै खाना काँचै खान सकिन्छ । काँचै खाए पनि स्वस्थ्य भइन्छ । अमृत भोजन त्यस्तै परिकार हो । खानापछि अन्तरक्रिया र नाचगान ग¥यौं । त्यहाँबाट सातमूल हुँदै गाउँको बाटो भएर खोकना पुग्यौं । खोकना ऐतिहासिक नेवार बस्ती हो । चारैतिर उर्वरा जमिन छ । नेवार कला र संस्कृतिको खुला संग्रहालय हो । खोकनाको तेल देशभर प्रख्यात छ । मन्दिर र जात्राहरुको पनि शहर हो खोकना । काठमाडौंबाट मात्र ८ किमि दुरीमा खोकना (१३००मिटर) । दशैंका बेला खोकनाबासी रुद्रायणी मन्दिरको जात्रा मनाउँछन् । शिकाली जात्रा । तर, उनीहरु दशैं पर्व मनाउँदैनन् । भुकम्पले खोकनालाई पनि रुवायो । गाउँका ९ जनाको ज्यान लियो । पुराना घर भत्किए । बाँकी घर पनि टेकोमा छन् । सारा देशवासी संकटमा छन् । त्यसमाथि भारतको नाकाबन्दीको मार थपिएको छ । सहयोग गर्नु पर्नेमा भारतले दुःख पो दियो । सरकार गम्भिर बनेर समस्या समाधानमा लाग्नु पर्छ । हामी खोकनाबाट छ्यासीकोट हुँदै नख्खु खोलाको बाटो सातदोबाटो फर्कियौं । हाइकिङ भनेको घुमघाम र रमाइलो मात्र होइन । देशको अबस्था बुझेर आत्मनिर्भर बन्न पनि सिक्नु पर्छ । इमान्दारीपूर्वक कर्तव्य निर्वाह गरेर अरुलाई सहयोग गर्नु पर्छ । भुकम्पपछि पर्यटक आगमनमा कमि आएको छ । त्यसैले हामीले आन्तरिक पर्यटनमा जोड दिनु पर्छ । आफ्नो देशलाई चिन्नु पर्छ । हामी बर्सेनी लामो पदयात्रा गर्छौं । यसपाली दशैं–तिहार बीचमा हामी सगरमाथा पदयात्रामा छौं । तपाइँ पनि कतै घुम्न निस्कने होइन त ?

hiking (5)

अमृत भोजन अमृत भोजन जीवन्त भोजन हो । भिजाएर टुसा उम्रिएका गेडागुडि, भिजाइएको छोगडा, किसमिस र नरवल जस्ता फल, ताजा गाजर, बन्दा र थोरै दही मिसाएर अमृत भोजन तयार गरिन्छ । प्राकृतिक र पूर्ण आहार । चना, बदाम, मुँग, मेथी लगायत गेडागुडि र फलहरुमा नरिवल, किसमिस, छोगडा, बन्दा र गाजर प्रयोग हुन्छ । अमृत भोजनलाई खाजा वा खानाका रुपमा प्रयोग गर्न मिल्छ । स्वस्थ्य मानिसले गेडागुडि, फल र दही प्रयोग गरेर खान सक्छ । तर, रोगीले दही र गेडागुडी प्रयोग नगरी पनि खान मिल्छ । अमृत भोजनमा कार्बोहाइडे«ट, प्रोटिन, चिल्लो, भिटामिन र मिनिरल्स पाइन्छ । पेट सफा गर्ने फाइबर पनि । देश नाकाबन्दीमा परेका बेला यस्तै प्राकृतिक आहारमा जोड दिन सके राम्रो हुन्छ । खाना खाजा खाएपछि अमृत भोजन खानु उत्तम हुन्छ ।

]]>
6866 0 0 0
सूर्मासरोवरको सौन्दर्यता ( फोटो फिचर) http://localhost/ghum/%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a4%b0%e0%a5%8b%e0%a4%b5%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8c%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%a4/ Sun, 13 Dec 2015 19:38:23 +0000 http://www.ghumphir.com.np/?p=6877 किशोर खड्का सुदूरपश्चिम क्षेत्र पर्यटकिय सम्भावनाले भरिपूर्ण क्षेत्र हो । त्यहाँ पदयात्रा पर्यटन देखि धार्मिक, साहसिक पर्यटनका बिभिन्न आयामहरु छन । पदयात्रा, रयाफटिगं, पर्बतारोहण, धार्मिक तथा सांस्कृतिक क्रियाकलाप र ऐतिहासिक स्थलहरु अहिले चल्तिका पर्यटकिय गतिबिधिहरु र स्थल हुन । बडिमालिका, रामारोशन, खप्तड, अपि सैपाल हिमाल, शुक्लाफाँटा बन्यजन्तु आरक्ष, सेती नदिमा रयाफटिगं, सूर्मासरोवर सर्किट पदमार्ग त्यस क्षेत्रमा बिद्यमान मुख्य पर्यटकिय आर्कषण हुन । यि पर्यटकिय आर्कषण मध्येको बझागं जिल्लामा अवस्थित सूर्मासरोवर पनि एक महत्वपूर्ण पर्यटकिय स्थल हो । सूर्मासरोवर धार्मिक र पदयात्रा पर्यटनका लागि असाध्यै रोचक र सम्भावित स्थल हो । त्यसैगरी यस क्षेत्रमा बिभिन्न किसिमका जडिबुटि र बन्यजन्तु पनि पाईने हुँदा अध्ययन गर्ने पर्यटकको लागि पनि आर्कषणको क्षेत्र हुन सक्छ । प्रत्येक बर्ष भाद्र जनै पूर्णिमाको दिन सूर्मासरोवरमा बृहत मेला लाग्ने गर्दछ । बझागं जिल्ला र सुदूरपश्चिमका अन्य जिल्लाका तिर्थयात्रिहरु त्यस स्थानमा पुग्ने गर्दछन । स्थानिय विस्वास र धार्मिक कथन अनुसार मष्टो देवताको १६ बहिनी मध्ये सूर्मादेबि एक हुन । उनि एकान्त मनपराउने र सफासुग्घर चाहने हुँदा बस्तिबाट धेरै टाढाको निर्जन स्थानमा बसेको बिस्वास छ । प्रत्येक बर्ष भाद्र जनैपूर्णिमाको दिन त्यहाँ हजारौ तिर्थयात्रुहरु पुग्ने गर्दछन । उक्त समयमा रित्तै खुट्टा, चोखो निम्तो भएर जानुपर्ने विस्वासका कारण सबै तिर्थयात्रुहरुले सोहि बिधि अपनाउने गर्दछन । सूर्मासरोवरमा स्नान गर्दा पुण्य प्राप्त हुने र देबिको दर्शन गर्दा मागेको बर प्राप्त हुने स्थानिय विस्वास छ । पदयात्रा पर्यटनका दृष्टिकोणबाट सूर्मासरोवर सम्भावित क्षेत्र मध्येको एक हो । सूर्मासरोवर पदयात्रामा नँयापनको महशुष, नँया स्थलहरु, अपि सैपाल हिमाल र सूर्मासरोवरको रमणिय दृष्यबाट मनोरोञ्जन लिन सकिन्छ । सूर्मासरोवर सर्किटमा पदयात्रा गर्न काठमाण्डौंबाट काठमाण्डौ फर्कन कम्तिमा १६ दिनको समय लाग्छ । सूर्मासरोवर पदमार्गमा टि हाउस, होटेल नभएकाले खाने बस्ने बन्दोबस्तिका सामाग्रिहरु आफै लिएर जानु पर्ने हुन्छ । त्यसैगरी पदयात्रामा आवश्यक औषधीहरु र अन्य सामाग्रिहरु पनि अत्यन्तै आवश्यक हुन्छन । काठमाण्डौंबाट १ घण्टा १५ मिनेटको जहाज अथवा १६ घण्टा गाडिको यात्रा पश्चात सुदूरपश्चिमको मुख्य शहर धनगढी पुगिन्छ । धनगढी पुग्न लक्जरी बसहरुको पनि ब्यवस्था छ । धनगढीबाट जिपमा ९ घण्टामा बझागंको भाडया पुगिन्छ, जँहाबाट सूर्मासरोवरका लागि पदयात्रा सुरु हुन्छ । यात्राको तेस्रो दिन साँझ जयपृथ्विनगर पुगिन्छ । जयपृथ्विनगर जिल्लाको एक महत्वपूर्ण ऐतिहासिक स्थल हो । मानवताबादी राजा जयपृथ्वि बहादुर सिंह जन्मेको दरवारको भग्नावशेस, उनले राणा शासन कालमा स्थापना गरेको श्री सत्यवादी माध्यमिक बिद्यालय त्यहाँ अवस्थित छ । साथै उक्त क्षेत्र जिल्लाको मध्य भाग भएकाले जिल्लाका अधिकांश भाग त्यहाँबाट देख्न सकिन्छ । जयपृथ्विनगरबाट ठाकुले डाडा हुदै दौताल पुगिन्छ । दौताल पहिलाको सूर्मासरोवर भएको स्थानिय बासिन्दाको विस्वास छ । सूर्मा गाउँको मध्यभागमा अवस्थित ताल करिब आधा किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पहिलो पटक सूर्मासरोवर तिर्थ यात्रामा जाने तिर्थ यात्रुहरुले उक्त ताल हेर्न नहुने धार्मिक विस्वास छ । सूर्माबाट मानव बस्ति भेटिदैन । एकदिनको क्याम्पिगं ढटेली र त्यसपछि जलजला पुगिन्छ । बिचबाटोबाट चारैतिरका सुन्दर दृष्य, सुनखानी र चाँदेशिखरको अदभुत दृष्य पनि अबलोकन गर्न पाईन्छ । चाँदेशिखर चाँदिझै टल्कने र सुनखानी डाडाँ सुन झै टल्कने गर्दछन । टाढाबाट हेर्दा साच्चिकै चाँदि र सुनको डाडा झै लाग्ने यि दुई डाडामा साच्चिकै सुन र चाँदिको खानी हुन सक्ने तथा ति डाडाहरु र सुन तथा चाँदिसँग जोडिएका बिभिन्न दन्त्य कथाहरु स्थानिय बासिन्दाको मुखबाट सुन्न पाईन्छ । बाटो कठिन भएपनि चारैतिरको रमणिय दृष्यले डर तथा थकानलाई बिर्साईदिन्छ । ४८५९ मिटरको चाँदे शिखर पास क्रस गर्नु यात्राको सबैभन्दा चुनौतिपूर्ण क्षण हुन्छ । हाईअल्डिच्युड सिकनेस, डाईरिया, टाउँको दुख्ने जस्ता लक्षणहरु देखा पर्न सक्छन । चाँदेशिखर पासबाट छर्लगैं सैपाल तथा अन्य हिमश्रृखंला देखिन्छन । धेरै दिनको थकान र यात्राको रोमाञ्चकता पुनः थपिन्छ । मौसम सफा भएको खण्डमा वरपरका थुम्काहरु पनि अनौठो र अदभुत देखिन्छन । सूर्मासरोवर ४३०० मिटरको उचाईमा अवस्थित छ र करिब आधा किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सूर्मातालको पश्चिपट्टि सूर्मादेविको मन्दिर अवस्थित छ । मन्दिर ढुंगाले मात्रै बनेको छ भने मन्दिर बिभिन्न ध्वजा पताकाले सुसज्जित छ । सरोवर वरपर तिर्थयात्रुहरुले चढाएका पैंशा, सामाग्रि, सुन, चाँदि छरपष्ट छरिएको देख्न पाईन्छ । सूर्मासरोवरमा कुनैपनि किसिमको फोहोर मैला गर्न नहुने विस्वासका कारण क्याम्प अलि तल अथवा अर्को डाडामा राख्न सकिन्छ । भोलिपल्ट बिहान मौसम सफा भयो भने पूर्बदेखि पश्चिम सम्मको पूरै क्षेत्र हिश्रृखंलाले सुसज्ति देखिन्छ । जेठिबहुरानी हिमाल र अन्य हिमश्रृखंलाले सूर्मासरोवर हिमालको आँगन झै प्रतिबिम्बित हुन्छ । वरपरको रमणिय दृष्य अबलोकन गर्न र थकान मार्न १ दिन सूर्मासरोवर क्षेत्रमा आराम गर्न सकिन्छ । यहाँबाट सुनिगाढ हुदै चैनपुर फर्कने अथवा सैपाल बेस क्याम्प सम्म जाने दुईवटै बाटो छुट्टिन्छ । यहाँबाट सैपाल बेस क्याम्प सम्म पुग्ने हो र चैनपुर फर्कने हो भने धनशेरा धुली हुदै बेस क्याम्प पुग्न सकिन्छ । यहाँबाट करिब ९ दिनमा सैपाल बेसक्याम्प पुगि चैनपुर झर्न सकिन्छ । तर सूर्मासरोवरबाट निस्किएको सुनिगाढ भएर फर्कनेहो भने चौथो दिनको पदयात्रा पश्चात चैनपुर पुग्न सकिन्छ । सुनिगाढ हुदै चैनपुर आउने हो भने खोलाको किनार, खोल्सा खाल्सि पार गर्दै हिडनु पर्छ । बाटोमा गुफा, बिभिन्न प्रजातिका बोटबिरुवा र जंगली जनावरहरु भेटन सकिन्छ । त्यसैगरी सूर्मासरोवर क्षेत्र वरपर राष्ट्रिय पंक्षि डाँफे पनि प्रशस्तै देख्न पाईन्छ । सूर्मासरोवरबाट आफ्रे गुफा, राजाको पालहाल्ने, स्विल, सुनिगाढ हुदै चौथो दिनको दिन चैनपुर पुगिन्छ । चैनपुरबाट जिप अथवा बसमा धनगढी र धनगढीबाट काठमाण्डौ । सूर्मासरोवर पदयात्राको रोमाञ्चकतासँगै जो कसैलाई केहि कुराले अवस्य सोच्न बाध्य तुल्याउँछ । अव्यवस्थित पदमार्ग, चोरि शिकारी तथा अबैध जडिबुटि संकलन तथा बिक्रि बितरण । प्रत्येकबर्ष सूर्मासरोवर पदमार्गका लागि पर्यटन मन्त्रालयबाट बजेट तथा कार्यक्रम जाने गरेपनि लापरबाहि र बजेटको दुरुपयोगले पदमार्ग मर्मत गर्ने, सहज बनाउने कार्य हुन सकेको छैन । कतिपय अवस्थामा भिरको बाटोमा झुण्डिदै, ढूंगा र घाँसमा समात्दै यात्रा गर्नुपर्ने हुन्छ । त्यसैगरी अरु समयमा सुनसान रहने यो क्षेत्रमा बर्षा याममा जडिबुटि संकलन गर्न १० औ हजार मानिसहरु यहाँ पुग्ने गर्दछन । यदि यसरी नै जडिबुटि संकलन हुने हो र सम्बद्र्धन गरिएन भने अबको केहि बर्षमै जडिबुटि पुरै सखाप हुने देखिन्छ । स्थानिय बासिन्दाहरुका अनुसार बिगत बर्षहरुभन्दा यि बर्षहरुमा जडिबुटि असाध्यै कम मात्रामा फेला पर्ने गरेको छन । चोरि शिकारी यो क्षेत्रको अर्को प्रमुख समस्या हो । स्थानिय बासिन्दाका अनुसार यो क्षेत्रमा दिनमा कम्तिमा ८–१० वटा बन्यजन्तु मारिन्छन । यसरी बन्यजन्तु सखाप पारिने हो र चोरि शिकारी मौलाउँदै जाने हो भने चाहे त्यो पर्यटन होस या पर्यावरण नै किन नहोस ठूलो प्रभाव पर्न जान्छ तसर्थ स्थानिय बासिन्दा, प्रशासन र सरोकारवालाहरु समयमै सचेत हुन जरुरी छ ।

SONY DSC SONY DSC   SONY DSC

surmasorbar surmasorbar 1 surmasorbar 3 surmasorbar 5 surmasorbar b6 surmasorbar 7

]]>
6877 0 0 0
तयार छ तातोपानी नाका http://localhost/ghum/%e0%a4%a4%e0%a4%af%e0%a4%be%e0%a4%b0-%e0%a4%9b-%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be/ Mon, 14 Dec 2015 03:13:43 +0000 http://www.ghumphir.com.np/?p=6890 अखण्ड भण्डारी

म‌सिर २७, काठमाण्डाै ।

भारतीय नाकाबन्दीयता सबैको ध्यान तातोपानी नाकातिर केन्द्रित छ । भूकम्पपछि बन्द रहेको उत्तरतिर सबैभन्दा चल्तीको यो नाका पुन: सुचारु गर्न नेपालतर्फ अब कुनै भौतिक संरचनाले रोक्दैन अरनिको राजमार्ग पूर्णत: सुचारु भइसकेको छ । नेपाली भन्सार र अध्यागमन कार्यालय सञ्चालनमा आइसकेका छन् । जत्रै गाडी काठमाडौंसम्म पुग्न र जति धेरै सामान वैधानिक रूपमा आयात–निर्यात गराउन नेपाली अधिकारीहरू तम्तयार छन् । तर पनि नाका खुल्न सकेको छैन । ‘हामी २४ घण्टा खटेर सेवा दिन तयार छौं,’ तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले भने, ‘चिनियाँ पक्ष खोल्न तयार रहे हाम्रोतर्फ कुनै समस्या छैन ।’ चीनबाट इन्धनलगायत अत्यावश्यक सरसामान ल्याउन सबैभन्दा उचित ठानिएको यस नाकाको अवलोकनमा गएको संसदको विकास समिति नेतृत्वको टोलीले त्यही महसुस गरेर फर्कियो । ‘यो नाका सुचारु गर्न अब कुनै बाधा नरहेको पाएँ,’ समितिका सभापति रवीन्द्र अधिकारीले भने, ‘यथासक्य छिटो यसका लागि सरकारलाई प्रतिवेदन बुझाउने छौं । साथै सरोकारवाला मन्त्रालयका मन्त्रीदेखि सचिवसम्मलाई बोलाएर यो नाका सुचारु गर्ने वातावरण बनाउन निर्देशन दिनेछौं ।’ सडक विभागका उपमहानिर्देशक केशवकुमार शर्माले अप्ठ्यारा ठाउँमा मर्मतसम्भार गरी सडक आवागमन योग्य बनाइसकेको जानकारी दिए । उनका अनुसार पूर्ववत् रूपमा फर्काउन १ अर्ब ६० करोड खर्च लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये योजना आयोगले ७७ करोड रुपैयाँ तत्काल उपलब्ध गराउने भएको छ । ‘आन्तरिक स्रोतबाटै हामीले धेरै काम गरिसकेका छौं,’ उनले भने, ‘कोठे, झ्यालेभीर र लिपिङका साँघुरा ठाउँलाई मिलाउनासाथ ग्यास बुलेट ल्याउनसमेत सकिन्छ ।’ त्यस्तो स्थिति आए विभागले रातारात तयार गरिदिन सक्ने उनले प्रतिबद्धता जनाए । एमाले नेता तथा सिन्धुपाल्चोकका सांसद अमृत बोहोराले राष्ट्रिय आयमा राम्रो योगदान दिइरहेको तातोपानी नाका कुनै विलम्ब र कुनै बहानाबिना सुचारु हुनुपर्ने बताए । ‘यो मार्ग ऐतिहासिक मात्र होइन, नेपाल–चीन सम्बन्धको कडीसमेत हो,’ उनले भने, ‘यसलाई पूर्ववत् सञ्चालनमा ल्याउन भौतिक पूर्वाधारमा पनि कुनै कन्जुस्याइँ गर्नु हुँदैन । भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका बासिन्दा मर्माहत भएका छन् । ‘हामीले ज्ञापनपत्र लिएर जान बाँकी कुनै पनि संघसंस्था र निकाय छैनन् होला,’ उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष कमल श्रेष्ठले भने, ‘तर नाका खुल्न सकेन । यसमा उच्चस्तरीय राजनीतिक पहल नपुगेको हुनुपर्छ । सिन्धुपाल्चोकवासीको मर्मसँगै जोडिएको छ यो नाका । अत्यन्त विकट भौगोलिक बनावटको यस जिल्लामा कृषि उब्जनी खास हुँदैन । ‘सर्वसाधारणको कामै बन्दव्यापार हो,’ स्थानीय कामी शेर्पाले भने, ‘त्यो पनि चिनियाँ सरसामानको । अहिले नाका बन्द भएपछि सिंगै जिल्लावासीको बिचल्ली भएको छ ।’ तातोपानी भन्सार प्रमुख पोखरेलका अनुसार यो नाका भएर बर्सेनि एक लाख पर्यटक तिब्बतको मानसरोबर जान्थे । ‘यहाँ ४५ वटा पर्यटकीयसहित ३ सय ५० होटल छन्,’ उनले भने, ‘ती सबै बन्दबराबर छन् । १४ सय कन्टेनरमा २८ सयले प्रत्यक्ष रोजगार पाएका थिए । तिनका व्यवसायी हजारभन्दा बढी थिए । सबैको बिल्लीबाठ छ । तातोपानी भन्सारले वार्षिक सरदर ६ अर्ब राजस्व संकलन गथ्र्यो । उत्तरतिरका ९ नाकामध्ये तातोपानी सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । व्यस्त व्यापारिक गतिविधि हुने लिपिङ, कोदारी र तातोपानी क्षेत्र हाल सुनसान छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका प्रथम उपाध्यक्ष विष्णुबहादुर श्रेष्ठले खासामा नेपाली व्यवसायीका २ सय ५० देखि ३ सय कन्टेनर करिब ८ महिनादेखि अलपत्र रहेको जानकारी दिए । ‘नेपाली व्यापारीका करोडौंका सामान खासाका कन्टेनरमा कुहेका छन्,’ उनले भने, ‘नाका खुल्ने हो भने काम लाग्ने सामान ल्याउन सकिने थियो । सरकारले उच्चस्तरीय वार्ता गरेर यसको पहल नगर्ने हो भने यहाँका व्यवसायी भोकमरीमा पर्ने अवस्था आइसक्यो ।’ भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीले तातोपानी नाका सकेसम्म छिटो सुचारु गर्न चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिए । ‘ल्हासाको बैठकमा हामीले यसको महत्त्व र आवश्यकता प्रस्ट्यायौं,’ केहीअघि उक्त बैठकमा सहभागी रेग्मीले भने, ‘चिनियाँ पक्षले त्यसलाई सकारात्मक रूपमा लिएको अवगत गराएको छ ।’ भूकम्पका कारण यस राजमार्गमा नेपालका केही सम्भावित उपलब्धि पछाडि धकेलिएका छन् । सडक विभागका उपमहानिर्देशक शर्माका अनुसार चिनियाँ सहयोगमा अरनिको राजमार्गलाई डब्बल लेन बनाउनेबारे तयारी पूरा भएको थियो । त्यस्तै चीन सरकारको सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाहको ७० प्रतिशत काम पूरा भएको थियो । त्यसलाई सञ्चालन गर्ने नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट कमिटीका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतका अनुसार २०१५ भित्र सक्नुपर्ने गरी चिनियाँ पक्षसँग सम्झौता भएको थियो । जुरेको पहिरोका कारण काममा बाधा परेपछि एक वर्ष म्याद थपियो । अग्लो डाँडाको फेदमा रहेको र माथिबाट पहिरो खस्न थालेको हुँदा यो केही जोखिमपूर्ण भने छ । ‘तर, रोकथाम गर्न सकिन्छ,’ निर्माता बेइजिङ रियलस्टेट ग्रुपको स्थानीय प्रशासक सुलोचना लामिछानेले भनिन् । साभार कान्तिपुर

]]>
6890 0 0 0
भासियो देवघाट http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a4%98%e0%a4%be%e0%a4%9f/ Mon, 14 Dec 2015 03:22:46 +0000 http://www.ghumphir.com.np/?p=6892 चाँदनी हमाल 

लीलावती आचार्यको अन्तिम इच्छा थियो– आफ्नो दाहसंस्कार देवघाटमा होस्। उनलाई विश्वास थियो– चितवन, तनहुँ र नवलपरासीसहित सप्तगण्डकी संगम मानिने यस स्थानबाट प्रस्थान गरे परलोक–यात्रा सहज हुनेछ। नाति रेसमले हजुरआमाको इच्छाबमोजिम तयारी गरे।दागबत्ती दिइयो। तर, पार्थिव शरीर जल्नुको साटो पुतपुताएर धुवाँ मात्र उड्न थाल्यो। एक टिन घिउ खन्याइयो, तैपनि आगो दन्केन। आफन्तवियोगले रसाएका आँखा धुवाँले झन् राताम्मे भए।  

'यहाँ जल्न पाए स्वर्ग पुग्छु भन्नुहुन्थ्यो,' दुःखी हुँदै रेसमले भने, 'यस्तो कष्टसँग कसरी स्वर्ग पुग्नुभयो होला र?' सहज मरण प्राप्त गरेकी हजुरआमाको अन्तिम संस्कार असहज भएकोमा उनले दुःख व्यक्त गरे।अन्तिम संस्कारका लागि आफन्तलाई देवघाट पुर्यासउने अन्यको अवस्था पनि उस्तै सकसपूर्ण थियो। चिसा दाउरामा जति मट्टीतेल खन्याए पनि पार्थिव शरीर भष्म गराउन हम्मे परिरहेथ्यो। न व्यवस्थित घाट न त राम्रो दाउरा। जताततै फोहर र दुर्गन्धले मलामी एक ठाउँ उभिरहनै सक्दैनन्। 'खुला दिसामुक्त' चितवनको यो घाट 'दिसायुक्त' देखियो। किनारमा ढुंगा, बालुवा र प्लास्टिक छरपस्ट थिए। मृतकका कपडा, बोरा, सिसा, कपाल खौरेर फालिएका ब्लेड, बिस्कुट–चाउचाउका खोल, कपालका थुप्रोले कुरूप थियो देवघाट किनार। असरल्ल मिल्काइएका अँगार र खरानीले पानीको रंग कालो थियो।'अन्तिम संस्कारपछि पानीमै नुहाउनुपर्छ तर यहाँ त पानी यति फोहर छ, हातमा लिन पनि घिन लाग्छ,' मलामी भीष्म कार्कीले भने।

devghatजिम्मेवार छैनन् कर्मचारी

माघे संक्रान्ति, साउने संक्रान्ति, ठूलो एकादशी, महाशिवरात्रीलगायत पर्वमा देवघाट मेलामय हुन्छ। स्वदेश र विदेशका लाखौं तीर्थयात्री पुग्छन्। तर, मेला सकिएपछि त्यही ठाउँ मैलामय हुन पुग्छ। सडकछेउछाउ स्थानीयले सफा गरे पनि भित्री क्षेत्रका फोहर खाल्डा र खाली ठाउँतिरै मनपरी फालिन्छ। नदीछेउका कान्ला फोहरले पुरिएका छन्। त्यही फोहर भिर हुँदै नदीमा खसेर पानी प्रदूषित बनाएको छ। घरचोकतिर जम्मा भएको फोहर पनि नदीमै लगेर फालिन्छ।

शवदहन क्षेत्र र आसपास सरसफाइ गर्न कर्मचारी नराखिएका होइनन् तर उनीहरू जिम्मेवारी छाडेर जलाउन ल्याइएका व्यक्तिका सुन र लुगा उम्काउनै व्यस्त रहन्छन्। दाहसंस्कार व्यवस्थापन उपसमितिअन्तर्गत चार कर्मचारी छन्, केशरबहादुर तामाङ, श्याम चेपाङ, पूर्ण चेपाङ र मोतीलाल बुढा। मोतीलाल वृद्ध भइसके। त्यसैले काम नगरी महिनाको ५ सय रुपैयाँ भत्ता मात्र लिन्छन्। केशरबहादुर मासिक ४५ सय तथा श्याम र पूर्ण ३ हजार रुपैयाँ तलब बुझ्छन्।

कर्मचारीलाई बिहान र बेलुकी दुई–दुई घन्टाको कार्यावधि तोकिएको छ। दाउरा बिक्रीतर्फका कर्मचारी दीपक पौडेल बेलुकी सधैं आउँदैन। अरू कर्मचारी बिहानभरि शव जलाउँदा दान गर्ने सुन र अन्य महँगा सामानको खोजीमै बिताउँछन्। जसकारण शवदहन क्षेत्र फोहरै रहन्छ। अन्य धार्मिक यात्री र त्यहीँ कुटीमा बस्नेहरूले गर्ने फोहर व्यवस्थापनको कुनै योजनै छैन। न डम्पिङ साइट छ न त ढल निकासको व्यवस्था।

झोलुंगे पुलनजिकै व्यापारिक प्रयोजनले बनाइएका २३ वटा सटरको फोहर नदीमै पुर्याहइन्छ। भरतपुर उपमहानगरपालिकाले पनि यसबारे चासो दिएको छैन। तीनवटै जिल्ला छोएकाले सबैले एकअर्को निकायलाई जिम्मेवारी पन्छाउने गरेका छन्। चितवनतर्फको फोहर सफा गर्न कहिलेकाहीँ टोली गए पनि निरन्तरता नहुने देवघाट क्षेत्र विकास समितिका नायब सुब्बा पुष्पराज पौडेलले बताए। फोहर उठाउने विषयमा उपमहानगरपालिका र समितिबीच नै द्वन्द्व छ। फोहर उठाउने हो भने त्यसबापतको शुल्क पनि आफूहरूले नै पाउनुपर्ने नगरपालिकाको दाबी छ। तर, समितिले विद्यालय सञ्चालनका लागि स्थानीय सीताराम माविलाई शुल्क उठाउने जिम्मा दिँदै आएको छ।

जता पायो त्यतै फोहर फाल्नु बाध्यता रहेको बताउँछन्, पौडेल। 'डम्पिङ साइट छैन, नभएपछि कहाँ फाल्ने?,' उनी भन्छन्, 'त्यसैले यस्तो अव्यवस्था आएको हो।'

बेनीक्षेत्रमा चारवटा आश्रम छन् जहाँ एक हजार विद्यार्थी संस्कृत पढिरहेका छन्। गलेश्वर आश्रममा एसएलसीसम्म, हरिहर संन्यास आश्रममा शास्त्रीसम्म र महेश संन्यास आश्रममा आचार्य तहसम्म अध्यापन हुने गर्छ। महिलाका लागि छुट्टै इन्दिरा संन्यास आश्रम पनि खुलेको छ।

यी आश्रममा सेप्टीट्यांकी बनाइए पनि अन्य फोहर पानीमै मिसाइन्छ। त्यस्तै व्यक्तिगत कल्पवास र वृद्धाश्रम पनि फोहर बढाएका छन्। देवघाटको फोहर व्यवस्थापन समिति एक्लैको वशमा नरहेकाले केन्द्रीय तहबाटै निर्णय हुनुपर्ने पौडेलको दाबी छ ।

भरतपुर उपमहानगरपालिकाले भने देवघाटबाट उठ्ने कर र राजस्वमा समितिले एकलौटी गरेको आरोप लगाउँदै आएको छ। 'घरघरको सफाइ–शुल्क आफंै लिन्छन्, शव जलाउने बेलामा प्रतिव्यक्ति तीन सय छुट्टै उठाउँछन्,' उमनपाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले भने, 'त्यो शुल्क कहाँकहाँ खर्च भयो, जानकारीसम्म गराउँदैनन्। अनि नगरपालिकाले किन सफा गर्नुपर्ने?'

देवघाटमा केही सार्वजनिक शौचालय छन् तर ती फोहर र दुर्गन्धले छिर्नै नसकिने छन्। एकैपटक धेरै मलामी आउँदा र मेलापर्वमा जथाभाबी दिसापिसाब गरिन्छ। किरियाघर, दाउरा बेच्ने ठाउँ र स्कुलकासहित चारवटा शौचालय छन्। पानीबिनाका ती शौचालयले लाखौं जात्रालु र सयौं मलामीको चाप थेग्न सक्दैनन्। बगरैभिर जताततै दिसैदिसा छ। यसले वातावरण मात्र होइन, नदीको पानीसमेत दुर्गन्धित भएको छ।

शव जलाउनै सकस

देवघाटमा दैनिक कम्तीमा तीस शव दाहसंस्कारका लागि पुर्यासइन्छन्। एक शव जलाउन २५ सय रुपैयाँको दाउरा लाग्छ। तर, दाउरा पाउनै हम्मे छ। पाए पनि चिसा दाउराका भरमा शव जलाउन सकस पर्छ। 'सजिलै दाउरै पाइन्न। पाए पनि सुकाउन नपाउँदै बिक्री गर्नुपर्दा समस्या छ,' दाहसंस्कार व्यवस्थापन उपसमिति सदस्य जगन्नाथ पोखरेल भन्छन्।

चार वर्षअघि स्थानीय सतनचुली सामुदायिक वनबाट दाउरा ल्याइन्थ्यो। सतनचुलीले दाउरा बिक्रीमा भ्रष्टाचार गरेको मुद्दा परेपछि अहिले निजी क्षेत्रबाट किनेर उपलब्ध गराउन थालिएको छ। दाउरा अभाव पूर्ति गर्न समिति पदाधिकारी पटकपटक सरकार गुहार्छन्। मन्त्रीसम्मै पुग्छन्। तर, उपलिब्ध शून्य।

खोलामै भासियो घाट

भरतपुरबाट देवघाट छिर्ने बाटोमै अर्को द्वार छ– स्वर्गद्वार। यहीँबाट शव प्रवेश गराइन्छ। पाँच सय मिटरपर नदीछेउ दैनिक दर्जनौं शव जल्छन्। शवदहन व्यवस्थित गर्न २०६८ सालमा 'शवदाह निर्माण उपभोक्ता समिति' गठन भयो। हाल त्यसलाई शवदाह स्थल निर्माण संघ बनाइएको छ। अघिल्लैचोटि घाट बनाउन करोडौं रकम खन्याइयो। समिति संयोजक गुणचन्द्र विष्टको नेतृत्वमा काम पनि सुरु भयो। ३६ लाख रुपैयाँ लगानीमा शवदाह क्षेत्र जाने बाटो पिच भयो। सामान्य ढल पनि बनाइयो। तर, व्यवस्थित घाट निर्माण गरेको ६ महिनामै बाढीले बगायो। अहिले नदीकिनारमा उसै गरी अव्यवस्थित तरिकाले शवदहन हुँदै आएको छ।

बगेको घाट फेरि बनाउन सुरु गरियो। विष्टको निजी ३० लाख, तत्कालिन भरतपुर नगरपालिकाबाट २०६८ र २०६९ मा दुई किस्तामा गरी २४ लाख र देवघाट क्षेत्र विकास समितिको ३० लाख रुपैयाँ खर्च भइसकेको छ। यस वर्ष पनि पाँच लाख रुपैयाँ छुट्याइएको छ। अन्य मनकारी स्थानीय र व्यवसायीबाटसमेत गरी झन्डै साढे दुई करोड रुपैयाँ सकिइसकेको छ।

जमिनको सतहदेखि ड्याम नबाँधी नदीको बीचमा निर्माण भएकाले घाट बाढीले क्षतिग्रस्त बनाएको हो। घाटको सतह बगरसँगै बराबरीमा छ। पाँचमिटर अग्लो पिलर जमिनमुनि भासिएको छ। स्ल्याब सबै बगिसकेको छ।

'स्ल्याब मात्र बगाएको हो, पिलर बाँकी नै छ,' संयोजक विष्ट भन्छन्, 'सतह होचो भएकैले घाट बगायो, अब सिँढी हाल्दै उचालेर बनाउन करोडौं रुपैयाँ लाग्छ।'

स्थानीय भने बिनअनुसन्धान निर्माण गरिएकाले घाटमा गरिएको लगानी पानीमा बगेको बताउँछन् । 'त्यत्रो नदीमा बाढी आउँछ भन्ने जसलाई पनि थाहा हुने कुरा हो,' स्थानीय सुदीप रिमाल भन्छन्, 'त्यत्रो पैसा स्वाहा पार्नेले अब आफैं पैसा हालेर बनाइदिनुपर्छ।'

शवदाह स्थलका लागि उपमहानगरपालिकामार्फत गएको रकम दुरुपयोग भएको कार्यकारी अधिकृत सापकोटा बताउँछन्। 'स्टिमेट र प्राविधिक अध्ययनबिनै घाट बनाउँदा यस्तो दुर्दशा भो, त्यत्रो पैसा पानीमा बगाए,' उनले भने, 'त्यसको खोजबिन गर्नुपर्छ।'

पदको लुछाचुँडी

देवघाट क्षेत्र विकास समितिको पद विशुद्ध स्वयंसेवी प्रकृतिको हुन्छ। तलब केही हुँदैन। तैपनि समिति पदाधिकारी हुन लुछाचँुडी नै चल्छ। अध्यक्षसहितका सबै पदपूर्ति राजनीतिक नियुक्तिबाट हुन्छ। आआफ्ना पक्षलाई समितिमा पुर्यालउन दलबीच प्रतिस्पर्धा चल्छ। यसको कारण हो, त्यहाँ आउने करोडौं रकम चलखेल गर्न पाइनु। डुंगा सञ्चालन, सरसफाइ, पार्किङ, ठूला मेलाका बेला हुने बजार–व्यापार, यातायातजस्ता विषयमा प्रशस्त शुल्क उठिरहेको हुन्छ।

कार्यसमिति अध्यक्षसहित सात सदस्यीय हुन्छ। बाँकी आठ जना मनोनीत सदस्य रहन्छन्। कार्यसञ्चालनका लागि छुट्टै कार्यकारी निर्देशक पनि नियुक्त गरिन्छ। अध्यक्षको पदावधि दुई वर्षको हुन्छ। चारवर्षे अवधिका कार्यकारी निर्देशक शाखा अधिकृतसरह हुन्छन्, २४ हजारभन्दा बढी तलब बुझ्छ। अहिले एमालेनिकट शैलेन्द्र पिया समिति अध्यक्ष छन् भने एमाओवादी निकट जयकृष्ण शर्मा कार्यकारी निर्देशक।

समितिका लागि कर्मचारी–खर्चका नाममा सरकारले वार्षिक १८ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउँछ। पुँजीगत विकास खर्चका नाममा ६८ लाख ५० हजार आउँछ। गत वर्ष उक्त रकममा ५० लाख थपेर एक करोडभन्दा बढी आएको थियो। अन्य छुट्टाछुट्टै परियोजनाका नाममा पनि बर्सेनि करोडौं रकम देवघाट प्रवेश गर्छ तर विकास भने शून्य छ।

राजनीतिक नियुक्तिकै कारण पदाधिकारीबीच कुरा नमिल्दा देवघाट क्षेत्र विकास समितिको सिंगो गुरुयोजना अलपत्र परेको छ। समिति बनेको दस वर्षपछि २०६५ सालमा गुरुयोजना बने पनि कार्यान्वयन भएको छैन। एउटा दलको प्रतिनिधिले अघि बढाएको कामलाई अर्को दलकाले नमानिदिँदा लाखौं रकम दुरुपयोग भइरहेको छ।

लापरबाही बढ्दो

समितिका कामकारबाही पारदर्शी नरहेको र विकास लागि छुट्याइएको रकम दुरुपयोग भएको स्थानीयको गुनासो छ । आर्थिक वर्ष ०६९/०७० मा वेणीसंगम स्नानस्थल निर्माणका क्रममा १० लाख र व्यावसायिक सटर निर्माण गर्दा ५ लाख रुपैयाँ हिनामिना भएको उनीहरूको भनाइ छ।

राज्यबाट आएको रकम कहाँ खर्च गरियो भन्नेबारे अहिलेसम्म समितिले चित्तबुझ्दो जवाफ दिन नसकेको स्थानीय झलक पौडेल बताउँछन्। 'राजनीतिक स्वार्थमा नियुक्त हुने पदाधिकारीले रकम हिनामिना गरेका छन्,' उनले भने, 'जबसम्म देवघाटलाई राजनीतिबाट मुक्त गरिन्न, विकास असम्भव छ।'

चितवनतर्फ गत वर्ष व्यावसायिक सटर निर्माण गर्दा १८ लाख रुपैयाँ खर्च भएको प्राविधिक स्टिमेट र कार्यसम्पन्न प्रतिवेदनमा उल्लेख छ। तर, बजेट फर्छ्यौट गर्दा भने त्यही रकम २४ लाख देखाइएको छ। यस्तै, स्नानस्थल निर्माणमा करिब १५ लाख खर्च भएको देखिए पनि फर्छ्यौटमा २५ लाख रुपैयाँ उल्लेख गरिएको छ। चितवनपट्टि निर्माण गरिएको शवदाहस्थलमा पनि अनियमितता भएको जनाउँदै स्थानीयले सत्यतथ्य जानकारी गराउन माग गरेका छन्। समिति अध्यक्ष पियाले भने आफूहरूले अनियमितता नगरेको दाबी गर्छन्।

गुरुयोजना अलपत्र

देवघाटक्षेत्र विकास समितिले आर्थिक वर्ष २०६४/६५ मा निर्माण गरेको एक्काइसवर्षे गुरुयोजना सरकारले २०६६ सालमा स्वीकृत गरेको थियो। तर, पाँच वर्ष बित्दा प्रगतिको अवस्था भने निराशाजनक छ।

गुरुयोजनामा १ सय ११ वटा विकासयोजना समेटिएका छन् जसको अनुमानित लागत १ अर्ब २२ करोड ४५ लाख १५ हजार रुपैयाँ छ। सरकारले अहिलेसम्म २ करोड ६६ लाख रुपैयाँ मात्र उपलब्ध गराएको समितिले जनाएको छ।

समितिका अनुसार पर्याप्त बजेट नआएकाले काम अघि बढाउन सकिएको छैन। जति आएको छ त्यसबाट शवदाहस्थल, स्नानघाट व्यवस्थापन, मठमन्दिर, पाटीपौवा जीर्णोद्धार, सडक निर्माण, मेलास्थल व्यवस्थापन भइरहेको अध्यक्ष पियाले बताए।

२०८५ सम्म देवघाटलाई धार्मिक सहरका रूपमा विकास, व्यवस्थित स्नानघाट र शवदाहस्थल, धार्मिक आवासीय क्षेत्र वृद्धि, वृद्धवृद्धाका लागि कल्पवास, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पिकनिक स्पट निर्माणका योजना गुरुयोजनामा उल्लेख छन्। देवघाट विश्वसम्पदा रहेकाले यसको प्रवर्द्धनका लागि सम्बद्ध निकायलाई जागरूक गराइने बताउँदै पियाले यसपालि अघिल्ला वर्षभन्दा दोब्बर बजेट आउने जानकारी दिए।

यसअघिका उदाहरण हेर्दा बजेट सदुपयोग हुनेमा भने शंका छ। विगतको बजेटबाट सामान्य मर्मतसम्भार मात्र गरी अधिकांश शीर्षकका रकम स्वाहा पारिएको छ। देवघाट आवतजावत गर्ने एक मात्र झोलुंगे पुल जीर्ण भइसके पनि अर्को पुल निर्माण थालिएको छैन। तीन वर्षअघि माघे संक्रान्ति मेलामा एउटा पट्टा चुँडिएको पुललाई सामान्य मर्मतसम्भार गरिए पनि बढी भिड भएका बेला दुर्घटना निम्तिने त्रास कायमै छ। करिब पचास वर्षअघि बनेको उक्त पुल दुई लाइन मानिस हिँड्नासाथ चुँडिएलाजसरी लच्किन्छ।

बेनीमा अहिले पक्की स्नानघाट बनाइँदै गरेको ठाउँमा पहिले थुप्रैचोटि अस्थायी स्नानघाट हालिएको थियो। त्यस क्रममा सरकारी बजेट समिति पदाधिकारीले खोला र झोलामा हालेर सकेको भन्दै आलोचना भएको थियो। हाल टेन्डरमार्फत अरुणा कन्स्ट्रक्सनले स्नानघाट निर्माण गरिरहेको छ। किरियापुत्री भवन निर्माणका लागि अरबिन्द कन्स्ट्रक्सनले काम गर्दै छ।

सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट साहयोग लिएर २० वर्षभित्र गुरुयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि काम हुन नसकेको समितिका कार्यकारी निर्देशक जयकृष्ण शर्मा बताउँछन्। गुरुयोजना समयमा सम्पन्न गर्न समितिले सरकारसँग वार्षिक १५ करोड रुपैयाँ माग गर्दै आएको छ। 'बर्सेनि आउनले ५० लाख रुपैयाँ कनिका छरेजस्तो मात्र हुन्छ,' उनले भने, 'त्यो पनि १०–११ वटा योजनालाई मात्र।'

कालीगण्डकीमा तनहुँ र नवलपरासी जोड्ने झोलुंगे पुल निर्माणाधीन अवस्थामै छ। अन्य अधिकांश योजना कागजमै सीमित रहेको समिति सदस्य टंकनाथ पौडेलले बताए। 'संस्कृति मन्त्रालयको मात्र भर पर्दा पर्याप्त बजेट आएन,' उनले भने, 'अहिले अर्थ, भौतिक योजना तथा निर्माण मन्त्रालय तथा अन्य विभिन्न विभागमा समेत गुरुयोजनाका लागि बजेट मागिरहेका छौं।'

बाह्य पर्यटकको समेत आकर्षण केन्द्र रहेको देवघाट क्षेत्रलाई धार्मिक सहर बनाउन सहरी विकास मन्त्रालयमा पठाएको प्रतिवेदन उतै अड्केको छ। बगाएको शवदाहस्थल पुनर्निर्माण गर्न रकम अभाव भएपछि भएको ५ लाख रुपैयाँ पनि अन्यत्र रकमान्तर गरिँदैछ।भवन निर्माणसंहिता लगायत ऐन–नियम नबन्दा गुरुयोजना कार्यान्वयनमै व्यावहारिक अप्ठेरो देखिएको छ। कतिपय ऐन–नियम प्रस्ताव भए पनि पारित नहुँदा समिति पदाधिकारीलाई उम्कने सजिलो बाटो मिलेको छ।साभार :नागरीक

]]>
6892 0 0 0
एसएमएस मार्फत तेल बुकिङ गर्न पाउने http://localhost/ghum/%e0%a4%8f%e0%a4%b8%e0%a4%8f%e0%a4%ae%e0%a4%8f%e0%a4%b8-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ab%e0%a4%a4-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%ac%e0%a5%81%e0%a4%95%e0%a4%bf%e0%a4%99-%e0%a4%97/ Mon, 14 Dec 2015 03:29:00 +0000 http://www.ghumphir.com.np/?p=6895

पवन तिमिल्सिना उपभोक्ताले एसएमएस मार्फत तेल बुकिङ गर्न पाउने भएका छन् । एसएमएसबाटै तेल बुकिङ गर्ने सेवालाई सरकारको ‘हेलो सरकार’कै गेटवे ११११ अन्तर्गत राखेर कार्यान्वयनमा ल्याउन लागिएको हो । पहिलो चरणमा चार वटा पम्मबाट एसएमएसबाट तेल बुक गर्न पाउने गरि यो प्रणाली लागु गरिएको नेपाल आयल निगमले जनाएको छ । यी चार वटा पम्पमा प्रयोग सफल भए सबै पम्पमा यही प्रणाली लागु हुनेछ ।  आइतबार साँझसम्म एसएमएसबाट बुकिङ हुने पम्मको छनौट गरिएको छैन । दुई पाँग्रेलाई पट्रोल वितरण सकिएपछि चार पाँग्रेलाई वितरण गर्न यो प्रणाली लागु हुने अनौपचारिक निर्णय भएको छ । मास्टर आइडीले बनाएको यो सेवा करिब डेढ महिना अघिबाट नै सञ्चालन गर्ने तयारी भएपनि प्राविधि रुपमा विस्तार तथा सरकारी प्रक्रियाका कारण ढिलाई भएको एसएमएस सेवाका डेभलपर राजन तिमल्सिनाले जानकारी दिए । ‘हामीले पहिले नै यसको प्रारम्भिक स्वरुप तयार पारेका थियौ,’ उनले भने, ‘प्राविधिक रुपमा परिस्कृत बनाउने र सरकारी प्रक्रियाबाट अगाडि बढेकाले केही ढिलाई भयो ।’ यस सेवा सञ्चालन गर्न प्रधानमन्त्री कार्यालय, वाणिज्य तथा आपुर्ती मन्त्रालय, गृह मन्त्रालय, सूचना प्रविधि तथा सञ्चार मन्त्रालय, नेपाल आयल निगम, भन्सार कार्यालय, निगमकै थानकोट डिपो र मास्टर आइडीको संयुक्त समिति बनाइएको छ । समितिले आयल निगमको स्वामित्वमा रहने गरी यो प्रणाली लागु गर्ने तिमल्सिनाले बताए । कसरी लिन सकिन्छ सेवा ? यो प्रणाली अन्तर्गतको सेवा लिन उपभोक्ताले आफ्नो मोवाइलको म्यासेज बक्समा गइ आरइक्यू–पी–ब्लुबुक नम्बर–जिल्ला कोड नम्बर–निर्वाचन क्षेत्र नम्बर–एस/एम/एल (RIQ-P-ब्लुबुक नम्बर-जिल्ला कोड-निर्वाचन क्षेत्र कोड-S/M/L) टाइप गरी चारवटा एक (११११) मा पठाउनु पर्ने छ । मास्टर आइडीले काठमाडौंका लागि जिल्ला कोड ०१, भक्तपुरका लागी ०६ र ललितपुरको लागी ०५ राख्ने व्यवस्था छ । स्कुटर÷मोटरसाइकलजस्ता साना सवारी साधनधनीले अंग्रेजी अक्षरको एस, मध्यम आकारका सवारीधनीले एम तथा ठुला सवारीधनीले एल टाइप गरेर एसएमएस पठाउनु पर्नेछ ।कुन आकारका सवारी साधनलाई कति तेल दिने भन्ने निर्णय भने नेपाल आयल निगमले गर्ने छ ।साभार बिजमाण्डु

यस्तो छ निगमको सुचना
]]>
6895 0 0 0
पोखरा-कोरला नाका सडकमा लगानी गर्न चीन इच्छुक http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%b2%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%97/ Mon, 14 Dec 2015 03:35:51 +0000 http://www.ghumphir.com.np/?p=6899

दिलीप पाैडेल

मसिर २८ बागलुङ।

उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको कोरला नाका खोल्ने सरकारी प्रयाससँगै चीनले नाकासम्म सडक निर्माण र स्तरोन्नतिमा सघाउन तयार भएको छ। चिनियाँ-नेपाली भन्सार अधिकारीबीच कोरला नाका खोल्ने सहमतिपछि व्यवस्थापिका संसदको विकास समितिको टोलीले नाका अवलोकन गरेको थियो।संसदीय समितिले सीमासम्मै सडकको पहुँच भएको कोरला नाका सञ्चालन गर्न उपयुक्त रहेको प्रतिवेदन सरकारसमक्ष पेस गरेसँगै चीनले पनि सडक निर्माणमा सघाउन इच्छा देखाएको हो।

पोखरा-पर्वत-बागलुङ-बेनी-मुस्ताङ-जोमसोम-कोरला सडक स्तरोन्नति र कालोपत्रेसम्बन्धी प्राविधिक अध्ययन गर्न चिनियाँ टोली यहाँ आएको छ। चीनले एक्जिम बैंक अफ चाइनाको प्राविधिक टोली पठाएर सडकको स्थितिबारे प्राविधिक अवलोकन गरेको सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख इन्जिनियर राजेश पौडेलले बताए। 'सरकारी योजना पोखरा–कोरला सडक स्तरोन्नति गर्ने हो,' पौडेलले भने, 'सो परियोजनामा लगानी गर्न चीन इच्छुक छ।'

चिनियाँ प्राविधिक टोली सडक स्तरोन्नति र कालोपत्रे गर्न सघाउन सकारात्मक रहेको पौडेलले बताए। 'चिनियाँ टोलीले सडकको स्थलगत अवलोकनपछि सरकारसँग लगानीका लागि सिफारिश गर्ने प्रतिबद्धता जनाएको छ,' पौडेलले भने, 'दुई देशबीच एमओयुमा सम्झौता भएपछि काम अघि बढ्छ।'

korala nakaयसअघि पोखरा-बागलुङ सडक निर्माण गरेकाले पनि चीनले उक्त सडक दुई लेनको बनाउन इच्छा जाहेर गरेको हो। पर्वत र बागलुङको सीमादेखि बेनी-मुस्ताङ-जोमसोम-कोरला सडकको स्तरोन्नति र कालोपत्रे गर्न करिब १० अर्ब रुपैयाँ लाग्ने डिभिजन कार्यालय, बागलुङले जनाएको छ। कोरलादेखि जोमसोमसम्म करिब १ सय किमि र जोमसोमदेखि म्याग्दीको बेनीसम्म ७६ किमि ट्रयाक मात्र खोलिएको छ। बेनीदेखि पोखरा सडकखण्डको ७६ किमि कालोपत्रे भए पनि स्तरोन्नती गर्नुपर्ने स्थितिमा छ।

मालढुंगाबाट कोरलासम्म २ सय किमि स्तरोन्नति र कालोपत्रे गर्न १५ अर्ब रुपैयाँ लाग्ने सडक कार्यालयको अध्ययनले देखाएको छ। सरकारले नाका खोल्न पहल गरिरहेका बेला कोरला जोड्ने सो सडक परियोजना महँगो भए पनि चिनियाँ लगानी भिœयाउन उपयुक्त हुने पौडेलले बताए। 'परियोजना पूरा गर्न सरकारी लगानी पर्याप्त नहुन सक्छ,' पौडेलले भने, 'चिनियाँ लगानी आए द्रुत गतिमा काम अघि बढ्छ।'

ट्रयाक मात्र खोलिएको जोमसोमसम्म करिब १ सय किमि र जोमसोमदेखि म्याग्दीको बेनीसम्म ७६ किमि सडकखण्ड तत्काल स्तरोन्नति गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिइसकेको छ। 'कोरला नाका सञ्चालनमा ल्याउन पहिलो प्राथमिकता सडक निर्माण हो,' विकास समितिका सभापति रविन्द्र अधिकारीले भने, 'सो सडक स्तरोन्नति गर्न प्रधानमन्त्री र संसदमा समेत प्रतिवेदन पेस गरेका छौं।'

सो सडकमा म्याग्दीको रुप्से खोलामा र मुस्ताङको कालिगण्डकी, जोमसोम र छुसाङ चैलेमा तीन वटा पुल निर्माणाधिन रहेको डिभिजन कार्यालय, बागलुङका इन्जिनियर नारायण शर्माले बताए। 'बेनी–जोमसोम सडकखण्डको बेनीबाट ५ किमि कालोपत्रे गर्ने योजना छ,' उनले भने, 'तर बजेट अभावले द्रुत गतिमा काम गर्न सकिएको छैन।'

नेपाली सेनाले करिब ५६ करोड रुपैयाँ लागतमा बेनी-जोमसोम सडकखण्ड ट्रयाक खोलेको थियो। सो सडकखण्डको गलेश्वर, बेगखोला, तिप्लाङ, पोखरे बगर, लेते, बोक्से खोलामा करिब १२ करोड लागतमा पुल निर्माण भए पनि ठाउँ-ठाउँमा सडक निकै साँघुरो छ। जोमसोमबाट उपल्लो मुस्ताङ हुँदै कोरला पुग्न जोमसोम, छुसाङ र समर तीन ठाउँमा सवारी फेरेर जानुपर्ने अवस्था छ। सरकारले राष्ट्रिय गौरवको आयोजना भन्दै चीन-भारत जोड्न कोरला-जोमसोम-बेनी-बागलुङ-गुल्मी-पाल्पा हुँदै भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अघि बढाए पनि योजनाले पूर्णता पाउन सकेको छैन। साभार नागरीक

]]>
6899 0 0 0
पत्रकार महासंघले तराई मधेसमा विषेश अभियान सञ्चालन गर्ने http://localhost/ghum/%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%b2%e0%a5%87-%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%a7/ Mon, 14 Dec 2015 03:55:41 +0000 http://www.ghumphir.com.np/?p=6905 मंसिर २८ , काठमाडौं ।

नेपाल पत्रकार महासंघले तराई/मधेस केन्दि्रत ‘प्रेस स्वतन्त्रताका लागि पत्रकार सुरक्षा, सामाजिक न्यायसहितको व्यावसायिक पत्रकारिता’ विशेष अभियान सञ्चालन गर्ने भएको छ ।महासंघको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले तराईमा विशेष अभियान चलाउने निर्णय गरेको हो ।

FNJ-Nawalparasi महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा नवलपरासीको अमल्टारीमा सम्पन्न बैठकले नयाँ संविधान जारी भएपछि खासगरी तराई मधेशमा चलिरहेको आन्दोलन र प्रेस स्वतन्त्रता हननको अवस्थालाई ध्यान दिएर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियान अन्तर्गत प्रशिक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिसन सञ्चालनका साथै आचारसंहिता र जिम्मेवार पत्रकारितासम्बन्धी विषयवस्तुलाई केन्द्रित गरिने निर्णय भएको छ ।

सञ्चारकर्मी र सञ्चारसंस्थालाई राहत र पुनस्र्थापनाका लागि राज्यका तर्फबाट विशेष कार्यक्रम ल्याउन सरकारलाई दवाव सिर्जना गर्ने भएको छ । त्यस्तै प्रेस काउन्सिल र सूचना विभागलगायतका निकायबाट सञ्चार उपकरण खरीद, लोककल्याणकारी विज्ञापन वापतको रकम भुक्तानी, वर्गीकरणमा सहुलियत, सार्वजनिक हितसम्बन्धी सन्देशसहितका लागि व्यवस्था मिलाउनका लागि थप पहलकदमी लिने ।

]]>
6905 0 0 0
‘तासी एन्ड द मङ्क’ अन्तर्राष्ट्रिय उत्कृष्ट वृत्तचित्र घोषित http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a4%8f%e0%a4%a8%e0%a5%8d%e0%a4%a1-%e0%a4%a6-%e0%a4%ae%e0%a4%99%e0%a5%8d%e0%a4%95-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d/ Mon, 14 Dec 2015 14:39:53 +0000 http://www.ghumphir.com.np/?p=6909

काठमाडौँ, २८ मङ्सिर ।

चार दिनदेखि यहाँ चलिरहेको काठमाडौँ अन्तर्राष्ट्रिय हिमालय चलचित्र महोत्सव(किम्फ) आज विभिन्न उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ । किम्फमा एन्ड्रे हिन्टन र जोनी बुर्केले तयार पारेको ‘तासी एन्ड द मङ्क’ अन्तर्राष्ट्रिय उत्कृष्ट वृत्तचित्र घोषित हुँदै एक हजार ५०० डलर जित्न सफल भएको छ । महोत्सवमा पोल्यान्डका पावेल वेसोजान्स्कीद्वारा निर्देशित ‘जुरेक’ दोस्रो हुँदै एक हजार डलर जितेको छ भने पोल्यान्डकै भराम खितार्यानले निर्देशन गरेको ‘पिस्न पास्टर्ज’ तेस्रो हुँदै ५०० डलर प्राप्त गरेको छ । यसैगरी नेपालका राजकुमार राई र उहाँको समूहले निर्माण गरेको ‘हेभेन इज ब्ल्याक’, दीपेश खरेल र फ्रोड स्टोरासले तयार पारेको ‘तामागाउँ’ र स्लोभाकियाका पाभोल बारावासले निर्देशन गरेको ‘जिट प्रे भासेन’(लिभ फर प्यासन) ले ‘जुरी मेन्सन अवार्ड’ पाएको थियो । किम्फमा पत्रकार गणेश पाण्डेले निर्देशन गरेको ‘भाग्यले बाँचेकाहरु’ले दर्शकको रुचिमा पर्न सफल हुँदै ‘दर्शक मत सम्मान’का साथै चलचित्र विकास बोर्डबाट रु ५० हजारको नेपाल पानोरमा पुरस्कार प्राप्त गरेको छ । अरुणदेव जोशीले निर्देशन गरेको ‘कमारो’ ले पनि नेपाल पानोरमा पुरस्कारसहित रु ५० हजार जितेको छ । पुरस्कार छनोट समितिमा भारतीय चलचित्रकर्मी पेमेन्द्रनाथ मजुम्दर र नम्रता राव, कोरियाका इयुन योङ किम र नेसनल जियोग्राफीका पत्रकार इड डोग्लास रहनुभएको थियो । महोत्सव अवधिभर विभिन्न मुलुकका ८१ वृत्तचित्र(चलचित्र) प्रदर्शन गरिएको थियो ।

]]>
6909 0 0 0
बढी सवारी भाडा लिनेलाई कारबाही गरिने http://localhost/ghum/%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ad%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%a8%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a4%be/ Mon, 14 Dec 2015 14:45:44 +0000 http://www.ghumphir.com.np/?p=6911

काठमाडौँ, २८ मङ्सिर ।

अघोषित नाकाबन्दीका नाममा यातायात व्यवसायीले यात्रुसँग मनपरी भाडा उठाउने क्रम नरोकेपछि यातायात व्यवस्था विभागले अनुगमन गरी काराबाही गर्ने भएको छ । नाकाबन्दी कायमै हुँदा पनि सरकारले मिलाएको व्यवस्थाअनुसार नेपाल आयल निगमले निजी सवारी साधनलाई भन्दा सार्वजनिक यातायातलाई प्राथमिकताका साथ इन्धन वितरण गरिरहेको छ । यातायात व्यवसायीले भने पेट्रोल पम्पको लाइनमा बसेर डिजेल हाली काला व्यापारीसँग रु ३०० मा हालेको भन्दै मनपरी भाडा उठाउन छाडेका छैनन् । यो गुनासो उपत्यका र बाहिरका यात्रुलेसमेत गर्न थालेपछि बुधबारबाट पुनःअनुगमन गरी कारबाही गर्ने तयारी गरिएको विभागका अनुगमन शाखा प्रमुख एवम् प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो । “इन्धन अभावलाई कारण देखाउँदै व्यवसायीले रुटमा सवारी नचलाउने, यात्रु कोचेर छतमा पनि यात्रा गराउने, असुल्न सकेजति भाडा असुल्ने र जानुपर्ने स्थानसम्म नगई बीचबाटोबाटै फर्काएर यात्रुलाई दुःख दिने गरेको गुनासो बढ्न थालेकाले यस्तो नगरी रुट अनुमतिअनुसार तोकिएको भाडादरमा सवारी चलाउन निर्देशन दिइएको छ, अटेर गर्नेलाई अनुगमन गरी कारबाही गरिनेछ”– उहाँले भन्नुभयो । यसअघि विभाग अगाडि नै अनुगमन गर्दा एक घन्टामा २५ वटा सवारीलाई कारबाही गरिएकाले यातायात व्यवसायीमा सामाजिक उत्तरदायित्व बहन गर्ने बानी नबसेकाले यात्रुले समस्या भोग्नुपरेको उहाँ बताउनुहुन्छ । उपभोक्तावादी संस्था भने विभागको भनाइ कारबाही गर्न खोजे जस्तो हुने तर गराई भने त्यस्तो नहुने गरेको सुनाउँछन् । उपभोक्ता मञ्च नेपालबाट यातायात अनुगमनमा तोकिनुभएका मध्यमाञ्चल संयोजक रोशन पोखरेल विभागले इन्धन अभाव भएको भन्दै अनुगमन नै नगरेको बताउनुहुन्छ । “भदौ २५ गते नयाँ भाडादर लागू गरेपछि विभागले जुन गतिमा अनुगमन गरेर कारबाही प्रक्रिया अगाडि बढाएको थियो, अघोषित नाकाबन्दीपछि त्यो हराएकाले व्यवसायीमा जे गरे पनि हुन्छ भन्ने मनोबल बढेको छ, यसो हुन दिए यात्रु अझै मारमा पर्नेछन्, यसैले अविलम्ब अनुगमन गरी कानुन नमान्नेलाई विभागले कारबाही गर्नुपर्छ”– उहाँले भन्नुभयो । सवारीका सहयोगीमा जे गरे पनि हुने मनोबल बढेपछि पहिलेदेखि नै तोकिएको जति भाडा लिने भनी चिनिएका रुटका बसलेसमेत मनपरी भाडा असुल्न थालेको कीर्तिपुरबाट रत्नपार्क आएकी यात्रु सावित्री दाहालले बताउनुभयो ।

]]>
6911 0 0 0
शीर्ष नेताका कारण नाकाबन्दी http://localhost/ghum/%e0%a4%b6%e0%a5%80%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8/ Mon, 14 Dec 2015 15:19:47 +0000 http://www.ghumphir.com.np/?p=6916

दोलखा, २८ मङ्सिर ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सबै दलका शीर्ष नेताले खुलेर भारतले गरेको नाकाबन्दीको विरोध गर्न नसक्दा झनै लम्बिएको बताउनुभएको छ । सदरमुकाम चरीकोटमा पार्टी कार्यकर्तासँगको अन्तक्र्रियामा नेता भण्डारीले नाकाबन्दीको निकास शीर्ष नेताकै कारण हुन नसकेको आरोप लगाउनुभयो । पार्टीका अर्का केन्द्रीय सदस्य नारायणप्रकाश साउदले युगान्तकारी परिर्वतनका लागि युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

]]>
6916 0 0 0
पर्यटन प्रवद्र्धनका लागि मोबाइल एप्स प्रविधि http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97-5/ Mon, 14 Dec 2015 15:23:22 +0000 http://www.ghumphir.com.np/?p=6918

कालिका खड्का काठमाडौँ, २८ मङ्सिर ।

सरकारले देशभरिको पर्यटन क्षेत्रका बारेमा सहज रुपमा जानकारी लिनका लागि मोबाइल एप्सको प्रविधि विकास गर्ने भएको छ । नेपालमा पर्यटकीय गन्तव्य कहाँ÷कहाँ छन ?, त्यहाँको सेवा सुविधा के–कस्तो छ ? त्यहाँको हावापानी कस्तो छ ? पर्यटकीय गन्तव्यसम्म कसरी जान सकिन्छ ? भन्ने विषयमा सम्पूर्ण जानकारीका लागि सरकारले मोबाइल एप्स प्रविधिको विकास गर्ने तयारी गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन प्रवद्र्धन गर्न र नेपालको पर्यटनको बारेमा समग्र जानकारी लिन मोबाइल एप्सको प्रविधिको विकास गर्ने तयारी गरिरहेको बताउनुभयो । “नेपालका पर्यटकीय गन्तव्य पशुपति, लुम्बिीनीदेखि लिएर साहसिक पर्यटनका क्षेत्र कहाँ कति छन ?, त्यहाँको सेवा सुविधाका बारेमा जानकारी लिन मोबाइल एप्स बनाउन लागेका हौँ, त्यो प्रविधिबाट देशको सम्पूर्ण पर्यटनको गन्तव्य संसारको जुनसुकै ठाउँबाट पनि हेर्न सकिन्छ” उहाँले भन्नुभयो । मन्त्री पोखरेलले उक्त प्रविधिको विकास गर्न के गर्न सकिन्छ भनेर आज ‘रोमन म्यागेसेसे’ पुरस्कार बिजेता तथा सामाजिक अभियन्ता महावीर पुनसँग परामर्श गर्नुभयो । पुनले नेपालको पर्यटन विकासका लागि मोबाइल एप्स प्रभावकारी भएको बताउनुभयो । “मोबाइल एप्सको प्रविधि ल्याउनु गाह्रो कुरा होइन, गर्न सकिन्छ” उहाँले भन्नुभयो । मन्त्रालयले मोबाइल एप्समा के कुरा राख्ने भनेर मार्ग निर्देशन दिएपछि त्यही अनुरुप सफ्टवयर इञ्जिनियरको सहयोगमा त्यो काम गर्न सकिने उहाँले बताउनुभयो । “जतिसक्दो छिटो सुरु गरेमा चार पाँच महिनामै सो प्रविधि बनाउन सकिन्छ, त्यसपछि इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै स्थानबाट पनि नेपालको पर्यटकीय गन्तव्य हेर्न सकिन्छ” उहाँले भन्नुभयो । त्यस्तै, पर्यटन प्रवद्र्धनका अर्को मुख्य आधार नयाँ पदमार्ग पहिचान गरी त्यसको विकास गर्न जरुरी छ । पुनले त्यस्ता नयाँ पदयात्राका मार्गमा अन्नपूर्ण आधार शिविर, धौलागिरि आधार शिविर र पोखरा माछापुच्छे«्रदेखि मनाङ जोड्ने पदमार्गको राम्रो सम्भावना रहेको बताउनुभयो । पुन भन्नुहुन्छ, “नेपालमा पर्यटनको विकास गर्न महोत्सव मात्र गर्ने चलन छ । देशको एक ठाउँमा महोत्सव मनाएर पर्यटन विकास हुँदैन । संसारका पर्यटकको आँखा पुग्ने, पर्यटकको मन तान्ने खालको सेवा सुविधा दिएर पदमार्गको विकास गर्न जरुरी छ । साहसिक पर्यटनका लागि ठूलो लगानी पनि चाहिँदैन ।” पदयात्रामा चार÷पाँच घण्टाको दुरीमा बस्ने र खाने ठाउँको व्यवस्था गर्नुपर्ने र त्यसमा पनि एक ठाउँमा निजी भए अर्को ठाउँमा सामुदायिक व्यवस्था गर्दा राम्रो हुने पुनको सुझाव थियो । समुदायको विकासका लागि साहसिक पर्यटन उपयुक्त हो । त्यसका लागि सफा खाने पानी र निःशुल्क वाईफाईको व्यवस्था गर्दा राम्रो हुने पनि पुनको सुझाव छ । मन्त्री पोखरेलले पदमार्गको विकास गर्दा स्थानीय जनतालाई धनी बनाउनु पर्ने भन्दै थप्नुभयो, “साहसिक पर्यटनबाट गाउँका जनता धनी हुनुप¥यो, जनता धनी भए देश पनि धनी हुन्छ ।” मन्त्री पाखरेलले पर्यटन विकासमा कार्बन प्रयोगरहित (जिरो कार्बन पर्यटन) को विकास गर्ने तयारी मन्त्रालयको गरिहेको बताउनुभयो । पर्यटकीय गन्तव्यमा खाना बनाउँदा दाउरा र ग्यासको प्रयोग नगरिकन सोलारको प्रयोग गर्ने र सो क्षेत्रमा प्लास्टिकको प्रयोग पनि निशेध गर्ने रहेको छ । पुनले नेपालमा ग्रामीण पर्यटन (होम स्टे), साहसिक पर्यटनको विकास गर्दा पर्यटकले पैसा तिरेपछि सुविधा पनि सन्तुष्ट हुने गरी दिनुपर्ने बताउँदै पैसा तिरे पनि सुविधा पाएपछि पर्यटक खुसी हुने र अनि ढुक्कले खर्च गर्ने बताउनुभयो । नेपालको ग्रामीण पर्यटन र पर्यटन प्रविधिमा २०४९÷५० सालदेखि काम गरिरहनुभएका पुनले म्याग्दीका १० गाविसमा होम स्टे सञ्चालन गरिहनुभएको छ । उहाँले पर्यटकको आर्कषणका लागि वाईफाई र पानी भने निःशुल्क दिने व्यवस्था गर्नुभएको छ ।

]]>
6918 0 0 0
वैदेशिक रोजगारी ऐन छिट्टै लागू गरिन्छ – श्रम सचिव आचार्य http://localhost/ghum/%e0%a4%b5%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%90%e0%a4%a8-%e0%a4%9b%e0%a4%bf%e0%a4%9f%e0%a5%8d%e0%a4%9f/ Mon, 14 Dec 2015 15:40:26 +0000 http://www.ghumphir.com.np/?p=6920

काठमाडौँ, २८ मङ्सिर ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले वैदेशिक रोजगारी व्यवसायलाई मर्यादित र पारदर्शी बनाउन वैदेशिक रोजगारी ऐन छिट्टै लागू गरिने बताउनुभएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार पत्रकार समाजद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा उहाँले वैदेशिक रोजगारी ऐन संशोधनको प्रक्रिया अन्तिम चरणमा रहेकाले त्यस क्षेत्रका सरोकारवालाको सुझाव र सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले कामदारलाई निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्थाले कामदारलाई फाइदा पुग्ने हुँदा त्यसलाई कुनै पनि हालतमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अन्तर्राष्ट्रिय श्रम सुविधा प्राप्त गर्नेगरी नेपाली कामदार साउदी अरबमा पठाउनका लागि दुई देशबीच सम्झौता हुन लागेको बताउनुभयो । उहाँले मन्त्रालयले राजनीतिक नेतृत्व प्राप्त गर्न नसकेकाले प्रशासनिक कार्यमा केही समस्या थपिएको बताउनुभयो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक उमाकान्त पौडेलले रोजगारदाता मुलुकबाट कामदारलाई प्राप्त हुने निःशुल्क प्रवेशाज्ञा र टिकट उनीहरुलाई शुल्क लिएर बेचबिखन गर्ने व्यवसायी तथा संस्थालाई कडा कारबाही गरिने जानकारी दिनुभयो । नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष विमल ढकालले सरकारले बिनातयारी निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरेकाले कार्यान्वयनमा चुनौती थपिएको भन्दै गरिब नेपाली कामदारलाई न्यून शुल्कमा सुरक्षित रोजगारीमा पठाउनुपर्नेमा जोड दिनुभयो ।

]]>
6920 0 0 0
बिजुलीको महसुल अब घरबाटै तिर्न सकिने http://localhost/ghum/%e0%a4%ac%e0%a4%bf%e0%a4%9c%e0%a5%81%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b9%e0%a4%b8%e0%a5%81%e0%a4%b2-%e0%a4%85%e0%a4%ac-%e0%a4%98%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%88/ Mon, 14 Dec 2015 16:02:12 +0000 http://www.ghumphir.com.np/?p=6924 बिद्युतको महसुल तिर्नको लागि अब बितरण केन्द्रमै जानु पर्ने बाध्यता हट्न थालेको छ। ललितपुरको लगनखेल बितरण केन्द्र, पोखरा बितरण केन्द्र र चितवन बितरण केन्द्रका ग्राहकले प्रभु ग्रुपको बैंक, को–अपरेटिभ तथा मनीट्रान्सफर सेन्टरबाट बिद्युतको महसुल तिर्न सक्ने भएका छन्।
parbhu
यस्ता बितरण केन्द्रमा अहिले प्रभु गु्रपको बैंक, को–अपरेटिभ तथा मनीट्रान्सफर सेन्टरबाट पैसा तिर्नेको संख्या समेत ह्वात्तै बृद्धि भएको प्रभु बिलिङ प्रालीका प्रबन्ध निर्देशक दक्ष पौडेलले जानकारी दिएका छन्। नेपाल बिद्युत प्राधिकरणले यसलाई पाइलट प्रोजेक्टको रुपमा सञ्चालन गरेको छ। २ वर्षको अवधि राख्दै गत साउन १४ गते बिद्युत प्राधिकरण र प्रभु समुहवीच एक सम्झौता भएको थियो।
अहिले दैनिक एक हजार मानिसले प्रभुको सञ्जालबाट बिद्युतको बिल तिरिरहेको प्रबन्ध निर्देशक पौडेलले बताए। प्रभुको रुपैयाँ कार्ड र डेबिट कार्ड लिएकाले भने eprabhu.com  बाट पनि पैसा तिर्न सक्दछन्।
तर लाइन काटिइसकेको ग्राहकले भने यो सुबिधा लिन नसक्ने पौडेल बताउँछन्। भदौको  अन्तिम साताबाट सञ्चालनमा आएको यो सेवा अहिले तीनवटा बितरण केन्द्रमा मात्रै सिमित रहेको छ।
यो सेवामा ग्राहकको बिशेष आकर्षण देखिएमा अन्य बितरण केन्दमा समेत यसखालको सेवा बिस्तार गर्ने सम्झौतामा उल्लेख गरिएको छ। तर यो सेवा निःशुल्क भने होइन।
यस सेवा लिएबापत प्रभु बिलिङले केही शुल्क भन लिने गर्दछ। १ देखि ८० रुपैयाँसम्म तिर्दा  १० रुपैयाँ शु्ल्क लाग्छ भने  ८१ देखि ३ सय ६५ रुपैयाँसम्म १५ रुपैयाँ लाग्दछ।
त्यस्तै ३ सय ६६ देखि ७ सय ९५ रुपैयाँको सेवा शुल्क  २५ रुपैयाँ लाग्दछ भने ७ सय ९६ देखि १ हजार ७ सय ६५ रुपैयाँसम्म ३० रुपैयाँ सेवा शुल्क बापत  तिर्नपर्दछ। १ हजार ७ सय ६६ देखि ४ हजार ४ सय  रुपैयाँसम्म ३५ रुपैयाँ,  ४ हजार ४ सय १ देखि ६ हजार ९ सय रुपैयाँसम्म ४५ रुपैयाँ  सेवा शुल्क लाग्दछ। त्यस्तै ६ हजार ९ सय १ देखि ५० हजार रुपैयाँसम्म ५० रुपैयाँ ५० हजार रुपैया देखि माथिको भने ६० रुपैयाँ लाग्ने प्रभु बिलिङ प्रालीले जनाएको छ।
प्रभु बिलिङका प्रबन्ध निर्देशक पौडेलले भने ‘प्रभु बिलिङ सेवा मार्फत बिद्युतको बिल तिर्ने मानिसको संख्या अहिले अत्याधिक बृद्धि भएको छ, किनकी यसबाट मानिसहरुलाई लाइन लाग्ने झन्झट र बितरण केन्द्रसम्मै पुग्नु पर्ने बाध्यता हटेर गएको छ। ’
प्रभु समुह अन्तरगतका ५ हजार सहकारी संस्था, प्रभु मनि ट्रान्सफरका १२ सय एजेन्ट, प्रभु बैंकका १ सय १२ वटा शाखाबाट उपभोक्ताले बिजुलीको बिल तिर्न सक्ने भएका छन्।
कसरी तिर्ने महसुल ?
नेपाल बिद्युत प्राधिकरणले दिएको बिद्युतको बिल लगेर प्रभु समुह अन्र्तगतका ५ हजार सहकारी संस्था, प्रभु मनि ट्रान्सफरका १२ सय एजेन्ट, प्रभु बैंकका १ सय १२ वटा शाखामा ग्राहक यो सेवा लिन जान सक्छन्। बिलमा भएको एससि नम्बर र कस्टुमर आइडिको सहायताले प्रभु बिलिङको सफ्टवेयरमा गई बिल भुक्तान गर्न सकिन्छ।
बिल भुक्तान भइसकेपछि प्रभु समुहका सहकारी सँस्था, प्रभु मनि ट्रान्सफरका एजेन्ट र बैंकका शाखाले बिल तिरेको रिसिभ दिन्छन्। यसरी ग्राहकले पैसा तिरेको रेकर्ड बिद्युत प्राधिकरणको केन्द्रिय कार्यालयमा रहेको सर्भरमा पुग्दछ। केन्द्रीय कार्यालयको सर्भरले ललितपुरको लगनखेल बितरण केन्द्र, पोखरा बितरण केन्द्र र चितवन बितरण केन्द्रमा ग्राहकले पैसा तिरेको रेकर्ड पठाउँछ।
]]>
6924 0 0 0
पशुपतिमा बालाचतुर्दशीको फोहर उठेन http://localhost/ghum/%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%9a%e0%a4%a4%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%b6%e0%a5%80%e0%a4%95%e0%a5%8b/ Mon, 14 Dec 2015 16:59:37 +0000 http://www.ghumphir.com.np/?p=6928

काठमाडौँ, २८ मङ्सिर ।

बाला चतुर्दशीका दिन पशुपति क्षेत्रमा छरिएको सत्वीज व्यवस्थापन हुन नसक्दा प्रदूषण बढेको स्थानीयवासीले गुनासो गरेका छन् । परिवारका मृतक सदस्यको सद्गतिको कामनाका लागि छरिने सत्वीजका चीजबीजको सफाइ हुन नसक्दा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र फोहर बनेको स्थानीय सरोजराज भण्डारीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो – “विश्वका करोडौँ मानिसको आस्थाको केन्द्रबिन्दु पशुपतिमा एउटा पर्वका अवसरमा जम्मा भएको फोहर एक हप्तासम्म पनि व्यवस्थापन हुन नसक्नु राष्ट्रकै लज्जाको विषय हो । हामीले नजिकको तीर्थ भएर हेलाँ गरेका छौँ । सात समुद्रपारबाट समेत दर्शनार्थी श्रद्धा र आस्थाले यहाँ आउँछन् ।” यस वर्ष मङ्सिर २४ गते बालाचतुर्दशीको अवसर पारेर करिब चार लाख भक्तजनले पशुपति क्षेत्रको मृगस्थलीमा सत्बीज छरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नेपालमा सबैभन्दा बढी धार्मिक पर्यटक पशुपतिनाथ मन्दिरकै दर्शनका लागि आउने गरेका छन् । यस्तो स्थललाई सफा नराखिँदा विश्वव्यापी रुपमै नकारात्मक सन्देश जाने पर्यटन व्यवसाय गरिरहनुभएका व्यवसायी वीरेन्द्र खड्काले बताउनुभयो । कोषका सदस्य सचिव डा गोविन्द टन्डन बालाचतुर्दशीको फोहर व्यवस्थापनका लागि कम्तीमा एक साता लाग्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो – “हामीले छिटो फोहर व्यवस्थापन गर्दा गत वर्ष एक हप्तामा सम्पन्न गरेका थियौँ । यसअघि एक महिनासम्म लाग्ने गरेको थियो । दु्रत गतिमा काम हुँदा पनि एक हप्ता अगाडि सकिँदैन ।” ठूला पर्वमा लाखौँ लाख दर्शनार्थीको भीड लाग्ने पशुपति क्षेत्रमा सार्वजनिक शौचालयको उचित व्यवस्था हुन नसक्दा खुला स्थान दिसा, पिसाब त्यागस्थलका रुपमा परिणत भएको छ । यस क्षेत्रको जयबागेश्वरीबाट सिफलचौर जाने बाटो, गौशालाचोकबाट सिफलचौर जाने बाटो, पशुपति भण्डारखाल, कैलाश क्षेत्र र मृगस्थलीको जङ्गल क्षेत्र खुला दिसा पिसाब त्यागस्थलमा परिणत भएको छ । कोषले आवश्यक मात्रामा सार्वजनिक शौचालय बनाउने कामलाई प्राथमिकता नदिँदा यस्तो अवस्था आएको स्थानीयवासी एवम् कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य बताउनुहुन्छ । उहाँले भन्नुभयो – “पशुपति क्षेत्रमा धेरै काम भएको छ तर आवश्यक कामलाई पहिलो प्राथमिकता दिन हामी चुकेका छौँ । हामीले अन्य देशका तीर्थस्थलमा आधा किलोमिटरमा निर्माण भएका शौचालय र स्नानघरको अवधारणालाई अनुसरण गरी व्यवहारमा लागू गर्न ढिला गर्नु हुँदैन ।” विगत वर्षका तुलनमा यस पटक स्थानीय सङ्घ संस्था पनि सरसफाइमा संलग्न भएका छन् । सम्पदा स्थललाई सफा राख्न कोषले भीडलाई धान्ने गरी सार्वजनिक शौचालय बनाउने तयारी भइरहेको जनाएको छ ।

]]>
6928 0 0 0
सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी http://localhost/ghum/%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8%e0%a4%ae%e0%a4%be/ Mon, 14 Dec 2015 17:03:31 +0000 http://www.ghumphir.com.np/?p=6930

इलाम, २८ मङ्सिर ।

पूर्वी प्रवेशद्वारका रूपमा रहेको पशुपतिनगरमा विशेषगरी तेस्रो मुलुकबाट प्रवेश गर्ने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको रु ४६ लाखको लागतमा व्यवस्थित सूचना केन्द्र निर्माण गरिएको हो । आव २०६९÷७० देखि सुरू गरिएको सूचना केन्द्र गत भदौमा सम्पन्न गरिएको समितिका लेखा शाखाका प्रमुख सञ्जीव पौडेलले जानकारी दिनुभयो । पश्चिम बङ्गालबाट आउने र आन्तरिक पर्यटकलाई सहज होस् भनेर सूचना केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो । पूर्वी पहाडी क्षेत्रका सन्दकपुर, छिन्टापु, तुम्लिङ, कालपोखरीलगायत पर्यटकीयस्थलको अवलोकनका लागि आउने पर्यटकलाई जानकारी लिन सहज होस् भनेर सूचना केन्द्र निर्माण गरिएको हो । सूचना केन्द्र निर्माणपछि सञ्चालनको जिम्मेवारी स्थानीयलाई नै दिनेबारे छलफल भइरहेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जनाएको छ । पशुपतिनगर हुँदै धेरै पर्यटक आउने गरेपनि सूचना केन्द्र नहुँदा कति पर्यटक जिल्ला भित्रिए भन्ने यकिन हुन सकेको थिएन् ।

]]>
6930 0 0 0
विवाह पञ्चमीको रौनक देखिएन http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b9-%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%ae%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%8c%e0%a4%a8%e0%a4%95-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf/ Mon, 14 Dec 2015 17:21:36 +0000 http://www.ghumphir.com.np/?p=6932

गौशाला, २८ मङ्सिर ।

चार महिनादेखि तराई–मधेसमा जारी बन्द, हडतालका कारण जनकपुरधाममा आउँदो बुधबार हुने विवाहपञ्चमी महोत्सवको रौनक देखिएको छैन् । महोत्तरीको मटिहानीदेखि राजा जनकको राजधानी जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने विवाह पञ्चमीको रौनक यसपालि देखिएको छैन् । त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान् रामचन्द्र र जनकपुरका राजा जनकको छोरी सीताको विवाह यहीँ जनकपुरमा भएको दिनलाई सम्झदै प्रत्येक वर्ष अयोध्यादेखि जनकपुरसम्म जन्ती आउने र विवाह उत्सव सम्पन्न हुने गरेको छ । सो अवसरमा प्रत्येक वर्ष हजारौँ साधु, सन्त, महात्मा, अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात मठमन्दिरका महन्त, जोगी सन्यासी उपस्थित हुने गर्दछन् । सयौँ रथ, बाजागाजा, नाच, घोडा, हात्तीसहित जन्ती तथा लाखौँ सर्वसाधारण अयोध्याबाट एक सातादेखि जनकपुर आउने चलन रहेको छ । तर यसपालि तराई–मधेसमा जारी बन्द, हडताल र सीमानामा भएको अवरोधका कारण दुई दिनपछि मात्रै हुने विवाह पञ्चमीका लागि भारतबाट अहिलेसम्म कोही पनि आएको देखिँदैन । प्रत्येक वर्ष महोत्तरीको मटिहानी हुँदै जन्ती, लावालस्करसहित एक साता पहिलेदेखि नै जनकपुर जाने गरेकामा यसपालि अहिलेसम्म कोही नआएको मटिहानीस्थित लक्ष्मीनारायण मठले जनाएको छ । विवाहको बेला महोत्तरीको मटिहानीमा मटकोर विधि र वेदीको माटो खन्ने प्रचलन रहेको छ । आउँदो बुधबार जनकपुरमा हुने विवाह पञ्चमीका लागि अयोध्याबाट अहिलेसम्म कुनै साधु, सन्त, महात्मा वा जन्ती नेपाल प्रवेश नगरेको मटिहानीवासी बताउँछन् । पहिले मटिहानी नै प्रवेश गर्ने हुँदा मटिहानीवासीले जन्तीलाई फूल माला, अबिरबाट स्वागत गर्ने चलन रहेको छ । जन्ती मटिहानीमा एक रात विश्राम गरेर विवाह पूर्व गरिने मटकोर विधि पनि सोही स्थानमा सम्पन्न गर्ने चलन छ । यसपालि कुन कार्यक्रम कसरी गरिने भन्ने कुरा अझै अन्योल रहेको मठका महन्थ जगन्नाथ दास वैष्णवले बताउनुभयो । उहाँले अहिलेसम्म भारतबाट जन्ती तथा विवाह उत्सवमा सहभागी हुने व्यक्तिको आगमन नभएकाले कार्यक्रम अन्योलमा रहेको बताउनुभयो । लगातारको बन्द, हडताल र नाकाबन्दीका कारण मिथिलाको सबैभन्दा ठूलो उत्सवका रुपमा चिनिएको विवाह पञ्चमी उत्सव प्रभावित भएको महोत्तरीवासी बताउँछन् । महोत्तरी, धनुषालगायत मिथिला क्षेत्रमा विवाह पञ्चमी उत्सव भएपछि मात्रै सर्वसाधारणले आफ्ना छोराछोरीको विवाह गर्ने परम्परा रहेकाले पनि यस उत्सव सबैले धुमधामसँग मनाउने गर्दछन् । विवाह पञ्चमी उत्सवअन्तर्गत यसपालि मङ्सिर २५ गते जनकपुर दर्शन, २६ गते फुलबारी लीला, २७ गते धनुष यज्ञ, २८ गते तिलकोत्सव, २९ गते मटकोर पुस १ गते शुभविवाह र २ गते रामकलेवा हुने कार्यक्रम तय गरिएको छ ।

]]>
6932 0 0 0
गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु http://localhost/ghum/%e0%a4%97%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%ae%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d/ Tue, 15 Dec 2015 02:32:07 +0000 http://www.ghumphir.com.np/?p=6935 मंसिर २९,गुल्मी ।

गुल्मीको हस्तिचौर गाविसमा सोमबार राति भएको ट्र्याक्टर दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।प्रहरीका अनुसार सदरमुकाम तम्घासबाट खाध्यान्न सामाग्री लिएर हस्तिचौर तर्फ गएको लु २ त ४८३१ नम्बरको ट्याक्टर हस्तिचौर गाविस ३ कालाखोलामा दुर्घटनामा परेको हो ।

सडकबाट झण्डै ७० मिटर तल खसेको दुर्घटनामा चालक हस्तिचौर-६ का १९ वर्षीय बैकुण्ठबहादुर मुखिया, हस्तिचौर-३ का ६५ वर्षीय बिर्खबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

त्यस्तै हस्तिचौरकै ५८ वर्षीय चन्द्रबहादुर कुँवर र २६ वर्षीय जुद्धबहादुर मुखियाको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मुत्यु भएको प्रहरीले जनाएको छ । घटनामा घाइते हस्तिचौरकै ३१ वर्षीय सन्तबहादुर कुमाल जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

]]>
6935 0 0 0
५२ पोखरी ५३ टाकुरीको जिल्ला:रुकुम http://localhost/ghum/%e0%a5%ab%e0%a5%a8-%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a5%80-%e0%a5%ab%e0%a5%a9-%e0%a4%9f%e0%a4%be%e0%a4%95%e0%a5%81%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d/ Tue, 15 Dec 2015 02:39:39 +0000 http://www.ghumphir.com.np/?p=6937 मेगराज खड्का

 ५२ पोखरी ५३ तालको जिल्ला भनेर चिनिन्छ रुकुम । यो जिल्लालाई ५२ पोखरी र ५३ टाकुरी नामको जिल्लाले पनि चिनिन्छ । रुकुम मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत राप्ती अञ्चलमा पर्छ । रुकुम पर्यटकीय दृष्टिले विविधतायुक्त जिल्ला हो । यहाँ पर्यटकीय सम्भावना बोकेका धेरै तालतलैया, डाँडापाखा, हिमाल र छहराहरू छन् । आफ्नै संस्कार, संस्कृति, रीतिरिवाज र चालचलनमा रमाइरहेको रुकुम जिल्लाको पहिचान आफ्नै छ ।

rukum-khalnaga०५२ सालमा तत्कालीन नेकपा (माओवादी) ले थालेको सशस्त्र युद्धको समयमा निकै चर्चित बनेको रुकुम अहिले त्यो हालतमा छैन । दस वर्षे युद्धबीच थिल्थिलो बन्दै युद्धका असह्य घाउहरू सहेर बाँचेका रुकुमेलीले देशमा भएको राजनीतिक सहमतिपछि शान्तिको सास फेरेको पनि धेरै भइसकेको छ । तत्कालीन समयमा द्वन्द्वले आक्रान्त बनेको रुकुमले यहाँसम्म आइपुग्दा स्थायी शान्तिको महसुस नगरे पनि पुनर्निर्माण, पुनर्मिलन र समृद्धिको दिशामा अघि बढिरहेको आभास हुन्छ । पूर्वमा म्याग्दी र बागलुङ, पश्चिममा जाजरकोट, दक्षिणमा सल्यान, रोल्पा र उत्तरमा डोल्पा सिमाना रहेको रुकुम हिमाली र पहाडी जिल्ला हो । अर्धउष्ण, समशीतोष्ण, शीतोष्ण गरी तीन प्रकारको हावापानी पाइने रुकुम जिल्ला नेपालका पर्यटकीय स्थलमध्ये एउटा यस्ता जिल्ला हो, जहाँ भूगोल, जाति, भाषा, धर्म, संस्कृति र संस्कारमा भिन्नता र बाहुल्य छ । ‘राजनीतिक क्रान्ति भयो अब पालो आर्थिक क्रान्तिको’ भन्दै पर्यटक भित्र्याउने विभिन्न कार्यक्रम पनि भइरहेका छन् ।

स्यार्पुताल

syarpu भौगोलिक रूपले दुर्गम र पिछडिएको भनेर चिनिने रुकुममा पर्यटकीय सम्भावनाको खोजी गरी आन्तरिक तथा बाह्य पर्यटक व्यवस्थित तरिकाले भित्र्याउन अझै प्रयास आवश्यक रहेको स्थानीय बताउँछन् । किनकि रुकुममा विविधताले भरिपूर्ण छ । राप्ती अञ्चलकै सबैभन्दा ठूलो स्यार्पुताल पनि रुकुममै छ । २.६ वर्ग किमी क्षेत्रफलमा फैलिएको स्यार्पुतालले मौसमअनुसार रंग फेर्ने भएकाले धेरैले यसलाई ‘कान्छो रारा’ भन्ने गरेका छन् । सदरमुकाम खलंगाबाट ४ घण्टा पैदल मार्ग हिँडेपछि पुग्न सकिने स्यार्पुतालको पर्यटन प्रवद्र्धनका लागि ‘स्यार्पु पर्यटन महोत्सव’ पनि भइसकेको छ । सदरमुकाम मुसिकोटबाट स्यार्पुताल जाँदै गर्दा यात्राका क्रममा साना–ठूला झरनासँगै धार्मिकस्थल र रमाइला बस्तीको वातावरणमा सानीभेरीको नागबेली चालसँगै सुसाहटको मधुर संगीतले पदयात्रालाई छुट्टैखालको रोमाञ्चकता प्रदान गर्छ ।

कमल ताल

kamal स्यार्पुतालपछि अर्को घुम्नैपर्ने ठाउँ हो– कमल ताल । रुकुमको सदरमुकाम खलंगाबाट पूर्वीक्षेत्रमा पर्ने कमल ताल पुग्न ३ घण्टा गाडीको यात्रा गर्नुपर्छ । पैदल हिँड्न मन लागे ५ घण्टामा सानीभेरीको तिरतिरै ताल रहेको स्थानमा पुग्न सकिन्छ । सोलाबाङ बालुवा सडक भएर पुग्न सकिने उक्त तालमा निकै आकर्षक मानिने कमलको डाँठसमेत पाइन्छ । यो ताल घुम्नका लागि कमलको फूल फुल्ने बेला अर्थात् भदौ–असोजलाई उपयुक्त हुन्छ । यहाँ आउने पर्यटकका लागि खान र बस्न तालनजिकै प्रशस्त होटल र लजहरू छन् । सिस्ने हिमाल

sisne himal

रुकुम घुम्दा छुटाउनै नसकिने अर्को ठाउँ हो सिस्ने हिमाल । ‘रुकुमको शिर’ मानिने सिस्ने हिमालले आफ्नो मन्द मुस्कानसहित पर्यटकलाई स्वागत गरिरहेको भान हुन्छ । सदरमुकामदेखि केही माथि डाँडामा पुगेपछि नै सिस्ने हिमालको शिर देख्न सकिन्छ तर यसको आधार शिविर पुग्न भने करिब ३–४ दिनको समय छुट्टयाउनुपर्छ । ५ हजार ५४१ मिटर अग्लो यो हिमाल मध्यपश्चिमकै अग्लो हो । समग्रमा पूर्वीक्षेत्रका हिमाली डाँडा, मध्यपूर्वका अग्ला पहाड, पश्चिमका चुरे पहाडसँगै चौरजहारी र आठबिसकोट राडीको समथर र मनमोहक फाँटले रुकुमको भौगोलिक विविधताको परिचय दिन्छ ।

डिग्रे शाइकुमारी

digre mandir धार्मिक र सांस्कृतिक रूपले पनि रुकुम निकै धनी छ । सदरमुकाम खलंगामै डिग्रे शाइकुमारी मन्दिर छ । प्राचीनकालको यो प्रसिद्ध मन्दिरमा पूजा गर्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास गरिन्छ भने प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन जिल्लाकै सबैभन्दा ठूलो मेला लाग्छ यहाँ । रुकुम जिल्लाभन्दा बाहिरबाट पनि यहाँ मेला भर्न आउनेहरूको घुइँचो लाछ ।

पदयात्राको सम्भावना

rukum sanibheri रुकुम जिल्लामा पदयात्रा (टे«किङ) को पनि राम्रो सम्भावना छ । सदरमुकाम मुसिकोट खलंगाबाट स्यार्पुताल सिस्ने हिमाल, कमल ताल हुँदै सानीभेरीको तिरतिरै सुन्दर बस्ती अग्ला पहाड, साना–ठूला झरना र दर्जनभन्दा बढी मगर बस्तीहरू छिचोल्दै बागलुङसम्मको पदयात्रा गर्न सकिन्छ ।

-याफ्टिङ

rukum rapting pari6en अविरल बगिरहने सानीभेरी र ठूलीभेरीमा त्रिशूली नदी जस्तै गरेर जलयात्राको विकास र विस्तारको राम्रो सम्भावना छ, जसअनुसार बेला–बेला ¥याफ्टिङको सफल परीक्षणसमेत भइसकेको छ तर व्यावसायिक रूपमा सञ्चालन हुन सकेको छैन ।

तातोपानी नेपालमा सीमित ठाउँमा चर्चामा रहेको तातोपानीको मुहान पनि यो जिल्लामा छ । रुकुमको पोखरा गाविसमा पर्ने सानीभेरीको तिरमा र मैकोटको पेल्मामा पनि यस्तो पानीको मुहान छ । उक्त ठाउँमा हिजोआज नुहाउनेहरूको ठूलै भीड लाग्छ । विशेषतः माघ १ गते बिहान यो पानीले नुहाएपछि पाप पखालिने धार्मिक मान्यता छ । विभिन्न जातका वन्यजन्तु चराचुरुंगीका साथै यार्चागुन्बु, पाँचऔंलेजस्ता बहुमूल्य जडिबुटीको पनि उत्पादन र निकासी यो जिल्लाबाट हुन्छ । यी र यस्ता असीमित प्राकृतिक, धार्मिक, सामाजिक, आर्थिक र पर्यटकीय सम्भावना रहेको रुकुमको बहुआयामिक महत्तालाई बुझ्न आवश्यक छ । रुकुमलाई पनि नेपाल सरकारको पर्यटकीय स्थलहरूको सूचीमा सूचीकृत गर्न अब ढिला गर्नु हुँदैन । राष्ट्रियस्तरका पर्यटकीय स्थललाई मात्र स्थान दिएमा ग्रामीण स्तरका पर्यटकीय स्थलहरू ओेझेलमा पर्ने कुरालाई बिर्सनु हुँदैन । चुनौतीलाई सम्भावना र सम्भावनालाई यथार्थमा बदल्दै रुकुम जिल्लाको मात्र होइन, नेपालकै पर्यटन गन्तव्यको रूपमा विकास गर्नसकेमात्र रुकुमले द्वन्द्वबाट उन्मुक्ति पाएको मान्न सकिन्छ ।साभार कारोबार

]]>
6937 0 0 0
सप्तऋषि आश्रम निर्माण अलपत्र http://localhost/ghum/%e0%a4%b8%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%8b%e0%a4%b7%e0%a4%bf-%e0%a4%86%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%85%e0%a4%b2/ Tue, 15 Dec 2015 02:44:21 +0000 http://www.ghumphir.com.np/?p=6940

भक्तपुर, २९ मङ्सिर ।

भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–१० दधिकोट अनन्तलिङ्ग गाउँको कैलाशडाँडामा दुईवर्षअघि शिलान्यास गरिएको सप्तऋषि आश्रम निर्माण अलपत्र परेको छ । विसं २०७० मा राष्ट्रपति कार्यालयका तत्कालीन सचिव वामनप्रसाद न्यौपानेले शिलान्यास गर्नुभएको १६ फिट अग्लो कौडिन्य ऋषिको मूर्तिसहित सप्तऋषि आश्रम निर्माण कार्य अहिले अलपत्र परेको हो । न्यौपाने बन्धु समाज भक्तपुरले निर्माण प्रारम्भ गरेको भए पनि बजेट अभाव भएका साथै सम्बन्धित निकायले चासो नदिएपछि आश्रम निर्माण अलपत्र परेको समाजका भक्तपुर अध्यक्ष केदारप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उपत्यकाका तीनवटै सहर आकर्षक रुपमा देखिने र नगरकोट जस्तै लहरै हिमाल देखिने कैलाशडाँडामा होमस्टे पर्यटनको विकास गर्ने लक्ष्यका साथ आश्रम निर्माण सुरु गरे पनि बजेट अभावले अलपत्र परेको अध्यक्ष न्यौपानेको भनाइ छ । दधिकोटको तर्खगालबाट तीन सय मिटर अगाडि मोटरबाटोको निर्माण गरी त्यहाँबाट एक हजार ६०० वटा सिँढी निर्माण गरेर कैलाश पुग्ने गरी करिब रु दुई करोडको लागतमा आश्रमको निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गुरुयोजना तयार पारेको पनि बजेट अभावमा निर्माण अलपत्र परेको हो ।

]]>
6940 0 0 0
ब्युँझायो नाकाबन्दीले http://localhost/ghum/6943-2/ Tue, 15 Dec 2015 02:55:31 +0000 http://www.ghumphir.com.np/?p=6943 चीना थापा सिन्धुली । रतनचुरा–७ की सीता थापाको बारीमा पहिला–पहिला मंसिरको समयमा पहेँलै तोरी हुन्थ्यो । खेतमा पनि तोरी लगाउँथिन् । खेत र बारीमा गरी १२–१३ मुरी तोरी हरेक वर्ष भित्र्याउँथिन् उनी । खानको लागि बाहिरको तेल किन्नु पर्दैनथ्यो । “९–१० मुरी तोरी त बेच्थें पनि,” उनले भनिन् ।

Tori-kheti-कोदो र धान भित्र्याएपछि लगाएको तोरीबाट आम्दानी पनि राम्रो हुन्थ्यो भने शुद्ध तोरीको तेल खानलाई पनि समस्या थिएन । आजभन्दा ५ वर्षअघि सम्म उनले कहिल्यै बाहिरको तेल किनेर खाइनन् । तर, ‘दुःखले सुख खोज्छ’ भनेजस्तै थापाले खेत–बारीमा तोरी लगाउन छाडिन् । बाहिरको तेल किनेर खान थालिन् । “छोराछोरी पनि दुःख नगर्ने भए, तोरी पनि पहिलाको जस्तो फल्न छाड्यो, अनि ‘के दुःख गर्नु’ भनेर तोरीखेती गर्न छाडियो,” उनले भनिन् । तर, ५ वर्षसम्म तोरीखेती नगरी बाहिरको तेल किनेर खाँदा पहिलाको खेतीलाई सम्झाइदिएको छ उनलाई, भारतीय नाकाबन्दीले । अहिले ३०० लिटर तेल किन्नुपर्दा पहिलाको तोरीखेतीको सम्झना आउँछ थापालाई । त्यही तोरीखेती गरिरहेको भए अहिले ३०० रुपैयाँ लिटर तेल किनेर खानुपर्ने अवस्था आउँदैन थियो । “अहिले त निद्राबाट ब्युझिएँ जस्तो लाग्छ,” उनी भन्छिन् । भारतले नाकाबन्दी गरेको करिब २ महिना भयो । अहिले उनको बारीमा पनि तोरी पनि पाक्न लागेको छ । ३०० रुपैयाँ लिटर तेल किनेर तिहार मनाउनुपरेपछि उनको ‘घैंटामा घाम लागेको’ हो । तिहारलगत्तै बाँझो बारी जोतेर तोरी छरिन् । “एक कठ्ठा बारीमा तोरी छरेको छु,” उनले भनिन्, “खेतमा पनि छरेको छु, अब बर्सेनि तोरी लगाउँछु, तोरीखेती गर्न छाड्दिनँ । भारतले नाकाबन्दी गर्नेबित्तिकै तेल खान नपाइने रहेछ । आफैंले खेती गरेपछि त नाकाबन्दी गरे नि, जे गरे नि हामीलाई केही समस्या पर्दैन ।” नाकाबन्दीले कुनै असर नपारेको सिन्धुली महाभारत क्षेत्र रतनचुराका बासिन्दालाई खानेतेलको भने समस्या भएको थियो । घरपरिपरि जंगल भएकाले खाना पकाउन खासै समस्या छैन । इन्धन पनि खासै आवश्यक छैन तर खानेतेल र नुनको समस्या सुरु भइसकेको छ । कम्तीमा खानेतेलेको जोहो आफैं गर्ने दाउमा उनीहरू छन् । भारतले गरेको नाकाबन्दीका कारण पहिला तोरीखेती नगर्ने र खेती गर्न छाडेका कृषक पनि सबै अहिले तोरीखेतीमा लागेका छन् । कात्तिक, मंसिरमा धान र कोदो भित्र्याएसँगै बाँझो रहने रतनचुराका बारी र खेतहरू अहिले पहेंलै छन् । गाविसबासीले अब महँगोमा तेल किनेर खानु नपर्ने गरी आफूहरू तोरीखेतीमा लागेको रतनचुराका कृषि नवराज श्रेष्ठले बताए ।

]]>
6943 0 0 0
सोचे अनुरुप दैलेखको अझै पर्यटकीय विकास सकेको छैन : पर्यटन व्यवसायी थापा http://localhost/ghum/%e0%a4%b8%e0%a5%8b%e0%a4%9a%e0%a5%87-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%aa-%e0%a4%a6%e0%a5%88%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%9d%e0%a5%88-%e0%a4%aa/ Tue, 15 Dec 2015 03:26:26 +0000 http://www.ghumphir.com.np/?p=6947 धार्मिक तथा ऐतिहासीक रुपले प्रख्यात छ दैखेल । प्रचुर मात्रामा पर्यटकीय सम्भावना भएर पनी पर्यटकीय गतिविधी निकै न्यून हुने गर्दछ । राज्यको उचित ध्यान दिन नसक्दा जती चर्चा र आन्तीरक पर्यटकको रोजाईमा पर्नु पर्ने हो दैलेख त्यती पर्न सकेको छनै । धार्मिक हिसवा दैलेखको पन्चकोशी निकै प्रख्यात रहेको छ । तर यस्को उचित प्रचार प्रसार हुन नसक्दा जती आन्तरीक तथा बाह्य पर्यटकको आगमन हुनु पर्ने हो त्यती हुन सकेको छैन ।

अझ अहिले देश पेटोलियम पदार्थको चरम अभाव झेलीरहेको अवस्थमा छ । तर दैलेखमा पेटोलियम पर्दाथको खानी समेत रहेको छ । तर यस्को सर्वेक्षण तथा उत्खन्न समेत हुन सकेको छैन । गत बैशाख १२ गते गएको महाभुकम्पले देशको पर्यटन क्षेत्र निकै नाजुक अवस्थमा पुगेता पनी नेपाल विश्वकै उत्कृष्ट पर्यटकिय स्थानहरुभएको देशहरुको सुचिमा छैठौ स्थानमा पर्न सफल भएको छ । नेशनल जियोग्राफिक च्यानले विविध पच्छहरुलाई समेटेर यो तथ्याङक सार्वजनिक गरेको हो । प्रकृतीले नेपालको हरेक जिल्लालाई केहि न केहि प्राकृतीक उपहार प्रदान गरेको सर्वविदीत छ । प्रकृतीले प्रदान गरेका सम्पदाहरुले धनी जिल्ला दैलेखमा पर्यटकीय संभावना र चुनौतीका बिषयलाई लिएर दैलेख जिल्लामा रहेका प्राकृतीक ,धार्मीक सम्पदाहरुलाई विश्वसामु चिनाउन लागीपरेका पर्यटन व्यवसायी एव होटल पार्क इन दैलेखका संचालक रुपक थापा संगको गरिएको कुराकानी सार सक्षेप rupak thapa

दैलेख घुम्न आउने पर्यटकरु कस्ता खालका स्थानमा घुम्न जान मन पराउछन् ? सम्पदाको हिसाबले दैलेख तेस्रो धनी जिल्लामा पर्छ ,धार्मिक हिसावले बिशेषगरि हिन्दु धर्मालम्बीहरुको ग्रन्थमा आधारित सतिदेवीको विभिन्न अङगहरु पतन भएको जिल्लाहरुको रुपमा पनि चिनिन्छ ।

जस्तो शिर पतन भएको ठाउ शिरस्थान,नाभी पतन भएको ठाउ नाभीस्थान,कोटी पतन भएको कोठीला,पाउ पतन भएको पादुका, धुल पतन भएको धुलेश्वर, भनेर मुख्य तिर्थ स्थलहरु दैलेखका प्रख्यात धार्मिक स्थलहरु हुन् । त्यसमा पनि श्रीस्थान र नाभी स्थानमा अर्काे एक विशेषता केहो भने यस स्थानमा अनवरत रुपमा ज्वाला बलिरहेको छ । यसको दर्शन गर्न पर्यटकले अति नै रुचि देखाउने गर्छन् । विशेष गरेर ज्वाला बलेको स्थान दुई ठाउमा रहेको छ ।

तर विभिन्न स्थानमा थप कहिले काही ज्वालाहरु निस्केको पाउन सकिन्छ । यसरि निस्केको ज्वाला आठ नौ इन्ची सम्मको निस्केर अनवरत रुपमा बलिरहेको छ । अरु भन्नु पर्दा विभिन्न एैतिहासीक राजाका दरवारपनि रहेका छन् । ति ठाउहरुको भ्रमण गराउने गरेका छौ ।

आन्तरीक पर्यटकको प्रचुर सम्भावना हुदाहुदै पनि यो क्षेत्र अझै पछाडी किन प¥यो त ? पक्कै पनि हो, यो क्षेत्रको जती विकास हुनुपर्ने हो त्यती हुन सकेको छैन् । यसका विविध कारण देख्छु । जस्तै शिक्षामा सरकारको लगानी जती भएको देखिन्छ त्यो अनुरुप शिक्षीत व्यत्तिहरुको उत्पादन हुन सकेन ।

भौगोलीक बनोटका कारण विकास सोचे अनुरुप दैलेखको अझै भएको छैन, तेस्रो विश्वमा पर्यटकिय संभावना बोकेको जब कुनै राष्ट्रको नाम आउदा नेपाल सधै अग्रस्थानमा आउछ तर हाम्रो देशको सरकारले पर्यटन क्षेत्रमा योजना बनाएर दुरगामी लगानी गरेन ,त्यस्तै पर्यटकिय क्षेत्रको जती नेपालीले प्रचार प्रसार गर्नु पर्ने हो त्यो अत्यन्तै कम भयो वा भनौ प्रचार प्रसार हुन नसक्दा यो क्षेत्र पछाडी परेको हो जस्तो लाग्छ । rupak thapa 1

आफ्नो क्षेत्रको प्रचार प्रसार गर्नु त स्थानीयको पनि कर्तव्य हो नि, होईन त ? पक्कै पनि हो,त्यहि सोचले हामीले ३ वर्ष अगाडी विभिन्न सचारमाध्यममा काम गर्ने साथीहरु, व्यवसायीहरु मिलेर केहि गरौ भनेर केहि सुरुवात गरेको छौ । तीन वर्षअगाडी मैले होटल पार्कइन दैलेखको स्थापना गरेर संचालनमा ल्याएका छौ । दैलेखमा आएका पाहुनाहरुलाई उचित बासबको ब्यबस्थापन नहुदा निकै समस्या रहेको थियो । त्यसालाई मध्यनजर गरेर हामीले सुविधा सम्पन्न होटल संचालनमा ल्याएका हौ ।

यहाँ आउने पर्यटहरुले होटलमा बास बस्ने मात्रा नभएर दैलेखका पर्यटकीय तथा धार्मिक स्थलमा घुम्न चाहेमा सजिलै होटलबाटै उपलब्ध हुने गरि सवारी साधनको व्यवस्था समेत गरेका छौ । धार्मिक पर्यटकिय स्थानहरुको भ्रमण गराउने टुरिष्ट गाईडको राम्रो व्यवस्था छ ।

होटलले विभिन्न प्याकेजहरु पनि बनाएको छ, समुह बनाई विभिन्न स्थानको भ्रमण गराउदै आएका छौ । यदी दैलेख घुम्न आउने पाहुनालाई हामीले पश्चिम नेपालको प्रेवशद्धर नेपालगन्जदेखि समेत ल्याउने समेत गरेका छौ । दैलेखको पर्यटन विकासका लागी पर्यटकीय स्थल जाने बाटाहरुकोे स्तर उन्नती र अन्य सेवा सुविधाको विस्तारमा निरन्तर लागेका छौ ।

हालको पर्यटनक्षेत्रको अवस्था भन्नु पर्दा कस्तो छ ? विशेष गरि दैलेखमा आउने विदेशी पर्यटकहरु आफनै टे«किङ गाइडहरु लिएर आउछन्, आन्तरिक पर्यटकहरुको भन्नु पर्दा सुर्खेत विरेन्द्रनगर ,काठमाण्डौ ,भारतीय पर्यटकहरु विशेषगरि आन्द्र प्रदेशबाट आउने धार्मिक पर्यटकहरु बडी रहेका छन् ।

हालको अवस्था भन्नु पर्दा नेपालमा गएको विनासकारि भूकम्पले पर्यटन आवागमनमा कमी त ल्याएको थियो तर विस्तारै केहि तङग्रिदै गएको थियो । विस्तारै पाहुनाहरुको आगमन हुन के लागेको थियो भारतले लगाएको नाकाबन्दिका कारण थप भारतबाट आउने पर्यटकहरुमा कमी आएको अवस्था हो । अब केही हुन्छकी भन्ने आश गरेका छौ । अन्त्यमा केही छ की ? दैलेखमा धार्मिक तथा तथा ऐतिहासी पर्यटकको आगमन हुन सक्ने प्रवब सम्भावन रहेको छ । यती मात्र नभएर दैलेखकलाई सुरुवात बनाएर जुम्लाको सिजा हुदै रारा सम्म पदमार्ग बनाउन सकिन्छ । यस्का लागी राज्यले पहल गरिदीएको भए राम्रो हुने थियो । दैलेखका सम्पदाहरु यतीकै नासीएका छन् । यस्लाई संरक्षण गर्न जरुरी रहेको छ ।

श्रीस्थानमा रहेको अखण्ड ज्वाला । 

siristhan jwala

दैलेखको सबै भन्दा उच्च स्थान महाबु लेक । यो ४ हजार मिटर भन्दा उचाईमा रहेको छ ।

mahabu lek

किमुगाँउका देवलहरु । यस्ता देवलहरु दैलेखको अधिकास स्थानमा रहेका छन् । 

dewal

 परमपरागत फड्को नाच 

DSC_0658

नाभिस्थामा रहेको अखण्ड ज्वाला । 

navisthan jwala

नेपाली भाषामा लेखिएको पहिलो दामुपालको अभिलेख । यो दुल्लुमा अवस्थित छ । 

mm

]]>
6947 0 0 0
विवाह पञ्चमी महोत्सव सम्पन्न (फोटो फिचर) http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b9-%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%ae%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d/ Thu, 17 Dec 2015 16:29:21 +0000 http://www.ghumphir.com.np/?p=6961

महेन्द्रनगर (धनुषा), २ पुस । ‘खूव खाउ यौ दुलहा.... खूव मोटाउ यौ दुलहा ... अप्पन चोकटल चोकटल गालके फुलाउ यौ दुलहा...’ ( अर्थात् राम्ररी खानु अनि मोटाउनु) यस्तै सुमधुर लोक गीत सङ्गीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज सम्पन्न भएको छ । भारतको अयोध्या तथा राममन्दिरबाट आएका जन्तीलाई मिथिला भोजन (रामकलेवा) तथा दक्षिणा प्रदान गरी साताव्यापी रामजानकी विवाह महोत्सव सम्पन्न भएको हो ।

janakpurबुधबार राति रामसीताको प्रतिकात्मरुपबीच मिथिला परम्पराअनुसार विवाह भएको थियो । यस अवसरमा जानकी मन्दिरलाई नव दुलही झै श्रृंगारिएको थियो । जानकी मन्दिर प्राङ्गणमा निर्मित आकर्षक मञ्चमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको प्रतिकात्मक निर्माण गरी विधिवत पूजापाठ तथा भोजन गराइ जन्तीको विदाई गरी महोत्सव सम्पन्न भएको हो । मिथिलामा बेहुलालाई भोजन गराउँदा मिथलानी महिलाहरुले गीत गाउने चलन छ । गीतमार्फत बेहुला र जन्तीहरुसँग हँसीठट्ठा गर्ने चलन छ । हँसीठट्ठाको माध्यम पारम्परिक लोकगीत हुन्छ । बुधबार रामजानकी विवाह महोत्सवको मुख्य आयोजन भइरहँदा राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिर दर्शन गरी पुजा अर्चना गर्नुभएको थियो । गत शुक्रबारदेखि सुरु भएको रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन आज रामकलेवा भएको हो । रामकलेवापछि रामजानकी विवाह महोत्सव विधिवत सम्पन्न भएको, जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।

janakpur bibha panchami janakpur bibha panchami1 janakpur bibha panchami janakpur bibha panchami janakpur bibha panchami

]]>
6961 0 0 0
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a5%81%e0%a4%96-%e0%a4%95%e0%a4%be/ Thu, 17 Dec 2015 16:35:02 +0000 http://www.ghumphir.com.np/?p=6970

काठमाडाँै, २ पुस ।

झन्डै चार वर्षदेखि रिक्त नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा दीपकराज जोशी नियुक्त हुनुभएको छ । पर्यटन बोर्डको सञ्चालक समितिले अन्तिम तीन जना छनोटमा परेकामध्ये दीपकराज जोशी, ज्ञानेन्द्रसिंह महतो र डा ज्ञानेन्द्र तुलाधरमध्येबाट जोशीलाई सबैभन्दा बढी अङ्कका आधारमा आज नियुक्त गरेको हो । जोशी बोर्डमै वरिष्ठ अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

Dipek JoshiTNTBलामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत पदपूर्तिका लागि सरकारले तीन सदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो । सो समितिले कार्यविधिअनुसार शैक्षिक योग्यता, अनुभव र विशिष्ट क्षमताका आधारमा जोशीलाई छनोटका लागि सिफारिस गरेको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवम् पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार थपलियाले राससलाई जानकारी दिनुभयो । सो पदका लागि १८ जनाले आवेदन भरेका थिए भने प्रारम्भिक छनोटमा १२ जना परेका र त्यसमध्ये नौ जनाले परीक्षा दिएको सचिव थपलियाले बताउनुभयो । नौ जनामध्ये जोशी, महतो र तुलाधर अन्तिम तीन जनाको सूचिमा पर्न सफल भएका थिए । चार वर्षअघि तत्कालीन प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठको अवकाशपछि पर्यटन बोर्ड निमित्त र कायम मुकायम प्रमुखका भरमा चल्दै आएको थियो ।

]]>
6970 0 0 0
ग्यास बुलेट पल्टियो http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%9f-%e0%a4%aa%e0%a4%b2%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%af%e0%a5%8b/ Thu, 17 Dec 2015 16:42:18 +0000 http://www.ghumphir.com.np/?p=6973

gas bulet 1

कावासोती, २ पुस ।

नवलपरासीको दुम्किबासमा ग्यास बोकेको बुलेट आज अनियन्त्रित भई पल्टिँदा चालक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारीअनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एचआर३८ एच ९७१४ नम्बरको ग्यास बुलेट दुम्किबास–५ ज्यामिरे ओरालोमा बे्रक फेल भएर अनियन्त्रित भई सडकमै पल्ँिटदा राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक भारत सुपल–१ का मनोजकुमार दास घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

]]>
6973 0 0 0
चितवन हात्ती महोत्सव हुने http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8-%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%b9%e0%a5%81%e0%a4%a8/ Fri, 18 Dec 2015 14:56:33 +0000 http://www.ghumphir.com.np/?p=6978

काठमाडौँ, ३ पुस ।

‘समाज संरक्षण र सम्बृद्धि’ भन्ने मूल नाराका साथ यसवर्ष पनि ‘चितवन हात्ती महोत्सव’ हुने भएको छ । यही पुस ११ देखि १५ गतेसम्म चिनतवनको सौराहामा आयोजना हुने सो १२औँै महोत्सवमा हात्तीसँग सम्बन्धित रोचक गतिविधि, खेल र सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ । स्थापनाकालदेखि एकातर्फीरुपमा गरिँदै आएको हात्ती दौड प्रतियोगितालाई परिमार्जन गरी हात्तीको छिटो दौड (इलाफेन्ट फाष्ट वाक)को रुपमा विकसित गरिएको महोत्सव आयोजक समितिका संयोजक सुमन घिमिरेले आज यहाँ आयोजित पत्रकार भेटमा जानकारी दिनुभयो । यसैगरी परिवर्तित कार्यक्रमअनुसार हात्तीका छावाका रोमाञ्चकारी फुटबल खेल, डुङ्गा, टाँगा र गाडाका गतिविधि पनि गरिने भएको उहाँले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्दै लोप हुँदै गएका हात्तीको संरक्षण तथा यसको महत्वबारे जानकारी दिने, वन्यजन्तु संरक्षण कार्यमा एकजुट हुन आग्रह गर्ने र समाजमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सो महोत्सवमा हात्ती पिकनिक, हात्तीको शृङ्गार प्रतियोगिता र हात्तीको दिनचार्याबारे जानकारी पनि दिइने सो अवसरमा बताइयो । गत वैशाखमा गएको विनासकारी भूकम्प र भारतबाट भएको अघोषित नाकाबन्दीका कारण परेको असरले पर्यटकको आगमनमा कमी भए पनि आफूहरूले महोत्सवलाई निरन्तरता दिन खोजेको उल्लेख गरिएको थियो ।

]]>
6978 0 0 0
सातगाउँले जात्रा सुरु http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%b2%e0%a5%87-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Fri, 18 Dec 2015 15:05:24 +0000 http://www.ghumphir.com.np/?p=6982

काठमाडौँ, ३ पुस ।

बोसीगाउँमा आजदेखि सातगाउँले जात्रा सुरु भएको छ । नेवारी परम्पराअनुसार परापूर्वकालदेखि मनाउँदै आएको उक्त जात्रामा बोसीगाउँ, सतुङ्गल, लङ्कोट, मच्छेगाउँ, पाँगा दोबाटो, नैकाप र कीर्तिपुरका हजारौँ मानिस जात्रामा सहभागी हुने परम्परा रहेको छ । सो जात्रामा सात गाउँका मानिस रथसहित बोसीगाउँमा जम्मा भएर त्यहाँ रहेका विष्णुदेवी, भैरव, कालिका देवीको मन्दिरमा रथ परिक्रमा गर्ने गर्छन् र बेलुका आआफ्ना गाउँमा उक्त रथ लाने गर्छन् । बर्सैपिच्छे मनाइँदै आएको सो जात्रामा सात गाउँका मानिसले आफ्ना आफन्तलाई घरमा बोलाएर भोज गराउने चलन रहेको स्थानीयवासी श्रीकृष्ण महर्जनले जानकारी दिनुभयो । सो जात्रा तीन दिनसम्म चल्नेछ ।

]]>
6982 0 0 0
अब आर्थिक समृद्धि र विकासतर्फ लाग्नुपर्छ : प्रम http://localhost/ghum/%e0%a4%85%e0%a4%ac-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%ae%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%bf-%e0%a4%b0-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8/ Fri, 18 Dec 2015 15:16:18 +0000 http://www.ghumphir.com.np/?p=6985

धनगढी, ३ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनसम्मत ढङ्गबाट देशमा उत्पन्न समस्याको सरकारले समाधान खोजेको बताउनुभएको छ । ‘राष्ट्रियता र लोकतन्त्र बलियो बनाऔँ, संविधानको प्रभावकारी कार्यान्वयन गरौँ’भन्ने नाराका साथ नेकपा (एमाले)ले आज कैलालीको अत्तरीयामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुन हातमा लिने, शान्ति सुरक्षा खल्बल्याउने, देशद्रोह र विखण्डनका कुरा गर्ने अधिकार कसैैलाई नभएकाले यस्ता कुरालाई सरकार नियन्त्रण गरेर अघि बढ्ने बताउनुभयो । kp-oli2 एमालेका अध्यक्ष ओलीले नेपालको संविधान नेपाली जनताका लागि होे, अरुका लागि होइन भन्दै संविधानले केही दिन नसकेको भनेर अनावश्यक भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान बन्न नदिने शक्ति संविधान बनेकामा क्रुद्ध भएका छन् ।” संविधान जारी भएपछि पनि मुलुकले भोगिरहेको समस्या अस्थायी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक हो भनेर नेपालीले दुनियाँलाई देखाइसकेका छन् ।” प्रधानमन्त्रीले नेपालको संविधानलाई दुनियाँले असाधारण लोकतान्त्रिक संविधान भनेर प्रशंसा गरेको बताउँदै संविधान संशोधन गरे मात्रै मुलुकको वर्तमान समस्या समाधान हुन्छ भन्ने कुरा आएको र संशोधन गर्दा केही नबिग्रने देखिएकाले अब संशोधन गर्न लागिएको उहाँले प्रस्ट पार्नुभयो । प्रधानमन्त्रीले अब आर्थिक समृद्धि र विकासतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । टीकापुरमा गत भदौमा भएको हिंसात्मक घटनातर्फ इङ्गित गर्दै उहाँले देशलाई रुवान्डा बनाउने मनसाय राखेर टीकापुर घटना गराइएको धारणा राख्नुभयो । सभामा एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री भीमबहादुर रावलले जात र सम्प्रदायका कुरा उठाएर संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको बताउँदै संविधानसभाका ९० प्रतिशत सभासद्ले हस्ताक्षर गरी बनाएको नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको जिकिर गर्नुभयो । रक्षामन्त्री रावलले भन्नुभयो–“लोकतन्त्र, नेपाल र नेपाली जनतामा विश्वास गर्छु भन्नेले वार्ता गर्दिन भन्न मिल्दैन । ” प्रधानमन्त्री ओली आजै राजधानी फिर्ता हुनुभएको छ ।

]]>
6985 0 0 0
पाँच सय वर्ष पुरानो मूर्ति चोरी http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%b8%e0%a4%af-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4/ Fri, 18 Dec 2015 15:30:09 +0000 http://www.ghumphir.com.np/?p=6987 मध्यपुर, ३ पुस ।
महानगरीय प्रहरी वृत्त थिमि नजिकै रहेको मध्यपुरथिमि नगरपालिका–११ दिगुटोलस्थित दिगु भैरव मन्दिरको ५०० वर्षभन्दा पुरानो भैरवको मूर्ति चोरी भएको छ । थिमिका बासिन्दाले कुल देवताका रुपमा पुज्दै आएको दिगु भैरव अर्थात् चन्द्र भैरव मन्दिरको सुनको जलप भएको ढलोटको करिब १।५ फि अग्लो र करिब ६ किलो तौल भएको मूर्ति गए राति चोरी भएको हो।
मन्दिर अगाडिका बासिन्दा अर्जुन श्रेष्ठले मूर्ति चोरी भएको राति करिब ३ बजे थाहा भएलगत्तै प्रहरीलाई खबर गरिएको बताउनुभयो । फलामको दुई चेन गेटको ताला फोडेर चोरी भएको देखिएको छ । अक्षय तृतीयादेखि सिठी नखसम्म यहाँका बासिन्दाले पूजा गर्ने सो मन्दिरमा वैशाख १ गते पूजा गरेर साधना नगरी बालकुमारी जात्रासमेत सञ्चालन गर्न नपाइने प्रचलन छ।
त्यसैगरी गए राति नै मध्यपुरथिमि–१४ स्थित गणेश मन्दिर पछाडि सञ्चालन भइरहेको नवाह ज्ञान महायज्ञमा सङ्कलित चन्दा बाकसको रकम समेत चोरी भएको छ ।
]]>
6987 0 0 0
म्याग्दीका २१ गाविसमा 'वायरलेस' इन्टरनेट http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a5%a8%e0%a5%a7-%e0%a4%97%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%be/ Fri, 18 Dec 2015 15:34:33 +0000 http://www.ghumphir.com.np/?p=6989

म्याग्दी (बेनी), पुस ३।

छवटा गाविसलाई समेटेर बेनी नगरपालिका घोषणा गर्नुअघि यहाँका ४१ गाविसमा इन्टरनेट सुविधा विस्तार भएको र बाँकी गाविसमा पनि यो प्रविधि विस्तारका लागि सर्वेक्षण सुरु गरिएको जिविसले जनाएको छ ।
इन्टरनेट जडान गरिएका ठाउँमा क्षमता विस्तार तथा मर्मत र नयाँ ठाउँमा विस्तारका लागि फ्रि वाइफाई जिल्ला योजना सञ्चालन गर्न लागिएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो ।
राम्चे, हिस्तान, शिख, घार, नारच्याङ, दाना, भुरुङ तातोपानी, दोवा, बेग, भगवती, भकिम्ली, पात्लेखेत, झीँ, पाखापानी, कुहूँ, निस्कोट, दरवाङ, चिमखोला र बिममा ताररहित प्रविधिको इन्टरनेट सुविधा विस्तार भइसकेको छ ।
हाल बेनी नगरपालिकामा समावेश गरिएका साविकको घतान र अर्थुङ्गेमा पनि ताररहित इन्टरनेट सुविधाको पहुँच पुगिसकेको जिविसले जनाएको छ ।
जिल्लाका सबै गाविसमा ताररहित इन्टरनेट सुविधा उपलब्ध गराउन भौगोलिक, प्राविधिक र लागत सर्वेक्षणको काम भइरहेको जिविसका आइसिटी स्वयंसेवक प्रवीण पौडेलले बताए।
ताररहित इन्टरनेट सुविधाका कारण ग्रामीण क्षेत्रका बासिन्दाको आधुनिक प्रविधिमा पहुँच बढेको छ भने उनीहरुले देश–विदेशमा सर्वसुलभरुपमा सञ्चार सम्बन्ध स्थापित गर्न पाएका छन् ।
]]>
6989 0 0 0
बर्षकै सबैभन्दा चिसो दिन आज http://localhost/ghum/6992-2/ Fri, 18 Dec 2015 15:38:29 +0000 http://www.ghumphir.com.np/?p=6992 काठमाडौं,३ पुस ।

शुक्रबार काठमाडौं उत्यकाको न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ।'आज यो बर्षकै सबैभन्दा चिसो दिन हो,' मौसमविद शान्ति कँडेलले भनिन्, 'तापक्रम अझै घट्छ।'मौसम विज्ञान विभागले गतबर्षको सबैभन्दा कम तापक्रम १.४ डिग्री सेल्सियस मापन गरेको थियो। यसबर्ष १ डिग्रीको हाराहारीमा पुग्ने मौसमविद कँडेलले बताइन्।तत्काल पानी पर्ने सम्भावना नरहेपनि चिसोभने केहीदिन कायमै रहने छ। 'तत्काल तापक्रम धेरै बढ्दैन,' उनले भनिन्।

timthumb

]]>
6992 0 0 0
सशस्त्र प्रहरी प्रमुख वन्तले राजीनामा दिए http://localhost/ghum/%e0%a4%b8%e0%a4%b6%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a5%81%e0%a4%96-%e0%a4%b5%e0%a4%a8/ Fri, 18 Dec 2015 15:46:58 +0000 http://www.ghumphir.com.np/?p=6996 पुस ३, काठमाडौं ।

सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले राजीनामा दिएका छन् । भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गर्न सिफारिस गरेपछि वन्तले राजीनामा बुझाएका हुन् । मन्त्रिपरिषदमा यसबारे छलफल हुनेछ ।

Koshraj-Wanta

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक समितिका संयोजक प्रचण्डसँग छलफल गरेका छन् । राजीनामा स्वीकृत गरे कसलाई प्रमुख बनाउने वा निलम्बन गरे कसलाई कार्यबाहक दिने भन्ने छलफल भइरहेको छ ।

आइजीपीका लागि एआइजीहरु जीवन थापा, दुर्जकुमार राई, कृष्णकुमार तामाङ दौडमा छन् । एमालेले राईलाई र एमाओवादी तामाङलाई कार्यवाहक आइजीपीको जिम्मेवारी दिने पक्षमा देखिएको स्रोतले बतायो ।

]]>
6996 0 0 0
नमोबुद्ध क्षेत्र ओझेलमा http://localhost/ghum/%e0%a4%a8%e0%a4%ae%e0%a5%8b%e0%a4%ac%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%93%e0%a4%9d%e0%a5%87%e0%a4%b2%e0%a4%ae%e0%a4%be/ Fri, 18 Dec 2015 16:19:22 +0000 http://www.ghumphir.com.np/?p=6999 कपिल कोईराला

धार्मीक ऐतिहासिक र पर्यटकिय क्षेत्रको रुपमा परिचित नमोबुद्ध क्षेत्र ओझेलमा परेको छ । पर्याप्त सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा पर्यटकीय क्षेत्र नमोवुद्ध ओझेलमा परेको हो । बौद्ध धर्मावलम्बीको प्रमुख तीर्थस्थल समेत रहेको यो क्षेत्र धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा परिरहेको छ ।

जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर र राजधानीबाट ४३ किलोमिटरको दुरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध धार्मिक पर्यटकीय महत्व बोकेको बारे धेरै अनभिज्ञ नै छन् । यातायातको असुविधा र दयनिय सडकको अबस्थाले पनि यो क्षेत्रमा पुग्ने पर्यटकको संख्या आधा घटेको छ ।

बौद्ध धर्मवालम्वीहरुले यसलाई प्रमुख धार्मिक तीर्थस्थलको रुपमा लिन्छन् । गौतम बुद्धको अघिल्लो जन्म नमोबुद्धमा भएको धार्मिक किन्वदन्ती छ । राजकुमार महोसत्व (गौतम बुद्ध )ले भोकाएकी सुत्केरी बघिनीलाई आफ्नो शरीरको मासु काटेर खान दिएको र उनलाई बचाएको किन्वदन्ती छ । मासु जति बाघिनीलाई दान गरेपछि बाँकी रहेको हाड पुरिएको ठाँउमा बनाइएको मन्दिर भूकम्पले पूर्ण रुपमा भत्किएको छ । मासु दान गरेको सम्झनामा कात्तिक पुर्णिमाको दिनमा यहाँ मेला समेत लाग्ने गरेको छ । उक्त दिन पर्यटकको यहाँ भीड लाग्ने गरेको छ । त्यस्तै साउन महिनामा गुँला पर्व, हरेक पुर्णिमा र औंशिमा मेला लाग्ने गर्दछ ।

पर्यटकहरुको स्वागतको लागि यहाँ पर्याप्त होटल र लजहरु पनि खुलेका छन् तर ती अझै पर्यटकहरुको पर्खाइमा छन् । होटल व्यवसायीहरु ताइवान, थाइलाण्ड, तिब्बतलगायतका बौद्धधर्मावलम्वी पर्यटकहरु आउने भएपनि पर्याप्त मात्रामा नआउने बताउँछन् । पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको यो क्षेत्र यतिखेर पर्यटकको पर्र्खाइमा छ । त्यस क्षेत्रका नेताहरु पुर्वाधार विकास गरेर यो क्षेत्रको विकासको लागि गुरुयोजना नै बनाएर अघि बढ्नुपर्ने बताउँछन् । पूर्व सांसद हर्षजित लामाले नमोबुद्ध विकासका लागि राज्यले नै केही गर्नुपर्ने र पर्याप्त बजेट विनियोजन गरेर गुरुयोजना नै बनाएर यसको विकास गर्नुपर्ने बताउँछन् ।

भूकम्पबाट क्षति पुगेको गुम्बा र मन्दिर पुनः निर्माणमा

धार्मीक पर्यटकिय क्षेत्र नमोबुद्धमा ७ सय वर्ष बनेको कुदु टासी छोइलिङ गुम्बा र नमोबुद्ध मन्दिर पुनःनिर्माण सुरु भएको छ । २०७२ वैशाखमा गएको भूकम्पका कारण गुम्बा र मन्दिर पूर्णरुपमा क्षति भएको थियो । गुम्बा र मन्दिर पुनःनिर्माण गर्नका लागि मंगलबार धुन्चुम रिम्र्बोचेबाट आरति क्षमा पूजा भएको नमोबुद्ध ध्याङ गुठीका संरक्षक सोनाम ग्याल्मो लामाले जानकारी दिए । उनका अनुसार विधिवत क्षमा पूजा गरेर क्रमागत रुपमा भत्काएर पहिले जस्तै बनाउने योजना रहेको छ ।

गुम्बाको लागि २ करोड स्टमेड र मन्दिरको लागि ६० लाख स्टमेड भएको नमोबुद्ध विकास केन्द्रका सचिव गणबज्र लामाले जानकारी दिए । दुबै निर्माण गर्न २ करोड ६० लाख लाग्ने भएपनि अहिलेसम्म एक रुपैयाँ पनि सहयोग नउठेको उनको भनाई छ । उनका अनुसार पुनःनिर्काण गर्न पर्यटन मन्त्रालय र स्थानीय विकास मन्त्रालयमा प्रपोजल बुझाएको बताए । गुम्बा र मन्दिर निर्माण भइसकेपछि द्धापर युगमा निर्माण भएको छोर्तेनको समेत पुनःनिर्माण गरिने लामाको भनाई छ । उनले गुम्बा र मन्दिर निर्माण गर्न सबैलाई सहयोगको लागि समेत आग्रह गरेका छन् ।

]]>
6999 0 0 0
चीनसँग यातायात तथा पारवहन सम्झौता तयारी http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a4-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b5%e0%a4%b9/ Fri, 18 Dec 2015 16:29:35 +0000 http://www.ghumphir.com.np/?p=7002 चन्द्रशेखर अधिकारी काठमाडौं,३ पुस ।

नेपालले चीनसँग यातायात तथा पारवहन सम्झौता गर्ने तयारी गरेको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा यसै साता चीन पुगेर आधा दर्जनभन्दा बढी दुईपक्षीय सहकार्यसम्बन्धी सम्झौता गर्ने भएका छन् । उनको उपस्थितिमा नेपाल(चीन मोटर भेहिकल, पारवहन, आर्थिक सहयोग तथा इन्धन आपूर्तिका लागि व्यापार सम्झौतासमेत गर्ने तयारी छ ।

chaina nepal flagपरराष्ट्रमन्त्रीको पाँचदिने चीन भ्रमणका क्रममा द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा० समेत गर्ने तयारी छ । नेपालले सबै प्रक्रिया पूरा गरी चीनलाई बिप्पा सम्झौताको मस्यौदा पठाइसकेको छ । यसबारे उच्चस्तरको छलफलमा केही हेरफेर भएर टुंगोमा पुग्ने अधिकारीहरूले बताएका छन् । चिनियाँ लगानीमा नेपालभित्र इन्धन भण्डारणस्थल बनाउने तयारीसमेत अघि बढेकाले पनि बिप्पा महत्त्वपूर्ण देखिएको हो । चिनियाँ लगानीकर्तामार्फत नुवाकोट, पाँचखाल तथा धादिङमा इन्धन भण्डारण बनाउनेबारे दुई देशबीच गृहकार्य भइरहेको छ । परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार अहिले सबै विषयमा छलफल भइरहेको छ । सोमबारसम्ममा सम्झौताको विषयमा अन्तिम टुंगो लाग्नेछ । चिनियाँ विदेशमन्त्री याङ यीको निमन्त्रणामा पुस ८ मा त्यसतर्फ जान लागेका थापाले त्यहाँ प्रधानमन्त्री ली खछ्याङलाई भेट्ने तयारीसमेत छ । खछ्याङसँग भेट नहुने भएमा विदेशमन्त्री भन्दा माथिल्ला तहका स्टेट लिडरहरूसँग भेटघाट हुनेछ । उनले पुस १० मा चिनियाँ विदेशमन्त्री याङसँग दुईपक्षीय वार्ता गर्नेछन् । त्यस अवसरमा नेपाल र चीनबीच सबै प्रकारका सहकार्यमा छलफल हुने अधिकारीहरूले बताए । ुयतिबेला चीनतर्फ उच्चस्तरको भ्रमण हुनु नै सकारात्मक पक्ष हो । भ्रमणमा दुईपक्षीय विषयका विविध पक्षमा छलफल हुनेछन्,ु चीनका लागि नेपाली राजदूत महेश मास्केले टेलिफोनमा कान्तिपुरसँग भने, ुकुन(कुन विषयमा कस्तो प्रकारको सम्झौता हुन्छ भन्ने कुरा भने छलफलपछि टुंगो लाग्नेछ ।ु मास्केले भूकम्पपछिको पुनर्निर्माण, नाका जोड्ने राजमार्गको स्तरोन्नतिदेखि दुईपक्षीय सहकार्यका विविध पक्षमा छलफल हुने बताए । भ्रमणमा नेपाल(चीन दुईपक्षीय सम्बन्धको सबैखाले संयन्त्रमा छलफल हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । चीन र नेपालबीच पारवहन सम्झौता भए तेस्रो मुलुकबाट आपूर्ति गर्न उत्तरतर्फको ढोका खुल्ने हुनाले यसमा सरकार लागि परेको हो । विद्युतीय सवारीसाधन उपलब्ध गराउने, नेपाल तथा चीनमा एक(अर्का देशका गाडीको सहज प्रवेशबारे समेत छलफल हुँदै क्षेत्र तोकेर सम्झौतासमेत हुने अधिकारीहरूको दाबी छ । नेपालले चीनसँग सीमासम्म जतिसक्दो छिटो रेल सञ्जाल विस्तार गरेर सहयोग गर्नसमेत आग्रह गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री याङको नेपाल भ्रमणमा भएका सहमतिको विषयमा पनि समीक्षा हुनेछ । त्यसबेला आरम्भ भएका परियोजनाका कामहरूबारे समेत समीक्षा हुने अधिकारीहरूले बताए । यसपछि नेपाली तथा चिनियाँ अधिकारीहरूले गर्ने उच्चस्तरीय भ्रमणबारे पनि छलफल हुनेछ । राष्ट्रपति वा प्रधानमन्त्री स्तरमा एक(अर्का मुलुकमा जतिसक्दो छिटो राजकीय भ्रमण गर्नेबारेमा समेत तयारी गरिने विषय पनि छलफलको बुँदामा छ । अहिले परराष्ट्र मन्त्रालयले सबै प्रकारको सहयोगका लागि विभिन्न मन्त्रालयसँग समूहगत र दुईपक्षीय छलफल गरिरहेको छ । तत्कालीन राष्ट्रपति रामवरण यादव बोआओ फोरममा सहभागी हुन जाँदा नै चीनले १९ सय मिलियन आरएमबी ९करिब ३१ अर्ब रुपैयाँ० सहयोग गर्दै कोदारी राजमार्गलाई ुअटुटु का रूपमा विस्तार गर्ने सहमति जनाएको थियो । त्यसमा खर्च भएर बाँकी रहेको रकम रसुवागढी सडकमा लगाउनेसमेत प्रतिबद्धता व्यक्त भएको थियो । यतिबेला पूर्वमुख्यसचिव लीलामणि पौड्याल जनकूटनीति भन्दै बेइजिङमा रहेर विभिन्न प्रकारको भेटघाट अघि बढाउन व्यस्त छन् । सरकारी उच्च स्रोतका अनुसार उनलाई सरकारले नै छुट्टै ढंगले त्यहाँ पठाएको र ुट्रयाक टुु कूटनीतिमा जोड दिएको हो ।

चीनबाट इन्धन ल्याउने विषय टुंगो लाग्दै उपप्रधानमन्त्रीको चीन भ्रमणमा इन्धन खरिद सम्झौता टुंगो लाग्ने दाबी एक अधिकारीले गरे । तर, त्यसको मोडालिटी भने उच्च स्तरको छलफलमै तय हुने भएको छ । छिंगाई प्रान्तमा रहेको पेट्रो चाइनाको रिफाइनरीबाट ल्हासासम्म आएको इन्धनको पाइपलाइनबाटै नेपालले इन्धन लिने सहमति जुट्ने भएको छ ।

नेपालको सीमाबाट १८ सय ५० किलोमिटर टाढा रहेको रिफाइनरीबाट ल्हासासम्म पाइपलाइन र त्यहाँबाट रेलमा सिगात्सेसम्म आएको इन्धन तातोपानी र रसुवागढी नाकाबाट भित्र्याउने गरी सहमति गर्ने तयारी नेपालको छ ।

सबै प्रकारको इन्धन ल्याउन सक्ने भए पनि ग्यास भने चीनले तत्काल दिन नसक्ने जानकारी दिइसकेको छ । इन्धन साधारण तवरले खरिद गर्दा पनि नेपालले हाल खरिद गरेको मूल्यभन्दा खासै महँगो नपर्ने भएकाले त्यसमा काम भइरहेको छ । बाहिर धेरै प्रकारको हल्ला आएकाले अहिले सम्झौता गरेर कर छुटदेखि सबै मिलाउने तयारी भएको हो ।

इन्धन सम्झौतापछि कर छुटको प्रसंग आउने हुनाले त्यसमा अहिले हल्ला गरेजस्तो अवस्था नरहेको बताइएको छ । बेइजिङमा रहेका नेपाली इकोनोमिक मिनिस्टर विनोद आचार्य नेतृत्व टोलीले स्थलगत निरीक्षणसमेत गरेर यसको प्रतिवेदन दिइसकेको र उनी काठमाडौं आएरसमेत छलफल गरिसकेकाले अब धेरै विषय निर्णयमा पुग्ने अधिकारीले बताएका छन् ।

सरकारको विशेष म्यान्डेट लिएर चीन जान लागेका थापाले विशेष अधिकार नै प्रयोग गर्दै सहमति गर्न सक्नेछन् । बेलायत भ्रमणमा रहेका उनी आइतबार काठमाडौं र्फकदै छन् ।साभार कान्तिपुर

]]>
7002 0 0 0
स्मार्ट कार्ड वितरण सुरु http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Fri, 18 Dec 2015 16:37:29 +0000 http://www.ghumphir.com.np/?p=7004 काठमाडौं,३ पुस ।

यातायात व्यवस्था विभागले विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) शुक्रबारदेखि वितरण सुरु गरेको छ । विभागले पहिलो चरणमा शुक्रबार यातायात व्यवस्था कार्यालय बागमतीबाट वितरण थालेको हो । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले शुक्रबार स्मार्ट कार्ड वितरण गरे ।

smart cardयातायात व्यवस्था कार्यालय बागमतीका प्रमुख उमेश बस्नेतले स्मार्ट कार्ड पहिलो चरणमा नयाँ सवारी चालकलाई मात्र वितरण गरिने बताए । त्यसपछि विस्तारै अन्यलाई वितरण गरिने उनले जानकारी दिए । पहिलो चरणमा एक लाख ६० हजार र दोस्रो चरणमा ४ लाख चालकलाई स्मार्टकार्ड वितरण गरिनेछ । मंसिर दोस्रो साताबाट नै स्मार्ट कार्ड वितरण गर्ने भनिए पनि प्राविधिक कारणले ढिलाई भएको विभागले जनाएको छ । भारतको चेन्नाईमा एक साता अघि परेको भिषण वर्षाका कारण त्यहा अवस्थित स्मार्ट कार्ड उत्पादक कम्पनी मद्रास सेक्युरिटी पि्रन्टर्सको कार्यालय समेेत डुबेको थियो । त्यसपछि काममा ढिलाई भएको विभागको भनाई छ । चार पांग्रे सवारी साधनको लाइसेन्स प्रक्रिया सुरु यातायात व्यवस्था कार्यालय बागमतीले दसैंपछि पहिलोपटक चार पाग्रें सवारी साधनको लाइसेन्सको प्रयोगात्मक परिक्षाको सुरूआत गरेको छ । पुष १ बाट नयाँ लाइसेन्स लिनेका लागि परिक्षाको सुरूआत गरिएको कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिए । उनका अनुसार यो लाइसेन्स परिक्षामा यस अघि नै अन्य दुई पाग्रें वा अन्य सवारी साधनको लाइसेन्स लिइसकेका चालकहरुले भने आवेदन दिन पाउने छैनन् । बस्नेतले चाप बढी भएका कारण नयाँका लागि मात्र लक्षित गरेर सुरुआत गरिएको बताए ।

]]>
7004 0 0 0
फेन्टा, पेप्सी र मिरिण्डाका उत्पादकविरुद्ध मुद्दा http://localhost/ghum/%e0%a4%ab%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%be-%e0%a4%aa%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%80-%e0%a4%b0-%e0%a4%ae%e0%a4%bf%e0%a4%b0%e0%a4%bf%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%be/ Fri, 18 Dec 2015 16:43:57 +0000 http://www.ghumphir.com.np/?p=7007 cold-drinks 

पुस ३, काठमाडौं ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य पदार्थ मिसाउने विभिन्न पेय पदार्थ उत्पादक कम्पनीहरुलाई कारवाही प्रक्रिया अघि बढाएको छ । विभागले फेन्टा, पेप्सी र मिरिण्डा उत्पादक कम्पनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

फेन्टामा दुषित तथा अखाद्य पदार्थ मिसाएको भेटिएपछि बोटलर्स नेपालविरुद्ध मुद्दा चलाइएको विभागका प्रवक्ता पुर्णचन्द्र वस्तीले जानकारी दिए । बोटलर्स नेपाल कोकाकोलाको पनि उत्पादक कम्पनी हो ।

यस्तै पेप्सी र मिरिण्डामा अखाद्य पदार्थ मिसाउने गरेको पाइएपछि विभागले उत्पादक बरुण बेभरेजविरुद्ध पनि मुद्दा चलाएको जानकारी दिएको छ । पेप्सी र मिरिण्डामा पटक-पटक अखाद्य पदार्थ भेटिएपछि मुद्दा चलाइएको हो ।

यो वर्षको पहिलो चार महिनामा विभागले अखाद्य पदार्थ उत्पादन र बिक्री वितरण गर्ने ५१ वटा र्फमविरुद्ध मुद्दा चलाएको छ ।विभागले कात्तिकसम्म दुषित पदार्थ मिसाएको भेटेपछि ललितपुरको नवप्रभात र चितवनको चितवन डेरी विरुद्ध पनि मुद्दा चलाएको छ ।त्यस्तै खानेपानी उत्पादक क्रिष्टल अक्वा कम्पनी र चितवनका विभिन्न पानी उत्पादक कम्पनीविरुद्ध पनि अभियोग दायर भएको छ ।

]]>
7007 0 0 0
मधेसी नेताहरुले चुनावमा हारको क्षतिपुर्ति असुल्न आन्दोलन गरियो : पौडेल http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8%e0%a5%80-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2%e0%a5%87-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%ae%e0%a4%be/ Fri, 18 Dec 2015 16:53:43 +0000 http://www.ghumphir.com.np/?p=7010 पुस ३, विराटनगर ।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसी नेताहरुले आफूले चुनावमा हारेको क्षतिपूर्ति असुली गर्न सर्वसाधारणलाई उक्साएर आन्दोलन गरेको आरोप लगाएका छन् । संविधानको मर्म नै नबुझी मधेसी जनता विरोधमा उत्रिएको भन्दै उनले असन्तुष्टहरुलाई अन्य मुलुकका संविधानसँग मुलुकको संविधान तुलना गरेर सन्तुष्टिका पक्ष खोज्न पनि पौडेलको आग्रह गरे । ‘मधेसीले खोजेजस्तो २ नम्बर प्रदेश पाएका छन् तर त्यहीं आन्दोलन हुनु आश्चर्यजनक छ,’ उनले भने ।

Ramchandra-Paudel

पौडेलले जनता र नेताबीच संवाद टुट्दा मुलुकले विश्वकै उत्कृष्ट संविधान पाए पनि असन्तुष्टि बढेको बताएका छन् । मोरङ कांग्रेसले शुक्रबार आयोजना गरेको ‘कस्तो बन्यो संविधान, सदभाव र एकताको अभियान’ विषयक अन्र्तक्रियामा पौडेलले नेताहरु सदरमुकाम, केन्द्र र सत्तामा केन्द्रित रहँदा जनतासँगको संवाद टुट्न पुग्दा संविधान आलोचित बनेको बताए ।

‘नेताहरु लामो समयसम्म केन्द्र र सत्ताको खेलमा केन्द्रीत हुँदा जनतासँग संवाद नै टुट्यो,’ पौडेलले भने, ‘नेताहरुले समयमै गाउँगाउँमा गएर संविधान बारे जनतालाई जानकारी गराएको भए मुलुकले अहिलेको स्थिती भोग्नु पर्ने थिएन ।’

राज्यको पुर्नसंरचना होइन अब चरित्रको पुर्नसंरचना आवश्यक रहेको पौडेलको जिकिर थियो । ‘जबसम्म नेता र कार्यकर्ताहरुको चरित्रमा पुर्नसंरचना हँुदैन तबसम्म जस्तोसुकै राम्रो काम भए पनि विवाद र असन्तुष्टि आइरहन्छ,’ पौडेलले भने ।

कांग्रेसले विपक्षमा बसेर सरकारको खबरदारी गरिरहेको पनि उनले बताए । कम्युनिष्ट र कांग्रेसमा मधेसलाई हेर्ने दृष्टिकोण फरक भएको उल्लेख गर्दै पौडेलले कांग्रेसले प्रधानमन्त्रीमा उम्मेदवार दिएर मधेस र कांग्रेसको सम्बन्ध मजबुद गरेका दावी गरे । पौडेलले कम्युनिष्टहरु छिटो निर्णय गरेर पछुताउने र कांग्रेस अनिर्णयको बन्धक बन्दै आएको बताए ।

]]>
7010 0 0 0
यसकारण पर्यो नेपाल विश्वकै पर्यटकहरुको घुम्नलायक स्थानमा http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b8%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5/ Fri, 18 Dec 2015 17:22:52 +0000 http://www.ghumphir.com.np/?p=7012 शैलेन्द्र कार्की विश्वमा पर्यटकीय स्थलको सूची सार्वजनिक गर्दै आएको नेशनल जोग्राफिक ट्राभलरले सन् २०१६ का लागि पर्यटकीय गन्तब्यको सूचीमा नेपाललाई अग्र स्थानमा राखेको छ । विश्वका उत्कृष्ठ पर्यटकीय गन्तब्य स्थल मध्य नेपाल छैठौं स्थानमा परेको छ । नेशनल जोग्राफिले घुम्न रुचि गर्नेहरुको लागी पहिलोमा इरानलाई राखेको छ भने दोश्रो नम्बरमा कोष्टारिका परेको छ । तेश्रो स्थानमा अमेरिकाको वासिङटन डिसी छ भने चौथो स्थानमा आयरल्याण्ड परेको छ । ५ नम्बरको क्यूवापछि छैठौं स्थानमा नेपाललाई राखिएको छ । यो बाट पनी के थाहा हुन्छ भने नेपला पर्यथकीय स्थलहरुको भुकम्प पछी पनी सुरक्षीत छ भनेर । नेपालमा गएको विनासकारी भूकम्प र लगतै भारतले लगाएको नाकाबन्दिका कारण नेपाल घुम्न आउने पर्यटहरुको सख्यामा ८३ प्रतिशत गिरावट आईरहेको अवस्थामा नेपालको पर्यटन क्षेत्रमा यो खबरले खुसी छाएको छ । तर यस्को उचित प्रचार प्रसार हुन सकेको छैन । यस्ले नेपालको पर्यटन क्षेत्रमा निकै फड्को मार्न सक्छ । किन प¥यो नेपाल, विश्वकै पर्यटकहरुको घुम्नलायक स्थानमा । नेपाललाई २०१६मा घुम्नलाएक राष्ट्रको सुचिमा नेशनल जोग्राफिक ट्राभलरले राख्नुका विभिन्न कारणहरु छन् । पहिलो त नेपाल घुम्न आएका पर्यटकहरुलाई नेपालीहरुले दिने अथिती सत्कार हो,यहाँको रहन सहन, साधारण परिवेसमा पनि पर्यटकहरुलाई गरिने सत्कारले उनिहरुको मन जितेको छ । विश्व प्रख्यात सांहसिक पदत्राता,प्याराग्लाइडिङ, ह्वाइट वाटर ¥याफङिड,क्यानोनिङ,काइकिङ,माउण्टेनिङ, विश्वस्तरको माउण्टेन फ्लाइट, जंगलसफारी, साइकिक्लीङ, बन्जीजंम्प,जिपफ्लायर,जस्ता आदि इत्यादी चिजले विदेशीलाई बारम्बार नेपाल घुम्नआउन प्रेरित गर्छ । यो कारणले पनि नेपाल छैठौ स्थामा पर्ने कारण हुन सक्छ, अर्को कुरा विदेशी पर्यटकलाई गर्ने व्यवहार एकदम आत्मीय छ । नेपालीहरु एकदमै मिलनसार छन् । नेपालको बिभिन्न स्थानमा घुम्ने क्रममा मैले बिभिन्न खालका पर्यटकहरु भेटेको छु । तर ति मध्य एक पर्यटक नेपालमा २८औ पटक नेपाल घुम्न आएका छन् । जब उनकी छोरी तपाइ यती पटक नेपाल गइसक्नु भयो अझ किन जानु हुन्छ भन्ने तर्क राखेपछी ।

उनले छोरीलाई पनि नेपाल घुमाउन ल्याए अनि उनको छोरीले वास्तवीकता थाहा पाइन । भन्न खोजेको कुरा के हो भने नेपालको सुन्दरता शब्दमा बयान गर्न सकिन्न, अरुले भनेको भरमा हामी नेपाल सुन्दर छ , विश्वकै पर्यटकीय क्षेत्रमा प्रख्यात छ भन्छौ तर हामी नेपालीहरु पनी नेपालको बास्तविक सुन्दरता देखेका वा भनौ महसुस गरेका हुदैनौ जुन विदेशीले गरेका हुन्छन् । नेपाल घुम्न आएका पर्यटकहरुले देखेका अनुभव गरेका सुन्दरताको बयान यँहाबाट फर्केपछि आफ्नो देशमा गर्ने हो ,यसरि हाम्रो संम्पदाको प्रचार प्रसार भएको छ ।

manaslu Trek@ghumphir (9)

manaslu Trek@ghumphir (16) manaslu Trek@ghumphir (13) manaslu Trek@ghumphir (12) manaslu Trek@ghumphir (11) manaslu Trek@ghumphir (10) manaslu Trek@ghumphir (7) manaslu Trek@ghumphir (6) manaslu Trek@ghumphir (5) manaslu Trek@ghumphir (4) manaslu Trek@ghumphir (3) manaslu Trek@ghumphir (2)

]]>
7012 0 0 0
हिमालय स्काई विन्टर फेस्टिबल http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%88-%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%ab%e0%a5%87%e0%a4%b8%e0%a5%8d/ Fri, 18 Dec 2015 17:57:29 +0000 http://www.ghumphir.com.np/?p=7030 7030 0 0 0 कागवेनी–मुक्तिनाथ धार्मिक पर्यटन मार्ग कालोपत्रे सुरु http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%97%e0%a4%b5%e0%a5%87%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae/ Sat, 19 Dec 2015 08:38:41 +0000 http://www.ghumphir.com.np/?p=7036 फलेवास (पर्वत)

हिमालपारीको जिल्ला मुस्ताङको कागवेनीदेखि पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथसम्म पुग्ने सडक खण्डमा कालोपत्रे गर्न सुरु गरिएकाे छ। मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडकको रुपमा कागवेनीदेखि मुक्तिनाथ जोडने सात किलोमिटरको सडक कालोपत्रे हुन लागेको हो। मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुर्ननिर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे हुन लागेको हो।

kagbeni sadakजिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर रविन्द्र तिवारीका अनुसार आगामी २०७४ असार मसान्तसम्म सम्पन्न गर्ने गरी कालाेपत्रे निर्माण अगाडि बढेको छ।

जिल्ला प्राविधिक कार्यालय मुस्ताङले दिएको जानकारीअनुुसार रु. १० करोड ८६ लाखको लागतमा उक्त सडक खण्ड कालोपत्रे हुन लागेको हो। जिल्लामा झण्डै २५० किलोमिटर सडक सञ्जाल भए पनि हालसम्म कुनै पनि सडक खण्डमा कालोपत्रे भएको छैन। जिल्लाको सदरमुकाम जोड्ने वेनी–जोमसोम सडक खण्डसमेत हालसम्म कालोपत्र भएको छैन। सडक खण्ड कालोपत्रे नहुँदा सडक मार्ग हुँदै मुक्तिनाथ जाने तीर्थयात्रुले झन्झट बेहोर्दै आएका छन्।

मुक्तिनाथ दर्शनका लागि नेपालका अधिकांश जिल्लाका साथै भारतबाट समेत वर्षेनी हजारौँ भक्तजन आउने गरेका छन्। सडक कालोपत्रे भएपछि मुक्तिनाथ आउने धार्मिक पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने तिवारीको भनाइ छ। चीसाे मौसममा हिउँ पर्ने र वर्षात्रको समयमा म्याग्दी सडक खण्ड अवरुद्ध हुने भएका कारण कालोपत्रे हुन समय लाग्ने बताइएकाे छ। सडक कालोपत्रे भएपछि मुक्तिनाथ जाने तीर्थालुको यात्रा भने सहज हुनेछ।

]]>
7036 0 0 0
राष्ट्रपतिकाे अपमान गरेकाेमा मोर्चाले माफी माग्नुपर्छ: देउवा http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%85%e0%a4%aa%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%95/ Sat, 19 Dec 2015 15:05:25 +0000 http://www.ghumphir.com.np/?p=7041 काठमाडौं ,४ पुष ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले जानकी मन्दिरमा पूजाआजाका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीकाे अपमान, ढुंगामुढा र पेट्रोल बम प्रहारको घटनामा मधेसी मोर्चाले माफी माग्नुपर्ने बताएका छन् ।

sher bahadau dewaba

स्कलर्स अफ डेमोक्रेसी नामक संस्थाद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा देउवाले मोर्चाका कार्यकर्ताले जानकी मन्दिरलाई अपवित्र बनाएको भनी गरेको ढुंगामुढा तथा पेट्रोल बम प्रहार राष्ट्राध्यक्षमाथिकै अपमान हो भन्दै मोर्चाले माफी माग्नुपर्ने बताएका हुन् । देउवाले संवैधानिक राष्ट्रपतिको सम्मान गर्नु सबैको दायित्व भएको बताए ।

उनले संवैधानिक राष्ट्रपति देशभित्रकै मन्दिरमा पूजाआजाका लागि जाँदा ढुंगामुढा र अपमान हुनु लज्जाको विषय भएको भन्दै सरकारले घटनामा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने बताए । आन्दोलनकारीहरूले विधवाले मन्दिरभित्र पूजाआजा गर्न नपाइने भन्दै राष्ट्रपति भण्डारीले पूजाअर्चना गर्दा मन्दिर अशुद्ध भएको प्रचारसहित मन्दिर चोख्याउने नाममा मन्दिर क्षेत्रमा गंगाजल छर्किएर राष्ट्रपतिको अपमानसमेत गरेको उनको भनाइ थियो ।

]]>
7041 0 0 0
पुनःनिर्माणको काम छिटो अगाडि बढाउनुपर्छ – राप्रपा अध्यक्ष राणा http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%ae-%e0%a4%9b%e0%a4%bf%e0%a4%9f%e0%a5%8b-%e0%a4%85/ Sat, 19 Dec 2015 15:32:53 +0000 http://www.ghumphir.com.np/?p=7049

भक्तपुर, ४ पुस ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले सरकारले पुनःनिर्माणको काम छिटो अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।आज भक्तपुरको नगरकोट नगरपालिका, सुडाल चरेलीमा आयोजना गरेको कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले भूकम्पपछिको पुनःनिर्माणमा सरकारले अब ढिलाइ गर्न नहुने बताउनुभएको हो । प्राधिकरण गठनका विषयलाई लिएर काँग्रेस र एमालेको विवादका कारण जनताले दुःख पाएको चर्चा गर्दै राणाले भन्नुभयो – “पुनःनिर्माण प्राधिकरण गठन गर्ने र त्यसको प्रमुख कसलाई बनाउने भन्नेबारेमा काँग्रेस र एमालेमा भएको विवादले गर्दा जनताले लामो समय दुःख पाए, अब पुनःनिर्माणको कार्य अगाडि बढाउन ढिलाइ गर्न हुँदैन ।” पुनःनिर्माण प्राधिकरण गठन ढिलाइ हुँदा भूकम्पपीडितले जाडो अगाडि नै घर एवम् संरचना निर्माण गर्न नसक्दा जाडोमा कठ्याङ्ग्रिनु परेको बताउनुभयो । मधेस आन्दोलन र भारतीय नाकाबन्दीले जनताले निकै दुःख पाएको चर्चा गर्दै राप्रपा अध्यक्ष राणाले मधेसको जायज मागलाई सम्बोधन गरेर र नाकाबन्दी हटाउन कूटनीतिक पहल गरेर समस्याको निकास निकाल्नु पर्ने औँल्याउनुभयो । राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण गर्ने पहल सुरु भएको बताउँदै उहाँले वार्ता र छलफललाई तीव्र बनाएर पार्टी एकीकरणमा लाग्ने उहाँको भनाइ छ । कार्यक्रममा नेपाली काँग्रेस, एमाले, एमाओवादी र नेपाल मजदुर किसान पार्टी परित्याग गरी राप्रपा प्रवेश गर्ने २२५ जनालाई राणाले टीका र खादा लगाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा राप्रपाका महामन्त्री बुद्धिमान तामाङ, राप्रपाका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, जिल्ला अध्यक्ष सुरेन्द्रप्रताप शाह, राप्रपा नगरकोट नगर अध्यक्ष धनबहादुर लामालगायतले सरकारले नाकाबन्दी खोलेर जनतालाई राहत दिन उचित कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

]]>
7049 0 0 0
बिग्रिएका ऐतिहासिक सम्पदाबारे चित्र http://localhost/ghum/%e0%a4%ac%e0%a4%bf%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%90%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a6/ Sat, 19 Dec 2015 15:40:20 +0000 http://www.ghumphir.com.np/?p=7052

काठमाडौँ, ४ पुस ।

नाकाबन्दीका कारण मुलुकमा भइरहेका विभिन्न समस्या तथा भूकम्पले भत्किएका बिग्रिएका ऐतिहासिक सम्पदाका बारेमा आज विद्यार्थीले चित्र कोरेका छन् । ‘मर्यादा नेपाल’ र ‘सी नेपाल’ नामक सामाजिक सञ्जालले आज वसन्तपुरमा आयोजना गरेको उक्त कार्यक्रममा मुलुकमा जारी भएको संविधान, तेलको लाइन, ग्यासको लाइन, विभिन्न सामग्रीको आयातका विषयलाई आधार बनाएर विभिन्न २० विद्यालयका विद्यार्थी र चारजना कलाकारले चित्र कोरेका हुन् । सो अवसरमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विद्यार्थीको हौसला बढाउन उक्त स्थानमा पुगेर उनीहरुका सिर्जनाका बारेमा जानकारी लिनुभयो । उहाँले मुलुकमा अप्ठ्यारो अवस्था आएका बेलामा सबैजना एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै विद्यार्थीले सिर्जना गरेका सिर्जनाले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । सांसद रञ्जीत कर्णले आफू निकै प्रभावित भएको बताउँदै आगामी दिनमा मुलुकलाई अघि बढाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने सन्देश चित्रहरुले दिएको बताउनुभयो । मर्यादा नेपालका अध्यक्ष अस्मिता बर्माले मुलुकमा विद्यमान समस्या तथा भूकम्पपछिको बिग्रिएका संरचना निर्माण गर्न सबैलाई एकताबद्ध भई आ–आफ्नोतर्फबाट सहयोग गर्न प्रेरणा दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

]]>
7052 0 0 0
नाम्चेमा तापक्रम माइनस् सात डिग्री सेल्सियस http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%9a%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-%e0%a4%ae%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a4%b8%e0%a5%8d/ Sat, 19 Dec 2015 15:42:50 +0000 http://www.ghumphir.com.np/?p=7054

सोलुुखुम्बु, ४ पुस ।

शुक्रबारेदेखि मौसममा आएको बदलीसँगै चिसो ह्वात्तै बढेर सोलुखुम्बुवासीको जनजीवन प्रभावित भएको छ । मौसम बदलीसँगै सामान्य वर्षा तथा हिमपातपछि सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा चिसो निकै बढेको हो । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका अनुसार नाम्चे तथा खुम्बुको तापक्रम आज माइनस ७ डिग्री सेल्सियस पुगेको छ । चिसो अत्याधिक बढेसँगै स्थानीयवासी घर बाहिर निस्कनसमेत नसकेका नाम्चेका व्यवसायी युवास तामाङले बताउनुभयो । अत्याधिक चिसोका कारण सबैजसो घरभित्रै रहेका स्थानीय शिक्षक खगिन्द्रराज बाँस्तोलाले जानकारी दिनुभयो । शिक्षक बाँस्तोलाका अनुसार खुम्बु क्षेत्रका १३ वटा सबै बिद्यालयमा चिसोका कारण दुई महिना हिउँदे बिदा दिइएको छ । चिसोले गर्दा खुम्बु घुम्न आएका पर्यटकसमेत प्रभावित भएका छन् । नाम्चेमा क्रिसमस मनाउने योजनाका साथ आएका पर्यटक चिसोका कारण समस्यामा परेका पर्यटन व्यवसायी आङफुर्वा शेर्पाले जानकारी दिनुभयो ।

]]>
7054 0 0 0
बन्द र नाकाबन्दीले यातायात क्षेत्र सङ्कटमा परेको गुनासो http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%b0-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%af/ Sat, 19 Dec 2015 15:46:15 +0000 http://www.ghumphir.com.np/?p=7057

लुम्बिनी (रुपन्देही), ४ पुस ।

विगत चार महिनादेखिको लगातारको बन्द हड्ताल तथा भारतले गरेको अघोषित नाकाबन्दीका कारण यातायात क्षेत्र नराम्रोसँग प्रभावित भएको व्यवसायीले गुनासो गरेका छन् । सिद्धार्थ यातायात व्यवसायी समिति रुपन्देहीको २७ आँै वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा बोल्ने यातायात व्यवसायीले लगातारको बन्द र अघोषित नाकाबन्दीका कारण पर्याप्त मात्रामा इन्धन पाउन नसक्दा यातायात क्षेत्र सङ्कटमा पर्दै गएको उल्लेख गरे । सो अवसरमा पश्चिम नेपाल बस व्यवसायी समिति बुटवलका अध्यक्ष दधिराम खरेलले नाकाबन्दी तथा आन्दोलनका कारण यातायात सञ्चालनका लागि इन्धनको सहज व्यवस्था हुन नसकी व्यवसायी मारमा परेको बताउनुभयो । लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेरबहादुर बस्नेत, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार शर्मा, रुपन्देही उद्योग व्यपार सङ्गठनका अध्यक्ष खिमबहादुर खत्रीलगायतले चार महिनादेखिको बन्द, हडताल र नाकाबन्दीले धेरै व्यवसायी पलायन हुनुपर्ने अवस्थामा पुगेको बताउनुभयो । यसैबीच, समितिले साधारणसभाको अवसर पारेर खेलाडी, पत्रकार तथा व्यवसायीलाई सम्मान ग¥यो । यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने फूटबलका विमल घर्तीमगर, गौरब बुढाथोकी, सोजित गुरुङ र दोण थापा, पत्रकारिताको माध्यमबाट यातायात क्षेत्रको विकासमा टेवा पु¥याउने पत्रकारद्वय दिपेश पछाई र शारदा मल्ललाई सम्मान गरियो । त्यसैगरी, यातायात व्यवसायी दीलबहादुर ढुङ्गाना, भुवन बराल, जीवन बन्जाडे, रुमाखर गौतम र रवीन्द्रमान श्रेष्ठ सम्मानित पनि हुनुभयो ।

]]>
7057 0 0 0
नाकाबन्दीले कुरुम्बाका सुन्तला किसानलाई फाइदा http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b8/ Sat, 19 Dec 2015 15:51:06 +0000 http://www.ghumphir.com.np/?p=7059

पाँचथर, ४ पुस ।

भारतीय नाकाबन्दीले सबैतिर असर पारे पनि पाँचथरको दक्षिणी गाविस कुरुम्बाका सुन्तला किसानलाई भने फाइदा भएको छ । नाकाबन्दीका कारण ढुवानी सहज नभएपछि पूर्वका बजारमा अन्यत्रबाट प्रर्याप्त मात्रामा सुन्तला आउन नसकेपछि कुरुम्बाको सुन्तलाले राम्रो मूल्य पाएको हो । झापाको विर्तामोड, दमकलगायत पहाडका इलाम पाँचथरका बजारमा अन्यत्रबाट सुन्तला नआएपछि व्यापारीले बगानमै आएर सुन्तला खरिद गरेका हुन् ।

orange (1)कृषकहरुले राम्रो मूल्य पाएको कुरुम्बाका सुन्तला कृषक तेजबहादुर लावतीले बताउनुभयो । ‘राम्रो मूल्य लिनका लागि पुसको अन्तिमसम्म सुन्तला बगानमै राख्नुपथ्र्याे’, लावतीले भन्नुभयो, ‘यसपाली मङ्सिरमै उच्च मूल्यमा सुन्तला बगानबाटै बेचियो ।’ बगानमा यसपाली सुन्तलाको दाना कम लागेको तर मूल्य राम्रो पाएकाले विगत वर्ष जतिनै आम्दानी लिएको लावतीको भनाई छ । ‘लावतीको १७ रोपनी जमिनमा ६०० सुन्तलाका बोट छन् । बगैँचाका चारसय बोटमा लटरम्म सुन्तला फल्छन् । यसपाली दाना राम्रो नलागे पनि रु तीन लाख आम्दानी गरेको लावतीले बताउनुभयो । लावतीले जस्तै कुरुम्बाको पाँच र ६ नम्बर वडाबाहेक १ देखि ८ वडाका २५० कृषकले सुन्तला खेती गर्छन् । ५७ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला बगानमै यसपाली व्यापारी पुगेपछि यहाँका कृषकले राम्रो दाम लिएका हुन् । बजारमा विगत वर्षजस्तो सुन्तलाको सहज आपूर्ति नभएपछि व्यापारीहरु गाँउ पुगेर सुन्तला खरिद गरेका हुन् । ‘ढुवानीमा सहज हुँदा बजारमा अन्यत्रबाट सुन्ताला आउथ्यो’, अर्का कृषक चेतराज लावतीले भन्नुभयो, ‘नाकाबन्दीले ढुवानी असहज भएकाले हाम्रो सुन्तलाले मूल्य पाएको हो ।’ मेची पहाडलगायत तराईका विर्तामोड, दमक क्षेत्रका बजारमा सुन्तलाको आपूर्ति नभएपछि व्यापारी कुरुम्बाको सुन्तला बगानमा पुगेका हुन् ।

]]>
7059 0 0 0
इँटा भट्टामा कुटपिटबाट चौधरीको मृत्यु http://localhost/ghum/%e0%a4%87%e0%a4%81%e0%a4%9f%e0%a4%be-%e0%a4%ad%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%81%e0%a4%9f%e0%a4%aa%e0%a4%bf%e0%a4%9f%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%9a/ Sun, 20 Dec 2015 15:09:38 +0000 http://www.ghumphir.com.np/?p=7061

भक्तपुर, ५ पुस ।

भक्तपुर नगरकोट नगरपालिका–२ मसानडोलस्थित हनुमान इँटा भट्टामा काम गर्ने दाङ हापुर–८ का ३० वर्षीय श्याम चौधरीको कुटपिटबाट आज मृत्यु भएको छ । चौधरीको मृत्यु भएपछि कुटपिटमा संलग्न रहेका चौधरीकै साथी रोल्पा तालावाङ–५ घर भई सोही भट्टामा ज्यामी काम गर्ने १९ वर्षीय प्रेम घर्ती मगरलाई प्रहरीले आज पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । गत शुक्रबार साँझ चौधरी र घर्ती मगरसँगै मादक पदार्थ सेवनगरी भट्टामै भएको झगडामा घर्तीले चौधरीलाई अनुहार र शरीरको विभिन्न भागमा मुक्का हानेर कुटपिट गरेपछि उनी घाइते भएको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । झगडा भएलगत्तै घाइते चौधरीलाई उपचारका लागि भक्तपुर च्यामासिंहस्थित शिवशक्ति मेडिकल लगेको र मेडिकलले थप उपचारका लागि अस्पताल नपठाइ औषधि दिएर फर्काए पछि घाइतेले पटक पटक बान्ता गरेको खोल्न आएको प्रहरीको भनाइ छ । प्रहरीले शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।

]]>
7061 0 0 0
सत्रौँ पोखरा सडक महोत्सव पुस १३–१७ मा http://localhost/ghum/%e0%a4%b8%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%8c%e0%a4%81-%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5/ Mon, 21 Dec 2015 16:06:38 +0000 http://www.ghumphir.com.np/?p=7064

काठमाडौँ, ६ पुस ।

‘सडकमै खाऔँ, सडकमै नाचाँै र सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ यही पुस १३ देखि १७ गतेसम्म १७औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको हो । पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) ले हरेक वर्षझँै यस वर्ष पनि आयोजना गर्न लागेको महोत्सव पर्यटकीयस्थल लेकसाइडलाई पूरै समेटेर सहिदचोकदेखि खहरे–डिहिकोपाटनसम्मको करिब साढे तीन किमी क्षेत्रमा सञ्चालन हुनेछ । त्यसबाहेक वसुन्धरापार्कमा मुख्य मनोरञ्जनात्मक कार्यक्रम हुनाका साथै होटल र रेस्टुराँको मेनुमा विशेष छुट दिइने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न सङ्घसंस्थाको झाँकी प्रदर्शन तथा प्रतियोगिता, स्थानीय जातजातिको संस्कृतिक प्रदर्शनी, चितवनको थारु सांस्कृतिक नाच समूह, मुस्ताङ लोमान्थाङको सांस्कृतिक समूह, पूर्वाञ्चलको किराँत समूह, लमजुङ घलेगाउँ तथा चीन र दक्षिण कोरियाबाट सांस्कृतिक कार्यक्रम टोलीको प्रदर्शनी रहनेछ । त्यस्तै विभिन्न खेलकुद, साहसिक र मनोरञ्जनात्मक गतिविधि, वृत्तचित्र, तस्बिर प्रदर्शनी गरिने रेबानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा रेवानका अध्यक्ष प्रमोदकुमार जैसवालले महोत्सव आयोजना हुनाले पोखराको मात्र नभई मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रेवान पोखराका अध्यक्ष गोपीकृष्ण भट्टराईले महोत्सवलाई लक्ष्य गरेर यस वर्ष सडक सुरक्षा, स्वास्थ्य र सरसफाइका लागि विशेष व्यवस्था मिलाइने जानकारी दिनुभयो । महोत्सवका अवसरमा यस पटक रेबान बार, सडक नाटक र अन्तर्राष्ट्रिय खाना भित्र्याउने पहल गरिएको जनाउँदै महोत्सवको प्रवद्र्धनका लागि भैरहवा, चितवन र काठमाडौँमा विभिन्न कार्यक्रम गरिने बताइएको छ ।

]]>
7064 0 0 0
चिनियाँ सिमेन्ट कम्पनीलाई रु चौध अर्बको लगानी ल्याउन स्वीकृति http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b8%e0%a4%bf%e0%a4%ae%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a4%be/ Mon, 21 Dec 2015 16:11:20 +0000 http://www.ghumphir.com.np/?p=7066 प्रकाश सिलवाल 

काठमाडौँ, ५ पुस । चीनको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक हुवाजिन नारायणी सिमेन्ट कम्पनी (साङ्घाइ) लाई प्रत्यक्ष वैदेशिक लगानीमार्फत रु १४ अर्बको लगानीमा नेपालमा सिमेन्ट उद्योग खोल्ने बाटो खुलेको छ ।

]]>
7066 0 0 0
सूचना तथा सञ्चारको पहुँच गाउँगाउँमा पुग्नुपर्छ – मन्त्री राई http://localhost/ghum/%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%9a/ Mon, 21 Dec 2015 16:22:37 +0000 http://www.ghumphir.com.np/?p=7069

पोखरा, ६ पुस ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सूचना तथा सञ्चारको पहुँच गाउँगाउँमा पु¥याएर त्यहाँका जनतालाई लाभान्वित बनाउनुपर्नेमा जोड दिनुभएको छ । एसिया प्यासिफिक टेलिकम्युनिटीको आयोजना तथा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा आजदेखि यहाँ सुरु दूरसञ्चारसम्बन्धी नीति, नियमन र सेवा विषयक कार्यशालाको उद्घाटन गर्दै उहाँले इन्टरनेटको सेवा सरल र सहज बनाउनुपर्ने धारणा राख्नुभयो । “सबैको घरमा इन्टरनेट सेवा सर्वसुलभ भएमा घरमा रहेका बाबुुआमाले विदेशमा रहेका आफ्ना छोराछोरीसँग कुराकानी गरेर पारिवारिक सम्बन्ध अझै नजिक बनाउन सकिन्छ– ” उहाँले भन्नुभयो । मन्त्री राईले नेपाली जनताले वर्तमान अवस्थामा भोग्दै आएको कठिनाइ केही दिनमै हट्ने दाबीसमेत गर्नुभयो । सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले कार्यशालाबाट दूरसञ्चार क्षेत्रमा देखिएका कमीकमजोरी हटाउन सहयोग पुग्ने धारणा राख्नुभयो । तीन दिनसम्म चल्ने कार्यशालामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का दूरसञ्चार कम्पनीमा कार्यरत ६० जना प्रतिनिधिको सहभागिता छ । मन्त्री राई आजै नेकपा (एमाले) कास्कीद्वारा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनुभएको थियो ।

]]>
7069 0 0 0
एक खर्ब ४० अर्ब मूल्यांकनमा एनसेल बिक्री http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%96%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a5%aa%e0%a5%a6-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%82%e0%a4%95%e0%a4%a8/ Mon, 21 Dec 2015 16:26:27 +0000 http://www.ghumphir.com.np/?p=7071

काठमाडौँ, ६ पुस ।

टेलियासोनेरा नेपाली मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्नो ६०.४ प्रतिशत सेयर एसियाकै ठूलो दूरसञ्चार कम्पनीमध्येको एक एक्सिएटालाई एक अर्ब तीन करोड अमेरिकी डलरमा बिक्री गर्न सहमत भएको छ । उक्त कारोबार ऋणरहित तथा नगद आधारमा हुने एनसेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । “टेलियासोनेरालाई नयाँ ढङ्गले अगाडि बढाउने रणनीतिअनुसार हामीले युरेसिया क्षेत्रका सात स्थानबाट हाम्रो उपस्थितिलाई न्यून गर्दै नोर्डिक तथा बाल्टिक मुलुकमा आफ्नो व्यवसायमा केन्द्रित रहने योजनाको सेप्टेम्बरमा उद्घोष गरेका थियौँ ।” टेलियासोनेरालाई अगाडि बढाउने उक्त योजनाअनुरुपको पहिलो कदम तथा ठोस प्रमाणको घोषणा गर्न पाउँदा मलाई साहै्र खुसी लागेको छ”– टेलियासोनेराका अध्यक्ष तथा कार्यकारी प्रमुख योहान डेनेलिन्डले भनेको विज्ञप्तिमा उल्लेख छ । एक्सिएटाको हाल छब्बीस करोडभन्दा धेरै ग्राहक तथा पच्चीस हजार कर्मचारी छन् । एनसेलले एक्सिएटाको हाल मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, बङ्गलादेश, कम्बोडिया, भारत, सिङ्गापुर र पाकिस्तानलगायत एसियाको दूरसञ्चार क्षेत्रमा रहेको सम्पत्ति पोर्टफोलियोलाई अझ बढाउनेछ । मलेसियाको स्टक एक्सचेन्जमा अनुसूचित एक्सिएटा दक्षिण एसियामा केन्द्रित तथा विशेषज्ञता राख्ने र आफ्नो व्यवसाय रहेको देशको विकास र उन्नतिका लागि दीर्घकालीन लगानीकर्ताका रुपमा योगदान पु¥याइरहेको ख्यातिप्राप्त कम्पनी हो । टेलियासोनेराको ६०.४ प्रतिशतबाहेक हाल स्थानीय रुपमा नीरज श्रेष्ठले लिएको एनसेलको २० प्रतिशत सेयर पनि एकीकृत गर्नेछ । प्रचलित नेपाली कानुनअनुसार २० प्रतिशत सेयर नेपाली नागरिकको हुनु आवश्यक छ । कारोबारको समापनसँगै टेलियासोनेरा र श्रेष्ठबीच सन् २०१२ मा भएको व्यवस्था पनि अन्त्य हुने एनसेलले जनाएको छ ।

]]>
7071 0 0 0
मेघौलीको सुन्दरता (फोटो फिचर) http://localhost/ghum/%e0%a4%ae%e0%a5%87%e0%a4%98%e0%a5%8c%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a4%a4%e0%a4%be-%e0%a4%ab%e0%a5%8b%e0%a4%9f%e0%a5%8b-%e0%a4%ab/ Mon, 21 Dec 2015 18:12:32 +0000 http://www.ghumphir.com.np/?p=7073 सुरेन्द्र राना

नेपाल आउने पर्यटको रोजाइमा मात्र नभएर स्वदेशी पर्यटकको रोजाईमा पर्ने स्थान हो चितवन राष्टिय निकुन्ज । चितवन राष्टिय निकुञ्ज तथा दुई ठुला नदी नारायणी र राप्तीले तीनतिरबाट घेरिएको सुन्दर टापुको रुपमा अवस्थित पयर्टकीय आकर्षणको केन्द्र बिन्दु मेघौली पर्यटकिय गन्तव्य स्थलको रुपमा परिचित छ । निकुञ्जको स्थापना गर्नु अगाडि नै वि स २०२२ साल देखि नेपालमै सर्वप्रथम जंगल सफारीको शुरुवात गर्ने टाइगर टप्स जंगल लजको प्रवेशद्धार मेघौलीमा ८ वटा सामुदायिक वनहरु, थारु सांस्कृति संग्राहलय, २५ कि।मि। दुई नदीले घेरिएका किनारहरु, डुङ्गासयर तथा ¥याफ्टिङ्ग, चरा अवलोकन अन्तर्राष्ट्रिय हात्तीपालो, विभिन्न जातजातिका सांस्कृतिक झलकहरुले प्रख्यात छ ।

नारायणी र राप्ती दुई विशाल नदिको संगमस्थल गोलाघाटमा साँझपख देखिने सूर्यास्त दृश्यावलोकनले पर्यटकहरुलाई अविस्मरणीय प्राकृतिक दृश्यपान गर्न सहयोग गरेको छ ।

देवघाटधामदेखि त्रिवेणीधामसम्मको धार्मिक पर्यटकीय जलयात्रामा बास बस्नुपर्ने यस स्थलमा आरामदायी रिर्सोट, होटल, लज तथा थारु सामुदायिक होमस्टेमा सुविधा सम्पन्न बसोबासको व्यवस्था गरिएको छ । राधाकृष्ण सामुदायिक वन अन्तर्गत इको पार्कमा निर्माणाधिन असाहय वन्यजन्तु संरक्षण केन्द्र तथा बदहा सामुदायिक वनको इको पिकनिक पार्क मेघौलीका महत्वपूर्ण गन्तव्य स्थल हुन् ।

भरतपुरदेखि २५ कि।मि। पश्चिममा अवस्थित मेघौली क्षेत्रमा संरक्षणमा आधारित पर्यटनको विकास गर्न सके पर्यापर्यटनको विकास हुने देखिन्छ । photos : Barahi jungle lodge

chitawan megauli (1) chitawan megauli (2) chitawan megauli (5) chitawan megauli (6) chitawan megauli (7) chitawan megauli (8) chitawan megauli (9) chitawan megauli (10) chitawan megauli (12) chitawan megauli (13) chitawan megauli (14) chitawan megauli (15) chitawan megauli (16)

]]>
7073 0 0 0
देवी देवता रिसाउने डरले ...... http://localhost/ghum/%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a5%80-%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a4%a4%e0%a4%be-%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%a1%e0%a4%b0%e0%a4%b2%e0%a5%87/ Tue, 22 Dec 2015 02:47:37 +0000 http://www.ghumphir.com.np/?p=7093

जाजरकोट, ७ पुस ।

दुर्गम दूरदराजका महिलाले अहिले पनि गाईभैँसी बाँध्ने गोठमा सुत्न बाध्य भएको बताएका छन् । महिनावारी हुँदा घरमा सुत्दा देवी देवता रिसाउने डरले गर्दा आफूहरु गाईभैँसी बाँध्ने गोठमा सुत्न बाध्य भएको नायकवाडा– ७ की काली सिंहले बताउनुभयो । महिनावारी हुँदा दुहुना गाईभैँसीलाई छोएमा गाईभैँसी बिरामी हुने, दूध नदिनेजस्ता कारण गोठमा सुत्न बाध्य पारिएको अर्की सीता सिंहले दुःखेसो पोख्नुभयो । आफूहरुले दुःख गरी ल्याएको घाँस पशुचौपायालाई दिन मिल्ने तर हामीले छुन नमिल्ने भएका कारण निकै पीडित हुनुपरेको सिंहको भनाइ छ । महिनावारीको समयमा दूध, दही, मही र घ्यूसमेत देवी देवता रिसाउने डरले आफूहरुलाई नदिने गरेको नमिठो यथार्थसमेत उहाँले सुनाउनुभयो । रोकायगाउँकी राधिका शाहीका अनुसार महिनावारी हँुदा नुन र मकैको रोटी आधा पेट खाएर सात दिनसम्म कष्टपूर्ण तरिकाले बाँच्नु पर्दछ । जिल्लाको बारेकोट क्षेत्रका चारवटा गाविसमा महिनावारी हँुदा देवी देवदा रिसाउने डरले गोठमा सुत्न बाध्य बनाएर महिलामाथि अत्यधिक शोषण हुने गरेको वीरेन्द्र ऐश्वर्य उच्च मावि, लिम्साका प्राचार्य गोरखबहादुर सिंह बताउनुहुन्छ । गाईभैँसी गोठमा सुत्दा अधिकांश महिला बिरामी हुने गरेका छन् । चिसोका कारण मङ्सिर, पुस र माघमा बढी समस्या हुने गरेको रामीडाँडाकी महिला स्वायम्सेविका पुतली थापाले बताउनुभयो । यो क्षेत्रमा पुरुषले भन्दा महिलाले बढी श्रम गर्ने गरेका छन् । यहाँ नपढेका मात्र होइन पढेलेखेकाको घरमा समेत यो कु–संस्कारले जरो गाडेर मौलाएको स्वास्थ्यकर्मीको भनाइ छ । कैयौँ महिलाको यो समयमा गोठमा बस्दा चिसोका कारण कठ्याङ्गिएर मृत्युसम्म भएको नायकवाडाका नागरिक अगुवा जनकबहादुर शाहीले बताउनुभयो ।

]]>
7093 0 0 0
ताल उपयोग गर्ने विषयमा विवाद http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%b2-%e0%a4%89%e0%a4%aa%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a4%af%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf/ Tue, 22 Dec 2015 03:14:57 +0000 http://www.ghumphir.com.np/?p=7096

धनगढी, ७ पुस ।

तालतलैयाहरुको उपयोग कसले गर्न पाउने भन्ने विषयमा लामो समयदेखिको विवादपछि कैलाली जिल्लाको भजनी–त्रिशक्ति नगरपालिका कार्यालयको आम्दानी स्रोतको बाटो रोकिएको छ । आफ्नो क्षेत्रभित्र तालतलैया परेको भन्दै स्थानीय सामुदायिक वन उपभोक्ता समितिले त्यहाँ रहेका प्राकृतिक ताल उपयोग गर्न नदिएपछि नगरपालिका कार्यालयको आम्दानीको बाटो रोकिएको हो । भजनी–त्रिशक्ति नगरपालिकाको साविक खैलाड गाविसमा रहेका १८ वटा प्राकृतिक ताललाई बर्सेनि ठेक्कामा दिई आयआर्जन हुने गरेकामा आव ०७१÷७२ बाट यी ताल ठेक्कामा दिन रोकिएको नगरपालिका कार्यालय राजस्व फाँटका पूर्ण जोशीले बताउनुभयो । ठेक्का पाउने व्यक्ति÷समूहले यसअघि यी ताल ठेक्कामा लिई गर्ने माछापालन व्यवसायबाट वार्षिक करोडभन्दा बढी आयआर्जन गर्दै आएका थिए । नगरपालिकालाई रुपान्तरण गर्न यी तालबाट हुने आम्दानी नै प्रमुख आय स्रोत भए पनि विवाद देखिएपछि आम्दानी हुन नसकेको जोशीले बताउनुभयो । लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेका कारण पनि तालको न्यायोचित रुपमा उपयोग गर्न कठिनाइ भइरहेको बताइएको छ । सो क्षेत्रका प्राकृतिक तालमध्ये क्षेत्रफलमा सबैभन्दा ठूलो लौकाभौका ताल रहेको छ । यसबाहेक कोलकटला, सोनिया, रुपिँया, घोरताल र नुक्ली ताल पनि ठूला तालमा पर्ने गरेका छन् । कैलाली जिल्लाको एउटै नगर क्षेत्रमा १८ प्राकृतिक ताल रहेको भए पनि यी साधन स्रोतको उपयोग कसले गर्ने भन्ने विषयमा देखिएको विवादपछि तालबाट सोचेजति आयआर्जन गर्न नसकिएको स्थानीयवासी बताउँछन् । यद्यपि स्थानीय सामुदायिक वन उपभोक्ता समितिहरुले यी कतिपय तालमा माछापालन गरेर आम्दानी गरिरहेको बताइएको छ । सरकारले एक वर्षअघि साविक भजनी, लालबोझी र खैलाड गाविसलाई समेटेर भजनी–त्रिशक्ति नगरपालिका घोषणा गरेको थियो ।

]]>
7096 0 0 0
गैँडा मृत फेला http://localhost/ghum/%e0%a4%97%e0%a5%88%e0%a4%81%e0%a4%a1%e0%a4%be-%e0%a4%ae%e0%a5%83%e0%a4%a4-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Tue, 22 Dec 2015 03:18:43 +0000 http://www.ghumphir.com.np/?p=7098

रत्ननगर (चितवन), ७ पुस ।

पूर्वी चितवनको कुमरोज क्षेत्रमा एउटा गैँडा मृत फेला परेकोे छ । वन्यजन्तु चोरी सिकार नियन्त्रण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकका अनुसार अर्काे गैँडासँग जुधेर भाले गैँडा मरेको आशङ्का गरिएको छ । घाउ नै घाउ लागेको अवस्थामा मरेको गैँडा फेला परेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले आज जानकारी दिनुभयो । उहाँका अनुसार गैँडाको खाग खुर भने सुरक्षित रहेको छ । अर्काे कुनै जनावरसँग जुधेर गैँडा मरेको निकुञ्जले पनि पुष्टि गरेको छ । चितवन निकुञ्जमा गएको एक वर्षमा १० गैँडा कालगतीले मरेको तथ्याङ्क छ । विगत केही वर्षदेखि चोरी सिकारबाट गैँडा मरेका छैनन् । जिल्लामा तीनपटक शून्य चोरी सिकार वर्ष मनाइसकेको छ ।

]]>
7098 0 0 0
कालीगण्डकी करिडोरको मुआब्जा विवाद टुङ्गियो http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80-%e0%a4%95%e0%a4%b0%e0%a4%bf%e0%a4%a1%e0%a5%8b%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%86%e0%a4%ac/ Tue, 22 Dec 2015 03:22:26 +0000 http://www.ghumphir.com.np/?p=7100

फलेवास (पर्वत), ७ पुस ।

नेपाल विद्युत् प्राधिकरण (कालीगण्डकी प्रसारण करिडोर आयोजना) को यहाँ निर्माण गर्न लागिएको सवस्टेसनको जग्गा विवाद टुङ्गिएको छ । जग्गाधनीलाई मुआब्जा रकमसँगै जग्गामा लगाइएको बाली तथा भौतिक संरचनाको क्षतिपूर्ति रकम थप गर्ने सहमति भएपछि विवाद टुङ्गिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताउनुभयो । प्रजिअ नेतृत्वको जिल्ला मुआब्जा निर्धारण समितिको ०७१ पुस २९ गते बसेको बैठकले अधिकरण गर्ने जग्गामध्ये सडकसँग जोडिएको जग्गाको प्रतिरोपनी रु १० लाख र बाँकी जग्गाको रु आठ लाखका दरले जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने निर्णय गरेको थियो । तर, जग्गाधनीले मुआब्जा रकम निकै कम भएको भन्दै मुआब्जा रकम नबुझ्ने अडान लिँदै आएका थिए । आयोजनाले ८४ जना जग्गाधनीको १५४ रोपनी जग्गा लिने निर्णय गरेको थियो । कुष्मा नगरपालिका, जिल्ला मालपोत कार्यालय, जिविसले तोकेको मूल्यलाई समायोजन गरी मुआब्जा निर्धारण समितिले मुआब्जा रकम निर्धारण गरे पनि जग्गाधनीले मुआब्जा बढाउन दबाब दिँदै आएका थिए । जग्गाधनीले अटेर गर्दा आयोजनाको काम नै प्रभावित भएको थियो । मुआब्जामा चित्त नबुझेको भन्दै जग्गाधनीले सर्वोच्च अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म गुहारेका थिए । प्रजिअ झङ्कनाथ ढकालले कालीगण्डकी प्रसारण करिडोरले अधिग्रहण गरेको जग्गाको लामो समयदेखिको विवाद टुङ्गिएको बताउनुभयो । “जग्गाको मुआब्जा विवादले सबैभन्दा बढी तनाव भएको थियो, अब त्यो विवाद मिलाएका छौँ” – प्रजिअ ढकालले भन्नुभयो – “जग्गामा लगाएको बाली र भौतिक संरचनाको क्षतिपूर्ति दिने तर मुआब्जा रकम बढाउन नसक्ने स्पष्ट पारेपछि जग्गाधनी नै सहमतिमा आउनुभयो ।” ढकालले नेपाल सरकार र एसियाली विकास बैंकबीच भएको सम्झौतामा अधिग्रहण गर्ने जग्गा र त्यहाँ रहेका भौतिक संरचनाको छुट्टै क्षतिपूर्ति दिने व्यवस्थाले विवाद मिलाएको जानकारी दिनुभयो । धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीमा धमाधम विद्युत् आयोजना निर्माण भइरहेको अवस्थामा कालीगण्डकी प्रसारण करिडोर आयोजनाले कुष्मा नगरपालिका–४ खुर्कोटमा २२०÷१३२÷३३ केभीको सवस्टेसन निर्माणको तयारीमा छ । जग्गाको विवाद मिलेपछि अब धमाधम काम अगाडि बढ्ने आयोजनाका लेखापाल गोविन्दप्रसाद शर्माले बताउनुभयो । करिडोर निर्माणस्थलमा पर्ने जग्गाधनीलाई मुआब्जाका लागि रु १२ करोड ८० लाख प्राप्त भएको जानकारी प्रजिअ ढकालले दिनुभयो ।

]]>
7100 0 0 0
रेल्वेमार्फत ढुवानीको व्यवस्था गर्न माग http://localhost/ghum/%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%b5%e0%a5%87%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ab%e0%a4%a4-%e0%a4%a2%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a5%8d/ Tue, 22 Dec 2015 03:31:55 +0000 http://www.ghumphir.com.np/?p=7102

पथरी (मोरङ), ७ पुस ।

सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायीले तेस्रो मुलुकको वस्तु रेल्वेमार्फत ढुवानीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उद्योग सङ्गठन मोरङ र नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना समन्वय कार्यालयको आयोजनामा सोमबार विराटनगरमा भएको छलफलका क्रममा व्यवसायीले भारतको जोगवनीसम्म कोलकोताबाट तेस्रो मुलुकको वस्तु रेल्वेमार्फत ढुवानीको व्यवस्था, नेपालको प्लान्ट क्वारेन्टाइन तथा खाद्य तथा गुणस्तर प्रयोगशालाबाट भएको प्रमाणपत्रलाई मान्यता दिनुपर्ने माग राखेका छन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले नेपाल–भारत वाणिज्य सन्धि, १९९६ मा भारतीय साना उद्योगलाई भारतले दिएको साना औद्योगिक एकाइ (एसएसयु)को सुविधा नेपाली साना उद्योगले पनि पाउनुपर्ने बताउनुभयो । व्यावसायिक हक, हित र प्रवद्र्धनका लागि राजदूतावास र वाणिज्यदूतको कार्यालयलाई क्रियाशील बनाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल गर्नुपर्ने, अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)को स्पष्ट परिभाषा र यसको नियमनका सम्बन्धमा छलफल गरी यसबाट परेको दुविधा हटाउनुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ । छलफलमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरेले उद्योगी व्यवसायीले उठाएका विषयमा नीति निर्माण गरी नेपाल–भारत सचिवस्तरकै तहबाट समाधानका लागि पहल गर्ने बताउनुभयो । उहाँले आयात निर्यातलाई सहज र सरल बनाउन नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना समन्वय कार्यालयले पहल गरिरहेको स्पष्ट पार्नुभयो । उहा“ले नेपाल र भारतबीचको व्यापार सहजीकरणका लागि वाणिज्य मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग मिलेर कार्य गर्दै आएकाले आगामी दिनमा उद्योग व्यापार क्षेत्रलाई थप सहज हुने बताउनुभयो । मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारडाले उद्योग व्यवसायको विकासका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थमन्त्रालयबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

]]>
7102 0 0 0
विश्वको सर्वोच्च शिखर http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a5%8b%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%b6%e0%a4%bf%e0%a4%96%e0%a4%b0/ Tue, 22 Dec 2015 04:19:11 +0000 http://www.ghumphir.com.np/?p=7124 7124 0 0 0 मनोरम दृश्य http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a5%8b%e0%a4%b0%e0%a4%ae-%e0%a4%a6%e0%a5%83%e0%a4%b6%e0%a5%8d%e0%a4%af/ Tue, 22 Dec 2015 04:22:21 +0000 http://www.ghumphir.com.np/?p=7126 7126 0 0 0 भदौरे पञ्चासे महोत्सव http://localhost/ghum/%e0%a4%ad%e0%a4%a6%e0%a5%8c%e0%a4%b0%e0%a5%87-%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b8%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5/ Tue, 22 Dec 2015 04:31:57 +0000 http://www.ghumphir.com.np/?p=7128 7128 0 0 0 किलिमंजरोमा अर्को कृतिमान http://localhost/ghum/%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a4%bf%e0%a4%ae%e0%a4%82%e0%a4%9c%e0%a4%b0%e0%a5%8b%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be/ Tue, 22 Dec 2015 04:38:30 +0000 http://www.ghumphir.com.np/?p=7131 7131 0 0 0 नक्सा हेर्दै http://localhost/ghum/%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%be-%e0%a4%b9%e0%a5%87%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Tue, 22 Dec 2015 04:43:07 +0000 http://www.ghumphir.com.np/?p=7135 7135 0 0 0 बत्ती आउँदा मात्रै खुल्न थाले बैँक http://localhost/ghum/%e0%a4%ac%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%86%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%88-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%a8/ Wed, 23 Dec 2015 03:11:55 +0000 http://www.ghumphir.com.np/?p=7140 ८ पुस, काठमाडौं ।
पैसा राख्न वा निकाल्न बैँक जाँदै हुनुहुन्छ भने पहिला लोडसेडिङको तालिका हेर्नु होला। अन्यथा तपाईले पैसा राख्न वा झिक्न नपाउन सक्नुहुन्छ। इन्धन अभावका कारण बैँक तथा वित्तीय संस्थाहरुले बत्ती आउने समयमा मात्रै यस्तो कारोबार गर्न थालेका छन्। राजधानी दैनिकमा समाचार छ।
इन्धान अभावका कारण सबै बैँक तथा बित्तीय संस्थाले सन्ध्याकालीन सेवा बन्द गरिसकेका छन्। सेवा खुल्ने भनिएको समयमा पनि बत्ती आएको बेलामा मात्रै सेवा सञ्चालन हुन थालेको छ। आफूहरुको सेवा सञ्चालन गर्नका लागि आवश्यक न्यूनतम इन्धन पनि नपाएका कारण सन्ध्याकालीन सेवा बन्द गर्नु परेको बैँकर्सको भनाई छ।
सरकारले अत्यावश्यक सेवा भन्दै विभिन्न सेवाका लागि इन्धनको व्यवस्था गरेपनि बैँकिङ सेवाका लागि अहिलेसम्म त्यस्तो व्यवस्था गरेको छैन।
]]>
7140 0 0 0
स्मार्ट लाइसेन्समा विभाग र ट्राफिकको जुहारी http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f-%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a4%be%e0%a4%97/ Wed, 23 Dec 2015 03:14:34 +0000 http://www.ghumphir.com.np/?p=7142 ८ पुस, काठमाडौं ।
यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक महाशाखावीच समन्वय नहुँदा मंसिर १४ देखि जारी गरिएको स्मार्ट लाइसेन्स नियमनमा अन्योल देखिएको छ। सडकमा गुडेका सवारी नियमनको जिम्मेवारी महानगरीय ट्राफिक प्रहरीलाई यो लाइसेन्स कसरी नियमन गर्ने र त्यसको रेकर्ड कहाँ राख्ने भन्ने विषयमा पत्तै छैन। कारोबार दैनिकले समाचार छापेको छ।
लाइसेन्स स्मार्ट भएपनि बाहकले मादक पदार्थ सेव वा अन्य नियम उल्लघंन गरे ट्राफिकले निवेदनमार्फत विभागलाई कारबाहीको सिफारिस गर्नुपर्ने भएको छ। विभागले ट्राफिकलाई स्मार्ट लाइसेन्सको सफ्टवेयर लिंक उपलब्ध नगराउँदा यस्तो समस्या देखिएको हो।
मंसिर १४ गते उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले तामझामका साथ विद्युतीय सवारी अनुमति पत्र लागू भएको घोषणा गरेका थिए। त्यसको एक सातापछिदेखि बागमती अञ्चल यातायात कार्यालय लाइसेन्सले प्रक्रिया पुर्‍याई शुक्रवारदेखि सर्वसाधारणका लागि स्मार्ट कार्ड वितरण गर्न थालेको हो।त्यसमा ५६ वटाभन्दा बढी लाइसेन्स वितरण भइसकेका छन्।
]]>
7142 0 0 0
मानव तस्करीको नयाँ जुक्ति : सिरियाली शरणार्थी बनाएर युरोप लगिँदै नेपाली http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%9c%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4/ Wed, 23 Dec 2015 03:16:22 +0000 http://www.ghumphir.com.np/?p=7144 ८ पुस, काठमाडौं ।
युद्धग्रस्त सिरियालगायत मुलुकका शरणार्थीले यतिबेला युरोपेली देशका शिबिरहरु भरिभराउ छन् । त्यही भीडमा नेपाली नागरिकहरुसमेतन रहेको पत्ता लागेको छ । मानव तस्करले सिरिया, रुस। इराक र अफ्रिकी मुलुक हुँदै नेपालीलाई युरोप लगेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।
रोजगारीको खोजीमा रहेका नेपालीलाई सिरियाली शरणार्थीको भीडमा मिसाएर भूमध्य सागरको खतरनाक यात्रापछि युरोप पु¥याउने गरिएको छ । उत्तरी युरोपेली मुलुक फिनल्यान्डमा बसोबास गर्दै आएका गैरआवासिय नेपालीले त्यस्ता शिविरमा दोभाषेको काम गर्ने क्रममा यो तथ्य पत्ता लागेको हो ।
गैरआवासिय नेपाली संघ फिनल्याण्डका पदाधिकारीले त्यसबारे अध्ययन थालेका छन् । इराकी र सिरियालीसँग अनुहार र छालाको रंग मिल्ने भएकाले शरणार्थीको भीडमा मिसाउन मानव तस्करका लागि सहज भएको छ ।
]]>
7144 0 0 0
सन् २०१६ को घुम्नैपर्ने स्थानहरुमा नेपाल पनी http://localhost/ghum/%e0%a4%b8%e0%a4%a8%e0%a5%8d-%e0%a5%a8%e0%a5%a6%e0%a5%a7%e0%a5%ac-%e0%a4%95%e0%a5%8b-%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%a8%e0%a5%88%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b8/ Wed, 23 Dec 2015 08:01:14 +0000 http://www.ghumphir.com.np/?p=7147 बिजनेस इनसाइडरको सूचिमा परेका केही ठाउँहरु यस्ता छन् : अस्ट्रेलिया जापानको क्योटो अमेरिकाको मोन्टास्थित डर्बी रुसको सेन्ट पिटर्सबर्ग क्यारेबियन टापु एन्गुइलाको सोएल बे गाउँ क्यानडाको क्वीबेक सहर हंगेरीको बुडापेष्ट क्युबाको हवाना आइसल्याण्डको रेक्जाभिक लक्जेम्बर्गको लक्जेम्बर्ग सहर सगरमाथा, नेपाल   स्पेनको गिरोना कम्बोडियाको सिइम रिप क्विन्स, न्युयोर्क मालिबु, क्यालिफोर्निया लुसेर्न, स्विजरल्याण्ड स्पेट्सेस, ग्रिस चार्ल्ससन, साउथ क्यारोलिना, अमेरिका जिनसानलिङ, चीन एजोर्स टापु, पोर्चुगल
]]>
7147 0 0 0
लोकमार्ग निर्माणका लागि मोटरसाइकल ¥याली http://localhost/ghum/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/ Thu, 24 Dec 2015 03:09:29 +0000 http://www.ghumphir.com.np/?p=7150

धुन्चे (रसुवा), ८ पुस ।

पर्सा जिल्लाको ठोरीदेखि रसुवागढीसम्म लोकमार्ग निर्माणका अभियन्ताले आज मोटरसाइकल ¥याली सम्पन्न गरेका छन् । लोकमार्ग निर्माण सङ्घर्ष समितिका संयोजक तारा पौडेलका अनुसार गल्छी–मैलुङ–रसुवागढी सडकमार्ग निर्माण स्तरोन्नतिका लागि सरकारले निणर्य लिइसकेको र गल्छीदेखि पर्साको ठोरीसम्म लोकमार्ग निर्माणका लागि सरकारसमक्ष ध्यानाकर्षण गराउन मोटरसाइकल ¥याली गरिएको हो । पर्साको ठोरीबाट मङ्गलबार बिहान ९ बजे ¥यालीमा सहभागी ७० भन्दा बढी मोटरसाइकल आज साँझ रसुवागढी पुगेर यात्रा सम्पन्न गरेको बताइएको छ । पर्साको ठोरी चितवनको भण्डारा, मुग्लिन, धादिङको च्यामेटारको भूभाग हुँदै रसुवागढीसम्म १९० किमीको दूरीमात्र रहने र त्रिदेशीय व्यापार व्यवसाय अभिवृद्धिका लागि यो प्रस्तावित लोकमार्ग अत्यन्तै सरलीकृत हुने लोकमार्ग निर्माणका अभियन्ता डा राजन सुवालले बताउनुभयो ।

]]>
7150 0 0 0
पर्यटन बोर्डलाई गतिशील बनाइनुपर्ने http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%97%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a5%80%e0%a4%b2-%e0%a4%ac/ Thu, 24 Dec 2015 03:11:21 +0000 http://www.ghumphir.com.np/?p=7152

काठमाडौँ, ९ पुस ।

नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीको आज पद बहाली भएको छ । बोर्डमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बोर्डका प्रमुख जोशीलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । प्रमुख जोशी गत पुस २ गते बोर्डको सिइओमा नियुक्त हुनुभएको थियो । कार्यक्रममा मन्त्रालयका सहसचिव साधुराम सापकोटा, बोर्डका सदस्यसचिव तथा सिइओ छनोट समितिका संयोजक घनेन्द्र श्रेष्ठ, बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटा तथा बोर्डका वरिष्ठ कर्मचारीलगायतको सहभागिता थियो । त्यस अवसरमा बोल्ने विभिन्न क्षेत्रका व्यक्तित्वले पर्यटन प्रवद्र्धनको मेरुदण्डका रुपमा रहेको नेपाल पर्यटन बोर्डलाई गति दिन सरकार र निजी क्षेत्रको सहयोग र समन्वय जरुरी भएको औँल्याए । साथै उनीहरुले भूकम्प र पछिल्लो नाकाबन्दीका कारण थलिएको मुलुकको पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन एकीकृत ढङ्गले प्रवद्र्धनात्मक काम गर्न नवनियुक्त प्रमुख कार्यकारी अधिकृतलाई सुझाए । अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न योजनाबद्ध कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो । बोर्डका सदस्यसचिव घनेन्द्रबहादुर श्रेष्ठले समयको आवश्यकता र निजी क्षेत्रको सुझावका आधारमा बोर्डलाई पुनःसंरचनाको प्रक्रिया अघि बढाइने उल्लेख गर्नुभयो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अहिलेको अवसर र चुनौतीलाई चिर्दै निजी क्षेत्रको ठूलो उत्साह र अपेक्षालाई साकार पार्न सरकार र निजी क्षेत्रसँग संयोजनकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजाल, वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्र, बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटालगायतले पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्र एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

]]>
7152 0 0 0
एकल चित्रकला प्रदर्शनी http://localhost/ghum/7154-2/ Thu, 24 Dec 2015 03:14:17 +0000 http://www.ghumphir.com.np/?p=7154

काठमाडौँ, ९ पुस ।

उमेरले पाका कलाकार पुरन खड्का कलाकारिता क्षेत्रमा आफूलाई भर्खरका सम्झन्छन् । ललितकला पत्रकार समाजले उनीसँग  गरेको साक्षात्कारमा कलाकार खड्काले आफूलाई कला यात्रा सुरु भएपछि नै आफ्नो पुर्नजन्म भएको बताउनु भयो । अछाममा जन्मिएका कलाकार खड्का आफ्नो जीवनको ६० वर्षमा हिँडिरहेका छन् । बौद्धस्थित होटल हायतमा रहेको तारागाउँ सङ्ग्रहालयमा उनको एकल चित्रकला प्रदर्शनी भइरहेको छ । यही पुस १ गतेदेखि सुरु भएको सो प्रदर्शनी पुस १६ गतेसम्म चल्नेछ । कक्षा ६ मा पढ्दादेखि नै कलाकारितामा विशेष रुचि राख्दै आएका कलाकार खड्काले विगत १५ वर्षदेखि अमूर्त चित्रकलामा दख्खल रहेको बताउनु भयो । ‘सम्पूर्णता’ नाम दिइएको उनको चित्रकलामा सेतो, रातो, कालो र खैरो रङ्गले प्राथमिकता पाएको छ । “सेतो र कालो रङ्ग जीवनको अर्को पाटो हो”– उहाँले भन्नु भयो– “हरेक मानिसको जीवनमा सकारात्मक र नकारात्मक पक्ष हुन्छ । जसलाई मैले सेतो र कालो रङ्गमा समेटेको छु ।”

]]>
7154 0 0 0
पर्यटकीय गन्तव्य बन्दै कुपिण्डे ताल http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%95/ Thu, 24 Dec 2015 03:26:00 +0000 http://www.ghumphir.com.np/?p=7156

रमेशकुमार वली  सल्यान, ९ पुस ।

समय चिसो छ । मौसम सफा । उत्तरतिर मोती झै हाँसिरहेका हिमश्रृङ्ला । वरिपरी अग्ला–अग्ला पहाड, हरियाली जङ्गल र बीचमा नीलो आकाश झै दक्षिणतिर पैmलिएको सुन्दर मनै लोभ्याऊने दृश्य भएको तलाऊ कुपिण्डे ताल । यो दह, आज भोलि आन्तरिक पर्यटनको केन्द्र बनेको छ । यस जिल्लाका मात्र नभई राप्ति र भेरी अञ्चलका विभिन्न जिल्लाका स्थानबाट कुपिण्डे दह हेर्न आउने सङ्ख्या बढेको छ । स्थानीय पोखरसिंह कँवरले विगत तीन वर्षयता कुपिण्डेमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको बताउनुभयो ।

salyan  kubhende daha“डुङ्गा सयर गर्ने, मनोरम वातावरण र हिम श्रृङ्खलाको दृश्यावलोकनको मज्जा बेग्लै छ” उहाँले भन्नुभयो । सदरमुकाम खलङ्गाबाट एक घण्टाको बस यात्रापछि कुपिण्डे दह पुग्न सकिन्छ । सदरमुकामबाट नजिकै भएकाले विभिन्न सरकारी, गैह्रसरकारी संस्था र विद्यालयका विद्यार्थीका लागि पर्यटकीय आर्कषणको केन्द्र बनेको छ कुपिण्डे दह । ‘जव प्लेसमेन्ट कलेज’का प्रवन्धक ठाकुर पाण्डेले कुपिण्डे राष्ट्रिय महत्व बोकेको पर्यटकीयस्थल भएको बताउनुहन्छ । कुपिण्डेवाट चाखुरे, सिस्नेलगायतका हिम श्रृङ्खला हेर्न सकिन्छ । कुपिण्डेदह संरक्षण समितिले दहमा डुङ्गा (चम्फा) सञ्चालनमा ल्याएको छ । डुङ्गा चालक सूर्य बुढाथोकी आजभोलि डुङ्गा शयर गर्ने पर्यटक राप्ति अञ्चल मात्र होइन भेरीका बाँके, बर्दिया, सुर्खेत र जाजरकोटबाट पनि आउने गरेका बताउनुहन्छ । “आवश्यक पूर्वाधार विकास गर्न सके पर्यटकको सङ्ख्या बढ्ने निश्चित छ” उहाँले भन्नुभयो । कुपिण्डे दहको आधुनिक प्रविधिबाट नाप त लिइएको छैन, तैपनि स्थानीय प्रविधिबाट नाप लिँदा साढे २५ मिटर गहिरो, करिव दुई किलोेमिटर लामो र एक किलोमटिर चौडाइ क्षेत्रमा फैलिइएको संरक्षण समितिका अध्यक्ष झरेन्द्र कुँवरले जानकारी दिनुभयो । बहुआयामिक कुविण्डे दहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन सके त्यहाँको जीवनस्तर, आर्थिकस्थिति परिवर्तनको सम्भावना छ । विसं २०६४ देखि दहमा डुङ्गा सञ्चालन भएपछि धार्मिक अन्धविश्वासका कारण स्थानीय केही बुढापाका पहिले डुङ्गा चढ्न मान्दैनथे । अहिले त्यो भ्रमबाट मुक्त भएको डुङ्गा चालक मानबहादुर क्षेत्री बताउनुहुन्छ । “आजभोलि डुङ्गा चढ्ने बुढापाकाको सङ्ख्या बढेको छ” उहाँले भन्नुभयो । उत्तर दक्षिणतर्पm पैmलिएको उक्त दहको पूर्व र दक्षिणमा ज्यामिरे पर्छ र उत्तरमा दह । हरियाली वन जङ्गल छ । जङ्गलमा घोरल, रतुवा, कालीज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । ती सबैलाई संरक्षण गर्न दह वरिपरिको सय मिटर क्षेत्रभित्र वन्यजन्तु र काठपात उपयोगका लागि बन्देज गरिएको अध्यक्ष कँुवर बताउनुहन्छ । पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण तर प्रयोग र प्रचारको हिसाबले ओझेलमा परेको कुपिण्डे दहको विकास गर्न पर्यटन बोर्डलाई अनुरोध गरेको स्थानीय चेतलाल पोखरेलले बताउनुभयो । दुई वर्षयता कुपिण्डेमा बनभोज र डुङ्गामा रमाउन आउने क्रम बढेकाले पनि आवश्यक पूर्वाधारको विकास लागि कार्यक्रम माग गरेको उहाँको भनाइ छ । दहको मध्यभागबाट उत्तरतिरका हिमश्रृङ्खला देख्न सकिन्छ । अहिले दिनमा आठ घण्टा दुबै डुङ्गा चल्छन् । डुङ्गामा पूरै फन्को लगाउन दुई घण्टाको समय लाग्छ । एक फन्को लगाउँदा रु १५ भाडा लाग्छ । वर्षेनी कुपिण्डे दहसँगै जोडिएको मन्दीरमा पूजाआजा गर्न आउनेको सङ्ख्या बढेको मन्दिरका पूजारी लालबहादुर कुँवरको भनाइ छ । “यो वर्ष मात्रै पाँचहजार भन्दा धेरै मन्दिरमा पूजा र दर्शन गर्न आए” उहाँले भन्नुभयो । जिविसले जिल्लाका पर्यटकीय स्थलको विकास लागि कार्यक्रम अगाडि बढाएको छ । कुपिण्डे दहमा पछिल्लो समय वर्खा याममा बाढीका कारण दह पुरिने सम्भावना बढेकोले तटबन्ध, जनचेतनामूलक कार्यक्रमलगायतका काम थालेको जिविसका सूचना अधिकृत पूर्ण वलीको भनाइ छ ।

]]>
7156 0 0 0
चम्पादेवीमा मार्गशुक्ल चतुर्दर्शीको मेला अाजदेखि सुरु http://localhost/ghum/%e0%a4%9a%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%b6%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%b2-%e0%a4%9a/ Thu, 24 Dec 2015 03:28:41 +0000 http://www.ghumphir.com.np/?p=7159

काठमाडौँ, ९ पुस ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको चम्पादेवीमा मार्गशुक्ल चतुर्दर्शीको  दुई दिने मेला सुरु भएकाे छ । वर्षको एकपटक लाग्ने मेलामा मार्गशुक्ल चतुर्दशीको बिहानबाट सुरु भएर पर्सि पूर्णिमा साँझसम्म लाग्ने गर्दछ । ब्रतालुहरु चतुर्दशीको बिहानबाट निराहार बसेर बेलुका पितृको सम्झनामा बत्ती बाल्ने गर्दछन् भने भाेली बिहान पूजाआजा गर्ने गर्दछन् । मेलामा हजारौँ भक्तजन उपस्थिति हुने, जाग्राम बस्ने, भजनकीर्तन गर्ने र सांस्कृतिक कार्यक्रम गर्ने चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा रहेको जलाशयलाई निकास दिन मञ्जुश्रीले मोक्षदातालाई चम्पादेवी डाँडामा र बरदातालाई फूल्चोकी डाँडामा राखेर आफू बीचमा बसेर चोभारको गल्छी काटेको इतिहास छ । सबै जातजातिले मनाउने यो मेलालाई ‘बोसन’ गाउँलेले स्थानीय चाडको रुपमा मान्दै आएका छन् । उक्त मेलामा काठमाडौँको कीर्तिपुर, पाङ्गा, चोभार, फर्पिङ, ललितपुर र भक्तपुरका मानिसको सहभागिता रहने अध्यक्ष तामाङ बताउनुहुन्छ । चम्पादेवीलाई महालक्ष्मी र महालक्ष्मीका रुपमा समेत पूज्ने गरिन्छ ।

]]>
7159 0 0 0
भूकम्पबाट क्षति भएका विद्यालयलाई रु एक करोड २६ लाख वितरण http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a4%e0%a4%bf-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6/ Thu, 24 Dec 2015 03:31:15 +0000 http://www.ghumphir.com.np/?p=7161

बाबियाचौर (म्याग्दी), ९ पुस ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षति पुगेका म्याग्दीका ८९ वटा सामुदायिक विद्यालयलाई रु एक करोड २६ लाखभन्दा बढी बजेट वितरण गरिएको छ । भूकम्पपछि भत्किएका, जीर्ण बनेका कक्षाकोठा भवनको पुनःनिर्माण तथा मर्मतका लागि रु एक करोड २६ लाख ५० हजार बजेट बाँडफाँड गरिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक दलबहादुर थापाले जानकारी दिनुभयो । कक्षाकोठा र भवन भत्किएका विद्यालयलाई रु दुई लाख ५० हजार र सामान्य क्षति पुगेकालाई रु एक÷एक लाखका दरले उपलब्ध गराइएको हो । यसैबीच शिक्षा कार्यालयले म्याग्दीका ९८ वटा विद्यालयमा दुईकोठे भवन बनाउन रु छ करोड ६१ लाख ५० हजार र नौवटा विद्यालयमा तीनकोठे भवन निर्माण गर्न रु एक करोड ७५ लाख ५० हजार वितरण गरेको छ । बहुवर्षीय सातवटा चारकोठे भवन योजनालाई रु ९८ लाख, दुईवटा छकोठे भवनका लागि रु ४८ लाख र दुईवटा आठ कोठे भवनका लागि रु ४८ लाख बजेट बाँडफाँड गरिएको शिक्षा कार्यालयले जनाएको छ । सातवटा विद्यालयमा छात्रा शौचालय बनाउन रु २८ लाख र सरसफाइ सामग्रीसहितको १८ वटा शौचालय निर्माण गर्न रु ७२ लाख वितरण गरिएको छ । माग सङ्कलन, स्थलगत अनुगमन र सरोकारवालासँग समन्वय गरेर बजेट बाँडफाँड गरिएको जिशिअ रामप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार बहुवर्षेबाहेकका योजना चालु आवभित्र नै सम्पन्न गर्ने गरी विद्यालयसँग सम्झौता गर्न थालिएको छ ।

]]>
7161 0 0 0
व्यवसायिक खेती http://localhost/ghum/%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80/ Thu, 24 Dec 2015 03:35:29 +0000 http://www.ghumphir.com.np/?p=7164 7164 0 0 0 नेले बस्ती http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%80/ Thu, 24 Dec 2015 03:36:43 +0000 http://www.ghumphir.com.np/?p=7167 7167 0 0 0 अवैध सिलिन्डर http://localhost/ghum/%e0%a4%85%e0%a4%b5%e0%a5%88%e0%a4%a7-%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%b0/ Thu, 24 Dec 2015 03:38:04 +0000 http://www.ghumphir.com.np/?p=7170 7170 0 0 0 कोरीयन खाना http://localhost/ghum/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%80%e0%a4%af%e0%a4%a8-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a4%be/ Thu, 24 Dec 2015 03:41:20 +0000 http://www.ghumphir.com.np/?p=7173 7173 0 0 0 अाँखै अगाडी सर्वोच्च शिखर देख्दा http://localhost/ghum/%e0%a4%85%e0%a4%be%e0%a4%81%e0%a4%96%e0%a5%88-%e0%a4%85%e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a5%80-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a5%8b%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%b6%e0%a4%bf%e0%a4%96/ Sat, 26 Dec 2015 02:51:04 +0000 http://www.ghumphir.com.np/?p=7177 everst (19)रमेश शिवाकोटी आँखै अगाडी विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्दा कस्को पो मन नरमाउँला । अझ, हेलीकप्टर बाट अाँखै अगाडी पर्दा लाग्यो म त स्वर्गका पुगे जस्तो । दर्जनौ पटक पूगिसकेको भएपनी यो पटकको हेलीकप्टरबाट नियालेको सगरमाथा निकै आन्नदायी भयो । सायद योजना बनाएर अचानक पूगेका कारण पनी यस्तो रमाईलो अनुभुती भएको होला । विशेष गरी सगरमाथा आरोहण गर्न नसक्ने, पदयात्रामा पनी जान नसक्ने तर सगरमाथा नजीकै बाट नियाल्न तथा एकै पटक धेरै हिमाल हेर्न चाहनेहरुका लागी सबैभन्दा सहज उपाय हो हेली माउन्टेन फलाईट । हेली माउन्टेन फलाईट ३ घण्टाको रहेको हुन्घछ । जुन काठमाण्डौदेखि काठमाण्डौसम्मको हेलीकप्टर माउन्टेन फलाईटको समय हो । करिब २ घण्टा हेलीकप्टरमा दृश्यअवलोकन गर्ने गरीन्छ भने ३० मिनेट जती पर्यटकको रोजाईमा विश्वको उच्च स्थनानमा रहेको एभरेष्ट भ्यू होटल अथवा कोङदेमा रहेको यती माउन्टेल होटलमा तस्विर कैद गर्न तथा खाजा खानका लागी आराम गर्ने गरीन्छ । हेली माउन्टने फलाईटमा विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, लोत्से, नुप्से, आमादब्लम, चोयु, आयसल्याण्ड पिक जस्ता दर्जनौ हिमाल अवलोकन गर्न पाईन्छ भने गोक्यो, इम्जा हिमताल समेत हेर्न पाईन्छ । यस्का साथै एरिल भ्यूबाट सगरमाथाको प्रवेशद्धार नाम्चे, खुम्जुङ्ग लगाएतका स्थानहरु हेर्न पाईन्छ । बिशेष गरी सगरमाथा क्षेत्रमा पर्ने सबै हिमाल तथा स्थानहरुको दृश्यअवलोकन गर्न पाईन्छ हेलीमाउन्टेन फलाईटमा । हेली माउन्टेन फलाईटको सबैभन्दा महत्तवपुर्ण पक्ष भनेको समुन्द्री सतह बाट ५ हजार ३ सय मिटर उचाईमा रहेको कालापत्थर बाट सगरमाथा अवलोकन गर्नु हो । सगरमाथा हेर्नकालागि सबै भन्दा राम्रो स्थान हो । यो स्थानमा बर्षेनी पदयात्रामार्फत हजारौ पर्यटकहरु पुग्ने गर्दछन् । विगतका बर्षहरुमा ५सय जती पर्यटकहरु हेलीमार्फत सगरमाथा क्षेत्रको अवलोकन गर्ने गरेकोमा यो बर्ष २ सय जती पर्यटकले अवलोकन गरेका छन् । गत बैशाख १२ गते गएको महाभुकम्प तथा लगतै भारतले लगाएको नाकाबन्दीका कारण सगरमाथा क्षेत्रमा हेलीमार्फत दृश्य अवलोकन गर्ने पर्यटकहरुको कमी भएको हो । ५ लाख रुपैयाँ सम्म लागत लाग्ने हेली माउन्टन फलाईटमा ५ जनाको क्षमता रहेको हुन्छ । तर कालापत्थर पुग्नका लागी ३ जनामात्र जान सकिन्छ । लेखक फीस्टेल एयरका बजार प्रबन्धक हुन

Heli Tour Everst Area (19) Heli Tour Everst Area (17) Heli Tour Everst Area (16) Heli Tour Everst Area (15) Heli Tour Everst Area (14) Heli Tour Everst Area (13) Heli Tour Everst Area (12) Heli Tour Everst Area (11) Heli Tour Everst Area (10) Heli Tour Everst Area (9) Heli Tour Everst Area (8) Heli Tour Everst Area (7) Heli Tour Everst Area (6) Heli Tour Everst Area (5) Heli Tour Everst Area (4) Heli Tour Everst Area (3) Heli Tour Everst Area (2) Heli Tour Everst Area (1)

]]>
7177 0 0 0
हाटबजार खुल्न थाले http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%9f%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a4%a5%e0%a4%be%e0%a4%b2%e0%a5%87/ Fri, 25 Dec 2015 10:28:30 +0000 http://www.ghumphir.com.np/?p=7182

गौशाला, १० पुस ।

लामो समयदेखिको बन्दले जनजीवन अस्तव्यस्त हुन थालेपछि महोत्तरीका हाटबजार खुल्न थालेका छन् । विगत चार महिना बढीदेखि बन्द रहेको जिल्ला सदरमुकाम जलेश्वरसहित गौशाला, मटिहानी, सम्सी, मनरा, सरपल्लो, बलवा, भ्रमपुरा, औरहीसहित गाउँका हाटबजार विस्तारै सञ्चालनमा आउन थालेका छन् । तराई मधेस आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिना बढीदेखि आन्दोलनमा समर्थन र सक्रियता देखाउँदै आएका व्यापारी तथा स्थानीय बासिन्दाले निरास भई आ–आफ्ना व्यापार तथा कामकाज सूचारु गरेका छन् । सदरमुकाम जलेश्वरसहित सहरी र गा्रमीण क्षेत्रका सबै विद्यालय, क्याम्पस, हाटबजार, कलकारखाना, सङ्घ संस्था तथा निजी कार्यालय पनि पूर्णरुपमा सञ्चालनमा आइसकेका छन् ।

]]>
7182 0 0 0
उत्तरी गोरखामा सात हिउँ चितुवा भेटिए http://localhost/ghum/%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a5%8b%e0%a4%b0%e0%a4%96%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%a4-%e0%a4%b9%e0%a4%bf%e0%a4%89%e0%a4%81-%e0%a4%9a/ Fri, 25 Dec 2015 10:30:42 +0000 http://www.ghumphir.com.np/?p=7184

गोरखा, १० पुस ।

उत्तरी गोरखामा सर्वेक्षणका क्रममा सातवटा हिउँ चितुवा भेटिएका छन् । प्रकृति संरक्षण कोषअन्तर्गतको मनास्लु संरक्षण क्षेत्र आयोजनाले गरेको प्राविधिक सर्वेक्षणका क्रममा सामागाउँ र छेकम्पार गाविसमा सातवटा हिउँ चितुवा फेला परेका हुन् । साथै, हिउँ चितुवा संरक्षणका लागि समुदायमा आधारित जनचेतना कार्यक्रम सुरु गरिएको आयोजना प्रमुख राजकुमार गुरुङले बताउनुभयो । हिउँ चितुवाको सर्वेक्षणको काम जारी रहेकाले अझै सङ्ख्या बढ्ने अनुमान गरिएको छ । “हिउँ चितुवा पहिचान गरी संरक्षणका लागि स्थानीयवासीलाई प्राविधिक तालिम दिने तयारी छ”–उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको कारणले पनि हुनसक्छ हिउँ चितुवा उपल्लो भेगतिर गएको भेटियो ।” हिउँ चितुवाको चोरी, तस्करी हुनसक्ने भन्दै संरक्षणको जिम्मा स्थानीयलाई दिने तयारी गरिएको हो । उत्तरी गोरखाको सामागाउँ, ल्हो, प्रोक, विही, चुम्चेत, छेकम्पार र सिर्दिवास गाविस हिंसारहित ठाउँ हुन्, यहाँ पशुपक्षीको काटमार निषेध छ । समुद्री सतहबाट करिब तीन हजार ५०० मिटर देखि माथिका क्षेत्रमा हिउँ चितुवा बस्ने गर्छ । गोरखामा १७ वटासम्म हिउँ चितुवा रहेको अनुमान गरिएको छ ।

]]>
7184 0 0 0
पेट्रोल चोरी गर्दागर्दै ट्याङ्करसहित पक्राउ http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Fri, 25 Dec 2015 10:32:35 +0000 http://www.ghumphir.com.np/?p=7186

रौतहट, १० पुस ।

चन्द्रपुर नगरपालिका–९ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको पौराइ चोकमा आज बिहान नेपाल आयल निगमको ट्याङ्करबाट इन्धन झिक्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ना४ख ६३६ नं को उक्त ट्याङ्करमा पाइप घुसाई तेल झिकिरहेको अवस्थामा पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका–२१ बस्ने २५ वर्षीय टपेश्वर पटेल पक्राउ परेका छन् । ट्याङ्कर चालक भने भाग्न सफल भएको बताइएको छ ।प्रहरीले घटनास्थलबाट १० लिटरको पेट्रोलसहितको जर्किन र ट्याङ्करसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताएको छ । उक्त ट्याङ्कर विराटनगरबाट काठमाडौँस्थित निगमको थानकोट डिपोका लागि इन्धन बोकी आएको प्रहरीले जनाएको छ ।

]]>
7186 0 0 0
दार्चुलामा हिमपात, जनजीवन प्रभावित http://localhost/ghum/%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%aa%e0%a4%be%e0%a4%a4-%e0%a4%9c%e0%a4%a8%e0%a4%9c%e0%a5%80%e0%a4%b5/ Fri, 25 Dec 2015 10:37:36 +0000 http://www.ghumphir.com.np/?p=7189

बैतडी, १० पुस ।

अत्यधिक चिसो बढेसँगै दार्चुलामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ ।हिमपातका कारण राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, टिङ्करलगायतका बासिन्दा बढी प्रभावित भएका खण्डेश्वरीका प्रताप ठगुन्नाले बताउनुभयो । उहाँले भन्नुभयो – “हिमपातसँगै बढेको हावाले झन चिसो बढेको छ ।” एक हप्तादेखि अलिअलि परिरहेको थियो बिहीबार बढी हिमपातका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोबाटै बच्नका लागि उच्च हिमाली क्षेत्रका धेरैजसो बासिन्दा एक महिनाअघि नै सदरमुकाम खलङ्गा झरिसकेका छन् ।

]]>
7189 0 0 0
राजस्व सङ्कलनमा वृद्धि http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%bf-2/ Fri, 25 Dec 2015 10:39:05 +0000 http://www.ghumphir.com.np/?p=7191

पथरी (मोरङ), १० पुस ।

पछिल्लो दुई महिनायता विराटनगरको रानी भन्सार नाकामा आपूर्ति सहज भएपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ । मङ्सिरमा रु एक अर्ब ६५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले यो महिनामा रु दुई अर्ब २३ करोड राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यभन्दा रु ५७ करोड बढी हो । मङ्सिरको सुरुवातदेखि नै भारतीय पक्षले इन्धनबाहेक अन्य मालवाहक सवारीका लागि नाका सहज बनाएकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । कात्तिकमा पनि लक्ष्यभन्दा रु एक करोड बढी राजस्व सङ्कलन भएको थियो । रु एक अर्ब ४५ करोड सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु एक अर्ब ४६ करोड राजस्व उठेको थियो । भदौमा रु एक अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु एक अर्ब २६ करोड सङ्कलन गरेको थियो । असोजमा रु एक अर्ब ५५ करोड सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ९८ करोड मात्रै राजस्व सङ्कलन गर्न सकोको कार्यालयले जनाएको छ । बिस्तारै नाका सहज बनेर आपूर्ति बढ्दै गएपछि राजस्व सङ्कलनमा वृद्धि भएको हो । कार्यालयले पुसमा रु एक अर्ब ५६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

]]>
7191 0 0 0
राजधानीको तापक्रम केही सुधारोन्मुख http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%be%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-%e0%a4%95%e0%a5%87%e0%a4%b9%e0%a5%80-%e0%a4%b8/ Fri, 25 Dec 2015 10:42:39 +0000 http://www.ghumphir.com.np/?p=7193

काठमाडौँ, १० पुस ।

विगत केही दिनदेखि अत्यधिक चिसो रहँदै आएको काठमाडौँ उपत्यकाको तापक्रममा आजबाट केही सुधार देखिएको छ । बिहीबार दुई वर्षयताकै सबैभन्दा बढी चिसो न्यूनतम् तापक्रम शून्य डिग्री सेल्सियस पुगेकोमा आज उपत्यकाको न्यूनतम् तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रममा केही सुधार आएसँगै काठमाडौँ उपत्यकामा आज केही न्यानो महसुस गरिएको छ । उपत्यकासहित देशभर बिहानैदेखि घाम लागेकाले पनि सर्वसाधारणले राहत महसुस गरेका छन् । मौसमविद् शान्ति कँडेलले विगत तीन÷चार दिनदेखि निरन्तर घटेको तापक्रममा आजबाट केही सुधार आएको राससलाई जानकारी दिनुभयो । उहाँले अबको केही दिन उपत्यकाको न्यूनतम् तापक्रम धेरै हेरफेर नहुने र एकदेखि चार डिग्री सेल्सियसको हाराहारीमा रहने बताउनुभयो । गएराति आकासमा हल्का बादल देखिएकाले पनि मौसम केही न्यानो भएको मौसमविद् कँडेलको भनाइ छ । आज काठमाडौँ उपत्यकाको अधिकतम् तापक्रम १६ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पनि महाशाखाले पूर्वानुमान गरेको छ ।

]]>
7193 0 0 0
चाँदीको सिक्का http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%be/ Fri, 25 Dec 2015 10:48:07 +0000 http://www.ghumphir.com.np/?p=7195 7195 0 0 0 प्रहरीबाटै यौनशोषण भएको खुलासा ! http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%88-%e0%a4%af%e0%a5%8c%e0%a4%a8%e0%a4%b6%e0%a5%8b%e0%a4%b7%e0%a4%a3-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b/ Sat, 26 Dec 2015 03:07:19 +0000 http://www.ghumphir.com.np/?p=7204 ११ पुस ।
वैशाखको विनाशकारी भूकम्पले रमा गुरुङ (नाम परिवर्तन) को जीवनमा ठूलो विपत् ल्याइदियो । त्यो भन्दा ठूलो विपत काठमाडौंको डान्सबारमा यौनशोषण सहनुपर्दा सहनुपरेको छ उनले ।
भूकम्पमा परिवारका सबै सदस्य गुमेर बेसाहरा बनेकी उनलाई एक युवतीले जागिर लगाइदिन्छु भनेर काठमाडौं ल्याई डान्सबारको जिम्मा लगाइदिएपछि रमाले धेरै व्यक्तिको यौनशोषण सहन बाध्य भएकी हुन । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भनिन् ‘मलाई प्रहरीले ओच्छ्यान बनाएका छन् । तपाईहरुसँग कारबाही गर्ने हिम्मत छ भने मेरो गोपनीयता कायम गरिदिनोस् म नाम दिन तयार छु ।’ उनले डान्सबारका मालिकबाट पनि यौनहिंसाको सिकार हुनुपरेको बताइन् ।
'खानलाउन दुःख भएकै कारण यौनकर्ममा लाग्नुपरेको उनको गुनासो छ ।मैले रहरले यस्तो पेसा छानेको होइन, पढ्न र खान पुगोस्, यो पेसा छाड्न तयार छु । मैले नचाहेर पनि अस्मिता लुटाउनुपर्‍यो, उनले भनिन् ।' गुरुङ जस्तै पीडा भोगेकी सिन्धुपाल्चोककी बन्दना राई (नाम परिवर्तन) को पनि छ । भूकम्पमा परिवार गुमाएकी उनीसँग छोरीमात्रै जीवित छन् ।
]]>
7204 0 0 0
विराट पेट्रोद्वारा झुक्याउँदै इन्धन आयात http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%9d%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%af/ Sat, 26 Dec 2015 03:10:00 +0000 http://www.ghumphir.com.np/?p=7206 ११ पुस ।
नेपाल आयल निगमसँग सम्झौता भंग गरेको विवादास्पद विराट पेट्रोलियम प्रालिले भारतबाट पेट्रोलियम पदार्थ आयत थालेको छ । कोलकाताको हल्दिया पेट्रो केमिकल्सबाट विराट पेट्रोले खरिद गरेको ९७ हजार लिटर पेट्रोल जोबनी नाका हुँद्यै नेपाल भित्रिएको छ । नागरिक दैनिकमा समाचार छ ।
निगमसँग सम्झौता रद्द गर्नुअघि कात्तिक २ गते नै विराट पेट्रोले आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदबाटै निर्णय गराई पेट्रोलियम पदार्थ आयात गर्ने अर्को ढोका खोलिसकेको प्रमाण फेला परेको छ । आपूर्ति व्यवस्थापन विभागले विराट पेट्रोलाई भारत तथा तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न ६ महिनाका लागि इजाजत दिइएको पत्र पुस ३ गते काटेको छ ।
उक्त पत्रमा मन्त्रिपरिषदको कात्तिक २ गतेको निर्णयअनुसार नेपाल राजपत्रमा प्रकाशित आपूर्ति मन्त्रालयको सूचनाबमोजिम नेपाल सरकारले निकासी पैठारी ऐन, २०१३ को दफा ३ ले दिएको अधिकारी प्रयोग गरी ६ महिनाका  लागि पेट्रोलियम पदार्थ आयात गर्न पाउने छ ।
आपूर्ति व्यवस्थापन विभागथका शाखा अधिकृत दिपराज पोखरेलले विराट पेट्रोलियम प्रालिको नाममा जारी गरेको उक्त पत्रको बोधार्थ आपूर्ति मन्त्रालय र उपभोक्ता हित तथा बजार अनुगमन शाखालाई समेत गरिएको छ।
]]>
7206 0 0 0
प्रहरीद्वारा दुई हजार गाँजाको बोट नष्ट http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%be/ Sat, 26 Dec 2015 03:15:13 +0000 http://www.ghumphir.com.np/?p=7208

लहान, ११ पुस ।

सिरहा प्रहरीले गाँजा फँडानी अभियानअन्तर्गत दुई दिनको अवधिमा सिरहाको विभिन्न स्थानमा दुई हजारभन्दा बढी गाँजाको बोट फँडानी गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएका टोलीले सिरहाको दुर्गापुर गाविस–४ मा विभिन्न व्यक्तिले खेत तथा बारीमा लगाइएको अन्दाजी ८०० गाँजाका बोट नष्ट गरेको हो । यसअघि बुधबार साँझ प्रहरीले गोलबजार नगरपालिका–८ चोहर्वामा स्थानीयले जग्गामा लगाएको ९०० भन्दा बढी गाँजाका बोट नष्ट गरेका थिए । लामो समयदेखि जारी आम हडतालका कारण प्रहरी राजमार्गमा बढी केन्द्रित हुने गरेकाले ग्रामीण क्षेत्रमा गाँजाखेती फस्टाएको विभिन्न सञ्चारमाध्यममा आएपछि सिरहा प्रहरीले गाँजा फँडानी अभियान सुरु गरेको हो । सिरहाको बडहारामाल, कर्जन्हा, कल्याणपुर कालाबन्जर, राघोपुर, महेशपुर पतारी, फूलबरीया, असनपुर, गोलबजार नगरपालिका, तेतरीया, चन्द्रलालपुर, कसहा, मुक्सार, गोविन्दपुर, ढोढना, सोनामती मझौरा, हरीपुरलगायतका स्थानमा गाँजाखेती भइरहेको स्थानीयवासीले बताएका छन् ।

]]>
7208 0 0 0
विदेशीभन्दा आन्तरीक पर्यटक पोखरामा बड्दै: अध्यग्क्ष भट्टराई http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af/ Sat, 26 Dec 2015 04:00:34 +0000 http://www.ghumphir.com.np/?p=7210 नेपालको पर्यटकको राजधानीले प्रख्यात पोखरमा अग्रेजी नयाँ बर्षमा प्रत्येक विगत १७ बर्ष झै यो बर्ष पनी  पोखरमा सडक महोत्वसव हुन गईरहेको छ । रेबान पोखराले पौष १३ देखि १७ सम्म गर्न लागेको महोत्सवमा महोत्वका तयारी र आकर्षणका बिषयमा रेबान पोखराका अध्यग्क्ष गोपी बहादुर भट्टराईसग घुमफिरले गरेको कुराकानी gopi bhataraiपोखरा महोत्सवको उदेश्य के हो ? भुकम्प पछि सुस्ताएको पोखराको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने तथा पोखरा सुरक्षित छ भन्ने पोखरा महोत्सवको प्रमुख उदेश्य हो । यो बाहेक पोखराको पर्यटन प्रवद्धन गर्दै लैजाने हो र पोखरालाई अग्रेजी नयाँ बर्षलार्य लक्षीत गरी आन्तीक तथा बाह्य पर्यटकर्कोे गन्तब्यको रुपमा विकाष गर्दै लैजाने हो । त्यसका साथ साथै हाम्रो संस्कृती मौलिकतालाई पनि देश विदेशमा चिनाउदै लैजाने हो ।

भूकम्पले खासै क्षति नपु¥याएपनि पोखरामा आउने विदेशी पर्यटक र खासगरि आन्तरीक पर्यटकहरुपनि पोखरा आउन नसक्नुका कारण के हो ? बैशाख १२ गते भूकम्प गया,े त्यसमा सारा नेपाली संकटको घडीमा थिए त्यसपछि हामीले लामो समय देखि कुरिराखेको संविधान संविधानसभाबाट पाए पछि केहि आशा पनि जगाएको थियो । तर भूकम्प पछि धेरै पोखरा टुरिजम विभाग कमिटि गठन पर्यटकहरुर्ला कसरी ल्याएर पहिलाकै अवस्थामा फर्काउन सकिन्छ भनेर धेरै कामहरुपनि ग¥यौ । तर फेरी भारतले लगाएको नाकाबन्दीले हामीहरुलई निकै गाह्रो बनायो । अब केही हुन्छ की भन्ने आश गरेका छौ । नाकान्दी भएपनी विदेशीभन्दा आन्तरीक पर्यटक पोखरामा आउनेक्रम बड्दै छ । केहि साथीहरुको ट्रान्जेक्सन धेरै मात्रामा न भएपनि केहि मात्रामा छ । होटलहरुमा यो समयमा जती पर्यटक आउदथिय त्यसको तुलनमा २० देखि २५ प्रतिशत पर्यटकहरुको आगमन भएको छ । तै पनि पोखरा चाहि अब हामीले उ बेलामा जसरी ९० प्रतिशत १०० प्रतिशत पर्यटकका आगमन हुन नसके पनी हामीले महोत्सव सुरु गरेपछि ५० देखि ६० प्रतिशत पर्यटक आवागमन सुरु भएको छ । ६० प्रतिशतको हाराहारीमा बुकिङ सुरु भएको छ । त्यो भन्दा पनि पोखरामा अहिले आन्तरीक पर्यटकको आउनेक्रम जारी छ ।

पोखराको पर्यटकहरुलाई पूर्वरत अवस्थामा फर्काउन के गर्नु पर्छ ? सर्वप्रथम त राज्यका विभिन्न निकायहरु जुन चाँहि पर्यटन क्षेत्रमा कामगर्छु भनेर लागेका छन् उनीहरुले दायित्व बोध गर्नु पर्यो । यस्का लागी पोखरा विमानस्थलबाटै कामको सुरुवात गर्नु प¥यो । एउटा सन्देश पनि दिनु प¥यो । विमानस्थल यसरी व्यवस्थीत भाएको .छ भन्ने कुरा त्यो सन्देश विश्वमाझ जानु प¥यो । हाम्रो विमानस्थल वा आकास साघुरो भै सक्यो । सडक र वायुसेवामा सरकारले विशेष सुविधाको पहँुच पुग्ने अवस्थामा ध्यान पु¥याउनु प¥यो । नेपाल टुरिर्जम बोर्डलाई अहिले त हामीले सि ई ओ पाइसकेको अवस्था हो र एसलाई एकदम कन्र्सन गरेर व्यापक प्रचार प्रसारमा लाग्नु प¥यो । हाम्रो सम्बन्धीत ठाँउमा गएर आवाज बुलन्द पार्न सकेको छैन , सरकारले पब्लीक र सम्बन्धीत निकायसंग मिलेर कामगरेर विकास निमार्णमा कामगरेर हाम्रो पनि जिम्मेवारी छ भनेर देखाउन प¥यो । विशेष गरि पर्यटकहरुले गुनासो गर्ने भनेको सडक,बत्ति तथा सुचनाको कुराहरु गुनासो गर्दछन् । यस तपर्फ सरकाले ध्यान दिनु पर्यो । पर्यटन आयन भन्नु भन्दा पनी आएका पर्यटकलाई पहिला चित्त बुझाउन सक्नु पर्यो ।

पोखरा महोत्सव आकर्षणहरु के के हुन ? हरेक अग्रेजी नयाँ बर्षमा पारेर हामीले महोत्सव गर्द आएका छौ । अर्को कुरा यो चाहि दिउसो ११ बजे बाट राति अबेर १२ बजे सम्म हुन्छ महोत्सव । विशेष गरि न्यूएर इभको दिन राती २ बजे सम्म हुन्छ । साढे दुई किलोमीटर बाटोमा यो विभिन्न साँंस्कृतीक कार्यक्रमहरु ,खानाका परिकारहरु, स्थायिन परम्परागत सांगितीकहरु नृत्य तथा कार्यक्रमहरु संगै वेस्टन म्युजीकहरुका साथ कार्यक्र गर्ने गरिन्छ । महोत्सवको अर्काे आकार्षण भनेको साँझे लाइटिङले गर्दा विभिन्न सजावटको हिसाबले स्वदेशि र विदेशीले मन पराउने र बाटोमा बसेर खानाको परिकार संगै हाम्रो मौलिकताको जुन सांस्कृतीक प्रस्तुती छ त्या हेर्नेको मज्जा नै पोखरा महोत्सवको आकर्ष हो । अर्को चाहि कोरिया र चाईनाबाट हामीले साँस्कृतीक टिम ल्याएर विदशी र नेपाली कल्चरलाई एक्चेनज गरेर कल्चर टुरिजमलाई पनि प्रवद्धन गर्ने गर्दै छौ ।

यसपटक महोत्सवमा कती पर्यटकहरु आउछन भन्ने अनुमान गर्नुभएको छ ? गत वर्षहामी साढेतिन लाखजती आएका थिए, तर यो बाटोमा ओपन क्षेत्रमा भएकाले ठ्याकै डाटा नआएपनि चारलाखजती स्वदेशि तथा विदेशी पर्यटकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरेका छौ ।

]]>
7210 0 0 0
लाङटाङ पर्यटकीय मार्ग सहज http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%99%e0%a4%9f%e0%a4%be%e0%a4%99-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%b8%e0%a4%b9/ Sat, 26 Dec 2015 08:14:10 +0000 http://www.ghumphir.com.np/?p=7217

रसुवा, ११ पुस ।

भूकम्पसँगै क्षति पुगेको लाङटाङ क्षेत्रको पर्यटकीय पदमार्ग पुनःमर्मत एवम् निर्माणपछि आवतजावतमा सहज भएको छ । जिल्ला प्राविधिक कार्यालय रसुवाका प्रमुख इन्जिनियर मदनमोहन श्रेष्ठका अनुसार लाङटाङ पदमार्ग मर्मत÷निर्माणपछि स्याफ्रुबेंसी– खामजिङ–सेर्पागाउँ–रिम्चे हुँदै लाङटाङ क्याङ्जेनसम्म यात्रा गर्न सहज वातावरण भइसकेको छ ।

Kyanjin Gompa area, Langtang region,

उहाँले पैदल मार्गको स्थलगत निरीक्षणपछि रासससँग कुरा गर्दै नेपालको तेस्रो पर्यटकीय गन्तव्य भूकम्पले क्षति पु¥याउँदा तत्कालीन अवस्थामा मानवीय उद्धार कार्यक्रम अन्तर्गत ११६ घर परिवारका ४९६ जनालाई हेलिकोप्टरबाट धुन्चेसम्म ल्याउने लाने व्यवस्था गरिएको बताउनुभयो । हाल जिविस रसुवा मार्फत लाङटाङ खोलाको असहज गहिरो खोंचको बाटालाई छाडी सुरक्षित क्षेत्रको उक्त स्थानको पैदल मार्ग मर्मत÷निर्माण गरी स्थानीयवासी र पर्यटकको ओहरदोहरमा सहज बनाइएको छ । भूकम्पसँगै आएको पहिराले पुरेको लाङटाङ गाउँ हेर्न आतुर रहेका सयौँ पर्यटक बाटामा ओहरदोहर गरिरहेको अवस्थामा अपूmले भेटेको बताउँदै इन्जिनियर श्रेष्ठले अब पैदल हिँड्न समस्या नहुने जानकारी दिनुभयो । भूकम्पपछि पर्यटकलाई लाङटाङ जान सरकारले अनुमति नदिए पनि आफ्नै हिसाबले मात्र पर्यटक जाने गरेको बताइएको छ । यस्तै भदौ महिनामा आफ्नो थातथलो फर्केका लाङटाङवासीलाई केही गैससको सहयोगमा हेलिकोप्टरले जस्तापाता लगायतका सामग्री ढुवानीमा निरन्तरता दिइरहेको स्थानीय बासिन्दाले बताए ।

]]>
7217 0 0 0
पञ्चासेको पर्यटकीय प्रवद्र्धनमा जुटे स्थानिय http://localhost/ghum/%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b8%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6/ Sat, 26 Dec 2015 08:38:51 +0000 http://www.ghumphir.com.np/?p=7219

वासुदेव पौडेल पोखरा, ११ पुस ।

विश्वमै पर्यटकीय नगरीका रुपमा प्रख्यात पोखरा सहर नजिकैको रमणीय भदौरे–पञ्चासे क्षेत्रको पर्यटकीय विकास अभियानमा यहाँका युवाहरू जुटेका छन् । होम स्टे ९घरवास०का माध्यमबाट स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँको आकर्षण पस्किन क्रियाशील यहाँका युवाले रोजगारीका विदेसिन आवश्यक नभएको सन्देश पनि दिएका छन् । विगत तीन वर्षयता भदौरे गाविसको वडा नं १ मा १५ र वडा नं २ मा २५ वटा घरमा घरबास कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीयवासी एवम् घरबास सञ्चालिका दुर्गीमाया गुरुङ घरबास कार्यक्रमसँगै यहाँका युवा रोजगारीका लागि विदेसिन नपरेको बताउनुहुन्छ । “पाहुनाहरूलाई स्थानीय रुपमा उत्पादित वस्तु नै खुवाउने सोचका कारण घरबाससँगै कृषि उत्पादनमा पनि जोड दिएका छौ,” उहाँले भन्नुभयो – “दाल बाहेक हामीले अन्य वस्तु किन्नुपरेको छैन ।” सामूहिक रुपमा गरिएको प्रयासका कारण पनि सबैमा उत्साह थपिएको सामूदायिक तमुह्युला होमस्टे समितिकी सदस्य समेत रहेकी गुरुङको भनाइ छ । जैविक विविधताले भरिपूर्ण भदौरे पञ्चासे क्षेत्र प्रकृति, वनस्पति र पशुपक्षी अध्ययन एवम् अनुसन्धानका लागि महत्वपूर्ण स्थल हो । समुद्री सतहबाट दुई हजार ५२३ मिटर अग्लो पञ्चासेमा वार्षिक रुपमा करिब १० हजार विदेशी र २० हजार स्वदेशी आउने गर्छन् । यहाँ आइपुग्ने बाटो व्यवस्थित भइनसकेकाले पर्यटकको बसाइ लम्ब्याउन नसकिएको स्थानीय गुरुङ होमस्टे भदौरेका अध्यक्ष रुपेश गुरुङले बताउनुभयो । बाटोघाटो लगायतको भौतिक पूर्वाधार तयार नभएका कारण पर्यटक आकर्षण गर्ने प्रचूर सम्भावना भएर पनि सोचेजति पाहुनालाई यस क्षेत्रमा ल्याउन नसकिएकामा उहाँलाई पछुतो छ । जैविक विविधतायुक्त रमणीय वातावरण रहेको यस क्षेत्रमा एक सय १३ प्रकारका सुनाखरी, एक सय ५१ प्रकारका जडीबुटी, एक सय सात प्रकारका बनस्पति र दुई सय ८५ प्रकारका चराचुरुङ्गी पाइन्छ । विश्वमै नपाइने अत्यन्त दुर्लभ दुई जातको सुनाखरी यही क्षेत्रमा मात्र पाइने गुरुङले जानकारी गराउनुभयो । यहाँको पञ्चासे क्षेत्र धार्मिक पर्यटनका लागि पनि उत्तिकै आकर्षक स्थल हो । लगभग पाँच हजार ५०० हेक्टर क्षेत्रफलमा फैलिएको यो स्थलमा घण्टे पोखरी अवस्थित छ । कास्की, पर्वत र स्याङजा जिल्लाको संगमस्थल यहाँबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरि लगायतका हिम श्रृङखला एक साथ हेर्न सकिन्छ । गुराँसको रमणीय जङ्गल भएका कारण फागुनदेखि वैशाखसम्मको समयमा यहाँको सुन्दरता अझै उचाइमा पुग्ने गरेको छ । घण्टे पोखरीको नाम कसरी रहन गयो भन्ने सम्बन्धमा रोचक प्रसङ्ग रहेको छ । छत्तीस हात लामो र नौ हात चौडाइ भएको यो पोखरीमा घण्टी भने बज्दैन । पोखरीको शिरबाट हेर्दा माछापुच्छ«े लगायतका हिमश्रृङखलाको छाया, फेदबाट हेर्दा पञ्चासेको छाया, पूर्वबाट घाम अस्ताएको मनमोहक दृश्य सतहमा देखिन्छ । “उच्च पहाडी भागमा रहेको अत्यन्त स्वच्छ यो पोखरीको सौन्दर्यको वर्णन विदेशी पर्यटक मार्फत विश्वका कुना कुनामा पुग्ने गर्छ,” गुरुङले भन्नुभयो – “पोखरीको चर्चाको घण्टी टाढा टाढा पुग्ने गरेकै कारण यसलाई घण्टे पोखरी भनिएको हो ।” बाटोको राम्रो व्यवस्था हुन नसक्दा यहाँका धेरै पर्यटकीय स्थलमा पर्यटकलाई पु¥याउन समस्या भएको स्थानीयवासी बताउँछन् । यहाँ विभिन्न तीनवटा छहरा पनि छन् । यहाँको छन्द्रे र गौसो छहरा एक सय ५० मिटर अग्ला छहरा छन् । खोपा छहरा ३० मिटर माथिबाट खस्छ । छहरा पनि यहाँको पर्यटकीय आकर्षण भएको बताउने भदौरे क्लबका अध्यक्ष जीवन गुरुङले बाटोको अभावमा पर्यटकलाई त्यस स्थानमा पु¥याउन नसकिएको बताउनुहुन्छ । गत साउनमा पहिरो गएर बिग्रेको पैदलमार्ग समेत बनाउन नसकिएकामा उहाँलाई दुःख लाग्छ । बैशाख १२ मा गएको गोरखा भूकम्प, साउनमा गएको बाढी पहिरो र त्यसपछि थपिएको नाकाबन्दीको दुष्प्रभाव यहाँको पर्यटन उद्योममा पनि परेको छ । “प्रचूर पर्यटकीय सम्भाव्यता रहेर पनि बाटोघाटो र अत्यावश्यकीय पूर्वाधारको विकास हुन नसक्दा अपेक्षित पर्यटक भदौरे–पञ्चासे ल्याउन सकिएको छैन,” उहाँले भन्नुभयो – “यस क्षेत्रको विकासका लागि हामी सक्रिय छौं । यहाँका पूर्वाधार विकासका लागि सरकारबाट निरन्तर सहयोग हुन आवश्यक छ ।” उहाँले पूर्वाधारको अभावमा पदमार्गमा हिँड्ने बाहेक अन्य पर्यटकीय स्थलमा पर्यटक पुग्न नसकेको बताउनुभयो । घरबास योजनाअन्तर्गत पर्यटकलाई सेवा प्रवाह गर्न यहाँका स्थानीय जनता सक्रिय छन् । यहाँका होटल समेतको क्षमतालाई हेर्दा लगभग २०० जना पर्यटकलाई दैनिक बस्ने र खाने व्यवस्था गर्न सकिने अध्यक्ष गुरुङ बताउनुहुन्छ । भदौरे क्लबका पूर्व अध्यक्ष आइन्दल गुरुङका अनुसार यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि स्थानीय युवाको सक्रियतामा यस वर्ष गत पुस १ देखि ६ गतेसम्म १८ औँ ल्होसार मेला तथा भदौरे–पञ्चासे मेला सम्पन्न गरिएको छ । जैविक विविधता, चराचर तथा बन जङ्गलको अध्ययन अनुसन्धानका साथै खला ठाउँमा रात बिताउन आउनेहरूको सङ्ख्या पनि पछिल्लो समयमा बढेको स्थानीयवासी बताउँछन् । घरबास कार्यक्रमसँगै स्थानीय जनताका लागि आयआर्जनको ढोका खुलेर यहाँका युवाको विदेसिने क्रम रोकिएको मात्रै छैन यस क्षेत्रको समग्र पर्यटकीय विकासका सम्भावना पनि बढेर गएको छ ।

]]>
7219 0 0 0
घोरेपानीका होटलमा रु ५० करोड लगानी http://localhost/ghum/%e0%a4%98%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%81-%e0%a5%ab%e0%a5%a6-%e0%a4%95/ Sat, 26 Dec 2015 08:42:51 +0000 http://www.ghumphir.com.np/?p=7223

म्याग्दी, ११ पुस ।

राउण्ड अन्नपूर्ण पद्यात्राले समेटिएको म्याग्दीको घोरेपानी र पुनहिल क्षेत्रको भम्रणमा आउने पर्यटकको आगमन बढेसँगै होटल तथा पर्यटन व्यवसायी होटलको क्षमता विस्तारमा लागेका छन् । पर्यटकलाई लक्षित गरी घोरेपानीमा सञ्चालन गरिएका होटलमा अहिले करिब रु ५० करोड लगानी भएको होटल ब्यवस्थापन समितिका अध्यक्ष जुनु पुनले बताउनुभयो ।

Myagdi- ghorepani punhill“पर्यटकलाई सहजरुपमा खाना र बस्नको लागि हामीले होटलको क्षमता विस्तार गरेका छाँै, पर्यटकलाई आरामदायी बसोबासको प्रवन्ध मिलाउनु पर्यटन व्यवसायीको दायित्व हो, अध्यक्ष पुनले भन्नुभयो । हाल घोरेपानीमा रु साढे एक करोड लगानीमा सात वटा होटलको क्षमता विस्तार गरिएको छ भने दुई करोड बढी लगानीमा चार वटा होटलको स्तरउन्नति भइरहेको स्थानीय पर्यटन ब्यवसायी टेकसर बुद्धुजा पुनले जानकारी दिनुभयो । त्रिचालिस घरधुरी रहेको घोरेपानीमा २२ वटा पर्यटकीय होटल सञ्चालनमा छन् भने अन्य घरधुरीले समेत खाजा घरलगायतका सानो लगानीको ब्यवसाय सञ्चालन गरेको उहाँको भनाइ छ । घोरेपानीमा रहेका होटलमा हाल दैनिक आठ सय जनालाई खाने र बस्ने सुविधा रहेको छ । घोरेपानीका होटलमा पर्यटकलाई वाईफाई इन्टरनेटको सुविधासमेत उपलब्ध छ । वार्षिक ३० हजार बढी बाह्य पर्यटक भित्रने घोरेपानी क्षेत्रमा स्थानीयले पर्यटकको सुविधाको लागि पदमार्गलगायतका पर्यटन पूर्वाधार निर्माणमा जोड दिएका छन् । लालीगुराँसको संरक्षण र पुनहिलमा थप पूर्वाधार विस्तार गर्ने कामलाई समेत जोड दिइएको समितिका उपाध्यक्ष सुनिल पुनले जानकारी दिनुभयो । मनोरम हिमश्रृङ्खलाको अवलोकन र प्राकृतिक सौन्दर्यतामा रमाउनको लागि घोरेपानी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दै आएको छ ।

]]>
7223 0 0 0
पाथीभरा मन्दिरमा आर्थिक अनियमितताको छानबिन सुरू http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%a5%e0%a5%80%e0%a4%ad%e0%a4%b0%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95/ Sat, 26 Dec 2015 08:49:45 +0000 http://www.ghumphir.com.np/?p=7225

इलाम, ११ पुस

इलामको कोल्बुङमा रहेको पाथीभरा मन्दिरमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरूप्रयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन सुरू भएको छ । अख्तियारले संस्कृति तथा पर्यटन मन्त्रालयलाई छानबिन गरी सत्यतथ्य विवरण पेस गर्न निर्देशन दिएपछि जिल्ला प्रशासनबाट मन्दिरमा छानबिन थालिएको हो ।

pathivara_devi_statue_thumbसहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोको संयोजकत्वमा सदस्य जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडा र कोल्बुङ गाविसका सचिव नेत्र पोखरेलको समितिले पाथीभरा संरक्षण संस्थाको आर्थिक क्रियाकलापको छानबिन थालेको हो । मन्दिर पुग्ने बाटो निर्माणमा अनियमितता भएको, भक्तजनले मन्दिरमा चढाएको भेटी पारदर्शी नभएको, पुजारीबाट लिइनुपर्ने रकम नलिई हटाइएको, मन्दिरमा चढाउने सुन÷चाँदीलगायतका अन्य जिन्सी सामानको लगत नराखिएको भन्दै गत वैशाखमा अख्तियारमा उजुरी परेको थियो । छानबिन समितिले स्थानीय र पाथीभरा संरक्षण संस्थाका पदाधिकारी र सदस्यसँग स्थलगत जानकारी लिइसकेको छ । “हामी प्रारम्भिक चरणकै अनुसन्धानमा छौँ” सहायक प्रजिअ फागोले भन्नुभयो “कागजात मगाएका छौँ, त्यसको विस्तृत अध्ययन गरेपछि मात्रै सत्य कुरा बाहिर आउँछ ।” संरक्षण संस्थाका अध्यक्ष दौलत राईले छानबिन समितिले मागेका कागजात बुझाइसकेको बताउनुभयो ।

]]>
7225 0 0 0
युवाहरुले खोले जडीबुटी प्रशोधन केन्द्र http://localhost/ghum/%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2%e0%a5%87-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a5%87-%e0%a4%9c%e0%a4%a1%e0%a5%80%e0%a4%ac%e0%a5%81%e0%a4%9f%e0%a5%80-%e0%a4%aa/ Sat, 26 Dec 2015 08:52:44 +0000 http://www.ghumphir.com.np/?p=7227

गोरखा, ११ पुस ।

गोरखाको ताङ्लीचोक गाविस–४ स्थित पातीस्वाँरा गाउँका युवाले जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । आटिमिसिया (एक प्रकारको जापनिज बिरुवा) प्रशोधन गरी औषधि उत्पादन गर्न रु ३० लाखको लगानीमा केन्द्र सञ्चालनमा ल्याएको हो ।

jadibuti bikrimaजापानमा बसेर फर्केका स्थानीय माकी गुरुङको सक्रियतामा गाउँका युवा मिलेर सञ्चालन गरिएको केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । सुमन गुरुङ, सन्दिप गुरुङ, सन्तु गुरुङ, विकास गुरुङ, माकी गुरुङ, सोनाम गुरुङ, होमबहादुर गुरुङले संयुक्त रुपमा लगानी गरी गाउँमा उद्योग खोलेका हुन् । साथै युवाले २१ रोपनी क्षेत्रफलमा आटिमिसिया नामक बिरुवाको खेती गर्दै आएका छन् । सो बिरुवाको पात, डाँठ र जरा आटिमिसिया उत्पादन गर्न काम लाग्छ । आटिमिसियाको प्रयोगले बाथ रोग निको हुनुका साथै कपाल झर्ने रोगको रोकथाम गर्ने केन्द्र सञ्चालकमध्येका माकी गुरुङले जानकारी दिनुभयो । केन्द्रले दैनिक २०० प्याकेटभन्दा बढी आटिमिसियाको झोल उत्पादन गर्दै आएको छ । केन्द्रबाट मासिक करिब रु ७० हजार नाफा आर्जन भएको गुरुङले बताउनुभयो । साथै युवाले किबीखेती, सुन्तलाको बोक्राबाट साबुन उत्पादन गर्नुका साथै रोजेलको जुस पनि उत्पादन गरी विदेश निर्यात गर्दै आएका छन् । “हाम्रो फार्मलाई पल्मोकल्चर ढाँचा (मोटोलाई मलिलो बनाउने प्रविधि) अनुसार थप विकसित बनाउँदै लैजान्छौँ” अर्का लगानीकर्ता सोनाम गुरुङले भन्नुभयो, “रासायनिक र कम्पोस्ट मलको प्रयोग नगरी किबी र च्याउ उत्पादन गछौँ ।” माटोको परीक्षण गरी चुन छर्केर अम्लीयपना हटाउने गुरुङको भनाइ छ । केन्द्रमा उत्पादन भएको आटिमिसिया प्याकेट काठमाडौँ, गोरखा बजारलगायत क्षेत्रमा बिक्रीका लागि राखिएको गुरुङले बताउनुभयो । “माग उच्च छ” उहाँले भन्नुभयो, “सुन्तलाको साबुन हामी विदेश निर्यात गर्छौँ ।” केन्द्रमा १५ जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

]]>
7227 0 0 0
पाहुनाहरूको स्वागत http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a4/ Sat, 26 Dec 2015 09:07:04 +0000 http://www.ghumphir.com.np/?p=7229 7229 0 0 0 नागी पुगेका पर्यटक http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a5%80-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95/ Sat, 26 Dec 2015 09:15:21 +0000 http://www.ghumphir.com.np/?p=7233 7233 0 0 0 चिसोले कठ्याङ्ग्रिएर मृत्यु http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%b8%e0%a5%8b%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a4%a0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%b0-%e0%a4%ae%e0%a5%83%e0%a4%a4/ Sat, 26 Dec 2015 09:18:13 +0000 http://www.ghumphir.com.np/?p=7236

गोरखा, ११ पुस ।

चिसोले कठ्याङ्ग्रिएर आरुआर्वाङ गाविस – १ बराम गाउँका एक वृद्धको मृत्यु भएको छ । भूकम्पपछि अस्थायी टहरोमा बस्दै आएका ६५ वर्षीय लालबहादुर बरामको आज बिहान मृत्यु भएको हो । स्थानीय शिक्षक टेकराज भट्टका अनुसार टहरोमा एक्लै बस्दैआएका बराम बिहान मृतावस्थामा भेटिएका हुन् । चिसो बढेपछि उत्तरी गोरखाका भूकम्पपीडित समस्यामा छन् । निरन्तर तुषारो परेपछि बारपाक, लाप्राक, सौरपानी, स्वाँरा, घ्याल्चोक, गुम्दा, लापु, उहिया, कासीगाउँ, केरौंजा र सिर्दिवासलगायत क्षेत्रका भूकम्पपीडित बिरामी परेका छन् । चिसोले गर्दा निमोनिया, रुघाखोकी जस्ता बिरामी बढे पनि भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा औषधिको अभाव छ । राहतमा आएको औषधिले अहिलेसम्म धाने पनि अस्पताल र स्वास्थ्य संस्थामा औषधिको अभाव चुलिँदै गएको छ । ंजिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीका अनुसार ज्वरो निको पार्ने एन्टिबायोटिक तथा पेट दुखेको निको पार्ने औषधि डाइजिनको समेत अभाव भएको छ ।

]]>
7236 0 0 0
भारतमा बन्दी बनाइएका नेपालीलाई रिहाइ गर्न माग http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa/ Sat, 26 Dec 2015 09:25:20 +0000 http://www.ghumphir.com.np/?p=7238

काठमाडौँ, ११ पुस ।

विभिन्न राजनीतिक दलका नेता,मानवअधिकारकर्मी र अधिवक्ताले संयुक्त रूपमा भारतको हरियाणा राज्यमा बन्दी बनाइएका २४ नेपाली नागरिकलाई तत्काल निःसर्त रिहाइको माग गर्नुभएको छ ।

indian flagसत् साहित्य सेवा समाजले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँहरूले करिब एक वर्षअघि त्यहाँस्थित सत्लोक आश्रममा आयोजित सत्संगका क्रममा हरियाणाका प्रहरीले अन्यायपूर्ण र अमानवीय रूपमा धरपकड गरी नेपालीलाई कारागारमा बन्दी बनाएको भन्दै जतिसक्दो चाँडो रिहाइ गर्न आग्रह गर्नुभएको हो । अनौपचारिक सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले हरियाणाको आश्रममा भएको घटना हरियाणा राज्यले मात्र नभई भारतीय सरकारले नै सुनियोजित ढङ्गबाट गराएको हो भन्नुभयो । आफूभन्दा फरक आस्था भएकै कारण कसैले कसैलाई पनि अमानवीय व्यवहार गर्न नपाइने उहाँको भनाइ छ । पूर्व सभासद् कुलप्रसाद उप्रेतीले निर्दोष नेपाली भक्तजनमाथि निर्मम यातना दिई धार्मिक आस्थामा बन्दी बनाई कारागार हाल्नु गलत भएको भन्दै रिहाइका लागि सम्पूर्ण नेपाली एक जुट हुनुपर्ने धारणा राख्नुभयो । यसअघि ती बन्दी नेपालीलाई मुक्त गराउन पीडितपरिवार तथा विभिन्न सङ्घ संस्थाले राष्ट्रिय मानवअधिकार आयोग, मावनअधिकारवादी सङ्घ संस्था, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावास र भारतीय दूतावासमा पटकपटक गुनासो गर्दासमेत सुनुवाई नभएको पीडित परिवारको भनाइ छ । कारागारबाट धरौटीमा छुट्नुभएका इटहरीका मुकेश कार्कीले कैयौँ परिवारको एक मात्र कमाउने व्यक्ति कारागारमा रहेकाले बिहान बेलुकाको छाक टार्न कठिन भैरहेको छ भन्नुभयो । मानव अधिकारकर्मी भवानी खरेल, वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्ले, मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र मानव अधिकार पत्रकार सङ्घका अध्यक्ष छत्र शङ्कर लगायतले बन्दी नेपालीलाई तत्काल रिहाइको माग गर्नुभयो ।

]]>
7238 0 0 0
सबस्टेसनमा भीषण आगलागी http://localhost/ghum/%e0%a4%b8%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%b8%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%80%e0%a4%b7%e0%a4%a3-%e0%a4%86%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80/ Sat, 26 Dec 2015 09:27:08 +0000 http://www.ghumphir.com.np/?p=7240

गोलबजार (सिरहा), ११ पुस ।

लहान नगरपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा भर्खरै मात्र भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि लहान नगरपालिकाको वारुणयन्त्र घटनास्थल पुुगेको छ । नेपाली सेना, नेपाल नेपाल र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी आगो नियन्त्रणमा लिने प्रयासमा जुटिरहेका छन् । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागी भीषण भएका कारण नियन्त्रणमा लिन समस्या भइरहेको सबस्टेसनका कर्मचारी प्रदीप गोइतले जानकारी दिनुुभयो । आगलागी कसरी भयो भन्ने बारेमा केही खुल्न सकेको छैन । तर विद्युत चुहावट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । अहिले लहान लगायत क्षेत्रमा विद्युत् लाइन काटिएको छ ।

]]>
7240 0 0 0
प्रहरीसँगको झडपमा राजेन्द् महतो घाइते http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%9d%e0%a4%a1%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%87%e0%a4%a8/ Sat, 26 Dec 2015 16:07:10 +0000 http://www.ghumphir.com.np/?p=7243 पुस ११ ।

सीमावर्ती जोगबनी नाकामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच शनिबार झडप भएको छ । सीमा नाकामा अवरोध गर्न बसेका मधेसी मोर्चाका नेता, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई धर्नाबाट प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट महतोको टाउकोको अगाडिको भाग चोट लागेको छ । उनको दुबै खुट्टामा समेत चोट लागेको छ । प्रहरीले भने झडपपछि सीमापारि पुगेका मोर्चाकै कार्यकर्ताको ढुंगा लागेर महतो घाइते भएको दाबी गरेको छ । झडपपछि जोगबनी पुगेका महतोलाई त्यहाँ प्राथमिक उपचारपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा ल्याइएको थियो । उनको सिटी स्क्यानलगायत जाँचपछि उपचार भइरहेको छ । महतोलाई सघन उपचार कक्ष ९आइसीयु० मा राखिएको छ ।

महतोसहितका नेता कार्यकर्ता भारतीय भूमिबाट प्रवेश गरी भन्सार कार्यालयनजिक दशगजा क्षेत्रमा धर्नामा बसेका थिए । त्यसक्रममा प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सुरुमा भन्सार नाकाभन्दा केही उत्तर रानी क्षेत्रको बसपार्कमा सभा गर्ने भनिएको थियो । तर भारतीय क्षेत्रबाट प्रवेश गरेका महतोसहितका नेता कार्यकर्ता दशगजामा धर्ना बसेको मोरङका प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले बताए । नाकामा अवरोध नगर्न आग्रह गर्दा अटेर गरेपछि झडप भएको उनले बताए ।

झडप र प्रहरीको लाठी प्रहारले सद्भावनाका केन्द्रिय सदस्य दिलिप धाडेवा, प्रवक्ता सन्तोष मेहता, आदिवासी जनजाति मञ्चका केन्द्रिय महासचिव तेन्जिङ लामा, मोर्चा कार्यकर्ताहरु युवराज साह, जागेश्वर साहनी, मो। अब्दुल हुसेन, मोहन चौधरी, महमद आलम, ईन्द्रजीत साह, परमानन्द यादवलगायत पनि घाइते भएका छन् । प्रहरीले मोर्चाका ५ जना कार्यकर्तालाई पक्राउ गरेको छ । साँझ गोल्डेन अस्पताल परिसरमा पनि प्रहरीले केही कार्यकर्तालाई कुटपिट गरेको मोर्चाले जनाएको छ । मोर्चा कार्यकर्ताले अस्पतालनजिक एउटा ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । त्यसक्रममा प्रहरीले केहीलाई पक्राउ गरेको छ । प्रहरी र भन्सार कार्यालयको गेटनजिकको कार्यालयमा मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गरेको उनले बताए । त्यसपछि प्रहरीले लाठी प्रहार र अश्रुग्यास प्रयोग गरेको थियो । झडपको घटनापछि महतोसहितका नेता कार्यकर्ता नाका छिचोल्दै भारतीय भूमितिर गएको लम्सालले बताए । नाकाको भारततिर पर्ने दशगजनमा पुगेका धर्नाकारीलाई भारतीय सुरक्षाकर्मीले हटाएको थियो । घाइते केही कार्यकर्ताको जोगबनीस्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको थियो ।

मोर्चा कार्यकर्ताले भारतीय क्षेत्रबाट नेपाली प्रहरी टोलीलाई ढुंगा प्रहार गरेका थिए । झडपमा आफ्ना दर्जनभन्दा बढी नेता–कार्यकर्ता घाइते भएको मोर्चाले जनाएको छ । सद्भावना पार्टीका केन्द्रिय प्रवक्ता सन्तोष मेहताका अनुसार प्रहरीले धर्नामा बसेका बेला हस्तक्षेप गरेको थियो । प्रहरीले धर्नाबाट हट्नेबारे केही जानकारी नदिइ एक्कासी लाठी प्रहार गरेको उनले दाबी गरे । झडपका कारण नाका क्षेत्रमा तनाव भएको थियो । त्यहाँबाट सर्वसाधारणको आउजाउ समेत प्रभावित भएको छ ।

आयात–निर्यात ठप्प भारतको अघोषित नाकाबन्दीपछि दुई महिनायता सहज रुपमा आयात निर्यात सुचारु रहेको जोगबनी नाका शनिबार अपराह्नबाट अवरुद्ध भएको छ । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडपको घटनापछि नाका ठप्प भएको हो । वीरगन्ज, रुपैडियालगायत नाकामा अवरोध प्रभावकारी भएको तर विराटनगरमा सहज भएको भन्दै महतो र उनीनिकट नेता कार्यकर्ताले जोगबनीमा अवरोध कडा पार्नुपर्ने बताउँदै आएका थिए ।

झडपअघि यो नाकाबाट शनिबार मध्याहनसम्ममा १ सय २५ मालबाहक ट्रक आएका थिए । इन्धनका भने एउटा पनि ट्यांकर आएनन् । विराटनगर भन्सार अधिकृत राजेन्द्र ढुंगानाका अनुसार मोर्चाका कार्यकर्ताले जोगबनी भन्सार परिसरमा इन्धनका ट्यांकर नपठाउन बिहानैदेखि दबाव दिएपछि इन्धन नआएको हो । अघोषित नाकाबन्दीको सुरुवाती दुईसाता पछि यो नाकाबाट दैनिक सरदर ४० ट्यांकर इन्धन भित्रिदै आएको थियो ।

भारतको अघोषित नाकाबन्दीको सुरुवाती दुई सातादेखि जोगबनी नाकाबाट भन्सारको लक्ष्यभन्दा बढी राजश्व असुली हुँदै आएको थियो । असोजमा लक्ष्यभन्दा ९८ करोड राजश्व असुली कम्ती भएको यो नाकाबाट कात्तिक र मंसिरमा लक्ष्यभन्दा बढी राजश्व असुली भएको थियो । पुस पहिलो साता पनि विराटनगर भन्सारको राजश्व असुली लक्ष्यभन्दा बढी छ ।साभार:कान्तिपुर

]]>
7243 0 0 0
'हनुमान नाच' संरक्षण गर्न बालकहरू नै सक्रिय http://localhost/ghum/%e0%a4%b9%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a4%be%e0%a4%9a-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%ac/ Sat, 26 Dec 2015 16:32:02 +0000 http://www.ghumphir.com.np/?p=7249 पुस ११ ।

बागलुङको न्यु एभरेस्ट एकेडेमी कक्षा आठका विद्यार्थी अभिषेक पौडेल ‰याली बजाउँदै थिए। आर्जन ओझा मृदुंगा (ढोलकी) ठोक्दै थिए। अभिषेक र आर्जनले पनि तालमा ताल मिलाएर बाजा बजाए।

सेतो पहिरनमा देखिएका सात वर्षीय उमंग राजभण्डारीले धूप बाले। उमंग र समीरले पण्डितको काम गर्दै विधिवत रूपमा पूजा सुरु गरे। पुच्छर जोडेका हनुमानजस्तै देखिनेे सिद्धार्थ बोर्डिङ स्कुल कक्षा आठमा पढ्ने आभास राजभण्डारी दुई हातमा लठ्ठी लिएर नाच्न थालिहाले। आभाससँगै अमित श्रेष्ठले पनि ताल छोपे।

hanuman danceभुपतेन्द्र मल्लले भक्तपुरमा सुरु गरको 'हनुमान नाच' संरक्षण गर्न यहाँका बालकहरू यसरी नै सक्रिय छन्। उमेर सानो भए पनि पुर्खाको धार्मिक संस्कृति धान्नका लागि उनीहरू लागिपरेका छन्। 'आफ्ना बाउबाजेले नाच्दै आएकोमा हामीले पनि अनुसरण गरेका हौं,' टोली नेता सृजन श्रेष्ठले भने, 'हनुमान नाच्दा रमाइलो पनि हुन्छ।' यो हनुमान नाचले नेवार समुदायको परम्परा, संस्कृति, धार्मिक मूल्य–मान्यताको संरक्षण र बालबालिकालाई शारीरिक अभ्याससँगै स्फूर्ति पनि बढाएको छ। यो नाच्ने व्यक्तिले मदिरा खान नहुने भएकाले कुलतबाट जोगाउन पनि टेवा पुग्ने विश्वास छ। धार्मिक, सांस्कृतिक र चारित्रिक रूपमा ठिक ठाउँमा राख्न पनि सघाउ पुग्ने अभिभावकको विश्वासले आफ्ना छोराहरूलाई यो नाचमा सहभागी गराउँछन्। 'बाजाको तालमा नाच्दा शरीर फुरुङ्ङ हुन्छ,' १२ वर्षीय अनुज श्रेष्ठले भने। सुरुमा टोली नेता (ज्यामाको) ले प्रारम्भ गरेपछि अरूले पनि त्यसकै इसारामा आफ्नो नृत्य प्रस्तुत गर्छन्। एक समूहमा न्यूनतम १४ जना हुन्छन्। यो नाच नाच्न निकै कठिन हुन्छ। बाजाको तालमा एक अर्काले लठ्ठी ठोक्नुपर्ने हुन्छ। विभिन्न प्रकारका ताल छोपेर नाच्नुपर्छ। देवालय, सलामी, छ ताल, बाह्र ताल, २४ ताल, लंका पार गर्ने पद्धतिलगायतका नाचले निकै रमाइलो बनाउँछन्। यो नाचमा बालिकाहरू भने सहभागी हुँदैनन्। महिला पूजामा सहभागी हुन नमिल्ने भएकाले पुरुषमात्र सहभागी हुने गरेका छन्। नाचमा सहभागी बालकहरूले निकै रमाइलो अनुभूति भएको बताए। हनुमान नाचमा संलग्न पुजारी बालकले सेता गन्जी र कछाड बाँध्ने गर्छन्। नाच्नेहरू हनुमानको स्वरूपमा उत्रिन्छन्। रातो र सेता पोसाकमा सजिएका बालकहरूको पछाडिपट्टि हनुमानको जस्तै पुच्छर जोडिएको हुन्छ। उनीहरू खुट्टामा घलङ (बझाउने मुजुरा) बाँधेर नाच्छन्। निधारमा रातो टीका र माला पनि लगाउँछन्। यो नाचका लागि आवश्यक सामग्री महँगा भए पनि अभिभावक र हनुमान नाच संरक्षण समितिले व्यवस्था गर्ने गरेको छ। नयाँ वर्षसहित विभिन्न पर्वको अवसरमा देखाइने यो नाचलाई बालकहरूले पछिसम्म संरक्षण गर्नेमा हनुमान नाच संरक्षण परिषद्का सचिव ईश्वरप्रसाद श्रेष्ठ विश्वस्त छन्। नेवार समुदायमात्र सहभागी हुँदै आएको यो नाचमा अहिले ब्राह्मण समुदायका बालक पनि सम्मिलित छन्। यसले सांस्कृतिक अन्तर्घुलन पनि गराएको छ। 'मैले तालिम लिएपछि नाचमा सहभागी हुँदै आएको छु,' ब्राह्मण समुदायका अभिषेक पौडेलले बताए। छ वर्षदेखि नै बालकहरूलाई हनुमान नाच नाच्न सिकाइन्छ। 'अध्ययनको अलावा यो अतिरिक्त क्रियाकलाप पनि हो,' अमृत आदर्श उच्च माविका प्राचार्य महेश प्रधानले भने, 'यो नाचले सृजनात्मक क्षमताको विकास गराएको छ।' भारतीय र तिब्बती संस्कृतिको मिश्रण यो नाचमा पाइने काजीगाउँले श्रेष्ठ बताउँछन्। भक्तपुरका नेवार समुदाय १७६८ मा बागलुङ आएसँगै हनुमान नाच यहाँ पनि नाच्न थालिएको हनुमान नाचका अध्येता साहित्यकार प्रेम छोटाको भनाइ छ। 'पौरणाकि ग्रन्थ रामायणमा आधारित भई नाचको सुरुवात भएको हो,' उनले भने, 'नेवारको आफ्नो संस्कार र संस्कृतिलाई यस्ले प्रस्तुत गर्छ।' भक्तपुरलगायत अन्य ठाउँमा लोप भए पनि बागलुङमा मात्र यसको संरक्षण हुँदै आएको उनी बताउँछन्।

]]>
7249 0 0 0
नाकाबन्दीपछि मुलुकले गुमायो असी अर्ब राजस्व http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a5%81%e0%a4%ae/ Sun, 27 Dec 2015 03:29:55 +0000 http://www.ghumphir.com.np/?p=7254 पौष १२
भारतको अघोषित नाकाबन्दीपछि मुलुकले भन्सार तथा आन्तरिक राजस्वबाट झण्डै रु ८० अर्ब बराबरको घाटा बेहोर्नु परेको छ ।तराई मधेसको आन्दोलन र नाकाबन्दीका कारण सङ्कट गहिरिँदै जाँदा मुलुकको आर्थिक स्वास्थ्य नराम्ररी प्रभावित भएको हो । मौजुदा दक्षिणी नाकामा समस्या उत्पन्न भइरहदा ‘गोरखा भूकम्प’का कारण उत्तरी नाकासमेत ठप्प भएपछि थप जटिलता थपिएको छ ।
चालु आवको पहिलो महिना शतप्रतिशतको प्रगति हासिल गर्न सफल भन्सार विभागले भदौ, असोज, कात्तिक, मङ्सिरमा ठूलो घाटा व्योहोर्नु परेको छ । भदौमा रु १७ अर्ब १८ करोड भन्सार असुलीको लक्ष्य लिएपनि ६५.७९ प्रतिशत अर्थात रु ११ अर्ब २४ करोड मात्रै उठाएको छ ।
असोजमा रु १५ अर्ब सात करोडको लक्ष्य लिएकोमा ४२.५१ प्रतिशत अर्थात रु ६ अर्ब ४० करोड, कात्तिकमा रु १४ अर्ब ८४ करोड लक्ष्य राखेकोमा ४१.७४ प्रतिशत अर्थात रु ६ अर्ब १९ करोड असुली, मङ्सिरमा रु १६ अर्ब ५६ करोड लक्ष्य राखेकोमा ५९.५६ प्रतिशत अर्थात रु नौ अर्ब ८६ करोड मात्र असुली गरेको छ । वीरगन्ज नाकाबाट मात्रै तीन महिनामा २१ अर्ब घाटा भएको छ ।
त्यसैगरी, भैरहवा, नेपालगञ्ज, मेची, वीरगञ्जको सुख्खा बन्दरगाह तथा अन्य भन्सार नाकाबाट हुने निर्यातमासमेत कमी आएको छ । चार महिनामा कैलाली भन्सार नाकाबाहेक अन्य भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ ।
वीरगञ्ज भन्सारबाट रु ४३ अर्ब ३२ करोड, वीरगञ्ज सुख्खा बन्दरगाहबाट रु १४ अर्ब २९ करोड र विराटनगर भन्सार नाकाबाट रु. २४ अर्ब ७० करोडको आयात भएको छ । पेट्रोलियम पदार्थ, सवारी साधन, फलाम, स्पात, चुनाढुङ्गा, सिमेन्ट, विद्युतीय तथा मसलन्द सामान आयात रोकिएको छ । भन्सार नाकामा लामा सवारीका लाइनले मुलुकको आर्थिक वृद्धि दरलाई समेत प्रभाव पारेको छ ।
भन्सार विभागका प्रवक्ता सूर्य सेढाइकाअनुसार तातोपानी नाकाले मासिक रु ११ करोड राजस्व उठाउने गरेकोमा विगत नौ महिनादेखि ठप्प हुँदा समस्या भएको छ । मुलुकको ५५ प्रतिशत भन्सार राजस्व धान्ने दक्षिणको छिमेकीसँगका मौजुदा सीमा नाकामध्ये वीरगन्ज र उत्तर तर्फको रणनीतिक महत्वको नाका भूकम्पका कारण ठप्प भएपछि आयातमा निर्भर राजस्व नकारात्मक विन्दुमा पुगेको हो । पछिल्लो दुई महिनादेखि सञ्चालनमा आएको उत्तरको अर्को नाका केरुङबाट दैनिक रु एक करोडको हाराहारीमा राजस्व सङ्कलन हुन थालेको छ ।
आन्तरिक राजस्व पनि प्रभावित 
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माकाअनुसार तराई मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दीका कारण राज्यको चौतर्फी क्षेत्रमा असर परेको बताउनुहुन्छ ।
गत मङ्सिरसम्म आन्तरिक राजस्व रु १० अर्ब कम उठेको छ । विभागले मङ्सिरसम्म रु ५७ अर्ब उठाउने लक्ष्य राखेपनि रु ४७ अर्बमात्र असुली गर्न सफल भएको छ । तराई मधेसको आन्दोलन र भारतीय नाकाबन्दीका कारण इन्धन सङ्कट तथा यातायातको असुविधाका कारण पनि आन्तरिक राजस्व उठ्न समस्या भएको शर्माको भनाइ छ ।
विभागले कर दाखिला गर्ने मिति बढाएका कारण पुस महिनासम्ममा केही सुधार हुने अपेक्षा समेत राखेको छ । जारी बन्दको अन्त्य र नाकाबन्दी अन्त्य नहुने हो भने आन्तरिक राजस्वको वार्षिक लक्ष्यमा पनि ठूलो प्रभाव पार्ने विभागको ठहर छ ।
विप्रेषण बढ्यो 
नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो चार महिनामा विप्रेषण आय २३.२ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ४९ अर्ब ५८ करोड पुगेकोे जनाएको छ । अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको सोही अवधिमा २.७ प्रतिशतले वृद्धि भएकोमा चालु आवको चार महिनामा ११.६ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ६ करोड डलर पुगेको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनी अन्तर्राष्ट्रिय श्रम बजारमा ज्याला वृद्धि भएको, अमेरिकी डलरको विनिमय दर बढेको, भूकम्प र नाकाबन्दीपछि वैदेशिक रोजगारीमा गएकाले पठाउने रकम बढेकाले त्यसको प्रत्यक्ष प्रभाव विप्रेषणमा परेको बताए।
विकास खर्च ठप्प 
आन्तरिक रुपमा आर्थिक गतिविधिको परिचायक मानिने विकास खर्च हालसम्म दुई प्रतिशत मात्रै भएको छ । चाडपर्वपछि विकास निर्माणमा केन्द्रित हुने समयमा भारतको अघोषित नाकाबन्दीले समस्या पारेको छ ।
चालु आवका लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट प्रस्तुत भएको छ । ५० प्रतिशत बढी विकास बजेट रहेकोमा प्रथम चौमासिकमा कम्तीमा पनि २० प्रतिशत विकास बजेट परिचालित हुनुपर्ने थियो । तर विकास बजेट प्रयोग हुन नसक्दा बजारमा अत्याधिक तरलता कायम हुन पुगेको छ ।
चालु आवको कुल विनियोजनमध्ये चालु खर्च तर्फ रु चार खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार र पूँजीगत खर्च तर्फ रु दुई खर्ब आठ अर्ब ८७ करोड ४२ लाख ४२ हजार विनियोजन गरिएको छ ।
ठूला जलविद्युत् आयोजना, सडक तथा पूर्वाधारको निर्माण इन्धन अभावमा ठप्प छ । साना तथा मझौला आयोजना समेत प्रभावित भएको छ । तराईका कतिपय जिल्लामा बजेटको अख्तियारी समेत गएको छैन ।
निराश निजी क्षेत्र 
तराई मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण दुई सय भन्दा बढी उद्योग तथा कलकारखाना बन्द भएका छन् । भन्सार विन्दुमा रोकिएका सामानको बिलम्ब शुल्क काबुभन्दा बाहिर गएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाअनुसार खाद्यपदार्थ तथा औद्योगिक कच्चापदार्थ कामै नलाग्ने गरी नष्ट भएका छन् । बन्द हड्ताल नाकाबन्दीबाट रु दुई खर्ब बढीको नोक्सानी भएको छ ।
अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा डा गोविन्द नेपालले बन्द तथा नाकाबन्दीबाट भएको क्षतिको मूल्याङ्कनसहित उद्योगी व्यवसायीलाई अनुदानमा छुट दिने कार्यक्रम ल्याउन लागेको बताउनुहुन्छ ।
चालु आवको मध्यावधि मूल्याङ्कनपछि सम्पन्न हुनसक्ने योजनाको पुनः प्राथमिकीकरण गरेर कार्यान्वयनमा लैजाने तयारीमा मन्त्रालय रहेको छ ।
सल्लाहकार नेपाल कार्ययोजना तयार गरेर गत मङ्सिर ८ गते जारी भएको श्वेतपत्रलाई कार्यान्वयन गर्ने र त्यसको अनुमगन गर्न अर्थमन्त्रीको संयोजकत्वमा संयन्त्र समेत बनाइसकिएकाले समस्याको निराकरणको उपाय निस्कने बताउँछन्।
]]>
7254 0 0 0
ओडारबाट महिलाको उद्धार http://localhost/ghum/%e0%a4%93%e0%a4%a1%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%b0/ Sun, 27 Dec 2015 03:34:01 +0000 http://www.ghumphir.com.np/?p=7256 ललितबहादुर बुढा
पौष १२,सुर्खेत ।
पाँच वर्षदेखि ओडारमा बस्दै आएकी जाजरकोटकी एक महिलाको उद्धार गरिएको छ । लहँ गाविस ८ निवासी कालिका खड्कालाई ओडारबाट उद्धार गरेर उपचार गर्न लागिएको छ । बच्चा जन्माउने क्रममा पाठेघर र पिसाब थैलीमा असर पर्दा मानसिक सन्तुलन गुमाएकी खड्का ओडारमा बस्दै आएकी थिइन् ।
women_removing_from_cave_in_Nepal1_620875750
काठमाडौं निवासी समाजसेवी अन्जना शाहको पहलमा खड्कालाई ओडारबाट उद्धार गरिएको हो । खड्कालाई उद्धार गरेर शनिबार नै उपचारका लागि जाजरकोटबाट धरान लगिएको छ । उनको निःशुल्क उपचार गरिने भएको छ ।
खड्का पिसाब चुहिरहने समस्याबाट ग्रसित छिन् । उनको उपचारका लागि लन्डनबाट कृष्णप्रसाद शर्मा, नर्वेबाट ज्ञानेश राई, भियनाबाट प्रदीप भण्डारी, धरानबाट डा. मोहन रेग्मी र डा. रमेशले सहयोग गर्ने वचन दिएका छन् ।
सोही आधारमा धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा कालिकाको उपचार गर्न लागेको जानकारी शाहले दिइन् । खड्काको उपचारका लागि आफूले फेसबुकमार्फत आग्रह गरेपछि सहयोगी हात बढेको अन्जनाले बताइन् ।
जाजरकोटका पत्रकारको समन्वयमा शनिबार खड्कालाई उपचारका लागि धरानतर्फ पठाइएको छ । उनलाई धरानसम्म पुर्‍याउन अन्जना शाहले दस हजार र महिला तथा बालबालिका कार्यालय जाजरकोटले ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
]]>
7256 0 0 0
हिमालमा पनि माछापालन http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%ae%e0%a4%be%e0%a4%9b%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%a8/ Sun, 27 Dec 2015 03:37:47 +0000 http://www.ghumphir.com.np/?p=7259 छविालाल बगाले

मनाङ, १२ पुस।

 हिमाली जिल्ला मनाङ प्राकृतिक हिसावले मनोरम भएपनि यहाँ धान, मकै लगायतका खाद्यान्न बाली उत्पादन हुदैनन् । भौगोलिक रुपमा निकै विकटता र बाह्रै महिना हिउँ परिहरने मनाङका किसानहरु पछिल्लो समय माछापालन ब्यवसायतर्फ आकर्षित हुन थालेका हुन् । किसानहरुले विगतमा परिक्षणको रुपमा माछापालन गरेपनि हिजोआज भने ब्यवसायीक रुपमै माछा पाल्न थालेका छन् ।

macha-palan-@-Manang-445x300

मनाङस्थित धारापानी–४ का लोकेन्द्र घलेले हिमाली परियोजनाको ८० र आफ्नो २० प्रतिशत लगानीमा माछापालन ब्यवसाय गरेका छन् । उनले हिमाली आयोजना र आफ्नो गरी कुल ५९ लाख ४२ हजारको लगानीमा माछापालन गरेका हुन् । ‘मैले जिल्लामै पहिलोपटक माछाको भुरा जापानबाट ल्याएको हुँ ।’ घलेले भने, ‘उन्नत जातको रेन्बो ट्राउट भएकोले पनि छोटो समयमा बढि प्रतिफल पाउने घलेले आशामा छु ।’

ब्यवसाय सुरु गर्दा घलेले २१ हजार माछाको भुरा पोखरीमा हालेपनि केही माछाहरु मरेको र अहिले पोखरीमा १५ हजार मात्रै माछा रहेको बताएका छन् । घलेले मनाङमा आफुले पहिलोपटक माछापालन ब्यवसाय शुरु गरेको समेत बताएका छन् । ‘चिसो ठाउँमा माछा हुदैन् भनेर धेरै किसानहरु निराश छन् ।’ उनले भने, ‘म सफल भएको छु । मैले सबैलाई ब्युँझाइदिए पनि । अब सबैले मनाङमा माछा पाल्न आवश्यक छ । किनभन्दा मनाङ पर्यटकिय क्षेत्र पनि हो ।’

जिल्लामै पहिलो माछा ब्यवसायिका रुपमा ख्याती कमाएका घलेलाई जिल्ला कृषि विकास कार्यालय मनाङले पनि प्राविधीक सहयोग र सल्लाह समेत दिदै आएको छ । कुन ब्यवसायमा हात हाल्ने भन्दै भौतारिरहेका घले हिजोआज माछापालन ब्यवसायबाट सन्तुष्ट समेत भएका छन् । ‘चिसो ठाउँमा पालेको माछाले प्रेसर सम्बन्धि रोग भएका विरामीहरुलाई फाइदा गर्छ ।’ घलेले भने, ‘मनाङमा पनि माछा फस्टाउँदो रहेछ । अब बाँकी जग्गामा पनि माछापालनको लागि तयारी गर्दैछु ।’

घलेको माछा पोखरीमा अहिले १५ हजार माछा छन् । माछाहरु बिक्रि गर्ने बेला भएपनि उनले यसबर्ष भुरा उत्पादन गर्ने योजना बनाएका छन् । पोखरीमा माछाका भुरा उत्पादन गरी जिल्लाका अन्य किसानहरुलाई उपलब्ध गराउने र मनाङलाई माछामा आत्मनिर्भर बनाउने उनको भनाई छ ।

माछा पाल्नको लागि यसअघि जिल्ला कृषि विकास कार्यालय मनाङले विशेष कार्यक्रम बनाएपनि मनाङमा माछा नहुने भन्दै कार्यक्रम नै हुन नसकेको अन्य किसानहरुको भनाई छ । पछिल्ला केही बर्षहरुमा नेपालका १० उच्च हिमाली भेगहरुमा कृषि, पशुपालन लगायत अन्य जिविकोपार्जनको काम गर्दैै आएको हिमाली परियोजनाले यहाँका किसानलाई निकै सहयोग गर्दै आएको छ ।

]]>
7259 0 0 0
आरक्षमा अठार गिद्ध मृत अवस्थामा भेटिए http://localhost/ghum/%e0%a4%86%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a0%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%ae%e0%a5%83%e0%a4%a4-%e0%a4%85%e0%a4%b5/ Sun, 27 Dec 2015 03:41:11 +0000 http://www.ghumphir.com.np/?p=7262

कञ्चनपुर, १२ पुस ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षमा दुई दिनको अवधिमा प्रकृतिको कुचिकारका रुपमा रहेका अठार गिद्ध मरेको अवस्थामा फेला परेका छन् । खरखडाईका लागि आरक्ष पिपरैया क्षेत्र खुला गरेको अवस्थामा पुस ९ गते १२ र १० गते छवटा गरी १८ वटा गिद्ध मरेको अवस्थामा फेला परेको आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो ।

veltureएकै पटक यति धेरै सङ्ख्यामा गिद्ध मर्नुको कारण खुल्न नसके पनि गिद्ध मरेको ठाउँ नजिकै दुईवटा गाईसमेत मरेको अवस्थामा फेला परेकाले वन्यजन्तुको चोरी शिकारीमा संलग्न गिरोहले गाईमा विषादी राखेको हुन सक्ने उहाँले बताउनुभयो । “मरेका गाईको सिनो खान गएका गिद्ध विषादीका कारण मरेको हुन सक्छ” – उहाँले भन्नुभयो । मरेको अवस्थामा फेला परेका गिद्धको परीक्षण गर्नका लागि धनगढी र काठमाडौँ पठाउँदै छौँ उहाँले भन्नुभयो – “परीक्षणपछि गिद्ध मर्नुको कारणबारे यकिन गर्न सकिने छ ।” शुक्लाफाँटा वन्यजन्तु आरक्ष गिद्ध संरक्षणका लागि सुरक्षित क्षेत्रका रुपमा मानिँदै आएको थियो । विश्वमा गिद्धका २३ वटा प्रजाति पाइने गरे पनि नेपालमा गिद्धका नौवटा प्रजाति मात्रै पाइने गरेका छन् । जसमध्ये कञ्चनपुरमा हालसम्म डङ्गर र सानो खैरो जातका गिद्ध देखापरेका छन् । पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक नेपाल, भारत र पाकिस्तानमा सन् २००६ मा प्रतिबन्धित भए पनि दक्षिण एसियामा यसको प्रयोग लुकीछिपी रुपमा हुने गरेकाले गिद्धहरु मर्ने क्रममा कमी नआएको संरक्षणविद्हरुको भनाइ रहेको छ । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये पाँच प्रजातिका गिद्ध नेपालबाट मात्रै नभएर विश्वबाट नै लोप हुने खतरामा परेका छन् ।

]]>
7262 0 0 0
गैँडाले हानेर एकको मृत्यु http://localhost/ghum/%e0%a4%97%e0%a5%88%e0%a4%81%e0%a4%a1%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%b0-%e0%a4%8f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af/ Sun, 27 Dec 2015 03:42:58 +0000 http://www.ghumphir.com.np/?p=7264

रत्ननगर (चितवन), १२ पुस ।

पश्चिम चितवनका एक वृद्धको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । नारायणी नगरपालिका– ३ स्थित बुद्धनगरका स्थानीयवासी ६२ वर्षीय बुद्धिप्रसाद अर्यालको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

chitawan mapरतनी हरियाली सामुदायिक वनमा शनिबार भएको सरसफाइ कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँलाई गैँडाले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । पछिल्लो समयमा सामुदायिक वनमा वन्यजन्तुको वासस्थान बढेकाले बाघ, गैँडा, बँदेललगायतका वन्यजन्तु प्रशस्तै पाइने गरेको र बेलाबखत मानिसलाई आक्रमण गर्ने गरेको छ ।

]]>
7264 0 0 0
इन्धन तस्करी गरेर गुजारा चलाउँदै http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%b0-%e0%a4%97%e0%a5%81%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%be/ Sun, 27 Dec 2015 03:44:20 +0000 http://www.ghumphir.com.np/?p=7266

पथरी (मोरङ), १२ पुस ।

पछिल्लो तीन महिनायता इन्धनको तस्करी सबैभन्दा बढी मौलाएको छ । अघोषित नाकाबन्दीले पर्याप्त इन्धन नभित्रिँदा नेपालमा पेट्रोलमात्रै होइन खाना पकाउने ग्यास, डिजेलको अभावको मौका छोपेर इन्धनको तस्करी बढेको हो । मोरङ भाथिगछका दिलचन साहको दैनिकी फेरिएको दुई महिना भयो । उहाँको एकाएक कमाइ बढेको छ । भारतीय सीमावर्ती बुधनगरका मनिराम राजवंशीको पनि काम फेरिएको अढाई महिना भयो । उहाँहरु बिहान ५ बजे उठेर डिजेलसहित अन्य इन्धन बोकेर विराटनगरतर्फ आउनुहुन्छ । उहाँहरूजस्ता धेरै व्यक्तिले सीमावर्ती खरकट्टाबाट पेट्रोल, डिजेल, ग्यास खरिद गरेर विराटनगर ल्याई बिक्री गर्ने दैनिकी बनेको छ । बन्दअघि दिलचन घर बनाउने राजमिस्त्रीको काम गर्नुहुन्थ्यो । “लामो बन्दले भोकभोकै बस्नुपर्ने अवस्था आएपछि विकल्पका रुपमा डिजेलको व्यापार गर्न थालेको हुँ” – उहाँ भन्नुहुन्छ । “केटाकेटीलाई भोकै राख्नु त भएन नि ।” राजमिस्त्रीबाट दैनिक रु ५०० कमाइ हुन्थ्यो उहाँको । तर अहिले दैनिक रु चार हजारसम्म आम्दानी हुने गरेको छ । दिलचनले भन्नुभयो – “गर्न सके दैनिक रु चार हजारसम्म कमाइ हुन्छ ।” घर निर्माणमा मात्रै होइन उद्योग कलकारखानाका मजदुरहरू पनि तेल तस्करीमा जमेर लागेका छन् । इन्धनको कारोबारमा संलग्न हरिनगराका गुद्रे हेमरमका अनुसार एक लिटरमा कम्तीमा रु २० नाफा हुन्छ । “दुईपटकमा २०० लिटर ल्यायो भने रु चार हजार दिनको कमाइ हुन्छ” – औँला भाँच्दै उहाँ भन्नुहुन्छ – “आखिर काम गरेर खाँदा के बिग्रिन्छ, आम्दानी पनि राम्रै भइरहेको छ ।” सीमावर्ती क्षेत्रमा प्रतिलिटर रु १०० मा डिजेल पाइन्छ । उनीहरूले विराटनगरमा रु १२० देखि रु १२५ प्रतिलिटरमा बिक्री गर्छन् । सो क्षेत्रमा दैनिक एक सयभन्दा बढी व्यक्तिले इन्धन ल्याउने गरेको बेचन टुडुको भनाइ छ । पेट्रोल प्रतिलिटर रु १४० मा बिक्री गर्छन् । विराटनगर बसपार्कमा इन्धन तस्करको हरेक दिन बिहान मेला नै लाग्ने गरेको पाइन्छ । कोही ग्यासको मोलमोलाइ गरिरहेका भेटिन्छन् भने कोही पेट्रोल, डिजेल र ग्यासको अर्डर लिइरहेका हुन्छन् । कोही राजधानी जाने रात्रिबसमा ग्यास र इन्धनका ड्रम लोड गरिरहेका भेटिन्छन् । यसरी आउने इन्धन राजधानीका साथै इटहरी, धरान, धनकुटासहित पूर्वी पहाडी जिल्लामा समेत लगिने गरेको छ । मङ्गलबारदेखि विराटनगरबाट यातायात सञ्चालन भएपछि तस्करीको इन्धन बाहिर पठाउन सहज भएको छ । स्थानीयवासी रोशनराज बाना भन्नुहुन्छ – “पैसा तिरेपछि जति पनि इन्धन पाइन्छ ।” केही समययता इन्धन खरिद–बिक्री गर्ने हाटबजारजस्तो देखिन थालेको छ विराटनगर बसपार्क । सिलिन्डरसहितको भरेको ग्यासको रु छ हजार ५०० सम्म लिने गरेका छन् ।

]]>
7266 0 0 0
पोखराका ६० प्रतिशत होटल अग्रिम बुकिङ http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a5%ac%e0%a5%a6-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%a4-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2-%e0%a4%85/ Sun, 27 Dec 2015 03:46:46 +0000 http://www.ghumphir.com.np/?p=7269

पोखरा, १२ पुस ।

रेस्टुराँ एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले नयाँ अँग्रेजी वर्ष २०१६ को अवसरमा गर्न लागेको १७औँ सडक महोत्सवको पूर्वसन्ध्यामा लेकसाइड क्षेत्रका ६० प्रतिशतभन्दा बढी होटलमा अग्रिम बुकिङ भएको छ ।

mount kailash resort pokhara  (7)महोत्सवको जानकारी गराउने उद्देश्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक दोर्जे लामाले महोत्सवमा आउनका लागि आन्तरिक तथा बाह्य पर्यटकको अत्यन्त उत्साह देखिएको बताउनुभयो । ‘सडकमै खाउँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको संयोजक लामाले जानकारी गराउनुभयो । उहाँका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धनको लक्ष्यसहित गर्न लागिएको महोत्सवमा होटल तथा रेस्टुराँको मेनुमा विशेष छुटको व्यवस्था गरिएको छ । लेकसाइड क्षेत्रको सहिदचोकदेखि डिहीको पाटनसम्मको तीन किमी क्षेत्रलाई समेटेर गर्न लागिएको महोत्सवमा विभिन्न स्वदेशी तथा विदेशी खानाका परिकारसहित भरपुर सांस्कृतिक मनोरञ्जन गराउने लक्ष्य राखिएको रेबानका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी गराउनुभयो । उहाँका अनुसार मेलालाई लक्षित गरी प्रभावकारी सुरक्षा व्यवस्था, स्वास्थ्य शिविर, यातायात, दमकललगायतका अत्यावश्यकीय पक्षको व्यवस्थापन गरिसकिएको छ । महोत्सवमा विभिन्न जातजातिका कला र संस्कृति झल्किने नाचगान र झाँकी प्रदर्शन गरिने र संस्कृतिको प्रचारप्रसार एवम् जगेर्नालाई समेत दृष्टिगत गरी देवीदेवताको अवतारमा आधारित लोपोन्मुख बालन नाच पनि देखाइने रेवानले जनाएको छ ।

]]>
7269 0 0 0
खोलाजन्य सामग्रीको चोरी निकासी http://localhost/ghum/%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a5%80/ Sun, 27 Dec 2015 03:49:38 +0000 http://www.ghumphir.com.np/?p=7272

परासी, १२ पुस ।

नवलपरासीका विभिन्न खोलानालाबाट दिनहुँ खोलाजन्य सामग्रीको चोरी निकासी भइरहेको छ । खोला ठेक्का नलागेपछि स्थानीय आवश्यकता पूरा गर्न तस्कर गिरोह चोरी निकासीमा सक्रिय भएका हुन् । रातारात खोलामा ट्र्याक्टर लगेर खोलाबाट बालुवा र ढुङ्गा निकाल्ने काम भएको हो । खोला ठेक्का नलागेपछि तस्करहरुले पहिलेको तुलनामा बालुवा ढुङ्गाको भाउ दोब्बर पु¥याएका छन् ।

nepal-riverचुरे क्षेत्रको यकिन सीमाङ्कन नभएकाले र वातावरणीय प्रभाव मूल्याङ्कन नहुँदा पनि खोला ठेक्का लगाउने प्रक्रिया अगाडि नबढेको जिविस राजस्व शाखाका रिजवान अन्सारीले बताउनुभयो । नवलपरासीको तुरिया खोलाअन्तर्गत शुक्रौली गाविसको वडा नं ३, ४ र ५ तथा हकुई गाविसमा पर्ने तोनवा पुलसम्मको खोलामा दैनिक ३० वटा ट्र्याक्टरले बालुवा चोरी गरिरहेको स्थानीयवासीले बताएका छन् । त्यसैगरी रामनगरको पानभार, झरही, अरुणखोला, बौलाहा खोलालगायतका खोलाबाट पनि दैनिक नदीजन्य पदार्थ चोरी निकासी भइरहेको छ । खोला ठेक्का नलाग्दा जिविसलाई दैनिक लाखौँको घाटा भएको छ भने जथाभावी बालुवा चोरी हुँदा वर्षात्मा समस्या आउने जानकारहरुले बताएका छन् । अनुगमन प्रभावकारी नहुँदा पनि चोरी निकासी बढेको हो । जिविसका केही कर्मचारी र प्रहरीको समेत मिलेमतो रहेको खोला छेउमा बस्ने स्थानीयवासीको आरोप छ । यता जिविसले खोलाको सतह हेरी कुन खोलाबाट कति नदीजन्य वस्तु निकाल्न सकिन्छ भनी टोली बनाएको र टोलीको प्रतिवेदन मन्त्रालयमा पठाएको जनाएको छ ।

]]>
7272 0 0 0
पशुपतिमा वाग्मती सफाइ, १२ मेट्रिक टन फोहोर व्यवस्थापन http://localhost/ghum/%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%ae%e0%a4%a4%e0%a5%80-%e0%a4%b8%e0%a4%ab%e0%a4%be%e0%a4%87-%e0%a5%a7%e0%a5%a8/ Sun, 27 Dec 2015 03:52:36 +0000 http://www.ghumphir.com.np/?p=7275

काठमाडौँ, १२ पुस ।

वाग्मती सफाइ महाअभियानको १३७औँ हप्तामा पशुपति क्षेत्रको आर्यघाटस्थित राममन्दिर परिसरमा सरसफाइ गरी १२ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा जति सफाइ गरे पनि न्यूनतम् मापदण्डमा स्थापित गर्न नसकिएकाले फेरि सफाइमा फर्कनुपरेको सफाइ अभियन्ता एलपी भानु शर्माले जानकारी दिनुभयो ।

pasupati mandir @ ghumphir (9) विश्वका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि पशुपति क्षेत्र विकास कोष र सरकारका सरोकारवाला निकायका अधिकारी पनि आजको सफाइमा उपस्थित हुनुभएको थियो । सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्व मुख्यसचिव लीलामणि पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव दिनेश थपलिया, कोषका सदस्य–सचिव डा गोविन्द टन्डन र नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीलगायतका सरोकारवाला अधिकारीहरुले नियमित सफाइ गरी स्वच्छ पर्यटकीयस्थल बनाउन आवश्यक कदम चालिने बताउनुभएकोे थियो । सफाइसँगै कोषका सदस्य–सचिव डा टन्डन र कार्यकारी अधिकृत रमेश उप्रेतीले पशुपति क्षेत्रलाई दिनदिनै सफाइ गर्ने कार्ययोजना पेस गर्नुभएको थियो । कार्ययोजनामा एक महिनामा पशुपतिलाई सफा स्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ । तिलगङ्गा–गुह्येश्वरी नयाँ खोलिएको सडकलाई अघोषित डम्पिङ साइट बनाइएकाले त्यो हटाउन कोषले पहल गर्ने र त्यसको अनुगमन सफाइ महाअभियानले गर्ने निर्णय गरिएको अभियानकर्ता डा राजु अधिकारीले जानकारी दिनुभयो ।

]]>
7275 0 0 0
हात्तीले माला लगाउदै http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a5%88/ Sun, 27 Dec 2015 03:54:22 +0000 http://www.ghumphir.com.np/?p=7278 7278 0 0 0 बाँसका सामग्री बनाउँदै http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Sun, 27 Dec 2015 03:55:40 +0000 http://www.ghumphir.com.np/?p=7282 7282 0 0 0 भूकम्पपीडित http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4/ Sun, 27 Dec 2015 03:57:29 +0000 http://www.ghumphir.com.np/?p=7285 7285 0 0 0 चिनियाँलाई भिसा शुल्क नलाग्ने निर्णयको टानद्वारा स्वागत http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ad%e0%a4%bf%e0%a4%b8%e0%a4%be-%e0%a4%b6%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%95-%e0%a4%a8%e0%a4%b2/ Sun, 27 Dec 2015 16:03:44 +0000 http://www.ghumphir.com.np/?p=7293 काठमाडौं, १२ पुस ।

चिनियाँ नागरिकहरुलाई नेपाल भ्रमण गर्दा भिसा शुल्क नलाग्ने सरकारी निर्णयको ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले स्वागत गरेको छ। जनवरी १, २०१६ देखि चिनियाँ नागरिकलाई नेपाल भ्रमण गर्दा भिसा शुल्क नलाग्ने सरकारले निर्णय गरेको छ।

taan-logo

सरकारको निर्णयले भूकम्प, तराइ आन्दोलन् र भारतीय नाकाबन्दीले थलिएको नेपाली पर्यटन उद्योगलाई पुनरुत्थान गर्न सहयोग पुग्ने टानले बताएको छ।

सन् २०१४ मा १ लाख २३ हजार ८ सयले चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए जुन संख्या सन् २००३ मा मात्र ७ हजार पाँच सय रहेको थियो। नेपालले सन् २०१४ मा स्वागत गरेको बिदेशी पर्यटकहरु मध्ये १५.७ प्रतिशत चिनियाँको रहेको थियो।

'भिसा शुल्क नलाग्ने व्यबस्थाको चिनियाँ बजारमा अनलाइन, छापा, र विद्युतिय माध्यममार्फत प्रभावकारी रुमपा प्रसारण/प्रकाशन गर्न टान सम्बन्धित सरोकारवाला निकाय, बिशेषत पर्यटन बिभाग र नेपाल पर्यटन बोर्डलाई हार्दिक अनुरोध गर्दछ', टानको विज्ञप्तिमा भनिएको छ।

]]>
7293 0 0 0
राप्रपा बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिन माग http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%be-%e0%a4%ac%e0%a5%88%e0%a4%a0%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88/ Sun, 27 Dec 2015 16:09:56 +0000 http://www.ghumphir.com.np/?p=7295

काठमाडौँ, १२ पुस ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको आज बसेको पूर्ण बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन माग गरेका छन् । पार्टी अध्यक्ष लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा दुई दिनदेखि बसुन्धराको दियालो फुडल्यान्डमा जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले वर्तमान सरकारको कार्यशैलीको आलोचना गरेका थिए । बैठकमा बोल्ने सदस्यले लामो समयदेखि गुट–उपगुट रहेको पार्टीमा मेलमिलापको वातावरण र विवाद मिलेकोमा स्वागत गरेका थिए । बैठकमा पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य गरी १०३ जनाको सहभागिता छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा बारेमा छलफल भएको पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । आजको बैठकमा सुरेन्द्र केसी, राजेन्द्र गुरुङ, नानीमैयाँ आचार्य भीमा यादवलगायत २८ केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नुभएको थियो । बैठक भोलि दिँउसो पुनः बस्नेछ ।

]]>
7295 0 0 0
सौराहामा जारी हात्ती महोत्सवमा, दश हात्ती तेस्रो चरणमा http://localhost/ghum/%e0%a4%b8%e0%a5%8c%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b/ Sun, 27 Dec 2015 16:16:12 +0000 http://www.ghumphir.com.np/?p=7297

रत्ननगर (चितवत), १२ पुस ।

चितवनको रत्ननगरस्थित सौराहामा जारी हात्ती महोत्सव अन्तर्गत हात्ती फाष्टवाकको आज सम्पन्न दोस्रो चरणका खेलबाट १० हात्ती तेस्रो चरणमा प्रवेश गरेका छन् । आज दुई चरणमा खेलाइएको खेलमा प्रत्येक समूहबाट एक एक हात्ती बाहिरिएका हुन् । सहभागि १२ हात्तीमध्ये आज पूजाकली र ईच्छाकली बाहिरिएको नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । खेलको समूह ‘ए”बाट रानीमायाँकली, जूनकली, एलिसाकली, एकताकली ‘ए’ र ‘बी’ छनोटमा परे । यस्तै समूह ‘बी’बाट रुक्सीकली, ब्यूटीकली, अप्पुकली, पूजा र जानकीकली तेस्रो चरणमा प्रवेश गरेका छन् । सोमबार उनीहरुबीच प्रतिपस्र्धा गराइने छ । यस्तै आज भएको पहिलो गाडा दौडमा सहभागि १५ गाडामध्ये नौ वटा गाडा दोस्रो चरणमा प्रवेश गरेका छन् भने १२ वटा टाँगामध्ये छ वटा टाँगा दोस्रो चरणमा प्रवेश गरेका तिवारीले जानकारी दिनुभयो । महोत्सव अन्तरगत सोेमबार हात्ती फाष्टवाकसहित गाडा, टाँगा दौडका बाँकी खेल हुने छन् भने हात्ती पिकनिक र डुङ्गा दौडको उद्घाटनसमेत हुने महोत्सव संयोजक सुमन घिमिरेले जानकारी दिनुभयो । यस्तै सोमबारबाटै हात्ती सुन्दरी प्रतियोगितासमेत सुरु हुँदै छ । आज शान्तिश्री परियारलगायत कलाकारले साँगितिक कार्यक्रम प्रस्तुत गर्ने र सोमबार हास्यकलाकार जीतु नेपाल आउने साँस्कृतिक संयोजक दीपक अधिकारीले जानकारी दिनुभयो । हात्ती महोत्सव यही १५ गतेसम्म चल्ने छ ।

]]>
7297 0 0 0
काँग्रेस परिवर्तन र गतिशील हुनुपर्ने : उपसभापति पौडेल http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%a8-%e0%a4%b0-%e0%a4%97%e0%a4%a4%e0%a4%bf%e0%a4%b6/ Mon, 28 Dec 2015 03:56:36 +0000 http://www.ghumphir.com.np/?p=7300 पाल्पा, १३ पुस ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान जारी भएकाले नेपाली काँग्रेस पनि परिवर्तन र गतिशील हुनुपर्ने बताउनुभएको छ ।

Ramchandra-Paudelनेपाल पे्रस युनियन, पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपसभापति पौडेलले काँग्रेसमा भागबन्डाका आधारमा राजनीति हुँदै आएकामा अब पार्टी मूल्याङ्कनका आधारमा चल्नुपर्ने धारणा राख्नु भयो । उहाँले नेपाली काँग्रेसको नीतिगत बहस हुन जरुरी रहेको र काँग्रेस बदलिएर देशलाई बदल्नुपर्ने बताउनुभयो । उपसभापति पौडेलले संविधान जारी गर्ने पक्ष र मधेसी दलहरुबीच समस्या समधान गर्ने विषयमा राजनीतिक तहमा छलफल भइ रहेको उल्लेख गर्नु भयो । काँग्रेसको १३औँ महाधिवेशन नजिकै आउँदै गरेको अवस्थामा नेता पौडेल संविधान, सद्भाव अभियानसँगै चुनावी प्रचारमा जिल्ला भ्रमण रहनु भएको छ । पाल्पामा काँग्रेसका कार्यकर्ताहरुमा चुनावी माहोल बढेको छ ।

]]>
7300 0 0 0
एम्बुलेन्स दुर्घटनामा तीनजनाको मृत्यु http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a5%80/ Mon, 28 Dec 2015 03:58:58 +0000 http://www.ghumphir.com.np/?p=7303 इलाम, १३ पुस ।

बिरामी लिएर झापाबाट पाँचथरतर्फ आउँदै गरेको एम्बुलेन्स आज बिहान करिब ४ः३० बजे इलामको गोदकमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा पाँचथर फिदिम निवासी आनन्द अधिकारी, रेनुका अधिकारी र नरीमाया चौहानको घटनास्थलमै मृत्यु भएको हो । मे१च १७४७ नंको जनमैत्री सेवा संस्था, पाँचथरको एम्बुलेन्स मेची राजमार्गअन्तर्गत गोदक–४ घट्टामा सडकबाट करिब ३५० मिटर तल पल्टिएको थियोे । घाइते हुनेहरूमा एम्बुलेन्स चालक गेहनाथ प्रसाईं र टीकाराम अधिकारी रहेका छन् । उनीहरूलाई उपचारका लागि झापातर्फ लगिएको प्रहरीले जनाएको छ ।

]]>
7303 0 0 0
सात करोड लगानीमा खनिएको सडक प्रयोगविहीन http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a4-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a4%a8%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b8/ Mon, 28 Dec 2015 04:00:42 +0000 http://www.ghumphir.com.np/?p=7305 जाजरकोट, १३ पुस ।

यहाँँको पश्चिम छेडा थलह सडक सञ्चालनमा नआउँदा स्थानीय बासिन्दालाई सास्ती भएको छ । गुणस्तरीय काम हुन नसक्दा सडक सञ्चालनमा आउन नसकेको हो । सडक विभाग र जिविसले सडक निर्माण सम्पन्न भएको भन्दै रु सात करोड निर्माण समिति र निर्माण कम्पनीलाई भुक्तानी गरिसकेको छ तर कमिसनको चच्करका कारण सडक गाडी गुड्न लायक नहुँदा प्रयोगविहीन भएको हो । सडक सञ्चालनमा नआउँदा १५ गाविसका बासिन्दालाई आवतजावत र दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्न समस्या भएको छ । सडक नहुँदा विकास निर्माणको कामसमेत प्रभावित बनेको छ । सडक सुविधा नहुँदा बिरामीलाई उपचारका लागि डोकोमा बोकेर सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ । थलह सडकमा जिविस, सडक विभागले १० वर्षअघि ट्र्याक खोलिएको २२ किलोमिटर सडकमा रु सात करोड बढी रकम खर्च भइसकेको छ । सडकमा ट्र्याक्टरसमेत चल्न सकेको छैन । सडक बनाऔँ यातायात सञ्चालन गरौँ भन्ने सोच नहुँदा र हचुवाका भरमा सडक खन्दा यस्तो हुन गएको प्राविधिकले बताएका छन् ।

]]>
7305 0 0 0
नौलो चित्रकला प्रदर्शनी http://localhost/ghum/%e0%a4%a8%e0%a5%8c%e0%a4%b2%e0%a5%8b-%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a5%80/ Mon, 28 Dec 2015 04:02:35 +0000 http://www.ghumphir.com.np/?p=7307 काठमाडौँ, १३ पुस ।

कलाकारहरुले आफूले तयार गरेका कलामा दर्शकको आकर्षण बढाउन नौलो तरिकाहरु अपनाउन थालेका छन् ।अहिलेसम्म चित्रकार तथा मूर्तिकारले आफूले तयार गरेका चित्र तथा मूर्ति प्रदर्शनमा राख्ने प्रचलन रहँदै आएको छ । तर केही कलाकारले भने प्रदर्शनीस्थलमा नै कलाहरु सिर्जना गरेर दर्शकको ध्यान तान्न खोजिरहेका छन् । रुवटेक एसोसिएसन अफ नेपाल र सिद्धार्थ आर्ट फाउन्डेसनद्धारा आयोजित कला प्रदर्शनीमा कलाकारहरु चित्रमार्फत विभिन्न ठूलाठूला घडी, छाता तथा फोटोग्राफीका विभिन्न चित्रको प्रदर्शन गरेर दर्शकलाई मनमोहक स्वाद दिने कोसिस गरेका छन् । त्यस्तै सिर्जनात्मक वस्तुमा विशाल जुत्तादेखि सर्वसाधारणले लगाउने विभिन्न जुत्ताका जोरहरु, नेपाली विद्यार्थीले तयार गरेको रोबोर्ट, भीमकाय सारङ्गी आदि प्रदर्शन गरिएको छ । कुनै पनि कार्यक्रममा अतिथि बोलाएर उद्घाटन गर्ने प्रचलनलाई तोड्दै कलाकार र प्रविधिलाई सँगसँगै ल्याउने दर्शकबीच अन्तक्र्रिया गर्ने उद्देश्यले सो कार्यक्रम गरेको कलाकार निश्चल ओलीले राससलाई बताउनुभयो । सो प्रदर्शनीमा मिमोसाको प्रक्रिया, शान्ति पोखरी, इरिटेटिङ मेसिन, गन्धर्वहरुको सारङ्गी, कलाकार किरण महर्जनको डाइमेन्सन तथा फोटोग्राफर मनिष पौडेलको बेस्ट इज ब्युटिफुल शीर्षकका सिर्जनाहरु राखिएका छन् । नेपाल आर्ट काउन्सिलमा आयोजना भइरहेको सो प्रदर्शनी पुस २१ गतेसम्म सञ्चालन हुने कलाकार ओलीले जानकारी दिनुभयो ।

]]>
7307 0 0 0
भूकम्प प्रभावित परिवारको क्षेत्रमा सहयोगका लागि धार्मिक यज्ञ http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%a4-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b/ Mon, 28 Dec 2015 04:04:24 +0000 http://www.ghumphir.com.np/?p=7309 परासी, १३ पुस ।

भूकम्प प्रभावित परिवारको क्षेत्रमा सहयोगका लागि आर्थिक सङ्कलन गर्न नवलपरासीमा धार्मिक यज्ञ महोत्सव हुने भएको छ । कावासोतीमा माघ १ गतेदेखि माघ ११ गतेसम्म माघ मेला तथा धार्मिक यज्ञ महोत्सव आयोजना हुने भएको हो । भूकम्पमा परेर दिवङ्गत भएका व्यक्तिका सन्तानहरुको भोजन तथा शिक्षाका लागि यज्ञबाट सङ्कलित रकम खर्च गरिने गरी सो धार्मिक मेला आयोजना हुन लागेको छ । धार्मिक मेलामा पितृमोक्ष दुःख निवारण एक लाख लड्डुद्वारा गणपति अर्चना गरिने सो धार्मिक मेला नेपालको इतिहासमै पहिलो पटक हुन लागेको आयोजकले दाबी गरेको छ । नवलपरासीको कावासोती खुला मैदानमा हुने धार्मिक मेला तथा धनधान्याञ्चल महायज्ञका लागि मूल आयोजक समितिसमेत गठन भएको छ । गरिब र विपन्न विद्यार्थीलाई पोसाकसहित शैक्षिक सामग्री नवलपरासीमा गरिब विपन्न समुदायका ७० जना स्कुले विद्यार्थीलाई विद्यालय पोसाकसहित विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको छ । होस्टे हैँसे र किन्डर नेपालको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालले जिल्लाको देवचुली नगरपालिकामा रहेका पाँचवटा विद्यालयमा अध्ययरत विद्यार्थीलाई विद्यालय पोसाकसहित शैक्षिक सामग्री प्रदान गरिएको हो । विद्यालय पोसाकसहित झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री प्रदान गरिएको बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था जागृति बाल तथा युवा सरोकार नेपालले जनाएको छ । प्रगति निमावि, नारायणी प्रावि, दिव्यज्योति निमावि, वाल्मीकि प्रावि, जनज्योति उच्च माविका विद्यार्थीलाई विद्यालय पोसाक र विविध शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

]]>
7309 0 0 0
टेलिफोन सेवा अवरुद्ध http://localhost/ghum/%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7/ Mon, 28 Dec 2015 04:06:26 +0000 http://www.ghumphir.com.np/?p=7311 विराटनगर, १३ पुस ।

पूर्वाञ्चलस्थित नेपाल टेलिकमको सतही (ल्याण्डलाइन)टेलिफोन र मोबाइल सेवा आइतबारदेखि अवरुद्ध छन् । स्थानीयस्तरमा सतही टेलिफोन सेवा सञ्चालनमा रहेको भए पनि काठमाडौँतर्फको सम्पर्क विच्छेद भएको छ । मोबाइल सेवामा पनि सोही समस्या रहेको भए पनि कुनै–कुनै बेला सम्पर्क हुने गरेका छन् । यस सम्बन्धमा विराटनगरस्थित नेपाल टेलिकम कार्यालयका सिनियर प्राविधिक पोषनारायण चौधरीले काठमाडौँ र विराटनगरको बीचमा अप्टिकल फाइबर काटिएको बताउनु भयो । यो फाइबर माटोमुनि विछ्याएको हुन्छ । काटिएका अप्टिकल फाइबरको मर्मतका लागि प्राविधिक खटाइसकेको उहाँले बताउनुभयो ।

]]>
7311 0 0 0
गाढा दौड http://localhost/ghum/%e0%a4%97%e0%a4%be%e0%a4%a2%e0%a4%be-%e0%a4%a6%e0%a5%8c%e0%a4%a1/ Mon, 28 Dec 2015 04:08:37 +0000 http://www.ghumphir.com.np/?p=7313 7313 0 0 0 टाँगा दौड http://localhost/ghum/%e0%a4%9f%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a4%be-%e0%a4%a6%e0%a5%8c%e0%a4%a1/ Mon, 28 Dec 2015 04:10:53 +0000 http://www.ghumphir.com.np/?p=7316 7316 0 0 0 पर्यटनको विकासका लागि छिमेकी मुलुकका पर्यटक महत्वपूर्ण http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%9b%e0%a4%bf/ Mon, 28 Dec 2015 17:17:43 +0000 http://www.ghumphir.com.np/?p=7320 काठमाडौैँ, १३ पुस ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक भारत र चीनबाट आउने पर्यटक महत्वपूर्ण भएको बताउनुभएको छ ।

]]>
7320 0 0 0
प्राधिकरणका ५३० ट्रान्सफर्मर जले http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%b0%e0%a4%a3%e0%a4%95%e0%a4%be-%e0%a5%ab%e0%a5%a9%e0%a5%a6-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%ab/ Mon, 28 Dec 2015 17:20:53 +0000 http://www.ghumphir.com.np/?p=7322

काठमाडौँ, १३ पुस ।

उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले विद्युत् सङ्कट समाधान गर्ने ढङ्गले काम गर्न नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उपप्रधानमन्त्रीमा नियुक्त भएको साढे दुई महिनापछि आज प्राधिकरण पुगेर ऊर्जामन्त्रीले जलविद्युत् क्षेत्रका विकासका लागि प्राधिकरणले केके गर्नुपर्ने हो, ठोस कार्ययोजना बनाएर ल्याउन आग्रह गर्दैे भन्नुभयो– “ऊर्जा सङ्कट समाधान गर्न के के गर्नुपर्छ, गर्नुस् । ” पछिल्लो दिनमा नदीमा जलप्रवाह घटेका कारण दैनिक ११ घन्टाभन्दा बढी विद्युत्भार कटौती भएको र भारतको अघोषित नाकाबन्दीपछि सबैभन्दा बढी भार विद्युत्मा नै परेकाले समस्या उत्पन्न भइरहेका अवस्थामा सबैसँग मिलेर काम गरिने ऊर्जा मन्त्रीको भनाइ थियो । गत भदौ १० गतेदेखि प्राधिकरणको बोर्ड बैठक बस्न नसकेको, कार्यकारी प्रमुखको विवादका कारण दैनिक कामकाजमा समस्या उत्पन्न भएको र विद्युत् खरिद सम्झौता रोकिएको छ । प्राधिकरण सञ्चालक समितिको सदस्यको विवाद पनि कायमै रहँदा थप समस्या भइरहेका अवस्थामा ऊर्जामन्त्री रायमाझीले सबै समस्या समाधान गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेले प्राधिकरणको समग्र कार्ययोजनाका बारेमा जानकारी गराउनुभयो भने प्राधिकरणका कर्मचारी सङ्घसङ्गठनका प्रमुखले पछिल्लो दिनमा प्राधिकरणका ५३० ट्रान्सफर्मर जलेको र विद्युत् प्रणालीमा नै समस्या भएको अवस्थामा मर्मतसम्भारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता आँैल्याएका थिए ।

]]>
7322 0 0 0
चिसोले कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या १३ पुग्यो http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%b8%e0%a5%8b%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a4%a0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%b0-%e0%a4%ae%e0%a4%b0%e0%a5%8d/ Mon, 28 Dec 2015 17:25:08 +0000 http://www.ghumphir.com.np/?p=7324

गोकर्ण भण्डारी  दोलखा, १३ पुस ।

यस जिल्ला चिसोबाट मृत्यु हुने भूकम्प प्रभावित वृद्धवृद्धाको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । विभिन्न गाविसमा गरी आज थप पाँच जनाको चिसोका कारण मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि जस्ताको टहरा र पालमा बस्दै आएका वृद्धवृद्धा चिसोका कारण बिरामी पर्ने र मृत्यु हुने क्रम पछिल्ला दिन बढ्दै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार दोलखा चङ्खु गाविस–७ की ५५ वर्षीय मिठ्ठु तामाङ, लापिलाङ–३ का ७३ वर्षीय गम्भीर थामी, पवटी–५ का ५८ वर्षीय बमबहादुर तामाङ, शैलुङ्गेश्वर–५ का ८२ वर्षीय देवकुमारी कार्की र कालिञ्चोक–१ की ६६ वर्षीय सानुमाया थामीको चिसोका कारण बिरामी परी मृत्यु भएको हो । यसअघि भूकम्पले घर भत्किए पछि जस्ताको टहरामा बस्दै आएका मेलुङ–८ का ६८ वर्षीय विष्णुमाया श्रेष्ठ र ७० वर्षीय जगतबहादुर श्रेष्ठ, दोलखा डाँडाखर्क– ८ का ९५ वर्षीय धनराज तामाङ, झुले गाविस–७ का ८६ वर्षीय लालबहादुर कार्की, झुले गाविस–४ का ८३ वर्षीय जानुका कार्की, गैरीमुदी गाविसका ६८ वर्षीय लालबहादुर तामाङ, बुलुङ गाविस–८ का ६२ वर्षीय भक्तबहादुर मगर र जफे गाविस–१ का ७९ वर्षीय भद्रकुमारी पोखरेलको चिसोका कारण मृत्युु भएको स्थानीयवासीले बताएका थिए । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले दोलखाको केही गाविसमा वृद्धवृद्धाको मृत्यु भएको जानकारी आएको भए पनि चिसोकै कारण मृत्यु भएको हो भने तथ्य प्रमाणित भइनसकेकोे बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख माधव लम्सालले दोलखाको विभिन्न ठाउँमा मृत्यु भएका मानिस चिसोको कारणभन्दा पनि दम, मिर्गौला जस्ता समस्याले पीडित रहेको बुझिएको बताउनुभयो । मृत्यु भएका अधिकांश दीर्घरोगी भएको उहाँको भनाइ छ । भूकम्पले घर भत्किए पछि टहरामा बसेका बिरामी, वृद्धवृद्धा, बालबालिकाले स्वास्थ्यमा कुनै समस्या भए तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न र तातो कपडा लगाएर बस्न उहाँले सुझाव दिनुभएको छ । मृत्यु हुनेहरुको सङ्ख्या बढेर सरोकारवालामाथि चुनौती थपिएको नागरिक समाज दोलखाका अध्यक्ष चिरञ्जीवी मास्के बताउनुहुन्छ । सरकारले भूकम्प प्रभावित जिल्लामा राहत तथा पुनःस्थापनाको काम प्रभावकारी ढङ्गले अगाडि बढाउन नसक्दा घरवारविहीन बनेका पीडित धमाधम बिरामीसमेत पर्न थालेका छन् । स्थानीय विकास अधिकारी सीता परियारका अनुसार दोलखाका भूकम्पपीडितलाई न्यानो कपडाका लागि सरकारले दिने भनेको रु १० हजार वितरण सुरु गरिएको छ । जिल्लाको भूकम्पपीडितको सङ्ख्याको हिसाबले रु ८५ करोड ८५ लाख ८० हजार आवश्यक पर्नेमा अहिले रु ५० करोडमात्र प्राप्त भएको पनि उहाँले जानकारी दिनुभयो ।

]]>
7324 0 0 0
मिसावट पाइएपछि पम्पमा सिलबन्दी http://localhost/ghum/%e0%a4%ae%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%b5%e0%a4%9f-%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%8f%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%aa%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%bf/ Mon, 28 Dec 2015 17:28:09 +0000 http://www.ghumphir.com.np/?p=7326

भक्तपुर, १३ पुस ।

सल्लाघारीस्थित सूर्यविनायक आयल स्टोरमा आज वाणिज्य विभागले सिलबन्दी गरेको छ । पम्पबाट वितरण गरेको डिजेलले गाडी नचलेपछि डिजेलमा मिसावट भएको आशङ्कामा वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेसहितको टोलीले स्टोरको अनुगमन गरी सिलबन्दी गरेको हो । डिजेलमा पानीलगायत पदार्थ मिसावट गरेर बिक्री गरेको पाइएपछि वाणिज्य विभागले डिजेल बिक्री वितरण गर्न रोक लगाउँदै पम्पमा सिलबन्दी गरेको हो । बिहान डिजेल वितरण गरेलगत्तै गाडीको चल्न बन्द भएपछि डिजेलमा मिसावट भएको पत्ता लागेको थियो । आयल स्टोरले पाँचवटा गाडीमा डिजेल हालेलगत्तै कुनै पनि गाडी नचलेपछि चालकले डिजेल झिकेर हेर्दा धमिलो पानी जस्तो रहेको देखिएको बा३ख ६८३३ नम्बरको बसका चालक सुमन गोजाले बताउनुभयो । उक्त पम्पमा डिजेल भरेका बा२ख ४१९८ नम्बरको बसका चालक पूर्णबहादुर बजगाईंले चारदिन लाइन बसेर डिजेल हालेलगत्तै बसको इन्जिन नै बिग्रेकाले पम्प सञ्चालकले क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो । महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले उक्त पम्पमा आइतबार साँझ ४००० लि डिजेल आएको र आज बिहान ८ बजे वितरण गर्दा मिसावट भएको पाइएपछि वाणिज्य विभागले परीक्षणका लागि डिजेलको नमुना लगेको जानकारी दिनुभयो । पम्प सञ्चालक मधु प्रधानाङ्गले भने आफूले डिजेलमा मिसावट नगरेको दाबी गर्नुभयो ।

]]>
7326 0 0 0
सिटी बसपार्क बन्ने पक्का http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%9f%e0%a5%80-%e0%a4%ac%e0%a4%b8%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%be/ Mon, 28 Dec 2015 17:35:38 +0000 http://www.ghumphir.com.np/?p=7328

वीरेन्द्रनगर, १३ पुस ।

अलपत्र परेको सिटी बसपार्क अब बन्ने पक्का भएको छ । दुई वर्षदेखि विभिन्न कारणले अलपत्र परेको बसपार्कको टेन्डर स्वीकृत भएपछि बन्ने छनक देखिएको छ । गतवर्ष निर्माण सम्पन्न भइसक्नुपर्ने बसपार्कको अझैसम्म दोस्रो चरणको काम सुरु हुन सकेको थिएन । सो बसपार्क अहिले चाङरिला जेव कन्सट्रक्सन प्रालि काठमाडौँसित रु सात करोडमा ठेक्का स्वीकृत भएपछि बन्ने भएको हो ।

map-of-surkhetगत मङ्सिर ४ गते चाङरिला जेवको ठेक्का स्वीकृत गरिएको नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिनुभयो । “अबको दुई वर्षमा बसपार्क निर्माण कार्य पुरा हुन्छ” उहाँले भन्नुभयो । बीस वर्षभित्र पाँच प्रतिशत ब्याजदरसहित वार्षिक रु ७५ लाख तिर्ने सर्तसहित नगर विकास कोषले ऋण उपलब्ध गराएको हो । नगर विकास कोषले किस्ताबन्दीमा सो रकम उपलब्ध गराउनेछ । बसपार्क निर्माण सम्पन्न भएपछि सञ्चालन गर्न ठेक्कामा दिइने र ुने आम्दानी कोषमा जम्मा गरी तिर्दै जाने योजना बनाएको अधिकृत शर्माको भनाइ छ । अहिले अस्थायी बसपार्क बनाई यातायात सञ्चालनमा रहेको छ ।

]]>
7328 0 0 0
ठगी गर्दै हिँड्ने तीन जना पक्राउ http://localhost/ghum/%e0%a4%a0%e0%a4%97%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%b9%e0%a4%bf%e0%a4%81%e0%a4%a1%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%9c%e0%a4%a8%e0%a4%be/ Tue, 29 Dec 2015 03:11:52 +0000 http://www.ghumphir.com.np/?p=7332

पथरी (मोरङ), १४ पुस ।

पूर्वी मोरङमा नक्कली सुनको गहना बनाई ठगी गर्दै हिँड्ने गिरोहका तीन जनालाई प्रहरीले इटहरा र उर्लाबारीबाट नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाले इटहरा–२ का कुमार विश्वकर्मा र सिजुवा–२ का मिलन सुनवारलाई गए राति इटहरा–६ स्थित उलुघुटुस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट रु ५० हजार र नक्कली सुनका दुईवटा गहना नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायब निरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो । प्रहरीले उनीहरुलाई बिहान नगद र बरामद सामग्रीसहित सार्वजनिक गरेको छ । यस्तै, नक्कली सुनको गहना बनाई सुनचाँदी व्यवसायीलाई ठग्ने गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरीले आजै उर्लाबारीका सागर विश्वकर्मालाई पनि नियन्त्रणमा लिएको छ । कुमारसँगको मिलोमतोमा नक्कली गहना बनाउने गरेको शङ्कामा अनुसन्धानका लागि सागरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

]]>
7332 0 0 0
पूर्वमा रासायनिक मलको अभाव छैन http://localhost/ghum/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ad/ Tue, 29 Dec 2015 03:13:38 +0000 http://www.ghumphir.com.np/?p=7334

विराटनगर, १४ पुस ।

पूर्वी क्षेत्रमा गहुँ खेतीका लागि किसानको मागअनुरुप मल उपलब्ध गराइएको छ । क्षेत्रीय कार्यालय विराटनगरले यस क्षेत्रका अधिकांश जिल्लाका डिपोलाई रासायनिक मल उपलब्ध गराएको र हड्तालबाट प्रभावित जिल्लामा वीरगन्जस्थित क्षेत्रीय कार्यालयमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइएकाले पूर्वी क्षेत्रमा रासायनिक मलको अभाव नभएको हो । चार महिनादेखिको मधेसी मोर्चाको बन्द, हड्तालका कारण सीमावर्ती नाका प्रभावित भएपछि समयमै किसानले मल पाएका थिएनन् । परिस्थिति सहज भएपछि आवश्यकताअनुरुप मलको आपूर्ति भएको क्षेत्रीय कृषि सामग्री कम्पनीका प्रमुख अजय श्रीवास्तवले बताउनुभयो । कार्यालयले सम्बन्धित जिल्लाका डिपोमा मल वितरण गरेर मौज्दातका रुपमा ३६७ मेट्रिक टन युरिया, १४० मेट्रिक टन डिएपी र ३४१ मेट्रिक टन पोटास रहेको जनाएको छ । धनकुटामा २६७ मेट्रिक टन युरिया र १९ मेट्रिक टन पोटास, इलाममा २४ मेट्रिक टन युरिया र चार मेट्रिक टन डिएपी र इटहरीमा ३२० मेट्रिक टन युरिया, आठ मेट्रिक टन डिएपी र ३५ मेट्रिक टन पोटास मौज्दात रहेका छन् । मधेसी मोर्चाको बन्द हड्तालका कारण सप्तरी र सिरहा जिल्लामा विराटनगरस्थित क्षेत्रीय कार्यालयबाट मल ढुवानीमा कठिनाइ देखिएपछि वीरगन्जस्थित क्षेत्रीय कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था मिलाइएको क्षेत्रीय प्रमुख श्रीवास्तवले जानकारी गराउनुभयो । सोअन्तर्गत, सप्तरीको राजविराज कार्यालयस्थित डिपोमा ५०० मेट्रिक टन डिएपी र २०० मेट्रिक टन युरिया उपलब्ध गराइएको छ । सोही अनुपातमा सिरहाको लहान कार्यालयस्थित डिपोमा पनि मलको व्यवस्था गरिएको छ । उदयपुरमा भने विराटनगरबाटै मलको व्यवस्था मिलाइएको छ ।

]]>
7334 0 0 0
भौतिक पूर्वाधार पुगेपछि मात्र ठमेल २४ घन्टा खुल्ने http://localhost/ghum/%e0%a4%ad%e0%a5%8c%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/ Tue, 29 Dec 2015 17:16:31 +0000 http://www.ghumphir.com.np/?p=7337

काठमाडाँै, १४ पुस ।

चौबिसैँ घन्टा खोज्ने भनिएको पर्यटकीय ठमेल बजार भौतिक पूर्वाधार कमजोर भएको कारण तत्काल नखुल्ने भएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले जिल्ला प्रशासन कार्यालय काठमाडौँले भौतिक पूर्वाधार नपुगेकाले तत्कालका लागि २४ घन्टा बजार खोल्नका स्वीकृति नदिएको जानकारी दिनुभयो । ठमेलमा सडक, सिसी टिभी क्यामेरा जडान र सोलारको जडानलगायतका भौतिक पूर्वाधार निर्माण कार्य पूर्ण भएपछि मात्र ठमेल २४ घन्टा खुला गर्न हुने बताइएको छ । उहाँका अनुसार नयाँ वर्ष २०१६ मा भने ठमेल बिहान ४ बजेसम्मका लागि खोलिने भएको छ । त्यसका लागि विशेष कार्यक्रमको पनि तयारी भइरहेको बताउनुभयो । विशेष कार्यक्रमको उद्घाटन पर्यटन मन्त्रीबाट हुने र विभिन्न सांस्कृतिक कार्यक्रम र डिजे रहने व्यवस्था गरिएको आयोजकले जनाएको छ । नयाँ वर्षको विशेष कार्यक्रम साँझ ४ बजेबाट सुरु हुने छ । त्यस दिन १८ वर्षभन्दा कम उमेरका युवालाई प्रवेश निषेध गरिने आयोजकले जानकारी दिएको छ ।

]]>
7337 0 0 0
पहुँच मार्ग निर्माण अलपत्र http://localhost/ghum/%e0%a4%aa%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%9a-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%85%e0%a4%b2%e0%a4%aa%e0%a4%a4/ Tue, 29 Dec 2015 17:21:03 +0000 http://www.ghumphir.com.np/?p=7339

जाजरकोट, १४ पुस ।

जिल्लामा बन्न लागेको राष्ट्रिय गौरवको नलसिंहगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग जोड्ने सडकको काम अलपत्र परेको छ ।निर्माणको जिम्मा लिएका ठेकेदारले कामै नगरेपछि पहुँच मार्ग जोड्ने सडक निर्माण अलपत्र परेको हो । सडक निर्माणको जिम्मा लिएको वर्षदिन बितिसक्दा पनि निर्माण कम्पनीले काम नै सुरु गरेको छैन । आयोजनाको लहँ– ६ कालिमाटीदेखि सक्ला– १ लैखमको अधेरी खोलासम्मको १० दशमलब ८ किलोमिटर सडक निर्माणको काम रोकिएको छ । तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी रु ४४ करोड लागतको उक्त ठेक्का लामा, खड्का कृष्ण, गाल्वा जेभी, बुद्धनगर, काठमाडौँ निर्माण कम्पनीका प्रोप्राइटर रत्नबहादुर खड्काले घटाघटमा रु २२ करोडमा निर्माणको जिम्मा लिएका हुन् । तर ठेक्का सम्झौता गरेको वर्ष दिन बितिसक्दा पनि उनले निर्माण स्थलमा नटेकेको स्थानीयवासीको आरोप छ । निर्माण व्यवसायी खड्काले भूकम्प र भारतको नाकाबन्दीका कारण काममा ढिलाइ भएको बताउनुभयो । इन्धन अभावले कामलाई अगाडि बढाउन नसकेको उहाँको भनाइ छ ।

]]>
7339 0 0 0
औद्योगिक प्रदर्शनी मेला आयोजना गरिने http://localhost/ghum/%e0%a4%94%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Wed, 30 Dec 2015 02:28:27 +0000 http://www.ghumphir.com.np/?p=7348

काठमाडौँ, १५ पुस ।

नेपाली औद्योगिक एवम्् वाणिज्य क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनका यही पुस २३ देखि २७ गतेसम्म काठमाडौँमा औद्योगिक प्रदर्शनी मेला (नेपाल चेम्बर एक्स्पो) २०७२ आयोजना गरिने भएको छ । गत वैशाखमा भूकम्प र विद्यमान भारतीय अघोषित नाकाबन्दीले उद्योग व्यापारमा पु¥याएको असरले निरास बनेको व्यापारिक क्षेत्रलाई पुनःउत्साहित बनाउन प्रदर्शनीले सहयोग पुग्ने बताइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पहिले नै आयोजना गरिनुपर्ने प्रर्दशनी भूकम्पका कारण सरेको र विद्यमान परिस्थितिले सुस्ताएको व्यापारिक क्षेत्रलाई नयाँ ऊर्जा थप्नका लागि अप्ठ्यारो परिस्थितिमा पनि प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीले व्यापार प्रवद्र्धन नेपाली उत्पादनको बजारीकरण तथा अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई प्रत्यक्ष सहभागी गराई आर्थिक सम्भाव्यताको खोजी गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो– “यो प्रदर्शनी व्यापारिक लाभभन्दा पनि विषम परिस्थितिले व्यापारीमा भएको निरासालाई हटाई नयाँ ऊर्जा ल्याउने उद्देश्य रहेको छ ।” प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन राखिने र अवलोकनकर्ताले आफ्ना रुचीअनुसारको उपभोग्य सामग्री एकै ठाउँमा किनमेल गर्न सकिने जनाइएको छ । प्रदर्शनीमा ३५० भन्दा बढी स्टल रहने छन् । यो वर्ष दक्षिण कोरियाको एक्स्पो पार्टनर कन्ट्रीको रुपमा रहेको आयोजकले जानकारी दिएको छ । जसका ४० बढी स्टलमा कोरियाका विभिन्न उत्पादन तथा ब्रान्डका सामग्री रहने छन् ।

]]>
7348 0 0 0
विद्युत् खपत कम गर्न स्थानीय जुटे http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d-%e0%a4%96%e0%a4%aa%e0%a4%a4-%e0%a4%95%e0%a4%ae-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be/ Wed, 30 Dec 2015 02:33:22 +0000 http://www.ghumphir.com.np/?p=7351

काठमाडौँ, १५ पुस ।

लामो समयदेखि सहजरुपमा विद्युत् सेवा उपलब्ध हुन नसकेपछि स्थानीय रुपमा नै विद्युत् बचत गर्न आग्रह गर्दै जनचेतना फैलाउन सुरु गरिएको छ । मुलुकमा पछिल्लो दिनमा दैनिक ११ घन्टा विद्युत्भार कटौती हुन थालेको र विद्युत् आउने समयमा एकै टोलमा धेरै विद्युतीय उपकरण प्रयोग हुन थालेपछि स्थानीय नै जागृत भएका हुन् । विद्युत् उपयोगमा पर्न गएको अत्यधिक भारका कारण ट्रान्सफमर तथा कन्डक्टर जल्न थालेपछि काठमाडौँ सुविधानगरका स्थानीयले समस्त विद्युत् उपभोक्तामा सार्वजनिक अपिल जारी गर्दै जनचेतना सुरु गरेका हुन् । ‘विद्युत् खपत कम गरौँ, अन्धकार हुनबाट बचौँ र बचाऔँ’ भन्ने नाराका साथ एकीकृत उपभोक्ता सङ्घ सुविधानगरले सार्वजनिक चेतनाको अभियान सुरु गरेको स्थानीयवासी मदन खरेलले राससलाई जानकारी दिनुभयो । स्थानीयवासीले घरमा जडान भएका सबै विद्युतीय उपकरण एकैपटक प्रयोग नगरी आलोपालो गरी चलाउन, विद्युत् लाइन आउनेबित्तिकै केही समय बत्तीबाहेक अन्य उपकरण उपयोग नगर्ने, उपकरण जडान भएका स्वीच उपयोग सकिएपछि बन्द गर्ने, इन्डक्सन चुलो प्रयोग गर्नेले न्यूनतम ताप र सेटिङमा मात्रै प्रयोग गर्न आग्रह गरेका छन् । करिब दुई हजार वाट क्षमताको इन्डक्सन हिटर चलाउँदा ८०० वाटमा नै चलाउँदा उत्तम हुने र एकै स्थानमा मात्रै भार नपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाउँदै आएको छ । बढी क्षमतामा उपरकण चलाउँदा थप भार पर्ने भएकाले कम क्षमतामा चलाउँदा पनि दैनिक जीवन व्यवहार सहल बन्ने स्थानीयको भनाइ छ । एकीकृत उपभोक्ता सङ्घ सुविधानगरले सकभर घरमा लिड तथा सिएफएल प्रयोग गर्न, कहीँकतै विद्युत् लाइनमा समस्या भएर जल्न लागेमा प्राधिकरणलाई खबर गर्नसमेत आग्रह गरिएको खरेलले जानकारी दिनुभयो । प्राधिकरणले पछिल्लो दिनमा मुलुकभर ५३० ट्रान्सफर्मर र कन्डक्टर जलेको जनाएको छ । जनशक्तिको अभावमा जलेका ट्रान्सफर्मर मर्मत गर्न समेत समस्या भएको छ । स्थानीय स्तरमा नै जनचेतना अभियान सुरु हुनुलाई प्राधिकरणले समेत सकारात्मक रुपमा लिएको छ । प्राधिकरणले पटकपटक सार्वजनिक अपिल गर्दै विद्युत् प्रयोगमा सावधानी अपनाउन र कमभन्दा कम उपयोग गर्न आग्रह गर्दै आएको छ । एकै पटक विद्युतीय उपकरण धेरै प्रयोग हुँदा विद्युतीय प्रणाली नै समस्यामा पर्न थालेको छ । प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेले विद्युत् प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरिएको सन्दर्भमा स्थानीयको समेत सहयोग हुनुपर्ने बताउनुहुन्छ ।

]]>
7351 0 0 0
खातामा ९० अर्ब, भूकम्पपीडित मर्‍यामर्‍यै http://localhost/ghum/%e0%a4%96%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a5%af%e0%a5%a6-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a5%80%e0%a4%a1/ Wed, 30 Dec 2015 02:54:12 +0000 http://www.ghumphir.com.np/?p=7353 काठमाडौँ, १५ पुस ।
अर्थ मन्त्रालयले भूकम्पवाट ध्वस्त भौतिक संरचना पुनर्निर्माण गर्न विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग ९० अर्ब रुपैयाँभन्दा बढी रकमको सम्झौता गरिसकेको छ ।
 moneyसरकारले यही पैसा गाउँसम्म पुर्‍याउन नसक्दा चिसोका कारण दैनिकजसो भूकम्पपीडितले जीवन गुमाइरहेका छन् । नागरिक दैनिकमा समाचार छ ।
अहिलेसम्म दुई दर्जनभन्दा बढी भूकम्पपीडितको अस्थायी टहरामा ठिही सहनै नसकेर मृत्यु भइसकेको छ । यस्तो हुनुमा प्रमुख राजनीतिक दलको बेइमानी र सरकारी ढिलासुस्ती नै कारक देखिन्छ ।
‘चालू आर्थिक वर्षमा विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग पुनर्निर्माणका लागि ९० अर्ब रुपैयाँभन्दा बढी रकम सम्झौता भइसकेको छ, अर्थ मन्त्रालय वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख मधु मरासिनीले भने,‘मन्त्रलय अरुसँग पनि सम्झौता गर्ने तयारीमा छ ।’
अहिलेसम्म सम्झौता भएको ९० अर्ब भन्दा बढी रकम सरकारले तत्काल खर्च गर्न सक्ने जानकारी दिँदै मरासिनीले पुनर्निर्माणका लागि रकम अभाव नरहेको प्रस्ट पारे ।
]]>
7353 0 0 0
सेना, प्रहरी र कर्मचारीले रक्सी र कुखुरासँग साटे राहत http://localhost/ghum/%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%b0-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87/ Wed, 30 Dec 2015 02:59:29 +0000 http://www.ghumphir.com.np/?p=7355 सुदीप कैनी

गोरखा,१५ पुस ।

नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने ब्यारेकभित्रको गोदामबाट राहत सामग्री हरायो भन्दा अनौठो लाग्छ । प्रहरी नै चोरीमा संलग्न थिए भनेर पत्याउन अझ मुस्किल पर्छ । तर, घटनाले त्यही पुष्टि गरेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदामबाट राहत सामग्री गायब भएको घटना सुनेर भूकम्पपीडित छक्क परेका छन् । ‘कार्टुनभित्र बाल्टी, थाल र प्रेसर कुकर राखिएको थियो,’ समितिका एक सदस्यले भने, ‘कार्टुनबाट प्रेसर कुकर गायब पारियो । थाल र बाल्टी जस्ताको तस्तै छ ।’

भूकम्पका बेला जिविसको गोदामको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो । प्रहरीले नै राहत सामग्री चोरेपछि गोदाम नेपाली सेनाको ब्यारेकमा सारियो । ब्यारेकको भण्डार कक्षबाट पनि स्तरीय, महँगा र राम्रा राहत सामग्री हराएको स्रोतले कान्तिपुरलाई बतायो ।

‘राहत सामग्री कर्मचारी, सेना प्रहरीले रक्सी र लोकल कुखुरासँग साटेर भोज गरे’, उनले भने । भोजमा प्रमुख जिल्ला अधिकारीसमेत सहभागी भएको ब्यारेक स्रोतले जनाएको छ । कति राहत सामग्री आए, कति गोदाममा बाँकी छ आधिकारिक तथ्यांक समितिसँग छैन ।

‘सयौं राम्रा टेन्ट, ब्ल्यांकेट, कुकर, फिल्टर र चामललगायत खाद्यान्न कर्मचारी र सेना प्रहरीका अधिकृतले घरसम्म पुर्‍याएँ,’ गोदाममा खटिएका कर्मचारीले भने ।

प्रजिअ उद्धव तिमल्सेनाले गोदाम हेर्न तनहुँ व्यास नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र हडखलेलाई काज सरुवा गरेर ल्याएका थिए ।

उनैले सबैभन्दा बढी राहतमा अनियमितता गरेको स्रोतको दाबी छ । प्रजिअ र राजनीतिक दलको निर्देशनमा उनले राहत सामग्री वितरण गरेका थिए ।

समितिको निर्देशनमा मात्रै राहत सामग्री बाँडेको प्रजिअ तिमल्सेनाले दाबी गरे । उनले ब्यारेकभित्र गोदामको सामग्री नहराउनु पर्ने बताए । ‘राहत सामग्री आवश्यकताअनुसार वितरण गर्ने र बाँकी रहेको रेडक्रसलाई जिम्मा लगाउने निर्णय भएको छ,’ उनले भने । पहुँचका आधारमा भन्दा पनि आवश्यकताका आधारमा सामग्री वितरण गरिएको दाबी उनले गरे ।

राजनीतिक दलहरू पनि राहत अनियमितता गर्नबाट अछुतो रहेनन् । कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाललगायत ८ पार्टीलाई स्तरीय म्याट भागबन्डा गरेर वितरण गरियो । भूकम्पपीडितका लागि आएको म्याट पार्टीहरूले भागबन्डा गरेर लिएका हुन् । १ हजार ५ सय म्याट आफूखुसी बाँडेर सकिएको छ ।

छोप्राक गाविसमा सबैभन्दा बढी राहत सामग्री वितरण भएको समितिको तथ्यांक छ । छोप्राक अन्य गाविसको तुलनामा भूकम्पले अत्यन्तै कम क्षति भएको हो ।

नेताहरूले राजनीतिक पहुँचका आधारमा राहत साम्रगी वितरण गर्दा कम प्रभावित गाविसमा धेरै राहत पुगेको कर्मचारीहरू बताउँछन् । दलहरूले अस्थायी टहरो बनाउने बेला स्वयंसेवक खटाएका थिए । तिनका लागि भन्दै कांग्रेस, एमाले र एमाओवादीले राहतमा आएको चामल, नुन, तेल, चिउरा, दाललगायत सामग्री ठूलो परिमाणमा लगेको राहत वितरण समितिका सदस्यहरू बताउँछन् ।

भूकम्पपीडितहरूका लागि आएको १० लाख मूल्यबराबरको राहतको जेनेरेटर प्रमुख जिल्ला अधिकारीले आफ्नो निवासमा लगेर जडान गरे । ८ वटा जेनेरेटर सेना, प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी कार्यालयले प्रयोग गर्दै आएका छन् ।

भूकम्पबाट अति प्रभावित गाविसहरू स्थानीय लघु जलविद्युत् आयोजना मर्मत नहुँदा अझै पनि अन्धकारमा छन् । चिनियाँ सरकारले जेनेरेटरसहित ८० वटा स्तरीय टेन्ट राहतका लागि पठाएको थियो । ती टेन्ट पनि सरकारी कार्यालयहरूले प्रयोग गरेका छन् ।

भवनमा क्षति नपुगेका सेना, सशस्त्र र नेपाल प्रहरीले पनि सुरक्षित सुत्न टेन्ट लगेर टाँगेका हुन् । कतिपय दुर्गमका भूकम्पपीडितले अहिलेसम्म टेन्ट नपाएर पालमै बास बस्न बाध्य छन् ।

१५ सयभन्दा बढी स्तरीय टेन्ट सरकारी कार्यालय र विद्यालयहरूले मात्र प्रयोग गरेका छन् । ती अहिले उपयोगविहीन भएको भूकम्पपीडितहरू गुनासो गर्छन्

किरा परेको चामल वितरण गोदाममा थन्किएर किरा परेको चामल भूकम्पपीडितलाई वितरण गर्न थालिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले घुन र किरा लागेर बिग्रिएको चामल प्रभावित बस्तीका सर्वसाधारणलाई वितरण गर्न सदरमुकामबाट पठाउन थालेको छ ।

विश्व खाद्य कार्यक्रम डब्लूएफपीका प्राविधिकहरूले चामलबाट घुन, किरा हटाएपछि वितरणमा पठाउन थालेको खाद्य संस्थान गोरखाका प्रमुख गंगाप्रसाद शाहले जानकारी दिए । ‘समितिले गुम्दा, आरुआर्वाङ, लापु गाविसमा चामल वितरण गर्न भनेपछि ढुवानी गर्न थालेका छौं,’ उनले कान्तिपुरसँग भने ।

चामलमा परेको किरा मार्न सेल्फस नामक औषधि प्रयोग गरेर फिमिकेसन (पानीमा औषधि मिसाएर छर्किने विधि) गरिएको उनले बताए । बोरा खोलेर औषधि छर्किएको चामल ४ दिनसम्म पालले छोपेर राखिएको थियो ।

‘फिमिकेसन गरेपछि प्राविधिकहरूले चामल खान हुने बताएका छन्,’ उनले भने, ‘८० जना कामदार लगाएर चामलको किरा मारिएको हो ।’ किरा परेको प्रत्येक बोरा फुटाएर सफा गरेको शाहले दाबी गरे । किरा र चिसोका कारण बिग्रिएको कतिपय चामल नष्टसमेत गरिएको उनले जानकारी दिए । सोमबार मात्रै गुम्दा गाविसको वडा नम्बर १, २ र ३ मा वितरण गर्न ३५ क्विटल चामल पठाइएको छ ।

संस्थानको गोदाममा रहेको चामलमा किरा परेको सार्वजनिक भएपछि संस्थानको क्षेत्रीय कार्यालयले अनुगमन गरेको थियो । ‘अनुगमनका क्रममा चामल खान नहुने गरी बिग्रेको भेटिएन,’ खाद्य संस्थानका गण्डकी अञ्चल प्रमुख अम्बिकाप्रसाद घिमिरेले भने ।

 भूकम्पपीडितका लागि राहत र दुर्गमका बासिन्दालाई सहुलियत मूल्यमा बिक्री गर्न जिल्ला आएको खाद्य संस्थानको चामलमा गोदाममै घुन र किरा पर्न थालेको थियो । यसअघि पनि किरा मार्न औषधिले तीनपटक स्प्रे गरिएको थियो । फिमिकेसनसमेत गरेर चामलमा ४ पटक औषधि छर्किएको छ ।

राहतमा बंगलादेशबाट आएको ५० किलोग्रामको ७ सय बोरा, ३० किलोको १२ सय ३५ बोरा र खाद्य संस्थानको सहुलियत मूल्यको एक हजार दुई सय ४२ क्विटल चामलमा घुन, चिल्सा र किरा परेको हो । चामललाई फिमिकेसन विधिबाट उपचार गरेपछि किरामुक्त भएको खाद्य संस्थानले दाबी गरेको छ ।

चामल केलाउन सहभागी कामदारले भने औषधिका कारण चामलमै मिसिएर किरा मरेको बताए । खाद्य संस्थानको चामल भने सहुलियत मूल्यमा बिक्री गर्न दुर्गमका माछिखोला र सिर्दिबास डिपोमा पठाउने तयारी गरिएको छ ।

तातो लुगाका लागि रकम अभाव भूकम्पपीडितका लागि न्यानो लुगा किन्न सरकारले पठाएको रकम अपुग भएपछि अन्योल भएको छ । करिब ७० करोड रकम आवश्यक भए पनि सरकारले ४० करोड रुपैयाँ मात्र पठाएको हो ।

१६ गाविस र दुई नगरपालिकाका पीडितका लागि वितरण गर्ने रकम अभाव भएको हो । अपुग भएको ३० करोड रुपैयाँ गृह मन्त्रालयसँग माग गरिएको पौडेलले बताए । ‘मन्त्रालयलाई तुरुन्त रकम पठाइदिन अनुरोध गरेर पत्राचार गरेका छौं,’ उनले भने ।

मंगलबारसम्म १३ गाविसका ११ हजार दुई सय ४८ घरधुरीलाई न्यानो कपडा किन्न १० हजार वितरण गरिएको छ । ४० करोडमध्ये ८ करोड ९९ लाख ८० हजार मात्र वितरण भएको हो ।

]]>
7355 0 0 0
२०१६ मा कसका कुन फिल्म ? http://localhost/ghum/7358-2/ Wed, 30 Dec 2015 03:14:23 +0000 http://www.ghumphir.com.np/?p=7358 २०१५ बलिउडका लागि गतिलो वर्ष रह्यो । यो वर्ष केही ठूला स्टारका बिग बजेट फिल्मले बक्स अफिस तताए भने केही सानो बजेटका फिल्महरु ‘सरप्राइज हिट’का रुपमा उदाय । अन्तर्राष्ट्रियस्तरका फिल्म फेस्टिभलहरुमा कुनै अवार्ड नपाए पनि हिन्दी फिल्मको बजार भने बढिरहेको मानियो । २०१६ मा पनि ठूला स्टारहरुका केही फिल्म आउदैछन् । ती कुन फिल्म हुन् ?

१. सलमान खान– सुल्तान अलि अब्बास जफरले निर्देशन गर्ने यो फिल्ममा सलमान खान हरियाणाका रेस्लर केसरी सुल्तानको भूमिकामा देखिनेछन् । २०१६ को इदमा रिलिज हुने यो फिल्मको सुटिङ भइरहेको छ ।

२. आमिर खान– दंगल सुल्तानमा सलमानजस्तै दंगलमा आमिर पनि हरियाणाका रेस्लरको भूमिकामा देखिनेछन् । महावीर फोगट नामक वास्तविक रेस्लरको जीवनमा आधारित यो फिल्ममा आमिर तीन भिन्न उमेर र अवस्थामा देखिनेछन् । फिल्मका लागि आमिरले २० किलो वजन पनि बढाएका छन् ।

३. शाहरुख खान– रइस र फ्यान शाहरुख खानका यो वर्ष दुई फिल्म आउनेछन्– रइस र फ्यान । राहुल ढोलकियाले निर्देशन गरेको ‘रइस’मा शाहरुख एक गुजराती डनको भूमिकामा देखिनेछन् । यो फिल्ममा उनीसँग नवाजुद्दिन सिद्दकी पनि हुनेछन् । मनिस शर्माको ‘फ्यान’मा भने शाहरुख आफ्नै फ्यानको भूमिकामा हुनेछन् ।

४. अजय देवगन– शिवाय र बादशाओ अजय देवगन यो वर्ष फेरि निर्देशनमा फर्किनेछन् । आफ्नो निर्देशनमा ‘शिवाय’मा उनी आफैं एक्सन भूमिकामा पनि देखिनेछन् । यस्तै, मिलन लुथरियाको फिल्म ‘बादशाओ’मा पनि उनी मुख्य भूमिकामा हुनेछन् ।

५. अक्षय कुमार– एयरलिफ्ट र हाउसफुल ३ अक्षयले मुख्य भूमिकामा अभिनय गरेको एरलिफ्ट वर्षको पहिलो महिना रिलिज हुँदैछ । यसमा निरमत कौरले पनि मुख्य भूमिकामा अभिनय गरेकी छन् । अक्षयको हिट सिरिज ‘हाउसफुल ३’मा उनीसँग अभिषेक बच्चन, रितेस देशमुख, ज्याकलिन फर्नान्डीस, नरगिस फाकरी र लिजा हेडन पनि हुनेछन् ।

६. रणवीर कपुर– जग्गा जासुस र ए दिल है मुस्किल अनुराग बसुको ‘जग्गा जासुस’मा रणवीरसँग कट्रिना कैफ हुनेछिन् । यता करण जोहरको ‘ए दिल है मुस्किल’मा भने रणवीरसँग ऐश्वर्या राय बच्चन र अनुश्का शर्मा मुख्य भूमिकामा हुनेछन् ।

७. ऋत्विक रोशन– मोहन्जे डरो ‘जोधा अकबर’ पछि ऋत्विक आशुतोष गोवारिकरको फिल्ममा फेरि देखिदैछन् । यसमा उनको लुक र अभिनय निकै फरक हुने बताइएको छ ।

८. प्रभास– बाहुबली २ पहिलो भागले पाएको सफलताका कारण प्रभासको ‘बाहुबली २’ यस वर्षका लागि प्रतीक्षा गरिएको फिल्म बनेको छ । एस एस राजामौलीको यो फिल्ममा यसपाली प्रभासका साथ अनुश्का सेट्टी मुख्य भूमिकामा देखिनेछिन् ।

९. फरहान अख्तर– वजीर र रक अन २ यो वर्ष फरहानका दुई मुख्य फिल्म आउनेछन् । विधुविनोद चोपडाले निर्माण गरेको ‘वजीर’मा फरहान अमिताभ बच्चनसँग देखिनेछन् । ‘रक अन २’मा भने फरहानसँग अर्जुन रामपाल, पुरव कोहली र प्राची देसाई बाहेक यसपटक श्रद्धा कपुर पनि थपिने छन् ।

१०. शाहिद कपुर– उडता पन्जाब र रंगुन ‘सानदार’ असफल भए पनि यसको जोडी असफल भएको छैन । यसैले यो वर्ष शाहिद कपुर र आलिया भट्ट ‘उडता पन्जाब’मा देखिनेछन् । यी दुईका साथ करिना कपुर पनि यसमा मुख्य भूमिकामा हुनेछिन् । यो फिल्मलाई अभिषेक कपुरले निर्देशन गरेका छन् । विशाल भारद्वाजको ‘रंगुन’मा उनी कंगना रनावतसँग देखिनेछन् ।

११. जोन अब्राहम– ढिसुम् र फोर्स २ डेविड धवनका छोरा रोहित धवनले निर्देशन गरेको एक्सन फिल्म ‘ढिसुम्’मा उनका भाई वरुण धवनका साथ जोन अब्राहम देखिनेछन् । यसै फिल्ममार्फत् अक्षय खन्ना ४ वर्षपछि बलिउड फर्किदैछन् । ‘फोर्स २’मा भने जोनका साथ सोनाक्षी सिन्हा देखिनेछिन् ।

]]>
7358 0 0 0
तस्विरमा तमु ल्होछार http://localhost/ghum/7363-2/ Wed, 30 Dec 2015 15:05:02 +0000 http://www.ghumphir.com.np/?p=7363 भरतबन्धु थापा हरेक वर्ष झैं यो वर्ष पनि गुरुङ समुदायले आफ्नो महान पर्व तमु ल्होछार रमझमका साथ मनाएको छ। धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार भेडा वर्षलाई विदा गरेर बाँदर वर्षको स्वागत गर्दै गुरुङ समुदायले बुधबार विभिन्न कार्यक्रम गरेर ल्होछार मनाएको हो। नयाँ वर्षका रूपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, भोटे, दुरा, लेप्चालगायतका जातिले मनाउने गर्छन्।
 गुरुङ जातिले पुस १५ गते तमु ल्होछार, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होछार मनाउने परम्परा छ। परम्परालाई निरन्तरता दिंदै गुरुङ समुदायले बुधबार उल्लासका साथ तमु ल्होछार मनाएको छ। पर्वका क्रममा गुरुङ समुदाय चौबन्दी चोलो, घलेक, कछाड अनि भांग्रामा सजिएर झ्याउरे र ठाडो भाका तथा कौडा र मारुनी नाचमा रमाएको छ। काठमाडौमा वसोबास गर्दै आएका गुरुङहरुले आफ्नो जातीय पहिरनमा सजिएर विभिन्न स्थानबाट र्‍याली निकाली टुँडिखेलमा नाचगान गरेका हुन्।
सरकारले तमु ल्होछारको अवसरमा बुधबार सार्वजनिक विदा दिएको छ। सरकारले तमु ल्होछारलाई राष्ट्रिय चाडको मान्यता दिई २०६४ सालबाट सार्वजनिक विदा दिन थालेको हो।
losar @ghumphir (1) losar @ghumphir (2) losar @ghumphir (3) losar @ghumphir (4) losar @ghumphir (5) losar @ghumphir (6) losar @ghumphir (8) losar @ghumphir (9) losar @ghumphir (10)

]]>
7363 0 0 0
हात्ती फुटबलको उपाधि सिजी फुड्सलाई http://localhost/ghum/7375-2/ Wed, 30 Dec 2015 15:20:59 +0000 http://www.ghumphir.com.np/?p=7375

रत्ननगर (चितवन), १५ पुस ।

चितवनको रत्ननगरस्थित सौराहामा भएको हात्तीका छावाबीचको फुटबलमा सिजी फुड्सले उपाधि हात पारेको छ । बा¥हौँ चितवन हात्ती महोत्सवका क्रममा आज सम्पन्न फाइनल खेलमा सिजीले नबिल बैंकलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिजीले बुद्ध एयरलाई र प्रभु बंैकलाई नबिल बैंकले पराजित गरेर फाइनल यात्रा तय गरेको थियो । खेल सुरु भएको एक मिनेट बित्न नपाउँदै सिजीले अग्रता लिएको थियो । रातो जर्सीमा सहभागी सिजीका लागि खेलको ४८ सेकेन्डमै सौराहागजले गोल गर्दै अग्रता दिलाएको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको सिजीले दोस्रो हाफमा उपहार गोल पायो । दोस्रो हाफमा नबिलका गोल रक्षक चुरियागजले आत्मघाती गोल गरेपछि सिजीलाई थप एक गोल उपहार प्राप्त भएको नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । नबिलले पनि गोल गर्ने थुप्रै मौका पाए तर सफल भएनन् । छावाबीचको फुटबलबाट दर्शकले भरपूर मनोरञ्जन लिएका थिए । मैदानको चारैतिर छरिएर रहेका सयौँ दर्शकले मध्य पुसको पारिलो घाममा छावाले फुटबल खेलेको हेरेका थिए । उनीहरुले मच्चीमच्ची हुटिङ गरेका थिए । फुटबल खेलमा सहभागी हात्तीका छावालाई दर्शकले हुटिङका साथ ताली बजाएर समर्थन जनाएका थिए । सहभागी पर्यटक राजकुमार थापाले हात्तीको फुटबलले पूर्ण मनोरञ्जन दिएको बताउनुभयो । सो क्रममा चितवनका प्रजिअ विनोदप्रकाश सिंहसहितका उच्च अधिकारी र बारा तथा मकवानपुरका सरकारी अधिकारीहरुले समेत खेलको मनोरञ्जन लिएका थिए । छावा फुटबलमा सिजीका सौराहागज उत्कृष्ट घोषित भयो भने बेस्ट किपरमा नबिलको चुरियागज बनेको रेफ्री गौतम गिरीले जानकारी दिनुभयो । महोत्सवको अवसरमा आयोजना गरिएको हात्ती लम्काइ प्रतियोगितामा एकताकली ‘बी’ पहिलो भएको छ । आज नै सम्पन्न फाइनल प्रतियोगितामा हस्तबहादुर भट्टका एकताकली बीले फाइनलमा सहभागी अन्य पाँच वटा हात्तीलाई पछि पार्दै दौडको उपाधि जितेका हुन् । प्रतियोगितामा युवराज पौडेलको एलिसाकलीले द्वितीय र दामोदर रेग्मीको मारुतीकलीले तृतीय स्थान हासिल गरेका छन् । सो प्रतियोगितामा कुल २० वटा हात्तीलाई चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । यसअघि मङ्गलबार हात्ती सुन्दरी प्रतियोगिता, टागा, गाडा र डुङ्गा दौडको फाइनल खेल भइसकेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ क्षेत्रीय होटल सङ्घ चितवनले प्रत्येक वर्ष पुसको ११ गतेदेखि हात्ती महोत्सव गर्दै आएको छ ।

]]>
7375 0 0 0
लेखनाथ महोत्सव हुने http://localhost/ghum/%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87/ Wed, 30 Dec 2015 15:23:16 +0000 http://www.ghumphir.com.np/?p=7377

पोखरा, १५ पुस ।

लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा १२औँं लेखनाथ महोत्सव हुने भएको छ । महोत्सव आगामी फागुन ५ गतेदेखि १६ गतेसम्म लेखनाथको भण्डारढिकमा सञ्चालन गरिने भएको छ । सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले महोत्सव मूल संयोजकमा सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीलाई जिम्मेवारी प्रदान गरेको छ । महोत्सव सम्पन्न गर्न आवश्यक पर्ने कार्यसम्पादन समिति, उपसमिति, सल्लाहकार समिति, निर्देशक समिति गठन गर्ने जिम्मेवारी अध्यक्षलाई दिएको छ । बैठकले पुस १६ गतेदेखि २५ गतेसम्म सङ्घमा आवद्ध रहेका उद्योगी व्यवसायीका लागि स्टल बुकिङ खुला गरेको र त्यसपछि मात्र अन्य व्यसायीका लागि खुला गरेको छ । विसं २०६१ देखि निरन्तर रुपमा सञ्चालन हँुदै आएको लेखनाथ महोत्सव लेखनाथको पहिचानको रुपमा रहेको छ ।

]]>
7377 0 0 0
अन्तुमा पर्यटकको चहलपहल http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%b9%e0%a4%b2%e0%a4%aa%e0%a4%b9%e0%a4%b2/ Wed, 30 Dec 2015 15:26:25 +0000 http://www.ghumphir.com.np/?p=7379

इलाम, १५ पुस ।

सूर्योदय र सूर्यास्तको दृष्यावलोकनका लागि मुलुककै उत्कृष्ट गन्तव्य मानिएको जिल्लाको अन्तुमा पर्यटकको चहलपहल सुरू भएको छ । मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम सुरू भएको हो । भारतको पश्चिम बङ्गाल, बिहारका साथै अमेरिका, जर्मनी, बेलायतलगायतबाट पर्यटक आउन थालेका छन् । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै स्थानलाई नियाल्न सकिने अन्तुक्षेत्र प्राचीन शासक लेप्चा जातिको लोपन्मुख संस्कृति, कृषिबाट सुधारिएको जीवनशैली, व्यावसायिक फूलखेती, थुम्काथुम्कामा मौलाएको चियाबारीलगायतले पर्यटकको आकर्षण बढेको हो । अन्तु पोखरीको सुधार गर्दै स्थानीयवासीले डुङ्गा चलाएपछि पर्यटकलाई डुङ्गा सयर गर्न थप सहज भएको छ । कञ्चनजङ्घा हिमाल, सीमापारीका दार्जिलिङ, करसाङ, मिरिकलगायत सहरलाई नियाल्न सकिने हुँदा अन्तुले पर्यटकलाई लोभ्याएको छ । पुरातात्विक वस्तुको सङ्ग्रहालयले पर्यटकलाई आनन्दित तुल्याएको छ । अन्तु पर्यटन विकास केन्द्रले पर्यटकको बसाइको उचित व्यवस्था मिलाएको छ । नेपाल पर्यटन बोर्डले ग्रामीण पर्यटनको सूचीमा अन्तुलाई राखेपछि पर्यटक आउने क्रम बढेको पर्यटन विकास केन्द्र अन्तुका अध्यक्ष धनकुमार आले बताउनुहुन्छ । “दैनिक एक सयभन्दा बढी पर्यटक आउने गरेका छन्” उहाँले भन्नुभयो । अन्तुमा पर्यटन बोर्ड, जिविसको सहयोगमा पोखरीमर्मत, विश्रामस्थल निर्माण, भ्यू टावर निर्माण र प्रचारप्रसारका काम हुँदै आएका छन् । यहाँ रु ४५ लाखको लागतमा भ्यू टावर निर्माण गरिएको छ । मेची राजमार्गको फिक्कलबाट १३ किलोमिटर पूर्वमा अन्तु पर्छ । यहाँसम्म पुग्न फिक्कलबाट कालोपत्रे गर्ने क्रम जारी छ । पशुपतिनगर बजारबाट भारतीय बाटो हुँदै छब्बिसेबाट गुफापातलको अवलोकनपछि पनि अन्तु पुग्न सकिन्छ ।

]]>
7379 0 0 0
लुम्बिनी म्याराथन स्थगित http://localhost/ghum/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a5%e0%a4%a8-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%97%e0%a4%bf%e0%a4%a4/ Wed, 30 Dec 2015 15:29:36 +0000 http://www.ghumphir.com.np/?p=7381

काठमाडौँ, १५ पुस ।

आध्यात्मिक खेल गतिविधिका लागि अनुकूल नभएको भन्दै आगामी चैत ९ गते हुने भनिएको ‘लुम्बिनी पिस म्याराथन’ तत्कालका लागि स्थगित भएको छ । सिद्धार्थ गौतम भगवान् बुद्ध भएर आफ्नो घर कपिलवस्तु फर्केर आएको दिन फागु पूर्णिमाका दिन सो म्याराथनको आयोजना गरिएकामा वर्तमान असहज अवस्थाका कारण केही समयका लागि स्थगित गरिएको म्याराथनका आयोजक विक्रम पाण्डेले विज्ञप्तिमार्फत जनाउनुभएको छ । सो म्याराथनका लागि बाणगङ्गा नदीदेखि तिलौराकोटको कपिलवस्तु प्यालेस हुँदै लुम्बिनी सक्रेड गार्डेनसम्मको मार्ग तय गरिएको थियो । यसअघि लुम्बनी भ्रमण वर्षको समापनका अवसरमा पनि ‘पिस म्याराथन’को आयोजना गरिएको थियो । विश्वका विभिन्न देशका बौद्धधर्मावलम्बीहरुको सहभागिता रहेको सो म्याराथनले विश्वभर भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीका बारेमा प्रचारप्रसार गराउन मद्दत पुगेको पाण्डेले बताउनुभएको छ ।

]]>
7381 0 0 0
छिटो र सहज सेवा दिन ‘मेट्रो मोबाइल एप्स’ http://localhost/ghum/%e0%a4%9b%e0%a4%bf%e0%a4%9f%e0%a5%8b-%e0%a4%b0-%e0%a4%b8%e0%a4%b9%e0%a4%9c-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%ae%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/ Wed, 30 Dec 2015 15:37:42 +0000 http://www.ghumphir.com.np/?p=7383

काठमाडौँ, १५ पुस ।

काठमाडौँ महानगरपालिकाले नागरिकलाई प्रभावकारी र थप सेवा दिन ‘मेट्रो मोबाइल एप्स’ सेवा आजदेखि सुरु गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तिकुमारी शाहीले शुभारम्भ गर्नुभएको यस सेवाले महानगरपालिकाले नागरिकलाई ३५ वटै वडाको काम कारबाही छिटो र सहज रुपमा जानकारी दिनेछ । सो सेवामार्फत जनताले गुनासोसमेत गर्नसक्ने बताइएको छ । त्यस्तै महानगरपालिकाले आफ्नो सेवा स्थानीयस्तरमा प्रभावकारी रुपमा प्रवाह गर्नका लागि ४३ बुँदे प्रतिबद्धतापत्रसमेत जारी गरेको छ । महानगरपालिकाले आयोजना गरेको चुस्त एवम् प्रभावकारी सेवाप्रवाहसम्बन्धी प्रतिबद्धतापत्र ‘२०७२’ कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जारी गर्नुभएको हो । सो प्रतिबद्धतापत्रमा ४३ वटा बुँदा रहेको भए पनि मुख्य बँुदा सेवाग्राहीको तथा उपभोक्ताको हकअधिकारलाई प्रभावकारी बनाउनका लागि सम्बन्धित अधिकारीबाट महिनामहिनामा नियमित बजार अनुगमनको व्यवस्था गर्ने,स्थानीय स्वायत्त शासन ऐन, २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली २०५६ बमोजिमको कार्यालय समयको पालना भए नभएको र सेवाग्राहीलाई समयमा नै सेवा दिए नदिएको विषयमा सुपरीवेक्षण गर्ने उल्लेख छ । सेवाग्राहीको कुनै पनि काम तोकिएको समयभित्र सम्पन्न गर्ने, सम्पन्न हुन नसक्ने वा नमिल्ने भएमा आधार, कारण र औचित्य खोली सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउने वा सूचना पाटीमा टाँस गर्ने व्यवस्था गर्ने व्यवस्था मिलाइने, कार्यालयको कुनै कर्मचारी वा सम्पादित कुनै कार्यको विरुद्धमा कुनै उजुरी परेमा तीन दिनभित्र छानबिन प्रारम्भ गरी कानुनको अवधि तोकेकामा सोही अवधिभित्र कारबाही किनारा लगाइनेछ । कार्यक्रममा प्रशासनिक अदालतका अध्यक्ष काशिराज दाहालले राज्यले प्रदान गरेको सेवा प्राप्त गर्नु नागरिकको अधिकार भएकाले सो बारेमा जानकारी दिनु सम्बन्धित निकायको कर्तव्य रहेको बताउनु भयो ।

]]>
7383 0 0 0
युवालाई स्वदेशमै रोजगारी दिन कार्यदल बनाईने http://localhost/ghum/%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a5%88-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0%e0%a5%80/ Wed, 30 Dec 2015 15:42:38 +0000 http://www.ghumphir.com.np/?p=7385

काठमाडौँ, १५ पुस ।

वाणिज्य मन्त्री दीपक बोहोराले युवालाई स्वदेशमै रोजगारी दिन मन्त्रालयले कार्यदल बनाई कार्यक्रम अघि सार्ने बताउनुभएको छ । श्रम तथा रोजगार मन्त्रालयसमेत सम्हाल्नुभएका मन्त्री बोहोराले आज भृकुटीमण्डपमा आयोजित १२औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको समापन कार्यक्रममा वाणिज्य सचिवलाई आफूले मन्त्रालय सम्हालेको १०० दिनभित्र गर्न सकिने कार्यक्रमलाई सार्वजनिक गर्न निर्देशन पनि दिनुभयो ।

मधेसको आन्दोलन र भारतको नाकाबन्दीले नेपाललाई आत्मनिर्भर हुन सिकाएको बताउँदै मन्त्री बोहोराले भन्नुभयो– “नेपाली जुत्ता उद्योगमा नेपाल ६५ प्रतिशत आत्मनिर्भर भइसकेको छ । यस्ता कुन–कुन उद्योग, व्यापारमा नेपाल आत्मनिर्भर हुन सक्छ पहिचान गरेर युवालाई सीपमूलक तालिम वा व्यापारमा लाग्न सहयोग गरेर अगाडि बढ्नुपर्छ ।” वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले निजी क्षेत्रले पनि ‘पब्लिक प्राइभेट पार्टनरसीप’ को अवधारणालाई आत्मसात् गर्नुपर्ने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा उत्पादन भएको वस्तु भारतमा निकासी गर्ने उद्देश्यले भारतसँग सहकार्य गरी विभिन्न प्रदर्शनीको आयोजना गर्दै आएको जानकारी दिनुभयो । यही पुस ९ गतेदेखि सुरु भएको सो प्रदर्शनीको करिब एक लाख मानिसले अवलोकन गरेको आयोजकको दाबी छ ।

]]>
7385 0 0 0
विश्वका उत्कृष्ट ‘स्काई डाइभ’ स्थलहरु http://localhost/ghum/7388-2/ Wed, 30 Dec 2015 15:54:38 +0000 http://www.ghumphir.com.np/?p=7388 पुस १५ , काठमाडौं ।

विश्वका उत्कृष्ट स्काई डाइभको सूचिमा सगरमाथा पनि गरेको छ । प्रसिद्ध फोर्ब्स पत्रिकाले सन् २०१६ मा गर्नुपर्ने ११ स्काई डाइभको सूचिमा सगरमाथा परेको हो ।

नेपालमा एभरेष्ट स्काई डाइभ कम्पनीले फिष्टेल हेलिकप्टबाट सगरमाथामा स्काई डाइभ गराउँदै आएको छ । फोब्र्सको उत्कृष्ट ११ स्काई डाइभको सूचिमा सगरमाथासहित अमेरिका, दुबई, अफि्रकी मुलुक जान्विया, न्यूजिल्यान्ड, दक्षिण अफि्रका, स्वीट्जरल्यान्ड, अष्ट्रेलिया र स्पेनमा रहेका स्थानहरु परेका छन् ।

वाइआलुवा, हबाई, अमेरिका

SkyDive Hawaii, USA Final

यहाँ स्काई डाइभ गर्दा समुद्रको राम्रो दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट १२ हजार, १४ हजार र २० हजार फिटबाट हाम फाल्न सकिन्छ । स्काई डाइभ हबाई कम्पनीले यहाँ स्काई डाइभ गराउँदै आएको छ ।

पाल्म जुमेरिहा, संयुक्त अरब इमिरेट्स, दुबई

Palm Jumeirah, United Arab Emirates Final

यहाँबाट स्काई डाइभ गर्दा संसारमा सबैभन्दा सजिलै चिनिने मानवनिर्मित सामुद्रीक टापुहरुमध्येको एक ‘पाम जुमेरिहा’ देख्न सकिन्छ । पाम ड्रप जोनबाट हाम फलिने ट्यान्डम स्काई डाइभ लोकप्रिय छ । यो स्काई डाइभ दुबईले गर्दै आएको छ ।

सगरमाथा स्काई डाइभ, नेपाल

day-6-f-768x551 (1)

विश्वको सर्वोच्च शिखर सगरमाथाबाट स्काई डाइभ गर्दा सेता हिमालमाथि उड्न पाइन्छ । फिष्टेल हेलिकम्पटरमा चढेर आमादब्लम बेसक्याम्प अथवा स्याङबोचे एयरपोर्ट माथिबाट स्काई डाइभ गरिन्छ । यो ११ दिने प्याकेज हो । एभरेष्ट स्काई डाइभ कम्पनीले २३ हजार फिट माथिबाट स्काई डाइभ गराउँदै आएको छ ।

कि वेष्ट, अमेरिका

Skydive Key West (2)

यहाँ स्काई डाइभ गर्दा फ्लोरिडा रिफको मनमोहक दृश्य र डल्पिmन हेर्न सकिन्छ । जम्प गरेको १० मिनेटमा जमिनमा झरिन्छ । यो स्काई डाइभ कि वेष्ट कम्पनीले सञ्चालन गर्दै आएको छ ।

लिभिङ स्टोन, जम्भिया

victoria-falls

संसारको सबैभन्दा ठूलो झरना भिक्टोरिया फल्स हेर्न सकिन्छ । यहाँ ६ हजार, ८ हजार र १० हजार फिटबाट जम्प गर्न सकिन्छ । भिक्टोरिया फल्स एडभेञ्चर्सले यहाँ स्काई डाइभ गराउँदै आएको छ ।

क्वीइन्स टाउन, न्यूजिल्यान्ड

NZONE Skydive final

यहाँ ९ हजार १२ हजार र १५ हजार फिटबाट स्काई डाइभ गर्न सकिन्छ । अहिलेसम्म २ लाख ५० हजार व्यक्तिले स्काई डाइभ गरिसकेका छन् । एकजना ९४ वर्षको वृद्धले पनि स्काई डाइभ गरेका छन् । यो एनजोन स्काई डाइभले सञ्चालन गर्दै आएको छ ।

Queenstown, New Zealand Final

ग्रान्ड क्यानियन, अमेरिका

यहाँबाट स्काई डाइभ गर्दा अमेरिकाको चिरपरिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान ग्रान्ड क्यानियनको दृश्यावलोकन गर्न पाइन्छ । यहाँ स्काई डाइभ गरेपछि त्यसको सर्टिफिकेट समेत पाइन्छ । यहाँ आफ्नै प्यारासुट लगेर पनि उड्न पाइन्छ । यो प्यारागन स्काई डाइभले सञ्चालन गरिरहेको छ ।

केप टाउन, दक्षिण अफ्रिका

Cape Town, South Africa Final

यहाँ ९ हजारबाट स्काई डाइभ गराइन्छ । स्काई डाइभ गर्दा केवल माउन्टेन टापु र रोबेन टापु देख्न पाइन्छ । यहाँ स्काई डाइभ केप टाउनले गराउँछ ।

लाउटरब्रुनेन् स्वीट्जरल्यान्ड

Lauterbrunnen, Switzerland Final

यहाँबाट आइगर म्यून्च र युङफ्राउ प्रर्वत श्रृङ्खला देख्न पाइन्छ । यहाँ १४ हजार फिटबाट गर्न सकिन्छ । यूरोपको सबैभन्दा अग्लो पर्वत श्रृङ्खला एल्प्सबाट स्काई डाइभ गराइन्छ । स्वीट्जरल्यान्ड स्काई डाइभ लाउटरब्रुनेन्ले स्काई डाइभ गराउँदै आएको छ ।

केन्स, अष्ट्रेलिया

Cairns, Australia Final

यहाँ १४ हजार फिटमाथिबाट हाम फालिन्छ । यहाँबाट ग्रेट ब्यारियर रिफ देख्न पाइन्छ । यो स्काई डाइभ अष्ट्रेलियाले गराउँदै आएको छ ।

एमपुरियाब्राभा, स्पेन

Empuriabrava, Spain Final

इो सनसेट स्काई डाइभको रुपमा चिनिन्छ । यहाँबाट समुद्रको राम्रो भ्यू देख्न पाइन्छ । यहाँ स्काई डाइभ एमपुरियाब्राभाले गराउँदै आएको छ ।

]]>
7388 0 0 0
मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या http://localhost/ghum/7393-2/ Thu, 31 Dec 2015 06:06:30 +0000 http://www.ghumphir.com.np/?p=7393

बाबियाचौर (म्याग्दी), १६ पुस ।

म्याग्दीस्थित जिल्ला मालपोत कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।सरुवा भएर आउनुपर्ने कर्मचारी नआएको तथा यहाँ दरबन्दी भएका कर्मचारी अन्य जिल्लामा काजमा गएकाले सेवा प्रवाहमा समस्या भएको जिल्ला मालपोत अधिकृत अविनाश कुँवरले बताउनुभयो ।

myagdi_districtउहाँका अनुसार विभिन्न तहका २१ जनाको दरबन्दी भएको कार्यालयमा हाल कार्यालय सहयोगीसहित १० जना मात्रै कार्यरत छन् ।कार्यालयमा पाँचजना नायब सुब्बा, एकजना लेखापाल, दुईजना खरदार, दुईजना कम्प्युटर अपरेटर, एकजना टाइपिस्टको दरबन्दी रिक्त छ । भदौ महिनादेखि कार्यालय लेखापालविहीन छ । कार्यालयमा दरबन्दी भएका तीनजना नायब सुब्बा र दुईजना खरिदार अन्यत्रै काजमा छन् ।उपल्लो तहको कर्मचारी नभएपछि कार्यालय सहयोगीको भरमा काम गर्नुपरेको नायब सुब्बा विष्णुदत्त शर्माले बताउनुभयो । छजना नायब सुब्बाको दरबन्दी भए पनि अहिले एकजना मात्र छन् । जग्गा रजिस्ट्रेसन, नामसारी, धितो रोक्का, कित्ताकाट र जग्गा घटबढ भएको मिलाउनेलगायतका सेवा प्रवाह गर्न कठिनाइ भएको छ । मालपोतमा कर्मचारी नहुँदा दुई घन्टामा हुने कामका लागि तीन दिनसम्म पर्खनुपरेको दग्नामका सेवाग्राही सुविन पुनले गुनासो गर्नुभयो । मालपोत कार्यालयमा दैनिक ५० जनाभन्दा धेरै सेवाग्राही आउँछन् । दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थाका लागि माथिल्लो निकायमा पहल गरे पनि सुनुवाइ नभएको गुनासो मालपोत अधिकृत कुँवरले गर्नुभयो ।

]]>
7393 0 0 0
तीन वर्षमा पनि प्रयोगमा आएन हरित सडक http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%aa/ Thu, 31 Dec 2015 06:11:11 +0000 http://www.ghumphir.com.np/?p=7395

खोटाङ, १६ पुस ।

निर्माण पूरा भएको तीन वर्ष बित्दासमेत खोटाङको दिक्तेल–खोटाङबजार हरित सडक उपयोगविहीन बनेको छ । बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (¥याप)ले ११ वर्ष लगाएर २०६९ असारमा निर्माण सम्पन्न गरेको ७४ किलोमिटर लामो हरित सडक हालसम्म पनि उपयोगविहीन बनेको हो ।

[caption id="attachment_2970" align="alignleft" width="555"]Khotang District Map Khotang District Map[/caption]

¥यापले करिब रु ३६ करोड ३२ लाखको लागतमा वातावरणमैत्री प्रविधि अपनाएर निर्माण गरेको उक्त सडक सञ्चालनमा ल्याउन उत्तिकै खर्च लाग्ने अवस्थामा पुगेको छ । सदरमुकाम र दक्षिणी क्षेत्रलाई जोड्ने भनिएको एकमात्र सडक हाल मर्मत अभावमा बेकम्मा बनेको स्थानीयवासीको गुनासो छ । दिक्तेलको अल्छेढुङ्गाबाट दक्षिणी क्षेत्रको खोटाङबजार जोड्ने सडक सञ्चालनमा आएमा क्षेत्र नं–२ अन्तर्गत पर्ने तीन दर्जनभन्दा बढी गाविसका स्थानीयवासी लाभान्वित हुनेछन् । हरित सडक नाम दिइएको दिक्तेल–खोटाङबजार सडक दक्षिणी गाविस बडकादियालेस्थित थामखर्क विमानस्थललाई छुवाएर निर्माण गरिएको छ । गत असार–१९ गते तावा खोलामा आएको बाढीले सडकको झन्डै ११० मिटर सडकखण्ड बगाएको छ । खोटाङबजारदेखि स–छितापोखरीको पञ्चमी, ओख्रेडाँडागाउँ खण्डमा ट्र्याक्टर चल्ने गरेको छ । सो सडकबाट अहिले मोटरसाइकल मात्र कठिनका साथ दिक्तेल–खोटाङबजारसम्म सञ्चालन हुँदै आएको छ । ¥यापले निर्माणका काम सकेर गएपछि पुनःमर्मतको संयुक्त जिम्मा लिएको जिविस र स्विस विकास सहयोग (एसडिसी)को ढिलाइका कारण सडक उपयोगविहीन बनेको खोटाङ क्षेत्र नं २ बाट निर्वाचित सांसद विशाल भट्टराई बताउनुहुन्छ । “सडक पुनःमर्मत गरेर चाँडो सञ्चालनमा ल्याउनुपर्ने अवस्था आएको छ ।” उहाँले भन्नुभयो – “यसका लागि जिविस र एसडिसीसँग समन्वय गरिरहेको छु ।” सडक मर्मतका लागि स्थानीय उपभोक्ता समिति गठनमा विवाद आएकाले तत्काल मर्मतका काम सुरु गर्नमा ढिलाइ भएको जिल्ला प्राविधिक कार्यालय, खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार प्राविधिक कार्यालय तथा स्थानीय सडक सुधार कार्यक्रम (एलआरआइपी)को संयुक्त लगानीमा काम गर्ने तयारीमा छ ।

]]>
7395 0 0 0
आफ्नै घरमा आगो लगाउँदा रु बाह्र लाखको क्षति http://localhost/ghum/7397-2/ Thu, 31 Dec 2015 06:14:59 +0000 http://www.ghumphir.com.np/?p=7397

पाँचथर, १६ पुस ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मुसाङ्लेका ७३ वर्षीय काजीमान लिम्बूले  आफ्नै घरमा आगो लगाएका छन् । श्रीमती ६२ वर्षीया सोममायासँग भएको सामान्य घरायसी विवादलाई लिएर काजीमानले आफ्नै दुई वटा घर र ग्वालीमा आगो लगाउँदा अन्दाजी रु १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रमुख मोहन खतिवडाले जानकारी दिनुभयो । केही समययता नियमित रुपमा घरायसी झगडा हुने गरेको र आज बिहान पनि सदाझैँ सामान्य विवादपछि घर बाहिर निस्किएका उनले सलाई कोरेर घर र ग्वालीमा आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट लिम्बूको दुईवटा घरमा रहेको लत्ताकपडा, काठ सामान र अन्नपातसमेत जलेर नष्ट भएको छ । घटनापछि काजीमानलाई इलाका प्रहरी कार्यालय वसन्तपुरले पक्राउ गरी अनुसन्धान थालेको छ ।

]]>
7397 0 0 0
विमानस्थल बनाउने सपना बोकेका धरानबासीलाई मन्त्रीकाे आश्वासन http://localhost/ghum/7399-2/ Thu, 31 Dec 2015 06:29:51 +0000 http://www.ghumphir.com.np/?p=7399 राेहित रार्इ १६ पुस ।

एक दशकदेखि आगनमै विमानस्थल बनाउने सपना बोकेका धरानबासीलाई आश्वासन बाड्न सरकार फेरिए पिच्छेका तालुकवाला मन्त्री आइपुग्छन्। प्रस्ताविक विमानस्थलको जग्गा निरीक्षण गर्दै मन्त्रीले प्रक्रिया सुरु गर्ने वचन पनि दिन्छन् । तर, धरानमा प्रस्तावित विमानस्थलको काम अपेक्षा वमोजिम अघि बढेको छैन।

tourism minister

धरानमा बनाउने भनेर जग्गा व्यवस्थापनसमेत भएको विमानस्थल निर्माण प्रक्रिया किन अड्कियो ? यसबारे प्रत्येक जिल्लामा एक विमानस्थलको रटान लगाउने स्वयं तालुकवाला मन्त्री पनि वेखबर छन्। बुधबार तमु ल्होछार कार्यक्रममा सहभागी हुन आएका सँस्कृति, पर्यटन तथा नागरिक उडयान मन्त्री आनन्दप्रसाद पोख्रेललाई स्थानीय एमाले नेता, कार्यकर्ताहरुले प्रस्तावित विमानस्थलको जग्गा निरीक्षणमा लगे । जग्गा निरीक्षणको क्रममा मन्त्री पोख्रेलले सुरुमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिन मानेनन् । उनले नागरिक उड्यान प्राधिकरणको महाप्रबन्धक(जिएम)सँग मोवाइलमा कुराकानी गरेपछि मात्रै मुख खोले।

धरानमा विमानस्थल बन्न नदिन मन्त्री फेरिएपिच्छे नयाँ बहाना बनाउने गरेको स्थानीयको आरोप छ । यसपटक पनि ठ्याक्कै त्यही दोहोरियो। मन्त्री पोख्रेलले निजी कम्पनीको जग्गा प्राधिकरणले खरीद गर्नुपर्ने र सरकारले मुआब्जा नदिने नीति लिएकोले समस्या भएको नयाँ तथ्य खुलाए । 'सरकारले निजी कम्पनीबाट जग्गा खरीद गर्नुपर्ने रहेछ, सरकारले मुआब्जा नदिने नीति लिएको कारण समस्या भएको हो,' जिएमसँगको टेलिफोन वार्तापछि मन्त्री पोख्रेलले भने । यद्यपी उनले आफु काठमाडौं फर्किएपछि एक सर्वे टोली पठाउने र प्रक्रिया अघि बढाउने आश्वासन दिन भने चुकेनन् ।

गत साउन १ गते पर्यटन तथा नागरिक उड्यान मन्त्री कृपासुर शेर्पाले भने जग्गा अवलोकन गर्दे धरानको एयरपोर्ट योजनाभित्र परिसकेको भन्दै अर्को वर्षदेखि निर्माण सुरु हुने ठोकुवा गरेका थिए । उनको त्यो अभिव्यक्तिपछि धरानबासी निक्कै हौसिएका थिए । एमाओवादी नेता लोकेन्द्र विष्ट मन्त्री हुदा नागरिक उड्यान प्राधिकरणका इञ्जिनियरसमेत ल्याएर सम्भाव्यता अध्ययन पनि गराएका थिए । त्यसपछि जग्गा अपुग भएको भन्दै एयरपोर्ट निर्माण प्रक्रियाले गति लिन सकेन । यसबीचमा धरानबासीले हस्तक्षर अभियान चलाए, मन्त्रालयमा पटक पटक धाए ।

धरानमा एयरपोर्ट बनाउने भनेर ०६० सालमा धरान १७, डाडाघोपामा यति इन्कर्पोरेट प्रालिले स्थानीयसँग ७ बिघा जग्गा खरीद गरेका थिए । एयरपोर्ट बन्ने आशामा स्थानीयले चलनचल्तीको भन्दा धेरै सस्तो मुल्यमा प्रालिलाई जग्गा बिक्री गरेका थिए। प्रालि र स्थानीयबीच भएको सम्झौतामा ६ महिनाभित्र एयरपोर्ट निर्माणको प्रक्रिया प्रारम्भ नभए जग्गा फिर्ता गर्नुपर्ने उल्लेख थियो । एयरपोर्टको लागि प्रालिलाई नगरपालिकाले थप ३ विघा जमिन उपलब्ध गराएको थियो । यतिसँग अनुभव नभएको भन्दै सरकारले निर्माण अनुमति दिएन । पछि प्राधिकरणको सिभिल इञ्जिनियरिङ विभागले गरेको प्रारम्भिक अध्ययनमा उत्तरमा डाँडा भएकोले हालको जग्गाको दक्षिण पश्चिमपट्टीको जग्गालाई बढाउनुपर्ने सुझाव दिएको थियो भने मौषम र वातावरणीय हिसाबले धरान एयरपोर्टको लागि एकदमै उपयुक्त स्थान भएको जनाएको थियो । एयरपोर्टको लागि १८ विघा क्षेत्रफल आवश्यक रहेको बताइएको छ ।

एयरपोर्टको लागि आवश्यक जग्गामध्ये यति इन्कर्पोरेटको ७ बिघा प्राधिकरणले खरीद गर्नेछ भने धरान उपमहानगरपालिकाले ७ बिघा जमिन उपलब्ध गराउनेछ । बाँकी जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । धरान उपमहानगरपालिका कार्यकारी अधिकृत टिकादत्त राईले प्राधिकारणले एयरपोर्टको लागि जग्गा अपुग भएकोले उपमहानगरको जग्गा स्वामित्व हस्तान्तरण गर्न पत्राचार गरेको थियो । त्यससम्बन्धमा उपमहानगरपालिकाले सर्तसहित धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको उत्तरको ७ बिघा जग्गा प्राधिकारणलाई निःशुल्क लिजमा दिने निर्णय गरेको जनाएको छ । उक्त स्थानमा १० बर्षभित्र एयरपोर्ट नबनेमा फिर्ता हुने गरी निःशुल्क लिजमा प्राधिकरणलाई जग्गा दिने निर्णय गरेको कार्यकारी अधिकृत राईले जानकारी दिए । एयरपोर्ट बन्यो भने प्राधिकरणलेनै सञ्चालन र उपभोग गर्न पाउछ ।साभार:नागरीक

]]>
7399 0 0 0
रोकाले प्लास्टिकबाट डिजेल र खोटोबाट पेट्रोल उत्पादन गरे http://localhost/ghum/7402-2/ Thu, 31 Dec 2015 06:37:54 +0000 http://www.ghumphir.com.np/?p=7402 दुर्गालाल केसी

१६ पुष ।

घोराही ११ का २४ वर्षीय मार्सल रोकाले खेर गएको प्लास्टिकबाट डिजेल उत्पादन गरेका छन् । यसअघि सल्लाको खोटोबाट पेट्रोल उत्पादन गरेर नियमित मोटरसाइकलमा परीक्षण गरिरहेका रोकाले मंगलबार प्लास्टिकबाट डिजेल निकाली ट्याक्टर चलाएका हुन् ।

यसअघि विभिन्न ३७ उपकरण आविष्कार गरेर ‘युवा वैज्ञानिक’ का रूपमा परिचित रोकाले ३८ औं आविष्कारका रूपमा प्लास्टिकबाट डिजेल उत्पादन गरेका हुन् । देशमा इन्धन संकट भइरहेको बेला स्थानीय स्रोत साधनबाट इन्धन उत्पादन गर्ने अभियानमा लागेको उनले बताए ।

dang

प्रयोग गरेर फालेको प्लास्टिकलाई सफा गरेर मसिनो गरी काट्ने र त्यसलाई पकाएर निस्केको बाफमा दुई प्रकारका रसायन मिलाएर डिजेल उत्पादन हुने उनले बताए ।

१० प्रकारका प्लास्टिकबाट डिजेल उत्पादन गर्न सकिने उनले बताए । ‘१२ किलो प्लास्टिकबाट १२ लिटर डिजेल उत्पादन हुन्छ,’ उनले भने, ‘एक लिटरलाई ६० रुपैयाँमा बिक्री गर्न सकिन्छ ।’

विद्युतीय भट्टीमा पकाउने भएकाले प्लास्टिकबाट प्रदूषण नहुने रोकाले बताए । एक लिटर डिजेल उत्पादन गर्न एक युनिट विद्युत् खपत हुने उनले जानकारी दिए ।

नगरभित्र फोहोर गरिरहेको प्लास्टिकलाई ऊर्जामा परिणत गर्न लामो समयदेखि परीक्षणमा लागेको उनले बताए । खेर गएको नसड्ने फोहोरबाट डिजेल उत्पादन गर्ने ‘युवा वैज्ञानिक’ को काममा उत्साह थप्न सरकारी तहबाट भरपूर सहयोग गरिने प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले बताए । ‘यस्ता प्रतिभालाई हौसला र अवसर दिनुपर्छ,’ उनले भने, ‘यसतर्फ सबैको ध्यान जान जरुरी छ ।’

दुई महिनाअघि खोटोबाट पेट्रोल बनाएका रोकाले आफ्नो मोटरसाइकलमा नियमित प्रयोग गरिरहेका छन् । उनले आफ्नो मोटरसाइकलमा नियमित लामो समय प्रयोग गरेपछि अन्तमा २५ वटा मोटरसाकलमा पेट्रोल राखेर घोराही बजार परिक्रमा गराई सार्वजनिक रूपमा परीक्षण गरेका थिए ।

सल्लाको खोटोलाई तताएर बाफबाट तरल पदार्थ निकाली त्यसमा केही रसायन मिसाएर पेट्रोल बनाएको रोकाले बताए ।

वाष्पीकरणबाट आएको तरल पदार्थमा १२ प्रकारका रसायन मिसाएको उनले बताए । वाष्पीकरणका क्रममा विभिन्न तहमा फरक फरक रंगको तरल पदार्थ आउँछ । सुरुमा गाढा रातो र पछि पानीजस्तै आउने उनले बताए ।

‘८० प्रतिशत खोटो र २० प्रतिशत रसायनको मिश्रणबाट पेट्रोल तयार हुन्छ,’ उनले भने, ‘यसले अहिले प्रयोग भइरहेको पेट्रोलभन्दा १५ प्रतिशत बढी माइलेज दिन्छ ।’

खोटो प्रज्ज्वलनशील पदार्थ भएकाले नेपालमा इन्धन अभाव हुन थालेपछि यसको परीक्षणमा लागेको रोकाले बताए । दुई लिटर खोटोबाट एक लिटर पेट्रोल निस्कने गरेको रोकाले बताए । ‘४८ रुपैयाँमा एक लिटर पेट्रोल तयार हुन्छ ।

यसलाई बजारमा ७० रुपैयाँसम्ममा बिक्री गर्न सकिन्छ,’ उनले भने, ‘व्यावसायिक रूपमा ठूलो मात्रामा उत्पादन गर्ने हो भने योभन्दा सस्तो हुन्छ ।’

खोटो जलाउँदा बचेको सामान पनि आगो बाल्न र साबुन, पेन्ट बनाउन उपयोग हुने भएकाले खोटो खेर नजाने रोकाले बताए ।

उनले आफ्नो विवेक प्रयोग गरेर पेट्रोल उत्पादन गरे पनि सरकारले यसको थप परीक्षण गरेर यसलाई व्यावसायिक रूपमा उत्पादन गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । परीक्षणको अनुरोध गर्दै उनले दुई लिटर तेल प्रधानमन्त्री कार्यालयमा समेत बुझाएका थिए । उनले प्राकृतिक ग्यास उत्पादनका लागि सहयोग गर्न अनुरोध गर्दै उद्योग मन्त्रालयमा निवेदन दिएका थिए जसअनुसार मन्त्रालयले मंसिर २४ गते चलानी नं. ८७ को पत्रमार्फत खानी तथा भूगर्भ विभागलाई प्राकृतिक ग्यासको अनुसन्धान परीक्षणमा रोकालाई सहयोग गर्न अनुरोध गरेको छ ।

उनले यसअघि मोबाइल अपरेटिङ सिस्टम, क्ल्याप अपरेटिङ सिस्टम, ओकीटोकी सञ्चार सेट, एफएम रेडियो, ट्रान्समिटर, जासुसी उपकरण, आगो लागेको जानकारी दिने उपकरण, बाढी आएको जानकारी दिने उपकरण र घरको सुरक्षामा प्रयोग हुने सतर्कता मेसिन बनएका छन् ।

यसैगरी न्यु कन्सेप्ट भेहिकल, दृष्टिविहीनलाई बाटो देखाउने यन्त्र, हात थाप्दा पानी आउने धारा, जंगलमा आगो लागेमा निभाउन सकिने यन्त्र, जहाँबाट पनि बत्ती अन अफ गर्न सकिने यन्त्र, खेतीमा कति पानी चाहिने भन्ने जानकारी दिने यन्त्र, बिउ बिजनको सुरक्षा गर्ने मेसिनलगायतका उपकरण पनि बनाएका छन् ।

पाँच कक्षा पढ्दादेखि नै वैज्ञानिक उपकरण बनाउन थालेका रोका निरन्तर यही काममा क्रियाशील छन् । अहिले उनी बीबीएस प्रथम वर्षमा अध्ययनरत छन् । अवसर पाएमा अझै धेरै प्रविधि निर्माण गर्न सकिने रोकाले बताए ।साभार कान्तिपुर

]]>
7402 0 0 0
साढे तीन किलो सालकको खपटासहित दुई पक्राउ http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a2%e0%a5%87-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a4%aa%e0%a4%9f%e0%a4%be/ Fri, 01 Jan 2016 18:00:15 +0000 http://www.ghumphir.com.np/?p=7407

बनेपा, १७ पुस ।

संरक्षित वन्यजन्तु सालकको तीन किलो ५०० ग्राम खपटासहित दुई जनालाई प्रहरीले आज बनेपास्थित चाँदनीचोक नजिकबाट पक्राउ गरेको छ । सालकको खपटा बेच्नका लागि ग्राहक खोजेर बजारमा हिँड्दै गरेका अवस्थामा उनीहरुलाई सुराकीको आधारमा पक्राउ गरी इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरी नायब उपरीक्षक राजकुमार केसीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा रामेछापको लखनपुर–७ बस्ने ४० वर्षीय प्रेम लामा र काभ्रेपलाञ्चोकको माझिफेदा गाविस–७ बस्ने २३ वर्षीय पेम्वा तामाङ रहेका छन् । अवैध भएकाले यसको निश्चित मूल्य छैन तर यसलाई अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्य पर्छ प्रहरी नायब उपरीक्षक केसीले भन्नुभयो । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य प्रतिकिलोग्राम रु ५० हजारदेखि दुई लाखसम्म पर्ने जनाइएको छ । पक्राउ परेकालाई राष्ट्रिय वन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही गरिने प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको सालकको खपटा र अभियुक्तलाई जिल्ला वन कार्यालयमा बुझाउने जनाएको छ । संरक्षित वन्यजन्तु सालक मार्ने वा यसको अङ्ग ओसारपसार तथा खरिद बिक्री एवम् तस्करी गर्नेलाई रु ४० हजारदेखि ७५ हजारसम्म जरिवाना र एकदेखि १० वर्षसम्म कैद सजाय दुवै हुने कानुनी प्रावधान रहेको छ ।

]]>
7407 0 0 0
मेलामा ‘धरहरा’ को आकर्षण http://localhost/ghum/7409-2/ Fri, 01 Jan 2016 18:12:28 +0000 http://www.ghumphir.com.np/?p=7409

बुटवल, १७ पुस ।

बुटवलमा जारी लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला अवलोकन गर्ने अधिकांशलाई मेलास्थल बुटवल मण्डपमा बनाइएको ‘धरहरा’को प्रारुपले भूकम्पको सम्झना गराएको छ । गत वैशाख १२ गतेको भूकम्पले धरहरालाई खण्डहरमा परिणत मात्र गराएन, त्यसमा चढेका कयौंँको ज्यान समेत लिएको थियो । धरहराको खण्डहरलाई भूकम्पको चिन्ह मान्ने धेरैछन् । भूकम्पले ढलाएको यही धरहराको झल्को मेटाउन मेलास्थल बुटवल मण्डपमा त्यसको प्रारुप निर्माण गरी राखिएको छ । मेलामा आउने अधिकांशले धरहरा प्रारुपको अवलोकन गर्ने गरेको मेला आयोजक मूल समितिका संयोजक रुपन्देही व्यापार सङ्ङ्घका अध्यक्ष श्रीकृष्ण पोखरेलले बताउनुभयो । धरहारसँगै शान्तिदीपको प्रारुप पनि निर्माण गरिएको छ । यो शान्तिदीपले लुम्बिनीको झल्को दिएको छ । मुख्यद्वार मायादेवी मन्दिरको प्रारुपमा बनाएका आयोजकले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले शान्तिदीपको झल्को पनि मेलास्थलमा दिएका हुन् । ऐतिहासिक र धार्मिक महत्व बोकेका प्रारुप एकै ठाउँमा पाएपछि मेला अवलोकनकर्ताको भीड धरहरा र शान्तिदीपमा लाग्ने गरेको हो । यी प्रारुपमा फोटो खिच्नेको तछाडमछाड नै हुनेगरेको छ । धरहरा र शान्तिदीप परिसरमा ‘सेल्फ’ खिच्नेको उत्तिकै भीड हुन्छ । हातमा अत्याधुनिक प्रविधिका मोबाइल बोकेका सेल्फी लिन पालो पर्खिने गर्छन् । तिलोत्तमा नगरपालिकाका शिव गौतमले मेलामा धरहरा र शान्तिदीप अत्यन्त सुन्दर ढङ्गले बनाइएको बताउनुभयो । मेलास्थलमा राखिएको फोटो, चित्र तथा मूर्तिकला प्रदर्शनीस्थलमा पनि अवलोकनकर्ताको भीड लाग्ने गरेको छ । लुम्बिनी अञ्चलका धार्मिक, सामाजिक, ऐतिहासिक क्षेत्रका तस्बीर प्रदर्शनीका लागि राखिएका छन् ।

]]>
7409 0 0 0
रमणीयस्थल रावाधाप http://localhost/ghum/%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a5%80%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2-%e0%a4%b0%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%aa/ Fri, 01 Jan 2016 18:27:29 +0000 http://www.ghumphir.com.np/?p=7411 7411 0 0 0 दाउरा लिएर http://localhost/ghum/%e0%a4%a6%e0%a4%be%e0%a4%89%e0%a4%b0%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%8f%e0%a4%b0/ Fri, 01 Jan 2016 18:54:05 +0000 http://www.ghumphir.com.np/?p=7414 7414 0 0 0 ‘भादा होम स्टे महोत्सव’ सुरु http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%a6%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%ae-%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%b8/ Sat, 02 Jan 2016 16:09:44 +0000 http://www.ghumphir.com.np/?p=7421

धनगढी, १८ पुस ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कैलाली जिल्लाको साविक उर्मा गाविस, भादा गाउँमा शुक्रबारदेखि ‘भादा होम स्टे महोत्सव’ सुरु भएको छ । यही पुस २१ गतेसम्म सञ्चालन हुने महोत्सव सञ्चालनका लागि भादा गाउँलाई झकिझकाउ पारिएको छ । थारु परम्परामा निर्माण भएका घरमा महोत्सव अवलोकन गर्न आउने पाहुनाको बसोबासको व्यवस्था गरिएको छ । आयोजक थारु होम स्टे गाउँ, भाद पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले पाहुनाका लागि घर घरमा पकाइएको अन्डिक भात, ढिक्री, खेरिया, पनझझरा, अन्डिक रोटी, गेंगटा, घोंघी, मुसुवक सिकार, बयरेक चटनी, सुरिक सिकारलगायत थारु खानाका परिकार महोत्सवको आकर्षण रहने बताउनुभयो । यसबाहेक लहरु (सानो आकारको बयलगाडा) मा भ्रमण र स्थानीय तालमा डुङ्गामा सयर गर्न सकिने व्यवस्था समेत मिलाइएको छ । धनगढीदेखि झन्डै १७ किमी उत्तरपूर्वी क्षेत्रमा हाल धनगढी उपमहानगरपालिका–१६ मा पर्ने भादा गाउँमा आयोजना गरिएको घरबास महोत्सववाट यस क्षेत्रमा बसोबास गर्ने थारु समुदायको खानपिन, वेशभूषा, रहनसहन, कलासंस्कृतिका साथै प्राकृतिक दृष्यको अवलोकन गरी स्थानीयस्तरको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास लिइएको छ । भादा गाउँमा १९६ घरधुरी थारु समुदायका छन् ।

]]>
7421 0 0 0
विश्वमै दुर्लभ गिद्ध सुर्खेतमा भेटियो http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%ae%e0%a5%88-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%ad-%e0%a4%97%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%ad%e0%a5%87%e0%a4%9f/ Sat, 02 Jan 2016 16:13:25 +0000 http://www.ghumphir.com.np/?p=7423

सुर्खेत,१८ पुस ।

विश्वमै दुर्लभ गिद्ध सुर्खेतमा भेटिएको छ । जिल्ला वन कार्यालय सुर्खेतले लोपोन्मुख अवस्थामा रहेको डङ्गुर (हिमालयन ग्रिसन) जातको गिद्ध बिरामी अवस्थामा भेटिएको हो । वीरेन्द्रनगर–८ इत्रामस्थित शङ्करचोक नजिकै औषधिले लठिएको अवस्थामा फेला परेको गिद्धको अहिले उपचार जारी रहेको वन कार्यालयले जनाएको छ । मुखबाट फिज फालिरहेको अवस्थामा गिद्धलाई देखेको स्थानीय बासिन्दाले जानकारीे गराएपछि तुरुन्त उद्धार गरी उपचार थालिएको जिल्ला वन अधिकृत हेमराज विष्टले बताउनुभयो । औषधि प्रयोग गरेको पशुको सिनो खाएपछि गिद्ध बिरामी भएको हुनसक्ने आशङ्का गरिएको छ । आधा मिटर अग्लो गिद्ध अहिले सन्चो हुँदै गएको र निको हुने बित्तिकै छाडिने विष्टले जानकारी दिनुभयो ।

]]>
7423 0 0 0
तीन सय बढी घरमा सौर्य ऊर्जाबाट उज्यालो http://localhost/ghum/7425-2/ Sat, 02 Jan 2016 16:17:13 +0000 http://www.ghumphir.com.np/?p=7425

कञ्चनपुर, १८ पुस ।

तीन वर्षअघि गाउँमा पु¥याइएका विद्युत्का पोल गाड्न नपाउँदै थन्क्याइएपछि कञ्चनपुरको पिलरीफाँटाका बासिन्दाले घरघरमा सौर्यऊर्जा जडान गरेका छन् । विद्युत्का पोल नगाडिएपछि स्थानीय बासिन्दाले विकल्पका रुपमा सौर्यऊर्जा जडान गरी गाउँलाई उज्यालो पारेका हुन् । बस्तीका ५०० परिवारमध्ये ३०० परिवारले उज्यालोका लागि सौर्यऊर्जा जडान गरेको स्थानीय तिलक जप्रेलले बताउनुभयो । “अनुदानमा रु तीन हजार खर्चेर गाउँका सबैजनाले घरघरमा सौर्यऊजा जडान गरेका छन्” उहाँले भन्नुभयो । सौर्यऊर्जा जडान गरेपछि विद्युत् भार कटौतीको समस्या र मोबाइल चार्ज गर्न नजिकैका गाउँमा पैसा तिर्नुपर्ने झन्झट हटेर गएको उहाँले बताउनुभयो । विगतमा उज्यालोको व्यवस्था नहँुदा बालबालिकालाई रातिका बेला मट्टितेलको बत्ती बालेर पढाउन बाध्य थियौँ जस्मा धामीले भन्नुभयो, “बत्तीको धुवाँका कारण बालबालिकामा श्वासप्रश्वासको समस्या बढ्दो थियो ।” “सौर्यऊर्जाको व्यवस्था भएपछि त्यो समस्या हटेको छ” उहाँले भन्नुभयो । सहजरुपमा उज्यालो हुने र बेफाइदाभन्दा फाइदा बढी भएकाले सौर्यऊर्जा जडान नगरेका परिवारले पनि दैनिक मजदुरी गरेर बचत गरेको रकम सौर्यऊर्जा जडानका लागि खर्च गर्न थालेका छन् । “मजदुरी गरेर ल्याईएको केही पैशा सौर्यउर्जा जडानका लागि बचत गरेका छौं” स्थानिय दल बहादुर धामीले भन्नुभयो ।

]]>
7425 0 0 0
प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाको तयारीः मन्त्री पाण्डे http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%87%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%94%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97/ Sat, 02 Jan 2016 16:48:16 +0000 http://www.ghumphir.com.np/?p=7427

बुटवल, १८ पुस ।

उद्योग मन्त्री सोमप्रसाद पाण्डेले मुलुक सङ्घीय संरचनामा प्रवेश गरेसँगै सातवटै प्रदेशमा कम्तीमा एउटा÷एउटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी सरकारले गरिरहेको बताउनुभएको छ । बुटवल उद्योग वाणिज्य सङ्घले आज बुटवलमा आयोजना गरेको सम्मान तथा छलफल कार्यक्रममा मन्त्री पाण्डेले एउटा प्रदेशमा कम्तीमा एक हजार बिगाहा जग्गा रहेको औद्योगिक क्षेत्र स्थापना गर्न अहिले जग्गाको खोजी तथा पहिचान भइरहेको बताउँदै झापा र रुपन्देहीमा जग्गा पहिचान भइसकेको र अन्य स्थानमा खोजी भइरहेको जानकारी दिनुभयो ।

udhyog som pandeyरुपन्देहीको मोतिपुरमा सरकारले विगतका वर्षदेखिनै केही रकम छुट्याएर काम गरिरहेकाले त्यसको विस्तृत अध्ययन छ महिनाभित्र पुरा गरी यसैलाई ठूलो औद्योगिक क्षेत्रमा रुपान्तरण गर्ने पनि मन्त्री पाण्डेले बताउनुभयो । मोतिपुर औद्योगिक क्षेत्रका लागि स्थानीय निकाय र सङ्घसस्थासँग समन्वय गरी गरेको कामले अहिले सरकारलाई जग्गा पहिचान र जनस्तरमा छलफल गर्न सजिलो भएको पनि उहाँले बताउनुभयो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतसहित आजै प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको अवलोकनसमेत गर्नुभएका मन्त्री पाण्डेले उच्च प्राथमिकताका साथ औद्योगिक क्षेत्र घोषणाका लागि तयारी गर्न औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतलाई निर्देशन दिनुभयो । कार्यक्रममा अध्यक्ष बस्नेतले दुई वर्षदेखि सरकारले बजेट विनियोजन गरेको भएपनि खासै काम अघि नबढेकाले अहिले सरकारी तवरबाट धैरै काम भइरहेको र सरकारको योजनालाई लिमिटेडले पुरा गराउने बताउनुभयो ।

]]>
7427 0 0 0
मेची पुल पाँच महिनाभित्र सम्पन्न गर्न निर्देशन http://localhost/ghum/%e0%a4%ae%e0%a5%87%e0%a4%9a%e0%a5%80-%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/ Sat, 02 Jan 2016 16:52:38 +0000 http://www.ghumphir.com.np/?p=7430

भद्रपुर, १८ पुस ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसमा आन्दोलनरत दललाई मुलुकको गम्भीरतालाई ध्यानमा राखी वार्ता र छलफलबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन मेची पुलको स्थलगत निरीक्षण एवम् अवलोकनपछि पत्रकारसँगको भेटघाटमा उहाँले नेपाली जनतालाई दुःख, कष्ट र पीडामा धकेलेर आन्दोलन गरिरहनु नेपाली जनताप्रतिको जिम्मेवारी हुन नसक्ने बताउँदै ती दलले सरकारको वार्ता टोलीसँग निर्णायक वार्ता गरेर समास्याको समाधान खोज्नुको विकल्प नरहेको बताउनुभयो ।

vijaya-kumar gachadarउहाँले प्रदेश र सीमाङ्कनका विषयमा मधेसवादी दलले गरिरहेको आन्दोलनलाई लम्ब्याउनुभन्दा पनि वार्ता र छलफलबाट निकास खोज्नु उत्तम हो भन्दै भारतको अघोषित नाकाबन्दी छिट्टै हट्ने विश्वास दिलाउनुभयो । नाकाबन्दी र आन्दोलनका कारण देशमा अहिले रु छ खर्बको क्षति भएको जानकारी उहाँले दिनुभयो । उपप्रधानमन्त्री गच्छदारले निर्माणाधीन मेची पुल आगामी पाँच महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले झापाको केचनादेखि चारआलीसम्मको ग्रामीण हुलाकी बाटो निर्माण गर्न केही प्राविधिक त्रुटि रहेको जानकारी दिँदै सोको निर्माणका लागि जिम्मामा रहेको भारत सरकारसँग पनि पहल गरिने बताउनुभयो । सुनसरीको दुहबीदेखि पश्चिम झापाको भद्रपुरसँग जोड्ने क्षेत्रीयस्तरको एक सडक निर्माण हुने बताउँदै उपप्रधानमन्त्री गच्छदारले सो बाटोमा पर्ने देवनिया खोलाको निर्माणाधीन पुलको पनि निरीक्षण एवम् अवलोकन गरी सम्बन्धित निकायलाई निर्माणको काममा गति दिन निर्देशन दिनुभयो ।

]]>
7430 0 0 0
तराई मधेसमा जारी आन्दोलनका कारण सबैभन्दा बढी घाटा तराईवासीलाई http://localhost/ghum/%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8/ Sat, 02 Jan 2016 16:56:35 +0000 http://www.ghumphir.com.np/?p=7433 रौतहट, १८ पुस ।

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले तराई मधेसमा भएको अशान्तिले मुलुक अत्यन्तै समस्यामा परेको बताउनुभएको छ । एमाले रौतहटद्वारा आज चन्द्रनिगाहपुरमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसमा जारी आन्दोलनका क्रियाकलाप अविलम्ब अन्त्य गर्नुपर्ने बेला आएको बताउनुभयो ।

yogesh-bhattaraiउहाँले तराई मधेसमा जारी आन्दोलनका कारण सबैभन्दा बढी घाटा तराईवासीले बेहोर्नुपरेको भन्दै आन्दोलनका नाममा विद्यालय, कलकारखाना बन्द हुनु भनेको मुलुकको भविष्य नै चौपट पार्नु कतिसम्म जायज हो, अनिश्चितताको यस्तो अवस्था अब अन्त्य हुनुपर्छ भन्नुभयो । उहाँले नयाँ संविधानबारे तराई मधेसका जनतालाई दिग्भ्रमित पार्न खोजिएको भन्दै भ्रम चिर्नका लागि एमालेले संविधानबारे तीनमहिने प्रचारात्मक अभियान सुरु गरेको जानकारी दिनुभयो । यसैगरी एमाले केन्द्रीय कमिटी सदस्य विरोध खतिवडाले वर्तमान संविधानमा मधेसी जनताको अधिकार नभएको भन्नु हास्यास्पद भएको भन्दै संविधान सधैँ परिवर्तनशील रहने भएकाले मधेसी मोर्चाले आन्दोलन गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो । सभासद् डा वंशीधर मिश्रले संविधान कुनै ‘बाइबल’, ‘कुरान’ वा ‘रामायण’जस्तो नभई सधैँ समयसापेक्ष परिवर्तनशील हुने बताउनुभयो । एमाले रौतहटका अध्यक्ष कमलराय यादवले अध्यक्षता गर्नुभएको सो भेलामा सभासद् लालबाबुराय यादव, रामकुमार भट्टराई, एमालेका केन्द्रीय सदस्य कल्याणी खड्कालगायतले बोल्नुभएको थियो ।

]]>
7433 0 0 0
चिनियाँ व्यापारी रुद्राक्ष खोज्दै भोजपुरमा http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%95/ Sat, 02 Jan 2016 17:01:05 +0000 http://www.ghumphir.com.np/?p=7436

भोजपुर, १८ पुस ।

यतिबेला भोजपुरको षडानन्द नगरपालिका र सदरमुकाम आसपासमा रहेका बजार तथा गाउँमा चीनबाट आएका रुद्राक्ष व्यापारी धेरै देख्न पाइन्छ । रुद्राक्ष नेपालको मध्यपहाडी क्षेत्रमा नगदेबालीका रुपमा किसानले उत्पादन गर्दैआएको एक वनस्पति फल भएकाले गाउँघरमा विशेषत रुद्राक्षलाई दाना भनेर पनि चिन्ने गरिन्छ ।

rudrakshaविगत वर्षमा भारतीय बजारमा निर्यात हँुदै आए पनि केही वर्षयतादेखि चीनमा समेत रुद्राक्षको व्यापार राम्रो हुन थालेपछि रुद्राक्ष उत्पादक किसान र कारोबार गर्ने व्यापारीले राम्रो बजार भाउ पाउन थालेका छन् । तर गतवर्षको तुलनामा यसपाली भने रुद्राक्षको कारोबारमा केही गिरावट आएको बताइएको छ । तैपनि चिनियाँ रुद्राक्ष व्यापारी गाउँ घरसम्म पुगेर किसानसँगै रुद्राक्ष कारोबार गर्न थालेपछि उनीहरुले खुसी व्यक्त गर्ने गरेको रुद्राक्ष व्यापार गर्दैआएका व्यापारी हरि भित्रिकोटीले बताउनुभयो । ‘भारतीय बजारमा मात्र रुद्राक्षको व्यापार राम्रो फस्टाएको थियो केही वर्षयता चिनियाँ क्षेत्रमा राम्रो व्यापार भएसँगै अमेरिका, जापान, थाइल्यान्डका साथै सबै अन्तर्राष्ट्रिय बजारमा रुद्राक्षको व्यापार व्यवसाय फस्टाउँन थालेको भन्नुहुन्छ’ षडानन्द नगरपालिका– १ निगुरेका दीपक भुजेल “साइज मिलेको र हेर्दा आकर्षक रुद्राक्ष भोजपुर र सङ्खुवासभालगायत पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको छ । यसको व्यापार विश्वव्यापी बन्दै जान थालेपछि किसानको महत्वपूर्ण आम्दानीको स्रोत समेत बन्दै आएको छ । यद्दपि रुद्राक्ष कारोबार व्यवस्थित नभएको गुनासोले इलाका प्रशासन र नगरपालिकाले व्यवस्थित गर्ने र बिना अनुमति कारोबार गर्नेको सामान जफत गर्ने निर्णय गरेको छ । विशेषतः रुद्राक्ष धार्मिक र वैज्ञानिक रुपमा पनि निकै महत्वपूर्ण मानिन्छ । दिलाबजारका तोयानाथ गौतम भन्नुहुन्छ ‘रुद्राक्ष धार्मिक रुपमानै प्रयोग गरिन्छ एक मुखेदेखि २१ मुखेसम्म श्रीमत् भावगत महापुराणमा वर्णन गरिएको छ । रुद्राक्ष रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्को रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारिकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छ । पश्चिम नेपालको कास्की, स्याङ्जा, पाल्पा गुल्मी र पूर्वी नेपालको भोजपुर, सङ्खुवासभा धनकुटा र खोटाङलगायत जिल्लामा बढी पाइन्छ । नेपाललगायत भारत, मलेसिया, थाइल्याण्ड, इण्डोनेसिया तथा अस्ट्रेलियाका जङ्गलमा प्रशस्तै पाइन्छ । विश्वभरमा यसका जम्मा १२३ प्रजाति पाइए पनि नेपालको रुद्राक्ष विभिन्न प्रकारको रोगमा समेत प्रयोग गरेको पाइएको छ । यसरी नै धार्मिक सांस्कृितक हिसाबले महत्वपूर्ण मानिने रुद्राक्ष कारोबारलाई व्यवस्थित गर्ने हो भने उत्पादन गर्ने कृषक मारमा पर्ने थिएनन् ।

]]>
7436 0 0 0
कागबेनीको वायु ऊर्जा २५वर्षदेखि अलपत्र, सञ्चालन गर्न माग http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%97%e0%a4%ac%e0%a5%87%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81-%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be-%e0%a5%a8%e0%a5%ab%e0%a4%b5/ Sat, 02 Jan 2016 17:04:01 +0000 http://www.ghumphir.com.np/?p=7439

मुस्ताङ, १८ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने विकल्पमध्ये वायु ऊर्जा पनि एक विकल्प बन्न सक्ने बताइरहेका बेला हिमाली जिल्ला मुस्ताङको कागबेनीमा २५ वर्षअघि निर्माण गरिएको देशकै पहिलो वायु ऊर्जा आयोजना भने अलपत्र बनेको छ । दक्ष प्राविधिक जनशक्ति अभाव हुँदा आयोजनाको सञ्चालन केही समयदेखि बन्द अवस्थामा छ । आयोजनाको अहिले केही अवशेषहरु मात्रै बाँकी रहेको स्थानीयवासीले बताएका छन् ।

mustang mapआफ्नो क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन भरपर्दो नभएको भन्दै कागबेनीवासीले तत्काल आयोजनाको थप सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न माग गरे पनि त्यससम्बन्धी अहिलेसम्म कुनै काम अघि बढ्न सकेको छैन । सम्बन्धित निकायको बेवास्ताका कारण लामो समयदेखि आयोजना बन्द भएको कागबेनीका पूर्व गाविसका अध्यक्ष नोर्बु गुरुङले जानकारी दिनुभयो । तीव्र गतिमा बहने हावालाई प्रविधिको सहयोगमा विद्युत् उत्पादन गर्ने आयोजना मुस्ताङमा प्रभावकारी भए पनि त्यसको थप अनुसन्धान र सम्भाव्यता अध्ययन हुन सकेको छैन । आयोजनामा विद्युत् उत्पादनका लागि निर्माण गरिएको भवन अहिले जीर्ण बनेको छ । ट्रान्समिटर र ब्याट्री एउटा कोठामा थन्काइएको छ । भवन बाहिर घुम्ने पङ्खा अलपत्र अवस्थामा रहेको छ । मुस्ताङमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तीव्र गतिमा हावा चल्छ । विद्युत् उत्पादनको सफल परीक्षणपछि स्थानीय ६० घरले तीन महिनासम्म उपभोग गरेको कागबेनीका स्थानीयवासी फुर्वा गुरुङले जानकारी दिनुभयो । देशमा चर्को विद्युत्भार कटौतीको समस्या भइरहेको अवस्थामा वायु ऊर्जालाई प्रयोगमा ल्याउन सके ऊर्जा सङकट न्यूनीकरण गर्न सक्ने सम्भावना भए पनि त्यसतर्फ कसैले ध्यान दिन सकेको छैन । “कागबेनीमा नयाँ प्रयोग भयो भनेर संसारभर चर्चा भए पनि त्यसले निरन्तरता पाउन सकेन, विभिन्न देशका नागरिकले पनि अहिले हामीलाई प्रश्न गर्छन्”, गुरुङले भन्नुभयो – “त्यसलाई प्रयोगमा ल्याउन जरुरी छ, अहिलेको सरकारको यसमा ध्यान जानुप¥यो ।”

]]>
7439 0 0 0
पाल्पामा कालीगण्डकीमा महिलाको शब फेला http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%b9/ Sat, 02 Jan 2016 17:30:44 +0000 http://www.ghumphir.com.np/?p=7441

रामपुर (पाल्पा), १८ पुस ।

पाल्पा जिल्लामा कालिगण्डकी नदीमा आज दिउँसो एक महिलाको शव फेला परेको छ । चापाकोटको मणिमुकुन्द घाट नजिक भेटिएको सो शव चापाकोट नगरपालिका–५ बैडीकी ६० बर्षिया बिनाकुमारी अर्यालको भएको प्रहरीले जनाएको छ । आज दिउँसो करिब ३ बजे नदीमा बग्दै गरेको अवस्थामा स्थानीयले शव देखेर नदी बाहिर निकालेपछि शवको पहिचान भएको स्थानीय सनतप्रसाद तिम्सिनाले बताउनुभयो ।

]]>
7441 0 0 0
चामल उद्योग सङ्कटमा http://localhost/ghum/7444-2/ Sun, 03 Jan 2016 03:07:20 +0000 http://www.ghumphir.com.np/?p=7444 शीतलप्रसाद महतो वीरगन्ज, १९ पुस ।

लगातारको लामो बन्द र हडतालका कारण बारा र पर्साका चामल उद्योग सङ्कटमा पर्न थालेका छन् । बन्दका कारण बारा पर्साका चामल उद्योगले रु साढे सात अर्बभन्दा बढी घाटा बेहोरेका छन् । मधेस केन्द्रित दलहरूको आह्वानमा झन्डै साढे चार महिनादेखि तराई मधेसका जिल्लामा बन्द र हडताल जारी रहेको छ । कच्चा पदार्थको अभाव र ढुवानीमा देखिएको अवरोधका कारण बारा र पर्साका अधिकांश चामल उद्योगले घाटा बेहोर्नुपरेको हो, वीरगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ताले भन्नुभयो – “क्षमताका आधारमा चामल उद्योगले दैनिक रु १५ लाखदेखि रु दुई करोडसम्म घाटा बेहोरिरहेका छन् । आन्दोलनकारीको निरन्तरको अवरोधका कारण यस क्षेत्रका अधिकांश उद्योग बन्द भएका छन्, उहा“ले भन्नुभयो – “चार महिनाको निरन्तर बन्द र हडतालका कारण यस क्षेत्रका चामल उद्योगले साढे ७ अर्बभन्दा बढी घाटा बेहोरिसकेको छ । स्वदेशी चामल उद्योगहरूलाई प्रोत्साहन गर्ने हो भने धानको आयातमा लाग्ने कृषि सेवा शुल्क घटाउनुपर्ने तथा चामलको आयात शुल्कमा वृद्धि गर्नुपर्नेमा चामल व्यवसायीहरू जोड दिन्छन् । अहिले चामलको आयातमा आठ प्रतिशत र धानमा पा“च प्रतिशत कृषि सेवा शुल्क लिइने गरिन्छ । हामीले यस वर्ष कम्तीमा चामलको आयातमा लाग्ने आठ प्रतिशत शुल्कबाट बढाएर १० प्रतिशत र धानको आयातमा लाग्ने पा“च प्रतिशतबाट घटाएर शून्य वा कम्तीमा दुई प्रतिशत कायम गर्नुपर्ने माग सरकारसँग गरेका थियौँ, मोहित एग्रो इन्डस्ट्रिजका प्रबन्ध निर्देशकसमेत रहनुभएका उपाध्यक्ष गुप्ताले भन्नुभयो – तर सरकारले हाम्रो माग सुनेन, फलस्वरुप भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा बारा र पर्सामा रहेका चामल उद्योग सङ्कटमा परेका छन् । पा“च वर्षअघिसम्म बारा र पर्सामा करिब ३५० को हाराहारीमा रहेको चामल उद्योगमध्ये झन्डै ३०० को हाराहारीमा बन्द भइसकेका छन् । अहिले ५० मा सीमित भएका चामल उद्योगमध्ये पनि आधा सङ्कटग्रस्त रहेको चामल उद्योग सञ्चालकहरु बताउ“छन् । भारतले सार्क मुलुकमा बासमतीबाहेक अन्य धानको निर्यातमा लगाएको रोक सन् २०११ को सेप्टेम्बर ९ बाट फुकुवा गरेपछि तयारी चामल र धान ठूलो परिमाणमा आयात हुन थालेको हो । भारतको विहार मात्र नभई उत्तर प्रदेशका उद्योगका चामलसमेत आयात भइरहेको दाबी चामल उद्योगीहरुको छ । स्वदेशमै उत्पादित धानले यहा“का चामल मिलको वार्षिक कुल मागको ७० प्रतिशत धान्न सक्ने अवस्था रहेकामा यहा“को किसानको ढाड सेक्ने गरी भारतबाट चामल र धान दुवै आयात गरिएको चामल उद्योगी अनिरुद्धप्रसाद गुप्ताले बताउनुभयो । मुलुकको कुल चामल मागको ४० देखि ५० प्रतिशत आपूर्ति यहा“का उद्योगले गर्दै आएका छन् भने काठमाडौँ उपत्यकाको चामलको आधा बजार यी दुवै जिल्लाको उद्योगले धान्दै आएका छन् । हामीले कुनै समय भारतमा चामल निर्यात गर्ने गरेका थियौँ, उद्योगी गुप्ताले भन्नुभयो – “अहिले भारतबाट ठूलो परिमाणमा चामल आयात हुने गरेका छन्, त्यसैले आयातलाई निरुत्साहन गर्ने किसिमले धान र चामलको भन्सार मूल्याङ्कन व्यावहारिक र वैज्ञानिक हुनुपर्दछ ।” वीरगन्ज भन्सार कार्यालयका अनुसार, गत आवमा यो नाका भएर भारतबाट रु पाँच अर्ब ७४ करोड मूल्य बराबरको रु २१ करोड छ लाख किलो धान आयात भएको थियो । स्वदेशी चामल उद्योगको प्रवद्र्धन र किसानको हकहितका लागि धान चामल बोर्ड गठन गर्नुपर्ने माग गत वर्षदेखि नै उठाउ“दै आएको भए पनि यस वर्षको बजेटमा समेत त्यसलाई सम्बोधन गरिएको छैन, अर्का चामल उद्योगी गणेश लाठले भन्नुभयो – चामल उद्योगको प्रवद्र्धनका लागि सरकार संवेदनशील हुनुपर्दछ । उहाँका अनुसार, बन्द र हडतालका अवधिमा करिब आठ हजार अस्थायी मजदुरले रोजगारी गुमाएका छन् भने स्थायी मजदुरलाई उद्योग व्यवस्थापकले उद्योग बन्द भएको अवधिको पनि तलब र सुविधा दिनुपरेको छ ।

]]>
7444 0 0 0
उपयुक्त ठाउँमा बसपार्क नहुँदाबीच सडकमै पार्किङ http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%af%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%a0%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%b8%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%a8/ Sun, 03 Jan 2016 03:10:21 +0000 http://www.ghumphir.com.np/?p=7446

खोटाङ, १९ पुस ।

उपयुक्त ठाउँमा बसपार्क नहुँदा खोटाङमा सञ्चालित यातायातका सवारी साधनबीच सडकमै पार्किङ गरेर राख्ने गरिएको छ । जिल्लामा निर्माण गरिएका दुवै बसपार्क उपयुक्त ठाउँमा नहुँदा जिल्लामा सञ्चालित यातायातका सवारी साधन दिक्तेलस्थित रत्नपार्कको बीच सडकमै पार्किङ गरेर राख्ने गरिएको हो ।

Khotang District Map

दिक्तेल नगरपालिका–४ सोल्मा र ३ को आचार्य गाउँमा निर्माण गरिएका बसपार्क उपयुक्त ठाउँमा नभएकाले सकडमै पार्किङ गर्ने गरिएको यातायात व्यवसायी सङ्घ, खोटाङका सचिव रामकुमार हिङ्माङले बताउनुभयो । “बीच सडकमा पार्किङ गर्दा हामी व्यवसायी मात्र नभई सबैलाई समस्यामा भएको छ ।” उहाँले भन्नुभयो – “यसलाई सम्बन्धित निकायले गम्भिरताका साथ लिनुप¥यो ।” जिल्लामा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको ३५ रोपनी जग्गामा दुई ठाउँमा बसपार्क निर्माण गरिएको छ । सोल्मामा २० र आचार्य गाउँमा १५ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको छ । दिक्तेल नगरपालिका–२ का राजन केसीलगायतले बसपार्कका लागि आफूहरु निःशुल्क जग्गा दिन तयार रहेको बताउँदै आएका छन् । “हामीले यसअघि पनि बसपार्कका लागि जग्गा दिन्छौँ भनेकै हो ।” केसी भन्नुहुन्छ – “यदि बसपार्कका लागि आवश्यक छ भने हामी पर्याप्त जग्गा दिन तयार छौँ ।” केसीका अनुसार रत्नपार्कस्थित मध्यपहाडी लोकमार्गमा पर्ने ग्यारेजमुनिको जग्गा बसपार्कलाई दिने प्रस्ताव आएको हो । उक्त जग्गा आफूहरुका लागि उपयुक्त भएको यातायात व्यवसायी सङ्घ, खोटाङका अध्यक्ष गणेश शाहीले बताउनुभयो । “सुरक्षाको दृष्टिले पनि उक्त ठाउँ उपयुक्त छ ।” उहाँले भन्नुभयो – “हामीले भनेको ठाउँमा बसपार्क निर्माण गरिए सङ्घको तर्फबाट ४० प्रतिशत खर्च व्यहोर्न तयार छौँ ।” जिल्लामा ११७ बस, २२ जिप, ७० ट्र्याक्टर र ७० ट्रक सञ्चालनमा छन् । सुनकोसीमा पक्की पुल र दूधकोसीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएकाले अझै धेरै सङ्ख्यामा यातायातका सवारी साधन जिल्ला भित्रिन सक्ने व्यवसायीको भनाइ छ । जिल्लामा बाटै छेकेर यातायातका सवारी साधन पार्किङ गरेर राखिए पनि नगरपालिकाले चासो नदिएको स्थानीयवासीको आरोप छ । नगरपालिकाले चासो नदिँदा रत्नपार्कदेखि पुरानो बेसक्याम्पसम्म बाटै छेकेर यातायातका सवारी साधन पार्किङ गर्ने गरिएको छ ।

]]>
7446 0 0 0
सडक खाना महोत्सव सम्पन्न http://localhost/ghum/%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a8/ Sun, 03 Jan 2016 03:13:05 +0000 http://www.ghumphir.com.np/?p=7448

हेटौँडा, १९ पुस ।

मकवानपुर होटल एसोसिएसन हेटौँडाको आयोजनामा दुई दिने सातौँ सडक खाना महोत्सव शनिबार सम्पन्न भएको छ । मकवानपुर जिल्लाको होटलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले सडकमै खाउ“ सडकमै रमाउ“ भन्ने नारा दिइएको उक्त सडक खाना महोत्सवमा विभिन्न किसिमका परिकारको ४६ वटा कक्षका साथै हस्तकलाको प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रमको समेत प्रस्तुति रहेको थियो । हरेक वर्ष आयोजना भइरहेको सडक खाना महोत्सवमा हजारौँ को सङ्ख्यामा मानिसको उपस्थिति रहेको तथा करिब रु २० लाख बराबरको कारोबार भएको मकवानपुर होटल एसोसिएसनले जनाएको छ ।

]]>
7448 0 0 0
संस्कृति बचाउँदै सरिता http://localhost/ghum/7450-2/ Sun, 03 Jan 2016 03:21:12 +0000 http://www.ghumphir.com.np/?p=7450 नितु घले
करिब ९ बजेर १५ मिनेट गएको हुँदो हो । चाँगुनारायणको मन्दिरमा पूजा गर्नेहरूको भीड विस्तारै बाक्लिँदै गएको देखिन्थ्यो। चाँगुको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूले मानिसलाई निषेध गरिएका क्षेत्रमा तस्बिर नखिच्न आग्रह गरिरहेका थिए। त्यत्तिकैमा नित्यपूजा सुरु भयो।
टिङटिङ मन्दिरका घन्टी बज्न थाले। भूकम्पले क्षतविक्षत बनाएको चाँगु मन्दिर प्रांगणको एउटा कुनामा बसेर एउटी बालिका नेपालको एक प्राचीन बाजा 'दमाहा' बजाइरहेकी थिइन्।
निकै जोसिलो पाराले दमाहा बजाउने ती बालिका थिइन् सरिता परियार। उनी चाँगुकै स्थानीय बासिन्दा हुन्। चाँगुनारायण मन्दिरभन्दा केही तल परियार गाउँमा छ उनको घर । प्रत्येक दिन नित्य पूजामा दमाहा बजाउन मन्दिरमा आइपुग्नै पर्छ उनको परिवार।
पुर्खाको पालादेखि नै चलिआएको यो परम्परा अझै यथावत् नै रहेकोले कुनै दिन पनि छुटाउन नहुने सरिताले बताइन्। उनका अनुसार सरिताको परिवारलाई दमाहा बजाउने कामको भाग परेको छ भने छिमेकीको परिवारलाई सनई बजाउने। फरक यतिमात्रै हो कि बिहानीको नित्य पूजामा दमाहा बजाउने गरिन्छ भने बेलुकीकोमा सनई।
INstrument_nepali
द नवीन इङ्लिस स्कुलमा कक्षा ७ मा अध्ययनरत सरिता पनि भ्याएसम्म मन्दिरमा आउँछिन्। 'बुवालाई सहयोग गर्नुपर्छ नि' सरिताले भनिन्। सात जनाको परिवार छ उनको। दुई दिदी, दुई बहिनी र एकभाइमध्येकी साहिँली छोरी हुन् उनी।
आफ्नो परम्परा बचाउने उत्तरदायित्व दिइएको हुनाले दमाहा बजाउँदा रमाइलै लाग्ने उनको अनुभव छ। 'पुर्खाको पालादेखि नै बजाउँदै आएको हो, गर्दिनँ भनेर पनि त हुन्न नि' उनले भनिन्।
उनकी बहिनी अनिता बिदाको दिनमा बिहानै फूल र प्रसाद बेच्न आइपुग्छिन्। आफ्नै गाउँघरमा फुलेका फूल, प्रसादको साथै धूपबत्ती मिलाएर टपरीमा हाल्छिन्। सानोसानो भाग बनाएर बेच्नको लागि उनी तयार हुन्छिन्। विद्यालयमा बिदाको समय सदुपयोग गरेको बताउँदै उनले भनिन्, 'हामी पूजाको सामग्री बेच्ने र दमाहा बजाउने काम दिदीबहिनी सबैले मिलेर गर्छौं।'
उनीहरूको बुवा रामकृष्ण परियार जजमानी गर्ने काम गर्छन् । आफ्नै जातिका मानिसकहाँ गएर पूजा, श्राद्धलगायतका काममा उनी प्रायः व्यस्त हुन्छन् । त्यही कारणले पनि मन्दिरमा आफूहरू जानुपर्ने अनिताको भनाइ छ।
कुनै पनि काम गर्न लजाउनु हुँदैन भन्ने सन्देश दिन चाहेको दिदीबहिनीले एकै स्वरमा बताए। नेपालमा आज पनि जात र छुवाछूतको कुरा गरिन्छ। तर जुनसुकै काम गर्दा पनि सानो भइन्न भन्ने कुराको उदाहरण दिएका छन् यी दिदीबहिनीले।
चाँगुनारायणका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायका अनुसार नित्यपूजामा पञ्चेबाजा बजाउने चलन लिच्छविकालदेखि सुरु भएको थियो। नौ वर्षको उमेरदेखि मन्दिरमा मूलपूजारीको रूपमा काम गर्दै आएका राजोपाध्याय हाल ६२ वर्षको हुँदा पनि त्यतिकै सक्रिय छन्।
उनका अनुसार बिहानीको पूजामा पञ्चेबाजा बजाइन्छ भने बेलुकाको आरतीमा नेवार जातिको कुशे वर्गले मुहाली बजाउने गर्छन्। पञ्चेबाजा भने परियार जातका मानिसले नै बजाउने परम्परा रहिआएको छ।
ChangunNarayan_Temple_856410321
जसको भागमा बाजा बजाउने काम परेको छ उनीहरूका घरमूलीले बजाउने गर्छन्। तर कहिलेकाहीँ बाबुआमा अन्य काममा व्यस्त हुँदा छोराछोरी पनि आउने गर्छन्।'पहिलेदेखि चलिआएको चलन भएकै कारण उनीहरूलाई नआऊ भन्न सक्दिनँ। तर विद्यालय जाने बालबालिकालाई आउनै पर्छ भन्ने बाध्यता छैन।
उनीहरूको खुसी हो' मूलपुजारी राजोपाध्यायले बताए। बिहानीको नित्यपूजा आधा घन्टाको हुन्छ। जसमा मन्दिरभित्र घण्टा र शंख बजाइन्छ। जतिपटक घण्टा बजायो अन्य बाजा पनि त्यति नै पटक बजाउनुपर्छ। पूजा अवधिमा पाँच पटक घण्टा बजाइन्छ। तर बेलुकीको आरती १५ मिनेटको मात्रै हुन्छ।
पूजामा सनई, नगरा (दमाहा), झ्याली, ढोलक, बिजुलीबाजा र मुहाली गरी जम्मा ६ प्रकारको बाजा बजाइन्छ। यी बाजा मन्दिर बाहिर बसेर बजाइन्छ। पूजा तथा आरती गर्ने क्रममा सुर र ताल दुवै मिलेको हुनुपर्छ। किनकी यी बाजाबाट निस्किने कर्णप्रिय आवाजले भगवान्लाई आनन्द दिनुपर्छ भन्ने जनविश्वास रहिआएको छ।
पहिले बाजा बजाउँदै आएका मानिसको नाममा केही जग्गा छुट्याइएकोले उनीहरूले पनि बाली पाउँथे। तर अहिले जग्गा मोहीको स्वामित्वमा गइसकेकाले उनीहरूले त्यो पनि पाउँदैनन्। त्यसैले हाल परियार जातिले मन्दिरमा बाजा बजाएबापत केही पाउँदैनन्, केवल परम्परा धान्ने काममात्रै गरिरहेका छन् उनीहरू।
मन्दिरको इतिहास प्राचीनकालमा एकजना सुदर्शन नामका ब्राह्मण थिए। उनी गाई गोठाला (ग्वाला) को रूपमा काम गर्थे। उनले पालेको गाईले एकदमै धेरै दूध दिन्थ्यो र त्यही दूध अन्य ब्राह्मणकोमा पठाउनुपथ्‍यो। तर विस्तारै गाईले दूध दिन छाड्यो। त्यसपछि उनले गाईले दूध किन दिइनन् भनेर पत्ता लगाउनको लागि गाई चरेको ठाउँमा लुकेर बस्थे।
अचम्म के भयो भने, त्यो गाई सधैं एउटा चाँपको रूखको छेउमा जान्थिन्। त्यो चाँपको रूखनिर एकजना कालो वर्णका पुरुषले गाईको दूध चुरिहेको गोठालाले देखे। हेर्दै कालो डरलाग्दो पुरुष देखेर उनलाई रिस उठ्यो। उनले त्यसलाई राक्षस होला भनेर त्यसको टाउको नै काटिदिए।
उसको काटिएको शरीरबाट चारवटा हात भएको भगवान् प्रकट भए। त्यसपछि ग्वालालाई पश्चाताप भयो र भूल गरेकोमा आफ्नै टाउको काट्ने निर्णय गरे। तर भगवान् विष्णुु प्रकट भएर यो तिमीले गल्ती गरेको हैन मैले जानीजानी यस्तो गरेको हुँ भने।
विष्णु भगवान्ले सिकार खेल्ने क्रममा अञ्जानमा सुदर्शनको बुवाको हत्या गरेकोले आफूले आफैंलाई श्राप दिएको बताए। जब सुदर्शनले त्यो कालो पुरुषको टाउको काटे त्यसपछि उनी पापबाट मुक्त भएको बताए। त्यसपछि ग्वाला र ब्राह्मणहरूले त्यहाँ पूजा गर्ने परम्परा बसाएका थिए।
त्यहाँ उनीहरूले विष्णुको सानो मन्दिर पनि बनाए। अहिले मन्दिरमा पूजा गर्ने पुजारीहरू सुदर्शनकै सन्तानहरू यथावत् रहेको राजोपाध्यायको भनाइ छ। उनका अनुसार पुजारीले आफ्नै बाबुआमाको मृत्यु हुँदा पनि जुठो बार्न पाउँदैनन्, सधैं मन्दिरमा बसिरहनुपर्छ।
नेपालको अति नै सुन्दर र ऐतिहासिक महत्व बोकेको मन्दिरको रूपमा पनि चाँगुनारायणलाई चिनिन्छ।प्यागोडा शैलीमा बनेको चाँगुनारायणको मन्दिर द्वितीय शताब्दीतिर नै बनेको किंवदन्ती पाइन्छ। उत्कृष्ट कला झल्काउने चाँगुको मन्दिर वरिपरि कलात्मक पारामा मूर्ति चित्रहरू कुँदिएका छन्।
आफ्नो परम्परा बचाउने उत्तरदायित्व दिइएको हुनाले दमाहा बजाउँदा रमाइलै लाग्ने उनको अनुभव छ। 'पुर्खाको पालादेखि नै बजाउँदै आएको हो, गर्दिनँ भनेर पनि त हुन्न नि' उनले भनिन्।
]]>
7450 0 0 0
नागरिक उड्डयन प्राधिकरण १८ वर्षमा http://localhost/ghum/7454-2/ Sun, 03 Jan 2016 03:25:16 +0000 http://www.ghumphir.com.np/?p=7454 सुरज कुँवर

१९ पुस, काठमाडौं ।

अन्तर्राष्ट्रिय क्षेत्रमा हवाई यात्रु र वायुयान आवागमनको स्थिति उकालो लागिरहेका बेला नेपालमा भने यस वर्ष ठिक उल्टो भएको छ ।नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार २०१४ को पहिलो दस महिनाको तुलनामा सन् २०१५ को पहिलो दस महिना ५ दशमलव ९९ प्रतिशतले हवाई यात्रु घटेका छन् ।

वायुयान आवागमन पनि अघिल्लो वर्षको दाँजोमा ० दशमलव ३९ प्रतिशतले कमी भएको छ ।

२०१५ का दस महिना २६ लाख ६२ हजार ८ सय ४१ जना अन्तर्राष्ट्रिय यात्रुको आवागमन भएको थियो भने यस अवधिमा २२ हजार २ सय वटा अन्तर्राष्ट्रिय वायुयानको आवागमन भएको थियो । भूकम्प, नाकाबन्दीका कारण भएको हवाई इन्धन अभाव लगायतका कारण यस वर्ष हवाई ट्राफिक आवागमनको स्थिति नकारात्मक बनेको महानिर्देशक गौतमले १७ औं वर्षगाँठका अवसरमा बिहीबार बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रारम्भिक तथ्यांकअनुसार २०१५ मा विश्वव्यापी नियमित उडानका यात्रु आवागमनतर्फ ६ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ भने एसिया–प्रशान्त क्षेत्रमा यो वृद्धि दर ८ दशमलव २ प्रतिशत रहेको छ । तर अन्तर्राष्ट्रिय कार्गो ढुवानी भने यो वर्ष ० दशमलव ७ प्रतिशतले घटेको छ ।

तर, नेपालमा विनाशकारी भूकम्पका कारण कार्गो आयात भने अघिल्लो वर्षको दाँजोमा २४ दशमलव ७० प्रतिशतले बढ्न गएको छ । भूकम्पपछि विदेशबाट आएको राहत सामग्री आयातका कारण कार्गो आयातको परिमाण बढ्न गएको हो । यसैगरी आन्तरिक हवाई यातायाततर्फ २०१५ को पहिलो १० महिना ४ दशमलव २५ प्रतिशतले अघिल्लो वर्षको दाँजोमा यात्रु घटेका छन् । २०१५ को अक्टोबरसम्म आन्तरिकतर्फ ११ लाख ४३ हजार ३ सय ३६ जना यात्रुले आवागमन गरेका थिए ।

यसैबीच नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता तथा समझदारी गरेका मुलुकहरूको संख्या ३८ पुगेको छ । प्राधिकरणले हालै न्युजिल्याड र भियतनामसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको थियो । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ वटा स्वदेशी तथा २४ विदेशी वायुसेवाहरू गरी २६ अन्तर्राष्ट्रिय वायुसेवाहरूले १३ मुलुकका २३ गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । नेपाली वायुसेवाहरू बुद्ध एयर र नेपाल वायुसेवा निगमले ६ वटा मुलुकका ८ वटा गन्तव्यमा उडान भरिरहेका छन् ।

यसैबीच प्राधिकरणले आन्तरिकतर्फ हालसम्म १८ वटा वायुसेवा कम्पनीलाई एयर अपरेटर सर्टिफिकेट प्रदान गरेको जनाएको छ । यीमध्ये नियमित हवाई सेवातर्फ ७ वटा, चार्टर तथा कार्गो सेवातर्फ ३ वटा र हेलिकप्टरतर्फ ७ वटा कम्पनी रहेका छन् ।

त्यसैगरी हालसम्म देशमा ६ वटा निर्माणाधीनसमेत गरी ५६ वटा विमानस्थल छन् । यिनमा ३२ वटा विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ । निर्माणाधीन विमानस्थलमा कालिकोट, ओखलढुंगाको खिजी चण्डेश्वरी, लम्जुङको शीतलेश्वर, गुल्मीको सिमीचौर र इलामको सुकिलुम्ब छन् ।साभार कान्तिपुर

]]>
7454 0 0 0
घरमा सोलार राख्नुस्, बैंकले पैसा हाल्दिन्छ http://localhost/ghum/%e0%a4%98%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%a8%e0%a5%81%e0%a4%b8%e0%a5%8d-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95/ Sun, 03 Jan 2016 03:28:44 +0000 http://www.ghumphir.com.np/?p=7457  पुस १९, काठमाडौं ।

बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका निर्देशक रामप्रसाद धितालका अनुसार बैंकले लिने ९ प्रतिशत ब्याजमध्ये  घरायसी प्रयोजनका लागि लिएको सोलारको ७५ प्रतिशत ब्याज र व्यवसायिक प्रयोजनका लागि जडान गरिएको सोलारको ५० प्रतिशत ब्याज सरकारले तिरिदिन्छ।

नेपाल इन्भेष्टमेन्ट बैंक र सिभिल बैंकका देशभरिका मुख्य शाखाबाट सोलार जडान गर्न ऋण पाइन्छ। एनएमबी बैंकको सितापाइला शाखबाट अहिले यस्तो कर्जा दिने गरेको छ।

बैंकबाट ऋण लिनको लागि धितो राख्नुपर्दैन। सोलारलाई धितो मानिन्छ। बढीमा ६० किस्तामा बैंकको ऋण तिर्नुपर्ने ब्यवस्था छ।

१०० वाटदेखि माथिको सोलार राख्दा बैंकले कर्जा दिन्छ भने सरकारी अनुदान पाउन ५०० वाटभन्दा बढीको सोलार  सिस्टम जडान गर्नुपर्छ।   १०० वाटको सोलार राख्ने ब्यक्तिले १०  प्रतिशत रकम बैंकमा बुझाएर ६० महिनामा रकम भुक्तानी गर्दा प्रतिमहिनामा ६८५ रुपैयाँ पर्न आउँछ। १०० वाटको सोलार जडान गर्दा कुल ४३ हजार ५ सय रुपैयाँ पर्छ।

 राजधानीको भृकुटीमण्डपमा जारी नवीकरणीय उर्जा मेला २०७२ मा पनि बैंकले कर्जाका लागि फारम संकलन गरिरहेका छन्।  मेलामा ६८ वटा सोलार कम्पनीले ९३ वटा स्टल राखेका छन्।

सोलार प्रणालीमा जडान भएका  सोलार पाताको २० वर्ष, ब्याट्रीको ५ वर्ष, चार्जर कन्ट्रोलरको २ वर्ष,  सोलार इन्भर्टरको २ वर्ष, सोलार वल्व र बत्ती २ वर्ष वारेन्टी हुन्छ। सोलारको गुणस्तरको निर्धारण केन्द्रले नै गर्छ। केन्द्रले यसरी सोलार बिक्री गर्न १ सय १८ वटा कम्पनीलाई छनोट गरेको छ।

]]>
7457 0 0 0
बस दुर्घटनामा छको मृत्यु, १६ जना घाइते http://localhost/ghum/%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b9%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ac%e0%a4%b8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0/ Sun, 03 Jan 2016 03:31:30 +0000 http://www.ghumphir.com.np/?p=7460

तिलोत्तमा (रुपन्देही), १९ पुस ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा गएराति भएको बस दुर्घटनामा छजनाको मृत्यु भएको छ । ना४ख ६८४१ नंको बसमा सवार चारजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको इप्रका, बुटबलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बर्दिया तारातालका २२ वर्षीय कुशल शर्मा, कञ्चनपुर भीमदत्त नगरपालिका– ५ का ३५ वर्षीय प्रकाश शाही, रुपन्देही देवदेहकी ३५ वर्षीया शान्ति दर्जी र बाराका ३२ वर्षीय चुरक शाहको सनाखत भएको खड्काले बताउनुभयो । नारायणगढबाट नेपालगन्जका लागि छुटेको बस रुपन्देहीको देवदह नगरपालिका १० घोडाहा जङ्गलमा अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चारजनाको थप उपचारका लागि भरतपुर पठाइएको छ । बसमा ४३ जना सवार रहेका थिए ।

]]>
7460 0 0 0
मन्त्रीहरुले बास नै नपाउने अवस्था http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%be%e0%a4%b8-%e0%a4%a8%e0%a5%88-%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%89/ Sun, 03 Jan 2016 03:34:50 +0000 http://www.ghumphir.com.np/?p=7465 नेपाल समाचारपत्रमा खबर छ । क्वार्टरको अभावमा मन्त्रीहर डेरा खोजेर बस्न थालेका छन् । ४० जनाको मन्त्रिपरिषद बन्दा समेत अझै राज्यमन्त्री थप्न बाँकी रहेको छ । सत्ता साझेदार दल एमाअोवादीबाट राज्यमन्त्री बन्नेहरूको अझै टुंगो लागेको छैन । मन्त्रीहरुलाई आवासको व्यवस्था शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत भवन निर्माण सम्भार डिभिजन कार्यालयले गर्दै आएको छ।]]> 7465 0 0 0 होमस्टेमा रमाउनेका लागि नयाँ गन्तब्यः दराई होम स्टे http://localhost/ghum/7467-2/ Sun, 03 Jan 2016 03:45:33 +0000 http://www.ghumphir.com.np/?p=7467 timthumb (3)चन्द्र काफ्ले

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहा जाने सल्लाह भयो। सल्लाह बमोजिम सोमबार बिहान ७ बजे काठमाडौंबाट सौराहाका लागि १३ जनाको टोली निस्कियौं। टोली सौराहामा गएर हात्तीको पिकनिक हेर्ने कार्यक्रम थियो। कार्यक्रमको संयोजन गाउँ पर्यटन परिषद भिटोफ नेपालले गरेको थियो।

टोलीमा पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदी, भिटोफका महासचिव राजकुमार थापा, भिटोफकै गगन माली, नेपाल म्याप हाउसका पवन शाक्य, साइकिल्सट देवेन्द्र बस्न्यातलगायतको टोली थियो। दिउँसो ३ बजेदेखि सुरू हुने हात्ती पिकनिकका लागि हिँडेका हामी मुग्लिङबाट ५ किमी अगाडि बढेपछि पहिरोले रोक्यो।

माथिबाट खसेको सुख्खा पहिरोले ट्रक पुरेपछि बिहान १० बजेदेखि नै बाटो अवरूद्ध भएको रहेछ। हामी १ बजे त्यहाँ पुगेका थियौ। बाटो खुली हाल्ने कुनै छाटकाँट थिएन। खुलेपनि हामी करिब २ किमी पछाडि जाममा थियौ। बल्ल बल्ल सडक विभागको स्काभेटरको सहायताले २ बजे बाटो एकतर्फी बाटो खुल्यो। सौराहामा हात्ती महोत्सवका संयोजक सुमनजीलाई फोन गरेर आफ्नो समस्या सुनायौ। उहाँले केहीबेर पर्खने आश्वासन दिनुभयो।

darai home stay chitawan (2)

मलाई अचम्म लागिरहेको थियो। हात्तीले पनि पिकनिक खान्छ र? त्यो हेर्न उत्सुक मेरो रहर त्यतिकै सेलाउने ठाने। किनकी ३ बजे कुनै पनि हालतमा हामी सौराहा पुग्न नसक्ने थियौं।

बल्ल बल्ल साढे २ बजे हाम्रो गाडी पहिरो कटेर अगाडि बढ्यो। यति गर्दा ४ बजे पुग्न सक्ने भन्दै साथीहरू खुसी भए।

बरिष्ट पर्यटन व्यवसायी अमर साहीलाई एयरपोर्टबाट पिकअप गरेर सँगै हात्ती पिकनिक पुगेका हामी टोलीमा १४ जना भएका थियौ।

करिब साढे तीन बजे हामी सौराहा पुग्यौं। पुग्दाखेर हात्तीलाई लस्करै राखिएको थियो। ८० वटा हात्तीलाई त्यो दिन जंगल सफारी नलगी पिकनिकका लागि ल्याइएको थियो। वरीपरि बसेका हात्तीका अगाडि स्याउ सुन्तला, पराल, बन्दा उखुँ लगायतका फलफूल राखिएको थियो। कार्यक्रम आयोजकले पिकनिक सुरू भनेपछि माउतेले हात्तीका अगाडि राखेको फलफूल खान आग्रह गरे। वरी परी भेला भएका दर्शकहरू झुम्मिए।

म जस्तै पहिलो पटक पुगेका हेटौडा कर्राका रोशन थापाले पनि अचम्म मानेर भन्दै थिए-हात्तीको पिकनिक त रमाइलो हुँदो रहेछ।

हात्तीका अगाडि बसेर सेल्फी खिच्नेको लर्कै लागेको थियो। कोही हात्तीलाई फलफूल खुवाउँदै थिए भने कोही सामूहिक फोटोसेसनमा लागेका थिए।

19

करिब ५ बज्न लागिसकेको थियो। थारू रेष्टुरेन्टबाट खाना सेलायो भन्दै फेरि फोन आयो। नसेलाओस पनि कसरी १ बजे मलेखुबाट फोन गरेर तयार पारेको खाना बेलुका ५ बजे पनि नजाँदा के भयो होला।

हाम्रो योजना अनुसार दराई होम स्टे जाने सल्लाह भयो। दराई होम स्टेका सचिव गोविन्द दराईलाई महोत्सवस्थलबाट लिएर अगाडि बढ्यौ। गोविन्दसहित हामी अब १५ जनाको टोली अगाडि बढ्यौ।

६ नबज्दै रात परेकाले हामी करिब ८ किमी दक्षिण झरेपछि घोक्रेलास्थित दराई होम स्टे पुग्दा झमक्कै साँझ परेको थियो। गाउँमा दराई होम स्टेमा स्वागत छ भनेर एउटा स्वागत गेट बनाएको देख्यौ।

गाउँलेले हामीलाई फूलमालाले स्वागत गरे। अध्यारोमा गाउँ घुम्ने कुरा भएन। मैले हाम्रो टोलीको संयोजक राजकुमार दाईलाई भने- दाई हामी कुनैपनि होम स्टे दिउँसो जानु हुन्न है,’ उनले हाँसेर टारे। किनकी त्यो दिन पनि झमक्कै साँझ परिसकेको थियो। यसअघि बारपाक,  टोड्के झिलगायतका गाउँमा पुग्दा जहिलै राति भएको थियो। धन्न तराई भएर होला त्यो ठाउँमा जुका पन्छाउँदै हिड्नु परेन।

गोविन्दजीले अगाडि नै फोन गरेर हाम्रो बारेमा जानकारी गराएका रहेछन्। हामी अब खानपिन र बास बस्ने चाचो मिलाउन थाल्यौ।

होम स्टेमा गएका पाहुनालाई घर-घरमा मिलाएर बाढेर राख्ने चलन हुन्छ। सोही अनुसार  गाउँका ५ घरमा हामीलाई ३-३ जनाका दरले मिलाएर राखियो।

सामान्यतयाः जुन घरमा बसियो त्यही घरमा पाकेको खानेकुरा पाहुनालाई दिने चलन भएपनि हामीलाई एकै ठाउँमा खानपिनको व्यवस्था मिलाएका रहेछन्।

सचिव गोविन्दकै घरमा जम्मा भयौ। आ-आफ्नो झोला राखेर सबै भेला भयौं। आँगनमा आगो बालियो। वरीपरी बसेर गफ गर्दै लोकल रक्सी, लोकल हाँसको मासु, साँधेको गुन्द्रुक-भट्मासले गफ अगाडि बढ्न थाल्यो।

darai home stay chitawan (3)

राजकुमारजीले दोहोरी गाएर स्थानीयलाई च्यालेन्ज दिए। यद्यपी स्थानीय दराई युवा युवतीहरूका अगाडि उनलाई जवाफ फर्काउन हम्मे हम्मे पर्‍यो।  पवन शाक्य र देवेन्द्र दाईको मादलको तालमा करिब १२ बजेसम्म नाचगान रमाइलो भयो। पहिलो पटक पुगेका अमर दाईले पनि हामीलाई साथ दिए।रञ्जन राजभण्डारी, कृष्णगोपाल श्रेष्ठ, सन्दिप पौडेल, कृष्ण गुरूङ र हरी गुरूजीले माहोल अझै तताए।

त्यसपछि चिटिक्क परेको कुनै रिसोर्ट भन्दा कम नभएको बेडमा गएर सुत्यौ। मजाले निदाएछौं।एक कोठे घरमा २ वटा बेडहरूमा सफा ओढ्ने ओछ्याउने सहितको कोठा। एटेज ट्वाइलेट बाथरूम।

पुराना घरहरूको छेउमा बनाएको होम स्टेको घरबाहिर गैडा हात्तीलगायतका जंगली जनावर र स्थानीय परिवेषको आकृति कुँदेर चिटिक्क पारेर राखेका थिए।बिहान गाउँ डुल्दा देखिएका रमणीय आकृतिहरू स्थानीय कलाकार सञ्जय दराईले बनाएका रहेछन्।

काठमाडौंको तुलनामा केही न्यानो महसुस गरिएको बिहानमा उदाउँदो सूर्यलाई स्वागत गर्‍यौ। गाउँलेहरू घर अगाडि आगो ताप्तै थिए। हामी गाउँ डुल्न थाल्यौ।  मुख्य पेसा कृषि भएको दराई बस्तीमा पहेलपुर तोरी र हरियो गहुँबारीले हामीलाई लोभ्यायो। खेतमा गएर फोटा खिच्यौ।

युवाहरूको सक्रियता देखेर हामी दंग पर्‍यौ। ३० घरधुरी रहेको दराई बस्तीमा युवाहरूको उल्लेख्य सहभागिता रहेछ। सबै शिक्षित रहेको गाउँ चिटिक्क थियो। गाउँमै उच्च माध्यमिक शिक्षा पढ्न पाइन्छ। ब्याचलर लेभल पढ्न मात्र गाउँबाहिर जानुपर्छ।

 ग्यासको यस्तो हाहाकारमा पनि कसैलाई केही चासो थिएन। त्यहाँ बेलायती नागरिकले सबै घरमा बायोग्यास जडान गरिदिएका थिए।

पर्यटकीय नगरी सौराहा नजिकै रहेको दराई होम स्टे पर्यटकको पछिल्लो रोजाइ बनेको रहेछ।

darai home stay chitawan (1)

गत वर्ष मात्र सञ्चालनमा आएको दराई होम स्टेले पाहुनाको मन जितेको छ। हँसिला अनुहारले स्वागत गर्दै आफ्नै मौलीक परिकारहरू च्याँख्या, चिचर, ढेगुवा ,बुंगोको अचार लगायत खानेकुराले स्वागत गर्दा पाहुनाहरू दंग पर्छन्।

खैरहनी नगरपालिका ११, घोक्रेलाको दराई बस्ती यतिखेर एक भएको छ। गाउँमा हुने हरेक गतिविधि र काम कारबाहीमा एक हुने गरेका उनीहरूलाई एकताको पाठ होम स्टेले सिकाएको छ।

‘पहिले पहिले सानो सानो काम पर्दा पनि टाढिने छिमेकीहरू होम स्टे सञ्चालन भएपछि एक जुट हुन्छन्,’ दराई होम स्टेकी अध्यक्ष प्रतिमा दराईले बताइन्।

गाउँमा दराई मात्र नभएर थारू बोटे र बाहुनहरूको मिश्रीत बसोबास छ।

दराईहरूको पुर्खौली थलो पहाड हो। गोरखा,तनहुँबाट बसाइ सरेर खेत पाती गर्न आएका उनीहरूको आफ्नै भाषा छ। थारूसँग कतै कतै मिल्ने उनीहरूको भाषा र गुरूङसँग मिल्ने पोसाक उनीहरूको आफ्नै हो। आफ्नै मौलिक संस्कृति छ। उनीहरू पाहुनाका लागि स्थानीय डोलमा माछा मार्छन्।

आफ्नै भाषा भएपनि विशेष चाड कुनै छैन। हिन्दुहरूले मनाउने दसै तिहार, मधेसी समुदायले मनाउने छठ, होलीलगायतका सबै पर्वलाई उत्तिकै महत्वका साथ मनाउँछन्।

सौराहामा पर्यटकको बसाई लम्बाउनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुन्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, कुमरोज सामुदायिक बनले घोक्रेलामा होम स्टेका लागि सहयोग गरेको हो।

अहिले ५ घरबाट सुरू गरिएको होम स्टे निकट भविस्यमा २० घरमा बढाउने लक्ष्य राखेका छन्।आएका पाहुनाहरूलाई खेत बारी अवलोकल, पुराना घरहरू परेवाका खोरहरू तथा घरका भित्तामा कुँदिएका चित्रहरूले लोभ्याउँछ।स्थानीय सांस्कृतिक झाँकी तथा कल्चरल कार्यक्रमले पाहुनालाई मनोरञ्जन दिने गरेका छन्।

होटल रेष्टुरेन्ट र रिसोर्टभन्दा सस्तो मूल्यमा टिपिकल स्थानीय परिकारमा रमाउँदै स्थानीय पर्यटकीय स्थलहरूको अवलोकन गर्नका लागि यो उपयुक्त माध्यम बन्न सक्छ।

गाउँमा भैसी, गाई पाल्छन्। गाउँ डुल्ने क्रममा एक घरमा आँगनमा तताएको तातो दुध खान आग्रह गरे। पाहुना भनेको भगवान हुन् भन्दै उनीहरूलाई तात्तातो कुडेको दुध खुवाए।

बिहान हामी आजै काठमाडौं पुग्ने भनेपछि युवा युवतीहरू आफ्नो परम्परागत पहिरनमा सजिएर हामीलाई विदा गर्न उपस्थित भए।

स्थापनाको एक वर्षमा उनीहरूले धेरै सिके। अहिलेसम्म कुनै पनि तालिम नलिएका उनीहरूलाई मेघौली होम स्टेको मात्र भ्रमणमा लगिएको थियो। बाँकी आफैले जानेर स्वागत सत्कार गरेका छन्।

बिदेशी पनि उत्तीकै आउने यस ठाउँमा उनीहरूलाई नेपाली आएकै रमाइलो लाग्दो रहेछ। हेटौडा, चितवन, पोखरा र काठमाडौंदेखिका युवाहरू यो गाउँमा आउँछन्।

माउथ पब्लिसिटीबाहेक होम स्टेको प्रचार कसैले गरेको छैन। ‘भूकम्प अघि धेरै पाहुनाहरू आउँथे। अहिले कमी भएको छ,’ होम स्टे सञ्चलक डल्ले दराईले भने,‘ नेपाली सामन्यतयाः एक रात बसेर फर्किन्छन् तर विदेशी आए भने दुई रात बस्छन्। हामीसँगै खाना  पकाउँछन्, खान्छन्।’

‘पर्यटकहरू स्थानीयसँगै बनमा गएर नुगुरो टिप्छन्। माछा मार्छन् रमाइलो मान्छन्,’उनले भने।

केही समयमा आफ्नै मौलिक पोसाकमा सजिएका युवायुवतीहरू आँगनमा निस्किए। हातमा फूलमाला र अबिर बोकेका आमा समूह छेउमा थिए। नाच्न तयार युवालाई साथीहरूले हौस्याए। उनीहरूले नाचिदिए। आफ्नै मौलिक गीतमा छमछमी कम्मर मर्काएका उनीहरूको नृत्य देखेर हाम्रा साथीहरू पनि साथ दिन गए।

हामीलाई हतार भएकाले चाडै जाने भनेपछि उनीहरू हाम्रो लागि खाजा तयार गर्न थाले। अन्त्यमा सबैलाई माला टिका लगाएर उनीहरूले विदा गरे।

darai home stay chitawan (5)

चिवतन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने दराई गाउँमा पर्यटनको अथाह सम्भावना देख्यौ। यहाँ जाने पर्यटकले कम्तिमा २ दिनको समय छुट्टाए हुन्छ।

नजिकैको कुमरोज मध्यवर्ती सामुदायिक बनमा  जंगल वाक हात्ती सफारी र टावरमा गएर रात विताउन सकिन्छ। एक घन्टाको जंगल वाकमा गैडा, मृग चित्तल जरायोलगायतका जंगली जनावरहरू देख्न सकिन्छ। १५० रूपैयाँ शूल्क तिरेपछि १५ जना भन्दा बढीले जंगल वाक गर्न पाउँछन्।

यस्तै जंगलमा बनाइएको टावरमा गएर पनि रात विताउन सकिन्छ। एक पटकमा १२ जनासम्म बस्न मिल्ने टावरमा रात विताउँदा त्यहाँबाट जंगली जनावरका आवाज सुन्नुका साथै बाघ पनि देखिन्छ। यस्तै यहाँबाट तीन किमी टाढा गएपछि हात्ती सफारी गर्न पाइन्छ।

दराई होम स्टेका लागि तत्काल एउटा कल्चर घरको आवश्यक छ। कल्चर घरको अभावमा आफ्नै मौलिक गीत संगीत परम्परागत भेसभुसा देखाउन पाएका छैनन्। अहिले भर्खर सुरू भएकाले विस्तारै जोड्दै लाने उनीहरूको योजना छ। कच्ची बाटोलाई अझ सफा गर्ने उनीहरूको योजना छ।

सहजै गाडी पुग्ने उनीहरूको गाउँमा पर्यटक सहजै जान सक्छन्।

आफ्नो संस्कृति जोगाउनु पर्छ। यहाँको आफ्नो मौलिक संस्कृतिको जगर्ना गर्न लाग्नुपर्ने वरिष्ट पर्यटन व्यवसायी अमर साहीले सुझाए। ‘हरेक होम स्टेका घरमा एक रूपता हुनु पर्छ,’ उनले भने,‘ आफ्नो संस्कृतिको पहिचान उत्थानका लागि एक हुनुपर्छ।’

दराई होम स्टेकी अध्यक्ष प्रतिमा दराईले पाहुनाको आवागमनले उत्साहित भएको भन्दै थप ६ वटा घरमा होम स्टे निर्माण गरिदै गरेको बताइन्।

‘फागुनसम्ममा ६ वटा घरमा पनि होमस्टे बनाइसक्छौ। आवश्यक तालिम र सहयोग भएमा हामी पाहुनालाई खुसी पार्न कुनै कसर बाँकी राख्दैनौ।’

यस्तै भिटोफका महासचिव राजकुमार थापाले दराई होम स्टेका लागि आफूहरूले सक्दो सहयोग गर्ने आश्वासन दिए।

‘कल्चरको विषयमा थोरै कम भएको पायौं। आफ्नो कल्चर जोगाउनका लागि तपाईहरू प्रयास गर्नुहोस् हामी सकेको सहयोग गर्छौ,’ उनले भने।

नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदीले सौराहा नजिक भएकाले यो पर्यटकको आकर्षण हुने भन्दै होम स्टेलाई घटाउने भन्दा पनि बढाउने तिर लाग्न सुझाए। उनले भने,‘होम स्टे घटाउने होइन बरू बढाउने तिर लाग्नुहोस् हाम्रो तर्फबाट पर्यटन बोर्डको तर्फबाट हामीले गर्नसक्ने सहयोग गर्छौ।’

होम स्टेको मेनु

कोठा डबल बेड(चार जना बस्न मिल्ने) - नेपालीलाई ५ सय विदेशीलाई ७ सय ५०

दालभात पेटभरी- १०० रूपैयाँ

हाँस- ११ सय प्रतिकेजी

लोकल कुखुरा- ७ सय रूपैयाँ प्रति केजी

चिया- कालो १० दुध हालेको १५

खाजा (चामलको रोटी  र तरकारी)- ५०

लोकल रक्सी-  १०० प्रति बोतल

माछा - प्रति प्लेट ५०

भटमास साँधेको प्लेट २०

घुँगी प्रति प्लेट-  ५० रूपैयाँ

कसरी पुग्ने

काठमाडौंको कलकंकीबाट बस पाइन्छ। १२ बजे छुट्ने बुद्ध ट्राभल्सले कुमरोजसम्म साँझ ६ बजे पुर्‍याउँछ।

कुमरोजबाट १ किमि भित्र जानुपर्छ।

चितवनको पर्साबाट ६ किमी भित्र। पर्साबजारबाट गाउँसम्मै गाडी पाइन्छ। यस्तै सौराहाबाट कुमरोजसम्म गाडी चल्छ। सौराहाबजारबाट ८ किमी भित्र पर्छ।

]]>
7467 0 0 0
युनिसेफले छ करोड ६५ लाख खर्च गर्ने http://localhost/ghum/%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a5%87%e0%a4%ab%e0%a4%b2%e0%a5%87-%e0%a4%9b-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a5%ac%e0%a5%ab-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%96%e0%a4%b0/ Mon, 04 Jan 2016 03:06:57 +0000 http://www.ghumphir.com.np/?p=7479

बैतडी, २० पुस ।

बैतडीमा चालु आवमा संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले विभिन्न क्षेत्रमा रु छ करोड ६५ लाख ७१ हजार १८० खर्च गर्ने जनाएको छ । सो रकम स्थानीयस्तरको योजना तर्जुमा, एचआइभी एड्स, खानेपानी तथा सरसफाइ, पोषण, बालसंरक्षण, बालमैत्री स्थानीय शासन कार्यक्रममा खर्च गरिने युनिसेफले जनाएको हो । यस्तै जिल्लाको आपत्कालीन अवस्थामा पूर्वतयारी, मातृ तथा नवशिशु स्याहार कार्यक्रम, सामाजिक व्यवहार परिवर्तन, बालबालिका र किशोरकिशोरीको अर्थपूर्ण सहभागिताका क्षेत्रमा बजेट खर्च गरिने युनिसेफका मञ्जु वाग्लेले बताउनुभयो । उहाँले भन्नुभयो – “जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्थानीय गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा कार्यक्रम गरिनेछन् ।” केही कार्यक्रम केन्द्रबाटै आउने र केही कार्यक्रम जिविसको समन्वयमा सञ्चालन हुने बताइएको छ । अन्य कार्यक्रम पहिलादेखि जिल्लामा सञ्चालनमा रहेको भए पनि बालबालिका र किशोरकिशोरीको अर्थपूर्ण सहभागिताका लागि नयाँ कार्यक्रम सञ्चालन गरिने वाग्लेले जानकारी दिनुभयो ।

]]>
7479 0 0 0
पूर्वी नेपालमा भूकम्पको धक्का महसुस http://localhost/ghum/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a5%80-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%95%e0%a5%8b/ Mon, 04 Jan 2016 03:08:19 +0000 http://www.ghumphir.com.np/?p=7481

सुरुङ्गा (झापा), २० पुस ।

पूर्वी नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । नेपाल र भारतको पूर्वी क्षेत्रमा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ४ बजेर ५३ मिनेटमा भारतको मनिपुरको राजधानी इम्फालको ३३ किलोमिटर दूरीमा पर्ने मैनपुरलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रिक्टरको भूकम्प गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झापासहित पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा,मोरङ,सुनसरीमासमेत भूकम्पको धक्का महसुस गरिएको छ । सो भूकम्पले भारतको पश्चिम बङ्गालको केही भूभागमा भौतिक क्षति पु¥याएको अनुमान गरिएको छ ।

]]>
7481 0 0 0
शिक्षा क्षेत्रमा रु १६ करोडको सम्झौता http://localhost/ghum/%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%81-%e0%a5%a7%e0%a5%ac-%e0%a4%95%e0%a4%b0/ Mon, 04 Jan 2016 03:10:03 +0000 http://www.ghumphir.com.np/?p=7483

परासी, २० पुस ।

नवलपरासीमा जिल्ला शिक्षा कार्यालयले नवलपुर क्षेत्रमा करिब १२० विद्यालयसँग भौतिक संरचना निर्माण गर्न करिब रु १६ करोड बराबरको सम्झौता गरेको छ । विद्यालयमा भौतिक निर्माणअन्तर्गत, दुईकोठे, तीनकोठे, चारकोठे, छकोठे र आठकोठे भवन, शौचालय, खानेपानी पूर्वधार निर्माण र मर्मत सम्भारलगायतको काम गर्न विद्यालयसँग सो सम्झौता गरेको हो । जिल्लाभर करिब ४५० विद्यालयलाई यस कार्यक्रमअन्तर्गत बजेट वितरण गर्ने योजना रहेको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कँडेलले बताउनुभयो ।

]]>
7483 0 0 0
मन्दिरमा तोडफोड आरोपमा शिला झा पुनः पक्राउ http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a5%8b%e0%a4%a1%e0%a4%ab%e0%a5%8b%e0%a4%a1-%e0%a4%86%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%b6/ Mon, 04 Jan 2016 03:11:51 +0000 http://www.ghumphir.com.np/?p=7485

महेन्द्रनगर (धनुषा) ।

जनकपुरको जानकी मन्दिरमा तोडफोड गरेको आरोपमा एक पटक पक्राउ परी थुना मुक्त भएको दुई साता नबित्दै शिला झालाई धनुषा प्रहरीले पुनः आज पक्राउ गरेको छ । विवाह पञ्चमीको दिन जानकी मन्दिरमा राष्ट्रपति विद्या भण्डारी पूजाअर्चनाका लागि जानुभएका बेला विरोध प्रदर्शन गर्ने क्रममा मन्दिरमा तोडफोड गरेको भन्दै प्रहरीले झालाई पक्राउ गरेको थियो । यसअघि झालाई पुस ९ गते पनि पक्राउ गरिएको थियो । जनकपुर–४ थापा चोककी ४० वर्षीया शिलादेवी झा मन्दिर तोडफोडमा संलग्न रहेको प्रमाण फेला परेपछि प्रहरीले उनलाई पुनः आज पक्राउ गरेको जनाइएको छ । झालाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ । जिप्रका धनुषाका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले दिएको जानकारीअनुसार विवाह पञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिरमा पूजाअर्चनाका लागि आउनुभएको राष्ट्रपति पूजाअर्चना गरी फिर्ता सवारी भएपश्चात् जानकी मन्दिरमा दर्शनका लागि जाने भक्तजनको समूहमध्येबाट केही व्यक्तिले जानकी मन्दिरको मुख्य मूर्ति रहेको गर्भगृहको ढोका, काठको रेलिङ र फलामको बारमा लात्तीले हिर्काई तोडफोड गरेका थिए । उक्त घटनामा निज शिलादेवी मुख्य नाइके भई मुख्य मन्दिरमा प्रवेश गरी तोडफोड गरेको दृश्य विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशित भएकाले उक्त दृश्यको आधारमा जिल्ला प्रहरी कार्यालयले सुक्ष्मरुपमा अनुसन्धान गरी तोडफोड गर्नेको एकीन पहिचान भएपश्चात् पुनः पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले जनाउनुभयो ।

]]>
7485 0 0 0
सौर्य ऊर्जा महङ्गो http://localhost/ghum/%e0%a4%b8%e0%a5%8c%e0%a4%b0%e0%a5%8d%e0%a4%af-%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8b/ Mon, 04 Jan 2016 03:14:47 +0000 http://www.ghumphir.com.np/?p=7487

काठमाडौँ, पुस ।

इन्धन अभावका कारण खाना पकाउन सास्ती बेहोर्दै आएका मध्यम वर्गका लागि सौर्य ऊर्जा महङ्गो साबित भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा जारी प्रदर्शनीमा सौर्य ऊर्जाप्रति अभिरुचि देखाएका उपभोक्ताले त्यस्तो महङ्गो महसुस गरेको हो ।

solarवाटर हिटर, राइस कुकर, कम्प्युटर, पानी तताउन सकिने कार्यका लागि सौर्य ऊर्जा राख्न चाहने उपभोक्तामा रु एक लाख ९५ हजार खर्च गर्न सक्ने क्षमता हुनुपर्दछ । त्यस्तै, एक हजार ५०० वाट क्षमताको सौर्य ऊर्जाबाट इन्डक्सन हिटर चलाउन उपभोक्ताले रु चार लाख ५० हजार लगानी गर्नुपर्ने हुन्छ । ग्राहकले बायोग्यासबाट चल्ने चुलोमा ठूलै अभिरुचि देखाएका छन् । त्यसको मूल्य रु दुई हजार ५०० रहेको छ । त्यस्तै, सौर्य ऊर्जा र विद्युत् दुबैबाट पानी तान्न सकिने मेसिनप्रति पनि उपभोक्ताको अभिरुचि देखिएको छ । गोरखाका श्याम घलेले सौर्य ऊर्जाको प्रयोग गर्न मध्यम तथा गरिब परिवारका लागि निक्कै चुनौतीपूर्ण रहेको भन्दै यसमा रु १५ हजारको सहुलियतले सामान्य परिवारले सौर्य ऊर्जा राख्न कठिन भएको गुनासो गर्नुभयो । केन्द्रअन्तर्गतको सोलार कम्पोनेन्टका प्रबन्धक मुकेश घिमिरेले केन्द्रले उपभोक्ता तथा ग्राहकका लागि तीन थरि सौर्य प्याकेज उपलब्ध गराइरहेको जानकारी दिनुभयो । घिमिरेले तीनवटासम्म बत्ती बल्ने अथवा मोबाइल चार्ज गर्ने सौर्य ऊर्जा विद्यार्थीलाई लक्ष्य गरी प्याकेजका रुपमा ल्याइएको जानकारी दिनुभयो । त्यस्तै, घरमा परिवारले प्रयोग गर्न सक्ने टिभी, मोबाइल, कम्प्युटर, राउटर, इन्डक्सन कुकरसम्म चल्ने दोस्रो प्याकेजमा राखिएको छ भने कार्यालय तथा संस्थामा ठूलो मात्रामा कम्प्युटर, हिटर चलाउने तेस्रो प्याकेजमा राखिएको छ । प्रदर्शनीमा कुल १३७ वटा स्टल छन् । केन्द्रका सूचना अधिकृत कृष्णचन्द्र पौडेलले आज समापन हुने सो प्रदर्शनीमा कुल १३७ स्टलमध्ये ९० स्टलमा सोलार ऊर्जाको रहेको र तीनवटा बैंकबाट कर्जा लिन सक्ने प्रबन्ध मिलाएको जानकारी दिनुभयो । केन्द्रले घरायसी सौर्य ऊर्जा प्रणालीअन्तर्गत १०० वाटदेखि एक हजार ५०० वाटसम्मका सौर्य ऊर्जा प्रणाली खरिद गर्न चाहनेका लागि रु १५ हजार अनुदान दिने व्यवस्था गरेको छ । त्यस्तै व्यावसायिक सौर्य ऊर्जा प्रणालीअन्तर्गत एक हजार ५०० वाटदेखि माथिका सौर्य ऊर्जा प्रणाली जडान गर्न चाहने कार्यालयलाई ५० प्रतिशत ब्याजमा अनुदान दिने व्यवस्था गरिएको छ ।

]]>
7487 0 0 0
जर्मनीले बनाउँदैछ कृत्रिम सूर्य ! http://localhost/ghum/%e0%a4%9c%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88%e0%a4%9b-%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf/ Mon, 04 Jan 2016 03:17:43 +0000 http://www.ghumphir.com.np/?p=7489 सूर्यको प्रकाश उर्जाको सबैभन्दा ठूलो श्रोत हो । कल्पना गर्नुस् त यदि आकाशमा दुइवटा सूर्य भए भने पृथ्वीमा कति धेरै उर्जा प्राप्त होला ? पृथ्वीमा उर्जासकट बढिरहेको बेलामा साँच्चीकै वरदान सावित हुन्थ्यो होला । सायद यहीँ कुरालाई मध्यनजर गर्दै उर्जा संकट समाधान गर्ने सोँचका साथ जर्मनीले कृत्रिम सूर्य बनाउने प्रयासमा जुटेको छ । अर्थात् सूर्यमा हुनेजस्तै रासायनिक प्रतिक्रियाबाट उर्जा उत्पादनको प्रयास सुरु गरेको छ ।

Sun

जर्मनीको परमाणु शोध संयन्त्र भेन्डेलस्टाइन सेभेन एक्समा शोधकर्ताहरु १० करोड डिग्री सेल्सियसको तापमानमा नियन्त्रित परमाणु विस्फोट गर्दैछन्, जुन अहिलेसम्म सम्भव थिएन ।

यसका लागि वैज्ञानिकहरुले पहिले प्लाज्मा नामक पदार्थको सिर्जना गर्नेछन् । एक कन्ट्रोल सेन्टरको निगरानीमा १० मिलिग्राम हिलियम एक भ्याकुम च्याम्बरको चुम्बकीय क्षेत्रमापठाइन्छ । त्यसलाई १० लाख डिग्री सेल्सियस सम्म तताइन्छ ।

संयन्त्रका निर्देशक सिबेले गुन्टरले भनेका छन् की यो परमाणु शोध संयन्त्र कार्वन मुक्त विद्युत उत्पादनका लागि परीक्षणको सुरुवात हो । अहिले पहलिो प्लान्ट हिलियमका प्रयोग गरेर बनाइएको छ । जनवरीमा पहिलो हाइड्रोजन प्लाज्मा बनाइनेछ । यो परीक्षणमा शोधकर्ताहरु सूर्यमा हुनेजस्तै प्रक्रियाको माध्यमबाट आकाशीय स्थितिमा रहेर शोध गर्नेछन् ता की त्यसको प्रयोग पृथ्वीमा उर्जा पैदा गर्नका लागि समेत गर्न सकियोस् । परीक्षण सफल भयो भने विद्युत गृहमा परमाणु विच्छेदनबाट विजुली उत्पादन गरिनेछ ।

भेन्डेलस्टाइन सेभेन एक्स परीक्षण संयन्त्र विश्वको सबैभन्दा ठूलो परमाणु फ्युजन परीक्षण संयन्त्रमध्ये एक हो । संस्थानका प्रमुख क्लिंगरका अनुसार हिलियम प्लाज्मा बनाउन मुख्य परीक्षणको पूर्वाभ्यास हो । यसका लागि भ्याकुम च्याम्बरमा माइक्रोवेभबाट हिलियमलाई तताइन्छ । यसबाट ग्यासको आयोनिकरण हुन्छ र त्यसले प्लाज्माको रुप लिन्छ । त्यसबाट प्रचूर उर्जा निकाल्न सकिने वैज्ञानिकको दाबी छ । सन् २०१७ मा यो संस्थालेे प्लाज्मा बनाउनका लागि डाएरटेरियमको प्रयाग सुरु गर्ने बताएको छ ।

]]>
7489 0 0 0
पर्यटकको सङ्ख्यामा वृद्धि http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7/ Mon, 04 Jan 2016 03:19:35 +0000 http://www.ghumphir.com.np/?p=7492

सिद्धार्थनगर (रुपन्देहीे), २० पुस ।

बेलहिया नाका हुँदै नेपाल आउने पर्यटकको सङ्ख्या यस वर्ष बढेको छ । भूकम्पबाट कतिपय पर्यटकीय स्थलमा क्षति पुगेको र नाकाबन्दीका कारण यातायात क्षेत्रमा भएको असहजताका बीच पनि गतवर्षको तुलनामा बेलहिया नाका भएर एक हजार ८३० जना बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् २०१५ को डिसेम्बर ३० सम्म यस नाका भएर तेस्रो मुलुकबाट एक लाख १९ हजार ९३ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१४ मा यस नाका भएर एक लाख १७ हजार २६३ पर्यटक नेपाल आएका थिए । सन् २०१३ मा सो नाका भएर एक लाख १९ हजार २०३ पर्यटकले नेपालका विभिन्न स्थानको भ्रमण गरेका थिए । गत वर्षभन्दा बढी पर्यटक भित्रिनु नेपालको पर्यटन व्यवसायका लागि खुसीको सङ्केत रहेको अध्यागमन कार्यालय बेलहियाका प्रमुख आनन्द पौडेलको भनाइ छ । यो नाका भएर सन् २०१५ मा एक लाख १३ हजार ९१९ जना पर्यटक नेपालको भ्रमण गरी बाहिरिएका छन् भने सन् २०१४ मा एक लाख १० हजार ७२१ पर्यटक बाहिरिएका थिए ।

]]>
7492 0 0 0
आलु उत्पादनमा वृद्धि http://localhost/ghum/%e0%a4%86%e0%a4%b2%e0%a5%81-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%bf/ Mon, 04 Jan 2016 03:21:29 +0000 http://www.ghumphir.com.np/?p=7494

सुरुङ्गा (झापा), २० पुस ।

यस वर्ष जिल्लामा गतवर्षको तुलनामा शून्य दशमलव दुई प्रतिशतले आलुको उत्पादनमा वृद्धि भएको छ ।जिल्ला कृषि विकास कार्यालयका अनुसार आव २०७१÷७२ मा रु ४४ लाख २५ हजार मूल्य बराबरको आलु उत्पादन भएको थियो । खेतीयोग्य जमिनमध्ये जिल्लामा गतवर्ष १४ हजार ७५० हेक्टर क्षेत्रफलमा दुई लाख २१ हजार २५० मेट्रिक टन आलु उत्पादन भएको थियो । कार्यालय सूचना अधिकारी शीतल भट्टराई यस वर्ष जिल्लामा १४ हजार दुईसय हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको बताउनुहन्छ । “क्रव कटिङको आधारलाई हेर्दा यस वर्ष उत्पादनमा वृद्धि हुन्छ” उहाँले भन्नुभयो । कार्यालयले तोपगाछी र शान्तिनगरका किसानलाई आलुको बीउ समेत अनुदान दिएको छ । जिल्लामा कुफ्रे ज्योति, कुफ्रे सिन्दुली, टिपिएस, पिपिएस, जनकदेव र लोकल जातका आलुखेती हुने गरेको छ भने महारानी झोडा, लखनपुर, शनिअर्जुन नगरपालिका, चारपाने, दमक, बुधबारेलगायतका क्षेत्रमा आलुखेती बढी हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख मेघनाथ तिमल्सिना भण्डारण गर्न समस्या भएका कारण आलुको माग उच्च रहेको बताउनुहुन्छ ।

]]>
7494 0 0 0
नदी तर्दै http://localhost/ghum/%e0%a4%a8%e0%a4%a6%e0%a5%80-%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Mon, 04 Jan 2016 03:23:22 +0000 http://www.ghumphir.com.np/?p=7496 7496 0 0 0 सेल्फी लिँदै पर्यटक http://localhost/ghum/%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%ab%e0%a5%80-%e0%a4%b2%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95/ Mon, 04 Jan 2016 03:24:39 +0000 http://www.ghumphir.com.np/?p=7499 7499 0 0 0 हात्ती केन्द्र http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0/ Mon, 04 Jan 2016 03:26:06 +0000 http://www.ghumphir.com.np/?p=7502 7502 0 0 0 सुन तस्करी : योजनाकार छुटे, भरिया थुनामा http://localhost/ghum/7505-2/ Mon, 04 Jan 2016 03:34:12 +0000 http://www.ghumphir.com.np/?p=7505 कृष्ण ज्ञवाली

काठमाडौं,२० पुस

राजस्व छलेर ल्याइएको सुन बरामदको घटनामा मुख्य आरोपितलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालय काठमाडौंको निर्णयमाथि संसद्को सार्वजनिक लेखा समितिले छानबिन थालेको छ ।

शंकास्पद ढंगले निर्णय भएको बताउँदै समितिको आइतबारको बैठकले यसबारे थप अध्ययन थाल्ने निर्णय गरेको हो । समितिका सदस्यहरूले दसीप्रमाणका आधार बनाएर भरियालाई बलिको बोको बनाइएको र योजनाकारलाई बदनियतपूर्ण रूपमा छुटाइएको बताउँदै थप छानबिन माग गरेका छन् ।

gold

पक्राउ परेका अन्य अभियुक्तले न्युरोडस्थित द युनाइटेड गोल्ड मार्टका सञ्चालक आकाशकुमार वज्राचार्यको योजनामा सुन तस्करी गरेको निष्कर्ष प्रहरीले निकालेको छ । त्यसैका आधारमा राजस्व अनुसन्धान विभागले भरिया बनेका र योजनाकारसँग धरौटी मागेको थियो । सोही घटनालाई संगठित अपराधको आरोपमा कारबाही चलाउन खोज्दा मिसिलमा वस्तुनिष्ठ प्रमाण नदेखिएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीमा फाइल फिर्ता पठाएको हो ।

यस्तो थियो घटनाक्रम २६ पुस ०७१ मा भक्तपुरको मध्यपुर ठिमीस्थित प्रवीण तिम्सिनाको कोठाबाट दुई किलो सुन बरामद भयो । उनकै बयानका आधारमा केही घण्टापछि दुवाकोटबाट थप दुई किलो सुनसहित देउता तिम्सिना पक्राउ परे । दुवैको प्रारम्भिक बयानका आधारमा मोहन चौधरी, रामराज चौधरी, नन्दकिशोर चौधरी, सत्यनारायण चौधरी र ध्रुव तिम्सिनाको संलग्नतामा चीनको खासाबाट सुन ल्याएको खुल्यो ।

प्रहरीले थप अनुसन्धान गर्दा सुनकाण्डमा वज्राचार्यको संलग्नता पुष्टि भयो । त्यसको २५ दिनपछि उनको पसलमा खानतलासी गर्दा तीन किलो ५९ ग्राम सुन, करिब साढे पाँच किलो चाँदी र ३० लाख रुपैयाँ बरामद भयो । त्यसपछि उनीहरूलाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुर्‍याइयो ।

विभागले मागेको एक करोड ८५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि तिम्सिनाद्वयका साथ अन्य ६ जना ‘भरिया’ थुनामा परे । मुख्य योजनाकार वज्राचार्य एक करोड ४१ लाख धरौटी बुझाएर तारेखमा छुट्न खोजेका थिए । प्रहरीले भने उनीसहितका आरोपितलाई संगठित अपराधमा संलग्न भएको अभियोगमा अनुसन्धान गर्न महानगरीय प्रहरी अपराध महाशाखामा ल्यायो ।

अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षकले सरकारी वकिलको उपस्थितिमा सबैसँग बयान लिए । त्यसक्रममा वज्राचार्यले आफूसँग रहेको ३० लाख नगदबारे सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरिरहेको र ६१ लाख रुपैयाँ धरौटीमा आफू तारेखमा छुटेको बयान दिए । उनीहरूबीच सम्पर्कको प्रमाणका रूपमा कल डिटेललगायत कागजात पेस गरिएको प्रहरीले जनाएको छ । संगठित रूपमा चीनको खासाबाट भन्सार छली सुनको पैठारी गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सरकारी वकिल कार्यालयमा मिसिल बुझायो ।

भन्सार ऐनको दफा ८ अनुसार पाँच वर्षसम्म कैद हुने अपराध गरेकामा संगठित अपराध निवारण ऐनको दफा ३ अनुसार कारबाहीको मागसहित त्यतिबेला प्रतिवेदन पेस भएको थियो । ऐनको दफा ९ अनुसार संगठित अपराधको आरोप पुष्टि भए कसुरबमोजिम हुने सजायबाहेक तीनदेखि पाँच वर्षसम्म कैद वा थप ५० प्रतिशत सजाय हुन्छ । सोही अभियोगमा वस्तुनिष्ठ प्रमाणको अभाव भएको बताउँदै सरकारी वकिल कार्यालयले मिसिल फिर्ता पठायो ।

फिर्ता पठाउनुपर्ने कारणका रूपमा सरकारी वकिल कार्यालयले ‘अनुसन्धान अधिकृतको रायमा उल्लेख भएअनुसारको कसुर पुष्टि हुने वस्तुनिष्ठ प्रमाण मिसिलमा संलग्न रहेको नदेखिएकाले’ लेखेको छ । मुख्य आरोपित वज्राचार्यलाई हाजिर जमानीमा छाड्नसमेत कार्यालयले लेखेको थियो । सुनकाण्डको मिसिल पेस हुँदाताका जिल्ला न्यायाधिवक्ता रहेका कृष्णजंग शाह हाल जिल्ला न्यायाधीश छन् । बयान गराउनेलगायत काममा संलग्न सहायक जिल्ला न्यायाधिवक्ता मोना सिंह हाल अख्तियारमा कार्यरत छिन् ।

मुद्दा चलाउने/नचलाउनेबारे कुनै निर्णय नगरिएको हालका कार्यालय प्रमुख लोकराज पराजुली बताउँछन् । ‘संगठित अपराधको आरोपमा मुद्दा चलाउने/नचलाउने भन्नेबारे कुनै निर्णय नभई थप अनुसन्धानमार्फत वस्तुनिष्ठ प्रमाण संकलन गरी पेस गर्न प्रहरीलाई लेखी पठाइएको हो,’ पराजुलीले लेखा समितिलाई पठाएको पत्रमा भनिएको छ, ‘थप अनुसन्धान गरी प्रमाण संकलन भएर मिसिल यस कार्यालयमा हालसम्म प्राप्त हुन आएको छैन ।’

भन्सार छलीको मुद्दामा राजस्व अनुसन्धान विभागबाटै कारबाही भएको देखिन्छ । तर, प्रहरीले त्यसबाहेक संगठित अपराधको आरोपमा पनि उनीहरूमाथि कारबाही गर्न खोजेको हो । संगठित अपराधमा मुद्दा चल्न नसकेका कारण नै राजस्व अनुसन्धान विभागमा एक करोड ४१ लाख धरौटी बुझाएका वज्राचार्य थुनामुक्त भएका हुन् ।साभार कान्तिपुर

]]>
7505 0 0 0
लाङ्टाङमा धुवाँरहित चुलो http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%a7%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%81%e0%a4%b0%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%9a%e0%a5%81%e0%a4%b2%e0%a5%8b/ Tue, 05 Jan 2016 03:13:39 +0000 http://www.ghumphir.com.np/?p=7508

धुन्चे (रसुवा), २१ पुस ।

भूकम्प प्रभावित हिमाली लाङ्टाङवासीलाई खाना पकाउन सहजताका लागि धुवाँरहित चुलो वितरण गरिएको छ । सामाजिक पहलमा गैससमार्फत प्राप्त दाउराबाट खाना पकाउने ११६ थान चुलो फिस्टेल एयरको हेलिकप्टरबाट लाङ्टाङ पु¥याई वितरण गरिएको लाङ्टाङका सेननुर्पु तामाङले बताउनुभयो । चीनको ल्हासाबाट झिकाइएको उक्त धुवाँरहित चुलोमा चिम्नीहुड जडान गरेपछि धुवाँ बाहिर जाँदा स्वास्थ्यमा असर नगर्ने, एकैपटक दाल, भात, तरकारी पकाउन सकिने, दाउरा कम खपत हुने र चुलो तातेपछि घर तातो भई हिमाली क्षेत्रको जनजीवनमा सहजता आउने विश्वास गरिएको छ । गत वैशाख १२ गतेको भूकम्पले क्याङ्जेन, मुन्डु, थाङ्साप, घोडातबेलालगायतका क्षेत्रमा घर भत्किँदा सबै सामान क्षति भएको र पुनःनिर्माणको अभियानमा जुटी पर्यटकीय क्षेत्र पुरानो अवस्थामा पु¥याउन प्रयास भइरहेको बताइएको छ ।

]]>
7508 0 0 0
फेसबुकले जुटायो विद्यालयलाई आर्थिक सहयोग http://localhost/ghum/%e0%a4%ab%e0%a5%87%e0%a4%b8%e0%a4%ac%e0%a5%81%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%9c%e0%a5%81%e0%a4%9f%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af/ Tue, 05 Jan 2016 03:14:54 +0000 http://www.ghumphir.com.np/?p=7510

खोटाङ, २१ पुस ।

भूकम्पले क्षतिग्रस्त खोटाङको एक विद्यालय पुनःमर्मतका लागि फेसबुकमार्फत मलेसियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । गत वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त नुनथला–८ स्थित नवज्योति प्राविको पुनः मर्मतका लागि मलेसियाबाट रु ४६ हजार १२४ सहयोग प्राप्त भएको हो । मलेसियामा फेसबुकमार्फत सङ्कलन भएको सो रकम अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर अभिभावकमार्फत विद्यालयलाई उपलब्ध गराइएको छ । भूकम्पका कारण क्षतिग्रस्त विद्यालयका लागि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका चिसाङ शेर्पाको पहलमा सञ्चालन गरिएको ‘फेसबुक ग्रुप च्याट’ मार्फत रकम जुटाइएको हो । फेसबुक ग्रुप च्याटमार्फत मलेसियाबाट सुरु गरिएको ‘विद्यालय सघाउ’ अभियान क्रमशः कतार, साउदी, दुबईलगायतका मुलुकमा पुगेको छ । क्षतिग्रस्त विद्यालय पुनः मर्मतका लागि दुई महिनादेखि विभिन्न देशमा सहयोग रकम सङ्कलन सुरु गरिएको हो । प्राप्त रकमलाई क्षतिग्रस्त विद्यालयको भवन मर्मत, शैक्षिक तथा खेलकुद सामग्री खरिद, शिक्षकका लागि तलब व्यवस्थापन, शैक्षिक तथा चेतनामूलक कार्यक्रममा सदुपयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम तामाङले बताउनुभयो ।

]]>
7510 0 0 0
सोलार र बायो ग्यासलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड http://localhost/ghum/%e0%a4%b8%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b0-%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ Tue, 05 Jan 2016 03:16:33 +0000 http://www.ghumphir.com.np/?p=7512

तिलोत्तमा (रुपन्देही), २१ पुस ।

हाल मुलुकमा देखिएको ऊर्जा सङ्कट समाधानका लागि सोलार र बायो ग्यासलाई प्रवद्र्धन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सरकार, निजी क्षेत्र र समुदायले सोलार एवम् बायो ग्यासलाई प्राथमिकतामा राख्दा हाल देखिएको घरेलु ऊर्जाको सङ्कट धेरै हदसम्म कम गर्न सकिने लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेलाको अवसरमा सोमबार बुटवलमा आयोजित ‘ऊर्जा सङ्कट ः वैकल्पिक व्यवस्थापन’ विषयक विचार गोष्ठीका सहभागीले सो कुरामा जोड दिएका हुन् । मेलाको पर्यटन प्रवद्र्धन तथा तालिम गोष्ठी उपसमितिले आयोजना गरेको गोष्ठीका सहभागीले सोलार र बायोग्यासलाई प्रवद्र्धनको नीतिगत रुपमा सरकार अगाडि बढ्न आग्रह गरेका छन् । भारतले नाकाबन्दी गरेको यो विषम अवस्थामा घरेलु ऊर्जाको सङ्कट तत्कालका लागि टार्न वैकल्पिक ऊर्जा प्रवद्र्धनका कामलाई सरकार, निजी क्षेत्र र समुदायले सघन रुपमा अघि बढाउनुपर्ने र वैकल्पिक ऊर्जा प्रयोगमा नागरिकहरु उत्तिकै सक्रिय र सचेत हुनुपर्ने सहभागीको भनाइ छ । कार्यक्रममा इञ्जिनियर टङ्क कँडेलले नेपालमा विद्युत्को माग हरेक वर्ष १० प्रतिशतका दरले बढ्दै गएको भन्दै बायो ग्यास र सोलार प्लान्टको निर्माण र क्षमता विस्तार, ब्रिकेटको उत्पादनमा वृद्धि, सुधारिएको चुलोको प्रयोगजस्ता वैकल्पिक ऊर्जा व्यवस्थापनका कामलाई अघि बढाउन सकेमा हाल देखिएको ऊर्जा सङ्कटलाई कम गराउन सकिने बताउनुभयो । विद्युत् विकासको सही नीति नहुँदा मुलुकले अहिले चर्को ऊर्जा सङ्कट भोगिरहेको चर्चा गर्दै उहाँले स्थायी सरकार नहुँदासम्म विद्युत् विकासका काम अपेक्षित रुपमा अघि बढ्न नसक्ने जिकिर गर्नुभयो । रुपन्देही व्यापार सङ्घका निवर्तमान अध्यक्ष टङ्क पोखरेलले सरकारीमार्फत जलविद्युत्मा लगानी गर्न सकिने भए पनि यसमा कानुनी अस्पष्टता रहेको छ भन्नुभयो । उहाँले हरेक क्षेत्रको विकासका लागि पहिलो आधार ऊर्जा रहेकाले अब सबैको प्राथमिकतामा जलविद्युत् पर्नुपर्ने बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालयका प्रबन्धक कासेन्द्रप्रसाद यादवले औद्योगिक विकासका लागि जलविद्युत्को विकल्प नभएको उल्लेख गर्दै तत्कालको ऊर्जा सङ्कट टार्न सोलार र बायो ग्यासमा जोड दिनु जरुरी छ भन्नुभयो । गोष्ठीमा ऊर्जा क्षेत्रसँग सरोकार राख्ने सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, उद्योगी÷व्यवसायी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

]]>
7512 0 0 0
गौरीगञ्जमा विद्युत् महसुल सङ्कलन केन्द्र सञ्चालनमा http://localhost/ghum/%e0%a4%97%e0%a5%8c%e0%a4%b0%e0%a5%80%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d-%e0%a4%ae%e0%a4%b9%e0%a4%b8%e0%a5%81/ Tue, 05 Jan 2016 03:20:26 +0000 http://www.ghumphir.com.np/?p=7514

दमक, २१ पुस ।

नेपाल विद्युत् प्राधिकरणले झापाको गौरीगञ्जमा हिजोदेखि महसुल सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ । जिल्लाको दक्षिणी क्षेत्रका विद्युत्का ग्राहकलाई महसुल बुझाउन थप सुविधा पु¥याउन केन्द्रले साप्ताहिक रुपमा दुई दिन सेवा विस्तार गरेको हो । गौरीगञ्ज बजारमा सोमबार एक कार्यक्रम गरी सो सेवाको व्यवस्थापिका–संसद् सदस्य दीपक कार्की र प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले शुभारम्भ गर्नुभएको थियो । उक्त सङ्कलन केन्द्रबाट साताको सोमबार र बुधबार दिनभरि विद्युत् महसुल सङ्कलन गरिने जानकारी प्राधिकरणको गौरादह प्रशाखाका प्राविधिक प्रमुख रामचन्द्र ठाकुरले दिनुभयो । उक्त केन्द्रबाट यस क्षेत्रका गौरीगञ्ज, खजुरगाछी, महाभारा, कोरोबारी, जुरोपानी र कोहवराका करिब १० हजार ग्राहकलाई सुविधा पुग्ने उहाँले बताउनुभयो । विद्युत् महसुल केन्द्र नहुँदा त्यस क्षेत्रका ग्राहकले गौरादह, दमकसम्म महसुल बुझाउन समस्या भोग्दै आएको थियो ।

]]>
7514 0 0 0
पन्ध्र क्विन्टल तामा सङ्कलन http://localhost/ghum/%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%8d%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%b2-%e0%a4%a4%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%99%e0%a5%8d/ Tue, 05 Jan 2016 03:22:32 +0000 http://www.ghumphir.com.np/?p=7517

काँकडभिट्टा (झापा), २१ पुस ।

अर्जुनधारा जलेश्वर धामको मूल मन्दिरमा तामाको छानो लगाउने लक्ष्यका साथ सञ्चालित अभियानबाट १५ क्विन्टल तामाका भाँडाकुँडा सङ्कलन भएको छ । पन्ध्र दिनदेखि मन्दिरमा तामा सङ्कलन अभियान चलाइएको थियो । हालसम्ममा १५ क्विन्टल तामाका भाँडाकुँडा र तामा किन्नका लागि रु पाँच लाख नगद सहयोग प्राप्त भएको तामा सङ्कलन समितिका सदस्य भीमचन्द्र भट्टराईले जानकारी दिनुभयो । मन्दिरमा छाना लगाउन ४० क्विन्टल तामा चाहिने र दाताहरूले तामा सहयोग दिने क्रम जारी रहेको धाम समितिकी उपाध्यक्ष चन्द्रकला भण्डारीले बताउनुभयो ।

]]>
7517 0 0 0
न्यानोको खोजीमा http://localhost/ghum/%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%8b%e0%a4%9c%e0%a5%80%e0%a4%ae%e0%a4%be/ Tue, 05 Jan 2016 03:48:50 +0000 http://www.ghumphir.com.np/?p=7521 7521 0 0 0 गोली हानी असईको हत्या http://localhost/ghum/7524-2/ Tue, 05 Jan 2016 04:07:40 +0000 http://www.ghumphir.com.np/?p=7524 जितेन्द्रकुमार झा
पुस  २१ ,राजविराज ।
सप्तरी, बनैनियाँ गाविसस्थित झौहराचोकमा सोमबार प्रहरी सहायक निरीक्षक रमेश सुब्बाको सोमबार गोली हानी हत्या भएको छ। सुब्बालाई साँझ ७ बजेतिर मोटरसाइकलमा आएका दुई जना अपरिचितले गोली हानी फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्। छाती र तिघ्रामा गोली लागेका घाइते सुब्बाको साँझ गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, राजविराजका इन्स्पेक्टर सुरज खड्काले जानकारी दिए।भद्रपुर–१०, झापाका उनी सप्तरी, गोबरगाढा प्रहरीचौकी दरबन्दी भई झुटकी चौकीमा काज ड्युटीमा थिए।
घटना भएको स्थान सीमावर्ती चौकी हो जुन सदरमुकाम राजविराजबाट करिब २० किलोमिटर पश्चिम–दक्षिण पर्छ। यहाँबाट दक्षिण भारतीय सहर अनरमठ नजिकै पर्छ। सुब्बामाथि गोली प्रहार गर्नेको खोजी तिब्र पारिएको सप्तरी प्रहरी प्रमुख (एसपी) भीम ढकालले जानकारी दिए। 'घटनास्थल वरपर सर्च अप्रेसन तीव्र पारिएको' उनले जनाए। यसैबीच, सशस्त्र संघर्षरत अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले सुब्बाको हत्याको जिम्मा लिएका छन्। उनले सञ्चारकर्मीलाई फोन गरेर प्रहरी निर्दोष जनताको हत्यामा संलग्न भएकाले चेतावनीस्वरुप असई सुब्बाको हत्या गरेको बताए। यसैबीच, करिब पाँच महिनादेखि जारी मधेस अन्दोलनको माग पूरा गराउन सरकारलाई दबाब दिन युवा विद्यार्थीले सोमबार राजविराजमा संयुक्त जुलुस प्रदर्शन गरे। 'मधेसका माग पूरा गर, प्रहरी दमन बन्द गर, विद्यार्थी मार्न पाइँदैन, अभिभावक मार्न पाइँदैन' लगायत नारा लगाउँदै स्थानीय रंगशालाबाट निस्केको विद्यार्थीको जुलुस नगरको विभिन्न भाग परिक्रमापछि गजेन्द्र चौकमा विरोध सभामा परिणत भएको थियो। सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा विद्यार्थी फोरमका केन्द्रीय इन्चार्ज अशोककुमार यादवले मधेसी मोर्चाले राख्दैआएको ११ बँुदे माग पूरा नभएसम्म आन्दोनल जारी रहने बताए। उक्त सभालाई सम्बोधन गर्दै अन्दोलनरत मधेस मोर्चा आबद्ध विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले मधेसी मोर्चाको माग पूरा गर्न सरकारले गम्भीरता नदेखाए देशमा अर्को संकट उत्पन्न हुनसक्ने चेतावनी दिए। 'यतिखेर मधेसी समुदायले स्वायत्त मधेस प्रदेश माग्दै आएको छ,' चिन्ता व्यक्त गर्दै उनले भने, 'अहिले राज्यले सम्झौता नगरे मुलुक विखण्डनतर्फ जान सक्छ।' मधेसी युवा विद्यार्थी मोर्चा सप्तरी संयोजक तारकेश्वर यादवको अध्यक्षतामा आयोजित विरोध सभामा मोर्चाका पूर्व संयोजक एवं सल्लाहकार शम्भु यादव, सहसंयोजक फणिकान्त झा, सदस्य दीपेन्द्र यादवले पनि माग पूरा नभएसम्म आन्दोलन चलिरहने बताए।
]]>
7524 0 0 0
हिउँँचितुवाको आक्रमणले २७ च्याङ्ग्रा मरे http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%89%e0%a4%81%e0%a4%81%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%b2%e0%a5%87-%e0%a5%a8/ Tue, 05 Jan 2016 04:13:21 +0000 http://www.ghumphir.com.np/?p=7526

मुस्ताङ, २१ पुस ।

उपल्लो मुस्ताङको छुसाङ–५ तेताङमा हिउँँचितुवाले आक्रमण गर्दा २७ च्याङ्ग्रा मरेका छन् । स्थानीय किसान रामबहादुर गुरुङको गोठमा शनिबार राति हिउँँचितुवाको बथानै प्रवेश गरी २७ च्याङ्ग्रा मार्नुका साथै दुईवटा च्याङ्ग्रालाई घाइते बनाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

sno leopardवर्षौंदेखि च्याङ्ग्रापालन व्यवसाय गर्दै आएका किसान गुरुङ एकैपटक उक्त सङ्ख्यामा च्याङ्ग्रा मारिदिएपछि समस्यामा परेका छन् । उपल्लो मुस्ताङमा चार वर्षदेखि हिउँँचितुवा संरक्षण अभियान सञ्चालन भएपछि त्यसको सङ्ख्यामा व्यापक वृद्धि भएको छ । “५÷६ वटा हिउँचितुवा आएर आक्रमण गरेको जस्तो देखिएको छ, किसानलाई सम्पूर्ण विवरण टिपेर क्षतिपूर्तिका लागि पहल गरिरहेका छौँ”, प्रमुख शेरचनले भन्नुभयो – “सङ्ख्या बढ्दै जाने र जङ्गलमा आहार नआएपछि हिउँचितुवा मानव बस्तीतिर आउने गर्दछ ।” गत असोज र कात्तिक महिनामा पनि उपल्लो मुस्ताङकै चराङको मराङ गाउँमा एकैपटक १०७ वटा र सुर्खाङमा १२ वटा च्याङ्ग्रा हिउँचितुवाकै आक्रमणमा मरेका थिए । गाउँ नजिकै रहेको गोठमा आएर पशुचौपायालाई आक्रमण गर्न थालेपछि उपल्लो मुस्ताङका छवटै गाविसमा हिउँचितुवा आङ्तक फैलिएको छ । त्यस क्षेत्रका स्थानीयवासीले हिउँचितुवा नियन्त्रणका लागि एक्याप र सीमा प्रशासन कार्यालय, लोमान्थाङमा दबाबसमेत दिन थालेका छन् । “यसबाट बच्ने उपाय अवलम्बन गर्ने हो, गोठ वरिपरि बत्ती जडान गरी उज्यालो बनाउन सके केही पनि हुँदैन”, प्रमुख शेरचनले भन्नुभयो – “यस विषयमा स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दैछौँ ।”

]]>
7526 0 0 0
पर्यटन बोर्डको सूचना केन्द्र प्रहरीको भरमा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%a8/ Tue, 05 Jan 2016 04:46:47 +0000 http://www.ghumphir.com.np/?p=7528 भैरहवा, २१ पुस। स्थलमार्ग हुदै सबैभन्दा बढी बिदेशी पर्यटक आउने भैरहवाको बेलहियानाकामा रहेको नेपाल पर्यटन बोर्डको पर्यटक सूचना केन्द्र बिगत एक बर्ष देखि कर्मचारी बिहीन हुँदा पर्यटक प्रहरीको भरमा सञ्चालन हुँदै आएको छ । एक जना सूचना अधिकृत सहित ६ जनाको दरबन्दी रहेको भैरहवाको बेलहिया नाकामा अबस्थित नेपाल पर्यटन बोर्डको सूचना केन्द्रको दैनिक काम पर्यटक प्रहरीले गरिरहेका छन् ।

ntb

पर्यटकहरुको सहयोगका लागि खटिने गरेका पर्यटक प्रहरीहरुको दैनिकी पर्यटक सूचना केन्द्र खोल्नु,त्यहाँको रेखदेख गर्नु र आउने पर्यटकलाई नेपालका पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी तथा अभिलेखहरु उपलब्ध गराउनु भएको छ । कार्यालयमा बिगत एक बर्ष देखि पर्यटन बोर्डको कुनै कर्मचारी छ्रैनन् । कर्मचारी नहुँदा त्यहाँको प्रसाशनिक कार्य बाहेक अरु सबै काम आफुहरुले गर्ने गरेको पर्यटक प्रहरी ईन्चार्ज एवं प्रहरी सहायक निरीक्षक मुकुन्द गौतमले बताउनु भयो । बेलहिया नाका सबैभन्दा बढी पर्यटक भित्रने नाका हो । भारत सहित तेश्रो मुलुकका पर्यटक सबैभन्दा बढी यही नाका भएर नेपाल प्रबेश गर्छन् । यो नाका हुदै नेपाल भ्रमणमा आउने सबैभन्दा बढी बिदेशी पर्यटकको अन्तिम गन्तब्य गौतमबुद्ध जन्मस्थल लुम्बिनी हो । भारतीय पर्यटकहरु लुम्बिनी सहित पोखरा,मुक्तिनाथ,चितवन,काठमाण्डौ जानका लागि यो नाका हुदै आउने गर्छन् । नेपाल प्रबेश गर्ने अन्य नाकाको तुलनामा यो नाका सहज भएको यहाँबाट नेपालको चारै तर्फ जान यातायातको पहुँच राम्रो भएकाले पर्यटकहरु यो नाका बढी प्रयोग गर्दछन् ।

बेलहिया स्थित पर्यटन सुचना केन्द्रमा अहिले पर्यटकहरुलाई जानकारी दिने ब्रोसर,पोष्टरहरुको समेत अभाब रहेको पर्यटक प्रहरीहरुको भनाई छ । अर्को तर्फ यस बेलहिया नाकामा पर्यटकका लागी आवश्यक सामान्य आधारभुत सेवाहरु समेत उपलब्ध नहुनु का साथै पर्यटक को जानकारी का लागी एउटा होर्डिड. बोर्ड पनि देख्न सकिदैन एक दुई वटा होर्डिड.बोर्ड त देख्न सकिन्छ तर ति होडीड. बोर्ड निकै पुराना छन । देशकै सबैभन्दा बढी पर्यटक भित्रिने नाका बेलहियालाई राज्यले उपेक्षा गरेको , स्थानीय ले गुनासो गर्छन ।

]]>
7528 0 0 0
संसारकै कम सुरक्षित विमानको सूचीमा, नेपाल एयरलाइन्स http://localhost/ghum/7530-2/ Tue, 05 Jan 2016 16:59:26 +0000 http://www.ghumphir.com.np/?p=7530 पुस २१ , काठमाडौं ।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका जहाज संसारकै कम सुरक्षित बिमानको सूचीमा परेका छन् ।एयरलाइन्सहरुको रेटिङ गर्ने वेबसाइट ‘एयरलाइन्स रेटिङ डट कम‘ले विश्वभरका ४०७ अन्तराष्ट्रिय उडान भर्ने विमानहरुको रेटिङ गरेको छ । जसमा जम्मा एक नम्बर पाएर कम सुरक्षित १० विमान मध्ये नेपाल एयरलाइन्स समेत परेको छ ।

nepal-airlines-e1425348144153

जसमा लगातार तेस्रो पटक अष्ट्रेलियाको ‘क्वान्टास एयरलाइन्स’ सबैभन्दा सुरक्षित घोषणा भएको छ । उसले सात स्टार पाएको छ । क्वान्टाससहित कुल १४८ एयरलाइन्सले सात स्टार पाएका छन् ।

तीन वा सो भन्दा कम स्टार पाउने एयरलाइन्सहरुको संख्या ५० छ । एक स्टार पाउने भने १० वटा एयरलाइन्स मात्र छन् । जसमा नेपाल, इण्डोनेसिया र सुरिनामका एयरलाइन्सहरु छन् ।

इर्यूको कालोसूचीमा भए नभएको, दुर्घटनामा परे नरेको, आईकाओ र आईएटीओले प्रमाणिकरण गरे नगरेको, सुरक्षाका कारण ग्राउण्डेड भए नभएको जस्ता बिषयलाई आधार बनाएर रेटिङ गरिएको एयरलाइन्स रेटिङले जनाएको छ ।युरोपेली युनियनले नेपालका सवै एयरलाइन्सलाई लागातार दुई बर्षदेखि कालो सूचीमा राख्दै आएको छ ।

]]>
7530 0 0 0
एक साताभित्र आपूर्ति सहज :आपूर्ति मन्त्री http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%86%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%b8%e0%a4%b9%e0%a4%9c/ Tue, 05 Jan 2016 17:06:06 +0000 http://www.ghumphir.com.np/?p=7532

रुकुम, २१ पुस ।

वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले देशको समग्र विकासका लागि विभिन्न तबरबाट प्रयास जारी राखेको बताउनुभएको छ । मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला रुकुम पुग्नुभएका मन्त्री पुनले आज जिविसको हलमा आयोजना गरिएको गरिएको पत्रकारसम्मेलनमा जिल्लाको विकास निर्माणबारे जानकारी गराउनुभएको थियो । मन्त्री पुनले जिल्ला तथा देशको समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ganeshman-punजिविस रुकुमको आयोजना नेपालको संविधान, जनताको संविधान, जनताको संविधान, जनताको माझमा अभियानअन्तर्गत संविधानमा रहेका मूलभूत विषयवस्तुका बारेका सुसूचित गराउन गृह जिल्ला पुग्नुभएका मन्त्री पुनले मधेसी मोर्चाको आन्दोलन तथा भारतले गरेको अघोषित नाकाबन्दीले देशमा ठूलो सङ्कट परेको बेला तेस्रो मुलुकबाट इन्धनलगायतका सामग्री नेपाल ल्याउन बाटो खुलाएको बताउनुभयो । उहाँले तेस्रो मुलुकबाट नेपालमा इन्धनलगायतका अत्यावश्यक वस्तु ल्याउने बाटो खुलेसँगै भारतको मात्र भरमा बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । मन्त्री पुनले चीनबाट पनि तेल ल्याउने कुरामा नीतिगत तथा व्यावहारिक छलफल तीव्र गतिमा अगाडि बढिरहेको र अबको एक साताभित्रै नेपालमा आपूर्ति सहज हुने बताउनुभयो । नेपालको संविधानमा भएका व्यवस्था तराईका जनताले राम्रोसँग अध्ययन गरे मधेस आन्दोलन आफैँ अन्य हुने उहाँको भनाइ छ । आपूर्तिमन्त्री पुनले भारतको अघोषित नाकाबन्दीका कारण भएको इन्धनलगायतका अन्य अत्यावश्यक सामग्रीको आपूर्ति तथा वितरण व्यवस्था छिट्टै पुरानो अवस्थामा फर्कने बताउनुभएको छ् । संविधान संशोधन प्रक्रिया अगाडि बढी आन्दोलनरत मोर्चासँग भएका वार्ता सकारात्मक हुन गई आन्दोलन सामान्यीकरणतर्फ गएपछि भारतबाट हुने आपूर्ति पनि सहज बन्दै गएको उहाँले बताउनुभयो । यसैबीच रुकुमका सांसद मिठ्ठू मल्लले नयाँ सविधानले सबै नेपाली जनताको हकअधिकार समेटिएकाले कसैले पनि देश विकासको बेला आन्दोलन तथा नेपाली नेपालीबीचको सद्भाव भड्कने खालको कार्य नगर्न आग्रह गर्नुभएको छ । संविधानमा रहेका मूलभूत विषयवस्तुका बारेका रुकुमका नगरिकलाई जानकारी गराउन रुकुमका तीनजना सांसद गणेशमान पुन, मिठ्ठू मल्ल र दलजित शेर्पाली यहाँ आउनुभएको छ । उहाँहरुले यहाँका नागरिकले नबुझेका विषयमा नेपालको सविधानमा रहेका मूलभूत विषयवस्तुका बारेका सुसूचित गराउनुभएको थियो । यस्तै उहाँहरुलाई यहाँका जनताले रुकुम टुक्रिएको या नटुक्रिएको बारेका सोधेपछि जिल्ला टुक्रिए÷नटुक्रिए पनि नेपालमै पर्ने भएकाले कुनै फरक नपर्ने बताउनुभएको थियो ।

]]>
7532 0 0 0
पर्यटनबाटै युवा पलायन रोक्न सकिन्छ–उपाध्यक्ष खतिवडा http://localhost/ghum/7534-2/ Tue, 05 Jan 2016 17:12:05 +0000 http://www.ghumphir.com.np/?p=7534

बुटवल, २१ पुस ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले वार्षिक २० लाख पर्यटक नेपालमा भित्र्याउन सके बर्सेनि विदेसिने २० देखि २५ लाख युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सकिने बताउनुभएको छ । हाल ४० लाख नेपाली कामका सिलसिलामा विदेशमा रहेकाले त्यो जनशक्तिलाई स्वदेशमै रोजगार उपलब्ध गराउन पर्यटकीय क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभयो । यसका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति जरुरी रहेको उहाँको भनाइ छ ।

YUBRAJ-KHATIWADAरुपन्देही व्यापार सङ्घको मुख्य आयोजनामा बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०७२, अन्तर्राष्ट्रिय व्यापार मेलाको आज बुटवलमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष खतिवडाले यी दुई विमानस्थलको काम छिटो सम्पन्न गर्न सके आफूले सोचेको योजना पूरा हुने दाबी गर्नुभयो । समयमै विमानस्थलको काम सकिए वार्षिक १० लाख चीनबाट, पाँच लाख भारतबाट र बाँकी पाँच लाख तेस्रो मुलुकबाट पर्यटक भित्र्याउन सकिने र नेपाल आएका २० लाख पर्यटकबाट २० देखि २५ लाख नेपाली युवाले स्वदेशमै पर्यटकीय क्षेत्रमा रोजगारीको अवसर पाउने उहाँले बताउनुभयो । मुलुकको आर्थिक विकास र उन्नतिका लागि प्रविधिलाई उन्नत बनाउँदै उद्यमशीलताको विकास गर्नुपर्नेमा खतिवडाले जोड दिनुभयो । उहाँले पुँजी, प्रविधि र बजारलाई परिचालन गर्न उद्यमशीलता चाहिने भन्दै बर्सेनि आयोजना गरिने यस्ता मेलाबाट उद्यमी तयार गर्न सक्नुपर्छ भन्नुभयो । उपाध्यक्ष खतिवडाले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि ग्रेटर लुम्बिनीको परिकल्पना गरिएको र बुद्धसँग सम्बन्धित क्षेत्रलाई यो सर्किटभित्र राखेर विकास गर्ने योजना सुनाउँदै यसका लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालनमा आउनुपर्ने धारणा राख्नुभयो । उहाँले बृहत्तर लुम्बिनीको विकासले एकीकृत पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँले सार्वजनिक निजी साझेदारीको अवधारणामा अगाडि बढे सरकारी र निजी क्षेत्रले परिकल्पना गरेको आर्थिक विकासको सपना पूरा गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले बुटवलमा स्थायी मेलास्थलका लागि व्यावसायिक योजना पेस गर्न आग्रह गर्दै ठोस योजनाका साथ आए आफू त्यसमा सहयोग गर्न तयार रहेको पनि बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य नजिर मियाँ, एमाओवादीका केन्द्रीय सदस्य माधव शर्मा, राष्ट्रिय जनमोर्चाका कृष्णबम मल्ल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख ध्रुवबहादुर खडका, पूर्वमेयर पुनाराम पोखरेललगायतले कठिन परिस्थितिका बीच मेला आयोजना गरेर आर्थिक विकासमा टेवा पु¥याएकामा आयोजकलाई धन्यवाद दिनुभएको थियो । रुपन्देही व्यापार सङ्घको मुख्य आयोजनामा बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०७२, अन्तर्राष्ट्रिय व्यापार मेला ३५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्दै आज समापन भएको छ । मुलुकका विभिन्न स्थानका मेला÷महोत्सव स्थगित भएको अवस्थामा १४ दिनसम्म सञ्चालन भएको यो मेलामा लक्ष्यभन्दा बढी ३५ करोड २५ लाख रुपैयाँको आर्थिक कारोबार भएको र ६ लाख दर्शकले अवलोकन गरेका आयोजकले जनाएका छन् । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ पुस ८ गतेदेखि सञ्चालन भएको मेलामा भारत, चीन, पाकिस्तान र बङ्गलादेशका ३० विदेशीसहित नेपालका औद्योगिक उत्पादन, कृषिजन्य, रेस्टुराँ, गार्मेन्ट, जुत्ता÷चप्पल, अटो मोबाइल्स, सूचना प्रविधि, बैंक लगायतका ६०० स्टल थिए । सङ्घका अध्यक्ष एवम् मेला आयोजक मूल समितिका संयोजक श्रीकृष्ण पोखरेलका अनुसार होटल तथा अन्तर्राष्ट्रिय स्टलमा सबैभन्दा बढी कारोबार भएको हो । मेला समापनका अवसरमा उत्कृष्ट स्टललाई पुरस्कृत गरिएको छ ।

]]>
7534 0 0 0
५३ वटा पम्पबाट निजी कारले तेल पाउने (सूचीसहित) http://localhost/ghum/7537-2/ Tue, 05 Jan 2016 17:24:16 +0000 http://www.ghumphir.com.np/?p=7537  पुस २१, काठमाडौं ।

नेपाल आयल निगमले भोलि बुधबारदेखि काठमाडौंमा निजी कार तथा जीपलाई पेट्रोल वितरण सुरु गर्दैछ । भारतबाट पेट्रोलियम पदार्थको आयात बढेपछि निगमले चार पांग्रे सवारी साधनलाई ३ दिन पेट्रोल दिन लागेको हो ।

बुधवार १ देखि ६ लट नम्बरसम्मका निजी कार तथा जीपले तेल भर्न पाउनेछन् । पेट्रोल भर्नको लागि नवीकरण भएको ब्लु-बुक अनिवार्य गरिएको छ । एउटा कारले १५ लिटर तेल भर्न पाउनेछ ।

निगमले बुधबार ५३ वटा पम्पमार्फत तेल वितरण गर्दैछ । आज बेलुकासम्म नै सबै पम्पमा तेल पुर्‍याइने छ भने भोलि बिहान ९बजे देखि तेल वितरण सुरु हुनेछ ।

पुस २४ गते शुक्रबार ७ देखि १० नम्बर लटका कारलाई तेल वितरण गरिनेछ भने २७ गते सोमबार ११ भन्दा माथिका लटका कारले तेल भर्न पाउने छन् । यसपटकबाट केही पम्पमा एसएमएसबाट तेल बुक गर्ने सुविधा दिने भनिएपनि त्यसबारे निर्णय भएको छैन ।

आपूर्ति मन्त्री गणेशमान पुन एसएमएस सिस्टम लागू गर्ने पक्षमा देखिएपनि आयल निगमका उच्च अधिकारी भने त्यो व्यवहारिक नहुने तर्क गरिरहेका छन् ।

३ दिनमा ९० हजार कारका लागि १३ लाख लिटर पेट्रोल वितरण गर्ने आयल निगमको योजना छ ।

बुधबार निजी कारलाई वितरण हुने पम्पहरुको सूची हेर्नुस्

Pump-List

]]>
7537 0 0 0
जर्मनीका कार्ल कुफेलले चित्रकला सिकाउने http://localhost/ghum/%e0%a4%9c%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b2-%e0%a4%95%e0%a5%81%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%9a/ Tue, 05 Jan 2016 17:27:31 +0000 http://www.ghumphir.com.np/?p=7540

काठमाडौँ, २१ पुस ।

जर्मनीका कलाकार कार्ल कुफेल आर्थिक रुपमा कमजोर बालबालिकालाई चित्रकला सिकाउन नेपाल आइपुगेका छन् । जर्मन ह्युमनिटरियन इनिसियटिभ फर साउथ एसिया (साथी) संस्थाको सहयोगमा लीला–राधिका ह्युमनिटरियन इनिसियटिभ फर सिनियर सिटिजन सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै उनले नेपालमा चार दिन बिताउने छन् । आज यहाँ आयोजित कार्यक्रममा उक्त संस्थाका अध्यक्ष डा धर्मराज भुसालले यस कार्यशालामा बालबालिकाले बनाएका चित्रकलालाई जर्मनीमा प्रदर्शनी गरिने र उक्त चित्रकला बिक्रीबाट आएको रकम उनीहरुलाई नै प्रदान गरिने जानकारी दिनुभयो । ‘डोर टु द फ्यूचर फर चिल्ड्रेन’ अभियानअन्तर्गत नेपालमा गरिने उक्त कार्यक्रमपछि सोही प्रकृतिको कार्यक्रम अफगानिस्तानमा गरिने कलाकार कूफेलले जानकारी दिनुभयो । भिन्न संस्कृतिका बालबालिकाको मानसिकतालाई चित्रमा उतारेर उनीहरुको सोच बुझ्ने र सोहीअनुसार आफूले सिकाउने उहाँले बताउनुभयो । कार्यशालामा दाङ, बाजुरा, नवलपरासी, सिरहा, सिन्धुली, पाल्पा, मकवानपुर र काठमाडौँका सात बालबालिकालाई सहभागी गराइने छ ।

]]>
7540 0 0 0
डुङ्गामा मनोरञ्जन लिँदै http://localhost/ghum/7543-2/ Tue, 05 Jan 2016 17:49:18 +0000 http://www.ghumphir.com.np/?p=7543 7543 0 0 0 नदीमा चराहरु http://localhost/ghum/7546-2/ Tue, 05 Jan 2016 18:04:50 +0000 http://www.ghumphir.com.np/?p=7546 7546 0 0 0 विश्वकै दुर्लभ गिद्ध उपचारपछि छाडियो http://localhost/ghum/7551-2/ Wed, 06 Jan 2016 15:56:54 +0000 http://www.ghumphir.com.np/?p=7551 पुस २२, सुर्खेत ।

जिल्ला वन कार्यालय सुर्खेतले विरामी अवस्थामा भेटिएको डंगुर (हिमालयन ग्रिसन) जातको गिद्धलाई उपचारपछि छाडेको जनाएको छ ।विश्वमै लोपोन्मुख अवस्थामा रहेको गिद्ध यही पुष १७ गते वीरेन्द्रनगर ८ इत्राममा रहेको शंकरचोक नजिकै विरामी अवस्थामा फेला परेको थियो ।

औषधीले लठिएको अवस्थामा फेला परेको गिद्ध ४ दिनको लगातार उपचारपछि निको भएपछि छाडिएको जिल्ला वन अधिकत हेमराज विष्टले जानकारी दिनुभयो ।मुखवाट फिज फालिरहेको अवस्थामा गिद्ध रहेको जानकारी स्थानीय वासिन्दाले दिएपछि विश्वकै दुर्लभ मानिएको गिद्धलाई तुरुन्त उद्धार गरी उपचार थालिएको उहाँले वताउनु भयो ।विषादी हालेको सिनो खाएका कारण विरामी भएको गिद्ध उपचारपछि आफै उडेर गएको वताएको छ ।

मरेका पशु चौपायमा सर्वसाधारणले डाइक्लोरोफेनेक नामक औषधी हाल्ने भएकोले त्यस्ता चौपायको सिनो खादा किट्नी फेल भएर गिद्ध मर्ने गरेको विष्टले उल्लेख गर्नुभयो । औषधी हालेको सिनो खाएका कारण सवै जातका ९० प्रतिशत गिद्ध लोप भएपछि पछिल्लो समय सरकारले गिद्ध संरक्षणको लागि विभन्न कार्यक्रम गदै समेत उहाँले जानकारी दिनुभयो ।

]]>
7551 0 0 0
वैकल्पिक ऊर्जाको प्रयोग बढाउन निर्देशन http://localhost/ghum/%e0%a4%b5%e0%a5%88%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%95-%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%af%e0%a5%8b%e0%a4%97/ Wed, 06 Jan 2016 16:03:30 +0000 http://www.ghumphir.com.np/?p=7553

काठमाडौँ, २२ पुस ।

पूर्वाधार आयोजना अनुगमन तथा निर्देशन उच्चस्तरीय समितिले सडक तथा सुरक्षा निकायका ब्यारेकमा सौर्य ऊर्जाको प्रयोग बढाउन निर्देशन दिएको छ । समितिको सचिवालय अर्थमन्त्रालयमा आज बसेको समितिको बैठकले वैकल्पिक ऊर्जाको प्रवद्र्धन गर्दै विद्यमान ऊर्जा सङ्कटलाई कम गर्दै लैजाने निर्णय गरेको अर्थमन्त्रीका प्रेस सल्लाहकार मोहन चापागाइँले जानकारी दिनुभयो । बैठकले सडकबत्तीलाई सौर्य ऊर्जाबाट बाल्न र नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरीका ब्यारेकमा सौर्य ऊर्जाबाट विद्युत् उपलब्ध गराउन सरोकारवाला निकायलाई निर्देशन दिएको छ साथै बौठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा वैकल्पिक ऊर्जासम्बन्धी कार्यदल गठन गरेको छ । समितिका संयोजक उपप्रधान एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्यहरु उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा, उपप्रधान एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडा, अर्थसचिव लोकदर्शन रेग्मी सहभागी हुनुहुन्थ्यो ।

]]>
7553 0 0 0
थामीहरु मन्दिर निर्माणमा लागे http://localhost/ghum/%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%ae%e0%a4%be/ Wed, 06 Jan 2016 16:07:57 +0000 http://www.ghumphir.com.np/?p=7555

भोजपुर, २२ पुस ।

आफ्नो ऐतिहासिक भाषा, संस्कृति र परम्परालाई जीवन्त राख्न पूर्वी पहाडी जिल्ला भोजपुरका अल्पसङ्ख्यक आदिवासी थामी जाति भूमेथान मन्दिर निर्माणमा लागेका छन् । प्रकृतिपूजक थामी समुदाय वैशाखे पूर्णिमा र मङ्सिरे पूर्णिमाका दिन वर्षमा दुईपटक भूमेपूजा गर्छन् । थामी भाषा संस्कृति तथा भूमेथान मन्दिर निर्माण समितिका संयोजक रमेश अर्पण थामीका अनुसार थामी जाति नेपालको अति सीमान्तकृत र अल्पसंख्यक जातिमा परेपनि सामाजिक आर्थिक शिक्षा र राजनैतिक क्षेत्रमा एकदमै पछाडि रहेपनि औंल्याउँदै भाषा सस्कार संस्कृतिमा थामी जाति धनी रहेको दाबी गर्नुहँुदै उहाँले पहिचान र अस्तित्व रहेको बताउनुभयो । राज्यले आदिवासी जनजाति लक्षित कार्यक्रम र योजना सञ्चालनमा ल्याएपनि भोजपुरका थामि समुदायको भाषा संस्कृति र अधिकारका कार्यक्रम सोचेजस्तो नभएको गूनासो नेपाल थामी समाज भोजपूरका अध्यक्ष लिलाबहादुर थामीको भनाइ छ । भोजपुरका थामी समुदाय आफ्नै जनश्रमदान र गत वर्ष द्येउसी भैली खेलेर संकलन गरिएको रकमले मन्दिर निर्माण गरेको बताएका छन् । यसैबीच ७४ वर्षीय वृद्ध दलबहादुर थामीले आपूmले गर्न नसकिरहेकोे काम नयाँ पुस्ताले गर्दैछन् अब पूरानÞो रितिरिवाज जोगिन लागेकोमा खुसी व्यक्त गर्नुभयो ।

]]>
7555 0 0 0
अन्तरदेशीय पर्वतीय पर्यटनको नयाँ अवधारणा http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f/ Wed, 06 Jan 2016 16:17:21 +0000 http://www.ghumphir.com.np/?p=7557

काठमाडौँ, २२ पुस ।

भूकम्प र नाकाबन्दीका कारण थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि अन्तरदेशीय पर्वतीय पर्यटनको नयाँ अवधारणा ल्याइएको छ । पर्यटन क्षेत्रका विज्ञहरु सम्मिलित नेसनल टुरिजम फाउन्डेसनले सङ्क्रमणको चेपुवामा परेको पर्यटनलाई गति दिन ‘क्रस बोर्डर टुरिजम इन दि हिमालयन रिजन’ नामक अवधारणा ल्याएको हो । नेपाल–ल्हासा (चीन)देखि भुटान–सिक्किम (भारत)सम्मको हिमाली क्षेत्रमा ती देशका पर्यटकलाई भ्रमण गराई स्थानीय अर्थतन्त्रको बढावा दिनेलगायतका कार्यक्रम सो अवधारणामा समावेस छन् । सो अवधारणाले स्थानीय जनताको जीवनस्तर उकास्नुका साथै सम्बन्धित देशको आपसी सम्बन्ध र सद्भावलाई थप उचाइमा पु¥याउन सहयोग पुग्ने विज्ञको विश्वास छ । उक्त अवधारणा कार्यान्वयनका लागि राय सुझाव लिन फाउन्डेसनले आज सरोकारवाला विज्ञबीच एक अन्तक्र्रिया ग¥यो । कार्यक्रममा सिक्किम टुरिजम डेभलपमेन्ट कर्पोरेसनका अध्यक्ष अन्तर्राष्ट्रिय अल्ट्रा धावक, सिक्किमका सगरमाथा आरोहीको पनि सहभागिता थियो । त्यसोत, धार्मिक पर्यटन प्रवद्र्धनका लागि यसअघि नेपाल र भारतबीच बुद्धिष्ट सर्किटको अवधारणा ल्याइएको थियो । त्यसैगरी अहिले हिन्दू सर्किटको अवधारणा पनि अघि सारिएको छ । अर्को महत्वपूर्ण अन्तरदेशीय ग्रेट हिमालय ट्रेलको अवधारणा पनि लागू गरिएको थियो । पछिल्लो समय अन्तरदेशीय पर्वतीय पर्यटनको नयाँ अवधारणाले नेपालको पर्यटन मात्र नभई अन्तरदेशीय सम्बन्धलाई विस्तार गर्नसमेत महत्वपूर्ण टेवा पुग्ने कार्यक्रमका वक्ताको भनाइ छ । पर्यटन विभागका महानिर्देशक गोविन्दबहादुर कार्कीले अन्तरदेशीय पर्वतीय पर्यटनको अवधारणाले पर्यटन प्रवद्र्धन मात्र नभई ती देशबीच जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । पूर्व मुख्यसचिव लिलामणि पौडेलले अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि पर्वतीय पर्यटनको अवधारणा उपयोगी रहेको र यसलाई नीतिगत ढङ्गले सम्बोधन गरी व्यावहारिक कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिनुभयो । फाउन्डेसनका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र पर्यटन व्यवसायी विक्रम पाण्डेले अहिलेको पर्यटनलाई थप गति दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनलाई प्रवद्र्धन गर्न नयाँ अवधारणा सान्दर्भिक हुने बताउनुभयो । सिक्किम टुरिजम डेभलपमेन्ट कर्पोरेसनका अध्यक्ष रुपनारायण राईले पर्यटन उद्योगलाई चार देशसँग जोडेर प्रवद्र्धन गर्ने योजना राम्रो अवसर भएको धारणा राख्नु भयो । अन्तर्राष्ट्रिय अल्ट्रा धावक रोश्नी राई, सगरमाथा आरोही कुञ्जन ज्ञासो भुटिनलगायतले पर्वतीय पर्यटनको सम्भावनाबारे चर्चा गर्नुभएको थियो । सो अवसरमा फाउन्डेसनले पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै पूर्व मुख्यसचिव लिलामणि पौडेल, पूर्व पर्यटन सचिव दीपेन्द्र पुरुष ढकाललगायतलाई प्रसंशापत्रद्वारा सम्मान गरेको थियो ।

]]>
7557 0 0 0
उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेपछि व्यवसायी उत्साहित http://localhost/ghum/7559-2/ Wed, 06 Jan 2016 16:22:17 +0000 http://www.ghumphir.com.np/?p=7559 मुस्ताङ, २२ पुस ।

सन् २०१६ को पर्यटन गन्तव्यमा नेपाल विश्वकै उत्कृष्ट देशको सूचीमा परेपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।बेलायतको ट्राभल गाइड बुक “रफ गाइड” ले विश्वका १० उत्कृष्ट सूची सार्वजनिक गर्दै नेपाललाई पहिलो स्थानमा राखेपछि भूकम्प र तराई आन्दोलनका कारण थला परेको जिल्लाको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने व्यवसायीको विश्वास छ । सन् २०१५ मा पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा करिब ४५ प्रतिशतले कमी आएको छ ।

]]>
7559 0 0 0
पोखरा महोत्सवः चिडियाखाना निर्माणदेखि सेती नदी संरक्षण http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5%e0%a4%83-%e0%a4%9a%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%96%e0%a4%be%e0%a4%a8/ Wed, 06 Jan 2016 16:26:32 +0000 http://www.ghumphir.com.np/?p=7561

पोखरा, २२ पुस ।

युनाइटेड क्लबले आगामी पुस ३० गतेदेखि माघ १० गतेसम्म पोखराको अमरसिंह चौरमा गर्ने पोखरा महोत्सवको आम्दानीबाट चिडियाखाना निर्माणदेखि सेती नदी संरक्षण जस्ता कार्यमा सहयोग गरिने भएको छ । भूकम्प र नाकाबन्दीका कारण प्रभावित पोखराको पर्यटनलाई उकास्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको महोत्सवको कुल लाभांशमध्ये २० प्रतिशत रकम चिडियाखाना निर्माणका लागि छुट्याइने छ । महोत्सवमा आउने प्रत्येक व्यक्तिले लिने टिकटबाट एक रुपैयाँ छुट्याएर सेती नदी संरक्षणमा सहयोग पु¥याउने क्लबको लक्ष्य छ । क्लबका अध्यक्ष हिमालय बख्रेलकाअनुसार वृहत पोखराको अवधारणा अनुसार पोखराको नयाँ पर्यटकीय आकर्षणका रुपमा लेखनाथको ११, १२, र १४ नम्बर वडामा रहेका पचभैया, चैनपुर र चाँपापानी चिसाकुना सामुदायिक वनलाई समेटेर चिडियाखाना बनाउन लागिएको छ । क्लबको विशेष पहल एवम् स्थानीयवासीको सक्रियतामा यहाँको १३४ हेक्टर क्षेत्रमा चिडियाखाना निर्माण गर्न लागिएको जानकारी गराउँदै उहाँले क्लबले विगत पाँच वर्षदेखि पोखरा महोत्सव गर्दै आएकोमा उक्त महोत्सवको आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणकै लागि छुट्याइएको बताउनुभयो । यसवर्ष पनि महोत्सवको कुल आम्दानीको २० प्रतिशत चिडियाखाना निर्माणका लागि छुट्याइने उहाँले बताउनुभयो । “महोत्सवबाट हालसम्म चिडियाखाना निर्माणका लागि रु १५ लाख जम्मा भइसकेको छ,” उहाँले भन्नभयो, “क्लबको पहल र सामुदायिक वन उपभोक्ता समिति, वन कार्यालय, स्थानीय प्रशासन, स्थानीय निकाय, राजनीतिक दल, विभिन्न सङ्घ संस्थाको सहयोगमा चिडियाखाना निर्माण कार्यलाई अघि बढाइएको हो ।” महोत्सवमा काटिने प्रतिटिकटको रु १०० सेती नदी संरक्षणमा खर्च गरिने छ । महोत्सवमा विभिन्न संस्कृतिको प्रदर्शनसहित यसपटक एकल नृत्य प्रतियोगितासमेत सञ्चालन हुने क्लबले जनाएको छ । महोत्सवको छैटौं संस्करणको पोखरा महोत्सवमा दोस्रो संस्करणको खुल्ला एकल नृत्य प्रतियोगिता पोखरा तारा दुई सञ्चालन गरिने भएको छ । नेपाली संस्कृतिलाई उजागर गर्दै नयाँ प्रतिभाको खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक सुरज थापा मगरले बताउनुभयो । विशुद्ध नेपाली संस्कृति र आधुनिक ढङ्गको नृत्य हुनुपर्ने सो प्रतियोगिताको प्रथम हुनेलाई पोखराको तारा उपाधिसहित रु ५० हजार नगद र म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने छ । द्धितीय हुनेलाई रु २५ हजार र म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने तथा तेस्रो हुनेलाई रु पाँच हजार प्रदान गरिने छ । महोत्सवमा २२० वटा स्टल(कक्ष) रहने अध्यक्ष बख्रेलले जानकारी दिनुभयो ।

]]>
7561 0 0 0
दशगजामा बसेर टाउको फुटाउँदैमा समस्या समाधान हुँदैन :महामन्त्री सिटौला http://localhost/ghum/%e0%a4%a6%e0%a4%b6%e0%a4%97%e0%a4%9c%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%b8%e0%a5%87%e0%a4%b0-%e0%a4%9f%e0%a4%be%e0%a4%89%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%be%e0%a4%89/ Thu, 07 Jan 2016 16:48:51 +0000 http://www.ghumphir.com.np/?p=7565

फलेवास (पर्वत), २३ पुस ।

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दशगजामा बसेर टाउको फुटाउँदैमा तराई मधेसमा जारी समस्याको समाधान हुन नसक्ने बताउनुभएको छ । अमृत जोशी स्मृति प्रतिष्ठान पर्वतको आठाँै स्मृति सभालाई आज सम्बोधन गर्दै महामन्त्री सिटौलाले संविधानमा चित्त नबुझे संसदबाटै समाधान गर्न सकिने बताउँदै दशगजामा बसेर भुपरिवेष्ठित मुलुकको पारवहन अधिकार रोक्दैमा उनीहरुले मागेको अधिकार दिन नसकिने स्पष्ट पार्नुभयो । संविधान निर्माणको अन्तिम क्षणमा बहिष्कार गरेपनि अब संशोधन गर्न सकिने अवस्था रहेकाले दशगजामा जानुभन्दा संसदमा आउन मधेसवादी नेतालाई उहाँले सुझाव दिनुभयो । राष्ट्रिय एकताले मात्रै नयाँ संविधानको कार्यान्वयन सम्भव रहेको बताउँदै उहाँले मुख्य दलहरूबीचको सहकार्यले मात्रै नयाँ संविधान जारी भएकाले संविधानको सहज कार्यान्वयनका लागि पनि दलहरूबीच राष्ट्रिय एकताको आवश्यकता रहेको उल्लेख गर्नु भयो ।

]]>
7565 0 0 0
उद्योग क्षेत्रको प्रवद्र्धनका लागि बाह्रबँुदे प्रतिबद्धता सार्वजनिक http://localhost/ghum/%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0/ Thu, 07 Jan 2016 16:50:54 +0000 http://www.ghumphir.com.np/?p=7568 काठमाडौँ, २३ पुस ।

]]>
7568 0 0 0
डिलक्स बस सञ्चालन http://localhost/ghum/%e0%a4%a1%e0%a4%bf%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b8-%e0%a4%ac%e0%a4%b8-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8/ Thu, 07 Jan 2016 16:52:52 +0000 http://www.ghumphir.com.np/?p=7570

धुन्चे (रसुवा), २३ पुस ।

काठमाडाँैदेखि रसुवाको स्याफ्रुबेँसीसम्म आजबाट नियमित डिलक्स बस सेवा सञ्चालमा ल्याइएको छ । आज बिहानदेखि नियमित सेवा सञ्चालन भएको पासाङ ल्हामु बस व्यवसायी समितिका अध्यक्ष कुलबहादुर खड्गीले जानकारी दिनुभयो । उक्त डिलक्स बस बिहान ८ बजे काठमाडौँबाट स्याफ्रुबेँसीका लागि र स्याफ्रुबेँसीबाट पनि ८ बजे नै काठमाडौँका लागि छुट्ने व्यवस्था मिलाइएको बताइएको छ । बसको भाडा काठमाडौँ–धुन्चे रु ६०० र स्याफ्रुबेँसीका लागि रु ७०० प्रतियात्रु कायम भएको र भाडा अनुमोदन स्थानीय प्रशासनबाट भइसकेको सो समितिका वरिष्ठ उपाध्यक्ष धनबहादुर श्रेष्ठले बताउनुभयो ।

]]>
7570 0 0 0
३५ प्रतिशतले वैदेशिक व्यापार प्रभावित http://localhost/ghum/%e0%a5%a9%e0%a5%ab-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%a4%e0%a4%b2%e0%a5%87-%e0%a4%b5%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a5%8d%e0%a4%af/ Thu, 07 Jan 2016 16:57:12 +0000 http://www.ghumphir.com.np/?p=7572

काठमाडौँ, २३ पुस ।

प्रमुख भन्सार विन्दुमा उत्पन्न असहज परिस्थितिका कारण वैदेशिक व्यापार प्रभावित भई देशको निकासी पैठारीमा उल्लेख्य कमी आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले चालु आवको प्रथम पाँच महिनाको अवधिमा मुलुकको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.५ प्रतिशतले ह्रास आर्ई रु दुई खर्ब ३२ अर्ब ६६ करोड मात्र रहेको जनाएको हो । भारततर्फको निर्यात व्यापारमा उल्लेख्य कमी आए तापनि तेस्रो मुलुकतर्फको निकासी व्यापारमा खासै ठूलो उतारचढाव नदेखिएको केन्द्रका निर्देशक सुयश खनालले आज जानकारी दिनुभयो । समीक्षा अवधिमा पेट्रोलियम पदार्थलगायत औद्योगिक कच्चा पदार्थ, यन्त्र, यातायातका साधन तथा खाद्यान्नको आयातमा भारी कमी आएको छ । यसका साथै भूकम्पका कारणले चीनतर्फको प्रमुख भन्सार विन्दुमा दुवैतर्फको सडक यातायातमा अवरोध सिर्जना हुँदा नेपालको चीनतर्फ हुने निर्यात तथा आयात व्यापारमा पनि ह्रास आउँदा नेपालको चीनसँगको व्यापार पनि प्रभावित भएको हो । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.२ प्रतिशत र ८८.८ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ३०.७ प्रतिशतले ह्रास आई रु २६ अर्ब तथा कुल पैठारीमा ३६ प्रतिशतले ह्रास आई रु दुई खर्ब छ अर्ब ६६ करोड सीमित हुन पुगेको छ । समीक्षा अवधिमा उपरोक्त अवस्था भए पनि तयारी पोसाक, ऊनी गलैँचा र अलैँची उत्पादनको निर्यातमा वृद्धिको अवस्था आउनाले निर्यात व्यापारलाई थप ह्रासोन्मुख हुनबाट जोगाएको केन्द्रले जनाएको छ ।

]]>
7572 0 0 0
छुर्पीको उत्पादन घट्यो http://localhost/ghum/%e0%a4%9b%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Thu, 07 Jan 2016 17:00:33 +0000 http://www.ghumphir.com.np/?p=7574

ताप्लेजुङ, २३ पुस ।

गोठ राख्ने चलन हराउँदै गएपछि पूर्वको ताप्लेजुङमा छुर्पीको उत्पादन बर्सेनि घट्दै गएको छ । पछिल्लो समय बस्तुभाउ पाल्ने व्यवसाय अर्थात् गोठ राख्ने पुरानो चलन हराउँदै गएपछि छुर्पी उत्पादन घट्दै गएको हो ।

chhurpiकाम गर्न सक्ने युवा रोजगारका लागि विदेश पलायन, गोठ राख्ने काम झन्जटिलो भएको र वैकल्पिक व्यवसाय सञ्चालन आदि कारणले गोठ राख्ने, धेरै गाईभैँसी पाल्ने चलन हराउँदै गएको स्थानीयवासीको भनाइ छ । केही वर्षअघिसम्म जिल्लाका धेरै क्षेत्रमा गाई गोठ भेटिने गरे पनि आजकल प्रायः कमै मात्र देखिने गरेको छ । यता छुर्पीको उत्पादन घटेसँगै यस जिल्लामा छिमेकी पाँचथर, इलामलगायतका ठाउँबाट छुर्पी ल्याएर बेच्ने गरिएको यहाँका व्यापार व्यवसायीको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकले ताप्लेजुङकै छुर्पी खोज्ने गरे पनि यहाँको उत्पादनले मागलाई धान्न नसकेका कारण नै बाहिरबाट ल्याएर बेच्नुपरेको व्यापारीले बताएका छन् । केही समयअघिसम्म निकै न्यून रहेको छुर्पीको मूल्य एक्कासि बढेर अहिले प्रतिकिलो रु ७०० पर्ने गरेको छ । विगतका वर्षहरुमा जिल्लाभित्रै उत्पादन भएको छुर्पी प्रशस्तै पाउने गरेको भए पनि पछिल्लो समय पाउन मुस्किल हुने गरेको व्यापारीको भनाइ छ । जिल्लामा उत्पादन भएको छुर्पी मुलुकका विभिन्न ठाउँका साथै विदेशमा समेत निर्यात हुने गरेको छ ।

]]>
7574 0 0 0
पर्यटकको गन्तव्यस्थल बन्दै :बन्दीपुर http://localhost/ghum/7577-2/ Thu, 07 Jan 2016 17:09:48 +0000 http://www.ghumphir.com.np/?p=7577

तनहुँ, २३ पुस ।

जिल्लाको पुरानो सदरमुकाम बन्दीपुर पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । समुन्द्र सतहबाट एक हजार १०० मिटर उचाइमा रहेको बन्दीपुरमा हावा पानी र वातावरण स्वच्छ, मनोरम दृश्य, अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले आन्तरिक एवम् बाह्य पर्यटकका लागि गन्तव्यस्थलका रुपमा विकास भएको हो । कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई अहिले बन्दीपुर उत्कृष्ट गन्तव्यस्थल बन्दै गएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले बताउनुभयो । भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेका छन् । दुई÷तीन दिन मात्रै बस्ने गरेर आएका पर्यटक यहाँ आइसकेपछि थप केही दिन नबसी नफर्कने होटल व्यवसायीको भनाइ छ । जाडो मौसम सुरु भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने गरेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटरको दरीमा रहेको डुम्रे हुँदै त्यहाँदेखि आठ किलोमिटर उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ ।

]]>
7577 0 0 0
पदमार्ग निर्माण सुरु http://localhost/ghum/%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Thu, 07 Jan 2016 17:12:21 +0000 http://www.ghumphir.com.np/?p=7580

म्याग्दी, २३ पुस ।

जिल्लाको प्रसिद्ध दुई धार्मिकस्थल गलेश्वरधाम र पुलाश्रम जोड्न पदमार्ग निर्माण सुरु गरिएको छ । पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु ९ लाख ५० हजार लगानी र रु चार लाख ५० हजार बराबरको जनश्रमदानमा पदमार्ग निर्माण सुरु गरिएको हो । उपभोक्ता समितिका सचिब योगेन्द्र केसी उक्त बजेटबाट पहिलो चरणमा करिब तिन किलोमिटर गोरेटो बाटो मर्मत सम्भार गरिने बताउनुहुन्छ । “पदमार्ग निर्माणपछि भक्तजन तथा पर्यटकलाई आवतजावतमा सहज हुने छ” उहाँले भन्नुभयो । पुलाश्रममा रावण जन्मेको र गलेश्वरमा राजा भरत, माता देवी र गलेश्वरबाबाले तपस्या गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । पदमार्ग निर्माणपछि राउवडा, सल्लेरी, कुवागैरा, नेप्टेचौर, हटिया, तिनमाने र पुलाश्रम क्षेत्रका बासिन्दासमेत लाभान्वित हुने बताइएको छ ।

]]>
7580 0 0 0
लुम्बिनी विकास कोषमा अख्तियारको छापा http://localhost/ghum/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%96%e0%a5%8d/ Fri, 08 Jan 2016 17:17:32 +0000 http://www.ghumphir.com.np/?p=7583

लुम्बिनी (रुपन्देही), २४ पुस ।

लुम्बिनी विकास कोषको प्रधान कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज छापा मारेर विभिन्न कागजपत्र नियन्त्रणमा लिएको छ । कोषभित्र भ्रष्टाचार मौलाएको आशङ्कामा केही दिनदेखि कोषको विषयमा अन्तरिक अनुसन्धान गरिरहेको अख्तियारको बुटवल सम्पर्क कार्यालयले कोषमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको जनाएको छ ।

lumbini-bikas-koshतराईमा जारी आन्दोलनका कारण सार्वजनिक यातायात तथा चारपाङ्ग्रे सवारी साधन चल्न नसके पछि अख्तियारको टोली मोटरसाइकल प्रयोग गरेर लुम्बिनीसम्म पुगेर कोषको लेखा तथा विकास निर्माण एवम् ठेक्कासम्बन्धी कागजात नियन्त्रणमा लिएको आयोगका बुटवल कार्यालय प्रमुख उमेशराज जोशीले राससलाई बताउनुभयो । अख्तियारको टोली पटकपटक जाँदा कर्मचारीले कार्यालयमा ताल्चा लगाएर आन्दोलनमा उत्रिएका कारण कागजपत्र लिनमा कठिनाइ भइरहेको थियो । आज कोष कार्यालयको ताल्चा खुल्ला भएको सूचना पाएपछि अख्तियारले छापा मारेको प्रमुख जोशीले जानकारी दिनुभयो । कोषमा भ्रष्टाचार भएको आशङ्कामा पाँच बोराजति कागजपत्र नियन्त्रणमा लिइएको जोशीले बताउनुभयो ।

]]>
7583 0 0 0
गौर–बैरगनिया सीमा नाका खुल्यो http://localhost/ghum/%e0%a4%97%e0%a5%8c%e0%a4%b0-%e0%a4%ac%e0%a5%88%e0%a4%b0%e0%a4%97%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%96/ Fri, 08 Jan 2016 17:20:00 +0000 http://www.ghumphir.com.np/?p=7585

गौर (रौतहट), २४ पुस ।

विगत चार महिनादेखि अवरुद्ध बनेको गौर–बैरगनिया सीमा नाका आजबाट सञ्चालन भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले गौर–बैरगनियास्थित मितेरी पुलमा धर्नामा बसी नाका अवरोध गर्दै आएका थिए । धर्नामा मोर्चाका कार्यकर्ता आउन छाडेपछि उक्त नाका भएर चारपाङ्ग्रे सवारी साधनदेखि लिएर मोटरसाइकल, रिक्सा, टाँगा, ओहोरदोहोर गर्न सुरु गरेका छन् । मितेरी पुलमा रहेको अवरोध हटेलगत्तै सदरमुकाम गौरमा चहलपहल बढेको छ । सीमा नाका भएर आवागमन सुरु भएपछि व्यापार व्यवसाय निर्वाधरुपमा सञ्चालन भएको छ भने जनजीवन पनि सामान्य बन्न थालेको छ ।

]]>
7585 0 0 0
दमौली महोत्सव http://localhost/ghum/%e0%a4%a6%e0%a4%ae%e0%a5%8c%e0%a4%b2%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5/ Fri, 08 Jan 2016 17:21:53 +0000 http://www.ghumphir.com.np/?p=7587

तनहुँ, २४ पुस ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले कठिन परिस्थितिमा पनि स्वाभमिानी नेपालीले सहनशीलता देखाइरहेकामा प्रशंसा गर्नुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइले आजदेखि आयोजना गरेको दोस्रो दमौली महोत्सवको उद्घाटन गर्दै उहाँले संविधान जारी गर्न मुख्य राजनीतिक दल जसरी जुटे कार्यान्वयन गर्न पनि त्यसैगरी जुट्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले महोत्सवको आयोजना समय समयमा गरी कृषिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा दमौली बजार एकाइका सभापति कृष्ण आचार्य, पूर्वराज्यमन्त्री अमरराज कैनी, मुस्लिम आयोगका सदस्य रफिक मिया, नेकपा(एमाले) वैकल्पिक सदस्य पिएल श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णराज पण्डित, कृष्णकुमार श्रेष्ठ, प्रजिअ महादेव पन्थ, स्थानीय विकास अधिकारी अन्जन न्यौपानेलगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । ‘कृषि हाम्रो आर्थिक विकासको आधार, दमौली महोत्सव व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । आगामी माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा २०० भन्दा बढी कक्ष छन् ।

]]>
7587 0 0 0
हुम्लामा लोपोन्मुख चौँरीगाई र तिब्बतीयन लार्क चरा भेटियो http://localhost/ghum/7590-2/ Fri, 08 Jan 2016 17:26:57 +0000 http://www.ghumphir.com.np/?p=7590 अच्युत रेग्मी 

]]>
7590 0 0 0
मुस्ताङमा हिमपात, किसान उत्साहित http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%aa%e0%a4%be%e0%a4%a4-%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8-%e0%a4%89/ Fri, 08 Jan 2016 17:29:13 +0000 http://www.ghumphir.com.np/?p=7592

मुस्ताङ, २४ पुस ।

जिल्लामा हिमपात भएको छ । यो याममा पहिलोपटक हिउँ परेपछि जिल्लाका किसान उत्साहित भएका छन् । शुक्रबार बिहानदेखि परेको वर्षासँगै दिउँसोदेखि हिमपात सुरु भएको हो । उपल्लो मुस्ताङको सबै क्षेत्र, कागबेनी, मुक्तिनाथ, जोमसोम र मार्फा क्षेत्रमा हिमपात भएको छ । बिहीबार रातिदेखि चिसो बढेपछि जिल्लाको मौसम अहिले माइनसमा झरेको छ । यो याममा हिउँ पर्न ढिला भएपछि स्याउ, आलु र तोरी उत्पादक किसान समस्यामा परेका थिए । हिउँ नपरेपछि कोबाङ, छुसाङलगायतका गाविसमा खानेपानीको समेत समस्या भएको थियो । सदरमुकाम जोमसोममा हिउँ पर्न थालेपछि भ्रमणका लागि पुगेका पर्यटक उत्साहित भएका छन् । उनीहरु हिउँमा रमाउन आतुर देखिएका छन् । हिउँ पर्न थालेपछि जोमसोम, बेनी, मुक्तिनाथ सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको छ ।

]]>
7592 0 0 0
साना किसानलाई प्रोत्साहन गर्ने गरी कृषि योजना आउँछ – मन्त्री गजुरेल http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%a8/ Sat, 09 Jan 2016 15:07:31 +0000 http://www.ghumphir.com.np/?p=7595

रत्ननगर (चितवन), २५ पुस ।

कृषि विकास मन्त्री हरिबोल गजुरेलले साना किसानलाई प्रोत्साहन गर्ने गरी कृषि योजना ल्याउने बताउनुभएको छ । कृषिको औधोगीकरण, व्यावसायीकरण, तथा यान्त्रीकरणमा साना किसानले पनि प्रत्यक्ष सहभागिता जनाउने गरी कार्यक्रम ल्याउन लागेको उहाँले आज बताउनुभएको छ । चितवनको भरतपुरमा आज साँझ क्रान्तिकारी पत्रकार सङ्घको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले कृषिको आधुनिकीकरणका लागि सरकारले नयाँ प्रतिबद्धतासमेत सार्वजनिक गरेकाले कृषि विकासमा रणनीति बनाएरै अघि बढ्ने बताउनुभयो । मन्त्री गजुरेलले सरकारले विभिन्न जिल्ला र क्षेत्रमा पकेट क्षेत्रको अवधारणा ल्याएको र विशेषगरी धान, कोदो, आलु, फापर, मकैलगायतका बालीलाई विशेष ध्यान दिएको जानकारी दिनुभयो । अहिले भूकम्प प्रभावित २४ जिल्लामा प्राङ्गारिक मल बीउ पु¥याउन लागेको पनि उहाँले उल्लेख गर्नुभयो । किसानहरुले समयमा बिउबिजन र मलखाद पाउन नसक्दा यस वर्ष चार लाख मेट्रिक टन धान उत्पादन कम भएको मन्त्री गजुरेलले बताउनुभयो ।

]]>
7595 0 0 0
उच्च वायुमण्डलीय न्यून चापको प्रभावले चिसो बढ्यो http://localhost/ghum/%e0%a4%89%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81%e0%a4%ae%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a5%80%e0%a4%af-%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%82%e0%a4%a8-%e0%a4%9a/ Sat, 09 Jan 2016 15:11:04 +0000 http://www.ghumphir.com.np/?p=7597

काठमाडौँ, २५ पुस ।

उच्च वायुमण्डलीय न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बद्ली भई आज काठमाडौँ उपत्यकासहित देशका पूर्वी भेगमा बढी चिसो महसुस गरिएको छ । केही दिनयता उपत्यकामा तापक्रम बढ्नुका साथै न्यानोपन महसुस गरिएपनि आज न्यूनतम तापक्रम केही घटेपछि उपत्यकामा बढी चिसो भएको छ । अघिल्लो दिनको तुलनामा आज उपत्यकामा बढी चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार अधिकतम १९.४ तथा न्यूनतम तापक्रम ४.५ रहेपनि आज न्यूनतम ३.५ र अधिकतम १७ डिग्री सेल्सियसमा झरेको छ । मौसममा देखिएको खराबीका कारण तुलनात्मक रुपमा तापक्रम घटेकाले बढी चिसो महसुस भएको मौसमविद् विभूति पोखरेलले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उच्च वायुमण्डलीय न्यूनचाप पूर्वतर्फ सर्दै गएको र आइतबारदेखि मौसममा क्रमशः सुधार आउने उल्लेख गर्नुभयो ।मौसमविद् पोखरेलले जाडो मौसम भएकाले चिसो सामान्य भए पनि एक्कासि न्यूनतम तापक्रम नघट्ने र केही दिनपछि मौसम सामान्य अवस्थामा पुग्ने बताउनुभयो ।

]]>
7597 0 0 0
चमेलिया जलविद्युतको निर्माण कार्य सुरु भएन http://localhost/ghum/%e0%a4%9a%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%9c%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d/ Sat, 09 Jan 2016 15:14:03 +0000 http://www.ghumphir.com.np/?p=7599

बैतडी, २५ पुस ।

दार्चुलाको शिखर गाविसमा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको रोकिएको काम संसदीय समितिले निर्देशन दिएको दुईसाता बितीसक्दासमेत सुरु हुन सकेको छैन । गत जेठदेखि बन्द आयोजनाको निर्माण कार्य संसदीय समितिले यही पुस १२ गते काम सुरु गर्न निर्देशन दिए पनि अझै सुरु भएको छैन । सन् २००७ देखि सुरु भएको आयोजनाको सुरुमा सिभिल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी सिजिजीसीले सम्भौताअनुसार थप भएको रकम भूक्तानी माग गरेपछि व्यवस्थापिका–संसदको लेखा समितिले माग गरिएको रकम बढी भएको भन्दै काम बन्द गराएको थियो । तीस मेगावाट क्षमताको उक्त आयोजनालाई संसदीय समितिले काम सुरु गर्न निर्देशन दिए पनि काम सुरु नभएको कम्पनीका साइट इन्चार्ज पुष्पराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “आफुहरूलाई काम सुरु गर्न आधिकारिक जानकारी आएको छैन ।” सरकारले आयोजना सम्पन्न गर्ने समय पहिले सन् २०११, त्यसपछि २०१३ र २०१४ राखेको थियो भने पछिल्लो समय २०१६ राखेको छ ।

]]>
7599 0 0 0
चिनियाँलाई निःशुल्क प्रवेशाज्ञाःचीनबाट पर्यटक बढ्ने अपेक्षा http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a8%e0%a4%bf%e0%a4%83%e0%a4%b6%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5/ Sat, 09 Jan 2016 15:18:12 +0000 http://www.ghumphir.com.np/?p=7601 सिबी अधिकारी 

]]>
7601 0 0 0
काठमाडौँका सडकको लम्बाइभन्दा सवारी साधनको कुल लम्बाइ धेरै http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%be%e0%a4%87%e0%a4%ad/ Sat, 09 Jan 2016 15:22:39 +0000 http://www.ghumphir.com.np/?p=7603

ललितपुर, २५ पुस ।

काठमाडौँमा सडकको लम्बाइ ४८ लाख फि र यहाँ सञ्चालनमा आएका सवारीका साधनको लम्बाइ जोड्दा कुल ५२ लाख फि भएको पाइएको छ । स्थानीय नागरिक सरोकार मञ्च नेपाल, महानगरीय ट्राफिक प्रहरी प्रभाग, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय सङ्घसंस्था आदि संस्थाले आज यहाँ आयोजना गरेको ‘ट्राफिक जनचेतना तथा वातावरणसम्बन्धी अन्र्तक्रिया कार्यक्रम’मा प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले २०५१ सालमा काठमाडौँको जनसङ्ख्या ११ लाख र सवारी सङ्ख्या ७८ हजार रहेकामा हाल जनसङ्ख्या २५ लाख पुग्दा सवारी साधन पनि आठ लाख २८ हजार पुगेको जानकारी दिँदै २०५१ सालमा एक हजार ३०० किमी बाटो भएकामा हाल एक हजार ५९६ किमी पुगी करिब ३०० किमी मात्र बढेको बताउनुुभयो । शासनमा बस्ने व्यक्तिको मानसिकताले सडकमा प्रभाव पारिरहेकाले अब ट्राफिक समस्या समाधान गर्न यहाँका बासिन्दाका व्यवहारमा परिवर्तन गर्नु आवश्यक भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख चन्दले बताउनुभयो । प्रहरी नायब महानिरीक्षक चन्दले प्रभागमा एक हजार २०० ट्राफिक रहेकामा उनीहरूले प्रतिदिन एक हजार ८०० व्यक्तिलाई ट्राफिकसम्बन्धी कारबाही गरिरहेको जानकारी दिँदै वर्षमा छ लाख कारबाही हुने र सामान्यतया भएका तीन गल्तीमा एक गल्तीलाई मात्र कारबाही गर्दा पनि वर्षमा १८ लाख ट्राफिकसम्बन्धी गल्ती हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँले ट्राफिक प्रहरीका आफ्नै कहानी भएकाले उनीहरूको १०० कहानी सङ्कलन गरी पुस्तक नै तयार गरिएको जानकारी दिनुभयो । उहाँले प्रदूषणका कारण काठमाडौँका प्रत्येक बासिन्दाको फोक्सोमा कालो दाग हुने गरेको आफूलाई चिकित्सकले सप्रमाण देखाएको र यस्तो दाग मेटाउन स्वच्छ वातावरणमा १० वर्ष बस्नुपर्ने सुझाव दिएको सम्झना गर्दै यहाँका बासिन्दाले प्रदूषण हटाउन आफ्नो दायित्व बुझ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वातावरणविद् सलिल देवकोटाले ट्राफिक प्रहरीले दिनमा १० देखि १२ घन्टा सडकमै बिताउनुपर्ने भएकाले उनीहरू प्रदूषणबाट सबैभन्दा बढी प्रभावित हुने गरेको बताउनुभयो । उहाँले वातावरण र दिगो विकासका तीन कोणका रूपमा वातावरण, अर्थतन्त्र तथा समाज रहेको बताउँदै बिज्याइँसम्बन्धी कानुन लागू भएको मुलुकमा ट्राफिक समस्या पनि कम रहेको बताउनुभयो । प्रा डा विश्वम्भर प्याकु¥यालले ट्राफिक दुर्घटनाका कारण प्रतिदिन पाँचदेखि सात व्यक्तिको मृत्यु हुने गरेको जानकारी दिँदै यसरी मर्ने व्यक्तिमा अधिक १५ देखि २९ वर्ष समूहका व्यक्ति भएको र प्रतिवर्ष यस्ता दुर्घटनाको सङ्ख्या १४ प्रतिशतले बढेको जानकारी दिनुभयो । उहाँले ३० किमी प्रतिघन्टाको गतिले सवारी साधन हाँकी दुर्घटना हुँदा मृत्युको सङ्ख्या निकै कम र ७० किमी प्रतिघन्टा वा सोभन्दा बढी गतिले सवारी साधन हाँकी दुर्घटना हुँदा मृत्युको सङ्ख्या निकै बढी हुने गरेको देखिएको बताउनुभयो । उहाँका अनुसार प्रतिवर्ष ३० हजार बालबालिकालाई ट्राफिक शिक्षा दिने गरिएकामा त्यसको प्रभावका विषयमा पनि अध्ययन हुनुपर्छ । ललितपुर प्रहरी प्रमुख पीताम्बर अधिकारीले प्रहरीको नियमक व्यवहार अप्रिय लागे पनि त्यसले दुर्घटना तथा क्षति रोक्ने भएकाले त्यसले फाइदा दिने बताउँदै नियम उल्लङ्घन गर्नु पौरखी हुनु हो भन्ने गलत मान्यता हटाउन र नियम पालना गर्नु सभ्य हुनु हो भन्ने मान्यता स्थापना गर्न स्थानीय बासिन्दाको व्यवहारमा परिवर्तन हुनुपर्ने बताउनुभयो । वातावरणविद् तीर्थ श्रेष्ठले ट्राफिक र प्रहरी फरक कुरा भएको र सडकमा पुग्ने सबै ट्राफिक भएको बताउँदै ट्राफिक नियम पालना गर्दा दुर्घटनाबाट जोगिन र जोगाउन सकिने बताउनुभयो भने स्थानीय नागरिक सरोकार मञ्च नेपालका सदस्य गीता केसीले ट्राफिक नियम तथा वातावरणको ज्ञानका अभावले व्यक्तिले ज्यान गुमाउने गरेको बताउनुभयो । मञ्चका अध्यक्ष रुद्रकुमार जोशीले ललितपुर जिल्लालाई सभ्य र वातावरणीय रूपमा स्तरीय बनाउन ट्राफिक प्रहरीलाई सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

]]>
7603 0 0 0
“सुन्दरीजललाई सुन्दर बनाऔँ” http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%80%e0%a4%9c%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a4%be/ Sat, 09 Jan 2016 15:30:08 +0000 http://www.ghumphir.com.np/?p=7605

काठमाडौँ, २५ पुस ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइमा क्रियाशील विभिन्न सङ्घसंस्थाले यस क्षेत्रमा सफाइको १००औँ हप्ता पुगेको अवसरमा आज विशेष सफाइ गरेका छन् । राम्रो जोरपाटी हाम्रो जोरपाटी, माकलबारी टोल सुधार समिति र पुडासैनी मैत्री समाजलगायत संस्थाको आयोजनामा सञ्चालित आजको सफाइमा हजारौँको सहभागिता थियो । विसं २०७० जेठ ४ गतेदेखि सुरु भएको सफाइ महाअभियान १३९ हप्तासम्म निरन्तर भएको र गुह्येश्वरीमाथिको भागमा विशेष अभियानका साथ सफाइ गरी १०० हप्तासम्म निरन्तर जनचेतना जगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ती संस्था र सांसद रामेश्वर फुयाँललाई सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद फुयाँलले वाग्मती सफाइका साथै राजनीतिक र सामाजिक सफाइको अभियान थाल्ने समय आएको बताउनुभयो । पूर्वमुख्यसचिव पौड्यालले सुन्दरीजललाई नामजस्तै सुन्दर बनाउन स्थानीयवासी जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

]]>
7605 0 0 0
हतियारसहित गुरुङ पक्राउ http://localhost/ghum/7607-2/ Sat, 09 Jan 2016 15:45:12 +0000 http://www.ghumphir.com.np/?p=7607

त्रिशूली (नुवाकोट), २५ पुस ।

विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका एक आरोपीलाई आज प्रहरीले हतियारसहित पक्राउ गरेको छ । आज नुवाकोट प्रहरीले ककनी–९ का २६ वर्षीय सानु भन्ने युवराज गुरुङलाई रातमाटे–९ महादेवफाँटबाट पेस्तोलसहित पक्राउ गरेको हो । प्रहरीले ३८ बोर रिभल्बर एकथान, त्यसमा लाग्ने गोली एक थान र निजले प्रयोग गर्ने बुलेटपु्रफ ज्याकेटसहित गुरुङलाई पक्राउ गरेको जिप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । गुरुङलाई प्रहरीले आज नै सार्वजनिक गरेको हो । आरोपित गुरुङले २०७१ पुस २४ गते बट्टारमा डोलबहादुर घलेलाई आक्रमण गरी फरार भएको, २०६९ सालमा गोङ्गबुका विकास तामाङलाई खुकुरी प्रहार गरी फरार रहेको, २०७२ मङ्सिरमा न्युरो अस्पताल काठमाडाँैमा उपचार गर्दैै रहेको अवस्थामा धादिङका सेतेमान भन्ने दिनेश तामाङलाई खुकुरी हान्ने प्रयास गरेकोलगायतका घटनामा संलग्न भएको प्रहरी नायव उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो । गुरुङलाई नुवाकोटमा रहेको दुईवटा मुद्दाको फरार अभियुक्त भएकाले सोहीअनुसार कारबाही चलाइने र हातहतियार तथा खरखजना ऐनअन्तर्गत थप मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । गुरुङ काठमाडौँको सामाखुसी क्षेत्रमा गुण्डागर्दी गर्दै आएको प्रहरीको भनाइ छ ।

]]>
7607 0 0 0
हिमपात http://localhost/ghum/7609-2/ Sat, 09 Jan 2016 15:57:52 +0000 http://www.ghumphir.com.np/?p=7609 7609 0 0 0 धौलागिरि हिमाल http://localhost/ghum/%e0%a4%a7%e0%a5%8c%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%bf-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2/ Sat, 09 Jan 2016 16:02:02 +0000 http://www.ghumphir.com.np/?p=7612 7612 0 0 0 कष्टकर जीवननिर्वाह गर्दै http://localhost/ghum/%e0%a4%95%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%95%e0%a4%b0-%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b9-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Sat, 09 Jan 2016 16:09:21 +0000 http://www.ghumphir.com.np/?p=7615 7615 0 0 0 चीनसँग व्यापारका लागि नाका खुलाउनु सरकारको प्राथमिकता http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%a8%e0%a4%be/ Sat, 09 Jan 2016 16:16:08 +0000 http://www.ghumphir.com.np/?p=7618

काठमाडौँ, २५ पुस ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले चीनसँगको व्यापारका लागि सरकारले जतिसक्दो चाँडो नाका खुलाउने तयारी गरिरहेको बताउनुभयो । नेकपा (एमाले) निकट झापा–काठमाडौँ सम्पर्क समितिको १० औँ अधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले खासगरी केरूङ नाका र तातोपानी नाकालाई खोल्नेबारे सरकारले प्राथमिकताका साथ सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताउनुभयो । उहाँले मधेशी समुदायले उठाउँदै आएको जायज मागलाई संविधान संशोधन गरेर भएपनि पूरा गर्नुपर्नेमा जोड दिनुभयो । बन्द, हड्ताल, नाकाबन्दी र त्यसले निम्त्याएको समस्या समाधान गर्नेतर्फ सरकार तल्लीन रहेको उहाँको भनाइ छ । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य देवराज घिमिरे र केन्द्रीय सदस्य रविन कोइरालाले जनताको चाहनाअनुरूपको संविधान जारी भएको अवस्थामा त्यसको प्रभावकारी कार्यान्वनका लागि सबै दल एकीकृत हुनुपर्छ भन्नुभयो । अधिवेशनले तुलसी मैनालीको अध्यक्षतामा २७ सदसीय कार्यसमिति चयन गरेको छ ।

]]>
7618 0 0 0
लुम्बिनीको विकासका लागि स्थानीयले स्वामित्व लिनुहोस्– पर्यटन मन्त्री पोखरेल http://localhost/ghum/7626-2/ Sun, 10 Jan 2016 17:35:34 +0000 http://www.ghumphir.com.np/?p=7626

लुम्बिनी (रुपन्देही), २६ पुस ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि स्थानीय जनताले स्वामित्व लिनुपर्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भन्नुभयो–“लुम्बिनीलाई अब बुद्ध र बौद्धधर्म जन्मेको ठाउँका रुपबाट विकास गर्नु पर्दछ, त्यसका लागि स्थानीयवासीले विशेषरुपमा पहल कदमी लिन जरुरी छ ।” आफू मन्त्री भएपछि लुम्बिनी तथा अन्य महत्वपूर्ण क्षेत्रको सुधारमा लागेको बताउँदै मन्त्री पोखरेलले लुम्बिनीको विकास कोषको केन्द्रीय कार्यालय काठमाडौँबाट एक महिनाभित्र लुम्बिनीमा सार्न निर्देशन दिएको बताउनुभयो । मन्त्री पोखरेलले लुम्बिनीमा सौर्य ऊर्जाबाट २४सै घन्टा विद्युत् आपूर्तिको व्यवस्था गर्न लागिएको बताउँदै लुम्बिनीको गुरुयोजनाअनुरुपको कामका लागि मन्त्रालयले बजेटमा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले राजनीतिक दलको नियुक्तिबाट आएका पदाधिकारीको खिचातानीका कारण लुम्बिनीको अस्तित्व नै सङ्कटमा परेको गुनासो व्यापकमात्रामा उठेपछि लुम्बिनी विकास कोष सञ्चालनका लागि प्रमुख कार्यकारी अधिकृत प्रणालीमा लैजाने तयारी भइरहेको समेत उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागीले लुम्बिनीलाई बन्द, हडतालमुक्त क्षेत्र घोषणा गर्न आग्रह गरेका थिए ।

]]>
7626 0 0 0
चारआलीलाई पर्यटकीय क्षेत्र बनाइने http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%86%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4/ Sun, 10 Jan 2016 17:37:54 +0000 http://www.ghumphir.com.np/?p=7628

सुरुङ्गा(झापा), २६ पुस ।

झापाको चारआलीमा रहेको प्रगति सामुदायिक वन क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाइने भएको छ । जिल्ला वन कार्यालय र प्रगति सामुदायिक वनले आफ्नो वन क्षेत्रभित्र पर्ने ४.९८ हेक्टर क्षेत्रफल धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि छुट्याएपछि सो ठाउँमा धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन लागिएको हो । जिल्ला वन अधिकृत इन्द्रमणि भण्डारीले धार्मिक तथा पर्यटकीयस्थल निर्माणका लागि सामुदायिक वन समुदायलाई हस्तान्तरण गर्नु अघि नै ४.९८ हेक्टर क्षेत्रफल धार्मिक उपखण्डका नाममा छुट्याइको बताउनुभयो । सो क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन अहिले कार्ययोजना बनाइँदैछ । समुदाय र सरकारीस्तरबाटै चारआली बजार नजिकै रहेको सो सामुदायिक क्षेत्रभित्र धार्मिक तथा पर्यटकीयस्थल बनाइने भएपछि अहिले त्यस क्षेत्रमा खुशीयाली छाएको छ । पूर्व–पश्चिम राजमार्गले छोएको, मेची राजमार्गसँग पनि जोडिएको र केचना–चारआली सडक खण्डको निर्माणसँगै पर्यटकीय दृष्टिकोणले चारआली निक्कै महत्वपूर्ण स्थानका रुपमा विकास भएर जाने सरोकारभएकाहरुको भनाइ छ । पूर्वी पहाडी जिल्लासँग जोडिएको मेची राजमार्गको उद्गमस्थल र नेपालको होचो भूभागका रुपमा रहेको केचना कवल जाने सडक तथा पूर्व–पश्चिम राजमार्गले पनि चारआलीलाई छुने हुँदा उक्त क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ । पूर्वकै ठूलो बौद्ध गुम्बा निर्माण गरिने यसैबीच चारआलीमा रहेको प्रगति सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने अभियानमा जुटेसँगै बौद्धमार्गीले उक्त स्थानमा रु ७५ लाखको लागतमा पूर्वकै ठूलो बौद्ध गुम्बा निर्माण गर्ने भएका छन् । आगामी माघ ९ गते सालाङ्सी भूमिसुदन पूजा गरेर गुम्बाको शिलान्यास गर्ने कार्यक्रम तय भएको टासी फुन छोग् छोइ खोरलिङ गुम्बाका अध्यक्ष मानबहादुर तामाङले बताउनुभयो । चारआलीमा आज पत्रकार सम्मेलनको आयोजना गरी उहाँले गुम्बाको शिलान्यास बौद्धमार्गीका नवौँ अवतारी फर्र्पिङ गुम्बाका गुरु डिङ्छेन याङ्सी टुल्कु उर्गेन राजुसाङ सोनाम डिल्ले जिम्मे रिम्पोछे र तेस्रो अवतारी दार्जिलिङका गुरु टुकु जिग्मे रिम्पोछे तथा उपप्रधानमन्त्री कमल थापाले संयुक्त रुपमा गर्ने जानकारी दिनुभयो । नेपालसहित भुटान, दार्जिलिङ र सिक्किमका सयौँ बौद्धमार्गीलाई उक्त दिन कार्यक्रममा सहभागी गराई सो क्षेत्रमा निर्माण गरिन लागेको गुम्बाका बारेमा जानकारी दिने सालाङ्सी पूजा समितिका संयोजक फूर्वा लामाले बताउनुभयो । पाँच हजार बढी भक्तजनलाई कार्यक्रममा सहभागी गराइने उहाँको भनाइ छ । मन्दिर र गिर्जाघरसमेत बनाइँदै यसैबीच सोही ठाउँमा हिन्दू धर्मावालम्बीका लागि पाउँ पाथीभराको मन्दिर निर्माणको तयारी भइरहेको छ । “सबै धर्म र सम्प्रदायलाई समेटेर चारआलीलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने अवधारणा रहेको छ”–सालाङ्सी पूजा समितिका सञ्चार संयोजक तथा स्थानीय धनबहादुर तामाङले बताउनुभयो । चारआली क्षेत्रमा ५० बढी घर बौद्धमार्गीका छन् । यस ठाउँलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि यहाँ गिर्जाघर पनि बनाउने तयारी गरिँदैछ ।

]]>
7628 0 0 0
भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने अभियान सुरु http://localhost/ghum/%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%85%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a4%ae%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%9c%e0%a4%bf/ Mon, 11 Jan 2016 04:13:13 +0000 http://www.ghumphir.com.np/?p=7631

भक्तपुर, २७ पुस ।

महानगरीय प्रहरी परिषर, भक्तपुरले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने अभियान सुरु गरेको छ । आजदेखि सुरु गरेको अभियानमा जिल्लाव्यापी रुपमा प्रहरीको गस्ती बढाइने, आपराधिक क्षेत्रमा सादा प्रहरी परिचालन गर्ने, रात्रि गस्ती र चेक पोष्ट स्थापना गरेर चेक जाँच बढाएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले यसबारे जानकारी दिँदै आजदेखि व्यापक रुपमा प्रहरी परिचालन गरेको बताउनुभयो । जिल्लाका प्रत्येक नाकाका प्रहरीसहितको टोली एलर्टमा रहने बताउँदै उहाँले कतै घटना घटेमा तत्कालै प्रहरी पुग्न सक्ने व्यवस्था गरेको जानकारी दिनुभयो । परिषरले दिउँसोको समयमा साइकल गस्तीलाई व्यापक बनाएको बताउँदै उहाँले पर्यटकीय क्षेत्र, बैंक, वित्तीय संस्था रहेको क्षेत्र, मानिस बढी आवतजावत हुने क्षेत्र र विगतमा आपराधिक गतिविधि हुने क्षेत्रलाई प्रहरीले निगरानीमा राखेको उल्लेख गर्नु भयो । ट्राफिक प्रहरीसमेतको सहयोगमा चेक प्वाइन्टमा प्रहरीले राति ८ देखि १२ बजेसम्म शङ्कास्पद पैदलयात्री र सवारी साधनको चेक जाँच गर्ने, मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने एवम् सवारी साधन चलाउनेलाई कारबाही तीव्र पार्ने, शङ्कास्पद व्यक्ति एवम् सवारी साधनको खानतलासी गर्ने र शङ्कास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने भएको छ ।

]]>
7631 0 0 0
रसुवामा चुलो वितरण, चारसय घर लाभान्वित http://localhost/ghum/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%81%e0%a4%b2%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%a3-%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%b8%e0%a4%af/ Mon, 11 Jan 2016 04:16:06 +0000 http://www.ghumphir.com.np/?p=7633

धुन्चे ९रसुवा०, २७ पुस ।

कम दाउराबाट खाना पकाइ वन जङ्गल संरक्षणमा सहज बनाउने उद्देश्यले दुई गाविसमा चुलो वितरण गरिएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्लुडब्लुएफका अनुसार यार्सा र धुन्चे गाविसमा हालसम्म चारसय चुलो वितरण गरिएको हो । सफाखाले फलामे पत्ता र डन्डीबाट निर्मित नयाँ प्रविधिको एकमुखे चुलोमा सानो÷सानो दुईवटा दाउराको सहायताले खाना पाक्ने र भान्छेलाई धुवाँको असर अत्यन्तै न्यून हुने बताइएको छ । तीनखुट्टे फलामको ओदानबाट खाना पकाउँदा धेरै दाउरा खपत हुने गरेकोमा नयाँ चुलो उपयोगबाट एकभारी दाउराले १५ दिन पुग्ने उपभोक्ताले बताएका छन् । वनको व्ययभार घटाई संरक्षणकार्य प्रभावकारी बनाउन लाङ्टाङ राष्ट्रिय निकुञ्जसँग विगत आठ वर्षदेखि सहकार्य गर्दै आएको मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्लुडब्लुएफले निकुञ्जका भू–भागमा प्रकृतिले रचित सम्पदा पूर्णरुपले संरक्षण गर्दै मध्यवर्ती क्षेत्रका बासिन्दालाई जीविकोपार्जनका लागि प्रविधि कार्यक्रम सञ्चालन गर्दै आएको संरक्षण प्रेमीहरुले बताएका छन् । परम्परागत रुपमा बौद्ध विधि अङ्कित झन्डा राख्न प्रत्येक वर्ष घरघरमा राख्ने काठको लिङ्गोलाई फलामे लिङ्गो परम्परा धान्ने चेतनाको वृत्ति विकासमा सहयोग गर्दा अहिले सबै ग्रामीणवासीले फलामे लिङ्गो राखी पूजाआज गर्न थालेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

]]>
7633 0 0 0
सदरमुकामको बाटो अति जीर्ण http://localhost/ghum/%e0%a4%b8%e0%a4%a6%e0%a4%b0%e0%a4%ae%e0%a5%81%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%8b-%e0%a4%85%e0%a4%a4%e0%a4%bf-%e0%a4%9c%e0%a5%80%e0%a4%b0%e0%a5%8d/ Mon, 11 Jan 2016 04:17:32 +0000 http://www.ghumphir.com.np/?p=7635

गौशाला, २७ पुस ।

सरोकारबाला निकायको बेवास्ताका कारण महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका क्षेत्रभित्रका सडकको अवस्था अति जीर्ण भएका छन् । जलेश्वर नगरपालिकाका १८ वडामध्ये एक किमी बाटो पनि भरपर्दो छैन भने भएको सडक बाटो पनि दिनदिनै जीर्ण हुँदै गइरहेको गुनासो नगरवासीको छ । जिल्लाको मुटु मानिएको सदरमुकाम जलेश्वर नगरपालिका र नगरपालिकाको मुटु मानिएको दुर्गाचोक एवम् शङ्कर चोकको बीचमै पानी परेका बेला हिलैहिलो तथा सुक्खा मौसममा धुलैधुलो हुने गर्दछ भने ठाउँठाउँमा खाल्डाखुल्डी र कालोपत्र भत्केका कारण सवारी तथा पैदलयात्रीसमेतलाई आवागमनमा कठिनाइको सामना गर्नुपर्ने बाध्यता रहेको छ । त्यस्तै जिप्रका, जिविस, सरकारी वकिल कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, नेपाल रेडक्रस सोसाइटीजस्ता कार्यालयमा जाने बाटोमा पनि ठूलै मात्रामा पानी जम्ने, हिलो हुने र फोहरमैलाले भरिएको छ । साथै सोही बाटोमा खसी तथा कुखुराका आन्द्राभुँडी फाल्ने हुनाले सो बाटोमा हिँडडुल गर्दा नाक र मुख छोपेर जानुपर्ने अवस्था रहेको छ । त्यस्तै वडा नं ५ स्थित एड्भान्स स्कुल हुँदै पुरानो माछा बजार पुग्ने बाटोमा पोखरीको फोहरमैला र हिलोमैलाको साथै बाटो टुटफुट भएकाले सो बाटो वर्षको करिब नौ महिनासम्म अवरुद्ध रहने गरेको स्थानीय बासिन्दा बताउँछन् । त्यस्तै यसैवर्ष जलेश्वर नगरपालिकामा थपिएका नयाँ वडा नं १४ बखरी, बेला, वडा नं १५, १६ सुगा, मसुरपट्टि र १७, १८ परिकौली, फुल्हट्टामा पूरै कच्ची बाटो रहेको छ जुन वर्षौंदेखि जीर्ण तथा जोखिमपूर्ण रहेको छ । सडक निर्माण तथा मर्मतसम्भारका लागि बर्सेनि लाखौँको बजेट आए पनि यसको समुचित सदुपयोग नहुँदा सडकको अवस्था दिनदिनै झन जर्जर हुँदै गएको छ ।

]]>
7635 0 0 0
छब्बीसवटा सडक निर्माणका लागि छनोट http://localhost/ghum/%e0%a4%9b%e0%a4%ac%e0%a5%8d%e0%a4%ac%e0%a5%80%e0%a4%b8%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%95%e0%a4%be/ Mon, 11 Jan 2016 05:31:08 +0000 http://www.ghumphir.com.np/?p=7638

इलाम, २७ पुस ।

जिल्ला विकास समिति, इलामले चालु आवमा निर्माण गर्ने उद्देश्यले जिल्लाका विभिन्न गाविसका २६ वटा सडक योजनाको छनोट गरेको छ । जिविसको दलीय संयन्त्रले पूर्वाञ्चल सडक डिभिजन कार्यालय, उन्नति परियोजनाजस्ता संस्थाको प्राथमिकतामा नपरेका सडकलाई जिविसले स्थानीय यातायात क्षेत्रगत पूर्वाधार कार्यक्रमबाट २६ वटा योजना छनोट गरी निर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता गर्ने कार्य सुरु गरेको छ । उपभोक्ता समितिद्वारा निर्माण हुने सडकका लागि जिविसले २४ वटाका लागि रु पाँच लाखका दरले रु एक करोड २० लाख र दुईवटा सडकका लागि रु ६७ लाखभन्दा बढी बजेट विनियोजन गरेको छ । झापाको दमकस्थित लखनपुरको सिम्लेबाट इलामको चुलाचुली ६, ७ र ५ मिलनचोक हुँदै तीनतले महमाई सडकको डिपिआर तयारका लागि रु १० लाख तथा फाकफोकको साप्तिन हुँदै एकतप्पा–फुएँतप्पा दशमीखण्डका लागि रु ५७ लाख ६० हजार बजेट विनियोजन भएको छ । केन्द्रबाट जिविसले पाउने अनुदान र आन्तरिक स्रोतमार्फत चालु आवभित्रै ती योजना सम्पन्न गर्ने लक्ष्यका साथ उपभोक्ता समितिसँग सम्झौता सुरु गरिएको जिविसका जगत कोइरालाले बताउनुभयो ।

]]>
7638 0 0 0
दुर्लभ पक्षी हुचिलको बच्चासहित दुई पक्राउ http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%ad-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%9a%e0%a4%bf%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%9a%e0%a5%8d/ Mon, 11 Jan 2016 05:32:14 +0000 http://www.ghumphir.com.np/?p=7640

इटहरी, २७ पुस ।

विश्वमा नै दुर्लभ पक्षीका रुपमा मानिएको हुचिलको बच्चा चोरी तस्करी हुने गरेको तथ्य इटहरीमा फेला परेको छ । इलाका प्रहरी कार्यालय इटहरीले आइतबार सुराकीका आधारमा इटहरीको मुख्य बजारको टेङ्ग्रा खोला नजिकबाट विश्वमै दुर्लभ मानिएको छवटा हुचिलका (चल्ला) बच्चासहित दुई युवालाई पक्राउ गरेपछि दुर्भल पक्षीको पूर्वी नेपालबाट तस्करी गरिँदै गरेको तथ्य बाहिर आएको छ । इटहरीका प्रहरी नायब उपरीक्षक ओम अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका– १३ का विशाल तामाङ र रोजन भुजेल रहेका छन् । उनीहरुसँगै को१५प ५७३८ नंको मोटरसाइकल बरामद गरिएको छ । हुचिल अन्तर्राष्ट्रिय साइटिस महासन्धिको अनुसूची २ मा विश्वकै दुर्लभ पक्षीको सूचीमा सूचीकृत पक्षी हो । विश्वका सौखिन मान्छेहरुले उपयोगमा ल्याउने गरेको हुचिल, ओकेटोके तथा द गुहे किरा भनेर स्थानीयवासीले चिन्ने किरालगायतका जीवजन्तु र पक्षीको व्यापक रुपमा चोरी तस्करी हुने गरेको हल्ला यो तथ्यबाट खुलिरहेको छ । यी पशुपक्षी तथा किटाणुको विश्वव्यापी चोरी तस्करी गर्ने गराउने गिरोहले स्थानीयवासी सोझा सिधा नेपालीलाई थाहै नदिई यस प्रकारको तस्करीमा लगाउने गरेको हुन सक्ने र सोझा नेपालीले आफ्नो गाउँ बस्तीका त्यस्ता पक्षी तथा किरा सङ्कलन गरेर भनिएको ठाउँसम्म पु¥याइदिने भरियाको काम गर्दै आएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पूर्वी नेपालको ताप्लेजुङ र पाँचथर जिल्लामा यसअघि पनि हुचिल तस्करीका घटना बाहिर आए पनि सुनसरी, मोरङमा यस किसिमका घटना बाहिर आएको यो नै पहिलो हो । हुचिलको बच्चा खाडी मुलुक साउदी अरब, कतारलगायतका देशमा प्रतिवटा रु पाँच लाखमा बिक्री हुने गरेकाले यसको तस्करी गिरोह पनि ठूलै हुन सक्ने प्रहरी उपरीक्षक अधिकारीको भनाइ रहेको छ । प्रहरीले विशेष सुराकीका आधारमा आइतबार बिहान २ बजे इटहरी– १ स्थित पूर्व बसस्टेसन नजिकबाट जेब्रा झोलामा लुकाएको छवटा हुचिलको चल्ला र त्यसको आहाराका रुपमा प्रयोगमा ल्याइने श्यालका खुट्टासमेत बरामद भएको जनाकारी दिँदै उनीहरुलाई कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाउने तयारी गरिएको पनि प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी गराउनुभयो । यसैगरी इलाका प्रहरी कार्यालय इटहरीले यसअघि दुईजना भारतीय नागरिकसहित दुर्लभ सेतो बाघको छालासमेत नियन्त्रणमा लिएर वन कार्यालयलाई आवश्यक कानुनी कारबाहीका लागि बुझाएको छ । विश्व वन्यजन्तु कोषले दुर्लभ सूचीमा राखेको सेतो बाघको छाला अन्तर्राष्ट्रिय बजारमा रु ४० लाखमा बिक्री वितरण हुने गरेकाले पनि यसको तस्करी हुने गरेको प्रहरीले बताएको छ । प्रहरीले भारतको राजस्थान जोतपुर बस्ने १९ वर्षीय राजु बागडी र ३५ वर्षीय रामदेव बागडीलाई पक्राउ गरी जिल्ला वन कार्यालयलाई कारबाहीका लागि जिम्मा लगाइसकिएको बताएको छ ।

]]>
7640 0 0 0
विश्व शान्ति पूजा माघ १९ देखि http://localhost/ghum/7642-2/ Mon, 11 Jan 2016 05:38:17 +0000 http://www.ghumphir.com.np/?p=7642

काठमाडाँै, २६ पुस ।

यस वर्षको विश्व शान्ति पूजा २०७२ पोखरामा आगामी माघ १९ देखि २१ सम्म हुने भएको छ । शाक्यवंशको ४१आँै उत्तराधिकारी परमपुज्य गुरु शाक्य त्रिजिन रिम्पोछेको नेतृत्वमा हुने सो पूजामा कुन्दित दुगतिपरिशोधन पूजा र सुगति परिशोधन पूजा हुने कार्यक्रम छ । गुरु रिम्पोछे महायान धर्मगुरुका चार महत्वपूर्ण गुरुहरुमा सबैभन्दा सर्वोच्च धर्म गुरु हुनुहुन्छ । यसअघि यस्तो महत्वपूर्ण विश्व शान्ति पूजा सन् २००४ मा पोखरामा भएको थियो सो पूजामा करिब ३०० भन्दा बढी लामा धर्मगुरुको सहभागिता रहनेछ । नेपाल पर्वतारोहण सङ्घ र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको संयुक्त आयोजनामा हुने त्यस पूजामा बुद्धधर्मका महत्वपूर्ण ग्रन्थ त्रिपिटकमा रहेको भगवान् बुद्धले ४५ वर्षसम्म विभिन्न धर्म देशना तथा उपदेशलाई जनजनमा पु¥याउनु रहेको छ । त्रिपिटक ग्रन्थमा अभिधम्म पिटक, विनय पिटक र सुक्त पिटकमा भगवान् बुद्धले दिनुभएको उपदेश तथा धर्म देशना र भिक्षु तथा भिक्षुणीले पालना गर्नुपर्ने नियम तथा कथा सङ्ग्रहित रहेको छ । कार्यक्रममा आचार्य नोर्बु लामाले पोखरामा हुने विश्व शान्ति पूजामा परमपुज्य शाक्य त्रिजिन रिम्पोछेको प्रमुख आतिथ्य रहने बताउँदै ज्ञानको प्रतीक मन्जुश्री, शक्तिको प्रतीक बज्रपानी लोकेश्वर तथा करुणाको प्रतीक आर्यावलोकितेश्वर उत्पन्न हुन सकेन भने त्यो व्यक्तिले बुद्धत्व प्राप्त गर्न सक्दैन भन्ने चर्चा गर्नुभयो । बुद्धको सत्य वचनको वाचन गर्दा मानिसमा सकारात्मक परिवर्तन हुने र यसले मानिसमा अपराध गर्ने मनोवृत्ति अन्त्य भई मुलुकमा शान्ति आउने धारणा आचार्य लामाले व्यक्त गर्नुभयो । महायान बौद्ध अनुयायी मुकुन्द विष्टले आफूले २२ वर्षदेखि बौद्धधर्म ग्रहण गरी धर्मगुरुबाट आध्यात्मिक ज्ञानका बारेमा गहन अध्ययन गरेपछि आफूले सांसारिक दुःखबाट मुक्ति पाएको चर्चा गर्नुभयो । विश्व शान्ति पूजा मूल समितिका अध्यक्ष एवम् पूर्व राज्यमन्त्री याङ्किला शेर्पाले विश्व शान्ति पूजा आध्यात्मिक चिन्तन गर्ने महान् कार्य भएको चर्चा गर्दै बुद्धको उपदेश जनजनमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । गत वैशाख १२ मा गएको भूकम्पबाट मृत्यु भएका र विश्वमा हिंसाका कारण मृत्यु भएकाको चीरशान्तिको कामना गर्न महायान बौद्ध धर्मअनुसार ३७ प्रकारका बुद्धलाई गुहार्ने कार्यक्रम छ ।

]]>
7642 0 0 0
अब उपभाेक्त्ताले पूरा सिलिण्डर ग्यास पाउने http://localhost/ghum/7644-2/ Mon, 11 Jan 2016 05:42:07 +0000 http://www.ghumphir.com.np/?p=7644 २७ पुस, काठमाडौं ।
आधा सिलिण्डर ग्यास भर्दै आएका ग्यास उद्योगीहरुले ग्यासको सहज वितरण हुन नपाउँदै पूरा सिलिण्डर ग्यास भर्ने तयारी गरेका छन्। ग्यास उद्योगीहरुले पूरा सिलिण्डर ग्यास भर्नका लागि नेपाल आयल निगम र आपूर्ति मन्त्रालयलाई पत्र पठाई अनुमति मागेका छन्।
नाकाबन्दीका कारण अभाव भएपछि ग्यास उद्योगीहरुले एउटा सिलिण्डरमा ७ दशमलव १ केजी ग्यास भर्दै आएका थिए। कतिपय ग्यास उद्योगीले सिलिण्डरमा १४ केजी नै ग्यास भर्न थालिसकेको जनाएका छन्।
एलपी ग्यास उद्योग संघका उपाध्यक्ष कुशप्रसाद मल्लिले अबको हप्ता दिनभित्रमा बजारमा पुरा भरिएका ग्यासहरु पनि जाने बताए। सेतोपाटीसित कुराकानी गर्दै मल्लिले आधा सिलिण्डर भरेर
बजार पठाउँदा ढुवानी लागत महँगिन गएको र सर्वसाधारणले पनि चाँडो चाँडो माग गर्न थालेकाले पुरा सिलिण्डर भर्न लागिएको बताए।
‘हामीले नै सुरुमा सरकारसित आधा ग्यास भरेर बजारमा पठाउने प्रस्ताव गरेका हौँ, अब केही आपूर्ति बढेको छ। त्यसकारण पूरा सिलिण्डर ग्यास बजारमा पठाउने तयारीमा छौँ’ उनले भने। यसका लागि आपूर्ति मन्त्रालय तथा नेपाल आयल निगमलाई समेत पत्र पठाइएको बताउँदै उनले सम्भवतः यो साता नै बजारमा पुरा भरिएका ग्यास आउने बताए।
‘इन्धनको अभावले ढुवानीमा पनि समस्या छ, आधा सिलिण्डर ग्यासको ढुवानी खर्चभन्दा पुरा सिलिण्डर ग्यासको ढुवानी खर्च कम हुन्छ’ उनले भने ‘आधा सिलिण्डर ग्यास धेरै पटक बजारमा लैजानुपर्ने हुँदा ढुवानी खर्च झन् महँगिन गयो ।’
यता नेपाल आयल निगमले भने आफूहरुले अहिले नै पूरा सिलिण्डर भरिएका ग्यास भर्नका लागि अनुमति नदिएको र अनुमति नदिइकन पूरा सिलिण्डर ग्यास नभरिने जनाएको छ। ग्यासको चरम संकट समाधान नभएसम्म पुरा सिलिण्डर ग्यास भर्न उपयुक्त नहुने जनाउँदै यस सम्वन्धमा परामर्श गरिने जनाएको छ।
निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले सेतोपाटीसित कुराकानी गर्दै पूरा सिलिण्डर ग्यास भर्ने सम्वन्धमा आफूहरुलाई पत्र आएको तर स्वीकृत नदिइएको उल्लेख गरे।  घिमिरेले भने ‘मन्त्रालय, निगम, उद्योगी, विक्रेता सबैको सर्वसम्मतिले गरिएको निर्णयलाई एकपक्षीय ढंगले उल्टाउन मिल्दैन।’ आफूहरुले स्वीकृत नदिएसम्म उद्योगीले पुरा सिलिण्डर ग्यास भरेर बजार ल्याउन नसक्ने उनको भनाई छ।
नेपाल ग्यास उद्योग संघका अनुसार पछिल्लो पटक नेपाल भित्रिने ग्यासको परिमाण बढेको छ। उपाध्यक्ष मल्लिले जनवरी महिनामा कुल आयातमध्ये ३० प्रतिशत भन्दा बढी आयात हुने अनुमान गरिएको बताए। उनका अनुसार कुल आयातमध्ये अक्टोबर महिनामा ११ प्रतिशत, नोभेम्बरमा १७ र डिसेम्बर महिनामा २५ प्रतिशत ग्यास आयात भएको छ।
]]>
7644 0 0 0
अनौठो पर्यटनः गुडेकाे गाडीमा, झम्टिन्छन् बाघभालुले (फाेटाे फिचर) http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8c%e0%a4%a0%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%83-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d/ Mon, 11 Jan 2016 05:59:44 +0000 http://www.ghumphir.com.np/?p=7646

चीनको दक्षिण पश्चिमी चोङकिङमा रहेको एउटा उद्यानभित्रका दृष्य हुन् यी । उक्त उद्यानले नयाँ खालको प्रयोग सुरु गरेको छ, जहाँ मानिसहरु एउटा बसभित्र बसेर हिंसक जंगली जनावरहरुसित प्रत्यक्ष साक्षात्कार गर्न सक्छन् । हेर्दा खतरनाक देखिए पनि बसभित्रका यात्रुहरु पूर्ण सुरक्षित रहने उद्यानले जनाएको छ ।

गत ८ जनवरीबाट यस्तो बस सञ्चालन गर्न थालिएको हो । पहिलोपटक यसरी बस गुडाईदा उद्यानभित्र रहेका अफ्रिकन सिंह तथा बंगाली बाघहरु मासुका लागि झम्टेका थिए । पर्यटकले पनि जालीयुक्त गाडीभित्रैबाट ती जनावरलाई खान दिए ।

China-prayatan-3

China-prayatan-2

China-prayatan-1

China-prayatan-4

]]>
7646 0 0 0
नाट्टाको नेतृत्वका लागि तीन समूहको प्रतिस्पर्धा http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/ Tue, 12 Jan 2016 16:49:48 +0000 http://www.ghumphir.com.np/?p=7659

काठमाडौँ, २८ पुस ।

नेपाल एसोसियसन अफ् टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आसन्न निर्वाचनका लागि मधुसुदन आचार्यको समूहले प्यानलसहित एजेन्डा घोषणा गरेको छ । आगामी निर्वाचनमा प्रतिस्पर्धी बनेमा आचार्य समूहले आज यहाँ पत्रकार सम्मेलन गरी २४ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । संस्थाको ५२ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि निर्वाचन आगामी माघ ३ गते काठमाडौँमा हुँदैछ । उक्त समूहले नाट्टा निर्वाचनका लागि आफ्नो उम्मेदवारी भने यसअघि नै दर्ता गराइसकेको छ । योसँगै नाट्टाको आसन्न निर्वाचनका लागि तीनवटा समूहको प्रतिस्पर्धा हुने भएको छ । तीनै जना आकांक्षीले उम्मेदवारी मनोनयन दर्ता गराई चुनावी प्रसारमा उत्रिएका छन् । नाट्टाका पूर्व प्रथम उपाध्यक्ष मधुसुदन आचार्य, हालका महासचिव मिहिका धाख्वा र वर्तमान प्रथम उपाध्यक्ष शम्भू पाठकले आफ्नो प्यानलसहितको उम्मेदवारी दर्ता गराएका हुन् । पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी आचार्यले संस्थालाई नयाँ उचाइ दिन नाट्टा ट्राभल मार्टलाई सार्कस्तरीय पर्यटन मेलाको रुपमा विकास गरी पर्यटन आवागमन बढाउन विशेष योजना ल्याइने बताउनुभयो ।

]]>
7659 0 0 0
पर्यटकीयस्थलमा चहल पहल बढ्दै http://localhost/ghum/7662-2/ Tue, 12 Jan 2016 16:55:11 +0000 http://www.ghumphir.com.np/?p=7662

बनेपा, २८ पुस ।

इन्धनको चरम अभावले सुनसान बनेका काभ्रेपलाञ्चोकका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढन थालेको छ । क्षेत्रीय होटेल एसोसियसन, धुलिखेलका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले धुलिखेलका रिर्सोटमा पर्यटक आगमन केही घटेपनि अङ्ग्रेजी नयाँ वर्षदेखि पर्यटकको चाप बढ्न थालेको जानकारी दिनुभयो । उहाँले आफ्नो रिर्सोटमा मार्चसम्मका लागि होटेल बुकिङ भएको उल्लेख गर्दै चीन, थाइल्याण्ड, जापान, जर्मनलगायतका मुलुकबाट पर्यटक आउन थालेका बताउनुुभयो । पात्लेखेत होम स्टे व्यवस्थापन समितिका अध्यक्ष केशव बडालले पर्यटक भित्रिन थालेको बताउनुभयो । “पहिले जस्तै पर्यटकको चाप बढेको त छैन, तर आउन ठप्प भएको अवस्था भने छैन” उहाँले भन्नुभयो । नमोबुद्ध पर्यटन विकास उपभोक्ता समितिका सचिव कर्सङबज्र लामा सुनसान भएको पर्यटकीयस्थलमा पर्यटक विस्तारै आउन थालेको बताउनुहुन्छ । धुलिखेलमा मात्रै साना÷ठूला गरेर करिब ३५ होटेल तथा रिर्सोट छन् । पर्यटनका लागि प्रमुख गन्तब्य मानिने नमोबुद्ध क्षेत्रबाहेक धुलिखेल, पनौती, काशिभङज्याङ, नगरकोट, दोलालघाट, पलाञ्चोक भगवती, नारायणस्थान तिमाल, लाकुरी भञ्ज्याङ, साँगा, कोटतिमाल, दुतिको पहिरो, दाप्चा क्षेत्रलगायतका पर्यटकीय क्षेत्र मानिन्छन् । जिविस धुलिखेलका अनुसार जिल्लामा केही गाविसले ग्रामीण पर्यटन प्रर्वद्धनका लागि सञ्चालन गरेका होम स्टेमा पनि पर्यटकको आगमन बढन थालको छ भने पात्लेखेत, ढुङ्खर्क, बल्थली, कुशादेवी, धुलिखेल नगरपालिकामा होम स्टे रहेका छन् भने पर्यटकीय पद मार्ग जिल्लामा १५ वटा रहेका छन् ।

]]>
7662 0 0 0
माघी पर्वमा हस्तकला प्रदर्शन गरिने http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%98%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6/ Tue, 12 Jan 2016 17:00:23 +0000 http://www.ghumphir.com.np/?p=7664 काठमाडौँ, २८ पुस ।

थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले आगामी माघ १ गते खुलामञ्चमा थारु महोत्सव आयोजना गर्ने भएको छ ।काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएको समुदायले उक्त महोत्सवमा तथा थारु सांस्कृतिक झाँकी तथा हस्तकला, थारु खानपिनका परिकार, हस्तकला तथा पुस्तक प्रदर्शनी गर्ने छ ।

सो अवसरमा थारु समुदायका विभिन्न अगुवालाई सम्मान तथा पुरस्कृत गरिने पनि जनाइएको छ ।पत्रकार सम्मेलनमा समितिका संयोजक चन्द्रप्रसाद चौधरीले थारु जाति तथा समुदायको सबैभन्दा महत्वपूर्ण पर्व माघी महोत्सवले थारु संस्कृति राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने बताउनुभयो ।

]]>
7664 0 0 0
नाकाबन्दीले इँटा उद्योग प्रभावित http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%87%e0%a4%81%e0%a4%9f%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97/ Tue, 12 Jan 2016 17:03:35 +0000 http://www.ghumphir.com.np/?p=7666

चितवन, २८ पुस ।

भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणका लागि काम थाल्नुपर्ने समयमा नाकाबन्दीका कारण इँटाभट्टा सञ्चालनमा आउन नसक्दा काम प्रभावित भएको छ । चिम्नीमा मट्टितेल, दाउरा र ग्यास नहुँदा समस्या भएको छ भने नाकाबन्दीले सहज कोइला आपूर्ति नहुँदा भट्टा सञ्चालनमा आउन सकेको छैन । नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारका अनुसार, मङ्सिरबाट जेठसम्म इँटाको मुख्य याम भएपनि १० प्रतिशत उद्योग मात्र सञ्चालनमा आएका छन् । आत्मनिर्भर उद्योगको रुपमा रहेका इँटा उद्योग भूकम्पबाट नराम्ररी प्रभावित भएका छन् । पुनःनिर्माणका लागि सरकारले १२ अर्ब इँटा आवश्यकपर्ने जनाए पनि उद्योग सञ्चालनमा आउन नसक्दा आपूर्ति असहज हुने निश्चित् छ । अध्यक्ष चित्रकारले पुनःनिर्माणका लागि मात्र नेपालका सबै भट्टा नियमित सञ्चालन भए चार वर्षमा मागअनुसार पूरा गर्न सकिने बताउनुभयो । अब सहज भए गत वर्षभन्दा आधा इँटा उत्पादन गर्नसक्ने अवस्था उद्योगको रहेको उहाँको भनाइ छ । चितवन, नवलपरासीलगायतका केही जिल्लामा उद्योग सञ्चालनमा आए पनि काठमाडाँैं उपत्यका र तराईका जिल्लामा सञ्चालनमा आउन सकेका छैनन् । तराईका जिल्लामा राजमार्गबाट केही पर उद्योग भएकाले कच्चापदार्थ पु¥याउन कठिन भएको केन्द्रीय सचिव नारायण सापकोटाले बताउनुभयो । मधेस आन्दोलनका कारण उद्योगसम्म इन्धन पु¥याउन नसक्दा मजदुरकोसमेत बिचल्ली भएको उहाँले बताउनुभयो । नेपालमा ८५० आधुनिक प्रविधिका उद्योग रहेका छन् भने झण्डै तीन लाख मजदुर कार्यरत् रहेको सचिव सापकोटाले बताउनुभयो । ती उद्योगले वार्षिक साढे दुई अर्बको हाराहारीमा इँटा उत्पादन गरी बिक्री गर्दैआएको तथ्याङ्क छ । भूकम्पबाट धेरै इँटा उद्योगको चिम्नी ढलेको, चिम्नी चिरिएको चाङ्ग भत्किएको र काँचो इँटामा क्षति पुगेको महासङ्घका सल्लाहकार विनोदकुमार श्रेष्ठले बताउनुभयो । “रु एक अर्ब १२ करोड ६१ लाख क्षति भएको छ” उहाँले भन्नुभयो । नेपालका इँटा उद्योग २०७० साल कात्तिक १ गतेबाट मूल्य अभिवृद्धि करमा दर्ता भएर राजस्व बुझाउँदै आएका छन् । ठूलो मात्रामा इँटाको आवश्यकता परिरहेको बेला नाकाबन्दीका कारण थप प्रभावित बनेपछि उद्योगलाई जीवन्त दिनुपर्ने व्यवसायीको माग छ । सरकारले भट्टासम्म कच्चापदार्थ र इन्धन पु¥याउने वातावरण तत्काल सिर्जना गर्नुपर्ने र भूकम्पबाट प्रभावित बनेका उद्योगलाई पुनःनिर्माण गरी पुनःसञ्चालन गर्न ऋण थप गर्नुपर्ने व्यवसायीको माग छ ।

]]>
7666 0 0 0
ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय अग्रसर http://localhost/ghum/%e0%a4%90%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7/ Tue, 12 Jan 2016 17:11:21 +0000 http://www.ghumphir.com.np/?p=7669 म्याग्दी, २८ पुस ।

उत्तरी पर्वतको माझफाँटका बासिन्दा ऐतिहासिक सम्पदाको संरक्षणमा अग्रसर भएका छन् ।बाइसे चौबीसे राज्यका पालामा निर्मित मल्लाज कोत, दरबारलगायतका ऐतिहासिकस्थलको संरक्षण गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीय बासिन्दाले पहल गरेका हुन् ।

माझफाँट– ७ स्थित कोत मन्दिरको जीर्णोद्धार, पूर्वाधार विकास, व्यवस्थापन र संरक्षणका लागि गुरुयोजना तयार गरिसकिएको स्थानीयवासी अगुवा टेकबहादुर जिसीले बताउनुभयो । कोत मन्दिर नजिकै रहेको ऐतिहासिक मल्लकालीन दरबारको पुनःनिर्माण भइसकेको छ ।

उहाँका अनुसार गुरुयोजना कार्यान्वयनका लागि आयस्रोत जुटाउने उद्देश्यले गत मङ्सिर २५ देखि पुस ५ गतेसम्म मल्लाजमा सञ्चालित श्रीमद् भागवत् तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञमार्फत रु एक करोड ४५ लाख सङ्कलन भएको छ ।

पहिलो चरणमा मन्दिरको पुनःनिर्माण, पूजास्थल निर्माण र कोत परिसरको खेल मैदान विस्तार गरी प्याराफिट, प्रवेशद्वार बनाइ घेराउ गर्ने तयारी भएको छ । मन्दिर पुनःनिर्माणका लागि काठमाडौँमा बस्दै आउनुभएका शिवकुमार श्रेष्ठले रु २० लाख ४५ हजार १६५ सहयोग गर्नुभएको छ ।

यसैगरी म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, माझफाँट– ३ का रामबहादुर कार्की र बरुवाल समाज मल्लाजले एक÷एकवटा प्रवेशद्वार बनाउने जनाएका छन् । करिब पाँच सय वर्ष पुरानो कोत मन्दिर बाइसे चौबीसे राज्यका पालामा तत्कालीन मल्लाज राज्यका राजाले पूजाआजाका लागि निर्माण गरेका थिए ।

संरक्षण र व्यवस्थापनको अवस्थामा जीर्ण बनेको कोत मन्दिरको जीर्णोद्धार गरी नयाँ संरचना बनाउन लागिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्षसमेत रहनुभएका जिसीले बताउनुभयो । हरेक वर्षको रामनवमी र बडा दसैँको समयमा पूजाआजा हुने उक्त कोत मन्दिरको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

कोतमन्दिरप्रतिको धार्मिक विश्वास, ऐतिहासिकस्थल, मल्लाज दरबार र म्याग्दी सदरमुकाम बेनी बजारदेखि नजिक हुनु, पदमार्ग र सडकको सुविधा भएकाले यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।

उक्त स्थानबाट धौलागिरि हिमालको दृष्यावलोकन पनि गर्न सकिन्छ । कोतमन्दिरमा भक्तजन तथा पर्यटक भित्र्याउनका लागि म्याग्दी बेनीको कालीपुलदेखि डिलफाँटसम्म निर्माण भएको पक्की सिँढीसहितको पदमार्गलाई कोतसम्म नै विस्तार गर्ने लक्ष्य राखिएको महायज्ञ मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष गुमानसिंह कार्कीले बताउनुभयो ।

मल्लाज कोतसँगै उत्तरी पर्वतको लेकफाँट, फलामेडाँडा, हम्पाल क्षेत्रको पनि पर्यटन विकासका लागि पदमार्ग तथा प्रचारप्रसारमा जोड दिएको कार्कीले बताउनुभयो ।

]]>
7669 0 0 0
कुम्भकर्ण हिमाल http://localhost/ghum/%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ad%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2/ Tue, 12 Jan 2016 18:08:30 +0000 http://www.ghumphir.com.np/?p=7674 7674 0 0 0 स्मार्ट लठ्ठी:ट्रेकिङका लागि उपयुक्त (फोटो फिचर ) http://localhost/ghum/7678-2/ Wed, 13 Jan 2016 04:08:10 +0000 http://www.ghumphir.com.np/?p=7678 smart-cane-1

अमेरिकाको लस भेगासमा भैरहेको कन्जुमर इलेक्ट्रोनिक्स शो मा एक पछि अर्को नयाँ प्रविधिहरु सार्वजनिकीकरण तथा प्रदर्शन भैरहेका छन् । एक चिनियाँ कम्पनीले निर्माण गरेको स्मार्ट लठ्ठी पनि प्रदर्शनीमा आकर्षणको केन्द्र बनेको छ ।

चिनियाँ कम्पनी हुवाहे (स्मार्टफोन निर्माता हुवावे हैन्) ले बनाएको यो स्मार्ट लठ्ठीमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । यो लठ्ठीमा जिपिएस प्रविधि छ । जसका कारण यो लठ्ठी लिएर हिँड्नेले आफू कुन ठाउँमा छु भनेर पत्ता लगाउन सक्छ । नयाँ ठाउँमा पदयात्रामा निस्कनेका लागि यो लठ्ठी निकै विश्वासिलो साथी सावित हुने वैज्ञानिकहरुको दाबी छ ।

smart-cane-3त्यस्तै यो लठ्ठीमा एउटा इमर्जेन्सी बटन पनि रहेको छ । जसलाई दबाउने बित्तिकै विभिन्न पाँच वटा नम्बरमा फोन जान्छ । आफू अप्ठेरो वा खतरामा परेकाबेला आकस्मिक सहयोगका लागि यो इमर्जेन्सी बटन दबाउन सकिन्छ र यसो गर्दा आफूलाई उद्धार तथा सहयोग गर्नेहरु आउन सक्छन् ।

वास्तवमा यो स्मार्ट लठ्ठी बुढाबुढीका लागि समेत सहयोगी हुन्छ । किनकी यसमा आफू जानुपर्ने ठाउँको नक्सा पहिले नै सेट गरिसकेपछि बाटोमा हिँड्दा यसले बाटो पहिल्याइदिने र गलत बाटोमा गएमा सूचना दिने गर्छ ।

smart-cane-2

मोबाइल एपबाट नियन्त्रण हुने यो लठ्ठीमा स्पिकर र माइक्रोफोनको पनि ब्यबस्था गरिएको छ जहाँबाट प्रयोगकर्ताले सिधै फोनमा कुराकानी पनि गर्न सक्छन् ।

यो स्मार्ट लठ्ठीको मूल्य ५५ अमेरिकी डलर अर्थात करिव ६ हजार रूपैयाँ पर्छ । अलिबाबा, अमेजन लगायतका अनलाइनबाट पनि यो लठ्ठी किन्न सकिन्छ ।

smart-cane-4

]]>
7678 0 0 0
तारेभिर महोत्सव माघ १मा http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%ad%e0%a4%bf%e0%a4%b0-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%ae%e0%a4%be%e0%a4%98-%e0%a5%a7%e0%a4%ae%e0%a4%be/ Wed, 13 Jan 2016 04:10:32 +0000 http://www.ghumphir.com.np/?p=7682

काठमाडौँ, २९ पुस ।

काठमाडौं जिल्लाको उत्तरी भागमा पर्ने शिवपुरी लेकको काखमा रहेको मनोरम थलो तारेभिरमा पर्यटन विकास गर्ने उद्देश्यले आगामी माघ १ गते ‘द्वितीय तारेभिर महोत्सव’ हुने भएको छ । स्थानीय जनताको पहलकदमी तथा गोकर्णेश्वर नगरपालिका र जिविसको सहयोगमा हुने सो महोत्सवमा साँस्कृतिक प्रदर्शनी, थरिथरिका नेपाली खाना र खाजा, कृषि उत्पादनको बिक्री तथा निःशुल्क घ्यु चाकु खाने कार्यक्रम छ । महोत्सवमा चट्टान आरोहण, लामो पदयात्रा, घरबास, तीर्थाटन आदिको मजा पनि लिन सकिने सांसद रामेश्वर फुयाँलले जानकारी दिनुभयो । जोरपाटी– सुन्दरीजल– गोकर्ण र बुढानिलकण्ठ – पञ्चकुमारी मार्ग हुँदै तारेभिर जान सकिने बताइएको छ ।

]]>
7682 0 0 0
पोखराको बजेट रु ८७ करोडभन्दा बढी http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f-%e0%a4%b0%e0%a5%81-%e0%a5%ae%e0%a5%ad-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%ad%e0%a4%a8/ Wed, 13 Jan 2016 04:12:02 +0000 http://www.ghumphir.com.np/?p=7684

पोखरा, २९ पुस ।

पोखरा उपमहानगरपालिकाको २०औँ नगर परिषद्मा मङ्गलबार आव २०७३÷७४ का लागि रु ८७ करोड २० लाख ५५ हजारको बजेट पेस गरिएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले आन्तरिक आम्दानीतर्पm रु ४० करोड ३५ लाख र बाह्य स्रोततर्पm रु ४३ करोड ८५ लाख तथा वैदेशिक सहायताबाट रु तीन करोड ५५ लाखको व्यहोरिने गरी बजेट प्रस्तुत गर्नुभयो । नगर परिषद्मा पेस गरिएको कुल बजेट गत वर्षको तुलनामा १७ प्रतिशतले बढी छ ।

]]>
7684 0 0 0
विश्वशान्तिका लागि सोह्र वर्षदेखि मौनव्रत http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b6%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b8%e0%a5%8b%e0%a4%b9%e0%a5%8d%e0%a4%b0/ Wed, 13 Jan 2016 04:13:25 +0000 http://www.ghumphir.com.np/?p=7686

बेनी (म्याग्दी), २९ पुस ।

जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आउनुभएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै २०५६ सालदेखि निरन्तर मौन व्रत बस्दै आउनुभएको छ । विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी, हत्या र हिंसाले आक्रान्त मानिसको दिनचर्यालाई देखेपछि त्यसबाट वाक्क लागेर आफूले मौनव्रत लिएको जानकारी उहाँले कापीमा लेखेर दिनुभयो । विश्वकल्याणको कामनासहित फलाहार बसेर दैनिक भागवत, गीता, महाभारत लगायत धार्मिक ग्रन्थको पारायण गर्दै मङ्गलाघाटमा भेटिनुभएका रामानन्दले विश्वमै शान्ति कायम नहुन्जेल आफूले अन्न पनि सेवन नगर्ने र मौनव्रत पनि नछाड्ने दृढता व्यक्त गर्नुभयो । सोह्र वर्षसम्म लगातार व्रत बसेको सुनेर जिल्लाका विभिन्न स्थान, बागलुङ, पर्वत, कास्की, काठमाडौँ लगायत स्थानबाट मानिसहरु उहाँलाई दैनिकजसो भेट्न आउने गरेका छन् ।

]]>
7686 0 0 0
हात्तीको आक्रमणमा एकजनाको मृत्यु http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%95%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%95/ Wed, 13 Jan 2016 04:17:46 +0000 http://www.ghumphir.com.np/?p=7688

रत्ननगर (चितवन), २८ पुस ।

चितवन निकुञ्जबाट गएको हात्तीको आक्रमणमा पर्सा ठोरीका एक व्यक्तिको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत नुरेन्द्र अर्यालका अनुसार चितवन निकुञ्जको जङ्गल छेउमा गोठालो गएका बेला आज अपराह्न जङ्गली हात्तीको आक्रमणमा उनको ज्यान गएको हो । हात्तीको आक्रमणमा परी ज्यान जानेमा ठोरी–८ स्थित डाँडाटोलका हस्तबहादुर गोले रहेका छन् । चितवन निकुञ्जअन्तर्गत स्थानीय ठुटे खोलाको मुहाननजिकै गाईवस्तु चराउन गएका बेला उनलाई हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परी बर्सेनि मानिसको ज्यान जाने गरेको छ ।

]]>
7688 0 0 0
रसुवागढी नाकाबाट कन्टेनरहरु भित्र्न थाले http://localhost/ghum/%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a2%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a5%87%e0%a4%9f%e0%a4%a8%e0%a4%b0/ Wed, 13 Jan 2016 04:20:12 +0000 http://www.ghumphir.com.np/?p=7690

धुन्चे (रसुवा), २९ पुस ।

रसुवागढी नाकाबाट चिनियाँ सामग्री लिन केरुङ गएका कन्टेनरहरु धमाधम नेपाल भित्र्न थालेका छन् । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार तयारी कपडा, जुत्ता, रोल कपडा, विद्युतीय उपकरण, स्याउलगायतका सामग्री आयात हुन थालेको र दैनिक सरदर रु दुई करोड राजस्व उठ्न थालेको छ । शिल गर्ने उपकरण बिग्रेको भन्दै केरुङ भन्सारले केही दिन जाँचपास रोकेका कारण आयात बन्द भएको सामग्री सोमबारदेखि नै नेपाल भित्रन थालेको बताइएको छ । सामान आयात हुन थालेपछि सामान बोक्ने कन्टेनरहरु सडक मार्गमा खचाखच भरिन थालेको पासाङ ल्हामु कन्टेनर सङ्घका वरिष्ठ उपाध्यक्ष शशी अधिकारीले जानकारी दिनुभयो ।

]]>
7690 0 0 0
उत्कृष्ट पदयात्रा गन्तब्य : नाम्चे (फोटो फिचर) http://localhost/ghum/%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f-%e0%a4%aa%e0%a4%a6%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Wed, 13 Jan 2016 04:58:11 +0000 http://www.ghumphir.com.np/?p=7692 रामदेवी महर्जन निलो साफा आकाशको पृष्ठ भूमीमा सेता हिमाल, घाम डुब्न लाग्दा रातो सुर्यका किरणले हिमाललाई लालि लगाईदिदा रक्तिम हिमाल देखियो । चिसो शिरशिरे हावा अनि डाँडाको काखमा सुन्दर बस्ती । नाम्चेको दृश्य देख्दै थकाई भाग्यो । शरिरमा उर्जा भरियो । दंग प¥यौं । हिमालको काखमा रहेको नाम्चे बजार । सुर्यका किरण परिवर्तन संगै हिमालका रुप परिवर्तन हुन्छन् । विहानी कलिला सुनौला किरणले चुम्दा सुनजस्तै तलक्क टल्केका देखिन्छन् भने मध्य दिनमा सेता तलक्क टल्किन्छन् त बेलुकी रक्ताम्य । यस्तै सुन्दर प्राकृति सुन्दरतामा दिन बित्छ नाम्चे बासीको । संसारको उत्कृष्ट पदमार्ग सगरमाथा आधार शिविर जाने पदयात्राको दोस्रो बासस्थान नाम्चे पुग्दा स्वर्गको सामिप्यतामा पुगेको अनुभुति हुन्छ । लुक्ला, फाक्दिन मन्जो जोरसल्ला हुदै नाम्चे पुगिन्छ । गएको दशै र तिहारको विच कार्तिक ९ देखि १६ सम्म प्रकृति प्रेमी समूहले आयोजना गरेको बहुदिने पदयात्रामा सामिल भएर नाम्चे पुगेका थियौ । सगरमाथा आधार शिविरको मुख्य केन्द्रविन्दु ।

Lukla Airpot सगरमाथा संसारकै अग्लो चुली (८८४८मिटर), संसारलेनै सबैभन्दा अग्लो चुचुराको रुपमा सम्मान गरेको चुचुरा । बच्चैबेलादेखि सुन्दै र पढ्दै आएको नाम । संसारलाई नै आफ्नो सौन्दर्यले तान्न सफल सगरमाथा नजिक पुग्ने र यसको प्राकृतिक सौन्दर्यलाई हेर्ने र स्पर्श गर्ने रहर सायद सबैमा हुन्छ । बर्षेनी हजारौं मानिसहरु सगरमाथासंग समिप्यता गास्न नेपाल आउछन् । कति सगरमाथालाई टाढैबाट हेरेर फर्कन्छन् त कति योसंग साइनो गास्न सफल हुन्छन् भने कति त यसकै शिखरमा आफ्नो राष्ट्रिय झण्डा फहराउँछन् सफल हुन्छन् भने कति त यसकै गर्भमा सदाको लागि विलिन हुन्छन् । हाम्रै चेली पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको समाचार सुन्दा गर्बले छाती फुलाएका थियौं हामीले । चढ्न अबसर नमिले पनि नजिकै गएर आफ्ना नांगा आँखाले सगरमाथा हेर्ने रहर बच्चैबेलादेखि थियो । सगरमाथालाई नजिकबाट चुम्ने साइत जु¥यो यसपाली । प्रकृतिप्रेमी समूहले कात्तिक ८ देखि १६ गतेसम्म आयोजना गरेको पदयात्रामा । समूहले बर्षेनी एक–दुई पटक बहुदिने पदयात्रा गराउँछ भने हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँछ । बैशाख १२ गतेको महाभुकम्प र भारतले लगाएको अघोषित नाकावन्दीले पर्यटनलाई अफठेरो पारेका बेला आन्तरिक पर्यटन प्रबर्धन गर्न हामी सगरमाथा पदयात्रामा निस्केका हौं । सगरमाथा विश्वकै उत्कृष्ट पदमार्गमा पर्छ । समूहले सगरमाथा पदयात्रा गर्ने निर्णय गरेदेखि नै मन रमाएको थियो । कस्तो होला कालापत्थर ? कस्तो होला आधारशिविर ? कस्तो होला त्यहाँको रहनसहन ? मनमा अनेक प्रश्न थिए । हामी ४५ जना पदयात्री थियौं । काठमाडौंदेखि लुक्लासम्मको हवाइ टिकट पाउन निकै गारो प¥यो । एयरलाइन्सहरु विदेशीलाई महंगो डलर मुल्यमा टिकट बेच्दा रहेछन् । तर, नेपाली भएकै कारण टिकट पाउन हामीले निकै पाप बेल्नु प¥यों । बुझ्नु पर्ने सत्य के हो भने दिगो पर्यटनको आधार आन्तरिक पर्यटक हुन् । आफ्नै देशमा हामी माथि विभेद हुनु न्यायोचित हो र ? धेरै प्रयासपछि हामीले तारा एयरको टिकट पायौं ।

bridge असोज–कात्तिक पदयात्राको मौसम । दशैं र तिहार बीचमा हामी निस्केका । भुकम्प र नाकावन्दी पछि पनि हाम्रो देश सुरक्षित छ र पदयात्राका लागि उपयुक्त छ भन्ने सञ्देश बाँड्न पनि हाम्रो यात्रा सहयोगी बन्यो । हाम्रो टोली नेता समूहका संस्थापक डा. उमेश श्रेष्ठ । कात्तिक ८ गते बिहान ९ बजे लुक्ला उड्ने टिकट थियो । तर, ५ घन्टा कुरेपछि मात्रै उड्न पायौं । जहाजमा बस्ने वित्तिकै मन ढक्क फुल्यो । जहाजले भुइँ छाड्यो । उड्यो । पहिलोपटकको उडान भएकाले मलाई डर लाग्यो । आँखा चिम्म गरें । टाउको भारि भयो । विस्तारै आँखा खोलें । बादलमाथि थियौं हामी । हामी मुनि पुरा काठमाडौं उपत्यका, साना साना जंगलका थुम्का जस्ता देखिने । अनि त्यही जंगलभित्र बस्तीहरु । जमिनलाई चिरा पारेर आफ्नो बाटो आफै बनाउँदै हिँडेका नागबेली खोला । यसरी एकैपटक काठमाडौं खाल्डोलाई पहिलोपटक नियालें, आँखाभरि, मनभरि । आकाशमा चरा जस्तै उडेर बादललाई छुने रहर बल्ल पुरा भयो । एकैछिनमा सेतो बादल उडेर जहाजलाई छोपुँलाझैं गरेर आयो । बादलको लुकामारी चलिरहयो ।

IMG_0016 ठूल–ठूला चट्टान अनि तलतल जंगलका थुम्का, थुम्कामाथि बादल । बादलमाथि हामी । स्वर्गबाट पृथ्वीलाई नियालीरहे जस्तो लाग्यो । लुक्लासम्म ४० मिनेट उडान भ¥यौं हामीले । ठूल–ठूला चट्टानबीचको खोंचबाट हामी धर्तिकै सुन्दर बस्ती लुक्लामा अवतरण हुन लाग्यौं । एयर होस्टेसले म डराएको देखेर औंल्याइन्, ‘ऊ त्यहि हो लुक्ला ।’ लुक्लामा उत्रनेवित्तिकै मन ढुक्क भयो । पाइलट र एयर होस्टेसलाई धन्यवाद दिएँ । लुक्लाको बारेमा पढेको थिएँ । पढ्नु र आँखाले देख्नुमा ठूलो भिन्नता हुन्छ । शेर्पा जातिको बाहुल्य रहेको लुक्ला (२८६० मिटर) मा बेग्लै संस्कृति, बेग्लै जीवनशैली छ । हिमाललाई शीर बनाएर बसेको लुक्ला । सगरमाथाको प्रबेशद्वार । अग्ला अग्ला चट्टानको विचमा सानो विमानस्थल सफा चिटिक्क छ । हामी चढेका तीनवटै जहाज लुक्ला पुग्दा दिउसोको १ बजिसकेको थियो । हाम्रो जम्बो समूह देख्दा सबै छक्क परे । सायद यति धेरै आन्तरिक पदयात्री एकैपटक यस अघि सगरमाथा पदयात्रामा आइपुगेका थिएनन् । हेर्दा सानो लाग्ने लुक्ला बजार भने ठूलो रहेछ । पदयात्राका लागि चाहिने सामान, खाना र बासका लागि आरामदायी होटल तथा आधुनिक रेस्टुरेन्टहरु भएको । त्यहाँ हामीले भरिया व्यवस्था ग¥यौं । हामीले बजारको नमस्ते होटलमा खाना खाइवरी साँढे २ बजे पदयात्रा सुरु ग¥यौं । टोली नेता डा.उमेश र जेष्ठ सदस्य दिलदेवी मुल्मिलाई अगाडि राखेर यात्रा सुरु भयो । लस्करै हिँड्यौं हामी । लुक्ला बजारको पल्लो छेउमा द्वार बनाएको रहेछ । त्यसको शिरमा हाम्री चेली पासाङ ल्हामुको प्रतिमा छ । ठाडो ओरालो झ¥यौं । लुक्लादेखि नै खच्चडको लर्को भेटियो । तिनका घाँटीमा बज्ने घण्टीले एक किसिमको आनन्द दिने । घामले बिदा माग्दै थियो, हामीलाई फाक्दिङ (२६००मिटर) पुग्नु थियो । टर्च बाल्दै पुग्यौं । थाकिसकेका थियौं । खाना खाएर सुत्यौ।

Namche bazar pugne pool

बिहान ६ बजे बाहिर निस्कियौं । फाक्दिङ सानो बस्ती रहेछ । चारैतिर चट्टाने पहाड । नजिकै कलकल दुधकोशी । दोस्रो दिनको यात्रा सुरु भयो । बिस्तारै हिँड्यौं । ठाउँ ठाउँमा फोटा खिच्दै, गफिँदै, मकै र पानी ब्रेक गर्दै १० बजे लन्च खान जोरसल्ले पुग्यौं । हाम्रो समूह स्वास्थ्यवर्धक खानामा जोड दिन्छ । हामी जंक फुड खाँदैनौं । सकभर तीन बराबर (अन्न, तरकारी र फलफुल) आहार खान्छौं । र, स्वास्थ्य ज्ञान बाँड्दै हिँड्छौ्र्र । हामीले साथमा भुटेको मकै, खुर्पानी र स्याऊ बोकेका थियौं । लामो दुरीमा पदयात्रा गर्दा तोकिएको ठाउँमा खाने र बस्ने गर्नु पर्छ । खानामा हामीले साग, आलु र भात खायौं । खानापछि हामी हिँड्यौं । चिसो हिमाली हावा बगेको । जंगल, पहाड हेर्दै रमाउँदै हिँड्यौं । अनि आइपुग्यो ठाडो उकालो । त्यसमाथि चर्को घाम । लट्टि टेक्दै, ठाउँ ठाउँमा आराम गर्दै उकालो चढ्यौं । भरिया दाइहरुसँग कुरा गदै उकालियौं । उचाइमा हतार हतार हिँड्नु हुँदैन । लेक लाग्न सक्छ । बिस्तारै बिस्तारै, समय–समयमा पानी पिउँदै हिँड्नु पर्छ । ठाडो उकालोमा मलाई गारो हुँदै गयो । हाम्रो टोलीमा दुईजना पत्रकार दाइहरु हुनुहुन्थ्यो, विनोद ढुँगेल र अमृत भादगाउँले । उहाँहरुसँग कुरा गर्दै हिँड्यौं । विनोद दाई बेलाबेला जिस्काउनु हुन्थयो, ‘तिम्रो जस्तो स्वास्थ्य हुन पाए धरै हिँड्न सकिन्थ्यो ।’ बाटामा धेरै विदेशी भेट्यौं । उनीहरुलाई हामी नमस्ते भन्थ्यौं । उनीहरु पनि नमस्ते भन्थे । केहीसँग कुराकानी ग¥यौं । एक फ्रान्सेली दम्पत्ति नजिक आए । म सानी देखिएकीले होला तिनले ‘नमस्ते व्युटिफुल लेडी’ भन्दै कुरा अघि बढाए । नमस्ते–मैले भनें । तिनले नेपालको तारिफ गरिन र यो दोस्रो नेपाल भ्रमण भएको बताइन् । तर, नाकाबन्दीले आउँदा समस्या भएको सुनाइन् । साँच्चै भुकम्पले रुवाएको ६ महिना नवित्दै भारतले रुवायो हामीलाई । नाम्चेको मुखमा पुग्दा घाम विदा माग्ने तरखरमा थियो । बिस्तारै मैले चारैतिर हेरें । ‘नाम्चे बजारमा स्वागत छ’, बोर्ड पढेर उकालो लाग्यौं । हामी होटलमा बाँडिएर बस्यौं । समूहमा ९ महिला थियौं । नमस्ते होटलमा बस्यौं । सरिता र म आराम ग¥यौं । अरु बजार घुम्न निस्के ।

namche bazar नाम्चे (३४००मिटर) सलाइका बट्टा मिलाएर राखेजस्तै चिटिक्क परेको हिमालको काखमा छ नाम्चे बजार । गचुमुच्च घरहरु । टिनका छाना । प्रत्यक घरमा पसल, होटल र पर्यटन व्यवसाय । सफा गोरेटा । शेर्पा बस्ती । सबै बौद्धधर्मावलम्बी । नाम्चेको पश्चिममा कोङदे चुली (६१८७ मिटर) र पूर्वमा थामसेर्कु (६६२३ मिटर) छन् ।

सगरमाथा क्षेत्रको पदयात्रामा निस्कँदा हवाइजहाजबाट लुक्लामा उत्रेदेखि नै त्यहाँ देखिएका दृश्यले मन तानिरहयो । विकट जिल्ला सोलुखुम्बुमा आबश्यक सामान हवाइजहाजबाट लुक्लासम्म पु¥याइन्छ । लुक्लाबाट भरिया, याक, खच्चड मार्फत खुम्बुमा पठाइन्छ । हामीले बाटैभरि देख्यौं याक र झोक्पा । घाटीमा घन्टी टङ टङ बजाउँदै जिउमा ग्यास र खाद्यान्न बोकेर हिँडेका । हामीले झैं बोल्न नसक्ने ती जनावर सकि नसकि उकालो चढिरहेका थिए । त्यसैगरि भरिया दाजुभाइ तथा दिदी बहिनी देख्दा मनभित्रबाट प्रेम र श्रद्धाका जाग्यो । यहाँको जीवन भरिया र जनावरको मद्धतले चल्छ । जति नै पैसाको घमण्ड गरे पनि उनीहरुको सहयोग बिना बाँच्न कष्टकर हुन्छ । त्यसैले तिनका सामु बार बार शिर झुकाएँ । अनि मनमनै धन्यवाद भने । बेलुकी खाना खाईवरी हामी सबै सुत्न गयौं मनभरि सगरमाथा आधार शिविरको चित्र र कालापत्थरको कल्पना गरी म सुते । भोलिको हाम्रो गन्तब्य तेड्बोचे हुदै कालापत्थर पुग्ने ......†

namche trek

DSC_0207 IMG_0001

]]>
7692 0 0 0
माझी गाउँ पुग्दा http://localhost/ghum/7706-2/ Wed, 13 Jan 2016 05:23:00 +0000 http://www.ghumphir.com.np/?p=7706 रन्जीत सिंह नजीकै भोटेकोशी र सुनकोशी नदी । नदीको किनारमा रहेको माझीगाँउ । गत बैशाख ११ र १२ गतेको महाभुकम्प जानु अघि सुन्दर र शान्त थियो । तर भुकम्प पश्चात यो गाँउ हेर्ने हो भने मरुभुमी जस्तो भएको छ । भुकम्प पश्चात उचित बासको ब्यबस्थापन नहुदाँ माझीहरु चिसोको मारमा परेको छन् । भुकम्प गएको ८ महिन पछि माझी गाउ पुग्दा लाग्यो एक दिन मात्र अघि भुकम्पले घरहरुलाई तहस नहस बनाएको जस्तो । भूकम्पले माझी गाँउका सबै घर भत्काउदा अहिले सम्म छाप्रो र पालमुनी जिवन विताउन बाध्य छन् । अर्को शब्दमा भन्नु पर्दा यसपालि माझिहरुको गाँउमा भूकम्पले जाल हानेको छ । नदी नालामा माछामारेर दैनीकी गुजारा गर्ने माझि जातीमाथी प्राकृतीक प्रहार हुदा अहिले सिन्धुपाल्चोको डुम्रेघाट, भोटेकोशी र सुनकोशीको पारीपट् िरहेको काभ्रेको भोटेटारका माझीहरुको दैनिकी ज्यादै कष्टकर भएको छ । खेतीपातीका नाममा उब्जाउ नहुने सानातिना केहि गराहरुमात्र छन् । भूकम्पले भत्काएका घर टहरा ८ महिना बित्दापनी जस्ताका त्यस्तै छन् । त्यहाँ पुगेर हेर्दा लाग्छ भूकम्प हिजो मात्रै गएको जस्तो छ । जताततै उजाढ दृश्यमात्र देखिन्छ ।जाडोमा साना साना केटाकेटी बिरामी परेका छन् ।बस्ने ठाउ छैन, लगाउने लुगा छैन ,खानलाई अन्नपात केही छैन। माछा मार्न सके मात्र साझ र विहान चुल्होमा आगो बल्छ । बजार जानुपरे डुंगा तरेर जानुपर्ने बाध्यता छ । गाउमा पुग्नु मोटरबाटो अहिले सम्म पुग्न सकेको छैन । नदिमा झोलुङेपुल वा तुईन केहि छैन । पारि गाउबाट ल्याएको पानि राख्ने ट्याकि समेत भुकम्पले भत्काएको अवस्थामा छ । त्यहाका जनताहरु मन फुकाएर आफ्नो पीडा सुनाउदैनन् सबै तिनका आखा र देखिएका दृश्यले आफै बयान गर्ने अवश्थामा यथावत छन् । आफनो अवस्थाको बारेमा बताउन आग्रह गर्दा आफुहरु जनजाती भएकोले होला सम्बन्धीत निकायमा आफ्नो पहुच पुग्दैन ,वा भनौ सुनिदिने कोहि छैन् । मानौ माझिहरु यो देशको नागरिकै हैनन् जस्तो व्यवहार गर्छ यहाका स्थानीय निकाय र सरकार भन्छन उनिहरु । जनजातीहरु पहुच नपुगेकै कारण भूकम्प पिडीतले पाउने राहतमा समेत पछि परेका छन् । काभ्रेको सापिङ २ भोटेटारमा रहेको ६८ घरधुरीका माझीहरुको मुख्य पेशा नै भोटेकोशी ,सुनकोशीमा माछामारे जिवीकोपार्जन गर्नु हो । बाटोघाटो नपुगेको, नदीमा पुल समेत नभएकोले सरकारी निकाय तथा विभिन्न संघसस्थाले उपलब्द गराएका राहत समेत उत्त गाउमा पु¥याउन नसकेको स्थानीयले बताउ छन । नदी वारपार नगरि दैनिकी चल्दैन । नदी वारपार गर्ने प्वाल परेको पुरान २ वटा डुंगाको भरमा दिनभर लगाएर जालमा पारको माछा राजमार्ग आसपास रहेक पसलमा बेचेर जिविका चलाउदै आएको सुनावछन् ।

जाडोले बुडाबुडी र बालबच्चा बिरामी पर्ने थालेपछि स्थानीयको पहलमा देशभर भूकम्प प्रभावित जिल्लामा उद्धार ,पुर्नविर्माण र राहत दिदै आएको हिमालयन पीस एजुकेसन फाउण्डेसनमा संलग्न केहि जुझारु युवाहरुले जोखिम मोलेरै भएपनि माझिगाउमा राहत पु¥याउने निधो गरे र स्थानीयको पहलमा डुंगामै राहतको सामान नदीबाट पारि लगेर माझीगाउमा वितरण गरेको छ । नदी किनारबाट लगझग एकघण्टाको जंगलको उकालो काटेपछि माझी गाउ पुगेर राहत बाडन पाउदा फाउण्डेसनका सदस्यहरु निकै उत्साहीत भएको बताएका छन् ।

majhi gau 3 majhi gau 2 majhi gau 1 bhukampa magi gaau bhukampa magi gaau bhukampa magi gaau

]]>
7706 0 0 0
सुन्तला बिक्रीबाट रु २६ करोड आम्दानी http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b2%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b0%e0%a5%81-%e0%a5%a8%e0%a5%ac-%e0%a4%95/ Wed, 13 Jan 2016 05:25:05 +0000 http://www.ghumphir.com.np/?p=7715

वालिङ, २९ पुस ।

स्वादिलो र मीठो सुन्तला उत्पादन गर्ने जिल्ला भनेर चिनिने स्याङ्जामा यस वर्ष रु २६ करोड बढीको सुन्तला बिक्री भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत तिलक बिसीका अनुसार कुल रु १० हजार २०० मेट्रिक टन सुन्तला बिक्रीबाट रु २६ करोड १५ लाख ९९ हजार ४०० आम्दानी भएको हो ।

orange (1)“जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलबाट यस आर्थिक वर्षमा १० हजार २०० सुन्तला उत्पादन भएको छ”, सूचना अधिकृत बिसीले भन्नुभयो, “उत्पादन भएकोमध्ये एक हजार २२४ मेट्रिक टन सुन्तला जिल्लाभित्र नै खपत भएको छ भने बाँकी आठ हजार ४६६ मेट्रिक टन सुन्तला जिल्लाबाहिरका सहरमा खपत भएको छ ।” “गत वर्षभन्दा यस वर्ष सुन्तला बिक्रीमा कमी आएको छ”, सूचना अधिकृत बिसीले भन्नुभयो, “यस वर्ष फूल फुल्ने बेलामा असिना पानी, हावाहुरी तथा बिक्री हुने समयमा नाकाबन्दीका कारण समस्या भयो ।” पुतलीबजार नगरपालिका–१२ र १३ वडा तथा ठूलाडिही, पौवैगौडे, खिलुङ–देउराली, अर्जुनचौपारी, एलादी, पेलाकोट, दहथुम, बिरुवा र मनकामनाका विभिन्न क्षेत्रलाई सुन्तलाका मुख्य क्षेत्र घोषणा गरिएको छ । त्यस क्षेत्रबाट अत्यधिक मात्रामा सुन्तला उत्पादन हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

]]>
7715 0 0 0
बन्दीपुरको बजेट रु आठ करोड २१ लाख http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f-%e0%a4%b0%e0%a5%81-%e0%a4%86%e0%a4%a0-%e0%a4%95%e0%a4%b0%e0%a5%8b/ Wed, 13 Jan 2016 05:26:43 +0000 http://www.ghumphir.com.np/?p=7717

तनहुँ, २९ पुस ।

बन्दीपुरको तेस्रो नगरपरिषद्ले आव ०७३÷७४ का लागि मङ्गलबार रु आठ करोड २१ लाख तीन हजार ५० बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिं गुरुङले आम्दानीतर्फ आन्तरिक स्रोतबाट रु ५१ लाख दुई हजार, बाह्य स्रोतबाट रु ३६ लाख, पँुजीगत अनुदानतर्फ रु एक करोड ५४ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ रु ३० लाख, स्थानीय विकास शुल्कतर्फ रु ८७ लाख १६ हजार जगेडाकोषतर्फ रु तीन करोड ८५ लाख ५० र अन्य अनुदानतर्फ रु एक करोड ५० लाखको अनुमानित आय सार्वजनिक गर्नुभयो । त्यसैगरी व्ययतर्फ चालु खर्चमा रु ९१ लाख ५४ हजार ८२०, सामाजिक सुरक्षा अनुदानतर्फ रु एक करोड २० लाख र पुँजीगत अनुदानतर्फ रु छ करोड नौ लाख ४८ हजार ४८ हजार २३० अनुमानित व्यय प्रस्तुत गरिएको थियो ।

]]>
7717 0 0 0
हुचिल तस्करीमा वृद्धि http://localhost/ghum/7719-2/ Wed, 13 Jan 2016 05:33:19 +0000 http://www.ghumphir.com.np/?p=7719

गाईघाट (उदयपुर), २९ पुस ।

पूर्वी क्षेत्रका रामपुर, चौदण्डी तथा बबला र मैनामैनी क्षेत्रबाट दिनानुदिन लोप हुँदै गइरहेको दुर्लभ पन्छी हुचिलको तस्करी बढ्दै गएको छ । विशेष गरेर वन तथा खोला इलाका क्षेत्रमा लाटोकोसेरोका अनुहारको ठूलो चरो हुचिल पन्छी पाइन्छ । यिनले लाटोकोसेरो जस्तै राति आँखा देख्छन् । हुचिल तस्करीमा केही स्थानीयवासी र सुनसरी, मोरङ तथा सप्तरी क्षेत्रका सिकारीको संलग्नता रहेको रामपुर जहडाका धनबहादुर मगरले बताउनुभयो । मगर भन्नुहुन्छ, “ दिनमा हुचिल वन र खोला किनार रूख तथा ओडारमा बस्ने गर्छन्, दिनमा नै सिकारी गएर मार्ने तथा पासो थापेर मार्ने गरेका छन्, प्रायः जिउँदै पासोमा पारेर लाने गरेको हामीले नै पटक पटक देखेका छौँ ।” मैनामैनी क्षेत्रमा हुचिल तस्करी स्थानीयवासीको पनि सहयोगमा हुने गरेको छ । सुनसरी क्षेत्रका हुचिल तस्करले भारतको वीरपुर तथा भीमनगर क्षेत्रमा लगेर बिक्री गर्ने गरेको मैनामैनी–४ का हर्कमान राईको भनाइ छ । राई भन्नुहुन्छ, “हुचिल तस्करले कतिपय स्थानीयवासीले पक्रेका हुचिललाई सहजै दश हजार रुपैयाँ दिएर लाने गरेका छन् ।” अन्यत्र क्षेत्रमा लोप हुँदै गइरहेको दुर्लभ हुचिल पन्छी उदयपुरको पूर्वी क्षेत्रका जङ्गलमा अहिले पनि प्रशस्त मात्रमा पाइने गरेको स्थानीयवासी बताउँछन् । अन्यत्र क्षेत्रबाट समेत हुचिलले यस क्षेत्रमा बच्चा हुर्काउने गरेको छ । हिउँदको समयमा बढी हुचिल यस क्षेत्रमा आउने गरेको स्थानीयवासीको भनाइ छ । हुचिल सिकारीले विशेष गरी राति समाउने गरेको रामपुर–६ गुरुङचौरीका भवीन्द्र राई बताउनुहुन्छ । केही वर्षअघिदेखि हुचिल तस्कर हुँदै आएसँगै स्थानीय प्रहरीले केही तस्करीमा संलग्नलाई पक्राउ गरेर कारबाहीसमेत गरेको छ तर पनि वन कर्मचारी तथा सुरक्षा वनरक्षकको उपस्थिति प्रभावकारी नहुँदा र स्थानीयवासी पनि हुचिल तस्करमा संलग्न हुँदा अहिले यी क्षेत्रमा हुचिल लोप हुन थालेको बताइएको छ ।

]]>
7719 0 0 0
चियाबगान http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ac%e0%a4%97%e0%a4%be%e0%a4%a8/ Wed, 13 Jan 2016 05:36:32 +0000 http://www.ghumphir.com.np/?p=7721 7721 0 0 0 लाप्राक http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%95/ Wed, 13 Jan 2016 05:41:12 +0000 http://www.ghumphir.com.np/?p=7724 7724 0 0 0 बिश्वको पहिलो ड्रोन, जसमा हेलिकोप्टरझैं चढेर उड्न मिल्छ (फाेटाे फिचर) http://localhost/ghum/7727-2/ Wed, 13 Jan 2016 05:58:46 +0000 http://www.ghumphir.com.np/?p=7727 dron ehang-184_4 इहाङ १८४ नामक यो ड्रोनमा एकजना यात्रु बस्न मिल्ने आरामदायी र वातानुकुलित ककपिट छ । तर, यात्रुले ड्रोन चलाइराख्नु पर्दैन् । सिटको अगाडी रहेको टचस्त्रिmनबाटै उडानसम्बन्धी सवै कुरा नियन्त्रण गर्न सकिन्छ । ehang-184_5 यात्रुले स्क्रिनमा देखिएको नक्सा थिचेर गन्तब्य यकिन गर्न सक्छन् । त्यसपछि ड्रोन उडेर आफै त्यो ठाउँमा पुग्छ र ल्याण्ड हुन्छ । हेलिकोप्टरजस्तै भर्टिकल शैलीमा उडान र अबतरण गर्छ । ककपिटको पछाडी एउटा सानो ट्याङ्की राखिएको छ जसमा यात्रुले आफ्नो ब्याकप्याक वा लगेज राख्न सक्छन् । ehang-184_6 ५ फिट अग्लो र झण्डै २ सय किलोग्राम तौल भएको यो ड्रोनमा चार्ज गरिएको ब्याट्रीले २३ मिनेटको उडान भर्न सक्छ । ६२ माइल प्रतिघण्टको गतिमा ड्रोनले उडान गर्छ । ब्याट्री फुल चार्ज गर्न २ देखि ४ घण्टासम्म लाग्छ । ehang4 ड्रोन उत्पादन गर्ने चिनियाँ इहाङ कम्पनीले दुई बर्ष लामो अनुसन्धानबाट यो ड्रोन तयार पारेको जनाएको छ । कन्जुमर इलेक्ट्रोनिक सोमा प्रर्दशनमा राखिएको ड्रोन नमुनामात्र नभई बजारमा ल्याउन मिल्ने फाइनल प्रोडक्ट भएको कम्पनीले जनाएको छ । यसअघि नै १ सय जना मानिसले यसमा बसेर सफलतापूर्वक परिक्षण उडान गरिसकेका छन् । यदि उडान भइरहेका बेला कुनै दुर्घटना हुन लाग्यो भने कसरी जोगाउने ? कम्पनीका प्रवक्ता भन्छन- ‘दुर्घटनाको सम्भावना एकदमै कम छ, कम्पनीको फ्लाइट कन्ट्रोल सेन्टरले सवै ड्रोनलाई नियमित निगरानी राखिरहेको हुन्छ, त्यस्तो अबस्था आउनासाथ कन्ट्रोल सेन्टरले हस्तक्षेप गर्छ ।’ ehang-184_3 सेफ्टी फस्ट भेहिकलका रुपमा ब्याख्या गर्दै कम्पनीले यसलाई साना हेलिकोप्टर वा प्लेनको विकल्पका रुपमा स्थापित हुने दावी गरेको छ । कहिलेदेखि यो बजारमा उपलब्ध हुने छ र कति पैसा पर्ने छ भन्ने बिषयमा कम्पनीले केही खुलाएको छ । मूल्यका बिषयमा प्रश्न गर्दा कम्पनीका प्रवक्ताले भने- लाखौं डलर पर्न सक्छ ।’ ehang184landing    ]]> 7727 0 0 0 विश्वकप कबड्डीमा भाग लिन नेपाली टोली प्रस्थान http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa-%e0%a4%95%e0%a4%ac%e0%a4%a1%e0%a5%8d%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%97-%e0%a4%b2%e0%a4%bf%e0%a4%a8/ Wed, 13 Jan 2016 06:15:22 +0000 http://www.ghumphir.com.np/?p=7735

मोरङ, २९ पुस ।

भारतको फरिदावादमा हुने विश्वकप कबड्डीमा चौथो पटक सहभागी हुन दुई प्रशिक्षकसहित १३ जनाको नेपाली महिला टोली आज भारत प्रस्थान गरेको छ । मङ्गलबार बेलुका एक कार्यक्रमबीच सांसद अमृत अर्याल, जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलगायतले टोलीको बिदाइ गर्नुभयो । माघ १ देखि ३ गतेसम्म हुने विश्वकप प्रतियोगितामा नेपाल, भारत, चीन, बङ्गलादेश, अमेरिकालगायत ३७ देशका खेलाडी सहभागी हुनेछन् । अघिल्लो वर्ष भारतमै भएको विश्वकप कबड्डीमा नेपालले कास्यपदक प्राप्त गरेको थियो ।

]]>
7735 0 0 0
रामसीताले वनभोज खाएको ठाउँमा मेला लाग्दै http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%b8%e0%a5%80%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b5%e0%a4%a8%e0%a4%ad%e0%a5%8b%e0%a4%9c-%e0%a4%96%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a0%e0%a4%be/ Thu, 14 Jan 2016 04:42:49 +0000 http://www.ghumphir.com.np/?p=7737

वासुदेव पौडेल पोखरा, ३० पुस ।

सत्ययुगमा भगवान् रामचन्द्र र सीताजीले वनभोज खाएको स्थानका रूपमा मानिने पोखरा उपमहानगरपालिका–१७ स्थित ढुङ्गे साँघुमा भोलि माघे सङ्क्रान्ति मेला लाग्ने भएको छ । प्राचीनकालदेखि सञ्चालन हुँदै आएका पोखराका प्रसिद्ध धार्मिक मेलामध्येको यो मेला भर्न कास्कीका साथै छिमेकी जिल्ला स्याङ्जा, पर्वतलगायतका स्थानबाट पनि सर्वसाधारण आउने गर्छन् । मेलाको व्यवस्थापन सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिले गर्दै आएको छ । समितिका अध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक ऋषिराम भण्डारीका अनुसार मेलामा पोखरा र यस आसपासका विभिन्न स्थानबाट लगभग एक लाख ५० हजारको सङ्ख्यामा भक्तजन आउने गरेका छन् । धार्मिकरूपले विशिष्ट मानिने यो मेलामा सहभागी हुन आउने भक्तजनले यहाँस्थित सेती नदीमा माघे स्नान गरी आसपासका मठमन्दिरमा दर्शन गर्ने गर्दछन् । यहाँस्थित सदाशिवजी सिद्धेश्वर मन्दिर अति प्राचीन धार्मिक तीर्थस्थल हो । प्राप्त प्रमाणका आधारमा विसं १८६४ मा निर्माण गरिएको मानिने यो मन्दिरको पोखरा उपमहानगरपालिका–१७ बिरौटामा २९ रोपनी १२ आना गुठी जग्गासमेत रहेको छ । मन्दिरको गुठी जग्गा व्यावसायिक रूपमा भाडामा दिइएकामा त्यसबापत वार्षिक तीन लाख १४ हजार आम्दानी हुने गरेको छ । आम्दानी मन्दिरको संरक्षण एवम् सामाजिक कार्यमा लगानी गर्ने गरिएको अध्यक्ष भण्डारीको भनाइ छ । पोखराको बीच भागबाट बगेको सेती नदीमाथि रहेको ढुङ्गाको प्राकृतिक पुल यहाँको अर्को महत्वपूर्ण आकर्षण हो । अनौठो आश्चर्यका रूपमा रहेको ढुङ्गाको साँघुकै कारण यस ठाउँलाई ढुङ्गेसाँघु भनिएको स्थानीयवासी डिल्लीराम भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार सत्ययुगमा माघे सङ्क्रान्तिकै दिनमा यही ठाउँमा आएर भगवान् रामचन्द्र र सीताले वनभोज खाएको जनविश्वास अझै पनि कायमै छ । उक्त समयमा सीता हिँडेका कारण यहाँस्थित पाइला आकारको शिलालाई सीताको पाइलाका रूपमा पूजा गर्ने गरिन्छ । विभिन्न रमणीयस्थलका साथै प्राकृति बगैँचाका रूपमासमेत रहेको यो स्थलमा विगतमा विभिन्न आँपका बोट रहेको र एउटै बोटमा चार पाँच जातका आँप फल्ने गरेको बूढापाका बताउँछन् । यसै क्षेत्रमा २०५६ सालमा फेला परेको अकलादेवीको प्राकृतिक मन्दिर अर्को धार्मिक आकर्षण हो । हरिहर मन्दिरका तत्कालीन पुजारी ऋषिराम पराजुलीलाई र स्थानीयवासी देवीराम भण्डारीलाई सपनामा अकलाको मन्दिर रहेको चेष्टा भएपछि गएर हेर्दा अकलाको स्वरूप फेला परेको थियो । खोच भएका कारण अकलाको प्राकृतिक मन्दिर रहेको ठाउँमा पुग्न निकै असजिलो हुने भएका कारण त्यसको संरक्षणका साथै स्थानीयवासीले अकलाकै स्वरूपमा दर्शन गर्न सक्ने गरी खोचको तल मन्दिर निर्माण गरेका छन् । धार्मिक रूपमा जोडिएको मेला स्थानीय उत्पादन खरिद बिक्री गर्ने मेलाका रूपमासमेत उपयोग हुने गरेको छ । स्थानीय रूपमा उत्पादन हुने तरुल, सखरखण्ड, पिँडालुजस्ता खाद्य सामग्रीका साथै चोयाबाट बन्ने भकारीजन्य सामान, माटोका सामान, फलामका सामान आदिको मेलामा व्यापार हुने गरेको छ । घरमा आवश्यक सामान किन्नका लागि पनि धेरै सर्वसाधारण ढुङ्गेसाँघुको मेलालाई कुर्ने गरेको कास्की भरतपोखरीका वैकुण्ठ सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार ढुङ्गेसाँघुको मेला प्राचीनकालदेखि नै कास्कीको महत्वपूर्ण धार्मिक सांस्कृतिक मेलाका रूपमा विकास भएको छ । प्राचीन संस्कृतिसँग जोडिएका यस्ता मेलालाई संरक्षण र विकास गर्न सरकारी तबरबाट पनि चासो दिनुपर्ने उहाँले बताउनुभयो ।

]]>
7737 0 0 0
माघीको चहलपहल सुरु http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%98%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%b9%e0%a4%b2%e0%a4%aa%e0%a4%b9%e0%a4%b2-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Thu, 14 Jan 2016 04:44:44 +0000 http://www.ghumphir.com.np/?p=7739

धनगढी, ३० पुस ।

पश्चिम तराईका जिल्लामा बसोबास गर्ने चौधरी–थारु समुदायमा नयाँवर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने ‘माघी’ पर्वको चहलपहल सुरु भएको छ । थारु चौधरी समुदायका बस्तीमा ‘माघी’ पर्व मनाउन तीन दिनअघिबाट नै चहलपहल सुरु भएको थारु अगुवाहरुले बताएका छन् । वर्षभरि गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रुपमा छनोट गरिने भलमन्सा, अघरियालगायतका पदमा क–कसलाई छनोट गर्ने भन्ने विषयमा बस्तीमा एकापसमा छलफल हुन थालेको छ । यी पदमा सकभर सहमति गर्ने र सहमति हुन नसके निर्वाचनद्वारा छनोट गर्ने गरिन्छ । थारुका घर घरमा सुँगुर र बङ्गुर काटेर मासुको जोहो गर्न थालिएको छ । घरकै अन्न प्रयोग गरी जाँड, ढिक्री, अन्दी रोटी, अन्दी भात तयार गर्न थारु महिलाको व्यस्तता बढेको छ । यसरी तयार पारिने खानाका परिकारको सामूहिकरुपमा खानपिन गरी टोलटोलमा रमाइलो गर्ने चलन यो समुदायमा रहेको छ । माघी सङ्क्रान्तिको अघि पछि गरी चार÷पाँच दिनसम्म मनाइने यो पर्वका बेला प्रत्येक गाउँको मूल घरमा भेला भई खानपिन गरेर रमाइलो गर्ने, प्रत्येक घरमा अंशबन्डासम्बन्धी काम गर्ने, वर्षभरिमा गाउँमा काम गर्दा भएका कमीकमजोरी सच्याउने प्रतिबद्धता गर्ने गरिन्छ । यस्तै पर्वका बेला आ–आफ्ना विवाहिता छोरी बहिनीलाई घरमा बोलाई दक्षिणाका रुपमा निसराउ अर्थात् नुन र चामल दिने प्रचलन रहेको छ ।

]]>
7739 0 0 0
महोत्तरीका नाका सञ्चालनमा http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8%e0%a4%ae/ Thu, 14 Jan 2016 04:46:30 +0000 http://www.ghumphir.com.np/?p=7741

गौशाला, ३० पुस ।

विगत पाँच महिनादेखि बन्द रहेका महोत्तरीका भारतीय सीमा नाका सञ्चालनमा आएका छन् । जिल्लाको मूल नाका भिट्ठामोड र मटिहानीमा आन्दोलनकारी धर्ना बस्न छाडेपछि अब दुवै नाका निर्वाधरुपमा सञ्चालनमा आएका हुन् । शनिबार राति भिट्ठामोड सीमा नाकाबाट लाखौँ रुपैयाँको चलखेल गरी मोर्चाका नेताले एकैसाथ छवटा ट्रक पास गराएपछि कार्यकर्ताहरु रिसाएर सीमा नाका छाडेदेखि ती नाका सुनसान भएका छन् । मोर्चाका नेताले मधेसी जनता, मधेस आन्दोलन र आन्दोलनकारीको भावनासँग खेलवाड गरेको भन्दै कार्यकर्ताहरु नाकामा बस्न छाडेका छन् भने अब ती दुवै नाकाबाट निर्वाधरुपमा मालसामान नेपाल भित्रिन थालेका छन् । एक÷दुई दिन राति राति मात्रै भारतीय सामान आउने गरेकामा अहिले दिउँसै दर्जनौँ ट्र्याक्टरमा मालसामान नेपाल भित्रिन थालेका छन् । सयौँको सङ्ख्यामा रातदिन महोत्तरीका भिट्ठामोड, मटिहानी र सम्सीमा धर्ना बस्दै आएका आन्दोलनकारी कार्यकर्ताहरु सीमा नाकामा बस्न छाडेपछि महोत्तरीमा मधेस आन्दोलन शिथिल भएको देखिन्छ ।जिल्लाका सबै हाट, बजार, कलकारखाना, उद्योगधन्दा, स्कुल कलेज सबै पूर्णरुपमा सञ्चालनमा आएका छन् ।

]]>
7741 0 0 0
उखु क्रसिङ सुरु http://localhost/ghum/%e0%a4%89%e0%a4%96%e0%a5%81-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%bf%e0%a4%99-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Thu, 14 Jan 2016 04:49:18 +0000 http://www.ghumphir.com.np/?p=7743

गौशाला, ३० पुस ।

मधेस बन्दका कारण विगत पाँच महिनादेखि बन्द रहेको महोत्तरी जिल्लाको एभरेष्ट चिनी मिलले उखु क्रसिङ सुरु भएको छ । जिल्लाको रामनगर गाविसमा अवस्थित एभरेष्ट चिनी मिलमा महिनौँदेखि बिग्रेको रोलर जडान गरिएपछि आजदेखि सो चिनी मिल सञ्चालनमा आएको सो मिलका उखु प्रबन्धक युगलकिशोर चौरसियाले बताउनुभएको छ । अनिश्चितकालीन मधेस बन्दका कारण जिल्लाको मुख्य भन्सार भिट्ठामोडमा रोकिएको चिनी मिलको रोलर र छ ट्रक चुना शनिबार राति आन्दोलनकारीले भित्र्याउन दिएको र सो रोलर जडानपछि चिनी मिल सञ्चालनमा आएको छ । अहिले सो चिनी मिलमा उखु क्रसिङ सुरु भएको छ भने जिल्लाको हजारौँ बिगाहा जग्गामा किसानले लगाएका उखु धमाधम काट्न थालेका छन् । मिलले किसानलाई मिलमा उखु ल्याउनका लागि धमाधम चलान (पर्चा) दिन थालेको मिलका प्रबन्धक चौरसियाले बताउनुभयो । बर्सेनि ५० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गर्दै आएको मिलले बन्द हडतालका कारण यसवर्ष महोत्तरीबाहेक अरु जिल्लाबाट उखु ल्याउन समस्या हुने भएकाले ३०÷३५ लाख क्विन्टल उखु मात्रै क्रसिङ हुन सक्ने सम्भावना व्यक्त गरेका छन् ।

]]>
7743 0 0 0
राष्ट्रपतिबाट कुम्भ दर्शन मेलाको उद्घाटन http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ad-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6/ Thu, 14 Jan 2016 12:51:42 +0000 http://www.ghumphir.com.np/?p=7746

नारायण न्यौपाने / सिद्धराज भट्ट  गोदावरी (कैलाली), ३० पुस ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाली जिल्लाको पवित्र भूमि गोदावरीमा आयोजित ‘गोदावरी अमृत महास्नान दिव्य सहस्र कुम्भ दर्शन मेला’को आज उद्घाटन गर्नुभएको छ ।

President-Bandari-mela udhghatanराष्ट्रपतिले समारोहमा प्रस्तुत सुदूरपश्चिमको लोकप्रिय गौरा नाच र देउडा नाचको पनि अवलोकन गर्नुभयो । यसअघि राष्ट्रपति भण्डारी मेलास्थलमा निर्माण भएको कुम्भ बाटिकामा गई राष्ट्रकल्याणका लागि कुम्भमा विशेष पूजा गर्नुभयो । उहाँले राष्ट्रिय झन्डा र कुम्भ मेलाको प्रतीक सप्तरङ्गी झन्डाको ध्वजारोहणसहित झन्डोत्तोलन गर्नुभयो । राष्ट्रपति कुम्भ बाटिका स्थलमा पुग्दा कुम्भ मेला आयोजक मूल समितिका संयोजक पदमराज जोशी, सहसंयोजक मदनराज पाण्डेय लगायतले स्वागत गरेका थिए । समारोहमा उपप्रधानमन्त्री भीमबहादुर रावल पनि उपस्थित हुनुहुन्थ्यो । आवश्यक प्रचारप्रसारका साथै यहाँ रहेका धार्मिक संरचनाको संरक्षण एवम् उचित रेखदेखको अभावका कारण ओझेलमा पर्दै गएको महसुस गरी गोदावरी क्षेत्रलाई नेपालको मौलिक धर्मसंस्कृतिको संरक्षण र पर्यटन विकासका साथै राष्ट्रिय धार्मिकस्थल बनाउने उद्देश्यले आयोजित मेला आगामी फागुन १ गतेसम्म चल्ने छ । मेलाका आकर्षण महास्नानका कार्यक्रमअनुसार यही माघ १, १०, २१, २५ र फागुन १ गते महास्नान गरिने छ । प्रयाग पीठका जगत्गुरु ओमकारानन्द सरस्वती वैष्णवाचार्य, महामण्डलेश्वर, पीठाधीश, मठाधीश, सन्तमहन्त एवम् धार्मिक गुरुद्वारा चार वेद १८ पुराणमा आधारित विशेष प्रवचन हुने छ । योग, पूजापाठ, श्राद्ध, तर्पण, तुलादान, हवन, भजनकीर्तन, कोटीदीप प्रज्वलनलगायत अनुष्ठान पनि आकर्षक पक्ष रहेका छन् । मेला उद्घाटनअघि आज बिहान वनदेवी मन्दिरबाट निस्केको कलश यात्रा कुम्भ बाटिकामा पुगेर टुङ्गिएको थियो । गोदावरीको धार्मिक महत्व कैलालीको धनगढीदेखि झन्डै २३ किमी उत्तर चुरे पहाडको फेदी धनगढी–डडेलधुरा राजमार्गको छेउमा गोदावरी गाविसमा गोदावरी क्षेत्र रहेको छ । यहाँ रहेको गोदावरी नदीको मुहानका दुई नालामध्ये एक नालाबाट निस्किने दूध जस्तो जल र अर्को नालाबाट निस्किने गौमूत्र जस्तो जल मिसिएर गोदावरी नदी बनेको जनविश्वास छ । सप्त गोदावरीमध्येको प्राचीन गोदावरी मानिने सो क्षेत्रमा गौतम ऋषिले तपस्या गरेको र श्रीकृष्ण, भीष्मपितामह र पाण्डवले स्नान गरेको भन्ने जनविश्वास रहेकाले यसको महत्व बढेको हो । हरेक माघे सङ्क्रान्तिका दिन मेला लाग्ने सो क्षेत्रमा मठमन्दिर, बौद्ध गुम्बा, धर्मशालासमेत रहेका छन् ।

]]>
7746 0 0 0
तीन सय ४० थान सकेट बम फेला http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%b8%e0%a4%af-%e0%a5%aa%e0%a5%a6-%e0%a4%a5%e0%a4%be%e0%a4%a8-%e0%a4%b8%e0%a4%95%e0%a5%87%e0%a4%9f-%e0%a4%ac%e0%a4%ae-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Thu, 14 Jan 2016 12:53:23 +0000 http://www.ghumphir.com.np/?p=7749

सल्यान, ३० पुस ।

कोरवाङ झिम्पे गाविसमा सकेट बम फेला परेको छ । कोरवाङझिम्पे गाविस वडा नं ८ खर्सुवासको कासाखानी ओडारमा अस्थायी प्रहरी चौकी झिम्पेले गस्ती गर्ने क्रममा बम फेला परेको प्रहरी चौकी इन्चार्ज रामजी परियारले जानकारी दिनुभयो । बम फेल परेपछि भैरवप्रसाद गण सल्यानबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको थियो । सशस्त्र द्वन्द्वको समयमा विद्रोही पक्षले बम लुकाएर राखेको हुन सक्ने अनुमान गरिएको छ । जिल्लामा यति धेरै सकेट बम फेला परेको यो पहिलो घटना भएको प्रहरीले बताएको छ ।

]]>
7749 0 0 0
काठमाडौँ टावर निर्माण प्रक्रिया प्रभावित http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%9f%e0%a4%be%e0%a4%b5%e0%a4%b0-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%aa%e0%a5%8d/ Thu, 14 Jan 2016 12:54:57 +0000 http://www.ghumphir.com.np/?p=7752

काठमाडौँ, ३० पुस ।

सवारी साधन व्यवस्थापनको उपयुक्त विकल्प निश्चित नहुँदा राजधानीको पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ टावर निर्माण प्रक्रिया प्रभावित हुने भएको छ । पुरानो बसपार्कबाट दैनिक साना ठूला गरी करिब दश हजार बढी सवारी साधन आवतजावत गर्छन । सोही यातायातको साधनको उचित व्यवस्थापनका लागि उपयुक्त स्थान चयन गर्न नसक्दा निर्माण कहिलेबाट सुरु गर्नेमा अझै अन्योल रहेको काठमाडौँ महानगरपालिकाका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । प्रमुख काफ्लेका अनुसार भवनको निर्माण गत वैशाखको अन्तिमबाट सुरु गर्ने भनिए पनि भूकम्प तथा त्यसपछिका परकम्प र भूकम्पपश्चात भवन निर्माणको मापदण्डमा फेरबदल गर्न लागिएकाले काम सुरु गर्न नसकिएको हो । महानगरका अनुसार पुरानो बसपार्कको विकल्पका रुपमा तीनकुने, नयाँबसपार्क र रत्नपार्कलाई राखिएको छ । सोही तीन स्थानमध्ये कुनै एक स्थानलाई निर्माणको समयभरी पार्क गर्ने स्थान बनाइएपछि निर्माणको काम सुरु गरिने छ । टावरको भवन २५ वा २१ तले बनाउने भन्ने योजना रहेको छ । भवन पूर्णरुपमा भूकम्पप्रतिरोधात्मक बनाइने छ । सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको थियो । महानगरपालिकाले टावर निर्माणका लागि जलेश्वर, स्वछन्द र विकोइसँग सम्झौता गरिसकेको छ । सम्झौताअनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउनेछन् । काम सुरु भएको पाँच वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ भने त्यसपछिका २५ वर्ष सञ्चालन अवधि रहनेछ भने नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिक हुने बताइएको छ । सो टावरको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको महानगरपालिकाले जानकारी दिएको छ । भवनको सबैभन्दा तल अर्थात् ग्राउन्ड फ्लोरमा बसको पार्किङ रहनेछ । त्यस्तै, त्यसको माथि दुई तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित सिनेमा हल, स्वीमिङ पुल, रेष्टु राँ, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछ । भवनका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ । सो भवन नेपाली कला, संस्कृति झल्किने खालको हुनेछ ।

]]>
7752 0 0 0
किसान तरकारीखेती गर्न आकर्षित http://localhost/ghum/%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8-%e0%a4%a4%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%86%e0%a4%95/ Thu, 14 Jan 2016 12:57:22 +0000 http://www.ghumphir.com.np/?p=7754

रत्ननगर (चितवन), ३० पुस ।

माटोको सुरक्षाका लागि जिल्लामा किसान आइपिएम (एकीकृत शत्रुजीव व्यवस्थापन)को तरिकाले तरकारीखेती लगाउन आकर्षित भएका छन् । विषादी कम छर्ने, शत्रुजीव र मित्रुजीव छुट्याउने, जैविक विषादी र प्राङ्गारिक मल हालेर तरकारीखेती लगाउँदा माटो राम्रो हुने देखिएपछि उनीहरु यस्तो प्रविधि प्रयोग गरेर तरकारीखेतीमा आकर्षित भएका हुन् । माटोको पनि सुरक्षा हुने भएकाले यो प्रविधि राम्रो भएको किसानले बताएका छन् ।

vegitableजिल्लाको पदमपुरमा सयपत्री एकीकृत शत्रुजीव व्यवस्थापन कृषक पाठशाला सञ्चालन गरेर किसानले उक्त तरिकाबारे जानकारी लिने र खेती गर्न थालेका छन् । एउटै गाउँमा २४ किसानले यो प्रविधि अपनाएको समूहकी अध्यक्ष सरस्वती आचार्य बताउनुहुन्छ । “विगतमा विषादी धेरै प्रयोग गर्ने गरिन्थ्यो अहिले छाडियो”, उहाँले भन्नुभयो, “यो सीप सिकेपछि जैविक प्रणाली र एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधिबाट तरकारी लगाउन थालेका छौँ ।” विगतमा तरकारीखेती गर्दा तरकारीलाई चाहिने मित्रुजीवसमेत मर्नाले बाली उत्पादनमा असर पर्ने गरेको थियो । तर यो एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधिबाट तरकारीखेती गर्दा निकै राम्रो र मित्रुजीवका कारण तरकारी बालीसमेत राम्रो हुने वागवानी विकास अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अहिले विभिन्न क्षेत्रमा पाठशाला नै सञ्चालन गरेर किसानलाई प्रशिक्षण दिन थालिएको छ । एकजना किसान रीता महत्तो अहिले आइपिएम पाठशालामा शिक्षा लिँदै तरकारीखेती गरिरहनुभएको छ । उहाँले यो प्रविधि राम्रो भएकाले आफूले पनि प्रयोग गर्न थालेको बताउनुभयो । फरक छुट्याउन किसानको परम्परागत खेती प्रणाली र आइपिएम प्रविधिबाट यहाँ नमुनाका रुपमा तरकारीखेती समूहमा गरिएको छ । यसबाट किसान आफैँले उत्पादन र माटोको उर्वराशक्तिमा निक्कै फरक पाउने भएकाले किसानलाई दुईवटै प्रविधिमा तरकारीखेती गर्न लगाएको कृषि कार्यालय प्रमुख सोमनाथ घिमिरेले जानकारी दिनुभयो । जिल्लामा कृषिको आर्थिक सहयोगमा ६ वटा पाठशाला नै सञ्चालन गरिएको छ । अन्य विभिन्न सङ्घसंस्थाको सहयोगमा समेत यस्ता पाठशाला चलिरहेको कार्यालयले जनाएको छ । एक सय बढी किसान यसमा आबद्ध छन् । किसानलाई जैविक तथा प्राङ्गारिक कृषि प्रणालीमा आकर्षित गराउँदै विषादी न्यूनीकरका लागि यो अभियान देशव्यापी रुपमा रहेको कृषि विभागका योजना शाखा प्रमुख तथा वरिष्ठ कृषि अर्थविज्ञ डा महादेव पौडेलले जानकारी दिनुभयो । जिल्लामा अहिले ६ हजार २०० हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएको छ ।

]]>
7754 0 0 0
गोरखामा भूकम्प स्तम्भ निर्माण http://localhost/ghum/7756-2/ Thu, 14 Jan 2016 13:02:36 +0000 http://www.ghumphir.com.np/?p=7756

गोरखा, ३० पुस ।

गत वैशाखमा गएको ‘गोरखा भूकम्प’ को केन्द्रबिन्दु जिल्ला गोरखामा भूकम्पस्मृति स्तम्भको निर्माण गरिएको छ । भूकम्पमा परी ज्यान गुमाएकाको सम्झनामा स्तम्भ निर्माण गरिएको हो । गोरखा जेसिजले चार लाख ५० हजार रुपैयाँ लगानी गरेर हरमटारीस्थित प्रशासन चोकमा स्तम्भ निर्माण गरेको हो । उक्त स्तम्भको आज जेसिजको वर्ष २०१६ का केन्द्रीय अध्यक्ष जगतबहादुर पोखरेलले अनावरण गर्नुभयो । स्तम्भमा भूकम्पका बेला गोरखा जिल्लाभर मृत्युवरण गरेकाको नामावली उल्लेख छ । स्तम्भ निर्माण गरिएको जानकारी दिँदै गोरखा जेसिज वर्ष २०१६ का जनसम्पर्क अधिकारी अजितरमण खनालले भूकम्पले पु¥याएको मानवीय क्षतिबारे भावी पुस्तालाई जानकारी दिन स्तम्भ निर्माण गर्नुपरेको बताउनुभयो । स्तम्भको चारैतर्फ भूकम्पमा परी जिल्लाभर मृत्युवरण गरेका ४७२ जनाको नाम लेखिएको छ । करिब छ फिट अग्लो स्तम्भ एक महिना लगाएर निर्माण गरिएको हो । साथै, सरकारले भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँमा पनि भूकम्पस्मृति स्तम्भका साथै पार्क निर्माण गर्ने घोषणा गरेको छ । जेसिज गोरखाले वर्ष २०१५ का अध्यक्ष अञ्जनबाबु खत्रीलाई बिदाइ गर्दै वर्ष २०१६ का अध्यक्ष प्रेमध्वज थापा मगरलाई पद हस्तान्तरण गरेको जेसिजका पूर्वअध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । गोरखा सङ्ग्रहालयमा भएको कार्यक्रममा जेसिजका विभिन्न विभागीय प्रमुखले पनि पद हस्तान्तरण गरेका थिए ।

]]>
7756 0 0 0
माघे सङ्क्रान्ति मेला सुरु http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%98%e0%a5%87-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a5%81/ Thu, 14 Jan 2016 13:05:13 +0000 http://www.ghumphir.com.np/?p=7758

चितवन, ३० पुस ।

पवित्र तीर्थस्थल देवघाटधाममा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको विधिवत् रुपमा शुभारम्भ गरिएको छ ।गलेश्वर सन्यास आश्रमबाट बटुकको स्वस्तिवाचनसहितको कलश यात्रा त्रिशूली र कालीगण्डकीको संगमस्थलमा पुगेर विधिपूर्वक पूजा गरी लिङ्गो गाडिएको थियो । हरिहर सन्यास आश्रमका पीठाधिश १००८ स्वामी ज्ञानानन्द सरस्वतीले विधिपूर्वक पूजा गरी लिङ्गो गाडेर मेलाको शुभारम्भ गर्नुभएको हो । लिङ्गो गाडेसँगै देवघाट क्षेत्र विकास समितिले संगमस्थलमै नदीमाथि डुङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वामी ज्ञानानन्द सरस्वतीले माघे सङ्क्रान्ति मेलाको महिमाको वर्णन गर्नुभएको थियो । उहाँले शास्त्रानुसार सौर तिथिको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको बताउनुभयो । उहाँले भन्नुभयो – “सामान्यतया सूर्यले सबै राशिलाई प्रभाव पारे पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ्र । यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।” त्रिशूली र कालीगण्डकीको मिलन भएर शक्तिशाली नारायणीको जन्म भए झै सबै एकजुट भएर अगाडि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । दुई नदीको संगमस्थलमा पितृलाई तर्पण, पिण्ड अर्पण गरेमा काशी र गयामा अर्पण गरे सरह फल मिल्ने विश्वास गरिन्छ । सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्रकुमार पियाका अनुसार मेलाका सम्पूर्ण तयारी पूरा भएको छ । मेलालाई व्यवस्थित गर्न भरतपुरबाट जाने दुई वटा बाटो र फर्किने छुट्टै बाटो निर्धारण गरिएको छ । त्यसैगरी मेला प्रचार समितिका संयोजक टंकनाथ पौडेलले मेलाको सुरक्षा, स्वास्थ्य, स्नानघाटको व्यवस्था, चौबीसै घण्टा उज्यालोको व्यवस्था र पार्किङ्को उचित व्यवस्था गरिएको बताउनुभयो । मेलालाई व्यवस्थित गर्न समितिका अध्यक्ष पियाको संयोजकत्वमा एक सय २५ सदस्यीय माघे सङ्क्रान्ति मेला व्यवस्थापन मुल समिति गठन गरिएको छ । मेला भर्न स्वदेश तथा विदेश गरी झण्डै चार लाख भक्तजन आउने अपेक्षा गरिएको छ । यसैबीच, यस वर्ष मेला अवधिमा देवघाट क्षेत्रलाई धूमपान र मदिरा निषेध गरिएको छ । आजैदेखि देवघाट मेला भर्न भक्तजन आउने क्रम सुरु भइसकेको छ ।

]]>
7758 0 0 0
नेपालमै प्लास्टिकबाट इन्धन निकालियाे http://localhost/ghum/7762-2/ Thu, 14 Jan 2016 13:14:57 +0000 http://www.ghumphir.com.np/?p=7762

रमेश लम्साल काठमाडौँ, ३० पुस ।

तपाईँले फोहोर भनेर फाल्ने गर्नुभएको प्लास्टिक अबदेखि कहीँकतै नफाल्नु होला । प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नु भएको छ भने त्यसो नगर्नु होला किनकी सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रणाली जडान गरेको छ । प्लास्टिकबाट इन्धन निकाल्नेसम्बन्धी द्विपक्षीय समझदारीमा नास्टका प्रविधि सङ्कायका प्रमुख डा सुरेशकुमार ढुङ्गेल र इको पाटीका अध्यक्ष चिसेको मात्सुमोतोले आज हस्ताक्षर गर्नुभयो । नेपालमा यो प्रविधि नयाँ भए पनि संसारका विकसित मुलुकका लागि भने पूरानै हो । इको पाटी जापानले उपलब्ध गराएको प्रविधि र उपकरणबाट नास्टमा इन्धन निकाल्ने प्रविधिसमेत जडान गरिसकिएको छ । हाल जडान गरिएको प्रविधिबाट एक किलो प्लास्टिकबाट करिब एक लिटर कच्चा इन्धन निकालिएको छ । नास्टका वरिष्ठ प्राविधिक अधिकृत डा रवीन्द्रप्रसाद ढकाल परीक्षणका रुपमा नै प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउन पाउँदा आफूहरुलाई खुसी लागेको बताउनुहुन्छ । नास्टले ठूलो परिमाणमा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिसमेत आगामी एक महिनाभित्र भित्र्याउने उद्देश्य राखेको छ । “सबै प्रक्रिया अगाडि बढेको छ, हामी आगामी एक महिनाभित्र जडान गरिसक्छौँ”– प्रविधि सङ्काय प्रमुख ढुङ्गेलले भन्नुभयो । सामान्यतः एक किलोग्राम प्लास्टिकबाट ७०० मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिन्छ ।

नास्टका वैज्ञानिकसमेत रहनुभएका डा ढकालका अनुसार सामान्य पानीको बोत्तल एक किलोग्राम प्रशोधन गर्दा ७०० मिलिलिटर कच्चा इन्धन उत्पादन हुन्छ भने सोही बोत्तलको बिर्को प्रयोग गर्दा ८०० मिलिटरसम्म कच्चा इन्धन उत्पादन हुन सक्छ । विगतमा सरकारले प्रयास नगरेका कारण प्लास्टिकले वातावरण प्रदूषण गरेको भए पनि आगामी दिनमा नास्टले इन्धन निकाल्ने प्रविधि ल्याएपछि प्लास्टिक सार्वजनिक स्थानमा नफाल्न र पुनः प्रयोगका लागि सङ्कलन गर्न सकिन्छ । नास्टका सचिव बुद्धिरत्न खड्गीले प्लास्टिकबाट ठूलोमात्रामा इन्धन निकाल्ने प्रविधि केही समयभित्रै जडान गरिने भए पनि तत्कालका लागि सानो प्रविधि जडान गर्न पाउनु आफूहरुका लागि खुसीको विषय भएको बताउनुभयो । प्लास्टिकजन्य फोहोर जलाउँदा निष्कासन हुने कार्बनडाइअक्साइड तथा फ्यूरानजस्ता विषाक्त ग्यासले क्यान्सरजन्य रोग निम्त्याउने, माटोको उर्वराशक्ति घटाउने, जमिनमा पानी रिचार्ज हुन नदिने, सहरको सौन्दर्य घटाउने, जस्ता समस्या भोग्दै आएका छौँ । 1452765639910_RL-Ktm-Plastic Fuel (5)

इको पाटी जापानका अध्यक्ष मात्सुमोतो नेपालका हिमालबाट सुरु भइ प्लास्टिक प्रदूषण समुद्रसम्म पुग्ने भएकाले त्यसलाई नियन्त्रण गरी वातावरण संरक्षण गर्न पनि प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिमा काम गर्न लागेको बताउनुहुन्छ । काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख हरि कुँवरकाअनुसार दैनिक काठमाडौँ उपत्यकामा एक हजार मेट्रिक टन फोहोर उत्पादन हुन्छ भने महानगरको मात्रै ५५० टन फोहोर उत्पादन हुन्छ । उत्पादित फोहोरमध्ये २० प्रतिशत भन्दा बढी फोहोरको मात्रा प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर रहने गरेको छ । यस हिसाबले २० टनभन्दा बढी प्लास्टिकजन्य फोहोर त काठमाडौँ उपत्यकाबाटै उत्पादन हुन सक्छ । डा ढकालकाअनुसार एक हजार किलो प्लास्टिकको फोहोरबाट करिब ७०० लिटर इन्धन उत्पादन गर्न सकिन्छ । काठमाडौँ उपत्यकाबाट मात्रै दैनिक एक लाख ४० हजार लिटर इन्धन उत्पादन हुन्छ । विराटनगर, वीरगन्ज, नारायणगढ, पोखरा, दाङ, नेपालगन्ज, धनगढी, महेन्द्रनगर जस्ता ठूला सहरबाट सङ्कलन हुने प्लास्टिकजन्य फोहोरबाट पनि दैनिक तीन लाख लिटर भन्दा बढी इन्धन उत्पादन गर्न सकिने डा ढकालको भनाइ छ । “महानगर आफँैले पहल गरेको छैन, नास्टले अनुसन्धान गरिरहेको भए राम्रो भयो । त्यसले हामी सबैलाई प्रेरित गर्छ नै, नसड्ने फोहोरलाई इन्धन बनाउन सके त त्यसले फोहोर व्यवस्थापन पनि हुन्छ । विकल्प पनि तयार हुन्छ”–प्रमुख कुँवर भन्नुहुन्छ । भूकम्पपछि काठमाडौँ उपत्यकामा प्लास्टिकजन्य फोहोर वृद्धि भएको थियो । भूकम्पपीडितका लागि राहत बाँड्न प्लास्टिकमा राखिएको सुख्खा खाना वितरण गरिएकाले प्लस्टिकजन्य फोहोर अत्यधिक बढेको फोहोरमैला व्यवस्थापन प्राविधिक केन्द्रको अध्ययनले देखाएको थियो । त्यसका आधारमा पनि पछिल्लो दिनमा प्लास्टिकजन्य फोहोरको मात्रा बढेको अनुमान गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा उत्पादित फोहोरमध्ये ६० प्रतिशत फोहोर कुहिने हुन्छ । जसबाट प्राङ्गारिक मलको अर्को व्यवसाय गर्न सकिन्छ भने २० प्रतिशत प्लास्टिकजन्य फोहोर हुन्छ । केही पुनः प्रयोग गर्न सकिन्छ । प्लास्टिकजन्य फोहोरबाट डिजेल, पेट्रोल, मट्टीतेल उत्पादन गर्न सकिन्छ । प्लास्टिकबाट डिजेल मात्रै निस्कन्छ भन्ने होइन भन्ने जानकारी दिँदै डा ढकाल विभिन्न उत्प्रेरक राखेर फर्नाइस तेल पनि उत्पादन गर्न सकिने बताउनुहुन्छ । व्यावसायिक उत्पादनका लागि सरकार र निजी क्षेत्रलाई मार्ग प्रशस्त गर्न नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको उहाँको भनाइ छ । आगामी डेढ महिनाभित्र नास्टमा प्रयोगशाला स्थापना हुने जानकारी दिँदै डा ढकाल दक्षिण अफ्रिका, अमेरिका, क्यानडा जस्ता मुलुकमा प्लास्टिकबाट व्यावसायिक रुपमा इन्धन उत्पादन गरिएको बताउनुहुन्छ ।

]]>
7762 0 0 0
वार्षिक रु दस अर्बको अलैँची निर्यात http://localhost/ghum/%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%81-%e0%a4%a6%e0%a4%b8-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b2%e0%a5%88%e0%a4%81/ Thu, 14 Jan 2016 13:19:41 +0000 http://www.ghumphir.com.np/?p=7767

काँकडभिट्टा (झापा), ३० पुस ।

नेपालको पूर्वी पहाडमा उत्पादन भएको अलैँचीले वार्षिक रु दस अर्ब विदेशी मुद्रा भित्र्याउन सफल भएको छ । नेपालमा विदेशी मुद्रा भित्र्याउनेमा विप्रेषणपछि अलैँची दोस्रो स्थानमा रहेको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र घिमिरेले नेपालमा वार्षिक ५० लाख किलो अलैँची उत्पादन हुने गरेको र त्यो सोझै भारत निर्यात हुने गरेको बताउनुभयो । नेपाली अलैँची भारत र चीनको भन्दा ठूलो र गुणस्तरीय भएको र यसै वर्षदेखि नेपाली अलैँचीको ‘ब्रान्डिङ’ गरिने घिमिरेले बताउनुभयो । “नेपालमा २० लाख किसान अलैँची खेतीमा सक्रिय छन्” उहाँले भन्नुभयो । नेपाली बजारमा पहिलो ग्रेड (जेजे) अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ९७ हजार, दोस्रो ग्रेड (एसडी)को मूल्य प्रतिमन रु ९४ हजार र तेस्रो ग्रेड (चल्ती) को मूल्य प्रतिमन रु ९१ हजार रहेको छ । नेपालमा उत्पादित अलैँची भारत हुँदै खाडी मुलुक र पाकिस्तान निर्यात हुन्छ । इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुम बढी अलैँची उत्पादन हुने जिल्लाका रुपमा चिनिन्छन् ।

]]>
7767 0 0 0
निकुञ्ज सुरक्षामा सेनाका तालिमप्राप्त कुकुर http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be/ Thu, 14 Jan 2016 13:23:19 +0000 http://www.ghumphir.com.np/?p=7770

रत्ननगर (चितवन), ३० पुस ।

चितवन निकुञ्जको सुरक्षार्थ नेपाली सेनाले तालिम प्राप्त कुकुर परिचालन गर्न थालेको छ । निकुञ्जभित्रै नेपाली सेनाले परिचालन गर्नेगरी चारवटा कुकुरको प्रयोग गर्न थालिएको चितवन निकुञ्जले जनाएको छ । यसअघि आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीबाट मगाएर कुकुर परिचालन गर्ने गरिएको थियो । विभिन्न तीनपटकसम्म निकुञ्जमा शून्य चोरी–सिकार वर्ष बनाएको र गएको ६०० दिनदेखि यहाँ कुनै पनि वन्यजन्तु चोरी–सिकारीबाट नमारिएकाले संरक्षणकर्मी उत्साहित छन् । यो उपलब्धिलाई निरन्तरता दिनका लागि चुनौती थपिँदै गएकाले आधुनिक प्रविधिसँगै तालिम प्राप्त कुकुरको परिचालन गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार संवेदनशील क्षेत्रमा कुकुरको परिचालन गरेर अनुसन्धान तथा अनुगमन गर्ने गरेको जानकारी दिनुभयो । नेपाली सेनाले यो सँगै संरक्षणमा विशेष फोर्स नै परिचालन गर्दै आएको छ । आधुनिक प्रविधिबाट निकुञ्जको सुरक्षा गरिरहेको चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेको श्रीजङ्ग गणका गणपति सञ्जय देउजाले जानकारी दिनुभयो । अहिले कुकुरसँगै सुरक्षार्थ खटिएका नेपाली सेना कहाँ गए र के गर्दै छन् भनेर हेर्न सकिने प्रविधि रियलटाइम गस्ती तथा ¥यापिड रेस्पोन्स टिमसमेत परिचालन गरिएको निकुञ्जले जनाएको छ । यस्तै, ड्रोनको प्रयोगबाट समेत निकुञ्जको गस्ती गर्ने गरिएको गणपति देउजाले जानकारी दिनुभयो । चितवन निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा ६०५ वटा रहेका छन् । यस्तै, पाटेबाघ १२५ वटा रहेको निकुञ्जले जनाएको छ ।

]]>
7770 0 0 0
ग्यास बुलेट रि–रुट गरी नेपाल भित्र्याइँदै http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%9f-%e0%a4%b0%e0%a4%bf-%e0%a4%b0%e0%a5%81%e0%a4%9f-%e0%a4%97%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a5%87/ Thu, 14 Jan 2016 13:27:14 +0000 http://www.ghumphir.com.np/?p=7774

वीरगन्ज, ३० पुस ।

रक्सौल नाकामा लामो समयदेखि रोकिएका ग्यासका बुलेट ‘रि–रुट’ गरी नेपाल भित्र्याइने भएको छ । भारतबाट ग्यास लिएर वीरगन्ज नाकामा आइपुगेका ग्यास बुलेट मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाकामा जामका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतीय सहर रक्सौलमै थन्किएका थिए । रक्सौल बजारदेखि करिब पाँच किलोमिटर टाढाको खुल्ला क्षेत्रमा अलपत्र अवस्थामा रहेका २५५ वटा ग्यास बुलेटलाई रि–रुट गरी सुनौली र जोगवनी नाकाबाट नेपाल भित्र्याउने तयारी भइरहेको ग्यास बोटलिङ गर्ने उद्योगका सञ्चालकको भनाइ छ ।

gas truck सीमा अवरोध हुनासाथ रोकिएका ती बुलेट भन्सार जाँचपास भएर रक्सौल र वीरगन्ज भन्सार कार्यालयमा दस्तुर बुझाइसकेका कारण अर्को नाकाबाट नेपाल भित्र्याउन सकिएको थिएन । अहिले कागजात दाखिला फुकुवा भएपछि नयाँ रुट तोकी अन्य नाकाबाट भित्र्याउन बाटो खुलेको हो । रक्सौलमा भन्सार तिरेको कागज अन्य भारतीय भन्सार कार्यालयलाई देखाएर बुलेट नेपाल ल्याउने प्रयास सुरु भएको छ । भारतीय भन्सार अधिकारीले एउटा भन्सारले असुलिसकेको दस्तुर देखाएर अर्को नाकाबाट बुलेट लैजान दिन तयार भएकाले रक्सौलमा रोकिएका ग्यास बुलेट रि–रुट गरी नेपाल भित्र्याउन लागिएको नेपाल आलय निगम क्षेत्रीय कार्यालय वीरगन्जले जनाएको छ । पचास वटा ग्यास बुलेट रि–रुटको अनुमति पाएर सुनौली र जोगबनी नाकातर्फ लागेका छन् भने बाँकी २०५ ग्यास बुलेटको रि–रुटका लागि आवश्यक कागजात मिलाउन सुरु भइसकेको र केहि दिनभित्रमै ती ग्यास बुलेट पनि नेपाल भित्र्ने छन् । यस्तै कागजात दाखिला नगरेका बुलेटलाई इन्डियन आयल कर्पोरेसनले अर्को नाकाबाट पठाउने तयारी गरेको छ । बाँकी बुलेटको हकमा रि–रुट हुने जानकारी आएको मनोज ग्यास उद्योगका सञ्चालक मनोज दासले बताउनुभयो । भन्सार दाखिला र रुट निर्धारणले झन्डै ३०० बुलेट सीमावर्ती भारतीय क्षेत्रमा नै महिनौँसम्म थन्किएपछि नेपालका लागि ग्यास बोकेर आउने बुलेट आधाभन्दा कममा सीमित भएको थियो । इन्डियन आयल कर्पोरेसनको बरौनी, हल्दिया र मथुरास्थित रिफाइनरीका डिपोबाट नेपालका लागि ग्यास आयात हुने गरेको छ । भारतको पश्चिम बङ्गालको हल्दिया, बिहारको बरौनी र उत्तरप्रदेशको मथुरावाट आयात गरिएका ग्यासका कागजात ती डिपोमा रि–रुटका लागि फिर्ता गरिएको रक्सौलस्थित भारतीय भन्सारका अधिकारीको भनाइ छ । रक्सौलमा थन्किएका करिब २५५ बुलेटमध्ये आधा बरौनी र बाँकी हल्दिया र मथुराबाट आएका हुन् । वीरगन्जस्थित निगमका क्षेत्रीय प्रमुख अभिषेख ठाकुरका अनुसार ग्यास बुलेटको रि–रुट गराउन पश्चिम बङ्गालको हल्दियास्थित इन्डियन आलय कर्पोरेसनको रिफाइनरीमा पुगेको छ । एक बुलेटले एक हजार २५० सिलिण्डर ग्यास भर्ने गर्छ । त्यसअनुरुप सीमावर्ती क्षेत्रमा रोकिएका सबै बुलेट ल्याएर आधा सिलिन्डर ग्यास मात्र उपलब्ध गराउने हो भने झन्डै पाँच लाख परिवारको चुल्होमा खाना पाक्ने निगमको अनुमान छ ।

]]>
7774 0 0 0
विश्वस्तरको प्याराग्लाईडिङ स्कुल स्थापना गर्दै छाै : सुनुवार http://localhost/ghum/7776-2/ Thu, 14 Jan 2016 14:01:52 +0000 http://www.ghumphir.com.np/?p=7776 नेपालबाट प्रतिनिधी भएर विश्वकै प्रख्यात नेशनल जोग्राफी अवार्ड प्राप्त सफल ब्यक्ती हुन सानुवाबु सुनुवार। विश्वको सर्वोच्च शिखर सगरमाथा देखी प्यारगलाईडीङ्ग गर्नुका साथै समुन्द्र सम्म यात्रा गरेर शाहसीक अर्वाड प्राप्त गरेका हुन् । विश्वकै साहसिक खेल प्याराग्लाईडिङमा विश्वमै नाम राख्न सफल प्यारा ग्लाइडर सानुवाबु सुनुवारको जन्म २०४० मा रामेछापको रामपुर गाविस वडा नम्बर ८ मा जन्म लिनु भएको हो । सिन्धुलीबाट हाईस्कुल सम्मको शिक्षा हासिल गर्नु भएका सुनुवार सन् २००३पोखरा आएर सराङकोटमा विदेशीहरु उडेको देखेको बताउनुहुन्छ । जहाँ ईच्छा त्यहाँ उपाय भने जस्तै सुनुवारको भेट प्यारा ग्लाइडर उडाउने विदेशि डेविट आरुफाट सँग भेट भयो । तिनै डेविटले नै प्याराग्लाईडिड.उडाउन सिकाए । केहिवर्षको सर्घष पश्चात २०१२ सालमा आफ्नै बाबु एडभान्चर प्याराग्लाईडिङ प्रालीको स्थापना गरि ब्यवसायीक प्याराग्लाईडिङको सुरुवात गर्नुभयो । समय संगै आकाशमा उडदा उडदै विभिन्न विश्व किर्तिमानी कायमगर्दै विश्वभर संचारमाध्यममा छाई रहे तिनै पर्यटन व्यवसायी प्यारग्लाईडर सानुबाबु सुनुवार संग नेपालको पर्यटन व्यवसाय लाई पहिलाकै अवश्थामा र्फकाउन के गर्नुपर्ला भन्ने विषयमा घुमफिरले गरेको कुराकानी

sanobabu sunuwar के मा ब्यस्त हुनुहुन्छ आज भोली ? त्यहि त हो नी, आकाशमा उड्न चाहने स्वदेशी तथा विदेशिलाई आकाशमा उडाउने काम प्याराग्लाईडिड.मा ब्यस्त छु । त्यो बाहेक अहिले नेपालै पहिलो पटक आफु जस्ता साथीहरु तयार पार्ने उदेश्यले प्याराग्लाईडिङ स्कुल स्थापना गर्न तर्फ ध्यना केन्द्रित गर्दै त्यही कामको लागी ब्यस्त छु ।

प्याराग्लाइडिङ स्कुल भन्नाले ? प्याराग्लाईडिङ उडाउन चाहनेहरुलाई उडाउन सिकाउने विश्वस्तरको स्कुल स्थापना गर्न तिर लागेको छु । सायद अबको एक हप्तापछि यो स्कुल पनी संचालनमा आउने छ । नेपालमै विश्व स्तरको टेण्डमपाईलटहरुको उत्पादन गर्ने उदेश्यका साथ देशि विदेशि प्रक्षिकहरुको सहभागीतामा प्रशिक्षण दिइने छ । यो नेपालकै पहिलो एकमात्र प्याराग्लाइडिङ स्कुल हुनेछ ।

एकदिनमा पोखरामा एउटा कम्पनीले कतिजना लाई उडाउने गर्छन ? दैनिक एउटा कम्पनीले मोटामोटि १८ जनालाई प्याराग्लाईडिङ गराउने गरेका छन् ।

अहिलेको पर्यटनको अवश्था कस्तो रहेको पाउनु भएको छ? अहिलेको अवस्था भन्नु पर्दा सुधार उन्मुख नै रहेको मान्नु पर्छ । नेपालमा गएको विनासकारी भूकम्पले खासै असर नपारेपनी देशबाहिर नराम्रो म्यासेज गयो ।जसले गर्दा नेपाल आउने पर्यटकहरुमा ब्यापक कमी आएको थियो । यस क्षेत्रमा लागेका विभिन्न संघ सस्थाको पहलमा र नेपाललाई औधि मन पराउने विदेशिको पहलमा यो क्षेत्र विस्तारै पुन केहिसमयको अन्तरालमा जुरर्मुराउदै थियो तर भारतले लगाएको अघोषित नाकाबन्दिका कारण फेरि ओझेलमा पर्न गयो। विशेष गरि पेट्रोलियम पदार्थको अभावले पर्यटन क्षेत्र फेरि ओझेलमा प¥यो । तर सुन्दै छु नाकाबन्दि पनि अब छिटै खुल्नेवाला छ र यो क्षेत्र पुन पहिलाको जस्तै हुन्छ ।

नेपालको पर्यटन क्षेत्रलाई पहिलेकै अवश्थामा फर्काउन के गर्नु पर्ला ?

सबैभन्दा पहिलो कुरा त नेपालका विभिन्न पर्यटकिय क्षेत्रहरु हिमाल आरोहण प्यारा ग्लाइडिडं,काईकिड,ं क्यानोनिड,ं पदयात्रा,ं र्याफटिडं, माउण्टेन वाईक , क्लाइविङ जतिपनी नेपालका एडभान्चर खेलहरु छन् तिनीहरु पहिलाकै अवश्थामा छन् । तिनलाई भूकम्पले केहि असर गरेको छैन भनेर देश विदशमा ब्यापक प्रचार प्रसार गनपर्छ जस्तो लाग्छ ।

पर्यटन व्यवसायी भएको नाताले तपाईहरु विश्वमै प्रख्यात हुनुहुन्छ तपाईहरुले चाँहि आफुनो तर्फबाट के गर्दै हुनुहुन्छ ?नेपालको पर्यटनलाई पहिलेकै अवश्थामा फर्काउन ? हो तपाईले भन्नु भएको कुरा सही होे । अर्कोकुरा के पनि हो भने अहिले सम्म नेपालमा जतीपनि पर्यटकहरु नेपाल आउछन् तिनिहरु नेपाल सरकारले गरेको प्रचार प्रसारले आएका हैनन् । तिनीहरु त नेपाल आएका बेला यहाँका एडभन्चरलाई मनपराएर स्वदेश फर्किए पछि आफ्ना साथीभाई माझ गरेको प्रचार प्रसारले आएका हुन । नेपालीहरुले पर्यटकलाई गर्ने व्यवहारले आएका हुन । अब हामी पर्यटन ब्यवसायीले के ग¥यौ भन्ने सन्र्दभमा भन्नुपर्दा पर्यटन क्षेत्रमा लागेका विभिन्न सघंसस्थाहरु छन् तिनिहरुले आफ्नै पहलमा विभिन्न कार्यक्रमहरु देश विदेशमा विभिन्न समयमा गरिरहेको अवश्था हो । आउने निकट भविष्यमा हामीले फेरि अन्तराष्ट्रिय स्तरको कार्यक्रमको आयोजना गर्न लागेका छौ । जसले नेपालको पर्यटनक्षेत्रलाई पहिलाकै अवश्थामा फर्काउन मद्यत गर्ने छ भन्नेमा विश्वस्त छौ । सरकारले पनि अन्तराष्ट्रीय स्तरको विभिन्न मिडीयाहरुलाई नेपाल बोलाएर नेपाल पहिला जस्तो थियो त्यस्तै छ भन्नका लागी तयारी गरिरहेको सुन्नमा आएको छ ।

paraglading सरकारले के गरिदिओस जस्तो लाग्छ? सरकारले विशेष गरि पुर्वाधार निमार्णमा ध्यान दिओस विभिन्न एडभन्चरर्स ठाँउहरुमा अलि सहुलीएत दिओस विभिन्न समयमा देश विदेशको संचारमाध्यमा विभिन्न क्षेत्रको पहिचान गरि प्रचार प्रसारको कार्यलाई अलि तिब्र बनाओस जस्तो लाग्छ ।

पोखरामा त अन्तराष्टिय स्तरको विमानस्थल निमार्ण भएपछि प्याराग्लाइडिड.बन्द हुने हल्ला छ नि ? त्यस्तो होईन हामीसंग प्रसस्त विकल्पहरुछन् नि त्यसमा डराईहाल्नुपर्ने अवश्था म देख्दीन । पोखराको सराङकोटमा धेरै वर्ष अगाडिनै प्याराग्लाइडिड. सुरुहुन लाग्दानै सम्झौता भएका थिए यदि विमान स्थल निमाण भएमा राष्ट्रिय अन्तराष्ट्रिय उडाउ प्रभावित हुनेछ र त्यसकालागी देशमा अन्य भागमा प्याराग्लाइडीड. सजिलै गर्नसकिने छ भन्ने त्यसैले डराउनु पर्ने अवश्था आउदैन । हामी संग थुप्रै विकल्पहरु देशमा अन्यभागमा रहेकाछन् त्यहाबाट सजिलै प्याराग्लाइडिङ गर्न सकिन्छ । यो विस्थापीत भने हुदैन् ।

]]>
7776 0 0 0
कक्षा ११ को नजिता प्रकाशित, ४९.२० प्रतिशत विद्यार्थी उत्तीर्ण http://localhost/ghum/7780-2/ Thu, 14 Jan 2016 14:13:26 +0000 http://www.ghumphir.com.np/?p=7780 काठमाडौँ, ३० पुस ।
उच्च माध्यामिक शिक्षा परिषद्ले बिहीवार कक्षा ११ को नजिता सार्वजनिक गरेको छ। गत असार पहिलो साता भएको कक्षा ११ को परीक्षामा सहभागी मध्ये ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उच्च माध्यमिक परिषदले जनाएको छ।
hseb परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ९ सय १६ परीक्षार्थी उत्तीर्ण भएका छन्। यसैगरी आंशिक तर्फ ४३ हजार ९ सय ८३ अर्थात ३४ दशमलव ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। कक्षा ११ को परीक्षामा आंशिकतर्फ १ लाख २६ हजार ९ सय ३० परीक्षार्थी सहभागी भएका थिए।
उच्च माध्यामिक शिक्षा परिषदका अनुसार कक्षा ११ को नियमित परीक्षामा सहभागी भएकामध्ये ४ परिक्षार्थीको परीक्षा स्थगित गरिएको छ भने ६१ जनाको परीक्षाफल रद्ध गरिएको छ। परीक्षाफल www.hseb.ntc.net.np र www.hseb.edu.np मा हेर्न सकिने परिषदले जनाएको छ।
उत्तीर्ण हुने विद्यार्थी २ प्रतिशतले बढे 
गत वर्षको तुलनामा यस वर्ष दुई प्रतिशत विद्यार्थी बढी उत्तीर्ण भएका छन्। गत वर्ष ४७ दशमलव २७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकोमा यसवर्ष बढेर ४९ दशमलब २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उच्चमाध्यामिक शिक्षा परिषदले जनाएको छ।
मौका परीक्षा माघ २९ मा हुने
कक्षा ११ को मौका परीक्षा माघ २९ गतेका लागि तोकिएको परिषदले जनाएको छ।  मौका परीक्षामा एक विषयमा अनुत्तीर्ण विद्यार्थी सहभागी हुन पाउने छन्।
]]>
7780 0 0 0
कुम्भ दर्शन मेला http://localhost/ghum/%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ad-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Thu, 14 Jan 2016 14:18:18 +0000 http://www.ghumphir.com.np/?p=7783 7783 0 0 0 माघे सङ्क्रान्ति http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%98%e0%a5%87-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf/ Thu, 14 Jan 2016 14:20:39 +0000 http://www.ghumphir.com.np/?p=7786 7786 0 0 0 तपाइँ कति सुन्दर हुनुहुन्छ,३० सेकेण्डमै चेक गर्नुस् http://localhost/ghum/%e0%a4%a4%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%81-%e0%a4%95%e0%a4%a4%e0%a4%bf-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%81%e0%a4%b9%e0%a5%81%e0%a4%a8/ Thu, 14 Jan 2016 14:29:43 +0000 http://www.ghumphir.com.np/?p=7789 के तपाइँले आफ्नो सुन्दरताको मापन आफै गर्नुभएको छ ? आफु कति सुन्दर छु भन्ने कुरा कहिल्यै जान्नुभएको छ ? आफ्नो सुन्दरतालाई कहिल्यै अंक दिनुभएको छ ? आफ्नो सुन्दरताको मापन आफै गर्ने भन्ने कुरा सजिलो होइन । तर अब यो अप्ठेरो कामको गाँठो फुकाउने गरी एउटा वेबसाइट आएको छ ।

Blinq

यो एउटा यस्तो वेबसाइट हो जसले पूरै इमान्दारीताका साथ बताइदिनेछ की तपाइँ कस्तो देखिनुभएको छ । बिएलआइएनक्यू को howhot.io नामको यो वेबसाइटले तपाइँ सामान्य खालको मानिस देखिनुहुन्छ की कुनै सुपर मोडेलजस्तो सुन्दर तथा सेक्सी भन्ने कुरा समेत बताइदिनेछ ।

हाउ हट डट आइओ नामक साइटमा लगइन गरेर तपाइँ आफ्नो तस्वीर अपलोड गर्न सक्नुहुन्छ । यसले अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर प्रविधिको सहयोगमा केही सेकेण्डमै तपाइँको ब्युटी र्यांकिंग तथा उमेरको नतिजा सार्वजनिक गरिदिनेछ ।

यसप्रकारले तपाइँको सुन्दरताको नतिजा तपाइँले आफ्नै अगाडि प्राप्त गर्नुहुन्छ । हलिउडकी नायिका एवरलाई यो साइटले सबैभन्दा सुन्दर घेाषित गरेको छ ।

]]>
7789 0 0 0
तस्बिरमा टुडीखेल मगरसमुदाको माघी संक्रान्ति http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%9f%e0%a5%81%e0%a4%a1%e0%a5%80%e0%a4%96%e0%a5%87%e0%a4%b2-%e0%a4%ae%e0%a4%97%e0%a4%b0%e0%a4%b8%e0%a4%ae%e0%a5%81%e0%a4%a6/ Fri, 15 Jan 2016 16:08:35 +0000 http://www.ghumphir.com.np/?p=7793 राजधानीको टुडीखेलमा मगर समुदायले भब्यरुपमा माघी सक्रान्ती मनाएका छन् । परपरागत भेषभुषामा सजीयर राजधानीका बिभिन्न स्थानबाट जम्मा भएका मगर समुदायले टुडीखेलमा जम्मा भएकर माघी संक्रान्ती मनाएका हुन । सक्रान्ती मनाउनका लागी नेपाल मगर संघले आयोजना गरेको कार्यक्रममा बिभिन्न साँस्कृतीक कार्यक्रम समेत गरेका थिय । तस्बिरमा राजधानीको टुडीखेलमा मगरसमुदायले मनाएको माघी संक्रान्ति

magar IMG_1019 IMG_1024 IMG_1105 IMG_1126 IMG_1176

BBTG5920 IMG_1145 IMG_1116 IMG_1010 BBTG5967photo:www.bharatbandhu.com.np

]]>
7793 0 0 0
थारु समुदायले खुलामञ्च मनाएको माघीका झलकहरु http://localhost/ghum/7809-2/ Fri, 15 Jan 2016 16:56:09 +0000 http://www.ghumphir.com.np/?p=7809 थारू समुदायले हर्षोल्लासपूर्वक माघी पर्व मनाएका छन्। थारू समुदायले शुक्रबार काठमाडौंको टुँडिखेल कार्यक्रम गरी माघी पर्व मनाएका हुन्। माघी थारूहरूको सबैभन्दा ठूलो पर्व हो। थारूहरू माघीमा ढिक्री, बगीया, मुरहीको लड्डु, खिचडी, तिलको लड्डु, तरूल, माछा, घोंघी, परेवाको मासुलगायतका परिकार खाने गर्छन्। सामाजिक सद्भाव कायम गर्नु माघीको अर्को सकारात्मक पक्ष हो। थारु समुदायले वर्षभरमा भएका झै–झगडा र रिसलाई बिर्सेर एक अर्काको घरमा गएर नाचगान गरी माघी मनाउने चलन छ। सरकारले २०६४ सालमा माघीलाई राष्ट्रिय पर्व घोषणा गरेपछि यो पर्वको महत्व झनै बढेको छ। राजधानीको खुलामञ्च थारु समुदायले मनाएको माघीका झलकहरु

maghi tharu culture (3)maghi tharu culture (1) maghi tharu culture (2) maghi tharu culture (4) maghi tharu culture (5) maghi tharu culture (6) maghi tharu culture (7) maghi tharu culture (8) maghi tharu culture (9) maghi tharu culture (10) maghi tharu culture (11) maghi tharu culture (12)

]]>
7809 0 0 0
विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन व्यवसाय खस्किँदै http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%86%e0%a4%89%e0%a4%81/ Mon, 18 Jan 2016 03:10:27 +0000 http://www.ghumphir.com.np/?p=7825

कञ्चनपुर, ४ माघ ।

दुई दशकअघिदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा यस क्षेत्रको पर्यटन व्यवसाय खस्किँदो अवस्थामा पुगेको छ । विमानस्थल सञ्चालन नहुँदा यहाँका महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन् । हवाई सेवा प्रभावित भएकै कारण यहाँ विदेशी पर्यटकको सङ्ख्या शून्य जस्तै रहेकोे छ । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरिएको विमानस्थलका भौतिक संरचना जीर्ण भएका छन् । हवाई मैदान स्थानीय बासिन्दाको गाईगोरु चराउने क्षेत्र बनेको छ । हवाई मैदानमा रहेको ‘रन वे’ गाडी सिकारुहरुका लागि प्रशिक्षण केन्द्र बनेको छ । पर्यटन व्यवसाय प्रवद्र्धन गर्नका लागि हवाई यातायात महत्वपूर्ण भएकाले विमानस्थल सञ्चालन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा सुनवाइ नै नभएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गणेशदत्त जोशीले बताउनुभयो । उहाँले हवाई यातायात नभएकै कारण यहाँका व्यवसायीहरुले पर्यटन व्यवसायमा लगानी गर्न नसकेको बताउनुभयो । “यहाँका शुक्लाफाँटा वन्यजन्तु आरक्ष, शिद्धबाबा, झिमिला ताल, बेदकोट ताल, विष्णु मन्दिरलगायतका पर्यटकीय क्षेत्र हवाई यातायातका कारण ओझेलमा परेका छन्” – उहाँले भन्नुभयो । हवाई यातायातको व्यवस्था नहुँदा यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या नगन्य मात्रामा रहने गरेको नेपाल पर्यटन बोर्ड कार्यालय गड्डाचौकीका कर्मचारी स्थानेश्वर लेखकले बताउनुभयो । गत वर्ष सुदूरपश्चिम घुम्ने पर्यटकको सङ्ख्या दुईजना रहेकामा यस वर्षको हालसम्म यहाँ घुम्ने विदेशी पर्यटको सङ्ख्या शून्य रहेको उहाँले बताउनुभयो । “पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाई यातायात महत्वपूर्ण रहेकाले बन्द विमानस्थल सञ्चालन गर्न सम्बन्धित निकायले चासो राख्नुपर्ने हुन्छ” – उहाँले भन्नुभयो । विसं २०२५ मा निर्माण गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण विसं २०५५ देखि बन्द अवस्थामा रहेको छ । यसैगरी, सुदूरपश्चिमका आधादर्जन बढी विमानस्थलमध्ये बाजुराको कोल्टी र कैलालीको गेटा विमानस्थल मात्रै सञ्चालनमा रहेका छन् ।

]]>
7825 0 0 0
आहा–रारा गोल्ड कप फुटबल तयारी पूरा http://localhost/ghum/%e0%a4%86%e0%a4%b9%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%a1-%e0%a4%95%e0%a4%aa-%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%ac%e0%a4%b2-%e0%a4%a4/ Mon, 18 Jan 2016 03:13:22 +0000 http://www.ghumphir.com.np/?p=7828

पोखरा, ४ माघ ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मूख्य प्रायोजनमा यही माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन गरिने १४औँ आहा–रारा गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौैँ’ भन्ने मूलनाराका साथ आयोजना गरिन लागिएको सो प्रतियोगितामा तीन विदेशीसहित १२ टोलीको सहभागिता रहने क्लबद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताको विजेता टोलीलाई रु पांच लाख एक हजार एक रुपैयाँ र उपविजेता टोलीलाई रु दुई लाख ५१ हजार एक रुपैयाँ दिइने क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताउनुभयो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर, सर्वाधिक गोलकर्तालाई रु २५ हजार, प्रतियोगिता अवधिमा टिकट काटी अवलोकन गर्ने दर्शकमध्ये एकजनालाई गोला प्रथाबाट एक तोला सुनको सिक्का र एलजी टिभीसमेत दिइनेछ । प्रतियोगिताबाट बचत हुने रकम क्लबद्वारा सञ्चालित १६ जिल्लाका गरिब, असहाय र कठिन अवस्थाका २६ जना बालकको भरणपोषण तथा शिक्षादीक्षामा खर्च गरिनेछ । प्रतियोगितामा रु ९९ लाख ९२ हजार आम्दानी हुने र रु ७९ लाख ६२ हजार ३०० खर्च हुने अनुमान गरिएको छ । क्लबका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसी, प्रतियोगिता मूल आयोजना समितिका सदस्यसचिव केशवराज बराल, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल लगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

]]>
7828 0 0 0
तिलौराकोटमा दरवार संरचनाको भग्नावशेष पाइयो http://localhost/ghum/%e0%a4%a4%e0%a4%bf%e0%a4%b2%e0%a5%8c%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%b0%e0%a4%b5%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%9a%e0%a4%a8%e0%a4%be/ Mon, 18 Jan 2016 03:15:05 +0000 http://www.ghumphir.com.np/?p=7830

काठमाडौँ, ४ माघ ।

भगवान बुद्धको जन्म हुँदा राजा शुद्धोधनको दरबार रहेको तिलौराकोटको उत्खननबाट दरवारको भग्नावशेषका संरचना प्राप्त भएको पुरातत्व विभागले जनाएको छ । ‘जापानिज फण्ड इन ट्रष्ट’ संस्थाको आर्थिक र प्राविधिक सहयोगमा एक हप्ता अगाडिदेखि शुद्धोधनको राज्य कपिलवस्तुको राजधानी रहेको तिलौराकोटको उत्खनन कार्य भइरहेको छ । उत्खननका क्रममा पाइएका संरचनाले राजा शुद्धोधनको झन्डै दुई हजार ६०० वर्ष प्राचीन दरबारको भग्नावशेषका रुपमा रहेको ठूलो गाह्रो र जगको भाग भेटिएकाले थप प्रमाणका लागि उत्खनन भइरहेको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो । “यसअघि गरिएको भूभौतिक सर्वेक्षणबाट नै दरबारको संरचना देखिएको थियो, एक हप्ताअघिदेखि सुरु भएको उत्खननबाट त्यसलाई थप पुष्टि गरेको छ, बुद्धको जन्मस्थल भारत हो भनेर दाबी भइरहेको सन्दर्भमा ठोस आधारका लागि थप उत्खनन भएको हो”– उहाँले भन्नुभयो । उत्खननमा विभागको पुरातत्व शाखा, त्रिभुवन विश्वविद्यालय पुरातत्व विषयका प्राध्यापक एवम् विद्यार्थी, लुम्बिनी विकास कोषका कर्मचारी, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का प्रतिनिधि, बेलायतको डुरहाम विश्वविद्यालयका प्राध्यापक रोविन कोनिङ्घम नेतृत्वको समूह र नेपालका पुरातत्वविद् कोषप्रसाद आचार्यलगायत सहभागी रहनुभएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो । “उत्खनन कार्य फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । पाइएका प्रमाणका आधारमा विश्लेषण गरेर तथ्य सार्वजनिक गरिनेछ”– उहाँले भन्नुभयो ।

]]>
7830 0 0 0
‘तातोपानी–जाग्मु’ र ‘रसुवागढी–केरुङ’लाई ‘हरित आर्थिक करिडोर’ का रुपमा विकास गरिने http://localhost/ghum/7832-2/ Mon, 18 Jan 2016 03:18:41 +0000 http://www.ghumphir.com.np/?p=7832

भीष्मराज ओझा काठमाडौँ, ४ माघ ।

नेपाल र चीनको सीमाबीच रहेका मुख्य दुई नाका ‘तातोपानी–जाग्मु’ र ‘रसुवागढी–केरुङ’लाई ‘हरित आर्थिक करिडोर’ का रुपमा विकास गरिने भएको छ । नेपाल सरकारले उच्च प्रथमिकता दिएका यी दुवै नाकालाई ‘हरित आर्थिक करिडोर’का रुपमा विकास गर्न दुवै मुलुकले पहल गर्ने सहमति भएको वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले जानकारी गराउनुभयो ।

chaina nepal flagचीनका वन प्रशासन मन्त्रीको निमन्त्रणामा चीन भ्रमणमा जानुभएका वनमन्त्री सापकोटाले नेपालमा चीनको सहयोग बढेको सन्दर्भमा आर्थिक क्रियाकलाप बढ्दै जाँदा वातावरणमा पर्नसक्ने नकारात्मक परिणामप्रति सचेत रहन ‘हरित आर्थिक करिडोर’ को अवधारणा अघि बढाइएको जानकारी गराउनुभयो । उहाँँले गत पुस २६ गतेदेखि यही माघ २ गतेसम्म चीनको भ्रमण गर्नुभएको थियो । त्यसका लागि तत्काल कार्य थाल्न नेपालका तर्फबाट वन मन्त्रालयका सहसचिव विश्वनाथ ओली र चीनका तर्फबाट वन मन्त्रालयका उपमहानिर्देशक संयोजक रहेको प्राविधिक कार्यदल गठन भइसकेको मन्त्रालयले जनाएको छ । चीनसँगका नेपालका नाकामा वातावरणमैत्री आर्थिक विकासका कार्यक्रम लागू गर्न सचेत भई यो अवधारणा अघि बढाइएको सहचिव ओलीले जानकारी दिनुभयो । “सुरुमा उनीहरुमा केही द्विविधा थियो, ‘हरित आर्थिक करिडोर’ बृहत् भयो यसलाई केही साँघुरो पारेर लैजाऔँ भन्ने विषयमा कुरा राखेपछि हामीले आर्थिक क्रियाकलापले वातावरणमा पार्ने नकारात्मक प्रभावप्रति सचेत रहँदै हरित कसरी बढाउन सकिन्छ भन्नेबारेमा प्राविधिक समूह बनाई कार्य अघि बढाउने भनेका छाँै”– उहाँले भन्नुभयो । नेपाल र चीनबीच सन् २०१० जुनमा वन तथा जैविक विविधता संरक्षण सम्बन्धमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएपश्चात दुई देशका अधिकारीबीच नियमित छलफल हँुदै आएको । यसैका आधारमा दुवै देशका अधिकारी सम्मिलित संयुक्त कार्यदल समूह गठन भई नियमित बैठकसमेत हुँदै आएको सहसचिव ओलीले बताउनुभयो । मन्त्री सापकोटाको भ्रमणका क्रममा सीमा क्षेत्रमा पाइने वन्यजन्तुको संरक्षण तथा वन पैदावार तथा वन्यजन्तुको अवैध व्यापार नियन्त्रणमा दुवै देशले पहल गर्ने सहमति भएको जनाइएको छ ।

चीन भ्रमण फलदायी वनमन्त्री सापकोटाले आफ्नो छदिने चीन भ्रमण निकै फलदायी भएको बताउनुभएको छ । भ्रमणका क्रममा चीनले नेपाल सरकारले निर्णय गरेको काठमाडौँ उपत्यकाभित्र एक प्राणी उद्यान स्थापना कार्यका लागि आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको उहाँले जानकारी गराउनुभयो । “वन्यजन्तुको अनुसन्धान कार्यलाई सहयोग पु¥याउन नेपालमा स्थापना गरिने विधि विज्ञान प्रयोगशालाको लागि आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा उच्चस्तरीय छलफल भयो”– उहाँले भन्नुभयो । मन्त्री सापकोटाले छिट्टै चीनका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन सङ्केत पाएको बताउनुभयो । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख उपमन्त्री छन फो स्यानसँग द्विपक्षीय वार्ता भएको अवगत गराउँदै मन्त्री सापकोटाले भन्नुभयो– “आगामी दिनमा चीनले सहयोग बढाउने, उच्चस्तरको भ्रमणको आयोजना गर्ने र सहयोगात्मक परियोजना अघि बढाउने सम्बन्धमा सकारात्मक छलफल भयो ।” भ्रमणमा ‘वनको दिगो व्यवस्थापन र पुनःस्थापनाका लागि एसिया प्रशान्त वन सञ्जाल’ का अध्यक्षसमेत रहनुभएका चीनका पूर्ववन मन्त्री झाओ सुकोङसँग द्विपक्षीय छलफल भएको जानकारी दिँदै उहाँले सो सञ्जालबाट आगामी दिनमा सहयोगात्मक परियोजना अघि बढाउने र क्षमता विकास तालिम, अध्ययनमा सघाउने प्रतिबद्धता व्यक्त भएको बताउनुभयो । चीनले नेपालको सामुदायिक वनको क्षेत्रमा गरेको सफलता र विश्वमा समेत उदाहरणीय भएको सन्दर्भमा नेपालको एक सामुदायिक वन अन्तर्राष्ट्रिय केन्द्र स्थापना गर्ने कार्यमा आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने बारेमा समेत सकारात्मक छलफल भएको थियो ।
]]>
7832 0 0 0
चीनलाई दुई जोडी गैँडा दिने http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%9c%e0%a5%8b%e0%a4%a1%e0%a5%80-%e0%a4%97%e0%a5%88%e0%a4%81%e0%a4%a1%e0%a4%be-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8/ Mon, 18 Jan 2016 03:24:09 +0000 http://www.ghumphir.com.np/?p=7834 माघ ४ , काठमाडौं ।

वन मन्त्री सापकोटाको चीन भ्रमणका क्रममा चीन सरकारले विस्तृत अध्ययनका लागि भन्दै नेपालसँग दुई जोडी गैँडा मागेको छ । नेपालले पनि सधँै चीनसँग मागिरहेको भन्दै नेपालका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्री सापकोटाले जानकारी दिनुभयो ।

चीन सरकारको प्रस्तावमा आफूले सकारात्मक जवाफ दिएको उल्लेख गर्दै मन्त्री सापकोटाले चीनको कूटनीतिक पहलबाट सोबारेमा पत्र प्राप्त भएपछि कानुनी प्रावधान हेरेर नेपाल सरकारले निर्णय गर्ने बताउनुभयो । भ्रमणमा क्रममा बाँस र बेतका लागि अन्तर्राष्ट्रिय सञ्जालका सहअध्यक्ष तथा बाँस र बेतका लागि अन्तर्राष्ट्रिय केन्द्रका अध्यक्ष चियाङ जिहुइ (मन्त्रीस्तर) सँग बेत र बाँसको क्षेत्रमा चीन सरकार तथा त्यस संस्थाबाट हुनसक्ने सहयोगका बारेमा छलफल भएको थियो । बाँस र बेतका लागि अन्तर्राष्ट्रिय सञ्जालले सन् २०१७ सेप्टेम्बरमा चीनमा आयोजना गर्ने सम्मेलनमा नेपालबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको अनुरोध गरेको छ ।

]]>
7834 0 0 0
सिमसार क्षेत्रमा चरा गणना सुरु http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%ae%e0%a4%b8%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%80-%e0%a4%97/ Mon, 18 Jan 2016 03:28:31 +0000 http://www.ghumphir.com.np/?p=7838

कावासोती, ४ माघ ।

सिमसार क्षेत्रमा पाइने चराको गणना सुरु भएको छ । नवलपरासीको नारायणी नदी किनार आसपासमा रहेका सिमसार क्षेत्रमा पाइने चरा गणनाका लागि दुई समूह खटिएको नेपाल पक्षी संरक्षण सङ्घका केन्द्रीय सदस्य धनबहादुर चौधरीले जानकारी दिनुभयो । प्रत्येक वर्ष यही समयमा यहाँ चरा गणना गरिँदै आइएको छ । थारु भिलेज रिसोर्टको व्यवस्थापनमा बर्सेनि चरा गणना हुने गरेको हो ।

birdचितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान, नेपाल पक्षी संरक्षण सङ्घ, बर्ड एजुकेसन सोसाइटी(सौराहा), हिमालयन नेचर ( काठमाडौँ), डब्लुडब्लुएफ ताल परियोजना, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहमति र सहयोगमा संरक्षणकर्मी संस्थाको सक्रियतामा चितवन राष्ट्रिय निकुञ्ज वरपर बासस्थान बनाएका पक्षीको गणना सुरु भएको हो । नारायणी, राप्ती नदी, देवी ताल, कमल ताल, लामे ताललगायत क्षेत्रमा पक्षी गणना सुरु गरिएको चौधरीले बताउनुभयो । प्रकृतिविद् भागिरथ चौधरीको नेतृत्वमा १३ जना संरक्षणकर्मीको सहभागितामा अमलटारीदेखि त्रिवेणीसम्म र नेपाल पक्षी संरक्षण सङ्घका केन्द्रीय सदस्य धनबहादुर चौधरीको नेतृत्वमा १५ जनाको समूहले सिक्रौलीदेखि अमलटारीसम्म नारायणी नदीको उत्तरी भङ्गालोमा पक्षी गणना गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा पाइने १११ प्रजातिमध्ये गत वर्ष ४७ प्रजातिका चरा मात्र भेटिएपछि संरक्षणकर्मीले पक्षीको खोजी र अनुसन्धानलाई तीव्रता दिएका छन् । भूडीफोर, केरेङकुरुङ, चखेवाको सङ्ख्या बर्सेनि घटेको छ । आगन्तुक चरासमेत आउन छाडेकाले वातावरणीय सन्तुलनका लागिसमेत योजना बनाउन पक्षी गणनाले सघाउ पु¥याउने गरेको छ । विश्वमा पाइने १० प्रतिशत पक्षी नेपालमा पाइने गरेका छन् । जसमध्ये ३३ प्रजातिका पक्षी दुर्लभ मानिन्छ । विश्वमा दुर्लभ मानिएका २६ प्रजातिका पंक्षी चितवन राष्ट्रिय निकुञ्जमा पाइने गरेको छ । जसमा ११ प्रजाति सिमसारमा आश्रित रहेको केन्द्रीय सदस्य चौधरीले बताउनुभयो । चोरी निकासी र वासस्थानको अभावमा यी दुर्लभ पक्षी हराउन लागेको भन्दै सन् १९८७ मा दक्षिणपूर्वी एसियामा पक्षीको गणना सुरु भएको थियो ।

]]>
7838 0 0 0
सुन्तला भण्डार गृह निर्माण http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b2%e0%a4%be-%e0%a4%ad%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a5%83%e0%a4%b9-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae/ Mon, 18 Jan 2016 03:35:13 +0000 http://www.ghumphir.com.np/?p=7842

म्याग्दी, ४ माघ ।

जिल्लाको घार गाविस– ८ मा आधुनिक सुन्तला भण्डार गृह (सेलार स्टोर) निर्माण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयअन्तर्गत सञ्चालित एकीकृत बाली तथा जल व्यवस्थापन कार्यक्रमको रु पाँच लाख अनुदान तथा कृषकको रु एक लाख ४२ हजार बराबरको श्रमदानमा भण्डार गृह निर्माण भएको हो । भण्डार गृह निर्माणपछि अहिले कृषकले उत्पादन गरेको सुन्तला भण्डारण गरिएको स्थानीय ठाकुरप्रसाद बरुवालले बताउनुभयो । ‘‘अहिले नै बिक्री गर्दा सुन्तलाको मूल्य नपाइने भएकाले भण्डारण गरेका हौँ, झण्डै एकहजार ५०० किलो सुन्तला भण्डार गृहमा राखेका छौँ” उहाँले भन्नुभयो । यस अघि मङ्सिर पुसमै न्यून मूल्यमा सुन्तला बिक्री गर्नुपर्ने बाध्यता थियो । अहिले विरौटा बहुउद्देश्यीय कृषक समूहको पहलमा भण्डार गृह निर्माण भएपछि कृषकलाई राहत पुगेको छ । भूमिगत रुपमा बनाइएको सो पक्की सेलार स्टोरमा ¥याक राखेर सुन्तलालाई सुरक्षित रुपमा राख्ने व्यवस्था मिलाइएको छ ।

]]>
7842 0 0 0
बोधिचित्त माला चीन लैजाने तयारी http://localhost/ghum/%e0%a4%ac%e0%a5%8b%e0%a4%a7%e0%a4%bf%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4-%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be-%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%b2%e0%a5%88%e0%a4%9c%e0%a4%be%e0%a4%a8/ Mon, 18 Jan 2016 03:37:33 +0000 http://www.ghumphir.com.np/?p=7844

युवराज पाण्डे  बनेपा, ४ माघ ।

बोधिचित्त मालाको फल करोडौँं मूल्यमा खरिद गरेर नाफा कमाउने आशामा बसेका काभ्रेपलाञ्चोक बोल्देफेदिचे– २ का चन्द्रध्वज लामा अहिले तनावमा हुनुहुन्छ । उहाँ आफूले किनेको बोधिचित्तको माला पैठारी हुन नसकेपछि आफ्ना छोरामार्फत चीन लगेर बेच्ने तयारीमा हुनुहुन्छ ।

buddha-chitta-mala1-310x156“चिनियाँ लामा नेपाल आउँछन् तर बोधिचित्तको मालाको मूल्य असाध्यै कम दिन थालेका छन्” जिल्लाको तिमाल क्षेत्रका पुराना व्यवसायी लामाले भन्नुभयो । चीनमा लाग्ने महोत्सवमा स्टल बुकिङ्को तयारी भएको उल्लेख गर्दै उद्योग वाणिज्य सङ्घ, धुलिखेलबाट चीनमा व्यापार गर्न जानका लागि आवश्यक प्रक्रिया थालेको उहाँले बताउनुभयो । उहाँले बोल्देफेदिचे– २ मौरेभञ्जाङ्मा रहेका ३२ बटा बोधिचित्त रुखबाट बनेका पाँच हजार ८५ थान माला रु एक करोड ४७ लाखमा विसं २०७२ असारमा खरिद गर्नुभएको थियो । तर त्यसबाट लगानी गरेको रकम भने उठेन । “रु ९५ लाख मात्रै आर्थिक कारोबार भयो” उहाँले भन्नुभयो । लगानी गरेको रकम उठ्न नसक्दा लामा तनावमा रहेको बताउनुहुन्छ । बोधिचित्त मालाको कारोबारका कारण थप समस्या सिर्जना हुनलागेको उहाँको भनाइ छ । स्थानीय धनबहादुर तामाङको जमिनमा रहेको बोधिचित्तको रुख एक वर्षका लागि लामाले खरिद गर्नुभएको हो । एउटा रुखमा कम्तीमा दुई किलोदेखि तीस किलोसम्म बोधिचित्तको फल उत्पादन हुने गरेको छ । बुद्ध धर्माबलम्बीले प्रयोग गर्ने बोधिचित्त मालाको पहिचान जिल्लाको तिमाल क्षेत्रको लामाहरुले धेरै बर्ष पहिले गरेका थिए । यसको फलअनुसार मूल्य कायम भएको जानकारी दिँदै लामाले ८ एमएमकोलाई रु एक लाख ५० हजारदेखि रु तीन लाखसम्म र त्यो भन्दा सानो भए त्यसको दर घटने बताउनुभयो । बोधिचित्त मालाको फलको जति धेरै मुख हुन्छ त्यति नै धेरै मूल्य पर्छ । फूल र पातसँगै आउने बोधिचित्तमा जेठ महिनाको पहिलो साताबाट फल लाग्न थाल्छ । साउन १५ पछि यसको फल टिपेर प्रशोधन गरी माला तयार गरिन्छ । जिल्लाको तिमाल क्षेत्रको संस्र्युखर्क, मेच्छेपौवा, कानपूर, खार्पाचोक, चापाखोरी, सरमथली, मेथिनकोट, ठूलोपर्सेल, नारायणस्थानलगायतका गाविसमा सबैभन्दा बढी बोधिचित्त खेती हुनेगरेको छ । जिल्ला वन अधिकृत प्र्रेम खनालले प्रवद्र्धनका लागि रु सात लाख बराबरको बोधिचित्तको बिरुवा वितरण गरेको बताउनुभयो । जिल्लामा चार लाख ८० हजार किलो बोधिचित्तको फल उत्पादन हुने बताइएको छ ।

]]>
7844 0 0 0
सेल्फीको चक्करमा कुन देशमा कति मरे, भारत नम्बर एकमा http://localhost/ghum/7847-2/ Mon, 18 Jan 2016 03:45:37 +0000 http://www.ghumphir.com.np/?p=7847 सेल्फी अर्थात् आफ्नो तस्वीर आफै खिच्नु । मुख चुच्चो पारेर स्मार्टफोनले आफ्नो तस्वीर आफै खिच्ने र त्यसलाई सोसल मिडियामा अपलोड गरिहाल्ने संस्कृति पछिल्लो समयका युवायुवतीहरुमा फेसन नै बनिरहेको छ । तर यो सेल्फी संस्कृतिको लोकप्रियतासँगै यसले खतराको घण्टी समेत बजाइरहेको पाइएको छ । पछिल्लो समयमा सेल्फी खिच्ने चक्करमा ज्यान गुमाउनेहरुको संख्या बढिरहेको छ ।

selfie-snapper

जोखिमपूर्ण ठाउँमा सेल्फी खिच्ने धुनमा दुर्घटनामा परेर मृत्यु हुनेहरुको आँकडाले सेल्फी कसरी काल बनिरहेको छ भन्ने देखाउँछ । वासिंटन पोष्टमा प्रकाशित रिपोर्ट अनुसार गत वर्ष सन् २०१५ मा विश्वभरमा कम्तिमा २७ जना मानिसले सेल्फी खिच्ने क्रममा भएको दुर्घटनामा ज्यान गुमाए । ती २७ जनामध्ये आधाजसो त भारतकै रहेको तथ्यांकले देखाएको छ ।

वासिंटन पोष्ट लेख्छः भारतमा सेल्फीप्रेमी प्रधानमन्त्री नरेन्द्र मोदी छन् तर भारतीयहरु सामान्यतया सेल्फी सुरक्षाको दृष्टिमा निकै खराब देखिन्छन् ।

सन् २०१५ मा सेल्फी लिने क्रममा मृत्यु हुने भारतीयहरु कोही गुडिरहेको रेलको अगाडि रेलको ट्याकमा उभिएर सेल्फी लिने क्रममा किचिएका छन् त कोही पिकनिकका क्रममा डुंगामा उभिएर सेल्फी लिँदा पानीमा खसेर डुबेका छन् । कोही नदिको किनारामा सेल्फी लिँदा नदिमा खसेका छन् त कोही भिरबाट चिप्लिएर लडेका छन् । गत सेप्टेम्बरमा एक जापानी पर्यटक ताजमहलमा सेल्फी लिने क्रममा सिँढीमा चिप्लिएर तल खसे र गम्भीर घाइते बने पछि उनको मृत्यु भयो ।

हालै तिनजना युवतीहरु सेल्फी लिने क्रममा अरब सागरमा खसेर मृत्यु भएको घटनापछि मुम्बइ पुलिसले सहरका विभिन्न एक दर्जन स्थानलाई सेल्फी निषेधित क्षेत्र घोषणा गरेको छ । गत वर्ष भारतमा कुम्भमेलाका दौरान कुम्भ मेला हुने स्थानलाई सेल्फी निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

विकिपेडियाका अनुसार सन् २०१५ मा सेल्फीबाट भएका मृत्यु यस्ता छन्ः

जनवरी  · दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित नर्थक्लिप पहाडमा एक युवतीको मृत्यु · युराल पर्वतमा सेल्फी खिच्ने क्रममा २ युवाको मृत्यु · आइरहेको रेलको अगाडि रेलको लिकमा सेल्फी खिच्ने क्रममा ३ जना भारतीय युवाको मृत्यु

मार्च  भारतको कुहीस्थित मनग्रुल तालमा डुंगामा सेल्फी खिच्ने क्रममा ७ जना भारतीय युवायुवतीको डुबेर मृत्यु

मे · रोमानियामा रेलमाथि चढेर सेल्फीखिच्ने क्रममा विजुलीको तालमा छुँदा करेन्ट लागेर एक युवतीको मृत्यु · रुसको रायाजन क्षेत्रमा रेलवे पुलमा सेल्फी लिनेे क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु · इण्डोनेसियाको योग्यकार्तामा सेल्फी लिने क्रममा ज्लामुखीको खोँचमा खसेर एक युवकको मृत्यु · इण्डोनेसियाको बालीमा सेल्फीलिने क्रममा समुद्रमा खसेर एक सिँगापुरे पर्यटकको मृत्यु

जुलाई  रुसको मस्को सहर नजिकै पुलबाट सेल्फी लिने क्रममा खसेर एक युवतीको मृत्यु

अगष्ट  स्पेनमा साँढे दौडाउने मेलाका क्रममा साँढसँग सेल्फी लिन खोज्दा एक युवकको मृत्यु

सेप्टम्बर · अमेरिकाको हस्टनमा कन्चटमा पेस्तोल ताकेर एक इन्स्टाग्राम सेल्फी लिने क्रममा भुलबस आफैलाई गोली हान्दा एक युवकको मृत्यु · भारतको ताज महलमा सेल्फी लिने क्रममा खसेर घाइते भएका एक जापानी पर्यटकको मृत्यु · नौ तले भवनमा झुण्डिएर सेल्फी लिने क्रममा खसेर एक रुसी किशोरको मृत्यु · भारतको तमिल नाडुमा पहाडमा ढुंगामाथि उभिएर सेल्फीलिने क्रममा ढुंगा पल्टिँदा एक युवकको मृत्यु्

अक्टोबर स्पेनको बार्सिलोनामा रेलको छतमा बसेर सेल्फी लिने क्रममा करेन्ट लाग्दा एक किशोरको मृत्यु

नोभेम्बर भारतको गुजराँतस्थित नर्मदा नहरको किनारामा सेल्फी लिने क्रममा चिप्लिएर नहरमा खस्दा दुइजना भारतीय विद्यार्थीको मृत्यु

डिसेम्बर पाकिस्तानको रावलपिण्डीमा गुडिरहेको रेलको अगाडि रेलवे ट्रयाकमा उभिएर सेल्फी लिने क्रममा रेलको ठक्करबाट एक युवकको मृत्यु

]]>
7847 0 0 0
पर्यटनका सस्थालाई चुनाव लड्ने पैसा कहाँ बाट आउछ http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5/ Mon, 18 Jan 2016 03:54:35 +0000 http://www.ghumphir.com.np/?p=7850 khilak budhathokiखिलक बुढाथोकी साहसी तथा पदयात्राका लागी नेपालको पर्यटन विशवमाझ परिचित रहेको छ । गत बैशाख १२ गते गएको महाभूकम्पले पर्यटन क्षेत्रमा खासै क्षती भएको छैन । विश्वमाझ प्रख्यात रहेको पर्यटकीय क्षेत्र अन्नपुर्ण, सगरमाथा, चितवन राष्टिय निकुन्ज, पोखरा भ्याली लगाएत क्षेत्र पुर्ण रुपमा सुरक्षीत रहेको छ पर्यटकीय हिसावले । त्यस्तै पर्यटकीय स्थल ठमेलको रौनक हेरयो भने यस्तै देखिन्छ । तर पर्यटकको आगनमले नभएर बेलाबेला भैरहने पर्यटन संस्थाको चुनाबले भने विदेशी पर्यटकविना पनि ठमेल ठमेल जस्तैछ ।

एनटिभी, टान, एनएमए, नाट्टा, सोट्ठो, हान, रेबन, नारा, टिगान, टुर्गान, टिटिडीसी एक दर्जन भन्दा बढी संघसंस्था पर्यटनमा छन । महिनै पिच्छे जस्तो चुनाव हुन्छ । यी संस्थाले अरु काम नगरेता पनि बेलाबेलामा ठमेलका होटललाई भने राम्रै सहयोग गरेका छन । फेरि उसैगरी पार्टीका भातृसंगठनहरु रहेका छन । अहिले नाट्टाको चुनाव भर्खर सकिएको छ । एक हप्ता अघि देखी रौनक छाएको ठमेले चुनाव सकिएको एक हप्ता सम्म पनी रौनक देखिने लक्षण रहेको छ । चुनाव जितेका खुसियालीमा भने हारेका टिम दुखमा देखिनेछन् । जम्मा ४ सय ५४ भोट छ । तीन समूह गरेर ५१ जना चुनावी मैदानमा उत्रियका थिए ।

चुनावमा लाखौं खर्च गर्दछ टिमले। हार्ने कुना पसेर रुन्छ । जित्ने चुनावको साँवा उठाउदै कार्यकाल वित्याउँछ । काम भनेको जितेर गएपछि फोन उठाउँदैनन् । मतदातालाई चिन्दैनन् । तैँले दिएको भोटले जितेको हुँ र तेरो काम गर्नालाई । मेरो व्यवसाय गर्नु पर्दैन ।कार्यक्रममा जानुपर्दैन । फुर्सद छैन । भोली आउनु । यसै भन्ने काम हुन्छ । अस्ति भर्खर एक जनाले एक महिनामा कायपलट गर्दछु भन्ने सुनेको थिएँ । अहिले उनी नै भन्छन । सबै ठाँउमा भ्याउनु पर्दछ । सबै एकै पटकमा त कहाँ हुन्छ र रु कार्यक्रममा बोलाउँछन जानै परयो । जे होस संस्थाको पगरी गुथेपछि मञ्च भने धेरैले पाईरहेका छन । राजनीतिक करिअर माथी उकास्दै छन । साँच्चिकै पर्यटनमा यी सबै संस्थाहरुको काम छ त रु के गरिरहेका छन रु चुनावमा लाखौं खर्च गरेर नेतृत्व लिएपछि कसरी असुल्छन रु यो सबै कुरा खोज्न अलिक समय लाग्ने नै रहेछ । ठमेलका सबै चोकमा नाट्टाको व्यानरले रंगीचंगी छ । अलि पहिला टानको व्यानरले रंगीचंगी थियो । त्यसपछि फेरि खै कुन्न कुन पार्टीको भातृसंगठनको समुद्घाट पूर्वप्रधानमन्त्री सुशिल कोइरालाबाट भन्ने व्यानर देखेँको थियो । व्यवसायीलाई सोध्यो भने भूकम्पपछि त भाडा तिर्न पनि सकेको छैन भन्ने आवाज सुनिन्छ ।

संघसंस्थाको नाइकेलाई सोध्यो भने अब नेपाल विदेशीले नै भरिन्छ कि जस्तो भान हुन्छ । तर, अस्ति टानको चुनावमा दुवै पक्षको गरेर एक करोड खर्च भयो भन्ने सुनियो । पर्यटक छैनन् हामीले पनि महशुस गरेका छौ । तर, चुनाव लड्न पैसा कसरी आउँछ महत्वपूर्ण कुरा हो । यती धेरै खर्च गरेर संस्था जान किन मरिहत्ते गर्दछन । अर्को महत्वपूर्ण कुरा हो । के अब पैसा नहुनेले संस्थाको नेतृत्व लिन नपाउने नै हो त रु झन महत्वपूर्ण कुरा हो । म सबैलाई मिलाएर लैजान्छु । चुनावमा बोल्नु भाषा हो । नाट्टको चुनावमा चार सय व्यवसायी तीनतिर बाडिँएका छन । अब हामी आफैं सोचौं । कसरी एकता होला । अनि संस्थामा बसेर कसरी काम गर्लान ।

]]>
7850 0 0 0
नाट्टामाआचार्य नेतृत्वको समूह विजयी http://localhost/ghum/7853-2/ Mon, 18 Jan 2016 04:14:09 +0000 http://www.ghumphir.com.np/?p=7853 भरतबन्धु थापा नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) मा मधुसुदन आचार्य नेतृत्वको समूह विजयी भएको छ ।नाट्टाको ५२ औं बार्षिक साधारणसभा तथा निर्वाचनमा आचार्यले प्रत्यक्षी मिहिका धाख्वालई २७ मतको अन्तरले पराजित गदै विजयी भएका हुन् । कुल मत ४ सय ५४ मतदाता रहेकोमा मधुसुदन आचार्यले १९१ मत प्राप्त गरेका थिए भने मिहिका धाख्वाले १६४ मत प्राप्त गरेकी थिईन । त्यस्तै आचार्य समुहका प्रथम उपाध्यक्ष सीयन पाण्डले १९० मत ल्याई विजयी भएका थिय भने उनका प्रत्यासी केदारनाथ दवाडीले १४९ मत ल्याएका थिए ।

 मधुसुदन आचार्य समूहः अध्यक्ष मधुसुदन आचार्य – १९१,प्रथम उपाध्यक्ष सीएन पाण्डे – १९०,द्वितीय उपाध्यक्ष डिके शर्मा – २१५,महासचिव भीमप्रसाद पन्त – १७९,सचिव सुधिर उपाध्याय – २१२,कोषाध्यक्ष चित्र गुरुङ – २२१,सहकोषाध्यक्ष सविता केसी भट्टराई – २१२ सदस्यहरुः युवराज सुवेदी – १९७,लक्ष्मण लम्साल – २१४,रामकुमार बाराकोटी – १७८,घनश्याम घिमिरे – १८९,विनय बस्नेत – २०८ हरिभक्त श्रेष्ठ – १८८,बरुण मेहता – १७९,सितलकुमारी शर्मा पौडेल – २३३

मिहिका धाख्वा समूहः अध्यक्ष मिहिका धाख्वा – १६४ ,प्रथम उपाध्यक्ष केदारनाथ दवाडी – १४९,द्वितीय उपाध्यक्ष सुनिल शर्मा – १४१,महासचिव ठाकुर ढुंगाना – १४४,सचिव कमला गुरुङ – १४७,कोषाध्यक्ष तिलक थापा मगर – ११३,सहकोषाध्यक्ष फुडोमा शेर्पा – १६३ सदस्यहरुः सुरेश अंगाई – १३८,अमृत ढकाल – १४८,विनोद कार्की – ११८,गोविन्द दाहाल – १४१,सुरेश केसी – ११७,सुरेन्द्र भट्टराई – १४९ यज्ञमुर्ति आचार्य – १०९,अनिककुमार थापा – १२५

शम्भूराज पाठक समूहः अध्यक्ष शम्भूराज पाठक – ५७,प्रथम उपाध्यक्ष नारायण गुरुङ कोने – ७२,द्वितीय उपाध्यक्ष कृष्णबहादुर मगर – ५२ ,महासचिव रमेश थापा – ८४,सचिव दिव्यप्रभा शाही – ४१,कोषाध्यक्ष रामबहादुर घले – ६५,सहकोषाध्यक्ष विजय रिजाल – ३० सदस्यहरुः राजु व्यञ्जनाकार – ६८,जयाहरि गोइत – ५१,सञ्जय बजिमाया – ७०,महेन्द्रराज पाण्डे – ४९,ईनु थापा – ११३,सागर अधिकारी – ५१,रमेशमान मलेखु – ६३,बाबुराम रसाइली – ७१

]]>
7853 0 0 0
भन्सार नाका बन्द हुँदा निर्यात घट्योः राष्ट्रबैँक http://localhost/ghum/%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b0-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%a8%e0%a4%bf/ Mon, 18 Jan 2016 15:23:41 +0000 http://www.ghumphir.com.np/?p=7858

काठमाडौँ, ४ माघ ।

नेपाल राष्ट्र बैंकले मुलुकको निर्यात व्यापार घट्दै गएको देखाएको छ । बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक अवस्था आज सार्वजनिक गर्दै कुल वस्तु निर्यात २९.१ प्रतिशतले ह्रास आई रु २६ अर्ब १७ करोडमा सीमित भएको जनाएको छ । भारतको अघोषित नाकाबन्दीपछि दक्षिणका भन्सार नाका बन्द भएका छन् भने गोरखा भूकम्पका कारण उत्तरतर्फको तातोपानी नाकासमेत अवरुद्ध भएका कारण निर्यात घटेको बैंकले उल्लेख गरेको हो । वस्तुगत आधारमा भारतर्फ जिङ्क, लत्ताकपडा, जुस, जिआइ पाइपलगायतका वस्तु र चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाकलगायतका वस्तु र अन्य मुलुकतर्फ दाल, चिया, हस्तकलाका सामानको निर्यात घटेको हो । अघिल्लो वर्ष सोही अवधिमा निर्यात १.२ प्रतिशतले कमी भई रु ३६ अर्ब ९१ करोड रहेको थियो । यस्तै, समीक्षा अवधिमा कुल वस्तु आयात ३२ प्रतिशतले घटेर रु दुई खर्ब १३ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा त्यस्तो आयात १६.३ प्रतिशतले वृद्धि भई रु तीन खर्ब १४ अर्ब ५२ करोड पुगेको थियो । तराई क्षेत्रमा जारी आन्दोलन र दक्षिणी सीमा नाकामा रहेको अवरोधका कारण आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएकाले पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात घट्न गई समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर ऋणात्मक रहन गएको बैंकले जनाएको छ । बैंकका अनुसार भारतबाट आयात ३९.२ प्रतिशतले, चीनबाट १४.१ प्रतिशतले र अन्य मुलुकबाट हुने आयात २२.६ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थको आयात अघिल्लो वर्षको पाँच महिनाको रु ४९ अर्ब ८८ करोडबाट ६६.२ प्रतिशतले घटी रु १८ अर्ब ३५ करोडमा सीमित भएको छ । मेसिनरी पार्टपूर्जा, स्टिल डण्डी, चाँदी, कच्चा सोयाविन तेल र खाद्य तेललगायत पुँजीगत सरसामान, औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुको आयात उल्लेख्य घटेको छ । विप्रेषण बढ्यो त्यसैगरी, बैंकका अनुसार पाँच महिनाको अवधिमा विप्रेषण आप्रवाह १९.४ प्रतिशतले बढेको छ । सो अवधिमा विप्रेषण आय रु तीन खर्ब १५ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको पाँच महिनामा यस्तो आय १.३ प्रतिशतले मात्रै बढेको थियो । तर अन्तिम श्रम स्वीकृतिका आधारमा हेर्दा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने २२.६ प्रतिशतले घटेको छ । विदेशी विनिमय सञ्चिती बढ्यो बैंकका अनुसार वैदेशिक मुद्रा सञ्चितिमा २०७२ असार मसान्तको रु आठ खर्ब २४ अर्ब छ करोडबाट १९.६ प्रतिशतले वृद्धि भई २०७२ मङ्सिर मसान्तमा रु नौ खर्ब ८५ अर्ब ५२ करोड रहेको छ । कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१.१ प्रतिशत रहेको छ । धान उत्पादन घट्ने बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार धानको उत्पादन १० प्रतिशतले घट्ने देखिएको छ । तर मकैको उत्पादन भने चार प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रासायनिक मलको आपूर्ति सहज हुन नसकेकाले हिउँदे बाली, खासगरी गहुँ उत्पादनसमेत प्रभावित हुने देखिएको छ । खाद्य तथा पेयपदार्थमा मूल्य वृद्धि भएको छ । दलहन तथा गेडागुडीको मूल्य ४८.९ प्रतिशत, घिउ तथा तेलको मूल्य ४२.३ प्रतिशतले बढेको छ । मसला, लत्ताकपडा एवम् जुत्ता, फलफूल तथा माछा मासुको मूल्यमा क्रमशः १५.३ प्रतिशत, १४.६ प्रतिशत, १४.३ प्रतिशत र १३.९ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी अर्थात् १३.२ प्रतिशतले मूल्य वृद्धि भएको छ । यस्तै, पहाडमा १२.४ प्रतिशत, हिमालमा १०.३ प्रतिशत र तराईमा १०.२ प्रतिशतले मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौँ उपत्यका र पहाड दुवैमा ६.९ प्रतिशत र तराईमा ७.२ प्रतिशत रहेको थियो ।

]]>
7858 0 0 0
मुङगाङमा तातोपानीको स्रोत फेला http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%99%e0%a4%97%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b/ Mon, 18 Jan 2016 15:25:47 +0000 http://www.ghumphir.com.np/?p=7860

धुन्चे (रसुवा), ४ माघ ।

उत्तरी रसुवाको चिलिमे र टेटाङ्चे गाउँबीचको मुङगाङमा तातोपानी निस्कने नयाँ ठाउँ फेला परेको छ । चिलिमे गाविसको वडा नं ३ मुङगाङमा तातोपानी निस्केपछि त्यसको संरक्षण गर्न र स्नान स्थलको रुपमा विकास गर्न गृहकार्य अगाडि बढाइएको साम्पालिङ युवा क्लबका अध्यक्ष सोनाम दोर्जे लामाले बताउनुभयो । थाम्बुचेतबाट करिब साढे दुई किलोमिटरको दूरीमा साङजेन जलविद्युत् आयोजनाले निर्माण गरेको सिम्बु तिलोचे जाने सडकमुनि तातोपानी दुई हप्ता अगाडि निस्केको र पानीको बहाव ८ इन्च (२०३.२) मिलिलिटर भएको अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको तातोपानीलाई ५०० मिटर तल छाङ्ग्रा खर्चमा पाइपबाट ल्याई सदुपयोग गर्ने योजना क्लबको छ । मुङगाङमा सानो आकारको तातोपानी आइरहने यस ठाउँबाट भूकम्प गएको आठ महिना पछाडि एक्कासि तातोपानीको मूल निस्किएको हो ।

]]>
7860 0 0 0
क्यामेरा राखेपछि रेडपाण्डाको चोरी तस्करी घट्यो http://localhost/ghum/%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b0%e0%a5%87%e0%a4%a1%e0%a4%aa%e0%a4%be%e0%a4%a3%e0%a5%8d/ Mon, 18 Jan 2016 15:27:58 +0000 http://www.ghumphir.com.np/?p=7862

इलाम, ४ माघ ।

रेडपाण्ड (हाब्रे)को अवैध चोरी तस्करी रोक्न जडान गरिएका ट्रापिङ क्यामेराका कारण रेडपाण्डाको चोरी निकासी हुने क्रम घटेको छ । सिकारीले पासो थाप्ने र सिकार खेल्ने स्थानको पहिचान गरी उक्त क्षेत्रमा विशेष किसिमका क्यामेरा जडान गरेपछि चोरी निकासी कम हुन थालेको हो । “क्यामेरा जडान गरेपछि रेडपाण्डा चोरी, तस्करी हुने क्रम ९० प्रतिशत नै कम भएको छ”, रेडपाण्डा नेटवर्क नेपालका इलाम प्रतिनिधि फिञ्जु शेर्पाले भन्नुभयो – “ट्रापिङ क्यामेराको मुख्य उद्देश्य नै चोरी तस्करी नियन्त्रण गर्ने हो ।” क्यामेरा, वन हेरालु नहुँदा उत्तरी क्षेत्रका सामुदायिक वनबाट रेडपाण्डाको तस्करी हुने गरेको थियो । सामुदायिक तथा राष्ट्रिय वनमा रेडपाण्डालाई पासो राखेको भेटिएपछि एक वर्षअघिबाट वनमा क्यामेरा जडान गरिएको छ । रेडपाण्डाको वासस्थानमा नै पासो राखेको भेटेपछि शङ्कास्पद स्थानमा क्यामेरा जडान गरिएको हो । इलामका मावुसहित जोगमाई, प्याङ, जमुना, माईमझुवा र माईपोखरी संरक्षणको काम भइरहेको छ । ती गाविसमा पनि क्यामेरा जडान गरिने शेर्पाले जानकारी दिनुभयो । रेडपाण्डा नेटवर्ककै सहयोगमा पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले क्यामेरा जडान गरिरहेको छ । मेचीका तीन जिल्लामा करिब २१५ को हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ ।

]]>
7862 0 0 0
बन्दमा रु सैंतीस करोडको सिमेन्ट उत्पादन http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%81-%e0%a4%b8%e0%a5%88%e0%a4%82%e0%a4%a4%e0%a5%80%e0%a4%b8-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%b8/ Mon, 18 Jan 2016 15:29:47 +0000 http://www.ghumphir.com.np/?p=7864

गाईघाट(उदयपुर), ४ माघ ।

बन्द र हड्तालका बेला उदयपुर सिमेन्ट उद्योगले रु ३७ करोड बराबरको सिमेन्ट उत्पादन गरेको छ । जिल्लाको जलजलेमा रहेको सो उद्योगले असोजयता पाँच लाख २५ हजार बोरा सिमेन्ट उत्पादन गरेको हो । उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले आंशिक रुपमै सञ्चालन गरेर भए पनि सो परिमाणको सिमेन्ट उत्पादन गर्न सफल भएको बताउनुभयो । उद्योगले तिर्नुपर्ने रु २२ करोड ऋणमध्ये रु १७ करोड चुक्ता गरेको उहाँले बताउनुभयो । उदयपुर सिमेन्ट उद्योेगबाट उत्पादित सिमेन्ट प्रतिबोराको मूल्य रु ८३५ रहेको छ ।

]]>
7864 0 0 0
रत्ननगर महोत्सव हुने http://localhost/ghum/%e0%a4%b0%e0%a4%a4%e0%a5%8d%e0%a4%a8%e0%a4%a8%e0%a4%97%e0%a4%b0-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87/ Mon, 18 Jan 2016 15:32:50 +0000 http://www.ghumphir.com.np/?p=7866

रत्ननगर (चितवन), ४ माघ ।

जिल्लाको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रङ्गशालामा माघ १४ गतेदेखि २४ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ । रत्ननगर उद्योग वाणिज्य सङ्घ र रत्ननगर नगरपालिकाले सो महोत्सव आयोजना गर्न लागेका हुन् । महोत्सव मूल आयोजक समितिका संयोजक ज्ञानबहादुर विसुरालले महोत्सव ऊर्जा, कृषि र पर्यटन विशेष हुने र यसबाट करिब रु २५ लाख आम्दानी हुने जानकारी दिनुभयो । आम्दानीमध्ये हरेक टिकटको दुई रुपैयाँ बालश्रम न्यूनीकरणमा खर्च गरिने छ । महोत्सवमा भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन समेत प्रदर्शन गरिने छ । यस्तै महोत्सवमा सोलार पावर, सिँचाइ प्रविधि, बायो चुलो, बायो ग्यासका विभिन्न प्रविधि र सोलारबाटै पानी मिनरल गर्ने प्रविधि राखिने छ । महोत्सवकैबीचमा माघ २१ गतेदेखि २३ गतेसम्म अण्डा र मासु महोत्सव समेत आयोजना गरिने तथा ४२५ स्टल राखिने बताइएको छ । साढे चार लाख दर्शकले अवलोकन गर्ने सो महोत्सवमा रु २० करोडको कारोबार हुने अनुमान गरिएको छ ।

]]>
7866 0 0 0
पचास अर्ब लागतमा तराईमा विशेष सिँचाइ कार्यक्रम सञ्चालन हुने http://localhost/ghum/%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b8-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%ae%e0%a4%be-%e0%a4%b5/ Mon, 18 Jan 2016 15:36:23 +0000 http://www.ghumphir.com.np/?p=7868

रमेश लम्साल  काठमाडौँ, ४ माघ ।

सरकारले तराई मधेसका आठ जिल्लालाई समेटेर ‘बहुवर्षीय तराई मधेस सिँचाइ विशेष कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । खडेरीका कारण सुख्खाप्रायः अवस्थामा रहेका ती जिल्लामा कृषि उत्पादन बढाउने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने उद्देश्यका साथ बहुवर्षीय विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो कार्यक्रमअन्तर्गत हरेक वर्ष रु १० अर्ब खर्च गर्ने सरकारको योजना रहेको छ । सिँचाइ मन्त्री उमेश यादवले बहुवर्षीय योजनाअन्तर्गत आगामी पाँच वर्षसम्म सो कार्यक्रम सञ्चालन हुने बताउनुभयो । हरेक वर्ष रु १० अर्बको दरले पाँच वर्षसम्म रु ५० अर्ब सो कार्यक्रममा खर्च गर्ने तयारी गरिएको छ । बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा, महोत्तरी जिल्लामा प्रभावकारी एवम् वैज्ञानिक सिँचाइ प्रणालीको विकास गर्ने र कृषि उपजमा आत्मनिर्भर बनाउने लक्ष्य सरकारको रहेको मन्त्री यादवको भनाइ छ । कार्यक्रम सञ्चालन गर्न सिँचाइले अर्थ मन्त्रालयसँग छलफल गरिसकेको छ । मन्त्री यादवले  भन्नुभयो, “सिँचाइको क्षेत्रमा नमुना परियोजनाका रुपमा ती जिल्लामा कार्यक्रम सञ्चालन गर्न अर्थ मन्त्रालयसँग छलफल भइसकेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सकारात्मक देखिनु भएको छ । आशा गराँै बजेट प्राप्त हुन्छ ।” सुनकोसी– कमला डाइभर्सन सिँचाइ आयोजना हरेक आवको बजेट वक्तव्यमा छुटेको छैन । विसं २०२७ देखि सो आयोजना बजेट, नीति तथा कार्यक्रममा राखिएपनि हालसम्म अगाडि बढ्न सकेको छैन । कृषि विकास मन्त्रालयको तथ्याङ्कअनुसार तराई मधेसका आठ जिल्लामा खडेरीका कारण धान उत्पादन घटेको छ । धान उत्पादन कम हुँदा खाद्य सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्नेछ । सप्तरीमा गत वर्ष ४० प्रतिशत क्षेत्रमा रोपाइँ भएकामा यस वर्ष २१ प्रतिशत, धनुषामा ३०, सर्लाहीमा २२, रौतहटमा ३५, बारामा ५५ र पर्सामा ६० प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो । खडेरीको मारमा परेका ती जिल्लामा योजनाबद्ध रुपमा स्यालो ट्युबवेल जडान गर्ने कार्यक्रम तराई मधेस सिँचाइ विशेष कार्यक्रममा समावेश गरिनेछ । आठ जिल्लामा हरेक वर्ष स्यालो ट्युबबेल जडान गर्ने कार्यक्रम अगाडि सारिन्छ । तर समस्या जस्ताको तस्तै रहने गरेको छ । आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने बाध्यता किसानका लागि सधैँ उस्तै छ । कृषि उपज उत्पादनमा कमी हुँदा आठ जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ भने जमिन बाँझो राख्ने क्रम पनि बढ्दै गएको छ । तराईका आठ जिल्लामा पूर्ण रुपमा रोपाइँ हुन नसक्दा राज्यले प्रतिवर्ष रु १५ अर्ब बढीको नोक्सानी बेहोेर्नु परेको छ । कागजमा मात्रै सीमित स्यालो ट्युबबेल र सिँचाइ आयोजना वास्तविक रुपमा किसानको खेतसम्म नपुग्दा समस्या उत्पन्न भएको भन्दै आफूले योजनाबद्ध कृषि विकासको लागि सिँचाइको योजना अगाडि सारेको मन्त्री यादवले बताउनुभयो । दोस्रो जनआन्दोनपछिका सबै कार्यक्रमको अनुसन्धान गरिने मन्त्रालयले दोस्रो जनआन्दोलनपछि हालसम्म सञ्चालन गरिएका सिँचाइ आयोजनाको सम्बन्धमा तथ्यसङ्गत छानबिन गर्ने भएको छ । “सिँचाइ आयोजना ‘जनताको खेतमा छ कि दलालको पेटमा’ छ सो को छानबिन गरिन्छ । राज्य कोषको दुरुपयोग कोही कसैले गर्न हुँदैन, पाइदैन”¬ मन्त्री यादवले भन्नुभयो । अधिकांश आयोजना कागजमा मात्रै रहेको, अख्तियारको दुरुपयोग भएको, जनताको काम नगर्ने, आर्थिक अपचलन गर्ने प्रवृत्ति मौलाएको भन्दै त्यसको छानबिन हुने र दोषीमाथि कारबाही गरिने उहाँले बताउनुभयो । छानबिन समिति गठन मन्त्रालयले गण्डक, वाग्मती, सप्तरीको चन्द्र नहर र सुनसरी¬–मोरङको सिँचाइ आयोजनाको वर्तमान अवस्था, सुधारका उपायलगायत विषयमा स्थलगत अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । सिँचाइ मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन गरिएको सो समितिमा सिँचाइ मन्त्रालयका पूर्वसचिव शीतलबाबु रेग्मी र सिँचाइ विभागका पूर्व महानिर्देशक शिवकुमार शर्मा सदस्य हुनुहुन्छ । समितिलाई १५ दिनको समयसीमा प्रदान गरिएको छ । सो समयसीमाभित्र ती आयोजना सुधार गर्न के–के गर्न सकिन्छ भन्ने आवश्यक सुझाव समितिले दिने र कार्यान्वयनमा लैजाने मन्त्री यादवले बताउनुभयो । नेपाल राष्ट्र बैंकका अनुसार बर्सेनि चामल आयात बढ्दै गएको छ । आव २०७१÷७२ मा करिब रु १५ अर्बको चामल आयात भएको थियो भने चालु आवको हालसम्म पनि चामल आयातको मात्रा बढ्दै गएको छ । आयात प्रतिस्थापन गर्न पनि धान पकेट क्षेत्रको रुपमा रहेको तराईका आठ जिल्लामा प्रभावकारी रुपमा सिँचाइ आयोजना अगाडि बढाउनु आवश्यक देखिन्छ ।

]]>
7868 0 0 0
कर्णाली सडकखण्डको शिलान्यास http://localhost/ghum/%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%96%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%a8%e0%a5%8d/ Mon, 18 Jan 2016 15:40:32 +0000 http://www.ghumphir.com.np/?p=7870

हुम्ला, ४ माघ ।

सदरमुकाम सिमीकोटदेखि बाजुरा जोड्ने कर्णाली राजमार्ग खण्डको सभासद्द्वय जीवनबहादुर शाही र रीता शाहीले आज संयुक्त रुपमा शिलान्यास गर्नुभयो । सो सडक निर्माण गर्न डिल कार्यक्रमले रु एक करोड ९० लाख बराबरको सहयोग गरेको छ ।

]]>
7870 0 0 0
मुस्ताङ भ्रमण गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%ac/ Tue, 19 Jan 2016 03:23:41 +0000 http://www.ghumphir.com.np/?p=7876

मुस्ताङ, ५ माघ ।

पर्यटकीय जिल्ला मुस्ताङ भ्रमण गर्नेमा भारतीय नागरिक बढिरहेको तथ्याङ्कले देखाएको छ । हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड मुस्ताङमै पर्ने भएकाले भारतीय धार्मिक पर्यटकको सङ्ख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । “मुक्तिनाथ दर्शन र कागबेनीमा स्नान नै भारतीय पर्यटकको मुख्य चाहना हुन्छ”– आयोजनाका बेल पुनले भन्नुभयो– “अधिकांश भारतीय पर्यटक बेनी–जोमसोम हँुदै आउने गरेका छन् ।” भूकम्प र नाकाबन्दीपछि सबैभन्दा बढी भारतीय पर्यटक नै घटेका छन् । स्न २०१५ मा आठ हजार ४५९ भारतीयले मुस्ताङ भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ । यद्यपि अघिल्लो वर्ष १८ हजार भारतीय पर्यटक जिल्ला भित्रिएका थिए । भारतीय पर्यटकको बसाइँमा पनि छोटो हुने गरेको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ । यसरी आउने केही भारतीय पर्यटक दामोदरकुण्ड पुग्ने गरेका छन् । भारी हिमपात हुने र पदमार्ग व्यवस्थित नहुँदा असार, साउन र भदौ महिनामा मात्रै दामोदरकुण्ड जान सकिन्छ । एक्यापका अनुसार, तेस्रो मुलुकबाट १४ हजार पर्यटक भित्रिएकामा अस्ट्रेलिया, फ्रान्स, जर्मनी, स्वीडेनलगायत मुलुकका बढी छन् ।

]]>
7876 0 0 0
सिमसार क्षेत्रमा पाइने चराको प्रजाति घटे http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%ae%e0%a4%b8%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%87-%e0%a4%9a/ Tue, 19 Jan 2016 03:25:54 +0000 http://www.ghumphir.com.np/?p=7878

परासी, ५ माघ ।

नवलपरासीको सिमसार क्षेत्रमा पाइने चराको प्रजातिको सङ्ख्या यस वर्ष घटेको तथ्याङ्क सार्वजनिक भएको छ । नारायणी नदी किनार आसपासमा रहेका सिमसार क्षेत्रमा गरिएको गणना कार्यबाट सो तथ्याङ्क सार्वजनिक भएको हो । अघिल्लो वर्षकोे गणनामा ४७ प्रजातिका पक्षी गणना गरिए पनि यसपटक सो अनुपातमा कममात्रामा चराको प्रजातिको सङ्ख्या गणना गरिएको प्रकृतिविद् डिबी चौधरी जानकारी दिनुभयो । चौधरीको नेतृत्वमा १७ जनाको समूहले सिक्रौलीदेखि अमलटारीसम्म नारायणी नदीको किनारमा गरेको चरा गणनामा ३४ प्रजातिका चरा फेला पारेको थियो । यस्तै प्रकृतिविद् भागिरथ चौधरीको नेतृत्वमा १३ जना संरक्षणकर्मीको सहभागितामा अमलटारीदेखि त्रिवेणीसम्म गरिएको नारायणी नदीको किनारको चरा गणना कार्यमा २६ जातिको चरा फेला पारेको चौधरीले बताउनुभयो । प्रत्येक वर्ष यही समयमा यहाँ चरा गणना गरिँदै आएको छ । थारु भिलेज रिसोर्टको व्यवस्थापनमा बर्सेनि चरा गणना हुने गरेको हो । पछिल्लो केही वर्षयता सारस केरेन, ब्लाक विड टर्न, ब्लाक नेक्ड स्टोर्क, स्पट विल्ड पेलिकनलगायतका पक्षी नारायणी नदी आसपासमा देखिन छाडिसकेको संयोजक चौधरीले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जमा पाइने १११ प्रजातिमध्ये गत वर्ष ४७ प्रजातिमात्र भेटिएपछि संरक्षणकर्मीले पक्षीको खोजी र अनुसन्धानलाई तीव्रता दिएका छन् । भुँडीफोर, केरेङकुरुङ, चखेवाको सङ्ख्यामा बर्सेनि घटेको छ । आगन्तुक चरासमेत आउन छाडेकाले वातावरणीय सन्तुलनका लागिसमेत योजना बनाउन पक्षी गणनाले महत्व पु¥याउने गरेको छ । विश्वमा पाइने पक्षीमध्ये भmन्डै १० प्रतिशत पक्षी नेपालको अभिलेखमा सूचीकृत भएका छन् । जसमध्ये ३३ प्रजातिका पक्षी विश्वमा नै दुर्लभ मानिन्छन् । यीमध्ये ११ प्रजातिका पक्षी सिमसार क्षेत्रमा पाइन्छन् ।

]]>
7878 0 0 0
भारुको अवैध कारोबार बढ्दो http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a5%88%e0%a4%a7-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%a6/ Tue, 19 Jan 2016 03:27:35 +0000 http://www.ghumphir.com.np/?p=7880

धनगढी, ५ माघ ।

स्थानीय बजारमा भारतीय रुपैयाँ सटहीको अवैध कारोबार बढ्न थालेको छ । अवैधरुपमा भारुको कारोबार गर्नेले लुकीछिपी रुपमा १७० देखि १७५ नेपाली रुपैयाँ लिई भारु १०० सटही गर्ने गरेको नाम भन्न नचाहने एक व्यापारीले बताउनुभयो । अवैध कारोबार बढ्दै गएको भए पनि यस्तो कारोबार रोक्न कसैले पनि चासो नदिएको स्थानीयवासीको गुनासो छ । अवैध कारोबार बढ्दै गइरहेका अवस्थामा नेपाल राष्ट्र बैंक धनगढीमा बिरामीको उपचारका लागि भारत जाने भन्दै भारु सटही गर्नेको पनि दिनहुँ ठूलो भीड लाग्ने गरेको छ । बैंकबाट भारु सटही गरी उक्त भारुको अवैध कारोबार गर्ने गरेको देखिन थालेपछि राष्ट्र बैंक धनगढीले निश्चित मापदण्ड तोकेर भारु सटही गरिदिने गरेको छ । यद्यपि बिरामीको उपचारको प्रयोजनका लागि भारु लिन आउनेको हकमा कडाइ नगरिएको बैंकका कर्मचारीले बताएका छन् । सम्बन्धित व्यक्तिको नागरिकताको फोटोकपी र भारुको प्रयोजनसहितको निवेदनका आधारमा एक व्यक्तिलाई अधिकतम रु दुई हजार ५०० सम्म भारु साटही गरिदिने गरेको राष्ट्र बैंक धनगढीले सोमबारबाट प्रतिव्यक्तिलाई रु पाँच हजार भारुसम्म सटही गर्न थालेको छ । सर्वसाधारणलाई केही पैसा कमिसन दिएर राष्ट्र बैंकबाट भारु साट्न लगाउने र उक्त भारु १५ प्रतिशतसम्म कमिसनमा बेच्ने गिरोह सक्रिय रहेको बताइन्छ । भारुको कारोबारमा संलग्न रहेको जानकारी आएको भए पनि अधिकार नहुँदा अनुगमन गरी यस्तो कारोबारमा संलग्नलाई कारबाही गर्न नसकिएको राष्ट्र बैंकका कर्मचारीको भनाइ छ । भारुको अभाव रहेको जनगुनासो रहेका अवस्थामा राष्ट्र बैंक धनगढीका प्रमुख बिश्रुत थापाले भारुको अभाव नरहेको राससलाई बताउनुभयो ।

]]>
7880 0 0 0
ठोरीमा हात्ती आतङ्क http://localhost/ghum/%e0%a4%a0%e0%a5%8b%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%86%e0%a4%a4%e0%a4%99%e0%a5%8d%e0%a4%95/ Tue, 19 Jan 2016 03:29:32 +0000 http://www.ghumphir.com.np/?p=7882

वीरगन्ज, ५ माघ ।

चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले केही दिनयता पर्साको ठोरी गाविसमा आतङ्क मच्चाउँदै आएको छ । निकुञ्जबाट आएको हात्तीले ती गाविसमा लगाइएको बालीनाली नष्ट पार्नुका साथै सर्वसाधारणको घर भत्काउन थालेपछि स्थानीनवासी चिन्तित भएका छन् । हात्तीको डरले उनीहरू रातभर जाग्राम बस्न थालेका छन् । गएरातिमात्र हात्तीले ठोरीमा छ वटा घर भत्काइदिएको छ । ठोरी–१ का गोपाल खनियाँ र लालकाजी गुरुङको घर भत्काउनुका साथै घरमा भण्डारण गरी राखिएको धानसमेत खाएर नष्ट गरेको छ भने ठोरी–३ का बलराम शर्मा र जीतबहादुर विकको घर तथा भन्सारघरसमेत भत्काएर क्षति पु¥याएको पीडितले बताएका छन् । हात्तीले गाउँमा पसेर सर्वसाधारणको घर भत्काउन र अन्नपात खान थालेपछि अहिले ठोरीको जनजीवन त्रसित बनेको चितवन राष्ट्रिय निकुञ्ज निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद खनालले बताउनुभयो । हात्ती प्रायजसो दैनिक गाउँमा आउन थालेपछि गाउँले साँझपर्नेबित्तिकै घरबाट बाहिर निस्कन छाडेको स्थानीय पदमबहादुर कुँवरले बताउनुभयो । हात्ती गाउँमा पसेको खबर पाउनेबित्तिकै स्थानीयवासी आगो बालेर टिन ठटाउँदा र पटका पड्काउँदा हात्ती पुनःनिकुञ्जतर्फ फर्किने गरेको स्थानीयवासी बताउँछन् । उक्त हात्तीलाई नियन्त्रणमा लिनका लागि चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरालाई टोली पठाउन आग्रह गरिएको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको स्थानीयवासीको आरोप छ । गत मङ्गलबार ठोरीमा हात्तीले ७० वर्षीय एक वृद्धको ज्यानसमेत लिएको थियो ।

]]>
7882 0 0 0
ऐतिहासिक तालको संरक्षण कार्य सुरु http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%90%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8/ Tue, 19 Jan 2016 03:31:04 +0000 http://www.ghumphir.com.np/?p=7884

रौतहट, ५ माघ ।

नेपाली सेनाको अगुवाइमा गौर नगरपालिकामा रहेको ऐतिहासिक महत्व बोकेको बरहवातालको मुहार फेर्न पहिलो चरणको काम तीव्र गतिका साथ भइरहेको छ । उक्त ताल गौर नगरपालिका–७ देखि १२, ९, २, १ हुँदै भारतको सीमासम्म फैलिएको छ । उचित संरक्षण र सम्वद्र्धनको अभावमा ओझेलमा पर्दै आएको उक्त तालको सौन्दर्यकरणका लागि राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिबाट प्राप्त रु दुई करोड ३० लाख बजेटमा पहिलो चरणको काम दु्रत गतिका साथ भइरहेको बरहवा ताल सरोकार समितिका संयोजक अजय गुप्ताले बताउनुभयो । उहाँका अनुसार उक्त तालको प्रचारप्रसार र प्रवद्र्धन गर्नसके पर्यावरण संरक्षणका साथै बाह्य तथा आन्तरिक पर्यटकको प्रवद्र्धन हुने अपेक्षा लिइएको छ । प्राकृतिक रुपमा रहेको तालको संरक्षण र यसलाई दिगो विकास गर्नसके सदरमुकाम गौरलाई नै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताइएको छ । उक्त तालको पहिलो चरणको काम असार मसान्तसम्ममा सकिने जानकारी दिँदै बरहवा ताल सरोकार समितिका संयोजक गुप्ताले तीन चरणमा बरहवा तालको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो । गौर नगरपालिका, जिल्ला विकास समिति, बरहवा ताल सरोकार समिति तथा स्थानीय बासिन्दाको प्रत्यक्ष अप्रत्यक्ष सहयोगमा हाल बरहवा तालको उत्तरतर्फबाट काम सुरु गरिएको छ । उक्त कार्यमा नेपाली सेनाले विभिन्न उपकरणको माध्यमबाट तालको पानीको निकास गरी तलाउ सफा गर्ने र तालको दुवैतर्फको जग्गामा तारबार गर्ने कार्य गरिरहेको छ । तालको सौन्दर्यकरण भई विकास भए गौरको पनि विकास हुन्छ भन्दै स्थानीयले सरोकारवाला निकायलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने बताएका छन् । उक्त योजनाअन्तर्गत तालको दुवैतर्फ शौचालय निर्माण गर्ने, डुङ्गा सञ्चालन गर्ने, वजभोज स्थल निर्माण गर्ने, लाइटिङको व्यवस्था गर्ने लक्ष्य रहेको छ । तालको प्रचारप्रसार र विकास गर्नसके पर्यटकीय क्षेत्रका रुपमा विकास हुने र यसले स्थानीयको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । बहुआयामिक उद्देश्यका साथ पूरा गर्न सुरु गरिएको उक्त योजनाको संरक्षण र सम्वद्र्धनमा नेपाली सेनालाई स्थानीय बासिन्दाले पनि सक्दो सहयोग र साथ दिएका छन् ।

]]>
7884 0 0 0
महोत्सवमा साढे छ करोडको कारोबार http://localhost/ghum/%e0%a4%a6%e0%a4%ae%e0%a5%8c%e0%a4%b2%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%a2%e0%a5%87-%e0%a4%9b-%e0%a4%95%e0%a4%b0/ Tue, 19 Jan 2016 03:32:39 +0000 http://www.ghumphir.com.np/?p=7886

दमौली, ५ माघ ।

दोस्रो दमौली महोत्सवको तीन लाख १८ हजार दर्शकले अवलोकन गरेका छन् । सोमबार सम्पन्न महोत्सवमा रु छ करोड ३२ लाख बराबरको आर्थिक कारोबार भएको महोत्सवका प्रवक्ता तुलसीराम पाण्डेले बताउनुभयो । आयोजकले तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने र पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य राखे पनि दर्शक भीडका कारण सोचेभन्दा बढी सफल भएको महोत्सव संयोजक कृष्ण आचार्यले बताउनुभयो । महोत्सवको समापन गर्दै सांसद शङ्कर भण्डारीले पर्यटकीय प्रवद्र्धनमा यसले टेवा पु¥याउने धारणा राख्नु भयो । आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासमा यसले सहयोग पु¥याउनेछ– उहाँले भन्नु भयो । समापन कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णराज पण्डितलगायतले महोत्सवले परम्परागत संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने बताउनु भयो । महोत्सवमा विभिन्न क्षेत्रका २०० भन्दा बढी कक्ष राखिएको थियो । महोत्सवमा मादि नदीमा जलविहार, सुन्तलाको प्रदर्शनी, धरहराको डमी, डाइनोसरकोे नमुना, केरा र च्याउको मःम, आदिवासी जनजातिको घर, अस्ट्रिज, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारको दोहोरीले दर्शकको आकर्षण बढाएको थियो ।

]]>
7886 0 0 0
विश्व पर्यटनको आकर्षण गन्तव्य बन्दै :नेपाल http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%97%e0%a4%a8/ Tue, 19 Jan 2016 03:35:48 +0000 http://www.ghumphir.com.np/?p=7888

सिबी अधिकारी काठमाडौँ, ५ माघ ।

ट्राभलसम्बन्धी अमेरिकी वेबसाइड रफगाइड्सले सन् २०१६ मा घुम्नैपर्ने १० देशको सूचीमा नेपाल पहिलो नम्बरमा राखेको छ । बेलायतको एक प्रकाशक कम्पनीले पनि हालै नेपाललाई विश्वका भ्रमणयोग्य मुलुकको प्रथम सूचीमा राखेको छ । विभिन्न प्रकारका जानकारीमूलक पुस्तक, बुकलेट आदि प्रकाशन गर्ने कम्पनी रफ गाइड्सले सन् २०१६ मा घुम्नैपर्ने मुलुकका सूचीमा नेपाललाई राखेको हो । नेपालपछि भ्रमणका लागि विश्वका उत्कृष्ट १० मुलुक कोलोम्बिया, क्युबा, जोर्डन, अल्बानिया, रोमानिया, अल साल्भाडोर, वेल्स, केन्या र श्रीलङ्का रहेका छन् ।

tourist उसले आफ्नो साइडमा भूकम्पपछि नेपालका ऐतिहासिक सम्पदा पुनःपर्यटकका लागि भ्रमणयोग्य रहेको उल्लेख गर्दै पदमार्ग र होमस्टे (घरबास) कार्यक्रम सुरु भएको जनाएको छ । नेसनल जियोग्राफिक ट्राभलरले सन् २०१६ मा घुम्न छुटाउनै नहुने १६ वटा ‘कुल’ गन्तव्य को सूची सार्वजनिक गर्दै नेपाललाई छैटौँ नम्बरमा परेको छ । इरान, कोस्टारिका, वासिङ्टन डिसी, आयरल्यान्ड र क्युवापछि ६ नंमा नेपालको सर्वौच्च शिखर सगरमाथा परेको हो । एकपछि अर्कोगरी सन् २०१६ को पर्यटन गन्तव्यमा नेपाल विश्वकै उत्कृष्ट देशको सूचीमा परेको छ । प्राकृतिक विपत्ति र अन्य कारणले ओरालो लागेका बेलामा विश्वका चर्चित गन्तव्यमा नेपाल परिरहनुले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने निश्चित छ । विश्वकै चर्चित गन्तव्यमा परिरहनुले पनि भूकम्प र तराई आन्दोलनका कारण सिथिल बनेको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने देखिन्छ । विश्वका चर्चित प्रकाशक कम्पनी, ट्राभल गाइड बुक (रफ गाइड), नेसनल जियोग्राफिक ट्राभलर, चर्चित अमेरिकी अनलाइन, अनलाइन विजनेस इनसाइडर तथा ख्यातिप्राप्त संस्थाको सर्भेक्षण प्रतिवदेनले नेपालको सगरमाथालगायतका गन्तव्यलाई प्राथमिकताको सूचीमा पार्नुले नेपाल विश्व पर्यटनका लागि आकर्षक गन्तव्य हो भन्ने पुष्टि गर्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले विश्व चर्चित मिडिया तथा पर्यटनसम्बन्धी संस्थाले नेपाल र यहाँका पर्यटकीय गन्तव्यलाई आकर्षक सूचीमा राख्नुले नेपालको पर्यटकीय आकर्षणलाई बढाएको भन्दै पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका पूर्वअध्यक्ष दीपक महतले विश्व चर्चित मिडियाले नेपालका पर्यटकीय गन्तव्यलाई उत्कृष्ट सूचीमा राख्नु नेपालप्रतिको आकर्षण र अवसर हो भन्दै स्रोत साधनको व्यवस्थापनसँगै पूर्वाधार विकासमा जुट्नुपर्ने खाँचो औँल्याउनुभयो । केही दिनअघि सार्वजनिक भएको प्रसिद्ध फोर्बस पत्रिकाले सन् २०१६ मा गर्नुपर्ने ११ उत्कृष्ट स्काइ डाइभको सूचीमा नेपालको सगरमाथालाई राखेको छ । नेपालमा एभरेष्ट स्काइ डाइभ कम्पनीले फिस्टेल हेलिकप्टरबाट सगरमाथामा स्काइ डाइभ गराउँदै आएको छ । फोर्बसको उत्कृष्ट ११ स्काइ डाइभको सूचीमा सगरमाथासहित अमेरिका, दुबई, अफ्रिकी मुलुक जान्बिया, न्यूजील्यान्ड, दक्षिण अफ्रिका, स्वीट्जरल्यान्ड, अस्ट्रेलिया र स्पेनमा रहेका स्थान परेका छन् । प्राकृतिक विपत्ति तथा विभिन्नखाले अवरोधका बाबजुद पनि विश्व पर्यटनमा नेपालको आकर्षण उत्तिकै बढ्दै गएको छ । वैशाख १२ को गोरखा भूकम्प र पछिल्लो अघोषित नाकाबन्दीको सङ्क्रमणमा परेको मुलुकको पर्यटन क्षेत्र एकपछि अनेक अवरोधलाई छिचोल्दै अघि बढिरहेको छ । नेपालमा सिर्जित विभिन्न अवरोध तथा प्राकृतिक विपत्तिकाबीच विश्वप्रख्यात विभिन्न अनुसन्धानमूलक संस्थाको अध्ययन विश्लेषणबाट नेपालको पर्यटनको आकर्षणलाई उच्च प्राथमिकता दिइएको पाइन्छ । पछिल्ला चर्चित संस्थाको सूचीमा नेपालका विभिन्न पर्यटकीय स्थललाई प्राथमिकतामा राखिनुले पनि नेपाल विश्वमा थप आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । अनुपम प्राकृतिक विविधता, भू–धरातलीयस्वरुप, सांस्कृतिक सम्पदा आदिको अद्वितीय आकर्षणले नेपाल पर्यटनका लागि विश्वमै उत्कृष्ट गन्तव्य मानिन्छ । हिमाल आरोहण, पदयात्रा, धार्मिक सांस्कृतिक सम्पदाको अवलोकन भ्रमण गर्न विदेशी पर्यटक आउने गर्छन् । त्यतिमात्र नभई नेपालीको जीवनशैली र आतिथ्य सत्कारमा उनीहरु मोहित हुन्छन् । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१३ मा सात लाख ९७ हजार ६१६ र सन् २०१४ मा सात लाख ९० हजार ११८ पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डले सङ्क्रमणमा परेको पर्यटन प्रवद्र्धनका लागि तत्कालै गरिनुपर्ने सर्भाइभ, रिर्भाइभको योजना लिएको छ । अर्कोतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पदयात्राका लागि विश्वका सर्वाधिक चर्चित तथा लोकप्रिय ठाउँमा पर्दछ । विभिन्न अन्तर्राष्ट्रिय मिडिया, संस्था तथा एजेन्सीले गर्ने सर्भेक्षण तथा तयार पार्ने प्रतिवेदनमा सगरमाथा तथा पूरै नेपाललाई नै विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा उभ्याउने गरेका छन् । यो पटक एक चर्चित अनलाइन विजनेस इनसाइडरले पनि नयाँ वर्ष सन् २०१६ मा घुम्न जानैपर्ने विश्वका ५० वटा गन्तव्यको सूचीमा नेपालको सगरमाथालाई पनि राखेको छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मियामोतो नामक संस्थाले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै भूकम्पपछि पदयात्राका लागि बहुचर्चित खुम्बु (सगरमाथा) र विश्वकै प्रसिद्ध अन्नपूर्ण सर्किट पनि सुरक्षित रहेको जनाएको थियो । सोही संस्थाको प्रतिवेदनलाई आधार बनाउँदै मुलुकका प्रमुख २० ट्रेकिङ एजेन्सीले विदेशी पर्यटकलाई नेपाल सुरक्षित रहेको बताउँदै भ्रमणमा आउन आह्वानसमेत गरिसकेका छन् । अन्नपूर्ण सर्किट ट्रेकिङका लागि विश्वमै प्रसिद्ध मानिन्छ । नेपालमा ट्रेकिङका लागि आउने करिब ६० प्रतिशत पर्यटक अन्नपूर्ण क्षेत्रमा पुग्ने गर्छन् । करिब २० प्रतिशत पर्यटक खुम्बु क्षेत्रमा जान्छन् भने बाँकी २० प्रतिशत पर्यटक अन्नपूर्ण, मनास्लुलगायतका गन्तव्यमा पुग्ने गर्छन् । भूकम्पपछि मुलुकको पर्यटन क्षेत्र सुस्त बनिरहेका बेला अन्तर्राष्ट्रिय संस्थाले विभिन्न प्रतिवेदन र वार्षिक रुपमा सार्वजनिक गर्ने सूचीमा नेपाललाई विभिन्न तहमा राख्नुले नेपालको पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश गएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत नेपालबारे सकारात्मक सन्देश प्रवाह भएसँगै अहिले अमेरिका, बेलायत, न्यूजील्यान्ड, अस्ट्रेलिया, नर्बे, फिनल्यान्ड, नेदरल्यान्डलगायतका मुलुकले आफ्ना नागरिकलाई नेपाल भ्रमणको अनुमति दिइरहेका छन् । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत बसाइँ १३ दिन र दैनिक खर्च ४५ डलर छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान चार प्रतिशत छ ।

]]>
7888 0 0 0
कृषिउपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन http://localhost/ghum/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf%e0%a4%89%e0%a4%aa%e0%a4%9c-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a4%a8-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0/ Tue, 19 Jan 2016 03:37:46 +0000 http://www.ghumphir.com.np/?p=7890

फलेवास (पर्वत), ५ माघ ।

ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको व्यवस्थित बजारीकरण नहुँदा उत्पादित वस्तुहरु बिक्री हुन नसकेका बेला पर्वतमै पहिलोपटक कृषिउपज सङ्कलन केन्द्र सञ्चालन भएको छ । पर्वत सदरमुकाम कुश्माबजारस्थित बगैँचाचोकमा सङ्कलन केन्द्र स्थापना भएको हो । व्यवस्थित बजारको अभावमा कृषकले उत्पादन गरेका वस्तु बिक्री गर्न समस्या भइरहेका बेला सरकारी निजी र साझेदारी पहलबाट सङ्कलन केन्द्र सञ्चालनमा आएको हो । कुल रु २६ लाख ४६ हजार ९१९ लाखको लागतमा सङ्कलन केन्द्र स्थापना गरिएको छ । यसका लागि कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालयबाट रु १४ लाख २५ हजार, एक गाउँ एक उत्पादन कार्यक्रममार्फत चार लाख, जिल्ला विकास समितिबाट तीन लाख ८४ हजार र पर्वत उद्योग वाणिज्य सङ्घको चार लाख ३७ हजार ९१९ रुपैयाँ सहयोग भएको छ । उक्त भवन निर्माणका लागि स्थानीय शिवालय नमुना उच्च माविले झन्डै रु दुई करोड मूल्य बराबरको एक रोपनी नौ आना जग्गा उपलब्ध गराएको थियो । बिक्री केन्द्र स्थापना भएपछि जिल्लाको सदरमुकाम र ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका कृषि उपजको बिक्री वितरणमा सहज हुने भएको छ । पछिल्लो समयमा जिल्लामा झन्डै २०० भन्दा बढी युवा व्यावसायिक तरकारी खेतीमा लागे पनि व्यवस्थित बजारको अभावमा गतिलो मूल्य पाउन र समयमा आफ्नो उत्पादन बिक्री गर्न नसकेका बेला सङ्कलन केन्द्रमार्फत सहयोग पुग्ने जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । उक्त सङ्कलन केन्द्रलाई राजधानीमा रहेको कालीमाटी, पोखराको सस्तो तरकारी बजार जस्तै रुपमा अगाडि बढाइने भएको छ । कृषकले आफूले उत्पादन गरेका उपज सङ्कलन केन्द्रमा लैजाने र त्यहीँबाट थोक तथा खुद्रा मूल्यमा बिक्री गरिने भएको छ । कृषकले सङ्कलन केन्द्रमा आफ्ना उत्पादन पठाएपछि बिक्रीको समस्या नहुने पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताउनुभयो । उहाँका अनुसार समयमै तरकारी तथा अन्य कृषिउपज बिक्री नभएर हैरान भएका कृषकका लागि यसले निकै ठूलो राहत दिने भएको छ । यसबाट व्यावसायिक कृषक प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । यसैबीच उक्त सङ्कलन केन्द्रको सोमबार क्षेत्रीय कृषि निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक बेनीबहादुर बस्नेतले उद्घाटन गर्नुभयो ।

]]>
7890 0 0 0
बेलायती दम्पती http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a5%80-%e0%a4%a6%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a5%80/ Tue, 19 Jan 2016 03:41:26 +0000 http://www.ghumphir.com.np/?p=7892 7892 0 0 0 १९७५ को काठमाडौँ http://localhost/ghum/%e0%a5%a7%e0%a5%af%e0%a5%ad%e0%a5%ab-%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81/ Tue, 19 Jan 2016 03:43:50 +0000 http://www.ghumphir.com.np/?p=7895 7895 0 0 0 उत्तरी नाका सहजरुपमा सञ्चालन गर्न चीन सरकार सहमत :अर्थमन्त्री पौडेल http://localhost/ghum/%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%b9%e0%a4%9c%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d/ Tue, 19 Jan 2016 14:29:26 +0000 http://www.ghumphir.com.np/?p=7899

काठमाडौँ, ५ माघ ।

अर्थमन्त्री विष्णु पौडेलले चीनसँग जोडिएका तातोपानीलगायतका उत्तरी नाका सहजरुपमा सञ्चालन गर्न चीन सरकार सहमत भएको बताउनुभएको छ । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को उद्घाटन समारोहमा सहभागी भई आज स्वदेश फर्कनुभएका अर्थमन्त्री पौडेलले पछिल्लो समयमा नेपालका समस्याका विषयमा चीन सरकार जानकार रहेको र त्यस विषयलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो ।

Bishnu_Prasad_Paudel_3बैंकको उद्घाटनपछि आफूले चिनियाँ समकक्षी लोउ जिओयीसँगको पेट्रोलियम पदार्थ आयात गर्नका लागि ‘मङ्गोलिया मोडल’ कर छुट र सीमा नाकाबाट पेट्रोल उपलब्ध गराउने विषयमा अर्थमन्त्रीले ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले भेटघाटमा इन्धन आपूर्ति, पूर्वाधार विकास र चिनियाँ लगानी बढाउन आग्रह गरेको र नेपाल–चीनबीचमा तयार गरिएका उच्चस्तरीय संयन्त्रलाई पनि बैठक नियमित गर्न आग्रह गरेको बताउनुभयो । चिनियाँ अर्थमन्त्री जिओयीसँग दुई देशबीचको उच्चस्तरीय भ्रमणका विषयमा छलफल भएको र उहाँले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिई दुई पक्षको सम्बन्धलाई दीर्घकालीन विषयमा आपसी सम्बन्ध अगाडि बढाउन जोड दिनुभएको बताउनुभयो । त्यसैगरी भ्रमणका अवसरमा आफूले एआइआइबी बैंकका अध्यक्ष जिन लिकुनसँगको भेटमा सडक पूर्वाधार र विद्युत्मा उत्साहजनकमा लागानी गर्न आग्रह गरेको बताउनुभयो । जवाफमा बैंकका अध्यक्षले आफू पटकपटक नेपाल भ्रमणमा आएको र पूर्वाधार विकासप्रति गम्भीर चासो दिनुभएको र यही २०१६ मै सुरु गर्ने गरी उपयुक्त परियोजना छनोट गरेर बैंकसमक्ष पेस गर्न आग्रह गरेको अर्थमन्त्री पौडेलले बताउनुभयो । सो अवसरमा आफूले मध्यपहाडी राजमार्ग, उत्तर दक्षिण राजमार्ग, केरुङ सडक, किमाथाङ्का खाँदबारी सडक र विभिन्न प्रसारण लाइन निर्माणमा लगानी गर्न बैंकसँग आग्रह गरेको अर्थमन्त्री पौडेलको भनाइ थियो । त्यसैगरी बूढीगण्डकी, नलसिंहगाड, तामाकोसी तेस्रो र तल्लो अरुणलगायतका आयोजना तयारी अवस्थामा रहेको स्मरण गराउँदै आफूले जलविद्युत् क्षेत्रमा लगानी होस् भन्ने विषयमा ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो । यही जनवरी १६ मा भएको बैंकको उद्घाटनमा २४ देशका मन्त्री र ५७ देशका प्रतिनिधिको सहभागिता थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सि जिङ् पिङले अल्पविकसित मुलुकमा परियोजना छनोट गरी खर्च गर्ने उद्देश्यका साथमा ५० विलियन डलर सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्य रहेको यस बैंकको अधिकृत पुँजी १०० अर्ब डलर छ भने तत्कालका लागि जारी पुँजी २० अर्ब डलर रहेको छ । यो बैंकको १० लाख कित्ता सेयरमध्ये सबैभन्दा दुई लाख ९८ हजार ८०४ कित्ता बढी चीनको छ । नेपालको ०.०८०९ प्रतिशत कित्ताअर्थात् ८०९ कित्ता सेयर रहेको छ । नेपालले १० वर्षमा प्रतिवर्ष रु १६ करोडको (१६ लाख अमेरिकी डलर)का दरले भुक्तानी गर्ने सुविधा नेपाललाई प्राप्त छ । सम्बोधनका क्रममा आफूले कमजोर पूर्वाधारलाई माथि उठाउन यो बैंकको स्थापना महत्वपूर्ण हुने धारणा राख्दै अरु बहुपक्षीय संस्थाभन्दा एआइआइबी बैंक मौलिक ढङ्गबाट अगाडि बढ्ने अपेक्षा गरेको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले नेपाललाई सन् २०२२ विकासशील राष्ट्र र सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा पु¥याउन लागि यो बैंकको सहयोगी भूमिका हुनेछ भन्ने नेपालका तर्फबाट आफूले धारणा राखेको बताउनुभयो । बैंकको बोर्ड अफ गभर्नरको बैठकले नौ जना एसिया र प्रशान्त क्षेत्रका र तीन जना गैरएसिया क्षेत्रका गरी १२ जनाको बोर्ड अफ डारेक्टरको निर्वाचन गरेको र त्यसमा नेपाल निर्वाचित भएको उहाँले जानकारी दिनुभयो ।

]]>
7899 0 0 0
सुदूरपश्चिम क्षेत्रीय औद्योगिक व्यापार मेला हुने http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a6%e0%a5%82%e0%a4%b0%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%94%e0%a4%a6/ Tue, 19 Jan 2016 14:31:12 +0000 http://www.ghumphir.com.np/?p=7902

कञ्चनपुर, ५ माघ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घले महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । स्थानीय कला, संस्कृति र उद्योग व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले सङ्घले आगामी फागुन २३ गते देखि ३० गते सम्म महेन्द्रनगरको खुलामञ्चमा क्षेत्रीयस्तरको महोत्सव आयोजना गर्न लागेको हो । मेलाबाट सुदूरपश्चिमको आर्थिक विकास, पर्यटकीय क्षेत्रको प्रचारप्रसार र स्थानीय उत्पादनको प्रवद्र्धन हुने आशा राखिएको छ । सुदूरपश्चिमका सबै जिल्लाका लोकसंस्कृतिलाई महोत्सवमा मुख्य आकर्षणका रुपमा राखिने सङ्घका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर मल्लले बताउनुभयो । “आर्थिक र पर्यटन विकाससँगै सुदूरपश्चिमको संस्कृति संरक्षणमा पनि टेवा पुगाउने लक्ष्य राखेका छौँ” ¬– उहाँले भन्नुभयो । उहाँका अनुसार दर्शकका इच्छाअनुसार राष्ट्रियस्तरका कलाकारलाई समेत महोत्सव आमन्त्रण गरिने छ । एकसय पचासभन्दा बढी कक्ष राखिने महोत्सवमा भारतीय सीमावर्ती क्षेत्रकासहित पाँच लाखभन्दा बढी दर्शकबाट अवलोकन गराउने लक्ष्य राखिएको छ । लघु उद्यम, अटो मेकानिक्स, कृषि, गार्मेन्ट, जुत्ता चप्पल, सूचना प्रविधि, दैनिक उपभोग्य सामग्री, कृषि निर्माण सामग्री, शिक्षा तथा स्वास्थ्य, हस्तकला र बैंक तथा वित्तीय संस्था, केराबाट निर्मित वस्तुका कक्ष राखिने जनाएको छ । सङ्घले विसं २०५७ सालदेखि नियमित रुपमा व्यापार मेला आयोजना गर्दै आएको छ ।

]]>
7902 0 0 0
मेची भन्सारमा राजस्व वृद्धिदर घट्दै http://localhost/ghum/%e0%a4%ae%e0%a5%87%e0%a4%9a%e0%a5%80-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%b5-%e0%a4%b5%e0%a5%83%e0%a4%a6/ Tue, 19 Jan 2016 14:32:52 +0000 http://www.ghumphir.com.np/?p=7904

भद्रपुर, ५ माघ ।

मेची भन्सार कार्यालय काँकडभिट्टामा विगत चार वर्षदेखि राजस्व असुलीको वृद्धिदर घट्दै गएको पाइएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार प्रत्येक आवको साउनदेखि पुस मसान्तसम्मको तुलना गर्दा आव २०६८÷६९ मा लक्ष्यको १३५ प्रतिशत (रु दुई अर्ब ४४ करोड ४८ लाख १६ हजार), आव २०६९÷७० मा लक्ष्यको १०६ प्रतिशत (रु दुई अर्ब ९९ करोड ३३ लाख ५३ हजार), आव २०७०÷७१ मा लक्ष्यको ११३ प्रतिशत (रु चार अर्ब ४९ करोड १३ लाख ६० हजार) र चालु आवको पुस मसान्तसम्ममा लक्ष्यको १०२ प्रतिशत (रु पाँच अर्ब सात करोड २१ लाख ४२ हजार) राजस्व सङ्कलन भएको देखिएको छ । राजस्व सङ्कलनको रकम बढेको पाइए पनि वृद्धिदर भने विगतको तुलनामा घट्दै गएको भन्सार कार्यालयले जनाएको छ ।

]]>
7904 0 0 0
हरियालीसहितको नमुना सडक निर्माण सुरु http://localhost/ghum/%e0%a4%b9%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%ae%e0%a5%81%e0%a4%a8%e0%a4%be-%e0%a4%b8%e0%a4%a1%e0%a4%95/ Tue, 19 Jan 2016 14:35:09 +0000 http://www.ghumphir.com.np/?p=7906

रत्ननगर (चितवन), ५ माघ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने रत्ननगर बजार क्षेत्रमा हरियाली सहितको नमुना सडक निर्माण सुरु भएको छ । रत्ननगर बजार क्षेत्रको निपनीदेखि लौरीघोलसम्म झन्डै साढे दुई किमी क्षेत्रको सडक स्तरोन्नति गरी चार लेनको बनाउन थालिएको हो । चार लेनसहित यहाँ छुट्टै सर्भिस लेन पनि बनाइने छ । यस्तै ग्रिनरी, रोड डिभाइडर तथा फुटपाथ र ढल निकासका पूर्वाधार समेत निर्माण गरिने सोही क्षेत्रका सांसद शेषनाथ अधिकारीले जानकारी दिनुभयो । उहाँ सो सडक निर्माण समितिका संयोजक समेत हुनुहुन्छ । करिब रु ४० करोडको आयोजना भए पनि हाल पहिलो चरणमा चार लेन तथा डिभाइडरसहित ढल निर्माण गर्ने गरी रु १९ करोड बढीको ठेक्का स्वीकृत भएको छ । श्रेष्ठ कन्स्ट्रक्सनले सडकको स्तरोन्नतिका लागि निर्माणको काम सुरु गरिसकेको छ । पहिलो चरणमा ढल निकासको काम भइरहेको जनाइएको छ । नगरपालिकाका निमित्त कार्यकारी प्रमुख सीताराम पोखरेलले अहिले ढलसहितको चार लेन सडक निर्माण सुरु भएको जानकारी दिनुभयो । फुटपाथ लगायत ग्रिनरी र सर्भिस लेनको निर्माणको काम भने दोस्रो चरणमा गरिने छ । स्थानीय निकाय र उपभोक्ताको साझेदारीमा नेपाल सरकारको बजेटमा उक्त सडकको स्तरोन्नति गरी नमुना सडक निर्माण थालिएको पोखरेलले बताउनुभयो । सडक निर्माणमा उपभोक्ता र स्थानीय निकायले करिब रु आठ करोड लगानी गर्नुपर्ने छ । सोही क्षेत्रका सांसद अधिकारीका अनुसार करिब १५ महिनामा सक्ने सम्झौता गरी सडक निर्माण सुरु भएको हो तर विभिन्न कारणले निर्धारित समयमा सक्न मुस्किल भए पनि कामलाई तीव्रता दिने उहाँले बताउनुभयो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिको पालामा उक्त सडकका लागि बजेट छुट्याइएको थियो । पुलको शिलान्यास भने यही माघ ९ गते गरिने बताइएको छ ।

]]>
7906 0 0 0
प्रोक र बिहीमा मोबाइल सेवा http://localhost/ghum/7908-2/ Tue, 19 Jan 2016 14:37:40 +0000 http://www.ghumphir.com.np/?p=7908

गोरखा, ५ माघ ।

तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको प्रोक र बिही गाउँमा नेपाल टेलिकमको (नमस्ते) मोबाइल सेवा सञ्चालनमा आएको छ । सौर्य ऊर्जाबाट चल्ने गरी प्रोक गाउँमा स्तम्भ स्थापना गरेर आजदेखि मोबाइल सेवा सुरु गरिएको हो । प्रोक युवा क्लब र बिही युवामैत्री क्लबको संयुक्त लगानीमा टावर स्थापना गरी सञ्चालनमा ल्याइएको हो । दुर्गममा पनि नमस्ते फोन सञ्चालनमा आएपछि स्थानीयवासीमा खुसियाली छाएको बिहीका नवीन गुरुङले बताउनुभयो । टेलिफोन सञ्चालनमा आएपछि ४६३ घरधुरीका स्थानीयवासी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यसअघि घन्टौँ हिँडेर टेलिफोन गर्न जाने गाउँले घरमै बसेर फोन गर्न पाउँदा खुसी भएको प्रोकका पेमा डुण्डुप लामाले बताउनुभयो । “आफन्तलाई गाउँमा फोन टिप्यो भन्ने खबर सुनाउँदा सुनाउँदै रिचार्ज नै सिद्धियो”¬–उहाँले भन्नुभयो, “गाउँमा सुविधा थपियो ।” यसअघि बिही गाविसबाट फोन गर्न प्रोकको गप जानुपर्ने बाध्यता थियो । त्यहाँ एनटी स्याटको टेलिफोन सेवा उपलब्ध छ । “एनटीस्याटबाट बोल्दा एक मिनेटकै १० रुपैयाँ तिर्नुपथ्र्यो”¬–उहाँले भन्नुभयो, “अब सस्तोमा फोन गर्न पाइने भयो ।” बिही र प्रोकमा टावर सञ्चालनमा आएपछि मनास्लु पदमार्ग भई लार्के भन्ज्याङका लागि आवतजावत गर्ने स्वदेशी, विदेशी पर्यटकलाई पनि फाइदा पुगेको स्थानीयवासी बताउँछन् । उत्तरी भेगका अधिकांश गाउँ अझै टेलिफोन सेवाबाट वञ्चित छन् । मनास्लु पदमार्ग हुँदै बिही पुग्न पाँच दिन र प्रोक पुग्न छ दिन पैदल हिँड्नुपर्छ । ती गाविसमा अझै सडक पुगेको छैन ।

]]>
7908 0 0 0
विद्युत्को व्यवस्था नहुँदा हात्ती धपाउन गाह्रो http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be-%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%81/ Tue, 19 Jan 2016 14:39:29 +0000 http://www.ghumphir.com.np/?p=7910

कञ्चनपुर, ५ माघ ।

दोधारा चाँदनी नगरपालिका–३ वडुवाल टोलमा विद्युत्को व्यवस्था नहुँदा जङ्गली हात्ती धपाउन स्थानीय बासिन्दालाई गाह्रो परेको छ । जङ्गली हात्ती उज्यालो देख्नेबित्तिकै तर्सिएर भाग्ने भए पनि विद्युत्को व्यवस्था नहुँदा हात्ती धपाउनका गाह्रो परेको हो । बस्तीमा छिर्ने हात्ती धपाउनका लागि रातभर आगो बालेर जाग्राम बस्नुपरेको स्थानीयवासी महावीर क्षेत्रीले बताउनुभयो । हाल हात्तीको ठूलो झुण्ड बस्तीमा नआउने भए पनि एक÷दुईको सङ्ख्यामा बस्तीमा छिर्ने हात्तीले खेतबारीमा लगाइएको गहुँ, केरा र उखुमा नोक्सानी पु¥याउँदै आएको छ । “साँझ परेपछि सबै जना टोलमा भेला भएर आगो बालेर हात्ती भगाउँदै आएका छौँ”¬–उहाँले भन्नुभयो, “विद्युत्को व्यवस्था भए हात्ती भगाउन सहज हुन्छ, यसका लागि पहल गरिदिनुपर्छ ।” केही दिनअघि मात्रै एक गैरसरकारी संस्थाले हात्ती भगाउनका लागि साइरन, सोलार र सर्च लाइट उपलब्ध गराएकाले केही सहजता भएको उहाँको भनाइ छ ।

]]>
7910 0 0 0
वैशाखसम्म दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु http://localhost/ghum/%e0%a4%b5%e0%a5%88%e0%a4%b6%e0%a4%be%e0%a4%96%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%a6%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d/ Tue, 19 Jan 2016 14:45:12 +0000 http://www.ghumphir.com.np/?p=7912

भक्तपुर, ५ माघ ।

आगामी वैशाखसम्ममा बाराको निजगढमा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले यहाँबाट प्रकाशन हँुदै आएको ‘समय समाज’ राष्ट्रिय साप्ताहिकको एघारौँ वर्ष प्रवेश कार्यक्रममा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन र काठमाडौँ–तराई द्रुतमार्ग बनाउन प्रधानमन्त्रीसँग छलफल भइसकेकाले अब दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बन्ने ठोकुवा गर्नुभयो ।

1453197355859_RG -BKT-Mantri Pokhryal Photo-5 साहसिक पर्यटनले मात्र देश विकास नहुने औल्याउँदै उहाँले धार्मिक र साँस्कृतिक पर्यटनलार्इ समेत मु्ख्य रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । अर्काे प्रसङ्गमा उहाँले सहमतिका लागि मोर्चासँगको वार्तामा सरकार अति नै लचक भए पनि जनताको प्राकृतिक र नैसर्गिक अधिकार कुण्ठित पार्ने प्रयास भएकाले आजसम्ममा हुन्छ भनिएको सहिमति हुन नसकेको भनाइ राख्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो–“सङ्घीय संरचनामा सिमानाको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न हुन्छ कि हुन्न भन्ने विषयमा मोर्चासँग अझै कुरा मिलेन, नेपालभित्रका जुनसुकै जनताले पनि उत्तरी छिमेकी सिमानासम्म र दक्षिणी सिमानासम्म जाने अधिकार हुनुपर्छ, त्यो जनताको प्राकृतिक र नैसर्गिक अधिकार हो, त्यसलाई सबैले आत्मसात् गर्नुपर्छ ।”

]]>
7912 0 0 0
पाहुनाहरूको स्वागत http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%a4-2/ Tue, 19 Jan 2016 14:48:13 +0000 http://www.ghumphir.com.np/?p=7915 7915 0 0 0 ऊर्जा सङ्कटकाल गर्न समिति गठन http://localhost/ghum/%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%9f%e0%a4%95%e0%a4%be%e0%a4%b2-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%a4/ Tue, 19 Jan 2016 14:50:46 +0000 http://www.ghumphir.com.np/?p=7918

काठमाडौँ, ५ माघ ।

ऊर्जा मन्त्रालयले ऊर्जा सङ्कटकाल घोषणालगायतका विषयमा आवश्यक नीतिगत तयारी गर्न विद्युत् विकास विभागका महानिर्देशक दिनेशकुमार घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको छ । सरकारले श्वेतपत्रमा समावेश गरेको प्रावधानअनुसार ऊर्जा सङ्कटकाल घोषणालगायत नीतिगत व्यवस्था गर्न आवश्यक तयारी गर्ने उद्देश्यले सो समिति गठन गरिएको हो । सोमबार गठन गरिएको समितिलाई पाँच दिनभित्र प्रतिवेदन दिन निर्देशन दिइएको छ । सो समितिमा ऊर्जा मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत नवीनराज सिंह, सन्दीप देव, प्रवीणराज अर्याल, अरुणकुमार झा, प्रवल अधिकारीलगायत हुनुहुन्छ । मन्त्रालयले गत पुस ६ गते विभिन्न छवटा समिति गठन गरेको थियो । विद्युत् व्यापार र बजार व्यवस्थापनसम्बन्धी अध्ययन गर्न डा सञ्जय शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । यस्तै आयोजना विकाससम्बन्धी अध्ययन गर्न समिररत्न शाक्य, संस्थागत संरचना सुदृढीकरणमा दिनेशकुमार घिमिरे, वन तथा स्थानीय सरोकार नवीनराज सिंह, विद्युत् चुहावट नियन्त्रण र वितरणमा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेय, विद्युत् खरिद व्यवस्थापन र प्राधिकरणको सुधारको अध्ययन गर्न सुरेन्द्रराज भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । ती कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले सोमबार सहसचिव घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले जानकारी दिनुभयो । समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले ऊर्जा सङ्कटकाल घोषणा गर्ने, अन्य नीतिगत व्यवस्था गर्न सुझाव दिने र नयाँ विद्युत् ऐनको मस्यौदा गर्नसमेत आवश्यक दिशानिर्देश गर्ने सहायक प्रवक्ता पन्थको भनाइ छ । गत मङ्सिर ८ गते अर्थ मन्त्रालयले जारी गरेको श्वेतपत्रमा ऊर्जा सङ्कटकाल घोषणा गरेर जलविद्युत् आयोजनालाई अगाडि बढाउने लक्ष्य निर्धारण गरिएको छ । तर कार्यदलको बीचमा नै छलफल लम्बिँदा सङ्कटकाल घोषणालगायतका विषय पर धकेलिँदै आएको छ । गत पुस मसान्तभित्रै आवश्यक निर्णय गरिने बताइए पनि विभिन्न कारणले विलम्ब हुँदै आएको छ । मन्त्रालयले विशेष गरी भूकम्पबाट क्षति भएका आयोजना र निर्माणाधीन आयोजनालाई तोकिएको समयभन्दा अगावै पूरा गर्न पहल गर्ने, बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण तत्कालै सुरु गर्ने, नलसिंहगाड जलविद्युत् आयोजनालगायत जलाशययुक्त आयोजनाको अध्ययन सुरु गर्ने लक्ष्य निर्धारण तयारी गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)काअनुसार चालु आवभित्रै २०४ मेगावाट विद्युत् उत्पादन हुन सक्नेछ । आव २०७३÷७४ भित्र एक हजार ४३ मेगावाट विद्युत् उत्पादन हुने छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट, कुलेखानी तेस्रो १४ मेगावाट, चमेलिया ३२ मेगावाट पनि इन्धन पाएको अवस्थामा बढीमा एक वर्षभित्र निर्माण सम्पन्न हुनेछ ।

]]>
7918 0 0 0
सुदूरपश्चिममा हिमपात http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a6%e0%a5%82%e0%a4%b0%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%aa%e0%a4%be%e0%a4%a4/ Wed, 20 Jan 2016 03:18:19 +0000 http://www.ghumphir.com.np/?p=7920

बैतडी, ६ माघ ।

मङ्गलबार बिहानैदेखि मौसममा आएको परिवर्तनका कारण गए राति बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ ।

Far-Westernहिमपातले बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । बैतडी सदरमुकाम, देहिमाडौँ, गुरुखोला, नागार्जुन, हटैराज, कटौजपानी लगायत स्थानमा हिमपात भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले बताउनुभयो । त्यस्तै दार्चुलाको सदरमुकाम खलङ्गा, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, टिङ्कर लगायत क्षेत्रमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । चिसोबाटै बच्न दार्चुलाका उच्च हिमाली क्षेत्रका धेरैजसो बासिन्दा दुई महिनाअघि नै सदरमुकाम खलङ्गा झरिसकेका छन् । दार्चुलामा यसअघि पुसको दोस्रो साता र चौथो साता पनि हिमपात भएको थियो । डडेल्धुराको सदमुकामलगायत भीमदत्त राजमार्गका विभिन्न स्थानमा पनि हिमपात भएको स्थानीयवासीले बताएका छन् । त्यस्तै बझाङको जयपृथ्वीबहादुर राजमार्ग आसपास लगायत उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो हुँदा वृद्धवृद्धा, बालबालिका तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग प्रभावित भएका छन् ।

]]>
7920 0 0 0
ताइवानको बजार मेलामा नेपाली व्यवसायी http://localhost/ghum/7923-2/ Wed, 20 Jan 2016 03:32:02 +0000 http://www.ghumphir.com.np/?p=7923

काठमाडौँ, ६ माघ ।

नेपालको पर्यटन प्रवद्र्धन र हस्तकलासहितका सामग्रीको बजार प्रवद्र्धन गर्ने अभिप्रायले यहाँका पर्यटन व्यवसायीले ताइवानमा हुने ‘ताइवानी नयाँ वर्ष बजार मेला’मा सहभागी हुने भएका छन् । यही माघ ७ देखि ११ गतेसम्म हुने सो मेलामा नेपालका आठ पर्यटन व्यवसायी पहिलो पटक सहभागी हुन लागेका हुन् । चौध देशका व्यवसायी सहभागी हुने सो मेलामा रहने हजारमध्ये चार कक्षमा नेपालमा उत्पादित वस्तु र पर्यटन प्रवद्र्धनका सामग्री रहनेछन् । ताइवानको नयाँ वर्षका अवसरमा प्रत्येक वर्ष हुने सो मेलामा पस्मिना, मिथिला कला, थाङ्का, चिया, कफी, अदुवा र बेसारका धुलो सहितका नेपालमा उत्पादित सामग्री मेलामा राखिने एभरेस्ट यार्ड एक्सपोर्ट नेपालका टङ्कबहादुर पुरीले बताउनुभयो । मेलामा सहभागिताका लागि ताइवानबाट नेपाल आएर पर्यटन व्यवसायमा संलग्न ह्याप्पी बबल क्याफेका प्रबन्धक निर्देशक एवम गाइड बुक लेखक वे जु वेले नेपालमा उत्पादित वस्तुको बजारीकरण र नेपालको पर्यटन प्रवद्र्धनमा यो सहभागिताले महत्वपूर्ण योगदान पु¥याउने राससलाई बताउनुभयो । उहाँले सो मेलामा ताइवानी स्वयम्सेवक परिचालन गरी प्रचारात्मक कार्य र ताइवानी व्यापारीसँग नेपाली पर्यटन व्यवसायीको अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरिने बताउनुभयो । नेपाल पर्यटन बोर्डबाट उपलब्ध पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री समेत सो मेलामा वितरण गरिनेछ । मेलामा एपिएस माला टे«डरका सागर लामा र दिया लामा, अल्पाइन एसियन टे«कस एन्ड एक्सपिडिसनका शेखर थापा, कसमस भिजन कंका सुशील भट्ट र शिव अधिकारी, एभरेस्ट यार्ड एक्सपोर्टका पुरी, त्रिशूली एक्सपोर्ट प्रालिका टीकाराम नेपाल लगायत सहभागी हुनुहुनेछ । नेपालबाट यसअघि ताइवानमा पस्मिना र हस्तकलाका सामग्री निर्यात हुने गरेको थियो ।

]]>
7923 0 0 0
एकीकृत पर्यटन विकास योजनामा जोड http://localhost/ghum/%e0%a4%8f%e0%a4%95%e0%a5%80%e0%a4%95%e0%a5%83%e0%a4%a4-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8/ Wed, 20 Jan 2016 03:34:49 +0000 http://www.ghumphir.com.np/?p=7925

जनकपुरधाम, ६ माघ ।

पशुपति, लुम्बिनी र जनकपुरको पर्यटन विकास समान हुनुपर्ने धारणा व्यक्त गरिएको छ । बृहत्तर जनकपुर क्षेत्रको प्रस्तावित गुरुयोजना प्रतिवेदनमाथिको मङ्गलबारको छलफलमा सहभागीले परिषद्को क्षेत्र विस्तारमा पनि जोड दिए । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्द्वारा आयोजित कार्यक्रममा राजा जनकको दरबारको अनुसन्धान र जनकपुरस्थित ५२ बिघा शिवपुर गढीको संरक्षण र संवद्र्धन हुनुपर्नेतर्फ पनि उनीहरुले ध्यानाकर्षण गराए । परिषद्को कार्य क्षेत्र पाँच जिल्लासम्म विस्तारित हुनुपर्नेमा जोड दिँदै सहभागीले धनुषाधाममा चिडिया घर निर्माण हुनुपर्ने धारणा व्यक्त गरे । शोधकर्ता रामभरोस कापडीले गुरुयोजना वैज्ञानिक किसिमले प्रस्तावित गर्नु पर्ने औँल्याउँदै परिषद्को क्षेत्र विस्तारमा पनि पर्यटन, सांस्कृतिक, धार्मिक, सामाजिक र आर्थिक पक्षलाई ध्यान दिनु जरुरी छ भन्नुभयो । अभियानकर्मी गङ्गाप्रसाद साहले गुरुयोजनामा परिषद्को परिधिमा रहेका सम्पदाको संरक्षणमा विशेष महत्व दिइएको बताउनुभयो । परिषद्का कार्यकारी निर्देशक उमेश यादवले गुरु योजना कार्यान्वयनका लागि रु दश अरर्ब सात करोड ५१ लाख प्रस्ताव गरिएको जानकारी दिनुभयो । परिषद्को क्षेत्रअन्तर्गत धनुषा र महोत्तरीका २०४ मठमन्दिर, ४२४ पोखरी र ७१ गढी छन् । परिषद्को कार्यक्रमबाट एक लाख ३० हजार ७०० घर परिवार प्रत्यक्ष रुपमा लाभान्वित रहेका छन् ।

]]>
7925 0 0 0
इन्धन वितरण नगर्नुको कारणसहित उपस्थित हुन निगमका निर्देशकलाई पत्र http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%a3-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%b0/ Wed, 20 Jan 2016 03:41:20 +0000 http://www.ghumphir.com.np/?p=7927

काठमाडौँ, ६ माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्याप्त इन्धन मौज्दात भए पनि उपभोक्तालाई वितरण नगरेको भन्दै २४ घन्टाभित्र उपस्थित हुन आपूर्ति सचिव र नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई पत्र काटेको छ ।

Nepal Oil Gopal Bahadur Khadkaआयोगले आज आपूर्ति सचिव विष्णुप्रसाद लम्साल र निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पत्र काटेर उपस्थित हुन आग्रह गरेको हो । आयोगका अनुसार निगमको थानकोट डिपो प्रमुख जगन्नाथ घिमिरेलाई पनि उपस्थित हुन भनिएको छ । निगमको मुलुकभरका भण्डारण स्थलमा दुई करोड २० लाख लिटरभन्दा बढी इन्धन मौज्दात रहे पनि उपभोक्तालाई वितरण गरेको छैन । पर्याप्त मौज्दात रहे पनि किन इन्धन वितरण नभएको हो, भण्डारण मात्रै गरिराख्नुको कारण के हो भन्दै बुधबार बिहान उपस्थित हुन पत्र काटिएको आयोगले जनाएको छ । पछिल्लो दिनमा रक्सौल नाकाबाहेक अन्य नाकाबाट पर्याप्त मात्रामा इन्धन भित्रिए पनि निगमले इन्धन वितरण गरेको छैन । तोकिएका केही पेट्रोल पम्पलाई मात्रै सीमित परिणाममा इन्धन दिएको छ । पर्याप्त मौज्दात रहँदा उपभोक्ताले राहत महसुस गर्ने गरी इन्धन वितरण हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै किन त्यस्तो गरिएको हो भन्ने जवाफ दिन बोलाइएको आयोगले जनाएको छ । आयोगले आवश्यक कागजातसहित उपस्थित हुन तीनै जनालाई निर्देशन दिएको हो ।

]]>
7927 0 0 0
साझा पेट्रोल पम्पमा आगलागी http://localhost/ghum/7929-2/ Wed, 20 Jan 2016 03:44:22 +0000 http://www.ghumphir.com.np/?p=7929

भक्तपुर, ६ माघ ।

मध्यपुरथिमि नगरपालिकास्थित साझा पेट्रोल पम्पको नाममा सञ्चालित मध्यपुर फ्युल सेन्टरमा अकस्मात् आगलागी भएको छ । मंगलबार साँझ ७ः१५ मिनेटमा फ्युल सेन्टरमा आएको पेट्रोल झार्ने क्रममा अचानक पम्पमा आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो । आगलागी भएलगत्तै पेट्रोल ट्र्याङ्करलाई तत्काल सुरक्षित स्थानमा पठाएर इन्धन भर्न लाइनमा रहेका सवारीसाधनलाई समेत प्रहरीले सुरक्षित स्थानमा पठाएको उहाँले बताउनुभयो । “ट्र्याङ्करबाट पेट्रोल झार्ने क्रममा अचानक आगलागी भयो, ट्याङ्कर र अन्य सवारीसाधनलाई तत्कालै सुरक्षित स्थानमा लगियो, तुरुन्तै दमकल आइपुगेकाले प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिन सफल भयौँ” प्रहरी उपरीक्षक बज्राचार्यले भन्नुभयो । आगो कहाँबाट कसरी लाग्यो भन्नेबारेमा अनुसन्धान सुरु गरेको बताउँदै उहाँले घटनास्थलमा प्रहरी तैनाथ गरेर निगरानी बढाएको बताउनुभयो । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले विद्युत्भार कटौतीको सकिएर ७ः१५ बजे बत्ती आउने बित्तिकै करेन्ट सर्ट भएर आगलागी भएको आशङ्का गरिएको बताउनुभयो । राति ८ बजे आगो नियन्त्रणमा लिए पनि अझै खतरा भएकाले सजगता अपनाउन प्रहरी तैनाथ गरिएको बताउनुभयो । आगलागीबाट के कति क्षति भयो यकिन नभएको उहाँले बताउनुभयो । फ्युल सेन्टरसँगै रहेको रङ, हार्डवेयर पसलमा भने सामान्य क्षति भएको छ । सँगैको रङ पसल रहेको गौरीशङ्कर ट्रेडर्समा भने आगलागीले करिब रु ५० हजार बराबरको क्षति भएको बताइएको छ ।

]]>
7929 0 0 0
आँखा लोभ्याउने चीनको विकास http://localhost/ghum/%e0%a4%86%e0%a4%81%e0%a4%96%e0%a4%be-%e0%a4%b2%e0%a5%8b%e0%a4%ad%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%95/ Wed, 20 Jan 2016 05:37:20 +0000 http://www.ghumphir.com.np/?p=7932 सांघाई : चीनको अर्थतन्त्र सुस्ताएको खबर छाप्न मिडियाहरुको होड चलिरहेको बेला यहाँमा भने देहातसम्मै पुर्वाधार निर्माण तीब्र गतिमा भइरहेको छ। सन् २०१५ मा २५ वर्ष यताकै न्युन आर्थिक बृद्दि हुँदा समेत चीनको अर्थतन्त्र ६.९ प्रतिशतले बिस्तार भएको छ। विगतसँगको तुलनामा न्युन देखिए पनि यो वृद्धि आफैंमा सानो भने होइन। लक्ष बमोजिम ७ प्रतिशतको आर्थिक बृद्धि हासिल हुन नसके पनि गत वर्ष रोजगारी सिर्जनामा उल्लेख्य प्रगति भएको भन्दै प्रधानमन्त्री लि खस्याङले सन्तोष व्यक्त गरेका छन्।
seen उनले भनेझैँ रोजगारीको अवसर सिर्जना गर्न यस्तै पुर्वाधारहरुले सहयोग पुर्‍याएका हुन्। यही क्रममा मध्य चिनको हुवे प्रान्तस्थित अन्सीबाट बाट छियान्चियाङ जोड्ने हाइवे भर्खरै निर्माण सम्पन्न भएको छ। उक्त हाइवेमा पर्ने आकर्षक पुलहरुको तस्विर चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाका फोटोपत्रकार सोङ वेनले आइतबार र सोमबार क्यामेरामा कैद गरेका छन् : अन्सी स्थित छोयाङ मन्दिरको लामो पुल। भर्खरै सम्पन्न अन्सी-छियान्चियाङ हाइवेले उलिङ पर्वतीय क्षेत्रका अन्य सडकहरुलाई जोड्ने काम गरेको छ। यो सडक मध्य चीनको हुन्नान र हुवे प्रान्त तथा पश्चिम दक्षिणको गुइच्वउ प्रान्त र छोङ्सिङ नगरपालिका हुँदै जान्छ। अन्सी-छियान्चियाङ हाइवेको ल्वचेन्थियानको लोभलाग्दो 'इन्ट्रयाक्सन' पुल। जहाँबाट अन्य धेरैतिरका लागि बाटो छुटिन्छ (तल)। अन्सी-छियान्चियाङ हाइवेको गोङ्सुइ नदी स्थित ठूलो पुल। यो पुलले भने अन्सी-लाइफङ हाइवेलाई जोडेको छ (तल)।
]]>
7932 0 0 0
चारवटा चिनियाँ जहाज छिट्टै ल्याउँछौं:पर्यटन मन्त्री पोखरेल http://localhost/ghum/7935-2/ Wed, 20 Jan 2016 16:37:50 +0000 http://www.ghumphir.com.np/?p=7935 माघ ६, काठमाडौं ।

सरकारले अन्ततः नेपाल वायुसेवा निगम (नेवानि)का लागि चीनमा निर्मित जहाजहरु ल्याउने भएको छ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले चीनबाट छिट्टै जहाज ल्याउने बताएका हुन् ।

नेवानिले आन्तरिक उडानका लागि चीनबाट अनुदान र सहुलियत ऋणमा ६ वटा जहाज ल्याउने सम्झौता गरेको थियो । जसमध्ये अनुदानका दुईवटा जहाज आइसकेका छन् । अनुदानका दुई जहाजले दुःख दिएपछि नेवानिले सहुलियत ऋणका ४ जहाज नल्याउने मनस्थितीमा पुगेको थियो ।

‘हामीले चिनियाँ एक्जिम बैंकमार्फत पैसा बुझाइसकेका छौं, बाँकी ४ जहाज ल्याउनै पर्छ’ सोमबार चीनको सिन्हुवा न्यूज एजेन्सीले राजधानीमा गरेको एभिएसन कर्पोरेशन अन्तरक्रृयामा बोल्दै मन्त्री पोखरेलले भने- ‘जहाज तयार भइसकेका छन्, छिट्टै ति जहाजहरु नेपाल आउने छन् ।’

अनुदानका जहाजमा इन्सुरेन्स शुल्क निकै महंगो हुनुका साथै प्राविधिक तथा अन्य समस्या देखिएपछि बाँकी जहाज ल्याउनका लागि नेवानिले विभिन्न शर्तहरु राखेको थियो । जहाज निर्माता कम्पनी एभिक इन्टरनेशनलले नेवानिका केही शर्तहरु मान्न तयार भएपछि जहाज ल्याउने मनस्थितीमा पुगेको हो ।

तयार भइसकेका जहाजको बारेमा अध्यनका लागि पर्यटन मन्त्रालयका उपसचिव सुरेश आचार्यको नेतृत्वमा नेपाली टोली चीन गएको थियो । ‘हामीले इन्स्पेक्सन रिपोर्ट तयार पारेर बुझाइसकेका छौं, रिपोर्टमा केही सुधारका लागि सुझाव दिएका छौं’ आचार्यले भने- ‘सरकारले रिपोर्ट अध्ययन गरेर जहाज ल्याउने नल्याउने निर्णय गर्नेछ ।’

नेवानिका लागि चीनबाट दुईवटा ५६ सीट क्षमताका एमए ६० र १८ सीट क्षमताका ४ वटा वाई १२ ई जहाज ल्याउने सम्झौता गरिएको थियो । एउटा एमए ६० र एउटा वाई १२ ई नेपाल भित्रिएर व्यवसायीक उडान गरिरहेका छन् । यी जहाज उडाउँदा निगमलाई नाफा भन्दा घाटा भइरहेको छ ।

पर्यटनमन्त्री पोखरेलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको संख्या बढाएर विभिन्न गन्तव्यमा उडान भर्ने बताएका छन् । ‘विमानस्थल बनेर अहिलेसम्म उडान हुन नसकेका १७ एयरपोर्टमा हामी सेवा सुरु गर्दैछौं’ उनले भने- ‘हामी अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक हवाई सेवालाई पनि चुस्न बताउने तयारीमा छौं ।’

नेपालजस्तो भूपरिवेष्ठित मुलुकमा हवाई सेवा अत्यावश्यक रहेको मन्त्री पोखरेलले बताए । यदि हवाई सेवाको विकास भएको र कार्गो बोक्ने जहाज भइदिएको भए यतिबेला आपूर्तिमा यतिधेरै समस्या आउँदैनथ्यो, मन्त्रीको भनाई थियो । नेपालमा हवाई इतिहास लामो भएपनि बल्ल बाँय सरिरहेको उनले आरोप लगाए ।

मन्त्री पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतीमा भन्दा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (एसआईए) निर्माणमा तिब्रता दिनुपर्ने बताए । ‘भैरहवामा विमानस्थल बनिरहेको छ, पोखरामा पनि निर्माण कार्य सुरु हुँदै छ’ उनले भने- ‘एसआईए सञ्चालनमा आएपछि मात्र कति लोड पर्छ, सोही अनुसार त्रिभुवन विमानस्थल स्तरोन्नती गर्नुपर्छ ।’

मन्त्री पोखरेलले नेपाल साहसिक, धार्मिक तथा सांस्कृतिक र इको टुरिजमका लागि उत्कृष्ट गन्तव्य भएको बताए । उनले विश्वभरबाट घुम्न निस्कने १/१ अर्ब हिन्दू तथा बौद्धालम्बी पर्यटकमध्ये एक प्रतिशतमात्र नेपाल भित्राउन सकेमा पाँच वर्षभित्र २० लाख पर्यटक पुर्‍याउन सकिने धारणा राखे ।

नेपालका लागि चिनियाँ राजदूत उ चिन्ताईले चीन नेपाललाई सहयोग गर्न सदैव तयार रहेको बताए । भूकम्पपछि चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउन डराए पनि उनीहरु नेपालप्रति सकरात्मक रहेको उनको भनाई छ ।

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चिनियाँ पर्यटकको आगमन हृवात्तै बढ्ने राजदूत चुन्ताईले बताए । उनले आफ्नो मुलुक चीनलाई विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक, विश्वकै सबैभन्दा बढी पर्यटक घुम्न निस्कने मुलुक, विश्वमै सबैभन्दा बढी विकास भइरहेको देशका रुपमा उभ्याए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले चिनले नेपालमा जहाज पठाइसकेपछि सेफ्टी, टेक्निकल लगायतको सहयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

नेवानिका महाप्रबन्धक सुगतरत्न कंशाकारले दूईवटा वाईड बडी जहाज किनेर बेलायत, कोरिया र जापानसम्म सिधा उडान गर्ने बताए । यसको अलवा बिचमा ट्राञ्जिट गरेर अष्ट्रेलियासम्म उडान गर्ने आफुहरुको तयारी रहेको उनको भनाई थियो ।

कंशाकारले चीनमा छिट्टै ग्वोञ्झाओ र कुम्निङ उडान गर्न लागेको बताउँदै त्यसपछि बेइजिङ र सांघाईमा पनि उडान विस्तार गर्ने बताए । यसका लागि दुईवटा वाइडबडीसँगै दुईवटा न्यारोबडी जहाज किन्ने उनको भनाई छ । निगमले यसका लागि प्रकृया समेत अगाडि बढाइसकेको छ ।

अहिले नेपाल एशियाली मुलुकमध्ये सबैभन्दा महंगो गन्तव्य भइरहेको बताउँदै कंशाकारले ठूला ४ वटा जहाज थपिने वित्तिकै हवाई शुल्क घट्ने बताए । नेवानिको ‘प्रोग्रेस’बीना नेपालको पर्यटनको ‘प्रोग्रेस’ नहुने हुँदा यसतर्फ ध्यान दिन उनले सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गरे ।

]]>
7935 0 0 0
हिमपातले पर्यटकको भ्रमण रद्द http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%aa%e0%a4%be%e0%a4%a4%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3/ Thu, 21 Jan 2016 16:43:03 +0000 http://www.ghumphir.com.np/?p=7939

मुस्ताङ, ७ माघ ।

वर्षासँगै हिमाली जिल्ला मुस्ताङको पर्यटकीय क्षेत्रमा हिमपात भएको छ । भारी हिमपात र मौसम खराब हुन थालेपछि जिल्ला भ्रमणमा आउने पर्यटकले भ्रमण रद्द गर्न थालेका छन् । बुधबार जिल्लाको लोमान्थाङ, मुक्तिनाथ, कागबेनीसहित तल्लो क्षेत्र लेते, कोबाङ, टुकुचे क्षेत्रमा हिमपात भएको छ । चिसो बढेपछि स्थानीयवासी आगो तापेर बस्न थालेका छन् भने वृद्धवृद्धा बाहिर निस्कन सकिरहेका छैनन् । एक हप्ताको अवधिमा जिल्लामा दुईपटक हिउँ परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख सन्तोष शेरचन हिउँसंगै चिसो बढेपछि मुस्ताङ भ्रमणमा आउने अस्ट्रेलिया र जापानका पर्यटकले भ्रमण रद्द गरेको बताउनुहुन्छ । “दुईवटा समुहमा आउने तयारी गरिरहेका पर्यटकले मौसम खराब भएपछि भ्रमण रद्द गरेका छन्” उहाँले भन्नुभयो ।

]]>
7939 0 0 0
कर्णालीमा रमाउँदै पर्यटक http://localhost/ghum/%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95/ Thu, 21 Jan 2016 16:45:15 +0000 http://www.ghumphir.com.np/?p=7942

जुम्ला, ७ माघ ।

कर्णाली क्षेत्र यतिबेला आन्तरिक तथा बाह्य पर्यटकका लागि रमाइलो गर्ने थलो बनेको छ । यहाँका सर्वसाधारणलाई हिमपात हुनु कुनै अनौँठो लाग्दैन । तर कर्णालीको भ्रमणमा आएका पर्यटकले हिमपातको समयमा आनन्द लिने गर्छन् । भारतको सिक्किबाट शिक्षण कार्यका लागि जुम्ला आइपुग्नु भएका जीवन गुरागाई हिमपातका कारण आफूलाई आनन्द मिलेको बताउनुहुन्छ । काठमाडौँंका सुमन पाठकलाई पनि कर्णालीको हिमपातको दृश्यले मोहति पारेको छ । तिला र जवा नदीको कञ्चन पानी, दुई फिट हिउँ जमेका फाँट र सेताम्य हिमालले आफुलाई निकै लोभ्याएको उहाँको भनाइ छ । त्यसैगरी, जुम्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सरकारी कार्यालयका कर्मचारी यतिवेला हिउँ खेलेर आनन्द लिइरहेका छन् । जुम्लालाई पर्यटकीय आकर्षण केन्द्रको सन्देश दिन कर्मचारी मिलन केन्द्रले आज यहाँ विमानस्थलमा जमघट कार्यक्रम समेत राखेको छ ।

]]>
7942 0 0 0
पोखरा महोत्सव :डाइनोसोर अवलोकनदेखि सांस्कृतिक कक्षमा आकर्षण http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%a1%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%8b%e0%a4%b8%e0%a5%8b%e0%a4%b0-%e0%a4%85/ Thu, 21 Jan 2016 16:47:59 +0000 http://www.ghumphir.com.np/?p=7944

वासुदेव पौडेल पोखरा, ७ माघ ।

युनाइटेड क्लब पोखराद्वारा अमरसिंहचौरमा सञ्चालित पोखरा महोत्सवमा दिनहुँ दर्शकको आकर्षण बढ्दै गएको छ । महोत्सवमा सहभागी हुन कास्की र छिमेकी जिल्लाका साथै देशका विभिन्न ठाउँबाट सर्वसाधारण आउने गरेका छन् । यही पुस ३० गतेदेखि सञ्चालित महोत्सवमा आउने सर्वसाधारण दैनिक विभिन्न परिकारको स्वाद लिँदै साँंस्कृतिक कार्यक्रममा रमाउने गरेका छन् । युनाइटेड क्लबका अध्यक्ष हिमालय बख्रेलका अनुसार महोत्सवको पहिलो दिन पाँच हजार दर्शक मात्र सहभागी भएकामा तेस्रो दिन माघ २ गते हालसम्मकै सर्वाधिक ३५ हजार दर्शक सहभागी भएका थिए । “महोत्सवको सातौं दिनसम्ममा रु सात करोडको कारोबार भएको छ” उहाँले भन्नुभयो । विश्वमा नै लोप भइसकेको डाइनोसोरको कृतिम स्वरुप महोत्सवमा सबैको आकर्षण बनेको छ । विद्युतीय प्रविधिमा राखिएका डाइनोसोरका विभिन्न प्रजाती झट्ट हेर्दा उक्त जीवको सक्कली रुप नै होकी जस्तो देखिन्छ । युनिभर्सल एम्युजमेन्ट प्रालिले प्रदर्शनीमा राखेको उक्त डाइनोसोर हेर्न रु ५० टिकटको व्यवस्था गरिएको छ । प्रालिका कर्मचारी भरत श्रेष्ठका अनुसार हालसम्म १० हजार भन्दा बढीले डाइनोसोरको अवलोकन गरिसकेका छन् । विशेष गरी विभिन्न शैक्षिक संस्थाबाट डाइनोसोर हेर्नका लागि नै विद्यार्थी आउने गरेका छन् । महोत्सव परिसरमा २२० स्टल रहेका छन् भने विभिन्न १२ वटा रेस्टु राँले खानाका परिकारको स्टल राखेका छन् । महोत्सवमा यसपटक पाकिस्तान र बङ्गलादेशबाट समेत कपडाजन्य सामानको व्यापारिक कक्ष राखिएका छन् । स्थानीय रुपमा उत्पादित सामानले पनि महोत्समा विशेष स्थान पाएका छन् । युनाइटेड क्लबकी सदस्य एवम् प्रशिक्षक सविता श्रेष्ठ रञ्जित आफ्नो क्लबले दिएको तालिमबाट हालसम्म ५०० जना महिला स्वरोजगार बनेको बताउनुहुन्छ । महोत्सवमा खेलौनाजन्य सामानको पनि उल्लेख्य व्यापार हुने गरेको छ । पोखरामा अन्तर्राष्ट्रियस्तरको चिडियाखाना निर्माणलाई मुख्य लक्ष्य राखिएको महोत्सवको प्रति टिकट रु एक सेती नदी संरक्षणमा खर्चिने क्लबले जनाएको छ । वृहत पोखराको अवधारणा अनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा लेखनाथको ११, १२, र १४ वडामा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर चिडियाखाना निर्माणको कामअघि बढाइसकिएको छ । क्लबको विशेष पहल एवम् स्थानीयवासीको सक्रियतामा यहाँको १३४ हेक्टर क्षेत्रफलमा चिडियाखाना निर्माण गर्ने योजना २०६७ सालदेखि अघि सारिएको हो । क्लबले विगत पाँच वर्षदेखि पोखरा महोत्सव गर्दै आएकोमा उक्त महोत्सवको आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणकै लागि छुट्याउँदै आएको छ । महोत्सव माघ १० गतेसम्म चल्ने बताइएको छ ।

]]>
7944 0 0 0
गोकर्ण पार्क निर्माण ढिलाइबारे छानबिन हुने http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%a2%e0%a4%bf%e0%a4%b2/ Thu, 21 Jan 2016 16:49:58 +0000 http://www.ghumphir.com.np/?p=7946

काठमाडौँ, ७ माघ ।

सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रले आज शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकाललाई भेटी गोकर्ण राष्ट्रिय सहिद तथा शान्ति पार्क स्मारक, पार्क निर्माण तथा व्यवस्थापन समितिले समयमै काम सम्पन्न नगरी अनिमितता गरेको आरोपसहित ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्रका अध्यक्ष जेवी धौलाकोटीसहितको टोलीले ज्ञापनपत्र बुझाउँदै पाँच वर्षभित्र पार्क निर्माण कार्य सम्पन्न गर्नुपर्ने भनिए पनि अहिलेसम्म २५ प्रतिशतमात्र काम सम्पन्न भएको गुनासो गरेको हो । सो समितिको कार्यावधि २०७२ जेठ ११ गते नै पाँच वर्ष पुगिसकेको छ । अहिलेसम्म भएका विभिन्न आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिदको अभिलेख राख्ने उद्देश्यले निर्माण गर्न लागिएको सो पार्कका लागि सरकारले रु ४८ करोड बजेट छुट्याएको छ । मन्त्री ढकालले समितिले अनियमितता गरेको गुनासोका सम्बन्धमा जतिसक्दो चाँडो छानबिन गर्ने विश्वास दिलाउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिका अध्यक्ष सुदर्शन सिग्देलको नाममा पत्र पठाउँदा समेत कुनै चासो नदेखाएको भन्दै धौलाकोटीले समितिमाथि छानबिन गर्न माग गर्नुभएको थियो । सो सम्बन्धमा रासससँग प्रतिक्रिया दिँदै शान्ति मन्त्रालय मातहतको सो परियोजना समयमा पूरा नभएको स्किार्दै केन्द्रले आरोप लगाएजस्तो कुनै अनियमितता नभएको बताउनुभयो ।

]]>
7946 0 0 0
१० हजार २०० लिटर डिजल र ३०० लिटर पेट्रोल बरामद http://localhost/ghum/%e0%a4%a0%e0%a5%82%e0%a4%b2%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%ac%e0%a4%b0%e0%a4%be%e0%a4%ae/ Thu, 21 Jan 2016 16:57:26 +0000 http://www.ghumphir.com.np/?p=7948

इटहरी, ७ माघ ।

सुनसरीको सदरमुकामसँग जोडिएको नरसिंह गाविस तथा भोक्राहा र हरिपुर क्षेत्रबाट प्रहरीले जाँच गर्ने क्रममा १० हजार २०० लिटर डिजल र ३०० लिटर पेट्रोल बरामद गरेको छ । मोटरसाइकल र साइकलमा ड्रमलगायतका साधनमा बोकेर ल्याउँदै गरेको अवस्थामा बरामद गरिएका ती इन्धन भन्सार छलेर ल्याइएको अवस्थामा फेला परेकाले ती इन्धनका विषयमा आवश्यक कानुनी काबाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोसी ब्यारेजलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

]]>
7948 0 0 0
सल्यानी कला साहित्य तथा सांस्कृतिक महोत्सव सुरु http://localhost/ghum/%e0%a4%b8%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%95%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b8/ Thu, 21 Jan 2016 17:00:56 +0000 http://www.ghumphir.com.np/?p=7950

सल्यान, ७ माघ ।

जिल्ला सदरमुकाम खलङ्गामा सल्यानी कला, साहित्य तथा संस्कृति राष्ट्रिय महोत्सव आजदेखि सुरु भएको छ । कला तथा संस्कृतिको जर्गेना गरी राष्ट्रियस्तरमा सल्यानलाई चिनाउन महोत्सवको आयोजना गरिएको हो । मध्यपश्चिम साहित्य परिषद् र राप्ती साहित्य परिषद्को आयोजनामा आयोजना गरिएको महोत्सवमा कला, साहित्य तथा संस्कृतिको क्षेत्रमा राष्ट्रिय रुपमा चर्चित चार दर्जन बढी व्यक्तित्वको सहभागिता छ । राष्ट्रिय रुपमा ख्यातिप्राप्त व्यक्तिले कला, साहित्य, तथा संस्कृतिका विषयमा कार्यपत्र पेस गर्ने कार्यक्रम रहेको राप्ती साहित्य परिषद्का सचिव प्रतीक इच्छुक शर्माले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने महोत्सवमा जिल्लाका मौलिक संस्कृति झल्किने वनगाडी, सोरठी, सिङ्गारु, पञ्चेबाजालगायतका नृत्य प्रदर्शन गर्ने तथा प्रदर्शन गरिएका संस्कृतिलाई जिल्लाको मौलिक संस्कृतिका रुपमा राष्ट्रिय प्रज्ञा–प्रतिष्ठानमा दर्ज गरिने शर्माले बताउनुभयो । कार्यक्रममा सहभागी अतिथिलाई जिल्लाका पर्यटकीय स्थल खैराबाङ मन्दिर तथा कुपिण्डे ताल अवलोकन गराउने र यसलाई राष्ट्रिय रुपमा चिनाउन पहल गरिने आयोजकले जनाएको छ ।

]]>
7950 0 0 0
बङ्गलादेश एक्स्पोः निर्माणदेखि खाद्य सामग्रीसम्म http://localhost/ghum/%e0%a4%ac%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a5%8b%e0%a4%83-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae/ Thu, 21 Jan 2016 17:07:37 +0000 http://www.ghumphir.com.np/?p=7952

काठमाडौँ, ७ माघ ।

नेपाल र बङ्गलादेशबीचको व्यापार विस्तार गर्ने उद्देश्यले भृकुटीमण्डपमा आजदेखि बङ्गलादेश एक्स्पो २०१६ सुरु भएको छ । उक्त एक्स्पोको उद्घाटन गर्दै वाणिज्यमन्त्री दीपक बोहराले नेपाल बङ्गलादेशबीचको सम्बन्ध विस्तार, सहकार्य विस्तार र आगामी दिनको व्यावसायिक मार्गनिर्देशन समेत गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बोहराले सरकार व्यापार विस्तारका लागि उपयुक्त माध्यम पहिचान गरी त्यसलाई अघि सार्ने योजनामा रहेको बताउनुभयो । नेपालका लागि बङ्गलादेशी राजदूत मसफि बिन्ते साम्सले एक्स्पोले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बङ्गलादेशसम्म र नेपाली उत्पादनको निर्यात प्रवद्र्धन गर्न सहयोग पु¥याउनाका साथै पछिल्लो समय विकास भएका प्रविधिको नेपाल र बङ्गलादेशबीच साटासाट गर्न एक्स्पोले महत्वूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । निर्माण सामग्री, तयारी पोसाक, प्लास्टिकजन्य उत्पादन, मृतिका कला, जुट तथा जुटजन्य उत्पादन, छालाजन्य उत्पादन, कपडा, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ताचप्पल, विद्युतीय सामग्री आदि एक्स्पोका आकर्षणका रुपमा छन् । त्यसैगरी हस्तकलाका उत्पादन, कृषिजन्य उत्पादन तथा औजार, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटनसम्बन्धी वस्तु तथा सेवासमेत एक्स्पोमा छन् ।

]]>
7952 0 0 0
होटलको विकृति रोक्न महिलाको गस्ती http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2/ Thu, 21 Jan 2016 17:11:58 +0000 http://www.ghumphir.com.np/?p=7954

चन्द्रकला भण्डारी काँकडभिट्टा (झापा), ७ माघ ।

झापाको काँकडभिट्टामा स्थानीय महिलाले होटल लजमा हुने विकृति रोक्न सामूहिक गस्ती सञ्चालन गरेका छन् । महिलाको यस्तो सक्रियताले होटलमा हुने देहव्यापार लगायतका विकृति बन्द भएको छ । पूर्वी नाका भएको कारण काँकडभिट्टामा होटल लजको व्यवसाय फस्टाउँदो अवस्थामा छ । यहाँ ५०० भन्दा बढी नाम चलेका होटल सञ्चालनमा छन् । तर केही होटलले बिनादर्ता व्यवसाय सञ्चालन गरेर देहव्यापार चलाउन थालेपछि सामाजिक विकृति बढेको थियो । विकृति रोक्न थुप्रै प्रयास गरिए पनि अन्त्यमा महिला नै अघि सरेर गस्ती गर्न थाले । महिलाको यस्तो सक्रियता विकृति रोक्ने अचुक अस्त्र साबित भएको छ । मेचीनगर–१० मा जनआवाज, आनन्द, बौद्ध, पूर्वी भानु लगायतका दर्जनभन्दा बढी टोल विकास समितिमा आबद्ध २७ जना महिलाले होटलको विकृति हटाउने अभियानको नेतृत्व लिएका छन् । उनीहरूको अगुवाइ गरेकी छन्–आमा समूह नेपालकी अध्यक्ष चन्द्रा शाही बिमलीले । कुनै होटलमा मदिरा खाएर होहल्ला भएको, देहव्यापार हुने गरेको र झैझगडा हुने गरेको सूचना पाउने बित्तिकै एक हुल महिला जुनसुकै समयमा होटल वा लजमा पुग्छन् र कार्बाही अघि बढाउँछन् । महिलाले होटल र लजको नियमित गस्तीसमेत गर्दै आएका छन् । गस्तीमा निस्कँदा उनीहरूसँग महिला प्रहरी साथै रहने गरेका छन् । प्रहरीको साथले गर्दा महिला विकृति रोक्ने अभियान निर्भयसाथ सञ्चालन गरिरहेका छन् । आमा समूहको सक्रियताले काँकडभिट्टामा ठूलो परिवर्तन आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारी बताउँनुहुन्छ । “होटलमा हुने विकृति रोक्ने काम पहिले प्रहरीको मात्र हो भन्ने सोचाइ थियो”, प्रहरी नायब उपरीक्षक अधिकारी महिला समूहको खुलेर प्रशंसा गर्दै भन्नुहुन्छ–“अहिले उहाँहरूको साथले वास्तवमै विकृति–विसङ्गति रोक्न सफल भएका छौँ ।” प्रहरीका अनुसार गत पाँच महिनाको अवधिमा देहव्यापारलगायत होटलमा हुने विकृतिजन्य गतिविधिमा संलग्न १२ जना विरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाइएको छ भने एकजना अभियुक्त जेल चलान भइसकेका छन् । महिला नै विकृति रोक्न अघि सर्नुका पछाडि झापाको काँकडभिट्टाको एक होटलमा गत जेठमा बलात्कारपछि युवतीको हत्या भएको घटना जोडिएको छ । त्यसपछि स्थानीय महिला सङ्गठित भएर होटलमा हुने विकृतिविरुद्ध जाइलागेका हुन् । मेचीनगर–१० स्थित सिलोङ होटलमा मजदुरी गर्दै आएकी झापा बिर्तामोडकी मन्दिरा विकको गत जेठ १५ गते होटलभित्र हत्या गरी फालिएको अवस्थामा शव भेटिएको थियो । घटनाका दोषीलाई कानुनी कार्बाही भइरहेको छ । त्यस घटनापछि महिलाले होटलमा हुने विकृति रोक्न अभियान नै चलाएका हुन् । विभिन्न टोल विकास समितिमा आबद्ध २७ जना महिलाको भेलाले गत असारदेखि जस्तोसुकै चुनौती झेलेर भए पनि होटलमा हुने विकृति रोक्न अभियान चलाउने निर्णय गरेको आमा समूह नेपालकी अध्यक्ष बिमली बताउँछिन् । “होटलहरूमा अनैतिक क्रियाकलापका घटना बढेको जनगुनासो धेरै पहिलेदेखि आइरहेको थियो”, अध्यक्ष बिमली भन्छिन्–“असारमा होटल मजदुर कल्पना विकको हत्या नै भएपछि हामीले सङ्गठित भएर आमा समूह नेपाल नामक संस्था खोलेर गस्ती सुरु ग¥यौँ ।” महिलाले होटलमा यौनजन्य अपराधका घटना हुन नदिन प्रहरीको सहयोग लिने गरेका छन् । उनीहरूले होटल दर्ता गरेनगरेको समेत हेर्ने गर्छन् । “थुप्रै होटल बिनादर्ता सञ्चालित रहेछन्”, उनले भनिन्–“राजस्व ठगी गरी बिनादर्ता सञ्चालित होटललाई समेत हामीले दर्ताको दायरामा ल्याउन सघाएका छौँ ।” आमा समूहले होटलमा रहेका कर्मचारीलाई अनिवार्य परिचय कार्ड दिनुपर्ने व्यवस्था मिलाउन बाध्य पारेका छन् । उनीहरूले होटलमै पुगेर कार्डमा लेखिएको पद बमोजिमको काम छ छैन भनेर निरीक्षणसमेत गर्ने गरेका छन् । निरीक्षणका क्रममा होटलमा राखिएका महिलालाई बाध्य बनाएर यौनजन्य व्यापारमा लगाउने गरेको फेला परे होटल व्यवसायीलाई समेत कार्वाही अघि बढाउने काम महिला समूहले गर्दै आएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले होटलको गस्ती र दोषी पक्रिने कार्यमा महिला प्रहरी नै पठाइदिने गरेको छ । उनीहरूले काँकडभिट्टामा पाएको सफलताका आधारमा अभियानलाई जिल्लाव्यापी बनाउने योजना सुरु गर्न लागेको बताएका छन् । क्षेत्रीय होटल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष ललित तामाङले प्रहरी, आमा समूह र सङ्घको सक्रियताका कारण काँकडभिट्टाका होटलमा अनैतिक कार्य बन्द भएको बताउनुभयो । उहाँले विशेष गरेर आमा समूहले होटलमा गर्ने गस्तीका कारण अनैतिक कार्य मात्र होइन होटललाई व्यवस्थित गरेर सञ्चालन गर्न र कर्मचारीलाई अनिवार्य परिचय कार्डको समेत व्यवस्था भएको बताउनुभयो ।

]]>
7954 0 0 0
कृषि विकास बैंकले भूकम्प प्रभावित १४ जिल्लामा लगानी गर्ने http://localhost/ghum/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%a5%e0%a4%aa-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8/ Thu, 21 Jan 2016 17:18:10 +0000 http://www.ghumphir.com.np/?p=7956

काठमाडौँ, ७ माघ ।

‘क’ वर्गको वित्तीय सस्था कृषि विकास बैंकले भूकम्प प्रभावित १४ जिल्लामा कृषिको व्यवसायिकरण र यान्त्रिकीकरण गर्न विशेष लगानी गर्ने भएको छ । ती जिल्लामा कति लगानी गर्ने भन्ने आन्तरीक कार्यविधि बनिरहेको बैंकले जनाएको छ । सो बंैकको अधिकृत पुँजी रु १३ अर्ब र जारी पुँजी रु ९ अर्ब ८६ करोड ०८ लाख रहेको छ । बैंकको ४९आँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा हालसम्म रु ६ खर्ब १७ अर्ब ३८ करोड ५४ लाख लगानी भएको जानकारी दिइयो ।

krishi-Dev-Bankविसं २०२४ माघ ७ गते स्थापना भएको सो बैंक २०६२ साल असार १३ गते कम्पनीमा रुपान्तरण भएको थियो । दुईलाख साधारण सेयरधनी रहेको बैंकको ग्राहक सङ्ख्या करिब १० लाख पुगेको छ । विनासकारी भूकम्प तथा जारी मधेस आन्दोलनका कारण आफ्नो कारोबारमा लक्ष्य अनुसार प्रगतिमा चुनौती रहेको बंैकले जनाएको छ । आम्दानीको बढी हिस्सा कर्जाको ब्याज हुनु, गैरकोषमा आधारित आम्दानी कम हुनु, निस्क्रिय कर्जा बढ्दै जानु, लागत निरन्तर वृद्धि हँुदै जानु बैंकको आन्तरिक चुनौती हुन् । गतवर्ष ७ प्रतिशत बोनस सेयर वितरण गरेको कम्पनीले आफ्ना सेयरधनीलाई यस आवमा समेत सक्दो बढी प्रतिफल दिने जनाएको छ । यसका लागि बंैकले बाह्य लेखा परीक्षण कार्य अन्तिमचरणमा पुगेको जानकारी दिएको छ । बैंकले आफ्नो पाँचवर्षे व्यावसायिक योजनाअन्तर्गत विशेष राहत कार्यक्रम, व्यावसायिक कृषि कार्यक्रम, न्युन लागतको निक्षेप परिचालन, सञ्चालन खर्चमा न्यूनीकरण, बैंक सेवाको विस्तार जस्ता क्षेत्रमा प्राथमिकता दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कृषिको व्यवसायीकरण र यान्त्रिकीकरण गर्ने सरकारको नीति रहेको हुँदा यस क्षेत्रमा लगानी वृद्धि गर्न बैंकलाई आग्रह गर्नुभयो । उहाँले भूकम्प र नाकाबन्दीका कारण अर्थतन्त्रलाई नकारात्मक दिशामा जान नदिन सरकार सचेत रहेको बताउँदै यसका लागि बैंकले पनि थप वित्तीय सुशासन कायम गर्न जोड दिनुभयो । परम्परागत कार्यशैलीले आधुनिक र प्रतिस्पर्धी रुपमा बैंक उत्रिन नसक्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो “सेवाग्राही र सूचना प्रविधि मैत्री कृषि विकास बंैकलाई बनाउनुपर्छ ।” बैंकको वित्तीय प्रगतिमा नै बैंकमा कार्यरत कर्मचारीको हित हुने उहाँको भनाइ छ । सो अवसरमा अर्थमन्त्री पौडेलले वार्षिकोत्सवका अवसरमा प्रकाशित ‘बैंक समाचार’ नामक पुस्तक सार्वजनिक गर्नुभयो । नेपाल राष्ट्र बैंकका गभर्नर डा चीरञ्जीवि नेपालले दिगो र उच्च आर्थिक वृद्धिका लागि प्रतिस्पर्धी लागतमा कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार विकासमा थप वित्तीय साधन प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले ग्रामीण व्यवसायी तथा कृषकको आवश्यकतामा बंकले पु¥याएको सेवा महत्वपूर्ण रहेको बताउनुभयो । बंैकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले अगामी दिनमा सरकारको प्राथमिकता र विपन्न वर्गलाई लक्षित गरी ल्याइएका कार्यक्रममा बैंकले साझेदारी गर्दै जाने नीति रहेको जानकारी दिनुभयो । सो अवसरमा बैंकमा लामो समयदेखि कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो ।

]]>
7956 0 0 0
फेसबुकमा २ सय भन्दा बढि साथी बनाउनु असम्भव http://localhost/ghum/%e0%a4%ab%e0%a5%87%e0%a4%b8%e0%a4%ac%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a5%a8-%e0%a4%b8%e0%a4%af-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a4%bf-%e0%a4%b8%e0%a4%be/ Thu, 21 Jan 2016 17:23:49 +0000 http://www.ghumphir.com.np/?p=7958 यदि कसैले आफ्नो फेेसबुकमा १ हजार भन्दा बढि साथी छन् भनेर दाबी गर्छ भने सम्भवतः उसले तपाइँसँग झुटोे बोलिरहेको हुनुपर्छ । तपाइँले पनि आफ्नो फेसबुकमा सयौँ साथीहरु छन् भनेर तुजुक देखाउनुहुन्छ होला र कतिले त साथी बनाउन सकिने फेसबुकको सीमाना पुगिसकेको हुँदा अब नयाँ साथी बनाउन नसक्ने भएकाले आफ्नो फेसबुक पेज लाइक गर्नका लागि फेसबुक मार्फत नै आव्हान गरिरहेका हुन्छन् । फेसबुकमा धेरै साथी छन् भनेर घमण्ड गर्नेहरुका लागि एउटा अनुसन्धान रिपोर्टले चट्कन दिएको छ । वास्तवमा फेसबुकमा धेरै साथी छन् भनेर फुर्ति नगरे हुने भएको ।

किनकी फेसबुकमा तपाइँले बनाउने वास्तविक साथीहरुको संख्या भनेको बढिमा केवल २ सय मात्र रहेछ । पछिल्लोपटक गरिएको एक रोचक अध्ययनले सोसल नेटवर्किंग साइटका प्रयोगकर्ताहरुले यस्ता साइटमा बनाउने वास्तविक निकट साथीहरुकोे संख्या २ सय भन्दा पनि कम हुने देखाएको छ । सोसल साइटमा वास्तविक साथी बनाउने मामिलामा पुरुषको तुलनामा महिला अगाडि देखिएका छन् ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक मनोविज्ञ रोबिन डन्बारले नियमित रुपमा सामाजिक संजाल प्रयोग गर्नेहरुमा विभिन्न २ वटा सर्भेक्षण गरे । त्यसक्रममा पहिलो समूहमा फेसबुकमा हुने औषत साथीहरुको संख्या १५५ पाए भने अर्को समूहको औषत साथी संख्या १८३ पाए ।

दुबै नमूनाहरुमा पुरुषको तुलनामा महिलाहरुको फेसबुकमा वास्तविक वा निकट साथीहरुको संख्या बढि रहेको देखियो । पहिलो समूहमा महिलाहरुका वास्तविक फेसबुके साथीहरुको औषत संख्या १६६ हुँदा पुरुषको १४५ थियो भने दोश्रो समूहका महिलाहरुको फेसबुके साथीको ओषत संख्या १९६ हुँदा पुरुषका साथीको संख्या १५७ मात्र थियो । त्यस्तै अपेक्षाकृत रुपमै पूरानो पूस्ताका मानिसहरुको फेसबुके साथीको संख्या नयाँ पुस्ताका मानिसको भन्दा कम रहेको पाइयो ।

शोधकर्ताका अनुसार सोसल साइटले प्रत्यक्ष भेटघाटको अभावमा समयक्रमसँगै मित्रतामा आउने फाटोलाई घटाउनका लागि सहयोग गर्ने गरेको छ ।

तर लामो समयसम्म पनि प्रत्यक्ष भेटघाट हुन सकेन भने फेसबुकको मित्रता केवल औपचारिकतामा सिमिति हुने र उक्त साथीसँग वास्तविक मित्रता हराउने शोधकर्ताको ठम्याइ छ ।

शोधकर्ता डेन्बरका अनुसार एक मित्रले अर्को मित्रलाई प्रत्यक्ष भेटघाट गरी एकले अर्काको आँखा हेर्नु मित्रतालाई प्रगाढ बनाउनका लागि महत्वपूर्ण हुन्छ ।

शोधकर्ताले एकजना मानिसले कतिजना अन्य मानिससँग दहि्रलो मित्रता कायम गर्न सक्छ भन्ने एउटा सिद्धान्त नै प्रतिपादन गरेका छन् । उक्त सिद्धान्तलाई सोसल ब्रेन हाइपोथेसिस भनिएको छ । यस अनुसार हाम्रो मस्तिष्कले विभिन्न बहुआयामिक मित्रवत सम्वन्धहरुलाई प्रोसेसिंग गर्ने क्रममा १ सय देखि २ सय जना वास्तविक मित्रको समूह छुट्टाउँछ । अर्थात् हाम्रो मस्तिष्क २ सय जनाभन्दा बढि मानिससँग वास्तविक मित्रता कायम गर्न असमर्थ हुन्छ । २ सय जना भन्दा बढिसँग वास्तविक मित्रता राखिराख्न हामीसँग समय पनि हुँदैन ।

सामाजिक संजालको प्रयोगले मानिसले धेरै भन्दा धेरै साथीहरु बनाउन सक्ने र प्रत्यक्ष भेटघाट वा कुराकानी गरिरहनु नपर्दा धेरैजनासँग मित्रता कायम राख्न सकिने अनुमान धेरैको हुन्छ । फेसबुकमा सयौँ साथीहरु बनाएका पनि हुन्छौँ हामीले । तर फेसबुकमा आफुसँग साथी बनेका सबै फेसबुकेहरु तपाइँका वास्तविक साथी नहुने तथ्य डन्बारको अध्ययनको पुष्टि गरेको छ ।

उनले के सोसल मिडियाको प्रयोगले हामीले धेरै साथी बनाउन सक्छौँ त भन्ने कुरा पत्ता लगाउनका लागि ३३ सय जना मानिसमा अध्ययन गरे ।

पहिलो समूहका फेसबुकेहरुले आफ्ना फेसबुक साथीहरु मध्ये केवल २८ प्रतिशत मात्र वास्तविक वा खास साथी रहेको बताए । फेसबुकले निकै धेरै साथी भएकाहरुको पनि वास्तविक साथीहरुको औषत संख्या उत्ति नै रहेको पाइयो ।

]]>
7958 0 0 0
तरकारी खेतीबाट मनग्य आम्दानी http://localhost/ghum/%e0%a4%a4%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ae%e0%a4%a8%e0%a4%97%e0%a5%8d%e0%a4%af-%e0%a4%86%e0%a4%ae%e0%a5%8d/ Thu, 21 Jan 2016 17:27:04 +0000 http://www.ghumphir.com.np/?p=7960

पुनर्वास (कञ्चनपुर), ७ माघ ।

पुनर्वासको त्रिभुवनबस्तीमा कृषकको सामूहिक पहलमा बेमौमी तरकारीखेती सुरु गरिएपछि यहाँका १५ परिवारको आर्थिक अवस्थामा सुधार आएको छ । पुनर्वास नगरपालिका– ६ स्थित त्रिभुवनबस्तीमा नमूना तरकारी उत्पादन समूह बनाइ कृषकले तरकारीबाट मनग्य आम्दानी गर्न थालेका छन् । युएसएडद्वारा सञ्चालित किसान परियोजनाको आर्थिक सहयोगमा उनीहरु तरकारी खेतीमा जुटेका हुन् । गत वर्ष तरकारी बिक्री गरी रु एक लाख बढी आम्दानी गरेको पुनर्बास नमूना तरकारी उत्पादन समूहका सचिव रमेश थापाले बताउनुभयो । कृषि सेवा केन्द्रबाट प्राविधिक सहयोग पाएका कृषकले पुनर्वास सहकारी संस्थाले निःशुल्क उपलब्ध गराएको सात कट्ठा जमिनमा बेमौसमी तरकारी उत्पादन गर्दैआएका छन् । समूहमा आबद्ध भएर तरकारी उत्पादनमा जुट्नु सहज भएको समूहका अध्यक्ष गोरखबहादुर थापाको भनाइ छ । यसवर्ष रु ५० हजारको लगानी गरेर तरकारी खेती सुरु गरिएको र रु डेढ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ । समूहमा आबद्ध भएर तरकारीको उत्पादनमा जुटेका कृषकलाई किसान परियोजनाले रु ४१ हजार सहयोग गरेको छ ।

]]>
7960 0 0 0
गाडी हिउँमा फसेपछि http://localhost/ghum/%e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a5%80-%e0%a4%b9%e0%a4%bf%e0%a4%89%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a4%b8%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/ Thu, 21 Jan 2016 17:34:07 +0000 http://www.ghumphir.com.np/?p=7962 7962 0 0 0 अभ्यास रोकिदैन http://localhost/ghum/%e0%a4%85%e0%a4%ad%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%bf%e0%a4%a6%e0%a5%88%e0%a4%a8/ Thu, 21 Jan 2016 17:40:35 +0000 http://www.ghumphir.com.np/?p=7965 7965 0 0 0 धेरै मूल्य घटाए तेल भारत नै फर्कन्छ http://localhost/ghum/7968-2/ Thu, 21 Jan 2016 17:44:08 +0000 http://www.ghumphir.com.np/?p=7968 ७ माघ, काठमाडौं ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य विगत १२ वर्षयताकै सस्तो विन्दुमा छ । तर, नेपालमा त्यसको अनुपातमा तेलको मूल्य घटेको छैन ।नेपाल आयल निगमले पाँच महिनामा गत सोमबार तेलको मूल्य समायोजन गरेपनि त्यसमा अधिकांश उपभोक्ता सन्तुष्ट छैनन् ।

उपभोक्ताले कालोबजारीको तेल किनिरहँदा आएको तेलको मूल्य पनि अन्तर्राष्ट्रिय बजार अनुसार तोकिएको छैन । तर, आलोचनालाई खण्डन गर्दै निगमले नयाँ तर्क अघि सारेको छ ।

नेपालमा तेलको मूल्य धेरै सस्तो बनाउँदा भारतबाट आपूर्ति भएको तेल पनि उतै फर्किने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले दाबी गरे । नेपालमा तेल धेरै सस्तो र सीमापारी महंगो हुँदा न्युन मात्रामा भित्रिएको तेलसमेत कालोबजारीका लागि भारत नै फर्किने उनको भनाइ छ ।

‘यता धेरै सस्तो बनाएर यताको तेल उता लैजाने समूह सक्रिय हुन सक्छ,’ प्रवक्ता घिमिरेले भने, ‘त्यसैले धेरै सस्तो बनाउँदा पनि थप समस्या आउन सक्छ ।’

अहिले भारतीय सीमा क्षेत्रमा भन्दा नेपालको तेलको मूल्य सस्तो छ । नेपालमा भन्दा भारतमा पेट्रोल ४ रुपैयाँ र डिजेल ३ रुपैयाँ महंगो छ ।

आयल निगमले डलरको मूल्य पनि महंगिएकाले तेल धेरै सस्तो बनाउन नसकिएको बताएको छ ।

ब्ल्याककै तेलले सवारी जाम

आयल निगमले ब्ल्याककै तेलको कारण सडकमा ट्राफिक जाम हुने गरी सवारी साधन चलेको स्वीकार गरेको छ । चितवनको ठोरी लगायतका नाकाबाट आइरहेको कालोबजारीको तेलले निजी सवारी टिकेको निगमको ठहर छ ।

‘हामीले काठमाडौंमा दैनिक ५० हजार लिटर तेल बाँडेका छौं । माग ३ लाख ५० हजार लिटर हो,’ प्रवक्ता घिमिरेले भने, ‘झण्डै ८० प्रतिशत सवारी गुडिरहेका नै छन् । यत्रो गाडी चल्ने तेल सबै कालोबजारीबाट आएको प्रष्ट छ ।’

]]>
7968 0 0 0
शुक्रबार कुन-कुन पम्पमा पाइन्छ तेल ? http://localhost/ghum/7971-2/ Thu, 21 Jan 2016 17:47:15 +0000 http://www.ghumphir.com.np/?p=7971 ७ माघ, काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा शुक्रबार ५९ वटा पम्पबाट निजी मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल वितरण हुने भएको छ । भोलि शुक्रबार ३१ देखि ५० नम्बर लटका मोटरसाइकलले तेल भर्न पाउने नेपाल आयल निगमले जनाएको छ । आयल निगमले भोलि बिजोर नम्बरका ट्याक्सीलाई ४ वटा पम्पबाट पेट्रोल दिँदैछ । स्वम्भुको हल्चोक, टेकुको नेशनल ट्रेडिङ, बसुन्धराको महालक्ष्मी र सानेपाको इन्द्रायणी पम्पले बिजोर नम्बरका ट्याक्सीलाई तेल वितरण गर्ने आयल निगमले जनाएको छ । आयल निगमले बुधबारदेखि मोटरसाइकललाई लटका आधारमा पेट्रोल वितरण थालेको थियो । भोलिका लागि आज बेलुकी नै पम्पहरुमा तेल पुर्‍याइने आयल निगमको थानकोट डिपोले जनाएको छ । एउटा मोटरसाइकललाई पाँच लिटर पेट्रोल दिइनेछ । यसपछि आगामी ११ गते सोमबार ५१ भन्दा देखि माथिका लटका मोटरसाइकलका लागि तेल बिक्री गर्ने तालिका छ । निगमले यो बिहान ९ बजेदेखि तेल वितरण सुरु हुने बताएको छ । तेल लिन नवीकरण भएको ब्लुबुक अनिवार्य गरिएको छ । शुक्रबार तेल बाँडिने पम्पको सूची हेर्नुस्  petrol-pump-list-1 petrol-pump-list-2
]]>
7971 0 0 0
चार मन्त्रीद्वारा निगमको थानकोट डिपो निरीक्षण http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%95%e0%a5%8b/ Fri, 22 Jan 2016 16:08:23 +0000 http://www.ghumphir.com.np/?p=7977

काठमाडौँ, ८ माघ ।

बजारमा पेट्रोलियम पदार्थको अभाव खड्किएका बेला नेपाल सरकारका चार मन्त्रीले आज नेपाल आयल निगमको थानकोटस्थित डिपोको आकस्मिक निरीक्षण गर्नुभएको छ । निगमको मौज्दात क्षमता र वितरण प्रणालीलाई सुधार्ने उपायबारे जानकारी लिन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, आपूर्तिमन्त्री गणेशमान पुन र जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले साँझ निगमको थानकोट डिपोबारे जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा निगमको मुख्य डिपो थानकोटमा कति इन्धन मौज्दात रहेको र वितरण प्रणालीमा केही सुधार गर्न सकिन्छ कि भनेर सबै मन्त्रीले जिज्ञासा राखेकामे निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले राससलाई जानकारी दिनुभयो । “अहिले कति इन्धन छ, कति दिनलाई वितरण गर्न पुग्छ, वितरण प्रणालीलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे मन्त्रीज्यूहरुले जिज्ञासा राख्नुभयो र आवश्यक निर्देशन दिएपछि लेखेर पठाउने भन्नुभएको छ”– उहाँले भन्नुभयो । दुई दिनपछि इन्धन वितरणमा सहजता रक्सौल बाहेकका विभिन्न सीमा नाकाबाट नियमितजसो इन्धन र केही ग्यासका बुलेट आइरहे पनि बजारमा विद्यमान अभावलाई ध्यानमा राखी निगमले वितरण प्रणालीलाई प्रभावकारी बनाउने भएको छ । सो अनुरुप निगमले काठमाडौँ उपत्यका बाहिरका पम्पमा जम्मा भएका इन्धनलाई उपत्यकामा भित्र्याएर वितरण प्रणालीमा सुधार गर्ने तयारी गरेको छ । प्रवक्ता घिमिरेले ग्यास वितरणमा अझै समस्या रहे पनि पेट्रोलियम पदार्थ वितरणलाई केही सहज बनाउन दुई दिनभित्र उपत्यका बाहिरका इन्धन भित्र्याएर वितरणमा सुधार ल्याइने जानकारी दिनुभयो ।

]]>
7977 0 0 0
एक साताभित्र पेट्रोल तथा डिजेलको आपूर्ति सहज हुने http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%a4%e0%a4%a5%e0%a4%be/ Fri, 22 Jan 2016 16:10:37 +0000 http://www.ghumphir.com.np/?p=7979

काठमाडाँै, ८ माघ ।

नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अब एक साताभित्र पेट्रोल तथा डिजेलको आपूर्ति सहज हुने जनाएको छ । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले निगमका देशभरका डिपोलाई उपत्यकामा तेल पठाउन निर्देशन भइसकेको बताउँदै त्यहाँबाट तेल आयात भएपछि सबै पेट्रोल पम्पबाट निश्चित परिणाममा सहज रुपमा वितरण गरिने जानकारी दिनुभयो । उहाँले भारतले ग्यासको आपूर्ति नबढाउँदासम्म आपूर्ति सहज हुन नसक्ने हुँदा नयाँ निर्णय नहुन्जेल ७ दशमलव १ किलोकै सिलिन्डर वितरण गरिने बताउनुभयो । ग्यास उद्योग महासङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले आधा सिलिन्डर ग्यास वितरण गर्दा उपभोक्तालाई लागत बढ्न जाने बताउँदै सरकारले सहयोग गरेमा दुई÷तीन दिनभित्र पूरै सिलिन्डर वितरण गर्न सकिने छ भन्नुभयो । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईंले ग्यास तथा तेलगायत इन्धनको मागअनुसार आपूर्ति हुन नसक्दा बजारमा बढेको कालोबजारी नियन्त्रण गरी न्यायोचित वितरण गर्नुपर्ने माग गर्नुभयो ।

]]>
7979 0 0 0
स्टोरमा बाघ छिरेपछि... http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%8b%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%98-%e0%a4%9b%e0%a4%bf%e0%a4%b0%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/ Fri, 22 Jan 2016 16:19:05 +0000 http://www.ghumphir.com.np/?p=7981

पोखरा, ८ माघ ।

स्थानीय ट्याक्सी चोकस्थित मेरी ‘विध्यावासिनी स्टोर’ भित्र आज अकस्मात दिउँसो बाघ छिरेपछि स्थानीयाबासीलाई सन्त्रस्त बनाएको छ । दिउँसो २ः३० बजे अकास्मात् स्टोरभित्र बाघ पसेको स्टोरका चौकीदार कुमार सुनारले जानकारी दिनुभयो । जानकारी पाएलगत्तै पुगेको वनरक्षकसहितको टोलीले बाघलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र वनरक्षक विनोद थापालाई बाघले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते थापाको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको सहायक वन अधिकृत महाप्रसाद ओझाले जानकारी दिनुभयो । प्रहरी निरीक्षक मोहनबहादुर खड्काका अनुसार बाघलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ । बाघ छिरेको खबरसँगै पोखराको ट्याक्सी चोक परिसरमा सर्वसाधारणको भीड लागेको छ ।

]]>
7981 0 0 0
यातायात सुचारु हुन नपाउँदै फेरि बन्द http://localhost/ghum/%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a4-%e0%a4%b8%e0%a5%81%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%81/ Fri, 22 Jan 2016 16:23:23 +0000 http://www.ghumphir.com.np/?p=7983

महेन्द्रनगर (धनुषा), ८ माघ ।

जनकपुरमा मधेस आन्दोलनको प्रभाव न्यून हुँदै गई बजार, उद्योग, शिक्षणसंस्था यहाँसम्म कि माघ ६ गते बुधबारदेखि निर्बाधरुपमा जनकपुरबाट सार्वजनिक यातायात सेवासमेत सञ्चालन भइसकेको अवस्थामा पुनः आजदेखि आन्दोलन चर्केपछि जनजीवन प्रभावित भएको छ । प्रहरी र संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबीचको मोरङको रङ्गेलीमा भएको झडपमा प्रहरीको गोली लागी माघ ७ गते तीनजनाको मृत्यु भएको घटनाको विरोधमा पुनः आजदेखि जनकपुरको माहोल बिग्रेको छ । राम्रोसँग सञ्चालन हुन नपाउँदै पुनः आजदेखि यातायात सेवा ठप्प बनाइएको छ । मोर्चाका कार्यकर्ताले जनकपुरमा बिहानदेखि नै प्रमुख चोकमा टायर बालेर प्रदर्शन गर्दै यातायात, बजार, शिक्षण संस्था, वित्तीय संस्था तथा बैंक सबै बन्द गराएका छन् । मोर्चाका कार्यकर्ताले मोटरसाइकल सञ्चालनमा समेत रोक लगाएर फुल ट्याङ्की पेट्रोल भएको मोटरसाइकलबाट पेट्रोल झिकेर सडकमा पोखेर आगो लगाई नष्ट गर्ने गरेका छन् । जनकपुरको रमानन्द चोक र पिडारी चोकमा सय लिटरभन्दा बढी पेट्रोल नष्ट गरिएको छ ।

]]>
7983 0 0 0
बायोग्यासका लागि प्रस्ताव ल्याउन मन्त्री पौडेलको आग्रह http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be/ Fri, 22 Jan 2016 16:49:07 +0000 http://www.ghumphir.com.np/?p=7985

काठमाडौँ, ८ माघ ।

अर्थमन्त्री विष्णु पौडेलले वायोग्यासको प्रबद्र्धनका लागि वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बायोग्यास प्रवद्र्धन सङ्घको सहकार्यमा स्पष्ट योजना ल्याउन आग्रह गर्नुभएको छ । नेपाल बायोग्यास प्रवद्र्धन सङ्घको २१ औँं वार्षिक साधारण सभाको आज उद्घाटन गरेपछि सभालाई सम्बोधन गर्दै उहाँले चालु आर्थिक वर्षभित्र थप ७० हजार बायोग्यास प्लान्टका लागि आवश्यकपर्ने अनुदानको व्यवस्था गर्न सरकार तयार रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, “बायोग्यास प्लान्टका विषयमा व्यवस्थित र मूर्तप्रस्ताव १५ दिनभित्र लिएर आउनुहोस्, यस विषयलाई सम्बोधन गर्नका लागि म पहल गर्छु । यहाँहरुलाई सहयोग गर्न सरकार तयार छ ।”

Bishnu_Prasad_Paudel_3सपना देख्दा र योजना बनाउँदा सामथ्र्यको अधिकतम सीमासम्म ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले ग्रामीण चरित्रका नगरपालिकामा आफ्ना आयोजनालाई कार्यान्वयनमा लैजान सुझाव दिनुभयो । पचास वर्षको बायोग्यासको अनुभवमा हामीले तीन लाख ५० हजार घरधुरीलाई मात्रै बायोग्यास उपलब्ध गराउन सकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले नीति तथा व्यवस्थामा भूल भएको हुनसक्छ त्यसको समाधानमा सरकारले ध्यान दिने बताउनुभयो । बायोग्यासलाई प्रोत्साहित गर्नका लागि बनाउनु पर्ने नीति, लिनुपर्ने निर्णय र गर्नुपर्ने लगानीतर्फ राज्यको ध्यानाकर्षण गर्न बायोग्यास प्रवद्र्धन सङ्घ सफल भएको बताउँदै उहाँले प्राप्त उपलब्धिमा सन्तोष नगरी प्रवद्र्धनका लागि थप प्रयास गर्नुपर्ने बताउनुभयो । मुलुकले सामना गरिरहेको ऊर्जा समस्या समाधानका लागि सरकार तथा निजी क्षेत्रबाट भएका प्रयास पर्याप्त नभएको बताउँदै अर्थमन्त्री पौडेलले भन्नुभयो, “ऊर्जा सङ्कट समाधानका लागि कुनै एक विधालाई मात्रै अघि बढाउनु पर्याप्त हुँदैन, यसअर्थमा यसको दीर्घकालीन समाधानका लागि जलविद्युत् आयोजनामा केन्द्रित होआँैला तर तत्कालका समस्यालाई समाधान गर्नका लागि वैकल्पिक ऊर्जामा ध्यान दिनैपर्छ । सौर्य र बायोग्यासलाई प्रवद्र्धनमा राज्यले लगानी गर्नुपर्छ ।” उहाँले संस्थाको भविष्य निर्धारण गर्नेगरी साधारण सभाले निर्णय गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले बायोग्यास उत्पादनबाट मुलुकमा रोजगारीको विकास, आर्थिक वृद्धि एवम् स्थानीय सीप र स्रोतसाधनको प्रयोगबाट गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुगेकोे बताउनुभयो । सङ्घका अध्यक्ष लोकनाथ घिमिरेले सङ्घको सक्रियतामा स्थापना भएका बायोग्यास प्लान्टमध्ये ९५ प्रतिशत पूर्ण सञ्चालनमा रहेका र यस क्षेत्रमा १० हजारभन्दा बढीले रोजगारी प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले यस क्षेत्रको विकासमा लागि सरकारी अनुदान बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा हालसम्म ११७ भन्दा बढी बायोग्यास निर्माण गर्न कम्पनी संलग्न रहेको र यस क्षेत्रका निजी कम्पनीमा वार्षिक ६० हजार भन्दा धेरै सङ्ख्यामा बायोग्यास निर्माण गर्ने क्षमता रहेको जानकारी दिइएको थियो । सरकारले तीन वर्षअघिदेखि कार्यान्वयनमा ल्याएको राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमको पाँचवर्षे अवधिमा एक लाख ३० हजार बायोग्यास बनाउने लक्ष्य लिएकोमा सो अवधिमा ८० हजार बायोग्यास प्लान्टमात्र निर्माण भएको छ ।

]]>
7985 0 0 0
रु उनानसत्तरी करोडको अदुवा बिक्री http://localhost/ghum/%e0%a4%b0%e0%a5%81-%e0%a4%89%e0%a4%a8%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a6%e0%a5%81/ Fri, 22 Jan 2016 16:57:27 +0000 http://www.ghumphir.com.np/?p=7987

इलाम, ८ माघ ।

भारतीय नाकाबन्दीका बाबजुद पनि यो वर्ष जिल्लाबाट रु ६९ करोडको अदुवा भारत निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार ४५ हजार ९९४ मेट्रिक टन अदुवा उत्पादन भएकोमा १८ हजार ३९८ मेट्रिक टन मात्र निकासी भएको हो । गत वर्षको तुलानमा ६२ प्रतिशतले निर्यातमा कमी आएको छ । गत वर्ष प्रतिमन रु तीन हजारका दरले अदुवा बिक्री भए पनि यसवर्ष मूल्यमा ५० प्रतिशतले कमी आएको कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताउनुभयो । गत वर्ष जिल्लामा रु तीन अर्ब २१ करोड, २५ लाख ८० हजारको अदुवा बिक्री भएको थियो । उत्पादित अदुवामध्ये २७ हजार ५९६ मेट्रिक टन बीउ तथा उपभोगका लागि किसानले भण्डारण गरेका छन् । जिल्लाको तीन हजार २३३ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो भने इरौँटार, बरबोटे, नामसालिङ, एकतप्पा, शान्तिडाँडा, दानाबारी, लक्ष्मीपुर, मङ्गलवारे, धुसेनी, फिक्कल गाविस अदुवाका पकेट क्षेत्र हुन् ।

]]>
7987 0 0 0
धावन मार्गमा हिउँमा रमाउँदै http://localhost/ghum/%e0%a4%a7%e0%a4%be%e0%a4%b5%e0%a4%a8-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%bf%e0%a4%89%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%89/ Fri, 22 Jan 2016 17:11:06 +0000 http://www.ghumphir.com.np/?p=7990 7990 0 0 0 तेइस वर्षपछि नेपालले अन्तर्राष्ट्रिय उपाधि उचाल्दा... http://localhost/ghum/%e0%a4%a4%e0%a5%87%e0%a4%87%e0%a4%b8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%a8%e0%a5%8d/ Fri, 22 Jan 2016 17:20:19 +0000 http://www.ghumphir.com.np/?p=7993

कुमार चौलागाई / मुना कार्की  काठमाडौँ, ८ माघ ।

सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा उपाधि जितेको तेइस वर्षपछि नेपालले आज बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ बङ्गलादेशमा बहराइनको यु–२३ टोलीलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । नेपालको जितमा चौथो मिनेटमै स्ट्राइकर विमल घर्ती मगरले विराज महर्जनको क्रसमा अञ्जन विष्टले हेड गरेको बललाई सदुपयोग गर्दै गोल गरेका हुन् । त्यस्तै खेलको ८७ औं मिनेटमा विशाल राईले अञ्जनको पासमा गोल गरेका हुन् । खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गर्दै नेपालको जित निश्चित पारे । खेल समापनपछि आयोजित समारोहमा विजेता तथा उपविजेता टोलीलाई बङ्गादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलगायत खेल पदाधिकारीले ट्रफी तथा पदक प्रदान गर्दै वाजेदले हिमालको देश नेपालले उपाधि जितेकामा बधाई तथा शुभकामना दिनुभयो । उपाधि विजेता नेपाल ट्रफीसहित ५० हजार अमेरिकी डलर प्राप्त गर्न सफल भयो । प्रतियोगिताको फाइनलमा विमल ‘म्यान अफ द म्याच’ घोषित भए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट तथा ‘हाइ स्कोरर”को उपाधि नवयुग श्रेष्ठले प्राप्त गरे । नवयुगले प्रतियोगितामा ह्याट्रिकसहित चार गोल गरेका थिए । प्रतियोगिताको प्रत्येक खेलमा अपराजित नेपालले आठ गोल गर्न सफल भयो भने एक गोल मात्र खाएको थियो । सेमिफाइनल लक्ष्यसाथ बङ्गलादेश यात्रामा निस्केको नेपाल प्रतियोगिताको अन्तिम खेलमा आइपुग्दा उपाधिमाथि नै कब्जा जमाउन सफल भयो । प्रतियोगितामा सहभागी हुनुअघि काठमाडौँमा आयोजित पत्रकार सम्मेलमा मुख्य

प्रशिक्षक बाल गोपाल महर्जनले नेपालको लक्ष्य सेमिफाइनसम्म मात्र भएको बताएका थिए । बङ्गबन्धु खेल्नु दुई साताअघि मात्र नेपाली टोली भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा लज्जाजनक रूपमा पहिलो चरणबाटै बाहिरिएको थियो, जहाँ नेपाल श्रीलङ्का र भारतसँग पराजित भएको थियो । तीन राष्ट्रिय टोलीलाई पन्छाएर बङ्गबन्धुको फाइनल पुगेको नेपाल र बहराइन यु–२३ बीचको खेलले भने अन्तर्राष्ट्रिय खेलको मान्यता पाउने छैन । दुई देशको सिनियर राष्ट्रिय टोलीबीचको प्रतिस्पर्धाले मात्र अन्तर्राष्ट्रय खेलको मान्यता पाउने गर्छ । यसअघि बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटाँै दक्षिण एसियाली खेलकुद (साग)मा सोही मैदानमा जितेको उपाधि बाहेक अहिलेसम्मको खेलमा नेपालले उपाधि जित्न सकेको थिएन । त्यसैगरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा नेपालले १७ वर्षपछि पहिलो पटक उपाधि जितेको हो । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो । प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल चरणमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । लिग चरणको दोस्रो खेलमा पनि नेपाली टोलीले श्रीलङ्कालाई हराउँदै करिब २८ महिनापछि जितको खडेरीलाई तोडेको थियो । सो अवधिसम्म करिब १२ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन । लगातार १० खेलमा न त जित नै हासिल गर्न सकेको थियो न त गोल नै । समूह चरणमा तीन खेल खेलेको नेपालले पहिलोे खेलमा मलेसियासँग र तेस्रो खेल बङ्गलादेशविरुद्धको खेलमा गोलरहित बराबरी खेलेको थियो । नेपालले सन् १९८४ मा काठमाडौँमा भएको चौथो साग र बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा जितेको उपाधि बाहेक अहिलेसम्मको खेलमा वरिष्ठ टोलीले पदक जित्न सकेको छैन । नेपालले १९८४ मा जितेको पदक नै अन्तर्राष्ट्रियस्तरको पहिलो पदक हो । त्यस्तै नेपालले घरेलु मैदानमा सन् १९९९ मा भएको आठौँ सागको फाइनल खेल खेलेको थियो । त्यतिबेलाको फाइनल भिडन्तमा भने बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित हुन पुगेपछि नेपालले दोस्रो स्थानमा चित्त बुझाएको थियो । त्यतिबेला अहिलेका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र प्रशिक्षक उपेन्द्रमान सिंह प्रतियोगितामा खेलाडीका रुपमा सहभागी हुनुहुन्थ्यो । महर्जन मिडफिल्डरका रुपमा र सिंह गोलकिपर हुनुहुन्थ्यो । आज उनै प्रशिक्षकद्वयको प्रयासमा २३ वर्षपछि नेपालले उपाधि जित्न सफल भएको छ । त्यस्तै नेपालले यसअघि सन् १९९९ मा बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यतिबलाको खेलमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । यसैगरी यसअघि भएको समूह चरणको खेलमा एक गोल पनि नखाएको नेपालले सेमिफाइनल खेलमा एक गोल खाँदै पाँच गोल गरेको थियो । नेपाली स्ट्राइकर नवयुगको ह्याट्रिकसँगै सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरको सनसनीपूर्ण जित निकाल्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेको थियो । सेमिफाइनलमा फुटबल पण्डितहरूको अनुमानलाई गलत साबित गर्दै नेपालले उत्कृष्ट प्रदर्शन मात्रै गरेन सन् १९९९ मा नेपाल दक्षिण एसियाली खेलकुदपछि माल्दिभ्सलाई हराउन सफल भयो । प्रतियोगितामा नेपालका तर्फबाट ह्याट्रिक गर्ने नवयुग पाँचौँ खेलाडीसमेत बन्न पुगे । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी र भरत खवासले अन्तर्राष्ट्रिय प्रतियोगितामा ह्याट्रिक गरेका थिए । फिफा बरियतामा नेपालभन्दा बहराइन निकै माथिल्लो स्थानमा रहेको छ । नेपाल १९६ औँ स्थानमा छ भने बहराइन १२१ औँ स्थानमा छ । नेपाल र बहराइनको औपचारिक रुपमा भने यो पहिलो भेट हो । साफ च्याम्पियनसिप २०१३ को तयारीका लागि त्यतिबेला बहराइन पुगेको नेपाली टोलीले मैत्रीपूर्ण खेल खेलेको थियो । सो समयमा बहराइनको तेइस वर्षमुनिको राष्ट्रिय खेलाडीले नेपाललाई ३–० गोलअन्तरले पाखा लगाएको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा करिब २१ वर्ष अध्यक्ष सम्हाल्नुभएका गणेश थापामाथि आर्थिक अनियमितता गरेको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले केही महिनाअघि १० वर्षको प्रतिबन्ध लगाएको थियो । त्यतिमात्र नभई नेपाली फुटबलमा जगत्मा म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा राष्ट्रिय टोलीका मुख्य पाँच खेलाडी पक्राउ पर्दै धरौटीमा रिहा भए पनि खेलक्षेत्रबाट नै बाहिरिएका थिए । यस्तो अवस्था भए पनि धेरैजसो नयाँ अनुहार रहेका राष्ट्रिय खेलाडीले नेपाली फुटबल जगत्मा नयाँ इतिहास रच्न सफल भए । बङ्गलादेश फुटबल सङ्घको आयोजनामा सम्पन्न प्रतियोगितामा आठ टोलीको सहभागिता थियो । बङ्गबन्धु कप सन् १९९६ देखि सुरु भएको थियो । करिब बीस वर्षमा प्रतियोगिता चार पटक मात्र आयोजना भएको छ । आयोजना भएको तीन वर्षपछि १९९९ मा दोस्रो संस्करणपछि लामो समय प्रतियोगिता हुन सकेको थिएन । तेस्रो संस्करणमा नेपालको सहभागिता रहेन । सत्र वर्षपछि भाग लिने अवसर पाउँदा नेपाल उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । प्रतियोगिताको विजेता नेपाली टोलीलाई अहिले संसारभरबाट सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामनाको ओइरो लाग्न थालेको छ ।

]]>
7993 0 0 0
भाडादर कार्यान्वयन भएन http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%a1%e0%a4%be%e0%a4%a6%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b5%e0%a4%af%e0%a4%a8-%e0%a4%ad%e0%a4%8f%e0%a4%a8/ Sun, 24 Jan 2016 12:48:52 +0000 http://www.ghumphir.com.np/?p=7997 बाबियाचौर (म्याग्दी), १० माघ ।

जिल्लाका यातायात व्यवसायीले इन्धन आपूर्ति र वितरण सहज बन्दै गएपछि गत हप्ता समायोजन गरेको भाडादर कार्यान्वयन गरेका छैनन् । आइतबार गरिएको अनुगमनका क्रममा समायोजन भएको भाडादर कार्यान्वयन नभएको पाइएको हो । गत माघ ६ गते जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवसायी, सुरक्षा निकाय र इन्धन बिक्रेताको संयुक्त बैठकले इन्धन आपूर्ति तथा वितरण सहज बनेकाले पहिले निर्धारण भएको भाडादर कायम गर्ने निर्णय गरेको थियो । यातायात व्यवसायीले आपूmखुसी पहिलेकै भाडा लिने गरेको पाइएको बेनी–दरवाङ सडकको अनुगमनका लागि पुग्नुभएका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले जानकारी दिनुभयो । अनुगमनका क्रममा कुहुँबाट बेनी आउँदै गरेको ध १ ख २८२ नम्बरको माइक्रोबसले रु २५० भाडा लिनुपर्नेमा रु तीन सय लिएको भेटिएको थियो । यस्तै दरवाङबाट बेनी आउँदै गरेको ध १ ख ४८० नम्बरको माइक्रोबसले प्रतियात्रु रु १९५ लिनुपर्ने भए पनि म्याग्दी जिप तथा बस सञ्चालक समितिको टिकटमै रु २५० भाडा लिएको भेटिएको थियो । यातायात व्यवसायीले कालोबजारीको डिजेल हालेको बाहना बनाएर बढी भाडा असुल्ने गरेका छन् । सम्बन्धित यातायात व्यवसायी संस्थालाई पत्राचार गरी समायोजन भएको भाडादर कार्यान्वयन गर्न लगाउने र अनुगमनमा कडाई गर्ने प्रशासनले जनाएको छ । जिल्लादेखि लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनले तोकीएको भन्दा रु २० देखि रु २०० सम्म बढी भाडा लिने गरेका छन् ।

]]>
7997 0 0 0
सम्पदा पुनःनिर्माण गर्न दक्ष जनशक्ति http://localhost/ghum/7999-2/ Sun, 24 Jan 2016 12:52:55 +0000 http://www.ghumphir.com.np/?p=7999 काठमाडौँ, १० माघ ।

भूकम्पले क्षतिग्रस्त बनेका पुरातात्विक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण सम्पदाको निर्माण पुरानै रुपमा गर्न दक्ष जनशक्ति तयार पार्न तालिम दिइएको छ । नर्वे सरकारको सहयोगमा पुरातत्व विभागले सम्पदास्थलका ढुङ्गा र काठलाई पुरानै स्वरुप दिने सीप सिकाउन ३० जनालाई तालिम दिएको हो । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले काष्ठकला संरक्षण गर्ने सीप समेत सिकाइएको बताउनुभयो । “पुरातात्विकस्थलको महत्वपूर्ण संरचना संरक्षण गर्न सुरक्षित स्थानमा राख्ने काम गरिएको छ” उहाँले भन्नुभयो, “स्वयम्भूको शान्तिपुरमा अवस्थित ऐतिहासिक भित्तेचित्र र बागदरबारबाट विश्वरुपको दुर्लभचित्र राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरिएको छ ।” भूकम्पले भत्किएका ४३ वटा सम्पदा बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु गर्न लागिएको विभागले जनाएको छ । स्वयम्भूको आनन्दकुटी बिहार श्रीलङ्का सरकारको अनुमानित रु २० करोडको लागतमा निर्माण हुने भएको छ । यसको बोलपत्र आह्वान गर्न लागिएको छ । श्रीलङ्काकै रु पाँच करोड आर्थिक सहयोगमा ललितपुरको रातो मच्छेन्द्रनाथ मन्दिर पनि पुनःनिर्माण सुरु भएको छ । चालु आवमा पुरातात्विक सम्पदा संरक्षण एवम् जीर्णोद्धार र पुनःनिर्माण गर्न रु ७५ करोड बजेट छुट्याइएको प्रमुख पुरातत्व अधिकृत दामोदर गौतमले जानकारी दिनुभयो । “पुनःनिर्माणका लागि जनशक्ति थप गर्ने प्रक्रिया अघि बढेको छ, विभागमा हाल १७ जना इञ्जिनियरको मात्र दरबन्दी भएकाले ४० जना आर्किटेक्चर इञ्जिनियर, सिभिल इञ्जिनियर १० जना र १५ जना सव इञ्जिनियर भर्ना गर्न लागिएको छ” उहाँले भन्नुभयो ।

]]>
7999 0 0 0
चमेरी महोत्सव http://localhost/ghum/8001-2/ Sun, 24 Jan 2016 12:57:40 +0000 http://www.ghumphir.com.np/?p=8001 दाङ, १० माघ ।

चमेरे गुफाको प्रचारप्रसारका लागि ‘चमेरे महोत्सव’ आयोजना गरिएको छ । प्रचारप्रसार तथा पर्यटन प्रर्वद्धन गरी गुफाको विकास गर्ने उद्देश्यले शिद्ध चमेरे गुफा संरक्षण समितिको आयोजनामा तुलसीपुर नगरपालिका–१६ मुल्कोटमा महोत्सव गरिएको हो । आयोजक समितिका अध्यक्ष दोलकबहादुर खत्रीले पाँच वर्षदेखि सञ्चालन हँुदै आएको महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइएको जानकारी दिनुभयो ।

]]>
8001 0 0 0
घुम्न जाऔँ लोमान्थाङ’ http://localhost/ghum/%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%a8-%e0%a4%9c%e0%a4%be%e0%a4%94%e0%a4%81-%e0%a4%b2%e0%a5%8b%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%99/ Mon, 25 Jan 2016 10:18:43 +0000 http://www.ghumphir.com.np/?p=8005 मुस्ताङ, ११ माघ ।

जिल्लाका पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरी ‘घुम्न जाऔँ लोमान्थाङ’ अभियान सुरु गरेको छ ।भूकम्प र नाकाबन्दीले चौपट बनेको यहाँको पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन मुस्ताङ उद्योग वाणिज्य सङ्घको अगुवाइमा यस्तो अभियान सुरु गर्न लागिएको हो । आगामी चैत महिनादेखि जिल्ला भ्रमणमा आउने आन्तरिक पर्यटकको बसाइ लम्ब्याउन यस्तो अभियान सुरु गर्न लागिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिनुभयो ।

“अहिले जिल्लाको पर्यटन उद्योग आन्तरिक पर्यटकको भरमा चलेको छ, त्यसैलाई थप उजागर गर्न हामीले यो अभियान सञ्चालन गरेका हौँ” उहाँले भन्नुभयो । सन् २०१५ मा मुस्ताङमा २४ हजार बाह्य पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ । आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि स्थानीय पर्यटन व्यवसायीले बाह्य पर्यटक भन्दा कम नरहेको दाबी गर्छन् ।

जिल्लाका व्यवसायी पछिल्लो समय आन्तरिक पर्यटकतर्फ नै आकर्षित भएका छन् । लोमान्थाङ ऐतिहासिक क्षेत्र हो । यसको प्रचारप्रसार आवश्यक छ । माटोको उपत्यकाको रुपमा परिचित लोमान्थाङलाई पूर्व मुस्ताङी राजदरबार र तिब्बती कला संस्कृतिको केन्द्र मानिन्छ ।

]]>
8005 0 0 0
मूर्तिकला प्रदर्शनी सम्पन्न http://localhost/ghum/%e0%a4%ae%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a5%80-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa/ Mon, 25 Jan 2016 10:21:36 +0000 http://www.ghumphir.com.np/?p=8007

काठमाडौँ, ११ माघ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभाग र मिथिला ऐँ आर्ट ग्यालरीको संयुक्त आयोजनामा भइरहेको एकहप्ते मूर्तिकला प्रदर्शनी आज सम्पन्न भएको छ । ग्यालरीको क्षेत्रपाटीस्थित कार्यालयमा भएको प्रदर्शनीमा स्वदेशी र विदेशी कलाकार १८ वटा मूर्ति राखिएका थिए । प्रदर्शनीमा जर्मनी मूर्तिकार पिटर हारगेटको ‘विचार ठीक नभएको’ सन्देश बोक्ने मूर्तिलाई दर्शकले रुचाएका थिए । प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख धनबहादुर याक्खा र मूर्तिकार नरबहादुर विकको नारी स्वतन्त्रतासम्बन्धी मूर्ति पनि प्रदर्शनीको आकर्षण बनेका थिए । प्रदर्शनीमा तीनै जना कलाकारको छ÷छ वटा मूर्ति प्रदर्शित थिए । नेपाली मूर्तिकारका मूर्ति रु १५ हजारदेखि २५ हजारसम्ममा बिक्री भएको ग्यालरीका निर्देशक श्यामसुन्दर यादवले जानकारी दिनुभयो । समापन कार्यक्रममा नेपालका लागि जर्मन राजदूत माथियास मायारले नेपाली मूर्तिकलालाई जर्मनीमा प्रदर्शनको प्रवन्ध गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो – “मूर्तिकलामा नेपालबाट हामीले सिक्न सक्छौँ । कला जर्मन र नेपालको भन्ने हुँदैन । यो देशको सीमाभित्र बाँधिने कुुरा होइन ।” प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले अन्तर्राष्ट्रिय कलाकारसँग मिलेर कला प्रदर्शनी गर्दा दुवै देशका कलाकारले सिक्ने अवसर पाउने बताउनुभयो । मूर्तिकला विभाग प्रमुख याक्खाले मूर्तिकलाका माध्यमबाट दुई देशबीचको सम्बन्धमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

]]>
8007 0 0 0
पर्यटकको सङ्ख्यामा कमी http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%ae%e0%a5%80/ Mon, 25 Jan 2016 10:23:34 +0000 http://www.ghumphir.com.np/?p=8009

चितवन, ११ माघ ।

पर्यटकीय मौसममा समेत नाकाबन्दीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा कमी आएको छ । मुख्य पर्यटकीय याम मङ्सिर–पुस महिनामा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्या घटेको छ । पुसमा आठ हजार २२ जना पर्यटक मात्रै निकुञ्ज प्रवेश गरेका छन् । विदेशी तीन हजार ६३९, सार्क राष्ट्रका ४१९ र नेपाली तीन हजार ९६४ जना रहेका छन् । भित्रिएका पर्यटकमा चार हजार २१ पुरुष र चार हजार एक महिला रहेको निकुञ्जले जनाएको छ । गत वर्षको पुसमा आठ हजार ८८७ विदेशी, दुई हजार ४८६ सार्क र पाँच हजार ३४१ नेपाली पर्यटक गरी १६ हजार ७१४ पर्यटक निकुञ्ज प्रवेश गरेका निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिनुभयो । यसवर्ष पुसमा रु ८८ लाख २१ हजार राजस्व सङ्कलन भएको छ भने गत वर्ष यही समयमा रु दुई करोड ४४ लाख ४९ हजार राजस्व सङ्कलन भएको थियो । त्यसैगरी मङ्सिर महिनामा विदेशी तीन हजार ६३०, सार्क २३७ र नेपाली दुई हजार ३०० गरी ६ हजार १६७ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत वर्ष यही समयमा १२ हजार ३७९ विदेशी, ७५१ सार्कमुलुकका र तीन हजार ९४० नेपाली गरी १७ हजार ७० पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । यस वर्ष मङ्सिरमा रु ९२ लाख ४६ राजस्व सङ्कलन भएको छ भने गतवर्षको मङ्सिरमा रु चार करोड ६७ लाख ९४ हजार राजस्व सङ्कलन भएको थियो । यसवर्ष ६ महिनामा रु चार करोड ११ लाख ३७ हजार मात्रै राजस्व सङ्कलन भएको छ भने गत वर्षभरिमा रु २४ करोड ६२ लाख ३७ हजार राजस्व सङ्कलन भएको थियो । पर्यटक घटेसँगै राजस्व घट्दा आम्दानीको ३० देखि ५० प्रतिशतसम्म मध्यवर्तीले पाउने रकममा कटौती हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।

]]>
8009 0 0 0
नदी किनारमा सुन खोज्दै चिनियाँ कम्पनी http://localhost/ghum/%e0%a4%a8%e0%a4%a6%e0%a5%80-%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%a8-%e0%a4%96%e0%a5%8b%e0%a4%9c%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%9a%e0%a4%bf/ Mon, 25 Jan 2016 10:25:09 +0000 http://www.ghumphir.com.np/?p=8011

जाजरकोट, ११ माघ ।

भेरी नदीको किनारमा एक चिनियाँ कम्पनीले सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ । जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा चिनियाँ कम्पनी धर्मश्री माइनले सुनखानीको सम्भाव्यता अध्ययन थालेको हो । धल्लामा चिनियाँ नागरिक सङ्पिङको नेतृत्वमा रहेको टोलीले दुई ठाउँमा जमिनमुनि ड्रिल गरेर अध्ययन गरिरहेको छ । एक सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गरिरहेको भए पनि खासै प्रगति नदेखिएको दोभासेको काम गरिरहेका काभ्रेका भोजकुमार तामाङमार्फत टोली प्रमुख सङ्पिङले बताउनुभयो । चिनियाँ कम्पनी खानी तथा भुगर्भ विभागबाट सुनखानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएर जाजरकोट आएको हो । अनुसन्धानका लागि आवश्यक प्रविधिसहित आएको टोलीले अझै तीन महिना काम गर्ने बताएको छ । आवश्यक सामग्री लिनका लागि अध्ययनस्थलसम्म कम्पनीले दुई किमी मोटर बाटोसमेत निर्माण गरेको छ । भेरी नदीका विभिन्न ठाउँमा सुन पाइएको खानी तथा भुगर्भ विभागसँग तथ्याङ्क रहेकाले कम्पनीले चासो देखाएर पाइलट प्रोजेक्टका रुपमा अनुसन्धान गरिरहेको कम्पनीले जनाएको छ । जमिनमुनिबाट निकालिएका विभिन्न प्रकारका ढुङ्गा र अन्य खनिज पदार्थ थप अनुसन्धानका लागि कम्पनीको केन्द्रीय कार्यालयमा समेत पठाउने गरिएको कम्पनीका नेपाली सहयोगी भोजकुमार तामाङले बताउनुभयो ।

]]>
8011 0 0 0
अत्यधिक चिसोका कारण जनजीवन प्रभावित http://localhost/ghum/%e0%a4%85%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%a7%e0%a4%bf%e0%a4%95-%e0%a4%9a%e0%a4%bf%e0%a4%b8%e0%a5%8b%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%9c%e0%a4%a8%e0%a4%9c%e0%a5%80/ Mon, 25 Jan 2016 10:27:25 +0000 http://www.ghumphir.com.np/?p=8013

विराटनगर, ११ माघ ।

पूर्वी क्षेत्रमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । तीन÷चार दिनदेखि बाक्लो हुस्सुका साथै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणका साथै चौंपाया र आलुुबालीमा समेत नकारात्मक प्रभाव पर्न थालेको छ । अत्यधिक चिसाका कारण मानिस घरबाट बाहिर निस्कन सकिरहेका छैनन् । विराटनगर बजारमा बाटो हिँड्नेहरूको चहलपहल निकै कम भएको छ । चिसोका कारण व्यापार व्यवसायमा समेत प्रभाव परेको छ । अत्यधिक चिसोका कारण बढी गृहिणीहरूमा बढी असर पर्ने गरेको गृृहिणी अमिता झा बताउनुहुन्छ, “घरको कामकाज गर्दा पटकपटक पानी चलाइरहनु पर्ने हुँदा अत्यधिक जाडो हुने र रुघाखोकीको प्रकोपलगायतका कठिनाई हुने गरेको छ ।” अत्यधिक चिसोको प्रभाव सरकारी कार्यालयमा पनि देखिएको छ । विराटनगरस्थित अधिकांश कार्यालयमा विगतका दिनको तुलनामा सेवाग्राहीको चाप पातलिएको कार्यालयले जनाएको छ । चिसोको प्रभाव सार्वजनिक यातायातका साधनमा पनि देखिएको छ । विगत दुई दिनदेखि काठमाडौँं, विराटनगर विमानसेवा अवरुद्ध भएका छन् । यसैबीच, शीतलहरका कारण आलुखेतीमा नकारात्मक असर पर्न थालेका छन् । आलुबोटको पात सुक्नाका साथ बोट पनि मर्नसक्ने भएकाले किसान चिन्तित देखिन्छन् । चिसोको प्रभाव चौंपायालाई समेत परेको छ ।

]]>
8013 0 0 0
किबीबाट वार्षिक रु छ लाखसम्म आम्दानी http://localhost/ghum/%e0%a4%95%e0%a4%bf%e0%a4%ac%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%81-%e0%a4%9b-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a4%b8/ Mon, 25 Jan 2016 10:29:00 +0000 http://www.ghumphir.com.np/?p=8015

केदार मगर खोटाङ, ११ माघ ।

किबी खेतीप्रति जिल्लाका किसानको आकर्षण बढ्दै गएको छ । बजारको माग बढ्दै गएपछि तथा मनग्य आम्दानी हुने भएपछि किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । जिल्लाको उत्तरी गाविस फेदी–६ का युवा कृषक धनकुमार राईले यसवर्ष ४३३ किलो किबी उत्पादन गर्नुभएको छ । करिब पाँच वर्षपछि फल दिने किबीले उहाँको खेतमा तीन वर्षमै फल दिन थालेको छ । विसं २०६९ माघमा १० रोपनी जग्गामा हेवार्ड, ब्रुनो र मन्टी जातका १२५ बोट किबी लगाइएको छ । रहरैरहरमा सुरु गरेको किबीखेती हाल उहाँका लागि आम्दानीको आकर्षक माध्यम बनेको छ । किबीको फल तथा बिरुवा बिक्रीबाट उहाँले वार्षिक रु तीन लाखसम्म आम्दानी गर्न थाल्नुभएको छ । करिब सात÷आठवटा दानाले एक किलो पुग्ने किबी स्थानीय बजारमा प्रतिकिलो रु ५०० का दरले बिक्री भइरहेको राई बताउनुहुन्छ । “एउटा बोटमा कम्तीमा पाँच किलोदेखि २६ किलोसम्म फल उत्पादन हुन्छ” उहाँले भन्नुभयो । उहाँले उत्पादन गर्नुभएको किबी सदरमुकाम दिक्तेल र भोजपुरसम्म निर्यात हुने गरेको छ । किबीको एउटै बोटबाट निरन्तर ४०÷५० वर्षसम्म ५० किलोदेखि १०० किलोसम्म फल उत्पादन हुने गरेको छ । “बजारसम्म पु¥याएपछि चाख्नकै लागि भए पनि खपत हुन्छ” राईले भन्नुभयो । व्यावसायिक रुपमा किबीखेती गर्नुभएका धनकुमारले औपचारिक तालिम लिनु भएको छैन । वन परियोजनाको जागिर छाडेर उहाँले आफ्नै अध्ययनबाटै किबीखेती सुरु गर्नुभएको हो । घुमफिरका क्रममा दोलखा, इलामलगायतका स्थानमा लगाइएको किबीखेती देखेरै उहाँले किबीखेती सुरु गर्नुभएको हो । उहाँले फलबाहेक प्रतिवटाको रु ४०० पर्ने किबीको बिरुवासमेत उत्पादन गर्दै आउनुभएको छ । अहिले उहाँको गाउँमा अन्य किसानले समेत किबीखेती सुरु गर्नुभएको छ । “छिमेकीले पहिला बारी मासेर लहरा रोप्ने भनेर खिसी गर्थे” राईले भन्नुभयो, “अहिले मेरो खेतमै आएर सिक्न थालेका छन् ।” हेवार्ड र रेड प्रजातिको किबीको जिल्लामा राम्रो सम्भावना रहेको छ । किबीलाई प्रशस्त पानीको स्रोत भएको र चिस्यान भएको ठाउँ उपयुक्त मानिन्छ । धनकुमार जस्तै दोर्पा, चिउरीडाँडा–८ का शुभचन्द्र राईले किबीको बिरुवा बिक्री गरेर मनग्य आम्दानी गरिरहनुभएको छ । विगत तीन वर्षदेखि किबीको व्यावसायिक नर्सरी सुरु गर्नुभएका राईले वार्षिक रु छ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । जिल्लाको नेर्पाको तालखर्कमा २० रोपनी जग्गामा किबीखेती लगाउनुभएका उहाँले किबीको बिरुवा प्रतिगोटा रु ६०० सम्ममा बिक्री गर्दै आउनुभएको छ । कानुनमा स्नातक तथा समाज शास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका राईले यसवर्ष गोल्डेन, हेवार्ड र रेड प्रजातिका गरी ६ हजार ७०० बिरुवा बिक्री गरेको बताउनुभयो । पछिल्लो समय जिल्लाका किसान किबी खेतीप्रति आकर्षित भएपछि आगामी वर्ष १२ हजार बिरुवा उत्पादन गर्ने तयारी गरेको राईको भनाइ छ । छ देखि आठ मिटरको दुरीमा रोपिने किबीलाई अन्य बालीनालीलाई भन्दा कम मेहनत गरे पुग्छ । किबी खेतीभित्र अन्य बालीनाली लगाएर दोहोरो फाइदा समेत लिन सकिन्छ । समुन्द्री सतहबाट दुई हजार ५०० मिटरमाथि अर्थात् सुन्तला फल्ने क्षेत्र भन्दामाथि र स्याउ फल्ने क्षेत्रभन्दा तल्लो क्षेत्रमा किबीखेती उपयुक्त मानिन्छ ।

]]>
8015 0 0 0
विमानस्थल गौचरनमा परिणत http://localhost/ghum/%e0%a4%97%e0%a5%8c%e0%a4%9a%e0%a4%b0%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%a3%e0%a4%a4/ Mon, 25 Jan 2016 10:30:52 +0000 http://www.ghumphir.com.np/?p=8018 8018 0 0 0 म्याग्दीको घोरेपानी http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%98%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80/ Mon, 25 Jan 2016 10:32:20 +0000 http://www.ghumphir.com.np/?p=8021 8021 0 0 0 राहतको खोजीमा एघार दिनकी सुत्केरी http://localhost/ghum/8025-2/ Mon, 25 Jan 2016 11:50:44 +0000 http://www.ghumphir.com.np/?p=8025

प्रशन्न पोखरेल बारपाक (गोरखा), ११ माघ ।

सहरमा बसेका महिला सुत्केरी भएपछि कति दिन आराम गर्लान् ? जागिरे हो भने बिदामा बस्छन् । परिवारका सदस्यको रेखदेखमा पोषिलो खाना खाएर बच्चाको हेरचाहमा दिन बिताउँछन् । तर ‘गोरखा भूकम्प’को केन्द्रबिन्दू गोरखाको बारपाक–३ तुम्सीकाकी करिना गुरुङले आराम त परै जाओस् बच्चालाई न्यानो कपडाको जोहो गर्न पनि सक्नुभएन । श्रीमान् वैदेशिक रोजगारीमा गएपछि एक्लै टहरोमा बस्दै आउनुभएकी उहाँ राहत सामग्रीको खोजीमा राहत बाँडेको शिविरसम्म आइपुग्नुभयो । कोक्रोमा एघार दिनको बच्चा बोकेर गुरुङ दुई घण्टा पैदल हिँडेपछि बारपाक–२ को मान्द्रे गाउँ आइपुग्नुभयो । बच्चालाई न्यानो कपडा लगाइदिन र न्यानोमा राख्न नसकेपछि उहाँ राहत सामग्रीको खोजीमा भौँतारिनुभएको हो । हिमपातपछि सरकार र विभिन्न सङ्घसंस्थाले न्यानो कपडा बाँडेका छन् । राहत लिन जाने उहाँबाहेक टहरोमा अरु छैनन् । “श्रीमान् विदेश, सासू, ससुरा अन्यत्रै बस्नुहुन्छ,” करिनाले दुःखेसो पोख्नुभयो – “टहरो त बनाएँ, बच्चालाई चिसोबाट जोगाउन मुस्किल भयो ।” बिहान, बेलुकीको चिसो स्याँठले गर्दा आमा र शिशु दुवैलाई सताएको छ । “बीस ठाउँमा बस्दै मान्दे्र आइपुगेँ,” असिनपसिन हुनुभएकी करिनाले भन्नुभयो – “न्यानो कम्बल, टोली र पछ्यौरा पाइन्छ रे भन्ने सुनेर आएको हुँ ।” असल छिमेकी पोखराले बाँडेको न्यानो कपडा उहाँले बुझ्नुभयो । कोक्रोमा सुतेको बच्चा पिठ्युमा बोकेर दुवै हातमा राहतका पोका झुण्डाएर उहाँ माइततिर लाग्नुभएको छ । “दुई, चारदिन माइतीमै बस्छु, घरमा एक्लै कसरी बस्ने ? खाना आफैँ बनाउनुप¥यो, बच्चाको हेरचाह गर्नै प¥यो ।”– उहाँले भन्नुभयो । मान्द्रेबाट आधा घण्टाको दूरीमा रहेको माइतीमा केही दिन बस्ने र अलि बलियो भएपछि घर फर्कने करिनाको तयारी छ ।

]]>
8025 0 0 0
नौ करोड राजस्व सङ्कलन http://localhost/ghum/%e0%a4%a8%e0%a5%8c-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a4%a8/ Mon, 25 Jan 2016 11:58:01 +0000 http://www.ghumphir.com.np/?p=8027

भद्रपुर, ११ माघ ।

मालपोत कार्यालय भद्रपुरले चालु आवको छ महिनामा रु आठ करोड ९० लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ । गएको आवमा सो अवधिमा रु आठ करोड आठ लाख ३२ हजार राजस्व सङ्कलन गरेको थियो । सङ्कलित राजस्वमा रजिष्ट्रेशन शुल्क रु सात करोड नौ लाख ४१ हजार, पूर्जा बिक्रीबाट रु एक लाख ९२ हजार, डोर दस्तुरबाट रु ३७ हजार र दाखिला खारेजबाट रु पाँच लाख ४७ हजार रहेको छ । यस्तै प्रतिलिपीबाट रु ४२ हजार, नामसारीबाट रु दुई लाख ६९ हजार, लिखतबाट रु एक करोड ५१ हजार ८१ हजार र रोक्काबाट रु १८ लाख ७० हजार राजस्व सङ्कलन भएको कार्यालयका लेखापाल मिनराज पोखरेलले जानकारी दिनुभयो ।

]]>
8027 0 0 0
‘भोजपुरे खुकुरी बाजे’ पेसाबाट सन्तुष्ट http://localhost/ghum/%e0%a4%ad%e0%a5%8b%e0%a4%9c%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%87-%e0%a4%96%e0%a5%81%e0%a4%95%e0%a5%81%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a4%be%e0%a4%9c%e0%a5%87-%e0%a4%aa%e0%a5%87/ Mon, 25 Jan 2016 12:01:26 +0000 http://www.ghumphir.com.np/?p=8029

राजु विश्वकर्मा लहान, ११ माघ ।

आफ्नो पुख्र्यौली पेसाबाट युवा वर्ग अन्य व्यवसायतर्फ आकर्षित भइरहेका बेला सिरहाको बडहारामालका टंक बहादुर विश्वकर्मा भने आफ्नै पुर्खाैली पेसाबाट मनग्य आम्दानी गरिरहनु भएको छ । पुख्र्याैली पेसाबाट आफ्ना छोराछोरीलाई इन्जिनियर र स्टाफ नर्ससम्मको शिक्षा दिलाउन उहाँ सफल हुनुभएको छ । सिरहाको बडहरामाल–२, बन्दिपुरका विश्वकर्माले आफ्नो पुख्र्यौली पेसालाई आधुनिकीकरण र औद्योगिकीकरण गरी भोजपुरे खुकुरी बेचबिखनबाट गाउँमा तीन तल्ले पक्की घर समेत बनाइ सक्नुभएको छ । यही पेसाबाट भएको आम्दानीबाट विश्वकर्माले गाउँमा जग्गा जमिनको जोहोसमेत गर्नुभएको छ । मन्दिरा भोजपुरे खुकुरी उद्योगका सञ्चालक विश्वकर्मा खुकुरी व्यवसायको आम्दानीबाटै आफ्नो जेठो छोरोलाई व्यवस्थापनमा स्नातकोत्तर, कान्छो छोरोलाई इन्जिनियर र छोरीलाई स्टाफ नर्स पढाउन सफल भएको बताउनुहुन्छ । पुख्र्यौली घर भोजपुरबाट धरान हुँदै २०५५ सालमा सिरहाको बन्दिपुर आउनुभएका विश्वकर्माले खुकुरी निर्माण कार्यलाई व्यावसायिक रुपमा सञ्चालन गरेर ‘भोजपुरे खुकुरी बाजे’को रुपमा समेत पहिचान बनाउन सफल हुनुभएको छ । खुकुरी बेचेकै कमाइबाट बन्दिपुर बजारमा जेठो छोराले सुन पसल चलाइरहेको बताउने विश्वकर्मा भन्नुहुन्छ – ‘‘जेठो छोराले स्थानीय राष्ट्रिय फूलकुमारी महतो उच्च माध्यमिक विद्यालयमा लेखापालको समेत काम पनि गर्दै आइरहेको छ ।” आफ्नो उद्योगमा भोजपुर, खोटाङ र तेह्रथुमका लगायतका जिल्लाका १२ जनाभन्दा बढी दक्ष कालिगढ (मजदुर)ले काम गरेर मासिक ३० हजारभन्दा बढी कमाउने गरेको उहाँ बताउनुहुन्छ । ‘‘शिप र जाँगर भएकालाई विदेश भन्दा आफ्नै ठाउँमा राम्रो कमाइ हुन्छ,” उहाँले भन्नुभयो । मन्दिरा उद्योगमा उत्पादन हुने खुकुरीको मूल्य न्यूनतम चार सय रुपैयाँदेखि अधिकतम पाँच हजारसम्म पर्ने गरेको छ । उहाँ भन्नुहुन्छ – “खुकुरी बनाउन मात्रै समस्या छ, अहिलेसम्म बजारको खासै अभाव भएको छैन । हामीले बनाएको खुकुरी सेना, सशस्त्र प्रहरी क्याम्पमा एकै पटकमा चार–पाँच सय बिक्री हुने गरेको छ ।” यस बाहेक बर्दिवास, जनकपुर, सर्लाही, वीरगंज, हेटौँडाका ब्यवसायी र छिटफूट ग्राहकले पनि आफ्नो उद्योगमा निर्माण भएको खुकुरी लाने गरेको उहाँ बताउनुहुन्छ । मेला वा महोत्सवहरुमा पनि आफ्ना उत्पादन राम्रै बिक्ने गरेको उहाँको अनुभव छ । दुई वर्षअघि लहानमा भएको सगरमाथा महोत्सवमा दुईलाख मूल्य बराबरको खुकुरी बेचेको उहाँ सुनाउनुहुन्छ । अत्याधुनिक हतियारको विकास भएपनि नेपालमा खुकुरी ब्यवसायमा कुनै ¥हार नआएको विश्वकर्माको भनाइ छ । विश्वकर्मा भन्नुहुन्छ – ‘‘राजधानी काठमाडौँ, पोखरा, विराटनगर, नारायणघाट लगायतका स्थानबाट समेत खुकुरी खरिदका लागि आउने गरेका छन् ।” आफ्नो यो व्यवसायबाट परिवारका सबै सदस्यहरु खुसी रहेको र उनीहरुबाट साथ पाएकामा विश्वकर्मा दङ्ग हुुनुहुन्छ । पुख्र्याैली पेसाबाट राम्रो आम्दानी नभएको भन्दै अहिलेका युवा बढी पैसा कमाउने लोभमा विदेश गएको देख्दा उहाँलाई दुःख लाग्छ । उहाँ भन्नुहुन्छ –‘‘ राम्ररी मिहिनेत गरे आफ्नो गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ तर अहिले सबैजसो विदेश जान खोज्छन् ।”

]]>
8029 0 0 0
पाठापाठी स्याहार्दै http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%a0%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a0%e0%a5%80-%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Mon, 25 Jan 2016 12:05:52 +0000 http://www.ghumphir.com.np/?p=8032 8032 0 0 0 सैतीसौँ पर्यटक प्रहरी दिवस सम्पन्न http://localhost/ghum/%e0%a4%b8%e0%a5%88%e0%a4%a4%e0%a5%80%e0%a4%b8%e0%a5%8c%e0%a4%81-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a4%bf/ Tue, 26 Jan 2016 13:12:32 +0000 http://www.ghumphir.com.np/?p=8037

काठमाडौँ, १२ माघ ।

पर्यटक प्रहरी इकाई भृकुटीमण्डपको ३७ आँै वार्षिकोत्सवका अवसरमा आज इकाईको कार्यालय भुकुटीमण्डपमा ३७ औँ पर्यटक प्रहरी दिवस कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले उत्कृष्ट कार्य सम्पादन गर्ने नौजना पर्यटक प्रहरीलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले पर्यटकलाई सुरक्षाको महसुस गराउन पर्यटक प्रहरीलाई थप समयानुकुल बनाउनु अपरिहार्य रहेको बताउनुभयो । पर्यटनका सरोकारवाला निकायसँग सहकार्य गरी पर्यटक प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले प्रहरीको सीमित स्रोतसाधनका बाबजुद पनि पर्यटक प्रहरीले गरेका कार्य सराहनीय रहेको वताउनुभयो । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले पर्यटक प्रहरीले गरेर देखाएको कार्य सराहनीय रहेको चर्चा गर्दै पर्यटक प्रहरीको दक्षता अभिवृद्धि गर्न तालिम तथा भौतिक पूर्वाधारको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा ठमेल पर्यटन बिकास परिषदका अध्यक्ष रामशरण थपलिया, पर्यटन विभागका महानिर्देशक गोविन्दबहादुर कार्की, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापालगायतको सहभागिता रहेको थियो ।

]]>
8037 0 0 0
पर्यटन प्रवद्र्धनका लागि ‘निषेधित होइन, विशेष पर्यटकीय क्षेत्र बनाइनुपर्छ’ http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%b7%e0%a5%87%e0%a4%a7%e0%a4%bf%e0%a4%a4-%e0%a4%b9%e0%a5%8b%e0%a4%87%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%87%e0%a4%b7-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af/ Tue, 26 Jan 2016 13:16:19 +0000 http://www.ghumphir.com.np/?p=8039

नारायण न्यौपाने  काठमाडौँ १२ माघ ।

व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मुलुकको पर्यटन प्रवद्र्धनका लागि पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयलाई एकीकृत धारणा बनाएर काम गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले पर्वतीय पदमार्गमा जाने पर्यटकबाट लिइँदै आएको शुल्क र पदयात्राका लागि निषेधित घोषणा गरिएको क्षेत्र खुल्ला गर्ने बारेमा पुनरवलोकन गर्न सरकारलाई निर्देश गरेको छ । पदयात्राका लागि निषेध गरिएको क्षेत्रको संवेदनशील पक्षलाई ध्यान पु¥याउँदै आवश्यक शुल्क लिएर पदयात्राका लागि विशेष पर्यटकीय क्षेत्र बनाउन समितिले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यसअघि बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको भौगोलिक परिस्थिति र सामाजिक अवस्थालाई ध्यानमा राखेर हिमाली क्षेत्रका १२ जिल्लामा पदयात्रामा जान चाहने विदेशीले अनुमति लिनुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । पदयात्रा निषेधित क्षेत्रको निर्णयबारे अब पुनरवलोकनको आवश्यकता देखिएको जनाउँदै उहाँले यस विषयमा सरोकारभएका सबै मन्त्रालयबीच एकीकृत धारणाको आवश्यकता रहेको औँल्याउनुभयो । गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगोले देशको भौगोलिक अवस्था र शान्ति सुव्यवस्थाको पक्षलाई ध्यान दिएर तोकिएको दस्तुर, मार्ग र भ्रमण सकिएपछि पनि पूरा गर्नुपर्ने दायित्वका सर्त राखेर मात्रै विदेशीलाई पदयात्राका लागि दिइँदै आएको अनुमतिबारे बेलाबेलामा गरिएको पुनःमूल्याङ्कनले निर्णय ठिक भएको पुष्टि गरेको बताउनुभयो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेश थपलियाले पदयात्रा प्रवेश शुल्क घटाउने र पर्यटक बढाउने, निषेधित क्षेत्र नभनी विशेष पर्यटकीय क्षेत्र भन्ने, पर्यटन प्रवद्र्धनका लागि एकद्धार प्रणाली अवलम्बन गर्ने, स्थानीय निकाय र सुरक्षा निकायलाई जिम्मेवार बनाउने, पदमार्गमा जान चाहने पर्यटकका लागि अनुमति दिने अधिकार स्थानीय कार्यालयलाई दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो – “पर्यटक लिएर जाने सञ्चालक एजेन्सीको जिम्मेवारी र भूमिकालाई अझै स्पष्ट, प्रभावकारी र अनिवार्य गर्न पनि आवश्यक छ ।” मानवबस्तीरहित र सुरक्षा निकायको पहँुच नभएकाले २०३३ सालसम्म पूर्ण निषेधित रहेका कतिपय क्षेत्र यातायात्र, सुरक्षा र सञ्चारको विकास र विस्तारसँगै खुला हुँदै गएको सन्दर्भमा उत्तरी नाका सञ्चालनमा आएसँगै कतिपय स्थानमा पदयात्रा खुला हुँदै जाने बैठकमा जानकारी दिइयो । पर्यटन विभागको सिफारिसमा निषेधित क्षेत्र हुँदै पर्वतारोणमा जाने दलले पदयात्रा अनुमतिका लागि थप दस्तुर तिर्न नपर्ने व्यवस्था गरिएको छ । तर निषेधित क्षेत्रमा पदयात्रा गर्न चाहने व्यक्तिले भने अध्यागमन विभागबाट तोकिएको दस्तुर तिरी अनुमति लिनुपर्ने प्रावधान रहेको छ । बैठकमा नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष सन्तवीर लामाले पदयात्राको अनुमति लिने व्यवस्था झण्झटिलो रहेको र सलामीलगायत दस्तुर महँगो भएकाले निषेधित क्षेत्रलगायतको विषय पुनरवलोकनको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । नेपालमा पर्वतीय पदयात्राको क्षेत्रमा एक हजार ३०० जति टेकिङ एजेन्सी क्रियाशील छन् । दुर्लभ सम्पदा, पुरातात्विक, धार्मिक, सांस्कृतिक धरोहरको संरक्षण तथा राष्ट्रिय सुरक्षालाई समेत ध्यान दिई कुनै समयमा कामय गरिएको निषेधित क्षेत्रलाई अब परिमार्जन गरी पर्यटकका लागि खुला र सहज बनाउन आवश्यक रहेको र त्यसका लागि सरोकारवाला निकायबीच एकद्वार प्रणाली लागू गर्नुपर्ने मत बैठकमा उठेको थियो । नेपाल ट्राभल्स एसोसिएसनका अध्यक्ष मधुसूदन आचार्यले मुलुकको हितका लागि अपनाउनुपर्ने सावधानीलाई उच्चसम्मान गर्दै देशको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटन प्रवद्र्धनको लागि राज्यले यस क्षेत्रमा काम गर्न सरल र सहज हुने कानून निर्माणमा ध्यान पु¥याउनुपर्छ भन्नुभयो । अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले निषेधित क्षेत्रभित्र हिमाल, राष्ट्रिय निकुन्ज, नेपाल–चीन सीमा क्षेत्र पर्नेको तथा त्यहाँ सरकारको उपस्थिति र मानवबस्ती नभएकाले विगतमा त्यो व्यवस्था गरिएकामा आवश्यकता र मागका आधारमा संशोधन गरेर लैजान सकिने धारणा व्यक्त गर्नुभयो । अघिल्लो आवमा पदयात्राको अनुमति लिने पर्यटकको सङ्ख्या १३ हजार ५१९ रहेकामा यस वर्ष माघ १० गतेसम्म छ हजार ७२८ पर्यटकले पदयात्राका लागि अनुमति लिइसकेका छन् ।

]]>
8039 0 0 0
पदयात्रा गर्न जाने पर्यटकका लागि अनिवार्य पदयात्रा अनुमतिपत्र लिनुपर्ने http://localhost/ghum/%e0%a4%a1%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%be-%e0%a4%b0-%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%a6%e0%a4%af%e0%a4%be%e0%a4%a4/ Tue, 26 Jan 2016 13:20:23 +0000 http://www.ghumphir.com.np/?p=8041 काठमाडौँ १२ माघ ।

सरकारले ताप्लेजुङका ओलाङ्चुङगोला, लेलेप, पापुङ, सङ्खुवासभाको किमथाङ्कादेखि दार्चुलाको व्यास गाविस क्षेत्रसमेत गरी १५ जिल्लाका विभिन्न स्थानमा पदयात्रा गर्न जाने पर्यटकका लागि अनिवार्य पदयात्रा अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । माथिल्लो डोल्पा र मुस्ताङको दश दिनको पदयात्रामा जान चाहने पदयात्रीले प्रतिव्यक्ति ५०० अमेरिकी डलर दस्तुर तिर्नुपर्ने व्यवस्था छ । त्यस क्षेत्रमा थप यात्रामा रहन चाहने पर्यटकले प्रतिदिन प्रतिव्यक्ति ५० डलर दस्तुर बुझाउनुपर्ने हुन्छ । निषेधित क्षेत्रमा पदयात्रा अनुमति दिँदै त्यस क्षेत्रको संरक्षण र सुरक्षाका लागि कस्तो प्रावधान राख्ने भन्नेमा स्पष्टता ल्याई पर्वतारोहण र पदयात्राको अनुमति एकद्वार प्रणालीबाट दिने नीतिगत व्यवस्था भइदिए नेपालको पर्यटन प्रवद्र्धनका लागि सहयोगी हुन्छ  ।

]]>
8041 0 0 0
पर्वत–बेनी मल्लाज–शालिजा सडक आयोजना सुरु http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a4-%e0%a4%ac%e0%a5%87%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%9c-%e0%a4%b6%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%9c/ Tue, 26 Jan 2016 13:22:41 +0000 http://www.ghumphir.com.np/?p=8044

फलेवास (पर्वत), १२ माघ ।

पर्वत जिल्लाको उत्तरी क्षेत्रका चार गाविसलाई म्याग्दीको सदरमुकामसँग जोड्ने पर्वत–बेनी–मल्लाज–शालिजा सडक आयोजना सुरु भएको छ । डिभिजन सडक कार्यालय बागलुङले पर्वत–बेनी हुँदै मल्लाज जोड्ने चार किलोमिटर दूरीको सडकको स्तरवृद्धि गर्न आयोजना सुरु गरेको हो । पर्वत क्षेत्र नं १ बाट निर्वाचित सांसद अर्जुनप्रसाद जोशीको सिफारिसमा आयोजना सञ्चालन भएको हो । निर्वाचित सांसदले आफ्नो निर्वाचन क्षेत्रमा रु पाँच करोडसम्मको एउटा आयोजना सञ्चालन गर्न सिफारिस गर्न पाउने व्यवस्थाअनुसार जोशीले पर्वत–बेनी–मल्लाज–शालिजा सडकलाई सिफारिस गर्नुभएको हो । बिएन जेभी थोडुङ कन्स्ट्रक्सनले उक्त सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने, ग्याबिन पर्खाल लगाउने, आरसिसी ढलान गर्नेलगायतका कामको ठेक्का पाएको छ । रु चार करोड २२ लाख लागत अनुमान गरिएको आयोजना प्रतिस्पर्धामार्फत रु तीन करोड ७७ लाखमा सडक विभाग र ठेकेदार कम्पनीबीच सम्झौता भएको हो । सात वर्ष लगाएर २०७१ असोज १५ गते बाटो खोल्ने काम सकिएको उक्त सडक प्राविधिक हिसाबले प्रतिकूल, साँघुरो र ठाडो उकालो भएकाले सवारी साधन सञ्चालन हुन सकेको छैन । आयोजनामार्फत सडकलाई आठ मिटर चाक्लो बनाउने र गे्रड मिलाउन प्राथमिकता दिइएको छ । उक्त आयोजना सम्पन्न भएर सवारी साधन सञ्चालनमा आएमा उत्तरी पर्वतको माझफाँट, लेकफाँट, शालिजा र बाँसखर्कका बासिन्दालाई एक घन्टा घुमाउँरो बाटो प्रयोग गर्नुपर्ने समस्या हट्नेछ । सो क्षेत्रका बासिन्दा सवारी साधनमार्फत १० मिनेटमै बेनी–मल्लाज आवतजावत गर्न सक्छन् ।

]]>
8044 0 0 0
मूल्य नपाउँदा किसान निरास http://localhost/ghum/%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a4%be/ Tue, 26 Jan 2016 13:24:49 +0000 http://www.ghumphir.com.np/?p=8046

वीरगन्ज, १२ माघ ।

तरकारी उत्पादनमा वृद्धि भएपछि खुसी भएका किसान लागत अनुसारको मूल्य नपाउँदा निरास भएका छन् । बारा र पर्साका किसानले काउली खेतबाट बजारसम्म पु¥याउँदासम्मको ज्यालासमेत नउठेपछि खेतबारीमै तरकारी नष्ट गर्नु परेको छ । काउली उत्पादनका लागि बीउ, मल, सिँचाइ, जोताइ, कीटनाशक औषधि र मजदुरको ज्याला गरी प्रतिकट्ठा रु दशदेखि रु १५ हजारसम्म खर्च गरेका उनीहरुले घाटा खाएर तरकारी बिक्री गर्नु परिरहेको छ । सिम्रौनगढबाट सदरमुकाम कलैया र वीरगन्जसम्म काउली पु¥याउँदा प्रतिकिलो रु पाँचदेखि रु आठसम्म खर्च हुने गर्छ । कलैयामा काउलीको खुद्रा मूल्य प्रतिकिलो रु सातदेखि रु दश तथा वीरगन्जमा प्रतिकिलो खुद्रा मूल्य रु १० देखि रु १५ पर्छ । गत वर्ष यही अवधिमा काउलीको मूल्य प्रतिकिलो रु २० देखि रु २५ सम्म रहेको थियो । काउलीमात्र होइन, अन्य हिउँदे तरकारीको किसानले लागतअनुसारको मूल्य पाउन सकेका छैनन् । स्थानीय बजारमा भन्टा प्रतिकिलो रु २० देखि रु २५, बन्दागोभी रु सातदेखि रु दश, केराउ रु ३५ देखि रु ४०, मूला रु पाँचदेखि रु आठमा बिक्री भइरहेको किसान भन्टुनारायण चौधरी बताउनुहुन्छ । जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार जिल्लामा यस वर्ष करिब पाँच हजार ९०० हेक्टरमा काउली, बन्दागोभी, भन्टा, मुला, गोलभेँडा, खुर्सानी, रायो, गाजर र केराउ खेती गरिएको छ । मधेस आन्दोलनका कारण हिउँदे तरकारी जिल्ला बाहिर निर्यात गर्न नसकिँदा किसानले सस्तोमा तरकारी बिक्री गर्नु परिरहेको फत्तेपुरका रमेश साहको भनाइ छ ।

]]>
8046 0 0 0
चिनियाँ टोलीलाई निर्देशन http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%9f%e0%a5%8b%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%a8/ Tue, 26 Jan 2016 13:28:20 +0000 http://www.ghumphir.com.np/?p=8048

जाजरकोट, १२ माघ ।

सुनको सम्भाव्यता गरिहेको धर्मश्री माइन नामक चिनियाँ कम्पनीका प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालयले प्रमाणपत्रसहित आउन आदेश दिएको छ । भेरीमालिका नगरपालिका–४ धल्ला र ५ मटेलामा सुन खानीको चिनियाँ नागरिक सङपिङको टोलीले एक महिनादेखि उत्खननको काम गरिरहेको छ । सम्भाव्यताको काम गरिहेको टोलीलाई प्रमाणपत्रसहित उपस्थित हुन आदेश दिइएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताउनुभयो । भेरी नदीको बगरमा धर्मश्री माइन कम्पनीले प्रमाणपत्र नै नवीकरण नगरी जमिनमुनिबाट मेसिनद्वारा ड्रिल गरेर नमुना निकाली अध्ययन गरिरहेको थाहा पाएपछि स्थानीय प्रशासनले यस्तो आदेश दिएको हो । कम्पनीले स्थानीय प्रशासन तथा जिल्ला वन र वन उपभोक्ता समूहबाट अनुमति नलिएको बताइएको छ ।

]]>
8048 0 0 0
आन्दोलन चर्काउने मधेसी मोर्चाको भनाइ http://localhost/ghum/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8-%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8%e0%a5%80-%e0%a4%ae/ Tue, 26 Jan 2016 13:32:06 +0000 http://www.ghumphir.com.np/?p=8050

काठमाडौँ, १२ माघ ।

व्यवस्थापिका–संसद्बाट पारित संविधान संशोधन विधेयकले मधेसी जनताको माग सम्बोधन नभएको भन्दै मधेसी आन्दोलनलाई निरन्तरता दिने विभिन्न सरोकारवालाले बताउनुभएको छ । एक कार्यक्रममा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले व्यवस्थापिका–संसद्बाट पारित संविधानको संशोधन विधेयकले मधेसी मोर्चाको माग सम्बोधन नगरेको भन्दै शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले यसी माघ १८ गते पार्टीको बैठक बसेपछि मात्र आन्दोलनको कार्यक्रमको बारेमा पुनःविचार गरिने विचार व्यक्त गर्नुभयो । सद्भावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादवले आन्दोलनको स्वरुप परिवर्तन गर्नुपरेमा पनि मधेसी जनतामाझ गई छलफल गरेर मात्र निर्णय लिने भन्दै मोरङको रङ्गेली घटनाको दोषी सरकार नै भएको आरोप लगाउनुभयो । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का महामन्त्री जीतेन्द्र सोनलले शीर्ष तीन दलले मधेसी मोर्चाले उठाउँदै आएको मागप्रति गम्भीर नभएको आरोप लगाउनुभयो ।

]]>
8050 0 0 0
पर्यटन प्रवद्र्धनका लागि विश्व शान्ति महायज्ञ http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97-6/ Thu, 28 Jan 2016 15:46:34 +0000 http://www.ghumphir.com.np/?p=8052

काठमाडौँ, १४ माघ ।

भूकम्पबाट सिथिल बनेको मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा ‘विश्व शान्ति महायज्ञ’ आयोजना गरिने भएको छ । धर्म संस्कृतिका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि यही माघ १९ देखि २१ गतेसम्म बृहत् विश्वशान्ति महायज्ञ पूजा गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पर्यटकीय क्षेत्र पोखराको राता पहिरोमा अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा आयोजना हुने महायज्ञमा विश्व प्रसिद्ध बौद्धधर्म गुरु शाक्य ठ्रिजिन रिम्पोछेले विशेष प्रवचन र आर्शिवचन दिनुहुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने उक्त कार्यक्रममा देशविदेशबाट विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको सहभागिता रहने आयोजक नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । कार्यक्रमअनुसार माघ २० गते लामा गुरुहरुद्वारा ‘कुन रिग’ अर्थात् ‘सर्व दुर्गति परिशोधनी पूजा’ सम्पन्न गरिने तथा बज्रयान परम्पराअन्तर्गत पर्ने योगतन्त्रअनुसार प्रमुख वैरोचन बुद्धलगायत ३७ वटा बुद्धको पूजा साधन गरी जीवित र मृतकको सर्व पाप मोचन एवम् मोक्षप्राप्ति पूजा अनुष्ठान गरिने जनाइएको छ । उक्त पूजामा सहभागी हुने भक्तजनले जान अञ्जानमा गरेका सबै पापको मोचन हुने तथा विशेषगरी अकाल मृत्युवरण गरेकाको आत्माले दुर्गतिबाट मोक्ष प्राप्त गर्ने बुद्ध अनुयायीको गहिरो विश्वास रहिआएको छ । माघ २१ गते गुरु रिम्पोछेको करकमलबाट ‘रिगसुम गन्पो वाड’ ‘अर्थात् त्रिकूलनाथ अभिषेक’ सम्पन्न गर्ने कार्यक्रम रहेको विश्वशान्ति पूजा मूल आयोजक समितिले जनाएको छ । त्यस अवसरमा राष्ट्रपतिले सङ्ग्रहालय परिसरमा निर्माण गरिएको प्रथम पर्यटनमन्त्रीसमेत रहनुभएका भूगोलविद् स्व डा हर्क गुरुङ, नेपाल पर्वतारोहणका संस्थापक अध्यक्ष स्व कुमार खड्गविक्रम शाह र पूर्वअध्यक्ष स्व दावा नुर्बु शेर्पाको मूर्ति अनावरण तथा सङ्ग्रहालयको झन्डोतोलन गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा पर्यटन उद्योगलाई विस्तार गर्नेसम्बन्धी गोष्ठीसमेत आयोजना गरिने र सम्बन्धित विज्ञद्वारा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । महायज्ञमा स्वदेश तथा विदेशबाट गरी ४० हजारभन्दा बढीको सहभागिता हुने आयोजकको दाबी छ । महायज्ञलाई भव्य र सभ्य बनाउन पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पाको संयोजकत्वमा विश्वशान्ति पूजा मूल आयोजक समिति गठन गरिएको छ । एसियाका बुद्ध धर्म मान्ने देश तथा दक्षिण एसियाका भारत, श्रीलङ्का, ताइवान, थाइल्यान्डलगायतका देशबाट पनि दर्शनार्थीको उपस्थिति हुने र त्यसका लागि नेपालस्थित दुतावासमा पत्राचार गरिएको जनाइएको छ । आयोजक समिति संयोजक एवम् पूवमन्त्री शेर्पाले भूकम्पलगायत विभिन्न विपत्तिबाट सिथिल बनेको पर्यटन प्रवद्र्धनका लागि शान्तिको कामना गरी विश्वभर सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

]]>
8052 0 0 0
पुनःनिर्माण अभियानले गतिलिन नसकेकामा अन्तर्राष्ट्रिय समुदाय चिन्तित http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%a4%e0%a4%bf/ Thu, 28 Jan 2016 15:48:45 +0000 http://www.ghumphir.com.np/?p=8054

काठमाडौँ, १४ माघ ।

पूर्वअर्थमन्त्री डा रामशरण महतले भूकम्पपछिको पुनःनिर्माण अभियान अगाडि बढ्न नसकेकामा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको बताउनुभएको छ । दि बैंकर म्यागाजिनले प्रदान गर्ने विश्वका उत्कृष्ट अर्थमन्त्रीको सम्मान(अवार्ड) ग्रहण गरी बेलायतबाट स्वदेश फिर्ता हुनुभएको पूर्वअर्थमन्त्री डा महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेपाल–भारत सीमानाको अवरोध र प्राधिकरणको निर्माण यसको गतिविधिमा भएको ढिलाइले दाताले चिन्ता व्यक्त गर्नुभएको बताउनुभएको हो । विपरीत स्थितिमा पनि वित्तीय सन्तुलनलाई कायम राख्न सफल भएको र भूकम्पपश्चात् पनि अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गरी सहायतालाई परिचालन गर्न सफल भएकामा उहाँलाई दि बैंकरले विश्वकै उत्कृष्ट अर्थमन्त्रीका रुपमा बेलायतको फाइनान्सियल टाइम्सको मुख्यालयमा बैंकर म्यागाजिनका प्रधानसम्पादक ब्रेयन काप्लेनले सम्मान गर्नुभएको थियो । तराई मधेसमा जारी आन्दोलन, नाकाबन्दी एवम् कार्यशैलीमा भएको ढिलाइका कारण पुनःनिर्मणका कार्यमा ढिलाइ भएको उहाँले स्पष्ट पार्नुभयो । नेपालको व्यापारिक नाकामा देखिएको अवरोध हट्नुपर्ने बताउँदै डा महतले भन्नुभयो– “सीमानामा देखिएको अवरोधको कुनै तुक छैन, वैदेशिक व्यापारलाई राजनीतिसँग जोड्न मिल्दैन ।” अन्तर्राष्ट्रिय व्यापारलाई आन्तरिक कुराले प्रभावित गर्न नहुने बताउँदै उहाँले भारतसँग सशक्त कूटनीतिक पहल गरेर अगाडि बढाउनुपर्ने बताउनुभयो । सानो मुलुकको कमजोर अर्थतन्त्र भएको देशको अर्थमन्त्रीको कामलाई अन्तर्राष्ट्रिय समुदायले निष्पक्ष रुपमा मूल्याङ्कन दिएकामा आफूलाई सन्तुष्टि मिलेको बताउँदै उहाँले यो सम्मान सिङ्गो मुलुक र सरकारलाई दिएको धारणा राख्नु भयो ।

]]>
8054 0 0 0
बन्द खुलेपछि जनकपुर आउने भारतीय पर्यटकहरु बढे http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%86%e0%a4%89%e0%a4%a8%e0%a5%87/ Thu, 28 Jan 2016 15:50:48 +0000 http://www.ghumphir.com.np/?p=8056

वीरेन्द्र कर्ण जनकपुरधाम, माघ १४ ।

विगत ५ महिनाभन्दा बढी समयदेखि बन्द रहेको तराईमा यातायात सेवा सञ्चालनमा आएपछि भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । धार्मिक पर्यटनको एक प्रमुख गन्तव्य स्थलको रुपमा स्थापित हुने प्रशस्त आधार रहेको जनकपुरधामको मठमन्दिर तथा धार्मिक स्थल हेर्न आउने भारतीय पर्यटक अहिले क्रमशः बढ्दै गएको छ । राजर्षि जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मथलो जनकपुरको धार्मिक र सांस्कृतिक महत्व छ । जनकपुरको प्राचीन तथा ऐतिहासिक सरोवर गंगासागरमा सुरु भएको गंगा आरती, राम मन्दिर, जानकी मन्दिर लगायतका मठमन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न अहिले दैनिक दुईदेखि चार वटा बसहरु जनकपुर आउने गरेका छन् । अन्य वर्षको तुलनामा यस वर्ष बन्द हडतालका कारण अहिलेसम्म १५ प्रतिशत धार्मिक पर्यटकहरु मात्र आउन सकेको गोपाल धर्मशालाका प्रबन्धक राजकुमार झाले बताउनुभयो । अहिले छिमेकी मुलुक भारतको महाराष्ट्र, राजस्थान, मध्यप्रदेश, उत्तर प्रदेश लगायतका सहरहरुबाट पर्यटकहरु आउने क्रम बढ्दै गएको छ । काठमाडौँबाट पर्यटक बस लिएर जनकपुरसम्म आइपुगेका महाराष्ट्रका नानाभाईले बाटोमा कुनै अवरोध नभएको बताए । बाहिरबाट आउने पर्यटकहरु गोपाल धर्मशाला, पगलाबाबा धर्मशाला, यात्री निवास, साह गेस्ट हाउस, रौनियार सेवा समिति, धर्म संस्थानका धर्मशालाहरुमा बस्दै आइरहेका छन् । भारतको हरिद्वारा, बनारसको गंगा आरतीको जस्तै ख्याति प्राप्त गरिसकेको गंगा आरतीमा देश विदेशका गरी लाखौँ धर्मावलम्बीहरुले सहभागिता जनाइसकेका छन् । धार्मिक महत्व बोकेको यो गंगासागरमा गंगा आरती सुरु भएपछि यसले पर्यटक भित्र्याउनमा अहं भूमिका खेलेको सेभ हिस्टोरिकल जनकपुरका संयोजक रामअशिष यादवले बताउनुभयो । विवाहपञ्चमी, राम नवमी, जानकी नवमी, छठ, डोला, परिक्रमा जस्ता धार्मिक गतिविधिमा गंगा आरतीले सुनमा सुगन्ध थपेको छ । मिथिला महात्म्यका अनुसार पवित्र सरोवर गंगासागरको पूजाले धन, सुख, समृद्धि, सन्तान सुख प्राप्त हुने र यसमा स्नान गर्नाले महाकुम्भमा स्नान गरेको जत्तिकै फल प्राप्त हुने जनविश्वास छ । बृहद, विष्णु पुराण, वायु पुराण, शतपथ, भागवत, वाल्मिकी रामायण, बृहदारण्यकोषनिस जस्ता धार्मिक ग्रन्थहरुमा पुण्य भूमि, तपो भूमि र सर्वश्रेष्ठ तीर्थका रुपमा उल्लेख गरिएकाले पनि गंगा आरतीको धार्मिक महत्व बढ्न गएको छ । भनिन्छ, विश्वमा जनकपुरधाम नै एउटा यस्तो धार्मिक स्थल हो जहाँ जगत जननी सीता र गंगाको पूजा एकै साथ हुन्छ । यज्ञवल्क्य, अष्टावक्र, गार्गी, मैत्रयीको तपोभूमिको रुपमा प्रख्यात रहेको जनकपुरमा सम्पन्न भएको गंगा आरतीको पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा सामूहिक स्नान, गंगा सागर र धनुष सागरको सफाइ तथा गंगा आरतीको कार्यक्रम गरियो । सो आरतीमा भारत विहार राज्यका पूर्व उपमुख्यमन्त्री सुशील कुमार मोदीको सहभागिता पनि रहेको थियो । सन् १९८४ मा गंगा नदीको सफाइ राज्यको सम्पूर्ण साधन स्रोतबाट भएको र बागमतीको सफाइ नेपाल सरकारको साधन स्रोतबाट भएपनि धार्मिक महत्वका गंगा सागरको सफाइमा राज्यको कुनै आर्थिक सहयोग नभएको सेभ हिस्टोरिकल जनकपुरका वरिष्ठ सदस्य अशोक कुमार जालानले बताउनुभयो । यहाँ विगत एक वर्षदेखि ५ जना पुजारीहरु नियमित रुपमा गंगाआरती गर्दै आइरहेका छन् । यति मात्र नभएर जैनहरुको २४औँ तीर्थंकरको जन्म यही भएको थियो । अन्तिम तिर्थंकर महावीरका एउटा गणधर यहीका थिए । अहिले जनकपुरको वातावरण विगत भन्दा केही खुकुलो र सहज भएपछि देशभित्र र बाहिरबाट आउने पर्यटकहरु क्रमिक रुपले बढ्दै गएको छ । धर्मशाला र होटेलहरु पनि भर्न थालेका छन् ।

]]>
8056 0 0 0
बाघ गणनाका लागि राखिएका क्यामेरा चोरी http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%98-%e0%a4%97%e0%a4%a3%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%95/ Thu, 28 Jan 2016 15:52:37 +0000 http://www.ghumphir.com.np/?p=8058

बर्दिया, १४ माघ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका तीनवटा क्यामेरा चोरी भएका छन् । नेपालभर बाघको सङ्ख्या पत्ता लगाउने उद्देश्यले बाघ गणना गर्न राखिएका तीनवाट क्यामेरा चोरी भएको र एउटा क्यामेरा तोडफोड गरी फालिएको अवस्थामा भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अम्बिकाप्रसाद खतिवडाले बताउनुभयो । क्यामरा राखिएकै दिन चोरी भएकाले क्यामेरा चोरी गर्ने व्यक्तिको खोजी भइरहेको उहाँको भनाइ थियो । हराएका क्यामेराको मूल्य ७०० डलर पर्ने बताइएको छ । सन् २०१३ को गणनाअनुसार बर्दियामा ५० वटा वयस्क बाघ रहेका छन् ।

]]>
8058 0 0 0
पर्यटन प्रवद्र्धनमा राज्य सधैँ प्रयत्नशील : मन्त्री खरेल http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d/ Thu, 28 Jan 2016 15:54:38 +0000 http://www.ghumphir.com.np/?p=8060

दमक, १४ माघ ।

कानुनमन्त्री अग्नि खरेलले नेपालको पर्यटन प्रवद्र्धनबाट राज्यले ठूलो आम्दानी लिनसक्ने प्रचुर सम्भावना भए पनि लक्ष्य अनुरुप प्रगति हुन नसकेको बताउनुभएको छ । आज झापाको महारानीझोडामा चान्दु त्रिवेणी सिमसार तथा पर्यटन विकास केन्द्रले आयोजना गरेको पूर्वाधार विकास कार्यक्रमको शिलान्यास गर्नुहुँदै मन्त्री खरेलले पर्यटन प्रवद्र्धनबाट अभिवृद्धि गराउन स्थानीयस्तरमा यस्ता पर्यटकीयस्थलको विकासमा राज्यले सहयोग पु¥याउने बताउनुभयो । विशिष्ठ भौगोलिक बनावटले गर्दानै विश्वमा हाम्रो देश सुन्दर भएको उल्लेख गर्नुहँुदै मन्त्री खरेलले भन्नुभयो,–‘‘हामीले गाँउघरकै पर्यटकीयस्थलबाट मनग्यै आयआर्जन गर्न सक्छौँ । वर्तमान सरकार मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै आएको छ ।’’ मन्त्री खरेलले सरकारले उक्त केन्द्रलाई पर्यटकीयस्थल बनाउन आवश्यक पूर्वाधार निर्माणका लागि रु १० लाख बजेट यस वर्षनै छुट्याएको र आजदेखि आँैपचारिक रुपमा काम थालनी भएकोमा खुसी प्रकट गर्नुहुँदै आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध भएको बताउनुभयो । गौरादह नगरपालिका–७, ८, र ९ र लखनपुर गाविस–९ मापर्ने उक्त सिमसार क्षेत्रलाई पर्यटकीयस्थल बनाउने योजनाका साथ स्थानीय बासिन्दाहरुले सक्रियतासाथ काम तीव्र पारेका हुन् । यसैगरी, मन्त्री खरेलले आज बिहान गौरादह–७ स्थित महारानीझोडा स्वास्थ्य चौकीले भारतीय सरकारबाट उपलब्ध भएको एम्बुलेन्सको शुभारम्भ गर्नुभएको थियो । त्यस्तै, मन्त्री खरेलले आजै गौरादह–५ स्थित महारानीझोडा साना किसान सहकारी संस्थाको भवन शिलान्यास र बीउबिजन प्रशोधन केन्द्रकोसमेत उद्घाटन गर्नुभएको थियो ।

]]>
8060 0 0 0
पर्यटकीय गन्तव्यको पुनःनिर्माण सुरु http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8/ Thu, 28 Jan 2016 15:56:45 +0000 http://www.ghumphir.com.np/?p=8062

काठमाडौँ, १४ माघ ।

सरकारले भूकम्पबाट क्षति भएका प्रमुख पर्यटकीय गन्तव्यको पुनःसंरचनाको काम सुरु गरेको छ । पर्यटन विभागले पर्यटन पूर्वाधारको कामलाई गति दिँदै भूकम्पबाट बढी क्षति भएका सात वटा पद मार्गको निर्माणको प्रक्रिया अघि बढाएको छ । विभागका महानिर्देशक गोबिन्दबहादुर कार्कीका अनुसार लाङटाङ, मनास्लु, छो रोल्पालगायत चर्चित पदमार्गको निर्माण प्रक्रिया अघि बढाई प्रभावित क्षेत्रमा प्राविधिक टोली खटिएर स्वरुप तयार गरिसकेका छन् । पदमार्ग निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट रु १६ करोड बजेट विनियोजन भई विभागले कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको भूकम्पपछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदन (पिडिएनए) को विवरणअनुसार भूकम्पबाट पर्यटन क्षेत्रमा रु ८१ अर्ब २४ करोड २० लाखको क्षति तथा नोक्सानी भएको छ । प्रतिवेदन अनुसार रु १८ अर्ब ८६ करोड ३० लाखको क्षति र रु ६२ अर्ब ३७ करोड ९० लाखको नोक्सानी भएको छ । यसमा निजी क्षेत्रको रु ७५ अर्ब १० करोड ५० लाख र सरकारीतर्फ रु छ अर्ब १३ करोड ७० लाख क्षति तथा नोक्सानी भएको छ ।

]]>
8062 0 0 0
होमस्टेमा पर्यटक लोभिदै http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%b2%e0%a5%8b%e0%a4%ad%e0%a4%bf%e0%a4%a6%e0%a5%88/ Thu, 28 Jan 2016 15:58:47 +0000 http://www.ghumphir.com.np/?p=8064

रत्ननगर (चितवन), १४ माघ ।

जिल्लाको माडी उपत्यकामा हालै खुलेको सुविधायुक्त होमस्टेमा पर्यटकको आकर्षण बढ्दै गएको छ । स्थापना भएको तीन महिनामा ४०० बढी पर्यटक आइसकेका छन् । होमस्टेका अध्यक्ष मोहनबहादुर पुन मगरले प्रचार प्रसार हुनसके होमस्टेमा पर्यटकको सङ्ख्या बढ्ने स्थिति रहेको बताउनुभयो । यहाँ मगर समुदायको आठवटा, नेवार समुदायको दुईवटा र दराई समुदाको एउटा होमस्टे रहेका छन् । होमस्टेमा आउने पाहुनालाई आआफ्नै पोसाकमा सजिएर स्वागत गर्ने र मगर जातिको मौलिक संस्कृति देखाउने गरिएको छ । पाहुनालाई सोरठी, सालैजु, चुड्का, ठाडोभाकामार्फत मनोरञ्जन दिइन्छ । उनीहरुलाई स्थानीयस्तरमा पाइने मौलिक खाना खुवाउने गरिएको होमस्टे सञ्चालक मनदेवी पुनले बताउनुभयो । माडीमा पर्यटन प्रवद्र्धनका गर्ने मुख्य लक्ष्य राखेर होमस्टे निर्माण भएको सामाजिक अभियन्ता श्रीप्रसाद दवाडीको भनाइ छ । माडी उपत्यका पर्यटकीय दृष्टिले महत्वपूर्ण भए पनि भौतीक पूर्वाधारको अभावमा त्यहाँ पुगेका पर्यटकलाई बसोबासको समस्या हुने गरेको थियो । हाल निर्माण भएको होमस्टेले पर्यटकको बसाइँ लम्ब्याउन सहयोग मिलेको छ । होमस्टे सञ्चालनको लागि स्थानीयलाई प्रशिक्षणसमेत दिन थालिएको छ । होमस्टेमा प्रतिकोठाको शुल्क रु ४०० र सादा खानाको रु १०० लिने गरिएको छ । माडी संरक्षित वन्यजन्तु बाघ, गैँडा, भालु, हात्ती, जरायोलगायत चराचुरुङ्गीको अवलोकनका लागि महत्वपूर्ण क्षेत्र हो । विभिन्न धार्मिक कुण्ड तथा क्षेत्रका कारण यो क्षेत्र प्रख्यात छ । यहाँ भारतबाट समेत पर्यटक आएर पूजा गर्ने परशुराम कुण्ड रहेको छ । निकुञ्जले सौराहा–पटिहानी र पटिहानी–माडीको पर्यटक पदमार्ग निर्माण गरेपछि पर्यटकीय गतिविधिले गति लिएको छ । सौराहाबाट सोझै पदमार्ग जोड्न पहल भइरहेको छ ।

]]>
8064 0 0 0
अस्सी रुपैयाँको बिजुलीको बिल तिर्न एक सय खर्च http://localhost/ghum/%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%b8%e0%a5%80-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%bf%e0%a4%9c%e0%a5%81%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b/ Thu, 28 Jan 2016 16:01:11 +0000 http://www.ghumphir.com.np/?p=8066

इनरुवा, १४ माघ ।

सुनसरीको आधा दर्जन गाविसका स्थानीयवासीलाई ८० रुपैयाँको बिजुली बिल तिर्न १०० रुपैयाँसम्म खर्च हुने गरेको छ । जिल्लाको श्रीपुरजब्दी, हरिपुर, मधुवन, मध्यहर्षाही, बसन्तुर, घुस्की, देवानगन्जलगायत आधा दर्जन गाविसका स्थानीय सेवाग्राहीलाई ८० रुपैयाँको बिजुलीको बिल तिर्न १०० रुपैयाँ खर्च हुने गरेको स्थानीयवासीले बताएका छन् । नजिकमा विद्युत् प्राधिकरणको शाखा कार्यालय नहुँदा महसुल तिर्न दुई घन्टाको यात्रा गरेर सदरमुकाम इनरुवा आउनुपर्ने भएकाले महसुलभन्दा भाडा नै बढी तिर्नुपर्ने बाध्यता रहेको मधुवनकी सुस्मिता कार्कीले बताउनुभयो ।

]]>
8066 0 0 0
खानेपानीको महसुल नबुझाउनेको लाइन काटिँदै http://localhost/ghum/%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b9%e0%a4%b8%e0%a5%81%e0%a4%b2-%e0%a4%a8%e0%a4%ac%e0%a5%81%e0%a4%9d%e0%a4%be%e0%a4%89%e0%a4%a8/ Thu, 28 Jan 2016 16:06:43 +0000 http://www.ghumphir.com.np/?p=8068

इलाम, १४ माघ ।

इलाम नगरपालिका कार्यालयले समयमा नै खानेपानीको महसुल नबुझाउने ग्राहकको धमाधम पानीको लाइन काट्न थालेको छ । दुई वर्षअघि देखिको पनि महसुल नउठेका कारण लाइन काट्न थालिएको हो । कार्यालयले आदर्श उच्चमाविसहित छ उपभोक्ताको धाराको लाइन काटिसकेको छ भने ८५ उपभोक्ताको धाराको लाइन काट्ने जनाएको छ । आदर्श उच्चमाविको मातहतमा रहेको तीनवटा धाराको लाइनबाट मात्रै करिब रु ३४ हजार महसुल उठ्न बाँकी रहेको नगरपालिकाका शाखा अधिकृत रामकुमार शाहले बताउनुभयो । करिब रु छ लाख बक्यौता रहेको जनाउँदै नगरपालिकाले बक्यौता नउठेसम्म यो प्रक्रिया जारी राखिने जनाएको छ । लाइन काटिएका छजना ग्राहकबाट मात्रै करिब रु ५२ हजार महसुल उठ्न बाँकी रहेको छ । चार महिनासम्म नियमित रूपमा महसुल नबुझाउने ग्राहकको पानीको लाइन काटिने कानुनी प्रावधान रहे तापनि त्यो प्रावधान अहिलेसम्म कार्यान्वयन भएको छैन । उक्त कानुनी प्रावधान कार्यान्वयन हुन नसक्दा तीन वर्षदेखि खानेपानीको महसुल नबुझाउनेको सङ्ख्या बढेको हो । एक महिनायता कार्यालयले खानेपानीको महसुल उठाउन कडाइ गरेको छ । नगरपालिकामा करिब दुई हजार पाँच सय खानेपानीका ग्राहक छन् । नगरपालिकाको २०औँ परिषद्बाट खानेपानीको न्यूनतम महसुल रु १०० देखि रु २०० बनाएको छ भने एकभन्दा बढी धारा जडान गरिएको पाइएमा कारबाहीसमेत गर्न सुरु गरेको कार्यालयले जनाएको छ ।

]]>
8068 0 0 0
इन्धन र लोडसेडिङको समस्या जब सम्म रहन्छ ,तब सम्म पर्यटन पव्रद्धनमा कठिन छ: अध्यक्ष आचार्य http://localhost/ghum/8070-2/ Thu, 28 Jan 2016 17:41:17 +0000 http://www.ghumphir.com.np/?p=8070 विगत लामो समय देखि पर्यटन क्षेत्रमा क्रियासिल नाम हो मधु आर्चाय । भर्खरै केही समय अघि मात्र सम्पन्न नेपाल ट्राभल एण्ड टुर्स एजेन्ट्स एसोसियन नेपालको अध्यक्षमा निर्वाचित समेत हुनुभएको छ आचार्य । नवनिर्वाचित अध्यक्ष आचार्यसग नेपालको पर्यटन क्षेत्रका बिषयमा केन्द्रित रही घुमफिर सम्वाददातले गरेको कुराकानी

madhu achrya naataसुस्ताएको पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा कसरी फर्काउन सकिन्छ ? भूकम्पको साथसाथै भारतको अघोषित नाकाबन्दिले नेपालको पर्यटन क्षेत्रमा निकै प्रभावीत भएको छ । नेपालको पर्यटन दुई कारणले गर्दा प्राय शुन्यनै छ भन्दा हुन्छ । पर्यटन व्यवसाय भन्दा पनि यो पुर्ननिमाणको कुराहरु र भूकम्पबाट जुन भएका क्षतीहरु थिए, त्यो चाँही हामीले मेक अप गरि सक्यौ भन्ने सन्देश बाहिर नगएसम्म जुन हाम्रो देशमा घुम्नलाई पर्यटकहरु पठाउने हाम्रा जुन सप्लार्यसहरु छन् ,हाम्रा काउन्टर पार्टहरु छन् उनिहरुले नेपाललाई जब प्राथमिक्तमा राख्दैनन्् तबसम्म हाम्रो देशमा पर्यटन क्षेत्र पहिलेकै अवस्थमा पुराउन अलि समय लाग्छ । भूकम्पले क्षती हामा ऐतिहासीक धरोहरको पूर्ननिमाणको कार्य सुचारु भएर शहर सरसफाई भैसकेको कुराको सन्देश तथा अघोषित नाकाबन्दिको अन्त्य भएको समाचार तथा सन्देशका साथै अब नेपालमा राजनीतीक स्थीरता छ र जुनसुकै ठाउमा निर्वाध रुपमा आवत जावत गर्ने सकिन्छ भन्ने सन्देश जादैन तब पर्यटन क्षेत्रको अवस्था पहिलेकै अवस्थमा फर्कन गाह्रो होला । यस्का लागी हामी सबै सरकारवाल तथा विशेष गरी सरकारी निकायले ध्यान दिन जरुरी छ जस्तो लाग्छ मलाई ।

यसका लागी कस्ले पहल गर्ने त ? यस्तो कुराहरुको लागी सर्वप्रथमा राज्यनै अघि सर्नु पर्ने हुन्छ । राज्य अघि सर्यो भने विश्व्ले पत्याउछ । ब्यबसायहरुले मात्र गरे भने ब्यापारका लागी गरे भन्ने हुन्छ । ब्यबसायीहरुको साथ लिएर राज्य अघि बढ्यो भने राम्रो तथा प्रभावकारी हुन्छ । राज्यकै तर्फबाट अब विभिन्न खालका सन्देशहरु जस्तै अहिले हामीले छापामा हे¥यौ भने हरेक दिन भनौ न हामीसंग भएका अस्तव्यतताका खबरहरु आईरहेका छन् । यो अवस्थमा पर्यटकहरु आएपछि इन्धन छैन इन्धन नभएपछि विभिन्न होटलहरुले दिनुपर्ने सरसुविधाहरुमा कटौती भएको छ । सेवा सुविधा महगो पनी भएको छ ।

यस्ले तत्काललाई असर नपारे पनी पर्यटन क्षेत्रमा दिर्घ कालीन असर पर्न सक्छ । त्यसकारण पर्यटक आउनु मात्र ठुलो कुरा होईन उनीहरुलाई दिने सेवा सुविधा पनी पर्यटन क्षेत्रमा प्रभावीत पार्ने देखिन्छ । यस्ता कुराहरुमा राज्यले खासै सोच बनाएको जस्तो देखिएको छैन । इन्धन र लोडसेडिङको समस्या जब सम्म रहन्छ ,तब सम्म पर्यटन पव्रद्धनमा अलि कठिन नै छ । हाम्रो पर्यटक आउने भनेकै यो हिउँदको मौसम हो । सेप्टेम्बर देखि नोभोम्बर सम्म हो , फेब्रुरी देखि अप्रिल सम्म । अब फेब्ररी मार्च अप्रिलमा लोडसेडिङ अलिकती कमी हुन्छ र त्यसबाट अलिकती राहत हन्छ तर यो अहिलेको सिजनमा चाँहि हामीलाई निकै अप्ठयोरो हुन्छ । अव पनी सरकारले पाँच छ घण्टामा लोडसेडिङ न झार्ने हो भने, पर्यटक आवागमनमा धेरै ठूलो कठीनाई दिन्छ । तपाइको कार्यकाल के मा केन्द्रित हुन्छ त ? अहिले हामी दुईटा कुरामा केन्द्रित हुन्छौ, पहिलो कुरा त अहिले हाम्रा साथीभाईहरु जुन तपाईले समाचारहरुमा पनि देख्नु भएको होला नाटामा अलिकती पदका लागी वा भनौ नेतृत्वका लागी धेरै साथीहरुको चाहना इच्छा देखिर्दा केहि गुटबन्दि पनी देखियो कोहि कता कोही कता भए आफ्नो आफ्नो टिम ग्रुप समुहमा विभाजीत छन् । हुन त हिजोको चुनाव समाप्ती पछि त्यो जुन ग्रुपमा विभाजीत साथीहरु करिब करिब धेरै भन्दा धेरै हामीले त्यो कुरालाई विर्सीसकेका छौ । तर पनि हिजो चुनावको दौरानमा हमी नौ दिनसम्म संगै हिड्दादेखी नै अलिकती जुन यो विभाजनको कुरा बाँकी छ त्यसलाइ हामी एकिकृत गरेर सबै एकै हौ भन्ने किसीमको पहल नै मेरो पहिलो प्राथमिकता हो । जती छुटेका साथीहरु र समुगत साथीहरुलाई समेटेर पहिला यसलाई अन्त्य गर्छौ, उहाँहरुसंग हामी समझदारी गर्छौ , भोलीका दिनमा हामी संगै जाने हो भनेर कन्भीन्सका साथै सगै सहकार्य गरेर अगाढी बढ्छौ ।

दोस्रो काम भनेको तत्कालै गर्न सकिने भनेको नेपाल सरकारका विभिन्न सन्बन्धीत निकायहरु तथा पर्यटन मन्त्रालय ,योजना आयोग र हामीसंग सम्बद्ध विभिन्न संघ सस्थाहरुसंग हामीले हाम्रो कार्ययोजना र हामीलाई परेका समस्या र समाधानका उपायहरुसहितको समझदारीका योजना हामी लिएर जान्छौ । त्यसपछि हामी आफ्नो काम गती भए गए अनुुसार वा पहिलाको कार्यसमितीले अगाडी बडाएको काम र नगरि नहुने काम र गर्न योज्ञकामलाई पनि हामी निरन्तरता दिन्छौ ।

नेपालको पर्यटनको अवश्थालाई पूर्वरत अवश्थामा फर्काउन सरकारको कस्तो भूमिका हुनुपर्छ जस्तो लाग्छ ? विदेशी मुलुकहरुमा भन्ने हो भने सरकारले गर्नुपर्ने कामै हैन यो, नागरीक र व्यवसायीको अधिकारै नै भन्दा हुन्छ । जस्तो इन्धन भो ,जनताले आजको एक्काइसौ शताब्दीको युगमा जनताले ईन्धन पाउनुपर्ने अधिकार हो कि होइन ? अब यो उर्जा पाउनुपर्ने जनताको अधिकार हो कि होईन ? सडक , स्वच्छ खानेपानी पाउनुपर्ने जनताको अधिकार हो कि होईन ?अब अत्य मुलुकमा हो भने यो आफै सिष्टममा चलेको हुन्छ सरकारले केही गर्नै पर्दैन् । अब हामीकहा चाहि पुर्वाधार देखि सानातिनाकुरामा पनि सरकारको आवश्यक्ता रहन्छ । जस्तै पोखराको विमानस्थलको कुरामा पनि हामीले भनेको कती भयो बल्ल लुम्बीनीको काम सुरु भएको छ ।अब निजगढको भर्खरै कुरा चर्चा परिचर्चामात्रै छ । भने पछि सरकारले गर्नुपर्नेकाम धेरै छ ।

विभिन्नरुपमा सरकारले दिनुपर्ने विभिन्नसेवा सुविधाहरु व्यवसायीक क्षेत्रलाई धेरै छ, अरुक्षेत्रलाई पनि छ तर पर्यटन क्षेत्रलाई भनै कम छ , जस्तो यो पुर्वाधारसंग समेत जोडीएको हुन्छ । जस्तो उधाहरण लिउ कुनै सिमेन्ट वा हाईड्रो गर्नुप¥यो भने सरकारले दिने भनेको एउटा बाटो सम्म हो,त्यो ठाँउमा बाटो पु¥याई दियो भने चाहि पर्यटन व्यवसायी उद्योगीहरुको लगानीहुन्छ अनी आफैले ठूलो बाटो बनाउन सक्छ । सयौ करोड लगानी गरेर सरकारलाई बाटो बनाउनु कुनै ठूलो कुरो होईन । तर पर्यटन उद्योगमा लगानी गर्नेले बाटो घाटो वा भनौ आफुलाई चाहिने पुर्वाधार आफै त बनाउन सग्दैनन् । त्यसैले यो पुर्वाधार सगं जाडीएका र पर्यटन प्रवद्धन गर्ने हो भने पुर्वाधारमा विशेष जोड दिनुपर्छ । एकदमै प्राथमिक्ताका साथ, यसको उदाहरणकालागी हामी,खाडीका मुलुकहरुलाई लिन सक्छौ, मलेशीयालाई लिन सक्छौ ,मलेशियाको आफ्नो पर्यटकिय संम्पदा केहीपनी छैन् तर पनी त्यहा भएको पुर्वाधारमा भएको लगानीले गर्दा आज एशियाकै ठूलो पर्यटक आवागमनको रुपमा मलेशीया स्थापीत भएको छ भने खाडीका मुलुकहरुमा बालुवाको खानी थियो कुनै जमानामा आज त्यहा पर्यटकको आवागमन हेर्ने हो भने सत्तरीलाखको हाराहारीमा पर्यटक तिनै तिन चारवटा मुलुकमा छन ।

त्यसको कारण नै हाम्ले माहीसंग पर्यटकीय संभावना छ भनेर नारामात्र दिएर भएन त्यो संपदासम्म पुग्ने पहुच भनेको पर्वाधार प्रमुख आवश्यक्ता हो । उक्तकुराको विकास भनेको पुर्वाधार हो । त्यहाँसंम्म पुग्न जल ,स्थल, हवाई या फास्टट्रयाक होला या अरुकुनै हिडेरै जाने होला त्यसको लागी हिडनलाएक कै मार्ग भएपनी हुनु प¥यो त्यस्तो वातावरण बन्नु प¥यो । यो चिज भनेको निजीक्षेत्रबाट सम्भव छैन् ।यसकोलागी सरकारले नै ध्यान दिनुपर्छ ।

अन्त्यमा भन्नु पर्ने केही कुरा ? अहिले नेपालको अवश्थामा अहिलेको अवस्थीतीमा हामी नेपालको निकासीजन्य उद्योगमा हाम्रो आफनो पहिचान भैसकेको छ । हामीसंग गलैचा थियो,पश्मीना थियो अब हस्तकलाका सामानहरुपनी छन् ,हाम्रा हस्तकलाका सामान हस्तबाट निमिर्तभएका हुनाले अति नै महंगा छन् यसमा मास प्रोडक्सनमा हामी जान सग्दैनौ । यसको निश्चित इकाई र निश्चित परिणाममा मात्र निकासीगर्न सक्छौ । हामीले निकासी गर्ने भनेको पर्यटन उद्योग नै हो देशि विदेशीमुद्रा आर्जन गरेर रोजगारी सृजना गर्ने भनेको हाम्रो जस्तो भौगोलीक विभीतता भएको देशमा पर्यटन उद्योग नै हो । कुनैपनी पहाडी ईलाकामा तपाई हामी गएर कुनै उद्योग खोल्छौ भने त्यो उद्योग चल्नै सग्दैन् ।

तर पर्यटन व्यवसाय चल्छ, होमस्टे लगाएत अन्य रेष्टुरेन्ट,होटल,पदयात्रालाई त्यो पहाडी भेग मनाङ मुस्ताङ,जोमसोङ,कर्णाली जुनसुकै विकट ठाउमा पनी त्यो चल्छ भने यही कुरालाई मनन् गरेर अब हामीले नेपालको आर्थीक उन्तीकोलागी भाषामा मात्र होइन् नारामा मात्र होईन हामी व्यवसायीले पनी लगानी गर्नु प¥यो । सरकारले पनि लगानीको सुनिश्चितताको वातावरण सरकारले सिर्जना गरिददिनुपर्यो । यो पर्यटन उद्योग जस्तो सुकै अवस्थमा पनी बन्द नहुनु पर्ने हो । तर हाम्रो देशमा सबैभन्दा बढी बन्द तथा हड्तालको प्रभाव पर्यटन क्षेत्रमा परेको छ ।

हिजोको द्वन्दकालमा पनि हामीले जसो तसो चलायौ भने अहिले तिनसय रुपौयाको तेललाई तिरेर पनी हामीले पर्यटकहरुलाई घुमाई नै राख्या छौ । त्यसैले यो चलायमान उद्योग हो र यसलाई चाहिने वातावरणको जिम्मेवारी सरकारको हो भने लगानीको जिम्मेवारी हामी निजी क्षेत्रको हो । यस्का लागी सबै तह तप्का बाट सबैले यो क्षेत्रलाई चलायमान बनाउ सकियन भने पर्यटन क्षेत्रमा निकै असर पर्न सक्छ । यस्का लागी सबैले ध्यान दिन जरुरी रहेको छ ।

]]>
8070 0 0 0
सुन चोरी गर्ने पक्राउ http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%a8-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87/ Fri, 29 Jan 2016 03:33:37 +0000 http://www.ghumphir.com.np/?p=8074

जाजरकोट, १५ माघ ।

सुर्खेतमा सुन चोरी गर्ने व्यक्ति जाजरकोटमा बिहीबार पक्राउ परेका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका– १७ लाटीकोइलीका पदम श्रेष्ठको घरबाट सुनका विभिन्न गहना बुधबार बिहान चोरी गर्ने सुर्खेत छाप्रे– ६ का ४० वर्षीय गोपाल बुच्चा मगरलाई जाजरकोट सदरमुकाममा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले मगरका साथबाट एक थान औँठी र रु १५ हजार बरामद गरेको छ । श्रेष्ठको घरबाट एक तोलाको मङ्गलसुत्र, १२ आनाको बाला र एक आनाको औँठी चोरी भएको प्रहरीले बताएको छ ।

]]>
8074 0 0 0
भवन जीर्ण हुँदा प्रहरी नै असुरक्षित http://localhost/ghum/%e0%a4%ad%e0%a4%b5%e0%a4%a8-%e0%a4%9c%e0%a5%80%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a5%88/ Fri, 29 Jan 2016 03:35:37 +0000 http://www.ghumphir.com.np/?p=8077

बाजुरा, १५ माघ ।

सदूरपश्चिमका बाजुरा, बैतडी, दार्चुला, बझाङ र डोटी जिल्लाका जिल्ला प्रहरी कार्यालयका भवन पुराना र जीर्ण हुँदा प्रहरी नै असुरक्षित रहेका छन् । भवन पुरानो र जीर्ण भएकाले सुदूरपश्चिमका केही पहाडी जिल्लाका जिल्ला प्रहरी कार्यालयका भवनमा बस्ने प्रहरी नै असुरक्षित रहेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख नायब महानिरीक्षक माधवप्रसाद नेपालले बताउनुभयो । भवन जीर्ण हुँदा प्रहरी नै असुरक्षित छन्, जनतालाई कसरी सेवा दिन सक्छन् भन्ने जनतामा सूचना जान्छ, अर्कोतिर भूकम्प आएका बेला अरुलाई सुरक्षा गर्नुपर्ने ठाउँमा उनीहरु आफैँ असुरक्षित रहेको उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामप्रसाद पौडेलले महिला थुनुवा कोठासमेत नहुँदा महिला थुनुवा आएमा महिला प्रहरीसँग राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो । पानी पर्दा सिधैभित्र आउने, कार्यालय व्यवस्थापन र सञ्चालन गर्नमा निकै समस्या रहेको पौडेलको भनाइ छ । प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले जिप्रका बैतडीको भवन पनि निकै जीर्ण रहेको, सामान्य पानी पर्दा पनि सिधै पानी भित्र आउने गरेको छ, प्रत्येक वर्ष प्लास्टिकले छोपेर चलाएको बताउनुभयो । बाजुरा, बैतडी, दार्चुला, बझाङ, डोटीका जिल्ला प्रहरी कार्यालयका पुराना भवन निर्माणका लागि पटकपटक पहल भए पनि अहिलेसम्म निर्माण नभएको राजनीतिक अगुवाहरुले बताएका छन् । प्रत्येक वर्ष अर्थमन्त्रालयबाट १० प्रतिशतमात्र बजेट बढाएर दिन्छ, यसरी बजेट निकासाले प्रहरी कार्यालय अहिलेका संरचना निर्माण गर्न ११० वर्ष लाग्ने प्रनाम नेपालले बताउनुभयो ।

]]>
8077 0 0 0
सुक्खा पहिराले मुग्लिन–नारायणगढ सडक अवरुद्ध (फाेटाे फिचर) http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%96%e0%a4%be-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%a8-%e0%a4%a8/ Fri, 29 Jan 2016 03:50:47 +0000 http://www.ghumphir.com.np/?p=8079

रत्ननगर (चितवन), १४ माघ ।

मुग्लिन–नारायणगढ सडक खण्डको कालिखोलामा ठूलो सुक्खा पहिरो खस्दा अहिले सडक अवरुद्ध हुन पुगेको छ । अहिले राति ९ बजे खसेको पहिराका कारण अति व्यस्त सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाटो खुलाउने प्रयास समेत सुरु गर्न सकिएको छैन । पहिरो रोकिएपछि मात्रै डोजर प्रयोग गर्ने जनाइएको छ । सडक अवरुद्ध हुँदा अहिले चितवनबाट पोखरा–काठमाडाँै जाने र आउने सवारी साधन बीच बाटामै अलपत्रमा परेका छन् । यहाँ बाटो चौडा पार्ने कार्य दैनिक चलिरहेकाले दिउँसोको समयमा पनि दुई घन्टा सडक बन्द हुँदै आएको छ । राति समेत सडक बन्द हुँदा यात्रु प्रभावित भएका छन् ।

mungling mungling1 mungling2 mungling3 mungling4 mungling5 mungling6 mungling7 mungling8

]]>
8079 0 0 0
सूचना केन्द्रलाई प्रभावकारी बनाउनुपर्ने http://localhost/ghum/%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%95/ Fri, 29 Jan 2016 04:04:50 +0000 http://www.ghumphir.com.np/?p=8090

बर्दिया, १५ माघ ।

युवाको क्षमता अभिवृद्धि, नेतृत्व विकास र पहुँचमा वृद्धि गरी सूचनाको सम्प्रेषण र सङ्कलनका लागि स्थापना भएको युवा सूचना केन्द्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । युवा अभियान बर्दियाद्वारा युवा छलफल शङ्खला भाग–१९ अन्तर्गत बर्दियाको सदरमुकाम गुलरियामा हिजो आयोजित ‘युवा सूचना केन्द्रको प्रभावकारी सञ्चालनमा युवाको भूमिका’ विषयक छलफलका सहभागीले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा युवा सूचना केन्द्र, बर्दियाका चेतनारायण चौधरीले युवा सूचना केन्द्रको सदुपयोग गर्न युवालाई आग्रह गर्दै केन्द्रबाट वैदेशिक रोजगार, युवा स्वरोजगार, युवा लक्षित कृषि कार्यक्रमका बारेमा जानकारी पाउन सकिने बताउनुभयो । जिविस बर्दियाका सूचना सञ्चार प्राविधिक गोकर्ण घिमिरेले सूचना केन्द्रलाई सामाजिक सञ्जालको माध्यमबाट समेत प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । युवा अभियान बर्दियाका वरिष्ठ जिल्ला कार्यक्रम संयोजक निराजन चौधरीले छलफलको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । युवा सञ्जाल बर्दियाका संयोजक केशव टमाटाको सभापतित्वमा भएको सो छलफलमा ३८ जनाको सहभागिता रहेको थियो ।

]]>
8090 0 0 0
वन्यजन्तुको अस्तित्व सङ्कटमा http://localhost/ghum/%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e0%a4%99%e0%a5%8d/ Fri, 29 Jan 2016 04:06:02 +0000 http://www.ghumphir.com.np/?p=8092

पथरी (मोरङ), १५ माघ ।

चोरी शिकारीका कारण मोरङका जङ्गलमा पाइने वन्यजन्तुको अस्तित्व सङ्कटमा पर्न थालेको छ । मोरङको टाँडी, जाँते, मधुमल्ला, वरवन, केरौन, भोगटेनी, पथरी शनिश्चरेलगायतका जङ्गल क्षेत्रका वन्यजन्तुको चोरी सिकारी हुन थालेपछि वन्यजन्तुको अस्तित्व सङ्कटमा पर्न थालेको हो । मृग, हरिण, बँदेल, दुम्सी, सालक, सुन गोहोरोलगायतका वन्यजन्तु चोरी शिकारी हुन थालेपछि बर्सेनि वन्यजन्तुको सङ्ख्या घट्न थालेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष खड्ग बस्नेतले बताउनुभयो ।

]]>
8092 0 0 0
पशुपालन छाडेर किबीखेतीतर्फ http://localhost/ghum/%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%a8-%e0%a4%9b%e0%a4%be%e0%a4%a1%e0%a5%87%e0%a4%b0-%e0%a4%95%e0%a4%bf%e0%a4%ac%e0%a5%80%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80%e0%a4%a4%e0%a4%b0/ Fri, 29 Jan 2016 04:16:24 +0000 http://www.ghumphir.com.np/?p=8094

फलेवास, १५ माघ ।

परीक्षणका रुपमा सुरु गरिएको किबीखेती सफल भएपछि यहाँका एक किसानले पशु चौपाया बिक्री गरेर किबीमा लगानी गरेका छन् । लेकफाँट–७ का कृष्णबहादुर रञ्तिजाले करिब रु तीन लाखको लगानीमा किबीको व्यावसायिक खेती थाल्नु भएको हो । जिल्ला कृषि विकास कार्यालय र एक विदेशी विशेषज्ञले २०६६ सालमा किबीको सम्भावनाबारे बताएपछि उहाँले परीक्षणका रुपमा किबीका केही बोट लगाउनुभएको थियो । बारीमा लगाएका सबै बोटले फल दिन सुरु गरेपछि उहाँले तीन वर्षअघि आफ्नो तीन रोपनी बारीमा किबीका बिरुवा रोप्नुभएको हो । “दुईवटा लैनो भैँसी, एउटा गोरु बेचेर रु ६० हजारको ढिकुरी बुझेर यसमा लगानी गरेँ । अहिले फल लागेपछि आशा पलाएको छ” उहाँले भन्नुभयो । अहिलेसम्म रु चार लाख लगानी गर्नुभएका उहाँले लगानी उठ्नेमा विश्वास बढेको बताउनुभयो । काठमाडौँस्थित गोदाबरीबाट दुई किलो बीउ ल्याएर लगाउनुभएका उहाँको बारीमा अहिले २५० बोटले फल दिन सुरु गरेको छ । बाँकी दुई हजार ७०० कलमी बिरुवा छन् । “अहिले कलमी बिरुवा प्रतिगोटा रु ३०० मा बिक्री हुने रहेछ,” उहाँले भन्नुभयो, “सबै बिरुवा बिक्री भए बिक्रीबाटै लगानी उठ्छ ।” उहाँले कृषि र घरेलु कार्यालयमा दुई वर्षअघि ‘रञ्तिजा किबी नर्सरी’ दर्ता गर्नुभएको छ । यो खेतीगर्न सुरुमा कृषि कार्यालयले केही आर्थिक र प्राविधिक सहयोग गरेको थियो । “कलमी बिरुवाका लागि डाँठ लिन गोदाबरी र बागलुङको गल्कोट जाँदा धेरै पैसा खर्च भयो”– रञ्तिजाले भन्नुभयो, “ऋण खोज्नभन्दा बस्तुभाउ बिक्री गर्छु भन्ने सोच आयो, दुईवटा लैनो भैँंसी र गोरु बेचेर लगानी गरेको हुँ ।” नेपाली बजारमा प्रतिकिलो रु ६०० सम्ममा बिक्री हुने किबीको व्यावसायिक खेती जिल्लामै पहिलो भएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । रञ्तिजाले गरेको खेती सफल भएपछि अन्य गाविस लेकफाँट, सालिजा, भुकताङ्ले, बनाँैं, क्याङ, चित्रे, देउरालीलगायतको करिब पाँच हेक्टरमा परीक्षणका रुपमा यसको खेती गरिएको छ । रोपेको तीन वर्षदेखि फल दिने किबीले लगातार ८५ वर्षसम्म आम्दानी दिने भएकाले आफू यसमा आकर्षित भएको रञ्तिजाको भनाइ छ ।

]]>
8094 0 0 0
इन्भर्टरको माग बढ्यो http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%ad%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%97-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Fri, 29 Jan 2016 04:19:20 +0000 http://www.ghumphir.com.np/?p=8096

वीरगन्ज, १५ माघ ।

मुलुकमा बढ्दो विद्युत्भार कटौतीका कारण इन्भर्टर, युपिएस र ब्याट्रीको माग ह्वात्तै बढेको छ । मागमा आएको वृद्धिसँगै ती सामग्रीको बजारसमेत विस्तार भएको छ । बजारमा यतिखेर विभिन्न क्षमताका इन्भर्टर, युपिएस र ब्याट्री उपलब्ध छन् । इन्भर्टरले ब्याट्रीलाई चार्ज गर्छ । बत्ती बाल्न र विद्युतीय सामग्री चलाउन ती सामग्रीको प्रयोग हुने गरेको छ । विद्युतीय सामग्रीका प्राविधिक राजकुमार पटेलले भन्नुभयो, “बढ्दो विद्युत्भार कटौतीका कारण बत्ती बाल्न र टेलिभिजन, कम्प्युटरजस्ता विद्युतीय सामग्री चलाउन इन्भर्टर, युपिएस र ब्याट्रीको प्रयोग अत्याधिक भएको छ ।” बजारमा एक्साइड, सुकाम, क्लोराइड, स्टारप्लसलगायत कम्पनीका ब्याट्री उपलब्ध छन् । एक्साइड ब्याट्री र लुमिनसका युपिएस बिक्री गर्दै आएका सिप्रदीका एक कर्मचारीका अनुसार अहिले दैनिक १५÷२० वटा ब्याट्री र त्यत्तिकै सङ्ख्यामा युपिएस बिक्री हुने गरेको छ । बढ्दो बजार मागसँगै ब्याट्रीको गुणस्तर र मूल्यमा पनि प्रतिस्पर्धा हुने गरेको छ । घन्टाघरस्थितमा ब्याट्री र युपिएस बिक्री गर्दै आउनुभएका राजेन्द्र कुशवाहाका अनुसार बजारमा अहिले ब्याट्रीको मूल्य रु दश हजारदेखि रु ६० हजार रहेको छ । ब्याट्री र युपीएसको मागमा आएको वृद्धिसँगै यसको मूल्यमा समेत वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष ब्याट्री र युपिएसकोे मूल्यमा १५ देखि २० प्रतिशतसम्म बढेको व्यावसायी बताउँछन् । माग बढेसँगै ब्याट्री र युपीएस उत्पादक कम्पनीले ग्राहकलाई आकर्षित गर्न यसको खरिदमा वारेन्टीसमेत दिन थालेका छन् । ब्याट्री खरिद गर्दा कम्पनी र त्यसको मूल्यका आधारमा दुई वर्षदेखि चार वर्षसम्मको वारेन्टी दिने गरिएको छ । इन्भर्टरका कारण विद्युत्भार कटौती बढेको भन्दै सरकारले झन्डै चार वर्ष अघिदेखि यसको आयातमा प्रतिबन्ध लगाउँदै आएको छ । इन्भर्टरको आयातमा रोक लगाएपछि सीमावर्ती भारतीय बजारबाट स्थानीय व्यापारीले अहिले करोडौँ मूल्यका इन्भर्टर अवैधरूपमा नेपाल भित्र्याउने गरेका छन् । अवैध आयातलाई नियन्त्रण गर्न अगामी बजेटमा इन्भर्टरको आयातलाई खुल्ला गर्नुपर्र्नेे सुझाव व्यवसायीले दिएका छन् । आयात प्रतिबन्ध गरेको भनिए पनि वीरगन्जका ठूला तथा साना पसलमा समेत इन्भर्टरको खुला बिक्री भइरहेको भेटिन्छ । सीमामा दैनिक निगरानी गर्ने हो भन्ने साइकलदेखि पोके व्यापारी तथा आमउपभोक्तासमेत लुकाएर इन्भर्टर ल्याइरहेको देखिन्छ तर त्यसको अनुगमन र कडाइमा सम्बन्धित निकाय मौन देखिन्छ । सरकारले इन्भर्टरको आयातमा प्रतिबन्ध लगाएपछि सीमावर्ती भारतीय बजार रक्सौलबाट दलालले खरिदकर्ताको घरसम्मै पु¥याइदिने गर्छन । तर यसका लागि दलाललाई प्रतिइन्भर्टर रु ५०० देखि रु ७०० उपलब्ध गराउनुपर्ने हुन्छ ।

]]>
8096 0 0 0
सप्तरीमा हतियारसहित एक पक्राउ http://localhost/ghum/%e0%a4%b8%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%a4%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%8f%e0%a4%95-%e0%a4%aa/ Fri, 29 Jan 2016 04:37:33 +0000 http://www.ghumphir.com.np/?p=8099

सप्तरी, १५ माघ ।

इलाका प्रहरी कार्यालय हनुमाननगरको प्रहरी टोलीले बिहीबार सप्तरीको कोलाडीबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सकरपुरा गाविस–९ निवासी ३२ वर्षीय दिनेश मुखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले बताउनुभयो । पक्राउ परेका मुखियाको साथबाट एक नाल कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको छ । पक्राउ परेकाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

]]>
8099 0 0 0
अन्नपूर्ण पदमार्गमा पर्यटक घटे http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af/ Fri, 29 Jan 2016 13:01:14 +0000 http://www.ghumphir.com.np/?p=8102

मुस्ताङ, १५ माघ ।

पदयात्राका लागि विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गमा सन् २०१५ मा ३८ प्रतिशत पर्यटक घटेका छन् । मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र लमजुङमा फैलिएको अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि विश्वभरबाट पर्यटक आउने गरेका छन् । भूकम्प, आन्दोलन, नाकाबन्दी र प्रतिकूल मौसमका कारण पदमार्गमा आउने पर्यटकको सङ्ख्या घटेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले जनाएको छ । सन् २०१५ मा गत वर्ष एक लाख ३० हजार पर्यटक भित्रिएको एक्याप जोमसोमका पर्यटन सहायक बेलबहादुर पुनले जानकारी दिनुभयो । सबैभन्दा बढी ६ हजार ५२१ चिनियाँ, चार हजार ९७२ जर्मन, चार हजार ८३८ फ्रान्सेली, आठ हजार ४०० भारतीय, चार हजार ५२६ अमेरिकी, चार हजार ५१३ कोरियाली, चार हजार २२१ बेलायती, तीन हजार २२५ अस्ट्रेलियन र ८८६ इजरायली पर्यटक भ्रमणमा आएका थिए । एक्यापका अनुसार विगतमा १४ दिन लाग्ने राउन्ड पदमार्गका विभिन्न स्थानमा सडक सञ्जालको विस्तार भएका कारण अहिले नौदेखि १० दिनमा झरेको छ । पर्यटक घटेपछि यस क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् ।

]]>
8102 0 0 0
मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%a8-%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a4%a3%e0%a4%97%e0%a4%a2-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%8f%e0%a4%95%e0%a4%a4/ Fri, 29 Jan 2016 13:05:34 +0000 http://www.ghumphir.com.np/?p=8104

रत्ननगर (चितवन), १५ माघ ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको कालिखोलामा सुक्खा पहिरो खसेर बन्द भएको सडक १५ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार राति ९ बजे सुक्खा पहिरो खसेर बन्द भएको सडक आज मध्यान्नदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले गाडी एकतर्फी रुपमा सञ्चालनमा आएको र दुईतर्फी सञ्चालनको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । चार वटा डोजर लगाएर पहिरो हटाइएको हो । पहिरोले सडक अवरुद्ध हुँदा अलपत्र परेका सवारी र यात्रु अहिले गन्तव्यतर्फ लाग्न थालेका छन् । मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फको कालिखोलामा सुक्खा पहिरो खसेको थियो ।

]]>
8104 0 0 0
प्याराग्लाइडिङ उडानको तयारी http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a4%bf%e0%a4%99-%e0%a4%89%e0%a4%a1%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%af/ Fri, 29 Jan 2016 13:08:19 +0000 http://www.ghumphir.com.np/?p=8106

फलेवास (पर्वत), १५ माघ ।

पर्यटकीय सहर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य सञ्चालनसँगै विस्थापित हुने अवस्थामा रहेको सराङकोटको प्याराग्लाइडिङ उडान पर्वतमा व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी भएको छ ।

paragladingविगत दुई सातायता पर्वतको आकासमा प्याराग्लाइडिङ उडान कार्य नियमित भएपछि व्यावसायिक रुपमै अघि बढाउन थालिएको हो । जिल्लाकै कुश्मा नगरपालिका अन्तर्गत दुर्लुङको सल्यानडाँडादेखि सदरमुकाम कुश्मा बजारको बडा गाउँचौरमा अवतरण हुने गरी उडान कार्य सञ्चालन भएको हो भने व्यवस्थापनका लागि जिल्ला प्याराग्लाइडिङ व्यवस्थापन समिति गठन गरिएको छ । समितिका सदस्य विमल सुवेदीका अनुसार जिल्लामा प्याराग्लाइडिङ महोत्सव सञ्चालनको तयारी भइरहेको छ । बिहीबार ८ वटा प्याराग्लाइडिङको उडान भएको थियो । पाइलट नुरेन रानाले केही संरचनालाई व्यवस्थित गर्न सकेमा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट गन्तव्य बन्नसक्ने बताउनुभयो । संरचना परिवर्तन हुने वित्तिकै व्यावसायिक उडानका लागि कम्पनीहरु आकर्षित हुने अवस्था छ । उद्योग वाणिज्य सङ्घ, पर्वत पर्यटन प्रवद्र्धन केन्द्र, जिविसले पनि केही वर्षदेखि निरन्तर रुपमा प्याराग्लाइडिङको उडान गराउँदै आएका छन् ।

]]>
8106 0 0 0
पर्यटकको आकर्षक गन्तव्य राउण्ड धौलागिरि http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af/ Fri, 29 Jan 2016 13:10:31 +0000 http://www.ghumphir.com.np/?p=8108

बेनी (म्याग्दी), १५ माघ ।

प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकन र अध्ययनको लागि नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि राउण्ड धौलागिरि पदमार्ग आकर्षक गन्तव्यस्थल बन्दै जान थालेको छ । पोखरा काटेर राउण्ड अन्नपूर्णको भ्रमणका लागि आउने पर्यटकमध्ये अधिकांश पर्यटक आफ्नो नेपाल बसाईलाई लम्ब्याउँदै राउण्ड धौलागिरिमा पनि पुग्नेगरेका छन् भने कतिपय पर्यटकहरुले राउण्ड अन्नपूर्णको विकल्पको रुपमा राउण्ड धौलागिरिलाई लिने गरेका छन् । म्याग्दीको सदरमुकाम बेनी हुँदै दरवाङलाई छिचोलेर उकालो चढ्दै पर्यटक मुना, मुदी, गुर्जा मात्र होइन बागलुङ, रुकुम र म्याग्दीको सिमानामा पर्ने ढोरपाटनसम्म पनि पुग्ने गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पर्यटकलाई बेनीबाट धवलागिरी आधारशिविर पुगी पुन बेनी फर्कन आठ दिन लाग्छ भने बेनीबाट आधारशिविर हुँदै बागलुङ पुग्न भने सात दिन लाग्दछ । विगत तीन वर्षयता पश्चिम म्याग्दीमा पर्ने राउण्ड धौलागिरिमा पुग्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पर्यटन व्यवसायीहरुले बताएका छन् । सन् २०१० मा चार हजार ७७६ जना विदेशी पर्यटक पुगेको राउण्ड धौलागिरिमा सन् २०१४ मा मात्रै करिब ६ हजारको हाराहारीमा पर्यटक पुगिसकेका धौलागिरि पर्यटन परिषद्ले जनाएको छ । धौलागिरि हिमाल, गुर्जा हिमाल, चुरेन हिमालका साथै प्राकृतिक सुन्दरताको दृश्यावलोकन र जैविक विविधताको अध्ययनका लागि विदेशी पर्यटक राउण्ड धौलागिरि पदमार्गको भ्रमणमा पुग्ने गर्दछन् ।

]]>
8108 0 0 0
नाकाहरुमा राखिएको पन्डाल हटाइयो http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%be%e0%a4%b2/ Fri, 29 Jan 2016 13:18:09 +0000 http://www.ghumphir.com.np/?p=8113

गौशाला, १५ माघ ।

पाँच महिनादेखि सयौँ नेता तथा कार्यकर्ताद्वारा चौबिसै घन्टा धर्नाका लागि महोत्तरीका विभिन्न सीमानाकामा राखिएको समियाना र पन्डाल हटाइएको छ । भारतसँग जोडिएका महोत्तरीका मुख्य नाका भिठामोड, मटिहानी र सम्सीमा नाका अवरुद्ध पारेर चौबिसै घन्टा धर्ना बस्दै आएका मोर्चाका नेता तथा कार्यकर्ता अब नाकामा आउन छाडेका छन् भने ती नाकामा बनाइएका सबै समियाना र पन्डालहरु तोडफोड गरी हटाइएको छ । महिनौँदेखि जारी तराई मधेस आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा पाँच महिनादेखि आन्दोलन गर्दै आएका मोर्चामा आबद्व महोत्तरीका स्थानीय नेता कार्यकर्ता निरास भई नाकामा आउन छाडेको तथा अब उनीहरुले बस्ने गरेको समियाना र पन्डाल पनि भत्काइएको छ । त्यस्तै, नाकामा व्यवस्था गरिएको निःशुल्क भोजन पनि बन्द भएपछि नाकामा आन्दोलनकारी जान छाडेका छन् भने जिल्लाका सबै नाकाबाट निर्बाध रुपमा सबै प्रकारका सवारी तथा मालवाहक साधन नेपाल–भारत ओहोरदोहोर गर्न थालेका छन् । गत असोज ७ गतेदेखि भारतीय सीमासँग जोडिएका महोत्तरीका मुख्य तीन नाकामा देखिने आन्दोलनकारीको भीड अहिले छैन ।

]]>
8113 0 0 0
सुक्खा बन्दरगाह सञ्चालन http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%96%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a4%97%e0%a4%be%e0%a4%b9-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8/ Fri, 29 Jan 2016 16:53:33 +0000 http://www.ghumphir.com.np/?p=8115

वीरगन्ज, १५ माघ ।

धर्नामा बसेका कबरियालाई सुरक्षाकर्मीले बल प्रयोग गरेर हटाएपछि वीरगन्जस्थित सुक्खा बन्दरगाह आजदेखि पुनःसञ्चालन भएको छ । हिन्दू कबरिया सङ्घको आह्वानमा कबरियाले सुक्खा बन्दरगाह जोडिने मार्गमा बिहीबारदेखि धर्नामा बसेपछि सुक्खा बन्दरगाहबाट हुने आयातनिर्यात ठप्प भएको थियो । तर आज दिउ“सो स्थानीय प्रशासनको निर्देशनमा सुरक्षाकर्मीले धर्नामा बसेका कबरियालाई बल प्रयोग गरेर हटाएपछि सुक्खा बन्दरगाहबाट हुने आयातनिर्यात सञ्चालन भएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो । तेस्रो मुलुकबाट आयातित सामान सडकमार्गबाट ल्याउन अवरोध सिर्जना हुन थालेपछि व्यवसायीले सुक्खा बन्दरगाहलाई बढी प्रयोग गर्न लागेका छन् । आयातित सामान बोकेर भारतको कोलकाता बन्दरगाहबाट आउने कन्टेनर मालबाहक रेलमार्फत आउन थालेपछि विगत केही दिनयतादेखि वीरगन्जस्थित सुक्खा बन्दरगाहमा अत्यधिक चाप बढेको छ । वीरगन्जस्थित सुक्खा बन्दरगाह भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र बन्दरगाह हो । बन्दका समयमा पनि स्थानीय प्रशासनले सुक्खा बन्दरगाहबाट उच्च सुरक्षाका साथ सामान निकासी गर्ने व्यवस्था मिलाएका कारण पछिल्लो समयमा यहा“ आयातित सामान बोकेर आउने कन्टेनरमा वृद्धि भएको छ ।

]]>
8115 0 0 0
पेट्रोलियम पदार्थसहित कालोबजारी गर्ने पाँच पक्राउ http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%95%e0%a4%be/ Fri, 29 Jan 2016 16:57:10 +0000 http://www.ghumphir.com.np/?p=8117

भक्तपुर, १५ माघ ।

पेट्रोलियम पदार्थ कालोबजारी गर्ने पाँच जनालाई एक हजार ६०० लिटर पेट्रोल, ग्यास र पेट्रोल बोक्ने गाडीसहित प्रहरीले पक्राउ गरेको छ । महिनौँदेखि पेट्रोल र ग्यासमा कालोबजारी गरेको सूचना आएपछि महानगरीय प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक मित्र बन्धु शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले बढी मूल्य लिएर ग्यास र पेट्रोल बिक्री गरिरहेको अवस्थामा ती पाँच जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा भक्तपुर नगरपालिका–७ गोल्मढी घर भई कमलविनायक बस्ने ८० वर्षीय विक्रेता कृष्ण तजले, सिरहा धनगढी–२ घर भई भक्तपुर थिमि नगरपालिका बस्ने २९ वर्षीय सप्लायर्स राजकुमार साह, सिरहा धनगढी बस्ने २० वर्षीय सप्लायर्सको सहयोगी दुर्गानन्द साह, सोही स्थान बस्ने २८ वर्षीय राकेशकुमार यादव र रामेछाप दोरम्बाका सवारी चालक ३० वर्षीय रमन विक रहेका छन् । तजलेले भक्तपुर नगरपालिका–४ कमलविनायकस्थित आफ्नै घरमा भण्डारण गरेर ग्यास प्रतिसिलिण्डर रु सात हजारदेखि रु सात हजार ५०० सम्ममा र पेट्रोल प्रतिलिटर रु २०० का दरले बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरुसँगै एक हजार ६०० लिटर पेट्रोल, चार वटा ग्यास सिलिण्डर, नगद रु २१ हजार र पेट्रोल एवम् ग्यास ल्याउन प्रयोग भएको बा१३च ४१६९ नंको पिकअपसमेत नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । पक्राउ परेका सबैलाई प्रहरीले आजै कालोबजारी ऐनअन्तर्गत जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेको र फरार कमलविनायककै जीवन तजलेको भने खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

]]>
8117 0 0 0
एक साताभित्र ऊर्जा सङ्कटकाल घोषणा गर्ने सरकारको तयारी http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%9f/ Fri, 29 Jan 2016 17:01:30 +0000 http://www.ghumphir.com.np/?p=8119

काठमाडौँ, १५ माघ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा प्रवद्र्धनका आवश्यक नीति तथा कार्यक्रमसहित एक साताभित्र ऊर्जा सङ्कटकाल घोषणा गर्ने बताउनुभएको छ ।

Bishnu_Prasad_Paudel_3नीतिमूलक अनुसन्धान तथा विकास संस्था (इप्राड)ले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऊर्जा क्षेत्रको तत्कालीन एवम् दीर्घकालीन स्पष्ट योजना घोषणा गर्ने अन्तिम तयारीमा सरकार रहेको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, “कर्णप्रिय प्रवचनभन्दा पनि ऊर्जा सङ्कट के हो र यसको समाधानको उपाय के हो यस विषयमा मूर्त समाधानको उपायसहित एकसाताभित्र ऊर्जा सङ्कटकाल घोषणा गरिनेछ ।” मुलुकले भोगिरहेको ऊर्जा सङ्कटको स्पष्ट समाधान गर्नुपर्ने अवधारणासहितको कार्यक्रम आउने जानकारी दिँदै उहाँले ऊर्जा उत्पादनमा पछाडि पर्दा विकासले गति लिन नसकेको धारणा राख्नु भयो । अर्थमन्त्री पौडेलले प्रसारण लाइन अविलम्ब सुरु गर्ने, निर्माणाधीन आयोजनालाई सम्पन गर्न ढिलाइ गर्न नहुने र विदेशी लगानीलाई आकर्षित गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ऊर्जा विज्ञ गुरुप्रसाद न्यौपाने, शेरसिंह भाट र डा भीमप्रसाद न्यौपानेलगायतले जलविद्युत् आयोजना निर्माण अवरुद्ध हुने अवस्था आउन नहुने, उत्पादन लागत घटाउनुपर्ने र विद्युत प्रसारण लाइन निर्माण जिम्मा निजी क्षेत्रले पनि पाउनुपर्ने सुझाव दिनुभएको थियो ।

]]>
8119 0 0 0
रेड पान्डाको छालासहित दुई जनालाई पक्राउ http://localhost/ghum/8121-2/ Fri, 29 Jan 2016 17:07:50 +0000 http://www.ghumphir.com.np/?p=8121

भीमदत्तनगर, १५ माघ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलबाट खटिएको प्रहरीको अनुसन्धान ब्युरोले अति दुर्लभ रेड पान्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । अनुसन्धान ब्युरोका महाकाली अञ्चल इन्चार्ज प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारी नेतृत्वको टोलीले आज बाँकेको कोहलपुरबाट रेड पान्डाको ३१ इन्च लामो छालासहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरी नायब निरीक्षक जोहारका अनुसार छालासहित पक्राउपर्नेमा कालिकोट राम्नाकोट–१ घर भई हाल कोहलपुर नगरपालिका–९ मा बस्दै आएका १९ वर्षीय भइराज बम र २३ वर्षीय लक्ष्मणबहादुर शाही रहेका छन् । दुवै जनालाई छालासहित कोहलपुरको बसपार्क रोडमा पैदल हिँडीरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले थप कारबाहीका लागि छालासहित अभियुक्तलाई बाँके वन कार्यालयको जिम्मा लगाएको जनाएको छ ।

]]>
8121 0 0 0
कागेश्वरी महोत्सव फागुनमा http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%ab%e0%a4%be%e0%a4%97%e0%a5%81%e0%a4%a8%e0%a4%ae/ Sat, 30 Jan 2016 10:22:14 +0000 http://www.ghumphir.com.np/?p=8124

काठमाडौँ, १६ माघ ।

काठमाडौँबाट करिब १५ किलोमिटर उत्तरपूर्वी क्षेत्र मनहरा नगरपालिका कागेश्वरीमा पहिलोपटक ‘कागेश्वरी पर्यटन महोत्सव –२०७२’ हुने भएको छ । स्थानीय पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास गर्ने उद्देश्यले कागेश्वरी पर्यटन महोत्सव महोत्सव गरिन लागिएको महोत्सव व्यवस्थापन समितिले आयोजना गर्न लागेको एकदिने सो महोत्सव फागुन सात गते हुने भएको छ । महोत्सवमा तामाङ जातीको साँस्कृतिक झाँकी, वेशभूषा, तथा स्थानीय कृषि उत्पादन मुख्य आकर्षणको रूपमा रहने छन् । महोत्सवलाई भव्यरूपमा सफल बनाउनका लागि स्थानीय दलबहादुर लामाको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । समितिका संरक्षक तथा सो क्षेत्रका सांसद रामेश्वर फुयाँलले कागेश्वरी क्षेत्र धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण भएको हुँदा सो क्षेत्रलाई आर्थिक रूपमा सक्षम बनाउन पनि महोत्सवको आयोजना गरिएको बताउनुभयो । कागेश्वरीमा प्रत्येक वर्ष भदौ कृष्णअष्टमीको दिन मेला लाग्ने गर्दछ ।

]]>
8124 0 0 0
पुनःनिर्माण महाअभियान द्रुत गतिमा http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a8-%e0%a4%a6%e0%a5%8d/ Sat, 30 Jan 2016 10:24:25 +0000 http://www.ghumphir.com.np/?p=8126

काठमाडौँ, १६ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण अभियानलाई द्रुत गतिमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । भूकम्प गएको नौ महिनापछि महाअभियानका रुपमा सुरु गरिएको पुनःनिर्माणलाई जनस्तरमै लैजान ढिलाइ आइरहेका बेला प्रधानमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध सहयोग रकम ग्रहण गर्दै भन्नुभयो, “भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्रता दिएका छौ, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन गरी काम थालिएको छ, त्यसलाई थप गति दिन सरकार प्रतिबद्ध छ ।” प्रधानमन्त्री ओलीले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा लक्षित कार्यक्रमलाई क्रमशः अन्य प्रभावित जिल्लामा पनि व्यवस्थित र पारदर्शी ढङ्गले विस्तार गरिने उल्लेख गर्दै सरकारी कोषमा जम्मा भएको रकम दुरुपयोग हुन नदिइने र सही ढङ्गले सदुपयोग हुने विश्वास दिलाउनुभयो । एक फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले देशमा जातजाति, भूगोलका नाउँमा ससाना व्यक्तिगत स्वार्थका निम्ति राष्ट्रिय नोक्सानी गर्ने प्रवृत्ति देखापरेको अहिलेको अवस्थामा शान्ति, सद्भाव र एकताका पक्षमा राधा माधव समिति, श्यामाश्यामा धाम भक्तपुरले थालेको अभियानको सराहना गर्नुभयो । धामका तर्फबाट कोषमा रु २१ लाख सहयोग प्रदान गरिएको छ । समितिका उपाध्यक्ष गोपालप्रसाद सापकोटाको नेतृत्वमा गएको टोलीले सहयोग रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको थियो ।

]]>
8126 0 0 0
अवैध चोरीसिकारी बढ्यो http://localhost/ghum/%e0%a4%85%e0%a4%b5%e0%a5%88%e0%a4%a7-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Sat, 30 Jan 2016 10:27:24 +0000 http://www.ghumphir.com.np/?p=8129

मुस्ताङ, १६ माघ ।

जङ्गलमा हुने अवैध चोरी सिकारी नियन्त्रण अभियान सफल भएपछि हिमाली जिल्ला मुस्ताङमा वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रभित्र पर्ने जिल्लाका १६ वटै गाविसका वन्यजन्तु संरक्षण र जलवायु अनुकूलन योजना सुरु भएपछि स्थानीयस्तरमा व्यापक जनचेतनाका कारण चोरी सिकारी पूर्णरुपमा बन्द भएको छ । अभियानअन्तर्गत हरेक गाविसमा अवैध चोरी सिकारी रोक्न व्यवस्थापन समितिअन्तर्गत छुट्टै समिति पनि गठन गरिएको छ । व्यवस्थापन समितिलाई स्थानीयस्तरमै कारबाही र दण्ड जरिवाना गर्न पाउने अधिकार दिइएको छ । तीन वर्षदेखि यो अभियान सुरु गरिएपछि जङ्गलमा हिउँ चितुवा, भालु, स्याउ, मृग र चराचुरुङ्गी बढेको पाइएको एक्याप व्यवस्थापन समिति कुञ्जोका अध्यक्ष तेजेन्द्र गौचनले जानकारी दिनुभयो । “अहिले गाउँगाउँ हिउँ चितुवाले च्याङ्ग्रालगायतका पशुचौपाया खान थालेका छन्, स्याल घरमै आउँछन्”, उहाँले भन्नुभयो, “बथानमै आउने स्यालले त एक दुईजनालाई टेर्दैनन् ।” तल्लो मुस्ताङको कुञ्जो, कोबाङलगायत कागबेनी, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, छोण्हुप, झोङलगायतका गाविसमा बढी वन्यजन्तुको सङ्ख्या बढेको पाइएको छ । अभियानपछि स्थानीयवासीको सक्रियताले अवैध चोरीसिकारी नियन्त्रणमा आएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले बताउनुभयो । “खासगरी हिउँ चितुवा लोप हुने अवस्थामा पुगेको थियो, तर अहिले यो निकै ठाउँमा देखिन थालेको छ”, उहाँले भन्नुभयो, “यसले मानिसलाई समेत आक्रमण गर्ने भएकाले सचेत हुनुपर्ने देखिएको छ ।” एक्यापले जिल्लाका विभिन्न क्षेत्रमा हिउँ चितुवाको गणना गरेर त्यसको तथ्याङ्क सङ्कलनको काम पनि गरिरहेको उहाँको भनाइ छ ।

]]>
8129 0 0 0
चितवनका नगरपालिकाको बजेट करिब डेढ अर्ब http://localhost/ghum/8131-2/ Sat, 30 Jan 2016 10:30:10 +0000 http://www.ghumphir.com.np/?p=8131

चितवन, १६ माघ ।

चितवनमा नगरपालिका बढेसँगै आम्दानीको स्रोत र सरकारी अनुदान थपिँदै जाँदा यहाँका एक उपमहानगरपालिकासहित आठ वटा नगरपालिकाले आउँदो वर्षका लागि रु एक अर्ब ४७ करोडको प्रस्तावित बजेट सार्वजनिक गरेका छन् । गाविसको आम्दानी र सरकारी अनुदान थोरै हुने भए पनि नगरपालिका बनेपछि आम्दानी अत्यधिक बढेर गएको हो । चालु वर्षमा रु ९३ करोड भएको जिल्ला विकास समिति चितवनको भने सीमा हेरफेर भएकाले सोही हाराहारीमा आउँदो वर्षको प्रस्तावित बजेट हुने अनुमान गरिएको छ । जिल्लामा एक उपमहानगरपालिकासहित आठ नगरपालिका र आठ वटै गाविस रहेका छन् । एउटा गाविसको वार्षिक बजेट रु १५ लाखदेखि ३३ लाखसम्म रहने गरेको भए पनि नगरपालिका बनेसँगै बजेटको मात्रा निकै ठूलो बनेको जिविसका शाखा अधिकृत प्रकाश पौडेलले बताउनुभयो । गएको महिना परिषद् सम्पन्न गरेका यहाँका नगरपालिकाले आउँदो वर्षको लागि रु एक अर्ब ४७ करोड तीन लाख ६० हजारको बजेट सार्वजनिक गरेका छन् । जसमा सबैभन्दा बढी भरतपुर उपमहानगरपालिकाको रु ६३ करोड ७५ लाख ८७ हजार रहेको छ । चालु आवमा उपमहानगरपालिकाको बजेट रु ६२ करोड दुई लाख रहेको छ । गत आवमा उपमहानगरपालिकाले रु ४७ करोड आम्दानी गरेर रु ४३ करोड खर्च गरेको लेखा प्रमुख सीता अधिकारीले बताउनुभयो । यसैगरी पर्यटकीय क्षेत्र सौराहा रहेको बछ्यौली गाविससमेत समावेश गरेको पुरानो नगरपालिका रत्ननगरले आउँदो वर्षका लागि रु १८ करोड ५६ लाखको बजेट सार्वजनिक गरेको छ । त्यस्तै खैरहनी नगरपालिकाको रु १५ करोड ६० लाख ५० हजार, चित्रवन नगरपालिकाको रु १४ करोड ८२ लाख ३८ हजार, माडी नगरपालिकाको रु नौ करोड १२ लाख ९७ हजार, राप्ती नगरपालिकाको रु नौ करोड सात लाख २० हजार, नारायणी नगरपालिकाको रु आठ करोड ६२ लाख ३८ हजार र कालिका नगरपालिकाको रु सात करोड ८२ लाख ८२ हजार आउँदो वर्षका लागि बजेट प्रस्तावित गरिएको छ । रत्ननगर नगरपालिकाका लेखा प्रमुख सीताराम पोखरेल नगरपालिकामा गाविसको तुलनामा बजेट निकै बढी हुने बताउनुहुन्छ । गतवर्ष बछ्यौली गाविसको रु ३२ लाख बजेट भएकामा नगरपालिकामा समाहित भएसँगै आउँदो वर्षका लागि सो गाविसको हाल नगरपालिका बनेका तीन वटा वडाका लागि मात्र रु तीन करोड ७५ लाख बजेट प्रस्ताव गरिएको उहाँले बताउनुभयो । नगरपालिकामा वातावरणमैत्री कार्यक्रम, बालमैत्री कार्यक्रम, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, स्थानीय विकास शुल्क कोष, जगेडा कोष, सडक बोर्ड कार्यक्रमलगायत शीर्षकमा बजेट प्राप्त हुन्छ ।

]]>
8131 0 0 0
पूर्वका साना कुखुरा उत्पादक व्यवसायी सङ्गठित हुँदै http://localhost/ghum/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%be-%e0%a4%95%e0%a5%81%e0%a4%96%e0%a5%81%e0%a4%b0%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa/ Sat, 30 Jan 2016 10:35:38 +0000 http://www.ghumphir.com.np/?p=8133

इटहरी, १६ माघ ।

पूर्वी नेपालका साना कुखुरा उत्पादक किसान सङ्गठित भएर आफ्नो व्यवसायमा शुद्धताका लागि आवाज उठाउन थालेका छन् । अवैध रुपमा भारतबाट आयात गरिने गुणस्तरहीन चल्ला तथा दानाका कारण हैरानी र नोक्सानीमा पर्दै आएका साना कुखुरा उत्पादक किसान शुद्ध र गुणस्तरीय कुखुराका लागि सङ्गठित हुन थालेका हुन । सुनसरी, मोरङ र झापा जिल्लामा कम्तीमा १०० देखि २०० कुखुरापालेर आफ्नो घर व्यवसाय चलाउँदै आएका किसानलाई सङ्गठित पार्नका लागि पूर्वेली कुखुरा उत्पादक व्यवसायी सङ्घको ब्यानरमा उनीहरु सङ्गठित हुन थालेको त्यसका केन्द्रीय अध्यक्ष पुष्प प्याकुरेलले जानकारी दिनुभयो । सङ्घका केन्द्रीय अध्यक्ष प्याकुरेलकाअनुसार भारतबाट अवैध रुपमा आयात हुने र नेपालकै ह्याचरीले त्यस्तो चल्ला आयातमा सघाउ पु¥याई साना कुखुरा व्यवसायीलाई ठगी गर्ने कार्य भइरहेकाले त्यस्तो ठगी हुनबाट सचेत गराउनका लागि किसानलाई सङ्गठित पार्ने कार्य तीव्र पारिएको हो । यसै क्रममा सुनसरीको भरौलमा टीका राउतको अध्यक्षतामा ३० सदस्यीय साना कुखुरा उत्पादक व्यवसायी सङ्घ गठन भएको छ । सुनसरीकै प्रकाशपुरमा मैया थापाको अध्यक्षतामा तथा बकलौरीमा दिवाकर राजधामीको अध्यक्षतामा र खनारमा बिना थापाको अध्यक्षतामा सङ्घ गठन गरिसकिएको छ । सङ्घले राज्यबाट साना कुखुरा उत्पादक किसानलाई दिने भनिएको अनुदान लक्षित किसानसम्म नआएर ठूला उद्योगी र व्यवसायीलाई उपलब्ध गराउँदै आएकोमा पनि आपत्ति जनाउँदै त्यो अनुदान लक्षित साना किसानसम्म ल्याउन सरकार समक्ष माग गरेको छ ।

]]>
8133 0 0 0
दूध, मासु र अण्डामा आत्मनिर्भर योजना http://localhost/ghum/%e0%a4%a6%e0%a5%82%e0%a4%a7-%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a5%81-%e0%a4%b0-%e0%a4%85%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%a4%e0%a5%8d%e0%a4%ae%e0%a4%a8%e0%a4%bf/ Sat, 30 Jan 2016 10:38:25 +0000 http://www.ghumphir.com.np/?p=8136

काठमाडौँ, १६ माघ ।

पशुपक्षी विकासमन्त्री शान्ता मानवीले आफ्नो मन्त्रालयले नेपाललाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने योजना ल्याएको बताउनुभएको छ । नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ पेसागत विभागले यहाँ आज संयुक्त रूपमा आयोजना गरेको पेसाकर्मी महिलाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घका संस्थापक अध्यक्ष समेत रहनुभएका मन्त्री मानवीले भारतले लगाएको नाकाबन्दीबाट पाठ सिक्दै खास गरी नेपाली महिला आत्मनिर्भर बन्नुपर्छ भन्नुभयो । महिला सङ्घ पेसागत विभागका संयोजक शिला क्षेत्रीले मुलुकका विभिन्न स्थानमा महिलामाथि भइरहेका हत्या, हिंसा, बलात्कार लगायत महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरिनुपर्ने बताउनुभयो । अधिवक्ता विष्णुमाया भुुसाल र नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष पुण्यप्रसाद ढकालले अधिकारका लागि महिला नै सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।

]]>
8136 0 0 0
कृषि र पशुपालनमा लगानी बढाउ : गभर्नर नेपाल http://localhost/ghum/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%b0-%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%ac%e0%a4%a2/ Sat, 30 Jan 2016 16:38:41 +0000 http://www.ghumphir.com.np/?p=8141

लुम्बिनी (रुपन्देही), १६ माघ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाले अब कृषिमा लगानी बढाउनुभएको छ । मुलुकको समृद्धिका लागि बैंक तथा वित्तीय संस्थाले कृषिमा लगानी बढाउनुपर्ने बताउँदै गभर्नर नेपालले गाउँको विकास नहुँदासम्म मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ । एनसिसी बैंक लिमिटेडले सुरु गर्न लागेको व्यावसायिक कृषि तथा पशुपालन कर्जा प्रवाह कार्यक्रमको आज शुभारम्भ गर्दै गभर्नर नेपालले नेपालमा रहेका अधिकांश बंैक तथा वित्तीय संस्थाहरु सहर केन्द्रित रहेको उल्लेख गर्दै बैंकहरुलाई ग्रामीण भेगमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि र पशुपालनलाई व्यावसायिक रुपमा अगाडि बढाउनका लागि सरकारले विशेष कार्यक्रम ल्याएको बताउँदै यसको भरपुर प्रयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । कृषिमा व्यवसायीकरण गर्नका लागि सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराए पनि कृषकहरु सहुलियत दरको ऋण लिन नआएको गुनासो गर्नुभयो । सरकारले युवा व्यवसायीहरुलाई कृषि र पशुपालनमा सक्रिय सहभागी बनाउनका लागि रु एक अर्ब छुट्याएको भए पनि उल्लेख्य मात्रामा कृषक ऋण लिन नआएको बताउनुभयो । सरकारले ६ प्रतिशत ऋण उपलब्ध गराउँदासमेत कृषक नआएको भन्दै यसको प्रचारप्रसारका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले उपलब्ध गराएको ऋिण लिनका लागि अहिलेसम्म चानचुन एक हजार ३०० जना कृषिकमात्रै बैंकसम्म आएको बताउनुभयो ।

]]>
8141 0 0 0
चिनियाँ नागरिकको नगद र पासपोर्ट भेटियोे http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%97%e0%a4%a6-%e0%a4%b0-%e0%a4%aa%e0%a4%be/ Sun, 31 Jan 2016 15:53:29 +0000 http://www.ghumphir.com.np/?p=8144

साँखु (काठमाडौँ), १७ माघ ।

शनिवार दिउँसो चिनियाँ नागरिकद्वय लम्झुनिमा र झी वीन साँखुको बज्रयोगिनी माताको मन्दिरमा दर्शनका लागि आउँदा हराएका सामान प्रहरीको सहयोगमा फिर्ता दिइएको छ । ती चिनियाँ पर्यटकले स्थानीय सविन श्रेष्ठको होटलमा चियाखाजा खानेक्रममा व्याग छुटाएकाले उनीहरुको पासपोर्ट, पाँच हजार ३०० अमेरिकी डलर, १९ हजार चिनियाँ युआन नगद र आइफोन–६ मोबाइल हराएको थियो । उनीहरुले सामान हराएको सूचना महानगरिय प्रहरी प्रभाग साँखुलाई दिएपछि प्रभागका इन्चार्ज प्रहरी निरीक्षक उमेश जोशीसहितको टोलीले बज्रयोगिनी मन्दिर पुगी होटल मालिक सविन श्रेष्ठलाई भेटी सो रकम, राहदानी तथा मोबाइल आज फिर्ता गरिदिएको छ ।

]]>
8144 0 0 0
सिलिण्डर विस्फोट हुँदा http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a4%bf%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%b0-%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%ab%e0%a5%8b%e0%a4%9f-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be/ Sun, 31 Jan 2016 15:55:18 +0000 http://www.ghumphir.com.np/?p=8146

कलैया, १७ माघ ।

कलैया नगरपालिका–६ का मोहन साहको घरमा गए राति ग्यास सिलिण्डर विस्फोट भई आगलागी हुँदा करिब रु सात लाख ५० हजार बराबरको क्षति भएको छ । घरको छतमा रहेको उक्त ग्यास सिलिण्डर अचानक विस्फोट भएको थियो । सिलिण्डर विस्फोट हुँदा सो घरको छतसमेत प्वाल परी कोठामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उक्त आगलागी कलैया नगरपालिकाका वारुणयन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

]]>
8146 0 0 0
पदमार्गले उठाएको ग्रामीण पर्यटन http://localhost/ghum/%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a5%87-%e0%a4%89%e0%a4%a0%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a5%80%e0%a4%a3/ Sun, 31 Jan 2016 15:58:21 +0000 http://www.ghumphir.com.np/?p=8148

रामबहादुर थापा  बागलुङ, १७ माघ ।

‘यो सबै हाम्रा बाजे, पुर्खाहरुको गोठ आउने थलो हो, सानो छँदा हामी पनि गाइवस्तु लिएर आउँथ्यौं’ हिस्तान–५ फूलबारीको वर्णन गर्दै होटल व्यवसायी याम पुन स्मरण गर्नुहुन्छ । आज, फूलबारीको परिचय किसान गोठालो जाने लेकमा सीमित छैन । घना जङ्गलको बीचमा अवस्थित फूलबारी पर्यटकीय क्षेत्रमा परिणत भएको छ । फूलबारी गेस्ट हाउसका सञ्चालक पुनका अनुसार हिमालहरुलाई ‘पुतली दृश्य’ मा हेर्न पर्यटक फूलबारी आउने गर्छन् । ‘यहाँबाट देखिने दृश्यलाई ‘बटर फ्लाइ भ्यू’ भन्ने गरिन्छ, अन्नपूर्ण–दक्षिणदेखि धवलागिरि हिम श्रृङ्खलाका दर्जनौं चुचुराहरु देख्न सकिन्छ’ – पुनले भन्नुभयो । दुई हजार ८७० मिटरको उचाइमा अवस्थित फूलबारीमा पर्यटकलाई लक्ष्यित गरेर निजी र सामुदायिक लज खुलेका छन् । अन्नपूर्ण पदमार्गमा पर्ने घोरेपानी–पुनहिल र अन्नपूर्ण–धवलागिरी पर्यावरणीय पदमार्गमा पर्ने नागी लगायतका पर्यटकीय गन्तव्यमा पुग्न फूलबारी भएर जाने पदमार्ग प्रयोग गर्न सकिन्छ । हिस्तानको मुख्य मानववस्तीदेखि करिव दुईघण्टा उकालो पदयात्रापछि पुगिने फूलबारी गुराँसे वनका लागि पनि प्रख्यात छ । ‘फागुन–वैशाखमा गुराँस फुल्ने याममा पर्यटक बढी आउने गर्छन्, चारैतिर गुराँसको घना जङ्गल छ’ – होटल व्यवसायी पुनले भन्नुभयो । गुराँस फुल्ने याम र असोज–मङ्सिरमा यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । पदमार्ग बनेपछि र पर्यटन प्रवद्र्धन हुन थालेपछि कुनै समयको अनकन्टार भू–भाग पनि पर्यटन गन्तव्यको रुपमा विकास भएको छ । हिस्तान, फूलबारी, राम्चे जस्ता ग्रामीण क्षेत्रको पर्यटन विकासका लागि सामाजिक अभियन्ता महावीर पुनले ठूलो योगदान गरेको स्थानीय जनता स्मरण गर्छन् । पुनकै पहलमा अन्नपूर्ण–धवलागिरि पर्यावरणीय पदमार्ग बनेको हो । फूलबारी जस्तै म्याग्दीकै घार–१ मा पर्ने घोरेपानी पनि त्यहाँका रैथाने पुन मगरहरुको लेकाली बसोबास क्षेत्र हो । पुनहरुको नाममा घोरेपानीमा रहेको अग्लो लेकलाई पछि पुनहिल नामकरण गरियो जुन अहिले विश्वभरका पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकसित भएको छ । ‘घोरेपानी पनि पहिले–पहिले गाईवस्तु लिएर गोठ गर्न आउने स्थल थियो, पछि अन्नपूर्ण पदमार्गको अवधारणा आएपछि यसको विकास भयो’ – घोरेपानीका स्थानीयवासी टेकसर बुद्धुजा पुनमगरले भन्नुभयो । घारकै खाइबाङबाट गएर पुनमगरहरु घोरेपानीमा बसोबास गर्न थालेको उहाँको भनाइ छ । सन् १९७० मा घोरेपानी–पुनहिल क्षेत्र पर्यटकलाई घुम्नका लागि खुल्ला गरिएको हो । हिमश्रृङ्खला, गुराँसे जङ्गल, स्वच्छ पर्यावरण, मगर संस्कृति, रीतिरिवाजले घोरेपानीको पर्यटन प्रवद्र्धनलाई टेवा पुगेको होटल व्यवसायी बताउँछन् । कुनै चर्चा र प्रख्यातिबिनै कुनो परेको गाउँ–गोठ अहिले पर्यटनको केन्द्र बन्दा घोरेपानीको रौनक नै फेरिएको घोरेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनु पुनले बताउनुभयो । घोरेपानी बन्नुमा मुख्य श्रेय सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्नुलाई दिने गरिएको छ । अन्नपूर्ण पदमार्ग संसारमै प्रसिद्ध बनेपछि त झन् घोरेपानी–पुनहिलको कायापलट नै भएको अध्यक्ष पुनको अनुभव छ । पुनका अनुसार प्रकृति, पर्यावरण र पदयात्रामा रमाउने पर्यटकका लागि यस क्षेत्र उत्कृष्ट गन्तव्य मानिन्छ । ‘पर्यटन विकासका लागि पदमार्गले मुख्य आकर्षण थप्दो रहेछ, नेपाल आउने अधिकांश पर्यटकले पदयात्रा रुचाउने गरेका छन्’ – अध्यक्ष पुनले भन्नुभयो । ठूलो स्तरदेखि ग्रामीण पर्यटन विकासका लागि पनि पदमार्ग बनाउनुपर्ने उहाँको सुझाव छ । घोरेपानी जस्ता सम्भावना बोकेका क्षेत्र नेपालमा थुप्रै भएको अध्यक्ष पुनको भनाइ छ । पर्यटक भित्र्याउन पर्यावरण–प्रकृति–कला–संस्कृतिको संरक्षणसँगै पर्यटनमैत्री पूर्वाधारहरुको निर्माणलाई जोड दिइनुपर्ने घारका होटल व्यवसायी खेम सेञ्चुरीे बताउनुहुन्छ । पोखरेबगर–घार–शिख–घोरेपानी पदमार्गको छेउ भएर मोटरबाटो बनेपछि घटेको पर्यटकीय चहलपहलको तीतो यथार्थ पनि उहाँले सुनाउनुभयो । उहाँ पनि पदमार्ग बनाएर मात्र पर्यटक तान्न सकिनेमा सहमत हुनुहुन्छ । म्याग्दीको घार, शिख र नारच्याङ गाविस अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाभित्र परेपछि पर्यटकीय गतिविधि ह्वात्तै बढेको स्थानीयवासीको अनुभव छ । संरक्षण क्षेत्रमा अन्नपूर्ण पदमार्ग सञ्चालनमा आएपछि पर्यटक आगमनमा वृद्धि आएको हो । घोरेपानीमा २५ वर्षअघिदेखि पर्यटकीय पूर्वाधार र होटल–लजहरु स्थापना हुन थालेका हुन् । पचास करोड रुपैयाँ भन्दा बढी लागतमा बनेका सुविधासम्पन्न होटलहरु यहाँ सञ्चालनमा छन् । नयाँ–नयाँ संरचना थपिने क्रम पनि बढ्दो छ । विभिन्न वैकल्पिक पदमार्गहरु प्रयोग गरेर पुग्न सकिने भएकाले पनि घोरेपानी केन्द्र भागमा छ । पर्यटन व्यवसायी समेत रहनुभएका टेकसर बुद्धुजाका अनुसार कास्कीको बिरेठाँटी–तिखेढुङ्गा–उल्लेरी हुँदै घोरेपानी पुग्न सकिन्छ । त्यस्तै, बिरेठाँटी–घान्द्रुक हुँदै, नागी–मोहरे–फूलबारी हुँदै, तातापानी–शिख–घार हुँदै घोरेपानी पुग्न सकिन्छ । कपितय पर्यटकहरु घोरेपानी–पुनहिल घुमेर घार–तातोपानी–मुस्ताङ हुँदै थोराङ् घाँटी जाने गरेका छन् । कोही नयाँ बनेको ‘खोप्रा ट्रेक’ भएर जोमसोम पुग्ने गरेका छन् । त्यस्तै घोरेपानी–पुनहिलको घुमघाम र बसाइँपछि त्यहीँबाट फर्केर घान्दु्रक हुँदै अन्नपूर्ण हिमश्रृङ्खलाको पश्चिमी आधार शिविर जाने गरेको पुनले बताउनुभयो । घोरेपानीबाट पदयात्रा गरेर चार दिनमा आधार शिविर पुग्न सकिने उहाँको भनाइ छ । पदमार्ग नबनेको भए घोरेपानी–पुनहिल सँधै ओझेलमा पर्ने पुनको तर्क छ । घोरेपानी होटल व्यवस्थापन समितिले वर्षेनी पदमार्ग निर्माण, मर्मत र स्तरोन्नतिको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको छ । पछिल्लो तीनवर्षमा मात्रै ७० लाख रुपैयाँ खर्चेर घोरेपानी क्षेत्रमा रहेका पदमार्गहरुको मर्मत–सम्भार तथा स्तरोन्नति गरिएको छ । दुई हजार ८७० मिटरको उचाइमा रहेको घोरेपानी र त्यसको माथि तीन हजार २१० मिटरमा रहेको पुनहिल हिमश्रृङ्खला र सूर्योदय अवलोकनका लागि मनमोहक गन्तव्य हो । घोरेपानीमा रहेको पर्यटक प्रहरी कार्यालयका अनुसार वर्षमा तीसहजार भन्दा बढी विदेशी पर्यटक घोरेपानी–पुनहिल पुग्दछन् । पुनहिलबाट मनास्लु–अन्नपूर्ण–धवलागिरि हिमश्रृङ्खलाका दर्जनौं चुचुराहरु देख्न सकिन्छ । घोरेपानी–पुनहिलमा शरद् र वसन्त ऋतुमा पर्यटकहरुको आगमन बढी हुने गरेको छ । घोरेपानीका पुनमगरहरुकै नामबाट पुनहिल नामकरण गरिएको हो । विसं २०२५ मा मेजर टेकबहादुर पुनले पुनहिल भनी नामकरण गरेको बताइन्छ । यो नामको प्रख्याति अहिले विश्वभर छ ।

]]>
8148 0 0 0
नमखुलेकमा हिउँचितुवाको अध्ययन http://localhost/ghum/%e0%a4%a8%e0%a4%ae%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%bf%e0%a4%89%e0%a4%81%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%85/ Sun, 31 Jan 2016 16:00:29 +0000 http://www.ghumphir.com.np/?p=8150

मुस्ताङ, १७ माघ ।

जोमसोम गाविसमा पर्ने नमखुलेकमा विदेशी अनुसन्धानकर्ताले दुर्लभ हिउँ चितुवाको अध्ययन गर्न थालेका छन् । वन्यजन्तु संरक्षणका क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी सङ्घसंस्थाले हिउँचितुवाका विषयमा नमखुलेकमा आएर अध्ययन गर्न थालेपछि त्यसलाई स्थानीयवासीले ‘हिउँचितुवा’ को राजधानी घोषणा गर्न मागसमेत गरेका छन् । यस याममा नेपालसहित अमेरिका, जापान र अस्ट्रेलियाबाट पाँच समूहले यही क्षेत्रमा हिउँचितुवाको अध्ययन गरेको जोमसोम ठिनीका युवा निरज थकालीले जानकारी दिनुभयो । “गत वर्ष पनि यही याममा तीन वटा विदेशी समूहले यहाँ आएर अध्ययन गरेका थिए, विशेष प्रकारको क्यामेरा लिएर उनीहरु यो क्षेत्रमा एक हप्तासम्म बस्छन्”, थकालीले भन्नुभयो, “हिउँचितुवा नजिकै नदेखे पनि क्यामेराका सहायताले पूरै अध्ययन गर्ने गर्छन् ।” दिउँसो बादल नभए नाङ्गो आँखाले पनि देख्न सकिने भएकाले विदेशी अध्ययनकर्ताको रोजाइमा लेक पर्न थालेको बताइएको छ । सदरमुकाम जोमसोमदेखि ठिनी हुँदै नमखुलेक पुग्न सकिन्छ । त्यहाँसम्म पुग्न स्थानीयवासीले सामान्य पदमार्ग निर्माणसमेत गरेका छन् । उक्त लेकमा स्थानीयवासीले चौँरीगाईसमेत पाल्दै आएका छन् । वातावरणीय असन्तुलनका कारण पछिल्लो समय हिउँचितुवाको सङ्ख्यामा कमी आएको वन्यजन्तु संरक्षणविद्ले बताउँदै आएका छन् । “अध्ययनकर्ताले क्यामेरा ट्र्यापिङमा राखेर बसेका हुन्छन्, त्यसले पूरै तस्बिर लिन्छ अनि त्यसको अध्ययन हुन्छ”, थकालीले थप्नुभयो । हिमाली जिल्ला मुस्ताङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सक्रियताको हिउँचितुवा संरक्षण अभियान सञ्चालन गरिएपछि त्यसको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । नमखुलेकलाई केन्द्र मानेर एक्यापले एक वर्षअघि हिउँचितुवाको अध्ययन तथा गणनासमेत गरेको थियो । त्यसको प्रतिवेदन र हिउँचितुवाको तथ्याङ्क सार्वजनिक गर्ने तयारी भइरहेको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनको भनाइ छ । नमखुलेक आसपासमा प्रशस्त चरण क्षेत्र, ओढार र उचित हावापानीका कारण हिउँचितुवाको सङ्ख्या बढ्दै गएको अध्ययनकर्ताले प्रतिक्रिया दिएका छन् ।

]]>
8150 0 0 0
एक गाग्री पानी ल्याउन पाँच घन्टा हिँड्नुपर्ने बाध्यता http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%97%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%aa%e0%a4%be%e0%a4%81/ Sun, 31 Jan 2016 16:03:57 +0000 http://www.ghumphir.com.np/?p=8152

खोटाङ, १७ माघ ।

जिल्लाको उत्तरी गाविस डुम्रेधारापानीका स्थानीयलाई एक गाग्री पानी लिन पाँच घन्टा हिँड्नुपर्ने बाध्यता छ । नजिकमा रहेका धारा तथा कुवा सुकेपछि धारापानीवासी पाँच टाढा रहेको खोलाबाट पानी ल्याउन बाध्य भएका हुन् । लामो समयदेखि यस्तो समस्या खेप्दै आउनु परे पनि आफूहरुको समस्या समाधानमा कसैले चासो नदिएको स्थानीयवासीको भनाइ छ । गाविसका २, ७, ८ र ९ नम्बर वडाका उपभोक्ताले दैनिक पाँच घन्टा लगाएर एक गाग्री पानी बोक्ने गरेका छन् । हिउँदको समयमा नजिकैका पँधेरा तथा कुवा सुक्ने भएकाले दूधकोसी र रावाखोलाबाट पाँच घन्टा लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको स्थानीय बुद्घिनाथ कोइरालाले बताउनुभयो । “मान्छेका लागि त बोकेर भए पनि उपभोग गरिन्थ्यो ।” उहाँले भन्नुभयो, “पशुचौपायलाई समेत बोकेर खुवाउनुपर्दा झनै समस्या हुने गरेको छ ।” खानेपानी योजनाका लागि गाविसमा आएको बजेटले व्यवस्था गर्न नपुग्ने भएपछि हरेक वर्ष सडकमा खर्च गरिँदै आइएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने डुम्रेधारापानीमा खानेपानीको व्यवस्था गर्न राष्ट्रियस्तरकै बजेटको आवश्यकता पर्ने जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय खोटाङले जनाएको छ । गाविसमा पर्याप्त खानेपानीको व्यवस्था गर्न पम्पिङ प्रविधि अपनाउनुपर्ने अवस्था रहेको विज्ञ बताउँछन् । गाउँमा खानेपानी नपाएपछि कतिपय स्थानीय बसाइँ सरेर बेँसी झरेका छन् ।

]]>
8152 0 0 0
विकास अभियानको लहर ल्याउनुपर्छ –प्रम http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%b9%e0%a4%b0-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89/ Mon, 01 Feb 2016 12:06:26 +0000 http://www.ghumphir.com.np/?p=8155

भक्तपुर, १८ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, कृषिमा आधुनिकीकरण गर्ने, खेती र सिँचाइको राम्रो व्यवस्था गर्ने र देशलाई एक वर्षभित्र देशलाई विद्युत्भार कटौतीमुक्त बनाउने प्रतिबद्धता पूरा गरेरै छाड्ने बताउनुभएको छ । कृषि विकास बैंक कर्मचारी सङ्घ नेपालको १०आँै केन्द्रीय महाधिवेशनको आज बोडेमा उद्घाटन गर्दै सरकार देशलाई माथि उठाउन विशेष ढङ्गले अघि बढेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो–“विकासका कामलाई बहुआयामिक ढङ्गले अगाडि बढाउँछौँ, अरुले सहयोग गर्दैमा मात्रै देश बन्दैन, आफैँले विकासको अभियानको लहर ल्याउनुपर्छ ।” उहाँले विसं १९६८ मा जलविद्युत् आयोजना सुरु भएकामा अहिलेसम्म ४४० मेगावाट मात्रै उत्पादन भएकामा अब देशमा जलविद्युत्को विकास तीव्र रुपमा हुने बताउनुभयो । “अब कुनै पनि काममा ढिलासुस्ती र भ्रष्टाचार हुन नदिन सरकार सचेत छ । ”

]]>
8155 0 0 0
मौरीपालनले फेरियो महिलाको जीवनस्तर http://localhost/ghum/%e0%a4%ae%e0%a5%8c%e0%a4%b0%e0%a5%80%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%95/ Mon, 01 Feb 2016 12:09:19 +0000 http://www.ghumphir.com.np/?p=8157

चन्द्रकला भण्डारी काँकडभिट्टा (झापा), १८ माघ ।

एघार वर्ष अघि शिवसताक्षी–७ की देवीमाया दाहाल जीवन निर्वाहको अरु उपाय नभएपछि वैदेशिक रोजगारीमा जान राहदानी बनाउनुभयो । छिमेकी शिवमाया थेबेले ‘मौरीपालन गर न, किन जान्छौ दुःख खेप्न परदेश’ भनेर सम्झाउनुभयो । त्यसपछि देवीमायाले विदेश जाने सोच त्याग्नुभयो । शिवमायाकै आग्रहमा २०६१ सालमा अर्जुनधाराका अमरदीप भेटवालबाट एक गोला मौरी सित्तैमा लिएर उहाँले व्यवसाय थाल्नुभयो । “प्राविधिक सीप केही जानेको थिइन्, मौरी भकाभक मर्न थाले,” व्यावसायिक जीवनको सुरुवातका कठिन दिनलाई सम्झिँदै दाहालले भन्नुभयो, “व्यवहार झन् डाँमाडोल होला जस्तो भयो, श्रीमानले पनि कि मौरी छाड् कि मलाई भन्न थाल्नुभयो ।” विदेश नगएर गल्ती गरेँ कि भन्ने सोच उहाँमा फेरि पलायो । रु २० हजार ऋण तिर्न नसक्दा परिवारका अन्य सदस्यको खप्की खानु प¥यो । गाउँकाले पनि अब अरु केही गरेर भएन, मौरी पाल्न थालेकी थिई, खुच्चिउँ प¥यो भन्नथाले । गाउँमा मौरी पाल्ने उहाँ पहिलो महिला उद्यमी हुनुहुन्थ्यो । अप्ठ्यारो परिस्थितिसँग जुधिरहेकी दाहालको मौरीपालक सङ्घको तालिम पाएपछि आत्मविश्वास बलियो भएर आयो । ऋण लिएर चार गोला मौरी पाल्न सुरु गर्नुभयो । केही महिनापछि नै दाहालले मह बेचेर रु ५८ हजार आम्दानी गर्नुभयो । मौरीपालन थालेको एघार वर्षमा ४७ वर्षीया दाहालले यही व्यवसायबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण दिन सफल हुनुभएको छ । “वार्षिक रु आठ लाखसम्म आम्दानी हुन्छ, हाल ७० गोला मौरी छन्” उहाँले सुनाउनुभयो । गाउँमा उहाँकै पौरख देखेर अन्य महिलाले समेत मौरीपालन व्यवसाय थालेका छन् । जिल्ला कृषि विकास कार्यालयले दाहाललाई जिल्लाकै उत्कृष्ट कृषि उद्यमीका रुपमा २०७२ सालको ‘राष्ट्रपति कृषक पुरस्कार’ले सम्मानित गरेको छ । जिल्लाको शिवसताक्षीमा उहाँले स्थापना गर्नुभएको सतासी महिला मौरीपालन सहकारी संस्थामा हाल २९८ महिला सदस्य रहेका छन् भने उनीहरु सबैले मौरीपालन व्यवसाय गरिरहेका छन् । कृषकबाट प्रशिक्षक ‘मौरी दिदी’ देवीमायालाई अचेल सबैले आदरपूर्वक ‘मौरी दिदी’ भनेर सम्बोधन गर्न थालेका छन् । ‘राष्ट्रपति पुरस्कार’ पाएपछि उहाँको चर्चाले गाउँ नै परिचित बनेको छ । कुनै बेला खिसीट्युरी गर्नेहरू आजभोलि व्यावसायिक परामर्श लिन दाहालकहाँ धाउन थालेका छन् । सतासी महिला मौरीपालक सहकारी संस्थाकी व्यवस्थापक समेत रहनुभएका दाहालको दैनिकी महिलालाई सफल उद्यमी बन्न सल्लाह दिँदैमा बित्छ । दाहालले सहकारीमार्फत सबै मौरीपालक सदस्यको मह खरिद गरेर बिक्री गरिदिने व्यवस्थासमेत मिलाउनुभएको छ । संस्थाले सदस्यलाई तालिम, प्राविधिक सहयोग र ऋण प्रदान गर्र्दै आएको छ । ८५ जना मौरीपालक महिलाले उहाँको सहकारीबाट ऋण लिएका छन् भने मौरीको गोला नै ‘लिज’मा दिने व्यवस्थासमेत संस्थाले मिलाएको छ । सतासी मौरीपालक सहकारी संस्थामा आवद्ध महिलाले वार्षिक रुपमा उत्पादन गरेको २२ हजार किलो मह आफँै बेच्दै आएको छ । ‘सतासी सहकारीको मह’ भने पछि बजारमा शुद्धताको ‘व्रान्ड’ नै बनिसकेको दाहाल बताउनुहुन्छ । संस्थालाई विदेशबाट समेत मह खरिदको ‘अर्डर’ आउने गरेको छ । सहकारीले कृषकबाट प्रतिकिलो रु ३५० का दरले खरिद गरेर प्रशोधन गरी बजारमा थोकमा प्रतिकिलो रु ५०० सय र खुद्रामा रु ६०० मा मह बेच्दै आएको छ । सहकारीले गरेको मुनाफासमेत संस्थाका सदस्यको हितमा खर्च हुने संस्थाकी अध्यक्ष केशमाया थेबे बताउनुहुन्छ । शिवसताक्षी–७ को कुनै टोल छैन, जहाँ मौरीको गोला नदेखियोस् र मौरी नभुन्भुनाएको होस् । वर्षमा एकपटक तोरीबारी खोज्दै संस्थाले सबैका मौरी चराउन गोला बोकेरै मोरङको केराबारी, लेटाङ र सिसौनीतिर लैजाने गरेको छ । मौरी चराएबापत स्थानीय तोरी खेती गरेका किसानले समेत संस्थाबाट रोयल्टी पाउने गरेका छन् । शिवसताक्षी–७ कै ३५ वर्षीया सरु दाहाल पनि मौरीपालन व्यवसायमा लाग्नुभएको छ । उहाँले देवीमाया नै आफ्नो प्रेरणाको स्रोत भएको बताउनुभयो । मौरीपालन स्रोत केन्द्रबाट दुई गोला मौरी लिजमा लिएर व्यवसाय सुरु गर्नुभएकी सरु अहिले आएको परिवर्तन बारे भन्नुहुन्छ, “सुुरुमा नानीहरूलाई स्कुलमा खाजा खुवाउने पैसा पनि हुँदैनथ्यो । तर आज यही व्यवसायबाट छोरालाई भारतको बेङ्लोरमा रेडियोग्राफी पढाउँदैछु ।” सरुसँग हाल ४० गोला मौरी छन् । वार्षिक रु पाँच लाखदेखि रु छलाख आम्दानी गर्दै आउनुभएकी दाहालले सय गोलासम्म मौरी पालेको अनुभव सुनाउनुभयो । एक गोला मौरीबाट एक पटकमा पाँच किलोदेखि २० किलोसम्म मह उत्पादन हुने गर्छ । आर्थिक समृद्धिको मुहान टीका र चुरा किन्नसमेत श्रीमान्सँग आश्रित धेरै महिलालाई मौरीपालन व्यवसायले आत्मनिर्भर मात्र बनाएको छैन, आर्थिक समृद्धिसमेत ल्याएको छ । मौरीपालन गरेरै धेरैले पक्की घर र सहरमा आकर्षक घडेरी जोडेका छन् भने कतिले छोराछोरीलाई उच्च शिक्षा दिलाएका छन् । मौरीपालनबाटै समृद्धिको बाटो पहिल्याएकी अर्की महिला हुनुहुन्छ–शिवसताक्षी–८ सुन्दरपुरकी ४७ वर्षीया एकल महिला फुलकुमारी चौधरी । २०५८ सालमा पति गुमाएपछि चार सन्तान स्याहार्न धौधौ परेको थियो । देवीमायाकै सल्लाहमा फुलकुमारीले २०६६ सालदेखि मौरीपालन गर्दै आउनुभएको छ । घरैमा पालेका २१ गोलाबाट वार्षिक रु अढाई लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको उहाँले अहिले समाजमा सफल उद्यमी भएर स्वावलम्बी जीवन बिताइरहनुभएको छ । मौरीपालक जिल्ला सङ्घका अध्यक्ष विष्णु सङ्ग्रौलाले वार्षिक रुपमा जिल्लाका मौरीपालक कृषकलाई तालिम र मौरी चरण व्यवस्था गर्न सहयोग गर्दै आएको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले झापामा वार्षिक ६० हजार किलो मह उत्पादन हुँदै आएको जानकारी दिनुभयो । कार्यालयले आव २०७१÷७२ मा युवा लक्षित कार्यक्रमअन्तर्गत ८०० गोला मौरी किसानलाई अनुदान दिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा वन जङ्गलसमेत रहेको हुँदा बाहुनडाँगी, शान्तिनगर, बुधबारे होक्से, खुदुनाबारी, शिवसताक्षीलगायत स्थान मौरीपालनका लागि महत्वपूर्ण रहेको छ । कार्यालयले मह प्रशोधनका लागि पचास प्रतिशत अनुदानमा मह हार्वेस्ट मेसिनसमेत कृषकलाई उपलब्ध गराउँदै आएको छ । गत आवमा आठ वटा मेसिन वितरण गरिएको थियो । शिवसताक्षीमा मौरीपालनको जग बसाएकी देवीमाया राज्यले मौरीपालनमा लागेका महिलालाई सहुलियत र सुविधा दिनुपर्ने बताउनुहुन्छ ।

]]>
8157 0 0 0
पर्यटकीय आकर्षणको गन्तव्य बन्दै बल्थली http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%86%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d/ Mon, 01 Feb 2016 12:11:46 +0000 http://www.ghumphir.com.np/?p=8159

बनेपा, १८ माघ ।

तपाईं कहिल्यै बल्थली जानुभएको छ ? जान नपाउनु भएको छ भने एकपटक अवश्य बल्थली जानुहोला । पर्यटकीय आकर्षणको गन्तव्य बनेको बल्थलीमा पुग्दा जोसुकैलाई पनि रोमाञ्चित बनाउँछ । बल्थलीको उचाइमा रहेको डाँडाबाट आँखामा कैद हुने मनोरम दृश्यले सबैलाई लोभ्याएको हुन्छ । हरियाली डाँडापाखा, बेसीमा फलेका पहेलपुर सुन्तलाले त्यहाँको सौन्दर्यमा रौनकता त थपेको हुन्छ नै उचाइमा रहेको डाडाँमा बसेर ख्याकु गाउँलाई अवलोकन गर्दा फाँटमा रहेका टेरेश गराले मनलाई आनन्दित तुल्याउँछ । पर्यटनका अनेकौँ आधार तयार हुँदै गएका छन् र त्यसका लागि सम्भाव्यता समेत अध्ययन भएको छ । शुक्रबार मात्रै सञ्चालनमा आएको बल्थली माउन्टेन रिसोर्टका सञ्चालक मणि हुमागाईंले भन्नुभयो । काभ्रेपलाञ्चोकको बल्थली गाविस बनेपाबाट १३ किलोमिटर पूर्वी दक्षिणमा पर्छ । उहाँले कृषि, स्वास्थ्य लगायतको पर्यटन क्षेत्रमा बल्थली अग्रस्थानमा आउन सक्ने विश्लेषण गर्दै हाइकिङ, ट्रेकिङका लागि पनि बल्थली महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो । पर्यटनको क्षेत्रमा लामो समय अनुभव हासिल गर्नुभएका हुमागाईंले पर्यटकीय सम्भावना बोकेको बल्थलीलाई अझै बढी आकर्षक गन्तव्य बनाउन लगानी बढाउनुपर्ने उल्लेख गर्दै यहाँ वञ्जी बनाएर आकर्षण थप्न सकिन्छ भन्नुभयो । पत्रकार महेश पौडेलले बल्थलीमा आठ प्रकारका गुराँस पाइने जानकारी दिँदै बल्थलीबाट सूर्योदय र हिमशृङ्खलाको अवलोकन गर्न पाइने बताउनुभयो । उहाँले यहाँको सौन्दर्य टेरेश गरा र गणेश हिमाल लगायतका हिम शृङ्खलाको अवलोकन हो भन्नुभयो ।

सुविधासम्पन्न रिसोर्ट सञ्चालन पर्यटकीय आकर्षणको गन्तव्य बनेको काभ्रेपलाञ्चोकको बल्थलीमा सुविधासम्पन्न नयाँ रिसोर्ट सञ्चालनमा आाएको छ । यसअघि त्यहाँ दुई रिसोर्ट सञ्चालनमा थिए । रु आठ करोडको लागतमा बल्थली माउन्टेन रिसोर्ट सञ्चालन भएपछि त्यहाँ सञ्चालन हुने रिसोर्टको सङ्ख्या तीन पुगेको छ । तीनजना सेयर सदस्य रहेको रिसोर्ट विदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको त्यसका सञ्चालक मणि हुमागाईंले जानकारी दिनुभयो । उहाँले यहाँ पर्यटनको प्रचुर सम्भावना भएकाले हामीले रिसोर्ट सञ्चालनको सोच बनाएका थियौँ भन्नुभयो । तीनवटा ब्लकमा १५ कोठा रहेको ब्लकमै तीनवटा सेमिनार हलसमेत उपलब्ध छ ।

]]>
8159 0 0 0
वन्तविरुद्ध मुद्दा दायर http://localhost/ghum/%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%b0/ Mon, 01 Feb 2016 16:00:09 +0000 http://www.ghumphir.com.np/?p=8162

काठमाडौँ, १८ माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक कोषराज वन्तसहित ११ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सामान ढुवानी प्रकरणमा अनियमितता गरेको र नक्कली बिल भर्पाई खडा गरी राज्यकोषको दुरुपयोग गरेको अभियोगमा रु छ करोड ६९ लाख ४१ हजार ७०६ बिगोसहित मुद्दा दायर गरिएको हो । सशस्त्र प्रहरी निरीक्षक बिनबहादुर थापाले पनि गलत बिल भर्पाई खडा गरेको अनुसन्धानबाट देखिएकाले रु छ करोड ७९ लाख ४१ हजार ७०६ बिगोसहित मुद्दा दायर गरिएको छ । आयोगका अनुसार सदाज्योति ट्रान्सपोर्टका उज्ज्वलकुमार थपलियाविरुद्ध रु तीन करोड १६ लाख ३१ हजार ५६७ र अदिती ट्रान्सपोर्टका भरतकुमार थापाविरुद्ध रु तीन करोड ६३ लाख १० हजार १३० बिगो असुलउपर गर्न मुद्दा दायर गरिएको छ । यस्तै सशस्त्र प्रहरी नायब महानिरीक्षक अरविन्द धिताल, सशस्त्र प्रहरी नायब निरिक्षक देवेन्द्रकुमार श्रेष्ठ, नीलबहादुर श्रेष्ठ र लेखबहादुर खत्री, सशस्त्र प्रहरी जवान मिलन अधिकारी, पूर्वसशस्त्र प्रहरी उपरीक्षक जगतनारायण श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक आनन्द थापा मगरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरिएको प्रवक्ता पुस्करले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बलका महानिरीक्षक वन्तले सदाज्योति तथा अदिती ट्रान्सपोर्टसँग मिलेमतो गरेर विभिन्न एकाइमा सामान पठाएको भन्ने झुटोे विवरण पेस गरी नक्कली बिल भर्पाई बनाएको र राज्यकोषको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ । भण्डारण शाखाको नक्कली दस्तखत गरिएको, चलानी, जिन्सी आम्दानी खर्च मातहतका शाखामा नदेखिएको एवम् वैज्ञानिक परीक्षण प्रतिवेदन तयार नपारी ट्रान्सपोर्ट कम्पनीसँग मिलेमतो गरेको पाइएको आयोगको अध्ययनबाट देखिएको छ । नक्कली बिल तथा भर्पाईका सम्बन्धमा सशस्त्र प्रहरी नायब निरीक्षक धितालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको भए पनि सो समितिले भ्रष्टाचारजन्य कसुरलाई नै चोख्याउनेतर्फ केन्द्रित रहेको पाइएको समेत आयोगले ठहर गरेको छ । वन्तबाट भए गरेको भ्रष्टाचारजन्य कसुरलाई उन्मुक्ति दिने मनसायले बदनियतपूर्वक भएगरेका कुरा लुकाइछिपाइ नभए नगरेका व्यहोरा उल्लेख गरी आयोगलाई गलत प्रतिवेदन दिइएको पाइएको समेत आयोगले उल्लेख गरेको छ ।

]]>
8162 0 0 0
तीनजना चिनियाँ नागरिक जडीबुटीसहित पक्राउ http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%9c%e0%a4%a1/ Tue, 02 Feb 2016 14:24:39 +0000 http://www.ghumphir.com.np/?p=8166

काठमाडौँ, १९ माघ ।

काठमाडौँबाट चीन जान लागेका तीनजना चिनियाँ नागरिकलाई जडीबुटी लुकाइछिपाइ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । एयर चाइनाको उडान नम्बर सिए ४०८ चीन जान लागेका राहदानी नम्बर ई. २७६४६९१४ वाहक वाङजियालन, राहदानी नम्बर जी ५७३९५१६६ वाहक झिआओमाओ झिया र राहदानी नम्बर जी ४११७८०३१ वाहक ताइपिङ वाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको होल्डब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा चेकजाँचका क्रममा सुटकेसभित्र प्लास्टिकको नौवटा प्याकेटभित्र जडीबुटीजस्तो देखिने स–साना लहरा करिब ६ केजी र चुरोटको दुईवटा बट्टाभित्र रक्तचन्दन जस्तो देखिने नौ थानमा रहेको काठको रातो टुक्रा दुई केजी ८८ ग्राम लुकाइछिपाइ लैजान लागेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । यसैगरी, बढी मूल्यमा ग्यास बिक्री गर्ने काठमाडौँ कालोपुल बस्ने धु्रव मुनिकारलाई आज प्रहरीले पक्राउ गरेको छ । कालोपुलस्थित हीरारत्न हल अगाडि रहेको मुनिकारको मनकामना ग्यास डिपोबाट प्रति आधा सिलिन्डर एक हजार रुपैयाँमा बेचेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कमलपोखरीको प्रहरी टोलीले डिपोबाट त्रिशूल ग्यास २३ थान, सागर ग्यास तीन थान र हिमाल ग्यास पाँच थानसहित पक्राउ गरेको हो ।

]]>
8166 0 0 0
हनुमानढोका आउने पर्यटक घटे http://localhost/ghum/%e0%a4%b9%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%a2%e0%a5%8b%e0%a4%95%e0%a4%be-%e0%a4%86%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%98/ Tue, 02 Feb 2016 14:27:08 +0000 http://www.ghumphir.com.np/?p=8168

शर्मिला पाठक काठमाडौँ, १९ माघ ।

राजधानीको मुख्य पर्यटकीय स्थल हनुमान ढोका दरबार क्षेत्रमा भूकम्प र नाकाबन्दीपछि पर्यटक आगमनमा कमी आएकोे छ ।गत वैशाखमा गएको विनाशकारी भूकम्प र असोज महिनाको जारी नाकाबन्दीले गर्दा अहिले दरबार क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्या दैनिक ३०० ले घटेको छ । हनुमानढोका दरबार संरक्षण कार्यक्रममा प्रमुख नरेन्द्र विलास बज्राचार्यका अनुसार पछिल्लो समय पर्यटकको सङ्ख्या तुलनात्मक रुपमा वृद्धि भए पनि विगत वर्षको तुलनामा ठूलो कमी आएको छ । यसले गर्दा दरबार क्षेत्रले ठूलो आम्दानीसमेत गुमाउन परिरहेको छ । बज्राचार्यका अनुसार नेपालमा फेरि पनि ठूलो भूकम्प आउँछ भन्ने हल्लाले पनि आउने तयारीमा रहेका कतिपय पर्यटक आउन चाहेका छैनन् । हाल दैनिक सरदर २०० जना पर्यटकले मात्रै हनुमान ढोका दरबार क्षेत्रको अवलोकन गर्ने गरेका छन् । उनीहरुबाट प्रवेश शुल्क बापत दैनिक रु दुई लाख मात्र आम्दानी हुन्छ । गत आवको यही अवधिमा दैनिक ५०० पर्यटक आएका थिए । गत आवमा दुई लाख चार हजार ८९३ जना दरबार क्षेत्रमा आएका थिए । उनीहरुबाट रु १५ करोड ७० लाख तीन हजार उठेको थियो । यस आवको सुरुदेखि अहिलेसम्म रु तीन करोड १६ लाख ६२ हजार मात्र उठ्न सकेको छ । हनुमान ढोकाको अवलोकनका लागि सार्क राष्ट्रका पाहुनाका लागि रु १५० र अन्य देशका नागरिकका लागि रु एक हजार निर्धारण गरिएको छ । त्यसैगरी, पाटन सङ्ग्रहालयका सूचना अधिकृत सुरेशमान लाखेका अनुसार गत आवको यस अवधिमा पाटन सङ्ग्रहालय अवलोकन गर्न आउने पर्यटक दैनिक १०० हुने गर्थे । अहिले दैनिक ४० जना मात्र पर्यटक आउने गरेका छन् । गत आवमा सङ्ग्रहालयले रु ५८ लाख ६३ हजार आम्दानी गरेको थियो । यस वर्ष आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा कमी आएकाले आम्दानी घट्ने निश्चित छ । पाटन सङ्ग्रहालय प्रवेश गर्न नेपालीको लागि रु ३०, सार्क राष्ट्रको नागरिकका लागि रु २५० र अन्य मुलुकको पर्यटकका लागि रु ४०० निर्धारण गरिएको छ ।

]]>
8168 0 0 0
भारुको अवैध कारोबार http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a5%88%e0%a4%a7-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%b0/ Tue, 02 Feb 2016 14:41:04 +0000 http://www.ghumphir.com.np/?p=8170

भैरहवा, १९ माघ ।

सीमा क्षेत्रमा भारतीय मुद्राको अवैध कारोबारले मनिचेन्जर व्यवसायी मारमा परेका छन् । लुम्बिनी मनिचेन्जर सङ्घले भारतीय मुद्रामा देखिएको समस्या तथा समाधानको लागि सीमा क्षेत्रमा भारतीय रुपैयाँको सङ्कलन केन्द्र आवश्यक भएको बताएको छ । सङ्घका कार्यबाहक अध्यक्ष गोपाल भण्डारीका अनुसार दैनिक लाखौँं भारतीय रुपैयाँको अवैध कारोबार भइरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले नेपाल र भारतबीचको व्यापार असन्तुलनको मुख्य कारण भारतीय रुपैयाँको अवैध कारोबार भएको बताउनुभयो । नेपाल राष्ट्र बैंक भैरहवा शाखा प्रमुख श्रवण अधिकारीले विदेशी विनियम २०१९ अनुसार मनिचेन्जरलाई विदेशी मुद्राको सटहीको अख्तियारीसहित इजाजत दिएको हुँदा उनीहरुको नियमन र निरीक्षण गर्दा राष्ट्र बैंँकसँग समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो । डेबिट कार्ड, क्रेडिट कार्डको प्रयोग तथा नगदको कारोबार कम गरेमा अवैध धन्दा रोक्न सहयोग पुग्ने उहाँको भनाइ छ । सटही गर्दा प्रति रुपैयाँ अधिकतम ४० पैसासम्म मनिचेन्जर सन्चालकले कमिसन राख्न पाउने नियम छ ।

]]>
8170 0 0 0
पेट्रोलियम पदार्थको सहज आपूर्तिको माग http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%b9%e0%a4%9c/ Tue, 02 Feb 2016 14:51:57 +0000 http://www.ghumphir.com.np/?p=8173

काठमाडौँ, १९ माघ ।

विभिन्न माओवादी दल आबद्ध तीन विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्था गर्न माग गरेको छ । आज संयुक्तरुपमा बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारसम्मेलनमा वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालले ग्यास, पेट्रोल, मट्टीतेललगायत अत्यावश्यकीय इन्धनमा हुने गरेको कालोबजारी नियन्त्रण गरी अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार इन्धन समायोजन गर्न सरकारलाई आग्रह गर्नुभयो । सो बैठकले आपूर्ति मन्त्रीलाई ध्यानाकर्षण गराउने, विरोध प्रदर्शन तथा धर्ना दिने कार्यक्रमसमेत सार्वजनिक गरेको छ । बैठकले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले करार शिक्षकलाई स्थायी बनाउन गरेको विज्ञापन खारेज गरी खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दबाब दिने निर्णय गरेको छ । त्यसका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने, सरोकारवालासँग अन्तरक्रिया गर्ने र विरोधका कार्य गर्ने निर्णयसमेत गरेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्ववियुमा निर्वाचन गर्नका लागि आवश्यक नियमावली चाँडो जारी गर्न बैठकले माग गरेको छ । काठमाडौँबाट तराई जोडने द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीलाई अनुमति दिने प्रक्रिया कानुनसम्मत नभएकाले त्यसलाई खारेज गर्न पनि आग्रह गरेको छ ।

]]>
8173 0 0 0
कावासोतीमा पक्की पुल निर्माण सुरु http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8b%e0%a4%a4%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a5%80-%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0/ Tue, 02 Feb 2016 14:54:57 +0000 http://www.ghumphir.com.np/?p=8175

परासी, १९ माघ ।

नवलपरासीको कावासोतीमा पक्की पुल निमार्ण सुरु गरिएको छ । टरुवा कुसनहरी सडकमा पर्ने छुछदी खोलामा पुल निमार्णको काम तीव्र गतिमा अघि बढाइएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत रु एक करोड एक लाखको लगानीमा आयोजना निमार्ण भइरहेको जिविसका सब ओभरसियर नारायण सुवेदीले जानकारी दिनुभयो । डायनामिक निमार्ण सेवा भरतपुरले जिम्मा पाएको सो पुलको लम्बाइ २२ मि र चौडाइ तीन मि छ । पुल निर्माणपछि कावासोती सहित कोल्हुवा, नारायणी, पिठौलीसहित आसपासका ५० हजार जनता प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । जिविस मार्फत कार्यान्वयनअघि बढाइएको पुलको आयोजना आगामी २०७३ असार मसान्तसम्म पूरा हुने छ ।

]]>
8175 0 0 0
चित्तल मृत फेला http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b2-%e0%a4%ae%e0%a5%83%e0%a4%a4-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Tue, 02 Feb 2016 15:02:20 +0000 http://www.ghumphir.com.np/?p=8177

भीमदत्तनगर, १९ माघ ।

कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकाको एक सामुदायिक वनमा चित्तल मृतावस्थामा फेला परेको छ । यहाँस्थित नागेब्वर मध्यवर्ती सामुदायिक वन परिसरमा सोमबार चित्तल मृतावस्थामा भेटिएको हो । वन हेरालुले चित्तल मृतावस्थामा फेला पारेपछि सामुदायिक वन पदाधिकारी र प्रहरीलाई जानकारी गराएका थिए । सामुदायिक वनका अध्यक्ष जयबहादुर ऐरले आधा शरीर गिद्धले खाइसकेको अवस्थामा फेला परेको चित्तल कसरी म¥यो भन्ने विषयमा यकिन हुन नसकेको बताउनुभयो ।

]]>
8177 0 0 0
मधेस आन्दोलन अराजक बन्दै : धनुषा काँग्रेस http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8-%e0%a4%85%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%95-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Tue, 02 Feb 2016 15:46:53 +0000 http://www.ghumphir.com.np/?p=8180

महेन्द्रनगर (धनुषा), १९ माघ ।

नेपाली काँग्रेस धनुषाले आफ्ना सांसदको घरलाई लक्षित गरेर भइरहेको विरोध र तोडफोडको निन्दा गरेको छ । मधेसी मोर्चाको यस्ता क्रियाकलाप अतिवादी सोच मात्रै भएको धनुषा काँग्रेसको भनाइ छ । नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादवले मधेसी मोर्चाको आन्दोलन विस्तारै कमजोर बन्दै गएकाले आन्दोलनकारीले अहिले काँग्रेसलाई लक्षित गरेर विरोध प्रदर्शनमा लागेको आरोप लगाउनुभएको थियो । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसी मोर्चाले नेपाली काँग्रेसका अधिवेशनलाई नै बिथोल्नु अतिवादी सोचको उपज भएको बताउनुभयो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका स्थानीय कार्यकर्ताले काँग्रेसले हरेक तहका अधिवेशन बिथोल्ने घोषणा गरेर गत दुई दिनदेखि काँग्रेसका सांसदका घर अगाडि तोडफोड र हिंसात्मक गतिविधि बढाएपछि धनुषा काँग्रेसको यस्तो प्रतिक्रिया आएको हो । काँग्रेसले अधिवेशनलाई जसरी पनि सम्पन्न गर्ने जनाएको छ । पार्टीको इतिहासलाई जीवन्तता दिन अधिवेशन महत्वपूर्ण भएको भन्दै यसका लागि आफूहरुपछि नपर्ने सभापति यादवले बताउनुभयो ।

]]>
8180 0 0 0
कास्कीका ताल रामसारमा सूचिकृत http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%b2-%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%82/ Tue, 02 Feb 2016 15:57:16 +0000 http://www.ghumphir.com.np/?p=8183

वासुदेव पौडेल पोखरा, १९ माघ ।

विश्व सिमसार दिवस, २०१६ का अवसरमा कास्कीका नौवटा ताललाई एउटै समूहमा राखी आजदेखि रामसारमा सूचिकृत भएको प्रमाणपत्र प्राप्त भएसँगै यहाँका ताल आजदेखि अन्तर्राष्ट्रियकरण भएका छन् । जैविक विविधताको निश्चित मापदण्ड पुरा गरेका पोखराका फेवा, रुपा, बेगनास, खास्टे, कमलपोखरी, गुइडे, नेउरेली, दिपाङ र मैदीताललाई जेनेभास्थित रामसारको सचिवालयका सल्लाहकार डा. लिउ योङले वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटालाई सामूहिकरुपमा रामसारमा सूचिकृत गरेको औपचारिक प्रमाणपत्र एक कार्यक्रमकाबीच आज यहाँ हस्तान्तरण गर्नुभयो । सन् २००८ मा सरकारले पोखरा उपत्यकाका ताललाई केन्द्रित गरी विकास समिति ऐनको परिधिमा रही राष्ट्रिय ताल संरक्षण विकास समिति गठन गरी पोखराका ताललाई रामसार सूचिमा समावेश गर्नकालागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेस गरेको थियो । उक्त प्रतिवेदनको आधारमा र पटक पटक ताल समिति र सरोकारवालाबीच छलफल गरी रामसार इन्फमेसन शिट (आरआइएस) तयार गरी अनलाइन एप्लिकेशन प्रस्तुत गरिएको थियो । विभिन्न चरणमा रामसार सचिवालयका कर्मचारीसँग छलफल गरी आरआइएसलाई अन्तिमरुप दिएसँगै सचिवालयले तालहरू रामसारमा सूचिकृत भएको प्रमाणपत्र प्रदान गरेको हो । एक पटक रामसारमा सूचिकृत भएपछि प्रत्येक छ वर्षको अन्तरालमा आरआइएसलाई अद्यावधिक गर्नुपर्ने प्रावधान छ । त्यस्तै, सूचिकृत सिमसार क्षेत्रको व्यवस्थापन गर्दा र सूचना अद्यावधिक गर्दा एकातर्फ साइन्टिफिक टेक्निकल रिभ्यु प्यानल (एसटीआरपी) र अर्कोतर्फ कम्युनिकेसन एजुकेसन पार्टीसिपेसन एन्ड एवारनेस (सीइपीए) कार्यक्रममार्फत जानुपर्ने प्रावधान राखिएको छ । कार्यक्रममा वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले पर्यटकीय नगरी पोखराको पहिचान वनेका तालहरू रामसार सुचिमा सूचिकृत हुनु समग्र देशकै लागि गौरव भएको बताउनुभयो । उहाँले यहाँ तालतलैयाको संरक्षण गर्नु हामी सबैको चुनौती भएको उल्लेख गर्दै रामसार सुचिमा सूचिकृत हुनुले यसको संरक्षणका लागि थप दायित्व समेत प्राप्त भएको उल्लेख गर्नुभयो । व्यवस्थापिका–संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले पोखराका ताल रामसार सुचिमा सूचिकृत वन्नु अत्यन्त महत्वपूर्ण उपलब्धि भएको र यहाँको पर्यटकीय पहिचानमा यसले थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रकृति तथा वातावरणको संरक्षण हाम्रो पुस्तालाई मात्र नभएर पुस्तौँ पुस्तालाई हो भन्ने सोचका साथ आजैदेखि वातावरणको संरक्षण र विकासका लागि सबैले आआफ्ना तर्फबाट योगदान गर्नुपर्ने उहाँको भनाइ छ । एसियाका लागि रामसारका सल्लाहकार डा. लिउ योङले पर्यावरणको संरक्षणका लागि सिमसार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै यसको संरक्षणमा जुट्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो । वन तथा भूसंरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले नेपाल भूपरिवेष्टित देश भएपनि सिमसारमा धनी भएको बताउँदै पछिल्लो समयमा भैरहेको जलवायु परिवर्तन, अव्यवस्थित शहरीकरण लगायतका कारण वातावरणमा परेको असरप्रति सबै गम्भीर वन्नुपर्ने धारणा राख्नुभयो । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोइरालाले पोखराका ताल रामसार सुचिमा सूचिकृत हुनुले यहाँका तालहरूो संरक्षण र यहाँको पर्यटनलाई विशेष सहयोग पुग्नेमा जोड दिनुभयो । पोखरा उपत्यका ताल संरक्षण समिति, कास्कीका संयोजक एवम् स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले पोखराको सम्पूर्ण पर्यापर्यटन यिनै तालमा निर्भर रहेको बताउँदै पोखराको पहिचानलाई कायम राख्न पनि तालहरूको संरक्षण र विकासका लागि समाजका सबै पक्षको सहयोग आवश्यक हुने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय ताल संरक्षण एवम् विकास समितिका संस्थापक खगराज अधिकारी, जिल्ला वन अधिकृत प्रभात सापकोटा, राष्ट्रिय ताल संरक्षण एवम् विकास समितिका सदस्य प्रदिप आचार्य लगायतले पोखराका ताल रामसार सुचिमा सूचिकृत वन्नु महत्वपूर्ण उपलब्धि भएको र यसले यहाँका तालको अन्तर्राष्ट्रियकरण गराएको उल्लेख गर्नुभयो । तालहरू रामसारमा सूचिकृत भएर अन्तर्राष्ट्रियकरण भएकोेमा स्थानीयवासीमा पनि हर्ष छाएको छ । स्थानीयवासी एवम् दिपाङ कृषि सहकारी संस्था, लेखनाथकी लेखा समिति सदस्य इन्दिरा लामिछाने लेखनाथ नगरपालिकाका सात तालसहित कास्कीका नौवटा ताल रामसारमा सूचिकृत वन्नुले यहाँको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुगेको बताउनुहुन्छ । वतावरणलाई दिगो राख्नका लागि सिमसार क्षेत्रको संरक्षण अपरिहार्य हुने अवस्थामा कास्कीका ताल सम्वन्धमा देखिएको अन्तर्राष्ट्रिय चासोले यहाँको संरक्षण र स्थानीयवासीको जीवनस्तर उकास्न र तालआसपासका क्षेत्रको समग्र विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता डा महेश्वर ढकालका अनुसार रामसार सुचिमा सूचिकृत भएसँगै कास्कीका यी तालहरूले अन्तर्राष्ट्रिय पहिचान प्राप्त गरेका छन् । सूचिकृत भएसँगै यी तालको संरक्षण र विकासका लागि आवधिक योजना वन्ने, संरक्षणमा स्थानीय जनसहभागिता बढ्ने, पर्यापर्यटन प्रवद्र्धन हुने तथा यहाँ रहेका दुर्लभ र लोपोन्मुख वनयजन्तु तथा जलचरको संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ छ । सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसार सहरमा भएको अन्तरसरकारी महासन्धिले अन्तर्राष्ट्रिय महत्वका सीमसार क्षेत्रको संरक्षणमा केही प्रावधान राखेकाले सो महासन्धिलाई रामसार महासन्धि भनिन्छ । सोही महासन्धिअनुसार कुनै पनि सीमसार संरक्षणको सुचीकृत भएमा त्यसलाई रामसार भनिन्छ र सोही दिन (फेब्रअरी २) लाई नै विश्वमा सीमसार दिवसको रुपमा मनाईन्छ । सन् १९८७ मा कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्र घोषणा गरी नेपाल रामसार महासन्धिमा प्रवेश गरेको हो । नेपालमा हालसम्म सोलुखुम्बुको गोक्यो, रसुवाको गोसाइकुण्ड, कपिलवस्तुको जगदीशपुर, मुगुको रारा, कैलालीको घोडाघोडी, डोल्पाको शे–फोक्सुण्डो, ईलामको माइपोखरी र चितवनको बीसहजारीताल रामसारमा सूचिकृत भइसकेका छन् । जैविक विविधताको भण्डार मानिने सीमसार क्षेत्रले मुख्यरुपमा पृथ्वीमा पानीको संचय गर्ने र पानीको पुनः भण्डारणलाई जोगाउने काम गर्छ । यसले प्राणी र वनस्पतिको बासस्थानलाई जोगाउने भएकाले पनि यो पारिस्थितिकीय प्रणालीका लागि महत्वपूर्ण मानिन्छ । विश्वभर हालसम्म १६९ देशका दुई हजार २२५ सीमसार रामसारमा सूचीकृत छन् ।

]]>
8183 0 0 0
आकर्षक पर्यटकिय गन्तव्य:चपेटी http://localhost/ghum/8185-2/ Tue, 02 Feb 2016 16:06:10 +0000 http://www.ghumphir.com.np/?p=8185 गोपाल झापाली

विकास निर्माणले पनि पर्यटन प्रवद्धनमा सहयोग पुग्छ भन्ने उदाहरण बनेको छ, इलाम र झापाको सिमावर्ती क्षेत्र चपेटी ।झापाको दमकबाट उत्तर तर्फ पर्ने इलामको चुलाचुली ९ मा रहेको चपेटी र सँगैको कोलडाँडा गत वर्ष झोलुङ्गे पुल निर्माण भए पछि झापा र मोरङ्को आकर्षक पर्यटकिय गन्तव्य बनेको छ । दमक चौकबाट करीब १० किलोमिटर दुरीमा पर्ने रवि तर्फ जाने बाटो नजिकै रतुवा खोला आसपासको क्षेत्रमा पर्ने ति ठाउँमा रहेको प्राकृतिक सौन्दर्यता, झोलुङगे पुल र शान्त वातारवरणका कारण त्यहाँ आन्तरिक पर्यटकहरु जान थालेका हुन् ।

ilam chapeti

बेलडाँगी हुँदै जाने सो क्षेत्रमा जादाँ भुटानी शरणार्थी शिविर र नजिकै रहेको किरात महागुरु तथा राष्ट्रबिभूती फाल्गुनन्दको शालिकसहितको धार्मिक माङहीम अर्थात मन्दीरहरु र त्यस क्षेत्रमा रहेका परम्परागत शैलीका काठका घरहरुले त्यहाँ जाने पर्यटकको ध्यान खिचिरहेको छ ।

चुलाचुलीका स्थानीयबासी राजेन्द्र केरुङ्ले दिनप्रतिदिन हिउँद लागेसंगै त्यहाँ डेटिङ जाने युवायुवतीका साथै , शैक्षिक भ्रमण र वनभोजका लागि जाने मानिसहरु बढिरहेका बताए । उनले पर्यटकहरुको त्यस ठाउँमा बढ्दो आकर्षणले आफुहरुलाई समेत उत्साहित बनाएको बताउँदै त्यस क्षेत्रमा सुविधा युक्त रिसोर्ट तथा रेष्टुरेन्ट व्यवसायको सम्भावना समेत बढेको बताए । दमक, गौरादह, उर्लाबारी, शरणामती, लगायतका ठाउँबाट त्यस क्षेत्रमा शैक्षिक भ्रमण र वनभोजका लागि दिनहुँ दुई – चार समुह बस, ट्याक्सी, कार मोटरसाइकल जस्ता निजी सवारी साधन लिएर पुग्ने गरेका छन् ।

दमकबाट छोटो दुरीमा रहेको र त्यहा नजिकै सम्म दमक रवि सडकको आशिंक खण्ड कालोपत्रे समेत भएका कारण सुविधा पुगेको हो । सो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिए दमकदेखी चुलाचुली सम्मको व्यवसायिक विकास हुने सम्भावना प्रवल रहेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाश प्रसाइँ बताउछन् । त्यहाँको प्राकृतिक सौन्दर्यता पहिलेदेखी भएपनि सडकको ठाउँ ठाउँमा आवश्यक खोला खोल्सीमा पुल तथा कल्भर्ट निर्माण गर्दै खाली क्षेत्र संरक्षण गर्न सके थप पर्यटक आकर्षित गर्न सकिने र यस क्षेत्रकै विकासले फड्को मार्ने दमक उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका दमक १ का घनेन्द्र सुब्बा बताउँछन् ।

यहाँ केही पूर्वाधार बनाउन सके दमकमा बढ्दो शहरीकरणमा थप टेवा पुग्ने र आरामदायी तथा शान्त र स्वच्छ वातावरण खोज्न अन्यत्र जानु नपर्ने दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव रोशन गौतम बताउँछन् ।

]]>
8185 0 0 0
बन्दीपुरमा घटे तिन गुणा पर्यटक http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%98%e0%a4%9f%e0%a5%87-%e0%a4%a4%e0%a4%bf%e0%a4%a8-%e0%a4%97%e0%a5%81%e0%a4%a3%e0%a4%be-%e0%a4%aa/ Tue, 02 Feb 2016 16:19:40 +0000 http://www.ghumphir.com.np/?p=8188 8188 0 0 0 यी हुन कर्णालीका सुन्दर स्थानहरु http://localhost/ghum/8190-2/ Tue, 02 Feb 2016 16:55:26 +0000 http://www.ghumphir.com.np/?p=8190 रमेश रावल सम्भावनाभन्दा बाहिरको क्षेत्र मानिन्छ कर्णाली । अथाह सम्भावना भारी महत्व बोकेको कर्णाली क्षेत्रबारे थोरै कुरा मात्र बाहिर आउँछन । धेरै जसो बाह्रैमास नै रोग, भोग र गरिबी समाचार बाहिर आउने कर्णालीका प्रर्यटकिय स्थलहरु अझैँ ओझेलमा परेका छन् । कर्णालीको प्रर्र्यटकिय क्षेत्र रुपमा रारा ताल से–फोक्सुण्डो तालका बारे मानिसले थोरै जानकारी पाए पनि अन्य यस्ता स्थल छन् जो अझैँ पनि ओझेँलमा परेका छन् । जो स्थलका बारे यहाँ थोरै भए सामान्य परिचय गराईन्छ । जसले गर्दा यसले कर्णाली आम मानिसको प्रर्यटकिय संम्भावनाले यहाँका मानिसको आयस्रोत केहि माथी उठोस् ।

rara lake राराताल कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित राराताल नेपलको सबैभन्दा ठुलो ताल हो । कतै पनि पानीको निकास नदिखिने यो ताल समुद्री सतह देखि १० हजार फिटको उचाईमा रहेको छ । १० बर्ग किलोमिटर फैलिएको यो तालको वरिपरि पैदल गोरेटो बाटोले अवलोकन गर्न सकिन्छ । निलो गाढा रंगको पानीले भरिएको यो तालमा सफा पानीमा पाईने माछादेखि जल बिहार गर्ने हाँस, जलेवा र क¥याङ्गकुरुङ्ग जस्ता अंसख्या प्रजातिका चरा पनि देख्न पाईन्छ । यो तालसँगै बन्यजन्तु निकुञ्ज पनि जोडिएकोले निकुञ्जमा बिभिन्न जातीका जंगली जनवार देख्न पाईन्छ । यो निञ्कुजमा नेपालमा नै लोपोन्मुख अबस्थामा रहेको जंगली बास्नादार जनवार कस्तुरी देख्न पाईन्छ । यस तालमा पुग्न नेपालगंज वा सुर्खेतबाट आधा घण्टाको हवाई दृष्य अवलोकन नेपालको उच्चस्थानमा रहेको मुगुको ताल्चा बिमानस्थलमा पुग्न सकिन्छ । बिमानस्थलबाट २ घण्टाको पैदलयात्रा हिडेपछि राराताल पुग्न सकिन्छ । यो बाहेक यस तालमा पुग्ने अर्को बाटो भनेको पैदल यात्रा हो पैतल यात्रा गर्दा समय बढी लाग्ने गर्दछ । अहिले सडक मार्गले पनि मुगुमा राजमार्ग रेखा कोरिएका कारणले आफ्नो मोटरसाइकल र आफ्नो गाडी बुकिङ्ग गरेर जान सकिन्छ । सडक बनेका कारणले रारातालसम्म पुग्न सजिलो मार्ग बनेको छ ।

phoksundo lake dolpa से–फोक्सुडो कर्णाली अंञ्चलको डोल्पा जिल्लामा पर्ने से–फोक्सुडो ताल ४ दशमलव ८ किलोमिटर लामो,१ दशमलव ८ किलोमिटर चौडा र ६सय ५० मिटर गहिरो रहेको छ । नेपाल कै गहिरो तालका रुपमा परिचित से–फोक्सुडो सुर्यको स्थानसंगै रंग फेर्ने यसको बिषेशता रहेको छ । यसको सफा पानीलाई हिमश्रृखलाले पहरा दिईरहेको दृष्य कम मनमोहक छैन । त्यो देख्दा सबैलाई स्वर्ग पुगेको अनुभव गर्न सक्छन् । से–फोक्सुडो अर्को बिषेशता भनेको यस तालसँग जोडिएको निकुञ्ज हो । ३ हजार ५ सय ५५ बर्ग किलोमिटरमा फैलिएको यो निकुञ्ज नेपालकै सबैभन्दा ठुलो क्षेत्रफल ओगटेको निकुञ्ज हो । यस निकुञ्जमा १सय ९६ प्रजातीका चरा र ३२ प्रजातीका जंगली जनवार र ४ सय ७ प्रजातीका जंगलि जडिबुडी यो निकुञ्जमा पाईन्छन । से–फोक्सुडो ताल र निकुञ्जबाट रोमणिय स्थलको अवलोकन गदै २ घण्टाका सदरमुकाम दुनै पुग्न सकिन्छ । यस जिल्लाको अर्को बिषेशता भनेको क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठुलो जिल्ला पनि हो ।

pimage_upper-dolpa-final-2

से–गुम्बा डोल्पा जिल्लाको उपल्लो डोल्पामा पर्ने से–गुम्बा बिश्वका बाह्रबोद्ध गुम्वाहरु मध्ये एक मानिन्छ । प्राचीन पगौडा शैलीमा निर्मित यो गुम्बा नेपालकै बौद्ध धर्मको आस्था राख्नेहरुका लागी एक गुम्बा हो । बौद्ध धर्मका असंख्या ग्रन्थ पाईने यस गुम्वामा पुराना बौद्ध मुर्ति पनि रहेका छन् । राज्यको संरक्षणको अभावमा जिर्ण बन्दै गईरहेको यस गुम्वाको प्रचार प्रसार हुन नसक्दा पनि से–गुम्बा आझेलमा पर्दै गईरहेको छ । यसको प्रचार प्रसार हुने सके यसमा बौद्ध धर्म प्रति आस्था राख्ने बिश्वका मानिसको घुईचो लाग्ने थियो । पचाल झरना कालिकोट जिल्लाको पचाल झरना बदालकोट गाबिस अवस्थित छ । चुली हिमालबाट बग्ने पानीले तल कर्णाली नदीमा मिसिदा बनेको लामो छागाँले गर्दा यो झरना निकै लामो रोमान्चक शैलीमा बग्ने गरेको छ । सेतो पानी बग्ने यस झरना अलि टाढाबाट हेर्दा दुध खसे जस्तैँ देखिन्छ । यसको पनि प्रचार प्रसार नहुदाँ अहिलेसम्म पनि ओझेँलमा परेको यो झरना नेपालको सबैभन्दा ठुलो र लामो झरना हुन् सक्ने अनुमान स्थानीयबासीले गरेका छन् । यो झरनाको लम्वाई करिव १ किलोमिटर रहेको अनुमान गरिएको छ । तर हालसम्म पनि यसको लम्वाईका बारे कुनै खोज र अनुसन्धान भने गरिएको छैन । यस क्षेत्रमा पुग्न भने गाह्रो छैन । सुर्खेत वा नेपालगंजबाट ६ देखि ८ घण्टाको बस यात्रा गरेपछि कालिकोटको सदरमुकाम मान्माबजार पुग्न सकिन्छ । त्यहाँबाट २ घण्टा पैतल यात्रा गरेपछि पचाल झरनामा देख्न सकिन्छ ।

पंचदेवल कालिकोट जिल्लाको मान्ममा अवस्थित पंञ्चदेवल पुरानो देवलहरु मध्ये एक हो । पाँचवटा ठुला ठुला ढुङ्गाले बनेको यो देवल ढुङ्गामा कृत्रिम प्राचिन कला कृति सुन्दर ढंगले कोरिएका छन । यो हेर्दा पाँच वटा मंन्दिर जस्तो देखिने देवलमा एउटा ढुङ्गामा पानीको कुवा रहेको छ । यस ढुङ्गा कुवामा पानी कता आउँछ र निकास कता छ भन्ने कसैलाई पत्तो छैन । तर, बाह्रै महिना यो कुवाको पानी सफा र कंञ्चन नै देखिन्छ । यहाँका स्थानीयबासीहरुले यो देवलको निर्माण पाण्डवले गरेको किवदन्ती भएपनि इतिहासबिद् योगी नरहरी नाथले इतिसम्वत् १३३६ मा मनुमृतिको सम्झनामा दिने जुम्ली खस राजा मलय बर्माले गर्न लगाएको उल्लेख गरेका छन् । हुम्लाको नेप्का गाउँ नेप्का गाउँ बहुम्ला जिल्लाको श्रीमण्टा गाबिसमा पर्दछ । घना बस्तीमा सानो चिटिक्क परेको यसको गाउँको बिषेशता भनेको दैनिक १२ घण्टामा तिन पटक सुर्य उदाउने र अस्ताउने गर्दछ । बिहान जमिनमा सुर्यको किरण पर्दासाथ यस गाउँमा घाम लाग्दछ । दिउसो फेरि सुर्य अस्ताउछ । बेलुका फेरि सुर्य उदाउँछ । फेरि पुनः सुर्य अस्ताउँछ । यसरी नै दैनिक तीन पटक सुर्य उदाउने र अस्ताउने नेक्पा गाउँ एक पटक सबैले हेर्ने पर्ने ठाउँ हो । यसको प्रचार प्रसार हुन नसक्दा अहिलेसम्म यसका बारे कसैलाई पत्तो छैन । यसको अर्को बिषेशता भनेको यसबाट चिनियाँ बजार टाके पुग्ने छोटो बाटो पनि हो । यो बाटो टाके पुग्न रोमणीय हिमताल र हिमपुल हुदैँ जानुपर्छ । बिभिन्न जडिबुडीको भण्डारको रुपमा लिईने नेप्का गाउँ यसको पाटनमा रहेका दुध दह पनि हेर्न लायक दह रहेको छ । यस दहको बिषेशता भनेको दुध जस्तै सेतो कञ्चन पानी रहेको छ ।

Nepal - Jumla गतब्य जुम्ला जोकोहिले पनि एक पटक कर्णाली अञ्चलको जुम्ला जिल्ला नपुगिने नहुने ठाउँका रुपमा लिईन्छ । यस जिल्लामा प्रर्यटकिय हेर्न लायक धेरै ठाउँ र स्थान रहेका छन् । जस मध्ये सिंजा तातोपानी र जुम्लाका प्राचीन काष्ठकलाको अनुपम उदारणीय रहेका छन् । जुम्ला जिल्लाको तातोपानी गाबिसमा अवस्थित तातोपानी तिला कर्णालीको किनारमा बाह्र महिना तातोपानी बगिरहने धारा रहेका छन् । यस पानीमा एक घण्टासम्म चामल भिजाउँदा आफैँ भात पाक्ने गरेको छ । यस धारामा नुहाउँदा छाला र हाड सम्वन्धि बिभिन्न रोग निको हुने बिश्वास गरिन्छ । यस पानीमा नुहाउन कर्णालीका पाँच वटै जिल्ला, भेरि अञ्चलका दैलेख र जाजरकोट सेती अञ्चलको अछाम जिल्लामा मानिस अहिले पनि जाने गर्दछन । यातायातको सुबिधा पुगिसकेको जुम्ला जिल्लामा तातो पानीका प्रचार प्रचार हुनसके अझैँ धेरै मानिसको ओईरो लाग्ने थियो । जुम्ला जिल्लामा हर्न लायक अर्को बिषय भनेको लिताकर्णाली नदी र सिंजा खोलामा बनेको काठेपुल हुन् । प्राचीन शैलीमा कयौँ पुस्ता अघि बनेका ति काठेपुलमा बिभिन आकृतिका चित्रहरु कारिएका भेटिन्छन । संरक्षण नहुदाँ जिर्ण बन्दै गाईरहेका पुल देख्दा अबका दिन ती रहने हुन् वा नहरने हुन भन्ने दोसाधमा नै छन् । जुम्ला जिल्लामा एक पटक नपुगी नहुने ठाउँ जुम्ला सिंजामा हो । कर्णाली खस राज्यको राजधानी रहेको जुम्ला सिंजामा पुराना पुराना घर भेटिन्छन् । त्यतिवेला राजाका दरवारहरु तत्कालिन शाहवंशिय राजाहरुले भत्काएपनि त्यसका अवशेष अझैँ भेटिन्छन । अर्कोतर्फ खसभाषाको उत्पती भएको सिंजामा नेपाली भाषाको सामान्य जानकारी जोकोहीले पनि नपुगी नहुने ठाउँ पर्दछ । जुम्लाको स्याउ बिषेशताले गर्दा पनि यो ठाउँमा पुग्न अहिले पनि कुनै गाह्रो छैन । जुम्ला पुग्न अहिले सुर्खेत वा नेपालगंजबाट गाडी वा हवाई यात्रा पनि गर्न सकिन्छ । कर्णालीमा गएर फिर्ता हुदा हाईअल्टिच्युट बाट कर्णाली नदिका रेप्टिङ्ग गर्दैै नेपालगंज वा सुर्खेतमा झर्न सकिन्छ । कर्णालीका यी क्षेत्रको भ्रमण र प्रर्यटन विकासका निम्ति राज्यले सहज बातावरणका लागी त्यो क्षेत्रको हवाई यातायत, रार्जमार्गको स्तरउन्नती र नयाँ सडकका ट्रयाक खोल्ने काममा सरकारले बिषेश जोड दियो भने यस क्षेत्रमा रहेको बेरोजगारी समस्या भोकभरी लगायतका समस्या समधान हुने बिज्ञहरुले बताउँदै आएका छन् । तर यसको प्रचारप्रसार लागी कर्णाली प्रर्यटन विकास बोर्ड गठन गरिएको छ त्यसले खासै काम गर्न नसेको यहाँका स्थानीयबासीको गुनासो रहेको छ । मुगु छायाँनाथ मन्दिर मुगु जिल्लाको डोल्पु र छिताई गाबिसको सिमाना रहेको छायाँनाथ मन्दीर कर्णाली क्षेत्रका लागि धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको छ । यसलाई कर्णाली क्षेत्रमा पुजिने ठाकुर ज्युको मूख्य देवताका रुपमा पुज्ने गरिन्छ । उच्च हिमाली भेगमा रहेको यस मन्दीरमा श्रावण पुर्णिमा दिन पुजा गर्ने गरिएको छ । यस मन्दीरको पुजा गर्न कालिकोट दैलेख जुम्ला, जाजरकोट, अछाम, बाजुरका मानिसहरुको घुइचो लाग्ने गरेको छ । हालसम्म पनि यसको प्रचार प्रसार हुन सकेको छैन् ।

]]>
8190 0 0 0
प्याराग्लाइड नेपाली व्यवासायीले पनि खरिद बिक्री गर्न पाउने http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a1-%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a4%ac%e0%a5%87%e0%a4%9a-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be/ Wed, 03 Feb 2016 04:02:57 +0000 http://www.ghumphir.com.np/?p=8199 सुरज कुँवर

माघ २०,काठमाण्डाै

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक बन्दै गएको मनोरञ्जनात्मक वायुसेवाअन्र्तगत पर्ने प्याराग्लाइडिङका सामग्री नेपाली व्यवासायीले पनि खरिद बिक्री गर्न पाउने भएका छन् । यसअघि नेपालमा प्याराग्लाइडिङका सामग्री खरिद बिक्री निषेध थियो ।

स्वदेशमा सामान नपाइने भएपछि व्यवसायी र पाइलटले प्याराग्लाइडिङ हेलमेट, प्यारासुट, हारनेस, विङ (पखेटा) सहितका सामान विदेशबाट खरिद गर्ने वा भाडामा ल्याउँदै आएका थिए ।

paragliding

‘पर्यटन मन्त्रालयले धेरै पछि राम्रो निणर्य गरेको छ,’ नेपालको पहिलो प्यारागलाइडिङ स्कुल बाबु एडभेन्चरका सञ्चालक सानुबाबु सुनुवारले भने, ‘यसले निजी क्षेत्रका लागि अर्को सम्भावना खोलिदिएको छ ।’

उनका अनुसार एउटा प्यारागलाइडको मूल्य ३ देखि ५ लाख रुपैयाँसम्म पर्छ । आगामी आर्थिक वर्षदेखि व्यवसायीले नयाँ उपकरण आयात गर्दा अनिवार्य भन्सार महसुल बुझाउनुपर्ने छ ।

गैरकानुनी रूपमा भन्सार छली आयात गरिए कम्पनीको इजाजत रद्दद्ध गर्न सक्ने प्रावधान सरकारले राखेको छ । हाल नेपालमा विदेशी पाइलटहरूले सेकेन्ड ह्यान्ड प्याराग्लाइड वा केही समयका लागि ल्याएर फेरि विदेशमै लैजाने गरेका छन् ।

४७ वर्षदेखि नेपालमा चलिरहेको मनोरञ्जनात्मक वायुसेवाअन्तर्गत पर्ने प्याराग्लाइडिङलाई व्यवस्थित बनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो निणर्य गरेको हो । ‘प्याराग्लाइड इक्युपमेन्टहरूको प्रयोग बढिरहेको हुँदा यस्ता इक्युपमेन्टहरूको मुलुकभित्र सहज खरिद बिक्रीको वातावरण तयार गर्न सम्बन्धित सरकारी निकायहरूमा पर्यटन मन्त्रालयले समन्वय गरिदिने छ,’ मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव बुद्धिसागर लामिछानेले भने ।

उनले प्याराग्लाइडिङ क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले नीतिगत लगायत यससँग जोडिएका समस्यामा सघाउने निणर्य गरेको बताए । मन्त्रालयका अनुसार आगामी असारसम्म यसलाई व्यवस्थित बनाउन अघिल्लो शनिबार पर्यटन मन्त्रालयले ७ बुँदे मन्त्रीस्तरीय निर्णय गरेको छ ।

सरकारका तर्फबाट गरिएको निणर्यमा प्याराग्लाइडिङसँग जोडिएको नेपाल हवाई खेलकुद संस्थाले पनि समन्वय गर्ने भनेको छ ।

मन्त्रालयले अहिले उडान भरिरहेका प्याराग्लाइडिङ इक्युपमेन्टहरूको पूर्ण विवरण उपलब्ध गराउन नेपाल हवाई खेलकुद संस्थालाई भनेको छ । भएसम्म उपकरण भित्र्याउँदाको भन्सार कार्यालयको प्रमाणित निस्सासमेत संलग्न गर्ने निर्णय मन्त्रालयले गरेको छ ।

सहसचिव लामिछानेका अनुसार व्यावसायिक रूपमा अहिले सञ्चालनमा रहेका सबै प्याराग्लाइडिङ इक्युपमेन्टहरूलाई यसै आर्थिक वर्षभित्र वैधानिक परिधिभित्र ल्याइने छ ।

सरकारले सुर्खेतको वीरेन्द्रनगर, पाल्पाको शिवनगर, स्याङ्जाको स्वरेक, पोखरा, काठमाडौंको लप्सीफेदी, विशंखुनारायण, धरानको भेडेटारलगायत क्षेत्रमा प्याराग्लाइड उडान अनुमति दिएको छ ।

स्याङ्जाको स्वरेकमा नेपालकै पहिलो प्याराग्लाइडिङ स्कुलका सञ्चालक सुनुवारका अनुसार हालसम्म करिब ६० वटा कम्पनीले अनुमति लिएका छन् भने नेपालमा करिब २ सय जना प्याराग्लाइड पाइलट छन् । मन्त्रालयले हालसम्म लगानी र राजस्वबारे कुनै तथ्यांक नभएकाले आगामी असार मसान्तसम्म इजाजत नवीकरण, गैरपर्यटक भिसा, श्रम स्वीकृति सिफारिसजस्ता कार्यहरूलाई निरन्तरता दिने भनेको छ ।

त्यस्तै प्याराग्लाइडिङको सोलो (एकल) र ट्यान्डम (व्यावसायिक) उडान अब फरक फरक ठाउँमा गर्नुपर्ने छ । त्यस्तै टेन्डम प्याराग्लाइडिङ उडानमा अब पाइलट, यात्रु र तेस्रो पक्षको बिमा व्यवसायीले अनिवार्य गर्नुपर्ने छ ।

]]>
8199 0 0 0
खानेपानी आयोजना सुरु भएको नौ महिनामै बन्द http://localhost/ghum/%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%8f%e0%a4%95/ Wed, 03 Feb 2016 04:05:59 +0000 http://www.ghumphir.com.np/?p=8201

वालिङ, २० माघ ।

स्याङ्जाको साँखर–२ मा रहेको पँधेरा ग्रामीण सौर्य खानेपानी आयोजना सुरु भएको नौ महिनामै बन्द भएको छ । करिब रु २५ लाखको लागतमा सम्पन्न भई गत चैतबाट सुरु भएको उक्त खानेपानी आयोजनाको मोटर पम्पमा समस्या देखिएपछि स्थानीय ३६ घरधुरी खानेपानीको समस्यामा परेका छन् । “आयोजना सञ्चालन भएपछि स्थानीय निक्कै खुसी भएका थिए” पँधेरा ग्रामीण सौर्य खानेपानी योजनाका अध्यक्ष चन्द्रबहादुर थापाले भन्नुभयो, “सुरु भएको नौ महिनामै प्राविधिक समस्या देखिएपछि आयोजना सञ्चालन पूर्वकै अवस्थामा जस्तै एक घन्टा लगाएर एक गाग्री पानी बोक्नुपर्ने अवस्था आएको छ ।” एक सय १९ मिटर तलबाट चार वटा सोलार प्यानलमार्फत पानी माथि तानेर छ वटा धाराबाट साँखर गाविसका १ र २ का ३६ घरधुरीका बासिन्दालाई पानी वितरण गरिएको थियो । “पानी तान्ने मोटरमा एकाएक समस्या देखियो” आयोजनाका अध्यक्ष थापाले भन्नुभयो, “मोटर मर्मतका लागि प्राविधिकलाई खबर गरे पनि विकटताका कारण समयमै आउन सकेका छैनन् ।”

]]>
8201 0 0 0
डिजेल कालोबजारीमा संलग्न तीन जना प्रहरी नियन्त्रणमा http://localhost/ghum/%e0%a4%a1%e0%a4%bf%e0%a4%9c%e0%a5%87%e0%a4%b2-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b2%e0%a4%97%e0%a5%8d%e0%a4%a8/ Wed, 03 Feb 2016 04:09:46 +0000 http://www.ghumphir.com.np/?p=8203

तनहुँ, २० माघ ।

प्रहरीले डिजेलमा कालोबजारी गरेको अभियोगमा तनहुँमा तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मङ्गलबार शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीबाट तीन जनालाई नियन्त्रणमा लिएको हो । शुक्ला गण्डकी नपा–१ का ३२ वर्षीय सुरज लालचन, सोही नपा–५ का ३८ वर्षीय सुनिल केसी र कास्की जिल्ला पोखरा उपमनपा–९ घर भई हाल लेखनाथ नपा–१३ बस्ने ४२ वर्षीय तिलबहादुर घलेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो । छिमेकी जिल्ला कास्कीको गगनगौँडामा रहेको नेपाल आयल निगमको डिपोबाट बेलचौतारामा रहेको सुशील आयल सप्लार्यसका लागि ना२ख ६६३८ नम्बरको ट्याङ्करबाट १२ हजार लिटर डिजेल लोड गरेर ल्याइँदै गरेको अवस्थामा शुुक्लागण्डकी नपा–१ गाछेपानीमा रहेका लालचन वर्कसपका प्रोपाइटर सुरज र आयल सप्लार्यसका प्रोपाइटर केसी मिलेर बाटोबाटै सिधै ड्रममा डिजेल भरेर लुकाएका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराबाट गएको एक प्रहरी टोलीले अवैध तरिकाबाट कालोबजारी गर्न प्लास्टिकको ड्रममा भरेर लुकाइ राखेको ६०० लिटर डिजेल बरामद गरी कालोबजारीमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।

]]>
8203 0 0 0
मलेसियाबाट तीन लाख कामदार फर्कन आतुर http://localhost/ghum/8205-2/ Wed, 03 Feb 2016 04:20:52 +0000 http://www.ghumphir.com.np/?p=8205 २० माघ, काठमाडौं ।
खस्कँदो अर्थतन्त्र, असुरक्षालगायत कारण देखाउँदै मलेसियामा कार्यरत लाखौं नेपाली स्वदेश फर्कन आतुर देखिएका छन्। रोजाइको श्रम गन्तव्य मलेसियाबाट करिब ३ लाख नेपालीले स्वदेश फर्कने व्यवस्था मिलाइदिन सरकारसमक्ष आग्रह गरेका छन्।
यति ठूलो संख्यामा नेपाली एकैचोटि स्वदेश फर्किंदा रेमिटेन्स आप्रवाहमा पर्ने असरले नेपाली अर्थतन्त्रमै गम्भीर धक्का लाग्ने अर्थविद बताउँछन् । करिब ४१ लाख कामदार श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेकामा दैनिक एक अर्ब ८० करोड रेमिटेन्स नेपाल भित्रिने गरेको राष्ट्र बैंक तथ्यांक छ । त्यस्ता एक सय नौ मुलुकमध्ये मलेसियाबाट मात्र नेपालमा कुल रेमिटेन्सको एकतिहाइ भित्रिन्छ । अघिल्लो आर्थिक वर्ष नेपालमा ६ खर्ब १७ अर्ब २७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो जसमध्ये एकतिहाइ अर्थात् २ खर्ब हाराहारी त मलेसियाबाट । शक्तिशाली भूकम्पले तहसनहस पारेको नेपाली अर्थतन्त्र भारतले लगाएको नाकाबन्दीले थप समस्यामा पर्दा रेमिटेन्सले धानिरहेको छ । यस्तो बेला ठूलो संख्यामा कामदार फर्कंदा रेमिटेन्स घटेर अर्थतन्त्र गम्भीर रुपले प्रभावित हुन सक्छ । स्वदेशमा रोजगारीको अवसर नपाएर बिदेसिएका नेपालीले मलेसियामा विविध समस्याबाट पीडित भएपछि स्वदेश फर्कने इच्छा व्यक्त गरेका हुन् । 'पछिल्लो समयमा मलेसियाको अवस्थामा निकै फरक आइसकेको रहेछ,' वैदेशिक रोजगार विभागका महानिर्देशक केदार बोगटीले भने, 'तीन लाखभन्दा बढी श्रमिकले स्वदेश फर्कन चाहेको पाइयो । मलेसियाको खस्कँदो अर्थतन्त्र, रिंगेटको भाउमा निरन्तर गिरावट तथा असुरक्षित बसाइ यतिखेर मलेसियामा श्रम गरिरहेका कामदारका मुख्य समस्या रहेको बोगटीले जानकारी दिए । अघिल्लो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्वमा वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अधिकारी मलेसियामा कार्यरत श्रमिकको अवस्था बुझ्न त्यहाँ गएका थिए । अघिल्लो वर्षसम्म नेपाली कामदारको पहिलो गन्तव्य रहेको मलेसियाबाट ठूलो मात्रामा कामदार फर्किए भने पछिल्लो समय अर्थतन्त्रको महŒवपूर्ण अंग बनेको रेमिटेन्स आप्रवाहमा समेत गिरावट आउनेछ । यो आर्थिक वर्षको सुरुदेखि नै नेपालीमा मलेसियामोह घट्न थालेको थियो । पछिल्लो समय लगातार मलेसिया जाने नेपाली कामदारको संख्या घटिरहेको छ । आर्थिक वर्ष २०७१÷७२ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका ५ लाख १२ हजार ८ सय ८७ कामदारमध्ये मलेसिया जानेको संख्या २ लाख २ हजार ८ सय २८ थियो । गत आर्थिक वर्षको ६ महिनामा (साउनदेखि पुससम्म) १ लाख १७ हजार ६ सय ८६ नेपाली कामदार मलेसिया गएका थिए भने चालु आर्थिक वर्षको सोही अवधिमा मलेसिया जाने कामदारको संख्या करिब दुई तिहाइले घटेर ३५ हजार ३ सय ३५ मा झरेको छ । यसबाट पनि नेपाली कामदारमा मलेसिया मोह घटेको प्रस्ट देखिन्छ । दुई सरकारबीच श्रम सम्झौताबिनै पठाइँदा अधिकांश कामदारले तोकेको न्यूनतम पारिश्रमिकसमेत पाउन नसकेको तथ्य फेला परेको टोलीका सदस्यले बताए । मलेसिया सरकारले सुरक्षा गार्डका लागि प्रतिमहिना १९ सय रिंगेट र साधारण काम गर्नेका लागि न्यूनतम ९ सय रिंगेट तोके पनि अधिकांशले त्यसको आधाभन्दा पनि कम पाइरहेको गुनासो गर्दै आएका छन् । 'धेरैजसो कामदारको पारिश्रमिक बिचौलियाले उठाउँदा रहेछन्,' बोगटीले भने, 'नेपालीमाथि नेपालीले गर्ने शोषण मलेसियाको अर्को डरलाग्दो समस्या रहेछ ।' मलेसियामा काम गर्दाको पारिश्रमिक त्यहीँ सकिने अवस्था आएपछि ३ लाख कामदार स्वदेश फर्कन चाहेको र बाँकी पनि डिप्रेसनबाट ग्रसित रहेको नौ दिन मलेसियामा बिताएका अधिकारीले जनाए । विदेश जाँदा लिएको ऋण चुक्ता गरेका कामदार स्वदेश फर्कन खोजे पनि ऋण चुक्ता गर्न नसकेकाहरू भने डिप्रेसनमा परेको बताइएको छ । अघिल्लो वर्ष एक रिंगेटबराबर ३१ रुपैयाँसम्म पुगे पनि अहिले घटेर २६ मा आउँदा कामदारका लागि मलेसिया कष्टकर बनिरहेको बोगटीले बताए । त्यस्तै, मलेसियाको तमिल समुदायबाट नेपाली श्रमिकमाथि असुरक्षा बढ्दो छ । 'सुरक्षा गार्डको काम गर्दै आएको तमिल समुदायले आफ्नो काम खोसिएको भन्दै नेपालीमाथि पटकपटक आक्रमण गरेर असुरक्षित महसुस गराएको पाइयो,' बोगटीले भने, 'सबै पक्ष विचार गर्दा मलेसियाको रोजगारी नेपाली कामदारका लागि हितकर देखिँदैन ।' अबका दिनमा मलेसियामा कामदार पठाउने÷नपठाउनेबारे सोच्नुपर्ने बेला आएको उनले उल्लेख गरे । मलेसियालाई पनि नेपालीको तुलनामा इन्डोनेसियाली ल्याउँदा सजिलो हुने भएकाले नेपाली प्राथमिकतामा छैनन् । मलेसियन कम्पनीले नेपालबाट कामदार बोलाउँदा ६ महिनाजति लाग्छ । इन्डोनेसियाबाट १५ दिनमै ल्याउने तथ्य उक्त टोलीले फेला पारेको छ । मलेसियामा २५ लाख इन्डोनेसियन छन् । नेपालीको संख्या १० लाख हाराहारी रहेको अनुमान छ । महानिर्देशक बोगटीका अनुसार मलेसियामा रहेका नेपालीमध्ये ४५ हजार सुरक्षा गार्डमा कार्यरत छन् । डेढ लाख नेपाली गैरकानुनी हैसियतमा छन् । केही दिनअघि मलेसियन सरकारले गैरकानुनी आप्रवासीलाई त्यहीँ बस्न दिने निर्णय गरे पनि यसको मार नेपाललाई नै पर्ने टोलीले जनाएको छ । टोलीका एक सदस्यका अनुसार गैरकानुनी कामदारलाई त्यहीँ बस्न दिने निर्णय हुनु कामदारलाई सस्तो दरमा काममा लगाउन खोज्नु हो ।मलेसियाले माग्यो महिला घरेलु कामदारका रूपमा खाडी मुलुकबाट महिला पठाउन निरन्तर माग भइरहेका बेला मलेसियाले पनि घरेलु कामदारमा महिला पठाउन माग गरेको छ । टोलीसमक्ष मलेसियन अधिकारीले महिला कामदार पठाउन आग्रह गरेका थिए । विभागले श्रम सम्झौता नभएसम्म घरेलु कामदारमा महिला नपठाउने जवाफ दिएको छ । 'महिला कामदार पठाउनै परे पहिला श्रम सम्झौता हुनुपर्छ भनेका छौं,' बोगटीले भने, 'सामान्य कामदारका लागि श्रम सम्झौता गरौैं भन्दा आलटाल गर्ने मलेसिया सरकारले महिला कामदारको माग गर्नु अचम्मलाग्दो छ ।' विगत सरकारले श्रम सम्झौता नगरी कामदार पठाउँदा अधिकांश नेपाली शोषणमा परेको गुनासा आएका थिए । श्रम सम्झौता नगरिएका कारण श्रमिकले भोग्दै आएका समस्याबारे दुई देशका सरकारलाई खासै सरोकार हुँदैन । अहिले नेपालबाट मेनपावर कम्पनीले कामदार पठाउने र रोजगारदाता कम्पनीले काम दिने प्रचलन छ । कामदारलाई कुनै समस्या परे त्यो मेनपावर तहमा सीमित हुन्छ । महिलालाई लेबनान रोक नेपालसँग श्रम सम्झौता हुन नसकेको लेबनानमा विभागले महिला कामदार पठाउन रोक लगाएको छ । घरेलु कामदारका रूपमा केही मेनपावरले महिलालाई पठाउन थालेपछि विभागले लेबनान अझै असुरक्षित रहेको भन्दै रोक लगाएको महानिर्देशक बोगटीले बताए । 'महिलालाई लेबनान पठाइरहेको पाइएपछि श्रम स्वीकृति नदिन मातहत निकायलाई निर्देशन दिएका छौं,' उनले भने, 'श्रम सम्झौता नभएसम्म लेबनानमा घरेलु काम गर्न महिलालाई पठाउँदा सुरक्षा हुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।'साभार नागरीक ६ महिनायता मलेसिया गएकाको संख्या महिना संख्या पुस ४१३४ मंसिर ५५६६ कात्तिक ३१०४ असोज ६१७१ भदौ ६७३० साउन ९६३० जम्मा ३५,३५५ स्रोत: वैदेशिक रोजगार विभाग
]]>
8205 0 0 0
पाटनको अवलोकन गर्न आउने पर्यटक ४६ प्रतिशतले घटे http://localhost/ghum/8208-2/ Wed, 03 Feb 2016 04:24:55 +0000 http://www.ghumphir.com.np/?p=8208 करिश्मा चौधरी
२० माघ, काठमाडौं ।
ललितपुरस्थित कृष्ण मन्दिर पाटनको अवलोकन गर्न आउने पर्यटकको संख्या पछिल्लो चार वर्षमै सबैभन्दा घटेको छ। सन् २०१२, २०१३ र २०१४ को तुलनामा २०१५ मा मन्दिर अवलोकन गर्न आउनेको संख्या ४६ प्रतिशतले घटेको मन्दिरको तथ्याङ्क छ।
भूकम्प र नाकाबन्दीका कारण यस वर्ष पर्यटकको संख्या घटेको पाटन संग्रहालयका अधिकृत सुरेश मानलाखीले बताए । २०१५ मा ४६ प्रतिशतले पर्यटक घट्दा संग्रहालयमा उठ्ने राजस्व पनि ३१ प्रतिशतले घटेको छ । पर्यटक घट्दा मन्दिर वरपर रहेका ब्यापारीले पनि ब्यापार घटेको बताउँछन् । मन्दिर नजिकै पुजाको सामान बेच्दै आएकी सुजिना शाक्यले भुकम्प र नाकाबन्दी पछि ब्यापार धेरै घटेको बताउँछिन् । पहिले यो सिजनमा बिहानको समयमा मात्रै ४/५ हजार सम्मको पुजाको सामान बेचेको बताउँदै शाक्यले भनिन्, 'यसपाली त ब्यापारै छैन । छदै छैन भनेपनि हुन्छ । दिनभरी बस्यो ४/५ हजार सम्मको मात्रै हुन्छ' । उनी भन्छिन्, ' अरु वर्षको ब्यापार नहुने सिजन र यो वर्षको ब्यापार हुने सिजनको ब्यापार उस्तै उस्तै छ ।' सुजिनाको मात्रै होईन नजिकै ह्यान्डीक्राफको पसल गर्दै आएकी रिजना सिल्पाकारले पहिलेको तुलनामा हाल १० प्रतिशत मात्र ब्यापार हुने गरेको बताईन् । भुकम्प पछि तीन महिना सम्म पसल बन्द गरेकी सिल्पाकारले त्यसपछि ब्यापार केही राम्रो भएपनि नाकाबन्दीपछि ब्यापार धेरै घटेको बताउ"छिन् । सन् २०१२ मा ६५ हजार सात सय ३८ जनाले पाटन संग्रहालयको अवलोकन गरे । २०१३ मा ६६ हजार चार सय ४६ जना अर्थात २०१२ को तुलनामा एक प्रतिशत धेरैले अवलोकन गरे । २०१४ मा ८२ हजार सात सय ४४ जना अर्थात २०१३ को तुलनामा अवलोकन गर्नेको संख्यामा २५ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ । तर २०१५ मा अवलोकन गर्नेको संख्या ४६ प्रतिशतले घट्यो । यो वर्ष ४४ हजार सात सय ४७ जनाले मन्दिरको अवलोकन गरे । संग्रहालयमा २०१२ मा ५६ लाख १२ हजार पाँच सय ८०, २०१३ मा ५५ लाख २० हजार दश रुपैया" आर्थिक संकलन गरियो । २०१४ मा ८४ लाख ७७ हजार चार सय २५ रुपैयाँ अर्थात २०१३ को तुलनामा ४८ प्रतिशत बढी रकम संकलन भएको थियो । २०१५ मा भने यो रकम ३१ प्रतिशतले घट्यो । यो वर्ष संग्रहालयमा ५८ लाख ७३ हजार तीन सय तीस रुपैया" मात्र संकलन भयो । कृष्ण मन्दिर पाटनको अवलोकन गर्नेमा नेपाली धेरै छन् । त्यसमध्ये विद्यार्थीको संख्या पनि धेरै छ । त्यस्तै सार्क राष्ट्रका पर्यटक र अन्य मुलुकका पर्यटक यो मन्दिरको अवलोकनमा आउने गरेका छन् । कृष्ण मन्दिर भित्र भुकम्पले गरेको सामान्य क्षती मर्मत कार्य भैरहेको पाटन संग्रहालयका अधिकृत सुरेश मानलाखी बताउ"छन् । तर भत्केका मन्दिरको विषयमा पुरातत्व विभागले नै काम गर्ने उनको भनाई छ ।
]]>
8208 0 0 0
आन्दोलनकारी कै सहमतिमा वीरगन्ज नाकाबाट बस र ट्र्याक्टर भारत प्रवेश गरे http://localhost/ghum/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a5%88-%e0%a4%b8%e0%a4%b9%e0%a4%ae%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%b5/ Wed, 03 Feb 2016 15:48:21 +0000 http://www.ghumphir.com.np/?p=8215

पर्सा, २० माघ ।

वीरगन्ज नाकाबाट नौ यात्रुवाहक बस र दुई वटा ट्र्याक्टर भारत प्रवेश गरेका छन् । वीरगन्जको मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारी कै सहमतिमा साँझ ७ः४५ बजेको समयमा यात्रु बस र ट्र्याक्टर भारत प्रवेश गरेका हुन् । भारत तीर्थ यात्रामा निस्केको ना३ख ७७९१, ना४ख १२८९, ना५ख ८१८, ना४ख ४११७, ना४ख ४४५१, ना२ख ४३५७, ना३ख २६६६, ना३ख ३२३१ र ना४ख ४२७० नं को बस तथा ना२ख ३२७८ र ना२च ६९१ नं को ट्र्याक्टर मितेरीपुलबाट भारत प्रवेश गरेका सीमा प्रहरी कार्यालय इनर्वाले जनाएको छ । बसमा बोलबम कावरीया काफ्लाका ८०० तीर्थ यात्रु थिए भने ट्र्याक्टरमा १५० बोरा पिना रहेको प्रहरीले जनाएको छ ।

]]>
8215 0 0 0
‘क्यान इन्फोटेक’ का स्वयम्सेवक भन्छन् – श्रमशोषण भयो http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a2%e0%a5%87-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8-%e0%a4%87%e0%a4%a8/ Wed, 03 Feb 2016 15:58:15 +0000 http://www.ghumphir.com.np/?p=8217

पूर्णप्रसाद मिश्र काठमाडौँ, २० माघ ।

‘क्यान इन्फोटेक’ मा स्वयम्सेवक परिचालनका नाममा श्रमशोाषण भएको व्यवस्थापनमा खटिएका युवायुवतीले गुनासो गरेका छन् । माघ १५ गतेदेखि भृकुटीमण्डपको प्रदर्शनीमार्गमा सुरु भएको छदिने मेलामा ६५ जना स्वयम्सेवक व्यवस्थापनमा खटिए । आयोजकले ‘अनलाइन जब’ मा स्वयम्सेवकको आवश्यकता भनी विज्ञापन गरेर स्वयम्सेवक छनोट गरेको थियो । व्यापारिक रुपमा गरिएको प्रदर्शनीमा बिहानदेखि बेलुकीसम्म खाना र खाजाका भरमा काम गराएर श्रम शोषण गरिएको पीडितको गुनासो छ । ‘प्रमाणपत्र दिन्छौँ’ भनी स्वयम्सेवकको काममा लगाएर शोषण गरिएको समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी कपनकी अप्सरा पोखरेलले बताउनुभयो । “आफ्नै खल्तीबाट भाडा तिरेर स्वयम्सेवक काम गर्न आएका छौँ, हामीलाई भाडा र पारिश्रमिकको व्यवस्था गर्नुप¥यो भन्दा आयोजक कम्प्युटर एसोसियसन नेपाल महासङ्घले सुनेको छैन”–उहाँले भन्नुभयो । मेलामा स्नातक तह अध्ययन गरिरहेका जनशक्तिले मात्र स्वयम्सेवकको रुपमा काम गर्दैछन् । स्वयम्सेवकमा काम गर्न अन्तर्वार्तासमेत लिइएको पीडितले सुनाए । एक्मी इन्जिनियरिङ कलेजबाट स्नातक उपाधि हासिल गर्नुभएकी आस्था न्यौपाने पारिश्रमिकसहितको स्वयम्सेवक भनेर आएपनि बिहानको खाना र दिउँसोको खाजामा काम गराएको बताउनुहुन्छ । सरकारले अदक्ष कामदारकै पारिश्रमिक दैनिक रु ८०० तोकेको प्रदर्शनीस्थलसँगै कार्यालय रहेको उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेलले जानकारी दिनुभयो । “प्रदर्शनीमा प्रवेश शुल्क साधारणतर्फ रु १०० र विद्यार्थीलाई रु ५० लिइरहेका छन्, प्रवेशदेखि नै व्यापार सुरु हुने सूचना प्रविधिसम्बन्धी सामग्रीका व्यापारीको संस्थाले स्वयम्सेवकका नाममा श्रम शोषण गरेको गुनासो मञ्चमा पनि आएको छ” – उहाँले भन्नुभयो । महासङ्घले दिएको जानकारीअनुसार एउटा स्टलको रु १० हजारदेखि रु ५० हजारसम्म भाडा लिइएको छ । मेलालाई सुबिसु इन्टरनेट प्रदायक संस्था र केबल टेलिभिजन नेटवर्क वितरक संस्थाले प्रायोजन समेत गरेको छ । यसैले यस मेलाको नाम नै सुबिसु क्यान इन्फोटेक राखिएको छ । पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन विषयमा स्नातक तहमा अध्ययनरत अमित पोखरेल पनि महासङ्घले पारिश्रमिक दिने भनेर अन्तिममा नदिएको दुःखेसो पोख्नुभयो । आयोजक क्यानका स्वयम्सेवक परिचालन समितिका संयोजक दिनेशराज कार्कीले व्यापारिक मेला भए पनि महासङ्घले पारिश्रमिक नदिएको तर अन्य तालिम दिएर स्वयम्सेवक परिचालन गरिएको बताउनुभयो ।

साढे तीन लाखबाट ‘क्यान इन्फोटेक’ को अवलोकन  

कम्प्युटर एसोसियसन नेपाल महासङ्घको आयोजनामा भृकुटीमण्डपमा सञ्चालन भएको ‘क्यान इन्फोटेक’ मा तीन लाख ६३ हजारले अवलोकन गरेका छन् । ‘क्यान इन्फोटेक’ मेला यही माघ १५ गतेदेखि सुरु भएको थियो । सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधि र सामग्रीका विषयमा जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको महासङ्घले जनाएको छ । मेला आज सम्पन्न भएको हो । आज अन्तिम दिन मात्रै ५२ हजार ४११ जनाले मेलाको अवलोकन गरे । कुल ३ लाख ६३ हजार ४५६ जनाले मेला अवलोकन गरेको महासङ्घका तृतीय उपाध्यक्ष रोमकान्त पाण्डेले जानकारी दिनुभयो । मेलाको अन्तिम दिन आज नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल मेलामा पुग्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको यो मेलाको उपप्रधान तथा रक्षामन्त्री भीम रावल, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान, विज्ञान प्रविधि मन्त्री शिवलाल थापा, सामान्य प्रशासन मन्त्री रेखा शर्मा, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ लगायतले अवलोकन गर्नुभएको थियो । मेलामा सूचना प्रविधिसम्बन्धी सामग्रीको प्रचारप्रसार भएकाले यसको व्यापार व्यवसाय प्रवद्र्धनमा सघाउ पुग्ने महाङ्घका अध्यक्ष विनोद ढकालले बताउनुभयो ।

]]>
8217 0 0 0
कालिका मन्दिरमा जलकुण्ड निर्माण http://localhost/ghum/8220-2/ Wed, 03 Feb 2016 16:10:10 +0000 http://www.ghumphir.com.np/?p=8220

बागलुङ, २० माघ ।

प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा तीनवटा कृत्रिम जलकुण्ड निर्माण गरिएको छ । मन्दिर क्षेत्रको आकर्षण र वातावरणीय स्वच्छता बढाउन, चराचुरुङ्गी–जीवजन्तुलाई चाहिने पानीको स्रोत व्यवस्थापन गर्न र सिँचाइ प्रयोजनको लागि जलकुण्ड बनाइएको हो । मन्दिरको गुठी व्यवस्थापन समितिले रु पाँच लाखको लागतमा जलकुण्ड निर्माण गरेको अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । अध्यक्ष खड्काका अनुसार दुईवटा जलकुण्डमा एक लाख लिटर र एउटा ३० हजार लिटर क्षमताको छ । मन्दिरको ‘भ्यू टावर’ क्षेत्रमा थप एउटा जलकुण्ड निर्माण गर्ने योजना रहेको समितिले जनाएको छ । त्यसरी बनेका जलकुण्ड डढेलो, आगलागीजस्ता घटना नियन्त्रणका लागि समेत आकस्मिक प्रयोगमा ल्याउन सकिने अध्यक्ष खड्काले बताउनुभयो । ‘मुख्य गरी मन्दिर परिसरको वातावरणीय स्वच्छता बढाउन र आकर्षण थप्न जलकुण्ड बनाएका हाँैं’ अध्यक्ष खड्काले भन्नुभयो ‘मन्दिरको जङ्गल क्षेत्रमा रहेका जीवजन्तु र चराचुरुङ्गीको लागि पनि जलकुण्ड पिउने पानीको स्रोत बनेको छ ।’ जीवजन्तु र पक्षीको बासस्थान जोगाउन र संरक्षणको लागि पनि जलकुण्ड सहयोगी बनेको उहाँको भनाइ छ । जलकुण्डमा आकासेपानी पनि सङ्कलन हुने गरेको छ भने पाइपबाट समेत पानी राख्ने गरिएको छ । निश्चित समयपछि जलकुण्डमा पुरानो पानी फालेर नयाँ पानी सञ्चय गर्ने गरिएको छ । जलकुण्डले मन्दिरमा जाने भक्तजन तथा पर्यटकलाई समेत आकर्षण थपेको छ । सुख्खायाममा समेत पानीको सञ्चय हुने भएपछि जलकुण्डको उपयोग वर्षैभरि हुने गरेको छ । मन्दिर परिसरमा गरिने वृक्षरोपणलगायतका कार्यमा सिचाइँ प्रयोजनका लागि पनि जलकुण्ड प्रयोग आउने गरेको छ । मन्दिरमा पानीको पूर्ण सुविधा कायम गर्न रु दुई करोड ६० लाखको लागतमा छुट्टै खानेपानी आयोजना पनि निर्माणाधीन अवस्थामा छ । एकसय ६५ मिटर तलबाट कालीगण्डकीको पानीलाई सौर्य ऊर्जा प्रणालीबाट मन्दिर क्षेत्रमा ल्याउन लागिएको हो । दैनिक २५ हजार लिटरका दरले आपूर्ति हुने पानीलाई विभिन्न प्रयोजनका लागि खर्च गरिने भएको छ । नेपाल सरकारको ८० प्रतिशत र कालिका गुठीको २० प्रतिशत गरी कुल रु दुई करोड ६० लाखको लागतमा आयोजना बन्न लागेको हो । पूर्वाधार निर्माणको काम भइरहेको र आगामी वर्षभित्र आयोजना पूरा हुने जनाइएको छ । सोलार प्रविधिबाट ‘लिफ्ट’ गरी ल्याइएको पानी नौधारा निर्माण, जलकुण्ड, खानेपानी धारा, शौचालयलगायतका क्षेत्रमा विस्तार गरिनेछ । आगामी ५० वर्षलाई पुग्ने गरी आयोजनाको ‘डिजाइन’ गरिएको जनाइएको छ ।

]]>
8220 0 0 0
छ करोडको अदुवा उत्पादन, बिक्री गर्न समस्या http://localhost/ghum/%e0%a4%9b-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8-%e0%a4%ac%e0%a4%bf/ Thu, 04 Feb 2016 03:17:04 +0000 http://www.ghumphir.com.np/?p=8223

गाईघाट (उदयपुर), २१ माघ ।

जिल्लामा यस वर्ष करिब रु ६ करोडको अदुवा उत्पादनमा भए पनि अहिलेसम्म तराईका बजार पूर्णरुपमा खुल्न नसक्दा बिक्री गर्न समस्या भएको छ । जिल्लामा यस वर्ष एक हजार ७२५ मेट्रिक टन अदुवा उत्पादन भएको छ । विभिन्न क्षेत्रको ११५ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पवन गिरीले जानकारी दिनुभयो । अदुवाको मुख्य बजार रहेको तराईका क्षेत्रमा बन्दको प्रभावको कारण आपूर्ति हुन नसक्दा बिक्री हुन नसकेको उहाँको भनाइ छ । रिस्कु, हर्देनी, लेखानी, मयङ्खु, भलायाडाँडा, डुम्रे, सोरुङछबीसे, तावाश्री क्षेत्रमा पर्याप्त अदुवा उत्पादन भएको छ । बन्दका कारण अदुवा खरिदका लागि तराईका व्यापारी नआउँदा बिक्री गर्न समस्या भएको हर्देनी–४ का गोठबहादुर राउत बताउनुहुन्छ । उहाँले गत वर्ष रु डेढ लाखको अदुवा बिक्री गर्नु भएको थियो । विगत वर्षमा यहाँको अदुवा सप्तरी, धनुषा, सुनसरी र मोरङसम्म निर्यात हुने गरेको थियो । “यस वर्ष अहिलेसम्म ३० प्रतिशत मात्र अदुवा बिक्री भएको छ” भलयाडाँडा–३ का कृष्ण खत्रीले भन्नुभयो । अदुवा उत्पादक किसान अदुवा बिक्री नहुँदा चिन्तित् बनेका छन् । बिक्री गर्न सम्बन्धित निकायबाट पहल हुनुपर्ने उनीहरुको माग छ । जिल्लाको पश्चिमी तथा मध्य पहाडी क्षेत्रका १३ गाविसका किसानले अदुवाको व्यावसायिक रुपमा खेती गर्दै आएका छन् ।

]]>
8223 0 0 0
वनक्षेत्रमा यौन क्रियाकलापका घटनामा वृद्धि http://localhost/ghum/%e0%a4%b5%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a5%8c%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a4%b2/ Thu, 04 Feb 2016 03:20:22 +0000 http://www.ghumphir.com.np/?p=8225

बर्दिवास, २१ माघ ।

पूर्व–पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने वन क्षेत्रमा यौन क्रियाकलाप बढ्न थालेको भन्दै स्थानीयवासीले नियन्त्रण गर्न आग्रह गरेका छन् । राजमार्गको जिल्लामा पर्ने वनक्षेत्रमा १०÷१२ ठाउँमा विभिन्न खालका पसल सञ्चालनमा आएर बढेको चहलपहलसँगैै जोडी युवायुवतीको आगमन ह्वात्तै बढेको नजिकैका गाउँबस्तीका बासिन्दाको भनाइ छ । राजमार्गको जिल्लामा पर्ने बर्दिवासदेखि बाँके पुलसम्मको २० किलोमिटर क्षेत्रको वनक्षेत्र यौन क्रियाकलाप धेरै हुने गरेको वनक्षेत्रसँगै जोडिएको खयरमारा बस्तीका ६५ वर्षीय चन्द्रलाल लोप्चनले बताउनुभयो । वनक्षेत्रका माइस्थान, वनपथ, लक्ष्मीनियाँ, गणन्ता, टुटेश्वरचोक, खयरमाराचोक, गौशालाचोक, कान्तिबजारचोक, मरहापुल र बाँकेलगायतका एक दर्जन चोकमा अचेल दिनहुँ २० आँै ंजोडी युवायुवती यौन क्रियाकलापकै लागि आउने गरेको त्यस ठाउँमा पसल सञ्चालन गरेर बसेका साना व्यापारी बताउँछन् । बर्दिवासबाट पश्चिम जाँदा र पश्चिमबाट बर्दिवासतिर आउँदा लालबन्दीबाट वनक्षेत्र ओर्लने थुप्रै युवायुवतीका जोडी हुने गरेको जनकपुर वीरगञ्ज रुटको बसका सहचालककोे भनाइ छ । खासगरी शनिबारका दिन जोडी युवायुवतीको सङ्ख्या निकै बढ्नुले यीमध्ये कलेजमा पढ्ने विद्यार्थी पनि हुनसक्ने सहचालककोे अनुमान छ । सुरक्षित उपायबिना नै शारीरिक सम्बन्ध राख्नेहरू एचआइभी र यौनजन्य रोगको चपेटामा पर्नसक्ने सम्भावना रहेको नेपाल परिवार नियोजन सङ्घका प्रबन्धक धिरज पौडेलको भनाइ छ । वनक्षेत्रमा पुग्ने गरेका प्रेमीजोडी स्वास्थ्यक्षेत्रमा कार्यरत सामाजिक सङ्घ संस्थाका प्रतिनिधिसँग कण्डमको कुरा गर्न लाजमान्ने गरेका पाइएको छ । यौन व्यवसाय नै रोजेका यौनकर्मी महिला स्वास्थ्य सचेतनामा सजग पाइएका भए पनि ग्राहकले कण्डमको प्रयोगमा अनिच्छा देखाउँदा कण्डमको प्रयोगबिना नै शारीरिक सम्बन्ध बनाउन बाध्य हुने गरेको उनीहरुको गुनासो छ । यता जिल्लास्थित प्रहरी प्रशासनले भने यस्ता खालका गुनासा आफूहरु समक्ष नआएको जनाएका छन् ।

]]>
8225 0 0 0
सवारी आवतजावत बढ्यो http://localhost/ghum/%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%86%e0%a4%b5%e0%a4%a4%e0%a4%9c%e0%a4%be%e0%a4%b5%e0%a4%a4-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Thu, 04 Feb 2016 03:21:56 +0000 http://www.ghumphir.com.np/?p=8228

काठमाडौँ, २१ माघ ।

भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले सवारी आवतजावतमा समस्या परे पनि पछिल्लो समयमा सवारी साधन आवतजावतको सङ्ख्या बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार मङ्सिरको तुलनामा पुस र माघमा काठमाडौँ उपत्यकामा भित्रने र बाहिरिने सवारीसाधनको सङ्ख्या वृद्धि भएको हो । मङ्सिरमा एक लाख ५० हजार सवारीसाधन आवतजावत भएका थिए भने पुसमा एक लाख ८० हजारको हाराहारीमा सवारीसाधन उपत्यकामा भित्रिने तथा बाहिरिने गरेको महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले जानकारी दिनुभयो । निर्धारित भाडाभन्दा बढी भाडा लिई सवारीसाधन चलाएको, बाटो इजाजतपत्र नलिई सवारी चलाएको, सवारीस्वरुप परिवर्तन गरेको, आफूखुसी नम्बर प्लेट राखेको आरोपमा कारबाही पर्नेको सङ्ख्या पनि पछिल्लो समयमा बढेको छ । मङ्सिरमा १८ हजार ३२८ सवारीसाधन कारबाहीमा परेको भए तापनि पुसमा ३६ हजार ७६६ सवारीसाधनलाई कारबाही गरिएको छ । यो मङ्सिरको तुलनामा दोब्बर हो । माघमा ३३ हजार २१२ सवारीसाधन कारबाहीमा परेका छन् । यसैगरी, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनेको सङ्ख्या पछिल्लो समयमा घटेको छ । मङ्सिरमा तीन हजार दुई, पुसमा दुई हजार ९३६ र माघमा ६८० ले मापसे गरी सवारी चलाएको ट्राफिक प्रहरीले जनाएको छ । सवारी दुर्घटनाको सङ्ख्या भने बढेको छ । मङ्सिरमा ३५४, पुसमा ४२१ र माघमा २५९ सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ ।

]]>
8228 0 0 0
इन्भेष्टमेन्ट बैंकले सर्वसाधारणका लागि सेयर ल्याउँदै http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%ad%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%ae%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af/ Thu, 04 Feb 2016 03:31:46 +0000 http://www.ghumphir.com.np/?p=8230 कमल नेपाल

सर्वसाधारणका लागि फागुन महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर निस्कासन हुने भएको छ। चुक्ता पुँजी बृद्धिका लागि राष्ट्र बैंकले ल्याएको नीतिपछि पहिलो पटक यो बैंकले सर्वसाधारणका लागि सेयर स्वामित्व प्रदान गर्ने भएको हो।

सर्वसाधारणबाट ३० प्रतिशत सेयर स्वामित्व पुर्‍याउनुपर्ने प्रावधानअनुरुप बैंकले ९० लाख कित्ता सेयर प्रिमियममा जारी गर्ने भएको छ। ५ सय १ रुपैयाँ प्रिमियर रकम थप्दै प्रतिकित्ता ६ सय १ रुपैयाँका दरले सर्वसाधारणले कम्पनीको सेयर खरिद गर्न सक्ने छन्।

investment bank

नेपाल धितोपत्र बोर्डले सेयर निस्कासनका लागि स्वीकृति दिने अन्तिम तयारी गरेको छ। सेयर निस्कासनका लागि बैंकको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बोर्डले जनाएको छ। बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीका अनुसार केही दिनमै बोर्डले सेयर निस्कासनको लागि स्वीकृति दिने छ।

बोर्डले स्वीकृति दिएको २ महिनाभित्र सेयर जारी गरिसक्नुपर्ने प्रावधान रहे पनि फागुनको दोस्रो साताभित्रै सेयर निस्कासन हुने प्रबद्र्धक नागरिक लगानी कोषले जनाएको छ। यस पटक सेयर खरिद गर्दा डिम्याट खाता हुनेहरुले सोको बिओ आईडी नम्वर पनि फारममा भरेमा उनीहरुको सेयर सिधै खातामा जम्मा हुने व्यवस्था पनि मिलाइएको कोषले जनाएको छ। कोषका उपव्यवस्थापक रोशनजंग कार्की भन्छन् ‘डिम्याट खाता हुनेहरुले इन्भेष्टमेन्ट बैंकको सेयर प्रमाणपत्र लिन लाइन बस्नु पर्दैन।’ धितोपत्र बोर्डले स्वीकृति दिएपछि फागुनको दोस्रो सातासम्म इन्भेष्टमेन्ट बैंकको एफपीओ सेयर निस्कासन हुने उनले जानकारी दिए। मर्जमा नगई बोनस सेयर तथा एफपीओ निस्कासनबाट चुक्ता पुँजी बढाउनेगरी बैंकले आफ्नो योजना राष्ट्र बैंकसमक्ष बुझाएको थियो। एफपीओ निस्कासनपछि बैंकको चुक्ता पुँजी ९० करोड रुपैयाँ थपिनेछ। बोनस सेयर वितरणपछि कम्पनीलाई ८ अर्ब चुक्ता पुँजी पुर्याउन सहजता हुनेछ। २०७२ असारसम्मको लेखापरीक्षणपश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। पछिल्लो पटक बजारमा सो बैंकको सेयर मूल्य प्रतिकित्ता ९ सय रुपैयाँको हाराहारीमा रहेको छ। कस्तो छ बैंकको वित्तीय अवस्था ?

]]>
8230 0 0 0
चपरगौढी डायरी http://localhost/ghum/8233-2/ Thu, 04 Feb 2016 03:39:33 +0000 http://www.ghumphir.com.np/?p=8233
रेशम विरही
चपरगौढी मेरो जीवनको पुर्ववर्ती अस्तित्वसँग जोडिएको छ। चम्पानगरबाट चपरगौढी। चपरगौढी पनि अन्त्यमा च्यातियो, चिताएजस्तो भएन चुर्ण भयो।
ठुलाठुला समस्या, दैनिक गुजाराको लागि मुसाफिरगिरी तथा बुढा भैंसीको आङभरि टाँसिएका किर्नाजस्ता छाप्राहरूमा पसेर पिउने गरेको ठर्राको स्वाद यी सबैलाई सामान्यीकरण गर्नु मेरो लागि असामान्य आत्मपरीक्षण थियो। यो माटोको इर्दगिर्दमा सतत्रूपमा हिँड्न मलाई सहज त थिएन तर कसरी कसरी चिप्लिँदै गए दिनहरू, महिनाहरू र छैटौं वर्षले हात हल्लाउन नपाउँदै चपरगौढीलाई हात हल्लाएँ आफैंले।
दुई हत्केलाले फुटबल समातेर उठाएजस्तो पुर्वतर्फ रोहिणी खोला र पश्चिमतर्फ डुढुवा खोलाले अँगालेको चपरगौढी पुर्वपश्चिम 'लोकमार्ग' का यात्रीहरूको बिसौनी पनि हो । मेरो पनि पौने ६ वर्षको बिसौनी शंकर लामिछाने र रत्ना राईको सम्बन्धजस्तै भयो।
मेरो एउटा धारणा, विश्वास र आस्था चुर्ण भइसकेको थियो । सन्तानहरू पुर्णतया बिलखबन्दमा पर्ने भयावह पहाड मेरोअगाडि उभिएको थियो । यसलाई पार गर्नुपर्ने चुनौतीलाई काँधमा बोकेर हिँडेको थिएँ, निर्भय।
यसरी हिँड्दा डुढुवाको पुल तर्न नपाउँदै मेरो आत्मामा एउटा बमको गोला खस्यो । त्यो बम कतै पड्किएन र कसैलाई क्षतविक्षत बनाएन । मात्र मेरो आत्माको नालायकीमाथि बज्रियो । मैले आत्मालाई 'लोहात्मा' बनाएँ र डुढुवा तरेँ।
डुढुवाको पुल कटेपछि पत्नी लक्ष्मीले एकपटक टिलपिल टिलपिल भएका आँखा चपरगौढीतिर फर्काएर कोहलपुर चौराहातिर सोझ्याइ।कति फरक थियो- लक्ष्मीको र मेरो विश्वास।
मलाई चम्पानगरबाट विस्थापन एउटा ठुलो र भुमरी परेको जंघारमा हाम फाल्नुजस्तै थियो तर उसलाई मेरो कर्म कुकर्मको हेक्का नै थिएन । मेरो मर्दनाको विश्वासमा हिँडिएकी थिई चम्पानगरलाई लात मारेर।
अबोध बालकहरूका चिम्सा आँखामा भोक लाग्दा आँसु हुन्थे, नलाग्दा हाम्रा काख र नयाँ ठाउँको सम्मोहनमा नाचिरहेका हुन्थे । कहिलेकाहीँ मेरो कवित्व जुर्मुराएर उठ्थ्यो र पोखिन्थ्यो ‘एक्स्ट्रयाक्ट मुर्ति' जस्तो कागजमा। र, म वेस्वादको आत्मरतिभा रमाउँदै पस्थेँ-गल्लीतिर।
मैले थुप्रै गल्लीहरू चहारेँ, थुप्रै मानिसका अनुहारहरूका सुन्दरताबाट मोहित भएँ र समाजका कैयन अवयवहरूलाई सुम्सुम्याएँ तर म चाहिँ एउटा निख्लो नियतिबाट गुज्रँदै गएँ।
चपरगौढीमा मेरो समय अनौठो प्रकारले दौडियो, भाग्यो र कच्याककुचुक पारेर डस्टबिनमा फालेको कागजको पोकोजस्तो पनि भयो । संगतीय पर्यावरणले नराम्रोसँग गाँज्यो। अलिकति उच्छृंखल बाटोमा सुतायो। एक वर्षको कालखण्ड बित्दानबित्दै म एउटा विचारको पर्खालमा टाँसिएर नयाँ संगतको शिविरमा मिसिन पुगेँ। तर त्यो शिविरको दसगजा छिचोल्न मलाई हम्मेहम्मे पर्‍यो।
मदन भण्डारी हत्याको विरुद्धमा उलिएको आन्दोलन कृष्णप्रसाद भट्टराईले तारे होटेलको डिनर वार्तामा शीताङ्ग पारिदिए पनि धङ्धङी बाँकी थियो । मैले पनि त्यो धङ्धङीलाई अलिकति 'सेयर' गरेँ र विस्तारै दसगजा छिचोलेँ तर केही 'दरोगा साहब'हरूको आँखामा तारो बनिरहेँ।
'लक्ष्मीले सारेको लिची त फल्यो नि बाबु ! तपाईंले बेचेर गइहाल्नु भो' एक दिन रमेशकी आमाले मलाई भनिन्।रमेश, मेरो कान्छो छोरा शेखरको सहपाठी, दोस्ती र उसको परिवारको र मेरो परिवारको समेत अभिन्न अंग।
रमेशकी आमाको लागि मेरी पत्नी लक्ष्मी र कान्छो छोरा शेखर आफ्नै सन्तानजस्ता थिए। मैले श्रद्धापुर्वक भाउजु भन्ने गरेको सम्बोधन उनका लागि अत्यन्त प्रिय थिए। ती भाउजुले लिचीको बोट फलेको र हामीले खान नपाएको दुखेसो पोखेपछि मेरो मनमा टाटा परिसकेको अर्को घाउको पीडाबोध भयो।
चम्पानगरमा पनि दसहरी आँपको एउटा बिरुवा रोपेको थिएँ, जुन फल्ने बेलामा बेचेर हिँडिदिएको थिएँ। मैले मनमनै भनेँ, 'हो भाउजु म बिरुवा सार्दै जान्छु र फल्ने समयमा छोड्दै जान्छु।'(अहिले पनि पश्चिम रामपुरको सानो घरअगाडि एउटा आँपको बिरुवा हुर्किएको छ, खै कुन्नि यो पनि मेरो भागमा पर्दैन कि कालान्तरमा !)
अंग्रेजी नामलाई उपनामको पुच्छर झुन्ड्याएका एकजना बौद्धिकता प्रदर्शन गर्ने मित्र छन्-नोपलगन्जका (म उनलाई सहृदयी मित्र ठान्छु तर उनी मलाई आलोचनात्मक मित्र हो भन्छन्) उनले मेरो चरित्रमाथि गरेको एउटा मीठो टिप्पणी पनि लिचीको बोटले सम्झायो ‘तपाईं अर्थात् सार्वजनिकरूपमा रेशम दाइ, दुई हत्केला जोडेर थाप्छ तर उसको हत्केलामा पर्न लाग्दा हत्केला छुट्याइदिन्छ र त्यो भुइँमा खस्छ।'
आँपको बोट, लिचीको बोट र मित्रको टिप्पणी मेरा लागि लबस्तरो कुरा हो, जबकि म सयौँ बिरुवाहरू रोपिरहेछु, सयौं आँकुराहरू उमारिरहेँछु र मचाहिँ आफ्नै माटोमा फुल्ने सुगन्धको खोजीमा भौंतारिएको छु। त्यसैले म कहिलेकाहीँ बेजोडले हाँस्दै भन्छु, 'म यायावर होइन गुलियर हुँ, म फकिर होइन कानचिरा जोगी हुँ, जसले मध्यरातमा बस्तीहरूलाई सचेत गराउँछ।'
चपरगौढीको चपरीचपरीमा मेरो सास छ। त्यहाँका भट्टीभट्टीमा मेरो उच्छवास छ। त्यहाँका हरेक नागरिकको ओठको मुस्कानमा मेरो प्रेमको प्रतिबिम्ब छ। रोहिणीको बगर र डुढुवाको किनारमा मैले थुप्रै स्केच गरेँ-बालुवामा। कुनै स्केचहरू साँच्चिका चित्र बनेर टाँसिए, कुनै स्केच पानीमा मिसिए। तर एउटा जीवन्त चित्र मसँगै आइपुगेको छ-मुटुभरि।
म त्यो चित्रलाई मुटु कोट्याएर हेर्छु-कहिलेकाहीँ। र देख्छु, सिंगो मायाको प्रतिबिम्ब मेरी एउटी मात्र दिदी थिइन्, जो यसै वर्ष निदाइन् चीरकालका लागि। जीवनका समानान्तर आर्थिक यात्रासम्म मैले उनको अघोर माया पाएँ र मैले पनि यसको ऋण तिरिरहेँ।
तर, जब म आर्थिक र भौतिकरूपले परदेशी हुँदै गए तब उनको र मेरो मायाबीचको 'फासला' फराकिलो हुँदै गयो। २० वर्ष त्यसै बिते, उनको हातबाट एउटै टीका थाप्न पाइनँ, उनी अचानक अलप भइन्। चपरगौढी र त्यहाँबाट छुट्टिएपछि लगातार १६ वर्ष मेरी त्यहाँ अर्की दिदी थिइन् र अझै छन्।
मेरा निम्ति जीवन्त रहनेछिन्। चापरगौढीको मेरो आ श्रयको एउटा मुर्धन्य तस्बिर तिनै दिदीको हो-जुन मैले चपरगौढीको त्यो बालुवामा आकार कोरेर साकार बनाएको थिएँ।सम्बन्धलाई अर्थको तराजुमा हालेर तौलने 'दंश' परम्पराबाट कहिलेकाहीँ आहत तुल्याउँदो रहेछ तर प्रेमको निस्वार्थ स्वार्थ भएका महात्मा पनि पाइँदो रहेछ, खोज्दै जाँदा।
चपरगौढीमा मेरो समय अनौठो प्रकारले दौडियो, भाग्यो र कच्याककुचुक पारेर डस्टबिनमा फालेको कागजको पोकोजस्तो पनि भयो।
मैले चपरगौढीमा यस्तै महात्मा पाएँ-एउटी वृद्ध दिदी र शशिकला भाञ्जी। चपरगौढीमा कहिल्यै रात पर्दैनथ्यो। चौबीसैघन्टा चलायमान हुने चपरगौढी मेरा लागि पनि कतिपय रातहरू हराए, मेरो छोराहरूका हराए, एउटा सानो कोल्ड ड्रिङसको पसलमा नोटको बाटो कुरेर रात बिते, चोटको भारी बोकेर दिन बिते।
कोहलपुर-नेपालगन्ज, नेपालगन्ज-चपरगौढी टेम्पोको खटरखटरमा ओहोरदोहोर गरेर पौने ६ वर्ष बिते।चेतनाको फैलावटलाई सबै ठाउँमा ओछ्याउनु पनि गलत रहेछ भन्ने कुरा मैले बल्ल पो बुझ्दै आएँ।
चार कक्षामा जिल्लास्तरीय निबन्ध प्रतियोगितामा प्रथम भएपछि कविता र निबन्ध लेख्ने लत लाग्यो। २०२६ सालमा स्कुल युनियनको सभापति र अनेरास्ववियुको जिल्ला सदस्य भएपछि राजनीतिको नसाले छोयो।
२०२७ सालमा नेपाल-भारत व्यापार तथा पारवहन सन्धि नभएपछि चितवनमा आयोजित एउटा विरोध सभामा मैले भाषण गरेको कुराको समाचार मातृभुमिमा छापियो र त्यो समाचारले मलाई पत्रकारितामा तान्यो। यो त्रिखुट्टे नियतिले कतै टेक्न दिएन, सधैं 'डिस्ब्यालेन्स' गरिरह्यो, तीनैतिरबाट 'इग्नोर' गरिरह्यो।
मेरो मझौला प्रकारको महत्वाकांक्षा सधैं तिरोहित भइरह्यो र म एक प्रकारको 'आवारा' नै हुँ कि भन्ने म आफैंलाई लाग्न थाल्यो।चपरगौढीको जीवन अधिकांश जाजरकोट र सल्यानबाट झरेकाहरूको जीवन हो।
त्यो जीवनसँग मेरो जीवनको 'कक्टियल' दिनचर्या अनौठो प्रकारले बित्ने गर्थ्‍यो। दंगाली गरिब र दंगाली जिम्दारहरूको पनि उत्तिकै बोलवाला थियो । एकजना रामप्रसाद दाइ थिए, दंगाली जिम्दार जो सुप्रभातमा नै मनोरञ्जनका सौखिन थिए।
उनको घर एक प्रकारले मुसाफिरखानाजस्तो पनि लाग्थ्यो कहिलेकाहीँ। बन्दुक बोकेका मोहन वैद्यदेखि हतियार त्यागेका माधव नेपालसम्मको डेरा बन्ने गथ्र्यो । र बेलाबखत दौंतरी भेला गरेर रमाउने उनको सोख पुरा गर्ने क्रियामा म पनि सक्रिय हुने गर्थें।
म त्यो सक्रिय कर्ममा तौलिएर उद्दत हुन्थेँ, रामप्रसाद दाइ बेपर्वाह आफुलाई पोखिदिन्थे। अन्ततः उनलाई यही कर्मले अगैयाको घाटमा पुर्‍यायो, मलाई अन्धाले ब्रेलमा लेखेजस्तै खोपिरह्यो समयले।
मृत्युको ६ महिनापुर्व माओवादीको चँदुवामुनि 'यज्ञोपवित' धारण गरेका रामप्रसाद दाइको लासलाई झन्डा ओढाउन माओवादीले लाज मान्यो, एमालेले कर्तव्य ठानेन, कांग्रेसहरू मलामी भए, सर्वसाधारणले जिम्दार साहेबको मृत्युमा शोक मनायो, बस् ! रामप्रसाद दाइको सारा चकचकी समाप्त भयो।
यो सब प्रसंग मभित्र राजनीतिको निर्मम र कुटिल सम्झनाले ल्याएको हो। मेरो मुल ध्येय चपरगौढीमा बितेका मेरा समयहरूको समालोचना गर्नु मात्र हो । चपरगौढी मेरा लागि एउटा विश्वविद्यालय नै बन्यो, जहाँबाट मैले समाजका वर्ग-प्रवर्ग र राजनीतिका दृष्टिचरित्रहरूको समग्र मनोविज्ञान पढेँ।
यसले मलाई बेलाबखत दार्शनिक रेनेडेकार्ट हुँजस्तो पनि बनाउँछ र सिग्मण्ड फ्रायडजस्तो मनोवेत्ता पो भएँजस्तो पनि लाग्छ। किनकि मैले चपरगौढीबाट बुझ्न थालेको ‘बुच्चडखानाको अन्तर्य’ले पोल्नुसम्म पोलिरहेको छ अझैसम्म।
एक बोरा चामल ल्याएर दुःखको बेला गर्जा टारिदिने होमनाथ सापकोटा र मिलन सापकोटा दुई चरित्रहरूको आ-आफ्नै प्रकारको मप्रतिको प्रेमको रहस्य प्रेममात्र थियो ? कि दयाको अंश थियो, यो मैले छुट्ट्याउन सकेको छैन।
मिलन दाइ पनि बितेर गए, भाउजु ठम्ठमाउँदी जीवित छन्, होमनाथ स्थानीय राजनीतिको उपगुटीय निर्णय शिविरमा बसिरहेका छन् र बहिरंग प्रेमले मलाई अझै पनि सुखद अनुभुति दिइरहेको छ।चपरगौढीको स्मृतिमा फर्कंदा मैले कहिल्यै पनि भुल्न नसक्ने एउटा जिउँदो जाग्दो चरित्र मेराअगाडि प्रकट हुन्छ।
रोहिणीको डिलमा एउटा छाप्रोमा गाई पालेर बस्ने भण्डार्नी आमा, उनकी देहव्यापारी छोरी र चोरी-डकैतीको कसुरमा सधैं भुमिगत उनको लोग्ने-यति तीन जनाको परिवार। तर भण्डार्नी आमा सधैँ एक्लै बस्थिन्।
एउटा दुधालु लोकल गाई पाल्थिन् र दुध बेचेर गुजारा चलाउँथिन्। उनले पालेको गाईको दुध मैले झन्डै दुई वर्ष किनेर खाएँ तर उनको अनुहार, व्यवहार र चरित्रमा न लोग्नेको बिम्ब थियो, न छोरीको छाया। उसको लोग्ने जंगल छिचोलेर मध्यरातमा रोहिणी तथ्र्यो र स्वास्नीलाई भेटेर उज्यालो नहुँदै फर्कन्थ्यो।
छोरीचाहिँ एक हप्ता बिराएर घरमा आउँथी, कालो चस्मा उतारेर आमालाई भेट्थी र एक रातसँगै बसेर भोलिपल्ट चुरोटको धुवाँ उडाउँदै चपरगौढीबाट बस चढेर अलप हुन्थी। कहिलेकाहीँ चपरगौढी रोहिणी किनारको बस्ती भण्डारीको सम्भावित डकैतको आशंकाले भयभीत हुन्थ्यो तर कोहलपुर इलाका प्रहरी कार्यालयका बन्दुकधारीहरू चपरगौढीतिर आँखै नहेरी निदाइदिन्थे किन हो कुन्नि मैले पटक्कै बुझ्न सकिनँ।
भोग्न पनि चपरगौढीले अनेक प्रकारका चरित्रहरू भोग्यो र म पनि फट्के किनाराको साक्षीझैँ ती चरित्रहरूसँग टाँसिएँ। कहिले सामाजिक दायित्वले, कहिले मित्रताको परिबन्धले र कहिले आफ्नै खुसीको उमंगले मलाई जोड्थ्यो र छुट्याउँथ्यो।
मेरो सानो कोल्ड ड्रिङसको पसलमा एकपटक एउटा चरित्रको आगमन भयो। साँझपख म छोरालाई पालो दिन दोकान कुरेर बसिरहेको थिएँ। एकजना चितवनका परिचित समकालीन पुस्ताका प्रौढ नमस्ते गर्दै प्रवेश गरे।
गहिरो हिमचिम नभए पनि चितवनमा लामो समयदेखि परिचित उनलाई मैले यथोचित सत्कार गरेँ। पञ्चायतकालमा सशक्त प्रजातन्त्रवादी युवाका रूपमा परिचित उनले मेरो पसलमा भित्रपट्टि घुस्रिएर दुई क्वाटर रंगीला नामको दारु घुट्याए कतैतिर लस्किएँ। त्यसपछि उनी लगातार आउन थाले।
मेरो मस्तिष्कले थामिनसक्ने गरी आर्थिक हैसियतका गफ चुटे। लाख दुई लाख होइन करोड र अर्बको बाटो देखाउँथे । कहिलेकाहीँ म पनि लोभले आशक्त हुन्थे र सरिक हुन खोज्थे उनको बिजिनेस योजनामा।
भालुबाङमाथि धानखोलामा एउटा ठुलो रिसोर्ट खोल्ने, जुम्लाको स्याउ ल्याएर लमहीमा उच्चकोटीको स्याउको मदिरा, वाइन र बियर उत्पादन गर्ने फ्याक्ट्री खोल्ने उनको ध्येय भएको कुरा मलाई बताए। केही दिन उनी हराए।
त्यसपछि करिब एक महिनाको अन्तरालमा उनी फेरि प्रकट भए र मलाई रिसोर्ट र रक्सी फ्याक्ट्रीको योजना र बजेटको तयारी पुरा भएको जानकारी गराए। मलाई सुचना अधिकृतका रूपमा मासिक ३० हजार तलबसहितको रोजगारीको प्रत्याभुति दिए। मैले सोचेँ, 'अब मेरो दुःखका दिन सकिन लागे।'
यी सारा कुराहरूको तय भएको रात उनले मेरो पसलबाट थामिनसक्नु गरी रक्सी पिए। मैले आफ्नो रोजगारदाताबाट पैसा लिन सकिनँ, उनी लड्खडाउँदै होटेलतिर लागे । भोलिपल्ट एकाबिहानै आएर बृहत् योजनाको प्रयोजनको लागि नेपालगन्जमा डेरा खोजिदिन आग्रह गरे।
म तत्काल तयार भएर हिँडे नेपालगन्ज र धम्बोझीका कवि मित्र भोजराज शर्मा 'नादिर'को काकाको घरमा डेराको बन्दोबस्त गरिदिएँ। त्यसपछि उनी फेरि हराए। म उनको प्रतीक्षामा बाटोभरि आँखा ओछ्याइरहन्थेँ तर उनी कहिल्यै आएनन्।
एक दिन अचानक कोहलपुर इलाका प्रहरी कार्यालयले मलाई बोलायो । म कौतुहल, जिज्ञासा र अलिकति अज्ञात भय बोकेर प्रहरी कार्यलय पुगेँ। त्यहाँ पुगेपछि मैले जे सुनेँ त्यसले मलाई आश्चर्यचकित बनायो।
ती प्रजातन्त्रवादी मसिहा पार्टीका युवा नेताले चितवन नारायणगढमा तरकारी पसल गर्ने एक युवतीलाई गर्भवती तुल्याएर त्यही डेरामा अलपत्र पारेर फरार भएका रहेछन् र मलाई डेरा खोजिदिएको कारणले इन्क्वायरी गर्न खोजिएको रहेछ।
अन्त्यमा बाँके जिल्ला प्रहरीले चितवन जिल्ला प्रहरीबाट उनी अन्य अपराधमा चितवनमा पनि 'वान्टेड' भएको खुलासा गरेपछि म मुक्त भएर घर आएँ।यो घटनापछि मलाई केही दिन अत्यन्त मानसिक सास्ती भयो।
 उसको लोग्‍ने जंगल छिचोलेर मध्‍यरातमा  रोहिणी तर्थ्‍यो र स्वास्नीलाई भेटेर उज्‍यालो नहुँदै फर्कन्थ्यो। 
समाजमा देखिने यस प्रकारका 'नटवरलाल' चरित्रको फन्दामा पर्नु पनि आफ्नै सोचको कमजोरी हो भन्ने ठम्याउँदै म शान्त हुने प्रयत्नमा लागेँ। यसअघि पनि चितवनबाटै गएको अर्को 'नटवरलाल'बाट ठगिएको थिएँ।
जताततै ठगिनु र विश्वास भन्ने शब्दबाटै भयभीत हुनुपर्ने अवस्थाहरू यीबाहेक अन्य सानामसिना घटनाबाट प्रताडित हुँदै मैले चपरगौढीलाई पौने ६ वर्ष चढाएर बिदा लिएँ।यो मेरो डायरीमा सामान्य टिपोट गरिएका स्मृति दंशहरू हुन्।
खासमा यो डायरी त होइन। एक प्रकारले जीवनको एक कालखण्डको आंशिक आत्मकथा पनि हो। मेरो अर्थमा, मेरो परिभाषामा जीवन भनेको स्वत्व रक्षाको युद्ध मैदान हो। यो युद्ध मैदानबाट मैले आफ्नो स्वत्वको रक्षा गरेको छु, परिचय बचाएको छु र अरू सारा कुराहरू गुमाएको छु।साभार अन्नपुर्ण
]]>
8233 0 0 0
आन्दोलनले रु एकचालिस करोड घाट http://localhost/ghum/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a5%81-%e0%a4%8f%e0%a4%95%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%b8-%e0%a4%95%e0%a4%b0%e0%a5%8b/ Thu, 04 Feb 2016 03:42:38 +0000 http://www.ghumphir.com.np/?p=8236

महोत्तरी, २१ माघ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गत साउन ३० गतेदेखि जारी राखेको अनिश्चितकालीन आम हडताल तथा धर्नाका कारण जलेश्वर भन्सार कार्यालयलाई रु ४१ करोड ९१ लाख राजस्व घाटा भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म उक्त भन्सारले रु ६ करोड ३३ लाख २९ हजार मात्र राजस्व सङ्कलन गरेको छ । भन्सारले साउनमा रु पाँच करोड ९१ लाख ९२ हजार, भदौमा रु १० लाख ६४ हजार, असोजमा रु तीन हजार, कात्तिकमा रु १० लाख ८२ हजार, मङ्सिरमा रु ८४ हजार र पुसमा १९ लाख दुई हजार राजस्व सङ्कलन गरेको छ । भन्सार प्रमुख जनार्दन आचार्यकाअनुसार चालु आवको ६ महिनामा रु ७७ करोड ६२ लाख राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । नाकाको अवरोध नहटेसम्म राजस्व असुली दर नसुध्रिने उहाँको भनाइ छ । बन्द हडताल र नाका अवरोधका कारण भन्सारलाई सर्वाधिक राजस्व दिने वस्तु सवारी साधन, इन्धन र औद्योगिक कच्चा पदार्थको निर्वाध आयात हुननसकेका कारण लक्ष्य अनुरूपको राजस्व सङ्कलन गर्न नसकिएको हो । बन्द हड्तालअघि सो भन्सारले दैनिक रु १९ लाखदेखि रु ३० लाखसम्म राजस्व सङ्कलन गर्दै आएको थियो । चालु आवका लागि विभागले भन्सारलाई रु ८८ करोड ९३ लाख ८६ हजार राजस्व सङ्कलनको लक्ष्य तोकेको छ ।

]]>
8236 0 0 0
निकुञ्जमा पानीका ठूला स्रोत फेला http://localhost/ghum/8238-2/ Thu, 04 Feb 2016 03:57:00 +0000 http://www.ghumphir.com.np/?p=8238 चितवन, २१ माघ ।
नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पानीका ५८ वटा ठूला स्रोत फेला परेको छ।निकुञ्जले हालै गरेको अनुगमनमा ती स्रोत फेला पारिएकाले संरक्षणको प्रयास थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।
साना पानीका स्रोत भने प्रशस्तै भए पनि पानीका ठूला स्रोतको मात्रै अहिले अध्ययन गरिएको उनले बताए।
निकुञ्जभित्र ३८ वटा र मध्यवर्ती क्षेत्रमा २० वटा पानीका स्रोत फेला परेको हो। यसमा १० हेक्टर माथिका पाँचवटा, १० सम्मका २९ वटा र बाँकी एक हेक्टर बराबरका पानीका स्रोत तथा सिमसार छन्।
निकुञ्जमा २ सय ५६ हेक्टरमा सिमसार क्षेत्र फैलिएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए।
‘‘पानीका स्रोत र सिमसार क्षेत्र संरक्षण हुन सके मात्रै वन र वन्यजन्तुको संरक्षण प्रभावकारी हुने भएकाले फेला पारिएका पानीका स्रोतहरुलाई संरक्षण गर्न थालिएको छ’’ उनले भने।
उनका अनुसार पोखरीको अस्तित्व नमेटियोस् भनेर पोखरी बढाउने, थुन्ने, आकार पराकिलो तथा गहिराइ बढाउने काम निकुञ्जमा भइरहेको छ।
रामसार सूचीमा सूचीकृत २० हजारी ताललगायत १७ हजार ताल बाटुली ताललगायत महत्वपूर्ण क्षेत्रमा संरक्षण गर्ने र पर्यटन प्रवद्र्धनका काम समेत भइरहेको कँडेलले बताए।
पानीका स्रोत र सिमसारको महत्व बढ्न थालेपछि अहिले विभिन्न क्षेत्रमा स्थानीयवासी आफैँ सिमसार संरक्षणमा जुट्न थालेका छन्प्राकृतिक चक्रका लागि सिमसारको महत्व अति हुने भन्दै चितवनको भरतपुरस्थित गीतानगरको उज्वलनगरका बासिन्दा अहिले सिमसार क्षेत्र संरक्षणमा जुटेका छन्। स्थानीय बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनका स्थानीयवासी सिमसार क्षेत्रको संरक्षणमा जुटेका हुन्
]]>
8238 0 0 0
स्यार्पु तालकाे साैन्दर्य http://localhost/ghum/8240-2/ Thu, 04 Feb 2016 04:14:01 +0000 http://www.ghumphir.com.np/?p=8240

कुलदीप न्यौपाने

नेपालका धेरै तालहरु चर्चामा छन्, जो चर्चित पर्यटकीयस्थल बनिसकेका छन् तर रुकुमको प्राकृतिक ताल स्यार्पुबारे कमै मात्र चर्चा भएको रुकुम जिल्लाको बाफिकोट गाबिसमा पर्ने यो ताल सदरमुकाम मुसीकोटदेखि ५ कोश उत्तरतर्फ छ। स्यार्पु दह पुग्न सदरमुकामबाट १ घण्टाको ग्राभेल सडकको यात्रा गर्नुपर्दछ । समुन्द्र सतहदेखि करिब १ हजार ३ सय ७२ मिटरको उचाइमा रहेको स्यार्पु दहको क्षेत्रफल २.६ वर्ग किलोमिटर छ ।
वरिपरी अग्ला पहाडले घेरिएको र बीचमा त्रिकोण आकारको नीलो दहमा पर्यटकको लागि र्याफ्टीङको र बस्नखानका लागि होटेलको सुविधा छ। यस दहमा स्थानीय संस्थाहरुले माछा पालन गरी प्रशस्त आयआर्जन पनि गरिरहेका छन्। यही तालबाट बाहिर जाने पानीबाट २५० वाट क्षमताको बिद्युत उत्पादन गरी सदरमुकाम लगायत आसपासका सात गाबिसमा बिद्युत सेवासमेत प्रदान गरिएको छ।
प्राकृतिक सम्पदाले सम्पन्न रुकुम कला र संस्कृतिको धनी छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलमा पर्ने रुकुम जिल्लाको पूर्वमा बाग्लुङ र म्याग्दी, पश्चिममा जाजरकोट, उत्तर डोल्पा र दक्षिणमा रोल्पा र सल्यानसँग सिमाना जोडिएको छ ।
बिभिन्न मठ मन्दिर र गुफाहरु रहेको रुकुमलाई ५२ पोखरी ५३ टाकुरीको नामले पनि चिनिन्छ । सदरमुकाम मुसीकोटसम्म कालोपत्र सडक सञ्जाल पुगेको रुकुमको सदरमुकाम मुसीकोटसम्म काठमाडौ र नेपालगन्जदेखि हवाइ मार्गबाट पनि पुग्न सकिन्छ ।
syarpu tal rukum (1) syarpu tal rukum (2) syarpu tal rukum (3) syarpu tal rukum (4) syarpu tal rukum (5) syarpu tal rukum (6) syarpu tal rukum (7) syarpu tal rukum (8) syarpu tal rukum (9) syarpu tal rukum (10)
]]>
8240 0 0 0
तस्बिरमा तेलमाथि बसेको बस्ती http://localhost/ghum/8252-2/ Thu, 04 Feb 2016 04:17:27 +0000 http://www.ghumphir.com.np/?p=8252 अजरबैजानको राजधानी बाकुबाट करिब १०० किमि टाढा एउटा यस्तो शहर छ जो तेलमाथि बसेको छ। यो पहिले तेलको एक प्लेटफर्म थियो र हाल यहाँ करिब ३ हजार मानिसको बसोबास भएको बताइएको छ। यसको नाम नेफ्ट डास्लारी हो र यसलाई ओयल रक्स भनेर पनि चिनिन्छ।
अन्तर्राष्ट्रिय रिपोर्टका अनुुसार यहाँका बासिन्दालाई हरेक प्रकारको सुविधा छ। पूराना पानीजहाजमाथि बस्ती बनाइएको छ।

timthumb

 ]]>
8252 0 0 0
सिंहदरबारभित्र एक मेगावाट क्षमताको मात्रै सौर्य प्रणाली http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%b9%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%8f%e0%a4%95-%e0%a4%ae%e0%a5%87%e0%a4%97%e0%a4%be%e0%a4%b5%e0%a4%be/ Thu, 04 Feb 2016 10:36:05 +0000 http://www.ghumphir.com.np/?p=8256

रमेश लम्साल काठमाडौँ, २१ माघ ।

सरकारले मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा एक मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने भएको छ । भूकम्पका कारण सिंहदरबारको प्रमुख भवनलगायत महत्वपूर्ण संरचनामा क्षति पुगेपछि क्षमता कम गरेर एक मेगावाट मात्रै सौर्य ऊर्जा प्रणाली जडान गर्न लागेको हो । यसअघि सरकारले सिंहदरबारभित्र पाँच मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने जनाउँदै आएको थियो । चिनियाँ सहयोगमा उक्त प्रणाली जडान गरिने बताइएको छ । चिनियाँ पक्षले सौर्य प्रणाली राख्ने स्थान, लागतको आवश्यक नाप जाँच गरिसकेको छ । विद्युत्को अत्यधिक माग बढ्दै गएपछि सरकारले २०६७ सालमा नै सिंहदरबारभित्र सौर्य प्रणाली जडान गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरेको थियो । गत साल पुसमा पनि सौर्य प्रणाली जडान सम्बन्धमा आवश्यक अनुसन्धान भएको थियो । तर गोरखा भूकम्पका कारण प्रमुख भवनमा नै समस्या उत्पन्न भएपछि चिनियाँ पक्षले थप अध्ययन गरेको ऊर्जा मन्त्रालयले जनाएको छ । सम्भाव्यता अध्ययनका क्रममा सिंहदरबारभित्र र आसपासमा रहेका सरकारी भवनको तथ्याङ्क सङ्कलन गरिएको थियो । तर भूकम्पपछिको अवस्थामा एकाध भवन काम नलाग्ने अवस्थामा पुगेको पाइएको छ । ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थका अनुसार पछिल्लो अध्ययनबाट एक मेगावाट विद्युत् उत्पादन हुने देखिएको छ । सरकारले सिंहदरबार परिसरमा रहेको खाली जमिन एवम् भवनमा सबै छतमा सौर्य प्रणाली जडान गर्ने जनाएको थियो । त्यसो हुँदा करिब पाँच मेगावाट विद्युत् उत्पादन हुन सक्ने ऊर्जाको प्रारम्भिक अध्ययनमा पत्ता लागेको थियो । सिंहदरबारभित्र रहेका तर भूकम्पले समस्या खडा नगरेका भवनमा छत तथा खाली जमिनमा सोलार जडान गरिने र सिंहदरबारभित्र आवश्यक पर्ने विद्युत् सोही प्रणालीमार्फत नै आपूर्ति गर्ने लक्ष्य राखिएको सहायक प्रवक्ता पन्थको भनाइ छ । सिंहदरबारभित्र कुल ४० वटा भवन रहेका छन् । तीमध्ये मुख्य भवन र केही साना भवन भने भूकम्पले क्षति पु¥याएको छ । सौर्य प्रणाली जडान गर्न प्रतिमेगावाट लागत रु २६ करोड बढी पर्दछ । सो आधारमा पाँच मेगावाट क्षमताका लागि रु एक अर्ब ३२ करोड लाग्ने प्रारम्भिक अनुमान छ । हाल दैनिक १४ घन्टा बढी विद्युत्भार कटौती भइरहेको बेला सिंहदरबारभित्र र काठमाडौँ उपत्यकाभित्र रहेका सरकारी भवन एवम् खाली स्थानमा जडान गरिने सौर्य प्रणालीले ऊर्जा सङ्कटलाई सामान्य रुपमा सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस्तै, सिंहदरबारबाहिर रहेका सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास लगायतका स्थानमा पनि सौर्य प्रणाली जडान गर्ने विषयमा अध्ययन जारी रहेको बताइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यसअघि सिंहदरबारमा सौर्य प्रणाली जडान गर्ने सम्बन्धमा अध्ययन गरेको थियो । सो अध्ययनअनुसार सबै कार्यालयमा सौर्य प्रणाली जडान गर्दा ३.५ मेगावाट विद्युत् उत्पादन हुने देखिएको थियो । नेपाल विद्युत् प्राधिकरणकाअनुसार सिंहदरबारभित्र रहेका कार्यालयमा दैनिक करिब तीन मेगावाट विद्युत् खपत हुँदै आएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पनि जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रमअगाडि सारेको छ । मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले महानगरपालिका क्षेत्रमा ६० प्रतिशत, स्थानीय निकायबाट २५ प्रतिशत, उपभोक्ताबाट १५ प्रतिशतलगानीमा सौर्य प्रणाली जडान गरिने जानकारी दिनुभयो । वर्तमान विद्युत्भार कटौती अन्त्य गर्न र स्थानीय सडक बत्ती महसुललाई न्यूनीकरण गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ । यस्तै, सरकारले निकट भविष्यमा जारी गर्न लागेको ऊर्जा सङ्कटकालमा समेत सौर्य प्रणालीको विकास र विस्तारमा विशेष जोड दिने जनाएको छ । ऊर्जाले तयार पारेको ऊर्जा सङ्कट निवारणकालमा सौर्य ऊर्जाको प्रतियुनिट लागत रु ९.६१ पैसासम्म गर्ने तयारी गरेको छ । तर सौर्य ऊर्जाको क्षेत्रमा काम गरिरहेकाले भने सौर्य ऊर्जाको प्रतियुनिट लागत रु १६ भन्दा बढी पर्ने जनाउँदै आएका छन् । थप शुल्क कसले व्योहोर्ने भन्ने सम्बन्धमा आवश्यक निर्णय भइनसकेको बताइन्छ । ‘‘सरकारले थप रकम व्यहोर्ने वा अरू कुनै विकल्प अपनाउने भन्ने विषयमा छलफल जारी छ । प्रस्तावित प्रिमियममा सरोकार भएका पक्षको सहमतिमा नै अगाडि बढ्ने मन्त्रालयको सोच छ”– ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता पन्थले भन्नुभयो ।

]]>
8256 0 0 0
दार्चुला–काठमाडौँ नियमित बस सञ्चालन http://localhost/ghum/%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a5%81%e0%a4%b2%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%ae%e0%a4%bf/ Thu, 04 Feb 2016 10:37:48 +0000 http://www.ghumphir.com.np/?p=8259

बैतडी, २१ माघ ।

महाकाली सेती यातायात व्यवसायी समितिले आजदेखि दैनिक दार्चुला–काठमाडौँ बस सेवा सञ्चालन गरेकोे छ । गत मङ्सिर २४ गतेदेखि एक दिन बिराएर सञ्चालन भएको अपी डिलक्स बस सेवा यात्रुको चाप बढेपछि आजदेखि दैनिक रुपमा सञ्चालन गरिएको यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रुको मर्कालाई ध्यानमा राखी दैनिक बस सेवा सञ्चालन गरेका हाँै ।” हिटर जडित बसमा वाइफाइ सुविधासमेत उपलब्ध रहेकाले यात्रा आरामदायी हुने उहाँको भनाइ छ । दार्चुलाबाट काठमाडौँसम्मको भाडा प्रतियात्रु रु दुई हजार ५६० निर्धारण गरिएको छ । दार्चुलाबाट बिहान ७ बजे र काठमाडौँबाट बिहान ११ः४५ बजे बस छुट्ने समितिले जनाएको छ ।

]]>
8259 0 0 0
लाखौँको इन्धन बरामद http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a5%8c%e0%a4%81%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%ac%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%a6/ Thu, 04 Feb 2016 10:41:01 +0000 http://www.ghumphir.com.np/?p=8261

लहान, २१ माघ ।

प्रहरीले सिरहा सदरमुकामको विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेको लाखौँ मूल्य बराबरको इन्धन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले हिजो विभिन्न स्थानबाट रु दुई लाखभन्दा बढी मूल्य बराबरको पेट्रोल, मट्टीतेल र डिजेल बरामद गरेको हो । सिरहा नगरपालिकाको वडा नं ३ र ७ बाट ५८ वटा ड्रममा रहेको दुई हजार ५९५ लिटर पेट्रोल, २४० लिटर मट्टीतेल र छवटा ड्रममा रहेको ३०० लिटर डिजेल बरामद गरेको जिप्रकाले जनाएको छ ।

]]>
8261 0 0 0
माटोको भाँडा http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%9f%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a4%be/ Thu, 04 Feb 2016 10:57:47 +0000 http://www.ghumphir.com.np/?p=8263 8263 0 0 0 इँटा उद्योग दर्ता हुन थाले http://localhost/ghum/%e0%a4%87%e0%a4%81%e0%a4%9f%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%a5%e0%a4%be%e0%a4%b2/ Thu, 04 Feb 2016 11:03:24 +0000 http://www.ghumphir.com.np/?p=8266

धनगढी, २१ माघ ।   

कैलाली जिल्लामा बिनादर्ता वर्षौंदेखि सञ्चालनमा रहेका भूसी इँटा भट्टा (उद्योग)लाई आवश्यक प्रक्रिया पूरा गरी दर्ता गर्न थालिएको छ । औद्योगिक प्रवद्र्धन बोर्डले बिनादर्ता सञ्चालनमा रहेका भूसी इँटा उद्योगलाई विसं २०७३ माघसम्म आधुनिक प्रविधिमा रुपान्तरण हुने गरी नियमानुसार दर्ता गर्न गरेको नीतिगत निर्णयपछि भूसी इँटा उद्योग दर्ता प्रक्रियामा आएको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिलीप चन्दका अनुसार दर्ता प्रक्रियामा आएका यी उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई)का लागि पठाइएकामा १७ वटा उद्योग दर्ताका लागि स्वीकृत भएका छन् । औद्योगिक प्रवद्र्धन बोर्डले तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गरी कम्तीमा एक वर्षदेखि सञ्चालनमा रहेका भूसी इँटा उद्योगको स्थलगत निरीक्षण गरी नियमानुसार उद्योग दर्ता गर्न घरेलु तथा साना उद्योग विभागलाई विसं २०७१ माघ महिनामा निर्देशन दिएको थियो । दर्ता प्रक्रियाको काम सुरु भएपछि कैलालीका करिब ४५वटा भूसी इँटा उद्योगका सञ्चालकले दर्ताका लागि घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन दिएका थिए ।

औद्योगिक व्यवसाय ऐन, २०४९ मा घरेलु उद्योग स्थापना भएको छ महिनाभित्र दर्ता गरिसक्नुपर्ने, घरेलु बाहेकका अन्य उद्योग दर्ता नगरी स्थापना गर्न नपाइने, सुर्ती, चुरोट र मदिराजन्य जस्ता उद्योग अनुमति लिएर मात्र स्थापनाको प्रक्रिया अघि बढाउनुपर्ने कानुनी व्यवस्था गरिएको छ । अवैधरुपमा बिनामापदण्ड भूसी इँटा उद्योग जहाँ पायो त्यहीँ सञ्चालन गर्ने प्रवृत्ति बढ्दै जाँदा यी उद्योगबाट आउने धुवाँ–धुलोका कारण वातावरण प्रदूषित हुने गरेको जनगुनासो छ । यद्यपि, चिम्नी इँटा उद्योगमा प्रयोग हुने खनिज तत्व कोइला, दाउरा आफूहरुले प्रयोग नगरी केवल जैविक भूसी (धानको भूस) प्रयोग गर्ने गरेकाले यस्ता उद्योगबाट वातावरण प्रदूषण नहुने दाबी भूसी इँटा उद्योगका सञ्चालकको छ । कैलालीमा मात्रै बिनादर्ता सञ्चालनमा रहेका करिब २०० यस्ता इँटा उद्योगका सञ्चालकले राज्यलाई कुनै पनि प्रकारको कर बुझाउने गरेका छैनन् ।

दर्ता भई सञ्चालनमा रहेका आधुनिक प्रविधिका चिम्नी इँटा उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गरिएको भनिए पनि यी उद्योगमा आइइईअनुसार काम भए÷नभएको बारे अनुगमन हुन सकेको छैन । कतिपय चिम्नी इँटा उद्योग मानव बस्ती नजिकै सञ्चालनमा आउँदा त्यसबाट आउने धुवाँ, धुलोले मानव बस्तीमा प्रतिकूल प्रभाव पारेको गुनासो बढ्दै भएको छ ।

]]>
8266 0 0 0
हतकडीसहित फरार अभियुक्त पक्राउ http://localhost/ghum/%e0%a4%b9%e0%a4%a4%e0%a4%95%e0%a4%a1%e0%a5%80%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4/ Thu, 04 Feb 2016 11:08:27 +0000 http://www.ghumphir.com.np/?p=8269

त्रिशूली (नुवाकोट), २१ माघ ।

मानव बेचबिखन मुद्दाका आरोपित दाङसिङ–५ का ३८ वर्षीय लालबहादुर तामाङलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । नौ वर्षअघि हतकडीसहित फरार मानव बेचबिखन मुद्दाका आरोपी तामाङलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । दाङसिङ–५ का २२ वर्षीया र १९ वर्षीया दुई युवतीलाई २०६४ कात्तिक ९ गते ललाइफकाई भारततर्फ बिक्री गर्न लैजाँदै गर्दा पर्सा जिल्लाको इनर्वाबाट पीडितलाई उद्धार गरी पीडक तामाङलाई पक्राउ गरिएको थियो । पीडितको जाहेरीमा पर्सा जिल्ला अदालतले नुवाकोट क्षेत्र पर्ने भन्दै मुद्दा नुवाकोटमा लैजान आदेश दिएपछि २०६४ कात्तिक २३ गते नुवाकोट आउने क्रममा विदुर नपा–४ बट्टारबाट अभियुक्त तामाङ हतकडीसहित फरार भएका थिए । फरार प्रतिवादी तामाङलाई जिल्ला अदालतले १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । फरार तामाङ भारतमा लुकीछिपी बस्दै आएको र बेलाबेलामा घरसमेत आउने गरेको सुराकीका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो । फरार अभियुक्त तामाङलाई आज नै जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको छ । अभियुक्त ताामाङ फरार भएपछि उनलाई नुवाकोट ल्याउने प्रहरी हबल्दार रामशरण राई र प्रहरी जवान रामकृष्ण ओझालाई तत्काल निलम्बन गरी जिल्ला प्रहरी कार्यालय पर्साले विशेष अदालत गठन गरेको थियो र कारबाही स्वरुप उनीहरुलाई १५ हजार रुपैयाँ जरिवाना र सेवाबाट बर्खास्त गरिएको थियो । फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गरिरहेको प्रहरीले यो वर्ष हातहतियार खरखजाना मुद्दामा चार र मानव बेचबिखन मुद्दाका आठजनालाई पक्राउ गरिसकेको छ ।

]]>
8269 0 0 0
तेह्र वर्षपछि कार्यालय पुनःस्थापना http://localhost/ghum/%e0%a4%a4%e0%a5%87%e0%a4%b9%e0%a5%8d%e0%a4%b0-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%aa/ Fri, 05 Feb 2016 03:16:27 +0000 http://www.ghumphir.com.np/?p=8272

बाबियाचौर (म्याग्दी), २२ माघ ।

द्वन्द्वका समयमा विस्थापित भएको म्याग्दीको भकिम्ली गाविसको कार्यालय १३ वर्षपछि पुनःस्थापना भएको छ । द्वन्द्वका समयमा विसं २०५९ मा विस्थापित भएको गाविस कार्यालय यसै महिनादेखि गाउँँबाटै सञ्चालन हुन थालेको हो । गाविसका सबै गतिविधि अबदेखि गाउँँबाटै सञ्चालन हुने भकिम्ली गाविसका सचिव शिव शर्माले बताउनुभयो । यसअघि गाविसको बैठक, सामाजिक सुरक्षा भत्ता वितरण र विशेष कार्यक्रमबाहेकको अवस्थामा सदरमुकाममा रहेको भाडाको कोठाबाट गाविसको कामकाज सञ्चालन हुने गरेको थियो । कार्यालय पुनःस्थापना नहुँदा भकिम्ली–५ मा आव ०६६÷६७ मा रु २३ लाख ८० हजारको लगानीमा निर्माण भएको छकोठे कार्यालय भवन प्रयोगविहीन अवस्थामा थियो । भवनको सामान्य मर्मत र व्यवस्थापनपछि प्रयोगमा ल्याइएको हो ।

]]>
8272 0 0 0
शुक्रबार २५ डिपोबाट नेपाल ग्यास दिइने (सूचीसहित) http://localhost/ghum/8274-2/ Fri, 05 Feb 2016 03:22:02 +0000 http://www.ghumphir.com.np/?p=8274 २२ माघ, काठमाडौं । 
शुक्रवार काठमाडौं उपत्यकाका २५ वटा डिपोबाट नेपाल ग्यास वितरण हुने भएको छ। ति डिपोहरुबाट २ हजार १ सय सिलिण्डर ग्यास वितरण गर्ने उद्योगले जनाएको छ।
आज वितरण कार्य स्थगित गरेकोमा भोलिबाट पुनः सुचारु हुने भएको हो। ७ दशमलव १ केजी तौलका ग्यासको मूल्य ७ सय रुपैयाँ रहेको छ। सोभन्दा बढी रकम नतिर्न ग्राहकलाई उद्योगले आग्रह समेत गरेको छ।
 उपभोक्ताले सूची हेरेर नजिकको डिपोबाट ग्यास खरिद गर्न सक्ने छन्।

 ]]>
8274 0 0 0
सर्वसाधारणद्वारा मोर्चाको आन्दोलनको अवज्ञा http://localhost/ghum/8276-2/ Fri, 05 Feb 2016 03:25:45 +0000 http://www.ghumphir.com.np/?p=8276 २२ माघ, जनकपुरधाम ।
कांग्रेसका सांसद जिल्ला प्रवेश गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित विभिन्न आन्दोलनकारी दलले बिहीबारदेखि अनिश्चितकालीन आमहडताल घोषणा गरे पनि जनकपुरमा अवज्ञा भएको छ । आन्दोलनकारीले आमहडताल घोषणा गरी यातायात, शैक्षिक संस्था, उद्योग, बजारलगायत सबै क्षेत्र बन्द गर्न आह्वान गरेका थिए ।
तर लगातार ६ महिनापछि सामान्य भएको यहाँको जनजीवनलाई आमहडतालले प्रभाव पार्न सकेन । मोर्चाका कार्यकर्ताले बिहान नगरक्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गर्दासम्म केही पसल बन्द थिए । तर दिउँसो बजार, वित्तीय संस्था, बैंक र यातायात पूर्ण रूपमा सञ्चालन भए ।
आमहडताल घोषणापछि त्रसित भएका विद्यालय सञ्चालकले नपढाउने भन्दै विद्यार्थीलाई घर फर्काए पनि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको आकस्मिक बैठकले मोर्चालाई शैक्षिक वातावरण प्रभावित हुने गरी बन्द र हडताल नगर्न आग्रह गरेको थियो । विद्यालय खोल्न नदिए चैतसम्म जिल्लाभरिका विद्यालय आफूहरूले नै बन्द गरिदिने चेतावनी पनि एसोसिएसनले दिएको छ ।
एसोसिएसनका सचिव अवधेश तिवारीद्वारा जारी विज्ञप्तिमा ६ महिना बन्दका क्रममा तराईको शिक्षा क्षेत्र नराम्ररी प्रभावित भइसकेको र यस विषयमा जानकारी हुँदाहुँदै पनि विद्यार्थीको भविष्य नै बर्बाद हुने गरी हडताल घोषणा गर्नु अनुचित रहेको उल्लेख छ ।
माघ २३ गतेसम्ममा सरकार, प्रतिपक्षी, गठबन्धन, मोर्चा तथा आन्दोलित अन्य पक्षले अबआइन्दा विद्यालय क्षेत्र बन्द नगराउने प्रतिबद्धता जनाउनुपर्ने भन्दै विज्ञप्तिमा अन्यथा चैतसम्मका लागि आफूहरूले नै विद्यालय सञ्चालन नगर्ने जनाइएको छ ।
मोर्चाले घोषणा गरेको आमहडताल अवज्ञा गर्दै जनकपुरमा यातायात पनि सञ्चालन गरियो । जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले अधिकारको आन्दोलनमा हालसम्म आफूहरू सहयात्री भएर हिँडिराखे पनि मोर्चाका शीर्ष नेता केन्द्रमा बसेर एकातर्फ नाका खोल्नुपर्छ, आन्दोलन फिर्ता लिनुपर्छ भनेर वक्तव्य दिने र अर्कोतर्फ जिल्लामा बन्द गराउने कार्यलाई समर्थन गर्न नसकिने बताए । लामो समयपछि यातायात सञ्चालनमा आएकाले अब बन्द नगरिने चौधरीले बताए ।
आन्दोलनकारीले ‘हिँडौं जनकपुर, खेदौं मधेसविरोधी सांसदहरूलाई' भन्ने नाराका साथ आमहडताल घोषणा गरेका थिए । मोर्चाले संविधानमा हस्ताक्षर गर्ने सम्पूर्ण दलका नेतालाई जिल्लामा प्रवेश निषेध घोषणा गरे पनि बुधबार कांग्रेसका सांसद विमलेन्द्र निधि जनकपुर आएका थिए । उनी आफ्नो पुख्र्यौली गाउँ नगराइन पनि पुगेका छन् । निधि निर्वाचन क्षेत्र नम्बर ३ को कांग्रेस अधिवेशनमा सहभागी हुन तीन दिन जिल्लामा बस्नेछन् ।
मधेसी मोर्चाले निधिको जनकपुर प्रवेश तथा कांग्रेस अधिवेशन बिथोल्ने नियतले आमडताल घोषणा गरेको थियो । मधेसी मोर्चाका धनुषा संयोजक सञ्जय सिंहले कांग्रेसका सांसदहरूले धनुषा नछोडेसम्म आमहडताल जारी रहने बताए । साभार अन्नपुर्ण
]]>
8276 0 0 0
सामसुङले ल्यायो ग्यालेक्सी ‘ए-५’ र ‘ए-७’ http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%b8%e0%a5%81%e0%a4%99%e0%a4%b2%e0%a5%87-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a5%8d/ Fri, 05 Feb 2016 03:46:08 +0000 http://www.ghumphir.com.np/?p=8278 Photo Galaxy A7 (8) Photo Galaxy A7 (1) Photo Galaxy A7 (3)]]> 8278 0 0 0 यातायात मन्त्रालयमार्फत विभागलाई पत्र लेखी घटाउन निर्देशन , http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%b8%e0%a4%b9%e0%a4%9c-%e0%a4%ad%e0%a4%8f-%e0%a4%ad%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%98%e0%a4%9f%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%9b%e0%a5%8c/ Fri, 05 Feb 2016 03:49:26 +0000 http://www.ghumphir.com.np/?p=8281 इन्धन सहज भए भाडा घटाउँछौं:व्यवसायी  

२१ माघ, काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक सवारीसाधनको भाडा घटाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । इन्धनको मूल्य घटे पनि सार्वजनिक सवारीसाधनको भाडा नघटाइएको भन्दै मन्त्रिपरिषद् कार्यालयले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत विभागलाई पत्र लेखी घटाउन निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार सार्वजनिक सवारीसाधनको भाडा घटाउन मन्त्रालय र विभागलाई निर्देशन दिइएको हो । नेपाल आयल निगमले माघ ४ मा पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा ६/६ रुपैयाँ घटाएको थियो । त्योसँगै पेट्रोल ९९ तथा डिजेल र मट्टितेल ७५ रुपैयाँ पुग्यो । सरकारले अवलम्बन गर्दै आएको वैज्ञानिक भाडा प्रणालीअनुसार इन्धनको मूल्य एकपटकमा ५ रुपैयाँभन्दा कम वा बढी भएमा भाडादर नयाँ निर्धारण गर्ने भनिएको छ ।

विभागले वैज्ञानिक भाडा प्रणालीअनुसार ३५ प्रतिशत इन्धन र बाँकी ६५ प्रतिशत सवारीसाधनका आवश्यक विभिन्न पाटपुर्जा र मानवीय जनशक्तिको समेत समायोजन गरेर भाडादर निर्धारण गर्ने नियम छ । विभागले २०७२ भदौ २४ र माघ २६ मा पनि भाडा घटाएको थियो ।

यसपटक व्यवसायीले वैज्ञानिक भाडा प्रणालीअनुसार समायोजन गर्दा सबै कुराको समायोजन गरेर भाडादर कायम हुनुपर्ने अडान लिएका थिए । तर, मन्त्रालयमा माघ २० मा सरकारी प्रतिनिधि र व्यवसायीबीचको बैठकमा व्यवसायीले कि त वैज्ञानिक प्रणालीअनुसार गर्नुपर्ने, त्यसो नभए इन्धनका आधारमा भाडा समायोजन गर्ने भए सरकारले सार्वजनिक सवारीसाधनलाई बजारकै भाउमा पर्याप्त इन्धन उपलब्ध गराउन आग्रह गरेका थिए । व्यवसायीले इन्धन उपलब्ध गराउनुपर्छ भनेपछि मन्त्रालय र विभाग केही पछि हटेका छन् । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनसँगै बिहीबारबाट मन्त्रालय र विभागले फेरि यसबारे गृहकार्य गर्ने विभागका इन्जिनियर मोहन भट्टराईले जानकारी दिए ।

अहिले सबैभन्दा छोटो रुटमा १३ रुपैयाँ छ, यदि इन्धनको मूल्य घटेकै आधारमा वैज्ञानिक भाडा प्रणालीलाई लागू गर्ने हो भने १३ को ठाउँमा १५ रुपैयाँ हुन आउँछ । तर, इन्धनको मूल्यलाई मात्र आधार मानेर भाडा समायोजन गरियो भने १३ रुपैयाँभन्दा कम हुन आउँछ । वैज्ञानिक भाडा प्रणालीमा ६५ प्रतिशत इन्धनबाहेकका वस्तु पर्छन् ।

२०६५ मा वैज्ञानिक भाडा प्रणालीलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले गरेको अनुसन्धानमा भाडाको वैज्ञानिक प्रणाली अपनाउन तय गरिएको थियो । त्यही अनुसन्धानअनुसार ३५ प्रतिशत इन्धन र ६५ प्रतिशत अन्य सामग्रीका कारणले सवारीसाधनको भाडादर निर्धाण गर्ने बताइएको हो । इन्धनबाहेक चालक र सहचालकको तलब, कर, ग्यारेज, इन्स्योरेन्स, बनाउने खर्च, ब्याट्री, तेल, इन्धन र ब्याजदर आदिलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘इन्धनको मूल्य घटेर मात्र हुँदैन, अन्य सामग्रीका मूल्य त घटेका छैनन् ।’ उनले यातायात व्यवसायीहरूसँग छलफल गरेर भाडा घटाउने निर्णय गर्ने बताए ।

सार्वजनिक सवारीसाधन र मालवाहक सवारीसाधनको २०६९ फागुन २५ बाट सरकारले वैज्ञानिक भाडा प्रणाली सुरु गरेको हो । २०६९ मा सरकारले वैज्ञानिक भाडा प्रणाली सुरु गर्दा पेट्रोलको मूल्य प्रतिलिटर १ सय २३ र डिजेलको ९९ रुपैयाँ थियो ।

]]>
8281 0 0 0
बाघको आक्रमणमा महिला गम्भीर http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%97%e0%a4%ae%e0%a5%8d/ Fri, 05 Feb 2016 03:50:50 +0000 http://www.ghumphir.com.np/?p=8283

रत्ननगर (चितवन), २२ माघ ।

पश्चिम चितवनको नारायणी नगरपालिका–११ स्थित कृष्णचोकमा बाघको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन् । नारायणी नगरपालिकास्थित जगतपुरमा बिहीबार घाँस काट्न जानेक्रममा नजिकै रहेको झाडीबाट एक्कासि बाघ निस्किएर उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बाघको आक्रमणमा परी गम्भीर घाइते हुनेमा स्थानीयवासी ५८ वर्षीया मिठु विक रहेकी छन् । उनको टाउकोमा चोट लागेकाले अहिले कलेज अफ मेडिकल साइन्स, भरतपुरमा उपचार भइरहेको छ ।

]]>
8283 0 0 0
आफ्नो गाउँँ आफैँ बनाउन जुटे गाउँँले http://localhost/ghum/%e0%a4%86%e0%a4%ab%e0%a5%8d%e0%a4%a8%e0%a5%8b-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%81-%e0%a4%86%e0%a4%ab%e0%a5%88%e0%a4%81-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%9c%e0%a5%81/ Fri, 05 Feb 2016 03:52:14 +0000 http://www.ghumphir.com.np/?p=8285

परासी, २२ माघ ।

नवलपरासीको कावासोती नगरपालिका साडको मध्यवर्ती नजिकै बसोबास गर्ने बासिन्दा आफ्नो गाउँ आफैँ बनाउन जुटेका छन् । स्थानीयवासी पहिरोको जोखिमबाट जोगिनका लागि करिब सात किमी लामो बाटो रहेको जमिनमा तटबन्ध गर्न जुटेका हुन् । पैँतीस वर्ष पुरानो बाटो निर्माण हुन नसक्दा यहाँका बासिन्दा चिन्तित थिए पटकपटक सम्बन्धित निकायमा धाउँदाधाउँदा केही आर्थिक जोहो भएपछि उनीहरु यतिबेला आफ्नो गाउँ आफँै बनाउन लागेका हुन् । वर्षा हुनेबित्तिकै भासिन थाल्ने समस्याले गर्दा सो बाटोको करिब सात किमी आसपास रहेका घर पूर्णरुपमा जोखिममा छन् । यहाँका स्थानीय समिति नै गठन गरेर गत भदौदेखि तटबन्ध निर्माणमा लागिपरेका छन् । तटबन्ध निर्माणका लागि कावासोती नगरपालिकाबाट रु तीन लाख, मध्यवर्तीबाट रु ७० हजार र जटायु रेस्टुराँबाट रु १० हजार गरी रु तीन लाख ८० हजार सङ्कलन भएको छ ।

]]>
8285 0 0 0
सप्तरीमा चाँदीसहित एक भारतीय नागरिक पक्राउ http://localhost/ghum/%e0%a4%b8%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a5%80%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%8f%e0%a4%95-%e0%a4%ad%e0%a4%be/ Fri, 05 Feb 2016 03:54:05 +0000 http://www.ghumphir.com.np/?p=8287

सप्तरी, २२ माघ ।

शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि सादा पोसाकमा खटिएका प्रहरीको गस्ती टोलीले गएराति राजविराजस्थित कुनोली मोडबाट चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाको राजनगर–३ बस्ने १७ वर्षीया सुमितकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले शङ्का लागेर मेहतालाई जाँच गर्दा पाइन्टको दाहिने र बायाँ दुवै खल्तीमा लुकाई राखेको ९० तोला चाँदीको ढिका र १० आना चाँदीको टुक्रा बरामद गरेको प्रहरी निरीक्षक सुरज खड्काले बताउनुभयो ।

]]>
8287 0 0 0
घुस लिँदै गर्दा प्रहरी निरीक्षक पक्राउ http://localhost/ghum/%e0%a4%98%e0%a5%81%e0%a4%b8-%e0%a4%b2%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%bf/ Fri, 05 Feb 2016 03:56:09 +0000 http://www.ghumphir.com.np/?p=8290

चितवन, २२ माघ ।

पूर्वी चितवनको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक अम्बिकाप्रसाद गुप्ता घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले उनलाई आज कार्यालय नजिकै मस्जिदबाट नगद आठ हजारसहित पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस रकम लिइरहेको बेला अख्तियारले गुप्तालाई पक्राउ गरेको आयोगले जनाएको छ । खैरहनीको नाइट होटलमा प्रहरी पुग्दा एक व्यक्ति भागेपछि ती व्यक्ति फेला नपरेपछि सोही होटलमा रहेका अन्य व्यक्तिलाई प्रहरी निरीक्षक गुप्ताले पक्राउ गरी रकम माग गरेका थिए । सोही रकम दिने क्रममा सुराकीको आधारमा अख्तियारले रकम लिँदालिँदै उनलाई पक्राउ गरेको हो । पक्राउपछि स्थानीयले उनीमाथि कडा कारबाही गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले गुप्तामाथि गुनासा बढेकाले जिल्ला प्रहरी कार्यालयले समेत दुई पटक स्पष्टिकरण लिई नसियत दिने तयारी गरेको बताउनु भयो । उनलाई सिन्धुलीको दुधौली तालिम केन्द्रमा काजमा पठाउन क्षेत्रीय कार्यालयले जिल्लालाई पत्र पठाइसकेको थियो ।  साँझ उनलाई पत्र दिने तयारी जिल्ला प्रहरी कार्यालय चितवनले गरेको थियो ।

]]>
8290 0 0 0
बाह्र किलो चरेससहित दुई पक्राउ http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%8d%e0%a4%b0-%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%9a%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%aa/ Fri, 05 Feb 2016 04:04:53 +0000 http://www.ghumphir.com.np/?p=8292

कञ्चनपुर, २२ माघ ।

सुदूरपश्चिम प्रहरीको विशेष अनुसन्धान टोलीले कैलालीको अत्तरिया नगरपालिका–४ बाट गएराति १२ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा से३प ३३५८ नंको स्कुटीमा सेतो बोरामा कपासमा बेरेर चरेस ल्याउँदै गर्दा बझाङ लेकगाउँका भीम धामी र दहबगरका प्रेम धामीलाई चरेससहित पक्राउ गरेको अनुसन्धान टोलीका प्रमुख वीरेन्द्र जोहारीले बताउनुभयो । भारतीय व्यापारीसँग चरेस बेच्नका लागि ल्याउँदै गर्दा पक्राउ गरिएको दुवैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको उहाँले जानकारी दिनुभयो ।

]]>
8292 0 0 0
मिनी महोत्सव http://localhost/ghum/%e0%a4%ae%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5/ Fri, 05 Feb 2016 04:06:37 +0000 http://www.ghumphir.com.np/?p=8294 8294 0 0 0 घोडचडी नृत्य http://localhost/ghum/%e0%a4%98%e0%a5%8b%e0%a4%a1%e0%a4%9a%e0%a4%a1%e0%a5%80-%e0%a4%a8%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af/ Fri, 05 Feb 2016 04:08:09 +0000 http://www.ghumphir.com.np/?p=8297 8297 0 0 0 उखुका लाँक्रा http://localhost/ghum/%e0%a4%89%e0%a4%96%e0%a5%81%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Fri, 05 Feb 2016 04:09:42 +0000 http://www.ghumphir.com.np/?p=8300 8300 0 0 0 पासाङ ल्हामु शेर्पाले जितिन् नेशनल जियोग्राफी अवार्ड http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%b8%e0%a4%be%e0%a4%99-%e0%a4%b2%e0%a5%8d%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a5%81-%e0%a4%b6%e0%a5%87%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%9c%e0%a4%bf/ Fri, 05 Feb 2016 06:14:17 +0000 http://www.ghumphir.com.np/?p=8303 भरतबन्धु थापा माउन्टेनर प्रशिक्षक एव आरोही पासाङ्ग लाह्मु शेर्पाले नेशनल जोग्राफी एडभान्चर अफ द एयर २०१६ पिपुल्स च्वाईस अवाड प्राप्त गरेकी छीन् । सो अर्वाडका लागी विश्वका दश जना छानीएका मध्य सबैलाई पछी पार्दै सो अर्वाड हात पारेकी हुन् । प्रशिक्षक शेर्पाले विश्वको अग्लो हिमाल सगरमाथा, विश्वकै दोस्रो अग्लो हिलमा तथा किलर माउन्टेनका नामले प्रख्यात पाकिस्तानको के टु समेत आरोहण गरेकी छिन् ।

pasang lamuसगरमाथाको प्रवेशद्धर लुक्लाको चौरी खर्क गाविस वडा ८ मा जन्मेकी हुन् । ३१ बर्षकी शेर्पाले विद्यालय तह सम्म लुक्लामा अध्ययन गरेकी थिईन भने प्रमाण पत्र तह काठमाण्र्डाको पशुपती क्यामपस बाट उत्तिर्ण गरेकी छिन । आरोही भन्दा पनी माउन्टेर प्रशिक्षणका रुपले प्रख्यात रहेकी शेर्पाले नेपाल पर्वातारोहण संघ, फ्रान्सको ईएनएसए बाट माउन्टेर प्रशिक्षणका साथै सयु््क्तराज्य अमेरीकाबाट समेत आरोहण सम्बन्धी मेडीकल प्रशिक्षणको तालीम लिएकी छिन् । शेर्पाले आमादब्लम, पुथा हिमचुली समेत आरोहण गरीसकेकी छिन् । अवार्ड पाए लगतै सेतोपाटी सग कुरा गर्द शेर्पाले भनिन यो अर्वाड पाउनु मेरो लागी जती गौरव हो त्यो भन्दा पनी नेपालको महिलाले पाउनु भएको बताईन । यस्ले नेपालको आरोहण क्षेत्रमा गरेको योगदान तथा अझ नेपाली महिलाले समेत साहसिक क्षेत्रमा लाग्नका लागी हौसला मिल्ने बताईन । अर्वाडले झन आफुलाई जिम्मेवारी बोध गराएको बताउदै उनले भनिन् गत बैशाख १२ गते गएको महाभुकम्पले पर्यटन क्षेत्रमा केही प्रभावीत बनाएको छ ।

अन्तराष्टिय क्षेत्रमा नेपालको पर्यटन क्षेत्रर्का सकरात्मक प्रचारका लागी केही टेवा मिल्ने मैले विशवास लिएको छु । शेर्पा भन्दा अघि नेपालका बाबु सुनुवारले सगरमाथा देखि समुन्द्र सम्म यात्रा गरेर तथा पेम्बा सेर्पाले माउन्टेन किलरका रुपले प्रख्यात के टुमा गरेको उद्धारका कारण अवार्ड पाईसकेका छन् ।

]]>
8303 0 0 0
क्यानोनिङ एसोसिएसनको अध्यक्षमा लामा निर्विरोध चयन http://localhost/ghum/8307-2/ Fri, 05 Feb 2016 06:29:44 +0000 http://www.ghumphir.com.np/?p=8307 काठमाडौँ, २२ माघ ।

नेपाल क्यानोनिङ्ग एसोसियनकोे अध्यक्ष राजेन्द्र बहादुर लामा निर्विरोध चयन भएका छन् । काठमाण्डौमा भएको नवौ साधाहरण सभाले लामालाई आगामी तीन बर्षका लागी निर्विरोध चयन गरेको हो । निर्विरोध चयन भएको कार्यसमितिमा उपाध्यक्ष किसोर शाही,महासचिव देबेन्द्र बाबु तिवारी,सचिव राजेश लामा तामाड,कोषध्यक्ष क्षेत्रबहादुर बस्नेत तथा सदस्यहरुमा अनु श्रेष्ठ,सन्तोष बहादुर थापामगर, राजु लामा चयन भएका छन् । अध्यक्ष चयन भए लगतै अध्यक्ष लामाले भने आफ्नो कार्यकालमा राष्ट्रिय क्यानोनिङ्ग महोत्सव गर्ने, नयाँ नयाँ स्थानकाको अध्ययन अवलोकन तथा उजागर गर्ने । बिभिन्न संघ सस्थाहरुसग मिलेर क्यानोनिगको प्रवद्धन गर्ने । भुकम्पले क्षती ग्रस्त भएका स्थानहरुला पुरानै अवस्थमा फकाउनका लागी पहल गर्ने जस्ता कार्यमा आफ्नो कार्यकाल लागी पर्ने बताए । उनले भने भुकम्प तथा नाकाबन्दीले देशको पर्यटन निकै तहस नहस भएको छ । यस्का लागी सबै संघ सस्थाहरु एकै स्थानमा जुटेर लाग्नु पर्ने बताए। यस्कालागी आफु तथा आफ्नो सस्था लागी पर्ने बताए ।

]]>
8307 0 0 0
बलेवा विमानस्थल पुनःसञ्चालन गरिने http://localhost/ghum/%e0%a4%ac%e0%a4%b2%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a/ Fri, 05 Feb 2016 12:48:28 +0000 http://www.ghumphir.com.np/?p=8310

बागलुङ, २२ माघ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सरकारले तदारुकताका साथ काम गरिरहेको बताउनुभएको छ । आजदेखि यहाँ सुरु भएको दुईदिने ‘सडक खाना महोत्सव’को उद्घाटन गर्दै मन्त्री पोखरेलले जलविद्युत्, कृषि र पर्यटनमा नेपालको राम्रो सम्भावना रहेको विचार राख्नुभयो । बागलुङको बलेवामा रहेको बन्द विमानस्थल सडक सञ्जालसँग जोडिए तुरुन्त सञ्चालनमा आउन सक्ने उहाँको भनाइ छ । “नागरिक उड्डयन प्राधिकरणका कारणले विमानस्थल नचलेको होइन, त्यहाँसम्म पुग्ने स्तरीय सडक पहिले बन्नुपर्छ” मन्त्री पोखरेलले भन्नुभयो “विमानस्थलमा सडक पुगेको महिना दिनभित्र विमानस्थल सुचारु गर्ने प्रतिबद्धता म व्यक्त गर्दछु ।” उहाँले जिल्लामा रहेका पुरातात्विक महत्वका मठमन्दिर संरक्षण र विकासमा पनि सक्दो सहयोग गरिने बताउनुभयो । महोत्सव नेपाल राष्ट्रिय वाणिज्य सङ्घले आयोजना गरेको हो । सदरमुकामको समीक्षालय चोकदेखि हल्लनचोकसम्म महोत्सव सुरु भएको छ । सुकुटीदेखि सिस्नोसम्म महोत्सवमा धौलागिरि क्षेत्रका परम्परागत खानाका परिकार राखिएको छ । विभिन्न जाति र समुदायमा प्रचलनमा रहेका खानाको कक्ष राखिएको सङ्घका अध्यक्ष पुनमराज शर्माले बताउनुभयो । मुस्ताङमा पाइने याकको सुकुटीदेखि बागलुङका गाउँमा पाइने सिस्नोको परिकारसमेत राखिएको छ । स्थानीय भकुन्डेमा रहेको घरबास व्यवसायको पनि छुट्टै कक्ष राखिएको छ । ‘ट्राउट’ माछाका साथै बागलुङको कला, संस्कृति र पहिचान झल्कने खालका तस्बिर र सूचना सामग्री र जिल्लामा रहेका पर्यटकीय र धार्मिक महत्वका स्थलको तस्बिर पनि प्रदर्शनीमा राखिएको छ । महोत्सवमा विभिन्न सांस्कृतिक, साङ्गीतिक कार्यक्रम भइरहेका छन् । महोत्सवमा गायक बद्री पङ्गेनी, हास्य कलाकार मनोज गजुरेललगायत स्थानीय कलाकारको प्रस्तुुति रहने जनाइएको छ ।

]]>
8310 0 0 0
पुनःनिर्माणलाई महाअभियानलाई तीव्रता दिनुपर्छ :राष्ट्रपति http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a4%be/ Fri, 05 Feb 2016 12:51:43 +0000 http://www.ghumphir.com.np/?p=8312

काठमाडौँ, २२ माघ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १२ को भूकम्पबाट भत्किएका संरचनाहरुको नवनिर्माण तथा पुनःनिर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुुभएको छ । नेपाल व्यवस्थापन सङ्घको ३५ औं वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटनपछि आज यहाँ सम्बोधन गर्दै राष्टपतिले सर्वसाधारण नागरिकका घर, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, शैक्षिक तथा प्राज्ञिक क्षेत्रका संरचनाहरु र महत्वपूर्ण प्रशासनिक भवनको निर्माण छिटो गर्नुपर्ने बताउनुभएको हो ।

Bidhya Devuराष्ट्रपति भण्डारीले भन्ुनुभयो, “मुलुकमा पुनःनिर्माण र नवनिर्माणको महाअभियानको थालनी भएसकेको अवस्थामा यसलाई सफल पार्नु सबैको दायित्व हो, त्यसका लागि राष्ट्रिय मेलमिलाप र एकताको खाँचो पर्दछ ।” कुशल व्यवस्थापनबाट नै सीमित स्रोत साधनको परिचालन गरी निर्धारित अवधिमा सामाजिक विकास तथा आर्थिक रुपान्तरण गर्न सकिने भएकाले आधुनिक व्यवस्थापनको अवधारणालाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव थियो । राष्ट्रपतिले भन्नुभयो, “द्वन्द्व, राजनीतिक सङ्क्रमणकाल र वैशाख १२ गतेको विनासकारी भूकम्पको कारणले मुलुकको समग्र आर्थिक विकासमा गम्भीर क्षति पुगेकाले थुप्रै पुनःनिर्माण र नवनिर्माणसहित आर्थिक सामाजिक विकास हुन आवश्यक छ ।” राष्ट्रपति भण्डारीले व्यवस्थापनका सिद्धान्त र यसका नवीन प्रविधिको जानकारी तथा तीनको उष्कृष्ठ प्रयोगबाट दक्षता हासिल हुने एवम् उत्कृष्ट व्यवस्थापकबाट मुलुकको मुहार फेर्ने सपना पूरा हुने भएकाले नवःनिर्माणमा व्यवस्थापन क्षेत्रको महत्वपूर्ण योगदान रहने बताउनुभयो । साधारणसभा तथा अधिवेशनका अवसरमा उत्कृष्ठ व्यवस्थापकलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले पुरस्कृत व्यवस्थापकको क्षमता मुलुकको आर्थिक, सामाजिक एवम् नवःनिर्माण महाअभियानका निम्ति प्रयोग हुन सकोस् भन्ने कामनासमेत गर्नुभयो । सो अवसरमा राष्ट्रपतिले सन् २०१५ मा उत्कृष्ट व्यवस्थापक महिला उद्यमी श्रीमती अन्जु शाह सिंह, बैंकर ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, समाजसेवी तीलबहादुर कार्की, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई सम्मान गर्नुभयो । प्राडा सुरेशराज आचार्यले नेपालको पुनःनिर्माण तथा नवनिर्माणसम्बन्धी अवधारणापत्र प्रस्तुत गर्दै यसमा विशवका अन्य देशहरुको अनुभवलाई हेरी दिगो सोच राखेर यातायात र पूर्वाधार निर्माण गर्न सकिएमा मात्र मुलुकको सम्बृद्धि हुनसक्ने धारणा राख्नुभयो । अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको कार्यलाई अभियानका रुपमा अगाडि बढाइएको जानकारी दिँदै यस अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । काठमाडौँ विश्वविद्यालयका पूर्व उपकूलपति डा सुरेशराज शर्माले नेपालले पटकपटक प्राकृतिक विपद्का चुनौतीहरु सामना गर्दै आएको भएपनि त्यसबाट कसरी बच्ने र व्यवस्थित संरचनाहरुको निर्माणमा ध्यान दिन नसकेको बताउनुभयो । कार्यक्रममा व्यवस्थापन सङ्घका प्रथम उपाध्यक्ष सुशील भट्ट र महासचिव सुशीलकुमार अर्यालले व्यवस्थापन सङ्घले वित्त नीति, मौद्रिक नीति एवम् व्यवस्थापनका क्षेत्रका काम गर्दै आएको सङ्घले आगामी दिनमा नवःनिर्माण तथा पुनःनिर्माणको व्यवस्थापनका विषयमा काम गर्ने बताउनुभयो ।

]]>
8312 0 0 0
टोखामा भद्रकाली खड्ग सिद्धि जात्रा सुरु http://localhost/ghum/%e0%a4%9f%e0%a5%8b%e0%a4%96%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%96%e0%a4%a1%e0%a5%8d%e0%a4%97-%e0%a4%b8%e0%a4%bf%e0%a4%a6/ Fri, 05 Feb 2016 16:08:02 +0000 http://www.ghumphir.com.np/?p=8316

काठमाडौँ, २२ माघ ।

टोखामा परम्परादेखि चल्दै आएको भद्रकाली खड्ग सिद्धि (गद्र्यः) जात्रा आज सुरु भएको छ । आर्थिक तथा प्राविधिक कारणले ३६ वर्षसम्म आयोजना गर्न नसकिएको सो जात्रा यस वर्ष नेवा गुठी टोखाको विशेष सक्रियतामा आयोजना भएको हो । नेवारी संस्कृतिमा विशेष महत्व राख्ने उक्त जात्रा शनिबारसम्म जारी रहने छ । काठमाडौँका तत्कालीन राजा यक्ष मल्लका छोरा रत्नले १५ औँ शताब्दीमा सुरुआत गरेको सो जात्रामा महालक्ष्मी, ब्रह्मायणी, भद्रकाली, नारायणी, इन्द्रायणी, पचली भैरवलगायत देवदेवीका मुकुट लगाएर नृत्य गरिन्छ । उक्त जात्रामा नृत्य गर्नका लागि काठमाडौँको वटुबाट भरत मालीको संयोजकत्वमा छ गुरु तथा १५ थकाली र नृत्यकार पुगेका छन् । स्थानीयवासीले बाजागाजासहित स्वागत गरी उनीहरुलाई विधि विधानअनुसार वस्त्रधारण गराएपछि जात्रा सुरु भएको जात्राका व्यवस्थापक सुशान्त डङ्गोलले जानकारी दिनुभयो । जात्राका सुरु गर्नुअघि पशुपक्षी बलि दिइएको थियो ।

]]>
8316 0 0 0
पर्यटकीयस्थल मिक्लाजुङ ओझेलमा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2-%e0%a4%ae%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%9c%e0%a5%81%e0%a4%99-%e0%a4%93/ Fri, 05 Feb 2016 16:12:40 +0000 http://www.ghumphir.com.np/?p=8319

जितबहादुर भण्डारी  पाँचथर, २२ माघ ।

प्रचारप्रसारको अभावमा पाँचथर, मोरङ, धनकुटा र इलामको सङ्गमस्थलमा अवस्थित मिक्लाजुङ ओझेलमा परेको छ । पर्यटकीय सम्पदा रहेपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, स्थानीयवासीको निष्क्रियता, नियमित होम स्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको अभाव, पर्यटक सूचना केन्द्रको अभाव, सुरक्षा चुनौती लगायतका कारण सो क्षेत्र ओझेलमा परेको हो । रमणीयस्थल मिक्लाजुङमा पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रवद्र्धन हुनसकेको छैन । दक्षिण भेगमा अवस्थित समुद्री सतहदेखि दुई हजार ४०० मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो । सगरमाथा, कञ्चनजङ्गालगायतका हिमशृङ्खला तथा पूर्वका १४ वटा जिल्ला, एकसाथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सूर्याेदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । विगतका वर्षमा यातायातको असुविधाका कारण यहाँ पुग्न निकै कठिनाई हुने गरेको भए पनि फिदिमबाट राँके–रवि सडकहुँदै करिब ६ घण्टाको सवारी यात्रापछि लिम्बाका लेकगाउँ पुगिन्छ । करिब तीन घण्टाको पैदल दुरीको यात्रापछि मिक्लाजुङडाँडा पुगिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्वालोकन गर्न सकिने भएकोले यहाँ पाँचथर, इलाम, मोरङ, झापा, ंभारतको सिक्किम, सिलिगुढीलगायतका स्थानबाट समेत घुम्न पर्यटक आउने गरेका छन् । चौबिसैघण्टा शीतल हावा लागिरहने मिक्लाजुङ पुगेपछि जो कोही त्यहाँको भौगोलिक अवस्था एवम् दृश्यावलोकनबाट लोभिन्छन् । स्थानीवासी बेविन्द्र माखिमकाअनुसार वर्षातको समय होस् वा हिउँदमा, वरिपरिका क्षेत्रमा हुस्सु, कुइरो लाग्दा समेत केही प्रभाव पर्दैन । यहाँ सूर्याेदय अवलोकन गर्न चाहनेका लागि उत्तिकै महत्वपूर्ण छ । “यो पदयात्राका लागि समेत महत्वपूर्ण पर्यटकीय गन्तव्य हो” स्थानीय टीका राईले भन्नुभयो । समुन्द्री सतहदेखि करिब दुईहजार ४०० मिटर उचाइमा अवस्थित मिक्लाजुङबाट पदयात्राका लागि पदमार्गको समेत विकास गर्न सकिन्छ । मिक्लाजुङ पुगेसँगै त्यहाँ नजिकै अवस्थित अति प्राचीन एवम् ऐतिहासिक धार्मिकस्थल ‘चमेरे ओढार’ पुग्न सकिन्छ । धार्मिक किम्बदन्तीअनुसार पाण्डप गुप्तवास जाँदा आफ्ना हतियार महादेवलाई पुकारेर उहाँकै आज्ञाले एउटा ठूलो ढुङ्गा शक्तिबाट चारकोठा भई भित्रभित्रै भ¥याङसमेत बन्न गई त्यही ढुङ्गाको ओढारमा आफ्नो हातहतियार राखेका थिए । हातहतियार राखेर बाहिरपट्टि एउटा मुर्दा झुन्डयाई महादेवलाई संरक्षणमा राखी विराट राजाकहाँ गुप्तवास बस्नगएको भन्ने जनविश्वास रहिआएको छ । उक्त ठाउँ अहिले चमेरे ओढारका नामले परिचित छ । भू–धरातल विकटता र मौषम प्रतिकूलताका कारणले पर्यटकीयस्थल र देवस्थलको दृष्टिकोणले स्थानीय बासिन्दा र छिमेकी जिल्लाका बासिन्दाका लागि परिचित हुँदाहुँदै पनि सो स्थल ओझेलमा रहेको छ । यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरूङ्गीको बासस्थान, लालीगुराँस, निगालो पाइने तथा मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नाश हुने, आयस्रोत बढ्ने, निसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा पर्यटकको नजर नपर्नु दुर्भाग्य हो । त्यसैले पर्यटन विकासका लागि गुरूयोजना बनाएर प्रचारप्रसार, पदमार्ग निर्माण, सूचना केन्द्र स्थापनालगायतका कार्यक्रम अगाडि बढाउन आवश्यक छ ।

]]>
8319 0 0 0
जनकपुरका सम्पदा विश्व सम्पदा सूचीको प्रतीक्षामा http://localhost/ghum/%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a6%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e0%a4%ae/ Fri, 05 Feb 2016 16:17:44 +0000 http://www.ghumphir.com.np/?p=8321

हिमांशु चौधरी जनकपुरधाम, २२ माघ ।

विश्व सम्पदा स्थलको सम्भाव्य सूचीमा रहेका जनकपुरघामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न क्षेत्र निर्धारण, दायित्व र एकीकृत व्यवस्थापन संरचनाको स्पष्टताको खाँचो महसुस गरिएको छ । यस क्षेत्रमा अद्वितीय सांस्कृतिक परम्परा जीवन्तरुपमा विद्यमान रहेकाले सांस्कृतिक विश्व सम्पदामा सूचीकृत गराउन प्रक्रियागत रुपमा क्षेत्रको कानुनी जिम्मेवारी र सरोकारवालाको दायित्वबारे स्पष्टताको खाँचो देखिएको हो ।

janakpur bibha panchamiराज्यले नेपालका १५ वटा सम्पदालाई सम्भाव्य सूचीमा समावेश गरी युनेस्कोमा पठाइसकेकामध्य जनकपुर पनि एक हो । राज्यले आगामी वर्षमा विश्व सम्पदा सूचीमा मनोनयन गर्न चाहेका सर्वश्रेष्ठ विश्वव्यापी महत्व भएका सांस्कृतिक सम्पदाको नाम सम्भाव्य सूचीमा समावेश गर्ने अवधारणाअनुरुप जनकपुर क्षेत्रको रामजानकी मन्दिरलाई सम्भाव्य सूचीमा समावेश गरेको छ । पुरातत्व विभागका अनुसार हालसम्म विश्वका १६३ देशका एक हजार ३१ स्थल विश्व सम्पदा सूचीमा सूचीकृत छन् सोमध्ये नेपालका चारवटा रहेका छन् । पुरातत्वविद् भीमप्रसाद नेपाल मैथिल सभ्यताको अतुलनीय विशिष्ट प्रमाण बोकेको र मानव इतिहासमा महत्वपूर्ण अवस्था दर्शाउने सम्पदा जनकपुर क्षेत्रमा विद्यमान रहेको बताउनुहुन्छ । यस क्षेत्रको विकासलाई यहाँका सांस्कृतिक स्रोतले सम्भव बनाएको हो भनी बुझ्नु जरुरी छ भन्दै उहाँले भन्नुभयो–“यहाँका सम्पदा लुम्बिनी र पशुपतिनाथ झैँ अद्वितीय रहेको छ ।” वैदिक वाङ्मय पुराण तथा धार्मिक साहित्यमा जनकपुरको अस्तित्व अनादिकालदेखि नै रहेको उल्लेख छ । त्रेतायुगमा उत्कर्षमा रहेको मिथिला द्वापरयुगमा महाभारतको युद्धपछि लोप भएर पृष्ठभूमिमा पुगेको र कलियुगमा सोह्राँै शताब्दीपछि पुनः प्रकट भएको भनिन्छ । जनकपुर क्षेत्रका मठ–मन्दिर र तिनमा सुरक्षित मूर्ति, गढगढीहरु इतिहासका अनेक उत्थान पतनका तथ्य अहिले पनि गर्भमै रहेको छ । पुरा कथा, सनातन मूल्य, सभ्यताको प्राचीनता र चरमोत्कर्ष जनककालीन जनकपुरको कथा, बज्जि सङ्घको प्रभाव, मिथिलाको प्राचीन इतिहास, नान्यदेव वंशीय, सेन र पालकालीन अवस्था ती मठ, मन्दिर, मूर्ति र गढ–गढीको गर्भमा लुकेको बताइन्छ । यहाँ पाषाणका मूर्तिमा केही पालकालीनका छन् भने केही मध्यकालीन समयका छन् । केही भने अयोध्यामा रहेका मूर्तिजस्ता देखिन्छन् । पुरातात्विक अंश भएका केही मन्दिरहरु राम, लक्ष्मण, जनक, कुपेश्वरनाथ, जानकी, हनुमानगढी, कपिलेश्वर र रत्नसागर उल्लेखनीय रहेको छ । जनकपुरका ऋषि–मुनि दूरदर्शी थिए, उनीहरुले इतिहास लेख्नका लागि यस्तो क्यानभासको परिकल्पना गरी त्यसलाई मूर्तरुप दिए जो नष्ट भएर पनि नष्ट हुने खालको थिएन, त्यो क्यानभास थियो–पत्थर । हरेक युगमा यहाँ पत्थरका मूर्ति उत्कृष्ट हुँदै आएको छ । यस क्षेत्रमा पाइने मूर्त र अमूर्त पुरातात्विक सम्पदा सामान्यतः मौर्य, शुँग, कुषाण, गुप्त, पाल, सेन राज्यवंश र पछि मकवानपुरका सेन राजाको समयलाई बोध गराइरहेको छ भने विभिन्न गढीले मानव सभ्यताको विकास क्रमलाई गरी रहेको छ । जनकपुर क्षेत्रका मठ–मन्दिर शिखर शैलीका छन् भने केही गुम्बाकार वास्तु शैली, पैगोडा शैली र मैथिल वास्तु शैलीका छन् ।

janaki mandir janakpurजानकी मन्दिर मैथिल, राजपूत र इस्लामी वास्तु शैली, राममन्दिर र विवाह मण्डप नेपाली वास्तु शैली र जनक, लक्ष्मण मन्दिर गुम्बाकार वास्तु शैलीमा तथा कुपेश्वरनाथको मन्दिर मैथिल वास्तु शैलीमा बनेको पाइन्छ । पुरातत्वविद् नेपाल यस क्षेत्रका धरोहरहरु वर्तमान पुस्ताका लागि जति आवश्यक छन्, भावी पुस्ताका लागि त्यतिकै आवश्यक भएकाले यस क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्नुपर्नेमा जोड दिनुहुन्छ । प्राध्यापक डा. भोगेन्द्र झा विश्व सम्पदामा समावेशले गौरव, सम्मान र पर्यटकीय गतिविधिमा वृद्धि र आर्थिक लाभजस्ता पक्ष गाँसिएकाले यस कार्यलाई इमान्दारीतापूर्वक अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । अर्का प्राध्यापक डा सोनफी यादव राम मन्दिरको पश्चिम–दक्षिण दिशामा मन्दिरसँग टाँसिएर रहेको शिशुनारीको मूर्ति पाल कालको भएको र सो मूर्ति सम्भवतः यस नगरको प्राचीनतम् हुन् भन्नुहुन्छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माले यस क्षेत्रलाई राष्ट्रिय गौरवका क्षेत्रमा राख्दै विश्व सम्पदामा समावेशका जटिलताको प्रयासको खाँचो औँल्याउनु हुन्छ । यस क्षेत्रमा अहिलेसम्म पुरातात्विक उत्खननको प्रयास खासै नभएको अवस्थामा मूर्ति र एक्कासि माटो खन्दा प्राप्त सामग्रीले पनि दुर्लभ जानकारी दिइरहेकाले विश्व सम्पदामा सूचीकृत गराउनमा सहायकसिद्ध हुने विश्वास गरिएको छ ।

]]>
8321 0 0 0
सिद्धार्थ गुप्रले नेपलागन्जमा उत्कृष्ट अक ल्याउनेलाई नगद दश हजार प्रदान गर्ने http://localhost/ghum/8325-2/ Sat, 06 Feb 2016 16:06:12 +0000 http://www.ghumphir.com.np/?p=8325 काठमाडौँ, २३ माघ ।

सिद्धार्थ बिजनेश गुप अफ हस्पिटालिटील प्रालीले आफ्नो १८ औ बार्षिक उत्सवको अवसरमा बिभिन्न कार्यक्रकमकासाथ मनाएको छ । sidhartha groupब्यबसाय शुरु गरेको १८ औ बार्षिक उत्सबका अबसरमा सिद्धार्थ गुप्रले नेपलागन्जमा होटल म्यानेजमेन्टमा उत्कृष्ट अक ल्याउने विद्यार्थीलाई नगद दश हजार प्रदान गर्ने घोषणा गर्नुका साथै गुप्रले काठमाण्डौमा वृद्धाश्रममा खाजा वितरण ,वुटलमा कुष्ठरोगीका विरामीलाई खाना वितरण,कैलाली टिकापुरमा रक्तदान,कैलाली चिसापानीमा सरसफाई ,सुर्खेतमा पत्रकार महासंघलाई जिन्सी समान दिएको छ । २०५४ माघ २३ गते कैलालीको टीकापुर बाट सानो खाजा पसलबाट ब्यबसाय शुरु गरेको गुप्रले आज १८ औ बर्ष पुरा गरेको हो । १८ बर्षको अविधीमा गुप्रले कैलाली, बाँके, काठमान्डौ ,रुपन्देही , चितबन र सुर्खेतमा गरी १६ वटा शाखाहरु स्थापना गरिसकेको छ । सानो खाजा पसलबाट ब्यबसाय शुरु गरेको गुप्रले अहिले थ्रि स्टार होटेल सम्म बिस्तार भईसकेको कृष्ण न्यौपाने बताए

]]>
8325 0 0 0
चितवनमा नयाँ चरा फेला http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%9a%e0%a4%b0%e0%a4%be-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Sat, 06 Feb 2016 16:13:06 +0000 http://www.ghumphir.com.np/?p=8328

रत्ननगर (चितवन), २३ माघ

चितवनमा फेरि एउटा नयाँ चरा फेला परेको छ । वर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष तथा चरा विज्ञ वासु बिडारीले जिल्लामा फेला परेको चरा नयाँ भएको पुष्टि भएको जानकारी दिनुभयो । चितवनको मुख्य कार्यालय कसराबाट एक किलोमिटर पश्चिम पर्ने राप्ती नदीको दोभानमा उक्त चरा भेटिएको हो । ग्रेट ह्वाइट फ्रन्टेड नामको पानीमा बस्ने चरा फेला परेको हो । पाँच दिनअघि घुम्ने क्रममा नेचर गाईड हेमन्त दराई र उस्तव जङ्ग थापाले देखेर चराको तस्बिर लिनुभएको थियो । प्रमाणित गर्न फेरि चितवनका चराविज्ञ बिडारीसहितको टोली माघ २१ गते सो क्षेत्रमा गएर हेरेको थियो । त्यसपछि पानी हाँस प्रजातिको नयाँ चरा भएको पुष्टि भएको हो । सो क्रममा अर्काे विन गोस नामको चरासमेत फेला पारिएको बिडारीले शुक्रबार जानकारी दिनुभयो । ग्रेट ह्वाइट फ्रन्टेड नेपालमा एकपटक १२ वर्ष पहिले पूर्व कोसी टप्पुमा देखिएको थियो । तर त्यसपछि नदेखिएको चरा चितवनमा पहिलो पटक अभिलेख गरिएको हो । चितवनमा पहिलो पटक देखा परेको र विन गोस चरा भने चितवनमा विगतमा देखिए पनि थोरै सङ्ख्यामा छ । चितवनमा यो नयाँ चरा भेटिएसँगै चराका प्रजातिको सङ्ख्या ६३१ पुगेको छ । नेपालमा ८७५ प्रजातिका चरा रहेका छन् । चितवनमा हालै सम्पन्न चरा गणनामा चराको बासस्थान राम्रो पाइएको थियो । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जिल्लाको निकुञ्ज आसपास सिमसार क्षेत्रमा मात्रै यसपालि ५० प्रजातिका ११ हजार २६० वटा चरा फेला परेका छन् । यो अघिल्लो वर्षभन्दा तीन प्रजाति र करिब दुई हजारले बढी रहेको चरा विज्ञ बिडारीले बताउनुभयो । पानीमा मात्रै आश्रित चरा पाँच हजार ७०० फेला परेका छन् । अघिल्लो वर्ष सो क्षेत्रमा गरिएको गणनामा ४७ प्रजातिका नौ हजार चरा फेला परेको थियो । “अहिले बासस्थान र चराको उपस्थिति राम्रो पाइयो” अध्ययनबारे जानकारी दिँदै बिडारीले भन्नुभयो, “सबैभन्दा बढी चखेवा पाइए ।” यो पटकको गणनामा चखेवा मात्रै दुई हजार ४६८ वटा फेला पारिएको छ । यस्तै कर्माेरेन्ट (जलेवा) एक हजार २४ वटा भेटिएको छ । अघिल्लो वर्ष नदेखिएका तीन प्रजाति सुनजुरे हाँस, कैले टाउके हाँस र विजुलीगैरे हाँस पनि यो वर्ष फेला परेको बिडारीले जानकारी दिनुभयो ।

]]>
8328 0 0 0
महभिरमा पर्यटकीय पूर्वाधार निर्माण http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a4%ad%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%a7/ Sat, 06 Feb 2016 16:17:19 +0000 http://www.ghumphir.com.np/?p=8330

इलाम, २३ माघ ।

इलाम नगरपालिका–७ महभिरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रक क्लाइम्बिङसहित रक गार्डन र बाल उद्यान निर्माण सुरू गरिएको छ । महभिरस्थित प्रगति युवा समाजले रक क्लाइम्बिङका लागि सम्भाव्यता अध्ययन सम्पन्न गरेर निर्माण सुरू गरेको हो । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिबाट रु १० लाख विनियोजन गरी रक क्लाइम्बिङ, रक गार्डन र बाल उद्यानको काम सुरू गरिएको समाजका अध्यक्ष उमेश महतले बताउनुभयो । यसका लागि इलाम सदरमुकामस्थित कालीध्वज गणका गणपति प्रकाश लामिछानेले पनि पर्यटकीय पूर्वाधार निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने बताउनुभयो । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिमार्फत सम्भाव्यता अध्ययन गरी पर्यटकीयस्थलको रूपमा छनोट सम्पन्न गरेर प्रगति युवा समाजलाई जिम्मा दिइएको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताउनुभयो । जिल्लामा यस्ता धेरै स्थान भए पनि महभिर जतिको उपयुक्त स्थान कही फेला नपारिएको समाजले जनाएको छ । महभिर सदरमुकामबाट करिब एक घन्टाको पैदल दूरीमा पर्दछ ।

]]>
8330 0 0 0
मुहान पोखरी खावा सडक निर्माण सुरु http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b9%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a5%80-%e0%a4%96%e0%a4%be%e0%a4%b5%e0%a4%be-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d/ Sat, 06 Feb 2016 16:19:26 +0000 http://www.ghumphir.com.np/?p=8332

भक्तपुर, २३ माघ ।

भक्तपुरको नगरकोट नगरपालिकास्थित मुहान पोखरीबाट काभ्रेको खावा जोड्ने करिब १० किलोमिटर लामो सडक निर्माण सुरु भएको छ । पुनःनिर्माण तथा पुनःस्थापना क्षेत्रगत विकास कार्यक्रमले जिल्ला विकास समिति जिल्ला प्राविधिक कार्यालयको संयोजनमा नयाँ सडक निर्माण सुरु गरेको हो । नगरकोटको मुहान पोखरीबाट बागेश्वरी, सुडाल, ताथली, नालाछाप हुँदै खावा जोड्ने उक्त सडक २०७४ असार २० गतेभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाएर निर्माण सुरु भएको स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले जानकारी दिनुभयो । कुल रु १३ करोड तीन लाख ४६ हजार ४४० को लागतमा सडक निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएअनुसार सडक निर्माण सुरु भएको हो । सडकको चौडाइ ५.५ मिटर रहने, सडकको क्षेत्राअधिकार सेन्टरबाट दायाँबायाँ १०˗१० मिटर रहने, कालोपत्र ३.७५ मिटर रहने जिल्ला प्राविधिक कार्यालयका प्रमख माधवजङ्ग कार्कीले जानकारी दिनुभयो । सडक निर्माणमा पक्की नाली निर्माण गरिने, टेवा पर्खाल लगाइने, १८ वटा पाइप कल्भर्ट, छ वटा स्ल्याब कल्भर्ट राख्ने कार्य सम्पन्न भएपछि सडक हस्तान्तरण गर्ने बताइएको छ । ग्रामीण भेगको यो सडक निर्माण सम्पन्न भएपछि काभ्रेको खावाबाट भक्तपुर सिधा आवतजावतमा सहज हुने र यहाँका उत्पादनलाई बजार ल्याउन निकै सहज हुने स्थानीय समन्वयकर्ता यादव अधिकारीले बताउनुभयो ।

]]>
8332 0 0 0
वीरगञ्ज–रक्सौल सामान्य अवस्थामा http://localhost/ghum/%e0%a4%b5%e0%a5%80%e0%a4%b0%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%8c%e0%a4%b2-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%85/ Sat, 06 Feb 2016 16:22:37 +0000 http://www.ghumphir.com.np/?p=8334

काठमाडौँ, २३ माघ ।

विगत चार महिनाभन्दा बढी समयदेखि ठप्प भएको वीरगञ्ज–रक्सौल नाका सहज बन्दै गएको छ । मधेसी मोर्चाको अवरोधका कारण लामो समयदेखि ठप्प भएको रक्सौल सामान्य अवस्थामा सञ्चालन भइरहेको भन्सार विभाग उपमहानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभायो । मितेरी पुलमा राखेको पाल हटेको छ भने रक्सौल र वीरगञ्जमा अड्किएका मालबाहक ट्रक आवतजावत हुन थालेका थिए । मोर्चा कार्यकर्ता त्यहाँ बन्द गर्न गए पनि स्थानीयवासीको सहयोगमा अवरोध हटेको हो । नेपाल आयल निगमका उपकार्यकारी प्रमुख सुशील भट्टराईका अनुसार नाका खुलेको भए पनि आधिकारिक रुपमा रक्सौल–काठमाडौँ मार्ग चल्ने निगमका ट्याङ्कर आवतजावत भएका छैनन् । उहाँले यस नाकामा अड्किएर रहेका ट्याङ्कर भने आवतजावत भएको जानकारी दिँदै आधिकारीक रुपमा यस मार्गमा चल्ने ट्याङ्कर इन्धन उपलब्ध हुने विषयमा सोमबार मात्र थाहा हुने बताउनुभयो । भट्टराईले भन्नुभयो– “नाका खुलेको भए पनि इन्धन आयातमा सहज भयो भन्ने भन्दा पनि अन्यत्र रहेका ट्याङ्कर तथा बुलेटलाई रक्सौल–काठमाडौँ रुटमा केन्द्रित गर्न निर्देशन दिएका छौँ ।” मुलुकमा आयात हुने इन्धनको ७० प्रतिशत परिमाण यसै नाकाबाट हुँदै आएको थियो । गत भदौ ७ गतेदेखि मोर्चाले नाकाबन्दी घोषणा गरेपछि राजधानीसहित देशभर इन्धनको सङ्कट हुँदै आएको थियो ।

]]>
8334 0 0 0
कार्यक्रममा उपराष्ट्रपति अचानक अवस्थ्य भएपछि सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याईयो http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8/ Sat, 06 Feb 2016 16:36:06 +0000 http://www.ghumphir.com.np/?p=8336

काठमाडौँ, २३ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । साँझ वीरेन्द्र सैनिक अस्पताल पुगेर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिँदै स्वास्थ्यमा ख्याल गर्न उपराष्ट्रपति पुनलाई समेत आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । सिन्धुलीमा आयोजित तेम्बा सांस्कृतिक कार्यक्रममा सरिक हुन जानुभएका उपराष्ट्रपति पुन आज अचानक अस्वस्थ हुनुभएको थियो । अचानक अवस्थ्य हुनुभएका उपराष्ट्रपति पुनलाई नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट आज साँझ काठमाडौँ ल्याई छाउनी अस्पतालमा भर्ना गरिएको थियो । सैनिक स्वास्थ्य महानिर्देशनालयका निर्देशक प्राविधिक उपरथी डा किशोरजङ्ग राणाका अनुसार उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको तथा थप अनुसन्धान र उपचारका लागि भर्ना गरिएको छ । उपराष्ट्रपति पुनका छोरा दिपेश पुनका अनुसार चिकित्सकले उहाँलाई आराम गर्न सल्लाह दिनुभएको छ । यसअघि मुख्यसचिव डा सोमलाल सुवेदी पनि उपराष्ट्रपति पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

]]>
8336 0 0 0
जङ्गलमा एक व्यक्ति मृत फेला http://localhost/ghum/%e0%a4%9c%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%95-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%ae%e0%a5%83%e0%a4%a4-%e0%a4%ab%e0%a5%87/ Sun, 07 Feb 2016 06:19:20 +0000 http://www.ghumphir.com.np/?p=8341

रामपुर (पाल्पा), २४ माघ ।

रिङ्गनेरह–५ रोडेनको जङ्गलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । रिङ्गनेरह–८ अर्खलडाँडा बस्ने ५१ वर्षीय तोयानाथ पङ्गेनी गएराति जङ्गलमा मृत फेला परेका हुन् । मृतक पङ्गेनी शुक्रबार गाउँमा पूजामा जान हिँडेको र घर नफर्किएपछि आफन्त, छिमेकीले खोजी गर्ने क्रममा शरीर अङ्गभङ्ग भएको अवस्थामा फेला परेको मृतकका दाजु प्रेम पङ्गेनीले जानकारी दिनुभयो । ताहुँ प्रहरी चौकीले घटनाको अवलोकन गरेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पाल्पाको टोली खटिएको बताइएको छ ।

]]>
8341 0 0 0
राउण्ड अन्नपूर्ण घुम्न आउनेमा तेस्रो मुलुकका पर्यटक बढी http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%89%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%a8-%e0%a4%86/ Sun, 07 Feb 2016 06:21:50 +0000 http://www.ghumphir.com.np/?p=8343

मुस्ताङ, २४ माघ ।

विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्ग घुम्न आउने पर्यटकमा तेस्रो मुलुकका नागरिक बढी रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको तथ्याङ्कअनुसार, म्याग्दी, मुस्ताङ, मनाङ, कास्की र लमजुङ जिल्लाका ५७ गाविस फैलिएको पदमार्गमा सार्क राष्ट्रभन्दा तेस्रो मुलुककै नागरिक बढी देखिएको हो ।

Myagdi- Punhill ma tourist सन् २०१५ मा ६९ हजार ९४ जना तेस्रो मुलुकका पर्यटक आउँदा १० हजार २२५ मात्रै सार्क राष्ट्रका पर्यटक भित्रिएका छन् । त्यस्तै सन् २०१४ मा एक लाख नौ हजार तेस्रो मुलुकबाट पर्यटक आएका थिए भने २० हजार २३३ सार्क राष्ट्रका रहेको एक्यापका केन्द्रीय पर्यटन अधिकृत रेश्मी आचार्यले जानकारी दिनुभयो । “सार्क राष्ट्रमध्ये भारतीय नागरिक सबैभन्दा धेरै देखिएका छन् । मुस्ताङको मुक्तिनाथ र कागबेनीमा उनीहरु धेरै पुग्ने गरेको पाइएको छ” – उहाँले भन्नुभयो । दर्जनाँै हिमशृङ्खला, उच्च हिमाली क्षेत्रका ग्रामीण बस्ती, तिब्बती कला संस्कृतिको अध्ययन, मुस्ताङ र मनाङको फरक भू–बनोट, मुक्तिनाथ, कागबेनीलगायतका प्रसिद्ध धार्मिकस्थल जस्ता कारणले भदौ, असोज, कात्तिक, चैत, वैशाख, जेठ र असार महिनामा विश्वभरबाट यस क्षेत्रमा पदयात्राका लागि पर्यटकको ओइरो लाग्ने गर्दछ । सन् २०१५ मा जर्मनी, अस्ट्रेलिया, इजरायल, अमेरिकी नागरिक बढी भित्रिएको एक्यापको तथ्याङ्कले देखाएको छ । सुरुमा २१ दिनसम्म लाग्ने यो पदमार्ग अहिले मनाङ र मुस्ताङका अधिकांश स्थानमा समेत सडक सञ्जालको विस्तार भएका कारण सातदेखि १२ दिनमा झरेको एक्यापका प्रमुख लालप्रसाद गुरुङले जानकारी दिनुभयो । यस क्षेत्रको भ्रमणका लागि आउने सार्क राष्ट्रका पर्यटकले रु दुई हजार र तेस्रो मुलुकका पर्यटकले रु चार हजार तिर्नुपर्ने हुन्छ । मुस्ताङका १६, मनाङका १३, म्याग्दीका तीन, कास्कीका १८ र लमजुङका सात गरी ५७ गाविस समेटिएको पदमार्ग क्षेत्रमा ३०० को हाराहारीमा साना तथा ठूला होटल व्यवसाय सञ्चालनमा रहेका छन् । भूकम्प र तराई आन्दोलनका कारण सन् २०१५ मा भने पहिलेको तुलनामा करिब ५० हजार पर्यटक घटेको प्रमुख गुरुङको भनाइ छ ।

]]>
8343 0 0 0
पशुपतिनाथका भट्टलाई घरजान हवाई टिकट http://localhost/ghum/%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%95%e0%a4%be-%e0%a4%ad%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%98%e0%a4%b0%e0%a4%9c%e0%a4%be/ Sun, 07 Feb 2016 15:59:25 +0000 http://www.ghumphir.com.np/?p=8348

काठमाडौँ, २४ माघ ।

पशुपतिनाथ मन्दिरका मूल भट्ट र सहायक भट्टलाई घर (भारतको बँैगलोर) जान÷आउन वार्षिकरुपमा एकपटक हवाई टिकटसहित रु ४० हजार उपलब्ध गराइने भएको छ । पशुपति क्षेत्र विकास कोषको आजको बैठकले वार्षिक एकपटक घरजाने मूल भट्ट र सहायक भट्टका लागि सो व्यवस्था गर्ने बैठकले निर्णय गरेको कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बताउनुभयो । पशुपतिनाथ मन्दिरका मूल भट्ट एक र चार सहायक भट्ट गरी पाँच भट्टलाई हवाई टिकट र घर जान र आउनका लागि वार्षिक रु ४० हजार दिने बैठकले निर्णय गरेको हो । यसअघि प्रतिभट्ट वार्षिक रु ४० हजार आवतजावतका लागि दिइने गरिन्थ्यो । त्यसले आफूहरुलाई टाढाको यात्रा गर्न कठिनाइ भएको भन्दै भट्टहरुले हवाई टिकटको व्यवस्था गर्न माग गर्दै आउनुभएको थियो । त्यस्तै, बैठकले पशुपतिको मूल भट्ट र सहायक भट्टका छोराछोरीलाई अध्ययनका लागि कोषले मासिक रु १० हजार छात्रवृत्तिस्वरुप प्रदान गर्ने र सो स्कुल वा क्याम्पसको खातामा छोराछोरी २२ वर्षको हुँदासम्ममात्र उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । कोषको बैठकले सेवा करारमा काम गर्ने कर्मचारीलाई उमेरको हद ६० वर्ष मान्ने निर्णय गरेको र पशुपतिनाथको मन्दिरलाई हिन्दूको आस्थाको केन्द्र बनाउनका लागि सबैले प्रतिबद्ध भएर काम गर्नेलगायतका विषयमा छलफल भएको थियो । मन्त्री पोखरेलको अध्यक्षतामा भएको कोषका पदाधिकारीको बैठकमा मन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनबहादुर कार्की, काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, राष्ट्रिय योजना आयोगका सचिव डा चन्द्रकान्त पौडेललगायत हुनुहुन्थ्यो ।

]]>
8348 0 0 0
१९५० को दशकमा खिचेका नेपाली परिवेशका तस्बिरहरु http://localhost/ghum/%e0%a4%9f%e0%a5%8b%e0%a4%a8%e0%a5%80-%e0%a4%b9%e0%a5%87%e0%a4%97%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0/ Sun, 07 Feb 2016 16:32:26 +0000 http://www.ghumphir.com.np/?p=8350

काठमाडौँ, २४ माघ ।

स्वीस भूर्भविद् टोनी हेगनले सन् १९५० को दशकमा खिचेका नेपाली परिवेशका तस्बिरहरुको प्रदर्शनी सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डमा यही माघ २१ गतेदेखि सुरु भएको सो प्रदर्शनीमा राखिएको तस्बिरले तत्कालीन नेपाललाई प्रतिविम्बित गरेको छ । प्रदर्शनीमा उनले खिचेका ५४ वटा तस्बिरका साथै तस्बिर खिच्न प्रयोग गरिएको क्यामेरासमेत राखिएको थियो । नेपालको १२ वर्षे बसाइँका क्रममा १४ हजार किमी हिँडेरै विभिन्न स्थान र त्यहाँको सामाजिक, सांस्कृतिक र धार्मिक परिवेशलाई नियाल्न सफल हेगनले नेपालसम्बन्धी तस्बिर र लेखनमार्फत विश्वलाई नेपालसँग परिचित गराउन योगदान पु¥याएका थिए । उनको तस्बिरमा तत्कालीन वाग्मती नदीको अवस्थादेखि त्यहाँ वरपरको वातावरण र स्थानीयवासीको झल्कोसमेत देख्न पाइन्छ । पर्यटन बोर्डले हरेक अङ्ग्रेजी महिनाको पहिलो शुक्रबार, शनिबार र आइतबार विभिन्न फोटोग्राफरले खिचेका नेपाल झल्काउने फोटोको प्रदर्शनी थालेको र त्यसको सुरुवात टोनी हेगनको तस्बिरबाट गरिएको बोर्डका अधिकृत सुदन सुवेदीले जानकारी दिनुभयो । उक्त प्रदर्शनीको उद्घाटन टोनीका छोरी क्याट्रिनाले गरेकी थिइन् । हेगनले गोरखा दक्षिणबाहु र मानार्थ नेपाली सम्मान पाइसकेका छन् ।

प्रर्दशनीमा राखिएका तस्बिरहरु 

tony hegan oll nepal (1) tony hegan oll nepal (2) tony hegan oll nepal (5) tony hegan oll nepal (6) tony hegan oll nepal (9) tony hegan oll nepal (10) tony hegan oll nepal (11) tony hegan oll nepal (12) tony hegan oll nepal (13) tony hegan oll nepal (14) tony hegan oll nepal (15) tony hegan oll nepal (24)

]]>
8350 0 0 0
गैँडा अनुगमनमा नयाँ प्रविधि http://localhost/ghum/%e0%a4%97%e0%a5%88%e0%a4%81%e0%a4%a1%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%97%e0%a4%ae%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5/ Mon, 08 Feb 2016 11:00:55 +0000 http://www.ghumphir.com.np/?p=8368

नारायण ढुँगाना  रत्ननगर (चितवन), २५ माघ ।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा अनुगमनका लागि नेपालमै पहिलो र नयाँ प्रविधिको प्रयोग सुरु भएको छ । संरक्षण कार्यलाई प्रभावकारी बनाउन नेपालका संरक्षित क्षेत्रमा नै पहिलोपटक चितवन निकुञ्जको पूर्वी क्षेत्रबाट उक्त प्रयोग सुरु भएको हो । वास्तविक समयमा गैँडा के गर्दै छ भनेर मोबाइल एप्लिकेसनमार्फत हेर्न सकिने गरी सफ्टवेयर तयार पारिएको हो । यसअघि नेपाली सेनाले गस्तीका लागि मात्रै भनेर एउटा प्रविधि भित्र्याएको भए पनि गैँडाको अनुगमनमा केन्द्रित गरेर आएको एप्लिकेसनसहितको यो पहिलो प्रविधि हो । कोठामै बसेर गैँडा कहाँ गइरहेको छ भनेर अनुगमन गर्न मिल्ने गरी मोबाइल एप्लिकेसन तयार भएको जनाइएको छ । जियोलोजिकल सोसाइटी अफ लन्डन, चितवन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको संयुक्त प्रयासमा मोबाइल एप्लिकेसन ल्याइएको हो । एन्ड्रोइड मोबाइलमा प्रयोग हुने यो एप्लिकेसन संवेदनशील र सुरक्षाका हिसाबले सर्वसाधारणका लागि भने खुला हुँदैन । नेपालमै पहिलोपटक मोबाइल एप्लिकेसनमार्फत गैँडाको अनुगमन गर्न सकिने गरी नयाँ प्रविधिको विकास गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । यसअघि गैँडा अनुगमनका क्रममा प्रत्यक्ष कापीमा टिपेर ल्याई भोलिपल्ट विश्लेषण गर्ने काम गरिन्थ्यो भने यो प्रविधिले अनुगमनकर्ताले रेकर्ड सर्भरमार्फत पठाएपछि तत्कालै कोठामै बसेर विश्लेषण गर्न सकिनेछ । उहाँका अनुसार गैँडा अनुगमनमा गएका संरक्षणकर्मीले सर्भरमार्फत रेकर्ड पठाएपछि मोबाइल एप्लिकेसनमार्फत गैँडाको अनुगमन गर्न सकिनेछ । यसले कुन गैँडा कहाँ गएको छ ?, के गर्दैछ ?, बस्ती पस्न लागेको छ कि छैन ? भन्ने कुरा कोठामै बसेर अनुगमन गर्न सकिनेछ । गैँडा अनुगमन र अनुसन्धानमा यो प्रविधिको प्रयोग गरिने पोखरेलले बताउनुभयो । “मुख्यगरी गैँडाको गहिरो अनुगमनका लागि यो सफ्टवेयर फलदायी छ,” डा पोखरेलले भन्नुभयो । आइतबार मात्रै चितवनमा तेस्रो शून्य चोरी–सिकार वर्ष मनाइएको छ । आगामी दिनमा संरक्षणमा थप चुनौती थपिएका बेला एप्लिकेसनले ठूलो योगदान गर्ने चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो । सुरुमा अहिले चितवन निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने पाँचवटा पोस्टबाट अनुगमनको काम हुनेछ । गैँडाको घनत्व कम भएको क्षेत्रबाट अनुगमन थालिएको हो । “यसबाट रियल टाइम मनिटरिङ हुन्छ,” कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले भन्नुभयो – “गैँडाका गतिविधि र आनीबानीसमेत अनुगमन गर्न सकिन्छ ।” उहाँका अनुसार जो कसैले पनि तस्बिर अथवा भिडियो खिचेर तोकिएको सर्भरमा हालेमा उक्त फोटो भिडियो÷मोबाइल एप्लिकेसनमा आउँछ । कार्यालय या कोठामै बसेर पनि गतिविधि हेर्न सकिन्छ । यसले गैँडाको उपस्थिति बताउने भएकाले चोरी–सिकारीको निगरानी गर्न सजिलो हुने र संरक्षणमा टेवा पुग्ने कोषका अर्का संरक्षण अधिकृत शशाङ्क पौडेलले जानकारी दिनुभयो । नेपालमा संरक्षित क्षेत्रमा २००७ सालदेखि प्रविधिको प्रयोगको थालनी गरिएको थियो र अनुगमन बर्दिया राष्ट्रिय निकुञ्जबाट सुरु भएको थियो । यसले अवैध गतिविधि नियन्त्रणमा ठूलो सहयोग पुगेपछि शुक्लाफाँटा हुँदै चितवनमा पनि सुरु भएको थियो । तर अहिलेको यो एप्लिकेसन भने पहिलो हो । यसअघि चितवनमा नेपाली सेनाले आफ्नो गस्ती टोलीका लागि प्रयोग गरिएको ‘रियल टाइम’ गस्ती फरक खालको प्रविधिको प्रयोग हो । यो प्रयोगले सेनाका गस्ती टोली कहाँ गइरहेको छ ? के गर्दैछ ? गस्तीमा गयो कि गएन ? भनेर थाहा पाउन सकिन्थ्यो । स्मार्ट गस्ती, पैदल गस्ती, हवाई गस्ती तथा सवारी गस्ती सञ्चालन गरेको निकुञ्जमा यो नयाँ प्रविधि ल्याइएको हो । अहिलेको गस्तीमा भने कुनै पनि कर्मचारी वा सैनिकले छल्न नसक्ने दावी चितवन निकुञ्जको सुरक्षार्थ खटिएको श्रीजङ्ग गणका गणपति सञ्जय देउजाले गर्नुभएको छ । चितवन निकुञ्ज संरक्षित वन्यजन्तुको प्रमुख बासस्थान हो । यहाँ बाघ, गैँडा, हात्ती, गोही, भालुलगायतका जनावर छन् । विश्वमै सबैभन्दा बढी एकसिङ्गे गैँडा पाउनेमध्ये दोस्रो स्थानमा चितवन पर्छ । भारतको काजिरङ्गा पहिलो हो । चितवन निकुञ्जमा ६०५ गैँडाको बसोबास रहेको अनुमान छ ।

]]>
8368 0 0 0
त्रिवेणी धाममा दर्शनार्थीको घुइँचो http://localhost/ghum/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a5%87%e0%a4%a3%e0%a5%80-%e0%a4%a7%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5/ Mon, 08 Feb 2016 11:04:44 +0000 http://www.ghumphir.com.np/?p=8370

परासी, २५ माघ ।

माघे औँसीको अवसरमा नवलपरासीका त्रिवेणी धामलगायत चर्चित तीर्थस्थलहरुमा आज बिहानैदेखि तिर्थालु भक्तजनको घुइँचो लागेको छ । नवलपरासीको त्रिवेणी धामसहित नारायणी नदी आसपासका क्षेत्रमा बिहानैदेखि स्नान साथै पूजाआजा गर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको हो । त्रिवेणी धाममा लुम्बिनी अञ्चलका विभिन्न जिल्ला, चितवनसहित आसपासका जिल्ला र छिमेकी भारतीय क्षेत्रका हजारौँ तीर्थालुको उल्लेखनीय सहभागिता रहेको छ । विशेषगरी आज माघे औँशीको अवसरमा विभिन्न धार्मिक तीर्थस्थलमा गई स्नानका साथै पूजाआजा गर्नाले पारिवारिक सुख समृद्धि मिल्ने धार्मिक विश्वास रहिआएको छ । त्रिवेणी धाममा नेपाल र भारतबाट आएका तीर्थालुमध्ये आज मात्रै बिहान करिब दुई लाख बढी दर्शनार्थीले त्रिवेणी धाममा स्नान गरेको अनुमान छ । यसैक्रममा त्रिवेणी धाममा ठूलो मेलासमेत लागेको छ ।

]]>
8370 0 0 0
तीर्थयात्रु बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%81-%e0%a4%ac%e0%a5%8b%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%af/ Mon, 08 Feb 2016 11:07:45 +0000 http://www.ghumphir.com.np/?p=8372

कावासोती, २५ माघ ।

माघे औँसीमा स्नान गर्न त्रिवेणीधाम आएको भारतीय तीर्थयात्रु बोकेको ट्र्याक्टर पल्टिँदा आज बिहान दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, नवलरासीका प्रहरी निरीक्षक सुभास गैरेका अनुसार उत्तरप्रदेशको नेचरुनबाट आएको ट्र्याक्टर नवलपरासीको गुठीसूर्यपुरा–७ सूर्यपुरामा पल्टिँदा उत्तरप्रदेश सिमराकी ६० वर्षीया कर्मवलीदेवी गुप्ता र सोही ठाउँका १७ वर्षीय रमेश गुप्ताको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो । दुर्घटनामा परी १० जना घाइते भएका छन् । उनीहरुको चौपत्तास्थित सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । औँसीमा स्नान गर्न स्वदेशी तथा विदेशी भक्तजन त्रिवेणी धाममा आउने गरेका छन् । त्यसैगरी कुडिया–६ स्थित महलबारीमा मुखबाट रगत बगेको अचेत अवस्थामा एक युवकलाई भेटेपछि उपचारका लागि पृथ्वीचन्द्र अस्पताल लगेकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गैरेले बताउनुभयो ।

]]>
8372 0 0 0
सात वर्षमा सात किलोमिटर कालोपत्रे http://localhost/ghum/8374-2/ Mon, 08 Feb 2016 11:13:16 +0000 http://www.ghumphir.com.np/?p=8374

धनगढी, २५ माघ ।

सुदूरपश्चिमको समग्र विकासमा महत्व राख्ने निर्माणाधीन सेती लोकमार्ग सडक सात वर्षको अवधिमा सात किलोमिटर मात्रै कालोपत्रे गरिएको छ । कैलालीको टीकापुरबाट निर्माण थालिएको यो सडक यस अवधिमा बझाङ्को चैनपुरसम्म गरी कुल ४५ किलोमिटर लामो भागमा ‘ट्र्याक‘ खोल्ने काम पूरा भएको छ । रेखाङ्कन गरिएको कैलालीको टीकापुरबाट बौनियासम्मको सात किलोमिटर लामो भागमा मात्रै सेती लोकमार्ग सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको हो । सेती लोकमार्ग निर्माण आयोजनाका प्रमुख अमृतमणि रिमालले चालु वर्षमा बझाङ्ग र अछाम जिल्लामा निर्माण कार्य केन्द्रीत गरिएको बताउनुभयो । यी दबै जिल्लामा गरी तीन ‘प्याकेज‘मा सेती लोकमार्ग निर्माणका लागि तीनवटा निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ । यसवर्ष अछामको साँफेबाट बैजनाथसम्मको झण्डै अढाइ किलोमिटरमा कालोपत्रे, अछामकै चित्रेबाट लोडघाटसम्मको १२ किलोमिटरमा तथा बझाङ्गको टमेलबजारदेखि १५ किलोमिटर भागमा ट्र्याक खोल्ने काम गर्न लागिएको आयोजनाका प्रमुख रिमालले बताउनुभयो । यसका लागि चालु वर्षमा रु १४ करोड ३४ लाख बजेट विनियोजन भएको बताइएको छ । कैलालीको बौनियादेखि चुरे पहाडतर्फको भागमा जङ्गल परेकाले तत्काल सडक निर्माणको काम रोकिएको बताइएको छ । जङ्गल क्षेत्रको वातावरणीय प्रभाव मूल्याङकन (इआइए) गरिसकेपछि मात्र सडक निर्माण गरिने हुँदा यसको स्वीकृतिका लागि वन मन्त्रालयसँग पत्राचार गरिएको छ । सेती लोकमार्ग निर्माण कार्य यसअघिसम्म सुदूरपश्चिममा रहेका सडक डिभिजन कार्यालयमार्फत हुँदै आएकामा गएको असोजदेखि अछामको साँफेमा सेती लोकमार्गको कार्यालय स्थापना गरी कार्यालयमार्फत् निर्माणको कार्य भइरहेको छ । आर्थिक वर्ष २०६५÷६६ बाट यो राजमार्गको निर्माण कार्य सुरु गरिएको हो । सुदूरपश्चिमको समग्र विकासमा महत्वूर्ण मानिने यो सेती लोकमार्ग सडक कैलालीको टीकापुरबाट डोटी, अछाम, बझाङ्ग हुँदै नेपाल—चीनको सीमा क्षेत्र ताक्लाकोटसम्म झण्डै ३०० किलोमिटर लामो रहेको छ । कैलाली जिल्लाको हकमा यो राजमार्गको रेखाङ्कन आफुखुसी गरेर शक्ति र पहँुचको बलमा नेताहरुले आ–आफ्नो क्षेत्रबाट रेखाङ्कन गरी बाङ्गोटिङ्गो बनाइएको भन्दै बौनिया क्षेत्रका बासिन्दाले विरोध गरेका छन् । नयाँ नक्शाङ्कन गरिएबमोजिम टीकापुर नजिकको दुर्गौलीबाट प्रतापपुर, लोहागाड, बेलुवा हुँदै सडकपुर बौनियासम्म यो सडक निर्माण हुनुपर्ने माग सेती लोकमार्ग सुधार सङ्घर्ष समितिले राख्दै आएको छ । मागको सुनुवाइ नगरी पहुँच पुगेकाको बलमा पूर्व—पश्चिम राजमार्गको समानान्तर हुने गरी सेती लोकमार्ग सडक निर्माण गर्नुको औचित्य नहुने सङ्घर्ष समितिका अध्यक्ष वीरबहादुर हमाल बताउनुहुन्छ । आयोजना प्रमुख रिमालले भने आफू आयोजनामा भरखरै आएकोले विवादबारे जानकारी नभएको बताउनुभयो ।

]]>
8374 0 0 0
बाघ गणनाका लागि क्यामेरा http://localhost/ghum/%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%be/ Mon, 08 Feb 2016 11:17:31 +0000 http://www.ghumphir.com.np/?p=8376 8376 0 0 0 मोबाइल फोन सेवा विस्तार http://localhost/ghum/%e0%a4%ae%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%87%e0%a4%b2-%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b0/ Mon, 08 Feb 2016 11:19:51 +0000 http://www.ghumphir.com.np/?p=8379 म्याग्दीको दुर्गम गुर्जा गाविसमा नेपाल टेलिकम म्याग्दीले जिएसएम मोबाइल फोन सेवा विस्तारका लागि राखेको स्याटेलाइट टावर । टेलिकमले टावर राखेसँगै सदरमुकाम बेनीदेखि दुई दिनको यात्रापछि पुगिने गुर्जा सञ्चार सञ्जालमा जोडिएको छ । तस्बिरःकमल खत्री

]]>
8379 0 0 0
मोर्चाः नाकाबन्दी फिर्ता लिने निर्णय गर्दै थप आन्दोलनको घोषणा http://localhost/ghum/%e0%a4%ae%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%83-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%a4%ab%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be/ Mon, 08 Feb 2016 16:44:17 +0000 http://www.ghumphir.com.np/?p=8383

भक्तपुर, २५ माघ ।

मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाकाबन्दी, आमहडताल र सरकारी कार्यालय बन्दको कार्यक्रम तत्काललाई फिर्ता लिँदै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज मध्याह्नदेखि अपराह्नसम्म भक्तपुरको सानोठिमीस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको मोर्चाको बैठकपछि सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष ठाकुर, तराई–मधेस सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सातबुँदे निर्णय सार्वजनिक गरिएको छ । मोर्चामा सहभागी सद्भावनाका अध्यक्ष राजेन्द्र महतो बाहेक मोर्चा घटकका अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा शान्तिपूर्ण, अहिंसात्मक तथा असहयोग आन्दोलनलाई अझ बढी उचाइ प्रदान गर्दै निर्णायक आन्दोलनका रुपमा रुपान्तरित गरी सशक्त बनाउन मोर्चाले आन्दोलनका कार्यक्रम परिमार्जन गरेको जनाइएको छ । आमहडतालमा मोर्चाद्वारा भएको त्रुटि सच्याउँदै आन्दोलनलाई सशक्त रुपमा राजधानीकेन्द्रित बनाउने र मोर्चाबाट बाहिर रहेका अन्य राजनीतिक दललाई पनि मोर्चामा समावेश गराउने निर्णय गरिएको छ । बैठकले मोर्चामा सम्बद्ध सद्भावना पार्टीका अध्यक्ष महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुगेको निष्कर्ष निकाल्दै आइन्दा यस्ता क्रियाकलाप नगर्न नगराउन निर्देश गरेको छ । आन्दोलनका माग पूरा नभएसम्म सङ्घर्ष गर्ने तथा कालोबजारी र विद्युत्भार कटौतीको विरोध गर्ने निर्णय गर्दै जस्तोसुकै कठिन परिस्थितिमा पनि सङ्घर्षबाट पछि नहट्ने मोर्चाको निर्णय छ । बैठकले मोर्चाले राखेका ११ बुँदे माग जनतासमक्ष प्रस्तुत गर्दै गाउँ र नगरमा जनमत सङ्कलनका रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

]]>
8383 0 0 0
पर्यटन पुनःरुत्थानका लागि अन्तर्राष्ट्रियस्तरको गोष्ठी http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%b0%e0%a5%81%e0%a4%a4%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97/ Mon, 08 Feb 2016 16:47:58 +0000 http://www.ghumphir.com.np/?p=8385

काठमाडौँ, २५ माघ ।

पर्यटन व्यवसायको क्षेत्रमा नवीनतम अभ्यास, सफल नेतृत्व र सीप विकास गर्ने उद्देश्यले यहाँ अन्तर्राष्ट्रियस्तरको गोष्ठीको आयोजना गरिएको छ । प्यासिफिक एसिया ट्राभल एजेन्ट (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरु भएको दुई दिने गोष्ठीमा हङकङका प्राध्यापक केयी चोनले पर्यटन व्यवसायका नवीनतम अभ्यास र सफल नेतृत्वको विकासबारे दुई दिन प्रशिक्षण दिनुहुनेछ । हङकङ पोलिटेक्निकल युनिभर्सिटीका डीन रहनुभएका उहाँ होटल एन्ड टुरिजम म्यानेजमेन्टसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पर्यटन सङ्गठनको उत्कृष्ठ पुरस्कार विजेतासमेत हुनुहुन्छ । भूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटन पुनःरुत्थानमा ऊर्जा थप्न तथा पर्यटनका नयाँ आयामको खोजीका साथै दक्ष जनशक्ति उत्पादन र आधुनिक प्रविधियोग्य सीपको विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो । आतिथ्यता र पर्यटनमा नव पर्वत्तन र नेतृत्व विषयक उक्त गोष्ठीमा पर्यटन क्षेत्रका एयरलाइन्स, होटल, व्यवसायी तथा विद्यार्थी गरी करिब १८० जनाको सहभागिता छ । गोष्ठीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन उद्योगलाई गतिवान बनाउन मानवसंशाधन आवश्यकता रहेको भन्दै पर्यटन प्रवद्र्धनका लागि यस्तो तालिम उपयोगी हुने उल्लेख गर्नुभयो । सङ्क्रमणमा परेको मुलुकको पर्यटन पुनःरुत्थानका लागि थप ऊर्जा थप्ने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरिएको आयोजक पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिनुभयो । प्राध्यापक चोनले एसिया प्रशान्त क्षेत्रमा विश्व पर्यटन उद्योगले फड्को मारिरहेको तथा पर्यटन पूर्वाधार निर्माणका कार्य तीव्ररुपमा अघि बढिरहेको सन्दर्भमा नेपालको पर्यटन बजारलाई गति दिन पर्यटकको आवश्यकताअनुरुप नयाँ पर्यटकीय प्याकेजका कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले अर्थतन्त्रको मुख्य आधार पर्यटन उद्योगको प्रवद्र्धनका लागि पूर्वाधार विकास, दक्ष जनशक्तिको निर्माणका साथै नयाँ गन्तव्य र बजारीकरणलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

]]>
8385 0 0 0
नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा– अर्थमन्त्री पौडेल http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81/ Tue, 09 Feb 2016 18:51:20 +0000 http://www.ghumphir.com.np/?p=8388

काठमाडौँ, २६ माघ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास व्यक्त गर्नुभएको छ । तीनदिने भारत भ्रमणपछि आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय समाचार समिति (रासस) सँग कुरा गर्दै उहाँले पछिल्लो दिनमा दुई मुलुकबीच उत्पन्न भएका असमझदारी समेत हटाउन आफ्नो भ्रमण सफल भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लाग्नु भएको भारत भ्रमणलाई सफल बनाउने विषयमा भारतीय नेताहरुसँग छलफल भएको तथा भ्रमणलाई सफल एवम् सुनिश्चित गर्ने विषय नै महत्वपूर्ण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, “दुई मुलुकबीचको सम्बन्ध हार्दिक र मैत्रीपूर्ण बनाउन भ्रमण सफल भएको छ । सम्बन्ध जीवन्त भएको छ ।” तर उहाँले प्रधानमन्त्रीको भ्रमणको मिति भने दुई देशका सम्बद्ध अधिकारी बसेर टुङ्गो लगाइने जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल बनाउने, दुई देशको मैत्री सम्बन्धलाई थप मजबुत बनाउन आफ्नो भ्रमणले थप मार्गप्रशस्त गरेको उहाँको कथन थियो । नेपालमा संविधान जारी भएको भन्दै आफूले भारतीय पक्षसँग विकासको उज्यालोमा प्रवेश गरेको मुलुकलाई थप सहयोग र सद्भावको जरुरत रहेको विषयमा ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो । भ्रमणका क्रममा अर्थमन्त्री पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज र अर्थमन्त्री अरुण जेटेलीसँग भेटवार्ता गरी आपसी हित र चासोका विषयमा छलफल गर्नुभएको थियो । भ्रमणका क्रममा भारतीय पक्षले भूकम्पपछिको पुनःनिर्माणको योजनामा नेपाल अघि बढेकाले आवश्यक आर्थिक स्रोत एवम् सहयोग गर्न भारत तयार रहेको बताउनुभएको थियो । भारतीय अर्थमन्त्रीले भारत सरकारले उपलब्ध गराउने वचन दिएको ऋण सहायता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा गरिएको सहयोग राशि एवम् भूकम्पछि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा व्यक्त प्रतिबद्धतानुसार अगाडि बढ्न तयार रहेको जनाउनुभएको थियो । नेपालको आवश्यकता र प्राथमिकतानुसार भौतिक पूर्वाधारका क्षेत्रमा सहायता उपलब्ध गराउनसमेत भारत सरकार तयार छ भन्दै अर्थमन्त्री पौडेलसँगको भेटमा उहाँका समकक्षी जेट्लीले दुई देशबीचको सम्बन्ध नयाँ आधारमा अगाडि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभएको थियो । आइतबार त्यसतर्फ जानुभएका अर्थमन्त्री पौडेलले दुई मुलुकको समान चासो एवम् आपसी हितमा विषयमा भारतीय पक्षसँग गहन छलफल गरेको र भ्रमण फलदायी भएको जानकारी दिनुभयो । यस्तै अर्थ सचिव लोकदर्शन रेग्मी र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत पनि आजै स्वदेश फर्कनु भएको छ ।

]]>
8388 0 0 0
वीरगन्ज नाकाबाट १३ लाख लिटर इन्धन भित्रियो http://localhost/ghum/%e0%a4%b5%e0%a5%80%e0%a4%b0%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a5%a7%e0%a5%a9-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%b2%e0%a4%bf/ Tue, 09 Feb 2016 18:53:47 +0000 http://www.ghumphir.com.np/?p=8390

पर्सा, २६ माघ ।

नेपाल आयल निगमले आज वीरगन्ज नाकाबाट ९५ ट्याङ्करमा लोड रहेको १३ लाख १० हजार लिटर इन्धन नेपाल भित्र्याएको छ । नेपाल आयल निगमले भारतको बरौनी र रक्सौल डिपोबाट आज उक्त परिमाणमा इन्धन भित्र्याएको हो । वीरगन्ज नाकाबाट आज साँझ ६ः३० बजेसम्म ५९ ट्याङ्करमा सात लाख ३४ हजार लिटर डिजल, २१ ट्याङ्करमा तीन लाख लिटर पेट्रोल, १२ ट्याङ्करमा दुई लाख ४० हजार लिटर हवाई इन्धन र तीन ट्याङ्करमा लोड रहेको ३६ हजार लिटर मट्टितेल वीरगन्ज नाकाबाट भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका क्षेत्रीय प्रमुख भानुभक्त खनालले जानकारी दिनुभयो । उहाँले मधेसकेन्द्रित दलले नाका केन्द्रित आन्दोलन गरेयता साढे चार महिनामा पहिलो पटक वीरगन्ज नाकाबाट यति ठूलो परिमाणमा इन्धन नेपाल भित्रिएको जानकारी दिनुभयो ।

]]>
8390 0 0 0
मोनिकाको चित्रकला कला परिषद्मा http://localhost/ghum/%e0%a4%ae%e0%a5%8b%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%b2%e0%a4%be-%e0%a4%95%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a4%b0/ Tue, 09 Feb 2016 18:55:56 +0000 http://www.ghumphir.com.np/?p=8392

काठमाडौँ, २६ माघ ।

ताहाचल निवासी १६ वर्षे मोनिका डङ्गोलको एकल चित्रकला प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्मा आजदेखि सुरु भएको छ । ‘इमेज अफ नेपाली बर्डस्’ शीर्षक दिइएको सो तीनदिने प्रदर्शनी बिहीबारसम्म चल्नेछ । ज्यापु महागुठीको आयोजनामा भएको उक्त प्रदर्शनीको उद्घाटन गर्दै वरिष्ठ कलाकार किरण मानन्धरले अहिलेका साना कलाकार नै भविष्यमा नेपाललाई विश्वमा चिनाउने वरिष्ठ कलाकार हुन् भन्नुभयो । उहाँले मोनिकाको चित्रकलामा परिपक्वता देखिने बताउँदै विद्यालयस्तरदेखि नै कलामा बालबालिकालाई लगाउनुपर्नेेमा जोड दिँदै कलाको विकासका लागि विद्यालय केन्द्रित कला कार्यक्रम हुनुपर्ने बताउनुभयो । सानैदेखि चित्रकलामा रुचि भएको मोनिकाका चित्रमा विशेष गरी नेपालका विभिन्न जातिका चरालाई देख्न पाइन्छ । सुन्दर पक्षी चराप्रति विशेष आकर्षण रहेकाले मोनिकाले ‘ल्यान्डस्केप’ चित्रमार्फत आफ्नो रुचिलाई व्यक्त गरेको बताइन् । उनको ३४ चित्र प्रदर्शनीमा छन् । नेपालको राष्ट्रिय चरा डाँफेदेखि भँगेरा, गौंथलीलगायतका अन्य चराले उनको क्यानभाषमा स्थान पाएका छन् ।

]]>
8392 0 0 0
पत्रकार जोशीको निधन http://localhost/ghum/%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%9c%e0%a5%8b%e0%a4%b6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%a7%e0%a4%a8/ Thu, 11 Feb 2016 14:32:56 +0000 http://www.ghumphir.com.np/?p=8397

joshiकाठमाडौँ, २८ माध ।

वरिष्ठ पत्रकार हरिराज जोशीको ६३ वर्षको उमेरमा ह्दयघातका कारण आज बिहान शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको छ । पर्यटन क्षेत्रमा तीन दशकदेखि कमल चलाउदै आउनु भएका पत्रकार जोशी इमेज नेपालका संपादक तथा प्रकाशक हुनुहुन्थ्यो । उहाँ मधुमेह र मिगौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका श्रीमती,एक छोरा र एक छोरी हुुनुहुन्छ । राष्ट्रिय पर्यटन पत्रकार संगठन(नाटोज्)ले एक विज्ञप्ति प्रकाशित गरी पत्रकार जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । साहसिक,निर्भिक र लगनशील पत्रकार जोशीको निधनबाट पर्यटनक्षेत्रले एक कुशल पत्रकार गुमाएको विज्ञप्तिमा उल्लेख छ ।

]]>
8397 0 0 0
होमस्टे अध्ययन केन्द्र बन्दै http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%af%e0%a4%a8-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%ac/ Thu, 11 Feb 2016 14:37:14 +0000 http://www.ghumphir.com.np/?p=8400

फलेवास (पर्वत), २८ माघ ।

पाँच वर्षअघि परीक्षणका रुपमा सञ्चालन गरिएका यहाँका होमस्टे अहिले मुलुकभरिका विभिन्न सङ्घसंस्थाका लागि अध्ययन केन्द्र बनेका छन् । सरकारले ग्रामीण पर्यटनको विकासका लागि स्थानीय सुशीलादेवी गुरुङ र शिक्षक मधुसुधन अधिकारीको सक्रियतामा सुरु भएको होमस्टेमा अहिले दैनिकजसो विभिन्न विषयमा अध्ययन गर्न आउनेको ताँती लाग्छ । सुरुमा परीक्षणका रुपमा सुशीलाको घरबाट सुरु भएको होमस्टे अहिले स्थानीय गुरुङ बस्तीका १० घरमा सञ्चलित छ । दश घरका होमस्टेमा करिब ७० जनासम्म बस्न मिल्ने क्षमता छ । “सरकारको ग्रामीण पर्यटनको अवधारणामा हातेमालो गर्न परीक्षणका रुपमा सुरु गरिएको हो,” शिक्षक अधिकारीले भन्नुभयो, “अहिले होमस्टे थप्नुपर्ने भएको छ ।” पर्यटकीय एवम् संरक्षित पञ्चासे क्षेत्रको अवलोकनका र स्थानीय गुरुङ समुदाय, गाउँमा वैदेशिक रोजगारले पारेका प्रभावलगायत विषयमा अध्ययन गर्न दैनिकजसो पर्यटक यहाँ आउने गरेका छन् । दुई हजार ५१७ मिटर उचाइमा रहेको पञ्चासे क्षेत्रमा विभिन्न प्रकारका वनस्पति र जीवजन्तु पाइन्छन् । करिब ४५० हेक्टरमा फैलिएको संरक्षित वनमा मृग, घोरल, चितुवालगायत वन्यजन्तुदेखि थरीथरीका पक्षी देख्न सकिन्छ । यहाँ अध्ययन गर्न आउनेहरु नजिकैका होमस्टेमा रात बिताउँछन् । “अहिले ६२ जनाको समूह आएको छ,” होमस्टे सञ्चालक सुशीलादेवीले भन्नुभयो, “कहिलेकाहीँ त पाहुनाले भरिएर हामी भुईँमा सुत्नुपर्छ ।” चार सय अठहत्तर घरधुरी रहेको चित्रेमा करिब १०० घर गुरुङ समुदायको छ । यहाँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीमा छन् । चित्रे गाउँलाई नमुना र सरसफाइमा पूर्ण आनिबानी परिवर्तनसहितको गाउँ बनाउन यहाँका बालबालिका र महिलाले नेतृत्व लिएका छन् । गाउँलाई प्लास्टिकमुक्त बनाउन बालबालिकाले नेतृत्व लिएका छन् भने सामाजिक काममा महिलाले । “यूवा प्रायः बाहिर छन्,”–स्थानीय जनसिद्ध माविको व्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङले भन्नुभयो, “यहाँका अरुभन्दा महिला बढी सक्रिय भएकाले सबै कामको जिम्मा उनीहरुले नै लिन्छन् ।” होमस्टेमा आउने पाहुनालाई खाना र बसोबासमा पनि स्थानीय रहनसहनको राम्रो पहिचान दिइन्छ । खानामा गुन्द्रुकको अचार, कोदाको ढिँडो, फापरर मकैको रोटी पाहुनाको इच्छाअनुसार । त्यसमा लोकल कुखुराको मासुको स्वाद फरक लिन पाइन्छ । “हामीले पाहुनालाई गाउँले परिवेशमै रमाइलो गराउन चाहन्छौँ,”–होमस्टे सञ्चालक धनकुमारी गुरुङले भन्नुभयो, “बाहिरी सामान त सहरमै पाइन्छ, यहाँको फरकपन नदिए पाहुना कसरी तान्ने ?”

]]>
8400 0 0 0
दुर्लभ एकसिङ्गे गैँडाको प्रोफाइल लिन सुरु http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%ad-%e0%a4%8f%e0%a4%95%e0%a4%b8%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%87-%e0%a4%97%e0%a5%88%e0%a4%81%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8b/ Thu, 11 Feb 2016 14:40:01 +0000 http://www.ghumphir.com.np/?p=8402

रत्ननगर (चितवन), २८ माघ ।

चितवन निकुञ्जमा रहेका दुर्लभ एवम् संरक्षित एकसिङ्गे गैँडाको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र चितवनले १७२ गैँडाको प्रोफाइल तयार पारेको छ । गैँडाका हरेक क्रियाकलापको अनुगमनका लागि यसरी प्रोफाइल तयार पार्न थालिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । उनीहरुको ज्यानमा भएको सङ्केतका आधारमा नामकरण गरेर कति वर्ष, कुन क्षेत्रमा बढी भेटिएको, आनीबानी तथा बच्चा भए÷नभएको जस्ता विवरण लिएर प्रोफाइल बनाइएको उहाँको भनाइ छ । सिङ्ग नभएकोलाई ठुटे, दुवी आएको देखिएको, कहीँ टाटा भेटिएको तथा ज्यानमा डल्लो देखिएको गैँडालाई सोही अनुसार नै नामकरण गरिएको छ । यसरी प्रोफाइल लिँदा गैँडाको अनुगमनमा कुन गैँडा भेटिएन भनेर पहिचान हुनेछ । यस्तै बस्तीमा पसेको गैँडा कुन हो, हरायो भने कुन गैँडा हरायो, कुन गैँडालाई के समस्या छ भनेर छुट्याउनसमेत सहज हुने भएकाले प्रोफाइल तयार पार्न थालिएको कोषले जनाएको छ । पछिल्लो समयमा मोबाइल एप्लिकेसनमार्फत गैँडाको अनुगमन हुन थालेकाले प्रोफाइल राख्दा थप सहज हुनेछ । सकेसम्म निकुञ्जमा भएका सबै गैँडाको प्रोफाइल लिने जनाइएको छ । हाल चितवन निकुञ्जमा ६०५ दुर्लभ एकसिङ्गे गैँडा रहेको छ । गएको हप्ता मात्रै सन् २०१५ मा कुनै पनि गैँडा चोरी–सिकारीबाट नमारिएको भन्दै शून्य चोरी–सिकार वर्षसमेत मनाइएको थियो । यो उपलब्धिलाई कायम राख्न पनि गैँडाको प्रोफाइल र मोबाइल एपबाट भएको अनुगमनले सहयोग मिल्ने चितवन निकुञ्जले जनाएको छ । निकुञ्जमा सूचना प्रविधिको प्रयोग गरेर अनुगमन कार्य तीव्र पारिएको छ । यहाँ कुकुरको समेत परिचालन गरेर गस्ती गर्न थालिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

]]>
8402 0 0 0
चिनियाँ र कोरियन पर्यटकको चहलपहल बढ्यो http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b0-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%a8-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95/ Thu, 11 Feb 2016 14:41:23 +0000 http://www.ghumphir.com.np/?p=8405

बाबियाचौर (म्याग्दी) २८ माघ ।

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत म्याग्दी र कास्कीका पर्यटकीय स्थलमा केही दिनयता चिनियाँ र कोरियन पर्यटकको चहलपहल बढेको छ । म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको बिरेठाँटी र घान्दु्रक क्षेत्रमा चीन र दक्षिण कोरियाबाट भ्रमणमा आएका पर्यटकको चहलपहल बढेको हो । यस क्षेत्रका पर्यटकीय स्थल गत वैशाखको भूकम्प र नयाँ संविधान जारी भएपछि करिब पाँच महिनासम्म भएको नाकाबन्दीका कारण सुनसान बनेका थिए । चीन, दक्षिण कोरिया र आन्तरिक पर्यटकको आगमन बढेपछि पर्यटन तथा होटल व्यवसायी उत्साहित बनेका छन् । घोडेपानी–घान्दु्रक पदमार्गमा हिजोआज नयाँ वर्षको बिदा मनाउन दैनिक दुई सय जनाको हाराहारीमा चिनियाँ र कोरियाका पर्यटक भित्रिएको घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताउनुभयो । भूकम्पले असर नगरेको, पोखरादेखि नजिक, तटीय किनाराका बस्तीदेखि हिमाली क्षेत्रको अवलोकन गर्न सकिने र छोटो समयका लागि यात्रा गर्न सकिने भएकाले चिनियाँ र दक्षिण कोरियाका पर्यटकले घोडेपानी घान्द्रुक पदमार्गलाई रोजेका पथप्रदर्शकले बताएका छन् । करिब दुई हप्ताको बिदा मनाउन आउने चिनियाँ र दक्षिण कोरियाका पर्यटकका लागि तीनदेखि सात दिनमा पूरा हुने बिरेठाँटी घोडेपानी घान्द्रुक पोखरा पदमार्ग आकर्षणको केन्द्र बनेको छ । हिमशृङ्खला, सूर्योदयको दृश्य अवलोकन, गुराँसको जङ्गल, मगर र गुरुङ संस्कृति, एकान्त वातावरण, झरना, पक्षी आदिले यस क्षेत्रमा पर्यटक आकर्षित गरेको ३० जना कोरियन पर्यटकलाई घुमाउन ल्याएका पथप्रदर्शक अनन्तराज पौडेलले बताउनुभयो । म्याग्दीको घोडेपानीमा भेटिएका चिनियाँ पर्यटक हू जिङले यस क्षेत्रका पर्यटकीयस्थल सुरक्षित, सुन्दर र मनमोहक रहेको अनुभव गरेको बताउनुभयो । अन्नपूर्ण पदमार्ग सुरक्षित रहेको र प्राकृतिक सौन्दर्यतामा रमाउन पाएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । प्रणय दिवस नजिकिँदै गर्दा युवायुवतीदेखि प्रौढका जोडीहरु पदयात्रामा आएका छन् । पोखरा, काठमाडौँ, चितवन, भैरहवालगायत सहरका युवायुवतीको पनि चहलपहल बढेको छ । अमेरिका, फ्रान्स, जर्मन, इटाली, क्यानडा, बेलायतलगायत युरोपियन मुलुकका पर्यटकको आगमन भने न्यून देखिन्छ । अन्नपूर्ण पदमार्गलाई भूकम्पले असर नगरेको र सुरक्षित रहेको सन्देश प्रवाह गराउने प्रयास भइरहेकाले आगामी याममा युरोपियन मुलकका पर्यटकको पनि आगमन बढ्ने अपेक्षा गरिएको घोडेपानी होटल व्यवस्थापन समितिका सदस्य रनबहादुर पुनले बताउनुभयो ।

]]>
8405 0 0 0
विश्वका पन्ध्र पवित्र तीर्थस्थलमध्येको एक म्याग्दीमा http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%8d%e0%a4%b0-%e0%a4%aa%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%a4%e0%a5%80/ Thu, 11 Feb 2016 14:42:45 +0000 http://www.ghumphir.com.np/?p=8407

ध्रुव प्रसाद शर्मा बेनी (म्याग्दी), २८ माघ ।

हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एकवटा तीर्थस्थल म्याग्दीमा रहेको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं ११ मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलका रुपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएपनि सो तीर्थस्थल प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको छ । श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय चौधको दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ वटा तीर्थस्थलमध्ये एक मानिन्छ । श्रीमद्भागवत महापुराणमा कुरूक्षेत्र, गया, प्रयाग, पुलस्त्यपुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीतारामाश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थलका रुपमा उल्लेख गरिएको छ । पुराणप्रसिद्ध तीन ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ । पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको थियो । रावण जन्मेर हुर्के बढेको ठाउँ पनि पुलस्त्य आश्रम नै भएको पुराणमा उल्लेख गरिएको छ । पछि रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी ‘मन्दोदरी’ लाई विवाह गरी कालान्तरमा लङ्काको राजा भएको पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको इतिहासविद् कृष्णवहादुर बानियाँले बताउनुभएको छ । श्रीमद्भागवतजस्तो विश्वप्रसिद्ध पुराणमा उल्लेख गरिएको यस्तो विश्वकै अति पवित्र तीर्थस्थलमध्येको एक तीर्थस्थल म्याग्दीमा रहनु म्याग्दीका लागि सौभाग्य भएको र यसको समुचित रुपमा विकास गर्ने हो भने म्याग्दीले प्रशस्तै आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको बानियाँले बताउनुभयो । बानियाँका अनुसार पुलहाश्रमलाई ऋषिआश्रमका रूपमा विकास गर्ने, रावणको नाभी गाडेको भनिएको ठाउँमा ‘रावण कुटी’ बनाउने, रावण खेलेको भनिएको ‘राउन्नेको पाटो’ लाई रावण पार्कमा रूपान्तरण गर्ने, बेनी–पछै केबुलकार बनाउने, पुलस्त्यपुलहाश्रम क्षेत्र (साविक पुला, घतान, अर्थुङ्गे, पात्लेखेत, झीं, पाखापानी, सिंगा, कुहुं, ज्यामरूककोट, भकिम्ली, मल्लाज आदिलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी भारत, नेपाल र श्रीलङ्कामा प्रचारप्रसार गर्ने हो भने पर्यटकको आकर्षक केन्द्र बन्न सक्ने सम्भावना रहेको छ । त्यसैगरी, जिगन्नाथ, टोड्के, कपिलाश्रम, मालिका, गलेश्वर, रिखार, तातोपानीसमेतलाई एकीकृत रूपमा पर्यटकीय क्षेत्र घोषणा गरी प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माणमा ध्यान दिने हो भने म्याग्दीको सेरोफेरो आकर्षक धार्मिक पर्यटकीयस्थल बन्न सक्ने सम्भावना देखिएको बानियाँले बताउनुभएको छ ।

]]>
8407 0 0 0
प्रणय दिवसको अवसरमा हुवावेको जिआर पाँच http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a3%e0%a4%af-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%b5%e0%a4%be/ Thu, 11 Feb 2016 14:44:47 +0000 http://www.ghumphir.com.np/?p=8409

काठमाडौँ, २८ माघ ।

प्रणय दिवसलाई लक्षित गरी हुवावे ब्राण्डले आफ्नो सेवा विस्तार गर्दै जिआर पाँच स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । ताम्राकार कम्प्लेक्सले बुधबार पत्रकार सम्मेलन गरी यही फागुन २ गते (फेब्रुअरी १४) मा विश्वभर मनाइने प्रणय दिवसलाई लक्षित गर्दै सो कम्पनीले स्थानीय बजारमा जिआर पाँच मोडलको नयाँ स्मार्टफोन ल्याएको हो । न्युरोडका आधिकारिक विक्रेता टेली टु प्रालिका निर्देशक रोशन विष्टले हुवावे कम्पनीले ल्याएको जिआर ५ स्मार्टफोन नेपाली उपभोक्तालाई ध्यानमा राखेर ल्याइएको हो, जसमा उत्कृष्ट फिचरहरु राखिएको छ भन्नुभयो । सो स्मार्टफोनमा ५.५ इन्चको एचडी एलसिडी आइपिएस डिस्प्ले राखिएको छ । १०८० एक्स १९२० पिक्सेल रिजोल्युसन भएको डिस्प्लेले उत्कृष्ट दृश्यहरु प्रयोगकर्तालाई प्रस्तुत गर्दछ । जिआर ५ स्मार्टफोनमा आफूलाई मनपर्ने फोटो खिच्नका लागि १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि पाँच मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यो फोनमा क्वालकमको स्न्यापड्र्यागन ६१६ एमएसएम ८९३९ चिपसेट छ जसमा १.५ गिगाहर्जको एआरएम कोर्टेक्स ‘ए’ ५३ अक्टा कोर प्रोसेसर राखिएको छ । यसको अक्टा कोर प्रोसेसरले विभिन्न एप्स प्रयोग गर्दा तथा अन्य कार्यगर्दा द्रुतरुपमा गर्न सजिलो पार्दछ । हुवावेको जिआर ५ फोनमा २ जिबीको ¥याम तथा १६ जिबीको इन्टरनल स्टोरेज रहेको छ, यसको स्टोरेज माइक्रो एसडीको सहयोगबाट बढाउन सकिन्छ । यसमा भएको ठूलो क्षमताको ¥याम र स्टोरेजले आफ्ना फोटो, डकुमेन्ट, भिडियो आरामसँग सेभ गर्न सकिन्छ । एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा सञ्चालन हुने यो स्मार्टफोनमा तीन हजार एमएएचको ब्याट्री राखिएको छ । फोर जी सपोर्ट गर्ने फोनमा वाइफाई, ब्लुटुथ ४.१ भर्सन, युएसबी २.० भर्सनलगायतका कनेक्टिभिटी सपोर्ट गर्दछ भने जिपिएस, ग्लोनासलगायतका फिचरहरु उपलब्ध छन् । नेपाली बजारमा उच्च मध्यम अर्थात् हाई मिड रेन्जमा रहेको यो स्मार्टफोनको मूल्य रु ३४ हजार तोकिएको छ ।

]]>
8409 0 0 0
बाघको दुई थान छालासहित आठजना पक्राउ http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%a5%e0%a4%be%e0%a4%a8-%e0%a4%9b%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%86%e0%a4%a0/ Thu, 11 Feb 2016 14:46:45 +0000 http://www.ghumphir.com.np/?p=8412

भीमदत्तनगर, २८ माघ ।

प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको टिमले बुधबार कैलालीको पहलमानपुरबाट दुई थान पाटेबाघको छालासहित आठजनालाई पक्राउ गर्न सफल भएको छ । सुदूरपश्चिम क्षेत्रीय कार्यालयबाट महाकाली अञ्चलका लागि खटिएको टोलीले पाटेबाघको छाला र हड्डीसहित आठजना अभियुक्त पक्राउ गरेको प्रहरी अनुसन्धान ब्युरोका महाकाली प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले बताउनुभयो । प्रहरी नायब निरीक्षक जोहारीका अनुसार पक्राउ परेकामा भारतीय र नेपाली वन्यजन्तु तस्कर गिरोह नै रहेको छ । ब्युरोले दिएको जानकारीअनुसार पक्राउ पर्नेहरुमा भारत हरियाणा हिसार बस्ने ४० वर्षीय जगदीश चन्द्रबाबरिया, रामपाल बाबरिया, भारतकै लुधियाना पञ्जावका रामु बाबरिया, श्रवण बाबरिया, रोपड चम्कौर पञ्जाव बस्ने कमला बाबरिया, अनारकली बाबरिया र कैलाली लालबोझीका दुखीराम चौधरीका साथै कैलाली पहलमानपुरका अगानु चौधरी रहेका छन् । उनीहरुबाट पहलवानपुर गाविस–१ मा ११ फिट दुई इन्च लम्बाइ र १० फिट एक इन्च लम्बाइका दुई थान बाघको छाला र साढे ३९ किलो हड्डीसमेत बरामद गरिएको छ । पक्राउ परेका आठैजनालाई नै जिल्ला प्रहरी कार्यालय, कैलाली र इलाका प्रहरी कार्यालयको सहयोगमा बर्दिया राष्ट्रिय निकुञ्जको जिम्मा लगाउने ब्युरोका प्रमुख जोहारीले जानकारी दिनुभयो । विगत केही वर्षयता ब्युरोमा जोहारी नेतृत्वको टोलीले कञ्चनपुरको भीमदत्तनगरलाई आधार बनाएर काम गर्र्दै आएको छ ।

]]>
8412 0 0 0
नवौँ राष्ट्रिय प्रदर्शनीमा जुम्लाका खत्री प्रथम http://localhost/ghum/%e0%a4%a8%e0%a4%b5%e0%a5%8c%e0%a4%81-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a5%80/ Thu, 11 Feb 2016 14:49:07 +0000 http://www.ghumphir.com.np/?p=8414

जुम्ला, २८ माघ ।

पूर्वाञ्चलको विराटनगरमा माघ २४ देखि २७ गतेसम्म सञ्चालन भएको नवौँ राष्ट्रिय प्रदर्शनी मेलामा जुम्लाका किसान शङ्कुबहादुर खत्री प्रथम हुनुभएको छ । उत्कृष्ट एवम् प्रथम हुन सफल किसान खत्रीले रु १० हजार नगद, एउटा सिमकार्ड र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेमौसममा भएपनि जुम्लाबाट किसान खत्रीले चार क्विन्टल स्याउ विराटनगरमा पु¥याउनुभएको थियो । त्यसका साथै उहाँले संसारको उच्च स्थानमा उत्पादन हुने ७५ केजी कालीमार्सी धानको चामल, साढे दुई क्विन्टल बराबर कालो तथा रातो सिमी र साढे दुई क्विन्टल स्याउको सुकुटी चानासहित प्रदर्शनीमा भाग लिनुभएको थियो । प्रदर्शनीमा उहाँले ‘ए’ ग्रेडको स्याउ रु ३१०, ‘बी’ ग्रेडको रु २९० र ‘सी’ ग्रेडको रु १४० प्रतिकिलोमा बिक्री वितरण गरेको बताउनुभयो । त्यसैगरी, सिमी र चामल भने रु १९० प्रतिकिलोमा बेचेको उहाँको भनाइ थियो । प्रदर्शनीमा बिक्री वितरण गरेका कृषिजन्य सामग्रीबाट रु चार लाख ५० हजार आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । हिमाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कार्तिकस्वामी, जुम्लाका अध्यक्षसमेत रहनुभएका किसान खत्रीलाई जिल्ला कृषि विकास कार्यालय जुम्लाले सिफारिस गरेको थियो ।

]]>
8414 0 0 0
बीउबिजन महोत्सव सुरु http://localhost/ghum/%e0%a4%ac%e0%a5%80%e0%a4%89%e0%a4%ac%e0%a4%bf%e0%a4%9c%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Thu, 11 Feb 2016 14:50:16 +0000 http://www.ghumphir.com.np/?p=8416

काँकडभिट्टा (झापा), २८ माघ ।

जिल्लामा कृषि उपज तथा बीउबिजन महोत्सव सुरु भएको छ । मेची कृषक बहुमुखी कृषि सहकारी संस्थाको आयोजनामा भएको उक्त महोत्सवमा २५ वटा कृषिजन्य सामग्रीको प्रदर्शनी कक्ष राखिएको छ । नेपाल सरकार, बजार विकास निर्देशनालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमको सहआयोजनामा बुधबारदेखि सुरु भएको महोत्सव तीन दिनसम्म चल्ने सहकारीका अध्यक्ष तुलसीराम पौडेलले जानकारी दिनुभयो । त्यसैगरी आउँदो फागुन २ गतेदेखि बाहुनडाँगीमा तीनदिने ग्रामीण पर्यटन महोत्सवको आयोजना हुने भएको छ । बाहुनडाँगीलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन कार्कीको भनाइ छ । बाहुनडाँगी गाविसको सहआयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा महोत्सव हुन लागेको हो ।

]]>
8416 0 0 0
आयोडिन नुनको खपत बढ्यो http://localhost/ghum/%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%a1%e0%a4%bf%e0%a4%a8-%e0%a4%a8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a4%aa%e0%a4%a4-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Thu, 11 Feb 2016 14:51:29 +0000 http://www.ghumphir.com.np/?p=8418

कञ्चनपुर, २८ माघ ।

पाँच वर्षयता दुई बालबालिकाको चिह्नयुक्त आयोडिन नुनको खपत यहाँ वढिरहेको छ । करिव ४०० क्विन्टल नुन खपत हँुदै आएकामा बढेर नुनको खपत २७ हजार क्विन्टल पुगेको साल्ट ट्रेडिङ कर्पोरेसन उपशाखा कार्यालय महेन्द्रनगरका प्रमुख नगेन्द्र थापाले जानकारी दिनुभयो । “चार–पाँच वर्षअघि जिल्लाभरि चार÷पाँच सय क्विन्टल मात्रै नुन खपत हुन्थ्यो अहिले बढेर वार्षिक रुपमा २७ हजार क्विन्टल पुगेको छ ।” उहाँले भन्नुभयो । प्रमुख थापाले हालसम्म जिल्लामा बसोबास गर्ने ८७ प्रतिशत बढी बासिन्दाको आयोडिन नुनमा पहुँच पुगेको जानकारी दिनुभयो । यसैवीच, कार्यालयले आयोडिनयुक्त नुनसम्बन्धी सचेतनामूलक कार्यक्रम सदरमुकाम बाहिरका ग्रामीण बस्ती र विद्यालयमा सञ्चालन गर्दै आएको छ ।

]]>
8418 0 0 0
सेल्फी तस्बिर खिचेर रमाउँदै http://localhost/ghum/%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%ab%e0%a5%80-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0-%e0%a4%96%e0%a4%bf%e0%a4%9a%e0%a5%87%e0%a4%b0-%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%89/ Thu, 11 Feb 2016 14:53:05 +0000 http://www.ghumphir.com.np/?p=8421 8421 0 0 0 तालमा डुंगा सयर http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%a1%e0%a5%81%e0%a4%82%e0%a4%97%e0%a4%be-%e0%a4%b8%e0%a4%af%e0%a4%b0/ Thu, 11 Feb 2016 14:55:50 +0000 http://www.ghumphir.com.np/?p=8424 8424 0 0 0 मालवाहक वाहनहरु http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a4%95-%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a4%a8%e0%a4%b9%e0%a4%b0%e0%a5%81/ Thu, 11 Feb 2016 14:58:07 +0000 http://www.ghumphir.com.np/?p=8427 8427 0 0 0 होटललाई गुणस्तर चिन्ह प्रदान http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%97%e0%a5%81%e0%a4%a3%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%b9-%e0%a4%aa%e0%a5%8d/ Fri, 12 Feb 2016 03:19:24 +0000 http://www.ghumphir.com.np/?p=8430

पथरी (मोरङ), २९ माघ ।

मोरङका ११२ होटलमा चार प्रकारका स्टिकर वितरण गरिएको छ । पूर्व क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोइरालाका अनुसार अनुगमनका बेलामा होटलको गुणस्तरको अवस्था हेरी चार प्रकारका स्टिकर वितरण गरिएको हो । कोइरालाले भन्नुभयो – “धेरैजसो मध्यमस्तरका होटलको गुणस्तर सुधार्न सुझाव दिएका छौँ ।” कोइरालाका अनुसार हरियो वृत्त भएको स्टिकरले राम्रो, पहेँलो वृत्तमा एउटा रातो धर्को भएको स्टिकरले थप सुधार आवश्यक, पहेँलो वृत्तमा दुईवटा रातो धर्को भएको खतराको सूचक र रातो वृत्त भएको स्टिकरले होटल बन्द गर्ने सङ्केत गर्दछ । विराटनगर–१८ मा अवस्थित ‘गीताञ्जली’ होटलमा पहेँलो वृत्तमा दुईवटा रातो धर्को भएको खतराको सूचक भएको स्टिकर लगाइएको छ । यस्तै विराटनगर–१५ को ‘द सेफ किचन’ले पहेँलो वृत्तमा एउटा रातो धर्को भएको स्टिकर टाँसिएको अनुगमन टोलीले जनाएको छ । विराटनगर–१४ को ‘इलामे कुँवर’, विराटनगर–१५ को ‘फ्रेण्डस् किचन’ र कोसी अञ्चल अस्पतालभित्र सञ्चालित ‘क्यान्टिन’ले ‘ग’ वर्गको स्टिकर प्राप्त गरेका छन् । नेपाल बजारमा अवस्थित ‘रेष्टुरेन्ट एण्ड बार’ले ‘ख’ वर्गको स्टिकर प्राप्त गरेको छ । यस्तै विराटनगरको ‘युनिक’, ‘आँगन’, ‘मेट्रो सिटी’ले हरियो अर्थात् ‘क’ वर्गको स्टिकर प्राप्त गरेको अनुगमन टोलीले जनाएको छ ।

]]>
8430 0 0 0
खानेपानी आयोजना निर्माण सुरु http://localhost/ghum/%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/ Sat, 13 Feb 2016 02:57:34 +0000 http://www.ghumphir.com.np/?p=8436

इलाम, १ फागुन ।

इलाममा साढे छ करोडको लागतमा ३५ वटा भन्दा बढी खानेपानी आयोजना निर्माण सुरू गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामका अनुसार छ करोड ५१ लाखको लागतमा जिल्लाका विभिन्न गाउँ विकास समितिमा खानेपानीका आयोजना सुरू गरिएको हो । कार्यालयका अनुसार पाँच वटा नयाँ र ३० वटा क्रमागत खानेपानीका आयोजना रहेका छन् । माइमझुवाका सबै वडा, बाँझो ८, ९ मा खानेपानी विस्तार, समालबुङ र दानाबारी खानेपानी आयोजनाका लागि दुई÷दुई लाखका दरले बजेट विनियोजन भई काम सुचारू छ । बरबोटेस्थित मान्द्रेनी खानेपानी आयोजनाका लागि रू एक करोड, चुलाचुलीका लागि रू एक करोड १० लाख विनियोजन निर्माण चरणमा छन् । चिसापानी, जिर्मले, धुसेनी र, महमाई खानेपानी आयोजनामा २५ लाखका दरले रकम विनियोजन गरी निर्माणाधीन अवस्थामा रहेका सो कार्यालयका प्रमुख पदम कुवँरले जानकारी दिनुभयो । जोगमाई, शान्तिपुर नेहित, माईपोखरी, मिक्लाजोङ, शान्तिपुरको कागुने खानेपानी आयोजना र पशुपतिनगर खानेपानी आयोजनाका लागि १८ लाखका दरले रकम विनियोजन भई काम भईरहेको छ । कन्याम खानेपानी योजनामा ३८ लाख, पञ्चकन्या लक्ष्मीपुर खानेपानी आयोजनामा २० लाख, इङ्ला जमुना खानेपानी आयोजनामा १२ लाख, फूएतप्पा खानेपानी आयोजनामा १२ लाख, फिक्कल–गोर्खे–नयाँबजार खानेपानी आयोजनाका लागि २४ लाख, टिमाईखोला छावाखोल्सी खानेपानी आयोजनाका लागि १५ लाख बजेट विनियोजन गरी निर्माणको काम दु्रत गतिमा अगाडि बढेको उहाँले जानकारी दिनुभयो । इलाममा करिब साढे चार सय खानेपानी आयोजना मर्मतसम्भारको पखाईमा रहेका कार्यालयले जनाएको छ ।

]]>
8436 0 0 0
उपत्यकामा दिउँसो बढी चोरी http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%bf%e0%a4%89%e0%a4%81%e0%a4%b8%e0%a5%8b-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0/ Sat, 13 Feb 2016 03:01:24 +0000 http://www.ghumphir.com.np/?p=8438

काठमाडौँ, १ फागुन  ।

काठमाडौँ उपत्यकामा पछिल्लो समय रातिको तुलनामा दिउँसोमा बढी चोरी हुने गरेको महानगरीय प्रहरी अपराध महाशाखाको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७२÷७३ मा महाशाखामा परेको उजुरीमध्ये रातिमा चार र दिउँसो १०७ चोरीका घटना भएका छन् । महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीका अनुसार दिँउसो मानिस घरमा नभएको समयमा बढी चोरी हुने गरेको छ । “रातिको समयमा प्रायः बचत तथा ऋण सहकारी संस्था र कार्यालयमा तथा दिउँसो घरमा बढी चोरी हुने गरेको छ” उहाँले भन्नुभयो । पछिल्लो समय उपत्यकाभित्रका विभिन्न बचत तथा ऋण सहकारी संस्थामा रातको समयमा ल्यापटप, क्यामरा, सुनचाँदीका गरगहना चोरी भएको आरोपमा धादिङ सुनौलाबजारका सुवास पोखरेल, धादिङकै अर्जुन नेपाली र नुवाकोटका दीपक गजुरेललाई प्रहरीले पक्राउ गरेको थियो । तीनै जना रु तीन लाख २० हजार धरौटीमा रिहा भए । “रिहा भएकाहरु पुनः चोरीमा संलग्न हुने गरेका पाइएको छ” मरासिनिले भन्नुभयो । महाशाखामा आव २०७०÷७१ मा २८९ चोरीका घटना दर्ता भएकोमा आव २०७१÷७२ मा ३०७ घटना दर्ता भएका थिए । आव २०७२÷७३ को आठ महिनामा एकसय ११ चोरीका घटना दर्ता भएका छन् । आव २०७१÷७२ मा मासिक २८ देखि ३२ चोरीका घटना हुने गरेकोमा चालु आवमा मासिक १० देखि १२ घटना भएको महाशाखाले जनाएको छ । उपत्यकका धेरैजसो सुनचाँदी, ल्यापटप र मोबाइल चोरी हुने गरेको छ । “तुरुन्त बिक्रीवितरण हुने हुँदा यस्ता सामाग्री बढी मात्रामा चोरी हुने गरेका छन्” महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले भन्नुभयो । स्पष्ट कानुनको अभावमा पक्राउ परे लगत्तै चोरीमा सङ्लग्न गिरोह अदालतबाट धरौटीमा छुट्ने र पुनः चोरी र लुटपाटमै सङ्ग्लन हुने गरेका छन् । गत पुस २२ गते नयाँ बसपार्कस्थित रिद्विसिद्वि मार्बल अगाडि सडकमा म्याग्दीका दिलबहादुर पुन, म्याग्दीकै चीरञ्जीवी पुन, नुवाकोटका उमेश तामाङ, म्याग्दीका सागर वरुवाल, गङ्गबुका धनबहादुर विश्वकर्मालाई ७५ तोला गरगहना र विभिन्न विद्युतीय उपकरणसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । “उपत्यकामा पट्के चोरले बढी मात्रामा चोरी गर्ने गरेका छन् केही समय अगाडि हामीले गोली प्रहारबाटै चोरलाई नियन्त्रणमा लिन सफल भयौँ”, खनालले भन्नुभयो । चोरीमा संलग्नलाई कारबाही गरेरै छाड्ने उहाँको भनाइ छ । चोरी गरिएका समानसहित चोर पक्राउ गरेपनि हिरासतमा २४ दिन भन्दा बढी राख्न नमिल्ने हुँदा अदालतमा पेस भएको २५आँैं दिनमा धरौटीमा छुट्ने र २६औँ दिनदेखि फेरि चोरीमा सक्रिय हुने गरेको महाशाखाले जनाएको छ । सिन्धुपालचोक जिल्ला अदालतले चोरी गरेको घटनामा एक महिना कैद र रु आठ लाख जरिवाना गरेका कैदी फुर्वा शेर्पा भूकम्पबाट कारागार भत्किँदा फरार भई राजधानी केन्द्रीत चोरीमा सङ्लग्न भएको पाइएको थियो । महाशाखाले शेर्पालाई पक्राउ गरेको थियो । यस्ता घटना काठमाडौँ उपत्यकामा दैनिक र मासिक रुपमा थुप्रै हुने गरेका छन् । चोरीमा संलग्न रहेका र जेल गएर छुटेका ६० जनालाई महाशाखाले प्रशिक्षण समेत दिएको थियो ।

]]>
8438 0 0 0
राधाकृष्ण महामहोत्सव सुरु http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a3-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%b8%e0%a5%81%e0%a4%b0/ Sat, 13 Feb 2016 03:06:23 +0000 http://www.ghumphir.com.np/?p=8440

बेनी (म्याग्दी), १ फागुन ।

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाममा शुक्रबारदेखि राधाकृष्ण महामहोत्सव सुरु भएको छ । विसं २०४४ मा स्थापित राधाकृष्ण मन्दिरको आधुनिक कलाकृतिले सु–सज्जित रुपमा प्राचीन विमानशैलीमा पुनर्निर्माण गरी रथयात्रासहित उद्घाटन गरिएको हो । मन्दिर उद्घाटनसत्रको पूर्वसन्ध्यामा चतुर्वाहु कृष्णको मूर्तिको रथयात्रासहित म्याग्दी सदरमुकाम बेनीबजारको परिक्रमा गराई गलेश्वर मन्दिरमा पु¥याइएको थियो । गलेश्वर मन्दिर परिसरभित्र रहेको शिवालय मन्दिरको मुख्य प्रवेशद्वार अगाडि मूर्तिको पूजा गरी उक्त मन्दिरको परिक्रमा गराई राधाकृष्ण मन्दिरमा प्रवेश गराइएको थियो । मूर्तिको अनन्तश्रीविभूषित स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाले उद्घाटन गर्नुभयो । कार्यक्रममा स्वामी ऋषिप्रपन्नाचार्यले मन्दिर निर्माणबारे जानकारी गराउनुभएको थियो । उहाँले मन्दिर निर्माणका लागि हालसम्म रु ४९ लाख खर्च भइसकेको बताउँदै स्वामी कमलनयनाचार्यका भक्तको सहयोगमा मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो । साथै स्वामी प्रपन्नाचार्यले हालसम्म मन्दिर निर्माणका लागि रु ४८ लाख ३८ हजार १४५ सहयोग भएको बताउनुभयो । निर्माण गरिएको मन्दिरको पूवतर्फ चतुर्वाहु कृष्णको मूर्ति, पश्चिमतर्फ बह्मा, विष्णु र महेश्वरको, उत्तरतर्फ राधाकृष्ण र दक्षिणतर्फ सीतारामको मूर्ति कुँदिएको छ । यसैगरी मन्दिरको शिरमा चार चोसामा चार वटा गरुडका मूर्ति र शिरमा आठ वटा सिंह प्रकृतिका प्रतिक छन् भने तिनलाई वशमा लिने चार वटा विष्णु भगवान्का मूर्तिलगायत थुप्रै मूर्ति एवम् पौराणिक प्रतीक कुँदिएको छ । फागुन ५ गतेसम्म चल्ने महोत्सवको दोस्रो दिन तीर्थस्नान अंकुरारोपण र ध्वजारोहण, तेस्रो दिन मण्डपपूजा जलाधिवास र दुग्धाधिवास, चौथो दिन धान्याधिवास हवान आदी, पाँचौँ दिन शैयाधिवास नित्यकर्म र अन्तिम दिन नेत्रोन्मीलन प्राण प्रतिष्ठा गरिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । मन्दिर उद्घाटन कार्यक्रममा संसद्का सांसद रेशमबहादुर बानियाँ, नेकपा (एमाले) म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्य, क्षत्री समाज म्याग्दीका अध्यक्ष अमृतदेवी बानियाँ र धार्मिक सङ्घसंस्थाको तर्फदेखि प्रकाशकुमार श्रेष्ठले महोत्सका विविध पक्षमाथि चर्चा गर्नुभएको थियो ।

]]>
8440 0 0 0
चीनसँग सीमा जोडिएका चार मार्ग निर्माण http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%8b%e0%a4%a1%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%ae/ Sat, 13 Feb 2016 03:20:30 +0000 http://www.ghumphir.com.np/?p=8442

काठमाडौँ, १ फागुन । ।

चीनसँग सीमा जोडिएका चारवटा मार्ग निर्माण, विस्तार र कालोपत्रे गर्ने कामलाई सरकारले प्राथमिकतासाथ अगाडि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई वर्षमा सक्ने गरी सङ्खुवासभाको किमाथाङ्का, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङ् र मुस्ताङ्को कोरला नाकालाई निर्माण, विस्तार एवम् कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्कीले जानकारी दिनुभयो । “विराटनगर–किमाथाङ्का ३१० किमी सकडमध्ये ८४ किलोमिटरको ट्र्याक खोल्न बाँकी छ, अन्य स्थानको सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको छ, दुई वर्षमा काम सम्पन्न हुन्छ”–उहाँले भन्नुभयो । तातोपानी नाकाको बाह्रबिसेदेखि कोदारीसम्मको ४० किलोमिटर सडकलाई पनि यस अवधिमा कालोपत्रे गरिनेछ । सुवाको केरुङ् नाकासम्मको सडकलाई दुई लेनको बनाई कालोपत्रे गरिने भएको छ । गल्छी, रसुवागढी ८२ किलोमिटर सडक दुई लेन बनाई कालोपत्रे गर्न बाँकी रहेको र अन्य खण्डको सडक स्तरोन्नति भइसकेको सडक विभागले जनाएको छ । रुपन्देहीको बेल्हैयादेखि कोरला नाकासम्मको ३९० लिोमिटर दूरीमध्ये म्याग्दीको राम्दीदेखि कोरलासम्मको ३०२ किलोमिटर कालोपत्रे गर्न बाँकी छ । जोमसोम–कोरला १०० किमी सडक ग्राभेल मात्र गरिने बताइएको छ । चारवटै नाकाका सडक कालोपत्रे गर्नका लागि एक किलोमिटर बराबर रु ६ करोडदेखि रु १० करोडसम्म लाग्ने अनुमान गरिएको प्रवक्ता कार्कीले राससलाई जानकारी दिनुभयो । यो सडकमध्ये बाह्रबिसेदेखि तातोपानीको ४० किलोमिटरलाई र स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १५ मिटरको निर्माण, विस्तार, कालोपत्रे र स्तरोन्नतिका लागि चीन सरकारले सहयोग गर्ने इच्छा प्रकट गरेको मन्त्रालयले जनाएको छ । दुई वर्षमा चारवटै नाकाको काम सम्पन्न गरी १२ महिना सञ्चालन हुने अवस्थामा पु¥याउने मन्त्रालयको लक्ष्य छ ।

]]>
8442 0 0 0
झाँकी http://localhost/ghum/%e0%a4%9d%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%80/ Sat, 13 Feb 2016 03:25:22 +0000 http://www.ghumphir.com.np/?p=8445 8445 0 0 0 रथयात्रा http://localhost/ghum/%e0%a4%b0%e0%a4%a5%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Sat, 13 Feb 2016 03:36:20 +0000 http://www.ghumphir.com.np/?p=8448 8448 0 0 0 वैदेशिक बजारमा फूलको माग http://localhost/ghum/%e0%a4%b5%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%97/ Sat, 13 Feb 2016 10:31:01 +0000 http://www.ghumphir.com.np/?p=8451

राजाराम कार्की  काठमाडौँ, १ फागुन ।

खेतबारीका आली कान्लामा खेती गरेर थाली र ढक्कीमा सङ्कलन गरी सहजै बिक्री हुने फूलमा समेत नेपाल परनिर्भर हुनुपरेको छ । नेपालमा फूलखेती व्यावसायिक ढङ्गले सुरुआत भएको झन्डै २३ वर्ष पुगिसक्दा पनि पुष्प व्यवसायको परनिर्भरता शून्यमा झर्न सकेको छैन, खाद्यान्न त परै जाओस् । पूजापाठ र मठमन्दिरमा चढाउने फूल समेत अन्यत्रबाट आयात गरी काम चलाउनुपर्ने भएपछि कृषिप्रधान मुलक नेपाल भन्नु कत्तिको सान्र्दभिक होला ? कृषिविज्ञ र नीतिनिर्माताले गम्भीर भएर सोच्ने अवस्था आएको छ । काठमाडौँ मन्दिरै मन्दिरको देशको नामले विश्वमा चिनिन्छ । मन्दिरमा पूजापाठ गर्नु फूल चाहिन्छ । सोही फूल समेत नेपालीले आफ्ना लागि पर्याप्त मात्रामा उत्पादन गर्न नसक्दा आयातमा निर्भर हुनुपरेको व्यावसायिक तथा व्यापार आयोजना (प्याक्ट)का आयोजना निर्देशक डा इन्द्रकान्त झाले जानकारी दिनुभयो । गमलामा फूल सहजै उत्पादन हुन्छ । संस्कार र संस्कृतिमा उपभोगका लागि नभई नहुने फूल यतिखेर भारत, थाइल्यान्ड, फ्रान्स, बेलायत, जापान, नामिबिया, इटाली लगायत मुलकबाट आयात भइरहेको बताइन्छ । यस वर्ष गुलाबको फूल मात्र रु ४० लाखको आयात भएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनुभयो । यस वर्ष भारतबाट मात्र रु १० करोडको फूल आयात भएको छ । एक पटक प्रयोग गरिसकेपछि फूललाई पुनःउपोगमा ल्याउन सकिँदैन । जन्मेदेखि मृत्युपर्यन्तसम्म फूलको आवश्यकता पर्छ । सबै जातजातिको फरक फरक संस्कार र संस्कृतिको उत्थान र विकासमा समेत फूलको प्रयोग हुन्छ तर उत्पादनमा भन्दा उपभोगमा सीमित हुने बानीले जमिन त बाँझो हुने नै भयो तर कृषिको आयात प्रतिस्थापन भने नरोकिने कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले जानकारी दिनुभयो । “बजारमा फूलको माग बढेको बढ्यै छ, आवश्यकता अनुसारको उत्पादन दिन सकिएको छैन ।” गैरेले भन्नुभयो । नेदरल्यान्डस्, थाइल्यान्ड, अमेरिका लगायत देशमा गुलाब, कार्नेसन, जर्बेरा, ग्लाडियोलस, सयपत्री, गोदावरी लगायत नेपाली कट फ्लावरको माग दैनिक बढेको भए पनि नेपालबाट निर्यात हुन सकेको छैन । “युरोपका झन्डै १२ मुलुकमा नेपाली कट फ्लावर निर्यात गर्न सकिन्छ ।” सनराइज एग्रो टेक सेन्टरका प्रोपाइटर विश्वमणि पोखरेलले जानकारी दिनुभयो । झन्डै रु पाँच अर्बको लगानी रहेको फूल व्यवसायमा हाल ४० हजार मानिस प्रत्यक्ष संलग्न छन् । एक सय ४० हेक्टर जमिनमा फूलखेती भइरहेको छ । अठ्तीस जिल्लामा ६७५ फार्मले विभिन्न जातका फूलखेती गरिरहेका छन्, तर पनि माग अनुसारको आपूर्ति हुनसकेको छैन । उत्पादनको भरपुर सम्भावना भए पनि बढ्दो मागलाई ध्यान दिन सकिएको छैन । प्रचुर जैविक विविधता बोकेको भूगोलका कारण यहाँ थरिथरिका आकर्षक फूल उत्पादन गर्न सकिन्छ र पनि अर्काको देशबाट आयात हुनु लाजमर्दो विषय बनेको छ । फूल व्यवसायले निर्यातको प्रचुर सम्भावना बोकेको छ तर काम भन्दा कुरा धेरै गर्ने नीति निर्माताको अदुरदृष्टिका कारण आयात प्रतिस्थापन गर्न नसकिएको फूल व्यवसायी सगुन श्रेष्ठको आरोप छ । वार्षिक रु एक अर्ब २७ करोड ७५ लाखको कारोबार हुने फूल व्यवसायबाट हाल ४० हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार पाएका छन् । सन् १९५० देखि सामान्यस्तरमा सुरु भएको फूल व्यवसायमा आव ७०÷७१ मा मौसमी पूmल बिरुवातर्फ रु २१ करोड ६८ लाख, अलङ्कारिक बोटबिरुवातर्फ रु ३८ करोड १५ लाख, कटफ्लावर्सतर्फ रु २० करोड ४५ लाख, ल्यान्डस्केप तथा गार्डेनिङतर्फ रु १७ करोड चार लाख, खुला फूलतर्फ रु छ करोड ७० लाख, सामग्री आपूर्तितर्फ रु १२ करोड ४० लाख, अन्यतर्फ रु आठ करोड ३३ लाख र निर्याततर्फ रु तीन करोड गरी रु एक अर्ब २७ करोड ७५ लाखको कारोबार भएको हो । प्रचूर तथा अथाह सम्भावना बोकेको फूल व्यवसायका लागि सरकारले ‘फूल प्रवद्र्धन नीति २०६९‘ जारी गरी फूल प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको छ ।

]]>
8451 0 0 0
एक करोडको लगानीमा कागज उद्योग http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%97%e0%a4%9c-%e0%a4%89%e0%a4%a6/ Sat, 13 Feb 2016 10:33:49 +0000 http://www.ghumphir.com.np/?p=8453

तनहुँ, १ फागुन ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ साँखर निवासी सन्तोष सिग्देलले १० रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर नेपाली कागजको उद्योग खोल्नुभएको छ । गत वैशाख महिनादेखि उद्योग स्थापना गरी सुरुवात गर्नुभएका सिग्देलले हाल दैनिक दुई हजारदेखि तीन हजारको (ताऊ)सङ्ख्यासम्म नेपाली कागज उत्पादन हँुदै आएको उहाँले बताउनुभयो । तनहुँ जिल्लासँगै लम्जुङ, गोरखा, कास्की, चितवनमा समेत कागजको माग भइरहेकोले बजारको समस्या समेत नरहेको उहाँले उल्लेख गर्नु भयो । गाउँघरमै पाइने बाबियो, अर्गेलीको बोक्र्रा, लोत्तालगायतको कच्चा पदार्थबाट नेपाली कागज बनाउने गरिएको छ । कच्चा पदार्थलाई भूस दाउराले पकाउने, कास्टिक सोडा राखेर त्यसलाई पखाल्ने, सफा गर्ने, त्यसपछि मिक्चरमा राखेर पेल्ने र पेलेपछि लेदो पदार्थ निस्कन्छ त्यस लेदोलाई भ्याक्ट बाकसमा हालेर कच्चा कागजको तह बनाउने र त्यसलाई झिकेर कपडाको जालीमा राखेर सुकाएपछि कागज तयारी हुने सिग्देलले जानकारी दिनुभयो । उक्त उद्योगमा एक हजार ९०० वटा कागज सुकाउने पाता राखिएको छ ।

]]>
8453 0 0 0
औँद्योगिक व्यापार मेला सुरु http://localhost/ghum/%e0%a4%94%e0%a4%81%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%b8/ Sat, 13 Feb 2016 10:36:43 +0000 http://www.ghumphir.com.np/?p=8455

नवलपरासी, १ फागुन ।

नवलपरासीको सुनवलमा शुक्रबारदेखि दोस्रो पश्चिमाञ्चल स्तरीय नवलपरासी औँद्योगिक व्यापार मेला सुरु भएको छ । मेलाका मुख्य आकर्षणमा गौतम बुद्धको अस्तु धातु र रामग्रामस्तुप प्रमुख रहेका छन् । मेलामा आउने दर्शकलाई रामग्रामस्तुपको अवलोकन गर्नमा अभिप्रेरित गर्ने विश्वास आयोजक उद्योग वाणिज्य सङ्घ नवलपरासीको छ । त्यस्तै अष्ट्रिज र ईमु चराका साथै संसारमै दुर्लभ मानिएको डाइनोसर पनि मेलाको आर्कषणका रुपमा राखिएको छ । कृषि तथा पर्यटनको प्रवद्र्धनका साथै नवलपरासीलाई औद्योगिक जिल्लाको रुपमा परिचित गराउने उद्देश्यले आयोजना गरेको मेलामा भारत, पाकिस्तान र बङ्गादेशका व्यापारीको समेत गरी ३०० वटा स्टल रहेका छन् । मेला फागुन ११ सम्म सञ्चालन हुने छ । मेला अवधिभर रु सात करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको मेलामा रु ६५ लाख खर्च हुने अनुमान गरिएको छ ।

]]>
8455 0 0 0
सरस्वती मन्दिरमा दर्शनार्थीको घुइँचो http://localhost/ghum/%e0%a4%b8%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a4%be%e0%a4%b0/ Sat, 13 Feb 2016 10:38:15 +0000 http://www.ghumphir.com.np/?p=8457

भक्तपुर, १ फागुन ।

श्रीपञ्चमीको अवसरमा आज भक्तपुरको नगरकोट नगरुपालिकास्थित सुडालको महामञ्जुश्री सरस्वती मन्दिर र चाँगनारायण नगरपालिका सरस्वती खेलस्थित सरस्वती मन्दिर आज बिहानैदेखि मेला लागेको छ । महामञ्जुश्रीले तपस्या गरेको स्थानमा सरस्वती आफैँ उत्पत्ति भएर बरदान दिएको किंम्बदन्ती रहेको छ । भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रे, पनौतीलगायतका क्षेत्रबाट यस मन्दिरमा दर्शनार्थी आउने गरेको स्थानीय दामोदर दङ्गालले बताउनुभयो । मन्दिरमा साँझसम्म नै दर्शनार्थीको घुइँचो हुने उहाँले बताउनुभयो । त्यसैगरी भक्तपुरको सरस्वतीखेलस्थित प्रसिद्ध सरस्वती मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यस स्थानमा पनि सरस्वती देवी आफैँ उत्पत्ति भएको र परापूर्वकाल मै मन्दिर स्थापना भएको भनाइ रहेको छ ।

]]>
8457 0 0 0
बजेट तथा कार्यक्रम सार्वजनिक http://localhost/ghum/%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5/ Sat, 13 Feb 2016 10:42:56 +0000 http://www.ghumphir.com.np/?p=8459

धनगढी, १ फागनु ।

कैलाली जिल्लाको लम्की–चुहा नगरपालिकाको नगर परिषद् बैठकले पारित गरेको आगामी वर्षको नीति कार्यक्रम तथा अनुमानित बजेट शुक्रबार सार्वजनिक गरिएको छ । गएको पुस महिनामा भएको नगर परिषद् बैठकले आर्थिक वर्ष २०७३÷०७४का लागि रु नौ करोड ८७ लाख १६ हजार २७४ को अनुमानित बजेट पारित गरेको थियो । सार्वजनिक गरिएको बजेटमध्ये चालुतर्फ रु चार करोड ६८ लाख ३८ हजार ७५७ र पुँजीगत खर्चतर्फ रु पाँच करोड १८ लाख ७७ हजार ५१७ रहेको नगरपालिका कार्यालयका सूचना अधिकृत सुरज श्रेष्ठले बताउनुभयो । सो बजेटमध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट रु एक करोड २३ लाख ६२ हजार ८७४ र बाह्य स्रोतबाट रु आठ करोड ६३ लाख ५३ हजार ४०० अनुमान गरिएको छ । परिषद् बैठकले आगामी आर्थिक वर्ष २०७३÷०७४ मा नगर क्षेत्रलाई खुला दिसामुक्त र प्लास्टिक मुक्त नगर घोषणा गर्ने, नगरको गुरुयोजना निर्माण, पशुबधशाला र भौतिक संरचना निर्माणमा प्राथमिकता दिएको छ । यस्तै नगरपालिका कार्यालयको सङ्गठनात्मक संरचना, जनशक्ति व्यवस्थापन, कार्यालय भवन निर्माण, यातायातका साधन खरिदलगायतका योजनालाई प्राथमिकता दिएको छ । बैठक भएको एक महिनाभित्र परिषद्ले पारित गरेका निर्णय सार्वजनिक गर्नुपर्ने नीतिबमोजम शुक्रबार आयोजित सर्वपक्षीय÷ सर्वदलीय कार्यक्रममा बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको श्रेष्ठले बताउनुभयो । कार्यक्रममा कार्यालयका कार्यालय सहयोगी ध्रुबबहादुर धामी र खुशीराम थारुलाई कार्य क्षमताको मूल्याङ्कन गरी सम्मानित गरियो । यस्तै बन्द अवस्थामा रहेको भए पनि एक आर्थिक वर्षमा बढी कर बुझाउने बासुलिङ्ग सुगरमिल (कैलाली)का सञ्चालकलाई सम्मानित गरिएको थियो । नगरपालिका कार्यालयका कार्यकारी अधिकृत धर्मराज बिनाडीको अध्यक्षतामा भएको सार्वजनिकीकरण कार्यक्रमा टीकापुर नगरपालिकाका कार्यकारी अधिकृत तुल्सीप्रसाद आचार्यलगायतले कार्यक्रमका बारेमा चर्चा गर्नुभएको भएको थियो । विसं २०७१ जेठमा साविकका बलिया र चुहा गाविसलाई समेटेर सरकारले कैलालीको पूर्वी सीमा क्षेत्रको यो लम्की–चुहा नगरपालिका स्थापना गरेको थियो । पन्ध्र वटा वडा रहेको यो नगर क्षेत्रमा झन्डै १२ हजार ५०० घरधुरीका ८० हजार जनसङ्ख्या रहेको छ ।

]]>
8459 0 0 0
श्रीपञ्चमीका अवसरमा शक्तिपीठमा भीड http://localhost/ghum/%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%ae%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a4%95%e0%a5%8d%e0%a4%a4/ Sat, 13 Feb 2016 10:49:43 +0000 http://www.ghumphir.com.np/?p=8461

पोखरा, १ फागुन । प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका अवसरमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा गर्ने प्रचलन अनुरुप आज पोखरा र आसपासका शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

पोखराका विन्ध्यवासिनी, भद्रकाली, तालबाराहीलगायतका शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको हो । विभिन्न शैक्षिक संस्थाले बिहानैदेखि विद्यालय परिसरमा रहेका सरस्वतीका मन्दिरमा विद्यार्थीका लागि सरस्वती पूजाको आँैपचारिक व्यवस्था गरेका छन् । श्रीपञ्चमीका अवसर पारी प्रयत्नशील युवा क्लबले कास्कीको मौजामा वसन्तपञ्चमी मेला आयोजना गरेको छ । प्रत्येक वर्षको श्रीपञ्चमीमा तनहुँ ढोरफिर्दीस्थित प्रसिद्ध ढोरबराही मन्दिरमा दिनभर नै अत्याधिक दर्शनार्थीको चाप लाग्ने गरेको छब्दी उच्च मावी. ढोरफिर्दीकी शिक्षिका शारदा भट्टराईले जानकारी दिनुभयो । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई आजको दिन भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र बाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा आज पूजा–आराधना गर्छन् भने तान्त्रिकतन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । वाग्देवीका नामले प्रसिद्धी पाएकी ब्रह्माकी अधाङ्गिीनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व मानिन्छ भने आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई अक्षराम्भ गराउने र नाक–कान छेड्ने गरिन्छ । पश्चिम पोखरा र आसपासका जिल्लामा कसैसँग ऋण वा सापटी लिँदा श्रीपञ्चमीको भाखा राख्ने चलन अहिले पनि कायमै रहेको स्थानीयवासी बताउँछन् ।
]]>
8461 0 0 0
रेलमार्ग विस्तार हुनुपर्ने व्यवसायीको माग http://localhost/ghum/%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b0-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%81%e0%a4%aa%e0%a4%b0%e0%a5%8d/ Sun, 14 Feb 2016 03:25:40 +0000 http://www.ghumphir.com.np/?p=8463

वीरगन्ज, २ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणका बेला दुई देशबीचको व्यापार सहज बनाउनका लागि पूर्वाधार निर्माण विषयलाई विशेष महत्व दिनुपर्ने सुझाव यहा“का उद्योगी व्यवसायीहरुले दिएका छन् । उहाँहरुले औद्योगिक कच्चा पदार्थको आपूर्ति र अत्यावश्यकीय उपभोग्य मालसामानको ढुवानीका लागि रेलमार्ग उपयुक्त विकल्प रहेकाले नेपालमा पनि रेल्वे लाइन विस्तारका लागि भारतसँग छलफल गर्नुपर्ने धारणा राख्नु भएको छ । झन्डै छ महिनादेखिको लामो बन्द, हडताल र नाकाबन्दीका कारण सडकमार्ग हु“दै भारत र तेस्रो मुलुकबाट सीमा नाकासम्म आइपुगेका मालबाहक गाडी गन्तव्यसम्म जान नपाएपछि पछिल्लो समयमा व्यवसायीले रेलमार्गलाई बढी सदुपयोग गर्न थालेकाले पनि रेलमार्गको आवश्यकता बढेको उद्योगी व्यवसायीहरुको दाबी छ । बन्दका बेला आयातित सामान बोकेर भारतको कोलकाता बन्दरगाहबाट आउने कन्टेनर मालबाहक रेलमार्फत आउन थालेपछि वीरगन्जस्थित सुक्खा बन्दरगाहमा अत्यधिक चाप बढेको थियो । वीरगन्जस्थित सुक्खा बन्दरगाह भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र बन्दरगाह हो । नेपाल उद्योग वाणिज्य महासङ्घ, वाणिज्य तथा आपूर्ति समितिका संयोजकसमेत रहनुभएका उद्योगपति विजय सराबगीले बन्द, हडताल र नाकाबन्दीका कारण सडकमार्गबाट ढुवानी अवरुद्ध हुन थालेपछि पछिल्लो समयमा आयातकर्ताले रेलमार्गमार्फत कन्टेनर मगाउन थालेका बताउ“दै मुलुकको आर्थिक रुपान्तरणका लागि रेलमार्गको आवश्यकता रहेको बताउनु भयो । वीरगन्जस्थित सुक्खा बन्दरगाहसम्म रेल लाइन विस्तार भइसकेकाले सो रेल लाइनलाई करिब ३३ किमी टाढा बाराको अमलेखगन्जसम्म विस्तार गर्न सकेमा अहिले पारवहन क्षेत्रमा देखिएका अधिकांश समस्या समाधान हुने भएकाले रेल लाइन विस्तारलाई प्रधानमन्त्रीले भारत भ्रमणका बेला मुख्य ऐजेन्डा बनाउनुपर्नेमा उहा“ले सुझाव दिनुभयो । सीमावर्ती भारतीय सहर रक्सौलदेखि अमलेखगन्जसम्म निर्माण गर्ने भनिएको पेट्रोलियम पाइपलाइनको तुलनामा रेल लाइन बहुउपयोगीसिद्ध हुन्छ, वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोककुमार टेमानीले भन्नुभयो – “पाइप लाइन निर्माण भएपछि पेट्रोलियम पदार्थमात्र आउ“छ तर रेलमार्गको निर्माण भएपछि सबै किसिमका मालसामानको ढुवानी सहज किसिमले गर्न सकिन्छ ।”

]]>
8463 0 0 0
रातो मन्छेन्द्रनाथसम्बन्धी पुस्तक विमोचन http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%8b-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%9b%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8/ Sun, 14 Feb 2016 03:27:16 +0000 http://www.ghumphir.com.np/?p=8465

काठमाडौँ, २ फागुन ।

नेपालको सबैभन्दा लामो र लोकप्रिय जात्रा रातो मच्छेन्द्रनाथको रथ जात्रा कहिले सुरु भयो भन्ने बृहद् ऐतिहासिक तथ्य सङ्कलन गरी तयार पारिएको श्री करुणामय (बुँगद्योया) बाखँ नामक महत्वपूर्ण पुस्तक पहिलो पटक देवनागरी लिपिमा प्रकाशन भएको छ । आजभन्दा १०२ वर्षअघि बौद्घविद्वान् बुद्घरत्न शाक्यले विभिन्न वंशावली तथा बौद्घग्रन्थका आधारमा नेपाल भाषाअन्तर्गतको प्रचलित लिपिमा लेख्नुभएको थियो । त्यसबेला नेपालमा पुस्तक छाप्ने प्रेस नभएका कारण भारतको कलकत्तामा छपाइ भएको थियो । अनुवादक तथा बौद्घविद्वान् ज्योतिरत्न शाक्यले उक्त पुस्तकलाई देवनागरी लिपिमा अनुवाद गर्नुभएको हो । सो पुस्तकको मूल्य रु ७०० तोकिएको छ । शाक्य नेवा म्युजियमले शनिबार गरेको एक कार्यक्रममा सुगत बौद्ध महाविहारका प्राचार्य डा शान्तहर्ष बज्राचार्यले सो पुस्तकको विमोचन गर्नुभयो । झन्डै १४०० वर्षअघि भक्तपुरका राजा बलदेवको शासनकालमा नेपालमा १२ वर्षसम्म अनावृष्टि भएपछि रातो मच्छिन्द्रनाथको दर्शन गर्न पाउँ भनी सर्पहरुलाई आसन जमाई तपस्या गरी बसेका गोरखनाथलाई आसनबाट उठाउन त्यसबेलाका तान्त्रिक गुरु बन्धुदत्त बज्राचार्यले रातो मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल भित्र्याइएको गोपालराज वंशावलीमा उल्लेख गरिएको छ । कलिगत संवत् ३६७६ देखि मच्छिन्द्रनाथको रथ जात्रा सुरु भएको विश्वास गरिएको भए पनि एक हजार ४०० वर्षअघिसम्मको मात्र ऐतिहासिक तथा तथ्यगत प्रमाण रहेको बौद्धविद्वान्हरुले बताएका छन् । नेवार समुदायको बाहुल्य भएको काठमाडौँसहित ललितपुर, दोलखा, बनेपाको नालाजस्ता स्थानमा मच्छिन्द्रनाथको मूर्ति स्थापना गरी पूजापाठ हुने र रथ जात्रा भएको पाइन्छ । यसअघि पं अमोघबज्र बज्राचार्यले लेख्नुभएको पुस्तकमा १०८ करुणामयको ऐतिहासिक तथ्य तथा वृत्तान्तको व्याख्या गरिएको थियो । कार्यक्रममा पुरातत्वविद् डा साफल्य अमात्यले नेपालको सबैभन्दा लोकप्रिय जात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथ जात्राको ऐतिहासिक तथ्यसहितको पुस्तकबाट अनुसन्धानकर्ता तथा पाठकका लागि उपयोगी रहेको चर्चा गर्दै विभिन्न जात्रा मनाउने नेवार समुदायको बाहुल्य भएका क्षेत्रहरु काठमाडौँ, ललितपुर, दोलखा तथा बनेपाजस्ता क्षेत्रमा मच्छिन्द्रनाथको मूर्तिको स्थापना, जात्रा मनाउने प्रचलन रहेको जानकारी दिनुभयो । प्राचार्य प्रा शान्तहर्ष बज्राचार्यले महाबोधिसत्व, करुणामय आदि नामबाट परिचित मच्छिन्द्रनाथ ललितपुरको बुँग भन्ने स्थानमा रहेकाले रातो मच्छिन्द्रनाथलाई नेवारी भाषामा बुँगद्यो भन्ने गरेको जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल भाषा केन्द्रीय विभागका प्रमुख तुल्सीलाल सिंहले रातो मच्छिन्द्रनाथसम्बन्धी ऐतिहासिक पुस्तकबाट त्यसबेलाका ऐतिहासिक तथ्यलाई जनतासमक्ष पु¥याउन सहयोग मिलेको बताउनुभयो ।

]]>
8465 0 0 0
राजमार्गका रुख गैरकानुनी रुपमा काटियो, सम्बन्धित निकाय बेखबर http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%95%e0%a4%be-%e0%a4%b0%e0%a5%81%e0%a4%96-%e0%a4%97%e0%a5%88%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0%a5%81%e0%a4%a8%e0%a5%80/ Sun, 14 Feb 2016 03:29:03 +0000 http://www.ghumphir.com.np/?p=8467

इटहरी, २ फागुन ।

पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने मोरङस्थित सुन्दरदुलारी नगरपालिकाको सडकको दायाबायाँ क्षेत्रमा वर्षौं पुराना रुख दिनदहाडै काट्दासमेत सरकारी निकाय बेखबर बनेको पाइएको छ । राजमार्गका करिब ८० वर्ष पुराना ठूला रुख धामधम काटेर काठ गायब बनाउँदासमेत वन विभाग, सुन्दरदुलारी नगरपालिका र सडक विभागलाई कुनै जानकारी छैन भन्ने जवाफ बाहिर आउँदा घटना हास्यास्पद बन्न पुगेको छ । सरकारी निकायको अनुमतिबिना निर्धक्कसँग केही स्थानीयवासीले मनोमानी ढङ्गले रुख काट्दासमेत हप्तादिनसम्म नियमनकारी निकाय बेखबर हुनुमा गम्भीर आशङ्का उत्पन्न भएको छ । सरकारी स्वामित्वमा रहेका पुराना तथा ठूला रुख काट्न वन विभागको अनुमति चाहिन्छ । तर कानुनको खिल्ली उडाउँदै मोरङ जिल्लाको सुन्दरदुलारी नगरपालिकामा काटिएका यी रुख कहाँ छन् कसैलाई पत्तो छ्रैन । सयौँ रुख काटिदा नगरपालिकामा रहेका राजनीतिक दलका विषयमा पनि प्रश्न उठेको छ । स्थानीय सुरेशचन्द्र लावरले बाटो साँधुरो र मान्छेको चापसँगै दुर्घटना बढेकाले स्थानीयवासीको सहमतिमा रुख काटिएको बताउनु भयो । दुलारी चोक र बलिया चोकमा रहेका वर, पिपल, सिसौ र कदमका एक दर्जनभन्दा बढी रुख मेसिनको सहायताले दिउँसै काटिएको स्थानीयवासी बताउँछन् । सडक दुर्घटना न्यूनीकरण गर्ने, सडक विस्तार तथा चोकमा बसबिसौनीको निर्माण गर्ने बहानामा काटिएका उक्त रुख लाखौँ मूल्य बराबर रहेको केही स्थानीयवासीले बताए । बलिया चोकमा रहेको चौतारोसमेत ढलाइएको छ । नाम नबताउने सर्तमा एक चिया पसले स्थानीयवासीले भने – “गर्मीका बेला शीलत ताप्ने यही एउटा चौतारो थियो त्यो पनि मासे । अब कहाँ गएर शीतलमा बस्ने होला ? सेक्टरवन कार्यालय सलकपुरका प्रमुख जनक उपाध्यायले काठ काटिसकेपछि आफूहरु त्यहाँ पुगेको भए पनि रुख काट्न आफूले कुनै अनुमति नदिएको बताउनुभयो । सुन्दरदुलारी नगरपालिकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले सडकको छेउमा रहेका रुख काट्न अनुमतिका लागि पत्र पठाएको, त्यसबारे छलफल गर्न जिल्ला वन कार्यालय मोरङलाई चिठी लेखिएको तर अनुमति नदिएको स्पष्ट पार्नुभयो । सडक डिभिजन कार्यालय पूर्वाञ्चलका प्रमुख रामचन्द्र राउतले पनि रुख काट्ने निर्देशन नदिएको बताउनुभयो । उहाँले हामीले निर्देशन दिएरमात्र नहुने भन्दै वन कार्यालय र मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्र रुख काट्न मिल्ने उल्लेख गर्नु भयो । हाइवेका दर्जनभन्दा बढी रुख काटिएको भए पनि राजनीतिक दलका प्रतिनिधिहरुले भने आफूहरुले पत्तै नपाएको गैरजिम्मेवार जवाफ दिएका छन् । नेपाली काँग्रेस सुन्दरदुलारी नगरका अध्यक्ष चैतन्य सिटौला र एमालेका नगर अध्यक्ष राजकुमार राईले रुख काटेको बारेमा आफूहरुलाई थाहा नभएको बताउनुभयो ।

]]>
8467 0 0 0
सात मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडियो http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a4-%e0%a4%ae%e0%a5%87%e0%a4%97%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%9f-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%aa%e0%a5%8d/ Sun, 14 Feb 2016 03:30:12 +0000 http://www.ghumphir.com.np/?p=8469

काठमाडौँ, 2 फागुन ।

राष्ट्रिय प्रसारण लाइनमा सात मेगावाट विद्युत् जोडिएको छ । सानिमा माई जलविद्युत् आयोजनाले इलाममा निर्माण गरेको माई क्यासकेड आयोजना हिजोबाट केन्द्रीय प्रयारण लाइनमा जोडिएको हो । सोही निर्माण संस्थाले निर्माण गरेको सानिमा माई जलविद्युत् आयोजना केही समय पहिले नै राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ । माई क्यासकेड आयोजना गत दसैँअगावै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि भूकम्प, भारतको अघोषित नाकाबन्दीजस्ता कारणले पछाडि धकेलिएको हो । सानिमा माई हाइड्रोका प्रबन्धक अजय कार्कीले विभिन्न अवरोध उत्पन्न भए पनि केन्द्रीय प्रसारण लाइनमा जोड्न सफल भएको बताउनुभयो । केही महिनाअघि सम्पन्न सानिमा माईबाट उत्पादित २२ मेगावाट विद्युत् काबेली करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिइसकेको छ । रु एक अर्ब २६ करोड लागतमा निर्माण सम्पन्न भएको सो आयोजनामा गैरआवासीय नेपालीले समेत लगानीमा गरेका छन् । कम्पनीका प्रमुख सुवर्णदास श्रेष्ठले मुलुकमा चरम ऊर्जा सङ्कट भइरहेको बेला सात मेगावाट मात्रै भए पनि केन्द्रीय प्रसारण लाइनमा जोड्न सक्नु खुसीको कुरा भएको बताउनुभयो ।

]]>
8469 0 0 0
लोप हुने अवस्थामा सारङ्गी http://localhost/ghum/%e0%a4%b2%e0%a5%8b%e0%a4%aa-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%99%e0%a5%8d%e0%a4%97/ Sun, 14 Feb 2016 03:32:12 +0000 http://www.ghumphir.com.np/?p=8471

काठमाडौँ, २  फागुन । धन कमाउन विदेशमा गा’को पाइयो दुःख कसैले नपा’को सरर बसको झ्यालैमा हाँसीमुख देऊ बिदा पियारी घर छोडेर जानी बेलैमा लोप हुने अवस्थामा पुगेको सारङ्गीको धुनसँगै नेपाल पर्यटन बोर्डको सभाहलमा आज यो गीत गुन्जियो । दशौँँ सारङ्गी दिवसका अवसरमा गोरखाका डम्बर गन्धर्वले यो गीत सुरू गरेसँगै दाङ, तनहुँ र लम्जुङका गन्धर्व समुदायले सारङ्गीको ¥याइँ¥याइँमा अन्य दुःख सुखका गीत गाउनुभयो । दिवसका अवसरमा गन्धर्व सांस्कृतिक कला सङ्गठनले आयोजना गरेको गन्धर्व समुदायको सांस्कृतिक कार्यक्रममा कलाकारले लोप हुने अवस्थामा पुगेको सारङ्गी र सारङ्गीको धुनसँगै दजनौँ गीत गाउनुभयो । सोही अवसरमा गन्धर्व समुदायले फागुन १ गतेको दिनलाई सरकारले नै सारङ्गी दिवस घोषणा गरेर मनाउनुपर्ने माग गरे । लोप हुने अवस्थामा पुगेको गन्धर्व समुदायको सारङ्गी बजाउने पेसालाई राज्यले बेवास्ता गरेको उनीहरूको भनाइ छ । “वल्लो गाउँको समाचार गीत र सारङ्गीमार्फत पल्लो गाउँमा पु¥याउने, गन्धर्व समुदायको साङ्गी बजाउने पेसा आजकाल सङ्कलमा परेको छ, त्यसलाई राज्यले नै सम्मान र सम्वद्र्धन गर्नुपर्छ”– दिवसका संयोजक रूबिन गन्धर्वले भन्नुभयो । गन्धर्व समाज नेपालका अध्यक्ष पुजन गन्धर्व र जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले गन्धर्व समुदायको अधिकारका लागि त्यो समुदायले मात्र भन्दा पनि अन्य समुदायको साथ सहयोगको आवश्यकता औँल्याउनुभयो ।

]]>
8471 0 0 0
कोशी पारीका चालिस दिन http://localhost/ghum/8473-2/ Sun, 14 Feb 2016 03:36:31 +0000 http://www.ghumphir.com.np/?p=8473 आरके अदीप्त गिरी
देश भारतीय नाकाबन्दी र मधेश आन्दोलनको उभारसँग जुध्दै थियो। हरेक नेपालीका दिनहरु संकटपूर्ण तरिकाले गुजि्ररहेका थिए। यस्तै परिस्थीतिमा म भने यी यावत जोखिम वेवास्ता गर्दै देशको पूर्वी यात्रा गर्ने मोडमा थिए। फलतः म दशैंको टिका थापेर घर पर्वत कुश्माबाट थुप्रै असुरक्षा र कठिनाइहरुको सामना गर्दै निस्किए। करिब १४ घण्टा बस यात्रापछि पूर्वी सहर इटहरी टेक्ने अवसर प्राप्त गरें।
इटहरी उत्रेपछि भने मन रोमान्चक बन्यो। कारण मधेश आन्दोलनको ज्वार यता त्यस्तो नभएको त्यहाँ पुग्दा थाहा पाए। मैले यात्राको सेडुल इटहरीमा तयार गरँे। र, यात्राको आकार धरान हँुदै भोजपुरतर्फ मोडे। एक्लो भएकाले यात्रा कुनै चक्रवात जस्तो थियो। आफँै आफ्नो साथी थिए म। भोजपुर यात्राभर मैले देशमा भइरहेका विभिन्न घटनाक्रमहरुलाई पाठ एवम् समीक्षा गर्दै गए। कहिलेदेखि मधेश आन्दोलन सुरु भयो? कसरी ठगिए मधेसीहरु? मधेश र पहाड बिचको सम्बन्धका सहबास कसरी सकिए? संविधानमा नअटाएका विषय र उनीहरुका माग अधिकार के–के हुन? यी यस्तै मैले देखेका , देशमा भइरहेका डिर्स्कोस र संकथनहरु सुसेल्दै पहाडी बजार भोजपुर पुग्दा बसले १० घण्टाको यात्रा नापेको थियो। भोजपुर बजार झर्ना साथ आकुल भए त्यहाँको सौन्दर्यले। अस्ताचलतिर लाग्दै गरेको घामछायाँको दोभानमा भोजपुर बजार मोहिनी आवृतिमा फैलिएको थियो। त्यस दिन मैले आफुलाई भोजपुर बजारमै बिसाए। भोलिपल्ट बिहान उठ्दा बजार झलमल्ल घाँमले सिगाँरिएको थियो। पारीपट्टीको ट्याम्के डाँडा घामको टहकले सुन्दर देखिन्थ्यो। वरिपरि पहाडी डँाडाहरुको उपस्थिती बीच केही उठेको भोजपुर बजार नजिकका पहाडबाट चिसो सिरेठो ओसार्दै थियो। बजारका दाँयाबायाँ गुजुमुक्क परेका बाक्ला बस्ती देखिन्थे। म भने भोजपुरलाई यति नजिकबाट नियाल्न पाउँदा दंग थिए। यी यस्तै प्रवाहका बिच भोजपुर बजारलाई छोडी म प्रसिद्ध ट्याम्के डाँडाको यात्रा तर्फ मोडिए। टयाम्के पुग्नु पुर्व बाटोमा मलाई पिखुवा खोलाले स्वागत गर्योड। एउटा कुनाबाट बगिरहेको पिखुवा भोजपुरे स्रष्टा गणेश रसिकका गीतमा पोखिएको थियो। ...मेरी सिम्मा बताससँगै उडेर जाने हो कि , बगेरे जाने हो कि मेरी सीमा पिखुवासँगै।' पिखुवा खोलामाथि टाँगिएको झोलुङ्गे पुलमा उभिएर मैले केही क्षण गीतका यी हरफहरुलाई स्मरण गरँे। त्यसोत पिखुवा थुप्रै कवि–लेखका सिर्जनामा अटेको छ। मैले पनि पिखुवालाई मनमा बगाउँदै अन्नपूर्ण दिल्पाको उकालो लागेँ। उकालो नाकै ठोक्किने ठाडो थियो। करिब तीन घण्टा उकालो उक्लेपछि म अन्नपूर्ण दिल्पा पुगँे। बाटोमा स्थानीयहरु आ–आफनो हिउँदे कामधन्दामा व्यस्त थिए। क्रमशील दिल्पाबासीका अनेकन मेहनत र सीपहरु उनीहरुले फलाएका अलँैची, सुन्तला, अम्बा र अन्य कृषि उत्पादनमा देखिन्थ्यो। अपेक्षाकृत विकसीत चेतनाबाट प्रेरित थिए दिल्पावबासी। त्यसोत यस थलो थुप्रै बौद्धिक, धार्मिक, सिर्जनशील एवम् राजनीतिक प्रतिभाहरुको जन्मभूमि पनि हो। देशको सिर्जनशील मुलधारमा आफ्नो आधिपत्य जमाएका मुकारुङ परिवार यसै गाउँका हुन्। शिक्षा, स्वास्थ्य, स्थानीय संस्कार र परम्परामा धनि लाग्यो दिल्पा–नागीक्षेत्र। यसरी दिल्पालाई स्मरण गदैैै मैले त्यस दिन आफुलाई त्यहीँ विश्र्राम गरँे। भोलिपल्ट म क्याम्पाडँाडा, अन्नपूर्ण नाँगीहँुदै चखेवाडाँडा पुग्दा चखेवा मध्यदिनको घाम तापिरहेको थियो। उभो शिरमा श्रृङ्खलाबद्ध उत्तिस र सल्लाका रुखहरुको ताज पहिरिएको चखेवा फाँटिलो बनि फैलिएको थियो। राज्य र स्थानीयले यसको सौन्दर्यलाई बुझ्न सक्ने र पूर्वाधारहरु खडा गर्दै लाने हो भने कति पर्यटक यसको सौन्दर्यरसपान गर्न आउँदा हुन्। यी यस्तै वाचाल जिज्ञासाहरु मरो मानासपटलभरि दौडिए। टयाम्केको फेदी चखेवालाई हाल मध्य पहाडी लोकमार्गले काटेको छ। सिङ्गो चखेवालाई ध्यान नपुर्याभइ बाटोको प्रवेश गराउँदा त्यसको प्राकृतिक स्वरुपमा नराम्रो असर परेको मैले देखेँ। यस्तो वातावरणीय विनास देख्दा मनमा हर्ष होइन विषमातले बास गर्यो । यस्तै रमाईला नरमाईला मिश्रित अनुभूति सङ्गालदै म केही घण्टाको दुरीमा रहेको मेलवा पोखरी पनि पुगेँ। त्यहाँ पुग्दा गोधुली सन्ध्याको आकाशे सौन्दर्यमा तैरिएको थियो मेलवा। केही क्षणको दर्शन भेटपछि म पुनः चखेवा फर्की त्यस रात मैले चखेवामै विताएँ।
koshiभोलिपल्ट यात्रा टयाम्केतर्फ उक्लदै गयो। जतिजति टयाम्केको उकालो उक्ल्यो जाडो उति बढिरहेको थियो। यद्यपि टयाम्केको मनोरम दृष्यले लोभ्याइरह्यो। टुप्पामा पुग्दा वरिपरिको मोहनी वातावरणले गम्लङ्ग अङ्गालो हाल्यो। उकालो उक्लिदा पसिनाले निर्थुक्क भिजेको शरीरलाई केहीक्षण मैले चुली वरपरको स्याँठमा सुकाएँ। लगातारको हिँडाइले ज्यान गलेको थियो। टयाम्केडाँडाको पहाडी टाकुराबाट वरिपरि हेर्दा टाढा टाढासम्मका मनोरम दृष्यले मन अभिभूत हुन्थ्यो। पहाडी एवम् हिमाली डाँडा पनि हाँेचा लाग्थे टयाम्के चुलीबाट नाप्दा। पूर्व क्षेत्रकै मनोरम पहाडभित्र पर्ने टयाम्के चुली (तीन हजार १८ मिटर उचाई) बाट देखिने कञ्चनजंघा, ल्होत्से, मकालु या सगरमाथाका सौन्दर्य वर्णन कसरी गर्ने? मनै हर्ने खालका थिए। त्यस्तै सोलुदेखि खोटाङ, धनकुटा, मोरङ, सिरहा, सप्तरी, उदयपुर, सुनसरी एवम् भारतका सिलगुढी, दार्जिलिङसम्मका पहाडी दृष्य प्रत्यक्ष अवलोकन गर्न पाउँदा मन गद्गद् थियो। हाल टयाम्केको विकासका लागि पूर्व पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री गोपाल किराँतीले ठूलो लक्ष्यका साथ काम गरिरहेका छन्। उनको सपनाले मूर्त रुप लियो भने टयाम्के देशकै एक पहाडी विशिष्ट गन्तव्य बन्नेमा दुईमत छैन। त्यहाँबाट फर्केपछि म भोजपुरकै टक्सारबजार, सुन्तलेडाँडा पुगेँ। त्यहाँको प्राकृतिक दृष्यले मन अभिभूत भयो। भोजपुरबाट सुन्तलेडाँडा पुग्न पैदलयात्रामा तीन घण्टा लाग्यो। त्यहाँ पुग्दा मलाई मेरै पहाड गाउँ बागलुङ जैदीको सम्झनाले अधिर बनायो। सुन्तलेडाँडाबाट उत्तरी क्षीतिज नियाल्दा मकालु, कुम्भकर्ण र सगरमाथाका हिमाली दृष्यले मन चङ्गा बन्यो । भोजपुरका यी ठाउँहरुमा भेटिएका मानिस र उनीहरुले आफ्नो गाउँ ठाउँलाई पर्यटन, संस्कृति र विकासमा केही गर्नुपर्छ भन्ने सोचका साथ खेलेको परिवर्तनकारी प्रयासहरु विशेष र प्रशंसनीय थिए। सुन्तलेडाँडा भ्रमण पछि यात्रालाई पुनः धनकुटातर्फ मोँडे। बाटोमा पर्ने अरुण नदी आसपासका प्राकृतिक दृष्यहरु विशेष थिए। धनकुटा हिले बजार पुग्दा बजार हतारमा मेलो सक्न व्यस्त किसान जस्तो देखिन्थ्यो। यो भोजपुर र धनकुटाको क्षेत्रीय बजार पनि हो। बजार वरपर मानिसको चाप बाक्लै थियो। मैले यात्रालाई पुनः गुराँसको राजधानी भनेर चिनिने तेह्रथुम, वसन्तपुर तीनजुरे मिल्के (टीएमजी) तर्फ मोडँे। त्यहाँ पुग्दा सुनिआएको गुराँसे वनले मन गुराँसमय बन्यो। गुराँसघारी गर्वमा कोपिला च्यापेर बसेका थिए। सोचँे– गुराँसयाममा यो वन क्षेत्रमा आफूले टेक्न पाएको भए मन कति वैंशालु वन्थ्यो होला? तर पनि टीएनजी वसन्तपुरको भू–दृष्य अवलोकन गर्दा मन शौभाग्यशाली थियो। गुराँसयाममा फेरी तीनजुरे आउने बाचा बाँधी टीएनजीलाई आफ्नो मनको सम्झना फूल उपहार चढाउँदै म त्यहाँबाट धरान भेडेटारतर्फ मोडिएँ। धनकुटा र सुनसरीको सिमामा अवस्थित भेँडेटार पूर्वको नगरकोटका नामले पनि चिनिन्छ। पर्यटकको रोजगाइमा पर्ने यस स्थल त्यहाँ पुग्दा व्यस्त दिनचर्यामा थियो। भेडेटारबाट हेर्दा आकाशगङ्गा वादलको छालमा पौडिरहेझैं भान हुन्थ्यो। बाह्रैमास चीसो हुने भेडेटारको मौसम अतुलनीय छ। छिनछिनमा बदलिइरहने मौसमले यसको परिचयलाई विराट पारेको छ। भेडेटारपछि म नजिकैको दूरीमा रहेको नाम्जे होमस्टे पुगेँ। त्यहाँ पुग्दा गाउँलेको न्यानो आतित्यता पाइयो। यस गाउँ विश्वको ठूलो अमेरिकन संचार संस्था सिएनएनको गाउँ पर्यटन सूचीमा उत्कृष्ट भइ सुचिकृत छ। त्यसपछिको यात्रा सानो पहाडी बजार धनकुटा डाँडाबजार हुँदै ध्वजेडाँडातर्फ लम्कियो। गुजुधुम्म बसेको डाँडाबजार उद्ध र तेर्सा रेखाहरु कोरिएको क्यानभाष जस्तो थियो। त्यसपछि म धरानका बुढासुब्बा र आसपासका दन्तकाली, पिण्डेश्वर, विष्णुपादुका, पञ्चकन्या, बराहक्षेत्र आदि मन्दिरहरुमा पुगेँ। त्यस वरपरका ताजा दृष्य अझैपनि आँखामा अटेसमटेस गरी बसेका छन्। धरान झर्दा बजारको सम्मोहन मोहनीमा मन अल्भि्कयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ट पहिचान बोकेको गोर्खाली लाहुरेहरुको प्रमुख बासस्थान धरानका अनेकन परिचय छन्। विविध जाति, भाषा र संस्कृतिले सम्पन्न छ धरान। समग्र धरानलाई विविध जातजातिको साझा फूलवारी भन्दा पनि हुन्छ। न धेरै जाडो, न धेरै गर्मी यो धरानको वातावरणीय विशेषता हो। नगरभित्रका सफा, चिल्ला सडकमा टहलिएर हिँड्नुको मज्जा पनि विशेष हुने। म सहर भित्रका भूकम्प स्मारक तथा उद्यान पार्क, वि्रटिश गोर्खा स्मृति पार्क, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, श्रीजङ्गा पार्क, घण्टाघर पनि पुगेँ। जहाँ जता पुगे पनि धरानका सम्पदा स्थलहरुले मन लोभ्याउँथे। धार्मिक महत्व बोकेका गुम्वा, चर्च, मस्तिज धुपै्र छन् धरानमा। पर्यटकीय क्षेत्रको प्रवेशद्वार पनि हो धरान। यहाँबाट भेँडेटार, धनकुटा बजार, तेह्रथुम, वसन्तपुर, धनकुटा राजारानी आदि गाउँठाउँ पुग्न सकिन्छ। साथै धरानबाट तेह्रथुम, पाँचथर, संखुवासभा, खोटाङजस्ता जिल्लामा पदयात्राका लागि पनि यो गेट वे हो। हाल पहाडको फेदीमा अवस्थित धरान बजार भौतिक विकासले द्रुत गतिमा अगाडि बढेको छ। धरान पछि आफूलाई झापातर्फ मोडेँ। यात्राकै बीचमा झापाका दोमुखा, बेतना घुमाइका यादहरु अझँै मनमा चिप्लेटी खेलिरहेका छन्। झापा घुमाइ पश्चात म भारतको सिलगुडी, दार्जिलिङ, खर्स्याङ, कालेबुङ, सिक्किमसम्मको यात्रा गर्न सकें। करिव दुइहप्ताको वेस्ट बंगाल घुमाइका अनुभूतिहरु पनि मनमा फरक गरी बसेका छन्। हरेक ठाउँमा पुग्दा त्यहाँको जीवन, परिवेश, भूगोल र प्रकृतिले सुखद अनुभूति दिन्थ्यो। यथाः उपल्ला पहाडी बस्ती घुम्दा देखिएका गरीवीका कथा–व्यथाले मनलाई उति नै दुखित तुल्याउँथ्यो। यात्रालाई झापा पछि मैले इलामतर्फ मोडे। इलामका कन्याम, श्रीअन्तु घुम्दा मनले ...वाह! प्रकृति, वाह!! इलाम' भन्थ्यो। पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाएका यी स्थानमा मन वहलाउन पाउँदा, पाइला टेक्दा मन आफँैमा प्रफुल्ल थियो । हुस्सुको खास्टो ओढी सुतेको कन्यामको चिया वगान घुम्न म यस अघि पनि आएको थिए। यस पटक पनि कन्याम उही–उस्तै मायालु र दयालु मुद्रामा पाएँ। सफा सेतो तकियाझैं टाढा क्षितिजमा टाँगिएका हिमाली श्रृङखलाले यसको प्राकृतिक सौन्दर्यमा निखारता थपेका थिए। वरपरबाट बहिआउने शीतल हावाको स्पर्शले मनलाई ढक्ढक्याउँथ्यो। चिया वगानमा चियाका बोट छासिरहेका किसान, घुम्ने योजनामा त्यहाँ पुगेका पर्यटकहरुको लामले कन्याम लोभलाग्दो देखिन्थ्यो। त्यस्तै कन्यामबाट झण्डै दुई घण्टाको दूरीमा रहेको श्रीअन्तु (२ हजार तीन सय २८ मिटर) पुग्दा विहान सुर्योदयको दीप्तीले पर्वतगिरिहरु पहेंलपुर थिए। लाग्थ्यो कलिलो बालक सूर्यलाई हत्केलामै उवाऔं। आकाश फटाउँदै मोहनी रुपमा उदाउने सूर्यलाई एकटक हेरिररुँ लाग्ने। स्वच्छ वातावरण, चीसो हावापानीको यो ठाउँ अलैंची, अदुवा, अकवरे, अमलिसो आदि उत्पादनका लागि पनि प्रख्यात छ। उच्च डाँडामा रहको यस स्थलबाट दार्जिलिङ, मिरिक सिलगुडी लगायतका मनोरम दृष्य प्रत्यक्ष देख्न सकिँदो रहेछ। श्रीअन्तुसँग हाल सम्बन्ध जोड्न र सूर्योदय हेर्नै भनेर थुप्रै पर्यटक त्यहाँ पुग्दा रहेछन्। हालै केही घरहरुमा सुरु गरिएको होमस्टे सेवा देख्दा श्रीअन्तु विस्तारै आर्थिक समृद्धिको बाटोतर्फ छलाङ मार्दै गएको अनुभूति हुन्थ्यो। श्रीअन्तुबाट पूर्व, पश्चिम र उत्तरका दृष्यहरु हेर्न लायक थिए। श्रीअन्तु पछि यात्रालाई मैले फिक्कल हुँदै इलाम सदरमुकाम इलाम बजारतर्फ माँेडे। लेप्चा भाषामा इलामको अर्थ ई–घुमाउरो र लाम–बाटो (इलाम–घुमाउरो बाटो) रहेछ। नागवेली बाटोले इलामको परिचय बोल्थ्यो। लेप्चा जाती इलामका पुराना बासिन्दा रहेछन। इलामको सौन्दर्यले चाहे स्वदेशी हुन् वा विदेशी नलोभिने को नै होला र? इलामका प्रायजसोः पर्यटकीय स्थलमा मोटर बाटो पुगेको पाइयो। यात्रामा जति बाटो काटिन्थ्यो त्यति रमाइला दृष्यले स्वागत गर्थे। मैले पुर्वेलीको नयाँ सोच र चिन्तनलाई सलाम गरेँ। जहाँजता पुगे पनि स्थानीयहरु नयाँ समाज निर्माणको रचनात्मक विधि र तरिकालाई अवलम्वन गरी आफ्नो ठाउँ विकास गर्न कटिवद्ध थिए। योजनालाई ठाउँ र परिस्थिति अनुसार सुधार गर्न र उपयुक्त नीति तथा योजना बनाउने मामलामा खप्पिस लाग्यो उनीहरु। त्यस्तै शरद याम भएर होला प्रायःका घरआँगन शारदीय फूलहरुले सिँगारिएका थिए। लिपपोतले सफा सुग्घर थिए। बाटोघाटो मर्मतसुधारले चिटिक्क देखिन्थे। त्यसो त कतिपय ठाउँहरुमा पुग्दा मानिसहरुले विकासका कामहरुमा योजनाको दुरुपयोग, रकमको दुरुपयोग र भ्रष्टाचारको खेलो पर्याप्त हुने गरेको गुनासो स्थानीयहरुबाट सुन्नमा आउँथ्यो। यात्रालाई इलामबजार हुँदै मैले उत्तरी जिल्ला पाँचथर र ताप्लेजुङतर्फ बढाएँ। लगातारको हिँडाइ पश्चात यात्रा पाँचथर सदरमुकाम फिदिम हुँदै तन्किँदै गयो। पाँचथरका पहाडी वस्तीहरु मनमोहक थिए। प्रायः गाउँका चेप र कुनाबाट मकालु, कञ्चनजङ्घा वा फोक्ताङलुङ हिमालका दृष्यहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्थ्यो। यात्रामा प्रायः सुन्दर गाउँवस्तीहरु भेटिन्थे। पहाडी यात्रा जहाँ जता पुगेपनि चीसो धुमधामकै लाग्यो। हुन त भर्खर शदर याम सकिएर जाडो मौसम सुरु भइसकेको थियो। बाटोमा थुप्रै गाउँवस्ती आउँथे र क्रमशः जान्थे। यात्राका बेला वरवर देखिएका, भेटिएका राँकेबजार होस् या पौवा साततात, चिम्थुला, इन्बुङ, चिलिङदेन वा पारीपारी देखिने गाउँवस्तीहरुको दृष्य सुन्दर थियो। इलामबजारबाट हिँडेको करिब पाँचघण्टामा म पाँचथर सदरमुकाम फिदिम पुगेँ। हरेक दिनको यात्रा विशेष हुन्थ्यो मेरा लागि। नयाँ भान्सा, नयाँ बाटो, नयाँ मानिस, नयाँ भूगोल। यस्तै नयाँ–नयाँ अनुभूति हरेक दिन मनले ग्रहण गर्थ्यो। पहाडहरुका बीच केही खोँचमा बसेको फिदिम बजार सुन्दर लाग्यो मलाई। स्थानीयमा सामाजिक र राजनीतिक चेतनास्तर पनि अलिक बलियो पाएँ मैले। उत्पादन र आम्दानीका लागि पनि फिदिम वरपरको फाँट उर्वर रहेको स्थानीय बताउँथे। एक–डेढ घण्टाको दूरीमा प्रायः गाउँहरु जम्काभेट हुन्थे। जंगल, बुट्यानहरुको अस्तित्व बाक्लै देखिन्थ्यो बाटो वरपर। पाँचथर हरित लाग्यो। प्रायः ठाउँहरुमा सामुदायिक खेतीपातीको अभ्यास गर्न खोजिरहेका किसान देखिन्थे। निरन्तरको यात्रा पश्चात् म ताप्लेजुङ सदरमुकाम फुङ्लिङ पुगेँ। त्यहाँ पुग्दा फुङ्लिङ बजार आफ्नो मौलिक पहिचानमा उभिएको थियो। कञ्चनजङ्घा हिमाल र पाथिभरा माताको छत्रछाँयामा अवस्थित फुङ्लिङ बजार केही वर्ष यता भने आगोको सिकारले अस्वेत बनेको खवर सुन्नमा आउँथ्यो। त्यहाँ पुग्दा पनि अघिल्लो वर्ष लागेको आगोको ट्याग पहिरेर डाँडाबजार उभिएको देख्दा मनले नमज्जा मान्यो। स्थानीयहरु पुनः निर्माणतर्फ जुटिरहेका थिए। त्यहीँ निस्पृह डाँडाबजारको अनुहार बोकेर म पाथीभरा माताको मन्दिरतर्फ लम्किँए। फुङ्लिङबाट झण्डै १५–२० मिनेटको उकालो उक्लिएपछि सुकेटार विमानस्थल र बजार आइपुग्यो। त्यहाँ पुग्दा साँझ टुप्लुक्क परेकाले त्यस रात मैले त्यहीँ विताएँ। पाँचथर, ताप्लेजुङको यात्रा गर्दा प्रायः गाउँवस्तीमा मोटरबाटो, विजुलीबत्ती पुगिसकेको देखियो। रातमा वरीपरीका गाउँवस्तीमा विजुलीवत्तीको झिलिलिमी देख्न पाइथ्यो। वस्तीभित्रको गरिवी र अभाव त के थियो तर यी सुविधा देख्दा पाँचथर, ताप्लेजुङ सम्पन्न, शिक्षित सुविधायुक्त छ भन्ने बुझ्न यी दृष्यहरु काफी थिए। प्रायः गाउँहरु मध्यमवर्गीय हैसियतका जस्ता लाग्थ्यो। हाल मध्यपहाडी राजमार्गको प्रवेशले पनि पूर्वका गाउँघरहरुमा परिवर्तनका ढोका उघार्दै गएको देखिन्थ्यो। भोलिपल्ट सुकेटारबाट नजिकै देखिने पाथीभर माताको मन्दिर उक्लन मलाई पुरै एकदिन लाग्यो। जव माताको समीप पुगँे। मन गद्गद् भयो। चुलीबाट उत्तरतर्फ हेर्दा कञ्चनजङ्घा, मकालु वा कुम्भकर्ण हिमालका दृष्यले मन सानो तिनो हिमाल बन्यो। त्यस्तै वरपरका गाउँघरहरुको वान्की कुनै सेन्दर चित्र जस्तो थियो। पाथिभरा भगवती मन्दिर प्राकृतिक सुन्दरता र धार्मिक महत्वले समेत विशिष्ट छ। ३७ सय ९४ मिटर उचाइमा अवस्थित मन्दिर बाह्रै महिना खुल्ला रहन्छ। प्रायः बाक्लो मात्रामा तीर्थालुहरुको उपस्थिति रहने यस मन्दिरमा स्वच्छ आत्माले दर्शन गर्दा पुण्य प्राप्त हुने र आफूले भाकल गरेका वा अपेक्षा गरिएका मनोकामना सिद्ध हुने जनविश्वास छ। देवी दर्शनका लागि नौरथा तिथि उत्तम हो भने यहाँ पुग्न असोज, कात्तिक र मङ्सिर महिनाको समय उत्तम रहन्छ। मन्दिर वरपरको क्षेत्र जैविक विविधतायुक्त भएकाले पनि त्यस वरपर विभिन्न गुँरासका रुखहरु एवम् अन्य बुट्यान र जीवजन्तुहरु बाटो वरपर पर्याप्त देखिन्छन्। जसले त्यहाँ पुग्ने हरेकको मन नलोभिइरहन सक्दैन। पाथिभरा पुग्नेहरुका लागि दुई कि.मि. तल मन्दिर फेदीमा खान, वस्नका लागि पर्याप्त होटल, लजहरु संचालित छन्। मन्दिर दर्शन र घुमघाम पछि मैले यात्रालाई पुनः ताप्लेजुङ, फुङ्लिङतर्फ मोँडे। फुङ्लिङबाट ताप्लेजुङकै प्रसिद्ध पर्यटकीय स्थल ओलाङचुङगोला र कञ्चनजङ्घा बेसक्याम जाने फरक फरक बाटो छन्। ओलाङचुङगोला र कञ्चनजङ्घा वेसक्यामको यात्रा फेरि गर्ने बाचा गर्दै आफ्नो यात्रालाई मैले इलाम, झापातर्फ दोहोर्याुएँ। विदाइमा ताप्लेजुङ अवाक देखिन्थ्यो। ताप्लेजुङको नागवेली बाटो, रमाइला तरेली परेका पहाडी धरातलले हरेक गाउँ गन्तव्य स्थल बन्न सक्ने संकेत गर्दथे। यसका लागि योजनावद्ध काम गर्नुपर्ने दायित्व सरकार र स्थानीय समुदायमा थियो। यस्तै कुरा मनमा खेलाउँदै म झापा झरें। पूर्वका पहाडी वस्तीहरुमा प्रायः राई, लिम्वूहरुकै बाहुल्यता जमेको देखिन्थ्यो। अरु जात, समुदाय ती भू–भागमा पातलो उपस्थिति जनाइरहेका देखिन्थे। यात्रामा थुप्रै अप्ठ्यारा, सजिला बाटोहरु नापियो। जहाँ, जता पुगे पनि पूर्व समृद्ध लाग्थ्यो। झापा ओर्लेपछि मैले यात्रालाई इटहरी हुँदै सुनसरी, कोशी टप्पु बन्यजन्तु आरक्ष तर्फ मोँडे। कोशीटप्पु पुग्दा मन नरमाउने कुरै भएन। यस समय आरक्ष घुम्न उपयुक्त सिजन हो। आरक्ष खासगरी चरा अवलोकनका लागि प्रख्यात छ। यद्यपि त्यहाँ जङ्गली हात्तीदेखि पाटे बाघ, विभिन्न प्रकारका उभयचर पनि नभएका होइनन्। कोशी नदीले ओगटेको आरक्षभित्रका सिरहा, सप्तरी र सुनसरी क्षेत्रका माझी–मलाह समुदायहरु यसै नदीमा परम्परागत रुपमा माछा मार्दै आफ्नो जीविका चलाउँदै आएको पाइयो। यो संख्या अहिले तीनहजार माथि छ। आरक्ष घुम्न विदेशी भन्दा स्वदेशी पर्यटक बढी आउने गरेको आरक्ष संरक्षण अधिकृत श्यामकुमार शाहले बताए। कोशी नदीमा डुङ्गा चढ्न पनि पाइन्छ। यसवापत आरक्षलाई दुई हजार दस्तुर तिर्नुपर्ने व्यवस्था रहेछ। आरक्ष नजिकै स्थानीयहरुले हालै होमस्टे सेवा सुरु गरेका रहेछन्। म त्यहीँ बसें। तर, आरक्ष वरपर सुविधायुक्त होटल वा रिसोर्ट भने नभएका होइनन्। दुइदिनको आरक्ष क्षेत्र घुमघाम पनि आनन्दकै रह्यो। आरक्ष वरपरका समुदायको जीवन दैनिकहरु हेर्न र बुझ्न लायक छन्। तर मधेशमा बलिरहेको आगोको ज्वारले ती अदृष्य जस्ता लाग्थे। अनिश्चितकालीन वन्द, हड्ताल र कर्फ्युका कुरा दिनैपिच्छे उठिरहेका थिए। तराई दिनदिनै जटिल वन्दै थियो। यसैले मैले अब तराईका अन्य जिल्ला घुम्ने आँट र साहस गर्नु मुर्खतापूर्ण हुन्थ्यो। आजसम्म आइपुग्दा मेरो पैतलाले ४० दिनको यात्रा नापिसकेको थियो। यही समयरेखामा मनलाई सन्तोष महसुस गराउँदै मैले यात्रालाई पूर्णविराम लगाउने निश्चय गरें। यद्यपि मेरो मनमानसमा भने सिङ्गो पूर्वी नेपालमै थियो।
]]>
8473 0 0 0
यी हुन् कर नतिर्ने ठुला होटलहरु http://localhost/ghum/%e0%a4%a0%e0%a5%82%e0%a4%b2%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%a4%e0%a4%bf%e0%a4%b0%e0%a5%87%e0%a4%a8%e0%a4%a8%e0%a5%8d-%e0%a4%95%e0%a4%b0/ Sun, 14 Feb 2016 16:32:55 +0000 http://www.ghumphir.com.np/?p=8477
काठमाडौँ, २ फागुन ।
काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदै आएका अधिकांश ठूला होटलले सवारी घरजग्गा कर तिरेका छैनन्। काठमाडौँ महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि केहीले व्यवसायी कर तिरे पनि सवारी र घरजग्गा घर कर भने तिरेका छैनन्। महानगरपालिकाका राजस्व माहाशाखा प्रमुख महेश काफ्लेले लामो समयसम्म कर तिर्न आलटाल गरेपछि कारबाही गर्न सुरु गरेको बताए।
“प्रक्रिया सुरु गरेपछि केही होटलले कर तिरे पनि अधिकांशले तिर्न आलटाल गरिरहेका छन्” उनले भने। होटलहरु ह्यायात, एभरेष्ट, र्याडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल, र याक एण्ड यतिले अहिलेसम्म सवारी र घरजग्गा कर तिरेका छैनन्। व्यावसायिक कर मात्र तिरेका छन्।
महानगरपालिकाभित्र रहेको सोल्टी होटलले भने सबै किसिमको कर तिरिसकेको छ भने अन्नपूर्ण होटलले सवारी करबाहेक अन्य सबै तिरेको छ। ठूला होटलले वार्षिक करिब १० लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म कर तिर्नुपर्ने हुन्छ। सामान्यतया मापदण्ड अनुरुपका होटलमा पार्किङको सुविधा, पौडी पोखरी, पाहुना बस्ने स्थान, बगैँचालगायतको सुविधा आवश्यक पर्छ।
पछिल्लो समय कर बुझाउने करदाताको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। तर ठूला होटलले अझै पनि सहज तरिकाले कर तिर्न मानेका छैनन्। समयमा कर नबुझाउनेलाई महानगरपालिकाले स्थानीय स्वायत्तशासन ऐन, २०५५ को दफा १६५ (२) बमोजिम चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहोर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी वा रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने कामकाजका लागि सिफारिस नगर्नेलगायतका कारबाही गर्ने प्रावधान रहेको छ।
पटक÷पटक कर तिर्नका लागि पत्र पठाउने, सूचना प्रकाशित गर्ने तथा नभए कारबाही गर्ने र त्यति गर्दा पनि नतिरेमा तालाबन्दीसमेत गर्ने प्रमुख काफ्लेले बताए। खासगरी राजनीतिक पहुँच र राजनीतिक संरक्षण भएका व्यक्ति र उच्च पदमा रहेका जिम्मेवार व्यक्तिले नै कर तिर्नुपर्नेमा बुझेर पनि नबुझे झै गरेर कर छल्ने गरेको उनले बताए। तिनुपर्ने समयभित्रै कर नतिरेको खण्डमा बर्सेनि १० प्रतिशतको दरले जरिवानासमेत तिर्नुपर्ने प्रावधान रहेको छ।
]]>
8477 0 0 0
सम्पदाको निर्माण फागुन ४ देखि http://localhost/ghum/%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%ab%e0%a4%be%e0%a4%97%e0%a5%81%e0%a4%a8-%e0%a5%aa/ Sun, 14 Feb 2016 16:36:40 +0000 http://www.ghumphir.com.np/?p=8480

काठमाडौँ, २ फागुन ।

सरकारले राष्ट्रिय सम्पदा र ऐतिहासिक धरोहरको निर्माणको थालनी आगामी फागुन ४ गतेदेखि सुरु गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पर्यटन परिषद्को बैठकले आगामी फागुन ४ गते दिउँसो ४ बजे सुन्धारास्थित पहिले धरहरा भएको स्थानबाट राष्ट्रिय सम्पदा निर्माण अभियानको घोषणा गरेर सुरुगर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो । भूकम्पका कारण क्षतिग्रस्त राष्ट्रिय सम्पदा निर्माणका क्रममा सरकारले धरहरा निर्माण गर्न सार्वजनिक आह्वान गरेर निर्माण गर्ने निर्णयसमेत बैठकले गरेको छ । प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा परिषद्का उपाध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोखरेल, अन्य मन्त्रालयका मन्त्रीहरु, उद्योग वाणिज्य सङ्घ, पर्यटनसँग सम्बन्धित निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकले भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण घटेको पर्यटन क्षेत्रलाई निर्माण अभियान सुरु गरी वृद्धि गर्ने निर्णय गर्दै हालसम्म पर्यटनको अवस्थाबारे पनि समीक्षा गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो । पाँच वर्षको लामो समयपछि परिषद्को बैठक आज बसेको हो ।

]]>
8480 0 0 0
सिँचाइका लागि तालको संरक्षण http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%81%e0%a4%9a%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95/ Mon, 15 Feb 2016 03:16:16 +0000 http://www.ghumphir.com.np/?p=8485

दाङ, ३ फागुन ।

दाङको रामपुर गाविसका स्थानीयवासी सिँचाइका लागि तालको संरक्षणमा जुटेका छन् । खेतीयोग्य जमिन भए पनि सिँचाइ नहुँदा उत्पादनमा कमी आउन थालेपछि स्थानीयवासी सिँचाइका लागि तालको संरक्षणमा जुटेका हुन् । भोटेदहको पानी संरक्षण गरी किसानले ४० बिगाहा खेतीयोग्य जमिनमा सिँचाइ गर्ने गरेका छन् । किसानले ताल र सिमसार क्षेत्रको संरक्षण गरी मौसमी बालीका साथै व्यावसायिक तरकारीखेतीसमेत गरिरहेको राममणि पाण्डेले जानकारी दिनुभयो । किसानले तालको संरक्षण गर्नुका साथै सिमसार क्षेत्रमा रहेका प्राकृतिक सम्पदाको संरक्षण गर्न थालेपछि सिँचाइ सहज भएको छ । यसले स्थानीयवासीको जीवनस्तरमा परिवर्तन हुदै गएको स्थानीयवासीको भनाइ छ । ताल संरक्षणका लागि रुपान्तरणबाट प्राप्त रु तीन लाख र जिल्ला वन कार्यालयमार्फत जिल्ला भूसंरक्षण कार्यालयबाट प्राप्त रु तीन लाख गरी रु छ लाखको लागतमा स्थानीयवासीले तालको संरक्षण अभियान थालेका छन् । पानीको मुहान संरक्षणका लागि स्थानीयवासीमा ज्ञान नहुँदा तालसँगै वरपरका खोला तथा गाउँका कुवासमेत सुक्न थालेको भन्दै सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तिलकराम पौडेलले तालको संरक्षण अभियान थालेपछि ताल संरक्षणका साथै गाउँका इनारसमेत सुक्न छोडेको बताउनुभयो ।

]]>
8485 0 0 0
औद्योगिक प्रदर्शनी मंलगबारदेखि http://localhost/ghum/%e0%a4%94%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a4%82%e0%a4%b2%e0%a4%97%e0%a4%ac/ Mon, 15 Feb 2016 03:18:13 +0000 http://www.ghumphir.com.np/?p=8487 काठमाडौँ, ३ फागुन ।

घरेलु तथा साना उद्योग विकास समितिले यही फागुन ४ बाट २७औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी गर्ने भएको छ । समितिले आइतबार भृकुटीमण्डपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदर्शनीमा ३०० भन्दा बढी कक्ष रहने र हालसम्म विभिन्न जिल्लाबाट १२५ तथा काठमाडौँबाट ५० वटा कक्ष बुक भइसकेको जानकारी दिइयो । मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ भन्ने मूल नाराका साथ सुरु हुने उक्त प्रदर्शनीमा भाग लिने उत्कृष्ट उद्यमीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा समितिका निमित्त कार्यकारी निर्देशक निलम ताम्राकारले प्रदर्शनीको मुख्य उद्देश्य घरेलु तथा साना उद्यमीलाई राष्ट्रियस्तरमा परिचय गराउने तथा उनीहरुबाट उत्पादित वस्तुको बजार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार तथा प्रवद्र्धन गर्नु रहेको बताउनुभयो । कार्यकारी निर्देशक ताम्राकारले मेलामा पूर्वेली ढाका, बाँसजन्य उत्पादन, अल्लोजस्ता प्राकृतिक रेसाबाट उत्पादित वस्तु, छालाजुत्ता हस्तकला, खाद्यवस्तु एवम् अर्गानिक चिया र कफी, हाते कागज तथा ऊनी वस्तु प्रदर्शनको मुख्य आकर्षण रहने जानकारी दिनुभयो । प्रदर्शनीमा ७५ जिल्लाका उद्यमी सहभागी हुने र उद्यमीले तयार पारेका सामानलाई एउटै छातामुनिबाट सहज रुपमा खरिद गर्न सजिलो हुने लक्ष्य मेलाको रहेको बताइएको छ । प्रदर्शनी फागुन ९ गतेसम्म चल्नेछ ।

]]>
8487 0 0 0
२०७३ लाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाउने प्रस्ताव http://localhost/ghum/8489-2/ Mon, 15 Feb 2016 03:22:57 +0000 http://www.ghumphir.com.np/?p=8489 काठमाडौ ३ फागुन।

नेपाल पर्यटन बोर्डले २०७३ लाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाउने प्रस्ताव गरेको छ ।उच्चस्तरीय पर्यटन परिषद्को आइतबार बसेको बैठकमा बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले आगामी वर्षलाई आन्तरिक पर्यटन वर्षका रुपमा घोषणा गर्न प्रस्ताव गरेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उनले निश्चित समय सम्म साताको दुई दिन बिदा दिने र विदा पर्यटनको अवधारणा विस्तार गरिए छोटो समयमै पर्यटनलाई पुरानै अवस्थामा पर्काउन सकिने बोर्डको भनाइ रहेको छ ।

]]>
8489 0 0 0
विश्वकै ठूलो बुद्ध आकृति http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%88-%e0%a4%a0%e0%a5%82%e0%a4%b2%e0%a5%8b-%e0%a4%ac%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%86%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf/ Mon, 15 Feb 2016 03:25:59 +0000 http://www.ghumphir.com.np/?p=8491 8491 0 0 0 जातीय भेषभूषामा http://localhost/ghum/%e0%a4%9d%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a4%a1%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%87%e0%a4%a4%e0%a4%ac/ Mon, 15 Feb 2016 03:32:40 +0000 http://www.ghumphir.com.np/?p=8494 8494 0 0 0 आयल निगमले झुक्यायो http://localhost/ghum/%e0%a4%86%e0%a4%af%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%9d%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a5%8b/ Mon, 15 Feb 2016 03:35:50 +0000 http://www.ghumphir.com.np/?p=8497 दिलीप पौडेल
काठमाडौं३ फागुन ।
नेपाल आयल निगमले शुक्रबारदेखि सबै पम्पबाट तेल वितरण गर्ने सूचना जारी गरे पनि पेट्रोल नपाएको भन्दै उपभोक्ता आक्रोशित बनेका छन्। निगमले तीन दिनदेखि सबै पेट्रोल पम्पबाट तेल वितरण गर्ने बताए पनि उपभोक्ताले भने अझै सहज रुपमा तेल पाएका छैनन्।
निगमले पेट्रोल बाँड्ने सूचना जारी गरेपछि सञ्जय सर्भिस सेन्टर, सुन्धारामा लाइन बसेका मनोज कार्की आइतबार साँझ रात छिप्पिएपछि रित्तै घर फर्किए। पेट्रोल पम्प सञ्चालकले थानकोटमा पेट्रोल लोड भएको भन्दै कुराएपछि उनी दिनभर पेट्रोल पाउने प्रतीक्षामा थिए। 'दिनभर कुर्दा पेट्रोल पाइएन,' कार्कीले भने, 'हामीलाई तेल दिने भन्दै झुलाउने मात्र काम भयो।' आयल निगमले सोमबार दिउँसो १२ बजेसम्म सबै पेट्रोल पम्पलाई ६ लाख लिटर पेट्रोल दिएको बताएको थियो। राजधानीका अधिकांश पेट्रोल पम्पले उपभोक्तालाई झुक्काएका छन्। निगमले सामान्य अवस्थामा ३७ लाख डिजेल, पेट्रोल आवश्यक भएकोमा रक्सोल नाका खुलेसँगै ३० लाख लिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल) भित्रिएको आयल निगमका प्रवक्ता दीपक बरालले बताए। तर, इन्धन भित्रिए पनि उपभोक्ताले नपाएपछि इन्धन कहाँ गयो भन्ने गम्भीर प्रश्न उठेको छ। व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले प्रश्न उठाएको छ। आयात बढे पनि पेट्रोलियम पदार्थ सहज नपाउँदा निगम र पेट्रोल पम्प सञ्चालकको नियतमाथि शंका उब्जिएको सभासदले बताएका छन्। रक्सोलबाट तेल आयात बढेको छ भन्नुहुन्छ। तर, जनताले दुःख पाएका छन्, कहाँ गयो तेल? संसदीय समितिमा सभासद दिलमान पाखि्रनले आयल निगमका निर्देशक गोपाल खड्कासहितका आयल निगम र आपूर्ति मन्त्रालयका उच्च अधिकारीलाई र्या्खर्यााख्ती पारे। पाखि्रनले आइतबार संसदीय समितिमा भने, 'यो वितरण प्रणाली के हो? कृत्रिम अभाव सृजना गरेर कतै कालोबजारी त भएको छैन?' मानव अधिकार आयोगले गत महिना नै संस्थागत रुपमा तेल कालोबजारी भएको प्रारम्भिक प्रतिवेदन दिइसकेको छ। आयल निगमको प्रत्यक्ष संलग्नता र प्रहरीको मिलोमतोमा तेलको कालोबजारी भएको प्रतिवेदनको निष्कर्ष थियो। मधेसी दलको आन्दोलन फिर्तासँगै पेट्रोलियम पदार्थ आयतमा वृद्धि भएपछि निगमले शुक्रबारदेखि नै नियमित रुपमा सबै पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ वितरण सुरु गरेको बताएको थियो। तर, निगमले आइतबार नै तेल पाइने पेट्रोल पम्पको सूची सार्वजनिक गरेको छ। एकातिर सबै पम्पमा पाइन्छ भन्ने अर्कातिर आफैं निम्न पम्पमा पाइन्छ भनेर निगमले दोहोरो चरित्र देखाएको उपभोक्ताको दाबी छ। किनकि उपभोक्ताले अझै पेट्रोल पाउन सकेका छैनन्। तेल आयातमा वृद्धि भएपछि सामान्य अवस्थाको तुलनामा दोब्बर बढी इन्धन पेट्रोल पम्पमा पठाएको निगमले बताए पनि उपभोक्ताले सहज रुपमा तेल पाउन सकेका छैनन्। निजी मात्र नभएर सरकारी पेट्रोल पम्पमा लाइनमा बसेका उपभोक्ताले चार घन्टा लाइनमा बसेर फर्किएको बताए। 'पेट्रोल पाइने आसमा लाइन बसेको थिएँ,' सेनाको पेट्रोल लाइन बसेका दीपक रानाले भने, 'घन्टौं लाइन बसेपछि भोलि आउनू भनेर फर्काइयो।' रक्सोल नाका खुलेर पनि जनताले सहज रुपमा पेट्रोलियम पदार्थ नपाएपछि व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले चासो राख्दै समितिमा बेलाएर वितरण प्रणाली व्यवस्थित र पारदर्शी बनाउन निर्देशन दिएको हो। सभासदले सरकारी पेट्रोल पम्पमै मिलेमतोमा कालोबजारी हुँदा नियन्त्रणमा निगम उदासीन भएको आरोप लगाएका छन्। उनीहरुले अत्यावश्यक सेवाका नाममा तोक आदेशमा तेल दिँदा कालोबजारी दुरुपयोग बढेको भन्दै चिन्ता व्यक्त गरे। सभासद सुवाचन्द्र ठकुरीले सरकारी पेट्रोल पम्पबाटै डेढी मूल्यमा तेल बेचेको बताए। 'लगनखेलमा आर्मीले जिपभरि जर्किनका जर्किन तेल भरेर कहाँ लैजान्छ?' ठकुरीले प्रश्न गर्दै भने, 'थानकोटबाट डिपोबाट मिलेमतोमा तोकआदेशमा पेट्रोल दिएको आयो, यो के हो? जनताले तेल नपाउने, ठूलाबडाले आदेशका आधारमा तेल पाउने?' समितिले तोकआदेश हटाएर निजी पेट्रोल पम्पमार्फत सहज रुपमा वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। कालोबजारीमा संलग्नलाई कारबाही नगर्दा उनीहरुको मनोबल बढेकाले अनुगमन टोली परिचालन गर्न आग्रह गरेको छ। अर्का सभासद श्यामसुन्दर श्रेष्ठले वितरण केन्द्रमा नपाउने तर धेरै मूल्य तिर्न तयार भए फोन गर्दा घरमै आउने गरेकोेेे बताए। समितिले ग्यास, पेट्रोल, डिजेल आपूर्ति सहज भएको बारेमा जनतालाई आश्वास्त पार्नुपर्ने, मागअनुसार इन्धन वितरण प्रक्रियामा निगमले अनुगमन गर्नुपर्ने समिति संयोजक नागेन्द्र चौधरीले बताए। समितिले छिटो आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिएको छ। समितिले वितरण प्रणालीलाई व्यवस्थित बनाउन आग्रह गरेको छ। 'अनुगमन संयन्त्र कमजोर भएकाले बजारमा व्यापक कालोबजारी भएको हाम्रो ठहर हो,' समितिका संयोजक नागेन्द्र चौधरीले आयल निगम र आपूर्ति मन्त्रालयका अधिकारीलाई निर्देशन दिँदै भने, 'तोकआदेशमा वितरण गर्ने प्रक्रिया बन्द गर्नुहोस्।' समितिले ग्यास वितरणलाई यथाशीघ्र कार्ड पद्धतिलाई कार्यान्वयन गर्न पनि निर्देशन दिए। संसदीय समितिमा उपस्थित भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ आयत वृद्धि भएकाले एक साताभित्र लाइन नबसी पेट्रोल/डिजेल पाउने व्यवस्था हुने बताए। 'पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ,' उनले भने, 'यो हप्तामै उपभोक्ताले आवश्यकता अनुसार इन्धन पाउनेछन्।' प्रत्येक दिन ३७ लाख लिटर पेट्रोल, डिजेल माग भएकोमा इन्डियन आयल कर्पोरेसनले ३० लाख लिटर दिएको उनले बताए। 'मागको ६० प्रतिशत बढी आपूर्ति भएको छ,' उनले भने, 'रक्सोलले पूर्ण लोड दिएको छैन। क्रमशः सुधार हुँदै जान्छ।' बजारमा देखिएको कालोबजारी नियन्त्रण गर्न आपूर्ति सहज गर्नका लागि नयाँ संयन्त्र बनाएर परिचालन गर्न लागेको आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले बताए। 'बजारमा आपूर्ति बढाउँदै लगेपछि क्रमशः कालोबजारी नियन्त्रण हुँदै जान्छ,' उनले भने, 'तेलमा सुधार आए पनि ग्यासमा अपेक्षित लोड नहुँदा सुधार अभाव कायमै देखिएको हो।' आयल निगमले पेट्रोल वितरणलाई दोब्बर बनाएको बताए पनि उपभोक्ताले पेट्रोल नपाउँदा सर्वसाधारण आश्चर्यचकित छन्। सामान्य अवस्थामा दैनिक ३ लाख लिटर पेट्रोल वितरण गर्दै आएकोमा उपभोक्तालाई राहत प्रदान गर्नका लागि दोब्बर बढाएर ६ लाख लिटर पेट्रोल दिएको निगमले जनाएको छ। बजारलाई सामान्य अवस्थामा फर्काउनका लागि धेरै पेट्रोल वितरण गरेको निगमका निर्देशक मुकुन्द घिमिरेले बताए। 'चार महिनादेखि सवारी साधनले नियमित पेट्रोल पाएका थिएनन्,' घिमिरेले भने, 'सबैले अभाव झेलेकाले तत्काल राहतको अनुभूति दिलाउन दोब्बर बढी बाँडेका हौं।'साभार नागरीक

]]>
8497 0 0 0
सडक किनाराको अतिक्रमण हटाउन सुरु, अटेर गरे सार्वजनिक मुद्दा http://localhost/ghum/%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3-%e0%a4%b9%e0%a4%9f/ Tue, 16 Feb 2016 06:13:12 +0000 http://www.ghumphir.com.np/?p=8499

रत्ननगर (चितवन), ४ फागुन ।

चितवनका सडक क्षेत्रमा अतिक्रमण गरेर सञ्चालन गरिएका फुटपाथ व्यवसाय व्यवस्थापन अभियान सुरु भएको छ । सञ्चालन हुँदै आएको फुटपाथका कारण सडक आवागमनमा नै असहज स्थिति पैदा भएको भन्दै अतिक्रमण भएको क्षेत्र खाली गर्दै त्यहाँका पसल हटाउन सुरु गरिएको भरतपुर उपमहानगरपालिकाले जनाएको छ ।

भरतपुर क्षेत्रमा सडक अतिक्रमण गरी फुटपाथ व्यवसाय सञ्चालन गरेका फुटपाथ व्यवसायलाई हटाउन थालिएको उपमहानगरका कार्यकारी अधिकृत महेश बरालले बताउनु भयो । सडक किनारामा राखिएका ठेला व्यापारले सवारी आगमनमा समस्या हुनका साथै बजार क्षेत्रमा सवारी दुर्घटना हुनसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहलमा उपमहानगरपालिकाले फुटपाथ पसल र सडक किनारका ठेला व्यापारीलाई हटाउने अभियान सुरु गरिएको हो । शनिबार र आइतबार चौबीसकोठीबाट पश्चिमतर्फ जाने सडक तथा भरतपुर अस्पताल परिसरका ठेला राख्ने फुटपाथ व्यवसायीलाई हटाइएको छ । आज पनि विभिन्न क्षेत्रमा अभियान सञ्चालन गर्ने उपमहानगरले जानकारी दिएको छ । फुटपाथ व्यवसायीले ट्राफिक अस्तव्यस्त बनेका कारण फुटपाथ व्यवसायीलाई हटाउनका लागि पहल थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजन भेटवालले जानकारी दिनुभयो । “भरतपुरको चौबीसकोठीमा ट्राफिक जाम अत्यधिक हुन्थ्यो त्यहाँ सवारी दुर्घटना पनि बढी भएका छन्” उहाँले भन्नुभयो – “अहिले हामी चौबीसकोठीमा रहेका १०० भन्दा बढी टहरा हटाएर सवारी आवतजावतमा व्यवस्थित गरेका छौँ ।” फुटपाथ व्यवसायीका कारण भरतपुरको चौबीसकोठीको आवतजावतमा निकै समस्या हुने गरेको मोटरसाइकल चालक कृष्ण मल्लले गुनासो पोख्नुभयो । भरतपुर उपमहानगरपालिकाले फुटपाथ व्यवसायीका लागि छुट्टै स्थान उपलब्ध गराउनुपर्ने फुटपाथ व्यवसायी बताउँछन् । फुटपाथ व्यवसायी लक्ष्मी शर्माले आफूहरुलाई एक ठाउँमा व्यापार व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो । भरतपुर उपमहानगरपालिकाले खुद्रा व्यापारका लागि नारायणगढ बालकुमारी उच्च माविको एक बिगाहा जग्गा भाडामा लिएर सटर बनाएको छ । त्यहाँ अहिले १०० वटा फलफूल कक्ष र २२ वटा मासुका कक्ष रहेका छन् । भरतपुर उपमहानगरपालिकाले सार्वजनिक स्थानमा अव्यवस्थित तरिकाले फुटपाथ व्यवसाय सञ्चालन गर्नेलाई सार्वजनिक मुद्दासम्म लगाउने तयारी गरेको छ । यहाँ यसअघि पनि फुटपाथ व्यवसाय हटाइएको भए पनि समस्या समाधान हुन सकेको छैन । ]]>
8499 0 0 0
मुलुकभरका अलैँची व्यवसायी हलेसीमा http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%ad%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%b2%e0%a5%88%e0%a4%81%e0%a4%9a%e0%a5%80-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af/ Tue, 16 Feb 2016 06:16:45 +0000 http://www.ghumphir.com.np/?p=8502 खोटाङ, ४ फागुन ।

नेपाल अलैँची व्यवसायी महासङ्घको दोस्रो अधिवेशनका लागि मुलुकभरका व्यवसायी खोटाङको हलेसीमा भेला भएका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशनको सिलसिलामा मुलुकभरका अलैँची कृषक र व्यवसायी खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा भेला भएका हुन् । ‘कृषि वस्तुको पहिचान, हाम्रो साझा अभियान’ भन्ने नारासहित महासङ्घको अधिवेशनमा सहभागिताका लागि खोटाङलगायत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, दोलखा, काभ्रे, गोरखा, लमजुङका अलैँची व्यवसायी आइपुगेका छन् । अधिवेशनमा १३ जिल्लाका पाँच÷पाँचजना र संस्थापक केन्द्रीय समितिका गरी १५० प्रतिनिधिको सहभागिता रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयनसँगै हरेक जिल्लामा उत्पादित अलैँचीलाई प्याकेजिङ, लेबलिङ र बजारीकरणका विषयमा रणनीति तयार गर्दै सकिने अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र घिमिरेले जानकारी दिनुभयो । निर्वाचन नभए अधिवेशन मङ्गलबार समापन हुने जनाइएको छ ।

]]>
8502 0 0 0
छलियानाच सुदूरपश्चिममा लोप हुँदै http://localhost/ghum/8504/ Tue, 16 Feb 2016 06:21:23 +0000 http://www.ghumphir.com.np/?p=8504 डडेल्धुरा, ४ फागुन ।

डडेल्धुरालगायत सुदूरपश्चिमभरि नै प्रख्यात रहेको छलिया नाच लोप हुने थालेको छ । आधुनिक प्रविधिका कारण विवाह, जन्तीभोज न्वारनजस्ता कार्यक्रममा दमाहा (पञ्चेबाजा)का साथमा नाचिने छलिया नाच हराउँदै गइरहेको बूढापाका बताउँछन् । प्रायः गरेर विवाह भोज, वर्तबन्धमा छलिया बाजाका साथमा नाचिने छलिया नाच आधुनिक सङ्गीत भित्रिनाले हराउँदै गइरहेको समैजी–५ का ७० वर्षीया गजबहादुर भण्डारीले बताउनुभयो । छलिया नाच डडेल्धुरालगायत बैतडी, डोटी, अछाम, दार्चुलालगायतका जिल्लामा पनि नाच्ने भए तापनि यो नाच जिल्ला अथवा गाउँ परिवेशअनुसार फरक फरक किसिमले नाच्ने गरेको पाइन्छ । छलिया नाचले भाइचाराका सम्बन्ध प्रगाढ बनाउनुका साथै आफ्ना नातागोता सहदोर साथी भाइसँगको सम्बन्ध इष्टमित्र आदिलाई नजिक बनाउने माध्यमका रुपमा पनि यसलाई लिने गरेको पाइन्छ । छलिया नाच पुर्खौंदेखिको संस्कृतिका रुपमा पनि रहेको र यसको ठूलो अर्थ र महत्व रहँदै आएको अमरगढी–६ दमडाका ६५ वर्षीया लक्ष्मण भट्ट बताउनुहुन्छ । समूहमा नाचिने छलियाको हाउभाउ, कम्मर पैतालाको तरिका सबैजनाको एकैसाथ एउटै गर्नुपर्ने भएकाले सबैजनाले यो नाच लगाउन गारो नै पर्ने दमाहा बजाउने लक्ष्मण ढोली बताउनुहुन्छ । केही वर्षयता आधुनिक बाजा तथा सङ्गीत भित्रिनाले पञ्चेबाजाको पनि लोकप्रियता घट्दै गइरहेको बूढापाको भनाइ रहेको पाइन्छ । सहरमा खुलेका नाचघर र आधुनिक सङ्गीत डिजे, बम्फर, साउण्ड सिस्टमले पञ्चेबाजाको लोकप्रियताका साथै छलिया नाचको प्रचलन हराउँदै गइरहेको छ ।

]]>
8504 0 0 0
स्थानीय उत्पादनको प्रवद्र्धन र कृषि पर्यटनका लागि लेखनाथ महोत्सव http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%af-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d/ Tue, 16 Feb 2016 06:23:44 +0000 http://www.ghumphir.com.np/?p=8506 वासुदेव पौडेल पोखरा, ४ फागुन ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ यही फागुन ५ देखि १६ गतेसम्म सात तालको बगैँचा सहर लेखनाथमा १२औँ लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ नगरपालिका वडा नं १ भण्डारढिकस्थित प्रस्तावित रङ्गशालामा हुुन लागेको महोत्सवलाई स्थानीय उत्पादनको प्रदर्शन र कृषि पर्यटनको विकासका साथै लेखनाथ र आसपासका क्षेत्रका पर्यटकीय सम्भाव्यतालाई उजागर गराउने माध्यमका रुपमा लिइएको छ । महोत्सव आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सवका मूल संयोजक लक्ष्मीप्रसाद त्रिपाठीका अनुसार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालय र पशु उत्पादन निर्देशनालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, लेखनाथ नगरपालिका कार्यालयको सहआयोजना र नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रही सञ्चालन हुने महोत्सवबाट यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । संयोजक त्रिपाठीले भन्नुभयो– “महोत्सवले विभिन्न जिल्लामा उत्पादित कृषि तथा हस्तकलाका वस्तुकोे बजार प्रवद्र्धनका साथै सोको पहिचान, स्थानीय उत्पादन साथै लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्न सहयोग पु¥याउने छ ।” आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा छिमेकी मुलुकमा उत्पादित औद्योगिक एवम् दैनिक उपभोग्य वस्तु तथा सेवाको प्रवद्र्धनका साथै आन्तरिक एवम् बाह्य पर्यटकको विकासमा महोत्सव निकै उपयोगी हुने विश्वास लिइएको उहाँले बताउनुभयो । महोत्सवमा कुल ३०० वटा स्टल रहने जानकारी गराउँदै संयोजक त्रिपाठीले भन्नुभयो– “महोत्सव अवधिभर करिब तीन लाख दर्शकले अवलोकन गर्ने र रु १५ देखि २० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।” महोत्सवमा करिब रु एक करोड पाँच लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि रु ७५ लाख खर्च भई रु ३० लाख बचत हुने अनुमान आयोजकले गरेको छ । गत वर्ष पनि सामाजिक विकासका क्षेत्रमा रु १३ लाख खर्च गरिएको र यस वर्षको आम्दानी पनि प्रस्तावित रङ्गशालाको निर्माणदेखि लेखनाथमा निर्माणाधीन अन्तर्राष्ट्रिय चिडियाघर निर्माणलगायतमा खर्च गरिने आयोजकले जनाएको छ । महोत्सवमार्फत लोक संस्कृतिको जगेर्ना गर्ने, हस्तकला व्यवसायको प्रवद्र्धन गर्ने, व्यावसायिक चेतना अभिवृद्धि गर्ने, आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने, सूचना प्रविधिबारे जानकारी गराउने, स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्ने एवम् उद्यमी एवम् व्यवसायीलाई प्रोत्साहन गर्ने सोच राखिएको छ । महोत्सवमा दर्शकको मनोरञ्जनका लागि राष्ट्रिय ख्याति प्राप्त कलाकारको दैनिक प्रस्तुति रहने छ । गण्डकी ताराअन्तर्गत टप २० मध्ये उत्कृष्ट एक प्रतिभाले सङ्गीतकार वसन्त सापकोटाको सङ्गीतमा नेपाली चलचित्रमा गीत गाउन पाउने व्यवस्था र उत्कृष्ट पाँचमध्येबाट साझेदारीमा एक÷एकवटा गीत रेकडिङ गर्ने व्यवस्थासमेत मिलाएको प्रचारप्रसार समितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिनुभयो । महोत्सवमा विद्यालयका छात्रछात्राको नृत्य र गायन कला प्रस्फुटन गर्ने उद्देश्यले चाइल्ड ट्यालेन्ट सो प्रतियोगिताका साथै बाल उद्यान, खाना महोत्सव, म्युजिक कन्सर्ट, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, शैक्षिक गतिविधिको प्रस्तुति, राष्ट्रियस्तरका चर्चित कलाकारको दैनिक आगमन हुने प्रचारप्रसार समिति संयोजक अधिकारीको भनाइ छ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र एक जिल्ला एक उत्पादन कार्यक्रमका गतिविधिहरुको जानकारीसहित प्रदर्शनी साथै महोत्सवको समयमा हालै मात्र घोषणा भएको रामसार क्षेत्रका बारेमा अन्तक्र्रिया साथै क्रेता र विक्रेताका बीचमा पनि अन्तक्र्रिया गराइने लेखनाथ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले बताउनुभयो । महोत्सवको प्रवेश टिकट शुल्क रु ५० र विद्यार्थीका लागि रु ३० रहने छ भने वृद्धवृद्धा, अपाङ र एकल महिलाको सम्मानका लागि सरकारले जारी गरेको सामाजिक सुरक्षा भत्ता वितरण कार्डमार्फत प्रवेश निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ । लेखनाथ क्षेत्रले आफैँमा धेरै पर्यटकीय सम्भावना बोकेको बताउने महोत्सवका मुख्य प्रायोजक रुपाकोट रिसोर्टका अध्यक्ष पुष्पराज अधिकारी महोत्सवले यहाँको पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने बताउनुहुन्छ । पर्यटनका प्रचुर सम्भावना भएर पनि रोजगारीको खोजीमा युवा विदेशिएको बताउँदै उहाँले पूर्वाधारको विकास गरेमात्र पनि देशमा नै रोजगारी सिर्जना गर्न सकिने धारणा राख्नु भयो ।

]]>
8506 0 0 0
कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालय स्थापित http://localhost/ghum/%e0%a4%95%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%a8%e0%a4%9c%e0%a4%99%e0%a5%8d%e0%a4%98%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4/ Tue, 16 Feb 2016 06:26:33 +0000 http://www.ghumphir.com.np/?p=8508 ताप्लेजुङ,४ फागुन ।

सरकारले कञ्चनजङ्घा संरक्षण क्षेत्र घोषणा गरेको १८ वर्षपछि बल्ल सरकारी कार्यालयको स्थापना भएको छ । एक जना वार्डेन, दुई जना रेन्जर र एक जना नासुको दरबन्दी कायम गरी कार्यालय स्थापना गरिएको हो । पहिलो पटक रु ३५ लाख बजेटसमेत विनियोजन गरेको छ । अहिलेसम्म एक एक वार्डेन र रेन्जरलाई काजमा खटाइँदै आएको थियो । लेलेप गाविसमा प्रधान कार्यालय रहने गरी स्थापित यसको सम्पर्क कार्यालय सदरमुकाम फुङलिङमा रहने वार्डेन हेमराज आचार्यले बताउनुभयो । संरक्षण क्षेत्रको व्यवस्थापन भने समुदायद्वारा गठित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले गर्दै आएको छ । समुदायमा गठन गरिएका आमा समूह, उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीद्वारा प्रत्येक चार वर्षमा निर्वाचित व्यक्ति परिषद्मा रहन्छन् । यसअघिसम्म विश्व वन्यजन्तु कोष नेपाल अन्तर्गतको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाको कार्यालय रहँदै आएको थियो । उक्त कार्यालय गत असोजदेखि उठेको छ । कोषले आयोजनामार्फत खर्चने रकम परिषद् मार्फत लगानी गर्न थालेको छ । सरकारी कार्यालयले भने नीतिनियमदेखि अनुगमनसम्मको काम गर्ने र समुदायलाई संरक्षणप्रति सहयोग गर्ने आचार्यले बताउनुभयो । सरकारले बनाएको संरक्षणसम्बन्धी ऐन, कानुन समुदायसम्म पु¥याउने, विकास कार्यमा सहयोग पु¥याउने र त्यसको प्रभावकारी अनुगमन गर्ने दायित्व आफूहरुको भएको आचार्यले बताउनुभयो । कञ्चनजङ्घा क्षेत्र विसं २०५३ मा लागू भएको हो ।

]]>
8508 0 0 0
सडक विस्तार http://localhost/ghum/%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b0/ Tue, 16 Feb 2016 06:29:42 +0000 http://www.ghumphir.com.np/?p=8510 8510 0 0 0 २६ सरकारी कर्मचारी अख्तियारको घेरामा http://localhost/ghum/8516-2/ Wed, 17 Feb 2016 03:46:16 +0000 http://www.ghumphir.com.np/?p=8516 ५ फागुन, काठमाडौं ।
पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सहसचिव एवं विभागीय प्रमुखसहित २६ पदाधिकारीलाई छानविनको दायरामा ल्याएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
सार्वजनिक अोहोदामा रहेर छानबिन सुरु गरिएकामा निजामती कर्मचारी, चिकित्सक, विभागीय प्रमुख, परिषद् सदस्य, डिन, आयोजना प्रमुख लगायत छन्।
सम्पत्ति लुकाएको आशंका गरिएका सम्भावित बैंकमा लकर रोक्का गर्न अख्तियारले पत्र पठाएको राष्ट्र बैंक निकट स्रोतले बतायो। यी पदाधिकारीसहित अख्तियारले एक सय १८ जना व्यक्तिमाथि अकुत सम्पति छानविनको कारबाही तीव्र पारेको छ।
अख्तियारबाट पछिल्लोपटक अकुत सम्पत्ति छानबिन कारबाही अघि बढाइएका पदाधिकारीमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव रोहितकुमार भट्टराई, वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डित, नेपाल मेडिकल काउन्सिलका सदस्य डा.अन्जनी कुमार झा, शिवजी पौडेल, एई अन्सारी, निरज पन्त, रोशन पिया र कुलदीप गोइत छन्।
 यस्तै नेपाल आयल निगमका निर्देशक नागेन्द्र शाह र वितरण विभाग प्रमुख सुशील भट्टराई पनि अकुत सम्पत्ति छानविनको दायरामा तानिएका छन्।
]]>
8516 0 0 0
प्रधानमन्त्रीको भ्रमणपछि मात्रै ग्यास आयातमा सहज http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%aa%e0%a4%9b/ Wed, 17 Feb 2016 03:48:12 +0000 http://www.ghumphir.com.np/?p=8518 ५ फागुन, काठमाडौं ।
नेपाललाई इन्धन बेच्ने एकमात्र संस्था इन्डियन आयल कर्पोरेसन (आईओसी)ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि मात्रै मागअनुसार ग्यास दिनसक्ने संकेत गरेको छ। कारोबार दैनिकमा समाचार छ।
सबै नाका खुलेपनि आईओसीले मागको आधामात्र ग्यास बुलेट लोड गर्दै आएको छ। प्रधानमन्त्री फागुन ७ देखि भारत भ्रमणमा जाँदैछन्।
आईओसीले माथिल्लो तहबाट निर्देशन नभएको भन्दै तत्काल मागबमोजिम ग्यास लोड गर्न अस्वीकार गरेको नेपाली पक्षले जनाएको छ। आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले ग्यास आपूर्ति बढाउन निरन्तर ताकेता गरिरहेका छन्।
]]>
8518 0 0 0
सागमा नेपालको २३ वर्षयताकै खराब प्रदर्शन http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a5%a8%e0%a5%a9-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%af%e0%a4%a4%e0%a4%be/ Wed, 17 Feb 2016 03:51:23 +0000 http://www.ghumphir.com.np/?p=8520 ५ फागुन, काठमाडौं ।
मंगलबार सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले २३ वर्षयताकै खराब प्रदर्शन गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
भारतको गुवाहाटी र सिलोङमा भएको सागमा नेपालले ३ स्वर्ण मात्रै जित्यो। पदक तालिकाको छैटौं स्थानमा खुम्चियो। ३८६ खेलाडीले भाग लिएको नेपाली टोली इतिहासकै जम्बो पनि थियो । नेपालले १९९३ को सागमा १ स्वर्ण, ६ रजत र १५ कांस्य जितेको थियो। त्यसयताका सागमा नेपालले आफ्नो उपस्थिति बलियो बनाउँदै लाग्यो।
सन् १९९५ को सागमा ४ स्वर्ण जितेको नेपालले सन् १९९९ मा काठमाडौंमा आयोजना भएको आठौँ सागमा ३२ स्वर्ण हात पारेको थियो। नवौँ सागमा ७ र दसौँमा १५ स्वर्ण जितेको नेपालले ६ वर्षअघि ढाकामा भएको एघारौँ सागमा ८ स्वर्णसहित ३६ पदक जितेको थियो।
]]>
8520 0 0 0
विजेता टिमलाई कसरी हुँदैछ स्वदेशमा स्वागत ? http://localhost/ghum/8522-2/ Wed, 17 Feb 2016 03:55:57 +0000 http://www.ghumphir.com.np/?p=8522 जगदीश्वर पाण्डे

५ फागुन, काठमाडौं ।

२३ वर्षपछि दक्षिण एसियाली खेलुकद (साग) मा फुटबलतर्फको स्वर्ण पदक जित्न सफल नेपाली टिमलाई बुधबार भव्य स्वागत गरिदैछ ।

टिमलाई स्वागतसहित नेपाली सेनाको गाडीमा राखेर नगरपरिक्रमा गरिँदैछ। यस अघि फुटबल र क्रिकेटकै टोली उपाधि जितेर आउँदा बालुवा बोक्ने टिपरमा राखेर नगरपरिक्रमा गराइदै आएको थियो । यस पटक भने सेनाले अखिल नेपाल फुटबल संघ (एन्फा) को आग्रहपछि ५ ओटा पछिल्ला भागमा खुला रहेको गाडी उपलब्ध गराएपछि खेलाडीले बालुवा झारेर ल्याइएको गाडीमा चढ्न नपर्ने भएको छ ।

सेनाले खेलाडीलाई स्वागत गर्न एउटा ब्यान्डको टुकडी समेत उपलब्ध गराएको छ । 'यो राष्ट्रकै गौरवको कुरा हो,' सेनाका प्रवक्ता तथा सहायक रथी ताराबहादुर कार्कीले कान्तिपुरसँग भने,'राष्ट्रिय हिरोहरुलाई स्वागत गर्न पाउदा हामीले सहयोग गर्नु पर्छ ।' गुहावटीमा सोमबार भएको फाइनलमा खेलमा नेपालले घरेलु टिम भारतलाई २-१ ले हराएको थियो । बुधबार भद्रपुरबाट घरेलु उडानमा टिम ३ बजेर ४० मिनेटमा आउने कार्यक्रम रहेको एन्फाले जनाएको छ । सेनाको ब्यान्डको टुकडीका साथै शसस्त्र प्रहरी बल (एपीएफ) ले भने पञ्जेबाजाले स्वर्ण विजेताहरु टिमलाई स्वागत गर्नेछ ।

एन्फाका अनुसार फुटबल टोलीको नगरपरिक्रमा त्रिभुवन विमानस्थलबाट सुरु भई तिलगंगा, गौशाला चोक, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी, पुलतीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धरा, न्यूरोड गेट, बीर अस्पताल, भोटाहिटी, जमल, केशर महल, नारायणहिटी संग्राहलय हुदै पुरानो बसपार्क हुदै फेरि भद्रकाली भएर शहिद गेट हुँदै त्रिपुरेश्वर दरबारथ रंगशालामा पुगेर सकिने छ ।

एन्फाले खेलाडीलाई नगरपरिक्रमा गर्न सुरुआतमा सेनाको बग्गी प्रयोग गर्ने योजना बनाए पनि त्यसमा बढीमा ६ खेलाडीभन्दा बढी नअट्ने भएपछि पछाडी खुला भएका ठूला गाडी रोजेको हो ।

]]>
8522 0 0 0
मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड अलपत्र http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%aa%e0%a4%b9%e0%a4%be%e0%a4%a1%e0%a5%80-%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%be%e0%a4%9c/ Wed, 17 Feb 2016 04:00:32 +0000 http://www.ghumphir.com.np/?p=8526 भीमबहादुर सिंह

५ फागुन, जाजरकोट ।

सँगै सुरु भएको मध्यपहाडी लोकमार्गको रुकुम–दैलेख खण्ड निर्माण पूरा भए पनि जाजरकोट खण्ड निर्माण भने अलपत्र बनेको छ ।निर्माण कम्पनी र सडक आयोजनाको लापरबाहीले निर्माण अलपत्र बनेको हो । ट्रयाक निर्माण सुरु भएको ६ वर्ष बित्यो । सँगसँगै सुरु गरिएका लोकमार्गको रुकुम र दैलेख खण्डको उक्त निर्माण पूरा भइसकेको छ ।

 jajarkot sadak

तर, लोकमार्गको जाजरकोट खण्ड भने निर्माण कम्पनी र सडक आयोजनाको लापरबाहीले निर्माण अलपत्र परेको छ । २ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेका कम्पनीले लोकमार्गको दर्जन स्थानमा कार्य नगरेरै अलपत्र पारेका छन् ।

जिल्लाको कुदुदेखि दैलेखको सुयाँडा सम्मको ८२ किलोमिटर सडकअन्तर्गत कार्कीगाउँ र झाप्राको सिमाना, थलहबजार आसपास, जगतीपुरको चौखेढुंगा, दसेराको जेवालगायत स्थानमा निर्माणकार्य अलपत्र परेको हो । कार्कीगाउँ र झाप्राको सिमानामा पर्ने २ किलोमिटर ट्रयाक खोल्ने कार्य ठप्प छ ।

उक्त खण्डको निर्माण जिम्मा लिएको धनञ्जय सिद्धार्थ जेभीले कडा चट्टान भन्दै निर्माण पूरा गर्न नसकेको डिभिजन इन्जिनियर नारायणप्रसाद निउरेले बताए । त्यस्तै जगतीपुर–कार्कीगाउँ खण्डको रौताह ‘कन्स्ट्रक्सन’ र धनञ्जय नान्जिला एन्ड आकांक्षा जेभीले पनि कार्य पूरा गर्न नसकेको डिभिजन इन्जिनियर निउरेले बताए ।

लोकमार्गको जाजरकोट खण्ड निर्माणको जिम्मा लिएका आधा दर्जन कम्पनीको लापरबाहीले सडक निर्माण गति लिन नसकेको हो । सडक निर्माण रोकिएपछि दुई वर्षभित्रै यातायात सञ्चालन गर्ने सरकारी लक्ष्य पनि अलपत्र परेको निउरेले बताए ।

ती काम नगर्ने व्यवसायीलाई कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए । कतिपय व्यवसायीले अर्काको फर्मबाट काम लिने र कार्य सुरु गर्ने, पेस्की लिने, काम पूरा नगरी अलपत्र छाडेर भाग्ने गर्दा समस्या भएको हो ।

‘कतिपय व्यवसायीले निर्माण कार्य रोकिएको २/३ वर्ष बित्दा पनि कार्य अघि बढाउन आनकानी गरेका छन्,’ उनले भने, बीचमै काम छाड्ने र लापरबाही गर्ने कम्पनीउपर सम्बन्धित निकायबाट कुनै कारबाही भएको पनि पाइँदैन ।’

 सम्झौता गरे पश्चात १५ महिनाको म्याद हुन्छ । ‘उक्त म्यादमा कसैले कार्य पूरा गर्दैन,’ उनले भने । त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने बाहेकको कारबाही गर्न नसकिने उनले बताए । ‘सबै व्यवसायीसँग राजनीतिक पहुँच हुन्छ । कसले उनीहरूलाई कारबाही गर्ने ?’ उनले प्रश्न गरे ।

जाजरकोट भूभागको सडक निर्माणमा डेढ दर्जन कम्पनीको संग्लग्नता रहेको थियो । जसमध्ये आधा दर्जन कम्पनीले तोकेको समयमा कार्य नगर्दा लोकमार्ग अलपत्र परेको हो । समयमा निर्माण कार्य पूरा नहुँदा निर्माण भएको सडक पनि जीर्ण हुन थालेको डिभिजन इन्जिनियर निउरेले बताए । आयोजनाले जाजरकोट खण्डको निर्माणमा ८० करोडभन्दा बढी खर्चिसकेको छ ।

]]>
8526 0 0 0
नेपालका बाघ मार्ने योजना भारतमा http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%98-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be/ Wed, 17 Feb 2016 04:04:12 +0000 http://www.ghumphir.com.np/?p=8529 दिलबहादुर छत्याल
भारत हरियाणा घर भएका रामपाल वावरियाको समुहको भागमा बाघ मार्न बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्र पर्यो। महापंचायतले तोकिदिएको जिम्मेवारी अनुसार यो समुह बाघ मार्न डेढ महिना अघि बर्दिया राष्ट्रिय निकुन्ज आइपुग्यो। पासोमा थापेर दुई पाटे बाघ मार्न सफल भयो भयो सो समुह।
tiger'हाम्रो भागमा परेको बर्दिया राष्ट्रिय निकुन्जवाट २ बाघ मारेका हौं,' रामपालले भने। बैठक बसेर नै विभिन्न समुहलाई बाघ मार्नका लागि वन क्षेत्रका इलाका जिम्मा लगाइने गरेको उनले बताए। भारतका केही स्थानमा बसोवास गर्ने वावरिया समुदायका मान्छे वर्षको एक दिन भेला भएर (महापंचायत बसेर) विभिन्न समुहलाई नेपाल र भारतका विभिन्न वन क्षेत्र बाघ मार्नका लागि भाग लगाउने गरेको खुलासा भएको छ।

वावरिया समुदायको महापंचायत वर्षको एक दिन मुख्य नेता प्रधानको अगुवाइमा बस्ने गर्छ। यो बैठकले समुहमा रहेका वावरियालाई नेपाल र भारतका बाघ पाइने वन क्षेत्रमा बाघ मार्ने जिम्मेवारी दिने गरेको पक्राउ परेका वावरियाको बयानवाट खुलेको एक वर्षदेखि अनुसन्धान गरिरहेका सुदुरपश्चिम क्षेत्रीय अनुसन्धान समुह इन्चार्ज प्रहरी नायव निरीक्षक वीरेन्द्र सिंह जोहारीले बताए। सबै भन्दा बढी बाघ सुदुर र मध्यपश्चिम क्षेत्रमा मारिने गरेको पाइएको छ । गत वर्षको माघ १ देखि अहिलेसम्म नेपालभरी १३ वटा बाघको छाला र अंग फेला परेको छ। ती मध्य ९ वटा सुदुरपश्चिममा फेला परेको उनले बताए। 'हाम्रो टोलीले मात्र ९ वटा बाघका छाला फेला पारेका छौं,' उनले भने। १ मध्यपश्चिम र १÷१ वटा नवरपरासी र सुनसरीमा फेला परेको उनले बताए। बर्दिया राष्ट्रिय निकुन्ज,शुक्लाफाँटा राष्ट्रिय निकुन्ज र बाँके राष्ट्रिय निकुन्ज बाघ मार्ने समुहको मुख्य निसाना रहेको पाइएको उनले बताए। वावरिया समुह भारतबाट आएर आफ्नो भागमा परेको वन क्षेत्रको वरिपरि पाल टाँगेर बस्ने गर्छन्। प्रत्येक दिन उनीहरु बिहान उठेपछि पूजा गर्दा बाघ मार्न सकुँ भनेर भगवानसँग वर माग्ने गर्छन्। उद्देश्य नै बाघ मार्ने भएकाले भगवानसँग पूजा गर्दा पनि त्यही माग्ने गरेको पक्राउ परेका वावरियाले बताए। बाघ मार्न सफल भएपछि उनीहरु खुशी भएर भोजभतेर गर्ने गरेको खुलेको प्रहरी नायव निरीक्षक जोहारीले बताए। 'बाघ मार्ने कामना पूरा गरेको भन्दै देवीलाई बोका बलीसमेत दिने गर्छन,' उनले भने। महापंचायतमा नै कुन समुह कुन इलामा जाने भनेर भाग लगाइन्छ। त्यँहा नै एउटा बाघको पुरै सेट (छाला,हड्डी र अंग) को बिक्री गर्ने मुल्य निर्धारण गर्ने गरिन्छ। ३ लाख सम्ममा बाघको सेट बिक्री गर्ने भनेर मूल्य निर्धारण गरेर बाघ मार्ने जिम्मा लगाइएको रामपालले बताए। यो समुह बाघ मार्न बन्दुक र आधुनिक हतियार प्रयोग गर्दैन। उनीहरुले पासो,घरेलु हतियार,विष प्रयोग गरेर बाघ मार्ने गरेको बुझिएको प्रहरी नायव महानिरीक्षक माधव नेपालले बताए। बाघ मार्ने समुह नै पक्राउ गरिएकोले बाघ कसरी मारिन्छ भनेर खुलासा गर्न सफल भएको उनको भनाइ छ । 'बाघ कसरी मारिन्छन भन्ने पत्ता लगाउन सफल भएका छौं,' उनले भने,'पेशा बनाएर नै वावरिया बनक्षेत्रमा छिरेर धमाधम बाघ मार्ने गरेका रहेछन।' ।भारतको हरियाणा, पंजाव, पिलभित,सम्पुर्णानन्दलगायतका स्थनामा वावरिया समुदाय बसाबवास गर्छ। एक वर्षको अवधीमा भारतबाट आएका वावरिया समुहले नेपालका जंगलवाट ८ बाघ मारेको अनुसन्धानवाट खुलेको प्रहरी नायव निरीक्षक जोहारीले बताए। 'यिनीहरुबाट बाघका अंग संकलन गरेर चीन तथा भियतनाममा अत्यन्त महंगोमा बिक्री गर्ने गरेको खुलेको छ । एकै बाघको सेट ५०–६० लाक सम्ममा बिक्री गर्ने गरेको बुझिएको छ,' प्रहरी नायव निरीक्षक जोहारीले भने। ती देशहरुमा सुप बनाउन, रक्सी बनाउन, पाउडर बनाउनेलगायतमा हड्डी र अंग प्रयोग हुने गरेको उनले बताए। यसैगरी घर सजाउनलगायतमा छाला प्रयोग गर्ने गरिएको छ। बाघको अंगको कारोबारमा संलग्न मुख्य गिरोहका व्यक्तिसम्म प्रहरी अनुसन्धान पुग्न सकेको छैन।

बाघ मार्नमा संलग्न वावरिया समुहले बाघको अंग तस्करको तेस्रो तहका व्यक्तिसँग मात्र बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ। बाघको छाला र हड्डी बिक्रीमा पक्राउ पर्नेमा बाघ मार्ने तथा बाघका अंग एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउने भरिया मात्र पक्राउ पर्ने गरेका छन्। मुख्य तस्कर आफू प्रत्यक्ष रुपमा संलग्न नहुने र पैसा दिएर अरुलाई प्रयोग गर्ने भएकाले उनीहरु पक्राउ गर्न गाह्रो भएको प्रहरीले बताएको छ। पक्राउ परेका जेलनेल भोग्न तयार भएर पनि तस्कर नखुलाउदाँ समस्या हुने गरेको प्रहरीको भनाइ छ। अंचल प्रहरी कार्यालय कैलालीका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक बिनोद शर्मा घिमिरे पक्राउ परेकाले कारोबारीको नाम नखुलाउने गरेका कारण मुख्य योजनाकारसम्म पुग्न गाह्रो हुने गरेको बताउँछन। 'पक्राउ परेका नाम नै खोलिदिँदैनन्,' उनले भने,' एक तहभन्दा अर्को तहका व्यक्तिसम्म अनुसन्धान पुगाउन गाह्रो हुने गरेको छ। ' बाघ मार्ने ठूलो समुह पक्राउ परेपछि कारोबारीपनि पत्ता लगाउन अनुसन्धान अगाडि बढाइएको उनले जनाए। कतिपय पक्राउ पर्नेलाई पैसाको प्रलोभनमा प्रयोग गर्ने र उनीहरुलाई कारोबारी को हो भनेर जानकारी नहुने गरेको छ भने जानकारी भएकाले पनि नाम नखोल्ने गरेको प्रहरी बताउँछ। एक वर्षको अवधस्मा अहिले सम्म छाला र हड्डीसहित पक्राउ गर्नेको संख्या १८ पुगेको छ।

]]>
8529 0 0 0
हवाई इन्धनको भाउ घट्यो http://localhost/ghum/%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%88-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%be%e0%a4%89-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Wed, 17 Feb 2016 04:06:30 +0000 http://www.ghumphir.com.np/?p=8531 ५ फागुन, काठमाडौं ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य समायोजन गरेको छ। मंगलबार बसेको निगम संचालक समितिको बैठकले आन्तरिकतर्फ १६४ दशमलव ८८ रुपैयाँ प्रति लिटरबाट घटाएर १०९ रुपैयाँ कामय गरेकाे छ। यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फ १५३० डलर प्रतिकिलो लिटरबाट घटाएर ९८१ प्रति किलोटिर कायम गरेको निगमका प्रवक्ता मुलुन्द घिमिरेले जानकारी दिए।
अन्तर्राष्ट्रिय वजारमा इन्धनको भाउ घटेपनि नेपालमा मूल्य समायोजन नभएको भन्दै निगमको चर्को आलोचना भइरहेको बेला निगमले मूल्य समायोजन गरेको हो। निगमले पेट्रोल र डिजलमा भने तत्काल मूल्य समायोजन हुने संभावना नरहेको बताएको छ।
]]>
8531 0 0 0
खेलाडीको सम्मानमा यसरी ओइरिए सर्वसाधरण (फोटो फिचर) http://localhost/ghum/8534-2/ Wed, 17 Feb 2016 15:23:04 +0000 http://www.ghumphir.com.np/?p=8534

काठमाडौ, ५ फागुन ।

विमानस्थलबाट वाहिरिएपछि नेपाली फुटबल टोलीलाई महानगर परिक्रमा गराउँन शुरु गरिएको छ । नेपाली सेनाको तीन वटा भ्यानमा राखेर खेलाडीलाई नगरपरिक्रमा गराउँन शुरु गरिएको हो । १२ औँ सागमा भाग लिन भारत गएकोे नेपाली फुटबल टोली २३ वर्षपछि उपाधि चुमेर फर्किएपछि खेलाडीको सम्मानमा मन्त्रीदेखि कलाकारसम्म पुगेका छन् ।राष्ट्रिय झण्डा र प्लेकार्ड बोकेर हजारौँ सर्वसाधरण खेलाडीको स्वागतका लागि ओइरिएका छन् । खेलाडीलाई गौशाला, सिटी सेण्टर, पुतलीसडक, सहिदगेट, रत्नपार्क, न्युरोड परिक्रमा गराउँदै रंगशाला पु¥याइने बताइएको छ । तस्वीरः शतिस पोख्रेल/अमुल थापा 12754929_1291535260873489_1835231785_o

12737138_1291535087540173_169552964_o

12736827_1291528997540782_1694698072_o

12737122_1291535327540149_23403257_o12736490_1291528974207451_2024934496_o

12722323_1291528904207458_831067237_o 12736955_1291532640873751_1517191523_o 12755163_1291528757540806_1864749138_o 12674968_1291528967540785_1546907649_o12736950_1291529027540779_1487659713_ofootbal-kheladi2

]]>
8534 0 0 0
आन्तरिक उडानको भाडा घट्यो http://localhost/ghum/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%89%e0%a4%a1%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%be%e0%a4%a1%e0%a4%be-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%af/ Wed, 17 Feb 2016 15:26:51 +0000 http://www.ghumphir.com.np/?p=8538

काठमाडौँ, ५ फागुन ।

हवाई इन्धनको मूल्य घटेसँगै बिहीबारदेखि लागू हुने गरी आन्तरिक उडानतर्फको विमान भाडादर घटेको छ । वायुसेवा सञ्चालक सङ्घले देशका विभिन्न गन्तव्यमा पुग्दा लाग्ने भाडमा रु ६०० देखि दुई हजार १०० सम्म भाडा घटाएको हो । सङ्घका प्रवक्ता घनश्यामराज आचार्यले नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएकाले नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा भोलिदेखि लागू हुने गरी सङ्घले भाडा घटाउने निर्णय गरेको जानकारी दिनुभयो । यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले बिहीबारदेखि आन्तरिक उडानको भाडा घट्ने बताउनुभयो । निगमले बुधबारदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६४ बाट घटाई रु १०९ कायम गरेको थियो । सङ्घका अनुसार काठमाडौँबाट हुने सिधा उडानमा विराटनगरमा रु एक हजार २७०, धनगढीमा रु दुई हजार १३५, भैरहवामा रु एक हजार १३५, सिमरामा रु ६२०, नेपालगञ्जमा रु एक हजार ६१५, जनकपुरमा रु ८२५ र पोखरामा रु ९३० घटाइएको छ । सङ्घ आबद्ध नेपाल वायु सेवा निगमबाहेक बुद्ध, यति, तारा, सिम्रिक, गोमा, सौर्य र सीता एयरले आन्तरिक उडान गर्दै आएका छन् भने मकालु र एयर काष्ठमण्डपले कार्गो उडान गर्ने गरेका छन् ।

]]>
8538 0 0 0
खोलियो धरहरा पुनःनिर्माणको खाता http://localhost/ghum/%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%a7%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/ Wed, 17 Feb 2016 15:28:07 +0000 http://www.ghumphir.com.np/?p=8540

काठमाडौँ, ५ फागुन ।

‘मै बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत धरहरा पुनःनिर्माण कोषको आज राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ । थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १४३०००१९८००१ नम्बरको खाता खोलेको हो । खातामा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनामा पाउने पारिश्रमिक रु ६१ हजार ८२० जम्मा भएको प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले सबैभन्दा पहिल रकम जम्मा गर्नुभएको छ । मङ्गलबार सुन्धारास्थित धरहरा परिसरमा आयोजित ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय सङ्कल्पको औपचारिक रुपमा प्रधानमन्त्री ओलीले सुरुवात गर्नुभएको थियो । सोही कार्यक्रममै धरहरा निर्माण जनताको खर्चबाट बनाउने उद्घोष गर्दै धरहराको पुनःनिर्माणका लागि आफूले एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको थियो ।

]]>
8540 0 0 0
ग्यास कालोबजारी गर्ने पक्राउ http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%95/ Wed, 17 Feb 2016 15:29:05 +0000 http://www.ghumphir.com.np/?p=8542

भक्तपुर, ५ फागुन ।

महागरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले भक्तपुर नगरपालिका–१७ बाट ग्यास कालोबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ । भक्तपुरको सल्लाघारीमा साह स्टोर एन्ड कम्युनिकेसन सञ्चालन गरी बढी मूल्यमा ग्यास बिक्री गर्ने सर्लाही–१ पिपराका नागेन्द्र साहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । प्रहरीले विभिन्न कम्पनीका १७ वटा ग्यास भरिएका सिलिण्डरसहित साहलाई पक्राउ गरिएको जनाएको छ । उपभोक्तासँग निर्धारित मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको खुलेपछि साहलाई आजै कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

]]>
8542 0 0 0
बन्यो त्रिपुरेश्वरमा त्रिभुवनको सालिक http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/ Sat, 20 Feb 2016 02:04:20 +0000 http://www.ghumphir.com.np/?p=8545 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानान्तर समितिले ६६औँ प्रजातन्त्र दिवसका अवसरमा आज त्रिपुरेश्वरस्थित त्रिभुवनको सालिकमा माल्यार्पण गरेको छ । समितिको संयोजनमा विभिन्न सङ्घसंस्थाले राष्ट्रिय झन्डा सहित उक्त स्थानमा भेला भई सालिकमा माल्यार्पण तथा पुष्पगुच्छा चढाएका थिए । सो अवसरमा कार्यक्रमका संयोजक श्याम तिमिल्सिनाले नेपालमा प्रजातन्त्र स्थापना गर्न त्रिभुवनले राजगद्दीको बाजी लगाएर जनतासँग सहकार्य गरेको स्मरण गर्नुभयो । सोही पार्टीका केन्द्रीय सदस्य सोनाम शाक्य, सपना अर्याल र दीपा खड्का, शिवसेनाका प्रतिनिधि रघु राजभण्डारी, शिरु भारद्वाजलगायतले राजा र जनताको साझेदारीबाट निरङ्कुश जहानियाँ राणाकालीन शासन व्यवस्थाको अन्त्य भएकाले प्रजातन्त्र दिवसका दिन त्रिभुवनको योगदानलाई भुल्न नहुने बताउनुभयो । सो समूहले हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको माग गर्दै त्रिभुवनको तस्बिरअङ्कित प्लाकार्ड, तुल लगायत प्रचार सामग्रीसहित त्यहाँबाट पदयात्रा गरेको थियो ।

]]>
8545 0 0 0
लेखनाथ महोत्सवमा चौँरीदेखि ऊँटसम्म http://localhost/ghum/%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%8c%e0%a4%81%e0%a4%b0%e0%a5%80%e0%a4%a6%e0%a5%87/ Sat, 20 Feb 2016 02:08:34 +0000 http://www.ghumphir.com.np/?p=8547

पोखरा,  फागुन ।

बुधबारदेखि सुरु भएको लेखनाथ महोत्सवमा हिमालको चौँरीदेखि मरुभूमिको ऊँटसम्म एकसाथ अवलोकन गर्न पाइने भएको छ । लेखनाथ महोत्सवलाई दर्शनीय बनाउने लक्ष्यका साथ हिमाली भूभागमा पाइने चौँरीगाईदेखि मरुभूमिमा पाइने ऊँट र विश्वकै सबैभन्दा ठूलो चरा अस्ट्रिचलगायतका जनावर एकैसाथ अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । महोत्सवस्थलभित्र चिडियाघर निर्माण गरी दर्शकलाई एकै ठाउँबाट हिमाली क्षेत्रमा पाइने चौँरीगाई (याक) र मरुभूमिमा पाइने ऊँटलाई एकै ठाउँमा देखाइएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घका सल्लाहकार तथा कक्ष व्यवस्थापन उपसमितिका संयोजक देवराज पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार दर्शकलाई एकै ठाउँबाट सबै प्रकारका जनावरको बारेमा जानकारी दिने उद्देश्यले विभिन्न जातका जनावर राखिएको छ । महोत्सवमा दर्शकले चौँरी, ऊँट, अस्ट्रिच, इमु, टर्कीलगायतका जनावर तथा चराको अवलोकन गर्ने र फोटो खिच्ने गरेका छन् । महोत्सवमा प्राचीनकालको सबैभन्दा ठूलो पृथ्वीबाट लोप भइसकेको जनावर डाइनोसरलगायत दुर्लभ जनावरको प्रतीक बनाएर विद्युतीय प्रणालीबाट चलायमान बनाइएको छ भने बच्चाका लागि फोटो खिचाउन साढे छ फिट अग्लो कुखुराको भालेको प्रतीक पनि राखिएको छ । महोत्सवको दोस्रो दिन बिहीबार दर्शकको राम्रै उपस्थिति भए पनि पोखरा बस व्यवसायी समितिको यातायात बन्दका कारण त्यसको केही प्रभाव परेको मूल आयोजक समितिका संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिनुभयो ।

]]>
8547 0 0 0
जलविद्युत् आयोजना अवरोध गर्नेलाई सार्वजनिक अपराधमा मुद्दा चल्छ http://localhost/ghum/%e0%a4%9c%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%8b%e0%a4%a7/ Sat, 20 Feb 2016 02:12:16 +0000 http://www.ghumphir.com.np/?p=8549

काठमाडौँ,  फागुन ।

उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले मुलुकको जलविद्युत् क्षेत्रको विकासका लागि सरकारले दशवर्षे कार्ययोजना अगाडि सारेको बताउनुभएको छ । एसियामा नै पहिलो पटक नेपालमा जलविद्युत् आयोजना सुरु भए पनि १०५ वर्षसम्म उस्तै अवस्था रहेको भन्दै उहाँले एकाध वर्षभित्रैमा उल्लेख्य प्रगति हुने बताउनुभयो । रिपोर्टस क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा ऊर्जा मन्त्री रायमाझीले जलविद्युत् आयोजना निर्माणमा कसैले अवरोध गर्न नसक्ने र त्यस्तो अवरोध भए सार्वजनिक अपराधमा मुद्दा चलाइने बताउनुभयो । जलविद्युत् आयोजनामा अवरोध भए सुरक्षा निकायसमेत परिचालन गरिने जानकारी दिँदै उपप्रधानमन्त्री रायमाझीले आवश्यक परेको खण्डमा नेपाली सेनासमेत परिचालन गर्न सकिनेमा जोड दिनुभयो । आगामी वर्ष ऊर्जाको क्षेत्रमा उथल पुथलको वर्ष हुनेभन्दै उहाँले सौर्य ऊर्जा उत्पादनमा विशेष जोड दिइने, आन्तरिक उत्पादनलाई बढावा दिने र भारतबाट पनि उल्लेख्य मात्रामा विद्युत् आयात गरेर विद्युत्भार कटौती अन्त्य गरिने जानकारी दिनुभयो । हालै निर्माण सम्पन्न भएको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत ८० मेगावाट विद्युत् आयात हुने बताउँदै उहाँले सो विद्युत्बाट करिब दुई घन्टा विद्युत्भार कटौती कम हुने छ भन्नुभयो । मुलुकमा ऊर्जा विकासको लागि प्रधानमन्त्रीको अध्यक्षतामा ऊर्जा सङ्कट निवारण आयोग, ऊर्जामन्त्रीको अध्यक्षतामा केन्द्रीय ऊर्जा सङ्कट निवारण समन्वय समिति र हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकतत्वमा जिल्लास्तरीय समिति निर्वारण गरेर नियमित सहजीकरण गरिरहने बताउनुभयो ।

]]>
8549 0 0 0
लाङटाङमा संरक्षणका कार्यक्रम लागू http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%99%e0%a4%9f%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af/ Sat, 20 Feb 2016 02:15:43 +0000 http://www.ghumphir.com.np/?p=8551

धुन्चे (रसुवा),  फागुन ।

गत वैशाख १२ को भूकम्पले क्षति पु¥याएको लाङटाङ क्षेत्रमा संरक्षणका कार्यक्रम अगाडि बढाइएको छ । भूकम्पसँगै आएको हिमपहिराले लाङटाङभित्रको लाङटाङ गाउँ पूरै पुरिँदा ठूलो सङ्ख्यामा जनधनको क्षति हुनाका साथै हजारौँ हेक्टर वनजङ्गल जोखिममा परेको, कैयौँ हिमचितुवालगायत वन्यजन्तु बेपत्ता भएका कारण सबै कुराको पुनःनिर्माण गरी संरक्षण प्रभावकारी बनाउन युएसएआइडी ले आफ्नो सहयोेगमा हरियो वन कार्यक्रम र लाङटाङ राष्ट्रिय निकुञ्ज÷मध्यवर्ती क्षेत्र सहयोग आयोजना (डब्लुडब्लुएफ)ले संरक्षण कार्यक्रम सञ्चालनमा ल्याएका छन् । डब्लुडब्लुएफका कार्यक्रम संयोजक गौतम पौडेलका अनुसार भूकम्पपछि कायम रहेका ११६ घरपरिवार लाङटाङवासीलाई सौर्य ऊर्जाको व्यवस्थापन, हिमचितुवा संरक्षण, बिग्रेका सबै खाले संरचनाको व्यवस्थापन, कामका लागि नगद, सुधारिएको चुल्हो, वैकल्पिक ऊर्जा, सरसफाइ र स्मृति उद्यान निर्माण, शुद्ध खानेपानीको व्यवस्थापन जस्ता कार्यक्रम सञ्चालन गर्ने भई लारानि मध्यवर्ती क्षेत्रको लाङटाङ उपभोक्ता समितिमार्फत काम गराउन जिम्मा दिइएको छ । आगामी जेठसम्म सम्पन्न गरिने उपर्युक्त कार्यक्रम सञ्चालनका लागि रु एक करोड आठ लाख ९० हजार खर्च गरिने छ । त्यसको व्ययभार हरियो वन कार्यक्रम र डब्लुडब्लुएफले गर्ने भएका छन् । ती सबै कार्यक्रम सञ्चालन गर्दा स्थानीयवासी नै सहभागी हुनुपर्ने छ । स्थानीयस्तरका व्यक्ति उपलब्ध हुन नसके छिमेकी गाविसका व्यक्तिलाई कामदारका रुपमा लगाउनुपर्ने कार्यक्रम संयोजक पौडेलले बताउनुभयो ।

]]>
8551 0 0 0
चितवनमा माछापालन फस्टाउँदै http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%9b%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%a8-%e0%a4%ab%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%89%e0%a4%81/ Sun, 21 Feb 2016 03:06:38 +0000 http://www.ghumphir.com.np/?p=8553

चितवन, ९ फागुन ।

पोल्ट्री र दूध उत्पादनमा अग्रणी जिल्ला चितवनमा पछिल्लो समय व्यावसायिक माछापालन फस्टाउँदै गएको छ । जमिनमुनि सहजै पानीको स्रोत रहनु र वातावरण माछाका लागि अनुकूल रहेकै कारण यहाँ माछापालन व्यवसाय फस्टाएको हो । बर्सेनि परम्परागत खेती छोडेर माछापालन गर्ने कृषक र जलाशय थपिँदै गएका छन् । जिल्ला कृषि विकास कार्यालय, चितवनले दिएको जानकारीअनुसार हाल ८०० हेक्टर क्षेत्रफलमा ५०४ हेक्टर जलाशयमा माछापालन गरिएको छ । जसमा एक हजार १७२ कृषक प्रत्यक्ष रुपमा संलग्न छन् । जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत पर्शुराम यादवका अनुसार पोखरी सङ्ख्या दुई हजार ७३ वटा रहेका छन् । जिल्लाको वार्षिक माछाको उत्पादन दुई हजार मेट्रिक टनभन्दा बढी छ । गत वर्ष एक हजार ९२५ दशमलव २८ मेट्रिक टन माछा उत्पादन भएको यादवले बताउनुभयो । मत्स्य व्यवसायी सङ्घले भने सरकारी तथ्याङ्कभन्दा बढी माछा पालिएको जनाएको छ । सङ्घका अध्यक्ष जोगेन्द्र चौधरीले आठ हजार हेक्टर जलाशय रहेको र वार्षिक उत्पादन तीन हजार ६०० मेट्रिक टन रहेको बताउनुभयो । सरकारले वार्षिक रुपमा तथ्याङ्क लिँदै जाने हुँदा यस वर्ष थपिएको तथ्याङ्क अद्यावधिक हुन नसक्दा कम देखिएको उहाँको भनाइ छ । सरकारी अनुदानका कारण पनि माछापालन व्यवसायतर्फ आकर्षण बढ्दो रहेको छ । गत आवमा मात्रै ४६ दशमलव २५ हेक्टर जलाशय सरकारी अनुदानमा थपिएको यादवले बताउनुभयो । जसका लागि सरकारले प्रतिहेक्टर रु एक लाख अनुदान दिएको थियो । अभियानमुखी मत्स्य उत्पादन कार्यक्रममार्फत ८० हेक्टरमा माछापालनका लागि अनुदान दिने कार्यक्रम भए पनि भूकम्पका कारण पोखरी खन्न नसकेपछि ४६ दशमलव २५ हेक्टर मात्र थपिएको हो । राम्रो आम्दानी हुने भएपछि कृषक माछापालन गर्न उत्साहित भए पनि वैशाख १२ को भूकम्पसँगै एक्साभेटर, जेसिबीजस्ता उपकरणको अभावमा पोखरी खन्न नसक्दा अनुदान रकम फ्रिज भएको उहाँले बताउनुभयो । गत वर्ष सरकारी अनुदान नलिएरै १० हेक्टर अरु थप जलाशय थपिएको थियो । यसवर्ष सरकारले प्रतिहेक्टर रु तीन लाख अनुदान दिने भएको छ । जसका लागि १९४ जना कृषकले आवेदन दिएको र सोको छनोटका लागि विभागमा पठाइएको यादवले बताउनुभयो । जिल्लामा सात जातका माछा पालिँदै आएको छ । जसमा रहु, नैनी, सिल्भर कार्प, बिगहेड कार्प, ग्राम पार्क, कमनकार्प, भाकुर जातका माछा रहेका छन् । जिल्लामा प्रतिहेक्टर ३ दशमलव ८२ मेट्रिक टन माछा उत्पादन हुने गर्दछ । जिल्लाको माडी, पूर्वी चितवनको कुमरोज, कयर, बछौली, लालपर्सा, पश्चिम चितवनको दिव्यनगर, गुञ्जानगर, शङ्करचोक, पटिहानी, जगतपुरलगायतका क्षेत्रमा माछापालन गरिँदै आएको छ । माग बढ्दो भए पनि माछापालन गर्ने किसानले विभिन्न समस्याका कारण सोचेजस्तो अघि बढ्न नसकेको जनाएका छन् । प्राविधिक कठिनाइसँगै भारतीय माछाको निर्वाध आयात एकातर्फ समस्या छ भने अर्काेतर्फ उद्योगसरह विद्युत् महसुल तिर्नुपर्ने, कृत्रिम रुपमा पानीको जोहो गर्नुपर्ने, रोगव्याधीका समस्याहरु देखिइरहने माछापालक कृषक वासु सापकोटाले बताउनुभयो । यद्यपि खाद्यान्न बाली हुने खेत मासेर माछा पाल्ने कृषकको सङ्ख्या भने दिनानुदिन बढ्दै गएको उहाँले उल्लेख गर्नु भयो ।

]]>
8553 0 0 0
धार्मिक पदमार्ग निर्माण http://localhost/ghum/%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/ Sun, 21 Feb 2016 03:08:31 +0000 http://www.ghumphir.com.np/?p=8555

बेनी (म्याग्दी), ९ फागुन ।

म्याग्दीको प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको मालिका मन्दिर जोड्ने पदमार्ग निर्माण गरिएको छ । जिल्लाको विम गाविस–७ इल्पुबाट मन्दिरसम्मको करिब दुई किमी पदमार्ग निर्माण गरिएको हो । पर्यटन कार्यालय पोखराको रु पाँच लाख र विमवासीको रु दुई लाख बराबरको श्रमदानबाट उक्त पदमार्ग निर्माण गरिएको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो । विम गाविसको ५, ६ र ७ नं वडा हुँदै मालिका मन्दिरसम्म जाने सो मार्ग स्थानीय स्रोतसाधनको प्रयोग गरी बनाइएको हो । समुद्र सतहदेखि करिब ३३ सय मिटरको उचाइमा अवस्थित मन्दिरमा दर्शन गर्न जाने भक्तजनलाई लक्षित गरी मन्दिर पुनःनिर्माण, पैदलमार्ग सरसफाइ, बस्ने स्थानसहितका पूर्वाधार विस्तार गरिएको छ । करिब डेढ मिटर फराकिलो पदमार्गले स्थानीयवासीलाई वन जङ्गलमा घाँस दाउरा ल्याउन जानसमेत सहज हुने समितिले जनाएको छ । कुहुँ, पाखापानी, दरबाङ र बिमबाट आवतजावत गर्न सकिने मन्दिरमा भौतिक पूर्वाधार निर्माणका लागि खच्चडबाट समान ढुवानीसमेत गरिएको छ । मन्दिरमा चण्डीपूर्णिमा सँगै वर्षको तीनपटक विषेश पूजा गरिने भए पनि आफ्नो अपेक्षा पूरा भएको भन्दै दैनिकजसो भक्तजन जाने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मालिका, जालपा, कालिका देवीको शक्ति प्राप्त हुन्छ भन्ने जनविश्वासका साथ म्याग्दीका साथै बागलुङ, पर्वतलगायत देशका विभिन्न क्षेत्रबाट सर्वसाधारण मन्दिरमा पुग्ने गर्छन् ।

]]>
8555 0 0 0
मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र मदारबाबा मेला http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%ae-%e0%a4%b0-%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%82-%e0%a4%b8%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%95/ Sun, 21 Feb 2016 03:10:24 +0000 http://www.ghumphir.com.np/?p=8557

नवलपरासी, ९ फागुन ।

मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र बनेको मदारबाबा मेला नवलपरासीमा आगामी फागुन १५ देखि २४ गतेसम्म लाग्ने भएको छ । मदारबाबाको मुख्यस्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाडी क्षेत्र दुम्कीबास डाँडाँमा रहिआएको छ । मदारबाबास्थल क्षेत्रमा मेलामा यस वर्ष करिब १५ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको मेला आयोजक कुलबुल मदरशाहा कुडिया नवलपरासीका अध्यक्ष जमालुद्धिन अन्सारीले बताउनुभयो । अधिकांश भारतीय मूलका दर्शनार्थी आउने सो मेलामा बाबाको स्थल पुगेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक आस्था र विश्वास रहेको छ । पहाडी सडकखण्डमा करिब पाँच घन्टाको पैदल यात्रापछि मात्र पुगिने मेलामा जान पहाडी सडक हुँदा निकै कठिन परिश्रमबाट मात्र मदारबाबा पुग्न सकिन्छ । मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रशिद्ध रहेको छ । मेलामा मदारबाबासँग आस्था राख्ने मुस्लिम, हिन्दू, बुद्धिष्ट, क्रिश्चियनलगायतका विभिन्न समुदायका तीर्थालु आउने अपेक्षा गरिएको छ । मदारबाबाको मेलामा आउने भक्तजनको मनोकामना पूरा हुने, विभिन्न दुःखबाट पीडित व्यक्तिहरु निको हुने आस्था र विश्वास रहेको छ ।

]]>
8557 0 0 0
वन्यजन्तु आरक्षमा पर्यटकका लागि ‘टुर प्याकेज’ http://localhost/ghum/%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%86%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95/ Sun, 21 Feb 2016 03:12:32 +0000 http://www.ghumphir.com.np/?p=8559

कञ्चनपुर, ९ फागुन ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पर्यटन प्रवद्र्धनका लागि शनिबारदेखि साप्ताहिक टुर प्याकेज सञ्चालनमा ल्याइएको छ । ‘शुक्लाफाँटा भ्रमण गरौँ, पर्या पर्यटनको अवलोकन गरौँ’ भन्ने नारासहित हरेक शनिबारका लागि प्याकेज सञ्चालन गरिएको हो । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स (नाटा) सुदूरपश्चिम च्याटरका अध्यक्ष मायाप्रकाश भट्टले आरक्ष प्रवेशद्वारमा आयोजित कार्यक्रममा प्याकेजको औपचारिक शुभारम्भ गर्नुभयो । शुक्लाफाँटा आरक्षको प्रवेशद्वार नजिक सञ्चालित शुक्लाफाँटा जङ्गल कटेज र मोहित टुर एण्ड ट्राभल्सले प्याकेजलाई प्रवद्र्धन गरेको छ । प्याकेजमा पर्यटकले रु एक हजार २०० मा बिहान ८ देखि ४ बजेसम्म भ्रमण गर्न पाउने छन् । “सुदूरपश्चिममा पर्या पर्यटनका धेरै सम्भावना छन्, यस्ता सम्भावना विभिन्न कारणले प्रयोगमा आउन सकेका छैनन्” शुक्लाफाँटा जङ्गल कटेजका सञ्चालक परमानन्द भण्डारीले भन्नुभयो – “आरक्षमा पर्यटक आउन सके यहाँ स्थानीयसहित जिल्लावासी सबैलाई फाइदा हुन्छ ।” सरकारी तथा गैरसरकारी सबै निकायसँग समन्वय गरी आरक्षसहित सुदूरपश्चिम क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्य पहिचानका लागि प्याकेज बनाइने उहाँले बताउनुभयो । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावलले व्यवसायी भण्डारीले व्यक्तिगत रुपमा सञ्चालन गरेको टुर प्याकेज सराहनीय भएको उल्लेख गर्दै आरक्ष प्रवेश शुल्क घटाउने र पर्यटनका लागि सुविधा बढाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले पर्यटन प्रवद्र्धनमा आरक्षले सधैँ कार्य गर्दै आएको बताउनुभयो । गड्डाचौकीस्थित अध्यागमन कार्यालय र आरक्षमा गाइड राख्न सकिए पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ थियो ।

]]>
8559 0 0 0
सांस्कृतिक पर्यटनले मुलुकलाई समृद्ध बनाउँछ : मन्त्री पोखरेल http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%81/ Sun, 21 Feb 2016 03:20:09 +0000 http://www.ghumphir.com.np/?p=8561

कावासोती, ९ फागुन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले सांस्कृतिक–धार्मिक पर्यटनले मात्र मुलुकलाई समृद्ध बनाउने बताउनुभएको छ । नवलपरासीको थारु होमस्टे अमलटारीमा सुरु भएको होमस्टे (घरबास) एसोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलन एवम् होमस्टे कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । थारु, मगर, बोटे, गुरुङलगायतका नेपालमा रहेको जातिको आफ्नै मौलिक पन र संस्कृति भएकाले सांस्कृतिक पर्यटनको सम्भावना राम्रो छ हामीले यसलाई व्यवस्थापन गरी पर्यटकलाई आकर्षण गर्नुपर्छ”– मन्त्री पोखरेलले भन्नुभयो– “सांस्कृतिक पर्यटनले मुलुकको संस्कृतिलाई प्रवद्र्धन गर्छ ।” ‘‘हिन्दू र बुद्ध सर्किट बनाउँदामात्र हाम्रो धार्मिक पर्यटनको आकर्षण बढ्छ त्यसैले मन्त्रालयले नवलपरासी, रुपन्देही र कपिलवस्तुलाई विकास गरी ग्रेटर लुम्बिनी बनाउँछौँ” उहाँले भन्नुभयो । लुम्बिनी आएका पर्यटकलाई दमकसम्म लैजाने र बसाइँ लम्ब्याउने योजना सरकारले छ मन्त्री पोखरेलले भन्नुभयो – “ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गाउँ केन्द्रित कार्यक्रम मन्त्रालयले तय गरेको छ ।” सामुदायिक वन, सहकारी जसरी फस्टाएका छन् होमस्टे पनि त्यसरी नै फस्टाउने उहाँले बताउनुभयो । तीन वर्षदेखि सङ्गठिन हुन थालेको होमस्टेले ग्रामीण भेगमा बासिन्दाको आर्थिक पक्ष बलियो बनाउँदै लगेको बताउनुभयो । होमस्टे सञ्चालन गर्ने काम कृषि उत्पादन बढाउने पनि भएकाले गाउँस्तरबाट आएका योजनामा सरकारले सहयोग गर्ने मन्त्री पोखरेलले बताउनुभयो । एमालेको केन्द्रीय सदस्य एवम् पर्यटन विभागका प्रमुख सूर्य थापाले सातवटा प्रदेशमा कम्तीमा पनि एउटा प्रदेशमा तीनवटा नमुना होमस्टे सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । सबै दलले होमस्टेको महत्व बुझ्न आवश्यक भएको बताउँदै केन्द्रीय सदस्य थापाले भन्नुभयो – “दलहरु एकता बद्ध भएर काम गर्दा धेरै योगदान दिन सक्छन् ।” यहाँ नआउने दलहरुलाई पनि म होमस्टे पर्यटनका बारेमा बुझ्नका लागि आह्वान गर्छु उहाँले भन्नुभयो – “प्रकृति र संस्कृतिबाट लाभ लिने ठाउँ होमस्टे हो ।” कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तिलक महतले डाँफेदेखि एकसिङ्गे गैँडासमेत प्रदेश नं ४ मा पाइने भएकाले प्राकृतिक र सांस्कृतिक रुपमा महत्व रहेको यो प्रदेशको विकासमा स्थानीय तहबाटै सक्रियता बढाउन आवश्यक भएको बताउनुभयो । कार्यक्रममा विश्व वन्यजन्तु कोषका वरिष्ठ निर्देशक सन्तोषमणि नेपाल, टानका अध्यक्ष चन्द्र रिजाल, नेपाल पर्यटन बोर्डका सदस्य पूर्ण कुँवर, राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनका प्रथम उपाध्यक्षमा सिएन पाण्डे, नेपाल पर्यटन पत्रकार मञ्चका अध्यक्ष विद्रोही गिरी, अमलटारी हामेस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनिया थारु, परशुराम चौधरीलगायतले बोल्नुभएको थियो । एकतीस जिल्लाका ७० निजी र ८० सामुदायिक गरी १५० होमस्टेका २५० सहभागी सम्मेलनमा सहभागी छन् । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

]]>
8561 0 0 0
वेबसाइडको शुभारम्भ http://localhost/ghum/%e0%a4%b5%e0%a5%87%e0%a4%ac%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a5%81%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a5%8d%e0%a4%ad/ Sun, 21 Feb 2016 03:22:43 +0000 http://www.ghumphir.com.np/?p=8563 8563 0 0 0 जुनेलो उत्पादन घट्यो http://localhost/ghum/%e0%a4%9c%e0%a5%81%e0%a4%a8%e0%a5%87%e0%a4%b2%e0%a5%8b-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Sun, 21 Feb 2016 03:30:38 +0000 http://www.ghumphir.com.np/?p=8566

(बेनी) म्याग्दी, ९ फागुन ।

विश्वमा जलवायु परिवर्तनका कारण नकारात्मक प्रभाव पारिरहेको बेला नेपालमा पनि यसको असर देखिन थालेको छ । म्याग्दीका किसानले लगाउने गरेको जुनेलोखेतीमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको किसानले बताएका छन् । पानीको अभाव हुनु र प्रतिकूल मौसमले जुनेलो उत्पादन हुन छाडेकाले किसानले विगतको तुलनामा जुनेलोखेती लगाउने क्षेत्रमा कटौती गरेका बगरफाँटका नरबहादुर थापाले बताउनुभयो । जुनेलोखेतीका लागि अनुकूल वातावरण नभएपछि बारीका डिल र कुनामा वषौँ पहिलेदेखि जुनेलोखेती गरिदैँआएको जुनेलो उत्पादन हुन छाडेको किसानहरूले बताएका छन् । बीउ नउम्रने, उम्रिए पनि बोटमा कीरा लाग्ने तथा फल नै नलाग्ने गर्दा धेरै क्षेत्रमा जुनेलोखेती गर्ने अवस्था नरहेको किसानको भनाइ छ । जुनेलोखेती अनुकूल वातावरणको अभावमा विस्थापित भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक श्याम क्षेत्रीले बताउनुभयो । उहाँले अनुकूल मौसमको अभावमा जुनेलोमात्र नभएर अन्य स्थानीय जातका धानबाली पनि खेती हुन छाडेको जानकारी दिनुभयो । धार्मिक कार्यमा प्रसादको रूपमा प्रयोग हुने जुनेलोखेतीबाट किसानले हात झिक्नथालेको कार्यालयले जनाएको छ ।

]]>
8566 0 0 0
सुन्तलाको भाउ चार गुणा महँगो http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%be%e0%a4%89-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a5%81%e0%a4%a3%e0%a4%be-%e0%a4%ae%e0%a4%b9/ Sun, 21 Feb 2016 03:33:34 +0000 http://www.ghumphir.com.np/?p=8568 माधव अर्याल

पाल्पा,९ फागुन ।

छहरा, ५ अमलाबासका नित्यानन्द पोखरेलले सिजनमा साढे ३ लाखको सुन्तला बिक्री गरे । हाल बाँकी रहेको सुन्तलाले भने सिजनको तुलनामा चार गुणा भाउ पाएको छ । उनले पहिला ३० रुपैयाँ किलो थोकमा बुटवल पठाए पनि हाल घरबाटै १ सय २० रुपैयाँ किलोमा थोक बिक्री गरेका छन् । ‘यस वर्ष पोहोरजस्तो फलेन,’ उनले भने, ‘तर भाउ राम्रो पाइयो ।’

अमलाबासकै दलबहादुर बगाले पनि चारगुणा भाउ पाएकामा खुसी छन् । यस वर्ष सिजनमा नाकाबन्दी र इन्धन अभावले सस्तोमा निकासी गर्न बाध्य सुन्तला कृषक अहिले भाउ पाउँदा खुसी छन् । भारतबाट आयातित सुन्तला १ सय १० रुपैयाँ किलो भएपछि पहाडको आफ्नै गाउँका उपभोक्ता डेढ सय रुपैयाँ तिर्न तयार छन् । ‘नाकाबन्दी र तराई बन्दले अहिले पनि २५ प्रतिशत सुन्तला बाँकी छ,’ पोखरेलले भने, ‘इन्धन सुलभ र तराईमा बन्द नभएको भए सबै बिक्री भइसक्थ्यो ।

यसलाई महँगोमा बिक्री गर्ने योजना हो ।’ अमलाबास, बगैंचाबारी, मुझुङका नारायण कार्की, जल्पा, गल्धा र नायरनमतलेसमा अहिले पनि सुन्तला बाँकी छ । अमलाबासका यमनाथ कोइराला, चेतनारायण न्यौपाने, टीकाराम पोखरेल, नित्यानन्द पोखरेल, हिमप्रसाद पोखरेल, छविलाल कँडेल, नित्यानन्द पोखरेललगायतले सुन्तला बिक्री गरेर वार्षिक ४ लाख बढी आम्दानी गर्छन् । ‘अहिले भाउ पाउँदा निकै खुसी छु,’ न्यौपानेले भने, ‘सबै सुन्तला ढिलासम्म राख्न सकिँदैन ।’ अमलाबासबाट मात्रै वार्षिक १ करोड मूल्य बराबरको सुन्तलाजन्य फलफूल निकासी हुने स्थानीयले बताए । यहाँ सुन्तला, जुनार, अमिलो फलफूलले गाउँ ढाकेको छ । पहिले अमला फल्ने गाउँमा सुन्तला फलाएर एउटै परिवारले लाखौं आम्दानी लिन थालेको पोखरेलले बताए । उनले भने, ‘पहिलेको अमलाबास अहिले सुन्तलाबास बनेको छ ।’ गाउँमा घरधुरी सबैले मकै, तोरी खेती छाडेर सुन्तला, जुनार, अमिलो, कागती खेती गर्छन् । एक घरले ५० देखि ७ सय सुन्तलाका बिरुवा लगाएका छन् । वार्षिक ५० हजारभन्दा बढी सुन्तलाका बिरुवा अमलाबासबाट मात्रै निकासी हुन्छ । सुन्तलाजन्य फलफूल तानसेन तथा बुटवलका बजारमा प्रतिकिलोको थोकमा ३० देखि ४० रुपैयाँ र खुद्रामा ४० देखि ५० रुपैयाँमा निकासी हुने कृषक विष्णुमाया भण्डारीले बताइन् । तर, बेमौसममा चार गुणासम्म भाउ पाइएको उनले बताइन् । सुन्तलामा व्यावसायिक खेती गर्ने युवा वैदेशिक रोजगारीमा हत्तपत्त जाँदैनन् । मकै खेतीबाट हुने आम्दानीको तुलनामा १० गुणा सुन्तला खेतीबाट फाइदा लिन सकेका छन् । जिल्ला कृषि कार्यालयका अनुसार गत जिल्लामा ८ सय ५३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जिल्लामा ५ हजार ६ सय ६० मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान छ ।

]]>
8568 0 0 0
भारतसँगको सम्बन्धमा सुधार : प्रधानमन्त्री ओली http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%a7%e0%a4%be/ Sun, 21 Feb 2016 03:36:33 +0000 http://www.ghumphir.com.np/?p=8571

प्रकाश सिलवाल  नयाँदिल्ली, ९ फागुन ।

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उद्देश्यअनुरुप दुई देशबीचको सम्बन्ध सुधार भएको बताउनुभएकोे छ । प्रधानमन्त्री ओलीले गएराति भ्रमण दलका सदस्यहरुसँग आफ्ना भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल र भारतबीच केही समययता देखिएको चिसोपना हटेको र आपसी मित्रता अभिवृद्धि भएको तथा संविधानबारे देखिएको भ्रम अन्त्य भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भारतसँग भएका सम्झौता नेपालको हितमा रहेको जनाउँदै भारतसँगको राजनीतिक सम्बन्ध पुनः स्थापित भएको उल्लेख गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले भ्रमणको मुख्य उद्देश्य राजनीतिक सम्बन्ध सुधारमा केन्द्रित रहेकाले भ्रमण त्यस अर्थमा सफल रहेको दाबी गर्नु भयो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भ्रमण दुई देशको राजनीतिक सम्बन्ध र आर्थिक विकासका सन्दर्भमा उपलब्धिमूलक रहेको बताउनुभएको थियो । छदिने भ्रमणको दोस्रो दिन शनिबार हैदरावाद हाउसमा भएको आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता, दुई पक्षीय छलफल, केही सम्झौतामा हस्ताक्षर, भारतका राष्ट्रपति प्रणव मुखर्जीलगायत उच्चपदस्थसँगको भेटबाट आपसी सम्बन्ध सुदृढ भएको मानिएको छ । दुई देशबीचको उच्चस्तरीय वार्तापछि नेपालको भूकम्पपछि पुनःनिर्माण, तराईको सडक पूर्वाधार विकासलगायत सात विषयमा सम्झौता हुनुका साथै मुजफ्फरपुर–ढल्केवर प्रसारण लाइन उद्घाटन भएको थियो । प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले भारतीय समकक्षी नरेन्द्र मोदी र दुई पक्षीय वार्ताबाट प्रधानमन्त्री ओली सन्तुष्ट देखिनुभएको बताउनुभयो । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि प्रधानमन्त्री ओलीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुधारमा सघाउ पुगेको धारणा राख्नु भयो । प्रधानमन्त्री उत्तराखण्ड जाँदै भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आज विश्वकै लामोमध्येको एक उत्तराखण्डस्थित भगिरथी नदी नजिकको एक हजार मेगावाटको तेह्री जलविद्युत् बाँधको अवलोकन गर्नुहुनेछ । प्रधानमन्त्री ओली आजै नयाँदिल्ली फर्केर यहाँस्थित राजनीतिक दलका नेतासँगको भेटघाटमा व्यस्त रहनुहुनेछ । उहाँले आज यहाँस्थित नेपाली दूतावासमा नेपाली समुदाय र सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्नुहुने कार्यक्रम छ ।

]]>
8571 0 0 0
मुसहर परम्परागत पेसाबाट विस्थापित हुँदै http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a4%b9%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a4%a4-%e0%a4%aa%e0%a5%87%e0%a4%b8%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f/ Sun, 21 Feb 2016 04:11:53 +0000 http://www.ghumphir.com.np/?p=8574

गौशाला, ९ फागुन ।

हजाराँैको सङ्ख्यामा रहेका महोत्तरी जिल्लाका दलित मुसहर आफ्ना परम्परागत पेसाबाट विस्थापित हुँदै गएका छन् । महोत्तरी जिल्लामा अल्पसङ्ख्यक आदिवासी मुसहरको परम्परागत माटो काट्ने पेसा सङ्कटमा पर्दै गएपछि मुसहरहरु क्रमशः विस्थापित हुँदै जान थालेका छन् । तराईका जङ्गली खेतमा खेतीपातीको काम गर्ने आदिवासी मुसहरको मुख्य पेसा माटो काट्ने, पुर्ने र बोक्ने हो । महोत्तरी जिल्लाको उत्तरी र पश्चिम भागमा ठूलो हिस्सा ओगटेर बसेका मुसहरहरु विसं २०२० देखि २०३० सम्ममा सबै सुकुम्बासी बनिसकेको विज्ञहरु बताउँछन् । भूमिसुधार आएपछि गरिब निमुखा मुसहरले जोते भोगेको जग्गा पहाडबाट तराई झर्ने पैसावालहरुले किने । त्यसपछि उनीहरु जङ्गलको सीमावर्ती इलाका खोलाको किनार वा कुनै जमिन्दारकहाँ काम गर्ने कारिन्दाका रुपमा बस्न थाले । पहाडबाट तराई बसाइँ सर्ने मानिसले जङ्गली खेतलाई खेतीयोग्य, कुलो लाग्ने र समथर बनाउनुपर्ने भयो । त्यसपछि मुसहरले उपयुक्त रोजगार पाए । गाउँ गाउँमा खेतलाई खेतीयोग्य बनाउन मुसहरलाई माटो पुर्ने, बोक्ने र कुलो निर्माण गर्ने काम दिन थालियो । विसं २०२१ देखि २०५० सम्म मुसहरहरु आफ्नो परम्परागत पेसाबाट नै जीविकोपार्जन गर्न सक्षम थिए । तर त्यसपछि माटो काट्ने र बोक्ने काम अन्य जातिका मानिसले पनि गर्न थाले । शिक्षा, चेतना र गरिबीबाट आक्रान्त मुसहरहरुले काम पाउन छोडे पनि कामको खोजीमा विदेशिन थाले र खेतीको कामका लागि विदेशिएका मुसहरहरु जहाँ गयो त्यही हराउन थाले । फुलकाहा गाविस मुसहर बस्तीका रामा सदा भन्नुहुन्छ – “माटोको काम पाउन छोडेपछि जिल्लाका विभिन्न ठाउँमा (काठ) आरा चिर्ने काम गरी जीविकोपार्जन गर्न थालेका छन् । मुसहरहरु काम गरी पैसा ल्याएको दिन टन्न खान्छन् भोज गर्छन् । पैसा भएन भने मागेर खाँदैनन् बरु भोकै सुत्छन्” । स्वास्थ्य र शिक्षाको अभावमा पिछडिएका मुसहर समयमा खान नपाएर कहिले हैजाबाट कहिले कालाजारबाट सोत्तर हुन्छन् । यस क्षेत्रका मुसहरका अनुसार बर्सेनि मुसहरलाई कालाजारले ४० प्रतिशतलाई सोत्तर बनाउँछ । जाडोमा शीतलहर र गर्मीमा हैजा कालाजार इन्सेफ्लाइटिस मेनेन्जाइटिसबाट पीडित हुने मुसहर बस्तीबाट ५०० मिटर टाढा स्वास्थ्य केन्द्र भए पनि उपचार गर्न जाँदैनन् । भन्छन् खान पेटभरि नपाएर रोग लाग्छ घरमा खानेकुरा भए रोग लाग्ने कुरै आउँदैनन् । श्रम शोषण र गरिबीबाट पीडित मुसहरको जनसङ्ख्या विसं २०४८ सम्ममा तथ्याङ्कमा उल्लेख थियो । तर हाल आएर मुसहरको सङ्ख्या तथ्याङ्कमा उल्लेख छैन । यद्यपि हाल महोत्तरीमा १५ हजारभन्दा बढी मुसहर रहेको जिल्ला विकास समिति, महोत्तरीको अनुमान रहेको छ । महोत्तरीको धमौरा, बर्दिवास, फुलकाहा, गौशाला, जलेश्वर, लोहारपट्टि, सिंग्याही, सिमरदही, हत्तिसर्वा, औरही, हरिहरपुर हरिणमरीलगायतका क्षेत्रमा अत्यधिक मुसहरको बसोबास रहेको छ । आफ्नै संस्कार, परम्परा, भाषा र संस्कृति भएका मुसहर नेपालका आदिवासीमध्ये पुराना मानिन्छन् । भाषा संस्कृति परम्परा थाम्ने नाममा गठित गैरसरकारी र सरकारी सङ्घसंस्थाबाट पनि मुसहर जातिको शैक्षिक विकास र स्वास्थ्य चेतना अभिवृद्धिका लागि ठोस काम नभएकाले यस जातिको संरक्षण गर्न स्थानीयस्तरबाट पहल हुनुपर्ने स्थानीय बासिन्दा बताउँछन् ।

]]>
8574 0 0 0
१६ गैँडा मरे http://localhost/ghum/%e0%a5%a7%e0%a5%ac-%e0%a4%97%e0%a5%88%e0%a4%81%e0%a4%a1%e0%a4%be-%e0%a4%ae%e0%a4%b0%e0%a5%87/ Sun, 21 Feb 2016 04:13:12 +0000 http://www.ghumphir.com.np/?p=8576

चितवन, ९ फागुन ।

दुर्लभ एकसिङ्गे गैँडाको चोरी सिकारी पूर्णरुपमा नियन्त्रण भए पनि विभिन्न कारणबाट गैँडा मर्ने क्रम भने रोकिएको छैन । प्राकृतिक कारणलाई संरक्षणका दृष्टिले नराम्रो नमानिए पनि यसरी धेरै गैँडा मर्दा सङ्ख्या वृद्धिमा भने चुनौती देखिएको छ । विसं २०७१ मा चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न कारणबाट १० वटा गैँडा मरेका छन् । जब कि ०७२ वैशाख २० गतेपछि हालसम्म चोरी सिकारीबाट भने गैँडा मारिएका छैनन् । यसै अवधिमा यस वर्ष छवटा सहित १६ वटा गैँडा विभिन्न कारणबाट मरेका छन् । जसलाई प्राकृतिक कारण भनिन्छ । निकुञ्जको तथ्याङ्कअनुसार गत वर्षको वैशाखमा दुई, भदौमा दुई, असोजमा एक, मङ्सिरमा दुई, पुसमा दुई र फागुनमा एकवटा गैँडा मरेका छन् । विसं ०७२ लागेपछि वैशाखमा एक, भदौमा एक, असोजमा एक, कात्तिकमा एक, पुसमा एक र माघमा एकवटा गैँडा मरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार ती गैँडा, बाघ तथा गोहीको आक्रमणबाट, एकापसमा जुधेर, खोलाले बगाएर, करेन्ट लागेर, घोलमा डुबेर र कालगतिले मरेका हुन् । यसरी मरेका गैँडा डेढ वर्षदेखि ३५ वर्षसम्म उमेरका रहेको उहाँले बताउनुभयो । गैँडाको आयु ५० वर्षको हाराहारी हुने गर्दछ । गैँडा चोरी सिकारीले मारिँदा र रोग लाग्दा यसको नियन्त्रणका लागि विशेष चनाखो हुने गरिएको भए पनि प्राकृतिक कारणबाट मर्दा भने नियन्त्रणका लागि कम चासो देखाइँदै आएको छ । निकुञ्जभित्र रहेका जनावरले एकले अर्काेलाई आक्रमण गर्नु, मांसहारीले अर्काे जनावर खानुजस्ता कार्य जैविक हिसाबले उपयुक्त नै मानिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार, ६०५ वटा गैँडा रहेका छन् । देशभरमा यो सङ्ख्या ६४५ रहेको छ । सशस्त्र द्वन्द्वताका गैँडाको चोरी सिकारी अत्यधिक बढेपछि यो सङ्ख्या निकै घटेको थियो । पछिल्लो समय शून्य सिकार हुन सफल भएसँगै गैँडाको सङ्ख्यामा अरु वृद्धि भएको अनुमान गरिएको छ ।

]]>
8576 0 0 0
सर्वसाधारणले पनि वन्यजन्तु पाल्न पाउने http://localhost/ghum/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%a3%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%9c%e0%a4%a8%e0%a5%8d/ Sun, 21 Feb 2016 04:15:57 +0000 http://www.ghumphir.com.np/?p=8578  फागुन ९, काठमाडौं ।

सरकारले वन्यजन्तु पालन, संरक्षण र दिगो उपयोगमा सघाउन सर्वसाधारणलाई वन्यजन्तु पालन तथा प्रजनन अनुमति दिने गरी कानुन संशोधन प्रक्रिया अघि बढाएको छ ।

सरकारले वन्यजन्तुको संरक्षण, प्रवर्द्धन र दिगो उपयोगमा सघाउ पुर्याउने उद्देश्यले वन्यजन्तुको अध्ययन, अनुसन्धान वा व्यावसायिक रुपमा प्रजनन तथा पालन गर्न सर्वसाधारणलाई दिने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन प्रक्रिया अघि बढाएको अाजको अन्नपूर्णमा समाचार छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा वन्यजन्तु पाल्न चाहने व्यक्ति वा संस्थाले सरकारबाट अनुमति लिएर पालन गर्न पाउछन् ।संशोधनका क्रममा रहेको कानुनमा पालन तथा प्रजननका लागि आवश्यक पर्ने बिउ प्राणी पनि सरकारले उपलव्ध गराउने व्यवस्था गरिने भएको छ ।

]]>
8578 0 0 0
व्यवसायीले दुग्धजन्य वस्तुको मूल्य बढाउने http://localhost/ghum/%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%a7%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%b5%e0%a4%b8%e0%a5%8d/ Sun, 21 Feb 2016 16:51:20 +0000 http://www.ghumphir.com.np/?p=8585

बाबियाचौर (म्याग्दी), ९ फागुन ।

सदरमुकाम बेनीका व्यवसायीले दुग्धजन्य वस्तुको मूल्य बढाउने भएका छन् । दुग्ध उत्पादन तथा डेरी व्यवसायी समितिका अध्यक्ष कोषानन्द आचार्यको अध्यक्षतामा शनिबार बेनीमा बसेको बैठकले आगामी चैत १ गतेदेखि लागु हुने गरी मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । देशभर समग्र वस्तुमा भएको मूल्यवृद्धिको असर कृषक र दुग्ध व्यवसायीमा परेकाले मूल्यवृद्धि गरेको समितिका सचिव यज्ञनाथ आचार्यले जानकारी दिनुभयो । किसानबाट हाल रु ६० प्रतिलिटरका दरले दूध खरिद गर्दै आएका व्यवसायीले उनीहरुलाई थप रु सात दिने निर्णय गरेका छन् । व्यवसायीले भने रु १० बढाएर दूधको बजारमूल्य प्रतिलिटर रु ८० पु¥याउने भएका छन् । चौबिस ल्याक्टो भएको दूध मात्रै खरिद बिक्री गर्ने निर्णय भएको सचिव आचार्यले बताउनुभयो । प्रतिलिटर दहीको मूल्य १००, घीउ रु एक हजार १०० र पनिरको मूल्य रु ९०० तोकिएको छ । यस्तै आइसक्रिम प्रतिलिटर रु १००, कुराउनी प्रतिकिलो रु एक हजार र लप्सी प्रतिगिलास रु ४० मा बिक्री गर्ने निर्णय गरिएको छ ।

]]>
8585 0 0 0
स्वस्थानी व्रत साङ्गेमा मीत लाउँदै http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%b5%e0%a5%8d%e0%a4%b0%e0%a4%a4-%e0%a4%b8%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%87%e0%a4%ae%e0%a4%be/ Sun, 21 Feb 2016 16:55:14 +0000 http://www.ghumphir.com.np/?p=8587

साँखु, ९ फागुन ।

साँखुको शालीनदीमा स्वस्थानी माधवनारायण व्रत पूजाको साङ्गे सोमबार गरिँदैछ । यस दिनलाई साँखुवासीले अश्वमेघ यज्ञ गरिने दिनका रुपमा लिन्छन् । यस दिन व्रत पूजाको अन्तिम दिन भएकाले कागले ननाघेको जल लिएर आइसकेपछि मात्रै माधवनारायणको स्नान गराइन्छ । बिहानको पूजा सावागण र कजीले गर्छन् भने रातिको पूजा अश्वमेघ यज्ञ सहित मूल पुरोहित र जोशी पुजारी समेतको उपस्थितिमा गराइन्छ । यस क्रममा माधवनारायणलाई इही (बेलविवाह), कय्तापूजा(व्रतवन्ध) र बाह्रा तय्गु (गुफा राख्ने) कार्य समेत गरिन्छ । पूजामा अश्वमेघ यज्ञका लागि अति आवश्यक घोडाको प्रतीक समेत पूजामा राखी व्रत पूजा एवम् हवन समेत गरिने भएकाले पनि यस पूजालाई अश्वमेघ यज्ञ भनिने गरेको हो । होममा वर्तालुले आफूले लगाएको घिउले भिजाइएको लुगा (कमिज, रुमाल आदि) होम गर्छन् । होम गरिएको लुगाको खरानीको कालो टीका बनाई लगाइन्छ । सो कालो टीका आफ्ना साथीसङ्गी, इष्टमित्रलाई प्रसाद दिँदा लगाइदिने गरिन्छ । लुगा जलाउने होम सकिनासाथ माधवनारायण, मूल पुरोहित र कजी÷कजिनीलाई महिनाभर व्रत पूजा सम्पन्न गरेकामा धन्यवादस्वरुप वर्तालुले कलश चढाउँछन् । सावागणले समेत कलश चढाउने प्रचलन छ । अन्य दिन भने सावागणले प्रसाद चढाउने हैन चढाइएको प्रसाद आफूले ग्रहण गर्छन् । उनीहरु माधवनारायणका सेवक भएका कारण व्रत पूजा अगडि माधवनारायणलाई चढाइएको दक्षिणा, फलफूल आदि बाँडेर लिन्छन् । यस दिन व्रत साङ्गे हुँदा कुखुरा बासेमा भोजन वर्जित छ । व्रत साङ्गेको दिन वर्तालुमध्ये कसैलाई मीत लगाउन मन लागेमा मिल्ने साथीसँग मीत लाउने काम पनि हुन्छ । यस दिन बिहान ज्योतिलिङ्गेश्वर परिसरमा जम्मा भई कजी, सावागणसहित सम्पूर्ण वर्तालुले राजकुलोमा नुहाएर शिव भजन गाउँदै ज्योतिर्लिङ्गेश्वर परिसर परिक्रमा गरी चलाखुटोलको अजिद्यःसम्म पुगेर भजन विसर्जन गर्छन् । यस दिन वर्तालुको परिवारजन नै शाली नदी परिसर पुगी भोजन गर्ने चलन छ तर कजी÷कजिनी, देवता बोक्नेहरु र सावागणले भने पीठ देवता र गणेश पूजा गर्छन् ।

]]>
8587 0 0 0
तस्करी रोक्न ३ ढोकामा ताला http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a5%80-%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a8-%e0%a5%a9-%e0%a4%a2%e0%a5%8b%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%b2/ Mon, 22 Feb 2016 03:17:42 +0000 http://www.ghumphir.com.np/?p=8592 फाल्गुण १०,काठमाडौं।

तस्करी र अपराधमा प्रयोग भएको आंशका गर्दै गृह मन्त्रालयले अन्र्तराष्ट्रिय विमानस्थलभित्रका इमर्जेन्सी एक्जिटका ३ वटा ढोका बन्द गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।  गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख तथा प्रवक्ता यादव कोइरालाको नेतृत्वमा ३ वटा शंस्कास्पद ढोकामा ताल्चा लगाइएको हो।

कोइराला शनिबार अनुगमन तथा बैठकका लागि विमानस्थल पुगेका थिए। कोइरालाकै नेतृत्वमा गृहले विमानस्थल तथा अध्यागमन सुधारका लागि कार्ययोजना बनाइरहेको छ ।

]]>
8592 0 0 0
मुगुमा ४० वर्षयताकै खडेरी http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%97%e0%a5%81%e0%a4%ae%e0%a4%be-%e0%a5%aa%e0%a5%a6-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%af%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%88-%e0%a4%96%e0%a4%a1%e0%a5%87%e0%a4%b0/ Mon, 22 Feb 2016 03:20:29 +0000 http://www.ghumphir.com.np/?p=8594 फाल्गुण १०,मुगु।

गत साउन २५ देखि माघ ५ गतेसम्म मुगुका कुनै पनि भागमा वर्षा र हिमपात भएन। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । ४० वर्षयता पहिलोप६क यति लामो खडेरी पर्दा जिल्लाका २४ मध्ये १२ गाविसमा खाद्यान्न अभाव भएको छ।

लामो खडेरीका कारण बर्खेबाली खेतमै सुकेको र हिउँमा भारी हिमपात नहृुदाँ बाली लगाउन नपाएको स्थानीयले बताए। जिल्लाका १२ गाविसलाई खाद्य संकटग्रस्त र १२ गाविसलाई खाद्य संकट उन्मुख गाविसका रुपमा लिइएको छ ।

]]>
8594 0 0 0
सटर खाली, सडकमा पसल http://localhost/ghum/%e0%a4%b8%e0%a4%9f%e0%a4%b0-%e0%a4%96%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b8%e0%a4%b2/ Mon, 22 Feb 2016 03:24:19 +0000 http://www.ghumphir.com.np/?p=8596 कृष्ण सारुमगर
फाल्गुण १०, हेटौंडा  ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हटौंडा–१० स्थित बसपार्कमा सडकमै पसल थापिएका छन् । तर, सँगै रहेका सटर भने बन्द छन् । सडकै ढाकिएका पसलहरूले बसपार्कलाई साँघुरो बनाउनुका साथै सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।
हेटौंडा उपमहानगरपालिकाले बसपार्कमा सञ्चालित फुटपाथे पसल व्यवस्थित गर्न ४० वटा सटर बनाए पनि प्रयोगमा आउन नसक्दा फुटपाथ थप अव्यवस्थित बनेको हो । २०६९ सालमा सटर निर्माण भएयता हेटौंडा उपमहानगरपालिकामा तीनजना कार्यकारी अधिकृत परिवर्तन भए तर अझै पनि सटर भाडामा लगाउन सकेको छैन ।
उपमहानगरपालिकाले सटर भाडामा लगाउन नसक्दा वार्षिक ५० लाख रुपैयाँ गुमाउँदै आएको छ । हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेवकुमार पोख्रेलले आफूले हिम्मत गरेरै सटर भाडामा लैजान ठेक्कामा दिएको बताए । ‘यसअघि पनि प्रयास भएका रहेछन्’, पोख्रेलले भने, ‘यसपटक ठेक्का लागि सक्यो अब भाडामा जान्छ, सडकमा पसल हुँदैन ।’
कार्यालयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि र कर्मचारीले आआफ्नै नजिकका व्यक्तिलाई सटर उपलब्ध गराउन जोड गरेपछि विवादका कारण सफल हुन नसकेर सटर ठेक्कामा दिइएको हो । वार्षिक ५६ लाख १९ हजार रुपैयाँ भाडा तिर्नेगरी हेटौंडाका व्यवसायी ईश्वर पण्डितले ठेक्का पारेका छन् ।
उपमहानगरपालिकाले सस्तो भाडादरमा सटर उपलब्ध गराउने सर्तमा विस्थापित गराएका व्यवसायीले भने बढी भाडा तिर्नेलाई सटर दिने गरी ठेकेदारलाई ठेक्का दिएको भन्दै विरोध गरेका छन् । सटरअघि पसल सञ्चालन गर्दै आएका सहदेव पुडासैनीले भने, ‘उपमहानगरपालिकाले हामीसँग गरेको सहमति कार्यान्वयन गर्नुपर्छ, बाहिरका मान्छे ल्याएर सटरमा राख्न पाइँदैन ।’
सटर बन्नुअघि यहाँ ४० वटा पसल सञ्चालनमा थिए । पसल सञ्चालकलाई सटर बनाएर राखिदिने आश्वासन दिएर हटाएको व्यवसायी कृष्णहरि पुडासैनीले बताए । ‘यहाँ पहिले पसल गरेकालाई दिनुपर्छ भन्ने हाम्रो माग हो । जसले पैसा बढी दिन्छ उसैलाई दिने कुरा हामीलाई मान्य छैन’, उनले भने ।
उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख दुर्गा न्यौपानेले सोही स्थानमा पसल सञ्चालन गरेको प्रमाण लिएर आउनेलाई प्राथमिकता दिने बताए । ‘सटर बनेको तीन वर्षसम्म पनि भाडामा लगाउन नसक्दा हामीले करिब डेढ करोड रुपैयाँ गुमाइसकेका छौं’, न्यौपानेले भने, ‘यसपटक जसरी पनि सटर भाडामा लगाएर छाड्छौं ।’
सटर निर्माण कम्पनी निहारिक बिल्डर्सले अनुमानित लागत मूल्यभन्दा ४० प्रतिशत कममा ठेक्का पारेर ३६ लाख रुपैयाँमा सटर निर्माण गरेको थियो । उपमहानगरपालिकाले बसपार्कमै रहेका पुराना दुई सय ७३ वटा सटर तथा स्टल भने मकवानपुर उद्योग वाणिज्य संघसँगको साझेदारीमा भाडामा लगाएको छ ।
२०७१ मंसिरमा सार्वजनिक निजी साझेदारी मोडेलमा सात प्रतिशत संघले व्यवस्थापन खर्च पाउने सम्झौतासहित भाडामा लगाएको हो । उपमहानगरपालिकाले सटर तथा स्टल भाडामा लगाएर वार्षिक एक करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ ।
]]>
8596 0 0 0
आउँदैछ :खस्दा नफुट्‍ने आईफोन ७ http://localhost/ghum/%e0%a4%86%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88%e0%a4%9b-%e0%a4%96%e0%a4%b8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a8%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a5%8d%e2%80%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%86%e0%a4%88/ Mon, 22 Feb 2016 03:27:06 +0000 http://www.ghumphir.com.np/?p=8599 बहुचर्चित अमेरिकन मोबाइल कम्पनी एप्पलले ल्याउन लागेको नयाँ आइफोन ७ मा प्यारासुट सिस्टम आउने दाबी गरिएको छ। यसअघि आइफोन ७ मा लामो दुरीको वायरलेस चार्जिङ सिष्टम कम हुने दाबी गरिए पनि यूट्यूब च्‍यानल सोनिटड्‍याकले प्यारासुट सिस्टम आउने दाबी गरेको हो।
यो प्यारासुट सिस्टमको मद्दतले आइफोन कुनै ठाउँबाट खसे पनि यसको डिस्प्ले ड्‍यामेज नहुने तथा पछाडीबाट नै जमिनमा खस्ने दाबी गरिएको छ।
यसको लागि यो आइफोन ७ मा एक प्रकारको चिपको प्रयोग गरिएको हुन्छ जसमा प्रोग्जिमिटी सेन्सर लेन्स लगाइएको हुन्छ। प्रोग्जिमिटी सेन्सर अब्जेक्टबाट जमिको दुरी पत्ता लगाउने गरि मिलाएर राखिएको हुन्छ।
यो सन्सरमा सिओटु अर्थात कार्बनडाई अक्साइड चौबर राखिएको हुनेछ जसको मद्दतबाट उक्त सेनसरले काम गरिरहेको हुनेछ। यसलाई भिडियोमा देखाए जसरी नै आईफोन७ लाई कार्बनडाई अक्साइड ग्‍यासबाट चार्ज गर्नुपर्ने हुन्छ।
यो भिडियो सही वा गलत जे पनि हुन सक्छ तर आउँदो आईफोन७ मा भने प्यारासुट सिस्टम हुन्छ भन्नेमा विश्‍वास गर्न सकिन्छ।
यसअघि लिक रिपोर्ट्सलेब ताए अनुसार आईफोन7 वायरलेस मात्र नभइ लामो दुरी सम्म वायरलेस चार्जिङ सिस्टमभन्दा केही कम हुन्छ। यस्तै न्‍यूयोर्क पोस्ट्का अनुसार एप्पल Energous नामक स्टार्टअपसँग जोडिएको छ। यो स्टार्टअप वायरलेस चार्जिङ चिप WattUp लाई भनेर चिनिएको हुन्छ।
यो WattUp टेक्नोलोजीको मद्दतबाट आउने आगामी आईफोन १५ फिट दुरीबाट वायरलेस चार्जरको सहायताबाट चार्ज हुनेछ। यो  WattUpलाई  आईफोनको भित्र इस्टल गर्नुपर्ने हुन्छ किनकी यो चिपको आकार एकदमै सानो बनाइएको हुन्छ। यसका साथै यो आइफोनलाई वायरलेस ट्रान्समिटरको आवश्यकता हुनेछ। यसलाई कोठाको जुनसुकै कुनामा राखेर पनि चार्ज गर्न सकिनेछ।
यता, जापानी ब्लग माकोटाकाराका अनुसार स्मार्टफोन आईफोन7लाई १ मिमि भन्दा पनि पातलो बनाउनको लागि३.५ मोटाइ भएको आडियो ज्‍याकको हेडसेटबाट हटाइ दिनेछ। यसको सट्टामा कम्‍पनीले अडियो ज्‍याकलाई कुनै पातलो अडियो ज्‍याकसँग जडान गरिदिनेछ।
आइफोनको अलग्गै हेडसेटमा ३ जीबीको र्याम,  ५.५ इन्चको डिस्प्ले हुन सक्‍ने अनुमान गरिएको छ। यस्तै आइफोन ७ वाटरप्रूफ हुने गरी बनाइएको हुनेछ। लीक रिपोर्ट्सका अनुसार  आइफोन ७मा डब्बल लेन्स रियर क्‍यामरा रहनेछ  जसको पिक्चर क्वालटी डीएसएलआर जस्तै हुनेछ।
]]>
8599 0 0 0
मागेरै चलाउछ प्रहरीले गुजारा http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%b0%e0%a5%88-%e0%a4%9a%e0%a4%b2%e0%a4%be%e0%a4%89%e0%a4%9b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a5%81/ Mon, 22 Feb 2016 03:48:27 +0000 http://www.ghumphir.com.np/?p=8604
१० फागुन, काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय, झपासँग चार गाडी र आधा दर्जनभन्दा बढी बाइक छन् । अञ्चल प्रहरी र इलाका प्रहरीका पनि आआफ्नै गाडी छन् ।

policeसरकारले अलग्गै खर्च नदिँदा यी गाडी मर्मत गर्न र तेल हाल्न समस्या परेको गुनासो प्रहरी बारम्बार दोहोर्‍याइरहन्छ । आजको नागरिक दैनिकमा समाचार छ ।

तर, झापामा दौडने प्रहरी गाडी चौबीसै घण्टा व्यस्त रहन्छन् । मर्मत वा तेल अभावमा थन्किएका घटना बिरलै मात्र छन् । आखिर कसरी चल्छ छ प्रहरीका गाडी ? यसको उत्तर प्रहरी अधिकारी नै निर्धैक्क दिन्छन्-‘मागेर ।

सरकारले सबैभन्दा धेरै बजेट लागानि गर्ने मध्येको नेपाल प्रहरी आफैँ भने मागेकै भरमा काम चलाईरहेको छ । गाडी मर्मत र इन्धनखर्च मात्र होइन, भवन निर्माणजस्ता ठूला लगानी र बिजुली, खानेपानी महसुल सम्म पनि प्रहरीले मागेको भरमा जुटाउदै आएको छ ।

]]>
8604 0 0 0
पिकनिक जान सरकारी गाडी ! http://localhost/ghum/%e0%a4%aa%e0%a4%bf%e0%a4%95%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%9c%e0%a4%be%e0%a4%a8-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a5%80/ Mon, 22 Feb 2016 03:51:23 +0000 http://www.ghumphir.com.np/?p=8607 १० फागुन, काठमाडौं ।

पाँचथरका कार्यालय प्रमुखहरुले सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ ।

panchthar_districtजिल्लाका सम्पूर्ण कार्यालयह प्रमुखहरु शनिबार आ आफ्नो कार्यालयका गाडी लिएर पिकनिकका लागि लालीखर्क पुगेका आजको कारोबार दैनिकमा समाचार छ ।

सरकारी काममा मात्र गाडी प्रयोग गर्ने नियम उल्लंघन गर्दे कार्यालय प्रमुखहरु शनिबार बिहानै सरकारी गाडीमा खासी बोकासहित वनभोज स्थलतर्फ लागेका हुन् ।

गाडी नभएका कार्यालय प्रमुखहरु भने लिफ्ट मागेर लालीखर्क पुगेका थिए ।

सरकारी विदाको दिन गाडी प्रयोग गर्नुलाई अख्तियारको दरुपयोग भन्न मिल्ने सरोकारवालाहरुले बताएका छन् ।

]]>
8607 0 0 0
कोरियाद्वारा यो वर्षको श्रमसम्झौैता दिन सुरु http://localhost/ghum/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%af%e0%a5%8b-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%b6/ Mon, 22 Feb 2016 03:56:56 +0000 http://www.ghumphir.com.np/?p=8610 १० फागुन, काठमाडौ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली अन्तर्गत सन २०१६ को श्रमसम्झौता दिन सुरु गेको छ ।

Koreaईपीएस कोरियाले हालै कामदार कोटा चयन र वितरणका लागि  तालकिा प्रकाशन गरेको हो । आजको कारोबार दैनिकमा समाचार छ ।

कोरियाको मानव संशाधन बिकासले सन २०१६ मा ३४२ कामदारको श्रम सम्झौता प्रदान गरिसकेको छ ।

झण्डै दुई लाख मासिक कमाइ हुने भएइकाले कोरिया आकर्षक राजगारीको गन्तब्य बनेको छ ।

साना तथा मझौला घरेलु उद्योगहरुमा आवश्यक कामदार आपूर्ति गर्न सरकारले हरेक वर्ष कोटा निर्धारण गर्ने गर्दछ ।

-

]]>
8610 0 0 0
दिल्लीमा ‘पानी नाकाबन्दी’ http://localhost/ghum/%e0%a4%a6%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80/ Mon, 22 Feb 2016 03:59:01 +0000 http://www.ghumphir.com.np/?p=8613 आरक्षणको माग गर्दै हरियाणामा आन्दोलन गरिरहेका जाट प्रदर्शनकारीले नयाँ दिल्लीमा पानी ल्याउने नहर थुनिदिएपछि पानीको हाहाकार भएको छ । ‘टाइम्स अफ इन्डिया’का अनुसार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्लीमा पानी सकिएको भन्दै नहर खुलाइदिन केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई आग्रह गरेका छन् ।

india strike

जाटहरुलाई पिछडिएको जातिमा समावेश गर्नुपर्ने र सरकारी निकायमा आरक्षण दिनुपर्ने मागमा भएको आन्दोलनमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ ।

‘मुनाक नहर बन्द गरिएपछि दिल्लीमा पानी अभाव भएको छ,’ केजरिवालको भनाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । पानी अभावका कारण सोमबारसम्म स्कुलहरु पनि बन्द गरिएको छ । परिक्षाहरु स्थगित गरिएको छ । उनले पानी खुलाउनका लागि सेना परिचालन गर्नुपर्ने सुझाव पनि दिएको बताएका छन् ।

उनले पानी आए पनि वितरण व्यवस्था मिलाउन २४ घन्टा लाग्ने भन्दै सबैलाई पानी जोगाउन पनि अपिल गरेका छन् । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अस्पताललगायतका अत्यावश्यक सेवा प्रदायकबाहेकले सिमित पानी मात्र पाउने पनि उनले बताएका छन् ।

]]>
8613 0 0 0
सरकारबाट बाहिरिन प्रचण्डलाई दबाब http://localhost/ghum/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a4%bf%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a4%a3%e0%a5%8d%e0%a4%a1/ Mon, 22 Feb 2016 04:02:55 +0000 http://www.ghumphir.com.np/?p=8616 १० फागुन,काठमाडौं । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली नेतृत्व्को सरकारको मुख्य सहयोगी दल एमाओवादीभित्र सरकारबाट बाहिरिनुपर्ने बारेमा छलफल हुन थालेको छ ।

prachanda

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार आफ्नै निवास लाजिम्पाटमा बोलाएको पार्टी स्थायी समिति बैठकमा नेताहरुले सरकारबाट मन्त्रीलाई फिर्ता गराउन दबाब दिएका आजको अन्नपूर्णमा समाचार छ ।

दाहालले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउनेबारेमा प्रतिक्रिया नजनाए पनि महासचिव कृष्णबहादुर महरासहितका नेताले ओली नेतृत्वको सरकारको कडा आलोचना गर्दै सरकारबाट मन्त्रीलाई फिर्ता बलाउनुपर्ने धारण राखेका थिए ।

महरा र स्थायी समिति सदस्य जनार्दन शर्मा, चन्द्रदेव खनाल र गोपाल किराँती लगायतले मन्त्रीहरुको काम कारबाहीबाट जनता र कार्यकर्ता रुष्ट बन्दै गएकाले फिर्ता गराउन दाहालमाथि दबाब दिएइका हुन् । दाहाल उच्चस्तरीय राजनीतिक समतिका संयोजक पनि हन् ।

सरकारमा सहभागी भएका दुई महिना पुगेदेखि नै आफ्ना मन्त्रीहरुलाई फिर्ता गराउन दबाब झेल्दै आएका दाहाल अहिले थप दबाबमा छन् ।

सरकारले सय दिन पूरा गर्दासमेत जनताले राहत महसुस गर्न नसकेको, मन्त्रीहरु कर्मचारीतन्त्रको चंगुलमा फसेको, समस्या लिएर आएका जनता र कार्यकर्तालाई मन्त्रीले वेवास्ता गरेको, मन्त्रीले आफन्तलाई पोसेको, बाढीपहिरो र भूकम्पपीडितले राहत पाउन नसकेको, सर्वसाधारण जनता जीवन धान्नै नसक्ने गरी महँगीको मारमा पर्दा पनि सरकार मूकर्दशक बनेर बसेको आरोप लगाउँदै नेताहरुले मन्त्रीलाई तत्काल फिर्ता गरी पार्टीको इज्जत जोगाउन दाहालको ध्यानाकर्षण गराएका थिए ।

]]>
8616 0 0 0
पर्यटन व्यवसायीले न्यून ब्याजदरमा ऋण पाउने http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%82%e0%a4%a8/ Mon, 22 Feb 2016 04:12:07 +0000 http://www.ghumphir.com.np/?p=8620 फागुन १० , काठमाडौं ।

सरकारले भूकम्पबाट प्रभावित पर्यटन पूर्वाधार तथा सेवाको पुनस्र्थापनाका लागि सहुलियत ब्याजमा ऋण दिने भएको छ । आइतबार सार्वजनिक गरिएको पुनर्निर्माण नीतिमा यस्तो सुविधा दिइएको हो ।

होटल, होम स्टे, पर्यटकीय लज, टुरिष्ट गाइड व्यवसायमा लागेका व्यक्ति तथा परिवारले सहुलियत ऋण सहज तरिकाले पाउने नीतिमा उल्लेख छ । पर्यटकीय पदमार्गको मर्मत सम्भार तथा पुनस्र्थापना र पर्यटकीय गन्तव्य स्थलमा आवश्यक पूर्वाधारको विकास गरिने बताइएको छ ।

जोखिमयूक्त गाउँमा आपतकालीन अवस्थाका लागि एक बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिने भएको छ । क्षतिग्रस्त सम्पदा क्षेत्रमा पर्यटकहरुलाई सुरक्षित तवरले दृष्यावलोकन गर्ने व्यवस्था मिलाइने छ ।

सरकारले पर्वतीय पर्यटनमा संलग्न भई भूकम्पका कारण बेरोजगार भएका मजदूरहरुलाई पुनस्र्थापना गर्न विभिन्न उपाय अवलम्बन गर्ने भएको छ ।

विमानस्थलमा भौगार्भिक अध्ययन गरिने

सरकारले विमानस्थल रहेका स्थानको भौगोलिक र भौगर्भिक अवस्थाको बारेमा विज्ञहरुबाट अध्ययन गराई सुधार गर्नुपर्ने देखिएमा तत्काल सुधार गर्ने जनाएको छ ।

विमानस्थलमा विपदको अवस्थामा राहत सामग्री भण्डारण गर्ने प्रयोजनका लागि आवश्यक क्षमताको गोदाम घरको व्यवस्था गरिने छ । पुनर्निर्माण गरिने बस्तीहरुमा खुल्ला क्षेत्रको व्यवस्था गर्दा एउटा गाउँपालिकामा न्यूनतम एउटा हेलिप्याडको निर्माण गरिने भएको छ ।

]]>
8620 0 0 0
रानी महलकाे साैन्दर्य र बिशेषता (फाेटाे फिचर) http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a4%b2%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a5%88%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%af-%e0%a4%b0-%e0%a4%ac/ Mon, 22 Feb 2016 04:36:07 +0000 http://www.ghumphir.com.np/?p=8622 रानीमहल वि. सं १९५०मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् । यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो। यस महलको पूर्व तिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन्। त्यस्तै वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ।

दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएको थियो । आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा दरबारको निर्माण गरिए तापनि पाँच वर्षसम्म मात्र राज गर्न पाएको जानकारहरूको भनाइ छ ।

जनरल खड्ग शमशेर आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा इस १८९३मा एकातर्फ बुर्जाको जग काली गण्डकी नदीमा नै गरहेको महल भित्र पानी पोखरी मन्दिर बगैंचा आदि रहेको अत्यन्त मनमोहक ५६ फिट चौडाई ११२ फिट अग्ल्याई भएको चारतले भवन र त्यसको वरिपरिको वातावरणले सबैको मनमा साँच्चिकै आनन्द दिन्छ । पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम २।३० घण्टा पैदल यात्राबाट पुग्न सकिने रानीमहलको हाल पर्यटकीय सन्दर्भमा अत्यन्त महत्व राखेको छ ।

विसं १९६०मा खड्ग शमशेरले श्री ३को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफनो हातमा लिएका थिए । खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमुल्य बस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतिक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको स्थानिय वासिन्दाहरू बताउँछन् । दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई 'प्रेमको प्रतिक' का रूपमा लिइने गरिन्छ ।तस्बिहरु:बिशाल रानामगर

palpa DSC_0514 DSC_0522 DSC_0542 DSC_0550 DSC_0551 DSC_0608 ranimahal palpa DSC_0634

]]>
8622 0 0 0
इ-बस ल्याउनुपूर्व भौगोलिक अध्ययन गरिने http://localhost/ghum/%e0%a4%87-%e0%a4%ac%e0%a4%b8-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%81%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%ad%e0%a5%8c%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a4%bf/ Mon, 22 Feb 2016 04:50:49 +0000 http://www.ghumphir.com.np/?p=8633 फाल्गुण १०, काठमाडाैं । 
चीनबाट ल्याइने भनेको अपाङ्गमैत्री विद्युतीय बस (इ-बस) ल्याउनुपूर्व भौगोलिक अध्ययन गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले चीनबाट ल्याइन लागेको उक्त बस नेपालको भौगोलिक बनावटअनुसार सुहाउदो छ वा छैन भनेर भौगोलिक अध्ययन गर्न लागिएको महानगरपालिकाले जनाएको छ । “केही दिनमा चीनको मोटर कम्पनी सिआरआरसीटीका प्रतिनिधि नेपालको सडक अध्ययनका लागि आउने भएका छन्” महानगरपालिकाअन्र्तगत राजस्व महाशाखा प्रमुख महेश काफ्लेले भने ।
काफ्लेका अनुसार अध्ययनपछि मात्र सिआरआरसीटीले इ–बस उपलब्ध गराउन लागेको हो । सुरुमा ३० वटा बस ल्याउन लागिएको छ । ल्याउने बसमध्ये २० वटा महानगरले किन्ने छ भने १० वटा चीन सरकारले अनुदानमा दिने छ । इ–बस ल्याउनका लागि महानगरको प्राविधिकसहितको टोलिले चीन भ्रमणसमेत गरिसकेको छ ।
उक्त टोलिले नेपाली सडक सुहाउँदो अपाङ्गमैत्री बस प्रदान गर्न निर्माता कम्पनीलाई आग्रह गरेको अध्ययन टोलिमा संलग्न शिव अधिकारीले जानकारी दिए । सो विद्युतीय बस एक पटक चार्ज गरेपछि दुई सय किलोमिटरसम्म चल्छ । उक्त बस पूरा चार्ज गर्न तीन घण्टा लाग्ने बताइएको छ । एउटा चार्जिङ पम्पबाट दुईवटा बस चार्ज गर्न मिल्छ । चौध इन्चको ग्राउण्ड क्लियरेन्सको माध्यमबाट अपाङ्गले ह्विल चियरबाट बसमा चढ्न सक्छन् । बसभित्र ह्विलचियर अट्ने छुट्टै ठाउँको व्यवस्था गरिने छ ।
बसका केही सिट अपाङ्गमैत्री बनाउन प्रस्ताव गरिएको अधिकारीले बताए । चीनले ३५ सिट क्षमताको विद्युतीय मिनीबस सहयोगको प्रस्ताव गरेकोमा महानगरले भने कम्तीमा ४० सिट भएको बस उपलब्ध आग्रह गरेको छ । सानो बस ल्याउँदा भन्सार छुटमा समस्या हुने र थोरै यात्रु अट्ने भएकाले पनि बढी सिट भएको बस ल्याउनको लागि गृहकार्य भइरहेको महानगरपालिकाले जनाएको छ ।
शारीरिकरुपमा असक्षम व्यक्तिले पनि प्रयोग गर्नुपर्ने भएकाले सहजताको लागि महानगरपालिकाले उक्लने तथा ओर्लने गरी दुईवटा ढोकासहितको बस माग गरेको छ । महानगरले माग गरेको विद्युतीय बस कम्तिमा ११ मिटर लामो हुने बताइएको छ । विद्युतीय बसको मूल्य करिब एक करोड रुपैयाँ हुने छ ।
महानगरपालिकाका अनुसार ती अत्याधुनिक एवम् ठूला इलेक्ट्रिक बस पहिलो चरणमा साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा काठमाडौँ उपत्यकामा प्रयोग हुनेछन् । समय समयमा हुने गरेको इन्धन अभावले गर्दा यसकिसिमको बस ल्याउन लागेको हो । उपत्यकामा राम्रोसँग बस सञ्चालन गर्न सकिएमा केही समयपछि उपत्यका बाहिर पनि बस सञ्चालन गर्न सकिने बताइएको छ ।
]]>
8633 0 0 0
यी हुन् सामसुङ ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ बिशेषता http://localhost/ghum/%e0%a4%af%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%b8%e0%a5%81%e0%a4%99-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%b8/ Mon, 22 Feb 2016 05:01:41 +0000 http://www.ghumphir.com.np/?p=8635 सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज लन्च गरेको छ । यसमा पाँच लोकपि्रय फिचर छन्, जुन पछिल्लो स्मार्टफोनमा छैनन् ।

-ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज दुबैमा माइक्रोएसडी कार्ड लाग्छ । यसमा २०० गिगाबाइट (जीबी) सम्म स्टोरेज क्षमता बढ्छ ।

-यसको ब्याट्री क्षमता पहिलेको भन्दा बढी छ । एस ७ मा ३ हजार एमएएचको ब्याट्री राखिएको छ जहाँ कि एस ६ मा २५ सय एमएएचको थियो । यस्तै एस ७ एजमा ३६ सइ एमएएचको ब्याट्री छ जहाँ कि एस ६ एजमा जम्मा २६ एमएएचको थियो । एक पटक फुल चार्ज गरेपछि एस ७ एजमा १५ घन्टासम्म हाई डेफिनिशन भिडियो हेर्न सकिनेछ ।

Samsung-galaxy-s7-1-यसलाई आईपी ६८ वाटर रेजिस्टेन्स रेटिङ दिइएको छ । यसको अर्थ यो फोन आधा घन्टासम्म पानीमा सुरक्षित रहनेछ ।

-यसमा एक ‘अलवेज अन डिस्प्ले फङ्सन’ छ । जसले स्त्रिmन अन नगरेको बेलामा पनि नोटिफिकेशन र समय देखाउँछ ।

-यसमा नयाँ गेमिङ विधि र एक रियर क्यामरा छ । जसले कम प्रकाशमा पनि काम गर्छ । यसमा एस ६ मोडलको वारयलेस चार्जिङ क्षमता पनि छ ।

-सम्भवतः सामसुङको नयाँ फोनको सवैभन्दा ठूलो परिवर्तन क्यामेरा हो । एस ६ मा १६ मेगापिक्सेल रहेकेा क्यामेरा घटाएर अहिले जम्मा १२ मेगापिक्सेलको राखिएको छ । तर, सामसुङले १२ मेगापिक्सेलको क्यामेराले १६ मेगापिक्सेलभन्दा ५६ गुणा चम्किलो तस्वीर खिच्न सक्ने र कम प्रकाश भएको ठाउँमा पनि राम्रो तस्वीर आउने दावी गरेको छ ।

]]>
8635 0 0 0
बाँदर आतङ्कले कृषकको क्षति http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%b0-%e0%a4%86%e0%a4%a4%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b7/ Tue, 23 Feb 2016 03:16:24 +0000 http://www.ghumphir.com.np/?p=8642

मेलम्ची, ११ फागुन ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा पछिल्लो समयमा बाँदरले तरकारीखेती तथा धान उत्पादनका लागि राखिएका बीउबिजन नष्ट गर्न थालेपछि कृषकलाई हैरानी बढन थालेको छ । जिल्लाको मेलम्ची नगरपालिका वडा नं १२, १३ तथा उत्तरी गाविस थाङ्पालकोट, भोताङमा पछिल्लो समय बाँदरको बिगबिगी बढेसँगै कृषकले निकै दुःख खेप्नुपरेको मेलम्ची नगरपालिकाका कृषक तुलाराम दाहाल बताउनुहुन्छ । विभिन्न किसिमका कीटनाशक औषधि प्रयोग गरेर निकै मेहनत गरी उत्पादन गरेको बीउबिजन तथा तरकारीखेतीको उत्पादनका लागि राखिएको काउली, गोलभेँडा, बन्दाकोपीलगायतका बेर्ना बाँदरले नष्ट गर्ने गरेकाले किसान चिन्तित बनेको टोमशङ्खर दुलाल बताउनुहुन्छ । आलु उत्पादनका लागि महिनौँ लगाएर विभिन्न औषधि प्रयोग गरी गोडमेल गरी निकै मेहनतका साथ खट्यो तर बाँदरको बथानले उक्त आलुखेती एकैछिनमा नष्ट गरिदिएको अर्का कृषक हेमराज खतिवडाले गुनासो गर्नु भयो । रातभर चिसोमा बाँदर कुरेर बस्न नसकिने बिहान सबेरै उठेर तरकारीखेतीको संरक्षणका लागि जान पनि नभ्याउने भएकाले दुःख गरेर उत्पादन गरेको सबै तरकारी बाली बाँदरले दिनप्रतिदिन नष्ट गर्ने गरेको खतिवडाको भनाइ छ । बाँदरको उचित व्यवस्थापन गर्न नसकेकै कारणले पहिलेको तुलनामा तरकारी उत्पादनमा निकै कमी आएको कृृषकको भनाइ छ । बाँदरले यसरी दुःख दिँदै आएको र अब कसरी व्यवस्थापन गर्न सकिन्छ स्थानीयवासी र प्रशासनले छिटोभन्दा छिटो ध्यान दिएर उचित व्यवस्थापनमा लाग्नुपर्नेमा कृषकले जोड दिएका छन् ।

]]>
8642 0 0 0
शिक्षा कार्यक्रमको एक करोड १८ लाख रोक्का http://localhost/ghum/%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%8f%e0%a4%95-%e0%a4%95%e0%a4%b0/ Tue, 23 Feb 2016 03:17:37 +0000 http://www.ghumphir.com.np/?p=8645

महेन्द्रनगर (धनुषा), ११ फागुन ।

जिल्ला शिक्षा कार्यालय धनुषाले कार्यक्रम सञ्चालन नगरेको भन्दै झन्डै एक सय गैरसरकारी संस्थाकोे रु एक करोड १८ लाख रोक्का गरेको छ । गत वैशाखदेखि असारसम्म सञ्चालन गरिएको भनिएका साक्षर अभियान नेपालअन्तर्गत अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन नगरेको शिक्षा कार्यालयको दाबी रहेको छ । तत्कालीन जिल्ला शिक्षा अधिकारी शङ्कर कार्कीले काम नगरेको संस्थाको रकम निकासा नगर्न भन्नु भएको थियो । छानविन गर्दै कार्यक्रम सञ्चालन गरेको संस्थाको रकम फुकुवा गर्दै जानु भने पनि जिशिअ कार्कीको सरुवा भएपछि कार्यालयका कर्मचारीले त्यसतर्फ ध्यान नदिएको हुँदा काम गरेका संस्थाहरुले पनि निकासा नपाएको गुनासो गरेका छन् । कार्यक्रम सञ्चालन नगरेको भन्दै रकम रोक्का गरेको जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुले अनुगमन गरेबापत मोटो भत्ता बुझिसकेका छन् । कार्यक्रमको अनुगमनलगायत कार्यालय खर्चका लागि रु ५३ लाख छुट्याइएको थियो । यता अनौपचारिक शिक्षा कार्यक्रम सफल भएको सहायक जिल्ला शिक्षा अधिकारी दानीकान्त झाको दाबी छ । जिल्लामा अनौपचारिक शिक्षा कार्यक्रमले ८० प्रतिशत बढी सफलता हासिल गरेको कार्यक्रमको फोकल पर्सनसमेत रहेका सहायक जिल्ला शिक्षा अधिकारी झाको दाबी छ । धनुषालाई साक्षर जिल्ला बनाउन सहजकर्ताको तलबभत्ताबापत रु चार करोड २५ लाख २२ हजार, मसलन्दमा रु एक करोड ७५ लाख १३ हजार, व्यवस्थापन खर्च रु दुई लाख ८३ हजार र कार्यालय खर्च रु ५३ लाख छुट्याइएको थियो । शिक्षक नेताहरुले सञ्चालन गरेको झोले संस्थाहरुले निकासा पाए पनि काम गरेको संस्थाहरुको रोक्का गरिएको रकम फुकुवा गराउन जिल्ला शिक्षा कार्यालय धाउन बाध्य छन् । जिल्लामा कक्षा सञ्चालन नभए पनि कार्यालयले अनुगमनको पाटोमा रहेको बजेट चाहिँ खर्च गरेका छन् । कार्यक्रम सञ्चालन नगरेको संस्थाले निरक्षरलाई पनि साक्षर प्रमाणपत्र वितरण गरेका थिए ।

]]>
8645 0 0 0
ट्र्यापिङ विधिबाट दुर्लभ सालकको अध्ययन सुरु http://localhost/ghum/%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%bf%e0%a4%99-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%bf%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%ad/ Tue, 23 Feb 2016 03:20:45 +0000 http://www.ghumphir.com.np/?p=8647

रत्ननगर (चितवन), ११ फागुन ।

विश्व सालक दिवसको अवसर पारेर राष्ट्रिय प्रकृति संरक्षण कोष (जैविक विविधता संरक्षण केन्द्र) सौराहा चितवनले अतिसङ्कटापन्न दुर्लभ सालकको अध्ययन सुरु गरेको छ । क्यामेरा ट्र्यापिङ विधिको प्रयोग गरी सालकको अध्ययन थालेको कोषका प्रमुख डा चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । salakरानी सामुदायिक वन मकवानपुरबाट क्यामेरा प्रविधि जडान गरी सालक अध्ययन सुरुवात गरिएको उहाँले बताउनुभयो । सालक पाइने अन्य वनमा समेत अध्ययन गरिने जनाइएको छ । अति सङ्कटापन्न अवस्थामा पुगेकाले यस प्रजातिको संरक्षणका लागि अध्ययन थालिएको राष्ट्रिय प्रकृति संरक्षण कोष (जैविक विविधता संरक्षण केन्द्र)का प्रमुख डा पोख्रेलले बताउनुभयो । यस अध्ययनले सालकको विचरण, आनीबानी र वासस्थानका बारेमा जानकारी लिइनेछ । यसको व्यवस्थापनका लागि भावी कार्ययोजना तर्जुमा गर्न सहयोग पुग्ने कोषले जनाएको छ । यो कार्यक्रम रानी सामुदायिक वनबाट सुरु भई आसपासका अन्य सामुदायिक वनमा समेत सालकको अध्ययन, अनुसन्धान तथा अनुगमन गरिने जनाइएको छ । साथै गोर्खा जिल्लाका सामुदायिक वनमा समेत लागू गरिने बताइएको छ । हरियो वन कार्यक्रमको आर्थिक सहयोग तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (जैविक विविधता संरक्षण केन्द्र) सौराहाको प्राविधिक सहयोगमा अनुगमन सुरु गरिएको हो ।

]]>
8647 0 0 0
साइबर अपराधमा पक्राउ http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%ac%e0%a4%b0-%e0%a4%85%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%89/ Tue, 23 Feb 2016 03:22:24 +0000 http://www.ghumphir.com.np/?p=8650

काठमाडौँ, ११ फागुन ।

महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराध अन्तर्गत  नुवाकोटका शिव पौडेललाई पक्राउ गरेको छ । तुप्चे गाविस–१ का ३० वर्षीय पौडेललाई सामाजिक सञ्जाल मार्फत विभिन्न महिलाको अश्लील तस्बिर राख्ने तथा सन्देश प्रवाह गरी मानसिक यातना दिने गरेको अभियोग लगाइएको छ । उक्त महाशाखाबाट खटिएको प्रहरी समूहले पौडेललाई वैदेशिक रोजगारका सिलसिलामा कतारबाट नेपाल फर्कने क्रममा पक्राउ गरेको हो । प्रहरीले अनुसन्धानपछि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउन आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाएको छ ।

]]>
8650 0 0 0
नेपालमा पहिलो पटक सोलार स्कुटर संचालन http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%aa%e0%a4%9f%e0%a4%95-%e0%a4%b8%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b0-%e0%a4%b8/ Tue, 23 Feb 2016 03:25:33 +0000 http://www.ghumphir.com.np/?p=8653

काठमाडौँ, ११ फागुन ।

दमौलीका १७ वर्षीय विकल्प ढुङ्गानाले दुई वर्ष लगाएर सौर्य ऊर्जाबाट चल्ने स्कुटरको निर्माण गरेका छन् ।  पत्रकार सम्मेलन मार्फत सोलार जडित स्कुटर सार्वजनिक गरिएको हो । अनुसन्धानकर्ताले आफ्नी आमाको नामबाट स्कुटरको नाम ‘विष्णु सोलार स्कुटर’ राखेको जानकारी दिनुभयो । उहाँले आफूले नयाँ काम गर्न चाहेको तर राज्यले सहज वातावरण नबनाएको भनी गुनासो पनि गर्नुभयो । solar scoterसो अवसरमा विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले स्कुटरको शुभारम्भ गर्दै भविष्यमा विज्ञान प्रविधि क्षेत्रमा लाग्न सके नाकाबन्दीको मुकाबिला समेत गर्न सकिने र ढुङ्गानाजस्ता हजारौँ ऊर्जाशील युवालाई नेपालमै अध्ययन अनुसन्धान गर्ने वातावरण बन्ने भएकाले त्यसतर्फ आफू लागिपरेको बताउनुभयो । अनुसन्धानकर्ता धनगढीका सुमन पौडेलले विज्ञान प्रविधिसँग सम्बन्धित विषयमा राज्य गैरजिम्मेवार रहेको गुनासो गर्नुभयो । विष्णु सोलार स्कुटरमा स्मार्ट डिभाइस जडान गरिएको छ । यसले मौसमको जानकारी दिनाका साथै हराएमा स्थान हेर्न सकिनेछ । स्कुटर लगातार ६० किमी गुड्न सक्नेछ ।

]]>
8653 0 0 0
सामागाउँका बासिन्दा विरामी पर्न थाले http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a4%be/ Tue, 23 Feb 2016 03:28:04 +0000 http://www.ghumphir.com.np/?p=8656

गोरखा, ११ फागुन ।

उत्तरी गोरखाको सामागाउँका स्थानीयवासी झाडापखला, रुघाखोकी, ज्वरो र बान्ताले बिरामी परेका छन् । घरैपिच्छे बिरामीको सङ्ख्या बढ्दैजाँदा स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी छैनन् । क्यान नेपाल नामक संस्थाकी एक जना अनमीले बिरामीको उपचार सुरु गरेपनि पर्याप्त औषधि नहुँदा उपचारमा समस्या देखिएको सामागाउँका कर्मा छेवाङ लामाले जानकारी दिनुभयो फागुन ४ गतेदेखि फैलिएको झाडापखला र ज्वरोको प्रकोपले वृद्धवृद्धा र बालबालिका थला पारेका छन् । २५ जना भन्दा बढी विद्यालय जाने उमेरका बालबालिका र ४५ जनाभन्दा बढी वृद्धवृद्धा बिरामी छन् । बिरामीले औषधि र स्वास्थ्यकर्मीको माग गरेपनि जिल्ला जनस्वास्थ्य कार्यालयले खटाएको स्वास्थ्यकर्मीको टोली अझै गाउँ नपुगेको उहाँले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख महेन्द्रध्वज अधिकारीले उत्तरी गोरखाको बिही गाउँको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको टोलीलाई झाडापखला प्रकोप फैलिएको सामागाउँमा खटाइएको जानकारी दिनुभयो । बिहीबाट एक दिन एक बिहान हिडेपछि मात्रै सामागाउँ पुगिन्छ ।

]]>
8656 0 0 0
श्रद्धालु भक्तजन http://localhost/ghum/%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%b2%e0%a5%81-%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%9c%e0%a4%a8/ Tue, 23 Feb 2016 03:30:00 +0000 http://www.ghumphir.com.np/?p=8658 8658 0 0 0 खाद्य सुरक्षाको सहयोगी आलु http://localhost/ghum/%e0%a4%96%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%b9%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a5%80-%e0%a4%86/ Tue, 23 Feb 2016 03:31:28 +0000 http://www.ghumphir.com.np/?p=8661

जुम्ला, ११ फागुन ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाले आलुबालीलाई खाद्य सुरक्षाको अधिकतम सहयोगीका रुपमा लिएको छ । प्रतिहेक्टर १० टन उत्पादन हुने यो बाली यसवर्ष जुम्लामा २६ हजार पाँचसय मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । उन्नत जातका खुमल सेतो, कार्डिनल, एनपिआई १०६, कुफ्री ज्योति, जनकदेव र स्थानीय आलुसहित यो परिमाण उत्पादन भएको निमित्त वरिष्ठ कृषि विकास अधिृकत विष्णुबहादुर महतले जानकारी दिनुभयो । अधिकृत महतले अछाम, बझाङ, जाजरकोट, दैलेख, सुर्खेत नेपालगन्ज गरेर २४ मेट्रिक टन प्रतिकेजी रु ३० का दरले निर्यात गरिएको र बाँकी सबै जुम्लामा खपत भएको बताउनुभयो । आलुलाई लुकेको सम्पदा (हिडेन ट्रेजर) भनिन्छ, यसमा कार्बोहाइड्रेड, स्टार्चलगायतका आठ प्रकारका पोषणयुक्त तत्व पाइन्छ । तर यसको व्यापक प्रचारप्रसार हुन सकेको छैन । खुमल सेतो देख्नमा राम्रो र खानमा मीठो हुने भएकाले यसको उत्पादन जुम्लामा बढी भएको जनाइएको छ । आलुबाट चिप्स, फ्रेन्च फ्राई, समोसा, हलुवाई, ढिँडो, पिठो, भोट्कालगायतका विविध परिकार बनाउन सकिन्छ । यसले कर्णालीका नागरिकको खाद्य सुरक्षामा बढी टेवा दिएकाले कृषि कार्यालयले प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्ने नीति लिएको छ । दुमट माटोमा उत्पादन गरिने यो बाली जुम्लाका चौधबीस, पाँचसय र सिंजा भेकमा बढी उत्पादन हँुदै आएको कार्यालयले जनाएको छ । स्थानीय आवश्यकतालाई परिपूर्ति गरे पनि भनेजति आलु उत्पादन हुन नसकेको बताइएको छ ।

]]>
8661 0 0 0
आगलागीबाट दश लाखको क्षति http://localhost/ghum/%e0%a4%86%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a6%e0%a4%b6-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a4%e0%a4%bf/ Tue, 23 Feb 2016 03:32:34 +0000 http://www.ghumphir.com.np/?p=8663

सप्तरी, ११ फागुन ।

सप्तरीको बथनाहा गाविसमा गएराति आगलागी हुँदा करिब रु १० लाख मूल्य बराबरको क्षति भएको छ । जिल्लाको बथनाहा गाविस–५ स्थित ढिकुली निवासी नरेश मण्डलको घरबाट विद्युत सर्ट भइ अचानक सल्केको आगोले निजको एउटा र छिमेकी पितम्बर मण्डलको दुई गरी तीनवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीबाट घरमा रहेका अन्नपात ,लत्ताकपडा, भाँडाकुँडा खाद्यान्न र नगद जिन्सी गरी करिब रु १० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ । आगो स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको बताइएको छ ।

]]>
8663 0 0 0
धरहरा पुनर्निर्माण विवादमा http://localhost/ghum/%e0%a4%a7%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%a6/ Tue, 23 Feb 2016 03:36:24 +0000 http://www.ghumphir.com.np/?p=8665

ज्ञान न्यौपाने

भूकम्पपछि धरहरा क्षेत्रलाई व्यापारीकरण गरेर नाफा कमाइरहेको साइड वाकर्स ट्रेडर्स प्रालिलाई हटाउन स्थानीवासीले माग गरेका छन्। मंगलबार काठमाडौं महानगरपालिका कार्यालय पुगेर उनीहरुले साइड वासर्कलाई जिम्मेवारीमुक्त गर्न माग गरेका हुन्।
महानगरपालिकाबाट २० वर्षका लागि धरहरा क्षेत्र व्यवस्थापनको जिम्मा पाएको उक्त कम्पनीले ऐतिहासिक एवं पुरातात्विक धरहरा क्षेत्रलाई व्यापारीकरण गरेको भन्दै उनीहरुले कम्पनीलाई हटाएर धरहरा पुनर्निर्माण गर्न सुझाव पनि दिएका थिए। साथै, महानगरपालिका र साइड वासर्कको सम्झौतामा धरहरा पुनर्निर्माणको जिम्मा कम्पनीकै हुँदा पनि सरकारले जनताबाट रकम उठाएर पुनर्निर्माण गर्ने फागुन ४ को निर्णयप्रति पनि स्थानीयले आपत्ति जनाए। dharaharaवैशाख १२ को भूकम्पमा ढलेको धरहरा पुनर्निर्माणको कानुनी दायित्व, त्यसको सञ्चालन, संरक्षण, मर्मतसंहारको जिम्मा २०६१ वैशाख ३१ बाट साइड वाकर्सको हो। 'सम्झौता भएपछि साइड वाकर्सले १० करोड बराबरको बिमा गरेको छु भन्थ्यो। केही भए पुनर्निर्माण गर्छु पनि भनेको थियो,' टेवहालका स्थानीय गौतम डंगोलले महानगरपालिका प्रमख तथा विभागीय प्रमुखहरु उपस्थित रहेको बैठकमा भने, 'बिमा रकमले नपुगे पनि रकम थपेर पुनर्निर्माण गर्छु भनिसकेको छ। अब किन, जनतासँग रकम उठाउने?' कम्पनीले बनाउन नसक्ने भए उसलाई क्षतिपूर्ति तिराएर विस्थापित गर्नुपर्ने स्थानीयको धारणा छ। उनीहरुले महानगर कर्मचारीको मिलेमतोमा साइड वाकर्स कारबाहीबाट बचिरहेको समेत आरोप लगाए। 'सम्झौता विपरीत गरेका कामले भूकम्पअघि नै साइड वाकर्सलाई कारबाही गर्नुपर्ने हो,' उनको आरोप छ, 'तर महानगरपालिकामै साइड वाकर्सका एजेन्ट छन्, जसले केही हुन दिँदैनन्।' स्थानीयले महानगरपालिकाले धरहरामा मृत्यु भएकालाई क्षतिपूर्तिका लागि पनि पहल नगरेको आरोप लगाए। 'धरहरामा मृत्यु भएकालाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ,' उनले भने, 'स्थानीयसँग कुनै सरोकार नगरी यस्तो एकलौटि पाराले प्रधानमन्त्रीले कसरी निर्णय गर्न सक्नुहुन्छ?' त्यस्तै, वसन्तपुर झोँछेका स्थानीय गणपतिलाल श्रेष्ठले पनि कतिपय कर्मचारी साइड वाकर्सका एजेन्ट रहेकाले कारबाही ह्ुन नपाएको आरोप लगाए। 'सुरुदेखि नै कार्यान्वयन नभएका बुँदा थुप्रै छन्,' उनले भने, 'कर्मचारीहरु साइड वाकर्सका एजेन्ट हुँदा केही हुन पाएन।' कर्मचारीहरु सधैं साइड वाकर्सलाई नाफा भइरहोस् भनेर लागिरहेको उनीहरुको आरोप छ। महानगरपालिका प्रमुखभन्दा तल्लो तहका कर्मचारीको प्रवृत्तिले धरहरा सधैं जोखिममा रहिरहेको स्थानीले बताए। धरहरामा एक पटकमा १५ जनाभन्दा बढी मानिसलाई चढाउन नहुने भए पनि सधैं त्योभन्दा बढी मान्छे साइड वाकर्सले चढाइरहेको उनीहरुले जानकारी दिए। 'महानगरपालिकाले कहिल्यै हेरेर बसेन, साइड वाकर्सले मनपरी गर्न भ्यायो,' उनले थपे। भूकम्प गएको १० महिनाभन्दा बढी समयमा मृतक र घाइतेले केही नपाएको पनि उनको गुनासो थियो। 'मृतकले नै क्षतिपूर्ति नपाइरहेको अवस्थामा पनि साइड वाकर्सले पसल चलाइरहेको छ,' उनले भने, 'धरहरा नै नरहेपछि त्यहाँ व्यापार चलिरहनुको उद्देश्य के? यसमा पनि कर्मचारीकै मिलेमतो छ।' फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यप्रति पनि स्थानीयले चिन्ता व्यक्त गरेका थिए। 'धरहरा पुनर्निर्माणको भिजन नै नभई प्रधानमन्त्रीले जे पायो त्यही बोल्न पाइन्छ?' उनले प्रश्न गरे, 'पुरातत्वको हितविपरीत प्रधानमन्त्रीले नै कुरा गर्दा महानगरपालिका किन चुप लागेर बसेको?' प्रधानमन्त्रीले धरहरामा तीन तला पार्किङसहित लिफ्ट राखेर धरहरा पुनर्निर्माण गर्ने जस्ता कुरा बोलेका थिए। त्यस्तै, संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले साइड वाकर्सको सम्झौतामा नै महानगरपालिका झुकेर गरेको आरोप लगाए। धरहराको सम्झौतामात्र नभएर महानगरपालिकाले दिएका अन्य क्षेत्रमा पनि यस्ता सम्झौतामा महानगरपालिका झुकेको उनले आरोप लगाए। 'धरहराको विकास पसल थपेर हुँदैन,' उनले भने, 'खुला रुपले हुनुपर्छ।' उनले पनि नियमविपरीत मान्छे चढाएको र सम्झौताका कतिपय बुँदा कार्यान्वयन नहुँदा महानगरपालिका चुप लागेको आरोप लगाए। उनीहरुको माग सुनेपछि महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले कानुनी रुपमा महानगरपालिकाले सम्झौता पुनर्विचार गरेर अगाडि बढ्ने बताए। उनले सरकारले गराएको योजनामा महानगरपालिका संलग्न नभएको पनि स्पष्ट पारे। 'सरकारले महानगरपालिकासँग सल्लाह नगरी नै आफ्नो कार्यक्रम बनाएको हो,' उनले स्पष्ट पारे, 'हामीसँग भएको सम्झौताबारे कुरा भएन। त्यसैले हामीले कुनै कुरा बताउन पाएनौं।' उनले सम्झौतामा धरहरा पुनर्निर्माण साइड वासर्कको जिम्मा रहेकाले यसबारे दुई विकल्प स्थानीयमाझ राखेका थिए। 'साइड वाकर्ससँग ९ वर्ष सम्झौता अवधि नै छ। त्यसैले एउटा, सर्वसाधारणको पैसामा बनाउने र साइड वाकर्सलाई जिम्मेवारमुक्त बनाउने,' उनले विकल्प सुनाए, 'र, दोस्रो साइडवासर्कलाई नै बनाउन लगाउने र सम्झौता सकिएपछि उससँग सम्झौता नवीकरण नगर्ने।' सरकारको निर्णय मन्त्रिपरिषदबाटै स्वीकृत भइसकेका कारण अब कानुनी रुपमा पुनःविचार गरेर अगाडि बढ्ने उनले स्थानीयलाई बताए। सार्वजनिक निजी साझेदारीमा सम्पदाहरु दिँदा व्यापारीकरण बढेको भन्दै उनले अब कुनै पनि सम्पदा यसरी ठेक्कामा नदेखिने दाबी स्थानीयमाझ गरे। बागदरबारस्थित जेडिए कम्प्लेक्समा रहेको महानगरपालिका कार्यालयमा स्थानीयसँगको बैठकमा स्थानीयहरुसँग महानगरपालिका प्रमुख तामाङसहित प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्की, राजस्व विभाग प्रमुख नुरनिधि न्यौपाने, सम्पदा विभाग प्रमुख नारायणबाबु भट्टराई लगायत महाशाखा प्रमुखसहितका कर्मचारी उपस्थित थिए। 'धरहरामाथिबाट सर्वसाधारणलाई सशुल्क दृश्यावलोकन गराउने अधिकारसँगै सम्झौता अवधिभर धरहराको सुरक्षा, रंगरोगन तथा कुनै कारणवश भत्किए वा चर्किए सोको पुनर्निर्माण जिम्मा दोस्रो पक्ष (साइड वाकर्स) को हुनेछ,' सम्झौताको बुँदा नम्बर ५ मा उल्लेख छ। भूकम्पको शक्तिशाली धक्कासँगै धरहरा तहसनहस भए पनि त्यसको संरक्षण जिम्मेवारी पाएको साइड वाकर्स आर्थिक फाइदामै रह्यो। भग्नावशेष संरक्षणका लागि जस्तापाताले धरहरा मूलक्षेत्र घेरा लगाए पनि भूकम्पपछिका १० महिनापछि पनि खुला स्थानको व्यापारिक प्रयोग रोकिएन। सरकार धरहरा पुनः ठड्याउने आर्थिक स्रोत खोज्नमै व्यस्त रह्यो, उता निजी कम्पनी साइड वाकर्सले यो अवधिमा त्यही स्थान प्रयोग गरेर ६० लाखभन्दा बढी कमायो। मूल परिसरबाहिर रहेको भवनमा रहेका पसल र मूल परिसरमा रहेको होटल अहिले पनि निर्बाध चलिरहेका छन्। सरकार जनतासँग पैसा उठाएर धरहरालाई पुरानै अवस्थामा ठड्याउने योजनाको रेखा कोर्न व्यस्त हुँदा निजी कम्पनी भने त्यसैको आडमा मासिक लाखौं आम्दानी गरिरहेको छ। महानगर र साइड वाकर्सबीच सम्झौतामा साइड वाकर्सले सम्झौताअनुसार काम नगरे सम्झौता तोड्न सक्ने अधिकार महानगरमा छ। महानगर–साइड वाकर्सबीच २०६८ माघ २२ को पुनरावलोकन सम्झौताको बुँदा ९ अनुसार 'सम्झौताअनुसार दायित्व परिपालन नगरे प्रथम पक्ष (महानगरपालिका)ले एकतर्फी रुपमा सम्झौता भंग गरी सुन्धारा क्षेत्र आफैंले जिम्मेवारी लिन सक्ने' उल्लेख छ। सुन्धारा धरहरा क्षेत्र नै जिम्मा पाए पनि ११ वर्षसम्म उसले धरहराको व्यापारीकरणबाहेक अन्य कुनै बुँदा कार्यान्वयन नगर्दासमेत महानगर अधिकारी मौन नै रहे। पुरातात्विक क्षेत्रको पूर्ण व्यापारीकरण हुँदासमेत महानगरले हस्तक्षेप त के, सम्झौताअनुसार आफूले पाउनुपर्ने रकमसमेत समयमै उठाउन सकेन। भूकम्पपछिको १० महिनाको अवस्था पनि उस्तै रह्यो। सम्झाता अनुसार कमै  दुई सय ५० फिट अग्लो धरहरा १९९० को भूकम्पले ढलेपछि तत्कालीन सरकारले २ सय ३ फिट अग्लो धरहरा बनाएको थियो। २०६१ मा महानगर र साइड वाकर्सबीच सम्झौताको ४ नम्बर बुँदामा ५ रोपनी २ आना क्षेत्रफल रहेको सुन्धारा–धरहरा क्षेत्र सर्वसाधारणको प्रयोगका लागि नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको सालिकसहितको पार्क तथा व्यवस्थित उद्यान, स्मारिका पसल, फलफूल पसल, सञ्चार क्षेत्र तथा सर्वसाधारणले प्रयोग गर्न सक्ने सार्वजनिक शौचालयसहितको चमेनागृह दोस्रो पक्ष (साइडवाकर्स) ले खोल्न र चलाउने पाउने उल्लेख छ। सम्झौताको ५ औं बुँदाले धरहरामा सर्वसाधारणलाई सशुल्क चढाउने अधिकार साइड वाकर्सले पाएलगत्तै उसले उद्यान निर्माण र धरहरा रंगरोगन गरी सञ्चालनमा तत्काल ल्यायो। चमेनागृह र शौचालय बनाउने बुँदामा टेकेर उत्तरतिर भवन बन्यो, जसको प्रयोग केवल व्यापारिक योजनामा भयो। सम्झौताअनुसार सुन्धारा क्षेत्रको पुनर्निर्माण, सुन्धाराबाट पानी ल्याई सो क्षेत्रको विकास जिम्मेवारीसमेत साइड वाकर्सकै हो। तर, उसले यो ११ वर्षको बीचमा केवल धरहरा क्षेत्रको मात्रै दोहन गरिरह्यो। सुन्धारा क्षेत्र उस्तै बिरुपै रह्यो। वाकर्सले सम्झौता पालना नगरे पनि महानगरपालिका अधिकारी मौन रहे। पुरातात्विक क्षेत्रको पूर्ण व्यापारीकरण हुँदासमेत महानगरले हस्तक्षेप त के सम्झौताअनुसार आफूले पाउनुपर्ने रकमसमेत समयमै उठाउन सकेनन्। धरहरा भत्किइसक्यो तर अझै महानगरले साइड वाकर्सबाट करिब ४० लाख पाएकै छैन। महानगर अधिकारी मौन रहे पनि स्थानीय पुरातात्विक सम्पदाको चरम व्यापारीकरणको विपक्षमा उभिइरहे। महानगरले विवादित साइड वाकर्सलाई पहिलो सम्झौता पालना गराउनुको साटो २०६९ चैत ५ मा पुरक सम्झौता गर्दै थप अधिकार दिएपछि स्थानीय आन्दोलित भए। महानगरले उसलाई हनुमानढोका दरबार क्षेत्र घुम्न आएका पर्यटकलाई धरहरा घुमेको समेत शुल्क उठाउने अधिकार दिएपछि धरहरा, वसन्तपुर र न्युरोडका स्थानीय १० महिनासम्म आन्दोलित भए। स्थानीयको आन्दोलनसँगै यो मुद्दा सर्वोच्च पुगेपछि अदालतले पुरक सम्झौता खारेज गरिदियो।साभार नागरीक
]]>
8665 0 0 0
गोदाममै कुहियो ३३ करोडको चामल http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%a6%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a5%88-%e0%a4%95%e0%a5%81%e0%a4%b9%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a5%a9%e0%a5%a9-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b/ Tue, 23 Feb 2016 03:40:39 +0000 http://www.ghumphir.com.np/?p=8668 काठमाडौं ,११ फागुन ।
भूकम्पपीडितका लागि बंगलादेश सरकारले राहतस्वरुप उपलब्ध गराएको करोडौं रुपैयाँ मूल्यको चामल सरकारी गोदाममै कुहिन थालेको छ। वैशाख १२ र २९ को भुइँचालोबाट प्रभावितलाई राहत दिन बंगलादेशले एक लाख क्विन्टल चामल पठाएको थियो। त्यसमध्ये ७८ हजार २ सय ९१ क्विन्टल चामल खाद्य संस्थानको गोदाममै सड्ने अवस्थामा पुगेको हो।
१० महिनाअघि भण्डारण गरिएको चामल वितरण गर्ने निर्णय नहुँदा संस्थानको लहान, बिर्तामोड र काठमाडौंका गोदाममा थन्किएको छ। लामो समय भण्डारण गरेर राख्दा चामलको गुणस्तरमा ह्रास आएको संस्थानका बिर्तामोडप्रमुख मार्कण्डेयप्रसाद जैसवालले बताए। 'छिटो बाँड्नुपर्योत भनेर पटकपटक आग्रह गरेका छौं,' उनले भने, 'किन काम भइरहेको छैन, बुझ्न सकिएन।' गृह मन्त्रालयलगायत उपल्लो निकायले निर्णय नगर्दा राहत वितरण हुन नसकेको उनको भनाइ छ। तत्काल वितरण नगरे उक्त परिमाणको चामल बिग्रिने खतरा रहेको पनि उनले जानकारी दिए। सरकारको निर्देशनमा खाद्यसंस्थानले जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत भूकम्प प्रभावित १४ जिल्लामा करिब २१ हजार ७ सय ९ क्विन्टल चामल वितरण गरेको थियो। संस्थानको बिर्तामोड गोदाममा ६१ हजार ४ सय ३३, काठमाडौंमा १६ हजार ३ सय ८७ र लहानमा ४ सय ७० क्विन्टल चामल छ। नेपाल खाद्य संस्थानका प्रवक्ता पवन कार्कीका अनुसार सरकारले वितरण निर्णय नलिँदा अनुदानको चामल गोदाममै थन्किएको हो। 'भूकम्पपीडितका लागि बंगलादेशबाट आएको करिब साढे २१ हजार क्विन्टल चामल वितरण गर्यौंा,' कार्कीले भने, 'बाँकी वितरण गर्न निर्देशन नआएकाले गोदाममै राखेका छौं।' प्रतिकिलो ४२ रुपैयाँका दरले हिसाब गर्दा सो चामलको बजार मूल्य ३२ करोड ८८ लाख २२ हजार रुपैयाँ हुन्छ। भूकम्पपीडित जनता भोकभोकै बस्नुपर्ने अवस्थातिर उन्मुख छन्। भूकम्प प्रभावित सिन्धुपाल्चोकमा मात्रै करिब २० हजार घरधुरीका जनता खाद्य असुरक्षामा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। '३३ गाविसका भूकम्पपीडितलाई खाद्यान्न समस्या छ,' जिल्ला कृषि विकास कार्यालय, सिन्धुपाल्चोकका प्रमुख हिक्मतकुमार श्रेष्ठले भने, 'यहाँ चामललगायत खाद्यान्न अभाव भए पनि खाद्यसंस्थानबाट आएको छैन।' केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले खाद्यान्न बाँडे पनि समस्या कायमै रहेको बताए। उता, रसुवामा तीन शिविरबाट खाद्यान्न माग आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। खाद्य संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले भने भूकम्पप्रभावित जिल्लाबाट चामलको माग नआएको भन्दै टार्ने प्रयास गरे। माग नआएपछि सरकारले बेच्ने तयारी गरेको उनले बताए। चामल बिग्रिन थालेको भने उनले स्विकारे। 'धेरै लामो समय भण्डार गरेर राख्नु राम्रो होइन,' महाप्रबन्धक श्रेष्ठले भने, 'बिक्री गर्ने तयारी गरेकाले सरकारको राय मागिरहेका छौं।' खाद्य संस्थान सञ्चालक समितिले सरकारको राय मागेकाले त्यसको जवाफ आएपछि प्रक्रिया अघि बढ्ने उनले बताए। संस्थानले माग नआएको बताए पनि भूकम्प प्रभावित जिल्लाका शिविरमा रहेका पीडितमा खाद्यान्न समस्या चर्कंदो छ। गृह मन्त्रालयले सो चामल बिक्री गरेर पछि सरकारले मागेको अवस्थामा उपलब्ध गराउन निर्देशन दिए पनि सरोकारवाला निकायबीच मत विभाजित हुँदा निर्णय हुन सकेको छैन। भूकम्पपीडितलाई आएको चामल बिक्री गर्ने तयारी गरेपछि सो चामल लक्षित समुदायलाई नै वितरण गर्न राष्ट्रिय मानव अधिकार आयोगले निर्देशन दिएको थियो। आयोगको निर्देशनबाट खाद्य संस्थान अन्योलमा परेको थियो। संस्थानले सो चामल अहिले बेच्ने र पछि सरकारले मागेका बेला सोही गुणस्तरको चामल उपलब्ध गराउने सैद्धान्तिक सहमति जनाएको थियो। स्रोतका अनुसार सो चामलको गुणस्तर खस्किएकाले संस्थानले सस्तो मूल्यमा बेच्ने तयारी गरेको छ। बंगलादेशबाट आएको चामल सबै उसिना हो। भूकम्पपीडितले बिहान–बेलुका छाक टार्न हम्मे परेका बेला अनुदानमा आएको चामल गोदाममा राखेकोमा भूकम्प प्रभावित जिल्लाका अधिकारी पनि आक्रोशित छन्। चामल वितरण गर्ने काम गृह मन्त्रालयको भएको आपूर्ति मन्त्रालयका सचिव विष्णु लम्सालले बताए। 'गृह मन्त्रालयले चाहिएका बेला उपलब्ध गराउने गरी बेच्न खाद्य संस्थानलाई अनुमति दिएको जानकारी आएको छ,' उनले भने, 'सम्बन्धित निकायले नै त्यसको टुंगो लगाउनुपर्छ।' उचित भण्डारण र समयमै ढुवानी हुन नसक्दा करिब ५ हजार किलो चामल जेठमै कुहिएको समाचार सार्वजनिक भएको थियो। तेस्रो देशबाट आयातित चामल सार्वजनिक खरिद ऐनअन्तर्गत ढुवानी गर्नुपर्ने सरकारी प्रावधानका कारण सुरुमा चामल ढुवानीमा ढिलाइ भएको थियो। जिल्ला दैवीप्रकोप उद्धार समितिले आवश्यक परिमाणसहित उल्लेख गरेर ढुवानीका लागि आदेश दिएपछि मात्रै संस्थानले प्रभावित क्षेत्रमा पठाएको थियो। तत्कालीन अवस्थामा २ सय बोरा चामल पानीले भिजेका कारण उपयोग गर्न नमिल्ने खालको थियो।
]]>
8668 0 0 0
तारा एयरको ट्वीनअटर विमान सम्पर्कविहीन http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%9f%e0%a5%8d%e0%a4%b5%e0%a5%80%e0%a4%a8%e0%a4%85%e0%a4%9f%e0%a4%b0-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be/ Wed, 24 Feb 2016 03:45:14 +0000 http://www.ghumphir.com.np/?p=8671 फागुन १२,काठमाडौं

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनटर विमान सम्पर्कविहीन भएको छ।बुधवार विहान ७ बजेर ५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एयरको 9NAHH  ट्वीनअटर विमान सम्पर्कबिहीन भएको हो। विमानमा चालक दलका तीन सदस्य र २० यात्रु  सवार थिए। विमानमा दुर्इजना विदेशी र १८  जना सवार रहेको विमानस्थल स्रोतले जनकाएको छ। यस्तै विमानमा दुर्इजना बालबालिका पनि सवार रहेको बताइएको छ। प्रहरीले पनि विमान सम्पर्क बाहिर रहेको जानकारी आइसकेको जनाएको छ।

]]>
8671 0 0 0
एसियाकै पर्वतीय पर्यटनको आकर्षण केन्द्र बन्दै पर्वतीय सङ्ग्रहालय http://localhost/ghum/%e0%a4%8f%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%88-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%95%e0%a5%8b/ Wed, 24 Feb 2016 03:51:39 +0000 http://www.ghumphir.com.np/?p=8673 हरि बास्तोला पोखरा, १२ फागुन ।

पोखरा उपमहानगरपालिका वडा नं १७ स्थित अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्वतीय पर्यटनको अध्ययन गर्ने अध्येताका लागि एसियाकै आकर्षणको केन्द्र बन्दै गएको छ । नेपाल पर्वतारोहण सङ्घको रु ११ करोड ३० लाख ४८ हजार ८५० को लागतमा एक सय रोपनीमा फैलिएको परिसरको करिब छ रोपनी आठ आना क्षेत्रफलमा निर्माण सम्पन्न भई २०६१ साल माघदेखि सञ्चालनमा आएको उक्त सङ्ग्रहालयमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट विभिन्न अध्येता अध्ययन तथा अनुसन्धानका साथै साहसिक पर्यटकीय खेल र मनोरञ्जनको भरपुर आनन्द लिनका लागि आउने गरेका छन् । पर्वतीय पर्यटनका विभिन्न विषयको प्रत्यक्ष जानकारी गराउने किसिमले सङ्ग्रहालयमा धेरै पक्ष समेट्ने प्रयास गरिएको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले बताउनुभयो । उहाँका अनुसार हिमालै हिमालको देशका रुपमा परिचित नेपालमा आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा, सात हजार ५०० देखि सात हजार ९९९ सम्मका ४०, छ हजारदेखि छ हजार ९९९ सम्मका ६०३ सहित कुल एक हजार ९१३ वटा हिमचुचुरा रहेको र तिनीहरूको जानकारी एकै ठाउँबाट लिन सक्ने गरी सङ्ग्रहालयमा व्यवस्था गरिएको छ । “एउटै छानामुनि विश्वका उच्च हिमाली शृङ्खलाको सङ्ग्रहालयमा जानकारी लिन सकिन्छ”, उहाँले भन्नुभयो – “हाल फोटोहरू प्रदर्शन गरिएकामा निकट भविष्यमा नै आठ हजार मिटरभन्दा माथिका सबै हिम शृङ्खलाको आकार आउने गरी नमुना तयार गरिने छ ।” सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थीलाई रु ४० र सर्वसाधारण नेपालीका लागि रु ८० शुल्क लाग्ने व्यवस्था गरिएको छ भने सार्कअन्तर्गतका पर्यटकलाई रु २०० र अन्य विदेशीका लागि रु ४०० अवलोकन शुल्क निर्धारण गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष एवम् सङ्ग्रहालयका संयोजक सन्तवीर लामाले बताउनुभयो । लामाका अनुसार सङ्ग्रहालयमा हालसम्म १२ लाख ३५ हजार ४४० जनाले टिकट काटेर अवलोकन गर्दा रु १० करोड चार लाख १७ हजार २८ आम्दानी भएको छ । विश्वका मान्यता प्राप्त आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा हिम शिखरमध्ये आठ हजार ८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथासहित आठवटा हिमाल नेपालमा पर्दछन् । नेपालमा पर्ने अन्य हिमालमा आठ हजार ५०६ मिटर कञ्चनजङ्घा, आठ हजार ५१६ मिटर लोप्से, आठ हजार ४८५ मिटर मकालु, आठ हजार २०२ मिटर चोयु, आठ हजार १६७ धौलागिरि, आठ हजार १६३ मनास्लु र आरोहण इतिहासको अग्रणी हिमाल अन्नपूर्ण आठ हजार ९१ मिटर अग्ला रहेका छन् । सरकारद्वारा गठित पिक प्रोफाइल सवकमिटीका संयोजकसमेत रहनुभएका आङछिरिङ शेर्पाका अनुसार आठ हजार ५०५ मिटर योलुङकाँङ, आठ हजार ४७६ मिटर कञ्चनजङ्घा साउथ, आठ हजार ४७६ मिटर कञ्चनजङ्घा सेन्टर, आठ हजार ४१३ मिटर लोत्से सार र आठ हजारभन्दा माथिको एउटामात्र भर्जिन हिमाल आठ हजार ७७ मिटरको हेलुङखाँङ वयस्टसहित नेपालका थप छवटा हिमशृङ्खलाले निकट भविष्यमा मान्यता प्राप्त गर्नेछन् । सङ्ग्रहालयमा पर्वतारोहण, पदयात्री, स्किइङ, सिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवम् ऐतिहासिक पक्षहरुको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्री प्रदर्शन गरिएको पर्वतारोहण सङ्घका सल्लाहकार डा गणेश गुरुङले बताउनुभयो । सङ्ग्रहालयमा विश्वकै अग्लो सगरमाथाको चुचुरो र गहिरो इजरायलको डेडसीबाट ल्याइएको चट्टानसमेत अवलोकन गर्न पाइनुले यो स्थान आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण माध्यम भएको छ । अपाङ्गमैत्री उक्त सङ्ग्रहालयमा पर्वतीय मानिस, पर्वत तथा विविध पर्वतीय क्रियाकलाप तथा सहयोगी र सामाजिक गरी चार कक्षमा १२ उपकक्ष रहेको कार्यालय प्रमुख बलप्रसाद राईले बताउनुभयो । एसियाकै नमुनाका रुपमा रहेको सङ्ग्रहालयमा भारत, पाकिस्तान, चीन, जापान, स्लोभानिया, ताइवान, अस्ट्रेलिया, बेलायत, अमेरिका, इजरायल, कोरियालगायतका विभिन्न देशका पर्वतीय गतिविधि झल्काउने सामग्री प्रदर्शन गरिएको छ । राईका अनुसार विश्वशान्तिको कामनाका साथ विभिन्न मुलुकका ख्यातिप्राप्त हिमाल आरोही, शुभचिन्तक, शुभेच्छुकसहित जापानको हिरोसिमामा सम्पन्न विश्व सम्मेलनमा हिमाल र हिमाली क्षेत्रको सुधारका लागि गरिएको सामूहिक प्रतिबद्धतासहितको हस्ताक्षरसमेत सङ्ग्रहालयमा प्रदर्शन गरिएको छ । सङ्ग्रहालयको बाहिरी क्षेत्रमा पर्वतीय सङ्ग्रहालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने दाबानोर्बु शेर्पा, डा हर्क गुरुङ र कुमार खड्गविक्रम शाहको अर्धकदको शालिक निर्माण गरिनुका साथै मनोरम मनास्लु हिमालको मोडल तथा कृत्रिम क्लाइमिङ वालसमेत निर्माण गरिएको छ । सङ्ग्रहालयमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गरेको छ । हालसम्म विद्यार्थी पाँच लाख ९० हजार ८५२, नेपाली सर्वसाधारण तीन लाख ८१ हजार ९६७, सार्क राष्ट्रबाट ९२ हजार ६६९, अन्य बाह्य एक लाख ६० हजार ४२५ जनाले अवलोकन गरिसकेका छन् । सङ्ग्रहालय परिसर बाहिरमात्र घुम्ने प्रयोजनका लागि १० हजार ६४ जनाले हालसम्म टिकट काटेका छन् भने ६४ हजार ७० जना विशेष अतिथिले सङ्ग्रहालयको अवलोकन गरेका छन् । पछिल्लो समयमा विभिन्न शैक्षिक संस्थाबाट पर्वतीय पर्यटनको अध्ययनका लागि स्वदेशी एवम् विदेशी विद्यार्थी आउने क्रम बढेको सङ्ग्रहालयले जनाएको छ ।

]]>
8673 0 0 0
उद्योग व्यापारलाई प्रवद्र्धन गर्न सरकार तत्पर :मन्त्री पाण्डेय http://localhost/ghum/%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d/ Wed, 24 Feb 2016 03:53:52 +0000 http://www.ghumphir.com.np/?p=8675 नवलपरासी, १२ फागुन ।

नवलपरासीको सुनवलमा सञ्चालित पश्चिमाञ्चलस्तरीय दोस्रो औद्योगिक व्यापार मेला एवम् दोस्रो नवलपरासी महोत्सव सकिएको छ । महोत्सवको मङ्गलबार साँझ समापन गर्दै उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले साना ठूला सबैखाले उद्योग व्यापारलाई प्रवद्र्धन गर्न सरकार तत्पर रहेको बताउनुभयो । आर्थिक विकास नभएसम्म देश विकास नहुने भएकाले देशमा आर्थिक विकासका लागि पनि उद्योग व्यापार फस्टाउन जरुरी रहेको उहाँले विचार व्यक्त गर्नु भयो । महोत्सव अवधिभरि करिब रु छ करोड ५० लाखको आर्थिक कारोबार भएको आयोजक उद्योग वाणिज्य सङ्घले जनाएको छ । नेपालसहित छिमेकी भारतका गरी करिब दुई लाख दर्शकले मेलाको अवलोकन गरेको सङ्घका अध्यक्ष भीमबहादुर थापाले बताउनुभयो । कृषि, पर्यटन, उद्योग, व्यापार प्रवद्र्धन एवम् सूचना प्रविधिको बृहत् प्रदर्शन गरी मेलामा विभिन्न ३०० वटा कक्ष राखिएको थियो । १२ दिनसम्म सञ्चालन भएको मेलाबाट राष्ट्रिय तथा जिल्लामा उत्पादन गरिएको घरेलु वस्तुको बजार प्रवद्र्धन भएको सङ्घका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले बताउनुभयो । नवलपरासी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गौतमबुद्धको अष्टधातु रहेको रामग्राम स्तूपाको स्ट्याचु (आकृति) मेलाको मुख्य आकर्षणका रुपमा राखिएको थियो ।

]]>
8675 0 0 0
एघार सय बढी योजना माग http://localhost/ghum/%e0%a4%8f%e0%a4%98%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%af-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%97/ Wed, 24 Feb 2016 03:56:04 +0000 http://www.ghumphir.com.np/?p=8677 बाबियाचौर (म्याग्दी), १२ फागुन । आगामी आव ०७३÷७४ का लागि म्याग्दीमा रु एक अर्ब २० करोड बजेटका एक हजार १०० भन्दा बढी विकास योजनाको माग भएको छ । गाउँ, इलाकास्तरीय योजना तर्जुमा गोष्ठी र विषयगत समितिको बैठकबाट प्राथमिकीकरण गरी आगामी वर्षका लागि एक हजार १३९ वटा योजनाका लागि रु एक अर्ब २० करोड ९० लाख १४ हजार बजेट प्रस्ताव भएको हो । जिविसको आयोजनामा मङ्गलबार बेनीमा भएको एकीकृत योजना तर्जुमा समितिको बैठकले माग भएको योजना र प्रस्तावित बजेट जिल्ला परिषद्मार्फत राष्ट्रिय योजना आयोग हुँदै सम्बन्धित मन्त्रालयहरुमा पठाउने निर्णय गरेको छ । आगामी वर्षका लागि सबैभन्दा बढी भूक्षय तथा नदी नियन्त्रणसम्बन्धी ९२ वटा योजनाको माग प्राप्त भएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । त्यस्तै, सडक, खानेपानी, पदमार्ग, सरकारी कार्यालयका भवन, सिँचाइ, झोलुङ्गे पुल, विद्युतीकरण, कृषि, पर्यटन, स्वास्थ्य, सरसफाइ, शिक्षासम्बन्धी योजना बढी छन् ।]]> 8677 0 0 0 सम्पर्कविहीन तारा एयरको ट्वीनटर सेनाको हेलिकप्टर र एयर डाइनेष्टीको हेलिकप्टरबाट खोजीदै http://localhost/ghum/%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%b9%e0%a5%80%e0%a4%a8-%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%95%e0%a5%8b/ Wed, 24 Feb 2016 04:15:56 +0000 http://www.ghumphir.com.np/?p=8679 पोखरा, १२ फागुन ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार जहाज म्याग्दीको कुनै स्थानमा दुर्धटनामा परेको हुनसक्ने संभावनालाई दृष्टिगत गरी नेपाली सेनाको हेलिकप्टर र एयर डाइनेष्टीको हेलिकप्टरबाट खोजीकार्य भइरहेको छ बताउनुभयो अधिकारीका अनुसार जोमसोमका लागि उडेको तारा एयरको ट्वीनटर विमान सम्पर्कविहीन भयको हो बुधवार विहान ७ बजेर ५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एयरको ढल्ब्ज्ज्  ट्वीनअटर विमान सम्पर्कबिहीन भएको हो। विमानमा चालक दलका तीन सदस्य र २० यात्रु  सवार थिए। विमानमा दुर्इजना विदेशी र १८  जना सवार रहेको  छ।  विमानमा दुर्इजना बालबालिका पनि सवार रहेको बताइएको छ। प्रहरीले पनि विमान सम्पर्क बाहिर रहेको जानकारी आइसकेको जनाएको छ।

]]>
8679 0 0 0
तारा एयरको जहाज दुर्घटना :४ वटा शव भीरमा, १९ वटा दुर्घटनास्थलमा http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be/ Thu, 25 Feb 2016 03:11:55 +0000 http://www.ghumphir.com.np/?p=8681 १३ फागुन ।

तारा एयरको जहाज दुर्घटनाग्रस्त स्थल म्याग्दीको दाना गाविसको तिर्खेढुंगामा शव संकलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली  गएको छ। मौसम खरावीका कारण हिजो गएको टोली फर्किएपछि बिहीवार बिहान फेरि टोली त्यसतर्फ गएको हो ।

जहाज दुर्घटनास्थलमा १९ वटा मात्र शव भेटिएको म्याग्दी प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए। ४ वटा शव सोलीघोप्टे भीरमा देखिएको उनले बताए। भीरमा रहेको शव निकाल्न तालिमप्राप्त मानिसहरु झिकाइएको उनले बताए।

दुर्घटनास्थलमा पुगेको टोलीले दुर्घटना भएको नजिकै हेलीप्याड बनाइरहेको  छ।

त्यसपछि थप सहायतका लागि डाइनेष्टी एयरको हेलिकप्टर त्यहाँ जानेछ।

पोखराबाट जोमसोमका लागि हिजो बिहान उडेको जहाज एक्कासी सम्पर्कविहिन भएको थियो । दिउँसो जहाज तिर्खेढुंगामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। जहाज दुर्घटनामा परेकाहरुको शवलाई आजै काठमाडौं पठाइने खड्काले बताए।

]]>
8681 0 0 0
रकम बुझाएको दशबर्षमा पनि बलेन बिजुली http://localhost/ghum/%e0%a4%b0%e0%a4%95%e0%a4%ae-%e0%a4%ac%e0%a5%81%e0%a4%9d%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%b6%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf/ Thu, 25 Feb 2016 03:13:40 +0000 http://www.ghumphir.com.np/?p=8684

सोलुखुम्बु, १३ फागुन ।

जिल्लाको नेचा वेतघारी गाविसमा निर्माणाधीन सोलुखोला तुइनटार लघुजलविद्युत् आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ । विसं २०६३ मा निर्माण प्रक्रिया सुरु गरेको सो आयोजनाको काम २०६४ सालदेखि सुरु गरी विसं २०६७ सालमा सम्पन्न गर्ने सम्झौता भएको थियो । करिब ६० प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै आउनुभएका आयोजनाका पूर्व अध्यक्ष हर्कमान राईले यसअघि नै सम्पन्न गरी बिजुली बाल्ने प्रतिबद्धता जनाए तापनि हालसम्म त्यसको कुनै सङ्केत नदेखिएको त्यहाँका स्थानीयवासीले बताएका छन् । सहयोगी संस्था रिमरेकले गत जेठ महिनाभित्र आयोजनाको विद्युत् नबलेमा रकम फ्रिज गरिदिने चेतावनी दिएको भए तापनि बिजुली बल्न सकेको छैन । पुरानो समितिले काम गर्न नसकेको भन्दै नयाँ समिति परिवर्तन गरी स्थानीयवासी जसबहादुर राईको अध्यक्षतामा अर्को समिति गठन गरेको तर उक्त समितिले पनि कुनै काम अगाडि बढाउन नसक्दा आयोजना झनै अलपत्र परेको छ । यसअघि भएको सार्वजनिक सुनुवाइमा अध्यक्ष राईले विद्युत् आयोजनाको हालसम्मको आय रु ७३ लाख ५६ अजार ७५४ रहेको र रु ६५ लाख ६९ हजार २८८ खर्च भएको तथा १० लाख ८४ हजार ४६५ रुपैयाँ ५० पैसा मौज्दात रहेको बताउनुभएको छ । पछिल्लो समय आर्थिक अनुदानसमेत थप भएको भए पनि कामले कुनै गति लिन सकेको छैन । पुरानो उपभोक्ता समितिले हेलिकप्टर चार्टर गरेर टर्वाइन ल्याउन नसक्दा बिजुली बाल्न नसकिएको बताएको थियो । स्थानीयवासीले आयोजनाको काम समयमा सम्पन्न नभएकोमा गुनासो गर्दै जसरी भएपनि चाँडै बिजुली बाल्न माग गरेका छन् । स्थानीयवासीले २०६४ सालमै प्रतिघर रु दुई हजार ५०० नगद र ११ दिन श्रमदान गरेको भए पनि वर्षौंसम्म बिजुली नबल्दा स्थानीय निराश बनेका छन् । एक सय किलोवाट क्षमताको सो आयोजनाबाट स्थानीयवासी करिब एक हजार १०० घरधुरी लाभान्वित हुने जनाइएको छ ।

]]>
8684 0 0 0
मदारबाबा मेला देशविदेशमा पनि प्रशिद्ध http://localhost/ghum/%e0%a4%ae%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a4%be-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be/ Thu, 25 Feb 2016 03:16:21 +0000 http://www.ghumphir.com.np/?p=8687

नवलपरासी, १३ फागुन ।

नवलपरासीमा आगामी फागुन १५ देखि २४ गतेसम्म लाग्ने मदारबाबा मेला सञ्चालनका लागि सबै तयारी पूरा भएको छ ।मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र बनेको सो मेला सफल बनाउन मेलास्थलसम्म दर्शनार्थी सहजरुपले पुग्ने गरी सबै तयारी पूरा भएको जनाइएको छ । मदारबाबाको मुख्यस्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी टाढा पहाड क्षेत्रको दुम्किबास डाँडामा रहेको छ । अधिकांश भारतीय मूलका दर्शनार्थी आउने सो मेलामा बाबाको स्थल पुगेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास छ । मदारबाबा क्षेत्रको मेलामा यस वर्ष करिब १५ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको मेला आयोजक कुलबुल मदरसा कुडिया नवलपरासीका अध्यक्ष जमालुद्धिन अन्सारीले बताउनुभयो । मदारबाबाको मुख्य समाधिस्थलका मुख्य पुजारी अमिरुल्लाह अन्सारीले विगत ५०० वर्षदेखि यो मेला निरन्तर लाग्दै आएको जानकारी दिनुभयो । मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रशिद्ध रहेको छ । सातसय बिरामीले पाए उपचार यसैबीच, नवलपरासीको गैँडाकोटमा सञ्चालित आँखा परीक्षण शिविरबाट करिब ७०० बिरामीले उपचार सेवा पाएका छन् । नेपाल आँखा अस्पतालको आयोजनामा ३२ जना चिकित्सकको समूहले गरेको शिविरमा ७०० सर्वसाधारणले आँखाको उपचार पाएका हुन् । सो क्रममा आँखा शिविरमा धेरैजसो बिरामीमा मोतिबिन्दु, आँखा कमजोर तथा विभिन्न किसिमका आँखाका समस्या देखिएका थिए । शिविरबाट धेरै सर्वसाधारण लाभान्वित बनेको भन्दै आँखाका बिरामीले खुसी व्यक्त गरेका छन् । पछिल्लो समय बढ्दै गएका आँखाका बिरामीलाई लक्षित गर्दै गैँडाकोट नेवापुचको व्यवस्थापनमा जनता उच्च माविमा शिविरको आयोजना गरिएको हो ।

]]>
8687 0 0 0
भोजपुरमा सोह्रवटा टेलिकम टावर बन्दै http://localhost/ghum/%e0%a4%ad%e0%a5%8b%e0%a4%9c%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8b%e0%a4%b9%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%ae/ Thu, 25 Feb 2016 03:18:47 +0000 http://www.ghumphir.com.np/?p=8690

भोजपुर, १३ फागुन ।

नेपाल टेलिकमले भोजपुर जिल्लाको ग्रामीण भेगलाई सूचना र सञ्चारको पहुँचमा ल्याउनका लागि टावर विस्तारलाई तीव्रता दिइरहेको छ ।नेपाल टेलिकम भोजपुरले जिल्लाका विभिन्न ठाउँमा १३ वटा जिएसएम बिटिएस टावर थप्ने जनाएको छ । १३ वटा नयाँ टावरसँगै पहिले सञ्चालनमा आएका तीन गरी जिल्लाका विभिन्न स्थानमा १६ वटा टावर सञ्चालनमा रहनेछन् । टावर विस्तार गरिने स्थानमा, अन्नपूर्ण गाविसको आमलाला डाँडा, भैसीपंखाको अरुणडाँडा, वास्तिम गाविसको झन्डीडाँडा, हसनपुर गाविसको थुम्की, दुम्माना गाविसको राईगाउँ, बासिखोरा गाविसको बाग्चाखा डाँडा, मानेभञ्ज्याङ गाविसको आहालेडाँडामा रहने भएको हो । त्यस्तै, पात्लेपानी गाविसको टाकुरेडाँडा, देवान्टार गाविसको बयाङ बजार, सिन्द्राङ गाविसको जोरआहाले डाँडा, याङ्पाङ्ग गाविस, याकु गाविसकोे हरेलुडाँडा र बालङ्खा गाविसको बालङ्खा डाँडालगायतका ठाउँमा बिटिएस टावर सञ्चालनमा ल्याइने नेपाल टेलिकम भोजपुरका प्रमुख रामकुमार माझीले जानकारी दिनुभयो । नयाँ निर्माणमा बासिखोरा गाविसको अनएयर भइसकेको र घोरेटारको पनि संचालनमा आइसकेको प्रमुख माझीले जानकारी दिनुभयो । त्यस्तै, अन्नपूर्ण गाविसको आमलालाडाँडामा टावर रहने र ओख्रे गाविसमा यसअघि नै टावर सञ्चालनमा छ । टेलिकमले विटियस टावर विस्तारसँगै भोजपुरलाई लक्षित गरी नेटवर्क सुधारसँगै अप्टिकल फाइवरको काम भइरहेको समेत जानकारी दिएको छ । भोजपुर जिल्लाका ग्रामीण भेगमा फोन गर्नका लागि अग्लाअग्ला डाँडातर्फ कुद्नुपर्ने बाध्यता रहेको अवस्थामा नेपाल टेलिकमले गर्न लागेको यो कार्य निकै राम्रो भएको सर्वसाधारणको बुझाइ छ । यदि यो कार्य प्रभावकारी ढङ्गले पूर्णरुपमा सञ्चालनमा आएको खण्डमा जिल्लाका जुनसुकै कुनामा पनि सहजरुपमा सञ्चार प्रविधिको पहुँच पुग्न सक्नेछ ।

]]>
8690 0 0 0
जाडो गयो तर आएन न्यानो कपडाको रकम http://localhost/ghum/%e0%a4%9c%e0%a4%be%e0%a4%a1%e0%a5%8b-%e0%a4%97%e0%a4%af%e0%a5%8b-%e0%a4%a4%e0%a4%b0-%e0%a4%86%e0%a4%8f%e0%a4%a8-%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%95%e0%a4%aa%e0%a4%a1/ Thu, 25 Feb 2016 03:24:13 +0000 http://www.ghumphir.com.np/?p=8692

आदित्य दाहाल मेलम्ची, १३ फागुन ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा जाडोका लागि वितरण गरिएको रु १० हजार राहत रकम भूकम्पपीडितले फागुन लाग्दासमेत पाउन सकेका छैनन् । नगरपालिकाको १ देखि १५ नं वडासम्ममा जम्मा १७ हजार ४०८ घरधुरी छन् जसमा दुई हजार ७८ घरधुरीले अझै राहत रकम पाएका छैनन् । नगरपालिकाभित्रकै वडा नं १० र ११ मा अझै रकम वितरण सुरु गर्ने छाँटकाँट देखिँदैन । यी दुई वडामा न्यानो कपडा खरिदका लागि भनेर अहिलेसम्म कुनै रकम वितरण भएको छैन । सरकारले गर्मी मौसम सुरु भइसक्दा पनि रकम वितरण नगरेकोमा भूकम्पपीडित मर्कामा परेको मेलम्ची नगर विकास समितिका सदस्य प्रकाश दाहाल बताउनुहुन्छ । नगरपालिकाका १५ वटा वडामा आठ हजार ६३१ घरधुरीलाई विभिन्न सङ्घसंस्था र नेपाल सरकारबाट गरी जम्मा रु १२ करोड ९६ लाख ६० हजार वितरण गरिएको मेलम्ची नपाका प्रशासन प्रमुख कृष्ण ज्ञवालीले जानकारी दिनुभयो । नगरपालिकाभित्रका वडा नं १२ र १३ बाहेक अन्य बाँकी रहेका १३ वटा वडाका दुई हजार ७८ घरधुरीले राहत रकम नपाएको गुनासो गरेका छन् । मेलम्ची नगरपालिका वडा नं १५ का रामकाजी देउजा भन्नुहुन्छ –“जाडोका लागि दिने भनिएको रकम अहिलेसम्म दिन नसक्ने सरकारबाट पुनःनिर्माणका लागि सहयोगको आशा कसरी गर्ने, जाडोको रकम वितरणका लागि त यति धेरै समय लगाउनेले वर्षा लाग्नु अगाडि नै घर बनाउँछ भनेर कसरी पत्याउने ?” मेलम्ची नपाका कार्यकारी अधिकृत पूर्णप्रसाद दुलालले अहिलेसम्म रेडक्रसले मेलम्ची नगरपालिका वडा नं १२ र १३ मा एक हजार १५०, नगरपालिका र अन्य संस्थाको सहयोगमा सात हजार ४८१ घरधुरीलाई रु १० हजार वितरण गरेको र बाँकी अन्य दुई हजार ७८ घरधुरीलाई नपुग रकम जिल्ला दैवी प्रकोप उद्धार समितिमा रकम माग गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दवाडीले नपुग रकम केन्द्रमा माग गरिएको र रकम आउनेबित्तिकै वितरण गरिने जानकारी दिनुभयो ।

]]>
8692 0 0 0
भरतपुरका चार फार्मेसीमा तालाबन्दी http://localhost/ghum/%e0%a4%ad%e0%a4%b0%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%ab%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be/ Thu, 25 Feb 2016 03:27:03 +0000 http://www.ghumphir.com.np/?p=8695

चितवन, १३ फागुन ।

औषधि व्यवस्था विभागले बुधबार भरतपुरका औषधी पसलहरुको अनुगमन गर्ने क्रममा चारवटा फार्मेसीमा तालाबन्दी गरेको छ ।नारायणगढको पोखरा बसपार्कमा रहेको स्वीकृति आयुर्वेदिक औषधालय, प्रदिमा फार्मेसी, साकार मेडिकल हल र पुल्चोकको नारायण फर्मामा दर्तावाल व्यक्ति नरहेर अन्य व्यक्तिले औषधि बेचेको पाएपछि ती फार्मेसी बन्द गराइएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्र शर्माका अनुसार १२ वटा फार्मेसीमा अनुगमन गरिएकोमा ती फार्मेसीमा सम्बन्धित व्यक्ति नरहेकाले तालाबन्दी गरिएको हो । सम्बन्धित व्यक्ति उपस्थित भएपछि मात्रै फार्मेसी सञ्चालन गर्न विभागको टोलीले निर्देशन गरेको छ । सो क्रममा पोखरा बसपार्क, पुल्चोक हुँदै भरतपुरको कलेज अफ मेडिकल साइन्सेसभित्र रहेका चारवटा फार्मेसीको पनि अनुगमन गरिएको थियो । मेडिकल कलेजको फर्मेसीका सम्बन्धमा विभिन्न गुनासा आएकाले आकस्मिक निरीक्षण गरिएको भएपनि हालका लागि भने त्यस्तो केही नभेटिएको उहाँले बताउनुभयो । सो क्रममा प्रमाणपत्र नवीकरण नभएका र बिलमा मिति र ब्याच नम्बर उल्लेख नगर्नेलाई यथाशक्य छिटो ती कुरा समावेश गर्न निर्देशन दिइएको पनि उहाँले बताउनुभयो । अनुगमन टोलीमा विभाग, विभागको क्षेत्रीय कार्यालय वीरगन्ज र जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि सहभागी रहनुभएको थियो ।

]]>
8695 0 0 0
पोखरा–जोमसोम जोखिमपूर्ण उडान http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%9c%e0%a5%8b%e0%a4%ae%e0%a4%b8%e0%a5%8b%e0%a4%ae-%e0%a4%9c%e0%a5%8b%e0%a4%96%e0%a4%bf%e0%a4%ae%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3/ Thu, 25 Feb 2016 03:35:03 +0000 http://www.ghumphir.com.np/?p=8697 शिव शर्मा

जोमसोम पुग्न हवाई सेवा पोखराबाट सहज छ । तर बेलाबखतका दुर्घटनाले यो रुटको यात्रामा जानेलाई ढुक्क हुने अवस्था भने छैन । पोखरा र जोमसोमबाट उड्ने क्रममा मौसम अनुकूल देखिए पनि बीचमा गएर हवाई दुर्घटना भएका छन् ।

plane crash

बुधबार पनि पोखराबाट उडेको तारा एयरको विमान म्याग्दीको दाना गाविस क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलसहित २३ यात्रु परे । ‘सहरी क्षेत्रमा अनुकूल अवस्था रहे पनि बीच भागको अवस्था थाहा हुँदैन’ जोमसोम विमानस्थल प्रमुख सूर्य खत्रीले भने, ‘जहाज बीचमै पुगेर सम्पर्कविच्छेद भएर पछिल्ला दुर्घटना भएका छन् ।’

बुधबारको तारा एयर दुर्घटना आसपासकै क्षेत्रमा सन् १९९८मा एटीएससी लुम्बिनी एयरको विमान दुर्घटना हुदाँ चालकदलसहित १८ को ज्यान गएको थियो । अहिले पर्यटकीय अफसिजन भएकाले अधिकांश पोखरा–जोमसोमका लागि आवातजावत गर्ने स्थानीय, सरकारी कर्मचारी र दुई बालकसहित चार विदेशी परेका छन् ।

०६९ जेठ १ मा भएको दुर्घटनामा चालकदलका २ सदस्य, १६ भारतीय पर्यटक सवार रहेका थिए । घटनामा चालकदलका २ र १३ भारतीय पर्यटकको ज्यान गएको थियो । विमानमा आगो नलागेकाले ६ जनाको घाइते अवस्थामा उद्धार हुन सकेको थियो । सबै भारतीय पर्यटक मुक्तिनाथ दर्शनका लागि आएका थिए । जहाज जोमसोम विमानस्थलमा अवतरणका क्रममा नजिकैको पानीट्यांकी डाँडामा ठोक्किएर दुर्घटना भएको थियो ।

उक्त अग्नि एयरको विमान दुर्घटना भएको ठिक एक वर्षपछि फेरि जोमसोममा नेपाल एयरलाइन्सको विमान दुर्घटना भयो । जहाज मार्फा गाविस–५ स्थित पुथाङ विमानस्थलको धावनमार्गबाट कालीगण्डकी नदीमा खस्दा चालक दलका सदस्य समेत सबै २१ जना यात्रु घाइते भएका थिए ।

विमानस्थलको धावनमार्गमा ओर्लिएको जहाज झन्डै २० मिटर अघि बढेपछि केही तल कालीगण्डकी नदीमा खसेको थियो । यो घटनापछि नेपाली एयरलाइन्सको पोखरा–जोमसोम उडान दुई/तीन पटक उडाएपछि नियमित हुन सकेको छैन ।

पोखरा–जोमसोमका लागि गोमा एयरले एक वर्षअघि उडान सुरु गरे पनि नियमित गर्न सकेन । पोखरा विमानस्थलमा जहाजको चक्का नखुलेको घटनापछि उडान भएन । सञ्चालन भएको १० देखि १२ पटक मात्रै उडान भरेको जोमसोम विमानस्थलले जनाएको छ । यो दुर्घटनामा भने यात्रुको ज्यान गएन ।

जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान ०५९ भदौ ३ गते दुर्घटना हुँदा १८ जनाको घटनास्थलमा मुत्यु भएको थियो । विमान दुर्घटना भएर पोखरा–जोमसोम हवाई उडानमा यस्ता मानवीय क्षति भए पनि विमानस्थलमै चक्का नखुल्ने जस्ता घटनाहरू पनि बारम्बार हुँदै आएका छन् । सिम्रिक एयरले उडान सुरु गरे पनि गत पुसदेखि यात्रुको चाप नभएको भन्दै उडाएको छैन ।

वैशाखदेखि नेपाल वायुसेवा निगम, सिम्रिक र गोमा एयरले उडान भर्ने जनाएको जोमसोम विमानस्थल प्रमुख खत्रीले बताए । उनका अनुसार सिजन सुरु भएलगत्तै सबै एयरलाइन्सले पोखरा–जोमसोम उडान नियमित गर्छन् ।

यती एयरलाइन्सले भने अफसिजनमा पनि पोखरा–जोमसोमका लागि नियमित उडान गर्दै आएको थियो । पर्यटकीय सिजन सुरु भएपछि भने पोखरा–जोमसोम उडानमा मुक्तिनाथ दर्शन र घुम्नका लागि भारतीय तथा तेस्रो मुलुकका पर्यटकले अधिक मात्रामा हवाई सेवा प्रयोग गर्दै आएका छन् ।त्यसैगरी मुक्तिनाथ, प्रभु, सिम्रिक लगायतका एयरलाइन्सले हेलिकप्टर पनि उडाउँदै आएका छन् साभार कान्तिपुर

]]>
8697 0 0 0
जुम्लालाई ६ नं प्रदेशको सुन्दर सहर बनाइने http://localhost/ghum/%e0%a4%9c%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a5%ac-%e0%a4%a8%e0%a4%82-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%95%e0%a5%8b-%e0%a4%b8/ Thu, 25 Feb 2016 03:36:50 +0000 http://www.ghumphir.com.np/?p=8701

जुम्ला, १३ फागुन ।

एनेकपा (माओवादी) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले जुम्लालाई प्रदेश नं ६ को सुन्दर सहर निर्माण गर्ने योजना तयार गरिएको बताउनुभएको छ । आन्तरिक पार्टी निर्माणको सन्दर्भमा बुधवार जुम्ला आइपुग्नुभएका नेता शर्माले पत्रकार भेटघाट कार्यक्रममा कुरा गर्दै आफ्नो पार्टीले प्रदेश नं ६ को सबै कुरालाई समेटेर कार्य योजना निर्माण गरेको जनाउनुभयो । प्रदेश नं ६ का इन्चार्जसमेत रहनुभएका नेता शर्माले भर्खरै मात्र यो प्रदेशको कार्ययोजना तयार गरी सुर्खेतमा सार्वजनिक गरेको बताउनुभयो । कर्णाली ऐतिहासिक महत्वको प्रदेश भएपनि अन्य प्रदेशभन्दा कमजोर भएको औँल्याउँदै उहाँले १६ लाख २३ हजार जनसङ्ख्या रहेको यो प्रदेश सम्पन्न बनाउने परिकल्पना रहेको विचार व्यक्त गर्नुभयो । विकास कर्णालीका हुम्ला, मुगु, डोल्पा र जुम्लाबाट सुरु गर्नुपर्ने उहाँको तर्क थियो । कर्णालीको जलस्रोत, कृषि र जडीबुटीलाई उच्चतम प्रयोग गरी समृद्धि हासिल गर्न पार्टीले यसलाई प्रमुखताका रुपमा लिएको बताइएको छ । मुलुकमा भ्रष्टाचार व्याप्त भएको र शक्ति केन्द्रमा मात्र भएकाले समानुपातिक विकास हुन नसकेको उहाँको आरोप थियो । राजनीतिक पक्ष यसको प्रधान दोषी रहेको जनाउँदै नेता शर्माले भ्रष्टाचारको विरुद्धमा जनचेतना जगाउनेखालका कार्यक्रम आफ्नो पार्टीले अघि सारेको बताउनुभयो । आफू लेखा समितिको संयोजक हुँदा नै यसको खबरदारी गर्दै आएको बताउँदै उहाँले कर्मचारी वर्गलाई राजनीतिक नेताहरुलेसही दिशानिर्देश गर्न नसकेको औँल्याउनुभयो । देश संविधानमय भइसकेकाले अब नवनिर्मित संविधानको कार्यान्वयन गर्नु मुख्य कार्यभार रहेको छ र ३०० कानुन निर्माण गर्नुपर्ने देखिन्छ, उहाँले भन्नुभयो । उहाँका अनुसार सरकारलाई आत्मनिर्भर अर्थतन्त्रको विकासतर्फ अघि बढ्न सुझाव दिइएको छ । भूकम्पले तहसनहस भएको नेपाल नाकाबन्दीबाट झनै थिलथिलो भयो । यसबाट सिर्जित भारत–नेपालबीचको तिक्तता हटाउन र बिग्रेको सम्बन्धलाई सुधार गर्न प्रधानमन्त्रीलाई सल्लाह दिएर पठाएका हौँ, उहाँले थप्नुभयो ।

]]>
8701 0 0 0
सुनसरी–मोरङका उद्योगधन्दा तङ्ग्रिँदै http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a5%8b%e0%a4%b0%e0%a4%99%e0%a4%95%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%a7%e0%a4%a8%e0%a5%8d/ Thu, 25 Feb 2016 05:58:08 +0000 http://www.ghumphir.com.np/?p=8705

पथरी (मोरङ), १३ फागुन ।

लामो समयदेखि बन्द, हडताल र नाकाबन्दीको मार खेपेका सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगधन्दा तङ्ग्रिन थालेको उद्योगीले बताएका छन् । मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष अविनाश बोहराका अनुसार कच्चा पदार्थ र इन्धन आपूर्ति सहज नबन्दा उद्योगहरु पहिलेकै अवस्थामा सञ्चालन हुन केही समय लाग्नेछ । बोहराका अनुसार लामो समयको बन्द र हडतालले उद्योगी कच्चा पदार्थ र व्यापारिक सामान आयात गर्न हिच्किचाइरहेका छन् । नाकाबन्दी र हडताल भर्खर खुले पनि उद्योग व्यापारको काम सहज हुन अझै केही समय लाग्ने बोहराको भनाइ छ । उद्योग सङ्घ मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालका अनुसार अझै इन्धनको आपूर्ति सहज भइनसकेका कारण उद्योग व्यवसाय पहिलेको अवस्थामा फर्किन समय लाग्नेछ । बन्द र नाकाबन्दीले आर्थिक क्षति भएकाले उद्योगी पलायन हुने डर पैदा भएको छ ।

]]>
8705 0 0 0
बस दुर्घटनामा एघार घाइते, चार गम्भीर http://localhost/ghum/%e0%a4%ac%e0%a4%b8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%98%e0%a4%be%e0%a4%b0-%e0%a4%98%e0%a4%be%e0%a4%87%e0%a4%a4%e0%a5%87/ Thu, 25 Feb 2016 06:01:53 +0000 http://www.ghumphir.com.np/?p=8707

ताप्लेजुङ, १३ फागुन ।

ताप्लेजुङको आम्बेगुदिनदेखि झापाको बिर्तामोडका लागि छुटेको विशाल यातायातको यात्रुबाहक बस आज बिहानै दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते भएकामध्ये चालकका सहयोगी सहित चारजनाको अवस्था गम्भीर रहेको छ । आम्वेगुदिनको हप्पुखोलाबाट ३० जना यात्रु लिएर छुटेको विशाल यातायातको मे १ ख १७९९ नंको बस आम्बेगुदिन तीनस्थित सडकबाट करिब २५ मिटर तल खसेको स्थानीयवासी पवन विकले बताएका छन् । सोही दुर्घटनामा इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी इन्द्र कटुवाल, पेदाङ–८ का २२ वर्षीय ध्रुव विक, पेदाङ–६ का धनप्रसाद मावो, पेदाङ–८ का ललिता माबो, खेवाङ–९ का १८ वर्षीय रञ्जीत लिम्बू, सोही स्थानका ३४ वर्षीय सन्तकुमार लिम्बू, ३६ वर्षीया रीता लिम्बू, झापा शनिअर्जुन नगरपालिकाका ४१ वर्षीय टीकाराम विष्ट, सोही स्थानका सहचालक भीम कटुवाल, खेवाङ–६ का ७४ वर्षीय जगन्नाथ भट्टराई र उनकी श्रीमती ५४ वर्षीया नरमायाँ भट्टराई घाइते भएका छन् । घाइतेमध्ये झापा शनिअर्जुन नगरपालिकाका टीकाराम विष्ट, सोही स्थानका सहचालक भीम कटुवाल, खेवाङ–६ का जगन्नाथ भट्टराई र उनकी श्रीमती नरमायाँ भट्टराईको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेहरुलाई पाँचथरबाट पुगेको एम्बुलेन्सले उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा पु¥याएको छ । उनीहरुको अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कच्ची र साँघुरो बाटो भएका कारण दुर्घटना भएको स्थानीयवासीको भनाइ छ ।

]]>
8707 0 0 0
१ हप्तापछि लोडसेडिङमा पुन:र्विचार हुने http://localhost/ghum/%e0%a5%a7-%e0%a4%b9%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b2%e0%a5%8b%e0%a4%a1%e0%a4%b8%e0%a5%87%e0%a4%a1%e0%a4%bf%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81/ Thu, 25 Feb 2016 06:13:20 +0000 http://www.ghumphir.com.np/?p=8710

काठमाडौं, फागुन १३

भारतबाट ८० मेगावाट विद्युत थपिएपछि नेपाल विद्युत प्राधिकरणले १ हप्तापछि लोडसेडिङ घटाउनेबारे पुनर्विचार गर्ने भएको छ। अहिले भइरहेको विद्युत खपतमा केही कमी आएमा लोडसेडिङ घट्न सक्ने प्राधिकरणले जनाएको छ।
तत्कालै भने लोडसेडिङ घट्ने सम्भावना नरहेको जनाउँदै उसले यही अवस्थामा खपत भइरहे वा बढेमा लोडसेडिङ कटौती गर्न नसकिने पनि जनाएको छ।
प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले भने ‘१ हप्तामा इन्धन सहज भएमा त्यसले विद्युतको खपतमा केही कमी आउन सक्छ, त्यसो भयो भने लोडसेडिङ दैनिक एक डेढ घण्टासम्म घटाउन सकिन्छ ।’
पानीको वहाब कम भएकाले अहिले कुलेखानी जलविद्युत आयोजना केही घण्टा मात्रै संचालनमा रहेको र आयातित विद्युतका कारण लोडसेडिङ बढाउन नपरेको उनले बताए।
‘बेला बेलामा आयोजनाका उपकरण मर्मत संभार गरिरहनु परेको छ, कम्तीमा भारतबाट थपिएको विद्युतकै कारण उपकरण बिग्रिँदा अघोषित लोडसेडिङ बढाउनु परेको छैन’ उनले भने।
हाल दैनिक १३ घण्टा लोडसेडिङ भइरहेको छ।
]]>
8710 0 0 0
म्याद गएका औषधि जाजरकोट पठाइयो http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a6-%e0%a4%97%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%94%e0%a4%b7%e0%a4%a7%e0%a4%bf-%e0%a4%9c%e0%a4%be%e0%a4%9c%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%aa/ Thu, 25 Feb 2016 06:16:52 +0000 http://www.ghumphir.com.np/?p=8712

हेमन्त केसी जाजरकोट, १३ फागुन ।

 ५० श्ययाको जिल्ला अस्पतालमा पनि सिटामोल समेत नपाउँदा बिरामी हैरान भएका छन् । दैनिक दर्जनौँ बिरामी उपचारका लागि आएपनि उपचार नहँुदा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । खगेनकोट गाविस वडा नं ५ का अशोक बस्नेत पेट दुखेपछि यहाँको जिल्ला अस्पतालमा दुईदिन हिँडेर आइपुग्नुभयो । अस्पतालमा उहाँलाई कम्पासको सहाराले जाँच भयो तर औषधि नभएपछि औषधि पसलमा पठाइयो । तर उहाँलाई त्यो बाहिर किनेको सिटामोलले निको भएन । जिल्ला अस्पतालमा उपचार हुने नदेखेपछि रुकुमको चौरजहारी गएर उपचार गरी घर फर्केको उहाँ बताउनुहुन्छ । ग्यास्ट्र्रिकका कारण पेट दुखेको पत्ता लागेपछि अहिले नियमित औषधि खाएर सन्चो भएको बस्नेतको भनाइ छ । खत्री जस्तै नायकवाडा–५ का रामबहादुर शाही पनि पेट दुख्ने समस्याले जिल्ला अस्पतालमा पुग्नुभयो, डाक्टरलाई देखाउँदा डाक्टरले बाहिर किनेर आयोडेक्स लगाउन सल्लाह दिए तर सो औषधिले उहाँलाई खासै काम गर्न नसकेपछि नेपालगन्ज गएको र त्यहाँ भिडियो एक्स–रे गरेर अहिले नियमित औषधि खाएपछि सुधार भएको छ । सामान्य रोगको उपचार जिल्ला अस्पतालमा नहुँदा र सिटामोलसम्म अस्पतालमा नपाउँदा यहाँका स्थानीयवासी हैरान भएका छन् । जिल्ला अस्पतालमा ७२ प्रकारका औषधि पाइने भने पनि यहाँको जिल्ला अस्पतालमा अहिले सिटामोलसम्म नपाउँदा निकै समस्या परेको छ । क्षेत्रीय कार्यालय र स्वास्थ्य विभागले म्याद गएका औषधि पठाएका कारण औषधिको चरम अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले बताउनुभयो । म्याद गएको औषधि बिरामीलाई दिनेबेलामा नष्ट गर्नुपर्ने बाध्यता रहेको छ । नयाँ औषधि खरिद प्रभावकारी नहुँदा थप समस्या आएको छ । जनस्वास्थ्य प्रमुख राजेन्द्र जिसी जिल्ला बाहिर रहनुभएको तर निमित्त कसैलाई नछोड्दा प्रशासनिक कामसमेत प्रभावित भएको छ । जिल्ला अस्पतालमा राम्रो भिडियो एक्सरे, ल्याब सेवा, इसिजी सेवालगायतका दैनिक अतिआवश्यक सेवाहरु जिल्ला अस्पतालमा उपलब्ध नभएपछि यहाँका गरिब जनसाधारण जिल्ला बाहिर गएर महँगो स्वास्थ्य सेवा लिन बाध्य भएका छन् । सामान्य सेवा प्रवाहमै समस्या जाजरकोटको जिल्ला अस्पताललाई गत असोजमा १७ श्ययाबाट बढाएर ५० श्यया बनाएपनि आवश्यक स्रोत सामग्री र भौतिक पूर्वधार नहुँदा निकै समस्या परेको जिल्ला अस्पतालका चिकित्सक ओम विसीले जानकारी दिनुभयो । अहिले जिल्ला अस्पतालमा तीनजना डाक्टर भएपनि आवश्यक उपकरणको अभावमा उपचार सेवा प्रभावित हँुदै आएको छ । ५० श्ययाको अस्पतालमा सातजनाभन्दा बढी विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सक रहनुपर्ने हुन्छ । तर जिल्लामा एउटा पनि विशेषज्ञ नहँुदा स्थानीयवासी मर्कामा परेका छन् । जिल्ला अस्पतालमा विगत १० महिनादेखि टेलिमेडिसिन सेवासमेत बन्द हुँदा विशेषज्ञ सेवासमेत बन्द भएको छ । आवश्यक विद्युत्् आपूर्ति नहुँदा सादा एक्स–रेसमेत बेलाबेलामा बन्द हुँदै आएको छ । नाममा मात्र ५० श्यया बनाएर सरकारले जाजरकोटका नागरिकलाई ढाँटेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । स्वास्थ्य संस्थाका भवनको अवस्था चिन्ताजनक जिल्लाका १० ठाउँमा रहेका स्वास्थ्यसंस्था जीर्ण भएपनि आवश्यक मर्मत नहँुदा स्थानीयवासी हैरान भएका छन् । जिल्ला अस्पतालका भवन निर्माण कार्य गरिरहेका ठेकेदारले बीचमै छाडेर हिँडेपछि पाँचवटा भवन अलपत्र अवस्थामा पुगेका छन् । ती भवनमा राखिएका काठ किराले खाएर जीर्ण भएका छन् । ढिमे, दशेरा, दल्लीलगायतका ठाउँका स्वास्थ्य संस्थाका भवन ठेकेदारको लापर्बाहीका कारण तोकिएको मितिमा निर्माण नहुनाले बिरामीलाई उपचार गर्ने ठाउँ नै नहुँदा मुस्किल हुँदै आएको छ । ठेकेदारलाई जतिसुकै ताकेता गरे पनि निर्माणकार्यको गति नबढाएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । विद्युत् समस्याले सेवामा बाधा जिल्ला अस्पतालमा भरपर्दो विद्युत्लाइन नहुँदा बिरामीलाई अक्सिजन दिनसमेत कठिनाई हुँदै आएको छ । भएका स्रोत सामग्री पनि विद्युत् आपूर्तिमा समस्या हँुदा सञ्चालनमा बाधा पुग्दै आएको छ । जिल्लाका ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा विद्युत् नहुँदा सोलार जडान गरी दिइने सेवासमेत प्रभावकारी हुन सकेको छैन । जडान गरिएका सौर्य उर्जा उपकरण बेलाबेला मर्मतसम्भार नहँुदा सोलारले काम गर्न छाडेका छन् । सोलारले काम गर्न छाडेपछि सल्लीको दियालो या मैनबत्तीको सहारासमेत लिनुपरेको नायकवाडा उपस्वास्थ्य चौकीका गणेश खड्काले जानकारी दिनुभयो । स्रोत साधनको अभाव यहाँका दूरदराजका स्वास्थ्यसंस्थामा उत्तिकै रहेको छ । ५० श्ययाको अस्पतालमा तीनजनामात्र जिल्ला अस्पतालमा कागजमा कार्यरत गराइएका डा धनिकलाल यादव विगत लामो समयदेखि अस्पतालको सम्पर्कमा रहेका छैनन् । स्वास्थ्य विभागले निज यादवलाई कारबाही पनि नगर्ने र अस्पतालमा हाजिर गराउन नसक्दा विगत १३ वर्षभन्दा बढी अस्पतालमा दरबन्दी ओगट्ने काममात्र भएको छ । अहिले जिल्लाका विभिन्न ठाउँमा करिब २९ वटा स्वास्थ्यकर्मीको दरबन्दी खाली रहेको छ । जिल्ला अस्पतालमा मात्र ५० श्यया बन्नका लागि चाहिने पूरै दरबन्दी खाली रहेको छ । जिल्ला अस्पतालमा अहिले तीनजना मात्र चिकित्सक रहेका छन् । कार्यालय प्रमुख राजेन्द्र जिसी अधिकांश समय जिल्ला बाहिर हुने र अन्य दुईजना चिकित्सक अध्ययनका लागि बाहिर नै भएका कारण जिल्ला अस्पतालमा तीनजना मात्र चिकित्सक रहेका छन् । स्वास्थ्य संस्था नहुँदा सास्ती सरकारले निःशुल्क भनेका सबै औषधि स्वास्थ्य संस्थामा नपाउँदा दुःख गरेर गरिबीको जालो तोड्नेहरु पीडित भएका छन् । बिरामी उपचार गर्ने अनुमति नै नपाएका औषधि पसलले बिरामी जाँच गरी तोकिएको मापदण्डभन्दा कडा डोजको औषधि प्रयोग गर्दा स्वास्थ्य संस्थाको औषधिले काम नगरी स्थानीयवासी हैरान भएका छन् । औषधि पसलको नियमित अनुगमन गर्ने निकायको लापर्बाहीले प्रतिबन्धित औषधिसमेत खुलेयाम बिक्री वितरण गरेको पाइएको छ । यहाँका ग्रामीण भेगका महिलाले नियमित गर्भजाँच पनि गर्न नपाएको बताएका छन् । स्वास्थ्य संस्था आउनजान मात्र एक दिनभन्दा बढी लाग्ने भएका कारण नियमित सुत्केरी जाँच गर्न नपाएको खगेनकोट–९ मंसिरीकी पुतली सिंहले जानकारी दिनुभयो । मंसिरीका मात्र होइन जिल्लाको नायकवाडाको धुम, जिरी, भगवतीको सिउन, रग्दाको ध्यारगाउँ, रावतगाउँ, बानियाँ गाउँ, दहलगायतका दुई दर्जनभन्दा बढी ठाउँका स्थानीयवासीले खोप, गर्भजाँच तथा औषधि पाएका छैनन् । सिटामोल लिनैका लागि पनि स्वास्थ्य संस्थामा दिनभरि हिँडेर पुग्ने तर त्यही पनि नपाएपछि जाजरकोटका ग्रामीण क्षेत्रका स्थानीयवासी मनभरि पीडा लिएर हिँड्नुको विकल्प नभएको यथार्थ यहाँ रहेको स्थानीयवासी बताउँछन् । सामान्य बिरामी हुँदा पनि सहज उपचार नहुँदा त्यही रोग बल्झिदै अन्त्यमा ज्यान गएका थुप्रै उदाहरण भएको रामीडाँडाका नागरिक अगुवा नरबहादुर गिरीले बताउनुभयो । ‘जब पर्छ राति, अनि बूढी ताती’ भनेझँै जाजरकोटमा ठूलाठूला महामारी फैलिए पछि सरकारले हेर्ने तर पहिले नै प्रभावकारी स्वास्थ्य सेवा दिनतिर नलागेको स्थानीयवासीको आरोप छ ।

]]>
8712 0 0 0
तारा एअर दुर्घटनाका शव सङ्कलन सुरु http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%8f%e0%a4%85%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b6%e0%a4%b5-%e0%a4%b8%e0%a4%99/ Thu, 25 Feb 2016 06:18:27 +0000 http://www.ghumphir.com.np/?p=8715

सन्तोष गौतम दाना (म्याग्दी), १३ फागुन

 म्याग्दीको दाना–२ सोलीघोप्टे भीरमा भएको तारा एअरको जहाज हिजो विहान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव सङ्कलन आज बिहानदेखि पुनः सुरु भएको छ । घटनास्थलमा उद्धार सामग्रीसहित पुगेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले मृतकको शव सङ्कलन गरी काठमाडौँ पठाउने तयारी गरेको हो । घटनास्थलमा तीनवटै निकायका करिब २०० सुरक्षाकर्मी परिचालन भएका र मौसम सफा भएकाले सजिलो भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । उन्नाइसवटा शव घटनास्थलमा भेटिएका छन् । थप चारवटा शवको खोजी भइरहेको छ । शव सङ्कलन गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको हो । भौगोलिक रुपमा बिकट उक्त स्थानमा बुधबार दिनभर हुस्सु लागेको र सामान्य वर्षा भएकाले घटनास्थल पहिचान भएपनि अन्य काम हुन सकेको थिएन । चालक दलका तीनसहित २३ जना सवार तारा एयरको ट्विनअटर विमान बुधबार बिहान सोलीघोप्टेको पहाडमा ठोक्किएर दुर्घटना हुँदा सबै यात्रुको मृत्यु भएको थियो ।

]]>
8715 0 0 0
भारतीय सीमा सुरक्षा बलले उपकरण लान नदिएपछि सुस्ता संरक्षणको काम अघि बढ्न सकेन http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%ac%e0%a4%b2%e0%a4%b2%e0%a5%87/ Thu, 25 Feb 2016 06:31:46 +0000 http://www.ghumphir.com.np/?p=8717

चितवन, १३ फागुन ।

गत वर्ष नवलपरासीको सुस्ता संरक्षणका लागि टेन्डर लगाएर काम थालेको भए पनि भारतीय सीमा सुरक्षा बलले उपकरण लान नदिएपछि काम अगाडि बढ्न सकेको छैन । नेपालको भूमि हुँदै आवश्यक सामान र कच्चापदार्थ सुस्तामा पु¥याउन नसक्ने र भारतीय सीमा सुरक्षा बलले भारतको भूमि प्रयोग गर्न नदिने भएका कारण काम अगाडि बढ्न नसकेको जनताको तटबन्धन भरतपुरका आयोजना प्रमुख कृष्णराज पाठकले बताउनुभयो । सुस्ता संरक्षण कार्यक्रम नदीले कटान गरेको स्थानमा ड््याम निर्माणको काम नेपाल सरकारका तर्फबाट सञ्चालन भइरहेको भए पनि पछिल्लो समयमा एसएसबीले खाल्डा खन्न लगिएको डोजर लगायतका मेसिनरी सामानलाई प्रवेशमा रोक लगाएर काम गर्न अवरोध गरेको आयोजना प्रमुख पाठकले बताउनुभयो । भारतले सुस्ता बचाउ कार्यका लागि भूमि प्रयोग गर्न नदिँदा डुङ्गाको सहायताले ढुङ्गा बोकेको भए पनि उपकरण लैजान नपाएपछि काम अघि बढ्न सकेको छैन । सो क्षेत्रमा नदीमा पानीको मात्रा कम भएकाले डुङ्गासमेत राम्रोसँग सञ्चालन हुन नसकेको उहाँले उल्लेख गर्नु भयो । सुस्ता संरक्षणका लागि गत आर्थिक वर्षमा सरकारले ६ करोड ८० लाख रुपैयाँमा पशुपति ब्रिट सञ्जीवनी जेभी कम्पनीलाई ठेक्का दिएको थियो । जसले २०७४ साल असार मसान्तसम्ममा काम सम्पन्न गर्नुपर्ने लक्ष्य राखेको थियो । जसबाट एक हजार ७०० मिटर नवलपरासीको सुस्ता गाविस–४ तर्फ ड्याम निर्माण गरिँदैछ । भारतीय भूमि प्रयोगका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतीय राजदूतावासलाई पत्र पठाइसकिएको भए पनि त्यसको जवाफ नआएका कारण अझै समस्यामा परेको कार्यालय प्रमुख पाठकले बताउनुभयो । उहाँका अनुसार दुई महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत भारतीय राजदूतावासमा अनुमतिका लागि पत्र पठाइएको थियो । सो क्षेत्रमा गत वर्ष रु दुई करोड खर्च गरी काम गरिएको थियो । स्थानीय जेसिबी प्रयोग गरेर सो काम सम्पन्न गरेको भए पनि यस वर्ष भने त्यहीका जेसिबीसमेत प्रयोग गर्न भारतीय सीमा सुरक्षा बलले नदिएको उहाँले बताउनुभयो । भरतपुरमा रहेको जनताको तटबन्धन कार्यक्रमले नारायणी नदीको चितवन र नवलपरासी क्षेत्रको तटबन्धन कार्य गर्दै आएको छ ।

]]>
8717 0 0 0
विदेशीमात्र पर्यटक, नेपालीहरुचाँहि पर्यटक होइनन् भन्ने बुझाईमा परिवर्तन आउनु पर्छ :ब्यबसायी गुरुङ्ग http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80%e0%a4%ae%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be/ Thu, 25 Feb 2016 18:11:42 +0000 http://www.ghumphir.com.np/?p=8720 नेपालको पर्यटन क्षेत्रको पर्याय नाम हो पोखरा । पोखरालाई पर्यटकको राजधानीका नामले समेत प्रख्यात रहेको छ । पर्यटकिय नगरी पोखरामा विभिन्न समयमा बिभिन्न काम गरेर चर्चामा आइरहने जुझारु स्वभावका युवा व्यवसायी हन् महेन्द्र गुरुङ । गण्डकी अञ्चलको कास्की भाचोक ६ मा २०३९ सालमा जन्मीएका गुरुङ पोखरामा हुर्के । प्रवेशीका परिक्षा सकिए लगतै हंङकङ जानुभयो । कलिलै उमेरमा विदेशिएका कारण अध्ययनलाई निरन्तरता दिन नसकेका गुरुङ ब्यबसायमा भने निकै सफल हुनुभयो ।

कामको शिलसिलामा हंङकङ पुगेका गुरुङले त्यहाँ नेपालीहरुले कामगर्ने क्रममा पाएको दुःख पीडा, नेपालीले कामप्रती देखाएको लगनसिलताले निक्कै प्रभावीत भएको बताउनु हुन्छ । त्यहाँ नेपालीहरुले गरेको परिश्रम देखेर स्वदेशमै केही गरौ भन्ने सोचले हङंकङ बसाईलाई छोडेर आफ्नै देशमा केही गर्नुपर्छ भन्दै स्वदेश फर्किए । स्वदेश फर्केपछि शुन्य अवस्थाबाट आफ्नो कारोबार सुरगरेर अहिले पोखरामा प्रतिष्ठीत ब्यबसायको सुचिमा पर्ने गुरुङ सग गरेरको घुमफिरले कुराकानी mahendra gurung photoनेपाल फर्किए पछि कुन व्यवसायको सुरुवात गर्नु भयो ? नेपाल आएपछि केहि गर्नुपर्छ भन्ने सोच त थियो, तर कुनै कुराको राम्रो ज्ञान थिएन् । के गर्ने गर्ने अन्योलमै थिए । तर पनि काम त गर्नु नै थियो । सानोहोस या ठूलो । त्यसका लागी अनुभवी पनी केही थिएन, लगानी गर्नलार्य आफुसग राम्रो थिएन र सानै भएपनी केही गरौ भनेर पोखरा १० मा केहि साथी भाईको सहयोगका साथै पहिले देखिनै पेट्रोलीयम व्यवसाय गरि अनुभवप्राप्त दाई सुनिल गुरुङ लगाएतकाको सहयोगमा ११ जना युवाहरुको समुहले कवाडी व्यवसायको थालनी ग¥र्यौ ।

व्यवसाय त सुरु गरियो तर आफुहरुले गरेको व्यवसायबाट कसरि आम्दानी गर्ने भन्ने कुरामा हामीमा त्यती अनुभव थिएन । जती कमायो त्यतीनै रमाईलो गरेर खर्चपनि गरिदै गईयो बचत गर्न जानिएन् । यो व्यवसायमा बचत नभएको देखेर आजीत भैइयो र व्यवसाय परिवर्तन गर्ने सोच आयो ।

त्यसपछि के गर्नु भयो ? कवाडी व्यवसायमा आन्दानी सोचेअनुरुप न भएको भनौ वा बचत गर्न नसकिएको देखेर म ठेक्का पट्टामा लाग्ने विचार गरे । कवाडी व्यवसायलाई ताथी राख्दै ठेक्कापट्टा गर्ने तिर लागे । यस व्यवसायमा पनि केहि साथीहरुको सहयोगमा ठेक्कापट्टा सुरु गरे लगभग ५ वर्ष पोखराका विभिन्न भागमा निमार्णको ठेक्कापट्टा कामगरे विस्तारै जिल्ला बाहिरका पनि ठेक्कापट्टा पाउन थाले । गिट्टी बालुवाको खानी संचालन देखी पुलहरुको निमार्ण पनि पाउन थाले ।

गोर्खाको छेपेटार पुलको ठेक्का पनी मैले नै पाएको थिए । विस्तारै अली ठूला ठेगेदाहरुको सम्पर्कमा आउन थालीयो र अन्य पुलपुलेसाहरुको ठेक्कामा सक्रिय हुन थाले । यसरी विस्तारै निमार्ण व्यवसायमा संलग्न हुदाहुदै पोखरामा रहेको अव्यवस्थीत पार्किङ व्यवसायकालाई व्यवस्थीत गर्ने कार्यको थालनी पनि मैले गरे । द्वन्दकालमा साथीभाईको सहयोगमा पार्किङको ठेक्मा पनि लिन थालीयो । त्यती बेला पोखराका विभिन्न व्यवसायहरु अव्यवस्थीत थिए, मजदुरहरुले विभिन्न बहानामा व्यवसायीलाई पीडा दिने गर्थे, जसले गर्दा व्यवसायीहरुको घरवार नै लिलाम हुने अवस्थामा पुगेको थियो । २०६२ सालमा पार्किङमा रहेको ५० प्रतिशत शेयर मैले किने र पोखराको अव्यवस्थीत पाकिङलाई व्यवस्थीत गर्ने निधो गरे ।

२०६७ सालसम्म मैले पार्किङको ठेक्का चलाए र कास्कीका सम्पुर्ण राजनैतिक दलका प्रतीनिधीहरुलाई राखेर व्यवसाय गर्न पाउनुपर्छ भन्ने कुरा राखे,कुनै पनि व्यवसाय गर्दा त्यो व्यवसायमा राजनीति करण हुनु हुदैन भन्ने मेरो धारण थियो । त्यसैबाट मेरो आर्थिक स्थरमा अलीकती सुधार आयो । राजनिति आफ्नो ठाउमा गर्नुपर्छ भने लगानीकर्ताले व्यवसाय गर्न पाउनुपर्छ भन्ने मेरो धारणा हो ।

अरु व्यवसायमा पनि हात हाल्नु भयो,यसपछि ? पोखराको पार्किङलाई व्यवस्थीत गरिसकेपछि मैले थप केहि गर्ने सोचका साथ पोखरामा घुम्नआउने पर्यटकहरुलाई आर्काषीत गर्न पौडीपोखरी निमार्ण गरि संचालनमा ल्याए । विशेषगरि पोखरा घुम्न आएकालाई आकर्षीत गर्न संचालनमा आईसकेको पोखरीलाई अलीकती फकर शैलीमा संचालनमा ल्याए । तर समय संग अगाडी बड्दै जादा यो त्यती उपयोगी भएन, ३ महीना मात्र चल्ने त्यसपछि ८ देखि ९ महीना लगभग बन्दै हुने भएपछि यो त्यती उपयोगी लागेन र म घाटा मा गए अनी चलाउन सकिन ।

mahendra gurun pokhara tत्यसपछि त अरु व्यवसाय गर्ने सोच पनि आयो होला नी ? हो पक्कै । त्यसपछि म लेकसाईड तीर गएर पर्यटन व्यवसायमा लागे, पर्यटन व्यवसायमा लाग्दाखेरी मैले रेष्टुरेन्ट, बार र डिस्कोथेक संचालनमा ल्याए । डिस्कोथेक संचालनमा ल्याएपछि बार संचालनमा आयो र अहिले आफ्नै कम्पाउण्ड घेरेर डिस्कोबाट आउने साउण्ड पलुसन देखिका कुरालाई व्यवस्थीत तरीकाले संचालनमा ल्याएको छु । पहिलापनी गरेको थिए तर अहिले थप व्यवस्थीतरुपमा संचालनमा ल्याएको छु ।

यो क्षेत्रमा कसरी लाग्नु भयो ? पर्यटकिय नगरी पोखरा र त्यो पनि लेकसाईडमा । यस्तो व्यवसायपनि चाहिन्छ भन्ने सोचले रेष्टुरेन्ट,बार र डिस्कोथेकामा हात हालेको हो । सुन्दरी नगरी पाखरामा यस किसिमको आवश्यकता महसुस भएर नै यस क्षेत्रमा लागीयो । लेटनाईट बार भएन भन्ने गुनासो पोखरा आउने पर्यटकहरुको गुनासो आउन थालेपनि मैले पोखराको स्थानीय प्रसासनले तोकेको विभिन्न मापदण्ड पु¥याएर राती २ बजे सम्मका लागी रेष्टुरेन्ट बार खोल्न पाउनुपर्ने माग गरेको थिए ।

त्यो अनुमती पाएपछि अहिले लेकसाइडमा ११ बजेपछि पनी यहाआउने पर्यटकहरु रमाईरहेको अवस्था हो । ११ बजे पछि जान चाहनेहरु गएपनि त्यसपछि पनि रमाउन खोज्नेले पनि सेवा पाएको अवश्था छ अहिले । यहाँ अहिले खानपीन पछि नाचगान पनि गर्न पाईने भएकाले स्वास्थ्य मेन्टेनगर्न खाएको पचाउन पनि लेटनाईटसम्म पर्यटकहरुलाई हामीले अरुलाई डिस्टर्प नहुने किसीमले सेवा दिईरहेका छौ ।

पर्यटनक्षेत्रमा लागेपछि यो क्षेत्रमा कस्तो किसिमको चुनौतीहरुको सामना गर्नु पर्दोरहेछ ? पर्यटनक्षेत्रमा मात्र होईन व्यवसायीलाई हरेक क्षेत्रमा विभिन्न समयमा विभिन्न चुनौतीको सामना त गर्नु नै पर्ने हुन्छ । विशेष गरेर हाम्रो जस्तो देशमा विभिन्न राजनीतीक दलका व्यत्तीहरु सरकारमा पुगेपछि सबैतिर आफ्नो मान्छे राख्नै पर्ने, प्रभाव देखाउनै पर्ने प्रवृती देखिन्छ । हामी व्यवसायीको भनाई के हो भने ,सत्तामा पुग्नुस तर आफ्नो मातहतको निकायमा मात्र हस्तक्षेप गर्नुस न आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको विषयमा पनि राजनीतिक चलखेल गरेर व्यवसायीहरुलाई विभिन्न बहानामा दुःख दिने प्रवृतीको अन्त्य हुनु पर्छ । नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर व्यवसाय गरिरहेकालाई व्यवसाय गर्न दिनपुर्छ , न कि आफ्नो पार्टिका मानिस सत्तामा पुग्ने वित्तिकै व्यवसायीलाई विभिन्न बहानामा दुःख दिनु हुन्न जस्तो लाग्छ ।

विभिन्न मन्त्रालयमा आएका विभिन्न पार्टिका मन्त्रीहरुले आफ्नो मातहतका मन्त्रालयहरुको काम के हो त्यस संग सम्बन्धीत व्यवसायीहरुका गुनासा समस्याहरु के हो ,मेरो मन्त्रालय आन्र्तगतको व्यवसाय सुरक्षीत छ कि छैन ,लानीकर्ताहरु व्यवापारीहरु सुरक्षीत छन् कि छैन ,त्यसलाई पहिल्याएर काम गर्नुपर्छ जस्तो लाग्छ । त्यसो गरेको खण्डमा मात्र व्यवसायीहरुको व्यवसाय सुरक्षीत हुन्छ ।

अहिलेको व्यवसायमा कतीको सन्तुष्ट हुनुहुन्छ ? अब सन्तुष्ट त मानिस कहिलेपनि हुदैन् ।सन्तुष्टि भन्ने कुरा भित्र आत्माबाट आउने कुराहो र अहिले म सन्तुष्ट छु भन्ने अवस्था पनि छैन । किनभने राष्ट्र नै अहिले संकटको अवस्थामा छ ।

देशलाई अहिले संकट परेको अवश्थामा विशेष गरि यसको असर पर्यटन क्षेत्रमा अन्यको तुलनामा धेरौ परेको छ र पर्यटन क्षेत्रलाई पुर्वरत अवश्थामा फर्काउन के गर्नुपर्ला ? नेपालमा विनासकारी भुकम्प गयो, त्यसले ेसारा विश्वमा नेपालको नकारात्मक सन्देश गयो । त्यसले गर्दा विदेशीहरुले नेपाल ध्वस्तै भयो अब जानुहुन्न भन्ने सोच्न थालेको थिए, यसमा मिडियाहरुले पनि त्यसतै खालको समाचारहरुलाई बढी दिन थालेका थिए । विस्तारै सकारात्कक सन्देश गयो र नेपालको टुरिजम सेफ छ भन्ने सन्देशले व्यवसायीमा आसामात्र के पलाएको थियो भारतको नाकाबन्दिले पुन ठुलो धक्का दिएको छ । विदेशीहरुलाई बोलाउदा उनीहरु नै तिमीहरु अहिले पीडामा छौ थप पीडा दिन नेपाल कसरी आउने भन्ने खालका कुरा गरेर हामीलाई आश्वासन दिइ रहेको अवश्था छ । तर अहिलेको लाडसेडिङले थप पिडा दिएको अवश्था छ । २ घण्टा आउछ २२ घण्टा विजुली जान्छ । यसले व्यवसायीहरुलाई विस्थापीत नै गर्छ जस्तो लागेको छ । यस्को अन्त्यका लागी सरकारले केही प्रभावकारी कदम समयमै चाल्नु पर्छ । हेर्नुस पोखरा पर्यटकिय नगरी हो यहाँका व्यवसायीहरुले पर्यटन आवागमनबाट आफ्नो व्यवसाय चलाएका हुन्छन पर्यटक न आए व्यवसाय चल्दैन । यो कुरा सरकारले पनी बुझनु प¥यो । सरकारले विशेष ध्यान दिओस र अर्को कुरा पोखरामा आउने विदेशीमात्र पर्यटक हुन नेपालीहरुचाँहि पर्यटक होइनन भन्ने जुन बुझाई छ । त्यसमा परिवर्तन आउनु पर्छ ।

पयटकहरुका लागी प्रयोग हुने हरियो प्लेटका गाडी आन्तरिक पर्यटकले पनि प्रयोग गर्न पाउनु पर्छ । तराईमा भएको आन्दोलनले पर्यटक बोकेका गाडीलाई निर्वाद रुपमा गन्तब्यसम्म जान दिनुपर्छ गाडी तोडफोड ढुंगामुडाले गर्दा यो क्षेत्रमा नराम्रो सन्देश जान्छ ,सरकारले सौर्य उर्जालाई वैकल्पीक उर्जाको रुपमा प्रयोग गर्नुपर्छ, त्यस्तै किसिमका यातायातका साधन प्रयोगमा ल्याए समस्या समाधानमा केही राहत हुने थियो । नेपाल आएका पर्यटकहरुलाई गन्तब्यसम्म पुग्दा सम्म लाग्ने भाडामा कालोबजारी नियन्त्रण गर्नुपछ ,यसमा सम्बन्धीत निकायको ध्यान जानजरुरी छ जस्तो लाग्छ ।

]]>
8720 0 0 0
सत्र वर्षमा म्याग्दीमा दुई विमान दुर्घटना http://localhost/ghum/%e0%a4%b8%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%a6/ Fri, 26 Feb 2016 03:11:44 +0000 http://www.ghumphir.com.np/?p=8727 धु्रवप्रसाद शर्मा बेनी (म्याग्दी), १४ फागुन ।

एउटा पनि विमानस्थल नभएको म्याग्दी जिल्लामा १७ वर्षको अन्तरालमा दुईवटा ठूला विमान दुर्घटना भएका छन् । म्याग्दीको भूगोल समेटिने आकाश मार्ग हुँदै पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेका दुईवटा विमान दुर्घटना हुँदा दुवै दुर्घटनामा गरी ४१ जनाले ज्यान गुमाएका छन् । विसं २०३४ मा मुस्ताङको मार्फा गाविसस्थित पुथाङमा विमानस्थल निर्माण भएपछि म्याग्दीको आकाश हुँदै विमानहरुले पोखरा–मुस्ताङ उडान गर्न सुरु गरेका हुन् । विसं २०३४ देखि २०५५ को भदौसम्म सो मार्गअन्तर्गतको म्याग्दीखण्डमा कुनै पनि हवाई दुर्घटना भएको थिएन । तर २०५५ साल भदौ ५ गते पोखराबाट जोमसोमका लागि उडेको लुम्बिनी एयरवेजको विमान म्याग्दीको शिख गाविसअन्तर्गतको खोप्रा नजिक दुर्घटना भएको थियो । सो विमान दुर्घटनामा दुईजना मुस्ताङीसहित १८ जनाले ज्यान गुमाएका मुस्ताङका चित्रबहादुर शेरचनले जानकारी दिनुभयो । पछिल्लोपटक २०७२ साल फागुन १२ गते बुधबार बिहान म्याग्दीको दाना गाविसमा पर्ने सोलीघोप्टे नामक स्थानमा तारा एयरको ट्विनअटर विमान दुर्घटना हुँदा २३ जनाको मृत्यु भयो । पोखराबाट जोमसोमका लागि बुधबार बिहान ७ः४७ बजे उडेको तारा एयरको कल साइन नाइनएनएएचएच भएको ट्विनअटर विमान दाना गाविस–२ सोलीघोप्टी भिरमा दुर्घटना भएको थियो । विमान दुर्घटना हुुनुको कारण खुल्न नसके पनि सम्बन्धित निकाय र सरोकारवाला व्यक्तिहरुको उदासीनताका कारण विमान दुर्घटना भएको देखिएको धेरैको भनाइ रहेको छ । यद्यपि सम्बन्धित निकाय (नागरिक उड्डयन मन्त्रालय र तारा एयरवेज) ले प्रतिकूल मौसम र भूगोलका कारण दुर्घटना भएको बताए पनि त्यसमा सन्तुष्ट हुन सकिने आधार भने नदेखिने सर्वसाधारण र विमान दुर्घटना हुँदाको अवस्थालाई देखेका स्थानीयवासीले बताएका छन् । विसं २०५५ मा भएको लुम्बिनी एयरवेजको विमान दुर्घटनाको बारेमा पोखराबाट–घोरेपानी–शिख–नारच्याङ रुटमा मौसममा खरावी आएपछि दुर्घटना भएको उल्लेख गरिएपनि घटनाको यथार्थता अझैसम्म पनि सार्वजनिक हुन सकेको छैन । लुम्बिनी एयरवेजको विमान दुर्घटना हुँदा पनि शिखका बासिन्दाले विभिन्न माध्यमबाट सरकारी निकायलाई जानकारी गराएका थिए । त्यतिबेला अहिलेको जस्तो मोबाइल, इन्टरनेटको जमाना थिएन, न त टेलिभिजनको पहुँच नै थियो । अहिले भएको तारा एयरवेजको दुर्घटनालाई पनि मौसममा आएको खरावीकै कारण भनिएको छ । नियमित रुटमा मौसममा अचानक परिवर्तन आएपछि उडानका लागि प्रयोग नगरिएको रुटबाट तारा एयरको विमान दाना गाविस हुँदै मुस्ताङ प्रवेश गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

]]>
8727 0 0 0
भुकम्पपिडीत बालबालिकाको भवन निर्माणका लागि अल्ट्रा म्याराथुन हुने http://localhost/ghum/%e0%a4%ad%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a4%bf%e0%a4%a1%e0%a5%80%e0%a4%a4-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b/ Fri, 26 Feb 2016 03:17:44 +0000 http://www.ghumphir.com.np/?p=8729 काठमाडौँ, १४ फागुन ।

गत वैशाखमा गएको विनाशकारी भूकम्पका कारण क्षति भई खुला आकाशमुनि बस्न र पढ्न बाध्य बालबालिकाको भवन निर्माण तथा संरक्षण गर्नका लागि ललितपुरको टौखेलदेखि दोलखासम्म १४५ किमी लामो अल्ट्रा म्याराथुन हुने भएको छ । विगतमा पनि बालबालिकाको हितका लागि दौडमार्फत सहयोग गर्दै आइरहेका रामसुन्दर कार्की, राज प्रधान, नारायण आचार्य र विदेशी धावक डेभिड जे एनग्राम दौडमा सहभागी हुनेछन् । दौडमा सहभागी धावक रामसुन्दर कार्कीले पर्यटन प्रवद्र्धन र खेलकुदमार्फत बालबालिकाको संरक्षण भन्ने मूलनाराका साथ गोदावरी नगरपालिकाको टौखेलबाट दौड सुरु गरिने जानकारी दिनुभयो । उहाँले दौडका लागि प्रायोजन गर्ने विभिन्न सङ्घसंस्थामार्फत प्राप्त आर्थिक सहयोग सङ्कलन गरी भूकम्पबाट क्षतिग्रस्त भवन निर्माणमा सहयोग गर्ने बताउनुभयो । दौड गोदामचौर, ठाडोखड्ग, कार्कीटार, ढुङ्गासाँघु, शङ्ख देवी, धाराचौर, लामाटार, अनन्तलिङ्गेश्वर, बिरुवा, दधिकोट, गुन्डु, सूर्यविनायक, बनेपा, धुलिखेल, अनैकोट, पाँचखाल, लामोसाँघु, खाडीचौर, मुडे, चरिकोट हुँदै दोलखा भीमसेनथान मन्दिरमा गएर टुङ्गिनेछ । उक्त दूरी करिब १४५ किमी रहेको छ । अल्ट्रा दौड आगामी चैत २४ गते सुरु भई २५ गते सम्पन्न हुनेछ ।

]]>
8729 0 0 0
यी हुन् विश्वका ५ सफा शहरहरु http://localhost/ghum/%e0%a4%af%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a5%ab-%e0%a4%b8%e0%a4%ab%e0%a4%be-%e0%a4%b6%e0%a4%b9%e0%a4%b0%e0%a4%b9/ Fri, 26 Feb 2016 03:28:30 +0000 http://www.ghumphir.com.np/?p=8731 हाम्रो वरिपरि फोहोरै फोहोर देख्दा कहिलेकाँही हामीलाई सबैभन्दा सफा शहर कुन र कस्तो होला भन्ने लाग्न सक्छ। विश्वको सबैभन्दा सफा शहरको उपाधी क्यानडाको क्यालगरीले पाएको छ।
विश्वका सबैभन्दा सफा शहरहरु यस्ता छन्ः
१. क्यानडा, क्यालगरी
२. स्विट्जरल्याण्ड, ज्यूरिक
३. यूरोप, लक्जेम्बर्ग
४.अस्ट्रेलिया, एडिलेड
५. सिंगापुर

 ]]>
8731 0 0 0
दुर्घटनग्रस्त विमान देख्दा http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%a4-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a5%8d/ Fri, 26 Feb 2016 03:45:08 +0000 http://www.ghumphir.com.np/?p=8734
घनश्याम खड्का
बिहान साढे ७ बजे प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले फोन गरेर आफूहरू हिँड्न तयार भएकाले बाहिर सडकमा निक्लन भने । झोलामा ल्यापटप, क्यामेरा र इन्टरनेटका लागि स्काइफोनको डिभाइस बोकेर हतारमा क्याम्पसचोक ओर्लिएँ । पहाडी जिल्लामा सदरमुकामभन्दा केही पर जानुपरे सधैं आफ्नै साधनले सहज हुँदैन । अन्नपूर्ण हिमशृंखलाको बराह हिमाली क्षेत्रमा सुक्खा पहिरो झरेको थियो । तर, पहिरो झरेको ठाउँ कहाँनेर हो भन्ने यकिन भइसकेको थिएन ।
26022016082159ghanshyam-1000x0
पहिरोपछिको धुलोको मुस्लोमा निर्माणाधीन जलविद्युत्मा कार्यरत मजदुरसमेत दाना, नारच्याङवासी फसेको खबर आएको थियो । त्यसैले पहिरो झरेको नारच्याङ गाविसको लेकगाउँ उक्लने योजना थियो । नारच्याङमा ६२ मेगावाटको नीलगिरि जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम पनि थियो । झोला बोकेर सडकमा उभिएको छु तर सीडीओको गाडी आएन । ८ बज्यो, अनि फोन गरें । ‘हिँड्ने बेलामा यात्रा अलमल पो भो । प्लेन मिसिङको खबर आयो । यता पो लाग्नुपर्ला जस्तो भो,’ प्रजिअ पाठकले भने । झोलासहित म प्रजिअ निवासतर्फ लागें ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको कलसाइन नाइन एनएएचएच ट्विनअटर घोडेपानी क्षेत्रबाट सम्पर्कविहीन भएको थाहा भयो । गाडी घुइक्याउँदै प्रहरी नायब उपरीक्षक विश्वराज खड्का त्यहीं आइपुगे । सँगै नारच्याङ जाने योजना थियो । उनले भने, ‘मलाई त तुरुन्त मुभ हुनु भन्ने आदेश छ । जाने भए ल तुरुन्त हिँडौं, गाडी चढिहालौं ।’ म प्रहरीको गाडीमा चढें । गाडी अरू बेलाभन्दा तीव्र गतिमा हुइँकियो । १२ बजे दाना, २ बजे काभ्रे पुग्यौं ।
त्यहाँका स्थानीयवासी प्रहरीलाई लिएर सोलीघोप्टे भीरतर्फ खोजीका लागि हिँडेका थिए । तर, लोकेसन पत्ता लागेको थिएन । खोजी तथा उद्धारमा गएका स्थानीय नवीन खड्का, लालबहादुर पुन, श्याम पुन, सुनील तामाङ, माइलामध्ये नवीनले घरमा भाइलाई फोन गरेछन् । हामी उभिएको ठाउँ छेउको घरबाट एक किशोर ‘फेला पर्‍यो’ भन्दै बाहिर निक्ले । बेपत्ता जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेछ । सहकर्मीलाई पछाडि छाडी स्थानीयसँग दाँजिएर हिँड्न सकेकाले प्रहरी जवान फूलकुमार थापा पनि बेपत्ता जहाज फेला पार्ने पहिलो समूहका सदस्य बने । बेपत्ता जहाज फेला परेपछि स्थानीयसँग हामीले दुर्घटनास्थलको ठेगाना यकिन गर्‍यौं । अनि सुरु भो, अनलाइन, रेडियो र टेलिभिजनमा टेलिफोन रिर्पोटिङ । सम्भवत: राष्ट्रिय मिडियामा हामीले ‘न्युज ब्रेक’ गर्‍यौं । स्थानीयले ‘लेक लाग्छ । ६ घण्टामा पनि पुग्न मुस्किल हुन्छ । रात पर्छ, नजानुस्’ भन्ने सल्लाह दिए । तर त्यसलाई बेवास्ता गर्दै घटनास्थल पुग्ने हिम्मतसहित उकालो लागियो । प्रहरी नायब उपरीक्षक विश्वराज खड्का, राष्ट्रिय अनुसन्धानका वीरेन्द्र श्रेष्ठलाई बाटोमा छाडेर सगरमाथा टिभीका सन्तोष गौतम र म उक्लिरह्यौं । झोलामा खानेकुरा र पानी पनि बोक्न बिर्सिएछ । खेतबारी, भैंसीखर्क, भेडाखर्क र घना जंगल छिचोल्दै ९० डिग्रीको ढाडो अक्करे भीरको यात्रा । भोकले लखतरान, न पानी न खाजा ।
plane crashयत्तिको उचाइ र हिँड्ने स्वभाव र हिम्मत यसपटक पुरै हरेस खाँदै थियो । तर, घटनास्थल पुग्ने तीव्र इच्छाले शरीरलाई घिसारिरह्यो । उकालो बाटोमा एक्लै पर्न थालें । मसँग दुईवटा मोबाइल सेट थिए । फर्कने बेलामा उज्यालो चाहिन्छ भनेर एउटा स्विचअफ गरेको थिएँ, अर्कोमा घटनास्थलको जानकारी माग्न आउने तारन्तारका फोनका घण्टीले थकित यात्रामा दिक्दारी थपे । झोंक चल्यो, त्यो पनि स्विचअफ गर्दिएँ । १६ सय मिटर उचाइको काभ्रेबाट हिँडेका हामी ४ घण्टा २८ मिनेटमा करिब ४ हजार मिटर उचाइको सोलीघोप्टे भीरमा घटनास्थल नजिकै थियौं । खुकुरीको धारमा हिँडे जस्तो । अलिकति खुट्टा चिप्लिए मान्छेको हाडमासु पनि नभेटिने । बाटोमा बिस्कुट खाँदै गएका प्रहरी भेटिए । उनीहरूले दुई पिस बिस्कुट दिए । केही आड मिल्यो । मोबाइल अन गरें । साँझको ५ बजेको रहेछ । फुसफुस हिउँ पर्न थाल्यो । हिम्मत जुटाएर आधा घण्टा चढेपछि घटनास्थल पुगियो ।
जहाज अक्करे भीरमा ठोक्किएको थियो । सायद भीरमा ठोक्किएको जहाज भाँचिएर केही तल अड्किएको थियो । भाँचिएको भागबाट बाहिर फुत्किएकाले हुन सक्छ केही शव सग्ला थिए, ज्युँदाजस्तै देखिन्थे । जहाजभित्रै परेकाहरू भने जलेका थिए । सामान र अधिकांश आगोले जलेका अगुल्टाको ठुटाजस्ता देखिने शव यत्रतत्र छरिएका । देख्दै जीउ सिरिङ गर्‍यो । कागजपत्र र जहाजका पाताले पुरै पहाड सेताम्मे बनेको देखियो । घटनास्थलको सुरक्षामा थिए प्रहरी निरीक्षक योगेन्द्रसिंह गुरुङ । पत्रकारिताको महत्त्व पटक्कै नबुझेका, अति अनुदार र असहिष्णु । धुम्म बादल झमक्क साँझ पर्न लागेको छ । १० मिटर परको वस्तु ठम्याउन मुस्किल थियो । घटनास्थलमा खटिएको प्रहरीले नजिक गएर फोटो/भिडियो खिच्नै नदिने । ‘घटनास्थलको नजिक कसैलाई पनि प्रवेश नदिनू भन्ने मलाई आईजीपीसापको डाइरेक्ट आदेश छ,’ खिच्न लाग्यो उनी पछाडिबाट यसो भन्दै तान्छन् । जसरी प्रहरी ड्युटीमा थियो, हामी पनि भोकप्यास र परिश्रम नभनी त्यहाँ पुगेका थियौं ।
हामीले जहाजका यात्रुका आफन्त र समाचारबाट जानकारी लिने सबैका लागि काम गर्नुपर्ने थियो । जहाँ पुगे पनि घटनाका फोटो/भिडियो भए मात्रै खबर विश्वसनीय मानिन्छन् । हामीले जबरजस्ती केही फोटा लियौं । मौसम अत्यधिक चिसो थियो । केही फोटा खिच्दासम्म हात कक्रक्क परेको थियो । केही मिनेट तल झरेर रूखमुनि बसी ल्यापटप खोलें । हतारहतार खिचेका फोटाहरू क्यामेराबाट ल्यापटममा सारें । स्काई–प्रो डिभाइसले नेटवर्कको टावर सिग्नल पुरै देखायो तर इन्टरनेट चलेन । छिटो घटनास्थलको फोटो न्युज ब्रेक गर्ने सपना तुहियो । अर्को विकल्प भनेको तातोपानी झर्नुपर्ने थियो । घटनास्थलमै ६ बज्यो ।
तल काभ्रे ओर्लेर मात्र भएन, तातोपानी नै पुग्नुपर्ने थियो फोटो/भिडियो पठाउन । हामीले जसरी पनि ओर्लने निर्णय लियौं । ओर्लने क्रममा एसएसपी छविलाल बन्जाडेसहित सशस्त्र, नेपाल प्रहरीहरू उकालो लाग्दै थिए । झमक्क रात परेकाले अनुहार चिन्न मुस्किल थियो । एक घण्टा तल झरेपछि घना जंगल भित्र पस्यौं । टर्च नभएकाले मोबाइल बाल्दै हिँड्यौं । जंगलभित्र पातपतिंगरमा बाटो हराउँथ्यो । उकालो चढ्दा सुरक्षाकर्मी र स्थानीयवासीले खाएर फालेका चाउचाउ, विस्कुटका खोलहरू हामीलाई बाटो देखाउने असल गाइड भए ।
मोबाइलको उज्यालोमा अघिअघि हिँडेका साथी सन्तोष जंगलमा ठूलो काठको मुढो देखेर तर्सेछन् । अन्य सहकर्मीसँग हिँड्न नसकेपछि डीएसपी विश्वराज खड्का त्यही जंगलमा अंगरक्षक र अन्य दुई प्रहरीसहित रूखमुनि बास बसेका थिए । सुकेका पात जम्मा बनाएर विस्तारा बनाएका, सानासाना झिक्रा बटुलेर आगो फुक्दै थिए । सहयोगी सुकेका दाउरा पाइन्छ कि भन्दै टर्च बालेर जंगल चहार्दै थिए । केही तल भेडीखर्क ओर्लंदा भेटिए खुला फाँटमा आगो फुकेर बसेका अर्को प्रहरीको समूह । पोखराबाट थप सहयोगका लागि आएका रहेछन् । खाना–पानीबिना खुला आकाशमुनि त्यो चिसोमा रात बिताउन बाध्य भयौं । ५ घण्टामा उक्लेको बाटो करिब ३ घण्टामा ९ बजे ओर्लियौं । भोको पेट, हतारको उकालो–ओरालो यात्रा । शरीर थाकेर हिँड्दै निदाइएला र पल्टिएला जस्तो भएको थियो ।
सीडीओ सागरमणि र डीएसपी खड्काको समन्वयमा प्रहरीको गाडी लिन आइपुग्यो । राति साढे ९ बजे तातोपानी पुग्यौं । इन्टरनेट सुविधा भएको होटलमा पस्यौं । सबै सुत्ने तर्खरमा थिए । उठायौं । इन्टरनेट खोल्न लगायौं । र, राति १० बजेसम्म भिडियो नभए पनि, कम्तीमा घटनास्थलका फोटा पठाउने काम सकियो । कति बेला फोटो आउँछ कति बेला आउँछ भन्दै तारन्तार कार्यालयको फोन आइरहेको थियो । फोटाहरू प्राप्त भएको जानकारी आएपछि बल्ल निकै भोक लागेको थाहा भयो । अनि भन्यौं, ‘हामीलाई खाना खुवाउनुस् ।’साभार कान्तिपुर
]]>
8734 0 0 0
अमेरिकामा नेपाली पोशाकलाई भन्सार छुट http://localhost/ghum/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%aa%e0%a5%8b%e0%a4%b6%e0%a4%be%e0%a4%95%e0%a4%b2%e0%a4%be/ Fri, 26 Feb 2016 03:53:04 +0000 http://www.ghumphir.com.np/?p=8737
गोकर्ण अवस्थी
नेपाली तयारी पोशाकलाई भन्साररहित पहुँच दिनेसम्बन्धी विधेयकमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका छन । एक महिनापछि उक्त ऐन कार्यान्वयनमा आउने छ । 'नेपाल कार्यक्रमलाई १० बर्षका निम्ति स्वीकृति प्रदान  गरिएको छ,' कानुनबारे नेपालस्थित अमेरिकी दुतावासद्धारा जारि विज्ञप्तिमा भनएकिो छ, 'गत बैसाखको बिनाशकारी भुकम्पले गरेको क्षतिपछि नेपालको आर्थिक पुनरोत्थानमा सघाउने गरि उक्त कार्यक्रम तर्जुमा गरिएको छ ।' अमेरिकाका माथिल्लो र तल्लो दुवै सदनले पारित गरेको व्यापार सहजीकरण र प्राथमिकता सम्बन्धि विधेयकको ९१५ नम्बर वुदामा नेपाललाई दिइने सुविधा उल्लेख छन् । विधेयकमा उल्लेख भएको हार्मोनाइन्जड सिस्टम (एचएस) कोडअनुसार नेपालको प्रतिष्पर्धात्मक क्षमता भएका अधिकांश उत्पादनले भन्साररहित सुविधा पाउनेछन् । 'एच एस कोड' भनेको अन्तराष्टिय्र भन्सार संगठनले वस्तुका लागि तोकिदिएको कोड हो । यसका आधारमा वस्तुको वर्गिकरण गरिन्छ । विधेयकअनुसार महिला र पुरुषले लगाउने कोट ब्लेजर, सर्ट टि सर्ट, भित्रि वस्त्र, टोपी ह्याट, उनी कपडा, पश्मिना आदिले भन्सार छुट पाउनेछन । दुतावासको विज्ञप्ति अनुसार ६६ वटा यस्ता वस्तुले भन्सार नतिरि अमेरिकी बजारमा प्रवेश पाउनेछन् । कानुनअनुसार अमेरिकामा अघिल्लो बर्ष भएको कुल आयातको १ दशमलब ५ प्रतिशतसम्म नेपालबाट ल्याउन सकिने उल्लेख छ । तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डि अर्यालका अनुसार ९ खर्बसम्म निर्यात गर्न सकिने सुविधा उपलब्ध भएको छ । 'पुरै त नसकिएला तर सरकारको पनि सहयोग हुने हो भने निक्कै निर्यात बढाउन सकिन्छ,' उनले भने । भन्साररहित सुविधा पाउन वस्तुको मुल्यको ३५ प्रतिशत नेपालकै हुनुपर्ने छ । उदाहरणका लागि सय डलरको कुनै सामानको मुल्य छ भने त्यसमा ३५ डलर नेपालकै कच्चा पदार्थ वा श्रम लागेको हुनुपर्नेछ । भारतीय कम्पनीले नेपाली भनेर सामान बेच्न सक्ने भएकाले संयुक्त अनुगमन टोली बनाउन आवश्यक रहेको संघको भनाइ छ । 'भारतीय उद्योग त्यसरी आए भने पाएको सुविधा पनि जाने खतरा छ,' संघका कोषाध्यक्ष संजय अग्रवालले भने, 'अनुगमन र अन्य संयन्त्र बलियो बनाउनुपर्छ ।' अर्यालका अनुसार विदेशी लगानी ल्याउने र पुर्वाधार बिकास गर्न सरकारले तत्परता देखाउनुपर्नेछ । 'बिरगंजमा गार्मेन्ट प्रवर्द्धन केन्द्र -जिपिजेड) बनाउने पुरानो योजना कार्यान्वयनमा ल्याउनुपर्छ,' उनले भने, 'विदेशी लगानीकर्तालाई कर छुट र निर्यात गरेको १० प्रतिशत प्रोत्साहन सरकारले दिनुपर्छ ।' भारतमा यस्तो सविधा दिइएको उनले वताए । जिपिएड भनेको तयारी पोशाक उत्पादनका लागि सम्पुर्ण सुविधा भएको क्षेत्र हो । जहा श्रमिकको सामाजिक सुरक्षाको ग्यारेन्टी गरिएको हुन्छ भने उत्पादनमा अवरोध गर्न पाइदैन । यसैगरि निर्यातजन्य उद्योगका लागि छुट्टै श्रम नीति आवश्यक रहेको उनले वताए । गत डिसेम्बर ९ मा अमेरिकाको दुवै सदनले विधेयक पारित गरेको थियो । यसबीच अन्य अतिकम बिकसित मुलुकले पनि नेपाललाई मात्र सुविधा पाएकामा गुनासो गरेका थिए । सोहि कारण विधेयक कानुन बन्न समय लागेको थियो । क्यालिफोर्निया राज्यकी सिनेटर डायना फेनिस्टिनले भुकम्प लगत्तै नेपाललाई सुविधा दिनुपर्ने माग गर्दै करिब ५ महिना अघि विधेयक दर्ता गराएकी थिइन । उक्त छुट्टै विधेयकमा छलफल गरि पारित गर्न समय लाग्ने भएकाले दुवै सदनद्धारा भन्सार सम्बन्धि सबै सुविधा समेटिएको 'ट्रेड फसिलिटेसन एण्ड ट्रेड इन्फोर्समेन्ट एक्ट अफ २०१५' समावेश गरिएको थियो । गत बैसाखमा गएको भुकम्प र त्यसपछि भारतले लगाएको नाकावन्दीका कारण पनि अमेरिकाले नेपाललाई यस्तो सुविधा दिन हतार गरेको विश्लेषण गरिएको छ । विधेयकमै भुकम्पका कारण अतिकम बिकसित मुलुक नेपालका जनताले ठूलो कष्ट बेहोर्नु परेको उल्लेख गरिएको छ । अमेरिकाले यस्तो सुविधा सब सहारन अपि|mकी मुलुक र अफगानिस्तानलाई मात्र दिएको छ । अफगानिस्तानलाई आतंकवादविरुद्ध युद्धमा सहयोग पुर्‍याएको भन्दै सुविधा दिइएको हो । नेपालले पाएको यो सुविधा पछि अब यहाका तयारी पोशाकमा लाग्दै आएको १७ प्रतिशत भन्सार महसुल लाग्ने छैन । नेपालमा उत्पादन गर्दा विभिन्न समस्या अन्य मुलुकभन्दा बढि भएकाले १७ प्रतिशत नै नभए पनि सस्तो भने पक्कै हुने व्यवसायी वताउछन । यसले विश्वको सबैभन्दा ठूलो बजारमा उपस्थिति जनाउन सजिलो हुनेछ । विधेयक अनुसार अमेरिकाले व्यापार विस्तारमा आर्थिक र प्राविधिक सहयोग पनि दिने भएको छ । अबको १ सय ८० दिनपछि उक्त सहायता कार्यक्रम लागु हुनेछ ।  सन २००० देखि क्रमिक रुपमा अमेरिकाले दिदै आएको कोटा प्रणालीको खारेजी र देशभित्रको माओवादी द्धन्दले तयारी पोशाकको अमेरिकी बजार गुम्दै गएको छ । सन २००१ मा नेपालबाट करिब १२ अर्ब रुपैया बराबरको तयारी पोशाक अमेरिका निर्यात भएको थियो । जुन २००९ मा आइपुग्दा ५० करोडको हाराहारीमा झरेको थियो । यसअवधिमा करिब ४ सय साना ठूला तयारी पोशाक कारखाना वन्द भए । करिब एक लाखले रोजगारी गुमाए । जसमध्ये ८० प्रतिशत महिला थिए । नेपालले यसरी बजार गुम्दै गएपछि निरन्तर भन्साररहित सुविधाको माग गरिरहेको थियो ।
]]>
8737 0 0 0
प्राधिकरणले दश करोडभन्दा बढी राजस्व असुल्यो http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%b0%e0%a4%a3%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%b6-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac/ Fri, 26 Feb 2016 04:12:24 +0000 http://www.ghumphir.com.np/?p=8740 सप्तरी, १४ फागुन ।

मधेसी मोर्चाद्वारा लगातार छ महिनादेखिको बन्दमा रकम उठाउन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण राजविराजले रु १० करोडभन्दा बढी राजस्व असुल गरेको छ ।

सो वितरण केन्द्रले चालु आवको फागुन दोस्रो सातासम्ममा रु १० करोड ६१ लाख विद्युत् महसुल असुल गरेको कार्यालयका प्रमुख रामउद्गार साहले बताउनुभयो । उहाँका अनुसार फागुन मसान्तसम्म कुल रु १४ करोडको लक्ष्य राखेको वितरण केन्द्रले मधेसमा जारी बन्दका कारण बन्द खुलेपछि अहिलेसम्म सो रकम उठाउन सफल भएको बताइएको छ । साथै, राजविराजलगायत जिल्लाका विभिन्न केन्द्रमा रकम असुल्न बाँकी नै रहेको जानकारीदिएको छ । विद्युत् प्राधिकरण राजविराजले ग्राहकको सुविधाका लागि फागुन २७ गतेसम्म बिलअनुसारको शुल्क लिने र २८ गतेदेखि जरिमानासहितको शुल्क असुल गर्ने जनाएको छ । यसअघि प्राधिकरणले माघ २८ देखि फागुन १२ गतेसम्म रकम बुझाउने उपभोक्तालाई बन्द अवधिको रकममध्येमा तीन प्रतिशतले छुट दिएको थियो ।]]>
8740 0 0 0
हुडिकोट हाइकिङका लागि आकर्षक गन्तव्य बन्दै http://localhost/ghum/%e0%a4%b9%e0%a5%81%e0%a4%a1%e0%a4%bf%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%bf%e0%a4%99%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%86%e0%a4%95/ Fri, 26 Feb 2016 04:19:05 +0000 http://www.ghumphir.com.np/?p=8742

वासुदेव पौडेल

विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेग लेखनाथ नगरपालिका वडा नं १८ स्थित हुडिकोट हाइकिङका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमशृङ्खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ नगरपालिका र पोखरा उपमहानगर क्षेत्र एकसाथ देख्न सकिने हुडिकोट समुद्री सतहबाट एक हजार १४० मिटरको उचाइमा रहेका कारण पोखरा र यस आसपासका क्षेत्रबाट हाइकिङका लागि जाने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्ला समयमा बढ्दै गएको हो।
उच्च पहाडी भू–भागमा रहेका कारण सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि यो ठाउँ उत्तिकै महत्वको रहेको छ।
यहाँबाट कास्की, तनहुँ, लम्जुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत बागलुङ, म्याग्दी, स्याङ्जा जिल्लालगायत विभिन्न स्थानको एकैसाथ अवलोकन गर्न सकिन्छ।
विगतमा यातायातको असुविधाका कारण हुडिकोट पुग्न निकै कठिनाइ हुने गरेको भए पनि हाल पोखराको विरौटाबाट पोखरा उपमहानगरका बस सञ्चालनमा आउन थालेपछि त्यहाँ पुग्न निकै सहज भएको छ।
सार्वजनिक यातायातका माध्यमबाट भरतपोखरीको मनियल डाँडाको बसबिसौनी पुगेपछि लगभग १५ मिनेटको पैदल यात्रामा हुडिकोट पुग्न सकिन्छ।
यातायातको सुविधा भए पनि पछिल्लो समयमा पर्यटक हाइकिङमा लोभिने गरेको स्थानीयवासी एवम् लेखनाथ क्षेत्रलाई आफ्नो पत्रकारिताको मुख्य आधारस्थल बनाएर समाचार सम्प्रेषण गर्दै आएका सञ्चारकर्मी विष्णुहरि पौडेल बताउँछन्।
चौबीसै घन्टा शीतल हावा लागिरहने हुडिकोट पुगेपछि जो कोही त्यहाँको भौगोलिक अवस्थिति एवम् दृश्यावलोकन मोहित हुने गरेको उनको भनाई छ।
हुडिकोटका हाइकिङका रुटहरूमा लेखनाथ नगरपालिकाको वडा नं १२ बादलचोकबाट मुसेटुँडा, तिक्लाङ, भञ्ज्याङ, मालागिरि, चिलाउने, धारापानी, मनियलडाँडा, कोटभैरव हुँदै हुडिकोटसम्मको दूरी नौ किलोमिटर रहेको छ।
 kaski_district mapहाइकिङको अर्को रुटमा लेखनाथको आदर्शचोक भण्ढारडिकबाट पुल्चोक, बरेलीचोक, चैनपुर, भिरखोरिया, भर्तिपोखरा र ठाडाबारी हुँदै हुडिकोट रहेको छ ।
अर्कोतर्फ सुरौदी खोलामा केही ठाउँमा पक्की पुल निर्माण गर्न सके तनहुँको दुलेगौडाबाट सुरौदी कुर्लिङबराहसम्म पर्यटकलाई यातायातका साधनमा ल्याएर त्यहाँबाट छहरा, लाङ्दी, पावनडाँडा, जामुने, कुलेस्वाहाँरा, कोलडाँडा, सिलिङ्गे, माझथर हुँदै हुडिकोटसम्म अर्को हाइकिङको रुट तय गर्न सकिने स्थानीयवासी बताउँछन्।
वर्षात वा हिउँद जुनसुकै समयमा वरिपरिका क्षेत्रमा हुस्सु, कुइरो लाग्दा पनि केही प्रभाव नपर्ने यो ठाउँबाट नाङ्गो आँखाले एकसाथ १४ जिल्लाको अवलोकन गर्न सकिन्छ।
लेखनाथ नगरपालिकाका दृश्यावलोकनका लागि उपयुक्त स्थलमध्येमा हुडिकोट पर्ने भएकाले यहाँको विकासलाई प्राथमिकतामा राखिएको लेखनाथ नगरपालिका कार्यालयका कानुनी सल्लाहकार राममणि अधिकारीले बताए।
“हरिया वन जङ्गललाई काखमा लिएको हुडिकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतको हिमशृङ्खलाको अवलोकन र पोखरा तथा लेखनाथ नगरपालिका तालहरूसहितको दृश्य हेर्न सकिन्छ” – उनले भने।
हुडिकोटबाट नजिकै रहेको मल्लकालीन कोटभैरव मन्दिर पनि दृश्यावलोकनका लागि अत्यन्त उपयुक्त स्थल हो।
यो तीर्थस्थलमा कास्कीको भरतपोखरी, निर्मलपोखरी, कृस्ती गाविसका साथै स्याङ्जा र तनहुँका विभिन्न स्थानबाट दर्शनार्थीहरू आउने गरेको कोटभैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले बताए।
भैरवको स्मरणमात्रले पनि विपत्ति नष्ट हुने प्राचीन जनविश्वास यहाँको महत्वपूर्ण पक्ष हो। हाइकिङको रुटमा नै रहेको हुडिकोट नजिकैको देउराली देवीको मन्दिर पनि यस क्षेत्रको महत्वपूर्ण शक्तिपीठ हो।
लामो समयसम्म पानी नपरेको अवस्थामा देउराली देवीको मन्दिरमा स्थानीयवासी मिलेर पूजाआजा गरी ‘हरहर महादेव’ भन्दै पानी मागेमा त्यही दिन वा नभए एक दुई दिनभित्रमा पानी पर्ने गरेको स्थानीयवासी बताउँछन्।
अत्यावश्यक पूर्वाधारको विकास एवम् उचित प्रचारप्रसार भएमा हुडिकोट हाइकिङमा बढ्दै गएको आकर्षणलाई थप विस्तार गर्न सकिन्छ।
पोखरा भित्रिने विदेशी एवम् स्वदेशी पर्यटकलाई एक दिवसीय हाइकिङको कार्यक्रमका साथ हुडिकोट पु¥याउन सकिने स्थानीयवासी बताउँछन् ।
हुडिकोटमा तत्काल होटल तथा रेस्टुरेन्ट सञ्चालनको सम्भावना नरहे पनि होमस्टेका माध्यमबाट पर्यटकलाई आवश्यक सेवासुविधा उपलब्ध गराई आकर्षण गर्न सकिने उनको भनाइ छ।
उनका अनुसार पर्यटनका लागि खेलकुद भन्ने नाराका साथ कराँते सङ्घ लेखनाथले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हालै हुडिकोट हाइकिङ सम्पन्न गरेको छ ।
सङ्घले लेखनाथको पावरहाउस बादल चोकदेखि सुरु गरेको हाइकिङ मुसेटुँडा, तिक्लाङ, भञ्ज्याङ, मालागिरि, मनियल डाँडा, कोट भैरव मन्दिर हुँदै करिब नौ किमीको दूरी पार गर्दै हुँडिकोट पुगेको थियो।
हाइकिङमा काराँते सङ्घका पदाधिकारी, प्रशिक्षक, खेलाडी, तथा कराँतेका शुभ चिन्तकसहित ७० बढी सहभागी रहेका थिए।
यहाँका सम्भावनालाई उजागर गर्नका लागि होमस्टे सञ्चालनका लागि स्थानीयवासीले पहल गरेका छन् । समग्र पोखरा उपत्यकाकै पर्यटन विकासका लागि भरतापोखरीको पाण्डे थुम, हुडिकोट र कोट भैरवमा होमस्टे सञ्चालनको तयारीमा यहाँका स्थानीयवासी जुटेका हुन् ।

महतका अनुसार सात तालको वाटिका सहर लेखनाथको निसानी भरतपोखरीलाई प्रमुख गन्तव्य बनाउने उद्देश्यका साथ जीव्रेढुङ्गा सुर्ताने होमस्टे समूहको सक्रियतामा यस क्षेत्रका ४२ जनालाई होमस्टे तालिम दिइएको छ ।

]]>
8742 0 0 0
यी सुन्दर ५ ठाउँमा मानिस जान प्रतिबन्धित छ http://localhost/ghum/%e0%a4%af%e0%a5%80-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0-%e0%a5%ab-%e0%a4%a0%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%b8-%e0%a4%9c/ Fri, 26 Feb 2016 04:32:26 +0000 http://www.ghumphir.com.np/?p=8744 विश्वमा मानिस जानका लागि प्रतिबन्ध लगाइएका केही स्थानहरु छन् जो प्राकृतिक रुपमा भने अत्यन्त सुन्दर मानिएका छन्। यी सुन्दर ठाउँहरुमा मानिसको आवतजावत किन प्रतिबन्धित गरियो भन्ने धेरैलाई चासो लाग्न सक्छ। यी स्थानहरु र प्रतिबन्ध लगाइका कारणहरुका बारेमा जानौँः
१. स्नेक आइल्याण्ड, ब्राजिलः यो टापुको मूल नाम इल्हा डी क्वीमाडा ग्रेड हो। विश्लेशकहरुका अनुसार यो टापुमा पाइने सर्पले जो जसलाई टोकेको छ उनीहरुको अस्पताल पनि जान नपाइ तुरुन्त मृत्यू भएको छ। यहाँ धेरै जसो गोल्डेन लंसहेड नामको सर्प पाइने र यो सर्पले जहाँ टोकेको छ त्यहाँको मासु पग्लेर झर्ने बताइएको छ। 
२. नर्थ सेन्टिनल आइल्याण्ड, हिन्द महासागरः यो खतरनाक टापूमा रहस्यमयी जनजाति बस्ने बताइएको छ। यी जनजातिले आधुनिक सभ्यता अस्विकार गरेको र संसारसँग कुनै सम्पर्क छैन। ६० हजार वर्षदेखि यहाँ बसिरहेका यी जनजातिले हवाइजहाज देखे भने ढुंगाले हान्ने, पर्यटक र केही माझीहरुको हत्या गरेको पनि बताइएको छ। ‘लस्ट ट्राइब’ नाम दिइएका यी जनजातिका कारण नै मानिसहरुलाई यहाँ जान रोक लगाइएको छ। 
३. पोवेगलिया, इटालीः स्थानीयका अनुसार यहाँ युद्धमा मारिएका मानिसको भूतहरु बस्छन्। पहिले यो ठाउँमा पागलखाना भएको र सन् १९६८ मा बन्द गरिएको बताइएको छ। भूताहा ठाउँबाट चिनिने यो स्थानमा मानिसहरु जानै डराउने बताइएको छ। 
४. लसकक्स केभ्स, फ्रान्सः यो गुफामा वैज्ञानिकहरुलाई मात्र जाने अनुमति छ। आम मानिसको लागि प्रतिबन्धित यो गुफा १७ हजार वर्ष पुरानो भएको र यहाँ ठूला ठूला आकारका जनावरका चित्रहरु छन्।
५. इज ग्र्याण्ड स्राइन, जापानः जापानको यो स्थानलाई यति धेरै पवित्र मानिन्छ कि आम मानिसलाई यहाँ जानक मनाही छ। यहाँ जापानी इम्पेरियल परिवारबाट आउने र विशिष्ट मानिएका भिक्षुहरु मात्र जान पाउँछन्। यो स्थान तेस्रो शताब्दीमा बनेको बताइएको छ। 

 ]]>
8744 0 0 0
जिरीमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थाल्यो http://localhost/ghum/%e0%a4%9c%e0%a4%bf%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b/ Fri, 26 Feb 2016 04:41:28 +0000 http://www.ghumphir.com.np/?p=8747 जिरी,१४ फागुन ।

भूकम्पपछि सुनसान बनेको दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।विगतका वर्षहरुमा बाह्रै महिना पर्यटकले भरिभराउ हुने जिरी भूकम्पपछि केही महिना अघिसम्म सुनसान बनेको थियो । स्विजरल्याडको जुरिच सहरसँग तुलना गरिने जिरीमा अहिले पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । यहाँ राजधानीबाट सबैभन्दा बढी पर्यटक घुम्न आउने गरेका पाइएको छ । जिरीमा अहिले पर्यटकले चाहेजस्तो सुविधा सम्पन्न होटल पुनः सञ्चालनमा आइसकेका कारण पर्यटकको सङ्ख्यामा वृद्धि भएको होटल जुरिचका सञ्चालक भूमिराज खड्काले बताए। पुनःनिर्माणको काम भइरहेको र थप होटल खुल्न लागेकाले यहाँ अझ सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । जिरी घुम्न आउनेमध्ये अधिकांश पर्यटक जिरेश्वरको मन्दिर घुम्न जाने गरेका छन् ।

]]>
8747 0 0 0
कच्ची सडकमा युवाको शव फेला http://localhost/ghum/%e0%a4%95%e0%a4%9a%e0%a5%8d%e0%a4%9a%e0%a5%80-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%b5-%e0%a4%ab%e0%a5%87%e0%a4%b2/ Fri, 26 Feb 2016 05:01:11 +0000 http://www.ghumphir.com.np/?p=8750 फलेवास (पर्वत), १४ फागुन ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–११ स्थित खरेहामा एक युवाको शव फेला परेको छ । स्थानीयवासी २० वर्षीय युवा सौरभ श्रेष्ठकोे शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पोखरा–बागलुङ सडकखण्डभन्दा केही तल कच्ची सडकमा मृत अवस्थामा भेटिएको र अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । उहाँका अनुसार उनको मृत्युको कारण पुष्टि भइसकेको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति र शव हेर्दा कुटपिट भएजस्तो पनि नदेखिएको र परीक्षणको रिपोर्टपछि मात्र थाहा हुने प्रहरी निरीक्षक पातलीले जानकारी दिनुभयो ।

]]>
8750 0 0 0
काष्ठमण्डप एयरको जहाज दुर्घटनाका प्रत्यक्षदर्शी यसाे भन्छन्: जहाज स्वाँ.... गर्दै आएर सम्म ठाउँमा झर्‍यो http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%ae%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%aa-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c-%e0%a4%a6%e0%a5%81/ Fri, 26 Feb 2016 09:24:47 +0000 http://www.ghumphir.com.np/?p=8752 गोगन बिक

नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्ठमण्डप एयरको जहाज कालिकोटको चिलखाया गाविसमा दुर्घटना भएको छ। शुक्रबार दिउँसो १२: २० मा नेपालगन्जबाट उडेको जहाज करिब १ बजे चिलाखाया २ जंगलेमा दुर्घटनामा परेको हो।

दुर्घटनास्थलबाट स्थानीय शिक्षक गोगन बिकले सेतोपाटीलाई बताए अनुसार जहाजका एक पाइलट अचेत अवस्थामा रहेका छन्।

‘उहाँको स्थिति ठ्याक्कै केहो भन्न गार्‍हो छ,’ उनले भने, ‘बाँकी १० जना यात्रु घाइते छन्। घाइतेमध्ये एक जना बालक पनि छन्।’

बिकले आफू कक्षा कोठामा पढाउँदै गर्दा स्कुल नजिकैबाट जहाजको स्वा.. गर्दै तल झरेको बताए। कालिया प्राविबाट लगभग १ किमी अगाडि जहाज झरेको उनले बताए।

‘जहाज माथिबाट सिधै नखसेर उड्दै सम्म ठाउँमै झर्‍यो,’ उनले भने।

जहाज झरेपछि कतिपय यात्रुहरू आफै पनि जहाजको सिसा फुटेको झ्यालबाट बाहिर निस्किएको उनले बताए।

पाइलटबाहेक १० जना यात्रुहरूको कसैको खुट्टा भाँचिएको र कसैको टाउँकोमा चोट लागेको उनले बताए। ‘घाइते यात्रुमध्ये एक जना यात्रु गम्भीर छन्,’ उनले भने।

दुर्घटनास्थलमा अहिले सारा गाउँनै उल्टिएको छ। दुर्घटनास्थलबाट नजिकको प्रहरी चौकी १० किमी दुरीमा रहेको र अहिले प्रहरी तथा कुनै पनि सरकारी कर्मचारी त्यहाँ नआइपुगेको उनले बताए।साभार सेतेापाटी

]]>
8752 0 0 0
उद्धारका लागि हेलिकप्टर र सुरक्षा टोली परिचालन,चालक र सह-चालकको मृत्यु http://localhost/ghum/%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b9%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%aa%e0%a5%8d%e0%a4%9f%e0%a4%b0/ Fri, 26 Feb 2016 09:53:10 +0000 http://www.ghumphir.com.np/?p=8758

काठमाडौँ, १४ फागुन ।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ। कालिकाेटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले घटनास्थलमा पुगेको प्रहरी टोलीले चालक दलका दुई सदस्यको मृत्युको पुष्टि गरेको सेतोपाटीलाई बताए। जहाज चालक दिनेश न्यौपाने र सह-चालक सन्तोष रानाले उडाएका थिए।
 pilot of kastamnadpa dineshनेपालगन्जबाट जुम्लाका लागि सो जहाज १२ बजेर ५ मिनेटमा नेपालगन्ज विमानस्थलबाट उडेको  जहाज कालिकाेटकाे चिलयाखामा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनामा परेके हो।
घाइते यात्रुहरूलाइ हेलिकप्टरबाट ल्याउने तयारी भइरहेके छ। प्रजिअ अधिकारीले घटनास्थलमा पुगेकाे प्रहरी टाेलीले घाइते यात्रुकाे सामान्य उपचार गरिरहेकाे जानकारी दिए।

कालीकोटमा दुर्घटनामा परेको एअर काष्ठमण्डपको विमानमा सवार घाइतेको उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टर र सुरक्षा निकायको टोली परिचालन गरिएको छ ।

नेपालगन्जबाट जुम्लाका लागि उडेको ९एन–एजेबी विमान जबर्जस्ती अवतरण गर्ने क्रममा कालीकोटको चिल्खाया–२ मा दुर्घटनामा परेको हो । उद्धारका लागि भैरहवा, पोखरा र मुगुको रारामा रहेका हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । विमानमा चालकसहित ११ जना सवार थिए । दुर्घटनामा चालकसहित दुईजनाको मृत्यु भएको र अरु नौ जना घाइते रहेको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलसँग समन्वय गरी घटनास्थलतर्फ उद्धार टोली पठाइएको जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले काठमाडौँबाट प्राविधिक टोली घटनास्थलतर्फ पठाउने तयारी भएको जानकारी दिनुभयो । यो समाचार तयार गर्दासम्म घटनास्थलमा प्रहरी टोली पुगिसकेको छैन ।
]]>
8758 0 0 0
जहाजमा दुर्घटना भएका घाइतेको खेतमा उपचार हुँदै http://localhost/ghum/%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%98%e0%a4%be%e0%a4%87/ Fri, 26 Feb 2016 10:24:35 +0000 http://www.ghumphir.com.np/?p=8763

काठमाडौँ, १४ फागुन ।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको चिल्खाया गाविस–२ चिल्खाया गाउँमा दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको हो । उनीहरुको नाम खुल्न सकेको छैन । आज दिउँसो एक बजे उक्त विमान दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शी नन्द कटुवालले फोनमा जानकारी दिनुभयो । सो विमान गाउँदेखि करिब दुई सय मिटर टाढा गहुँ खेतमा खसेको थियो । “ठूलो आवाज आयो, के रहेछ भनेर हेर्दा त जहाज मेरै अघिल्तिर खेतमा ठोक्कियो” – प्रत्यक्षदर्शी कटुवालले भन्नुभयो । खेतमा विमानको अघिल्तिरको भाग ठोक्किएपछि अन्य यात्रु आफै बाहिर निस्केका थिए । “जहाजको ढोका आफै खुल्यो, यात्रु घाइते अवस्थामा निस्किए,” उहाँले भन्नुभयो । चालक दलका एक सदस्यको विमान भित्रै तथा अर्का व्यक्तिको दुर्घटना भएको अढाई घण्टापछि मृत्यु भएको उपचारमा संलग्न चिल्खाया स्वास्थ्य चौकीका अहेव जङ्गबहादुर रावलले जानकारी दिनुभयो । “एक जनाको विमानमै मृत्यु भइसकेको थियो, च्याप्पिएर रहेका कारण बाहिर निकाल्न सकिएन” – अहेव रावलले भन्नुभयो । चालक दलका अर्का सदस्यको विमान दुर्घटनाको अढाई घण्टापछि मृत्यु भएको उहाँले बताउनुभयो । “बाहिर निकालेको एक घण्टासम्म दुख्यो दुख्यो भनेर कराइरहनु भएको थियो,” अहेव रावलले भन्नुभयो – “हामीले सक्दो उपचार ग¥यौँ तर बचाउन सकिएन । समयमै हेलिकप्टर पुग्न सकेको भए सायद बाँच्थे कि ।” विमान दुर्घटनाको खबर पाएपछि गाउँदेखि आधा घण्टा टाढा रहेको स्वास्थ्य चौकीबाट रावलसहित स्वास्थ्य सहायक किशोर श्रेष्ठ, अर्का अहेव कमलबहादुर शाही र कार्यालय सहायक रनबहादुर खत्री दगुर्दै घटनास्थल आइपुगेका थिए । अहिले चारैजना स्वास्थ्यकर्मीले घाइते यात्रुको खेतमै उपचार गरिरहनु भएको छ । घाइते नौ जनामध्ये पाँच पुरुष, तीन महिला तथा एक नाबालक रहेका छन् । घाइतेमध्ये जुम्ला पटमाराका लक्ष्मण खड्काको अवस्था चिन्ताजनक रहेको अहेव रावलले बताउनुभयो । अन्य यात्रुहरु जुम्ला चन्दननाथ नगरपालिका– ६ का जगदम्बा खत्री गिरी, उनका एक वर्षीय छोरा अनिल गिरी, चन्दननाथ नगरपालिका– ८ कार्कीवाडाकी लक्ष्मी सुनार, चन्दननाथ– ५ का गणेश भट्टचन, उहाँकी छोरी सोनाली भट्टचन, चन्दननाथ– ६ का मेघराज गिरी, चन्दननाथ– ५ का धनञ्जय केसी तथा नुवाकोट थान्सिङ गाविस– ३ घर भई हाल काठमाडौँ स्वयम्भू बस्दै आएका धु्रवप्रसाद भण्डारीको अवस्था खतरामुक्त रहेको छ । “सबै जना होसमै छन्” – उपचारमा संलग्न अहेव रावलले भन्नुभयो । अहिले घटनास्थलमा तीन घण्टा टाढाको पादमघाट प्रहरी चौकीबाट चार जना प्रहरी आएका छन् । घाइते यात्रुका अनुसार विमानमा खराबी आएपछि चालकले विमानको अवस्था ठीक नभएको भन्दै सबै यात्रुलाई सचेत गराएका थिए । “जहाजको अवस्था ठीक छैन, तपाईहरु नआत्तिनुस्, सुरक्षित ठाउँमा विमान अवतरण गराउँछौँ, हामी मरे पनि तपाईहरुलाई बचाउँछौँ” – घाइतेलाई उद्धृत गर्दै अहेव रावलले भन्नुभयो । चालकले यात्रुलाई सचेत गराएको केही मिनेटमै विमान खेतमा अवतरण त भयो तर विमानको अघिल्तिरको भाग खेतमा धस्सिँदा चालक दलका दुवै सदस्यले ज्यान गुमाउनु प¥यो । एअर काष्ठमण्डपको नाइनएनएजेविको विमान नेपालगन्जबाट नौ जना यात्रु लिएर आज दिउँसो १२ः३० वजे जुम्लाका लागि उडेको थियो ।

]]>
8763 0 0 0
नेप्सेमा निरन्तर वृद्धि http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0-%e0%a4%b5%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%bf/ Fri, 26 Feb 2016 10:26:38 +0000 http://www.ghumphir.com.np/?p=8765

काठमाडौँ, १४ फागुन ।

साताको नेप्से परिसूचक लगातार वृद्धि भएको छ । यस साता पहिलो दिनको तुलनामा नेप्से ४.६ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार गत साताको नेप्से १३.९३ अङ्कले बढेको थियो भने अघिल्लो साता ०.९० अङ्कले वृद्धि भएको थियो । नेप्से पाँचाँै साता पनि निरन्तर उकालो लागेको हो । यस साताको कारोबार हुने अन्तिम दिन आज एक हजार २८३.५२ अङ्कमा पुगेको हो । स्टक एक्सचेन्जमा १३८ कम्पनी अनुसार ११ हजार ६९६ कारोबारबाट रु दुई अर्ब ८३ करोड १५ लाख ७३ हजार बराबरको ८० लाख १० हजार २४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ११.७३ प्रतिशत बढी हो । गत साता १३६ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १२ हजार ५३१ कारोबारबाट रु दुई अर्ब ५३ करोड ५५ लाख ५० हजार बराबरका ८४ लाख ७० हजार ७५० कित्ता सेयर खरिद बिक्री भएका थिए । यो साता वाणिज्य बैंक ५.५९, विकास बैंक ६.७९ र वित्त कम्पनीको परिसूचकमा २६.०१ अङ्कले वृद्धि भएको छ भने उत्पादनमूलक समूह र व्यापार समूहको परिसूचकमा कुनै परिवर्तन भएको छैन । त्यसैगरी होटलको ६०.८३, जलविद्युत् २६.१७ र बीमा समूहको परिसूचकमा ३३.५५ अङ्कले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.२९ अङ्कले बढेर २७७.५१ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्कीम अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार सङख्याको आधारमा नेपाल बङ्गलादेश बैंक अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । आइसिएफसी फाइनान्सको २१ लाख ३४ हजार ८४५ हकप्रद सेयर सूचीकृत भएको छ भने मिसन डेभलपमेन्ट बैंकको पाँच लाख ७५ हजार र विजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको रु १२ लाख १५ हजार ९७ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले उल्लेख गरेको छ ।

]]>
8765 0 0 0
सात महिनामा रु ६ करोड ५५ लाख ९४ हजार राजस्व असुली http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a4-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%81-%e0%a5%ac-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a5%ab%e0%a5%ab-%e0%a4%b2%e0%a4%be/ Fri, 26 Feb 2016 10:33:00 +0000 http://www.ghumphir.com.np/?p=8767

वीरगन्ज, १४ फागुन ।

मध्यक्षेत्रीय ट्राफिक कार्यालय पथलैयाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ६ करोड ५५ लाख ९४ हजार राजस्व असुली गरेको छ । मध्यक्षेत्रीय ट्राफिक कार्यालय पथलैयाअन्तर्गत पर्ने १६ जिल्लाका ट्राफिक प्रहरी कार्यालयले सो अवधिमा सवारी ऐननियम उल्लङ्घन गरेका एक लाख २३ हजार ४२६ वटा सवारीसाधनलाई गरेको दण्डजरिवाना स्वरुप उक्त परिमाणको राजस्व असुली भएको हो । सवारी ऐननियम उल्लङ्घन गरेबापत उक्त अवधिमा ट्रकको कारबाहीबाट रु तीन करोड ६६ लाख ८० हजार, बसबाट रु ५५ लाख ४९ हजार, कार, जिप भ्यानजस्ता हलुका सवारीसाधनबाट रु ७१ लाख ४१ हजार, ट्र्याक्टरबाट रु ३३ लाख ६९ हजार, मोटरसाइकबाट रु एक करोड ५१ लाख ७८ हजार र टेम्पोबाट रु ६ लाख ७४ हजार राजस्व असुली गरेको सो कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरप्रसद चापागाईंले बताउनुभयो । यसैगरी उक्त अवधिमा ५४ हजार ५७७ ट्रक, १० हजार ९५६ बस, १६ हजार ८४९ कार जिप भ्यान, ६ हजार ९५३ ट्र्याक्टर, ३२ हजार ७९९ मोटरसाइकल र एक हजार ३१२ टेम्पोलाई सवारी ऐननियम उल्लङ्घन गरेबापत जरिवान गरेको मध्यक्षेत्रीय ट्राफिक कार्यालय पथलैयाले जनाएको छ ।

]]>
8767 0 0 0
२ सय ५१ रुपैयाँमा स्मार्टफोन! http://localhost/ghum/%e0%a5%a8-%e0%a4%b8%e0%a4%af-%e0%a5%ab%e0%a5%a7-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f/ Sat, 27 Feb 2016 01:03:24 +0000 http://www.ghumphir.com.np/?p=8769

२ सय ५१ रुपैयाँमा स्मार्टफोन!

नयाँ दिल्ली- बुधबार भारतमा विश्वको सबै भन्दा कम मुल्यको स्मार्टफोन सार्वजनिक भयो। 'फ्रिडम २५१' नाम दिइएको यो फोनको मुल्य जम्मा २५१ भारतीय रुपैंयाँ रहेको छ।
तर यस फोनको फिचर्सको मुल्य १५ गुण महंगो छ। फोन बिक्रीको लागि अनलाइनमा एडभान्स सहित बुकिङ खुल्ला गरिएको थियो। कम्पनीको अनलाइन भिजिट गर्नेको अधिक संख्याका कारण वेभसाइट क्रास भएको थियो। ग्राहकले जुन सम्म फोन पाउने कम्पनीले जनाएको छ। मोदी सरकारको महत्वकांक्षी 'मेक इन इन्डिया' योजना अनुसार फोन भारतमा नै बनाइने कम्पनीका संस्थापक मोहिल गिलले जनाए। फ्रिडम २५१ को भाजपा वरिष्ठ नेता मुरली मनोहर जोशीले लन्च गरेका थिए। मीडियालाई देखाइएको प्रोटोटाइप चीनमा बनेको फोनको थियो। चार इन्चको डिस्प्ले भएको एन्ड्रोइड फोन एप्पलको आइफोन ४ जस्तै देखिएको थियो। जसको होम बटन र आइकन आइफोनसँगै मिल्दाजुल्दा थिए। कम्पनीलाई सरकारले सब्सिडी दिएको हुन सक्ने अनुमान गरिए पनि कम्पनीले त्यसलाई खारेज गरेको छ। उसले भनेको छ, 'ठूलो परिणाममा गरिने उत्पादनले कम मुल्यलाई बरावर गरिदिन्छ।' तर विशेषज्ञहरु उसको भनाइप्रती सहमत छैनन्। फोनको सामानको लागतनै कम्पनीले तोकेको मुल्यको आठ गुणा भन्दा बढिरहेको भारत सरकारको सस्तो ट्यावलेट आकाश आपूर्ती गर्ने कम्पनी डाटाविंडका सीइओ सुनीत सिंह तुली बताउँछन्। उनी भन्छन्, 'मेमोरी कार्ड जस्तो सामानको मुल्य अन्तराष्ट्रिय बजारमा २५१ रुपैंयाँ भन्दा बढी छ। यसकारण धेरै मात्रामा गरिने उत्पादनले पनि यो मुल्य थेग्दैन।'
]]>
8769 0 0 0
को हुन् आफू मरेर सबै यात्रु बचाउने पाइलट दिनेश http://localhost/ghum/%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%86%e0%a4%ab%e0%a5%82-%e0%a4%ae%e0%a4%b0%e0%a5%87%e0%a4%b0-%e0%a4%b8%e0%a4%ac%e0%a5%88-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/ Sat, 27 Feb 2016 01:09:00 +0000 http://www.ghumphir.com.np/?p=8771 १५ फागुन, काठमाडौं ।

शुक्रबार भएको एयर काष्ठपण्डपमका पाइलट दिनेश न्यौपाने क्याप्टेन भएको एक वर्ष पनि भएको छैन। उनले विमानलाई 'फोर्स ल्याण्डिङ' गराउने प्रयास गरेका थिए। कालिकोटको चिलखायामा भएको दुर्घटनामा सबै ९ यात्री घाइते भए पनि क्याप्टेन दिनेश र कोपाइलट सन्तोस रानाले ज्यान गुमाउन पुगे।

pilot dinesh kastamandp air

डोल्पा सदरमुकाम दुनैका दिनेश नेपागञ्ज बस्दै आएका थिए।

निजामति सेवाबाट अवकास पाएका मानदत्त न्यौपानेका कान्छा छोरा हुन् उनी। उनका दाजु पनि हवाइक्षेत्रमै कार्यरत छन्। उनका दुई दिदी छन्।

दिनेशले काठमाडौंको लिटल एन्जल एकेडेमीबाट विद्यालय तहको पढाई पुरा गरेका थिए।

सानैदेखि सहयोगी र इमान्दार स्वभावका व्यक्ति भएको उनले बताए। खेलकुदमा रुची राख्ने दिनेश अफ्रीकाबाट दिनेशले पाईलटको कोर्स पुरा गरेका थिए ।

डोल्पाका पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले भने, ‘दिनेश भाई मसँगको भेटमा जहिले पनि डोल्पाको विकास तथा समृद्धीका लागि कुरा गरिरहन्थे। आँखामा राख्दा पनि नबिझाउने थिए।' दिनेश सानैदेखि सहयोगी र इमान्दार स्वभावका व्यक्ति भएको उनले बताए।

झाँक्रीले भने, 'यो एकदमै कम हुने घटना हो जहाँ पाईलट र को पाईलटको मृत्यृ भएर पनि  सबै यात्रु बाँच्न सफल भएको।

]]>
8771 0 0 0
विमान परीक्षण नगरी नउडाउन निर्देशन http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%89%e0%a4%a1%e0%a4%be%e0%a4%89/ Sat, 27 Feb 2016 01:21:51 +0000 http://www.ghumphir.com.np/?p=8776 १५ फागुन, काठमाडौं ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन–एजेबी विमान आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले एकल इन्जिन भएको विमान परीक्षण नगरीकन नचलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्।
मन्त्री पोखरेलले इन्जिनको खराबीका कारण आकस्मिक रुपमा विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने बुझिएकाले बाँकी सबै एकल इन्जिन भएका विमान परीक्षण नगरी नचलाउने प्राधिकरणलाई निर्देशन दिएको बताए।
Ananda-pokhral
प्राधिकरणका निर्देशक सञ्जीव गौतमले विमानको प्राविधिक पक्षको खराबीका कारण विमान आकस्मिक रुपमा अवतरण गर्ने क्रममा अवतरण गर्दा दुर्घटना भएको आशङ्का भएकाले प्राधिकरणको टोली शनिबार गएर सबै विमानको इन्जिनको परीक्षण गर्ने जानकारी दिए। प्राधिकरणका निर्देशक गौतमका अनुसार विमानको एकल इन्जिको खराबी भए/नभएको टोलीले पूर्णरुपमा अध्ययन गरिसकेपछि मात्र विमान सञ्चालन हुने छन् । खास गरी नेपालगञ्ज, सुर्खेतलगायतका पहाडी जिल्लामा एकल इन्जिनका विमान सञ्चालन हुन्छन् । यस्ता एकल इन्जिन भएका विमान मकालु–२, गोमा–२ र एयर काष्ठमण्डपको–२ रहेको थियो । आज एयर काष्ठमण्डपको एक विमान दुर्घटना भए पनि काष्ठमण्डपको एकमात्र विमान रहेको छ । प्राधिकरणको प्राविधक टोलीले पाँच वटा एकल इन्जिन भएको विमानको परीक्षण गर्नेछन् ।
]]>
8776 0 0 0
भारतको बरौनीदेखि काठमाडौंसम्म रेल नेटवर्क सर्वे थाल्ने http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%b0%e0%a5%8c%e0%a4%a8%e0%a5%80%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c/ Sat, 27 Feb 2016 01:28:51 +0000 http://www.ghumphir.com.np/?p=8779 १५ फागुन, काठमाडौं ।

नेपालमाथि राजनीतिक प्रभाव बढाउँदै लगेको भारतले उत्तर प्रदेशको बरौनीदेखि काठमाडौंसम्म रेल लाइन नेटवर्कको सर्वे तयारी थालेको छ। भारतका रेलमन्त्री सुरेश प्रभुले रेल बजेटमा बरौनी–काठमाडौं रेल नेटवर्क सर्वे गर्न बजेट छुट्याएरै योजना अघि सारेका छन्।
आफ्नो दोस्रो रेल बजेटमा मन्त्री प्रभुले काठमाडौंसम्म नेटवर्क पुर्‍याउने योजना प्रस्तुत गरेका हुन्। केन्द्र सरकारले बरौनीदेखि काठमाडौंसम्म रेल नेटवर्क जोड्ने योजनालाई अनुमति दिइसकेको इकोनिमक टाइम्सले उल्लेख गरेको छ। चीनले तिब्बतसम्म आइसकेको रेलमार्ग काठमाडौं ल्याउन तयारी भइरहेका बेला दक्षिणी छिमेकी काठमाडौंसम्म रेल नेटवर्क ल्याउन अघिसरेको हो। २०७१ चैतमा तत्कालीन राष्ट्रपति रामवरण यादबको चीन भ्रमणको बेला तिब्बतमा आइसकेको रेल काठमाडौंसम्म जोड्ने तयारी थालिएको हो। चीनले दक्षिण 'सिल्करोड आर्थिक क्षेत्रसम्बन्धी योजनामा तिब्बत रेलमार्ग नेपाल हुँदै भारतसम्म विस्तार गर्ने लक्ष्य राखेको छ। भारतले सर्वे गर्ने तयारी गरेको बरौनी–काठमाडौं रेल्व नेटवर्ककको दूरी ३६० किलोमिटर हुनेछ। सर्वेका लागि ५४ लाख भारतीय रुपैयाँ विनियोजन गरिएको छ। भारतसँग नेपालको सबैभन्दा बढी व्यापार घाटा रहँदै आएको छ। भारतीय रेल्वे सोझै काठमाडौंसँग जोडिए त्यसले नेपालको भारतमाथिको आर्थिक निर्भर्ता अझ बढाउने देखिन्छ।
]]>
8779 0 0 0
स्पेनिस मार्बेला फुटबल क्लबले बिमल, अनन्त र अन्जनलाई बोलायो http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a5%87%e0%a4%a8%e0%a4%bf%e0%a4%b8-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%ac%e0%a4%b2-%e0%a4%95/ Sat, 27 Feb 2016 01:36:02 +0000 http://www.ghumphir.com.np/?p=8781
football१५ फागुन, काठमाडौं ।
नेपाली फुटबल टोलीका युवा स्ट्राइकर बिमल घर्ती मगरसहित तीनजना नेपाली फुटबलरलाई स्पेनको क्लबले बोलाएको छ।
१९ वर्ष मूनिको साफ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप फुटबल र दक्षिण एशियाली खेलकुद विजेता खेलाडी तथा  उत्कृष्ट लयमा रहेका बिमलसंगै अनन्त तामाङ र अन्जन बिष्टलाई स्पेनको क्लब मार्बेला युनाइटेड एफसीले बोलाएको हो।
बिमलले मार्बेला युनाइटेडसंग औपचारिक सम्झौता गर्दै क्लबमा आबद्ध हुने छन्। तर अनन्त र अन्जनलाई भने क्लबमा झण्डै दुई महिना प्रशिक्षण दिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
उनीहरु तीनै जना आउँदो मार्च ५ मा स्पेन प्रस्थान गर्ने एन्फाले जनाएको छ। स्पेनमा दुई महिने प्रशिक्षणमा रहँदा उनीहरुले मार्च १३ देखि ३१ सम्म हुने मैत्रीपूर्ण खेलका लागि  नेदरल्याण्डको पनि भ्रमण गर्नेछन्।
]]>
8781 0 0 0
विमान दुर्घटना बारेमा छानबिन समिति गठन http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%9b%e0%a4%be/ Sat, 27 Feb 2016 01:48:39 +0000 http://www.ghumphir.com.np/?p=8785

काठमाडौँ, १५ फागुन ।

सरकारले नेपालगञ्जबाट जुम्लाका लागि उडेको ९ एन–एजेबी विमान आकस्मिक अवतरण गर्ने क्रममा कालिकोटको चिलखायामा भएको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन एक छानबिन समिति गठन गरेको छ ।

The wreckage of Kasthamandap Air plane at the crash site in Kalikot on Friday, February 26, 2016.

पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।

सदस्यमा हवाई महानिर्देशनालय नेपाली सेनाका प्रमुख सेनानी रवीन्द्र बस्नेत, गोमा एयरका वरिष्ठ इन्जिनियर रमेशकुमार सिंह र सदस्य सचिवमा मन्त्रालयमा सहसचिव हरिबहादुर खड्का रहनुभएको छ । मन्त्रिस्तरीय निर्णयबाट सो छानविन समिति गठन गरेको र समितिले दुई महिनाभित्र सत्यसत्य पत्ता लगाई प्रतिवेदन बुझाउन समय दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो । विमान दुर्घटना हुँदा चालक दलका दुईसहित ११ जना रहेको विमानमा चालक र सहचालकको निधन भइसकेको छ । घाइतेको नेपालगञ्जको कोहलपुरमा उपचार भइरहेको छ ।

]]>
8785 0 0 0
कलेजको लापर्बाहीले ३७ विद्यार्थीको भविष्य अन्योलमा http://localhost/ghum/%e0%a4%95%e0%a4%b2%e0%a5%87%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%be%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a5%a9%e0%a5%ad-%e0%a4%b5%e0%a4%bf/ Sat, 27 Feb 2016 01:53:51 +0000 http://www.ghumphir.com.np/?p=8788

नवलपरासी, १५ फागुन ।

नवलपरासीको गैँडाकोटमा अवस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा अध्ययनरत ३७ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । कलेजको लापरवाहीका कारण कलेजमा बिई कम्प्युटर इन्जिनियरिङमा भर्ना भएका ती विद्यार्थीको भविष्य अन्योल बनेको हो । सो कलेजले पोखरा विश्वविद्यालयसँग सम्बन्धन स्वीकृति विना नै बिई कम्प्युटर इन्जिनियरिङमा विद्यार्थी भर्ना गरेको र अहिले विश्वविद्यालयले ती विद्यार्थीको रजिस्टे«सन नगर्नेे जनाएपछि यस्तो स्थिति आएको हो । पोखरा विश्वविद्यालयसँग सम्बन्धन रहेको सो कलेजले बिई अध्यापन गराउन विश्वविद्यालयसँग स्वीकृति लिनुपर्ने भए पनि अहिलेसम्म स्वीकृति नलिएको विश्वविद्यालयले जनाएको छ । पोखरा विश्वविद्यालयले राष्ट्रिय दैनिकमा सूचना नै प्रकाशित गरी भर्ना भएका विद्यार्थीको रजिस्टे«शन गर्न नसकिने जनाएको हो । विद्यार्थीको भविष्य या आर्थिक पक्षका विषयमा कलेज नै जिम्मेवार हुनुपर्ने विश्वविद्यालयले निकालेको सूचनामा उल्लेख छ । यता, अक्सफोर्ड कलेजले पोखरा विश्वविद्यालयसँग सम्बन्धन स्वीकृति नलिँदै विद्यार्थी भर्ना लिएको स्वीकार गरेको छ । ती विद्यार्थीको रजिस्ट्रेसन यही फागुन २३ गतेसम्म मात्र गर्ने म्याद छ । कलेजले विद्यार्थीको रजिस्ट्रेसन गराउन पहल गर्ने जनाएको छ ।

]]>
8788 0 0 0
संस्कृति संरक्षणकालागि सङ्ग्रहालय निर्माण http://localhost/ghum/%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b8/ Sat, 27 Feb 2016 08:44:42 +0000 http://www.ghumphir.com.np/?p=8791

वालिङ, १५ फागुन ।

नेवार समुदायको संस्कृति संरक्षणका लागि स्याङ्जा सदरमुकाममा नेवा सङ्ग्रहालय निर्माण थालिएको छ । पुतलीबजार नगरपालिका–५ पुतलीखेतमा गत वैशाखबाट निर्माण थालिएको उक्त सङ्ग्रहालय आगामी डेढ वर्षभित्रमा निर्माण सम्पन्न हुने नेवा सङ्ग्रहालय निर्माण समितिका सल्लाहकार अनन्तकुमार श्रेष्ठले बताउनुभयो । झण्डै चार रोपनी क्षेत्रफलमा फैलने उक्त सङ्ग्रहालय करिब रु दुई करोड ५० लाखको लागतमा निर्माण सम्पन्न हुने बताइएको छ । नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति, ‘नेवा खल’ स्याङ्जा तथा अन्य विभिन्न सङ्घ संस्था तथा व्यक्तिसँग आर्थिक सङ्कलन गरी निर्माण थालिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । लोपोन्मुख अवस्थामा रहेका नेवार समुदायको कला, संस्कृति, भेषभूषा, खानपिन तथा विविध चाडपर्वको संरक्षण तथा जगेर्ना गर्दै आगामी पुस्तौँं पुस्तासम्म जानकारी दिने मुख्य उद्देश्यले सङ्ग्रहालयको निर्माण थालिएको सङ्ग्रहालय निर्माण समितिका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

]]>
8791 0 0 0
यस्तो थियो ५० वर्षअघिको नेपाल (फोटो फिचर) http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%a5%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a5%ab%e0%a5%a6-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%85%e0%a4%98%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%a8/ Sat, 27 Feb 2016 08:55:48 +0000 http://www.ghumphir.com.np/?p=8794

बिल ह्यान्सन
म त्यतिबेला पढ्दै थिएँ । एक दिन कक्षामा बाहिरबाट कसैले आएर पिसकर्पका बारे बतायो । म कतै अलि टाढाको दुनियाँमा, नयाँ भाषा भएको ठाउँमा जान चाहन्थें । पिस कर्प भएको ठाउँहरूको नाम हेरेपछि मैले नेपाल छानें । त्यो बेला नेपाल नै किन छानें भन्ने ठोस कारणचाहिँ छैन ।
त्यसपछि म पुस्तकालयमा गएँ र भारतको नक्सा दिनु भनें । पुस्तकालय कि महिलाले मलाई नेपाल भनेको छुट्टै देश हो, भारत होइन भन्ने बताइन् र नक्सा दिइन् ।
सन् १९६५ मा पहिलोपटक नेपाल आएँ ।
काठमाडौंमा केही समय पिसपर्क स्वयंसेवकको तालिम लिएपछि तनहुँ जिल्ला पञ्चायतमा ‘कम्युनिटी डेभलपमेन्ट भोलेन्टियर’ का रूपमा काम गर्न खटिएँ ।
६७ सम्म दुई वर्ष नेपाल बस्दा म नेपालका केही ठाउँ घुमें । काठमाडौं, पोखरादेखि धनकुटा, ओखलढुंगादेखि नाम्चेसम्म पुगें । पदयात्राहरू निकै गरिए । धेरै ठाउँमा बाटो थिएन, त्यसैले पनि पैदल नै हिँडिन्थ्यो ।
मलाई मेरो बुबाले कोडाकको एउटा क्यामेरा दिनुभएको थियो । म त्यही क्यामेरा लिएर नेपाल आएको थिएँ । अहिलेको जस्तो डिजिटल क्यामेरा थिएन, रिल चाहिन्थ्यो । त्यसैले जोगाएर फोटो खिच्नुपथ्र्यो । मेरो सोख भएकाले फोटो खिच्दै हिँड्थें । यी तस्बिरहरू पछि स्लाइडमा उतारेकाले अहिलेसम्म सुरक्षित भए ।

सनोसोले दाँत निकाल्दा

एकपटक ओखलढुंगाबाट नाम्चे जाँदा हाम्रो साथमा भरिया थिए । उनको नाम मैले बिर्सिएँ । बाटोमा उनको दाँत दुख्यो । निकै दुख्यो भनेपछि एउटा बस्तीमा हामीले भारी बिसायौं । गाउँकै एकजनाले सनासोले उनको दुखेको दाँत निकाल्दिए ।

दाँत निकालेपछि उनले अलिकति रक्सी खाए र भारी बोकेर हिँडे । सानासोले दाँत निकालेको फोटो मैले खिचेको थिएँ । केहीअघि पाटनमा भएको फोटो प्रदर्शनीमा पनि यो फोटो दिएको थिएँ ।

बन्दिपुरको सम्झना म दुई वर्ष तनहुँमा बसें । त्यो बेला बन्दिपुर सदरमुकाम थियो पछि दमौली सर्‍यो । बन्दिपुर त्यो बेलाको ठूलो केन्द्र थियो । वरपरका मानिसहरूको बजारदेखि मेला, पूजा सबै भव्य हुन्थ्यो । सदरमुकाम सरेपछि बन्दिपुर बजार सुक्न थाल्यो । अहिले फेरि बन्दिपुर हराभरा भएको छ ।

पचास वर्षअघि मैले खिचेका बन्दिपुरका तस्बिरहरू म अहिलेको पुस्तालाई हस्तान्तरण गर्न चाहन्छु । त्यो बेलाको तस्बिरमा देखिने सानो बच्चा अहिले हजुरबा हजुरआमा बनिसके । म उनीहरूलाई पनि ती सम्झना दिन चाहन्छु । यसैले मैले अहिले बन्दिपुरमा ती पुराना तस्बिरको प्रदर्शनी गर्न लागेको । एक–एकजना खोजेर फोटो दिन गाह्रो हुन्छ । प्रदर्शनी नै गरेपछि सजिलो । यी तस्बिरमा म कुनै क्याप्सन लेख्दिनँ । मानिसहरूले आफैं हेरुन् र चिनुन् भन्ने मेरो अपेक्षा छ ।साभार कान्तिपुर

 
]]>
8794 0 0 0
बाँदरले टोक्दा सात बालबालिका घाइते http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%9f%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%a4-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%ac%e0%a4%be/ Sat, 27 Feb 2016 09:06:04 +0000 http://www.ghumphir.com.np/?p=8798

गौशाला, १५ फागुन ।

महोत्तरीको जलेश्वर नगरपालिका–१७ र १८ मा एक बाँदरले दुई÷तीन दिनदेखि आतङ्क मच्चाएको छ । सो बाँदरले जलेश्वर परिकौली फुल्हट्टाका सात बालबालिकालाई टोकेर घाइते बनाएको छ । घाइते हुनेमा जलेश्वर–१७ का सात वर्षीय आलाक झा, आठ वर्षीय कृष्णा मुखिया, सात वर्षीय चन्दन झा, आठ वर्षीया अञ्जु कुमारी, सात वर्षीया उषा कुमारी, १२ वर्षीया बबिता कुमारी र वडा नं १८ का विक्रम महतो रहेको स्थानीयवासीले बताएका छन् । दुई÷तीन दिनदेखि अचानक गाउँमा देखा परेको सो बाँदरले एक्लो मान्छेलाई देख्दा लखेट्ने तथा घर–घरमा पसेर अन्नपात खाइदिने, भाँडाकुडा फाल्नुका साथै घरमा पनि क्षति पु¥याउने गरेको छ । सो बाँदर एक्लै भए पनि मानिससँग नडराउने तथा गाउँमै बस्ने गरेको र समूहमा गएर धपाउँदा वनतिर जाने र पछिपछि फर्केर आउने गरेको स्थानीयको भनाइ छ ।

]]>
8798 0 0 0
खोटाङवासी विकासका लागी आफै जुट्न थाले http://localhost/ghum/%e0%a4%96%e0%a5%8b%e0%a4%9f%e0%a4%be%e0%a4%99%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80-%e0%a4%86/ Sat, 27 Feb 2016 09:30:41 +0000 http://www.ghumphir.com.np/?p=8807 डम्बरसिं राई

विगतमा आधा दर्जन सचिव, त्यति नै संख्यामा मन्त्री भइसकेको पनि खोटाङको विकासमा खासै प्रगति भएको थिएन । तर अहिले स्थानीयवासी समेत जुट्न थाल्दा विकास निर्माणले गति लिएको छ । पछिल्लो समय जिल्लामा सडक, शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, विद्युत लगायतको विकास र विस्तार उल्लेख्य भएको छ ।

Khotang District Map

विगतमा माथिल्लो ओहदामा धेरै व्यक्ति पुगे पनि जिल्लाको विकासमा खासै योगदान नगरेको पूर्व जिविस सभापति तथा कांग्रेस महासमिति सदस्य विष्णुकुमार राई बताउँछन् । सांसद विशाल भट्टराई भने यो कुरामा सहमत छैनन् । उनी भन्छन्– ‘पछिल्लो समय खोटाङको विकासका लागि विभिन्न मन्त्रालयमा डेलिगेसन गएका छौं ।’

पूर्व सांसद टंक राईले भने भौतिक चिजलाई मात्र विकास भन्न नहुने बताउँछन् । जनताको जीवनसँग जोडिएको परिवर्तनलाई मात्र विकास भन्न मिल्ने राईको तर्क छ । ‘विकास हेर्नका लागि होइन, अनुभूति हुनुपर्छ,’ राई भन्छन्– ‘पछिल्लो समय क्रमिक रूपले विकास भएको छ ।’

सडक/पुल : जिल्लाको ७२ गाविस र एक नगरपालिकामध्ये ६२ गाविस र एक नगरपालिकामा (४८५ किमि) सडक पुगेको छ । दस गाविसमा सडक विस्तार भइरहेको छ ।

मध्यपहाडी लोकमार्गको स्तरवृद्धि पनि भइरहेको छ । हुर्लुङ–जालपा–ऐँसेलुखर्क सडक निर्माणाधीन अवस्थामा छ । मध्यपहाडी लोकमार्गमै पर्ने दूधकोसी नदीको पुल निर्माण भने ६ वर्षदेखि थालिएको छ । अन्य पाँचवटा सडक पुल निर्माणाधीन छन् । जिल्लामा एक सय ६२ वटा झोलुङ्गे पुल सञ्चालनमा छन् ।

शिक्षा : पछिल्लो अवधिमा शिक्षामा पहुँच बढेको छ । जिल्ला शिक्षा कार्यालयको रेकर्डअनुसार ८७ प्रतिशत बालबालिका शिक्षाको पहुँचमा छन् । विद्यार्थी ३१ उच्च मावि, ५९ मावि, ८६ निमावि र ३ सय ११ गरी ४ सय ८७ शैशिक संस्थामा अध्ययनरत छन् ।

यस बाहेक स्नातकोत्तर तहको एक र स्नातक तहका तीन क्याम्पस पनि सञ्चालनमा छन् । पछिल्लो समय निजी विद्यालय फष्टाएका छन् । शिक्षाको स्तर भने सन्तोषजनक छैन । अघिल्लो वर्षको एसएलसी परीक्षामा मुलुककै सबभन्दा कम १६ प्रतिशतमात्र यस जिल्लाबाट उत्तीर्ण भए ।

स्वास्थ्य : जिल्लामा एक जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, दुई उपस्वास्थ्य चौकी र ७१ स्वास्थ्य चौकी (स्तरवृद्धि सहित) स्वास्थ्य संस्था छन् । जिल्ला अस्पतालमा गाइनोलोजी, हाडजोर्नी लगायत अन्य उपचारको उपचार गरिए पनि दुर्गमकाले गर्दा सेवा पाउन मुस्किल छ । यस बाहेक अन्य गम्भीर प्रकृतिका १५/२० प्रतिशत बिरामी रेफर गर्नुपरेको जिल्ला अस्पतालका चिकित्सक पुजन बल बताउँछन् ।

सञ्चार : जिल्लाको कुनाकाप्चामा टेलिफोन पहुँच पुगेको छ । खोटाङस्थित नेपाल टेलिकमका प्रमुख भरोषी साहका अनुसार जिल्लामा मोबाइल सीडीएमए र जीएसएम गरी करिब ८५ हजार, ल्यान्ड लाइन १२ सय सञ्चालनमा छन् । चिसापानी, खोटाङबजार र सिम्पानी बजारमा तीन सय ल्यान्ड लाइन टेलिफोन पनि यसै आर्थिक वर्षमा विस्तार सकिने साहले बताउँछन् ।

कृषि : खोटाङको समृद्धि कृषिबाट हुने छाँट देखिएको छ । पछिल्लो समय नगदेबालीतर्फ किसान आकर्षित भएका छन् । यो वर्षमात्र अलैंचीबाट ९२ करोड २८ लाख जिल्ला भित्रिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक कौशलकुमार यादव बताउँछन् ।

यादवका अनुसार जिल्लाका ३४ गाविसको १३ सय २० हेक्टरमध्ये ९ सय ४० हेक्टरमा उत्पादन भएको १४ हजार १ मन अलैंचीमध्ये १३ हजार १ सय ८३ मन अलैंची निकासीबाट यत्तिको रकम जिल्ला भित्रिएको हो ।

‘जिल्लामा कुल उत्पादन भएको १४ हजार १ मनमध्ये १३ हजार १ सय ८३ मन अलैंची निकासी भएको छ,’ यादव भन्छन्, ‘यसबाट हुनआउने रकम ९२ करोड २८ लाख हुन्छ ।’ यादवका अनुसार गतवर्ष अलैंचीबाट ८० करोड रुपैयाँ जिल्ला भित्रिएको थियो ।

आगामी वर्ष अलैंचीबाट निक्कै ठूलो रकम जिल्ला भित्रिने कृषि विकास कार्यालयले जनाएको छ । यादवका अनुसार यो वर्ष नौ हेक्टरमा नयाँ अलैंचीको बिरुवा रोपिएको छ । यस बाहेक यो वर्ष सुन्तलाबाट १५ करोड बढी जिल्ला भित्रिने कृषि विकास कार्यालयले जनाएको छ ।

अहिलेसम्म करिब २० लाख रूपैयाँको सुन्तला निकासी भइसकेको अर्का प्राविधिक सहायक रामभक्त अधिकारी बताउँछन् । अन्य कृषिजन्य वस्तुको उत्पादन पनि बढेको छ । खसी/बाख्रा, बङ्गुर, भेडा, भैसी, गाई लगायतका पशुजन्य उत्पादन पनि बढेको छ ।

‘पशुजन्य उत्पादन पनि राम्रो छ,’ जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत पूर्णकुमार बजिमय भन्छन्, ‘यस्तै अनुपातमा पशुजन्य उत्पादन भए जिल्लालाई छिट्टै उँभो लगाउँछ ।’

विद्युत् : जिल्लामा विद्युतको पहुँच बढेको छ । केन्द्रीय प्रसारणले जिल्लाका ३८ गाविस र १ नगरपालिकामा पुगेको छ । स्थानीय स्तरका लघुजलविद्युत आयोजना (६८२ किलोवाट) बाट १५ गाविसलाई पुगेको छ । पेल्ट्रिक सेटहरू (२८.५) बाट सात गाविसले विद्युत उपयोग गरेका छन् ।

मेवाखोला जलविद्युत आयोजना (१ मेगावाट) ले जिल्लाको ४५ गाविस र रावाखोला जलविद्युत आयोजना (करिब ६ मेगावाट) पनि उत्पादनको चरणमा छ । यसले खोटाङबासीले लोडसेडिङको सास्तीबाट मुक्त हुने देखिन्छ ।

उद्योग : जिल्लामा विभिन्न साना उद्योग सञ्चालनमा छन् । अल्लो, खाँडी, राडी, ढाका कपडा, मिनरल पानी लगायतका उद्योग निक्कै आसलाग्दा छन् । यस बाहेक मछिनो लगायतका जडिबुटी उद्योगले जिल्लाको अर्थतन्त्रमा सहयोग पुग्ने देखिएको छ ।

जिल्लाको छितापोखरी गाविसमा सञ्चालन गरिएको मछिनो उद्योगले मासिक ३ लाख ७५ हजार रूपैयाँ आम्दानी दिनथालेको उद्योग सञ्चालक युवराज तामाङको भनाइ छ । यस बाहेक सस, चाउमिन लगायतका साना उद्योग पनि सञ्चालनमा छन् ।

जीवनस्तर : जिल्लाबासीको जीवनस्तर उक्सेको छ । ४२ हजार २ सय ६४ घरधुरी रहेको खोटाङमा खाडी मुलुकमा मात्र ३५ हजार १० जना कार्यरत छन् । यस बाहेक बेलायत, भारत, जापान लगायतका अन्य विभिन्न मुलुकमा पनि थुप्रै छन् ।

खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुका अनुसार दैनिक झन्डै तीन करोड रेमिट्यान्स जिल्ला भित्रिन्छ । सेना, जनपद, सशस्त्र, कर्मचारीको पेन्सनबापत मासिक ८० लाख जिल्ला भित्रिने राष्ट्रिय वाणिज्य बैंकको रेकर्ड छ । शिक्षकको तलबबाट मासिक ६२ करोड ८२ लाख ८० हजार जिल्ला भित्रिने शिक्षा कार्यालयले जनाएको छ ।

यस बाहेक अन्य करोडौं रकम जिल्ला भित्रिन्छ । जिल्लाका नेतृत्वलाई समेत विकासबारे मार्गनिर्देशन गर्ने चेतना जनतामा वृद्धि भएकाले जसका कारण विकासले गति पाउने सम्भावना बढेको छ ।

फजुलमा खर्च बढी : जनतामा चेतना आए पनि केही पक्षमा नकारात्मक प्रभाव कायमै छ । यसमध्ये जिल्लामा ठूलै रकम फजुलमा खर्च हुने गरेको छ ।

खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष लयालुका अनुसार चुरोटमा वार्षिक पाँच करोड, विभिन्न पेयपदार्थमा वार्षिक १५ करोड, जङ्कफुडजन्य वस्तुमा वार्षिक पाँच करोड, विलासिता (शृङ्गार) वार्षिक दुई करोड रुपैयाँ जिल्ला बाहिरिन्छ । यसलाई धान्ने चिज जिल्ला निकासी नहुँदा जिल्लाको अर्थतन्त्रमा नकारात्मक असर पुगेको वाणिज्य संघका अध्यक्ष लयालुले बताए ।साभार कान्तिपुर

]]>
8807 0 0 0
यस वर्ष सिरहामा आँप बढी फल्ने http://localhost/ghum/%e0%a4%af%e0%a4%b8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%b8%e0%a4%bf%e0%a4%b0%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%81%e0%a4%aa-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%ab%e0%a4%b2/ Sun, 28 Feb 2016 03:19:31 +0000 http://www.ghumphir.com.np/?p=8812 गोलबजार (सिरहा), १६ फागुन ।

आँप खेतीका लागि निकै प्रख्यात सिरहाका कृषकले रुखमा मन्जरी (फूल) अत्यधिक लागेको देखेर खुसीले गद्गद् भएका छन् । आँपको राजधानी भनेर चिनिने सिरहामा यस वर्ष मनग्यै आँप फल्ने सङ्केत देखिएपछि कृषक खुसीले गद्गद् भएका हुन् । गत वर्ष ८० प्रतिशत आँप उत्पादनमा ह्रास आए पनि यस वर्ष अत्यधिक उत्पादन हुने किसानले विश्वास व्यक्त गरेका छन् । “आँपको रुखमा पात कतै पनि देखिँदैन” गुरुधामका माधव थपलियाले भन्नुभयो, “आँपको बोट मन्जरीले ढाँकेको छ । त्यसैले यस वर्ष आँपको उत्पादन निकै बढ्ने सम्भावना छ ।” मन्जरीमा किरा लाग्न नदिन चिकित्सकको सल्लाहअनुसार औषधि छर्किने उहाँले बताउनु भयो । मन्जरी सप्रियो भने एक अर्बभन्दा बढीको आँप उत्पादन हुने संभावना रहेको जिल्ला कृषि विकास कार्यालय सिरहाको अनुमान छ । जिल्लामा चार हजार ७०० हेक्टर जग्गा आँपखेतीको क्षेत्रफल रहेको कृषि विकास कार्यालय सिरहाका कृषि प्रसार अधिकृत रामनारायण महतोले जानकारी दिनुभयो । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष सिरहामा साढे सात मेट्रिक टन प्रतिहेक्टरको हिसाबले आँप उत्पादन भएको थियो भने यो वर्ष १७ मेट्रिक टन प्रतिहेक्टर जग्गामा आँप फल्ने कृषि प्रसार अधिकृत महतोको अनुमान छ । अन्य वर्ष पानी र हावाहुरीका कारण आँपको मन्जरी झ¥यो र उत्पादनमा ह्रास आउँथ्यो । तर यो वर्ष अहिलेसम्म कुनै समस्या देखिएको छैन् । अहिलेसम्म मन्जरीमा मधुवा किराको प्रकोप पनि नदेखिएकाले उत्पादन बढ्ने बताइएको छ । यहाँ फल्ने आँप सबभन्दा बढी राजधानी काठमाडाँै र भारतको विहार जाने गर्छ भने विराटनगर, पोखरा, वीरगन्ज, बुटवललगायत देशको अन्य सहरमा पुग्ने गरेको छ । नयाँ जातका आँपमध्ये सिरहाको माटोमा उत्पादन हुने दसहरी, सपेता र मालदह आँपको राम्रो स्वाद भएको, धेरै उत्पादन दिने र पाकेको फल धेरै समयसम्म नकुहिने गुण भएकाले यी जातका आँप देश र विदेशमा निर्यात हुने गरेको किसान बताउँछन् ।

]]>
8812 0 0 0
काठमाडौंलाई उज्यालो बनाउन सौर्य प्रणाली जडान गर्दै महानगर http://localhost/ghum/%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%aa%e0%a5%87%e0%a4%b8%e0%a4%be-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%9f/ Sun, 28 Feb 2016 03:24:56 +0000 http://www.ghumphir.com.np/?p=8814 १६ फागुन, काठमाडौं ।
काठमाडौंँ महानगरपालिकाले समुदायमा आधारित सौर्य प्रणाली जडानका लागि प्रक्रिया अगाडि बढाएको छ। काठमाडौँ सहरलाई उज्यालो बनाउनका लागि भन्दै महानगरले त्यस्तो कार्यविधि अघि बढाएको हो।
लोडसेडिङको समयमा राजधानी सहर पूर्णतः अँध्यारो भएको भन्दै उज्यालो बनाउन सौर्यबत्ती जडान गर्न लागिएको महानगरका भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीले जानकारी दिए। “साँझ पनि व्यापार, व्यवसाय तथा मनोरञ्जनका कार्यक्रम हुने भएकाले सौर्यबत्ती जडान गर्न लागिएको हो,” उनले भने “त्यसमा पनि राजधानी त सधैं उज्यालो हुनुपर्छ भन्ने मान्यता छ ।”
यसरी जडान गर्न लागिएको सौर्य बत्तीका लागि उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था व्यक्तिगत प्रयोजनको लागि जडान गरिने सौर्य प्रणालीका लागि मात्रै उपलब्ध गराइने छ।
त्यसैगरी कुनै विद्यालय, अस्पताल, सार्वजनिक सङ्घ संस्था, सेवामूलक क्षेत्रलगायतले संस्थागतरुपमा सोलार राख्न चाहेमा ७० प्रतिशत सरकारले लगानी गर्ने छ भने ३० प्रतिशत सम्बन्धित संस्थाले नै लगानी गर्नुपर्ने नियम पनि महानगरले तय गरेको छ।
प्रमुख रेग्मीका अनुसार एउटा सौर्य बत्ती जडान गर्न पोलसमेत गरी १ लाखसम्म लगानी लाग्ने छ। अहिले बत्ती राख्नका लागि निवेदन आह्वान गरिएको छ । आइतबारदेखिनै निवेदन सङ्कलनको काम हुने महानगरले जनाएको छ।
आवदेनअनुसार मात्रै कुन स्थानमा कति बत्ती जडान गर्ने, संस्थागत र व्यक्तिगसँगै लागतसमेतको आँकलन हुने प्रमुख रेग्मीले बताउनुभयो । अठारौँं दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनका समयमा पनि नारायणगोपालचोक, बानेश्वर, कोटेश्वर, सिंहदरबार, माइतीघर, थापाथली, पुरानो बसपार्कलगायत स्थानमा सौर्य प्रणाली जडान गरिएको थियो।
त्यतिबेला जडान भएका प्रणाली मर्मत सम्भारको अभावमा केही बिग्रिएका छन् भने कतिपय स्थानमा चालु अवस्थामा रहेका छन् । महानगरले विगतमा जडान गरिएका सौर्य प्रणालीको मर्मत सम्भारमा समेत ध्यान दिने जनाएको छ।

सार्क सम्मेलनका क्रममा महानगरपालिकाले सौर्य प्रणाली जडान गर्न १० करोडको लगानी गरेको थियो । त्यसबेला १५० वटा सौर्य प्रणाली जडान भएका थिए ।

]]>
8814 0 0 0
हिउँचितुवामा स्याटेलाइट जोडिने http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%89%e0%a4%81%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%9f/ Sun, 28 Feb 2016 03:28:06 +0000 http://www.ghumphir.com.np/?p=8816

१६ फागुन, काठमाडौं ।

कञ्चनजंघा संरक्षण क्षेत्र (के–क्याप) मा ‘स्याटेलाइट रेडियो कलर’ जडान गरिएका दुई हिउँचितुवा सम्पर्कमा आउन छाडेपछि थप चितुवामा पनि जडान गर्ने तयारी भएको छ ।

राष्ट्रिय निकुञ्ज विभागले संरक्षण सहयोगी संस्थाहरू डब्लूडब्लूएफ नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा आगामी चैतमा थप हिउँचितुवाको घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गर्ने तयारी गरेको हो ।

रेडियो कलरमार्फत् हिउँचितुवाले विचरण गरेको क्षेत्र, हिँडेको क्षेत्रफल, तापक्रम, आहारको अवस्थाबारे काठमाडौंमै बसेर अनुगमन गर्न सकिन्छ । यसअघि २०७० को मंसिर र २०७२ को जेठमा २ हिउँचितुवाको घाँटीमा जडान गरिएका स्याटेलाइट रेडियो कलरले सन्देश दिन छाडेपछि आगामी चैतमा थपमा जडान गर्न लागिएको के–क्यापका प्रमुख संरक्षण अधिकृत (वार्डेन) हेमराज आचार्यले बताए ।

हिउँचितुवाको अनुगमनमा संलग्न डब्लूडब्लूएफ नेपालका ‘जीआईएस मेनेजर’ गोकर्णजंग थापाका अनुसार हिउँचितुवा पाइने के–क्यापका गोला, घुन्सा, याङ्मा र राम्जेरमध्येकै कुनै एउटा ब्लक/क्षेत्रका हिउँचितुवामा रेडियो कलर जडान गरिनेछ ।

ती क्षेत्र हिउँचितुवाको राम्रो बासस्थान हुन् ।

२०७० मा घुन्सा र २०७२ मा याङ्मा क्षेत्रका हिउँचितुवाको घाँटीमा रेडियो कलर जडान गरिएको थियो । २०७० मा जडान गरिएको हिउँचितुवाले एक हजार वर्गकिलोमिटर क्षेत्रलाई आफ्नो बासस्थल बनाएको पुष्टि भएको जीआईएसविज्ञ थापाले बताए । यसअघि विशेषज्ञहरूले सीमित क्षेत्रमा मात्र हिउँचितुवा विचरण गर्ने बताउँदै आएका थिए । तर, स्याटेलाइट जडित हिउँचितुवा भारत, आसामतर्फको संरक्षण क्षेत्रसम्म पुगेर फर्किएर आएको पुष्टि भएको छ ।

‘स्याटेलाइट रेडियो कलरले हिउँचितुवाको होमरेन्ज एक हजार वर्गकिलोमिटरसम्म हुने पुष्टि भएको छ,’ थापाले भने । आचार्यका अनुसार २०७२ मा स्याटेलाइट जडान गरिएको हिउँचितुवाले भने जम्मा तीन दिन मात्रै सन्देश पठाएको थियो ।

‘स्याटेलाइटले एक वर्षसम्म चितुवाले विचरण गरेको क्षेत्रको सन्देश दिने भनिएको थियो,’ आचार्यले कान्तिपुरलाई भने, ‘तर त्यो अनुसार काम भएन ।’ उनले स्याटेलाइट जडान गरिएका दुवै हिउँचितुवा क्यामेरा ट्रयापमा भने परेकाले सुरक्षित रहेको बताए ।

थापाले कञ्चनजंघामा हिउँचितुवाको थप अध्ययनका लागि ‘क्लाइमेट स्मार्ट ल्याडिस्केप’ सुरु गर्ने तयारी भएको समेत बताए ।

]]>
8816 0 0 0
१४ सदस्यको हत्यापछि आत्महत्या http://localhost/ghum/%e0%a5%a7%e0%a5%aa-%e0%a4%b8%e0%a4%a6%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%86%e0%a4%a4%e0%a5%8d%e0%a4%ae/ Sun, 28 Feb 2016 03:50:33 +0000 http://www.ghumphir.com.np/?p=8822 timthumb.php
भारतको मूम्बईमा एक व्यक्तिले परिवारका १४ सदस्यको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्। भारतीय समाचार संस्था पिटिआइका अनुसार मूम्बईको ठाणेमा ती ब्यक्तिले शनिबार राति परिवारका सदस्यको हत्या गरेका थिए। हत्या भएकामा ७ बालबालिका, ६ महिला  र १ पुरुष छन्।
  ती व्यक्तिले शनिबार एक पार्टी अायाेजना गरी परिवारका अरू सदस्य बाेलाएका थिए।  प्रहरीले हत्याको कारण खुल्न नसकेको बताएको छ।
]]>
8822 0 0 0
पाँच गैँडा स्थानान्तरण गरिँदै http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%97%e0%a5%88%e0%a4%81%e0%a4%a1%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%a3-%e0%a4%97/ Sun, 28 Feb 2016 04:03:39 +0000 http://www.ghumphir.com.np/?p=8825 चितवन, १६ फागुन ।

चितवन राष्ट्रिय निकुञ्जबाट यही फागुन १९ गतेदेखि गैँडा स्थानान्तरण सुरु गरिने भएको छ । गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज लग्न लागिएकोे हो । जसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । स्थानान्तरण गरिने पाँचमध्ये दुई वटा भाले र तीन वटा पोथी रहेका छन् । पहिलो दिन १९ गते दुई वटा र फागुन २३ गते तीन वटा गैँडा स्थानान्तरण गरिँदैछ । निकुञ्जको कसराको तल्लो भाग सुखीभारबाट गैँडा बर्दिया लैजान लागिएको हो । ती गैँडालाई बर्दियाको बबई उपत्यकामा छाडिने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । पहिलो चरणमा गैँडा स्थानान्तरणका लागि रु ८३ लाख खर्च हुने अनुमान गरिएको छ । तयारीका लागि ३० वटा हात्ती, जनशक्ति, खोरलगायत आवश्यक उपकरण तयार गरिएको छ । तीन वर्षभित्रमा बर्दियामा २५ वटा गैँडा स्थानान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । जसमध्ये २० वटा पोथी र पाँच वटा भाले रहेका छन् । यो आर्थिक वर्षमा पाँच वटा मात्र लगिन लागेको हो । बर्दियाको कर्णाली नदी तटमा हाल २९ वटा गैँडा छन् । सन् २००३ पछि सरकारले अहिले गैँडा स्थानान्तरण गर्न लागेको हो । सन् २००३ सम्म चितवन राष्ट्रिय निकुञ्जमा रहेका ८७ वटा गैँडा स्थानान्तरण भएका छन् । चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ८२ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पाँचवटा गैँडा स्थानान्तरण भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । चितवन निकुञ्जको पूर्वी क्षेत्र इचर्नीबाट त्यतिबेला गैँडा लगिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका सरोकारवालाले पहिले सो क्षेत्रमा गैँडा किन म¥यो समीक्षा नगरी स्थानान्तरण गर्न लागिएको भन्दै यसको विरोध गरेका छन् । उनीहरुले गैँडा मर्नुको कारण खोजी गरी त्यो समस्या समाधान गरेर मात्रै स्थानान्तरण गर्नुपर्ने भए पनि विभागले हतार गरेको जनाएका छन् । उनीहरुले गैँडालाई उपयुक्त वासस्थान र सुरक्षा हुनुपर्ने बताएका छन् ।

]]>
8825 0 0 0
माझीको पुख्र्यौली पेसा सङ्कटमा http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%9d%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a5%8c%e0%a4%b2%e0%a5%80-%e0%a4%aa%e0%a5%87%e0%a4%b8%e0%a4%be-%e0%a4%b8/ Sun, 28 Feb 2016 04:07:05 +0000 http://www.ghumphir.com.np/?p=8827 पाँचथर, १६ फागुन । तमोर नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय सङ्कटमा परेका छन् । गत जेठमा ताप्लेजुङको विभिन्न गाविसमा गएको बाढी पहिरोले माछा बगाउँदा अहिले नदीमा कमै माछा रहेको माझी बताउँछन् । बिहानदेखि बेलुकीसम्म जाल हान्दा पनि एक छाक माछा मार्न हम्मेहम्मे हुने गरेको उनीहरु बताउँछन् । माछा मारेर बेच्दै गुजारा चलाउँदै आएका माझीटारका माझी समुदाय चिन्तित भएका छन् । स्थानीय राजेन्द्र माझीले नदीमा माछा अत्यन्तै पातलिएको बताउनुभयो । उहाँले दिनभरिमा एक÷दुई किलो माछा मार्न पनि गाह्रो हुने गरेको उल्लेख गर्नु भयो । माछा नदीमा कम भएपछि पुख्र्यौली पेसालाई अवलम्बन गरौँ की नगरौँ भन्ने दोधारमा माझी समुदायका युवापुस्ता रहेका छन् । माछा मारेर स्थानीय फिदिम बजारमा बिक्री गर्दै थिए । तर आजभोलि तरकारी खानै नपुग्ने बताउँछन् । अमरपुर–९ पिनासीघाटका प्रकाश माझीले बाढीले आफूहरुको रोजीरोटी बगाएको बताउनुभयो । हामी व्यापार व्यवसाय गर्दैनौँ । हामी त माछा मारेर जीविका चलाउँछौँ । उहाँले थप्नुभयो– “पुर्खालाई खुसी पार्न पनि माछा मार्ने पेसा अङ्गाल्नु पर्छ । जिल्लाको अमरपुर–९ पिनासीघाट, नक्कलेघाट, फिदिम र भारपाको सङ्गममा पर्ने माझीटारसँगै सिम्राघाट र लुमुघाटमा गरी करिब १५० परिवार माझी वर्षौंदेखि माछा मार्ने पेसा अङ्गाल्दै आएका छन् ।]]> 8827 0 0 0 विकसित देशकाका लागि सपना होइन तर हाम्रा लागि "स्मार्ट सिटी" सपना http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%b8%e0%a4%bf%e0%a4%a4-%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b8%e0%a4%aa%e0%a4%a8%e0%a4%be/ Sun, 28 Feb 2016 04:15:50 +0000 http://www.ghumphir.com.np/?p=8829
प्रवीण ढकाल
धुलोको नामोनिसान छैन। स्वच्छ र हरियाली वातावरण। चौबिसै घन्टा विद्युत र पानीको आपूर्ति। फराकिला सडक। भव्य आकाशेपुल। आकर्षक पार्क। ठाउँठाउँमा सफा सार्वजनिक शौचालय। व्यवस्थित त सुरक्षित भवन। हरेक क्षेत्रमा प्रविधि प्रयोग। न बिल तिर्न लाइन बस्नुपर्ने झन्झट न कुनै सेवा खरिद गर्दा भिडभाड र ठेलमठेल।
यी सबै 'स्मार्ट सिटी' का विशेषता हुन्। विकसित देशका धेरै सहरका लागि यो सपना होइन, यथार्थ हो। यस्ता सबै सेवासुविधायुक्त सहर नै स्मार्ट सिटी हुन्। भौतिक संरचना, सञ्चार, बजार, अर्थतन्त्र, सरकारी सेवा सबै अत्याधुनिक, पूर्ण व्यवस्थित सहर। सूचना प्रविधिको भरपूर सदुपयोगले सबै क्षेत्र स्मार्ट। kathmandu1चालु आर्थिक वर्षको बजेट भाषणमा नेपालका तीन सहरलाई आधुनिक, वातावरण र सुविधासम्पन्न 'स्मार्ट सिटी' बनाइने घोषणा गरियो। तत्कालीन अर्थमन्त्री रामशरण महतले काठमाडौं, लुम्बिनी र निजगढलाई 'स्मार्ट सिटी' बनाउने घोषणा गरिरहँदा धेरैले जिब्रो काटे, कति मिठो सपना भनेर मुख मिठ्याए। किनकि, यहाँको वास्तिविकता त्यसको ठिक विपरीत थियो। धेरै टाढाको परिकल्पना थियो 'स्मार्ट सिटी' बनाउने घोषणा। एक वर्षमा के भयो त? 'स्मार्ट सिटी' बनाइने भनिएका तीनवटै सहर अहिले पनि असरल्ल र भद्रगोल छन्। अव्यवस्थित घरबस्ती, धुलोधुवाँ, खाल्डै खाल्डा र साँघुरा सडक। छिरिलिएका बजार, फोहर गल्ली, असभ्य व्यवहार। कोलाहल, कोचाकोच, भिडमभिड सवारी यात्रा, घन्टौँ जाम, असुरक्षा। चौबिसै घन्टा पानी आउनुपर्नेमा ९ दिनमा १ दिन मुस्किलले ढल मिसिएको पानी आउँछ। १४ घन्टे लोडसेडिङ। जताततै लाइन, भिडभाड र ठेलमठेल। खुला स्थान, पार्क, सार्वजनिक शौचालय भेट्नै मुस्किल। अर्थात् आधुनिक, सभ्य, अनुशासित र हरियाली 'स्मार्ट सिटी' को त्यो सपना एक वर्षसम्म कागजमै सीमित छ। बजेट भाषणको कागजमा। सरकारी बजेट भाषणमा आएको 'स्मार्ट सिटी' निर्माणको प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन न यो विषयमा कुनै कार्यक्रम नै बनेको छ। स्मार्ट सिटी निर्माणका लागि काम अगाडि बढाउनुपर्ने सहरी विकास मन्त्रालयका कर्मचारी नै बजेट भाषणमा बाहेक अन्यत्र कार्यक्रममा यो कुरा नआएको भन्दै 'स्मार्ट सिटी' निर्माणको काम एक सपना मात्र रहेको बताइरहेका छन्। मन्त्रालयका प्रवक्ता पदम मैनाली वार्षिक कार्यक्रम तथा कानुनी रुपमा उक्त विषय नआएकाले तत्काललाई स्मार्ट सिटी सपना मात्र भएको बताउँछन्। 'बजेट भाषणमा आएको कुरा राजनीतिक दस्तावेज मात्र हो,' उनले भने, 'त्यसकारण यो विषयमा अहिलेसम्म कुनै कार्यक्रम छैन।' भाषणमा बोलिएको उक्त सपना तत्काल पूरा नभए पनि यसले त्यतातर्फ जान ढोका भने खोलिदिएको उनले सुनाए। नेपालका सन्दर्भमा कस्तो सहरलाई स्मार्ट सिटीका रुपमा चिन्ने भन्ने विषय नै पहिले टुंगो लगाउनुपर्ने मैनालीको भनाइ छ। ् 'स्मार्ट सिटीको परिभाषा देश र सहरअनुसार फरक हुनसक्छ,' उनले भने, 'हामीले के के कुरा तथा सूचक पूरा गर्र्यौँ। भने त्यसलाई स्मार्ट सिटी मान्ने भन्ने विषय नै पहिले टुंगो लगाउन आवश्यक छ।' उनका अनुसार सरकार फेरिँदै जाँदा यस्ता कार्यक्रम पनि कागजी रुपमा फेरिँदै जाने गरेका छन्। सहरी तथा भवन निर्माण विभागका महानिर्देशक रमेश सिंहले बढ्दो सहरीकरणलाई व्यवस्थित, विकसित र वातावरणमैत्री बनाउने अभियानअन्तर्गत सरकारले चालु आर्थिक वर्षमा अगाडि सारेको स्मार्ट सहर निर्माणको काम बजेट तथा कार्यक्रम नहुँदा अगाडि बढ्न नसकेको बताए। 'बजेट भाषणमा आयो तर कार्यक्रम नै आएन,' उनले भने, 'त्यसकारण यो काम हुने सम्भावनै छैन।' उनले स्मार्ट सिटी निर्माणको काम अगाडि नबढे पनि सहरलाई व्यवस्थित बनाउँदै लैजाने काम भने क्रमिक रुपमा अगाडि बढिरहेको बताए। काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी 'स्मार्ट सिटी' शब्दमा मिठो सुनिए पनि व्यवहारमा उतार्न सहज नहुने बताउँछन्। उनका अनुसार संक्रमणकालीन राजनीतिको फाइदा उठाउँदै भूमाफिया र पहुँचवालाले नै यो कार्यक्रमलाई तत्कालै व्यवहारमा लागू हुन दिँदैनन्। उनी यो कार्यक्रमलाई सफल बनाउन पहिला स्थानीय संरचना बलियो बनाउनुपर्ने सुझाव दिन्छन्। विज्ञका अनुसार इन्टरनेटलगायत प्रविधि प्रयोगबाट नागरिकलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउनुलाई नै स्मार्ट सिटी भनिन्छ। यस्ता सहरमा आधुनिक सहरमा आवश्यक कुनै पनि विषय छुटेका हुँदैनन्। स्मार्ट सिटीअन्तर्गत अधिकांश क्षेत्रलाई इन्टरनेट प्रणालीसँग जोडिन्छ। सरकारी तथा अन्य निकायका काम प्रविधिकै प्रयोगमार्फत छिटो र सहज रुपमा गरिन्छ। विज्ञका अनुसार सहरी योजनालाई प्रभावकारी बनाउन र पूर्वाधार विकासमा स्मार्ट सिटीले महŒवपूर्ण भूमिका खेल्छ। सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापाका अनुसार स्मार्ट सिटीलाई विभिन्न तरिकाले परिभाषित गरिए पनि सामान्यतया यो सार्वजनिक सुविधा प्रभावकारी बनाउन, यातायात चालकलाई सुधार्न, कार्बन फुटप्रिन्ट घटाउन र सरकारमा जनसहभागिता बढाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोगसँग सम्बन्धित छ। 'स्मार्ट सिटी बनाउने कुरा असम्भव छ भन्न मिल्दैन,' उनले भने, 'सरकारले चाहने हो भने केही वर्षको अन्तरालमै नेपालमा पनि स्मार्ट सिटी बन्नेछन्।' उनले यस वर्षको बजेटमा स्मार्ट सिटीको अवधारणा मात्र आए पनि आगामी दिनमा यो विषयमा काम अगाडि बढाउन योजना बनाउने बाटो दिएको बताए। स्मार्ट सिटी काउन्सिलले सहरलाई स्मार्ट बनाउन सहयोगका लागि नौ क्षेत्र पहिचान गरेको छ। अर्थतन्त्र, वातावरण, ऊर्जा, स्वास्थ्य, भुक्तानी, सार्वजनिक सुरक्षा, दूरसञ्चार, यातायात, पानी, ढल। नेपालमा सहरी विकासले नयाँ सहर र सहरोन्मुख क्षेत्रमा स्मार्ट सिटीको तŒवहरू मिसाउने अवसर खोज्नुपर्ने थापा बताउँछन्। स्मार्ट सिटीको काम रोकिए पनि सरकारले पहिलो चरणमा पोखरा, धरान र ललितपुर उपमहानगरपालिकालाई पर्याप्त हरियालीसहितको वातावरणमैत्री सहरको रुपमा विकास गरिने योजना भने अघि बढाएको छ। हरित सहरका लागि ती क्षेत्रमा पर्याप्त मात्रामा बगैंचा निर्माण, वृक्षरोपण, नदीकिनारका खाली ठाउँमा छिटो बढ्ने प्रकृतिका रुख रोप्ने, पार्क निर्माण गर्नेलगायत कार्य अगाडि बढाउने तयारी छ। हरित सहर निर्माणका लागि आवश्यक हरियाली बढाउन, नदीकिनाराको बगैंचा, सज्जा तथा सम्भारमा क्षेत्र विभाजन गरी स्थानीय क्लब, टोलसुधार समिति, सामाजिक संघसंस्था, व्यावसायीक प्रतिष्ठान तथा सरकारी निकायलाई जिम्मा दिने जनाइएको छ। यी सहरी क्षेत्रमा सौर्य ऊर्जा प्रयोगलाई प्रोत्साहित गर्ने नीतिसमेत सरकारले ल्याएको छ।
]]>
8829 0 0 0
तस्बिरमा विश्वका अनौठा तथा खतरनाक रेलवे ट्र्याकहरु http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%8c%e0%a4%a0%e0%a4%be-%e0%a4%a4/ Sun, 28 Feb 2016 04:33:30 +0000 http://www.ghumphir.com.np/?p=8831
संसारमा विभिन्न प्रकारका आश्चर्यजनक रेलवे ट्र्याक छन् जो निकै लोकप्रिय छन्। यी रेलवे ट्र्याकको नौलोपन देखेपछि विश्वास गर्नै गाह्रो हुन्छ। यी सबै ट्र्याकका आफ्नै विशेषता छन्। हेरौ यस्ता नौला र आश्र्चय जनक रेलवे ट्र्याक।
टनेल अफ लभ, युक्रेन (Tunnel of Love, Ukraine)
नेपियर जिस्बर्न रेलवे, न्युजिल्यान्ड (Napier-Gisborne Railway, New Zealand)
ट्रेन ए लस न्यूब्स, अर्जेन्टिना (Tren a las Nubes, Argentina) 
जर्जटाउन लूप रेलरोड, अमेरिका (Georgetown Loop Railroad, USA)
ट्रान्स साइबेरियन रेलवे, रुस  (Trans-Siberian Railway, Russia)
ल्यान्ड वासेर भ्याडक्ट, स्विटजरल्यान्ड (The Landwasser Viaduct, Switzerland) 
द डेथ रेलवे, थाइल्यान्ड (The Death Railway, Thailand)
गेओनग्वा स्टेसन, दक्षिण कोरिया (Gyeonghwa Station, South Korea) 
मेकलङ मार्केट रेलवे, थाइल्यान्ड (Maeklong Market Railway, Thailand) 

 ]]>
8831 0 0 0
दाङमा प्याराग्लाईडिङ सुरु गरिने http://localhost/ghum/%e0%a4%a6%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%88%e0%a4%a1%e0%a4%bf%e0%a4%99-%e0%a4%b8%e0%a5%81%e0%a4%b0/ Sun, 28 Feb 2016 04:38:10 +0000 http://www.ghumphir.com.np/?p=8834 दाङ ,१६ फागुन ।
दाङ जिल्ला उद्योग वाणीज्य संघले यही फागुन २१ देखि ३० गतेसम्म घोराहीमा आयोजना गर्ने भएको 'दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेला २०७२' को अवसरमा प्याराग्लाईडिङ सुरु गरिने भएको छ।
'उद्योग व्यापार कृषि एवम् पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास' भन्ने मूल नाराका साथ आयोजना गरिने महोत्सवको अवसरमा लक्ष्मीपुर गाविसको जसपुर सवारीकोटबाट प्याराग्लाईडिङ गरिने मूल समितिका संयोजक हेमराज बञ्जाडेले जानकारी दिए।
जिल्लामा प्याराग्लाईडिङको सम्भावना भएकाले महोत्सवको समयलाई सदुपयोग गर्दै सुरुवात गरिने उनले बताए। सवारीकोट जसपुरबाट यसअघि पनि प्याराग्लाईडिङ सफल रुपमा परीक्षण गरिएको थियो।
प्याराग्लाईडिङका लागि पारानोभा प्याराग्लाईडिङ संस्था पोखरासँग सम्झौता भएको र ५ वटा प्याराग्लाईडिङ दाङ आउन लागेको मूल समितिका सहसंयोजक नारायण भुषालले बताए ।  जसपुर सवारीकोटबाट प्याराग्लाईडिङ उडान सुरु गरेर महोत्सव स्थलमा ल्याण्डीङ हुने र यसका लागि सवारीकोटसम्म पुग्ने गाडीको व्यवस्था गरिने उनले बताए।
प्याराग्लाईडिङका लागि ५ हजार ५ सय भाडाको व्यवस्था गरिएको र अग्रीम टिकट बुकीङ गर्नुपर्ने भुषालले बताए।
]]>
8834 0 0 0
नेपालमै पहिलो पटक राना–थारु होम स्टे संचालनमा http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a5%88-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%aa%e0%a4%9f%e0%a4%95-%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%be-%e0%a4%a5/ Mon, 29 Feb 2016 03:24:25 +0000 http://www.ghumphir.com.np/?p=8836 नेपालमै पहिलो पटक राना–थारु समुदायले कञ्चनपुरमा राना–थारु सामुदायिक होम स्टे सुरु गरेका छन् । राना संस्कृति र परम्परा जोगाउन र त्यसको माध्यमबाट आर्थिक उन्नति गर्न भीमदत्त नगरपालिका वडा नम्बर १४ र १६ नयाँ बस्तीका राना समुदायले होम स्टे संचालनमा ल्याएका हुन् ।
 timthumb.phpबाह्रसिंगाको बथानका लागि दक्षिण एशियामै प्रख्यात शुक्लाफाँटा वन्यजन्तु आरक्षको किनारमै होम स्टे सुरु गरेपछि पर्यटन गतिविधि बढेको छ । मंसिरको अन्तिम साता उद्घाटन भएको नयाँ शैलीको होम स्टे अवलोकन र भ्रममणका लागि ३ महिनाको अवधिमा २ सयभन्दा बढी टोली आइसकेको होम स्टेका अध्यक्ष समन रानाले बताए ।
यहाँ आउने पर्यटनका लागि स्थानीयहरुले राना समुदायको संस्कृति झल्कने नाचहरु देखाउने गरेको र एउटा नाँचको पाँचसय रुपैयाँ शूल्क राखिएको अध्यक्ष रानाले बताए ।
गाउँको चारैतिर पर्यटकहरु रमाउने प्रशस्त ठाउँ र सदरमुकाम महेन्द्रनगरबाट करिब ३ किलोमिटरको दुरीमा यो होम स्टे भएकाले यो चर्चित बन्दैछ । होम स्टेले तीन दिनको प्याकेज बनाएर पर्यटकलाई घुमाउने योजना पनि बनाएको छ । होम स्टे संचालनका लागि सहयोग गरेका महेन्द्रनगरका होटल व्यवसायी परमानन्द भण्डारीले त्याहाँ दोधारा चाँदनीको झोलुङ्गे पुल, शुक्लाफँटाा, रानीताल, पिपरैयाको हात्तीसार, हिरापुरको कृष्णसार संरक्षण केन्द्र, बेदकोट ताल, झिलमिला ताल, बाबाताल, सिंहपाल मन्दिर जस्ता पर्यटकीय ठाउँहरु रहेको बताए ।
शुक्लाफाँटा आरक्ष र दोधारा–चाँदनीको पुल राना होम स्टेबाट नजिकै छ भने बेदकोट र झिलमिला ताल केही टाढा छन् ।
२०४५ सालमा अर्जुनी ब्यारेक नजिकको आरक्षबाट नयाँ बस्तीमा पुनःस्थापित गराउँदा राना समुदाय दुखी बनेको र समुदायका परम्परा र संस्कृति पनि विस्तारै हराउँदै गएका थिए । तर पुनःस्थापनाको ३५ वर्षपछि घरघरमै पाहुनाको स्वागत गरेर आफ्नै संस्कृति र कला देखाई समुदायले नगद आम्दानी गर्न सक्षम भएको छ । राना थारु होम स्टेमा सादा खाना १ सय ३०, मासु खाना साढे दुई सय र बासको प्रति कोठा ४ सय तिर्नुपर्छ ।
]]>
8836 0 0 0
कालोबजारीकै कब्जामा इन्धन http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%88-%e0%a4%95%e0%a4%ac%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7/ Mon, 29 Feb 2016 03:30:22 +0000 http://www.ghumphir.com.np/?p=8839
दिलबहादुर छत्याल
धनगढी- पहलमानपुरका किसान विजय स्वाँर आइतबार धनगढीस्थित आयल निगम क्षेत्रीय कार्यालय पुगे। तेल अभावमा बोरिङ चलाउन नपाउँदा पोखरी सुकेर माछा मर्न थालेपछि उनी ६० किमि यात्रा गर्दै निगम धाउन बाध्य भएका हुन्।
bara petrol'कसैले ड्रमका ड्रम डिजेल लगिरहेका छन्, हामी किसान तेल नपाएर मर्ने अवस्थामा पुगेका छौं,' उनले कार्यालय प्रमुखलाई गुनासो राखे। कार्यालय प्रमुखसँग कालोबजारीले तेलको हाहाकार भएको भन्दै गुनासो गर्ने उनी एक्ला व्यक्ति होइनन्। 'कृत्रिम अभाव सिर्जना गर्दै व्यापक कालोबजारी भइरहेकाले नाकाबन्दीका बेलाभन्दा पनि बढी सकस छ अहिले,' किसानको समस्या उद्धृत गर्दै कांग्रेस नेता गणेश देउवाले क्षेत्रीय निर्देशक गोकुलप्रसाद भण्डारीलाई भने, 'नाका खुल्यो भन्छन्, यहाँ झन् बढी इन्धन अभाव देखिएको छ।' नाकाबन्दी खुलेर नियमित इन्धन आउन लागेको दुई महिनाभन्दा बढी नाघिसक्दा पनि सुदूरपश्चिममा पेट्रोलियम अभाव उस्तै छ। कालोबजारीमा पेट्रोलपम्प सञ्चालकदेखि आयल निगम र प्रशासनका कर्मचारीसम्मको संलग्नता रहेको स्थानीय बताउँछन्। निर्माण कम्पनी, ठेकेदारलाई निर्धारित मूल्यभन्दा प्रतिलिटर १५/२० रूपैयाँ बढी लिएर ठूलो परिमाणमा इन्धन दिने र पेट्रोलपम्पबाहेक अन्य खुद्रा पसलबाट महँगोमा बिक्रीवितरण भइरहेको पाइन्छ। 'पेट्रोलपम्पमा इन्धन पाइराखेको छैन, अन्य पसलमा २०/३० रूपैयाँ बढीमा जति पनि पाइन्छ,' सुदूरपश्चिम निर्माण व्यवसायी संघका निवर्तमान क्षेत्रीय अध्यक्ष चन्द्रशेखर मल्लले भने, 'कालोबजारी खुलमखुला देखिएको छ।' निर्माणको काम गर्ने आफूजस्ता व्यवसायी कालोबजारीको तेल किनेर धानिने अवस्था नरहेकाले मारमा परेको उनले बताए। प्रमुख जिल्ला अधिकारी संयोजकत्वको आपूर्ति व्यवस्था समितिले गरेको सिफारिसका आधारमा मात्र बढी मात्रामा इन्धन दिने प्रावधान रहेकाले समिति पदाधिकारीकै मिलेमतोमा कालोबजारी भइरहेको उनको भनाइ छ। 'प्रतिलिटर १०/२० रुपैयाँ बढी कमिसन दिनेले जति पनि पेट्रोलियम पदार्थ पाइराखेका छन्,' उनले भने। इन्धन पाइने आसमा पेट्रोलपम्प कुरिरहेका सर्वसाधारण रित्तै हात फर्कन बाध्य छन् तर छेउमै जर्किन, ग्यालेन र बोतलमा राखिएको डिजेल १ सय २० रुपैयाँ र पेट्रोल १ सय ६० रुपैयाँमा सहजै किनबेच भइरहेको छ। 'सहज रूपमा इन्धन नपाएर मर्कामा छौं,' अर्का निर्माण व्यवसायी सुरज गिरीले भने, '१ सय ४० रूपैयाँसम्म तिरेर कालोबजारीको डिजेल किनेर काम चलाइरहेको छु।' कर्णालीपारि बर्दियामा इन्धन सजिलै पाइराखिए पनि सुदूरपश्चिममा कालोबजारीकै कारण कृत्रिम अभाव सिर्जना भएको उनले बताए। नाकाबन्दीका बेलाभन्दा अहिले इन्धन अभाव अझ चुलिएको स्थानीयको भनाइ छ। 'नाकाबन्दी हट्यो भन्छन् तर अहिले पनि लाइनमा बसेर इन्धन पाइँदैन,' स्थानीय दिलबहादुर ओलीले भने, 'नाकाबन्दीका बेलाभन्दा बढी समस्या पर्यो ।' चौमलाको राजीपुरस्थित मनकामना पेट्रोलपम्पका सञ्चालक देव कँडेल पम्पबाटभन्दा पनि 'ठूलाबडा'बाटै कालोबजारी भइरहेको बताउँछन्। 'ठूलाबडाकै मिलेमतोमा कालोबजारी भइरहेको छ,' उनले भने। पेट्रोलपम्प डिलर्स एसोसिएसन कैलाली अध्यक्ष देेवबहादुर खत्री भने इन्धन कालोबजारी भइरहेको बारे आफूलाई जानकारी नभएको बताउँछन्। मागको तुलनामा इन्धन नै कम आएकाले अभाव कायमै रहेको उनको भनाइ छ। 'इन्धन अभाव हटाउन कोटा नै बढाउनु आवश्यक छ,' उनले भने। खत्रीले यस्तो दाबी गरे पनि दुई महिनायता सुदूरपश्चिममा कोटाअनुसार नै इन्धन आइरहेको पाइन्छ। गत वर्षकै अनुपातमै इन्धन आयात भइरहेको आयल निगमको तथ्यांकले नै देखाउँछ। उक्त इन्धन कमिसनको लोभमा सुदूरपश्चिमबाहिरका ठूला निर्माण कम्पनीलाई वितरण भइरहेको स्थानीय आरोप लगाउँछन्। स्रोतका अनुसार सुदूरपश्चिमबाट दाङको एक सिमेन्ट कम्पनीलाई एकैपटक १२ हजार लिटर डिजेल दिइएको छ। यो परिमाणको डिजेल आयल निगमबाटै गएको स्रोतले बतायो। निगम क्षेत्रीय कार्यालय धनगढी निर्देशक गोकुलप्रसाद भण्डारी केन्द्रकै निर्देशन अनुसार उक्त सिमेन्ट कम्पनीलाई इन्धन दिइएको बताउँछन्। कालोबजारी भएको सुनिए पनि कसरी, कहाँ भइरहेको छ भन्नेबारे अनभिज्ञता दर्साउने उनी पेट्रोलियम पदार्थको अनुगमन फितलो भएको भने स्विकार्छन्। 'मापदण्ड बनाए पनि कुन पम्पले कसलाई कति इन्धन दियो भन्ने अनुगमन हुन सकेको छैन,' उनले भने, 'अनुगमनमा कडाइ भए कालोबजारी गरेको पत्ता लाग्न सक्छ।' इन्धन गत वर्षकै परिमाणमा आए पनि उपभोक्ताले बढी तेल लगेर स्टक राख्ने, काठमाडौं चल्ने गाडीले ओहोरदोहोरका लागि ग्यालेनमा लैजाने गरेका कारण मागअनुसार आपूर्ति गर्न नसकिएको उनको दाबी छ। अभाव पूरै हटाउन इन्धन आयातको कोटा बढाइनुपर्ने उनको भनाइ छ। कैलालीका प्रजिअ मोहन चापागाईं पनि इन्धन कालोबजारीका गुनासो बढेको स्विकार्छन्। 'कालोबजारी भइरहेको कुरा आएको छ, प्रमाण भेटिएको छैन,' उनले भने, 'कसले कहाँ, कसरी कालोबजारी गरिरहेको छ, पत्ता लगाउन सकिएको छैन।' कालोबजारीबारे छानबिन गरी दोषीलाई कारबाही गर्ने तयारी भइरहेको उनले जानकारी दिए। असोज ७ गतेदेखि भारतले अघोषित नाकाबन्दी गरेपछि पनि बन्थरा डिपोले निगमको सुदूरपश्चिम कार्यालयलाई इन्धन दिइरहेकै थियो। नियमित परिमाणभन्दा कोटा घटाए पनि इन्धन आउन रोकिएको थिएन। पछिल्लो दुई महिनायता भने कोटाअनुसार नै इन्धन भित्रिरहेको छ।
]]>
8839 0 0 0
पर्यटकबाट साढे दुई करोड आम्दानी http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b8%e0%a4%be%e0%a4%a2%e0%a5%87-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%86/ Mon, 29 Feb 2016 03:33:20 +0000 http://www.ghumphir.com.np/?p=8841 जिल्लाको बाघमारा मध्यवर्ती सामुदायिक वनले पर्यटक डुलाएर साढे दुई करोड रुपैयाँभन्दा बढी आम्दानी लिन सफल भएको छ।गतवर्ष सो वनले  दुई करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको थियो। उक्त सामुदायिक वनका अध्यक्ष विपी चौधरीका अनुसार यो वर्ष भूकम्प र नाकाबन्दीका कारण आम्दानी घटेको छ। सौराहा नजिकै रहेकोले अधिकांश पर्यटक, डुङ्गा सफारी र हात्ती सफारी गरेर गैँंडा हेर्न उक्त वन जाने गरेका छन्।

“मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक हुन्” उनले भने। सो वनले हात्ती सफारीबाट ७९ लाख ५० हजार रुपैयाँ, डुङ्गा सयरबाट एक करोड नौ लाख रुपैयाँ, मचान र प्रवेश शुल्कबाट तीन लाख रुपैयाँ, संरक्षण शुल्क एघार लाख रुपैयाँ तथा काठ दाउराबाट६ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको कोषाध्यक्ष ध्रुव खनालले बताए।

]]>
8841 0 0 0
विश्वका सुन्दर ७ स्थानहरु http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0-%e0%a5%ad-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%b9%e0%a4%b0/ Mon, 29 Feb 2016 03:40:08 +0000 http://www.ghumphir.com.np/?p=8843 विश्वमा धेरै यस्ता ठाउँ छन् जहाँको सुन्दरताका बारेमा हामी कल्पना पनि गर्न सक्दैनौँ। जानौँ विश्वका केही यस्ता ठाउँका बारेमा जसको सुन्दरताले हामीलाई स्वर्गको अनुभुति गराउँछ।
क्वाची फूजियन, जापान
जापानमा अवस्थित यस ठाउँमा १ सय ५० प्रकारको फूल फुल्छन्। कहिल्यै पनि फोटो नखिचाउने मान्छे यस ठाउँको सुन्दरताका कारण फोटो खिच्न बाध्य हुन्छ।
रियोमाग्गिओर, इट्ली
इट्लीमा अवस्थित यो ठाउँ पाँच गाँउ जम्मा पारेर बनाइएको हो। पानीको नजिक बनेको यस ठाउँको रक्सी निकै प्रसिद्ध मानिन्छ। रात्री समयमा गाउँको सुन्दरता निकै राम्रो देखिन्छ।
फी फी आईल्यान्ड, थाईल्यान्ड
थाईल्यान्डको दक्षिण भेगमा स्थित यो ६ वटा आईल्यान्डको समूह हो। यो थाईल्यान्डको सबैभन्दा सुन्दर समुन्द्रको किनारका रुपमा प्रख्यात छ। यहाँ वर्षै भरी पर्यटकको भीड लाग्ने गर्छ।
ट्रोलतुङ्, नर्वे
यो चट्टानको एक टुक्रा हो। यसमा चढ्न र उत्रिन करिब ८ देखि ९ घण्टा लाग्छ। यो ठाउँ तालभन्दा ७ सय मिटरको उचाँईमा अवस्थित छ।
एन्जल फल्स, भेनेजुएला
पहाडले घेरिएको यो सबैभन्दा ठूलो झरना हो। यसको पानी शीतको रुपमा उड्ने गर्छ। गर्मीको मौसममा पानी कम हुने भएका कारण डिसेम्बरको महिना पर्यटकको भीड बढी हुन्छ।
केटारेट्स डो, ल्गासू, ब्रजिल 
यो एक यस्तो झरना हो जुन अर्जेन्टिना र ब्रजिलको सिमामा अवस्थित छ। यसको उचाई करिब ९० मिटर छ। टाढाबाट हेरेपछि यसको पानीमा धुवाँ उडेको जस्तो देखिन्छ।
क्यक्टियो, म्यानमार
बौद्ध धर्मावलम्बीको यो एक प्रसिद्ध तीर्थ स्थान हो। यसलाई गोल्डन रक भेनर चिनिन्छ।
 ]]>
8843 0 0 0
पर्यटन व्यवसायमा सुधार आउन सकेन http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%a7%e0%a4%be%e0%a4%b0-%e0%a4%86/ Mon, 29 Feb 2016 03:50:08 +0000 http://www.ghumphir.com.np/?p=8846 भूकम्प र नाकाबन्दीले सुस्ताएको चितवनको पर्यटन व्यवसायमा सुधार आउन सकेको छैन। भूकम्प आएको १० महिना वितिसक्दा र नाकाबन्दी खुल्दा समेत पर्यटकको सङ्ख्यामा वृद्धि हुन सकेको छैन। चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्ला वर्षको तुलनामा यसवर्ष निकै कम छ। अघिल्ला महिनाको तुलनामा क्रमशः पर्यटक बढ्ने आकलन गरिएको भए पनि माघ महिनामा पर्यटकको सङ्ख्यामा सुधार आउन नसकेको निकुञ्जले जनाएको छ।
सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार माघमा विदेसी, स्वदेशी र सार्क क्षेत्रका गरेर कूल सात हजार ४ सय ९३ जनाले निकुञ्ज घुमेका छन्। निकुञ्ज घुम्ने स्वदेशी र विदेशी लगभग बराबर छन्। भारत जस्ता छिमेकी सार्क राष्ट्रबाट निकुञ्ज घुम्न आउने अति नै न्युन रहे। सार्क क्षेत्रका जम्मा २ सय १३ जनाले माघमा निकुञ्ज घुमेको अर्यालले बताए। माघ महिनामा निकुञ्जले  एक करोड १६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
निकुञ्जमा यसवर्षको कात्तिक र पुसको तुलनामा माघमा पर्यटकको सङ्ख्यामा कमी आएको छ। कात्तिकमा आठ हजार ७ सय ५३ जना निकुञ्ज घुम्न आएका थिए। पुसमा आठ हजार २२ जनाले निकुञ्जको भ्रमण गरेका थिए। गतवर्ष निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या महिनामा १० हजार नाघे पनि योवर्ष सङ्ख्या न्यून रहेको छ।
भूकम्पपछि जेठ महिनायता पर्यटको सङ्ख्या ह्वात्तै घटेको हो। यो वर्ष निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या जेठमा एक हजार ५ सय ९२ जना, असारमा एक हजार ५ सय ९४, साउनमा दुई हजार ६ सय ९० र भदौमा दुई हजार १ सय ७९ रहेको थियो।

निकुञ्जमा रहेको दुर्लभ एकसिँगे गैँंडा, पाटे बाघलगायतका वन्यजन्तु हेर्न देश विदेशबाट पर्यटक यहाँ आउँछन्। तर भूकम्प र देशको असहज राजनीतिक अवस्थाका कारण पर्यटकको सङ्ख्यामा कमी आएको छ। काठमाडौँ, पोखरापछि पर्यटकको रोजार्ई चितवन निकुञ्ज रहेको छ।

]]>
8846 0 0 0
होटलभित्रै व्यवसायीको हत्या http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%88-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a4%a4/ Mon, 29 Feb 2016 04:05:11 +0000 http://www.ghumphir.com.np/?p=8849 भीमदत्तनगर, १७ फागुन ।

कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर चौराहामा रहेको एक होटलका सञ्चालकको गएराति होटलमै हत्या गरिएको छ । कलुवापुरमा रहेको बैतडी होटलका सञ्चालक ४० वर्षीय दामोदर अवस्थीको होटलभित्रै हत्या गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । झलारीपिपलाडी नगरपालिका–१ ढकनिया घर भएका अवस्थी होटल व्यवसाय गर्दै आएका थिए । आज बिहान घरबाट होटल पुगेका उनका भाइले दाजुको हत्या भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अवस्थीको हत्या भएकै हुनसक्ने आशङ्का गरेको छ ।

]]>
8849 0 0 0
ङ्गा, गिट्टी, बालुवा खोल्ने अनुरोध http://localhost/ghum/%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%be-%e0%a4%97%e0%a4%bf%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a5%80-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%a8/ Mon, 29 Feb 2016 04:07:40 +0000 http://www.ghumphir.com.np/?p=8851 गाईघाट (उदयपुर), १७ फागुन ।

आइतबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा बसेको राजनीतिक दलसहितको सर्वदलीय छलफलमा जिल्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय प्रशासनलाई तत्काल ढुङ्गा, गिट्टी र बालुवा निकासी खोल्ने विषयमा पहल गर्न अनुरोध गरेका छन् । राष्ट्रपति चुरे संरक्षण समितिले उदयपुरको चुरे वन क्षेत्र संरक्षण गर्ने नाममा लामो समयदेखि यस क्षेत्रका खोलानालाबाट ढुङ्गा, बालुवा तथा गिट्टी निकासी गर्ने कार्यमा प्रतिबन्ध लगाउँदै आएको छ । प्रतिबन्धका कारण जिल्लाभित्र विकास निर्माण तथा अन्य भौतिक निर्माणका कार्य ठप्प भएको भन्दै अब तत्काल प्रतिबन्ध गरिएका ढुङ्गा, गिट्टी, बालुवा खुलाउन उदयपुरका प्रमुख जिल्ला अधिकारीलाई पहल गरिदिन दलका नेताहरुले अनुरोध गरेको उदयपुरका प्रजिअ कृष्णचन्द्र घिमिरेले बताउनुभयो । तर दलका नेताहरुले अनुरोध गरे पनि आफूले चुरे क्षेत्रका खोलानालाबाट प्रतिबन्ध गरिएका बालुवा, गिट्टी तथा ढुङ्गा निकासी कार्य खुलाउन पहल गर्न नसक्ने प्रजिअ घिमिरेले बताउनुभयो । चुरे क्षेत्रको आसपासका गिट्टी, बालुवा तथा ढुङ्गा निकासी कार्य खुलाउन राष्ट्रपति चुरे संरक्षण समितिको सहमति तथा सरकारको निर्णय चाहिने हुनाले पनि आफूले यसमा केही गर्न नसक्ने धारणा प्रजिअले जिल्लाका राजनीतिक दलका नेताहरुलाई अबगत गराउनु भयो । यता चुरे क्षेत्रको खोलानाला क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने कार्यमा प्रतिबन्ध भएका कारण कच्चा पदार्थको अभावमा जिल्लामा झन्डै डेढ दर्जन राष्ट्रिय तथा क्षेत्रीयस्तरका विकास निर्माणसम्बन्धी कार्य बन्द भएको निर्माण व्यवसायीहरु बताउँछन् । उदयपुर जिल्लाको तराई र पहाडी क्षेत्र गरेर तीनवटा नगरपालिकासहित २१ वटा गाविसलाई चुरे क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा छोएको छ ।

]]>
8851 0 0 0
भारु साट्दा पर्यटक ठगिँदै http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%b8%e0%a4%be%e0%a4%9f%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%a0%e0%a4%97%e0%a4%bf%e0%a4%81%e0%a4%a6/ Mon, 29 Feb 2016 04:11:05 +0000 http://www.ghumphir.com.np/?p=8854 इलाम, १७ फागुन ।

जिल्लाको पूर्वी सीमावर्ती क्षेत्र पशुपतिनगरमा भारतीय रुपैयाँ साट्दा सर्वसाधारण र पर्यटक ठगिइरहेका छन् । भारु साट्दा लाग्ने दरभन्दा धेरै बढी मूल्य तिर्नुपरिरहे पनि सम्बन्धित निकायको ध्यान नपुग्दा सर्वसाधारण ठगिनु परिरहेको हो । सीमा क्षेत्रको मुख्य बजार पशुपतिनगरमा सटही काउन्टर नहँुदा सर्वसाधारण ठगिनुपरेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्न, उपचार गराउन, घुम्न, तीर्थयात्रालगायत विभिन्न प्रयोजनका लागि भारतीय बजार जाने नेपाली नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरभन्दा उच्च दरमा भारु साट्न बाध्य छन् । नेपाल राष्ट्र बैंकको अनुमति र इजाजतबिना व्यक्तिले नै अवैधानिक रूपमा भारु पैसा साटिरहेका छन् । नेपाली नागरिकले एक सय भारु साट्दा नौ रुपैयाँ, एक हजार साट्दा ९० रुपैयाँ र एक लाख साट्दा नौ हजारसम्म अतिरिक्त शुल्क (बट्टा) तिर्नुपर्दा सर्वसाधारण र पर्यटक मारमा परेका हुन् । नेपाल राष्ट्र बैंकले एक सय भारुको अधिकतम १६० रुपैयाँ १५ पैसा तोकेको भए पनि सर्वसाधारण भने चर्काे अतिरिक्त शुल्क तिर्न बाध्य छन् । सर्वसाधारण भारत जानुपरेमा चर्को दरमा भारु साट्नुपरेको स्थानीयवासीको दुखेसो छ । बिनाबट्टा एक रुपैयाँ पनि पाइँदैन तर बट्टा दिएमा जति पनि सजिलै पाइने गरेको स्थानीयवासीको भनाइ छ । पशुपतिनगरमा अवैधानिक तरिकाले व्यक्ति तथा साना होटल सञ्चालकले पनि भारु सटही गर्ने गरेका छन् । सीमावर्ती क्षेत्र मानेभञ्ज्याङ, तुम्लिङमा समेत उस्तै समस्या छ । सटही काउन्टर नहुँदा सर्वसाधारण तथा पर्यटक आर्थिक मारमा परेका छन् । नेपाल बैंक लिमिटेड इलाम शाखामा भारु कोष भएकाले सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता छ । सदरमुकामसम्म आउजाउ गर्न करिब रु ५०० तिर्नुभन्दा सर्वसाधारण चर्काे दरमा पशुपतिनगरमै भारु साटिरहेका छन् । सीमा क्षेत्रमा सर्वसाधारणमाथि ठगी भइरहे पनि प्रहरी प्रशासन भने मुकदर्शक बनिरहेको छ । ठगी नियन्त्रणका लागि प्रशासनको भूमिका नभएको सर्वसाधारणले गुनासो गरेका छन् ।

]]>
8854 0 0 0
अन्नपुर्ण आधाशिवीर पुग्दा http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%86%e0%a4%a7%e0%a4%be%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a5%80%e0%a4%b0-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%a6/ Mon, 29 Feb 2016 16:59:40 +0000 http://www.ghumphir.com.np/?p=8857 20160212_114235

भिष्मराज थपलिया घुम्न चाहने पर्यटकका लागि विश्वको १० उत्कृष्ट स्थान मध्य एक हो अन्नपुर्ण पदमार्ग । पर्यटन क्षेत्रमा पाईला राखेदेखि आधा दर्जन भन्दा बढी पटक पुगे अन्नपुर्ण पदमार्ग । तर यो पटकको अन्नपुर्ण पदमार्ग भने जिवनभर याद रहने भयो । अन्नपुण पदमार्ग परेको हिउ तथा आफुसग गएका पाहुनाहरुको खुसीले यो पटकका यात्रा निकै रमाईलो लाग्यो । एक बर्ष पछि पदयात्रामा निस्केको थिय, कस्तो होला भनेर निकै चिन्तीत समेत थिए । त्यसमाथी पनी अझ गोरा पाहुनाहरु सग ।

उनीहरुसग जादा निकै संवेदनशिल हुन्छन् । सानो कुरामा पनी ध्यान दिन्छन । त्यसकारण पनी निकै चिन्तीत थिए । जब अन्नपुर्ण आधाशिवीरमा पुगे खुसीको सिमानै रहेन । वरिपरि हिमाल विचमा समथर जमीन । समथरमा जमीन बास बस्नका लागी बनाईएका होटलहरु । होटलका टिनका छानाहरु पनी पुरै हिउले ढाकेको , यो देख्दा लाग्यो स्वर्ग भनेकै यही हो । झन अझ आफुसग आएका विदेशी पाहुनाहरु खुसी देख्दा निकै आन्नदीत भए । अन्नपुर्ण आधाशिवीरमा उनिहरुको खुसी देख्दा एक बर्ष पछि गएपनी आफुलाई त्यस्तो नयाँ अनुभुती अनुभव भएन । अन्नपुर्ण आधाशिवीर पुग्नु अगावै म्याग्दीको घोरेपानीमा आफुसगै आएका पाहुनालाई केही समस्या भएको थियो । त्यो समस्या देख्दा निकै चिन्तित भएका थियौ हामी । तर विस्तारै विस्तारै यात्रामा उनिहरुको लगाव र सहशिन्लता देख्दा निकै आन्नद आयो । भुकम्प तथा नाकाबन्दीले पर्यटन क्षेत्रमा निकै प्रभाावित बनाएको भन्न गलत सन्देश विश्वमाझ जाँदा नेपालमा आउने पर्यटकको कमी भएको छ । एक बर्ष अघि जादा अन्नपुर्ण क्षेत्रमा बास बस्न र खानाको लागी निकै मेहनत गर्नु पर्दथियो ।

तर यो पटक भने पर्यटकको सख्या कमी भएकाले निकै सहज भयो । नेपालमा आएका जती पनी पर्यटकहरु छन । तिनीहरु नेपाल आएर आफ्नो देशमा फर्केपश्चात उनीहरुले गरेको प्रचार प्रसारले मात्र हो । यदी नेपालको पर्यटन क्षेत्रलार्य ब्यबसायीक हिसाबले अगाडी बढाउने हो भने यो सग सरोकार राख्नेहरुले यसलाई बयबस्थीत गर्न जरुरी रहेको छ । पहिला जादा र अहिले जादा निकै फरक पाए मैले । यो पटक जादा जो कोही पनी जाने गरेको पाए । यस्ले देशलाई खासै केही योगदान दिदैन ।

जो कोही आफ्नै तरिकाले जान सक्ने भएपछी पर्यटकलाई पर्ने समस्याको जिम्मेवारी कस्ले लिने । त्यसबाट उत्पन्नसमस्या भागीदार को बन्ने यसकारण सरोकार निकायले पर्यटकलार्य पदमार्ग जानुअघि ब्यबस्थीत तरीकाले पठाउने तर्फ ध्यान दिन जरुरी रहेको छ ।

Annapurna base camp @ ghumphir (1) Annapurna base camp @ ghumphir (5) Annapurna base camp @ ghumphir (6) Annapurna base camp @ ghumphir (9) Annapurna base camp @ ghumphir (12) Annapurna base camp @ ghumphir (13) Annapurna base camp @ ghumphir (14) Annapurna base camp @ ghumphir (15) Annapurna base camp @ ghumphir (16) Annapurna base camp @ ghumphir (19)

]]>
8857 0 0 0
व्यवसायीको हत्यारा सार्वजनिक http://localhost/ghum/%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5/ Tue, 01 Mar 2016 15:07:08 +0000 http://www.ghumphir.com.np/?p=8871

भीमदत्तनगर, फागुन १८

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटल व्यवसायीको हत्या गर्ने चारजना युवालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।आइतबार मध्यरातमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुरस्थित होटल बैतडीका सञ्चालक ३८ वर्षीय दामोदर अवस्थीको हत्यामा संलग्न सोही नगरपालिकाका चार युवालाई मङ्गलबार प्रहरीले सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न हुनेमा झलारीपिपलाडी नगरपालिका–११ का १८ वर्षीय सुरज साउद, १८ वर्षीय ईन्द्रदेव भट्ट, १९ वर्षीय प्रदीप महरा र १८ वर्षीय कृष्णसिंह साउद रहेका छन् ।
उनीहरुले होटल व्यवसायीको हत्यामा संलग्न चक्कु, होटलबाट लुटेको रु तीन हजार ५२०, मोबाइल सेटसमेत प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले हत्यामा संलग्न युवाले अत्यधिक मादक पदार्थ सेवन गरेर व्यवसायी अवस्थीको हत्या गरेको बताए।
सोमबार बिहानै घटनास्थल पुगेको प्रहरीले सुरुमा हत्यामा संलग्न सुरज साउदलाई सोही क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । “सुरज पक्राउ परेपछि उनको बयानका आधारमा हामीले सबै हत्यारालाई पक्राउ गर्न सफल भयौँ” प्रहरी उपरीक्षक अधिकारीले भने।
]]>
8871 0 0 0
सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ हुने http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a6%e0%a5%82%e0%a4%b0%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae%e0%a4%95%e0%a5%88-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be/ Tue, 01 Mar 2016 15:21:03 +0000 http://www.ghumphir.com.np/?p=8873

फागुन १८

सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ मध्यपहाडी लोकमार्गस्थित पश्चिमी सहर बैतडीको पाटनमा हुने भएको छ। पाटनलाई प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि केही हप्ताभित्र प्याराग्लाइडिङ सुरु हुने भएको हो।
गत वर्ष नै प्याराग्लाइडिङको परीक्षण सफल भएपछि प्राविधिक टोली यसवर्ष पुनः पाटन पुगेर प्याराग्लाइडिङका लागि पहल सुरु गरेको छ। श्यामराज भट्ट, थर्कबहादुर शाह र मोहनराज भट्टराईलगायतको प्राविधिक टोलीले पाटनका चार ठाउँबाट प्याराग्लाइडिङका लागि उपयुक्त भएको ठहर गरेको छ।
पाटन नगरपालिका वडा नं १२ को दहडाँडा, वडा नं २ को जरौलीडाँडा, वडा नं १३ को अन्नाडीडाँडा र वडा नं ११ को हुरहुरेडाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने देखिएको टोलीले ठहर गरेको हो।
सुरुमा डडेल्धुराबाट प्याराग्लाइडिङका लागि परीक्षण गरिएपनि हावाको एकोहोरो बहावका कारण सम्भव नदेखिएको प्राविधिक टोलीका सदस्य थर्कबहादुर शाहले बताए । उनले भने– “पाटनमा हावाको गति र दिशा उपयुक्त रहेको छ।”
त्यस्तै, पाटन नगरपालिका–१३ को भिटास्थित पोखरी नजिकमा कटेज खोल्ने तयारी स्थानीयवासीले थालेका छन् । पाटनभन्दा करिब आठ किमी पश्चिममा रहेको पात्तालभुमेश्वर गुफाको प्रवद्र्धन र प्याराग्लाइडिङलाई व्यावसायिकीकरण गर्न संस्थागत रुपमै प्रयास गर्ने पाटनका स्थानीयवासी युवा पुष्कर भण्डारीले बताए। उनले भने – “पर्यटन प्रवद्र्धनका लागि संस्था दर्ता गरेर सामूहिक रुपमा अघि बढ्न प्रक्रिया सुरु गरिएको छ।”
]]>
8873 0 0 0
व्यावसायिक सम्भावना रहे पनि फस्टाएन होमस्टे http://localhost/ghum/%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%a8%e0%a4%be-%e0%a4%b0%e0%a4%b9%e0%a5%87/ Tue, 01 Mar 2016 15:25:25 +0000 http://www.ghumphir.com.np/?p=8875 फाल्गुण १८
ग्रामीण पर्यटनको दरिलो आधार मानिने होमस्टे कार्यक्रमको व्यावसायिक सम्भावना रहे पनि उचित व्यवस्थापन तथा प्रवर्धन हुन सकेको छैन ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बनेको होमस्टे सेवाको गुणस्तरीय व्यवस्थापन तथा बजारीकरण गर्नसके मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ । अनुपम प्राकृतिक सम्पदा, भौगोलिक विविधता, बहुभाषिक सामाजिक तथा सांस्कृतिक विविधता एवम् मनोरम सौन्दर्यताले भरिपूर्ण नेपाल विश्व पर्यटनको आकर्षण मानिन्छ ।
त्यसोत, नेपालको पर्यटन व्यवसायको सुरुवात नै होमस्टेबाट भएको पाइन्छ, तथापि पर्यटन बजारको लामो खुड्किलो पार गरिसक्दा पनि यो व्यवसायले व्यावसायिक फड्को मार्न सकेको छैन । भूकम्प र नाकाबन्दीले होमस्टेलाई थप शिथिल बनायो ।
अनेकौँ चुनौतीका बीच पनि व्यावसायिक सम्भावना भने जीवितै छ, होमस्टेको । नेपालमा पर्यटकीय चहलपहल बढेसँगै होमस्टे व्यवसाय फस्टाउँदै गएको छ, तर व्यावसायिक गुणस्तर कायम हुन नसक्दा यो प्रभावकारी छैन । पर्यटनको अभिन्न अङ्ग होमस्टेको अथाह सम्भावना भए पनि व्यावसायिक प्रवर्धन ध्यान नपुगेकाले ओझेलमा परेको बताउँछन्, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी । होमस्टेलाई गुणस्तरीय व्यवस्थापन गरी पर्यटकीय सम्पदाको रुपमा विकास गर्नसके दिगो पर्यटनको रुपमा आर्थिक लाभ लिन सकिने उनको भनाइ छ ।
धार्मिक यात्राका क्रममा अन्यत्र बास बसी कोसेली दिने, हिमाल चढ्ने आरोही, पदयात्री पनि बाटोमा पर्ने स्थानीय जनताकै घरमा बास बस्ने र त्यही उत्पादन भएका खानेकुरा खाने प्रचलन थियो । त्यसलाई सरकारले पर्यटकीय उत्पादनकै रुपमा विकास गर्ने उद्देश्यले विसं २०६७ बाट होमस्टे दर्ता गर्ने व्यवस्था गरेपछि यो व्यावसायिक रुपमा अघि बढ्यो । देशका ३१ जिल्लामा करिब १४५ संस्थागत होमस्टे छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले होमस्टेलाई गुणस्तरीय र व्यावसायिक ढङ्गले दीर्घकालीन रुपमा अगाडि बढाउनसके पर्यटनका माध्यमबाट आर्थिक सम्वृद्धि हासिल गर्न सकिने बताए । “होमस्टे पर्यटनको दरिलो आधार हो, यसलाई गुणस्तरीय व्यवसायका रुपमा अघि बढाउन मन्त्रालयले बजेटसहित योजना कार्यक्रम अघि बढाएको छ । होमस्टेलाई व्यवसायीले प्रचारमुखी हैन साच्चिकै व्यवहारिक बनाउनुपर्छ,” –होमस्टे एसोसिएसन नेपालले यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले भने।
आन्तरिक पर्यटकभन्दा पनि विदेशी पर्यटकलाई होमस्टेमार्फत आकर्षण गर्नसके मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने राज्यमन्त्री महतको भनाइ छ । होमस्टे एसोसिएसन नेपालका अध्यक्ष भीम केसीले विविध चुनौतीका बीच पनि व्यावसायिक सम्भावना बोकेको होमस्टे प्रवर्धनका लागि निजी तथा सामुदायिक होमस्टे सञ्चालन गरिनुपर्ने बताए ।
ग्रामीण पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको तारागाउँ विकास समितिका अध्यक्ष नारद लुइँटेलले होमस्टेलाई व्यवस्थित र बजारीकरणका लागि योजनाबद्ध कार्यक्रम ल्याइने बताए । हालै नवलपरासीको अमलटारीमा सम्पन्न होमस्टे एसोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलन एवम् कार्यशाला गोष्ठीले भीम केसीको अध्यक्षतामा २५ सदस्सीय नयाँ कार्यसमिति चयन गर्नुका साथै २१ बुँदे घोषणापत्र जारी गरेको थियो ।
]]>
8875 0 0 0
यान्त्रिक गाईबाट वार्षिक सात लाख आम्दानी http://localhost/ghum/%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95/ Tue, 01 Mar 2016 15:34:03 +0000 http://www.ghumphir.com.np/?p=8878 फाल्गुण १८
पोखरा उपमहानगरपालिका– १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईबाट वार्षिक सात लाख २३ हजार रुपैयाँ आम्दानी भएको छ।
गुफाको सौन्दर्य कायम गर्न २०६४ सालमा एक लाख ८० हजार रुपैयाँमा निर्मित यान्त्रिक गाईलाई एक दाना खुवाएपछि दूध र गहुँत दिने व्यवस्था मिलाइएको छ। यान्त्रिक गाईको दर्शनका लागि  १० रुपैयाँको गुच्चा प्राप्त हुने र उक्त गुच्चा गाईको नजिकै रहेको प्वालमा राखिदिएपछि दूध तथा गहुँत दिने गर्छ ।
शिवको मन्दिरमा गाईको दूध तथा गहुँतको विशेष महत्व हुने भएकोले त्यस्तो व्यवस्था गरिएको गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउँछन् । वार्षिक  सात लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुनेगरेको छ । गहुँतबाट आफूलाई शुद्धिकरण गरी दर्शनार्थी गाईले दिएको दूधले गुफाभित्रको शिवको मूर्तिमा चढाउँछन् ।
विसं २०५० मा आश्चर्यजनक गुफा पत्ता लागेपछि देशका विभिन्न ठाउँबाट सो गुफामा महादेवको दर्शनका लागि दर्शनार्थी आउने गरेका छन् । जमिनको सतहबाट लगभग १०० मिटर तल रहेको महादेवको प्राकृतिक मूर्तिमा दर्शन गरेमा मनले चिताएको पुग्ने धार्मिक जनविश्वास रहेको छ । मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष खगराज आचार्यका अनुसार कामधेनु गाईको मूर्ति सुर्खेतका मूर्तिकार तिलक सेञ्चुरीले निर्माण गरेका हुन्।
गुफा बाहिर १०८ किलोको शालिग्राम स्थापना गरिएको छ । त्यसलाई व्यवस्थित गर्न करिब एक करोड १५ लाख रुपैयाँको लागतमा भवन निर्माणको योजना अघि सारिएको छ । मुस्ताङबाट ल्याइएको शालिग्राम रहेको परिसरलाई विश्व दर्शन धामको रुपमा विकास गर्ने लक्ष्य राखिएको आचार्यको भनाइ छ ।
गुफा प्रवेशका लागि विद्यार्थीबाट पाँच, सर्वसाधारणबाट १० र विदेशीबाट ३० रुपैयाँ शुल्क लिने गरिएको छ । हिउँदको समयमा मन्दिरसहित गुफा भित्रबाट मनोरम पातले छाँगोसमेत हेर्नका लागि विद्यार्थीबाट ३५, सर्वसाधारणबाट ५० र विदेशीबट १ सय रुपैयाँ शुल्क लिने गरिएको छ । गुफाले यस आवमा कामधेनु गाईको टिकट बिक्री बाहेक अन्यबाट  दुई करोड पाँच लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै दानपत्रबाट आठ लाख ३१ हजार, सदस्यता शुल्कबाट दुई लाख १३ हजार, बैंक ब्याजबाट चार लाख १५ हजार र सहयोग रसिदबाट १२ हजार रुपैयाँ आम्दानी गरेको समितिका कोषाध्यक्ष ऋषिराम बरालले जानकारी दिए । सो आम्दानीलाई गुफा व्यवस्थापनका साथै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालनका लागि उपयोग गरिँदै आएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष तिलक आचार्यका अनुसार क्याम्पसमा हाल २६८ विद्यार्थी रहेका छन् । गुफा व्यवस्थापन समितिले यसवर्ष ६२ लाख रुपैयाँ क्याम्पस सञ्चालनका लागि छुट्ट्याएको छ ।
]]>
8878 0 0 0
पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रको पदयात्रा मार्ग र पर्वतारोहणबारे अध्ययन http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%a6%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%b5%e0%a4%aa/ Tue, 01 Mar 2016 16:09:44 +0000 http://www.ghumphir.com.np/?p=8881

फागुन १७

सुदूरपश्चिमका पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रको पदयात्रा मार्ग र पर्वतारोहणबारे अध्ययन गरिएको छ । ‘अनन्त अपि सैपाल’ नामक गैरसरकारी संस्थाले सम्भाव्यता अध्ययन गरेको हो । संस्थाले पाँच हजार मिटरभन्दा अग्ला सुदूरपश्चिमको बझाङ, बाजुरा र दार्चुलाका १२ वटा हिम टाकुराको ‘ट्रेकिङ रुट’ र स्थलगत विवरण अध्ययन गरेको यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।
अध्ययनअनुसार समग्र सुदूरपश्चिमको आन्तरिक तथा बाह्य पर्यटन विकासको सम्भावना बोकेको यस पदमार्गलाई अपि राउन्ड ट्रेक र सैपाल राउन्ड ट्रेक गरी दुई चरणमा यात्रा पूरा गर्न सकिने बताइएको छ ।
अनन्त अपि सैपाल सुदूरपश्चिमका पदमार्ग खोज अभियान तथा पर्वतारोहण सम्भाव्यता अध्ययन गर्न स्थापना भएको संस्थामा आबद्ध तथा ‘टेक्निकल हिमालय ट्रेक्स एण्ड एक्सपिडिसन’ नेपालका सञ्चालक ध्रुव विष्टले कार्यक्रममा जानकारी दिए ।
उनले व्यक्तिगत पहलमै सुदूरपश्चिमका हिमाल र उच्च पहाडी भेगका ट्रेक रुट खोजी गर्ने प्रयास गरिएको बताए ।
गैरशेर्पा समुदायबाट मुलुककै एकमात्र अन्तर्राष्ट्रिय गाइड विष्टले सुदूरपश्चिमका हिमालको आरोहणका लागि पर्यटकलाई आकर्षित गर्न सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताए ।
सुदूरपश्चिमका उच्च हिमाली भेगबारे अहिलेसम्म अध्ययन नै नभएको अवस्थामा तीन वर्ष लगाएर यस क्षेत्रका हिमालको भौगोलिक अवस्थितिको सामान्य नक्साङ्कन गर्न सकिएको अर्का सञ्चालक दीपेन्द्र थापाले बताए ।
]]>
8881 0 0 0
डेनमार्कको पर्यटन प्रतिनिधिमा सापकोटा नियुक्त http://localhost/ghum/%e0%a4%a1%e0%a5%87%e0%a4%a8%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%a8/ Wed, 02 Mar 2016 15:02:44 +0000 http://www.ghumphir.com.np/?p=8892
१९ फागुन
डेनमार्कमा नेपालको पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्डले सोम सापकोटालाई पर्यटन प्रतिनिधि नियुक्त गरेको छ।गैरआवासीय नेपाली संघ(एनआरएन) युरोपका निवर्तमान उपसंयोजक सापकोटालाई दुई वर्षका लागि डेनमार्कको पर्यटन प्रतिनिधि नियुक्त गरिएको हो।
डेनमार्कमा स्वयंसेवी रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्न प्रतिनिधि नियुक्त गरिएको बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले बताए। सापकोटालाई २०१८ फेब्रुअरीसम्मका लागि जिम्मेवारी दिइएको हो। युरापेमा 'सेभ द हिमाल'लगायतका इभेन्टमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्न उनले भूमिका निर्वाह गर्दै आएका थिए।उनले युरोपमा रहेका नेपाली दूतवास र एनआरएनसँग सहकार्य गरेर स्वयंसेवी रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्नुपर्नेछ। सापकोटाले युरोपियनहरुलाई नेपाल भ्रमणको प्रमुख गन्तव्यको रुपमा विकास गर्न पहल गर्ने बताए।
]]>
8892 0 0 0
आन्तरिक पर्यटकको आवागमन नै बढी छ: व्यवसायी लामीछाने http://localhost/ghum/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b5%e0%a4%be%e0%a4%97%e0%a4%ae%e0%a4%a8/ Wed, 02 Mar 2016 15:35:21 +0000 http://www.ghumphir.com.np/?p=8895 भूकम्प, तराई–मधेसको आन्दोलन र त्यसैको बलमा भारतले लगाएको नाकाबन्दीका कारण नेपालको पर्यटन लामो समयसम्म धरासायी बन्यो । नाकाबन्दी खुलेसँगै पर्यटकीय गतिविधि र व्यवसाय पूर्ववत् होला कि भन्ने आशमा छन् व्यवसायी । यसै पृष्ठभूमिमा काभ्रेमा रहेको ‘बल्थली इको  हिल रिसोर्ट’ का सञ्चालक यदु लामीछानेसँग घुमफिर संवाददाताले गरेको कुराकानी

yadu lamichanee

रिसोर्ट संचालन कहिले देखि भयो ?

३१ जनवरी २०१५ मा रसियन राजदूतले उद्घाटन गरेपछि सेवा दिइरहेका छौं । भूकम्पले क्षति पु¥याएका संरचना मर्मत गरेर सञ्चालन गरिरहेका छौं । र, अहिलेको स्थिति सन्तोषजनक पनि छ । कस्ता पर्यटकलाई केन्द्रित गर्नुहुन्छ ? विदेशी पर्यटकलाई केन्द्रित गरेपनि अहिले उनीहरुको ‘फ्लो’ कम छ । सुविधा र गुणस्तर विदेशी लक्षित भएपनि अहिले भने आन्तरिक पर्यटकको आवागमन नै बढी छ

कुन ठाउँमा छ यो बल्सली हिल इको रिसोर्ट ? काभ्रेको पनौतीबाट १२ किलोमिटर दूरीमा पर्छ । यहाँ पुग्न ५ किलोमिटर कच्ची र बाँकी पक्की सडक पार गर्नुपर्छ ।  रिसोर्टको विशेषता के–के हुन्?

गाउँमा रहेकाले रिसोर्टको परिवेश ग्रामीण छ । गाउँमै उपलब्ध स्रोत–साधन बढीभन्दा बढी प्रयोग गर्ने प्रयास गर्छौ । स्वच्छ र पारिवारिक वातावरण छ । ग्रामीण परिवेशको आनन्द र जानकारी लिन निकै उपयोगी हुन्छ । टेन्टमा बस्न चाहानेलाई त्यो सुविधा पनि छ ।

भूकम्प र नाकाबन्दीले पु¥याएको असरबारे के भन्नुहुन्छ ? एक बर्षजति भइसक्यो व्यवसाय खुम्चिएको । आर्थिक चहलपहल नहुको मार हामीले पनि खेप्दै आएका हौं । नाकाबन्दीले झनै मार सिर्जना ग¥यो । पर्यटनकीय आवागमन बृद्धिका लागि अत्यावश्यकीय बस्तुको आपूर्ति सहज हुनुपर्छ । तर, नाकाबन्दी खुलेपनि त्यस्तो भइसकेको छैन । इन्धनको आपूर्ति सहज भयो भने मात्र पनि हामीजस्ता व्यवसायीलाई धेरै राहत मिल्छ । नयाँ योजना केही छ ? आफ्नो तर्फबाट जति गर्नुपर्ने हो गरिरहेका छौं । ‘मार्केटिङ’ बढाएका छौं । प्रचार–प्रसार पनि गरिएकै छ । सहुलियत दिएका छौं । अभावका बेला पनि पाहुनाको सेवा गरेका छौं । आफ्नो मात्रै व्यापार प्रवद्र्धन गर्न केही नयाँ योजना पनि छन् । तर, दुई÷चार जनाले कमाएको भारमा मात्रै पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कियो भन्न मिल्दैन । पर्यटकको संख्या बढ्यो भने यो क्षेत्रमै नयाँ रक्त सञ्चार हुनेछ । त्यसका लागि सरकारले नै विशेष नीति र कार्यक्रम ल्याउनु पर्छ । सरकारले नेपाल सुरक्षित छ भन्ने प्रचार अन्तर्राष्ट्रिय जगतमा ग¥यो भने त्यसको प्रतिफल सबै नेपालीले पाउने छन् । अन्त्यमा केही ? देशको स्थिति ठिक भयो भने सबै क्षेत्रले गति लिन्छ । विकास एकै पटक होइन विस्तार हुने प्रक्रिया हो । कसैले नचाहे पनि यो प्रक्रिया रोकिदैन, केही ढिला हुने मात्रै हो । त्यसैले देशको विकास हँुदा हाम्रो पनि आर्थिक उन्नती हुन्छ । कर्म गरौं । आशावादी बनौं ।]]>
8895 0 0 0
कसरी आयो विमानस्थल भन्सारमा एयर राइफल ? http://localhost/ghum/%e0%a4%95%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%86%e0%a4%af%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%be/ Wed, 02 Mar 2016 15:39:24 +0000 http://www.ghumphir.com.np/?p=8899 रमेश धमला

१९ फागुन, काठमाडौं । विषेश सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी)को टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारमा छापा मार्‍यो ।

एउटा कार्टुनमा लेखिएको छ, खेलौना हतियार । तर, सीआईबीको टोलीले कार्टुन खोलेर हेर्दा असली हतियार भेटिएको छ । बरामद भएको राइफल इजरायलबाट आएको खुलेको छ ।

इजरायलबाट आएको विमानमा हतियार छ भन्ने विषेश सूचनाको आधारमा छापा मार्दा एयर राइफल भेटिएको सीआईबीका डिआइजी नवराज सिलवालले जानकारी दिए । सिलवालका अनुसार राइफल कार्गोको बाक्समा प्याक भएर आएको थियो रराइफलसँग अन्य कुनै सामान थिएन ।

प्रहरीले बरामद गरेको हतियारमा ११०९०७२९४ नम्बर लेखिएको छ । राइफलमा इजरायल वाइपन्स इन्ड्रस्टिज अर्थात इजरायल हतियार उद्योग कम्पनी पनि लेखिएको छ ।

बरामद भएको हतियार भन्सारकै नियन्त्रणमा छ । डीआईजी सिलवालले भने-‘हामीलाई कुनै देशबाट हतियार आउँदैछ भन्ने सूचना आएको थियो । त्यसैको आधारमा छापा मार्दा एयर राइफ भेटिएको छ कसले र किन ल्याएको भन्ने अनुसन्धान भइरहेको छ ।’

त्रिभुवन विमानस्थल भन्सार कार्यलयका प्रमुख योगेन्द्र भट्टचनले भने प्रहरीले भनेको हतियार पुस २६ गते एक जापानिज नागरिकले ल्याएको बताए । ‘त्यो वास्तविक हतियार हो कि खेलौना भन्ने अनुसन्धान हुन बाँकी नै थियो’ भन्सार प्रमुख भट्टचनले भने ।

भट्टचनका अनुसार भन्सारमा आएका सामान ६० दिनसम्म सम्बन्धित व्यक्ति दाबी गर्न आउनसक्छन् । यदि ६० दिन सम्म आएन भने सूचना निकाल्ने र त्यसपछि पनि कोहि नआए जफत हुने गरेको छ ।

तर, बुधबार हतियार भनिएको सामानको बारेमा भन्सार प्रक्रिया पुरा नभइकेकोले हतियार हो कि होइन भन्ने आफुलाई जानकारी नभएको भन्सार प्रमुख भट्टचनको भनाइ छ ।

]]>
8899 0 0 0
३६ अपराधी पक्राउ http://localhost/ghum/%e0%a5%a9%e0%a5%ac-%e0%a4%85%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a5%80-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%89/ Wed, 02 Mar 2016 15:49:53 +0000 http://www.ghumphir.com.np/?p=8905

]]>
8905 0 0 0
भत्केको धरहराबाट लाखौ कमाउदै http://localhost/ghum/%e0%a4%ad%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%a7%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f/ Wed, 02 Mar 2016 16:00:17 +0000 http://www.ghumphir.com.np/?p=8907

दिलिप पाैडेल

धरहरालाई संरक्षण गरेर राख्ने जिम्मा पाएको साइडवाकर्स ट्रेडर्स प्रालिले धरहरा भत्किएको ११ महिना वितिसक्दा पनि त्यस क्षेत्रलाई कमाई खाने अखडा बानाइरहेको छ। कम्पनीले धरहरा क्षेत्रमा मम पसल, करिब एक दर्जन कपडा पलालाई भाडामा दिएर मासिक लाखौं आम्दानी खाइरहेको छ।

IMG 0546

जसलाई धरहराको संरक्षण गर्नु भनेर काठमाडौं महानगरपालिकाले जिम्मा दियो उसले धरहरा ढल्दासमेत व्यापारिक लाभ लिइरहेको छ। बिगत ११ वर्षदेखि कम्पनीले कपडा पसल र मम पसल खोलेर व्यापारिकरण गरिरहेपनि अधिकार भने सम्झौताले दिएको छैन। त्यसमाथि भूकम्पले धरहरा ढालेको यत्रो महिना भयो तर पनि उसले आफ्नो व्यवसाय चलाइराखेको छ।

IMG 0323 महानगरपालिकाका कर्मचारीको मिलेमतोमा साइडवाकर्सले अहिलेसम्म केही कारवाही भोग्न परेको छैन्। ५ रोपनी २ आना क्षेत्रफल रहेको सुन्धारा–धरहरा क्षेत्र सर्वसाधारणको प्रयोगका लागि नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको सालिकसहितको पार्क तथा व्यवस्थित उद्यान, स्मारिका पसल, फलफूल पसल, सञ्चार क्षेत्र तथा सर्वसाधारणले प्रयोग गर्न सक्ने सार्वजनिक शौचालयसहितको चमेनागृह दोस्रो पक्ष( साइडवाकर्स) ले खोल्न र चलाउने पाउने उल्लेख छ । तर उसले आफूखुसी गर्दै लग्यो। IMG 0344 सम्झौतामा कुनै कारणबस भत्किए वा बिग्रिए पुननिर्माणको दायित्व साइडवाकर्सकै रहेको उल्लेख भएपनि अहिलेसम्म बनाउँने टुंगो छैन । २०६१ वैशाख ३१ गते महानगरपालिकसँगको सम्झौताले नै उसलाई धरहरा बनाउँने कानुनी दायित्व थुपारेको थियो। IMG 0352 तर नियामक निकाय महानगरपालिका अहिले कानूनी आधार खोजेर मात्र बसिरहेको छ। यो भन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ४ गते जनताको पैसाले धरहरा बनाउने घोषणा गरेपछि भने स्थानीय पनि रिसाएका छन्। IMG 0497 बिना प्रतिस्पर्धा र महानगरपालिका परिषदको स्वीकृति बेगर तत्कालीन मेयर केशव स्थापितले साइडवाकर्सलाई दिएको जिम्मा बिरुद्ध लागेका स्थानीय प्रधानमन्त्रीको घोषणा पछि झ्न दंग छन्। 'केही कारणले भत्किएमा बनाउँने जिम्मा त साइडवाकर्सको हो,' स्थानीय चिनकाजी महर्जन भन्छन्, 'तर प्रधानमन्त्रीज्यूले स्थानीयसँग कुरै नगरी एकोहोरो पाराले कुरा गरिदिनुभो।' त्यसैले साइडवाकर्सलाई कुनै कारवाही नगरी पुननिर्माणको काम हुन नदिने स्थानीयको भनाइ छ । 'जसले अहिलेसम्म धरहरा–सुन्धारालाई कमाइ खाने भाँडो बनायो उसैलाई फाइदा हुनेगरि सरकारले कसरी धरहरा निर्माण गर्ने ?', उनले प्रश्न गरे । IMG 0441 भूकम्पको बेला धरहराको कारणले ६० जनाभन्दा बढीको ज्यान गएको स्थाानीयको भनाइ छ । तर अहिलेसम्म सरकारले यसबारेमा छानविन नगर्दा साइडवाकर्स पनि जोगिएको उनले आरोप लगाए। त्यसमाथि सरकारको निर्णयले त झन्ै साइडवाकर्सलाई दोहोरो फाइदा पुग्न लागेको पनि उनले आरोप लगाए । २०६१ वैशाख ३१ देखि सम्झौता अवधिभर (२० वर्ष) धरहराको रङरोगन, सुरक्षा र कुनै कारणवश भत्किए सोको पुनर्निर्माण जिम्मा कम्पनीको हुने कानुनी आधार हुदा हुदै पनि सरकारले कुनै निणर्य बेगर जनताको पैसाले धरहरा निर्माणको तयारी गरिरहेको छ । IMG 0433 २ सय ५० फिट अग्लो धरहरा १९९० को भूकम्पले ढलेपछि तत्कालीन सरकारले २ सय ३ फिट अग्लो धरहरा निर्माण गरेको थियो। सम्झौताअनुसार सुन्धारा क्षेत्रको पुनर्निर्माण, सुन्धाराबाट पानी ल्याई सो क्षेत्रको विकासको जिम्मेवारीसमेत साइडवाकर्सकै हो । तर, उसले यो ११ वर्षको बीचमा केवल धरहरा क्षेत्रको मात्रै दोहन गरिरह्यो । सुन्धारा क्षेत्र उस्तै बिरुपै रह्यो । वाकर्सले सम्झौता पालना नगरे पनि महानगरपालिकाका अधिकारी मौन रहे । पुराताTवक क्षेत्रको पूर्ण व्यापारीकरण हुँदासमेत महानगरले हस्तक्षेप त के सम्झौताअनुसार आफूले पाउनुपर्ने रकमसमेत समयमै उठाउन सकेनन् । IMG 0422 महानगरका अधिकारी मौन रहे पनि स्थानीय पुरातत्विक सम्पदाको चरम व्यापारीकरणको विपक्षमा उभिई रहे । महानगरले विवादित साइडवाकर्सलाई पहिलो सम्झौता पालना गराउनुको साटो २०६९ चैत ५ मा पुरक सम्झौता गर्दैै थप अधिकार दिएपछि स्थानीय आन्दोलित भए । महानगरले उसलाई हनुमानढोका दरबार क्षेत्र घुम्न आएका पर्यटकलाई धरहरा घुमेकोसमेत शुल्क उठाउने अधिकार दिएपछि धरहरा, वसन्तपुर र न्युरोडका स्थानीय १० महिनासम्म आन्दोलित भए । स्थानीयको आन्दोलनसँगै यो मुद्दा सर्वोच्च पुगेपछि अदालतले पुरक सम्झौता खारेज गरिदियो ।

IMG 0497

तस्बिर :प्रबीण काेइराला

]]>
8907 0 0 0
हवाई टिकट वा होटेल बसाइका लागि ‘रोमिङ रिवार्ड’ योजना ल्यायो http://localhost/ghum/%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%88-%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a4%9f-%e0%a4%b5%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%b2-%e0%a4%ac%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%be/ Thu, 03 Mar 2016 01:10:34 +0000 http://www.ghumphir.com.np/?p=8910 फाल्गुण २०
मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले रोमिङ सेवा प्रयोग गर्ने आफ्ना ग्राहकका लागि ‘रोमिङ रिवार्ड’ योजना ल्याएको छ । योजना अन्तर्गत अबदेखि एनसेलका पोष्टपेड र प्रिपेड सेवाका ग्राकहले देशबाहिर गएको बेलामा भ्वाइस रोमिङ सेवा प्रयोग गरी निश्चित प्वाइन्ट वा माइल पाउन सक्छन् । यसरी पाइने प्वाइन्ट वा माइल निःशुल्क हवाई टिकट वा होटेल बसाइका लागि प्रयोग गर्न सकिन्छ ।
यही फागुन २० गते बिहिबारबाट लागू हुने यो योजना एनसेलले ट्राभलिङ कनेक्टसँगको सहकार्यमा बारम्बार विदेश भ्रमण गरिरहने र होटल तथा एयरलाइन्स कम्पनीले प्रदान गर्ने विभिन्न ग्राहकमुखी कार्यक्रम (लोयल्टि प्रोग्राम) मा भाग लिने ग्राहकलाई थप लाभप्रदान गर्ने उद्देश्यले ल्याएको हो ।
ट्राभलिङ कनेक्ट रोमिङ सेवा प्रयोग गर्ने ग्राहकहरुलाई पुरस्कृत गर्ने विश्वकै पहिलो कार्यक्रमका रुपमा चिनिन्छ ।
यो योजना अन्र्तगत, ग्राहकले प्रति एक मिनेट कल गरेवापत एक प्वाइन्ट वा माइल पाउँछन् । हवाई टिकट र होटलको बसाई बाहेक ग्राहकले उक्त प्वाइन्ट वा माइल लोयल्टि प्रोगाम अनुसार उपलब्ध अन्य वस्तु वा सेवा लिन पनि प्रयोग गर्न सक्छन् ।
रोमिङ रिवार्ड योजनामा सहभागी भई लाभ लिन ग्राहकले एनसेलको वेबसाईटमा गई एनसेल रोमिङ क्लबमा आफ्नो नाम, इमेल, मोबाईल नम्बर आदि जानकारी भरेर रजिस्टर गर्नु पर्दछ । रजिस्टर गर्दा नै आफुले प्रगोग गर्ने एयरलाइन्स वा होटेलको लोयल्टि प्रोग्राम पनि छान्नु पर्छ । यो योजनाका लागि ३० भन्दा बढी एयरलाइन्स कम्पनी र होटल ब्राण्डको पार्टनरसिप रहेको छ ।
एयरलाइन्सहरुमा जेट एयरवेज, एयर इण्डिया, अमेरिकन एयरलाइन्स, थाई एयरवेज, एतिहाद एयरवेज, गल्फ एयर, कतार एयरवेज, ओमान एयर, सिंगापुर एउरलाइन्स, टर्किस एयरलाइन्स, मलेसिया एयरलाइन्स लगायत अन्य र होटलहरुमा म्यारियट, हिल्टन र इन्टरकन्टिनेन्टल होटल समुह यसका पार्टनर हुन् ।
रजिस्टर गरिसके पछि, ट्राभलिङ कनेक्टले कनफर्मेसन इमेल पठाउँछ र प्रत्येक महिना के कति प्वाइन्ट वा माइल जम्मा भयो भनेर ग्राहकलाई इमेलबाट जानकारी पनि दिन्छ। महिना सकिएको ४५ दिन भित्र ग्राहकको खातामा उक्त महिनामा आर्जन गरेको प्वाइन्ट वा माइल प्रदान गरिनेछ ।
'ग्राहक आफैँले पनि आफ्नो खातामा कति प्वाइन्ट वा माइल जम्मा भयो भनेर हेर्न सक्छन्  । साथै लोयल्टि प्रोग्राम, इमेल वा फोन नम्बर परिवर्तन लगायतका अपडेट पनि ग्राहकले आफै गर्न सक्छन्,' एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने, 'विदेश भ्रमणको समयमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहँदा निःशुल्क हवाई टिकट वा होटेल बसाइ प्राप्त गर्न सकिने यो रोमिङ रिवार्डले ग्राहकहरुलाई थप लाभ प्रदान गर्नेछ।'
यो रिवार्ड योजनाको लागि ट्राभलिङ कनेक्टले प्रत्येक देशमा एउटा मात्र मोबाइल सेवा प्रदायकसँग सम्झौता गरेको हुन्छ । यसको मतलब नेपालबाट एनसेलको सेवा लिई रोमिङ प्रयोग गर्ने ग्राहकले मात्र यो रोमिङ रिवार्ड अन्र्तगतको सुविधा पाउने छन् । डाटा तथा एसएमएस रोमिङ भने यो योजनाका लागि मान्य हुने छैन ।
]]>
8910 0 0 0
सिंहदरबारको कुकुर व्यवस्थापन हुने http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%b9%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%81%e0%a4%95%e0%a5%81%e0%a4%b0-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a5%8d/ Thu, 03 Mar 2016 12:54:28 +0000 http://www.ghumphir.com.np/?p=8913

काठमाडौँ, २० फागुन ।

काठमाडौँ महानगरपालिकाले भोलिदेखि सिंहदरबारभित्र रहेका सामुदायिक कुकुरको व्यवस्थापन सुरु गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी सिंहदरबारभित्र रहेका झन्डै ४०० कुकुरको व्यवस्थापन गर्न लागेको जानकारी गराएको हो । भोलिदेखि सुरु गर्न लागिएको उक्त कार्यक्रममा पहिलो चरणमा ४० वटा पोथी कुकुरलाई बन्ध्याकरण गर्ने र त्यसपछि निरन्तररुपमा अन्य कुकुरको पनि व्यवस्थापन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । सोही अवसरमा महानगरका निमित्त कार्यकारी प्रमुख सनतकुमार थापाले व्यवस्थापनको प्रक्रियालाई प्रभावकारी बनाउन सम्बन्धित निकाय र सर्वसाधारणले पनि सहयोग गर्नुपर्ने बताउँदै निकट भविष्यमा नै सहरको अन्य स्थानमा यस कार्यक्रमलाई अगाडि बढाउने जानकारी गराउनुभयो । थापाले भन्नुभयो, “समय समयमा सिंहदरबारमा रहेका कुकुरका कारण उच्च व्यक्तिको सवारी हुँदा समस्या ल्याएको छ ।” त्यसैले व्यवस्थापनको कार्यलाई अघि बढाउन लागिएको हो । “सहरमा बसोबास गर्ने मानिसले कुकुर पाल्ने रहर गर्ने र पालेको कुुकुर बुढो र बिरामी भएपछि त्यसलाई सडकमा छोड्ने बानीले गर्दा पछिल्लो समय काठमाडौँ उपत्यकामा कुकुरको सङ्ख्यामा वृद्धि भएको हो”, जनस्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठ भन्नुभयो । घरपालुवा र सामुदायिक गरी हाल काठमाडौँ उपत्यकामा करिब चार लाख कुकुर रहेको अनुमान गरिएको छ ।

]]>
8913 0 0 0
बागेश्वरी मन्दिर गुरुयोजना कार्यान्वयनमा आउने http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%af%e0%a5%8b%e0%a4%9c/ Thu, 03 Mar 2016 12:57:11 +0000 http://www.ghumphir.com.np/?p=8915

नेपालगन्ज, २० फागुन ।

नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर गुरुयोजना कार्यान्वयनका लागि जिविस बाँकेले रु २५ लाख बजेट विनियोजन गरेको छ । जिविसको २५औँ परिषद् बैठकले आगामी आर्थिक वर्ष २०७२÷७३ का लागि बागेश्वरी मन्दिर गुरुयोजना कार्यान्वयनका लागि सो बजेट विनियोजन गरेको हो । bagishori mandir @ ghumphir (1)स्थानीय विकास अधिकारी जीवलाल भुसालका अनुसार जिविसको आन्तरिक स्रोतबाट रु १५ लाख र संस्कृति मन्त्रालयवाट प्राप्त सिलिङको रु १० लाख गरी २५ लाख रुपैयाँ विनियोजन गरिएको हो । यस वर्षको चैत मसान्तसम्म बाँकेलाई खुला दिसामुक्त घोषणा गर्ने गुरुयोजना भए पनि बन्द, हडताल, कर्मचारी अभाव लगायतका कारणले केही महिना पर धकेलिएकाले सन् २०१६ भित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गरेरै छाड्ने जिविसको योजना छ । त्यसैगरी, बालमैत्री स्थानीय शासन गाविस र प्रसूति गृह निर्माणलाई उच्च प्राथमिकतामा राखेको जिविसले प्रवद्र्धनात्मक कार्यक्रमबाट स्थानीय समुदायलाई आयआर्जन सञ्चालन गर्न अनुदान दिने योजनालाई निरन्तरता दिइने बताइएको छ । यस वर्ष इलाकास्तरीय गोष्ठीबाट माग भई आएका कुल ७८४ योजनामध्ये १३२ वटा योजनामात्र स्वीकृत भएको जिविसले जनाएको छ । आवश्यकताका आधारमा बजेटको सिलिङभित्र रहेर योजना स्वीकृत भएको स्थानीय विकास अधिकारी भुसालले जानकारी गराउनुभयो ।

]]>
8915 0 0 0
सात महिनामा चौध करोड सङ्कलन http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a4-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%8c%e0%a4%a7-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95/ Thu, 03 Mar 2016 13:06:00 +0000 http://www.ghumphir.com.np/?p=8917

भीमदत्तनगर, २० फागुन ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चालु आर्थिक वर्षको लक्ष्य अनुसारको राजस्व रकम साढे चार महिना अगाडिनै सङ्कलन गरेको छ । आव २०७२÷७३ मा भन्सार कार्यालयले रु १४ करोड ७७ लाख वार्षिक राजस्व सङ्कलन गर्ने लक्ष्य पुरा गरेको छ । आगामी असारसम्म रु ६ करोड राजस्व थप सङ्कलन हुने भन्सार कार्यालयको अनुमान गरेको छ । केही वर्ष अघिसम्म रु साढे चार करोड वार्षिक राजस्व सङ्कलनको लक्ष्य लिने कञ्चनपुर भन्सार कार्यालयले पछिल्ला वर्षमा राजस्व सङ्कलनलाई तेब्बरले वृद्धि गर्दै लगेको छ । “‘गत मङ्सिरमा सबै भन्दाबढी रु तीन करोड ६४ लाख राजस्व सङ्कलन भयो,” कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्नुभयो । अहिले सो कार्यालयले मासिक रु एक करोडदेखि रु एक करोड ६० लाखसम्म राजस्व सङ्कलन गरिरहेको छ । भन्सारमा विभिन्न खाले सुधारसँगै राजस्व चुहावटमा निगरानी बढेपछि राजस्व सङ्कलन बढेको हो । यस्तै नाकाबाट ओहोर दोहोर गर्ने यात्रुको सामान चेकजाँचका लागि गड्डाचौकी नाकामा ‘ब्याग एक्सरे’ समेत जडान गरिने सो कार्यालयले जनाएको छ । “ब्याग एक्सरेका लागि विभागले टेण्डर गरिसकेको छ,” उहाँले भन्नुभयो– “चालु आवभित्रै मेसिन जडान हुन्छ ।” यसअघि उक्त कार्यालयले सिसिटिभी क्यामेरासमेत जडान गरिसकेको छ ।

]]>
8917 0 0 0
मकै उत्पादन बढाउन उन्नत बीउ वितरण http://localhost/ghum/%e0%a4%ae%e0%a4%95%e0%a5%88-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8-%e0%a4%ac%e0%a4%a2%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%89%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%a4-%e0%a4%ac/ Sat, 05 Mar 2016 01:45:40 +0000 http://www.ghumphir.com.np/?p=8924

गाईघाट (उदयपुर), २२ फागुन ।

मकै उत्पादनमा वृद्धि गर्नका लागि मकै उत्पादक कृषकलाई नयाँ प्रजातिको बीउ वितरण सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाका मध्यपहाडी क्षेत्र र तराईका कृषकलाई ७५ प्रतिशत अनुदानमा नयाँ प्रजातिको बीउ वितरण सुरु गरिएको हो । वितरित १५ मेट्रिक टन मकैका बीउमा ‘रामपुर कम्पोजिट’ र ‘अरुण दुई’ प्रजातिका रहेको बाली विकास अधिकृत रामसेवक ठाकुरले बताउनुभयो । पूर्वी क्षेत्रका रामपुर ठोक्सिला, बेल्टार, हँडिया, त्रियुगा नगरपालिकाको देउरी र पश्चिमी क्षेत्रको कटारी वितरण केन्द्रबाट अहिले मकैको बीउ धमाधम वितरण भइरहेको छ । नयाँ प्रजातिका बीउ चितवन र रौतहटका कृषि केन्द्रबाट उत्पादन गरिएका हुन् । अरुण दुईमा अन्य मकैको तुलनामा १५ दिन अगाडि नै पाक्ने तथा रामपुर कम्पोजिटमा फल दिने तर अलिक ढिलो पाक्ने विशेषता छ । जिल्लामा अहिले झन्डै १७ हजार ३९० हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाका अधिकांश क्षेत्रमा मकैखेती हुँदै आए पनि परम्परागत बीउबिजन भएका कारण कृषकले चाहेजस्तो मकै उत्पादन गर्न सकेका छैनन् ।

]]>
8924 0 0 0
विद्यालय भवन पुनःनिर्माणका लागि पर्यटक सहयोग http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%ad%e0%a4%b5%e0%a4%a8-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/ Sat, 05 Mar 2016 01:48:18 +0000 http://www.ghumphir.com.np/?p=8926

बाबियाचौर (म्याग्दी), २२ पmागुन ।

भूकम्पबाट क्षति पुगेका दुई सामुदायिक विद्यालयको भवन मर्मतका लागि पर्यटकले आर्थिक सहयोग गरेका छन् । मालिका निमावि, पाखापानी ठाडाखानीका कक्षाकोठा भवन र ज्ञानप्रकाश उमावि दानाको छात्रावास भवन पुनःनिर्माणका लागि अमेरिकी पर्यटकले करिब रु तीन लाख सहयोग गरको समन्वयकर्ता घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले जानकारी दिनुभयो । पुनको समन्वयमा अमेरिकाको ग्लोबल न्युटेसन इमपावर अर्गनाइजेसन संस्थाका अध्यक्ष मेरी लोङ, उपाध्यक्ष मेक्की झेवा र सदस्य सी साइसहितको टोलीले शुक्रबार सम्बन्धित विद्यालयमा पुगेर सहयोग हस्तान्तरण गरेको हो । मालिका निमाविमा भूकम्पले कक्षाकोठा भवन भत्काएपछि पठनपाठन प्रभावित बनेको छ भने ज्ञानप्रकाश उमाविमा छात्रावासको समस्या छ । उनीहरुले घार वडा नं ३ र ४ मा पर्ने खिवाङमा आमा समूहको भवन निर्माणका लागि रु ५० हजार पनि सहयोग गरेको बताइएको छ ।

]]>
8926 0 0 0
कालोबजारी गर्ने चार औषधि व्यवसायी पक्राउ http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%94%e0%a4%b7%e0%a4%a7%e0%a4%bf/ Sat, 05 Mar 2016 01:50:21 +0000 http://www.ghumphir.com.np/?p=8928

काठमाडौँ, २२ फागुन ।

प्रहरीले औषधि व्यवसायमा कालोबजारी गर्ने उत्पादक कम्पनी तथा सम्बन्धित चार व्यवसायीलाई आज पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा महानगरीय प्रहरी परिसरको प्रहरी टोलीले आज गरेको अनुगमनका क्रममा जनता देउराली फर्मेसिटीकल्सका निगमराज अधिकारी र निलराज आचार्य तथा लोमस फर्मेसिटीकल्सका प्रज्वलजङ्ग पाण्डे र प्रवलजङ्ग पाण्डेलाई पक्राउ गरेको हो । परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विक्रमबहादुर थापाले बिरामीका आफन्त तथा उपभोक्ताबाट अति आवश्यकीय उपभोग्य औषधिमा अत्याधिक मूल्य वृद्धि भएको गुनासो आएपछि ती कम्पनीमा आज छापा मारिएको जानकारी दिनुभयो । उहाँले ती कम्पनीबाट उत्पादित विभिन्न औषधिमा राजपत्रमा उल्लेख गरिए भन्दा २५ देखि १०० प्रतिशतसम्म मूल्य वृद्धि गरिएकाले २०३२ को ऐनअनुसार उनीहरुलाई कारबाहीका लागि मुद्दा चलाइने बताउनुभयो ।

]]>
8928 0 0 0
लुम्बिनीको संरक्षण चुनौतिपूर्ण http://localhost/ghum/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a5%8c%e0%a4%a4/ Sat, 05 Mar 2016 01:54:12 +0000 http://www.ghumphir.com.np/?p=8930

काठमाडाँै, २२ फागुन ।

लुम्बिनीमा हालै गरिएको उत्खननबाट प्राप्त ऐतिहासिक बस्तुको संरक्षण गर्नेकार्य चुनौतिपूर्ण रहेको आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले बताउनुभएको छ । धर्मकीर्ति विहारले आयोजना गरेको लुम्बिनी, तिलौराकोट र बामियान बौद्धस्थल र साँस्कृतिक सम्पदा संरक्षण विषयक वृहत् अन्तरक्रियामा उहाँहरुले लुम्बिनीमा तीन वर्षे योजना अन्तर्गत १० प्रतिशत मात्र उत्खनन कार्य सम्पन्न हुँदा थुपै्र बुद्धसम्बन्धी ऐतिहासिक वस्तु, दरबार, मौर्यकालीन इँटा फेला परेको भन्दै बुद्ध नेपालमा नै जन्मेको हो भन्ने पुष्टि गर्ने यी प्रमाण संरक्षणमा सरकारको गम्भीर रुपमा ध्यान जानुपर्नेमा जोड दिनुभयो । अफगानिस्तानको बामियान बौद्ध स्तुपा, लुम्बिनी तथा तिलौराकोटको स्थलगत भमण गरी विस्तृत अनुसन्धान तथा अन्वेषणबाट प्राप्त तथ्य प्रस्तुत गर्दै युनेस्केका देशीय प्रतिनिधि क्रिस्टीयन मान्हर्टले अफगानिस्तानको बामियान बौद्धस्तुपा विश्वकै सबैभन्दा अग्लो बुद्ध मूर्ति तालिवानले नष्ट गरेकाले अफगानिस्तानको पहिचानमा नै चुनौती थपिएको बताउँदै त्यहाँ रहेको गुफामा सयौँ स–साना बुद्धका चित्र रहेको र यी प्राचीन, कला रुसी सेना, मुज्जाहिद्दीन र तालिवानको संयुक्त मुठभेदमा नष्ट भएको बताउनुभयो । उहाँले लुम्बिनीको वृहत्तर क्षेत्रको विकासका लागि पर्याप्त पूर्वाधारको विकास गर्नु आवश्यक रहेको औँल्याउँदै पर्यटन व्यवस्थापन योजनाका साथै प्राप्त ऐतिहासिक वस्तुको संरक्षण गर्न सरकारले योजना बनाइ काम गर्नुपर्ने धारणा राख्नु भयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले तीन वर्षसम्मको उत्खननपछि प्राप्त गौतमबुद्ध सम्बन्धी ऐतिहासिक वस्तु, दरवार, प्राचीन कला तथा वस्तुको संरक्षण चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँले हाल १० प्रतिशत उत्खनन गर्दा पनि यथेस्ट प्रमाण भेटिएको र लुम्बिनी क्षेत्रको बाँकी ९० प्रतिशत उत्खनन सम्पन्न गर्दा यी सम्पदा जोगाउन कठीन हुने उल्लेख गर्नु भयो । कार्यक्रमको उदघाटन गर्दै विहारका प्रमुख धम्मावती गुरुमाले बुद्ध धर्मले मात्र विश्वमा शान्ति कायम गर्न योगदान दिएको बताउनुभयो ।

]]>
8930 0 0 0
मधेसी मोर्चाका नेता फेरि दिल्ली जाँदै http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8%e0%a5%80-%e0%a4%ae%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a4%bf/ Sat, 05 Mar 2016 02:01:50 +0000 http://www.ghumphir.com.np/?p=8932 काठमाडौँ, २२ फागुन ।
मधेसी मोर्चामा आबद्ध सातै मधेस केन्द्रित दलका अध्यक्ष अर्को साता भारतको नयाँ दिल्ली जाने भएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।
चार दिने भ्रमणका क्रममा उनीहरु यही फागुन २९ मा दिल्ली जान लागेका हुन्। उनीहरु ३० गते थिंक ट्यांकको अन्तरक्रियामा सहभागी हुने मोर्चा स्रोतले जानकारी दिएको छ।
औपचारिक कार्यसूचीमा अन्तक्र्रिया भनिए पनि उक्त भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेट हुने मोर्चा उच्च स्रोतले जानकारी दियो। भरतीय विदेशमन्त्री सुष्मा स्वराज, भाजपा, कंग्रेस आईलगायत नेतासँग भेट गर्ने कार्यक्रम अहिलेसम्म तय भएको र अन्य भेटघाट पनि हुन सक्ने तराई मधेस लोकतान्त्रिक पार्टीका एक नेताले जानकारी दिए।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने भर्खर दिल्ली भ्रमण सकेर आएका प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गर्दै आफूहरुको भ्रमण ‘स्टेट भिजिट’ नभएको बताए।
]]>
8932 0 0 0
कांग्रेस महाधिवेशन: एक छाकमा १५ खसी र एक टन माछा र कुखुरा http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a4%a8-%e0%a4%8f%e0%a4%95-%e0%a4%9b%e0%a4%be/ Sat, 05 Mar 2016 02:05:27 +0000 http://www.ghumphir.com.np/?p=8934 काठमाडाँै, २२ फागुन ।
महाधिवेशनमा सहभागी ३१ सय ८२ प्रतिनिधिका लागि एक छाकमा १५ खसी, पाँच सय किलो माछा, पाँच सय किलो कुखुरा, २० क्विन्टल तरकारी, पााच सय किलो चामल पाक्ने गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
खानापछिको डेजर्टका लागि नौ हजारवटा रसबरी र ६ सय लिटर दही खपत हुन्छ। खाना खुवाउने जिम्मा दिव्यश्वरी पार्टी प्यालेसले लिएको छ।
महाधिवेशन मेसको मेनु
बिहान ७ देखि ९ बजेसम्म नास्ता : उसिनेको अन्डा एउटा, पुरी–तरकारी, जेरी, चिया वा कफीको व्यवस्था छ । नास्ता दैनिक फरक–फरक छ । स्यान्डविज, हलुवा तथा छोलाभटुरा पनि एक–एक दिन राखिने मास्टर सेफ गोपाल सिंहले बताए।
मध्याह्न १२ देखि २ बजेसम्म र साँझ साढे ६ बजेदेखि ९ बजेसम्म खाना
खाना ननभेज: तीन प्रकारको मासु (खसी, कुखुरा र माछा) छ। दुईथरी भेज तरकारी, दाल, भात, नान रोटी, डेजर्ट र सलाद पनि छ । ‘हलाल’ गरिएको मासु पनि छ ।
खाना भेज: भेज खानाको छुट्टै व्यवस्था छ । माछामासुबाहेक थप दुई भेज तरकारी थपिएको छ । डाइबेटिजका बिरामीका लागि पनि छुट्टै खानाको व्यवस्था छ ।
डेजर्ट: प्रतिव्यक्ति दही र दुई रसबरी
]]>
8934 0 0 0
उपप्रधानमन्त्रीको ‘हुनिमुन ट्रिप’ सरकारी खर्चमा http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a4%bf/ Sat, 05 Mar 2016 02:10:17 +0000 http://www.ghumphir.com.np/?p=8936 काठमाडाँै, २२ फागुन ।
उपप्रधान एवं महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनाली नजाँदा पनि हुने एउटा कार्यक्रममा भाग लिन सरकारी खर्चमा पत्नी निलम खड्कासमेतको एउटा ठूलो टोली लिएर अमेरिका जाने तयारीमा लागेका छन्। नेपाल समाचारपत्र दैनिकमा समाचार छ।
महिलाको अवस्थाका बारेमा राष्ट्रसंघीय ६० औँ सेसनमा भाग लिनका लागि उनी त्यसतर्फ जान लागेको मन्त्रालय स्रोतले जनाएको छ। मैनालीकै मन्त्रालय स्रोतका अनुसार यस खालको कार्यक्रममा न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधिले भाग लिएमा नै प्रयाप्त हुन्छ। यसो गरिएमा सरकारको खर्च समेत जोगिन्छ।
तर उनी पत्नी खड्का तथा स्वकिय सचिवसहित १६ जनाको टोलीलाई मन्त्रिपरिषदबाट पास गराएर लग्न लागेका हुन्। अन्य केही पनि थपिने सूचीमा रहेको मन्त्रालय स्रोतले बताएको छ। उपप्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका ५ जनाको खर्च सरकारले व्यहोर्ने र बाँकी आफ्नै खर्चमा जाने जनाइएको छ।
]]>
8936 0 0 0
कांग्रेसमा क-कसले दिए उम्मेदवारी ( पूर्णविवरण सहित)       http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%95-%e0%a4%95%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%8f-%e0%a4%89%e0%a4%ae%e0%a5%8d/ Sat, 05 Mar 2016 02:21:36 +0000 http://www.ghumphir.com.np/?p=8939

२२ फागुन, काठमाडौं ।

 नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६४ पदमा ३७५ जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ताको समय शुक्रबार मध्यान्ह १२ बजेसम्मको समय तोकिएको थियो । सभापति पदमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ ।

nepali-congress-624x403

महामन्त्रीमा शशांक काेइराला, अर्जुननरसिंह केसी र गगन थापा भिड्दैछन् । केसी देउवा प्यानलका हुन् भने गगन कृष्ण सिटाैला प्यानलका हुन् ।

शशांक रामचन्द्र पाैडेलकाे टीमबाट महामन्त्री दाबेदार हुन् ।

त्यसैगरी काेषाध्यक्षमा देउवा पक्षबाट चित्रलेखा यादव, सिटाैला प्यानलबाट उमाकान्त चाैधरी र रामचन्द्र पाैडेल पक्षबाट सीतादेवी यादव उठेका छन् । काेषाध्यक्षमा कृष्ण कार्कीले पनि उम्मेदवारी दिएका छन् ।

केन्दीय सदस्य खुला तर्फ २५ पदका लागि

१. अशोक कोईराला २. उत्तर बहादुर ऐर ३. उदय शम्शेर राणा ४. उमेश कुमार मिश्र ५. एनपी साउद ६. कमलेश कुमार शर्मा ७. किरण राज पौडेल ८. कुलबहादुर (केबी) गुरुङ ९. केशब राज आचार्य १०. खुम बहादुर खड्का ११. गजेन्द्र कार्की १२. गोपाल मान श्रेष्ठ १३. गोबिन्दराज जोशी १४. प्रा.डा. गोविन्दराज पोखरेल १५. गोविन्द बहादुर शाह १६. घनश्याम रेग्मी १७. चन्द्र बहादुर केसी १८. चन्द्र भण्डारी १९. चिरञ्जिवी वाग्ले २०. चिरिञ्जीबीनिधी तिवारी २१. जिपछिरिङ लामा २२. टेकराज पौडेल २३. डिना -महालक्ष्मी उपाध्याय २४. तारानाथ दाहाल २५. तारानाथ रानाभाट २६. तिलक प्रसाद सापकोटा २७. धनराज गुरुङ्ग २८. धावा गुरुङ्ग (दावा) २९. ध्रुव वाग्ले ३०. डा. नारायण खडका ३१. निरु पोखरेल ३२. पदम नारायण चौधरी ३३. पूर्णबहादुर खड्का ३४. पूर्ण कुमार शेर्मा लिम्बु ३५. पुष्पराज पराजुली ३६.पुस्कर नाथ ओझा ३७. प्रकाश कुमार उपाध्याय ३८. प्रकाशमान सिंह ३९. डा. प्रकाश शरण महत ४०. प्रदीप गिरी ४१. प्रदीप पौडेल ४२. प्रदीप राज शर्मा ४३. प्रविन बन ४४. प्रशान्त मान सिंह मास्के ४५. प्रेमबहादुर खड्का ४६. बद्री पाण्डे ४७. बल बहादुर केसी ४८. बल बहादुर खवास ४९. बर्षा राम भण्डारी ५०. बालकृष्ण खाण ५१. बालकृष्ण दाहाल ५२. बिनयध्वज चन्द ५३. बिमलेन्द्र निधि ५४. डा. भगवाल प्रसाद यादव ५५. मनमोहन भट्टराई ५६. महेन्द्र कुमार शर्मा ५७. महेश आचार्य ५८. महेश थपलिया ५९. डा. मिनेन्द्र रिजाल ६०. मित्र सेन दहाल ६१. मोहन ज्ञवाली ६२. मोहम्मद निजामुद्दिन ६३. युवराज शर्मा ६४. रउफ अहमद खाँ ६५. रमेश लेखक ६६. राजन के.सी. ६७. राजेन्द्र वजगाई ६८. राजेश आचार्य ६९. राम कृष्ण ताम्राकार ७०. रामचन्द्र पोखरेल ७१. डा. राम शरण महत ७२. रामहरी खतिवडा ७३. सुर्यमान गुरुङ ७४. लक्ष्मणप्रसाद घिमिरे ७५. लक्ष्मणबहादुर बस्नेत ७६. वासुदेव तिमल्सिना ७७. विश्वप्रकाश शर्मा ७८. शुसिल नाहटा ७९. डा. शेखर कोइराला ८०. शोभाकर पराजुली ८१. शंकर भण्डारी ८२. साधुराम खड्का ८३. सिताराम भण्डारी ८४. सुजाता कोइराला ८५. सुनिल नरसिंह राणा ८६. डा. सुरेशचन्द्र चालिसे ८७. सुवासकुमार पोखरेल ८८. हरिबोल भण्डारी ८९. हरी बहादुर खड्का ९०. हुर्मत कुमार न्यौपाने ९१. हस्त बहादुर मल्ल ९२. हाजिम अब्दुल मिया ९३. त्रैलोक्य प्रताप सेन ९४. ज्ञानेन्द्र वहादुर कार्की

केन्दीय सदस्यः १ नं. प्रदेशको दुई पदको लागि

अनिलकृष्ण प्रसाई अमृत अर्याल आनन्द सन्तोषी राई उत्तम कुमार चापागाई कुमार रेग्मी केशव प्रसाद दाहाल गुरुराज घिमिरे गोपाल कुमार वस्नेत दामोदर कोइराला दीपक प्रकाश बाँस्कोटा बद्री नारायण चौधरी बाबुराम कोइराला (बासु) भिष्मराज आङ्गदेम्वे महेश थपलिया रामजी बास्तोला वालकृष्ण थापा शिव कुमार वस्नेत हरि प्रसाद सापकोटा

केन्दीय सदस्यः २ नं प्रदेशको दुई पदको लागि

आनन्द प्रसाद ढुङ्गाना तेजुलाल चौधरी रमेश रिजाल राजेन्द्र बहादुर अमात्य राम कुमार चौधरी हरेश प्रसाद महतो

केन्दीय सदस्यः ३ नं. प्रदेशको दुई पदको लागि

आत्माराम पौडेल कृष्ण प्रसाद सुवेदी कृष्ण बहादुर लामा कृष्णलाल सापकोटा जगन्नाथ पौडेल तारा वहादुर कोइराला देवी प्रसाद न्यौपाने ध्यानगोविन्द रंजीत ध्रुव प्रसाद अधिकारी नविन्द्र राज जोशि मथुरा प्रसाद घिमिरे माईकल रामचन्द्र अर्याल मोहन प्रसाद वराल मोहन बहादुर वस्नेत राजाराम कार्की राजेन्द्र कुमार केसी (राजन) रामकृष्ण चित्रकार रामप्रसाद थपलिया रामचन्द्र खड्का रामनाथ अधिकारी लोकेश ढकाल विनोदप्रकाश कायस्थ शिव प्रसाद हुमागाँई शेषनाथ अधिकारी हरिबोल भट्टराई

केन्दीय सदस्यः ४ नं. प्रदेशको दुई पदको लागि

अर्जुन प्रसाद जोशी कपिलदेव भुषाल कृष्ण चन्द्र नेपाली गुरु प्रसाद बराल गोविन्द भट्टराई देबराज चालिसे प्रकाश शर्मा पौडेल महेन्द्रध्वज जिसी रघुनाथ पौडेल रोमी गौचन थकाली विष्णु प्रसाद धिताल सुरेन्द्र राज पाण्डे

केन्दीय सदस्यः ५ नं. प्रदेशको दुई पदको लागि

कृष्ण किशोर घिमिरे खिमान सिं रायमाझी दिपक गिरी दिवाकर गौतम देवेन्द्र राज कण्डेल बुद्धि राम भण्डारी भरत कुमार शाह भरतवहादुर न्यौपाने मनोजमणी आचार्य राजन प्रसाद पन्त राजु खनाल राम बहादुर कार्की रेवती प्रसाद भूसाल विष्णु राज आचार्य सुरेन्द्र हमाल हरि प्रसाद नेपाल

केन्दीय सदस्यः ६ नं. प्रदेशको दुई पदको लागि

ऋषिकेश जंग शाह खेमराज केसी गोपाल जी जंग शाह जीवन बहादुर शाही दिपेन्द्र कुमार खत्री दीनबन्धु श्रेष्ठ ध्रुवराज पुरी भुपेन्द्रजङ्ग शाही मधुर विक्रम खनाल राजीव विक्रम शाह हृदयराम थानी

केन्दीय सदस्यः ७ नं. प्रदेश दुई पदको लागि

अर्जुन जंग बहादुर सिंह कमल बहादुर शाह गोविन्द राज जोशी जनक राज गिरी दिलेन्द्र प्रसाद बडू देवराज जोशी देवराज देवकोटा नन्द कृष्ण जोशी नैन सिंह महर बहादुर सिंह थापा बिर बहादुर बलायर भक्त बहादुर बलायर भरत बहादुर खडका रण बहादुर रावल

केन्दीय सदस्य मुस्लिम आरक्षणतर्फ एक पदको लागि

अतहर कमाल मुसलमान अब्दुल कलाम अब्दुल सतार अरुण मानव हारुण रसिद अहमद मिया हुसेन खलील मिया फरमुल्लाह मंसुर मो. आफताव आलम मोख्तार अहमद शेख रसिद अलि लाल बाबु

केन्दीय सदस्यः महिला आरक्षण तर्फ छ पदको लागि

१. अनिता देवकोटा २. अम्विका बस्नेतर् ३. इन्दिरा कार्की इन्दु ४. इश्वरी न्यौपाने ५. उमा दहाल ६. उमा रेग्मी ७. उर्मिला नेपाल के।सी। ८. कमला पन्त ९. कल्पना अधिकारी १०. कल्पना ढुङ्गेल ११. गोमा केसी १२. जानु घिमिरे १३. डा. डिला संग्रौला १४. धना खतिवडा १५. पुष्पा भूसाल १६. प्रतिमा गौतम १७. प्रमिला र्राई १८. प्रसीस महरा १९. बसन्ती घिमिरे २०. बिजुला बर्मा २१. भूमा शर्मा पाण्डेय २२. मंजु खाँण २३. मन्जु गौतम २४. मिता आचार्य २५. मीना पाण्डे २६. मृदुला कोइराला २७. यमुना देवी श्रेष्ठ २८. रीता खनाल २९. रुकमिणी कोईराला ३०. लक्ष्मी खतिवडा ३१. लिला नेपाल ३२. विष्णु देवी पुडासैनी ३३. शसी शर्मा ३४. शान्ता ढकाल ३५. शान्ती तिवारी ३६. शारदा पौडेल ३७. सरिता प्रसाई ३८. सावित्री वोगटी पाठक ३९. सृजना अधिकारी ४०. हरिप्रभा खड्गी (श्रेष्ठ)

केन्दीय सदस्यः मधेसी आरक्षणतर्फ तीन पदको लागि

१. अजय कुमार चौरासिया २. अनुराग यादव ३. जितेन्द्र महतो ४. बीरेन्द्र कुमार कनोडिया ५. भोला चौधरी ६. महेन्द्र यादव ७. राम कृष्ण यादव ८. राम चन्द्र तिवारी ९.राम दयाल यादव १०. राम नारायण मंडल ११. रंजित कर्ण १२. वादशाह कुर्मी १३. सकल देव सुतिहार १४. सनत कुमार मण्डल १५. साजन कुमार महतो १६. सीताराम महतो १७. सुधाकर पाण्डेय १८. सुरेन्द्र प्रसाद यादव

]]>
8939 0 0 0
संयुक्त अरबबाट नेपाल टेलिकममा ५० प्रतिशत सस्तोमा कल गर्न सकिने http://localhost/ghum/%e0%a4%b8%e0%a4%82%e0%a4%af%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%85%e0%a4%b0%e0%a4%ac%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%9f%e0%a5%87%e0%a4%b2/ Sat, 05 Mar 2016 02:34:11 +0000 http://www.ghumphir.com.np/?p=8943 २२ फागुन, काठमाडौं ।

संयुक्त अरब इमिरेट्सको Etisalat कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा प्रचलित दररेट भन्दा ५० प्रतिशत सस्तोमा कल गर्न सकिने भएको छ।

Nepal_Telecomकम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा कल गर्दा प्रतिमिनेट ३० फिल्स अर्थात करिब ८ रुपैयाँ ८० पैसा मात्र महसुल लाग्ने छ।

उक्त अफर मार्च १ अर्थात फागुन १८ गतेदेखि तीन महिनासम्म लागू हुनेछ। नेपाल टेलिकमको विशेष अनुरोधमा नेपाली ग्राहकलाई लक्षित गरी भ्तष्कबबित कम्पनीले उक्त अफर लागू गरेको हो।

यस छुट अफरबाट युएईमा कार्यरत नेपालीलगायत अन्य उपभोक्ताहरु पनि लाभान्वित हुनेछन्। यो अफर नहुँदाको सामान्य दर भने प्रतिमिनेट ६० फिल्स अर्थात करिब १७ रुपैयाँ ६० पैसा रहेको छ। नेपालबाट युएईमा कल गर्दा भने हाल प्रतिमिनेट १२ रुपैयाँ महसुल लाग्छ।

]]>
8943 0 0 0
सरकारले सुरु गर्यो ‘मोबाइल ट्रयाकिङ’ प्रणाली http://localhost/ghum/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%ae%e0%a5%8b%e0%a4%ac%e0%a4%be/ Sat, 05 Mar 2016 02:39:19 +0000 http://www.ghumphir.com.np/?p=8946 २२ फागुन, काठमाडौं ।

अर्थमन्त्रालयले मोबाइलको बैध व्यापारलाई प्रोत्साहन गर्न र यसबाट हुने राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन ‘मोबाइल ट्रयाकिङ’ प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना तथा सञ्चार मन्त्रालयमार्फत सम्बद्ध सेवा प्रदायकलाई अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान (आइएमइआइ) र उपकरण पहिचान दर्ता प्रणाली (इआइआरएस) लागू गर्न बिहीबार निर्देशन दिएका छन् । उनले सूचना तथा सञ्चार मन्त्री शेरधन राई, सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलिया, दूर सञ्चार प्रविधिरण र दूरसञ्चार सेवा प्रदायकलाई कम्पनीलाई अर्थमन्त्रालयमा बोलाएर निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणलाई यससम्बन्धी अन्तरिम कार्यविधि बनाई सरोकारवाला निकायसँग छलफल गरी आगामी वैशाख १ गतेदेखि कार्यान्वयन गर्न भनिएको छ । निर्देशनसँगै एनसेल र यूटिएलले काम तत्काल थाल्ने र नेपाल टेलिकमले ६ महिनात्रि सुरु गर्ने भएका छन् । एनसेल र युटिएलसँग यस सम्बन्धि प्रबिधि भएकाले तत्काल शुरु गर्ने भएका हुन् भने नेपाल टेलिकमले प्रविधि नभएकाले ६ महिनाभित्र लागू गर्ने भएको हो । प्रणालीको कार्यान्वनसँगै कानुनी आयातले प्रोत्साहन पाउने, राजश्व सङ्कलनमा सुधार आउने र सामाजिक सुरक्षालाई सबल बनाउन सकिने भएकाले यस्तो गर्न लागिएको अर्थमन्त्रालयले जनाएको छ ।

]]>
8946 0 0 0
हावाहुरीले मतदान गर्न नपाएका प्रतिनिधि मतदान गर्दै http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8%e0%a4%aa/ Sun, 06 Mar 2016 15:08:31 +0000 http://www.ghumphir.com.np/?p=8949 २३ फागुन, काठमाडौं ।
नेपाली  कांग्रेसको १३ औं महाधिवेशनमा आइतबार भएको मतदानमा हावाहुरीका कारण मतदान गर्न नपाएका महाधिवेशन प्रतिनिधिले  साँझ सवा ८ बजेबाट मतदान गर्न थालेका छन।
मतदान गर्न बाँकी रहेका १ सय ५० भन्दा बढी प्रतिनिधिले प्रदेश र खुल्ला तर्फका केन्द्रीय सदस्यलाई मतदान गर्न बाँकी छ। प्रतिनिधिहरूलाई दुईलाइनमा राखेर मतदान सुरु भएको छ। बाँकी रहेका प्रतिनिधिले आधा घण्टामा मतदान गरिसक्ने काङ्ग्रेस निर्वाचन समितिले जनाएको छ। त्यसपछि राति १० बजेबाट सभापतिको पदको लागि खसेको मतको गणना हुनेछ।
hawa hura
]]>
8949 0 0 0
को-को हुन् मतदान गर्न नपाउने ३० प्रतिनिधि ? http://localhost/ghum/%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d/ Sun, 06 Mar 2016 15:15:59 +0000 http://www.ghumphir.com.np/?p=8952 २३ फागुन, काठमाडौं ।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान लगभग सकिएको छ । तर, ३० जनाको विवाद मिलेको छैन ।तत्कालीन सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जनाले मतदान गर्न पाएका छैनन् । पटक पटक लाइनमा बसेपनि मतदान गर्न नपाएको पर्वतका हरि न्यौपानेले अनलाइनखबरलाई बताए ।

उनीहरुले सभापतिका उम्मेदवार रामचन्द्र पौडेललाई भेटेर मतदान गर्न नपाए मतगणना नै हुन नदिने बताएका छन् ।

30-Nc-Member-list

]]>
8952 0 0 0
महाशिवरात्रिको पुर्वसन्ध्यामा पशुपती क्षेत्रमा रौनक (फोटो फिचर) http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a4%a8%e0%a5%8d/ Sun, 06 Mar 2016 15:39:22 +0000 http://www.ghumphir.com.np/?p=8955 भोलि सोमबार हिन्दूहरुले महादेवको पूजा, ब्रत, होम आदि गरेर महाशिवरात्रि पर्व मनाउँदै छन् । हरेक वर्षजस्तो यस वर्ष पनि राजधानी काठमाडौंको पशुपतिनाथ मन्दिरमा ठूलो शिवरात्रि मेला लाग्दैछ । पशुपतिनाथको दर्शन पूजा गर्न त्यहाँ विहान सबेरैदेखि स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । यस दिन मन्दिरको चारवटै ढोका खुल्ला रहन्छ । यस पर्वमा पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्धितीय, तृतीय र चतुर्थ प्रहरमा विभाजित गरी क्रमश: दुध, दही, धिउ र महले स्नान गराउने परम्परा छ ।तस्बिरहरु : हेमन्त श्रेष्ठ /संजोग मानन्धर वैदिकहरुले भाद्र कृष्णपक्ष अष्टमीको रातलाई मोहरात्रि, विजयादशमीको अघिल्लो रातलाई कालरात्रि र कार्तिक कृष्णपक्ष औंशीको रातलाई सुखरात्रिको रुपमा मनाइएझैं फाल्गुण कृष्ण चतुर्दशीको रातलाई महाशिवरात्रि मनाउने गर्दछन् । यस अवसरमा पशुपतिनाथको दर्शन गर्न आएका पशुपति क्षेत्रलगायत राजधानीका विभिन्न अखडामा बसेका सन्त, महन्त, साधु, सन्यासी, उदासी, वैरागीहरु समेतलाई गुठी संस्थानले शनिवार रातिदेखि बुधबार बिहानसम्म नै नि:शुल्क भोजन गराई त्यसै दिन दान दक्षिणासहित पशुपति मन्दिरपरिसरबाट विदाई गरिन्छ । साथै उनीहरुलाई धुनी जगाउन पनि गुठी संस्थानले निशुल्क मुढा पनि उपलब्ध गराउँछ । राज्यको तर्फबाट उनीहरुलाई दान दक्षिणा गर्न चमर, राडी, कमण्डलु, शंख, घण्टा, चादर, बख्खु, पिताम्वर, सिदाका सामाग्री, फलफूल आदि शनिवार राष्ट्रपति भवनमा लगि राष्ट्रपति विद्यादेवी भण्डारीबाट संकल्प गराई ल्याइसकेको पशुपति गोश्वाराका प्रमुख खिमा ओलीले बताइन् । यस वर्ष ५ हजार साधु बाबा तथा ११ लाख भक्तजन शिवरात्रिमा पशुपति आइपुग्ने कोषले अनुमाग गरेको छ । यसै दिन राजधानीको टुँडिखेलमा नेपालीसेनाद्वारा प्रस्तुत गरिने शिवरात्रि बधाई कार्यक्रममा राष्ट्रपति सरिक हुने परम्परा छ । यस दिन ललितपुरस्थित त: बहालमा रातो मत्स्येन्द्रनाथको मन्दिरअगाडि पनि धुनी जगाई आगो ताप्ने गर्दछन् । त्यस अवसरमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक राजखडगलाई राजकिय सम्मानका साथ त्यहाँ पुर्‍याइँछ । राजखडग पुगेपछि मत्स्येन्द्रनाथलाई मकै, भट्मास, चना र सानो केराउ चढाएर आगो ताप्न आउने सबैलाई प्रसादको रुपमा बाँड्ने गर्दछन् ।साभार कान्तिपुर   ]]> 8955 0 0 0 उपभोक्ताले सहजरुपमा इन्धन प्राप्त गरे: प्रवक्ता घिमिरे http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%ad%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%b9%e0%a4%9c%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7/ Sun, 06 Mar 2016 15:47:59 +0000 http://www.ghumphir.com.np/?p=8960

काठमाडौँ, २३ फागुन ।

नेपाल आयल निगमले आजदेखि लागू गरेको बिहानबाटै इन्धन वितरण गर्ने प्रणालीको सुरुवात गरेपछि उपभोक्ताले सहजरुपमा इन्धन प्राप्त गरेको अनुगमनको क्रममा फेला परेको छ । निगमले आज राजधानीका विभिन्न पेट्रोल पम्पमा गरेको अनुगमनको क्रममा बिहान ७ बजेदेखि नै इन्धन बिक्री वितरण सुरु गर्दा अन्य दिनमा भन्दा सहजरुपमा उपभोक्ताले इन्धन भर्न पाएको देखिएको हो । निगम प्रवक्ता मुकुन्द घिमिरेले अन्य दिनमा साँझमा मात्रै इन्धन वितरण गर्दा अनियमितता भएको र केही टाठा–बाठाले मात्रै इन्धन पाएको गुनासोको समेत अन्त्य हुने जानकारी दिनुभयो । उपलब्ध भएको इन्धनको सहज वितरणका लागि निगमले सबै उपाय अवलम्बन गरेको जानकारी दिँदै प्रवक्ता घिमिरेले उपभोक्ताले सहजरुपमा इन्धन प्राप्त गरुन् भन्ने निगमको मनसाय रहेको बताउनुभयो । हाल वीरगन्ज नाकाबाट दैनिक २२ लाख लि इन्धन आयात भएको छ । उहाँले पछिल्ला दिनदेखि केही मात्रामा ‘लोडिङ’ बढाएको र केही दिनभित्रै इन्धन आयात सामान्य अवस्थामा पुग्ने र बजार सामान्य अवस्थामा पुग्ने उल्लेख गर्नुभयो । रासससँग कुरा गर्दै प्रवक्ता घिमिरेले पछिल्लो दिनमा भारतले खाना पकाउने ग्यासको समेत लोडिङ बढाएको छ । दैनिक औसतरुपमा ५० बुलेट ग्यास आयात भइरहेको छ । सामान्य अवस्थामा दैनिक ६० बुलेट ग्यास आयात हुने गरेको थियो । निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले केही दिन पहिले गर्नुभएको भारत भ्रमण र भारतका पेट्रोलियम राज्यमन्त्री धर्मेन्द्र प्रधानसँग गर्नुभएको द्विपक्षीय छलफलपछि आयात केही मात्रामा बढेको घिमिरेको भनाइ छ । ग्यास आयात क्रमशः बढ्दै गएको अवस्थामा आगामी १५ दिनभित्रै सहजरुपमा ग्यास वितरण गर्न सकिने उहाँको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र आपूर्ति मन्त्रालयको आवश्यक निर्णयपछि निगमले इन्धन वितरणलाई सकेसम्म सहज बनाउने प्रयास गरिरहेको जानकारी दिँदै प्रवक्ता घिमिरेले सरकारले तीन दिनको सार्वजनिक बिदामा समेत सहजरुपमा सबै पेट्रोल पम्पबाट इन्धन वितरण गर्ने उल्लेख गर्नुभयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पेट्रोल पम्पबाट २४ सै घन्टा इन्धन वितरण गरिने र दिउँसोको समयमा इन्धन नपाउनेले रातिको समयमा भर्न पाउने गरी व्यवस्था गरिएको निगमको भनाइ छ ।

]]>
8960 0 0 0
पन्ध्र दलको दर्ता खारेज http://localhost/ghum/%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%8d%e0%a4%b0-%e0%a4%a6%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%9c/ Sun, 06 Mar 2016 15:50:53 +0000 http://www.ghumphir.com.np/?p=8962

काठमाडौँ, २३ फागुन ।

निर्वाचन आयोगले लगातार तीन आर्थिक वर्षको आयव्यय विवरणको वार्षिक प्रतिवेदन र त्यस सम्बन्धमा निर्धारित समयमा आफ्ना भनाइ पेस नगर्ने १५ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको गत शुक्रबारको वैठकले निर्वाचन आयोग ऐन, २०६३ को दफा २४ को उपदफा (१) को खण्ड (ख) बमोजिम दर्ता खारेज गर्ने निर्णय गरेको हो । आयोगले दर्ता खारेजीमा परेका दलले प्राप्त गरेको नाम, चुनाव चिह्न र झन्डा खारेज गर्ने र एक वर्षसम्म अन्य कुनै राजनीतिक दलले तिनलाई प्रयोग गर्न नपाउने गरी ‘फ्रिज’ गरेको छ । सर्वसाधारणको जानकारीका लागि आयोगले दल दर्ता खारेजीसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता वासुदेव गुरागाईंले बताउनुभयो । त्यसैगरी पाँचवटा दलले तीन आवको निर्धारित समयभन्दा पछि विवरण बुझाएका, ५० वटाले दुई आवको वार्षिक प्रतिवेदन पेस नगरेका र ६५ वटा दलले एक आवको प्रतिवेदन पेस नगरेको उहाँले बताउनुभयो । निर्धारित समयभित्र एक र दुई आवको आयव्यय विवरण पेस नगर्ने र आफ्ना भनाइ तीन आवसम्म पेस नगर्ने राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ बमोजिम कारबाही हुने प्रवक्ता गुरागाईंले जानकारी दिनुभयो ।

]]>
8962 0 0 0
दरबारक्षेत्र अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि http://localhost/ghum/%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%85%e0%a4%b5%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8/ Sun, 06 Mar 2016 15:58:16 +0000 http://www.ghumphir.com.np/?p=8964

काठमाडौँ, २३ फागुन ।

पछिल्लो समय हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । भूकम्प र नाकाबन्दीका कारण केही समय पर्यटकको सङ्ख्यामा कमी आए पनि अहिले दैनिक जना बढी पर्यटक बढेका हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख नरेन्द्रमान बज्राचार्य बताउनुहुन्छ । हाल दैनिक २५० जनासम्म पर्यटकले हनुमानढोका दरबारक्षेत्रको अवलोकान गर्ने गरेका छन् । भूकम्पपछि यहाँ दैनिक १५० जनासम्म पर्यटक आउने गरेका थिए । दरबार क्षेत्रको अवलोकन गर्ने पर्यटकबाट प्रवेश शुल्कबापत दैनिक रु दुई लाख आम्दानी हुन्छ । गत आवको यसै अवधिमा दैनिक ५०० पर्यटकले अवलोकन गर्ने गरेका थिए । गत आवमा दुई लाख चार हजार ८९३ जना दरबार क्षेत्रको अवलोकन गर्न आएका थिए । उनीहरूबाट रु १५ करोड ७० लाख तीन हजार राजस्व सङ्कलन भएको थियो । भूकम्प र नाकाबन्दीका कारण यसवर्ष गत वर्षको तुलनामा आम्दानी घट्ने दरबारक्षेत्रले जनाएको छ । हनुमान ढोकाको अवलोकन गर्न आउने सार्क राष्ट्रका नागरिकका लागि रु १५० तथा अन्य देशका नागरिकका लागि रु एक हजार शुल्क निर्धारण गरिएको छ ।

]]>
8964 0 0 0
असिनाले हिउँदे खेती नष्ट http://localhost/ghum/%e0%a4%85%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b9%e0%a4%bf%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%87-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80-%e0%a4%a8%e0%a4%b7%e0%a5%8d%e0%a4%9f/ Sun, 06 Mar 2016 16:07:13 +0000 http://www.ghumphir.com.np/?p=8966

ताप्लेजुङ, २३ फागुन ।

जिल्लाका विभिन्न गाविसमा परेको असिनाका कारण हिउँदे खेती नष्ट भएको छ । जिल्लाका पूर्वी क्षेत्रका मेहेले, सुरुम्खिम, खेवाङ, पेदाङ, आम्बेगुदिन, सादेवा, आङ्खोपलगायतका गाविसमा वर्षासहित परेको असिनाका कारण हिउँदे बालीनालीमा क्षति पुगेको हो । असिनाका कारण गँहु, जाँै, मकै, आलु, अलँैचीलगायतका बालीनालीमा क्षति पुगेको स्थानियवासीले बताएका छन् । मेहेले गाविसका कृषक कमल कडरियाका अनुसार गत शनिबार साँझ ती गाविसमा दुई घण्टासम्म असिना परेको थियो । असिनाले उम्रदै गरेको मकै, पसाउन लागेको गँहु, जाँै, तोरीलगायतका बाली नष्ट गरेपछि ती क्षेत्रका किसान चिन्तित बनेका छन् । जिल्लको पूर्वी गाविसमा समेत असिना परेको बताइएको छ ।

]]>
8966 0 0 0
बैंकले तत्काल डेढ खर्ब लगानी गर्न सक्ने http://localhost/ghum/%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%a4%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%b2-%e0%a4%a1%e0%a5%87%e0%a4%a2-%e0%a4%96%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a4%b2%e0%a4%97/ Sun, 06 Mar 2016 16:14:22 +0000 http://www.ghumphir.com.np/?p=8968 फागुन २३ , काठमाडौं ।

भूकम्प र नाकाबन्दीपछि लगानीका अवसर नभएका कारण ६ महिनायता बैंकहरूसँग तत्काल खर्च गर्न सकिने रकम तरलता २ खर्बभन्दा बढी जम्मा भएको छ । जसमध्ये बैंकहरूले डेढ खर्ब रुपैयाँ तत्काल लगानी गर्न सक्छन् ।

‘२ खर्बमध्ये केही रकम बाध्यकारी रूपमै तरलता राख्नुपर्ने भएकाले राम्रो प्रस्ताव आएमा बैंकहरू तत्काल डेढ खर्ब लगानी गर्न सक्ने अवस्थामा छन्,’ बैंकर्स संघका सदस्य भुवन दाहालले कान्तिपुरसित भने । दुई वर्षदेखि बढेको तरलता चालु आर्थिक वर्षमा हात्तै अकासिएको हो ।

बजारमा अधिक तरलताका कारण ब्याजदरमा असर परेर सर्वसाधारणसमेत मर्कामा पर्न थालेपछि राष्ट्र बैंकले ठूलो रकम बजारबाट तानिरहेको छ । गत वर्ष भदौदेखि ल्याइएको निक्षेप बोलकबोल माध्यमबाट सबैभन्दा बढी रकम खिचिएको छ ।

बजारमा तरलता अधिक भएपछि बैंकहरू सर्वसाधारण रकम लिन मान्दैनन् । बचत गर्ने बढी भएपछि बैंकले ब्याज घटाउँछन् । जसले गर्दा सर्वसाधारणको रकमको उपयुक्त प्रतिफल पाइँदैन । सँगै ऋणको पनि ब्याज घट्ने भएकाले व्यवसायीका लागि भने यो ऋण लिएर काम गर्ने उपयुक्त समय हो । तर, तरल राजनीतिक कारणले निकै सस्तो भए पनि व्यवसायीहरू ऋण लिएर व्यवसाय गर्नचाहिं रहेका छैनन् । सञ्चालन जोखिम नहुने भएकाले सेयर लगानीकर्ताहरू भने अधिक तरलताको फाइदा उठाइरहेका छन् ।

बैंकहरूको सस्तो ब्याजदरका कारण नाकाबन्दीका समयमा पनि सेयर बजार उकालो लागिरह्यो । यही बिहीबार नेप्से परिसूचक १३ सय अंक कटेको छ । नाकाबन्दीका समयमा एकपछि अर्को रेकर्ड तोड्दै बजार बढेको थियो । तर, यसले पनि अधिक तरलताको अवस्थामा सुधार हुन सकेन ।

त्यही भएर अत्यधिक रूपमा राष्ट्र बैंकले निक्षेप बोलकबोल मार्फत रकम खिचेको छ । राष्ट्र ऋण विभाग प्रमुख मीनबहादुर श्रेष्ठका अनुसार अझै १ खर्ब ३४ अर्ब रुपैयाँ बैंक वित्तीय संस्थाको रकम केन्द्रीय बैंकमा छ । यसमध्ये करिब १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप बोलकबोल मार्फत खिचिएको रकम हो ।

‘धेरै रकम खिचिएकाले बजारमा अब ३० देखि ४० अर्ब रुपैयाँ अधिक तरलता होला,’ उनले कान्तिपुरसित भने । १ खर्ब ३४ अर्ब यतिखेर राष्ट्र बैंकमा भए पनि चालु आर्थिक वर्षको साढे ७ महिनामा ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरको रकम खिचिएको छ । सबैभन्दा बढी रकम निक्षेप बोलकबोल मार्फत तानिएको हो ।

निक्षेप बोलकबोल भनेको बैंक वित्तीय संस्थाले आफूसँग भएको अधिक बचत राष्ट्र बैंकमा जम्मा गर्न सक्छन्, जुन साधारणतया ९१ दिन अवधिको हुन्छ । यसरी रकम केन्द्रीय बैंकमा राख्दा ब्याज पनि पाइन्छ ।

‘निक्षेप बोलकबोल मार्फत खिचिएको रकमका लागि यस वर्ष मात्रै केन्द्रीय बैंकले ६९ करोड ४४ लाख रुपैयाँ ब्याज तिरेको छ,’ श्रेष्ठले भने, ‘धेरै रकम खिचिएकाले तरलताको अवस्था पोहोरभन्दा दोब्बर हुँदा पनि अल्पकालीन ब्याजदर धेरै घटेको छैन ।’

पछिल्लो समय ९१ दिने ट्रेजरी बिल्सको बट्टादर शून्य दशमलव १८ प्रतिशतको हाराहारीमा छ । गत वर्ष शून्य दशमलव ००४ प्रतिशतसम्म बट्टादर घटेको थियो । एक बैंकरका अनुसार गत वर्ष केही ठूला बैंकले स्प्रेड दर मिलाउन शून्य प्रतिशतमै रकम राखेकाले त्यस्तो अवस्था आएको हो ।

‘हैन भने अहिलेको शून्यभन्दा तलको ब्याजदर पनि निकै कम हो,’ ती बैंकरले भने, ‘फेरि यसपटक त राष्ट्र बैंकले अघोषित रूपमा ब्याजदरको अधिकतम सीमा नै पनि तोकिदिएको छ ।’

आन्तरिक ऋणको पहिलो किस्ता आज

तराई आन्दोलन र भारतीय नाकाबन्दीले राजस्व असुलीमा निकै असर गरेपछि सरकारले बजेटमा घोषणा गरिएको पूरै रकम आन्तरिक ऋण उठाउने भएको छ । यसको पहिलो किस्ता आज आइतबारबाट उठाउन सुरु गरिने श्रेष्ठले बताए ।

प्रमुख श्रेष्ठका अनुसार नयाँ पुरानो गरी १४ अर्ब १५ करोड रुपैयाँ बराबरको पहिलो किस्ता आइतबार बोलकबोलमा जानेछ । यसमध्ये ५ अर्ब १ सय ८२ दिने र ४ अर्ब २५ करोड ३ सय ६४ दिने अवधिको हो । यस वर्ष आन्तरिक ऋणतर्फ ८८ अर्ब रुपैयाँ उठाउने योजना सरकारको छ ।

चालु आर्थिक वर्षमा ४ खर्ब ७५ अर्ब राजस्व उठाउने लक्ष्य थियो । जसमध्ये ५० अर्ब रुपैयाँ बराबरको रकम उठन नसक्ने अनुमान सरकारको छ । वर्षको पछिल्लो समयमा खर्च हुने तर रकम नउठ्ने डरका कारण यस वर्ष पूरै आन्तरिक ऋण उठाउने तयारी सरकारको हो ।

पछिल्लो दुई वर्ष भने खर्च हुन नसकेपछि अघिल्लो वर्षको रकम दोस्रो वर्ष सारिएको थियो । यसपटकको बजेटमा पनि गत वर्ष उठेको तर खर्च नभएको करिब ४८ अर्ब रुपैयाँ सारिएको छ ।

]]>
8968 0 0 0
मलेसियाले नेपालबाहेक श्रीलंकाबाट सुरक्षागार्ड लिने संकेत http://localhost/ghum/%e0%a4%ae%e0%a4%b2%e0%a5%87%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%87%e0%a4%95/ Sun, 06 Mar 2016 16:29:02 +0000 http://www.ghumphir.com.np/?p=8970 २३ फागुन, काठमाडौं ।

मलेसियाले नेपालबाहेकका मुलुकबाट पनि सुरक्षागार्डहरु लिने संकेत गरेको छ । उसले नेपाली गार्डहरुको सीमित आपूर्तिका कारण सुरक्षागार्ड अभाव जनाउँदै नेपालीलाई मात्र दिँदै उक्त अवसरबारेको ‘नीति’ मा समीक्षा गर्ने जनाएको छ ।

नेपालबाट मागअनुसार सुरक्षागार्डको आपूर्ति हुन नसकेकाले अब राम्रो सप्लाई गर्नसक्ने श्रीलंकाजस्तो स्रोत मुलुकबाट गार्ड लिन सकिने सरकारी अधिकारीको भनाई उद्धृत गर्दै स्थानीय एक दैनिकले खबर छापेको छ । ‘हामीले सैन्य पृष्ठभूमी भएका सुरक्षागार्डको लागि राम्रो आपूर्ति गर्नसक्ने श्रीलंकाजस्ता अन्य स्रोत मुलुकहरुमा हेर्न सक्छौं,’ उप-गृहमन्त्री नुर जजलानले द स्टार दैनिकसँग भनेका छन्, ‘पहिले गुर्खाज्हरुको प्रतिष्ठाको कारण नेपालीको लागि यो क्षेत्र सुरक्षित थियो । नेपाली गार्डको सीमित आपूर्तिले गर्दा अन्य देशबाट पनि सुरक्षागार्ड लिन मलेसियाली कम्पनीहरुलाई बाध्य बनाएको छ ।’

मलेसियाले गत सन् २००६ मा सुरक्षागार्डमा नेपाली गार्ड (गुर्खाज्–सैन्य पृष्ठभूमी भएका) लाई मात्र सुरक्षाक्षेत्रमा लिने ‘नीति’ ल्याएको थियो । उसले अन्य मुलुकबाट पनि सुरक्षागार्ड लिने निर्णय गरेमा नेपालीको माग घट्ने र दशकसम्म पाउँदै आएको एकमात्र आकर्षक अवसर गुम्ने देखिन्छ ।

सुरक्षागार्ड क्षेत्र नेपालीका लागि प्रमुख आकर्षक मानिन्छ । अन्य क्षेत्रमा भन्दा यसमा कमाई बढी हुने हुँदा धेरैजसो नेपाली सुरक्षागार्डका रुपमा कार्यरत छन् । तर मलेसियाद्वारा सार्वजनिक तथ्यांकमा भने मुलुकभर करिब २४ हजार नेपाली गार्डहरु मात्र कार्यरत रहेको बताइन्छ ।

नेपाली पक्षबाट मलेसियाले खोजेजस्तो गार्ड आपूर्ति गराउन नसक्दा मलेसियाले विकल्पस्वरुप अन्य देशलाई रोज्न खोजेको हो । यसप्रति सरकार र रोजगार व्यवसायीले समेत बेलैमा ध्यान दिनुपर्ने सरोकारवालाहरुको जोड छ ।

‘अब अरु मुलुकका लाई समेत यस क्षेत्रमा खुला गर्‍यो भने नेपालीको माग ह्वात्तै घट्नेछ,’ मलेसियास्थित एकजना नेपाली व्यवसायी भन्छन्, ‘नेपाली रोजगार व्यवसायीले पनि योग्य गार्ड पठाउनुपर्दछ, र नेपालीमाथि लागेको दाग मेटाउनुपर्दछ । नत्र नेपालीले दशकयता पाउँदै आएको अवसर गुम्नेछ ।’

मलेसियाको पहिलो रोजाईमा नेपाली गार्ड पर्दै आएपनि सीमित आपूर्ति र सबै नेपाली गुर्खाज् नभएको भन्दै उसले बेलाबखत गुनासो गर्दै आएको छ । उसले यसअघि पनि सैन्य पृष्ठभूमीका नेपाली गार्ड पठाउन आग्रह गर्दै आएको थियो । यसबारे नेपाली रोजगार व्यवसायी तथा सरकारले खासै ध्यान दिन नसक्दा नेपालीले पाउँदै आएको अवसर गुम्नसक्ने खतरा बढेको हो ।

तर मलेसियाली गृहमन्त्रालयका ती अधिकारीको भनाइप्रति सुरक्षागार्ड आपूर्ति गराउने स्थानीय कम्पनीका प्रतिनिधिले माग पूर्ति गर्न नेपाली गार्डहरु नै प्रशस्त रहेको प्रतिक्रिया दिएका छन् । नेपालबाट सुरक्षा गार्ड आपूर्ति गराउँदै आएका कम्पनीको छाता संगठन सेक्युरिटी सर्भिसेज एसोसियसन अफ मलेसिया (पिपिकेकेएम) का सल्लाहकार शाहिन मिर्जा हबिबले हाल जारी गैरकानुनीविरुद्धको धरपकडले सुरक्षा क्षेत्रमा गार्डको माग बढ्ने बताउँदै उक्त माग पूरा गर्न नेपाली नै पर्याप्त रहेको बताए । उनले श्रीलंकन गार्ड पहिलो प्राथमिकता नभएको भन्दै गार्डका लागि नयाँ मुलुकबाट कामदार ल्याउनुअघि मुलुकमै रहेका गैरकानुनी कामदार हटाउनुपर्नेमा समेत जोड दिए ।

सरकारले हाल गैरकानुनी आप्रवासीको खोजी गर्दै फेब्रुअरीदेखि उनीहरुविरुद्ध कारबाही अभियान चलाउँदै आएको छ । विभिन्न आवासगृहमा समेत गैरकानुनी सुरक्षागार्ड रहेको हुनसक्ने भएकाले यससम्बन्धी सरोकारवालहरु धरपकडले सुरक्षागार्ड समातिने र गार्डको अभाव बढ्नेमा चिन्तित छन् । यहाँका कतिपय आवासगृह सम्बन्धी संगठनले भने यसअघिको ‘नेपाली गार्ड मात्र लिने’ नीतिमा हेरफेर गरि यस क्षेत्रमा भएको गार्डको माग पूर्ति गर्न अन्य मुलुकलाई पनि खुला गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

मलेसियाका अधिकांश आवासीय र व्यापारिक क्षेत्रमा समेत नेपालीको ‘नेम ट्याग’ लगाएर अन्य देशका नागरिकहरु सुरक्षागार्डमा नियमविपरित कार्यरत रहेका पाइन्छन् । गत सन् २०१३ यता गैरकानुनी रुपमा कार्यरत १ हजार १ सय १६ विदेशी गार्डहरु पक्राउ परेका जनाइएको छ । सन् २०१४ देखि २०१५ सम्म सरकारले सुरक्षा क्षेत्रका विभिन्न ४० कम्पनीहरुको लाइसेन्स खारेज गरिएको र ४९ कम्पनीहरुलाई चेतावनी पत्र जारी गरेको जनाइएको छ ।साभार कान्तिपुर

]]>
8970 0 0 0
भूकम्प पीडितले घर बनाउँदा नक्शा नचाहिने http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6/ Sun, 06 Mar 2016 16:32:34 +0000 http://www.ghumphir.com.np/?p=8972 २३ फागुन, काठमाडौं ।

सरकारले भूकम्प पीडितलाई सरकारी अनुदानमा बनाउने घर तोकिएकै नक्शाको बनाउनुपर्ने बाध्यात्मक व्यवस्‍था हटाएको छ।यसअघि सहरी विकास मन्त्रालयले तयार गरेको नक्शाकै आधारमा घर बनाउने प्रावधान राखे पनि त्यसले भूकम्प पीडितको घर निर्माणमा ढिलाइ हुने कारण देखाउँदै सहुलियत दिएको हो। भूकम्प पीडितले सरकारी अनुदान लिएपछि भूकम्प प्रतिरोधी तर आफुले चाहेजस्तो घर बनाउन पाउनेछन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले यसबारे जानकारी दिँदै भने 'नक्शा अनुसार त्यही नै बनाउनुपर्छ भन्दा जनताको आवश्यकता नमिल्न सक्छ, त्यसमा नक्शा अनिवार्य नभइ भूकम्प प्रतिरोधी घरका लागि आवश्यक चेक लिस्टको आधारमा सम्झौता गरेर पहिलो किस्ता उपलब्ध गराइनेछ।' भूकम्प प्रतिरोधी र सुरक्षित घरका लागि निर्धारित मापदण्ड (चेक लिस्ट) लाई आधार मानेर पहिलो किस्ताको रकम हस्तान्तरण गरिने उनले जानकारी दिए। भूकम्प पीडितले तत्काल घर बनाउन सकुन् भनेर नक्शा सम्बन्धी ब्यवस्‍थालाई सरलीकरण गरेको उनले बताए। दोहोर्‍याएर गरिएको लगत संकलनका कारण भूकम्प पीडितलाई अनुदान वितरण ढिला भइरहेकाले सरकारले नक्शाको वाध्यात्मक व्यवस्थामा सहुलियत दिएको हो। 'नक्शा भन्दा पनि प्रविधि महत्वपूर्ण कुरा हो। घर जनताले आवश्यकता र साइज अनुसार बनाउन सक्छन्,' ज्ञवालीले भने। भूकम्प पीडितले अनुदान लिएपछि घर निर्माण सुरु गर्दा सरकारले सार्वजनिक गरेको नक्शाजस्तै घर बनाउन पनि सक्ने, त्यसमा कोठा र तला परिवर्तन गरेर पनि बनाउन सक्ने र आफ्नै डिजाइनमा छुट्टै भूकम्प प्रतिरोधी घर पनि बनाउन सक्ने ज्ञवालीले स्पस्ट पारे। फागुनभित्रै अनुदान वितरण प्राधिकरणले दोलखाको लादुक, लामिडाँडा, चिलंखा,  बुलुङ, सुरुङ्गा र चंखु गरी ६ गाविसमा लगत संकलनको काम सकिएकाले फागुनभित्रै अनुदानको पहिलो किस्ता वितरण गर्ने बताएको छ। पहिलो किस्ता अन्तर्गत भूकम्प पीडितले घर निर्माण सुरु गर्न बैंक मार्फत् ५० हजार रुपैयाँ पाउनेछन्। दोलखाका यी छ गाविसका लागि २ वटा श्रोत केन्द्र निर्माण हुनेछ र तिनै श्रोत केन्द्रबाट अनुदान वितरण र घर निर्माण सम्झौता हुनेछ। प्राधिकरणले यसअघि फागुन २० गते नै अनुदान वितरण गर्ने बताए पनि नेपाली कांग्रेसको महाधिवेशनका कारण ढिला भएको प्राधिकरणका सिइओ ज्ञवालीले बताए। 'पुनर्निर्माणको कामका लागि सबै राजनीतिक दलको परिचालन समन्वय र सहयोग जरुरी छ,' उनले भने 'अहिले कांग्रेसको महाधिवेशनका कारण ढिलाइ भएको हो।' अनुदान वितरण नभए पनि श्रोत केन्द्र स्थापना, भूकम्प पीडितका लागि अभिमुखिकरण लगायतका कामहरु चलिरहेको उनले बताए। 'अहिले हाम्रा २ जना विज्ञ सहितको टिम सिंगटीमै छ,' उनले भने, 'कामहरु २० गतेदेखि नै भएको छ। अनुदान वितरण मात्र नभएको हो।' पहिलो चरणमा दुई वटा गाविसबाट अनुदान वितरण गर्ने सिइओ ज्ञवालीले जनाए। प्राधिकरणले तथ्याङ्क संकलनको काम सकिएको ठाउँमा अनुदान वितरण गर्दै जाने बताएको छ। भूकम्प अति प्रभावित १४ जिल्लामध्ये काठमाडौं बाहिरका ११ जिल्लामा अनुदान वितरण सकिएपछि काठमाडौं उपत्यकामा काम सुरु गर्ने ज्ञवालीले जानकारी दिए।

]]>
8972 0 0 0
कांग्रेस महाधिवेशन प्रतिनिधिले भने भोट हाल्न नपाए अदालत जान्छौं http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf/ Sun, 06 Mar 2016 17:01:37 +0000 http://www.ghumphir.com.np/?p=8976 २३ फागुन, काठमाडौं ।
मताधिकार विवाद भएका कांग्रेसका ३० प्रतिनिधिले आफूहरुले भोट हाल्न नपाए अदालतको ढोका ढकढकाउने बताएका छन्। आइतबार राती पत्रकारसँग कुरा गर्दै उनीहरुले विधि र विधान अनुसार आफूहरुले भोट हाल्न पाउनु पर्ने र नपाए  आफूहरु अदालत जाने बताए।
 nepali-congress-624x403यसअघि पार्टीका तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाले आफूहरुलाई १३ औं महाधिवेशनसम्मका लागि प्रतिनिधि नियुक्त गरेको उल्लेख गर्दै उनीहरुले मतदान गर्न पाउनु पर्ने माग गरेका छन्।
अाफूहरुले पनि फागुन १७ गते नै निर्वाचन समितिमा नामावली पठाएको उनीहरुको दाबी छ।
३० जना प्रतिनिधिको मताधिकारमा विवाद भएपछि बसेको कांग्रेस पदाधिकारीको बैठकले निर्वाचन समितिलाई निर्णय गर्ने अधिकार दिएको छ। निर्वाचन समितिले यो विषयमा निर्णय गरिसकेको छैन। यसअघि समितिले प्रकाशित गरेको अन्तिम नामावलीमा ती ३०  जना प्रतिनिधिको नाम समावेश छैन।
]]>
8976 0 0 0
३० जना प्रतिनिधिको मताधिकार विवादले मत गणना सुरु हुन सकेन http://localhost/ghum/%e0%a5%a9%e0%a5%a6-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%a4%e0%a4%be%e0%a4%a7%e0%a4%bf/ Sun, 06 Mar 2016 17:43:44 +0000 http://www.ghumphir.com.np/?p=8979 २३ फागुन, काठमाडौं ।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अझै सुरु हुन सकेको छैन । आइतबार भएको मतदानमा चुनावमा ३ हजार १४८ मत खसेको छ । १० बजेबाट नै मतगणना सुरु हुने भनिएको थियो । तर, ३० जनाको मताधिकार विवाद मिल्न सकेको छैन । तत्कालीन सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जनाले मतदान गर्न पाएका छैनन् । पटक पटक लाइनमा बसेपनि मतदान गर्न नपाएको पर्वतका हरि न्यौपानेले बताए । उनीहरुले सभापतिका उम्मेदवार रामचन्द्र पौडेललाई भेटेर मतदान गर्न नपाए मतगणना नै हुन नदिने बताएका छन् ।

]]>
8979 0 0 0
सभापतिका लागि दोस्रो निर्वाचन २ बजेदेखि http://localhost/ghum/%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%a6%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0/ Mon, 07 Mar 2016 02:41:45 +0000 http://www.ghumphir.com.np/?p=8982

काठमाडौँ, २४ फागुन ।

नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा सभापति पदका लागि दोस्रो चरणको निर्वाचन आज दिउँसो हुने भएको छ । दिउँसो २ देखि ५ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले राससलाई जानकारी दिनुभयो । आइतबार भएको मतदानमा सभापतिका तीनवटै उम्मेदवारले बहुमत प्राप्त नगरेपछि पुनः मतदान हुन लागेको हो । सभापतिको दोस्रो निर्वाचनमा कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुनेभएको छ । अघिल्लो निर्वाचनमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सबैभन्दा थोरै मत प्राप्त गरेपछि निर्वाचन प्रक्रियाबाट बाहिरिनुभएको छ ।

]]>
8982 0 0 0
धार्मिक तथा सामाजिक सद्भावमा गुरुहरुको प्रयास प्रशंसनीय http://localhost/ghum/%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%a6%e0%a5%8d%e0%a4%ad/ Mon, 07 Mar 2016 02:45:05 +0000 http://www.ghumphir.com.np/?p=8984

नेपालगन्ज, २४ फागुन ।

धार्मिक तथा सामाजिक सद्भाव प्रवाहमा नेपालगन्जका धार्मिक गुरुको प्रयासलाई यहाँ अत्यन्त सराहनीय मानिएको छ । हिन्दू धर्मगुरु महन्त चन्द्रनाथ योगीको अध्यक्षतामा क्रिश्चियन धर्मगुरु बेन्जामिन श्रेष्ठ, बुद्ध धर्मगुरु गुन्जबहादुर लामा, सिख धर्मगुरु राजेन्द्रसिंह सरदार र इस्लाम धर्मगुरु मौलाना अब्दुलजब्बार मन्जरी सदस्य रहेको ‘अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्च’ को भूमिका अहिले सर्वत्र प्रशंसाको विषय बनेको छ । धार्मिक तथा जातीय संवेदनशीलतामा जोखिमपूर्ण मानिएको बाँके जिल्लामा धर्मगुरुले सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न खेलेको भूमिकालाई यहाँको सुरक्षा निकायले प्रशंसनीय कार्यको रुपमा लिएको छ । “धार्मिक गुरुहरुको सामूहिक एकताले हामीलाई शान्ति सुरक्षा कायम गर्न र सामाजिक सद्भाव कायम गर्न ठूलो हौसला र बल मिलेको छ र यसमा सुरक्षा निकाय क्रमशः सफलसमेत हुँदै गएको छ” – मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव नेपालको भनाइ छ । धार्मिक गुरुहरुले एउटै मञ्चबाट धार्मिक तथा सामाजिक सद्भावको सन्देश प्रवाह गर्दा र आपसमा अङ्कमाल गरी मानवीय धर्म नै सबैभन्दा ठूलो धर्म भनी प्रवचन दिँदा यहाँका नागरिकको आत्मामा त्यसको छाप बसेको पाइन्छ । “हामीले आफ्नो धर्मलाई माया र अरुको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने भावना जागृत भएको छ, द्वेष र ईष्र्याले हैन सद्भावबाट मात्र शान्ति र अमनचयन प्राप्त गर्न सकिँदोरहेछ, यही नै नागरिकले सिकेको कुरा हो” – बाँके कम्दी गाविसका झगरु यादवको बुझाइ बनेको छ । अहिले समग्रमा बाँके जिल्ला शान्त छ, यहाँ धार्मिक तथा सामाजिक सद्भाव कायम छ, स–साना धार्मिक विवादको सम्भावना देख्नेबित्तिकै धार्मिक गुरुहरुको सामूहिक प्रयत्नबाट त्यसलाई सहमतिमा ल्याउने गरिएको छ । धार्मिक गुरुहरुको प्रयास हाम्रा लागि सुरक्षा व्यवस्था कायम गर्न मार्गनिर्देशन बनेको बताउँदै प्रहरी नायब महानिरीक्षक नेपालले भन्नुभयो – “प्रहरी त शान्ति सुरक्षाका लागि माध्यम मात्र हो, निमित्त नायक त धार्मिक गुरुहरु बन्नुभएको छ ।” धार्मिक गुरुको यही प्रशंसनीय कामका लागि क्षेत्रीय प्रहरी कार्यालयले धार्मिक गुरुहरुलाई आइतबार यहाँ आयोजित कार्यक्रममा सम्मानसमेत गरेको छ । “हाम्रो धार्मिक एकता टुट्दैन, हामी सधैँ एउटै मञ्चबाट धार्मिक तथा सामाजिक सद्भाव प्रवाह गर्ने काममा लागिरहने छौँ” – धार्मिक गुरुहरुको प्रतिबद्धता छ ।

]]>
8984 0 0 0
आज महाशिवरात्रि http://localhost/ghum/%e0%a4%86%e0%a4%9c-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf/ Mon, 07 Mar 2016 02:51:17 +0000 http://www.ghumphir.com.np/?p=8986 चेतबहादुर सिंह

२४ फागुन ।

हिन्दु धर्मावलम्बीले महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । फाल्गुण कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि मनाउने गरिन्छ । देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत मुलुकका विभिन्न शिवालयमा ठूलो मेला लाग्छ ।

पशुपतिलगायत शिव मन्दिरहरूमा बिहान सबेरैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ । शिवरात्रिका दिनमा पशुपतिनाथका चारवटै ढोका खुला गरिन्छ । यस दिन पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ प्रहरमा क्रमश: दूध, दही, घिउ र महले स्नान गराउने परम्परा छ ।

दर्शनका लागि पशुपति आएका सन्त, महन्त, साधु, सन्यासी, उदासी, वैरागीसमेतलाई गुठी संस्थानले शनिबार रातिदेखि बुधबार बिहानसम्म नि:शुल्क भोजनको व्यवस्था गरेको छ । उनीहरूलाई बुधबार बिहानको भोजनसँगै दान, दक्षिणासहित पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्छ । शिवरात्रिका लागि धुनी जगाउन गुठी संस्थानले नि:शुल्क मुढासमेत उपलब्ध गराउँछ ।

साधु, सन्तलाई राज्यका तर्फबाट दान, दक्षिणा गर्न चमर, राडी, कमण्डलु, शंख, घण्ट, बख्खु, पीताम्बर, सिदाका सामग्री, फलफूल आदि शनिबार शीतलनिवास लगी राष्ट्रपति विद्यादेवी भण्डारीबाट संकल्प गराएर ल्याइएको पशुपति गोश्वाराका प्रमुख खिमा ओलीले बताइन् ।

शिवरात्रिकै दिन राजधानीको टुँडिखेलमा नेपाली सेनाद्वारा प्रस्तुत गरिने बढाइँमा राष्ट्रपतिसमेत सरिक हुने परम्परा छ । यस पर्वमा राति दोबाटो, चौबाटो र शिव मन्दिरअगाडि दाउरा बालेर आगो ताप्ने गरिन्छ । त्यसै आगोमा हलुवा, पुरी, तरकारी आदि पकाएर खाने चलन छ ।

यसै दिन ललितपुरस्थित त: बहालमा रातो मत्स्येन्द्रनाथको मन्दिरअगाडि पनि धुनी बाली आगो ताप्ने गरिन्छ । त्यस अवसरमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक राजखड्गलाई राजकीय सम्मानका साथ त्यहाँ पुर्‍याइन्छ । राजखड्ग पुगेपछि मत्स्येन्द्रनाथलाई मकै, भटमास, चना र सानो केराउ चढाएर आगो ताप्न आउने सबैलाई प्रसादका रूपमा बाँडिन्छ ।

 ]]>
8986 0 0 0
भूकम्पका नाममा त्रिविको शौचालयसमेत कब्जा http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%8b/ Mon, 07 Mar 2016 02:58:09 +0000 http://www.ghumphir.com.np/?p=8988 गणेश राई

२४ फागुन ।

भूकम्पले घर भत्काएको भन्दै त्रिभुवन विश्वविद्यालयका शिक्षकदेखि श्रेणीविहीन कर्मचारीसम्मले कीर्तिपुरस्थित विश्वविद्यालयका विभिन्न कार्यालयमा डेरा जमाएका छन् । यतिसम्म कि सार्वजनिक शौचालयसमेत कब्जा गरेर बासस्थान बनाएका छन् । त्यसरी त्रिविका संरचनामा कब्जा जमाउनेहरू त्रिवि कीर्तिपुर र महाराजगन्जस्थित शिक्षण अस्पतालमा कार्यरतसमेत छन् । यसरी कब्जा जमाउनेमा स्थानीय व्यक्तिसमेत छन् ।

उनीहरूले अंग्रेजी विभागका विद्यार्थीका लागि बनाइएको एकतले शौचालयको दुई कोठा कब्जा गरेका छन् । भिन्दाभिन्दै प्रयोजनका लागि बनाइएका भवनको स्टोरसहितका कक्षमा डेरा बनाएका छन् । ‘भुइँचालोले घर भत्काएको’ भन्दै उनीहरू त्रिविका संरचनामा बस्न थालेका हुन् । उनीहरूले त्रिवि परिसरमा टाँगिएको बिजुलीका तार तानेर बाल्ने गरेका छन् । भूकम्पपछि यसरी बस्ने ५४ परिवार रहेको त्रिवि प्रशासनले जनाएको छ । जथाभावी बसोबास गर्दा विश्वविद्यालय हाता गाउँघरजस्तै अस्तव्यस्त हुने गरेको विद्यार्थीको गुनासो छ । वरपरका बासिन्दाले फोहोर फाल्ने र त्रिविको इनार जथाभावी प्रयोग गर्ने गरेका छन् । ‘शिक्षक र कर्मचारीको क्वाटर जाँडरक्सी खाने, जुवा तास खेल्ने अखडा जस्तो छ,’ एक कर्मचारीले भने, ‘पदाधिकारी फेरिएसँगै २ वर्षका लागि नियुक्त हुने वार्डेनको संख्यासमेत चार छ । नियमन गर्नेभन्दा पनि आफ्नो मान्छे राख्ने चलनले आवासगृहको इज्जत गुम्दै छ ।’ त्रिवि शिक्षक कर्मचारी आवासगृह कार्यविधिमा विश्वविद्यालय क्याम्पस हाताभित्र कार्यरत शिक्षकका लागि ६० प्रतिशत, कर्मचारीका निम्ति २० र केन्द्रीय क्याम्पसमा कार्यरत कर्मचारीका निम्ति २० प्रतिशत रहन पाउने व्यवस्था छ । नयाँ शिक्षक तथा कर्मचारीलाई अवसर दिन ५ वर्षदेखि बढीमा १० वर्ष मात्र आवास सुविधा उपयोग गर्न पाउने उल्लेख छ । आवास सञ्चालक समितिका अध्यक्ष विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल रहन्छन् । तर, त्रिविले भने अमर्यादित रूपमा बसोबास गर्ने शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई नियमन गर्न सकेको छैन । पुस्तौंदेखि बसोबास गर्दै आएका र राजनीतिक पहुँचका आधारमा आवास ओगट्ने अधिक छन् । सञ्चालक समितिले कारबाही गर्न सकेको छैन । जबर्जस्त हटाउन खोज्दा भौतिक आक्रमणसमेत हुने गरेको कर्मचारी बताउँछन् । आवासको उपभोग गर्ने शिक्षकले सुरु तलब स्केलको १५ प्रतिशत, कर्मचारीले १२ प्रतिशत तथा अन्य आवास उपभोग गर्नेले मासिक १ हजार रुपैयााँ तिर्नुपर्ने प्रावधान छ । त्यसैगरी बिजुली, पानीको महसुलसमेत आफैंले तिर्नुपर्ने छ । तर, अधिकांशले भाडा तथा अन्य महसुल तिर्दैनन् । बेलामौकामा आवासको मर्मतसम्भारसमेत हुन सकेको छैन । त्रिवि केन्द्रीय कार्यालयको झन्डै ६ हजार रोपनी जग्गा र दर्जनौं भौतिक संरचना छन् । कार्यालयबाहेक प्राध्यापक र कर्मचारीका निम्ति ४ वटा आवास छन् । प्राध्यापक आवासगृहमा २० परिवार बस्छन् । गवेषण आवासगृहमा २५ परिवार, चार क्वाटरमा १२ परिवार र स्टाफ क्वाटरमा ७ परिवार बस्छन् । त्यसरी बस्नेहरू पकड र पहुँच जमाएर बस्दै आएका छन् । उनीहरूलाई त्रिवि प्रशासन तथा व्यवस्थापनले हटाउन सक्दैन । बाजे, बाबुका पालादेखि प्राध्यापक क्वाटर जमाउँदै आएका छन् । प्राध्यापकले पाउनुपर्ने क्वाटर उपप्राध्यापकहरूले भरिएका छन् । प्रिन्सिपल कार्यालयले आवास तथा छात्रावासको नियमनका लागि प्राध्यापक राजकुमार पोखरेलको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिको प्रतिवेदनले त्रिवि प्राध्यापक क्वाटरमा १४ परिवार रहेको औंल्याएको छ । छात्रावास पनि उस्तै कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्नेका निम्ति छात्रावासको सुविधा छ । पुरुष बस्ने कान्ति छात्राबासको ‘घ’ ब्लकमा विद्यार्थीले भूकम्पको नाममा आफ्ना दाजुभाइसमेत राखेकाले समस्या रहेको त्रिविले जनाएको छ । छात्रावासका विद्यार्थीले भर्ना भएसँगै वार्षिक रूपमा ४ हजार २ सय २४ रुपैयाँ एकमुष्ट तिर्नुपर्दछ । एउटा कोठामा बढीमा दुई जना बस्न पाउँछन् । उनीहरूले सुत्ने खाट, टेबल, कुर्सी र एउटा दराज पाउँछन् । त्यसैगरी खानाका निम्ति मेसको व्यवस्था छ । तर, अहिले व्यवस्थित र नियमित मेसको व्यवस्था नरहेको विद्यार्थीले जनाएका छन् ।

छात्रावासमा बस्न पाउन स्नातक तहको मेरिटका आधार, दुर्गम जिल्ला, जातीय, अपांगता, समावेशी तथा विभागीय कोटाका आधारमा विद्यार्थी छनोट गरिने प्रिन्सिपल प्राध्यापक गोविन्द सुवेदीले बताए । ‘आवासगृह र छात्रावासलाई नियमन प्रक्रिया थालेका छौं,’ उनले भने ।

http://bit.ly/1OX7ARH

]]>
8988 0 0 0
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु http://localhost/ghum/%e0%a4%9f%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a0%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ae%e0%a5%8b%e0%a4%9f%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95/ Mon, 07 Mar 2016 03:14:47 +0000 http://www.ghumphir.com.np/?p=8991

भक्तपुर, २४ फागुन ।

अरनिको राजमार्गखण्ड छ लेन सडकअन्तर्गत भक्तपुरको मध्यपुरथिमि–१५ गठ्ठाघरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति काठमाडौँबाट भक्तपुरतर्फ जार्दै गरेको बा५८प ७९४८ नंको मोटरसाइकललाई बा३ख ७८३५ नंको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक रौतहट जिल्ला चन्द्रनिगाहपुर घर भई सर्लाही नवलपुरस्थित नेपाली सेनाको रिपुमर्दन गण दरबन्दी भई हेटौँडा सुपारीटार मध्यपृतनामा कार्यरत ३७ वर्षीय प्युठ राजेन्द्र राईको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । टिपर चालक खाना खान गएका बेला सिन्धुपाल्चोक लामोसाँघु घर भई पेप्सीकोलामा होटल गरी बस्ने २२ वर्षीय होटल सञ्चालक केशव भण्डारीले तीव्र गतिमा भक्तपुरतर्फ नै टिपर लैजाँदा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका छन् । फरार भण्डारीको खोजी भइरहेको र टिपर भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनु भयो ।

]]>
8991 0 0 0
ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु http://localhost/ghum/%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a0%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ae%e0%a4%b9/ Tue, 08 Mar 2016 15:01:39 +0000 http://www.ghumphir.com.np/?p=8993

दाङ, २५ फागुन ।

ट्र्याक्टरको ठक्करबाट दाङको देउखुरी लालमटिया–८ मसुरियामा आज एक महिलाको घटनास्थलमै ज्यान गएको छ । लालमटियाको मसुरियामा आयोजित नारी दिवसमा सहभागी हुन आउँदै गर्दा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु २ त १७५३ नम्बरको ट्र्याक्टरको ठक्करबाट लालमटिया – ५ मौरीघाट निवासी ६९ की शोभादेवी खनालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख कुवेर कठायतले जानकारी दिनुभएको छ । मृतक खनालको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ ।

]]>
8993 0 0 0
पुनःनिर्माणमा जुटे महिला http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%81%e0%a4%9f%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be/ Tue, 08 Mar 2016 15:03:28 +0000 http://www.ghumphir.com.np/?p=8995

प्रशन्न पोखरेल खोप्लाङ (गोरखा) २५ फागुन ।

‘गाउँ–गाउँबाट उठ बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ चलचित्र बलिदानमा रामेशको स्वरमा सजिएको यो गीतमा जस्तै गोरखाको खोप्लाङ–९ ठूलोगैरिकी निर्जला बाठा मगर गाउँको मुहार बदल्न जुटेकी छिन् । गत वैशाखमा गएको विनाशकारी भूकम्पले ध्वस्त भएको आफ्नो गाउँको पुनःनिर्माणमा मगर सक्रिय भएकी हुन् । जिल्लास्थित घरेलु तथा साना उद्योग बिकास समितिबाट ४५ दिनको डकर्मी तालिम लिएर मगरसहित राधिका चुधारा, सविता श्रेष्ठ र निर्मला तामाङ गाउँको पुनःनिर्माणमा सक्रियरुपमा जुट्दै आएका छन् । भूकम्पले घरबारबिहीन बनाएको पीडा भुलेर गाउँका महिलाहरू ढुङ्गा, माटो र काठको जोडाइले भूकम्प प्रतिरोधी बलियो घर निर्माणमा संलग्न हुँदै आएका हुन् । भूकम्पले गर्दा धराप बनाएका घरका संरचना तह लगाएका उनीहरूले जग खन्नेदेखि नयाँ घर छाउनेसम्मको काम गर्दै आएका छन् । गाउँका पुरुष वैदेशिक रोजगारीमा गएपछि महिला पुनःनिर्माण अभियानमा जुटेका हुन् । स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोगले बलियो घर बनाउन जुटेकी मगरले भनिन्, “कति टहरोमा बस्ने ? अब आफ्नो घर आफँै बनाउँछौ, अरुको घर बनाएर पैसा कमाउँछौं ।” महिलालाई गाह्रो हुने काम गाउँका पुरुष कामदारले गर्दै आएका छन् । पोसाकलगायत आवश्यक सामग्रीको अभावले गर्दा घरको धुरीमा चढेर काम गर्न नसकिएको कामदार महिलाहरूले गुनासो गरेका छन् । गाउँमा ‘महिला धुरी चढ्न हुन्न’ भन्ने अन्धविश्वास हटेको बताउँदै अर्की कामदार महिला तामाङले भनिन्, “गाउँलेको घर भत्किएको छ । दुःख खेपेर टहरोमा बसेका छन् । सबैलाई घर बनाउनुपर्ने छ तर कामदार छैनन् ।” कामदारको अभाव भएका बेला तालिम लिएका दक्ष कामदारलाई घर बनाउने जिम्मेवारी आइपरेकाले यस अवसर सदुपयोग गरेको तामाङको भनाइ छ । शीप सिकेपछि जिविकोपार्जन र छोराछोरीलाई पढाउने खर्चको जोहो भएको उनले बताइन् । “घरखर्च चलाउन श्रीमान्को भर पर्नुपर्दैन” उनले भनिन्, “काम गरेर कमाएको रकम घर खर्चबाट बचेको पैसा सहकारीमा बचत पनि गरेका छौँ ।” भूकम्पले गर्दा ६० गाविस र दुई नगरपालिकाभित्रका ७५ हजार घर र सामुदायिक महत्वका भवन पुनःनिर्माण गर्नुपर्ने भएकाले पुनःनिर्माण अभियानमा जुटेको महिलाहरूको भनाइ छ । जिल्लास्थित घरेलु तथा साना उद्योग विकास समितिले महिला कामदार उत्पादन गर्ने उद्देश्यले खोप्लाङ, आरुचनौटे, हंशपुर र सिम्जुङमा डकर्मी तालिम दिएको थियो । यी ठाउँका महिलाहरूले तालिम लिएर पुनःनिर्माणमा जुटिसकेका छन् । समितिका प्रमुख उद्योग अधिकृत गोकर्णराज जोशीले भन्नुभयो, “गाउँका छोराहरू विदेशिएका छन् । महिलाहरूलाई प्राथमिकतामा राखेर डकर्मी तालिम दियौँ । तालिम लिएका महिलाहरू सक्रिय रुपमा पुनःनिर्माणमा जुटेका छन् ।”

]]>
8995 0 0 0
मदारबाबा धार्मिक मेला सकियो http://localhost/ghum/%e0%a4%ae%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a4%be-%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a4%95/ Tue, 08 Mar 2016 15:05:04 +0000 http://www.ghumphir.com.np/?p=8997

नवलपरासी, २५ फागुन ।

नवलपरासीमा मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र वनेको मदारबाबा धार्मिक मेला सकिएको छ । गत फागुन १५ गतेदेखि जारी धार्मिक मेला आजबाट सकिएको हो । मदारबाबा धार्मिक मेलामा यस वर्ष नेपाल र भारतका गरी करिब १५ लाख दर्शनार्थी आएको आयोजकले दाबी गरेका छन् जसमध्ये नेपालको तुलनामा ९० प्रतिशत बढी भारतीय दर्शनार्थी आएका थिए । मदारबाबाको मुख्यस्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाडी क्षेत्रतर्फ दुम्किबास डाँडामा रहेको छ । मेलामा आउने श्रद्धालुले बाबाको मुख्यस्थल पुगेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विस्वास छ । पहाडी सडकखण्डमा करिब पाँच घन्टाको पैदल यात्रापछि निकै कठिन परिश्रमबाट मात्र मदारबाबाको मुख्यस्थल पुग्न सकिन्छ । करिब एक सय वर्षअघिदेखि मेला निरन्तर लाग्दै आएको छ । मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रसिद्ध रहेको छ ।

]]>
8997 0 0 0
१४१ विदेशीलाई अङ्गीकृत नागरिकता http://localhost/ghum/%e0%a5%a7%e0%a5%aa%e0%a5%a7-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%85%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%80%e0%a4%95%e0%a5%83%e0%a4%a4-%e0%a4%a8/ Tue, 08 Mar 2016 15:06:28 +0000 http://www.ghumphir.com.np/?p=8999

बाँके (खजुरा), २५ फागुन ।

नेपालको संविधान जारी भएयता झन्डै १५० विदेशी महिलाले अङ्गीकृत नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कानुसार संविधान जारी भएको असोज ३ गतेपछि जिल्लामा १४१ विदेशी महिलाले नेपाली नागरिकता पाएका हुन् । संविधानको धारा १० को उपधारा ६ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा सङ्घीय कानुन बजोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्ने व्यवस्था छ । त्यस्तै उपधारा ७ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी मुलुकको नागरिकसँग विवाह गरेको नेपाली महिलाबाट जन्मिएको व्यक्तिका हकमा निजले नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने उसले सङ्घीय कानुनबमोजिम नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ । नेपाली नागरिकता पाउनेमा नेपालीसँग विवाह गर्ने भारतीय चेली हुन् । नेपालीसँग विवाह गरेका भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता धमाधम लिन थालेपछि नयाँ संविधानबारे उत्पन्न भ्रम पनि बिस्तारै हट्न थालेको छ । नेपालगन्जकी अप्सना बेहनाले अङ्गीकृत नागरिकता प्राप्त गरेपछि भन्नुभयो– “नेपालीसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउँदैनन् भनेर हल्ला चलाइएको थियो, त्यो गलत रहेछ ।”

]]>
8999 0 0 0
यस्ताे देखियाे तस्बिरमा महामन्त्री र काेषाअध्यक्ष मतगणनास्थल http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a5%87-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a5%87-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be/ Tue, 08 Mar 2016 15:09:47 +0000 http://www.ghumphir.com.np/?p=9001 भरतबन्धु थापा
नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा मंगलबार महामन्त्री र कोषाध्यक्ष पदको मतगणना सम्पन्न भयो। महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भए।
शेरबहादुर देउवा प्यानलका अर्जुननरसिंह केसी र चित्रलेखा यादव दुबै पराजित भए। महामन्त्री पदको मतगणना हुँदा सुरूदेखि नै शशांक कोइरालाले अग्रता लिए। तर कोषाध्यक्ष पदमा चित्रलेखा र सीतादेवीको कडा टक्कर देखियो। कहिले चित्रलेखा र कहिले सीतादेवीले ‘लिड’ गरिरहेका थिए। अन्ततः सीतादेवीले चित्रलेखालाई ८ मतले हराइन्। कोषाध्यक्ष पदको कडा टक्करमा मतगणनास्थल बाहिर माहोल गरमागरम थियो।
IMG_8732 IMG_8739 IMG_8741 IMG_8748 IMG_8754 IMG_8773 IMG_8786 IMG_8794 IMG_8881 mat
]]>
9001 0 0 0
च्योर्दुङ ओझेलमा http://localhost/ghum/%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%81%e0%a4%99-%e0%a4%93%e0%a4%9d%e0%a5%87%e0%a4%b2%e0%a4%ae%e0%a4%be/ Tue, 08 Mar 2016 15:11:58 +0000 http://www.ghumphir.com.np/?p=9014

जिरी, २५ फागुन ।

पर्यटकीय सम्भावना बोेकेको दोलखाको च्योर्दुङ पर्यटकको आकर्षक गन्तव्य बन्न सकेको छैन । समुन्द्र सतहबाट दुई हजार चार सय मिटरको उचाइँमा रहेको च्योर्दुङ प्रचारप्रसार र पर्यटकको लागि आवश्यक भौतिक संरचना अभावका कारण ओझेलमा परेको हो । सदरमुकाम चरिकोटबाट ५६ किलोमिटर टाढा पर्ने पर्यटकीय नगरी जिरी हुँदै करिब पाँच÷छ घन्टाको पैदाल यात्र पछि च्योर्दुङ पुग्न सकिन्छ । पछिल्लो समय च्योर्दुङसम्म पर्यटकलाई डो¥याउनका लागि जिरीमा बहस सुरु भएको छ । पर्यटकलाई च्योर्दुङ डाँडासम्म पु¥याउन दुई वर्षअघि सडकको ट्रयाक खोलिएको भए पनि थप विस्तारका लागि कसैले पनि चासो देखाएका छैनन् । यहाँको विशेषता भनेकै नेपाली समयको आधार मानिएको गौरीशङ्कर हिमाल दृश्यावलोकन हो । त्यस्तै रोल्वालिङ हिमश्रृङ्खला र नुमार हिमालको दृश्यावलोकन सहजै गर्न सकिन्छ । जिल्लाका ४९ गाविस र दुई नगरपालिकाका अधिकांश भू–भाग तथा रामेछापको चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडी वाम्तीभण्डार र सोलुखुम्बु, ओखलढुङ्गाको भू–भाग सजिलै अवलोकन गर्न सकिन्छ ।

]]>
9014 0 0 0
चिनियाँ सामग्री भित्रिँदै http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%81%e0%a4%a6/ Tue, 08 Mar 2016 15:13:12 +0000 http://www.ghumphir.com.np/?p=9016

धुन्चे ९रसुवा०, २५ फागुन ।

रसुवागढी नाकाबाट क्रमिकरुपमा चिनियाँ सामग्री नेपाल भित्रन थालेको छ । चिनियाँ भू–भागको तिब्बत क्षेत्रमा ल्होसार पर्वमा त्यहाँका व्यवसायी चाडपर्व मान्न केन्द्रित भएका कारण लामो समयसम्म सामान आयात ठप्प भएको थियो । भन्सार अधिकृत श्याम बस्नेतका अनुसार पहिलो चरणमा स्याउ आयात भइरहेको र अन्य सामान आउनेक्रम जारी रहेको छ । सामान परीक्षण र जाँचपासका लागि यथेष्ट जनशक्ति तैनाथ भइसकेको भन्सार कार्यालयले जनाएको छ ।

]]>
9016 0 0 0
खोटो सङ्कलन वन उपभोक्ताको अतिरिक्त आयको माध्यम http://localhost/ghum/%e0%a4%96%e0%a5%8b%e0%a4%9f%e0%a5%8b-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a4%a8-%e0%a4%b5%e0%a4%a8-%e0%a4%89%e0%a4%aa%e0%a4%ad%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%95/ Tue, 08 Mar 2016 15:14:48 +0000 http://www.ghumphir.com.np/?p=9018

युवराज पाण्डे  बनेपा, २५ फागुन ।

काभ्रेपलाञ्चोकमा सामुदायिक वन उपभोक्ता समूहको खोटो सङ्कलन कार्य वन उपभोक्ताको अतिरिक्त आम्दानीको दरिलो स्रोत बन्न थालेको छ । सामुदायिक वन उपभोक्ता समूहको अतिरिक्त आम्दानी वन समूहका सदस्यको आयआर्जनको भरपर्दो माध्यम भएको छ । खास गरी उत्पीडित, पिछडिएको समुदाय र जनजाति समुदायका व्यक्तिले बाख्रापालन, तरकारीखेतीलगायतका काम गरेर लाभ उठाएका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ सल्लेरीगैराकी पार्वती तामाङले बाख्रापालनबाट नै आफू्ले आयआर्जन गरेको बताउनुभयो । “मैले बाख्रापालन गरेर नै घरको सबै खर्च चलाएकी छु,” उहाँले भन्नुभयो । समूहमा हस्तान्तरण गर्ने प्रावधानअनुसार करिब दुई वर्षपछि उहाँले पनि अर्को समूहलाई बाख्रा हस्तान्तरण गर्नुभयो । सामुदायिक वन गरिबका लागि वरदान सावित भएको उहाँको भनाइ छ । रातामाटे सामुदायिक वन उपभोक्ता समूहले पाँचखालको मयलपानी, सल्लेरीगैरा, रविगााउँ, ¥याले, छत्तिसकिलो, देउतास्थानलगायतका क्षेत्रमा बाख्रापालनका लागि लगानी गरेको छ । “हामीले खोटो सङ्कलन गरेर वार्षिक झन्डै रु एक लाख ५० हजार आम्दानी गरेका छौँ र आम्दानी गरेका रकम लघुउद्यममा लगानी गरेका छौँ,” पाँचखाल नगरपालिकाको रातामाटे उपभोक्ता समूहका सचिव राजेन्द्र सापकोटाले भन्नुभयो । सामुदायिक वनबाट हुने यस्ता आम्दानीले वन उपभोक्ता समूहका सदस्यलाई सस्तो ब्याज दरमा ऋण लिन भरोसा मिल्छ । उनीहरुबाट बाख्रापालन, तरकारीखेती जस्ता आयमूलक काम हँुदा सामुदायिक वनमा वास्तविक सुशासन कायम भएको छ । सापकोटाका अनुसार पिछडिएको समुदायलाई नै लक्ष्यित गरेर वन समूहका सदस्यमाझ लगानी भएको छ । अहिले पुनः अन्य समूहका लागि बाख्रापालन गर्न दिन निवेदन आएको उहाँले बताउनुभयो । सो वन उपभोक्ता समूहले न्यूनतम रु पाँच हजारदेखि रु १५ हजारसम्म बाख्रापालनमा लगानी गर्दै आएको छ । सचिव सापकोटाले भन्नुभयो – “हामीले प्राविधिक ज्ञान हासिल गरेर नै खोटो सङ्कलनको काम गरेका हाँै तर खोटो सङ्कलनमा केही कमजोरी भएका छन् । त्यसलाई सच्याउन हामी तयार छौँ ।” विसं २०५९ देखि आफ्नो समूहले खोटो सङ्कलन गरेदेखि कुनै रुखमा पनि हानी नोक्सानी नभएको रातमाटे वन उपभोक्ता समूहको दाबी छ । कतिपय तीन इन्च गोलाइ नभएका रुखबाट पनि खोटो सङ्कलन गरिएको भेटियो । अहिले त्यस्ता प्रवृत्तिमाथि कडाइका साथ नियन्त्रण गर्न त्यस्ता काम गर्नेलाई वन प्रवेशमै रोक लगाइएको छ । आयआर्जनसँगै भौतिक संरचना निर्माणमा समेत योगदान पु¥याएको सामुदायिक वनमा अहिले बाँस रोपण, अम्रिसो रोपणका काम समेत भइरहेका छन् । जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनाल टरपेनटाइन तेलका लागि खोटो सङ्कलन प्रभावकारी भएको बताउनुहुन्छ । सङ्कलित खोटो नेपालबाट भारतसमेत निर्यात भएका छन् । सामुदायिक वन उपभोक्ताका लागि यो आयआर्जनको स्रोत बनेको छ । टरपेनटाइन उद्योगका लागि कच्चा पदार्थसमेत उत्पादन हुँदा उद्योग प्रवद्र्धनमा समेत टेवा पुगेको छ । मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालय हेटाँैडाका उपसचिव घनश्याम ढकालले खोटो सङ्कलनमा हुनसक्ने सम्भावित कमजोरीबारे अनुगमन हुने गरेको बताउनुहुन्छ । काभ्रेपलाञ्चोकमा सानातिनाबाहेक गम्भीर त्रुटि नभएको उहाँको भनाइ छ । निर्देशनालयले बर्सेनि खोटो सङ्कलन हुने वनमा लापर्बाही भएको छ वा छैन भन्ने विषयमा नियमित अनुगमन गर्दै आएको छ । विगतको अनुगमनमा काभ्रेपलाञ्चोकको सामुदायिक वनमा गोलाइअनुसारका सल्लाका रुखबाट खोटो सङ्कलन नगरिएको त्रुटि भेटिएको थियो । ढकालका अनुसार सामुदायिक वनका उपभोक्तामा चेतनाको विकासका साथसाथै वन कार्यालयको प्राविधिक सहयोग जरुरी हुन्छ । टरपेनटाइन कम्पनीको नाफा कमाउने मात्रै उद्देश्य रहे त्यसले नकारात्मक वातावरणीय परिणाम निम्तिन्छ । पहाडी क्षेत्रको काभ्रेपलाञ्चोकबाहेक सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछाप, भक्तपुर, धादिङलगायतका जिल्लामा सामुदायिक वन उपभोक्ता समूहहरुले खोटो सङ्कलन गरेर मनग्य आम्दानी गरिरहेका छन् । जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका सहायक वन अधिकृत कृष्णबहादुर थापाको अनुसार जिल्लाको नौ वटा सामुदायिक वन उपभोक्ता समूहले खोटो सङ्कलनका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रक्रिया अघि बढाएका छन् । नयाँ प्रारम्भिक वातावरणीय परीक्षणका लागि जिल्लामा सम्भावित ६० वन उपभोक्ता समूह छन् । वातावरणीय परीक्षण गर्दा एकातिर वन उपभोक्ता समूहले सकारात्मक वा नकारात्मक वातावरणीय प्रभावका बारेमा जानकारी पाउँछन् भने अर्कातिर सरकारले १३ प्रतिशत भ्याटसहित राजस्वसमेत प्राप्त गर्ने गर्छ । हिमाली टरपेनटाइन कम्पनीका रोहितकुमार ढकालले आव २०७२÷७३ मा रातामाटे वन उपभोक्ता समूहबाट मात्रै १८ हजार केजी खोटो सङ्कलन भएको र प्रतिकेजी रु नौ का दरले खरिद भएको जानकारी दिनुभयो । उहाँले अन्य तीन वटा सामुदायिक वन उपभोक्ता समूहसँग समेत खोटो सङ्कलनका लागि सम्झौता भएको जानकारी दिनुभयो । जिल्लामा विगत केही वर्षदेखि नै सामुदायिक वन उपभोक्ता समूहले खोटो सल्लाको रुखबाट खोटो सङ्कलन गर्दै आएका छन् । जिल्ला वन कार्यालय धुलिखेलको तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा आव २०७१÷७२ मा कुल २२ हजार ३३८ केजी खोटो हिमाली टरपेनटाइन कम्पनी सुनसरीले खरिद गरेको देखिएको छ ।

]]>
9018 0 0 0
हिमालय एयरलाइन्सको चैत ३० देखि व्यवसायिक उडान http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%88%e0%a4%a4-%e0%a5%a9/ Tue, 08 Mar 2016 15:23:00 +0000 http://www.ghumphir.com.np/?p=9020 नविन अर्याल २५ फागुन, काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले बुधबार आफ्नो पहिलो एयरबस नेपाल भित्र्याउने भएको छ । कम्पनीको ए३२० एयरबस दिउँसो एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छ । तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालयले नेपालबाट अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्न लागेको हो । यही चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीका महाप्रबन्धक राजुबहादुर केसीले बताए । ‘विमान आउनासाथ नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पुरा गरी व्यवसायिक उडान सुरु गर्छौं,’ केसीले भने- ‘हाम्रो पहिलो उडान दिल्लीमा हुनेछ र सोही दिन कतारको दोहामा दोस्रो उडान हुनेछ ।’ हिमालयको विमान ३० गते विहान ११ बजे काठमाडौंबाट भारतको नयाँँदिल्ली उड्ने तालिका छ । दिल्लीबाट दिउँसो ४ बजे काठमाडौं फर्किएर राती ८ बजे दोहातर्फ उड्नेछ । अर्को दिन विहान सवा ७ बजे दोहाबाट काठमाडौं अवतरण गर्ने छ । Himalaya-Airlines-768x207हिमालय एयरलाइन्सले चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको हो । अहिले सो एयरबस चीनको चेङ्दुमा रहेको छ । यसअघि नै व्यवसायिक उडान सुरु गर्ने तयारी गरेको कम्पनीले भूकम्पका कारण कार्यतालिका सारेको थियो । दोस्रो विमानबाट चीन उडान हिमालयले पहिलो उडान सुरु गरेको केही महिनापछि अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना बनाएको छ । अर्को चरणमा १२८ सिट क्षमताको ए३१९ विमान ल्याएर चीनको चेङ्दू, ल्हासा र बेइजिङ उडान भर्ने महाप्रबन्धक केसीले जानकारी दिए । उनका अनुसार यो जहाज लगातार ७ घण्टा उड्न सक्छ । कम्पनीले सन् २०१६ मा दुई जहाजबाट छिमेकी मुलुक चीन र भारतका पाँच गन्तव्यमा उडान भर्ने कार्ययोजना बनाएको छ । सन् २०१७ मा थप दुई एयरबस जहाज भित्र्याएर उडान विस्तार गर्ने योजना कम्पनीको छ । दुइवटा एयरबस थपेपछि कम्पनीले हङकङ, बैंकक, कोलम्बो, अहमदाबाद, मलेसीया, सिंगापुर लगायतका सम्भावित गन्तव्यहरुमा उडान गर्ने योजना छ । तिब्बत एयरलाइन्सको सहकार्य रहेको हुँदा हिमालयले काठमाडौं-ल्हासा उडानलाई नै प्राथमिकतामा राखेको छ । यती एयरलाइन्सले यसअघि सञ्चालनको तयारी गरिरहेको ‘फ्लाई यती’ को नाम परिवर्तन गरेर हिमालय एयरलाइन्स बनाएर साढे दुई अर्ब रुपैयाँ लगानीमा अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिएको हो । हिमालयमा एचआइएफ एभियसन इन्भेष्टमेन्ट कम्पनी र यती वल्र्ड इन्भेष्टमेन्ट कम्पनीको मुख्य लगानी रहेको छ । कम्पनीमा ५१ प्रतिशत नेपाली र ४९ प्रतिशत तिब्बत एयरलाइन्सको लगानी छ ।]]> 9020 0 0 0 सेयर खोल्न ८ कम्पनी पाइपलाइनमा, दुईको फागुनभित्रै http://localhost/ghum/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a5%ae-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%aa%e0%a4%b2/ Tue, 08 Mar 2016 15:25:37 +0000 http://www.ghumphir.com.np/?p=9023

कमल नेपाल

फागुनभित्रै २ वटा कम्पनीको सेयर निस्कासन हुने भएको छ भने अन्य ८ वटा कम्पनी निस्कासनको पाइपलाइनमा रहेका छन्। मेरो माइक्रोफाइनान्सले सर्वसाधारणलाई र दिब्यश्वरी हाइड्रोले प्रभावित स्थानीयका लागि सेयर आह्वान गरिसकेका छन्।
मेरो माइक्रोफाइनान्सको आगामी २७ गतेबाट सर्वसाधारणलाई आईपीओ सेयर निस्कासन हुने भएको छ। कम्पनीको ६ करोड १२ लाख रुपैयाँको आईपिओ सेयर खुल्ने छ। यसको प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।
 timthumb
मेरो माइक्रोफाइनान्सपछि दिब्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर निस्कासन हुने छ। कम्पनीले संखुवासभाका प्रभावित (चैनपुर, धुपु, स्याबुन, वाना) स्थानीयका लागि २ करोड ६४ लाख रुपैयाँको २ लाख ६४ हजार कित्ता आईपीओ सेयर निस्कासनको आह्वान गरिसकेको छ।
फागुन ३० गतेबाट कम्पनीको सेयर निस्कासन हुने छ। कम्पनीको सेयर विक्री प्रबद्र्धकका रुपमा एस क्यापिटल रहेको छ। कम्पनीले प्रभावित स्थानीयलाई सेयर दिइसकेपछि सर्वसाधारणलाई पनि सेयर दिने छ। २६ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी पुर्याउनेगरी सेयर निस्कासन गर्नका लागि कम्पनीले बोर्डमा निवेदन दिएको छ।
निस्कासनको स्वीकृति पाइसकेका यी कम्पनीका अलवा अन्य कम्पनीहरुले पनि प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि सेयर निस्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन्। यी कम्पनीहरुको १ अर्ब रुपैयाँ बराबरको सेयर खुल्ने छ।
ती कम्पनीहरुले लामो समयदेखि प्रक्रिया पुर्याउन नसक्दा सेयरको काम रोकिएको बोर्डले जनाएको छ। बोर्डका वित्तीय व्यवस्थापन विभाग अधिकृत अम्बिकाप्रसाद गिरीका अनुसार आवेदन दिएका अधिकांशको कम्पनीबाटै प्रक्रिया पुरा हुन नसक्दा सेयर निस्कासनको स्वीकृति रोकिएको हो। सेतोपाटीसित कुराकानी गर्दै उनले भने ‘लामो समयदेखि निवेदन दिएका कम्पनीहरु पनि छन्, तिमध्ये कतिपय कम्पनीको अस्तित्व हराइसक्यो, केही कम्पनीहरु कागजात जुटाउने प्रक्रियामै छन्।’
धितोपत्र बोर्डमा सेयर निस्कासनका लागि निवेदन दिएका र बोर्डले पाइपलाइनमा राखेका कम्पनीहरु यस्ता छन्।
सिनर्जी पावर डेभलपमेन्ट– कम्पनीले ७ करोड रुपैयाँ बराबरको सेयर निस्कासन गर्ने छ। स्थानीयहरुका लागि कम्पनीले यो सेयर जारी गर्ने भएको हो। यो कम्पनीले दोलखामा ९. ६ मेगावाटको सिप्रिङ जलविद्युत आयोजना निर्माण गरेको छ। सेयर निस्कासनको मुख्य प्रबद्र्धक सिभिल क्यापिटल मार्केट रहेको छ। १० मेगावाट विद्युत क्षमता रहेको दोलखाको सिप्रिङ खोला हाइड्रोमा कम्पनीको लगानी रहेको छ।
न्याग्दी हाइड्रोपावर– यो हाइड्रोको ९ करोड ७३ लाख रुपैयाँको सेयर सर्वसाधारणका लागि खुल्नेछ। धितो पत्र बोर्डमा गत पुस १४ गते सेयर निस्कासनको लागि निवेदन हालेको छ। कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको विद्युत आयोजनामार्फत विद्युत उत्पादन गर्नेछ।
ग्रिन डेभलपमेन्ट बैंक– यो विकास बैंकले १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ। एनआईबीएल क्यापिटलले मुख्य प्रबद्र्धकको जिम्मेवारी लिएको छ। बागलुङ जिल्लामा मुख्य कार्यालय रहेको यो विकास बैंकले कास्की र म्याग्दी जिल्लामा पनि कार्यालयको लागि अख्तियारी पाएको छ।
अरुण काबेली पावर– यो कम्पनीको १५ करोड रुपैयाँ बराबरको सेयर निस्कासन हुने छ। सर्वसाधारणका लागि सेयर निस्कासन गर्न लागेको कम्पनीले प्रबद्र्धकका रुपमा सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको छ। कम्पनीले गत पुस २४ गते धितोपत्र बोर्डमा सेयर आवेदन खोल्न निवेदन दिएको थियो।
नेसनल माइक्रोफाइनान्स– यो लघुवित्तले ३ करोड रुपैयाँ बराबरको सेयर दिने छ। गत माघ ६ गते सेयर निस्कासनका लागि बोर्डमा निवेदन हालेको हो। कम्पनीले प्रबद्र्धकका रुपमा एनआईबीएल क्यापिटलसित सम्झौता गरेको छ। यो राष्ट्रियस्तरको लघुवित्त कम्पनी हो। धादिङमा यसको मुख्य कार्यालय रहेको छ।
सूर्योदय लघुवित्त– १ करोड २० लाख रुपैयाँको सेयर सर्वसाधारणका लागि दिने भन्दै यो कम्पनीले गत माघ १४ गते बोर्डमा निवेदन दिएको छ। ग्लोबल आईएमई क्यापिटल प्रबद्र्धकका रुपमा रहेको छ। स्याङ्जाको पुतलीबजारमा मुख्य कार्यालय रहेको यो संस्थाको कार्यक्षेत्र बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, मनाङ, लमजुङ, मुस्ताङ, गुल्मी, प्युठान र रोल्पा रहेको छ।
खानीखोला हाइड्रोपावर–गत माघ २१ गते कम्पनीले धितोपत्र बोर्डमा सेयर निस्कासनका लागि निवेदन दिएको छ। ९ करोड ३१ लाख रुपैयाँको सेयर सर्वसाधारणका लागि जारी गर्ने कम्पनीको तयारी छ। सिभिल क्यापिटल मार्केट यसको प्रबद्र्धकका रुपमा छनोट भएको छ।
कम्पनीले ललितपुरको भट्टेडाँडाबाट २ मेगावाट विद्युत र ठोस्ने खोलाबाट ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादनमा लगानी गरेको छ। कम्पनीले यसअघि प्रभावित स्थानीयका लागि सेयर दिइसकेको छ।
हिमालयन पावर पार्टनर–गत फागुन ४ गते यो कम्पनीले १० करोड ६५ लाख रुपैयाँको सेयर सर्वसाधारणलाई निस्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ। जसको सेयर प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।
]]>
9023 0 0 0
यि हुन् विश्वका 'रोमान्टिक' ठाउँहरु ! http://localhost/ghum/%e0%a4%af%e0%a4%bf-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%b0%e0%a5%8b%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%bf/ Tue, 08 Mar 2016 15:29:30 +0000 http://www.ghumphir.com.np/?p=9026 विश्वमा धेरै रोमान्टिक ठाउँ छन्। आफ्नो जीवनको अमूल्य समय बिताउन धेरै जोडीहरु यी ठाउँमा जाने गर्छन्।
एक अनलाइन वेबसाइट ‘विलभडेट्स डटकम’ ले यस्तै रोमान्टिक ठाउँको सूची तयार पारेको छ। पहिलो डेट स्थान (First Date Venue) , रोमान्टिक इतिहास (Romantic History), विवाह दर (Marriage Rate) र जोडीको रोमान्टिक गन्तव्यका आधारमा यी ठाउँलाई छनोट गरिएको हो।
हेरौँ केही प्रसिद्ध रोमान्टिक ठाउँका लोभ लाग्दा तस्विरः
पेरिस, फ्रान्स
सिडनी, अस्ट्रेलिया
भेनिस, इटली
क्याेटो, जापान
ब्रुजेस, बेल्जियम
ब्यूनोस एयर्स, अर्जेन्टिना
ड्युबरोवनिक, क्रोटिया
फ्लोरेन्स, इटाली
प्रेग, चेक रिपब्लिक

 ]]>
9026 0 0 0
यी हुन्ःविश्वका सबैभन्दा महँगा शहरहरु http://localhost/ghum/%e0%a4%af%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%83%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be/ Tue, 08 Mar 2016 15:50:44 +0000 http://www.ghumphir.com.np/?p=9029 विश्वका केही ठाउँमा थोरै पैसाले पनि जीवन चलाउन सकिन्छ भने कहीँ भने सामान्य आम्दानीको मानिसले धान्न सक्दैन। विश्वभरीमा यस्तै महँगा केही शहरहरु छन् जहाँ जीवन यापनका लागि राम्रो कमाइ हुनुपर्छ।
विश्वका सबैभन्दा महँगा शहरहरु यी हुन्ः
१. लण्डनः
London - Big ben and houses of parliament, UK
२. न्यूयोर्क
New_York_City_view
३. हङकङ
hongkong3
४.पेरिस
paris-6
५.टोकियो
tokyo
६. सन फ्रान्सिस्को
San_Francisco__Sunset_.0.0
७.लागोस
Vista_parcial_de_Lagos
८. सिंगापुर
singapore
९. दुबई
DUBAI, UAE - JANUARY 10: Beautiful aerial view of Dubai Marina just after the sunset in Dubai January 10, 2014
१०.सिड्नी
Sydney_Opera_house_HDR_Sydney_Australia
]]>
9029 0 0 0
औद्योगिक करिडोर सञ्चालन गरिने : मन्त्री पाण्डे http://localhost/ghum/%e0%a4%94%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a4%b0%e0%a4%bf%e0%a4%a1%e0%a5%8b%e0%a4%b0-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8/ Wed, 09 Mar 2016 02:52:03 +0000 http://www.ghumphir.com.np/?p=9044

]]>
9044 0 0 0
बेलायती नागरिक मृत फेला http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a5%83%e0%a4%a4-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Wed, 09 Mar 2016 02:55:34 +0000 http://www.ghumphir.com.np/?p=9046

नेपालगन्ज, २६ फागुन ।

सेतु विक चोकस्थित कस्तुरी होटलमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार होटलको कोठा नं १०२ मा ६९ वर्षीय बेलायती नागरिक जोन निकोलस वाट्सन मृत अवस्थामा भेटिएका हुन् । सोमबार बेलुकी ५ बजे होटलमा आएका पार्सपोर्ट नं ५००६१८१२० का बेलायती नागरिक वाट्सनले होटलमा एक कप कफीमात्र पियको होटल सञ्चालकले जनाएका छन् । कोठाभित्र चुकुल लगाएको अवस्थामा मृत भेटिएका उनको कोठामा सामान छरपस्ट अवस्थामा रहेको थियो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

]]>
9046 0 0 0
१० बजेदेखि खुला केन्द्रीय सदस्यको मतगणना हुने http://localhost/ghum/%e0%a5%a7%e0%a5%a6-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%80/ Wed, 09 Mar 2016 02:59:52 +0000 http://www.ghumphir.com.np/?p=9048

काठमाडौँ, २६ फागुन ।

नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा खुलातर्फका २५ केन्द्रीय सदस्यको निर्वाचनको मतगणना बिहान १० बजेदेखि हुने भएको छ । निर्वाचन समितिका अनुसार खुलातर्फ २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । खुलातर्फको मतगणनापछि क्रमशः अन्य पदको मतगणना गरिने छ ।

]]>
9048 0 0 0
बाबुराम भट्टराईले भने 'अब माक्रर्सवाद, माओवाद भन्नुपर्दैन' http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%ae-%e0%a4%ad%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%b2%e0%a5%87-%e0%a4%ad%e0%a4%a8%e0%a5%87-%e0%a4%85%e0%a4%ac/ Wed, 09 Mar 2016 04:41:12 +0000 http://www.ghumphir.com.np/?p=9050 नुवाकोट– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफूहरुको अभियान कसैको आलोचनाले नरोकिने बताएका छन् । नुवाकोटको विदुरमा नयाँ शक्ति अभियान, नुवाकोटले गरेको कार्यक्रममा भट्टराईले बाटोमा कुकुर भुक्यो भनेर ढुंगा हान्न थालिए बाटोमै अल्मलिने भएकाले कसैको आलोचना नगरी गन्तव्यमा पुग्नुपर्ने बताए।
baburam
'अहिले पूर्वमाओवादी साथीले आलोचना गरिरहेका छन् भनेर म आलोचना गर्न चाहन्नँ,' उनले भने, 'उनीहरुले जे बुझेका छन्, त्यही भन्ने हो, स्वस्थ्य विचार भएकाहरु आलोचनामा समय बर्बाद गर्दैनन्, अगाडि बढ्छन् ।' आफूहरु माक्र्सवादलाई पूजा पनि नगर्ने, त्यसलाई कर्मकाण्ड बनाएर नबस्ने र भत्र्सना पनि नगर्ने जनाउँदै भने, 'भौतिक विज्ञानको जगमा टेकेर हामी अगाडि बढ्छौं ।' उनले माक्र्सवाद र माओवादको जनै जिन्दगीभर लगाइएको तर यसलाई छाड्न साथीहरुलाई बडो गाह्रो भएको जनाए । 'अब माक्र्सबाद र माओवाद भन्दा पनि हुन्छ नभन्दा पनि हुन्छ, गुदी कुरा के हो, हामीले त्यो पो समाउनुप¥यो,' उनले भने, 'गुदी कुरा भौतिकवाद र द्वन्द्ववाद हो, त्यसलाई समाउनु ठूलो कुरा हो ।' विचार र वादको भ्रमबाट मुक्त हुन पनि उनले आग्रह गरे । उनले भने, 'हामी हाम्रै परिस्थिति सुहाउँदो विचार र वादको निर्माण गर्ने हो ।' २५ सय वर्षपहिले गौतम बुद्धले त्यतिबेलाका लागि नयाँ विचार दिए पनि अहिले २१ औं शताब्दीका लागि नयाँ ज्ञान र विज्ञान सुहाउँदो नयाँ विचारको विकास हुनु जरुरी रहेको औंल्याए ।
]]>
9050 0 0 0
छ करोडभन्दा बढी लगानीमा पुल निर्माण सुरु http://localhost/ghum/%e0%a4%9b-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%aa/ Wed, 09 Mar 2016 05:08:53 +0000 http://www.ghumphir.com.np/?p=9054

कञ्चनपुर, २६ फागुन ।

कञ्चनपुरको बेलौरी नगरपालिकाको वैशाखा नालमा रु छ करोडभन्दा बढीको लगानीमा पक्की पुल निर्माणको कार्य पुनः सुरु गरिएको छ । जग्गा विवादका कारण अवरुद्ध पुल निर्माणको कार्य विवाद साम्य भएपछि पुनः सुरु गरिएको हो । भारतीय बजार खजुरीया जोड्ने सडकमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको डोलिडारको रु छ करोड ८९ लाख ५६ हजारको सहयोगमा पुल निर्माणको कार्य भइरहेको छ । पुल निर्माणका लागि २०७० असार ३ गते निर्माण कम्पनी राजेन्द्र थेगिम एडभेन्चर जेभीसँग सम्झौता भई निर्माणको कार्य सुरु गरिएको थियो । सम्झौता भएको दुई वर्षभित्रै पुल निर्माण गर्ने लक्ष्य लिइएको भएपनि स्थानीय बासिन्दासँगको जग्गा विवादले पुल निर्माणको कार्यमा ढिलाइ भएको निर्माण कम्पनीका साइट इन्चार्ज तारादत्त बडूले बताउनुभयो । पुलका खम्बा बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । जग्गा विवाद साम्य बनेपछि चालु आवभित्रै पुल निर्माण गरीसक्ने गरी कार्य अगाडि बढाइएको निर्माण कम्पनीले जनाएको छ । पुलको लम्बाइ झन्डै २०० मिटर हुनेछ । खोलामा पुल निर्माण नहँुदा छोटी भन्सार कार्यालय बेलौरीको राजस्व सङ्कलनको कार्य प्रभावित हँुदै आएको थियो । वर्षात्का बेला खोलामा अत्यधिक पानी हुने भएकाले स्थानीय व्यापारीले निकटवर्ती भारतीय बजार खजुरीयाबाट व्यापारिक सामान ल्याउन नसक्ने अवस्था रहेको स्थानीय विजय भट्टले बताउनुभयो । वर्षात्का बेला खोलामा आउने बाढीका कारण खोला तर्न नसकेर नगरपालिकाको तीन वडाका बासिन्दाको अन्य गाउँसँगको सम्पर्क बिच्छेद हँुदा दैनिक उपभोग्य सामग्री ल्याउनबाट वञ्चित रहनुपर्ने बाध्यता रहेको स्थानीय समाजसेवी खेम सुवेदीले बताउनुभयो । खोलामा रहेको वर्षौं पुरानो काठेपुल जीर्ण बन्दा स्थानीय बासिन्दाले जोखिम मोल्दै पुल वारपार गर्नुपर्ने बाध्यता थियो उहाँले भन्नुभयो, “पुल निर्माण हुन थालेपछि यस क्षेत्रका बासिन्दालाई राहत महसुस भएको छ ।”

]]>
9054 0 0 0
सल्यानमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु http://localhost/ghum/%e0%a4%b8%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%8b%e0%a4%9f%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98/ Wed, 09 Mar 2016 05:14:20 +0000 http://www.ghumphir.com.np/?p=9056

सल्यान २६, फागुन ।

सल्यानमा मोटरसाइकल दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । राप्ती राजमार्गअन्तर्गत श्रीनगर थारमारे सडकखण्डको मोखला नजिक रा ३ प ४९८ नम्बरको मोटरसाइकल मङ्गलवार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक बागचौर नगरपालिका–३ रारेचौरका ३६ वर्षीय मोहन डिसीको मृत्यु भएको हो । रारेचौरबाट खलङ्गातर्फ आउँदै गर्दा मोटरसाइकल दुर्घटना भई सडकबाट करिब १०० मिटर तल शारदा नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका डिसीलाई उपचारका लागि श्रीनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खलङ्गामा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

]]>
9056 0 0 0
सुदूरपश्चिममा चार दिन विद्युत् अवरुद्ध http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a6%e0%a5%82%e0%a4%b0%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf/ Wed, 09 Mar 2016 05:19:17 +0000 http://www.ghumphir.com.np/?p=9058

भीमदत्तनगर, २६ फागुन ।

सुदूरपश्चिमसहित बर्दिया र बाँके जिल्लाको विद्युत् सेवा मङ्गलबारदेखि चार दिन अवरुद्ध हुने भएको छ । विद्युत् आपूर्ति हुने भारतको टनकपुरस्थित विद्युत् उत्पादन गृहमा मर्मत गर्नुपर्ने भन्दै टनकपुरबाट दिउँसो विद्युत् आपूर्ति बन्द गरिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । आगामी शुक्रबारसम्म हरेक दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म विद्युत् सेवा बन्द हुने जानकारी आएको विद्युत् प्राधिकरण लालपुर सव स्टेसनका इलेक्ट्रिसियन कमलप्रसाद बडूले बताउनुभयो । टनकपुरबाट विद्युत् आपूर्ति हुने सुदूरपश्चिमसहित बर्दिया र बाँके जिल्लामा दिउँसो विद्युत् आपूर्ति रोकिएको छ । टनकपुर विद्युत् गृहले माग गरेअनुसार नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले मर्मतका लागि चार दिनसम्म विद्युत् सेवा बन्द गर्ने स्वीकृति दिएको बताइएको छ ।

]]>
9058 0 0 0
ख्वप विश्वविद्यालय स्थापना गर्न पहल गरिने http://localhost/ghum/%e0%a4%96%e0%a5%8d%e0%a4%b5%e0%a4%aa-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa/ Wed, 09 Mar 2016 05:26:00 +0000 http://www.ghumphir.com.np/?p=9060

लक्ष्मी गारु  भक्तपुर, २६ फागुन ।

जिल्ला विकास समिति भक्तपुरले जिल्लामा ख्वप विश्वविद्यालय स्थापनार्थ पहल गर्ने भएको छ । जिल्लालाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्न विश्वविद्यालयको आवश्यकता महसुस गर्दै जिविसले ख्वप विश्वविद्यालय स्थापना गर्न पहल गर्ने निर्णय गरेको हो । जिविसको २८ औँ नगरपरिषद्ले ख्वप विश्वविद्यालय स्थापना गर्न पहल गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिनुभयो । यसअघि ख्वप विश्वविद्यालय स्थापनाका लागि भक्तपुर नगरपालिकाले पहल गर्दै आइरहेको थियो । विशेषगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को एजेन्डाका रुपमा रहेको ख्वप विश्वविद्यालयलाई भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालन गर्न स्वीकृतिका लागि नपा र नेमकिपाले लामो समयदेखि प्रयास गरिरहेको छ । तर सरकारले विश्वविद्यालय सञ्चालनको अनुमति प्रदान गरेको छैन । khwopa मुलुककै नमुनाको रुपमा ख्वप कलेज, ख्वप इञ्जिनियरिङ कलेजलगायत विभिन्न शैक्षिक संस्था सफलतापूर्वक सञ्चालन गरिरहेको भक्तपुर नपाले ती सबै शैक्षिक निकायलाई गाभेर विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको हो । विश्वविद्यालयको विधानसमेत तयार भई संसद्को विधान समितिमा दर्ता भएको समेत लामो समय भइसकेको छ । परिषद्को निर्णयसँगै विश्वविद्यालय स्थापनाको बाटो खुल्ने सरोकारवालाले बताएका छन् । परिषद्ले विश्वविद्यालय स्थापनाका लागि सार्वजनिक, निजी साझेदारीको अवधारणाअनुसार काम गर्ने निर्णय गरेको कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक, निजी साझेदारीको अवधारणाअनुसार सरकारी तथा निजी शैक्षिक संस्थाको शैक्षिक गुणस्तरमा अभिवृद्धि गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्दै जिल्लालाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्न ख्वप विश्वविद्यालय स्थापनाका लागि पहल गरिनेछ ।” परिषद्ले आव २०७३÷७४ मा जिल्लाको शैक्षिक क्षेत्रका लागि रु ६५ करोड सात लाख ८९ हजारको बजेट विनियोजन गरिएको स्थानीय विकास अधिकारी कोइरालाले जानकारी दिनुभयो । परिषद्को निर्णयमा जिल्लाको शैक्षिक विकासका लागि चार वटा बुँदा समावेश गरिएको छ । जिविसले भक्तपुरको शैक्षिक अवस्था उकास्नका लागि विद्यालयभित्र पुस्तकालय स्थापना, सिकाइमा इ–लर्निङ तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने, गुणस्तरीय शिक्षाका लागि सौर्य विद्युतीय सञ्चितिको उपयोगका लागि सहयोग गर्ने र जिल्लाका एक सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने योजना समावेश गरिएको छ ।

]]>
9060 0 0 0
विकास निर्माणका लागि मोरङमा एमाले अभियान http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ae%e0%a5%8b%e0%a4%b0/ Thu, 10 Mar 2016 02:34:54 +0000 http://www.ghumphir.com.np/?p=9064

पथरी (मोरङ), २७ फागुन 

नेकपा (एमाले) मोरङले जिल्लाको दक्षिणी भेगकेन्द्रित ‘तराई विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । पार्टीको बुधबार बेलुका सम्पन्न १२ औं पूर्णबैठकले विगतको तीन महिने जागरण अभियानको समीक्षा गर्दै हुलाकीमार्ग दक्षिणतर्फ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अध्यक्ष महेश रेग्मीको अध्यक्षतामा पार्टी कार्यालय पाञ्चालीमा बुधबार भएको बैठकले यस अभियानका लागि सचिव ऋषिकेश पोखरेलको संयोजकत्वमा ३१ सदस्यीय कार्यदल गठन गरेको प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले जानकारी दिनुभयो । कार्यदलमा सत्यनारायण चौधरी, रामलाल साह, ज्ञानेश्वर राजवंशी, मीना यादव, रुपनारायण मिश्र, जीतनारायण सरदार, हसन इमाम वक्स, नारायण खतिवडालगायत रहनुभएको छ । कार्यदलले त्यस क्षेत्रमा सङ्गठन सुदृढीकरणको काम गर्ने जनाइएको छ । त्यसैगरी, बैठकले भर्खरै सम्पन्न तीन महिने मधेस जागरण अभियान प्रभावकारी भएकाले जिल्लाभर त्यसको निरन्तरता दिने निर्णय पनि गरेको छ । प्रचार विभाग प्रमुख चौधरीका अनुसार अभियान फागुन २७ देखि सुरु भई वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । तीन महिने अभियान केन्द्रको निर्देशनमा विशेषगरी संविधानप्रतिको भ्रम निवारण र सङ्गठन सुदृढीकरणसँग सम्बन्धित थियो भने अब जिल्ला कमिटीको सक्रियतामा सञ्चालन हुने कार्यक्रम आर्थिक, सामाजिक र विकास निर्माणसँग सम्बन्धित हुने बताइएको छ । तीन महिने अभियानकै प्रशिक्षक, उत्प्रेरक एवम् अभियन्ताहरूकै सहयोगमा जनअपेक्षा, आवश्यकता र सम्भाव्यताको अध्ययन गरी जनताका प्रत्यक्ष सरोकारका विषयको अध्ययन गर्ने बैठकले निर्णय गरेको छ । अध्ययनबाट सङ्कलित सुझावलाई आर्थिक–सामाजिक रुपान्तरणका कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने जनाइएको छ । प्रचारविभाग प्रमुख चौधरीका अनुसार यसै सन्दर्भमा चैत महिनाभरि नौवटै क्षेत्रका अनुगमन तथा क्षेत्रीय कमिटीका बैठक पनि सम्पन्न गरिनेछन् । केन्द्रीय सदस्य एवम् कोसी अञ्चल इन्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्यहरू रुपनारायण श्रेष्ठ तथा शिवमाया तुम्वाहाम्फेलगायत माथिल्लो कमिटीका नेताहरूको उपस्थिति रहेको बैठकले सुकुम्बासी समस्या समाधान आयोगलाई निरन्तरता दिन सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।

]]>
9064 0 0 0
बौद्ध सम्मेलनमा बान -की मुनलाई निम्तो http://localhost/ghum/%e0%a4%ac%e0%a5%8c%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a8-%e0%a4%95%e0%a5%80-%e0%a4%ae%e0%a5%81/ Thu, 10 Mar 2016 02:39:42 +0000 http://www.ghumphir.com.np/?p=9067 काठमाडौँ, २७ फागुन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल आज नेपालमा आगामी जेठमा हुने दुई हजार ५६०औँ अन्तर्राष्ट्रिय बुद्धजयन्तीका अवसरमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा निमन्त्रणा दिने लगायतका कामका लागि आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । आगामी बौद्धजयन्तीका अवसरमा काठमाडौँमा जेठ ६ र ७ गते बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र ८ गते लुम्बिनीमा बुद्धजयन्ती मनाइँदैछ । विशिष्ट अतिथिका रुपमा उपस्थित हुन संयुक्त राष्ट्रसङ्घका महासचिव वान–की मुनलाई उहाँले निमन्त्रणापत्र दिनुहुनेछ । उहाँले आगामी चैत १ गते न्युयोर्कमा हुने ग्लोबल पार्लियामेन्टेयिन्स फोरम फर इभ्यालुएसन कार्यक्रममा पनि भाग लिनुहुने छ । बैठकमा मूल्याङ्कन नीति र दिगो विकास लक्ष्यबारे छलफल हुनेछ । सांसद तथा मन्त्री पोखरेल त्यसको कार्यकारी समितिको सदस्य हुनुहुन्छ । बैठकमा उहाँले सम्बोधन गर्ने कार्यक्रम छ । बुद्धजयन्ती सम्मेलन मूल समारोहका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव मुनलाई पठाइएको पत्र मन्त्री पोखरेलले आगामी चैत ३ गते भेटी हस्तान्तरण गर्नुहुने छ । त्यस्तै अमेरिकाको बसाइका क्रममा यही फागुन २८ र २९ गते क्यालिफोर्नियामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया, न्युयोर्कमा रहेका नेपालीसँग चैत १ गते नेपालको पर्यटन विकास तथा प्रवद्र्धन तथा चैत ३ गते अमेरिकामा रहेका विभिन्न नेपाली सङ्घसंस्थासँग अन्तक्र्रिया गरिने कार्यक्रम तय भएको छ । मन्त्री पोखरेलले राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय लुम्बिनी विकास समितिको बैठकमा भाग लिनुहुनेछ , जुन बैठक सन् २००५ पछि यस वर्ष बस्दैछ ।

]]>
9067 0 0 0
कृषकलाई सहुलियत दरमा ऋण दिइने : मन्त्री मानवी http://localhost/ghum/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a4%b9%e0%a5%81%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%a4-%e0%a4%a6%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%8b%e0%a4%a3-%e0%a4%a6/ Thu, 10 Mar 2016 02:49:52 +0000 http://www.ghumphir.com.np/?p=9069 वालिङ, २७ फागुन ।

नेपाल सरकारका पशुपक्षी विकास मन्त्री शान्ता मानवीले व्यावसायिक पशुपालक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराइने बताउनुभएको छ । युवाका लागि बाख्रा गाउँ अभियान, स्याङ्जाले बुधबार वालिङमा आयोजना गरेको नेपालमा ‘बाख्रापालनको सम्भावना, समस्या, अवसर र चुनौती विषयक’ एकदिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री मानवीले व्यावसायिक कृषककालागि सहज र सरल तरिकाले ऋण उपलब्ध गराउनका लागि मन्त्रालयगतरुपमा काम अगाडि बढिरहेको जानकारी दिनुभयो । “पशुप ालक कृषकलाई अनुदान दिन सरकार तयार छ”, मन्त्री मानवीले भन्नुभयो – “अनुदान पाउनका लागिमात्रै फर्महरु सञ्चालन गर्नेहरुमाथि भने अब सरकार कडा नीति अगाडि सार्ने योजनामा छ ।” उहाँले देशलाई मासु, अन्डा र दूधमा आत्मनिर्भर बनाउन सक्नुपर्नेतर्फ जोड दिँदै अब परम्परागत तवरले पशुपालन व्यवसाय सञ्चालन नगरी उन्नत तथा आधुनिक तौरतरिकाको अवलम्बन गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । मन्त्री मानवीले पशुपक्षीका विषयलाई माध्यमिक तहसम्मको पाठ्यक्रममा समावेश गर्नका लागि विषय विज्ञहरुसँग पनि मन्त्रालय छलफल तथा परामर्शको तयारीमा रहेको बताउनुभयो । चवालीस जिल्लाका झन्डै ४०० बाख्रापालन किसानको सहभागिता रहेको उक्त गोष्ठीले १५ बुँदे स्याङ्जा घोषणापत्र जारी गरी मन्त्री मानवीलाई प्रदान गरेको छ ।

]]>
9069 0 0 0
भिसाविनै ४८ भियतनामी लुम्बिनीदेखि काठमाडौंसम्म http://localhost/ghum/%e0%a4%ad%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a5%88-%e0%a5%aa%e0%a5%ae-%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a4%a4%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%b2%e0%a5%81%e0%a4%ae/ Fri, 11 Mar 2016 08:51:55 +0000 http://www.ghumphir.com.np/?p=9071 सलमान खान

२८ फागुन, भैरहवा । रुपन्देहीको भैरहवा नाकाबाट तेस्रो मुलुकका ४८ पर्यटकहरु बिनाभिसा नेपाल घुमेर फर्केको रहस्य खुलेको छ । भारत हुँदै नेपाल प्रवेश गरेका उनीहरु लुम्बिनीदेखि काठमाडौंसम्म घुमघाम गरी पुनः भारत फर्किन सफल भएका छन्, तर निकै हैरानीका साथ ।

Vikshuनेपालको बेलहिया र भारतको सुनौलीमा रहेका अध्यागमन कार्यालयको मिलोमतोमा उनीहरुलाई छिराइएको आशंका गरिएको छ । नेपाल प्रवेश गरेकाहरुमा भियतनामी मुलका ४७ जना अमेरिकी र एक क्यानाडेली नागरिक छन् । अनलाइनखबरले ती लामो खोजीपश्चात अवैधरुपमा नेपाल पसेका विदेशीहरुको यात्रावृतान्त फेला पारेको छ ।

यसरी पसे नेपाल

यी पर्यटकहरु आफ्नो देशबाट सिङ्गल इन्ट्री भिसामा भारत आएका थिए । सिङ्गल इन्ट्री भिसामा एक देशबाट अर्को देशमा आएको व्यक्ति तेस्रो देशमा गएर पुनः सोही देशमा फर्किन पाउँदैनन् ।

उनीहरु फागुन १६ गते अर्थात फेब्रुअरी २८ तारिखमा भारतको दिल्ली र बनारसमा कार्यालय रहेको युनि टप टुर्स एन्ड ट्राभल्समार्फत युपी ६५ सिटी ४००० र युपी ६५ सिटी ४७२६ नम्बरका दुई बस चढी नेपालको सीमानासम्म आए । दुवै गाडीमा २४/२४ जना बसेका थिए । युनि टप टुर्स एन्ड ट्राभल्सका सन्तोष सिंह नामक कर्मचारी उनीहरुको गाइड रुपमा आएका थिए ।

युपी ६५ सीटी ४००० नम्बरको गाडी ३६३३९ नम्बरको प्रज्ञापनपत्र मार्फत ४ दिनका लागि भैरहवा भन्सार कार्यालयबाट पास गराइएको कार्यालयका निमित्त प्रमुख गोविन्द पौडेलले बताए । भन्सार कार्यालयको दर्ता किताबअनुसार उक्त गाडीका धनी शुभलेन्द्र कुमार रहेका छन् । अर्को युपी ६५ सिटी ४७२६ नम्बरको गाडी भने सोही दिन सिमानाबाटै भारत फर्काइयो । सो गाडीमा चढेका २४ जना नेपाली नम्बर प्लेटको अर्को गाडीमा बसेर गएको भैरहवा भन्सारबाट भारतीय गाडीहरु नेपाल प्रवेश गराउने एक एजेन्टले बताए । नेपाली गाडीको नम्बर खुलेको छैन । भन्सारमा गाडी पास गराउँदा बेलुकी ४ बजेको थियो ।

त्यसपछि उनीहरु पहिला लुम्बिनी पुगे । २८ फेब्रुअरी अर्थात फागुन १६ गते ४८ जनाको भियतनामी टोली साँझ पख कार्यालय बन्द हुन समयमा आएको लुम्बिनी विकास कोषका सुचना संयोजक राजन बस्नेतले बताए । सुचना केन्द्रको पर्यटक आगमन किताबमा उनीहरुलाई भियतनामी पर्यटक भनेर उल्लेख गरिएको छ ।

साँझ परेपछि उनीहरु लुम्बिनीमा रहेको होटल बुद्ध माया गार्डेनमा बसे । भैरहवामा रहेको होटल पवन इन्टरनेसनलका संचालक अजय हलुवाईले आफ्नो व्यक्तिगत परिचयको आधारमा त्यस होटेलमा बस्ने व्यवस्था मिलाएको पाइएको छ ।

अध्यागमन ऐनमा राहदानी र भिसा नभएको विदेशीलाई कसैले पनि नेपालभित्र प्रवेश र प्रस्थान गराउन वा होटेल-घरमा भाडामा राख्न नपाइने उल्लेख छ । ती पर्यटकका लागि होटलका कोठाहरु हलुवाईले बुकिङ गराएको होटल बुद्ध माया गार्डेनका प्रबन्धक लुरु थापाले बताए । उक्त टोलीका ४६ जना सो होटलमा बसे पनि बाँकी दुइ जना कहाँ बसे भन्ने खुल्न सकेको छैन ।

होटेलमा बस्दा भियतनामी टोलीले आफ्नो व्यक्तिगत विवरण समेत होटललाई दिएका छैनन् । आफुले टोलीको कमान्डरसँग उनीहरु सबैको नामवाली र राहादानी नम्बर माग्दा समेत नदिएको प्रबन्धक थापाको दाबी छ । होटेलको दर्ता फाराममा टोलीको कमाण्डर रहेकी महिला लिइन क्युले आफ्नो नाम नलेखाई अर्का व्यक्ति नेगो थि दीको नाम लेखाएको समेत पाइएको छ ।

उनीहरु भैरहवा भन्सार कार्यालयको पछाडीको बाइपास बाटो हुदै खेतैखेत सुनौली बसपार्क पुगेका थिए । त्यसपछि सुनौली क्षेत्रमा रहेको बर्मा मन्दिर अर्थात चन्द्रमणि बौद्ध बिहारमा रात बिताए । बिहान भएपछि ७ वटा सानो गाडी भाडामा लिएर भारतको कुशीनगर गए ।

लुम्बिनीबाट काठमाडौं

२९ फेबु्रअरी अर्थात् फागुन १७ गते बिहान साढे ६ बजे उनीहरु त्यहाँबाट काठमाडौका लागि हिँडे । साँझ काठमाडौँ पुगे । काठमाडौँमा पनि हलुवाईले नै उनीहरुलाई होटलमा बस्ने व्यवस्था मिलाएका थिए ।

फागुन १८ गते त्यो टोली काठमाडौंमै बस्यो । १९ गते टोली पुन भैरहवा नाकाबाट भारत प्रवेश गर्नका लागि साँझ करिब साढे ५ बजे भैरहवा नाकामा आइपुग्यो । सिङ्गल इन्ट्री भिसा भएकाले उनीहरु भारतबाट मात्रै आफ्नो देश फर्किन सक्थे ।

बेलहिया अध्यागमनबाट भारत छिर्न खोज्दा एसएसबीले उनीहरुलाई रोकेर चेकजाँच गर्‍यो । तर, उनीहरुको राहदानीमा नेपालबाट प्रस्थान गरेको अनुमति नपाइएपछि एसएसबीले साँझ ६ बजे उनीहरुलाई पुन नेपालमा फर्काइदियो ।

एसएसबीले पुन नेपालमा फर्काएपछि उक्त टोली अध्यागमन कार्यालय अगाडि बसमै घण्टौँसम्म बसिरहेको सिसिटीभी फुटेजमा देखिन्छ । तर बेलहिया अध्यागमन कार्यालयले उनीहरुलाई कुनै किसिमको सोधपुछ गरेन ।

स्रोतका अनुसार एसएसबीले फर्काएपछि भारतको सुनौली अध्यागमन कार्यालयका प्रमुखले नेपालको बेलहिया अध्यागमन कार्यालय प्रमुखलाई उनीहरुको राहदानीमा प्रस्थान छाप लगाइदिनका लागि आग्रह गरेका थिए । बेलहिया प्रमुखले आफुले उनीहरुको राहदानीमा नेपाल आगमनको (एराइभल) छाप नलगाएको कारण प्रस्थान गरेको छाप लगाउन नमिल्ने जवाफ फर्काएका थिए ।

त्यसपछि ती पर्यटक आपतमा परे । त्यसपछि उनीहरुलाई नेपाल ल्याएको युनि टप टुर्स एन्ड ट्राभल्सका संचालक सुबोध माथुरले हलुवाइलाई फोन सम्पर्क गरेर टोलीलाई सहयोग गरिदिन आग्रह गरे । हलुवाईले बेलहियामा रहेको होटल प्लाजाका सञ्चालक श्रीचन्द्र गुप्तामार्फत उनीहरुलाई बेलहियाको दुई वटा होटेलमा बस्ने व्यवस्था मिलाए ।

हलुवाईले आग्रह गरेपछि आफुले बस्ने व्यवस्था मिलाइदिएको सञ्चालक गुप्ताले अनलाइनखबरलाई बताए ।

ती पर्यटकहरु बेलहियाको होटल होलिडे इन एन्ड लज र होटल प्रकाश एण्ड प्रकाशमा बसे । उनीहरु हलुवाई र होटल प्लाजाका सञ्चालक गुप्ता मार्फत आफ्नो होटेलमा बसेको होटल होलिडे इन एन्ड लजका संचालक विष्णु शर्माले बताएका छन् । हलुवाई र गुप्ताले आफ्नो नाममा बुकिङ्ग गराएकाले विदेशी नागरिकको कागजात नमागेको उनको भनाइ छ । विदेशी टोली होटलमा राति करिब साढे ८ बजेतिर आएको र राति नै २ बजेर ३५ मिनेटमा होटलबाट निस्किएको शर्मा बताउँछन् ।

होटल प्रकाश एन्ड प्रकाशका संचालक कृष्ण अचार्यले भने आफ्नो होटलमा २१/२२ जनाको विदेशी टोली राति करिब साढे ११ बजे आएको र बिहान करिब साढे ५ बजे गएको दावी गरे ।

लगेज होटलमै छाडेर टाप

सो टोली होटलबाट गयो, तर आफ्नो लगेज होटलमै छाडे । किनकी उनीहरुलाई रातको समयमा फिल्मी शैलीमा बोर्डर क्रस गर्नु थियो । बोर्डर पार गर्नका लागि मात्र उनीहरुले ३ हजार डलर खर्च गरेको स्रोतको दावी छ । यसमा भारतको सुनौली अध्यागमनका कर्मचारी र सुनौलीका ८ व्यक्तिहरुले उनीहरुलाई सहयोग गरेको स्रोतको दावी छ ।

उनीहरु भैरहवा भन्सार कार्यालयको पछाडीको बाइपास बाटो हुदै खेतैखेत सुनौली बसपार्क पुगेका थिए । त्यसपछि सुनौली क्षेत्रमा रहेको बर्मा मन्दिर अर्थात चन्द्रमणि बौद्ध बिहारमा रात बिताए । बिहान भएपछि ७ वटा सानो गाडी भाडामा लिएर भारतको कुशीनगर गए ।

उनीहरु सुनौली क्षेत्रको बिहारबाट युपी ५२ एच ८६३४, युपी ५३ एटी ४४९४, (इन्डीका गाडी), युपी ५३ एटी ११५०, युपी ५६ टी ०२०९, युपी ५६ टी ०२४३, युपी ५६ टी ०४८८, (बोलेरो गाडी), र युपी १६ टीसी ०३६० (आर्टिका) नम्बरको गाडीमा कुशीनगर गएका थिए । उनीहरुको दिल्लीको इन्दिरा गान्धी विमानस्थलबाट आफ्नो मुलुक फर्किनका लागि मार्च ८ अर्थात फागुन २५ गतेको प्लेन टिकट थियो ।

Passport Name List - VN via INDIA TRIP 2016 (4)-1

लगेज पनि बोर्डर पार

बेलहियाको होटेलमा रहेको लगेज एक व्यक्तिले आफ्नो भिसा देखाएर मुख्य नाकाबाट मार्च ४ तारिख अर्थात फागुन २१ गते लगेका छन् । ति व्यक्तिले लगेज लैजाने क्रममा भारतीय एसएसबीले पनि कुनै रोकटोक गरेन ।

लगेज भारतमा पुर्‍याउनका लागि होटेल प्लाजाका संचालक गुप्ताले सहयोग गरेका थिए । हलुवाईको आग्रहमा उनले सहयोग गरेको आशंका गरिएको छ । हलुवाई युनि टाप टुर्स एण्ड ट्राभल्ससँग १५ वर्षदेखि काम गर्दै आइरहेका छन् ।

यस विषयमा हलुवाइले अनलाइनखबरसँग भने, ‘पर्यटक आए र गए । मैले सहयोग मात्र गरेको हुँ । तर मैले कतै, कुनै होटलमा बस्न व्यवस्था मिलाएको छैन ।’

के भन्छ एसएसबी ?

विदेशी नागरिकको जम्बो टोलीलाई मार्च २ का दिन चेकजाँच गर्दा राहदानीमा डिपार्चर छाप नरहेकाले नेपाल फर्काएको एसएसबी सुनौलीका सहायक कमाण्डर सौरव मालवियाले बताए । नेपालबाट प्रस्थान अनुमती नलिएको कुनै पनि विदेशी नागरिकलाई भारतमा प्रवेश गर्न नदिइने उनको भनाई छ ।

यता बेलहिया अध्यागमन कार्यालयका प्रमुख आनन्द पौडेलले यो विषयमा आफुहरुलाई कुनै जानकारी नभएको बताएका छन् । फागुन १६ गते बेलहिया नाकाबाट कोही अमेरिकी नागरिक नेपालमा नआएको उनले बताए ।

यस घटनामा युनि टप टुर्स एन्ड ट्राभल्सको पनि कैफियत देखिएको छ । पटक-पटक तेस्रो मुलुकका पर्यटकलाई नेपालमा ल्याइराख्ने युनि टपले बिना भिसा नेपालमा तेस्रो मुलुकका नागरिकहरुलाई गाडीमा नेपाल पठाएको देखिन्छ । युनि टपका सञ्चालक सुबोध माथुर हुन् । माथुर पहिला विदेशी नागरिकलाई गाइड गर्दथे । अहिले भारतको कुशिनगर, बनारस लगायत स्थानमा होटलका साथै दर्जर्नौ बसका धनी हुन् ।

अध्यागमन ऐनमा के छ ?

नेपालको अध्यागमन ऐनअनुसार आधिकारिक राहदानी र भिसा नभएको विदेशीलाई नेपालभित्र प्रवेश र प्रस्थान गराउन पाइदैन । कुनै पनि एजेन्सीले उनीहरुलाई आफ्नो होटेल वा घरमा भाडामा राख्न वा कुनै सेवा उपलब्ध गराउन समेत नपाइने ऐनमा उल्लेख छ ।

यदी कसैले यसको उल्लंघन गरेमा मतियार (दोषी) लाई जरिवाना तथा कैद सजायँको व्यवस्था छ ।

]]>
9071 0 0 0
पोखरा सार्क विदेश मन्त्रीस्तरीय वैठकले झनै सिंङ्गारियो http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/ Fri, 11 Mar 2016 09:00:26 +0000 http://www.ghumphir.com.np/?p=9074 पोखरा । चैत १ देखि ४ गतेसम्म पोखरामा हुने सार्क मन्त्रिस्तरीय बैठकको पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरालाई अझै सुन्दर पारिएको छ । उच्चस्तरीय बैठकलाई लक्षित गरी गरिएको सरसफाइ रङ्गरोगन आदिका कारण पोखरा यतिखेर दुलहीजस्तो बनेको छ । काठमाडौँ उपत्यका बाहिर पहिलो पटक हुन लागेको विशिष्टस्तरको बैठकका लागि बाटो मर्मत, रङ्गरोगन तथा आवश्यक सरसफाइसम्बन्धी सम्पूर्ण काम तीव्रताका साथ भइरहेको क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले जानकारी दिए । पोखराको पहिचानसँग समेत जोडेर हेरिएको बैठकलाई सुव्यवस्थित गर्न क्षेत्रीय प्रशासक कोइरालाको संयोजकत्वमा गठन गरिएको मूल व्यवस्थापन सहयोग समिति र उक्त समितिलाई विषयगत रुपमा सघाउन गठित विभिन्न १० वटा सहयोग समितिलाई यतिखेर भ्याइनभ्याइ भएको छ । सहयोग समितिअन्तर्गत सुरक्षा व्यवस्था समिति, सौन्दर्यीकरण तथा सरसफाइ समिति, स्वागतद्वार निर्माण समिति, सांस्कृतिक कार्यक्रम समिति, अत्यावश्यक सेवा सञ्चालन समिति, स्वास्थ्य सेवा समिति, विमानस्थल व्यवस्थापन समिति, ट्राफिक व्यवस्थापन समिति, स्वागत व्यवस्थापन समिति, निर्माण तथा पूर्वाधार समिति र सम्मेलन कक्ष व्यवस्थापन समिति रहेका छन् । क्षेत्रीय प्रशासन कार्यालयका उपक्षेत्रीय प्रशासक लोकराज रेग्मीका अनुसार जिम्मेवारी तोकिएअनुसार सहयोग समितिहरू आ–आफ्नो काममा सक्रिय बनेका छन् । बैठकलाई लक्षित गरी अत्यावश्यकीय सेवा प्रवाह गर्ने सम्पूर्ण निकायमा पत्राचार गरी निर्देशन दिइसकिएको उनले जानकारी दिए । परराष्ट्र मन्त्रालयले गत फागुन ५ गते मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत विषयगत सहयोग समिति गठन गर्न पत्राचार गरेको थियो । पोखराको सौन्दर्यीकरणका लागि पोखराको पृथ्वीचोकदेखि सिर्जनाचोक, राष्ट्रबैंक चोक, होटल ग्रान्ड, होटल साङ्ग्रिला, होटल फिस्टेललगायतका ठाउँमा विभिन्न १७ वटा स्वागतद्वार निर्माण गरिएको पोखरा उपमहानगरपालिका कार्यकारी अधिकृत झलकराम अधिकारीले जानकारी दिए । उनका अनुसार पृथ्वीचोकदेखि बैठकस्थल र विशिष्ट पाहुना जाने स्थानमा विभिन्न जातका ३०० वटा बिरुवा रोपिसकिएको छ भने दैनिक सरसफाइ कार्य जारी राखिएको छ । बैठकलाई नै लक्षित गरी पोखरा विमानस्थलदेखि मुस्ताङ चोक हुँदै होटल ग्रान्ड, होटल ग्रान्डदेखि होटल साङ्ग्रिलासम्मको बाटो मर्मत गरिसकिएको जानकारी दिँदै अधिकारीले मुस्ताङ चोकदेखि होटल फिस्टेलसम्मको बाटो आज मर्मत गर्न लागिएको बताए । विमानस्थलदेखि बैठकस्थल र होटेलसम्म जाने सडकको दक्षिणतर्फको विद्युत्का पोल पर सारिएको छ भने सडक मार्गमा पर्ने चोक, सडक पेटी, प्रतीक्षालय तथा बोटबिरुवामा रङ लगाइएको र बाटोमा पर्ने सम्पूर्ण होर्डिङबोर्ड पनि हटाइसकिएको छ । विशिष्ट पाहुनाका लागि आवश्यक पर्ने स्वास्थ्य सेवाको व्यवस्थापनका साथै उहाँहरू चढ्ने सम्पूर्ण सवारी साधन पनि तयारी अवस्थामा राखिसकिएको र यी सबै तयारी लगभग १५ दिनको अन्तरालमा सम्पन्न भएको उनले बताए । बैठकको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको बताउँदै क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत ऋषिराम आचार्यले पोखराले विशिष्ट पाहुनाको स्वागतको प्रतीक्षा गरिरहेको बताए ।

]]>
9074 0 0 0
नयाँ दिल्ली र मुम्बईभन्दा महँगो सहर काठमाडौं http://localhost/ghum/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%a6%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%80-%e0%a4%b0-%e0%a4%ae%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/ Fri, 11 Mar 2016 09:03:19 +0000 http://www.ghumphir.com.np/?p=9076 २८ फागुन, काठमाडौं ।

संसारका सबैभन्दा महँगा सहरको सूचीमा काठमाडौं १ सय २५ औं स्थानमा रहेको इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको अनुसन्धानले देखाएको छ। विश्वका महँगा १ सय ३३ वटा सहरको अध्ययन गर्दा महँगामध्ये १ सय २५ औं स्थानमा रहेको काठमाडौं भारतका सहरहरुभन्दा थोरै महँगो देखिएको हो।

यो सूचीमा भारतका वेङ्लोर र मुम्बई क्रमश १ सय ३२ र एक सय ३१ औं सूचीमा परेका छन्। चेन्नई र नयाँ दिल्ली महँगो सहरको सूचीमा १ सय २७ र १ सय २६ औं स्थानमा रहेको पाइयो। पाकिस्तानको कराँची १ सय २७ औं स्थानमा रहेको छ।

सन् २०१५ को लिभिङ कस्टका आधारमा सर्वेक्षण गरिएको थियो। डलर बलियो भएकाले अमेरिकाका सहरहरु महँगो सहरको सूचीमा थप माथि उक्लिएका छन्। अमेरिका १६ सहर यसमा समावेश छन्।

सबैभन्दा महँगो सहर भने सिंगापुर रहेको देखिएको छ। अमेरिकाको न्युयोर्क ७ औं महँगो सहरमा परेको छ। बेलायतको लन्डन पनि महँगो सहरको १० सूचीभित्र अटाएको छ। विश्वको सबैभन्दा सस्तो सहर भने जाम्बियाको राजधानी लुसाका रहेको छ।

]]>
9076 0 0 0
विराटलाई तेल बेच्न अनुमति, खेपमै ६५ लाखको खेल http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%9f%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a5%8d%e0%a4%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%a4/ Fri, 11 Mar 2016 09:05:45 +0000 http://www.ghumphir.com.np/?p=9078 २८ फागुन, काठमाडौं ।

सरकारले नेपाल आयल निगमले भन्दा लिटरमा ३१ रुपैयाँ महँगोमा पेट्रोल बेच्न विराट पेट्रोलियमलाई अनुमति दिएको छ । आयल निगमले लिटरमै २७ रुपैयाँ नाफा राखेर बिक्री गरेको पेट्रोलमा थप ३१ रुपैयाँ महँगोमा विराटलाई बिक्री अनुमति दिएको हो । लिटरमा ५३ रुपैयाँ नाफा राखेर बजारमा पेट्राेल विक्रीको अनुमति पाएको विराटलको तेल निगमको भन्दा गुणस्तरीय भने होइन । गुणस्तर परीक्षण गर्ने निकाय गुणस्तर तथा नापतौल विभाग विराटले ल्याएको पेट्रोल आयल निगमको बिक्री गरेको भन्दा फरक नभएको जनाएको छ । ‘हामीले नेपाल गुणस्तर ३ सय १८ मापदण्डभित्र रहेको प्रमाणपत्र विराटलाई दिएका छौ । यो आयल निगमले विक्री गरिरहेको पेट्रोलकै मापदण्ड हो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिजमान्डूसँग भने, ‘हामीले यो कम्पनीले ल्याएको पेट्रोललाई युरो–३ वा युरो–४ कुनैपनि प्रमाणपत्र दिएका छैनौ ।’ यता विराटका नेपाल प्रतिनिधि पर्शुराम उप्रेतीले गुणस्तर विभागले युरो–४ प्रमाणपत्र दिएको दावी गरे । ‘विभागले हामीलाई युरो–४ मापदण्डको प्रमाणपत्र दिएको छ । निगमको युरो–३ भएकोले हाम्रो केही महँगो भएको हो,’ उनले भने, ‘निगमको भन्दा अरु खर्च पनि बढी छ ।’ विराटले ल्याएको पेट्रोल बिक्री गर्ने त्रिपुरेश्वरको जयन्ती आयल र गैरीगाउँको भ्याली रिकेश सप्लायर्सले युरो–४ मापदण्डको पेट्रोल भन्दै उपभोक्तालाई बिक्री गरिरहेका छन् । ‘हामीले अरु कुनै प्रमाणपत्र दिएका छैनौ । उपभोक्तालाई झुक्याएर बिक्री गर्न मिल्दैन,’ उनले भने, ‘आयल निगमले बिक्री गरिरहेको पेट्रोलको गुणस्तरभित्रै पर्छ ।’ युरो–४ पेट्रोलमा सल्फर र लिडको मात्रा अत्यन्तै न्यून हुन्छ । सल्फर र लिडको मात्रा कम हुँदा वातावरण प्रदुषण कम हुन्छ भने गाडीले बढी माइलेज दिन्छ । युरो–४ को पेट्रोलले गाडीको आयु समेत बढाउँछ । यो पेट्रोल विश्व बजारमै केही महँगो हुन्छ । आयल निगमले ल्याएको पेट्रोलको डेन्सिटी ७ सयदेखि ७ सय ५० र फाइनल बोइलिङ प्वाइन्ट २ सय भन्दा कम हुन्छ । विभागले यही दुई प्यारामिटरका आधारमा विराटलाई गुणस्तर प्रमाणपत्र दिएको हो । खेपमै ६५ लाखको खेल आयल निगमको भन्दा ३१ रुपैयाँ महँगोमा बिक्रीको अनुमति पाएको विराटले एक लिटरमा ५३ रुपैयाँ नाफा कमाउँछ । आपूर्ति विभागले एक लिटरको १ सय २६ रुपैयाँमा पम्पलाई बिक्री गर्न विराटलाई अनुमति दिएको छ । आयल निगमले ९९ रुपैयाँ बिक्री गरेको एक लिटर पेट्रोलमा २७ रुपैयाँ नाफा खाइरहेको छ । विराटले अहिले १ लाख २२ हजार लिटर पेट्रोल ल्याएको छ । यो आधारमा विराटले एक खेपमै ६४ लाख ६६ हजार रुपैयाँ कमाउँछ । यही नाफा देखेर विराटले जोखिम मोलेर पेट्रोल ल्याइरहेको छ । स्रोतका अनुसार यो नाफाको केही प्रतिशत आयल निगम, आपूर्ति मन्त्रालय र नियमन गर्ने संवैधानिक निकायसम्म लगायतका शक्ति केन्द्रलाई बुझाउनुपर्छ । यही शक्तिकेन्द्रलाई बुझाएको कारण धेरै नीतिगत निर्णय सहज रुपमा हुने गरेको छ । आयल निगमले पेट्रोलियम पदार्थ बिक्री सम्वन्धी विनियमावलीलाई समेत ‘सस्पेन्ड’ गरेर विराटलाई तेल बिक्री गर्न दिएको छ । निगमको बिक्रेता विनियमावलीमा कुनै पम्पले निगम वाहेकको तेल बिक्री गरेमा तत्कालै निलम्बन गरेर तेल बिक्री गर्न रोक्ने प्रावधान छ । तर निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले यो विनियमावलीलाई ‘सस्पेन्ड’ गरेर दुई पटक पेट्रोल बिक्री गर्न दिइसकेका छन् । यही रकम बुझाउनुपर्ने भएकोले विराटले तेलको मूल्य समेत महँगो राख्नुपर्ने बाध्यात्मक अवस्था छ । विराटका नेपाल प्रतिनिधि उप्रेती पेट्रोलियम बिक्रीमा निगमको भन्दा केही खर्च बढी हुने गरेको बताउँछन् । अब डिजेल ल्याउने ६ महिनाको लागि अस्थायी रुपमा पेट्रोलियम पदार्थ ल्याउने अनुमति पाएको विराटले अब डिजेल ल्याउने भएको छ । उप्रेतीका अनुसार केही दिनभित्रै १ लाख २० हजार लिटर डिजेल नेपाल भित्रिनेछ । पेट्रोल सहज भएपछि कम्पनीले डिजेल ल्याउन लागेको हो । ‘भारतमा ६ ट्यांकर डिजेल लोड भइसकेको छ । केही दिनभित्रै नेपाल आउनेछ,’ उनले भने, ‘हामी ठूला परियोजनालाई डिजेल बिक्री गर्छौ र मूल्य महँगो हुँदैन ।’

]]>
9078 0 0 0
विनोद चौधरी विश्वको अर्बपतीहरुको सुचीमा, सम्पति एक खर्ब १० अर्ब रुपैयाँ http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a5%8b%e0%a4%a6-%e0%a4%9a%e0%a5%8c%e0%a4%a7%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac/ Fri, 11 Mar 2016 09:11:00 +0000 http://www.ghumphir.com.np/?p=9080 २८ फागुन, काठमाडौं ।

संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोब्र्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ । binod chaudahariचौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब एक खर्ब १० अर्ब रुपैयाँ रहेको ‘फोब्र्स’ले उल्लेख गरेको छ । म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा उहाँलाई विश्वका अर्बपतिको एक हजार ५७७औं स्थानमा राखेको छ । चौधरीका भारत, बङ्गलादेश, श्रीलङ्का, सर्बिया, साउदी अरब, रुवान्डा लगायतका देशमा लगानी छ । नबिल बैंक एवम् सिजी इलेक्ट्रोनिक लगायत कम्पनीका मालिक ६० वर्षीय चौधरीले गत वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट भत्किएका विद्यालय एवम् घर निर्माणका लागि २.५ मिलियन डलर अर्थात् रु २५ करोड सहयोग गर्नुभएको फोब्र्सले उल्लेख गरेको छ । उक्त म्यागेजिनले विश्वको एक नं सूचीमा अमेरिकी खर्बपति बिल गेट्स नै परेको उल्लेख गरेको छ ।

]]>
9080 0 0 0
यस्तो बन्दै छ गोंगबु बसपार्क http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%9b-%e0%a4%97%e0%a5%8b%e0%a4%82%e0%a4%97%e0%a4%ac%e0%a5%81-%e0%a4%ac%e0%a4%b8%e0%a4%aa%e0%a4%be/ Fri, 11 Mar 2016 09:15:32 +0000 http://www.ghumphir.com.np/?p=9083

काठमाडौं २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बसपार्कलाई स्तरोन्नति गरी सुविधा सम्पन्न एवम् आधुनिकीकरण गर्ने कार्यक्रमको उद्घाटन गरेका छन्। समृद्ध महानगर निर्माणमा ठूला तथा आधुनिक संरचना निर्माणको महत्वपूर्ण भूमिका हुने भन्दै ल्होत्से बहुउद्देश्यीय प्रालि र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा बसपार्क क्षेत्रको समुन्नत पूर्वाधार तथा आधुनिक बसपार्क निर्माण कार्यक्रममा प्रधानमन्त्री ओलीले विकासमा प्रविधि र साझेदारीलाई सँगसँगै लैजानुपर्ने बताए। राजधानीको समुन्नति अन्य सहरका लागि सिकाइ हुने भएकाले राजधानीका भौतिक संरचना निर्माणमा प्रविधि उपयोगमा निजी क्षेत्रको स्रोत र सीप जोडिएको तथा यस कार्यमा महानगरको नेतृत्व रहेकाले नयाँ बसपार्कको समुन्नति सम्भव छ, प्रधानमन्त्री ओलीले भने। काठमाडौँ महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नयाँ बसपार्कको आधुनिकीकरणले राजधानीमा सवारी आवागमनको स्तरीयतामा सुधार आउने बताए। कार्यक्रममा ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले अबको नयाँ बसपार्क महिला तथा अपाङ्गमैत्री, सुन्दर, व्यवस्थित र यात्रुको आवतजावत, आराम तथा यात्रालाई सहज बनाउन आवश्यक सुविधासहितको हुने प्रतिबद्धता व्यक्त गरे। जापान सरकारले निर्माण गरेर नेपाल सरकारमार्फत काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिएको नयाँ बसपार्क काठमाडौँ महानगरपालिकाले २०५७ सालमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सार्वजनिक सेवा केन्द्र सञ्चालनलगायत सर्त पालना गर्ने गरी ४५ वर्षका लागि जिम्मा दिएको थियो ।
]]>
9083 0 0 0
यी हुन् संसारका दश महंगा कलेजहरु,जहाँ पढ्न विद्यार्थीले लाखौं तिर्नुपर्छ http://localhost/ghum/%e0%a4%af%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a4%b6-%e0%a4%ae%e0%a4%b9%e0%a4%82%e0%a4%97%e0%a4%be-%e0%a4%95/ Fri, 11 Mar 2016 09:23:40 +0000 http://www.ghumphir.com.np/?p=9085
संसार भर नाम चलेका कलेजहरु त्यति महंगा नहोलान तर वार्षिक ६१ हजार अमेरिकी डलरसम्म (हालको विनिमय दर अनुसार ६७ लाख नेपाली रुपैयाँ) शुल्क लिने कलेजहरु पनि छन् । अक्सफोर्ड र क्याम्ब्रिज, हार्बर्ड भन्दा यी कलेज धेरै महंगा छन् । यस्ता प्रमुख १० कलेजको सूची यहाँ छ जहाँ वार्षिक लाखौं रुपैयाँ बुझाउनु पर्नेछ । 

यी हुन् संसारका दश महंगा कलेजहरु: १ सराह लरेन्स कलेज:  सराह लरेन्स कलेज हार्बर्ड, येल या अक्सफोर्ड जस्तो नाम चलेको संस्था होइन। तर यसले लिने पढाई शुल्क महंगो छ। शुल्कलाई हेर्ने हो भने यस कलेजमा विशेष सुविधा हुनुपर्छ। यस कलेजको वार्षिक शुल्क ६१ हजार डलर रहेको छ। यो कलेज अमेरिकाको न्यूयोर्क सहर स्थित योकंर्समा छ। २ न्यूयोर्क युनिभर्सिटि: कलेजका डिग्रीका लागि उच्च मुल्य तिर्न चाहनेका लागि न्यूयोर्क उपयुक्त गन्तव्य हो। न्यूयोर्क युनिभर्सिटि  न्यूयोर्क सहर स्थित ग्रीनह्विच भिलेजमा अवस्थित रहेको छ। यस कलेजमा पढ्नका लागि विद्यार्थीले वर्षको करीब ६० हजार डलर तिर्ने हैसियत राख्नु जरुरी हुन्छ। ३ हार्बे मड्ड कलेज: नामसित नझुक्किनु होला। सुन्दा 'हार्बे मड्ड' कुनै पबको नाम जस्तो सुनिन्छ। तर यो कलेज महंगो मध्येको तेस्रो अंकमा पर्नुको कारण पनि बुझ्न सकिन्छ कि यस क्लेरमोन्ट, क्यालिफोर्निया कलेज अध्ययनका लागि उपयुक्त कलेज हो। यस कलेजको वर्षको खर्च करीब ५९ हजार डलर रहेको छ। ४ कोलम्बिया युनिभर्सिटि: न्यूयोर्कमा प्राय विश्वका महंगा उच्च शिक्षा सम्बन्धित कलेजहरु रहेका छन् भन्दा त्यति फरक नपर्ला। कोलम्बिया युनिभर्सिटि यसको अर्को उदाहरण हो। यस कलेजमा पढ्नका लागि वर्षको ५९ हजार डलर अनिवार्य छ। ५ वेस्लियन युनिभर्सिटि:  न्यूयोर्क सहर नजिकै मिडल टाउन स्थित कनेक्टिकटमा वेस्लियन युनिभर्सिटि छ। यसलाई 'प्राइभेट लिबेरल आर्ट्स कलेज' पनि नाम दिइएको छ। यसको स्थापना सन् १८३१ मा भएको थियो। यसको वार्षिक शुल्क करीब ५८ हजार डलर रहेको छ। ६ क्लेरमोन्ट म्याकेन्ना कलेज: रणमैदानको छैठौं स्थानसम्म क्यालिफोर्नियामा रहेका कलेजहरुको बर्चस्व रहेको देखिन्छ। यसले अमेरिकाको पुर्व देखि पश्चिम तटकोबीचको भुभागलाई समेटेको देखिन्छ। कलेरमोन्ट म्याकेन्ना कलेजको वार्षिक शुल्क ५८ हजार डलर रहेको छ। ७ डार्टमाउथ कलेज: डार्टमाउथ धेरैमा प्रचलित नाम हो। यो कलेज न्यू ह्याम्पसायरमा अवस्थित छ। यसको वार्षिक खर्च ५८ हजार डलर रहेको छ। ८ ड्रेक्सेल युनिभर्सिटि: यो युनिभर्सिटि फिलाडेल्फियामा अवस्थित छ। यसलाई प्राइभेट रिसर्च युनिभर्सिटि पनि नाम दिइएको छ। यसको वार्षिक खर्च ५८ हजार डलर हो। ९ युनिभर्सिटि अफ सिकागो: उत्कृष्ट उच्च शिक्षाका लागि यो युनिभर्सिटिको लामो इतिहास रहेको छ। यसको स्थापना सन् १८८९ मा भएको थियो। यसको वर्षको खर्च ५७ हजार पाँच सय देखि ५८ हजार डलरको बिचमा रहेको छ। १० ब्राड कलेज: सबै परिवारले आफ्ना सन्तानलाई उत्कृष्ट कलेजमा पढाउन चाहन्छन्। सुचीको दस नम्बरमा परेपनि पहिलो कलेजको तुलनामा ब्राड कलेज त्यति सस्तो भने छैन। न्यूयोर्क आधारित यस कलेजको वार्षिक खर्च ५७ हजार पाँच सय डलर रहेको छ।

]]>
9085 0 0 0
हाते कागज उद्योग सङ्कटमा http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%87-%e0%a4%95%e0%a4%be%e0%a4%97%e0%a4%9c-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%9f%e0%a4%ae%e0%a4%be/ Fri, 11 Mar 2016 09:31:18 +0000 http://www.ghumphir.com.np/?p=9088

बाजुरा, २८ फागुन । जिल्लामा दर्ता भएका २२ वटा हाते कागज उद्योग लोक्ताको समस्याका कारण सङ्कटमा परेका छन् । घरेलु तथा साना उद्योग समितिमा दर्ता भएका उद्योगले जिल्ला वन कार्यालबाट कच्चापदार्थ सङ्कलनका लागि पूर्जी लिनुपर्ने नियम छ, तर लिएको सङ्कलन पूर्जी बराबरको लोक्ता नपाउँदा ती उद्योग सङ्कटमा परेका हुन् । विसं २०६४ पछि जिल्ला वन कार्यालयले लोक्ता सङ्कलन पूर्जी बन्द गरेको छ । जिल्लाका डोगडी, दहकोट, मनाकोट, कोल्टी, पाण्डुसैन, कैलाशमाडाँैंलगायत गाविसमा केही वर्ष अघिसम्म प्रशस्त लोक्ता पाइन्थ्यो । तर पछिल्लो समय संरक्षणको अभावमा यो कम हुँदै गएको छ । आर्थिक वर्ष २०७१÷७२ मा सामुदायिक वनबाट ७०० किलोको पूर्जी वितरण गरिएको थियो । तर राष्ट्रिय वनबाट कुनै पनि उद्योगले सङ्कलन पूर्जी वितरण गरिएको छैन । निमित्त जिल्ला वन अधिकृत विशाल लामाका अनुसार जिल्लामा २८१ सामुदायिक वन र १९२ कबुलियत वन रहेका छन् । यहाँका उपभोक्तालाई लोक्ता सङ्कलनको प्राविधिक ज्ञान समेत छैन । “सङ्कलकले लोक्ता जरैबाटै निकाल्ने गरेका छन, यसरी सङ्कलन गरेका कारण लोक्ता अभाव भएको हो” उहाँले भन्नुभयो । जिल्लामा लोक्ता सङ्कलन गरेबाफत प्रतिकिलोको रु पाँच राजस्व सङ्कलन हुने गरेको छ । “न्यून मात्रामा लोक्ता पाइन्छ, ढुवानी गर्न समेत समस्या छ” पाण्डुसैनमा बौद्ध नेपाली हातेकागज उद्योग सञ्चालन गरेका मङ्गल थापाले पीडा सुनाउनुभयो । कच्चापदार्थ नपाएर उद्योगलाई समस्या भएको उहाँको भनाइ छ । कच्चापदार्थ नपाउँदा उद्योगीले छिमेकी जिल्लाबाट कागज ल्याउनुपर्ने वाद्यता रहेको डोगडीमा हाते कागज उद्योग सञ्चालन गरिरहेका रामबहादुर रावत बताउनुहुन्छ । “उद्योग बन्द गर्नुपर्ने स्थिति छ” उहाँले भन्नुभयो । बीउ र जरा नै नराखी लोक्ता सङ्कलन गर्दा समस्या आएको हो ।

]]>
9088 0 0 0
नेपालगन्जको होटल व्यवसाय फस्टाउँदै http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af/ Fri, 11 Mar 2016 09:32:38 +0000 http://www.ghumphir.com.np/?p=9090

नेपालगन्ज, २८ फागुन । द्वन्द्वकालीन अवस्थामा धर्मराएको नेपालगन्जको होटल व्यवसाय क्रमशः फस्टाउँदै गएको पाइन्छ । मध्य पश्चिमाञ्चलको व्यापारिक सहर नेपागन्जको होटल तथा पर्यटन व्यवसायमा पछिल्लो आँकडाअनुसार रु तीन अर्बभन्दा बढी लगानी भएको छ । होटल अर्गनाइजेसन नेपालका अनुसार पछिल्लो तीन वर्षको अवधिमा यो सहरका होटल व्यवसायमा मात्र करिब रु तीन करोड लगानी थप भएको छ । शान्ति सुरक्षाको अवस्थामा आएको सुधारले पर्यटकको समेत आगमनमा वृद्धिसँगै नेपालगन्जमा ठूला अनि सुविधासम्पन्न होटल निर्माणको क्रम पनि ह्वात्तै बढेको पाइन्छ । अर्गनाइजेसनका अनुसार, द्वन्द्वका समयमा असुरक्षाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेपछि बन्द गरिएका होटल पनि अहिले धमाधम खुल्दै गएका छन् । त्यसैगरी, यस सहरको पुराना ‘स्नेह’, ‘किचनहट’ र ‘सिद्धार्थ भ्यू’ लगायतका ठूला होटलमा अहिले लगानीसमेत बढेको हुनाले पर्यटकको यो सहरप्रति आकर्षण बढ्दै गएको छ । यस क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि गर्नका लागि आकर्षक होटलमात्र पर्याप्त नभएकाले पर्यटनको सम्भावना रहेका स्थानलाई समेत व्यवस्थित बनाउन सरकारी चासोसमेत हुनुपर्ने होटल अर्गनाइजेसनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष भाष्कर काफ्लेको भनाइ छ ।

]]>
9090 0 0 0
सहकारी ऐन ल्याइँदै http://localhost/ghum/%e0%a4%b8%e0%a4%b9%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%90%e0%a4%a8-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%87%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Fri, 11 Mar 2016 09:34:53 +0000 http://www.ghumphir.com.np/?p=9092

पोखरा, २७ फागुन । उपप्रधानमन्त्री चित्रबहादुर केसीले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सहकारी ऐन ल्याउने तयारी गरिए पनि सत्तारुढ दलका केही व्यक्तिले त्यसको विरोध गरिरहेको बताउनुभएको छ ।

chitra bahadur kcकास्की जिल्लाको २४औँ जिल्ला परिषद्बाट स्वीकृत नीति, योजना तथा कार्यक्रमको आज यहाँ आयोजित सार्वजनिकीकरण कार्यक्रममा सहकारी तथा गरिबी निवारणमन्त्री केसीले गरिबी निवारणका क्षेत्रमा आउने सहयोग सम्बन्धित मन्त्रालयभन्दा अन्यमा आउने गरेकाले त्यसलाई आफूले सम्बन्धित मन्त्रालयमा नै ल्याउन प्रयत्न गरिहेको बताउनुभयो । सो अवसरमा सांसद यज्ञबहादुर थापा, तेजकुमारी पौडेल, चूडामणि जङ्गली, तुलबहादुर गुरुङ र डिलबहादुर नेपालीले विकास निर्माणका लागि सबै एक जुट हुनुपर्ने बताउनुभयो । निमित्त स्थानीय विकास अधिकारी नारायणप्रसाद श्रेष्ठले २४औँ जिल्ला परिषद्बाट पारित रु छ अर्ब पाँच करोड ३९ लाख ९३ हजारको बजेट प्रस्तुत गर्नुभयो । कार्यक्रममा पत्रकार एकराज गिरी, लाचोक घाचोक ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, उद्योग व्यसायी नारायण बास्तोला, विष्णुप्रसाद पाण्डे र इन्दिरा बराल, निर्माण व्यवसायी राजेन्द्र पहारी, सामाजिक परिचालक सङ्गीता भण्डारी लगायतलाई सम्मान गरिएको थियो ।

]]>
9092 0 0 0
परम्परागत लोकगीत सम्मेलन सुरु http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a4%a4-%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%97%e0%a5%80%e0%a4%a4-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%a8/ Fri, 11 Mar 2016 12:59:02 +0000 http://www.ghumphir.com.np/?p=9095

सल्यान, २८ फागुन ।

जिल्लाको रिम गाविसमा परम्परागत लोकगीत सम्मेलन कार्यक्रम आजदेखि सुरु भएको छ । जिल्लामा रहेका पुराना लोक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सुरु भएको सम्मेलनमा जिल्लाका ५० वर्ष माथिका लोक कलाकारको सहभागिता रहेको छ । जिल्लामा रहेका पुराना लोक संस्कृति लोपोन्मुख हुन थालेकाले सरंक्षणका लागि सम्मेलनको आयोजना गरिएको प्रतिष्ठानकी प्राज्ञ पवित्रा घर्तीले बताउनुभयो । “पुराना लोक संस्कृतिलाई युवापुस्ताले बेवास्ता गरेकै कारण धेरै संस्कृति लोप हुने अवस्थामा पुगेका छन् । त्यसैको संरक्षण गर्न पुराना कलाकार सहभागी हुने गरी सम्मेलन आयोजना गरेका हौँ ।” घर्तीले बताउनुभयो । सम्मेलनको उद्घाटन गर्दै व्यवस्थापिका–संसद् अर्थ समितिका सभापति प्रकाश ज्वालाले पुराना लोकगीतको संरक्षणका लागि युवा सहभागिता आवश्यक भएको भन्दै सम्मेलनले युवामा पनि उत्साह थप्ने बताउनुभयो । जिल्लाको सम्पत्तिको रुपमा रहेको वनगाडी टप्पा, सोरठी, हिउपा नृत्यसमेत लोप हुने अवस्थामा पुगेको भन्दै लोककला संरक्षणका लागि ज्वालाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

]]>
9095 0 0 0
ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु http://localhost/ghum/%e0%a4%a2%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%8b%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%b0-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2/ Fri, 11 Mar 2016 13:00:42 +0000 http://www.ghumphir.com.np/?p=9097

भीमदत्तनगर, २८ फागुन ।

बझाङमा माटोको ढिस्कोले पुरिएर आज खिरातडी गाविसका तीन महिलाको मृत्यु भएको छ । माटोको ढिस्कोले खिरातडी–२ की ४० वर्षीया कान्तामती कार्की, वडा नम्बर ८ की २८ वर्षीया विष्णादेवी पन्त र सोही वडाकै ३२ वर्षीया पशुपति कार्की पुरिएका हुन् । घर लिपपोत गर्नका लागि रातो माटो लिन गएका तीनै जनाको घटनास्थलमै मृत्यु भएको बझाङका प्रहरी नायव उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । मृत्यु भएका तीनै जनाको शव आफन्तलाई वुझाइएको छ । घटनास्थल सदरमुकाम चैनपुरदेखि एक दिनको दुरीमा पर्छ ।

]]>
9097 0 0 0
अन्तर्राष्ट्रिय भाषा गोष्ठी सुरु http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be-%e0%a4%97%e0%a5%8b%e0%a4%b7/ Fri, 11 Mar 2016 13:05:14 +0000 http://www.ghumphir.com.np/?p=9099

काँकडभिट्टा (झापा), २८ फागुन ।

नेपाली भाषालाई एकरुपता बनाउने उद्देश्यका साथ आजदेखि झापाको काँकडभिट्टामा अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्घगोष्ठी सुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय गोष्ठीमा भारतको आसाम, मणिपुर, बर्मा, मेघालय तथा नेपालका विभिन्न क्षेत्रबाट ७० जना बढी भाषाविद्को सहभागिता छ । तीनसम्म चल्ने गोष्ठीको प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा विष्णुविभु घिमिरेले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सो अवसरमा नेपाली भाषा, व्याकरण कोषलगायतका विषयमा अन्तरक्रिया तथा विभिन्न साहित्यकारले कवितावाचन गर्ने कार्यक्रम रहेको आयोजक तथा गोष्ठी व्यवस्थापन समितिका सचिव पुण्यप्रसाद खरेलले जानकारी दिनुभयो । गोष्ठीमा नेपाल र भारतका भाषाविद्ले विभिन्न आठवटा विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

]]>
9099 0 0 0
त्रिशूली थ्री बी जलविद्युत् क्षमता घटाइयो http://localhost/ghum/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b6%e0%a5%82%e0%a4%b2%e0%a5%80-%e0%a4%a5%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a5%80-%e0%a4%9c%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af/ Fri, 11 Mar 2016 13:09:45 +0000 http://www.ghumphir.com.np/?p=9103

रमेश लम्साल काठमाडौँ, २८ फागुन ।

ऊर्जा मन्त्रालयले मागअनुसार निर्णय नगर्दा माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजना ३७ मेगावाट क्षमतामा नै निर्माण गर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकममा कार्यरत विभिन्न सङ्घ संस्था एवम् आयोजनाले कूल ४२ मेगावाट क्षमतामा नै सो आयोजना अगाडि बढाउन आग्रह गरेपनि क्षमता बढाउने विषयमा मन्त्रालयले उचित निर्णय नगर्दा आयोजना क्षमता घटाउन बाध्य भएको हो । माथिल्लो त्रिशूली थ्री बीका आयोजना प्रमुख दामोदरभक्त श्रेष्ठले पटक÷पटक आयोजनाको क्षमता नघटाइदिन र मागअनुसार नै स्वीकृति दिन आग्रह गर्नुभए पनि उहाँको आग्रह सुनिदिने निकाय नभएपछि बाध्य भएर आयोजना क्षमता घटाउन तयार हुनुपरेको हो । तत्कालीन ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीको पालामा २०७२ जेठ २४ गते सचिवस्तरीय निर्णय गरी सो आयोजनाको क्षमता ३७ मेगावाट नै रहने निर्णय गरिएको थियो । सो निर्णय सच्याउन पछिल्लो पटक प्रयास भए पनि कुनै निष्कर्ष ननिस्केपछि आयोजना ऊर्जाकै निर्णयअनुसार काम गर्न तयार भएको हो । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाबाट निकास भएको पानी ९टेल वाटर०बाटै विद्युत् निकाल्ने तयारी गरिएको सो आयोजना नुवाकोटको मनकामना गाविस– ७ र ९ मा अवस्थित छ । सो आयोजनाको विद्युत् गृह नजिकै विद्युत् विकास विभागले विद्युत् गृह नजिकै ‘परफेक्ट इनर्जी डेभलपमेन्ट’लाई अनुमतिपत्र प्रदान गरेको छ । उक्त आयोजनाको क्षमता ५४ मेगावाट रहेको छ । आयोजना प्रमुख श्रेष्ठ विद्युत् उत्पादन अनुमति प्रदान गर्ने सन्दर्भमा गरिएको गलत निर्णयका कारण आयोजनाको क्षमता र विद्युत गृह सार्नुपर्ने अवस्था आएको बताउनुहुन्छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले संयुक्त रुपमा लगानी गर्ने सो आयोजनालाई अगाडि बढाउनुको साटो निजी प्रवद्र्धकलाई बढी सुविधा दिन लागिएको भन्दै सङ्घ तथा सङ्गठनले आपत्ति जनाएका थिए । सबै क्षेत्रबाट आयोजनालाई सहयोग भन्दा असहयोग भएको भन्दै असन्तुष्टि व्यक्त हुँदै आएको छ । आयोजना असाध्यै आर्कषक र महत्वपूर्ण भए पनि त्यसको महत्व र क्षमतालाई नजरअन्दाज गरिएको भन्दै प्राधिकरण, टेलिकममा कार्यरत कर्मचारीले आपत्ति जनाउँदै आएका छन् । यसअघि सो आयोजनाको क्षमता ४० मेगावाट रहेको थियो । विद्युत् विकास विभागबाट २०७० साल असोज २२ गते उत्पादन अनुमतिपत्र दिँदा भौगोलिक क्षेत्र सर्वेक्षण अनुमति पत्रमा नै उल्लेख गरिएको भए पनि हाल सो क्षेत्र परिवर्तन गर्न खोजिएको आरोप पनि लाग्ने गरेको छ । कूल रु आठ अर्बको लागतमा निर्माण हुने सो आयोजनालाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजना जस्तै गरी अगाडि बढाउन लागिएको छ । निजी प्रवद्र्धकलाई बढी सुविधा दिन खोज्दा प्राधिकरणलाई वार्षिक रु २२ करोड घाटा लाग्ने आयोजना प्रमुख श्रेष्ठको भनाइ छ । आयोजनामा नेपाल टेलिकम र प्राधिकरणले समान ३०÷३० प्रतिशत, नेपाल टेलिकम र प्राधिकरणमा कार्यरत कर्मचारीलाई पाँच प्रतिशत, रसुवा र नुवाकोटका जिल्ला विकास समितिलाई पाँच प्रतिशत, प्रभावित क्षेत्रका स्थानीयवासीलाई १० प्रतिशत, आम नागरिकलाई १५ प्रतिशत, स्थानीय क्षेत्रमा जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्य राखेर स्थापना गरिएका वित्तीय संस्था र सहकारीलाई पाँच प्रतिशत सेयर लगानी गर्ने अवसर प्रदान गरिन लागेको छ । पहुँच मार्ग निर्माण भइसकेको र सबै तयारी हालतमा रहेका कारण पनि अन्य आयोजना भन्दा सहज र आकर्षक आयोजनाको रुपमा यसलाई लिइन्छ । स्थानीयवासीले समेत क्षमता घटाइएकोमा आक्रोश व्यक्त गर्दै आएका छन् । मागअनुसार नै आफूहरुले दिएको सहायक प्रवक्ता गोकर्णराज पन्थले राससलाई जानकारी दिनुभयो । “आयोजना नजिकै अर्को आयोजना पनि रहेकाले पनि क्षमताको विषयमा घटबढ भएको हुनसक्छ, तर समस्या नै हुने गरी निर्णय भएको होला भन्ने लाग्दैन” सहायक प्रवक्ता पन्थले भन्नुभयो । हाल सो आयोजनाले अडिट टनेल खन्ने काम जारी राखेको छ भने ठेकेदार कम्पनीको पूर्वयोग्यता परीक्षणको काम जारी छ । कुल सात ठेकेदारले आवेदन दिएकामा ६ चिनियाँ र एक भारतीय रहेका छन् । आगामी दुई महिनाभित्र वित्तीय व्यवस्थापन गरेर आयोजना निर्माणमा जाने तयारीमा रहेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजना नेपालको लागि नमुना आयोजना हो । आयोजनामा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकमलगायतले वित्तीय लगानी गर्ने तयारी गरेका छन् ।

]]>
9103 0 0 0
होम स्टेका नायक :क्याप्टेन गुरुङ http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%ae-%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%9f%e0%a5%87/ Fri, 11 Mar 2016 16:01:16 +0000 http://www.ghumphir.com.np/?p=9105

गाउँ पर्यटनका नायक

अमृत भादगाउँले
गाउँ पर्यटनको इतिहासमा सिरुबारीको नाउँ सुनौला अक्षरले लेखिएको छ । नेपालको पहिलो पर्यटन गाउँ सिरुबारी देश÷विदेशमा प्रख्यात छ । स्याङजा जिल्ला पञ्चमुल गाविस– ४ को गुरुङ बस्तीलाई सिरुबारी (१,६१०मिटर) भनिन्छ । जहाँ गुरुङका ३९ घर छन् ।
गाउँका १७ घरमा होमस्टे सुविधा छ । पर्यटकलाई होटल तथा लजमा होइन, गाउँलेकै भान्छामा खुवाएर उनीहरुकैमा सुताउने सुविधा नै होमस्टे (घरबास) हो । परिवारकै सदस्य भएर बस्छन् पाहुना । यत्ति हो कि उनीहरुले खाना र बासको मुल्य तिर्नु पर्छ । तर, निकै सस्तो । शिष्ट बोली, पारिवारिक माहोल र आत्मीय व्यवहार पाइन्छ होमस्टेमा जुन होटल वा रिर्सोटमा पाइन्न । आज देशभर होमस्टेको लहर चलेको छ । कैलालीको भादा, बर्दियाको डल्ला, लमजुङका घलेगाउँ तथा काउलेपानी, गोरखाको बारपाक, कास्कीको ल्वाङघलेल, पाल्पाको बौघागुम्हा, मकवानपुरको चित्लाङ, चितवनको मेघौली, इलामको अन्तु, तनहुँको तनहुँसुर, धनकुटाको ध्वजेडाँडा, कञ्चनपुरको शुक्लाफाँटा आदि गाउँ होमस्टेकै कारण चम्केका छन्।होमस्टे पर्यटनको शुभारम्भ सिरुबारीबाट भएको हो । त्यसकै सिको गरेका हुन् अरु गाउँले । र, नेपालमा होमस्टे सृुविधासहित गाउँ पर्यटन अवधारणा भिœयाउने अनि त्यसलाई व्यवहारमा लागु गराउने अगुवा क्याप्टेन रुद्रमान गुरुङ हुन् । विसं २०५४ असोजदेखि सिरुबारीमा होमस्टे थालिएको । सुरुमा गाउँका सबै ४३ घरमै होमस्टे गराइन्थ्यो । बसाइँ–सराइँ लगायत कारणले घट्दै गएर आज १७ घरमा होमस्टे सुविधा छ । होटल÷रेस्टुरेन्टबाट सीमित व्यक्तिले फाइदा पाउँछन् । पाहुनालाई बाँडेर गाउँलेका घर–घरमा राख्दा सबैलाई फाइदा पुग्छ । सबैले कमाई गर्ने अबसर पाउँदा समाजमा शान्ति हुन्छ । जनबोलीमा रुद्रमानलाई 'क्याप्टेनसाप्' भनिन्थ्यो । पश्चिमतिर सेना वा प्रहरीका रिटायर्डहरुलाई उनीहरु बहाल हुँदाको पदले नै सम्बोधन गर्ने चलन छ । जस्तो कि हल्दारसाप्, जमदारसाप्, करसाप् आदि । रुद्रमान भारतीय सेनाका रिटायर्ड क्याप्टेनसाप् । दुःखको कुरा गाउँ पर्यटनका हाम्रा अगुवा क्याप्टेन रुद्रमान अब हामी माझ छैनन् । १५ फागुन ०७२ का दिन काठमाडौंको हिमाल अस्पतालमा उनको निधन भयो । उनी ८६ वर्षका थिए । लामो समयदेखि युरिक एसिड, व्लड प्रेसर र सुगरका बिरामी । केही वर्षदेखि सिरुबारीमा होइन, पोखरामा बसेर उपचार गराउँदै थिए । तर, उनको मन हरपल सिरुबारीको फन्को मारिरहन्थ्यो । तिनै क्याप्टेनसाप्ले खनेको होमस्टेको गोरेटो राजमार्ग बनिसकेको छ । सरकारले विसं २०६७ मा होमस्टे निर्देशिका जारी ग¥यो । सन् १९९८ मा नेपाल भ्रमण वर्ष र सन् २०११ मा नेपाल पर्यटन वर्ष पनि मनाइयो । तर, राज्यले गाउँ पर्यटनका एक्टरलाई कहिल्यै सम्झेन । राज्यका तर्फबाट रुद्रमानले सम्मान पाउनु पथ्र्यो । नपाई उनी परलोक भए । जे हुनु भैसक्यो, इतिहासबाट हामीले पाठ सिक्नु पर्छ । सिरुबारीलाई होमस्टे सुविधासहित नेपालको पहिलो पर्यटन गाउँ बनाउने अभियानका नायकको जीवन कथा अब पर्यटनको पाठ्यक्रममा समाबेश हुनु पर्छ, तब मात्रै गाउँ पर्यटनका यी अगुवाप्रति साँचो श्रद्धाञ्जली हुनेछ । क्याप्टेनसाप्लाई चार पटक भेट्ने औसर पाएँ मैले । म पोखरामा बसेर पत्रकारिता गर्थें । पर्यटन कार्यालय पोखराका प्रमुख पद्म केसीको अगुवाइमा ०५७ चैतमा मिलेनियम टे«लका गाउँलेहरुसँग म पहिलोपटक सिरुबारी पुगेको थिएँ । टोलीमा भुगोलविद् डा. कृष्ण केसी र पर्यटनकर्मी बिरु बम्जन, ढोरफिर्दि गाविस तनहुँका अध्यक्ष श्यामराजा महत लगायत थिए । स्याङजाको अर्जुन चौपारी हुँदै हिँडेर हामी सिरुबारी पुगेका । त्यसको एक दशकपछि ०५८ मा प्रकृतिप्रेमी समूहको टोलीसँग पोखराबाट गाडिमा सिरुबारीसम्मै पुग्यौं । टोलीको नेतृत्व समूहका संस्थापक डा. उमेश श्रेष्ठले गरेका थिए । तेस्रो पटक ०७१ फागुनमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल पश्चिमाञ्चलका अध्यक्ष तारानाथ पहारीको नेतृत्वमा पुगेको थिएँ । सिरुबारीमै भेटेको हुँ क्याप्टेन्साप्लाई मैले । हाम्रो समूहलाई फुलमालाले स्वागत गरेपछि गुम्बाको आँगनमा उनले हामीलाई गाउँको 'ब्रिफिङ' गरेका थिए । भारतीय सेनाबाट ०३५ सालमा रिटायर्ड भएर गाउँ फर्केका क्याप्टेनसाप्ले २०२५ सालमै सिरुबारीलाई पर्यटन गाउँ बनाउने सपना देखेका रहेछन् । 'भर्तिमा छँदा स्विजरल्याण्डको पर्यटन सम्बन्धि किताब पढेको थिएँ', उनले हामीलाई सुनाएका थिए, 'पहाडै पहाड भएको स्विजरल्याण्डमा पर्यटन हुन्छ भने हाम्रो गाउँमा किन हुँदैन भन्ने लाग्यो ।' तर, धेरै समय लाग्यो पर्यटनको बिउ रोप्न । सुरुका दिनमा कसैले पत्याएन । पत्याउनु पनि कसरी ! बिजुली, सडक, टेलिफोन केही नपुगेको अनकन्टार गाउँलाई पर्यटन केन्द्र बनाउने कुरा । यतिसम्म कि काठमाडौंको पर्यटन विभागमा 'गाउँ पर्यटन' सुरु गर्ने भिजन लिएर जाँदा त्यहाँका हाकिमले हाँसेर उडाइदिएको नमिठो घटना सुनाउँथे उनी । थाकेनन् रुद्रमान । एउटा यस्तो समय आयो, ०४८ सालदेखि उनले पूर्वाधार विकासमा जोड दिए । र, ०५४ असोजमा सिरुबारीलाई नेपालको पहिलो पर्यटन गाउँ घोषणा गरे । हरेक घरमा सफा भान्छा, शौचालय, बाथरुमको व्यवस्था मिलाए । मुलुक माओवादी द्वन्दले थिलथिलो भएका बेला सुरु गरिएको पर्यटन अभियानमा सोचेजति पर्यटक आएनन् । जति आए, सबै गाउँलेको आत्मियताबाट प्रभावित भए । नेपाली पनि आउन थाले । ०६२÷०६७ को गणतान्त्रिक आन्दोलन पछि भने राम्रै पाहुना आउन थाले । त्यसपछि नेपालका थुप्रै गाउँहरु होमस्टे सिक्न सिरुबारी आए । हेर्दाहेर्दै सिरुबारी होमस्टे पाठशाला बन्यो । संसारमा सपना देख्नेहरु नै सफल हुन्छन् । रुद्रमानले सपना देखे । कर्म गरे । फुल फुल्यो । र, फल फल्यो । त्यो फल सिंगो गाउँलेले चाख्न पाए । सिरुबारीको कथा देशभर फैलियो । अरु गाउँले पनि त्यसको सिको गरे । सर्बत्र होमस्टे पर्यटनको लहर चल्यो । पहिलोपटक सिरुबारी जाँदा क्याप्टेनसाप्ले नै हामीलाई गाउँ घुमाएका थिए । बिहान बस्ती मास्तिर गोरुजुरे डाँडा डुलाएका थिए । साँझ उनीसँगै हामी गुम्बाको आँगनमा नाचेका थियौं । जुनसुकै होमस्टेमा पहिल्यै खबर गरेर जानु पर्छ । सिरुबारी प्याकेज गज्जबै छ । म देशका धेरै होमस्टे गाउँ घुमिसकेको छु । मलाई सिरुबारी प्याकेज औधि मन पर्छ । सिरुबारी शैली फरक छ । गाउँ पुगेपछि प्रबेशद्वारबाटै पञ्चैबाजा र फुलमालाले स्वागत गर्छन गाउँले । स्वागतपछि गुम्बामा लगिन्छ । बुद्धको दर्शन गराएर हल्का खाजा खुवाइन्छ । कति दिनको बसाइ हो त्यहि अनुसार घुमफिर योजना बनाइन्छ । अनि पाहुनालाई गाउँलेका घर–घरमा बाँडिन्छ । पर्यटन समितिले आलोपालो गरेर पर्यटक राख्छ । यसो गर्दा सबै घरमा आम्दानी बाँडिन्छ । साँझको खाना पछि साँस्कृतिक कार्यक्रम गरिन्छ । गुम्बाको आँगनमा राती ८ बजेदेखि डेढ घन्टा नाचगान चल्छ । त्यसपछि बास । बिहान व्युँझँदा गुम्बाबाट ओम मणि पद्ये हुँ सुनिन्छ । चिया पिएर झिसमिसेमै डाँडातिर घुमाइन्छ । त्यहिँ चिया÷खाजा खुवाइन्छ । थर्मसमा चिया बोकेर डाँडामै पु¥याउँछन् गाउँले । बस्तीबाट डेढ घन्टा माथि गोरु जुरे डाँडा छ । जहाँबाट धौलागिरी, माछापुच्छे« र अन्नपूर्ण लगायत हिमालको लर्कन देखिन्छ । सबैभन्दा अग्लो डाँडो थुम्रो जुरो (२,०२३ मिटर) बाट राम्रो भ्यू देखिन्छ । हिमाल दर्शन पछि डहरा ऋषिले तपस्या गरेको आश्रम घुमेर ओरालो झरिन्छ । घरमा पुगेर खाना खुवाइन्छ । खानापछि गाउँ भ्रमण । साँझ फेरि नाचगान । गाउँमा ऊनी टोपी कोसेली किन्न पाइन्छ । बिदा हुने बेला गुम्बाकै आँगनमा आमा बाबाले फुलमाला लगाइदिँदै भन्छन्, 'फेरि आउनुस् है ।' पर्यटनविद् झलक थापाका शब्दमा दिगो पर्यटन मन्त्र हुन्, 'आँखामा आत्मियता, व्यवहारमा हार्दिकता र इमान्दारी ।' सिरुबारीका गाउँलेले यो मन्त्र रटेको मात्र होइन, व्यवहारमै उतारेको अनुभव हुन्छ । सिरुबारी भारतीय र बेलायती सेनाको जागिरबाट निबृत्त भएकाहरुको गाउँ हो । बिशेषतः बुढापाका बस्छन् । युवा जति बाहिर छन् । पर्यटन अभियानले लोक संस्कृति संरक्षण, सरसफाइ र केही आय आर्जन समेत भएको छ । म जति पटक सिरुबारी गएँ, त्यतिपटक रुद्रमानलाई भेटें । दोस्रोपटक सिरुबारीमा उनी भेटिएनन् । बिरामी भएकाले पोखरामा बसेर उपचार गराउँदै रहेछन् । सिरुबारीबाट फर्केपछि पृथ्वीचोक पोखराका होटल व्यवसायी मित्र बिष्णु थापा र मैले उनलाई घरमै पुगेर भेट्यौं । पर्यटनका कुरा ग¥यौं । होमस्टे आफैंमा खुला पाठशाला हो । ज्ञानको भण्डार । रैथाने खाना, संस्कृति र प्रकृतिको अध्ययनस्थल । त्यसैले होमस्टे भिलेज अध्ययन गर्न जाँदा कम्तिमा दुई रात छुट्टयाउनै पर्छ । मलाई क्याप्टेनसाप् वितेको खबर सुनाउने साथी तीर्थ न्यौपाने र अनन्तकुमार श्रेष्ठले 'ग्रामिण पर्यटनका नायक' नामक जीवनी लेखिसकेका छन् । क्याप्टेनसाप् छँदै त्यो पुस्तक समपर्ण गर्ने योजना भने अधुरै भयो । सिरुबारीको कुरा गर्दा बेलायती नागरिक टोनी पारलाई बिर्सनु हुँदैन । उनले ठूलै गुन लगाएका छन् । टोनीलाई सिरुबारी पु¥याएर चिनापर्चि गराइदिएथे पर्यटनविज्ञ पद्म केसीले । ग्रामिण पर्यटनको अबधारणा रुद्रमानको । उनले पर्यटन अभियान सुरु गरे । अनि टोनीले विदेशीलाई सिरुबारी ल्याउन हातेमालो गरे । पर्यटनका अगुवा भनेर मात्र रुद्रमानको चिनारी पुरा हुँदैन । उनी गाउँका सामाजिक काममा उत्तिकै सक्रिय थिए । गाउँका अभिभावक थिए । त्यतिमात्र होइन, १६ वर्षको उमेरमा भारतीय सेनामा भर्ति भए । बिदामा आएर गाउँमा पढाउँथे । चेतनाको दियो बाल्थे । सन् १९६२ मा भारत र चीनबीच भएको लडाइँ लडे । त्यतिबेला भारतीय सेनाका धेरै हताहत भए । कमाण्डरसहित धेरैलाई चिनिया"ले बाँधेर लगे । पछि उनले लाहोरको लडाइँ पनि लडे । जवानबाट सेनामा प्रवेश गरेका उनी ०३५ सालमा रिटायर्ड हुँदा क्याप्टेन भैसकेका थिए । पूर्व सांसद समेत हुन् रुद्रमान । काँग्रेस राजनीति गरे उनले । ०३६ सालमा पाल्पामा नेपाली काँग्रेसको गोष्ठिमा पुगेछन् उनी । त्यहाँ उनले भने, 'बीपी बाबु तपाइँ गणेशमान जत्तिकै गाउ"–गाउ" जाने हो भने देशमा प्रजातन्त्र छिट्टै आउ"छ भन्छन् नी जनताले ।' बीपीलाई उनका कुरा घत प¥यो । कार्यक्रम सकिएपछि एकान्तमा उनीसँग भलाकुसारी गरे बीपीले । त्यतिबेलैदेखि काँग्रेस राजनीतिमा सक्रिय भए । ०४२ सालको सत्याग्रहमा जेल परे । पटक पटक गरेर पञ्चायतकालमा ६ महिना कारागार जीवन विताउनु प¥यो । बीपी र गिरिजाप्रसादका प्रिय थिए उनी । ०४८ सालको चुनावमा स्याङजा क्षेत्र नं २ बाट सभासद् बने । ०५६ को आम निर्वाचनमा पनि गिरिजाबाबुले उठ्न आग्रह गरे । तर, उनले नाइँ भने । ०६४ सालको संविधान सभा निर्वाचनमा पनि प्रस्ताव गरे । त्यतिबेला पक्षघातबाट पिडित भएकाले हिँडडुल गर्नै गारो थियो उनलाई । चुनाव लड्ने कुरै भएन । गिरिजाबाबुले फेरि जोड दिए, 'त्यसो भए समानुपातिकमा बस्नुस् । सैनिकका कोटा पनि छन् ।' जवाफमा रुद्रमानले भनेछन्, 'म प्यारालाइसिस भएकालाई साँसद बनाएर कसरी देश चल्छ । अरु सक्नेहरुलाई बनाउनुस् ।' उनकी श्रीमति .....पोखरामा छिन् । छोरा मेहन्द्र जापानमा व्यवसाय गर्छन । दुइटी छोरी पनि विवाह पछि विदेशमै छन् । उनको योगदान पनि पर्यटन इतिहासमा सुनौलो अक्षरले लेखिइसकेको छ । जिल्ला पर्यटन विकास समिति स्याङ्जाले २०६७ मंसिरमा काठमाडौंमा उनलाई 'ग्रामीण पर्यटनका नायक' उपाधीले सम्मान ग¥यो । सभामुख सुबासचन्द्र नेम्वाङका हातबाट सम्मान पत्र थापेपछि उनले हर्षका आँसु चुहाए । उनको ०६९ माघमा चौरासी पुजा गरियो । पूजाका दिन विभिन्न विद्यालयमा उनले अक्षय कोष राखिदिएका छन् । लाहुरे भैकन पनि उनी सादा जीवन उच्च विचारका थिए । लाहुरबाट फर्केपछि इष्टमित्रले पोखरा वा काठमाडौ बस्न सुझाए । तर, उनी गाउँमै रमे । बिरामीले थलिएपछि मात्र उपचार गराउन पोखरा बस्न थालेका थिए । रुद्रमानले यो धर्ति छाड्दा गाउँ पर्यटनमा चासो राख्ने धेरैका आँखा रसाएका छन् । सिरुबारीले अभिभावक गुमाएको छ । 'क्याप्टेनसाप्को सम्झनामा हामी सिरुबारीमा केही न केही काम गर्छौं', पर्यटन विकास समिति सिरुबारीका संयोजक जुम गुरुङले भने । तत्कालै गाउँमा उनको सालिक बनाउन पर्यटन बोर्ड, सरकार, जिविस लगायतले गाउँलेसँग सहकार्य गर्नु पर्ने देखिन्छ । सिरुबारी जाँदा खट्केको कुरा गुरुङ संग्रहालय र कोसेली घर हो । क्याप्टेनसापका नाउँमा यी दुई चिज खोल्न सकिन्छ । उनले प्रयोग गरेका सामान, पढेका किताव आदि समेटेर एउटा छुट्टै संग्रहालय पनि बनाउन जरुरी छ । त्यसमा जुम दाईहरुले पहल गर्नु पर्छ । सिरुबारी अन्तर्राष्ट्रिय गाउँ बनिसकेको छ । जसले सन् २००१ मा पाटा गोल्ड अवार्ड पाएको थियो । म त तीन पटक घुमिसकें सिरुबारी । फेरि जानेछु त्यहाँ, क्याप्टेनसाप्सँगका सम्झनाहरु मनभरि बोकेर । उकालो चढ्ने छु । होमस्टेमा बस्नेछु । साँझ नाच्ने छु । आउनुहोस् हामी सबै एक पटक सिरुबारी घुमेर क्याप्टेन रुद्रमानको सम्मान गरौं । ख्याल गरौं है, होमस्टेमा घाम नडुब्दै जानु पर्छ । परिवारको सदस्य भएर बस्नु पर्छ । राती अबेरसम्म हो–हल्ला गर्नु हुँदैन । पोखराबाट सिरुबारीसम्म गाडि चल्छ । पोखरा–कार्कीनेटा–सिरुबारी ६४ किमि छ । पोखराको पृथ्वीचोकबाट बस छुट्छन् । तिनले ५ घन्टामा पु¥याउँछन् । वर्ष दिन भएछ उनलाई पछिल्लो पटक भेटेको । फेरी पेटभरि कुरा गरौंला भनेर फोन गरेको थिएँ । तर, त्यो दिन आएन, हामीलाई छाडेर गए उनी । मनभरि सम्झना छाडेर । गाउँ पर्यटनको बिरुवा हुर्काएर । अल् बिदा क्याप्टेनसाप् ।
]]>
9105 0 0 0
विराटलाई पेट्रोल बेच्न दिएको अनुमति सच्याउन आग्रह http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%9f%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a5%8d%e0%a4%a8-%e0%a4%a6/ Fri, 11 Mar 2016 16:03:48 +0000 http://www.ghumphir.com.np/?p=9107

काठमाडौँ, २८ फागुन ।

नेपाल आयल निगमले विराट पेट्रोलियमलाई बढी मूल्य लिएर पेट्रोल बिक्री वितरण गर्न अनुमति दिएको भन्दै एकीकृत नेकपा(माओवादी) निकटको योङ कम्युनिस्ट लिग नेपाल र अखिल (क्रान्तिकारी)ले विरोध जनाएका छन् । संस्थागत रुपमा कुनै निर्णय नगरी उपभोक्तालाई बढी मूल्यमा पेट्रोल बेच्ने अनुमति दिनु गैरकानुनी र भ्रष्टाचार भएको भन्दै उनीहरुले उक्त निर्णय तत्काल नसच्याए आफूहरुले प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् । वाइसिएल र क्रान्तिकारीले बजारमा भारतको अघोषित नाकाबन्दीको निहुँमा सिर्जना गरिएको कृत्रिम अभावका कारण उपभोक्ता मारमा परिरहेका बेला दिनदहाडै देश र जनताविरुद्ध भएको त्यसखालको निर्णय नसच्याए आफूहरु चुप लागेर नबस्ने वाइसिएल र क्रान्तिकारीको विज्ञप्तिमा उल्लेख गरिएको छ । वाइसिएलका अध्यक्ष रामचन्द्र शर्मा र क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले आज जारी गर्नुभएको विज्ञप्तिमा कालोबजारी नियन्त्रण गर्न, अनियमितता र कालोबजारीमा संलग्न व्यक्ति, उक्त निर्णयमा सहभागीलाई कारबाही गर्न, ग्यास, पेट्रोल र डिजल तथा मट्टीतेललगायतका पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न ध्यानाकर्षण गराइएको छ । निगमले केही दिन पहिले विराट पेट्रोलियमलाई पेट्रोल बेच्ने अनुमति दिएको थियो । निगमले बजारमा उपलब्ध गराउँदै आएको पेट्रोलभन्दा विराटको पेट्रोल महँगो रहेको छ ।

]]>
9107 0 0 0
फेसबुकले सेल्फी भिडियोका लागि नयाँ फिचर ल्याउँदै http://localhost/ghum/%e0%a4%ab%e0%a5%87%e0%a4%b8%e0%a4%ac%e0%a5%81%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%ab%e0%a5%80-%e0%a4%ad%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%95%e0%a4%be/ Fri, 11 Mar 2016 16:09:25 +0000 http://www.ghumphir.com.np/?p=9109 facebookफेसबुकले सेल्फी भिडियो फिल्टर एप  MSQRD लिएको छ।
यस एपका मद्दतले प्रयोगकर्ता सेल्फी भिडियोमा स्पेशल इफेक्ट (Special Effect) प्रयोग गर्न सक्नेछन्।
यी फिल्टरमा सेलिब्रेटी र भिलेनको मास्क बढी प्रख्यात रहेको छ। आईओएस बेस्ड यस एपको एन्ड्रोइडका लागि बिटा भर्जन (Beta Version) ल्याइएको छ।
यस एपका मद्दतले स्न्यापच्याट जस्तै फिचर कम्पनी फेसबुकमा दिने तयारी गरिरहेको जनाइएको छ।
]]>
9109 0 0 0
चीनसँग विद्युत व्यापारको रणनीतिक योजना तयार http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b/ Fri, 11 Mar 2016 16:18:10 +0000 http://www.ghumphir.com.np/?p=9112
२८ फागुन, काठमाडौं ।
नेपालले भारतसँग जस्तै चीनसँग जलविद्युत आयोजना निर्माण तथा विद्युत व्यापारको रणनीतिक योजना तयार गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ७ देखि हुने चीनको औपचारिक भ्रमणमा उक्त योजनालाई मूर्तरुप दिन समझदारीपत्रमा हस्ताक्षरको प्रस्ताव गर्ने सरकारको तयारी छ।
नेपालले गर्ने प्रस्तावमा जलविद्युत आयोजना र प्रसारण लाइन निर्माण,प्रविधि आदान–प्रदान लगायत विषय समेटिनेछन् । चीनसँग समझदारी भएत्यो भारतसँग गरिएको विद्युत खरिद सम्झौता (पिटिए) भन्दा फरक र वृहतहुने ऊर्जा मन्त्रालयका प्रवक्ता तथा नीति महाशाखा प्रमुख सञ्जय शर्माले बताए । 'दुई देशबीच जलविद्युत आयोजना निर्माण, अन्तरदेशीय प्रसारण लाइन लगायत ऊर्जा विकासमा दीर्घकालीन सहकार्य गर्ने गरी प्रस्ताव तयार गरिएको छ,' उनले बिहीबार नागरिकसँगभने, 'तयार गरिएको प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाइएको छ । त्यहाँबाट आउने प्रतिक्रियाका आधारमा समझदारीको आधार तय हुन्छ ।' प्रधानमन्त्रीको भ्रमणका बेलानेपालले गरेको प्रस्तावमा समझदारी हुने अपेक्षा गरिएको पनि शर्माले बताए। मन्त्रालयले पिटिए गर्न सहसचिवतहको संयन्त्रले तयार पारेको दीर्घकालीन 'मोडालिटी'अघि बढाउन दुई देशकाऊर्जा सचिवस्तरको कमिटि गठन गर्ने प्रस्ताव गरेको छ । उक्त कमिटिले नै आवश्यक काम तथा प्रक्रिया अघि बढाउन सकिने प्रस्ताव समेत गरिएको छ । पिटिएको आधार तय गर्न चीनसँग जोडिएका चार ठाउँमा अन्दरदेशीय प्रसारण लाइन निर्माणको प्रस्ताव समेत गर्ने भएको छ। मन्त्रालयका अनुसार लामाबगर (माथिल्लो तामाकोसी नजिक), रसुवागढी, कोसी कोरिडोर र तातोपानी नाका जोड्ने गरी उच्चक्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रस्ताव छ । चीनले यसअघि (असोज ११ गते) नै दुई देशबीच पिटिएको आधार तय गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव गरेको थियो । चिनियाँ जलस्रोत मन्त्रालय अन्तर्गतको 'हान्जाउ रिजनल सेन्टर'ले आयोजना निर्माणदेखि प्रविधि हस्तान्तरण सम्मको समझदारी गर्न इच्छा देखाएको थियो । जलविद्युत आयोजना, प्रसारण लाइन निर्माण लगायत ऊर्जाको वृहत विकास गर्न दुवै देशको उतिकै चासो भएकाले प्रधानमन्त्रीको भ्रमणमा समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना रहेको मन्त्रालयका अधिकारीको भनाइ छ । चीनले दुई देशको सहकार्यमा पाकिस्तान लगायत एसियाली मुलुकमा ठूला जलविद्युत आयोजना निर्माण गर्दै आएको छ। ऊर्जा क्षेत्रको व्यापक विकास गर्न उक्त सहकार्य गर्न पनि चीनले चासो देखाएको छ । चीनसँग पिटिए भएएको दुई वर्षभित्र रसुवागढी, बाह्रबिसे र खाँदबारी सबस्टेसन सम्म चीनको बिजुली ल्याएर जोडन सकिने प्राधिकरणले जानकारी दिएको छ । 'तीनवटै सबस्टेसन २२० केभी क्षमताका हुन्,' नेपाल विद्युत प्राधिकरणका एक इन्जिनियरले नागरिकसँग भने, 'नेपालले चिलिमेदेखि चीनको सीमा रसुवागढी नाका सम्मको करिब २० किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको प्रस्ताव समेत गरेको छ ।' अन्य विन्दुमा प्रसारण लाइन बनाउन नेपाल र तिब्बततर्फ थप अध्ययन गर्नुपर्ने हुँदा तत्काल प्राधिकरणले पहिचान गरेका तीन विन्दुमा चीनबाट आयात बिजुली जडान गर्न सकिने ती इन्जिनियरको भनाइ छ । 'प्राधिकरणले चिलिमे–रसुवागढीसम्मकै प्रसारण लाइन निर्माणलाई जोड दिएको छ,यसलाई ४ सय केभीसम्म स्तरोन्नती गर्न पनि सकिन्छ,' उनले भने । चीनको ल्हासा स्थित यार्लुङ सेङ्गे, पार्लाङ,प्वाङ डाउ नदीमा क्रमशः ५ सय ६० मेगावाट, ३ सय ६० मेगावाट र १ सय ६० मेगावाटका आयोजना निर्माण भइरहेका छन् । प्राधिकरणका अनुसार उक्त आयोजनाको बिजुली सजिलै नेपालसम्म 'सिंक्रोनाइज'गर्न सकिन्छ । विद्युत व्यापार गर्न चीनले 'एसेस्ट सुपरभिजन एन्ड एडमिनिस्टेसन कमिसनअफ स्टेट काउन्सिल'लाई जिम्मादिएको छ । पिटिएको प्रक्रिया अघि बढाउँदा उक्त सरकारी कम्पनी र प्राधिकरणबीच पनि सहकार्य हुनुपर्ने प्राधिकरण अधिकारीको भनाइ छ । चीनमाअहिले ६ वटा हजार केभी क्षमताका राष्ट्रिय ग्रिड (प्रसारण लाइन) सञ्चालनमा छन् । उसले त्यसलाई नेपालको सीमाअर्थात तिब्बतसँग जोड्ने तयारी गरिरहेको छ । चिनियाँ सरकारी अधिकारीले विद्युतव्यापार गर्न प्रसारण लाइन निर्माण गर्नुपर्ने हुँदा तिब्बतदेखि नेपाल सम्मको दूरी पहिचानगर्ने प्रक्रियासमेत सुरु गरेको प्राधिकणले जनाएको छ । नेपाल र भारतबीच गत वर्ष कात्तिक ४ गते पिटिएमा हस्ताक्षर भएको थियो । उक्त समझदारीले भारत लगायत, बंगलादेश, भुटान, पाकिस्तान लगायत मुलुकसँग बिजुली किनबेच गर्न सकिने आधार तय गरेको छ । नेपाल र चीनबीच बिजुली किनबेचको यस्तै सम्झौताहुने हो भने भविष्यमा नेपालको बिजुलीको बजार फराकिलो हुनेछ । नेपालमा बढी भएको बिजुली समेत चिनियाँ बजारमा बेच्न सकिनेछ भने बिजुली आयातमा भारतसँग मात्र रहेको निर्भरता समेत हट्नेछ । चीनमा अहिले जलविद्युतको करिब २३ प्रतिशत र हावाबाट निकालिएको बिजुलीको हिस्सा ७ प्रतिशत छ । बाँकी सबै कोइलाबाट उत्पादित बिजुली प्रयोगमा आइरहेको छ । चीनमा मागको तुलनामा बिजुलीको आपूर्ति बढी भएकाले पिटिए गरेर प्रसारण लाइननिर्माण भएको खण्डमा उसले यहाँ आवश्यक पर्दा सजिलै बिजुलीदिन सक्ने प्राधिकरणको तर्क छ । सरकारले पिटिएसहित प्रधानमन्त्री ओलीको भ्रमणका बेला बूढीगण्डकी जलाशय(१२०० मेगावाट) आयोजनाका लागि सहुलियत ऋण, सुनकोसी तेस्रो, तमोर र किमाथांका अरुणका लागिलगानी जुटाइदिन आग्रहगर्ने भएको छ ।साथै उपत्यका भित्रको विद्युतवितरण प्रभावकारी बनाउन मोनोपोल उपलब्ध गराइदिने प्रस्ताव छ ।नेपालले गरेको प्रस्तावमा चीनले चासो दिएमात्र द्विपक्षीय छलफल हुने मन्त्रालयका अधिकारी बताउँछन् ।
]]>
9112 0 0 0
पर्यटक र पाहुनाको आवास http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%b0-%e0%a4%aa%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b5%e0%a4%be%e0%a4%b8/ Fri, 11 Mar 2016 16:25:51 +0000 http://www.ghumphir.com.np/?p=9114 9114 0 0 0 हाते कागज उद्योग http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%a4%e0%a5%87-%e0%a4%95%e0%a4%be%e0%a4%97%e0%a4%9c-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97/ Fri, 11 Mar 2016 16:28:07 +0000 http://www.ghumphir.com.np/?p=9117 9117 0 0 0 भत्किएको पुल http://localhost/ghum/%e0%a4%ad%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%b2/ Fri, 11 Mar 2016 16:32:30 +0000 http://www.ghumphir.com.np/?p=9120 9120 0 0 0 'जाउँ है स्वरेक' http://localhost/ghum/%e0%a4%9c%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%b9%e0%a5%88-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%87%e0%a4%95/ Fri, 11 Mar 2016 16:36:20 +0000 http://www.ghumphir.com.np/?p=9123 प्रकाश बज्राचार्य
झम्के साँझ । चिसो मौसम । स्याङजाको स्वरेक गाँउ (१६००मिटर) । पञ्चेबाजा र लोकगीतको धुन । सबै मस्त । जति थाके पनि गाउन र नाच्नमा साइकले पनि कम थिएनन् । अत्यमा निरज थापा दाइले राष्ट्रिय गीत 'बनेको छ पहराले यो छाती मेरो' गाएर कार्यक्रम समापन गरियो।
साइकल यात्रा कठिन भए पनि गन्तव्यमा पुग्न सकेकामा सबैको छाती गर्वले फुलेको थियो । हामी पोखराबाट 'जाउँ है स्वरेक' अभियानमा निस्केका थियौं । आयोजक थियो, होटल माउन्ट कैलाश । कतिपय पर्यटनकर्मी गाडिमा स्वरेकतिर लागे । हामी भने साइकलमा । sorek साइकल सिटी पोखराका अध्यक्ष जितेन्द्रमान शाक्य दाइको नेतृत्वमा हामीले साइकल कुदायौं । उकालो सकिए पछि भकुण्डेमा केही बेर रोकियौं । जाँदाजाँदै बीच बाटो बगालथोकमा कफि पिउदै गरेका तत्कालीन खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र पश्चिमाञ्चल खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलसँग भेट भयो । उहाँहरुलाई शंकर भाइले साइकल सिटी पोखराबारे बताए ।त्यसपछि हामी स्याङ्गजाबजार तर्फ हानियौ । बजारमा जिविसले स्वागत ग¥यो । त्यसपछि हामी स्वरेक उकालो लाग्न नपाउँदै बगरे बजारमा आमा समुहले खादा लगाइ दिए । सर्बत पिलाए । बाटो बाटोमा यात्रीलाइ दुना टपरीमा दही खुवाउने देखि ठाँउ ठाँउका अबिरे जात्राले रात्तै भयौं । पाउदानी घुमाउन सकस थियो । ग्राबेल कच्ची र धुलो अनि उकालो । तैपनि हामी अघि बढ्यौं । साइकल यात्री आउँछन भनेर स्कुले बाबु नानी स्वागत गर्न बसेका रहेछन् । तर, हामी ढिला पुगेकाले उनीहरु फर्केछन् । सुन्दा मन कटक्कै खायो । साथीहरु गणेशजङ्ग थापा, हरिबहादुर थापा, लोक थापा, जितेन्द्रमान शाक्य, निरज थापा, तिर्थ अवस्थी राजु थापा, रक्षे लामा, टोक्केल शेर्पा, शंकर भण्डारी, खेमनारायण ढकाल, तुल गुरुङ्ग जाउँ है स्वरेक कार्यक्रममा पाउदानी चलाउने यात्री । पच्चे बाजा बजाउने र स्वागत गर्ने समुह डाँडा माथि हुँदा अनि त्यस ठाउँ अगाडि साइकल चलाउदै पुग्नु पर्दा उकालोमा हामीलाई हम्मे हम्मे थियो । स्वरेक भञ्ज्याङ्गमा भैरव कालिका आमा समुहले पञ्चेबाजा र अबिर जात्रासाथ भब्य स्वागत गरे पछि कालिका मन्दिर पुग्यौ । पर्खाल भित्र ठुलो ६ फिट गहिरो ७ फिट चौंडा खाल्डोमा भैरब शिला रहेछ । जुन शिला बर्षको १ पटक आफै घुम्छ रे । यो शिला वालिङ्गको पेखुबाट उडेर यस मन्दिरमा बास बस्न आएको कथा छ । मुसलधारे पानी पर्दा पनि खाल्डोमा पानी जम्दैन रे । मन्दिरप्रति स्वरेक गाँउको ठुलो आस्था छ । मन्दिर दर्शन गरेर फर्के पछि हामी लखतरान हुदै महापुर आइपुग्यौ । भोकका बेला आमा समुहले दिएको मकै भटट र मोही मिठो मानी खाइयो । त्यस पछि हामी अन्तिम गन्तब्य स्वरेक मैदान पुग्यौ । जहाँ लोकभाका गीत र पञ्चेबाजा गुञ्जिँदै थियो । आयोजकले सुत्न मैदानमा टेन्ट लगाएको थियो । त्यही टेन्टमा थाकेका ज्यानलाई केहि बेर आराम गरे पछि हामी रमाइलोतिर लाग्यौं । खाना खाएर घरमा भएको भए चुकुल लगाउथ्यौ होला, पहिलोपटक खुला आकाशमा टेन्टमा सररर फस्नर लगाई चुकुल लगाई स्लिपिङ्ग ब्याग ओडेर सुतियो । स्वरेक मैदानमा नारी जागरण आमा समुहद्धारा ०५२ सालमा निर्मित बाल शिब मन्दिर र मैदान नजिकै पोखरी र पुरानो राजेन्द भवानी मन्दिर पनि रहेछ । पोखरीलाई बुढापाका सीता पोखरी भन्छन् । जुन पोखरीमा हिउँदमा पनि पानी हुन्छ । यसलाई भवानी थुम भनिन्छ । राजेन्द्र भवानी मन्दिरको नाममा विद्यालयको नामाकरण गरिएको छ । स्वरेकबाट माछापुच्छे, धवलागिरी, अन्नपूर्ण लगायत हिमाल देखिन्छ । प्याराग्लाडिङ्गका लागि समेत स्वरेक उपयुक्त छ । त्यहाँबाट सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ । मौसमले साथ दिए त्यहाँबाट पाल्पा पनि देखिन्छ । स्वरेकलाई वालिङ्ग नगरपालिका, भीरकोट नगरपालिका र कालिकाकोट गाविसले घेरको छ । प्याराग्लाडिङ्ग पाइलट सानु बाबु सुनारले नेपालकै पहिलो प्याराग्लाडिङ्ग स्कुल 'बाबु एडभेञ्चर स्कुुल' ०७३ वैशाखबाट सुरु गर्दै छन् । उनले त्यहाँ रिसोर्ट पनि चलाएका छन् । सुनुुवारले सन २००८ मा अमेरिकामा प्याराग्लाडिङ्ग प्रशिक्षण लिएका थिए भने सन २०११ मा स्विजरल्याण्डबाट प्याराग्लाडिङ्ग लाइसेन्स । सगरमाथाको चुचुरोबाट प्याराग्लाडिङ्गमा उडेका उनले सन २०१२ मा नेसनल जियोग्राफिबाट साहसिक अर्वाड पाएका थिए । उनले सन २०१३ मा अफ्रिका महादेशको अग्लो शिखर माउण्ट किलिमञ्जारोबाट पहिलो प्याराग्लाडिङ्ग गरि बिश्व किर्तिमान राखेका थिए । स्वरेकमा १२५० घर धुरी छ । स्वरेकमा बाह्मण, क्षेत्री, ठकुरी, मगरका साथै अरु जातीको बसोबास छ । त्यहाँ होमस्टे सुरु हुँदै छ । खानामा स्वरेकमै उत्पादित अर्गानिक स्वाद पाइन्छ । प्रकृति प्रेमिका लागि उपयुक्त छ स्वरेक । हामी बिहान साइकलमै स्याङ्गजा हुदै पोखरा फर्कियौं । कसरी पुग्ने ः पोखराबाट स्याङ्गजा बालिङ्ग जाने बस सजिलै पाइन्छ । पोखराबाट ५२ किमि स्याङ्गजाको बयरघारी हुदै १० किमि कच्ची पश्चिम आँधिखोला तरेर मोटरेबल बाटो हुँदै सुन्दरबजार (बगरे बजार ) तिलाहार नेटा हुदै स्वरेक भञ्जाङ्ग पुगिन्छ । त्यहाँबाट स्वरेक मैदान । स्याङ्गजाको वालिङ्गबाट पनि उत्तर अमले, दौबा, धनपुरे, टापुभञ्जाङ्ग, महापुर हुँदै स्वरेक मैदान पुगिन्छ भने सडक मार्ग छाडेर कच्ची बाटो हुदै बयरघारी र बालिङ्गबाट स्थानिय जीपबाट ३५ मिनेटमा स्वरेक मैदान पुग्न सकिन्छ ।
]]>
9123 0 0 0
चीनबाट ग्यास ल्याउँदा सय रुपैयाँ सस्तो http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%b8%e0%a4%af/ Sat, 12 Mar 2016 01:14:56 +0000 http://www.ghumphir.com.np/?p=9127 मोहन गुरुङ

काठमाडौं, २९ फागुन – भारतले हाल दिइरहेको ग्यासको तुलनामा चीनबाट ल्याउँदा प्रतिसिलिन्डर सय रुपैयाँ सस्तो पर्ने देखिएको छ । आपूर्ति मन्त्रालयका सहसचिव उत्तम नागिलाको नेतृत्वमा चीन गएको टोलीले गरेको अध्ययनअनुसार नेपालले सस्तोमा ग्यास पाउने देखिएको हो । चिनियाँ कम्पनी साइनो प्याक्सले भारतको भन्दा कम मूल्यमा ग्यास प्रस्ताव गरेको छ ।

LP_gas_cilinder

साइनो प्याक्सले प्रतिकिलो ग्यास ३.५ चिनियाँ युयान (५८ रुपैयाँ) मा दिन सकिने प्रस्ताव नेपाललाई गरेको छ । यो चीनको स्थानीय करसहितको मूल्य हो । प्रतिसिलिन्डर अर्थात् १४.२ किलो ग्यासलाई ८२३ रुपैयाँ पर्छ । भारतीय आयल कर्पाेरेसन (आईओसी) रक्सौलमा प्रतिसिलिन्डर ग्यासको मूल्य ९२२ रुपैयाँ पर्छ । राजस्व र मूल्य अभिवृद्धि करसहित मूल्य २०७ रुपैयाँ थपिन्छ । ढुवानी, कसिनलगायत खर्च जोड्दा उपभोक्ताले १ हजार ४०० रुपैयाँमा किनिरहेका छन् । सो मूल्यमा नेपाल आयल निगमलाई प्रतिसिलिन्डर ९७ रुपैयाँ घाटा छ । “यो हिसाबले चीनको मूल्य धेरै कम छ,” मन्त्रालयका सहसचिव नागिलाले भने, “ग्यास आयात गर्न सम्भव पनि देखिएको छ ।”

ढुवानी खर्चलगायत जोड्दा पनि चीनको ग्यास भारतको भन्दा सस्तो हुनेछ । तर, नेपालतर्फको सडक कच्ची भएकाले समस्या भने हुनेछ । साइनो प्याक्सले आफ्नो रिफाइनरी अवलोकन गर्न आपूर्ति मन्त्रालयलाई प्रस्ताव गरेको थियो । सोही सोहीअनुसार सहसचिव नागिलाको नेतृत्वमा उपसचिव नवराज ढकाल चीन गएका थिए । “चीनले ग्यास आफ्नै देशमा उत्पादन गर्ने रहेछ, अपुगमात्र विदेशबाट आयात गर्छ,” नागिलाले भने, “त्यही भएर सस्तो परेको हो ।” सिन्दो रिफाइनरी बेइजिङबाट हजार किलोमिटर टाढा छ । भारतले सबै पेट्रोलियम कच्चा पदार्थ खाडी मुलुकबाट आयात गर्छ । चीनले घर–घरमै ग्यास पाइप फिट गरेर चुलो बाल्दै आएको सहसचिव नागिलाले बताए । “सुरक्षाको हिसाबले पनि चीनको ग्यास खतरामुक्त पायौं,” उनले भने, “भारतबाट आएको एलपीजी ग्यासमा अलि बढी खतरा छ ।”

आपूर्ति मन्त्रालयले चीनबाट ग्यास आयात गर्न छलफल अघि बढाइरहेको छ । प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा चीनसँग इन्धन सम्झौता हुने मन्त्रालयले जनाएको छ । ओली चैत ७ गते चीन जाँदैछन् । “दुई सरकारबीच छलफल गरेर सम्झौतामा पुगे चीनले इन्धन दिन्छ,” सहसचिव नागिलाले भने । साइनो प्याक्स चीन सरकारको स्वामित्वमा रहेको कम्पनी हो । झन्डै ६ महिनाअघि नेपाल आयल निगम र चीनको पेट्रो चाइनाबीच नेपालको मागको एकतिहाइ इन्धन आयात गर्ने विषयमा सम्झौता भएको थियो । भारतको नाकाबन्दीपछि वैकल्पिक रूपमा इन्धन ल्याउन चीनसँग नेपालले सम्झौता गरेको हो । चीनले १३ लाख लिटर अनुदान पेट्रोल उपलब्ध गराइसकेको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको टोलीले थप १३ लाख लिटर पेट्रोल चीनबाट लिने सम्झौता गरे पनि प्राप्त हुन सकेको छैन । हाल आईओसीले नेपालले माग गरेजति इन्धन उपलब्ध गराएको छैन । दैनिक ४५ देखि ५५ बुलेटमात्र ग्यास उपलब्ध गराउँदै आएको छ । लामो नाकाबन्दी भएकाले नेपालमा ग्यासको माग बढेको छ । सामान्य दिनमा ६०–६५ बुलेट आवश्यक पर्नेमा हिजोआज दैनिक ९० बुलेट ग्यास भित्रिनुपर्ने निगमको अनुमान छ ।

]]>
9127 0 0 0
चिनियाँ जहाज ल्याउन कर्मचारीले असहयोग गरेपछि http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae/ Sat, 12 Mar 2016 01:19:04 +0000 http://www.ghumphir.com.np/?p=9129 केदार दाहाल

काठमाडौं, २९  फागुन- चिनियाँ जहाज ल्याउनेसम्बन्धी फाइल अघि बढाउन कर्मचारीले असहयोग गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले आफैं मन्त्रिपरिषद्मा प्रस्ताव लगेका छन् । मन्त्रालयका सचिव प्रेमकुमार राई र उनीमातहतका अधिकारीहरूले टिप्पणी उठाउन अस्वीकार गरेपछि जहाज खरिदसम्बन्धी ठाडो प्रस्ताव उनले सोमबार मन्त्रिपरिषद््मा लगेका हुन् ।

nepal-airlines1प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका बेला थप जहाज भित्र्याउने यसअघिको सम्झौतामा प्रगति देखाउनुपर्ने ‘दबाब’मा रहेका मन्त्री पोखरेलले यस्तो प्रस्ताव लगेपछि मन्त्रालय र नेपाल वायुसेवा निगमका अधिकारी भने असन्तुष्ट देखिएका छन् । निगमलाई हालकै जहाज अनावश्यक बोझ बनिरहेका बेला सरकार भने पुरानो निर्णय कार्यान्वयन गर्नुपर्ने बाध्यतामा छ । जहाज खरिदको विषय यतिबेला नाफा–नोक्सानभन्दा पनि कूटनीतिक सम्बन्धको तहमा पुगिसकेको छ । चिनियाँ जहाज ल्याउन निगम व्यवस्थापन र मन्त्रालयकै उच्च अधिकारी सहमत नहुने तर सरकार ल्याउनुपर्ने बाध्यतामा परेपछि मन्त्रिपरिषद््बाट निर्णय गराउने सुरक्षित बाटो रोजिएको हो । कर्मचारी भने अहिले मन्त्रीको दबाबमा टिप्पणी उठाउँदा भोलि अख्तियारले मुद्दा लगाउनसक्ने त्रासमा छन् ।

सचिव राई यसअघि अख्तियारमै रहिसकेका छन् । मन्त्रीले किन ठाडो प्रस्ताव लगेको भन्ने कारोबारको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिन चाहेनन् । विवादित विषय बनेको चिनियाँ जहाज खरिद प्रकरणमा संवैधानिक निकायले प्रश्न उठाउने देखिएपछि मन्त्रिपरिषद््बाट निर्णय गराउने सहज बाटो रोजेको प्रस्ट छ । निगम सञ्चालक समितिका कुनै पनि सदस्य जहाज ल्याउने विषयमा निर्णय गरेर हस्ताक्षर गर्ने पक्षमा नदेखिएपछि मन्त्री आफैं अघि बढेका हुन् । सरकारले एउटा एमए– ६० र तीनवटा वाई– १२ जहाज खरिदका लागि मन्त्रिपरिषद््मा प्रस्ताव लगेको हो । चीनले गत वर्ष ५६ सिट क्षमताको एमए– ६० र १८ सिट क्षमताको वाई– १२ जहाज अनुदानमा दिएको थियो । निगम व्यवस्थापन सकारात्मक भए जहाज ल्याउने निर्णय सञ्चालक समितिले गरे पुग्छ । सचिव राई भने यो स्वीकार्न तयार छैनन् । “सञ्चालक समितिको निर्णयले मात्र हुने भए यसअघि नै रकम पठाइसकिएको छ, किन निर्णय भएन त !” राईले उल्टै प्रश्न गरे । उनी निगम सञ्चालक समितिका अध्यक्षसमेत हुन् । हाल चीनले अनुदानमा दिएको वाई– १२ ई जहाज ६ महिनादेखि प्रशिक्षक पाइटलको अभावमा ग्राउन्डेड छ ।

निगम सञ्चालक समितिले चीनले अनुदानमा दिएको जहाजको समस्या समाधान नगरेसम्म अर्को जहाज नल्याउने निर्णय गरेको थियो । जहाज दिएको डेढ वर्ष बितिसक्दा पनि निर्माता एभिक इन्टरनेसनल होल्डिङ कम्पनीले समस्या समाधान गर्न चासो दिएको छैन । व्यावसायिक रूपमा खरिद गर्नुपर्ने जहाजलाई सरकारले कूटनीतिक विषय बनाएर ल्याउन खोजेको छ । “पुरानो समस्या समाधान नगरी जहाज ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गर्नुको विकल्प छैन,” निगमका एक अधिकारीले भने । नेपाल र चीन सरकारबीच भएको जहाज खरिद सम्झौताअनुसार डेलिभरी हुन नसकेका जहाजको अध्ययन गर्न प्राविधिक टोली चीन गएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एक तथा नेपाल एयरलाइन्सका तीनजना प्राविधिकको टोली गत महिना चीन गएको थियो । सरकारलाई प्राविधिक समितिले समेत सकारात्मक जवाफ दिएको भन्दै मन्त्री पोखरलेले जहाज खरिद निर्णय मन्त्रिपरिषद्बाट गराउन प्रस्ताव लगेका हुन् । चिनियाँ जहाज ६ वटा किन्न ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋणमा निगमलाई एक्जिम बैंकमार्फत ऋण उपलब्ध गराइएको छ । उ

क्त रकममध्ये २ अर्ब ९४ करोड १० लाख रुपैयाँ एमए– ६० र एउटा वाई– १२ ई अनुदानमा लिन उपयोग गरिनेछ भने बाँकी ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँमा एउटा एमए– ६० र तीनवटा वाई– १२ ई जहाज ऋणमा खरिद गर्ने गरी सम्झौता भएको छ ।

]]>
9129 0 0 0
भारतमा सवारी मूल्य बढ्यो, नेपालमा नबढ्ने http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Sat, 12 Mar 2016 01:21:57 +0000 http://www.ghumphir.com.np/?p=9132 शिव बोहरा

काठमाडौं, २९ फागुन – भारतको युनियन बजेट २०१६/१७ सार्वजनिक भएसँगै सवारी साधनको मूल्यवृद्धि भएको छ । गत साता सार्वजनिक भएको युनियन बजेटअनुसार सवारीसाधनको मूल्य ४ प्रतिशतसम्म बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, नेपालमा भने तत्काल यसको असर नपर्ने व्यवसायी बताउँछन् ।

भारतले आन्तरिक बजारमा खपत हुने सवारी साधनमा मात्रै अतिरिक्त कर लगाएकाले नेपालमा असर नपरेको हो । नेपालमा आयात गरिने सवारी साधनको मूल्यवृद्धि नहुने जानकारी प्राप्त भएको नाडा अटोमोबाइल्स डिलर एसोसिएसनका अध्यक्ष तथा लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले जानकारी दिए । “प्राप्त जानकारीअनुसार भारतबाट निर्यात हुने सवारीमा यो मूल्यवृद्धि लागू हुनेछैन,” उनले भने, “निर्यातमा मूल्यवृद्धि लागू नहुने भएपछि नेपालमा प्रभाव पर्नेछैन ।” भारतीय बजारमा मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव पर्छ नेपालमा पर्छ भन्ने उपभोक्ताको बुझाइ छ । भारतमा जापानी कार निर्माता कम्पनी निसानले भारतीय उत्पादनका सबै रेन्जमा ४ प्रतिशतसम्म मूल्यवृद्धि हुने बताएको छ ।

निसानले भारतीय बजारमा सवारीको सेग्मेन्टअनुसार १ देखि ३.५ प्रतिशतसम्म मूल्यवृद्धि हुने जनाएको छ । निसानका अनुसार डटसन मोडल (डिजेल इन्जिन)को मूल्य १ प्रतिशत र टेरानो र मध्यम साइजको सेडान सन्नीको मूल्य ३.२५ देखि ३.५ प्रतिशतसम्म बढेको छ । जापानी कम्पनी निसान मोटर कम्पनीको पूर्ण स्वामित्वको सब्सिडियरी निसान मोटर इन्डियाका भारतीय बजारमा इन्ट्री लेभल मोडल माइक्रा एक्टिभदेखि टेरानो एसयूभीसम्म छन् । यसको मूल्य ४.४७ लाखदेखि १३.२ लाख भारुसम्म पर्ने कम्पनीले जनाएको छ । इन्ट्रिलेभल कार डटसन गो र बहुउपयोगी डट्सन गो प्लसको मूल्य ३.२३ देखि ४.७८ लाख भारु (दिल्ली सोरुममा) पर्छ । भारतीय बजारका मुख्य अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डिया र टाटा मोटर्सले पनि सवारी साधनको मूल्यवृद्धि गर्ने घोषणा गरिसकेका छन् । मारुती सुजुकीले १ हजार ४४१ देखि ३४ हजार ४९४ भारुसम्म वृद्धि गरेको छ । जर्मन विलासी कार निर्माता कम्पनी मर्सिडिज–बेन्ज र टाटा मोटर्सले पनि सबै उत्पादनमा मूल्य बढाउने घोषणा यसअघि नै गरिसकेका छन् ।

मर्सिडिजले मार्च १५ देखि लागू हुने गरी आफ्ना उत्पादनमा ५ लाख भारुसम्म मूल्यवृद्धिको निर्णय गरेको छ भने टाटा मोटर्सले प्यासेन्जर भेइकलको मूल्य २ हजारदेखि ३५ हजार भारुसम्म वृद्धि गरेको छ । महेन्द्रा एन्ड महेन्द्राले पनि अप्रिल १ देखि लागू हुने गरी प्यासेन्जर भेइकलको मूल्य ५ हजार ५०० देखि ४७ हजार भारुसम्म वृद्धि गर्ने निर्णय गरेको छ । नेपाल भित्रिने अधिकांश सवारी भारतमै उत्पादन हुन्छन् । केही सवारीमात्र तेस्रो मुलुकबाट आयात हुने व्यवसायी बताउँछन् । भारतीय बजारमा भएको मूल्यवृद्धिको असर नेपालमा नदेखिनु उपभोक्ताका लागि खुसीको कुरा भएको नाडा अटोमोबाइल्स डिलर एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताए ।

]]>
9132 0 0 0
मनास्लुको काखमा अवस्थित सिउरुङ http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%96%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%a4/ Sat, 12 Mar 2016 01:38:54 +0000 http://www.ghumphir.com.np/?p=9134 छबिलाल बगाले

 विविधताको खानी हो सिउरुङ गाउँ । शीरमा सेता हिमाल । मध्य भागमा घना जंगल । अनि त्यसको पुछारमा धपक्क बलेको बाक्लो गाउँ । पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको गाउँ हो सिउरुङ । मनास्लु हिमालको काखमा अवस्थित सिउरुङ गाउँ उत्तरी लमजुङको खुदी गाविस वडा नम्बर ८ र ९ मा पर्छ ।

ghumaune-ghar

मुलुकमा शान्ति भित्रिएसँगै गाउँलेहरू आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कम्मर कसेर लागेका छन् । शान्ति बहालीको प्रक्रियासँगै सिउरुङमा आउने स्वेदशी तथा विदेशी पर्यटकको संख्यामा वृद्धि हुन थालेपछि सिउरुङका बासिन्दा मख्ख छन् । सिउरुङ गाउँ लमजुङका अन्य गुरुङ गाउँहरूभन्दा अलि भिन्न छ । यहाँको चालचलन, रितिरिवाज र यहाँको रहनसहन पनि बेग्लै छ । जिल्लाका धेरै गुरुङ गाउँहरु पर्यटकीय सम्भावना बोकेका छन् । यीमध्ये सिउरुङ फरक शैली भएको गाउँ हो । गाउँमा आन्तरिक होस् या बाह्य पर्यटक नै किन नहोस्, यहाँका बासिन्दाहरु पाहुना आएको सुइँको पाउनासाथ खाजा लिएर बाटोमै लिन आइपुग्छन् । पर्यटकहरुको स्वागत सत्कार गर्न खप्पिस सिउरुङे गुरुङ सोल्टी र गुरुङसेनी सोल्टिनीहरु डोकोमा पर्यटकका सामान बोकेर गाउँसम्म ल्याइदिन्छन् ।

मोटरबाट ओर्लिन नपाउँदै यहाँका बासिन्दाहरुले पर्यटकलाई फूलको माला, पुष्पगुच्छा गलामा पहिराइदिँदै दहीमा मुछिएका सेता अक्षता निधारमा लगाइदिन्छन् । केहीले भने पर्यटकहरुलाई खाजा खुवाउन थाल्छन् । गाउँमा पुग्नेबित्तिकै गाउँलेहरु कोही फूलका माला लिएर बसेका हुन्छन् भने कोही दहीमा मुछेको सेता अक्षताका थाली र खाजामा गुन्द्रुकको अचार, च्याउको परिकार अनि डालाभरि सेलको रोटी लिएर । पर्यटकहरुलाई स्वागत र खाजा खुवाउने काम सकिएपछि बाजागाजासहित परम्परागत पोसाकमा ठाँटिएका बूढाबूढी, युवायुवती, केटाकेटी र गाउँका गन्यमान्यहरु पर्यटकलाई आफ्नाबीचमा राखेर नाच्दै र गाउँदै गाउँ भित्र्याउने चलन छ ।

Lamjung_view

“पाहुनालाई गाउँको समाज घरमा राखेर सत्कार गर्नु, घाँटु, कृष्ण चरित्र, घ्याब्रे, पच्यु, लामा, सोरठीलगायत परम्परागत नृत्य प्रस्तुत गर्नु सिउरुङबासीको परम्परा हो,” सिउरुङ ग्रामीण पर्यटन व्यवस्थापन समितिका सचिव उमरबहादुर गुरुङ भन्छन्, “गाउँमा आएका पाहुनालाई आत्मियताका साथ स्वागत गर्नु सिउरुङबासीको धर्म हो । अतिथि सत्कारका लागि सिउरुङका सबै बासिन्दा उत्साहित हुन्छन् ।” प्रकृतिले सिंगारिदिएको सिउरुङ आफैंमा सुन्दर पनि छ । लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छे«, मनास्लुलगायत आधा दर्जन हिमशृङ्खलाका मनमोहक टाकुराहरु सिउरुङबाट देख्न सकिन्छ ।

बिहानीको मिर्मिरेपछि आफू सुतिरहेको ओछ्यानबाटै सुर्योदयको दृश्यावलोकन ज्यादै रमाइलो देखिन्छ । पुराना शैलीमा बनेका ढुंगा र खरले छाएका घुमाउने घरहरु, बाक्लो गुरुङ बस्ती अनि चौबिसै घण्टा बिजुली, पानीको सेवा र गाउँलेहरुबीचको एकता सिउरुङको विशेषता हो । त्यसो त गुरुङसेनीहरुको आत्मियता, सहयोगी भावना, छल गर्न नजान्ने गुरुङ बाआमा अनि साना स्कुले बालबालिका तथा बूढी आमाहरुको पर्यटकप्रतिको मायालु व्यवहारले सिउरुङ पुगेका पाहुना तुरुन्तै फर्किन मान्दैनन् । अत्यन्तै सुन्दर वनपाखा, लोपोन्मुख चराचुरुंगीको चिर्बिराहट, शितल हावापानीका कारण बाह्रै महिना सिउरुङ आउने–जाने पर्यटकहरुको संख्या उत्साहजनक भएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठको भनाइ छ । “पहिलेको सिउरुङ र अहिलेको सिउरुङमा आकाश–पातालको फरक छ,” अध्यक्ष श्रेष्ठ भन्छन्, “१० वर्षे माओवादी जनयुद्धका बेला सेलाएको पर्यटन क्षेत्र अहिले फस्टाएको छ ।”

phoca_thumb_l_5

समुन्द्री सतहदेखि १८५४ मिटरको उचाइमा अवस्थित पर्यटकीय गाउँ सिउरुङमा फरकफरक शैलीमा निर्माण गरिएका ११५ घरहरु एकैठाउँमा झुण्ड भएर रहेका छन् । यहाँ होमस्टे अर्थात् पाहुना घरबासको पनि व्यवस्था छ । गाउँ ठूलो भएकोले हरेक साता शनिबारका दिन गाउँ सरसफाइ गर्ने चलन पनि यहाँ छ । सिउरुङमा सहरीया खाना भने भेट्न मुस्किल नै रहेको लमजुङ उद्योग वाणिज्य संघका महासचिव श्रीकृष्ण लामिछाने र राइनसकोट पुननिर्माणका संयोजक विवेककुमार पण्डितको अनुभव छ । गाउँघरमा उब्जाइएका धान, मकै, कोदो, भटमास, फापरलगायतका परिकारहरु र स्थानीय खसी, बोका, भेडा तथा कुखुराको मासु, रायोका साग, सिस्नुको खोले, विभिन्न किसिमका च्याउ, कर्कलो सिउरुङका आकर्षण भएको सिउरुङको पर्यटन विकासमा लागिरहेका सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलिया बताउँछन् । गाउँमा बास बस्न पुगेका पाहुनाको सत्कारसँगसँगै आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीहरु पच्यु, घ्याब्रे, लामा, सोरठी, कृष्णचरित्र, झाँक्री, सेर्गा, झ्याउरे, चुट्कालगायत लोपोन्मुख संस्कृतिमा देख्दा गाउँमा फरकपन पाएको नेपाल एकीकृत व्यापार समिति (एनटीआईएस)का कार्यक्रम संयोजक शिव न्यौपानेको भनाइ छ । “धेरैजसो ठाउँहरूमा साँझ रोधी बस्ने चलन हटिसक्यो,” संयोजक न्यौपाने भन्छन्, “रोधी प्रथा हटिसकेको बेला सिउरुङबासीले भने बचाइराखेका छन् ।

गाउँमा पुगेका पर्यटकलाई खुसी पार्न बेलुकी सबै दौंतरी रोधीघरमा भेला भई सुखदुःख साटासाट गर्ने चलन जोगाउनु आवश्यक छ । संस्कृतिको जगेर्ना गर्नु नै पर्यटन हो ।” सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलिया सिउरुङबासीले गाउँमा पुगेका पर्यटकलाई सहजै बिदा नदिने बताउँछन् । “ढिलोगरी बिदा पाएका पर्यटकहरु सिउरुङेहरुको माया ममताले छुट्टिन मान्दैनन् । निधारमा सेतो टीका, गलामा फूलको माला अनि हातमा खाजाको पोको दिएपछि पर्यटकहरु फर्किन मान्दैनन्,” उनले भने । बिदावारी भइसकेका पाहुनाको झोला बोकेर बाटोसम्म पु¥याउन आउने यहाँको पुरानो चलन हो । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने यो गाउँबाट थुर्जु लेक–दूधपोखरी हुँदै कास्कीको पर्यटकीय गाउँ सिक्लेस–ताङतिङ जाने बाटोसमेत छ । त्यस्तै, सिउरुङबाट ताघ्रिङको कालाघिरिङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गको च्याम्चे र नामुनभञ्ज्याङ हुँदै मनाङको तिमाङ निस्कने दुइटा बाटो पनि छ ।

यो पदयात्रा मार्ग सञ्चालन हुन सके पर्यटकको बसाइलाई बढावा मिल्ने सिउरुङका पर्यटन सचिव गुरुङको भनाइ छ । आफ्नो गाउँलाई नेपालमा मात्रै नभई विश्व जगतमा चिनाउने सिउरुङका बासिन्दाको धोको छ । गाउँमा पर्यटक भित्र्याउन सिउरुङबासीमात्रै नभई खुदी गाविसमा तरापु, रावा, काउले, ननम्रो, ढगै र टुनिखर्कलगायतका गाउँ पनि सक्रिय छन् । गाउँभन्दा माथि रहेका खिलाँपु र हर्सिङ डाँडाबाट हिमशृङ्खला, मस्र्याङ्दी र खुदीको नागबेली, चारैतिर झुण्ड शैलीमा रहेका मानव बस्तीहरु अवलोकन गर्न सकिन्छ । सिउरुङबासीले खिलापु डाँडामा भ्युुटावर बनाउने योजना बुनेका छन् । विगतमा भुलभुले बजार नजिकै रहेको टारीकुनादेखि ३ घण्टाको पैदल यात्राबाट मात्रै गाउँमा पुग्न सकिन्थ्यो । तर, अहिले देशविदेशमा छरिएर रहेका गाउँलेहरुले रकम संकलन गरेर गाउँसम्म मोटर बाटो पु¥याएका छन् । अहिले सदरमुकाम बेसीशहरबाट मोटरमा चढेर सिउरुङ गाउँ पुग्न सकिने स्थानीय टसबहादुर गुरुङ बताउँछन् । विगतमा ओझेलमा परेको सिउरुङ गाउँ अहिले विस्तारै बामे सर्दैछ । गाउँमा पर्यटक भित्र्याएर पर्यटन व्यवसायी बन्ने यहाँका बासिन्दाहरुको धोको पनि छ । गाउँ छिर्ने मुख्य प्रवेशद्वारमा सिउरुङबासीले प्रवेशद्वार निर्माण समेत गरेका छन् ।

यसका साथै गाउँमा रोटरी क्लब, रोट्रयाक्ट क्लब, उद्योग वाणिज्य संघलगायतका संघसंस्थाहरुले पनि विभिन्न सहयोग गर्दै आएका छन् । लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पुर्खौदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, संस्कार र संस्कृति छन् । हिमाली काख र स्वच्छ हावापानी रुचाउने गुरुङ समुदायको लमजुङमा बाक्लो बसोबास पनि छ ।

manaslu

एकै ठाउँमा गुचुमुच्च भएर बस्न रुचाउने गुरुङ समुदायभित्र एकता पनि छ । पहिले रोधी हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा समूह, युवा क्लब, बाबा समूह भएर गाउँको विकास निर्माणमा जुटेका छन् । यस्तै, उनीहरु पछिल्लो समय ग्रामीण पर्यटनतर्फ समेत आकर्षित हुन थालेका छन् ।

]]>
9134 0 0 0
क्षमताभन्दा दोब्बर सामान बोक्दै भारतीय ट्रक http://localhost/ghum/%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%a4%e0%a4%be%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a6%e0%a5%8b%e0%a4%ac%e0%a5%8d%e0%a4%ac%e0%a4%b0-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8/ Sat, 12 Mar 2016 01:43:05 +0000 http://www.ghumphir.com.np/?p=9139 मनोरञ्जन शर्मा भैरहवा, २९ फागुन – सडक मापदण्डविपरीत बढी भार वहन गरेका भारतीय ट्रकलाई ट्राफिक प्रहरी रुपन्देहीले कारबाही तीव्र बनाएको छ । विशेषगरी भारतबाट मार्बल, चामल, क्लिंकर, एमएस ब्लेड, खाद्यान्नलगायत सामग्री बोकेर आउने ट्रकमाथिको कारबाही प्रहरीले तीव्र बनाउँदै लगेको हो । सडक डिभिजनले सडक निर्माण गर्दा कुन ट्रकले कतिसम्म भार वहन गर्नसक्ने भनेर सडक निर्माण गर्नुपूर्व नै निर्धारण गरिसकेको हुन्छ । तर, अहिले सडक मापदण्डविपरीत भारतीय ट्रकले क्षमताभन्दा दोब्बर बढीसम्म सामान ढुवानी गर्ने गरेका छन् । सडक डिभिजनले निर्धारण गरेको बाटोको बनावट र क्षमताअनुसार ६ चक्के ट्रकले १० टन, १० चक्केले १७ टन, १२ चक्केले २१ टन र १४ चक्के ट्रकले २५ टनसम्म सामान ढुवानी गर्न सक्ने ट्राफिक कार्यालय रुपन्देहीका निमित्त प्रमुख तथा प्रहरी सहायक निरीक्षक विष्णु जिसीले जानकारी दिए ।

indian truckk“क्षमताभन्दा बढी सामान ढुवानी गरेको पाइएपछि नियन्त्रणका लागि प्रयास सुरु भएको छ । सजिलै अर्को गाडीमा लोड गर्न मिल्ने सामानलाई अर्को ट्रकमा क्षमताअनुसार लोड गरेर लैजाने र बढी क्षमता बोकेबापत जरिवाना पनि लिने गरेका छौं,” उनले भने । भैरहवाको बेलहिया नाका हुँदै नेपाल भित्रिने मालवाहक ट्रक क्षमताभन्दा बढी सामान लिएर आउने गर्छन्, जसले गर्दा नेपालका सडक छिटै बिग्रिने गरेका छन् । क्षमताभन्दा बढी भार वहन गर्ने ट्रकलाई भन्सार बिन्दुबाटै नेपाल प्रवेश गर्न रोक नदिई बढी सामान अर्को गाडीमा लोड गरेर मात्र लैजाने व्यवस्था ऐनमा भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा भारतीय ट्रकले क्षमताभन्दा दोब्बर बढीसम्म सामान बोकेर आउने गरेका छन् । बढी क्षमता भार वहन हुँदा नेपालका सडक तथा पुल जीर्ण बन्दै गएका छन् भने निर्माण सम्पन्न भएको १ वर्षसम्म हुने परीक्षण समय (मर्मत समय) नहुँदै भत्किने तथा सवारी दुर्घटनासमेत बढ्दै गएको छ । बढी भार वहन गरी आउने ट्रकलाई भन्सारमै रोकेर अर्को ट्रकमा लोड गरी ढुवानी गर्ने व्यवस्था भए पनि नेपाली ट्रकले समेत ढुवानी गर्न पाउने लुम्बिनी ट्रक व्यवसायी समितिका अध्यक्ष विष्णु खरेलले बताए । “हामी भन्छौं, बढी भार वहन गर्ने ट्रकलाई नेपाली सडकमा गुड्न दिनै हँुदैन । तर, प्रहरीले नेपाली ट्रकलाई मात्रै बढी भार वहन गरेको पाए अर्को ट्रकमा लोड गराउने तर भारतीय ट्रकलाई १ हजार रुपैयाँ जरिवाना लिएर छाड्छन्,” अध्यक्ष खरेलले भने । ट्राफिक प्रहरीले भने पछिल्लो समय आफ्नो सक्रियता बढाउँदै लगेको ट्राफिक प्रहरी पोस्ट बेलहिया नाकाका इन्चार्ज विष्णु कार्कीले बताए । “अहिले हामीले ओभरलोड गर्ने ट्रकलाई कारबाहीस्वरूप जरिवाना गर्नेमात्रै नभई अर्को ट्रकमा लोड गर्न मिल्ने प्रकृतिका सामान छन् भने अनलोड गराउने गरेका छौं,” उनले भने,” आजमात्रै मार्बल बोकेर काठमाडौं जाँदै गरेका भारतीय ट्रकहरुबाट मार्बल अर्को ट्रकमा लोड गरी क्षमताअनुसार पठाएका छौं ।” दोब्बरभन्दा बढी भार लिएर गए पनि त्यसको फाइदा आमउपभोक्तालाई नभई ढुवानीकर्ता र सामान आयातकर्तालाई मात्रै पुग्छ ।

]]>
9139 0 0 0
औंठी नदिँदा सिन्दूर हाल्दै गरेको बिहे रोकियो ! http://localhost/ghum/%e0%a4%94%e0%a4%82%e0%a4%a0%e0%a5%80-%e0%a4%a8%e0%a4%a6%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%82%e0%a4%b0-%e0%a4%b9%e0%a4%be%e0%a4%b2%e0%a5%8d/ Sat, 12 Mar 2016 01:46:36 +0000 http://www.ghumphir.com.np/?p=9142 २९ फागुन, काठमाडौं । बेहुलीका बुवाले औंठी दाइजो नदिँदा सिन्दूर हाल्दै गरेको बिहे भाँडिएको छ ।

bibahaवीरगन्ज उपमहानगरपालिका १८ लक्ष्मणवाका २२ वर्षीय अनुप वर्णवल र भारत बिहार पश्चिम चम्पारण बेतियाकी २१ वर्षीया पुनमकुमारीबीच बिहीबार राति भइरहेको बिहे भाँडिएको आजको अन्नपूर्णमा समाचार छ ।

आर्दशनगरस्थित महावीर धर्मशालामा भइरहेको विवाह समारोहमा बेहुली पुनको सिउँदोमा सिन्दूर हाल्न अगाडि बढेका बेहुला अनुपलाई उनका बुबा अंकुर वर्णवालले रोकेर दाइजोमा कुबल नै नगरिएको सुनको औंठी बेहुलीका बुबा जगरनाथ वर्णलालसँग मागे ।

सुनारले सुन बनाउन नभ्याएका कारण बेहुलीका बुबाले पछि दिन्छु भन्दै हात जोडे । त्यसपछि अंकुरले औंठी नपाए छोराको बिहे नगर्ने धम्की दिए ।

अनुपले पनि औंठी नपाएसम्म बेहुलीको सिउँदोमा सिन्दूर नहाल्ने अडान लिए । त्यही विषयले विवादको रुप लिदा बेहुला पक्ष र बेहूली पक्षबीच कुटाकुट भएपछि विवाह भाँडिएको हो ।

]]>
9142 0 0 0
सांसदको उपचारमा साढे ५४ लाख खर्च, सांसदले ३ सयदेखि ६ लाखसम्म बुझे http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%a2%e0%a5%87-%e0%a5%ab%e0%a5%aa-%e0%a4%b2/ Sat, 12 Mar 2016 01:50:02 +0000 http://www.ghumphir.com.np/?p=9145  फागुन २९, काठमाडौं । संसद सचिवालयबाट एक सय ५९ सांसदले उपचार खर्च लिएका छन् ।दोस्रो संविधानसभाका सांसदहरुले उपचार खर्चका नाममा माघ मसान्तसम्म झन्डै ५४ लाख ५९ हजार रुपैयाँ लगेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

sansand baithank

दोस्रो संविधानसभाका केही सांसदले माघ मसान्तसम्म नौपटकसम्म उपचार खर्च बुझेका छन् । सांसद मेघराज नेपाली निषदले नौपटक, भुपेन्द्र थेबेले आठ पटक, अकवल महमद शाहले सातपटक, दीपनारायण साहले ६ पटक, डिलबहादुर नेपालीले पाँच पटक उपचार खर्च बुझेका छन् ।

कांग्रेसका सांसद मोहनप्रसाद बरालले आपू आक्रमणमा परी उपचारमा संलग्न रहेकेा भन्दै ६३ हजार ७ सय ४५ रुपैया लगेको संसद् सचिवालयले जनाएको छ ।

कांग्रेस सभासद् बलदेव बोहराले तीन सय ५५ रुपैयाँ, कांग्रेसकै मिठू मल्लले पाँच सय ३० रुपैयाँका दरले चार पटक उपचार खर्च लगेको सचिवालयले जनाएको छ । एमाओवादीका सांसद हरिबोल गजुरेलले सात सय रुपैयाँ बुझेका छन् ।

सांसद् प्रेमकिशोर प्रसाद शाहले पटकपटक गरेर पाँच लाख ९४ हजार आठ सय ९० रुपैयाँ बुझेका छन् ।

]]>
9145 0 0 0
काठमाडौंमा संगठित वेश्यावृत्ति हुन थाल्यो http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%82%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%a0%e0%a4%bf%e0%a4%a4-%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%af%e0%a4%be/ Sat, 12 Mar 2016 01:56:56 +0000 http://www.ghumphir.com.np/?p=9148 फागुन २९ , काठमाडौं । पाँच छ वर्षअघिसम्म ठमेल र नयाँ बसपार्क क्षेत्र वेश्यावृत्तिका कारण बदनाम थिए ।ठमेलका मसाज पार्लर र गेस्टहाउसमा खुमलखुल्ला वेश्यावृत्ति हुन्थ्यो । तर, प्रहरीले कडाइ गरेपछि त्यहाँ वेश्यावृत्ति घटेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।  वेश्यावृत्ति बन्द भएपछि ठमेलका ७० प्रतिशत मसाजल बन्द भइसकेका छन् ।

Kathmandu 02 05 Thamel Street Lights Up At Night

त्यस्तै, नयाँ बसपार्क क्षेत्रमा पनि होटलमै मिलेमतोमा वेश्यावृत्ति निर्क कम भएको छ । ठमेल र बसपार्कमा कम भएपनि काठमाडौंमा संगठित वेश्यावृत्ति भने घटेको छैन । यसलाई नयाँ रुपमा सञ्चालन गरिदै आएको छ । पछिल्लो समय घर तथा फ्ल्याट भाडामा लिएर गोप्इ रुपमा यस्तो धन्दा हुन थालेको छ ।

प्रायः एकान्तस्थलका घर तथा फ्ल्याट भाडामा लिएर वेश्याबृत्ति हुने गरेको छ । जहाँ होटलमा जस्तै खानपिनको सवै सुविधा हुने गर्दछ । कतिपय त्यस्ता अखडामा जुवासमेत सञ्चालन हुने गरेको छ ।

]]>
9148 0 0 0
मद्यकालिन नेपालको सामरिक महत्व बोकेको ठाँउ http://localhost/ghum/%e0%a4%ae%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%b0%e0%a4%bf%e0%a4%95/ Sat, 12 Mar 2016 02:09:48 +0000 http://www.ghumphir.com.np/?p=9150 देबेन्द्र बस्न्यात
मकर संक्रान्ति । बहुसंख्यक नेपालीले मनाउने चाड । घिउ, चाक्कु, तरुल,तिलको लड्डु, मासको बाह्रा खाने । मिन पचासको ठण्डि भगाउने । शुक्रबार र शनिबार दुई दिन बिदा । सबेरै ६ः१५ मा राजीब थापा, नवराज राउत, सुदिल बुढाथोकी, हिरेन लामा, मनिक राई जम्मा भयौं । सुवर्ण आचार्यलाई भने बाँसबारीमा आउन भन्यौ।
Nuwakot festival
समूहमा उनी नौला थिए । 'साँढे जुधाइ' बहाना ठूलै बन्यो सात जना साइकलेलाई । नजिक पनि होइन । नुवाकोट, बेत्रावती । दुई दिने साइकल यात्रामा हिँड्यौं । अघिल्लो दिन अमृतजीलाई सम्पर्क गरेको थिएं । गाडिमा जाने योजना रहेछ । नुवाकोट उद्योग बाणीज्य संघका अध्यक्ष राजन श्रेष्ठ, सचिव जीवन श्रेष्ठ, शैलेन्द्रश्रेष्ठ लगायतका पदाधिकारीलाई योजना सुनाए । कुलेखानीबाट साइकल काठमाडौं फर्कदा थियौं । 'माघे संक्रन्तिमा जसरी नि नुवाकोट जानु पर्छ है दाई । अनि गोरु पनि जुधाउछन् रे हो ?' भन्दै नवराज, विजय र राजीब भाई निक्कै जोस्सिएका थिए । त्यो यात्राको अनुभवले उनीहरुमा अदम्य आँट पलाएको थियो । मैले मौन सम्मति जनाए । काठमाडौंको उत्तरतर्फ अजङ्गको शिवपुरी पहाड । शिवपुरीे देख्दा मनमा पारीपट्टि अविरल बग्ने लिखु, तादि, त्रिशुली र बेत्राबती जस्तै नुवाकोट घुम्ने तरंग बगि रहन्थ्यो । पातलो हुस्सु । मधुरो घाम । साइकलेका लागि बिहानीको रोमाञ्चक वातावरण । हामीले टोखा, झोर हुदै गुर्जे भञ्ज्याङ्ग पुग्ने बाटो रोज्यौं । झोरबाट गुर्जे पुग्न करिब ७ किमि । चुनौती पूर्ण उकालो बाटो । गुर्जे नपुग्दै बडौरेश्वर महादेब मन्दिर छ । साउनमा तिर्थालुहरु आउछन् । चेक पोष्ट बाट भञ्ज्याङ्ग सम्मको उकालो अभ्यस्त नभई सकेका साइकलेलाई भने तालुबाट धुवाँ छुटाउने खालको छ । हिम्मत भने हार्नु हुदैन । साँढे जुधाइ हेर्न जोसिएका साइकलेमा जोसको कमी थिएन । झोरबाट गुर्जे भञ्ज्याङ्ग आइपुग्न करिब डेढ घण्टा लाग्यो । रमाइलो हेर्न जोसिएर हिंडेका । शिवपूरीको उकालो काटेको पत्तै भएन । गुर्जे भञ्ज्याङ्गसम्म पुग्दा पनि आकास खुलेन । बादलको घुम्टि ओढेर हिमाल पारी पट्टि लुकिरहयो । छर्लङ्ग हिमालको फोटो तस्वीरमा उतार्र्नेे सपना अधुरो भयो । NUWAKOT-DURBAR_20150510093216 कठीन उकालो पछि रोमाञ्न्चकारी ओह्रालो आउँछ । गुर्जे भञ्ज्याङ्गबाट छहरे सम्मको बाटो पुरै ओह्रालो छ । करिब १६ किमि । अधिकांश पक्कि बाटो । अहो ! पंखेटै हालेको जस्तो भयो दाई । मनिक भाइले गुर्जे भञ्ज्याङ्गबाट छहरे पुगे पछि रोमाञ्चित हँुदै भने । छाहरे सानो बजार । यहाँ खाना र नास्ता पनि पाइन्छ । हामीले अलमल गरेनौं । छहरेबाट अमिल बोटे, थानसिङ, लिखु हुदै तादिको पुल सम्म करिब १० किमी । लिखुको पुल तरेर पारी गए चौघडा पुगिन्छ । ढिकुरे जान लिखुको पुल छोडेर तादि पुल तर्नु पर्छ । कच्चि बाटो । अनुभब बटुलदै गरेका साइकले । ढिकुरे पुग्न करिब १ घण्टा लाग्यो । पुनः पक्कि बाटो शुरु भयो । "ए हेर हेर साइकलको धारो !" संक्रान्ति मनाइ रहेका एकहुल किशोरीहरुले अचम्म मान्दै भने । पक्कि बाटो भेटेपछि एकनासले पाउदान घुमाउदै अगाडि बढ्यौं । पाँच किमि पर गंगटे । गंगटेबाट ढुंगे ३.५ कि.मी टाढा छ । नुवाकोट उद्योग बाणिज्य संघ का शेलेन्द्र कुमार श्रेष्ठ, जीवन श्रेष्ठ, तेज बहादुर प्याकुरेल लगायतलाई हामी साइकलमा त्रीशुली आउनलागेको बताएको थिएँ । बट्टार पुगेपछि अविर टिका खादा लगाएर स्वागत तथा सम्मान गर्नुभयो । स्वागत सम्मानले साइकल यात्रीहरु अवाक भए । बट्टरको दरबार होटलमा खाना खायौं । संघका पदाधिकारीसंग गफ गाफ ग¥्यौ । गोरु जुधाई शुरु भइसकेको थियो । आराम गर्ने फुर्सद थिएन । बेत्रावती हान्नीयौं। मेला भर्न इत्रीदै हिंडेका जोडीले साइकलेलाई जोस्यायो की कसो निक्कै कुदाए । बेत्रावती नजिकीयौं । साँघुरो सडक । आउने जाने सवारी साधन र मान्छेको लर्कनले बाटो मा पाइलो सार्ने ठाँउ थिएन । ऋतु ग्यामदान, महिला राफ्टर,उपेन्द्र बुढाथोकी,साइकलेको प्रतिक्षामा थिए । कार्यक्रम स्थलमा साइकलेहरु पुगे पछि आयोजकका तर्फबाट स्वागत तथा सम्मान गर्दै मञ्चमा आसिन गराए । साइकले खुशीले गद् गद् भए । Nuwakot अन्तिम हल गोरु जुधाइशुरु भयो । बुङ्ग बुङ्गती धुलो उडाएर जुधे ।जित हारको फैसला भयो । दुवैले नगद पुरस्कार र बाटो खर्च पाए । बाल्यकाल सम्झिएं । टोल टोलमा साँढे, भाले भिडन्त भई रहन्थे ।दुईटा साँढे देखे पछि ड््याररर्र.... ड््याररर्र... भन्दै साँढे जुधाउथ्यौ । फ्वाँ फ्वाँगर्दै ठूला ठूला आँखा, लाल लाल बनाएर घोसे मुन्टो लगाउदै घमासान लड्थे । अहिले नौलो हुन थाले । बिद्युतीय मनोरञ्जनका साधनले विस्थापित ग¥यो । भिडमा मुश्किले अमृतजीसंग भेट भयो । केहिबेर रमाइला अनुभव साट्दै चिया पानग¥्यौ । बेत्राबतीमा खाने बस्ने व्यावस्था छ ।बास बस्न ढुगें फर्कीयौ । बाटो छोट्ट्याउनु थियो । डुब्नै लागेको घाम,नदि, पहाडको संयोजन । क्या अलौकिकदृष्य । फोटो खिच्न मस्तभयौं । लोड सेडिङ्ग मुक्त त्रीशुली । राजधानी बासीले अचम्म माने । खाना खाएर बजार घुमे । जीन्दगीका खण्डहर सपनाका पोका पन्तराहरु छातीमा गाँठो पारेर हिंडेका रहेछन् सुवर्ण । सहयात्री साइकले सँग बिहान देखि बेलुकी सम्म फुकाई रहे । मन अलि हलुका पारे । छाती भरी पालेको गाँठो साइकले सहयात्री संग बिसाए । जीन्दगी भर साथ दिने झुठो बाचा गरेकी जीवन संगीनीले दुई बर्षकी छोरी सहित अलग्गीएको बिरहि कथा बाटोभरी सुनाए । सहयात्री साइकलेका सहानुभुतीले घाउ पुरीन अलि मद्दत ग¥्यो उनलाई । दोस्रो दिन, झिसमिसेमै नुवाकोट दरवार पुग्यौं चरा अवलोकन गर्दै । हिरेनले चरा चिनाए । कत्ती राम्रा चराहरु । हिरेन र म चराका बासस्थान लोप हुदै गएको कुरामा गम्भिर भयौं । nuwakotनौ किल्लाहरु कालिकोट, धुवाँ कोट, धैवुङ्ग कोट, प्यास कोट, भैरव कोट, मालाकोट, सिमल कोट, सल्यान कोट र वेलकोट को साझा केन्द्र । 'नवक्वाठ' बाट नवकोठ हुदै नुवाकोट भएछ । मद्यकालिन नेपालको सामरिक महत्व बोकेको ठाँउ । भृकुटिको घर माइती गर्ने मूल बाटो । ९६१ मी. उचाइमा अवस्थित नुवाकोट दरवार जाडो गर्मी दुवै मौसमको लगि अनुकुल । आरामदायि वातावरण । औधि रमाइलो । दरवार क्षेत्र र वरपरबाट सुर्योदय र सूर्यास्तको निक्कै राम्रो देखिन्छ । फोटो खिच्न भने केहि मिनेटले चुक्यौं । त्रीशुली बजार भने हुस्सुले टम्मै ढाकेको थियो । मूल बाटो छोडेर सिंढि उक्लिदै भैरवी मन्दिर पुग्यौं । भैरवी र जलपादेवीको महिमा शैलेन्द्र दाइले सुनाउनु भएको थियो । बैशाख पूर्णिमाका दिन यहाँ सिन्दूर जात्रा लाग्छ । भेगकै ठूलो जात्रा । भैरवीको रथ सहित धामी धामीनी, गणेश, कुमार देवीघाट लगिन्छ । भोग चढाइन्छ । भैरवी दर्शन गरे मनोकामना पुरा हुने । गाईको दुधमा पकाएको खिर चढाएर बच्चालाई खुवाए चाढो बोल्ने आदि इत्यादि । हामीले पनि दर्शन ग¥्यौं । मैले बरदान मागें 'माता ! अर्को जन्ममा पनि गोर्खाली भएरै जन्मन पाउँ ।' सहयात्री भावुक भए । नवराज भाइले गला अबरुद्ध पार्दै भने 'बरदानले मेरोदिल छोयो दाई । अर्कौ जन्ममा पनि गोर्खाली नै ।' मद्यकालीन नेपालको कलाकृतिले धनी छ नुवाकोट दरवार क्षेत्र । काष्ठ कला हेर्दै अगाडि बढ्यौं । रोक्किदै फोटो खिच्दै, गफ गर्दे अगाडि बढ्यौं । सात तले दरवारको पूर्व तर्फ रंग महल छ । हामी बीचमा उभियौं । हिरेनले इतिहाँस सम्झाए । गर्वले छाती ढक्क फुल्यो । होइन दाई एक थरी 'नेपाल एकिकरण', 'पृथ्वी नारायण शाह'सुन्न रुचाउदैनन् । नाना भाँती गाली गर्छन् । त्यो बेला टुक्रा टुक्रा राज्य एकै नभएको भए अहिले हामी नेपाली भन्न पाइन्थ्यो कि पाइदैनथ्यो ।' उनले ठिकै भने । उति बेला स साना राज्य माथि बेला बेलामा अंग्रेज र मुगल सम्राटले हमला गरेको इतिहासमा सबैलाई थाहा होला । वैचारिक स्वतन्त्रता छ । मन परेको, नपरेको कुरा राख्न पाइन्छ । तर कोहि कोहि विरोधै जनाएर चर्चामा आउन रुचाउछन् । भद्धा गाली गर्छन् । हामी लोकतन्त्र अभ्यास गर्दै छौं', यति भनेर कुरा टुंग्यायौं । सात तले दरवार टेकाको भरमा अडेको छ । अन्य संरचना पनि पुन निर्माणकै पर्खाइमा रहेछ । नुवाकोटमै इन्द्रचोक हे¥्यौ । टुडिखेल घुमेर पुनः त्रीशुली लाग्यौं । निक्कै अलमल भयो । अबको गन्तब्य गल्छि हुदै काठमाडौं । साइकल चढ्न तयार बनाएर निस्कियौं । पुनः बट्टार गंगटे हुदै हामी देवीघाट लाग्यौं । त्रीशुली देवीघाट जम्मा १० किमि । तादि र त्रीशुलीको संगम । पृथ्वी नारायण शाहको अन्त्येष्टि गरिएको ठाँउ । नदि किनार बाटै श्रद्धा शुमन अर्पण ग¥्यौ । त्रीशुली किनारै किनार प्रकृतीको मनोरम दृष्यमा डुबुल्की मार्दै १५ कि.मी छिचोलेर गल्छि पुग्यौं । नाकाबन्दिले थलिएको राजमार्ग । सवारी साधन निक्कै पातलो थियो । मन्द उकालो शुरु भयो । हिउँदका छोटा दिन घर्कन लागे । धार्केबाट भिमढुंङ्गा निस्कने योजना फेरीयो । पाउदान मार्दै नौबिसे पुगीयो । केहि साथीि धेरै थाकेकाले गाडिमा थानकोट पठायौं । एक जोडि बिदेशी साइकले भेटिए । भोक, प्यास, थकान, डर र अनिश्चितताले व्याकुल । प्रष्ट अंग्रेजी नबोल्ने । दुई जना चढ्ने टेण्डम साइकल । हामीले धेरै गाडिलाई उद्धार गरिदिन अनुरोध ग¥्यौ । मानेनन् । साइकल बिग्रिएको छ । उसलाई सन्चो भएन । काठमाण्डौ कति टाढा छ ?" विह्वल हुदै विलौना गरे । प्रहरीको सहयोगमा गाडि रोक्यौ । कलंकी आइपुग्दा निक्कै अँधेरो भइसकेको थियो । राजधानी पनि यस्तो अन्धकार ? अचम्म ! विश्वास लागेन । नवराज भाइले सम्झाए । छुट्टिने बेला कसैलाई फोन गरिदिन भने । कुराकानी पछि ल्याइदिन अनुरोध गरे । काठमाडौंका निश्पट्ट अधेरो गल्लि छिचोल्दै दरवार मार्ग हुदै गयांै । सम्पर्क व्यक्ती थिए विश्व साइकल यात्री पुस्कर शाह । भलाकुसारी पछि थाकेका साइकलेलाई वाइन खुवाए । गितार निकाले । 'पानी मुनि ढुंगामा लेउ लाग्यो...' गाए । हामीले साथ दियौं । बल्ल या भारा र मिना इरानी पर्यटक मुस्कुराए । दुई तीन वटा गाना सुनेर हामी छुट्टीयौं । दुइ दिने यात्रा सकीयो । छुट्टिने बेला सबैले साधे, 'यात्रा अविस्मरणीय भयो । जीवनमा उर्जा थपियो । लामो दूरीको पहिलो यात्राले आत्मा विश्वास बढायो । धेरै देखियो, सिकियो, जानियो । जीवनमा कथा थपियो । फेरी कहाँ जाने दाई ?'
]]>
9150 0 0 0
अढाइ शताब्दी पुरानो भैरब नृत्य प्रदर्शनमा http://localhost/ghum/%e0%a4%85%e0%a4%a2%e0%a4%be%e0%a4%87-%e0%a4%b6%e0%a4%a4%e0%a4%be%e0%a4%ac%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%ac/ Sat, 12 Mar 2016 06:11:25 +0000 http://www.ghumphir.com.np/?p=9156

वासुदेव पौडेल  पोखरा, २९ फागुन ।

संरक्षणको अभावमा नेपालका कतिपय प्राचीन कला र संस्कृति लोप भइसकेका छन् तर पोखराका जनताले भने दुई शताब्दीभन्दा पनि पुरानो भैरब नृत्यलाई निरन्तरता दिँदै आएका छन् । प्राकृतिक रुपले सुन्दर पोखरालाई सांस्कृतिक रुपमा पनि आकर्षक स्थलका रुपमा विकास गर्ने सोचका साथ बाह्र भैरब नृत्यलाई पोखरावासीले निरन्तरता दिँदै आएको छ । स्थानीयवासी एवम् भैरब नृत्य २०७२ उपसमितिका सदस्य उदयबहादुर अमात्यका अनुसार करिब २५० वर्ष पहिले भक्तपुरका केही नेवार पोखरामा बसोबास गर्न आएसँगै उनीहरूले यो नृत्य पोखरा भित्र्याएको हो । तत्कालीन अवस्थामा २६ कुरिया घरपरिवारसहित पोखरामा आएका नेवारले आपूmसँगै विभिन्न संस्कृति भित्र्याउनुका साथै धार्मिक मान्यताअनुसारका मन्दिर, चैत्य, विहार बनाएको उहाँले बताउनुभयो । उहाँका अनुसार भीमसेनटोलको भीमसेन मन्दिर र भैरबटोलको भैरब मन्दिर यसका ज्वलन्त उदाहरण हुन् । यिनै मन्दिरसँगै आराध्यदेव महादेवको रौद्र रुप भैरबको नाच परम्परा अहिलेसम्म पनि जीवितै रहेको छ । भैरब नाचमा बाह्रजना नर्तक भैरब, काली, इन्द्रायणी, बाराही, कुमारी, विष्णुवी, ब्रम्हायणी, महेश्वरी, गणेश, दागिनी (पार्वतीको रुप) भुच्चा र कवा भई नृत्यस्थलमा आउँछन् । यी भैरब गणका पात्रहरु विभिन्न शास्त्रीय गीत, सङ्गीत, वाद्यवादनको तालमा आफ्ना हाउभाउ र कटाक्ष देखाएर दर्शकलाई मन्त्रमुग्ध पार्छन् । पोखरामा ६÷६ वर्षको अन्तरालमा प्रस्तुत गरिने यो नाच सामान्यतः बेलुकीपख सुरु भएर मध्यरातमा समापन गरिन्छ । नाच सुरु हुनुअघि नर्तकहरु भैरबटोलमा अवस्थित भैरब मन्दिरबाट मुकुट पहिरी हिँड्दै नाच्दै नृत्य प्रदर्शनका लागि माग गरिएको र तोकिएको स्थानमा आइपुग्ने अमात्यले जानकारी दिनुभयो । उनीहरु आइपुग्नासाथ नृत्य आमन्त्रण गरेको व्यक्ति वा संस्थाका सदस्यले भैरब र भैरब गणको पूजाआजा र आराधना गर्ने प्रचलन छ । नृत्यस्थलमा इच्छुक जो कोही पनि विधिवत् रुपले पूजा गर्न सकिने र पूजाआजाका क्रममा पनि मधुर वाद्यवादनमा नर्तकहरु नाचिरहने गर्दछन् । नृत्य प्रदर्शन एक मनोरञ्जनात्मक क्रियाकलापभन्दा पनि विशेष धार्मिक क्रियाकलापका रुपमा रहेको उहाँ बताउनुहुन्छ । उक्त क्षणमा नाच्ने नृत्यलाई ‘गंछि प्याखँ’ भनिन्छ । ‘गंछि प्याख’ ले सम्पूर्ण गण नाचमा सहभागी छन् भन्ने अर्थ दिन्छ । पूजा समाप्त भएपछि चरण चरणमा विभिन्न नृत्य सम्पन्न गरिन्छ । पहिलो चरणमा भैरब र दुई बालकलाकार भुच्चा र कवाको नृत्य हुन्छ जसलाई ज्योति नृत्य भनिन्छ । दोस्रो चरणमा चार भैरबको नृत्य हुन्छ जसमा भैरब, काली, इन्द्रायणी, बाराही हुन्छन् भने लगत्तै तेस्रो चरणमा चार देवी कुमारी, विष्णुवी, ब्रम्हायणी, महेश्वरी (गाजू) दाहिने हातमा डमरु लिएर नृत्यमा संलग्न हुन्छन् । चौथो चरणमा गणेश एक्लै दाहिने हातमा सानो बञ्चरो लिएर आकर्षक नृत्य गर्छन् । यस पछि पाँचाँै चरणमा दुई बाल कलाकार भुच्चा र कवाको नृत्य हुन्छ भने अन्तिम चरणमा दागिनी एक्लै एक हातमा चिराग र एक हातमा कलः (पूजा सामग्री राख्ने भाँडो) लिएर नृत्य गर्छिन् । विभिन्न चरणको नाच सम्पन्न गर्न सामान्यतया चार÷पाँच घन्टा लाग्ने र सङ्गीत तथा गायनको ढाँचा पनि फरक फरक हुने पोखराको भैरब नृत्यका मूल गुरु कृष्णबहादुर वैद्यले बताउनुभयो । उहाँका अनुसार नेपालको काठमाडौँ, भक्तपुर लगायतका स्थानमा हुनै भैरब नृत्य र पोखराको भैरब नृत्य भिन्नभिन्न किसिमका रहेका छन् । यो नाच पहिले पहिले बाह्र्र वर्षमा एकचोटि देखाउने गरिएकामा २०२९ सालदेखि संस्थागत रुपले व्यवस्थित गर्दै ६÷६ वर्षमा देखाउन थालिएको प्रचार समितिका संयोजक अष्टमान प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार यस नाचको सञ्चालन गर्न भैरब सांस्कृतिक संरक्षण समिति गठन गरी त्यसअन्तर्गत भैरब नृत्य प्रदर्शन व्यवस्थापन समिति गठन गर्ने गरिएको छ । छवर्षको अन्तरालमा यसपटक सञ्चालन गरिएको नृत्यका लागि परम्परागत संस्कारअनुसार साइत जुराएर गत माघ ७ गतेदेखि सुरु गरिएको थियो । आगामी चैत २७ गतेसम्म सञ्चालन हुने नाच विभिन्न २० भन्दा बढी ठाउँमा प्रदर्शन गरिसकिएको छ । घर, समाज वा टोलमा नाच प्रदर्शन गरे कुनै पनि अनिष्टबाट बच्न सकिने जनविश्वासका आधारमा विभिन्न व्यक्तिले समितिको नियमअनुसार आफ्नो घर तथा टोलमा नाच लैजाने गर्दछन् । यस वर्ष नाचलाई व्यवस्थित गर्न विभिन्न १५ वटा उपसमितिलाई क्रियाशील बनाइएको छ । हरेक पटक नाच देखाउन वाद्यवादक, रागी, नर्तक, स्वयम्सेवक, पुजारी गरेर एकसयभन्दा बढी जनशक्ति एकैचोटि परिचालित हुन्छन् भने यसको नाच निकाल्ने बेलामा २०० देखि २५० जति जनशक्ति तयारी अवस्थामा रहेका हुन्छन् । नाच सुरु गर्न नै एक–डेढ महिना पहिले नाट्येश्वरको पूजा गरेर तालिमसमेत सञ्चालन गर्न आवश्यक पर्दछ । उक्त तालिम मूल गुरुमार्फत अन्य कलाकारलाई दिइन्छ । नाच सञ्चालनमा यसअघि सर्वज्ञमान प्रधानाङ्गले त्यो जिम्मेवारी बहन गर्दै प्रदर्शनमा सहभागी हुने कलाकारलाई तालिम दिने गर्नुभएको थियो । गत वर्ष उहाँको देहावसान भएपछि हाल मूल गुरुको जिम्मेवारी पोखराको तेर्सापट्टी निवासी कृष्णबहादुर वैद्यले सम्हाल्नुभएको छ । उपगुरु भैरब सांस्कृतिक संरक्षण समितिकै अध्यक्ष कृष्णदेव प्रधानाङ्ग हुनुहुन्छ । प्रचार–प्रसार उपसमितिका संयोजक अष्टमान प्रधानाङ्ग बाह्र भैरव नृत्य पोखराको एउटा प्राचीन र अत्यन्त महत्वपूर्ण संस्कृति भएको बताउनुहुन्छ । “आफ्नै विशिष्ट मौलिकता रहेको यो नृत्यको निरन्तरताका लागि सबैको सकारात्मक सहयोग अपरिहार्य छ,” उहाँले भन्नुभयो ।

]]>
9156 0 0 0
अब तेस्रो मुलुकसँग पनि व्यापार सम्झौता :उपाध्यक्ष गौतम http://localhost/ghum/%e0%a4%85%e0%a4%ac-%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%b5%e0%a5%8d/ Sat, 12 Mar 2016 06:21:37 +0000 http://www.ghumphir.com.np/?p=9158

भक्तपुर, २९ फागुन ।

नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अब नेपालले भारतसँग मात्र नभई चीनलगायत अन्य तेस्रो मुलुकसँग पनि व्यापार सम्झौता गर्ने बताउनुभएको छ । उच्चमाध्यमिक शिक्षा परिषद् नेपाल राष्ट्रिय कर्मचारी सङ्घको अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उहाँले भारतसँग मात्र भर पर्दा पटकपटक नाकाबन्दी व्यहोर्नु परेकाले अब नाकाबन्दीको विकल्प नेपालले खोज्ने बताउनुभएको हो । bamdev gautamउहाँले परिषद्का अस्थायी कर्मचारीलाई स्थायी गर्नेबारे प्रधानमन्त्रीसँग छलफल गर्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा परिषद्का उपाध्यक्ष डा चैतन्य शर्मा, सदस्यसचिव नारायण कोइरालालगायतले परिषद्को विकासका लागि सबै कर्मचारी एक हुनुपर्नेमा जोड दिनुभयो । यसैबीच, गएराति सम्पन्न अधिवेशनले सङ्घको अध्यक्षमा नरेन्द्र ढकाललाई पुनः निर्वाचित गरेको छ । ते¥ह सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा भूपेन्द्र कार्की, महासचिवमा गोकुल खड्का, सचिवमा विकास घिमिरे, सङ्गीता केसी र श्रीराम न्यौपाने, कोषाध्यक्षमा गायत्रा सिवाकोटी र सहकोषाध्यक्षमा नवराज खड्का हुनुहुन्छ ।

]]>
9158 0 0 0
उपत्यका ८५ प्रतिशत घरहरुमा पानी र बिजुलीको सेवा कटौती गर्ने http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be-%e0%a5%ae%e0%a5%ab-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%a4-%e0%a4%98%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%81/ Sat, 12 Mar 2016 06:25:49 +0000 http://www.ghumphir.com.np/?p=9161 २९ फागुन, काठमाडौं ।

महानगरपालिकाले काठमाण्डौं उपत्यकामा बनेका ८५ प्रतिशत घरहरु मापदण्ड विपरित भएको भन्दै अब त्यस्ता घरहरुमा पानी र बिजुलीको सेवा कटौती गर्ने भएकोछ । यसका साथै भवन निर्माण गर्न १÷२ तलाको नक्सा पास गर्ने तर मन लागी तला थप्ने र भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र नलिनेको हकमा पनि सुविधा कटौती गर्ने तयारी भइरहेको महानगरपालिकाले जनाएकोछ ।

नक्सा पास विपरितका घर बनाएर प्रमाणपत्र नलिने प्रवृत्ति बढेको भन्दै त्यसलाई कडाई गर्नका लागि यो प्रक्रिया सुरु गर्न लागिएको महानगरपालिकाले जानकारी दियो ।

महानगरपालिकाले भूकम्प गएपछि गत असोजबाट निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेपनि ९० प्रतिशतभन्दा बढीले भवन निर्माण सम्पन्न प्रमाणपत्र लिएका थिनन् । तर पुसबाट त्यस्ता घरलाई बैंकबाट ऋण लिन,पानी र बिजुलीको सुविधाबाट वञ्चित गरेसँगै प्रमाणपत्र लिने क्रम बढे पनि अझै ८५ प्रतिशतभन्दा बढीले निर्माण सम्पन्न प्रमाणपत्र लिएका छैनन् ।

]]>
9161 0 0 0
भारतले माग्यो काष्ठमण्डप र स्वयम्भुको पुनर्निर्माणको जिम्मा, पुरातत्व भन्छ दिन सकिदैन http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%ae%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%aa/ Sat, 12 Mar 2016 06:32:12 +0000 http://www.ghumphir.com.np/?p=9163 २९ फागुन, काठमाडौं । भारतले काष्ठमण्डप, स्वयम्भु लगायत १४ वटा सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको प्रस्ताव गरेको छ ।

आफ्नै लगानीमा विभिन्न सम्पदाको पुनर्निर्माणको अनुमति माग्दै भारतले पुरातत्व विभागमा प्रस्ताव पेश गरेको हो । उसले सिन्धुपाल्चोक रसुवालगायतका क्षेत्रका गुम्बाहरुको पुनर्निर्माणमा पनि आफूले सहयोग गर्न सक्ने भन्दै विभागलाई जानकारी गराएको छ ।

तर, भारतको प्रस्तावभित्र परे पनि काष्ठमण्डप र स्वाम्भुमा भत्किएका प्रतापपुर र अनन्तपुर मन्दिरको पूनर्निर्माण उसलाई दिन नसकिने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले अनलाइनखबरसँग बताए ।

‘काष्ठमण्डप महानगरपालिकाले बनाउने तय भइसकेको छ । त्यसका लागि महानगर अन्तिम तयारीमा जुटेको छ’ महानिर्देशक दाहालले भने-‘स्वम्भुका क्षति भएका  दुईवटा मन्दिरको पुनर्निमाणका लागि विभागले प्रक्रिया थालिसकेको छ । त्यसैले यी दुई स्थानमा भारतले पुनर्निर्माणको अवसर पाउँदैन ।’

तर, भारतले इच्छा देखाएका अन्य सम्पदाका लागि भने अनुमति दिन विभाग तयार देखिएको छ । काष्ठमण्डप र स्वम्भुको साटो अन्य सम्पदाहरुको जिम्मा दिने विषयमा विभागले गृहकार्य गरिरहेको दाहाल बताउँछन् । बुढानीलकण्ठलगायतका क्षेत्रमा भत्किएका संरचना पुनर्निर्माणका लागि भारतलाई आग्रह गर्ने विभागको योजना छ ।

Basantapurउत्तरी छिमेकी चीन सरकारले हनुमानढोकास्थित नौतले दरबार र नुवाकोटको साततले दरबारको पुनर्निमाणको जिम्मा लिएको छ । यसका लागि अर्थ मन्त्रालयसँग चीन सरकारले एमओयु गरिसकेको छ ।

काठमाडौं महानगरपालिकाले रानीपोखरी र काष्ठमण्डपका साथै माझुदेग बनाउने निर्णय भइसकेको छ । त्यस्तै कन्जरभेसन हेरिटेज फाउण्डेसन नेपालले चाँगुनारायण मन्दिर परिसरका सत्तलहरुको पूनर्निर्माणको जिम्मा लिएको छ ।

जापानले पनि प्रस्ताव बुझायो भारतले जस्तै जापानले पनि दुईवटा मन्दिर निर्माणका लागि प्रस्ताव पेश गरेको छ । त्यसअनुसार विभागले जापानलाई हनुमानढोकाको आगम्छे मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जम्मा दिन लागेको छ । यसअघि श्रीलंकन सरकारले बुङ्मतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर र आनन्दकुटी बिहार बनाउने जिम्मा पाइसकेको छ । त्यसका लागि श्रीलंकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विभागले आफैं गर्ने काम

विभाग आफैंले यस वर्ष १ सय ४ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्ने निर्णय गरेको छ ।  भूकम्पबाट क्षति पुगेका काठमाडौं उपत्यकासहित देशभरमा पुरतात्विक सम्पदाको पुनर्निर्माणका लागि विभागले कार्ययोजना तयार गरेको हो  ।

यसवर्ष मात्रै ७८ करोड रुपैयाँ पुराना सम्पदाहरुको पुनर्निर्माणमा खर्च हुनेछ । यो वर्ष बसन्तपुर क्षेत्रको त्रैलोक्यो मोहनको मन्दिर, इन्द्रायणी, कंकेश्वरी, नरदेवी र जैसी देवलको पुर्ननिर्माण विभागले नै गर्ने भएको छ ।

यसैगरी पाटनको जगतनारायण मन्दिर, भक्तपुरको कला संग्रहालय, फर्सीदेग, बत्सला देवीको मन्दिर, तव सत्तल, स्वयम्भुको प्रतापपुर र अनन्तपुर मन्दिरलगायत पुरातात्विक सम्पदाको पुर्ननिर्माणका लागि विभागले काम अघि बढाएको महानिर्देशक दाहालले बताए ।  यो वर्ष बहुवषर्ीय योजनाअन्तरगत ४३ वटा पुनर्निर्माणका काम सुरु हुनेछन् ।

]]>
9163 0 0 0
मलेसिया सरकारले दिएको समयसिमा भित्र दर्ता नगरे कोर्रा हानिने http://localhost/ghum/%e0%a4%ae%e0%a4%b2%e0%a5%87%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae/ Sat, 12 Mar 2016 12:26:24 +0000 http://www.ghumphir.com.np/?p=9165 २९ फागुन, काठमाडौं ।
मलेसियाले लुकेर बसेका विदेशी कामदारलाई साढे ३ महिनाभित्र आफ्नो नाम दर्ता गर्न समय दिएको छ ।सन् २०१६ भित्र   विदेशी कामदारलाई दर्ता गर्न भनेको मलेसियाले  निर्णयमा परिवर्तन गर्दै वैध हुनका लागि आगामी जुन महिनाभरको समय दिएको हो। मलेसियाको मन्त्रिपरिषदको बैठकले जुन महिनाभर पनि लुकेर बसेका विदेशी कामदारको विववरण रोजगार दाता कम्पनीले वैध हुनका लागि फारम नभरे कोर्रा हान्न सजाय गरिने निर्णय गरेको छ।
मलेसियाका उपप्रधान तथा गृहमन्त्री अहमद जाहिद हमिदीले वैध हुन मलेसिया सरकारले दिएको समयसिमा भित्र दर्ता नगरे रोजगारदाता कम्पनीलाई पनि कोर्रा हानिने बताएका छन्। उनका अनुसार विदेशी कामदार लैजाने रोजगारदाता कम्पनी जरिवाना फारम नभरि जरिवाना तिर्ने मनसायमा छन्।
फेब्रुअरी दोस्रो सातादेखि मलेसियाले वैध हुन फारम खुल्ला गरेको छ । अहिलेसम्म १५ हजारभन्दा बढीले सो फारम भरेका छन् । नेपालको श्रम गन्तब्य मुलुक मलेसियामा कति नेपाली लुकेर बसेका छन भन्ने कुनै जानकारी छैन् ।
]]>
9165 0 0 0
वायु ऊर्जा केन्द्र एक दशकदेखि अलपत्र http://localhost/ghum/%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81-%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%8f%e0%a4%95-%e0%a4%a6%e0%a4%b6%e0%a4%95/ Sat, 12 Mar 2016 12:32:55 +0000 http://www.ghumphir.com.np/?p=9167

]]>
9167 0 0 0
तीनसय ६४ फरार अभियुक्तमध्ये ३४ जना पक्राउ http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%af-%e0%a5%ac%e0%a5%aa-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%ae%e0%a4%a7/ Sat, 12 Mar 2016 12:34:27 +0000 http://www.ghumphir.com.np/?p=9169

गाईघाट(उदयपुर), २९ फागुन ।

विसं २०३० देखियता जिल्ला अदालत उदयपुरले दण्डजरिवाना गर्ने गरी फैसला गरेको तर फरार रहेका अभियुत्तमध्य जिल्ला प्रहरी कार्यालयले हालसम्ममा ३४ जना दोषीलाई पक्राउ गरेको छ । तीन हप्तादेखि यता आएर प्रहरीले सक्रियरुपमा अदालतले दण्ड जरिवाना गरेका फरार दोषिलाई पक्राउ गर्ने क्रम जारी राखेको पनि जिल्ला प्रहरी कार्यालयका प्रमुख नरबहादुर केसीले बताउनुभयो । पक्राउ पर्नेमा बमबहादुर सुनुवार, नरसिंह चौधरी, मोतिलाल तामाङ, मोहन अधिकारी, इन्दिरा अधिकारी, साने राई, लटे राउत, बलबहादुर विक, रञ्जीदेवी चौधरी, देवनारायण चौधरी, जीतेन्द्र चौधरी, शिवेन्द्र चौधरी, आशावती चौधरीलगायत रहेका छन् । पक्राउ परेकामध्ये धेरैलाई वन फँडानी, काठ तस्करी, जग्गा ठगी, बलात्कार अभियोगलगायत मुद्दामा दोषी ठहरिएका रहेको प्रहरीले बताएको छ ।

]]>
9169 0 0 0
बढ्दैछ होमस्टेप्रतिको आकर्षण http://localhost/ghum/%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%a6%e0%a5%88%e0%a4%9b-%e0%a4%b9%e0%a5%8b%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95/ Sat, 12 Mar 2016 12:39:19 +0000 http://www.ghumphir.com.np/?p=9171

]]>
9171 0 0 0
यी हुन् सस्तो र राम्रो पाँच वटा ल्यापटप http://localhost/ghum/%e0%a4%af%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%b8%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%aa%e0%a4%be%e0%a4%81/ Sat, 12 Mar 2016 12:44:23 +0000 http://www.ghumphir.com.np/?p=9173 आजकाल डेस्कटप कम्युटर भन्दा ल्यापटप निकै प्रचलित छ। जहाँ पनि लैजाने मिल्ने भएकाले डेस्कटप भन्दा ल्यापटप प्रचलित भएको हो। ल्यापटप किन्दा  कुन किन्ने र कस्तो किन्ने भन्नै अन्यौलमा हुनुहुन्छ भने हामीले केही जानकारी दिन गइरहेका छौं।
Lenovo-G50-70
तपाईँ गेम खेल्नका लागि ल्यापटप लिँदै हुनुहुन्छ भने १५ दशमलव ६ इन्च भएको लेनोभोको जीओ ७० ल्यापटप किन्न सक्नुहुनेछ। यसमा २ जीवी  ग्राफिक्स कार्ड, ४ जीवी र्याम १ जीवी हार्ड डिक्स छ। यसको मूल्य ६० हजार रुपैयाँ पर्छ ।
Dell Inspiron 3542
ल्यापटप खरिदका लागि डेलको ल्यापटप निकै भरपर्दो मानिन्छ।  यो ल्यापटप विभिन्न अप्सनमा उपलब्ध छ । यो निकै टिकाउ हुने ल्यापटपमा पर्छ। यसको १५ दशमलव ६ इन्च स्क्रिन छ। ४ जीवी र्याम रहेको यस ल्यापटमा ५०० जीवी हार्ड डिस्क छ ।  कोर आइ थ्रि प्रोसेसर छ । यसको मूल्य ४० हजार रुपैयाँ तोकिएको छ ।
HP 15-AC072TX
हेवी काम गर्नका लागि यो ल्यापटप निकै उपयोगी हुन्छ। भिडियो इडिट गर्दा यसमा कुनै कठिनाइ हुन्न ।  यसमा २ जीवी इन्विल्ट ग्राफिक्स कार्ड छ । कोर आइ थ्रि प्राफेसर रहेको  यस ल्यापटमा ४ जीवी र्याम छ। हार्ड ड्राइभ १ टिबीको छ । यसको मूल्य ६० हजार रुपैयाँ तोकिएको छ।
Dell-Vostro-15-3558-2
थोरै रकममा तपाईँ राम्रो काम गर्ने ल्यापटप किन्दै हुनुहुन्छ भने तपाइँलाई यो ल्यापटप ठिक  हुन्छ।  १५ दशमलव ६ इन्चको स्क्रिन रहेको यो ल्यापटपमा  कोर आइ थ्रि प्रोसेसर छ। ४ जीवी र्याम रहेको यस ल्यापटपमा १ टिभी हार्ड डिक्स छ । यसको मूल्य ४० हजार तोकिएको छ।
 
15-af114AU
 विन्डोज टेन चलाउनका लागि यो ल्यापट निकै शानदार  र पावरफुल छ। यसमा १ जीवी र्याम, २ दशमलव ५ जीएचजेड प्रासेसर र १ टिभी हार्ड डिक्स छ।  इसको मूल्य ४५ हजार तोकिएको छ ।
]]>
9173 0 0 0
मध्यपश्चिममा दर्जनौं सिचाई आयोजना अलपत्र http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a5%8c%e0%a4%82-%e0%a4%b8%e0%a4%bf%e0%a4%9a/ Sat, 12 Mar 2016 12:51:40 +0000 http://www.ghumphir.com.np/?p=9176 सुर्खेत । सरकारी मापदण्ड अनुसार तोकिएको समयमा निर्माण कार्य पुरा हुन नसक्दा मध्यपश्चिमका विभिन्न जिल्लामा दर्जनौं मझौला तथा ठुला सिचाई आयोजनाहरु अलपत्र परेका छन् । तोकिएको समयमा काम हुन नसकेपछि यस क्षेत्रबाट मात्रै बर्षेनी सिचाईको १० करोडबढी सरकारी रकम फ्रिज हुँदै आएको छ ।

mid_west_div

यी योजनालाई तोकिएको समयमै पुरा गर्ने तर्फ ठेकेदार र सम्बन्धित निकायले अहिले पनि उदासिनै रहदाँ नागरिकहरु सिचाई सुविधाबाट पूर्ण रुपमा बन्चित हुदै आएका छन् ।

निर्माण कम्पनीहरुले क्षेत्रीय तथा जिल्ला सिचाई कार्यालयसँग गरेको सम्झौताको प्रभावकारी पालना नगर्दा अहिले समस्या आएको मध्यपश्चिम क्षेत्रीय सिचाई निर्देशनालय सुर्खेतले जनाएको छ ।

मध्यपश्चिमका विभिन्न जिल्लामा विगत बर्षदेखि सञ्चालनमा रहेका ३५ वटा मझौलास्तरका आयोजनामध्ये अधिकाशंको निर्माण कार्य अहिलेसम्म पनि पुरा हुन सकेको छैन् । अहिले पनि मध्यपश्चिम क्षेत्रमा ठुला, मझौला र सानागरी करिब १ सयभन्दा बढी सिचाई योजनाहरु निर्माण कम्पनी मार्फत सञ्चालन गर्नका लागि कार्यालयहरुलाई जिम्मा दिईएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको अनुसार कणर्ालीका ५ वटै जिल्लाहरुमा विगत बर्षदेखि ३ दर्जनभन्दा बढि योजनाहरुको निर्माण कार्य अघि बढाउन सकिएकोछैन् । भेरी बबई सिचाई आयोजनाका लागि सरकारले गत बर्ष विनियोजन गरेको ५ करोडको बराबरको बजेटबाट पनि करिब २ करोड रुपैयाँ यसअघि पि|mज भएको थियो ।

मध्यपश्चिमका ६० प्रतिशत कृषकहरु सिचाई सुविधावाट बञ्चित हुर्दै आएको  निर्देशनालायको तथ्याकंले देखाएको छ । सिचाइको अभावमा तराइका जिल्ला बांकेमा ९७, बर्दियामा ७९.७ र दाङमा ९६ प्रतिशत खेतियोग्य जमिन हरेक बर्ष बांझै रहने गरेको छ ।

तराईका ३ जिल्लामा रहेको कुल १ लाख १९ हजार ५ सय ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १० हजार ५ सय ५७ हेक्टर जमिनमा मात्रै सिचाईले रोपाई गर्न पुग्ने अवस्था रहेको छ ।

हिमाली तथा पहाडी भन्दा तराईका जिल्लाहरुमा सिचाईको बढी समस्या हने गरेको निर्देशनालयले जानकारी दिएको छ । सिचाई अभावकै कारण तराईका बाँके, बर्दिया, दाङ र सुर्खेतमै समेत खाद्यन्न उत्पादनमा ह्रास आउने गरेको छ ।

सिचाईको सुविधाका लागि यहाँका कृषकहरुले जिल्ला सिचाईका साथै क्षेत्रीय सिंचाई निर्देशनालयमा समेत पटक पटक निर्माणाधिन योजना सम्पन्न गरिदिनका लागि डेलिगेशन समेत आउने गरेका छन् ।

]]>
9176 0 0 0
यस्तो भुमीका प्रवासी नेपालीले खेल्यो भने पर्यटनलाई पुरानै धारमा फर्काउन सकिन्छ http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%ad%e0%a5%81%e0%a4%ae%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a4%a8%e0%a5%87%e0%a4%aa/ Sat, 12 Mar 2016 12:58:38 +0000 http://www.ghumphir.com.np/?p=9179 basanta-Ranabhatबसन्त रानाभाट

विनाशकारी भूकम्पले थला परेको हाम्रो मुलुकलाई भारतीय अघोषित नाकाबन्दीले पनि नराम्रोसँग असर गर्‍यो । केही दिन नेपाल पुगेर फेरि प्रवास फर्किएका नेपालीको भोगाइलाई आधार मान्ने हो भने पनि अहिले पनि अवस्था सामान्य छैन ।अहिलेको जटिल अवस्थामा

नेपाल घुम्न गएका विदेशी पर्यटकले के सन्देश लिएर फर्केका होलान् ? यसलाई हामीले गम्भीर ढंगबाट बुझ्न जरुरी छ । त्योबेला छोटो समय नेपाल पुगेर प्रवास र्फकंदा एउटा नेपालीले कहालीलाग्दा अवस्था सुनाउँछ भने विदेशीको मनमा के परेको होला ? भूकम्पपछि पनि नेपाललाई माया गरेर नेपाल पुगेका विदेशी पर्यटकले नाकाबन्दीको असहज परिस्थितिलाई कसरी सामना गरे होला र के सन्देश लिएर फर्किए ? त्यसतर्फ पनि ध्यान दिन जरुरी देखिएको छ ।एक त विनाशकारी भूकम्पमा ज्यान गुमाएका विदेशी पर्यटक, घाइते वा हराइरहेका विदेशीहरू र यसको प्रभावका कारण नेपालको पर्यटन व्यवसायमा, अपुरणीय क्षति पुगिसकेको छ । तर, यो प्राकृतिक विपत्तिका कारण परेको प्रभावलाई कसरी पुरानो अवस्थामा फर्काउने भन्ने विषयमा नेपालीहरुमा चिन्ता बढेको छ ।

नेपालमा घुम्नका लागि विदेशी पर्यटकलाई कसरी विश्वास दिलाउन सकिन्छ वा के-कस्ता कार्यक्रम ल्याउँदा उपयुक्त हुन्छ भन्ने विषयमा चर्चा गर्नुअघि, वर्षेनी कति विदेशी पर्यटक नेपाल भित्रने गरेका छन्, भन्ने विषयमा बुझ्न जरुरी छ ।

नेपाल घुम्न जाने पर्यटकको तथ्यांक

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार भूकम्प र नाकाबन्दीले प्रभाव पारेको वर्ष सन् २०१५ को यकिन विवरण आइनसके पनि सन् २०१४ मा स्थलगत र वायु सेवा गरी ७ लाख ९० हजार १ सय १८ जना पर्यटक नेपाल पुगेको तथ्यांक छ । यो संख्या सन् २०१३ मा नेपाल पुगेका विदेशी पर्यटकहरू ७ लाख ९७ हजार ६ सय १६ को संख्याभन्दा केही हजार कम हो ।

अप्रिल महिनामै नेपालमा विनाशकारी भूकम्प जानु र अत्यधिक पर्यटक जाने महिना अगस्टदेखि नोभेम्बरसम्म नाकाबन्दीका कारण पनि वर्ष २०१५ मा ठूलो गिरावट आएको सहज अनुमान गर्न सकिन्छ ।

सन् २०१४ को तथ्यांकलाई आधार मान्दा छिमेकी मुलुक भारतबाट मात्र १ लाख ३५ हजार तीन सय ४३ जना घुम्ने प्रयोजनका लागि नेपाल पुगेका थिए । यस्तै चीनबाट पनि १ लाख २३ हजार ८ सय ५ जनाको संख्यामा नेपाल पुगेका थिए ।

सन् २०१४ मा भारतबाहेक तेस्रो मुलुकबाट नेपाल भित्रिएका पर्यटक ६ लाख ५४ हजार ७ सय ७५ जना छन् । भारत र चीनबाहेक नेपाल घुम्न जाने विदेशी पर्यटकमा मुख्यतः अमेरिकाबाट ४९ हजार ८ सय ३०, श्रीलंकाबाट ३७ हजार ५ सय ४६ र बेलायतबाट ३६ हजार ७ सय ५४ छन् । त्यसैगरी थाइल्यान्डबाट ३३ हजार ४ सय २२, जापान २५ हजार ८ सय २९, अस्ट्रेलिया २४ हजार ५ सय १६, प|mान्स २४ हजार ९७, दक्षिण कोरिया २३ हजार २ सय ५, बंगलादेश २१ हजार ८ सय ५१ र मलेसियाबाट १८ हजार ९ सय १५ जनाले नेपाल भ्रमण गरेको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै जर्मनीबाट १८ हजार २८, स्पेनबाट १३ हजार १ सय १० र नेदरल्यान्ड १२ हजार ३ सय २० जना पर्यटकले नेपाल भ्रमण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०१४ मा तयार गरेको तथ्यांकमा उल्लेख छ ।

युरोपका कुन देशबाट कति ?

युरोपबाट वर्षेनी नेपाल घुम्न जाने विदेशी पर्यटकमा सबैभन्दा बढी बेलायतबाट ३६ हजार ७ सय ५४ जना छन् । सन् २०१४ कै तथ्यांकअनुसार दोस्रोमा फ्रन्स (२४ हजार ९७) छ भने तेस्रोमा जर्मनी (१८ हजार २८) र चौथोमा स्पेन छ । स्पेनबाट १३ हजार १ सय १० जना पर्यटक नेपाल पुगेका छन् ।

यस्तै, अन्य युरोपियन मुलुकहरू नेदरल्यान्डबाट १२ हजार ३ सय २०, इटालीबाट १० हजार ३ सय ४७, स्विटजरल्यान्ड ६ हजार ४ सय ४७ र बेल्जियम ५ हजार ४ सय ३७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

त्यस्तै डेनमार्कका ५ हजार १ सय ५०, स्विडेनबाट ३ हजार ७ सय २४, अस्टि्रया ३ हजार ३ सय २० र नर्वे २ हजार ४ सय ७० जनाले नेपाल भ्रमण गरेका छन् । अन्य युरोपियन मुलुकबाट भने योभन्दा कम संख्यामा  नेपाल पुगेको पाइन्छ ।

सन् २००७ मा स्पेनबाट १५ हजार ६ सय ७२ जना र सन् २०१२ मा १४ हजार ५ सय ४९ जना पर्यटक नेपाल पुगे पनि, अहिले आएर त्यो संख्या घट्दो क्रममा छ । सन् २००३ देखि सन् २०१४ सम्म नेपाल पुगेका स्पेनिसको तथ्यांक हेर्दा करिब १ लाख ५० हजारको हाराहारीमा छन् । विशेष गरी युरोपबाट नेपाल पुग्ने पर्यटकलाई हिमाल चढ्न र ट्रेकिङका लागि रुचि हुने पाइएको छ ।

नेपालको अवस्था सामान्य

प्राकृतिक विपत्ति पटकपटक आउने होइन । दशकौँपछि नेपालले विनाशकारी भूकम्पको सामना गर्नुपर्‍यो । भूकम्पपछि भारतीय नाकाबन्दीले पनि नेपालको प्रर्यटन क्षेत्र धराशयी बन्यो । तर, अहिले अवस्था सामान्य बन्दै गएको छ । तर, विदेशीमाझ यो सन्देश पुग्न सकेको छैन । ५० लाख नेपाली प्रवासमा छन् भनिरहँदा, नेपाल अझै पनि पर्यटकका लागि उचित गन्तव्य हो भन्न हामीले के गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण बनिरहेको छ ।

अबको बाटो

नेपालमा पर्यटक बढी जाने केही पश्चिमा देशले विनाशकारी भूकम्पका कारण नेपालमा यात्रा असुरक्षित रहेको सूचना जारी गरेका थिए । केही देशले सुझावलाई केही खुकुलो बनाए भने कतिपयले अझै पनि आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि सहज छ भन्न सकेका छैनन् ।

पर्यटक आवागमनको रोकावट मुख्यतः यहीँबाट नै भएको छ । नेपाल सरकारले यसबारे कतिको चासो दिएको छ ? नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश विदेशी माझ प्रवाह गर्न सकेको छ कि छैन ?

विभिन्न देशहरूमा कूटनीतिक सम्बन्ध स्थापित गर्दै नेपाली दूतावासहरू स्थापना गरिसकेको नेपालले सुरक्षाको प्रत्याभूति दिन नसकेसम्म अवस्था सधैँ जटिल नै रहने देखिन्छ । यसबारे पर्यटन मन्त्रालयदेखि पर्यटन क्षेत्रमा काम गर्ने निजी संघ-संस्थाले पर्यटकलाई नेपाल ल्याउन प्रोत्साहनका प्रयास गर्न जरुरी छ ।

प्रवासी नेपालीको भूमिका

विदेशमा रहेका नेपाली समुदायले विशेष जिम्मेवारी निर्वाह गर्न जरुरी छ । व्यक्तिगत, समूहगत वा संस्थागत रुपमा विदेशी पर्यटकलाई विश्वास दिलाउन सकिए पर्यटक आकषिर्त गर्न सकिन्छ । प्रवासमा ७२ देशमा आफ्नो सञ्जाल फैलाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) पनि रहेको छ ।

भूकम्पका बेला राहत वितरण गरेर चर्चा कमाएको यति ठूलो संस्थाले हरेक राष्ट्रिय समन्वय परिषदबाट, विदेशी समुदायलाई लक्षित गरी नेपाल सुरक्षित छ भन्ने सन्देशमूलक कार्यक्रम ल्याउन सकेको पनि ठूलो सहयोग मिल्ने देखिन्छ ।

यस्तै, नेपाल सरकारले, विदेशमा रहेका नेपाली राजदूतावास, कन्सुलर कार्यालयबाट पनि पर्यटन भित्र्याउने विशेष कार्यक्रम सञ्चालन गर्न जरुरी छ । विदेशस्थित राजनीतिक, जातीय, क्षेत्रीय संघ-संस्थाले आ-आफ्नै ठाउँबाट गरेको पहलले नेपालप्रतिको सकारात्मक सोच ल्याउन मद्दत पुग्ने छ ।

तर पर्यटन विकासका लागि भन्दै नेपाली समुदायबाट हुँदै आएका कार्यक्रमले आसनग्रहण, भाषण र खादामा बढी समय खर्चिने गरेको छ । तर, फरक भिजनसहित विदेशीलाई नै लक्षित गरी प्रभावकारी कार्यक्रम ल्याउन जरुरी छ ।

युरोपबाट सम्भावना

संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, एसियाका मुलुकहरू जस्तै: नेपालको पर्यटक विकासका लागि आशलाग्दो केन्द्र युरोप क्षेत्र मानिन्छ । विशेष गरी नेपालका हिमाल चढ्नका लागि प|mान्स, बेलायत, स्पेन, जर्मनी, स्विजरल्यान्ड, अस्टि्रया, इटली, रसिया, नेदरल्यान्ड, पोल्यान्ड नर्वे, चेक गणतन्त्र, रोमानिया, बेल्जियमबाट पर्यटकहरू वर्षेनी नेपाल जाने गरेका छन् ।

युरोप क्षेत्रमा नेपालको कूटनीतिक सम्बन्धलाई अझ प्रभावकारी बनाउन जरुरी छ । विशेष गरी फ्रान्स, बेल्जियम, रसिया, स्विजरल्यान्ड, डेनमार्क,बेलायत, जर्मनी जस्ता मुलुकमा सम्बन्ध स्थापित गरिसकेको नेपाल सरकारले दूतावासबाट पर्यटन विकासका कार्यक्रम ल्याउन सक्यो भने ठूलो सम्भावना देखिन्छ ।

बढी पर्यटकहरू जाने तर दूतावास नभएका मुलुकहरू स्पेन, नेदरल्यान्ड र इटलीलाई पनि लक्षित गरी सरकारले योजना बनाउन जरुरी छ । यसमा गैरआवासीय नेपाली संघ, नेपाली समुदायस्थित राजनीतिक, जातीय क्षेत्रीय संघ-संस्थाको सहयोग र सदभाव रहे, नेपालको पर्यटन क्षेत्रलाई पुरानै धारमा फर्काउन खासै समय लाग्दैन ।

]]>
9179 0 0 0
अब सबै डिपोमा सतप्रतिशत इन्धन भन्डारणः मन्त्री पुन http://localhost/ghum/%e0%a4%85%e0%a4%ac-%e0%a4%b8%e0%a4%ac%e0%a5%88-%e0%a4%a1%e0%a4%bf%e0%a4%aa%e0%a5%8b%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%a4%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%a4-%e0%a4%87/ Sat, 12 Mar 2016 13:05:30 +0000 http://www.ghumphir.com.np/?p=9182 शरद रेग्मी २९, फागुन, दाङ । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले पेट्रोलियम कानुन चाँडै बन्ने बताएका छन् । शनिबार तुलसीपुरमा गरेको पत्रकार भेटघाटमा पुनले उपोभोक्ताको हितका लागि पेट्रोलियम सम्बन्धी नयाँ निति तथा नियमहरु लागु गर्न लागिएको बताए ।

ganeshman-punइन्धन तथा खाद्यान्न डिपोको स्थलगत निरीक्षणका लागि अहिले आफु देशदौडाहमा लागेको उनको भनाइ थियो । ‘चाँडै नै हामी कार्यवधि बनाउँछौं, अब पेट्रोलियम कानुन बनाएर लागु गराने योजना छ ‘ मन्त्री पुनले भने । त्यसका लागि कार्यदल बनाएर काम सुरु भएको मन्त्री उनले जानकारी दिए । आपूर्ति व्यवस्था, उपभोक्ता अधिकार तथा वितरण प्रणालीसम्बन्धी ऐन, नियमावलीलाई परिमार्जन गर्ने र थप कडाईका लागि लागु गर्ने पनि उनले सुनाए । ‘म आफैँ अनुगमनमा गएर निजी डिपोहरुमा छापा मारेको छु’ उनले भने-‘मन्त्रालयले करिब ४० जना कर्मचारी खटाएर देशभर अनुगमनको काम तीव्र पारेको छ ।’ कमजोर अनुगमन तथा उपभोक्ताको जागरणको अभावले कालोबजारी मौलाएको स्वीकारे । मन्त्री पुनले अब कम्तीमा चार-पाँच महिनाका लागि इन्धन भन्डारण गर्ने तयारी भइरहेको पनि बताए । नाकाबन्दीबाट पाठ सिक्दै अब देशभरका १० वटा इन्धन डिपोमा सय प्रतिशत नै इन्धन भन्डारण गरिरहने पनि उनले सुनाए । त्यस्तै उनले सातवटै प्रदेशमा प्रदेशस्तरीय इन्धन डिपो बनाउने तयारी भइरहेको पनि बताए । पुनले दाङको तुलसीपुरमा इन्धन डिपो राख्नका लागि जग्गाको पनि निरीक्षण पनि गरे । सरकारकै नाममा रहेको कपास विकास समितिको जमिन इन्धन डिपोको लागि उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै चीनबाट पनि एक तिहाइ इन्धन आपूर्तिका लागि सम्झौता अन्तिम चरणमा पुगेको दावी पनि मन्त्री पुनले गरे । प्रधानमन्त्रीको भ्रमणका क्रममा त्यसले पूर्णता पाउने उनको दावी थियो ।

]]>
9182 0 0 0
फोटो प्रदर्शनी http://localhost/ghum/%e0%a4%ab%e0%a5%8b%e0%a4%9f%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a5%80/ Sat, 12 Mar 2016 13:07:35 +0000 http://www.ghumphir.com.np/?p=9184 9184 0 0 0 भैरव नृत्य http://localhost/ghum/%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%b5-%e0%a4%a8%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af/ Sat, 12 Mar 2016 13:09:37 +0000 http://www.ghumphir.com.np/?p=9187 9187 0 0 0 हुम्लामा हिमपात http://localhost/ghum/%e0%a4%b9%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%aa%e0%a4%be%e0%a4%a4/ Sun, 13 Mar 2016 03:15:49 +0000 http://www.ghumphir.com.np/?p=9191

हुम्ला, ३० फागुन ।

सदरमुकाम सिमीकोटम बिहानैदेखि हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । हिमपातपछि यहाँको एकमात्र विमानस्थलबाट नेपालगन्ज र सुर्खेत आउने हवाई उडान बन्द भएको छ । कात्तिकमा छरेको जौ, गहुँ यो हिमपातपछि उम्रिने स्थानीय बासिन्दा बताउँछन् । भदौदेखि पानी नपरेको सिमीकोट सदरमुकाममा यो हिमपातपछि रुघाखोकी कम हुने स्थानीयवासीको भनाइ छ ।

]]>
9191 0 0 0
अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो सेवा सुरु http://localhost/ghum/%e0%a4%85%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a7%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%bf-%e0%a4%9c%e0%a4%a1%e0%a4%bf%e0%a4%a4/ Sun, 13 Mar 2016 03:19:55 +0000 http://www.ghumphir.com.np/?p=9193 ३० फागुन, काठमाडौं । आजबाट राजधानीका सडकमा हाइटेक मेट्रो बस कुद्ने भएका छन् ।महानगर यातायात प्रालिले नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो सेवा सुरु गर्न लागेको हो । हाइटेक बस सञ्चालन भएसँगै सकसपूर्ण सार्वजनिक यातायातलाई केही मात्रामा भए पनि सहज, सुरक्षित, आनन्ददायी र मनोरञ्जनात्मक हुने भएको छ । यसले सेवा दिन थालेपछि सार्वजनिक यातायालते नयाँ परिभाषा पाउने विश्वास महानगर यातायात प्रालिको छ । आजबाट राजधानीमा ३९ वटा मेट्रोवस पहिलो चरणमा सञ्चालनमा आउने प्रालीले जनाएको छ ।]]> 9193 0 0 0 वर्ड लिङ्क पूर्व डाइरेक्टर पक्राउ http://localhost/ghum/%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%95-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%a1%e0%a4%be%e0%a4%87%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8d/ Sun, 13 Mar 2016 03:25:15 +0000 http://www.ghumphir.com.np/?p=9197 ३० फागुन, काठमाडौं । 
‘दूरसञ्चार राजस्व ठगी’ मुद्दामा फरार रहेका वर्ड लिङ्क, लहानका तत्कालीन डाइरेक्टर राजकुमार श्रेष्ठलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
गोलबजार नगरपालिका–७ का ३७ वर्षीय श्रेष्ठमाथि नेपाल टेलिकमले जिल्ला प्रहरी कार्यालय सिरहामा २०६७ असोज २० गते ‘दूरसञ्चार राजस्व ठगी’ मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता भएपछि लुकीछिपी बस्दै आएका श्रेष्ठलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका श्रेष्ठले ‘कल बाइपास’ गरी नेपाल टेलिकमको करोडौँको राजस्व चुहावट गरेका छन् । उनी पक्राउ परेपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ ।
]]>
9197 0 0 0
त्रिभुवन विमानस्थलमा सुन तस्करीका घटना बढिरहे http://localhost/ghum/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ad%e0%a5%81%e0%a4%b5%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%81%e0%a4%a8/ Sun, 13 Mar 2016 03:31:12 +0000 http://www.ghumphir.com.np/?p=9200 ३० फागुन, काठमाडौं ।
पछिल्लो समय त्रिभुवन विमानस्थलमा सुन तस्करीका घटना बढिरहेका छन् । कान्तिपुर दैनिकमा समाचार छ।तस्करीको मुद्दामा मुछिएका आरोपितमाथि सुनुवाइका लागि तत्काल पेसी तोक्ने र त्यसपछि निर्णय गर्ने लगायतका सम्पूर्ण अधिकारको प्रयोग भन्सार प्रमुखले गर्छन् । त्यतिबेला अर्थ मन्त्रालयले नै सहसचिव सरहको प्रमुखको सरुवा गरी अरू नपठाउँदा उपसचिव स्तरका निमित्त प्रमुख रहेका बेला सुन तस्करीका आरोपितहरूलाई सामान्य धरौटीमा छाड्ने क्रम बढेको थियो ।
प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा २ सय ८३ किलो सुन तस्करी भएको छ । चीनबाट भन्सार छलेर ल्याइने सुन नेपाली बजारमा बेच्दा प्रतिकिलो ५ लाख २० हजार रुपैयाँ फाइदा हुन्छ । भारतीय बजारमा झन् महँगो हुने भएकाले पछिल्लो समय तस्करीमा भारतीय नागरिकहरू सक्रिय छन् । बरामद भएको सुन जफत हुने भएकाले पक्राउ परेका व्यक्तिको रिहाइका लागि तस्करहरूले फाइदाको तुलनामा ठूलो रकम खर्चने गर्छन् ।
]]>
9200 0 0 0
चीनले अरुणमा बाँध बनाएपछि नेपाली भूमि कटान http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%b0%e0%a5%81%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%a7-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%8f%e0%a4%aa%e0%a4%9b/ Sun, 13 Mar 2016 03:33:47 +0000 http://www.ghumphir.com.np/?p=9202 ३० फागुन, काठमाडौं ।
चीनले सीमा भएर बग्ने अरुण नदीमा तटबन्ध लगाएर सडक निर्माण गरेपछि नदीको पानी नेपाली भूमितर्फ बग्न थालेको छ । अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ।
यसका कारण नदीले नेपाली भूमि कटान गरिरहेको छ । नदीले किमाथांका–७ हेमांथाङ्कातर्फ खेतीयोग्य जग्गा बगाएपछि नदी पुरानै दिशामा फर्काउन स्थानीय वासिन्दा जुटेका छन् ।
‘हाम्रो बस्ती बगायो, पटकपटक राज्यलाई जानकारी गराए पनि कुनै पहल भएन,’ किमाथांका नागरिक अगुवा तेन्छेवी शेर्पाले भने । यहाँका ८२ परिवारले रकम नै संकलन गरेर तटबन्ध लगाउने तयारी गरेको शेर्पाले बताए
]]>
9202 0 0 0
मतगणनामा केही हस्तीहरु पछि परे http://localhost/ghum/%e0%a4%ae%e0%a4%a4%e0%a4%97%e0%a4%a3%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%b9%e0%a5%80-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%aa/ Sun, 13 Mar 2016 03:35:48 +0000 http://www.ghumphir.com.np/?p=9204 ३० फागुन, काठमाडौं ।
कांग्रेसको १३ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यको मतगणनामा केही हस्तीहरु पछि परेका छन् । राजधानी दैनिकमा समाचार छ।
शनिबारसम्म गरिएको मतगणनामा २५ भित्र पर्न नसकेका हस्तीहरुको सूची लामै देखिएको छ ।
कांग्रेसभित्रै छुट्टै गुट बनाएका गोबिन्दराज जोशी, बिनयध्वज चन्द २५ मा पर्न सकेका छैनन् । पूर्वसभामुख तारानाथ भाट पनि २५ मा नआृने सम्भावना देखिएको छ । पूर्वमन्त्री चिरन्जीवी वाग्ले, उदयशमशेर राणा, रामकृष्ण ताम्राकार, मनमोहन भट्टराई पछि परेका छन् । लक्ष्मण घिमिरे  र जीपछिरिङ लामा पनि पछि परेका छन्
]]>
9204 0 0 0
चीनको केरुङ नाका संचालनमा http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%87%e0%a4%b0%e0%a5%81%e0%a4%99-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8%e0%a4%ae/ Sun, 13 Mar 2016 03:43:32 +0000 http://www.ghumphir.com.np/?p=9206 ३० फागुन, काठमाडौं ।
दुइ सातापछि चीनको केरुङ नाका संचालनमा आएको छ। कान्तिपुर दैनिकमा समाचार छ।
होल्सार र नयाँ वर्ष मनाउने क्रममा चीनले आफ्नो नाका बन्द गरेको थियो। शुक्रबारबाट नाका संचालनमा आएको भन्सार कार्यालयले जनाएको छ।
सामान आयात हुन थालेको भन्सार प्रमुख केदार पनेरुले बताए।
]]>
9206 0 0 0
बीउ भण्डारणगृह निर्माण http://localhost/ghum/%e0%a4%ac%e0%a5%80%e0%a4%89-%e0%a4%ad%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%be%e0%a4%b0%e0%a4%a3%e0%a4%97%e0%a5%83%e0%a4%b9-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/ Sun, 13 Mar 2016 03:47:58 +0000 http://www.ghumphir.com.np/?p=9208

कञ्चनपुर, ३० फागुन ।

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–३ जोनापुरमा करिब रु १३ लाखको लगानीमा बीउ भण्डारणगृह निर्माण गरिएको छ । कृषि विकास कार्यालय कञ्चनपुरमार्फत सहरी प्रवद्र्धन केन्द्रको रु चार लाख ७५ हजार र सूर्यज्योति कृषि सहकारी संस्थाको रु आठ लाखको लागतमा बीउ भण्डारणगृह निर्माण गरिएको हो । अनुदान रकमले बीउ भण्डारणगृह निर्माणकार्य पूरा नभएपछि सहकारीको सहयोगमा निर्माणकार्य पूरा गरिएको सहकारीका अध्यक्ष टीकुराम दहितले बताउनुभयो । दश टन बीउ भण्डारण गर्न सक्ने क्षमता भएको भण्डारणगृह २० मिटर लम्बाइ र ३० मिटर चौडाइको रहेको छ । बीउ भण्डारणगृह निर्माण भएपछि बीज वृद्धि कार्यक्रमअन्तर्गत यहाँका कृषकले उत्पादन गर्दै आएको धान, गहुँ र मसुरो बालीको बीउ भण्डारण गर्न सहज हुनेभएको छ ।

]]>
9208 0 0 0
'मिनी सार्क’ को तयारी पूरा http://localhost/ghum/%e0%a4%ae%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a4%be/ Sun, 13 Mar 2016 03:53:03 +0000 http://www.ghumphir.com.np/?p=9211 ३० फागुन, काठमाडौं ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेश मन्त्रीस्तरीय बैठकको तयारी पूरा भएको छ । कान्तिपुर दैनिकमा समाचार छ।
पोखरामा चैत १ देखि ४ गतेसम्म हुन लागेको बैठकमा छ सदस्य मुलुकका विदेशमन्त्री उपस्थित हुने भएका छन् । अफगानिस्तानबाट उपविदेशमन्त्री र पाकिस्तानबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो सम्मेलन सार्कको ‘मिनी शिखर सम्मेलन’ मानिन्छ । बैठकमा सहभागी हुन सबै सदस्य मुलुकका विदेशमन्त्री चैत २ र ३ मा नेपाल आउने छन् ।
]]>
9211 0 0 0
अाेली सरकारको दिनगन्ती सुरु http://localhost/ghum/%e0%a4%85%e0%a4%be%e0%a5%87%e0%a4%b2%e0%a5%80-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%b8/ Sun, 13 Mar 2016 03:59:18 +0000 http://www.ghumphir.com.np/?p=9213 भैरहवा ३० फागुन ।  कांग्रेस नेता बालकृष्ण खाँणले वर्तमान सरकारको दिनगन्ती सुरु भएको बताएका छन्। सविधान कार्यान्वयन, राजनीतिक स्थायित्व र मुलुकको आर्थिक विकासलाई गति दिन राष्ट्रिय सहमतिको सरकार आवश्यक भएकोमा उनले जोड दिए ।
'प्रधानमन्त्री को बन्ने भन्ने कांग्रेसको मुख्य प्राथमिकता नभए पनि मुलुकको राष्ट्रिय राजनीतिलाई सहमतिको दिशामा लैजान सरकार परिवर्तन अनिवार्य छ,' नेता उनले भने । ओली नेतृत्वको सरकारलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिँदै उनले अप्राकृतिक जगमा निर्माण भएको सरकार आफ्नै भारले ढल्ने दाबी गरे । प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता उनले सरकार निर्माणका लागि कांग्रेसलाई कुनै हतारो नभए पनि मुलुकलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन सरकार परिर्वतन अनिर्वाय भएको बताए ।
]]>
9213 0 0 0
२१ केन्द्रीय सदस्य विजयी, को-को ले जिते ? http://localhost/ghum/%e0%a5%a8%e0%a5%a7-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%a6%e0%a4%b8%e0%a5%8d%e0%a4%af-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a4%af%e0%a5%80/ Sun, 13 Mar 2016 04:03:52 +0000 http://www.ghumphir.com.np/?p=9216 ३० फागुन, काठमाडौं ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत निर्वाचन मत गणना जारी छ। बुधबारदेखि सुरू केन्द्रीय सदस्यको मत गणनाले शनिबार एकैदिनमा २१ जना केन्द्रीय सदस्यका विजेताको टुंगो लगाएको छ। मत गणना प्रकृयामा भएको सुस्तता चिर्दै शनिबार बेलुका अारक्षण तर्फका विजयी उम्मेदवार घोषणा भएका छन्। आरक्षण कोटा अन्तर्गत महिला, जनजाति, दलित र मधेसी तर्फका विजयी उम्मेदवारको घोषणा गरिएको छ।
महिला अारक्षणतर्फ डिला संग्राैला, पुष्पा भुषाल, कमला पन्त, इश्वरि न्यौपाने, सरिता प्रसाईं र अ्म्बिका बस्नेत विजयी भएका छन्। आदिवासी जनजाती अारक्षण तर्फको पुरूष कोटामा चिनकाजी श्रेष्ठ, बहादुर लामा, कल्याण गुरुङ विजयी भएका छन्। महिला तर्फ सीता गुरुङ र रत्ना शेरचन विजयी भए। दलित अारक्षण तर्फको सिटमा पुरूष तर्फ जीवन परियार, मान बहादुर विश्वकर्मा, मीन विश्वकर्मा विजयी भएका छन्। महिला तर्फ सुजाता परियार र लक्ष्मी परियार विजयी भएका छन्। मधेसी पुरूष तर्फ अजय चौरसिया, महेन्द्र यादब, राम कृष्ण यादव विजयी भएका छन्। त्यस्तै मधेसी महिला तर्फ किरण यादब र पार्बता डि सि चौधरी विजयी भएका छन्। मुस्लिम तर्फको एक सिटमा फरमुल्ला मन्सुर यसअघिनै विजयी भएका थिए। यो सँगै समावेसी अारक्षण तर्फ २२ जना केन्द्रीय सदस्य विजयी भएका छन्। खुल्ला केन्द्रीय सदस्य तर्फ लगातार चार दिनदेखि मत गणना जारी छ। २५ पदका लागि ९० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। उम्मेदवार संख्या ठूलो, ठूलो मत पत्र र गणनास्थलमा धेरै प्रतिनिधि संख्याकाकारण खुल्ला केन्द्रीय सदस्य तर्फको मत गणना निकै पट्यारलाग्दो बनेको निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेको तर्क छ। उनले बढीमा चैत २ गते सबै परिणाम अाउने बताए। खुल्ला तर्फका केन्द्रीय सदस्यको शनिबार रातिको पछिल्लो अपडेट अनुसार अनुसार पहिलो, दोस्रो र तेस्रोमा क्रमशः खुमबहादुर खड्का, शेखर कोइराला र प्रकाशमान सिंह छन्।
]]>
9216 0 0 0
आफैँ दिशापिसाव धोइदिने ट्वाइलेट प्यान अव नेपालमा http://localhost/ghum/%e0%a4%86%e0%a4%ab%e0%a5%88%e0%a4%81-%e0%a4%a6%e0%a4%bf%e0%a4%b6%e0%a4%be%e0%a4%aa%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%b5-%e0%a4%a7%e0%a5%8b%e0%a4%87%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%87-%e0%a4%9f/ Sun, 13 Mar 2016 04:08:00 +0000 http://www.ghumphir.com.np/?p=9218 सुदिल पोखरेल

विकसित मुलुकहरुमा प्रचलित भइसकेको अटोमेटिक ट्वाइलेट प्यान नेपालमा पनि उपलब्ध हुन थालेको छ। ट्वाइलेट गइसकेपछि दिशापिसाव आफैँ धोइदिने अटोमटिक ट्वाइलेट प्यानलाई बालाजुमा रहेको सजना ट्रेड लिंक प्राइभेट लिमिटेडले विक्री सुरु गरेको छ ।

panसजना ट्रेड लिंकले जापानीज कम्पनी पानासोनिकको कम्पनीबाट उत्पादित अटोमेटिक ट्वाइलेट प्यानको विक्री सुरु गरेको हो। संगीत समेत सुन्न मिल्ने अटोमेटिक ट्वाइलेटको सेन्सर आफैँले दिशापिसाब पश्चात फल्स गर्ने  गर्दछ। साथै यो ट्वाइलेटमा पानी तातो चिसो दुवै बनाउन मिल्छ भने तातो हावाबाट पानीले भिजेका शरीरका अङ्गहरु सुख्खा पार्न पनि सकिन्छ।

यस्तो अटोमेटिक ट्वाइलेटहरुको मूल्य ९८ हजार ५ सय देखि २ लाख ३० हजार सम्म रहेका छन्। सजना ट्रेडलिंकका प्रोपाइटर सरोज न्यौपानेका अनुसार ९८ हजार ५ सय रुपैयाँमा उपलब्ध अटोमेटिक ट्वाइलेटमा दिशापिसाब आफैँ धुने सिस्टम जडान भएकोले महँगो भएको बताए।

तर अटोमेटिकक ट्वाइलेट प्रयोग गर्नलाई विद्युत भने अनिवार्य रुपमा उपलब्ध हुनपर्छ। विद्युतले प्यान सिट तातो बनाउछ। ट्वाइलेट जडान पश्चात सुरुमा ८ देखि १२ मिनेट  ४८ वाट विद्युत खपत गर्दछ। तर अन्य दिनमा शौचालय प्रयोग गर्दा भने ८ देखि १० वाट मात्रै विद्युत खपत हुने न्यौपाने बताउँछन्।

विद्युतको सहायतमा नै यसको कोमटमा पानी तातो र चिसो बनाइन्छ। साथै  विद्युतको सहायतामा नै  तातो हावा निकालिन्छ। यसको कोमटको दायाँ भागमा विभिन्न बटनहरु रहेका हुन्छन्। जसको सहायताले पानी चिसो तातो बनाउन सकिन्छ ।

सजना ट्रेड लिंकले आफ्ना ग्राहकको लागि  फ्रि डेलिभरीको व्यवस्था गरेको छ।  साथै यो ट्वाइलेटमा १ वर्षको वारेन्टी प्रदान गरिने न्यौपाने बताउँछन्। विशेषगरी वृद्धवृद्धा, अपाङ्गता भएका र बालबालिबा लागि यो निकै नै उपयोगी हुने न्यौपाने बताउँछन्। साथै पायल्सका रोगीहरुका लागी समेत यो ट्वाइलेट बढी उपयोगी रहेको उनको भनाई छ।

सन् २०१० मा  कामको सिलसिलामा जापानमा गएको बेला न्यौपानेले आफैँ दिशापिसाब धोइदिने ट्वाइलेट देखेपछि नेपाल आएर उनले त्यसलाई नेपालमा भित्र्याएका हुन्।

]]>
9218 0 0 0
चितुवाको छाला हड्डी सहित २ जना प्रक्राउ http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9b%e0%a4%be%e0%a4%b2%e0%a4%be-%e0%a4%b9%e0%a4%a1%e0%a5%8d%e0%a4%a1%e0%a5%80-%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4/ Sun, 13 Mar 2016 04:16:30 +0000 http://www.ghumphir.com.np/?p=9221 ३० फागुन, दार्चुला ।

दार्चुलामा चितुवाको छाला र करीव ५ किलोग्राम हड्डी सहित प्रहरीले २ जनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा कालीकोट जिल्ला घर भएका ३९ वर्षिय जनक बहादुर साही र दार्चुला जिल्ला सुन्सेरा गाविसका कैलाश राम पार्की रहेका छन ।

उनीहरु लाई प्रहरीले राप्ला ८ को कल्जु जंगलमा छाला सुकाउदै गरेको अवस्थामा प्रक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ । उक्त चितुवा जिल्लाकै हिमाली क्षेत्रमा पासो थापेर मारेको प्रारम्भीक अनुसन्धान बाट खुल्न आएको प्रहरीको भनाई छ । छाला र हड्डी सहित प्रकाउ परेका साही र पार्की लाई जिल्ला सदरमुकाम ल्याईदै गरेको प्रहरीले जनाएको छ । दार्चुला जिल्ला वन्यजन्तुका अखेटोपहार चोरी तस्करीको केन्द्र बन्ने गरेको आरोप लागेको बेला प्रहरीलाई लामो समय पछि सफलता हात लागेको हो ।

खास गरी चिनको तिव्वत संग जोडीएको उत्तरी नाका भएर वर्षेनी ठुलो परीमाणमा वन्यजन्तुका अंगहरु चोरी निकासी हुने गरेको छ । सिमा क्षेत्रमा राज्यको उपस्थीती बाह्ै महिना नहुने तथा भए पनि न्युन हुनेभएकाले सो क्षेत्रमा तस्कर हरु लामो समय देखी सक्रिय रहदै आएका छन । प्रहरीले केही वर्ष पहिला ठुलो परीमाणमा वन्य जन्तुका अंग वरामद गरेको भए पनि तस्करका नाईके भने प्रक्राउ पर्न सकेका छैनन ।

]]>
9221 0 0 0
अर्ग्यानिक गाउँ http://localhost/ghum/%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81/ Sun, 13 Mar 2016 04:24:15 +0000 http://www.ghumphir.com.np/?p=9223

अर्ग्यानिक गाउँ
रोहित राई
गाउँको नाम नै बसन्तटार । सेउती खोलाको काठे पुल तरेर केही उत्तर लागेपछि वसन्तले स्वागत गर्छ । घरैपिच्छे हरियो तरकारी खेती । तरकारीको बोटले घरहरुलाई घेरेको छ । मास्तिर डाडैभरि गाउँलेहरु मिलेर संरक्षण गरेको घना सालको जंगल । यहाँ पुगेपछि मन त्यसै रमाउछ।
यो काठेपुल(सेउती खोला) पहिला धरान र पाँचकन्या गाविसको सिमाना थियो । गाविस धरानमा समायोजन भएपछि उपमहानगर भयो । अहिले वसन्तटार धरानको वडा २० मा पर्छ ।वसन्तटारको परिचय यतिमै सिमित छैन । 'अग्र्यानिक गाउँ' भनेर यो ठाउँको सुवास फैलदो छ । त्यही गाउँमा फागुन ९ गते बिहान अग्र्यानिक अभियन्ता एवं कृषिविद् मदन राई गाउँले कृषकसँग भलाकुसारी गर्न आउने खबर आयो । वसन्तटारका युवा कृषक कृष्ण राईको सोताङ अग्र्यानिक एग्रीकल्चर सेन्टरमा म र दिनेश गजमेर ढिला गरि पुग्यौ । कृष्ण जीले 'अग्र्यानिक स्वागत छ है' भन्दै कुर्सीमा बसाले । पत्रकार भोजराज श्रेष्ठ, धरान रनसम्बद्ध युवाहरु अघि नै पुगिसकेका रहेछन् । पाहुनाहरुको गलामा हरियो सागको माला थियो । हेर्दै आनन्द लाग्ने । खोटाङको रतन्छा गैरीगाउमा जन्मिएका कृषिविद मदन राईलाई पहिलो पटक टिभिमा अन्र्तवार्ता दिदै गर्दा देखेको हँु । त्यसबेलाका पत्रपत्रिकाहरुमा भने कृषकले तरकारी वालीमा अत्यधिक बिषादी प्रयोग गरेको र मानव स्वास्थ्यलाई पनि जोखिम बढाएको बिषय प्रमुखताका साथ छापिन्थ्यो । उनी भने टिभिमा बिषादीरहित अग्र्यानिक खेतीको बारेमा बताउदै थिए । कृषिविद् भनेर परिचित तिनै ६६ बर्षीय राईले ९ बर्षसम्म त स्कुल नै नदेखेको रे । धेरै दुःख गरेर पढेका रहेछन् । पढेर नेपालकै पहिलो कृर्षि प्राविधिक बने । तर, उनी अहिले आफ्नो त्यो नियुक्तीलाई पहिलो बिष बाड्ने अधिकृत पो भन्छन् । त्यसबेला उनको काम किसानलाई रासायनिक मल र किरा मार्न भन्दै बिषादी प्रयोग गर्न सिकाउने, वितरण गर्ने । अहिले उनी रासायनिक मल र बिषादी प्रयोगको गर्न हुदैन है भन्दै हिड्छन् । मुस्ताङमा अहिले फल्ने स्याउमध्ये ८० प्रतिशत उनले आफनै हातले रोपेका रहेछन् । स्याउ फल्न थालेपछि बजार नपाउदा शुरुमा निक्कै तनाव भएछ । पछि जुक्ति निकालेछन्, घुम्न आउने पर्यटकलाई बिक्री गर्ने । कृर्षिलाई पर्यटनसँग जोड्न सकेको भन्दै उनी खुशी देखिए । उनका अनुसार मुस्ताङको आम्दानी कृर्षि पर्यटनले थेगेको छ । नेपालीको सरदर आम्दानी ७० हजार हुदा त्यहाको प्रतिबर्ष ४ लाख पुग्छ रे । गजबको कुरा सुनाए । उनले आफ्नो विगतका तितामिठा अनुभव बाड्दै विरुवालाई माया गर्न सिकाए । देश विदेशमा पढेर, डुलेर भेला पारेको ३ किलो सर्टिफिकेटले पनि काम नदिएपछि ५० बर्षको उमेरमा फेरि ३, ४ कक्षाको विज्ञान किताब पढेको सुनाउदा चकित परे । अबको ५० बर्षभित्र नेपाललाई अग्र्यानिक देश बनाउने अभियानमा छन् उनी । एमाओवादी परित्याग गरेका नेता डा.बाबुराम भटराई उनलाई खोज्दै घरमा पुगेछन्, र उनको अभियानलाई सघाउने वचन दिएपछि उनी पनि नयाँ शक्तिमा गएका रहेछन् । हामीले फोहोर भनेर फल्ने गु र मुत विरुवाको मुख्य खानेकुरा रे । त्यसलाई विरुवामा नहाली अन्यत्रै फाल्नाले प्रकृतिको चक्र टुटेको र रासायनिक मल प्रयोग गर्नुपरेको उनले बताए । अग्र्यानिक खेती भनेको प्रकृतिको चक्रमा बस्नु हो, उनले यसो भने । गु र मुतको महत्व सुनेर दंग पर्यौं हामी । सुन्दा असहज लागे पनि उनले ठेट नेपाली शब्द भन्दै गु र मुत नै भनिरहे । विरुवाले अक्सिजन दिन्छ र नै हामीले सास फेछांै । पानी पिएर पिसाब फेछौं । खाना खाएर दिसा गछौं । विरुवाले जे दिन्छ, त्यसलाई उपभोग गरेर फाल्छौं । हामीले फालेको ती तत्व पनि विरुवालाई नै त चाहिन्छ । तर, हामीले फेर्ने सासबोहक गु र मुतलाई विरुवामा नहाली अन्यत्रै फाल्छौं । यसले वातावरण,प्रकृतिलाई पनि दुषित बनाइरहेको छ । कति सरल भाषामा गहन कुरा बुझाइदिए मदन दाईले । उनी त घर र अफिसमा बाल्टिङमै हक्छन् रे । जता गए पनि मुत संकलन गर्ने भाडो बोक्दा रछन् । गु र मुत विरुवामा हाल्छन् । त्यसो गरे पानीको पनि खपत कम हुने । सबैलाई गु र मुत छुट्ट छुट्टै बाल्टिमा संकलन गरेर विधिपुर्वक विरुवामा हाल्ने तरिका सिकाई दिए । स्कुल, कलेजका विद्यार्थीलाई माटो छुन, विरुवा बुझ्न लगाउनुपर्छ, अनि मात्रै देशको उन्नति हुन्छ भने । कति उत्तम धारणा । मदन दाईले भनेजस्तै अभ्यास अहिले धरानको वसन्तटारमा भइरहेको छ । यसको अगुवाई ३२ बर्षे युवा कृष्ण राईले गरेका छन् । उनकै सोच र प्रयासमा गाउँभरि अग्र्यानिक खेती अभियान चलिरेको छ । यहाँको खेती प्रविधि हेर्न थुप्रै जिल्लाबाट किसानहरु आइपुग्छन् । बर्षिकरुपमा करोडको हाराहारीमा यहाँका किसानहरुले गाउँमा तरकारी बिक्री गरेर भित्र्याउछन् । अग्र्यानिक खेतीमा नमुना गाउँ बनेको छ, वसन्तटार । हरियो सिवि, टमटर लटरम्म फलेको छ । साग, धनिया, फर्सिको गट्ठालगायतले फागुनमा पनि नाम जस्तै खुलेको छ वसन्तटार । यही वसन्तटारमा डेढ दशकअघिसम्म उब्जाउ केही नहुने । गाउँले बिहानै जंगल गएर दाउरा ल्याउथे । दिउसो धरान बजारमा बिक्री गर्न जान्थे, र साँझमा साग,सब्जी, चामल बोकेर फर्कन्थे । त्यतिबेला वसन्तटार होइन, गाउँको नाम 'बोक्सीटार' थियो । ०५६ सालतिर कृष्णले आफ्नै बारीमा काउली रोप्दा गाउँलेहरुले 'फलाएर त देखा, कान काटिदिन्छु' सम्म भने । उनले मेहनत गरेर काउलीसँगै टमटर, सिवि, काक्रो, बोडी पनि फलाए । त्यसपछि मात्र छरछिमेकहरु तरकारी खेतीमा तानिए । गाउँको नाम पनि फेरिएर वसन्तटार भयो । उनै कृष्णले ०६२ सालदेखि रासायनिक मल र बिषादी न्युनिकरण अभियान शुरु गरेका थिए । अग्र्यानिक खेतीको कुरा गर्थे । सबैले अग्र्यानिक भाई भन्न थाले । तर, उनले हरेस खाएनन् । गाउँमा मल र बिषादी पुर्णरुपमा निषेध गर्ने गरि ५ बर्षे कार्ययोजना तयार गरेछन् । विकल्पमा झारपातहरु संकलन गरेर कम्पोष्ट मल बनाउन थाले । घरमै वंगुर फर्म खोले । गाउँघरको मल पनि किनिदिए । अभियानले ०६७ मा सफलता पायो । वसन्तटारको ९५ घरधुरीमा अहिले अग्र्यानिक खेती मात्र हुन्छ । रासायनिक मल र बिषादी पुर्णरुपमा निषेध छ । दुई दर्जन जति घरधुरी व्यावसायिकरुपमा नै तरकारी खेतीमा छन् । अग्र्यानिक तरकारी खरीद गर्न गाउँमै व्यापारी पुग्छन् । गाउँलेको आम्दानी मनग्ये छ । सधै हसिलो मुद्रामा भेटिने कृष्णजीको सफलताको कथा सधै सुनिरहुँ लाग्छ । अग्र्यानिक तरकारी खेती र विधि हेर्न विभिन्न जिल्लाबाट कृषक समुहहरु अध्ययन भ्रमणमा आइरहन्छन् । छलफल चलिरहदा धरान उपमहानगरपालिकाका योजना शाखा प्रमख इञ्जिनियर सुरज श्रेष्ठ, युएन ह्याबिटयाटका कर्मचारीसहित अग्र्यानिक खेती अवलोकन गर्न आइपुगे । धरान उपमहानगरपालिकाले पाँचकन्यालाई बिशेष कृर्षि क्षेत्र बनाउने नीति लिएको छ । केही सहकार्य गर्न सकिन्छ कि भनेर ह्याबिट्याटका मान्छेलाई देखाउन ल्याएका रहेछन् । गाउले किसान मिलेर वसन्तटार कर्षि सहकारी संस्था गठन गरेका रहेछन् । संस्थामा ५३ जना सेयर सदस्य छन् । यसले कृषकसँग रहेको साना पुजी वचत गर्ने र कृषकलाई नै सस्तो ब्याजमा ऋण दिन्छ । एनजिओसँग मिलेर कृर्षिको विकासको लागि कार्यक्रम पनि गर्छ । वसन्तटार धरानको भानुचौकदेखि करिब अढाई किलोमिटर मात्र पुर्वमा छ । धरानेहरु बिहान हिँडेर जादा हुन्छ । फर्कदा साथमा हरियो ताजा तरकारी बोकर आउने । पसिना पनि निस्कने । अग्र्यानिक तरकारी पनि पाइने । स्वास्थ्यको लागि फाइदै फाइदा । दुई पंग्रे, चार पंग्रे सवारी पनि सजिलै पुग्छ । इकोसान चर्पीबाट छुट्टै दिसा र पिसाब संकलन विधि, तिरीमिरी खेती, पुर्वमै पहिलो पटक इन्सेक्ट नेटसहितको पोली हाउस विधिको तरकारी खेती हेर्न पाइने । गैडा जत्रो वंगुर । पोलीब्याग प्रविधिबाट ढुंगा माथि पनि तरकारी फलेको छ । च्याउ खेती छ । भर्खर मात्र वंगुरलाई दाना उत्पादन परीक्षण शुरु भएको छ । अग्र्यानिक गाउँ वसन्तटारमा गएर हेर्ने, सिक्ने थुप्रै कुराहरु छन् । .... कृष्ण राई, प्रोपाइटर कृषक अग्र्यानिक खेती गर्दा मल, बिषादी, भिटामिन, हर्मोन्सलगायत खरीद गर्नु पदैन । खर्च घटेको छ । माटोको उर्बराशक्ति बढेर उत्पादन बढीरहेको छ । माटो राम्रो हुँदा किरा, रोग पनि नलाग्दो रैछ । स्वास्थ्य र वातावरण पनि स्वच्छ रहने । अग्र्यानिक तरकारीको माग बढीरहेको छ । उत्पादन क्षमता बढाउन र बाह्रै महिना कसरी फलाउने भनेर केन्द्रीत छौं । अग्र्यानिक तरकारीको आउटलेट, अग्र्यानिक रेष्टुरेष्ट र होम स्टे शुरु गर्ने योजना छ । त्यसका लागि उत्पादन बढाउन कम्मर कसेका छौं । अर्को बर्ष गाउँमै कृषि मेला गर्ने छौं । ... मदन राई, कृषिविद् यहाँ अग्र्यानिक खेतीको धेरै राम्रो अभ्यास भइरहेको रहेछ । कृषिलाई पर्यटनसँग जोड्न सक्नुपर्छ । यहाँ अग्र्यानिक खानाको लागि पर्यटन केन्द्र बनाउनुस् । मान्छे आउछन्, बसेर खान्छन् । फर्कदा तरकारी किनेर लैजान्छन् । अग्र्यानिक रेष्टुरेष्ट खोल्दा राम्रो । हम्रा केटाकेटी किताब पढ्छन्, डिस्टिङसन हान्छन् । तर, म शिक्षकलाई विद्यार्थीहरुलाई माटो छुन लगाउ भन्छु, टिचर नै पो मान्दैनन् । सानैदेखि रुखविरुवा चिन्न लगाउनुर्छ नानीहरुलाई । तब मात्रै उ बन्छ, र देश बनाउन सक्छ । देश गरिब भएको कारण नै विरुवा हेर्ने, रेखदेख गर्ने मान्छेलाई सम्मान नभएर हो।
]]>
9223 0 0 0
अब जमिन बाँझो राखे कारबाहीमा http://localhost/ghum/%e0%a4%85%e0%a4%ac-%e0%a4%9c%e0%a4%ae%e0%a4%bf%e0%a4%a8-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%9d%e0%a5%8b-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%87-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b9/ Sun, 13 Mar 2016 04:51:33 +0000 http://www.ghumphir.com.np/?p=9225 ३० फागुन, काठमाडौं ।

खेती गर्न फुर्सद नभएको र जनशक्ति नपाएको कारण देखाउँदै जमिन बाँझो राख्ने पर्वतका ‘जमिनदार’ अब कारबाहीमा पर्ने भएका छन् । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले उच्चस्तरीय बोर्डले आठौं जिल्ला परिषद्मा जमिन बाँझो राख्नेलाई कारबाही गर्ने नीति ल्याएपछि यस्तो हुने भएको हो ।

land

परिषद्ले बाँझो जमिन राख्नेलाई प्रतिरोपनी ५० रुपैयाँका दरले जरिवाना गर्ने निर्णय सार्वजनिक गरेको थियो । अब सबै जग्गावालले एक बाली लगाउने सिजनमा बाँझो राखेबापत प्रतिरोपनी ५० रुपैयाँ नगरपालिका वा गाविसलाई जरिवाना तिर्नुपर्ने छ ।

बिलासिताका लागि बजारमा बस्ने र आफ्नो जमिन बाँझो राखेर आयातित खाद्यान्नमा भर पर्नेहरूका लागि यो निर्णय गतिलो गाँठो भएको सरोकारवालाहरूले बताएका छन् ।

सिँचाइको पर्याप्त सुविधा हुने क्षेत्रमा पनि कुल जमिनको एक तिहाइ अझै पनि बाँझै रहेको तथ्यांक सार्वजनिक भएपछि सर्वदलीय भेलाले पारित गरी यो निर्णय गरिएको स्थानीय विकास अधिकारी युवराज पौडेलले परिषदमा सार्वजनिक गरेका हुन् ।

‘खाद्यान्न आयातमा कटौती गरी जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले यो नीति अवलम्बन गरिएको हो,’ उनले भने, ‘जरिवाना लिने काम नगरपालिका र सम्बन्धित गाविसले गर्ने छन् ।’ जग्गाधनीले कुनै पनि हालतमा खेती गर्न सक्ने अवस्था नभए नजिकको छिमेकी वा खेती गर्न इच्छुक जोकोहीलाई पनि बाली लगाउन दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।

जिल्लामा बाह्रै महिना सिँचाइ हुने करिब ९ हजार हेक्टरमध्ये हिउँदमा करिब तीन हजार हेक्टर जमिन बाँझै रहेको कृषि विकासका अधिकृत वासुदेव रेग्मीले बताए । ‘हामीले पोहोर निकालेको तथ्यांकका आधारमा यो क्षेत्रफल आएको हो,’ उनले भने, ‘यो वर्षमा कुन गाविसमा कति बाँझो छ भनेर अनुगमन हुँदैछ ।’

जमिनको उचित सदुपयोग गर्दै व्यावसायिक खेती गर्ने किसानहरूलाई प्रोत्साहनका कार्यक्रमसमेत ल्याइएको परिषद्मा जानकारी गराइयो । जमिनको उत्पादकत्व बढाउन माटो परीक्षण, अनुदानमा कृषि चुन वितरण गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

त्यस्तै युवा किसानको व्यावसायिकतामा सघाउन युवा स्वरोगार, औजार, प्राविधिक उपकरणलगायत अनुदानका कार्यक्रमहरूलाई बढाइने स्थानीय विकास अधिकारी पौडेलले बताए ।

जमिन बाँझो नराख्ने अभियानअन्तर्गत सिँचाइको सुविधा नभएका जमिनहरूको प्राविधिक परीक्षण गरी माटो सुहाउँदो खेतीका लागि स्थानीयस्तरमै प्रशिक्षणसहित सम्बन्धित बालीका लागि सहयोग गर्ने कार्यक्रम रहेको जिविस बोर्डका अध्यक्षसमेत रहेका स्थानीय विकास अधिकारी पौडेलले जानकारी गराए ।

पर्वतमा गरिएको यो अभियान मुलुककै नौलो प्रयोग भएको भन्दै सरोकारवालाहरूले यसको स्वागत गरेका छन् । यो निर्णयले जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर हुन सहयोग पुर्‍याउने उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम लामिछानेले बताए ।

खेतीयोग्य जमिन भएर पनि बजारको भर पर्नेहरूका लागि गतिलो झापड भएको राप्रपा नेपालका अध्यक्ष ठाकुर भुसालले बताए ।

]]>
9225 0 0 0
धादिङमा ४.८ रेक्टरको परकम्पन ,पराकम्पन आउने क्रम बढे http://localhost/ghum/%e0%a4%a7%e0%a4%be%e0%a4%a6%e0%a4%bf%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a5%aa-%e0%a5%ae-%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a4%95%e0%a4%ae/ Sun, 13 Mar 2016 07:17:09 +0000 http://www.ghumphir.com.np/?p=9230

काठमाडौँ, ३० फागुन ।

धादिङ केन्द्रबिन्दु भएर पुनः परकम्पन गएको छ । बिहान ११ बजे ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्पन मापन केन्द्रले जनाएको छ । पछिल्लो समय भूकम्पको पराकम्पन आउने क्रम बढेको छ, यसअघि शुक्रबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४.२ रेक्टर स्केलको परकम्पन गएको थियो । एक साताअघि परकम्पन पातलिएको भए पनि केही दिनयता परकम्पन आउने क्रम बढेको हो । यसबीचमा सङ्खुवासभा, हुम्लालगायतका स्थानमा साना नयाँ भूकम्प पनि गएका थिए । गत वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ४३० परकम्प गएको केन्द्रका प्रमुख लोकबिजय अधिकारीले जानकारी दिनुभयो । रा

]]>
9230 0 0 0
आगलागी नियन्त्रणमा आउन सकेन http://localhost/ghum/%e0%a4%86%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%89%e0%a4%a8-%e0%a4%b8/ Sun, 13 Mar 2016 07:18:20 +0000 http://www.ghumphir.com.np/?p=9232

ताप्लेजुङ, ३० फागुन ।

ताप्लेजुङ सदरमुकाम फुङ्लीङ नजिकै रहेको दोखुमापर्ने धुसेनीस्थित सरकारी वनमा शनिबार साँझ ६ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । ताप्लेजुङ नगरपालिका–८ मा पर्ने उक्त वन आगलागीबाट सयौँ हेक्टर जङ्गल जलेर नष्ट भएको छ । शनिबारबाटै जिल्लास्थित नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा आगलागी केही नियन्त्रणमा लिइएको भए पनि नियन्त्रणमा आइनसकेको स्थानीयवासी रुपनारायण भट्टराईले जानकारी दिनुभयो । आगलागी हुनासाथ दमकलसहित सोही क्षेत्रमा प्रहरी, सेना र स्थानीयवासीको सक्रियतामा नजिकै रहेका बस्ती आगलागीबाट बचेका छन् । आगलागी सुरु हुनासाथ स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि जिल्लाबाट पुगेको सुरक्षा टोलीले अग्निरेखा कोरी छेउछाउका बस्ती क्षति हुनबाट बचाएका हुन् । सो आगलागीबाट बस्तीमा पुग्ने सम्भावना नभए पनि जङ्गलभित्रको आगलागी पूर्णरुपमा नियन्त्रण गर्न समय लाग्ने देखिएको छ । आगलागीको उच्च जोखिम रहेको उक्त क्षेत्रमा यसअघि पनि बर्सेनि आगलागी हुँदै आएको छ ।

]]>
9232 0 0 0
मधेसी मोर्चाका नेताहरु फेरि भारतको गए http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8%e0%a5%80-%e0%a4%ae%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%ab/ Sun, 13 Mar 2016 07:23:41 +0000 http://www.ghumphir.com.np/?p=9234 ३० फागुन, काठमाडौं ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु फेरि भारतको राजधानी नयाँदिल्ली गएका छन्।  तमलोपाका अध्यक्ष महन्थ ठाकुर, संघीय फोरम लोकतान्त्रिकका अध्यक्ष उपेन्द्र यादव,  तमलोपाका सह अध्यक्ष हृदयेश त्रिपाठी लगायतका नेताहरु आइतबार विहान नेपाल एयरलाइन्सको उडानबाट त्यसतर्फ गएका हुन् ।
नेपाल भारत महिला मैत्री समाजको कार्यक्रममा उनीहरु त्यसतर्फ गएका हुन् । सद्भावना अध्यक्ष राजेन्द्र महतो भने दिल्ली गएका छैनन र उनी रौतहटमा पार्टीका काममा सहभागी भएका कारण त्यता नगएका हुन् । दिल्ली गएका नेताहरुले त्यहाँका विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्ने बुझिएको छ ।
]]>
9234 0 0 0
डिडिसीले माग्यो ७४ कर्मचारी http://localhost/ghum/%e0%a4%a1%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a5%ad%e0%a5%aa-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%9a/ Sun, 13 Mar 2016 07:29:01 +0000 http://www.ghumphir.com.np/?p=9236 ३० फागुन, काठमाडौं ।

दुग्ध विकास संस्थानले विभिन्न पदमा ७४ जना कर्मचारी मागेको छ। संस्थानले अधिकृतस्तरका १६ र सहायकस्तरमा ५८ जना कर्मचारी मागेको हो। संस्थानले प्रशासन र प्राविधिक दुवैतर्फ कर्मचारी माग गरेको छ। संस्थानका अनुसार अधिकृत स्तरमा तीनजना टेक्निकल अफिसर,पाँच जना डेरी टेक्नोलोजिस्ट, एकजान अर्थविज्ञ, चारजना सहायक लेखा अधिकृत र तीन जना शाखा अधिकृत माग गरेको हो। सहायक स्तरमा ६ जना बरिष्ठ प्रशासन सहायक, चारजना लेखापाल, एक जना वरिष्ठ कम्प्युटर अपरेटर, चारजना सुपरभाइजर र दुईजना सिनियर चिजमेकर माग गरेको छ। त्यस्तै आठ जना टेक्निकल असिस्टेन्ट, दुइजना फोरमेन, एकजना चिज मेकर, तीनजना जुनियर टेक्निकल असिस्टेन्ट, एकजना कम्प्युटर अपरेटर, दुइजना लेखापाल,चार जना प्रशासन सहायक र २० जना डेरी सहायक कर्मचारीको विज्ञापन गरेको हो ।

संस्थानले सवै कर्मचारी खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्ने जनाएको छ। अधिकृतस्तरका लागि प्राविधिक तहमा डेरी टेक्नोलोजी वा डेरी साइन्समा स्नातक उत्तीण गरेको हुनुपर्नेछ भने प्रशासनिक तहका लागि वाणिज्यशास्त्र, अर्थशास्त्र वा व्यापारमा स्नातकोत्तर गरेको हुनपर्ने संस्थानले जनाएको छ। त्यस्तै सहायकस्तरका तहविहिनका लागि सहायक लेखपढ गर्न जान्नेदेखि विभिन्न विषयमा प्रविणता प्रमाणपत्र उत्र्तीण गरेको हुनुपर्ने दुग्ध विकास संस्थानले जनाएको छ।

 संस्थानले चैत्र २९ गतेसम्म फर्म भर्ने म्याद तोकेको छ भने दोब्वर दस्तुर तिरेर २०७३ साल बैशाख ६ गतेसम्म फर्म भर्न सकिने जनाएको छ। फर्म भर्नका लागि अधिकृतस्तरका लागि एकहजार रुपैयाँ र सहायकस्तरका लागि पाँचसय रुपैया लाग्नेछ भने चैत्र २९ गतेभन्दा ढिला फर्म भरेमा तोकिएको भन्दा दाब्वर शुल्क लाग्नेछ। अधिकृतस्तरका लागि २१ वर्षदेखि ३५ वर्ष ननाघेको र सहायकस्तरका लागि १८ बर्षदेखि ३५ वर्ष ननाघेको हुनुपर्नेछ । फर्म भर्न दुग्ध विकास संस्थानको वेव साइटमा गएर डाउनलोड गर्न सकिनेछ।

अर्थमन्त्रालयले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार दुग्ध विकास संस्थान १५ करोड ५८ लाख नाफामा रहेको छ। हाल संस्थानमा ९ सय ६६ जना स्थायी कर्मचारी, करारमा दुई र अन्य एकसय ४५ गरि जम्मा ११ सय १३ जना कर्मचारी कार्यरत रहेका छन्।

]]>
9236 0 0 0
चाँडै स्थानीय निर्वाचन हुन्छ : मन्त्री थापा http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a5%88-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%af-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%9a%e0%a4%a8-%e0%a4%b9/ Sun, 13 Mar 2016 13:02:43 +0000 http://www.ghumphir.com.np/?p=9239

काठमाडौँ, ३० फागुन ।

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले चाँडै नै स्थानीय निर्वाचन हुने बताउनुभएको छ । जिल्ला विकास समिति काठमाडौँले आज यहाँ आयोजना गरेको नवौँ जिल्ला परिषद्मा उहाँले स्थानीय निकाय जनप्रतिनिधिविहिन हुँदा स्थानीय निकायको काम प्रभावित भइरहेकाले निर्वाचन चाँडै हुने बताउनुभयो । उहाँले भन्नुभयो, “देश नयाँ चरणमा प्रवेश गरेको छ । अब विगतमा जस्तो सङ्क्रमण र अस्थिरताको अवस्था छैन, देशलाई नयाँ गति दिन यथासक्य छिटो स्थानीय निर्वाचन हुन्छ ।”

kamal_thapa_copy5स्थानीय निकाय प्रजातन्त्रको मेरुदण्ड भएको बताउँदै उहाँले जनताको प्रत्यक्ष सरोकार स्थानीय निकायसँग हुने भएको १८ वर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचनका लागि आपूmले सत्तारुढ दल अन्य शीर्षदलका नेतासँग पनि छलफल गरेको जानकारी दिनुभयो । मन्त्री थापाले सविधानसभाबाट सविधान जारी गर्ने कार्य सहज नभएको उल्लेख गर्दै ३१ फरक विचार र ढिपी बोकेका दलहरु र विदेशी शक्तिको चर्को दबाब साझा दस्तावेजका रुपमा संविधान तयार गर्नु चूनौतीपूर्ण कार्य भएको स्मरण गर्नुभयो । उहाँले भन्नभयो, “केही कमजोरी भएपनि हाम्रो सविधान विश्वका प्रचलित मूल्यमान्यता बोकेकोले अत्यन्त अग्रगामी र प्रगतिशील बनेको छ ।” स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारीले आर्थिक वर्ष २०७३÷०७४का लागि गरिने कार्यक्रममा लागि कूल रु १२ अर्ब ६२ करोड २१ लाख १३ हजारको अनुमानित आयव्यय प्रस्तुत गर्नुभयो ।

]]>
9239 0 0 0
सांसद् लामा गोली भेटिएपछि पक्राउ http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a5%8d-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a5%80-%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a4%bf%e0%a4%8f%e0%a4%aa%e0%a4%9b/ Sun, 13 Mar 2016 13:08:05 +0000 http://www.ghumphir.com.np/?p=9242

काठमाडौँ, ३० फागुन ।

एकीकृत नेकपा(माओवादी)का सांसद् ल्हारक्याल लामा आज पक्राउ पर्नुभएको छ । अकुत सम्पत्ति आर्जन गरेकोे आरोपमा अख्तियार अनुसन्धान आयोगले छानविनका लागि लामाको दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैङ्कको लकरमा जाँच गर्दा बन्दुकको गोली बरामद भएपछि उहाँ पक्राउ पर्नुभएको हो । आयोगका प्रवक्ता कृष्णहरी पुष्करका अनुसार अनुसन्धानका लागि आयोगले सांसद् लामालाई इन्भेष्टमेन्ट बैङ्कमा लगेको र सो क्रममा उहाँको लकरबाट १४ थान गोली भेटिएको जानकारी दिनुभयो ।

लामालाई अवैध हातहतियार तथा खरखजना ऐन २०१९ अनुरुप पक्राउ गरी कारवाहीका लागि दरबार मार्गस्थित प्रहरी प्रभागमा बुझाईएको उहाँले बताउनुभयो ।
]]>
9242 0 0 0
साधु लुटिए http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a5%81-%e0%a4%b2%e0%a5%81%e0%a4%9f%e0%a4%bf%e0%a4%8f/ Sun, 13 Mar 2016 13:10:35 +0000 http://www.ghumphir.com.np/?p=9245

गौशाला, ३० फागुन ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा १५ दिने माध्यमिकी परिक्रमा भर्न आएको एक साधुबाबाको रु ५० हजार भन्दा बढी लुटिएको छ । आफूलाई रमता जोगी बताउने ती बाबाले लगाएको क्याम्पबाट अज्ञात व्यक्तिले क्याम्पको मूर्तिमाथि चढाइएको रकम र बाबाले गत मङ्गलबारदेखि परिक्रमाको विभिन्न विश्रामस्थलबाट जम्मा गरेको रु ५० हजार भन्दा बढी रकम गएराति लुटिएको बाबाले बताएका छन् ।

बाबाले आफूलाई मेला समितिको सदस्य रहेको भन्दै आफ्नो क्याम्पबाट ग्यास सिलिन्डर माग्न आएको एक व्यक्तिलाई ग्यास सिलिन्डर नदिएको केही छिनमै पैसाले भरिएको ब्याग लुटेर लगिदिएको उनले बताए । बाबाले आफ्नो पैसा लुटिएको बारे प्रहरीलाई पनि जानकारी गराएका थिए । प्रहरीले लुटेराको खोजी जारी राखेको जनाएको छ ।
]]>
9245 0 0 0
व्यवसायीले इँट पोल्न थाले http://localhost/ghum/%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%87%e0%a4%81%e0%a4%9f-%e0%a4%aa%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a4%a5%e0%a4%be%e0%a4%b2/ Sun, 13 Mar 2016 13:12:12 +0000 http://www.ghumphir.com.np/?p=9247

लुम्बिनी (रुपन्देही), ३० फागुन ।

भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण थलिएका जिल्लाका व्यवसायीले इँट पोल्न थालेका छन् । निर्माण सामग्री, कोइला र इन्धनको अभावमा उत्पादन ठप्प भएका जिल्लाका उद्योगले नाकाबन्दी खुलेसँगै पुनःउत्पादन सुरु गरेका छन् । व्यवसायीले नाकाबन्दीको समयमा उत्पादन गरेका करिब दुई करोड काँचा इँट पोल्न थालेका छन् । करिब पचास वटा उद्योगले चार लाखका दरले काँचा इँट तयार पारेका इँट व्यवसायी अजय गुप्ता बताउनुहुन्छ । “आन्दोलन फिर्ता भएपछि कोइला, काठ, दाउरा, माटोलगायत सामग्रीको ढुवानी सहज बन्दै गएको छ” उहाँले भन्नुभयो । तर उद्योग बन्दपछि घर गएका मजदुर भने अझै काममा फर्किएका छैनन् । इँट व्यवसायी सङ्घका अध्यक्ष विष्णु कार्की यस वर्ष ३० प्रतिशतले इँट उत्पादनमा कमी आउने बताउनुहुन्छ । गत वर्ष एउटा उद्योगले करिब रु एक करोड २५ लाख मूल्य बराबरका इँटा उत्पादन गरेका थिए । असोजदेखि वैशाखसम्मलाई इँट उत्पादन गर्ने याम मानिन्छ । इन्धन अभावले विकास निर्माणका काम ठप्प हँुदा उत्पादित इँट पनि बिक्री हुन सकेका छैनन् । यही साता परेको पानीले केही इँट उद्योगमा पोल्ने तयारीमा रहेका ठूलो मात्रामा काँचा इँटलाई क्षति पु¥याएको छ । “एउटा उद्योगलाई चार सय टन कोइला आवश्यक पर्छ” कार्कीले भन्नुभयो । भूकम्प र नाकाबन्दीको अवधिमा व्यवसायीले रु २० करोडदेखि रु २५ करोड घाटा बेहोरेका बताइएको छ ।

]]>
9247 0 0 0
एकान्त कुमारीको बेलविवाह हुने http://localhost/ghum/%e0%a4%8f%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4-%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b9/ Sun, 13 Mar 2016 13:25:17 +0000 http://www.ghumphir.com.np/?p=9250

रमेश गिरी भक्तपुर, ३० फागुन ।

जीवित देवीका रुपमा पूजिदँै आएको भक्तपुर तलेजुको एकान्त कुमारी जुनिशा शाक्यको बेलविवाह हुनेभएको छ । आगामी चैत ११ र १२ गते कुमारीको बेलविवाह हुने भएपछि भक्तपुुरमा कुमारी रिक्त रहने भएको छ । भक्तपुरको एकान्त कुमारीमा उहाँलाई सात वर्षको उमेरमा छनोट गरी २०७० साल साउन २१ गते तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीको सिफारिसमा गुठी संस्थानले नियुक्ती गरेको थियो । तलेजु कुमारीका लागि १० वर्ष नाघेर ११ वर्ष पुगेमा वा बेलविवाह गरेमा कुमारीबाट स्वतः अवकाश हुने प्रावधानअनुसार बेलविवाह भएसँगै कुमारी जुनिशाले अवकाश पाउनु हुनेभएको हो । भक्तपुर नगरपालिका–३ नागपोखरीस्थित जुजुरत्न शाक्यकी छोरी जुनिशा हाल द राईजिङ इङ्लीस स्कुलमा कक्षा ४ मा पढ्दै हुनुहुन्छ । तलेजु कुमारीका लागि भक्तपुरको बज्राचार्य वा शाक्य वंशीय कन्या मात्रकुमारी हुनुपर्ने परम्परा छ । भक्तपुरको बज्राचार्य वा शाक्य कन्या मात्र कुमारी हुनुपर्ने र कुमारी हुने कन्या सबै गुणले सम्पन्न, कुनै दाग, घाउँचोट नलागेको हुनुपर्ने, अपाङ्ग भएको नहुने र कुमारी खोज्दा कुमारीका बन्न इच्छुक कन्यालाई परिवारको स्वीकृतिमा कुमारीको फूल टाउँकोमा राखेपछि बिरामी नपरेमा यस्ती कन्यालाई कुमारीको लागि छनोट गरिने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताउनुभयो । सुसारेले कुमारीको लागि उपयुक्त कन्या खोजेपछि तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले उपयुक्त दिन ठह¥याई सिफारिस गरेपछि गुठी संस्थानले ती कन्यालाई एकान्त कुमारीमा नियुक्ती गर्ने परम्परा छ । भक्तपुरका लागि आगामी दसैँ अगाडि नै नयाँ कुमारीको खोजी गर्नुपर्ने भएको छ । बहालवाला कुमारीलाई कौशीतोखानाबाट दुई हजार २५० र गुठी संस्थानबाट ४५० गरी दुई हजार ७०० मा मासिक भत्ता दिइने व्यवस्था भएको र कुमारीबाट अवकाश पाएपछि पूर्वकुमारीलाई कौशीतोसा खानाबाट एक हजार र गुठी संस्थानबाट १०० गरी मासिक रु एक हजार एकसय पारिश्रमिक दिने व्यवस्था भएको जोशीले बताउनुभयो । एकान्त कुमारीका सुसारे नाइकेले आवश्यक प्रक्रिया पूरा गरेपछि कुमारीका लागि योग्यकन्या छनोट गर्ने कार्य मूल नाइके जोशीले गर्ने परम्परा छ । एकान्तकुमारी छनोट भएपछि दसैको घटस्थापनादेखि पूर्णिमासम्म कुमारी घरमा बस्नुपर्छ । अन्य दिन आफ्नै परिवारसँग बस्न पाउने र विद्यालय जान पाउने व्यवस्था गरिएको छ । नेस।६११ मा कुमारी पूजीने चलन सुरु भएको इतिहास भए पनि अहिलेसम्म कतिजना कुमारी बने भन्ने तथ्याङ्क छैन । गुठी संस्थानले २०४१ सालबाट कुमारीलाई भत्ताको व्यवस्था गरे यता भने २०४० मा गीता बज्राचार्य, २०४७ मा पद्मुसमना शाक्य, २०५१ मा नीलम बज्राचार्य, २०५६ मा सजनी शाक्या, त्यसपछि श्रीया बज्राचार्यले कुमारीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

]]>
9250 0 0 0
विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित तिलिचो ताल पुग्ने पदमार्गको अनुगमन http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%89%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%b8%e0%a5%8d/ Sun, 13 Mar 2016 13:27:43 +0000 http://www.ghumphir.com.np/?p=9252

मुस्ताङ, ३० फागुन ।

विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित तिलिचो ताल पुग्ने पदमार्गको अनुगमन गरिएको छ । मुस्ताङ हँुदै तिलिचो ताल पुग्ने पर्यटकको सङ्ख्या बढ्दै जान थालेपछि पदमार्गको अवस्था र मोटरबाटोको पहुँचलगायतका विषयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको नेतृत्वको टोलीले अनुगमन गरेको हो । टोलीमा भीमदल गणका गणपति अर्जुन बस्नेत, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक डिलबहादुर भट्ट, स्थानीयवासी गरी ६२ जनाको सहभागिता थियो । अनुगमनका क्रममा नेपाली सेनाको टोलीले जोमसोमदेखि ताङदुङसम्मको पदमार्ग सरसफाइ गरेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । डोल्पा जिल्लामापर्ने तिलिचो ताल पुग्न जोमसोम, ठिनी गाउँ हुँदै जाँदा नजिकपर्ने बताइएको छ । जिल्ला विकास समिति मुस्ताङले तिलिचो ताल पुग्नका लागि सडक विस्तारको योजना ल्याएपनि बजेट अभावमा ‘ट्र्याक’ खोल्ने काम तीव्रगतिमा अघि बढ्न सकेको छैन । अनुगमनका क्रममा टोलीले पदमार्गअन्तर्गत विभिन्न स्थानमा पर्यटक पदचिन्ह, पानीको व्यवस्थापन र होटल तथा लजको अभाव भएको निष्कर्ष निकालेको थियो । “यी कुराको अभावले पर्यटकले सास्ती खेप्न बाध्य भएका छन्, यस विषयमा हामीले जिल्ला विकास समिति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ध्यानाकर्षण गराएका छौँ”, उहाँले भन्नुभयो । पदमार्ग व्यवस्थित भएमा तिलिचो पुग्ने पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । मुस्ताङ हुँदै पर्यटक त्यहाँ पुग्ने भएकाले पर्यटनसँग सम्बद्ध निकाय बढी क्रियाशील रहनुपर्ने टोलीको निष्कर्ष छ । व्यवस्थित पदमार्ग नहुनु, सडक मार्गको अभाव र स्थानीयवासीमा जागरण नहुँदा सुन्दर पर्यटकीयस्थल तिलिचोमा पर्यटकको सङ्ख्या बढ्न सकेको छैन ।

]]>
9252 0 0 0
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भन्छ यी ठाँउमा पुल आवश्यक http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ab%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80/ Sun, 13 Mar 2016 13:31:37 +0000 http://www.ghumphir.com.np/?p=9254

काठमाडौँ, ३० फागुन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाभित्र भीडभाड हुने २१ स्थानमा आकाशे पुल आवश्यक रहेको बताएको छ । महाशाखाका अनुसार सधैं भीडभाड हुने पुतलीसडक, माइतीघर, बबरमहल, बानेश्वर, मीनभवन, कोटेश्वर, एअरपोर्ट गेट, गौशाला, चाबहिल, महाराजगन्ज, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, केशरमहल, सोह्रखुट्टे गल्कोपाखा, पाटन, बौद्ध र सातदोबाटोमा आकाशे पुल आवश्यक छ । यी स्थानमा आकाशे पुल नहुँदा ट्राफिक व्यवस्थापनमा कठिनाइ भइरहेको छ । महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले बढ्दो सवारीसाधन र आकाशे पुलको अभावमा ट्राफिक व्यवस्थापनमा समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुईजना मानिस बाटो काट्दा दर्जनौँ सवारीसाधन रोकिन्छन् त्यसलाई व्यवस्थापन गर्न ट्राफिकलाई गाह्रो परेको छ ।” अहिले उपत्यकाभित्र २२ स्थानमा आकाशे पुल र एक सब–वे रहेका छन् ।

]]>
9254 0 0 0
२३ सय मत गन्दा शेखर अगाडि, 'टप २५' मा को-को परे ? http://localhost/ghum/%e0%a5%a8%e0%a5%a9-%e0%a4%b8%e0%a4%af-%e0%a4%ae%e0%a4%a4-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%b6%e0%a5%87%e0%a4%96%e0%a4%b0-%e0%a4%85%e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a4%bf-%e0%a4%9f/ Sun, 13 Mar 2016 13:36:35 +0000 http://www.ghumphir.com.np/?p=9256 ३० फागुन, काठमाडौं ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ। ३१४८ मध्ये २३०१ मत गणना गर्दा नेता शेखर कोइरालाले आफ्नो अग्रता कायमै रहेका छन्। उनले अहिलेसम्म १३७२ मत प्राप्त गरेका छन्।  दोस्रो स्थानमा खुम बहादुर खड्का छन्, उनले १३४२ मत पाएका छन्।

२५ जना निर्वाचित हुने समूहमा जम्मा ९० जनाको उम्मेदवारी परेको छ। अहिलेसम्मको मतगणनाअनुसार नेता मिनेन्द्र रिजाल र चन्द्र  भण्डारी १०७८ मतसहित २५औं स्थानमा छन्।

'टप २५' को सूचिः

१) शेखर कोइराला (१३७२)
२) खुमबहादुर खड्का (१३४२)
३) प्रकाशमान सिंह (१३२३)
४) प्रदीप पौडेल (१२७९)
५) केबी गुरुङ (१२७५)

चाैथोमा प्रदीप पौडेल (१२७९) र पाँचाैंमा केबी गुरुङ (१२७५) छन्।

'टप २५' को सूचिः

२३०० मत गन्दा...
१)शेखर कोइराला (१३७२)
२) खुमबहादुर खड्का (१३४२)
३) प्रकाशमान सिंह (१३२३)
४) प्रदीप पौडेल (१२७९)
५) केबी गुरुङ (१२७५)
६) रमेश लेखक (११५५)
७) धनराज गुरुङ (१२५३)
८) बालकृष्ण खाँड (१२५१)
९) प्रदीप गिरी (१२५०)
१०) पूर्णबहादुर खड्का (१२४२)
११) महेश आचार्य (१२३९)
१२) विमलेन्द्र निधि (१२२८)
१३) शंकर भण्डारी (१२२५)
१४) बलबहादुर केसी (१२१७)
१५) रामशरण महत (१२०५)
१६) सुजाता कोइराला (११९६)
१७)  विश्वप्रकाश शर्मा (११९१)
१८) एनपी साउद (१११३)
१९) बद्रि पाण्डे (१११३)
२०) गोपालमान श्रेष्ठ (१०९८)
२१) प्रकाशशरण महत (१०९४)
२२) नारायण खड्का (१०९३)
२३) ज्ञानेन्द्रबहादुर कार्की(१०८६)
२४) मिनेन्द्र रिजाल (१०७८)
२५) चन्द्र भण्डारी (१०७८)

]]>
9256 0 0 0
प्रदेशमा ११०० मत गणना, कुन प्रदेशमा को अगाडि? http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%a7%e0%a5%a6%e0%a5%a6-%e0%a4%ae%e0%a4%a4-%e0%a4%97%e0%a4%a3%e0%a4%a8%e0%a4%be-%e0%a4%95%e0%a5%81%e0%a4%a8/ Sun, 13 Mar 2016 13:42:08 +0000 http://www.ghumphir.com.np/?p=9258 प्रदेश नम्बर १ गुरुराज घिमिरे ४ ६९ भिष्मराज आङदाम्बे ४२८ अमृत अर्याल ३९९ प्रदेश नम्बर २ आनन्दप्रसाद ढुंगाना ५०८ रमेश रिजाल ४९६ तेजुलाल चौधरी ४१७ प्रदेश नम्बर ३ नविन्द्रराज जोशी ४५९ मोहन बहादुर बस्नेत ३८२ रामनाथ अधिकारीको ३१८ प्रदेश नम्बर ४ गोबिन्द भट्टराई ४६७ सुरेन्द्र पाण्डे ४३१ अर्जुन जोशीले ४०८ देवराज चालिसे ४०३ प्रदेश  नम्बर ५ दीपक गिरी ५१५ देबेन्द्र राज कँडेल ४५६ भरतकुमार साह ४२३ प्रदेश नम्बर ६ ह्रदयराम थानी ५८१ जीवन बहादुर शाही ५३० गोपालजी जंग शाह ४९३ प्रदेश नम्बर ७ दिलेन्द्र बडु ५५८ वीरबहादुर बलायर ४९८ बहादुर सिंह थापा ३६५]]> 9258 0 0 0 तस्बिरमा अन्नपूर्ण सेरोफेरो http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%b8%e0%a5%87%e0%a4%b0%e0%a5%8b%e0%a4%ab/ Sun, 13 Mar 2016 15:44:06 +0000 http://www.ghumphir.com.np/?p=9263 सुरेन्द्र राना

विश्वको उत्कृष्ट दस पदयात्रा गन्तब्य मध्येको एक अन्नपूर्ण सेरोफेरो पदमार्ग जोगाउन स्थानीय होटल व्यवसायी जागेका छन्।लमजुङ, मनाङ र मुस्ताङको हिमाली जिल्ला समेट्ने गरी तीन साता लामो पदमार्गलाई ७ देखि १० दिनमा छोटिएसँगै पदमार्ग जोगाउने स्थानीय होटल व्यवसायी तातेका हुन्।

३ साता लामो पदमार्ग बिगत ५ वर्षदेखि मोटर बाटो खुलेसँगै ७ देखि १० दिनमा छोटिएको छ। ५ देखि ७ दिन पैदल यात्रा पछि पुग्ने विकट हिमाली क्षेत्र अहिले बेशिसहरबाट करिब १२ घण्टाको मोटर यात्रामा पुग्न सकिन्छ। मोटर पुगेसँगै स्थानीय जनजीवन सहज भएको छ।

मोटरबाटो खुलेसँगै जिप यात्रामा पर्यटकहरू सिधै चामे या मनाङसम्म पुग्नाले बाटोमा वर्षौदेखि जिविका चलाइराखेका स्थानीय होटल व्यवसायी चिन्तित भएका छन्।

गत ३ सिजन हिउ पहिरो, भुकम्प र नाकाबन्दीले थलिएको पर्यटन क्षेत्रमा मुख्य पर्यटकीय सिजन नजिकिदा केही आसावादी भएपनि यस क्षेत्रका ब्यवसायी ढुक्क छैनन्।

मनाङको ताल गाउँमा लम्जुङ-मनाङ होटल व्यवासायी तदर्थ समितिको भेलामा सहभागि होटल प्रतिनिधिहरुले मोटर बाटोले पुर्‍याएको फाइदा तथा पदमार्गलाई परेको असर बारे छलफल गर्‍यो।

बैठकमा पर्यटन ब्यबासायी मनबहादुर गुरुङले तदर्थ समितिका एक टोली हालै काठमाडौं गएर पर्यटन मन्त्रीसहित पर्यटन बोर्ड र टानका पदाधिकारीसँग छलफल गरि फर्किएको बताए।

समितिका अध्यक्ष शेरबहादुर गुरुङले मोटर बाटोले हिमाली क्षेत्रको जनजिवन सहज बनाए पनि विश्वको सुन्दर पदमार्ग अन्नपूर्ण सेरोफेरो पदमार्गलाई गम्भीर असर पुगेको चिन्ता व्यक्त गरे।

पर्यटकलाई गाडीको धुलो, सडक बाटोले पैदल हिड्ने कठिनाई भएसँगै एक्कासी गाडीमा माथि उचाईमा पुग्दा लेक लाग्ने समस्या देखा परेको तर्फ ध्यान पुर्‍याउनुपर्ने बताए।

समाजसेवि तथा होटल ब्यबासायी बिन घलेले पदमार्गको सुन्दरताको संरक्षण र निरन्तरता दिन बैकल्पिक पदमार्गको पहिचान तथा निर्माण तत्काल सुरु गर्ने बताए।

छलफलको क्रममा सरकारी निकाय, पर्यटनसँग सरोकार राख्ने संघ संस्थासँग सहकार्य गरेर धरायसायी बनेको पर्यटन व्यावसाय जोगाउनुपर्ने कुरा उठेको छ।

भेलामा वैकल्पिक पदमार्गको निर्माण, नक्सांकन, रेखांकन, चिन्हहरू, नजिकका पर्यटकीय आकर्षण पहिचान गरि पर्यटकको बसाई लम्ब्याउने बारे पनि छलफल भएको थियो।

भेलामा १०० भन्दा धेरै होटल व्यसवसयी, स्थानीय युवा, बुद्धिजिबि, राजनीतिक तथा एक्याप प्रतिनिधिको उपस्थिति थियो।

बेशिसहर, भुलभुले, बाहुनडाँडा, जगत, ताल, धारापानी, तिमाङ, थानचोक, चामे, भ्राटाङ्, पिसाङ, ङावल, मनाङ, याक खर्क, फेदी, थोरङ ला, मुक्तिनाथ, जोमसोम, मार्फा, तुकुचे, कालापानी, घासा, दाना, तातोपानीहुँदै बेनिसम्मको अन्नपूर्ण सेरोफेरो करिब ३ साता लामो पदमार्ग मोटर बाटो खुलेपछि ७ देखि १० दिनमा खुम्चिएको छ।

यो पदमार्गका मुख्य आकर्षणमा अन्नपुर्ण (१,२,३ र ४) ,लम्जुङ हिमाल, मनास्लु, गंगापूर्ण, पिसाङ पिक, थोरङ पास, दर्जनौ ६००० देखि ८००० मिटर अग्ला अग्ला हिमश्रृंखला, मर्स्याङदी नदी, अग्ला पहाडहरू, खोँच, झरना, सुन्दर बस्ती, राम्रा लजहरू, मिलनसार मानिस र तिनका रहनसहनले मनै लोभ्याईरहने छन्।

पूर्वाधार विकास तथा निर्माण गर्ने क्रममा ऐतिहासिक संरचनाको पनि संरक्षण गर्दै जाने हो कि?

manang Annapurn trek @ Ghumphir (1) manang Annapurn trek @ Ghumphir (2) manang Annapurn trek @ Ghumphir (3) manang Annapurn trek @ Ghumphir (4) manang Annapurn trek @ Ghumphir (5) manang Annapurn trek @ Ghumphir (6) manang Annapurn trek @ Ghumphir (7) manang Annapurn trek @ Ghumphir (8) manang Annapurn trek @ Ghumphir (9) manang Annapurn trek @ Ghumphir (10) manang Annapurn trek @ Ghumphir (11) manang Annapurn trek @ Ghumphir (12) manang Annapurn trek @ Ghumphir (13)

]]>
9263 0 0 0
रिङरोडमा मेट्रो बस सञ्चालनमा, हवाइजहाजको जस्तै सिट, महिला परिचालक, सिसि क्यामरा, टिभी र वाई फाई जडित http://localhost/ghum/%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%87%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%88-%e0%a4%b8%e0%a4%bf%e0%a4%9f-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf/ Sun, 13 Mar 2016 15:49:04 +0000 http://www.ghumphir.com.np/?p=9278

सुदिल/भरतबन्धु

महानगर यातायात प्राइभेट लिमिटेडले अाइतबारदेखि रिङरोडमा ३९ वटा बस सञ्चालनमा ल्याएको छ। महिला परिचालक सहितको बस रिङरोडमा बिहान साढे छ बजेदेखि बेलुका साढे ८ बजेसम्म सञ्चालनमा रहनेछन्। साथै यी बस बिहानदेखि बेलुकासम्म निरन्तर रिङरोड घुमिरहने अध्यक्ष मधु्सुदन अधिकारीले जानकारी दिएका छन्।
अध्यक्षले भने ‘बिहान छुटेपछि गाडी निरन्तर घुमिरहने छ रिङरोड यो गाडी कुनै स्टेशनमा पार्किङ गरेर समयअनुसार छुट्ने हुँदैन। ’बसमा टेलिभिजन तथा स्टेशनको बारेमा जानकारी दिने डिस्प्ले बोर्ड पनि राखिएको छ। साथै पढ्न नजान्नेका लागी भने स्टेशनको बारेमा बोर्डकास्टीङ मार्फत जानकारी दिइने भएको छ।
बसको प्रतिक्षा गर्दै प्रतिक्षालयमा बस्न नपर्नै र बस कहाँ छ भनी एप्सबाटै जानकारी लिन सकिने महानगर यातायात प्रालिले जानकारी दिएको छ। १६ करोड रुपैयाँ लगानीमा महानगर यातायात प्राइभेट लिमिटेडले  सिसिटिभी जडान भएका र फ्रि वाइफाइ सुबिधा भएका बस सञ्चालनमा  ल्याएको हो।
अहिले १० वटा बसमा महिला परिचालक रहनेछन्। तर कम्पनीले भने सबै बसमा महिला परिचालक राख्ने योजना बनाएको छ।  अहिले रिङरोडमा मात्रै सञ्चालन गर्ने भएपनि बिस्तारै रिङरोड भित्र पनि आफ्नो सेवा बिस्तार गर्ने योजना रहेको कम्पनीका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिएका छन्।
उनले भने ‘अहिले हामीले यो बस रिङरोडमा चलाउने सोचेका छौ तर पछि १२ फिट लामो बसलाई रिङरोडमा चलाउने र यसलाई रिङरोड भित्रका रुटहरुमा चलाउने योजना बनाएका छौ। ’ चोरी तथा महिलामाथी हुने दुब्र्यबहार कम गर्ने उद्देश्यका साथ सिसिटिभी जडान भएका बसहरु सञ्चालनमा ल्याएको उपाध्यक्ष खतिवडाले जानकारी दिए।
यात्रुले चोरी भएको उजुरी गरेमा प्रहरीसंग सहकार्य गरी भिडियोकोमार्फत अध्ययन गर्ने समेत उनले जानकारी दिए। ३२ सिट क्षमता रहेको यो बसमा ६२ जना यात्रुलाई सम्म यात्रा गराउन सकिने कम्पनीले जनाएको छ। साथै उभिनको लागि बसमा ह्याङगीङ स्ट्राप समेत राखिएको छ। बस सेवाको उद्घाटन भने उद्योग मन्त्री सोमप्रसाद पाण्डले गरेका थिए।
   ]]>
9278 0 0 0
नेपालमा गैर–कानूनी कम्पनीको ¥याफ्टिङको संख्या बढी छ: ¥याफ्टर रोक्का http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a5%88%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0%a5%82%e0%a4%a8%e0%a5%80-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8/ Sun, 13 Mar 2016 16:07:52 +0000 http://www.ghumphir.com.np/?p=9281  ¥याफ्टिङ अर्थात् जलयात्रामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । नेपाल विश्वकै उत्कृष्ठ जलयात्राको गन्तब्य रहेको खबर सार्वजनिक भएसँगै यसमा नेपालीकै आकर्षण पनि उल्लेख्य बढेको छ । नेपालमा गरिने ¥याफ्टिङको विशेषता, आकर्षण र व्यवसायिकताबारे दस बर्षदेखि ¥याफ्टिङ व्यवसायमा सम्लग्न ¥याफ्टर कृष्ण रोक्कासँग घुमफिरले गरेको कुराकानी ः

krishna rokaa¥याफ्टिङ तिर कसरी लाग्नु भयो ? दाई यही पेशामा हुनुहुन्थ्यो । स्कूल पढ्दादेखि नै यसबारे दाईमार्फत धेरै जानकारी प्राप्त भयो । साहसिक जलयात्रामा रुची पनि भएकोले यूवा अवस्था टेक्ने वित्तिकै ¥याफेटिङमा लागेको हुँ । के गर्नुपर्दो रहेछ, यो व्यवसायमा लाग्न ? जुन पेशामा लाग्न पनि रुची र लगाव चाहिन्छ । त्यसपछि त्यसबारेको ज्ञान । ज्ञान अध्ययन र तालिमबाट पाइन्छ । यि तीन कुरा भएपछि अन्य क्रमशः प्राप्त हुँदै जाने रहेछ । मेरो हकमा पनि भएको यस्तै हो । तपाईले तालिम कहाँ लिनुभयो त ? दाईलाई काममा सघाउँदा–सघाउँदै विस्तारै सिक्दै आएँ । चिनजानकै सिलसिलामा नेपालका प्रख्यात कम्पनीको सम्र्पकमा पुग्दा उनीहरुले पनि प्रशिक्षण दिए । नेपाल सरकारले ¥याफ्टिक कोर्षका लागि दुई वर्षको अवधि भनेको छ, त्यो पनि लिए । विदेश जाने अवसर मिल्दा त्यहाँ पनि थप सिक्ने मौका मिल्यो । लगभग पाँच वर्षको अनुभव पछि सन् २००६ देखि व्यवसायीक ¥याफ्टरको रुपमा काम सुरु गरेको हुँ । नेपालमा ¥याफ्टिङको अवस्था कस्तो पाउनु भएको छ ? द्वन्द्वकाल सकिएपछि यो व्यवसायले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै विश्वमाझ चिनाउन सफल भयो । नेपाल आउने साहसिक जलयात्री यहाँका खोला–नालासँग यति प्रभावित भए कि उनीहरु हरेक बर्ष जलयात्राकै लागि नेपाल आउन थाले । एक वर्ष यता भने प्राकृतिक प्रकोप र नाकाबन्दीले असर पु¥यायो । कुन कम्पनीमा आबद्ध हुनुहुन्छ अहिले ? फ्रि–ल्यान्सर ँहु । विभिन्न कम्पनीले ¥याफ्टिङको लागि ‘हायर’ गर्छन । krishna rokaaaअहिलेसम्म कहाँ–कहाँ ¥याफ्टिङ गर्नु भएको छ ? विशेषगरी नेपालीलाई ¥याफ्टिङ गराउँदा त्रिशुली, सुनकोशी, दुधकोशीमा । ‘एडभन्चर’ सारै मन पराउनेलाई भोटेकोशी, कालीगण्डकी, मस्र्याङ्दी, अरुण, तमोर र कर्णाली नदीमा । नेपालबाट भारतको गंगा नदीसम्मको जलयात्रा पनि गराएको छु । विदेशमा पनि गराउनु भएको छ ? भारतको गंगा नदीमा हरेक वर्ष गैरहन्छु । नर्वेमा पनि गरेको छु । जापानमा पनि ‘समर’ सिजनमा बोलाउँछन् । नेपालमा कति छन् ¥याफ्टिङ कम्पनी ? नेपालमा गैर–कानूनी कम्पनीको संख्या बढी छ । सञ्चालनमा रहेका एकसय वटा जतिमध्ये कानूनीरुपमा चलेका बीस जति होलान् । सरकारी मापदण्ड पूरा गरेर सञ्चालित कम्पनी कमै छन् । नेपालमा ¥याफ्टिङ गर्न कस्ता पर्यटक बढी आउँछन् ? पछिल्लो समय विदेशीले भन्दा नेपालीले नै बढी ¥याफ्टिङ गर्न थालेका छन् । विशेष गरी स्कूल÷कलेजका विद्यार्थी, कर्पोरेट कम्पनी, एसोसिएसन, बैंक तथा बित्तीय संस्था र दूताबासका मान्छे बढी हुन्छन् । नेपालीको लागि ज्यादै राम्रो नदी त्रिशुली र भोटेकोशी हो । एकचोटि ¥याफ्टिङ गर्न कति खर्च लाग्छ ? विभिन्न कम्पनीका आफ्नै मापदण्ड र रेट छ । तर न्यूनतम् प्रतिव्यक्ति दुई हजार चार सय हो । यति तिरेपछि यातायात, ब्रेकफास्ट र लन्च पनि पर्छ ।]]>
9281 0 0 0
थालीनाच http://localhost/ghum/%e0%a4%a5%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%a8%e0%a4%be%e0%a4%9a/ Sun, 13 Mar 2016 16:51:43 +0000 http://www.ghumphir.com.np/?p=9288 9288 0 0 0 प्रदेशतर्फको मत १४०० सय गणनामा पौडेल र देउवा प्यानलबीच कडा प्रतिस्पर्धा http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%ab%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%a4-%e0%a5%a7%e0%a5%aa%e0%a5%a6%e0%a5%a6-%e0%a4%b8%e0%a4%af-%e0%a4%97/ Sun, 13 Mar 2016 16:56:49 +0000 http://www.ghumphir.com.np/?p=9291 ३० फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यको प्रदेशतर्फको मत गणनामा रामचन्द्र पौडेल र शेरबहादुर देउवा प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको छ । आइतबार साँझसम्ममा १४०० सय मत गणना भएको छ । जारी मत गणनामा सातै वटै प्रदेशमा पहिलो नम्बरमा पौडेल समूहका उम्मेदवार छन् भने दोस्रो स्थानमा देउवा समूहका उम्मेदवार छन् । नेपाली कांग्रेसको संशोधित विधान अनुसार प्रत्येक प्रदेशबाट २-२ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । प्रदेश १
क्र. सं. उम्मेदवारको नाम मत
गुरुराज घिमिरे ६०३
भिष्मराज आङ्देम्वे ५३७
अमृत अर्याल ५०७
अनिलकृष्ण प्रसाई ३१२
प्रदेश २
आनन्द प्रसाद ढुङ्गाना ६५६
रमेश रिजाल ६३४
तेजुलाल चौधरी ५२५
हरेश प्रसाद महतो ४४५
प्रदेश ३
नविन्द्र राज जोशी ५७३
मोहन बहादुर वस्नेत ४७९
रामनाथ अधिकारी ४०६
ध्यानगोविन्द रंजीत ३७०
प्रदेश ४
गोविन्द भट्टराई ५९४
सुरेन्द्र राज पाण्डे ५५५
अर्जुन प्रसाद जोशी ५३२
देबराज चालिसे ४९८
प्रदेश ५
दिपक गिरी ६५८
देवेन्द्र राज कण्डेल ५७६
भरत कुमार शाह ५३७
रेवती प्रसाद भूसाल ३७७
प्रदेश ६
हृदयराम थानी ७३६
जीवन बहादुर शाही ६६६
गोपाल जी जंग शाह ६२४
दीनबन्धु श्रेष्ठ ५३८
प्रदेश ७
दिलेन्द्र प्रसाद बडू ७१५
बिर बहादुर बलायर ६२३
बहादुर सिंह थापा ४५७
कमल बहादुर शाह ४२३
     ]]>
9291 0 0 0
खुलातर्फको २७५० मतगणनामा डा. शेखर कोइरालाले अग्रता कायमै ,को-को परे टप २५ मा ? (सूचीसहित) http://localhost/ghum/%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%ab%e0%a4%95%e0%a5%8b-%e0%a5%a8%e0%a5%ad%e0%a5%ab%e0%a5%a6-%e0%a4%ae%e0%a4%a4%e0%a4%97%e0%a4%a3%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Sun, 13 Mar 2016 17:15:55 +0000 http://www.ghumphir.com.np/?p=9293 nepali-congress-624x403३० फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यको खुलातर्फको जारी मतगणनामा डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् ।

आइतबारसम्ममा २७५० मत गणना सकिएको छ र कोइराला १६१५ मतसहित शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा खुमबहादुर खड्का छन् । उनले १६०८ मत पाएका छन् भने प्रकाशमान सिंह १५७५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

२५ औं नम्बरमा डा. मिनेन्द्र रिजाल छन् र उनले १२६१ मत पाएका छन् । २५ केन्द्रीय सदस्यका लागि ९० उम्मेदवार छन् ।

क्र.सं. उम्मेदवारको नाम मत
डा. शेखर कोइराला १६१५
खुम बहादुर खड्का १६०८
प्रकाशमान सिंह १५७५
कुलबहादुर (केबी) गुरुङ १५४७
प्रदीप पौडेल १५०६
प्रदीप गिरी १५०२
धनराज गुरुङ्ग १४९२
बालकृष्ण खाण १४८०
रमेश लेखक १४७९
१० पूर्ण बहादुर खड्का १४७७
११ महेश आचार्य १४६५
१२ बल बहादुर के.सी. १४६३
१३ बिमलेन्द्र निधि १४५४
१४ डा. राम शरण महत १४२५
१५ सुजाता कोइराला १४१६
१६ विश्वप्रकाश शर्मा १४१३
१७ शंकर भण्डारी १३५४
१८ एन.पि. साउद १३४३
१९ बद्री पाण्डे १३१९
२० गोपाल मान श्रेष्ठ १३०८
२१ ज्ञानेन्द्र बहादुर कार्की १३००
२२ चन्द्र भण्डारी १२९५
२३ डा. प्रकाश शरण महत १२९२
२४ डा. नारायण खडका १२७९
२५ डा. मिनेन्द्र रिजाल १२६१

]]>
9293 0 0 0
विश्वको सबैभन्दा सानो राज्य http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%b0%e0%a4%be/ Sun, 13 Mar 2016 17:25:11 +0000 http://www.ghumphir.com.np/?p=9295 small state इटालीको पोर्टो सान पाउलोबाट दक्षिणमा स्थित टाभोलारा नामक टापु विश्वकै सबैभन्दा सानो राज्य हो । त्यहाँ न कुनै मोटर बाटो छ, न कुनै होटल । त्यहाँ बसोबास गर्न मिल्ने ठाउँ भनेको केवल लामो फैलिएको सेतो बालुवा भएको तट हो । टाभोलाराको एकमात्र रेस्टुरेन्टका मालिक हुन् अन्टोनियो बेरटोलियोनी ‘टोनिनो’ । उनी त्यो टापुका राजा पनि हुन् । ‘म संसार कै सबैभन्दा सामान्य राजा हुँ,’ उनले हाँस्दै भने, ‘मैले यहाँ पाउने सुविधा भनेको केवल फ्रिको खाना हो ।’ टाभोलाराले केही समय अघि मात्रै आफ्नो १८० औं स्थापना दिवस मनाएको छ । सन् १८०७ मा टानिनोका जिजुबुवा उक्त मानवविहिन टापुमा बस्न सुरु गरेसँगै उनी उक्त टापुका राजा भएका हुन् । टाभोलाराको राजा अन्टोनियो बेरटोलियोनी ‘टोनिनो’ । ]]> 9295 0 0 0 हत्याका आरोपी अदालतबाटै फरार http://localhost/ghum/%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%86%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a5%80-%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%88/ Mon, 14 Mar 2016 03:15:28 +0000 http://www.ghumphir.com.np/?p=9298

बर्दिया, १ चैत ।

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी जिल्ला अदालतबाटै फरार भएका छन् । आइतबार जिल्ला अदालतमा थुनछेक आदेश बहस चल्दै गर्दा बर्दिया ठाकुरद्वारा–४ सुतैयाका २३ वर्षीय टोपे भनिने अजिव बूढा क्षेत्री जिल्ला अदालतबाटै फरार भएका हुन् । शौचालय पसेका बूढा क्षेत्री शौचालयकै भेन्टीलेसनबाट भागेको प्रहरीले जनाएको छ । शौचालय गएको १० मिनेटसम्म पनि उनी बाहिर नआएपछि प्रहरीले ढोका ढकढकाउँदा कुनै प्रतिक्रिया नआएपछि भेन्टीलेसनबाट भित्र हेर्दा कोही नदेखिएपछि भेन्टीलेसनबाटै भागेको थाहा भएको हो । फागुन ५ गते ठाकुरद्वारा ४ सुतैयाका ६९ वर्षीय जोरे थापालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । शौचालयभित्रबाटै बन्द रहेको र भेन्टीलेसन खुल्ला रहेकाले त्यहीबाट अभियुक्त भागेको ठहर गरिएको छ । शौचालय जाँदा प्रहरीले उनको हातको हतकडी खोलिदिएको थियो । हतकडी खोलेकाले नै उसलाई भाग्न सजिलो भएको बताइएको छ । फरार अभियुक्तको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ । मृतक थापाका छोरा डम्मर थापाले प्रशासनको लापर्बाहीका कारण हत्यारा भागेको आरोप लगाएका छन् । अदालतबाटै अभियुक्त फरार हुँदा अदालतमा सुरक्षाको विषयमा प्रश्न चिह्न खडा भएको छ ।

]]>
9298 0 0 0
प्रचण्डमाथि आक्रमणको प्रयास http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a4%86%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ Mon, 14 Mar 2016 03:20:15 +0000 http://www.ghumphir.com.np/?p=9300  चैत १, काठमाडौं ।

जिल्ला विकास समिति सिरहाको २३ औं जिल्ला परिषदमा प्रमुख अतिथिका रुसिरहा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।

मोर्चाका नेताहरुद्वारा कालो झन्डा देखाउँदै कार्यक्रमस्थलमा आक्रमणको प्रयास भएको आजको समाचारपत्रमा समाचार छ । प्रचण्ड मधेस विराधी भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताद्वारा कालो झन्डा देखाउँदै कार्यक्रमस्थलमा आक्रमणको प्रयास भएको हो ।

जिविसको सभाहलभित्र राखिएको कार्यक्रममा कडा सुरक्षा घेरामा राखिएको कार्यक्रममा प्रचण्ड सहित कांग्रेस एमालेका नेता विरुद्ध मोर्चाका कार्यकर्ताले नाराबाजी गरेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी श्यामलाल ज्ञवालीका अनुसार प्रमुख अतिथिमाथि कुर्सी फल्न लाग्दा सुरक्षार्कीहरुले घेरा हालेर बचाएको बताए ।प्रचण्ड सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित सभासद् हुन् ।

]]>
9300 0 0 0
ल्यारक्यालक यात्राः कांग्रेस-एमाले हुँदै एमाओवादीसम्म,सिमालादेखि यार्सागुम्बा सम्मको कारोबार http://localhost/ghum/%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%95-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%83-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97/ Mon, 14 Mar 2016 03:26:13 +0000 http://www.ghumphir.com.np/?p=9303 १ चैत, काठमाडौं ।

सामान्य परिवारमा जन्मिएका ल्यारक्यालले कसरी कमाए कराेडाैं

ल्हारक्याल प्रायः पाँचतारे होटेलमा बस्छन् । विभिन्न देशका कूटनीतिज्ञसँग उनको भेटघाट हुने गर्दछ ।सिमालादेखि यार्सागुम्बा सम्मको कारोबारमा उनी संलग्न छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।  गुम्बाबाट कतिपय व्यक्तिहरुलाई विदेश पठाएका उनले पैसा कमाएका छन् ।

lyarkyal-lama-1

उनीविरुद्ध गठीको मुद्दासमेत  दर्ता भएको थियो । हेलम्बु ६ सिन्धुपाल्चोक घर भएका लामा सामान्य परिवारमा जन्मिएका हुन् । बौद्ध गुम्वाका पढेका उनले भारतको तिब्बती शरणार्थीकको क्याम्प धर्मशालामा धेरै वर्ष बिताए ।

फ्रि तिब्बतका नेताहरुसँग सम्बन्ध विस्तार गरे । केही वर्ष अमेरिकामा बसे । फ्रि तिब्बत गतिविधिमा लागेर उनले प्रशस्त पैसा कमाए ।

त्यस्तै, गुम्बाको जग्गाको कारोबार र विदेशी अनुदान ल्याउने नामामा उनले पौसा कमाइको स्रोतहरु बताउछन । त्यही पैसाको आडमा उनी ठूला नेताका पि्रय बने ।

ल्यारक्यालक यात्राः कांग्रेस-एमाले हुँदै एमाओवादीसम्म

 तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ मा ल्यारक्याललाई गुम्बा व्यावस्थापन समितको अध्यक्षमा नियुक्ति गरेका थिए ।

सिन्धुपाल्चोकका कांग्रेस नेता मोहन बस्नेतले खुमबहादुर खड्का मार्फत उनको नियुक्ति गराएका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

अमेरिकाबाट गुम्बा विकासमा टन्न सहयोग ल्याउँछुभनेपछि हाम्रै पालामा उनलाई अध्यक्ष नियुक्ति गरिएको हो, श्रोतले भन्यो । ०६३ पछि फेरि उनी कांग्रेससँग निकट भएर सभासद् हुने खेलमा लागे । तर, सभासद् हुने संभावना नदेखेपछि एमालेमा लागे । सिन्धुपाल्चोक एमालेका नेता मार्फत उनले पार्टीको ठूला नेतासँग हिमचिम बढाए ।

अमृत बोहोरा र ईश्वर पोखरेल मार्फत एमालेको समानुपातिक सभासद भए । सभासद् हुँदा उनलाई धेरै एमाले नेताहरुले नै चिन्दैनथे । दोस्रो संविधानसभामा पनि एमालेबाटै सभासद बन्ने योजनामा थिए । तर, एमालेभित्र पहिलेको विवादका कारण नेताहरु जोखिम मोल्न तयार भएनन् ।

त्यसकारण उनी एमाओवादीतिर लागे । समानुपातिकको सूची बुझाउने अघिल्लो दिन उनी एमाओवादी प्रवेश गरे । एमाओवादीको चुनावमा राम्रो मत नआएपछि उनी समानुपातिक सभासद् बन्न पाएनन् । तर, पछि संविधानसभा अदालतले ५ कार्त्तिक ०७१मा सभासद् शम्भु हजारा पासवानको पद खारेज गरेपछि ल्यारक्यालले सभासद हुने मौका पाएका थिए ।

]]>
9303 0 0 0
बल्खुमै पाँच करोडको नयाँ भवन बनाउँदै एमाले http://localhost/ghum/%e0%a4%ac%e0%a4%b2%e0%a5%8d%e0%a4%96%e0%a5%81%e0%a4%ae%e0%a5%88-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81/ Mon, 14 Mar 2016 03:38:58 +0000 http://www.ghumphir.com.np/?p=9305 चैत १ , काठमाडौं ।

भूकम्पले पार्टी मुख्यालय भत्काएपछि नयाँ भवन निर्माणको तयारीमा लागेको नेकपा एमालेले फेरि पुरानै ठाउँ बल्खुमा नयाँ भवन बनाउने तयारी थालेको छ । बल्खुको जग्गा बेचेर ठूलो र सुविधासम्पन्न कार्यालय भवन बनाउने तयारीलाई थाती राख्दै पुनः त्यहीँ नयाँ भवन बनाउन लागेको आजको नयाँ पत्रिका दैनिकले खवर छापेको छ ।

uml party

एमालेको नाममा बल्खुमा नौ रोपनी एक आन जग्गा र पुरानो भवन छ । ९ अाना जग्गामा बनेको यो भवनको चलनचल्तीको मूल्य ३४ करोड रुपैयाँ रहेको एमाले मुखपत्र नवयुगमा उल्लेख छ । ०७२ चैतभित्रै पुरानो भवन भत्काएर करिब पाँच  करोड रुपैयाँ लागतमा भूकम्पप्रतिरोधी, अत्याधुनिक प्रविधिमैत्री भवन बनाउने तयारी एमालेको छ ।

मदन भण्डारीको भावनासँग जोडिएको भन्दै देशभरका कार्यकर्ताबाट पनि दबाब परेपछि नेताहरु बल्खुमै नयाँ भवन बनाएर पार्टी कार्यालय राख्ने निष्कर्षमा पुगेका हुन् ।

‘यस विषयमा केन्द्रीय सचिवालयमा समेत एकसरो छलफल भइसकेको छ’ केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए  । भूकम्पबाट कार्यालय क्षतिग्रस्त भएपछि एमाले निकट इन्जिनियर भरत पहारीसहितको इन्जिनियर टोलीले भवनमा रातो स्टिकर टाँसेको थियो ।

त्यसपछि एमाले नेताहरुबीच बालकुमारीस्थित नौ रोपनी क्षेत्रफलमा रहेको तुल्सीलाल प्रतिष्ठानमा कार्यालय सार्ने छलफल भयो । तर, वर्षामा हिलाम्मे  हुने भन्दै पासाङल्हामु प्रतिष्ठानमा कार्यालय सार्ने योजना बन्यो र सर्‍यो पनि । त्यहीबिचमा मदननगरको जग्गा बेच्ने र चक्रपथ आसपास उपयुक्त जग्गा खोज्ने योजना पनि बनेको थियो ।

बल्खुमा पर्याप्त जग्गा रहेको र मदन भण्डारीको भावनासँग जोडिएको भन्दै देशभरका कार्यकर्ताबाट पनि दबाब परेपछि नेताहरु बल्खुमै नयाँ भवन बनाएर पार्टी कार्यालय राख्ने निष्कर्षमा पुगेका हुन् ।

]]>
9305 0 0 0
सार्क विदेशमन्त्रीस्तरीय बैठक आजदेखि पोखरामा http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80/ Mon, 14 Mar 2016 03:42:37 +0000 http://www.ghumphir.com.np/?p=9308
saarc_countries-flag-FINAL

१ चैत, पोखरा । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय ३० औं बैठक पोखरामा आज सुरु हुँदैछ । बैठकमा सहभागी हुन विदेशी पाहुना आउने क्रम जारी रहेको छ । चार दिनसम्म चल्ने बैठक  होटल ग्रान्डमा हुनेछ ।

नेपाल, भारत, अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेश गरी आठ सदस्य राष्ट्र रहेको सार्कको विदेशमन्त्रीस्तरीय ‘इन्टर समिट सेसन’को आजदेखि औपचारिक बैठक सुरु हुने छ ।

परराष्ट्रमन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलका अनुसार सोमबार र मंगबार सहसचिवस्तरमा बैठक हुनेछ । तेस्रो दिन सचिव र चौथो दिन विदेशमन्त्रीस्तरीय बैठक हुने उनले बताए । बिहिबार हुने विदेशमन्त्रीस्तरीय बैठक प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गर्ने छन् ।

बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतइ विदेशमन्त्री सुषमा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौयुन, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाइ र पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुनेछन् ।

बैठकमा २०७१ मंसिर ११ मा काठमाडौंमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलनले पारित गरेको एजेन्डाबारे समीक्षा हुनेछ । काठमाडौं घोषणापत्रका विभिन्न बँदा कार्यान्वयन भए नभएको बारे बैठकमा छलफल हुने कार्यक्रम रहेको छ ।

]]>
9308 0 0 0
सिंगल इन्जिन जहाजले अब कार्गो बोक्न मात्र अनुमति, यात्रु बोक्न नपाउने http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%97%e0%a4%b2-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a4%bf%e0%a4%a8-%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%ac-%e0%a4%af%e0%a4%be/ Mon, 14 Mar 2016 03:48:30 +0000 http://www.ghumphir.com.np/?p=9310 १ चैत, काठमाडौं ।
व्यवस्थापिका संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सिंगल इन्जिनका जहाजलाई अब यात्रुहरु बोक्न प्रतिबन्ध लगाउन निर्देशन दिएको छ ।
समितिले आइतबार पर्यटन सचिव प्रेमकुमार राई, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतम लगायतलाई बोलाएर छलफल गरी जोखिमपूर्ण देखिएको भन्दै सिंगल इन्जिनका जहाजलाई यात्रुहरु बोक्न प्रतिबन्ध लगाउन निर्देशन दिएको हो ।
सिंगल इन्जिनको एयर काष्ठमाण्डपको जहाज कालिकोटमा दुर्घटनाग्रस्त भएपछि पर्यटन मन्त्रालयले दुई साता पहिले अर्को निर्णय नभएसम्मका लागि सिंगल इन्जिनका जहाजको उडानमा रोक लगाएको थियो । समितिले सिंगल इन्जिनका जहाजलाई यात्रु बोक्न नभइ कार्गो बोक्न मात्र अनुमति दिन निर्देशन दिएको छ ।
यस्तै, नेपाली आकाशलाई सुरक्षित बनाउन  हवाइ सुरक्षा सम्बन्धी कार्ययोजना बनाएर लागू गर्न पनि समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले जहाज दुर्घटना हुन नदिन सम्बन्धित एयरलाइन्सहरु नै जिम्मेवार हुनुपर्ने बताए । उनले प्राधिकरणले उडाउनुअघि सबै एयरलाइन्सका जहाजको प्राविधिक जाँच गर्न सम्भव नहुने बताए ।
बैठकमा समितिका सदस्यहरुले प्राधिकरणका महानिर्देशक गौतमसँग मौसमको पूर्वानुमान गर्ने प्रविधि जहाजमा जडान गर्न सम्भव रहे÷नरहेको बारेमा जिज्ञासा राखेका थिए । दुई साता पहिले तारा एयरको जहाज खराब मौसमका कारण म्याग्दीमा दुर्घटनामा परी २३ जनाको मृत्यु भएका कारण सांसद्हरुले जहाजमा मौसमको पूर्वानुमान गर्ने प्रविधि जडान गर्न मिल्ने÷नमिल्ने बारेमा जिज्ञासा राखेका हुन् ।
]]>
9310 0 0 0
यि हुन् नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत केन्द्रिय सदस्यमा जित्ने सम्भावीतहरु http://localhost/ghum/%e0%a4%af%e0%a4%bf-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%95/ Mon, 14 Mar 2016 03:59:05 +0000 http://www.ghumphir.com.np/?p=9312 प्रदेश नम्बर १ गुरुराज घिमिरे ६०३ भिष्मराज आङदाम्बे ५३७ अमृत अर्याल ५०७ प्रदेश नम्बर २ आनन्दप्रसाद ढुंगाना ६५६ रमेश रिजाल ६३४ तेजुलाल चौधरी ५२५   प्रदेश नम्बर ३ नविन्द्रराज जोशी ५७३ मोहन बहादुर बस्नेत ४७९ रामनाथ अधिकारी ४०६ प्रदेश नम्बर ४ गोबिन्द भट्टराई ५९४ सुरेन्द्र पाण्डे ५५५ अर्जुन जोशी ५३२ देवराज चालिसे ४९८ प्रदेश  नम्बर ५ दीपक गिरी ६५८ देवेन्द्र राज कँडेल ५७६ भरतकुमार साह ५३७   प्रदेश नम्बर ६ ह्रदयराम थानी ७३६ जीवन बहादुर शाही ६६६ गोपालजी जंग शाह ६२४ प्रदेश नम्बर ७ दिलेन्द्र बडु ७१५ वीरबहादुर बलायर ६२३ बहादुर सिंह थापा ४५७]]> 9312 0 0 0 ग्यास बुलेट दुर्घटनामा चालकको मृत्यु, चार घाइते http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%9f-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9a/ Mon, 14 Mar 2016 04:06:52 +0000 http://www.ghumphir.com.np/?p=9314

कावासोती, १ चैत ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किबास–५ दाउन्नेमा गए राति ग्यास बुलेट अनियन्त्रित भई पल्टँदा चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ गुडिरहेको एनएल०१एल ३९२२ नम्बरको भारतीय ग्यास बुलेट अनियन्त्रित भई पल्टँदा बुलेटका चालक पटना आरसिया नगर–१६ विहार बस्ने २४ वर्षीय सोनुकुमार थापाको मृत्यु भएको हो । उनको शव दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । त्यस्तै गए राति नै सोही ठाउँमा ट्रक र एलपी ग्यासको बुलेट एकापसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ गुडिरहेको लु१ख ४७३७ नम्बरको ट्रक र जीजे ६२५४०४ नम्बरको एलपी ग्यास ठक्कर खाँदा घाइते भएका चारै जनाको चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

]]>
9314 0 0 0
पक्राउ परेका पूर्वमन्त्री रिहा http://localhost/ghum/%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%89-%e0%a4%aa%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/ Mon, 14 Mar 2016 04:10:27 +0000 http://www.ghumphir.com.np/?p=9316

लहान, १ चैत ।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई कालो झन्डा देखाउने क्रममा पक्राउ परेका पूर्वमन्त्रीसहित मधेसी मोर्चाका नेता कार्यकर्ता गए राति रिहा भएका छन् । जिल्ला विकास समिति सिरहाको २३औँ जिल्ला परिषद्को उद्घाटन कार्यक्रममा सहभागी हुन आउनुभएका अध्यक्ष दाहाललाई कालो झन्डा देखाउने क्रममा आइतबार प्रहरीले पूर्व बिनाविभागीय मन्त्री तथा सङ्घीय समाजवादी फोरम नेपालका नेता राजलाल यादवसहितका छ जना नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । अध्यक्ष दाहाल विरुद्ध नाराबाजी गर्दै कालो झन्डा देखाउन खोजेपछि प्रहरीले पूर्वमन्त्री यादवसहित फोरम नेपालका जिल्ला सचिव प्रयाग यादव, नेता नवीन यादव, कप्लेश्वर यादवलगायतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पु¥याएका थिए । जिल्ला परिषद्को कार्यक्रम सम्पन्न भएर अध्यक्ष दाहाल कार्यक्रम स्थलबाट हिँडेपछि पक्राउ परेका नेता कार्यकर्तालाई प्रहरीले रिहा गरेका हुन् ।

]]>
9316 0 0 0
यि २५ जनाले नेपाली काँग्रेसको खुल्ला केन्द्रीय सदस्यमा जित्ने लगभग पक्का http://localhost/ghum/%e0%a4%af%e0%a4%bf-%e0%a5%a8%e0%a5%ab-%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0/ Mon, 14 Mar 2016 04:39:11 +0000 http://www.ghumphir.com.np/?p=9322 १ चैत, ।

नेपाली काँग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना सोमबार दिउँसोसम्म सकिने भएको छ। आइतवार २७५० मत गणना भइसकेको छ। अब बाँकी ४ सयभन्दा केहि बढी मत दिउँसो १ बजेसम्म गणना हुने नेपाली काँग्रेस निर्वाचन समितिले जनाएको छ।

पछिल्लो नतिजाअनुसार शेखर कोइराला पुनः एक नम्बरमाअाएका छन् भने दोस्रोमा खुमबहादुर खड्का र तेस्रोमा प्रकाशमान सिंह छन् । शेखर कोइराला ११७८, खुमबहादुर खड्का ११६९ र प्रकाशमान सिंह ११५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदिप पाैडेल ११०९, रमेश लेखक ११०३, प्रदिप गिरि १०९९, कुलबहादुर (केबि) गुरूङ १०९९, पूर्णबहादुर खड्का १०९८, बालकृष्ण खाँड १०९८  र धनराज गुरूङ १०७६ मत प्राप्त गरेका छन् ।

मत हेर्दा यो पटक २५ जना खुल्ला सदस्यमा रमेश लेखक र विश्वप्रकाश शर्मा दुई जना विल्कुल नयाँ अनुहार आउने देखिएको छ। केन्द्रीय सदस्यमा प्रदिप पौडेल पनि नयाँ अनुहारका रुपमा देखिने छन्। उनी यसअघी पराजित भएपनि शुसिल कोइरालाले आफ्नो कार्यकालको अन्तिमतिर मनोनित गरेका थिए। खुल्ला सदस्यमा निर्वाचित हुने लगभग पक्का भएका बद्री पाण्डे यसअघी सेती अञ्चलबाट निर्वाचित भएका थिए। अरु निर्वाचित हुने लगभग पक्का देखिएका सबै पुरानै अनुहारहरु रहेका छन्।
मतगणना हेर्दा शेखर कोइराला, खुम बहादुर खड्का, प्रकाशमान सिंह, कुलबहादुर गुरुङ, प्रदीप पौडेल, प्रदीप गिरी, धनराज गुरुङ्ग, बालकृष्ण खाँण, रमेश लेखक, पूर्ण बहादुर खड्का, महेश आचार्य, बल बहादुर के.सी., बिमलेन्द्र निधि, डा. राम शरण महत, सुजाता कोइराला, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एन.पि. साउद, बद्री पाण्डे, गोपाल मान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, चन्द्र भण्डारी, डा. प्रकाश शरण महत, डा. नारायण खडका, डा. मिनेन्द्र रिजालले जित्ने लगभग पक्का भएको छ।
२६‍औं नम्वरमा रहेका पद्मनारायण चौधरी र उनलाई पछ्याएका उदय शमशेर राणा, जिपछिरिङ लामालाई २५ भित्र पर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ। जुन एकदमै गाह्रो पर्ने देखिन्छ।
]]>
9322 0 0 0
यि हुन् कांग्रेसको १३ औं महाधिवेशनबाट प्रदेशमा विजयी हुने केन्द्रिय सदस्यहरु http://localhost/ghum/%e0%a4%af%e0%a4%bf-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%a9-%e0%a4%94%e0%a4%82-%e0%a4%ae/ Mon, 14 Mar 2016 13:45:17 +0000 http://www.ghumphir.com.np/?p=9324

कांग्रेसको १३ औं महाधिवेशनमा प्रदेशतर्फको नतिजा पनि सार्वजनिक भएको छ ।सोमबार साँझ सार्वजनिक मतपरिणामअनुसार ७ वटै प्रदेशबाट नवनिर्वाचित सभापति शेरबहादुर देउवा र सभापतिमा पराजित रामचन्द्र पौडेल प्यानलका बराबर ७–७ जना निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश नम्बर १ बाट गुरुराज घिमिरे र भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् ।

२ नम्बर प्रदेशबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल, ३ नम्बर प्रदेशबाट नविन्द्रराज जोशी र मोहनबहादुर बस्नेत विजयी भएका छन् ।

४ नम्बर प्रदेशबाट गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डे, ५ नम्बर प्रदेशबाट दीपक गिरी र देवेन्द्रराज कँडेल, ६ नम्बर प्रदेशबाट हृदयराम थानी र जीवनबहादुर शाही र ७ नम्बर प्रदेशबाट दिलेन्द्रप्रसाद बडु र बीरबहादुर बलायर निर्वाचित भएका छन् ।

]]>
9324 0 0 0
हेर्नुस् सभापतिदेखि केन्द्रीय सदस्य सम्म कस्ले कती मत ल्यायो http://localhost/ghum/%e0%a4%b9%e0%a5%87%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%81%e0%a4%b8%e0%a5%8d-%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d/ Mon, 14 Mar 2016 13:54:33 +0000 http://www.ghumphir.com.np/?p=9327 नेपाली कांग्रेसको १३औं महाधिवेशनमा नयाँ नेतृत्वकालागि गरिएको मतदान अन्तर्गत सबै ६४ सदस्यीय केन्द्रीय कार्यसमितिको नतिजा आएको छ। यो सँगै नेपाली कांग्रेसको नयाँ नेतृत्वको टुंगो लागेको छ। सोमबारनै खुलातर्फका २५ केन्द्रीय सदस्यको नतिजा अाएको हो। सभापति पदकालागि तीन उम्मेदवारबीच भएको मतदानमा यसअघि नै शेरबहादुर देउवा विजयी भएका हुन्। उनले रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई पराजित गरेका हुन्।
महामन्त्री पदका लागि ३ उम्मेदवारमध्येबाट सशांक कोइराला विजयी भए। सशांकले अर्जुन नरसिंह केसी र गगन थापालाई हराएका हुन्। कोषाध्यक्ष पदमा चार उम्मेदवारबीच मतदान भएकोमा सीतादेवी यादव विजयी भइन्। उनले चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीलाई पछि पार्दै कोषाध्यक्ष पदमा विजय हासिल गरेकी हुन्। यस्तै खुला केन्द्रीय सदस्यतर्फको २५ जना विजयी उम्मेदवारको पनि सोमबार टुंगो लागेको छ। शेखर कोइराला, खुमबहादुर खड्का र प्रकाशमान सिंह क्रमशः पहिलो, दोस्रो र तेस्रो धेरै मत ल्याउनेमा परे। २५ पदकालागि ९० जनाको उम्मेदवारी परेको थियो। आरक्षित महिला कोटाबाट ६ जना केन्द्रीय सदस्य छान्नकालागि ३८ जना महिला उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। आरक्षित आदिवासी जनजातीतर्फबाट पुरुष ३ र महिला २ केन्द्रीय सदस्य छान्नकालागि ४० पुरुष र १२ महिला उम्मेदवारबीच मतदान भएको थियो। आरक्षित दलितबाट पुरुष ३ र महिला २ केन्द्रीय सदस्य छान्नकालागि २० पुरुष र ५ महिलाले उम्मेदवारी दिएका थिए। आरक्षित मधेसीतर्फबाट पुरुष ३ र महिला २ केन्द्रीय सदस्य छान्नकालागि १५ पुरुष र ९ महिला उम्मेदवारबीच मतदान भएको थियो। आरक्षित तर्फकै मुस्लिमबाट एक केन्द्रीय सदस्य छान्नकालागि ६ उम्मेदवारबीच मतदान भएको थियो। एक प्रदेशबाट दुईजनाको दरले १४ केन्द्रीय सदस्य छान्नकालागि सात प्रदेशबाट ६७ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। प्रदेशतर्फको मतपरिणामअनुसार प्रदेश नम्बर १ बाट गुरुराज घिमिरे र भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। प्रदेश २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल, ३ बाट नविन्द्रराज जोशी र मोहनबहादुर बस्नेत, ४ बाट गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डे, ५ बाट दीपक गिरी र देवेन्द्रराज कँडेल, ६ बाट हृदयराम थानी र जीवनबहादुर शाही र ७ नम्बर प्रदेशबाट दिलेन्द्रप्रसाद बडु र बीरबहादुर बलायर विजयी भएका छन्। प्रदेश १ मा १३ जना उम्मेदवार, प्रदेश २ मा ५ जना, प्रदेश ३ मा १८ जना, प्रदेश ४ मा ९ जना, प्रदेश ५ मा १० जना, प्रदेश ६ मा ५ जना र प्रदेश ७ मा ७ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। सात प्रदेशबाट दुईजनाको दरले १४ जना केन्द्रीय सदस्य छानिएका छन्।साभार नागरीक

हेर्नुस् सभापतिदेखि केन्द्रीय सदस्यको मत परिणाम तालिकाः

 अध्यक्ष पदकालागि भएको मतदानको परिणाम

पहिलो चरण (३ उम्मेदवार)
शेरबहादुर देउवा १५६४
रामचन्द्र पौडेल ११६०
कृष्ण सिटौला ३२४
दोस्रो चरण (२ उम्मेदवार)
शेरबहादुर देउवा १८२२ (विजयी)
रामचन्द्र पौडेल १२९६

महामन्त्री पदकालागि भएको मतदानको परिणाम

डा. सशांक कोइराला १४१७ (विजयी)
अर्जुन नरसिंह केसी १०१७
गगन कुमार थापा ५८४

कोषाध्यक्ष पदकालागि भएको मतदानको परिणाम

सितादेवी यादव १२१७ (विजयी)
चित्रलेखा यादव १२०९
उमाकान्त चौधरी ४५७
कृष्ण कार्की ६६

केन्द्रीय सदस्य (खुलातर्फ)  पच्चिस (२५) पदकालागि भएको मतदानको परिणाम

डा. शेखर कोइराला 1848 (विजयी)
खुम बहादुर खड्का 1846 (विजयी)
प्रकाशमान सिंह 1795 (विजयी)
कुलबहादुर (के.बी.) गुरुङ 1773 (विजयी)
प्रदीप गिरी 1725 (विजयी)
प्रदीप पौडेल 1709 (विजयी)
बालकृष्ण खाण 1704 (विजयी)
धनराज गुरुङ्ग 1697 (विजयी)
रमेश लेखक 1689 (विजयी)
पूर्ण बहादुर खड्का 1686 (विजयी)
बिमलेन्द्र निधि 1680 (विजयी)
बल बहादुर के.सी. 1674 (विजयी)
महेश आचार्य 1669 (विजयी)
विश्वप्रकाश शर्मा 1620 (विजयी)
सुजाता कोइराला 1619 (विजयी)
डा. राम शरण महत 1611 (विजयी)
एन.पि. साउद 1547 (विजयी)
शंकर भण्डारी 1547 (विजयी)
ज्ञानेन्द्र बहादुर कार्की 1502 (विजयी)
गोपाल मान श्रेष्ठ 1499 (विजयी)
चन्द्र भण्डारी 1492 (विजयी)
डा. प्रकाश शरण महत 1491 (विजयी)
बद्री पाण्डे 1485 (विजयी)
डा. नारायण खडका 1464 (विजयी)
डा. मिनेन्द्र रिजाल 1420 (विजयी)
पदम नारायण चौधरी 1304
उदय शम्शेर राणा 1302
जिपछिरिङ लामा 1280
डिना–महालक्ष्मी उपाध्याय 1249
मनमोहन भट्टराई 1162
अशोक कोइराला 1125
गोबिन्दराज जोशी 1111
प्रा.डा. गोविन्दराज पोखरेल 1096
रामहरी खतिवडा 1000
तारानाथ रानाभाट 940
ध्रुव वाग्ले 866
राम कृष्ण ताम्राकार 865
लक्ष्मण बहादुर बस्नेत 747
चिरञ्जिवी वाग्ले 743
पुस्कर नाथ ओझा 714
मोहन ज्ञवाली 686
सूर्य मान गुरुङ 685
महेन्द्र कुमार शर्मा 646
पूर्ण कुमार शेर्मा लिम्वू 613
शोभाकर पराजुली 605
हस्त बहादुर मल्ल 593
मित्र सेन दहाल 583
धावा गुरुङ्ग (दावा) 571
पुष्पराज पराजुली 568
किरण राज पौडेल 476
टेकराज पौडेल 469
तारानाथ दाहाल 448
लक्ष्मण प्रसाद घिमिरे 445
बिनयध्वज चन्द 443
गोविन्द बहादुर शाह 436
राजेन्द्र वजगाई 404
हरिबोल भण्डारी 400
त्रैलोक्य प्रताप सेन 351
बालकृष्ण दाहाल 327
राजन के.सी. 302
चन्द्र बहादुर के.सी. 260
शुसिल नाहटा 255
डा. भगवान प्रसाद यादव 250
डा. सुरेश चन्द्र चालिसे 210
सिताराम भण्डारी 208
प्रेम बहादुर खड्का 204
हुर्मत कुमार न्यौपाने 203
चिरिञ्जीबीनिधी तिवारी 200
प्रदीप राज शर्मा 184
मोहम्मद निजामुद्दिन 173
हाजिम अब्दुल मिया 171
राजेश आचार्य 157
गजेन्द्र कार्की 154
तिलक प्रसाद सापकोटा 149
उमेश कुमार मिश्र 145
कमलेश कुमार शर्मा 141
उत्तर बहादुर ऐर 140
रउफ अहमद खाँ 127
महेश थपलिया 124
साधु राम खड्का 122
प्रकाश कुमार उपाध्याय 119
प्रविन बन 108
घनश्याम रेग्मी 107
सुनिल नरसिंह राणा 90
बल बहादुर खवास 89
युवराज शर्मा 87
केशव राज आचार्य 72
हरी बहादुर खड्का 64
प्रशान्त मान सिंह मास्के 63
बर्षा राम भण्डारी 54

केन्द्रीय सदस्य (आदिवासी जनजाती आरक्षण तर्फ)  तीन (३) पदकालागि भएको मतदानको परिणाम

आङ गेलु शेर्पा 543
उदय मोहन श्रेष्ठ 70
कबेल बहादुर लामा 90
कमल तामाङ्ग 116
कर्मा छेरीङ्ग शेर्पा 282
कल्याण कुमार गुरुङ्ग 659 (विजयी)
केशरमान रोका (मगर) 58
घनेन्द्र राज श्रेष्ठ 20
चन्द्र महर्जन 131
चिन काजी श्रेष्ठ 828 (विजयी)
झक्कु प्रसाद घर्ती 39
टंक प्रसाद राई 31
टिका राम गुरुङ्ग 45
टेक प्रसाद गुरुङ्ग 204
तारामान गुरुङ्ग 129
तुलसी सुव्वा 510
दिलमान पाख्रिन 138
दुर्योधन सिंह थारु 429
देवेन्द्र कुमार शेरचन 30
धर्मेन्द्र विक्रम नेम्वाङ 31
नगेन्द्र कुमार कुमाल 144
नर वहादुर पुन (निरज) 108
पूर्ण बहादुर तामाङ (कान्छाराम) 369
बंशलाल तामाङ 47
बहादुर सिंह (लामा) तामाङ 681 (विजयी)
भरत गुरुङ्ग 60
भीम श्रीस 95
भीमसेन दास प्रधान 264
महादेव गुरुङ्ग 587
मीन कृष्ण महर्जन 109
मुक्तिनाथ चौधरी 79
मोहन कुमार राई 61
सर्वधन राई 134
सूर्यदेव दास उराँव 26
लाक्पा लामा 10
वलराम सरदार (थारु) 70
विनोद वान्तावा 55
विष्णु कुमार राई 54
शिव कुमार श्रेष्ठ 21
हर्षजीत लामा 49

केन्द्रीय सदस्य (आदिवासी जनजाती महिला आरक्षण तर्फ)  दुई (२) पदकालागि भएको मतदानको परिणाम

उषा गुरुङ्ग 425
दिल कुमारी राई 282
बिन्दा देवी आले राना 152
बिमला गौचन 293
माया राई 155
रत्न शेरचन 755 (विजयी)
ललिता किङ्गरिङ्ग मगर 523
शुशिला थिङ 163
सरस्वती बजीमय 588
सीता गुरुङ 1118 (विजयी)
सुश्री जीवन डंगोल 251
हिरा गुरुङ्ग 106

केन्द्रीय सदस्य (दलित आरक्षण तर्फ)  तीन (३) पदकालागि भएको मतदानको परिणाम

कान्छा बहादुर दुलाल 89
कृष्ण सिंह परियार 171
खडग बहादुर बश्याल 286
छत्र वहादुर टेलर 92
जीवन परियार 1481 (विजयी)
जोगेन्द्र बहादुर वि.क. 127
पुष्पहरी बराईली (विश्वकर्मा) 100
प्रकाश स्नेही 911
प्रताप राम लोहार 154
बसन्त कुमार विश्वकर्मा 67
भिमलाल गहतराज 64
मान बहादुर नेपाली 906
मान वहादुर विश्वकर्मा 1402 (विजयी)
मीन विश्वकर्मा 1313 (विजयी)
राम पुकार साफी 52
राम सुन्दर महरा 62
लिल मान परियार 50
शम्भु हजारा दुसाद 850
श्रीचन पासमान 133
हरि वहादुर गान्धारी 65

केन्द्रीय सदस्य (दलित आरक्षण महिला तर्फ)  दुई (२) पदकालागि भएको मतदानको परिणाम

कविता कुमारी सरदार बाँतर 1145
बिमला नेपाली 1111
रुपा बि.क. 397
लक्ष्मी परियार 1519 (विजयी)
सुजाता परियार 1502 (विजयी)

केन्द्रीय सदस्य (महिला आरक्षण तर्फ) छ (६) पदकालागि भएको मतदानको परिणाम

अनिता देवकोटा 253
अम्बिका बस्नेत 937 (विजयी)
इन्दिरा कार्की (इन्दु) 167
इश्वरी न्यौपाने 935 (विजयी)
उमा दहाल 202
उमा रेग्मी 624
उर्मिला नेपाल (के.सी.) 137
कमला पन्त 1130 (विजयी)
कल्पना अधिकारी 164
कमला ढुङ्गेल 62
कृष्णा अमात्य 118
गोमा केसी 193
जानु घिमिरे 146
डा. डिला संग्रौला 1564 (विजयी)
धना खतिवडा 230
पुष्पा भूसाल 1267
प्रतिमा गौतम 513
प्रमिला राई 849
प्रसीस महरा 415
बसन्ती घिमिरे 142
बिजुला बर्मा 374
भूमा शर्मा पाण्डेय 270
मंजु खाँण 716
मन्जु गौतम 51
मिता आचार्य 77
मीना पाण्डे 794
मृदुला कोइराला 544
यमुना देवी श्रेष्ठ 110
रीता खनाल 842
रुकमिणी कोईराला 795
लक्ष्मी खतिवडा 187
लिला नेपाल 123
शसि सर्मा 77
शान्ता ढकाल 56
शारदा पौडेल 168
सरिता प्रसाई 987 (विजयी)
सृजना अधिकारी 344
हरिप्रभा खड्गी (श्रेष्ठ) 179

केन्द्रीय सदस्य (मधेशी आरक्षण तर्फ) तीन (३) पदकालागि भएको मतदानको परिणाम

अजय कुमार चौरसिया 1341(विजयी)
अनुराग यादव 108
जितेन्द्र महतो 149
बीरेन्द्र कुमार कनोडिया 955
महेन्द्र यादव 1236 (विजयी)
राम कृष्ण यादव 1200 (विजयी)
राम चन्द्र तिवारी 908
राम दयाल यादव 194
राम नारायण मंडल 101
रंजित कर्ण 1167
वादशाह कुर्मी 169
सकल देव सुतिहार 152
साजन कुमार महतो 101
सुधाकर पाण्डेय 151
सुरेन्द्र प्रसाद यादव 200

केन्द्रीय सदस्य (मधेशी महिला आरक्षण तर्फ)  दुई (२) पदकालागि भएको मतदानको परिणाम

अन्जु सिंह चौधरी 269
किरण यादव 1336 (विजयी)
गोमा पराजुली अंसारी 377
पार्वता डि.सी. (चौधरी) 1130 (विजयी)
भोटनी देवी खवास 236
मंजु कुमारी यादव 228
मुक्ता कुमारी यादव 804
श्रीमति मिनाक्षी झा 1087
श्रीमति मोहम्मदी सिद्दिकी 285

केन्द्रीय सदस्य (मुस्लिम तर्फ)  एक (१) पदकालागि भएको मतदानको परिणाम

फर्मुल्लाह मन्सुर १२२६ (विजयी)
अप्ताब आलम १०४४
अब्दुल सतार ४६०
मिया हुसेन १०४
खलिल मिया ४८
अरुण मानव ४३

केन्द्रीय सदस्य (प्रदेशतर्फ)  चाैध (१४) पदकालागि भएको मतदानको परिणाम

प्रदेश १
गुरु घिमिरे १३४०
भिष्मराज आङदम्बे १२०८
प्रदेश २
आनन्द ढुंगाना १४६१
रमेश रिजाल १४५७
प्रदेश ३
गोबिन्दराज जोशी १२२५
मोहन बस्नेत १०६७
प्रदेश ४
गोबिन्द भट्टराई १२९९
सुरेन्द्र पाण्डे १२८६
प्रदेश ५
दिपक गिरी १४७२
देवेन्द्रराज कडेल १३४७
प्रदेश ६
हृदयराम थानि १६१२
जीवनबहादुर शाही १५२६
प्रदेश ७
दिलेन्द्र बडु १६०२
बिर बहादुर बलायर १३८५

इन्फोग्राफीः टेकनारायण भट्टराई

- See more at: http://nagariknews.com/breaking-news/story/60709.html#sthash.fNC3wjIl.dpuf]]>
9327 0 0 0
कांग्रेसका चर्चित नेता, जो हारे http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%a4-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%9c/ Mon, 14 Mar 2016 14:06:28 +0000 http://www.ghumphir.com.np/?p=9329 १ चैत, ।

कांग्रेसको १३ औं महाधिवेशनबाट दर्जन बढी सिनियर नेताहरु नेतृत्वमा पुग्न असफल भएका छन् ।सोमबार सार्वजनिक भएको २५ जनाको खुलातर्फको केन्द्रीय सदस्यमा पटक पटक केन्द्रीय नेतृत्वमा पुगेकाहरु पराजित भएका छन् । खुलामा अधिकांश पुरानै अनुहार दोहोरिएको छ । २५ पदका लागि ९० जना प्रतिस्पर्धी थिए ।

14032016060936CongressR1-1000x0

केन्द्रीय सदस्यमा विश्वप्रकाश शर्मा र रमेश लेखकले नयाँ प्रवेश पाएका छन् भने १२ औं महाधिवेशनमा पराजित भए पनि मनोनीत केन्द्रीय सदस्य भएका प्रदीप पौडेलले सानदार मत ल्याएर सानेपामा सीट सुरक्षित गरे ।

पूर्वसभामुख तारानाथ रानाभाट खुला केन्द्रीय सदस्यमा पराजित भएका छन् । शेरबहादुर देउवा समूहबाट उम्मेदवार भएका उनले ९४० मत पाएका छन् । सभामुख रहँदा राजाको प्रत्यक्ष शासनको समर्थनमा उभिएपछि पार्टीबाट कारबाहीमा परेका रानाभाट त्यसयता पार्टीमा उठ्न सकेका छैनन् । १२ औं महाधिवेशनमा पनि तारानाथ हारेका थिए ।

देउवा समूहबाटै उम्मेदवार भएका भ्रष्टाचार अभियोगमा जेल जीवन व्यतित गरेका पूर्वमन्त्री चिरञ्जीवी वाग्ले ७४३ मतमै सीमित भएका छन् । विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका गोविन्दराज जोशी ११११ मत पाएर पराजित भए । उनी पनि देउवा समूहबाट चुनाव लडेका थिए ।

अघिल्लो महाधिवेशनमा २३ औं नम्बरमा विजयी भएका मनमोहन भट्टराई १३ औं महाधिवेशनमा २५ भित्र अँट्न सकेनन् । उनले ११६२ मत पाए ।

१२ औं महाधिवेशनमा महिला आरक्षणमा विजयी भएकी डिना (महालक्ष्मी) उपाध्याय खुलामा १२४९ मत पाएर पराजित भएकी छन् । बैतडीका कांग्रेस नेता विनयध्वज चन्दको पनि हार दोहोरिएको छ । उनले ४४३ मत मात्रै पाएका छन् ।

तरुण दलका अध्यक्षसमेत रहेका सांसद उदय शमसेर राणा १३०२ मत पाएर पराजित भएका छन् । अघिल्लोपटक कोषाध्यक्षमा पराजित पद्मनारायण चौधरी २६ औं नम्बरमा परेर केन्द्रीय समितिमा अँटाउन सकेनन् । उनले १३०४ मत पाए ।

मतपत्रमा पहिलो नम्बरमा रहेका पूर्वसभापति सुशील कोइरालाको भाइ अशोक कोइराला पनि केन्द्रीय सदस्य हुनबाट बञ्चित भएका छन् । यसअघि मोरङको सभापति भइसकेका कोइराला ११२४ मत पाए ।

पटक पटक मन्त्री भएका रामकृष्ण ताम्राकार र पूर्व स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्मा पनि खुलामा पराजित भएका छन् । ताम्राकारले ८६५ र शेर्माले ६१३ मत पाए । १२ औं महाधिवेशनमा पनि दुवै पराजित भएका थिए । पूर्वमन्त्री सूर्यमान गुरुङ, पूर्वराज्यमन्त्री हस्तबहादुर मल्ल पनि पराजित भए । १२ औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य जितेका ताप्लेजुङका गुरुङ खुला केन्द्रीय सदस्यमा ६८५ मत ल्याएर पराजित भए । मल्ल पनि ५९३ मत ल्याएर पराजित भए ।

कांग्रेस पूर्वप्रमुख सचेतक लक्ष्मण घिमिरे, पूर्वसचेतक शोभाकर पराजुली, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, नेविसंघका पूर्वअध्यक्ष महेन्द्रकुमार शर्मा, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, सांसद जीपछिरिङ लामा, ध्रुव वाग्ले, रामहरि खतिवडा, पूर्वसांसद त्रैलोक्य प्रताप सेन पनि पराजित भएका छन् ।

काठमाडौं– १० बाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेका सांसद राजन केसीले जम्मा ३०२ मत मात्रै पाएका छन् ।

कांग्रेस कोटामा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका प्रा.डा. गोविन्द पोखरेल, बेलायतको राजदूत भएका डा. सुरेन्द्रचन्द्र चालिसे, पशुपति विकास कोषको सदस्यसचिव भएका सुशील नाहटा पनि पराजित भए ।

पोखरेलले १०९६, नाहटाले २५५ र चालिसे मात्रै २१० मत पाए ।

कोइरालाका सरकारका मन्त्रीको ओरालो कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला नेतृत्वको सरकारमा सहभागी कांग्रेसका अधिकांश मन्त्रीहरुको भोट १२ औं महाधिवेशनभन्दा ओरालो लागेको छ ।

विश्वकै उत्कृष्ट अर्थमन्त्री भएका रामशरण महत ७ औं स्थानबाट झरेर १६ औं नम्बरमा परेका छन् भने कोइराला सरकारका प्रवक्ता सञ्चारमन्त्री मिनेन्द्र रिजाल सबैभन्दा पुछारमा झरेका छन् । उनी १२ औं महाधिवेशनमा १३ औं नम्बरमा थिए ।

त्यही सरकारका वन मन्त्री महेश आचार्य १२ बाट १३ मा, १० औं नम्बरमा जितेका सिँचाइ मन्त्री एनपी साउद १७ औं नम्बरमा झरे । कोइरालाका सरकार सहरी विकास मन्त्री नारायण खड्का १७ बाट २४ औं स्थानमा झरे ।

कोइराला सरकारमा शिक्षामन्त्री रहेकी चित्रलेखा यादव कोषाध्यक्षमा पराजित भइन् । ‘लो प्रोफाइल’ सितादेवी यादवले हराएपछि धेरैले चित्रलेखाको पराजय मन्त्री छँदा आएका टिप्पणीसँग जोडेका छन् ।

कोइराला सरकारमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले भने राम्रो भोट पाएर तेस्रो नम्बरमा कायम भए । उनी अघिल्लो महाधिवेशनमा महामन्त्री विजयी भएका थिए । सिंहबाट पराजित विमलेन्द्र निधि १६७७ मत पाएर १० औं नम्बरमा विजयी भए ।

१२ औं महाधिवेशनमा तेस्रो धेरै मत पाएका खुमबहादुर खड्का दोस्रो स्थानमा उक्लिए भने पाँचौमा रहेका प्रदीप गिरी सोही स्थानमा कायम भए । सुजाता कोइराला भने छैटौं नम्बरमा झरेर १७ औं नम्बरमा पुगिन् ।

१२ औं महाधिवेशनमा आदिवासी जनजातिबाट चुनाव जितेका युवा नेता धनराज गुरुङले खुलामा पनि बरिष्ठ नेताहरुलाई पछि पार्दै सातौं नम्बरमा विजयी भए । बालकृष्ण खाँड ९ बाट दुई नम्बर माथि उक्लिए ।

र, उनी पनि... महाधिवेशनपूर्व पत्रपत्रिका र अनलाइनमा लाखौंको विज्ञापन छपाएर आक्रामक प्रचार गरेका राजेन्द्र बजगाईं पनि पराजित भए । नेविसंघको राजनीति गरेका पर्यटन व्यवसायी बजगाईंले महाधिवेशन प्रतिनिधिलाई डायरी, कलमदेखि मिनरल वाटर पनि आफ्नो नाममा वितरण गरेका थिए । उनले ४०४ मत पाए ।साभार कान्तिपुर

]]>
9329 0 0 0
घर तर्फ http://localhost/ghum/%e0%a4%98%e0%a4%b0-%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%ab/ Mon, 14 Mar 2016 14:19:57 +0000 http://www.ghumphir.com.np/?p=9332 9332 0 0 0 मनकामना मन्दिर http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%a8%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0/ Mon, 14 Mar 2016 14:22:12 +0000 http://www.ghumphir.com.np/?p=9335 9335 0 0 0 एक किलो चरेससहित पक्राउ http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%9a%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%89/ Mon, 14 Mar 2016 14:25:38 +0000 http://www.ghumphir.com.np/?p=9338

नेपालगन्ज, १६ चैत । भारत लैजाँदै गरेको एक किलो चरेससहित एक जनालाई गए राति जमुनहा इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । यात्रु जाँचका क्रममा सल्यान कालागाँउका २० वर्षीय टेकबहादुर बस्नेत सो परिमाणको चरेसहित पक्राउ परेका हुन् । पक्राउ परेका बस्नेत र चरेसलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

]]>
9338 0 0 0
काठमाडौँ स्तम्भको निर्माण सुरु http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%ae%e0%a5%8d%e0%a4%ad%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be/ Mon, 14 Mar 2016 14:38:57 +0000 http://www.ghumphir.com.np/?p=9340

काठमाडौँ, १ चैत ।

पुरानो बसपार्कमा काठमाडौँ स्तम्भ निर्माणको काम अघि बढेको छ । काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङका अनुसार निर्माणको काम आइतबारदेखि सुरु भएको हो । बाह्रतले सो भवन पूर्ण रुपमा भूकम्प प्रतिरोधात्मक बनाइने तामाङले बताउनुभयो । सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको छ । रु तीन अर्ब ५० करोडको लागतमा स्तम्भ निर्माणको जिम्मा जलेश्वर स्वछन्द विकोइ विल्डर्स प्रालिले पाएको छ । काम सुरु भएको पाँच वर्षभित्र सो स्तम्भ बनाइसक्नुपर्ने सम्झौता भएको छ ।

]]>
9340 0 0 0
हावाहुरीले अन्तर्राष्ट्रिय उडान अवरुद्ध http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d/ Mon, 14 Mar 2016 14:42:29 +0000 http://www.ghumphir.com.np/?p=9342

काठमाडौँ, १ चैत ।

हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान केहीबेर अवरुद्ध भएको छ । एक्कासि आएको हावाहुरीले विमानस्थलको धावनमार्ग अवरुद्ध भएपछि करिब डेढ घन्टा विमान आकाशमा ‘होल्ड’ गरिएको थियो । हावाहुरीका कारण केही विमान होल्ड र दुई वटा अन्यत्र पठाइएको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार एयर अरेबियालाई लखनौ र कोरियन एयरलाई बैंकक पठाइएको थियो । एयर अरेबिया, एयर इन्डिया, कतार एयरवेज, कोरियन एयर, फ्लाई दुबही र जेट एयर होल्ड गरिएको हो । केहीबेर अघिदेखि विमानस्थल समान्य भएको महाप्रवन्धक उपाध्यायले जानकारी दिनुभयो ।

]]>
9342 0 0 0
चट्याङ लागेर दुईको मृत्यु http://localhost/ghum/%e0%a4%9a%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%88%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af/ Mon, 14 Mar 2016 14:44:49 +0000 http://www.ghumphir.com.np/?p=9344

चितवन, १ चैत ।

पूर्वी चितवनको जिरौनामा रहेको हरिकृष्ण इँटा उद्योगमा कार्यरत मजदूर बसेको ठाउँमा आज दिउँसो चट्याङ पर्दा दुईजनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सर्लाही रञ्जितपुर गाविस–९ का १६ वर्षीय दिनेश माझी, हजरिया गाविस–५ का २४ वर्षीय रीता राईको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङले लागेर सिन्धुली नरेनखोलाका सुरेश राई, सर्लाही रन्जितपुरका २२ वर्षीय उमेश माझी, हजरियाकी निर्मल माझी, महोत्तरी बर्दिबासका सीता भुजेल र सिन्धुली मन्टीनखोलाका ३२ वर्षीय गौरीबहादुर राई घाइते भएका छन् । घाइतेको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सुरेश राईको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ । रत्ननगर नगरपालिका–१० जिरौनामा रहेको सो उद्योगमा कार्यरत मजदूर पानी परेपछि एकैठाउँमा बसिरहेको बेला दिउँसो ४ बजेतिर चट्याङ परेको थियो ।

]]>
9344 0 0 0
आगलागीबाट तीन घर ध्वस्त, ७० भेडाबाख्रा मरे http://localhost/ghum/%e0%a4%86%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%98%e0%a4%b0-%e0%a4%a7%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4-%e0%a5%ad/ Mon, 14 Mar 2016 15:51:55 +0000 http://www.ghumphir.com.np/?p=9346

हुम्ला, १ चैत । यहाँबाट ४४ कोष टाढा दक्षिणी भेगमा पर्ने श्रीनगर गाविसका छन्त बुढा, नन्द बुढा र रिमीलाल बुढा तीनैजनाको तीनतले घरमा आइतबार आगलागी भएको छ । अचानक आगलागी हुँदा लत्ताकपडा, भाँडाकुँडा, लिउ, फेरुवा, अन्नबाली सबै नष्ट भएको छ । आगलागीबाट गोठमा रहेका ७० भेडाबाख्रा पनि मरेका छन् । श्रीनगर प्रहरी चौकीले तत्काल उद्धार गरेको कुरा जिल्ला प्रहरी कार्यालय, सिमीकोटका निमित्त प्रहरी नायब उपरीक्षक औँप्रसाद यादवले जानकारी दिनुभयो ।

]]>
9346 0 0 0
हनुमन्ते खोला फर्काउन खोज्दा http://localhost/ghum/%e0%a4%b9%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%87-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%96%e0%a5%8b/ Mon, 14 Mar 2016 15:57:39 +0000 http://www.ghumphir.com.np/?p=9348

भक्तपुर, १ चैत । मध्यपुरथिमि नगरपालिका र अनन्तलिङ्गेश्वर नगरपालिका साविक बालकोट गाविसको सिमाना भएर बगिरहेको हनुमन्ते खोलाको बहाव भू–माफियाले फर्काउन खोज्दा विवाद चर्किएपछि मध्यपुरथिमि नगरपालिकाले तारबार लगाउने भएको छ ।

दुईवर्षअघि भू–माफियाले खोला फर्काउन डोजर चलाएपछि सर्वोच्च अदालतले तत्काल खोला फर्काउने कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरे पनि भू–माफियाले तीन दिनअघिसम्ममा पटकपटक खोला फर्काउने प्रयास गरेका थिए । खोला फर्काउन भू–माफियाले फेरि खोलामा डोजर लगेपछि तीन दिनदेखि खोला फर्काउन नदिने मध्यपुरथिमिका बासिन्दा र भू–माफियाबीच विवाद चर्किएपछि नगरपालिकाले आगामी बुधबारदेखि हनुमन्ते खोलाको सार्वजनिक जग्गा अतिक्रमण रोक्न तारबार लगाउन सुरु गर्ने मध्यपुरथिमि नगरपालिकाका कार्यकारी अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“सर्वोच्च अदालतले खोला नफर्काउन अन्तरिम आदेश जारी गरेको र हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल ती सार्वजनिक जग्गा संरक्षण गर्न आदेश दिएकाले खोला फर्काउन दिन्नाँै, तारबार लगाएर संरक्षण गर्छौं ।” नगरपालिकाले सरकारी सार्वजनिक पर्ती जग्गा संरक्षणका लागि पहल सुरु गरेका बेला फेरि पनि खोला सार्ने प्रयास कतै कसैबाट भएमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, सबै राजनीतिक दल, स्थानीय जनसमुदाय र नगरपालिकासमेत एकजुट भई खोला फर्काउन नदिन सहमति गरेका छन् । मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका मध्यपुरथिमि, एमाले, एमाओवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मालेलगायतका दल र मध्यपुरका बासिन्दाले कुनै हालतमा खोला फर्काउन नदिने सहमतिसमेत गरेका हुन् । मध्यपुरथिमि वडा नं १५ र बालकोट साविक गाविस वडा नं ३ एवम् ९ को सिमानामा रहेको हनुमन्ते खोलाको बहाव केही वर्षअघिदेखि नै भू–माफिया तत्वले थिमितिर फर्काएर करोडाँै मूल्य बराबरको सार्वजनिक जग्गा प्लानिङ गरी बिक्री गर्ने प्रयास गरेपछि यस क्षेत्रमा थिमि बासिन्दा र भू–माफिया तत्वबीच विगतका वर्षमा झडपसमेत भएको थियो ।
]]>
9348 0 0 0
पर्यटन प्रवद्र्धनमा नकारात्मक असर http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%95%e0%a4%be%e0%a4%b0/ Mon, 14 Mar 2016 15:59:33 +0000 http://www.ghumphir.com.np/?p=9350

काठमाडौँ, १ चैत ।

देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलको अस्तव्यस्तताले पर्यटन प्रवद्र्धनमा नकारात्मक असर परेको सरोकारवालाले बताएका छन् । ठमेल पर्यटन विकास परिषद्ले आइतबार आयोजना गरेको अन्तक्र्रियाका वक्ताहरुले नेपाल भ्रमणमा आउने पर्यटकको पहिलो रोजाइ ठमेल क्षेत्र भए पनि ठमेलभित्रको अव्यवस्थित सडक, साँघुरा गल्ली र पर्यटकीय खुराक नभएका कारण ठमेलको आकर्षणमा असर पुगेको बताएका छन् । नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल पुग्ने गरेको पाइन्छ, तथापि, ठमेलका साँघुरा सडकमा अव्यवस्थित रुपमा चल्ने सवारी साधनको चाप र प्रदूषण, पार्किङको व्यवस्था नहुनु तथा व्यवसायीले पनि सरसफाइ र सेवा गुणस्तरमा ध्यान नदिएका कारण उनीहरुको बसाइँ लम्बिन सकेको छैन । ठमेल क्षेत्रका पुरातात्विक एवम् ऐतिहासिक महत्वका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन नहुँदा पनि आकर्षण बढ्न नसकेको हो । व्यवसायी गोविन्द पन्त र देवेन्द्र गिरीले भूकम्प र नाकाबन्दीपछि ठमेल क्षेत्र सामान्य अवस्थामा पुगेको भए पनि यहाँको भद्रगोल अवस्थाले पर्यटकलाई आकर्षण गर्न नसकिएको बताउनुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले सो क्षेत्रलाई अन्तर्राष्ट्रिय जगत्मा पहिचान गराउन स्थानीय व्यवसायीको महत्वपूर्ण भूमिका रहेको भन्दै यहाँको सेवा व्यवसायलाई गुणस्तरीय बनाइने बताउनुभयो । पर्यटकको सेवालाई ध्यानमा राखि ठमेलमा सूचना केन्द्र स्थापना, सिसी क्यामेरा र सौर्यबत्ती जडानको कार्य अघि बढाइएको छ । ठमेलको सडक व्यवस्थापन, पार्किङलगायतलाई प्रभावकारी बनाउन स्थानीयवासीसँग सहकार्य गरी काम अघि बढाइने परिषद्ले जनाएको छ । नेपाल पत्रकार महासङ्घका पूर्व सभापति विष्णु निष्ठुरीले नेपाललाई विश्वमा चिनाउन पर्यटकीय क्षेत्र ठमेलको महत्वपूर्ण भूमिका रहेको भन्दै यसको व्यावसायिक प्रवद्र्धनका लागि सरोकारवाला निकाय साझेदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पत्रकारिता क्षेत्रले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ,” उहाँले भन्नुभयो । राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज)का अध्यक्ष शिव अधिकारीले ठमेललगायत देशका अन्य क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि संस्थाले व्यवसायीसँग हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । यसैबीच परिषद्ले नाटोजको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ । परिषद्का अध्यक्ष थपलियाले नाटोजका अध्यक्ष अधिकारीलाई दोसल्ला, अन्य पदाधिकारी र कार्यसमितिलाई खादा र माला लगाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका व्यावसायिक पत्रकारहरुको सहभागिता थियो ।

]]>
9350 0 0 0
एक करोड लगानी गरेर भेडापालन http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%b0-%e0%a4%ad%e0%a5%87%e0%a4%a1%e0%a4%be%e0%a4%aa%e0%a4%be/ Mon, 14 Mar 2016 16:06:20 +0000 http://www.ghumphir.com.np/?p=9352

बाबियाचौर (म्याग्दी), १ चैत ।

जिल्लाको बेगखोला गाविस–१ का विमल फगामीले रु एक करोडभन्दा बढी लगानी गरेर व्यावसायिक भेडापालन गरेका छन् । उहाँले आफू स्वरोजगार बन्नुका साथै आठ जना युवालाई समेत गाउँमै रोजगारी दिएका छन् । एघार वर्षअघि ५० वटा भेडा पाल्न सुरु गरेका ३० वर्षीय फगामीसँग अहिले ८०० भेडा छन् । भेडापालनका लागि हालसम्म रु एक करोड २० लाख लगानी भएको फगामीले बताउनुभयो । वर्षमा २०० भन्दा बढी भेडा बेच्ने फगामीले वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । निमावि तहसम्मको शिक्षा लिनुभएका फगामीले भेडापालनबाट सन्तुष्ट रहेको बताउनुभयो । “मासुका लागि गोठबाटै बिक्री हुने भएकाले बजारको कुनै समस्या छैन” उहाँले भन्नुभयो । बरुवाल जातका भेडा पालेका फगामी गोठ लिएर हिउँदमा कालीगण्डकी किनारदेखि बर्खामा निलगिरि र धौलागिरि हिमालको फेदीसम्म पुग्ने गर्नुहुन्छ । सामुदायिक वनमा रुख बिरुवा हुर्किए पनि चरिचरन बन्द गरिनु, चरन क्षेत्रमा घाँस कम पलाउनु, चितुवाको आतङ्क र सरुवा रोग भेडापालनका चुनौतीका रुपमा रहेको उहाँको भनाइ छ ।

]]>
9352 0 0 0
पर्यटकीय क्षेत्रमा खानेपानीको अभाव http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%aa/ Mon, 14 Mar 2016 16:15:05 +0000 http://www.ghumphir.com.np/?p=9356

धुन्चे (रसुवा), १ चैत ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङ्टाङको क्याङ्जेन क्षेत्रमा खानेपानीको अभाव भएको छ । हिमाली प्रकृतिको छटा अवलोकन गर्न जाने पर्यटक र स्थानीयवासीले उपभोग गर्ने शुद्ध खानेपानीको अभाव भएकाले नयाँ खानेपानी निर्माणको व्यवस्थापन गरी दिन क्याङ्जेनका पर्यटन व्यवसायीले आग्रह गरेको लाङ्टाङ व्यवस्थापन पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा तामाङले बताउनुभयो । जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष एवम् प्रजिअसमक्ष खानेपानी अभावको ध्यानाकर्षण गराइसकिएकाले खानेपानीको समस्या हल हुने आशा गरिरहेको बताइएको छ । वैशाख १२ को भूकम्पले पृथ्वी हल्लाउँदा बन्द भएको धारा चालु गराउन तीन किमी पाइप बिछ्याउन आवश्यक भएको र खानेपानीको मुहान भने लाङ्टाङ–१ धार्चेफेसामा रहेको बताइएको छ । क्याङ्जेन क्षेत्रको बस्ती समुद्री सतहदेखि तीन हजार ८५० मिटरको उचाइमा रहेको बताउँदै लाङ्टाङ व्यवस्थापन पुनःनिर्माण समितिका सचिव ल्हाक्पा ज्याङ्वाले भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत क्याङ्जेन खानेपानीका लागि ४० देखि ५० एमएमको पाइप आवश्यक पर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भूकम्पपछि लाङ्टाङमा भएको क्षतिको स्थलगत जानकारी लिनुभएको थियो ।

]]>
9356 0 0 0
भगवती मन्दिरमा रु ५० लाख बढी भेटी उठ्यो http://localhost/ghum/%e0%a4%ad%e0%a4%97%e0%a4%b5%e0%a4%a4%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%81-%e0%a5%ab%e0%a5%a6-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%ac/ Mon, 14 Mar 2016 16:19:41 +0000 http://www.ghumphir.com.np/?p=9358

बागलुङ, १ चैत ।

यहाँको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा पछिल्लो आठ महिनाको अवधिमा रु ५० लाख बढी भेटी उठेको छ । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार गत साउनदेखि फागुन अन्तिम सातासम्ममा रु ५० लाख ५० हजार ९७० सङ्कलन भएको हो । वार्षिक पूजाआजा ठेक्कामा दिँदा हुने आम्दानीभन्दा कम अवधिमा बढी भेटी सङ्कलन भएको हो । अघिल्लो वर्षसम्म समितिले ठेक्का प्रणालीबाट पूजा सञ्चालन गर्दै आएको थियो । वार्षिक पूजाबापत गत वर्ष ठेकेदारले मन्दिरलाई रु ४१ लाख बुझाएका थिए । चालु आवदेखि भने समितिले ठेक्का प्रणाली हटाएर आफैँले दैनिक पूजाआजा सञ्चालन र व्यवस्थापन गर्दै आएको छ । भक्तजनले मन्दिरमा चढाएको नगददेखि मुढ, परेवा, चामल–अक्षताको रकम पनि भेटी स्वरुप राख्ने गरिएको छ । “मन्दिरको पूजाआजा व्यवस्थापन समितिले आफैँ लिएपछि आम्दानी÷खर्चको दैनिक तथ्याङ्क÷विवरण राख्न थालेका छौँ” समितिका अध्यक्ष राजु खड्काले भन्नुभयो । मुलुकको राजनीतिक अवस्था र नाकाबन्दीका कारण मन्दिरमा आउने भक्तजनको सङ्ख्या पनि घटेकाले आम्दानी आँकलन गरिएअनुसार नभएको समितिले जनाएको छ । प्रतिकूल परिस्थितिमा पनि मन्दिरमा हुने नियमित चहलपहल भने नघटेको समितिका अध्यक्ष खड्काको भनाइ छ । मन्दिरको कुल वार्षिक आम्दानीको दस प्रतिशत रकम केन्द्रीय गुठी संस्थानलाई बुझाउने गरिएको छ । समितिको कोषमा रु एक करोड जति रकम मौज्दात रहेको जनाइएको छ । मन्दिरमा भेटी, दानबाहेक अन्य बहुमूल्य धातु, घण्ट, गजुरलगायतका जिन्सी सामान पनि भक्तजनले चढाउने गरेका छन् ।

]]>
9358 0 0 0
प्रधानमन्त्रीओलीको चीन भ्रमण पश्चातभारतको एकाधिकार तोडिने http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%93%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%ad/ Mon, 14 Mar 2016 16:31:05 +0000 http://www.ghumphir.com.np/?p=9360 १ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा दुई देशबीच पारवहन सम्झौता हुने भएको छ । यो सम्झौता भएमा तेस्रो मुलुकबाट हुने आयातमा भारतको एकाधिकार तोडिनेछ ।

प्रधानमन्त्री ओली चैत ७ गते चीन जाँदैछन् । प्रधानमन्त्रीको भ्रमण टोलीले टुंगो लागिसकेको छैन । तर, प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री कमल थापाका साथै अर्थमन्त्री विष्णु पौडेल, बाणिज्यमन्त्री दीपक बोहोरा र आपूर्तिमन्त्री गणेशमान पुन रहने तय भएको छ ।

Nepal-China_flag

प्रधानमन्त्री ओलीले ८ गते बेइजिङमा चिनियाँ समकक्षी ली खछ्याङका साथै राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अहिले प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले भ्रमणको एजेण्डालाई अन्तिम रुप दिन गृहकार्य गरिरहेको छ ।

नेपाल र चीनबीच पारवहन सम्झौताका लागि आवश्यक गृहकार्य पूरा भइसकेको नेपाली अधिकारीहरुले दाबी गरेका छन् । प्रधानमन्त्री निकट एक अधिकारीले भने, ‘अहिलेसम्मको तयारी हेर्दा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा पारबहन सम्झौता हुने देखिन्छ । अरु गृहकार्यकै क्रममा छ ।’

हालै भारत भ्रमणका क्रममा पनि उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले पनि प्रधानमन्त्रीको चीन भ्रमणमा पारवहन सम्झौता मुख्य एजेण्डा भएको बताएका थिए । तर, यो भारतविरुद्ध चिनियाँ कार्ड नभएको उनले बताए ।

फ्राइट फरवाड एशोसिएसनका अध्यक्ष राजन शर्माले चीनसँग पारवहन सम्झौता भए राम्रो हुने बताउँछन् । ‘चिनियाँ प्रधानमन्त्री नेपाल आउँदा नै छ वटा पोर्ट दिने प्रतिवद्धता व्यक्त भएको थियो । तर, हाम्रोतर्फबाट आवश्यक अध्ययन नै भएन’ शर्माले अनलाइनखबरसँग भने, ‘अहिले सम्झौता भयो भने नेपाली बस्तुहरु युरोप पठाउन पनि धेरै सजिलो हुन्छ ।’ जर्मनीसँग चीनको रेल सम्पर्क जोडिएको छ । यदि नेपाल र चीनबीच पारवहन सम्झौता भएमा नेपालले यसको फाइदा दिनेछ ।

पछिल्लो समय चीनले नेपालसँगको रसुवागढी-केरुङ नाकालाई प्राथमिकतामा राख्दै आएको छ । चीनले सिगात्सेसम्म २०२० सम्ममा रेल ल्याइसक्ने घोषणा गरिसकेको छ । त्यसैले अब नेपाल र चीनबीचको मुख्य नाका तातोपानीको साटो केरुङ हुने सम्भावना छ ।

अरु के छन् सम्भावित सम्झौता ?

नेपालले बिप्पाका साथै इन्धन आपूर्तिबारे सम्झौताको पनि गृहकार्य गरेको छ । तर, यो प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणकै क्रममा हुने नहुने निश्चित भइसकेको छैन ।

केही महिनापछि नै चिनियाँ राष्ट्रपति नेपाल आउने तयारी भइरहेको बेइजिङले संकेत गरेको छ । एक अधिकारीले भने, त्यसैले त्यसबेला पनि दुई देशबीच महत्वपूर्ण सम्झौता गर्नुपर्ने भएकाले सबै विषय अहिले नहुन सक्छ ।’ भारतले नाकाबन्दी गरेको समयमा नेपालले चीनबाट राष्ट्रिय मागको ३३ प्रतिशत इन्धन चीनबाट आयात गर्ने समझदारी गरेको थियो । तर, सम्झौता हुन बाँकी छ ।

चीनसँगको कोरला लगायतका केही नयाँ नाका खोल्ने पनि नेपालको एजेण्डामा छ । यसैगरी उत्तर-दक्षिण जोड्ने केही सडक निर्माणमा सहयोगको घोषणाका साथै चक्रपथ विस्तार लगायतका चिनियाँ सहयोगमा निर्माणाधीन आयोजनाहरुबारे पनि सम्झौता गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

]]>
9360 0 0 0
स्मार्टफोन हरायो ? सबैभन्दा पहिले गर्नुस् यी ६ काम http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d/ Mon, 14 Mar 2016 16:36:48 +0000 http://www.ghumphir.com.np/?p=9364
  • सबैभन्दा पहिले आफ्नो हराएको वा चोरी भएको फोनमा कल गर्नुहोस् । फोन लागेन भने मेसेज गर्नुहोस् । हुनसक्छ, तपाइँको हराएको फोन कुनै इमान्दार वा असल मानिसको हातमा परेको हुनसक्छ । तपाइँको फोन वा मेसेज पाएपछि उसले तपाइँको फोन फिर्ता पनि दिनसक्छ ।
  • यदि फोन हराइहाल्यो भने तपाइँले कम्प्युटरबाट आफ्नो सोसल अकाउण्ट, इमेल आदिको पासवर्ड बदल्नुहोस् । आफ्नो स्मार्टफोनबाट इन्टरनेट चलाउँदा प्रायः आफ्ना इमेल वा सोसल साइटका अकाउण्ट लगआउट गरिँदैन । यसो हुनाले चोरी भएको फोनमार्फत अरुले तपाइँका इन्टरनेट अकाउण्ट खोल्ने जोखिम हुन्छ । त्यसैले फोन चोरी भएपनि इन्टरनेट अकाउण्ट अरुको हातमा पर्नबाट बचाउन आफ्ना सबैजसो इमेल तथा सोसल साइट लगायत इन्टरनेट अकाउण्टका पासवर्ड परिवर्तन गरिहाल्नुपर्छ ।
  •  एन्ड्रोइड स्मार्टफोन खोजीका लागि एन्ड्रोइड डिभाइस म्यानेजर उपयोगी हुनसक्छ । यसले तपाइँको हराएको फोनकेा लोकेसन पत्ता लगाउँछ र तपाइँको हराएको एन्ड्रोइड डिभाइसलाई लक गर्न पनि सकिन्छ ।
  •  सिम ब्लक गर्नुहोस् । आफ्नो टेलिकम अपरेटरसँग सम्पर्क गरी आफ्नो हराएको मोबाइलमा राखेको सिमकार्ड ब्लक गराउनुहोस् । यसो गर्नाले अरुले तपाइँको सिमकार्ड प्रयोग गर्न नपाओस् ।
  •  पुलिसमा उजुरी गर्नुस् : त्यसपछि तपाइँले गर्ने अर्को काम भनेको सम्बन्धित पुलिस चौकीमा गएर आफ्नो फोन हराएको जानकारी सहित खोजीका लागि निवेदन दिने ।
  • आफ्नो फोन चोरी भएसँगै तपाइँले आफ्ना इन्टरनेट अकाउण्ट कतै प्रयोग भएका छन् की भन्ने कुरामा ध्यान दिनुहोस् । तपाइँको सोसल साइट, इमेल आदि कसैले प्रयोग गरेको पाउनुभयो भने सो जानकारी पुलिसमा दिइहाल्नुहोस् । यसबाट पुलिसले मोबाइल चोर पत्ता लगाउन सजिलो हुन्छ ।
  • ]]>
    9364 0 0 0
    दक्षिण कोरियाले पठायो २७ सय कामदारको ‘लेबर कन्ट्रयाक्ट’ http://localhost/ghum/%e0%a4%a6%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a3-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%a0%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a5%a8%e0%a5%ad/ Mon, 14 Mar 2016 16:40:16 +0000 http://www.ghumphir.com.np/?p=9366 १ चैत, काठमाडौं । दक्षिण कोरियाले सन् २०१६ को पहिलो लटका लागि भाषा परीक्षा पास गरेका २७ सय जना कामदारको श्रम सम्झौता पठाएको छ ।

    फागुनको पहिलो हप्तादेखि नेपाली कामदारको छनोट सुरु गरेको कोरियाले एक महिनाको बीचमा २७ सय कामदारको ‘लेबर कन्ट्रयाक्ट’ पठाएको हो ।

    कोरियाको मानव संसाधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक तर्फकका कामदार छान्ने क्रम तीब्र पारेको हो ।

    विभागले भाषा परीक्षा पास गरेका कामदारको ३ चरणमा छनोट गर्ने गरेको इपीएस कोरिया शाखाका निर्देशक डिल्लाराम बास्तोलाले अनलाइनखबरलाई बताए ।

    जनवरी यता झण्डै ४ सय चार जना नेपाली कोरिया गइसकेका छन् । कोरियाले अब आगामी जुन महिनामा अर्को चरणको छनोट सुरु गर्नेछ । त्यसको चार महिनापछि तेस्रो तथा अन्तिममा कामदार छानिने छन् ।

    कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हन्छन् । उनीहले परीक्षा पास भएकामध्येबाट आफुलाई आवश्यक पर्ने कामदार भाषा छान्न पाउँछन् ।

    सन् २०१६ को लागि भएको भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका थिए । उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालनतर्फ २ हजार ६ सय ७३ जना उत्तीर्ण भएका थिए ।

    सन् २०१७ को लागी आगामी बैशाखमा अनलाइन आवेदन बुझ्ने र असारको पहिलो हप्ता परीक्षा गर्ने तयारी गरिएको छ ।

    यसअघि भदौमा परीक्षा गर्ने भनिएपनि कोरियाले असरको पहिलो हप्ता नै गर्ने गरी प्रस्ताव गरेको छ ।

    ]]>
    9366 0 0 0
    यस्ता छन् नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा खुलाबाट चुनिएका नेताहरु http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87/ Mon, 14 Mar 2016 16:50:52 +0000 http://www.ghumphir.com.np/?p=9368 रमेश वाग्ले

    काठमाडौं। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेतृत्वका लागि भएको चुनावको खुल्ला २५ तर्फको पूर्ण नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार शेरबहादुर प्यानलका १४ र रामचन्द्र पौडेल प्यानलका ११ उम्मेद्वार विजयी भएका छन्। nepali-congress-624x403कोइराला परिवारका सदस्य डा. शेखर कोइराला 'म्यान अफ द इलेक्सन' भएर खुल्लातर्फको प्रथम स्थान हासिल गरेका छन्। भ्रष्टाचारको अभियोगमा जेल सजायँ काटिसकेका खुमबहादुर खड्का दुई मतले पछ्याउँदै दोस्रो स्थानमा निर्वाचित भए। कोइरालाले १८४८ मत प्राप्त गरे भने खड्काले १८४६ मत। १३ औं महाधिवेशनबाट केन्द्रीय समिति प्रवेशका लागि निर्वाचित हुनेहरु मध्ये दुईजना मात्र नयाँ अनुहार छन्। केन्द्रीय सदस्यका लागि पहिलोपटक प्रतिस्पर्धामा भाग लिएका विश्वप्रकाश शर्मा खुल्ला तर्फबाट केन्द्रीय समितिमा प्रवेश गरेका छन्। यस्तै १२ औं महाधिवेशनमा महाकाली अञ्चलबाट प्रतिस्पर्धामा भाग लिदा दिलेन्द्रप्रसाद बडुसँग पराजित भएका रमेश लेखक पनि खुल्लातर्फबाट नै केन्द्रीय समितिमा प्रवेश गरेका छन्। त्यसबाहेक गत भदौ मसान्तदेखि मनोनित भएर केन्द्रीय समितिमा प्रवेश गरेका प्रदीप पौडेल पनि निर्वाचित भएर केन्द्रीय समिति प्रवेश गरेका छन्। १२ औं महाधिवेशनमा २७ औं स्थानमा परेर पराजित भएका उनले यस पटक भने छैटौं सिट सुरक्षित गरे। यस्तै १२ औं महाधिवेशनमा सेती अञ्चलबाट निर्वाचित भएका बद्री पाण्डे यस पटक खुल्ला तर्फबाट निर्वाचित हुँदै आफूलाई केन्द्रीय समितिमा सुरक्षित गरेका छन्। उनी जस्तै १२ औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय समिति छिरेका धनराज गुरुङले पनि खुल्ला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य पद  सुरक्षित गरे। १३ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित गणेशमान सिंह पुत्र प्रकाशमान सिंह तेस्रो स्थानमा सुरक्षित भए। उनले १७९५ मत प्राप्त गरे। पूर्वमहामन्त्री कुलबहादुर गुरुङले आफूलाई चौथो स्थानमा मत प्राप्त गरे। देउवा पक्षका प्रभावशाली नेता बालकृष्ण खाँडले सातौं स्थानमा रहे। १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएर सहमहामन्त्री मनोनित भएका पूर्णबहादुर खड्का १० औं स्थानमा निर्वाचित भए। पूर्वमहामन्त्री तथा देउवा पक्षका डिजाइनर समेत रहेका विमलेन्द्र निधि ११औं स्थानमा निर्वाचित भए। उनी कांग्रेसका पुराना मधेसी मुलका नेता महेन्द्रनारायण निधिका छोरा हुन्। २०३६ सालको आन्दोलका स्थापित विद्यार्थी नेता बलबहादुर केसी १२ औं स्थानमा निर्वाचित भए। कुनै समय देउवा पक्षको भरोसा मानिने उनी १२ औं महाधिवेशनदेखि नै क्याप परिवर्तन गरेर कांग्रेस संस्थापनतिर छन्। यस्तै कुनै समयमा गिरिजाप्रसाद कोइरालाले विश्वास गरेका महेश आचार्य १४ औं स्थानमा निर्वाचित भए। कांग्रेस नेतृत्वका सरकारमा सहभागीहरु धेरैको यस पटक निर्वाचित भएपनि लोकप्रिय मत हासिल गर्न सकेनन्। तर पनि उनी भने त्यसको प्रभावबाट टाढा देखिएका छन्। १२ औं महाधिवेशनमा पाँचौ स्थानमा निर्वाचित भएकी पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला भने १५ औं स्थानमा पुगेकी छन्। सभापतिको प्रत्याशीका रुपमा आफूलाई प्रस्तुत गरेकी कोइरालालाई त्यही आकांक्षाका कारण पनि भोट काटिएको उनका सहयोगी तथा मत गणना प्रतिनिधि लक्ष्मण थपलियाले बताए। २०४८ सालको चुनाव हारेर योजना आयोग बनेपछि त्यस पछिका कांग्रेस सरकारमा अधिकांश समय अर्थ मन्त्रीको भूमिकामा रहेका डा. रामशरण महत यस पटक १६ औं स्थानमा निर्वाचित भए। मन्त्री भएका अन्यको भन्दा उनको अवस्थामा केही राम्रो देखिएपनि सभापतिको दावी प्रस्तुत गरेका उनको मत पर्याप्त हैन। खुमबहादुर खड्का भ्रष्टाचारी ठहर भएर जेलमा रहँदा समेत खड्का माथि अन्याय भएको भन्दै खड्काको बचाउमा लागेका युवा नेता शंकर भण्डारी १७ औं स्थानमा निर्वाचित भए। १२ औं महाधिवेशनबाट केन्द्रीय समिति प्रवेश गरेका उनले आफूलाई यस पटक पनि सुरक्षित गरेका छन्। संविधानसभाको दोस्रो चुनाव पछिको कांग्रेस सरकारमा सिंचाई मन्त्री बनेका एनपी साउद १७ औं स्थानमा निर्वाचित भए। मत गणनाका क्रममा समय समयमा २५ औं स्थानमासमेत देखिएका उनको अवस्थामा अन्त्यमा सुधार आयो र उनी शंकर भण्डारी सरह मत प्राप्त गर्दै १७ औं स्थानमै निर्वाचित भए। देउवा पक्षका भित्रिया ज्ञानेन्द्रबहादुर कार्की आफ्नो प्यानलमा पर्याप्त भाउ भएका नेता हुन्। तर उनी १८ औं महाधिवेशनमा भने १९ औं स्थानमा निर्वाचित भए। पूर्व उपसभापति समेत रहेका गोपालमान श्रेष्ठ २० औं स्थानमा निर्वाचित भए। प्रभावशाली युवा नेता भनेर चिनिने चन्द्र भण्डारी २१औं स्थानमा सुरक्षित रहे। १२ औं महाधिवेशबाट केन्द्रीय समिति छिरेका देउवा पक्षका भण्डारी अहिले २१ स्थानमा निर्वाचित भए। भने देउवा पक्षका पिलर भनेर चिनिने डा प्रकाशरण महत २२ औं स्थानमा निर्वाचित भए।   १२ औं महाधिवेशदेखि कोइराला क्याम्पमा आएका डा नारायण खड्का २४ औ स्थानमा निर्वाचित भए। संविधानसभाको दोस्रो निर्वाचनपछि कांग्रेस नेतृत्वमा बनेको सरकारमा शहरी विकास मन्त्री बनेका डा खड्का भूकम्प पीडितलाई वितरणका लागि त्रिपाल खरिद गर्दा भ्रष्टाचार भएकामा आलोचित भएका थिए। त्यसको प्रभाव महाधिवेशमा देखिएको छ। कांग्रेस नेतृत्वको सरकारमा सूचना तथा संचार मन्त्रीको भूमिका पाएका तथा कांग्रेसको प्रचारविभाग प्रमुख समेत रहेका डा मनेन्द्र रिजाल अन्तिम अर्थात २५ औं स्थानमा सुरक्षित रहे। उनले केन्द्रीय समिति प्रवेशका लागि अन्तिम मत अर्थात १३२० मत प्राप्त गरेका छन्। बिजमाण्डू

    ]]>
    9368 0 0 0
    लगानी भित्र्याउन आवश्यक कानुन संशोधन गरिने http://localhost/ghum/%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%86%e0%a4%b5%e0%a4%b6%e0%a5%8d%e0%a4%af%e0%a4%95/ Mon, 14 Mar 2016 16:57:30 +0000 http://www.ghumphir.com.np/?p=9370

    काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीका लागि नेपालका विद्यमान कानुन बाधक भए त्यसलाई संशोधन गर्न नेपाल सरकार तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोगमा सार्क चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री(सार्क सिसिआई)को आयोजनामा आज यहाँ भएको सार्क उद्योग वाणिज्य परिसङ्घको नेतृत्व हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘नेपालको संविधान’ जारी भएपछि नेपालमा लागानीका लागि उपयुक्त वातावरण सिर्जना भएको बताउनुभयो । सार्क सिसिआईका अध्यक्ष इस्माइल असिफबाट नेपालका सार्क सिसिआईका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यलाई अध्यक्ष पद हस्तान्तरण भएको हो । दक्षिण एसियामा विद्यमान अपार विकासका सम्भावनालाई सदस्य राष्ट्रले मिलेर फलदायी बनाउनुपर्नेमा जोड दिँदै उहाँले गत केही दशकमा दक्षिण एसियाली क्षेत्र विकासको दृष्टिले पछि धकेलिएको भए पनि आगामी केही दशकभित्र विकसित क्षेत्र बन्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा उपप्रधानमन्त्री कमल थापाले नेपालको हालै जारी संविधानले विश्वव्यापी प्रजातान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गरेको बताउनुभयो । उहाँले दक्षिण एसियाको व्यापार क्षेत्रमा देखिएको अवरोध हटाउने मुख्य उपाय आपसी सहकार्य नै भएको स्पष्ट गर्नुभयो । सार्क सदस्य राष्ट्रबीच व्यापार लगानी प्रवद्र्धन गर्न सन् १९९३मा सार्क सिसिआईको स्थापना भएको हो ।

    ]]>
    9370 0 0 0
    भ्यू टावर कम्पासे डाडामा निर्माण गर्न स्थानीय बासिन्दाको आग्रह http://localhost/ghum/%e0%a4%ad%e0%a5%8d%e0%a4%af%e0%a5%82-%e0%a4%9f%e0%a4%be%e0%a4%b5%e0%a4%b0-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%b8%e0%a5%87-%e0%a4%a1%e0%a4%be%e0%a4%a1%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Mon, 14 Mar 2016 17:12:08 +0000 http://www.ghumphir.com.np/?p=9372 दीपक उपाध्याय चैत्र १, कैलाली पर्यटन प्रबद्र्धनका लागि सरकारले कैलालीको बुढीतोलामा निर्माण गर्न लागेको भ्यू टावर खानीडाडाको कम्पासे डाडामा निर्माण गर्न स्थानीय बासिन्दा र पर्यटनकर्मीहरुले आग्रह गरेका छन् । पाँच विकास क्षेत्रका पाँच स्थानमा निर्माण गर्ने योजना अन्तर्गत सुदूरपश्चिममा भ्यू टावरका लागि कैलालीको बुढितोला छानेको सरकारले निर्माण प्रकृया अगाडि बढाईरहेकै बेला स्थानीय बासिन्दा र पर्यटनकर्मीहरुले भ्यू टावर निर्माणका लागि कम्पासेधुरा उपयुक्त भएको बताएका छन् । आज क्षेत्रीय पर्यटन कार्यालय कोहलपुरका प्रमुख दीपक बुढाथोकी, पर्यटन विकास समाजका अध्यक्ष कृष्ण बहादुर महरा, पर्यटनकर्मी रमण चन्द्र श्रेष्ठ स्थानीय बासिन्दा, सञ्चारकर्मी सहितको टोलीले कम्पासे धुराको स्थलगत अध्ययन अवलोकन गरेपछि यस्तो आग्रह गरेका हुन् । करीव एक करोड रुपैयाको लागतमा निर्माण हुने भनिएको भ्यू टावरका लागि यस वर्ष ३५ लाख रुपैया छु्ट्याएको सरकारले बाँकी रकम क्रमागत रुपमा निकासा गर्ने पर्यटन कार्यालय कोहलपुरका प्रमुख दीपक बुढाथोकीले बताए ।

    Awalokan garna pugeko toli1 भ्यू टावर निर्माण हुने क्षेत्र सडकबाट करीव एक किलोमिटरको दूरीमा हुनुपर्ने र वार्षिक २० हजार पर्यटकले अवलोकन गर्नुपर्ने सरकारले तोकेको मापदण्ड र बुढीतोलामा निर्माण गर्ने योजना उपयुक्त नभएको गुनासो गरेका स्थानीय बासिन्दाले सबै दृष्टिकोणले कम्पासे धुरा उपयुक्त भएको बताएका छन् । साईपाल रिसोर्ट खानीडाडाका सञ्चालक श्याम महराले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न भ्यू टावर अत्यन्त आवश्यक भएको बताउँदै खानीडाडाको कम्पासे धुरा भ्यू टावर निर्माणका लागि अत्यन्त उपयुक्त भएको बताए । पर्यटन विकास समाजका अध्यक्ष एवं होटल व्यवसायी कृष्ण बहादुर महराले झारो टार्ने हिसावले नभई आवश्यक र उपर्युक्त स्थान छनौट गरी भ्यू टावर निर्माण गर्न सरकारसंग आग्रह गरे । कैलालीको खानीडाडालाई हिल स्टेशनका रुपमा विकास गर्ने उद्देश्य अनुरुप सरकारले खानीडाडाको कम्पासे धुरामै भ्यू टावर निर्माण गर्नुपर्ने स्थानीय बासिन्दाहरुको जोड छ । खानीडाडाको मूल सडकबाट करीव सवा घण्टाको पैदल दूरीमा पुग्न सकिने कम्पासे धुरा करीव एक हजार सात सय ५१ मिटरको उचाईमा रहेको छ । कम्पासे धुराबाट आकाश खुलेको समयमा कैलाली र कञ्चनपुरका अधिकांश भाग सहित भारतको समेत ठूलो हिस्सा अवलोकन गर्न सकिने र उत्तरतर्फका थुप्रै शैपाल हिमाल लगायत अन्य हिमाल समेत हेर्न सकिने स्थानीय बासिन्दाहरु बताउछन् । कम्पासे धुरामा भ्यू टावर निर्माण गरे नेपालका तथा भारतका बिभिन्न ठाँउका पर्यटकहरुलाई आकर्षण गर्न सकिने स्थानीय बासिन्दाहरुको विश्वास छ ।

    ]]>
    9372 0 0 0
    जन्ती बोकेको बस दुर्घटना, सात घाइते http://localhost/ghum/%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%ac%e0%a5%8b%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%b8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be/ Tue, 15 Mar 2016 03:24:49 +0000 http://www.ghumphir.com.np/?p=9376 सप्तरी, २ चैत । राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको बभनगामाकट्टी–३ स्थित तोपा सडकखण्डमा सोमबार साँझ जन्ती बोकेको बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । भारदहबाट जन्ती लिएर राजविराजतर्फ आउँदै गरेको बा १ ख ९४८१ नम्बरको बस बे्रकफेल भई अचानक पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो बसमा सवार सात जना घाइते भएका छन् । घाइते हुनेमा मधुवापुर गाविस–२ बस्ने १४ वर्षीय नीरजकुमार मण्डल, सोही ठाउँका २५ वर्षीय नितेशकुमार मण्डल, बारा गढीमाई सीतापुरका ४५ वर्षीय मो कलाम आजाद मियाँ र भारतको सुपौल निवासी २० वर्षीय जीतेन्द्र मण्डलसहितका रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

    ]]>
    9376 0 0 0
    वारीबेनी–बगरफाँट सडक दश महिनापछि खुल्यो http://localhost/ghum/%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ac%e0%a5%87%e0%a4%a8%e0%a5%80-%e0%a4%ac%e0%a4%97%e0%a4%b0%e0%a4%ab%e0%a4%be%e0%a4%81%e0%a4%9f-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%a6%e0%a4%b6/ Tue, 15 Mar 2016 03:27:20 +0000 http://www.ghumphir.com.np/?p=9378 बाबियाचौर (म्याग्दी), २ चैत । म्याग्दी सदरमुकाम बेनी बजारसँगै रहेको बगरफाँट जोड्ने वारीबेनी–बगरफाँट सडक दश महिनापछि खुलेको छ । २०७२ जेठ १० गते म्याग्दीको काफलडाँडाको भिरबाट बैसरीमा खसेको पहिरोले थुनिएको कालीगण्डकी खुल्ने क्रममा आएको बाढीले कालीपुल पारी कटान गरेको सडक १० महिनापछि मर्मत गरिएको हो । सरकारी निकायको आर्थिक तथा प्राविधिक सहयोग र बगरफाँटका बासिन्दाको श्रमदानमा सडक मर्मत गरेर सोमबारदेखि सञ्चालनमा ल्याइएको वारीबेनी बगरफाँट सडक उपभोक्ता समितिका अध्यक्ष मुकुन्द बैरागीले जानकारी दिनुभयो । सडक मर्मतका लागि ढुङ्गा सङ्कलन र ग्याबियन पर्खाल लगाउन २५० घरधुरीले १० दिनको दरले श्रमदान गरेका छन् । सडक मर्मत भएपछि बगरफाँटका साथै मल्लाज, बाँसखर्क र राम्चे गाविसका बासिन्दालाई सुविधा पुगेको छ । नदीले कटान गरेको ठाउँमा ९० मिटर ग्याबियन र रिटेनिङ पर्खाल लगाइएको छ । सडक मर्मतका लागि जिल्ला भूसंरक्षण कार्यालयले १०५, नदी नियन्त्रण कार्यालयले २८ र जिविस पर्वतले २० वटा तारजाली (ग्याबियन) उपलब्ध गराएका थिए । यसैगरी, जिविसले रु तीन लाख ५० हजार, गाविसले रु ५० हजार र नदी नियन्त्रण कार्यालयले रु दुई लाख नगद सहयोग गरेका अध्यक्ष बैरागीले बताउनुभयो । नदी किनारमा लगाइएको पर्खाल भर्न बेनी बजारका व्यवसायी भवबहादुर भण्डारीले पाँच घन्टा डोजर निःशुल्क प्रयोग गर्न दिएर सहयोग गर्नुभएको उपभोक्ता समितिले जनाएको छ ।

    ]]>
    9378 0 0 0
    एकीकृत बस्ती बसाल्ने प्रस्ताव http://localhost/ghum/%e0%a4%8f%e0%a4%95%e0%a5%80%e0%a4%95%e0%a5%83%e0%a4%a4-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%ac%e0%a4%b8%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ Tue, 15 Mar 2016 03:30:43 +0000 http://www.ghumphir.com.np/?p=9380 धुन्चे (रसुवा), २ चैत । वैशाख १२ को भूकम्पपछि विस्थापित परिवारलाई सुरक्षित बास दिलाउन रसुवाका विभिन्न ठाउँमा एकीकृत बस्ती बसाल्न प्रस्ताव गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयबमोजिम विस्थापित परिवारलाई एकीकृत बस्ती बसाल्न लहरेपौवा गाविसको नौबिसे र बोगटीटार, सरमथलीको पारच्याङ र पाटीखर्क र भोर्लेको लामाचेत सिफारिस भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस्तै, भूकम्पपीडितलाई सरकारले उपलब्ध गराउने पुनःनिर्माणको राहत वितरणको लागि जिल्लाका चार स्थानमा वितरण केन्द्र बनाउन सिफारिस भएको छ । प्राप्त विवरणअनुसार प्रस्तावित चार केन्द्रमा ग्रामीण भूकम्पपीडितमध्ये लहरेपौवा, डाँडागाउँ, ठूलोगाउँ र सरमथलीका लागि बेत्रावतीस्थित हिमालयन बैंक, भोर्ले, धैबुङ, यार्सा गाविसका लागि कालिकास्थानस्थित आइसिएफसी फाइनान्स लिलाई प्रस्ताव गरी पठाइएको छ । यस्तै, धुन्चे, हाकु, राम्चे र लाङटाङ क्षेत्रका लागि धुन्चेमा रहेका बैंक र स्याफ्रु, गोल्जुङ, चिलिमे र गत्लाङका लागि स्याफ्रुबेँसीमा रहेको मेगा बैंकमार्फत भुक्तानी दिन केन्द्रमा सिफारिस गरी पठाइएको दैवीप्रकोप उद्धार समितिका सदस्य सचिव विष्णु प्रसाद कोइरालाले बताउनुभयो ।

    ]]>
    9380 0 0 0
    कांग्रेस महाधिवेशनमा नगएको भन्दै महिलाको अपहरण http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%97%e0%a4%8f/ Tue, 15 Mar 2016 03:45:22 +0000 http://www.ghumphir.com.np/?p=9382

    २ चैत काठमाडौं ।  कांग्रेस महाधिवेशनमा नगएको विषयलाई लिएर मोरङको डाँगीहाट ९ की एक युवतीलाई अपहरण गरी दुई दिनसम्म बन्धक बनाएर यातना दिएको खुल्न आएको छ ।

    डाँगीहाट ९ की २३ वर्षीया नरमाया बिष्टले अपहरण मुक्त हुन ५० हजार रुपैयाँ फिरौतीसमेत बुझाउनु परेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको आजको अन्नपूर्णमा समाचार छ ।

    प्रहरी निरीक्षक मेघराज थापाका अनुसार डाँगीहाट ९ की बिष्टलाई कांग्रेसको महाधिवेशनमा जाने भनेर हिँडेपछि बीच बाटोमै छाडेर धोका दिएको भन्दै धनकुटाको भेडेटार ४ स्थित गि्रन हेवन होटेलकी सञ्चालिका रीता भनिने खिमकुमारी लिम्बू (कार्की)ले भाडामा गुण्डाको प्रयोग गरेर अपहरण गर्दै बन्धक बनाएर यातना दिन लगाएकी हुन् ।

    खिमकुमारीले भेडेटारमा रहेको आफ्नै होटलमा बन्धक बनाएर दुई दिनसम्म केही खान नदिई कुटपिट गर्न लगाएको प्रहरीले जनाएको छ । कुटपिटबाट युवतीको शरीरभर नीलडाम छ ।

    ]]>
    9382 0 0 0
    बिहानै सिन्धुपाल्चोक केन्द्र गरेर भूकम्प http://localhost/ghum/%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a5%88-%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%9a%e0%a5%8b%e0%a4%95-%e0%a4%95%e0%a5%87%e0%a4%a8/ Tue, 15 Mar 2016 03:51:56 +0000 http://www.ghumphir.com.np/?p=9384

    २ चैत, काठमाडौं ।  मंगलबार बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको छ ।

    बिहान ३ बजेर १२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको पराकम्प गएको हो । सिन्धुपाल्चकोकलाई केन्द्रविन्दु पारेर  ४ दशमलव ५ रेक्टरको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्ऽले जनाएको छ ।

    वैशाख १२ गतेको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन ।

    earth queak

    ]]>
    9384 0 0 0
    खड्का अब ‘किङ मेकर’ ! http://localhost/ghum/%e0%a4%96%e0%a4%a1%e0%a5%8d%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%ac-%e0%a4%95%e0%a4%bf%e0%a4%99-%e0%a4%ae%e0%a5%87%e0%a4%95%e0%a4%b0/ Tue, 15 Mar 2016 04:10:28 +0000 http://www.ghumphir.com.np/?p=9387

    २ चैत, काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्ऽीय समितिमा खुमबहादुर खड्का ‘किङ मेकर’ बन्ने देखिएको छ ।

    khumbahadur-khadkaउनी खुलातर्फको केन्द्रीय सदस्यमा शेखर कोइरालाभन्दा २ मत ल्याएर दोस्रो मात्र बनेनन् आफू निकटका ५ जनालाई केन्द्रीय सदस्यमा जिताउन पनि सफल भएका छन् । आजको राजधानी दैनिकमा समाचार छ । यसले पनि अवको केन्द्रीय समितिको हरेक निर्णयमा खड्का हावी हुने देखिन्छ ।

    सदस्यमा विजयी भएका शंकर भण्डारी, पुष्पा भुसाल, अजय चौरसिया, मोहन बस्नेत र देबेन्द्रराज कँडेल खड्कानिकट केन्द्रीय सदस्य हुन् ।

    देउवालाई पार्टी सभापति बनाउन पनि खड्काले ठूलै भूमिका निर्वाह गरे । बिरामीका बबजुद उनले सभापतिको दोस्रो चरणको निर्वाचनमा फिल्डमै उत्रिएर मत मागेका थिए ।

    ]]>
    9387 0 0 0
    ‘पर्यटन प्रबर्द्धनमा एनआरएनसँग हातेमालो’ http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%a8%e0%a4%86/ Tue, 15 Mar 2016 04:25:52 +0000 http://www.ghumphir.com.np/?p=9390

    २ चैत,काठमाडौं ।

    संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकको पर्यटन प्रबद्र्धन तथा विकासमा प्रवासमा बस्ने नेपालीहरुसँग हातेमालो गर्ने बताएका छन् । नेपाल अमेरिका एकता समाजको नव गठित कार्यसमितिले राखेको पहिलो औपचारिक कार्यक्रममा मन्त्री पोखरेलले ‘भुकम्पपछि नेपाल पर्यटनको लागि असुरक्षित रहेको’ भन्ने धारणालाई चिर्न प्रवासमा रहेका नेपालीहरुको ठुलो हात रहने समेत औंल्याए ।

    tourism minsनेपालमा हुन् गइरहेको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनको लागि संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनलाई निमन्त्रणा दिन तथा पर्यटन प्रबर्धन गर्ने विविध कार्यक्रमको योजनासाथ अमेरिका आइपुगेका मन्त्री पोखरेलले शनिबार लस एन्जल्समा भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गरेका हुन् । उनले क्षतिग्रस्त देशको पुननिर्माणको लागि पर्यटन प्रबर्धनले ठुलो टेवा दिनसक्ने दावी गरे ।

    पर्यटनको लागि सुरक्षित रहेको सन्देश दिन आउँदो वैशाख १२ गते नेपालमा विशेष कार्यक्रम नै गर्न लागेको उनले बताए । पर्यटन नै देशको मुहार फेर्ने तथा अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने आधारहरु पेश गर्दै उनले बढी भन्दा बढी पर्यटक भित्र्याई अर्थतन्त्रमा समेत टेवा पुऱ्याउन आफू लागि परेको समेत बताए ।

    मन्त्री पोखरेलले लस एन्जल्स क्षेत्र वरपर रहेका नेपालीहरूले आफ्नै लगानीमा स्थापना गरेको श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरको समेत निरिक्षण गर्दै प्रवासमा रहेर आफ्नो धर्म संस्कृतिको संरक्षण गर्दै नेपालको पहिचान गराउने पशुपति र बुद्धको मन्दिर स्थापना गर्ने कार्यको प्रशंसा गरे । पोखरेलले लस एन्जल्समा गरिने स्टेट फेस्टिभल को लागि नेपाल सरकारबाट प्राविधिक रूपले सहयोग गरिने प्रतिबद्धता समेत जनाए ।

    समाजका अध्यक्ष सूर्य प्रसाईले अमेरिका बसाइको अति व्यस्त समयका बाबजुद पनि मन्त्रीले समय दिएकोमा हार्दिक आभार प्रकट गर्दै नेपाल अमेरिका एकता समाजले नयाँ नेतृत्वको कार्यसमिति मार्फत केही दीर्घकालीन योजनाहरू नेपाली कला, संस्कृति, परम्परा, भेसभुषा, खानपान र नेपालको पर्यटन उधोगलाई टेवा पुग्ने गरी आटिसिया नगर वा लस एन्जलसमा ‘नेपाल महोत्सव’ गर्ने खुलाए । महोत्सबबाट नेपालको पर्यटकीय प्रवर्धन र विकाशमा यहाँको अमेरिकी समुदायलाई सुसुचित गर्ने र आकर्षण गर्नुको साथै स्थानीय व्यापार व्यवसाय, पहिचान र एकतालाई समेत प्रबल रूपमा विकास र विस्तार गर्न सकिने कार्यपत्र प्रसाइँले मन्त्री पोखरेलमार्फत पर्यटन मन्त्रालयमा समेत पेस गरे ।

    समाजकी महासचिव डोल्मा लामाले भने नेपाली कला र शैली झल्कने खालको विभिन्न सांस्कृतिक, धार्मिक र अन्य मनोरन्जनात्मक कार्यक्रम एकै थलोमा गर्न नेपाल अमेरिका एकता समाजले ‘सामुदायिक भवन’ को अवधारणा अघि बढाएको बताइन् । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)का अध्यक्ष गौतम दाहालले वान कि मुनलाई नेपालमा हुन् लागेको सम्मेलनमा प्रमुख अतिथि बनाउन सकेमा गौतम बुद्ध नेपालमा जन्मेको सङ्केत जाने मात्र नभएर नेपालको पर्यटन प्रबर्धनमा समेत सहयोग पुग्ने दावी गरे ।

    एनआरएन आईसिसी सदस्य दिल श्रेष्ठले पनि पर्यटनको विकास र प्रबर्दनले मुलुक बाहिर नेपालको पचिरय फराकिलो बनाउने बताए । बाणिज्यदुत ऋषि ढकालले पश्चिम अमेरिकामा पचास हजार भन्दा बढी नेपाली रहेको, सानो कागजी प्रक्रियाको लागि समेत वाशिंगटन जानुपर्ने बाध्यता र खर्चिलो प्रक्रिया भएको हुँदा लस एन्जल्समा कन्सुलेट सेवा उपलब्ध गर्न पहल गरिदिनु हुन् मन्त्री पोखरेलसँग अनुरोध गरे ।

    ]]>
    9390 0 0 0
    तस्बिरमा सेताम्य मनाङ http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%af-%e0%a4%ae%e0%a4%a8%e0%a4%be%e0%a4%99/ Tue, 15 Mar 2016 04:40:24 +0000 http://www.ghumphir.com.np/?p=9393
    आश गुरुङ

    मनाङलाई हिमालपारीको जिल्ला भनेर चिनिन्छ । यहाँ वर्षको अधिकांश समय हिउँ परिरहन्छ । भारी हिउँ परेर जनजीवन प्रभावित बने मात्र स्थानीय त्यसलाई हिमपात मान्छन् । नत्र, उनीहरु सामान्य ठान्छन् ।

    केहीदिनयता मनाङमा हिउँ परिरहेको छ । तल्लो क्षेत्रमा मौसम बदलीका साथ पानी परिरहेको छ भने माथिल्लो मनाङमा हिउँ परिरहेको छ । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार अबिले परिरहेको हिउँले जनजीवन भने प्रभावित भएको छैन, बरु किसानलाई फाइदा नै पुग्छ । ‘पर्यटकहरु पनि हिउँ खेलेर रमाउँछन्,’ उनले भने । हिउँ खेल्नलाई मनाङ आउन उनले निम्तो दिए । माथिल्लो मनाङको मनाङ, टंकी मनाङ, भ्राका, घ्यारु, खाङ्सार, पिसाङ, सदरमुकाम चामे, नार साथै फू गाविसमा हिउँ परिरहेको स्थानीय बताउँछन् ।

    डाँडा तथा पहरैभरि हिउँ सेताम्मे देखिएपनि चक्रीय अन्नपूर्ण पदमार्ग र ५ हजार ४ सय १६ मीटर उचाईको थोराङ्ला भञ्ज्याङ चढ्न कुनै कठिनाई नभएको पर्यटक साथै पद प्रदर्शक बताउँछन् । उनीहरु दैनिक गन्तव्यमा लागेका छन् । पिसाङका याङडुङ गुरुङले यतिको हिउँले समस्या नपर्ने र पर्यटकहरु खुसी भएर गन्तव्यमा हिँडेको बताए । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार सामान्यतया राति हिउँ पर्ने र दिउँसो केही बेर खुल्ने गरेको छ । मौसम खुलेपछि हिउँ पग्लिएको छ भने राति पर्नाले डाँडाकाँडा हिउँले ढाकिएको छ ।

    ]]>
    9393 0 0 0
    पाँच युवक पक्राउ http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%95-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%89/ Wed, 16 Mar 2016 13:06:17 +0000 http://www.ghumphir.com.np/?p=9396

    पाँचथर, ३ चैत । निर्माणाधीन १५ मेगावाट क्षमताको हेवा¬–ए जलविद्युत् आयोजनाको व्यवस्थापन पक्षविरुद्ध उत्रिएका पाँच युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर भारपा¬–४ का महेश अधिकारी, महेन्द्र हाङ सुरुम्बा, रणकुमार हाङ सुरुम्बा, टेकबहादुर हाङ सुरुम्बा र रङ्गीन हाङ सुरुम्बा रहेका छन् । जिल्लाको भारपा, याङनाम र नाङगेन गाविससँग सिमाना जोडिएको हेवा खोलामा आयोजना निर्माणका क्रममा क्षति भएको झोलुङ्गे पुल बनाइदिन माग गर्दै आएका उनीहरुलाई प्रहरीले उच्छृङ्खल गतिविधिमा संलग्न भएको भन्दै पक्राउ गरेको हो । आयोजनाको इन्टेक बनाउने क्रममा आयोजनास्थलसँगै रहेको भारपा¬–४ र याङनाम–१ लाई जोड्ने कादुरी झोलुङ्गे पुलको एकातर्फको जग क्षतिग्रस्त बनेको थियो । सो पुल मर्मत गर्न माग गर्दै केही दिनदेखि स्थानीयवासी आन्दोलित थिए । आयोजना निर्माणको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाले स्थानीयवासीको माग अनावश्यक बखेडा निकाल्ने खालको भएको प्रतिक्रिया दिनुभयो ।

    ]]>
    9396 0 0 0
    नेपालमा उखु काट्ने मेसिनको प्रदर्शन http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%96%e0%a5%81-%e0%a4%95%e0%a4%be%e0%a4%9f%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%ae%e0%a5%87%e0%a4%b8%e0%a4%bf%e0%a4%a8/ Wed, 16 Mar 2016 13:07:34 +0000 http://www.ghumphir.com.np/?p=9398

    विराटनगर, ३ चैत । नेपालमा पहिलोपल्ट उखु काट्ने मेसिनको आज सुनसरीको अमडुवामा प्रदर्शन गरिएको छ । विश्व बैंकसँग आबद्ध इन्टरनेसनल फाइनान्स कम्पनीको सहयोगमा न्युहोलेन्ड कम्पनीको मेसिनलगायतका औजार किसानका बीचमा सञ्चालन गरी उखुको बोट काटेर सङ्कलन गरिएको थियो । उक्त मेसिनले उखुको बोटलाई जारादेखि नै काटी टुक्राटुक्रा पारेरसँगै हिँडेका ट्रकमा ती टुक्रा जम्मा गर्नुका साथै उखुका पातलाई धुलोका रुपमा परिणत गर्दै गइरहेको देखिन्थ्यो । मजदुरबाट उखु काट्नु पर्ने, जराबाट काट्न नसकिने र बढी समय लाग्ने बाध्यतालाई अन्त्य गर्न सो मेसिनको महत्व र उपादयताबारे सो अवसरमा जानकारी गराइएको थियो । रु एक करोड ६८ लाख मूल्य पर्ने सो मेसिनले एक घन्टाको अवधिमा १५ टन उखु तयार गर्न सक्छ । यसका साथै, जमिनलाई जस्तोसुकै रुपमा सम्याउन सकिने रु सात लाख २० हजारको ल्यान्ड लेजर लेबर मेसिन, दुई÷तीन फिट गहिरोसम्म जोताइ गर्नसक्ने सब–सोंइलर मेसिनको समेत प्रदर्शन गरिएको थियो । सो अवसरमा दिगो उखु खेतीका लागि यान्त्रिकीकरणको प्रयोग सम्बन्धमा साल्ट ट्रेडिङ लिमिटेड एवम् मोरङ सुगर मिलका निर्देशक देवदास मानन्धरले यस मेसिनको प्रयोग गरेपछि समयको वचत हुनुका साथै उत्पादनमा समेत वृद्धि हुने बताउनुभयो । भारतका उखु विशेषज्ञ डा राजपाल सिंहले मजदुरले उखुको बोट चार÷पाँच इन्च माथिबाट काट्ने गरेकाले प्रतिहेक्टर रु चार हजार मूल्य बराबरको १० क्विन्टल उखुको बोट मेसिनले जराबाट काट्ने गरेकाले किसान लाभान्वित हुने जानकारी गराउनुभयो । उखु तथा चिनी विकास समितिका अध्यक्ष रामचन्द्र कुशवाहाले मुलुकमा १२ वटा सुगर मिल रहेको र यस्ता मेसिन प्रत्येक मिललाई खरिद गर्नुपर्ने सुझाव दिनुभयो ।

    ]]>
    9398 0 0 0
    जुफाल विमानस्थल सुचारु http://localhost/ghum/%e0%a4%9c%e0%a5%81%e0%a4%ab%e0%a4%be%e0%a4%b2-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2-%e0%a4%b8%e0%a5%81%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%81/ Wed, 16 Mar 2016 13:08:58 +0000 http://www.ghumphir.com.np/?p=9400

    डोल्पा , ३ चैत । जुफाल विमानस्थल आजदेखि पुनः सुचारु गरिएको छ । विमानस्थलमा रोडा बिछ्याउने काम सम्पन्न भएपछि पन्ध्र दिनदेखि बन्द विमानस्थलमा आजदेखि हवाई सेवा सुचारु भएको छ । आयोजना प्रमुख वीरप्रसाद शाहीका अनुसार विमानस्थल सुचारु भएपछि दैनिक उपभोग्य बस्तुको सहज अपूर्ति भएको छ भने जिल्ला बाहिर आवतजावत गर्न सहज भएको छ । “केही महिनाभित्रै कालोपत्रेका लागि काम सुचारु गछौँ” उहाँले भन्नुभयो । आजै तारा एयरलाइन्सले नेपालगञ्जदेखि दुईवटा उडान समेत भरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कालोपत्रेका लागि रु नौ करोड ७० लाख रकम विनियोजन गरेको छ ।

    ]]>
    9400 0 0 0
    चित्रेमा होम–स्टे अध्ययन केन्द्र http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%ae-%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%af%e0%a4%a8/ Wed, 16 Mar 2016 13:14:26 +0000 http://www.ghumphir.com.np/?p=9402

    फलेवास (पर्वत), ३ चैत । विसं २०६७ मा परीक्षणका रुपमा सञ्चालन गरिएका यहाँका होम स्टे(घरबास) अहिले मुलुकभरिका विभिन्न सङ्घ संस्थाका लागि अध्ययन केन्द्रका रुपमा विकास हुन थालेका छन् । नेपाल सरकारले ग्रामीण पर्यटनको विकासका लागि सुरु गरेको होम स्टे अवधारणालाई पछ्याउँदै यहाँका अगुवा सुशिलादेवी गुरुङ र शिक्षक मधुसुधन अधिकारीले एउटा घरमा होम स्टे सुरु गरेका थिए । उक्त होम स्टेमा अहिले दैनिकजसो विभिन्न विषयमा अध्ययन गर्न आउनेको ताँती लाग्ने गरेको छ । सुरुमा परीक्षणका रुपमा सुशीलाको घरबाट सुरु भएको होम स्टे अहिले स्थानीय गुरुङ बस्तीका १० घरमा सञ्चालित छ । दश घरका होम स्टेमा ७० जनासम्म अट्ने क्षमता छ । “सरकारको ग्रामीण पर्यटनको अवधारणामा हातेमालो गर्न परीक्षणका रुपमा सुरु गरिएको हो,” शिक्षक अधिकारीले भन्नुभयो, “अहिले होम स्टे थप्नुपर्ने भएको छ ।” पञ्चासे क्षेत्रको अवलोकन र स्थानीय गुरुङ समुदाय, गाउँमा वैदेशिक रोजगारले पारेका प्रभावलगायतका विषयमा अध्ययन गर्न पर्यटकहरु यहाँ आउने गरेका छन् । दुई हजार ५१७ मिटर उँचाइमा रहेको पञ्चासे क्षेत्रमा सबै प्रकारका वनस्पति र जीवजनावर पाइन्छन् । करिब ४५० हेक्टरमा फैलिएको संरक्षित वनमा मृग, घोरल, चितुवालगायतका वन्यजन्तुदेखि थरिथरीका पक्षी देख्न सकिन्छ । अध्ययन गर्न आउनेहरु नजिकैका होम स्टेमा रात कटाउँछन् । “अहिले ६२ जनाको समूह आएको छ,” होम स्टे सञ्चालक गुरुङले भन्नुभयो, “कहिलेकाँही त पाहुनाले भरिएर हामी भुइँमा सुत्नुपर्छ ।” चार सय ७८ घरधुरी रहेको चित्रेमा करिब १०० घर गुरुङ समुदायको छ । यहाँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीमा छन् । चित्रेका विभिन्न सामाजिक पाटाको अध्ययन गर्न विभिन्न क्याम्पसका विषयगत अध्ययनदेखि विद्यावारिधी गर्ने पनि यहाँ आउने गरेको शिक्षक अधिकारी बताउनुहुन्छ । यस क्षेत्रको अध्ययन गरी अहिलेसम्म केहीले स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन प्रतिवेदन तयार पारेका छन् । चित्रे गाउँलाई नमुना र सरसफाइमा पूर्ण आनिबानी परिवर्तनसहितको गाउँ बनाउन यहाँका बालबालिका र महिलाले नेतृत्व लिएका छन् । गाउँलाई प्लास्टिकमूक्त बनाउन बालबालिकाले नेतृत्व लिएका छन् भने सामाजिक काममा महिलाले । “यहाँ महिला बढी सक्रिय भएकाले सबै कामको जिम्मा उनीहरुले नै लिन्छन्” स्थानीय जनसिद्धमावि व्यवस्थापन समितिको अध्यक्ष सुकबहादुर गुरुङले भन्नुभयो । गाउँमा सञ्चालित होम स्टेमा आउने पाहुनालाई खाना र बसोबासमा पनि स्थानीय रहनसहनको राम्रो पहिचान दिइन्छ । खानामा गुन्द्रुकको अचार, कोदाको ढिँडो, फाँपरको रोटी, मकैको रोटी पाहुनाको इच्छाअनुसार । त्यसमा स्थानीय कुखुराको मासुको स्वाद फरक लिन पाइन्छ ।

    ]]>
    9402 0 0 0
    अमेरिकाको चर्चित पत्रिकाले नेपाल घुम्न विश्वभरका पर्यटकहरुलाई http://localhost/ghum/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%a4-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be/ Wed, 16 Mar 2016 13:21:55 +0000 http://www.ghumphir.com.np/?p=9404 ३ चैत, काठमाडौं ।  अमेरिकाको चर्चित पत्रिकाले नेपाल घुम्न विश्वभरका पर्यटकहरुलाई प्रेरित गर्दै एउटा आलेख प्रकाशित गरेको छ । आलेखमा अहिले नै नेपाल घुम्न उपयुक्त बेला किन हो भन्ने तार्किक कारणहरु प्रस्तुत गरिएको छ । उक्त आलेखको भाव यस्तो छः
    धेरै हदसम्म पर्यटनमा आश्रति देशलाई गत वैशाखमा गएको भुकम्पले निकै आहत तुल्यायो । भुकम्पपछिको पुनर्निमाण र नवनिर्माणको सरकारी गति कछुवाको भन्दा सुस्तरुपमा भइरहेको छ ।
    नेपाल आउन चाहने वा नियमित आउने पर्यटकहरु भुकम्पले गर्दा हच्किएका छन् । यसले गर्दा पर्यटन क्षेत्रबाट गुजारा गर्नेहरुको रोजीरोटी संकटमा परेको छ । यसैबीच, एउटा ट्राभल कम्पनीले उदाहरणीय सुरुवात गरेको छ ।  उसले भूकम्पपीडितको सहयोगका लागि ठूलो योजना अगाडि ल्याएको छ ।
    अहिलेदेखि आगामी मे महिनासम्म तपाईले नेपाल भ्रमणका लागि इन्ट्रेपिड ट्राभलमार्फत प्याकेज ‘बुक’ गर्नुभयो भने उक्त ट्राभलले त्यसबाट निस्कने नाफाको शतप्रतिशत रकम उसको गैरनाफामुखी संस्था इन्ट्रेपिड फाउन्डेसनमा जम्मा गर्छ । सो रकम भुकम्पपिडितहरुका लागि खर्च गरिनेछ  ।
    गैरनाफामुखी भनिएका संस्थाहरुले कोषमा जम्मा भएकोमध्ये कति पैसा खर्च गर्छन् भन्नेमा धेरैलाई आशंका छ । तर इन्ट्रेपिड ट्राभलले प्रशासनिक खर्च कटाएर आएको जम्मा नाफाको शतप्रतिशत दान गर्ने जनाएकोउ छ । ‘फन्ड कलेक्सन’ का लागि यसले ‘नमस्ते नेपाल’को स्लोगन राखेको छ । यसले स्थानीय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु जस्तै जस्ट वान नेपाल, सेभेन उमन, हिमालयन रेस्क्यु एशोसियसन, प्लान इन्टरनेशनल र विश्व बन्यजन्तु कोष लगायतसँग मिलेर काम गर्छ ।
    इन्ट्रेपिड साहसिक पर्यटनमा आधारित टूर अपरेटर हो जसले साना(साना समुहमा पर्यटकहरुलाई विश्वभर घुमाउछ । यसले स्थानीय पथप्रदर्शकहरुसँग मिलेर १ सय मुलुकका १ हजारभन्दा बढि पर्यटकीय गन्तव्यमा सेवा दिइरहेका छन् ।
    नेपालमा थुप्रै जनता पर्यटनमा निर्भर छन् । पर्यटन उनीहरुको आम्दानीको मूख्य श्रोत रहेको अवस्थामा यतिबेलै किन नेपाल घुम्न जाने भन्ने प्रश्नको जवाफमा धेरै दिमाग खियाउनु नपर्ला । यद्यपि यसले पनि तपाईंलाई खासै उत्साही बनाउदैन भने नेपालमा इन्सेपिडका यी तीन टुर प्याकेजले भने पक्कै उत्साहीत बनाउने छ ।
    kaligandaki-river-on-the-wa
    रंगीन शहरहरु
    काठमाडौंलाई सुरुदेखि अन्त्यसम्म विश्वकै एउटा रंगीन सहरको रुपमा तपाईँले पाउन सक्नुहुनेछ । त्यसपछि तपाई अर्को रंगीन सहर पोखरा जान सक्नुहुनेछ । जुन पदयात्राका लागि सुरुवाती बिन्दू हो । त्यसका साथै तपाई हिमाली दृश्यका लागि बन्दिपुर, चितवन राष्ट्रिय निकुञ्जमा हात्ती सफारी तथा नेपालको पुरानो राजधानी भक्तपुरको अवलोकन गर्न सक्नुहुनेछ । ११ दिने यस भ्रमण प्याकेजमा तपाईलाई हवाईभाडा बाहेक २ हजार ५ सय ३५ अमेरिकी डलर लाग्छ ।
    DSC_1140
    चियापसलदेखि मन्दिरसम्म
    नेपाली जीवनशैलीमा डुवुल्की मार्न, भिक्षुहरुसँग साक्षात्कार गर्न, साँझको समय चिया पसलमा बिताउन, मन्दरहरुको भ्रमण तथा हिमालय क्षेत्रको ट्रेकिङ गर्न यो प्याकेज उपलब्ध छ । यो चार दिने भ्रमणमा सुर्योदय, मनोरम दृश्यहरु तथा नेपालको अविस्मरणीय गन्तव्यको अनुभव संगाल्न सकिन्छ । यसका लागि चार दिनको भ्रमणमा ३ सय ६० अमेरिकी डलर खर्च लाग्छ ।
    pokhara
    सगरमाथा आधार शिविर
    तपाई सुरुवाती बिन्दूमा काठमाडौमा हुनुहुन्छ । सबैभन्दा पहिले तपाईले ट्रेकिङको न्युनतम प्रभावबारे काठमाडौं पर्यावरण शिक्षा परियोजनामा प्रशिक्षण लिनुहुनेछ । यसले तपाईलाई भ्रमणका क्रममा भएको मौसमी अवस्थाको बारेमा जानकारी गराउँछ । सगरमाथा आधार शिविरको लागि तपाई जब लुक्ला पुग्नुहुन्छ, अनि सुरुहुन्छ वास्तविक साहसिक चरण । यहाँबाट तपाई सात दिनको पदयात्रापछि सगरमाथा आधार शिविर पुगिन्छ । यो १५ दिने ट्रिपमा हवाई भाडाबाहेक १ हजार ६ सय १५ अमेरिकी डलर लाग्नेछ ।
    dhaulagi-himal
    ]]>
    9404 0 0 0
    विहिवारदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तराष्ट्रिय व्यापार मेला हुने http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b9%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%82%e0%a4%95%e0%a5%8b-%e0%a4%ad/ Wed, 16 Mar 2016 13:36:53 +0000 http://www.ghumphir.com.np/?p=9406 ३ चैत, काठमाडौं ।

    मुलुकको व्यापार  प्रवर्द्धन गर्न विहिवारदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तराष्ट्रिय व्यापार मेला हुने भएको छ ।नेपाल उद्योग बणिज्य  महासंघ, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजनामा हुन लागेको मेला चैत ८ गतेसम्म चल्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धाटन गर्ने व्यापार मेलामा विभिन्न देशका गरी तीनसय ५० वटा स्टल रहनेछ। स्थानीय उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्ने उदेश्यका साथ मेलाको आयोजना गरिएको मेला समितिका सभापति केशवराज पाण्डेले जानकारी दिए । उनले भने 'विदेशमा प्रचारप्रसार गर्न यस्ताखाले मेलाले सहयोग पुग्नेछ।' 'भूकम्प, नाकाबन्दी र मधेस आन्दोलनले थिलथिल भएको नेपालको अर्थतन्त्रलाई उकास्न यस्ता व्यापार मेलाले सहयोग गर्छन' नेपाल उद्योग वाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणाले भनिन् 'आर्थिक उत्पादनलाई बजार विकास गर्न सहयोग पुग्ने आशा लिएका छौं।'उनले अन्तराष्ट्रियस्तरको मेलास्थल नहुँदा समस्या भएको बताउँदै सरकारले निर्माण गर्न नसके जग्गा उपलव्ध गराउने वातावरण बनाए निजी क्षेत्रले बनाउने दावी गरिन् ।दुर्इ लाखले भ्रमण गर्ने लक्ष्य राखिएको उक्त व्यापार मेलामा २० करोड बरावरको कारोवार हुने अनुमान गरिएको छ।

    ]]>
    9406 0 0 0
    पोखरामा खुल्यो अन्तर्राष्ट्रिय स्तरको होटल ‘जलमहल’,आन्तरिक पर्यटकलाई ३० प्रतिशत छुट http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7/ Wed, 16 Mar 2016 13:40:19 +0000 http://www.ghumphir.com.np/?p=9408

    सागर राज तिमिल्सिना

    पोखरामा अन्तर्राष्ट्रिय स्तरको पारिवारिक होटल ‘जलमहल’ संचालनमा आएको छ । चार वर्ष अगाडिदेखि चचहुई फनपार्क सञ्चालन हुदै आएको ठाउँमा थप गरेर होटल संचालनमा ल्याएको संचालक दिनेश प्रसाईँले जानकारी दिए ।
    करिब १० रोपनी क्षेत्रफलमा बनाइएको यस होटलमा साढे दुई रोपनीमा फैलिएका इन्फिनिटि डिप पुल, फ्यामिलि स्प्ल्यास पुल र किड्स पुल गरी तीन थरिका स्विमिङ पुल छन्। यहाँ १ वर्षका बालबालिकादेखि वयस्क र वृद्धवृद्धाले समेत ढुक्कसँग मनोरञ्जन लिन सक्छन् । यति ठूलो क्षेत्रफलमा फैलिएका यस्ता स्विमिङ पुलहरु भएको पारिवारिक होटल नेपालमै एक मात्र रहेको संचालक प्रसाईंले बताए ।
    होटलमा डिलक्स, सुपर डिलक्स, जलमहल प्रिमियम र कनेक्टिङ गरी चार प्रकारका सुविधासम्पन्न ३६ कोठा छन् । जलमहल प्रिमियम रुमका बालकोनी सिधै इन्फिनिटि डिप पुलसँग जोडिएका छन् । यहाँ रहेका सबैै कोठा वा कोठाका बालकोनीबाट पुल र बगैँचाका साथै धौलागिरि, अन्नपूर्ण वा मनास्लु हिमश्रखंलाका मनोरम दृश्य देख्न सकिने छ । बिहानको समयमा यहाँका स्विमिङ पुल, रेष्टुराँ र केही कोठाका झ्यालहरुमा यिनै हिमश्रखंलाका प्रतिबिम्बहरु देख्न सकिने छन् भने रातको समयमा विशेष लाइटिङ इफेक्ट समेत देख्न सकिन्छ ।
    यसका लागि करिब ५ करोड रुपैयाँ लगानी गरेको प्रसाईँले जानकारी दिए । ‘फनपार्क र १५ कोठाको रिसोर्ट बनाउँदा करिब ७ करोड रुपैयाँ लगानी भएको थियो । तर, अहिले बिस्तार गरेर ३६ कोठा पुर्याउँदा लगानी बढेर १२ करोड रुपैयाँ पुगेको छ,’ उनले भने, ‘पर्यटन क्षेत्रबाट आशावादी भएर लगानी गरेका छौं ।’
    अन्तर्राष्ट्रिय पाहुनाको लागि डिलक्स् कोठाको मूल्य प्रतिकोठा प्रतिरात ५० अमेरिकी डलर, सुपर डिलक्स्को ७५ डलर, जलमहल प्रिमियमको १०० डलर र कनेक्टिङको १२५ डलर छ । आन्तरिक पर्यटकका लागि यो मूल्यमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो मूल्यमा दुई जनासम्म वयस्क र  दुई जनासम्म १० वर्ष मुनिका बालबालिकाका लागि डबल वेड र एक्स्ट्रा बेड, ब्रेकफास्ट, स्विमिङ र चचहुई फनपार्कको ५ सय रुपैयाँ बराबरको कम्प्लिमेन्टरी टिकट समेतको सेवा उपलब्ध हुनेछ ।
    फनपार्कमा ठूलो पौडी पोखरी सहित, रेलगाडी, कार, भिडियो गेम, फ्लाईङ चेयर, मसाज चेयर लगायतका १५ प्रकारका मनोरञ्जनात्मक पुर्वाधार छन् ।
    होटलमा १५० जना क्षमता भएको कन्फ्रेन्स हल र फ्यामिलि वा कर्पोरेट इभेन्टस्का लागि गार्डेन लनको व्यवस्था छ । होटलका डिलक्स् कोठाको  बुकिङ खुला गरिसकिएको छ भने अन्य किसिमका कोठाहरु नयाँ वर्ष २०७३ अगावै तयार भइसक्ने अर्की संचालक प्रतिक्षा क्षेत्रीले बताइन् । अग्रिम बुकिङका लागि अनलाइनबाट हाेटल जलमहलको वेबसाइटमागएर वा होटलमा सिधै सम्पर्क गर्न सकिने छ ।
    jalsa hotel
    ]]>
    9408 0 0 0
    ९९ प्रतिशत पर्यटकहरुले दुर्लभ पाटेबाघ प्रत्यक्ष रुपमा देख्ने अवसर http://localhost/ghum/%e0%a5%af%e0%a5%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%a4-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2%e0%a5%87-%e0%a4%a6/ Wed, 16 Mar 2016 13:48:38 +0000 http://www.ghumphir.com.np/?p=9411 ३ चैत, बर्दिया ।
    बर्दिया राष्ट्रिय निकुञ्जको जंगलमा दुर्लभ वन्यजन्तु पाटेबाघको चलहलपहल निक्कै बढेको छ । पछिल्ला दिनहरुमा निकुञ्जमा बाघको अबलोकन गर्ने उद्देश्यले आएका  पर्यटकहरुमध्ये करिब ९९ प्रतिशत पर्यटकहरुले जंगलको राजा मानिने दुर्लभ पाटेबाघ प्रत्यक्ष रुपमा देख्ने अवसर पाइरहेका छन्।
    tiger
    तीन दिन जंगल घुम्ने पर्यटकमध्ये ९९ प्रतिशत पर्यटकले जंगलमा प्रत्यक्ष रुपमा बाघ हेर्ने अवसर पाइरहेको निकुञ्जका टुरिष्ट गाइड कृष्ण शाहले बताए। फागुन १ गते पनि पर्यटकलाई बाघ देखाउने क्रममा बाघको आक्रमणमा परेर घाईते भएका शाह भन्छन्, ‘बाघको चहल पहल तीन वर्ष यता ह्वातै बढेको छ ।’
    शाह बाघले आक्रमण गरेकोमा जति दुखी छन् त्यो भन्दा बढी खुशी  बाघको संख्या बढेकोमा छन्। पछिल्ला बर्षहरुमा माघदेखि वैशाखसम्म प्रायः हरेक हत्ता बाघ हेर्ने र हेराउने अवसर पाएका शाह भन्दछन्, ‘बाघको संख्या बढ्दै गएपछि तिनको संरक्षण गर्ने चुनौती पनि थपिएको छ।’
    बाघको संख्या बढ्नु जैविक विविधताको दृष्टिले निक्कै राम्रो मानिन्छ ।  बाघको संख्यालाई कायम राखि राख्नु भने निक्कै ठूलो चुनौती भएको संरक्षणकर्मीहरु बताउँछन्।पछिल्लो एक वर्षको अवधिमा निकुञ्जमा बाघको चोरी शिकारको उच्च जोखिममा छ। आसपासको क्षेत्रमा ४ वटा बाघ चोरी शिकारीबाट मारिएका छन्।
    बाघको गणना भइ रहेकाले बाघको संख्या के कस्तो अवस्थामा छ कति मारिए कति थपिए भन्ने यकीन गर्न अझै ४ महिना जति लाग्ने निकुञ्जका वार्डेन रमेश थापाले बताए । निकुञ्जमा हाल ५० वटा बयस्क पाटे बाघ रहेको तथ्याङ्क छ । गत माघ ३ गतेदेखि क्यामरा ट्रयापिङ्ग प्रविधिबाट बाघ गणना भईरहेको छ । हरेक गणनामा बाघको संख्या बढ्दै गएको छ ।
    ]]>
    9411 0 0 0
    होमस्टेमा पर्यटक घटे http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%98%e0%a4%9f%e0%a5%87/ Wed, 16 Mar 2016 13:51:11 +0000 http://www.ghumphir.com.np/?p=9414 नारायण अधिकारी

    जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा परिचित पश्चिम चितवनको मेघौलीमा रहेका थारु होम स्टे नाकाबन्दीले प्रभावित बनेका छन् ।इन्धन अभावका साथै हरेक क्षेत्रमा समस्या उत्पन्न भएपछि होम स्टे पनि यसको मारमा परेका छन् । विगतका तुलनामा यस वर्ष निकै कम पर्यटक होम स्टेमा बास बसेका छन् भने होम स्टेबाट आम्दानी गरी गुजारा चलाउन निकै कठिन बनेको सञ्चालकले बताएका छन् ।

    darai home stay chitawan (5)फेरि पुरानै अवस्थामा फर्कने आशमा उनीहरु अझै होम स्टे थपिरहेका छन् । यस वर्षको सुरुवातमा गएको भूकम्प र त्यसपछिको नाकाबन्दीले होम स्टे व्यवसाय प्रभावित बनेको थारु होम स्टे मेघौलीका अध्यक्ष सोमलाल चौधरी बताए । विगतमा यही आम्दानीबाट परिवार चलाउन सहज बनेकोमा यसपटक पर्यटकमा कमी आएसँगै होम स्टेबाट आश्रित परिवार प्रभावित बनेका छन् । होम स्टेमा २०७२ वैशाख १ गतेयता हालसम्म ३ सय आन्तरिक तथा बाह्य पर्यटक मात्रै आएका छन् । उनीहरु मध्ये १० जना मात्रै विदेशी रहेका छन् । गत वर्ष वैशाखदेखि चैतसम्ममा एक हजार ६ सय ५४ जना आन्तरिक तथा बाह्य पर्यटक बास बसेका थिए । यस्तै २०६६ सालदेखि गत वर्षसम्मको आँकडामा ६ हजार ४० जना आन्तरिक पर्यटक तथा बाह्य पर्यटक होम स्टेमा बास बसेका छन् । विगतमा होम स्टे निकै फस्टाएको देखिन्छ । पाँच हजार ६८७ स्वदेशी, ५१८ विदेशी र ३५ जना सार्क राष्ट्रका पर्यटक होम स्टेमा बास बसेका थिए । विसं २०६६ माघ २६ गतेदेखि सुरु भएको मेघौली थारु होम स्टेमा हाल ४० जना बस्नसक्ने क्षमताको रहेको छ । उनीहरुले अझै केही होम स्टे निर्माण गरिरहेका छन् । अर्का होम स्टे व्यवसायी एवम् थारु होम स्टेका सचिव जीवन चौधरीले यस वर्ष होम स्टे व्यवसाय घाटामा गएको बताए। “विगतमा बस्नका लागि ठाउँ पुर्याउ नै कठिन हुन्थ्यो तर यसपटक मान्छे देख्नै गाह्रो भएको छ”–उनले भने। यहाँ अहिले पाँचवटा होम स्टे रहेका छन् । प्रायः ती सबै खेती किसानीसँगै यही होम स्टेमा आश्रित छन् । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सो क्षेत्रमा विभिन्न वन्यजन्तु हेर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । मैघालीमा ठुला–ठुला होटल रहेपनि सामान्य होम स्टेमा बस्न रुचाउने पर्यटक धेरै हुने भएकाले होम स्टे फस्टाएको हो । होम स्टेमा बस्न आउने विदेशी तथा आन्तरिक पर्यटकलाई लक्षित गरी साँझपख थारु साँस्कृतिक प्रस्तुती समेत गर्ने गरिएको छ । थारु जातीको नृत्य झाम्टा, लाठ्ठीनाच, झुमरी नाचलगायतका नाच प्रस्तुत गर्ने गरिएको छ । यसले होम स्टेप्रति आकर्षण बढ्दो छ । यस्तै होम स्टेमा अन्य होटेलको जस्तो धेरै महँगो पनि नहुने र शान्त वातावरण हुने भएकाले पनि पर्यटक बढी आकर्षित भएका व्यवसायीको भनाइ छ । जिल्लामा मेघौलीसँगै माडीमा पनि केही होम स्टे सञ्चालनमा आएका छन् । यस्तै पूर्वी चितवनका कुमरोज, शक्तिखोर, बछैली, हात्तीवाङ्, चण्डीभञ्ज्याङलगाएतका क्षेत्रमा रहेका होम स्टे पनि नाकाबन्दीका कारण प्रभावित बनेका पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनाली बताए। इन्धनको अभावले स्थानीय र बाहिरबाट आउने पर्यटक आउनै नसकेका कारण पर्यटकको सङ्ख्यामा कमी आएको उनले बताए। भूकम्पपछि आउने पर्यटक साना कटेज हुने भएकाले होटलमा भन्दा होम स्टेमा बस्न रुचाउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा पनि भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण ६० प्रतिशत पर्यटकमा गिरावट आएको छ ।

    ]]>
    9414 0 0 0
    यी हुन्ःवर्ष २०१६ का उत्कृष्ट एयरलाइन्स कम्पनी http://localhost/ghum/%e0%a4%af%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%83%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a5%a8%e0%a5%a6%e0%a5%a7%e0%a5%ac-%e0%a4%95%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%95/ Wed, 16 Mar 2016 13:56:00 +0000 http://www.ghumphir.com.np/?p=9416 airlines
    अष्ट्रेलियाको एयरलाइन रेटिङ डटकमले एयर न्यूजिल्याण्डलाई आफ्नो एयरलाइन्स एक्सिलेन्स एवार्डमा ‘एयरलाइन्स अफ द इयर २०१६’ घोषणा गरेको छ।
    एयरलाइन्सको सेवा, सुविधा, सुरक्षा तथा गुणस्तर हेरेर उपभोक्ताको मूल्यांकनका आधारमा छनोट गरिएको हो। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार एयर न्यूजिल्याण्डले तेस्रो पटक यो उपाधि जित्न सफल भएको हो र यसपटक यसले ‘बेस्ट प्रिमियम इकोनोमी क्लास र बेस्ट इकोनोमी क्लास क्याटेगोरी’ को उपाधि पनि जितेको हो।
    एयरलाइन रेटिङ डटकमका अनुसार वर्ष २०१६ का उत्कृष्ट एयरलाइन्स कम्पनी यी हुन्ः

    1. Air New Zealand- Airline of the Year for 2016, Best Premium Economy, Best Economy

    2. Qantas- Best Lounges, Best Catering, Best Domestic Class

    3. Etihad- Best First Class, Best Long Haul Airlines

    4. Cathay Pacific- Best Long Haul Airlines

    5. Singapore Airlines- Best Business Class, Best In-Flight Entertainment

    6. Emirates

    7. EVA Air

    8. Virgin Atlantic/Virgin Australia- Best Cabin Crew/Best New World Carrier

    9. All Nippon Airways

    10. Lufthansa- Best Long Haul Airlines

    ]]>
    9416 0 0 0
    भाेट दिँदा 'यामाहा फ्यासिनो' जित्ने माैका http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a5%87%e0%a4%9f-%e0%a4%a6%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%b9%e0%a4%be-%e0%a4%ab%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a4%bf/ Wed, 16 Mar 2016 14:00:38 +0000 http://www.ghumphir.com.np/?p=9419 ३ चैत, काठमाडौं ।
    यामाहा टु ह्विलर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले मिस नेपाल २०१६ का अन्तिम प्रतिस्पर्धीहरुसँग एक दिने विशेष कार्यक्रम आज चैत ३ गते काठमाडौंमा सम्पन्न गरेको छ । यामाहा, मिस नेपाल २०१६ को शीर्ष प्रायोजक हो र फाइनलमा एक जना प्रतियोगीलाई ‘यामाहा फेस अफ फ्यासिनो’ शीर्षकमा सम्मानित गरिने कम्पनीले जनाएको छ।
    कार्यक्रममा ‘यामाहा फेस अफ फ्यासिनो’ अभियान सुरु, यामाहा सेफ राइडिङ साइन्स् (YSRS) र संस्थागत सामाजिक उत्तरदायित्व (CSR) गरी तीन गतिविधि समावेश गरिएको थियो । यामाहाले मिस नेपालका प्रतियोगिहरुलाई लिएर ‘यामाहा फेस अफ फ्यासिनो’ प्रतियोगिता सुरु गरेको छ जसअन्तर्गत अन्तिम प्रतिष्पर्धामा छनोट भएका १९ जना प्रतिनिधिहरु फेसबुक तथा सोरुम भोटिङ कम्पिटिसनमा जानेछन् । yamahaयामाहाको फेसबुक पेज मार्फत् एक वा बढी प्रतिस्पर्धीलाई भोट गर्न सकिने र भोटरमध्ये एकजनाले यामाहा फ्यासिनो स्कुटर लक्की ड्र मार्फत जित्न सक्ने कम्पनीले जनाएको छ। यामाहाको कुनै पनि शोरुमबाट भोटरले भोट दिन सक्नेछन् ।
    कार्यक्रममा यामाहाका प्रशिक्षकद्वारा यामाहा सेफ राइडिङ साइन्स् अन्तर्गत चालक र पैदलयात्रीलाई सडक सुरक्षाको बारेमा जानकारी दिइएको छ। यामाहाले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत हालसम्म यस्तो कार्यक्रम काठमाडौं भित्र र बाहिर गरी २० भन्दा बढी कलेजमा गरिसकेको जनाएको छ। कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाको तर्फबाट एक विशेष प्रस्तुति पनि राखिएको थियो।
    यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिस नेपालका सबै प्रतिष्पर्धीहरुको उपस्थितिमा बानेश्वर चोकमा सडक सुरक्षाका बारेमा ट्राफिक नियम सम्बन्धि पर्चा÷पम्लेटहरु पनि वितरण गरिएको छ।
    ]]>
    9419 0 0 0
    यस्तो छ विश्वकै सबैभन्दा ठूलो समुद्री जहाज http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%9b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%88-%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be/ Wed, 16 Mar 2016 14:08:49 +0000 http://www.ghumphir.com.np/?p=9422

    १२४ फिट लामो, आइफेल टावर जत्रै अग्लो, समुद्रमा चल्ने विश्वकै सबैभन्दा ठूलो पानीजहाज हार्मोनी अफ द सि तयार भएको छ। दुई लाख २७ हजार टन गह्रौं यो जहाजको गत साता परीक्षण गरियो। न्युयोर्क सेन्ट्रल पार्कको सानो रुपमा तयार गरिएको यो जहाजमा १८ वटा डेक छन् भने यहाँ १० हजार ५८७ वटा प्लान्ट तथा २० फिटसम्म अग्ला ५२ वटा रुख रोपिएका छन्। इन्जिनियरिङको अद्भुत कलाका रुपमा व्याख्या गरिएको यो जहाज तयार गर्न ८० करोड पाउण्ड (एक खर्व २३ अर्व रुपैयाँ) खर्च गरिएको छ। हार्मोनी अफ सिलाई फ्रान्सको सेन्ट नजाइरेमा तयार गरिएको हो। यसलाई विस्तारै समुद्रमा धकेल्न थालिएको छ। यो जहाज चलाउनका लागि कम्तीमा तीन जना पाइलट अनिवार्य गरिएको छ। उनीहरुलाई कम्प्युटर सिमुलेटरमा तालिम दिइएको छ। जब मेमा यो जहाज साउथह्याम्टनमा हुनेछ, त्यतिवेला रोयल क्यारिवियन इन्टरनेशनल जहाजमा जस्तै यसका छ हजार यात्रीलाई जिपिएसमा आधारित नाडी ट्रयाकर प्रदान गरिनेछ। यो ट्रयाकरले उनीहरुलाई जहाजको आन्तरिक बनावटमा हराउनबाट जोगाउनेछ। जहाजमा १६ वटा रेष्टुरेण्ट तथा क्याफे हुनेछन् भने जामे इटालियन नामको बुटिक सपिङ समेत हुनेछ। त्यसैगरी जहाजमा उच्च गतिको इन्टरनेट सुविधा समेत हुनेछ। टाइटनिकभन्दा ३३० फिट लामो यो जहाजको उचाइ सात वटा डबल डेकर बसलाई खप्टाए बराबर छ। जहाजमा बायोनिक बार समेत छ। जहाँ यात्रीलाई रोबोटले ककटेल सर्भ गर्ने व्यवस्था मिलाइएको छ। जहाजमा १३८० सिट क्षमताको थिएटर समेत छ। जहाँ यात्रीले ग्रिज जस्ता संगीतमा रमाउन सक्नेछन्। जहाजमा भिआइपि रोयल लफ्ट सुइट समेत छ। यो सुविधा उपयोग गर्नका लागि एक यात्रीले एक साताका लागि सात हजार ५२५ पाउण्ड (११ लाख ५० हजार रुपैयाँ) तिर्न पर्नेछ। हार्मोनी अफ सिको मालिक रोयल क्यारिवियन क्रुज हो। यसको सञ्चालन रोयल क्यारिवियन इन्टरनेशनलले गर्नेछ। यस अघि यही कम्पनीले ‌ओसिस अफ सि तथा अलुरे अफ द सि गरेर दुई ठूला जहाज बनाइसकेको छ। विश्वका दुई ठूला जहाज सञ्चालन गरिसकेपछि कम्पनीले त्योभन्दा पनि ठूलो जहाजको अर्डर सन् २०१२ मा गरेको थियो। तीन वर्ष लगाएर बनाएपछि यही वर्ष समुद्रमा सेवाका लागि ओर्लिन लागेको हो। डेलीमेल तथा अन्य एजेन्सीको सहयोगमा

    ]]>
    9422 0 0 0
    सांसद निलम्बित http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6-%e0%a4%a8%e0%a4%bf%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a4/ Wed, 16 Mar 2016 14:18:24 +0000 http://www.ghumphir.com.np/?p=9425 भारतको अल इंडिया मजलिस-ए-इत्तेहादुल मुस्लिमीन(एआइएमआइएम)का एक सांसद निलम्बनमा परेका छन्।
    महाराष्ट्र विधानसभा सदस्य वारिस पठानलाई 'भारत माता की जय' नभनेपछि विधानसभाले बुधबार निलम्बन गरेको 'द इन्डियन एक्प्रेस'ले जनाएको छ।
     तीन दिन अघि एआइएमआइएमका नेता असादउद्धीन ओवैसीले 'घाँटीमा छुरा राखे पनि भारत माताकी जय भन्दिनँ' भन्ने अभिव्यक्ति दिएका थिए।
    पठानले 'भारत माता की जय' भन्न नमानेपछि विधानसभामा होहल्ला भएको थियो। अन्य पार्टीका सांसदले उनको निलम्बन माग गरेका थिए।
    ]]>
    9425 0 0 0
    पौडेलले देउवालाई माला लगाएर पद् हस्तान्तरण गरे http://localhost/ghum/%e0%a4%aa%e0%a5%8c%e0%a4%a1%e0%a5%87%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be-%e0%a4%b2%e0%a4%97/ Wed, 16 Mar 2016 14:21:12 +0000 http://www.ghumphir.com.np/?p=9428 ३ चैत, काठमाडौं ।

    नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले १३ औं महाधिवेशनमा आफूसँग पराजित रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासहितका सात जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

    sher bahadur dewa

    कांग्रेसका नवनिर्वाचित सभापति देउवाले पार्टीको विधानले दिएको अधिकार प्रयोग गरी बुधबार पौडेल र सिटौलासहितका ७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।

    देउवाले मनोनित गरेका केन्द्रीय सदस्यहरुमा अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, उमाकान्त  चौधरी र नरहरि आचार्य रहेका  छन्। आचार्य बाहेकका अरु सबै महाधिवेशनमा पदाधिकारीमा पराजित नेताहरु हुन्।

    आचार्य भने महाधिवेशनको मुखमा विरामी परेका कारण उम्मेद्वार बनेका थिएनन्। पार्टीको केन्द्रीय निर्वाचन समितिले बुधबार पार्टी मुख्यालयमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरणका लागि गरेको कार्यक्रममा देउवाले मनोनित सदस्यहरुको नाम घोषणा गरे।

    देउवाले ७ जना केन्द्रीय सदस्य मनोनित गरेसँगै काँग्रेसको केन्दीय समिति ७१ सदस्यीय भएको छ। फागुन २० गतेदेखि २४ गतेसम्म भएको महाधिवेशनले तीन जना पदाधिकारी र ६१ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो। काँग्रेसको विधानले सभापतिलाई २१ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएको छ।

    सभापतिले एक जना उपसभापति, एक जना महामन्त्री र एक जना सह-महामन्त्री केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्ने व्यवस्था पनि छ। नवनिर्वाचित सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गर्नु पहिले निवर्तमान कार्यवाहक सभापतिका हैसियतले लिखित मन्तव्य राख्दै रामचन्द्र पौडेलले संविधानको कार्यान्वयन र पार्टीको संस्कारलाई अक्षुण राख्न सभापति देउवालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

    पौडेलले पार्टीभित्र आदर्श र निष्ठाको राजनीतिलाई प्रमुखता प्रदान गर्न महाधिवेशन प्रतिनिधिहरुले दिएको मतलाई प्रेरणाको रुपमा लिइ क्रियाशिल रहने बताए। कार्यक्रममा नवनिर्वाचित महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एक ढिक्का बनाउन आफूले सबै किसिमको प्रयास गर्ने र यसमा आफूलाई सबैको सहयोग चाहिने बताए।

    कार्यक्रममा निर्वाचित पदाधिकारी र निवर्तमान कार्यवाहक सभापति रामचन्द्र पौडेलले एकताको सन्देश दिने गरी आपसमा हात समाएर नेता तथा कार्यकर्तालाई अभिवादन गरेका थिए। केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीबाट प्रमाणपत्र बुझेसँगै नवनिर्वाचित सभापति देउवाले बुधबार नै पदभार ग्रहण गरेका छन्।

    निवर्तमान कार्यवाहक सभापति पौडेलले देउवालाई माला लगाएर पद् हस्तान्तरण गरेका थिए।

    ]]>
    9428 0 0 0
    पन्ध्र हजारमा खप्तडमा http://localhost/ghum/%e0%a4%aa%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%8d%e0%a4%b0-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%a1%e0%a4%ae%e0%a4%be/ Thu, 17 Mar 2016 03:38:05 +0000 http://www.ghumphir.com.np/?p=9439

    कञ्चनपुर, ४ चैत ।

    पन्ध्र हजार खर्च गरेर कञ्चनपुरदेखि खप्तडसम्म घुम्नका लागि साप्ताहिक ‘टुर प्याकेज’ सञ्चालनमा ल्याइएको छ । मोहित ट्राभल्स एन्ड टुर प्राइभेट लिमिटेड, शुक्लाफाँटा जङ्गल कटेज र होटल न्यू आनन्द महेन्द्रनगरले यही वैशाख ४ गतेसम्मका लागि संयुक्तरुपमा प्याकेज सञ्चालनमा ल्याएका हुन् । खप्तड प्याकेजमा पहिलो दिन महेन्द्रनगरबाट दीपायल सिलगडी, दोस्रो दिन दीपायलबाट झिग्राना, तेस्रो दिन झिग्राना, विचपानी हुँदै खप्तड पुग्ने कार्यक्रम बनाइएको शुक्लाफाँटा कटेजका सञ्चालक परमानन्द भण्डारीले बताउनुभयो । खप्तड पुगेपछि दुई दिन बसेर छैटौँ दिन दीपायल, अछाम वा बझाङ हुँदै महेन्द्रनगर फर्कने कार्यक्रम राखिएको छ । “प्याकेजअन्तर्गत बीसजना पर्यटकलाई घुमाउने योजना बनाएका छौँ”, व्यवसायी भण्डारीले भन्नुभयो । आगामी दिनमा सुदूरपश्चिमका अन्य पर्यटकीय क्षेत्रका लागिसमेत प्याकेज बनाइने उहाँले बताउनुभयो । उहाँले यसअघि शुक्लाफाँटा वन्यजन्तु आरक्ष घुम्नका लागि टुर प्याकेज सञ्चालन गर्दै आउनुभएको छ । पर्यटक प्रर्वद्धन गर्ने उद्देश्यले प्याकेज बनाई पर्यटकलाई घुमाउने योजना बनाउँदै आएको उहाँको भनाइ छ ।

    ]]>
    9439 0 0 0
    मुस्ताङमा सडकलाई पाँच करोड रुपैयाँ बजेट http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%95%e0%a4%b0/ Thu, 17 Mar 2016 03:40:29 +0000 http://www.ghumphir.com.np/?p=9441

    मुस्ताङ, ४ चैत ।

    हिमाली जिल्ला मुस्ताङमा सबैभन्दा बढी सडकका योजना माग भएको छ । २४औँ जिल्ला परिषद्मार्फत २२ वटा सडक आयोजना निर्माणका लागि पाँच करोड ९९ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सोह्र गाविस रहेको जिल्लाका सबै गाविस कार्यालयसम्म सडक सञ्जालको पहँुच विस्तार भएपनि मर्मतसम्भार र कालोपत्रका लागि उक्त सङ्ख्यामा सडक आयोजनाको माग भएको पाइएको छ । जिल्लामा प्राप्त सडक योजनालाई विभिन्न कार्यक्रमअन्तर्गत समावेश गरेर सम्बोधन गर्ने प्रयास गरिएको स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत पाँच, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रममा आठ र सडक बोर्डमार्फत आठवटा सडक मर्मतसम्भार र विस्तारको कार्य हुनेछ । जिल्लाको गौरवका रुपमा मनाङ जिल्ला जोड्ने सडकलाई समेत प्राथामिकता साथ बजेट विनियोजन गरिएको छ । उक्त सडकका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको जिविसले जनाएको छ । सबैभन्दा बढी ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रममा रु तीन करोड ४९ लाख, सडक बोर्डअन्तर्गत रु २८ लाख र स्थानीय यातायात पूर्वाधारमा रु ७५ लाख बजेट माग गरिएको छ । जिल्लामा पर्ने कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकखण्डको क्षेत्रमा पनि सडक विभागले आफँैले लगानी गरेर काम गर्न अर्थ मन्त्रालयमा बजेट माग गरिसकेको छ । कोरला नाका सञ्चालनका लागि सडकको स्तरोन्नति पहिलो प्राथामिकता भएकाले सडक विभागले उक्त खण्डलाई प्राथामिकतामा राखेको स्थानीय विकास अधिकारी बाँस्तोलाले जानकारी दिनुभयो ।

    ]]>
    9441 0 0 0
    प्रधानमन्त्री चीन भ्रमणमा दैनिक एक करोड रुपैयाँ भन्दा बढी भ्रमण भत्ता http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%ae/ Thu, 17 Mar 2016 03:44:57 +0000 http://www.ghumphir.com.np/?p=9443 9443 0 0 0 पूर्वअर्थमन्त्रीहरुले ८० अर्ब रुपैयाँ ऋण उठाउने सरकारी योजनाको विरोध गरे http://localhost/ghum/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2%e0%a5%87-%e0%a5%ae/ Thu, 17 Mar 2016 03:51:53 +0000 http://www.ghumphir.com.np/?p=9445 ४ चैत, काठमाडौं ।

    पूर्वअर्थमन्त्रीहरुले ८० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने सरकारी योजनाको विरोध गरेका छन्। सरकारले राजश्व असुली कम हुने भन्दै आन्तरिक ऋण उठाउने तयारी गरेपछि पूर्वअर्थमन्त्रीहरु डा रामशरण महत र सुरेन्द्र पाण्डेले अहिले आन्तरिक ऋण उठाउनु आवस्यक नरहेको बताएका हुन्।

    'यो वर्ष चार खर्ब ७५ अर्ब राजश्व संकलन गर्ना लक्ष्य रहेकोमा ५० अर्ब जति कम हुने देखिएको छ, त्यसलाई पूर्ति गर्न हामीसँग विभिन्न उपकरण छन्,' अर्थसचिव लोकदर्शन रेग्मीले भने, 'हामीले ८० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेका छौं। अर्को विकल्प भनेको हामीसँग गत वर्ष संकलित राजश्वको ५ प्रतिशत ओडी लिनसक्ने व्यवस्था पनि छ।'   अर्थसचिवले मन्त्रालयको यस्तो योजना सुनाएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता महत र सत्तारुढ नेकपा एमालेका नेता पाण्डेले सरकारी कदमको विरोध गरेका हुन्।

    'अहिले भएको बजेट खर्च भएको छैन, आन्तरिक ऋण उठाउने भनेको ट्रेजरी ड्राइ भएको बेलामा हो,' महतले भने, 'सरकारले ब्याज मात्रै तिर्नका लागि ऋण उठाइरहनु आवस्यक छैन।'   आफूले बजेट बनाउँदा ट्रेजरीमा हुन सक्ने संभावित नोक्सानीलाई ध्यान दिएर आन्तरिक ऋण उठाउने व्यवस्था गरेको भन्दै महतले यस्तो अवस्थामा ट्रेजरी उठाउन आवस्यक नरहेको बताएका हुन्।

    अर्का पूर्वअर्थमन्त्री पाण्डेले चालु आर्थिक वर्षमा राजश्व संकलन केही कम भएपनि ट्रेजरीको अवस्था राम्रो रहेकाले आन्तरिक ऋण उठाउनु नपर्ने बताए। 'रेभेन्यु केही लस भएपनि अहिले ट्रेजरी पोजिसन राम्रो छ,' उनले भने, 'बजारमा धेरै तरलता भएकाले सरकारले खिच्नुपर्ने अवस्था हो जस्तो पनि लाग्दैन, यस्तो बेलामा ऋण उठाउनु आवस्यक छैन।'

      पाण्डेले अहिले पनि ९० करोड डलर विदेशी ऋण तथा अनुदान परिचालन गर्न नसकेको भन्दै पाण्डेले स्रोत परिचालनमा सरकारी संयन्त्र असफल देखिएको बताए। उनले सरकारी निकायबीचकै समन्वय अभावमा विकासको काम हुन नसकेको बताए।

    ]]>
    9445 0 0 0
    आइफोन ६ र ६ प्लसमा मा सेल अफर, १० हजारसम्म छुट http://localhost/ghum/%e0%a4%86%e0%a4%87%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a5%ac-%e0%a4%b0-%e0%a5%ac-%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%b2-%e0%a4%85%e0%a4%ab/ Thu, 17 Mar 2016 03:54:13 +0000 http://www.ghumphir.com.np/?p=9447 ओलिज स्टोरले आइफोन ६ र ६ प्लसमा सेल अफर ल्याएको छ । जसअनुसार ८८ हजार रुपैयाँ मूल्य रहेको ६४ जीबीको आइफोन सिक्स अब १० हजार छुटसहित ७८ हजार रुपैयाँमा पाइने छ । यस्तै ९८ हजार रुपैयाँमा पर्ने १२८ जीबीको आइफोन सिक्स अब ८८ हजार रुपैयाँमै पाइने छ । आइफोन सिक्स गोल्ड ग्रे र सिल्भर गरी तीन रंगमा उपलब्ध छन् । यी फोनमा एक बर्षे अन्तराष्ट्रिय वारेन्टीसमेत रहेको र उल्लेखित मूल्य मूल्य अभिबृद्धि कर (भ्याट) सहित रहेको ओलिज स्टोर प्रबन्ध निर्देशक लोकेस ओलीले जानकारी दिए । Iphone 6 final 3 यसैगरी १६ जीबीको आइफोन सिक्स प्लस अब ७८ हजार रुपैयाँमै पाइने छ । यसअघि यसको मूल्य ८८ हजार रुपैयाँ रहेको थियो । आइफोन सिक्स प्लस भने सिल्भर कलरमा मात्र उपलब्ध छ । उपभोक्ताले यी फोन ओलिज स्टोरको बबरमहलस्थित सोरुममा वा अनलाइनमार्फत् पनि अर्डर गर्न सक्नेछन् । अनलाइनमार्फत् गरिएको अर्डरमा फ्रि होम डेलिभरीको सुविधासमेत रहेको प्रबन्ध निर्देशक ओलीले जानकारी दिए ।]]> 9447 0 0 0 एकानब्बे वर्षमा पनि जलेरै प्राण गयो मायादेवीको ... http://localhost/ghum/%e0%a4%8f%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0%a4%ac%e0%a5%8d%e0%a4%ac%e0%a5%87-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%9c%e0%a4%b2%e0%a5%87%e0%a4%b0/ Thu, 17 Mar 2016 04:00:25 +0000 http://www.ghumphir.com.np/?p=9450

    नारायण ढुंगाना रत्ननगर (चितवन), ४ चैत ।

    पश्चिम चितवनको चित्रवन–१४ स्थित भगडीकी ९१ वर्षीया वृद्धाको जलेरै प्राण गएको छ । सानो झुप्रोमा एक्लै बस्दै आएकी ९१ वर्षीया मायाँदेवी पौडेलको त्यही झुप्रोसँगै एक साता अघि जलेर ज्यान गएको हो । उनको मृत्यु त्यहीँका गाउँले र प्रहरीले पछि मात्रै थाहा पाए । २०३७ सालमा श्रीमान् हरिलाल बितेपछि उनी एक्लै थिइन् । उनीहरुका कुनै पनि सन्तान जन्मिएनन् । आफैँ पकाएर खाँदै आएकी उनी पछिल्लो समय अशक्त भएपछि गाउँमा माग्ने र जसले जे दिन्छ त्यही खाने गरेकी स्थानीयवासी राधा अर्यालले जानकारी दिनुभयो । फागुन २६ गते अकस्मात घटना भयो । उनी घरसँगै जलेर सकिइन् । ‘मट्टितेल मागेकी थिइन्, एक लिटर बजारबाट ल्याइदिउँला भनेको, त्यो पनि दिन भ्याइनँ”, स्थानीयवासी इन्द्रबहादुर कुमालले भन्नुभयो । टुकीको सहारामा एक्लै बस्ने गरेकी थिइन् । पछिल्लो समयमा मट्टितेल सकिएकाले मैनबत्ती बाल्थिन् । २६ गतेको राति करिव ९ बजेको समयमा घरमा आगो लाग्यो । कारण कसैलाई थाहा नभए पनि मैनबत्ती पल्टिएर आगो लागेको अनुमान गाउँलेको छ । आगो दन्किएर चिच्याएको आवाज आए पछि गाउँले आए । नजिक धेरै घरहरु भए पनि स्थानीयवासीले बचाउन सकेनन् । मृतक मायाँदेवीका भतिजा पर्ने नारायणप्रसाद पौडेल कैयाँै प्रयास गरे पनि बचाउन नसकेको बताउनुहुन्छ । “ढोका फोरेरै निकाल्ने प्रयास भएको थियो, आगो दन्किएकाले सकिएन”, पौडेलले भन्नुभयो । घरका केही मुड्काबाहेक सबै जलेर खरानी भएको छ । शवपरीक्षणपछि अन्तिम संस्कार गरिएपनि गाउँलेले उनको दूःखद मृत्युलाई अझै भुल्न सकेका छैनन् । मर्ने बेलामा पनि जलेर प्राण गयो भनेर गाउँले अझै चुकचुकाउँछन् ।

    ]]>
    9450 0 0 0
    एउटै जहाजमा यत्रो संख्यामा पर्यटक आएको पहिलोपटक हो,टिकट बुक गर्नेहरू ह्वात्तै बढे http://localhost/ghum/%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a5%88-%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%be/ Thu, 17 Mar 2016 04:10:22 +0000 http://www.ghumphir.com.np/?p=9452 सुरज कुँवर

    ४ चैत, मोरङ ।

    भूकम्प र नाकाबन्दीका कारण हात बाँधेर बसेका नेपाली पर्यटन व्यवसायी मंगलबार भने निकै खुसी भए । ११ महिनादेखि शिथिल नेपाली पर्यटन बजारमा मंगलबार अपराह्न १ सय ५० पर्यटक छेन्दुबाट एयर चाइनाको विमानमार्फत काठमाडौं आइपुगे ।

    ‘अहिलेको अवस्थामा एउटै जहाजमा यत्रो संख्यामा पर्यटक आएको पहिलोपटक हो,’ ती पर्यटकलाई केक खुवाउन थापाथली पुगेकी नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक उज्जला दलीले भनिन् । उनले नेपाली पर्यटन क्षेत्रका लागि धेरै लामो समयपछिको खुसियाली बताउँदै व्यवसायीहरूमा उत्साह जगाएको बताइन् ।

    लामो समयपछि ठूलो समूहमा आएको चिनियाँ पर्यटकहरूलाई थापाथलीस्थित चिनियाँ रेस्टुरेन्ट ताइन रुईमा भव्य समारोह गरी भोजका साथ स्वागत गरिएको थियो । छेन्दुका सिनियर सिटिजन क्लबबाट आएका यी पर्यटक ६० देखि ७० वर्ष उमेरका बुढाबुढी हुन् ।

    यो समूहलाई नेपाल घुमाउने जिम्मा पाएको कोसी इन्टरनेसनलका प्रमुख गोविन्द थपलियाका अनुसार सात दिनको बसाइमा यी पर्यटकले चितवन, पोखरा, नगरकोट र काठमाडौं घुम्ने कार्यक्रम छ ।

    ‘यो भम्रणमा एक पर्यटकले कम्तीमा २ सय डलर खर्च गर्नेछन्,’ थपलियाले भने । उनीहरूले हात्ती चढ्ने, राफटिङ गर्ने, नगरकोट घुम्ने पोखराबाट सूर्य उदाएको र हिमाल हेर्ने कार्यक्रम छ । यसबाहेक भूकम्पले ध्वस्त भएको भक्तपुर दरबार क्षेत्र पनि घुमाइनेछ ।

    यसैबीच मध्य चैतदेखि नेपाल आउने विदेशी विमानहरूमा टिकट खरिद गर्ने क्रम पनि बढ्न थालेको छ । ठमेलस्थित ओशो वल्र्ड ट्राभल नेपालका अनुसार भारतबाहेक अन्य मुलुकबाट नेपाल आउने विमानहरूमा मध्य चैतपछि आउन टिकट बुक गर्नेहरू ह्वात्तै बढेका छन् ।

    ओशोका प्रबन्ध निर्देशक श्यामराज थपलियाले अधिकांश मुलुकका विमानबाट नेपाल आउने टिकट बुकिङ दर ७० प्रतिशतसम्म पुगेको बताए ।

    ‘कोरियाबाट नेपाल आउने विमानको टिकट बिक्री दर बढ्दो छ । कतारको पेरिस हुँदै काठमाडौंको बुकिङ अप्रिल पहिलो सातादेखि नै फुल छ,’ प्रबन्ध निर्देशक थपलियाले भने, ‘फ्रयांकफर्टबाट दोहा हुँदै काठमाडौं प्याक छ । लन्डनदेखि दोहा हुँदै काठमाडौं आउनका लागि टिकट बुकिङ ट्ेरन्ड बढेको छ ।’ उनले गल्फ मुलुकबाट आउने विमानहरूले पनि ४० देखि ६० प्रतिशतसम्म टिकट बुक गरिसकेको बताए ।

    मालिन्दो एयरका एयरपोर्ट म्यानेजर सान्तनु सेनका अनुसार मलेसियाबाट काठमाडौं आउने उडानमा सिट खाली छैन । ‘मलेसिया–काठमाडौं नेपाल वायुसेवा निगमसहित चार विमानले उडान भरिरहेका छन्, प्राय: सबै प्याक छन्,’ म्यानेजर सेनले भने ।

    उनका अनुसार नाकाबन्दी खुलेपछि उताबाट नेपाल आउनेको संख्या बढेको छ । तर यी रुटबाट आउनेमा पर्यटकको दाँजोमा नेपाली यात्रुको संख्या बढेको छ ।

    यसैबीच चर्चित फोब्र्स पत्रिकाले भूकम्प र पुनर्निर्माणलाई सन्दर्भ जोड्दै ‘किन अहिले नेपाल घुम्ने बेला हो ?’ भनी सकारात्मक फिचर प्रकाशन गरेको छ । पर्यटनमार्फत भूकम्पबाट भत्केका विद्यालय र बस्ती पुनर्निर्माण गर्ने अभियान थालेको इन्ट्रेपिड ट्राभलबारेको लेखमा फोर्ब्स ले पर्यटकहरूलाई नेपाल घुम्न सुझाएको हो ।

    त्यसमा पर्यटकहरूलाई काठमाडौं, बन्दीपुर पोखरा, एभरेस्ट बेसक्याम्पको पदयात्राबारे जानकारी दिइएको छ । नेपाल भ्रमण गर्नेहरूको बसाइ बिर्सन नसकिने बताउँदै फोब्र्सले यी स्थानमा लाग्ने खर्चसमेत लेखिदिएको छ ।

    ]]>
    9452 0 0 0
    सार्क मिनी शिखर सम्मेलन प्रत्यक्ष सरोकार राख्ने ठोस एजेन्डा सम्बोधन गर्न चुक्यो http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%ae%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%b6%e0%a4%bf%e0%a4%96%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%a8-%e0%a4%aa/ Thu, 17 Mar 2016 04:15:23 +0000 http://www.ghumphir.com.np/?p=9454 चन्द्रशेखर अधिकारी/लालप्रसाद शर्मा

    ४ चैत, मोरङ ।

    दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ‘मिनी शिखर सम्मेलन’ यस क्षेत्रका जनतासँग प्रत्यक्ष सरोकार राख्ने ठोस एजेन्डा सम्बोधन गर्न चुकेको छ ।

    यस क्षेत्रलाई सडक तथा रेल्वे सञ्जाल, विकासका लागि पर्यवेक्षकको भूमिका एवं युथ चार्टरलगायत एजेन्डा स्थायी समितिबाट अघि बढ्न सकेन । पुरानै विषयमा छलफल केन्द्रित रह्यो । विगतका प्रतिबद्धता कार्यान्वयन पक्ष केलाउने चासोसमेत सदस्य मुलुकले देखाएनन् ।

    सार्क क्षेत्रको विकास प्रक्रियामा पर्यवेक्षक मुलुकलाई सामेल गराउने विषय २०७१ मंसिरमा सम्पन्न १८ औं शिखर सम्मेलनमै पारित भए पनि त्यसअनुरूपको कार्यक्रम अहिलेसम्म अघि बढ्न सकेको छैन ।

    बुधबारको स्थायी समिति बैठक पनि त्यसबारे टुंगोमा पुग्न सकेन । पर्यवेक्षकलाई यस क्षेत्रको विकास प्रक्रियामा विशेष सहभागी गराउन सबै सदस्य राष्ट्र सहमत भए पनि शक्तिशाली राष्ट्रले यस क्षेत्रमा सहयोगका नाममा उपस्थिति बढाउने त्रासले टुंगोमा पुग्न नसकेको हो ।

    पर्यवेक्षक मुलुक चीन, अमेरिका, जापान, दक्षिण कोरिया, इरान, मौरिसस, अस्ट्रेलिया, म्यानमार र युरोपेली महासंघ कुनै पनि सार्क विकास परियोजनामा लगानी गर्न खुलेर आउन सकेका छैनन् । शिखर सम्मेलनमा सबै पर्यवेक्षक मुलुकले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकासलगायत विभिन्न ७ क्षेत्रमा सहयोग गर्न पाउने सहमति भएको थियो ।

    चीन, युरोपेली महासंघ, दक्षिण कोरिया, अस्ट्रेलिया र जापानले सहयोग गर्न चाहे पनि सदस्य मुलुकले उल्लेख्य परियोजना उपलब्ध गराउन सकेका छैनन् ।

    बैठकमा सदस्य मुलुकले आ–आफ्नो विकास परियोजनाबारे जानकारी दिएका थिए । ती परियोजनामा समान खालको विषयमा छलफल गरेर टुंगोमा पुर्‍याउन सार्कको चार्टर बडीलाई जिम्मा दिइएको छ ।

    सम्बन्धित मन्त्रालयबाट परियोजना ल्याएर त्यसको समन्वय सार्क सचिवालयमार्फत गर्न निर्देशन दिने प्रस्ताव मन्त्रीस्तरीय बैठकमा लगिने भएको छ । बैठकले सार्क युवाका समग्र समस्या समाधान गर्ने, बेरोजगारीको अवस्था हेर्ने, उनीहरूलाई प्रशिक्षण दिने, योग्य बनाउने विषयलाई पनि अघि बढाउन सकेन ।

    कार्यक्रम समितिले प्रस्ताव गरेका एजेन्डामा स्थायी समितिमा छलफल भएको थियो । बैठकमा नेपालले उपलब्ध गराउने सामुदायिक वनको व्यवस्थापन मोडलमा सबै सहमत भए । परराष्ट्र सचिव शंकरदास बैरागीले अध्यक्षता गरेको बैठकमा पुरानै एजेन्डामा छलफल भएको हो ।

    सार्कका सबै सदस्य राष्ट्र यस क्षेत्रको युवा बेरोजगारी घटाउन, सार्क खाद्य बैंक तथा बीउबिजन बैंक स्थापना गर्न तथा दैविप्रकोपपछिको पुन:स्थापनामा सहकार्य गर्न सहमत भए पनि कसरी अघि बढ्ने भन्नेमा अन्योल छ ।

    कतिपय सहमति हुन नसकेका विषय मन्त्रीस्तरीय बैठकलाई छाडिएको छ । आतंकवाद तथा लागूऔषध कारोबारमा लागेकाहरूको नियन्त्रणमा समेत थप बलियो संयन्त्र बनाएर अघि बढ्ने प्रतिबद्धता बैठकले जनाएको छ । यस्तै प्रतिबद्धता तेस्रो शिखर सम्मेलनमै पारित गरिएका थिए ।

    ‘सार्क अब फैलने होइन, गहिरिँदै जाने हो,’ परराष्ट्र सचिव बैरागीले भने, ‘प्रतिबद्धता धेरै भयो । कार्यान्वयन न्यून । त्यसैले यसमा हामी सबै गम्भीर भएर अघि बढ्ने भएका छौं ।’ सार्कको पुनर्संरचना गर्ने यसअघिको निर्णयलाई समेत ध्यानमा राखेर छलफल भएका थिए ।

    सार्कलाई विभिन्न तहमा परिमार्जन गर्दै साझा युनियनमा लैजान नेतृत्व स्तरदेखि तल्लो तहसम्म पुनर्संरचना गर्ने विषयमा पनि छलफल भए पनि ठोस निर्णय हुन सकेको छैन । सचिवस्तरीय बैठकमा सार्क सचिवालयले तयार गरेको विश्लेषणात्मक प्रतिवेदनमाथि पनि छलफल भएको थियो ।

    महासचिवमा पाकिस्तानका प्रस्तावित सार्कको महासचिवमा सदस्य राष्ट्रको नामको अगाडिको अक्षरका आधारमा आगामी मार्च १ देखि पाकिस्तानले सम्हाल्दै छ । बैठकमा पाकिस्तानका तर्फबाट अमजद बी सियलको नाम पेस गरिएको छ ।

    सार्कमा सन् २००३ देखि २००६ सम्म निर्देशकसमेत रहिसकेका पाकिस्तानी विदेश मन्त्रालयका विशिष्ट सचिव सियललाई पाकिस्तानले प्रस्ताव गरेको हो । पाकिस्तानले आगामी शिखर सम्मेलन आफूले गर्नेसमेत जानकारी दिएको छ ।

    सचिवस्तरीय बैठकले राष्ट्रसंघको महासभाझैं हरेक २ वर्षको नोभेम्बरमा सार्क शिखर सम्मेलन गर्ने निर्णय गरेर मन्त्रीस्तरमा पेस गरेको छ । यो प्रस्ताव पारित भए १९ औं शिखर सम्मेलनले पारित गर्दै हरेक एक वर्षको अन्तरमा सार्क शिखर सम्मेलन नोभेम्बरमा हुनेछ ।

    ‘राष्ट्रसंघको महासभा सेप्टेम्बर तेस्रो मंगलबार आरम्भ हुन्छ । शिखर सम्मेलन पारित भए सार्क पनि नोभेम्बरमा हुन्छ,’ सार्क स्थायी समितिका अध्यक्षसमेत रहेका परराष्ट्रसचिव बैरागीले बैठकपछि पत्रकार सम्मेलनमा भने । उनले विभिन्न ३२ एजेन्डामा छलफल भएको र धेरै विषय अघि बढेकाले बैठक असफल भएको भन्न नमिल्ने बताए ।

    विदेशमन्त्रीहरू पोखरामा मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सबै सदस्य मुलुकका विदेशमन्त्री तथा प्रतिनिधि बुधबारसम्म पोखरा आइसकेका छन् । उनीहरूलाई बाजागाजाका साथ पोखरामा भव्य स्वागत गरिएको थियो । सोमबारदेखि सुरु भएको बैठक आज बिहीबार मन्त्रीस्तरीय बैठक बसेर साँझ सम्पन्न हुनेछ ।

    पोखराको ग्रान्ड होटलमा हुने मन्त्रीस्तरीय बैठकमा पनि आतंकवाद नियन्त्रणमा सहकार्य, सडक तथा हवाई सञ्जाल, ऊर्जा हब, गरिबी निवारण, युवा बेरोजगारलाई सम्बोधन, कनेक्टिभिटीका विषयमा पुन: छलफल हुनेछ ।

    उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सम्मेलनमा सहभागी हुन आएका बंगलादेश, अफगानिस्तान र भारतीय समकक्षीसँग दुईपक्षीय छुट्टाछुट्टै भेट गरेका छन् ।

    उनले उनीहरूको सम्मानमा रात्रिभोज आयोजना गर्दै सार्कलाई अघि बढाउन सहकार्य र कार्यान्वयन पक्ष बलियो बनाउनुपर्ने बताएका छन् । भूकम्पपछि राजधानीबाहिर यो स्तरको बैठक गर्न नेपाल सक्षम रहेको जानकारी पनि उनले सबैलाई दिए । थापाले पर्यटकीय नगरी पोखराको दृश्य अवलोकन गर्न र प्राकृतिक सौन्दर्यता नियाल्न पनि आग्रह गरेका थिए ।

    ]]>
    9454 0 0 0
    भगवान हनुमानलाई अदालतको आदेश http://localhost/ghum/%e0%a4%ad%e0%a4%97%e0%a4%b5%e0%a4%be%e0%a4%a8-%e0%a4%b9%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%85%e0%a4%a6%e0%a4%be%e0%a4%b2%e0%a4%a4%e0%a4%95%e0%a5%8b/ Thu, 17 Mar 2016 04:23:00 +0000 http://www.ghumphir.com.np/?p=9457 छिमेकी भारतमा अनौठा कृत्य भैरहन्छन् । कहिले कुखुरालाई पुलिसले पक्रिन्छ त कहिले बाख्रोलाई पक्रिन्छ । कहिले भगवानको नाममा परिचयपत्र तयार हुन्छ । यो पाला भने भारतको एक अदालत निकै क्रान्तिकारी बन्दै भगवान हनुमानका नाममा आदेश जारी गरेको छ । सडक किनाराको मन्दिरबाट मन्दिर सहित तत्कालै हट्न अदालतले हनुमानका नाममा आदेश दिएको हो ।

    hanuman-s_650_021816081454भगवान हनुमानलाई अदालतको आदेश

    बिहारको रोहतास जिल्लाको डहेरी अनसोनको एक अदालतले यस्तो आदेश दिएको बताइएको छ । अदालतको आदेश पछि जिल्लाका सर्कल अफिसरको नामबाट  भगवान हनुमानको नाममा सूचना जारी गर्दै मन्दिर सहित आफुलाई हटाउन निर्देशन दिइयो ।

    हनुमान मन्दिरको मूर्तिमा टाँसिएको सूचनामा लेखिएको छ: तिम्रो मन्दिरको कारण सडकमा हिड्ने मानिसलाई गाह्रो भैरहेको छ । त्यसैले तिमीले यहाँबाट आफ्नो मन्दिर हटाऊ ।

    हनुमानका नाममा नोटिस जारी हुनेबित्तिकै यो घटनामाथि खुबै हसिमजाक भैरहेको छ र विरोध पनि भैरहेको छ । बजरंगी दलका कार्यकर्ताहरु मन्दिरमा पुगेर नाराबाजी तथा हंगामा गरे । सडक बन्द गरेर प्रशासनको विरुद्ध नाराबाजी गरे । हनुमानको मूर्तिमै सूचना टाँस गरिएको छ ।

    यो घटनापछि सर्कल अफिसरले गल्ती स्विकार गरे । कसको गल्तीका कारण हनुमान मन्दिरको नाउँमा सूचना पठाइएको हो, त्यस विषयमा अनुसन्धान हुने उनले बताएका छन् ।

    यसअघि बिहारको बेगुसराय जिल्लामा पनि हनुमान मन्दिर हटाउनका लागि बजरंगबलीको नाममा सूचना पठाइएको थियो । यसअघि सितामढीमा भगवान रामको विरुद्धमा मुद्दा हालिएको घटना पनि सार्वजनिक भएको थियो ।

    ]]>
    9457 0 0 0
    प्राकृतिक मुड्का ताल पुरिँदै http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a5%81%e0%a4%a1%e0%a5%8d%e0%a4%95%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%81%e0%a4%b0/ Thu, 17 Mar 2016 04:25:20 +0000 http://www.ghumphir.com.np/?p=9460

    कञ्चनपुर, ४ चैत । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाअन्तर्गत पर्ने चुरेको फेदीमा रहेको मुड्का ताल पुरिँदै जान थालेको छ । तालको उत्तरतर्फबाट बर्सातका बेला बगेर आउने पानीले माटो बगाएर ल्याउने गरेका कारण ताल पुरिँदै जान थालेको हो । एक बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको ताल माटोले पुरिएर अस्तित्व नै लोप हुने सङ्घारमा पुगेको छ ।

    ताल संरक्षणका लागि भरपर्दो टेवा पर्खालको व्यवस्था नहुँदा ताल पुरिँदै गएको सिद्धबैजनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष भरतबहादुर ऐरले बताउनुभयो । ताल पुरिँदै जान थालेपछि ताल क्षेत्रमा रहेका जलपन्छी, माछाका प्रजाति, कछुवा र अजिङ्गरसमेत बासस्थानको अभावमा लोप हुने सङ्घारमा पुगेको उहाँले बताउनुभयो । ताल संरक्षणका लागि नगरपालिका र जिविस कार्यालयमा आवश्यक बजेटका लागि माग गर्दासमेत सुनवाइ हुन नसकेको मन्दिर संरक्षण समितिका पूर्वअध्यक्ष दुर्गादत्त भट्टले बताउनुभयो ।
    ]]>
    9460 0 0 0
    भिमसेनको लिङ्ग http://localhost/ghum/%e0%a4%ad%e0%a4%bf%e0%a4%ae%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97/ Thu, 17 Mar 2016 04:28:20 +0000 http://www.ghumphir.com.np/?p=9462 9462 0 0 0 हाम फालेर महिला बेपत्ता http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%ae-%e0%a4%ab%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%b0-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%ac%e0%a5%87%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%be/ Fri, 18 Mar 2016 06:59:22 +0000 http://www.ghumphir.com.np/?p=9468

    चितवन, ५ चैत । चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने नारायणीको पुलबाट नदीमा हाम फालेर आज बिहान एक महिला बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा कास्कीको दाङ्सिङ गाविस वडा नं ९ बस्ने ४८ वर्षीया देशकुमारी शेर्पा रहेकी छन् । उनी हाम फालेको स्थानमा भेटिएको झोलाका आधारमा उनको परिचय खुलेको हो । बिहान ८ बजेर १५ मिनेट जाँदा उनी नदीमा हाम फालेको प्रहरीले जनाएको छ । उनको सोही समयबाट वडा प्रहरी कार्यालय नारायणगढ र इलाका प्रहरी कार्यालय गैँडाकोटले खोजीकार्य जारी राखेको जनाएको छ । हाम फाल्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

    ]]>
    9468 0 0 0
    रत्नपार्कमा निःशुल्क इन्टरनेट सुविधा http://localhost/ghum/%e0%a4%b0%e0%a4%a4%e0%a5%8d%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%83%e0%a4%b6%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%95-%e0%a4%87%e0%a4%a8%e0%a5%8d/ Fri, 18 Mar 2016 07:15:54 +0000 http://www.ghumphir.com.np/?p=9470

    काठमाडौँ, ५ चैत ।

    राजधानीको मुटुमा रहेको रत्नपार्कमा सार्वसाधारणले आजदेखि निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन् । रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गर्न लागिएको हो । एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्दछन् । इन्टरनेटको सुविधापछि पार्क अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइको अपेक्षा गरिएको छ । इन्टरनेटसँगै अवलोकनकर्ताले खाजा घर र व्यवस्थित किसिमको शौचालयको समेत माग गरेका छन् । यस पार्कको पुनःनिर्माणपछि सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ ।

    ]]>
    9470 0 0 0
    चितवन राष्ट्रिय निकुञ्जको अध्ययन सुरु http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%95/ Fri, 18 Mar 2016 07:18:28 +0000 http://www.ghumphir.com.np/?p=9473

    रत्ननगर ९चितवन०, ५ चैत । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक संगठन(युनेस्को) र विश्व प्रकृति संरक्षण सङ्घको विशेषज्ञ टोलीले चितवन राष्ट्रिय निकुञ्जको स्थलगत अध्ययन थालेको छ । संरक्षित क्षेत्र भएकाले विगत र अहिलेको अवस्थामा के छ र कस्ता चुनौती थपिएका छन् भन्ने विषयमा टोलीको अध्ययन केन्द्रित हुने जनाइएको छ । विश्व संरक्षण सूचीमा रहेको चितवन निकुञ्जको हालको अवस्था र भावी चुनौती तथा पूर्वाधार निर्माणका बारेमा अध्ययन सुरु गरेको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चार सदस्यीय टोलीले अध्ययन गरिरहेको छ । chitawanनिकुञ्ज आसपासबाट लैजाने भनिएको रेलमार्ग सडक, निर्माणलगायतका विषयमा समेत टोलीले जानकारी लिइरहेको र स्थलगत नै अध्ययन गरिरहेको कँडेलले जानकारी दिनुभयो । “हामीले टोलीलाई निकुञ्ज संरक्षणकार्य तथा चुनौतीका बारेमा प्रस्तुतिमार्फत नै टोलीलाई जानकारी गरायौँ, अहिले उहाँहरु सरोकारवाला निकाय र स्थलगत निरीक्षणमै हुनुहुन्छ” – प्रमुख कँडेलले भन्नुभयो । टोलीमा विश्व प्रकृति संरक्षण सङ्घका विशेषज्ञ रोमी ग्यो, डा विभव तालुकदार तथा युनेस्को नेपालका पदाधिकारी गरी चारजनाको टोलीले यहाँ दुईदिनदेखि अध्ययन गरिरहेका छन् । आज टोलीले दक्षिण चितवनको माडीको स्थलगत अध्ययन गरेको चितवन निकुञ्जले जनाएको छ । “अन्तर्राष्ट्रिय समुदायसँग प्रतिबद्धता जनाएअनुसार विकास निर्माणमा प्रतिबद्धता जनाएअनुसार प्रक्रिया पुगेको छ कि छैन भनेर टोलीले अध्ययन गर्ने छ” – निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले भन्नुभयो । विश्वकै सम्पति चितवन निकुञ्ज भएकाले संरक्षणमा नै टोली केन्द्रित हुने उहाँको भनाइ छ । भारतीय नाका ठोरीको समेत अध्ययन गरी स्थानीयवासीसँग छलफल गर्ने टोलीको योजना छ । त्यसपछि भोलि चितवन निकुञ्जको पश्चिमी क्षेत्र र नवलपरासीको मध्यवर्ती क्षेत्रमा जाने निकुञ्ज प्रमुख रामचन्द्र कँडेलले जानकारी दिनुभयो । यसअघि टोलीले चितवनको सौराहामा पर्यटन व्यवसायी र संरक्षणकर्मीसँग छलफल गरिसकेको छ । छलफलमा निकुञ्ज संरक्षण र सुरक्षाका विषयमा टोलीले चासो लिएको सौराहाका एकजना पर्यटन व्यवसायी कपिल रेग्मीले जानकारी दिनुभयो ।

    ]]>
    9473 0 0 0
    वन्यजन्तुका चित्रको प्रदर्शनी http://localhost/ghum/%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6/ Fri, 18 Mar 2016 07:21:48 +0000 http://www.ghumphir.com.np/?p=9475

    काठमाडौँ, ५ चैत । नाचिरहेको मयूरको वरिपरि विभिन्न जनावर तालमा ताल मिलाउँदै नाचिरहेका छन् । लयात्मक रुपमा नाचिरहेका जनावरबीचको सहिष्णुताले हामी मानिसलाई गिज्याइरहेको अनुभूति हुन्छ । त्यस्तै, गुफाकालीन समयको झल्को आउने गरी थारू जाति र तिनको प्रकृतिसँगको सम्बन्धलाई कलात्मक रुपमा जोडेर कलाकार राजन काफ्लेले कला सिर्जना गरेका छन् । राजनसहित ४२ जना नेपाली तथा विदेशी कलाकारले वन्यजन्तुसम्बन्धी बनाएका चित्र तथा मूर्तिको प्रदर्शनी बौद्ध टुसालस्थित तारागाउँ सङग्रहालयमा आइतबारदेखि सुरु भएको छ । प्रदर्शनीको उद्घाटन गर्दै वनमन्त्री अग्नि सापकोटाले कलालाई प्रकृति संरक्षणसँग जोडेर कलाकारले निकै राम्रा कलाकृति रचना गरेको बताउनुभयो । ‘आर्ट फर नेचर’ शीर्षकको सो प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारले चितवन निकुञ्ज घुमेर सौराहामा तयार पारेका कलाकृतिलाइ राखेका हुन् । प्रकृति, जनावर र मानवीय सम्बन्धका विविध आयामलाई कलात्मक रुपमा चित्रण गरिएका कलाले नेपाली समसामयिक पक्षलाई समेत उतारेको पाइन्छ । वन्यजन्तु पीडित उद्धार कोषको आयोजनामा भएको सो प्रदर्शनीलाई डब्लुडब्लुएफ नेपाल, नेसनल ट्रस्ट फर नेचर कन्जर्भेसन र हयुमनी सोसाइटी इन्टरनेसनलले सहयोग गरेको हो । बेलायत, जर्मनी, भारत, अमेरिका, मेक्सिको तथा अस्ट्रेलियाका छ र ३६ जना नेपाली कलाकारका प्रकृतिसम्बन्धी कलाले नेपालको प्राकृतिक सौन्दर्य, जैविक विविधता, जङ्गली जनावर तथा सांस्कृतिक विविधतालाई कलात्मक रुपमा चिनाउन सफल रहेको आयोजक संस्थाका अध्यक्ष डा प्रभु बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनीको उद्देश्य प्रकृतिसम्बन्धी कलाको प्रचार प्रसार गराउने र कलाबाट प्रकृति संरक्षणमा सहयोग पु¥याउने हो । साथै यो प्रदर्शनीबाट नेपाली प्रकृतिसम्बन्धी कलाको अन्तर्राष्ट्रिय पहिचान बनाउनु पनि हो । नेपालको प्राकृतिक सौन्दर्य र त्यसको विविधतालाई चिनाउने हाम्रो लक्ष्य रहेको छ ।” कला सङ्कलक डिल्ली ओलीले भन्नुभयो – “प्रदर्शनी असाध्यै राम्रो लाग्यो । कलाले नेपाली वाइल्डलाइफलाई कलात्मक ढङ्गले पस्कन सकेको छ । नेपालका चिनिएका कलाकारका कलाकृति र तिनले नेपाली वन्यजन्तुलाई निकै आकर्षक रुपमा प्रस्तुत गरेको पाएँ ।” मनुजबाबु मिश्र, शशी शाह, रागिनी उपाध्याय, गेहेन्द्रमान अमात्य, ठाकुरप्रसाद मैनाली, राजन काफ्ले, डा लय मैनाली, हरिप्रसाद शर्मा, गोपाल कलाप्रेमी, भीम श्रेष्ठ, सुदर्शन राणा, सुनिता राणा, इन्दिरा श्रेष्ठ, हरिराम अधिकारी, हीरालाल डङ्गोल, सञ्जु शाही, ताराप्रसाद ओझा, नीरा जोशी, विजय मर्हजन, प्रमित ढकाल, ज्योतिप्रकाश बिके लगायतका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी शनिबारसम्म रहनेछ ।

    ]]>
    9475 0 0 0
    ‘त्रिशूली नदी बचाउ राष्ट्रिय अभियान’ सञ्चालन http://localhost/ghum/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b6%e0%a5%82%e0%a4%b2%e0%a5%80-%e0%a4%a8%e0%a4%a6%e0%a5%80-%e0%a4%ac%e0%a4%9a%e0%a4%be%e0%a4%89-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f/ Fri, 18 Mar 2016 07:25:08 +0000 http://www.ghumphir.com.np/?p=9477

    काठमाडौँ, ४ चैत ।

    त्रिशूली नदीको संरक्षणका लागि विशेष अभियान चलाइने भएको छ । पर्यटनको अभिन्न अङ्गका रुपमा रहेको जलयात्रासँगै धार्मिक तथा सांस्कृतिक महत्व जोडिएको त्रिशूलीको प्रदूषण नियन्त्रण र मानवीय अतिक्रमण रोक्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)ले विगत झँै यस वर्ष पनि ‘त्रिशूली नदी बचाउ राष्ट्रिय अभियान’ सञ्चालन गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नाराका महासचिव शेखरबहादुर थापाले बताउनुभयो । त्रिशूली नदीमा दिनानुदिन प्रदूषण बढ्दै गएको र नदी उत्खनन रोक्न सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताउनुभयो । नदीको अतिक्रमण र प्रदूषण नियन्त्रणका लागि सरकारले उचित नीति बनाएर राष्ट्रियस्तरमा नदी संरक्षणका कार्यक्रम लैजान जरुरी भएको उहाँले उल्लेख गर्नुभयो । त्रिशूली नदीको प्रदूषण नियन्त्रण गरी जलयात्रा क्षेत्रमा आकर्षक गन्तव्य बनाउने उद्देश्यले यही चैत ७ गते चितवनको फिस्लिङ–कुरिनघाटसम्म सरसफाइ गरिने जनाइएको छ । नेपाल साहसिक जलयात्रामा विश्वमा नै अग्र स्थानमा पर्दछ । धेरै नदीको उचित व्यवस्थापन हुन नसक्दा दिनप्रतिदिन प्रदूषित बन्दै गएका छन् । सरकारले १६ नदी जलयात्राका लागि खुला गरेको छ । नदीको प्रदूषण नियन्त्रण र वातावरण जोगाउन नाराले वर्षको एक पटक सरसफाइ कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा पर्यटन व्यवसायी, स्थानीय क्लब र संस्थालाई पनि सहभागी गराइने आयोजकले जनाएको छ ।

    ]]>
    9477 0 0 0
    व्यापार र यौन पर्वको रुपमा होली मनाउँछन् भक्तपुरवासी http://localhost/ghum/%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0-%e0%a4%b0-%e0%a4%af%e0%a5%8c%e0%a4%a8-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%ae/ Fri, 18 Mar 2016 07:26:18 +0000 http://www.ghumphir.com.np/?p=9479

    भक्तपुर, ४ चैत्र । फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यौन पर्वका रुपमा भक्तपुरका बासिन्दाले एकसातासम्म मनाउने छन् । भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म “भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायेक सो झाया ला” (भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो कि) जस्ता यौनसँग सम्बन्धित गीत गाएर होली पर्व भक्तपुरमा सुरु भएको हो । भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रुपमा भीमसेनलाई पुज्दै होली पर्व मनाइएको छ । भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग (काठबाट बनेको) र द्रौपतीको योनीको प्रतीक (कपडाबाट बनेको) लाई झुन्ड्याएर यौन समागमको रुपमा एक सातासम्म प्रदर्शनमा राखिएको छ । काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन (हिजो) दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बह्मायणी, च्याम्हसिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवम् पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याएको थियो । भक्तपुरका संस्कृतिविद् ओम धौभडेलका अनुसार नेवारी परम्पराअनुसार यसलाई ‘चीर स्वायेगू’ भनिन्छ । चीर स्वायेगू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुन्छ । घुमाएको लिङ्गलाई स्थानीयवासीले पूजा गर्ने, ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको छ । बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुन्ड्याइन्छ । आज बिहानदेखि यसको पूजा एवम् दर्शन गर्न स्थानीय जनता मन्दिरमा आउने गर्दछन् । शनिबार र मङ्गलबार यसको पूजा एवम् दर्शन गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ भने स्वदेशी तथा विदेशी पर्यटक पनि यसको अवलोकनका लागि आउने गर्दछन् । दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतकर्मीको भनाइ छ । चीर स्वायेगू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ । मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा नै चल्ने गर्दछ । भीमसेनको मन्दिर जगतप्रकाश मल्लको समयमा बनेकाले होलीको यो परम्परा पनि यही बेलादेखि सुरु भएको हुनसक्ने जनविश्वास छ ।

    ]]>
    9479 0 0 0
    बर्दियाको बबईमा रमाउँदै चितवने गैंडा http://localhost/ghum/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%ac%e0%a4%88%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Fri, 18 Mar 2016 07:41:32 +0000 http://www.ghumphir.com.np/?p=9481 अब्दुल्लाह मियाँ

    बर्दिया निकुञ्जको बबई उपत्यकामा छाडिएका पाँच गैंडाले दुई साताको अविधमा २ सय ६७ किलोमिटर यात्रा गरेका छन् । गैंडाको घाँटीमा बाँधिएको ‘स्याटेलाईट जिपिएस कलर’ को सहयोगले दुई सातामा पाँच गैंडाले २ सय ६७ किलोमिटर घुमफिर गरेको थाहा भएको हो ।

    rhino

    ती गैंडाको विचरण थाहा पाउन बबई उपत्यका छाड्नु अघि नै जर्मनीमा बनेका ‘भेट्रोनिक्स’ जिपिएस कलर घाँटीमा बाँधिएको थियो । त्यही जिपिएसले दिएको सूचनाका आधारमा उनीहरुको घुमफिर यकिन गरिएको हो । काठमाडौं, बर्दिया र चितवनबाट पनि तीनको घुमफिर अनुगमन भईरहेको छ ।

    राष्ट्रिय निकुञ्ज विभाग स्रोतका अनुसार पहिलो दिन (१९ फागुन) मा छोडिएको भाले गैंडाले १३ दिनमा ४१ किलोमिटर यात्रा तय गरेको छ, भने २० गते छाडिएका भाले र पोथी गैंडाले १२ दिनमा ६० किलोमिटर यात्रा गरे ।

    गैंडा स्थानान्तरणमा सहभागी डब्लूडब्लूएफ नेपालका ‘जिआईएस मेनेजर’ गोकर्णजंग थापाले २२ गते छाडिएका दुई पोथीमध्ये एकले १ सय १० र अर्कोले ५६ किलोमिटर यात्रा गरेको जानकारी दिए । ‘पाँच वटैको एक आपसमा भेटघाट भएको देखिन्छ’, थापाले कान्तिपुरलाई भने, ‘पाँच वटै नजिक नजिक छन् ।’

    विभागले डब्लूडब्लूएफको आर्थिक र राष्ट्रिय प्रकृती संरक्षण कोष (एनटिएनसी) को प्राविधिक सहयोगमा चितवन निकुञ्जको सुखीभार क्षेत्रबाट दुई भाले र तीन पोथी गरी पाँच गैंडा १९ देखि २२ फागुनमा बबई उपत्यकामा स्थानान्तरण गरेको थियो ।

    ‘सोमवार गैंडाको अनुगमनमा गएका थियौं’, बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले टेलिफोनमा कान्तिपुरसित भने, ‘रमाईरहेका छन्, घुमफिर गरिरहेका छन्, कुनै समस्या देखिएको छैन ।’ थापाका अनुसार दुई भाले गैंडा मुलघाट भन्ने स्थानमा छन् भने एक भाले मूलघाटभन्दा करिब साढे दुई किलोमिटर परको सोतखोला र अरु दुई पोथी त्यहाँबाट एक किलोमिटर परको धनुषेमा छन् । पाँच वटैलाई मूलघाटमा छाडिएको थियो । बर्दिया निकुञ्जका निमित्त प्रमुख थापा नेतृत्वको टोलीले सातामा एक पटक ती गैंडाको अनुगमन गर्ने गरेको छ भने, सहायक संरक्षण अधिकृत राजेश लम्साल नेतृत्वको टोलीले दिनहुँ गैंडाको अनुगमन गर्ने गरेको छ । दुई वटै टोलीमा निकुञ्जसहित सेना, एनटिएनसीको बर्दिया संरक्षण कार्यक्रमका प्रतिनिधिलगायत् छन् ।

    चेपाङदेखि परेवाओडारसम्मको ४६ किलोमिटर क्षेत्रमा फैलिएको बबई उपत्यका गैंडाका लागि उपयुक्त वासस्थान ठहर गर्दै विभागले १३ वर्षको अन्तरालपछि गैंडा छाडेको थियो । थापाका अनुसार बबईमा गैंडाको सुरक्षाका लागि  नेपाली सेना र निकुञ्जका ८ वटा सुरक्षा पोष्ट तैनाथ छन् । त्यस नजिकै अन्य ४ सुरक्षा पोष्ट पनि छन् ।

    गस्तीलाई प्रभावकारी बनाउन वनपथलगायत बाटो पनि बनाईएको छ  । गैंडालाई त्यही क्षेत्रमा भुलाउन घाँसे मैदान र पानीका ताल/सिमसार पनि छन् । बर्दियामा गैंडा सार्ने प्रक्रिया सुरु हुनु अघि नै वन मन्त्रालयले बबईमा सुरक्षा मजबुत पार्नेबारे वृहत छलफल गरेको थियो । विभागका संरक्षणकर्मी विष्णु थपलियाका अनुसार ती गैंडाको अनुगमन गर्न बबई उपत्यकामा दुई मचान बनाईएको छ ।

    नेपाली सेनाको राष्ट्रिय निकुञ्ज निर्देशनालयका निर्देशक प्रमुख सेनानी कृष्णप्रसाद सापकोटा बर्दियामा वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन ‘महाहन्ट अभियान’ र ‘स्मार्ट पेट्रोलिङ’ सुरु गरिएकाले तत्काल गैंडामा सुरक्षा चुनौंती नभएको बताउँछन् ।

    ]]>
    9481 0 0 0
    काठमाडौंको बीस वर्षीय रेल भिजन http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%82%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%80%e0%a4%b8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a5%80%e0%a4%af-%e0%a4%b0%e0%a5%87/ Fri, 18 Mar 2016 07:44:53 +0000 http://www.ghumphir.com.np/?p=9484 डा. विनोदलाल अमात्य २१ औं शताव्दीको नयाँ नेपालमा आधुनिक तथा व्यवस्थित काठमाडौंको चाहना हरेक नेपालीको हो । तर आवश्यक पूर्वाधार तथा सहरी संरचनाहरूको अभावमा काठमाडौंको जनजीवन कष्टकर छ । सार्वजनिक यातायातको भरपर्दो पूर्वाधार अनि सुविधाको राम्रो व्यवस्था नहुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिन छ । विद्यमान यातायातको साधन र संरचन अव्यवस्थित मात्र हैन, अधुरो र अपुरो पनि छ । उपत्यकाभित्र नयाँ तथा पुराना बस्तीहरू जोड्ने बाटोघाटो अनि यातायातको राम्रो सुविधा छैन । छोटो दूरीको यात्रा तय गर्न पनि घन्टांै लाग्नुको कारण यही हो । यस किसिमको विकासले देशको आर्थिक केन्द्रलाई समृद्धिको दिशातिर डोर्‍याउन सक्दैन ।

    महाभूकम्पपछिको विकास पुनर्निर्माण र पुन:स्थापनामा मात्रै सीमित नरही सिङ्गो उपत्यकाको नवनिर्माणमा केन्द्रित हुन आवश्यक छ । यसका लागि सिङ्गो उपत्यकाको बृहत अर्वन डिजाइन, पूर्वाधार परियोजन तथा विकासको खाका तयार गरी अघि बढ्नुपर्छ । राजधानीलाई व्यवस्थित, सुगम र अकार्षक सहरका रूपमा विकास गर्न यहाँको यातायातको भौतिक संरचनाहरूमा आमूल परिवर्तनको खाँचो छ । यस्ता परिवर्तनका लागि उपत्यकाभित्र आधुनिक रेलमार्गको विकास अत्यावश्यक र समय सान्दर्भिक छ ।

    काठमाडौंको पुनरुत्थानका लागि यातायातको नयाँ साधनको रूपमा रेल नेटवर्कको विकास जरुरी भइसकेको छ । राजधानीका लागि प्रस्तावित बस रापिड ट्रान्जिट (बीआरटी प्रणाली) दूरदर्शी भिजन हुनसक्दैन र यसले अन्तत: यातायातको समस्यालाई निराकरण पनि गर्दैन । तसर्थ उपत्याकाभित्र मास रापिड ट्रान्जिट प्रणाली अर्थात रेलमार्गको विकास जरुरी भइसकेको छ । यस प्रणाली अन्तर्गत सयौं यात्रुलाई छिटो र छ्ररितोसँग ओहोर—दोहोर गर्न सहज हुनेछ ।

    प्रस्तावित रेलको मार्गचित्र रेलमार्गको विकास अन्तर्गत उपत्यकाका भित्री तथा बाहिरी मुख्य ठाउँहरूलाई जोड्न क्रस रेलको अवधारणा प्रस्तुत गरेको छु । यस अवधारणा अन्तर्गत रेलमार्गले सहरको भित्री भाग छेडेर सहर बाहिरका बसोबासीय क्षेत्रहरूलाई छिटोछरितोसँग जोड्छ । काठमाडौं क्रस रेल अन्तर्गत काठमाडौं लाइन र पाटन लाइन प्रस्तुत गरेको छु । काठमाडौं लाइनले पूर्व–पश्चिमको दिशा तय गर्छ भने पाटन लाइनले उतर–दक्षिणको दिशा तय गर्छ । रिङरोड भित्रको मुख्य सहरी क्षेत्र राजधानीको प्रमुख सक्रिय क्षेत्र हो । यसलाई अङ्ग्रेजीमा सेन्ट्रल एक्टिभिटी जोन (काज) भनिन्छ र यो राजधानीको प्रमुख अवसरको क्षेत्र (प्राइम अपर्चुनिटी एरिया) पनि हो । यस क्षेत्रलाई उपत्यकाका अरु सक्रिय क्षेत्रका रूपमा उदीयमान अवसरका क्षेत्रहरूसँग जोड्न आवश्यक छ । तसर्थ प्रस्तुत दुई लाइनले ‘काज’ क्षेत्र हुँदै सवअर्वन एरियाहरू (उत्तरमा बूढानीलकण्ठ, दक्षिणमा चापगाउँ र गोदावरी, पूर्वमा थानकोट र पश्चिममा साँखु र बनेपा) जोड्छ ।

    यी दुई लाइनलाई सुरुङ मार्ग, जमिन मार्ग र आकासे मार्गहरूको संयोजन गरी निर्माण गर्नुपर्छ । घना बस्ती भएका सहरी क्षेत्रमा जस्तै ‘काज एरिया’ मा सुरुङ मार्ग उपयुक्त हुन्छ भने अन्य एरियामा सतही जमिन वा आकासे पुल सान्दर्भिक हुन्छ । प्रस्तावित विष्णुमती लाइनले सहरी क्षेत्रभित्रका विभिन्न स्थानलाई जोड्न थप योगदान पुर्‍याउनेछ । यो लाइन ‘काज’ क्षेत्र हुँदै सवअर्वन एरियाहरू (उत्तरमा धर्मस्थली पुग्छ भने दक्षिणमा दक्षिणकाली) सम्म पुग्छ । रिङ आकारमा रहेको चक्रपथ लाइनले साधारणतया विधमान रिङरोडको रेखांकन नै अपनाउनेछ र थप समन्वय गर्नेछ । यो लाइनलाई सुरुङ मार्ग वा सतही जमिन मार्ग वा आकासे पुल मार्गबाट निर्माण गर्न सकिन्छ ।

    map of rail

    काठमाडौं र सेरोफेरो रेल नेटवर्क यातायातको सुविधामात्र हैन, यो सहरी क्षेत्रहरूलाई व्यवस्थित गर्ने साधन पनि हो । यस अर्थमा रेल नेटवर्कलाई सहरी क्षेत्रबाहिर थप विस्तार गरी सवअर्वन एरियाहरूमा पुर्‍याई स्याटलाइट टाउनहरूको विकास गर्नुपर्छ र नयाँ बसोबास क्षेत्रको मुटुमा रेल स्टेसन बनाएर बस्ती व्यवस्थित गर्नुपर्छ ।

    यस अवधारणा अन्तर्गत बाहिरी चक्रपथ लाइनको रूपमा भ्याली लाइन प्रस्ताव गर्छु । उपरोक्त लाइनले बुङमती, ठँेचो, बाडेगाउँ, लुभु, गोकर्ण, कपन, टोखा, रामकोट, वलम्बु, सतुङगल, भत्केपाटीजस्ता ठाउँहरू जोड्नेछ । काठमाडौं मुख्य सहर बाहिरका पुराना बस्तीहरूको विकास आवश्यक छ । आधुनिक रेलमार्गको विस्तार गर्दा पुराना बस्तीहरूको पुरातात्त्विक महत्त्वलाई ध्यान दिन जरुरी छ । यस अर्थमा पुराना बस्तीहरूको पुन:स्थापना आवश्यक छ । साथै पुनर्उत्थान पनि । यो समयको माग हो । यसका लागि हालका बस्तीहरूको केही बाहिर सिस्टर टाउनको विकास गरी रेल नेटवर्कसँग जोड्नुपर्छ । तसर्थ प्रस्तावित रेल स्टेसनहरू पुराना बस्तीहरूको सेरोफेरोमा रहनेछ र स्टेसनहरूको नामांकन पनि सोही अनुरुप गरिएको छ । जस्तै— नयाँ बुङमती, नयाँ ठेँचो, नयाँ बाडेगाउँ, नयाँ लुभु, नयाँ कीर्तिपुर इत्यादि । यहाँ उल्लेखित पुराना बस्तीहरू जोड्ने चक्रपथजस्तो बाटोको विस्तार नहुँदा यी बस्तीहरू छोटो दूरीमा रहे पनि एकआपसबाट छुट्टिएर रहन बाध्य छन् । भ्याली लाइनको विकाससँगै यस्तो स्थितिमा परिवर्तन आउनेछ । यो लाइन सतही जमिनमा ट्रयाक बिछ्याएर बनाउन सकिन्छ, जसलाई सालाखाला २४ मिटरको कोरिडोर आवश्यक हुन्छ ।

    ठुल्ठूला अफिस, स्कुल र अस्पतालहरूको स्थापना अब रिङरोडभित्र मात्र सीमित छैनन् । त्यसैले उपत्यकाका धेरै ठाउँमा अवसरका क्षेत्रहरूको विकास भइरहेको छ । काठमाडौं धेरै सम्भावनाहरू बोकेको सहर हो । यो सहर फेरि पनि चीन–भारत व्यापारिक मार्गको केन्द्रविन्दु बन्न सक्छ । तसर्थ ‘काज’ क्षेत्रबाहिर पर्ने केही विशेष स्थानलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्नुपर्छ । चोभार, रामकोट (सीतापाइला) र वनेपा यसका लागि उपयुक्त स्थानहरू हुन् । पहिला दुई स्थानहरू जमिनको बनोट अर्थात भौगर्भिक हिसाबले उपयुक्त छन् र ‘काज’ एरियाबाट टाढा पनि छैनन् । तेस्रो स्थान उत्तरी सिमानासँगको व्यापारिक मार्गको लागि पहिलेदेखि नै स्थापित स्थान हो ।

    निर्माण योजना यस किसिमको ठूलो र महत्त्वाकांक्षी परियोजना विभिन्न चरणमा विभाजन गरी योजनबद्ध तरिकाले बनाउनु उपयुक्त हुन्छ । सर्वप्रथम एउटा नमुना योजनाको रूपमा प्रस्तुत मार्गचित्र मध्येको सानो खण्ड निर्माण गरी हामीले हाम्रो नयाँ तथा बृहत रेल पूर्वाधर बनाउन सक्ने कार्यक्षमताको जाँच गर्नुपर्छ । यसबाट नयाँ रेल प्रणालीले यातायातको सुविधामा पारेको प्रभावको मूल्याङ्कन गर्ने अवसर पनि जुट्नेछ । यसका लागि पञ्चवर्षीय परियोजना बनाई काठमाडौं लाइन अन्तर्गत पर्ने भृकुटीमण्डपदेखि वनेपा अथवा साँखुसम्मको रेल खण्ड र भ्याली लाइन अन्तर्गत पर्ने नयाँ बुङमतीदेखि गोकर्णसम्मको रेल खण्डको निर्माण उपयुक्त हुन्छ । प्रस्तुत काठमाडौं रेल नेटवर्कलाई प्रस्तावित राष्ट्रिय पूर्व–पश्चिम रेलमार्गसँग जोड्न हुनेगरी बनाउनुपर्छ । आउँदो बीस वर्षभित्र यस किसिमको योजनालाई परिचालन् गर्नसकेमा काठमाडौंको स्वरुप फेरिनेछ । राजधानीले बृहत रूप लिनेछ र उपत्यकाको कायापलट हुनेछ । तसर्थ काठमाडौं उपत्यकाको पुनरुत्थान र आर्थिक उन्नतिका लागि विस्तृत एकीकृत यातायात प्रणाली अत्यन्तै महत्त्वपूर्ण छ । हामीले यस किसिमको दूरगामी र साहसिक योजनाहरू थालनी नगर्नुको विकल्प छैन । सिभिल तथा माटो इन्जिनियरिङ विशेषज्ञ अमात्य हाल बेलायतमा कन्सल्टयान्टका रूपमा कार्यरत छन् ।

    ]]>
    9484 0 0 0
    सूचना र सञ्चार प्रविधिको प्रयोगसम्बन्धी नयाँ नीति आँउदै ः मन्त्री राई http://localhost/ghum/%e0%a4%b8%e0%a5%82%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%b0-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a5%8b/ Fri, 18 Mar 2016 07:52:20 +0000 http://www.ghumphir.com.np/?p=9487

    काठमाडौँ, ५ चैत ।

    सूचना तथा सञ्चार मन्त्रालयले विपद् पूर्व, विपद्का समय र विपद्पश्चात् तीन चरणका समयमा सूचना र सञ्चार प्रविधिको एकीकृत प्रयोगसम्बन्धी नयाँ नीति तयार गर्न लागेको छ । Sherdhan-Raiअमेरिका, जापान बेलायतजस्ता विकसित देशले यस्ता समयमा कसरी सूचना तथा प्रविधिलाई उपयोग गर्दा रहेछन् भन्ने बारेमा पनि सो नीतिमा समेटिने मन्त्रालयले उल्लेख गरेको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले विपद्मा सूचना तथा सञ्चार प्रविधिको भूमिका र उपयोगसम्बन्धी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै गत वैशाखमा आएको भूकम्पका समयमा सूचना तथा प्रविधिको अनुभवलाई समीक्षा गर्दै अगामी दिनमा विपद्को सामना गर्न नयाँ नीति तर्जुमा गर्न लागेको जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो – “गत वैशाखको विनाशकारी भूकम्पपश्चात् उद्धार, राहत वितरण तथा पुनःस्थापना कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोग सकारात्मक रह्यो र यो अनुभवलाई समेटी आगामी दिनमा आइपर्ने यस्ता चुनौतीलाई सामना गर्न नयाँ नीति बनाउन मन्त्रालयले छलफल अगाडि बढाइरहेको छ ।” आफूले यहाँस्थित अमेरिकी, जापानी राजदूतसँग गत हप्ता विपद्का समयमा सूचना तथा प्रविधिको प्रयोगसम्बन्धी विस्तृत छलफल गरिसकेको बताउँदै मन्त्री राईले सूचना तथा सञ्चार मन्त्रालयले गृह, रक्षाजस्ता अन्तरमन्त्रालयको समन्वयमा नीति बनाउनेसमेत जानकारी दिनुभयो । इन्टरनेट सोसाइटी अफ नेपालद्वारा आयोजित सो दुईदिने सम्मेलनमा दूरसञ्चार प्रदायक संस्था, सूचना तथा सञ्चार क्षेत्रका प्रविधिमा क्रियाशील सङ्घसंस्थाको सहभागिता रहेको छ । सम्मेलनले मन्त्रालयले तयार गर्न लागेको नीतिलाई सुझावसमेत दिनेछ । सम्मेलनको उद्घाटनसत्रमा कम्प्युटर एसोसिएसन अफ नेपालका अध्यक्ष विनोद ढकालले विपद्लाई सामना गर्न सूचना तथा सञ्चार प्रविधिले सहयोग पु¥याउने बताउनुभयो । आयोजक संस्थाका अध्यक्ष बाबुराम अर्यालले विपद् व्यवस्थापनका लागि सरकारले सूचना तथा प्रविधिको उपयोगसम्बन्धी नयाँ नीति बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । सम्मेलनमा गत वैशाखको विनाशकारी भूकम्पले सूचना तथा सञ्चारका क्षेत्रमा पु¥याएको क्षतिको समीक्षा, पुनःनिर्माणमा भइरहेको प्रगतिका बारेमा समेत छलफल हुनेछ ।

    ]]>
    9487 0 0 0
    गाविस सचिवलाई २ लाख ५० हजारको सरकारी मोटरसाइकल किनिदिने http://localhost/ghum/%e0%a4%97%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%b8-%e0%a4%b8%e0%a4%9a%e0%a4%bf%e0%a4%b5%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a5%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a5%ab%e0%a5%a6-%e0%a4%b9%e0%a4%9c%e0%a4%be/ Fri, 18 Mar 2016 07:58:11 +0000 http://www.ghumphir.com.np/?p=9490 चैत ५ , काठमाडौं ।

    मोटरबाटो पुगेका गाविसका सचिवलाई सरकारले अब मोटरसाइकल किनिदिने भएको छ। गाविस सचिवले धेरै काम गर्नुपर्ने भएकाले उनीहरुलाई यातायातको सुविधा दिन लागेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।

    timthumb

    मन्त्रालयका प्रवक्ता सहसचिव पूर्णचन्द्र भट्टराईका अनुसार गाविसले २ लाख ५० हजारसम्मका मोटर साइकल किन्न अर्थ मन्त्रालयले बजेटको स्वीकृति दिइसकेको छ। ‘अब मोटर बाटो पुगेका र मोटरसाइकलको लाइसेन्स भएका गाविस सचिवले मोटरसाइकल किन्न पाउँछन्’ भट्टराईले भने ‘यो गाविसकै सम्पत्ति हो, स्थानीय विकास अधिकारीले जिल्ला विकास समितिको गाडी चढेजस्तै गाविस सचिवले मोटरसाइकल पाउने हो।’

    अहिले देशभरका ३१ सय ५७ गाविसमध्ये २७ सय ३९ गाविसमा मोटर बाटो पुगेको छ भने ४सय १८ गाविसमा अझै मोटरबाटो पुगेको छैन।

    अहिले देशभरिका २ सय ६२ ओटा गाविसमा सचिव छैनन्। एउटै सचिवलाई दुई गाविसको जिम्मेवारी दिइएको छ। भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १ सय २५ गाविसमा सचिव नभएको भट्टराईले बताए।

    ‘गाउँका हरेक कामका लागि गाविस सचिव दौडिनु पर्छ’, भट्टराईले भने, ‘अब सवारी साधन भएमा गाविस सचिवले छिटो काम गर्न सक्छन् भन्ने मन्त्रालयको विश्वास छ।’

    गाविसको मोटरसाइकलको व्यवस्थापन प्रमुख जिल्ला अधिकारीले गर्ने र मोटरसाइकलका चाहिने तेलको बारेमा पनि छिटै व्यवस्था गरिने भट्टराईले बताए।

    यसका साथै मन्त्रालयले गाविस सचिवलाई सञ्चार सुविधावापत्को रकम पनि उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव गरेपनि स्वीकृत नभएको भट्टराईले बताए।

    ]]>
    9490 0 0 0
    यी हुन्ः २०१६ का उत्कृष्ट १० एयरपोर्ट http://localhost/ghum/%e0%a4%af%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%83-%e0%a5%a8%e0%a5%a6%e0%a5%a7%e0%a5%ac-%e0%a4%95%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f/ Fri, 18 Mar 2016 08:01:37 +0000 http://www.ghumphir.com.np/?p=9493 सिंगापुरको चांगी एयरपोर्ट यस वर्ष विश्वकै उत्कृष्ट एयरपोर्ट घोषित भएको छ। जर्मनीमा बुधबार घोषणा गरिएको स्काइट्राक्स वर्ल्ड एयरपोर्ट एवार्डको उपाधि यो एयरपोर्टले जितेको हो।
    यो स्काइट्राक्स एवार्ड लाखौँ यात्रुहरुको सर्भेबाट लिइएको भोटका आधारमा दिइन्छ।
    दोस्रो नम्बरमा दक्षिण कोरियाको इन्चिओन इन्टरनेसनल एयरपोर्ट परेको छ। अघिल्लो वर्षका उत्कृष्ट १० को सूची र यस वर्षकोमा खास भिन्नता नभएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
    स्काइट्राक्स वर्ल्ड एयरपोर्ट एवार्ड २०१६ का उत्कृष्ट १० एयरपोर्ट यी हुन्ः
    airpot bidesh
    1. Singapore Changi Airport
    2. Incheon International Airport (South Korea) 3. Munich Airport (Germany) 4. Tokyo International Airport Haneda 5. Hong Kong International Airport 6. Chubu Centrair International Airport (Nagoya, Japan) 7. Zurich Airport (Switzerland) 8. London Heathrow Airport 9. Kansai International Airport (Osaka, Japan) 10. Hamad International Airport (Doha, Qatar)
       ]]>
    9493 0 0 0
    एउटै एपबाट दुईवटा फेसबुक एकाउन्ट प्रयोग गर्न सकिने http://localhost/ghum/%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a5%88-%e0%a4%8f%e0%a4%aa%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a6%e0%a5%81%e0%a4%88%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%ab%e0%a5%87%e0%a4%b8%e0%a4%ac%e0%a5%81%e0%a4%95/ Fri, 18 Mar 2016 08:05:39 +0000 http://www.ghumphir.com.np/?p=9496 Facebook1
    अब एउटै स्मार्टफोनमा एकै एपबाट दुईवटा फेसबुक एकाउन्ट प्रयोग गर्न सकिने भएको छ।
    Parallel Space-Multi Accounts एपका मद्दतले यो संभव भएको हो।
    यस एपले एकै साथ दुईवटा फेसबुक एकाउन्ट प्रयोग गर्ने सुविधा दिन्छ। यस एपको साइज २ एमबी छ।
    गुगल प्ले स्टोरबाट यो एप  निःशुल्क डाउनलोड गर्न सकिन्छ। यस एपमा इन्स्टाग्रामलाई पनि फेसबुक जस्तै प्रयोग गर्न सकिन्छ।
    ]]>
    9496 0 0 0
    मजदुरबाट मालिक बन्दै http://localhost/ghum/%e0%a4%ae%e0%a4%9c%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Fri, 18 Mar 2016 09:42:26 +0000 http://www.ghumphir.com.np/?p=9499

    सोलुखुम्बु, ५ चैत । जिल्लाको तामाखानीका डिल्ली मगर पर्यटन भरियाका रुपमा करिब डेढ दशकअघि खुम्बु क्षेत्र पुग्नुभयो । त्यहाँ पर्यटन भरिया, होटल कामदारलगायत मजदुरी गर्नुभएका शेर्पा अहिले स्याङ्बोचे विमानस्थल नजिक घर तथा होटल मालिक हुनुभएको छ । स्याङ्बोचे विमानस्थलमा हेलिकप्टर उडानको चाँजोपाँजो मिलाउने काममा कहलिएका मगर कामदारबाट करोडपति बन्नुभएको छ । खुम्बुमा अन्यत्रबाट आएकाहरुले जग्गा किन्न पाइन्न । तर मगरले स्थानीय युवतीसँग विवाह गरेपछि त्यहाँ घडेरी किन्न सम्भव भएको हो । त्यस्तै धादिङका दिल थापामगर २० वर्षअघि होटल कामदारका रुपमा नाम्चे आउनुभएको हो । करिब नौ वर्ष त्यसरी काम गरेपछि उहाँ आफँैले होटल चलाउन थाल्नुभयो । उहाँ यतिखेर स्याङ्बोचेस्थित खुम्बु माउन्टेन भ्यू लज, नाम्चेभित्रै होटल एभरेस्ट र नेस्ट गरी तीन होटलका सञ्चालक हुनुहुन्छ । काभ्रे तिमालका राम लामा ११ वर्षअघि खुम्जुङ–६ देबुचेमा काम गर्न आउनुभएको थियो । चार वर्षयता उहाँ स्योमारेमा ‘हिमालयन लन्च स्पट’ चलाइरहनुभएको छ । उहाँले मनग्य आम्दानी गरिरहनुभएको छ । यी तीनजना प्रतिनिधि पात्रमात्र हुन् । खुम्बु क्षेत्रमा कामदारहुँदै मालिक वनेका धेरै उदाहरण छन् । भाडामा घरजग्गा लिएर होटल चलाउनेको सङ्ख्या अत्यधिक रहेको छ । चौँरीखर्क, नाम्चे र खुम्जुङ गाविसलाई खुम्बु क्षेत्र भनिन्छ । यस क्षेत्रमा कम्तीमा हजारभन्दा बढी होटल छन् । लुक्ला, चौँरीखर्क घाट, ठाडो कोसी, फाक्दिङ, राङ्दिङ, टोकटोक, बेंकर, मोन्जो, जोरसल्ले, नाम्चे, खुम्जुङ, स्याङ्बोचे, पाङ्बोचे, स्योमारे, दिङ्बोचे, फेरिचे, थुक्ला, लबुचेहुँदै गोरक्सेपसम्म होटलै होटल छन् । होटल व्यवसाय सुरुवात गर्ने शेर्पा समुदाय भए पनि विस्तारै उनीहरू राजधानी र युरोपतिर जान थालेपछि जिल्लाको अन्य गाविस तथा बाहिरी जिल्लाबाट आउने कामदार आफैँ मालिक बन्न थालेका हुन् । “पर्यटकीय क्षेत्र भएकाले होटल व्यवसाय गर्न चाहनेका लागि खुम्बु क्षेत्र राम्रो सम्भावना बोकेको ठाउँ हो, यहाँ सामान्य तलबमा काम गर्न आउने कामदार पनि करोडपति बन्न थालेका छन्” खुम्जुङका दोर्जी शेर्पाले भन्नुभयो ।

    ]]>
    9499 0 0 0
    उद्योगमा तालावन्दी http://localhost/ghum/%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80/ Fri, 18 Mar 2016 09:46:19 +0000 http://www.ghumphir.com.np/?p=9501

    नवलपरासी, ५ चैत । जिल्लाको गङ्गापुरस्थित ‘इन्दिरा एग्रो एन्ड सुगर्स मिल’मा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन् । समयमै मिलले उखुको भुक्तानी नदिएको भन्दै किसानले सो उद्योगमा बिहीबारदेखि तालावन्दी गरेका हुन् । उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार रु दुई करोड बढी रकम चिनी कारखानाले किसानलाई भुक्तानी दिएको छैन । तालावन्दी गरिएपछि चिनी उत्पादनदेखि बिक्री वितरणसम्मको सबै काम ठप्प भएको छ । किसानको बक्यौता रकम दिलाउन जिल्ला प्रशासन कार्यालय र उखु उत्पादक कृषक समितिले चासो नदेखाएको पीडितको आरोप छ ।

    ]]>
    9501 0 0 0
    २ हजारको सिक्का निस्कासन http://localhost/ghum/%e0%a5%a8-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a4%a8/ Fri, 18 Mar 2016 09:53:35 +0000 http://www.ghumphir.com.np/?p=9504 coin lunch
    नेपाल राष्ट्र बैंकले सर्बाेच्च नेता स्वर्गीय गणेशमान सिंहको नाममा दुई हजार रुपैयाँको सिक्का जारी गरेको छ।
    आज गणेशमान सिंह फाउण्डेसनले आयोजना गरेको एक कार्यक्रममा गभर्नर डा. चिरञ्जीवि नेपालले सो मुद्रा सार्वजनिक गरे।
    यो सर्बसाधारणको चलनचल्तीको लागि भने जारी नगरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
    गणेशमान सिंह प्रतिष्ठानको आग्रहमा नेपाल राष्ट्र बैंकले गणेशमान सिंहको संझनामा चाँदीको २ हजार रुपैयाँको सिक्का निष्कासन गरेको हो।
    ]]>
    9504 0 0 0
    ‘स्विट्जरल्यान्ड’ उपमा पाएको जिरीमा गुरुयोजनाकोअभाव http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%bf%e0%a4%9f%e0%a5%8d%e0%a4%9c%e0%a4%b0%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a1-%e0%a4%89%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%aa/ Fri, 18 Mar 2016 09:58:13 +0000 http://www.ghumphir.com.np/?p=9507 ५ चैत, काठमाडौं ।
    जिल्लाको जिरी भन्नेबित्तिकै जसलाई पनि धेरै कौतुहलता र जिज्ञासाले सताइरहेको हुन्छ। तर तपाईं त्यहाँ पुग्नुभयो भने ती सबै जिज्ञासाको उत्तर पाउनुहुन्छ।
     jiri nepal‘नेपालको स्विट्जरल्यान्ड’ नामको उपमाले परिचित जिरी प्राकृतिक सुन्दरताका कारण प्रख्यात छ। यहाँबाट गौरीशङ्कर हिमशृङ्लाको दृश्यावलोकन सहजै गर्न सकिन्छ। चिसो हावापानी र रमणीय डाँडापाखाले धपक्क छोपेको जिरीका चेरदुङ, ग्वाचे, ठूलोनागी, चौरीखर्क, हनुमन्ते, हलेश्वर महादेव, गोकुलेश्वरी, जिरेश्वरी, खावारामभोलेलगायतका दर्जनौँ स्थान पर्यटकीय आकर्षणका गन्तव्य बन्दै गएका छन्।
    जिरीका ग्वाचे र ठूलोनागीमा देखिने १६ थरीका विभिन्न प्रजातिका गुराँसका फूलले जसलाई पनि रोमाञ्चित र आनन्दित तुल्याउँछ। तर ती स्थानसम्म पुग्न सडकको पूर्वाधार नभएको स्थानीयवासीको गुनासो छ। प्राकृतिक सौन्दर्यअनुसारको सडकको विकास भएको छैन। ती ठाउँमा भ्यू टावर बनाउन सके पर्यटकीय आकर्षण बढ्ने उद्योग वाणिज्य सङ्घ, जिरी शाखाका पूर्वअध्यक्ष भूमिराज खड्का बताउँछन्।
    विसं २०४२ देखि बन्द अवस्थामा रहेको जिरी विमानस्थललाई अविलम्ब सञ्चालनुपर्नेमा उनले जोड दिए। विमानस्थल सञ्चालन भए पर्यटकको चाप दोब्बरले बढ्ने देखिन्छ। जिरी चिया बगान, रेन्वो ट्राउट माछा, याक चिज, किबी फल, भुइँस्याउलगायतका उत्पादन प्रसिद्ध मानिन्छ।
    “कृषि र पर्यटनमा मात्रै ध्यान दिन सके राज्यले पनि लाभ हासिल गर्न सक्छ” पूर्वअध्यक्ष खड्काले भने। जिरेल समुदायको लोकसंस्कृतिको अवलोकन, सदैव हरियाली देखिने जिरीको जनसङ्ख्या १३ हजार रहेको छ। यहाँ जिरेल समुदायको बाहुल्यता छ।
    जिरी नगरपालिकाका इन्जिनियर सुरेश अर्यालले जिरी क्षेत्रको विकासका लागि पर्यटन गुरुयोजनाकोअभाव रहेको बताए। “सडक पूर्वाधारको विकास भए जिरीको विकासमा गति आउने थियो,” उनले भने, “सम्भावना धेरै छन् तर पहिचान हुन सकेको छैन।”
    सगरमाथा आरोहण गर्न विदेशी पर्यटक जिरीको बाटो भएर आवतजावत गर्ने गरेका छन्। समुद्री सतहबाट दुई हजार ६०० मिटरको उचाइमा रहेको ‘क्यामल सिप’ भेडाको प्रजाति पनि सबैको आकर्षणमा परेको हुन्छ। स्विट्जरल्यान्डबाट ल्याइएको यस प्रजातिको भेडा यहाँमात्रै पाउने बताइएको छ।
    जिरीमा रहेको पशु विकास फार्म पनि पर्यटकको आकर्षक गन्तव्य हुने गरेको छ। स्विस सरकारको सहयोगमा २०१४ सालमा स्थापना भएको सो फार्म सरकारलाई २०२० सालमा हस्तान्तरण भएको थियो। फार्मबाट जर्सी गाईको न्यूसक्लियस हर्ड व्यवस्थापन गरेर प्रजनन्का लागि उन्नत जातको बहर उत्पादन गरेर वितरण हुने गरेको पशु विकास प्राविधिक एकनारायण पौडेल बताउँछन्।
    “उन्नत जातको बङ्गुरका पाठापाठी उत्पादन गरेर कृषकलाई वितरण गर्ने लक्ष्य छ” उनले भने।
    ]]>
    9507 0 0 0
    टोड्केलाई पर्यटक गन्तव्य बनाउन पहल http://localhost/ghum/%e0%a4%9f%e0%a5%8b%e0%a4%a1%e0%a5%8d%e0%a4%95%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af/ Fri, 18 Mar 2016 10:02:58 +0000 http://www.ghumphir.com.np/?p=9510

    सन्तोष गौतम

    ५ चैत, पोखरा ।
    पहाडको टाकुरामा समथर भूगोल। उत्तर र पूर्वतर्फ लहरै हिमाल। बिहानीमा चम्किलो प्रकाश छर्दै उदाउने सूर्य। वसन्त ऋतुमा ढकमक्क फुल्ने लालीगुराँसको पुष्ठभूमिको तल ग्रामीण बस्ती।
    मगर बाहुल्य गाउँ, परम्परागत कला र संस्कृति, आत्मीय आतिथ्यता, जैविक विविधतामा मात्रै सीमित छैन म्याग्दीको मध्य भागमा पर्ने टोड्के। नेपालकै एक प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रमको शाखाको रुपमा पनि परिचित टोड्केको एकान्त वातावरण अर्को विशेषता हो। ओझेलमा परेको टोड्केको सम्भावनाको घुम्टो विस्तारै खुल्दै जाने छ।
     magdi-partakeya-todke-1
    पर्यटकीय, प्राकृतिक, धार्मिक र संस्कृतिले भरिपूर्ण भएपनि पूर्वाधार विकास र प्रचारप्रसारको कमीले ओझेलमा परेको टोड्केलाई पर्यटकीयस्थलका रुपमा विकास गराउन सरोकारवालाको सक्रियता बढेको छ। समुद्री सहतदेखि दुई हजार ३८० मिटर उचाइमा कुहुँ, झिँ र पात्लेखेत गाविसको सीमा क्षेत्रमा अवस्थित टोड्केमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पर्यटन महोत्सवमार्फत प्रचारप्रसार र पूर्वाधार निर्माणमा स्थानीय बासिन्दा जुटेका छन्।
    विसं २०६५ मा नेपालमै पहिलोपटक गुराँस महोत्सव आयोजना गरेर टोड्केलाई जनमानसमा परिचित बनाउन सफल रही विसं २०६८ देखि संस्थागत रुपमा टोड्के क्षेत्र विकास कोषले पूर्वाधार विकास र प्रचारप्रसारको काम गर्दै आएको छ।
    जिविसको सहयोगमा टोड्केमा दुई कोठे कार्यालय भवन बनाएको संस्थाले पर्यटन कार्यालय पोखराको सहयोगमा बनभोज स्थल र टहरा निर्माण गरेको छ। पूर्णगाउँ, वाखेत र झिँ हुँदै कच्ची सडक पुगेको टोड्केमा खानेपानी र इन्टरनेट सेवा उपलब्ध छ।
    नेपाल सरकारले २०७२ असोज १० गते ३६आँै अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा टोड्केलाई पर्यटकीयस्थल तथा नजिकका पूर्णगाउँ, झिँ र वाखेतलाई होमस्टे गाउँ घोषणा भएको वर्ष मै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन फागुन २५–२९ सम्म दोस्रो टोड्के महोत्सव आयोजना गरिएको थियो।
    भौगोलिक विकटता र अभावको सामना गर्दै आयोजना भएको महोत्सव टोड्केको प्रचारप्रसारका साथै आन्तरिक पर्यटक भित्र्याउन र सम्भावनाको उजागर गराउन सफल भएको महोत्सव मूल आयोजक समितिका संयोजकसमेत रहेका कोषका अध्यक्ष मोहन खत्रीले बताए।
    गुर्जा, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १५ वटा हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न सकिने टोड्केबाट म्याग्दीका ३८ भन्दा धेरै बस्ती देखिन्छ।
    वसन्त ऋतुमा पाखाभरि राताम्मे भएर ढकमक्क फुल्ने लालीगुराँस टोड्केको अर्को विशेषता हो। टोड्के क्षेत्रमा पाइने जडीबुटी, वन पैदावर र वन्यजन्तु तथा पक्षी थप आकर्षण हुन्। चिसो हावापानीमा रासायनिक मल र विषादीको प्रयोगबिनै टोड्के क्षेत्रमा उत्पादन हुने मूला, धजरा र आलुको स्वादले प्रसिद्धी कमाएको छ।
    प्युठानको स्वर्गद्वारी आश्रमको शाखा मानिने टोड्केमा स्वर्गद्वारीबाट आएका ऋषिले तपस्या गरेकाले टोड्केको धार्मिक महत्व पनि छ। स्वर्गद्वारी महाप्रभुले प्रयोग गरेको खराउ (काठको चप्पल) अझै रहेकाले महाप्रभु टोड्केमा आएको पुष्टि हुन्छ।
    Myagdi-Todke
    झिँ र वाखेतमा बसोबास गर्ने मगर समुदायको परम्परागत पुख्यौली नृत्य, सोरठी भाका तथा कुहुँ, पूर्णगाउँ र डडुवाका ब्राह्मण, क्षेत्री समुदायको लोकभजन, संस्कार, संस्कृति, जीवनशैलीले पर्यटकलाई आकर्षण गर्नसक्ने सम्भावना रहेको महेन्द्र मावि झिँका प्रअ यामबहादुर शेरपुञ्जाले बताए। स्थानीय बासिन्दा परम्परा, संस्कार, संस्कृति, वेशभूषाको संरक्षणमा पनि उत्तिकै सक्रिय भएर लागेका छन्।
    बेनी–पछै–ढोलथान–जगन्नाथ हुँदै मालिका मन्दिर जाने धार्मिक पदमार्गअन्तर्गत टोड्के केन्द्र बनाएर मालिका र कुइनेमङ्गलेतर्फबाट धौलागिरि आधार शिविर जाने पदमार्गको पनि पहिचान भएको छ। जिविसले तयार पारेको म्याग्दीको पर्यटन गुरुयोजनाले पनि टोड्केलाई प्राथमिकता दिएको छ।
    टोड्केको पर्यटन विकासमा जति सम्भावना छ त्यतिनै चुनौतीका पनि छन्। पूर्वाधारको विकास, प्रचारप्रसारको कमी टोड्केको प्रमुख चुनौती हुन्। कच्ची सडक पुगे पनि सुरक्षित र भरपर्दो नहुँदा टोड्केमा अपेक्षाकृत पर्यटक आगमन हुन नसकेको टोड्के क्षेत्र विकास कोषका सदस्य पुस्कर विकले बताए।
    तीन घरपरिवारको बसोबास रहेको टोड्केमा गाँस, बासको पनि व्यवस्थित सुविधा छैन। सामान्य होटल सरहको कम क्षमताको घरमा बास बस्नुपर्ने अवस्था छ। पूर्णगाउँ, झिँ र वाखेतमा होमस्टे सेवा सुरु भएपनि पर्यटन कार्यालयमा दर्ता छैन। इन्टरनेटको नियमित सुविधा छैन्। टोड्केमा सामुदायिक लज स्थापना र होमस्टेलाई वैधानिकता दिनुपर्ने सदस्य विकले बताए।
    टोड्के पुग्ने पदमार्ग र सडकलाई व्यवस्थित, नियमित, सुरक्षित र भरपर्दो बनाउनुपर्ने देखिन्छ। जापानी नागरिकले टोड्केबाट दृश्य अवलोकनका लागि उपलब्ध गराएको अत्याधुनिक दुरबिनको नियमित प्रयोग हुन सकेको छैन। नजिकै प्रहरी चौकी नभएकोले टोड्केमा सुरक्षाको अभाव रहेको छ।
    गुराँसको जङ्गल संरक्षण गर्न र स्थानीय बासिन्दालाई होटल, होमस्टे तथा पर्यटकलाई स्वागत सत्कार गर्ने विषयमा तालिम दिन आवश्यक छ। म्याग्दीका सांसद नवराज शर्मा जिल्ला पर्यटन गुरुयोजनालाई समयसापेक्ष रुपमा परिमार्जन गरी टोड्केलगायतका सम्भाव्य पर्यटकीयस्थलमा पूर्वाधार विकासमा लगानी बढाउनुपर्ने, धेरै योजनामा थोरै बजेटले पूर्वाधार विकास नहुने र प्राथमिकतामा परेका निश्चित योजना सम्पन्न गरेपछि मात्र अर्को योजना सुरु गनुपर्ने बताउँछन्।
    म्याग्दीको पर्यटकीय सम्भावनाको बारेमा अध्ययन गरेका पर्यटनविद् डा प्रेम शर्माको भनाइमा टोड्केको पर्यटन विकासका लागि अहिलेसम्म प्रवद्र्धनात्मक गतिविधि भए पनि पूर्वाधार विकासमा ध्यान पुगेको छैन। प्रचार गरेर मात्र नहुने र पर्यटक आकर्षण गर्न समुदाय सक्षम र सुविधा दिन तयार हुनुपर्ने शर्माले बताउँछन्। व्यवस्थित पदमार्ग, सुरक्षित सडक र खानेबस्ने सुविधाको व्यवस्था नै टोड्केको प्रवद्र्धनका लागि ध्यान दिनुपर्ने खास पक्ष हुन्।
    ]]>
    9510 0 0 0
    बाघका छाला ,गैंडाका खाग हात्तीका र दाह्रा सबै जल्ने भए http://localhost/ghum/%e0%a4%97%e0%a5%88%e0%a4%82%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%97-%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%95%e0%a4%be-%e0%a4%9b%e0%a4%be%e0%a4%b2%e0%a4%be-%e0%a4%b9%e0%a4%be/ Fri, 18 Mar 2016 10:09:01 +0000 http://www.ghumphir.com.np/?p=9512 ५ चैत, काठमाडौं । चितवनमा जम्मा भएका बन्यजन्तुका अखेटोपहार नष्ट गरिने भएको छ । बन मन्त्रालयले बन्यजन्तु चोरी शिकार नियन्त्रणका लागि भन्दै बन्यजन्तुका अखेटोपहार नष्ट गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

    लामो समयदेखि जम्मा भएका दुर्लभ बन्यजन्तु एक सिंगे गैंडाको खाग, पाटे बाघको छाला, जंगली हात्तीका दाह्रालगायतका जीबजन्तुका अंगहरु जलाउने तयारी सुरु भएको हो ।

    Gainda-ko-Khagनष्ट गर्नुपर्ने कारण

    वन्यजन्तुको चोरी शिकारीहरुलाई संरक्षण गरेर राखिएका अखेटोपहारले झन् मनोवैज्ञानिक रुपमा उत्प्रेरित गरेको ठहर गर्दै ति अखेटोपहार नष्ट गर्ने योजना बनाइएको वन मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले अनलाइनखबरलाई बताए ।

    ‘अखेटोपहारलाई संरक्षण गरेर राख्दा त्यो के-के नै बहुमूल्य बस्तु हो भ्रम परेको छ,’ वन मन्त्रालयका सचिव ठाकुरले भने, ‘त्यो केही महत्वको छैन भन्ने सन्देश दिन पनि त्यसलाई नष्ट गर्न लागिएको हो ।’

    संसदीय समितिको पनि चासो

    बन र बन्यजन्तुको अखेटोपहार संरक्षण गर्दा त्यसलाई बहुमूल्य मान्ने भ्रम सर्वसाधरणमा पनि परेको छ । पछिल्लो समयमा चितवनमा दुर्लभ बन्यजन्तुको चोरी शिकारी कम हुँदै गएकाले यसलाई शून्यमा झार्न पनि संरक्षित अखेटोपहार नष्ट गर्न लागिएको बन मन्त्रालयले जनाएको छ ।

    अखेटोपहार नष्ट गर्ने सम्बन्धमा सरकारले गरेको प्रस्तावलाई संसदको प्राकृतिक स्रोत साधन समितिले पनि चासो देखाएको छ ।

    अखेटोपहार नष्ट गर्ने विषयमा अध्ययन गरेर सुझाब दिन समितिको एक टोली चितवन पुगेको छ । समितिले दिएको सिफारिसका आधारमा त्यसलाई नष्ट गर्ने प्रक्रिया अघि बढाउने बन मन्त्रालयको तयारी छ ।

    जीबजन्तु मरेमा या मारिएमा उनीहरुका हाड, छाला झिकेर सुरक्षित राख्ने प्रचलन छ । त्यस्तै, तस्करहरुबाट बरामद भएका अंगहरु पनि संकलन हुने गरेका छन् ।

    देशभरका निकुञ्ज क्षेत्रमा मरेका जनाबरहरुको अंग चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा राखिएका छन् । त्यस्तै, निकुञ्ज बाहिर बरामद भएका जंगली जनाबरका अंगहरु चितवनकै टिकौलीमा रहेको सशस्त्र बन रक्षक तालिम केन्द्रमा संकलन हुँदै आएको छ ।

    कति छन् अखेटोपहार ?

    अखेटोपहार पनि भनिने दुबै ठाउँमा रहेका बन्यजन्तुका त्यस्ता अंगहरुको विवरण संकलन भइसकेको छ । सरकारले टिकौलीमा झण्डै २० वर्षअघि अखेटोपहार जलाएर नष्ट गरेको थियो । त्यसपछि जम्मा भएका अंगहरु जलाइएको छैन ।

    २० वर्षका बीचमा चितवनमा गैंडाका ३ सय ६९ खाग, पाटे बाघका ६९ वटा छाला, जंगली हात्तीका १ सय ८५ वटा दाह्रा, चितुवाका ४ सय ९३ छाला, कस्तुरी मृगको ३६ थान बिना संकलन भइसकेका छन् । अन्य महत्वपूर्ण बन्यजन्तुको अखेटोपहार पनि संकलन भएको छ ।

    जिउँदो बन्यजन्तुको संरक्षण गर्ने दायित्व सरकारको भएको भन्दै बन मन्त्रालयले मरेका बन्यजन्तुको अंग सँधै संरक्षण गर्न नसकिने बताएको छ ।

    चितवनमा बाघ, गैंडा, चितुवा, भालु, माछा प्रजाति, मृगलगायतका सात प्रकारका जनाबरहरुको अखेटोपहार संकलन हुने गरेको छ । जनाबरहरुको अखेटोपहार व्यवस्थापनका लागि सरकारले कार्यविधि नै बनाएको छ ।

    बन्यजन्तुका अंगहरु गैरकानुनी बजारमा महंगोमा बिक्ने भएपछि तस्करहरुको अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल नै यसमा संलग्न हुने गरेको भेटिएको छ ।

    ]]>
    9512 0 0 0
    महासचिव मुनको नेपाल आउने इच्छा http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%9a%e0%a4%bf%e0%a4%b5-%e0%a4%ae%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%86%e0%a4%89%e0%a4%a8%e0%a5%87/ Fri, 18 Mar 2016 14:37:36 +0000 http://www.ghumphir.com.np/?p=9515

    काठमाडौँ, ५ चैत । संयुक्त राष्ट्र सङ्घका महासचिव बान की–मुनले नेपाल आउन तीव्र इच्छा राख्नुभएको छ , संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले आज अमेरिकाको साताव्यापी भ्रमण सकेर स्वदेश फर्केपछि आयोजित पत्रकार सम्मेलनमा नेपालमा बुद्धजयन्तीका अवसरमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा महासचिव मुनलाई निम्तापत्र दिँदा सो जवाफ पाउनुभएको जानकारी दिनुभयो ।

    banki-moon

    नेपालमा दुई हजार ५६०औँ अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आगामी जेठ ६, ७ र ८ गते हुँदैछ । मन्त्री पोखरेल र मुनबीच यही चैत ३ गते भेट भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री सिपी मैनाली पनि सहभागी हुनुहुन्थ्यो । राष्ट्र सङ्घका महासचिव मुनले यसअघि पनि आफू लुम्बिनी पुगेको र लुम्बिनीको विकास, गुरुयोजनाबारे चासो र जिज्ञासा राख्नुभएको मन्त्री पोखरेलले जानकारी दिनुभयो । भेटमा महासचिव मुनले नेपालको शान्ति प्रक्रिया र संविधान जारी भएपछि नेपालको स्थितिका बारेमा चासो व्यक्त गर्दै शान्ति प्रक्रियामा आफूले पु¥याएको योगदानका बारेमा पनि स्मरण गर्नुभएको मन्त्री पोखरेलले जानकारी दिनुभयो । त्यसैगरी अमेरिकाको भ्रमणका क्रममा न्युयोर्कमा आयोजना गरिएको पर्यटन प्रवद्र्धन र प्रवासी नेपालीको खेल्नुपर्ने भूमिकाका विषयमा अन्तक्र्रिया भएको र नेपालको पर्यटनमा आप्रवासी नेपालीले सहयोग गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । त्यस्तै चैत १ गते न्युयोर्कमा भएको ‘ग्लोबल पार्लियामेन्टरियन्स फोरम फर इभ्यालुएसन’ बैठकमा समेत उहाँले भाग लिनुभयो । बैठकमा मूल्याङ्कन नीति र दिगो विकास लक्ष्यबारे छलफल भएको र राम्रो मूल्याङ्कन नीति तथा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको भन्दै मन्त्री पोखरेलाई सम्मान समेत गरिएको थियो । सांसद तथा मन्त्री पोखरेल त्यसको कार्यकारी समितिको सदस्य हुनुहुन्छ ।

    ]]>
    9515 0 0 0
    जहाजमा बम रहेको हल्ला चलेपछि (फोटो फिचर) http://localhost/ghum/%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%ae-%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%9a%e0%a4%b2%e0%a5%87/ Fri, 18 Mar 2016 14:43:49 +0000 http://www.ghumphir.com.np/?p=9518

    दिल्ली विमानस्थलमा नेपाल एयरलाईन्सका लगेजको बिस्कुन (फोटो फिचर)
    काठमाडौं–बिहीबार भारतको नयाँ दिल्लीबाट काठमाडौंका लागि उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा बम रहेको हल्ला चलेपछि विमानस्थलका उड्ययन कर्मचारी र सुरक्षाकर्मीले एकाएक जहाज रोके। रन वेबाट जहाजलाई ट्याक्सी वे हुँदै विमानस्थलको एक कुनामा लगियो। केहीबेरमै त्यहाँ बम डिस्पोजल टोली आयो। दुईवटा दमकल, कुकरसहितका एयरफोर्सका सुरक्षाकर्मीले जहाज घेरा हाले। बाहिरको दृश्यले जहाज भित्रका यात्रुलाई त्रसित बनायो।
    जहाजका क्याप्टेन थिए विजय लामा। लामाले यात्रुलाई ढाडस दिने निकै प्रयास गरे। लामाले पटक-पटक एनाउन्स गर्थे–'एयर ट्राफिक कन्ट्रोलले सेक्युरिटी किलियरेन्स नभएको भन्दै रोकेको छ, तर आत्तिनु पर्ने कुनै कारण छैन।' Bomb In Plane 5 केहीबेरमा जहाजबाट यात्रुसँगै सबैको लगेज झारेर एकएकगरी जाँच सुरु गरियो। इन्धिरा गान्धी विमानस्थलको रन वे भन्दा बाहिरको कालोपत्र सडक (ट्याक्सी वे) मा जहाजका यात्रुको लगेज बिस्कुन जस्तै फिँजाइयो। जहाजदेखि निकै टाढा लगेर लगेज फिँजाइएको थियो। सुरक्षाकर्मीले ती लगेज एकएक गरेर जाँच गरे। त्यहाँदेखि केही टाढा लगेजका धनीहरु (यात्रु) को उस्तै जाँच चल्यो। महिला र पुरुषको बेग्लाबेग्लै लाईन लगाएर जाँच गरियो। गोजी छाम्नेदेखि मनि पर्स हेर्नसम्म सुरक्षाकर्मीले बाँकी राखेनन्। Bomb In Plane 1 अचम्मको कुरा त के भने बम रहेको भनिएको एयर इण्डियाको अर्को जहाजका यात्रुले हामीले जस्तो सास्ति पाएनन्। उनीहरुको जाँच त गरियो तर कम समयमै उनीहरुको जहाज गन्तव्यतर्फ उड्यो। हामीलाई दोस्र दर्जाको व्यवहार भयो। हामी करिब डेढसय यात्रुले पाएको दुःख जति बयान गरेपनि कम हुन्छ। पानी खान नपाएर यात्रुहरु तड्पिए। महिला र बालबालिकाको दुःख देख्ने त्यहाँ कोही भएन। यात्रुको रुवावास नै चल्यो, तर कसैको दया पलाएन। Bomb In Plane 2 धन्न हाम्रा क्याप्टेन विजय लामा निकै सिपालु परेछन्। उनी हामीलाई सान्त्वना दिन्थे। ८ घण्टासम्मको त्यो तनावमा क्याप्टेन लामा हरपल हाम्रो साथमा रहे। मसँगै यात्रामा रहेका दुई सज्जनसँग मेरो अघिदेखिनै कुराकानी भैरहेको थियो। मैले पछि मात्रै थाह पाएँ सज्जन द्वय त नेपालका ठूला नेता रहेछन्। एक उपेन्द्र यादव अर्का महन्थ ठाकुर। मैले पछि वहाँहरुलाई भनेँ आज मेरो 'ब्याडलक' हुँदाहुँदै पनि तपाँइहरुसँग भेट्ने 'गुड डे' पो रहेछ। हामीलाई तनाव भूल्नु थियो। विकल्प एउटै थियो–गफगाफ। हँसिमजाकमा उपेन्द्रजीले मेरो आधा तनाव कम गरिदिनु भयो। क्याप्टेन लामाको व्यवसायिक कार्यकौशल र नेपालका नेताद्वयसँगको गफगाफले मन भुल्थ्यो। तर एक यात्रुले कहिल्यै कल्पना नगर्ने सास्तिमा हामी प¥यौं। जीवनमा धेरै यात्रा गरियो, तर यस्तो तनाव मैले कहिल्यै पाएको थिइन्। Bomb In Plane 3 जे होस्, हाम्रो जहाज निर्धारित समयभन्दा अघि नै काठमाडौं ओर्लियो। १२ः४० मा ओर्लने जहाज ११ः५ बजे नै काठमाडौं ओर्लियो, तर एकदिन पछि। नेपालका मेरा मित्रहरुसँगको भेटघाट र मग्न भएर ध्यान गरेपछि यात्राको त्यो तनाव अवश्य शान्त हुनेछ। (अमेरिकी नागरिक, बलिउड गायक एवं ओशो सन्यासी रुपेश रावलसँग टेकनारायण भट्टराईले गरेको कुराकानी। रावल सोही जहाजका यात्रु थिए।) Bomb In Plane 4 Bomb In Plane 6 Bomb In Plane 7 Bomb In Plane 9 Bomb In Plane 44 Bomb In Plane 10 मधेसी मोर्चाका नेता द्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग एकै जहाजमा रहेका अमेरिकी नागरिक, बलिउड गायक रूपेश रावल (बीचमा)। माथिका सबै तस्बिर रावलले खिचेका हुन्।
    ]]>
    9518 0 0 0
    बजेट अभावमा सहिद पार्क अधुरै http://localhost/ghum/%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a6-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%85%e0%a4%a7%e0%a5%81%e0%a4%b0%e0%a5%88/ Fri, 18 Mar 2016 14:49:19 +0000 http://www.ghumphir.com.np/?p=9520

    इलाम, ५ चैत । इलामको सुलुबुङस्थित देउराली बजार नजिकै दुई दशकअघि शिलान्यास गरिएको सहिद पार्क निर्माण कार्य बजेट अभावमा अधुरै रहेको छ । विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले ‘कू’ गरेपछि नेपाली काँग्रेस नेतृत्वमा प्रजातन्त्रका निम्ति सुरू भएको सशस्त्र सङ्घर्षमा तत्कालीन सुरक्षाफौजबाट मारिएका माइपोखरीका डाकमान राई, वीरबहादुर राई, गजबहादुर राई, कर्णबहादुर राई, सुलुवुङका उदयबहादुर साउदेनलगायत सहिदको सम्मान र स्मृतिमा बनाउने भनिएको पार्क बजेट नहुँदा अधुरै रहेको हो । शिलान्यासपछि धेरैले बिर्सिएको पार्क बनाउने योजनालाई मूर्तरूप दिन काँग्रेसले विसं २०६६ देखि प्रयास थालेको थियो । नेपाली काँग्रेसका होम दुलालका अनुसार शान्ति तथा पुनःनिर्माण मन्त्रालयको द्वन्द्वोत्तर पुनःनिर्माण कार्यक्रमअन्तर्गत आव २०६७÷०६८ मा छुट्टिएको रु सात लाख खर्च भइसकेको छ । त्यसपछि छुट्टिएको रु दुई लाख ५० हजार कामै हुन नसकी फिर्ता भएको छ । एकैपल्ट धेरै बजेट नछुट्टिने र कनिकाझँै थोरैथोरै छुट्टिने समस्याले निर्माणले गति लिन नसकेको हो जसले गर्दा, पहिले बनेका पूर्वाधार र संरचनासमेत भत्किने, नासिने अवस्थामा पुगेका छन् । पार्कप्रति अहिले काँग्रेसलेनै चासो देखाउन छाडेको स्थानीय बताउँछन् । अरू दलले समेत यसमा चासो दिएको पाइँदैन । “प्रजातन्त्रका लागि मरिमेट्ने सात सहिदको सम्मान र स्मृतिमा देउराली नजिकै पार्क शिलान्यास हुँदा स्थानीयमा जुन प्रकारको खुसी थियो तर अहिले खुसी हराएको छ, देउरालीका प्रेम नाछिरिङ राईले भन्नुभयो पार्क निर्माण हुन पुग्ने बजेट मन्त्रालयले नै नदिएकाले अधुरो अवस्थामै छ ।” शिलान्यासताका जिविस सभापति रहनुभएका काँग्रेसका हरि खनालका अनुसार सरकारी तथा निजी गरी तीन रोपनी जग्गामा निर्माण थालिएको पार्क वरिपरि फूलबारी, बगैँचा, चौतारी र बीचमा सहिद स्तम्भ राख्ने योजना थियो । पार्कका लागि आवश्यक बजेट कहिल्यै छुट्याउन नसकेकाले पार्क निर्माण अधुरै रहेको हुनसक्छ, नेता खनालले भन्नुभयो “पार्क निर्माण कार्यलाई पूर्णता दिन सबै पक्षको सहयोग चाहिन्छ ।” पार्कको पूर्वतर्फ भित्तामा सिमेन्टको स्तम्भ ठड्याइए पनि त्यो सहिदको सम्मान गर्नसक्ने कलात्मक नभएको धेरैको गुनासो छ ।

    ]]>
    9520 0 0 0
    कांग्रेसमा संसदीय दलको निर्वाचन गर्न तीन सदस्यीय समिति गठन http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a5%80%e0%a4%af-%e0%a4%a6%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%a8/ Fri, 18 Mar 2016 15:41:57 +0000 http://www.ghumphir.com.np/?p=9522 चतै ५ , काठमाडौं ।

    प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पार्टीको संसदीय दलको निर्वाचन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको शुक्रबार बसेको पहिलो बैठकले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो।समितिका बाँकि दुई सदस्यमा सुरेन्द्र पाण्डे र गुरु घिमिरे रहेका छन्।

    ncc

    पार्टीका तत्कालिन सभापति सुशील कोइरालाको गत माघ २७ गते निधन भएयता काँग्रेसको संसदीय दलको नेताको पद रिक्त छ। काँग्रेसमा संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेद्वार हुन पाउने व्यवस्था छ। निर्वाचन समितिले पार्टीका नेताहरुसँग सल्लाह गरेर संसदीय दलको निर्वाचनको मिति तय गर्ने केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले जानकारी दिए।

    केन्द्रीय समितिको बैठकले पार्टीका भातृ संस्थाहरुको आगामी नौ महिनाभित्र महाधिवेशन गरिसक्ने निर्णय पनि गरेको छ। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान संघ लगायतका काँग्रेसका भातृ संस्थाहरुको लामो समयदेखि अधिवेशन हुन सकेको छैन। नेपाल विद्यार्थी संघबाट अधिवेशन सुरु गर्ने र ६ महिनाभित्र सबै भातृ संस्थाको निर्वाचन गरिसक्ने कार्यतालिकालाई बैठकले पारित गरेको केन्द्रीय सदस्य बडुले जानकारी दिए।

    बैठकले इन्धन र अन्य उपभोग्य वस्तुमा भइरहेको कालोबजारी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ। संस्थागत रुपमा कालोबजारी हुँदा पनि सरकार उदासीन भएको र सरकारको उदासीनताका कारण कालोबजारीयाहरुको मनोबल बढेको भन्दै बैठकले इन्धन र अन्य दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र महङ्गी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

    बैठकले खासगरी प्रदेशको सीमांकनको विषयलाई लिएर मधेशमा देखिएको असन्तुष्टि सम्बोधनका लागि पहलकदमी लिने निर्णय पनि गरेको छ। बैठकले १३ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकामा अघिल्लो केन्द्रीय कार्यसमिति, केन्द्रीय निर्वाचन समिति र अन्य सवद्ध पक्षलाई धन्यवाद दिएको छ ।

    ]]>
    9522 0 0 0
    विश्वकै प्रदूषित शहरमध्ये तेस्रो नम्बरमा काठमाडौं ,कुन देशको कुन सहर कति नम्बरमा हेर्नुहोस् http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%82%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%b6%e0%a4%b9%e0%a4%b0%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af/ Fri, 18 Mar 2016 15:50:50 +0000 http://www.ghumphir.com.np/?p=9525  चतै ५, काठमाडौं । वर्ष २०१६ का लागि विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं तेस्रो नम्बरमा परेको छ। प्रदुषण सूचांक २०१६ का अनुसार विश्वकै प्रदुषित शहर म्यासेडोनियाको टेटोभो शहर हो भने दोस्रो नम्बरमा इजिप्टको कायरो परेको छ। नेपालको काठमाडौं तेस्रो नम्बरमा परेको हो। चौथोमा घानाको आक्रा, पाँचौमा फिलिपिन्सको मनिला, छैठौँमा भारतको नोयडा, सातौँमा चीनको गोन्जाउ, आठौंमा भारतको दिल्ली, नवौँमा भियतनामको हो चि मीन सिटी र दशौँमा इजिप्टको अलेक्जेन्ड्रिया परेको छ। ]]> 9525 0 0 0 चीन भ्रमण ऐतिहासिक हुने:प्रधानमन्त्री ओली http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3-%e0%a4%90%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87%e0%a4%aa/ Fri, 18 Mar 2016 15:52:25 +0000 http://www.ghumphir.com.np/?p=9527

    काठमाडौँ, ५ चैत । प्रधानमन्त्री केपी ओलीले आफ्नो आसन्न चीन भ्रमण ऐतिहासिक हुने र यसले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पु¥याउने बताउनुभएको छ । आफ्नो भ्रमण टोलीका सदस्यहरुसँग आज छलफल गर्दै प्रधामन्त्रीले भ्रमणका क्रममा चिनियाँ लगानी नेपालमा भित्र्याउन आग्रह गरिने पनि जानकारी दिनुभयो । नेपाल नयाँ रेशममार्गमा सहभागी हुने उहाँले बताउनुभयो । प्रधामन्त्रीले भ्रमण टोलीका सदस्यलाई चीनमा रहँदा आफू र देशको मर्यादा राख्न आग्रह गर्नुभयो ।

    ]]>
    9527 0 0 0
    भेटवार्ता http://localhost/ghum/%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be/ Fri, 18 Mar 2016 16:00:33 +0000 http://www.ghumphir.com.np/?p=9529 9529 0 0 0 पत्रकारको न्यूनतम मासिक तलब साढे १९ हजार५ सय रुपैयाँ http://localhost/ghum/%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%82%e0%a4%a8%e0%a4%a4%e0%a4%ae-%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95/ Fri, 18 Mar 2016 16:04:29 +0000 http://www.ghumphir.com.np/?p=9532 ५ चतै, काठमाडौं ।

    सरकारले आगामी वैशाख १ देखि लागू हुने गरी पत्रकारको न्यूनतम मासिक तलब १९ हजार ५ सय रुपैयाँ कायम गर्ने भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न लागेको हो । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शुक्रबार मन्त्रालयमा सञ्चार सम्बन्धी संघसंस्थाका प्रतिनधिसितको छलफलपछि समितिको सिफारिसअनुसार पत्रकारको न्यूनतम पारिश्रमिक मासिक १९ हजार ५ सय  र सञ्चार खर्च १ हजार रुपैयाँ वैशाख १ देखि लागू हुने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागिएको जानकारी दिए । पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्यूनतम पारिश्रमिक १० हजार ८ बाट बढाएर १९ हजार ५ सय र सञ्चार खर्च मासिक १ हजार कायम गर्न सिफारिस गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सूचना आह्वान गरी पारिश्रमिक पुनरवलोकनका सम्बन्धमा कुनै राय, सुझाव, प्रतिक्रिया भए सञ्चार गृहहरूलाई एक साताभित्रै बुझाउन आग्रह गर्ने जानकारी छलफलमा सहभागी पारिश्रमिक निर्धारण समितिका सदस्य रामप्रसाद दाहालले दिए ।

    ]]>
    9532 0 0 0
    चित्र तथा मूर्तिको प्रदर्शनी http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%ae%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0/ Fri, 18 Mar 2016 16:09:51 +0000 http://www.ghumphir.com.np/?p=9535 9535 0 0 0 भेडा चराउन जंगल गएका बोहोरामाथि गाेली प्रहार http://localhost/ghum/%e0%a4%ad%e0%a5%87%e0%a4%a1%e0%a4%be-%e0%a4%9a%e0%a4%b0%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%9c%e0%a4%82%e0%a4%97%e0%a4%b2-%e0%a4%97%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a5%8b%e0%a4%b9%e0%a5%8b/ Sat, 19 Mar 2016 01:45:06 +0000 http://www.ghumphir.com.np/?p=9538 ६ चैत, काठमाडौं ।
    अज्ञात समूहले जुम्लामा एक युवकमाथि गोली प्रहार गरेको छ। जिल्ला सदरमुकाम खलंगाबाट एक दिनको पैदल दूरीमा रहेको मालिकाठाटाँ-४ निवासी जैसिके बोहोरामाथि गोली प्रहार भएको हो।  अन्नपूर्ण पोस्टमा समाचार छ।
    गोली प्रहारबाट घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको बायाँ तिघ्राको दुई ठाँउमा गोली लागेको छ।
    ढिपु गाउँका उनी खोप्री गाउँमा रहेको आफ्ना काकाको घरमा गएका थिए।
    काको घरमा पाहुना गएका उनीमाथि बिहीबार जंगलमा भेडा चराउन गएको बेलामा अनुहारमा मुकुन्डो लगाएका दुईजनाले गोली हानेका थिए। गोली लागेपछि बेहोस भएका उनलार्इ गाउँलेले उद्धार गरेर अस्पताल पुर्याएका हुन्।
    काका रतन बोहोराको भेडा चराउन गएका बेला जंगलमा नै उनीमाथि गोली प्रहार भएको अाफन्तले बताएका छन्। प्रहरीका अनुसार घाइते बोहोराले अाफूमाथि मुख छोपेका दुर्इजनाले गोली हानेर भागेको बताएका छन्।
    ]]>
    9538 0 0 0
    सिन्दुर हाल्न खोज्ने युवकको हत्या http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%81%e0%a4%b0-%e0%a4%b9%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a4%96%e0%a5%8b%e0%a4%9c%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%af%e0%a5%81%e0%a4%b5/ Sat, 19 Mar 2016 01:46:38 +0000 http://www.ghumphir.com.np/?p=9540 ६ चैत, काठमाडौं ।
    आफूले मन पराएकी युवतीको अर्कै केटासँग बिहे गर्नका लागि टीकाटालो भएको खबर पाएपछि तनावमा परेका बारा कलैयाका सन्तोष साह
    सिन्दुर र पोते लिएर मंगलबार मध्यराति केटीको घरमा पुगे।
    छतमा कुरेर बसेका सन्तोषलाई भेट्न निभा छतमा पुगिन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
    सन्तोषले निभाको सिउँदोमा सिन्दुर र पोते लगाउन खोजे तर निभाले मानिनन्। आफ्नो बिहे अर्कै केटासँग हुने पक्का भइसकेको भन्दै निभाले जबरजस्ती नगर्न प्रेमी सन्तोषलाई अनुरोध गरिन् तैपनि उनले मानेनन्।
    दुवैजनाबीच भनाभन भएको थाहा पाएका निभाका बुबा, आमा र भाई पनि छतमा पुगे। उनीहरुले सन्तोषलाई घरभित्र लगे। नाइलनको डोरीले सन्तोषको घाँटी कसेर हत्या गरिदिए।
    निभाका परिवारका सदस्यले सन्तोषको शब बुधवार दिनभर घरमै राखे। बुधवार मध्यरातमा घर नजिकैको बकुल्ला बारीमा लगेर फालिदिए। बिहीवार बिहान खेतमा शाैच गर्न गएका स्थानीय महिलाले युवकको शब देखेपछि प्रहरीलार्इ खबर गरेका थिए।
    घटनास्थलमा बिहीवार बिहान पुगेको प्रहरीले शब नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्यो। अनुसन्धानका क्रममा सन्तोषको हत्यामा उनकै प्रेमिका निभा र उनका अभिभावकको संलग्नता रहेको खुलेपछि प्रहरीले बिहीवार साँझ नै निभासहित चारजनालार्इ पक्राउ गरेको छ।
    ]]>
    9540 0 0 0
    प्रधानमन्त्रीसँगै चीन जाने उद्योगीसँग सरकारले माग्यो तीन लाख http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a5%88-%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%9c%e0%a4%be/ Sat, 19 Mar 2016 01:47:45 +0000 http://www.ghumphir.com.np/?p=9542 ६ चैत, काठमाडौं ।
    प्रधानमन्त्री केपी ओलीसँगै चीन भ्रमणमा जाने उद्योगी व्यवसायीसँग सरकारले पैसा मागेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
     प्रधानमन्त्रीको भ्रमणका लागि तय गरिएको चार्टर्ड विमानको टिकटस्वरुप उनीहरुसँग तीन लाख रुपैयाँ मागिएको हो। परराष्ट्र मन्त्रालयबाट शुक्रवार टेलिफोन गरेर विमान चार्टर्डका लागि रकम डिपोजिट गर्न भनिएको एक व्यवसायीले बताए।
    ‘भ्रमण दलमा परेकोमा खुसी लागेको थियो। तर सरकारी निकायबाट रकम डिपोजिट गर्न भन्दै फोन आएपछि छक्क पर्यौं, ती व्यवसायीले भने,‘हामी पैसा तिर्न तयार छौँ। तर, परराष्ट्र मन्त्रालयले नै माग्नु उचित देखिएन।’
    हिमालयन एयरलाइन्सले भित्र्याएको नयाँ जहाजबाट ओली आइतबार बेइजिङ जाँदै छन्। भ्रमण टोलीमा निजी क्षेत्रबाट ३२ जना उद्योगी व्यवसायी सहभागी हुँदैछन्।
    यसअघि उद्योगी व्यवसायीलाई हवाईटिक शुल्क नलिई प्रधानमन्त्रीसँग चीन लैजाने भनिएको थियो। तर शुक्रवार परराष्ट्रका अधिकारीले फोन गरेर रकम मागेपछि व्यवसायी असन्तुष्ट भएका छन्।
    ]]>
    9542 0 0 0
    ४७ किमि सडक खोल्न २२ वर्ष, १४ करोड खर्च गरेर खोलिएको सडकमा गाडी गुड्दैनन http://localhost/ghum/%e0%a5%aa%e0%a5%ad-%e0%a4%95%e0%a4%bf%e0%a4%ae%e0%a4%bf-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a5%a8%e0%a5%a8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a5%a7/ Sat, 19 Mar 2016 01:52:18 +0000 http://www.ghumphir.com.np/?p=9544 ६ चैत, काठमाडौ । झापाको दमकबाट इलामको चुलाचुली हुदै पाँचथरको रविसम्म पुग्ने ४७ किमि सडककको निमार्ण कार्य सुरु भएको २२ वर्ष भयो ।

    १४ करोड खर्च गरेर खोलिएको ट्याकमा गाडी गुड्दैनन् । यो सडलाई मेची राजमार्गको बैकल्पिक मार्गको रुपमा लिइएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

    दमक र, रवि सडक झापा, इलाम पाँचथर, र ताप्लेजुङ जोड्ने हअहालको मेची राजमार्ग भन्दा ८० किमी छोटो हुनेछ ।

    सडक भिगले २०७१ सम्म निर्माण सम्मपन्न गर्ने लक्ष्य राखेको थियो तर सरकारले प्राथिमिकता राखेर बजेट बिनियोजन नगरेपछि ट्रयाक समेत खुलेन ।

    विस्तृत अध्ययन नगरी ट्रया्क खोलिएकाले सो सडकमा गाडी गुडाउन नसकिने एक इन्जिनियरले  बताए ।

    ]]>
    9544 0 0 0
    अब कुकुर दर्ता अनिवार्य http://localhost/ghum/%e0%a4%85%e0%a4%ac-%e0%a4%95%e0%a5%81%e0%a4%95%e0%a5%81%e0%a4%b0-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af/ Sat, 19 Mar 2016 01:53:17 +0000 http://www.ghumphir.com.np/?p=9546 9546 0 0 0 मौरीको व्यावसायिक प्रवद्र्धनका लागि नीति ल्याइने http://localhost/ghum/%e0%a4%ae%e0%a5%8c%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d/ Sat, 19 Mar 2016 01:58:11 +0000 http://www.ghumphir.com.np/?p=9548

    ६ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले कृषि क्षेत्रको महत्वपूर्ण पाटो मानिएको मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि उपयुक्त नीति ल्याइने बताउनुभएको छ । नेपालको निर्यातजन्य वस्तुमध्येको एक मौरीको महको व्यावसायिक गुणस्तर अभिवृद्धि र बजारीकरणसँगै कृषकलाई प्रोत्साहन गर्ने गरी नीतिगत व्यवस्था गरिने उहाँले उल्लेख गर्नुभयो । नेपाल मौरीपालक किसान महासङ्घको २६औँ राष्ट्रिय सम्मेलन तथा नवौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले महको अन्तर्राष्ट्रिय बजारमा महत्व बढेकाले सरकारले विशेष प्रवद्र्धनका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो । कृषि विभागका महानिर्देशक डा युगध्वज जिसीले कृषिको अर्थतन्त्रमा योगदान दिने र निर्यातको एक हिस्सा ओगट्न सफल महको बजारीकरण र कृषकलाई आकर्षित गर्ने योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्याउनुभयो । मह व्यवसायी वासु ढकाल, शिव पौडेललगायतले मौरीपालनको चुनौती र बजार प्रवद्र्धनका लागि गरिनुपर्ने उपायबारे जानकारी गराउनुभएको थियो । नेपालमा मौरीपालनको व्यावसायिक सम्भावना रहेपनि प्रभावकारी काम हुन नसकेको महासङ्घका अध्यक्ष राजेन्द्र गौतमले गुनासो गर्नुभयो । महासङ्घका अनुसार मुलुकका ३२ जिल्लामा व्यावसायिक रुपमा मह उत्पादन भइरहेको छ । मह कति उत्पादन र विदेशबाट आयात हुन्छ, भन्ने यकिन विवरण नरहेता पनि करिब एक लाख ६० हजार मौरी गोला भएको अनुमान गरिएको छ । अघिल्लो वर्षको विवरण हेर्दा दुई हजार ४२५ मेट्रिक्टन मह उत्पादन भएको थियो । जबकी ५० हजार मेट्रिकटन मह उत्पादन गर्ने क्षमता भए पनि विदेशीको भरपर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

    ]]>
    9548 0 0 0
    लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलन http://localhost/ghum/%e0%a4%b2%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%95%e0%a5%8b%e0%a4%b7%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a5%8d-2/ Sat, 19 Mar 2016 04:08:29 +0000 http://www.ghumphir.com.np/?p=9551

    ६ चैत, काठमाडौं ।

    स्थायी, करार नवीकरण र नियुक्ति माग गर्दै धर्नामा बसेका लुम्बिनी विकास कोषका ४८ करार र ज्यालादारीका कर्मचारीलाई प्रहरीले शुक्रबार दिनभर नियन्त्रणमा लिएर साँझ छाडेको छ ।

    आन्दोलनरत कर्मचारीमध्ये ज्यालादारीले करारमा नियुक्त गरिनुपर्ने, करारको म्याद सकिएकाले नवीकरण गरिनुपर्ने र लामो समयदेखि करारमा रहेकाले स्थायी गरिनुपर्ने माग राखेका छन् । लुम्बिनी विकास कोषको मुख्य कार्यालयमा आउजाउ बन्द हुनेगरी धर्नामा बसेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको डीएसपी रामेश्वर कार्कीले बताए ।

    कर्मचारी बिहीबारदेखि दोस्रो चरणको आन्दोलनमा उत्रेका हुन् । शुक्रबार भुटानका विदेशमन्त्री लेम्पो हाम्चो दोर्जे, विदेश सचिव र राजदूत लुम्बिनी आउने कार्यक्रमलाई कर्मचारीको आन्दोलनले अवरोध हुने भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

    कर्मचारीले यसअघि कोषका पदाधिकारीसँग भएको सम्झौताअनुरूप काम नभएको र सम्झौता पूरा गर्नेतर्फ कोषले चासो नदेखाएकाले आन्दोलित बनेको बताए । मधेस आन्दोलन क्रममा उनीहरूले ४/५ महिनासम्म कोषमा तालाबन्दी गरेपछि कोषको सम्पूर्ण काम ठप्प भएको थियो । 'कोषले गरेको लिखित सहमति कार्यान्वयन नभएपछि पुनः आन्दोलनमा उत्रेका हौं,' संघर्ष समिति अध्यक्ष रवीन्द्रनाथ शुक्लले भने, 'कोषका पदाधिकारीले आफूखुसी मनोमानी गर्ने गरेका छन् ।'

    उनले गत साउनदेखि करार र ज्यालादारी कर्मचारीले तलब नपाएको दाबी गरे । यसअघि उनीहरूले मधेस आन्दोलनसँगै संयुक्tm लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध भएर आन्दोलन गरेका थिए । कर्मचारीको आन्दोलन धेरै लामो भएपछि माघ ५ गते कोषका पदाधिकारीले स्वतः स्थायी गर्न माघ महिनासम्म लोकसेवा आयोगको सहमति लिई आवश्यक प्रक्रिया अगाडि बढाउने लिखित सहमति गरेपछि आन्दोलन स्थगित भएको थियो ।

    कोषले गरेको लिखित निर्णयमा लोकसेवा आयोगबाट सहमति आएपछि सबै कर्मचारीलाई स्वीकृत दरबन्दीमा करार एवं सेवा करारको प्रक्रिया सुरु गर्ने गरी सबै कर्मचारीलाई यथास्थानमै काममा खटाउने निर्णय गरेको थियो । आन्दोलनमा उत्रेका कर्मचारी अधिकांश सुरक्षातर्फका र माली छन् ।

    कोषका उपाध्यक्ष भिक्षु निग्रोधले आफ्ना नजिकका चार जनालाई र सदस्य सचिव आजितमान तामाङले एक जनालाई स्थायी प्रक्रियामा नगएसम्म कार्यरत रहने गरी नियुक्ति गरेको आरोप ती कर्मचारीले लगाएका छन् । स्थायी गर्नका लागि कोषले लोकसेवा आयोगबाट सहमति लिन कुनै पनि परामर्श नगरेको दाबी गरेका छन् । कोषका उपाध्यक्ष भिक्षु निग्रोधले यो समस्या विगत १२/१४ वर्षदेखिकै भएको र एकैचोटी अहिले आन्दोलनका रूपमा आएको बताए । उनीहरूसँग गरिएको सहमतिअनुसार काम गर्नका लागि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले स्थायी प्रकृतिका कर्मचारी भर्नार् नगर्न निर्देशन गरेकाले समस्या भएको बताए ।

    ]]>
    9551 0 0 0
    किन ? राेजे प्रधानमन्त्रीले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सट्टा निजी कम्पनीको विमान ,निगमका कर्मचारीको विरोध http://localhost/ghum/%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%b0%e0%a4%be%e0%a5%87%e0%a4%9c%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80/ Sat, 19 Mar 2016 04:13:02 +0000 http://www.ghumphir.com.np/?p=9553

    ६ चैत, काठमाडौं ।

    प्रधानमन्त्री केपी ओली राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सट्टा उडान नै सुरु नगरेको निजी कम्पनीको विमान चार्टर गरी आइतबार चीन भ्रमणमा जाने भएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाई 'भीभीआईपी' (ओली) को चीन भ्रमणका लागि निजी क्षेत्रको वायुसेवा 'हिमालय एयरलाइन्स' को विमान चार्टरमा लिने व्यवस्था गर्न निर्देशन दिएको छ । हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि ५८ सिट क्षमताको एयरबस ए ३२० जहाज खरिद गरेको छ । यो जहाजले अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान गरेको छैन । हिमालय एयरलाइन्सले आगामी चैत ३० देखिमात्रै व्यापारिक उडान सुरु गर्दैछ । व्यापारिक उडान सुरु नगर्दै हिमालय एयरलाइन्सले  चैत ७ मा नै प्रधानमन्त्रीसहितको भ्रमण टोलीलाई लिएर बेइजिङ जाने निश्चित भएको छ । प्रधानमन्त्री कार्यालयले पर्यटन मन्त्रालयलाई पत्र लेखेर प्रधानमन्त्रीको चीन भ्रमण हिमालय एयरलाइन्सको विशेष विमानबाट हुने भएकाले भीभीआईपीको उडानका लागि हुनुपर्ने आवश्यक सवै व्यवस्था मिलाउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयको पत्रमा ओली चैत ७ गते विहान ११ बजे हिमालय एयरलाइन्सको विमानबाट बेइजिङ जाने र चैत्र १४ मा छेन्दुबाट काठमाडौं र्फकने कार्यक्रम रहेको उल्लेख छ । प्रधानमन्त्रीको भ्रमण टोली ५६ सदस्यीय छ । नेपाल वायु सेवा निगमका उच्च अधिकारी र कर्मचारीहरूले प्रधानमन्त्रीको औपचारिक भ्रमणमा राष्ट्रिध्वजाबाहक विमान प्रयोग नगरी निजी क्षेत्रको एअरलाइन्समा जान लाग्नुले राम्रो सन्देश नजाने उल्लेख गर्दै पर्यटन मन्त्री आनन्द पोखरेल र सचिव प्रेम राईसमक्ष असन्तुष्टि प्रकट गरेका छन् । निगमका उच्च अधिकारीले पर्यटन मन्त्री र सचिवसित मौखिक र कर्मचारीहरूले लिखित रूपमा नै असन्तुष्टि प्रकट गरेको जानकारी स्रोतले दिएका छन् । उनीहरूले प्रधानमन्त्रीको चीन भ्रमणमा निजी कम्पनीको विमानको चार्टर रद्द गरी राष्ट्रिय ध्वजावाहक निगमको जहाज प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सट्टा उडान नै सुरु नगरेको निजी कम्पनीको विमानलाई प्रवर्द्धन गर्नु आफैंमा आश्चर्यजनक र रहस्यमय भएको कर्मचारीहरूले पर्यटन मन्त्रालयलाई दिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । निजी कम्पनीका प्रवर्द्धकको प्रभावमा प्रधानमन्त्री पर्नु अस्वभाविक भएकोसमेत निगमका कर्मचारीहरूको ध्यानाकर्षणपत्रमा उल्लेख छ । चिनियाँ सरकारले प्रधानमन्त्री ओलीलाई आफ्नो देशको भ्रमणमा आउन निःशुल्क रूपमा विमान पठाउने प्रस्ताव गरेको थियो । चीनले निःशुल्क रूपमा पठाउन खोजेको र राष्ट्रिय ध्वजावाहक विमानलाई छाडेर प्रधानमन्त्री ओलीले एमालेसँग विशेष सम्बन्ध रहेका आङकाजी शेर्पाको लगानी रहेको निजी कम्पनीको विमान रोजेका हुन् । प्रधानमन्त्री चैत ७ मा चीन गएर १४ गते र्फकने कार्यक्रम छ । हिमालय एयरलाइन्स चीन र नेपालको संयुक्त लगानीको कम्पनी हो । यसमा आङछिरिङ शेर्पाको प्रमुख लगानी रहेको यति वल्र्ड इन्भेस्टमेन्टको ५१ र तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको छ ।

    ]]>
    9553 0 0 0
    बेलायती राजकुमार आज आउँदै http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0-%e0%a4%86%e0%a4%9c-%e0%a4%86%e0%a4%89%e0%a4%81%e0%a4%a6/ Sat, 19 Mar 2016 04:18:35 +0000 http://www.ghumphir.com.np/?p=9555

    ६ चैत, काठमाडौं ।

    बेलायती राजकुमार ह्यारी अर्थात् हेनरी चाल्र्स अल्वर्ट डेभिड आज (शनिबार) काठमाडौं आइपुग्ने भएका छन् । उनी कतार एयरलाइन्सबाट शनिबार अपराहन ५ दिने भ्रमणका लागि आइपुग्ने छन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा बेलायतका तर्फबाट उनको भ्रमण हुन लागेको हो ।

    उनी बेलायती जनता र महारानीका प्रतिनिधिका रूपमा नेपाल आउन लागेका हुन् । ह्यारीले आएकै दिन प्रधानमन्त्री केपी ओली भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । गत वैशाखमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त उपत्यकाको अवलोकन गर्ने कार्यक्रमसहित उनको सबै कार्यक्रम बेलायती दूतावासले यसअघि नै बाहिर ल्याएको छ । पाटन दरबार स्वायर क्षेत्र, भक्तपुरको अवस्था र त्यहाँ रहेको भूकम्पपीडित समुदायसँग केही बेर बिताउने कार्यक्रम तय छ । उनी पोखरा र बर्दिया जाने कार्यक्रम छ । पोखराको अवलोकन र अन्नपूर्ण पदयात्रा गरेपछि उनले बर्दिया राष्ट्रिय निकुन्जको भ्रमण गर्ने छन् । पोखराको अवलोकनपछि स्थानीय बासिन्दा र समुदायबाट प्रदर्शित हुने लोकसंस्कृतिको प्रत्यक्ष अनुभव गर्ने कार्यक्रम उनको छ । उनी निकुन्जभित्रको खौराहा नदीमा जलयात्रामा सरिक हुने छन् । पर्यटन प्रवद्र्धनका लागि उनको यो भ्रमण निकै उपयोगी रहने अधिकारीहरूले बताएका छन् । उनी फर्कनुअघि बाल सम्मेलनमा सहभागी हुने छन् । उनी कान्ति बाल अस्पताल पनि पुग्ने कार्यक्रम छ ।

    ]]>
    9555 0 0 0
    पूर्वलडाकुको हत्या http://localhost/ghum/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%b2%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be/ Sat, 19 Mar 2016 04:37:58 +0000 http://www.ghumphir.com.np/?p=9558 भीमदत्तनगर, ६ चैत । कञ्चनपुरको बेदकोट नगरपालिका–१ दैजीका ५० वर्षीय विष्णु भट्टको गए राति अज्ञात समूहले हत्या गरी पूर्वपश्चिम राजमार्गमा फालेको अवस्थामा भेटिएको छ । माओवादीका पूर्वलडाकुसमेत रहेका भट्टलाई हत्या गरी चलाखीपूर्ण ढङ्गले राजमार्गमा ल्याएर छाडिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । “शरीरभरि निलडाम छ” घटनास्थलबाट प्रवक्ता खनालले भन्नुभयो– “हत्या गरी राजमार्गमा ल्याएर राखेको जस्तो देखिन्छ ।” खनालले भट्टको सवारी दुर्घटनामा मृत्यु भएको देखाउन राजमार्गमा शव राखिएको हुन सक्ने अनुमान गर्नुभयो । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारी सहितको प्रहरी टोली घटनास्थल पुगेको छ ।

    ]]>
    9558 0 0 0
    गण्डकीबेँसीमै पहिलो पटक गुम्बा http://localhost/ghum/%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80%e0%a4%ac%e0%a5%87%e0%a4%81%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a5%88-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%aa%e0%a4%9f%e0%a4%95/ Sat, 19 Mar 2016 04:40:53 +0000 http://www.ghumphir.com.np/?p=9560 रामपुर (पाल्पा), ६ चैत । पाल्पा, स्याङ्जा र तनहुँका तमु समाजको सक्रियतामा साँखरको वनकट्टामा गण्डकीबँेसीकै पहिचानका रुपमा पहिलो गुम्बा बन्ने भएको छ । यस क्षेत्रको गुरुङ समुदायले संस्थागत विकास गर्न एक जुट भएर गुम्बा निर्माणका लागि साँखर रामपुर रत्नपुर तमु एकीकृत समाज क्वोइयो निर्माण समिति गठन गरी यस क्षेत्रमा नै पहिलो पटक गुम्बा बनाउन लागिएको समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले बताउनुभयो । गुम्बा निर्माणका लागि पाल्पा, स्याङ्जा र तनहुँका बासिन्दाको सहयोग तीव्र रुपमा भइरहेको सचिव गिरबहादुर गुरुङले बताउनुभयो । रु १७ लाखको लागतमा निर्माण हुन लागेको गुम्बाका लागि अहिलेसम्म रु पाँच लाख बराबरको सहयोग जुटेको छ ।

    ]]>
    9560 0 0 0
    पञ्चैबाजा संरक्षण अभियान http://localhost/ghum/%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a5%88%e0%a4%ac%e0%a4%be%e0%a4%9c%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a8/ Sat, 19 Mar 2016 04:49:06 +0000 http://www.ghumphir.com.np/?p=9562 फलेवास (पर्वत), ६ चैत । केही वर्ष अघिसम्म विवाह, व्रतबन्ध, तथा शुभकार्यमा बजाइने पञ्चैबाजा पछिल्लो समयमा आएर लोप हुन थालेको छ । पञ्चैबाजा बजाउनेको पेसागत प्रतिष्ठा, पारिश्रमिक र भविष्य लगायत कुराको कारण देखाउँदै पञ्चैबाजा बजाउन छाडिएको छ । खासगरी दर्जी जातिले बजाउने पञ्चैबाजा पछिल्लो समयमा मगर समुदायले पनि सिको गरे पनि पहिलेजस्तो जताततै बजाउने गरेको पाइँदैन । ग्रामीण क्षेत्रमा पछिल्लो समय लोप हुँदै गएका ग्रामीण क्षेत्रका पञ्चैबाजा संरक्षणमा सांसद विकास लम्साल जुट्नुभएको छ । सांसद लम्सालले पर्वत निर्वाचन क्षेत्र नं २ का २९ गाविसमा रहेका पञ्चैबाजा समूहलाई संरक्षण गर्ने अभियान थाल्नुभएको हो । बाजा बजाउन छाडेर अन्य पेसा अङ्गालेकाहरुलाई सोही पेसामा फर्काउन र हराउँदै गएको परम्परागत संस्कृतिका रुपमा रहेको पञ्चैबाजा संरक्षणमा लम्सालले अभियान नै सञ्चालन गर्नुभएको छ । अभियानअन्तर्गत उहाँले विभिन्न गाउँमा रहेका पञ्चैबाजालाई संरक्षण गर्ने उद्देश्यले पञ्चैबाजा निःशुल्क वितरण गर्नुभएको छ । लम्सालले पञ्चैबाजाका १९ समूह पहिचान गरी उनीहरुलाई व्यावसायिक बनाउन थाल्नुभएको छ । बाजाको संरक्षणका लागि नयाँ बाजा, बजाउनेका लागि पोसाक लगायत सामग्री वितरण गर्न थाल्नुभएको छ । ट्याम्को, सनाइ, झ्याम्टा, ढोलक, दमाहा तथा नरसिंहा, कर्नाल लगायत बाजाका नयाँ सामग्री नै सबै समूहलाई वितरण गरिएको छ । उहाँले हालै भङ्गरामा रहेको पञ्चेबाजा समूहलाई पञ्चैबाजाका सबै सामग्रीसहित पोसाक वितरण गर्दै ग्रामीण क्षेत्रमा रहेको पुरानो संस्कृति जोगाउनका लागि आफूले अभियान चलाएको बताउनुभयो । करिब रु डेढ लाख बराबरका बाजा, नेपाली पोसाक लगायतको सहयोग गरिएको हो । त्यसको खर्च सांसद विकास कोषबाट व्यहोरिएको हो ।

    ]]>
    9562 0 0 0
    एसियाकै ठूलो गुफा http://localhost/ghum/%e0%a4%8f%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%88-%e0%a4%a0%e0%a5%82%e0%a4%b2%e0%a5%8b-%e0%a4%97%e0%a5%81%e0%a4%ab%e0%a4%be/ Sat, 19 Mar 2016 04:55:20 +0000 http://www.ghumphir.com.np/?p=9564
    एसियाकै ठूलो गुफा
    निस्पट्ट अँध्यारो। गाइड भिमबहादुर थापाले एक मिनेट आँखा बन्द गर्नुस् भन्नु भयो। हामीले टर्चलाइट निभायौं। र, आँखा चिम्म गर्यौं।। कस्तो शान्त वातावरण! नौलो अनुभूति सँगाले मैले।
    तनहुँको सिद्ध गुफा भित्र थियौं हामी। प्रकृतिप्रेमी समूहले आयोजना गरेको तीन दिने पदयात्राको अन्तिम दिन ०७२ फागुन २९ मा हामी त्यहाँ पुगेका। हामी २२ जना चितवनको कुरिनटारसम्म गाडिमा गयौं। कुरिनटारबाट ठाडो उकालो हिँडेर मनकामना मन्दिर पुग्यौं। मनकामनाबाट बक्रेश्वर गाउँ हुँदै गोरखा पुगेर तेस्रो दिन बिमलनगर माथि सिद्ध गुफामा पुगेका थियौं। एशियाकै ठूलो गुफा अचम्मकै रहेछ। गुफामा पुग्दा सम्झें : हेर्न जान्यो भने भेटिन्छ मृदुफल अकारा बकरामा जानेन खोज्न भने माग्छ एक सुका सुनको कतरामा। वास्तवमा यस्तै भएको छ हामी नेपालीलाई। हाम्रो देश सानो भए पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। कतै हिमाल, कतै हरिया पहाड त कतै झरना र कतै कलाकृति। प्रकृतिको अनुपम बरदानलाई चिन्न सकेन भने सुनको थालीमा माग्दै हिँडे जस्तो हुन्छ। यस्तै भैरहेको छ यहाँ। सिद्ध गुफा घुम्न लायक छ। यसको धार्मिक तथा पुरातात्विक महत्व छ। बन्दिपुर–६ कोक्चे सामुदायिक वन भित्र चुरियाघाटी डाँडामा छ गुफा। जुन विमलनगर बजारको दक्षिणमा पर्छ। गुफा ६५० मिटर उचाइमा छ। विमलनगरबाट आधा घन्टा उकालो चढे गुफामा पुगिन्छ। विमलनगरबाट गुफा १.३ किमि छ। त्यस्तै गुफाबाट बन्दिपुर बजार ३.५ किमिमा। ढुँगा ओच्छाइएको सिँढी चढेर गुफामा जानु पर्छ। भुगोलविदका अनुसार प्राचीनकालको भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्राग मानवद्वारा गुफा निर्माण गरिएका हुन्। सिद्ध गुफा धेरै पुरानो हो। पहिलो चोटी ०४४ चैत १३ गते घुम्न भनेर ५ जना स्थानीय चन्द्रबहादुर थापा मगर, नरबहादुर पुन, नारायणबहादुर कुमाल र नोटे्रडम उच्च माध्यमिक विद्यालयका शिक्षक भारतीय नागरिक वारेन क्वाड्रसले जंगलमा गुफा देखेका थिए। भिमबहादुर दाइका अनुसार सुरुमा गुफामा प्राचीन वस्तुहरु, अक्षर मेटिएका तामाका पैसा, माटोका घैंटा, सुराहि, पाला, धुपौरो, पानस, जनावरका दारा, थाल आदि भेटिएका थिए। अनुसन्धानका लागि ती सामान विमलनगर सिद्ध गुफा विकास समितिको सूचना केन्द्रमा राखिएका छन्। ठूलो चट्टान बीच भागमा गुफा छ। प्रबेशद्वार साँघुरो भए पनि भित्र पुरै फराकिलो, सजिलो र अग्लो उचाइ छ। गुफाको लम्बाई करिब ४२५ मिटर र चौंडाई २५ मिटरसम्म छ। होचो भागमा ५७ मिटर गहिरो सुरुङ छ। गुफाभित्र चुनढुँगामा किसिम किसिमका आकृती छन्। जस्तो कल्पना गर्योह, त्यस्तै देखिन्छन् ती। त्यतिमात्र होइन, गुफाभित्र ध्यान कक्ष, सभा कक्ष, तप कक्ष र खोपी पनि छन्। पूर्व, दक्षिपश्चिम फैलिएको गुफा प्रबेशद्वारमा शिवलिंग, त्रिशुल र घन्टा छन्। प्रबेशद्वार साँघुरो छ। अलिक भित्र छिर्ने वित्तिकै अध्यारो हुन्छ। ठूल–ठूला चट्टान छन्। भित्र पस्ने वित्तिकै पहिला श्रीपेचको आकृति देखिन्छ। दुरुस्तै श्रीपेच! त्यसैगरी बर्षातमा पानी जम्ने पोखरी छ। 'साउन–भदौमा यहाँ पौडि पनि खेलाइन्छ', गाइड भिमबहादुरले भन्नु भयो। त्यस्तै नागहरु पनि छन्। एक ठाउँमा दुरुस्तै बाघको टाउको देखिन्छ। अर्को ठाउँमा ध्यान बस्ने कुटि छ जहाँ त्रिशुल छन्। साउने सोमबार यहाँ पूजापाठ गरिन्छ। देवता चढ्छ तिर्थालुलाई। अरु थुप्रै कलाकृति पनि छन् त्यहाँ। कुखुरा, हात्तीको टाउको, घरको पिलर, ब्रोकाउली, शंख, हाँस, सिद्ध बाबा आदिका आकृति। गुफाको कुनै भाग सम्म छ भने कुनै भिरालो। तल झर्न भर्यााङ र डोरीको भर पर्नु पर्छ। कतै ओसिलो छ कतै सुख्खा। अनौठो कुरा गुफाभित्र एसि कक्ष समेत छ जहाँ छिर्ने वित्तिकै तातो हावा आउँछ। गुफामा चमेरा छन्। गुफाको माथिल्लो भागमा शिव लिंगको शिरबाट निस्केका जलका स–साना खोल्सा छन्। गुफामा पुग्दा ठूलो हलमा पुगको अनुभूति हुन्छ। डोरी समातेर माथि उक्लिँदा सहासिक अनुभव भयो। यो गुफा माथि अर्को वतास फुङ गुफा छ। त्यहाँबाट पनि यहिँ तल झर्ने मुख छ। हामी माथिल्लो गुफामा गएनौं। गुफा माथिको प्वालबाट तल झर्ने खेल र्याछप्लिङ सिद्ध गुफामा गरिन्छ। फ्रान्सेली नागरिक मौरिस दुसेनले केही वर्ष अघि यहाँ यसको सफल प्रयोग गरेका थिए। त्यतिबेला गुफाका अध्यक्ष लालकुमार श्रेष्ठ पनि डोरी समातेर तल झरेका थिए। गुफा पुरै घुम्न करिब दुई घन्टा लाग्छ। कतै हात टेकेर जानु पर्छ भने कतै खुट्टाको सन्तुलन मिलाएर। गुफाबाट तल जान सकिन्छ तर अहिले पानी जमेकाले तल जान निषेध छ। वैशाख १२ को भुइँचालोपछि यहाँ घुम्ने पर्यटकमा कमि आएको थियो। पछि भुकम्पविदहरु आएर गुफा सुरक्षित भएको बताएपछि पर्यटक आउन थालेको गुफाका लेखापाल समेत रहेका भिमबहादुरले बताउनु भयो। यहाँ हाल दुई गाइड छन्। गुफा गाइडको तालिम त ४० जनाले पाएका रहेछन्। तर, ती रोजगारीका लागि बाहिरिएका छन्। सिद्ध गुफामा बाविर्षक करिब ८ हजार विदेशी आउँछन्। नेपालीको संख्या १० हजार हाराहारि हुने समितिका सल्लाहकार शुभ पियाले बताए। गुफा घुम्ने मुख्य सिजन, कार्त्तिकदेखि फागुनसम्म। गुफा प्रबेश गर्न नेपालीले १० रुपैयाँ र गाइड शुल्क २० रुपैयाँ तिर्नु पर्छ। विदेशीको हकमा भने प्रबेश शुल्क सय र गाइड शुल्क सय गरी दुई सय रुपैयाँ छिर्नु पर्छ। बाटो भरि गाउँले मुस्कान हेर्न र चराचुरुङीको चिरविर सुन्न पाइन्छ। गुफालाई केन्द्रविन्दु बनाएर पदयात्रा प्याकेज बनाउन सके गुफामा घुमन्तेको अझै भिड लाग्न सक्छ। समितिले सिद्ध गुफा र बन्दिपुरलाई समेटेर दुई राते प्याकेज बनाउन ढिला भैसक्यो। साथै गुफाभित्र बिजुलीको व्यवस्था गर्न सके सजिलो हुने थियो। गुफा पुग्ने बाटो र भित्र सजिलो बनाउनु जरुरी छ। बिजुली भएमा सबै आकृति राम्रोसँग देख्न पाइन्छ। अहिले टर्च लाइटको भरमा हेर्नु पर्छ। गुफालाई धार्मिक तथा एतिहासिक तिर्थका रुपमा विकास गर्न सकिन्छ। गुफाभित्र फेला परेका पुराना सामान सजाएर प्रदर्शन कक्ष बनाउन समितिले ध्यान दिनु पर्छ। सरकार र पर्यटन बोर्डले समेत यसमा हातेमालो गर्नु पर्छ। गुफाबाट दुई घन्टामा बन्दिपुर बजार पुगिन्छ। गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठका अनुसार गुफासम्म सिँढी बनाउन र्पटन कार्यालय, नगरपालिका र डुम्रे भन्सारबाट ३० लाख रुपैयाँ सहयोग आएको छ। माथिसम्म बाटो बनिसकेको छ। गुफा वरपर आराम गर्ने चौतारा, पानीको धारा र शौचालय बनिसकेको छ। श्रेष्ठका अनुसार बन्दिरपुर बजार माथिको गुरुङचे डाँडामा ७५ जिल्लाको चिनारी स्वरुप स्तम्भ राख्ने समितिको योजना छ। त्यसैगरी विमलनगरबाट बन्दिपुरको रानीवन गुम्बासम्म केबुलकार बनाउने योजना छ। 'केवुलकार चढ्नेहरुलाई सिद्ध गुफामा अवतरण गराएर गुम्बामा पुर्या उने व्यवस्था मिलाउने छौं ', श्रेष्ठले भन्नु भयो। हरियो जंगल बीचमा रहेको गुफा रमणिय छ। शितल छ। हामी त घुम्यौं सिद्ध गुफा। तपाइँ पनि घुम्ने होइन त? कसरी पुग्ने : काठमाडौंबाट तनहुँको विमलनगर १४० किलोमिटर गाडिमा। बिमलनगरबाट दक्षिण उकालो आधा घन्टा हिँडे गुफामा पुगिन्छ। विमलनगर–गुफा १.३ किमि। गुफा–बन्दिपुर बजार ३.५ किमि। गुफाबाट दुई घन्टा पदयात्रामा बन्दिपुर बजार पुगिन्छ।
    ]]>
    9564 0 0 0
    योे ठाउँबाट चराहरु उडेको आकाश मुनि नै पर्छ तर....... http://localhost/ghum/%e0%a4%af%e0%a5%8b%e0%a5%87-%e0%a4%a0%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%9a%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%89%e0%a4%a1%e0%a5%87%e0%a4%95%e0%a5%8b/ Sat, 19 Mar 2016 05:07:25 +0000 http://www.ghumphir.com.np/?p=9567
    शान्ति खोज्दै अनदुडाँडाकेशवशरण लामिछाने चराहरु उडेको हेर्दा तपाईंको टाउको उठ्छ कि निहुरिन्छ ? पक्कै उठ्छ । चरा उडिरहेको हेर्नु पर्‍यो भने यहाँबाट भने टाउको निहुराउनु पर्छ, कताकतिमात्रै उठाउने हो । किनभने योे ठाउँबाट चराहरु उडेको आकाश मुनि नै पर्छ। तर, तपाईं नझुक्निनुहोला यो ठाउँ भनेर यहाँ जहाज चढिरहेको बेलाको कुरा गरिएको छैन । यो ठाउँ फेवातालको दक्षिणको डाँडा हो, अनदुडाँडा।
    हो यहींबाट देख्न सकिन्छ, फेवातालमाथिको सिरसिरे वतासमा चराहरु कावा खाँदै गरेको दृश्य । एक त तालमाथिको हावाको बहावमा चराहरुले मजा लिइरहेका हुन्छन् भने अर्काे तालमै पनि अकेन दृश्य देखिरहन्छ । सूर्यको प्रकाशको मधुरता र चहकतासँगै पानीले आफूलाई अनेक रङमा बदलिरहन्छ । डुंगाहरुको चहलपहल पनि उस्तै गरी चलिरहन्छ । फेवाताल र यो अनदुडाँडाको बीचमा छ रानीवन । वनको हरियाली, तालमात्रै अनदुडाँडाबाट देखिन्न । यहाँबाट देखिने दृश्य धेरै छन् । एकै नजरमा रानीवन, फेवाताल, सराङकोट, पोखरा भ्याली र हिमाली दृश्यहरु आँखामा ठोकिन आइपुग्छन् । 'पर्यटकीय पोखरा उपत्यकाका विशेषता भनेकै ताल र हिमालहरु हुन् । तर, एकैपटक एउटै दिशा फर्किंदा फेवाताल र हिमाल अनि पोखरा सहरलाई नियाल्न पाइने सबैभन्दा उत्तम ठाउँ नै अनदुडाँडा हो,' ह्याप्पी पासपोर्ट डटकमकी लेखिका रेबेका बोसले लेखेकी छन्, 'जहाँ विश्व शान्ति स्तूप छ ।'
    mardi himal trek अनदुडाँडाको स्तूप परिसर पोखरा र सेरोफेरोका हिमालहरु हेर्न सबैभन्दा उत्तम टाकुरा हो । यहाँबाट हिमालहरुको प्यानोरोमिक भ्यु देखिन्छ । धौलागिरि, अन्नपूर्ण र मनास्लु कुनै शृंखलाका हिमाल छुट्दैनन् । उत्तर फर्किएपछि एकैचोटि ताल, हिमाल र पोखरा सहर देखिन्छ, त्यो पनि निकै नजिक । विश्वमा शान्ति फैलियोस् भन्ने उद्देश्यसहित निर्मित स्तूप रहेको यो डाँडामा आउँदा आगन्तुकहरु साँच्चीकै शान्ति मिलेको आभास गरेको सुनाउँछन् दुर्गा बोगटीलाई । उनी स्तूपका कर्मचारी हुन् । उनका अनुसार निप्पोजन मियोजी अर्थात अखिल जापान भिक्षु संघले यो स्तूप बनाएको हो । त्यो संघका संस्थापक हुन् निचिदात्सु फुजिई । उनले संसारभर १०० वटा स्तूप बनाउने संकल्प गरेका थिए । ७१ औं स्तूप पोखरामा बनाएका हुन् । फुजिईलाई फुजी गुरुका नामले चिनिन्छ नेपाल र भारतमा । १९३१ मा महात्मा गान्धीसँग उनको भेट भएपछि गान्धीले नै उनलाई फुजी गुरु भनेर सम्बोधन गर्न थालेका थिए । जापानमा दोस्रो विश्वयुद्धका बेला अमेरिकाले हिरोसिमा र नागासाकीमा भीषण बमबारी हुँदा फुजी गुरु हिरोसिमामा थिए । त्यहाँ उनले युद्धको विभीषिकासँग साक्षात्कार गरे । त्यसपछि उनलाई शान्ति एक ठाउँ वा दुई ठाउँमा मात्रै भएर हुँदैन, विश्वभरि नै चाहिन्छ भन्ने लाग्यो । संसारभरि १०० वटा स्तूप निर्माण गर्ने संकल्प गरे । पहिलो स्तूप आफ्नै ठाउँमा बनाए । भगवान बुद्ध जन्मिएकै देशमा त बनाउनै प¥यो । सन् १९७३ मा पोखरा आउँदा स्तूपका लागि उत्तम ठाउँ हुने ठह¥याए । धर्मशीला बुद्ध विहार नदीपुर पोखरामार्फत भेटिए मीनबहादुर गुरुङ । उनी सहयोगी पनि थिए र गर्ने भनेको काम पूरा गर्नैपर्ने हठी पनि । जापानी भिक्षुले पोखरामा स्तूप बनाउन चाहेको कुराले उनलाई छोयो र आफ्नै गाउँको डाँडामा जग्गा दिलाए । उनकै पहलमा स्तूप पुग्दीभुम्दी गाउँको अनदुडाँडामा आएकाले पनि स्तूप रहेकै ठाउँलाई अचेल मीनथुम्की भन्न थालिएको छ । _Ktm_ Pokhara fewa tal (1) (1) देश अहिले पो धर्म निरपेक्ष भयो, पञ्चायतकालमा त बौद्ध धर्मले समेत आफ्ना गतिविधि गर्न पाउने अवस्था थिएन । स्तूप बनाउनलाई राजा वीरेन्द्रसँग सिधै सोधेका थिए फुजी गुरुले । राजाले हुन्छ भन्दिए । २०३० सालमा स्तूप शिलान्यास गरियो । तर पञ्चायती सरकारले विभिन्न वहाना बनाएर ३१ सालमा स्तूप भत्काइदियो । झन् स्तूप निर्माणका अगुवा मीनबहादुर गुरुङलाई पञ्चे सरकारले मन पराउँदैनथ्यो । उनी कांग्रेस थिए, त्यसमाथि बिपी कोइरालासँग अत्यन्तै निकट पनि । २०१५ सालपछि बिपी नेतृत्वमा बनेको सरकारमा रक्षा सहायक मन्त्री बनेका गुरुङलाई स्तूप निर्माणको अभियोगमै त केही गर्न सकेन पञ्चे सरकारले तर, वन विनाश गरेको जस्ता वहाना बनाएर १८ महिना थुन्यो । उनका छोरा कृष्णबहादुर पनि ९ महिना थुनिए । स्तूप निर्माणको काम अघि बढाउन प्रजातन्त्र नै आउनुपरेको सम्झन्छन् कर्मचारी दुर्गा बोगटी । भन्छन्, '२०४७ सालमा कृष्णप्रसाद भट्टराईले स्तूप निर्माण अघि बढाउनू भनेर तोक आदेश गरेपछि मात्रै २०४८ सालमा स्तूपको फेरि शिलान्यास भयो ।' तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले दोस्रोपटक शिलान्यास गरेको स्तूप उनैले २०५६ सालमा उद्घाटन गरे । अनदुडाँडाबाट देखिने दृश्य त उही थियो तर, स्तूप बनेपछि भने यो डाँडाको दृश्य फेरियो । पर्यटकीय केन्द्र लेकसाइडबाटै पर्यटकको आँखामा पटकपटक ठोक्किन आइपुग्ने स्तूपले तानिरहन्छ । चम्किलो र सफा रङ अर्थाते सेतो स्तूपको रङ छ । मीनथुम्की ११ सय मिटर उचाइमा छ । यहाँ बनेको स्तूपको उचाइ ११५ फिट हो भने गोलाइ ३४४ फिट । स्तूपमा बुद्धका ४ मूर्ति छन् । नेपाल, थाइल्यान्ड, जापान र श्रीलंकाका तर्फबाट राखिएका हुन् ती मूर्ति । नेपालको मूर्ति दक्षिणपट्टि छ । बुद्ध जन्मँदाको अवस्था झल्काउँछ त्यो मूर्तिले । बुद्धको महापरिनिर्वाणको मूर्ति उत्तरपट्टि छ, जुन थाइल्यान्डबाट प्राप्त भएको हो । धर्मचक्र मूर्ति श्रीलंकाबाट र जापानबाट पूर्ण कदको मूर्ति प्राप्त भएको छ । सबै मूर्तिका आफ्नौखाले विशेषता छन् । मूर्ति अगाडि उभिएर बौद्धमार्गीहरुले त्रिवन्दना गर्छन्—बुद्धम् शरणम गच्छामि, धम्मम् शरणम् गच्छामि र संघम् शरणम् गच्छामि गुन्गुनाउँछन् ।
    fishtail स्तूपमा प्यागोडा शैली छ । गोलो भागको बीचबाट निर्मित प्यागोडा शैलीले गजुरको झल्को दिन्छ । खासमा स्तूप घोप्टो पारिएको कचौरा जस्तो छ । यसको संरचना बुद्धको भिक्षापात्र घोप्टाएको आकारमै तयार पारिएको बोगटी बताउँछन् । भगवान बुद्धभन्दा पहिल्यै बितेका उनका शिष्य मौदगल्यान्को सम्झना स्वरुप सबैभन्दा पहिला स्तूप निर्माण गरिएको बौद्ध पुराणहरुमा उल्लेख रहेको जानकारहरु सुनाउँछन् । पोखराको यो स्तूपमा भगवान बुद्धको अस्ति धातु पनि छ । जहाँ अस्ति धातु हुन्छ त्यहाँ भगवान बुद्ध स्वयंको बास हुन्छ भन्ने विश्वास गरिन्छ । अस्ति धातुसमेत भएका बौद्ध तीर्थस्थल नेपालमा कमै छन् । पोखराको केन्द्रीय चोक नै हो, पृथ्वी (लखन)चोक । यहाँबाट ६ किलोमिटरमा पर्छ पुम्दीभुम्दीको अनदुडाँडा, जहाँ विश्व शान्ति स्तूप छ । त्यहाँबाट दिनमा तीन पटक बस चल्छ अनदुडाँडाका लागि । बिहान १० बजेअघि, दिउसो २ बजे र साँभm ५ बजे । ट्याक्सी त जति बेला भन्यो उति बेलै लैजान पाइन्छ । प्रसिद्ध गन्तव्यस्थल डेभिज फलबाट ४ किलोमिटरमात्रै हो, स्तूप । होइन यो बाटो नजाऊँ भने पनि विकल्प छन् । फेवातालबाट डुंगा चढेर आउने बाटो पनि छ । १५ मिनेट डुंगा चढेर तालपारि पुगेपछि ४५ मिनेटको उकालो हिँडाइमा स्तूप पुगिन्छ । फेवातालको ड्यामसाइडबाट पनि सिधैं उकालो जंगलै जंगलको बाटो अर्काे विकल्प हो स्तूप पुग्ने । रानीवनको जंगलको बाटो शीतलो छ । ठाडो उकालो छैन, तर्पायँ—तर्पायँ छ बाटो । पोखराबाट एक दिनको हाइकिङ योजना बनाउनेहरु यही बाटो हुँदै स्तूप पुग्छन् । रानीवन पर्यटकका लागि अर्काे आकर्षण ठाउँ हो । केही वर्षमै यो वन विश्व शान्ति उद्यान बन्दैछ । खुलम खुला हिँडिरहेका मृगहरुलाई साक्षात्कार गर्ने मौका मिल्ने गरी उद्यान बनिरहेको छ । स्तूप वरिपरि रेस्टुरेन्टहरु प्रशस्त छन् । होटलचाहिँ अलि कम । १० मिनेटको हिँडाइपछि पुगिने रानीवन रिट्रिट रिसोर्ट अत्याधुनिक र सुविधा सम्पन्न छ । यो धनी पर्यटकका लागि लक्षित रिसोर्ट हो । अरु मध्यमचाहिँ ३ वटामात्रै छ । नेपाली पर्यटकलाई नै लक्ष्य गरेर स्थानीय राजु क्षेत्रीले आफ्नो रेस्टुरेन्ट एआइट क्याफेसँगै केही कोठाहरु बनाएका छन् । जहाँ मध्यम वर्गका नेपालीका लागि उपयुक्त छ । स्तूप हाता बाहिरका थुम्काथुम्कीमा पिकनिक खाने पोखरेलीहरु पुगिरहन्छन् । साइक्लिस्टहरुका लागि अनदुडाँडा गतिलो गन्तव्य बन्न थालेको छ । पर्यटकीय सिजनका बेला ५ सयभन्दा बढी पर्यटक स्तूपभित्रै पुग्छन् । वैशाख १ गतेको दिन सबैभन्दा धेरै घुइँचो लाग्ने बोगटीको अनुभव छ । स्तूप परिसरमा पस्नचाहिँ साँझ ५ बजेसम्ममात्रै पाइन्छ । त्यसपछि यहाँ पूजापाठ र मन्त्रोच्चारणको समय हो । स्तूपमा बिहान साढे ४ बजे र साँझ ६ बजे मन्त्रोच्चारण गर्ने चलन छ । स्तूपको मूल व्यक्तिका रुपमा ८० वर्षीय भिक्षु मोरित्से छन् । स्तूप सञ्चालक समितिले बुद्ध धर्मका अनुयायी ध्यानका लागि आएको खण्डमा निशुल्क बसोबासको व्यवस्था पनि मिलाउँछन् । तर, यहाँ बस्दा बिहान ४ बजे नै उठ्नुपर्छ र साढे ४ बजेको र साँझको पूजामा पनि हुनै पर्‍यो । दिनमा ८ जनासम्म पाहुना समितिले थेग्न सक्छ । प्राकृतिक दृश्यले लोभिएर घुम्दै आएका पर्यटकमध्ये कतिपयले यहाँको पाहुनाघरमै केही दिन बसेर बौद्धज्ञान लिने पनि गरेका छन् । 'कति भाग्यमानी है तिमीहरु,' दुर्गाले यस्तो वाक्य पाहुनाहरुबाट पटकपटक सुनिरहनुपर्छ । त्यसपछि झन् आनन्द महसुस गर्छन् उनी । मनमा शान्ति नभए कहिं गए पनि शान्ति हुन्न भनिए पनि यो ठाउँमा बसिरहँदा चाहिँ त्यो कुरा होइन कि भन्ने भान गराइदिन्छ । मनमा त्यसै—त्यसै ओम शान्ति ओम भन्ने भावको तरंग चलिरहेको जस्तो भइदिन्छ । अनि लाग्छ—मनमा शान्ति ल्याउन पनि बाहिरी वातावरणले सघाउँछ होला । होइन भन्ने लाग्छ भने पोखरा घुम्न आउँदा विश्व शान्ति स्तूप पुगेरै विचार गर्दा राम्रो ।
    ]]>
    9567 0 0 0
    बिमान दुर्घटना, ५९ जनाको मृत्यु http://localhost/ghum/%e0%a4%ac%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be-%e0%a5%ab%e0%a5%af-%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ae/ Sat, 19 Mar 2016 05:30:59 +0000 http://www.ghumphir.com.np/?p=9571
    ६ चैत, काठमाडौं ।
    रसियामा फ्लाई दुबईको विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ५९ जनाको मृत्यु भएको छ। दुबईबाट रसियाका लागि उडेको एफजेड ९८१ फ्लाइट नम्बरको फ्लाई दुबईको बोइङ ७३७–८०० विमान शनिवार विहान दक्षिणी रसियाको रास्तोव अन–डनमा अबतरणका क्रममा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ५९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
    विमान अवतरणका क्रममा कमजोर भिजिविलीटीका कारण ‘रन वे’ मा  दुर्घटनाग्रस्त भएको हो। जेट विमानमा चालक दलका चार सदस्य र ५५ जना यात्रु सवार रहेको रसियाको क्षेत्रिय आपकालीन मन्त्रालयले पुष्टि गरेको छ।
    ]]>
    9571 0 0 0
    बेलायती राजकुमार काठमाडौंमा (फोटो फिचर) http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c/ Sat, 19 Mar 2016 10:44:30 +0000 http://www.ghumphir.com.np/?p=9574 ६ चैत, काठमाडौं ।

    बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारी नेपालको पाँच दिने भ्रमणका क्रममा नेपाल आएका छन् । अपरान्ह पौने ३ बजे कतार एयरवेजको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको अवसरमा बेलायती महारानीका प्रतिनिधिका रुपमा राजकुमार ह्यारी पहिलो पटक नेपाल भ्रमaणमा आएका हुन् । प्रधानमन्त्री केपी ओली र राजकुमार ह्यारीबीच आज नै शिष्टाचार भेटघाट हुने कार्यक्रम तय भएको छ ।

    त्यस्तै राजकुमार ह्यारीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी आइतबार नै भूकम्पले क्षति पु¥याएका ललितपुर र भक्तपुरका सम्पदाको अवलोकन गर्ने र विश्व सम्पदा सूचीमा सुचीकृत ऐतिहासिक पाटन दरबार स्क्वायर रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलको अवलोकन र भूकम्पबाट भएको क्षतिबारे जानकारी लिने कार्यक्रम रहेको छ । राजकुमार ह्यारीले नागबहालस्थित स्वर्णविहारको अवलोकन गर्नेछन् ।

    त्यसैगरी उनले भक्तपुरका भूकम्पपीडितसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । राजकुमार ह्यारीले चैत आठ गते बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन, खौराह नदीमा ¥याफ्टीङ गर्ने, ९ गते पोखरा भ्रमणको कार्यक्रम रहेको छ । चैत १० गते काठमाडौंमा आयोजना हुने बालिका सम्मेलनको राष्ट्रपति भण्डारी र राजकुमार ह्यारीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।photo:www.bharatbandhu.com.np

    IMG_9394 copy IMG_9398 copy IMG_9434 copy IMG_9436 copy prince harry IMG_9440 copy IMG_9451 copy IMG_9455 copy IMG_9383 copy

    ]]>
    9574 0 0 0
    ग्यास व्यवसायी हडतालमा उत्रिए http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80-%e0%a4%b9%e0%a4%a1%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%89/ Sat, 19 Mar 2016 14:30:26 +0000 http://www.ghumphir.com.np/?p=9585

    जनकपुरधाम, ६ चैत । कालोबजारी रोक्न प्रहरीले छापा मार्नथालेपछि त्यसको विरोधमा यहाँका ग्यास विक्रेताले अनिश्चतकालीन हडताल गर्दै ग्यास बिक्रीवितरण ठप्प पारेका छन् । व्यापारीले कालोबजारी गरेको सूचनानका आधारमा गत बिहीबार तथा शुक्रबार जनकपुर उपमहानगरपालिका–७ स्थित पूजा जेनर स्टोर, राम चोकस्थित शोभा टेडर्स तथा भ्रमरपुरा चोकस्थित गोपाल जेनर स्टोर्समा प्रहरीले छापा मारी ३३ थान भरिएको ग्यास सिलिन्डर बरामद गरेको थियो । प्रहरीले कालोबजारी गरी बढी मूल्यमा ग्यास बेच्ने विक्रेतालाई कारबाही गर्न थालेपछि त्यसको विरोधमा व्यापारीले शुक्रबारदेखि अनिश्चतकालका लागि ग्यास बिक्री वितरण बन्द गरेको छ । कालोबजारी गर्न नपाएका विक्रेताले यसरी होली पर्वको मुखमा आएर ग्यास बिक्री बन्द गरेपछि सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । स्थानीय प्रशासनले जथाभावीरुपमा ग्यास विक्रेता कहाँ छापा मार्न थालेपछि सोको विरुद्धमा अनिश्चतकालीन ग्यास बिक्री वितरण बन्द गरेको ग्यास विक्रेता महासङ्घका उपाध्यक्ष गणेश बताउनुभयो । जनकपुरमा १७५ ग्यास विक्रेता छन् भने १५ हजार ग्राहक रहेका छन् । हिन्दूको महान् चाड होलीको मुखमा आएर ग्यास व्यसायीले हडताल गर्नु, कालोबजारीलाई प्रोत्साहन दिनु उपभोक्ताले आक्रोश व्यक्त गर्दै स्थानीय प्रहरी प्रशासनले कडा रुप लिनुपर्ने माग गरेका छन् ।

    ]]>
    9585 0 0 0
    पर्यटन प्रवद्र्धन टोली लुम्बिनीमा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%9f%e0%a5%8b%e0%a4%b2%e0%a5%80-%e0%a4%b2/ Sat, 19 Mar 2016 14:32:04 +0000 http://www.ghumphir.com.np/?p=9587

    बुटवल, ६ चैत । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हिँडेको टोलीलाई पर्यटकीय केन्द्र लुम्बिनीको प्रवेशद्वार भैरहवामा आज स्वागत गरिएको छ । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेसन नेपाल (सोटो)को टोलीलाई आज सिद्धार्थ एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (साट्टा)ले टोलीलाई भैरहवामा स्वागत गरेको हो । सो अवसरमा साट्टाद्वारा आयोजित कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख सूर्य थापाले आन्तरिक पर्यटनको उचित प्रचारप्रसार गर्दै योजनाबद्ध विकास गरेमा पनि नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने बताउनुभयो । कार्यक्रममा पर्यटन व्यवसायी सञ्जय बजिमय, साट्टाका उपाध्यक्ष चन्द्र थापा, सोटोका अध्यक्ष यमबहादुर खड्का, पर्यटन कार्यालय भैरहवाका प्रमुख ख्यामबहादुर थापा, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार शर्मालगायतले पर्यटन प्रवद्र्धनका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । लुम्बिनी, पाल्पा, गुल्मीको रिडी रेसुङ्गा, अर्घाखाँचीको सुपादेउराली, नर्सिङस्थान हुँदै प्यूठानको स्वर्गद्वारीसम्म पुग्ने सो टोली स्थानीय पर्यटन व्यवसायी र सरोकारवालासँग छलफल र अन्तक्र्रिया गर्दै हिँडेको छ ।

    ]]>
    9587 0 0 0
    म किन भ्रमण दलमा परिनँ, प्रधानमन्त्रीलाई सोध्नुस्: आपूर्तिमन्त्री पुन http://localhost/ghum/%e0%a4%ae-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3-%e0%a4%a6%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%a8%e0%a4%81-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ Sat, 19 Mar 2016 14:37:55 +0000 http://www.ghumphir.com.np/?p=9589 ६ चैत, जनकपुरधाम ।
    आपूर्ति मन्त्री गणेशमान पुनले चीनसँग इन्धन सम्झौता गरेर ब्यापार विविधिकरण हुने निश्चित भएको दावी गरेका छन्। काठमाडौंमा आज भएको साक्षात्कार कार्यक्रममा उनले भने, ‘चीनसँग इन्धन सम्झौता हुन्छ, इन्धन आपूर्ति गर्ने विषयमा कात्तिक ११ गते द्धिपक्षीय एमओयू भईसकेको छ।
     ganeshman-punदुई देशका आयल निगमबीच पनि धेरै कुरा भईसकेकोले सम्झौता हुनेमा म ढुक्छु।’ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकै बेला सम्झौता नभए पनि चीनसँग इन्धन सम्झौता नरोकिने उनले बताए।
    प्रधानमन्त्रीको चीन भ्रमण दलमा आफू नपरेकोले सम्झौता नहुने हो कि भन्ने जिज्ञासामा उनले आफू भ्रमणमा जाँदा वा नजाँदा सम्झौतालाई कुनै फरक नपर्ने भन्दै मन्त्री पुनले भने,‘ यो भ्रमण प्रधानमन्त्रीको हो त्यसैले यसमा म पर्ने कि नपर्ने भन्ने कुरा मलाई भन्दा प्रधानमन्त्रीलाई सोध्दा राम्रो हुन्छ।’
    मन्त्री पुनले चीनबाट ईन्धन ल्याउँदा अन्तर्राष्ट्रिय मूल्य नै पर्ने भन्दै स्थानीय कर र ढुवानीमा अनुदान लिने गरी ब्यवस्था हुने जानकारी दिए।
    उनले प्रधानमन्त्रीको चीन भ्रमणमा पारवहन, स्वतन्त्र ब्यापार, सडक संजाल विस्तार र ईन्धन लगायतका सम्झौता हुने बताए। मन्त्री पुनले ५–६ महिनादेखि रोकिएको विकास निर्माणको कामले तिब्रता पाएको, बजेट कार्यान्वयनको अन्तिम समय आएकोले बन्द उद्योग २४ सै घण्टा सुचारु गर्नु पर्ने लगायतको कामले गर्दा डिजल सहज हुन नसकेको भन्दै एक दुई महिनाभित्रै भारतबाट आपूर्ति बढाएर सहज पारिने बताए।
    उनले. भने, ‘अहिले ८९ हजार ६ सय केएल डिजेल आएको छ। हामीले १ सय ५० केएल माग गर्दै छौँ त्यसपछि सहज हुन्छ। ग्यास पनि ३३ हजार मेट्रिक टन माग गरेकोमा २१ हजार मात्रै आयो अब बढी माग गरे सबै उपाय अपनाएर एक दुई महिनामा आपूर्ति सहज बनाउँछौँ।’
    मन्त्री पुनले अहिले मुलुकमा पेट्रोलियम पदार्थको भण्डारण ७१ हजार केएलमात्र रहेको र यसले १५ दिनको लागि मात्रै पुग्ने भन्दै नयाँ निर्माण र पुरानाको क्षमता विस्तार गरेर ९० दिनको भण्डारणको ब्यवस्था गर्न लागेको जानकारी दिए।
    यसकोलगि पाँचखाल, बट्टार र खैरेनीटरामा जग्गा प्राप्तीको प्रतिवेदन आईसकेको, सबै प्रदेशमा भण्डारणको ब्यवस्था गर्न
    अध्ययन भईसकेको, मध्य पहाडी क्षेत्रमा भण्डारण गर्न अध्ययन टोली बनाउने तयारी भईरहेको  र ग्यासको स्टोरेज बनाउन पाँचखालमा प्रक्रिया सुरु भईसकेको उनले जानकारी दिए ।
    निजी क्षेत्रलाई पेट्रोलियम आयात गर्न दिएर नीतिगत भ्रष्टाचारगरेको भनि लागेको अरोप प्रष्ट पार्दै उनले तत्कालीन असहज अवस्थालाई सहज बनाउन भएको निर्णय मात्रै भएको बताए।
    उनले आफू मन्त्री बन्नु भन्दा पहिलाकै मन्त्री परिषदको जसरी पनि ल्याउने गरी कम्पनी समेत छनौट भईसकेको अवस्था रहेको भन्दै आफूले त्यसै निर्णयमा टेकेर कात्तिक २ गते असहज अवस्थालाई मध्यनजर गरेर अनुमति दिएको स्पष्ट पारे।
    मन्त्री पुनले भने,‘नाकाबन्दीले बढाएको कालाबजारी नियन्त्रण गर्न निजी क्षेत्रलाई आयात अनुमति दिएका हौँ। मैले जनताको सुविधाको लागि गरेको हुँ यसमा नीतिगत भ्रष्टाचार भयो भन्ने विषयमा मलाई केही भन्नु छैन।’
    ]]>
    9589 0 0 0
    नेपाली पर्वतारोहीको हत्या गर्नेलाई मृत्युदण्डको सजाय http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%b9%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af/ Sat, 19 Mar 2016 14:41:21 +0000 http://www.ghumphir.com.np/?p=9591 ६ चैत, काठमाडौं । नेपाली पर्वतारोहीको हत्या गर्ने आतंकवादी इर्फान उल्लाहलाई मृत्युदण्ड दिने निर्णयमा पाकिस्तानी सेनापतिले हस्ताक्षर गरेका छन् ।

    Sona-Sherpaपाकिस्तानी सेनापति राहिल सरिफले १३ आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा हस्ताक्षर गरेका हुन् । नङ्गा पर्वतमा विदेशीको हत्या गर्ने इन्र्फानसहित १३ जना आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा सेनापतिले हस्ताक्षर गरेको पाकिस्तानी सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुुसार इर्फानसहितका आतंकवादीलाई सेनाको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।

    नेपाली पर्वतारोही सोना शेर्पा र थप नौ विदेशी आरोहीको २०१३ जुन २२ मा नङ्गा पर्वतमा हत्या भएको थियो । सोनाले २००९ मा पनि नन्गा पर्वतको आरोहण गरेका थिए ।

    तर, २०१३ मा चिनियाँ टोलीसहित नङ्गा पर्वत चढ्न गएको बेला आतंकवादीबाट मारिए । अन्य ८ जना नेपाली शेर्पा भजे बाँच्न सफल भएका थिए । नङ्गा विश्वकै ९औं अग्लो हिमाल हो ।

    घटनमा मारिएका सेना ३५ वर्षका थिए ।

    ]]>
    9591 0 0 0
    चीन भ्रमण टोलीमा उद्योगी व्यवसायी को-को छन् ? http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%9f%e0%a5%8b%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a5%80-%e0%a4%b5/ Sat, 19 Mar 2016 14:50:08 +0000 http://www.ghumphir.com.np/?p=9594 ६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण टोलीमा उद्योगी व्यवसायीहरुको जम्बो टीम सहभागी हुने भएको  छ ।चीन भ्रमणका बेला उनीहरुलाई सुरुमा प्रतिव्यक्ति ३ लाख रुपैयाँ खर्च लाग्ने भनि पनि निशुल्क खान बस्न दिइने जानकारी गराइएको छ ।

    FNCCI

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली आइतबार निजी विमान कम्पनी हिमालयन एयरको विमान चार्डर्ड गरी चीन भ्रमणमा जाँदैछ । टोलीमा उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वाणिज्य मन्त्री दीपक बोहोरासमेत सहभागी हुनेछन् ।

    टोलीमा सरकारी कर्मचारीका साथै निजी क्षेत्रबाट पनि ठूलो सहभागिता हुने भएको छ । उद्योग वाणिज्य महासंघकाअनुसार चीन भ्रमणमा सहभागी हुने उद्योगी व्यवसायीहरुमा पशुपति मुरारका, रविभक्त शर्मा, सतीशकुमार मोर, चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ, चन्द्रप्रसाद ढकाल र आङछिरिङ शेर्पा छन् ।

    त्यसैगरी ज्ञानेन्द्रलाल प्रधान, ज्योत्सना श्रेष्ठ, बसन्त मिश्र, लोकमान्य गोल्छा, राजेशकाजी श्रेष्ठ, त्रिभुवन तुलाधर, सुरेशमान प्रधान, अशोकसमशेर राणा र प्रशिद्धबहादुर पाण्डे पनि चीन जाँदैछन् ।

    त्यस्तै गोविन्द थपलिया, चन्द्र रिजाल, चन्द्र शेर्पा, गोरे शेर्पा, सुधिर घिमिरे, कुशकुमार जोशी, दिलिप शर्मा, भीमलाल पौडेल, ललितकुमार अग्रवाल र अनिल जोशी चीन जाने टोलीमा छन् ।

    ]]>
    9594 0 0 0
    मलेसियाले विदेशी कामदारको लेभी शुल्क बढायो http://localhost/ghum/%e0%a4%ae%e0%a4%b2%e0%a5%87%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a4%95/ Sat, 19 Mar 2016 14:54:26 +0000 http://www.ghumphir.com.np/?p=9597 ६ चैत, काठमाडौं ।
    मलेसियन सरकारले यहाँ आउने विदेशी कामदारको लेभी शुल्क बढाएको छ। केही क्षेत्रमा बाहेक सबैजसो ठाउँमा लागू हुनेगरी सरकारले लेभी शुल्क बढाएको हो। उत्पादन र निर्माण क्षेत्रमा ६ सय मलेसियन रिंगेट बृद्धि गरिएको छ भने कृषि क्षेत्रमा २ सय ३० मलेसियन रिंगेट बृद्धि गरिएको छ।
    यो बृद्धिसँगै अब उत्पादन क्षेत्रमा काम गर्ने विदेशी कामदारले वार्षिक १ हजार ८ सय ५० मलेसियन रिंगेट बुझाउनुपर्ने छ भने कृषि क्षेत्रमा काम गर्ने कामदारले ६ सय ४० रिंगेट बुझाउनुपर्नेछ।
    यसअघि लेभी शुल्क बृद्धि गर्ने निर्णय भएपछि उद्योगीहरुको ब्यापक  आलोचनापछि सरकार पछि हटेको थियो।
    अहिले गरिएको बृद्धिप्रति पनि उद्योगीले आपत्ति जनाएका छन्।  त्यसो त मलेसियन सरकारले मासिक १ हजार रिंगेट न्यूनतम पारिश्रमिक लागू गर्ने निर्णय गरिसकेको छ। पछिल्लो समय त्यहाँ जाने कामदारको संख्या ह्वात्तै घटेको छ।
    ]]>
    9597 0 0 0
    नयाँ स्वाद आयो होटल डिभोटीमा http://localhost/ghum/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%a6-%e0%a4%86%e0%a4%af%e0%a5%8b-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2-%e0%a4%a1%e0%a4%bf%e0%a4%ad%e0%a5%8b%e0%a4%9f/ Sat, 19 Mar 2016 15:34:27 +0000 http://www.ghumphir.com.np/?p=9599 devotee hotel

    दीपक उपाध्याय

    धनगढीको पहिलो तीन तारे होटल डिभोटीले स्वास्थ्यबद्र्धकसँगै नयाँ स्वाद पस्कने तयारी गरेको छ। होटलका ज्ञानेन्द्र पौडेलले डिभोटीले ग्राहकको माग र सन्तुष्टीलाई ध्यानमा राख्दै खाना र नास्ताका नयाँ परिकार पस्कने तयारी गरेको बताए।
    १९९७ देखि सेफका रुपमा काम गर्दै आएका पौडेलसँग काठमाडौंको ¥याडिसन, हायात, साम्बाला, अफगानिस्तान, अफ्रिकामा काम गरेको अनुभव छ।
    2
    नयाँ खानाका रुपमा भेज र ननभेज दुवैथरिका खानाका स्वादहरु पाईने पौडेलले बताए । उनले आफैले तयार पारेको मसला प्रयोग गरेर हाइजेनिक खाना र नयाँ स्वाद दिन आफुले सक्दो प्रयास गर्ने बताए। होटलले अहिले ल्याएको भेज खानामा हरियाली नान, पनिर, हैदराबादी पनिर, सब्जी सबनम रहेका छन् भने ननभेजका पारखीहरुका लागि चिकन अफगानी, चिकन हट गार्लिक लगायतका रहेका छन्।
     1
    यहाँ बनाईने खाना सनफ्लावर तेल र ओलिव ओईल प्रयोग गरेर बनाईने उनले जानकारी दिए। उनका अनुसार होटलले भविष्यमा कुकिङ क्लव मार्फत प्रत्येक महिना महिलाहरुलाई आमन्त्रण गरेर खाना बनाउन सिकाउने र स्वादिष्ट खाना बनाउने प्रतिस्पर्धा गर्ने तयारी पनि गरेको छ।
    खानाका पारखीहरुका लागि केही फरक स्वाद दिने र आफैले पनि घरमै स्वादिष्ट खानाका परिकारहरु बनाएर खान सकुन भन्ने उद्देश्य लिएको होटल डिभोटीका संचालक कृष्ण बहादुर महराले बताए । यो बाहेक छिट्टै होटलले नेपालमै पहिलो पटक साईलेन्स रेष्टुरेन्ट समेत संचालनमा ल्याउने तयारी गरेको संचालक महराले बताए। जहाँ फरक क्षमता भएका व्यक्तिहरुले लाईभ कुकिङ्ग मार्फत खानाका परिकारहरु पस्कने छन्।

     ]]>
    9599 0 0 0
    यसरी थाहा पाउनुहोस् ,फेसबुकमा तपाइँलाई कसले अनफ्रेण्ड गर्यो ? http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%a5%e0%a4%be%e0%a4%b9%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%81%e0%a4%b9%e0%a5%8b%e0%a4%b8%e0%a5%8d-%e0%a4%ab%e0%a5%87%e0%a4%b8%e0%a4%ac/ Sat, 19 Mar 2016 15:43:31 +0000 http://www.ghumphir.com.np/?p=9604 Facebook1सोसल नेटवर्किंगको यो दुनियामा फेसबुक सबैभन्दा लोकप्रिय सोसल नेटवर्किंग साइटको रुपमा रहेको छ ।दुनियामा डेढ अर्ब भन्दा बढि मानिसले फेसबुक चलाउँदछन् । फेसबुकमा धेरै भन्दा धेरै साथीहरु हुनु व्यक्तिको सामाजिक दायरा विस्तारको द्योतक पनि मान्न सकिन्छ । तर  कहिलेकाहीँ अचानक हाम्रो फेसबुक फ्रेण्ड लिष्टमा भएका साथीहरुको संख्या बढ्नुको साटो घटेको हुन्छ । यसको मतलब कसैले तपाइँलाई अनफ्रेण्ड गरिदिएको हुन्छ ।

    तपाइँलाई कसले फेसबुकबाट हटाइदियो भनेर थाहा पाउन फेसबुकले कुनै नोटिफिकेसन उपलब्ध गराउँदैन र यो कुरा जान्नका लागि फेसबुकले कुनै फिचर उपलब्ध गराएको पनि छैन । तर यदि तपाइँले सानो जुक्ति लगाउनुभयो भने तपाइँलाई फेसबुकमा कसले अनफ्रेण्ड गर्यो भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ।

    हालै एउटा यस्तो एप लञ्च भएको छ, जसको प्रयोग गरेर तपाइँले आफुलाई फेसबुकबाट अनफ्रेण्ड गर्ने मानिस चिन्न सक्नुहुन्छ । हु डिलिटेड मी नामक यो एपद्धारा तपाइँले फेसबुकमा तपाइँलाई कसले ब्लक गर्यो भन्ने कुरा पनि जान्न सक्नुहुन्छ ।

    साथै यो एपले हालै तपाइँको अनफ्रेण्ड लिष्टमा को मानिस थपियो भन्ने कुराको सूचि पनि देखाइदिन्छ अनि तपाइँको कुन साथीले आफ्नो अकाउण्ट निस्कृय पार्यो वा पुनः सक्रिय तुल्यायो भन्ने कुरा पनि थाहा पाउन सकिन्छ ।

    यसका लागि तपाइँले आफ्नो स्मार्टफोनमा यो एप डाउनलोड गर्नुपर्ने हुन्छ । एप डाउनलोड गर्नुभन्दा पहिले कसैले तपाइँलाई अनफ्रेण्ड गरिसकेको छ भने चाहीँ त्यो थाहा पाउन सक्नुहुनेछैन तर एप डाउनलोड गरिसकेपछि तपाइँलाई अनफ्रेण्ड गर्नेको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

    यो एप हाल एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । एप डाउनलोड गर्न प्लेस्टोरमा गएर whodeletedme एप सर्च गरेर इन्स्टल गर्नुपर्नेछ ।

    ]]>
    9604 0 0 0
    पर्यटकको चहलपहल http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%b9%e0%a4%b2%e0%a4%aa%e0%a4%b9%e0%a4%b2-3/ Sat, 19 Mar 2016 15:48:07 +0000 http://www.ghumphir.com.np/?p=9606 9606 0 0 0 जोखिम मोलेर http://localhost/ghum/%e0%a4%9c%e0%a5%8b%e0%a4%96%e0%a4%bf%e0%a4%ae-%e0%a4%ae%e0%a5%8b%e0%a4%b2%e0%a5%87%e0%a4%b0/ Sat, 19 Mar 2016 15:50:19 +0000 http://www.ghumphir.com.np/?p=9610 9610 0 0 0 यस्तो छ, बेलायती राजकुमारकोे नेपाल यात्रा "पदयात्रा देखि जलयात्रा" सम्म http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%9b-%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0/ Sat, 19 Mar 2016 15:57:48 +0000 http://www.ghumphir.com.np/?p=9613 नारायण न्यौपाने / विष्णु नेपाल

    काठमाडौं : बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ पाँचदिने औपचारिक भ्रमणमा शनिबार दिउँसो अपराह्न काठमाडौं आइपुगेका छन्। नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल आएका हुन्।

    राजकुमार ह्यारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तिकुमारी शाही र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतले स्वागत अभिवादन गरेकी थिइन्।

    नेपालका लागि बेलायती राजदूत रिचर्ड मरीस, लण्डनस्थित नेपाली राजदूतावासका कावा राजदुत तेजबहादुर क्षेत्री र अन्तर्राष्ट्रिय विकासका लागि बेलायती सहयोग नियोग (डिएफआइडी) का प्रमुखलगायतले पनि स्वागत गरेका थिए। IMG_9434 copy राजकुमार ह्यारीले विमानस्थलबाट बाहिर निस्कने क्रममा हात हल्लाएर त्यहाँ उपस्थित सर्वसाधारणलाई अभिवादन गरेका थिए। राजकुमार ह्यारीका साथ विदेश राज्यमन्त्री ह्युगो स्वायरलगायत छन्।  राजकुमार ह्यारी विमानस्थलबाट खैरो ल्याण्डक्रुजर चढेर होटल सोल्टीमा पुगेका छन्।

    नेपाल सरकारको निमन्त्रणामा राजकुमार ह्यारी पहिलोपटक नेपाल आएका हुन्। बेलायतकी महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेकी थिइन्। युवराज चार्ल्स, तत्कालीन युवराज्ञी डायना र राजकुमार फिलिपबाट नेपालको भ्रमण भइसकेको छ। बेलयातसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एसियामा नेपाल पहिलो मुलुक हो।

    राजकुमार ह्यारीको कार्यक्रम

    प्रधानमन्त्री केपी शर्मा ओली र राजकुमार ह्यारीबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटघाटको कार्यक्रम रहेको छ। त्यसलगत्तै शनिबार साँझ राजकुमार ह्यारीको सम्मानमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले स्वागत समारोहको आयोजना गर्नेछन्। सो अवसरमा राजकुमारले स्वागत समारोहमा सहभागी नेपाल सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकृतसँग भेटघाट गर्नेछन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार शिष्टाचार भेटको कार्यक्रम तय भएको छ।

    गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिप्रति राजकुमार ह्यारीले चिन्ता व्यक्त गर्दै नेपाल भ्रमणको चाहना राखेका थिए। नेपाल भ्रमणका क्रममा राजकुमार ह्यारीले गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका ललितपुर र भक्तपुरका विभिन्न स्थलको अवलोकनसमेत गर्नेछन्। IMG_9436 copy उनले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विक स्थलमा भूकम्पले पारेको क्षतिको अवलोकन गरी जानकारी लिनेछन्। साथै उनले नागबहालस्थित ‘गोल्डेन टेम्पल’ को अवलोकन गर्ने कार्यक्रम छ।

    पुरातात्विक तथा ऐतिहासिक स्थल घुम्न र यसका बारेमा जानकारी राख्न उत्सुक राजुकुमार ह्यारीले ती स्थलमा भूकम्पले पुर्‍याएका क्षति र पुनःनिर्माणका बारेमा जानकारीसमेत लिनेछन्। परम्परागत काष्ठकला र सीपका बारेमा पनि उनले जानकारी लिनेछन्।

    सोही दिन राजकुमार भक्तपुर भइ भूकम्पपीडित समुदायसँग उनीहरूका भोग्नुपरेका दुःख र व्यथा सुन्नुहुने र सहानुभूति प्रकट गर्नेछन्। नेपाल रेडक्रस सोसाइटीद्वारा त्यहाँ अवस्थित विपद्का समयमा वितरण गरिने आकस्मिक राहत सामग्रीका बारेमा पनि जानकारी लिनेछन्।

    सो सामग्री बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले सोसाइटीलाई सहयोग गरेको थियो। राजकुमार ह्यारीले अस्थायी शिविरमा रहेका करिब २५० भूकम्पपीडितलाई सामूहिक रुपमा भेटघाट गर्नेछन्। त्यहाँ राजकुमारले उनीहरुका अनुभवलाई सुन्नेछन्।

    वर्दियामा वन्यजन्तु र जलयात्राको कार्यक्रम

    सोमबार र मङ्गलबार राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा बिताउनेछन्। वन्यजन्तु प्रत्यक्ष रुपमा हेर्न उत्सुक ३२ वर्षीय राजकुमारले बर्दिया राष्ट्रिय वन्यजन्तु निकुञ्ज रहेका वन्यजन्तु खासगरी गैँडा, हात्ती र बाघका बारेमा जानकारी लिनेछन्।  साथै उनले जलयात्रा समेत गर्नेछन्। विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पुर्‍याउँदै आएको छ। त्यहाँका वन्यजन्तु हेर्न हरेक वर्ष करिब १० हजार विदेशी पर्यटक जाने गर्दछन्।

    पदयात्रा, होमस्टे र दृश्यावलोकन

    पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानेछन्। उनले भूपू गोर्खा सैनिकका परिवारजनसित भलाकुसारी समेत गर्नेछन्। सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जाने यहाँस्थित बेलायती दूतावासले जनाएको छ।

    राजकुमार ह्यारीले लमजुङमा गोर्खा होमस्टेमा रात बिताउनुहुने कार्यक्रम छ। पोखरा, लमजुङ र बर्दिया घुमाइका क्रममा स्थानीय समुदायबाट प्रदर्शित हुने लोकसंस्कृतिको राजकुमारले अवलोकन गर्नेछन्।

    भ्रमणका क्रममा राजकुमारबाट नेपालमा पहिलोपटक आयोजना हुन लागेको बालिका सम्मेलनमा सहभागी हुनेछन्। संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ), बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)को आर्थिक एवम् प्राविधिक सहयोगमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सो सम्मेलन आयोजना गर्न लागेको हो।

    राजकुमारले सोही दिन कान्ति बाल अस्पताल जानुभई अस्पतालको नवजातशिशु कक्षसहित विभिन्न बार्डको कामका बारे जानकारी लिनेछन्। त्यस्तै सानोठिमीस्थित प्राविधिक विद्यालय जानुभई प्राविधिक शिक्षाका बारेमा जानकारीसमेत लिनुहुनेछ । भ्रमणको अन्तिम दिन राजकुमार ह्यारीले आफ्ना अनुभव सार्वजानिक समेत गर्नेछन्।

    ]]>
    9613 0 0 0
    यसकारण नहुने भयो चीनसँग इन्धन सम्झौता http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87-%e0%a4%ad%e0%a4%af%e0%a5%8b-%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%87/ Sat, 19 Mar 2016 16:09:16 +0000 http://www.ghumphir.com.np/?p=9616 विज्ञान अधिकारी
    प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा इन्धन सम्झौैता नहुने भएको छ । आपूर्तिमन्त्री गणेशमान पुनले प्रधानमन्त्री ओलीको भ्रमणमा इन्धन सम्झौता नहुने बताए ।
    ‘प्रधानमन्त्रीको भ्रमणमा इन्धन सम्झौता हुँदैन । कुनै अरु सम्झौतामा इन्धन समेत ल्याउने बुँदा राखिनेछ’, उनले बिजमाण्डूसँग भने । यो सम्झौता नहुने भएकोले आपूर्तिमन्त्री पुन समेत प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा छैनन् ।
    भारतको नाकाबन्दीपछि सबैभन्दा बढी चर्चामा रहेको इन्धन सम्झौताको लागि आपूर्ति मन्त्रालयले मस्यौदा समेत तयार पारेर परराष्ट्र मन्त्रालयमा पठाएको थियो । सो मस्यौदामा चीन सरकारलाई पेट्रोलियम पदार्थमा कर छुटका लागि प्रस्ताव गर्ने बुँदा पनि उल्लेख थियो ।
    परराष्ट्र मन्त्रालयले विभिन्न मन्त्रालयलाई प्रधानमन्त्रीको चीन भ्रमणमा उठाउनुपर्ने एजेण्डा पठाउन आग्रह गरेको थियो । सोही आग्रहका अनुसार आपूर्ति मन्त्रालयले इन्धन सम्झौता र तीन स्थानमा इन्धन भण्डारण डिपो निर्माणका लागि चीनसँग आग्रह गर्ने प्रस्ताव पठाएको थियो ।
    यो प्रस्तावमध्ये पाँचखाल, तनहुँ र त्रिशुलीमा इन्धन भण्डारण डिपो बनाउने प्रस्ताव लैजाने निर्णयमा परराष्ट्र पुगेको थियो । स्रोतका अनुसार चीनसँग इन्धन सम्झौता गर्दा भारतबाट तेल आपूर्तिमा अवरोध हुने आंशकाले रोकिएको हो ।
    ‘चीनसँग इन्धन सम्झौता हुनेवितिकै भारतले केही प्रतिशत तेल कटौती गर्यो भने समस्या आउँछ । चीनबाट तत्कालै तेल आउने सम्भावना कम छ, प्रधानमन्त्री कार्यालय उच्च स्रोतले भन्यो, ‘त्यसैेले छुटै इन्धन सम्झौता नगरी कुनै अर्को सम्झौताको बुँदामा इन्धन समेत ल्याउने राखेर बाटो खोल्ने रणनीतिमा लागिएको हो ।’ आयल निगमका अधिकारीहरुले समेत हल्ला नगरी सम्झौता गर्न सरकारलाई सुझाव दिएको थियो ।
    इन्धन सम्झौता बारे बढी चर्चा भएमा भारतबाट आपूर्ति समस्यामा पर्ने भन्दै निगमले सरकारलाई सचेत गराएको थियो । पछिल्लो समयमा चीनको विभिन्न तेल प्रशोधन केन्द्रमा निगमले गरेको अध्ययनलाई समेत गोप्य राखिएको थियो ।
    आपूर्ति व्यवस्था विभागका महानिर्देशक उत्तम नागिलाको नेतृत्वमा आपूर्ति उपसचिव नबराज ढकाल र आयल निगमका निर्देशक वीरेन्द्र गोइतले विभिन्न रिफाइनरी अध्ययन ढुवानी गर्दा लाग्ने अध्ययन समेत गरेका थिए । चिनियाँ सरकारकै निम्तोमा गएको यो टोलीले समेत सरकारलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाइसकेको छ ।
    ‘अहिले जसरी भएपनि चीनबाट इन्धन ल्याउन बाटो खोल्नुपर्छ, निगमका एक उच्च अधिकारीले भने, इन्धनको लागि बाटो खोल्नेवितिकै चीनले पूर्वाधार तयार गर्न थाल्छ । केही वर्षमा चीनबाट  तेल ल्याउँदा सस्तो र सहज पनि हुनसक्छ । चीनको विकल्प खोज्नेवित्तिकै भारतले हामीलाई झुकाउने रणनीति पनि परिवर्तन गर्नुपर्छ ।’ सिगात्सेसम्म आएको रेल केरुङसँग जोड्दा पाइपलाइन समेत ल्याउन चीनलाई दबाब समेत हुन्छ ।
    इन्धन व्यापारिक कारोबार मात्रै होइन, राजनीतिक विषय समेत जोडिएकोले इन्धन सम्झौंतालाई बढी चर्चामा ल्याउन अहिलेको सरकारले चाहेको छैन ।
    प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई लिएर भारतीय पक्षले समेत सर्तकतासाथ हेरिरहेका छन् । चीनसँग हुने सम्झौंताका आधारमा सरकारको भविष्यलाई समेत हेरिएकोले इन्धन लगायतका दीर्घकालिन सम्झौतालाई कम महत्व दिइएको हो ।
    भारतले नाकाबन्दी लगाएपछि नेपालले दीर्घकालिन रुपमै चीनबाट केही प्रतिशत पेट्रोलियम पदार्थ ल्याउने गृहकार्य थालेको थियो । दीर्घकालिन रुपमा तेल ल्याउन नेपालको सरकारी स्वामित्वको आयल निगम र चिनियाँ सरकारी स्वामित्वको चिनियाँ आयलबीच तेल कारोबारको सम्झौता समेत भइसकेको छ ।
    तर नेपाल र चीन सरकारवीच सम्झौता नहुँदा कर छुट, पूर्वाधार निर्माण लगायतका विषय थाँती रहेका छन् । चीनले दीर्घकालिन रुपमा इन्धन आपूर्तिका लागि आग्रह गर्दै नेपालमा हुने खपतको करिव एक तिहाई (३०) प्रतिशत तेल ल्याउन दबाब दिँदै आएको छ । चीनका लागि नेपालको कारोबार ठूलो होइन तर राजनीतिक हिसाबले इन्धनको कारोबार दीर्घकालिन महत्वको हो । नेपालमा वार्षिक १ खर्ब ३० अर्बको पेट्रोलियम कारोबार हुन्छ । बिजमाण्डू
    ]]>
    9616 0 0 0
    नेपाल सुरक्षित छ , भ्रमण गर्नुहोस् : बेलायती राजकुमार हेनरी http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4-%e0%a4%9b-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3-%e0%a4%97%e0%a4%b0/ Sat, 19 Mar 2016 16:41:19 +0000 http://www.ghumphir.com.np/?p=9618

    काठमाडौँ, ६ चैत । नेपालको औपचारिक भ्रमणमा रहनुभएका बेलायतका राजकुमार हेनरीले नेपाललाई सहयोग गर्न चाहने विश्वका समस्त मानव समुदायलाई नेपाल व्यवसायका निम्ति खुला छ भन्दै नेपालको पुनः भ्रमण गर्न आग्रह गर्नुभएको छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको द्विशतवार्षिकीको अवसरमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले आज साँझ आफ्नो सम्मानमा यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा राजकुमारले त्यस्तो अनुरोध गर्नुभएको हो । भूकम्पपीडित नेपालीका लागि सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गर्दै उहाँले नेपाल र नेपालीको सङ्कल्प, सहनशीलता र लोकप्रियतालाई अझ चम्काउने बताउनुभयो । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति पनि राजकुमार हेनरीले श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । गोर्खा सैनिकलाई विश्वभर अति प्रख्यात राजदूतको सङ्ज्ञा दिँदै राजकुमार हेनरीले भयानक बहादुरी एवम् विनम्रता र अनुकम्पपूर्ण उनीहरूको सौर्यको प्रशंसा गर्नुभयो । साथै उहाँले बेलायती राजमुकुटको रक्षामा प्राण उत्सर्ग गरेका वीर गोर्खाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । नेपालको यो मेरो भ्रमण निजी पनि हो, वीर गोर्खा सैन्यका केही व्यक्तिलाई भेट्ने अवसर पाएकामा म आभारी छु – उहाँले भन्नुभयो । आफ्ना मातापितासहित आफ्नो परिवारका धेरै सदस्यले नेपालको भ्रमण गर्नुभएको स्मरण गर्दै उहाँले आफ्नी हजूरआमाको राज्यारोहणका दिन नै तेञ्जिङ नोर्गे र सर एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरामाथा आरोहरण गरेको खबर सार्वजनिक भएर विश्वको ध्यान नेपालतर्फ आकृष्ट भएको बताउनुभयो । “योभन्दा ठूलो शीर्ष समाचार अरु के हुन्छ” राज्यारोहण र सगरमाथामा मानवले प्रथम पाइला हालेको दिनको नेपालको प्रचारबारेको विशिष्टता प्रस्तुत गर्दै उहाँले भन्नुभयो । नेपालको सौन्दर्यसँग पहिलो पटक साक्षात्कार गर्न पाएको उल्लेख गर्दै राजकुमार हेनरीले भन्नुभयो – “धेरै बेलायती झैँ म पनि पुस्तक र टेलिभिजनका पर्दामा नेपालका सुन्दर चित्रहरु हेरेर हुर्किएँ, मलाई विश्वास छ तपार्इंहरुले सधैँ सुन्नुभएको छ विश्वका धेरै मानिसको कल्पनामा नेपालले विशेष स्थान ओगटेको छ ।” बेलायत र नेपालबीच सम्बन्ध स्थापना भएको दुई सय वर्षका अवसरमा आयोजना हुने समारोहमा महारानीका तर्फबाट नेपाल भ्रमण गर्न आफूलाई भएको अनुरोधबाट आफू अत्यन्त हर्षित भएको उहाँले बताउनुभयो । अफगानिस्तानको पहिलो भ्रमणमा आफूले गोर्खा सैनिकसँगै सेवा गरेको सुनाउँदै उहाँले असाधारण सैनिक जन्माएर भरणपोषण गर्ने समुदायसँग पनि भेटघाट गर्ने जानकारी दिनुभयो । साथै उहाँले दौत्य सम्बन्धको द्विशतवार्षिकीमा आफूलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण गरिएकामा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री थापाले नेपाल र बेलायतबीचको सम्बन्ध बहुआयामिक, सहयोगात्मक, फलदायी, सहकार्ययुक्त भएको चर्चा गर्दै राजनीतिक, सैनिक, आर्थिक, विकासका आवश्यकता, शैक्षिक क्षेत्रलगायत विविध पाटामा दुवै पक्षका हितमा दिगो सहकार्य जारी रहेको बताउनुभयो । नेपालको लोकतान्त्रिक प्रक्रियामा संयुक्त अधिराज्यले सहयोग गरेको शान्ति प्रक्रियामा पनि त्यत्तिकै ठूलो सहयोग रहेको र त्यो टुङ्गिएसँगै संविधान जारी भएको बताउनुभयो । हाम्रा विकासका प्रयासमा संयुक्त अधिराज्यबाट महत्वपूर्ण सहयोग रहेको बताउँदै उहाँले नेपाल सरकार र नेपाली जनताका तर्फबाट प्राप्त उदार सहयोग र समर्थनप्रति कृतज्ञता व्यक्त गर्नुभयो । भूकम्पका बेला तत्काल सहयोग गरेकामा बेलायतप्रति आभार व्यक्त गर्दै उहाँले पुनर्निर्माण अभियानमा बेलायतले सघाउन गरेको प्रतिबद्धताको सराहना गर्नुभयो । “लोकतन्त्र, मानवअधिकार, विधिको शासन र स्वतन्त्रताजस्ता समान मान्यता एवम् साझा हित हाम्रा सम्बन्धका आधार हुन्, हाम्रा सम्बन्ध पारस्परिक समझदारी र एकअर्काप्रतिको सम्मानमा आधारित छन्”, उहाँले भन्नुभयो – “सार्वभौमिक समानता, संयुक्त राष्ट्रसङ्घको वडापत्रमा निहित उद्देश्य र सिद्धान्तहरुप्रतिका प्रतिबद्धता, अन्तर्राष्ट्रिय कानुनको सम्मान एवम् विश्व शान्तिप्रतिको आदर्शले हाम्रा सम्बन्धलाई निर्देशित गरेका छन् ।” ब्रिटिस गोर्खाले नेपाल र बेलायतबीचको सम्बन्धलाई सुदृढ पारेको भूकम्पपछिको मानवीय तथा पुनर्निर्माणका काममा उनीहरुको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताउँदै उपप्रधानमन्त्री थापाले भूकम्प प्रभावित क्षेत्रमा भएका मानवीय एवम् रचनात्मक कार्यको राजकुमारबाट हुन लागेको अवलोकनबाट नेपाली हर्षित भएका बताउनुभयो । बितेका एक वर्षमा नेपालीले अत्यन्त कठिन परिस्थितिको सामना गर्नुपरेको बताउँदै चुनौतीको यो घडीमा मौसुफको उपस्थितिबाट नेपालीलाई ढाडस मिलेको उल्लेख गर्नुभयो । द्विपक्षीय सम्बन्धको दुई शतवार्षिकी अनुपम एवम् दुर्लभ अवसर हो भन्दै उहाँले यसबाट विगतका उपलब्धि र भविष्यमा पारस्परिक सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो । समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद्, पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, पूर्व मन्त्री, पूर्व सभासद्, संवैधानिक अङ्गका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका वरिष्ठ अधिकारी, समाजसेवी, कलाकार, उद्योगपति, व्यापारी एवम् वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

    ]]>
    9618 0 0 0
    हुदहुद आँधी हिमपातमा परी ज्यान गुमाएका परिवारलाई टानद्धारा राहत प्रदान http://localhost/ghum/%e0%a4%b9%e0%a5%81%e0%a4%a6%e0%a4%b9%e0%a5%81%e0%a4%a6-%e0%a4%86%e0%a4%81%e0%a4%a7%e0%a5%80-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%aa%e0%a4%be%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%80/ Sun, 20 Mar 2016 03:52:18 +0000 http://www.ghumphir.com.np/?p=9621 ७ चैत, काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले सन् २०१४ मा नेपालका विभिन्न हिमाली क्षेत्रमा हुदहुद आँधीका कारण आएको हिमपातमा परी ज्यान गुमाएका पदयात्रा मजदुरका आश्रित परिवारलाई शनिबार राहत रकम प्रदान गरे ।

    tan-samman

    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रत्येक पीडित परिवारलाई नेपाल पर्यटन बोर्डबाट टिम्सबापत प्राप्त भएको रु दुई लाख प्रदान गरेको हो । आश्रित परिवारले किरिया खर्चस्वरुप रु ५० हजार पहिले नै पाइसकेका थिए ।

    अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसनबाट पदयात्रामा गएका जीतबहादुर तामाङ, लाक्पा शेर्पा र कृष्ण विकस डेस्टिनेसन नेपालबाट मुस्ताङ क्षेत्रको पदयात्रामा गएका लाक्पा दोर्जे लामा, लामा पेम्बा लोप्चन, दावा स्याङ्गा, रोमन तामाङ, दावा सिदार तामाङ, सोम लोप्चन, वांग्दी लोप्चन, सानुकाजी घिसिङ र आइतराम घिसिङ्स नेपाल ट्रान्स हिमालयन एक्सप्लोररबाट धौलागिरि पदयात्रामा भएका भोजकुमार राई, गोपाल राई र दोर्जे शेर्पास स्विसाज् माउन्टेन वे ट्रेकका पासाङ छिरिङ शेर्पास् नेपाल इकोलोजी ट्रेक्सका सन्ते तामाङ्स र अमोनाइट एड्भेन्चर एण्ड ट्रेक्सका तोपनाथ लामिछानेलाई किरिया खर्चसहित  दुई लाख ५० राहतस्वरूप प्रदान गरिएको टानले जनाएको छ ।

    कार्यक्रममा मन्त्री पोखरेलले आश्रित परिवारले समयमै राहत पाउन नसक्नु दुर्भाग्यपूर्ण भएको भन्दै थोरै भए पनि यो राहत रकमले आश्रित परिवारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    आश्रित परिवारलाई समयमै राहत रकम निकासा हुन नसकेकामा क्षमा माग्दै नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले प्राविधिक मुद्दाहरु सल्टाउँदै टानले पाउनुपर्ने रकम यथाशीघ्र निकासा गर्न पहल भइरहेको जानकारी दिए ।

    त्यसैगरी मजदुर युनियनका तर्फबाट बोल्दै युनिट्राभका महासचिव सुमन पराजुलीले आश्रित परिवारले समयमै राहत रकम पाउन नसक्नु दुःखद रहेको बताए ।

    टान अध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पदयात्रा क्षेत्र सुरक्षित बनाउन टान लागिपरेको बताउँदै राहत रकम सानो भए तापनि यसले आश्रित परिवारको मनमा लागेको घाउका खाटा पुर्न सहयोग पुग्ने धारणा राखे ।

    ]]>
    9621 0 0 0
    निगमबाटै तेलको ठगी धन्दा http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%88-%e0%a4%a4%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%a0%e0%a4%97%e0%a5%80-%e0%a4%a7%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be/ Sun, 20 Mar 2016 03:55:59 +0000 http://www.ghumphir.com.np/?p=9624 ७ चैत, काठमाडौं । पम्पबाट उपभोक्ताले कम परिमाणमा पेट्रोलियम पदार्थ पाएको गुनासोको आधारमा सरकारले कालोबजारी ऐनमार्फत पम्प सञ्चालकलाई भटाभट काबारहीको दायरामा ल्याए पनि भित्री रहस्य भने अर्कै छ ।

    उपभोक्तालाई कम परिमाणमा पेटोलियम पदार्थ उपलब्ध गराउने जालोको मुख्य स्रोत नेपाल आयल निगम आफैं रहेको तथ्य बाहिर आएको छ । आजको अन्नपूर्णमा समाचार छ ।

    निगमको थानकोट, अमलेखगन्ज, झापा, वीरगन्ज , दाङ, सुर्खेतलगायत डिपोबाट वर्षौदेखि यस्तो ठगी धन्दा सञ्चालन भइरहेको छ ।

    निगमले आफैं तोकिएको परिमाणको रकम असुल गरेर पम्प सञ्चालकलाई घटी परिमाणमा इन्धन उपलब्ध गराइरहेको सरकारी अनुगमनको प्रतिवेदनबाट खुलेको छ ।

    निगम आफेँ ठगी धन्दामा लागेको बिषयमा सरकारलाई थाहा भएर पनि निगममाथि हालसम्म कुनै कारबाही भएको छैन । निगमले तोकिएको परिमाणको रकम असुल गरेर पनि पम्पलाई कम परिमाण इन्धन उपलब्ध गराएको विषयमा ट्यांकरको नम्बरसहित अन्य सम्पूर्ण प्रमाण प्राप्त भएको छ ।

    ]]>
    9624 0 0 0
    परीक्षण उडानमा प्रधानमन्त्री http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%89%e0%a4%a1%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d/ Sun, 20 Mar 2016 04:02:14 +0000 http://www.ghumphir.com.np/?p=9626 ७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओली सञ्चालनमै नआएको निजी वायुसेना कम्पनीको उडानबाट चीन जाने भएपछि उनको भ्रमण सुरुमै विवादमा परेको छ ।

    Himalaya-Airlines-768x207

    कानुनी रुपमा कागजात मिलाएर पनि व्यावहारिक रुपमा भने परीक्षण उडानबाटै उन बिेइजिङ जाँदैछन् । आजको कारोबार दैनिकमा समाचार छ ।

    राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमसँग भएका जाहाजलाई लत्याउँदै बिनाप्रतिस्पर्धा हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरेर उनी चिन भ्रमणमा जान लागेका हुन् । आइतबारदेखि हुने उनको भ्रमणमा चीनसँग गरिने सम्झौताभन्दा जहाज चार्टरको विवादले प्राथमिकता पाएको छ ।

    प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाटै हिमालय एयरलाइन्सको जहाज प्रयोग गर्ने निर्णय गराएका हुन् । प्रधानमन्त्रीले प्रयोग गर्ने निर्णय गरेपछि हिमालय एयरलाइन्सको जहाज काठमाडौं अवतरणगरेको साता नवित्दै नागरिक उड्डयन प्राधिकरणले एओसी प्रमाणपत्र दिएको छ ।

    ]]>
    9626 0 0 0
    विदेशीले दिए, नेताले बन्द गराए ! http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%8f-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/ Sun, 20 Mar 2016 04:04:03 +0000 http://www.ghumphir.com.np/?p=9628 9628 0 0 0 केरा विश्वबाटै हराउने खतरा ! http://localhost/ghum/%e0%a4%95%e0%a5%87%e0%a4%b0%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%88-%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%96%e0%a4%a4/ Sun, 20 Mar 2016 04:06:22 +0000 http://www.ghumphir.com.np/?p=9630 ७ चैत, काठमाडौं । सबैभन्दा स्वादिष्ट र पोषिलो ‘ग्रस माइकल’ जातको केरा संसारबाट ७० वर्षअघि नै लोप भयो ।‘पानामा डिजिज’ नामक ‘फंगस’ ढुसी को फैलदो संक्रमणले क्याभेन्डिस जातको करा पनि विश्वबाटै हराउने खतरा एक अध्ययनले औल्याएको आजको नागरिक दैनिकमा समाचार छ ।

    banana

    ग्रस माइकललाई सखाप पार्ने पानामा डिजिजको ट्रपिकल रेस वाले यसअघि क्याभेन्डिसलाई छुन सकेको थिएन जसकारण अहिलेसम्म यो जातको केरा व्यवसायिक रूपमा चल्तीमा छ । अहिलेसम्म विश्व बजारमा ९९ प्रतिशत भाग यसैले ओगटिरहेको छ ।

    ट्रपिकल रेस वानकै परिवर्तित प्रजाति ट्रपिकल रेस फोरले भने क्याभेन्डिसमाथि पनि धावा बोलिरहेको छ ।

    अध्ययन अनुसार दक्षिणपूर्वी एसियाली देशका नब्बेको दशकबाट क्याभेन्डिसमा यो संक्रमण दिखिएकोमा अहिले अफि्रका र अस्ट्रेलियाका केरामा समेत फैलिएको पाइएकोले वैज्ञानिकहरुले केरा लोप हुने खतरा औल्याएका हुन् ।

    ]]>
    9630 0 0 0
    भूकम्पमा मारिएका ३३ बेबारिसे शव गाडियो http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a5%a9%e0%a5%a9-%e0%a4%ac%e0%a5%87%e0%a4%ac%e0%a4%be/ Sun, 20 Mar 2016 04:14:03 +0000 http://www.ghumphir.com.np/?p=9633 ७ चैत, काठमाडौं ।

    वर्षदिन पुग्न लाग्दा पनि आफन्त खोज्न नआएपछि भूकम्मा मृत्यु भएका ३३ जनाको बेबारिसे शव र मानव अवशेष महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमै गाडिएको खबर आजको अन्नपूर्णमा छापिएको छ।

    प्रत्येक शवमाथि शंकेत नम्बर लेखिएको फलामका डन्डी गाडेर माटोले पुरिएको हो। आफन्त खोज्न आए भने डिएनए परीक्षण गरी त्यही संकेत नम्बरको आधारमा शवको कंगाल निकालि जिम्मा लगाउने अस्पतालका फोरेन्सिक मेडिसिन विभागका असिस्टेन्स प्रोफेसर  डा. रिजन श्रेष्ठले बताए।

    काठमाडौं र रसुवाबाट ल्यएका १५/१५ र दोलखाबाट ल्याइएको ३ शवमध्ये ८ पुरूष र २ महिला भएको पत्ता लागेको छ। हड्डी र एउटा मात्र अंग भएकाले लिंग पहिचान समस्या भएको हो।

    ]]>
    9633 0 0 0
    राष्ट्रिय निकुञ्जको अनुगमन http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%97/ Sun, 20 Mar 2016 04:17:43 +0000 http://www.ghumphir.com.np/?p=9635

    चितवन, ७ चैत । व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिले चितवनको सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौली र चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेका अखेटोपहारको अनुगमन गरेको छ । टोलीमा वन मन्त्रालय, वन विभाग, निकुञ्ज विभाग, प्राकृतिक संरक्षण कोषलगायतका प्रमुख एवम् प्रतिनिधिहरुको समेत सहभागिता रहेको छ ।

    chitawanसमितिका सभापति जनकराज चौधरीको नेतृत्वको टोलीले चितवन राष्ट्रिय निकुञ्ज केन्द्रीय भण्डारण कसरा तथा सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा रहेको अखेटोपहारको स्थलगत अध्ययन तथा निरीक्षण प्रतिवेदन पाएसँगै स्थलगत रुपमा अनुगमन गरेको हो । अनुगमनका क्रममा सभापति चौधरीले सङ्कलित अखेटोपहारलाई शैक्षिक, अनुसन्धान र सङ्ग्रहालयका लागि संरक्षण गर्न सकिनेबाहेकलाई नष्ट गरिने बताउनुभयो । ती अखेटोपहार बहुमूल्य भए पनि बिक्री वितरण गर्दा चोरीसिकारीलाई प्रश्रय मिल्ने हुँदा बिक्री वितरण भने नगरिने उल्लेख गर्नु भयो । समितिका सचिव रवि शर्माले साइटिसको सिद्धान्तअनुरुप अखेटोपहारलाई विभाजन गरेर संरक्षण र नष्ट गरिने बताउनुभयो । वन विभागका सहसचिव विजयराज पौडेलले संसदीय समितिको स्थलगत अवलोकनपछि दिइने प्रतिवेदनका आधारमा अखेटोपहार के गर्ने भन्ने विषयमा निर्णयका लागि मन्त्रिपरिषद्मा पेस हुने बताउनुभयो । वन विभागअन्तर्गतका कार्यालयबाट सङ्कलित अखेटोपहार टिकौलीमा र निकुञ्ज विभागअन्तर्गतका निकुञ्ज र आरक्षबाट सङ्कलित अखेटोपहार कसरामा भण्डारण गरिएको छ । लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडाको खाग, पाटे बाघको छाला, जङ्गली हात्तीका दाह्रालगायतका जीवजन्तुका अङ्ग भण्डारण गरिएको छ । जीवजन्तु मरेमा या मारिएमा उनीहरुका हाड, छाला झिकेर सुरक्षित राख्ने प्रचलन छ । त्यस्तै, तस्करहरुबाट बरामद भएका अङ्गहरु पनि सङ्कलन हुने गरेका छन् ।

    ]]>
    9635 0 0 0
    एकसय ३८ ले अङ्गीकृत नागरिकता लिए http://localhost/ghum/%e0%a4%8f%e0%a4%95%e0%a4%b8%e0%a4%af-%e0%a5%a9%e0%a5%ae-%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%80%e0%a4%95%e0%a5%83%e0%a4%a4-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf/ Sun, 20 Mar 2016 04:22:52 +0000 http://www.ghumphir.com.np/?p=9637

    इटहरी, ७ चैत । नयाँ संविधान, २०७२ जारी भएपछिको छ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १३८ जना भारतीय महिलाले वैवाहिक अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेका छन् । सुनसरी जिल्लाका विभिन्न गाविस र नगरपालिकाका नेपाली युवाले छिमेकी मुलुक भारतमा वैवाहिक सम्बन्ध गाँसेपछि भारतीय नागरिकता परित्याग गरी भारतीय मूलका युवतीले वैवाहिक अङ्गीकृत नेपाली नागरिकता लिएको सुनसरी प्रशासनले विवरण दिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको नागरिकता फाँटले दिएको तथ्याङ्कमा नेपालको संविधान, २०७२ जारी भएपछि वैवाहिक अङ्गीकृत नागरिकता लिनेहरुमा सुनसरी प्रशासनमा भारतीय मूलका महिलाको सङ्ख्या बढिरहेको बताइएको छ । नागरिकता फाँटका प्रशासकीय अधिकृत दीनानाथ लम्सालले वैवाहिक अङ्गीकृत नागरिकता लिनका लागि विवाह दर्ता, पतिको नागरिकता, भारतीय नागरिकता परित्याग गरेको निस्सा वा प्रमाण, हुलाकको रजिस्टरी गरेको रसिद र सपथपत्रसहितको आवेदन दिएको प्रमाणका आधारमा भारतीय महिलाले वैवाहिक अङ्गीकृत नागरिक प्राप्त गर्ने व्यवस्था रहेको छ । लम्सालले भन्नुभयो – “यी सबै प्रक्रिया पूरा गरेर आएको निवेदनलाई एकैदिनमा जिल्ला प्रशासन कार्यालय सुनसरीले नागरिकता दिने गर्दै आएको छ ।” सुनसरी जिल्लाको श्रीपुरजब्दी, हरिपुर, भोक्राहा, नरसिंह, बबिया, मध्यहर्षाही, दुहवी, पकली, इनरुवालगायत स्थानका युवाले भारतमा यस वर्ष वैवाहिक सम्बन्ध भएको आधारमा उनीहरुले वैवाहिक अङ्गीकृत नेपाली नागरिकता प्राप्तिका लागि सम्पूर्ण प्रमाण पु¥याएर आएकाले उनीहरुले वैवाहिक अङ्गीकृत नागरिकता पाएको पाइएको छ । मधेसवादी दलहरुले नयाँ संविधानमा अङ्गीकृत नागरिकताका विषयमा गलत व्याख्या गरेर मधेस अर्थात् तराईमा बसोबास गर्दै आएकाहरुले भारतीय मूलका युवतीसँग विवाह गर्दा वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था नरहेको भन्दै गलत प्रचार गरिरहेको अवस्थामा सुनसरी जिल्लामा यति छोटो अवधिमा १३८ जना भारतीय युवतीले नेपाली युवासँग विवाह गरेकै आधार र प्रमाणका आधारमा वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको देखिएको छ ।

    ]]>
    9637 0 0 0
    नेयमारलाई ५ अर्ब ५४ करोड जरिवाना http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%af%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a5%ab-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a5%ab%e0%a5%aa-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%9c/ Sun, 20 Mar 2016 04:25:56 +0000 http://www.ghumphir.com.np/?p=9639 nyamar

    स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेयमारले कर छली गरेको ब्राजिलको एक अदालतले ठहर गरेको छ। अदालतले नेयमारललाई दोषी ठहर गर्दै कर ब्याज र जरीवाना गरी ५ अर्ब ५४ करोड फिर्ता गर्न आदेश दिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

    उनले सन् २०११ देखि २०१४ सम्म कर छलि गरेको अदालतले जनाएको छ।अदालतका अनुसार उनले आफ्ना बुबासँग मिलेर कर छलि गरेका हुन्।

    ]]>
    9639 0 0 0
    यस्तो छ नेपाली कांग्रेसमा बरियताक्रम http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%9b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%ae/ Sun, 20 Mar 2016 11:18:16 +0000 http://www.ghumphir.com.np/?p=9642 १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको शुक्रबार बसेको पहिलो बैठकले नेपाली कांग्रेसमा बरियाता सार्वजनिक गरेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको बैठकले बरियताको दोस्रो नम्बरमा रामचन्द्र पौडेललाई नेता बनाएर राखेको छ।

    यस्तै तेस्रो नम्बरमा उप-सभापतिलाई खाली राखेको छ। चौथो नम्बरमा डा. शशांका कोइराला, पाँचौ नम्बरमा मनोनित महामन्त्रीका लागि खाली राखेको छ।

    यस्तै छैठौमा सीतादेवि यादव, सातौमा मनोनित सह-महामन्त्री लागि बाँकी छ। आठौंमा प्रकाशमान सिंह, नवौमा कृष्णप्रसाद सिटौला, दशौमा गोपालमान श्रेष्ठ, ११औंमा विमनेन्द्र निधि, १२औंमा  कुलबहादुर गुरूङ र तेह्रौमा खुमबहादुर खड्कालाई राखेको छ।

    ]]>
    9642 0 0 0
    सुन तथा गहनाको बिक्री घट्यो http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%97%e0%a4%b9%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%98%e0%a4%9f%e0%a5%8d/ Sun, 20 Mar 2016 11:22:37 +0000 http://www.ghumphir.com.np/?p=9644

    कृष्णराज गौतम काठमाडौँ, ७ चैत । बजारमा सर्वसाधारण उपभोक्ताको मागको तुलनामा सुनको आपूर्ति तीन गुणाले वृद्धि भएपछि सुन तथा गरगहनाको कारोबार प्रभावित भएको छ । गत फागुनदेखि सुनको मूल्यमा वृद्धि हुने क्रम सुरु भएपछि बजारमा सुन खरिद गर्न भन्दा बेच्न सर्वसाधारण तथा उपभोक्ताको भीड लागेको हो । अहिले बजारमा दैनिक करिब १० दखि १२ किलोको सुनको माग रहेको भए पनि विभिन्न क्षेत्रबाट मुलुकभित्र दैनिक ३५ देखि ४० किलोसम्म सुन आपूर्ति हुने गरेकाले कारोबार हुन नसकेको व्यापारी बताउँछन् । गत फागुनको पहिलो सातामा सुन प्रतितोला रु ४७ हजार मूल्य कायम भई कारोबार भइआएकामा दोस्रो सातादेखि क्रमिक रुपमा मूल्य वृद्धि भई चैतको पहिलो सातामा रु ५७ हजारसम्म पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सुन तथा गरगहनाको व्यापारमा मन्दी आएका कारण अहिले विभिन्न वाणिज्य बैङ्कमार्फत आउने दैनिक १५ किलो सुनसमेत उठाउन नसकिएको बताउनुभयो । भूकम्पका कारण सुन तथा गरगहनाको कारोबार ह्वात्तै घटेको भए पनि विवाह, व्रतबन्ध तथा तीजलगायतका पर्वले कारोबारमा क्रमिक सुधार आउन थालेको थियो । महासङ्घका अनुसार पछिल्लो पटक संविधान जारी हुने बेलामा मधेस आन्दोलन तथा अघोषित नाकाबन्दी भई यस क्षेत्रको व्यापारमा नकारात्मक असर परेको हो । सुनको मूल्य सस्तिएको समयमा खरिद गरेका उपभोक्ताले अहिले महँगिएको बेला बिक्री गर्दा बजारमा नकारात्मक प्रभाव परेको बताइन्छ । अधिकांश नेपाली नगद आवश्यक पर्दा सञ्चय गरेको सुन तथा गहना बिक्री गरी जोहो टार्ने गर्छन् । सुनको मूल्य आज प्रतितोला रु ५५ हजार ५०० मा कारोबार भएको महासङ्घले जनाएको छ । श्री रिद्धि सिद्धि सुनचाँदी तथा गहना पसलका सञ्चालक नरेन्द्र गुप्ताले राजनीतिक अस्थिरताले व्यवसायले गति लिन नसकेको बताउनुभयो । नेपाल रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनले सुन, रत्न तथा गहना महङ्गो भएका कारण सबैको पहुँचमा पुग्न नसकेको बताउँदै भन्नुभयो – स्वदेशमा पाइने महत्वपूर्ण रत्नको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भए पनि नेपालमा त्यसको व्यावसायिक उत्पादन हुन सकेको छैन ।

    ]]>
    9644 0 0 0
    फ्री वाइफाइले रत्नपार्कमा आगन्तुक बढे http://localhost/ghum/%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%be%e0%a4%87%e0%a4%ab%e0%a4%be%e0%a4%87%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a4%a4%e0%a5%8d%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%ae/ Sun, 20 Mar 2016 11:25:01 +0000 http://www.ghumphir.com.np/?p=9646 ७ चैत, काठमाडाैं। रत्नपार्कमा इन्टरनेट सुविधा सुरु भएसँगै रत्नपार्कमा अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।  अन्य दिन भन्दा शनिबार २ सय बढी अवलोनकर्ता अाएका छन् ।

    ratnapark-620x3201

    काठमाडौँ महानगरपालिका, रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीकाअनुसार अन्य शनिबारको दिन एक हजारसम्म अवलोकनकर्ता आउने गरेकामा यही चैत ६ गते शनिबारदेखि इन्टरनेट सुविधा थपिएपछि अन्य दिनको तुलनामा वृद्धि भएको हो । अवलोकनकर्ताको सङ्ख्या वृद्धि भएसँगै आम्दानीमा पनि वृद्धि भएको छ ।

    सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै गत शुक्रबार साँझदेखि वाइफाइ सेवा विस्तार गरिए पनि सर्वसाधारणले शनिबारदेखि मात्र प्रयोग गर्न पाएका थिए ।

    “रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गरिएको हो” प्रमुख केसीले भने ।

    एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको उद्यानमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्छन् ।

    इन्टरनेटको सुविधासँगै उद्यान अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइले अपेक्षा गरेको छ। उद्यानको पुनःनिर्माणपछि सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ ।

    ]]>
    9646 0 0 0
    निजगढ विमानस्थल र द्रुतमार्ग सरकार आफैँले बनाउनुपर्ने http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%9c%e0%a4%97%e0%a4%a2-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2-%e0%a4%b0-%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%81%e0%a4%a4%e0%a4%ae/ Sun, 20 Mar 2016 11:34:13 +0000 http://www.ghumphir.com.np/?p=9648

    रमेश लम्साल  काठमाडौँ, ७ चैत । व्यवस्थापिका–संसद्, अर्थ समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–तराई मधेस द्रुत मार्ग सरकार आफँैले निर्माण गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका ती दुवै परियोजना नेपाली लगानी र सीपमा नै निर्माण गर्नुपर्नेमा जोड दिँदै तत्काल प्रक्रिया सुरु गर्नसमेत सरकारलाई निर्देशन दिएको हो । SIA-Nijgadh-3सो आयोजना नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रको अधिकतम हितलाई केन्द्रमा राखी सरकार आफैँले आर्थिक स्रोत व्यवस्थापन गर्न समेत समितिले निर्देशन दिएको सभापति प्रकाश ज्वालाले जानकारी दिनुभयो । यस्तै विमानस्थलको डिजाइन र लागत अनुमान, जग्गा अधिग्रहण, पुनःर्वासको व्यवस्था, विमानस्थल क्षेत्रभित्र रहेका रुखको व्यवस्थापनलगायतका विषयमा तत्काल निर्णय गरी छिटो छरितो र पारदर्शी ढङ्गबाट आधुनिक प्रविधियुक्त विमानस्थलको निर्माण कार्य तत्काल अगाडि बढाउन नेपाल सरकार, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समितिले निर्देश गरेको छ । विमानस्थल निर्माणको लागि चार किल्ला निर्धारण भइसकेको अवस्थामा जग्गा अधिग्रहण, बस्ती व्यवस्थापन र निर्माणस्थल तयार पार्ने क्रममा पुगेको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ज्यादै व्यस्त हुनुका साथै ठूला विमान अवतरणमा समेत कठिनाइ भइरहेको अवस्थामा सबै किसिमका विमान उडान र अवतरण हुनसक्ने अत्याधुनिक विमानस्थलको रुपमा निजगढलाई प्रस्ताव गरिएको हो । सो विमानस्थल निर्माण भएको खण्डमा मुलुकको पर्यटकीय गतिविधि अभिवृद्धि हुनुका साथै राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत महत्वपूर्ण योगदान दिन सक्नेछ । सो आयोजना अगाडि बढाउनका लागि सरकारले आव २०७१÷७२ देखि बजेट विनियोजन गरेको हो । तर कुन प्रक्रियाका आधारमा विमानस्थल निर्माण गर्ने भन्ने सन्दर्भमा भने हालसम्म ठोस निर्णय हुन सकेको छैन । परियोजनाका लागि सरकारले आव २०७१÷७२ र २०७२÷७३ मा रु ५०÷५० करोड बजेट उपलब्ध गराएको थियो । अघिल्लो सरकारले विमानस्थलको चार किल्ला कायम गर्ने निर्णय गरेर निर्माण प्रक्रिया सुरु गर्ने प्रारम्भिक कामको सुरुवात गरेको थियो । सरकारले सो आयोजनालाई निर्माण, स्वामित्व, सञ्चालन र स्वामित्व (बुट) अवधारणाअनुसार अगाडि बढाउने जनाउँदै आएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार भइसकेको अवस्थामा लगानी बोर्डमार्फत आयोजना अगाडि बढाउने वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै काम गर्ने भन्ने विषयमा समेत केही समय विवाद देखिएको थियो । निर्माण सुरु गर्न आधारभूत रुपमा पहुँच मार्ग निर्माणको काम सुरु गर्न वन कटानमा देखिएको समस्या समाधान गर्नुपर्ने देखिएको छ । कोरियाली कम्पनी एलएमडब्ल्युले २०६६ फागुनमा रु ३६ करोड लागतमा विमानस्थलको पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन समेत तयार पारेको थियो । सो अध्ययनअनुसार आयोजनाको लागत रु ३५ अर्ब ५१ करोड लाग्ने जनाइएको थियो । सन् २०११ को अन्त्यबाट निर्माण सुरु गर्ने र सन् २०१५ मा सम्पन्न गर्ने विगतमा लक्ष्य राखिएको भए पनि सरकारी चासोको अभावमा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिएन । विमानस्थल निर्माणपछि सन् २०३० सम्म छ करोड यात्रु भित्र्याउने लक्ष्य राखिएको छ । चालु आवमा विनियोजन गरिएको रु ५० करोड रकम गढीमाइ नगरपालिकामा पर्ने टाँगी बस्ती स्थानान्तरणमा खर्च गरिने उहाँको भनाइ छ । द्रुतमार्गको काम अघि बढेन यस्तै काठमाडौँ– तराई मधेस– द्रुतमार्ग अगाडि बढाउनका लागि भारतीय कम्पनी आइएल एन्ड एफएस कम्पनी छनोट गरिएको भए पनि पछिल्लो दिनमा कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन । सो कम्पनीले परियोजना प्रतिवेदन तयार पारेको सन्दर्भमा न्यूनतम सवारी आवागमनबापत उठ्ने रकमको ग्यारेन्टी गरेर मात्रै काम सुरु गर्न समितिले आग्रह गरेको छ । कुल ७६ किलोमिटर लामो सो द्रुत मार्गको लागत रु एक खर्ब १२ अर्ब लाग्ने अनुमान छ । सरकारले इक्विइटीबापत ५० प्रतिशत कार्य सम्पन्न भएपछि रु १५ अर्ब अनुदानको रुपमा प्रवद्र्धकलाई दिने व्यवस्थाको साथै रु ७५ अर्ब रकम सहुलियत ब्याज दरमा सरकारले ऋण उपलब्ध गराउने व्यवस्था गलत भएको भन्दै विवाद बढेको थियो । सो परियोजनाको अवधि जम्मा ३० वर्षको रहेको, सडक निर्माण गर्न पाँच वर्ष लाग्ने र निर्माण सम्पन्न भएको वर्षदेखि २५ वर्षसम्म लगानीकर्ताले उक्त सडकबाट सडक प्रयोग दस्तुर उठाउने र तत्पश्चात सरकारलाई हस्तान्तरण गर्ने व्यवस्था रहेको छ । पहिलो वर्ष सडक प्रयोग गर्ने सवारीसाधनको सङ्ख्या एक करोड ६४ लाख ३१ हजार ३२२ हुने र जसमा दैनिकरुपमा सवारीसाधन सङ्ख्या बढ्दै गई २५सौँ वर्षमा दुई करोड ४७ लाख ४९ हजार ६७९ पुग्ने उल्लेख गरिएको छ । तर सवारीसाधनले तिर्नुपर्ने शुल्क महँगो भएकाले नेपाल सरकारले नै निर्माण गर्नुपर्ने समितिको ठहर छ । आयोजनाको नेपाली सेनाले ट्रयाक खोल्ने कार्य पहिल्यै सम्पन्न गरेको र घरजग्गा अधिग्रहण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ । सन् २००८ मा भएको अध्ययनबाट अनुमानित लागत रु ६७ अर्ब रहेको र हाल रु ९७ अर्ब लाग्ने अनुमान गरिएकाले विदेशीलाई भन्दा स्वदेशीले नै लगानी गर्नुपर्ने माग उठेको छ ।

    ]]>
    9648 0 0 0
    तीनवटा सिटी रिक्साको एउटै नम्बर http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%b8%e0%a4%bf%e0%a4%9f%e0%a5%80-%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%8f%e0%a4%89%e0%a4%9f/ Sun, 20 Mar 2016 11:36:10 +0000 http://www.ghumphir.com.np/?p=9651

    काँकडभिट्टा (झापा), ७ चैत । एउटै नम्बर प्लेटका तीनवटा सवारीसाधन जिल्लामा खुलेआम चलिरहँदा पनि नियामक निकाय भने मौन छ । मे१ह ८१४ नम्बरको सिटी सफारी जिल्लामा तीनवटा छन् । एउटै नम्बरका दुईवटा सिटी सफारी विर्तामोडमै सञ्चालित छन् भने अर्को धुलाबारीमा सञ्चालित छ । यातायात व्यवस्था कार्यालय मेचीले सिटी सफारीलाई टेम्पोको रुपमा दर्ता प्रक्रिया अघि बढाएपछि सफारीलाई ‘मे१ह’ को नम्बर प्लेट राख्ने अनुमति छ । स्थानीय निकायले सिफारिस गरेपछि मात्र यातायात कार्यालयले सिटी सफारी दर्ता गर्नुपर्ने प्रावधान छ । तर स्थानीय निकायको सिफारिस बिनै काम गर्दा यस्तो समस्या आएको विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रवीन्द्र वस्ती बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–“हाम्रो सिफारिसबिनै यातायातले भटाभट सिटी सफारी दर्ता गरिरहेको छ ।” मे १ ह ८१४ नंको सिटी सफारी शान्तिनगरका पदमबहादुर न्यौपानेको नाममा रहेको यातायात कार्यालयका अधिकृत मनोजकुमार ठाकुरले बताउनुभयो । उहाँले अरू सफारीले दर्ता नगरी त्यही नम्बर राख्नुमा यातायात कार्यालयको गल्ती नभएको बताउनुभयो । यातायात कार्यालयमा एक हजार १०० वटा सिटी सफारी मात्र दर्ता छन् । तर विर्तामोडमा मात्र एक हजार ४०० बढी सिटी सफारी नम्बर प्लेट टाँसेर चलिहरेका छन् । यातायात कार्यालयमा सिटी सफारी दर्ता गर्नका लागि जुन क्षेत्रमा सिटी सफारी चलाउने हो, सोही क्षेत्रको गाविस वा नगरपालिकाको सिफारिस लिनुपर्ने अनिवार्य प्रावधान छ । तर यातायात कार्यालयले बिना सिफारिस नै धमाधम दर्ता गरेका कारण यस्ता समस्या आउने गरेको सिटी सफारी सञ्चालकहरु बताउँछन् ।

    ]]>
    9651 0 0 0
    प्राधिकरणका सीइओ ज्ञवालीमाथि अख्तियारको छानबिन http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%b0%e0%a4%a3%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a5%80%e0%a4%87%e0%a4%93-%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a5%80/ Sun, 20 Mar 2016 15:30:06 +0000 http://www.ghumphir.com.np/?p=9655 रवीन्द्र घिमिरे ७ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीमाथि भ्रष्टाचारको अभियोगमा छानविन थालेको छ । सीईओ ज्ञवालीविरुद्ध अख्तियारमा झण्डै एक दर्जन उजुरी परेका छन् ।

    susil-gyawali-5उजुरीका आधारमा अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले अनलाइनखबरसँग पुष्टि गरे । पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत नियुक्त हुनुअघि ज्ञवाली नगर विकास कोषमा कार्यकारी निर्देशक थिए ।

    ‘कोष र प्राधिकरण दुबैमा ज्ञवालीले अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएका छन्’ पुस्करले भने- ‘हामीले छानविन गरिरहेका छौं ।’

    चार किसिमका आरोप स्रोतका अनुसार प्राधिकरणका सीईओ ज्ञवालीविरुद्ध अख्तियारमा अहिले चार किसिमका उजुरी परेका छन् । प्राविधिक, प्रशासनिक, आर्थिक विषयका साथै सार्वजनिक खरिदमा अनियमितता गरेको आरोप लागेको छ ।

    उनले नगर विकास कोषमा कार्यरत रहँदा नगरपालिका र उपभोक्ता समितिहरुलाई विभिन्न आयोजनाका लागि ऋण तथा अनुदान दिँदा विभिन्न किसिमबाट भ्रष्टाचार गरेको आरोप लागेको छ ।

    नगर विकास कोषले दातृ निकायसँग एक प्रतिशतसम्म ब्याजदरमा ऋण लिएर नगरपालिकाहरुले सञ्चालन आयोजनालाई ८ प्रतिशतसम्म ब्याजदरमा ऋण प्रवाह गर्ने गरेको छ ।

    यस्तै नगरपालिकाले ऋण लिएर चलाएको आयोजना बनेपछि अर्को योजनाका लागि अनुदान समेत दिने गरेको थियो । पछिल्लो समयमा भने कोषले एउटै आयोजनामा ऋण र अनुदान दिँदैछ ।

    प्राधिकरणमा आएपछि ज्ञवालीले प्राविधिक (ड्रोइङ तथा डिजाइनिङ) अनियमितता गरेको भन्दै उजुरी दर्ता भएका छन् ।

    अनुसन्धान आधा सकियोः अख्तियार अख्तियार प्रवक्ता पुस्करले ज्ञवालीमाथि भ्रष्टाचारको अनुसन्धान तीव्र गतिमा भइरहेको दाबी गरे । अनुसन्धानले दिने निश्कर्षमा आधारमा मात्रै थप बोल्न सकिने उनले बताए ।

    केही उजुरीको अनुसन्धान प्रारम्भिक अवस्थामा नै छन् । दोषी पाइए उनीविरुद्ध मुद्दा दायर गरिने अख्तियारले बताएको छ ।

    सीइओ ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणमा गएका छन् ।

    ]]>
    9655 0 0 0
    पर्यटन प्रवद्र्धन योजना घान्द्रुकमा बन्दै http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d/ Sun, 20 Mar 2016 15:53:13 +0000 http://www.ghumphir.com.np/?p=9658

    घान्द्रुक (कास्की), ७ चैत । लुम्बिनी क्षेत्रमा पर्यटन प्रवद्र्धनसम्बन्धी दुई वर्षे रणनीतिक कार्ययोजना तय गर्न रुपन्देही व्यापार सङ्घले पर्यटकीय क्षेत्र घान्दु्रकमा आजदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु गरेको छ । व्यवसायी तथा अन्नपूर्ण क्षेत्रको पर्यटन हेर्ने सरकारी निकाय अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय घान्द्रुक केन्द्रका अधिकारीसँग अन्तक्र्रिया गरी लुम्बिनी क्षेत्रमा गर्न सकिने पर्यटन प्रवद्र्धनका कामका बारेमा सङ्घले साझा धारणा बनाउने अध्यक्ष मोतीलाल पाण्डेले जानकारी दिनुभयो । व्यापार व्यवसायका अतिरिक्त स्वरोजगार, पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा पनि काम गर्नेगरी रणनीतिक योजना बनाउन सङ्घले उक्त कार्यक्रम गरेको कार्यक्रम संयोजक तथा सङ्घका वरिष्ठ उपाध्यक्ष पदम श्रेष्ठले बताउनुभयो । सङ्घले ‘आन्तरिक पर्यटनको प्रवद्र्धन, कृषिमा आधारित व्यवसायको प्रवद्र्धन गरी स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, गाउँदेखि सहरसम्म व्यापार विस्तार’ को मूल नारालाई आत्मसात् गर्ने भएको छ । कार्यशालामा पर्यटन र कृषिका सम्भाव्यताका लागि विज्ञ रामबहादुर राउतसहितको टोली सहभागी छ ।

    ]]>
    9658 0 0 0
    गिरिजाप्रसादको सालिक शिलान्यास http://localhost/ghum/%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%a6%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95-%e0%a4%b6%e0%a4%bf%e0%a4%b2/ Sun, 20 Mar 2016 15:56:31 +0000 http://www.ghumphir.com.np/?p=9660

    इटहरी, ७ चैत । जिल्ला पार्टी कार्यालय इनरुवामा निर्माण गरिने नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सालिकको आज नेत्री सुजाता कोइरालाले शिलान्यास गर्नुभयो । girija parsad koirala गिरिजाप्रसादको सातौँ स्मृति दिवसका अवसरमा आयोजित सो कार्यक्रममा नेत्री कोइरालाले काँग्रेसले मुलुकको आर्थिक उन्नतिका लागि नेतृत्व गर्न जरुरी रहेको बताउनुभयो । नेत्री कोइरालाले मुलुकले सङ्घीय संरचनासहितको संविधानसमेत प्राप्त गरिसकेकाले अब नेपालको आर्थिक सामाजिक एवम् औद्योगिक उन्नतितर्फ अग्रसर गराउन काँग्रेसले देश सञ्चालनमा जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो । पार्टीका सुनसरी सभापति राजिव कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद सीताराम मेहेता, सूर्यदेव उराव, नेत्री मीना सुब्बा, रामप्रसाद मेहेता, मेहन्दी हुसैन सुरेशमान श्रेष्ठ, बाबुराम विष्ट, रफुल अन्सारी, सुवास कोइराला, तिलक राई, गोविन्द दर्नाल, सुदीप अधिकारी, विजया कटवाल, पङ्कज मेहेता र गुुलाबी मियालगायतले कोइरालाको योगदानबारे मन्तव्य राख्नुभएको थियो ।

    ]]>
    9660 0 0 0
    राजकुमार ह्यारी भोलि बर्दिया निकुञ्ज http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0-%e0%a4%b9%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ad%e0%a5%8b%e0%a4%b2%e0%a4%bf-%e0%a4%ac%e0%a4%b0%e0%a5%8d/ Sun, 20 Mar 2016 15:59:19 +0000 http://www.ghumphir.com.np/?p=9663

    बर्दिया, ७ चैत । नेपालको औपचारिक भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड भोलि बर्दिया भ्रमणमा आउनु हुने भएको छ । बर्दियामा अवस्थित राष्ट्रिय वन्यजन्तु निकुञ्जको अवलोकन गर्नुका साथै उहाँले खौराहा खोलामा जलयात्रासमेत गर्नुहुने कार्यक्रम रहेको निकुञ्ज प्रमुख रमेश थापाले जानकारी दिनुभएको छ । सोही अवसरमा राजकुमार ह्यारीले जङ्गलयात्रा, सूर्यपटुवा गाविसको जैविकमार्गमा रहेको थारु घरबास (होमस्टे)को समेत अनुभव सँगाल्नुहुनेछ । थारु होमस्टेमा रहँदा उहाँले थारु नाच र संस्कृतिको अवलोकन गर्नुहुनेछ । पर्या–पर्यटनमा सौखिन राजकुमार ह्यारी नेपाल–बेलायत कूटनीतिक सम्बन्धको २०० वार्षिकीका अवसरमा पाँचदिने भ्रमणका सिलसिला चैत ६ गते नेपाल आउनुभएको हो ।

    ]]>
    9663 0 0 0
    जबरजस्ती लोला हान्नेलाई सार्वजनिक मुद्दा:प्रहरी http://localhost/ghum/%e0%a4%9c%e0%a4%ac%e0%a4%b0%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%80-%e0%a4%b2%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%88/ Sun, 20 Mar 2016 16:15:11 +0000 http://www.ghumphir.com.np/?p=9666 9666 0 0 0 गैडा http://localhost/ghum/%e0%a4%97%e0%a5%88%e0%a4%a1%e0%a4%be/ Sun, 20 Mar 2016 18:04:18 +0000 http://www.ghumphir.com.np/?p=9670 9670 0 0 0 काशीको शिर http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%bf%e0%a4%b0/ Sun, 20 Mar 2016 18:06:00 +0000 http://www.ghumphir.com.np/?p=9673 9673 0 0 0 नमस्ते http://localhost/ghum/%e0%a4%a8%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%87/ Sun, 20 Mar 2016 18:09:47 +0000 http://www.ghumphir.com.np/?p=9676 9676 0 0 0 मौसम सफा हुदा http://localhost/ghum/%e0%a4%ae%e0%a5%8c%e0%a4%b8%e0%a4%ae-%e0%a4%b8%e0%a4%ab%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a6%e0%a4%be/ Sun, 20 Mar 2016 18:13:45 +0000 http://www.ghumphir.com.np/?p=9679 9679 0 0 0 मोरङको बजेट एक अर्ब ४१ करोड http://localhost/ghum/%e0%a4%ae%e0%a5%8b%e0%a4%b0%e0%a4%99%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f-%e0%a4%8f%e0%a4%95-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a5%aa%e0%a5%a7-%e0%a4%95%e0%a4%b0%e0%a5%8b/ Mon, 21 Mar 2016 03:07:45 +0000 http://www.ghumphir.com.np/?p=9682

    पथरी (मोरङ), ८ चैत । आव ०७३÷०७४ का लागि जिल्ला विकास समिति मोरङले रु एक अर्ब ४१ करोड ७४ लाखको बजेट प्रस्ताव गरेको छ । जिविस मोरङले यो बजेट आउने केन्द्रीय बजेटलाई समेत समेटेर तयार गरेको जनाएको छ । मोरङका स्थानीय विकास अधिकारी नारायाणप्रसाद मैनालीले २५ औँ परिषद्द्वारा पारित बजेट आइतबार विराटनगरमा प्रस्तुत गर्दै विषयगत कार्यालयको समेत बजेट प्रस्तुत गर्नुभएको थियो । मोरङका स्थानीय विकास अधिकारी मैनालीका अनुसार विषयगत कार्यालयतर्फ चालु र पँुजीगत गरेर रु चार अर्ब ३१ करोड ३२ लाख बजेट छ । त्यस्तै गैर सरकारी संस्थाको रु १८ करोड ३० लाख ५५ हजार छ । सो कार्यक्रममा पत्रकार डिपी खतिवडा, इन्दिरा भट्टराईलाई यस वर्षभरि जिविसको उत्कृष्ट समाचार सम्प्रेषण गरेकोमा नगद रु साढे सात हजारसहित पुरस्कृत गरिएको थियो । विकासको काम दु्रत गतिमा सुरु विराटनगर उपमहानगरपालिकाले अघि सारेका विकासका योजना दु्रत गतिमा सुरु भएको छ । विराटनगर उपमहानगरपालिकाले अगाडि बढाएका विकासे योजना दु्रत गतिमा कार्यान्वयनमा आउन थालेका हुन् । उपमहानगरपालिकामा एकीकृत तथा मझौला सहरी विकास परियोजनाअन्तर्गत पुष्पलाल चोकदेखि पानीट्याङ्कीसम्मको सडक कालोपत्रे गर्ने काम दु्रत गतिमा सुरु भएको छ । यो परियोजनाअन्तर्गत ढल निकाससहित ६२ किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ । नगर क्षेत्रको विभिन्न बाटो र ढल निकासका काम दु्रत गतिमा अगाडि बढिरहेका छन् । त्यस्तै उपमहानगरपालिले बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुगेको जनाएको छ ।

    ]]>
    9682 0 0 0
    तीन महिनाका लागि रुकुम अन्धकार भयो http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%81%e0%a4%ae-%e0%a4%85%e0%a4%a8/ Mon, 21 Mar 2016 03:10:24 +0000 http://www.ghumphir.com.np/?p=9684

    रुकुम, ८ चैत । रुकुममा तीन महिनाका लागि विद्युत् सेवा बन्द गरिएको छ । जिल्लाको स्यार्पू दह साना जलविद्युत् आयोजनाको पुनःनिर्माणका लागि काम सुरु भएपछि जिल्लाका आठ गाविस तीन महिनाका लागि अन्धकार भएका हुन् । विसं २०४४ मा निर्माण भएको जलविद्युत् आयोजनाको जापान सहयोग नियोग जाइकाले पुनःनिर्माणको काम सुरु गरेपछि विद्युत् सेवा बन्द भएको रुकुमेली विद्युत् ऊर्जा विकास उपभोक्ता समितिका कार्यालय प्रमुख रामबहादुर केसीले बताउनु भयो । विगत एक वर्षदेखि पुनःनिर्माणको काम सुरु गरेको जाइकाले यसअघि आयोजनाको ड्याम निर्माणको काम सकिएपछि अब नहर मर्मत र मेसिन फेर्ने काम सुरु भएका कारण विद्युत् सेवा बन्द भएको केसीले उल्लेख गर्नु भयो । जेठको दोस्रो सातासम्म नहरको काम र मेसिन फेर्ने काम सकिने भएकाले त्यसपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउने छ । विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मुसिकोटसहित जिल्लाका बाँफिकोट, स्यालापाखा, पिपल, झुला, मग्मा र छिवाङ गाविसका चार हजार बढी उपभोक्ता अन्धकारमा बस्नु पर्ने बाध्यतामा परेका छन् । पुनःनिर्माण पछि आयोजनाको क्षमताअनुसार विद्युत् उत्पादन हुने बताइएको छ । दुई सय ५० किलोवाटको क्षमता रहेको उक्त आयोजनाबाट हाल २०० किलोवाट मात्र विद्युत् उत्पादन हुँदै आएको प्रमुख केसीले बताउनुभयो । मेसिन पुरानो हुनु, नहर जीर्ण बन्दा पानी चुहावट हुनुलगायतका कारणले क्षमताअनुसार विद्युत् उत्पादन हुन सकेको थिएन । तीन महिनासम्म विद्युत् सेवा बन्द भएपछि जिल्लामा सञ्चालन हुने उद्योगधन्दा, कलकारखाना, सबै ठप्प हुने भएका छन् । यसका साथै जिल्लाबाट प्रकाशनमा रहेको पत्रिकासमेत बन्द हुने भएका छन् ।

    ]]>
    9684 0 0 0
    रुकुममा पर्यटन महोत्सव गरिने http://localhost/ghum/%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%97/ Mon, 21 Mar 2016 03:12:15 +0000 http://www.ghumphir.com.np/?p=9686

    काठमाडौँ, ८ चैत । रुकुमको यार्सा भण्डारको रुपमा रहेको रन्मामैकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने आइतबार यहाँ आयोजित कार्यक्रमका वक्ताले बताउनुभएको छ । सो गाविसमा पुपाल यार्सा महोत्सव–२०७३ गर्ने उद्देश्यले गरिएको अन्तक्र्रिया कार्यक्रममा उहाँहरुले सो क्षेत्रमा विश्वमै दुर्लभ यार्सा गुम्बा रहेको र यसको विकासबाट देशको अनुहार बदल्न सक्ने धारणा राख्नु भयो । झन्डै चार हजार ४०० मिटर उचाइमा सो महोत्सव गर्नका लागि सरोकारवालासँगको छलफलमा पुपाल यार्सा महोत्सव मूल आयोजक समितिका अध्यक्ष लक्ष्मीप्रसाद पुनले पर्यटकीय सम्भाव्यता र व्यवस्थापनलाई आधार बनाएर ३५ सदस्यीय मूल आयोजक समिति गठन गरेको जानकारी दिनुभयो । रुकुमका स्थानीय विकास अधिकारी चिन्तामणि शर्माले १५ वटा ताल, मगरको बसोबास भएको यो गाउँ पर्यटकीय सम्भावना भएकाले सरकारले यसमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष तेज गुरुङ तथा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले आयोजक समितिले गरेको पहल सकारात्मक भएको भन्दै सो क्षेत्रमा गरिने महोत्सवलाई आफ्ना संस्थाले सहयोग गर्ने बताउनुभयो ।

    ]]>
    9686 0 0 0
    पुल निर्माण भए पनि सञ्चालन हुन सकेन http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%ad%e0%a4%8f-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2/ Mon, 21 Mar 2016 03:14:48 +0000 http://www.ghumphir.com.np/?p=9688

    चितवन, ८ चैत । पवित्र तीर्थस्थल देवघाट जोड्न दासढुङ्गामा निर्मित मोटरेबल पुल निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन । पुलबाट मुख्य राजमार्गसम्म जोड्ने २०० मिटर सडक निर्माणमा ढिलाइ हुँदा पुल सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको हो । यसअघि पुलको काम सम्पन्न हुनै लाग्दा २०७१ जेठ ११ गते हावाहुरीका कारण पुल ढलेपछि तीन पटक सम्पन्न गर्नुपर्ने मिति थप गरिएको थियो । डिभिजन सडक कार्यालय भरतपुरले २०६७ असार २४ गते अनक कन्स्ट्रक्सन प्रालिलाई रु १५ करोड ८१ लाख ७७ हजार ४०० मा २०७० असार २३ गतेसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको कार्यालयका इञ्जिनियर शशाङ्क मिश्रले बताउनुभयो । तोकिएको मितिमा काम सम्पन्न नहुने भएपछि दोस्रो पटक २०७१ असार १७ गते सम्पन्न गर्नुपर्ने भए पनि जेठ ११ गते हावाले संरचना ढलेपछि २०७२ असोज ३० गतेसम्मका लागि म्याद थप गरिएको थियो । यस समयमा पनि भूकम्प र नाकाबन्दीको कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलाइ गरेको हो । पुल र राजमार्गमा जोड्ने बाटोमा कल्भर्ट निर्माण गर्ने कामका विषयमा ठेक्कामा उल्लेख नभएपछि कसले गर्ने भनेर यकिन हुन नसक्दा पछिल्लो समय बाटोकै कारण पुल सञ्चालन हुन नसकेको मिश्रले बताउनुभयो । चैत मसान्तसम्ममा काम सम्पन्न गर्ने तयारीमा निर्माण कम्पनी लागिपरेको इन्जिनियर मिश्रले बताउनुभयो । कविलास गाउँ विकास समितिको दासढुङ्गाबाट तनहुँको देवघाट गाउँ विकास समितिमा जोड्ने १७६ दशमलव ५ मिटर लामो पुलको पूरै भाग १० मिटर चौडा छ । जसमा छ मिटरमा सवारीसाधनका लागि र दुवैतर्फ एक÷एक मिटर पैदल यात्रुका लागि छुट्याइएको छ । पवित्र तीर्थस्थल देवघाट जोड्ने झोलुङ्गे पुल रहे पनि पक्की पुल भने यो पहिलो हो । पुल बनेसँगै पवित्र तीर्थस्थल देवघाट जाने तीर्थयात्रु र स्थानीय बासिन्दालाई प्रत्यक्षरुपमा लाभ मिल्नेछ । तनहुँकै देवघाटसँग जोडिएका अन्य गाविसले पनि पुलबाट लाभ लिन सक्छन् ।

    ]]>
    9688 0 0 0
    पानी घटाउने जिम्मा सेनालाई http://localhost/ghum/%e0%a4%87%e0%a4%ae%e0%a5%8d%e0%a4%9c%e0%a4%be-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%98%e0%a4%9f%e0%a4%be%e0%a4%89/ Mon, 21 Mar 2016 03:19:59 +0000 http://www.ghumphir.com.np/?p=9690 अब्दुल्लाह मियाँ ८ चैत, काठमाडौं ।

    विस्फोटको जोखिममा रहेको सोलुखुम्बुस्थित इम्जा हिमतालको पानीको सतह ३ मिटर घटाउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । मन्त्रिपरिषदको निर्णयपछि वातावरण मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग र नेपाली सेनाबीच यसै साता पानीको सतह घटाउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर (एमओयू) हुँदैछ ।

    ‘इम्जाको पानीको सतह घटाउन यसै साता सेनाको इन्जिनियर विभागसँग एमओयू गर्दछौं,’ विभागका महानिर्देशक डा.ऋषिराम शर्माले आइतबार कान्तिपुरसित भने, ‘च्छो रोल्पा हिमतालकै मोडलअनुसार इम्जाको पानीको सतह घटाइनेछ ।’

    विस्फोटको खतरामा रहेको दोलखाको च्छो रोल्पा हिमतालमा यसअघि विभागले ‘ओपन च्यानल’ बनाएर पानीको सतह तीन मिटर घटाएको छ । जसले गर्दा विस्फोटको सम्भावना न्यून भएको जानकारहरूको दाबी छ । डा.शर्माका अनुसार च्छोरोल्पाको पानीको मात्रा घटेका कारण विस्फोटको सम्भावना कम भएको हो ।

    विभाग मातहत सञ्चालित ‘समुदायमा आधारित बाढी तथा हिमताल विस्फोट जोखिम न्यूनीकरण आयोजना’ अन्तर्गत इम्जा हिमतालको पानीको सतह तीन मिटर घटाउन लागिएको जानकारी डा.शर्माले दिए । ‘नेपाली सेनाको क्षमता अभिवृद्धि होस् भनेर उसलाई जिम्मा दिन लागिएको हो,’ डा.शर्माले भने, ‘एमओयू गरेलगत्तै फिल्डमा प्राविधिक काम सुरु हुन्छ ।’ सेनालाई ३० करोड रुपैयाँमा उक्त जिम्मा दिन लागिएको हो । आगामी माघसम्ममा पानीको सतह घटाउने काम पूरा हुने अपेक्षा गरिएको छ ।

    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र अति कम विकसित राष्ट्रहरूको कोष (एलडीसीएफ) को ७२ लाख अमेरिकी डलरको सहयोगमा विभागमा उक्त चार वर्षे आयोजना सञ्चालित छ । आयोजनाले हिमतालको पानीको सतह घटाउनुका साथै तल्लो तटीय क्षेत्रका बासिन्दालाई विस्फोटको सम्भावित दुर्घटनाबारे सचेतना गराउने कार्यक्रम गरिरहेको छ । डा.शर्माका अनुसार इम्जा हिमताल विस्फोटबाट हुन सक्ने मानवीय र भौतिक क्षति न्यून गर्न तथा विस्फोटले तराईको समथर भागसम्मै पुग्न सक्ने बाढीजन्य जोखिम न्यून गर्ने उद्देश्यले सन् २०१४ देखि आयोजना सञ्चालन भएको हो ।

    ‘इम्जाको पानीको सतह तीन मिटर घटाइए सम्भावित जोखिम न्यून हुने हाम्रो अपेक्षा छ,’ महानिर्देशक तथा आयोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक डा.शर्माले भने । हिमनदी र हिमतालका जानकार काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.रिजनभक्त कायस्थका अनुसार करिब एक सय ३६ देखि २ सय ९७ फिट गहिरो र दुई हजार मिटर लामो इम्जा हिमतालमा करिब ३ करोड टन पानी छ ।

    हिमतालदेखि तल दिङबोचे, खुम्जुङ, नाम्चेबजार, बेल्कार, मञ्जो, चौरीखर्क, लुक्लालगायत मानवीय बस्ती र पर्यटकीय गन्तव्यहरू छन् । आयोजनाले सम्भावित दुर्घटनाबारे जानकारी दिन मानवीय बस्तीसम्मै साइरनसमेत जडान गरेको छ ।

    आयोजनाका कार्यक्रम व्यवस्थापक टोपबहादुर खत्रीले आयोजनाअन्तर्गत तल्लो तटीय क्षेत्रका समुदायलाई इम्जा हिमताल विस्फोटबाट बच्न र क्षति न्यून गर्न क्षमता अभिवृद्धिसमेत गरिएको छ । ‘स्थानीय समुदायलाई हिमताल विस्फोटको बाढीजन्य जोखिमबारे सचेत गराउँदै उनीहरूलाई समक्षम बनाउनु कार्यक्रमको उद्देश्य पनि हो,’ खत्रीले भने ।

    ]]>
    9690 0 0 0
    सित्तैमा चीन उडे प्रधानमन्त्री http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%88%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%89%e0%a4%a1%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae/ Mon, 21 Mar 2016 03:23:29 +0000 http://www.ghumphir.com.np/?p=9693 सुरज कुँवर

    ८ चैत, काठमाडौं ।

    प्रधानमन्त्री केपी ओली अन्तत: नीजि एरलाईन्सबाटै चीन भ्रमणमा निस्केका छन् । प्रधानमन्त्री सहितको झण्डै सय जनाको नेपाली टोलीलाई लिएर चिनियाँ र नेपाली व्यवसायीको संयुक्त लगानीमा सुरु हिमालय एयरलाइन्सले सित्तैंमा चीन घुमएर ल्याइदिने भएको छ । प्रधानमन्त्री केपी ओलीसहितको नेपाली टोलीलाई  लिएर आइतबार बेइजिङ उडेको छ ।

    एयरलाइन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–बेइजिङ उडानलाई कमर्सियल नभई ‘नन रेभेन्यु चार्टर फ्लाइट’ भएको बताए ।

    ‘हामीले नेपाल सकारलाई सित्तैमा उडाएको चार्टर उडान हो, एक रुपैयाँ पनि लिने छैनांै,’ उनले भने । यो कम्पनीले गत फागुन २६ गते ल्याएको पहिलो जेट विमानबाट प्रधानमन्त्री ओलीसहित सरकारी प्रतिनिधिमण्डल आइतबार बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उडेको हो । विमान नेपाली समयअनुसार ४ बजे बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानलाई हिमालयका विदेशी पाइलटहरूले उडाएर लगेका थिए ।

    चीनको छेन्दुबाट १२ दिनअघि तिब्बत एयरलाइन्सका पाइलटहरूले उडाएर ल्याएको यो जेट विमान युरोपेली कम्पनी एयरबसको ‘ए–३२० सिरिज’ हो । उडानमा यस एयरलाइन्सका बोर्ड अध्यक्ष आङछिरिङ शेर्पा र कम्पनीका अध्यक्ष चिनियाँ नागरिक चेङ हुई पनि गएका छन् । अध्यक्ष शेर्पा यती एयरलाइन्सका प्रबन्ध निर्देशक पनि हुन् । यो विमान प्रधानमन्त्री नेपाल नफर्कुन्जेल बेइजिङमै बस्ने कम्पनीले जनाएको छ । नेपाल वायु सेवा निगमले हालै ल्याएका दुइटा एयरबस सरहकै यो विमानमा पनि १ सय ५८ सिट छन् । तीमध्ये ८ वटा बिजनेस र बाँकी १ सय ५० वटा इकोनोमी श्रेणीका छन् ।

    यसले काठमाडौं विमानस्थललाई हब बनाउँदै सुरुमा भारतको राजधानी दिल्ली र कतारको राजधानी दोहामा कमर्सियल उडान भर्ने छ । तर, मिति तय भइनसकेकाले टिकट बिक्री खुला गरिसकेको छैन । यी दुई स्थानपछि चीनको ल्हासा, चेंगदु र बेइजिङ उडान योजनालाई दोस्रो चरणमा राखेको छ ।

    यस एयरलाइन्समा नेपाली कम्पनी यती इन्भेस्टमेन्ट समूह र चिनियाँ वायुसेवा कम्पनी तिब्बत एयरलाइन्स आबद्ध छन् । कम्पनीमा नेपाली साझेदारको ५१ र तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी छ ।

    ]]>
    9693 0 0 0
    नेपालीको जीवनदेखि ह्यारी मोहित http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%b9%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80/ Mon, 21 Mar 2016 03:26:55 +0000 http://www.ghumphir.com.np/?p=9696 चन्द्रशेखर अधिकारी/लीला श्रेष्ठ

    ८ चैत, काठमाडौं ।

    बेलायती राजकुमार ह्यारी नेपालीको जीवनदेखि मोहित भएका छन् । नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष प्रवेशको अवसरमा नेपाल भ्रमणमा आएका ह्यारीले आइतबार पाटन र भक्तपुरका विभिन्न क्षेत्र घुमे । पाटनमा उपस्थित ठूलो जमातसँग उनले भूकम्पले भत्किएका भवनबारे चासोसमेत राखे ।

    Prince-Harry-1000x0‘विपतमा पनि तपाईंहरूको मुहारमा हाँसो देख्दा म लट्ठ भएँ,’ नेपाल भ्रमणमा रहेका राजकुमार ह्यारी अर्थात् हेनरी चाल्र्स अल्बर्ट डेभिडले उपत्यकाका विभिन्न भ्रमणमा सर्वसाधारणसँग भने, ‘तपाईंहरूको जीवन जिउने शैलीलाई मान्नैपर्छ ।’

    पुनर्निर्माण कहिलेसम्ममा सकिएला, त्यसमा आफूहरूको कस्तो योगदान चाहिएलाजस्ता जिज्ञासासमेत उनले राखे । भक्तपुरमा उनले भूकम्पपीडितसँग प्रत्यक्ष भेटेर कुराकानी गरे । ‘तपाईंहरूको अवस्था कस्तो छ, कसरी दैनिकी चलेको छ ?’ उनले जान्न चाहे ।

    भक्तपुर नगरपालिका १० व्यासीकी आकृति सुवालको घर भूकम्पले भत्कियो । उनको ४ जनाको परिवार ११ महिनायता सानो व्यासीस्थित अस्थायी शिविरमा बसोबास गरिरहेको छ ।

    साँघुरो टेन्टमा बसेर एसएलसी परीक्षाको तयारी गरिरहेकी आकृतिसँग राजकुमार ह्यारीले टेन्टको अवस्थाबारे जिज्ञासा राखे । भूकम्पले पढाइ र बसाइमा पारेको प्रभावबारे प्रश्न सोधे । ‘ह्यारीले टेन्टको अवस्था र एसएलसी पूर्वतयारीबारे सोध्नुभयो,’ उनले भनिन्, ‘टेन्टमा बत्तीको समस्या छ, बस्ने ठाउँ अप्ठयारो छ र पूर्वतयारी सकेसम्म राम्रै भइरहेको छ भनें ।’ उनका अनुसार भूकम्पपीडितलाई हेरेर ह्यारी दु:खी देखिए ।

    सानो व्यासीस्थित भूकम्पपीडितको अस्थायी टेन्टमा ६० परिवार बस्दै आएका छन् । तीमध्ये तीनवटा टेन्टमा छिरे । हिउँद–वर्षा टेन्टमै बिताएका भूकम्पपीडितको शिविर छिरेका बेलायती राजकुमारले भूकम्पपीडितको हालको अवस्था, पछिको योजना, शिविर बस्ने समय र सरकारले भूकम्पपीडितलाई गरेको सहयोग तथा सरकारी योजनाबारे जिज्ञासा राखेका थिए ।

    ‘भूकम्पपीडितलाई सरकारले सहयोग गरेको तर भारतको अघोषित नाकाबन्दीले पीडितलाई थप समस्या पारेको जानकारी दियौं,’ शिविर व्यवस्थापन समितिका संयोजक पुरुषोत्तम सुवालले भने ।

    भूकम्पपीडित रामदेवी पराजुलीले ह्यारीले टेन्टको अवस्था देख्दा दु:खी देखिएको बताइन् । ‘टेन्ट एकदम पुरानो देखियो । यो पहिला सेतो थियो होला, कालो भइसकेछ भन्नुभयो,’ उनले भनिन्, ‘कहिले फेर्नुहुन्छ ? यहाँ कतिन्जेल बस्नुहुन्छ ? भनेर सोध्नुभयो ।’ उनले आफूहरूले घर बनाउनै अन्योल भएकाले कतिन्जेल बस्नुपर्ने हो थाहा नभएको बताएको जानकारी दिइन् । ह्यारी शिविरबाट दरबार स्क्वारसम्म पैदलै गए ।

    उनले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । त्यस क्रममा उनले नेपालीको धैर्य र साहस देखाउने गुण रहेको बताएका थिए । ‘विपतमा पनि धैर्य र साहस देखाउने गोर्खाली सैनिकको गुण सबै नेपालीमा रहेको मैले प्रत्यक्ष अनुभूत गर्न पाएँ,’ राजकुमार ह्यारीले राष्ट्रपतिसमक्ष भने ।

    गोर्खा सैनिकको लगन, इमानदारी, बहादुरी र बफादारीलाई नजिकबाट प्रत्यक्ष रूपमा नियालेका उनले राष्ट्रपतिसमक्ष त्यही विषयलाई स्मरण गरे । उनले गोर्खा सैनिक बाँकी विश्वका लागि सद्भावना राजदूतका रूपमा रहेको बताए । शीतलनिवासमा भएको भेटवार्तामा दुई देशबीच दुई शताब्दीदेखि रहँदै आएको मित्रवत् सम्बन्धका विविध पक्षमा छलफल भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

    राष्ट्रपति भण्डारीले नेपालको विकासमा साझेदार मुलुकका रूपमा बेलायतबाट ठूलो सहयोग हुँदै आएकामा आभार व्यक्त गरेकी थिइन् । उनले सबै नेपालीबीच सुपरिचित राजकुमारका पर्यटन, पर्यावरण, साहसिक र परोपकारीजस्ता कार्यबाट नेपाललाई योगदान पुग्ने विश्वास लिइन् ।

    राजकुमारले भेटपछि विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र र नागबहालस्थित हिरण्यवर्ण महाविहारको अवलोकन गरे । उनी मध्याहन साढे १२ बजे पाटन पुगेका थिए । उनलाई नेवारी सांस्कृतिक पहिरनमा सजिएका युवतीहरूले स्वागत गरेका थिए ।

    उनले पाटनमा रहेका विभिन्न ऐतिहासिक चोक तथा मन्दिरहरूको अवलोकन गरे । उनलाई हेर्न सर्वसाधाणको उल्लेख उपस्थिति थियो । उनले भत्किएर टेको लगाएका मन्दिरहरू देखेसँगै पुनर्निर्माणबारे जिज्ञासा राखे ।

    कृष्ण मन्दिर, तलेजु, चार नारायणलगायत पुरातात्विक महत्त्व रहेको धार्मिक सम्पदाको अवलोकनसमेत गरे । उनको भ्रमण स्थलमा सुरक्षा कडा पारिएको थियो । उनले त्यहाँ भेटिएका विदेशी पर्यटकसँग समेत कुराकानी गरेका थिए ।

    कुँदिरहेको काठ तथा ढुंगाका सामानहरू उनले आफैं कुँदेरसमेत देखाए । सिकर्मीसँगै काम गरे । उनले बर्दिया, पोखरा र लमजुङ पुगेर यसरी नै नेपालीसँग प्रत्यक्ष गफगाफ गर्नेछन् । बहादुर गोर्खाली जन्माउने आमाहरूलाई भेट्नेछन् भने नेपालको सुन्दर तस्बिर र टेलिभिजन हेरेर हुर्केका उनले यहाँको मनमोहक दृष्यावलोकन गर्नेछन् ।

    ]]>
    9696 0 0 0
    वन्यजन्तु हेर्न ह्यारी बर्दिया राष्ट्रिय निकुञ्जमा http://localhost/ghum/%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%b9%e0%a5%87%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%b9%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ac/ Mon, 21 Mar 2016 03:30:59 +0000 http://www.ghumphir.com.np/?p=9698 ८ चैत, काठमाडौं ।
    बेलायती राजकुमार ह्यारीको तेस्रो दिन सोमबारका चार घन्टा मध्यपश्चिमस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा बित्नेछ। निकुञ्ज प्रशासन दुर्लभ वन्यजन्तु देख्न सकिने स्थान अवलोकन गराउने तयारीमा छ भने आफ्नो कला–संस्कृति र पर्यापर्यटन देखाउने कार्यक्रम थारु समुदायले बनाएको छ।
    यसअघि अस्कर अवार्ड विजेता हलिउडका चर्चित अभिनेता लियोनार्दो डि क्याप्रियोले बर्दिया निकुञ्जस"ग साइनो गा"सेका थिए। उनले त्यहा"को बाघ संरक्षणका लागि अमेरिकाको न्युयोर्कस्थित विश्व वन्यजन्तु कोष मुख्यालयमार्फत अहिलेसम्म ४० करोड रुपैयाँ सहयोग गरेका छन्। राजकुमार ह्यारीको रोजाइ पनि बर्दिया राष्ट्रिय निकुञ्ज नै परेको छ। उनी चढेको हेलिकप्टर सोमबार बिहान नौ बजे निकुञ्जभित्र गैंडा मचानको हेलिप्याडमा ओर्लनेछ। ह्यारीले पनि बाघ संरक्षणलाई महत्व दिएका छन्। उनले त्यहाँ बाघ संरक्षण र अनुसन्धानबारे प्रस्तुति पनि सुन्नेछन्। 'बाघ संरक्षण, अनुसन्धान र गणनाबारे प्रस्तुति सुन्ने कार्यक्रम छ,' निकुञ्ज स्रोतले भन्यो। निकुञ्ज प्रशासनले ह्यारीका लागि पा"चवटा कार्यक्रम तयारी गरेको छ। 'हामीले वन्यजन्तु देखिनसक्ने वातावरण मात्र तयार गरिदिने हो, देखिने न देखिने उहा"को भाग्यमा भर पर्छ,' निकुञ्ज प्रशासन स्रोतले भन्यो। निकुञ्जले राजकुमार ह्यारीलाई बाघ, गैंडा, बाह्रसिंगाजस्ता दुर्लभ वन्यजन्तु देखिने सम्भावित क्षेत्र घुमाउने योजना बनाएको छ। 'विगतमा जहा"–जहा" यस्ता वन्यजन्तु देखिएका छन्, तिनै ठा"उमा घुमाउने योजना छ,' स्रोतले भन्यो। ह्यारीले कर्णालीबाट छुट्टिएको गेरुवा नदीको शाखा 'खौराहा' मा करिब एक घन्टा र्या फ्िटङ गर्नेछन्। 'यो नदीको पूर्वी तट बर्दिया निकुञ्जस"ग जोडिएको छ, निकुञ्जका वन्यजन्तु पानी खान आइरहने तट पनि यही हो,' स्रोतले भन्यो, 'र्यायफ्िटङक्रममा तिनलाई देख्ने सकिने प्रवल सम्भावना छ।' यसअघि विभिन्न समय संसारका दुर्लभ वन्यजन्तु बंगाल टाइगर (पाटेबाघ) का चार बच्चा यही तटमा देखिएका थिए। तिनको तस्बिर विदेशी नागरिकले क्यामेरामा कैद गरेका थिए। पछि पनि यस क्षेत्रमा धेरैपटक बाघ देखिएको निकुञ्जका कर्मचारी बताउ"छन्। बाघ मात्र नभई यो तटीय क्षेत्रमा गैंडा, बाह्रसिंगालगायत दुर्लभ वन्यजन्तु पनि देखिन्छ। र्यानफ्िटङ सकिएलगत्तै उनी करिब आधा घन्टा निकुञ्जभित्र पैदलयात्रा गर्नेछन्। पैदल यात्रा सकिएपछि जिपमा आधा घन्टाजति डुल्ने छन्। निकुञ्जभित्रको बघौरा क्षेत्रमा जंगल ड्राइभको व्यवस्था गरिएको छ। बघौरा निकुञ्जभित्रको ठूलो घा"से मैदान भएको क्षेत्र हो। यस क्षेत्रमा कहिलेकाही हजारौं संख्यामा मृगको बथान देख्न पाइने निकुञ्जका कर्मचारी बताउ"छन्। 'यो राम्रो घा"से मैदान हो। यसमा मृग मात्र होइन, बाघ, गैंडालगायत वन्यजन्तु देखिने सम्भावना छ,' निकुञ्ज स्रोतले भन्यो। उल्लेखित तीनवटा कार्यक्रम सकिएपछि ह्यारीले निकुञ्ज प्रशासन रहेको ठाकुरद्वारामा बाघ संरक्षण र अध्ययन/अनुसन्धानबारे प्रस्तुति सुन्ने कार्यक्रम छ। यसका लागि निकुञ्ज प्रशासनले सबै तयारी पूरा गरिसकेको छ। 'बाघ कसरी संरक्षण भइरहेको छ? यसको अनुगमन र अनुसन्धान/अध्ययनका तौरतरिकाले बारे छोटो प्रस्तुति दिने कार्यक्रम पनि छ,' निकुञ्जका एक कर्मचारीले भने। संरक्षणका अनुभवी तथा विज्ञ कर्मचारीले प्रस्तुति दिनेछन्। बाघसहित गैंडा र जंगली हात्तीबारे संक्षिप्त प्रस्तुति दिइनेछ। संरक्षणकर्मीका अनुसार बर्दियामा ५० वटा पाटे बाघ छन्। संरक्षणसम्बन्धी प्रस्तुति सुनेपछि राजकुमार ह्यारी थारु संस्कृतिको आनन्द लिन निकुञ्जबाट करिब ६ किलोमिटर टाढाको 'डल्ला होम स्टे' पुग्नेछन्। त्यहा" २१ वटा होमस्टे छन्। उनलाई थारु समुदायले स्वागत गर्नेछ। 'त्यहा" उहाँलाई थारु संस्कृति झल्किने लठुवानाच देखाइनेछ,' ती कर्मचारीले भने, 'पर्यापर्यटनबारे पनि विभिन्न कार्यक्रम देखाइनेछ।' राजकुमार आउने भनेपछि आइतबारदेखि डल्ला होम स्टेमा अन्य अतिथिलाई राखिएको छैन। डल्ला गा"उका सडक ध्वजापताकाले सिँगारिएका छन्। डल्लाको कार्यक्रम सकिएपछि ह्यारी लमजुङको गौडागाउँ जानेछन्। तीन घेरामा सुरक्षा सोमबार बिहानदेखि 'ह्यारी' को सुरक्षाका लागि तीन घेरामा सुरक्षाकर्मी परिचालन हुनेछन्। पहिलो सेना, दोस्रो नेपाल प्रहरी र तेस्रो सशस्त्र गरी तीन घेरामा सुरक्षाकर्मी परिचालन हुने प्रबन्ध मिलाइएको छ। निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले भित्री सुरक्षाको पाटो सम्हाल्नेछ। नेपाली सेनासँग समन्वय गरेर ह्यारी निकुञ्ज भ्रमणमा निस्केका बेला जिल्लाका सुरक्षाकर्मीले बाहिरी घेरामा सुरक्षा दिने प्रमुख जिल्ला अधिकारी विष्णु थापाले बताए। उनका अनुसार बाहिरी सुरक्षाका लागि प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित छन्। त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रमुख शनिबार दिनभरि ठाकुरद्वारामा व्यस्त रहे। बाहिरी सुरक्षा चुस्त बनाएको थापाले दाबी गरे। काठमाडौंबाट आएको टोलीले केही दिनअघि नै निकुञ्जभित्र सुरक्षा प्रबन्ध मिलाइसकेको प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए।

    - See more at: http://www.nagariknews.com/main-story/story/61858.html#sthash.EDSGYt44.dpuf

    ]]>
    9698 0 0 0
    लोला हाने १ वर्ष कैद ! १० हजार रुपैयाँ जरिवाना पनि http://localhost/ghum/%e0%a4%b2%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a5%a7-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%95%e0%a5%88%e0%a4%a6-%e0%a5%a7%e0%a5%a6-%e0%a4%b9%e0%a4%9c%e0%a4%be/ Mon, 21 Mar 2016 03:34:04 +0000 http://www.ghumphir.com.np/?p=9700 ८ चैत, काठमाडौं ।

    होली मनाउने मुडमा हुनुहुन्छ ? सचेत हुनुहोस् । कतै सार्वजनिक मुद्दाको फन्दामा नपरियोस् । र, एक वर्ष जेल सजाय र १० हजार रुपैयाँ जरिवाना दण्ड सजाय भोग्नु नपरोस् ।

    होलीका नाममा जबर्जस्ती रंग र लोला हान्ने तथा विकृत गतिविधि गर्नेमाथि प्रशासनले कडा कारबाही गर्ने भएको हो । त्यति मात्र होइन शान्ति सुरक्षा कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । सादा पोसाकमा पनि प्रहरी परिचालनको व्यवस्था गरिएको छ ।

    उपत्यकाका तीनवटै प्रहरी परिसरले ५ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएका छन् । महानगरीय ट्राफिक महाशाखाको संयोजकत्वमा होली पर्व विशेष एकीकृत सुरक्षा योजना बनाइएको छ । खुला रूपमा मद्यपान, धूमपानजस्ता विकृतिपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने तीनवटै परिसर प्रमुखले चेतावनी दिएका छन् ।

    ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले प्रत्येक चोकमा प्रहरीको मोबाइल टोली परिचालन गरिने बताए । ‘मनोरन्जन गर्न पाइन्छ तर त्यसका नाममा विकृति गर्ने कसैलाई छाडिँदैन, कडा कारबाही गरिन्छ,’ उनले भने, ‘गल्लीभित्र पनि प्रहरी परिचालनको व्यवस्था छ ।’ चाडपर्वका बेला विकृति निम्त्याउनेहरू सक्रिय हुने भन्दै उनले त्यस्तालाई तत्काल कारबाही गरिने बताए ।

    उपत्यकाका ९० भन्दा बढी स्थानमा डीएसपीको नेतृत्वमा प्रहरीले चेकजाँच गर्नेछ । ‘१० हजार रुपैयाँ जरिवानादेखि १ वर्षसम्म कैद गर्छौं,’ काठमाडौं परिसरका एसएसपी विक्रमसिंह थापाले भने, ‘मर्यादित रूपमा होली मनाउन सबैसँग अनुरोध गरेका छौं ।’

    भक्तपुर परिसरकी प्रमुख किरण वज्राचार्यले होली पर्व संयमित भएर मनाउन आग्रह गरिन् । क्षमताभन्दा बढी यात्रु राख्ने, हेल्मेट नलगाउने, सवारीसाधनमा चढेर फोहोर पानी फाल्नेलाई पक्राउ गरी कारबाही गरिने डीआईजी अर्यालले बताए । उनले मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्नेलाई सार्वजनिक मुद्दा चलाइने बताए ।

     यसैगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीमा जबर्जस्ती रङ तथा लोला हान्नेमाथि सार्वजनिक मुद्दा चलाउने जनाएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले शान्ति सुरक्षा कायम गर्न प्रहरी व्यापक परिचालन गरिएको बताए । ‘सादा पोसाकमा पनि सुरक्षाकर्मी परिचालन गरेका छौं, कुनै अप्रिय घटना भए तत्काल सुरक्षाकर्मी परिचालन गर्छौं,’ उनले भने ।

    ]]>
    9700 0 0 0
    दुर्घटनामा शिक्षकको मृत्यु http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d/ Mon, 21 Mar 2016 15:43:09 +0000 http://www.ghumphir.com.np/?p=9703

    विराटनगर, ८ चैत । यात्रुुवाहक बसको ठक्करबाट विराटनगरस्थित अरनिको कलेजका ३० वर्षीय शिक्षक प्रतीक दाहालको आज साँँझ मृत्यु भएको छ । जोगवनीबाट विराटनगरतर्फ आइरहेको को१ख २४ नंको मिनी बसले विपरीत दिशातर्फ गइरहेको दाहाल चढेको को१८प ४१०७ नंको मोटरसाइकललाई विराटनगर–२१ स्थित मलायारोडमा ठक्कर दिँदा गम्भीर घाइते भएकामा न्युरो अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    ]]>
    9703 0 0 0
    कुवेतबाट ७१४ नेपाली निष्कासन http://localhost/ghum/%e0%a4%95%e0%a5%81%e0%a4%b5%e0%a5%87%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a5%ad%e0%a5%a7%e0%a5%aa-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%a8%e0%a4%bf%e0%a4%b7%e0%a5%8d/ Mon, 21 Mar 2016 15:46:35 +0000 http://www.ghumphir.com.np/?p=9705 ८ चैत, काठमाडौं ।

    कुवेत सरकारले झन्डै तीन महिनाको अवधीमा गैरकानुनी रुपमा बसेर काम गर्दै आएका ७१४ जना नेपालीलाई निष्कासन (डिपोर्ट) गरी नेपाल पठाएको छ । जसमा ४ सय ६१ जना नेपाली घरेलु महिला कामदार रहेका छन् । कुवेत प्रहरीले गैरकानुनी रुपमा बस्ने कामदारलाई व्यापक धरपक्कड गरी स्वदेश पठाउने अभियान शुरु गर्नेक्रममा उनीहरु पक्राउमा परेका थिए । पक्राउ गरी जेलमा भएकालाई स्वदेश पठाउने क्रममा नेपाली दुतावासले ‘ट्राभल डकुमेन्ट’ बनाएर प्रहरीलाई दिएको छ । ‘राहदानी नभएपछि हामीले स्वदेश जानका लागि ट्राभल डकुमेन्ट जारी गरिदिएका छौं । जनवारीमा ३३३, फेब्रुअरीमा २५७ र मार्चमा १२४ जनालाई ट्राभल डकुमेन्ट बनाइदिएका छौं,’ कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले कान्तिपुरलाई भने, ‘जसमा ४६१ जना महिला छन् ।’ गैरकानुनी रुपमा बस्दै आएका नेपालीसहित अप्रावासीले बढीमा दुई लाख रुपैयाँ बुझाए मात्रै वैधानिकता पाउने गरी  कवेत सरकारले गत जनवरी महिनादेखि आंशिक आममाफी दिएको  घोषणा गरेको थियो । त्यस लगत्तै प्रहरीले गैरकानुनी रुपमा बस्ने स्थानमा प्रहरी छापा मार्ने कार्यलाई व्यापक बनाएको हो । कुवेतमै वैध भएर बस्न धेरै जरिवाना तिर्नुपर्ने भएपछि यो अभियानमा नेपालीहरु आर्कषीत हुन सकेको थिएन । आन्तरीक मन्त्रालयको जनसम्र्पक तथा सुरक्षा सञ्चार विभाग निर्देशक बिग्रेडियर अदिल अल हसाहसले गैरकानुनी कामदारले दैनिक २ केडी  (करिब ७ सय रुपैयाँ) देखि बढीमा ६ सय केडी (करिब २ लाख रुपैयाँ) सम्म बुझाउनुपर्ने बताए । त्यस्ता कामदारलाई प्रहरीले पक्राउ गरेमा फेरी कुवेतमा आउन नपाउने गरी डिपोर्ट (निष्कासन) गर्ने हसाहसले बताए ।

    भगौडा कामदार आँफै आन्तरीक मन्त्रालयको आवासीय मामिलाका विभागमा गएर आत्मसर्पण गरेमा भने मात्रै आममाफीले दिएको सुविधा पाउनेछन् । ‘आममाफीबाट स्वदेश गएमा उनीहरु भविश्यमा पुन: कुवेत आउन पाउनेछन्,’ हसाहसले भने । प्रहरीले गैरकानुनी कामदारको बसोबास रहेको क्षेत्र जलिप अल–सुयुख, अर्दिया क्षेत्रमा छापा मारी झन्डै ५ हजार आप्रवासीलाई पक्राउ गरी डिपोर्टटेशन प्रक्रियामा राखिसकेको मन्त्रालयले सार्वजनिक गरेको छ ।

    स्थानीय सञ्चारमाध्यमहरुका अनुसार झन्डै ५ हजार नेपाली घरेलु कामदार भागेर बाहिर काम गर्दै आइरहेको तथ्यांक सार्वजनिक गरेको छ । मालिकबाट हुने मानसीक यातना तथा श्रम शोषणबाट घर छाडेका घरेलु कामदारलाई दलालहरुले अपराधिक क्रियाकलापमा प्रयोग गरिरहेको प्रहरीले जनाएको छ ।

    ]]>
    9705 0 0 0
    धरानमा राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसीप २०१६ हुने http://localhost/ghum/%e0%a4%a7%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%97/ Mon, 21 Mar 2016 15:52:47 +0000 http://www.ghumphir.com.np/?p=9708 ८ चैत,धरान । 
    पूर्वको धरानमा तीन दिने राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसीप २०१६ चैतको दोस्रो सातादेखि सुरु हुँदैछ। सोमबार आयोजक नेपाल प्याराग्याइडिङ एण्ड ह्याङग्लाइडिङ एसोसिएनले पत्रकार सम्मेलन गरी चैतको १२ गतेदेखि १४ गतेसम्म च्याम्पियनसीप प्रतियोगिता हुने जानकारी दिएको हो।
    चौथो माउन्टेन स्पोर्टस् फेष्टिभल अन्तर्गत उक्त प्रतियोगिता हुन लागेको हो। च्याप्यिनसीपमा स्वेदशी र विदेशी प्याराग्याइडर गरी ७० जना भन्दा बढीले स्पर्धा गरिरहेका छन्। ‘पूर्वको पर्यटन प्रवद्र्धनमासमेत सघाउ पुगोस् भनेर यो च्याम्पियनसीप गर्न लागेका हौं,’ आयोजक कमिटीका संयोजक लेखमणि जिमीले भने।
    उनका अनुसार धरानको दुई स्थानबाट उडानको तयारी भइरहेको छ। यसअघिसमेत प्ररीक्षण गरिसकिएको धरानको छोटी मोरङ र चिण्डेडाँडाबाट उडान भर्ने तयारी भइरहेको छ। ल्याण्डिङको लागि भने प्राविधिक टोलीहरुले अध्ययन गरेर निर्णय गर्ने तयारी भइरहेको अध्यक्ष जिमीले बताए।
    विजेताले नगद २५ हजार, दोस्रोले नगद १५ हजार र तेस्रोले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन्। धरानमा झन्डै तीन महिनादेखि व्यवसायिक उडान भइरहेको छ। परीक्षण उडान भने दुई वर्षअघि नै गरिएको थियो।
    ]]>
    9708 0 0 0
    ल्हारक्याल लामा धरौटीमा रिहा भएलगत्तै पक्राउ http://localhost/ghum/%e0%a4%b2%e0%a5%8d%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a7%e0%a4%b0%e0%a5%8c%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%be/ Mon, 21 Mar 2016 15:57:50 +0000 http://www.ghumphir.com.np/?p=9710 ८ चैत, काठमाडौं ।

    लकरमा गोली भेटिएपछि पक्राउ परेका ल्हारक्याल लामा धरौटीमा रिहा भएलगत्तै काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको छ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६६ हजार ७ सय रुपैयाँ धरौटी माग गरेपछि उनी छुटेका थिए। उनी छुट्नासाथ प्रहरीले फेरि पक्राउ गरेको छ। पक्राउ गरेर उनलाई प्रहरीले वैदेशिक रोजगार विभागमा लगेको थियाे। त्यसपछि उनलाई सिंहदरबार प्रहरीमा राखिएको छ। वैदेशिक रोजगार विभागले थुनामा राख्न आग्रह गरेपछि लामालाई सिंहदरबार वृतमा राखिएको काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापाले जानकारी दिए।

    मकाउ पठाइदिने भन्दै  लामाले दुई करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको थियो। विभागले लामालाई पक्राउ गरी बुझाउन प्रहरीलाई दुई वर्षअघि  नै पत्र पठाए पनि त्यसो हुन सकेको थिएन।

    अपरच्युनिटी म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले लामासहित फुर्वा लामा र तिरिङडोल्ला लामाविरुद्ध२०७९ भदौमा उजुरी दिएका थिए। ल्यारक्यालले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको तीन सय २० जनाको कोटा ल्याइदिने भन्दै पटक-पटक गरी दुई करोड १९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभागमा उजुरी परेपछि उनलाई उपस्थित गराउन प्रहरीलाई विभागले नै पत्राचार गरेको थियो।
    अकुत सम्पत्ति आर्जन गरेकोे आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि लामाको दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको लकरमाफागुन ३० गते जाँच गर्दा १४ राउन्ड गोली बरामद गरेको थियो।
    ]]>
    9710 0 0 0
    के के विशेष्ता छन् त ? अहिलेसम्मकैै शक्तिशाली स्मार्टफोनमा http://localhost/ghum/%e0%a4%95%e0%a5%87-%e0%a4%95%e0%a5%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%a4-%e0%a4%85%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87/ Mon, 21 Mar 2016 16:01:00 +0000 http://www.ghumphir.com.np/?p=9712 स्मार्टफोनको बजारमा उच्च क्षमतायुक्त स्मार्टफोन भित्रिने क्रममा एक चिनिया कम्पनीले अहिलेसम्मकै क्षमतावान प्रोसेसर भएको स्मार्टफोन सार्वजनिक गरेको छ ।

    चिनिया स्मार्टफोन कम्पनी वर्नीले आफ्नो नयाँ स्मार्टफोन अपोलो लन्च गरेको हो । यो स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण र खास विशेषता भनेको यसको क्षमतावान प्रोसेसर नै हो । साथै यसमा ६ गिगाबाइटको र्‍याम प्रयोग गरिएको छ ।

    apollo-smart-phone

    यो स्मार्टफोनका अन्य फिचर्समा साढे ५ इन्चको क्युएचडी डिस्प्ले तथा डेकाकोर मिडियाटेक २० प्रोसेसर प्रयोग गरिएको छ । यसको र्‍याम ६ जिबी हुनुका साथै इन्टर्नल मेमोरी १२८ जिबी रहेको छ । यो स्मार्टफोनको स्क्रिन रिजोलुसन २५६० गुणा १४४० पिक्सेल रहेको छ ।

    अपोलोमा एन्ड्रोइड सिक्स मार्सर्मेलो अपरेटिंग सिस्टम रहेको छ । यसमा फिंगरप्रिन्ट स्क्यानर प्रविधि समेत राखिएको छ । स्मार्टफोनकेा अर्को विशेषता भनेको यसको उच्च क्षमतायुक्त क्यामरा पनि हो । यसमा २१ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ, जसमा डुअल टोन एलइडी फ्लास रहेको छ । त्यस्तै सेल्फी क्यामरा समेत ८ मेगापिक्सेलको दिइएको छ ।

    कनेक्टिभिटीको कुरा गर्नेहो भने यसले फोर जी, एलटीइ, वाइफाइ, ब्लुटुथ तथा जिपिएस सपोर्ट गर्दछ । आउँदो महिनादेखि चिनिया बजारमा यो स्मार्टफोन उपलब्ध हुने बताइएको छ । तर यसको मूल्य भने सार्वजनिक गरिएको छैन । अन्तराष्ट्रिय बजारमा यो स्मार्टफोन कहिले पठाउने भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

    ]]>
    9712 0 0 0
    जनताको नाममा पहिलोपटक निस्कियो दुई हजारको सिक्का http://localhost/ghum/%e0%a4%9c%e0%a4%a8%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%aa%e0%a4%9f%e0%a4%95-%e0%a4%a8%e0%a4%bf/ Mon, 21 Mar 2016 16:05:45 +0000 http://www.ghumphir.com.np/?p=9715 ८ चैत, काठमाडौं । राजा-महाराजाको नाममा त सिक्का निस्किएकै थिए तर नेपाली जनताको छोरोको नाममा पहिलोपटक सिक्का निस्कएको छ । त्यो पनि एक-दुई रुपैयाँको होर, दुई हजार रुपैयाँको !

    Rupees-two-thousands

    सरकारले हालै सर्वमान्य नेता गणेशमान सिंहको जन्मशताव्दीको अवसर पारेर दुई हजार रुपैयाँको चाँदीको सिक्का निस्कासन गरेको हो ।

    सिक्काको एकापट्टी गणेशमान सिंहको तस्वीर छ । त्यसको माथि ‘सर्वमान्य नेता गणेशमान सिंह’ र तल ‘जन्म शताव्दी १९७२-२०७२’ लेखिएको छ । सिक्काको अर्कोपट्टी विश्वको सर्बोच्च शिखर सगरमाथाको तस्वीर अंकित छ र ‘नेपाल सरकार’ लेखिएको छ ।

    कहाँ पाइन्छ सिक्का ?

    नेपाल राष्ट्र बैंक टक्सार विभाग सुन्धाराका विनोद तण्डुकारले स्मारिकाको रुपमा दुई हजार दरका दुई हजार वटा सिक्का निस्कासन गरिएको जानकारी दिए । उनका अनुसार यो सिक्का दैनिक चलनचल्तीमा भने आउने छैन ।

    सुन्धारास्थित टक्सार बिभागबाट सिक्का साट्न पाइने छ । सिक्का नकोरियोस् भनेर कभर पनि राखिएको छ । कभरसहित सिक्कालाई दुई हजार ७६ रुपैयाँ पर्ने तण्डुकारले जानकारी दिए ।

    तत्काललाई गणेशमान सिंहको तस्वीर अंकित दुई हजार प्रति सिक्का निस्कासन गरिए पनि माग बढेमा थप निकाल्ने तण्डुकारले बताए ।

    ]]>
    9715 0 0 0
    यस्ता छन् नेपाल र चीनबीच भएका १० सम्झौता http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b0-%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ac%e0%a5%80%e0%a4%9a-%e0%a4%ad/ Mon, 21 Mar 2016 16:14:20 +0000 http://www.ghumphir.com.np/?p=9718 चैत ८, बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ भ्रमणका क्रममा नेपाल र चीनबीच १० वटा सम्झौता भएका छन् ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री खछ्याङबीच सोमबार भेटवार्ता भएको थियो । चिनियाँ संसद भवन ग्रेट हल अफ पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न तहमा हस्ताक्षर भएको छ ।

    प्रधानमन्त्री  ओलीले चिनियाँ राष्ट्रपति शी जिनपिङलार्इ पनि भेटेका छन् । भेटमा चिनियाँ राष्ट्रपतिले नेपालमा नयाँ संविधान बनेपछि अब राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरेका छन् ।

    Samjhauta

    नेपाल र चीनवीच सम्पन्न १० वटा समझदारी यस्ता छन्ः

    १. पारवहन सम्झौता

    प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् ।

    नेपाललाई चिनियाँ बन्दरगाहसम्म पहुँच दिने यो सम्झौतालाई महत्वका साथ हेरिएको छ । यो सम्झौताबाट नेपालले तत्काल कुनै उलेख्य लाभ नलिए पनि दीर्घकालीन रुपमा महत्वपूर्ण छ ।

    २. चीनले नेपालमा ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान गर्ने

    चीनले ३२ हजार घरधुरीलाई विद्युत पुग्ने गरी सोलार प्लान्ट जडान गरिदिने समझदारीमा पनि हस्ताक्षर भएको छ । यसमा भूकम्प पीडितहरुले प्राथमिकता पाउनेछन् ।

    ३.पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौता

    ४. २५ प्रतिशत विना ब्याजको अनुदान

    ५. एक्जिम बैंकको ऋण

    नेपाल र चीनबीच पोखरा विमानस्थल निर्माणबारे तीनवटा समझदारी भएका छन् । यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन् ।

    सम्झौता पहिलो विषय पोखरा विमानस्थल निर्माणसम्वन्धी छ । दोस्रोमा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि चीन सरकारले बिना ब्याज २५ प्रतिशत ऋण उपलब्ध गराउने छ । बाँकी एक्जिम बैंकले उपलब्ध गराउने ऋणमा करिब २ प्रतिशतमात्रै ब्याज लाग्नेछ । विना ब्याजको रकम चीन सरकारले दिनेछ भने बाँकी ऋण त्यहाँको एक्जिम बैंकले उपलब्ध गराउनेछ ।

    ६ ट्रेडमार्क दर्तासम्वन्धी सम्झौता

    चीन र नेपालवीच विभिन्न वस्तुहरुको टे्रडमार्क दार्ता सम्बन्धी छुट्टै समझदारी भएको छ । यो समझदारी अनुसार दुबै देशमा आयात-निर्यात हुने वस्तुहरुको पेटेन्ट राइट निश्चित हुनेछ ।

    ७. नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषण सम्वन्धी समझदारी

    नेपाल र चीनबीच नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषणसम्वन्धी समझदारीमा हस्ताक्षर भएको छ । यो समझदारीपछि नेपालमा भएको ग्यास र पेट्रोलियम अन्वेषणमा चीनले सहयोग गर्नेछ ।

    ८. स्वतन्त्र व्यापारसम्वन्धी सम्झौता

    नेपाल र चीनबीच भएको अर्को सम्झौता स्वतन्त्र व्यापारसम्वन्धी छ । यो सम्झौतामा ५०० वस्तुको प्रवेशाज्ञाबारे काम थाल्ने उल्लेख छ ।

    ९. बैंकिङ रेगुलेशनसम्वन्धी सम्झौता

    नेपाल र चीनबीच बेङजिङमा भएको यो सम्झौतामा दुई देशका गभर्नरले हस्ताक्षर गरेका छन् । यस अन्तरगत दुई देशबीच वित्तीय नियमनको सूचना आदान-प्रदान हुनुका साथै एक अर्को देशमा बैंकको शाखा खोल्न बोटो खुलेको नेपालका गर्भनर चिरन्जिवी नेपालले अनलाइनखबरलाई जानकारी दिए ।

    १०. हिल्सामा पुल निर्माण

    अर्को सम्झौता हुल्लाको हिल्सामा पुल निर्माण गर्नेछ । यो पुल चीन सरकारले बनाइदिनेछ ।

    ]]>
    9718 0 0 0
    बेलायती राजकुमार ढिँडो र घाँटुनाचमा रमाउँदै (फोटो फिचर) http://localhost/ghum/%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0-%e0%a4%a2%e0%a4%bf%e0%a4%81%e0%a4%a1%e0%a5%8b-%e0%a4%b0/ Mon, 21 Mar 2016 16:34:40 +0000 http://www.ghumphir.com.np/?p=9721 1458571140739_Pro_Lamjung Harry Dinner1

    गाँैडा(लमजुङ),८ चैत । नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ पदयात्रापछि गुरुङ समुदायको घनाबस्ती रहेको भिरकुना गाउँ आइपुग्नुभएको छ ।

    राजकुमार ह्यारीले गौँडा गाविस वडा नं ४ भिरकुनाबाट वडा नं ७ को लेउरानी गाउँसम्म एक घन्टाको पदयात्रा गर्नुभएको थियो । उहाँ गुरुङ समुदायको बस्ती, प्रकृति र ग्रामीण जनजीवनको अवलोकन गर्दै पदयात्रामा सहभागी हुनुभएको थियो । राजकुमार ह्यारीसहितको टोली आज सोही गाउँमा घरबास (होमस्टे) मा छ । ह्यारी गाउँमा पुग्दा स्थानीय गुरुङ परम्परानुसार फेटा बाँधेर, चामलको सेतो टीका र फूलमाला लगाएर स्थानीयवासीले स्वागत गरेका थिए । उहाँले ८८ वर्षीया मङ्गली तामाङका घरमा बनाइएको कोदाको ढिँडो, स्थानीय कुखुराको मासु, गोलभेँडाको पिरो अचारसहितको परिकार खानुभएको थियो । “मैले अफगानिस्तानमा गोर्खा सैनिकसँग रहँदा पिरो अचार खाएको थिएँ, पिरो अचारले शरीर तात्छ, आज यहाँ पानी परेर चिसो भएकाले अरु स्थानीय परिकारसहित गोलभेँडाको पिरो अचार मलाई विशेष स्वादिलो लाग्यो”– ह्यारीले भन्नुभयो । यसअघि त्यहाँ गुरुङ परम्परानुसार देखाइएको घाँटु र तामाङ नाचमा ह्यारी नाच्नुभएको थियो । ह्यारीले वडा नं ७ को लेउरानी गाउँमा पुगेर दोस्रो विश्वयुद्धमा बेलायती सेनाबाट लडेका गोर्खा सैनिक गञ्जुराम तामाङकी ८८ वर्षीया धर्मपत्नी मङ्गलीलाई भेट्नुभयो । “आफूले यसरी बेलायतका राजकुमारलाई भेट्छु भन्ने सोचेको थिइन, भेट भयो, साह्रै खुसी लागेको छ”– मङ्गलीले भन्नुभयो । सो अवसरमा मङ्गलीले ह्यारीसँग आफू नियमित स्वास्थ्य परीक्षणमा रहेकाले औषधोपचार र भूकम्पले क्षति पु¥याएको घर निर्माणका लागि सहयोगको अपेक्षा गर्नुभएको थियो । ह्यारीले गोर्खा कल्याणकारी कोषमार्फत सहयोग पु¥याउने वचन दिनुभयो । उहाँले भूकम्पले क्षति पु¥याएको भूतपूर्व ब्रिटिस गोर्खा परिवारका घर र त्यहाँ रहेका आफन्तसँग जानकारी लिनुभएको थियो ।

    harry lamjung (1) harry lamjung (2) harry lamjung (3) harry lamjung (4) harry lamjung (5) harry lamjung (6) harry lamjung (7)

    a]nfotsf /fhs'df/ x]g/L rfN;{ cNj6{ 8]le8 …Xof/LÚ g]kfnsf] kfFrlbg] cf}krfl/s e|d0fsf] qmdd ndh'ª u}8f uflj;sf] n]p/fgL ufpFdf k'u] kl5 :yfgLo cGgk"0f{ cfdf ;d'xsf] tkm{jf6 tfdfª g[To4f/f :jfut ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;]]>
    9721 0 0 0
    आइफोन किन्नका लागि बाउआमाले बेचे १८ दिनकी छोरी http://localhost/ghum/%e0%a4%86%e0%a4%87%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ac%e0%a4%be%e0%a4%89%e0%a4%86%e0%a4%ae/ Mon, 21 Mar 2016 16:45:12 +0000 http://www.ghumphir.com.np/?p=9733 Iphone-6-Final-768x576जाबो आइफोन किन्नका लागि कोही मानिस जुनसुकै हदसम्म पनि गिर्दोरहेछ भन्ने कुराको प्रमाण एक चिनिया दम्पत्तिले पेश गरेका छन्, जुन पत्याउनै गाह्रो पर्छ ।

    एक चिनिया दम्पत्तिले आइफोन खरीद गर्ने पैसा जुटाउनका लागि आफ्नी १८ दिनकी छोरी समेत बेचेका छन् । आइफोन किन्नका लागि नाबालिका छोरी बेच्ने त्यो दम्पत्तिलाई चीनको को अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ ।

    फुजियान प्रान्तका ए दुआन र उनकी पत्नी जिओ मी ले सोसल साइट क्यूक्यूको माध्यमबाट २३ हजार युआन र्थात् झण्डै साढे ३ लाख रुपैयाँमा छोरी बिक्रि गरेका हुन् ।

    छोरी बेचेको पैसाले बाबु दुआन एक आइफोन तथा मोटरसाइकल खरीद गर्न चाहन्थे ।

    आइफोनका लागि छोरी बेच्ने बाउआमा दुबैको उमेर १९ वर्षको छ । आर्थिक रुपमा कमजोर उक्त दम्पत्ति आफ्नो कमाइले छोरीको पालन पोषण गर्न पनि असमर्थ थियो । अझ आइफोन र मोटरसाइकलको चाहनाले गर्दा दिनभर साइबर क्याफेमा बिताउने दुआनलाई छोरीको बिक्रि गर्ने कुचेष्टासम्म पूरायो ।

    ]]>
    9733 0 0 0
    किन्ने होईन त, एप्पलको सस्तो आइफोन http://localhost/ghum/%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b9%e0%a5%8b%e0%a4%88%e0%a4%a8-%e0%a4%a4-%e0%a4%8f%e0%a4%aa%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%b8%e0%a5%8d/ Mon, 21 Mar 2016 17:03:58 +0000 http://www.ghumphir.com.np/?p=9735
    एजेन्सी एप्पलले यो बर्षको बहुप्रतिक्षित सस्तो आइफोन आज एप्पलको हेडक्वाटर अमेरिकाको क्यालिफोर्नियामा सार्वजनिक गर्दै छ। एप्पलले आइफोन ५ एसइ मोडेलमा नयाँ आइफोन सार्वजनिक गर्न लागेको हो। विश्वको सवैभन्दा धेरै स्मार्टफोन विक्रि हुने चीनलाई लक्षित गरी आज सार्वजनिक हुने सो आइफोन सस्तो र आइफोन ५ एस भन्दा हल्का सानो रहने कम्पनीले जनाएको छ। चीनसंगै विश्वभरमा नै यसको चर्चा र माग धेरै रहेको छ। दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकन सव कन्टिनेन्टमा पनि औसत मूल्यका कारणले यो फोनको माग निकै रहेको कम्पनीले जनकारी दिएको छ। एप्पलले यो स्मार्टफोन एन्ड्रोइड फोनसंग प्रतिस्पर्धा गर्नका लागि पनि ल्याएको जानकारी दिएको छ। यो आइफोनले सामसुङ लगायत अरु कप्पनीका एन्ड्रोइड स्मार्टफोनको बजारलाई चुनौती दिने जानकारी दिएको छ। उदयमान बजारका लागि यो फोन निकै नै उपयोगी हुनेछ। आइफोन ६ र ६ प्लससंग मिल्दोजुल्दो यो फोनमा ४.० इन्चको स्क्रिन रहेको छ जुन सामसुङका कुनैपनि ठूला स्क्रिन भएका मोवाइलसंग प्रतिस्पर्धा गर्न सक्ने कम्पनीले जनाएको छ। सार्वजनिक हुनुभन्दा अगाडि नै यो आइफोनको मोडेल र कलर पनि सर्वजनिक भएको छ। हल्का पिन्क कलरमा उपलव्ध यो स्मार्टफोन संग आइफोनकै अर्को मोडेल ६ सि पनि सार्वजनिक गर्ने तयारी गरेको छ। यसको नाममा कुनैपनि नम्बर रहेको छैन यसर्थ यो स्मार्टफोन आजभन्दा अगाडि आएका अरु एप्पल मोवाइल भन्दा फरक रहेको छ। एप्पलले यो फोनलाई स्पेशल एडिसन भनेको छ। आइफोन ६ र ६ प्लस जस्तै ५ एसइमा पनि फिङ्गर टच आइडि रहेको छ। आकार र साइजमा उस्तै देखिने यो स्मार्टफोनमा नयाँ आइफोन ६ र ६ प्लसमा जस्तै साइडमा स्क्रिन लक बटन राखिएको छ। आइफोनसंगै एप्पलले आइप्याड एयर ३ पनि संगै सार्वजनिक गर्ने जनाएको छ।
    ]]>
    9735 0 0 0
    फागुपर्वमा महिला र यौन लक्ष्यित http://localhost/ghum/%e0%a4%ab%e0%a4%be%e0%a4%97%e0%a5%81%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%b0-%e0%a4%af%e0%a5%8c%e0%a4%a8-%e0%a4%b2%e0%a4%95/ Tue, 22 Mar 2016 02:37:49 +0000 http://www.ghumphir.com.np/?p=9737

    लक्ष्मी गारु भक्तपुर, ९ चैत । होलिया मेला, मय्जू मस्युला अबिर भचाः नः, तये मज्युला “होलीको बेला मायालाई थाहा छैन र, अबिर अलिकति पनि राख्नु हुन्न र” अर्थको योे गीत नेवारी समाजमा फागुपर्वमा गाइने सर्वाधिक लोकप्रिय गीत हो । त्यसैगरी, झ्या दकंः तुँकं मा व हे ल्यासे जित मा व ल्यासे मदेकः जा हे मनया

    अर्थात् “झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्न” भन्ने बोलले पनि होली विशेष गरी महिला लक्ष्यित चाड भएको पुष्टि हुन्छ । वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रुपमा मनाइने फागुपर्व मङ्गलबार नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । तराई क्षेत्रमा भने बुधबार फागुपर्व मनाइँदै छ । विशेषगरी यौन रसयुक्त र महिलालाई लक्ष्यित गरी गीत गाउने र व्यङ्ग्य गर्ने चाड फागु भक्तपुरमा भने बेग्लै रौनक र तरिकाले मनाउने गरिन्छ । फागुपर्वको सुरुवात भएको जनाउन काठमाडौँको वसन्तपुरमा चिर गाडेसँगै भक्तपुरको तचपालमा पनि चिर गाड्ने गरिन्छ । चिर गाडेसँगै तचपाल भीमसेन मन्दिरमा रहेको पाटीमा भीमसेन र द्रौपदीको यौन समागमको प्रतीकस्वरुप काठको बडेमानको लिङ्ग र लिङ्गले बीच भागमा प्वाल बनाएको रातो कपडा प्रदर्शनमा राखिन्छ । सोही दिनदेखि यौन रसयुक्त गीत गाउँदै बटुवालाई मनोरञ्जन दिने गरिन्छ । फागुपर्वलाई विशेषगरी नेवारी समुदायमा महिला लक्ष्यित पर्वका रुपमा लिने गरेको पाइन्छ । होलीका परम्परागत लोकभाका र गीतसङ्गीत पनि महिला र यौनसँग सम्बन्धित रहेका छन् । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फूल फुल्न थाल्ने मनोरम वातावरणले मानिसको मन मष्तिस्कसमेतमा एक खालको तरङ्ग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविद्को भनाइ रहेको छ । वसन्त ऋतुको आगमनसँगै रुख बिरुवामा नयाँ पालुवा आउने र त्यससँगै मानिसमा कामवासना जागृत हुने समय भएकाले फागुपर्वमा यौन रसयुक्त गीत प्रचलनमा आएको संस्कृतिविद् ओम धौभडेलले बताउनुहुन्छ । उहाँका अनुसार १७औँ शताब्दीदेखि यस्तो चलन चलेको हो । कृषि पेसामा संलग्न उपत्यकावासी वसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र फुर्सदमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालीन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौन रसयुक्त सङ्गीत गुञ्जने गरेको उहाँको भनाइ छ । यसैकारण कसैकसैले यसलाई अश्लील पर्वका रुपमा चित्रण गर्ने प्रयास गरेको पाइएको छ । संस्कृतिकर्मी धौभडेल यसलाई अश्लील पर्वका रुपमा नभई विशुद्ध सांस्कृतिक पर्वका रुपमा लिनुपर्ने बताउनुहुन्छ । फागुपर्वले मानिसमा विद्यमान भेदभाव अन्त्यको सन्देश दिने उल्लेख गर्दै धौभडेलले केटाकेटी, युवायुवती, सबै जातजाति फागुको रङमा रङ्गिने र सबैले खुसीको रङ साटासाट गर्ने भएकाले यो चाड समावेशी चाडसमेत भएको बताउनुभयो । यसैगरी अर्का संस्कृतिविद् एवम् इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले प्राचीनकालदेखि नै समाज पुरुष प्रधानका रुपमा विकास भएसँगै महिलालाई यौनको प्रतीकका रुपमा लिने र महिलालाई यौन चाहना पूरा गर्ने साधनका रुपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा महिला लक्ष्यित गीत सङ्गीत गुञ्जने गरेको बताउनुभयो । उहाँले फागु पर्वलाई प्रेम दिवसका रुपमा लिने प्रचलन भएकाले फागुमा यौनरस र प्रेमरसका गीत गाउने प्रचलन रहेको बताउनुभयो । भक्तपुरको तचपाल टोलमा गाडिने चिरसँगै भीमसेनको लिङ्गका प्रतीक काठको लिङ्ग प्रदर्शनमा राखिनुले पनि होली महिला केन्द्रित पर्व भएको पुष्टि हुने श्रेष्ठको तर्क छ । फागु विजयको हर्षोल्लासका रुपमा एकापसमा रङ दलेर नाचगानका साथ मनाइने पर्व हो । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफँैभित्र हराउने पर्व तथा तनमन रङ्गाउने पर्वका रुपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःले आआफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकापसमा अबिर दलेर टोल छिमेक परिक्रमा गरी मनाउने गर्दछन् । युगौँदेखि मनाइँदै आएको फागुपर्वलाई अहिलेका युवा पुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागुपर्व सामाजिक विकृतिका रुपमा देखिन थालेको छ । उमेर, लिङ्ग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रङ्गीविरङ्गी रङ एकआपसमा लगाएर वातावरणलाई नै रङ्गिन बनाई मनाइने फागुपर्वमा युवापिँढीले उच्छृङ्खल क्रियाकलाप गर्दा त्रासको पर्वमा परिणत भएको संस्कृतिकर्मी धौभडेलले बताउनुभयो । शास्त्रअनुसार हिरण्यकश्यपु नामका राक्षसको छोरा प्रह्लाद असाध्यै विष्णु भक्त थिए । उनको विष्णु भक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रह्लादलाई मार्न हिरण्यकश्यपुले अनेक हतकण्डा अपनाउँछ । तर प्रह्लादलाई केही हुँदैन । हिरण्यकश्यपुकी बहिनी होलिकालाई उनको तपस्याबाट प्रशन्न भएर अग्नि देवले आगोले छुन नसक्ने वरदान दिएको थियो । यस्तैमा एक दिन हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रह्लादलाई अग्निमा दहन गर्ने योजना बनाउँछ । सो योजनाअनुसार होलिका प्रह्लादलाई काखमा राखी अग्निमा बस्दछ तर प्रह्लादको सच्चा भक्तिले गर्दा होलिका जलेर मृत्यु हुन्छ तर भक्त प्रह्लादलाई आगोले छुदैन । यसैको खुसियालीमा होली पर्व मनाउन थालिएको हो । यसैबीच, महानगरीय प्रहरी परिसर भक्तपुरले होलिका नाममा सर्वसाधारण बटुवा र महिलालाई लक्ष्य गरी लोला हान्ने जो सुकैलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ । होलीलाई शान्त, सभ्य बनाउन र लोला हान्ने प्रवृत्तिलाई निरुत्साहित गर्न लोला हान्नेलाई सावजनिक मुद्दा चलाउने तयारी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताउनुभयो । फागु पर्वका बेला कुनै अवाञ्छित घटना हुन नदिन सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको बताउँदै उहाँले कसैको इच्छा विपरीत फोहर पदार्थ फाल्ने, रङ दल्ने, जबर्जस्ती लोला हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत बढीमा दुई वर्षसम्मको जेल सजाय गरिने जानकारी दिनुभयो ।
    ]]>
    9737 0 0 0
    सिंहदरबारभित्र एक सय २७ जना कर्मचारी छड्के कारबाहीमा परे http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%b9%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%8f%e0%a4%95-%e0%a4%b8%e0%a4%af-%e0%a5%a8%e0%a5%ad-%e0%a4%9c/ Tue, 22 Mar 2016 02:43:06 +0000 http://www.ghumphir.com.np/?p=9740 ९ चैत, काठमाडौं ।

    पोसाक भत्ता लिने, तर तोकिएको पोसाक नलगाउने निजामती सेवाका कर्मचारीमाथि सामान्य प्रशासन मन्त्रालयले सोमबार पनि छड्के जाँच गरेको छ। प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय र निकायमा काम गर्ने एक सय २७ जना कर्मचारी छड्के कारबाहीमा परेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

    singadarbar

    मन्त्रालयका उपसचिव कृष्णप्रसाद सापकोटा र ठाकुरप्रसाद निरौलाको नेतृत्वमा खटिएको छड्के टोलीले पोसाक नलगाएका कर्मचारीमाथि छड्के गरेको हो। आइतबारको छड्केमा तीन सय ७४ कर्मचारी विनापोसाक कार्यालय आएको पाइएको थियो। सामान्यले पोसाक नलगाएका कर्मचारीको रेकर्ड सम्बन्धित मन्त्रालयमा पठाउँदै त्यस्ता कर्मचारीले पाउने पोसाक भत्ता कटौती गर्न निर्देशन दिएको छ।

    पोसाक नलगाउने अधिकांश शाखा अधिकृत, खरिदार र सुब्बास्तरका कर्मचारी छन्। सामान्यले सिंहदरबारबाट कर्मचारी बोक्न प्रयोग गरिने १६ वटा गाडीमा पोसाकविनाका कर्मचारी बस्न नपाउने गरी सर्कुलर पनि जारी गरेको छ।

    सरकारले कर्मचारीलाई पोसाक भत्ताबापत वार्षिक रूपमा सात हजार पाँच सय रुपैयाँ दिँदै आएको छ। छड्केअघि सामान्यले सबै मन्त्रालय र निकायलाई पटक–पटक पत्राचार गर्दै मातहतका कर्मचारीलाई तोकिएको पोसाक अनिवार्य गराउन निर्देशन दिएको थियो।

    ]]>
    9740 0 0 0
    शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच फेरी प्रतिस्पर्धा http://localhost/ghum/%e0%a4%b6%e0%a5%87%e0%a4%b0%e0%a4%ac%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%81%e0%a4%b0-%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%b5%e0%a4%be-%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%9a%e0%a4%a8%e0%a5%8d/ Tue, 22 Mar 2016 02:56:07 +0000 http://www.ghumphir.com.np/?p=9745 ९ चैत, काठमाडौं ।
    नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरवहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच अर्को प्रतिस्पर्धा हुने भएको छ। नागरिक दैनिकमा समाचार छ।
     paudel and dewabaसभापतिमा प्रतिस्पर्धा गरेको एक महिना बित्न नपाउँदै देउवा र पौडेल संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिन लागेका हुन्।
    पार्टीको केन्द्रीय समिति बैठकले दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरेसँगै दुवै नेताले सक्रियता बढाएका छन्। १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवाले सांसदसँग भेटघाट तीब्र बनाएका छन्।
    सकेसम्म सहमतिबाट संसदीय दलको नेता बन्ने र सम्भव नभए अधिकतम सांसदलाई पक्षमा पार्न देउवा निकट नेता सक्रिय छन्। सभापतिमा समर्थन गरेका सांसद संख्या आंकलन गर्दै उनीहरु सुविधाजनक बहुमत पुग्नेमा ढुक्क छन्।
    तत्कालीन सभापति सुशील कोइरालासँग २०७० माघ १२ मा भएको संसदीय दलको निर्वाचनमा देउवा १६ मतले पछि परेका थिए।
    ]]>
    9745 0 0 0
    चीनले दैलेख सहित अन्य दुई वटा पेट्रोलियम ब्लकमा अन्वेषण गर्ने http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a5%88%e0%a4%b2%e0%a5%87%e0%a4%96-%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%a6%e0%a5%81%e0%a4%88/ Tue, 22 Mar 2016 03:02:35 +0000 http://www.ghumphir.com.np/?p=9748
    ९ चैत, काठमाडौं ।
    झन्डै ३६ वर्षको प्रयासपछि नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु हुने भएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।सन् १९८० को दशकमा मुलुकका विभिन्न १० ठाउँमा पेट्रोलियम पदार्थको सर्भे भए पनि अन्वेषण हुन सकेको थिएन। अब चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपालका तीन स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण हुने भएको हो।
    नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणमा सहयोग गर्ने सम्बन्धमा नेपाल र चीनबीच सोमबार सम्झौता भएको छ। प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा दुई मुलुकबीच यस्तो सम्झौता भएको हो। यससँगै मुलुकमा पेट्रोलियम पदाथएको अन्वेषणले गति लिने पक्का भएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए।
    नेपालले करिब दुई महिनाअघि पेट्रोलियम अन्वेषणका लागि सहयोग गर्न चीन सरकारसँग आग्रह गरेको थियो। उद्योग मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत चीनलाई दैलेखको ग्यास खानी र अन्य दुई वटा पेट्रोलियम ब्लकमा अन्वेषण गरिदिन आग्रह गरेको थियो।
    ]]>
    9748 0 0 0
    प्रमको चीन भ्रमणपछि काँग्रेस सरकारमा आउँछ : नेपाल http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97/ Tue, 22 Mar 2016 03:10:37 +0000 http://www.ghumphir.com.np/?p=9751

    सल्यान, ९ चैत । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको चीन भ्रमणपछि काँग्रेसलाई सरकारमा ल्याउन छलफल गरिने बताउनुभएको छ । देशको समग्र विकासका लागि सहमति र सहकार्य आवश्यक भएको भन्दै नेता नेपालले काँग्रेसलाई पनि सँगै लैजान सक्ने क्षमता एमालेमा रहेको दाबी गर्नुभयो । madhav-nepalप्रेस चौतारी नेपाल सल्यान शाखाले आज बिहान सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले देशमा अस्थिरता कायम गरेर देशको प्रगति नहुने भएकाले यसको निकासका लागि पनि सहकार्य आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय एकता नेपालीको विशेषता हो यसलाई कमजोर पारेर देशले गति लिन सक्दैन, राजनीतिक निकासका लागि पनि सहमति र सहकार्य आवश्यक छ ।” नेता नेपालले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल रहेको दाबी गर्दै चीन भ्रमण पनि उपलब्धिपूर्ण हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा लामो समयसम्म रहेको नाकाबन्दी प्रधानमन्त्री भारत भ्रमणपछि खुलेको छ, उहाँको चीन भ्रमण पनि देशका लागि छिमेकीसँगको सम्बन्ध र उन्नतिका लागि उपलब्धिपूर्ण हुने छ ।” सरकारमा रहेको ठूलो दल एमाओवादीले मन्त्री फिर्ता बोलाउँदै छ भन्ने हल्ला छ नि भन्ने पत्रकारको प्रश्नको जवाफमा नेता नेपालले भन्नुभयो, “यो सरकारले नै स्थानीय निकाय र संसद्को निर्वाचन गराउँछ, मैले पनि २२ दललाई मिलाएकै हो अहिलेको सरकारसँग पनि मिलाएर लैजान सक्ने क्षमता छ ।” सरकारमा त सङ्घीयता विरोधी, राजावादी, गणतन्त्रवादी मिलेर खिचडी भएको छ गणतन्त्रको कार्यान्वयनमा समस्या हँुदैन भन्ने प्रश्नको जवाफमा नेता नेपालले सबैलाई मिलाएर लैजान सक्नु नै ठूलो कुरा भएकाले यसमा शङ्का नगर्न उहाँले आग्रह गर्नुभयो ।

    ]]>
    9751 0 0 0
    ह्यायात, ¥याडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल र याक एन्ड यति होटलले कर तिर्न थाले http://localhost/ghum/%e0%a4%b9%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a4-%c2%a5%e0%a4%af%e0%a4%be%e0%a4%a1%e0%a4%bf%e0%a4%b8%e0%a4%a8-%e0%a4%b6%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b0-%e0%a4%b8%e0%a4%be/ Tue, 22 Mar 2016 03:28:49 +0000 http://www.ghumphir.com.np/?p=9754

    काठमाडौँ, ९ चैत ।

    पछिल्लो समय काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित ठूला होटल करको दायरामा आउन थालेका छन् । महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि ती होटल करका शीर्षकसहित विवरण लिएर आउने क्रम बढेको हो । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार पिछल्लो समय विवरण लिएर आउनेमा ह्यायात, ¥याडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल र याक एन्ड यतिहोटल रहेका छन् ।

    [caption id="attachment_9755" align="alignnone" width="1000"]Hyatt Regency Hotel Hyatt Regency Hotel[/caption]

    ती होटलले तीर्नुपर्ने जग्गा कर, बहाल घर, सवारी, कर, व्यावसायिक कर शीर्षकमा तीर्नुपर्ने रकमसहित महानगर आउने गरेको काफ्लेले जानकारी दिनुभयो । “कारबाहीको प्रक्रिया सुरु गरेपछि केही होटलले कर तिरे पनि अधिकांशले तिर्न आलटाल गरिरहेका छन्” उहाँले भन्नुभयो । होटल ह्यायात, एभरेस्ट, ¥याडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल, र याक एन्ड यतिले अहिलेसम्म सवारी र घरजग्गा कर तिरेका छैनन् । व्यावसायिक कर मात्र तिरेका छन् ।

    [caption id="attachment_9756" align="alignnone" width="838"]Soltee Hotel Soltee Hotel[/caption]

    सोल्टी होटलले भने सबै किसिमको कर तिरिसकेको छ भने अन्नपूर्ण होटलले सवारी करबाहेक अन्य सबै शीर्षका कर तिरेको छ । ठूला होटलले नियमित रुपमा कर बुझाउने हो भने एक होटलले वार्षिक करिब रु १० लाखदेखि रु १२ लाखसम्म कर तिर्नुपर्ने हुन्छ । सामान्य तथा मापदण्डअनुरुपका होटलमा पार्किङको सुविधा, पौडी पोखरी, पाहुना बस्ने स्थान, बगँैचालगायतको सुविधा आवश्यक पर्छ । पछिल्लो समय कर बुझाउने करदाताको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तर ठूला होटलले अझै पनि सहज तरिकाले कर तिर्न मानेका छैनन् । समयमा कर नबुझाउनेलाई महानगरपालिकाले स्थानीय स्वायत्तशासन ऐन, २०५५ को दफा १६५ (२) बमोजिम चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्नेलगायतका कारबाही गर्न सक्नेछ ।

    [caption id="attachment_9757" align="alignnone" width="1366"]Sangrila Hotel Sangrila Hotel[/caption]

    पटकपटक कर तिर्नका लागि पत्र पठाउने, सूचना प्रकाशित गर्ने तथा नभए कारबाही गर्ने र त्यति गर्दा पनि नतिरेमा तालाबन्दीसमेत गर्नेसम्मको कारबाही सुरु गरिएको प्रमुख काफ्लेले बताउनुभयो । खासगरी राजनीतिक पहुँच र राजनीतिक संरक्षण भएका व्यक्ति र उच्चपदमा रहेका जिम्मेवार व्यक्तिले नै कर तिर्नुपर्नेमा बुझेर पनि नबुझेझैँ गरेका कारण अपेक्षित कर सङ्कलन गर्न सकिएको छैन । तिनुपर्ने कर समयभित्रै नतिरेको खण्डमा बर्सेनि १० प्रतिशतको दरले जरिवाना दस्तुरसहित सम्पूर्ण कर शीर्षकको रकम तिनुपर्ने प्रावधान छ ।

    radishion

    ]]>
    9754 0 0 0
    फागुजात्रामा झडप, तीन युवा घाइते http://localhost/ghum/%e0%a4%ab%e0%a4%be%e0%a4%97%e0%a5%81%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9d%e0%a4%a1%e0%a4%aa-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%af%e0%a5%81%e0%a4%b5/ Tue, 22 Mar 2016 03:35:32 +0000 http://www.ghumphir.com.np/?p=9760

    चितवन, ९ चैत । दारेचोक गाविस–३ लामिडाँडाको फागु मेलामा गए राति दुई युवा समूहबीच झडप हुँदा तीन जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सोराहाका १५ वर्षीय आशिक गुरुङ, १४ वर्षीय सुदीप गुरुङ र २१ वर्षीय हस्तबहादुर गुरुङ घाइते भएका छन् । जसमध्ये सुदीप र हस्तबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । राति १ बजेको समयमा स्थानीय गुरुङ र मगर युवाबीच झडप भएको थियो ।

    ]]>
    9760 0 0 0
    एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%b9%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a4%b8%e0%a5%87%e0%a4%b5/ Tue, 22 Mar 2016 03:38:49 +0000 http://www.ghumphir.com.np/?p=9762

    जाजरकोट, ९ चैत । जिल्लाको मजकोट गाविस–६ स्थित स्काइ टेलिफोन टावरमा समस्या आउँदा स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित भएका छन् । यहाँको टावर अवरुद्ध हुँदा छिमेकी गाविस दह, कोताङ, गर्खाकोट, सुवानाउली र दशेरा गाविसका बासिन्दासमेत मर्कामा परेका छन् । एक सातादेखि बन्द भएको टेलिफोन सेवा सुचारु गर्नेतर्फ सरोकारवाला उदासिन भएको स्थानीयवासीले बताएका छन् । फोन बन्द भएपछि स्थानीय आफन्तसँग सन्चोबिसन्चोदेखि नियमित हुने कुरा गर्न नपाएको गुनासो गरेका छन् । यता नेपाल टेलिकमले सुर्खेतबाट छिट्टै प्राविधिज्ञले आएर समस्या हल गर्ने जानकारी दिएको छ ।

    ]]>
    9762 0 0 0
    चीनसँग इन्धन व्यापार सम्झौता हुने http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d/ Tue, 22 Mar 2016 03:40:36 +0000 http://www.ghumphir.com.np/?p=9764

    काठमाडौँ,९ चैत । आपूर्तिमन्त्री गणेशमान पुनले प्रधानमन्त्री भ्रमणबाट फर्केलगत्तै चीनसँग इन्धन व्यापारसम्बन्धी सम्झौता हुने बताउनुभएको छ । नेपाल र चीनबीच आज भएको दशबुँदे सम्झौतापछि रासससँग कुरा गर्दै उहाँले प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच इन्धन आयातनिर्यात सम्बन्धमा विशेष कुराकानी भएको र छिट्टै यससम्बन्धी सम्झौता गरिने विश्वास व्यक्त गर्नुभयो । आपूर्तिमन्त्रीले भन्नुभयो, “यस विषयमा प्राविधिक कुराबाहेक अरु सबै तयारी पूरा भएको छ, इन्धन व्यापारसम्बन्धी सम्झौता रोकिने कुनै कारण छैन ।” आजै दुई देशबीच यातायात तथा पारवहन र स्वतन्त्र व्यापारसम्बन्धी लगायत सम्झौता भएका छन् ।

    ]]>
    9764 0 0 0
    गड्डाचौकी हुदै दिल्ली सम्म http://localhost/ghum/%e0%a4%97%e0%a4%a1%e0%a5%8d%e0%a4%a1%e0%a4%be%e0%a4%9a%e0%a5%8c%e0%a4%95%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%a6%e0%a5%88-%e0%a4%a6%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%80-%e0%a4%b8%e0%a4%ae/ Tue, 22 Mar 2016 03:52:33 +0000 http://www.ghumphir.com.np/?p=9766 किशोर खड्का भारतका छिटपुट ठाउँमा खुट्टा परेको भएपनी औपचारीक रुपमा दिल्ली यात्रा पहिलो पटक जुरयो । युएमबिले आयोजना गरेको ३ दिने साउथ एसियन लिडिगं ट्राभेल सो (साट्टे) मा भागलिन म लगायत ४ जना (नाट्टा फारवेष्ट च्याप्टरका अध्यक्ष मायाप्रकाश भट्ट, कार्यसमितीका अन्य पदाधिकारी प्रकाश भट्ट, परमानन्द भण्डारी, योगेन्द्र बम ) तयार भयौं । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन सहयोग र नाट्टा फारवेष्टको अगुवाईमा हामी ५ जना दिल्ली जाने भयौं । बिहान करिब ५ बजे हामी धनगढीबाट हिड्यौ । परमानन्द भण्डारी जो कञ्चनपुरमा होटल ब्यवसाय र ट्राभेल एण्ड टुर्स चलाउँछन उनले दिल्ली जान गाडिको ब्यवस्था गरेका थिए । भारतीय पर्यटक र नेपाली जो भारतको यात्रा गर्न चाहन्छन उनिहरुका लागि त्यहाँका पर्यटन ब्यवसायीले भारतीय नम्बर प्लेट भएको गाडीको ब्यवस्था गरेका छन् । भण्डारी कञ्चनपुरकै भएकाले त्यो जिम्मेवारी उनलाई दिईएको थियो । प्रकाश भट्टको गाडिमा हामी करिब ६ः२५ मै महेन्द्रनगर पुग्यौं ।

    [caption id="attachment_9767" align="alignnone" width="940"]SONY DSC भण्डारी सरको होटेलमा खाजा खाई सकुञ्जेल हामीलाई दिल्ली लैजाने भनिएको गाडिको टुंगो लागेन । करिब १ हप्ता अगाडी देखि कुरा गरी सकेको, अन्तिम समयमा आएर त्यसरी बेवास्ता गर्नु गाडि मालिकको चरम लापरबाही भएको हामीले ठम्यायौं । आज साँझ जसरी पनी दिल्ली पुगेर भोली देखि सञ्चालनमा हुने साट्टेमा हामीले भाग लिनु छ । त्यसका लागि हामीले ८ बजे भित्र गड्डाचौकी बोर्डर कटाई सक्नु छ नभए २ घण्टाका लागी नाका बन्द हुन्छ । १० बजे जाँदा हामी साँझ समयमा नपुग्ने पिरलो छ । [/caption]

    भण्डारी सरकै गाडीमा हामी गड्डाचौकी बोर्डर पुग्यौं । त्यहा पुग्दा ८ बजी सकेको थियो तैपनी हामीले भारतीय नम्बर प्लेटको गाडी पाएका थिएनौं । धेरै प्रयत्न गर्दापनी भण्डारी सरले तत्कालै अर्को गाडिको ब्यवस्था गर्न सकिरहेका थिएनन् । जो होगा देखा जाएगा पहिले बोर्डर त कटौं भनेर हामी भारततर्फ लाग्यौं ।

    [caption id="attachment_9768" align="alignnone" width="940"]SONY DSC ब्रिटिस सरकारको पालामा ड्यामकालागि बनेको पुल अहिले सम्म भारतको उत्तरप्रदेश र सुदूरपश्चिम जोड्ने प्रमुख नाका हो । पूल जिर्ण हुँदा सवारी साधनकालागी दिनमा ७ घण्टा मात्र खुल्ने गर्दछ । त्यसमा पनी १० टन भन्दा बढीका मालबाहक सवारी प्रवेश निशेध छ ।[/caption]

    साट्टेमा बितरण गर्न बनाएका सुदूरपश्चिमका पर्यटकीय स्थलका प्रचारमुलक सामाग्रीका पेटी, हाम्रा लगेज सकि नसकि डोरयाउँदै हामी भलादमी हौ भन्ने भान सायद भारतीय सिमा सुरक्षाबल (एसएसबी) लाई पनि परे जस्तो लाग्यो । पारीबाट आएको नेपालीसँग गर्दै गरेको रुखो ब्यवहार र हामीसँग देखाएको थोरै भएपनि नम्र मिजासले सोच्न बाध्य नै बनायो । मैले धेरैपटक यही चेक पोईन्टमा पारिवाट मजदुरी गरेर आउने नेपालीलाई उनिहरुले गर्ने चर्को ब्यवहार, खल्तीमा आफै हात हाली मनमानी रकम लैजाने गरेको धेरै पटक देखेको छु । बिरोध गर्ने हिम्मत कसैको हुदैन, बिरोध गरे झनै अनेक प्रकारले दुःख दिने उनिहरुको नियत हुन्छ । निकै कष्ट भोग्छन नेपाली मजदुरी गरी फर्कने हरुले । थ्री स्टार होटेलका साहुजी, ठूला ब्यवसायी र उमेरले शारिरिक परिश्रमलाई जोड नदिने अवस्थाका हाम्रा टिमका अगुवाहरु भने आधा घण्टा जतिको हिडाईले निकै लखतरान भए । आफनो लगेज सँगै प्रचार सामाग्रिका पेटी बोक्दा निकै गाह्रो भएको अनुमान मैले लगाईरहे । मसँगपनि आफनो ब्यागसँगै ब्रोसरको गह्रौ पेटीको जिम्मेवारी थियो । पारी गएर करिब १ घण्टा कुर्दा पनी अर्को गाडीको चाजो पाजो मिलेन । महेन्द्रनगरबाट दिल्लीका लागि जाने बसपनि ८ बजे अघि नै हिडिसकेको थियो, हामीसँग अर्को निजी भाडाको सवारीको बिकल्प थिएन । जुरमुराउँदै गरेका र सिमा क्षेत्रका ब्यवसायीसँग निकट र सुमुधुर सम्बन्ध बनाएको मानिएका भण्डारी सर निकै तनावमा रहे । एक त लिएको जिम्मेवारी राम्रोसँग पुरा गर्न नसक्नु, अर्को जोस भएपनी उमेरले उकालो लाग्दै गरेका साहुजीहरुलाई पैदल यात्रा गराई बोर्डरमा कुराउनु र जिपवालाको लापरबाहीले पर्यटक तथा साथिहरुमा परेको नकारात्मक छापका कारण ।

    [caption id="attachment_9769" align="alignnone" width="940"]SONY DSC कमजोरी भण्डारी सरको थिएन, जसलाई जिपको लागि भनेका थिए, उसको थियो । उसले आफनो बोली र दायीत्व पुरा गरेन । जसका कारण भण्डारी सरले आफनो कमजोरी रहेको महशुष गरे । उनले बारम्बार भनिरहे, सर यस्तै साथिहरुले गर्दा हाम्रो ब्यवहार र होस्पिटालिटी र पर्यटनमा नकारात्मक प्रभाव परिरहेको छ । हामी त आफै आफै भएर कुरा बुझौला तर अन्य पर्यटक आएको बेलामा पनि यस्तै घटनाहरु दोहोरिए हाम्रो सन्देश कस्तो जाला ? सिंगो सुदूरपश्चिम र पर्यटनको बेईज्जत त हुदैन ? एक्लै मात्र कति गर्न सकिएला र सर ? [/caption]

    १ घण्टा पुलपारी कुरीयो, बल्ल बल्ल भारततर्फबाट भारतीय नम्बर प्लेटको जिप लिन आईपुग्यो । त्यो बिचमा महाकालीसँगै बगेको राष्ट्रियता पनि देखियो । नेपालतर्फ सुख्खा, पानी जति सबै ड्यामबाट नहर बनाई भारततर्फ । बर्खामा नेपालतिर । यो सन्धी हो कि सम्झौता या महाकाली बेचिएको हो ? जवाफ नेता नै देलान । करिब १५÷२० किलोमिटर गुडेपछि ४ लेनको सडकमा हाम्रो गाडी कुदन थाल्यो । सडक फैलाउने र बैकल्पिक बनाउने क्रियाकलाप तिब्र रुपमा भईरहेको देखियो । बाटोमा अरु चिज सामान्य देखेपनी एउटा पक्ष भने निकै रोचक लाग्यो । खेतमा गहुँ रोपिएको र आलितिर सबैठाउँ बृक्षारोपण । गड्डाचौकीबाट ३५९ किलोमिटर गुडेर दिल्ली पुग्दा स्मरण गर्न लायकको चिज सडक, खेतमा बालीसँगै बृक्षारोपण, अरु सब बेकार । न जिवनशैली, न घरहरु न अन्य देखिएका चिजहरु । ५ः३० बजेतिर दिल्ली टेक्दा दिल्लीमा जाम सुरु भईसकेको थियो । अफिस आवरमा दिल्लीको ब्यस्तता भोगियो । केरलावाग पुग्ने सोचलाई जामका कारण पहाडगंजमै बस्नुपर्ने भयो । एउटा सेल्फी खिचेर दिल्ली पुगियो के लेखेको थिए, प्रतिक्रियामा एकजना मित्रले लेखिहाले, सरजी पहाडगंज चाही झुक्कीएर पनी नजानुहोला है, साह्रै झुर ठाउँ छ । तर हामीले भने आझको ओत लाग्ने ठाउँ पहाडगंजकै एक होटेल बनाई सकेका थियौं । माया, प्रकाश र परमानन्द सर सोही मेलामा भागलिन पर्यटन बोर्डका तर्फबाट आएको खड्ग बिक्रम शाहलाई भेटन गए । दिपकजी र म पहाडगंजमा टहल्ने सोच्यौ । यात्रा र दारुको दोस्ती निकै पुरानो हो र आर्कषक पनी । हामी हाम्रो यस नयाँ रमाईलो वातावरण र थकान मेटाउन दारु पिउन सुरु गरयौं । नेपाल जस्तो पसल पसलमा दारु नपाईने रैछ । खान पनी जहाँ त्यहाँ नमिल्ने । आधा घण्टा लगाई १ बोतल दारु किनेर चिकेन रोष्ट प्याकिगं लिएर ओत लागेको होटेल तर्फ लाग्यौं । प्रगति मैदानमा आयोजना हुन लागेको साट्टेमा जानु पूर्ब बिहानै हामी पहाडगंजबाट केरलाबागको मन्दाकिनी होटेल सरयौं । अलि ब्यवस्थित र सफा एरिया रहेछ, पहाडगंज भन्दा । ४ दिनका लागि बनबासाबाट ल्याएको गाडि लगेर लाग्यौं साट्टे तिर । प्रगति मैदानको लोकेसन ठम्याउन नसक्दा ४ चक्कर वरीपरि कुदियो साह्रै जामको पनि निकै स्वाद लिईयो । प्रगती मैदान हाम्रो काठमाण्डौंको भृकुटीमण्डप जस्तै रहेछ । मेला महोत्सव, प्रदर्शनी जति अधिकांश त्यतै । तर प्र्रगतीमैदान ब्यवस्थीत, टुडिखेलभन्दा ठूलो क्षेत्रफलमा फैलिएको र सफा । हामीले सोचेको र भनिएको भन्दा बढी उल्लेख्य र उत्साहजनक सहभागिता साट्टेमा भयो । हामीले सुदूरपश्चिमको पर्यटन झल्काउने ब्रोसर, आईटेनरी र सूचना बाड्ने भयौं । दिल्ली बसाईको तेस्रो दिन दिल्लीमै बसेका दार्जिलिगं मुलकी निशा, छोरी प्रभिशा र दिनेशसँग अक्षर धाम घुम्ने मौका पाए । अक्षर धामको बनावट, संरचना र आवरण देख्दा मानव निर्मित संरचनाको अदभुत नमुना लाग्यो । सफा, सुन्दर, शान्त दिनै त्यही बिताउ जस्तो । साझँपख दिपकसँग टहल्दै ईण्डिया गेट र संसद भवनतिर लागें । फर्कने दिन दिल्लीका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायसँग भेटघाट जुरयो । उहाँले हाम्रो स्टलमा पुगी चाखकासाथ सुदूरपश्चिमको पर्यटनका बिषयमा बुझे । हाम्रा ब्यवसायीले ताक्लाकोट नाका र गड्डाचौकी पुल बनाउनु पर्ने बिषयमा कुटनैतिक पहल चाल्ने पनी प्रतिवद्धता जनाए । फर्कने बेलामा बाटोभरी बहस चल्यो, सुपको पर्यटन साच्चिकै चलायमान बनाउन गड्डाचौकीमा पक्की पुल, बझागंबाट तिब्बेत जोडने कैलाश मानोसरोवर नाका खोलिनुपर्ने र धनगढीलाई क्षेत्रिय एअरपोर्ट बनाईनुपर्ने । साथसाथै यौन पर्यटनलाई पनि पर्यटकीय प्रोडक्टमा एड नगर्दा सम्म छलागं नमार्न नसकीने हाम्रो ठम्याई रहयो । दिल्लीको उकुस मुकुस, उत्तराखण्डको गर्मी र ब्यस्त जिवन, मनोरोञ्जनमा पनी कडा कानुन र पावन्दीले दिल्ली देखी उत्तराखण्डका भारतीय नागरिकहरु सुदूरपश्चिम छिर्न र २÷४ दिन बिताउन लालायित रहेको पायौं । अत्तरीयाबाट ४ घण्टाको दुरीमा रहेको सुन्दर हिलस्टेसन डडेलधुरा, टिकापुर पार्क, बर्दिया निकुञ्ज, घोडाघोडी, सिद्धबाबा मन्दिर, शुक्लाफाँटा उनिहरुका लागि आर्कषक गन्तब्य हुन सक्ने हाम्रो निश्कर्ष रहयो । त्यसैगरी मनोरोञ्जनमा क्यासिनो, होटेल, रयाफिटिगं, हात्तिसफारी आदि त्यसैमा यौन सुनमा सुगन्ध । करिब साढे २ बजे दिल्लीबाट हिडेका हामी १० बजे पुनः गड्डाचौकी पुग्यौं । गेट बन्द भईसकेको थियो । पहिला झै आफना लगेज भिर्दै पैदल नेपाल छिरयौं । नेपालको सिमानामा रहेको प्रहरी पोष्ट अगाडि हामीलाई लिन आएको गाडि कुरिरहेको थियो ।

    ]]>
    9766 0 0 0
    ब्रसेल्स विमानस्थलमा बिस्फाेट, कम्तिमा ११ जनाकाे मृत्यु, कै‌यौं घाइते http://localhost/ghum/%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%b8-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%b8/ Tue, 22 Mar 2016 08:47:04 +0000 http://www.ghumphir.com.np/?p=9774 ९ चैत, काठमाडौं ।
    बेल्जियमकाे ब्रसेल्सको  विमानस्थलमा मंगलबार दुई वटा बम बिस्फोट भएका छन्।  डेली मेलका अनुसारमा ती बिस्फाेटमा परी कम्तीमा ११ जनाकाे मृत्यु भएकाे जनाएका छन्। घट्नामा अन्य केही घाइते भएका छन्।     विमानस्थलमा कस्ले, किन बिस्फोट गराएको भन्ने विस्तृत विवरण आइसकेको छैन।
    पेरिस हमलाका मुख्य अभियुक्तलाई पक्राउ गरेको चारदिनपछि  विमानस्थलमा बिस्फोट भएको हाे।
    ]]>
    9774 0 0 0
    अस्पतालमा झडपहुदाँ तीन प्रहरी घाइते, ३० जना आन्दोलनकारी नियन्त्रणमा http://localhost/ghum/%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%9d%e0%a4%a1%e0%a4%aa%e0%a4%b9%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%81-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%aa/ Tue, 22 Mar 2016 08:52:00 +0000 http://www.ghumphir.com.np/?p=9777

    चितवन, ९ चैत । अस्पतालको बहिरङ्ग सेवा बन्द गराउन खोेज्ने मजदुर कर्मचारीलाई नियन्त्रणमा लिने क्रममा झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजको अखिल नेपाल स्वास्थ्य तथा सरसफाइ श्रमिक मजदुर सङ्घ मूल एकाइ समितिले आज बिहान ८ बजे अस्पतालको बहिरङ्ग सेवा बन्द गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा सामान्य झडप भएको हो । घाइते प्रहरीको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ३० जनालाई नियन्त्रणमा लिएको छ । चितवन मेडिकल कलेजमा कार्यरत मजदुर गत माघ २० गतेदेखि चरणबद्ध आन्दोलनमा छन् । उनीहरुलाई दिनहुँ नियन्त्रणमा लिएर प्रहरीले सेवा सञ्चालन गराउँदै आएको थियो । प्रहरीले बिहान नियन्त्रणमा लिने र साँझ छोड्ने गरेको थियो । समितिले श्रम ऐनअनुसारको तलब सुविधा दिनुपर्ने, सञ्चयकोषको व्यवस्था हुनुपर्ने, स्थायी नियुक्ति दिनुपर्ने, दसँैभत्ता दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका छन् ।

    ]]>
    9777 0 0 0
    होलीमा २५ जना पक्राउ, १५५ गाडी नियन्त्रणमा http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%ab-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%89-%e0%a5%a7%e0%a5%ab%e0%a5%ab-%e0%a4%97/ Tue, 22 Mar 2016 08:59:27 +0000 http://www.ghumphir.com.np/?p=9779 ९ चैत, काठमाडौं । होलीको नाममा ट्राफिक नियम उल्लंघन गर्ने तथा जथाभावी लोला हान्नेविरुद्ध प्रहरी र ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएका छन् । काठमाडौंका ५३ स्थानमा चेक प्वाइन्ट राखेर बसेको ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले नियम उंलघन गर्ने र जबरजस्ति लोला हान्नेविरुद्ध कारबाही जारी राखेको छ ।

    प्रहरीका अनुसार मध्यान्ह १२ बजेसम्म १२ महिला र १३ पुरुष गरी २५ जनालाई पक्राउ गरेको छ । १ सय ५५ सवारी साधनहरुलाई नियन्त्रणमा पनि लिइएको छ ।

    विशेष गरी तीनजना चढेका मोटरसाइकल, साइलेन्सर नै विगारेर चर्को आवाजमा मोटरसाइकल चलाउने चालक, गाडीमा क्षमताभन्दा बढी यात्रु बोक्नेहरू तथा केहि मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेहरु कारबाहीमा परेका छन् ।

    काठमाडौंका विभिन्न प्रहरी तथा ट्राफिक कार्यालयहरुलाई कारबाहीमा परेर कागजपत्र लिन जानेहरुको लाइन लागेको छ ।

    दवारमार्ग, सोह्रखुट्टे, बालाजु, महाराजगंज लगाएतका क्षेत्रमा बढी चालकहरु कारब्ाहीमा परेका प्रहरीले जनाएको छ । त्यस्तै टोलमा होहल्ला गर्ने र जबरजस्ति लोला हान्नेहरुलाई पनि प्रहरीले पक्राउ गरिरहेको छ । कसैको इच्छाविपरित रंग, लोला हान्नेहरुलाई सार्बजनिक अपराधको मुद्धा चलाउने प्रहरीले चेतावनी दिएको छ ।

    ]]>
    9779 0 0 0
    यसरी रमाए होलीमा राजकुमार ह्यारी (फोटो फिचर) http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%8f-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0-%e0%a4%b9%e0%a5%8d%e0%a4%af/ Tue, 22 Mar 2016 09:08:11 +0000 http://www.ghumphir.com.np/?p=9782
     बेलायती राजकुमार ह्यारी मंगलबार होलीमा रमाएका छन् । यहाँको ओखरस्थित गौँडा माविमा उनले रंग खेलेर होली मनाएका हुन् । गौँडा १, ओखरीस्थित गौँडा माविको निर्माणाधिन भवनको अवलोकनका लागि आएका ह्यारीलाई विद्यार्थीले रंग पोतिदिएका थिए । लमजुङ भ्रमण सकेर फर्किनुअघि उनी मंगलबार बिहान विद्यालयको निर्माणाधीन भवनको निरीक्षणमा पुगेका थिए । उनलाई अबिर लगाउन पूजाको थालमा अबिर लिएर गएका विद्यार्थीले उनलाई अबिर लगाएका थिए । त्यसपछि उनले विद्यार्थीलाई अबिर लगाएपछि माहौल होलीमयमा परिवर्तन भएको हो । त्यसपछि गोर्खा वेलफेयर स्कीम (जीडब्ल्यूएस) एरिया वेलफेयर अफिसर लमजुङका प्रमुख क्याप्टेन बालकृष्ण गुरुङ, गोर्खा मेजर प्रकाश गुरुङ, प्रमुख जिल्ला अधिकारी मोहन जिसी, जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, विद्यालयका प्रधानाधयापक उत्तरकुमार गुरुङ, विद्यार्थी साथै उपस्थितबीच अबिर छ्यापाछ्याप भएको थियो । सोमबारको राति गौँडा ७, लेउरानीबाट पौने १ घण्टाका पैदल हिँडेर गौँडा १, ओखरीको गौँडा माविमा आएका थिए । उनी बेलायती सेनाका भूतपूर्व स्व. गम्दू तामाङको जेठोछोरा डिलबहादुरको साइँला छोरा मेनबहादुरको घर बास बसेका थिए । स्व. गम्दूका पत्नि मंगलीसँग पनि राजकुमार ह्यारीले भेटे । मंगली र मेनबहादुरको घरको आँगन जोडिएको छ । तस्बिरहरु: आश गुरुङ/कान्तिपुर
     ]]>
    9782 0 0 0
    पर्यटकहरू रंग खेलेर रमाउँदै (फोटो फिचर) http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%b9%e0%a4%b0%e0%a5%82-%e0%a4%b0%e0%a4%82%e0%a4%97-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a5%87%e0%a4%b0-%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%89/ Tue, 22 Mar 2016 09:22:23 +0000 http://www.ghumphir.com.np/?p=9785 नेपालीले मान्ने रंगहरूको पर्वबारे जानकारी दिँदै पर्यटकलाई खुसी साट्न लेकसाइडका रेस्टुराहरूले चोक चोकमा रंग, अबीर र पानी राखेका छन् । पर्यटक पनि रमाउँदै रंगिएर हिँडेका छन् ।  ।

    तस्बिरहरु : भीम घिमिरे/कान्तिपुर  ]]>
    9785 0 0 0
    जथाभावी उत्खननले उजाड http://localhost/ghum/%e0%a4%9c%e0%a4%a5%e0%a4%be%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a5%80-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%96%e0%a4%a8%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%89%e0%a4%9c%e0%a4%be%e0%a4%a1/ Tue, 22 Mar 2016 10:44:02 +0000 http://www.ghumphir.com.np/?p=9791

    पाल्पा, ९ चैत । जिल्लाको दोभान गाविस–७ श्रीडाँडामा जथाभावी चुनढुङ्गा उत्खनन्ले यो क्षेत्र उजाड बन्दै गएको छ । एस्काभेटरले जथाभावी खनेर चुन र डोलोमाइड ढुङ्गा निकासीले श्रीडाँडा जोखिममा परेको छ । जथाभावी उत्खनन्ले ठूलो पहिरो र वातावरणीय असर पर्ने सम्भावना देखिएको स्थानीयवासी भीमबहादुर दर्लामी बताउनुहुन्छ । सिद्धार्थ मिनिरल्स प्रालिले श्रीडाँडामा सात वर्षदेखि ढुङ्गा उत्खनन् गर्दैआएको छ । उत्खनन् गर्दा वातावरणीय पक्षलाई ध्यान दिइएको छैन । कम्पनीले सम्झौताअनुसार चार हजार रुख र घाँसका बिरुवा उत्खनन् क्षेत्रमा लगाए पनि ती सबै मरेका छन् । यसबाट श्रीडाँडा उजाड बनेको छ । डाँडै उजाड बनेपछि यहाँका स्थानीय आठ घर परिवार विस्थापित भएका छन् । पाँच हेक्टर भू–भागमा उत्खनन्का लागि स्वीकृति पाएको कम्पनीको लापरवाहीले थप भूभागमा समेत असर परेको छ । जथाभावी उत्खनन्ले त्यहाँको गिट्टीढुङ्गा तल्लो भागमा बगेर अन्य भू–भागसमेत उडाड बनेको छ । कम्पनीका कर्मचारी गोकुल ज्ञवालीले उत्खनन् भएको भू–भाग हरियाली बनाइने बताउनुभयो । स्थानीयवासीलाई रिझाएर नै काम गर्दै आएको उहाँको भनाइ छ । दोभान क्षेत्रमा अन्य चारवटा चुनढुङ्गा उत्खनन् उद्योग सञ्चालन भइरहेका दोभान गाविसका सचिव टेकप्रसाद घिमिरे बताउनुहुन्छ ।

    ]]>
    9791 0 0 0
    पोखरा अन्तर्राष्ट्रिय पर्यटनको विशिष्ट केन्द्र http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%aa%e0%a4%b0/ Tue, 22 Mar 2016 10:47:36 +0000 http://www.ghumphir.com.np/?p=9793

    वासुदेव पौडेल पोखरा, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर भएसँगै पोखरेलीको ४० वर्षदेखिको सपना साकार हुने भएको छ । चार दशकयता चासो र चर्चाको विषय बने पनि निर्माण सम्बन्धी काम अघि नबढ्दा निराश बनेका पोखरेलीमा चीन सरकारसँग हिजो भएको सम्झौताले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने आशा एवम् विश्वास पलाएको छ । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा विमानस्थल निर्माण सम्बन्धी भएको सम्झौताले प्रत्येक पोखराका स्थानीयवासी, पर्यटन, उद्यमी, एवम् व्यवसायीलाई हर्षित बनाएको पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारी बताउनुहुन्छ । pokhara “पोखरेली जनताको ४० वर्षदेखिको सपना अब साकार हुने अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो, “अब निर्माणका कामलाई तीव्र रुपमा अघि बढाएर समयमै सम्पन्न गर्नुपर्छ । प्राकृतिक रुपमा अत्यन्त सुन्दर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सिधै बाह्य पर्यटक यहाँ आउन सक्ने बताउँदै अधिकारीले पोखरा अन्तर्राष्ट्रिय पर्यटनको विशिष्ट केन्द्र बन्ने बताउनुभयो । विमानस्थल निर्माणका लागि ठूलो रकम पोखरामा लगानी हुने भएकोले त्यसले यहाँको अर्थतन्त्र पनि चलायमान गराउने उहाँको भनाइ छ । सम्झौताअनुसार चीन सरकारले नेपाललाई सो विमानस्थल निर्माणका लागि रु २१ अर्ब ऋण दिने भएको छ । सहुलियतपूर्ण ऋण सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ । कुल ऋणमध्ये ७५ प्रतिशतको नेपालले दुई प्रतिशतको हाराहारीमा ब्याज तिर्नुपर्नेछ भने बाँकी २५ प्रतिशतको कुनै ब्याज लाग्नेछैन । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक भए पनि लामो समयसम्म निर्माणको प्रक्रिया अघि बढ्न नसकेका अवस्थामा हिजो भएको सम्झौताले सबैमा आशा जगाएको पर्यटनविद् निलकण्ठ शर्मा बताउनुहुन्छ । अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै पर्यटक सिधै पोखरा आउनसक्ने हुँदा त्यसले यहाँको पर्यटकीय विकासलाई थप उँचाइमा पु¥याउने उहाँको तर्क छ । विमानस्थल निर्माणसँगै यहाँका पर्यटकीय पूर्वाधारलाई विकास गदै लैजानुपर्ने शर्मा बताउनुहुन्छ । केही दिन अघि मन्त्रिपरिषद्को बैठकले उक्त विमानस्थल निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको थियो । चिनियाँ ठेकेदार कम्पनी सिएमसीले प्रारम्भिक रुपमा कामसमेत सुरु गरिसकेको छ । सम्झौतापश्चात तीन महिनाको अवधि तयारीका लागि लाग्नेछ । सरकारले केही समयभित्रै विमानस्थलको शिलान्यास गर्नेछ । लामो समयदेखि रहँदै आएको जग्गाप्राप्ति एवम् मुआब्जा वितरणको कामसमेत लगभग सम्पन्न भएका कारण पनि निर्माण कार्य अब तीव्रताका साथ अघि बढ्ने सरोकारवाला बताउँछन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु यस क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाको भनाइ छ । लामो समयको प्रतिक्षापछि पोखरेली जनताको सपना साकार हुन लागेको बताउँदै उहाँले पर्यटकीय राजधानीका रुपमा पोखरालाई विकास गर्ने सोच अब सफलताको विन्दुमा उन्मुख बनेको छ । “अनवरत रुपमा गरिएको प्रयासबाट पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने पक्कापक्की भएको छ,” उहाँले भन्नुभयो, “निर्धारित समयभित्रै निर्माण सम्पन्न गराउन सबैको सकारात्मक प्रयास आवश्यक छ ।” थापा जस्तै ‘रेस्टुराँ एण्ड बार एसोसिएसन रेवान’ पोखराका अध्यक्ष गोपिबहादुर भट्टराई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनु पोखरालगायत यस आसपासका पर्यटकीय क्षेत्रको विकासका लागि महत्वपूर्ण उपलब्धि हुने बताउनुहुन्छ । “यहाँका पर्यटकीय पूर्वाधारको विकासलाई पनि सरकारले प्राथमिकता दिनुपर्छ” भट्टराईले भन्नुभयो । छोटो समयको यात्राका लागि हवाई यातायात नै सबैको पहिलो रोजाइ हुन्छ । त्यसैले अन्तर्राष्ट्रियस्तरका पर्यटकलाई सिधै पोखरा आउने वातावरणका लागि विमानस्थल बहुउपयोगी बन्छ । पर्यटकले आफ्नो भ्रमणका क्रममा छोटो दुरीमा पर्ने अन्तर्राष्ट्रिय विमानस्थलबारे बुझ्ने गरेका छन् ।

    ]]>
    9793 0 0 0
    आम्दानीको स्रोत बन्दै बाँस http://localhost/ghum/%e0%a4%86%e0%a4%ae%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%a4-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%ac%e0%a4%be/ Tue, 22 Mar 2016 10:51:46 +0000 http://www.ghumphir.com.np/?p=9795

    कालीकोट, ९ चैत । पाँच वर्षअघि खेतीयोग्य जमिनमा बाँस लगाएकी जिल्लाको फुकोट गाविस– ३ की बेलसरा तिरुवाले अहिले यथेष्ट आम्दानी गर्न थाल्नुभएको छ । छिमेकबाट ल्याइएको बाँसको जरालाई हुर्काउन करिब चार वर्ष लाग्यो । उहाँले वार्षिकरुपमा रु १० हजारदेखि रु २० हजारसम्म आम्दानी गर्न थाल्नुभएको छ । उहाँले लगाएको बाँस घर निर्माणमा प्रयोग हुँदै आएको छ । “आम्दानीको अन्य स्रोत छैन, यसैबाट छोराछोरीको पढाइ खर्च चलाएकी छु” तिरुवाले भन्नुभयो । निगालोको अभाव भएका कारण बाँसको प्रयोग बढ्दो छ । यहाँ स्थानीयवासीले बाँस मात्र होइन निगालाको खेती समेत सुुरु गरेका छन् । बाँस लगाउँदा धेरै श्रम गर्नु नपर्ने र यथेष्ट आम्दानी हुँदा यसप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको स्थानीयवासी नारसिँगे विक बताउनुहुन्छ ।

    ]]>
    9795 0 0 0
    स्याउखेतीमा रमाउँदै पूर्वसभासद http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d/ Tue, 22 Mar 2016 10:59:16 +0000 http://www.ghumphir.com.np/?p=9797 रमेश रावल कालिकोट – अघिल्लो संविधानसभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट सभासद बनेका कालिकोट राँचुली गाविसका नवराज कोइराला गाउँमा भूइँस्याउ र स्याउको खेती गरिरहेका छन् । लामो समय शिक्षण पेसा गरेका कोइराला ०५६ सालमा जिल्ला विकास समितिको सदस्य बनेर राजनीतिका लागेका थिए ।

    mugu apple (1)लामो समयदेखि राजनीतिमा लागेका कोइराला हाल नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । राजनीतिसँगै व्यवसायमा संग्लन रहेका कोइरालाले आफ्नै पुर्खौली गाउँमा ०५७ सालबाट नै स्याउखेती गर्दै आएका थिए । हाल उनले कर्णालीमै पहिलोपटक भूइँस्याउको खेती गर्न थालेका छन् । राजनीति समाजसेवा भएकाले त्यसबाट आर्थिक आम्दानी नहुने भएकाले आय आर्जनका लागि स्याउखेती गर्ने गरेको कोइरालाले बताए । “राजनीति त समाजसेवा हो । राजनीतिबाट आर्थिक आय आर्जन गर्न गाह्रो हुने भएकाले स्याउ खेती सुरु गरेको हुँ,” उनले भने ।

    राजनीतिमा लागेका नेताहरुलाई कुनै पनि काम नगर्ने र भ्रष्टाचार गर्ने गरेको आरोप लाग्ने गरेका कारण आफूले व्यवसाय गरेर आर्थिक समस्या हल गरेको उनले बताए । आफू कृषकको छोरा भएका कारण नै कृषि पेसासँगै राजनीति गर्ने गरेको कोइराला बताउँछन् । सभासद कोइरालाले कालिकोटमै पहिलोपटक स्याउ र भइँस्याउको उत्पादन गरी उदाहरणीय काम गरेको भन्दै उनको जिल्लामा प्रशंसासमेत हुने गरेको छ ।

    जिल्ला कृषि विकास कार्यालय कालिकोटले ग्रामीण इलाकामा बसेर स्याउ तथा भुइँस्याउ उत्पादन गरेकोमा प्रशंसापत्र प्रदान गरेको छ । राजनीतिक नेता भएर पनि कर्णालीजस्तो विकट ग्रामीण इलाकामा बसेर स्थानीय उत्पादनमा योगदान पु¥याएर कोइरालाले उदाहरणीय काम गरेको प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले बताए । “आफू बेरोजगार भन्दै रोजगारको लागि बिदेसिने युवाले कोइरालाबाट सिक्नुपर्छ,” उनले भने, “नेता भएर पनि स्याउ खेतीमा लागेर अरुलाई केही सिकाउनुभएको छ ।”

    भुइँस्याउको बीउ आफूले खेती गरेको र अहिले स्थानीय ३३ घरपरिवारलाई पनि दिएर गाउँका सबैजनाले खेती गरेर मनग्य आम्दानी लिने गरेको कोइरालाले बताए । “३ रोपनी जग्गामा खेती गरिरहेको छु । यो वर्ष झन्डै ५ क्विन्टल भुइँस्याउ उत्पादन भयो,” उनले भने, “गाउँभरिको उत्पादन झन् बढेको छ । राम्रो आम्दानी लिने गरेका छन् ।” भुइँस्याउको पातबाट हर्बल चिया, फलबाट जुस, कन्फेक्सनरी, स्न्याक्स, ब्रान्डीसमेत उत्पादन हुने भएकाले यसलाई प्रशोधन गरी बहुउपयोगी खाद्य पदार्थ उत्पादन गर्न सकिने कोइरालाले बताए ।

    ]]>
    9797 0 0 0
    भारत र चीनको व्यापारिक नाका बन्नुपर्छ नेपाल : डा. थोमस http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4-%e0%a4%b0-%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%a8%e0%a4%be/ Tue, 22 Mar 2016 11:03:17 +0000 http://www.ghumphir.com.np/?p=9799 डा. थोमस रिचर्डसन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का तर्फबाट नेपाल, भुटान र भारतका लागि अगस्ट २०१२ देखि वरिष्ठ आवासीय प्रतिनिधि छन् । आवासीय प्रतिनिधिका हैसियतमा नेपाल भ्रमणका बेला नेपालप्रति जहिले पनि सकारात्मक धारणा राख्नेमा पर्छन्, रिचर्डसन । आफ्नो जिम्मेवारीले भारतमै रहनुपरे पनि नेपाल सधैं मनमा रहेको उनी सुनाउँछन् । भारतमा रहँदा पनि नेपाली कफी र चियाबाट दैनिकी सुरु हुने उनको भनाइ छ । नेपालीे कफी र चियाका साथै नेपालीको पाहुनालाई स्वागत गर्ने शैलीबाट प्रभावित भएको बताउने उनी कोलिम्बिया विश्वविद्यालय अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि हुन् । १९ वर्ष आईएमएफमा बिताएका रिचर्डसन नेपाल, भुटान र भारतका लागि जिम्मेवारी सम्हाल्नुअघि युगान्डामा वरिष्ठ आवासीय प्रतिनिधि थिए । आईएमएफ मिसन प्रमुखका रूपमा उनले साइप्रस, बेलारुस, माल्दोभामा तथा चीन र रूसमा पनि काम गरेका छन् । आईएमएफको अग्रसरतामा एसियामा लगानीका सम्भावना पत्ता लगाउन मार्च ११ देखि १३ सम्म भारतको नयाँ दिल्लीमा भएको ‘एड्भान्सिङ एसिया, इन्भेस्टिङ फर दि फ्युचर’ सम्मेलनका क्रममा नेपालको पछिल्लो आर्थिक अवस्था, आईएमएफको भूमिका र हालै नयाँ दिल्लीमा खुलेको सारट्याकले नेपाललाई पु¥याउने फाइदाका विषयमा केन्द्रित रही लोकबहादुर चापागाईले नयाँ दिल्लीमा रिचर्डसनसँग गरेको कुराकानी :

    RichardsonT-higher-quality-445x300तपाईंले वैशाखको विनाशकारी भूकम्प र असोजदेखिको लामो नाकाबन्दीपछि नेपालको आर्थिक अवस्थालाई कसरी हेर्नुभएको छ ? नेपालमा अप्रिल (वैशाख १२)मा गएको भूकम्प निकै भयानक र डरलादो थियो । मे (वैशाख २९)मा गएको दोस्रो भूकम्पका बेला म नेपालमै थिएँ । त्यसले नेपालको अर्थतन्त्रमा मात्रै होइन, नेपालीको जीवनयापनमै ठूलो असर गरेको छ । हामीले पुनःस्थापनामा सकारात्मक भूमिका निर्वाह गरेका छौं । आईएमएफले ५ करोड डलर सहयोग गर्ने निर्णय ग¥यो । भूकम्पपछिको पुनर्निर्माणका लागि नेपालका शुभचिन्तक सबै राष्ट्र र द्विपक्षीय तथा बहुपक्षीय संघसंस्थाले सहयोग गरेका छन् । जुन ढंगले दातृनिकायले सहयोग गरेका छन्, त्यो प्रसंशनीय छ । भूकम्पका कारण कृषिजन्य आपूर्तिमा समस्या हुँदा त्यसले खाद्य स्फीति (फुड इन्फ्लेसन) निम्त्याउन सहयोग ग¥यो । सञ्चितिमा पनि असर देखियो । भूकम्पले रोजगारी सिर्जनामा पनि असर गरेको छ । यसले समग्र आर्थिक वृद्धि घट्न पुगेको छ । सीमानाकामा देखिएको अवरोधले आपूर्ति प्रणालीमा ठूलै समस्या ल्यायो । विशेषगरी डिजेल, पेट्रोल र ग्यास अभावले पुनर्निर्माणको काम मात्रै प्रभावित भएन, जनताको दैनिक जीवनयापन नै कष्टकर बन्न पुग्यो । पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको अवरोधले जनस्तरमा स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने वातावरण बनेन भने त्यसले सम्पूर्ण आर्थिक गतिविधि ठप्पप्रायः भयो । जीवनयापन चलायमान नभएपछि आर्थिक वृद्धि रोकिनु स्वाभाविक थियो । त्यसले पुनर्निर्माणको काम पनि बढ्न सकेन । विश्व बैंकले आर्थिक वृद्धि घटेर १.७ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण गरेको छ । आईएमएफले यसअघि अक्टोबरमा ४ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अपेक्षा गरेकोमा लामो सीमा अवरोधले आपूर्ति प्रणालीमा समस्या भएपछि त्यसमा ठूलै धक्का लाग्ने देखिएको छ । अब स्थिति सामान्यीकरण हुँदै गएकाले भूकम्पपछिको पुनर्निर्माणले विगतको न्यूनतालाई पूर्ति गर्दै सन् २०१६ मा आर्थिक वृद्धिले गति लिने अपेक्षा गरिएको छ । पुनर्निर्माण सुरु गर्दा यसले रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पर्नेछ । आईएमएफ टोली आगामी अप्रिलमा नेपालको वास्तविक स्थिति अध्ययन गर्न आउनेछ । सायद त्यसपछि नेपालको आर्थिक वृद्धि कस्तो रहन्छ भनेर आईएमएफले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नेछ । नेपालले जब पुनर्निर्माणको काममा तीव्रता दिन्छ तब विकासले गति लिन्छ र नेपाल नयाँ युगमा प्रवेश गर्छ भन्ने कुरामा म विश्वस्त छु ।

    सीमा अवरोधले नेपाललाई धेरै पाठ सिकाएको छ । तपाईंको विचारमा नेपालको आर्थिक विकासमा के कुरालाई ध्यान दिनुपर्छ भन्ने लाग्छ ? मलाई लाग्छ, नेपालको आर्थिक विकासको मेरुदण्ड ऊर्जा नै हो । त्यसमा पनि जलविद्युत् नै हो । नेपाल आफैं यसबारे जानकार छ । आपूर्ति अवरोधको निकास पनि जलविद्युत्को विकास नै हो । तपाईंसँग ऊर्जा उपलब्ध छ भने पेट्रोलियम अवरोधबाट सिर्जित समस्याको धेरै हदसम्म समाधान निस्कन्छ । नेपालसँग पर्याप्त जलविद्युत् उत्पादन गर्ने क्षमता छ । दक्षिण एसियाका धेरै मुलुकभन्दा नेपाल व्यवसायमैत्री पनि छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो ‘डुइङ बिजनेस सर्भे’ले नेपाल व्यवसाय गर्नका लागि दक्षिण एसियामा उपयुक्त मुलुक हो भन्ने देखाएको छ । सुधार गर्नुपर्ने पक्ष भने धेरै होलान् । विश्वव्यापी रूपमा जलवायु परिवर्तनको कुरा उठिरहेका बेला नेपालमा स्वच्छ ऊर्जाका रूपमा जलविद्युत् उत्पादनको अथाह सम्भावना हुनु प्रशंसनीय कुरा हो । पेट्रोलियम पदार्थको खुला ओसारपसारमार्फत नेपाल र भारतमा जुन ऊर्जा प्राप्त भइरहेको छ, त्यो घातक छ । कलकत्ताबाट काठमाडौंसम्म ट्रकका माध्यमबाट जसरी तेल जान्छ र त्यसबाट प्राप्त हुने ऊर्जाले वातावरणलाई धेरै प्रदूषित बनाएको छ । अहिले प्रयोग भइरहेको पेट्रोलियम ऊर्जाका तुलनामा जलविद्युत् ज्यादै स्वस्थ÷प्रदूषणविहीन छ ।

    तपाईं झन्डैै ४ वर्षदेखि आईएमएफको नेपाल प्रतिनिधिका रूपमा कार्यरत हुनुहुन्छ । तपाईंलाई नेपालबारे धेरै जानकारी पनि छ । उच्च आर्थिक वृद्धि प्राप्त गर्न सरकारले के गर्नुपर्ला ? आईएमएफले नेपालको पुनर्निर्माण र समृद्ध अर्थतन्त्र निर्माणमा कसरी सघाउँछ ? तीव्र गतिको विकासको चाहना पूरा गर्न पुँजीगत बजेट खर्चनु आवश्यक छ । त्यसका लागि पुनर्निर्माणसँगै दीर्घकालीन रूपमा मुलुकलाई हित गर्ने ठूला परियोजना निर्माणमा ध्यान केन्द्रित हुनु जरुरी छ । इमानदारीपूर्वक भन्नुपर्छ कि सरकारले भूकम्पअघि कहिल्यै ठूला परियोजना निर्माणमा चासो दिएको पाइएन । एकातिर भूकम्पबाट क्षतिग्रस्त विद्यालय, कलेज, अस्पताल, सरकारी भवन, व्यक्तिगत आवास, पुरातात्विक महत्वका सांस्कृतिक संरचना पुनर्निर्माणमा विशेष ध्यान केन्द्रित गर्नुपर्छ भने अर्कोतिर दीर्घकालीन महत्व राख्ने सडक, पुल, जलविद्युत् उत्पादन, वितरण प्रणाली र आवश्यक मात्रामा विमानस्थलको निर्माण गरी आर्थिक विकासको गतिलाई तीव्र बनाउनु जरुरी छ । सीमामा लामो अवरोधबाट पनि नेपालले पाठ सिकेको होला भन्ने अपेक्षाले अब ठूला परियोजना निर्माणमा अग्रसर हुन्छ भन्ने आसा गर्न सकिन्छ । यो नेपालको लागि ठूलो चुनौती र समृद्धिको अवसर पनि हो भन्ने मलाई लाग्छ । आईएमएफको सहयोगमा अर्थ मन्त्रालयले मध्यकालीन खर्च संरचना लागू गरेको छ । वित्तीय उत्तरदायित्वका लागि बहुवर्षीय बजेटिङ फ्रेमवर्क कार्यान्वयन भएको छ । पुँजीगत खर्च बढाउन प्रयास जारी छ । नेपालमा उच्च दरमा रहेको मुद्रास्फीति घटाउनु चुनौतीपूर्ण देखिँदै आएको छ । आपूर्तिमा अवरोध र भूकम्पका कारण मुद्रास्फीति उच्च देखिएको छ । भूकम्पअघि पनि मुद्रास्फीति ज्यादै उच्च थियो । यस्तो किन भयो ? भारतमा साढे ५ प्रतिशत मुद्रास्फीति हुँदा नेपालमा ७ प्रतिशतभन्दा माथि किन पुग्यो ? मुद्रास्फीति बढेर अहिले १२ प्रतिशतभन्दा माथि पुगेको छ । धेरैले यसलाई आयातीत मुद्रास्फीति भने पनि यो नेपालको आफ्नै कारणले भएको हो । आयातीत मुद्रास्फीति भए त नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमयदर कायम रहेअनुरूप हुनुपर्ने होइन र ? तर, नेपालको मुद्रास्फीति किन उच्च ? सधैं थप मुद्रास्फीति नेपालमै किन ? उच्च मुद्रास्फीतिले नेपाललाई कम तुलनात्मक बनाउँदै लगेको छ । भारतभन्दा नेपालमा सधैं मुद्रास्फीति बढी हुनुमा धेरै नेपाली रोजगारीका लागि विदेश जाने र त्यहाँँबाट पठाउने विप्रेषण मौद्रिक आधारमा खर्च हुनुलाई मानिन्छ । मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न नेपालले मौद्रिक नीतिमार्फत धेरै काम गर्नु आवश्यक देखिन्छ । केन्द्रीय बैंकको भूमिका त्यति बेला प्रभावकारी देखिन्छ जति बेला मुद्रास्फीतिलाई काबुमा राखेर ब्याजदर स्थिर राख्दै तरलता व्यवस्थापन सम्भव हुन्छ । त्यसका लागि अर्थ मन्त्रालयको सहयोगसँगै नीतिनिर्माता, सञ्चारकर्मी, प्राज्ञिक र अन्य सरोकारवाला पक्षसँग निरन्तर छलफल आवश्यक पर्छ ।

    आईएमएफले विश्वभर खुला विनिमयदरका लागि वकालत गरे पनि नेपालका सन्दर्भमा भने जहिले पनि स्थिर विनिमयदर (पेग सिस्टम)मा बसिरराख्न सुझाव दिँदै आएको छ । यसको कारण के हो ? हरेक मुलुकका मौद्रिक नीतिको आफ्नै विशेषता हुन्छ । केही देशमा स्थिर विनिमयदर हुन्छ, जस्तै– नेपाल । केही मुलुकमा मुद्रास्फीति अपेक्षाकृत, जस्तै– भारत । भारतमा केन्द्रीय बैंकले मुद्रास्फीति लक्ष्य राख्छ र मुद्रास्फीति अपेक्षा सार्वजनिक गर्छ । केही मुलुकले मौद्रिक औसतलाई लक्ष्य बनाउँछन् र मुद्राको पूर्तिलाई आधार मान्छन् । नेपालको सन्दर्भमा स्थिर विनिमयदरबाट क्षेत्रीय रूपमै नीतिगत सफलता मिलेको देखिन्छ । आफूले कुन विनिमयदर लिँदा बढी फाइदा हुन्छ भन्ने सम्बन्धित मुलुकले नै निर्णय गर्ने विषय हो । नेपालले अहिलेको विनिमयदर प्रणालीलाई परिवर्तन गर्न चाहन्छ भने आईएमएफ सधैं सहयोग गर्न तयार छ । तर, नेपाल अहिलेको स्थिर विनिमय प्रणालीबाटै बढी फाइदामा छ । अधिक वस्तु आयातमा निर्भर रहेको र निर्यात नगण्य भएको मुलुक भएका कारण पनि स्थिर विनिमयदरले धेरै सहज भएको हुनुपर्छ । खुला विनिमय प्रणालीमा जानासाथ नेपालका लागि अर्को टाउको दुखाइ सुरु हुन्छ । किनभने, अहिले नेपालको चासो भूकम्पपछिको पुनर्निर्माण, पुँजीगत खर्चको वृद्धि, व्यावसायिक वातावरण सुधारमा छ र हुनु पनि पर्छ ।

    असोजमा संविधानसभाबाट संविधान जारी भएसँगै भारतले अघोषित नाकाबन्दी ग¥यो । नेपाल विश्व व्यापार संगठन (डब्लुटीओ)को सदस्य पनि छ । भूपरिवेष्ठित मुलुकमा व्यापार सहजीकरणका लागि नाका खुला हुनुपर्छ भन्ने प्रावधान पनि छ । नेपाल निकै कठिन परिस्थितिबाट गुज्रिँदा डब्लुटीओलगायत विश्व मौन रह्यो । सरसर्ती हेर्दा विश्वमा जति पनि नियम÷कानुन छन्, ती शक्तिसम्पन्न राष्ट्रका लागि रहेछन् भन्ने देखियो । यसबारे तपाईं के भन्नुहुन्छ ? यो प्रश्न ज्यादै पूर्वाग्रहीपूर्ण छ । यसमा म अग्रसर भएर जवाफ दिने अवस्थामा छैन । आईएमएफ जहिले स्वतन्त्र व्यापारका पक्षमा छ । त्यसका लागि आवश्यक सहयोग पनि गर्छौं । नेपालमा देखिएको आपूर्ति समस्याबारे किन र कसरी यस्तो हुन गयो भनेर धेरै किसिमका विचार सतहमा आएका छन् । म त्यस किसिमको राजनीतितिर जाँदिनँ र मेरो कर्तव्य पनि होइन । व्यापार दुवै साझेदार मुलुकका लागि आवश्यक छ र दुवै मुलुकका सीमानाका सहज ढंगले चालू रहँदा दुवै पक्षलाई फाइदा हुन्छ । क्षणिक अवसरभन्दा दीर्घकालीन हितलाई हेरेर नीति बनाउँदा दुवै मुलुकलाई अधिक फाइदा मिल्छ । आईएमएफसँग निश्चित अधिकार भएकाले अधिकारक्षेत्रभन्दा बाहिर जान मिल्दैन । आईएमएफले कसैमाथि पनि हस्तक्षेप गर्न सक्दैन । आईएमएफले सम्बन्धित मुलुकको आवश्यकताअनुसार व्यापार प्रवद्र्धन, आर्थिक वृद्धि र बृहत् अर्थतन्त्रका सूचक हासिल गर्न सहयोग गर्ने हो ।

    तपाईंले नेपालको वित्तीय क्षेत्र सुधारको अवस्थालाई कसरी हेर्नुभएको छ ? हामीले केही समयदेखि नेपालको वित्तीय क्षेत्रलाई नियालिरहेका छौं । बैंकहरू अहिले पनि उच्च जोखिममा छन् । भारतभन्दा नेपालमा ५ गुणा बढी वित्तीय संस्था क्रियाशील छन् । सबै संस्थामा निक्षेपकर्ताको सुनिश्चितता गराइराख्न नियमित सुपरिवेक्षण आवश्यक पर्छ, जुन केन्द्रीय बैंकका लागि चुनौतीपूर्ण देखिन्छ । कमजोर बन्दै गएका वित्तीय संस्थालाई चुस्तदुरुस्त अवस्थामा राख्नु कम चुनौतीपूर्ण छैन । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनको क्रममा छ, त्यसमा केन्द्रीय बैंकलाई अधिक अधिकार दिन कञ्जुस्याइँ गर्नुहुँदैन । राष्ट्र बैंकले हालै पुँजी वृद्धि गर्न दिएको निर्देशन ठीक छ भन्नेमा आईएमएफ छ । हामीले त्यसको समर्थन पनि गरेका छौं । पुँजी वृद्धि कार्यक्रमले पारदर्शी ढंगबाट ठूलो मात्रामा शुद्ध मुद्रा वित्तीय क्षेत्रमा प्रवेश गर्छ । शुद्ध पैसा बैंकमा आएसँगै शुद्ध बैंकर, सञ्चालक कायम रहने भएकाले वित्तीय प्रणाली अझ परिस्कृत हुने बाटोमा अघि बढ्छ ।

    आईएमएफको दबाबपछि बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ४ गुणाभन्दा बढीले बढाउने निर्णय भएको भन्ने छ । के सत्य हो ? हामी पनि सुरुमा बैंकहरूको चुक्ता पुँजी बढाउने अस्वाभाविक निर्णय कसरी आयो भनेर आश्चर्यचकित भयौं । तर, केन्द्रीय बैंकले जुन सुझबुझका साथ पुँजी बढाउने निर्णय ग¥यो त्यो एकदमै जायज छ । पुँजी बढाउनु आवश्यक थियो । तर, पुँजी बढाउनुपर्छ भनेर हामीले राष्ट्र बैंकलाई कहिल्यै दबाब दिएनौं । हामीले भूकम्पपछि ५ करोड डलर दिने निर्णय गर्दा त कुनै सर्त राखेनौं भने पुँजी बढाउन दबाब दिनुपर्ने कारण के हुन्छ र ? आईएमएफको चासो पुँजी बढाउने होइन, कसरी निक्षेपकर्ताको निक्षेप सुरक्षित राख्ने भन्ने हो । त्यसैअनुरूप पुँजी कति बनाउने, कति आवश्यक हुन्छ भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित सरकार र केन्द्रीय बैंकको हुन्छ । आफूलाई कति पुँजी आवश्यक पर्छ र त्यस्तो पुँजी कसरी उपयोग गर्ने भन्ने कुरा सम्बन्धित मुलुकको चासोको विषय हो ।

    नेपालको वित्तीय क्षेत्रमा संस्थागत सुशासन मुख्य चुनौतीका रूपमा देखिँदै आएको छ । संस्थागत सुशासनका मुद्दा कसरी समाधान गर्न सकिएला ? नेपालको क्षमता र क्षेत्रका आधारमा बैंक तथा वित्तीय संस्था ज्यादै हुनु एउटा समस्या भइसकेको छ । त्यसले केन्द्रीय बैंक दूरदर्शी हुन सकेन भने उसको भूमिकालाई ओझेलमा पार्ने काम हुन सक्छ । त्यसैले वित्तीय क्षेत्रमा ‘कन्सोलिडेसन’ आवश्यक छ । गाभ्ने÷गाभिने (मर्जर एन्ड एक्विजिसन) एउटा उपाय हुन सक्छ तर यो नै अन्तिम समाधान हुन सक्दैन । गाभ्ने÷गाभिने प्रक्रिया समस्या भएर आउन सक्छ । एउटा राम्रो बैंकमा अर्को खराब बैंकका सूचक जोड्यौं भने त्यसपछि तयार हुने बैंक पनि कमजोर बन्न पुग्छ । कमजोर बैंकहरूको कमजोरी खोजी गर्नु नै उत्तम समाधान हो । वित्तीय क्षेत्र अस्थिर हुँदा सिधा असर निक्षेपकर्तामा पर्न जान्छ र वित्तीय क्षेत्र धरमराउँछ । त्यसैले संस्थागत सुशासन कायम राख्दै बैंकहरूलाई सुरक्षित र दुरुस्तै राख्न केन्द्रीय बैंकसँग राजनीतिक शक्तिको आसँगै पर्याप्त कानुनी अधिकार आवश्यक पर्छ । अनुभवी बैंकरसँग उच्च निष्ठा हुन्छ । त्यसले मात्रै वित्तीय क्षेत्रलाई सुरक्षित र बलियो बनाइराख्न सहयोग मिल्छ ।

    एड्भान्सिड एसिया सम्मेलनको सन्देश के हो र एसियाको विकासबाट नेपालले कसरी फाइदा लिन सक्छ ? भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलन उद्घाटनका क्रममा साझा एसियाले विश्वलाई नेतृत्व गर्छ भनेका छन् । अबको आर्थिक विकास र आयआर्जनले एसियालाई अग्रस्थानमा पु¥याउँछ र यो प्रक्रिया अब निरन्तर चलिरहन्छ । नेपाल पनि एसियामै पर्छ । दुई छिमेकी मुलुक चीन र भारतको बीचमा छ । तीव्र आर्थिक वृद्धि हासिल गर्दै रहेका दुई मुलुकको बीचमा रहेकाले दुवै मुलुकको व्यापार जोड्ने पुलका रूपमा नेपालले काम गर्न सक्छ । त्यति मात्र होइन, लाखौं नेपाली खाडी मुलुकका साथै धेरै उदीयमान राष्ट्रहरू दक्षिण कोरिया, मलेसिया, भारतजस्ता मुलुकमा काम गरिरहेका छन् । सबैलाई थाहा छ, नेपालीहरू मिलनसार, इमानदार छन् । उच्च निष्ठा र महिलामैत्री छन् । यस आधारमा हेर्दा नेपालसँग धेरै राजदूत प्रायः देशमा छन् । औपचारिक राजदूत थोरै होलान् तर अनौपचारिक राजदूत जहाँसुकै छन् । ती नेपालीले नेपालको भ्रमण गर्न विदेशीलाई आग्रह गरे र एक जनाले भनेका आधारमा एक विदेशी नेपाल भ्रमणमा आए भने मुलुकका लागि ठूलो उपलब्धि हुन्छ । यसले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो काम गर्छ । किनभने, बाँकी विश्वका लागि नेपाल ज्यादै रमणीय स्थलका रूपमा परिचित छ । पर्यटन नेपालको जलुविद्युत्पछि सम्भावनायुक्त क्षेत्र भएकाले सबै पक्षले विशेष ध्यान पु¥याउनु आवश्यक देखिन्छ ।

    आईएमएफले हालै नयाँ दिल्लीमा तालिम केन्द्र खोलेको छ । यो केन्द्रबाट नेपालले कसरी फाइदा लिन सक्छ ? दक्षिण एसियाली क्षेत्रीय तालिम तथा प्राविधिक सहयोग केन्द्र (एसएआरटीटीएसी–सारट्याक) खुलेको छ । यसबाट नेपालले धेरै फाइदा लिन सक्छ भन्ने मेरो बुझाइ छ । प्रशासन, कर, तथ्यांक, मौद्रिक, वित्तीय क्षेत्र सुपरिवेक्षणजस्ता क्षेत्रका विज्ञ सारट्याकमा रहन्छन् । नेपालबाट सवा घण्टाको उडानमा केन्द्र आइपुग्न सकिन्छ । केन्द्रले सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड र अन्य संस्थासँग ती क्षेत्रका नीतिनिर्माणमा प्राविधिक सहयोग गर्नुका साथै प्राध्यापक, सञ्चारकर्मी, सांसद, सरकार र राष्ट्र बैंकका अधिकारीलाई विशिष्ठ खालका तालिम कार्यक्रम पनि उपलब्ध गराउँछ । त्यसका लागि सम्बन्धित क्षेत्रमा आवश्यक पर्ने तालिमको ढाँचा नै तयार गरी केन्द्र अघि बढ्छ, जुन काम यसअघि नै अन्य क्षेत्रमा सुरु भइसकेको छ । क्षेत्रीय रूपमा एकापसमा बसेर बृहत् आर्थिक पक्षमा छलफल गर्ने थलोका रुपमा पनि केन्द्रलाई उपयोग गर्न सकिन्छ ।

    - See more at: http://np.karobardaily.com/2016/03/79233/#sthash.pS9of3Wx.dpuf

    ]]>
    9799 0 0 0
    नेपाललाई चिनियाँ बन्दरगाहसम्म पहुँच http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a4%97%e0%a4%be/ Tue, 22 Mar 2016 11:10:12 +0000 http://www.ghumphir.com.np/?p=9802 मोहन गुरुङ

    काठमाडौं, ९चैत – तेस्रो मुलुकसँग व्यापार गर्न भारतीय बन्दरगाहमात्र उपयोग गर्दै आएको नेपालले अब विकल्प पाउने भएको छ । नेपाललाई चिनियाँ बन्दरगाहसम्म पहुँच दिन आधार तयार पार्ने पारवहन सम्झौतामा हस्ताक्षर भएपछि भारतीय बन्दरगाहको विकल्प तय भएको हो । तेस्रो मुलुकबाट आयातीत मालबाहक सवारी साधनलाई चीनले ट्रान्जिट (पारवहन) सुविधा दिने व्यवस्थासहित १० वटा बुँदामा नेपाल र चीनबीच सोमबार सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि ख छ्याङको रोहवरमा बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित कार्यक्रमबीच पारवहन तथा यातायात सम्झौता, पेट्रोलियम पदार्थ उत्खनन् र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजना निर्माणलगायत सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्रीको भ्रमणमा चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने र भण्डारण क्षमता बनाइदिने विषयमा व्यापक चर्चा चले पनि सम्झौता हुन सकेन ।

    आर्थिक कारोबार प्रभावकारी बनाउन नेपालमा चिनियाँ बैंकको शाखा खोल्ने तथा चीनमा पनि नेपाल बैंकका शाखा खोल्ने विषयमा भने सहमति भएको छ । सम्झौतापछि दुवै मुलुकले एक–आपसमा बैंकिङ सूचना तथा आपसी सहयोग आदानप्रदान गर्ने एवं आवश्यक परामर्शका लागि सहज वातावरण तयार पारेको राष्ट्र बैंकले जनाएको छ । सन् २०१० मा डब्लूटीओको सदस्य बनेयता नेपालमा जुनसुकै मुलुकका बैंक तथा वित्तीय संस्थाले शाखा खोल्न सक्ने भएका हुन् । सूचना आदानप्रदान तथा अन्य व्यवस्था भने नेपाल र चीन सम्बन्धमा नयाँ हो । सम्झौतासँगै तेस्रो मुलुकबाट आयातीत मालवस्तु सहज रूपमा चीनमार्फत ल्याउन सकिने भएको छ । विश्व व्यापार संगठन (डब्लूटीओ)को प्रावधानबमोजिम भू–परिवेष्ठित देश नेपाललाई सामुद्रिक मुलुकबाट ट्रान्जिट अधिकार छ । हालसम्म नेपालले भारतबाहेक अन्य मुलुकबाट ट्रान्जिट सुविधा लिएको छैन । भारतको कोलकाता बन्दरगाहबाट मात्र सामान आइरहेको छ । एक महिनाअघिको भारत भ्रमणका क्रममा विशाखपट्टनम बन्दरगाह पनि प्रयोग गर्न पाउनेबारे सम्झौता भएको थियो । तर, कार्यान्वनयमा आइसकेको छैन । ९० प्रतिशत वस्तु भारतको कोलकाता बन्दरगाह हुँदै चीनबाट आयात–निर्यात भइरहेको छ । १० प्रतिशतमात्र सिधै चीनको सिमानाबाट आयात हुन्छ ।

    पारवहन यातायात सन्धिमा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले हस्ताक्षर गरे । “चीनबाट पनि व्यापार सहजीकरणको सुरुवात भएको छ,” व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले भने, “यसबाट नेपालले फाइदा लिन सक्नुपर्छ ।” यस्तै हुम्लाको हिल्सा नदीमाथि पुल निर्माण, व्यवस्थापन तथा मर्मतसम्बन्धी पनि सम्झौता भएको छ । हिल्सा–यारी (तिब्बत) नाकालाई केरुङपछिको प्राथमिकतामा राख्दै त्यसको विकासका लागि चीनले पुल बनाइदिने भएको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय परियोजनाको प्राविधिक तथा आर्थिक सहायताका साथै ऋण व्यवस्थाका फ्रेमवर्कसम्बन्धी सम्झौतामा अर्थमन्त्री विष्णु पौडलले हस्ताक्षर गरे । यसअघि नै दिने भनेको उक्त सहयोग चीनले बिनाब्याज उपलब्ध गराउन लागेको हो ।

    तेल तथा ग्यास उत्खनन् सम्भाव्यता अध्ययनको प्रारम्भिक परियोजनाका लागि आशयपत्र (एलओई)मा हस्ताक्षर भएको छ । जलवायु परिवर्तनका लागि सम्बोधन गर्ने विषयमा दुई देश मिलेर अघि बढ्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । नेपाल–चीनबीच स्वतन्त्र व्यापार सम्झौताका लागि संयुक्त सम्भाव्यता अध्ययन गर्न दुई देशको वाणिज्य मन्त्रालय सम्मिलित कार्यदल गठन भएको छ । यस्तै, व्यापार विविधीकरण, क्रस सिमाना कन्टेक्टिभी तथा पूर्वाधार विकास, ऊर्जा, पर्यटन वित्त, शिक्षा तथा संस्कृतिसम्बन्धी विषयमा पनि छलफल भएको छ ।

    ]]>
    9802 0 0 0
    नयाँ पदमार्ग 'धौलागिरि सेन्चुरी टे्रल' मा पदयात्रा गराउन सकिने http://localhost/ghum/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%a7%e0%a5%8c%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%bf-%e0%a4%b8%e0%a5%87/ Tue, 22 Mar 2016 11:32:40 +0000 http://www.ghumphir.com.np/?p=9804

    धौलागिरिमा नयाँ पदमार्गअमृत भादगाउँले

    धौलागिरि आधारशिविर (म्याग्दी)- प्रकृति र संस्कृतिको अनुपम स्वाद चखाउँदै पर्यटकलाई धौलागिरि हिमालको फेदसम्म घुमाउन उद्योग वाणिज्य संघ म्याग्दीले नयाँ पदमार्ग 'धौलागिरि सेन्चुरी टे्रल' अध्ययन गरेको छ। काठमाडौंबाट विज्ञहरु झिकाएर गरिएको अध्ययनले एक सातासम्म पदयात्रा गराउन सकिने देखाएको छ।
    म्याग्दी सदरमुकाम बेनीबाट झीं, पाखापानी, रायोखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरि आधारशिविर पुगेर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर (बेनी) सम्म पदयात्रा गर्न सकिने छ। काठमाडौंबाट निस्कने पदयात्रीले बेनी, झीं, घ्यासिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ। घ्यासिखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनु पर्छ। 'अरु आउलान् र हाम्रो क्षेत्रको पर्यटन विकास गरिदेलान् भनेर कतिञ्जेल कुर्ने,' संघका महासचिव राजेश शाक्यले भने, 'हामी आफैंले आफ्नो क्षेत्रको पर्यटन विकास गर्न नयाँ पदमार्गको सम्भावना अध्ययन गरेका हौं। हामी अब यसको विकासमा जुट्ने छौं।' पदयात्रीहरु धौलागिरि प्रथम हिमाल (८,१७२ मिटर) को दक्षिणी जरासम्म पुग्न सक्छन्। यात्रामा छरीभन्दा मास्तिर बस्ती छैन। शिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेहरुले हिँड्ने गोरेटो पच्छ्याउँदै अध्ययन गरिएको हो। पदमार्गमा मगर तथा छन्त्याल जीवनशैली र संस्कृति बुझ्न पाइन्छ। रघुगंगा नदी किनारै किनार नदीकै मुहानमा पुगिन्छ। आधारशिविर चार हजार मिटर उचाइमा छ। पर्यटक घुमाएर ग्रामीण भेगको आय आर्जनमा टेवा पुर्याटउने उद्देश्यले संघले नेपाल पर्यटन बोर्ड, जिविस म्याग्दी, गैरआवासीय म्याग्देलीको संस्था मोना, टान, पदमार्गको झीं गाउँ लगायत सरोकारवालासँग सहयोग उठाएर पदमार्गको सम्भावना अध्ययन गरेको हो। अध्ययन टोलीको नेतृत्व हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्यले गरेका थिए। टोलीमा अध्येता सुरेन्द्र राना, पत्रकारद्वय अमृत भादगाउँले र सन्दिप खत्री, गाइडद्वय ङवा तामाङ एवं दिपक लामा र सामाजिक अभियन्ता दिनेशनारायण श्रेष्ठ लगायत थिए। new root अध्ययन टोलीले फेदीमाथि सहस्र भीरदेखि आधारशिविरसम्म पदमार्ग सुधार गरिहाल्नुपर्ने जनाएको छ। 'अहिले नै त्यहाँ पर्यटक पठाइहाल्न मिल्दैन,' टोली संयोजक पवन शाक्य भन्छन्, 'ठाउँ–ठाउँका भीरमा एंकर राखेर फलामे डोरी टाँग्न सके साहसिक पर्यटक पठाउन सकिन्छ। धेरैभन्दा धेरै पर्यटक पठाएर फाइदा लिन भने पदमार्ग सुधार गरिहाल्नु पर्छ। पदमार्ग सुधार, संकेत चिह्नको व्यवस्था, गाउँलेलाई अतिथि सत्कार, होमस्टे व्यवस्थापन लगायत तालिम दिएपछि मात्रै यो पदमार्ग दिगो हुनेछ।' छरीभन्दा माथि बस्ती छैन। तलका गाउँमा सामान्य खाना, बास र भरिया पाइन्छ। पदमार्ग खुल्ने खबरले दुर्गमका गाउँले खुसी छन्। टोलीलाई बाटो देखाउन घ्यासिखर्कबाट आधारशिविरसम्म पुगेका स्थानीय अगेन्द्र छन्त्याल भन्छन्, 'टे्रकिङ खुलेर पर्यटक गाउँमा भित्रिए भने गाउँमै रोजगारीको अवसर खुल्छ। युवाहरु गाउँमै इलम गर्न पाउँथे।' dhaulagiri गाउँले कतिसम्म उत्साहित छन् भने, पदयात्राको 'गेट वे' झीं गाउँले अध्ययन गर्न भनेर संघलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ। 'हाम्रोमा होमस्टे सुविधा छ। त्यसलाई अझ व्यवस्थित गर्नेछौं। हामीलाई तालिम चाहिएको छ,' झीं गाउँकी अगुवा चु माया थजालीले भनिन्। आधार शिविरबाट फर्केको विज्ञ टोलीले बेनीमा संघका पदाधिकारीसँग अन्तर्क्रिया गरेको थियो। अन्तर्क्रियामा संघका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, पूर्वअध्यक्ष कुविरकुमार श्रेष्ठ, महासचिव राजेश शाक्य लगायतले सरोकारवाला सबैको सहयोगमा पदमार्ग विकास गरिने बताए। धौलागिरि सेन्चुरी टे्रलको पूर्वाधार विकास र मार्केटिङमा नेपाल पर्यटन बोर्ड र टे्रकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)ले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 'एक सातासम्म पदयात्रामा निस्कन चाहने थुप्रै पर्यटक छन्। तिनका लागि धौलागिरि सेन्चुरी टे्रल उपयुक्त हुने देखिन्छ,' पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी भन्छन्, 'त्यसैले यो पदमार्गको भौतिक पूर्वाधार विकास र मार्केटिङमा सरोकारवालासँग हातेमालो गर्न तथा सहयोग जुटाउन पर्यटन बोर्डले पहल गर्ने छ।' संघले चाँडै नै पदमार्गको नक्सा, वृत्तचित्र र पोस्टर प्रकाशन गर्ने छ। ती प्रचारात्मक सामाग्री तयार भएसँगै 'टे्रल लन्च' गर्ने उसको योजना छ।
    ]]>
    9804 0 0 0
    वैशाखदेखि निर्णायक आन्दोलन गरिने:अध्यक्ष महतो http://localhost/ghum/%e0%a4%b5%e0%a5%88%e0%a4%b6%e0%a4%be%e0%a4%96%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%af%e0%a4%95-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b/ Tue, 22 Mar 2016 11:37:56 +0000 http://www.ghumphir.com.np/?p=9808 ९ चैत,सप्तरी ।

    सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शक्ति सञ्चयका लागि केहीदिन आन्दोलनका स्वरुप परिवर्तन गरिएपनि वैशाखदेखि निर्णायक आन्दोलन गरिने  चेतावनी दिएका छन् । सद्भावनाले सप्तरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वैशाख अघिको अवधि खेर नफाली मधेशका माग सम्बोधन गर्न सरकारलाई सुझावसमेत दिए । उनले केही दिनभित्रै मधेशी मोर्चाको सचिवालय वैठकले नयाँ रणनीतिसहित आन्दोलनका सशक्त कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको भन्दै अहिले आन्दोलनको स्वरुपमात्र फेरिएको र अब निर्णायक एवं अन्तिम आन्दोलन हुने दाबी गरे । साथै, उनले सरकारलाई चारैतिरबाट नाकाबन्दी गरी माग पूरा गराउन बाध्य पारिने उद्घोष गरे । आन्दोलनको समीक्षा, पार्टीको सांगठनिक सुदृढीकरण र आगामी आन्दोलनका कार्यक्रमका विषयमा छलफल गर्न सद्भावना पार्टीले चैत्र १५, १६ र १७ गते विराटनगरमा कार्यसमितीको विस्तारित वैठक आयोजना गरेको समेत अध्यक्ष महतोले जानकारी दिए

    ]]>
    9808 0 0 0
    तस्बिरमा उपत्यकाको होली http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%8b%e0%a4%b2%e0%a5%80/ Tue, 22 Mar 2016 13:53:58 +0000 http://www.ghumphir.com.np/?p=9810 आपसमा रंग दलेर तथा पानी छ्यापाछाप गरेर उपत्यकावासीले मंगलबार हर्षोल्लासपूर्वक होली पर्व मनाएका छन्। होलीमा सरकारले सार्वजनिक विदा दिएका कारण काठमाडौ उपत्यकाका सडक र चोकहरु होलीमय भएका हुन्। रंगहरुको पर्व होलीमा खासगरी बालबालिका र युवायुवतीहरु बढी रमाएका छन्। उनीहरुले समूह समूह बनाएर होली खेलेका छन्। होलीलाई सद्भाव र आत्मीयता साट्ने पर्व समेत मानिने भएका कारण बालबालिका तथा युवायुवतीहरुले समूह समूह बनाएर आपसमा रंग दली तथा पानी छ्यापाछ्याप गरी होली मनाएका हुन्।
    होलीमा रंगका साथै पानीको प्रयोग उल्लेख्य मात्रामा भएको छ। होलीका अवसरमा काठमाडौ उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम समेत गरिएका छन्। ती कार्यक्रममा बाक्लो संख्यामा उपस्थित सर्वसाधारणहरु आपसमा रंग दल्दै नाचगानमा रमाएका  छन्।
    फागुन शुक्ल अष्टमीको दिन काठमाडौको वसन्तपुर दरबार अगाडि विशेषरुपले चीर गाडेर सुरु भएको होली फागु पूर्णिमाको राति चीर ढालेपछि समाप्त भएको मानिन्छ ।
    [caption id="attachment_9821" align="alignnone" width="940"]भक्त्तपुर भक्त्तपुर[/caption] [caption id="attachment_9822" align="alignnone" width="940"]भक्त्तपुर भक्त्तपुर[/caption] [caption id="attachment_9823" align="alignnone" width="940"]भक्त्तपुर भक्त्तपुर[/caption] [caption id="attachment_9825" align="alignnone" width="940"]बसन्तपुर बसन्तपुर[/caption] [caption id="attachment_9826" align="alignnone" width="940"]रङ खेलेर मनाउँदै विदेशी पर्यटकका साथमा स्थानीयवासी रङ खेलेर मनाउँदै विदेशी पर्यटकका साथमा स्थानीयवासी[/caption] [caption id="attachment_9827" align="alignnone" width="940"]बसन्तपुर बसन्तपुर[/caption] pkTosfdf xf]nL sf7df8f}Fsf] a;Gtk'/df dªunaf/ laxfg}b]lv /ªsf] kj{ xf]nLdf ljleGg /ª v]n]/ dgfpFb} ljb]zL ko{6ssf ;fydf :yfgLojf;L . tl:a/ M /f]zg ;fksf]6f, /f;; [caption id="attachment_9829" align="alignnone" width="940"]ठमेलमा रङको पर्व होली मनाउँदै विदेशी पर्यटक ठमेलमा रङको पर्व होली मनाउँदै विदेशी पर्यटक[/caption] [caption id="attachment_9830" align="alignnone" width="940"]काठमाडौँको ठमेलमा विदेशी पर्यटक सेल्फी खिच्दै काठमाडौँको ठमेलमा विदेशी पर्यटक सेल्फी खिच्दै[/caption] [caption id="attachment_9824" align="alignnone" width="940"]करिष्मा मानन्धर करिष्मा मानन्धर[/caption] [caption id="attachment_9831" align="alignnone" width="5184"]गायीका कोमल वली गायीका कोमल वली[/caption] [caption id="attachment_9832" align="alignnone" width="5184"]नायीका सुष्मा कार्काी नायीका सुष्मा कार्काी[/caption]]]>
    9810 0 0 0
    स्वास्थ्यमन्त्रीको क्वाटर अगाडि ड्रोन क्यामेरा खसेको http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b5%e0%a4%be/ Tue, 22 Mar 2016 15:16:24 +0000 http://www.ghumphir.com.np/?p=9835 9835 0 0 0 कन्टेनर नियन्त्रणमा http://localhost/ghum/%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%a8%e0%a4%b0-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%a3%e0%a4%ae%e0%a4%be/ Tue, 22 Mar 2016 15:22:03 +0000 http://www.ghumphir.com.np/?p=9838

    धुन्चे (रसुवा), ९ चैत । चीनबाट आयात गरिएको सामग्रीसहितको सिलबन्दी मालवाहक कन्टेनरमा अवैध सुन भएको आशङ्कामा संयुक्त सुरक्षा टोलीले कालिकास्थानबाट आज नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भन्सार कार्यालय टिमुरेले सिल गरेको बा३ख ५४४५ नं को कन्टेनरभित्र अवैध सुन भएको विशेष सुराकीका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयले सिलबन्दी गरेको सो कन्टेनर खोल्न नमिल्ने भएका कारण आवश्यक जाँचबुझ गर्न राजस्व अनुसन्धान विभागमा पठाइएको छ । जाँचबाट सही परिणाम आओस् भन्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराईएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो ।

    ]]>
    9838 0 0 0
    भीमसेनको लिङ्ग खोलामा लगेपछि ....... http://localhost/ghum/%e0%a4%ad%e0%a5%80%e0%a4%ae%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%97/ Tue, 22 Mar 2016 15:24:23 +0000 http://www.ghumphir.com.np/?p=9840

    रमेश गिरी भक्तपुर, ९ चैत । फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यौन पर्वका रुपमा भक्तपुरका बासिन्दाले एक सातासम्म मनाएका छन् । मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि विधिवत् रुपमा होली समापन हुने परम्परा छ । छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा हुने गरेको छ । भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि आज पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्ग लो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु नपर्ने गरी हेर्न आउनु भयोकी’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होलीलाई आजबाट बिदाइ गरेका छन् ।

    भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रुपमा भीमसेनलाई पुज्दै होली पर्व मनाएको हो । भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झुन्ड्याएर यौन समागमका रुपमा एक सातासम्म प्रदर्शनमा राखिएकामा आज त्यसलाई खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रुपमा विसर्जन हुने परम्परा रहेको छ ।

    काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बम्हायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवम् पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याएको थियो ।

    भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू (लिङ्ग घुमाएपछि) भनिने बताउनुहुन्छ । घुमाएको लिङ्गलाई स्थानीयवासीले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको स्थानीय व्यापारी माइलाराम श्रेष्ठ बताउनुहुन्छ । बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुन्ड्याइन्छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रुपमा संरक्षण गरिँदै आएको स्थानीयवासीको भनाइ छ ।

    दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतकर्मीको भनाइ छ । चीर स्वायगू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ ।

    ]]>
    9840 0 0 0
    कसले र किन गर्याे २८ जनाको ज्यान जाने गरी ब्रसेल्समा अाक्रमण? http://localhost/ghum/%e0%a4%95%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%b0-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a5%87-%e0%a5%a8%e0%a5%ae-%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b/ Tue, 22 Mar 2016 15:33:23 +0000 http://www.ghumphir.com.np/?p=9843 २८ जनाको ज्यान जाने गरी बेल्जियमको राजधानी ब्रसेल्समा  मंगलबार भएको बम अाक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। तर जसरी यो अाक्रमण भएको छ, त्यसले शक्तिशाली आतंककारी समुहको संग्लनता रहेको बेल्जियमका अधिकारीले अनुमान गरेका छन्।
    यो  अात्मघाती  अाक्रमणपछि फेरि सबैको ध्यान अरब मुलुक सिरियालाई केन्द्र बनाएर संसारभर आफ्ना जिहादी क्रियाकलाप बिस्तार गरिरहेको इस्लामिक आतंककारी संगठन आइएसमा केन्द्रित भएको छ। गतवर्ष फ्रान्सको राजधानी  पेरिसमा हमला गरेको अभियोगमा केहीदिन अघिमात्र आइएसका सदस्यलाई बेल्जियममा पक्राउ गरिएको थियो। पेरिस हमलामा १२० जनाको ज्यान गएको थियो।
    आइएस समूहले युरोपियन मुलुकलाई आफ्नो तारो बनाउँदै आएको छ। त्यसो त आइएसमा भर्ना हुन युरोपका मुलुकबाट धेरै मुस्लिम युवाहरु सिरिया र इराक पुगेका बताइएको छ। युराेपबाट सबैभन्दा बढी फ्रान्सबाट, त्यसपछि बेलायत र जर्मनीबाट युवाहरू अाइएसमा भर्ती हुन जान्छन्।
    सिरियाको धेरै भूभाग कब्जा गरेर आफ्नो जिहादी गतिबिधि चलाइरहेको आईएसले धेरै तेल खानीहरू कब्जा गरी आफ्नो आर्थिक हैसियत बढाएको छ। आफ्नो कब्जामा रहेका तेलखानीबाट आइएसले प्रतिमहिना पाँच करोड अमेरिकी डलर भन्दा बढीको तेल बेच्ने गरेको अनुमान छ।
    ]]>
    9843 0 0 0
    डेढ लाखको लोभले ९ वर्ष जेल http://localhost/ghum/%e0%a4%a1%e0%a5%87%e0%a4%a2-%e0%a4%b2%e0%a4%be%e0%a4%96%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a5%8b%e0%a4%ad%e0%a4%b2%e0%a5%87-%e0%a5%af-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%9c%e0%a5%87%e0%a4%b2/ Wed, 23 Mar 2016 02:04:45 +0000 http://www.ghumphir.com.np/?p=9845 १० चैत,काठमाडौं ।

    जग्गाको कमिसन नदिएको निहुँमा आफ्नै साथीलाई अपहरण गरी डेढ लाख फिरौती असुल्दा एक युवकलाई ९ वर्ष जेल सजाय भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

    पाँच वर्षअघि अपहरणको घटनामा आफ्नो साथीलाई बन्धक बनाउने सिन्धुपाल्चोक ठूलो धादिङका कर्णबहादुर लामालाई अदालतले ९ वर्ष कैद र ५० हजार जरिवाना सुनाएको हो। फरार रहदै आएको लामालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो ।

    केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई काठमाडौं नारायणटारबाट पक्राउ गरेको हो । लामा सोमबार नै जेल चलान भएका छन् । फैसला कार्यान्वयनका लागि ब्युरोले सोमबार जिल्ला अदालतमा पेस गरेकोमा अदालतको आदेशबाट लामालाई केन्द्रीय कारागार चलान गरिएको हो ।

    जग्गा बेचेको कमिसन नदिएको भन्दै उनले शिवबहादुर खड्कालाई २६ बैशाख ०६७ माअपहरण गरेका थिए । १३ दिनसम्म बन्धक बनाएपछि खड्काका परिवारसँग डेढलाख रुपैयाँ लिएर छाडिदिएका थिए ।

    ]]>
    9845 0 0 0
    दूध बेचेर पानी किन्ने गर्छन काभ्रेवासी http://localhost/ghum/%e0%a4%a6%e0%a5%82%e0%a4%a7-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a5%87%e0%a4%b0-%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/ Wed, 23 Mar 2016 02:08:03 +0000 http://www.ghumphir.com.np/?p=9847 १० चैत, काभ्रे।

    काभ्रे चण्डिमण्डन गाविसका अधिकाशं बासिन्दा भूकम्पपछि दुध बेचेर पानी किन्ने गरेका छन्।भूकम्पले पानीको मूहान सुकेपछि पानीको आवश्वकता पूरा गर्न उनीहरुले दुध बोचेर पानी किन्ने गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ।

    ‘भूकम्पपद्धि गाविसका बासिन्दा दुध बोचेर पानी किन्न बाध्य भएका छौ’, चण्डेनीमण्ड गाविसमा पूर्वगाविस अध्यक्ष हरिप्रसाद नेपाल भन्छन्, ‘गाविसका माथिल्लो बेल्टमा रहेका करिब ३ हजार जनसंख्या भूकम्पले चलनचल्तीमा रहेका पानीका मुहानहरु सुकेसँगै दूध बोचेर पानी किन्न बाध्य भएका छन्।’

    उनले भने,‘ बिहान जाँदा गाडीमा दूध लैजान्छन् फर्कदा पानी किनेर फर्कन्छन्।’

    ]]>
    9847 0 0 0
    चीनसँग तत्काल इन्धन सम्झौता हुदैन :प्रधानमन्त्री ओली http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%a4%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%b2-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%9d/ Wed, 23 Mar 2016 02:11:12 +0000 http://www.ghumphir.com.np/?p=9849 १० चैत,काठमाडौं ।

    प्रधानमन्त्री केपी ओलीले नेपालले चीनसँग आपतकालिन इन्धन सम्झौता गर्नुपर्ने संकट नरहेको बताएका छन्।केही तयारी पुरा भएपछि भने इन्धन ब्यापार सम्झौता हुने उनले बताएको खबर आजको नागरिकमा पूर्ण बस्नेतले लेखेका छन्।

    चीन भ्रमणको तेस्रो दिन मंगलबार बेइजिङमा नागरिकसँग कुराकानी गर्दैगर्दा प्रधानमन्त्री ओली निकै खुसी देखिन्थे।‘चीनसँग इन्धन सम्झौता नगरे नागरिकको अपेक्षा पुरा गर्न सक्नु भएन भने नि?’ भन्ने प्रश्नमा ओलीले भने,‘नेपालले अहिले आपतकालिन इन्धन सम्झौता गर्नुपर्ने अवस्था छैन। हिजो संकट थियो, अहिले त्यती संकट छैन, त्यसैले धेरै हतार पनि छैन।

    ]]>
    9849 0 0 0
    केरूङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग बनाइदिन चीन तयार http://localhost/ghum/%e0%a4%95%e0%a5%87%e0%a4%b0%e0%a5%82%e0%a4%99-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%82-%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%b2%e0%a5%81%e0%a4%ae/ Wed, 23 Mar 2016 02:23:13 +0000 http://www.ghumphir.com.np/?p=9851 १० चैत,काठमाडौं ।चीनले नेपालको आग्रहलाई स्वीकार गर्दै केरूङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिदिन सहमत भएको खबर आजको नागरिक दैनिकमा लक्ष्मण वियोगीले लेखेका छन्। प्रधानमन्त्री केपी ओलीको जारी चीन भ्रमणओक्रममा उनले रेलमार्ग निर्माण गरिदिन गरेको आग्रहलाई चीनले स्वीकारेको हो। चीनले सहमती जनाएको नेपाली प्रस्तावमा रेलमार्ग केरूङबाट काठमाडौं हुँदै पोखरा पुग्ने र त्यहाँबाट लुम्बिनीसम्म विस्तार हुने उल्लेख छ। चीनको क्यासी नामक कम्पनीले यसअघि नै काठमाडौं-पोखरा रेलमार्ग अध्ययन गरिसकेको छ।]]> 9851 0 0 0 विश्वका उत्कृष्ट २५ गन्तब्यमा काठमाडौं http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f-%e0%a5%a8%e0%a5%ab-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4/ Wed, 23 Mar 2016 02:26:10 +0000 http://www.ghumphir.com.np/?p=9854 १० चैत,काठमाडौं । विनासकारी भूकम्प र भारतीय नाकाबन्दीबाट पीडित नेपालको पर्यटन उद्योगलाई खुसीको खबर छ। संसारभरकै सबैभन्दा ठूलो ट्राभल वेवसाइट अमेरिकाको ट्रिप एडभाजरले यो वर्ष सन् २०१६ का लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तब्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको खबर आजको नागरिक दैनिकमा छापिएको छ। यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो हो। पहिलो स्थानमा बेलायतको लन्डन, दोस्रोमा टर्कीको इस्तानबुल छ।]]> 9854 0 0 0 कांग्रेसमा दलको नेता चयनपछि मात्रै पदाधिकारी मनोनयन http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%9a%e0%a4%af%e0%a4%a8/ Wed, 23 Mar 2016 02:33:16 +0000 http://www.ghumphir.com.np/?p=9856 १० चैत,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेतत चयनपछि मात्रै रिक्त पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने भएका छन् ।

    Congress-Flagदलको नेता चयनका लागि आगामी २२ वा २४ चैतमा निर्वाचन गर्ने योजना छ । निर्वाचन गराउन नेता रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भइसकेको आजको राजधानी दैनिकमा समाचार छ ।

    संवैधानिक परिषद्को बैठकमा प्रतिपक्षी दलको नेता उपस्थित हुनुपर्ने अनिवार्य व्यवस्था भएको कारण पदाधिकारी मनोनयान गर्नुअघि दलको नेताको चुनाव गर्नुपर्ने अवस्था रहेको देउवानिकट नेताहरुले बताएका छन् ।

    संवैधानिक परिषद्को बैठक १६ चैतमा बोलाइएको छ । तर, सो मितिसम्म कांग्रेसको संसदीय दलको चुनाव हुन नसक्ने भएपछि १६ चैतमा बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित हुने सम्भावना छ ।

    कांग्रेसमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक प्रवक्ता नियुक्त गर्न बाँकी रहेको छ । सभापतिवले मनोनित गर्ने पदाधिकारीसहित अझै १४ जना केन्द्रीय सदस्य रिक्त छन् ।

    ]]>
    9856 0 0 0
    चीनसँगको सम्झौता बारे भारतको अर्थपूर्ण भनाइ http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%9d%e0%a5%8c%e0%a4%a4%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87-%e0%a4%ad%e0%a4%be/ Wed, 23 Mar 2016 02:37:40 +0000 http://www.ghumphir.com.np/?p=9859 १० चैत, काठमाडौं । नेपाल-चीनबीच पारबहन सम्झौता भएको २४ घन्टा नबित्दै भारतीय विदेश मन्त्रालयले अर्थपूर्ण प्रतिक्रिया दिएको छ ।

    व्यावहारिक विकल्प खोज्न नेपाल खुला रहेको प्रतिक्रिया दिँदै भारतले भनेको छ,’ तर नेपाल र भारतको सम्बन्ध अरूको जस्तो होइन ।’ आजको नयाँ पत्रिकामा समाचार छ ।

    Nepal-India-and-chaina-flag

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले मंगलबार आयोजित प्रेस ब्रिफिङमा नेपाल र चीनबीच भएको पारबहन तथा यातायात सम्झौताबारे टिप्पणी गरेका हुन् ।

    नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित झन्डै २२ मिनेट लामो पत्रकार सम्मेलनमा पत्रकारले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र सडक, रेल तथा पारवहन सम्झौताबारे प्रवक्ता स्वरुपलाई प्रश्न गरेका थिए । ‘चीनसँग नेपालले गरेका समझदारी भारतका लागि चूनौती हो कि होइन ? भन्ने प्रश्नको जवाफमा पहिलै तयार भएजस्तो स्वरूपले यो विषयमा बोल्न र नेपाल भारतको विशिष्ठ सम्बन्ध प्रस्ट पार्न फाइल नै पल्टाए । उनले नेपालको भारतसँग जुन स्तरको सम्बन्ध छ त्यो अरुसँग नभएको जनाए ।

    नेपालको भारतमार्फत तेस्रो देशसँग ९० प्रतिशत आयात निर्यात हुन्छ । नेपालको विश्वव्यापी व्यापारको दुईतिहाइ व्यापार भारतसँग भएको जनाउदै प्रवक्ता स्वरुपले लाखौं नेपाली भारतमा बसेर काम गरिरहेको र हरेक दिन हजारौँ नेपाली खुला सीमामा ओहोरदोहोर गरिरहेको भन्दै नेपाल र भारतबीचको सम्बन्ध विशेष रहेको स्पष्ट पारे ।

    ]]>
    9859 0 0 0
    भूकम्पपीडितलाई खुसीको खबर! http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%96%e0%a5%81%e0%a4%b8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a4%ac/ Wed, 23 Mar 2016 02:51:20 +0000 http://www.ghumphir.com.np/?p=9862 रमेश लम्साल

     काठमाडौं । भूकम्प प्रभावित १४ जिल्लाका भूकम्पपीडितलाई खुसीको खबर । छिमेकी चीन सरकारले नेपाललाई उपलब्ध गराउने ३२ हजार थान सौर्य बत्ती भूकम्पबाट अति प्रभावित ती जिल्लामा निःशुल्क वितरण हुनेछ। प्रधानमन्त्री केपी ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा सौर्य प्रणाली उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको हो। गत वैशाखमा गएको भूकम्पका कारण घरबार भत्किएका १४ जिल्लाका भूकम्पपीडितलाई यो सौर्य बत्ती निःशुल्क रुपमा प्रदान गरिनेछ। भूकम्पलगत्तै आएको चिनियाँ प्रतिनिधिमण्डलले प्रभावित क्षेत्रमा मानवीय सहयोग गर्ने लक्ष्यका साथ सौर्य प्रणाली उपलब्ध गराउने र उज्यालो वितरण गर्ने वचन दिएअनुसार नै ३२ हजार थान घरायसी सौर्य प्रणाली उपलब्ध गराउन लागिएको हो । भूकम्पका कारण घरबारविहीन भएका जनतालाई उपलब्ध गराउने लक्ष्यका साथ चिनियाँ पक्षले राखेको चासो र सहयोगलाई व्यवस्थापन र अनुगमन गर्ने काम गर्ने जनसङ्ख्या तथा वातावरण मन्त्रालय र उक्त मन्त्रालय मातहतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गर्नेछ । यस्तै चीनले तीनसय २५ थान ठूलो खालको सौर्य प्रणाली पनि उपलब्ध गराउने भएको छ । कुल ३२ हजार थान सौर्य प्रणाली भने कुल १० वाटको हुनेछ । त्यसमा सँगै तीन थान बल्ब पनि प्राप्त हुनेछ । कुल ९६ हजार बल्ब सहयोगमा नै प्राप्त हुनेछ भने तीनसय २५ थान ठूलो सौर्य प्रणाली भने एक हजार दुईसय वाटको हुनेछ । विद्यालय, सामुदायिक संस्था, अस्पतालमा ठूलो प्रणाली जडान गरिनेछ । ठूला प्रणाली विद्यालय, अस्पताललाई कसरी वितरण गर्ने भन्ने विषयमा नीतिगत व्यवस्था गर्न आवश्यक निर्णय हुन बाँकी रहेको छ । जनसङ्ख्या र वातावरण मन्त्रालयका जलवायु परिवर्तन शाखा प्रमुख रामहरि पन्तकाअनुसार ‘इकोसिस्टम बेस्ड एडप्टेस्न’अन्तर्गत ग्लोबल इन्भारमेन्ट फन्डले गरिरहेको कामलाई सार्थक बनाउने लक्ष्यका साथ चीन सकरारको तर्फबाट ती प्रणाली प्राप्त हुन लागेका हुन् । यो परियोजनाको चीन सहलगानीकर्ता हो । यसअघि परियोजनाले नेपालको लमजुङमा सौर्य प्रणाली जडान गर्ने कार्य गर्दै आएको थियो । सौर्य प्रणाली जडान गर्न आवश्यक जनशक्तिलाई तालिम दिने तथा प्रविधि हस्तान्तरणमा समेत चीन सरकारले नै सहयोग गर्ने छ । त्यसमा चिनियाँ पक्षले उपलब्ध गराउने तालिम र प्राविधिक सहयोगका लागि आवश्यक व्यवस्थापन र अनुगमन गर्ने काम भने जनसङ्ख्या तथा वातावरण मन्त्रालयले गर्नेछ । कुन स्थानमा कसरी जडान गर्ने भन्ने विषयमा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नै गर्ने पन्तले जानकारी दिए। चिनियाँ पक्षले ३० करोड रुपैयाँ बराबरको सहयोग गरेको उनको भनाइ छ । चीनले उपलब्ध गराएको सौर्य प्रणालीको गुणस्तरमा कुनै समस्या नहुने र त्यसको आवश्यक जाँच पड्तालसमेत गरिनेछ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सौर्य ऊर्जा शाखाका प्रमुख महेश घिमिरेले आफूहरुले गरेकै प्रस्तावअनुसार चिनियाँ पक्षले सौर्य प्रणाली उपलब्ध गराएको जानकारी दिए। विशेष गरी भूकम्प प्रभावित क्षेत्रलाई नै केन्द्रमा राखेर ती प्रणाली वितरण गरिने भन्दै उनले भूकम्पबाट घरबारविहीन भएकालाई सौर्य प्रणालीले केही न केही रुपमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। वैकल्पिक ऊर्जा प्रवर्द्धन र नवीकरणीय ऊर्जाको विकासमा चिनियाँ सहयोगले उल्लेख्य काम गर्ने भन्दै उनले ३२ हजार घरपरिवार उक्त प्रणालीबाट प्रत्यक्ष लाभान्वित हुने बताए। नेपालमा सौर्य प्रणालीको क्षेत्रमा काम गर्ने चासो राख्दै आएको चिनियाँ पक्षले नेपाललाई उपलब्ध गराएको सहयोग हालसम्मकै बढी  हो । चीन सरकारकै सहयोगमा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा समेत एक मेगावाट बराबरको सौर्य प्रणाली निटक भविष्यमा नै जडान गरिनेछ । चिनियाँ पक्षले सो सम्बन्धी एकसरो अध्ययन गरिसकेको छ ।

    ]]>
    9862 0 0 0
    बैंककमा नेपाल महोत्सव हुने http://localhost/ghum/%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%b9%e0%a5%81/ Wed, 23 Mar 2016 02:58:50 +0000 http://www.ghumphir.com.np/?p=9864

    १० चैत,काठमाडौं  । थाइल्याण्डस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घको आयोजनामा आगामी वैशाख ९ देखि १३ गतेसम्म बैंककको सेन्ट्रल वल्र्डमा नेपाल महोत्सव हुने भएको छ । महोत्सवका अवसरमा नेपाल–थाइल्याण्डबीचको पर्यटन र वाणिज्य साझेदारी बढाउने, नेपालको सांस्कृतिक र आध्यात्मिक पहिचानलाई संसारमा चिनाउने तथा विनासकारी ‘गोरखा भूकम्प’मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकको सम्झनामा दीप प्रज्ज्वलन गरिने त्यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष खगेन्द्रराज ढकालले बताउनुभयो । भूकम्पपछि थाइल्याण्डले नेपाललाई गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्न पनि महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ । महोत्सवको अन्तिम दिन भूकम्पमा परी मृत्युवरण गरेका व्यक्तिको स्मरणमा थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली र थाई तथा विदेशी नगारिक सेन्ट्रल वल्र्डको यार्डमा भेला हुने थाइल्याडका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताउनुभयो । अप्ठ्यारो अवस्थामा पनि थाइल्याण्डले नेपाललाई गरेको सहयोगप्रति उहाँले नेपाल सरकारका तर्फबाट कृतज्ञता व्यक्त गर्नुभएको थियो । पत्रकार सम्मेलनमा राजदूत अधिकारीले पर्यटन, व्यापार र लगानीका माध्यमबाट नेपाल र थाइल्याण्डबीचको द्विपक्षीय सहयोग आदानप्रदानलाई वृद्धि गर्नु महोत्सवको उद्देश्य रहेको बताउनुभयो । थाइ–नेपाल चेम्बर अफ कमर्शका महासचिव सुथाम साचाफिमुखले महोत्सवलाई सफल बनाउन थाइ चेम्बरले सहयोग गर्ने बताउनुभयो । भिक्षु डा अनिल शाक्यले थाइल्याण्डले नेपाललाई गरेको सहयोग सराहनीय रहेको उल्लेख गर्दै महोत्सवले दुई देशको अध्यात्मिक एवम् वाणिज्य साझेदारीमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गर्नुभयो । सीपीएन समूहका उपाध्यक्ष तथा एभरेष्ट बेसक्याम्पका लेखक क्रिट कुन्प्लिनले बौद्ध दर्शनको अध्ययन, अर्थपूर्ण जीउने शैली र सुन्दर हिमाली क्षेत्रको अवलोकनका लागि नेपाल भ्रमण गर्न आग्रह गर्दै सबै थाइ समुदायलाई नेपाल महोत्सवमा सहभागी हुन आह्वान गर्नुभयो । महोत्सवमा नेपालको पर्यटन तथा संस्कृति झल्कने वस्तु, उपहार सामग्री, खानाका परिकार, नेपाली हस्तकलाका सामग्री, पदयात्रा, यात्रा गन्तव्य र श्रृङ्गारिक वस्तु रहनुका साथै ‘विजनेस टु विजनेस’ बैठक हुनेछन् । विश्वको छैटाँै ठूलो र तथा थाइल्याण्डको सबैभन्दा ठूलो व्यापारिक केन्द्र सेन्ट्रल वल्र्डमा आयोजना हुने सो महोत्सव पाँच दिनसम्म चल्नेछ । महोत्सव २० लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

    ]]>
    9864 0 0 0
    गोदावरीको पर्यटन प्रवद्र्धनमा जोड http://localhost/ghum/%e0%a4%97%e0%a5%8b%e0%a4%a6%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0/ Wed, 23 Mar 2016 03:02:26 +0000 http://www.ghumphir.com.np/?p=9866

    ललितपुर,१० चैत । फुल्चोकी एकीकृत विकास आयोजना गोदावरी तथा गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा गोदावरी क्षेत्रको महत्व र आवश्यकता विषयक विचार गोष्ठी सम्पन्न भएको छ । सो अवसरमा जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले गोदावरी क्षेत्रको वातावरणीय महत्वबारे प्रकाश पार्दै यस क्षेत्रमा साइकिलिङलगायत अन्य पर्यटकीय आकर्षणहरु थप्नु पर्ने धारणा व्यक्त गर्नुभयो । फुल्चोकी एकीकृत विकास आयोजनाका संयोजक बटुकृष्ण कार्की र युवा जागरण पर्यावरणीय मञ्चका अध्यक्ष डा अष्टमान किसी महर्जनले गोदावरी क्षेत्रलाई वातावरणीय पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो । गोदावरी नगरपालिकाका अधिकृत श्रीराम आचार्यले गोदावरीको जलाधार क्षेत्रको संरक्षण गरिनु पर्ने बताउनुभयो । मानव अधिकारकर्मी बद्री सिवाकोटी, नगरपालिका परामर्श समितिका दिपेन्द्र श्रेष्ठ, गोदावरी नगरपालिका कार्यकारी प्रमुख रोमबहादुर महत, ल.पु.जि.प्रमुख ऋषिराम शर्मालगायतका वक्ताहरुदारा गोदावरी क्षेत्रको पर्यावरण तथा पर्यटकीय महत्वबारे प्रकाश पार्नुभएको थियो ।

    ]]>
    9866 0 0 0
    उर्लाबारीमा बसपार्क बन्ने http://localhost/ghum/%e0%a4%89%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%b8%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a8/ Wed, 23 Mar 2016 03:11:25 +0000 http://www.ghumphir.com.np/?p=9869

    उर्लाबारी (मोरङ), ९ चैत । जिल्लाको दोस्रो ठूलो सहर उर्लाबारी नगरपालिकामा बसपार्क बन्ने निश्चित भएको छ । जग्गा नपाउँदा लामो समयदेखि बहसको रुपमात्र भए पनि अब भने बसपार्क बन्ने बाटो खुला भएको हो । केही स्थानीयवासीले एक बिगाहा १८ कट्ठा जमिन उपलब्ध गराउने भएपछि उर्लाबारी–३ मा बसपार्क बन्ने भएको कार्यकारी अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले बाँकी एक बिगाहा एक कट्ठा जग्गा केही समयभित्रै नपालाई प्राप्त हुने बताउनुभयो । व्यवस्थित बसपार्कको अभावमा पूर्व–पश्चिम राजमार्गमै बसपार्क बनाउनु पर्दा दुर्घटनाको जोखिम रहँदै आएको छ ।

    ]]>
    9869 0 0 0
    पनौती बजार http://localhost/ghum/%e0%a4%aa%e0%a4%a8%e0%a5%8c%e0%a4%a4%e0%a5%80-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0/ Wed, 23 Mar 2016 03:25:21 +0000 http://www.ghumphir.com.np/?p=9871 9871 0 0 0 लाङटाङ हिमाल http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%99%e0%a4%9f%e0%a4%be%e0%a4%99-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2/ Wed, 23 Mar 2016 03:27:47 +0000 http://www.ghumphir.com.np/?p=9874 9874 0 0 0 धुन्चेमा भीषण हावाहुरी, टेन्टमा बस्ने हजारौँ बासिन्दा प्रभावित http://localhost/ghum/%e0%a4%a7%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%9a%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%80%e0%a4%b7%e0%a4%a3-%e0%a4%b9%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%b0%e0%a5%80-%e0%a4%9f/ Wed, 23 Mar 2016 07:43:29 +0000 http://www.ghumphir.com.np/?p=9877

    धुन्चे (रसुवा), १० चैत । आज बिहान ६ बजेदेखि चलेको हावाहुरीले सदरमुकाम धुन्चेलगायत आसपासका क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङका अनुसार चर्को हावाहुरीले दर्जनौँ जस्ताका घरहरु उडाएको र बसोबासमा प्रभावित तुल्याएको छ । अहिले स्थानीयवासी सुृुरक्षित ठाउँको खोजी गर्र्दै बसिरहेका छन् । अहिले हिँड्डुल गर्ने अवस्था नभएको र हावाहुरीले जस्ताको टहरो र त्रिपाल, टेन्टमा बस्ने हजारौँ बासिन्दा प्रभावित भइसकेका र सबै नागरिकलाई सुरक्षित ठाउँमा बस्न आह्वान गरिएको जिल्ला प्रहरी प्रमुख अवधेश विष्टले बताउनुभयो ।

    उता मङ्गलबार अपराह्नदेखि हाकु गाविसको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आएको छैन । हावाहुरीले डढेलो बढ्दै जाँदा हजारौँ हेक्टर वनजङ्गल डढेलोको चपेटामा परेको बताइएको छ । क्षतिको विवरण यकिन भएको छैन ।
    ]]>
    9877 0 0 0
    दरवाङ–खाम्ला सडक आयोजना सुरु http://localhost/ghum/%e0%a4%a6%e0%a4%b0%e0%a4%b5%e0%a4%be%e0%a4%99-%e0%a4%96%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be/ Wed, 23 Mar 2016 07:49:04 +0000 http://www.ghumphir.com.np/?p=9883

    बाबियाचौर (म्याग्दी), १० चैत । पश्चिम म्याग्दीको दुर्गम चार गाविसलाई व्यापारिक केन्द्र दरवाङ बजारसँग जोड्ने दरवाङ–खाम्ला सडक आयोजना सुरु भएको छ । सडक डिभिजन कार्यालय बागलुङले दरवाङ–बिम–मराङ कल्लेनी हुँदै मुदीको खाम्ला जोड्ने सडकको स्तरवृद्धि गर्न आयोजना सुरु गरेको हो । आयोजनामार्फत जिविस र उपभोक्ताले खनेको दरवाङदेखि शिवरात्रि खोलासम्मको ६ किलोमिटर सडक स्तरवृद्धि गरिने भएको छ । म्याग्दीबाट निर्वाचित सांसद नवराज शर्माको सिफारिसमा आयोजना सञ्चालन भएको जनाइएको छ । निर्वाचित सांसदले आफ्नो निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँसम्मको एउटा आयोजना सञ्चालन गर्न सिफारिस गर्न पाउने व्यवस्थाअनुसार शर्माले दरवाङ–खाम्ला सडकलाई सिफारिस गर्नुभएको थियो । हिरा एन्ड नमिता जेभी नाना ब्रदर्सले उक्त सडक फराकिलो बनाउने, ग्याबिन र पक्की पर्खाल लगाउने लगायतका कामको ठेक्का पाएको छ । आयोजना प्रतिस्पर्धामार्फत तीन करोड ८९ लाख रुपैयाँमा सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीबीच सम्झौता भएको हो । सम्झौताअनुसार २०७३ साल मङ्सिर महिनासम्म सडकको काम सम्पन्न हुने हिरा एन्ड नमिता जेभी नाना ब्रदर्सका सञ्चालक रवीन्द्र कार्कीले बताउनुभयो । सडकलाई कम्तीमा सात मिटर चौडा बनाइने भएको छ । कार्यक्षेत्रमा अहिले दुईवटा मेसिन र ३० जना मजदुरले काम गरिरहेका कार्कीले बताउनुभयो । सात वर्ष लगाएर दरवाङदेखि बिमको शिवरात्रिखोला नजिकैको भीरसम्म गत आर्थिक वर्षसम्म ट्र्याक खोलिएको थियो । उक्त सडक बिम, मराङ, मल्कवाङ र मुदी गाविसका बासिन्दाले प्रयोग गर्छन् । दरवाङदेखि बिमको खारासम्मको सडक उपयोगमा आए पनि खारादेखि शिवरात्रिखोलाको भीरसम्मको सडक प्रयोगमा आउन सकेको छैन ।

    ]]>
    9883 0 0 0
    विदेशबाट के ल्याउँदा विमानस्थलमा भन्सार शुल्क लाग्छ ? के ल्याउँदा लाग्दैन http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a5%87-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae/ Wed, 23 Mar 2016 08:01:11 +0000 http://www.ghumphir.com.np/?p=9885 १० चैत, काठमाडौं ।

    भन्सार विभागले विदेशबाट फर्कदा ल्याइने सामानहरुको हकमा दिने छुटमा केही परिवर्तन गरेको छ। वैदेशिक रोजगारीको शिलशिलामा होस् या अन्य व्यक्तिगत कामको शिलशिलामा विदेश गएर  फर्कदा सामान ल्याउनेहरुको हकमा केही नियम संशोधन गर्दै भन्सार विभागले नयाँ नियम लगाएको हो । केही नियममा परिवर्तन गरिएको भन्दै भन्सार विभागले  अधिकांश भने पूरानै रहेको जनाएको छ । भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३ ले नेपालमा स्थायी बसोबास गर्ने नागरिकले विदेशबाट फर्कँदा व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानको भन्सार शुल्क पूर्ण रुपमा छुट दिने व्यवस्था गरेको छ।

    airpot logdgeजसमा लुगाफाटा, बिछ्यौनादेखि गृर्हस्थीका पूराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर लाग्दैन। त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल ल्याउन पाइन्छ। घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ, ट्याबलेट वा ल्यापटप वा कम्प्युटर पनि एक–एक थान ल्याउन पाइने विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

    भन्सार कार्यालयका अनुसार सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र १ लाख रुपैयाँ मूल्यसम्मको जडित साथमा ल्याएको गहना  र पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थानमा पूर्ण भन्सार छुट रहेको छ।

    यसको साथै विदेशमा ६ महिनाभन्दा बढी बसेर फर्किने यात्रुलाई पाँचसय ग्रामसम्म सुन तथा सुनका गहना र एक किलो ग्रामसम्म चाँदी तथा चाँदीका गहना प्रति ग्राम ४ सय २० रुपैयाँ महसुल तिर्ने गरी ल्याउन पाउने अवसर पनि रहेको छ।

    ६ महिना भन्दा कम समय बसेर फर्किने यात्रुलाई ४ सय ग्रामसम्मका सुनका गरगहना र ५ सय ग्रामसम्म चाँदीका गरगहना प्रतिग्राम ६ सय ३० रुपैयाँ महसुल तिर्ने गरी ल्याउन पाउने भन्सार कार्यालयले जनाएको छ। एनआरएनको हकमा भने ४ सय ग्राम मात्र सुनको गरगहना ल्याउन पाउने र  प्रति ग्राम ६ सय ३० रुपैयाँ कर तिर्न पर्ने व्यवस्था गरिएको छ।

    त्यस्तै चाँदीको हकमा भने ६ महिना भन्दा बढी समय विदेशमा बसेर आउनेको लागि १ हजार ग्रामसम्म र ६ महिना भन्दा कम अवधि बसेर नेपाल आउनेको लागि ५ सय ग्राममा क्रमशः  प्रति ग्राम ४ सय २० रुपैयाँ र ६ सय ३० रुपैयाँका दरले शुल्क लाग्ने भन्सार कार्यालयले जनाएको छ।

    त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान,घरायसी प्रयोगका सामान्य किसिममा उपकरण जस्तै मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल इस्त्री (आइरन), राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ।

    त्यस्तै डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सक्ने व्यवस्था कार्यालयले गरेको छ।

    यस बाहेक सात किलोग्रामसम्म खाद्य परिकार, १.१५ लिटरसम्म मदिरा ल्याउन पाउने छन्। नेपाल सरकारले दिएको सुविधाभन्दा बढी मदिरा ल्याएमा भने कब्जा हुने भन्सार कार्यालयले जनाएको छ। यस्ता मालसामान नेपाल आउनु अघि वा पछि नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिला हुनुपर्ने छ।

    कार्यालयका अनुसार यी सामानमा यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखेर भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति पनि दिन सक्ने छन्। साथै विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई ३ सय ५० अमेरिकी डलरसम्मको सामान पठाएमा प्रमाण हेरेर समदर भन्सार शुल्क मात्र लाग्ने कार्यालयले जनाएको छ।

    सौगातको रुपमा नेपाली नागरिकले विदेश जाँदा नेपालमा उत्पादित पचास हजार मूल्यसम्मका मालसामान ( नेपाल सरकारले प्रतिबन्ध लगाएका बाहेक) मा महसुल लाग्दैन। कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भएको हो भनी प्रमाणित भएमा पनि निज र निजको परिवारले निजी प्रयोग गरेको पुराना सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा पनि सम्पूर्ण महसुल छुट हुने भन्सार कार्यालयले जानकारी दिएको छ।

    उल्लेखित सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई–दुई थान सम्ममा महसुल पूर्ण छुट हुनेछ। नेपाल सरकारले दिएको सुविधाभन्दा बढी सामान ल्याउँदा भने तोके बमोजिमको महसुल तिर्नुपर्ने भन्सार ऐन नियममा व्यवस्था गरिएको छ।

    तर कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा त्यस्तो सामान जफत गरी प्रचलित कानुन बमोजिम कारबाही हुने कार्यालयले जानकारी दिएको छ। त्यस्तै मलेसिया तथा खाडी मुलुकको हकमा एक वर्ष भन्दा बढी काम गरी नेपाल फर्केका कामदारलाई भने ३२ इन्च भन्दा कम इन्चको एलइडीमा भन्सार महसुल नलाग्ने कार्यालयले जनाएको छ। यो नियम नेपाल सरकारबाट श्रम स्वीकृत लिएर गएका कामदारको हकमा मात्र लागू हुने छ। विदेश गएको समय र आउँदाको समय हेरेर अवधि मूल्याङ्कन गर्ने गरिन्छ। त्यस्तै ६ महिनासम्म विदेश बसी नेपाल फर्केकाहरुको लागि २२ देखि २९, ३० देखि ३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिका एलईडीमा क्रमशः  प्रति इन्च २ सय, ३ सय, ४ सय ५०, ५ सय ५०, ६ सय र १२ सय ५० रुपैयाँ कर लाग्ने छ। ६ महिनाभन्दा बढी  विदेश बसेर नेपाल फर्केकाहरुको लागि क्रमशः २२, २३ देखि २९, ३० देखि ३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिमा क्रमशः  प्रति इन्च १ सय ५०, २ सय ५०, ४ सय, ५ सय, ५ सय ५० र १२ सय  रुपैयाँ कर लाग्ने छ। त्यस्तै ल्यापटप, फ्रिज र अन्य सामानको भने मूल्याङ्कन हेरी महसुल लिइने कार्यालयले जानकारी दिएको छ। साथै नेपाली कामदारले मलेसिया तथा खाडी मुलुकबाट फर्कदाँ तीनवटा ब्ल्याङ्केट ल्याएमा दुईवटासम्मको सम्पूर्ण भन्सार महसुुल छुट दिइने र अर्को एउटामा भने १ सय ५० रुपैयाँ लिइने पनि भन्सार कार्यालयले जानकारी दिए।

    नेपाल सरकारले सुविधा दिएको भल्दा बढी सामान ल्याएमा सामानको मूल्याङ्कन हरी महसुल लिईने यादवले जानकारी दिए। यसरी आएको सामान सम्बन्धित संस्था वा व्यक्तिले ७ दिनसम्ममा लिएमा प्रतिदिन प्रतिकिलो ३० पैसाको दरले गोदामा शूल्क लाग्ने नेपाल पारवान तथा गोदाम व्यवस्थापन प्रमुख अच्युत अधिकारीले बताए।

    त्यस्तै ७ दिन देखि ३० दिनसम्म प्रतिदिन प्रतिकिलो ४० पैसा  र ३० दिन देखि ६० दिनसम्म प्रतिकिलो ८० पैसा गोदाम शूल्क लाग्ने उनले बताए। ६० दिन भित्रपनि सम्बन्धित व्यक्ति वा संस्था सामान लिन नआएको अवस्थामा गोदाम घरले विमानस्थल भन्सार कार्यालयललाई जिम्मा लगाउने अधिकारीले बताए। भन्सार कार्यालयल पनि सामान बुझेपछि एक साताको हक  म्याद राखी हकदाबी सूचना निकाल्ने र कसैले हक दाबी नगरेको अवस्थामा सामान जफत गरी बिक्री वितरण गर्ने छ। त्यस्तै लेवर चार्ज प्रतिकिलो २ रुपैयाँ ५० पैसा र ऐजेन्ट शुल्क १ रुपैयाँ देखि ५ सय रुपैयाँ सम्म महसुल तिर्नुपर्ने उनले जानकारी दिए। साथै यी बाहेक नेपाल सरकारले तोकेको सम्पूर्ण महसुल लाग्ने भन्सार कार्यालयले  जानकारी दिएको छ।

    ]]>
    9885 0 0 0
    जडीबुटीबाट क्यान्सरदेखि हेपटाइटिससम्म सफल उपचार http://localhost/ghum/%e0%a4%9c%e0%a4%a1%e0%a5%80%e0%a4%ac%e0%a5%81%e0%a4%9f%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf/ Wed, 23 Mar 2016 08:10:47 +0000 http://www.ghumphir.com.np/?p=9887

    एकराज पाठक काठमाडाँै, १० चैत । नेपाल सरकारको सहसचिव पदमा कार्यरत ५४ वर्षीय विश्वनाथ रेग्मी प्रोस्टेटग्लान्ड बढ्ने समस्याले पीडित हुनुभयो । दोस्रो चरणमा नै पुगिसकेको भन्दै उहाँलाई चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए तर शल्यक्रियाको विकल्प खोजिरहनुभएका उहाँ आयुर्वेदिक उपचार परामर्श केन्द्रमा पुग्नुभयो । उक्त केन्द्रका कृष्णप्रसाद पोखरेलको जडीबुटी औषधि खाएपछि आज उहाँलाई निकै राम्रो भएको छ । उहाँ भन्नुहुन्छ– ‘‘पिसाबमा सङ्क्रमण हुने, ज्वरो आउने र बोल्नै नसक्ने अवस्थामा पुगेको थिएँ उहाँको औषधिले मलार्ई निकै राम्रो भएको छ ।’’ नायब महालेखा परीक्षकका रुपमा कार्यरत रेग्मी भन्नुहुन्छ–‘‘उहाँले ४५ दिन औषधि खानुपर्छ भन्नुभएको छ, आज मैले २० औँ दिन औषधि खाइरहेको छु तर मलार्ई धेरै ठीक भएको छ, म पुरानै अवस्थामा पुगिसकेँजस्तो महसुस भएको छ ।’’ jadibutiभैरहवाकी ४३ वर्षीया मायाकुमारी पुनको पित्तथैली र कलेजोको बीचमा मासु पलाएको जानकारी नयाँबानेश्वरस्थित सिभिल अस्पतालले दियो । सो अस्पतालले त्यसलाई क्यान्सरको मध्य अवस्था भनेर समेत पहिचान ग¥यो । पित्तथैलीमा पानीको फोका देखिएको, कलेजो पनि खराब भई हेपटाइटिस् भइसकेकाले शल्यक्रिया गर्नु अत्यन्तै गम्भीर थियो । तत्कालै शल्यक्रिया गर्न आँट गरेन अस्पतालले । त्यसपछि उहाँ ललितपुरको महालक्ष्मी नगरपालिका–३ को लुभूमा रहेको आयुर्वेदिक उपचार परामर्श केन्द्रमा पुग्नुभयो । सोही केन्द्रको औषधि सेवनपछि हाल उहाँलाई निको भएको छ । पुन भन्नुहुन्छ, ‘‘जडीबुटी औषधि सेवन गरेपछि निको भएको छ । पछिल्लो ल्याब रिपोर्टले त्यो मासु हटिसकेको देखाएको छ । अस्पतालले पनि लगभग अब निको भयो भनेको छ ।’’ उहाँले उक्त औषधि दुई महिनादेखि सेवन भने गरिरहनुभएको छ । अरु केही समय औषधि सेवन गर्नुपर्ने पोखरेल बताउनुहुन्छ । गोङ्गबु बस्दै आएकी बुटवलकी अर्की ६९ वर्षीया लक्ष्मी छन्त्यालको पाठेघरमा क्यान्सर भएपछि भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी सुरु गरियो । लामो समयसम्म थेरापी गराउँदा पनि निको हुने लक्षण नदेखिएपछि उहाँ २०७१ भदौ ७ गते सो अस्पतालबाट ‘डिस्चार्ज’ भई सोही आयुर्वेदिक उपचार केन्द्रमा औषधि सुरु गर्नुभयो । हाल उहाँलाई धेरै ठीक भइसकेको छ । उहाँ भन्नुहुन्छ, ‘‘भक्तपुर अस्पतालमै पुनः परीक्षण गराएँ, धेरै निको भइसकेको पछिल्लो ल्याब रिपोर्टमा देखिएको छ । औषधि त सेवन गर्दैछु तर अब मलाई निको भएको महसुस भएको छ ।’’ आयुर्वेदिक उपचार परामर्श केन्द्रमा उपचार गराउन आउने यस्ता बिरामीको भीड नै लाग्ने गर्छ । विशेषतः कलेजोमा देखिएका गम्भीर प्रकृतिका समस्या, आधुनिक उपचार पद्धतिले निको नहुने खालका विभिन्न प्रकारका हेपटाइटिस, कतिपय क्यान्सर, पिसाब नली एवम् पित्तथैलीका साथै यौनाङ्गमा हुने जटिलता, प्रोटेस्टो मेघाली तथा एचआइभी एड्सको समेत यहाँ आयुर्वेदिक उपचार हुँदै आएको छ । निजामती सेवाबाट सेवानिवृत गोरखा खरिबोट–९ का ६५ वर्षीय कृष्णप्रसाद पोखरेलले बुबा र हजुरबुबाको वैद्य पेसाबाट यो उपचार पद्धति सिक्नुभएको हो । मेरो कुनै औपचारिक अध्ययन होइन तर मेरा बाजे, हजुरबुबा र बुबाले परापूर्वकालदेखि नै गर्दै आएको पेसा र उहाँहरुले नै मलार्ई सिकाएकाले मैले अहिले यस्ता धेरै रोगको उपचार गर्ने गरेको छु, उहाँ भन्नुहुन्छ । विसं २०५६ देखि उहाँ यसैमा व्यस्त हुनुहुन्छ । अस्पतालमा उचिार हुन नसकेका एचआइभी एड्सदेखि अरु कैयौँ रोगको सफल उपचार गरेपछि उहाँको बारेमा धेरै चिकित्सकबीच चर्चा चल्यो र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि अध्ययन ग¥यो । उहाँलाई परिषद्ले हाल प्रमुख अनुसन्धानकर्ताको रुपमा मनोनयन गरी अनुसन्धानको अनुमति दिएको छ । उहाँले जडीबुटीबाट उपचार गरी निको बनाएका प्रमाण विभिन्न अस्पतालका ल्याब रिपोर्टबाट प्राप्त भएपछि विशेषगरी कलेजो रोगका बारेमा उपचारका लागि अनुसन्धान गर्न गत फागुन ३ गते परिषद्ले उहाँलाई पत्र दिएको छ । उहाँलाई हेपटाइटिस बी, हेपटाइटिस सी र लिबर सिरोसिस्सम्बन्धी अनुसन्धानका लागि परिषद्ले अनुमति दिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मातहतमा ती रोगको औषधि उहाँले बिरामीलाई सेवन गराउने, त्यसको खर्च परिषद्ले ब्यहोर्ने र उहाँले दिने औषधिको परिणामको रिपोर्ट समयसमयमा लिने गरी परिषद्को नीति नियमबोजिम अनुसन्धान गर्ने गरी प्रमुख अनुसन्धानदाताको रुपमा उहाँलाई परिषद्ले अनुमति दिएको छ । उहाँले औषधिको मात्रा, त्यसको विश्वासनीयताको मापन र ती औषधिको निर्माणसम्बन्धी अध्ययन परिषद् मातहतमा रही अनुसन्धान गर्नु हुनेछ । उहाँको औषधिको स्रोत नेपालकै जडीबुटी हुन् । नेपालकै जडीबुटीबाट उहाँले गर्दै आएको उपचारको विश्वासनीयताको अध्ययनपछि नै उहाँलाई परिषद्ले यो अनुमति दिएको हो । उहाँले विसं २०५६ देखि आयुर्वेद उपचारको क्लिनिक खोलेर उपचार सुरु गर्नुभएको हो । ‘‘औषधि त म धेरै पहिलादेखि नै दिन्थेँ तर आयुर्वेद उपचारको क्लिनिक नै खोलेर सेवामा लागेको भने २०५६ सालदेखि नै हो’’ उहाँले भन्नुभयो । यतिखेर उहाँको लुभुस्थित उपचार केन्द्रमा नेपालबाहेक हङकङ, मलेसिया, सिङ्गापुर र थाइल्यान्डका बिरामी पनि उपचाररत छन् । करिब १२ देशका विदेशीलाई उपचार गरी निको पारेको उहाँ बताउनुहुन्छ । नेपालका भने यी रोगका लगभग ६० भन्दा बढी जिल्लाका बिरामी यहाँ आएको उहाँको भनाइ छ । ‘‘जडीबुटी उपचारमा हामीहरुलाई भन्दा विदेशीलाई बढी विश्वास र चाख छ’’ उहाँ भन्नुहुन्छ । स्वदेशी र विदेशी चिकित्सक एवम् यस्तो उपचारमा संलग्न विज्ञले औषधिको रहस्य एवम् जडीबुटीको बारेमा सोध्ने गरेको उहाँ बताउनुहुन्छ । वैकल्पिक चिकित्साको क्षेत्रमा काम गर्ने कैयौँ देशका विज्ञ एवम् विद्यार्थीले उहाँसँग बसेर अनुसन्धान गरेका छन् भने उहाँको उपचार विधिको अध्ययन गरेका छन् । पोखरेल भन्नुहुन्छ, मैले एचआइभी एड्स निको पारेका बिरामी नेपालका भन्दा विदेशी बढी छन् । धेरैजसो भारतीय छन् । तर उनीहरुले अहिले आफूलाई एड्स थियो भनेर भन्न चाहँदैनन् । अस्पतालपछि अन्तिम विकल्पका रुपमा आफूकहाँ आएका कैयौँ बिरामी औषधिपछि पुनः गरिएको मेडिकल ल्याबमा एचआइभी नेगेटिभ देखिएकाको सूची छ उहाँसँग । उहाँले जडीबुटी प्रशोधन उद्योग पनि सञ्चालन गर्दै आउनुभएको छ । उहाँको चितवनको रत्ननगरमा कान्तिपुर जडीबुटी प्रशोधन उद्योग छ । कतिपय औषधिको स्रोत आफ्नै उद्योगमा आउने जडीबुटी भए पनि अधिकांश जडीबुटी लिन भने आफैँ नै टाढाटाढा जानुपर्ने उहाँ बताउनुहुन्छ । लाखौँ रुपैयाँ अस्पतालमा खर्च गर्दा पनि निको नभएपछि अन्तिम विकल्पको रुपमा आफूकहाँ आउने र सानोतिनो जडीबुटीले नै निको भएको पाउँदा आफूलाई जीवनमा सबैभन्दा ठूलो आनन्द प्राप्त हुने उहाँ बताउनुहुन्छ । जडीबुटी उपचारका नाममा अहिले धेरै विकृति छन् । विज्ञापन दिएर हल्काफुल्का उपचारका लागि पैसा असुल्ने गरेका देखेकाले आफूले कहिल्यै यस्तो विज्ञापन नगर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘‘उपचारमा आएका बिरामीकै एक अर्काको सम्पर्कबाट मसँग बिरामी आउने गरेका छन् ।’’ हामीले हाम्रा अमूल्य जडीबुटी चिनेर पनि सदुपयोग गर्न नसक्दा हामी रोगी भएका मात्र छैनौँ कि हाम्रो यो अमूल्य सम्पदा गुन्दु्रकको भाउमा जडीबुटी उपचारका नाममा अहिले धेरै विकृति छन् । विज्ञापन दिएर हल्काफुल्का उपचारका लागि पैसा असुल्ने गरेका देखेकाले आफूले कहिल्यै यस्तो विज्ञापन नगर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘‘उपचारमा आएका बिरामीकै एक अर्काको सम्पर्कबाट मसँग बिरामी आउने गरेका छन् ।’’ हामीले हाम्रा अमूल्य जडीबुटी चिनेर पनि सदुपयोग गर्न नसक्दा हामी रोगी भएका मात्र छैनौँ कि हाम्रो यो अमूल्य सम्पदा गुन्दु्रकको भाउमा बाहिरिएको छ । तर हामी तिनै जडीबुटीबाट बनेका औषधि महँगोमा सेवन गर्न बाध्य भएका छौँ, उहाँ भन्नुहुन्छ । यी सम्पदाको सदुपयोगका लागि सरकारसँग विशेष योजना चाहिने उहाँको धारणा छ । नेपालका जडीबुटीले निको नहुने कुनै रोग छैन तर त्यतातिर हामीले हाम्रो अनुसन्धानलाई केन्द्रित गर्न नसक्नु दुःखद् रहेको उहाँको भनाइ छ ।

    ]]>
    9887 0 0 0
    चिया बगान http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%ac%e0%a4%97%e0%a4%be%e0%a4%a8/ Wed, 23 Mar 2016 08:20:26 +0000 http://www.ghumphir.com.np/?p=9889 9889 0 0 0 नेपाल र चीनको १५ बुँदे संयुक्त विज्ञप्ति जारी ,के के समझौता गरे त ? http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b0-%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%ab-%e0%a4%ac%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%87-%e0%a4%b8%e0%a4%82%e0%a4%af/ Wed, 23 Mar 2016 08:22:28 +0000 http://www.ghumphir.com.np/?p=9892 हेर्नुस् बुधबार जारी संयुक्त विज्ञप्तिको एक अंश Joint-Statement-between-Nepal-and-China
    ]]>
    9892 0 0 0
    नेपालमा इन्धन व्यापार गर्न चीन सहमत http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%b0/ Wed, 23 Mar 2016 08:31:03 +0000 http://www.ghumphir.com.np/?p=9895 उर्जामा सहकार्यका लागि दीर्घकालीन संयन्त्र उर्जामा सहकार्यका लागि दीर्घकालीन संयन्त्र बनाउन नेपाल र चीन सहमत भएका छन् । अरुण किमाथांक हाइड्रो, रसुवागढी-केरुङ चार सय केभी क्षमताको अन्तरदेशीय प्रशारण लाइन र काठमाडौं-खाँदवारी-धनकुटा रोड दुई लेनको बनाउन सम्भाव्यता अध्ययन तथा डीपीआरका लागि चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने छ । काठमाडौं उपत्यकामा चक्रपथ विस्तारको पहिलो चरणको कामलाई तीव्रता दिन, दोस्रो चरणको सम्भावता अध्ययन गर्न र अरनिको राजमार्ग मर्मत गर्न चीन तयार भएको छ । यस्तै नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न चीनले प्रोत्साहन गर्ने दुई देशको १५ बुँदे संयुक्त विज्ञप्तिमा उल्लेख छ । क्रस बोर्डर इकोनोमिक जोन बनाउने, अरु भन्सार नाकाहरु खोल्दै जाने र हालै भएको पारवहन सम्झौता कार्यान्वयन तथा सीमा व्यवस्थापनका लागि गर्ने छलफल अघि बढाउने दुई देशको सहमति छ । चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रको २५ परियोजनाका लागि सहयोग गर्ने र ३ बिलियन आरएमबी २०१६-०१८ मा खर्च गर्ने गरी दिने नेपाल र चीनको संयुक्त वक्तव्यमा उल्लेख छ ।]]> 9895 0 0 0 नेता त्रिपाठीको शव भेटियो http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%be%e0%a4%a0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%b5-%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a4%bf%e0%a4%af/ Wed, 23 Mar 2016 08:39:47 +0000 http://www.ghumphir.com.np/?p=9898

    चितवन, १० चैत । नेपाली काँग्रेस दारेचोक गाविसका पूर्व सभापति मित्रलाल त्रिपाठीको शव भेटिएको छ । दारेचोक गाविस–४ बस्ने वर्ष ५६ का त्रिपाठी चैत ७ गते त्रिशूली नदीमा नुहाउन जाँदा बेपत्ता हुनुभएको थियो । बेपत्ता त्रिपाठीको शव आज बिहान चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित त्रिशूली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पार्टीको गाउँ कमिटीमा चार कार्यकाल सभापति भइसक्नु भएका त्रिपाठी, नेपाल रेड्क्रस सोसाइटी चितवन शाखा सदस्य, सामुदायिक सेवा केन्द्र दारेचोकका अध्यक्ष, स्थानीय शान्ति समिति दारेचोकका संयोजकलगायत विभिन्न सङ्घ संस्थामा आवद्ध हुनुहुन्थ्यो । काँग्रेस पार्टी चितवनले त्रिपाठीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति जितनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा निर्वतमान सभापति त्रिपाठीको निधनले काँग्रेस चितवनले एक कर्मठ र जुझारु नेतृत्व गुमाएको उल्लेख गरिएको छ । यसैबीच आज बिहान भरतपुर उपमहानगरपालिका–१ मा एक वृद्धाको बेवारिसे शव फेला परेको छ । अन्दाजी ७०÷८० वर्षको देखिने शव नारायणी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    ]]>
    9898 0 0 0
    विश्वका उत्कृष्ट २५ गन्तव्य को को परे त ? काठमाडौं २३ औ नम्बरमा http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f-%e0%a5%a8%e0%a5%ab-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4-2/ Wed, 23 Mar 2016 08:55:33 +0000 http://www.ghumphir.com.np/?p=9901 सुशील भट्टराई
    १० चैत, काठमाडौं ।
    विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीबाट 'पीडित' मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ । संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको 'ट्रिप एडभाइजर' ले यो वर्ष (सन् २०१६) का लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ।
    यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो । पहिलो स्थानमा भने बेलायतको लन्डन सहर परेको छ । दोस्रोमा टर्कीको इस्तानबुल सहर छ । [caption id="attachment_9030" align="alignnone" width="5162"]London - Big ben and houses of parliament, UK London [/caption] काठमाडौंले अस्ट्रेलियाको सिड्नी र हंगेरीको बुडापेस्टलाई उत्कृष्ट गन्तव्यको सूचीमा पछाडि पारेको छ । ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटपछि संसारका उत्कृष्ट २५ गन्तव्य सूची सार्वजनिक गरेको हो । यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर उसले सूची सार्वजनिक गरेको हो । 'ट्रिप एडभाइजरको उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं पर्नु हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो,' मुलुकका प्रमुख टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष रामकाजी कोनेले  भने, 'यसबाट आगामी वर्ष मुलुकको पर्यटक आगमनमा आशालाग्दो प्रभाव देखिने निश्चित छ । हामीले आशा गर्नुपर्ने ठाउँ धेरै छन् । यसबाट हामी उत्साहित छौं ।' ट्रिप एडभाइजरको सूचीमा पर्नु भनेको भूकम्प र नाकाबन्दीपछि पनि संसारभरका पर्यटकका लागि नेपाल सुरक्षित र घुम्नैपर्ने गन्तव्य रहेको पुष्टि भएको उनले बताए । ट्रिप एडभाइजरको उत्कृष्ट सूचीलाई सम्बद्ध सबैले 'क्यास' गर्नुपर्ने उनले बताए । मुलुकको अन्तर्राष्ट्रिय प्रचार–प्रसार र प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले यसमा बढी काम गर्नुपर्ने उनको भनाइ छ । 'संसारका ठूला टुर तथा ट्राभल अपरेटरहरूले ट्रिप एडभाइजरको यो सूचीलाई आफ्ना 'ब्रोसर' (जानकारी पुस्तिका) मा राख्ने भएकाले यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्छ,' गण्डकी ट्राभल्सका अध्यक्षसमेत रहेका कोनेले भने, 'त्यहीअनुसार सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले हातेमालो गर्दै गए हाम्रो पर्यटन उद्योगले छलाङ मार्नेमा कुनै शंका छैन ।' [caption id="attachment_9902" align="alignnone" width="1995"]Kathmandu Valley Kathmandu Valley[/caption] ट्रिप एडभाइजरको उत्कृष्ट सूची, बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण, पोखरामा हालै सम्पन्न सार्क विदेश मन्त्रीस्तरीय बैठक र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्झौताले समग्र पर्यटन उद्योगमा सकारात्मक सन्देश गएको उनले बताए । संसारभरका पर्यटकले एक पटक वा धेरै पटक घुमेर काठमाडौंसहित उत्कृष्ट २५ गन्तव्य छनोट गरेका हुन् । ट्रिप एडभाइजर वेबसाइटको सुझाव पछ्याउँदै संसारका लाखौं पर्यटकले आफ्ना भ्रमण गन्तव्य तय गर्ने गरेको कोनेको भनाइ छ । maghi tharu culture (7) 'काठमाडौं उत्कृष्टको सूचीमा पर्नुको प्रमुख कारण प्राकृतिकसँगै ऐतिहासिक, धार्मिक र सांस्कृतिक देन हो,' उनले भने, 'त्यसमाथि संसारका अन्य गन्तव्यको दाँजोमा काठमाडौं बस्न र खान सस्तो पनि छ । तर, सस्तोको अर्थ गुणस्तरीय छैन भन्ने होइन, गुणस्तरीय सेवामा पनि हामी कम छैनौं ।' नेपाल वायुसेवा निगमलाई पर्याप्त जहाज खरिद गरी अगाडि बढ्न सके पर्यटन उद्योगले ठूलो राहत पाउने उनले बताए । पर्यटन व्यवसायीहरूका अनुसार समूहमा भन्दा एक्लै घुम्न रुचाउने लाखौं पर्यटकले ट्रिप एडभाइजरलाई पछ्याउने गर्छन् । यो वेबसाइट यस्तो हो, जसले विश्व पर्यटन बजारलाई ठूलो प्रभाव पार्न सक्छ । 'उत्कृष्टको सूचीमा परेको नेपालको राजधानी काठमाडौं ऐतिहासिक सम्पदा, प्राचिन मठमन्दिर तथा चित्त हर्ने गाउँहरूले घेरिएको उपत्यका हो,' ट्रिप एडभाइजरले काठमाडौंबारे आफ्नो उत्कृष्ट सूचीमा लेखेको छ, 'स्थानीयसँगको घुलमिल, विश्व सम्पदा सूचीमा रहेको दरबार स्क्वायर तथा पर्यटक र पदयात्रीले छुटाउनै नहुने ठमेल काठमाडौंका थप विशेषता हुन् ।' [caption id="attachment_1681" align="alignleft" width="480"]Kathmandu Kathmandu[/caption] सन् २०१६ मा संसारका विभिन्न गन्तव्य घुम्ने योजना बनाइरहेका पर्यटकलाई यो सूचीले महत्वपूर्ण सहयोग पुर्‍याउने ट्रिप एडभाइजरले जनाएको छ । ट्रिप एडभाइजरको यो सूचीको तेस्रो स्थानमा मोरक्कोको माराकेच, चौथो स्थानमा फ्रान्सको पेरिस, पाँचौमा कम्बोडियाको साएम रिप, छैठौंमा चेक गणतन्त्रको प्राग, सातौंमा इटालीको रोम, आठौं भियतनामको हनोई, नवौं अमेरिकाको न्युयोर्क, दसौं इन्डोनेसियाको उबुड, एघारौं स्पेनको बार्सिलोना र बाह्रौं स्थानमा पोर्चुगलको लिस्बन सहर परेका छन् । त्यसैगरी सूचीको तेह्रौं स्थानमा संयुक्त अरब इमिरेट्सको दुबई, चौधौं रुसको सेन्ट पिटर्सबर्ग, पन्ध्रौं थाइल्यान्डको बैंकक, सोह्रौं नेदरल्यान्डको आम्सटर्डम, सत्रौं अर्जेन्टिनाको ब्युनस आयर्स, अठारौं चीनको हङकङ, उन्नाइसौं मेक्सिकोको प्लेया डेल कार्मेन, बीसौं दक्षिण अफ्रिकाको केप टाउन सेन्ट्रल, एक्काइसौं जापानको टोकियो, बाइसौं पेरुको कुस्को, चौबीसौंमा अस्ट्रेलियाको सिड्नी र पच्चीसौं स्थानमा हंगेरीको बुडापेस्ट परेको छ । ट्रिप एडभाइजरले संसारकै सबैभन्दा ठूलो ट्राभल समुदाय बनाउन सफल भएको छ । हाल यसका ६ करोड सदस्य छन् । यसको वेबसाइट प्रतिमहिना २८ करोडजनाले हेर्ने गर्छन् । हालसम्म यसमा संसारका ३१ लाख (होटल, रेस्टुरेन्ट, विविधि आकर्षक गन्तव्य) का बारेमा १७ करोडवटा समीक्षा र विचार प्रकाशित भइसकेका छन् । hongkong3 सन् २००० मा अमेरिकामा स्थापना भएको ट्रिप एडभाइजर पब्लिक कम्पनी हो । यसले अमेरिका, एसिया, अफ्रिका, मध्यपूर्व, युरोप, एसिया प्रशान्त क्षेत्रलाई समेटेको छ । २ हजार ७ सय ९३ जनालाई रोजगारी दिएको यसले २०१४ मा १ अर्ब २४ करोड ६० लाख अमेरिकी डलर (१ खर्ब ३२ अर्ब ७ करोड ६० लाख रुपैयाँ) आम्दानी गरेको थियो ।
    ]]>
    9901 0 0 0
    हावाहुरीले टेण्ट र टहरा उडाएपछी भुकम्प पिडीतको विचल्ली (फोटो फिचर) http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%9f%e0%a5%87%e0%a4%a3%e0%a5%8d%e0%a4%9f-%e0%a4%b0-%e0%a4%9f%e0%a4%b9%e0%a4%b0%e0%a4%be-%e0%a4%89/ Wed, 23 Mar 2016 16:26:07 +0000 http://www.ghumphir.com.np/?p=9905 रसुवा,१० चैत दुखीको घरमा मात्र बास हुने भए अझ मलाई दुख दे, भन्ने उखान चरितार्थ भएको छ रसुवाका भुकम्प पिडीतहरुलाई । गत बैशाखमा गएको महाभुकम्पमा घर क्षती भएर टहरमा आफ्नो दैनिकी विताईरहेको रसुवाबासीलाई बुधबार बिहानदेखि चलेको तीब्र गतिको हावाहुरीले टहरामा समेत उडाएपछी रात कहाँ विताउने चिन्ता भएको छ । हावाहुरीले टेण्ट तथा टहरा भत्काएपछि भुकम्प पीडितहरु समस्यामा परेका छन् । हावाहुरीले सयौ अस्थायी घरटहराका जस्तापाता र त्रिपालहरु उडाएको छ । हावाहुरीका कारण सदरमुकाम धुन्चे लगायतका स्याफ्रु गोल्जुङ, गत्लाङ, चिलिमे बृद्धिम, हाकु, टिमुरे, थुमन राम्चे लगायतका गाविसहरु बढि प्रभावित भएको छ । धुन्चेमा रहेको जिविस, खानेपानी, जिल्ला वन कार्यालय स्वास्थ्य, कृषि विकास कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपालि सेना, मत्स्य अनुसन्धान केन्द्र, सरकारि वकिल कार्यालय, जिल्ला प्राविधिक कार्यालय लगायत विभिन्न सरकारि कार्यालयहरु क्षति पु¥याको छ ।

    विभिन्न गाविसमा रहेका ७ वटा विद्यालयको अस्थायी शिकाई केन्द्रको छाना पनि हावाहुरीले उडाएको छ । विहान दैखिनै विधुत सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण कुनै पनि मानविय क्षति नभएको प्रहरि नायब उपरिक्षक अवदेश विष्टले बताए । बिहानदेखि चलेको तीब्र गतिको हावाहुरीका कारण मानिस घरबाहिर निस्कन सकेका थिएनन् । अस्थायी टहरमा बस्नेहरुले खाना खान समेत नपाएको हाकु ३ बाट विस्तापित भई धुन्चे ५ मा बस्ने च्पुसी तामाङले बताए ।

    हावाहुरीले सबै टहराहरु उडायो खाना पकाएर खाने र बस्ने ठाउँ छैन् उनले भने । हावाहुरी पारेको क्षतिको विषयमा छलफल गर्न जिल्ला दैवी प्रकोप उद्दार समितिको आपतकालिन बैठक बसेर बिभिन्न निर्णयहरु समेत गरेको छ । आज बसेको वैठकले धुन्चेमा बसोबास गर्ने विस्तापित भुकम्प पिडितहरु परिवारहरुको लागि तत्काल जिविसमा रहेको मौजदात त्रिपाल वितरण्त गर्ने नपुग थप ५०० थान त्रिपाल र १००० बण्डल जस्तापाता केन्द्रिय दैवि प्रकोप उद्धार समिति समक्ष माग गर्ने निर्याय गरेको छ ।

    क्षति भएका व्यक्तिका संरचनाहरुको तत्काल निर्माण तथा व्यवस्थापनको लागि निरिक्षण र अनुगमन गर्ने आवस्यकता अनुसार नेपालि सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलि परिचालन गर्ने पनि निर्णय भएको छ । क्षति भएको सरकारि संरचना विधुत, स्वास्थ्य र शिक्षा लगायतका सेवाहरु तत्काल सुचारु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी एंव समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । बुधबार बिहान ७ बजेदेखि चलेको तीब्र गतिको हावाहुरीका कारण रसुवाको उत्तर क्षेत्र बढी प्रभावित भएको छ ।

    rashu hawahuri rashu hawahuri rashu hawahuri rashu hawahuri rashu hawahuri rashu hawahuri rashu hawahuri

    ]]>
    9905 0 0 0
    किन लम्याए बेलायती राजकुमारले ६ दिन नेपाल बसाई ? http://localhost/ghum/%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%8f-%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%95%e0%a5%81/ Wed, 23 Mar 2016 17:25:17 +0000 http://www.ghumphir.com.np/?p=9916
    काठमाडौँ,१० चैत। नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका बेलायती राजकुमार ह्यारीले आफ्नो भ्रमणको अन्तिम दिनको सम्बोधनमा सबैलाई सरप्राइज दिए। 'मैले भेटेका मान्छेहरु र यो देशको सौन्दर्यले मलाई छाडेर जान गाह्रो बनाएको छ', नेपाल र नेपालीका लागि प्रशंसाका शब्द खर्चँदै सम्बोधन गरेका ह्यारीले अन्तिममा भने, 'यद्यपि म अहिले नै फर्कँदै छैन।' उनले बाँकी छ दिन टिम रुबिकन युकेका स्वयंसेवकहरुसँग रही भूकम्पले भत्किएको एउटा स्कूल पुननिर्माणमा बिताउने बताए। टिम रुबिकन सेनाका भेट्रानहरुको दक्षता र अनुभवलाई उपयोग गरी विश्वभर  आपतकालीन सहयोगका लागि पुग्ने समूह हो। मध्य नेपालको एउटा दुर्गम गाउँमा ह्यारीले स्वयंसेवकहरुसँग रही स्कूल पुननिर्माणमा सहयोग गर्ने भनिए पनि कुन ठाउँ हो खुलाइएको छैन।
     prince harry
    ]]>
    9916 0 0 0
    सरकारी तथा गैरसरकारी वेबसाइट हृयाक गर्ने १८ वर्षे युवक पक्राउ http://localhost/ghum/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%97%e0%a5%88%e0%a4%b0%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a5%87%e0%a4%ac/ Wed, 23 Mar 2016 17:40:27 +0000 http://www.ghumphir.com.np/?p=9920 Nepali-Hakerनेपाल प्रहरीको अपराध महाशाखाको टोलीले तनहुँ बन्दीपुर घर भई बालाजु हाईट बस्ने विकास पौडेललाई पक्राउ गरेको हो । १८ वर्षका उनी विद्यार्थी हुन् । उनले राष्ट्रिय क्षयरोग केन्द्रको वेबसाइट हृयाक गरेका थिए । पौडेलले अनोनेमस ओपनेप Anonymous #Opnep नामबाट विभिन्न सरकारी कार्यालय तथता संस्थाहरुको वेबसाइट हृयाक गरेको खुल्न आएको प्रहरीले जनाएको छ । यही पेजको युजरले फेसबुकमा नेपाल टेलिकमको वेबसाइट हृयाक गरेर सबै डाटा लिएको दाबी केही दिनअघि गरिएको थियो । तर, महाशाखा प्रमुख सर्वेन्द्र खनालले भने नेपाल टेलिकमको वेबसाइट हृयाक नभएको पाइएको जनाएको छ । उनका अनुसार केही प्रयोगकर्ताको विवरण भने लिएको पाइएको छ ।  ]]> 9920 0 0 0 सगरमाथा आरोहणको बाटोमा बाटोमा भ्वाङैभ्वाङ ! http://localhost/ghum/%e0%a4%b8%e0%a4%97%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%be-%e0%a4%86%e0%a4%b0%e0%a5%8b%e0%a4%b9%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ Thu, 24 Mar 2016 01:29:15 +0000 http://www.ghumphir.com.np/?p=9923 ११चैत, काठमाडौं । सगरमाथा आरोहणको लागि प्रयोग हुने बाटोमा गत वैशाखको भूकम्पले ठूला खाल्डा र चिरा पारेको देखिएको छ ।आरोहीका लागि बाटो बनाउन आधारशिविरबाट माथि उक्लिदै क्याम्प एकनजिक पुगेका ‘आइसफल डाक्टर’ ले बाटोमा यसपटक सबैभन्दा धेरै हिउँ चिरिएको र खाल्डा परेको देखेका आजको अन्नपूर्णमा पिताम्बर सिग्देलले समाचार लेखेका छन् ।

    दुई वर्षदखि आरोहण हुन नसकेको सगरमाथामा आर्को महिना सुरु हुने आरोहणका लागि बाटो बनाइरहेका आइसफल डाक्टरहरु क्याम्प नजिक पुगेका हुन् । अभिल्ला वर्षका तुलनामा यसपटक बाटो बनाउन भर्‍याङसमेत धेरै प्रयोग भएका छन् ।

    सगरमाथा प्रदूषण नियन्त्रण समितिको संयोजनमा बाटो बनाइरहेका आइसफल डाक्टरहरुले क्याम्प एकभन्दा तलै ४० भर्‍याङ प्रयोग भइसकेको जानकारी दिए । यति धेरै भर्‍याङ हालिएको यो पहिलो पटक हो ।

    ]]>
    9923 0 0 0
    रकम खर्च गर्न नसकेको कारण करोडौं रुपैयाँ जरिबाना http://localhost/ghum/%e0%a4%b0%e0%a4%95%e0%a4%ae-%e0%a4%96%e0%a4%b0%e0%a5%8d%e0%a4%9a-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8%e0%a4%b8%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3/ Thu, 24 Mar 2016 01:35:29 +0000 http://www.ghumphir.com.np/?p=9927 ११ चैत, काठमाडौं । नेपालले विदेशी दातासँग ऋण सम्झौता गरेको रकम खर्च गर्न नसकेको कारण बर्सेनि करोडौं रुपैयाँ तिर्नुपरिरहेको छ ।

    यसरी वर्षेनि पाँच करोड रुपैयाँभन्दा बढी रकम ऋण सम्झौता गर्ने दातालाई तिर्ने गरिएको आजको अन्नपूर्णमा सुजित महत समाचार लेख्छन् ।

    सम्झौता गरेपछि खर्च नभए पनि ऋण दिन्छु भन्ने दातालाई प्रतिवद्धचा शुल्क तिर्नुपर्ने अन्तराष्ट्रिय प्रचलन छ । प्रतिबद्धता शुल्क सम्झौतामै उल्लेख गरिएको हुन्छ ।

    सामान्यतया ऋण रकमको दशमलव २५ देखि दशमलब ५ प्रतिशत सम्म शुल्क निर्धारण गरिएको हुन्छ । प्रतिवद्धता जनाएपछि दाताले उक्त रकम अन्यत्र परिचालन गर्न नपाउने र लिन्छु भन्ने राष्ट्रले खर्च नगर्दा यसै रहने भएकाले जरिवानास्वरुप यस्तो शुल्क लिने गरिएको हो ।

    ]]>
    9927 0 0 0
    चीनसँग इन्धनमा उधारो सहमति http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8b-%e0%a4%b8%e0%a4%b9%e0%a4%ae/ Thu, 24 Mar 2016 01:37:05 +0000 http://www.ghumphir.com.np/?p=9929 ११ चैत, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा दुई देश बिच १५ बुँदे संयुक्त विज्ञप्ती जारी भएको छ ।

    राजनीतिकक आर्थिक तथा पारस्परिक सहयोका विषयमा बिभिन्न सम्झौतासहित समुक्त विज्ञप्ती जारी भएको हो । आजको कारोबार दैनिकमा समाचार छ ।

    गत महिना भारत भ्रमणको क्रममा भने संयुक्त विज्ञप्ती जारी भएको थिएन । विज्ञप्तीमा पेट्रोलियम पदार्थको व्यासायिक कारोबार सम्बन्धी सम्झौता चाँडै गर्ने उल्लेख छ । तर, कहिले सम्म गर्ने भन्ने बारे समयसीमा तोकिएकेा छैन ।

    भारतीय सीमानाकामा ५ महिना लामो अवराध भएपछि चीनँंग इन्धन खरिद सम्झौता गर्न सरकारमाथि व्यापक घरेलु दवाब परेको थियो ।  यसअघिका सम्झौंतामा यो विषय समावेश नभएको प्रति मुलुकभित्र तिब्र आलोचनासमेत भएको थियो ।

    कतिपले भारतको दवाबमा इन्धन सम्झौता हुन नसकेको बताएका छन् । जसकारण चीनसँग उधारोमा इन्धन सहमति भएको बताइएको छ ।

    ]]>
    9929 0 0 0
    अनुशासन मिच्नेलाई कारबाही गर्न ट्राफिक टोली खटाउने, शरीरमै एक्सन क्यामेरा http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b6%e0%a4%be%e0%a4%b8%e0%a4%a8-%e0%a4%ae%e0%a4%bf%e0%a4%9a%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b9/ Thu, 24 Mar 2016 01:40:41 +0000 http://www.ghumphir.com.np/?p=9931 ११ चैत, काठमाडौं । सडकमा लेन अनुशासन मिच्ने चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीले विशेष टोली खटाउने भएको छ ।

    शरीरमा एक्सन क्यामरा जडान गरी मोटरसाइकलमा त्यस्तो विशेष टोली खटिने आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    अर्काको लेन प्रयोग गर्ने प्रवृत्ति रोक्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान सुरु गर्न लागेको हो । त्यसका लागि महानगरीय प्रहरी कार्यालयबाट थप ५० जना जनशक्ति लिएको छ भने पाँचवटा एक्सन क्यामेरासमेत खरिद गरेको छ ।

    एक्सन क्यामेरा ट्राफिक प्रहरीको शरीरमा हुनेछ, जसले लेन अनुशासनलगायत अन्य ट्राफिक नियम मिचेको भिडियो तथा फोटो खिच्दछ ।  लेन अनुसासन कारबाहीमा प्रायः चालक र ट्राफिक प्रहरीबीच विवाद हुने भएकाले भिडियो नै खिचेर कारबाही गर्न लागिएको हो ।

    ]]>
    9931 0 0 0
    एकाएक करोडपति ! http://localhost/ghum/%e0%a4%8f%e0%a4%95%e0%a4%be%e0%a4%8f%e0%a4%95-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%aa%e0%a4%a4%e0%a4%bf/ Thu, 24 Mar 2016 01:46:47 +0000 http://www.ghumphir.com.np/?p=9933 ११ चैत, काठमाडौं । घरखर्चमा परिवारलाई ऋण लागेपछि ‘धन कमाउन’ पर्देसिएका दोलखाका कुलप्रसाद शिवाकोटीले गाउँ आएर भूकम्पपीडितलाई २१ लाख रुपैयाँ सहयोग गरे ।

    rupeesउनी अर्च अभावमा एसएलसीभन्दा माथि पढ्न नसम्ने भएपछि १० वर्षअघि घरबाट रोजगारीको खोजी गर्दै बाहिरिएका थिए ।  अाजको कारोबारमा समाचार छ ।

    २८ वर्षीय शिवाकोटीले भूकम्पले क्षति पुर्‍याएको वर्ष बित्न लाग्दा पनि सरकारले घर बनाउन सहयोग गर्न नसकिरहेको अवस्थामा आफ्ना गाउँलेलाई आर्थिक सहयोग गरेका हुन् ।

    रोजीरोटीको खोजीका क्रममा भारतको सिक्किम पुगेका बेला उनको मेहेनत देखेर स्विस नागरिक बर्न, विश्वविद्यालयका प्रा डा  जर्ज भान ड्रिम प्रभावित भएका रहेछन् । ड्रिमले रेस्टुराँ सञ्चालन गर्न लागेको भन्दै आफूलाई पोखरा ल्याएको उनले सुनाए ।

    उनले सिक्किममा इँट्टा बोक्नुका साथै गाडीमा सहचालकको कामसमेत गरेका थिए । १ वर्षको बसाइमा ऋण तिरे पनि घरमा जस्ताको छानो हाल्ने रहरले थप पैसा कमाउन दसैमा नेपाल समेत नआएको उनले बताए । त्यही क्रममा ड्रिमसँग भेट भयो’ उनले भने ।

    ड्रिमको रेष्टुराँमा किचेन हेल्परको रुपमा काम थालेका उनी म्यानेजर पदमै पुगे । उनी अहिले त त्यही रेस्टुराँकै सञ्चालक बनेका छन् । ड्रिम जुन देश जान्छन् उनी सहयोगीका रुपमा साथै हुन्छन् ।

    ]]>
    9933 0 0 0
    वैशाखपछि तपाईको मोबाइल ब्लक हुन सक्छ http://localhost/ghum/%e0%a4%b5%e0%a5%88%e0%a4%b6%e0%a4%be%e0%a4%96%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%a4%e0%a4%aa%e0%a4%be%e0%a4%88%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%87%e0%a4%b2-%e0%a4%ac/ Thu, 24 Mar 2016 01:48:41 +0000 http://www.ghumphir.com.np/?p=9935 ११ चैत, काठमाडौं ।
    तपाईले विदेशबाट ल्याउनु भएको वा अबैध रुपमा आयात भएको मोबाइल सेट बोक्नु भएको त छैन? यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईको मोबाइल फोन ब्लक नै हुनसक्छ। तपाईले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक (आइएमइआई नम्बर) नहुन पनि सक्छ। आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
    प्राधिकरणले तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’को आन्तरिक कार्यबिधिमा आधिकारिक आइएमइआई नम्बर नभएका मोबाइललाई ब्लक गरिने उल्लेख छ। थ्तर हाल नेपालभर प्रयोगमा रहेका सेटले भने ६ महिनाको म्याद पाउनेछन्। अर्थात, हालसम्म नेपाल भित्रिएका सेटमा आधिकारिक आइएमइआई नम्बर लिन सक्नेछन्।
    सेवाप्रदायकले जानकारी दिएको ६ महिनाभित्र पनि आइएमइआई नलिने प्रयोगकर्ताको मोबाइल भने स्वतः ब्लक हुनेछ। कर्यविधिमा आगामी १ वैशाखपछि नेपाल भित्रिने मोबाइलमा अनिवार्य रुपमा आइएमइआई नम्बर हुनु पर्ने व्यवस्था छ। यदि आधिकारिक आइएमइएआई  नम्बर नभए जुनसुकै मोबाइल सेट पनि ब्लक गरिने प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्यालले बताए।
    उनले भने,‘यसर्थ अब वैधानिक बाटोबाट आयात भएका मोबाइलमा आइएमइआई नम्बर हुनेछ तर अवैधरुपमा भित्रिएका मोबाइलमा भने नहुन पनि सक्छ।’
    प्राधिकरणले अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान र उपकरण पहिचान दर्ता प्रणालीलाई अनिवार्य बनाउने गरी कार्यविधि तयार पारेको हो। कार्यविधि १ वैशाखदेखि लागू हुनेछ।
    ]]>
    9935 0 0 0
    भासिएको सडकमा भौगर्भिक अध्ययन http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%8c%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%ad%e0%a4%bf%e0%a4%95-%e0%a4%85/ Thu, 24 Mar 2016 01:51:02 +0000 http://www.ghumphir.com.np/?p=9937

    इलाम, ११ चैत । मेची राजमार्गअन्तर्गत माईखोला–गोलाखर्क सडकमा पर्ने जमिन बर्सेनि भासिँदै जान थालेपछि भौगर्भिक अध्ययन सुरू गरिएको छ । माईखोला राजदुवालीमाथिको राजमार्ग धस्सिएको स्थानमा पूर्वाञ्चल सडक डिभिजन कार्यालयले अवस्था बुझ्ने काम सुरू गरेको हो । भौगर्भिक अध्ययन टोलीले राजदुवाली पुलभन्दा माथिको भू–भागमा जग्गा भित्रभित्रै बग्दै गरेको प्रारम्भिक अध्ययनमा देखाएको छ । काठमाडौँस्थित इटीको नेपाल प्राइभेट लिमिटेडले गरेको अध्ययनअनुसार सडक सतहभन्दा १५ मिटरमुनिको जमिन बग्ने र भासिने गरेको जनाइएको छ । सोही संस्थाले राजमार्ग धस्सिएको स्थानभित्रको जमिनमा माटोको अवस्था र चट्टान के छ भनेर ‘कोरल’ गर्न थालेको पूर्वाञ्चल सडक डिभिजन कार्यालयका इन्जिनियर सागर पोखरेलले बताउनुभयो । ‘कोरल’ को प्रतिवेदन आएपछि सो स्थानमा पर्खाल, रक एङ्करिङ, क्रस एङ्करिङ, रिटेनिङ वाल आदिको काम गरिने छ । अध्ययनमा सतहभन्दा करिब २० देखि २५ मिटर तलसम्म रड राखेर एङ्करिङ गर्ने र कङ्क्रिट वाल निर्माण गर्ने सुझाव दिइएको थियो । उक्त क्षेत्रमा करिब एक दशकयता सडक भासिने र बग्ने क्रम जारी छ । चालु आव २०७२÷०७३ मा राजदुवाली माथिको ३०० मिटर सडकलाई मर्मत गर्न रु पाँच करोडमा ठेक्का दिइएको डिभिजन कार्यालयले जनाएको छ । राजदुवालीको जमिन बर्सेनि भासिने क्रम बढेपछि यस खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । वर्षायाममा बढी जोखिम हुने गरेको छ । पटकपटक सडक मर्मत गरिए पनि जमिन भासिने क्रम अझै रोकिएको छैन ।

    ]]>
    9937 0 0 0
    आलु महोत्सव हुने http://localhost/ghum/%e0%a4%86%e0%a4%b2%e0%a5%81-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87/ Thu, 24 Mar 2016 02:04:12 +0000 http://www.ghumphir.com.np/?p=9939

    पोखरा, ११ चैत । राम्रो आलु उत्पादन हुने स्थानका रुपमा आफ्नो पहिचान बनाएको हेम्जामा चैत २३ गतेदेखि ३० गतेसम्म ‘साताँैं हेम्जा आलु महोत्सव’ हुने भएको छ । कृषि पर्यटनको विकासमा सहयोग पु¥याउँदै व्यावसायिक कृषिप्रति सर्वसाधारणलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको हो । कृषिको सबलीकरण, पर्यटन र जैविक विविधताको प्रचारप्रसार गरी कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न महोत्सव आयोजना गरिएको आयोजक विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीको भनाइ छ । पछिल्लो समय आलु गाउँको उपमा पाएको हेम्जाको आलुले राम्रो बजार लिन थालेसँगै यहाँका किसान आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । हेम्जाको कुल क्षेत्रफल एक हजार ९७१ हेक्टर रहेको छ भने ६५० हेक्टरमा आलुखेती गरिन्छ । यहाँ एक हजार १५० घरपरिवार कृषिमा आधारित छन्, भने ६५० किसानले व्यावसायिक आलुखेती गर्ने गरेका बताइएको छ ।

    ]]>
    9939 0 0 0
    हावाहुरीले घाइते http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%be%e0%a4%87%e0%a4%a4%e0%a5%87/ Thu, 24 Mar 2016 02:11:58 +0000 http://www.ghumphir.com.np/?p=9941

    धुन्चे (रसुवा), ११ चैत । बुधबारको हावाहुरीका कारण यार्सा गाविसमा १० जना घाइते भएका छन् । यार्सा–७ लाङ्बुका समाजसेवी सेसाङदावा तामाङका अनुसार हावाहुरीले यार्साको २ र ३ नं बाहेक सबै वडा प्रभावित हुँदा त्यहाँका अधिकांश मानिस सामान्य घाइते भएका छन् । घाइते हुनेमा यार्सा–७ का २५ वर्षे श्यामबहादुर तामाङ, २३ वर्षे दावा तामाङसमेतका १० जना रहेका छन् । उनीहरुको लाङ्बु मिनी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । भूकम्पपछि राहतमा प्राप्त दुई बन्डल जस्ताले बनाएको अस्थायी छाप्रोसमेत उडाउँदा बसोबासमा समस्या परेको समाजसेवी तामाङले बताउनुभयो । जिल्ला दैवीप्रकोप उद्धार समितिको बुधबारै बसेको आपत्कालीन बैठकले क्षति विवरण तयार गरी केन्द्रमा राहत माग गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

    ]]>
    9941 0 0 0
    चितुवा गाउँमा पसेपछि http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b8%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/ Thu, 24 Mar 2016 02:16:35 +0000 http://www.ghumphir.com.np/?p=9943

    हेटौँडा, ११ चैत । घाइते अवस्थामा हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीको सल्लेरी दमारको जङ्गलमा फेला परेको एक चितुवालाई आज अपराह्न पर्सा वन्यजन्तु आरक्षमा हस्तान्तरण गरिएको छ । घाइते चितुवा जङ्गलबाट स्थानीय गाउँमा पसेपछि स्थानीयबासीले नियन्त्रणमा लिएको र प्रहरीले चितुवालाई आरक्षमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।

    ]]>
    9943 0 0 0
    पौडेललाई मनाउँदै देउवा http://localhost/ghum/%e0%a4%aa%e0%a5%8c%e0%a4%a1%e0%a5%87%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%b5%e0%a4%be/ Thu, 24 Mar 2016 02:22:14 +0000 http://www.ghumphir.com.np/?p=9945 ११ चैत, काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसँग पार्टीको संसदीय दलको निर्वाचनबारे परामर्श गरेका छन् ।

    paudel and dewabaपौडेल निवास बोहोराटारमा बुधबार भएको भेटमा सभापति देउवा र नेता पौडेलबीच दलको चुनावका साथै केन्द्रीय कार्यसमितिमा पदाधिकारी मनोनयनका विषयमा छलफल भएको हो । कांग्रेसमा उपसभापति, महान्त्री र सहमहामन्त्री १/१ जना मनोनयन गर्नुपर्ने वैधानिक व्यवस्था छ ।

    १३ औं महाधिवेशनबाट सभापति पदमा पराजित पौडेललाई भेट्न उनकै निवासमा देउवा पुगेको महाधिवेशनपछि यो दोस्रो हो । यसअघि नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमापौडेलले आयोजना गरेको चियापानमा सहभगी हुन देउवा बोहोराटार पुगेका थिए ।

    शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफूलाई सघाउन पौडेललाई आग्रह गरेका थिए । दुबैले संसदीय दलमा इच्छा देखाएपछि सो बिषयमा कुनै सहमति भने हुन सकेन । चैत २३ गते दलको निर्वाचन गर्ने तयारी छ ।

    ]]>
    9945 0 0 0
    एमाओवादी सांसद ल्हारक्याल किन समातिए, किन छुटे ? http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%93%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6-%e0%a4%b2%e0%a5%8d%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be/ Thu, 24 Mar 2016 02:29:20 +0000 http://www.ghumphir.com.np/?p=9947 रमेश धमला  

    ११ चैत, काठमाडौ । प्रहरी हिरासतमा ११ दिन बिताएर धरौटीमा छुट्दा ल्हारक्याल लामा खुसी थिएनन् । आफूविरुद्ध कुनै प्रमाण नभए पनि प्रहरीले ३० लाख धरौटी राख्न लगाएको भन्दै सञ्चारकर्मीसामु उनी मुर्मुरिए ।

    बैंकको लकरमा १४ राउण्ड गोली भेटिएको विषयमा पक्राउ परेर छुटेपछि ल्हार्क्यालविरुद्ध २ वर्ष पुरानो वैदेशीक रोजगार सम्बन्धी मुद्दा ब्युँझिएको थियो । वैदेशिक रोजगार विभागले उनको ५ घन्टा लामो बयान लिएपछि पर्याप्त प्रमाण नभएको भन्दै धरौटीमा छाडेको हो । फागुन ३० गते पक्राउ परेका ल्हारक्यालले लकरकाण्डमा ९ दिन र बैदेशिक रोजगारको मुद्दामा थप दुई दिन हिरासतमा बिताए ।

    गोली काण्डको मुद्दामा जिल्ला प्रशासन कार्यालयले ६६ हजार धरौटीमा छाडेलगत्तै प्रहरीले पक्राउ गरेर वैदशिक रोजगार विभाग पुर्‍याएको थियो । सोमबार कार्यालय समय सकिएको भन्दै विभागले उनलाई थुनामा राख्न पठाएको थियो । मंगलबार सरकारी विदा परेपछि बुधबार बिहान करिब ११ बजे विभाग पुर्‍याइएका लामासँग ५ घण्टा बयान लिएर विभागले ३० लाख धरौटी लिएर तारेखमा छाडिदिएको हो ।

    के थियो मुद्दा ?

    २०७० सालमा केशबहादुर गुरुङका नामबाट परेको उजुरीका आधारमा लामालाई वैदेशीक रोजगार विभागले पक्राउ सूचिमा राखेको थियो । उजुरी परेलगत्तै विभागले पक्राउको लागि प्रहरीलाई पत्राचार गरेको विभागका महानिर्देशक केदारबहादुर बोगटीले बताएका छन् । बोगटीका अनुसार गुरुङले मकाउ पठाउने भन्दै ठगी गरेको आरोप लगाएर ल्हारक्यालसहित खिना लामा, छिरीङ डोल्पा लामा र फुर्बा लामाविरुद्ध विभागमा उजुरी गरेका थिए । उनले २ करोड १९ लाख विगो मागदावी गरेका थिए ।

    तर लामासँग लिएको बयानपछि भने उक्त ठगीमा लामाको संलग्नता रहेको प्रमाणित हुने आधार नभेटिएको विभागले बताएको छ । केशबहादुरले खिना लामा लामासँग कारोवार गरेको देखिएको बोगटीको भनाई छ । खिनाले ५ सय १० जनालाई मकाउ पठाउनको लागि केशबहादुर मार्फत ११ लाख ९८ हजार हङकङ डलर र ३३ लाख ६५ हजार रुपैंया लिएको विभागको अनुसन्धानमा खुलेको छ ।

    महानिर्देशक बोगटी भन्छन्, ‘लामाले पैसाको कारोवार गरेको कुनै प्रमाण भेटिएको छैन । कसैले दिएको ठाडो उजुरीको आधारमा मात्रै हिरासतमा राखेर कारवाही गर्न गाह्रो हुन्छ ।’

    केशबहादुर आफै जेलमा

    खिना लामा र केशव गुरुङ दुवै जना वैदेशीक रोजगार व्यवसायी हुन् । खिनाले ५१० जनाको लागि मकाउको भिसा ल्याइदिने भन्दै केशबहादुरसँग पैसा लिएका थिए । तर केशबहादुरले वैदेशीक रोजगारको नाममा आफ्नो पैसा ठगी भएको भन्दै वैदेशीक रोजगार विभागमा उजुरी गरे । तर तिनै केशबहादुरविरुद्ध पनि ०६८ सालमा वैदेशीक रोजगारमा ठगीकै मुद्दा लागेको थियो । त्यहि मुद्दामा उनी अहिले पनि जेलमा छन् ।

    यता ल्हारक्यालसँगै उजुरीमा परेका खिना लामा, छिरिङ डोल्पा लामा र फुर्वा लामा भने फरार छन् । विभागले फरार तिनै जनालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिसकेको छ । विभागका महानिर्देशक बोगटी भन्छन्, ‘खिनालाई  पक्राउ गरेपछि मात्रै लामाको संलग्नता भए-नभएको खुल्ने छ ।’

    तीन वर्षअघि मुद्दा पर्दा पनि किन यतिञ्जेल पक्राउ गरिएन भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रहरीले पक्राउ नगरिदिएको वैदेशीक रोजगार विभागका महानिर्देशक केदार बोगटीले आरोप लगाए । ‘हामीले ताकेता गरे पनि प्रहरीले पक्राउ गरेन । किन पक्राउ गरेन मलाई थाहा छैन,’ बोगटीले भने ।

    हिरासतमुक्त भएका ल्हारक्यालले आफूलाई वैदेशीक रोजगार विभागले अनावश्यकरुपमा ठूलो धरौटी माग गरेको आरोप लगाएका छन् । ३० लाख नगद धरौटी बुझाएर सहयोगी कुलप्रसाद लामिछानेको जिम्मामा बिहीबार तारेखमा आउने गरी निस्किएका लामाले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका थिए । उनले भने, ‘मविरुद्ध कुनै प्रमाण नहुँदा पनि ३० लाख धरौटी मागियो ।’ गोलीको विषयमा भने उनी ‘मेरो होइन’ भन्दै पन्छिएका थिए ।

    ]]>
    9947 0 0 0
    कांग्रेसमा महाचुनावको परिणामले अशुभ संकेत दिएको छ http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0/ Thu, 24 Mar 2016 02:43:15 +0000 http://www.ghumphir.com.np/?p=9951 bishnu budhathoki

    बिष्णु बुढाथोकी

    नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले पार्टीको १३ औं महाधिवेशनलाई नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न गरे।वैचारिक र सैद्धान्तिक बहसले कुनै स्थान नपाए पनि लोकतान्त्रिक विधि, प्रक्रिया र अभ्यासका हिसाबले कांग्रेसको यो अधिवेशन अब्बल थियो। देशभित्र र बाहिर रहेर कांग्रेसको यो अधिवेशनलाई नियाल्नेले शेरबहादुर देउवा नेतृत्वको नयाँ कार्यसमितिले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउँछ कि बनाउँदैन भनी चासो देखाउनु स्वाभाविक हो।

    तर महाधिवेशनको वस्तुनिष्ठ विश्लेषण गर्ने हो भने,महाचुनावको परिणामले कांग्रेसका लागि केही अशुभ संकेत दिएको छ। नेपाली राजनीतिमा देखिएका पहिचानको दरार कांग्रेस महाधिवेशनमा अझ प्रष्ट रुपमा देखियो, जसलाई नेतृत्वले सफलतापुर्वक व्यस्थापन गर्न सकेनl

    नयाँ नेतृत्वले समयमा नै समस्या पहिचान गर्न र समाधानको बाटो लिन सकेन भने यसले कांग्रेसका लागि मात्रै नभएर सिंगो मुलुकका लागि अनिष्ठको विजारोपण गर्नसक्छl

    राज्यका सबै निकायमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र पिछडिएको समुदायको प्रतिनिधित्वको विषयलाई मौलिक हकका रुपमा यसअघिकोव र  हालै जारी नयाँ संविधानले नै प्रत्याभूति गरेको छ। यसलाई आंशिक रुपमा भए पनि कांग्रेसको विधानले आत्मसाथ गर्ने प्रयत्न यसअघिकै महाधिवेशनबाट गर्दै आएको छ।

    तर संविधानकाे भावना अनुसार कांग्रेसले न अाफ्नाे विधान नै परिमार्जन गर्न सक्याे न त विद्यमान विधानभित्रै लक्षित समुदायकाे उचित प्रतिनिधित्वकाे सुनिश्चितता गर्न सक्याे।

    तर महाधिवेशनको नतिजाले न त संविधानको भावनालाई नै पूर्ण रूपमा आत्मसात गर्न सक्यो, न त कुनै क्षेत्र, जाति, समुदाय र लिंग विशेषले परिवर्तित समयमा राखेका अपेक्षा र भावनालाई नै सम्बोधन गर्यो l

    खुला र आरक्षणबाट चुनिएका कांग्रेस नेताहरुको उपस्थितिलाई विश्लेषण गर्दा उक्त कुरा प्रष्ट रुपमा देखिन्छ l

    पार्टीको विधान अनुसार २५ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचन र त्यसको परिणाम हेर्ने हो भने कांग्रेसभित्र यो संख्या स्थापित निश्चित वर्ग र समुदाय बाहेकका मानिसका लागि होइन भन्ने देखिएको छ।

    पार्टीको १२ औं महाधिवेशनमा कोषाध्यक्ष पदमा पराजित पद्मनारायण चौधरीले यसपटक खुला २५ केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएका थिए। उनका साथै महिला कोटाबाट दुईपटक केन्द्रीय सदस्य बनेकी डिना (महालक्ष्मी) उपाध्यायले पनि खुलातर्फकै केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिइन्। तर चौधरी र उपाध्याय क्रमशः २६औं र २९औं स्थानमा पुगे।

    चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यी दुबै व्यक्तिहरूले जित्ने अभिलाषामा पराजयलाई आत्मसाथ गर्ने क्षमता नराखी उम्मेद्वारी दिएका थिएनन्। उनीहरू दुबैले जसरी पनि जित्नुपर्छ भन्ने मान्यताबाट गुज्रिएको भए सायद यी दुबैका लागि वैकल्पिक उपाय नभएको होइन। चौधरीका लागि जनजाति वा मधेसी आरक्षण कोटाका अतिरिक्त दुई नम्बर प्रदेशबाट पनि उम्मेदवार हुनमात्रै होइन, विजय हासिल गर्न सक्ने परिस्थिति पनि थियो।

    तर राष्ट्रिय राजनीतिमा आफ्नो बेग्लै स्थान बनाएका चौधरीले संविधान र पार्टी विधानले परिकल्पना गरेको आरक्षणको व्यवस्था कुनै व्यक्ति विशेष नभएर राज्यको मूल प्रवाहमा अवसर नपाएर पछाडि परेका समुदायका लागि हो भन्ने बुझाइ राखे। आफू पटक–पटक केन्द्रीय सदस्य, सांसद र मन्त्रीसमेत बनेको यथार्थतालाई आत्मसात गरे र खुलातर्फ नै उम्मेदवारी दिए।

    बिडम्बना नै मान्नुपर्छ, मुलुकको कुल जनसंख्याको ७ प्रतिशत हिस्सा ओगट्ने थारु समुदायबाट प्रतिनिधित्व गर्नुपर्ने आवश्यकता कांग्रेसको त्यो सभाले महसुस नै गर्न सकेन र उनी पराजित भए। यो पराजयले चौधरीको व्यक्तिगत राजनीतिमा कुनै असर पार्दैन र पार्नु पनि हुँदैन। तर चौधरीको पराजयले मुलुकको राष्ट्रिय राजनीतिमा भने पक्कै असर पार्छ। जसलाई कसैले चाहेर वा नचाहेर छेक्न सक्दैन।

    अर्कोतर्फ, आधा जनसंख्या ओगट्ने महिला समुदायका लागि संविधानले ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पनि कांग्रेसको विधानले अहिलेसम्म त्यो मर्म आत्मसात् गर्न सकेको छैन।

    महिलाको प्रतिनिधित्व बढाउनका लागि आरक्षणले मात्रै सम्भावना थिएन। त्यसका लागि कुनै न कुनै महिलाले साहस देखाएर खुला २५ तर्फ अथवा प्रदेशबाट निर्वाचित हुने सदस्यका लागि पनि प्रतिस्पर्धा गर्नु आवश्यक थियो। त्यही भावनाका साथ उपाध्यायले खुलातर्फ उम्मेदवारी दिइन्। तर आफ्नै समूहका कतिपय निकटस्थको कोपभाजनमा परिन्।

    कांग्रेसको राजनीतिक दर्शन भनेकै ‘रगतको नाताभन्दा विचारको नाता नजिक हुन्छ' भन्ने मान्यताबाट अगाडि बढेको थियो। जसको आधारमा सबै जात, जाति, क्षेत्र, समुदाय र लिंगका योद्धाहरूले यो पार्टीका निम्ति आफ्नो रगत र पसिना बगाएका थिए। तर यसपटकको अधिवेशनमा यो मान्यता खण्डित भएको छ।

    यो आरोप कुनै कोरा कल्पनाका आधारमा लगाउनले धृष्टता गरेको होइन। तथ्यहरूले प्रमाणित गर्छ। खुला २५ तर्फको केन्द्रीय सदस्यमा पार्टीका पुराना नेताहरू कुलबहादुर गुरुङ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, धनराज गुरुङ र सुजाता कोइरालाबाहेक अपवादमा कुनै जनजाति, दलित, मधेसी, थारु वा मुस्लिम र महिला प्रतिनिधि निर्वाचित हुन सकेनन्।

    यो अधिवेशनको सबैभन्दा खतरनाक संकेत भनेको अहिलेको समाजमा मधेसी समुदायप्रतिको व्यवहार हो। यसलाई अधिवेशनले अझै प्रष्ट्याएको छ। पहाडी समुदायको बाहुल्यता रहेको कांग्रेस महाधिवेशनले मधेसी समुदायको न कुनै महिलालाई महिला आरक्षणको ६ सिटमा, न त कुनै मधेसी दलितलाई दलित ५ सिट वा कुनै मधेसी जनजातिलाई जनजाति समुदायका निम्ति छुट्ट्याइएको ५ सिटमा निर्वाचित गर्न सक्यो।

    यी सबै कोटामा पहाडिया आदिवासी जनजाति, महिला र दलितकै बर्चस्व रह्यो।

    त्यतिमात्रै होइन, मधेसी समुदायको बाहुल्यता रहेको दुई नम्बर प्रदेशबाट गैर-मधेसी समुदायका सदस्यहरू निर्वाचित भए। यसो भनेर त्यस प्रदेशबाट निर्वाचित भएका पुराना नेताद्वय आनन्दप्रसाद ढुंगाना र रमेश रिजाललाई अपमानित गर्न खोजिएको होइन। तर प्रदेश सदस्यका लागि भएको मतगणनाको परिणामले त्यही देखाएको छ। मतगणनाकै क्रममा जब कुनै मतपत्रमा ढुंगाना र रिजालको नाम आउँथ्यो, त्यसपछि मतगणनाका लागि बसेका प्रतिनिधि भन्ने गर्थे – यो पहाडियाको मत हो। त्यसपछि यदि कुनै मत हरेस महतो र तेजुलाल चौधरीको नाममा आएमा उनीहरू नै भन्थे – यो मधेसीकै मत हो।

    अर्कोतर्फ, जनजातिको परिणाम पनि त्योभन्दा फरक थिएन। कुनै बेला देवानसिंह राई, बलबहादुर राईजस्ता चर्चित हस्तीहरूको साथ पाएर पूर्वी पहाडमा बलियो संगठन बनाएको कांग्रेसले अहिले उनीहरुका उत्तराधिकारी रोज्न र खोज्न सकेन।

    पश्चिम पहाडमा जनसंख्याको हिसाबले बलियो उपस्थिति भएको मगरहरूको विषयदेखि नयाँ संविधानमा पश्चिम तराईको भू–भाग थारुवान हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको थारु, मधेसी र मुस्लिम समुदायको विषयमा पनि कांग्रेस अधिवेशनले कुनै न्याय गर्न आवश्यक ठानेन।

    दलितको सवालमा पनि परिणाम त्यही भयो। पार्टीको ११ औं महाधिवेशनमा १८ जना सदस्यका लागि स्थापित नेताहरूसँग प्रतिस्पर्धा गरी निर्वाचित भएका सांसद मानबहादुर विश्वकर्मादेखि, दलित संघका अध्यक्ष एवम् सांसद मीन विश्वकर्मा र निवर्तमान सदस्य एवम् सांसद जीवन परियारबाहेक कुनै नयाँ अनुहार या मधेसी दलितले त्यहाँ अवसर पाउन सकेनन्। दलित महिलाको हकमा पनि परिणाम त्यही देखियो।

    तीन प्यानलमध्ये यदि कुनै प्यानलबाट गैरमधेसी उम्मेद्वार आगाडि सारिएको भए मधेसी समुदायबाट पदाधिकारीमा एकमात्र निर्वाचित कोषाध्यक्ष सीतादेवी यादव पनि सम्भवतः पराजित हुने थिइन्। कारण, महाधिवेशनमा मधेसी समुदायको प्रतिनिधित्व गैरमधेसीको तुलनामा न्यून थियो। विकल्प नभएर मात्रै यादव निर्वाचित भएकी हुन् भन्नु सत्यताबाट टाढा नहोला।

    कांग्रेस महाधिवेशनको यो परिणाम पहिलो भने पक्कै होइन। करिब दुई वर्षअघि सम्पन्न दोस्रो ठूलो दल नेकपा एमाले अधिवेशनमा पनि यही प्रकृतिको परिणाम मधेसको सवालमा देखिएको थियो।

    सचिव पदका उम्मेदवार बनेका रघुवीर महासेठ, धर्मनाथप्रसाद साह एमाले केन्द्रीय सदस्यमा समेत पराजित भएका थिए। जुन कुराको पुनरावृत्ति कांग्रेसको अधिवेशनमा पनि दोहोरियो।

    यो कुनै पहाडिया अन्धराष्ट्रबादबाट ओतप्रोत भएका व्यक्तिहरूका लागि खासै चासो र चिन्ताकेा विषय नबन्न सक्छ। तर यस्तो सोचाइ र परिणामले दीर्घकालमा कुनै पनि नेपालीको हित गर्दैन।

    सधैंभरि राज्यको मूल प्रवाहबाट पछाडि पारिएको लक्षित वर्ग समुदायका लागि यो मुलुक र यहाँका राष्ट्रिय राजनीतिक दल उनीहरूको हक अधिकारका लागि उत्तिकै चिन्तित छन् भन्ने व्यवहारबाट सिद्ध गर्नु आवश्यक छ।

    देउवा स्वयम् विभाजित नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति छँदा नै सबैभन्दा पहिले नेपालका राजनीतिक दलभित्र सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्वको सुनिश्चितता गर्न कर्णाली, दलित, महिला, जनजाति र मधेसी (कदमजम)को सिद्धान्त सुत्रपात गरेका थिए। उनै देउवा अहिले सिंगो कांग्रेसको सभापति बन्न सफल भएका छन्। आफैंले एक दशकअघि प्रतिपादन गरेको कदमजमको अवधारणालाई व्यवहारमा उतार्न इतिहासले उनलाई अवसर दिएको छ।

    ]]>
    9951 0 0 0
    भारतद्वरा सिमा अतिक्रमण ,२ सय ५४ सीमास्तम्भ गायब http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a4%be-%e0%a4%b8%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3/ Thu, 24 Mar 2016 02:56:40 +0000 http://www.ghumphir.com.np/?p=9955 पर्वत पोर्तेल

    चैत्र ११- नेपाल र भारतबीचको सीमा छुट्याउने झापाका दुई सय ५४ वटा स्तम्भ ‘गायब’ छन् । हराएका भनिएका स्तम्भको खोजी गरेर पुरानै ठाउँमा कायम गरिने नापी विभागले जनाएको छ ।

     झापामा साना, ठूला र मझौला गरी नौ सय ८९ वटा स्तम्भ पर्छन् । विभागको टोली पाँच महिनायता सीमा स्तम्भको व्यवस्थापनमा जुटेको छ । हराएका र काम नलाग्ने अवस्थाका स्तम्भ पुन: नयाँ बनाइने अधिकृत सुशील डंगोलले जनाए ।

    ‘पहिले अवस्था पत्ता लगाउँछौं, त्यसपछि सम्बन्धित स्थानमा पुन: स्थापना गर्छौं,’ डंगोलले भने । उनका अनुसार दुई सय १५ वटा स्तम्भ मर्मत र ५० वटा नयाँ निर्माण गरिएको छ । हराएकालाई पुन: बनाउने, जीर्णलाई मर्मत गर्ने र रंगरोगनको काममा दुवै देशका अधिकारी सहभागी छन् ।

    दुवै मुलुकका नापी विभागका प्रतिनिधि, भारतीय सशस्त्र सीमा बल र नेपालको सशस्त्र प्रहरी त्यसमा खटिएका छन् । टोलीका अनुसार पाँच सय आठ वटा स्तम्भ साधारण मर्मत गरे हुने अवस्थामा छन् । ‘७६५ वटाको निरीक्षण गरिसक्यांै,’ डंगोलले भने । यसअघि जिल्ला प्रशासन, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नापीसहितका प्रतिनिधि सम्मिलित टोलीले ०६७ माघ २० देखि फागुन १ सम्म झापामा सीमा र स्तम्भहरूको अनुगमन गरेको थियो । अनुगमनपछि टोलीले ५६ ठूला, मझौला तीन र दुई सय ५७ वटा साना गरी तीन सय १६ स्तम्भ साबुत अवस्थामा रहेको, एक सय दुई ठूला, १९ मझौला र दुई सय ५० साना गरी तीन सय ७१ स्तम्भ तत्काल मर्मत गर्नुपर्ने प्रतिवेदन दिएको थियो । दशगजा अतिक्रमण तीव्र अन्तर्राष्ट्रिय कानुनमा सीमा क्षेत्रको करिब ३० फिट वारिपारि केही गर्न पाइँदैन । दसगजा भनिने यो क्षेत्रमा नेपाल र भारत दुवैतिरबाट बराबर जमिन भोग गरेको पाइएको छ । भारतसँग सीमा जोडिएको झापाको मेचीनगर, महेशपुर, घेराबारीलगायत क्षेत्रमा दुवैतर्फबाट दसगजा अतिक्रमण गरिएको पाइएको नापी विभाग स्रोतले जनाएको छ । ‘दुवैतिर दसगजा अतिक्रमण गरेर घरखेत बनाएको पाइयो,’ डंगोलले भने ।

    ]]>
    9955 0 0 0
    १२ वर्षे बाघभैरव नाच सकियो http://localhost/ghum/%e0%a5%a7%e0%a5%a8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a5%87-%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%b5-%e0%a4%a8%e0%a4%be%e0%a4%9a-%e0%a4%b8%e0%a4%95%e0%a4%bf%e0%a4%af/ Thu, 24 Mar 2016 03:11:14 +0000 http://www.ghumphir.com.np/?p=9958 चेतबहादुर सिंह/प्रशान्त माली

    ११ चैत, काठमाडौं ।

    वसन्तपुरस्थित हनुमानढोका दरबार स्क्वायरमा १२ वर्षे बाघभैरव नाच सम्पन्न भएको छ । तान्त्रिक विधिअनुसार मनाइने नाच हेर्न बुधबार काठमाडौं, भक्तपुर, ललितपुरसहित विभिन्न ठाउँबाट मानिसको घुइँचो लागेको थियो ।

    BHAIRAV_GATHU_PYANKHAN

    नाच प्रदर्शनका लागि कीर्तिपुरस्थित देवताघरबाट आएका ११ देवगण, ५ गुरु, ४ नाइके र २ थकालीलाई मंगलबार पचलीभैरव गुठीका तर्फबाट भव्य स्वागत गरिएको थियो । युवा हिन्दु महासंघको अगुवाइमा उनीहरूको व्यवस्थापन गरिएको थियो । पहिलो दिन नृत्यमा सहभागी सबै देवगणले काठमाडौं महानगरपालिका–२१ ज्याबहालस्थित देवता घर (द्य: छेँ)मा मुकुन्डो, कलेवर पोसाक, गरगहना लगाई शक्तिधारण गरेका थिए । जसका लागि गणेश भएर नृत्य गर्ने देवगणले अन्य देवगण, गुरु, नाइकेलाई मोहनी सिन्ह: (तिलक) लगाइदिएका थिए । देवता घरमा सिद्धि पूजा गरिसकेपछि सांस्कृतिक बाजागाजाका साथ जोशी देगल:, चिकँमुगल:, मरू हुँदै दरबार स्क्वायरमा पुगेका थिए । नगर परिक्रमाका क्रममा देवगणले दरबार स्क्वायरस्थित हुनमान ढोका अगाडिको उमामहेश्वर मन्दिरमा सामूहिक नृत्य प्रस्तुत गरे । जसलाई नेपाल भाषामा द्य: ह्यागु भनिन्छ । त्यसपछि भैरवले कालरात्री नाच प्रस्तुत गरेका थिए । सबै देवगणले गुरुहरूले गाएको तान्त्रिक गीतको तालमा नृत्यमार्फत ध्यान साधना गरेका थिए । अन्त्यमा भैरवलाई कालो बोका बलि चढाई बाराहीहरूले नृत्यसहित सबै देवगणलाई सगुन दिएका थिए । बुधबार गणेश, ब्रम्हायणी, रूद्रायणी, वैष्णवी, कुमारी, बाराही, काली, इन्द्रायणी, सिंहिनी र बघिनीले नाच प्रस्तुत गरेका थिए । कालीले दैत्यलाई वध गरेको दृश्यलाई नाचमार्फत देखाइएको थियो । बाराहीद्वारा नृत्यसहित अन्य देवगण र गुरुलाई सगुन र पाता: दिएका थिए । नेपाल भाषामा पाता: भन्नाले मानिसको खप्पर आकारको विशेष किसिमको कचौरामा राखेको कालो जाँड भन्ने बुझिन्छ । नाचका क्रममा मोहनी सिन्ह: (तिलक) लगाएपछि नाच नसकेसम्म मुख धुन नहुने, समयबजी (प्रसाद) बाहेक भातलगायत अन्य खानेकुरा खान नहुने मान्यता रहेको बाघ भैरव नाचका गुरु राजकुमार मालीले बताए । ‘नाच महाभारत, बाघभैरवको कथावस्तुमा आधारित छ,’ उनले भने, ‘२ लाख रुपैयाँ ऋणले यहाँ नाच सञ्चालन गरेका छौं ।’ उनले नाच सञ्चालनका लागि दोस्रो किस्ताबापत पाउनुपर्ने रकम नपाएको बताए । ‘मुकुट लगाएर ३ पटक र सेतो जामा मात्र लगाएर ६ पटक नाच प्रर्दशनका क्रममा २४ लाख रुपैयाँ खर्च भइसकेको छ,’ उनले भने, ‘दोस्रो किस्ताको रकम निकासाका लागि कौसी तोसाखानामा पत्राचार गरिसकेका छौं ।’ भैरव नाचका गुरु मालीले बाँकी २५ लाख रुपैयाँ समयमा नआएमा नाच सञ्चालनमा समस्या हुने बताए । ‘प्रत्येक नाचका लागि पञ्च बलिका लागि मात्र ७०/८० हजार रुपैयाँ खर्च आवश्यक छ,’ उनले भने, ‘नाचमा खटिने २ सय ५० गुठियारसमेतलाई भोज खुवाउन कम्तीमा २ लाख रुपैयाँ आवश्यक छ ।’ कीर्तिपुरको सत: क्वय, पाङ्गा, नगाउँ, ललितपुरको पाटन दरबार स्क्वायर र नृत्यका लागि निम्तो दिएको स्थानमा गएर नाच प्रस्तुत गर्न बाँकी छ । नाचका लागि आवश्यक जेनेरेटर, बिजुली, पानी, कुर्सी लगायत सरसामानको व्यवस्थापन युवा हिन्दु महासंघले गरेको बताएको छ । महासंघका अध्यक्ष राजन महर्जनले हनुमान ढोका दरबार संग्रहालयले व्यवस्थापनको जिम्मा महासंघलाई दिए पनि व्यवस्थापनका लागि आवश्यक खर्च नछुट्याएको बताए । ‘देवगणहरूलाई बस्ने, सुत्ने लगायत आवश्यक सामान हामीले उपलब्ध गराएका छौं,’ उनले भने ।

    ]]>
    9958 0 0 0
    कहिले होला सौर्यबत्तीसहितको नक्सा पास ? http://localhost/ghum/%e0%a4%95%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%b9%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a5%8c%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%ac%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%b8%e0%a4%b9%e0%a4%bf/ Thu, 24 Mar 2016 03:14:54 +0000 http://www.ghumphir.com.np/?p=9962

    काठमाडौँ, ११ चैत । नयाँ बन्ने घरमा सौर्य बत्ती जडान गर्न प्रोत्साहन गरिएपनि सो कार्यले गति लिन सकेको छैन । काठमाडौँ महानगरपालिकामा नक्सा पास गर्ने निवेदन नै कम परेकाले सौर्य बत्ती जडान पनि प्रभावित भएको हो । काठमाडौँ महानगरपालिका सहरी विकास विभाग प्रमुख तथा इञ्जिनिएर राम थापाका अनुसार ऊर्जा सङ्कट टार्न सो नियम ल्याइएपनि हाल यस किसिमले घर निर्माण गर्नका लागि निवेदन आएका छैनन् । तीन महिना अघि सरकारले नयाँ निर्माण हुने घरका लागि सौर्य बत्ती जडान गर्नुपर्ने नियम ल्याएको थियो । थापाले सरकारले उक्त नियम सार्वजनिक प्रयोजनका लागि प्रयोग हुने विद्यालय, अस्पताल, सरकारी कार्यालयलाई मात्र अनिवार्य गरेको हुनाले पनि व्यक्तिगत प्रयोजनका घर निर्माणमा त्यस किसिमको नक्सा नआएको हुनसक्ने बताउनुभयो । सोहीअनुरुप सार्वजनिक प्रयोजनको भवन निर्माण गर्नका लागि भने सौर्य बत्तीसहितको नक्सा पासको लागि निवेदन आएन सुरु भएको छ ।

    ]]>
    9962 0 0 0
    एक अर्बको लगानीमा दिक्तेल–चखेवा सडकमा कालोपत्रे सुरु http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a5%87/ Thu, 24 Mar 2016 03:20:52 +0000 http://www.ghumphir.com.np/?p=9964

    खोटाङ, ११ चैत । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवा सडकखण्डमा कालोपत्रेको काम सुरु गरिएको छ । तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रेको काम थालिएको हो । अहिले सडक फराकिलो पार्ने, ग्याभिङवाल भर्ने, पुल निर्माण गर्ने र गिट्टीढुङ्गा फोर्नेलगायत काम जारी छ ।

    [caption id="attachment_2970" align="alignleft" width="631"]Khotang District Map Khotang District Map[/caption]

    करिब ४६ किलोमिटर लामो सडक पाँच खण्डमा विभाजन गरेर काम थालिएको सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिनुभयो । गोल्डेन गुड प्रालिले ठेक्का लिएको सडक करिब रु एक अर्बको लगानीमा कालोपत्रे सम्पन्न हुने पाण्डेले बताउनुभयो । सडकखण्डमा पर्ने कालीखोला, पङ्खुखोला र लप्सेखोलामा निर्माण गरिने पुलको समेत सम्झौता भएर काम अगाडि बढेको जनाइएको छ । कालोपत्रेको काम सुरु भएसँगै मध्य पहाडी लोकमार्गले छोएका दिक्तेल, नेर्पा, च्यानडाँडा र निर्मलीडाँडा गाविसका स्थानीयवासीले गाउँमै रोजगारीसमेत पाएका छन् ।

    ]]>
    9964 0 0 0
    पर्यटनमा सकारात्मक सङ्केत http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%ae%e0%a4%95-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a5%87/ Thu, 24 Mar 2016 08:07:27 +0000 http://www.ghumphir.com.np/?p=9966

    वासुदेव पौडेल पोखरा, ११ चैत । भूकम्प र नाकाबन्दीका कारण लगभग वर्षभर नै थिलथिलो बनेको पोखराको पर्यटनमा अहिले भने सकारात्मक सङ्केत देखिन थालेको छ । गत वैशाख १२ गतेको भूकम्प र त्यसपछि ठूलो सङ्ख्यामा गएका परकम्पका साथै देशले लामो समय बेहोर्नुपरेको नाकाबन्दीले यहाँको पर्यटनलाई अत्यन्त जर्जर अवस्थामा पु¥याएको थियो । बाह्य पर्यटन अत्यधिक रुपमा प्रभावित भएको अवस्थामा केही मात्रामा आन्तरिक पर्यटनले टेवा पु¥याए पनि लगभग २०७२ साल नै यहाँको पर्यटनका लागि ठूलो सङ्कटको वर्ष बन्न पुगेको पर्यटन व्यवसायीहरू बताउँछन् । विशेषगरी पोखराको पर्यटकीय चहलपहल हुने समय असोज, कात्तिक र मङ्सिर तथा फागुन चैत र वैशाख नै हो । यस वर्ष पर्यटकीय आकर्षणको अघिल्लो समय असोज, कात्तिक र मङ्सिरमा बाह्य पर्यटकको आगमन लगभग शून्य प्रायः जस्तै बन्न पुग्यो भने पछिल्लो समयमा भने विस्तारै पर्यटक आउने क्रमको सुरुवात भएको छ । लगभग एक वर्ष नै अत्यन्त सङ्क्रमणमा गुज्रिएको पोखराको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटनले केही मात्रामा भने पनि राहत पु¥याएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताउनुभयो । भूकम्पले पोखरामा त्यस्तो कुनै असर नपारे पनि त्यसको प्रत्यक्ष मार भोग्नुपरेको बताउँदै उहाँले पछिल्ला दिनमा आएर पोखरामा छिमेकी राष्ट्र चीन र भारतबाट पर्यटक आउन थालेको बताउनुभयो । युरोपेली राष्ट्रबाट पनि पर्यटक आउने क्रम सुरु भएको बताउँदै थापाले जर्मन, फ्रान्स र अमेरिकाबाट पर्यटक पोखरा आउन थालेको उल्लेख गर्नुभयो । “पछिल्ला समयमा भएको सार्क मन्त्रिपरिषद्को बैठक र बेलायती राजकुमार ह्यारीको पोखरा आगमनले पनि यहाँको पर्यटनमा सकारात्मक छाप छोडेको छ” – उहाँले भन्नुभयो । केही समययता विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट नेपाललाई विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा राखिएका कारण पनि यहाँको पर्यटन अब सकारात्मक मार्गमा उन्मुख बन्ने अपेक्षा गरिएको उहाँको भनाइ छ । विशेषगरी साहसिक पर्यटन र दृश्यावलोकनका लागि पोखरा सबैको रोजाइमा पर्ने गरेको छ । यहाँ पदयात्रा, पर्वतारोहण, प्याराग्लाइडिङ, जलयात्रा र साहसिक यात्रा एवम् प्राकृतिक दृश्यावलोकनलाई लक्षित गरी पर्यटक आउने गर्दछन् । अन्नपूर्ण पदयात्राको मुख्य प्रवेशद्वार लमजुङको सदरमुकाम बेँसीसहर र पोखरा हुन् । पर्यटक बेँसीसहर हुँदै पाँच हजार ४१६ मिटर उचाइको अग्लो थोराङ्पास भञ्ज्याङ हुँदै मुक्तिनाथ, जोमसोम भएर पोखरा फर्कन्छन् । त्यस्तै पोखरा हुँदै वीरेठाँटी, घान्द्रुक, घोरपानी हुँदै जोमसोम, मुक्तिनाथ, माथिल्लो मुस्ताङ र थोरैमात्रै थोराङ्पास पार गरी मनाङ हुँदै बेँसीसहरबाट फर्कन्छन् । पछिल्लो समयमा पदयात्रा, दृश्यावलोकन एवम् साहसिक पर्यटनलाई लक्षित गरी पोखरा आउने पर्यटकको सङ्ख्या विस्तारै बढ्न थालेका कारण केही मात्रामा भने पनि पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ । पोखराको पर्यटनमा यस वर्षजस्तो नकारात्मक प्रभाव द्वन्द्वकालमा पनि नरहेको बताउने होटल सङ्घ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेल पनि अन्तर्राष्ट्रिय रुपमा नेपाल पर्यटकीय दृष्टिबाट उत्कृष्ट गन्तव्यहरूको सूचीमा सूचीकृत हुनु समग्र पर्यटन व्यवसायीका लागि खुसीको कुरा भएको बताउनुहुन्छ । भूकम्प र नाकाबन्दीका कारण यस वर्ष जम्मा ३० प्रतिशतमात्र पर्यटक पोखरा आएको बताउँदै उहाँले आन्तरिक पर्यटकका कारण यहाँको पर्यटनलाई ठूलो राहत पु¥याएको बताउनुभयो । उहाँका अनुसार पोखरामा पर्यटकस्तरीय लगभग ४०० होटलले पाहुनालाई सेवा प्रवाह गरिरहेका छन् । अघिल्ला वर्षमा लगभग दुई लाख ५० हजारको सङ्ख्यामा बाह्य पर्यटक र त्यही सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बताउँदै उहाँले भूकम्प र नाकाबन्दीका कारण यस वर्षको त्यो सङ्ख्याको ५० प्रतिशत पनि पर्यटक नआएको जानकारी गराउनुभयो । पोखराबाट मनोरम हिमश्रृङ्खला देख्न पाइनुको साथै फेवाताल, बेगनास ताल, रुपातालसहितका रामसारमा समेत सूचीकृत नौवटै ताल यहाँको महत्वपूर्ण पर्यटकीय आकर्षण हुन् । सराङ्कोट, महेन्द्र गुफा, चमेरे गुफा, पातले छाँगो, विन्दवासिनी मन्दिर, भद्रकाली मन्दिर, गुप्तेश्वर महादेव गुफा, गहिरिएर बगेको सेती नदीका गल्छी, विश्व शान्ति स्तुपा आदि यहाँका दर्शनीयस्थल हुन् । पछिल्ला समयमा पोखरा आसपासका भरतपोखरीस्थित हुडिकोट, कोटभैरव, पाण्डेथुमलगायतका स्थान पनि पर्यटकको रोजाइमा परेका छन् । पोखरा आफँैमा प्रकृतिको बरदान भएको बताउने पर्यटनविद् नीलकण्ठ शर्मा बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगै यहाँको पर्यटकीय पूर्वाधारको विकास गर्नु अपरिहार्य भएको बताउनुहुन्छ । विविधतायुक्त प्रकृति पोखराको अर्को छुट्टै विशिष्ट पहिचान भएको बताउँदै उहाँले यहाँका प्राकृतिक सुन्दरताका साथै यहाँ पाइने साहसिक पर्यटनको मज्जा लिन पनि पर्यटक पोखरा आउने गरेको बताउनुभयो । पर्यटकलाई लक्षित गरी पोखरामा अर्बौंको लगानी भइसकेको बताउँदै रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराका प्रथम उपाध्यक्ष चौबहादुर गुरुङले पछिल्ला दिनमा बढिरहेको पर्यटक आउने क्रमले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गर्नुभयो । उहाँका अनुसार पोखरामा पर्यटकलाई लक्षित गरी लगभग ३०० को सङ्ख्यामा रेस्टुराँ सञ्चालन गरिएका छन् । पछिल्ला समयमा बढ्दै गएको पर्यटक आउने क्रमले एक वर्षदेखि थिलथिलो बनेको पोखराको पर्यटन क्षेत्रले पुनर्जीवन पाउने आशा गर्न सकिन्छ ।

    ]]>
    9966 0 0 0
    भूमिगत सङ्गठनका सैन्य प्रमुख पक्राउ http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%ae%e0%a4%bf%e0%a4%97%e0%a4%a4-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%a0%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a5%88%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a5%8d/ Fri, 25 Mar 2016 00:55:33 +0000 http://www.ghumphir.com.np/?p=9968

    जनकपुरधाम, १२ चैत । ‘जनतान्त्रिक टाइगर जनशक्ति पार्टी’नामक भूमिगत सङ्गठनका सैन्य प्रमुख पृथ्वीसिंह भनिने कैलाश ठाकुरलाई प्रहरीले आज पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा ठाकुरलाई आज सार्वजनिक गरिएको कार्यक्रममा ठाकुरलाई गत माघ २२ गते नेपाली काँग्रेसका कार्यकर्ता राजेन्द्र यादवलाई गोली हानी हत्या गरेको र सोही दलका नसिम राईनलाई गोली हानी घाइते बनाएको आरोप लगाइएको छ ।

    प्रहरी उपरीक्षक रामदत्त जोशीले ठाकुर घटनामा सुटरको भूमिका निर्वाह गर्ने, फिरौती माग गर्ने र उद्योगपति, व्यवसायी, पेसाकर्मीलाई धम्की दिई अवैध चन्दा असुली गर्नेलगायत कार्यमा प्रत्यक्ष संलग्न रहेको बताउनुभयो ।

    सिरहा जिल्ला मिर्चैया नयरपालिका वडा नं ६ का २० वर्षीय ठाकुरले सो सङ्गठनका तत्कालीन सैन्य प्रमुख अजयसिंह भनिने रामरिझन यादव पक्राउ भएपछि सैन्य प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

    त्यस्तै प्रहरीले ठाकुरका सहयोगी र हातहतियार ओसारपसार गर्ने कारी भनिने विनोद यादवलाई समेत पक्राउ गरेको छ । सिरहा जिल्ला भेडिया गाविस–३ का ३० वर्षीय विनोदलाई गोली हानी हत्या गर्ने र बम विस्फोट गराउने कार्यमा संलग्न रहेको अभियोग लगाइएको छ । ठाकुर र विनोदबाट पेस्तोल र म्यागजिन एक एक थान, गोली सात राउन्ड तथा मोबाइल, भारतीय सिमकार्ड र नेपाली सिमकार्ड दुई दुई थान बरामद गरिएको छ ।

    ]]>
    9968 0 0 0
    मोतीपुरमा नयाँ औद्योगिक क्षेत्र बन्ने http://localhost/ghum/%e0%a4%ae%e0%a5%8b%e0%a4%a4%e0%a5%80%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%94%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%95/ Fri, 25 Mar 2016 01:23:41 +0000 http://www.ghumphir.com.np/?p=9970 बुटवल, १२ चैत। सरकारले मुलुकका सबै प्रदेशमा कम्तीमा एक एक औद्योगिकक्षेत्र स्थापना गर्ने निर्णयसँगै ५ नं प्रदेशको प्रस्तावित नयाँ औद्योगिक क्षेत्र बुटवलको मोतीपुरमा स्थापना हुने भएको छ ।रुपन्देहीको मोतीपुरमा ८१३ बिघा जग्गामा औद्योगिक क्षेत्र स्थापना गर्न मन्त्रिपरिषद्बाट निर्णय भएपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेय आज प्रस्तावित क्षेत्रमै पुग्नुभयो । मोतीपुरमा सरकारले हालै घोषणा गरेको औद्योगिक क्षेत्रको जग्गाको आज निरीक्षण गर्दै मन्त्री पाण्डेयले सबै प्रदेशमा बन्ने औद्योगिक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरका बनाएर अन्तर्राष्ट्रिय लगानी भित्र्याइने बताउनुभयो ।

    उद्योग स्थापना गरी रोजगारी सिर्जना, गरिबी निवारणका साथै अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ उन्मुख गर्न र प्रादेशिक सन्तुलनसमेत मिलाउन सबै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र स्थापनाका काम अगाडि बढेको मन्त्री पाण्डेले जानकारी दिनुभयो ।

    सरकारले सातै प्रदेशमा पाँच हजार ८०० रोपनी जग्गामा औद्योगिक क्षेत्र स्थापना गर्ने र एउटा क्षेत्रमा कम्तीमा एक हजार उद्योग स्थापना गर्न सकिने गरी काम अगाडि बढाएको छ–मन्त्री पाण्डेले भन्नुभयो ।

    सातै प्रदेशमा कम्तीमा छ महिनाभित्रैमा प्रस्तावित औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन बनाउने गरी काम अगाडि बढाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले काम अगाडि बढाएको छ ।

    ]]>
    9970 0 0 0
    यौनसम्पर्क गर्न नपाएको झोकमा हत्या http://localhost/ghum/%e0%a4%af%e0%a5%8c%e0%a4%a8%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%9d/ Fri, 25 Mar 2016 01:27:09 +0000 http://www.ghumphir.com.np/?p=9972 Venisha-Limbu,-Dhankuta Finalधनकुटा राजारानीको भेनिसाको हत्या आरोपमा प्रहरीले बौद्धका सनि लामा, सजित लामा र मोरङ पथरीका राजन राईलाई पक्राउ गरेको छ । हत्यामा संलग्नमध्येका अर्का एकजना भने फरार छन् ।  आजको समाचारपत्र दैनिकमा समाचार छ । घटनाबारे जानकारी दिन बिहीबार महाजगरीय प्रहरी अपराध महाशाखा टेकुमा आयोजित पत्रकारसम्मेलनमा महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘यौनसम्पर्क गर्न नमानेपछि भेनिसालाई लाजिम्पाटस्थित एक अपार्टमेन्टको ६ तलामाथिबाट फालेको पाइयो । ‘ अपार्टमेन्ट मालिकले भेनिसालाई झ्याबाट धकेल्दा उनको मृत्यु भएपछि गाडीमा राखेर नगरकोटस्थित बाँसघारीमा फालेको खुलेको प्रहरीले जनाएको छ ।  ]]> 9972 0 0 0 मधेस आन्दोलनको तयारी के छः भारतीय राजदूत http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a5%87-%e0%a4%9b/ Fri, 25 Mar 2016 01:42:53 +0000 http://www.ghumphir.com.np/?p=9975 अन्नपूर्णमा समाचार छ । बैठकमा सहभागी मोर्चाका एक नेताका अनुसार राजदूत रेलाई अवको आन्दोलन राजधानीकेन्द्रीत हुने र पहाडी जनजातिहरुको समेत सहयोगमा ठूलाठूला प्रदर्शन गर्ने योजना र तयारी रहेको जानकारी दिइएको छ । राजदूत रेले ‘तपाईहरुले वैशाखदेखि फेसर प्रारम्भ गर्ने भनेको मधेस आन्दोलनको तयारी बारेमा के हुँदैछ ?’ भन्ने प्रश्न गरेको मोर्चाका नेताहरुले बताए । राजदूतले मोर्चाका ११ बुँदे मागबारे सरकारसँग भएको प्रगतिको विवरण पनि चाहेका थिए ।]]> 9975 0 0 0 मारुती सुजुकीको ३० औं शोरुम ललितपुरको बालकुमारीमा खुल्यो, सुजुकीका सबै मोडलका गाडी पाइने  http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%81%e0%a4%a4%e0%a5%80-%e0%a4%b8%e0%a5%81%e0%a4%9c%e0%a5%81%e0%a4%95%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a5%a9%e0%a5%a6-%e0%a4%94%e0%a4%82-%e0%a4%b6%e0%a5%8b%e0%a4%b0/ Fri, 25 Mar 2016 03:05:04 +0000 http://www.ghumphir.com.np/?p=9978
    काठमाडौं। सुजुकी फोर ह्विलरको शोरुम ललितपुरको बालकुमारीमा खुलेको छ। देशका २६ शहरमा पुगिसकेको सुजुकीले ३० औं शोरुम बालकुमारीमा खोलेको हो। यसअघि उसले देशका विभिन्न स्थानमा २९ वटा शोरुम सञ्चालनमा ल्याइसकेको छ। नयाँ शोरुमको सिजी मोटर कर्पका प्रबन्ध निर्देशक अरुणकुमार चौधरीले उदघाटन गरेका छन्। कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले ग्राहकमाझ सजिलै उपस्थित हुने आफ्नो प्रतिबद्धताअनुसारक कम्पनी नयाँ शोरुमको सुरुवात गरेको जानकारी दिए। नयाँ शोरुमबाट मारुती सुजुकीले उत्पादन गरी नेपाली बजारमा उपलब्ध सबै मोडलका सवारी साधन उपलब्ध हुनेछ। कम्पनीले शोरुम उदघाटनको अवसरमा विहीबार २० हजार नगद छुटसमेत दिएको थियो।
    -]]>
    9978 0 0 0
    शाकाहारी गाउँ घोषणा http://localhost/ghum/%e0%a4%b6%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%98%e0%a5%8b%e0%a4%b7%e0%a4%a3%e0%a4%be/ Fri, 25 Mar 2016 07:13:55 +0000 http://www.ghumphir.com.np/?p=9981

    इलाम, १२ चैत । इलामको पश्चिमी बाँझो–८ र ९ स्थित माङसेबुङलाई शाकाहारी गाउँ घोषणा गरिएको छ । किरात धर्मावलम्बी बसोबास गर्ने उक्त स्थानलाई इलामका सहायक प्रजिअ सुजन फागोले बिहीबार शाकाहारी गाउँ घोषणा गर्नुभयो । धुम्रपान, मद्यपान, लागुऔषध, माछामासु सेवन, पशुपक्षी हत्या गर्न नपाइने भन्दै शाकाहारी गाउँ घोषणा गरिएको हो । उक्त गाविसको पूर्वमा बेलबोटे, पश्चिममा रतुवा घर्ती दोभान, उत्तरमा नेम्बाङ चोक र दक्षिणमा मजुवा र पाङ्ग्रेधामसम्मलाई शाकाहारी क्षेत्र घोषणा गरिएको स्थानीय नन्द नेम्बाङले जानकारी दिनुभयो । सो स्थानमा सशस्त्र द्वन्द्वका समयमा पाँचथर, ताप्लेजुङ, झापा र इलामका विभिन्न गाविसबाट मानिस बसाइँ सरेका थिए । करिब एक हजार घरधुरी बसोबास रहेको यस क्षेत्रमा प्रत्येक बुधबार शाकाहारी हाट लाग्ने गरेको छ । किरात चुम्लुङ मुहिङगुम आङ्सिमाङ्गेना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङले शाकाहारी गाउँ घोषणाले वर्षाैंदेखि यस क्षेत्रमा बसोबास गर्ने किरात धर्मावलम्बीको भावनाको कदर भएको बताउनुभयो । किरात धार्मिक गुरु आत्मानन्द लिङ्देन र माता पवित्राहाङ्माको बसोबास रहेको माङसेबुङमा प्रत्येक वर्ष गुरुको जन्मोत्सवमा राष्ट्रिय व्यक्तित्व आउने गर्छन् । यस क्षेत्रमा हङकङ, बेलायत, बर्मा, भारत, भुटानलगायत नेपालका विभिन्न जिल्लाबाट मानिस आउने गर्छन् ।

    ]]>
    9981 0 0 0
    पर्यटन प्रवद्र्धनका लागि घोडा दौड http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97-7/ Fri, 25 Mar 2016 07:15:53 +0000 http://www.ghumphir.com.np/?p=9983

    पोखरा, १२ चैत । खेल पर्यटनको प्रवद्र्धन एवम् विकासका लागि आगामी वैशाख ११ देखि १५ गतेसम्म पर्यटकीय नगरी पोखरामा प्रतियोगितात्मक घोडा दौड एवम् प्रदर्शनी हुने भएको छ । प्रदर्शनीबारे जानकारी दिन आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल घोडचढी सङ्घका केन्द्रीय सदस्य एवम् पश्चिमाञ्चल घोडचढी सङ्घका अध्यक्ष लोकजङ्ग लामाले खेल पर्यटनलाई लक्षित गरी घोडा दौड एवम् प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । पोखराको पर्यटनको विकासका लागि घोडचढी पर्यटन पनि एउटा महत्वपूर्ण पाटो बन्न सक्ने बताउँदै उहाँले घोडाको ट्रेकिङ ट्रेलसमेत निर्माण गरी पर्यटकलाई आकर्षण गर्न सकिने धारणा राख्नुभयो । पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले साहसिक पर्यटनका लागि पोखराको पहिचान कायम गर्दै साहसिक पर्यटनका रुपमा घोडचढी पर्यटनलाई अघि बढाउन सकिने उल्लेख गर्नुभयो । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका उपाध्यक्ष चौबहादुर गुरुङले खेल पर्यटनले पछिल्ला समयमा चासो र चर्चा पाइरहेको बताउँदै घोडचढी पर्यटन पनि सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्नुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मीनराज काफ्ले, नेपाल पत्रकार महासङ्घ कास्कीका सचिव त्रिभुवन पौडेल, वातावरण तथा सामाज सुधार समितिका अध्यक्ष राजन पौडेल, जिल्ला पशु सेवा कार्यालयका प्रमुख राकेश प्रजापति, नेपाल पशु स्वास्थ्य प्राविधिक सङ्घका महासचिव सुरेश श्रेष्ठलगायतले पोखराको साहसिक पर्यटनमा घोढचढी पर्यटनलाई पनि विकास गर्न सकिने भएकाले यसको प्रचार–प्रसार अपरिहार्य भएको बताउनुभयो ।

    ]]>
    9983 0 0 0
    निङ्गाला नपाउँदा पुख्र्यौली पेसा धरापमा http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%be%e0%a4%b2%e0%a4%be-%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%af/ Fri, 25 Mar 2016 07:17:42 +0000 http://www.ghumphir.com.np/?p=9985

    डडेल्धुरा, १२ चैत । डोकानाङ्ला बनाउने कच्चा पदार्थ निङ्गाला, बाँस नपाउँदा पुर्खौदेखि यो व्यवसायबाट परिवार धान्दै आएका मानिसको व्यवसाय नै धरापमा परेको छ । पहिले आफ्नै जङ्गलमा पर्याप्त मात्रामा पाइने निङ्गाला सजिलै पाउन छाडेपछि अहिले डोका, छापरी, नाङ्ला, कोरङ्गा बनाएर परिवारको पेट पाल्न धौ धौ भएको समैजी–५ का ४० वर्षीय गणेश पार्की बताउनुभयो । सानै उमेरदेखि निङ्गालाको काम गर्न थाल्नुभएका उहाँले यही पेसाबाट आमा, तीन छोराछारी र श्रीमतीसहित छ जनाको परिवारलाई पाल्दै आउनुभएको छ तर निङ्गाला नै पाउन छोडेपछि पुख्र्यौली पेसा नै सङ्कट परेर उहाँमा चिन्ता थपिएको छ । डडेल्धुराका अधिकांश दलित परिवारको पुख्र्यौली पेसाका रुपमा रहेको निङ्गाला व्यवसाय कच्चा पदार्थको अभावमा सङ्कटमा परिरहेको छ । यस भेगका दलित परिवारका मानिसले यही काम गरेर परिवार चलाउँदै आएका थिए । अहिले कच्चा सामग्री निङ्गालाको अभावमा धेरै मात्रामा सामग्री उत्पादन गर्न नसकेर जेनतेन जीवनसम्म धानिरहेको समैजी–८ का पे्रम कैनीको भनाइ छ । दलित परिवारका धेरै युवा यो पेसा छाडेर जागिर गर्न थालेका छन् भने केही कामको खोजीमा भारत पसेका छन् । केही युवा आधुनिक तरिकाको सीप प्रयोग गरी बाँसका सामग्री निर्माणमा समेत लागेका अमरगढी–७ का २८ वर्षीय तेज कैनी बताउनुहुन्छ । व्यवसायीले जिल्लाका राई, सल्लाघारी, बगरकोट, भित्रीमधेशका साथै अन्य ठाउँबाट समेत कच्चा सामग्री ल्याउने गरेको बताइन्छ ।

    ]]>
    9985 0 0 0
    पोखरा विमानस्थलको ९० प्रतिशत मुआब्जा वितरण http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a5%af%e0%a5%a6-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ Fri, 25 Mar 2016 07:25:58 +0000 http://www.ghumphir.com.np/?p=9987

    पोखरा, १२ चैत । पोखराको छिनेडाँडामा निर्माण गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नपुग थप जग्गाको करिब ९० प्रतिशत मुआब्जा वितरण कार्य सकिएको छ । पहिलो, दोस्रो र तेस्रो चरणमा गरी बिहीबारसम्म ४९६ जना जग्गाधनीलाई रु दुई अर्ब ५० करोड मुआब्जा वितरण गरिसकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर सुपरभाइजर दीपज्योति राजभण्डारीले जानकारी दिनुभएको छ । अहिलेसम्म ४३९।५२ रोपनी जग्गाको मुआब्जा जग्गाधनीले बुझिसकेका छन् । पहिलो चरणमा ७२।६० रोपनीको ५९ जना, दोस्रो चरणमा ३०१।४२ रोपनीको २७८ जना र तेस्रो चरणमा ६५।५० रोपनीको १५९ जनालाई मुआब्जा वितरण गरिएको हो । कुल नपुग ६२९ रोपनीमध्ये केही जग्गा सार्वजनिक र बाटोमा समेत परेकाले अब ५१ रोपनीको मात्रै मुआब्जा वितरण गर्न बाँकी रहेको र त्यो पनि वितरणको प्रक्रियामा रहेको राजभण्डारीले बताउनुभयो । विभिन्न चरणमा मुआब्जा लिन छुटेका जग्गाधनीले मुआब्जा लिन आएमा म्याद बढाएर भए पनि मुआब्जा दिन सकिने आयोजनाले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले विमानस्थलभित्र परेका करिब ३० वटा घरटहराको पनि मुआब्जा वितरण गरिसकेको छ । आयोजनाले बाटो भएको जग्गाको प्रतिरोपनी रु ६४ लाख र बाटो नभएको जग्गाको प्रतिरोपनी रु ४८ लाख दिने गरेकोे छ । नपुग जग्गाको अधिग्रहण कार्य अन्तिम चरणमा पुगेको र विमानस्थल निर्माणमा ऋण सहयोग गर्ने चीनको एक्जिम बैंकसँग ऋण सम्झौता पनि भइसकेकाले विमानस्थलको शिलान्यास गरी निर्माण कार्य अघि बढाउन सहज भएको बताइएको छ । विसं २०३२ मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भनेर तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिए पनि विभिन्न कारण निर्माण कार्य अघि बढ्न सकेको थिएन ।

    ]]>
    9987 0 0 0
    सडक कालोपत्र गर्ने अभियानमा सर्वसाधारण http://localhost/ghum/%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a4%be/ Fri, 25 Mar 2016 07:27:47 +0000 http://www.ghumphir.com.np/?p=9989

    पथरी (मोरङ), १२ चैत । पथरी शनिश्चरे नगरपालिकाका बासिन्दा सडक कालोपत्र गर्ने अभियानमा लागेका छन् । पथरी शनिश्चरेको वडा नं ९, १० र १५ जोड्ने करिब एक किलोमिटर सडक स्थानीयवासी र सरकारको आर्थिक सहयोग तथा श्रमदानबाट कालोपत्र गर्ने काम भइरहेको हो । पथरी शनिश्चरे नगरपालिका घोषणा भएसँगै नगरवासीको विकास निर्माणका काममा सहभागिता बढेको हो । अहिले स्थानीय जनताको सक्रियतामा डोजर लगाएर नालीसहित ३३ फिट चौडा बाटो बनाउने काम भइरहेको छ । यसका लागि उपभोक्ताबाट रु ३० लाख र सहरी विकास मन्त्रालयबाट रु ३० लाख गरी जम्मा रु ६० लाख बराबरको सहयोग जुटाइएको उपभोक्ता समितिका अध्यक्ष ऋषिराज पौडेलले बताउनुभयो । सडक फराकिलो बनाउने क्रममा जग्गाधनीले आफ्नो जग्गाको क्षेत्रभित्र लागेको रकम स्वयम्ले तिर्ने व्यवस्था गरिएको छ । आफ्नो जग्गाभित्रको प्रतिफिट ७०० रुपैयाँ का दरले रकम उठाइएको छ । आठ सय मिटर लम्बाइ रहेको उक्त सडक निर्माण भइसकेपछि पथरी शनिश्चरे नगरपालिकाको वडा नं ९, १०, १५ र बयरवन गाविसका केही वडाका बासिन्दा लाभान्वित हुने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । आगामी जेठ मसान्तसम्म निर्माण कार्य सक्ने लक्ष्य छ । यसका लागि पौडेलकै अध्यक्षतामा निर्माण समितिसमेत गठन गरिएको छ ।

    ]]>
    9989 0 0 0
    वेगनास ताल http://localhost/ghum/%e0%a4%b5%e0%a5%87%e0%a4%97%e0%a4%a8%e0%a4%be%e0%a4%b8-%e0%a4%a4%e0%a4%be%e0%a4%b2/ Fri, 25 Mar 2016 07:31:30 +0000 http://www.ghumphir.com.np/?p=9991 9991 0 0 0 एक करोडको लगानीमा गाईफार्म http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%ab%e0%a4%be%e0%a4%b0/ Fri, 25 Mar 2016 07:53:36 +0000 http://www.ghumphir.com.np/?p=9995

    रामपुर (पाल्पा), १२ चैत । मदनपोखराका युवा कृषक सुकदेव रिजालले कृषिमा व्यवसायीकरण गर्नका लागि रु एक करोडको लगानीमा गाईफार्म सञ्चालन गर्नुभएको छ । सुरुमा रु ३४ हजारमा एउटा गाई पाल्नुभएका रिजालले दूध उत्पादनमा यथेष्ट आम्दानी हुने आशा देखेर लगानी बढाउनु भएको हो । जिल्लाकै ठूलो लगानीमा सञ्चालित गाईफार्म हेर्नेको अहिले दिनहुँ घुइँचो लाग्ने गरेको छ । उहाँले गाउँमै रमाउने र गाईपालनबाट दीर्घकालीन रुपमा मनग्य आम्दानी गर्न लगानी गर्नुभएको हो । जीवन नै मेहनत, परिश्रम र सङ्घर्ष हो भन्ने मनसायले चलचित्र हल सञ्चालन, यातायात व्यवसायी, व्यापारलगायतका क्षेत्रमा समय खर्चनुभयो । तर, अन्तमा आएर उहाँले गाईफार्म रोज्नुभयो । बैंकबाट ऋण झिकेर व्यवसाय थाल्नुभएका रिजालले अहिलेसम्म आधा ऋण तिर्न भ्याउनु भएको छ । फार्ममा जर्सी, वर्णशङ्कर क्रस जातका उत्पादित माउ गाई, बाच्छाबाच्छी गरी जम्मा ७० वटा गाई रहेका छन् । दुहुना ३० र २५ वटा ब्याउनी गाई छन् । दैनिक २५० लिटरसम्म दूध उत्पादन हुन्छ । “वार्षिक रु १२ लाख बराबरको आम्दानी हुन्छ” उहाँले भन्नुभयो । फार्म निर्माण र गाई खरिदमा रु ५०÷५० लाख लगानी गर्नुभएका रिजालले पाँचजनालाई रोजगारी दिनुभएको छ । यसैवर्ष पशुसेवा कार्यालयले रु एक लाखको अनुदानमा दूध दुहुने मेसिन, गतवर्ष भकारो सुधारतर्फ रु ५९ हजार र गोठ सुधारका लागि रु एक लाख अनुदान रकम उपलब्ध गराएको छ । आफ्नो पुख्र्यौली दुई रोपनी जग्गामा रिजालले फार्म सञ्चालन गर्नुभएको हो । दुग्ध उत्पादक सङ्घका अध्यक्षसमेत रहनुभएका उहाँले ४०० रोपनी जग्गा वार्षिक रु चार लाखमा भाडामा लिई पशुलाई चाहिने घाँस आफैँ उत्पादन गर्नुहुन्छ । “विदेशको लगानी कृषिमा गरे यही आम्दानी गर्न सकिन्छ” उहाँले भन्नुभयो । दूध उत्पादनमात्र नभएर बाच्छी हुर्काएर तिनैबाट आम्दानी लिने उहाँको योजना छ । मलमूत्रको सदुपयोगका लागि यसैवर्षदेखि २० रोपनी जग्गामा तरकारीखेती सुरु गर्नुभएको छ । मल व्यवस्थापनका लागि २४ वटा ट्याङ्कीमा गड्यौला मल उत्पादन गरी बिक्री गर्नुहुन्छ । “कृषकलाई अनुदान रकम होइन, ऋण दिए मेहनत गरेर व्यवसाय गर्छन्, आम्दानी आफैँ लिन सक्छन” रिजालको सुझाव छ । लाखौँ रुपैयाँ ऋण गरेर विदेश जानुभन्दा स्वदेशमै बसेर तरकारी, फलफूल र पशुपालन व्यवसाय गरेर आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।

    ]]>
    9995 0 0 0
    कुमारी बेलविवाह सुरु http://localhost/ghum/%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b9-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Fri, 25 Mar 2016 08:03:48 +0000 http://www.ghumphir.com.np/?p=9997

    भक्तपुर, १२ चैत । जीवित देवीका रुपमा पुजिँदै आएको भक्तपुर तलेजुको एकान्त कुमारी जुनिशा शाक्यको आजबाट बेलविवाह सुरु भएको छ । भक्तपुर नगरपालिका–३ नागपोखरीस्थित शाक्यका बाबु जुजुरत्न शाक्यले कुमारी जुनिशाको बेलविवाहको साइत पूजा सम्पन्न गरिएको बताउँदै भोलि बिहान ७ बजेदेखि विवाहको काम सुरु हुने बताउनुभयो । जुनिशालाई सात वर्षको उमेरमा २०७० साउन २१ गते भक्तपुरको एकान्त कुमारीमा छनोट गरी भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीको सिफारिसमा गुठी संस्थानले नियुक्ति गरेको थियो । तलेजु एकान्त कुमारी १० वर्ष नाघेर ११ वर्ष पुगेमा वा बेलविवाह गरेमा कुमारीबाट स्वतः अवकाश हुने प्रावधान रहेअनुसार आजबाट बेलविवाहको क्रम सुरु भएसँगै कुमारी जुनिशाले अवकाश पाउनुभयो । तलेजु कुमारी भक्तपुरको बज्राचार्य वा शाक्य वंशीय कन्या मात्र कुमारी हुनुपर्छ । कुमारी हुने कन्या सबै गुणले सम्पन्न, कुनै दाग, घाउचोट नलागेको हुनुपर्ने र अपाङ्ग नभएको हुनुपर्ने परम्परा छ । कुमारी खोज्दा इच्छुक कन्यालाई परिवारको स्वीकृतिमा कुमारीको फूल टाउकोमा राखेपछि बिरामी नपरेमा यस्ती कन्यालाई कुमारीका लागि छनोट गरिने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताउनुभयो । सुसारेले कुमारीका लागि उपयुक्त कन्या खोजेपछि तलेजुका मूल नाइके जोशीले राम्रो दिन ठह¥याई सिफारिस गरेकी कन्यालाई गुठी संस्थानले एकान्त कुमारीमा नियुक्ति गर्ने परम्परा छ । एकान्त कुमारी छनोट भएपछि दसैँको घटस्थापनादेखि पूर्णिमासम्म कुमारी घरमा बस्नुपर्ने परम्परा छ । अन्य दिन आफ्नै परिवारसँग बस्न र विद्यालय जान पाउँछन् । नेस ६११ मा कुमारी पुजिने चलन सुरु भएको इतिहास भए पनि अहिलेसम्म कतिजना कुमारी बने भन्ने तथ्याङ्क छैन । गुठी संस्थानले २०४१ सालबाट कुमारीलाई भत्ताको व्यवस्था गरेयता भने २०४० मा गीता बज्राचार्य, २०४७ मा पद्मुसमना शाक्य, २०५१ मा नीलम बज्राचार्य, २०५६ मा सजनी शाक्य, त्यसपछि श्रीया बज्राचार्यले कुमारीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    ]]>
    9997 0 0 0
    पर्यटन प्रवद्र्धनका लागि घोडा दौड http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97-8/ Fri, 25 Mar 2016 13:57:51 +0000 http://www.ghumphir.com.np/?p=10000 पोखरा, १२ चैत । खेल पर्यटनको प्रवद्र्धन एवम् विकासका लागि आगामी वैशाख ११ देखि १५ गतेसम्म पर्यटकीय नगरी पोखरामा प्रतियोगितात्मक घोडा दौड एवम् प्रदर्शनी हुने भएको छ ।

    प्रदर्शनीबारे जानकारी दिन आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल घोडचढी सङ्घका केन्द्रीय सदस्य एवम् पश्चिमाञ्चल घोडचढी सङ्घका अध्यक्ष लोकजङ्ग लामाले खेल पर्यटनलाई लक्षित गरी घोडा दौड एवम् प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

    पोखराको पर्यटनको विकासका लागि घोडचढी पर्यटन पनि एउटा महत्वपूर्ण पाटो बन्न सक्ने बताउँदै उहाँले घोडाको ट्रेकिङ ट्रेलसमेत निर्माण गरी पर्यटकलाई आकर्षण गर्न सकिने धारणा राख्नुभयो ।

    पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले साहसिक पर्यटनका लागि पोखराको पहिचान कायम गर्दै साहसिक पर्यटनका रूपमा घोडचढी पर्यटनलाई अघि बढाउन सकिने उल्लेख गर्नुभयो ।

    रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका उपाध्यक्ष चौबहादुर गुरुङले खेल पर्यटनले पछिल्ला समयमा चासो र चर्चा पाइरहेको बताउँदै घोडचढी पर्यटन पनि सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्नुभयो ।

    पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मीनराज काफ्ले, नेपाल पत्रकार महासङ्घ कास्कीका सचिव त्रिभुवन पौडेल, वातावरण तथा सामाज सुधार समितिका अध्यक्ष राजन पौडेल, जिल्ला पशु सेवा कार्यालयका प्रमुख राकेश प्रजापति, नेपाल पशु स्वास्थ्य प्राविधिक सङ्घका महासचिव सुरेश श्रेष्ठलगायतले पोखराको साहसिक पर्यटनमा घोढचढी पर्यटनलाई पनि विकास गर्न सकिने भएकाले यसको प्रचार–प्रसार अपरिहार्य भएको बताउनुभयो ।

    ]]>
    10000 0 0 0
    धरानमा पहिलोपटक प्याराग्लाइडिङ प्रतियोगिता http://localhost/ghum/%e0%a4%a7%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%aa%e0%a4%9f%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a5%8d/ Fri, 25 Mar 2016 14:02:17 +0000 http://www.ghumphir.com.np/?p=10002 १२ चैत, धरान । पूर्वमै पहिलोपटक धरानमा राष्ट्रियस्तरको प्याराग्लाईडिङ च्याम्पियनशीप सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल प्याराग्लाईडिङ तथा ह्याङ्ग्लाईडिङ एसोसिएसनको आयोजना र स्टि्रम धरानको स्थानीय संयोजनमा भएको प्रतिष्पर्धामा नेपालका विभिन्न ठाउँका ४० प्याराग्लाईडर सहभागी छन् ।

    प्रतिष्पर्धाको धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले उद्घाटन गरे । शुक्रबार धरान २४ रमिते डाँडाबाट ४० प्रतिष्पर्धीसहित ६० प्याराग्लाइड उडे । विष्णुपादुकास्थित रमितेडाँडाबाट उडाइएका प्याराग्लाइड धरान १७ डाँडाघोपामा अवतरण गरिएको छ । भोलि पनि तिनै ४० प्रतिष्पर्धी उड्ने छन् । उनीहरुको उडान शैली, कलाको मूल्याङ्कन गरेर प्रथम, द्वितिय र तृतिय घोषणा गरिने छ । प्रथमले नगद २५ हजार, द्वितियले १५ र तृतियले १० हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । भोली हुने अन्तिम प्रतिष्पर्धापछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने प्रतिष्पर्धाका संयोजक लेखमणी जिमीले बताए ।

    पूर्वमै पहिलो पटक प्याराग्लाईडिङ प्रतिष्पर्धा भएको रमिते डाँडालाई पूर्वको प्याराग्लाईडिङ तालिम केन्द्र बनाउन पहल गरिने आयोजकले जनाएको छ ।

    ]]>
    10002 0 0 0
    नेपालले भुटानको समेत पर्यटन प्रभावित http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%9c%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%ad%e0%a5%81%e0%a4%9f/ Fri, 25 Mar 2016 14:07:16 +0000 http://www.ghumphir.com.np/?p=10004 १२ चैत, काठमाडौं । विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त बन्न पुग्यो । नेपाल असुरक्षित रहेको सन्देश प्रवाह भएपछि भ्रमण गर्न आउने पर्यटक झण्डै आधा घटेको अनुमान छ ।

    नेपालमा भूकम्प जाँदा भुटानको समेत पर्यटन प्रभावित भएको छ । नेपाल भूकम्प र नाकाबन्दीको चेपुवामा परेपछि सन् २०१५ मा भुटान भ्रमण गर्ने तेस्रो मुलकका पर्यटकको संख्या १२ प्रतिशतले घटेको बताइएको छ ।

    भुटानी संचारमाध्यमका अनुसार सन् २०१५ मा तेस्रो मुलुकका ५१ हजार पर्यटकले भुटान भ्रमण गरेका छन् । जबकी अघिल्लो वर्ष ५८ हजार पर्यटकले भुटान भ्रमण गरेका थिए ।

    सामान्यतयाः तेस्रो मुलुकका पर्यटक नेपाल, भारत र भुटानको संयुक्त प्याकेज बनाएर घुम्न आउने गर्छन् । भुटानमात्र घुम्ने गरी निकै कम पर्यटक आउने गरेको गाइड एशोसियसन अफ भुटानका अध्यक्ष गरव दोर्जी बताँछन् ।

    भुटान पर्यटन विकास परिषदका अनुसार भुटान जाने पर्यटकमध्ये करिव ४० प्रतिशत नेपाल हुँदै जाने गर्छन । वैशाख १२ गते गएको भूकम्प, त्यसलगत्तै सुरु भएको मधेस आन्दोलन र असोजदेखि सुरु भएको भारतीय नाकाबन्दीका कारण नेपालको पर्यटन उद्योग धरासायी बन्यो ।

    यस अवधिमा पर्यटक आगमन निकै घट्यो भने विदेशी एयरलाइन्सले उडान समेत कटौती गरे । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएपछि कतिपय विदेशी एयरलाइन्सले उडान समेत बन्द गरे । यसको प्रभाव नेपालसहित भुटानसम्म पर्‍यो ।

    भौगोलीक रुपमा नेपाल र भुटान धेरै हदसम्म समान छन् । सानो मुलुक भुटानमा पर्यटकीय गन्तव्यहरु कम रहेको हुँदा भुटानमात्रै घुम्ने गरी पर्यटक आउन मान्दैनन् । काठमाडौंबाट करिव ४५ मिनेटको हवाई दुरीमा रहेको भुटानमा नेपाल भ्रमणमा आउने पर्यटक पुग्ने गर्छन् ।

    कन्ट्रोल टुरिज्म

    भुटानले ‘कन्ट्रोल टुरिज्म’ को नीति अंगिकार गरेको छ । दैनिक २५० अमेरिकी डलर खर्च गर्न नसक्ने पर्यटकलाई भुटानले प्रवेश दिँदैन । अफसिजनमा भने दुई सय डलर खर्च गर्नुपर्छ ।

    मुलुकमा गुणस्तरीय पर्यटक भित्राउन ‘कन्ट्रोल टुरिज्म’ को नीति अपनाएको हो । यही कारण टुरिजममा भुटानले दक्षिण एशियामै फड्को मार्न थालेको छ । भुटानको समग्र अर्थतन्त्रमा जलविद्युतपछि सबैभन्दा ठूलो योगदान पर्यटनको छ ।

    सीमित स्रोत साधनबीच पनि राम्रो योजना बनाएर अगाडि बढेका कारण भुटानले पर्यटन क्षेत्रमा राम्रो सफलता हासिल गरेको हो । पर्यटकीय सम्भावनाका हिसावले भुटानभन्दा नेपाल धेरै गुणा अगाडि रहे पनि नेपाली अर्थतन्त्रमा पर्यटनको योगदान नगन्य छ ।

    ‘मास टुरिज्म’ अवधारणा अपनाएको नेपालमा भने कम खर्चालु पर्यटकहरु भित्रिने गरेको रिपोर्टहरुले देखाइरहेको छ । विश्वकै सबैभन्दा धनाढ्य पर्यटक भित्राउन सकिने भए पनि नेपालमा सरकार र निजी क्षेत्रबीच समन्वय गरेर काम गर्न नसक्दा यसबाट चुकिरहेको तीतो अवस्था छ ।

    भुटान करिब ७ लाख जनसंख्या भएको सानो मुलुक हो । यहाँका अधिकांश जनता बुद्ध धर्म मान्छन् । यहाँको पर्यटन पनि बुद्धिष्ट संस्कृति र बुद्ध गुम्बाहरुमा आधारित छ । साहसिक पर्यटनको भुटानमा सीमित सम्भाव्यता छ ।

    ]]>
    10004 0 0 0
    बस पल्टिँदा २१ जना घाइते http://localhost/ghum/%e0%a4%ac%e0%a4%b8-%e0%a4%aa%e0%a4%b2%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a5%a8%e0%a5%a7-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%98%e0%a4%be%e0%a4%87%e0%a4%a4%e0%a5%87/ Sat, 26 Mar 2016 03:24:35 +0000 http://www.ghumphir.com.np/?p=10007

    चितवन, १३ चैत । कृषक समूहलाई भ्रमणमा लिएर आएको बस अनियन्त्रित भई सडकमा पल्टिँदा २१ जना कृषक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दमकबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख १७९९ नम्बरको मिनिबस भरतपुर उपमहानगरपालिका–२ आँपटारीमा आज बिहान ३ः४० बजे दुर्घटना हुँदा बसमा सवार उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये १० जनाको भरतपुर अस्पतालमा र ११ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनाको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको छ । दमकस्थित नवजागरण कृषक समूहका कृषक भ्रमणका लागि आएको बस दुर्घटनामा परेको हो । चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    ]]>
    10007 0 0 0
    ६ वर्षअघि नै नेपाल आउन चाहन्थे ह्यारी http://localhost/ghum/%e0%a5%ac-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%85%e0%a4%98%e0%a4%bf-%e0%a4%a8%e0%a5%88-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%86%e0%a4%89%e0%a4%a8-%e0%a4%9a%e0%a4%be%e0%a4%b9/ Sat, 26 Mar 2016 03:26:39 +0000 http://www.ghumphir.com.np/?p=10009 १३ चैत, काठमाडौं ।
    बेलायती राजकुमार ह्यारीले आफ्नो नेपाल बसाइ ६ दिन लम्ब्याएका छन्। नेपाली आत्मीयता र प्रेमले लोभिएका उनी अहिले भूकम्प पीडितका ग्रामीण बस्तीमा उनीहरुका दुःख बाँडिरहेका छन्। नागरिक दैनिकमा समाचार छ।
    नेपालप्रतिको उनको यो अनुराग यहाँ आएपछि हठात् जागेको होइन। उनी त ६ वर्षअघि नै नेपाल आउने मनस्थितिमा रहेछन्। त्यति बेला उनको आफ्नो व्यवस्तताले अबरोध गर्यो।
    अर्को चाहिँ नेपाल–बेलायतका सम्बन्धित निकायले व्यवस्थापन गर्न नसक्दा त्यो चाहना साकार हुन पाएन। शुक्रवार गोरखाको उत्तरी क्षेत्र पुगेका उनले स्थानीयसँग आफ्नो चाहनाको पोको फोरे। ‘म ६ वर्ष अघि नै यहाँ आउन चाहन्थे तर मिलेन,’ उनले भने।
    ]]>
    10009 0 0 0
    पञ्चकन्या प्रयोगमा प्रतिवन्ध http://localhost/ghum/%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf/ Sat, 26 Mar 2016 03:29:21 +0000 http://www.ghumphir.com.np/?p=10011 १३ चैत, काठमाडौं । शिक्षा विभागले विद्यालय शिक्षासम्बन्धी कार्यक्रममा स्वागत र ब्याच वितरणलगायत कुनै पनि कार्यक्रममा महिला र छात्रा प्रयोग नगर्न निर्देशन दिएको छ ।

    प्रमुख अतिथि, विशेष अतिथिलगायत विशष्टि व्यक्तिलाई स्वागत गर्ने नाममा प्रयोग हुँदै आएका पञ्चकन्याको समेतको प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको आजको ।  नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    विभागले विशष्टि व्यक्तिलाई ब्याच दिँदा नलगाईकन हातमा मात्रै दिन निर्देशन दिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा विदेशी पाहुना आउँदा विद्यालयका विद्यार्थी प्रयोग गरेर घण्टौसँम लाइनमा राखेर स्वागत गर्ने व्यवस्थालाई समेत निषेध गरेको छ ।

    काठमाडौं बाहिर जिल्ला भ्रमणमा जाँदा प्रमुख व्यक्तिललाई नाङ्गो खुट्टाले स्वागत गर्दा साना बालबालिकाको अधिकारसमेत हुनन हुने भएकाले शिक्षा विभागले प्रमुख अतिथिलगायत विशिष्ट व्यक्तिलाई स्वागत गर्ने साना विद्यार्थी प्रयोग नगर्न निर्देशन दिएको हो ।

    शिक्षा विभागका निर्देशक एवं प्रवक्ता वैकुण्ठ अर्यालले पाहुनालाई स्वागत गर्ने नामममा घण्टौंसम्म साना विद्यार्थीहरुको अधिक रुपमा प्रयोग हुन थालेपिछि शिक्षा विभागले साना विद्यार्थी र पञ्चकन्या प्रयोग नगर्न निर्देशन दिएको जानकारी दिए ।

    ]]>
    10011 0 0 0
    त्रिविका सवै क्याम्पसमा 'वार्इफार्इ जोन' http://localhost/ghum/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%b5%e0%a5%88-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b8%e0%a4%ae%e0%a4%be/ Sat, 26 Mar 2016 03:31:45 +0000 http://www.ghumphir.com.np/?p=10014 १३ चैत, काठमाडौँ ।
    त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालयलगायत सबै आंगिक क्याम्पसमा ‘वाईफाई जोन’ विकास गर्ने भएको छ। पहिलो चरणमा कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालयमा यसै वर्षबाट सुरु गरिने अधिकारीले जनाएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।
     wifiउपकुलपति प्राध्यापक तीर्थराज खनियाँका अनुसार त्रिविको पठनपाठन र अनुसन्धानलाई प्रविधियुक्त शिक्षणका रूपमा विकास गर्ने उद्देश्यले ‘वाईफाई जोन’ बनाउन लागिएको हो। ‘ई–लर्निङ, ई–प्रशासन, ई–पुस्तकालय, अनलाइन र दूर शिक्षाजस्ता क्षेत्रमा एक्काइसौं शताब्दीको आधुनिक शिक्षाको पहुँच पुर्‍याउन वाईफाई जोन बनाउन पहल गरिएको हो,’उपकुलपति खनियाँले भने, ‘प्रारम्भिक चरणमा त्रिवि कीर्तिपुर परिसरलाई वाईफाई जोन बनाइने छ।’
    त्यस निम्ति प्राध्यापक लेखनाथ शर्माको संयोजकत्वमा गठित प्राविधिक समितिले प्रतिवेदनका आधार प्रक्रिया अघि बढाइएको जनाइएको छ। प्रतिवेदनअनुसार तीन चरणमा वाईफाई विस्तार गरिने छ। कीर्तिपुर हातामा त्रिविको केन्द्रीय कार्यालय, ३३ विभाग, डिनको कार्यालय, अनुसन्धान केन्द्रहरू, परीक्षा नियन्त्रण कार्यालय, प्राध्यापक आवास, छात्रावास, केन्द्रीय पुस्तकालयलगायत रहेका छन्। त्रिविको देशभरिमा ६० आंगिक क्याम्पस छन् । दोस्रो चरणमा उपत्यकाभित्रका आंगिक क्याम्पसहरू र तेस्रो चरणमा उपत्यका बाहिरका क्याम्पसमा विस्तार गरिने जनाइएको छ।
    ]]>
    10014 0 0 0
    भारतीय सञ्चारमाध्यम भन्छन्ः ‘नेपाल-चीन सम्झौताले भारतलाई चुनौती’ http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%ae-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%9b/ Sat, 26 Mar 2016 03:38:21 +0000 http://www.ghumphir.com.np/?p=10017 १३ चैत, काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको दुईपक्षिय सहमति र नेपाल- चीन सम्बन्धलाई भारतीय सञ्चार माध्यले नेपाल भारत पारस्परिक हैसियतमा चुनौतिका रुपमा हेरेका छन् ।

    Nepal-India-and-chaina-flagचीनसँगको निकटता र त्यसले नेपालको उत्तरसँगको आर्थिक तथा अन्य निकटतापनि भारतसंगको सम्बन्धकै मूल्यमाहुने उनीहरुले टिप्णी गरेका आजको अन्नपूर्णमा समाचार छ ।

    ‘नेपालका प्रधानमन्त्रीले बइेजिङमा गरेका सम्झौता भारतका लागि खतरा हुन् । भारतको प्रभाव क्षेत्रमा चीनको प्रभाव बढ्नु भारतको लागि हितकार छैन ।’ भारतीय टेलिभिजन च्यालन ‘जी न्युज’ले प्रसारण गरेको भिडियोमा भनिएको छ ।

    चीनसँग ओलीले गरेको पारवहन सम्झौताले भारतसँगको नेपालको परनिर्भरता उल्लेख्य मात्रामा घटाउने र नेपालले चीनको तिनजियन समुन्द्री बन्दरगाह हुँदै तेस्रो मुलुकसम्म व्यापार गर्ने भारतीय पत्रकार सुधार रामचन्द्रन एसिया टाइम्स अनलाइनमा प्रकाशित आफ्नो लेखमा भन्छिन् ।

    ]]>
    10017 0 0 0
    तोरन्लको अवसरमा तारा खेल महोत्सव http://localhost/ghum/%e0%a4%a4%e0%a5%8b%e0%a4%b0%e0%a4%a8%e0%a5%8d%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%96%e0%a5%87%e0%a4%b2/ Sat, 26 Mar 2016 03:44:33 +0000 http://www.ghumphir.com.np/?p=10019

    बुटवल, १३ चैत । थकाली समुदायमा परम्परागत सांस्कृतिक पर्वको रुपमा खेलिने धनुषवाण (तारा खेल) महोत्सव बुटवलमा सम्पन्न भएको छ । थकाली सेवा क्षेत्रीय समिति, बुटवलको आयोजनामा बुटवलमा धनुषवाण प्रतियोगिता सम्पन्न भएको हो । खेलको उपाधि खैरेनी क्लबले जितेको छ । उसले ११४ अङ्कका साथ प्रथम स्थान हासिल ग¥यो । त्यस्तै सगरमाथा तारा खेल समूह करौजीया रुपन्देही १०८ अङ्कका साथ दोस्रो र थकाली सेवा समाज १०० अङ्कका साथ तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । विजयी समूहले क्रमशः रु १८ हजार, रु १२ हजार र रु ६ हजार नगद, सिल्ड र पदक प्राप्त गरेका छन् । विजेता खेलाडीलाई थकाली सेवा समिति बुटवल क्षेत्रका अध्यक्ष शिवप्रसाद शेरचनले पुरस्कार वितरण गर्नुभएको थियो ।

    ]]>
    10019 0 0 0
    जोमसोम–पोखरा हवाई उडान अवरुद्ध http://localhost/ghum/%e0%a4%9c%e0%a5%8b%e0%a4%ae%e0%a4%b8%e0%a5%8b%e0%a4%ae-%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%b9%e0%a4%b5%e0%a4%be%e0%a4%88-%e0%a4%89%e0%a4%a1%e0%a4%be%e0%a4%a8-%e0%a4%85/ Sun, 27 Mar 2016 14:20:24 +0000 http://www.ghumphir.com.np/?p=10021 मुस्ताङ, १४ चैत । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि जोमसोम–पोखरा हवाई उडान अवरुद्ध भएको छ ।आकाशमा अत्यधिक तुवाँलो बढेपछि कम दृश्यताका कारण उडान अवरुद्ध बनेको हो । पर्यटन यामका बेला उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् । हवाई उडान नहुँदा सडक मार्ग हँुदै जिल्ला भित्रिने पर्यटक बढेका छन् । जोमसोम विमानस्थलका प्रमुख सूर्यबहादुर खत्रीले पाँच दिनदेखि एउटा पनि उडान नभएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार देशैभरि बदलिएको मौसम र त्यसमाथि म्याग्दी क्षेत्रमा बढी आगलागी भएपछि धुवाँका कारण दृश्यता कम भएको छ । “अझै पानी पर्ने सङ्केत छैन, उडान नहुँदा जोमसोम सुनसान बनेको छ”, उहाँले भन्नुभयो, “भिसा सकेर फर्कने पर्यटकहरू पनि समस्यामा परेका छन् ।”

    जोमसोम–पोखरा हवाई मार्गमा तारा, सिम्रिक, गोमा र माउन्टेन एअरले उडान भर्दै आएका छन् । अनुकूल मौसमका समयमा यी एअरलाइन्सबाट दैनिक १५ पटकसम्म उडान हुने जोमसोम विमानस्थलले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटक गरी वार्षिक एक लाख पर्यटक भित्रिने जिल्लामा ४० प्रतिशत पर्यटक हवाई मार्ग हुँदै भित्रिने विमानस्थल प्रमुख खत्रीले जानकारी दिनुभयो ।

    ]]>
    10021 0 0 0
    मानव कङ्काल फेला http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5-%e0%a4%95%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%b2-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Sun, 27 Mar 2016 14:22:05 +0000 http://www.ghumphir.com.np/?p=10023 बनेपा, १४ चैत । काभ्रेपलाञ्चोकमा आज एक जनाको मानव कङ्काल फेला परेको छ ।पनौती नगरपालिका–१ स्थित खोल्सामा कङ्कालसँगै कालो ट्राउजर र हवाई छाप चप्पल पनि भेटिएको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । स्थानीयवासीले खानेपानी लिन जाँदा सो कङ्काल देखेर प्रहरीलाई खबर गरेका थिए ।

    ]]>
    10023 0 0 0
    भूकम्पका कारण सगरमाथामा खाल्डा र चिरा http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a4%97%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Sun, 27 Mar 2016 14:23:33 +0000 http://www.ghumphir.com.np/?p=10025 सोलुखुम्बु, १४ चैत । गत वैशाखको भूकम्पका कारण सगरमाथामा ठूला खाल्डा र चिरा परेको भेटिएको छ ।सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा आधार शिविरबाट माथि गएका आइसफल डाक्टरले यस्तो पत्ता लगाएका हुन् । आइसफल डाक्टरका कमान्डर आङ कामी शेर्पाले भन्नुभयो “सगरमाथा चढ्ने बाटोमा यति ठूला खाल्डा र चिरा यसअघि देखिएको थिएन, यस वर्ष त डरलाग्दो रहेछ” ।

    दुई वर्षदेखि आरोहण हुन नसकेको सगरमाथामा अर्को वर्ष हुन लागेको आरोहणका लागि बाटो बनाइरहेका आइसफल डाक्टरहरू पहिलो शिविर पुग्न लागेका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)को संयोजनमा बाटो बनाइरहेका उनीहरूले खाल्डा र चिरा परेको कारण अघिल्ला वर्षको भन्दा दोब्बर भ¥याङ प्रयोग गर्नुपरेको बताए । दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मेवारी लिएर उनीहरूले त्यहाँ पुग्दा २०० बढी भ¥याङ प्रयोग हुने बताए ।

    संसारकै सबैभन्दा अप्ठ्यारो भनेर चिनिने खुम्बु आइसफलमा बाटो बनाउनु निकै चुनौती छ र यस वर्ष ठूला खाल्डा र चिराले झनै समस्या थपेको आइसफल डाक्टरका कमान्डर शेर्पाले बताउनुभयो । विसं २०७१ मा हिमपहिरोका कारण १६ जना शेर्पाले ज्यान गुमाएपछि तथा गत वैशाखमा भूकम्प गएपछि आरोहण रद्द भएको थियो । बाटो बनाउन कठिन भए पनि भूकम्पपछि झरेको हिउँको ढिस्को सुरक्षित रहेको आइसफल डाक्टरले जानकारी दिएका छन् ।

    अर्को सातासम्ममा दोस्रो शिविरसम्मको बाटो बनाउने गरी काम भइराखेको र भिडभाड कम होस् भनेर कतिपय स्थानमा दुई वटा बाटो बनाइरहेको एसपिसिसीका प्रशासक निशान श्रेष्ठले जानकारी दिनुभयो ।

    ]]>
    10025 0 0 0
    केचना–चारआली सडक निर्माण थालनी गरिनुपर्ने http://localhost/ghum/%e0%a4%95%e0%a5%87%e0%a4%9a%e0%a4%a8%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%86%e0%a4%b2%e0%a5%80-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/ Sun, 27 Mar 2016 14:24:52 +0000 http://www.ghumphir.com.np/?p=10027 भद्रपुर, १४ चैत । नेपाली काँग्रेस झापा क्षेत्र नं ३ को नयाँ कार्यसमितिको पहिलो बैठकले झापा क्षेत्र नं ३ लाई विकसित र समृद्ध बनाउन तीनबुँदे निर्णय पारित गरेको छ ।सभापति गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले केचना–चारआली सडक निर्माण अविलम्ब थालनी गरिनुपर्ने, भद्रपुर–राजगढ सडक स्तरवृद्धिको काम हुनुपर्ने, भैँसावाडीस्थित मेची नदीमा निर्माण हुने भनिएको झोलुङ्गेपुलको काम छिटो हुनुपर्ने, गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण छिटो हुनुपर्ने लगायत विकासनिर्माणका काम छिटो गर्न सरकारी निकायसँग माग गरेको हो ।

    ]]>
    10027 0 0 0
    अन्नपूर्ण दक्षिणमा लगातार हिमपहिरो http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%a6%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a4%e0%a4%be/ Sun, 27 Mar 2016 14:26:31 +0000 http://www.ghumphir.com.np/?p=10029 म्याग्दी, १४ चैत । म्याग्दीको उत्तरी नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण दक्षिण हिमालमा गत फागुनदेखि गएको हिमपहिरो अझै रोकिएको छैन ।फागुन १० गतेदेखि अन्नपूर्ण दक्षिण क्षेत्रमा पटक पटक हिमपहिरो जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । दिनहुँ ठूलो आवाजमा पहिरो जाने गरेको र अन्नपूर्ण दक्षिण हिमालबाट बग्ने घलेम्दीखोलासमेत धमिलो भएको उहाँले बताउनुभयो ।

    निरन्तर पहिरो खस्न थालेपछि उक्त नदीको पानी मिसिएर कालीगण्डकी नदीको पानी समेत सेतो देखिएको छ । निरन्तरको हिमपहिराले नदीको बहाब बढेको छ ।

    घलेम्दीखोलाको सतह बढेका कारण नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले निर्माण गरेको काठेसाँघु बगाएको आयोजनाका कम्पनी सचिव विमल रिजालले जानकारी दिनुभयो ।

    एक्याप र घलेम्दी जलविद्युत् आयोजनाबाट प्राविधिकको टोली पहिराको निरीक्षणका लागि आधार शिविरसम्म जाने तयारी गरे पनि प्रतिकूल मौसम र अत्यधिक धुलोका कारण सफल हुन नसकेको बताइएको छ ।

    प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले निरन्तर हिमपहिरो खसे पनि कालीगण्डकी तटीय क्षेत्रमा कुनै प्रकारको जोखिम नरहेको बताउनुभयो । प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट समेत त्यहाँ जान सक्ने अवस्था नभएको जनाइएको छ ।

    ]]>
    10029 0 0 0
    लहरे तरकारी खेती सुरु http://localhost/ghum/%e0%a4%b2%e0%a4%b9%e0%a4%b0%e0%a5%87-%e0%a4%a4%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Sun, 27 Mar 2016 14:28:25 +0000 http://www.ghumphir.com.np/?p=10031 गाईघाट (उदयपुर), १४ चैत । वर्षा तथा गर्मी मौसमसँगै जिल्लाका ६० कृषकले लहरे तरकारी खेती सुरु गरेका छन् ।कृषि विकास कार्यालयको अनुदानमा त्रियुगा नगरपालिकाका तथा बेल्टार, कटारी, हँडिया, पञ्चावती क्षेत्रका कृषकले फर्सी, घिरौँला, चिचिन्डो, रामतोरिया, बोडीलगायत तरकारी उत्पादन गर्दै आएका छन् । कृषि कार्यालयले प्रतिकृषक रु ४० हजार अनुदान तथा तालिमको व्यवस्था गरेपछि कृषक लहरे तरकारी खेतीमा लागेका हुन् ।त्रियुगा नगरपालिका– १५ राजावासका कृषक माया दनुवार चार वर्षदेखि लहरे तरकारी खेती गर्दै आउनुभएको छ । आठ कट्ठा जग्गामा लगाएको तरकारीबाट उहाँले रु एक लाख ५० हजारसम्म कमाइ गर्नुहुन्छ ।

    यस्तै त्रियुगा नगरपालिका– ८ बगाहाका कृषक हेमनारायण चौधरी घरपरिवारलाई खान पुग्ने तरकारी उत्पादन गरी केही रकम जोगाउन सफल भएको बताउनुुहुन्छ ।

    जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत वासु ढुङ्गाना जिल्लामा हिउँदमा गोलेभेँडा, खुर्सानी, काउली, बन्दागोभी, भन्टा, गाँजर, मूलालगायत तरकारी खेती गरिँदै आएको बताउनुहुन्छ । वर्षायाममा फर्सी, काँक्रा, रामतोरिया, घिरौँला, चिचिन्डोलगायत तरकारी उत्पादन हुँदै आएका छन् ।

    “करिब १५० कृषकले जिल्ला कृषि विकास कार्यालयको अनुदानमा तरकारी खेती गर्दै आएका छन्” उहाँले भन्नुभयो ।

    ]]>
    10031 0 0 0
    भैँसी संरक्षण गरिँदै http://localhost/ghum/%e0%a4%ad%e0%a4%81%e0%a5%88%e0%a4%b8%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3-%e0%a4%97%e0%a4%b0/ Sun, 27 Mar 2016 14:30:06 +0000 http://www.ghumphir.com.np/?p=10033 रामपुर (पाल्पा), १४ चैत । जिल्लामा बेकेर्नु भैँसी लोप हुँदै गएपछि पशुसेवा कार्यालयले उन्नत जातका उत्पादनशील बकेर्नु भैँसी संरक्षण कार्यक्रम सुरु गरेको छ ।पछिल्लो समय कृषकले कमै मात्रामा बकेर्नु भैँसी पाल्ने गरेका कारण जिल्लाबाट यसको सङ्ख्या लोप हुन लागेको हो । पशुसेवा कार्यालयले यसै वर्षदेखि रामपुरस्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामार्फत सो कार्यक्रम सुरु गरेको हो ।

    पशुसेवा विभाग पशु उत्पादन निर्देशनालयबाट स्वीकृत कार्यक्रमअनुसार रु छ लाखको बजेटमा कार्यालयले सो कार्यक्रम सुरु गरेको हो । वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारी भन्नुहुन्छ, “कृषकले उत्पादन दिँदासम्म भैँसी पाल्ने र उत्पादन दिन छाडेपछि बकेर्नुका रुपमा बिक्री गर्ने हुँदा संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ ।”

    अभियानका रुपमा जिल्लामै पहिलोपटक थालनी भएको बकेर्नु भैँसी संरक्षण कार्यक्रमअन्तर्गत एक कृषकले कम्तीमा दुई वटा बकेर्नु भँैसी अनिवार्यरुपमा पाल्नुपर्ने भण्डारीले बताउनुभयो । सहकारीले अहिले २५ जना कृषक छनोट गरी बेकेर्नु भैँसी खरिद गरेको छ । बकेर्नु भैँसी पाल्ने कृषकलाई गोठ सुधार, पशु आहारा, औषधि उपचारजस्ता सेवा सुविधा दिन थालेको छ ।

    पछिल्लो समय यहाँका कृषक छिटो आम्दानी लिनका लागि बकेर्नु भैँसी हटाएर उन्नत जातका गाईतर्फ आकर्षित भएका छन् । यस्तो बेला बकेर्नु भैँसी संरक्षण कार्यक्रमले कृषक गाईपालनसँगै भँैसीपालनतर्फ पनि उत्तिकै आकर्षित हुने पशु विकास अधिकृत डा चन्द्रबहादुर राना बताउनुहुन्छ ।

    जिल्लामा हाल उन्नत चार हजार ८२२ र स्थानीय १८ हजार ४२६ बकेर्नु भैँसी रहेका कार्यालयले जनाएको छ । यहाँबाट बर्सेनि तीन हजारदेखि चार हजारसम्म बकेर्नु भैँसी पोखरा, बुटवल, नवलपरासी, काठमाडौँ लगायत ठाउँमा निर्यात हुने गरेको छ । गत वर्ष तीन हजार २७८ बकेर्नु भैँसी निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    ]]>
    10033 0 0 0
    औद्योगिक मेलाको आयोजना http://localhost/ghum/%e0%a4%94%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be/ Sun, 27 Mar 2016 14:32:02 +0000 http://www.ghumphir.com.np/?p=10035 भक्तपुर, १४ चैत । नयाँ वर्षको अवसरमा जिल्लामा औद्योगिक तथा व्यापार मेलाको आयोजना गरिएको छ ।औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आगामी चैत २४ देखि वैशाख ५ गतेसम्म मेला आयोजना गर्ने भएको हो । संस्थाका प्रमुख सन्दीप महतले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागेको बताउनुभयो ।

    जिल्लाको सल्लाघारीस्थित नेपाल ट्रस्टको नाममा रहेको नौ हजार ९०० रोपनी जग्गामा आयोजना गरिने मेलामा करिब २०० स्टल रहने छन् । मेलामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री र पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने छन् ।

    मेलाका संयोजक दीपक थापाका अनाुसार अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल समेत राखिने छन् । बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । अवलोकन गर्न आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने थापाले बताउनुभयो । करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने तथा रु १० करोडदेखि रु १२ करोड बरारबरको कारोबार हुने अनुमान गरिएको छ ।

    ]]>
    10035 0 0 0
    दश वर्ष बित्दा पनि खिम्ती– ढल्केबर प्रसारण लाइन उस्तै http://localhost/ghum/%e0%a4%a6%e0%a4%b6-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%ac%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%96%e0%a4%bf%e0%a4%ae%e0%a5%8d%e0%a4%a4%e0%a5%80/ Sun, 27 Mar 2016 14:34:36 +0000 http://www.ghumphir.com.np/?p=10037 रमेश लम्साल

    काठमाडौँ, १४ चैत । सात वर्षभन्दा अगाडि नै सम्पन्न भएर सञ्चालनमा आइसक्नुपर्ने खिम्ती ढल्केबर प्रसारण लाइन निर्माणमा उत्पन्न अवरोध हालसम्म समाधान हुन नसक्दा समस्या यथावत् छ ।

    उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रसारण लाइन निर्माणमा देखिएको अवरोध तत्काल हटाउन र निर्माण प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको दुई महिना पूरा भइसकेको छ । तर समस्या समाधान गर्नेतर्फ हालसम्म ठोस प्रयास हुन सकेको छैन ।

    खिम्ती ढल्केबर प्रसारण लाइन आयोजनाले समस्या समाधानका लागि पहल गरिरहेको जनाए पनि ठोस प्रगति हुन भने सकेको छैन । स्थानीयवासीको चर्को विरोध र त्यसलाई सम्बोधन गर्ने उचित उपायको अभावमा नेपाल विद्युत् प्राधिकरणको महत्वपूर्ण र बहुउद्देश्यीय आयोजना क्रमशः पछाडि धकेलिँदै गएको हो ।

    आयोजनाको प्रमुख वित्तीय लगानीकर्ता विश्व बैंकले पटकपटक निर्माण सम्पन्न गराउनका लागि प्राधिकरण र स्थानीयवासीसँग परामर्श गरे पनि समस्या यथावत् रहेको छ । सिन्धुलीको खुर्कोट आसपासको क्षेत्रमा कुल नौवटा टावरको काम सम्पन्न हुन नसक्दा पूर्वाञ्चलको विद्युत् राजधानी ल्याउन र राजधानीको विद्युत् पूर्वाञ्चल लैजान समस्या हुँदै आएको छ ।

    स्थानीयवासीले मुआब्जा र उचित क्षतिपूर्तिको माग राख्दै अवरोध गरेपछि त्यसलाई निराकरण गर्नेतर्फ प्राधिकरणले प्रभावकारी पहल गर्न नसकेको आरोप लाग्ने गरेको छ । पछिल्लो पटक राष्ट्रिय मानवअधिकार आयोगले स्थानीयवासीको माग सम्बोधन गरेर मात्रै प्रसारण लाइनको काम अगाडि बढाउन आग्रह गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक र आयोजनाले पहल जारी राखेको छ ।

    आयोजना प्रमुख श्यामकुमार यादवले समस्या समाधान गरेर आगामी ६ महिनाभित्र प्रसारण लाइन निर्माण सम्पन्न गर्न प्रयास गरिरहेको बताउनुभयो । आगामी बुधबार स्थानीयवासी, सङ्घर्ष समिति, प्राधिकरणबीच छलफलको आयोजना गरिएको छ । सिन्धुलीका प्रमुख राजनीतिक दलले समेत अवरोध नगर्ने सहमति गरेका छन् ।

    आयोजना प्रमुख यादवका अनुसार नौवटा टावरमध्ये ६ वटाको फाउन्डेसन खन्न बाँकी छ भने तीनवटाको फाउन्डेसन बनिसकेको तथा १९ किलोमिटर प्रसारण लाइन तान्न बाँकी रहेको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान हुन नसक्दा प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण गर्न सकेको छैन ।

    विज्ञहरूका अनुसार सो प्रसारण लाइन निर्माण सम्पन्न नहुँदा करिब १० मेगावाट विद्युत् चुहावट भइरहेको छ भने सिप्रिङलगायतका जलविद्युत् आयोजनाको बिजुलीसमेत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिएको छैन । उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री रायमाझीले आफूले तत्काल समस्या समाधान गर्न र निर्माण सम्पन्न गर्न प्राधिकरणका प्रमुख र आयोजनाका प्रमुखलाई निर्देशन दिइसकेको बताउनुभयो । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण भइसकेको र भारतबाट विद्युत्समेत आयात भइरहेको सन्दर्भमा उक्त प्रसारण लाइन असाध्यै महत्वपूर्ण भएकाले कुनै अवरोध हुनुहुन्न पक्षमा आफू रहेको ऊर्जामन्त्री रायमाझीको भनाइ छ । दुई सय २० केभी क्षमताको डबल सर्किट सो प्रसारण लाइन आगामी ६ महिनाभित्रै कुनै पनि सर्तमा पूरा गर्नुपर्ने निर्देशन ऊर्जा मनत्रालयले आयोजनालाई दिएको छ ।

    स्थानीयवासीले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को महासन्धि १६९ अनुसार आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग राख्दै आएका छन् । सोही माग सम्बोधन हुन नसक्दा सिन्धुली नगरपालिका र खुर्कोटमा टावर निर्माण बाँकी रहेको छ । सन् २००२ मा ठेक्का प्रक्रिया बाट सुरु गरिएको सो आयोजना सन् २००६ बाट निर्माण आरम्भ गरिएको थियो भने सन् २००९ मा निर्माण सम्पन्न हुनुपर्ने छ ।

    सरकारले गत फागुनमा जारी गरेको ऊर्जा सङ्कट निवारण कार्ययोजनामा विवादित प्रसारण लाइन अगाडि बढाउन सुरक्षाकर्मी परिचालन गर्न सकिने प्रावधानसमेत राखिएको छ । प्रसारण लाइन आसपास पर्ने १५९ जग्गाधनीको चार वर्षपहिले नै मुआब्जा उपलब्ध गराइसकेको छ ।

    प्रसारण लाइन सम्पन्न भएमा सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायत क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाको एक हजार मेगावाट विद्युत् सजिलै प्रवाह गर्न सकिनेछ । प्राधिकरणका अनुसार प्रसारण लाइनमध्ये ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

    ]]>
    10037 0 0 0
    अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%89%e0%a4%a6/ Sun, 27 Mar 2016 14:37:50 +0000 http://www.ghumphir.com.np/?p=10039 काठमाडौँ, १४ चैत । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना हुने भएको छ ।महिला उद्यमीद्वारा उत्पादित वस्तुको अन्तर्राष्ट्रिय प्रदर्शनीसँगै बजारीकरण गर्ने उद्देश्यले आगामी चैत १९ देखि २१ गतेसम्म मेला आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    महिला उद्यमी महासङ्घले अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर आयोजना गर्न लागेको उक्त मेलामा नेपाल भरका साना तथा मझौला महिला उद्यमीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय मुलुकका उद्यमी महिलाको सहभागिता रहनेछ ।

    मेलामा ७० वटा व्यापारिक कक्ष रहने छन् । हस्तकला, पहिरनका सामान, कृषि उत्पादन, अर्गानिक उत्पादन सामग्री, शैक्षिक सामग्री, विभिन्न खानाका परिकार प्रदर्शनीमा राखिनेछन् । थान्का बुनाइ, रत्न पत्थर कटाइ र भिर्मी कम्पोस्ट प्रत्यक्ष प्रदर्शनीको आकर्षणका रुपमा रहेका छन् ।

    मेलामा सार्क राष्ट्र, जापान, युरोपलगायतका देशबाट ५० जना बढी विदेशी आयातकर्ता आउने आयोजकको अपेक्षा छ भने करिब एक लाखले अवलोकन गर्ने तथा रु पाँच करोडभन्दा बढीको कारोबार हुने बताइएको छ ।

    देशभरका २०० बढी महिला उद्यमी तथा विभिन्न जिल्लाका महिला उद्यमी सङ्घको सहभागिता रहने छ । राजधानीमा आयोजना हुने व्यापार मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुनेछ । नेपालमा उत्पादित वस्तु एवम् हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासङ्घकी अध्यक्ष रीता भण्डारीले बताउनुभयो ।

    “उद्यमी महिलाको श्रम र सिर्जनालाई अन्तर्राष्ट्रिय बजारमा पहुँच अभिवृद्धि गर्न मेलालाई निरन्तरता दिइने छ” उहाँले भन्नुभयो ।

    ]]>
    10039 0 0 0
    सुर्योदयको अवलोकन http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%a6%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a8/ Sun, 27 Mar 2016 15:25:49 +0000 http://www.ghumphir.com.np/?p=10041 10041 0 0 0 पर्यटन अभियान http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a8/ Sun, 27 Mar 2016 15:28:39 +0000 http://www.ghumphir.com.np/?p=10044 10044 0 0 0 धौलागिरी हिमाल http://localhost/ghum/%e0%a4%a7%e0%a5%8c%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a5%80-%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2-2/ Sun, 27 Mar 2016 15:30:34 +0000 http://www.ghumphir.com.np/?p=10047 10047 0 0 0 चिया टिप्दै http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%9f%e0%a4%bf%e0%a4%aa%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Sun, 27 Mar 2016 15:32:53 +0000 http://www.ghumphir.com.np/?p=10050 10050 0 0 0 अर्ना र बाह्रसिङ्गेका लागि वासस्थान बनाउँदै निकुञ्ज http://localhost/ghum/%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%be-%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be/ Sun, 27 Mar 2016 15:40:02 +0000 http://www.ghumphir.com.np/?p=10053 चितवन, १४ चैत । एकसिङ्गे गैँडा र बाघका लागि परिचित चितवन राष्ट्रिय निकुञ्जमा अर्ना र बाह्रसिङ्गेका लागि वासस्थान तयारी तीव्र बनाइएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट अर्ना र शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट बाह्रसिङ्गे ल्याउने निर्णयसँगै यहाँ वासस्थानको व्यवस्थापनमा निकुञ्ज जुटेको हो ।

    निकुञ्जको बस्ती स्थानान्तरण गरिएको पदमपुर क्षेत्रमा ती जनावरका लागि उपयुक्त हुने भन्दै पानी र घाँसे मैदान व्यवस्थापनमा निकुञ्ज जुटेको छ ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार, पहिले बस्ती हुँदा चुरेबाट झर्ने पानीका स्रोत बन्द भए पनि तिनीहरूलाई खुलाउने तयारी भएको छ ।

    सो क्षेत्रमा प्रशस्त ताल तलैया भएकाले तिनीहरूको सरसफाइ र व्यवस्थापन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । कतिपयमा ड्याम बनाएर पानीका पोखरी बनाउने तयारी निकुञ्जले गरेको छ । सोही क्षेत्रमा २० हेक्टर हाराहारीमा घाँसे मैदान व्यवस्थापन गरिसकिएको छ भने थप घाँसे मैदानको व्यवस्थापन गर्ने तयारीमा निकुञ्ज जुटेको छ ।

    बाघका लागि उर्वर बन्दै गएको चितवन राष्ट्रिय निकुञ्जमा अर्ना, बाह्रसिङ्गेजस्ता जनावर ल्याउन सके बाघको आहारा बढ्ने र बाघ बस्ती पस्ने समस्यामा कमी आउने छ ।

    नेपालमा कोसी टप्प वन्यजन्तु आरक्षमा सन् २०१३ को गणनाअनुसार ३२७ वटा अर्ना रहेका छन् । यस वर्ष पुनः गणना हुँदैछ । कोसी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत श्याम साहले स्थानान्तरणको विषयमा छलफल चलिरहेको बताउनुभयो । कोसी टप्पु अर्ना र चरालाई प्रख्यात मानिन्छ ।

    बाह्रसिङ्गे शुक्याफाँटामा दुई हजार २०० र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सयको हाराहारीमा रहेका छन् ।

    चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, हात्ती, जरायो, चित्त, लघुना, गौरीगाई, बँदेल, निलगाई जस्ता जनावरका साथै २६५ प्रजातिका चरा, ६४ प्रजातिका स्तनधारी, एक सयभन्दा बढी प्रजातिका घस्रने र उभयचर पाइन्छन् ।

    ]]>
    10053 0 0 0
    आम्दानीको स्रोत बन्दै बेल http://localhost/ghum/%e0%a4%86%e0%a4%ae%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%a4-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%ac%e0%a5%87/ Mon, 28 Mar 2016 07:47:16 +0000 http://www.ghumphir.com.np/?p=10056

    जामुने (तनहुँ), १५ चैत । जिल्लाको दक्षिणी भेगस्थित सामुदायिक वनमा उत्पादित बेल आयआर्जनको माध्यम बनेको छ । गत वर्षदेखि बेलबाट जुस बनाएर बजारमा बिक्री गरी मनग्य आम्दानी हुन थालेसँगै यसको महत्व बढ्दै गएको छ । एक वर्षमा दुई हजार ५०० बोतल जुस उत्पादन गरी बजारमा बिक्री गरेर रु तीन लाखभन्दा बढी आम्दानी गरेको स्थानीयवासी एवम् माउन्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योगका संयोजक विष्णुकुमार श्रेष्ठ बताउनुहुन्छ । केयर नेपाल हरियो वन कार्यक्रमको रु ११ लाख र छवटा समुदायिक वन समूहको रु पाँच लाखमा फलफूल प्रशोधन उद्योग एक वर्षअघि जामुनेमा स्थापना गरिएको थियो । सो उद्योग सञ्चालनमा आएसँगै वनमा उपयोगविहीन जस्तै भएको बेल आयआर्जनको माध्यम बन्न पुगेको छ । “उत्पादन गरेको जुसले राम्रो बजार पाउन थालेको छ,” श्रेष्ठले भन्नुभयो । बेलको जुस तनहुँका साथै पोखरा, काठमाडौँ र नारायणगढका बजारमा निर्यात हुन्छ । प्रति बोतल जुस रु १३० मा बिक्री गर्दै आएको सो उद्योगले अदुवा, सुन्तला र कागतीबाट समेत जुस बनाउन सुरु गरेको छ । बेलको जुस सेवन गर्नाले उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, ग्यास्ट्रिक, कब्जियत, मधुमेह (चिनीरोग) का साथै पाचन शक्ति बढाउने मुटुरोग विशेषज्ञ डा नारायण गौतम बताउनुहुन्छ । धार्मिकरुपमा बेलको पात (बेलपत्र) भगवान् शिवको प्रिय वस्तुका रुपमा मानिन्छ भने आयुर्वेदिक रुपमा यसको पात विभिन्न औषधिमा समेत प्रयोग गरिन्छ । जिल्लाका सिद्धवतासन, उमाचोक, भिरपानी बच्र्याङ, पँधेरीखोला र पोर्सेली सामुदायिक वन समूहको सक्रियतामा अहिले बेलको जुस उत्पादन गरिँदै आएको छ । उपभोक्तालाई परिचालन गरी वैशाख महिनादेखि बेल सङ्कलन र ग्रेडिङ गरी असारदेखि उत्पादन गर्ने लक्ष्य उद्योगको छ । केयर नेपाल हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा सिद्धवतासन सामुदायिक वनमा नर्सरी निर्माण गरी रानीबेलका एक हजार ८०० बिरुवा उत्पादन गरिएको छ । जिल्ला वन अधिकृत अम्बिका पौडेलका अनुसार एउटा बेलको बोटले १५ देखि २० वर्षसम्म फल उत्पादन गर्ने र त्यसपछि रुखलाई काठ र दाउराको रुपमा प्रयोग गर्न सकिन्छ ।

    ]]>
    10056 0 0 0
    रुरु क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी http://localhost/ghum/%e0%a4%b0%e0%a5%81%e0%a4%b0%e0%a5%81-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e0%a4%ae/ Mon, 28 Mar 2016 12:28:48 +0000 http://www.ghumphir.com.np/?p=10059

    काठमाडौँ, १५ चैत । पौराणिककालदेखि पवित्र तीर्थस्थलका रुपमा रहेको नेपालको रुरु क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पुरातत्व विभागले तीन महिनाभित्र आधार तय गर्ने भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज आयोजित ‘रुरु निर्माण योजना तथा रुरु क्षेत्रको पर्यटकीय विकास’ विषयको अन्तरक्रियामा तीन महिनाभित्र आधार तय गर्ने जानकारी दिइएको हो । त्यस्तै, सो क्षेत्रको समग्र विकासका लागि अहिलेसम्म भएका योजनालाई अध्यावधिक गर्दै तीन महिनाभित्र गुरुयोजना निर्माण गरिने छ । रिडीमा स्नान घाट, सार्वजनिक शौचालय निर्माण गर्न, प्राथमिकीकरण गरेर मठ मन्दिर मर्मत गर्न र जग्गा अधिग्रहण गर्न आगामी आर्थिक वर्षमा बजेट छुट्याउने पहल गर्ने विषयमा छलफल भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालमा साहसिक पर्यटनको क्षेत्रमा राम्रो काम भइरहेको भएपनि धार्मिक पर्यटनको क्षेत्रमा गर्नुपर्ने जति काम हुन नसकेको बताउनुभयो । खासखास क्षेत्रको राम्रो प्रचार गर्नसकिए दुई÷चार वर्षमै २० लाख पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो । नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले रुरु र रेसुङ्गा दुवै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएकाले गुरु योजना निर्माण गरी विकासका काम अघि बढाउन जरुरी छ भन्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा जोड दिनुपर्ने बताउनुभयो । पूर्व मुख्य सचिव लीलामणि पौडेलले पर्यटन मन्त्रालयले ऊर्जा मन्त्रालयसँग पहल गरेर रुरु तालको एक वर्षभित्र सम्भाव्यता अध्ययन गरिसक्नुपर्ने बताउनुभयो ।
    ]]>
    10059 0 0 0
    लार्केपास जाँदै http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b8-%e0%a4%9c%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Mon, 28 Mar 2016 12:31:14 +0000 http://www.ghumphir.com.np/?p=10062 10062 0 0 0 दैनिक ३५ किलो सुन माग http://localhost/ghum/%e0%a4%a6%e0%a5%88%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a5%a9%e0%a5%ab-%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a8-%e0%a4%ae%e0%a4%be%e0%a4%97/ Mon, 28 Mar 2016 12:33:53 +0000 http://www.ghumphir.com.np/?p=10066

    काठमाडौँ, १५ चैत । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले व्यवसायीलाई दैनिक ३५ किलो सुन उपलब्ध गराउन सरकारसँग पुनः माग गरेको छ । विवाह, ब्रतवन्धको याममा व्यवसायीका लागि दैनिक ४० देखि ६० किलोसम्म सुनचाँदीको आवश्यकता पर्दछ । हाल व्यवसायीलाई दैनिक १५ किलो सुन उपलब्ध गराउँदै आइएको छ । महासङ्घले आफ्नो साधारणसभामा प्रमुखताका साथ यही मागलाई हरेक वर्ष उठान गर्दै आएपनि हालसम्म सुनुवाइ भएको छैन । महासङ्घको आज यहाँ आयोजित तेस्रो साधारणसभामा महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सो मागलाई पुनः उठान गर्दै सरकारले सो माग पूरा नगर्दा बजारमा सुनको कालोबजारी, गुणस्तरमा समस्या र राजस्व चुहावट हुने गरेको बताउनुभयो । यस क्षेत्रमा रु ५० अर्बको लगानी रहेको र सात अर्बको वार्षिक राजस्व व्यवसायीले तिर्ने गर्दछन् । विसं २०४४ मा स्थापित सो सङ्घ तीनवर्ष अगाडि महासङ्घमा रुपान्तरित भएको थियो । हाल महासङ्घअन्तर्गत २१ हजार व्यवसायी आबद्ध छन् । उहाँले सुनको कलात्मक गहना बनाउने कालिगढको अभाव, ग्यास तथा बिजुलीको अभाव, गरगहना निर्देशिका जारी नहुनु, निर्यातको कठिनाइ, यान्त्रिकीकरणको समस्याले सुनचाँदी धरापमा पर्दै गएको दुुःखेसो पोख्नुभयो । नेपाल रत्न आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनले सरकार र सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल हस्तकला महासङ्घ र रत्न आभूषण महासङ्घबीच विसं २०७० वैशाख १३ गते भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो । सो सहमतिमा गरगहना निर्देशिका १५ दिनभित्र जारी गर्ने रहेको थियो तर दुईवर्ष बित्नलाग्दा पनि निर्देशिका जारी हुन सकेको छैन । नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मरत्न शाक्यले सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल हस्तकला महासङ्घ र नेपाल रत्न आभूषण महासङ्घ मिलेर आगामी जेठ ७, ८ र ९ गते अन्तर्राष्ट्रिय हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । नेपाली सुनचाँदी व्यवसायीले बेलायत, अमेरिका, जापान, भारत, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलियामा आफ्नो व्यवसाय विस्तार गरिसेकका छन् । पूर्वमुख्यसचिव तीर्थमान शाक्यले सुनचाँदी व्यवसायमैत्री बनाउन सरकारले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले गरगहना निर्देशिका शीध्र जारी हुने जानकारी दिनुभयो । नेपाल बैकर्स सङ्घका अध्यक्ष उपेन्द्र पौडेलले सुनचाँदीको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । साधारणसभाको शुभारम्भ गर्दै आपूर्तिमन्त्री गणेशमान पुनले आर्थिक मेरुदण्डका रुपमा रहेको सुनचाँदी व्यवसायलाई प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध छ, भन्नुभयो ।

    ]]>
    10066 0 0 0
    चितुवाको आक्रमणबाट सात घाइते http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b8%e0%a4%be%e0%a4%a4-%e0%a4%98/ Mon, 28 Mar 2016 12:35:22 +0000 http://www.ghumphir.com.np/?p=10068

    कावासोती, १५ चैत । चितवन राष्ट्रिय निकुञ्जबाट सीतापुरमा निस्केको चितुवाको आक्रमण परी नेपाली सेनाका जवानसहित सातजना घाइते भएका छन् । आक्रमणबाट सेनाको भैरवी दल गण सेहरीका जवान कृष्ण थापा क्षेत्रीे, मध्यविन्दु नगरपालिका–२ सीतापुरका शुक्रराम घर्ती र टेकवहादुर थनेत, मध्यविन्दु नगरपालिका–४ लुशलहरीका दिवाकर महतो, कर्णबहादुर महतो, वुद्धवहादुर गिरी र केवलप्रसाद चौधरी घाइते भएका हुन् । आइतबार निकुञ्जबाट गाउँ पसेको चितुवाले केराबारीमा काम गरिरहेका स्थानीयलाई आक्रमण गरेको थियो । घाइते सातैजनाको अहिले मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डामा उपचार भइरहेको छ ।

    ]]>
    10068 0 0 0
    हुलाकी राजमार्ग निर्माण हुलाकको चिठी जस्तै ढिलो http://localhost/ghum/%e0%a4%b9%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%80-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3/ Mon, 28 Mar 2016 12:37:31 +0000 http://www.ghumphir.com.np/?p=10070

    काठमाडौँ, १५ चैत । मुलुकको राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग निर्माणकार्य प्रगति अत्यन्तै सुस्त देखिएको छ । हुलाकी राजमार्गअन्तर्गत निर्माण तथा विस्तारका लागि रेखाङ्कन गरिएको एक हजार ७९२ किलोमिटरमध्ये हालसम्म धनगढीबाट बर्दियाको सतीघाटसम्म ४३ र लम्कीदेखि टीकापुरसम्म २७ गरी ७० किलोमिटर मात्र सडक कालोपत्रे भएको छ । पूर्वपश्चिम हुलाकी राजमार्गमा आवश्यक पर्ने १५० वटा पुलमध्ये ४५ वटा पूरा भएको, ५८ निर्माणाधीन अवस्थामा रहेको आयोजनाले जनाएको छ । हालसम्मको कार्यप्रगतिले हुलाकी सडकलाई राजमार्गमा रुपान्तरण कार्य हुलाकबाट चिठी प्राप्त भएजस्तै कछुवाको गतिमा अघि बढेको पाइएको छ । पछिल्लो समय ३६० किलोमिटर सडकका लागि टेन्डर प्रक्रिया अघि बढे पनि सहमतिअनुसारको भारतीय पक्षबाट रकम प्राप्त केही समय थप लाग्ने तथा अर्थमन्त्रालयबाट समेत माग गरेअनुसार बजेट निकासा नहुँदा काममा प्रगति हासिल गर्न नसकिएको उपप्रधानमन्त्री एवम् भौतिक योजना मन्त्री विजयकुमार गच्छदारले बताउनुभयो । “अर्थमन्त्रालयसँग रु एक अर्ब आठ करोड बजेट माग भएकामा अझै रकम प्राप्त भएको छैन”, उहाँले व्यवस्थापिका–ससद् विकास समितिको आजको बैठकमा भन्नुभयो– “मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिने अत्यन्तै महत्वपूर्ण भए पनि पैसाको अभावले तीव्र गतिमा काम गराउन सकिएको छैन, ढुकुटीको साँचो मसँग छैन, ताकेता गरेको ग¥यै छाँै, अझै पनि अर्थले ढुकुटी खोलेको छैन ।” सात मिटर चौडाइ रहने उक्त सडक निर्माणका लागि भारतले रु आठ अर्ब र नेपालले रु पाँच अर्ब लगानी गर्ने सहमति भएको छ । सन् २०००–२०२२ का लागि तयार गरेको २० वर्षे दीर्घकालीन गुरुयोजनाले पूर्वपश्चिम राजमार्गको समानान्तर सीमा क्षेत्रको नजिकबाट तराईका २० जिल्ला छिचोल्ने गरी हुलाकी राजमार्ग निर्माण गर्ने परिकल्पना गरेको हो । नेपालको तराई क्षेत्रमा हुलाकीहरुले चिठ्ठीपत्र लिएर हिँड्ने उत्तर दक्षिणका छोटा बाटाहरुलाई माटे, खण्डास्मित र कालोपत्रेस्तरमा स्तरोन्नति गरे पनि पूर्वपश्चिम छिचोल्ने कार्यप्रगति सन्तोष गर्न सकिने अवस्थामा देखिएको पाइँदैन । तराईमा सडक सञ्जालको विकास गर्नुपर्ने अपरिहार्यतालाई ध्यानमा राखेर हुलाकी राजमार्गबाहेक अरु ३० वटा सहायक मार्गको पनि स्तरोन्नति गर्नुपर्ने खाँचो औँल्याइएको छ । तराईका ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गरी कृषि उपजको बजारीकरण, रोजगारीको अवसर वृद्धि, गरिबी निवारणमा सघाउ पु¥याउने तथा भौतिक पूर्वाधार विकासको मेरुदण्डका रुपमा काम गर्ने यो सडक निर्माणको मुख्य उद्देश्य रहेको छ । नेपाल–भारतबीच तराईका विभिन्न भागलाई एकापसमा जोड्ने सडक निर्माणका लागि सन् २००४ मा प्रारम्भिक सर्भे पूरा भएपछि सन् २००६ मा भारतले ती सडक निर्माण गर्ने सहमति जनाएको थियो । सहमतिअनुसार नेपालले जग्गा अधिग्रहण, रुख हटाउने र सम्पूर्ण पुल आफ्नो स्रोतबाट निर्माण गर्नुपर्ने प्रावधान रहेको थियो । तर त्यो सहमतिअनुसार राजमार्ग निर्माणका काम अघि बढ्न नसकेपछि सम्झौता रद्द गरिएको थियो । हुलाकी राजमार्ग र सडक सञ्जाल जोड्ने अरु राजमार्ग निर्माणका लागि नेपाल र भारतबीच सन् २०१६ फेब्रुअरीमा पछिल्लो सम्झौता भएको हो । उक्त सम्झौताअनुसार पहिलो चरणमा बाँकी रहेका १७ वटा ५१८ किलोमिटर सडक निर्माण र विस्तारका लागि भारतले रु आठ अर्ब सहयोग उपलब्ध गराउने छ । पूर्वपश्चिम हुलाकी राजमार्ग ९७५ किलोमिटर लामो रेखाङ्कन गरिएको छ भने हुलाकीलाई मध्यविन्दु मानेर ८१७ किलोमिटर उत्तर दक्षिण जोड्ने ३० वटा सहायक सडक स्तरोन्नति हुनेछ । पूर्वपश्चिम राजमार्गबाट दक्षिणतर्फ १५ देखि २० किलोमिटरको दूरीमा हुलाकी राजमार्ग कायम रहने छ । विकास समितिको आजको बैठकले हुलाकी राजमार्ग निर्माणका लागि बजेट, समन्वय र सामग्रीको अभाव हुन नदिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिले पहिलो चरणको काम दुई वर्ष तथा दोस्रो चरणसहितको सबै बाँकी काम आगामी साढे तीन वर्षमा सक्ने गरी निर्माण कार्यलाई तीव्रता प्रदान गर्न हुलाकी राजमार्ग निर्माण आयोजनालाई निर्देशसमेत गरेको छ ।

    ]]>
    10070 0 0 0
    पर्यटकीय चहलपहल बाक्लियो http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%9a%e0%a4%b9%e0%a4%b2%e0%a4%aa%e0%a4%b9%e0%a4%b2-%e0%a4%ac%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a5%8b/ Mon, 28 Mar 2016 12:49:18 +0000 http://www.ghumphir.com.np/?p=10072

    काठमाडौँ, १५ चैत । मुख्य पर्यटकीय याम सुरु भएसँगै पर्यटकीय चहलपहल बाक्लिएको छ । पदयात्रा र पर्वतारोहणका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । यो याममा भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रले गति लिने अपेक्षा गरिएको छ । साहसिक पर्यटनका लागि अति उपयुक्त मानिने यो याममा हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन पदयात्री औधी रुचाउँछन् । त्यस्तै, नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि पनि यो याम उपयुक्त मानिन्छ । यतिखेर धेरै आरोहीहरु पर्वतारोहणका लागि नेपाल आएका छन् । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहण उनीहरुको रोजाइमा पर्छ । औषत आरोही सगरमाथा नै रोज्छन् । अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यता अवलोकनका लागि विश्वभरका पर्यटक यतिखेर नेपालका विभिन्न पर्यटकीय गन्तव्य चुम्ने तर्खरमा छन् । भू–धरातलीय स्वरुप, हरिया डाँडाकाँडा, मनमोहक झरना तथा उत्तरतर्फ चाँदीका घेरा झैँ टल्किएका हिमालले पदयात्री पर्यटकको आकर्षण बढाएको छ । मुख्य पर्यटकीय मौसम सुरु भएसँगै धेरै आरोहीहरुको चहलपहल बढेको बताउनुहुन्छ, नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङ्छिरिङ शेर्पा । सगरमाथासहित उच्च हिमाल आरोहणका लागि आरोहण अनुमति लिएका आरोही दललाई आगामी दुई वर्षसम्म निःशुल्क आरोहण अनुमति दिने सरकारी निर्णयले आरोहीको सङ्ख्या बढ्न सक्ने उहाँको ठम्याइछ । “पर्यटन विभागले समयमै आरोहण अनुमति दिएको भए आरोही अझ बढ्ने थिए । स्प्रिङ सिजन मार्चबाट सुरु हुने भए पनि फेब्रुअरी २९ मा मात्र अनुमतिपत्र दिइयो । यसले ढिलो हुने भो,” शेर्पाले भन्नुभयो । अघिल्लो वर्ष यही मौसममा सगरमाथा आरोहणका लागि मात्र ४१ वटा आरोहण दलले अनुमति लिएका थिए । यद्यपि गत वैशाखमा गएको भूकम्पका कारण सबै आरोहण रद्द भएको थियो । सरकारले पुनः दुई वर्षका लागि अघिल्लो वर्ष अनुमति लिएकालाई आरोहणका लागि अनुमति दिने निर्णयले पनि यस पटक आरोही बढ्ने बताइएको छ । पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले अहिलेसम्म सगरमाथासहितका हिमाल आरोहणका लागि निवेदन दिनेको सङ्ख्या बढेको जानकारी दिनुभयो । “अहिले सगरमाथा आरोहणका लागि १५ टोलीले निवेदन दिएका छन् । वैशाखसम्म आरोही दलले दर्ता गराउने भएकाले यसपटक सङ्ख्या बढ्ने सहजै अनुमान गर्न सकिन्छ,” उहाँले भन्नुभयो । एनएमएको विवरणअनुसार हालसम्म सात हजार ४०० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रुपमा मात्रै तीन हजार ८०० ले आरोहण गरेका छन् । पुरातात्विक महत्वका सांस्कृतिक सम्पदा, मठ, मन्दिर देवालयहरुको आकर्षण पनि उत्तिकै छ । धार्मिक गन्तव्यमा रमाउन समेत पर्यटक उल्लेख्य रुपमा आउने गर्छन् । “यो याम पर्यटन व्यवसायीका लागि निकै महत्वपूर्ण हुनेगर्छ, सङ्क्रमणको चपेटामा परेका व्यवसायीमा आशाको त्यान्द्रो पलाएको छ । पर्यटकीय याम सुरु भएसँगै उत्साहजनक रुपमा पर्यटकको आवागमन बढेको छ” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष मधुसूधन आचार्यले भन्नुभयो । पर्यटन व्यवसायी भवि शर्मा पनि पर्यटन क्षेत्रले सकारात्मक मोड लिएको र मुख्य पर्यटकीय याममा व्यावसायिक पर्यटक बढेको बताउनुहुन्छ । ठमेलमा अन्तर्राष्ट्रियस्तरको स्पा व्यवसाय ‘रियल थेरापी एण्ड ब्युटी प्वाइन्ट’ सञ्चालन गर्दै आउनुभएका शर्माले विगतमा झैँ पर्यटकको चाप बढेको बताउनुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव कर्णबहादुर लामाले मुख्य पर्यटकीय यामको सुरुवाती चरण उत्साहजनक रहेको बताउनुभयो । “सुरुवात उत्साहजनक देखिएको छ,” उहाँले भन्नुभयो । नेपालका चर्चित पदमार्ग लाङ्टाङ, मनास्लु, अन्नपूर्ण, खुम्बुलगायत पर्छन् । अन्नपूर्ण सर्किट ट्रेकिङका लागि विश्वमै प्रसिद्ध मानिन्छ । यो याममा अन्नपूर्ण, खुम्बुलगायतका क्षेत्रमा बढी पर्यटक गएका छन् । लाङ्टाङ र मनास्लुमा भने कम पर्यटक गएको बताइन्छ । टानका अनुसार पदयात्रा पर्यटनका लागि युरोपका विभिन्न मुलुकबाट बढी सङ्ख्यामा पर्यटक आएका छन् । पर्यटन उद्योगलाई थप गति दिन सरकार र निजी क्षेत्रले राष्ट्रिय सङ्कल्पका साथ रणनीतिक योजना ल्याउनुपर्ने महासचिव लामाको सुझाव छ । होटल एसोसिएसन अफ नेपाल (हान) का अनुसार अहिले ४५ होटल बुकिङ भएका छन् । सामान्य अवस्थामा यो याममा ८० प्रतिशत होटल बुकिङ हुने गरेका थिए । हानका महासचिव विनय शाह अहिले व्यावसायिक पर्यटक बढेका बताउनुहुन्छ । विगतमा ८० प्रतिशतभन्दा बढी अकुपेन्सी हुने गरेको भए पनि अहिले बढीमा ४५ प्रतिशत र त्यसमा पनि बढी तारे होटल रहेका छन् । मुलुकभर सरकारी मापदण्ड पूरा गरेका करिब एक हजार पर्यटकस्तरीय होटल छन् । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१३ मा सात लाख ९७ हजार ६१६ र सन् २०१४ मा सात लाख ९० हजार ११८ पर्यटक नेपाल आएका थिए । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत बसाइँ १३ दिन र दैनिक खर्च ४५ डलर छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान चार प्रतिशत छ ।

    ]]>
    10072 0 0 0
    हावाहुरीका कारण काठमाडौंमा ६ जना र भक्तपुरमा १ जना घाइते http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%82/ Mon, 28 Mar 2016 12:51:23 +0000 http://www.ghumphir.com.np/?p=10074 १५ चैत, काठमाडौं ।
    काठमाडौं उपत्यकामा सोमबार आएको हावाहुरीका कारण ७ जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडौंमा ६ जना र भक्तपुरमा १ जना रहेका छन् ।
    हुरीको कारण काठमाडौं त्रिचन्द्र क्याम्पस अगाडि रुख ढल्दा २ जना घाइते भएकोले उपचारको लागि वीर अस्पताल पठाइएको छ । स्वयम्भू स्तुपाको इँटा खस्दा घाइते भएका १ जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । नागार्जुन नगरपालिका–४ सितापाईलामा भागदौड गर्दा लडेर ३५ वर्षीया बिमला मगर घाइते भएकोले उपचारको लागि मनमोहन अस्पताल पठाइएको छ । काँडाघारीको सनसिटीबाट एउटा ट्याङकी खसेर ट्याक्सीको शिशा फुट्दा १ जना घाइते भएका छन् ।
    पुरानो बानेश्वरमा लडेर १ जना घाइते भएकोले उपचारको लागि भरोसा अस्पताल बानेश्वर पठाइएको छ ।
    टेकु पुल नजिकको विजुलीको पोल ढलेको छ भने रत्नपार्कमा रुख ढलेर बाटो अबरोध भएको छ । यसैगरी ललितपुर शंखमुल पुल नजिकको विजुलीको पोल ढलेको छ । भक्तपुर बालकोटमा बिजुलीको पोल ढलेर १ जना घाइते भएकोले उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर पठाइएको छ ।
    घटनास्थलमा स्थानीय प्रहरी परिचालन भई उद्धार एवं आवश्यक कार्य गरिरहेको छ ।
    ]]>
    10074 0 0 0
    सबैभन्दा सस्तो आईफोन नेपालमा अाँउदै http://localhost/ghum/%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%b8%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%86%e0%a4%88%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a4%a8%e0%a5%87%e0%a4%aa/ Mon, 28 Mar 2016 12:56:44 +0000 http://www.ghumphir.com.np/?p=10076 १५ चैत, काठमाडौं ।
    नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेशन नेक्स्ट (जी नेक्स्ट) कम्युनिकेशन प्रालिले हालै सार्वजनिक भएको सबैभन्दा सस्तो आईफोन एसइ (SE) नेपाली बजारमा भित्र्याउने भएको छ।
    कम्पनीले आउँदो तीनदेखि चार हप्ता भित्रमा उक्त फोन भित्र्याउन सक्ने जनाएको छ।
    ‘हामी आईफोनएसइ नेपाली बजारमा भित्र्याउने तयारी गरिरहेका छौँ,’ जी नेक्स्ट प्रालिका इन्टरप्राइज म्यानेजर दीपक एम.खनालले भने, ‘हामी प्रक्रियामा छौँ र यो चाँडै नेपाली बजारमा हुनेछ। हामी यसका सबै भेरिएन्ट उपलब्ध गराउने छौँ।’
    अन्तर्राष्ट्रिय बजारमा आईफोन एसइ १६ जीबी मोडलको मूल्य ३९९ अमेरिकी डलर छ। यो सबैभन्दा सस्तो आईफोन भएकाले पहिलेका मोडलको तुलनामा सस्तो हुनेछ। हाल फोन भित्र्याउने प्रक्रिया भइरहेका कारण निश्चित मूल्य निर्धारण नभएको खनालले बताए। तर यसको मूल्य करिब ४२ हजार रुपैयाँको हाराहारीमा पर्नसक्ने अनुमान गरिएको छ।
    फिचरः
    आईफोन एसइमा ४ इन्चको स्क्रिन छ, जसले ६४०×११३६ पीक्सेल रिजोलुशन दिन्छ। १.८ जीएचजेड डुअलको प्रोसेसर भएको यस फोनमा २ जीबी र्‍याम छ। यो फोन १६ र ६४ जीबी गरी दुई भेरिएन्टमा आउँछ।
    आईओएस ९.३ अपरेटिङ सिस्टम भएको यस फोनमा अगाडि १.२ र पछाडि १२ मेगापीक्सेलको क्यामरा दिइएको छ। यो फोनबाट ४ के भिडियो रेकर्ड गर्न सकिन्छ।
    पावरका लागि १६४२ एमएएचको निकाल्न नमिल्ने ब्याट्री छ भने, लाइभ फोटोज, ब्लुटुथ, एनएफसी, जीपीएस, वाईफाई, फिङ्गरप्रिन्ट सेन्सर जस्ता सुविधा यस फोनमा छन्। यो स्पेस ग्रे, सिल्भर,गोल्ड र रोज गोल्ड रङमा उपलब्ध छ।
    ]]>
    10076 0 0 0
    चेपाङ सङ्ग्रहालय सौराहामा बनाइने http://localhost/ghum/%e0%a4%9a%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%99-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b8%e0%a5%8c%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%be%e0%a4%ae/ Mon, 28 Mar 2016 13:02:34 +0000 http://www.ghumphir.com.np/?p=10078

    रत्ननगर (चितवन), १५ चैत । चितवनको सौराहामा चेपाङ सङ्ग्रहालय बनाइने भएको छ । रत्ननगरको गामवेसीको चेपाङ संरक्षण केन्द्रले स्थापना गरेको चेपाङ सङ्ग्रहालय पर्यटकीय नगरी सौराहामा विस्तार गर्न लागिएको हो । केन्द्रमा आश्रित चेपाङ बालबालिकाको भरणपोषणका लागि आर्थिक स्रोत जुटाउन सौराहामा सङ्ग्रहालय विस्तार गर्न लागिएको केन्द्रका अध्यक्ष केपीकरण शर्माले जानकारी दिनुभयो । सौराहाको मुख्य बजार नजिक सङ्ग्रहालय निर्माण गरेर पर्यटकलाई अवलोकन गर्ने व्यवस्था मिलाउने योजना रहेको उहाँको भनाइ छ । सङ्ग्रहालय अवलोकन गरेबापत पर्यटकले तिर्ने शुल्क चेपाङ बालबालिकाको भरणपोषणमा खर्च गरिने छ । व्यवसायीले हात्ती सफारी, जिप सफारी, डुङ्गा चढी, थारु संस्कृतिको अवलोकनलाई प्याकेज कार्यक्रम बनाएर पर्यटकलाई सेवा दिँदै आएका छन् । सङ्ग्रहालयमा चेपाङ जातिले प्रयोग गर्ने आदिमकाल देखिका ५३५ वटा सामग्री राखिने छ । सङ्ग्रहालयमा चेपाङ जातिले जीविकोपार्जनका लागि प्रयोग गर्ने र धार्मिक तथा सांस्कृतिक महत्व बोकेका पुराना सामान राखिने भएकाले पर्यटकका लागि आर्कषणको विषय बन्ने जनाइएको छ । चेपाङ सङ्ग्रहालयलाई पनि व्यवसायीसँग सहकार्य गरेर प्याकेज कार्यक्रमको रुपमा स्थापित गर्ने योजना रहेको अध्यक्ष शर्माले बताउनुभयो । सौराहामा आउने पर्यटकमध्ये ८० प्रतिशतलाई चेपाङ सङ्ग्रहालयको अवलोकन गराउने प्रारम्भिक योजना रहेको छ । यस्तै केन्द्रले एसएसपी रमेश खरेललाई केन्द्रको मानार्थ सदस्य र केन्द्रका सल्लाहकार संयोजक डा ढुण्डीराज पौडेललाई अक्षयकोष व्यवस्थापन समितिको संयोजक बनाउने निर्णय पारित गरेको छ । केन्द्रमा १४१ जना चेपाङ बालबालिका आश्रित छन् ।

    ]]>
    10078 0 0 0
    कालीगण्डकीमा माछा मरे http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%9b%e0%a4%be-%e0%a4%ae%e0%a4%b0%e0%a5%87/ Mon, 28 Mar 2016 13:08:23 +0000 http://www.ghumphir.com.np/?p=10080

    बाबियाचौर (म्याग्दी), १५ चैत । म्याग्दीको नारच्याङस्थित घलेम्दी खोलाको मुहानमा पहिरोले बनाएको तलाउ खुलेर लेदो बग्न थालेपछि कालीगण्डकी नदीका जलचर सङ्कटमा परेका छन् । कालीगण्डकीको सहायक नदी घलेम्दीबाट शुक्रबारदेखि बग्न थालेको बाक्लो लेदोले माछालगायतका जलचर मर्न थालेका हुन् । लेदोका कारण घलेम्दी मिसिने मिस्त्री र कालीगण्डकीको नारच्याङस्थित दोभानदेखि राहुघाटसम्मको तटीय क्षेत्रमा थुपै्र मरेका माछा भेटिएका छन् । लेदोले गर्दा माछाले वासस्थान छाडेर किनारमा लागेको र आहाराको अभावमा मर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । बैसरीका बासिन्दा भीमबहादुर कार्कीले २६ वर्षयता कालीगण्डकी किनारमा यसपालि सबैभन्दा धेरै माछा मरेको देखेको बताउनुभयो । उहाँका अनुसार विसं २०४६ मा कालीगण्डकीमा लेदोसहितको बाढी आउँदा पनि यसरी नै नदी किनारमा मरेका माछा भेटिएका थिए । शुक्रबार साँझ बाक्लो लेदोसहितको बाढी बग्दा कालीगण्डकीको सतह करिब दुई घन्टा बढेको थियो । सो समयमा छेउ लागेका माछा मरेको अवस्थामा भेटिएको र अहिले पनि लेदो बगिरहेकाले छेउछाउमा माछा मार्न जानेले सजिलै भेटाउने गरेका छन् । एक किलोग्राम तौल भएको एउटै माछा भेटाएको बैसरीका भीमसेन केसीले बताउनुभयो । कालीगण्डकीमा लेदो आएपछि शनिबार र आइतबार माछा छोप्नेको किनारमा दिनभरजसो भीड लागेको थियो । एकै जनाले ६५ किलोसम्म माछा छोपेर डोकोमा बोकेर लगेको घार–९ पोखरेबगरका खड्ग गिरीले बताउनुभयो । धेरै माछा भेटिएकाले पहिले रु ९०० प्रतिकिलो पर्ने माछा अहिले मूल्य रु ५०० मा झरेको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दीका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले लेदोका कारणले गर्दा बीचमा बस्न नसकेर छेउ लागेको र त्यो अवस्थामा एक्कासि पानीको सतह घट्नाले अथवा कसैले विष हालेको कारण नदी किनारमा यसरी माछा मरेको हुनसक्ने बताउनु भयो । मरेको अवस्थामा भेटिएका माछा खानु स्वास्थ्यका हिसाबले उपयुक्त नहुने उहाँको सुझाव छ । माछासँगै लेदोले पानीमा बस्ने अन्य जलचर पनि प्रभावित भएका छन् । नदी किनार दुर्गन्धित बनेको छ । यसले वातावरण चक्रमा पनि असर पार्नसक्ने खतरा रहेको छ । मानवबस्तीदेखि टाढा र भौगोलिक रुपमा विकट खोचमा खसेको पहिरोको अवस्थाको अहिलेसम्म अध्ययन हुन नसकेको नारच्याङ गाविसका सचिव दीर्घप्रसाद गौतमले बताउनुभयो ।

    ]]>
    10080 0 0 0
    बिस्केट जात्रा २७ गतेबाट http://localhost/ghum/%e0%a4%ac%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%87%e0%a4%9f-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a5%a8%e0%a5%ad-%e0%a4%97%e0%a4%a4%e0%a5%87%e0%a4%ac%e0%a4%be%e0%a4%9f/ Mon, 28 Mar 2016 13:11:35 +0000 http://www.ghumphir.com.np/?p=10082

    भक्तपुर, १५ चैत । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध बिस्केट जात्राको लागि भैरव र भद्रकालीको रथ निर्माण कार्य तौमढीमा सुरु भएको छ । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माण सुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिनुभयो । भैरवसँगै भद्रकालीको रथ पनि अबको १० दिनभित्र निर्माण गरेर रङरोगन गरिसक्ने उहाँले उल्लेख गर्नु भयो । रथको चक्कालगायतका धेरै काठ पुराना भए पनि यस वर्ष सबै काठ फेर्न नसकिने हुनाले अत्यावश्यक केही काठ फेर्ने र अरु पुरानै काठलाई बलियो गरेर मर्मत गरिने प्रमुख सापकोटाले बताउनुभयो । रथ निर्माणका लागि यस वर्ष रु छ लाख लाग्ने जानकारी दिँदै सापकोटाले बिस्केट जात्राको लागि करिब रु २५ लाख खर्च हुने बताउनुभयो । लिच्छवीकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा रहेको छ । भूकम्पका कारण रथ लैजाने रुटको धेरै घरमा टेको लगाइएको कारण यस वर्ष चैत २७ गतेबाट सुरु हुने बिस्केट जात्राको रथ लैजाने रुट छोट्याउनेबारे स्थानीय बासिन्दा, सरोकार निकाय र प्रशासनबीच छलफल भइरहेको छ । बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य गरी सुरुको दिन तौमढीमा रथ तान्ने, चैत्र मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहितको लिङ्गोे उठाउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते तौमढीमा भैरवको रथ तानेर मनाउने गरिन्छ । विसंअनुसार सौरमासको आधारमा चल्ने बिस्केट जात्रा बिःसीतअर्थात् नागनागिन म¥यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ । जात्रा वैशाख ५ गते भैरवको रथलाई तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई मन्दिरमा भित्राएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा छ ।

    ]]>
    10082 0 0 0
    वैशाखको दोस्रो साता ‘जे’ टु ‘जे’ सम्मेलन हुँने http://localhost/ghum/%e0%a4%b5%e0%a5%88%e0%a4%b6%e0%a4%be%e0%a4%96%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%be-%e0%a4%9c%e0%a5%87/ Mon, 28 Mar 2016 13:14:58 +0000 http://www.ghumphir.com.np/?p=10085

    काठमाडौँ, १५ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन प्रवद्र्धनका लागि ‘जर्नालिस्ट टु जर्नालिस्ट’ ९‘जे’ टु ‘जे’० सम्मेलन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज पर्यटन पत्रकार सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको नयाँ अवधारणाको कार्यक्रम ‘जे’ टु ‘जे’ वैशाखको दोस्रो साता गर्न सुझाव दिनुभयो । पोखरेलले भन्नुभयो – “सरकारले भूकम्पको सम्झनामा वैशाख १२ गते विविध कार्यक्रम गर्दैछ । त्यसमा विदेशी पत्रकार र पर्यटकको उपस्थिति रहने हुँदा सोही सन्दर्भमा सम्मेलन गर्न उपयुक्त हुन्छ । वैशाख ११ गते एकदिने सम्मेलन र १२ गते सरकारकै साझेदारीमा घोषणापत्र जारी गर्ने गरी तयारी गर्नुस् ।” एक फरक प्रसङ्गमा मन्त्री पोखरेलले जेठ ६, ७ र ८ गते हुन गइरहेको २५६०औँ बुद्ध जयन्तीलाई समेत ‘जे’ टु ‘जे’ सम्मेलनले सकारात्मक सन्देश दिने र यी दुई एकअर्काका परिपूरक कार्यक्रम बन्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घका अध्यक्ष देवी पन्तले भूकम्प र नाकाबन्दीपछिको वास्तविक सन्देश अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा दिन ‘जे’ टु ‘जे’ सम्मेलन प्रभावकारी हुने बताउनुभयो । पाँचदिने ‘जे’ टु ‘जे’ सम्मेलनको आयोजना गर्ने गरी तयारी थालेको सङ्घले दुई रात तीन दिन भने लुम्बिनी भ्रमणका लागि योजना बनाएको ‘जे’ टु ‘जे’ सम्मेलन आयोजना उपसमितिका संयोजक शिव श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार काठमाडौँको एकदिने सम्मेलन, अर्को दिन ‘जे’ टु ‘जे’ घोषणापत्र जारी हुने र बाँकी तीन दिन लुम्बिनी अवलोकन भ्रमण हुने गरी कार्यक्रमको तयारी गरिएको छ ।

    ]]>
    10085 0 0 0
    ८५ वर्षीय मीनबहादुर पुनः सगरमाथा चढ्ने तयारीमा http://localhost/ghum/%e0%a5%ae%e0%a5%ab-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a5%80%e0%a4%af-%e0%a4%ae%e0%a5%80%e0%a4%a8%e0%a4%ac%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%81%e0%a4%b0-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83/ Mon, 28 Mar 2016 13:18:47 +0000 http://www.ghumphir.com.np/?p=10088

    म्याग्दी, १५ चैत । म्याग्दीको भुरुङ तातोपानीका ८५ वर्षीय पूर्व गोरखा सैनिक मीनबहादुर शेरचन पुनः विश्वको सर्वौच्च शिखर सगरमाथा चढ्ने तयारीमा लाग्नु भएको छ । min bahadur sherchanज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन लाग्नुभएका शेरचनले गत वर्ष सगरमाथा आरोहण गर्न सुरु गरे पनि वैशाख १२ गतेको भूकम्पको कारण आरोहण स्थगित गर्नु भएको थियो । यसअघि २०६५ जेठ १२ मा ७८ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भए पनि पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउराले सो रेकर्ड तोडेपछि अहिले पुनः रेकर्ड कायम गर्न शेरचन सगरमाथा चढ्न लाग्नुभएको हो । सगरमाथा आरोहणमा होमिएका शेरचनको अभियानलाई सफल बनाउन प्रवासमा रहेका म्याग्देलीले सहयोग जुटाउन थालेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) युकेले पत्रकार सम्मेलन गरी शेरचनको अभियानमा सहयोग गर्न सबैलाई आह्वानसमेत गरेको छ । त्यस्तै मोना युकेले संस्थाका सल्लाहकार तथा मगर सङ्घ युकेका कोषाध्यक्ष तेज राम्जाली पुन मगरको संयोजकत्वमा एक सहयोग समिति समेत गठन गरेको जनाएको छ । यस्तै, उहाँको आरोहणलाई सफल बनाउन नेपालमा पनि समिति गठन गरिने र मोनाको शाखा रहेका विभिन्न मुलुकमा पनि समिति बनाइने संयोजक राम्जालीले जानकारी दिनुभयो ।

    ]]>
    10088 0 0 0
    एयरपोर्टबाटै पछ्याएको पुलिसले क्षेत्रपाटीमा समायो कोकिन http://localhost/ghum/%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%88-%e0%a4%aa%e0%a4%9b%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%81/ Mon, 28 Mar 2016 13:37:57 +0000 http://www.ghumphir.com.np/?p=10091 रमेश धमला

    १५ चैत, काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले सोमबार पाँचवटा स्याम्पुको बट्टासँगै दुई विदेशी महिलालाई सार्वजनिक गरेको छ । उनीहरूबाट बरामद भएका ती बट्टा चानचुने थिए ।

    तर, त्यसभित्र अवैध लागुऔषध दुई किलो कोकिन थियो । जसलाई नेपालको हुँदै अन्य देश लैजाने क्रममा बरामद गरिएको थियो । जसको अवैध मूल्य पाँच करोड ४० लाख रुपैयाँ पर्ने प्रहरीको भनाइ छ ।

    यसरी पक्राउ परे

    ११ चैतमा दुबईको एफजेड-७५३ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । सबै यात्रुप्रति लागुऔषध नियन्त्रण ब्युरोले निगरानी बढाइरहेको थियो । त्यतिकै एक अफ्रिकन मूलकी महिला प्रहरीको निगरानीमा परिन् । उनी थिइन्, दक्षिण अफ्रिकाकी एमपाथोनी एमसानी ।

    एमसानी त्रिभुवन विमानस्थलबाट आफ्नो लगेज बोकेर सरासर बाहिर निस्किन्, ब्युरो टोली पनि उनको पछि लाग्यो । प्रहरीले तत्काल उनीमाथि कुनै प्रतिक्रिया जनाएन । एमसानी ठमेलस्थित एक होटलमा पुगिन्, त्यहाँ पनि प्रहरीले केही गरेन, मात्रै निगरानीमा राखेको थियो ।

    सोमबार बिहान करिब साढे ८ बजे एमसानीलाई भेट्न अर्की एक महिला आइन्, भारत नागाल्यान्डकी मिर्सी । दुवैले क्षेत्रपाटीमा केही सामान लेनदेन गर्दै थिए, त्यही बेला दुवै प्रहरीको फन्दामा परे ।

    प्रहरीले ३७ वर्षीया एमसानीको साथबाट तीनवटा स्याम्पुको बट्टा बरामद गर्यो, जसमा एक किलोभन्दा बढी झोल कोकिन थियो । उनले भारतीय महिला मिर्सीलाई दिएको अर्को दुई बट्टा पनि बरामद गर्यो, जसमा लगभग एक किलो उही झोल कोकिन थियो ।

    दक्षिण अफ्रिकादेखि नेपालसम्म

    ब्युरोको प्रारम्भिक अनुसन्धानमा एमसानी गत १ चैतमा दक्षिण अफ्रिकाको जोहान्सबर्गबाट दुबई हुँदै २ चैतमा बाज्रिल पुगेको खुलेको छ ।

    बाज्रिलमा उनलाई केही अफ्रिकन मूलकै व्यक्तिले कोकिनले भरिएका स्याम्पुको बट्टा बोकाएर फेरि दुबई पठाए । केही दिन दुबई बसेपछि एमसानी ११ चैतमा काठमाडौं आइपुगेकी थिइन्, कोकिन बोकेर ।

    अविवाहित एमसानीको १४ वर्षीय छोरा र १२ वर्षीया छोरी समेत रहेको खुलेको छ ।

    उनले ब्राजिलबाट दिल्ली हुँदै फिलिपिन्ससम्म कोकिन पुर्याइसकेको अनुसन्धानका क्रममा खुलेको ब्युरोका डीआईजी जयबहादुर चन्दले बताए ।

    भारतबाट छोरीसहित कोकिन बोक्न काठमाडौं आइपुगेकी मिर्सी भने कुन रुटबाट नेपाल प्रवेश गरिन् भन्ने खुल्न सकेको छैन । ‘एमसानीले ब्राजिलबाट नेपालसम्म ल्याउने र नेपालबाट भारतसम्म लैजाने काम मिर्सीको भएको देखिन्छ । तर, उनीहरूलाई भारतबाट पठाउने र ब्राजिलबाट पठाउने समूह को हुन् भन्ने खुल्न सकेको छैन,’ डीआईजी चन्दले भन्छन्, ‘नेपालमा पहिलोपटक झोल बनाएर ल्याइएको कोकिन बरामद भएको छ, यसको अन्य कनेक्सन के छ हामी खोजिरहेका छौं ।’

    नेपाल कोकिनको ट्रान्जिट

    २८ मार्च २०१५ मा मलेसियन महिला मरिना विन्त जमालुद्दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिइन् । विमानस्थलबाट सीधै लाजिम्पाटस्थित एक अपार्टमेन्टमा पुगिन् । जहाँ उनका लागि कोठा मलेसियाबाटै बुक भइसकेको थियो । बाज्रिलबाट कतारको दोहा हुँदै नेपाल आइपुगेकी मरिनाले करिब चार दिन अपार्टमेन्टमा बिताइन् ।

    २ अपि्रलमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै इटालीको रोमतिर जाँदै थिइन्, विमानस्थलमा पक्राउ परिन् ।  ती मलेसियन महिला पाँचवटा ल्यापटपको झोलामा राखिएको ११ किलो कोकिनसहित पक्राउ परेकी थिइन् । चारपटक ब्राजिलबाट भारतको रुट हुँदै कोकिन ओसारिसकेकी मरिना नेपालबाट भने उम्किन सकिनन् । उनले उक्त कोकिन इटाली लैजान लागेकी थिइन् ।

    ६ फागुन ०७० मा दुबईबाट नेपाल आएका नामेबियन नागरिक २ किलो कोकिनसहित पक्राउ परे । विमानस्थलका सुरक्षाकर्मीले एफजेड ५७५ विमानबाट आएका यात्रुको चेकजाँच गरिरहेको थियो । २ किलो कोकिन बोकेर नेपाल ओर्लिएका नामेबियन नागरिक रेहेमन जुंगु ओपिल विमानस्थलबाट बाहिरिएलगत्तै प्रहरीको फन्दामा परे ।

    प्रहरीले रेहेमनको ब्यागबाट ४५ क्याप्सुल र पेटबाट थप ११२ क्याप्सुल कोकिन निकालेको थियो । ब्राजिलबाट दुबई हुँदै नेपाल आइपुगेका यिनले कोकिन दुबईबाट ल्याएको बताएका थिए ।

    ब्राजिलबाट आउँदा २४ घन्टा दुबईमा ट्रान्जिटमा बसेका यिनलाई त्यहीँको एक होटलमा एक भारतीय र एक अफ्रिकन मूलका दुई व्यक्तिले कोकिन दिएको प्रहरीलाई बयान दिएका थिए । ०६९ सालमा थाइल्यान्डकी एक महिलाको साथबाट पहिलोपटक एक किलो कोकिन बरामद भएको थियो ।

    मरिना र एमसानीलाई पठाउने एउटै समूह

    लागुऔषध ब्युरो स्रोतका अनुसार करिब १ वर्षअगाडि पक्राउ परेकी मलेसियन महिला मरिना र सोमबार पक्राउ परेकी दक्षिण अपि|mकन महिला एमसानीलाई कोकिन पठाउने समूह एउटै हुन सक्ने देखिएको छ ।

    ब्युरोका एक अधिकृतले भने, ‘मरिना र एमसानीले कोकिन ल्याएको र लैजाने रुट एउटै देखिन्छ, त्यसैले उनीहरूलाई पठाउने ग्याङ पनि एउटै हुन सक्छ ।’

    पहिलो पटक झोल कोकिन बरामद

    नेपालमा चौथोपटक अवैध लागूऔषध कोकिन बरामद भएको छ । चौथोपटक बरामद भएको कोकिनको स्वरुप फरक छ । अघिल्लोपटक धुलो कोकिन बरामद भएको थियो भने यसपटक झोलमा भेटिएको छ ।

    विश्वकै महँगो अवैध लागुऔषधमा पर्छ, कोकिन । पेरु र ब्राजिल कोकिन उत्पादन हुने मुख्य देश हुन् । यसको उत्पादन खर्च नै बढी लाग्ने भएकाले मूल्य पनि बढी परेको हुन सक्ने प्रहरी अधिकारीको अनुमान छ ।

    सबैभन्दा महँगो लागुऔषध भएकाले नेपालमा यसका प्रयोगकर्ता नभएको प्रहरीको अनुमान छ । विषेशगरी युरोप तथा अमेरिकाका धनाढ्यले कोकिन सेवन गर्ने गरेको प्रहरीको बुझाइ छ । त्यसैले कारोबारीले नेपाललाई ट्रान्जिट मात्रै बनाइरहेको ब्युरोका प्रमुख डीआईजी जयबहादुर चन्द बताउँछन् ।

    कारोबारीले यति महँगो लागुऔषध पटकपटक नेपालको रुटबाट भारत हुँदै अन्य मुलुक लैजाने प्रयास गरिरहेका छन् । तर, ब्युरोले त्यसलाई असफल बनाइदिएको छ । यस्तो कारबाहीले कारोबारीलाई नोक्सानी त हुन्छ नै, नेपालको बाटो लागुऔषध बोक्न सुरक्षित छैन भन्ने सन्देश पनि दिएको डीआईजी चन्दको भनाइ छ ।

    ]]>
    10091 0 0 0
    एसएलसीमा भत्तामा १६ करोड खर्च,७२ हजार कर्मचारी http://localhost/ghum/%e0%a4%8f%e0%a4%b8%e0%a4%8f%e0%a4%b2%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%ac-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1/ Mon, 28 Mar 2016 13:41:35 +0000 http://www.ghumphir.com.np/?p=10095 विनोद घिमिरे

    १५ चैत, काठमाडौं । बिहीबारदेखि सुरु हुने एसएलसी परीक्षाका लागि ७२ हजार ८ सय ९६ कर्मचारी खटिनेछन् र ति कर्मचारीहरुको दैनिक भत्तामा मात्रै १६ करोड रुपैयाँ खर्च हुनेछ ।

    SLC

    एस वर्षको एसएलसीमा १ हजार ९ सय ४३ परीक्षा केन्द्र तोकिएका छन् । जम्मा परीक्षार्थीको संख्या ६ लाख १५ हजार ५ सय ५३ छ । नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१, एक्जाम्टेड तर्फ १ लाख ५९ हजार ४१७ र प्राविधिकतर्फ ३ हजार २ सय ५५ विद्यार्थीहरु सहभागी हुँदैछन् ।

    सबैभन्दा बढी काठमाडौंमा ९५ परीक्षाकेन्द्रमा ३६ हजार ८ सय ८६ परीक्षार्थी छन् । सबैभन्दा कम मनाङमा एउटा मात्र परीक्षाकेन्द्र र ६९ परीक्षार्थी छन् ।

    गत वर्षको तुलनामा यसपालि देशभर ८१ परीक्षा केन्द्र बढी छन् । गत वर्ष १ हजार ८ सय ६२ परीक्षा केन्द्र थिए । भूकम्प प्रभावित जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष केहि परीक्षा केन्द्र थप गरिएको परीक्षा नियन्त्रक  कृष्णप्रसाद काप्रीले बताए ।

    हरेक परीक्षा केन्द्रमा एक-एक जना केन्द्राध्यक्ष तोकिएका छन् । यस्तै सहायक केन्द्राध्यक्ष २ हजार ९ सय ७८ जना छन् । तीन सय परीक्षार्थी बराबर एक सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

    २९ हजार १ सय ४५ प्रहरी खटाइने

    यसैगरी निरीक्षक २५ हजार ५ सय ७७ र सहयोगी १३ हजार २ सय ७४ जनाको व्यवस्था गरिएको छ ।

    परीक्षा सन्चालनका लागि गत वर्षको तुलनामा यस वर्ष ९ हजार ९ सय ५१ जना बढी कर्मचारी खटिनेछन् । गत वर्ष ६२ हजार ९ सय ४५ कर्मचारी खटाइएकामा यसपटक ७२ हजार ८९६ जना खटिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

    परीक्षालाई मर्यादित र सुरक्षित बनाउन हरेक परीक्षा केन्द्रमा १५ जनाको दरले देशभर २९ हजार १ सय ४५ जना प्रहरी पनि परिचालन गरिनेछ ।

    एक लाख जरिवाना वा ६ महिना कैद

    चैत १८ गते बिहान ८ बजेदेखि एसएलसी परीक्षा सुरु हुनेछ । परीक्षार्थीहरु आ-आफ्नो विद्यालयको तोकिएको पोशाकमा परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

    पहिलो दिन अंग्रेजी विषयको परीक्षा छ । परीक्षामा चिट चोर्ने-चोराउने लगायतका अमर्यादित गतिविधि गरेमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुबै सजायँ हुने उपनियन्त्रक श्रेष्ठले जानकारी दिए ।

    परीक्षा केन्द्रमा मात्रै झण्डै १६ करोड खर्च

    परीक्षा केन्द्रमा मात्रै सरकारको करीब १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ‘केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगीहरुको भत्तालगायतको हिसाब गर्दा परीक्षा केन्द्रमा मात्रै झण्डै १६ करोड रुपैयाँ खर्च हुन्छ,’ उपनियन्त्रक श्रेष्ठले अनलाइनखबरसँग भने ।

    सरकारले केन्द्राध्यक्षलाई दैनिक ८ सय रुपैयाँ भत्ता दिन्छ । यसैगरी सहायक केन्द्राध्यक्षलाई ५ सय, निरीक्षकलाई ३ सय ५० र सहयोगीले २ सय रुपैयाँको दरले दैनिक भत्ता पाउँछन् ।

    प्रहरीको खाजा खर्चमा साढे ३ करोड खर्च

    उपनियन्त्रक श्रेष्ठका अनुसार परीक्षाको सुरक्षाका लागि खटिने प्रहरीलाई सरकारले खाजा खर्चमात्रै दिन्छ । खाजा खर्च वाफत् एक प्रहरीले दैनिक १ सय ५० रुपैयाँ पाउँछन् ।

    एसएलसीको सुरक्षामा खटिने २९ हजार १ सय ४५ प्रहरीको खाजा खर्चमा मात्रै साढे ३ करोड रुपैयाँ छुट्याइएको छ । सरकारले एक परीक्षा केन्द्रमा १५ जनाको दरले प्रहरी परिचालन गर्नेछ ।

    शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालनको वातावरण बनाउन प्रहरीहरुले सहयोगीको भूमिका खेल्ने अपेक्षा परीक्षा नियन्त्रण कार्यालयको छ ।

    कापि जाँच्न साढे १२ करोड खर्च

    परीक्षाको कापि परीक्षणमा भने करिब साढे १२ करोड खर्च हुन्छ । एउटा कापि जाँच्दा २५ रुपैयाँको दरले खर्च हुन्छ । परीक्षकले एउटा कापि जाँचेबाफ्त २० रुपैयाँ र सम्परीक्षकले पाँच रुपैयाँ पाउँछन् । परीक्षकले जाँचको कापिमा संपरीक्षकले रुजु गरी हस्ताक्षर गर्दछन् ।

    यो गत वर्षको जत्तिकै रकम हो । यसअघि कापि परीक्षणको रकम कम भएको भन्दै शिक्षकहरुले आन्दोलन नै गरेपछि सरकारले कापि जाँचेको रकम गत वर्षदेखि बढाएको थियो ।

    ]]>
    10095 0 0 0
    लेन पालना नगर्ने हजार कारबाहीमा http://localhost/ghum/%e0%a4%b2%e0%a5%87%e0%a4%a8-%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%a8%e0%a4%be-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%b0/ Mon, 28 Mar 2016 13:51:24 +0000 http://www.ghumphir.com.np/?p=10098

    काठमाडौँ, १५ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लेन पालना नगर्ने एक हजारभन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यकामा धेरैजसो सवारी साधनले पछिल्लो समय लेन पालना नगर्ने गरेको भन्दै शुक्रबारबाट लेन पालना नगर्ने सवारी साधनलाई नियन्त्रणमा लिन थालेको हो । महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालसहित सबै ट्राफिकका अधिकृतहरूसमेत लेन पालना गरेको नगरेको हेर्न सडकमा बस्नुभएको छ । महाशाखाले तीनदिनमा एक हजारभन्दा बढी सवारी साधनलाई नियन्त्रण लिई कारबाही गरेको छ । लेन पालना नगर्नेलाई रु २०० जरिवना र एकघण्टाको सचेतना कक्षा लिने गरेको छ । लेन काटेको सवारी साधन भाग्न खोजे क्यामराले खिच्ने र मोटरसाइकलले पछ्याएर समात्ने र कारबाहीको दायरामा ल्याउने गरिएको महाशाखा प्रमुख अर्यालले बताउनुभयो ।

    ]]>
    10098 0 0 0
    पोखराका अधिकांश पर्यटन व्यवसायमा श्रम ऐन लागु छैन http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%b6-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%b5/ Mon, 28 Mar 2016 13:55:42 +0000 http://www.ghumphir.com.np/?p=10100 १५ चैत, पोखरा । पोखराका अधिकांश पर्यटन व्यवसायीले श्रमिकमाथि शोषण गर्ने गरेको खुल्न आएको छ । श्रमिकका समस्या बुझ्दै पर्यटकीय नगरी पोखरामा पुगेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको पर्यटन क्षेत्र युनियन परिषद्सामू त्यहाँका श्रमिकहरुले यस्तो खुलासा गरेका हुन् ।

    उयपजपरिषद्ले नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि पर्यटन श्रमिकले निर्वाह गर्नुपर्ने भूमिका र उनीहरुको अधिकारका बारे पोखरामा गरेको अन्तक्रियामा सहभागी श्रमिकहरुले पोखराका होटल, रेष्टुरेन्ट, ट्रेकिङ साथै ट्राभलका अधिकांश प्रतिष्ठानमा श्रम ऐन लागु नभएको गुनासो गरे । त्यस्तै पर्यटन श्रमिकलाई न्यूनत्तम पारिश्रमिक नदिएको, मासिक जम्मा चार÷पाच हजार रुपैंयामा काम गर्न लगाएको, शेवा शुल्कबापत पाउनुपर्ने १० प्रतिशत रकम पनि नदिएको, नियुक्ति बिना काममा लगाएको गुनासो गरेका थिए । त्यस्तै टे«किङ क्षेत्रमा काम गर्ने गाइड लाइसेन्स नबिकरणमा झन्झटिलो प्राबधान खडा गरेको, प्यानको नाममा सरकारले दुःख दिने गरेको, भारी बोकेर अर्काको घरमा भाडामा बस्ने श्रमिकले आफैंले बहाल कर तिर्नुपरेको लगायत समस्याबारे ट्रेकिङ गाईडको गुनासो थियो । होटल रेस्टुरेन्टहरुले पनि सरकारले तोकेको न्युनतम तलब सेवा सुबिधा नदिएको, युनियन खोलेको बाहानामा जागिरबाट निस्कासन गर्ने लगायतका कार्य भइरहेको बताए । कार्यक्रममा जिफन्ट पर्यटन क्षेत्र युनियन परिषद संयोजक राम बुढाथोकी, जिफन्ट धौवलागीरी अध्यक्ष मीना गुरुङ, जिफन्ट राष्ट्रिय कमिटि सदस्य सुनिता थापा,नेस्वहोमयूका उपाध्यक्ष बंशी भट्टराई, युनिट्राभका महासचिव सुमनप्रसाद पराजुली लगायतले समग्र पर्यटन क्षेत्रको विकासका लागि सम्भावीत गन्तब्यको बजारीकरणमा मजदुरले आ आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा विभिन्न प्रतिष्ठानका १ सयभन्दा बढि श्रमिक अगुवाहरुको उपस्थिति रहेको थियो । भुवाईको अध्यक्षतामा नेस्वहोमयू कास्की नेपाल स्वतन्त्र होटल क्यासिनो रेष्टुरेन्ट मजदुर युनियन ९ नेस्वहोमयू० जिल्ला कमिटी कास्कीको ८ औ अधिबेशनले रामचन्द्र भुवाईको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिबेसनले उपाध्यक्षमा गोपाल गीरी, सचिवमा रामप्रसाद दुवाडी, सह–सचिवमा शिवप्रसाद दवाडी र कोषाध्यक्षमा प्रभा पहाडी लाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा रामकुमार राई, अञ्जु थापा, राजन भण्डारीलाई चयन गरेको छ । मनोनित १ सदस्य गरि कार्यसमिति ९ सदस्यीय हुनेछ ।

    ]]>
    10100 0 0 0
    काे काे परे त ? कर नतिर्ने कालोसूचिमा ! http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a5%87-%e0%a4%a4-%e0%a4%95%e0%a4%b0-%e0%a4%a8%e0%a4%a4%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%95%e0%a4%be/ Mon, 28 Mar 2016 14:21:53 +0000 http://www.ghumphir.com.np/?p=10103 १५ चैत, काठमाडौँ । आन्तरिक राजस्वले कम्पनीको नाम सहित सार्वजनिक सूचना जारी गरेर करदातालाई राजस्व बुझाउन आग्रह गरेको छ । मूल्य अभिबृद्धि कर(भ्याट) र आयकर बक्यौता राख्ने ४६ कम्पनीलाई राजस्व बुझाउन आग्रह गरिएको हो ।

    tax office log

    पाँच लाख देखि चार करोड रुपैयाँसम्म कर बक्यौता राखेका कम्पनीको नाम राजस्व कार्यालयले सार्वजनिक गरेको छ । सबैभन्दा बढी नेशनल हाइड्रोले चार करोड दुई लाख रुपैयाँ कर बक्यौता राखेको छ । त्यस्तै, युनिभिर्सल सप्लाई एजेन्सीले दुई करोड ३२ लाख रुपैयाँ, रौताहा जगुरमुखी गीताञ्जली जेभीले दुई करोड २७ लाख रुपैयाँ, सेती चुरोट, रसुवा डिष्टिलरी, अरिहन्त होलिडेज लगायत छन् ।

    यस बाहेक वित्तीय सेवा प्रदान गर्ने स्मार्ट च्वाइस टेक्नोलोजी, पर्यटनसँग सम्बन्धित थामसेर्कु ट्रेकिङ जस्ता कम्पनी पनि परेका छन् ।

    ]]>
    10103 0 0 0
    उपभोक्ताले पाउन नसकेपछि सादा पोसाकमा प्रहरी परिचालन http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%ad%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%a8%e0%a4%b8%e0%a4%95%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/ Mon, 28 Mar 2016 14:28:50 +0000 http://www.ghumphir.com.np/?p=10106 काठमाडौं, १५ चैत – भारतले लगाएको नाकाबन्दी खुलेको डेढ महिना हुन लाग्दा पनि बजारमा खाना पकाउने ग्यास सहज हुन सकेको छैन । इन्डियन आयल कर्पाेरेसन (आईओसी)बाट ८० प्रतिशतको हाराहारीमा ग्यास आपूर्ति भए पनि उपभोक्ताले पाउन सकेका छैनन् ।

    वाणिज्य, आपूर्ति तथा व्यवस्थपन विभाग र नेपाल प्रहरीको संयुक्त टोली अनुगमनमा क्रियाशील भएका छन् । नेपाल प्रहरीले कालोबजारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुरका इन्धन डिपो तथा पम्पमा सादा पोसाकका जनशक्ति परिचालन गरेको छ ।

    विभागका महानिर्देशक गोकुल धितालले स्थानीय प्रशासन र नेपाल प्रहरीको सहकार्यमा कालोबजारी गर्नेलाई अनुगमन गरी कारबाही गरिएको बताए । नाकाबन्दीले गर्दा एकैपटक लाखौं सिलिन्डर खाली भएकाले अभाव पूर्ति गर्न समय लागेको बताउँदै उनले आपूर्ति बढाउनु नै उत्तम विकल्प भएको तर्क गरे । होलीका कारण ग्यास लोड हुन नसक्दा पनि यो साता समस्या थपिएको उनले बताए । नेपालका बुलेट कम भएका कारण पनि भारतले ग्यास दिएजति आपूर्ति गर्न नसकिएको उनको दाबी छ ।

    महानगरीय प्रहरीले इन्धनमा मौलाएको कालोबजारी नियन्त्रण गर्न ३ वटै जिल्लाका प्रहरी परिसरबाट सादा पोसाकका प्रहरी खटाएको छ । आयातको तुलनामा खाना पकाउने ग्यास वितरण असहज भए पनि प्रहरीले कालोबजारी रोक्न सादा पोसाकका जनशक्तिलाई परिचालन गरेको हो । महानगरीय प्रहरी आयुक्त एआईजी प्रतापसिंह थापाका अनुसार कालोबजारीविरुद्ध काठमाडौं, भक्तपुर र ललितपुर परिसरबाट प्रत्येक ग्यास डिपो तथा पेट्रोल पम्पबाट हुने इन्धन कारोबार निगरानीमा विशेष टोली खटिन थालेका छन् ।

    “प्रत्येक ग्यास डिपो तथा पेट्रोल पम्पबाट हुने दैनिक इन्धन कारोबार निगरानीमा राखिएको छ,” एआईजी थापाले भने, “कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेविरुद्ध वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र प्रहरी टोलीले निरन्तर अनुगमन गर्नेछ ।” भारतीय नाकाबन्दीका बेलाको अभावलाई कारण देखाएर इन्धन व्यापारीले महँगो मूल्यमा ग्यास बिक्री गर्दै आएका छन् । १४ सय रुपैयाँ पर्ने खाना पकाउने ग्यास कालोबजारीमार्फत ३ हजार रुपैयाँसम्म लिएर ग्यास बिक्री गर्दा सर्वसाधारणको दैनिकी कष्टकर बन्दै आएको छ ।

    कालोबजारीकै कारण ३ महिनासम्म लाइनमा राखेर पनि सर्वसाधारणले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । “जबसम्म ग्यास आपूर्ति सहज हुँदैन । त्यसबेलासम्म व्यापारीका अनधिकृत गतिविधिमाथि हाम्रो निगरानी कायम रहन्छ,” एआईजी थापा भन्छन्, “यसबाहेक आमसर्वसाधारणले पनि कालोबजारीबाट सामान नकिन्नुहोस् । कसैले बढी मूल्यमा बिक्री गरेको जानकारी पाए प्रहरीलाई सूचना दिनूस् ।”

    केही सातायता ग्यासबाहेक डिजेल र पेट्रोल वितरण करिबकरिब सहज बनिसकेको छ । हरेक पम्पमा डिजेल–पेट्रोल पम्प सर्वसाधारणले निर्वाध रूपमा पाउँदै आएका छन् । आइतबार काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्ण परिसरभित्र अवैध रूपमा डिजेल झारेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

    प्रहरीले ना २ ख ४२२५ नम्बरको आयल निगमको ट्यांकरबाट अबैध रूपमा डिजेल झारिरहेको अवस्थामा चालक सप्तरी बोदे बसाइन–३ घर भएका २५ वर्षीय सुरेन्द्रकुमार मण्डल पक्राउ गरेको हो ।  ट्याङकर र इन्धनसहित उनी अहिले प्रहरी नियन्त्रणमा छन् । सडक वा स्वीकृतिबिनाको स्थलमा डिजेल झर्न नपाउने व्यवस्था छ ।  ट्यांकरमा रहेको १२ हजार लिटर डिजेलमध्ये ९ हजार लिटर डिजेल होटलको ट्यांकीमा झारिसकेको र ३ हजार लिटर बाँकी रहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । होटलमा झारिएको ९ हजार लिटर डिजेल होटलले आफूखुसी प्रयोग गर्न नपाउने गरी सोही होटलका कर्मचारीलाई जिम्मा लगाइएको छ । डिजेल विराटनगर खनारबाट ल्याएको खुलेको छ ।

    ]]>
    10106 0 0 0
    राजमार्ग अवरुद्ध http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7/ Tue, 29 Mar 2016 03:26:39 +0000 http://www.ghumphir.com.np/?p=10110

    सप्तरी, १६ चैत । गएराति आएको हावाहुरीले पूर्व–पश्चिम राजमार्गको रुपनगरमा एउटा पिपलको रुख ढलेपछि दुई घन्टा बाटो अवरुद्ध भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–७ स्थित रुपनगरमा राति आएको हावाहुरीबाट ठूलो खाले पिपलको रुख राजमार्गमा ढलेपछि सो बाटो अवरुद्ध भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । अवरुद्ध बाटो खुलाउनका लागि त्यहाँ आज बिहानैदेखि प्रहरी पुगेको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो । यसैबीच, पूर्व–पश्चिम राजमार्गको रुपनगरमा पिपलको बोट ढलेर अवरुद्ध भएको रुखको हाँगा काटेर एक साइडको बाटो खुलाइएको र अरु बाटो खुलाउने प्रयास भइरहेको बताइएको छ ।

    ]]>
    10110 0 0 0
    हावाहुरीका कारण राजकुमार ह्यारी फर्किन सकेनन् http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0/ Tue, 29 Mar 2016 03:29:02 +0000 http://www.ghumphir.com.np/?p=10112

    गोरखा, १६ चैत । उत्तरी गोरखाको लापु–३ स्थित प्रभातकिरण माध्यमिक विद्यालयको भवन पुनःनिर्माणमा विगत चार दिनदेखि श्रमदान गर्दै आउनुभएका बेलायतका राजकुमार ह्यारी सोमबार राजधानी फर्कने कार्यक्रम भए पनि मौसममा आएको खराबीले गर्दा राजधानी फर्कन पाउनुभएन । लापु गाविस क्षेत्रमा दुई दिनदेखि राम्रोसँग घाम नलागेको र सोमबार दिउँसोदेखि हावाहुरीसहित वर्षा भएकाले हेलिकोप्टर उडानमा समस्या देखिएको हो । राजकुमार ह्यारी हेलिकोप्टर चढेर राजधानी फर्कने कार्यक्रम थियो । विद्यालयका प्रधानाध्यापक जीव गुरुङका अनुसार राजकुमार ह्यारीले पुनःनिर्माणको काम पनि गर्न पाउनु भएन । कक्षा ८ का विद्यार्थीसँग भेटघाट गर्नुभएका उहाँले पठनपाठनमा देखिएको समस्याबारे सोधखोज गर्नुभयो । साथै, ह्यारीले शिक्षक र विद्यार्थीसँग सामूहिक फोटो खिचाउनुभएको छ । “हावाहुरीले गर्दा उहाँले सोमबार स्कुल बनाउन पाउनुभएन”, गुरुङले टेलिफोनमा भन्नुभयो । सम्भवतः आज ह्यारी राजधानी फर्कने स्रोतको भनाइ छ । गत बिहीबार उहाँ सोतिबजारसम्म गाडी चढेर जानुभएको थियो । ह्यारी त्यसपछि तीन घन्टा पैदल हिँडेर लापुबेँसी पुग्नुभएको थियो । उहाँले ढुङ्गा, काठ बोकेर भूकम्पले भत्काएको विद्यालय पुनःनिर्माणमा सघाउनुभएको हो । नेपाल भ्रमणको थपिएको छ दिन पनि सकिएको छ ।

    ]]>
    10112 0 0 0
    प्रदेश अनुसार कहाँ-कहाँ बन्दैछ नयाँ औद्योगिक क्षेत्र? http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b8%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%95%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%ac/ Tue, 29 Mar 2016 03:33:45 +0000 http://www.ghumphir.com.np/?p=10114 उत्तम काप्री

    सरकारले संघीय प्रदेश अनुसार औद्योगिक क्षेत्र बनाउने कार्ययोजना ल्याएको छ। कार्ययोजना सँगसँगै उद्योग मन्त्रालयले प्रदेश अनुसार नै औद्योगिक क्षेत्र स्थापना गर्न जग्गा छनौट कार्य पनि सुरु गरिसकेको छ। सरकारले प्रदेशपिच्छे एक हजार विघा क्षेत्रफलमा औद्योगिक क्षेत्र फैलने गरी ७ प्रदेशमा जग्गा छनौट कार्य सुरु गरेको उद्योग मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले बताइन्।

    उद्योग मन्त्रालयले अहिलेसम्म ४ वटा प्रदेशको ५ ठाउँमा जग्गा छनौट कार्य गरिसकेको छ। ४ वटा प्रदेशमा जग्गा छनौट भएपनि तोकिएकै क्षेत्रफल अनुसार छनौट भने हुन सकेको छैन। अहिलेसम्म सरकारले प्रदेश नम्बर १,३,५ र ७ मा भने केही विघा जग्गा छनौट गरेको खतिवडाले बताइन्। तत्काल नै प्रदेश नम्बर २, ४ र ६ मा पनि औद्योगिक क्षेत्रको लागि जग्गा छनौट नभए पनि मन्त्रालयले भने जग्गा छनौटको कार्य गरिरहेको उनले बताइन्।

    मन्त्रालयले चालु आर्थिक वर्ष भित्र नै ७ वटा प्रदेशमा पूर्ण रुपमा हजार विघा क्षेत्रफल भएको औद्योगिक क्षेत्र छनौट गर्ने लक्ष्य राखेको छ। मन्त्रालयले प्रदेश अनुसार नै जग्गा खरिद गर्दै औद्योगिक पूर्वाधार समेतको व्यवस्था गरी नीजि व्यक्ति वा संस्थालाई औद्योगिक औजार प्रयोग गरेर उद्योग सञ्चालन गर्ने पाउने अवसर दिने खतिवडाले बताइन्।

    ‘सरकारले जग्गा लिजमा लिन जति सहज छ, नीजि व्यक्ति वा संस्थाले लिजमा लिएर उद्योग सञ्चालन गर्न निकै जटिल छ, देशको आर्थिक उन्नति र विकासको लागि उद्योगधन्दा फस्टाउन आवश्यक छ’ उनले भनिन्  ‘देशमै उद्योग कलकारखाना राम्रोसँग चल्ने हो युवा विदेश पलायन हुनपर्दैन, देश विकास र युवालाई  रोजगार पनि सिर्जना हुन्छ।’

    मन्त्रालयका अनुसार औद्योगिक क्षेत्रको छनौट भएपनि कुन क्षेत्रमा कस्ता उद्योग कसरी सञ्चालन गर्ने विषयमा भने कुनै निर्णय नभएको खतिवडाले बताइन्। मन्त्रालयले छनौट गरेको चारवटै प्रदेशको क्षेत्र भने मन्त्रिपरिषदबाट अनुमोदन भइसकेको र बाँकी रहेको प्रदेशमा पनि जग्गा छनौट गर्न अनुमति दिएको उनले बताइन्। यो वर्ष मन्त्रालयले जग्गा छनौट सँगसँगै चार किल्ला समेत सिमांकन गर्ने उनले बताइन्।

    new-map nepal

    कहाँ–कहाँबन्दै छ त नयाँ औद्योगिक क्षेत्र

    प्रदेश नम्बर १

    प्रदेश नम्बर १ मा मन्त्रालयले अहिलेसम्म  ५ सय विघा जग्गा छनौट गरिसकेको छ। सो प्रदेशमा सरकारले तोकेको जति क्षेत्रफलको जग्गा छनौट गर्न अझै ५ सय विघा नै आवश्यक पर्छ। मन्त्रालयले अहिले यो प्रदेशमा झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर १८ र १९ मा ५ सय विघा जग्गा छनौट गरेको हो। यो जग्गा दमक नगरपालिकामा रहेको पूर्वमा रतुवाखोला, पश्चिममा दमक रिङरोड, उत्तरतर्फ रतुवाखोला र दक्षिण तर्फ पनि रतुवाखोलाको दोभानभित्र सम्म यसको क्षेत्रफल छ। प्रदेश नम्बर ३

    मन्त्रालयले प्रदेश नम्बर ३ को मकवानपुर जिल्लाको हेटौंडामा समेत ३ सय विघा क्षेत्रफलको जग्गा छनौट गरेको छ। मन्त्रालयले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ को मयूरधापको पूर्वमा मयूरधाप बस्ती, पश्चिममा कालापानी बस्ती, उत्तरमा रातोमाटे डाँडा, दक्षिणमा उत्तरपानी चुरेवन र सो वरपरको खाली जग्गा गरी ३ सय विघा छनौट गरेको हो।

    प्रदेश नम्बर ५

    मन्त्रालयले प्रदेश नम्बर ५को बाँके जिल्लामा नयाँ औद्योगिक क्षेत्रको लागि ५ सय २५ विघा जमिन छनौट गरेको छ। जिल्लाको पूर्वमा नौबस्ता वडा नम्बर ७को गाभर, पश्चिममा नौबस्ता वडा नम्बर २ पितमारी, उत्तर रत्न राजमार्ग, दक्षिण डिगिया डाँडा भित्रको जग्गा छनौट गरेको छ। त्यस्तै मन्त्रालयले प्रदेश नम्बर ५को रुपन्देही मोतिपुरको पूर्वमा तिनाउ नदी र पश्चिमा सामुदायिक वन क्षेत्रमा यो जग्गा छनौट गरेको छ। जिल्लाको  मोतिपुरको पश्चिमतर्फ वडा नम्बर १, ५, ६ र ८ र उत्तरतर्फको १ नम्बर वडामा २ सय ४० विघासहित गरि ८ सय १३ विघा जग्गा छनौट गरेको छ। प्रदेश नम्बर ७

    उद्योग मन्त्रालयले प्रदेश नम्बर ७ को  कन्चनपुर जिल्लामा नयाँ औद्योगिक क्षेत्र छनौट गरेको छ। मन्त्रालयले जिल्लाको दैजी गाविसको पूर्वतर्फ छेलामुक्त कमैया बस्ती, पश्चिमतर्फ दैजी जोगबुढा सहायक राजमार्ग, उत्तरतर्फ वन क्षेत्र, दक्षिण तर्फ चाँदनीफाटा बस्ती तथा जनचेतना सामुदायिक वनको करिव २ सय हेक्टर र वेदकोट सामुदायिक वनको करिव ४ सय ५० हेक्टर जमिनसमेत गरी ९ सय विघा जग्गा छनौट भएको छ।

    प्रदेश नम्बर २, ४ र ६

    मन्त्रालयका अनुसार यो प्रदेशमा भने अहिलेसम्म औद्योगिक क्षेत्र छनौटको लागि जग्गा निर्धारण भइ नसकेको र खोजी कार्य भएको छ। मन्त्रालयका अनुसार १ हजार वघिा क्षेत्रफल नपुगेका यी प्रदेशमा जग्गा छनौटको कार्य तिब्र रुपमा अगाडि बढिरहेको छ। जग्गा छनौटको कार्यलाई तिब्रताको साथ अगाडि बढाउन र जतिसक्दो छिटो पहिचान दिन मन्त्रालयलाई मन्त्रिपरिषदले आग्रह गरेको खतिवडाले बताइन्।

    ]]>
    10114 0 0 0
    ३ विद्यार्थीलाई पढाउँदै २ शिक्षक http://localhost/ghum/%e0%a5%a9-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%a2%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Tue, 29 Mar 2016 03:36:37 +0000 http://www.ghumphir.com.np/?p=10116

    बैतडी, चैत १६

    बैतडीको आम्चौरा-७, नौलास्थित उदयदेव प्राथमिक विद्यालयमा विद्यार्थी रित्तिँदै गएका छन्। स्थानीयबासीको बसाइँ सर्ने क्रम बढेपछि उक्त विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको हो। कारोबार दैनिकमा समाचार छ।
    अहिले ३ विद्यार्थी मात्र नियमति विद्यालय आउँछन्। उनीहरुलाई पढाउन दुई शिक्षक खटिएका छन्। ३ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा चालू शैक्षिक सत्रमा ५ विद्यार्थी भर्ना भएका थिए। उनीहरुमध्ये ३ जना मात्रै नियमित स्कुल आउने गरेका छन्। कक्षा १ म ३ अनि २ र ३ मा १÷१ विद्यार्थी छन्।
    छिमेकी गाउँ मार्थलाका २ विद्यार्थी आउजाउ गर्न ३ घण्टा लाग्ने भएकाले नियमति नआउने शिक्षक धनबहादुर चन्दले बताए। दुवै शिक्षक राहत दरबन्दीका हुन्।
    ]]>
    10116 0 0 0
    हल्लैहल्लामा किन लुकाइयो इन्धन? http://localhost/ghum/%e0%a4%b9%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%88%e0%a4%b9%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%be%e0%a4%87%e0%a4%af%e0%a5%8b/ Tue, 29 Mar 2016 03:40:39 +0000 http://www.ghumphir.com.np/?p=10118 १६ चैत, काठमाडौं ।
    प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट फर्किपछि र मधेसवादी दलहरुले पुनः आन्दोलन चर्काउने भन्न थालेपछि हल्लैहल्लामा फेरि एकपटक पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास अभाव हुन थालेको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।
     ग्यासको अभाव केही दिन अघिदेखि नै जारी रहेकोमा राजधानीका अधिकांश पेट्रोल पम्पहरुले सोमबार पेट्रोल छैन भन्ने बेहोराका सूचना टाँसेका थिए।
    झन्डै चार महिनासम्म चरम इन्धन अभाव भोगेका सर्वसाधारण जनता पछिल्ला घटनाक्रमले पुनः एकपटक त्रासमा परेको पाइएको छ।  यो अवस्थाले गर्दा उनीहरु जसरी हुन्छ इन्धनको जोहो गर्ने ध्याउन्नमा लागेका छन्।
    नाकाबन्दी खुले पनि कुल मागको ७० प्रतिशत इन्धनमात्र भारतीय आयल निगमले नेपाल आयल निगमलाई उपलब्ध गराइरहेको समयमा नाकाबन्खदीको हल्लाले तीन दिनयता थप तेल अभाव भएको छ
    ]]>
    10118 0 0 0
    मंगलबारबाट दैनिक एक घण्टा लोडसेडिङ घट्यो (तालिकासहित) http://localhost/ghum/%e0%a4%ae%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a6%e0%a5%88%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%8f%e0%a4%95-%e0%a4%98%e0%a4%a3%e0%a5%8d%e0%a4%9f/ Tue, 29 Mar 2016 03:43:44 +0000 http://www.ghumphir.com.np/?p=10120 loadshechdel १६ चैत, काठमाडौं ।लोडसेडिङ मंगलबारबाट दैनिक एक घण्टा घटेको छ।नेपाल विद्युत प्राधिरणले बिहीवारबाट सुरु हुन लागेको  एसएलसी परीक्षालाई मध्यनजर गर्दै दैनिक एक घण्टा लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ। यसअघि हप्तामा ८४ घण्टा हुँदै आएको लोडसेडिङ अब हप्तामा ७७ घण्टामात्रै हुने विद्युत प्राधिकरणले जनाएको छ। ]]> 10120 0 0 0 हुरी चल्दा बलो समातेरै बसे : राजकुमार ह्यारी http://localhost/ghum/%e0%a4%b9%e0%a5%81%e0%a4%b0%e0%a5%80-%e0%a4%9a%e0%a4%b2%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%b2%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%a4%e0%a5%87%e0%a4%b0%e0%a5%88-%e0%a4%ac%e0%a4%b8/ Tue, 29 Mar 2016 03:48:48 +0000 http://www.ghumphir.com.np/?p=10123 १६ चैत, काठमाडौं ।
    बेलायतका राजकुमार ह्यारी सोमबार दिउँसो दुई बजेतिर लापुबेसीको प्रभातकिरण माविका विद्यार्थीसँग भेटघाट कार्यक्रममा सरिक हुन जाँदै थिए। उनी विद्यालयमा मात्र पुगेका थिए, एक्कासी हावाहुरी चल्न थाल्यो।
    ‘ठूलै हावाहुरी चल्यो। उनी हत्तपत्त विद्यालयको अफिस कोठाभित्र छिरे’ प्रधानाध्यापक जीव गुरुङले भन, ‘हामी शिक्षक स्टाफहरु नाल, थाम, बलो समातेर बसेका थियौं। उनी पनि त्यसै गर्न थाले।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
    २० मिनेट जोडदार हावाहुरी चलेको उनले बताए। ‘२० मिनेटसम्म हुरी चल्यो। कक्षा कोठाको जस्ता सबै उनकै आँखा अगाडि उडायो। यो देखेर उनी डराएका पनि थिए’, गुरुङले भने।
    त्यतिबेला कक्षा आठका विद्यार्थीहरु जिल्लास्तरीय परीक्षा दिइरहेका थिए। ‘छानो उडाएपछि जाँच दिइरहेका विद्यार्थीहरु भागाभाग भयो’ गुरुङले भने ‘नैतिक बिषयका जाँच दिइसकेर स्थानीय बिषयको जाँच दिन थालेका थिए। जाँचै अधकल्चो भयो।’ स्थानीय बिषयको परीक्षा भएकाले विद्यालयले नै निर्णय गरेर अर्को परीक्षा लिने उनले बताए।।
    हावाहुरी थामिएपछि ह्यारीले शिक्षक विद्यार्थीहरुसँग सामुहिक तस्वीर खिचाएका थिए। प्रकोप आइरहने भएकाले पक्की विद्यालय भवन चाँडो बनाउन सुझाव दिएका थिए।
    ]]>
    10123 0 0 0
    कुन ग्रेडसम्म पाउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने ? http://localhost/ghum/%e0%a4%95%e0%a5%81%e0%a4%a8-%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%a1%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d/ Tue, 29 Mar 2016 03:56:27 +0000 http://www.ghumphir.com.np/?p=10125 १६ चैत, काठमाडौं । शिक्षा मन्त्रालयले यसै वर्षदेखि एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणलीमा सार्वजनिक गर्नै निर्णय गरे पनि कुन ग्रेडसम्म पाउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने भन्ने अझै निर्णय गरेको छैन । उच्च माध्यामिक शिक्षा परिषद्ले समयमै यसबारे निर्णय गर्न नसक्दा विद्यार्थीमा अन्योल छ । पर्याप्त तयारीबिना ग्रेडिङ प्रणलीमा नतिजा सार्वजनिक गर्न लागिएको भन्दै सरोकारवालाले आलोचना गरिरहेका बेला परिषद्को ढिलाइले सरकारी अपरिपक्वतालाई थप प्रष्ट पारेको अाजको अन्नपूर्णमा समाचार छ । राष्ट्रिय पाठ्यक्रम मूल्यांकन परिषद्ले परीक्षार्थीको नतिजलाई प्राप्तांकका आधारमा नौ तहमा वर्गीकरण गरेर नतिजा सार्जजनिक गर्ने निर्णय गरेको छ । सुरुमा उच्च माध्यमिक शिक्षा परिषद्ले ग्रेडिङ प्रणलीमा समग्रमा ४० अंकभन्दा माथि ल्याउनेलाई मात्र कक्षा ११ मा भर्ना गर्न पाउने बताएको थियो । तर शिक्षामन्त्रीको अध्यक्षतामा दुई साता अघि बसेको पाठ्यक्रम परिषद्को बैठकले परीक्षार्थीलाई विषयअनुसार छुट्टाछ्ट्टै ग्रेड दिने दोस्रो निर्णय गरेको थियो । कुन तहसम्म्का विद्यार्थीलाई ११ मा भर्ना गर्ने भन्ने विषयमा निर्णय हुन ढिलो भएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले बताए ।]]> 10125 0 0 0 संसदीय दलको चुनाव स्थगित गर्न पाैडेलको देउवालाई आग्रह http://localhost/ghum/%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a5%80%e0%a4%af-%e0%a4%a6%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%97%e0%a4%bf%e0%a4%a4/ Tue, 29 Mar 2016 03:58:40 +0000 http://www.ghumphir.com.np/?p=10127 १६ चैत, काठमाडैं ।
    नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संसदीय दलको विधान संशोधनपछि मात्र दलको नेता चयन प्रक्रिया अघि बढाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बोहोराटारस्थित निवासमा सोमबार बसेको निकट सांसदको भेलापछि पौडेलले चैत २४ गतेका लागि तोकिएको निर्वाचन स्थगित गर्न नेतृत्वलाई आग्रह गरेका हुन्।
    निर्वाचन स्थगित गरेर विधान संशोधन प्रक्रिया अघि बढाउनुपर्ने पौडेलपक्षको आग्रहसँगै कांग्रेसभित्र दलको नेता चयन प्रक्रिया विवादमा परेको छ । संसदीय दलको विधान संशोधनपछि मात्र नेता चयन प्रक्रिया अघि बढाउन आग्रह गर्दागर्दै सभापति देउवा एकलौटी ढंगले अघि बढेको पौडेलपक्षको आरोप छ । दलको निर्वाचन गर्न केन्द्रीय सदस्य रमेश रिजाल नेतृत्वको निर्वाचन समितिको बैठकले आइतबार चैत २४ गते दलको नेता चयन गर्ने निर्णय गरेको थियो । तर, पौडेलपक्षले भने आफ्नै नेतृत्वमा जारी भएको संविधानविपरीत रहेको विधानअनुसार दलको नेता छनोट गर्न नहुने तर्क गर्दै आएको छ । दलको विधानको नाम, प्रस्तावना, उद्देश्य, दलको नेताको काम र कर्तव्य, कार्यसमितिमा प्रतनिधित्वको संख्या र क्लस्टरहरूसमेत संशोधन गर्नुपर्ने पौडेल पक्षको ठहर छ । 'दलको विधान अन्तरिम संविधानको व्यवस्थाअनुसार छ,' पौडेलनिकट केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, 'नामदेखि उद्देश्यसमेत परिर्माजन गर्नु पर्नेछ । नयाँ संविधानअनुसार संशोधन गरेर तत्काल दलको नेता चयन गर्नुपर्ने भेलाको ठहर छ ।' सभापति देउवानिकट केन्द्रीय सदस्य प्रकाशशरण महतले भने संसदीय दलको नेता चयन प्रक्रिया रोक्नुपर्ने र विवाद गर्नुपर्ने कारण नभएको बताए । संविधानको व्यवस्थाअनुसार विकास क्षेत्रलाई परिवर्तन गरी प्रदेश बनाएर दलको कार्यसमिति चयन गर्ने विषयमा विवाद नरहेको बताउँदै महतले भने, 'संसदीय दलका नेता चयन गर्न विधानमा कुनै समस्या छैन । कार्यसमिति चयनमा देखिएको समस्यालाई सम्बोधन गरेरै अघि बढ्ने भनिएको छ ।' सभापति देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै पौडेलपक्षीय भेलाले सुरुदेखि नै आफ्नो पक्षलाई अपमानित गर्ने काम भएको ठहर छ । सभापतिमा निर्वाचित भएको केही दिन बित्न नपाउँदै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने देउवाको धारणा मिथ्या र खोटो सावित भएको उनीहरुको ठहर छ । १२ औं महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले देउवालाई मात्र केन्द्रीय सदस्यमा मनोनीत गरे पनि देउवाले पौडेलसहित सात जनालाई एकैसाथ मनोनीत गरेको, अर्को पक्षसँग छलफल नै नगरी केन्द्रीय समितिको पहिलो बैठक राखेको र एउटा पक्षको सहमति रहँदा पनि दलको नेता चयनका लागि मिति तोकेको उनीहरुको ठहर छ । एकपक्षीय ढंगबाट सभापति अघि बढ्न खोजे त्यसको सामना गर्ने पौडेल पक्षको निर्णय छ । पार्टीलाई एकताबद्ध बनाएर लैजान एक व्यक्ति एक पद अवधारणा लागू हुनुपर्ने भन्दै भेलाले नेता पौडेललाई संसदीय दलको नेता दिनुपर्ने सहभागीले धारणा राखेका थिए । निकट नेताको भेलामा बोल्दै पौडेलले सभापति देउवाले सहमतीय परम्परा तोडेको गुनासो गरेका थिए । केन्द्रीय समितिको पहिलो बैठक राख्ने बेलामा आफूसँग कुनै छलफल नगरेको सुनाउँदै पौडेलले भनेका थिए, 'सुशीलजी (सुशील कोइराला) ले सधैँ उहाँ (शेरबहादुर देउवा) सँग छलफल गरेर बैठक बोलाउनुभयो तर सोधनी राख्ने सामान्य संस्कार पनि देउवाले देखाउनुभएन ।' बाहिर सहमतिको कुरा गरे पनि देउवाको नियत खोटो रहेको भन्दै पौडेलले भेलामा भनेका थिए, 'एकता हुनुपर्छ मात्र भनेर भएन, अब एकताको आधार पनि स्पष्ट हुनुपर्छ ।' केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले पार्टीमा एक व्यक्ति एक पद लागू हुनुपर्ने भन्दै पौडेललाई दलको नेता बनाएर एकताको थालनी गर्नुपर्ने तर्क गरेका थिए । त्यस्तै, भेलामा संसदीय दलको नेतामा आफ्नो पक्षबाट को उम्मेदवार हुने हो प्रष्ट पार्न भरत खड्कासहित सांसदले आग्रह गरेका थिए । अहिलेसम्मको अवस्थामा नेता पौडेल नै उम्मेदवार बन्ने नेताहरूले जानकारी गराएका थिए । यसैबीच निर्वाचन स्थगित गर्न नेता पौडेलले मंगलबार बिहान सभापति देउवालाई टेलिफोन गरी आग्रह गर्ने भएका छन् । सभापतिको जवाफपछि पौडेलपक्षले अर्को भेला बोलाएर आगामी रणनीति बनाउने तयारी छ ।
    ]]>
    10127 0 0 0
    प्रतिघण्टा ८० किलोमिटर वेगको हुन्डरी चलेपछि http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%98%e0%a4%a3%e0%a5%8d%e0%a4%9f%e0%a4%be-%e0%a5%ae%e0%a5%a6-%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%ae%e0%a4%bf%e0%a4%9f%e0%a4%b0-%e0%a4%b5/ Tue, 29 Mar 2016 04:06:07 +0000 http://www.ghumphir.com.np/?p=10129 सुबोध गौतम
    प्रारम्भिक मनसुन सुरु भएको झन्डै महिनादिनपछि सोमबार प्रतिघन्टा ८० किलोमिटर वेगमा हुन्डरी चल्दा झापामा एकको मृत्यु भएको छ।
    अपराह्न ४ बजेपछिको घटनामा सात जना घाइते भए भने उपत्यकाका ठाउँठाँउमा हावाहुरीले रुख र विद्युतका पोल ढाल्दा भागदौड चल्यो ।

    साँखुमा भूकम्पले चर्किएका पाँच घर भत्किए भने भूकम्प प्रभावित जिल्लामा थुप्रै टहरा र त्रिपालका अस्थायी बास तहसनहस भए ।

    प्रतिघण्टा ८० किलोमिटर वेगको हुन्डरी चलेपछि...

    हुरीले राजधानीमा केही घरका छाना, होर्डिङ बोर्डलगायत संरचना उडायो । घरका छतबाट पानीट्यांकी खस्दा सवारीसाधनलाई क्षति पुर्यायो । 'प्रतिसेकेन्ड २२ मिटर गतिमा हावाहुरी चल्यो । यो उच्चतम वेग हो,' मौसम पूवार्नुमान महाशाखाका मौसमविद सुवास रिमालले नागरिकसँग भने । उनका अनुसार हुरी उपत्यका भित्रिनुअघि पोखरा–काठमाडौंबीचको आकाश पूरै बादलले छोपेको थियो । 'काठमाडौंको उच्च वायुमण्डलमा विकास भएको न्यूनचापीय क्षेत्र र बादलले बनाएको डाउन ड्राफ्टको मिश्रणका कारण उपत्यकामा हावाको वेग धेरै भएको हो,' रिमालले भने, 'यसले सोमबार राति पूर्वका केही क्षेत्रमा हल्का वर्षा र चट्याङ पर्न सक्छ । मंगलबार बिहानैदेखि यो प्रणाली नेपालबाट बाहिरिन्छ ।' महाशाखाका अनुसार करिब ४ बजेबाट झन्डै ४५ मिनेट तीव्र हावाहुरी चलेको थियो । यसले काठमाडौं उपत्यकालगायत पश्चिम र मध्यनेपालको जनजीवन प्रभावित गरेको छ । हावाहुरीले पूर्वी तराई क्षेत्रसमेत प्रभावित भएको छ । त्यस क्षेत्रमा हावाहुरीपछि साँझ वर्षा पनि भएको थियो । काठमाडौंमा पनि सोमबार शून्य दशमलव १ मिलिमिटर वर्षा भयो । पोखरामा यसैले १६.२ मिलिमिटर वर्षा गरायो । हावाहुरीका कारण उपत्यकाको वायुमण्डलमा तुँवालो थपिएपछि केहीबेर अन्धकार भएको थियो । एक्कासि तीव्र गतिमा हुरी चलेपछि आफ्नो गन्तव्य र काममा व्यस्त सर्वसाधारणले असुरक्षित महसुस गरेका थिए । सहरमा एकाएक भागदौड मच्चिएको थियो । 'झन्डै ४५ मिनेट यसले उपत्यकाको जनजीवन बिथोल्यो,' महाशाखाका अर्का मौसमविद समीर श्रेष्ठले नागरिकसँग भने । उनले यसले पश्चिम र मध्यनेपालका पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको जानकारी दिए । 'यसको विकास पश्चिमको पहाडी क्षेत्रमा भएको हो,' श्रेष्ठले भने, 'पश्चिमबाट पहाडी क्षेत्र हुँदै काठमाडाैंसम्म आइपुग्यो । नेपालको पूर्वी क्षेत्रमा पुग्दासम्म यो कमजोर भयो ।' उनका अनुसार हावाहुरीले पाँच-छ दिनदेखि प्रदूषित उपत्यकाको वायुमण्डल पनि सफा गरेको छ । 'तुँवालो सबै उडाएको छ । आकाश सफा भएको छ । सोमबार राति मेग गर्जनसहित उपत्यकासहित पूर्वमा केही वर्षा हुन सक्छ', श्रेष्ठले भने । उनका अनुसार मंगलबार र बुधबार आकाश सफा रहन्छ, बिहीबारदेखि फेरि यस्तै खालको मौसम प्रणाली विकास हुन सक्छ । फागुन १५ देखि जेठको अन्तिम साता मनसुन नभित्रँदासम्मको समयलाई मौसम विज्ञानमा प्रारम्भिक मनसुन मानिन्छ । यो समयमा चट्याङ, हावाहुन्डरी र क्षणिक वर्षाको सम्भावना रहन्छ । यो अवस्था झन्डै तीन महिनासम्म रहन्छ । यसैबीच, प्रहरीले हावाहुरीले उपत्यकामा सात जना घाइते भएको जनाएको छ । काठमाडौंमा ६ र भक्तपुरमा एक जना घाइते भए । यसले त्रिचन्द्र क्याम्पसको पूर्वी पर्खालसँगैको रुख ढाल्दा पेटीमा हिँडिरहेका दुई जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । त्यहीँ नजिकै विद्युत पोल पनि भाँच्चिएको छ । स्वयम्भू स्तुपाको इँटा खस्दा घाइते भएका एक जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, नागार्जुन नगरपालिका–४ सीतापाइलामा भागदौड गर्दा लडेर ३५ वर्षीया बिमला मगर घाइते भएकी छन् । उनलाई उपचारका लागि मनमोहन अस्पताल पठाइएको थियो । काँडाघारीको सनसिटीबाट एउटा ट्यांकी खसेर ट्याक्सीको सिसा फुट्दा एक जना घाइते भएका छन् । पुरानो बानेश्वरमा लडेर घाइते भएका एक जनालाई उपचारका लागि भरोसा अस्पताल, बानेश्वर पठाइएको प्रहरीले जनाएको छ । यसैगरी टेकु पुलनजिकको बिजुलीको पोल ढलेको छ भने रत्नपार्कमा रुख ढलेर बाटो अवरोध भएको थियो । यसैगरी, ललितपुर शंखमूल पुल नजिकको बिजुलीको पोल पनि ढलेको छ । भक्तपुर, बालकोटमा बिजुली पोल ढल्दा घाइते भएका एक जनालाई गट्ठाघरस्थित नागरिक अस्पताल पठाइएको थियो । स्वास्थ्य मन्त्रालयको मुख्य भवन पछाडिको भवनको छाना पनि हुरीले उडाएको छ । सामान्यतया नेपालमा मनसुन जेठको अन्तिम साता (जेठ २७ गते) भित्रिने भनिए पनि पछिल्ला वर्ष १५ दिनसम्म ढिलो भित्रिने गरेको छ । मौसमविदका अनुसार साउथ इन्डियन समुद्रबाट अरब सागर हुँदै मनसुन सबैभन्दा पहिले भारतको केरला छिर्छ । बंगालको खाडी हुँदै थाइल्यान्ड, म्यानमार, बंगलादेश र भारत हुँदै मौसम पूर्वबाट नेपाल छिर्छ । पूर्वबाट जेठको अन्तिम साता छिरेको मनसुन असोज पहिलो साता पश्चिम नेपालबाट बाहिरिन्छ ।
    ]]>
    10129 0 0 0
    पाटन घुम्न आउने १० जना, संग्राहलय घुम्ने २३ http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%9f%e0%a4%a8-%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%a8-%e0%a4%86%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a5%a7%e0%a5%a6-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%97/ Tue, 29 Mar 2016 04:16:10 +0000 http://www.ghumphir.com.np/?p=10132 दीपक खरेल
    ललितपुर उपमहानगरपालिकाले चैत्रको एकदिन पर्यटक शुल्कबाट पाँच हजारमात्र आम्दानी गरिरहदा पाटन दरबार क्षेत्रमा रहेको संग्राहलयले नौ हजार दुईसय कमाएको छ। पाटन प्रवेशगर्ने चारै कुनामा पर्यटन शुल्क उठाउन काउन्टर राखेको उपमनापले औसत १० जना तेस्रो देशका पर्यटक भित्रिएको देखाउदा पाटन संग्रहालय हेर्न भने तेस्रो देशका २३ जना पर्यटक पुगेका छन।
    उपमनपाको राजस्व शाखाका प्रमुख डिल्लीराज शाक्यले १० जनामात्र आएको हुनै नसक्ने दाबी गरे । उनले उक्त रकम एउटा काउन्टरको कर्मचारीले मात्र बुझाएको बताए । उनले दैनिक तीनदेखि चारलाख आम्दानी भै रहेको बताउदै भने "१० जनामात्र पर्यटक भनेको असम्भव छ, दैनिक तीन चार लाख उठदैछ ," शाक्यले भने । शाक्यले दाबी गरिरहेपनि उपमनपाको राजस्व विवरणले चैत्र १ देखि ११ सम्म १२ लाख २१ हजारमात्र आम्दानी भएको देखिन्छ । यसले उपमनपाले औसत एकलाख १० हजारको हाराहारीमा दैनिक आम्दानी गरिरहेको हो । तर संग्रहालयको दैनिक संकलन सुचीमा भने चैत्र चार गते तेस्रो देशका पर्यटक २३ जनाले टिकट काटेर प्रवेश गरेका छन । उनीहरुबाट संग्राहलयले नौ हजार दुईसय आम्दानी गरेको छ । सोही दिन तीन सयका २ र दुईसय पचासको एउटा टिकट विक्रि गरेको संग्रहालयले जनाएको छ । आफै शुल्क उठाउन थालेको उपमनपाको राजस्व शाखाको शिर्षक १.२.३ पर्यटन शुल्क अन्र्तगत संकलन कर्मचारी जर्नादन पौडेलले चैत्र ४ गते राजस्व शाखामा रसिद नम्बर २०६२५ मार्फत पाँच हजार बुझाएका छन । चैत्र ३ गते कर्मचारी श्रीकृष्ण खत्रीले ९५ हजार पाँचसय र चैत्र ५ गते कर्मचारी जोत्सना अधिकारीले ४९ हजार पाँचसय राजस्वमा बुझाएका छन । उपमनपाको विभिन्न स्थानका पर्यटक काउन्टरमा बस्ने कर्मचारी र जाँचकीले दैनिक उठाएको पर्यटन शुल्क काउन्टरमा बुझाउने राजस्व शाखाकी जानुका श्रेष्ठले नागरिकलाई बताईन । उनका अनुसार दैनिक काउन्टरमा खटिने कर्मचारीले सकेसम्म कार्यालय समयमा पुगेर आलोपालो गरि उठेको रकम बुझाउने र बाँकी उठेको अर्को दिन बुझाउने गरेको हो । अघिल्लो बर्षसम्म ठेक्का मार्फत ६ करोड पर्यटन शुल्क उठाउदै आएको उपमनपाले भुकम्प पछि आफै उठाउन थालेको हो । उपमनापले तेस्रो देशका पर्यटकसँग पाँच सय र संग्रहालयले चारसय रुपैयाँ उठाउदै आएका छन । उपमनपाले यस आर्थिक वर्ष आर्थिक वर्षको फागुन ११ गतेसम्म एक करोड ४१ लाख २४ हजार उठाएको छ । उपमनपाले तेस्रो देशका पर्यटकबाट प्रवेश शुल्क बापत प्रतिब्यक्ति पाँच सय र संग्राहलयले चारसय उठाउदै आएका छन । ६ करोडको आश, खर्च २० लाख उपमनपाले पाटनको पर्यटन प्रर्वद्धनका लागि बार्षिक औसत १५ देखि २० लाख खर्चगर्दै आएको छ । पाटनको पर्यटन शुल्कबाट आउदो आर्थिक वर्षमा सात करोड आम्दानी गर्ने लक्ष्य सहित टेण्डर आह्वान गरेको उपमनपाले कमाईको अति न्युन हिस्सा प्रर्वद्धन र संरक्षणमा खर्च गर्दै आएको हो । पर्यटक सुचना केन्द्रमा भेटिएका उपमनपाका जाँचकी केशव बोगटीले पर्यटन प्रहरीले पाटनका बिषयमा पर्यटकलाई बताउने र बाटो देखाउने गर्दै आएको बताए । उपमनपाका प्रवक्ता प्रविण श्रेष्ठले सम्पदा संरक्षण विभाग मार्फत खर्च हुदै आएको बार्षिक तीन करोड पर्यटन क्षेत्रको विकासका लागि भएको तर्क गरे । उनले पाटनका मठमन्दिर, पाटीपौवा लगायतको सम्पदा संरक्षणमा खर्च पनि पर्यटनकै लागि खर्च भएको बताए । " हामीले सम्पदा लगायत प्रवृद्धन र प्रचारमा खर्च गरेका छौ," उनले भने । पाटनका कृष्ण मन्दिर, पाटन संग्राहलय र भित्र रहेका सुन्दरी चोक, मुल चोक र नासल चोक, स्वर्णवर्ण महाविहार, कुम्भेश्वर, च्यासल क्षेत्र र सुन्धारा क्षेत्र पर्यटकका लागि भुकम्प पछि समेत आर्कषण रहेपनि प्रचारप्रसार र प्रर्वद्धन हुन सकेको छैन । शौचालय समस्या पाटन घुम्न आउने पर्यटकका लागि भुकम्पपछि पर्यटक शौचालयको ब्यवस्था नै छैन । गुठी संस्थानको अधिनमा रहेको नासल चोकको शौचालय भुकम्पपछि बन्द भएयता पर्यटकका लागि शौचालय समस्या बनेको हो । कात्तिक नाच संरक्षण समिति र स्थानिय युवाले मासिक पाँच हजारमा ब्यवस्थापन गर्दै आएको शौचालय उपमनपाले रकम बढाउन नमानेपछि सम्झौता नभई बन्द रहेको छ । पाटन दरबार क्षेत्रमै हुर्के बढेका रवि दर्शनधारीले पर्यटकमा निर्भर पाटनमा यसको प्रर्वद्धन र प्रचार हुन नसकेको बताए । पाटन संरक्षणका अभियन्ता समेत रहेका दर्शनधारी भुकम्प र नाकाबन्दी मात्र पर्यटक घटनुको कारण नभएको बताउछन । उनले पर्यटकलाई आवश्यक सेवासुविधा समेत नहुँदा टुर अपरेटरले पाटन घुमाउन पर्यटकलाई प्रोत्साहन नगर्ने बताए । ब्यवसायीको दुखेसो पाटनको स्वर्णवर्ण महाविहार नजिकै पाटन र भक्तपुरका गृहणीले घरमै बनाएका सामाग्रीको पसल चलाउने अष्टरत्न शाक्यले वहाल तिर्न समस्या भएको गुनासोबाटै कुराको सुरुवात गरे। उनले तीनवर्ष अघिमात्र राम्रै कमाई ठानेर मेड इन नेपाल स्टोरको सुरुवात गरेका रहेछन । "दुईवर्ष ब्यवसाय राम्रै थियो यो वर्ष त बहाल समेत उठाउन सकिदैन," शाक्यले नागरिकसँग भने । शाक्यले मासिक पाँच हजारमात्र बहाल तिर्दै आएको बताए । पाटनमा पर्यटन ब्यवसायीको अवस्था अष्टमानको भन्दा फरक छैन । पाटनको मंगलबजार, कुम्भेश्वर, सुन्धारा क्षेत्रमा रहेका ब्यवसायी पसल बाहिर एकअर्कासँग गफ्एिर बसिरहेका भेटिन्छन ।
    ]]>
    10132 0 0 0
    पर्यटकीय गन्तव्यहरुमा चहल पहल बढ्यो http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%b9/ Tue, 29 Mar 2016 04:26:48 +0000 http://www.ghumphir.com.np/?p=10134 उमेश पौडेल

    १६ चैत, काठमाडैं ।

    सिजन सुरु भएसँगै देशका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहल पहल सुरु भएको छ। काठमाडौं उपत्यकासहित प्रमुख पर्यटकीय गन्तव्यहरु पोखरा र चितवनमा पर्यटकको चहल पहल सुरु भएको हो। पर्ययन आवागमन बढेसँगै ती क्षेत्रका होटलको अकुपेन्सी पनि बढेको छ। वर्षको सुरुमा गएको भूकम्प र नाकाबन्दीले थलिएको पर्यटन क्षेत्रले फेरि पुनर्जीवन पाउन थालेको हो। अहिले चितवनको सौराहा र पोखराका होटलका कोठा भरिन थालेका छन्। होटल एसोसिएन अफ नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत प्रवेश अर्यालले होटल क्षेत्रले नाकाबन्दीपछि 'पिकअप' लिन थालेको बताए।

    chitawan megauli (14)

    'विस्तारै पिकअप हुँदैछ, सरकारी पहल अझ बढाउन सकियो भने अहिलेको अवस्थामा परिवर्तन गर्न सकिन्छ,' उनले भने। फेब्रुअरी र मार्चको सुरुमा होटल अकुपेन्सी ५० देखि ५५ प्रतिशतमा पुगेको उनले जानकारी दिए। सौराहामा के छ ? 'सौराहा क्षेत्रका होटलमा युरोपेली पर्यटकको आवागमन बढेको छ, होटलहरुमा पनि राम्रो अकुपेन्सी हुन थालेको छ,' क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष सुमन घिमिरेले भने, 'गर्मी केही बढेको भएपनि यो वर्ष पर्यटकको संख्या बढ्ने अनुमान छ।' चितवनका पब र होटलहरुमा अहिले बाक्लै संख्यामा पर्यटक देख्न सकिन्छ। चिनियाँ पर्यटकको संख्यामा केही कमी आएको भएपनि युरोपेली देशहरुबाट आउने पर्यटक बढेका छन्।

    घिमिरेले मार्च र अप्रिलमा पर्यटक आवागमन बढेको पनि जानकारी दिए। बौरिँदै पोखरा नाकाबन्दी र भूकम्पले प्रमुख पर्यटकीय गन्तव्य पोखरा पनि नराम्रोसँग प्रभावित भएको थियो।

    Pokhara begnashtal

    पोखराका पर्यटन व्यवसायीले पटक पटक पर्यटनसँग सम्बन्धित प्रचारका कामहरु पनि गरिरहे। उनीहरुले भारतमासमेत 'चलिए पोखरा' अभियान चलाएका थिए। पोखराका होटलहरुमा पनि पर्यटकको संख्या बढेको होटल क्राउन हिमालयजका प्रबन्ध निर्देशक आग्रह अर्यालले जानकारी दिए। 'पहिलेको भन्दा अहिले पर्यटकको संख्या बढेको छ,' अर्यालले बिजमाण्डूसँग भने, 'भूकम्प र नाकाबन्दीले अकुपेन्सी घटेको थियो, यो सिजन सुरु भएपछि बढ्न थालेको मान्न सकिन्छ।' 'डिमाण्ड बलियो हुन सकेन' हानका महासचिव विनायक शाहले नेपालमा अझै पनि होलीडे मनाउन आउने पर्यटकको संख्या कम भएको बताए।

    'होलिडेमा आउने पर्यटकको संख्यामा अझै कमि आएको छ,' शाहले भने, 'पर्यटन क्षेत्रमा सप्लाई भन्दा डिमाण्ड स्ट्रङ्ग हनुपर्ने हो तर त्यसो हुन सकेको छैन।' शाहले भूकम्पपछिको विकास निर्माणका लागि काम गर्न आउने विदेशीको संख्यामा भने बृद्धि भएको जानकारी दिए। उनले भने, 'विदेशी च्यारिटी शो, एनजिओ, आइएनजिओ, कुटनीतिक क्षेत्रका व्यक्तिहरुको आगमन बढेको छ।' चीनमा प्रमोसन गरिने हानले नेपाल पर्यटन बोर्डको सहकार्यमा चीनमा नेपाल सम्बन्धि प्रमोसन कार्यक्रम गर्ने भएको छ। आगामी अप्रिलको अन्तिम साता वा मे महिनाको पहिलो हप्तामा प्रमोसन कार्यक्रम गरिने अर्यालले जानकारी दिए।

    पर्यटन बोर्डसँग मिलेर हानले चीनको राजधानी बेइजिङ, कुन्मिङलगायतका सहरहरुमा कार्यक्रम गर्ने तयारी गरेको छ। प्रमोसन कार्यक्रम चाइना होटेल एसोसिएसनको सहकार्यमा हुने र त्यसले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अर्यालले जानकारी दिए। यसले चिनियाँ पर्यटन आवागमनमा वृद्धि हुने उनले बताए।

    Annapurna base camp @ ghumphir (1)

    ]]>
    10134 0 0 0
    ओखलढुंगा लैजानुपर्ने डिजेल काँडाघारीमा खसालेपछि http://localhost/ghum/%e0%a4%93%e0%a4%96%e0%a4%b2%e0%a4%a2%e0%a5%81%e0%a4%82%e0%a4%97%e0%a4%be-%e0%a4%b2%e0%a5%88%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%81%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%a1%e0%a4%bf%e0%a4%9c/ Tue, 29 Mar 2016 04:30:39 +0000 http://www.ghumphir.com.np/?p=10136 १६ चैत, काठमाडैं ।
    काठमाडौं प्रहरीले डिजेल कालोबजारी गर्ने ट्यांकरचालकलाई पक्राउ गरेको छ।
    कागेश्वरी नगरपालिका(१३ काँडाघारी स्थित ना २ ख ७३९१ नम्बरको  ट्याङ्करमा नेपाल आयाल निगम डिपो थानकोटबाट रावादोलु सडक निर्माण समिति ओखलढुङ्गा लानुपर्ने १२,००० लिटर डिजेल मध्य ३००० लिटर ड्रममा अनलोड गरेको अवस्थामा बरामद गरेको छ।
     महानगरीय प्रहरी बृत्त बानेश्वरले नियन्त्रणमा लिई सवारी साधन, चालक र डिजेल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको गरिरहेको छ।
    ]]>
    10136 0 0 0
    जलविद्युत् आयोजना बन्द http://localhost/ghum/%e0%a4%9c%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/ Tue, 29 Mar 2016 14:03:58 +0000 http://www.ghumphir.com.np/?p=10138 बाबियाचौर (म्याग्दी), १६ चैत । म्याग्दीको नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजनामा चार दिनदेखि विद्युत् उत्पादन बन्द भएको छ ।दुई मेगावाट क्षमताको आयोजनाको बाँध लेदोले पुरिएको र सुरुङभित्र लेदो थुप्रिएकाले विद्युत् उत्पादन बन्द भएको हो । नारच्याङको भित्रीवनमा एक महिनाअघि गएको पहिरोले घलेम्दी खोला थुनिएर बनेको तलाउ खुलेर शुक्रबार साँझ आएको लेदोसहितको बाढीले आयोजनाको बाँध र सुरुङ पुरिएको छ ।

    काठ, गेगर र बालुवासहितको बाक्लो लेदोले बाँध पुरिएको र सुरुङभित्र पनि पसेकाले विद्युत् उत्पादन ठप्प भएको आयोजनाका कर्मचारी खिमबहादुर पुनले जानकारी दिनुभयो । आयोजनाका प्रमुखसहितको टोली आज बाँध क्षेत्रको निरीक्षणमा गएको छ । बाँध र सुरुङमा थुप्रिएको लेदो नहटाउँदासम्म विद्युत् उत्पादन बन्द हुने पुनले बताउनुभयो ।

    विसं २०४६ मा निर्माण भएको म्याग्दीको एकमात्र उक्त विद्युत्गृहका टर्वाइन, जेनेरेटरलगायतका उपकरण मर्मत हुन नसक्दा हाल ८०० किलोवाट विद्युत् उत्पादन हुने गरेको थियो । उक्त आयोजना बन्द भएपछि उत्तरी म्याग्दीको नारच्याङ, दाना, भुरुङ तातोपानीका साथै तल्लो मुस्ताङमा विद्युत् आपूर्ति भएको छैन ।

    यसअघि विद्युत्भार कटौती नहुने मुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दा आयोजना बन्द भएपछि विद्युत्भार कटौतीको मारमा परेका छन् ।

    ]]>
    10138 0 0 0
    पुनःनिर्माणको काममा तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a5%80%e0%a4%b5%e0%a5%8d/ Tue, 29 Mar 2016 14:05:54 +0000 http://www.ghumphir.com.np/?p=10140 10140 0 0 0 नक्कली परीक्षार्थीलाई एक लाख जरिवाना हुने http://localhost/ghum/%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%8f%e0%a4%95/ Tue, 29 Mar 2016 14:07:02 +0000 http://www.ghumphir.com.np/?p=10142 सुरुङ्गा (झापा), १६ चैत । चैत १८ गतेदेखि सुरु हुन लागेको यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा अरूको तर्फबाट परीक्षा दिएको पाइए रु एक लाखसम्म जरिवाना हुने भएको छ ।

    जिल्ला शिक्षा कार्यालय झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले परीक्षाको मर्यादा भङ्ग गर्ने, परीक्षा केन्द्रमा अनधिकृत प्रवेश गर्ने र परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित कार्य गर्नेलाई शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली–२०५९ बमोजिम कारबाही गर्ने बताउनुभयो ।

    उहाँले परीक्षालाई अमर्यादित तुल्याउने जो कोहीलाई कसुरको मात्रा हेरी रु एक लाखसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय गर्ने बताउनुभयो ।

    परीक्षाका लागि जिल्लामा जम्मा ५२ वटा परीक्षा केन्द्र कायम गरिएको बताइएको छ । सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पु¥याइसकिएको र परीक्षाका लागि आवश्यक प्रश्नपत्रको सुरक्षित व्यवस्थापन भइसकेको जिशिअ लुइँटेलले बताउनुभयो ।

    यसवर्ष झापाका २९३ विद्यालयमा सामुदायिक ११०, संस्थागत १७६, भुटानी शरणार्थी शिविर दुई, प्राविधिक धार तीन तथा खुला विद्यालयका दुई गरी कुल १६ हजार ९७९ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

    यसमध्ये नियमिततर्फ १३ हजार ४९७ मा छात्र छ हजार ४५६, र छात्रा सात हजार ४१ जना रहेका छन् । यता आंशिकतर्फ तीन हजार ४८२ मा छात्र एक हजार १९७ र छात्रा दुई हजार २८५ जना परीक्षामा सामेल हुने जिशिअ लुइँटेलले बताउनुभयो ।

    जिल्लाभर सामुदायिक विद्यालयतर्फ १० हजार ३७६, संस्थागततर्फ छ हजार १२०, भुटानी शरणार्थी शिविरका १३५, खुल्लातर्फ २६७, प्राविधिक धारतर्फ ८१ जना परीक्षार्थी रहेको छन् ।

    अपाङ्गतातर्फ दृष्टिविहीन चारजना (नियमित दुई र आंशिक दुईजना) र सुस्तःश्रवणतर्फ आठजना (नियमित पाँच र आंशिक तीनजना) परीक्षार्थी रहेको बताइएको छ ।

    ]]>
    10142 0 0 0
    गैँडाको आक्रमणबाट एकको मृत्यु http://localhost/ghum/%e0%a4%97%e0%a5%88%e0%a4%81%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%8f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%ae/ Tue, 29 Mar 2016 14:08:34 +0000 http://www.ghumphir.com.np/?p=10144 चितवन, १६ चैत । पूर्वी चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा गैँडाको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाँस काट्न सामुदायिक वन पुगेका रत्ननगर नगरपालिका वडा नं ९ निवासी अन्दाजी ५३ वर्षीय मानबहादुर गुरुङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।

    आज बिहान ८ बजे घाँस काट्न सामुदायिक वनमा छिरेका गुरुङको गैँडाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज, सरकारी वन र सामुदायिक वनभित्र र बाहिर निस्किएर गैँडाले बर्सेनि स्थानीयवासीको ज्यान लिँदै आएको छ ।

    ]]>
    10144 0 0 0
    विदेशमा कमाएको पैसाले गाउँमा मोटरबाटो http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%ae%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%88%e0%a4%b8%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%be/ Tue, 29 Mar 2016 14:22:11 +0000 http://www.ghumphir.com.np/?p=10146 पाँचथर, १६ चैत । लाखौँ युवा विदेशिएका छन् । स्वदेशमा बेरोजगार भएपछि युवा विदेशिन बाध्य भएका हुन् । यसले गर्दा नै मुलुकमा बर्सेनि अर्बौं विप्रेषण भित्रिने गरेको छ । झन्डै एक हजार ७०० युवा प्रतिदिन रोजगारीका लागि नेपाल बाहिरिने सरकारी तथ्याङ्क छ ।

    यतिको सङ्ख्यामा बाहिरिएका केही नेपाली आफैँ उद्यमी पनि बनेका छन् । अनि कमाएका पैसा नेपालमा पठाएर गाउँको विकासमा पनि लगानी गर्छन् । यस्तै एक युवा हुन् भारपाका श्रीप्रसाद यवा ।

    पाँचथर भारपा–५, स्थायी घर भई साउदी अरेबियामा ‘अन्नपूर्ण गेष्टहाउस’ सञ्चालन गर्ने यवाले आफ्नै लगानीमा आफ्नै गाउँमा तीन किलो मिटर बढीको मोटरबाटो निर्माण गरेर आफ्नो समाजको अपेक्षासमेत पूरा गर्न सक्षम भएका हुन् ।

    दुई दशकभन्दा बढी समय गाउँको प्रधानपञ्च चलाएका स्थानीय होमप्रसाद यवाका नाति श्रीप्रसादले मेची राजमार्गको डोपकिले नजिकैदेखि आफूले अध्ययन गरेको मानेडाँडा निम्न माध्यमिक विद्यालयसम्म तीन किमीभन्दा बढी मोटरबाटो आफ्नै लगानीमा निर्माण गरेका हुन् ।

    दश वर्षभन्दा बढी समयदेखि साउदी अरेबियामा रहेका श्रीप्रसादले काइँला हजुबा नरेन्द्रप्रसाद यवालगायतको आग्रहमा झन्डै रु १५ लाख लगानी गरी तीन किमी मोटरबाटो निर्माण गरेका हुन् ।

    बाटो निर्माणमा अगुवाइ गरेका श्रीप्रसादका काइँला हजुरबा नरेन्द्रकुमारले आफूहरूले तीन वर्षअघिबाटै मोटरबाटो निर्माणका लागि विदेशमा रहेका युवालाई आग्रह गर्दै आएको र पछिल्लो पटक श्रीप्रसाद एक्लैले मोटरबाटो निर्माण गरेर सबैलाई खुसी बनाएको बताउनुभयो ।

    ]]>
    10146 0 0 0
    श्रम सम्झौता नहुँदा कामदारलाई सास्ती http://localhost/ghum/%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%9d%e0%a5%8c%e0%a4%a4%e0%a4%be-%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%a6/ Tue, 29 Mar 2016 14:24:54 +0000 http://www.ghumphir.com.np/?p=10148 किरण भट्टराई

    काठमाडौँ, १६ चैत । सरकारले गन्तव्य मुलुकसँगका ‘द्विपक्षीय श्रम सम्झौता’ गर्न नसक्दा नेपाली कामदारले विदेशमा सास्ती भोग्नु परिरहेको छ ।

    कामदारको सुरक्षाको प्रमुख आधार श्रम सम्झौता नहुँदा अधिकांश मुलुकमा गएका नेपाली कामदारले न्यूनतम तलब सुविधा, औषधोपचार खर्च, बिमा, कानुनी सेवालगायतका आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको छ ।

    नेपालले रोजगारीका लागि १०८ मुलुक खुला गरेपनि हालसम्म कतारसँग मात्रै द्विपक्षीय श्रम सम्झौता भएको छ । बहराइन, जापान, दक्षिण कोरिया, कुबेत र इजरायलसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    साउदी अरब, मलेसिया र ओमानसँग सम्झौताका लागि पत्र आदानप्रदान भइरहेको तथा जोर्डन र लेबनानलगायत मुलुकसँग सम्झौताको मस्यौदा तयार पारेर परराष्ट्र मन्त्रालयमार्फत ती मुलुकमा पठाउन लागिएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिनुभयो ।

    नेपालले चाहेरमात्रै श्रम सम्झौता नहुने उहाँको भनाइ छ । गन्तव्य मुलुकको सहमति लिएर अघि बढ्दा ढिलाइ भइरहेको बताउँदै उहाँले छिट्टै धेरै मुलुकसँग सम्झौता हुने चरणमा पुगेको जिकिर गर्नुभयो ।

    द्विपक्षीय श्रम सम्झौता भएको मुलुकसँग कानुनी रूपमा अन्तर्राष्ट्रिय सन्धि, सम्झौतासरह मानेर उजुरी दिन सकिन्छ । कामदारको गम्भिर मानवअधिकार हनन भएको अवस्थामा अन्तर्राष्ट्रिय अदालतमा समेत मुद्दा हाल्न सकिन्छ ।

    कुनै पनि मुलुकमा कामदार पठाउनुअघि सके द्विपक्षीय श्रम सम्झौता नभए कम्तीमा दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर गरेर मात्रै रोजगारीका लागि मुलुक खुला गर्नुपर्नेमा जथाभावी मुलुक खुला गर्दा अहिले समस्या परेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले बताउनुहुन्छ ।

    सम्झौता नभएकै कारण समयमा तलब नपाउने, कामदार जानेबित्तिकै उसको राहदानी खोसेर कम्पनीले राख्ने, कामदारको सेवा, सुविधा, बिमा, स्वास्थ्यलगायतका समस्या देखिँदा सरकारी तहबाट समाधानका लागि अप्ठ्यारो पर्ने गरेको उहाँको भनाइ छ ।

    वैदेशिक रोजगार विभागले विसं २०५० मा तथ्याङ्क राख्न सुरु गरेपछि गत फागुन मसान्तसम्मको अवधिमा भारतबाहेक अन्य मुलुकमा ४५ लाख २० हजार ४१३ जना वैदेशिक रोजगारमा गएका छन् । यसमध्ये पुरुष ४३ लाख ५७ हजार ११९ र महिला एक लाख ६३ हजार २९४ जना रहेका छन् । सम्झौता गरिएकाभन्दा नगरिएका देशमा धेरै नेपाली जाने गरेका विवरणले देखाउँछ ।

    आव २०६३÷६४ देखि हालसम्मको अवधिमा सबैभन्दा बढी मलेसियामा १० लाख ९६ हजार ७३, कतारमा नौ लाख २९ हजार २२२, साउदी अरबमा सात लाख २० हजार ८५६, युएई (दुबई)मा चार लाख ३६ हजार ४२२ र कुबेतमा एक लाख सात हजार ७५९ जना वैदेशिक रोजगारीमा गएका छन् ।

    गन्तव्य मुलुकसँग श्रम सम्झौता हुनसके रोजगारीका क्रममा कुनै समस्या उत्पन्न भए दुई देशबीच समन्वय भई कामदारको सेवा, सुविधाको सुनिश्चित गर्न सकिने ठानिएको छ ।

    कामदारलाई गन्तव्य मुलुकमा सुरक्षित बनाउन वैदेशिक रोजगार ऐन, २०६४को दफा ४ मा श्रम सम्झौता गर्नुपर्ने उल्लेख छ ।

    सो ऐन बमोजिम गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्न, गराउन परमादेश माग गर्दै वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संस्था मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको थियो । रिटमा आगामी दिनमा रोजगारीका लागि राष्ट्र खुल्ला गर्दा सम्झौता गरेरमात्रै खोल्न माग गरिएको छ ।

    जनमञ्चका अध्यक्ष सोम लुइँटेल कामदार पठाउने मुलुकका नाताले श्रम सम्झौता गर्न पर्याप्त पहल गर्न नसक्नु नेपालको कमजोरी रहेको बताउँदै सरकारले थप कूटनीतिक पहल बढाएर भए पनि सम्झौता गर्नुपर्ने सुझाव दिनुभयो ।

    कामदार पठाउने र रोजगारदाता दुवै मुलुकलाई कानुनी रूपमा कामदारको हकहितमा जिम्मेवार बन्न बाँध्ने संयन्त्रको काम श्रम सम्झौताले गर्ने उहाँले बताउनुभयो ।

    सम्झौता भएको अवस्थामा सरकारी तहबाटै समस्या समाधानका लागि सहज हुने भएपनि सम्झौता नहुँदा कामदार पठाउने यहाँको म्यानपावर र कामदार लिने विदेशी कम्पनीबीचको आपसी सहमतिमा समस्या समाधान गर्नुपर्ने बाध्यता अहिले विद्यमान छ ।

    श्रम सम्झौताको अभावमा विदेशमा नेपाली कामदारको मृत्यु हुँदा समयमा शव झिकाउनसमेत समस्या हुने गरेकोे छ ।

    आफूहरूले श्रम सम्झौता गर्न पटक पटक सरकारलाई दबाब दिए पनि सरकार गम्भिर नहुँदा सम्झौता हुन नसकेको वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव रोहन गुरुङले बताउनुभयो ।

    उहाँले भन्नुभयो – “सरकारले गम्भिर रूपमा गन्तव्य मुलुकलाई तिमीहरू श्रम सम्झौता गर्छौ भने कामदार पठाउँछौँ अन्यथा पठाउन बन्द गर्छौं भन्न सक्नुपर्छ । त्यो भन्न सकेमात्रै सम्झौता हुन्छ ।” मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत अर्थात् वार्षिक छ खर्ब हाराहारीमा नेपालमा विपे्रषण भित्रिन्छ । नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणले धानिरहेको अहिलेको अवस्थामा विदेशमा कार्यरत श्रमिकको हितको प्रमुख आधार श्रम सम्झौतामा ढिलाइ गर्न नहुने सरोकारवालाहरू बताउँछन् ।

    ]]>
    10148 0 0 0
    प्रकृति र संस्कृति क्यान्भासमा http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8/ Tue, 29 Mar 2016 14:29:04 +0000 http://www.ghumphir.com.np/?p=10150 नारायण ढुङ्गाना

    रत्ननगर (चितवन), १६ चैत । सौराहा आएका विदेशी पर्यटकलाई नेपाली संस्कृति उनिएका चित्रहरूमा लोभ्याउँदै आएका डी (दामोदर) बराल यो पटक फरक क्षेत्र नारायणी नदी किनार पुगे । छेउका विपन्न परिवारका घरहरूमा उनको मन टक्क अडियो ।

    विपन्न परिवारको गाउँलाई क्यान्भासमा दुरुस्तै पारे उनले । सोमबार एक्रेलिक रङमा ब्रस चोपेर तराईका सुन्दर घरका आकृतिलाई क्यान्भास ढाले । खरले छाएको घर, नजिकै परालको टौवा, घरमाथिको छानोमा चढेका तरकारीका लहराले सुन्दर गाउँको आकृतिलाई चित्रमा उतारे ।

    ‘जे देख्यो, जस्तो आकृतिसँग रमायो त्यस्तै कला बन्छ,’ बरालले ब्रस क्यान्भासमा लगाउँदै भने – यहाँ आउँदा विपन्नका घरहरू देखेँ । त्यसैलाई कल्पना गरेर कोरेँ ।

    छेवैमा थिए अर्का कलाकार योगेश खनाल । कलकल बगेको वास्तविक नारायणी नदी क्यान्भासमा उतार्दै थिए भने सँगै रहेका लालकाजी लामा फक्रिएको वसन्त ऋतुलाई पछ्याउँदै थिए । पश्चिम चितवनको मङ्गलपुरस्थित ज्ञानेश्वर वन क्षेत्र आफैँमा सुन्दर र प्राकृतिक छटाले भिरएको पर्यटकीय क्षेत्र हो । दैनिक सयौँ आन्तरिक पर्यटक रमाउन पुग्छन् यहाँ । लहरै क्यान्भासमा चित्र कोर्न कलाकार व्यस्त हुँदा वरिपरि नारायणी किनारमा युवायुवती प्रकृतिसँग रमाउँदै थिए ।

    केही वनभोजमा शुभकामना साट्दै थिए भने केही साङ्गीतिक कार्यक्रममा झुम्दै । तर १६ जना कलाकार एकाग्र भएर यहाँका प्रकृति र संस्कृति उतार्दै थिए । चितवनको रामपुर घर भएका लालकाजी लामा त्रिभुवन विश्वविद्यालयमा पढाउने कलाकार हुन् । वसन्तको पालुवाले भिरएको क्यान्भास हेर्दै लोभ लाग्दो थियो । ‘यतिखेर सबै रुख रमाइलो हुन्छ, कुनैको पात झर्दै त कुनैको पलाउँदै, त्यही स्थानीय वातावरणबाट प्रभावित भएँ’ – चित्रबारे लालकाजीले भने ।

    यो समयमा रुखका पात झर्ने र पलाउने प्रक्रियालाई देखाउन खोजेको उनले बताए । ललितकलामै स्नातकोत्तर गरेर प्राध्यापक भएका लामाको सानैदेखिको सोख चित्रकला हो । मूर्तिमा उनले स्नातक गरेका छन् । पूर्व इटहरीमा मूर्ति कार्यशालामा ढुङ्गाले थिचेको हात राम्ररी निको भएको छैन । औँला देखाउँदै उनले भने – चोटले रोक्दैन ।

    बिम्ब कविका नामले परिचित छन् चित्रकार रमेश श्रेष्ठ । उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चित्रकला विभागका प्रमुख हुन् । उनकै नेतृत्वमा मध्यक्षेत्रका १६ जना कलाकार कला कार्यशालाका लागि सोमबार नारायणी नदी आइपुगेका थिए ।

    प्रशव पीडालाई आधुनिक चित्रमा उतार्दै उनले भने – यसरी मोफसलमा कार्यशाला गर्दा एकापसका कलाले खारिने मौका पाउँछ । सँगै बसेर काम गर्दा रमाइलो पनि हुन्छ ।

    कला खारिने र स्थानीय संस्कृति एवम् प्रकृतिलाई चिनाउन सहयोग गर्ने भएकाले जिल्ला जिल्लामा कार्यशाला गर्ने गरिएको श्रेष्ठ उल्लेख गर्छन् ।

    छेउमै छिन् गुल्मीकी सुमित्रा राना । कञ्चन पानीमा माछा खेल्दै गरेको अर्धमूर्त आकृतिमा रमाउँदै छिन् । माछा जसरी रङ्गीचङ्गी हुन्छन्, एकापसमा सद्भाव बाँड्छन् र स्वतन्त्र छन्, त्यस्तै अब संविधान बनेपछि नेपाल पनि शान्ति र स्वतन्त्र हुनुपर्छ भन्ने सन्देश दिन खोजेको सुमित्राले बताइन् ।

    सधैँ बालुवामा चित्र कोर्ने प्रकाश थापा (प्रथा) यसपालि नजिकै रहेको सिसौको बोट र छेउछाउका प्रकृतिमा मन डुलाए । उनले त्यही उतारे ।

    कला कोर्दै कपाल फुलाएका नवलपरासीका मन गोल्डीले नारायणीमा डुम्दै गरेको घाम दुरुस्त पारे । भैरहवाका शैलेन्द्र गुरुङ, बुटवलका विक्रम तरामुले पनि संस्कृति र प्रकृतिमा रमाउँदै चित्र कोरे ।

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभागको आयोजनामा सोमबार यहाँ भएको कला कार्यशालामा मध्यक्षेत्रका १६ जना कलाकार भेला भएर स्थानीय प्रकृतिसँग रमाउँदै चित्र उतारे ।

    चित्रकला विभागका प्रमुख रमेश श्रेष्ठ कलाकारका लागि मोफसल कला विद्यालय हो भन्छन् । उनी भन्छन् – ‘कलाको अभिव्यक्त प्रतिस्पर्धा हुन्छ, एउटाले गरेको काम अर्काेले हेर्दा सिक्ने र सिकाउने काम हुन्छ ।’

    त्यसले खारिने र कला माझिने, नेपाली संस्कृतिलाई उत्कृष्ट रूपमा पस्कन सकिने हुँदा ठाउँठाउँमा कार्यशाला गर्दै आएको श्रेष्ठ बताउँछन् । यो वर्ष देशव्यापी रूपमा ९ वटा कार्यशालाको तयारी गरिएको छ । चितवनमा यो दोस्रो हो । यसअघि कास्कीमा पहिलो सम्पन्न भइसक्यो । आगामी वैशाखमा पूर्वी नेपालमा कार्यशाला गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

    ]]>
    10150 0 0 0
    बूढीगण्डकी जलविद्युत् आयोजना :काम थोरै, हल्ला धेरै http://localhost/ghum/%e0%a4%ac%e0%a5%82%e0%a4%a2%e0%a5%80%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80-%e0%a4%9c%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d-%e0%a4%86-2/ Tue, 29 Mar 2016 14:33:00 +0000 http://www.ghumphir.com.np/?p=10152 प्रशन्न पोखरेल

    दर्वुङ (गोरखा), १६ चैत । गोरखा र धादिङको सीमा भइ बगिरहेको बूढीगण्डकी नदीमा जलाशययुक्त बाँध बनाएर एक हजार २०० मेगावाट विद्युत् उत्पादन गर्ने तयारी भएपनि आयोजना क्षेत्रमा तीव्ररूपमा काम अघिबढेको छैन ।

    सो आयोजना कुन मोडल (विकास समिति कि कम्पनी)अनुसार बनाउने टुङ्गो लागेको छैन । यद्यपि आयोजनाले प्रभावित बनाउने जिल्लाका १४ गाविस र धादिङका १३ गाविसमा जग्गा किनबेच कारोबार भने बढेको छ । बूढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दाले शेयर, मुआब्जा र रोजगारी पाइने आशमा अत्यधिक मूल्यमा जग्गा किनबेच गरिरहेका छन् । गोरखा र धादिङका मालपोत कार्यालयमा जग्गा पास गर्नेको घुइँचो लाग्ने गरेको छ ।

    हालै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजानिक गरिएको सो आयोजनाको काम बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिमार्फत् हुँदै आएको छ । फ्रान्सको ट्रेक्टाबेल इञ्जिनियरिङ, नेपालको जेड कन्सल्ट प्रालि र नेपाल इन्भारोमेन्टल एण्ड साइन्टिफिक सर्भिसेज प्रालिको संयुक्त समूहले प्रतिवेदन तयार गरेको हो ।

    आयोजनाबारे बूढीगण्डकी प्रभावितलाई चिन्ता र चासो बढेको छ । भूकम्पले भत्काएका घर पुनर्निर्माण सुरु गर्ने कि नगर्नेमा अन्योलमा उनीहरू छन् । बूढीगण्डकी किनार क्षेत्रमा पर्ने आर्खेत बजारदेखि घ्याल्चोक गाविससम्मका बासिन्दा पूरानै ठाउँमा घर बनाउने÷नबनाउने दोधारमा छन् । ऋण, धन गरी बनाएको घर केही वर्षमै डुवानमा पर्ने चिन्ता छ ।

    “नयाँ घरको मुआब्जा नपाइने कुराले पिर छ” दर्वुङ्ग गाविस–६ की रीता धमला भन्नुहुन्छ । जलाशयले डुबाउने क्षेत्रका बासिन्दालाई मुआब्जा दिएर सुरक्षित ठाउँमा सार्नुपर्ने उहाँको भनाइ छ । “हामीलाई सुकुम्बासी बनाएर आयोजनाको काम अघि बढ्न दिन्नौैँ” धमलाले भन्नुभयो ।

    आयोजनाको कामले तीव्रता पाउन नसकेका बेला प्रभावितको इच्छा र माग झन् उच्च हुँदै गएको छ । आयोजना बन्दा आठ हजार ११७ घरधुरी प्रत्यक्ष प्रभावित हुने तथा तीन हजार ६६० घरधुरी पूर्णरूपमा विस्थापित हुने अध्ययनले देखाएको छ । करिब २० हजार मानिस विस्थापित हुनेछन ।

    आयोजनाका कारण छ हजार ८११ घरधुरीले हाल भोगचलन गरेको जग्गाको १० प्रतिशतभन्दा बढी जग्गा गुमाउनुपर्ने हुन्छ । “खेत, पाखोबारी, भिर, पखेराको बेग्लाबेग्लै मुआब्जा दिनुपर्छ,” फुजेलका गोकुल पन्तले भन्नुभयो । शेयर र रोजगारीको ग्यारेन्टीको समेत उनीहरूको माग छ ।

    नाम्जुङका सन्तोष पोखरेलले डुवान क्षेत्रमा विकास निर्माणको काम ठप्प भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “आयोजना बन्ने कहिले हो टुङ्गो छैन, अहिलेदेखि नै विकास बजेट काटिएको छ” उहाँले भन्नुभयो ।

    धादिङको खरी गाविसका महेन्द्र दवाडी राजनीतिक हस्तक्षेपका कारण आयोजना निर्माणमा ढिलाइ भएको बताउनुहुन्छ । राजनीतिक हस्तक्षेप नभए आयोजना निर्माणमा स्थानीयबाट कुनै अवरोध नहुने उहाँको भनाइ छ ।

    फुजेलका डिल्लीराम पन्त पुनःनापी गरेपछि मात्रै मुआब्जा वितरण गनुपर्नेमा जोड दिनुहुन्छ । आयोजनाले तीन वर्षयता सुरुङ खन्ने, कार्यालय स्थापना गर्न जग्गा खरिद, घ्याल्चोकमा सम्पर्क कार्यालय स्थापना तथा बूढीगण्डकी प्रभावितलाई आयोजनाबारे जानकारी दिने काम मात्रै गरेको छ ।

    उक्त आयोजना रु दुई खर्ब ५४ अर्ब ९५ करोड ५० लाखको लागतमा निर्माण गरिने अनुमान गरिएको छ । आयोजना विकास समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटा आयोजना निर्माण सुरु भएपछि क्षतिपूर्ति र पुनःस्थापना गरिने बताउनुहुन्छ । घर÷जग्गा अधिग्रहण, बालीको नोक्सानी, फलफूल र रुखको नोक्सानीको क्षतिपूर्ति दिने तयारीमा आयोजना छ ।

    यस्तै प्रभावित गाविसमा विद्यालय विकास कार्यक्रम, सामुदायिक स्वास्थ्य, सरसफाई कार्यक्रम, बूढीगण्डकी रिङरोड, विद्युत् प्रशारण लाइन निर्माण, खानेपानीका मुहान संरक्षणलगायतका कार्यक्रम सञ्चालन गरिने समितिले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ ।

    ]]>
    10152 0 0 0
    प्रहरीबाटै अस्पतालका कर्मचारी कुटिए http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%88-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a5%8d/ Tue, 29 Mar 2016 14:39:40 +0000 http://www.ghumphir.com.np/?p=10154 गोलबजार (सिरहा), १६ चैत । सिरहाको लहान नपा–३ स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा कार्यरत एक कार्यालय सहयोगी प्रहरीबाटै सोमबार साँझ कुटिएका छन् ।

    गर्भपतन गराएकी एक महिलाको उपचार गराउन गएका दुई प्रहरीले अस्पतालका कार्यालय सहयोगी बद्री साहलाई निर्घात कुटपिट गरेपछि उनी घाइते भएका छन् । उनको शरीरभरि निलडाम देखिएको छ । प्रहरीले बुट लाएरसमेत कुटपिट गरेपछि शरीर सुन्निएको कर्मचारी साहले दुःखेसो पोख्नुभयो ।

    पीडित साहले भन्नुभयो, “सादा पोसाकमा दुई प्रहरी एक महिलाको उपचार गराउन अस्पतालको आकस्मिक शाखामा आएका थिए । मैले कुर्सीमा बस्नुहोस् भन्ने बित्तिकै ती दुई प्रहरीले तथानाम गाली गर्दै एक्कासि कुट्न थाले ।” बुटले कुट्नुका साथै भुँइमा घसेट्दै गाडीमा समेत हाल्न खोज्दा अस्पतालका सहकर्मीले आफूलाई बचाएको उहाँको भनाइ छ ।

    इलाका प्रहरी कार्यालय लहानका हवल्दार भोगेन्द्र खत्री र प्रहरी जवान हरेराम यादव उक्त अस्पतालकै कर्मचारीको सुरक्षाका लागि विगत लामो समयदेखि कार्यरत छन् । तर प्रहरीबाटै अस्पतालका कर्मचारी साह कुटिएको बेला भने न त हबलदार खत्री थिए, न त प्रहरी जवान यादव ।

    यता, इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कवीर प्रधानले घटनामा प्रहरीको गल्ती रहेको स्वीकार गर्नुभयो ।

    कर्मचारी साह कुट्ने प्रहरीको नाम सार्वजनिक गर्न नमानेका उहाँले भन्नुभयो, “सिसि क्यामेरामा समेत प्रहरीले अस्पतालका कर्मचारीलाई घसेटेको देखिन्छ । उनीहरूमाथि विभागीय कारबाही हुन्छ ।”

    ]]>
    10154 0 0 0
    राप्रपा नेपाल पार्टी फुटको संघारमा http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80-%e0%a4%ab%e0%a5%81%e0%a4%9f/ Tue, 29 Mar 2016 14:49:09 +0000 http://www.ghumphir.com.np/?p=10156 १६ चैत, काठमाडौं । आगामी चुनावमा तेस्रो शक्ति बन्ने दाबी गर्दै आएको राप्रपा नेपाल फुटको संघारमा पुगेको छ । यो फुटले कमल थापाको योजनामा झड्का लागेको छ ।

    पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री थापा हेटौडास्थित घरमा आराम गरिरहेको मौका छोपेर सह-अध्यक्ष केशरबहादुर विष्टले राजधानीमा बेग्लै भेलाको आयोजना गरी विद्रोह गरेका छन् ।

    सहअध्यक्ष विष्टले राप्रपा नेपालले नयाँ संविधानलाई मान्न नहुने र सरकारबाट बाहिरिनुपर्ने भन्दै मंगलबार विज्ञप्ति जारी गरेका छन् ।

    सह-अध्यक्ष विष्टले अध्यक्ष थापासँग विद्रोह गरी लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपासँग एकीकरण गर्ने योजना बनाएका छन् । ‘हामीले एकीकृत राप्रपाको परिकल्पना गरेका थियौं, यसका लागि चन्दलाई अध्यक्ष मानेर पार्टी एकता गर्ने प्रस्ताव गरेका थियौं,’ विष्ट पक्षका एक नेताले अनलाइनखबरसँग भने- ‘तर, कमल थापाले आफूलाई अध्यक्ष मान्ने भएमात्रै पार्टी एकता गरिन्छ, नभए हुँदैन भनेपछि हामी अघि बढ्न बाध्य भएका हौं । कमल थापालाई लोकेन्द्रले अध्यक्ष मान्नुपर्छ भन्नु सुहाउने कुरो होइन ।’

    असन्तुष्ट समूहका एक नेताले अनलाइनखबरसँग भने, ‘हामी राप्रपाका सबै समूहलाई मिलाएर एकीकृत राप्रपा गठन गर्न चाहन्छौंं, अब चाँडै राष्ट्रिय भेलाको आयोजना गरिनेछ ।’

    विष्ट पक्षधर नेताहरुले अध्यक्ष कमल थापा पार्टी एकीकरणको विरोधी रहेको र संवैधानिक राजतन्त्र, धर्म निरपेक्षता लगायतका सिद्धान्तबाट विचलित भएको आरोप लगाएका छन् ।

    राप्रपासँग पार्टी एकता गरी महाधिवशेनबाट नेतृत्व छानौं भन्दा कमल थापाले महाधिवेशन गर्न र नेतृत्व परिवर्तन नमानेको असन्तुष्ट पक्षका नेताले बताए ।

    कमल थापा दस्तावेज लेख्न व्यस्त

    यसैवीच राजधानीमा विष्ट समूहले बेग्लै गुटबन्दी गरिरहेका बेला अध्यक्ष थापाचाँहि हेटौडास्थित आफ्नै निवासमा बसेर केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्न व्यस्त भएका छन् ।

    चीनबाट र्फकनासाथ बुटवलको धार्मिक सभालाई सम्बोधन गरेर अध्यक्ष थापा दस्तावेज लेख्न हेटौडा पुगेका हुन् । बिहीबार र शुक्रबार वीरगञ्जमा हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्नका लागि अध्यक्ष थापा दस्तावेज लेखनमा जुटेका हुन् ।

    तर, सह-अध्यक्ष विष्ठको समूहले भने वीरगञ्जको बैठक बहिस्कार गर्ने जनाएको छ । वीरगञ्जमा दुई दिने बैठक सकेपछि शनिबार धार्मिक सभालाई अध्यक्ष थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

    राप्रपा नेपालले तराईका जिल्लाहरुमा देशव्यापी धार्मिक सभाको आयोजना गर्दै आएको छ । यसअघि धनगढी, इटहरी र बुटवलमा यस्ता सभाहरु सकिएका छन् ।

    ]]>
    10156 0 0 0
    तेलको अभाव छैन,उपभोक्ताले सञ्चय गर्न लाग्दा अभाव देखिएको निगम दावी http://localhost/ghum/%e0%a4%a4%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%ad%e0%a4%be%e0%a4%b5-%e0%a4%9b%e0%a5%88%e0%a4%a8%e0%a4%89%e0%a4%aa%e0%a4%ad%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b2/ Tue, 29 Mar 2016 14:58:13 +0000 http://www.ghumphir.com.np/?p=10159 १६ चैत, काठमाडौं ।सहज बन्दै गएको इन्धनको उपलब्धतामा एकाएक फेरि अभाव देखिन थालेको छ । तीन दिन यता पेट्रोल पम्पहरुमा सर्वसाधारणको लाइन बढेको छ । भने, अधिकांश पम्पहरु बन्द देखिएका छन् । तर, नेपाल आयल निगमले भने इन्धनको अभाव नभएर फेरि नाका बन्द हुने हल्लाका कारण उपभोक्ताले सञ्चय गर्न लाग्दा अभाव देखिएको दावी गरेको छ । निगमका नायव प्रबन्धक सुशील भट्टराईले होलीले गर्दा २ दिन र त्यसपछि शनिबार/आईतबार हुने बिदाका कारण भारतीय आयल कर्पोरेसनले तेल उपलब्ध गराउन नसक्दा आयातमा सामान्य असर परेको बताए । तर, निगमको भण्डारणबाट सामान्य अवस्थाभन्दा दोब्बर तेल वितरण गरिएको उनले जनाए । 'भारतीय पक्षबाट अहिले कुनै अवरोध भएको छैन, इन्धनको आयत सहजनै छ,' उनले भने 'बजारमा फैलिएको अनावश्यक हल्लाले समस्या देखिएको हो ।' उनले अरुबेला साढे ३ लाख लिटर पेट्रोल पठाउने गरिएकोमा मंगलबार साढे ६ लाख लिटर पेट्रोल बजारमा पठाइएको बताए । निगमले त्यस्तो दावी गरेपनि आम उपभोक्ता भने दर्जनौं पेट्रोल पम्प चहार्दापनि तेल भर्न पाएका छैनन् । सितापाईलका अशोक अधिकारीले भने सोमबार आफू कैयौं पेट्रोल पम्प धाएरपनि तेल नपाएको बताए । भट्टराईले पम्पहरुले प्राय बिहान बेलुका तेल बाँड्ने भएकाले दिउँसो बन्द देखिएको हुनसक्ने बताएका छन् ।

    पेट्रोलियम डिलर्स एसोसियनका अध्यक्ष डिलेन्द्र प्रधानले होली र त्यसपछिका दिनमा निगमले चाहिने भन्दा आधामात्र इन्धन बजारमा पठाएपछि केही समस्या देखिएको बताए । तर, आइतबारबाट निगमले इन्धन वितरणमा बढाएको उनले बताए ।

    ]]>
    10159 0 0 0
    यि हुन् महिलाका लागि सुरक्षित पर्यटकीय स्थल http://localhost/ghum/%e0%a4%af%e0%a4%bf-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%95/ Tue, 29 Mar 2016 15:07:57 +0000 http://www.ghumphir.com.np/?p=10161 भ्रमण गर्न रुचाउनेहरुले पर्यटन स्थलमा जानु पूर्व केही कुराको ध्यान पुर्‍याउनु पर्ने हुन्छ, यसमा प्रमुख कुरा हो, महिलाको सुरक्षा।सबैजसो स्थानमा महिलाको सुरक्षा सोचनीय विषय भएपनि विश्वका केही देशका केही सहरहरुमा भने महिलाको सुरक्षालाई विशेष ध्यानमा राखिएको छ। यसै कारणले यी सहर महिलाका लागि सुरक्षित पर्यटकीय स्थल मानिन्छन्।
    टोरन्टो, क्यानडा
    टोकियो, जापान
    हो ची मिन्ह सिटी, भियतनाम
    सिओल, दक्षिण कोरिया
    एसटर्डम, नेदरल्यान्ड
    न्यूयोर्क, अमेरिका
    क्विन्सल्यान्ड, न्युजिल्यान्ड

     ]]>
    10161 0 0 0
    आधार ब्याजदरभन्दा तल गएर लगानी गर्न थाले बैंक, http://localhost/ghum/%e0%a4%86%e0%a4%a7%e0%a4%be%e0%a4%b0-%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%9c%e0%a4%a6%e0%a4%b0%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a4%e0%a4%b2-%e0%a4%97%e0%a4%8f%e0%a4%b0/ Tue, 29 Mar 2016 15:21:06 +0000 http://www.ghumphir.com.np/?p=10164 बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्ने देखिन्छ– राष्ट्र बैंक

    सुदिल पोखरेल

    १६ चैत, काठमाडौं ।
    कर्जाको मागमा कमी आउँदा ठूलो मात्रामा रकम थुप्रिएपछि बैंकहरुले अहिले आधार ब्याजदर भन्दा तल गएर लगानी गर्न थालेका छन्।
     नेपाल राष्ट्र बैंकका अनुसार आधार ब्याजदर भन्दा तल गएर लगानी गर्न उचित मानिँदैन।  बैंकहरुले आधार ब्याजदर भन्दा तल गएर लगानी गरेमा समग्र वित्तीय क्षेत्रमा नै प्रतिकुल प्रभाव पर्दछ।
    नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले लगानी योग्य पुँजी थुप्रिएपछि आफ्नो घाटा कम गर्नको लागि आधार ब्याजदरभन्दा तल गएर बैंकहरुले लगानी गरेको जानकारी दिए।
    लगानीयोग्य पुँजी बैंकमा थुप्रेका कारण समेत राष्ट्र बैंकले यसमा कडाई नगरेको पंगेनीले स्वीकार गरे।
     rast bankउनले भने ‘लगानीयोग्य पुँजी बैंकमा थुप्रिएको छ, बैंकहरुले लगानी बढाउन सकेका छैनन् जसले गर्दा  आधार ब्याजदरभन्दा तल गएर लगानी हुने क्रम बढेको छ यसले बैंक तथा वित्तीय संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा बढ्न सक्छ।’
    साथै उनले बैकहरुको कर्जामा न्यून माग भएका कारण समेत राष्ट्र बैंकले आफ्नो नियमनमा कडाई नगरेको बताउँछन्। नेपाल राष्ट्र बैंकले जारी  गरेको बैंक तथा वित्तीय संस्थाको एकीकृत निर्देशिकामा ‘आधार ब्याजदर कर्जामा निहित जोखिम प्रिमियम समावेश नगरिने हुनाले बैंक तथा वित्तीय संस्थाहरुले सो दर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्दा संस्था स्वयम्को दीर्घकालीन अस्तित्वका साथै समग्र वित्तीय क्षेत्र स्थायित्वमा समेत प्रतिकुल प्रभाव पर्न सक्ने भएकोले आधार दर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्नु सामान्यतया उपयुक्त मानिँदैन’ भनेर उल्लेख गरिएको छ।
     बैंकहरुले कुनै पनि ग्राहकलाई उक्त आधार व्याजदर भन्दा कममा लगानी गर्न नपाइने व्यवस्था छ। तर अहिले विशेष परिस्थिति भन्दै बैंकहरुले तोकिएको आधार दर भन्दा पनि घटाएर लगानी गर्न थालेका हुन्। राष्ट्र बैंकले  भने बजारमा उच्च तरलता भएकाले हस्तक्षेप  गर्न सकेको छैन।
    एनएमबी बैंकले हालै मात्र ६.६६ प्रतिशतमा घर तथा आवास कर्जा दिने घोषणा गरेको छ। तर, बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरणमा आधार व्याजदर ७.६४ प्रतिशत रहेको छ। एनएमबीले प्रदान गर्दै आएको घरकर्जा आधार ब्याजदरभन्दा तल रहेको छ।
    यसरी बैंकहरुले आधार ब्याजदर भन्दा तल गएर लगानी गरेमा बैंक तथा बित्तिय संस्थाहरुले गर्ने लगानीमा जोखिम बढ्ने प्रवक्ता पंगेनी बताउँछन्। आधार ब्याजदर भन्दा बैंकले तल गएर लगानी गर्दा  कम गुणस्तरको धितोमा बैंकहरुको लगानी हुने संभावना पनि उत्तिकै बढेको प्रवक्ता पंगेनीको भनाई छ।
    उनले भने ‘बैंकहरुले आधार ब्याजदरभन्दा तल गएर लगानी गर्न थालेका छन् यसबाट बैंकको लगानीमा जोखिम बढ्नेछ भने बैंकहरुबिच अस्वस्थ प्रतिस्पर्धा पनि बढ्नेछ। ’
    आर्थिक वातावरण बिग्रँदा यो वर्षमा बैंकहरुले खासै कर्जा बढाउन सकेका छैनन्। भूकम्प, तराई आन्दोलन र नाकावन्दीका कारण बजारमा लगानीयोग्य रकम उच्च हुँदा बैंकहरु व्याजदर घटाएर लगानी गर्न बाध्य भएको देखिएको छ। साथै बैंकहरुले अहिले आधार ब्याजदर भन्दा तल गएर लगानी गरी आफ्नो घाटा कम गर्न लागेका छन्।
    ]]>
    10164 0 0 0
    यी हुन् विश्वकै उत्कृष्ट र खराब पासपोर्ट हुने देश http://localhost/ghum/%e0%a4%af%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%88-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f/ Tue, 29 Mar 2016 15:58:58 +0000 http://www.ghumphir.com.np/?p=10167 सन् २०१६ का लागि भिसा रेष्ट्रिक्सन्स् सूचांक जारी गरिएको छ। हेन्ली र पार्टनरहरुले जारी गरेको यो सूचांकमा अधिकतम देशमा भ्रमणको स्वतन्त्रता भएका पासपोर्ट हुने उत्कृष्ट र न्यूनतम स्वतन्त्रता भएका पासपोर्ट हुने देशहरु उल्लेख गरिएको छ। उत्कृष्ट पासपोर्ट हुने देशको सूचांकको पहिलो नम्बरमा जर्मनी परेको छ जसको २१८ देशमध्ये १७७ देशमा पहुँच छ।
    यो सूचांक १९९ देशका पासपोर्ट मूल्यांकन गरी तयार गरिएको बताइएको छ। यसमा नेपाल ९८ नम्बरमा परेको छ जसको पहुँच ३७ देशमा मात्र भएको देखाइएको छ। नेपालसँगै ३७ देशको पहुँच हुने देशहरु इथियोपिया, प्यालेस्टाइन, सुडान, इरान पनि हुन्। भारतको ५२ देश छ भने चीनको ५० मात्रै छ।
    सूचांक अनुसार धेरै देशमा पहुँचका आधारमा उत्कृष्ट पासपोर्ट हुने देश यी हुन्ः
    १. जर्मनीः १७७ देश
    २. स्विडेनः १७६ देश
    ३. फिनल्याण्ड, फ्रान्स, इटाली, स्पेन र बेलायतः १७५ देश
    ४. बेल्जियम, डेनमार्क, नेदरल्याण्ड्स र संयूक्त राज्य अमेरिकाः १७४ देश
    ५. अस्ट्रिया, जापान र सिंगापुरः १७३ देश
    कम देशमा पहुँचका आधारमा खराब पासपोर्ट यी देशका हुन्ः
    १. अफगानिस्तानः २५ देश
    २.पाकिस्तानः २९ देश
    ३. इराकः ३० देश
    ४. सोमालियाः ३१ देश
    ५. सिरियाः ३२ देश
    ]]>
    10167 0 0 0
    चित्र कोर्दै http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Tue, 29 Mar 2016 16:13:39 +0000 http://www.ghumphir.com.np/?p=10170 10170 0 0 0 जफत गरेको दुई करोड रुपैयाँ मूल्य बराबरको खानेतेल लिलामीमा http://localhost/ghum/%e0%a4%9c%e0%a4%ab%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%88%e0%a4%af%e0%a4%be/ Tue, 29 Mar 2016 16:23:39 +0000 http://www.ghumphir.com.np/?p=10173 १६ चैत, काठमाडौं ।
    जिल्ला प्रशासन कार्यालय काठमाडौंले केएल दुगड ग्रुपबाट जफत गरेको एक लाख लिटर खानेतेल लिलामीको सूचना निकालेको छ ।
    कार्यालयले  खानेतेलमा कालोबजारी गरेको आरोपमा केएल दुगड ग्रुपको जटीवुटीमा रहेको गोदाममा जफत भएको खानेतेललाई लिलामीको प्रक्रिया अघि बढाएको हो । कार्यालय स्रोतका अनुसार गोदामबाट एक लाख लिटर खानेतेल जफत भएको थियो ।‘हामीले जफत गरेको तेल लिलामीका लागि सूचना समेत जारी गरिसकेका छौ,’ कार्यालयका एक अधिकारीले बिजमाण्डूसँग भने, ‘तर अहिलेसम्म कुनै टेन्डर परेको छैन ।’ स्रोतका अनुसार व्यवसायीको मिलेमतोका कारण अहिलेसम्म टेन्डर परेको छैन ।
     स्रोतका अनुसार यो झन्डै दुई करोड रुपैयाँ बराबरको खानेतेल जफत भएको छ । कार्यालयको मूल्यांकन समितिले गरेको अध्ययन अनुसार एक लाख लिटर रहेको र मूल्य दुई करोड रुपैयाँको रहेको निष्र्कष निकालेको छ । स्रोतका अनुसार लिलामी निकाल्नुअघि तेलको एक्सपायरी डेटको बारेमा हेरेको थियो । ‘सबै तेलको हामीले एक्सपायरी डेट हे¥र्यौ । सबै खानेतेलको म्याद धेरै बाँकी छ,’ ती अधिकारीले भने । लिलामीमा कुनै आवेदन नपरे सबै तेललाई नष्ट गरिनेछ ।
    भारतको अघोषित नाकाबन्दीको मौका छोप्दै यो समूह अन्तर्गतको विराटनगरमा रहेको स्वतिस्तक आयल इन्ड्रस्टिजले खानेतेलको मूल्य दैनिक बढाएको थियो । वाणिज्य विभाग लगायतका सबै सरकारी निकायलाई आफ्नो प्रभावमा पारेर खानेतेलको मूल्य तेब्बर सम्म पु¥याएको थियो । नाकाबन्दीको बेला यो समूहको सनफ्लो ब्रान्डको तेलको अधिकतम खुद्रा मूल्य २ सय ९५ रुपैयाँ पुर्याएको छ । नाकाबन्दी अघि १ सय २५ रुपैयाँ लिटर मात्रै थियो । धारा हेल्थ सनफ्लवारको एमआरपी ३ सय २० रुपैयाँ पुर्याएको थियो । काठमाडौं प्रहरी परिसरले खानेतेलमा कालोबजारीको गुनासो आएपछि जडीवुटीमा रहेको यो समूहको गोदाममा छापा हानेको थियो । परिसरले छापा हानेर पाँच ट्रक खानेतेल, प्रवन्धक अमन जैन र कर्मचारी प्रमोद अधिकारीलाई पक्राउ गरेको थियो । उनीहरु दुबैलार्इ जिल्ला अदालतले दोषी ठहर गरिसकेको छ ।
    भारतको नाकाबन्दीपछि वारा–पर्सा औद्योगिक कोरिडरमा रहेका ठूला खानेतेल उद्योग बन्द भएका थिए । बारा–पर्सामा १४ वटा ठूला खानेतेल उद्योग छन् । यही मौका छोप्दै यो समूह अन्तर्गतको  विराटनगरमा रहेको स्वस्तिक आयल इन्ड्रस्टिजले खानेतेलको मूल्य दैनिक बढाएको थियो ।
    ]]>
    10173 0 0 0
    एप्पलले ५.८ इञ्चको आइफोन ल्याउने http://localhost/ghum/%e0%a4%8f%e0%a4%aa%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a5%ab-%e0%a5%ae-%e0%a4%87%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%87%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a4%b2/ Tue, 29 Mar 2016 16:40:18 +0000 http://www.ghumphir.com.np/?p=10175 आइफोन विश्वभरि नै विक्री हुने महत्वपूर्ण अमेरिकी स्मार्टफोन मानिन्छ। एप्पलको यो स्मार्टफोन प्रत्येक वर्ष सार्वजनिक हुनुभन्दा पहिले विभिन्न किसिमका अनौपचारिक खबहरु आउँछन्। कतिपय ती सत्य हुन्छन् तर आधिकारिक भने हुँदैनन्। यस्तै एउटा खबर डिजिट टाइम्सले हालै सार्वजनिक गरेको छ।
     iphone_7_669000351सो खबरका अनुसार सेप्टेम्बरमा आइफोन ७ सार्वजनिक हुनेछ। महत्वपूर्ण पक्ष यो छ कि आइफोन ५.८ इञ्चको इमोलिड स्क्रिनमा आउँदैछ। आइफोन ७ वा आइफोन ८ मा यो फिचर थपिने भन्ने यकिन छैन। इमोलिड डिस्प्लेको आइफोन २०१७ वा २०१८ को सुरुवातमा आउने बताइएको छ। एप्पलले आइफोन सेभेन प्लसका दुई फरक फरक फोन सार्वजनिक गर्ने तयारी गरिरहेको सो टेक प्रोटलले उल्लेख गरेको छ। दुईमध्ये एउटा सिङ्गल लेन्स क्यामरा र अर्को डुवल लेन्स क्यामेरा हुने जनाइएको छ। डुवल लेन्स क्यामेरालाई आइफोन प्रो नाम दिइनेछ। आइफोन अहिले ४, ४.७ तथा ५.५ इञ्चमा उपलब्ध छ। आइफोनहरुमध्ये सबैभन्दा ठूलो फोन आइफोन ६एस प्लस हो। यो बाहेक एप्पलले कुनै आइफोनमा एमोलिड डिस्प्ले प्रयोग गरेको छैन। सामसङले भने ग्यालेक्सी एस सेभेनमा तथा अन्य महँगा डिभाइसमा एमोलिड डिस्प्ले प्रयोग गरेको छ।
    ]]>
    10175 0 0 0
    इ–बस ल्याउने विषय अन्योलमा http://localhost/ghum/%e0%a4%87-%e0%a4%ac%e0%a4%b8-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a4%af-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%b2/ Wed, 30 Mar 2016 13:39:25 +0000 http://www.ghumphir.com.np/?p=10179 काठमाडौँ, १७ चैत । काठमाडौँ महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउन लागिएको विद्युतीय बस (इ–बस) ल्याउने विषय अन्योलमा परेको छ ।

    इ–बस खरिदका लागि अध्ययनको प्रक्रिया पूरा गरिसक्दासमेत सरकारले खासै वास्ता नगरेकाले काम अघि नबढेको महानगरपालिकाका सार्वजनिक निजी साझेदार शाखा प्रमुख शिव अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार चीनको मोटर कम्पनी सिआरआरसिटीका चिनियाँ प्रतिनिधिले उपत्यकामा बस ल्याउनको लागि गरेको सडक अध्ययनको प्रतिवेदन समेत बुझाइसकेको छ । सुरुको समयमा जस्तो बस ल्याउने विषयको सक्रियता अहिले देखिँदैन अधिकारीले भन्नुभयो ।

    “विद्युतीय बस ल्याउन महानगरपालिका तयार रहे पनि सरकारका तर्फबाट प्रतिक्रिया नआएकाले आलटाल भएको हो, आशा छ केही दिनमा सरकारका तर्फबाट सकारात्मक धारणा आउने छ”– अधिकारीले भन्नुभयो ।

    चीनले नेपाललाई २० वटा बस अनुदानमा दिने तथा नेपालले १० वटा किन्नेबारे सहमति भएको थियो । सोहीअनुरुप काठमाडौँ महानगरपालिले सोहीअनुरुप काम थालेको थियो । त्यसका लागि चिनियाँ टोली नेपाली सडकको अध्ययन गरेर चीन फर्किसकेका छन् ।

    चीनले अनुदानमा उपलब्ध गराउन लागेको सो विद्युतीय बस दिनमा एकपटक दुई घन्टा चार्ज गरेपछि २०० किलोमिटर चल्छ ।

    चीन सरकारले सुरुमा ३५ सिट क्षमताको विद्युतीय मिनीबस सहयोगको प्रस्ताव गरेको थियो । तर महानगरपालिकाले भने कम्तीमा पनि ४० वटा सिट भएको बस माग गरेकाले सोहीअनुसारको बस दिन चीन तयार भएको छ ।

    त्यस्तै चीन सरकारले एकवटा ढोका भएको बस दिने भनेकामा महानगरपालिकाले उक्लने तथा ओर्लने गरी दुईवटा ढोकासहितको कम्तीमा ११ मिटर लामो बस माग गरेको छ ।

    महानगरका अनुसार ती अत्याधुनिक एवम् ठूला इ–बस साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग गरिने बताइएको छ । चीनबाट नेपालले ३० वटा विद्युतीय बस ल्याउन लागेको हो । चीनले उपलब्ध गराउन लागेका ती बसको मूल्य रु ८० करोड लाग्ने बताइएको छ ।

    ]]>
    10179 0 0 0
    नेपाल भूपरिवेष्टित हो, भारतवेष्टित राष्ट्र होइन :प्रम ओली http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a5%82%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%a4-%e0%a4%b9%e0%a5%8b-%e0%a4%ad%e0%a4%be/ Wed, 30 Mar 2016 13:41:46 +0000 http://www.ghumphir.com.np/?p=10181 चितवन, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतवेष्टित राष्ट्र नभई भूपरिवेष्टित राष्ट्र भएको बताउनुभएको छ । पूर्वी चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले भारतसँगको सम्बन्ध मजदुर र मालिकबीचको नभई सार्वभौमसत्ता सम्पन्न राष्ट्रबीचको हो ।”

    चीन पनि छिमेकी मुलुक भएकाले भारत र चीन दुवैलाई हेर्ने दृष्टिकोण सरकारको बराबर रहेको उहाँको भनाइ थियो ।

    नेकपा (एमाले) चितवनको आयोजना गरेको भेलामा उहाँले एमाले राष्ट्रिय राजनीतिको चालक भएको भन्दै आफ्ना कार्यकर्तालाई शिर निहु¥याउने गरी कुनै पनि काम नगर्ने बताउनुभयो ।

    एमालेको नेतृत्वमा संविधान जारी भएको भन्दै उहाँले अब देशले विकासको गतिलिने बताउनुभयो ।

    विकासका लागि सरकारले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने बताउँदै प्रधामन्त्री ओलीले दुई वर्षमा उपभोक्ताले मागेजति विद्युत् प्रवाह गर्ने बताउनुभयो । उहाँले पूर्व–पश्चिम राजमार्गलाई ६ लेनको सडक निर्माणका लागि सरकारले योजना तयार गरिसकेको बताउनुभयो ।

    दुई वर्षभित्र केरुङ्बाट काठमाडाँै जोड्ने दुई लेनको सडक निर्माण गरिसक्ने सरकारको योजना रहेको र मुलुकलाई दुई वर्षमा नै खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री ओलीले दावी गर्नुभयो ।

    ]]>
    10181 0 0 0
    काँग्रेस विधान संशोधन गरेर अगाडि बढ्ने http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%b8%e0%a4%82%e0%a4%b6%e0%a5%8b%e0%a4%a7%e0%a4%a8-%e0%a4%97%e0%a4%b0/ Wed, 30 Mar 2016 13:47:53 +0000 http://www.ghumphir.com.np/?p=10183 काठमाडौँ, १७ चैत । नेपाली काँग्रेसको शीर्ष नेताको बैठकले संसदीय दलको निर्वाचन अघि विधान संशोधन गरेर अगाडि बढ्ने निर्णय गरेकोे छ ।वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा आज भएको नेताहरुको छलफलमा संसदीय दल र कार्यसमिति निर्वाचन अघि विधान संशोधन गरेर अगाडि बढ्ने बारेमा छलफल भएकोे बैठकमा सहभागी नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

    बैठकले आगामी चैत २२ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । बैठकमा वरिष्ठ नेता पौडेल, सभापति शेरबहादुर देउवा पक्षबाट गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्काको सहभागिता रहेको थियो ।

    यसअघि निर्वाचन समितिको बैठकले संसदीय दलको नेताको चयन चैत २४ र कार्यसमितिको निर्वाचन चैत २६ गते गर्ने भनिएको थियो ।

    ]]>
    10183 0 0 0
    ग्यास बिक्रेता भन्छन्, झुट्टा मुद्धा विक्रेता पक्राउ गर्ने काम नरोकिए ग्यास बिक्री नगर्ने चेतावनी http://localhost/ghum/%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%9d%e0%a5%81/ Wed, 30 Mar 2016 13:55:34 +0000 http://www.ghumphir.com.np/?p=10185
    काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालले झुट्टा मुद्धा विक्रेता पक्राउ गर्ने काम नरोकिए ग्यास बिक्री नगर्ने चेतावनी दिएको छ । महासंघको टोलीले बुधवार गृहमन्त्री शक्ति बस्नेतलाई भेटेर प्रहरी प्रशासनबाट व्यवसायीलाई झुट्टा मुद्धा पक्राउ गर्ने काम भएको भन्दै यस्तो श्रृंखला नरोकिए ग्यास बिक्री रोक्ने चेतावनी दिएको हो ।
    ‘ग्यास बिक्रेताले असहज अवस्थामा समेत उपभोक्तालाई ग्यास बिक्री गरेर सहयोग पुयाएका छन् । तर केही व्यक्तिलाई झुट्टा मुद्धा लगाउने र प्रहरीले ग्यास नदिएको भरमा इवि साँध्न पक्राउ गर्ने काम गरिरहेको छ,’ महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बिजमाण्डूसँग भने, ‘गलत कार्य गर्नेलाई कारवाही गर्दा हामीले चुप लागेर बसेका छौ । गलत गर्नेलाई हदैसम्मको कारवाही होस् तर गल्ती नगर्नेलाई समेत प्रहरीले इवी साँध्न पक्राउ गर्न थालेपछि विरोधमा उत्रिएका हौ ।’ प्रहरीले एक साताअघि साईबाबा ग्यास होटललाई बिक्री गरेको भन्दै कर्मचारी पक्राउ गरेको थियो । साईबाबा ग्यासले होटलका लागि ग्यास विक्री गरेकाे भन्दै कालिमाटी प्रहरी वृतले  कर्मचारीलाई पक्राउ गरेको थियो । अध्यक्ष अर्यालले चार दशकदेखि ग्यासको कारोबार भएपनि कानुन नआउनु दुःखद भएको बताउँदै कानुनको अभावमा वेथिती बढेको बताए । ‘अहिलेसम्म ग्यास सम्वन्धी कुनै कानुन छैन । कानुन अभाव हुँदा यो क्षेत्रमा वेथिती बढेको छ । हामीले वर्षौदेखि कानुन बनाएर व्यवस्थित बनाउन सरकारसँग माग गरेपनि कुनै सुनुवाई भएको छैन,’ उनले भने, ‘कानुनको अभावमा जथाभावी रुपमा व्याख्या गर्ने, गलत काम गर्नेलाई उन्मुक्ती दिने काम भइरहेको छ ।’ उनले वर्षेनी ग्यासको माग बढ्दै गएको बताउँदै कानुनको अभावमा देशभरका १५ हजार विक्रेता संकटमा परेको बताए ।
    ‘हामीले खाना पकाउने ग्यासको सुधारका लागि धेरै काम गर्यौ । सुरक्षा, जनचेतना लगायतका क्षेत्रमा हात हालेपनि कानुन नहुँदा फेरी समस्या ज्यूँका त्यूँ छ,’ अर्यालले भने, ‘हामीले ग्यासको व्यवस्थित वितरणको लागि थालेको ग्यास कार्ड समेत अहिले अलपत्र छ । यो कार्डलाई निरन्तरता दिन सकेको भए उपभोक्ताले अभावको सास्ती कम खेप्नुपथ्र्यो ।’ उनले ग्यास वितरणको लागि दीर्घकालिन योजना आवश्यक रहेको बताउँदै स्मार्ट कार्ड कार्यान्वयनमा ल्याएर वितरण प्रणाली व्यवस्थित गर्नुपर्ने बताए । ‘हामीले ग्यास कार्ड वितरण गरेका थियौ । तर यसलाई सरकार परिवर्तनसँगै तुहाउने काम भयो,’ उनले भने, ‘यही प्रणालीलाई सरकारको निकायबाट स्मार्टकार्डमार्फत गर्न सकियो भने अभावको बेलामा ठूलो सहयोग पुग्नेछ ।’
    ]]>
    10185 0 0 0
    सम्पत्ति शुद्धीकरण ऐनसँग किन डराइरहेका छन् उद्योगी ? http://localhost/ghum/%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%b6%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a5%80%e0%a4%95%e0%a4%b0%e0%a4%a3-%e0%a4%90%e0%a4%a8%e0%a4%b8%e0%a4%81%e0%a4%97/ Wed, 30 Mar 2016 14:02:42 +0000 http://www.ghumphir.com.np/?p=10187
    काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले सम्पत्ति अभिलेखीकरण गरेपछि मात्रै सम्पत्ति शुद्वीकरण ऐन कार्यान्वनमा ल्याउन माग गरेको छ । संघले  सम्पत्ति शुद्धीकरण विभागका उच्च अधिकारीसँगको छलफलमा संघले यो माग गरेको हो ।
    संघका अध्यक्ष रमेश गुप्ताले आतंककारी गतिविधि, मानव बेचविखन, लागूऔषध तथा हातहतियारको अवैध कारोबार र अपहरण जस्ता आपराधिक क्रियाकलापबाट आर्जित सम्पत्तिमा मात्रै सम्पत्ति शुद्धीकरण निवारण ऐन लागू गर्न आग्रह गरे ।  उनले राजस्व छलीमा अनुसन्धान गर्ने धेरै निकाय रहेको अवस्थामा सम्पत्ति शुद्धीकरण ऐनमा समेत यो विषय परेकोले उद्यमी त्रसित भएको बताए ।  उनले एकपटक सबैको सम्पत्ति अभिलेखीकरण गरेपछि मात्र  ऐन प्रभावकारी रुपमा लागू गर्न सुझाव दिए ।
    ‘लामो समयदेखि वैधानिक ढंगले उद्योग, व्यापार वा कृषि व्यवसाय गरी बसेका व्यक्तिले प्रचलित ऐनबमोजिम आर्जन गरेको सम्पत्तिको कुनै प्रमाण राखेका छैनन्,’ गुप्ताले भने, ‘ विगतमा प्रमाण राख्नुपर्ने कानुनी बाध्यता नभएकोले सर्वसाधारण र उद्यमी÷व्यवसायीमा त्रास पैदा भएको छ ।
    संघका निवर्तमान अध्यक्ष अशोककुमार अग्रवालले ६ वर्ष पुरानो खातापाता सुरक्षित राख्नु नपर्ने व्यवस्था कानुनमै भएको बताउँदै ऐन कार्यान्वयनमा ल्याउँदा समस्या भएको बताए । ‘विगतमा पटकपटक गठन भएका कर फच्छ्र्यौट आयोगहरुले समेत व्यवसायीको सम्पत्तिलाई वैधानिकता प्रदान गरेको छ, उनले भने, ‘सम्पत्ति अभिलेखीकरण गर्ने मौका नदिई ऐन लागू गर्दा करको दायरामा रहेर काम गरिरहेका व्यवसायीलाई अप्ठेरो पर्छ ।’संघका वरिष्ठ उपाध्यक्ष हिमबहादुर रावलले लागू औषध, मानव बेचविखन, आतंकवाद जस्ता गम्भीर अपराध रोक्ने उद्देश्यको विभाग र कानुनले करको दायरामा आइसकेको सानो समूहमा अल्झिन नहुने बताए । उनले राजस्व छलि हेर्न राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग जस्ता निकाय र कानुन नै पर्याप्त रहेको बेला कर छलिलाई सम्पत्ति शुद्धीकरण ऐन लगाउन नहुने बताए ।
    विभागका महानिर्देशक दामोदर रेग्मीले ऐन सरकार र व्यवसायी दुवैको पक्षमा रहेकोले सही काम गर्ने कोही नडराउन आग्रह गरे । उनले  सम्पत्ति शुद्धीकरणको एजेन्डा सरकारको मात्र नभई निजी क्षेत्रको समेत भएको बताउँदै यसलाई सफल पार्न सबैको सहयोग आवश्यक पर्ने बताए ।  उनले सम्पत्ति अभिलेखीकरणको हकमा राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय मान्यता अनुसारको मोडालिटी बनाउनुपर्ने बताए ।
    ]]>
    10187 0 0 0
    सिन्धुपाल्चोकलाई केन्द्र बनाएर परकम्प http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%9a%e0%a5%8b%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d/ Wed, 30 Mar 2016 14:05:06 +0000 http://www.ghumphir.com.np/?p=10189 10189 0 0 0 सिन्धुलीका एक दर्जन भन्दा बढी गाविसमा एक गाग्री पानीको ५० रुपैयाँ http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%81%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%8f%e0%a4%95-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%a8-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/ Wed, 30 Mar 2016 14:42:38 +0000 http://www.ghumphir.com.np/?p=10194 चीना थापा

    सिन्धुली १७ चैत्र – भूकम्प र खडेरीले गर्दा खानेपानीको मुहान सुकेपछि सिन्धुलीका एक दर्जन भन्दा बढी गाविसमा अहिले खानेपानीको हाहाकार छ । सिन्धुली भुवनेश्वरी ७ का स्थानियलाई पानी ल्याउन २ घण्टा समय लाग्छ । घरमा काम गर्ने मान्छे नहुनेहरुले पैसा तिरेर अरुलाई पानी ल्याउन लगाएर खाईरहेका छन् । भुवनेश्वरी ७ का पूर्ण बहादुर कामी ठकुरी ७० बर्षका भए ।

    उनकी श्रीमती ६५ बर्षकी भईन् । उनीहरु दुवै जना पानी बोक्न सक्दैनन् । तर, खानै प¥यो । एक गाग्री पानीको ५० रुपैया दिएर पानी ल्याउन लगाउने गरेका छन् । पानीको निकै समस्या रहेको ठकुरीले बताए । पानी नहुँदा सरसफाई देखि लिएर हरेक कुरामा समस्या हुने उनको भनाई छ । यसैगरी खडेरीका कारण खानेपानीको ईनार, कुवा र धारा सुकेपछि सिन्धुलीको हर्षाही गाविसमा खानेपानीको हाहाकार मच्चिएको छ । विगतका वर्षको सुख्खा मौसममा नसुकेका ईनार र कुवा पनि यो वर्ष खडेरीले सुकेपछि गाँउभरि नै यसरी खानेपानीको हाहाकार मच्चिएको स्थानीय बासिन्दा बताउछन् । यतिखेर खानेपानीका लागि हरेक दिन बिहान बिताएर कमला नदीको पानी बोक्नु पर्ने बाध्यता रहेको हर्षाही गाविस–८ निवासी रिता दाहालले बताइन ।

    ‘गाँउभरि जताततै खानेपानीका धारा र ईनार छन, तर खानेपानी कँही छैन’ उनले भनिन, ‘बिहानभरि मानिस र गाईबस्तुका लागि खानेपानी बोक्दा प्राण नै जाला जसरी हुरुक्क भईन्छ ।’ त्यस्तै हर्षाही गाविस–९ निवासी गृहणी अञ्जु थापा अहिले हर्षाही गाविसका बासिन्दालाई एक लोटा पानी तेलभन्दा पनि मँहगो भएको बताउँछिन । उनका अनुसार अहिले गाँउको बीचमा भएको एउटा कुवामा मात्रै पानी छ, अरु सबै ईनार र धारा सुकेका छन् । त्यो कुवामा पनि खानेपानी लिन जानेको आधा रातदेखि नै भिड हुन्छ । जो पहिले पुग्यो उस्ले पानी पायो, पछि पुग्ने कमला नदीतिर लाग्नु पर्छ ।

    खानेपानीको समस्याबाट हर्षाही गाविसका करिब आठ सय घरपरिवार पीडित बनेका स्थानीय मँहाने प्राविका प्रधानाध्यापक बासु कोईरालाले बताए । ‘विभिन्न एनजिओले बनाई दिएका ईनार र खानेपानीका योजनाले विगतमा हर्षाहीका बासिन्दालाई निकै सुविधा दिएको थियो । तर अहिले मुख धुन एक लोटा पानी पाउन पनि निकै कष्ट पर्छ’ उनले भने । दैनिक दुई÷तीन घण्टा लगाएर कमला नदीको पानी बोकेर हर्षाहीका बासिन्दाले उपभोग गर्दै आएका प्रधानाध्यापक कोईरालाले जानकारी दिए । खानेपानी समस्याबाट आफ्नो विद्यालका विद्यार्थी समेत पीडित रहेका उनले गुनासो गरे । गाँउमा विकासका कार्यक्रम लिएर पुग्ने जुनकुनै संस्थालाई खानेपानीको समस्या राख्दै आएको भएपनि अहिलेसम्म समाधान नभएको स्थानीय बासिन्दाको गुनासो छ । जथाभावि जंगल फडानी र जलबायु परिवर्तनको असरले श्रोत सुक्न गई खानेपानीको समस्या देखिएको बताईएको छ ।

    ]]>
    10194 0 0 0
    भाकल गरेर बस चढ्छन् कर्णालीबासी http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%95%e0%a4%b2-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%b0-%e0%a4%ac%e0%a4%b8-%e0%a4%9a%e0%a4%a2%e0%a5%8d%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be/ Wed, 30 Mar 2016 14:44:36 +0000 http://www.ghumphir.com.np/?p=10197 महेन्द्र सापकोटा

    दैलेख १७ चैत्र– दिनहुँ तीन सय बढि सवारी साधन आवत–जावत गर्ने यहाँको मुख्य कर्णाली राजमार्गका पुल दिनप्रतिदिन जीर्ण बन्दै गएका कारण सर्वसाधारणले शशंकित हुँदै यात्रा गर्न बाध्य छन् । जिर्ण पुल अनि साँघुरो सडकले गर्दा कर्णालीका बासिन्दामा त्रास छाएको र आफन्तलाई कतिखेर के हुने हो भनेर चिन्ता लाग्ने गरेको कालिकोट भर्ता गाविसका चित्रबहादुर शाही बताउँछन् ।

    अत्याधिक मोड पुरानो बस यातायात सञ्चालनले त्यस भेगमा यात्रा गर्ने यात्रीले देवी देउता भाकल गर्ने गरेको लयाटी विन्द्रासैनीका ललित शाहीले बताए । पुल निर्माणपछि सम्बन्धित निकायले संरक्षणमा चासो नदिँदा पुल जीर्ण बनेका हुन् । पुल आसपासमा दिनहुँ बालुवा गिट्टी उत्खनन गर्नाले कर्णाली राजमार्गको तल्लो डुङ्गेश्वरको पुल जीर्ण बन्दै गइरहेको छ । जिल्ला विकास समितिले दैलेखले लोहोरे खोला कर्णाली नदीको तीरमा गिट्टी बालुवा उत्खननको लागि अनुमति दिएकाले त्यहाँको पुलको अवस्था धरासाही बन्दै गएको हो । लोहोरे खोलाको कटान र पुलमुनिबाट बालुवा निकासी गर्नाले पुल जोखिममा रहेको छ । दैलेखको तल्लो डुंगेश्वरमा रहेको राजमार्गको सबैभन्दा लामो पुलको रुपमा रहेको यो पुल अवस्था वर्षेनी झन् जिर्ण बन्दै गएको छ । यो पुल लगाएत पादुका खोला रामघाटखोला, साईखोला , कानेकाँडखोला र खिड्कीज्युलाका खोलाका पुलको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् ।

    केहि पुलहरु जीर्ण अवस्थामा रहेका वेला जाक्सीखोला, कुमालुखोलाको पुल निर्माधिन अवस्थामा छन् । पुराना संरचनाहरुलाई सम्बन्धित निकायले चासो नदिदा दिनहुँ आवत जातमा समस्या समेत अएको स्थानीयहरु बताउँछन् । राजमार्गमा रहेका जीर्ण अवस्थाका पुलहरुमा सम्वन्धित निकायको समयमै चासो नपुगेमा विकासमा विनास हुने खड्कवडा गाविसको तल्लो ढुंगेश्वरका स्थानीय चित्रवशादुर शाहीले बताए । दैनिक तीन ÷चार सय सवारी साधान आवत जावत गर्ने यस ठाउँका पुलहरु मर्मत नभएपछि सुर्खेत, दैलेख कालीकोट र जुम्ला सम्मका यात्रु तथा व्यापारीहरुलाई समस्या उत्पन्न हुने शाहीको भनाई छ । कुल १ अर्ब ५८ लाखको लागतमा ट्रयाक खोलिएपछि राजमार्गमा संचालन आएबाट जुम्ला यातायात व्यवसाय समिती ,मध्यपश्चिम यातायात बस व्यवसाय समिति,मध्यपश्चिम ट्रक तथा ट्रयाक्टर व्यवसाय समिती,काँक्रेविहार यातायात बस व्यवसाय समिति र कर्णाली यायायात वस व्यवसाय समितिका सञ्चालनमा छन् ।

    तत्कालिन राजा महेन्द्रले २०१९ सालमा र राजा विरेन्द २०४० सालमा राजमार्गमा बनाईसक्ने उद्घोष गरेका थिए । राजनितिक दलका नेता र राजामहाराजाले कर्णाली राजमार्ग बनाउनुपर्ने उदघोष गरेको १७ दशकपछि मात्र राजमार्गको ट्रयाक खोलिएको थियो । २०६३ सालमा दैलेखको रामघाट बजारबाट नेपाल सरकारका मन्त्री एवं उच्च पदाकारी धुलो उडाउदै राजमार्गको उद्घाटन गरेको बेला कर्णालीबासीले सुदिन आएको अनुभव समेत गरेको रामघाट बजारका जिवन थापाले बताए । राजमार्गको स्तरउनन्त्ती र राजमार्गमा हुने दिनहुँ दुर्घटना र यात्रुले राहत भन्दा बढी पिडा पाएको अनुभव सुनाउँछन् ।

    विश्व बैंकको आर्थिक सहयोगमा निर्मित सुर्खेत–जुम्ला राजमार्ग २ सय ३२ किलोमिटर लामो छ । सुर्खेत बांगेसिमलदेखी दैलेखको खिड्कीज्यूला सम्म १२७ किलोमिटर सडक पिच गरिएको भने सडकको बिच भागमा झण्डै ५० किलोमिटर सडक कच्ची नै छ ।

    ]]>
    10197 0 0 0
    एमाले पूर्वसांसद योगनारायण यादव पक्राउ http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6-%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be/ Wed, 30 Mar 2016 14:50:56 +0000 http://www.ghumphir.com.np/?p=10199 yog-Narayan-yadav१७ चैत, काठमाडौं । नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य एवं पूर्वसांसद योगनारायण यादव पक्राउ परेका छन् ।

    धनुषाको सबैलास्थित मदन आश्रति निमावि विद्यालय व्यवस्थापन समितिको चुनावमा गोली चलाएको आरोपमा उनी पक्राउ परेका हुन् ।

    केही समय अघि विद्यालय व्यवस्थापन समितिको चुनावका क्रममा भएको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको थियो ।

    घटनामा रामसेवक राउतको मृत्यु भएको थियो । उक्त हत्याकाण्डको मुख्य योजनाकार यादव भएको आरोप छ । यादवसहितको नाममा जिल्ला अदालत धनुषाले वारेन्ट जारी गरेको थियो ।

    ]]>
    10199 0 0 0
    एमालेमा विवाद चर्कियो http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%a6-%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%af%e0%a5%8b/ Wed, 30 Mar 2016 14:54:24 +0000 http://www.ghumphir.com.np/?p=10202 १७ चैत, काठमाडौं । विभागहरु गठनलाई लिएर सत्तारुढ नेकपा एमालेभित्रको विवाद चर्किएको छ । अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालले नोट अफ डिसेन्ट लेख्ने बताएपछि बुधबारको बैठक विना निर्णय सकिएको छ ।

    नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टी एकलौटी रुपमा चलाएको र सरकारी सम्पत्तिको दुरुपयोग गर्दै बालुवाटारमा गुटका कार्यकर्तालाई भोज खुवाएको भन्दै आपत्ति जनाएका छन् ।

    jhalanath-kp-and-madhavविभाग गठनको प्रयासमा एमालेको स्थायी समितिको बैठक मंगलबार र बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा नेपाल पक्षले एकलौटी प्रस्ताव तयार पारिएको भन्दै आपत्ति जनाएपछि सचिवालयको बैठक बोलाइएको थियो ।

    महासचिव ईश्वर पोखरेल प्रमुख रहेको सचिवालयको बैठक मंगलबार साँझ ५ बजेदेखि राति १० बजेसम्म बालुवाटारमै बसेको थियो । बैठकमा पार्टी सचिव एवं संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले १६ जनाको नाम प्रस्ताव गरे । जसमा नेपाल पक्षका तीन जना मात्र थिए । नेपाल पक्षबाट पशुपति चौलागाईँ, श्रीमाया थकाली र कल्णाणी खड्का मात्र प्रस्ताव गरिएको थियो ।

    ओली पक्षीय नेता गुरुङको प्रस्ताव नेपाल पक्षले मानेनन् र आफ्नो पक्षका थप नाम प्रस्ताव गरे । बेदुराम भुसाल, सत्रुधन महतो, बैजनाथ चौधरी, जीवन घिमिरे र गरिमा साहको नाम थप्ने सहमति भयो ।

    तर, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, नगेन्द्र चौधरी, जगन्नाथ खतिवडा र विजय पौडेलको नाममा सहमति भएन । सचिवालयको बैठकमा नेपाल पक्षले २१ जनाको नाम प्रस्ताव गर्न र सहमति जुट्न नसकेका थप ५ जना नाम पनि आएको बैठक स्थायी समितिमा पेश गर्न माग गरे । यसमा सचिवालयमा सहमति जुटेको नेपाल पक्षका एक पदाधिकारीको दाबी छ ।

    तर, बुधबार विहान बसेको बैठकमा सचिव गुरुङले सुरेन्द्र पाण्डेसहितका ५ नेताको नाम आएको थियो समेत भनेनन् । लगतै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाए । पार्टी अध्यक्ष ओलीले सबैलाई मिलाएर लैजान्छु भनेपनि एकलौटी गरेको, सरकारी सम्पत्ति दोहन गरेर बालुवाटारमा भोज खुवाएको भन्दै नेपालले आपत्ति जनाएका छन् ।

    नाकाबन्दी भएकाले आफूहरु चुप लागेको बसेको तर, एकलौटी रुपमा चल्न खोजेको भन्दै उनले नोट अफ डिसेन्ट लेख्ने बताए । उनले ओलीलाई प्रश्न गरे, ‘भोट कति प्रतिशत फरक छ थाहा छ ? अब नोट अफ डिसेन्ट लेख्छु र देशभर जान्छु । मलाई कसले रोक्छ ।’

    नेता नेपाल कडि्एकपछि उनी पक्षका पदाधिकारीहरु पनि नोट अफ डिसेन्ट लेख्छु भन्नेमा पुगे ।

    तर, एमाले अध्यक्ष ओलीले नेपाल समूहको कुरा नसुन्ने भन्दै महासचिव पोखरेललाई निर्णय लेख्न भने । तर, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पनि मिलाएर लैजानुपर्छ रोकिएका छन् ।

    ओली कार्यक्रम छ भन्दै चितवन गएका छन् । महासचिव ईश्वर पोखरेल ओखलढुंगा लागेका छन् । २३ र २४ गते पोलिटब्यूरो बैठक बोलाएको छ तर, स्थायी समितिको अर्को बैठक कहिले बस्छ टुंगो छैन ।

    ]]>
    10202 0 0 0
    हिमालय एयरलाइन्सले काठमाडौं–दिल्ली–काठमाडौं प्रमाणित उडान गर्‍यो http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be/ Wed, 30 Mar 2016 15:04:48 +0000 http://www.ghumphir.com.np/?p=10205 १७ चैत, काठमाडौं ।

    चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले प्रुभिङ फ्लाइट (प्रमाणित उडान) गरेको छ । उक्त एयरलाइन्सले बुधबार ए३२०-२१४ को जहाज मार्फत काठमाडौं–दिल्ली–काठमाडौं रुटमा प्रुभिङ फ्लाइट गरेको हो ।

    himalya airlinsनाइनएन-एएलएम नेपाली रजिष्ट्रेशन नम्बर रहेको उक्त जहाजले सेवा सञ्चालनको सम्पूर्ण पक्षमा व्यावसायिक उडान भर्न सक्षम रहेको साबित गरेको एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको (आएकाओ) को मापदण्ड र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नियमानुसार क्यानका निरीक्षकहरुको सुपरिवेक्षणमा उक्त प्रुभिङ फ्लाइट सम्पन्न गरिएको एयरलाइन्सको ब्राण्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट डिपार्टमेन्टकी सहिष्णु पौड्यालद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

    उक्त फ्लाइटको आइकाओ पदाधिकारीहरुले पनि अनुगमन गरेका थिए ।

    एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने, 'आजको यस सफल उडानसँगै हामी निकट भविष्यमै व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान प्रारम्भ गर्ने छौं ।'

    एयरलाइन्सले आफ्नो पहिलो गन्तव्य भारतको नयाँदिल्ली र कतारको दोहा बनाएको छ । त्यसपछि चीनको ल्हासा, छेङ्दू र बेइजिङ उडान भर्ने योजना बनाएको छ ।

    ]]>
    10205 0 0 0
    दिनकै दोब्बर तेल बाँड्दा पनि कहाँ जान्छ पेट्रोल ? http://localhost/ghum/%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%95%e0%a5%88-%e0%a4%a6%e0%a5%8b%e0%a4%ac%e0%a5%8d%e0%a4%ac%e0%a4%b0-%e0%a4%a4%e0%a5%87%e0%a4%b2-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a5%8d%e0%a4%a6%e0%a4%be/ Wed, 30 Mar 2016 15:13:41 +0000 http://www.ghumphir.com.np/?p=10208 १७ चैत, काठमाडौं ।

    सहज बन्दै गएको इन्धनको आपूर्ति फेरि असहज बन्दै गएको छ । नेपाल आयाल निगमले दोब्बर पेट्रोल बाँड्दा पनि बजारमा अभाव देखिन थालेको हो ।

    निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार सोमबार ६ लाख लिटर पेट्रोल वितरण गरिएको थियो । मंगलबार पनि सोही परिमाणमा वितरण गरिएको छ ।

    उपत्यकाको दैनिक माग भने साढे ३ लाख लाख लिटर मात्रै हो । तर, दोब्बर वितरण गरेको दाबी गरे पनि राजधानीका अधिकांश पेट्रोल पम्पमा सर्वसाधारणको भिड थियो । कतिपय पम्पले सोमबार इन्धन वितरण गरेका थिएनन् । यसले कि निगमले सर्वसाधरणको मागअनुसार वितरण गरेको छैन, कि पम्प सञ्चालकहरूले पेट्रोल लुकाएका छन् ।

    पेट्रोलियम डिलर्सस एसोसिएसनका अनुसार उपत्यकाका करिब ९० प्रतिशत पम्प बन्द छन् । एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानका अनुसार होली र शनिबार जनाउँदै केही दिनअघि मागको ५० प्रशितत मात्रै इन्धन वितरण गरेकाले समस्या देखिएको बताए ।

    ‘सोमबारदेखि ६ लाख लिटर वितरण गरे पनि अघिल्लो दिनमा मागको ५० प्रतिशत मात्रै वितरण गरिएको थियो,’ अध्यक्ष प्रधानले भने, ‘जसले गर्दा सर्वसाधरणको लाइन देखिएको हो ।’ प्रधानका अनुसार निगमले ११ गते २ लाख ५२ हजार लिटर, १२ गते २ लाख ४२ हजार, १४ गते ३ लाख ७४ लाख लिटर मात्रै पेट्रोल वितरण भएको थियो ।

    यस्तै निगमले पम्पमा बेलुकीपख मात्रै पेट्रोल पुर्‍याएकाले पनि लाइन बढ्दै गएको एसोसिएनको दाबी छ । ‘थानकोट डिपोबाट ३/४ बजे लोड हुन्छ, पम्पमा आइपुग्दा ७ देखि ८ बज्छ,’ प्रधानले भने, ‘जसले गर्दा लाइन बढेको हो ।’

    यता निगमले भने इन्धनको अभाव नभएर फेरि नाका बन्द हुने हल्लाका कारण उपभोक्ताले सञ्चय गर्न लाग्दा अभाव देखिएको दाबी गरेको छ ।

    होलीले गर्दा दुई दिन र त्यसपछि शनिबार र आइतबार हुने बिदाका कारण भारतीय आयल कर्पोरेसन (आईओ) ले तेल उपलब्ध गराउन नसक्दा आयातमा असर परेको थियो । तर, निगमको भण्डारणबाट सामान्य अवस्थाभन्दा दोब्बर तेल वितरण गरिएको भट्टराईको दाबी छ ।

    ‘भारतीय पक्षबाट अहिले कुनै अवरोध भएको छैन, इन्धनको आयत सहज छ,’ उनले भने, ‘बजारमा फैलिएको अनावश्यक हल्लाले समस्या देखिएको हो ।’ रक्सौल नाकाबाट करिब ७० प्रतिशत इन्धन भित्रिन्छ । ती नाकामा कुनै अवरोध नभएको निगमको दाबी छ । ‘अहिले पनि करिब २४ सय किलो लिटर लोड भएको छ,’ उनले भने ।

    निगमले त्यस्तो दाबी गरे पनि आमउपभोक्ता भने दर्जनौं पेट्रोल पम्प चहार्दा पनि तेल भर्न पाएका छैनन् । भट्टराईले पम्पहरूले प्राय: बिहान बेलुका तेल बाँड्ने भएकाले दिउँसो बन्द देखिएको हुन सक्ने बताएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकार र निगमको कमजोरीका कारण सर्वसाधरणले दु:ख पाएको बताए ।

     ‘इन्धन सहज भएको बेला हल्लाको खण्डन गर्न सकेन, हल्लालाई गलत सावित गर्नका लागि बिदामा पनि इन्धन वितरण गर्नुपर्नेमा त्यो भएन,’ उनले भने, ‘हल्लालाई पुष्टि गर्ने कार्य भएको छ । यो सरकार र निगमको कमजोरी हो ।’

    उनले निगम र पम्प सञ्चालक बीचको केही सम्झौताका कारण कृत्रिम अभाव गराइएको आशंका गरे । ‘दुई निकाय बीचको सम्झौताका कारण उपभोक्तालाई सास्ती भएको देखिन्छ,’ अध्यक्ष महर्जनले भने ।

    यता अध्यक्ष प्रधानले भने निगमसँग भण्डारण क्षमता नहुँदा बजारमा बर्सेनि समस्या देखिएको बताए । निगमले कालोबजारी गर्नका लागि पनि थोरै मात्रामा ल्याउन खोजेको आरोप लगाए । ‘तेलमा बर्सेनि समस्या भए पनि निगमले भण्डारण बढाएन, अहिले पनि थोरै मात्रामा भित्र्याउने गरेको छ,’ उनले भने, ‘बजारमा भद्रगोल भएपछि कालोबजारी गर्ने खेल हुन सक्छ ।’

    निगमको तथ्यांकअनुसार मुलुकमा करिब ७१ हजार १ सय ९८ किलोलिटर भण्डारण क्षमता छ । पेट्रोलको भण्डारण क्षमता ५ हजार १ सय ७५ किलोलिटर मात्रै छ । उपत्यकामा १८ सय ७० किलोलिटर मात्रै छ ।

    पेट्रोल उपत्यकाको मागलाई करिब ५ दिन धान्छ भने मुलुक भरिको माग करिब ७ दिनलाई मात्रै धान्छ । यस्तै डिजेलको भण्डारण क्षतमा ४२ हजार ३ सय ८५ किलोलिटर छ । यसले करिब १७ दिनलाई मात्रै माग धान्छ ।

    हवाई इन्धनको भण्डारण क्षमता ८ हजार ७ सय ७९ किलोलिटर छ । यसले करिब २० दिनलाई धान्छ । त्यसमध्ये सबैभन्दा बढी खपत उपत्यकामा हुन्छ । पर्याप्त मात्रामा भण्डारण क्षमता नहुँदा बेला बखतमा अभाव हुँदै आएको छ ।

    यसअघि व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पटकपटक इन्धनको भण्डारण बढाउन सरकारलाई निर्देशन दिएको थियो । सभासदहरूले अभाव हुने समयको प्रक्षेपण गरी भण्डारण गर्नुपर्नेमा सुझाव दिएका थिए ।

    निगमले पनि सोहीअनुसार विभिन्न स्थानमा इन्धनको भण्डारण बढाउने योजना सारेको थियो । स्वचालित मूल्ययता निगम नाफामा गएकाले इन्धनको अभाव हुन नदिन भण्डारण बढाउन योजना बनाएको थियो ।

    तर, भण्डारणको योजना योजनामै सीमित भएको छ ।

    •      कि निगमले मागअनुसार बाँडेको छैन, कि पम्प सञ्चालकले तेल लुकाएका छन्
    •      पेट्रोल अभाव छैन, हल्लाले समस्या : निगम
    •      निगम र पम्प बीचको सम्झौताले सर्वसाधारणले तेल पाएनन् : उपभोक्तावादी

    ]]>
    10208 0 0 0
    नयाँ पदमार्ग: धौलागिरि स्याङ्चुरि (फोटो फिचर) http://localhost/ghum/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%a7%e0%a5%8c%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%bf/ Wed, 30 Mar 2016 16:31:47 +0000 http://www.ghumphir.com.np/?p=10210 सुरेन्द्र राना

    विश्व कै सातौ अग्लो धौलागिरि हिमाल ८१६७मि को आधारशिबिर सम्म पुग्ने नया पदमार्ग हो धौलागिरि स्याङ्चुरि पदमार्ग । यो पदमार्ग बेनि बाट सुरु भई झीँ गाँव हुदै पाखापानि, कोटगाँव, रायखर्क, घ्यासिखर्क हुदै छरि, फेदि, ओडार क्याम्प बाट धौलागिरि आधार शिबिर ४०००मि पुगिन्छ, फर्किदा सोहि गोरेटो हुदै ओडार क्याम्प, छरि घ्यासिखर्क पुगेपछि, राहुगंगा खोला को झोलङ्गे पुल तरेर चिमखोला, दर्मिजा, दग्नम हुदै बेनि पुगिन्छ। बेनिको तातोपानिमा डुबुल्कि को मज्जा लिएर प्रसिद्ध गलेश्वर महादेब को दर्शन गर्न सकिन्छ।

    गएको साता पर्यटन आन्बेषक, पत्रकारहरु, ट्रकिङ गाइड, स्थानिय पथपर्दशक हरुको को एक टोलि ले ९ दिन को स्थलगत अध्य्यन भ्रमण सम्पन्न गरेर फर्केका छन । उक्त टोलि ले नक्सांकन तथा पदमार्ग को सुचनाहरु संकलन गरेका छन । उक्त पदमार्ग अध्य्यन तथा आन्वेशक कार्यक्रम उद्धोग बाणिज्य संघ बेनि को आयोजनामा , नेपाल पर्यटन बोर्ड र ट्किङ एजेन्सिज एसोसिएन नेपाल ९टान्० र गाँव पर्यटन प्रबर्धन मन्च (भिटोफ) को सहयोग रहेको थियो।

    अध्य्यन टोलि का एक सदस्य पत्रकार अम्रृत भादगाउले ले पदमार्ग ताजा, साहसिक, मगर र छन्त्याल जनजिवन तथा संस्कृति ले भरिपुर्ण रहेको, माथिल्लो भाग मा कुनै मानव बस्ति नभएकोले बर्षौ सम्म मोटर बाटो नपुग्ने ले पानि यो पदमार्ग को भविष्य लामो रहने बताउनु भयो। त्यस्तै हिमालयन म्याप हाउस का निर्देशक पवन शाक्यले पनि पदमार्ग को केहि मर्मत सुधार आवश्यक रहेको, र छोटो समयमा धौलागिरि को आधारशिबिर पुग्न सकिने यो पदयात्रा विदेशी तथा स्वदेशी पर्यटकहरु को रोजाइ मा पर्ने विश्वस्त हुनुहुन्छ। त्यसैगरि अनुभवि ट्रेकिङ गाइड ङावा तामाङ ले पदमार्ग एकदम फन्टास्टिक छ र सुरुमा केहि ठाउमा एङकर राखेर पदयात्रा गराउन सकिने बताउनु भयो।

    नेपाल पर्यटन बोर्ड का प्रमुख दिपकराज जोशिले नया पदमार्गले पर्यटक हरुको लागि नया पदमार्ग गन्तब्य थपेको र पदमार्ग को आवस्यक विकास तथा प्रचार प्रसार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो। उद्दोग बाणिज्य संघ बेनि का महासचिब राजेश शाक्य ले नया पदमार्ग ले जिल्ला बासि उत्साहित भएको र स्थानिय निकाय बाट पर्यटक मैत्रि बनाउन पहल गर्ने बताउनु भयो। त्यसैगरि टान का महासचिब कर्ण बहादुर लामाले ट्रेकिङ ब्यबसाय हरु को लागि खुशी को खबर भन्दै, टान ले नया पदमार्ग सुधार, बास र खाना बनाउने तालिम दिन तयार रहेको र सो पदमार्ग विकास गर्न टान सदैब सहयोग गर्ने को साथै थप नया ट्रेकिङ प्रडक्ट थपिएको जनाउनु भयो।

    मगर, छन्त्याल, क्षेत्रि, ब्रहमाण हरुको बस्तिहरु र तिनका मौलिक जिवनशैलि, संस्कृति संगै सुन्दर धौलागिरि हिम्श्रृंखलाहरु, भिर पाखा, खोला, नाला, गुरासे जंगल, उतिस र निगालो घारी, बन्यजन्तु जस्तै थार, नाउर,चराचुरुंगि आदि को दृश्यहरु अवलोकन गर्दै एक साता छोटो र सहासिक पदयात्रा गर्नु धौलागिरि स्याङ्चुरी पदमार्ग मुख्य विशेषता हुन।

    dhaulagir centuri trail (1) dhaulagir centuri trail (3) dhaulagir centuri trail (4) dhaulagir centuri trail (6) dhaulagir centuri trail (7) dhaulagir centuri trail (8) dhaulagir centuri trail (9) dhaulagir centuri trail (10) dhaulagir centuri trail (13)

    ]]>
    10210 0 0 0
    पूर्वअर्थमन्त्री महत घाइते http://localhost/ghum/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a4%a4-%e0%a4%98%e0%a4%be%e0%a4%87/ Thu, 31 Mar 2016 08:07:36 +0000 http://www.ghumphir.com.np/?p=10224

    काठमाडौँ, १८ चैत । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा रामशरण महत घरको भ¥याङबाट लडेर घाइते हुनुभएको छ । बुधबार दिउँसो लडेर घाइते हुनुभएका महतको बाँया खुट्टाको कुर्कुचामा चोट लागेको छ । उहाँको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । भ¥याङबाट चिप्लिएर लड्नुभएका डा महतको कुर्कुचाको हड्डी फुटेको र शुक्रबार शल्यक्रिया गरिने डा महतका सहयोगी रमेश महतले जानकारी दिनुभयो । यसैबीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता तथा सांसदले ग्राण्डी अस्पताल पुगी डा महतको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

    ]]>
    10224 0 0 0
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वैशाख १ गते शिलान्यास http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b5%e0%a4%bf/ Thu, 31 Mar 2016 08:09:18 +0000 http://www.ghumphir.com.np/?p=10226

    पोखरा, १८ चैत । लामो समयको प्रतिक्षापछि २०७३ वैशाख १ गते नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिद्वारा आज पोखरा विमानस्थलमा आयोजित बृहत् बैठकपछि समितिका संयोजक रवीन्द्र अधिकारीले नयाँ वर्षका दिन विमानस्थलको शिलान्यास गरिने जानकारी गराउनुभयो । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पोखराको मात्र नभएर प्रदेश नं ४ का लागि गौरवको विषय भएको बताउँदै उहाँले निर्माण कार्यलाई सफल बनाउन प्रदेश नं ४ का सांसद, राजनीतिक दलका नेता तथा पर्यटन एवम् सामाजिक सङ्घ संस्थाका प्रतिनिधि, कार्यालय प्रमुखसमेत रहेको मूल समिति गठन गरिएको जानकारी दिनुभयो । बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गर्ने जानकारी दिनुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट क्षेत्रीय शब्द हटाइने बताउँदै उहाँले विमानस्थलको नाम के राख्ने भन्ने सम्बन्धमा उच्चस्तरीय समितिलाई सिफारिस गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार शिलान्याससँगै धावन मार्गको निर्माण प्रक्रिया अघि बढ्ने छ । “विमानस्थल निर्माणका लागि आवश्यक रकम, प्रविधि, जनशक्ति सबैको व्यवस्था गरिन्छ,” उहाँले भन्नुभयो – “निर्माण कार्यलाई प्रभावकारीरुपमा सम्पन्न गर्न स्थानीय सक्रियता एवम् अनुगमन अपरिहार्य हुन्छ ।” राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले विमानस्थल निर्माण सम्पन्न गर्न स्थानीयवासी र नागरिक समाजको सहयोग आवश्यक हुने बताउनुभयो । “विमानस्थल निर्माण भएर मात्र हुँदैन पोखरामा पर्यटक ल्याउन सक्नुपर्छ,” उहाँले भन्नुभयो – “धेरै पर्यटक पोखरा भित्र्याउन सकिए मात्र विमानस्थल निर्माणको सार्थकता पुष्टि हुन्छ ।” पोखरा आउने सडक पनि व्यवस्थित गरिनुपर्ने उहाँको भनाइ थियो । सांसद यज्ञबहादुर थापाले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्थानीयरुपमा गरिएका निरन्तरका प्रयत्नबाट वर्तमानसम्म आइपुगिएको बताउँदै यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक हुनेमा जोड दिनुभयो । सांसद शारदा पौडेलले विमानस्थल निर्माणका लागि जग्गा उपलब्ध गराउने सर्वसाधारणको माग समेतलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । सांसद सीता गिरीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनु यस क्षेत्रकै गौरवको विषय भएको बताउनुभयो । सांसद चूडामणि जङ्गलीले विमानस्थलको माग गर्दै पोखरेली जनताले पोखरा विमानस्थल अगाडि १५१ दिन रिले अनशन बसेको स्मरण गर्दै लामो सङ्घर्ष पछि विमानस्थल निर्माण प्रक्रिया अघि बढ्न लागेको बताउनुभयो । सांसद तेजकुमारी पौडेलले विमानस्थल निर्माणसँगै यस क्षेत्रका विकासको सम्भावना बढेर जाने विश्वास व्यक्त गर्नुभयो । सांसद डिबी नेपालीले विमानस्थल निर्माणसँगै यस क्षेत्रको पहुँच अन्तर्राष्ट्रियस्तरमा सिधै पुग्ने बताउनुभयो । स्थानीयवासी भीमसेन थापाले विमानस्थल निर्माणका लागि जग्गा उपलब्ध गराउने सर्वसाधारणको भावनाको उच्च कदर गर्न मन्त्री तथा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    ]]>
    10226 0 0 0
    काष्ठमण्डप पुरानै शैलीमा निर्माण हुने http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%ae%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%aa-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%88-%e0%a4%b6%e0%a5%88%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be/ Thu, 31 Mar 2016 08:36:31 +0000 http://www.ghumphir.com.np/?p=10230

    काठमाडौँ, १८ चैत । काठमाडौँको महत्वपूर्ण पुरातात्विक र ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनः निर्माण फेरि पुरानै कला र शैलीबाट हुने भएको छ । पुनः निर्माणका लागि करिब रु १४ करोड लाग्ने बताइएको छ । पुरातत्व विभागका निर्देशक भेषनारायण दाहालका अनुसार पुनः निर्माणको सम्पूर्ण नक्सा तयार भइसकेको छ, भूकम्पअघि जुन किसिमको काष्ठमण्डप देख्न पाइन्थ्यो सोही अनुरुप पुनः निर्माण हुने छ । “विशेष किसिमको महत्व बोकेको ऐतिहासिक सम्पदा भएको हुँदा र बहुवर्षीय योजना रहेकाले निर्माणको समय झन्डै चार वर्ष लाग्ने विभागले अनुमान गरेको छ । निर्माणको सम्पूर्णको जिम्मा पाएको काठमाडौँ महानगरपालिकाले अबको केही महिनामा नै निर्माणको काम सुरु गर्ने बताएको छ । गत वैशाखमा गएको भूकम्पले गर्दा काष्ठमण्डपको क्षति भएको थियो । पुनः निर्माणका लागि आधिकारिक नक्साको डिजाइन प्राप्त हुनासाथ निर्माणका लागि टेन्डर आह्वान गरिने महानरपालिकाको सम्पदा विभागले बताएको छ । काठमाडौँको पहिचान बनेको काष्ठमण्डपको निर्माण जतिसक्दो छिटो, बलियो र सुन्दर बनाइनेछ । निर्माणमा सहभागी विज्ञको सल्लाहअनुरुप काम लाग्नेसम्म काष्ठमण्डपमा प्रयोग भएका पुराना काठ पनि प्रयोग गरिने र बलियो हुने हुँदा अन्य सबै सालको काठ नै प्रयोग गरिने तयारी रहेको छ । भत्कनुअघिको काष्ठमण्डप एउटै रूखबाट निकालिएको काठबाट बनेको हो भन्ने प्राचीन किंवदन्ती रहेको भए पनि पुनः सोही अनुरुप निर्माण सम्पन्न गर्न भने सकिनेछैन । पुरातात्विक र पर्यटकीय महत्वको सम्पदा पुनः निर्माण भएको हँुदा तीव्र गतिमा काम गरिन्छ ।

    ]]>
    10230 0 0 0
    मन्त्रालयमा बसेर कालिकाेट जिविसको तलब खाँदै एलडिओ http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%b8%e0%a5%87%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a5%87/ Thu, 31 Mar 2016 08:43:26 +0000 http://www.ghumphir.com.np/?p=10232

    कालीकोट, १८ चैत । कालीकोट जिल्लाको प्रमुख विकास आयोजनाको मुख्य कार्यालय जिल्ला विकास समिति विगत तीन महिनादेखि निमित्तको भरमा सञ्चालन हुँदै आएकोे छ । गएको पुस २६ गते एकहप्ते काजमा नेपालगन्ज जानुभएका तत्कालीन स्थानीय विकास अधिकारी टीकाराम ज्ञवाली जिल्ला नफर्किँदा जिल्ला विकास समिति कालीकोट झन्डै तीन महिनादेखि कार्यालय प्रमुखविहीन भएको छ ।

    स्थानीय विकास अधिकारी नहुँदा कार्यालयबाट हुने हरेक किसिमका काम समयमै हुन नसकेको सेवाग्राहीले बताउन थालेका छन् । विकास निर्माणको कामका लागि सदरमुकाम आएका रकुका स्थानीय हरिचन्द्र देवकोटाले विकास निर्माणको काम गरेको रकम नपाउनु दुःखद् भएको बताउनुभयो । स्थानीय विकास अधिकारी ज्ञवाली नहुँदा कार्यालयका योजना तथा अनुगमन शाखाका अधिकृत भोलाप्रसाद चापागाईंले निमित्तको जिम्मेवारी लिएर काम गरिरहनुभएको छ । एक हप्ते काज लिएर जानुभएका स्थानीय विकास अधिकारी ज्ञवाली हाल सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमै हाजिर भएर तलब खाइरहनुभएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उहाँलाई नत जिल्ला पठाएको छ नत अर्काे स्थानीय विकास अधिकारी पठाएको छ । यसले गर्दा जिल्ला विकास समितिबाट गरिनुपर्ने काम प्रभावित भएका छन् । निमित्त स्थानीय विकास अधिकारी भोलाप्रसाद चापागाईंले सेवाग्राहीका कामका लागि सहज हुने वातावरण कायम गरे पनि भनेजस्तो सेवा दिन नसकेको बताउनुभएको छ । कर्णालीलगायतका दुर्गम जिल्लामा कार्यालय प्रमुखको उपस्थिति कमै हुने व्यथा आजको नभई विगतदेखि नै हुँदै आएको भए पनि विकासको काम गर्ने मुख्य कार्यालयमा तीन महिनादेखि कार्यालय प्रमुख नहुनुमा मन्त्रालयको कमजोरी रहेको नेकपा माओवादीका कर्णबहादुर भण्डारीले बताउनुभएको छ । जिविस कालीकोटको तलब खाएर मन्त्रालयमा बस्नु ठूलो कमजोरी भएको बताउँदै जिल्लावासीले अर्काे व्यवस्थाका लागि अनुरोध गरेका छन् ।
    ]]>
    10232 0 0 0
    प्रहरीको ठमेलमा छापा, २ सय जना पक्राउ http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%a0%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%9b%e0%a4%be%e0%a4%aa%e0%a4%be-%e0%a5%a8-%e0%a4%b8%e0%a4%af/ Thu, 31 Mar 2016 08:46:05 +0000 http://www.ghumphir.com.np/?p=10234 १८ चैत, काठमाडौं ।
    सोह्रखुट्टे प्रहरीले ठमेल क्षेत्रमा छापा मारेर २ सय भन्दा बढीलाई पक्राउ गरेको छ।  अवैध रुपमा संचालित यौनधन्दा, स्पा र मसाज सेन्टर, डान्स र डिस्कोहरुमा छापा मारेर अहिलेसम्म २ सय जना पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए।
    पर्यटकिय नगर ठमेल क्षेत्रमा यौनधन्दा फस्टाएको, लागू औषध कारोबारीको संख्या उल्लेखनिय रहेको, सडकमै बसेर रातको समयमा बियर र नाङगो पसलेहरुले थोरै परिणाममा लागू औषध बेच्ने गरेको पाइएको डिएसपी राठौंरले बताए। 'ठमेल सबैक्षेत्रबाट भताभुङ अवस्थामा छ', डिएसपी राठौंरले भने 'सही ट्रयाकमा ल्याउन अप्रेसन चलाइरहेको छु ।' ठमेल र सोह्रखुट्टे क्षेत्रबाट अवैध रुपमा हुने सबै क्रियाकलाप जरैबाट उखेल्ने उनले बताए।
    जुवाडेहरुको थलो पनि ठमेल नै रहेको उनले बताए। केही लज तथा होटलहरुमा छापा मारेर संचालकसहित केही युवतीलाई पक्राउ गरिएको राठौंरले बताए। सोह्रखुट्टे प्रहरी प्रमुख भएको १२ दिनमा राठौंरले २ सय भन्दा बढी पक्राउ गरेपछि ठमेलका व्यवसायी भने तर्सिएका छन्।
    ]]>
    10234 0 0 0
    राउतकाे अन्तरवार्ता लिएकाे भन्दै एबीसी टीभीलाई कारवाही गर्न प्रेस काउन्सिलको आकस्मिक बैठक http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%89%e0%a4%a4%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%8f%e0%a4%95/ Thu, 31 Mar 2016 08:52:13 +0000 http://www.ghumphir.com.np/?p=10236 १८ चैत, काठमाडौं । देश विखण्डनको एजेन्डा बोकेर हिँडिरहेका सिके राउतको अन्तरवार्ता प्रशारण गर्ने एबीसी टेलिभिजन कारवाहीमा पर्ने भएको छ । सञ्चार माध्यमहरुको नियमन गर्ने सरकारी निकाय प्रेस काउन्सिलले सो टेलिभिजनमाथि कारवाहीको तयारी गरेको हो ।

    सीके राउत । तस्वीरः राउतको फेसबुक पेजबाट

    सीके राउत । तस्वीरः राउतको फेसबुक पेजबाट

    टेलिभिजनमाथि कस्तो कारवाही गर्ने भन्नेबारे छलफल गर्न काउन्सिलको आकस्मिक बैठक बोलाइएको अध्यक्ष बोर्णबहादुर कार्कीले अनलाइनखबरलाई बताए ।

    कार्कीका अनुसार तत्कालै एउटा चेतावनीपत्र टेलिभिजनलाई पठाइनेछ र त्यसपछिको कारवाहीबारे छलफलबाट निर्णय लिइने छ । सो टेलिभिजनले बुधबार बेलुकी राउतको अन्तरवार्ता प्रशारण गरेको थियो ।

    सो अन्तरवार्तापछि उपराष्ट्रपतिका छोरा दिपेश पुनले फेसबुकमा स्टाटस लेखेर टेलिभिजनमाथि कारवाही हुनुपर्ने माग गरेका थिए ।

    ऋषि धमलालाई सचेत गराइयो

    यसैबीच सिके राउतलाई रिपोर्टस क्लवमा उभ्याएर पत्रकार सम्मेलन गराउने ऋषि धमलाको प्रयास असफल भएको छ । प्रेस काउन्सिलको हस्तक्षेपपछि धमलाको प्रयास असफल भएको हो ।

    क्लबका अध्यक्ष धमलाले राउतको पत्रकार सम्मेलन गराउन लागेको थाहा पाएपछि आफूले फोन गरेर सचेत गराएको काउन्सिलका अध्यक्ष कार्कीले  अनलाइनखबरलाई बताए ।

    प्रेस काउन्सिलले मौखिकरुपमा सचेत गराएपछि धमलाले पत्रकार सम्मेलन स्थगित गरेका छन् ।

    ]]>
    10236 0 0 0
    एउटै जिल्लामा चार जना निरीक्षक निलम्बनमा परे http://localhost/ghum/%e0%a4%85%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%bf%e0%a4%a4-%e0%a4%95%e0%a4%be%e0%a4%ae-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/ Thu, 31 Mar 2016 09:05:08 +0000 http://www.ghumphir.com.np/?p=10239 गौतम श्रेष्ठ

    १८ चैत, गौर । एसएलसी परीक्षामा अमर्यादित काम गरेको भन्दै रौतहटमा चार जना निरीक्षक निलम्बनमा परेका छन् ।उच्च मावि सिमरा भवानीपुर परीक्षा केन्द्रमा गार्ड बसेका चोचा प्राविका शिक्षक ईन्द्र चौधरी र जमुनिया विद्यालयका राम दयाल साहलाई परीक्षा अवधिभर गार्ड बस्न नपाउने गरी निलम्बन गरिएको परीक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिए ।

    security-for-SLC-Examयसैगरी नेमधारी बासुदेव उच्च मावि मुडवलवाबाट पनि २ जना निरीक्षकहरुलाई निलम्बन गरिएको छ । रौतहटका अन्य परीक्षा केन्द्रहरुमा यस वर्ष एसएलसी मर्यादित देखिएको छ । विगत वर्षहरुमा भन्दा यस वर्ष तोकिएका प्राय परीक्षा केन्द्रहरु पहिलो दिन व्यवस्थित देखिएका छन् ।

    यस वर्ष कुल २६ परीक्षा केन्द्रबाट दश हजार एक सय ५४ विद्यार्थीले प्रवेशिका परीक्षा दिँदै छन् । नियमित तर्फ ६ हजार ७५४ परिक्षार्थी रहेका छन् भने ३ हजार ४०० एक्जाम्टेड परीक्षार्थी सहभागी भएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ ।

    यस पटकको प्रवेशिकामा सहभागिमध्ये छात्रहरुको संख्या ५ हजार २८६ छ भने छात्राहरु ४ हजार ८६८ जना छन् ।

    मुडवला केन्द्रमा सहयोगी राखेर परीक्षा दिँदै एक दृष्टिविहीन

    यस्तै रौतहटमा दृष्टिविहीन विद्यार्थीहरु पनि सहभागी भएका छन् । उनीहरुले सहयोगी राखेर परीक्षा दिएका छन् ।

    परीक्षा केन्द्रहरुमा छात्राहरुका लागि सेनिटरी प्याड वितरण गरिएको थियो । महिनावारी भएका छात्राहरुलाई सहज होस् भनेर प्याड वितरण गरिएको हो ।छात्राहरुलाई वितरण गर्ने प्याड गाडीबाट झिकिंदै

    ]]>
    10239 0 0 0
    अब बिदेश जाँदा पासपोर्टको साटो आफुले बोकेको मोबाइलले नै काम चल्ने http://localhost/ghum/%e0%a4%85%e0%a4%ac-%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%9c%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b8%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%95/ Thu, 31 Mar 2016 09:08:41 +0000 http://www.ghumphir.com.np/?p=10242 प्रविधिको विकाश यति तिव्र गतिमा हुँदैछ की अब कागजको पासपोर्ट एकादेशको कथा बन्दैछ ।बेलायतको एउटा कम्पनी एक नविनतम प्रविधिको खोजमा जुटिरहेको छ जसले कागजी पासपोर्टको युग अन्त्य गरिदिनेछ र अध्यागमनमा पासपोर्टको साटो आफुले बोकेको मोबाइलले नै काम चल्नेछ ।

    passport-and-phone1

    विश्वमा सबैभन्दा ठूलो पासपोर्ट उत्पादक तथा बेलायतको बैंकनोट मुद्रण गर्ने कम्पनी डे ला रोएले स्मार्टफोनमै पासपोर्ट इम्बेेड गर्ने योजनाको घोषणा गरेको छ ।

    दी टाइम्सले कम्पनीका प्रमुख कार्यकारीको हवाला दिँदै अध्यागमन नियन्त्रणमा समेत काम लाग्ने मोबाइल फोनमा आधारित सुरक्षित सूचना प्रणाली विकाश गर्ने परियोजनामा कम्पनीले काम सुरु गरिसकेको छ ।

    सूचना प्रविधिको वर्तमान युगमा सायद एउटा मात्र गैर डिजिटल अर्थात् कागजी डकुमेन्ट भनेकै पासपोर्ट बाँकी छ । एयरलाइन्स टिकेट पनि प्रत्यक्ष रुपमा मोबाइल फोनमै उपलब्ध हुने भैसकेको छ ।

    अहिले पासपोर्टको पहिचान प्रणालीलाई डिजिटल स्वरुपमा ढाल्ने र सरकारबाट यसको स्विकृति प्राप्त गर्नु कम्पनीका लागि सबैभन्दा महत्वपूर्ण छ ।

    स्मरण रहोस् अमेरिकाको मियामी तथा एटलान्टामा मोबाइलमा आधारित इमिग्रेसन क्लियरेन्स सिस्टम परीक्षणका रुपमा लागु गरिसकिएको छ । जस अनुसार यात्रुहरुले आफ्नो भन्सार सूचना हाल्नका लागि फोनको प्रयोग गर्न सक्दछन् ।

    तर कागजवीहिन पासपोर्टको विकाश गर्ने कुरा अझै निकै सुरुवाती अवस्थामा रहेको र तत्कालै यसले मूर्तरुप पाउन भने कठिन भएको डे ला रोए कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्टिन सुदरल्याण्डको भनाई छ ।

    ]]>
    10242 0 0 0
    अमेरिकी पुरस्कार लिन जान चिनियाँ महिलालाई रोक http://localhost/ghum/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%80-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%a8-%e0%a4%9c%e0%a4%be%e0%a4%a8/ Thu, 31 Mar 2016 09:15:46 +0000 http://www.ghumphir.com.np/?p=10245 १८ चैत, काठमाडौं ।
    आफूलाई अमेरिकी पुरस्कार लिन अमेरिका जान नदिइएकोप्रति एकजना चिनियाँ अधिवक्ताले अपत्ति जनाएकी छन्। उनले यसलाई आफ्नो स्वतन्त्रतामा रोक लगाइएको भनी चिनियाँ सरकारको उक्त कदमको विरोध गरेकी हुन्।
    चिनियाँ अधिकारवादी अधिवक्ता नि युलानलाई अमेरिकाले दिएको एक मानवअधिकारसम्बन्धी पुरस्कार लिन जान चीनले अनुमति दिएको थिएन। उक्त कार्यक्रममा उनी मङ्गलबार उपस्थित हुनुपर्ने थियो।
    उनले बिहीबार एएफपी संस्थासँग गुनासो गर्दै सरकारले अमेरिकाको भ्रमण गर्न रोक लगाएर आफ्नो नागरिक स्वतन्त्रताको हनन् गरेको जानकारी दिएका हुन्।
    तर चिनियाँ प्रहरीले उनलाई देश बाहिर भ्रमण आदेश नभएको भन्दै अन्तिम समयमा जानकारी गराएको थियो। सो आदेशपछि उनी मङ्गलबार वासिङ्टन डिसीमा उपस्थित हुन नसकेकी हुन्। चिनियाँ राष्ट्रपति सि जिनपिङ एक आणविक सम्मेलनका लागि अमेरिकी सो सहरमा पुगेको एकदिन अघि आयोजित सो समारोहमा उनलाई उपस्थित हुनबाट रोक लाइएको जनाइएको छ।
    उनले अन्तर्राष्ट्रिय साहसिक महिलाको पुरस्कार प्राप्त गरेकी थिइन्। मानवअधिकारका क्षेत्रमा लागेर कामगर्ने विभिन्न अन्तर्राष्ट्रिय स्तरका महिलालाई सो पुरस्कार प्रदान गरिएको हो।
    उनले भनिन्– मलाई अन्तिम समयमा आएर अमेरिका भ्रमणको आदेश नभएको भनियो र गतवर्ष चीन सरकारले राखेको मानवअधिकारवादीहरुको करिब २०० जनाको समूहमा आफूलाई पनि राखिएको जानकारी दिइएको छ।
    चिनियाँ पब्लिक सेक्युरिटी ब्युरोले उनलाई अमेरिका भ्रमणको लागि अनुमति नदिएको जानकारी दिएको थियो। उनले आफ्नो नितान्त व्यक्तिगत विषयमा आफू विदेश भ्रमण गर्न लागेको तर नदिइएको यस विषयलाई नितान्त व्यक्तिगत भावना हो भनेकी छन्। रासस/एएफपी
    ]]>
    10245 0 0 0
    विष्टले सानो सानो कुरामा घुर्कि लगाएर बार्गेनिङ गरे: अध्यक्ष थापा http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%95%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Thu, 31 Mar 2016 09:18:02 +0000 http://www.ghumphir.com.np/?p=10247 १८ चैत, काठमाडौं ।
    राप्रपा नेपालले सहअध्यक्ष केशरबहादुर विष्टले सानो सानो कुरामा घुर्कि लगाएर बार्गेनिङ गरिरहेको बताएको छ ।सहअध्यक्ष बिष्टले संविधानप्रति असन्तुष्टि जनाउँदै तत्काल सरकारबाट पार्टी बाहिरिनुपर्ने बताउँदै नबाहिरिए पार्टी छाड्ने चेतावनी दिएपछि राप्रपा नेपालले सानो सानो कुरामा बार्गेनिङ नगर्न उनीसँग आग्रह गरेको छ।
     kamal thapa and bistaसहप्रवक्ता मोहन श्रेष्ठले विष्टको भनाई आश्र्चयपूर्ण रहेको बताए। पार्टी सरकारमा जानुपर्छ भनेर सबैभन्दा पहिले पार्टीभित्र विष्टले नै आवाज उठाएको श्रेष्ठले बताए। आफैँले प्रस्ताव गर्ने सरकारमा जानुपर्छ भनेर अहिले सरकारबाट बाहिरिनुपर्छ भन्नु गैरराजनीतिक र गैरजिम्मेवारीपूर्ण कुरा हो।’ उनले भने।
    'उनको भनाई पूर्वाग्रह र द्धैधचरित्रको छ' , श्रेष्ठले भने, 'असन्तुष्टि भए पार्टी भित्र संवाद गरेर समाधान गर्न सकिन्छ प्रेस विज्ञप्ति निकालेर होइन।' 'छोरालाई सभासद बनाउन र पछि मन्त्री बनाउन बिष्ट आफैँ कमल थापाको घर धाउँथे,' राप्रपा नेपालका एक शीर्ष नेताले भने,' अहिले अनेकौ कुरा गरेर अरुको बहकाउमा लागेर पार्टी फुटाउने कसरतमा लागिपरेका छन्।'
    सेटोपाटीसँग कुराकानी गर्दै श्रेष्ठले भने,‘सरकारबाट बाहिरिनु पर्छ भनेर विष्टजीले भन्नुभएको छ। त्यो उहाँको निजी विचार हो, पार्टी सरकारबाट बाहिरिदैन। यसले पार्टीको निर्णयलाई केही असर गर्दैन।’
    परराष्ट्रमन्त्री थापाका प्रेस सल्लाहकार समेत रहेका श्रेष्ठले सस्तो लोकप्रियता कमाउनका लागि विष्टले यस्तो अभिव्यक्ति दिएको वताए।
    श्रेष्ठले आफ्ना छोरालाई सांसद बनाउन र सरकारमा मन्त्री बनाउन अहोरात्र खट्ने व्यक्तिले यस्ता खालका गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिन नहुने  पनि वताए। श्रेष्ठले पार्टीको सिद्धान्त, मूल्य र मान्यताविपरित गएर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति नदिन विष्टलाई आग्रह गरे।
    उनले भने–‘पार्टीभित्रका सवै नेता तथा कार्यकर्ता अनुशासनमा बस्नु पर्छ त्यसो हुन नसके कारबाहीको भागेदार हुनुपर्छ।’
    विष्टले जनाएको असन्तुष्टिका विषयमा वीरगंजमा सुरु राप्रपा नेपालको केन्द्रीय समितिको बैठकमा आजबाट छलफल नै सुरु भएको छ। वीरगंजमा सुरु केन्द्रीय समितिको बैठकमा बिष्ट सहभागी भएका छैनन्। विष्टले पार्टी छाडेर लोकेन्द्रबहादुर चन्दसँग सहकार्य गर्ने मनसाय बनाएका छन्।
    ]]>
    10247 0 0 0
    वैशाखदेखि नेपालमै मोटरसाइकल उत्पादन हुने http://localhost/ghum/%e0%a4%b5%e0%a5%88%e0%a4%b6%e0%a4%be%e0%a4%96%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a5%88-%e0%a4%ae%e0%a5%8b%e0%a4%9f%e0%a4%b0%e0%a4%b8%e0%a4%be/ Thu, 31 Mar 2016 09:26:32 +0000 http://www.ghumphir.com.np/?p=10250 १८ चैत, काठमाडौं ।

    वैशाख पहिलो सातादेखि नेपालमै बजाजको एसेम्बल्ड प्लान्टबाट मोटरसाइकल उत्पादन हुने भएको छ । गोल्छा अर्गनाइजेशनले नवलपरासीको रामग्राममा स्थापना गरेको प्लान्टबाट मोटरसाइकल उत्पादन हुनेछन् । यो प्लान्टबाट १ सय २५ सीसीका बजाज डिस्कभर, प्लाटिना र १ सय ५० सीसीको पल्सर मोटरसाइकल उत्पादन हुनेछन् । बजाजका मोटरसाइकल नेपालमा सबैभन्दा बढी विक्री हुने भएकोले यहीँ प्लान्ट राख्‍न प्रस्ताव गरेको थियो । motoer cycleसमूहका सदस्यका अनुसार प्लान्ट निमार्ण सकिइसकेको र पहिलो साताबाट उत्पादन थालेर बजारमा विक्री शुभारम्भ गरिनेछ । प्लान्टबाट वार्षिक १८ हजार मोटरसाइकल उत्पादनको लक्ष्य राखेको छ । ती सदस्यका अनुसार नेपालमै एसेम्बल्ड भएपनि बजार मूल्यमा खासै ठूलो अन्तर हुँदैन ।

    'नेपालमै एसेम्बल्ड भएपनि बजार भाउमा कुनै फरक हुनेछैन, ती सदस्यले भने, 'भारतबाट आएकै मूल्यमा बिक्री हुनेछ ।' बजाजले नवलपरासीमा स्थापना गरेको प्लान्ट अत्याधुनिक छ । गोल्छा समूहले एसेम्बल्ड प्लान्ट हुँदै मोटरसाइकल उत्पादनसम्मको लक्ष्य राखेको छ । यो प्लान्टमा आवश्यक पर्ने महाप्रवन्धक, उत्पादन प्रवन्धक, मानव संशाधन प्रवन्धक र अदक्ष गरेर झन्डै ६७ जना कर्मचारी छन् । प्लान्टमा आवश्यक पर्ने एसेम्ब्ली अपरेशन एन्ड क्वालिटी इन्स्पेक्टर ३, एसेम्बल्ली अपरेटर ४०, लजिस्टिक अफिसर १ र  १९ जना अदक्ष कामदार छन् । कम्पनीको अधिकृत पुँजी २५ करोड रुपैयाँ रहेको छ । नेपालमा स्थापना भएको मोटरसाइकलको दोस्रो एसेम्बल्ड प्लान्ट हो । यसअघि चिनियाँ कम्पनी अन्ना लिफानले नेपालमा एसेम्बल्ड प्लान्ट स्थापना गरेको थियो, जुन अहिले बन्द भइसकेको छ । गोल्छा समूहको सवारी साधन एसेम्बल्ड गर्ने दोस्रो प्लान्ट हो । विराटनगरमा रहेको पहिलो प्लान्टबाट मुस्ताङ गाडी उत्पादन हुने गरेको थियो । बजार नपाएपछि मुस्ताङको प्लान्ट बन्द भएको छ । बजाजका पल्सर, एभेन्जर डिस्कभर, प्लाटिना लगायतका मोटरसाइकल बिक्री हुँदै आएका छन् । एसेम्बल्ड प्लान्ट स्थापनाका लागि अरु कम्पनीले समेत इच्छा जनाइरहेका छन् । एसेम्बल्ड उद्योगका लागि अन्तशुल्क, विद्युत लगायतका सहुलियत मागेका छन् । सहुलियत पाएमा अरु कम्पनीका उद्योग समेत आउने उद्योगीहरु बताउँछन् । टाटाले समेत नेपालमा प्लान्ट स्थापनाको लागि केही वर्षअघि प्रस्ताव गरेको थियो ।

    ]]>
    10250 0 0 0
    पर्यटक होइन, यात्रु हुँ :विजय कुमार http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%b9%e0%a5%8b%e0%a4%87%e0%a4%a8-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%81-%e0%a4%b9%e0%a5%81%e0%a4%81-%e0%a4%b5%e0%a4%bf/ Thu, 31 Mar 2016 09:34:41 +0000 http://www.ghumphir.com.np/?p=10253 bijayakuram

    विजय कुमार

    तीन दिन भयो, यो लोभलाग्दो बस्तीमा छु।

    हुन त कुनै न कुनै प्रकारको सौन्दर्य नभा’को ठाउँ हुन्न, मान्छे पनि हुन्न।  गहरिएर हेरेँ, हर कोही आभायुक्त छ। गोरीको सुन्दरता आफ्नै छ भने, कालीको रौनक पनि कम हुन्न।

    तर, भुगोल सुन्दर भयो भन्दैमा बस्ती पनि सौन्दर्ययुक्त हुन्छ नै भन्ने ग्यारेन्टी गर्न सकिन्न। भुगोल बनाउँछ प्रकृतिले, बस्ती बसाउँछ मान्छेले।

    मान्छेलाई पर राख्ने हो भने जीवन ‘पोस्टकार्ड’ हुन्छ। हेर्दा सुन्दर। तर बेजान। रसायनिक मल हालेर फुलाइएका ठूल्लठूला राता राता गोलभेडा जस्तो।

    हेर्दा राता, खाँदा फुस्सा। स्वादमा कुनै तिख्खरता न’भाका।

    भ्रमण त मैले धेरै गरेँ, टेलिभिजन पत्रकार भएपछि। तर अधिकांश भ्रमण अपूर्ण रहे।  केही छुटेजस्तो, केही नपुगेजस्तो।

    तर, के छुट्यो? केचाहिँ पुगेन? ठ्याक्कै भन्न नसकिने।

    अरूका विषयमा ‘ठोकेरै ठोकुवा’ बत्याउन माहिर छौं हामी, आफ्ना कुरा भन्दाचाहिँ अलमलिन्छौं। आफ्नो कुरा भन्दा  हामी किन यति अलमलिन्छौं होला?

    शंकर लामिछानेले उत्तर दिएका छन्:

    ‘हामीले जीवनभरि के भन्न चाहेका हौ– हो, त्यही कुरा पहिल्याउन सक्दैनौं, किनभने भन्ने कुरा पहिल्याउँदा पहिल्याउँदै जीवन समाप्त भइसकेको हुन्छ।’

    ***

    पत्रकार भएर यात्रा गर्दा हामी निश्चित उद्देश्य लिएर हिँडेका हुन्छौं। आफ्नो त्यो प्रोजेक्टले हामीलाई यसरी छोप्छ - न इलाम पुग्दा चियाबगानको सुगन्ध महशुस गर्न पाइन्छ, न त अन्नपूर्ण क्षेत्र उक्लँदा हिमालको  ताजा हावा।  बर्दिया, खप्तड र शुक्लाफाँट पटक पटक पुगेर पनि हाम्रो मष्तिष्कमा कुनै तस्वीर नै बन्न पाउँदैन।

    मष्तिष्कमा तस्वीर बन्दैन, किनभने-त्यहाँ पुग्दा हाम्रो ध्याउन्न, दृश्यमा होइन, क्यामेरामा त्यो ‘कैद’ भयो कि भएन? भन्ने चिन्तामा ब्यग्र रहन्छ।

    तस्वीरलाई क्यामेरामा ‘कैद’ गर्ने चिन्ताका कारण म जीवनमा धेरै दृश्यहरू हेर्न बन्चित भएको छु।

    तर यो बस्तीमा आउँदा कुनै चिन्ता साथ ल्या’को छुइनँ। कुनै प्रोफेसनल क्यामेरापर्सन साथ छैनन्। टेलिभिजनमा कसैलाई देखाउन केही खिच्नुपर्ने छैन। न कुनै पत्रिकाको निम्ति रिपोर्टिङ गर्नुछ।

    कसैलाई देखाउन केही खिच्न नपर्ने भएपछि, मान्छेका आँखा धैरै फराकिला हुँदा रहेछन्। मान्छेको एक ठूलो समस्या के छ भने–ऊ आफैंले हेर्न नजानिकन, अरूलाई देखाउन खोज्छ। विचारको न्यूनतम स्वतन्त्रता हासिल नगरिकनै, वाक प्रकाशन स्वतन्त्रताको नाङलो ठटाउन खोज्छ। बिचरा मान्छे!

    खैर जेसुकै होस्, यहाँ आएपछि मलाई त्यो सबैसँग कुनै मतलब हुन छाडेको छ।

    कुनै खास विषयमा सरोकार नहुने बित्तिकै मानिसका आँखा फराकिला हुने रहेछन्; त्यो सब देखिन थाल्छ जो पहिला देखिएको थिएन.......’

    अंग्रेजी भाषामा भएका दुई शब्द - टुरिष्ट (पर्यटक) र ट्राभलर (यात्रु)  बीचको फरक बल्ल चाल पाउँदै छु, यहाँ आएपछि।

    पर्यटक र यात्रु; एकै होइनन् भन्ने बोधको बिउ पनि यही बस्ती आउने उकालोमा भेटिएकी एउटी गोरीले रोपी। ढाँडमा ब्यागप्याग बोकेकी, गोरी भनेर फुस्रो सेती पनि होइन। मुहारको नाक नक्सा सामान्य भए पनि, व्यक्तित्वमा अनौठो आकर्षण खोपिएको।

    मैले कुराकानीको बिर्को खोले - ‘तिमी पर्यटक हौ?’

    ‘होइन। म यात्रु हुँ।’

    ‘पर्यटक भन्नु र यात्रु भन्नु एकै होइन र?’

    ‘होइन।’

    ‘फरक के हुन्छ यी दुईमा?’

    ‘पर्यटकले त्यति मात्र देख्छ, जे हेर्न ऊ आएको हो। तर यात्रुले त्यो सब देख्छ, जे उसका अगाडि छ। पर्यटक पुरा योजना साथ हिँडछ। जस्तै, यो नाम गरेको सहरमा यो दिन पुग्ने। यहाँ बस्ने। यो हेर्ने। यो खाने। यो किन्ने। यस्ता खालेसँग बोल्ने। त्यस्तासँग नबोल्ने........आदि इत्यादि। पर्यटकका  सबै क्रिया र प्रतिक्रिया पूर्वअनुमान लगाउन सकिन्छ, किनभने पर्यटक यान्त्रिक हुन्छ।’

    ‘अनि यात्रु नि?’

     ‘यात्रु हमेशा–ओपन (खुल्ला) रहन्छ, परिस्थितिप्रति। उसका ‘लाइक्स’ र ‘डिस्लाइक्स’ का रंगहरू  गाढा हुँदैनन्। आफ्ना अगाडि आउने घटनालाई यात्रुले-रेसपोन्ड गर्छ। ‘रिएक्ट’ गर्दैन। परिस्थितिको तकाजा अनुसार स्वस्फूर्त ढंगले व्यवहार गर्छ।’

    ‘यसको अर्थ यात्रु अराजक हुन्छ?’

    ‘मैले कहिले त्यसो भने?’ भन्दै गोरीले झर्केको नजरले मलाई यस्तरी हेरी मानौं कुनै पटमुर्खलाई हेर्दैछे। अचानक, आफ्नो पाइलाको गति बढाई।

    मैले बुझिहालें, कुराकानीमा ब्रेक लगाउन चाहन्छे। एकै छिनमा मभन्दा धेरै अगाडि पुगी।

    केहि बेरपछि देखिन पनि छाडी।

    ***

    आँखाबाट ओझल भए पनि मेरो मनमा ऊ यथावत रही।

    नरहोस् पनि कसरी? मानिस आँखाले मात्र होइन, मनले पनि संसार देख्छ। आँखालेभन्दा पनि मनले बढी देख्छ क्यारे।

    मनले देखेको मान्छे, आँखाबाट ओझेल हुँदैमा हराउँदैन। उकालोमा भेटिएकी गोरी नजरबाट ओझेल भई तर मनबाट हराइन। पर्यटक र यात्रुबारे त्यत्रो  इसारा गरेर  गई, मलाई खल्बलाएर गई, अनि हराउँथी कसरी!

    म सोच्न थाले‌ं- आफ्नो जीवन मैले पर्यटक भएर बिताएँ या यात्रु?

    कतै, चलनचल्तीका  सुरक्षित मार्गमा टहलिँदा टहलिँदै मेरो जीवन त सकिएन? अथवा थोरै हिँडिएका केही जोखिमी गोरेटा पनि मैले छिछोले‌ं?

    अपवाद बाहेक, मान्छे बडो बाठो हुन्छ। ऊ चिची पनि पापा पनि एकै पटक चाहन्छ। नयाँ ठाउँ हेर्न चाहन्छ। तर, यात्राको जोखिम उठाउन सक्दैन।

    घरबाट निस्की हाले पनि ‘टुरिस्ट’ शैली रोज्छ। ‘ट्राभलर’ को होइन।

    ***

    उकालोमा भेटिएकी गोरीले मलाई सोच्न बाध्य तुल्याएकीचाहिँ पक्कै हो। तर म धेरै सोचेर आफ्नो टाउको भारी तुल्याउन पनि चाहन्नँ। जीवनमा मैले गरेका गल्तीमध्ये एक– ‘धेरै सोच्नु’ पनि हो।

    गर्ने थोरै, सोच्ने धेरै।

    अर्थहीन र अनुत्पादक सोचाइले गुजुल्टिएको मानिस भएर मैले जीवनका धेरै भाग बिताएँ। यस पटक, त्यो घनचक्करबाट बच्न चाहन्छु। टाउको दुखाइबाट बच्ने उपायका निम्ति, म केही लेख्न चाहन्छु।

    सोच्नुको साटो म ‘पोखिएँ’ भने टाउको हलुका हुनेरहेछ। यो फर्मुला मैले थाहा पाएको धेरै भएको छैन। मेरा लागि ‘पोखिनु’ भनेको ‘अभिव्यक्त’ हुनु हो। फरक-फरक मान्छे; अलग-अलग माध्यमबाट अभिव्यक्त हुन सक्छन्।

    मेरो माध्यम लेखन हो।

    कसैका निम्ति गायन होला, चित्रकला होला, अभिनय होला। कसैका लागि खेतीबारी र बगैंचाको हेरचार गर्नू, खाना पकाउनु होला, अफिसको काम गर्नुहोला अथवा अन्य कुनै कर्म........ अभिव्यक्तिको माध्यम हुनसक्छ।

    मानवीय संवेदनाको अभिव्यक्ति  (Expression of  human emotions)  एक  रोमान्चक र जटिल क्षेत्र हो।  म त्यो क्षेत्र भित्र पस्न चाहन्छु।

    कसरी?

    मेरो योजना नसोध्नुस्। किनभने मसँग कुनै योजना छैन।

    तपाईँले कहिले एउटा सानो बालख, ठूलो बगैंचामा पुतली समात्न दौडेको देख्नुभएको छ?

    हो, म त्यस्तै बालख पाराले दौडिन चाहन्छु; निशंकोच, निर्भय र निर्योजना  साथ अक्षरहरू कुदाउन चाहन्छु।

    राजनीति बाहेकका विषयमा पनि पोखिन चाहन्छु म। नेपाली मिडियामा ‘हेडलाइन’ नबन्ने खालका शब्दचित्र कोर्न चाहन्छु।

    मलाई अनुभव छ, यस्तो लेखन अलि मुश्किल हुन्छ। तर, मलाई यो पनि थाहा छ; धेरै जसो लेखन, जो पाठकका निम्ति सलल बग्छ; त्यसको लेखन प्रकृया स्रष्टा का निम्ति वेदनाकारी पनि हुन सक्छ। सृजनको प्रसव वेदना।

    हो, यो बेग्लै कुरा हो कि - स्रष्टाको त्यो वेदनाले अक्षरमा आकार लिइसकेपछि पाठकलाई सरस, सरल र सलल महशुस हुनसक्छ; त्यो बेग्लै कुरा हो । परिणाम सरल, प्रकृया जटिल।

    जटिलता छ, र पो रोमान्च।

    गाँठाहरू छन्, र पो त फुकाउनको मज्जा!

    ***

    यो बस्तीमा गुरूङ धेरै छन्। मलाई जनजातीसँग सजिलो लाग्छ। सानो छँदा त उनीहरू अलि ‘डेन्जर टाइप’ लाग्थे। तर पछिल्ला वर्षहरूमा जब म गुम्बा जान थाले‌, चिनजान उठबस बढ्यो। सजिला लाग्न थाले।

    जुन कुरा नि त्यस्तै हो।

    जनजाति मात्र होइन, जोसँग पनि त्यस्तै हो, चिनेपछि सजिलो। जानेपछि झन सजिलो। ‘चिन्नु’ भन्दा ‘जान्नु’ गहिरो विधा हो।

    म जहाँ बसेको छु, २० वर्ष पुरानो ‘गुरूङ होटेल’ हो। यसलाई ‘बनाइएको होटेल’ भन्दा ‘सजाइएको होटेल’ भन्नु सही हुन्छ। परिश्रम र प्रेम मिसाएर गुरूङ दम्पत्तिले सजाएका छन्, यो अतिथि गृह।

    अरु पनि धेरै रमणीय होटेल छन् यो बस्तीमा। अचम्मको कुरो – बस्तीको जुन होटेलमा बसे पनि बस्ने, खाने रेट चाही उही। मेनु पनि एउटै। बस्तीमा आएका पाहुनालाई आफ्नो होटेलमा ल्याउन कोही तानातान गर्दैनन्।

    पैसा कसलाई चाहिदैन र? तैपनि आएका पाहुनालाई यो बस्तीमा कसैले जबजस्ती तानेर आफ्नोमा जान कर गर्दैनन्; राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल होइन यो बस्ती।

    ***

    मेरो सामान बोकेर ल्याउने भरियाको नाम अशोक हो। उसैले मलाई यो बस्तीमा पाहुनालाई तानातान नगरिने सामाजिक संस्कारबारे बताएको हो।

    भरिया शब्द त्यति राम्रो सुनिदैन। राजधानीमा चंखेभाइको पाँच तारे एनजिओमा त यो शब्द उच्चारण गर्नै हुन्न। ‘पोर्टर’ अथवा ‘भारवाहक’ भन्नुपर्छ । चंखेभाइ मैले जीवनमा भेटेका बिचित्रमध्ये पर्छन्। राजधानीमा ठूलै एनजिओ चलाउँछन्।

    माओवादी विद्रोहताका उनी द्वन्द्व विज्ञ थिए। लोकतन्त्र स्थापना भएपछि संविधानविद् भए। हाल सडक कुकुर अधिकार रक्षा गर्ने संस्था खोलेका छन्।

    एक पटक दरबार मार्गको  ‘घर-ए- कबाब’मा महङ्गो डिनर खाएर फर्कदै गर्दा, सडक कुकुरहरूको झुण्डले चंखेभाइमाथि घातक आक्रमण गर्‍यो। चंखेभाइलाई भुक्दै, टोक्दै, लछारपछार गर्दै आफ्नो नाममा थप ठगी नगर्न  झुण्डले चेतावनी पनि दियो रे भन्ने हल्ला सहरमा धैरै दिन चल्यो।

    ***

    मलाई लाग्छ,  हामी सबै भरिया हौ।

    कुनै न कुनै किसिमको बोझले थिचिएका। आफ्ना कथा र व्यथाको बोझ बोक्दै आ-आफ्ना पाइला सार्दै गरेका भरियाहरू।

    उकालोमा भेटिएकी गोरी फन्केर अगाडि गएको केहीबेरपछि एउटा चौतारो आयो। त्यहाँ सुस्ताउँदै अशोकले आफ्नो ब्यथा सुनायो:

    ‘पोखरामा कुल्ली काम गर्थेँ। दुई वर्ष भो, एक दिन साँझ श्रीमती डेरा फर्किन। धेरै खोजेँ। फेला पारिनँ। दुई स-सना छोरा निकै रोए।  महिना दिन पछि खबर आयो, ऊ त कुवैत पुगेकी रहिछ।

    त्यसपछि म गाउँ फर्की आएँ। यो ट्रेकिङ रूटमा पाएको भारी बोक्छु। मलाई सहरको नामै सुन्न मन लाग्दैन। सहर नगा’को भए, मेरी श्रीमती कुवेत जाने थिइन। अब कहिलै सहर जान्नँ।’

    ‘उताबाट पैसा त पठाउँछ होला नि घरमा!’

    ‘काँ पठाउनु सर! सुको दिन्ने’, भावुक भयो अशोक।

    केही छिनमा होटेल पुगियो। दर्द भरिएको कहानीको ह्ययाङओभरमा मैले अशोकलाई  निर्धारित ज्यालाभन्दा सय रूपैयाँ थपेर दिएँ।

    रूपैयाँ हातमा पर्ने बित्तिकै, अशोकका खुट्टा खरायोका भए; कुद्‌दै नजिकको भट्टी छिर्‍यो।

    क्षणभर अघि भावुक बनेका अशोकका आँखामा अब बदमासीका भाव देखिए।

    ***

    ‘विजय दाइलाई के गफ दियो त्यो अशोकेले? स्वास्नी भागी भन्यो कि बिरामी छे भन्यो? दस वर्षअघि मरेका बुबाको किरिया गर्न पैसा पुगेन भन्यो कि बच्चाको स्कुल फिस? यो गाउँमा उसलाई सबैले राजेश हमाल भनेर बोलाउँछन्। अभिनय गर्न खप्पिस भएकोले,’ स्थानीय शिक्षिका अन्जुले हाँस्दै सोधिन्।

    अन्जुको हाँसोले बताउँथ्यो कि अशोकको कहानीमा ठूलै भ्वाङ छ कतै।

    ‘कुरो वास्तवमा के हो त अन्जु?’ मैले  अशोकलाई थपेको ज्याला सम्झेँ।

    ‘त्यो मोरो एक नम्बरको ट्वाँके हो। जति कमाउँछ, ट्वाँकमै बगाउँछ। आफ्नो मात्र होइन श्रीमतीको कमाइ समेत त्यसैमा मिल्काउँथ्यो। यहाँ बसेर घरखर्च धान्नै नसक्ने भएपछि, सन्तानको भविष्यका लागि श्रीमती कुवेत गएकी हो। एक्लै होइन, आफ्नै साख्खै बहिनीसँग गएकी हो उता।

    सालमा एक पटक घर आउँछे। सबै कमाई उडाउँछ भनेर पोइलाई नदिकी होली। सहरमा मात्र होइन, आजभोलि त गाउँघरमा पनि अशोके जस्ता कथा हाल्ने छ्यालब्याल छन्। जमाना अर्कै छ विजय दाइ।’

    अन्जुको मुखबाट ‘जमाना अर्कै छ’ भन्ने ‍सुनेर म झस्केँ।

    केही थेगो यस्ता हुन्छन्, जो हरेक पुस्ताले प्रयोग गर्छ। हर पुस्ताले यसरी भट्टाउँछ मानौ विश्वमा प्रथम पटक उद्‌घोष गरिँदैछ।

    बिर्सन्छ, ऊभन्दा अघिल्लो पुस्ताले पनि, कुनै दिन, त्यो थेगो त्यसरी नै घोषणा गरेको थियो जसरी ऊ आज गर्दै छ – ‘जमाना अर्कै छ।’

    ***

    यो जमाना मात्र होइन, हर जमाना ‘अर्कै’ हुन्छ।

    त्यसैले त हर दिनको अखबार फरक हुन्छ।

    तर गहिरिएर हेरे थाहा पाइन्छ– हर जमाना अर्कै भएता पनि  हर जमाना उस्तै पनि हुन्छ।

    हेडलाइन फेरिन्छन्, समाचार उही रहन्छ।

    कलाकार बदलिन्छन्, स्क्रिप्ट पुरानै। ‘पेन्टिङ’ नयाँ तर ‘पेन्ट’ पुरानै। आन्दोलन र क्रान्तिको नाम नयाँ, चलाउने इन्धनको श्रोत पुरानै।

    भारी धेरै पाइएको बेला अशोक र राजन टिम मिलाएर भारी बोक्छन्। राजन धेरै बोल्दैन् तर उसका अनुभव रोचक छन्। भरियाको रूपमा राजनले  भोगेको सबैभन्दा दुःखलाग्दो अनुभव माओवादी विद्रोह कालमा भोग्यो। माओवादीले उसलाई दुई सातासम्म सित्तैमा भारी बोकाए। एक पैसा दिएनन रे।

    ‘के बोकाए?’

    ‘पेन्टका बट्टाहरू। रातो रंग भरिएका टिनका बट्टा।’

     ‘के गर्थे रंगले तिनीहरू?’

    ‘नारा लेख्थे भित्तामा।’

    ‘कस्ता नारा?’

    ‘जनयुद्वमा भाग लेउ। नेपालबाट गरिबी र साम्राज्यवादी बिस्तारबादी भगाऔं।’

    ‘गरिबी भाग्यो त?’

    ‘गरिबी त कुन्नी, गरिबचाहिँ भागे। कोही अरबतिर, कोही भारततिर भारी बोक्न भागे।’

    ‘अनी भारतीय विस्तारवादको के भयो त ?’

    ‘यतातिर भारतको  टुरिष्ट आउँदैन सर । उनीहरूको बिस्तरा कस्तो हुन्छ थाहा छैन। हामीले बोक्ने त कुइरेको बिस्तरा मात्रै हो। कुइरेको बिस्तरालाई स्लिपिङ ब्याग भन्छन्। कुइरेको बिस्तरा हलुका नै हुन्छ।’

    ‘कुइरेचाहिँ कस्ता हुन्छन् नि राजन?’

    ‘छाला सबैको सेतो भए पनि बानी चाही फरक फरक... कोही दिलदार, कोही त सारै लोभी। कोहीचाहिँ निक्कै नै पात्तिएका हुन्छन् .... गोरा गोरीका जोडी। बाटोभरि एक अर्कालाई सुम्सुमाउँदै, चुस्दै हिँड्ने ... शरम छाडाहरू ... अनि कोहीचाहिँ केटा भएर केटै चाहिने खालका मुर्दारहरू... छि!... अस्ति, एउटो खुइले बुढो मलाइ समात्न खोज्दै थियो साला। हजार रूपैयाँ दिन्छु भन्थ्यो।’

    ‘के जवाफ दिनु भो तपैले?’

    ‘छि! त्यस्तो काम पनि गर्ने? बरू गोरी पाए सित्तैमा भनिदिएँ।’

    ‘कसरी भन्नु भो? तपैंलाई अंग्रेजी आउँछ र?’

    ‘त्यस्ता कुरा भन्न पनि भाषा जान्नुपर्छ र सर? इसारा गरे पुग्छ। जिउमाथि जिउ राखेर चलाउने त हो नि।’

    सुर्तीले पहेँलिएका दाँत देखाउँदै भद्दा हाँस्यो राजन।

    ***

    ठन्डी  ठाउँमा तातो पानीले नुहाएपछि मन चंगा भो।

    मान्छेको मन भन्ने पनि अचम्मै। संसारको पहिलो आश्चर्य संसार आफैं हो, दोस्रो आश्चर्य मान्छेको मन हो। कहिले पर्वत जस्तो भारी, कहिले सिमलको भुवासरि हलुङो हुन्छ। बडा बहुरूपिया छ, यो मोरो मन।

    शरीर र मनबीचको आपसी समबन्ध रहस्यमय छ। शरीर हलुका भएपछि मन हलुङ्गो हुन्छ कि, मन हलुका भएपछि शरीर? रोग मानिसको शरीरमा बढी छ कि मनमा? यसै भन्न सक्दिनँ म।

    ‘मन’ भन्ने बितिकै डा.भगवान कोइराला याद आउँछन्। उनले बताउनुअघि म सोच्थें, मुटु र मन भनेको एकै कुरा हो। सबैले झै मैले पनि कसैको मन, मुटुमा बस्ने गीतहरू बच्चैदेखि गुनगुनाएको थिएँ।

    म सोच्थेँ; मेरो मन, मेरो मुटु भित्रै बस्छ। होइन रहेछ।

    मान्छेको मुटुभित्र उसको मन बस्दैन भन्ने तब थाह पाइयो जब एक दिन भगवान कोइरालाले भने:

    ‘अपरेसन थिएटरमा मैले हजारौं मुटु चिरेर हेरेको छु विजयजी; मुटुभित्र त्यस्तो केही छैन। मेडिकल साइन्सको हिसाबबाट त भावनाको केन्द्र मष्तिष्क हो, मुटु होइन। जसलाई मानिसहरू मन भन्छन्, त्यसको काम खास अर्थमा मष्तिष्कले गरेको हुन्छ।’

     ***

    गुरूङ होटेलको डाइनिङ कोठामा पसें। साधारण फर्निचर तर चिट्टिक्क सजाइएको।

    कोठा होस् या जीवन; जान्नेले थोरै खर्चमा पनि सजाउन सक्छन्। ढंग नपुर्‍याउनेको कोठामा जतिसुकै महङ्गो सामान कोचिएको किन नहोस्; सजावटको ऊर्जा महशुस हुँदैन।

    भित्तामा प्रथम सगरमाथा आरोही एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको फोटो झुण्डाइएको थियो, पातलो बाँसको फ्रेमले घेरेर। ब्ल्याक एण्ड ह्वाइट।

    हिलारीलाई म सगरमाथाको प्रथम आरोहीका रूपमा मात्र सम्झन्नँ। म टेलिभिजन स्क्रिनमा पसेको केही महिना नबित्दै, उनको अन्तरवार्ता गर्ने मौका पाएँ।

    मेरो सम्झनामा उनको तस्वीर किर्तिमानी आरोहीको होइन, एक भावुक र संवेदनशिल पति र पिताको छ।

    ‘त्यो अभागी दिन......त्रिभुवन विमानस्थलबाट उडेको केही क्षणमा एउटा पिलाटस पोर्टर विमान मेरै आँखा अगाडि  दुर्घटनाग्रस्त भयो। त्यो विमानमा मेरी पत्नी र छोरी पनि थिइन्। सामाजिक सेवाको काममा फाप्लु जान चाहन्थे उनीहरू ... म  सी अफ गर्न एयर्पोर्ट गएको थिएँ ....म त्यो अभागी हुँ जस्को पत्नी र छोरी उसकैं आँखा अगाडि........’

    बोल्दा बोल्दै भावुक भएका महाप्रतापी सर एडमण्ड हिलारीका आँशुलाई मैले आफ्नो सम्झनाको  भित्री खोपामा बडा जतनसाथ राखेको छु।

    त्यो खोपा खोल्दा यस्तो लाग्छ; मानौं कुनै विशाल कठोर चट्टानले आफैंलाई निचोरेर–दुई थोपा आँशुमा आफ्नो सारांश प्रकट गरेको होस्।

    हिलारी बसेको त्यो खोपाभित्र चियाउँदा, निदा फाजलीका लोभलाग्दा शब्द याद आउँछन्। उर्दुबाट भावार्थ (शब्दार्थ होइन) अनुवाद गर्ने कोशिश गरेको छु।

    ‘कभी किसीको मुकम्मल जहाँ नहीं मिलता

    कहीं ज़मीं तो कहीं आसमाँ नहीं मिलता’

    (कसैको भाग्यमा पनि

     पूरा दुनियाँ लेखिएको हुन्न!

    कतै  टेक्ने  धरती पाइन्न

     कतै आकास हुन्न!)

    ***

    काठमाडौंमा हिलारी भेटेको तीन दशकपछि, गुरुङ होटेलको डाइनिङ कोठामा झुन्डाइएको उनको तस्वीर मलाई हेर्दै मुस्कुराइरहेको थियो।

    हिलारीको मुस्कान, परिभाषित गर्न नसकिने खालको ,मोनालिसा पेन्टिङको मुस्कान सरह लाग्यो। भित्ताबाट आएको मुस्कानलाई मैले आफ्नो सम्झनाको खोपामा लुकाएको उनका आँशुसँग भिडाएर हेरेँ।

    भिडाएर हेर्दा, रहस्यको गहराइ झन बढ्यो।

    आइन्सटाइनले रहस्यको गाँठो फुकाइदिए - ‘हामीले अनुभव गर्न सक्ने  संसारको सबैभन्दा सुन्दर कुरा रहस्यमय छ। रहस्यको;  यो भावना नै – सबै प्रकारका कला र विज्ञानको स्रोत हो। त्यो मानिस; जो रहस्यका भावनाहरूसँग अपरिचित छ, जो एक छिन रोकिएर रहस्यका प्रति छक्क पर्न सक्दैन, त्यस्तो मानिस मरेतुल्य हो। उसका आँखा खुलेर पनि बन्द छन्।’

    यी महान वैज्ञानिकको भनाइ सम्झेपछि, सन्तोषको लामो सास तानेँ। कमसे कम म अझै पूरै मरेको त रहेनछु। हर दिन नभए पनि, यदाकदा एक छिन रोकिएर,  सृष्टिको रहस्य देखेर थोरबहुत छक्क त म अझै पर्दै छु।

    हर पल नभए पनि कहिलेकाहीँ त जिवितै रहेछु म।

    ***

    अचानक पल भरमा; आफ्नै बारे, कुनै ठूलो आविष्कार गरे झैं भो मलाई।

    त्यो ‘पल’ लाई शब्दमा ठ्याक्कै बयान गर्न सक्दिनँ....... औंशीको रातमाथि कालो सिरक भएर फैलिएका बादललाई चिरेर, अचानक बिजुली कड्कियो। क्षणभरका निम्ति सबै थोक उज्यालियो।

    हो, त्यो क्षणभरको उज्यालोमा मैलै आफूलाई प्रष्टै देखे।

    म ‘पर्यटक’ मात्र भएर सन्तुष्ट हुने खालको मानिस होइन रहेछु।

    मेरो मूल स्वभाव ‘यात्रु’ रहेछ।

    तर आफ्नो मूल स्वभाव अनुरूपको जीवन बाँच्ने मौका हामीमध्ये सबैले कहाँ पाउछौ र? मौका पाइहाले पनि त्यसमा हामफाल्ने साहस हामीमा कहाँ हुन्छ र!

    हुन त मौका नआएका थिएनन्, मैले  हाम फाल्ने साहस गर्न सकिनँ। कुनै न कुनै प्रकारको मौका हर कोहीको जीवनमा आउँछ। सवाल मौकाको मात्र होइन, प्रश्न हाम फाल्ने वा नफाल्ने निर्णयको पनि हो।

    फेरि हाम्रो जस्तो सामजिक र पारिवारिक संरचनामा हामी आफू एक्लोका निम्ति मात्र कहाँ जिउँछौ र? हामी पारिवारिक सामूहिकताका निम्ति पनि त बाँच्छौं।

    ‘हाम फाल्ने साहस’ भनेको नितान्त निजी चुनाव हो। ‘सामूहिकता’ मा त्यसको कार्यान्वयन गर्न सजिलो कहाँ हुन्छ र! हुनत, साहसको  कुनै सर्वमान्य परिभाषा हुनै सक्दैन। कहिलेकाहीँ - हाम ‘नफाल्नु’ पनि साहसको प्रतीक हुन सक्छ।

    मैले भनिहाले, यसको एकलकाँटे परिभाषा हुन सक्दैन। परिस्थितिजन्य परिभाषा पनि हुन्छ। हर मान्छेले आफ्नो निम्ति साहसको परिभाषा आफैं खोज्नुपर्छ।

    ***

    एडमन्ड हिलारीले टेलिभिजन अन्तर्वार्तामा मलाई यो पनि भन्थे, ‘हर मानिसको जीवनमा कुनै न कुनै प्रकारको एभरेष्ट हुन्छ। त्यसलाई चढ्नेकोशिश गर्नुपर्छ। जीवनको सार्थकता आरोहरणको सफलतामा होइन;कोशिश गर्नुमा छ।’

    यही कुरा त बीपी कोइरालाले पनि भने। यही कुरा त मनमोहन अधिकारीले पनि भने। यही कुरा त गीतामा श्रीकृष्णले भनेका भनेका छन्– ‘कर्म मुख्य हो, कर्म प्राथमिक हो। परिणाम होइन। फेरि परिणाम त तिम्रो हातमा कहाँ छ र? परिणाम ममाथि छाडिदेऊ। तिमी कर्म गर। त्योभन्दा बेसीको चिन्ता नगर।’

    यी भिन्न भिन्न मानिसहरुले फरक फरक युगमा अलग अलग भाषामा एकै कुरा भने–‘जीवनको सार्थकता वा व्यर्थता; त्यसका उपलब्धि वा अनुपलब्धिमा होइन, प्रयत्नको गुणवेत्तामा निहित रहन्छ।’

    अलग अलग भाषामा एकै कुरा भनिरहँदा यी भिन्न भिन्न मानिसले एक अर्कालाई नक्कल गरेर त्यसो भनेका होइनन्।

    सत्य आफ्नो शिखरमा पुग्दा, दृश्य हमेशा एकै हुन्छ।

    सगरमाथाको टुप्पोमा पुग्ने कयौं मार्ग छन्, एक होइन ‘रूट’ अनेक छन्। तर शिखरमा पुगेपछिचाहिँ – दृश्य एउटै देखिन्छ। जुन रूटबाट चढे पनि, शिखरमा पुगेपछि; दृश्य एउटै देखिन्छ।  सत्यको शिखर पनि त्यस्तै हो।

    शिखरमा त यात्रु मात्र पुग्छन्, टुरिष्टका निम्ति होइन शिखर।

    टुरिष्ट, टाढाबाट शिखर हेर्न सक्छ। त्यसको फोटो खिच्न सक्छ। शिखरका गुणदोष बारे समिक्षा गर्न सक्छ तर, त्यहाँ पुग्न भने सक्दैन। प्रतिभा नभएर होइन। प्रतिभा नभएको कोही पनि हुन्न।

    कुनै न कुनै प्रकारको प्रतिभा हरेक मानिसमा छ। एरिका जोङको सुन्दर कथन छ, जो  ‘खुसी’ मा उल्लेख गरेको पनि छु:

    ‘प्रतिभा सबैसँग हुन्छ। तर त्यो प्रतिभाले डोराएर लैजाने डरलाग्दा ठाउँहरूमा जाने साहस बिरलै मानिसमा हुन्छ।’

    मानिस प्रतिभा नभएर प्रतिभाहिन भएको होइन। प्रतिभाले ‘हिँड, सँगै जाउँ’ भन्दा जाने आँट नभएर मात्र त्यस्तो देखिएको हो।

    ***

    डाइनिङ कोठाको ढोका खुल्यो। एक छिन त पत्याइनँ, फेरि नियालेँ– उही रहिछ।  उकालोमा भेटिएकी गोरी मेरो अगाडि खडा थिई।

    ऊबाट फेरि एक पटक ‘रिजेक्ट’ हुन चाहन्नथे म। मलाई प्राप्तिमा खासै लोभ छैन तर ‘रिजेक्सन’ ज्यादै पीडादायक लाग्छ। त्यसैले मुन्टो अन्तै घुमाएँ; फेल हुनुभन्दा परीक्षा नै नदिने भावले।

    तर गोरी सरासर मेरो टेबुलतिर आई। कुर्सी तानी र मेरै छेउमा बसी, सोध्दै नसोधी।

    ‘मेरो नाम छिरिङ हो’

    ‘छिरिङ?!’ मैले छक्क पर्दै सोधेँ।

    ‘हो छिरिङ। बुआ शेर्पा र आमा फ्रेन्च। उतै बस्छु।’

     ‘के गर्छन् उनीहरू?’

    ‘गर्छन होइन गर्थे। बुआ हिमाल चढ्न जानेहरूको भारी बोक्थे। आमा चित्रकार थिइनँ।’

    ‘नाम के थियो आमाको?’

    ‘नामको तौल अनुसार मानिसलाई जोख्ने तिमीजस्ता मानिस उनको नामको बोझले किचिन सक्छन्। त्यसैले नसोधेकै जाती।’

    ‘अनि तिमी?’

    ‘म यात्री हुँ।’

     ‘कता पुग्न हिँडेकी?’

    ‘कतै पुग्ने लक्ष्य लिएर हिँडेकै होइन। यात्रा भनेकै आफ्नो हृदयको त्यो ठाउँ पत्ता लगाउनु हो जहाँ आजसम्म पुगिएको छैन।’

    ‘अलि बुझिएन छिरिङ!’

    ‘समय लाग्छ बुझ्नलाई। वाइ द वे तिम्रो काम के हो?’, पहिलो पटक उसले ममा रूची राखी।

    ‘धेरै वर्ष पत्रकारिता गरेँ।’

    ‘मलाई शंका त लाग्याथ्यो।’

    ‘कसरी?’

    ‘तिमी एउटा प्रश्नको उत्तर नै नबुझी अर्को प्रश्न गर्छौ, त्यसैले। टुरिष्ट पनि त्यस्तै हुन्छन्; एउटा सहर राम्ररी नहेरी अर्कोमा उडिहाल्ने। टुरिष्टको दराज नपढिएका किताबले भरिएको हुन्छ।’

    ‘तिमीले गरेको व्यंग्य म बुझ्दै छु छिरिङ।’

    ‘व्यंग्य नभन, मैले त्यो आसयले भनेकी होइन। तिम्रो मुहारमा कहिलेकाहीँ एउटा बालख झल्किन्छ। त्यो बालखसँग झुठ बोल्न मन लागेन। तिम्रो नाम के हो?’

    ‘विजय’

     ‘कहाँसम्म हिँडेको?’

    ‘अन्नपूर्ण बेसक्याम्प।’

    ‘लाग्छ यो तिम्रो पहिलो पद यात्रा हो विजय।’

    ‘कसरी थाह पायौ?’

    ‘तिम्रो हिँडाइले’

    ‘कस्तो छ मेरो हिँडाइ?

    ‘लामो दूरीको यात्रु जस्तो छैन। कहिले, आफ्नो शरीरको क्षमताभन्दा धेरै छिटो हिँड्न खोज्छौ अनि कहिले चाहिनेभन्दा धेरै थकाइ मार्छौ।’

    ‘म यात्री नभएर पर्यटक खाले हुँला नि छिरिङ।’

    ‘पर्यटक हुनुमा खराबी केही छैन। आ-आफ्नो चुनाव हो। तिमीलाई त्यसैमा सन्तुष्टी छ भने पर्यटन मै रमाउ विजय।’

    ‘पहिला जे भो, सो भो तर, अब मलाई लाग्दैन कि म टुरिष्ट भएर मात्र रमाउन सकौंला। छिपछिपे पानीमा छप्लाङ-छुप्लुङ गरेर मलाई नपुग्ने रहेछ। म गहिरो पानीमा पौडिन चाहन्छु।’

    ‘त्यसो भए गहिरो पानीमा हाम फाल।’

    ‘मेरो समस्याको जरा त्यहीँ छ छिरिङ। किनाराको छिपछिपे पानीमा छप्लाङछुप्लुङ गरेर मलाई अब नपुग्ने भो। गहिरो पानीमा पस्ने साहस छैन। एकातिर इच्छाको चुलबुले घोचाइ र अर्कोतिर  साहसको अभाव; यी दुई बीचको सकस मा झुन्डिएको छु।’

    ***

    ‘के तिमी साँच्चीकै यात्री हुन चाहन्छौ? वा त्यो तिम्रो रहर मात्र हो? रहर र इच्छाशक्ति एकै कुरा होइनन्। पहिला फैसला गर तिमी वास्तवमा के चाहन्छौ?’

    ‘फैसला गर्न त्यति सजिलो छ र? मान्छे आफू के चाहन्छ त्यो फैसला गर्न सजिलो छैन।’

    ‘म तिमीलाई जीवनभरि काम लाग्ने एउटा सजिलो उपाय सिकाउँछु। मलाई मेरी आमाले सिकाएकी थिइन्।’

    ‘कस्तो उपाय?’

    ‘खल्तीबाट एउटा सिक्का निकाल विजय। निरपेक्ष भावले हावामा फालेर टस गर यानेकि  हेड एण्ड टेल गर। जब सिक्का धरतीमा खस्न अघि हावामै तैरिरहेको हुन्छ, त्यसै बेला तिम्रो मनबाट चाहना आउनेछ – सिक्का यसरी पल्टी दिए हुन्थ्यो। यसको पक्षमा पल्टिदिए हुन्थ्यो। हो, जब सिक्का हावामा पौडिदै हुन्छ, त्यो बखत मनबाट जुन आवाज आउँछ, त्यही आवाजले फैसला गरिदिन्छ – कोही वास्तवमा के चाहन्छ।’

    ‘त्यत्रो फैसला सिक्काको भरमा कसरी गरौं छिरिङ?’

    ‘फैसला सिक्काले गर्ने हो र विजय! निर्णय गर्छ, तिम्रो हृदयको भित्रबाट आउने आवाजले। जब सिक्का हावामा हुन्छ, धरतीमा खसेकै हुन्न; हो, त्यसैबेला तिम्रो मनमा जुन पक्षको जीत होस् भन्ने चाहना हुन्छ – फैसला गर्छ त्यसले।’

    ‘ठीक छ छिरिङ! तिमी मेरो निम्ति एउटा सिक्का फाल।’

    ‘यो संसारमा सबैले आफ्नो सिक्का आफैं फाल्नुपर्छ, आफ्नो भाग्य आफैं बनाउने वा बिगार्ने हो। सिक्का, तिमी आफैं फाल विजय।’

    ***

    मेरो पर्समा एउटा पुरानो सिक्का थियो।

    मैले ‘हेड’ पल्टिए पर्यटक र टेल पल्टे यात्रु भएर जीवन बिताउने चयन गरे।

    पर्यटक हुनु र यात्रु हुनु; दुबैमा आफ्नै आकर्षण छ, दुबै थरिका निश्चित गुण दोष छन्। के पल्टिदिए हुन्थ्यो भन्ने निर्णय मैले गर्न सकिरहेको थिइनँ। मन कहिले एउटामा अनि एकै छिनपछि अर्कोमा सर्दै थियो।

    मैले निरपेक्ष भावले सिक्का हावामा फालेँ। तर, जब सिक्का, हावामा तैरिदै थियो अचानक चमत्कार भयो।

    जब सिक्का भुइँमा खस्न थाल्यो; एउटा ठुलो आवाज आयो– ‘टेल पल्टिदिए हुन्थ्यो ! हेड नपल्टे हुन्थ्यो!  टेल पल्टिदिए हुन्थ्यो!’

    आवाज कताबाट आयो भनेर मैले चारै तिर हेरेँ। छिरिङ बाहेक कोही थिएन। मैले वरिपरि फेरि एक पटक आवाज निकाल्ने मान्छेलाई खोजेँ। त्यहाँ चरो मुसो कोहि थिएन।

    छिरिङले मुस्कुराउँदै भनी:

    ‘आवाज, बाहिर कतैबाट होइन; तिम्रै मनको सबैभन्दा गहिरो ठाउँबाट आएको हो विजय! अबदेखि कुनै विषयमा दोमन भए, सिक्का फाल्नु। सिक्का जब हावामा तैरिदै हुन्छ, तिमीलाई थाह हुनेछ, तिमी वास्तवमा के चाहन्छौं भनेर।’

    ***

    सिक्का भुँइमा खस्यो। टेल पल्टेको रहेछ।

    मैले मुस्कुराउँदै छिरिङतिर हेरेँ - ‘अब के?’

    ‘बाटो छानिसकेपछि के को अलमल विजय?’

    ‘थ्याङ्क यु छिरिङ, मलाई बाटो देखाइदिएकोमा।’

    ‘बाटो कसैले देखाएको होइन। सिक्काले देखाएको पनि होइन। तिमीले आफ्नो मनको बन्द ढोका खोलेका मात्र हौ। तिमी नै भन अब के गर्छौ?’

    ‘यात्रु  हुने कोशिश गर्छु’

    ‘अनि?’

    ‘अनि के नि? यात्राका दौरान भेटिएका मान्छेका कथा बुन्छु।’

     ‘स्तम्भको कुनै नाम सोच्यौ विजय?’

     ‘दिशानिर्देश प्लस’

    vijayko@gmail.com

    facebook.com/vijaykumarpanday.official

    @vijaykumarko

    साभार सेताेपाटी

    ]]>
    10253 0 0 0
    न्यूनतम पारिश्रमिक लागू गर्न कठिन हुने :लगानीकर्ता http://localhost/ghum/%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%82%e0%a4%a8%e0%a4%a4%e0%a4%ae-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%82/ Thu, 31 Mar 2016 13:26:04 +0000 http://www.ghumphir.com.np/?p=10258

    काठमाडौँ, १८ चैत । सूचना तथा सञ्चामन्त्री शेरधन राईले हालै वृद्धि गरिएको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि छलफल अघि बढाउनुभएको छ । न्यूनमत पारिश्रमिक वृद्धिका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिसअनुसार पत्रकारको पारिश्रमिक व्यवहारमै कार्यान्वयन गर्ने विषयमा मन्त्री राईले ठूला सञ्चारगृहका लगानीकर्तासँग परामर्श गर्नुभयो । मिडिया सोसाइटीको नेतृत्वमा सञ्चार मन्त्रालयमा आज आयोजित छलफलमा मन्त्री राईले न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसका आधारमा सरोकारवाला सङ्घसंस्था र विज्ञको सुझावका आधारमा न्यूनतम तलव निर्धारण गरिने बताउनुभयो । मन्त्री राईले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन र न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सवालमा सकारात्मक ढङ्गबाट सहयोग गर्नसमेत मिडिया लगानीकर्तासँग आग्रह गर्नुभयो । सोही अवसरमा मिडिया सोसाइटीका प्रतिनिधिले न्यूनतम निर्धारण समितिले सिफारिस गरेको १९ हजार ५०० अहिलेकै अवस्थामा लागू गर्न कठिन हुने बताएका थिए । मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले लगानीकर्ताको सहभागिताबिना न्यूनतम पारिश्रमिक समितिले एकलौटी रूपमा गरेको सिफारिस आफूहरूलाई मान्न नहुने बताउनुभयो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सबै पक्षको छलफलका आधारमा समस्याको समाधान गरिने बताउनुभयो ।

    ]]>
    10258 0 0 0
    सुन्दरपुर र नयाँगाउँमा चितुवा आतङ्क http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%b0-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%9a/ Thu, 31 Mar 2016 13:28:39 +0000 http://www.ghumphir.com.np/?p=10260

    कञ्चनपुर, १८ चैत । कञ्चनपुरको वेदकोट नगरपालिकास्थित सुन्दरपुर र नयाँगाउँ क्षेत्रमा जङ्गली चितुवाले आतङ्क फैलाएको छ ।शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट रातिको समयमा गाउँ बसेर चितुवाले कुखुरा र चौपायालाई खाने गरेका छन् । चितुवा आतङ्कले सुन्दरपुर र नयाँगाउँका बासिन्दा रातिपख त्रसित भएर बस्ने गरेका छन् । हालसम्म जङ्गली चितुवाले १६ कुकुर र सातभन्दा बढी चौपाया खाइसकेको बताइएको छ । सुन्दरपुरस्थित चितुवा प्रभावित क्षेत्रका स्थानीय बासिन्दा चन्द्रकान्त भट्टले आरक्षबाट आएको चितुवाले गाउँमा आतङ्क फैलाएपछि आरक्ष कार्यालयसामु नियन्त्रणका लागि आग्रह गरिएको बताउनुभयो । आरक्ष कार्यालयअन्तर्गतको बन्डिखेडा पोस्टबाट खटिएको आरक्षका सुरक्षाकर्मीको टोलीले चितुवा खोज्ने काम सुरु गरे पनि भेटाउन सकेका छैन ।

    ]]>
    10260 0 0 0
    असिनापानीबाट एक करोडको क्षति http://localhost/ghum/%e0%a4%85%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%8f%e0%a4%95-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%95/ Thu, 31 Mar 2016 13:30:39 +0000 http://www.ghumphir.com.np/?p=10262

    पोखरा, १८ चैत । बुधबार कास्कीमा परेको असिनापानीका कारण सुन्तला खेतीमा रु एक करोडभन्दा बढीको क्षति पुगेको छ । जिल्लाका कृष्तिनाच्ने चौर, निर्मलपोखरी, भरतपोखरी र पुम्दीभुम्दीलगायत स्थानमा सुन्तलाको फूल र चिचिला पूर्णरुपमा झरेको छ । सुन्तला उत्पादक सङ्घका उपाध्यक्ष उमानाथ सुवेदीका अनुसार असिनापानीबाट कृष्तिनाच्ने चौरमा ७० प्रतिशत, निर्मलपोखरीमा ५५, भरतपोखरीमा ४० र पुम्दीभुम्दीमा ३५ प्रतिशत क्षति पुगेको छ । असिनापानीबाट सुन्तलाका साथै तरकारी, मकै, कफी, कागती लगायत खेतीमा समेत क्षति पुगेको छ ।

    ]]>
    10262 0 0 0
    याङ्ग युए फानले खिचेका फोटोको प्रदर्शनी सुरु http://localhost/ghum/%e0%a4%af%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%97-%e0%a4%af%e0%a5%81%e0%a4%8f-%e0%a4%ab%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%96%e0%a4%bf%e0%a4%9a%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%ab%e0%a5%8b/ Thu, 31 Mar 2016 13:46:05 +0000 http://www.ghumphir.com.np/?p=10264

    काठमाडौं। चिनियाँ फोटोग्राफर याङ्ग युए फानले खिचेका फोटोको प्रदर्शनी सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा याङ्गले खिचेका ८० वटा फोटोको प्रदर्शनी सुरु भएको हो। याङ्गले खिचेका संस्कृति, दैनिक जीवनसँग सम्बन्धित फोटोहरुको प्रदर्शनी सुरु भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। कार्यक्रमको उदघाटन चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक यिन खुन सङ्गले उदघाटन गरेका छन्। प्रदर्शनी आइतबारसम्म चल्नेछ । फोटोमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । कार्यक्रममा निर्देशक सङ्गले यस्ता प्रदर्शनीले दुई देशबीचको सम्बन्ध प्रगाढ हुने बताए। यस्तै पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले चीन नेपालका लागि मुख्य पर्यटन बजार भएका कारण चीनमा नेपालको प्रवर्द्धन गर्न यस्ता प्रवर्द्धनात्मक कामहरु अबका दिनहरुमा गरिने बताए।

    ]]>
    10264 0 0 0
    सुजुकीका मोटरसाइकल खरीदमा सय गुणा सम्म छुट पार्इन सक्ने http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%9c%e0%a5%81%e0%a4%95%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%8b%e0%a4%9f%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2-%e0%a4%96%e0%a4%b0%e0%a5%80%e0%a4%a6%e0%a4%ae/ Thu, 31 Mar 2016 13:51:37 +0000 http://www.ghumphir.com.np/?p=10266

    काठमाडौं। सुजुकी मोटरसाइकलको नेपाल स्थित आधिकारिक विक्रेता भिजी अटोमोवाइल्सले नयाँ वर्ष २०७३ को अवसरमा ग्राहकलाई विशेष छुट योजना सार्वजनिक गरेको छ। भिजी अटोमोवाइल्सले सुजुकी २०७३ मा सय गुणा छुट योजना सार्वजनिक गरेको हो। यो योजनाअनुसार ग्राहकले सुजुकीका मोटरसाइकल तथा स्कुटरको खरीदमा एकसय गुणासम्म छुट पाइने कम्पनीले जानकारी दिएको छ। योजनाअनुसार न्युनतम आठहजार रुपैयाँदेखि २०७३ को एकसय गुणा अर्थात दुईलाख सातहजार तीनसय रुपैयाँसम्म छुट पाउनेछन्। कम्पनीकाअनुसार ग्राहकले स्क्राच कार्डमार्फत छुट पाउनेछन्। यो योजना नेपालभर लागु हुने पनि कम्पनीले जानकारी दिएको छ।

    ]]>
    10266 0 0 0
    चिट खोसेको भन्दै प्रहरीमाथि ढुङ्गा प्रहार http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%9f-%e0%a4%96%e0%a5%8b%e0%a4%b8%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%ae/ Thu, 31 Mar 2016 13:57:56 +0000 http://www.ghumphir.com.np/?p=10269 १८ चैत,जाजरकोट

    प्रवेशिका परीक्षामा कडाइ गरेको जनाई पैंक परीक्षा केन्द्रमा स्थानीय बासिन्दाले ढुङ्गा हान्दा एक प्रहरी घाइते भएका छन् ।अङ्ग्रेजी विषयको परीक्षामा जनता उमावि पैंक केन्द्रमा प्रवेश गर्दा विद्यार्थीलाई कडाइ गरेर चिट खोसेको आरोपमा भएको ढुङ्गा प्रहारबाट प्रहरी जवान अमर नेपालीको दाँत झरेको जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले बताए। नेपालीलाई पैंक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेर थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। चिट चोराउँदै गर्दा छ निरीक्षक पक्राउ परेका छन्। जिल्लाका १९ परीक्षा केन्द्रमा बिरामी भएर परीक्षा दिन नसक्ने विद्यार्थीलाई परीक्षा केन्द्रभित्र उपचार गरिएको छ। स्वास्थ्यकर्मीले आज बाह्रभन्दा बढी विद्यार्थीको उपचार गरेका छन्। उपचार गरिएका विद्यार्थी परीक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यालयले बताएको छ। महिनावारी भएका छात्रालाई प्याडको व्यवस्थासमेत गरिएको छ।

    ]]>
    10269 0 0 0
    भारत र युरोपियन युनियनले आन्तरिक मामिलामा देखाएको चासोप्रति नेपालकाे आपत्ति http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4-%e0%a4%b0-%e0%a4%af%e0%a5%81%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8-%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a4%b2%e0%a5%87/ Thu, 31 Mar 2016 14:03:58 +0000 http://www.ghumphir.com.np/?p=10271

    १८ चैत, काठमाडौं ।

    भारत र युरोपियन युनियन (ईयू) ले सार्वभौम मुलुकको आन्तरिक मामिलामा देखाएको चासोप्रति नेपालले कूटनीतिक आपत्ति जनाएको छ । अर्काको मुलुक भित्रको आन्तरिक विषयलाई लिएर अनावश्यक वक्तव्य जारी नगर्न भन्दै परराष्ट्र मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 31032016125532EU_India_Summit-1000x0ब्रसेल्समा सम्पन्न भारत–ईयू सम्मलेनपछि जारी संयुक्त वक्तव्यमा नेपालको संविधानलाई अपूर्ण भन्दै समयसीमा भित्र रही संविधानका विवादित विषय मिलाउनु पर्ने उल्लेख गरेपछि नेपाल सरकारले त्यस्तो कूटतीनिक जवाफ गरेको हो ।

    नेपालले यसअघि भारत र बेलायतको संयुक्त वक्तव्यको विषयमा समेत यस्तै सन्देश दिएको भए पनि भारतले आफ्नो अन्तराष्ट्रिय अभियान नछोडेकोमा गम्भीर बन्दै भनेको छ, ‘यसबाट नेपाली जनताको भावनामा चोट मात्र पुगेको छैन । अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको मर्म समेत उलंघन भएको छ ।’ सरकारले नेपाली जनताको सार्वभौम र प्रजातान्त्रिक अधिकारको सम्मान गर्न र नेपालका सम्बन्धमा नचाहिँदो विज्ञप्ति जारी नगर्न भारत र इयूको ध्यानाकर्षण समेत गरेको छ । भारत र इयूको यो बक्तब्यमा नेपालले पूर्ण असहमति जनाउदै परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती नै जारी गरेर भनेको छ, ‘संयुक्त वक्तव्यमा नेपाल सम्बन्धी समावेश भएका कुराबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ नेपालले प्रजातान्त्रिक तरिकाले संविधानसभाबाट संविधान जारी गरेको र यसले नेपाली जनताको भावनालाई समेटेको उल्लेख गर्दै सरकारले संविधान बनाउने काम नेपालको नितान्त आन्तरिक मामिला भएको जनाएको छ । नेपालीहरू संविधानका विषयहरू सल्टाउन आफैं सक्षम रहेकोले यसमा अनावश्यक चियोचर्चो नगर्न समेत आग्रह गरेको छ । छिमेकी भारतले नेपालको संविधानले सबै समस्या सम्वोधन नभएको भन्दै थालेका अन्तराष्ट्रिय अभियान कायम रहेकोमा पनि नेपालले यस्तो आपत्ति जनाएको हो । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि छिमेकीको यस्तो अभियान नहुने अड्कल गरिए पनि अहिले इर्यूसँग भएको संयुक्त बक्तब्यमा यो विषय पर्नुले भारतसँगको समवन्ध विश्वसनियतामा नै शंका गर्नुपर्ने अवस्था आएको अधिकारीहरु बताउँछन् । भारतले दुईपक्षीय रुपमा एउटा कुरा गर्ने र बाहिर आफ्नै प्रकारको लविङ गर्दै हिड्ने कार्यले सम्वन्धमा जटिलता ल्याउको ती अधिकारीहरु बताउँछन् ।

    ]]>
    10271 0 0 0
    बैशाखदेखि कडा आन्दोलन गर्ने: राजेन्द्र महतो http://localhost/ghum/%e0%a4%ac%e0%a5%88%e0%a4%b6%e0%a4%be%e0%a4%96%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%95%e0%a4%a1%e0%a4%be-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8-%e0%a4%97%e0%a4%b0/ Thu, 31 Mar 2016 14:13:00 +0000 http://www.ghumphir.com.np/?p=10274 १८ चैत,मोरङ ।

    सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैशाखदेखि गरम प्रकृतिको आन्दोलन हुने बताएका छन् । ‘अब नरम प्रकृतिको आन्दोलनलाई सरकारले सुनेन,’ पार्टीको तीनदिने विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महतोले भने, ‘अहिले न बन्द छ न हड्ताल छ, न त नाकाबन्दी नै, यो सहज अवस्थालाई सरकारले उपयोग गरेन त्यसैले बैशाखदेखि गरम प्रकृतिको आन्दोलन हुन्छ ।’ mahoto गरम प्रकृतिको आन्दोलन गर्ने भएपनि अब नाकाबन्दी भने नगर्ने उनले स्पष्ट पारे ।‘अब नाकाबन्दी शाकाबन्दी गर्नुभन्दा अगाडि एकहजार पटक सोच्नुपर्छ,' महतोले भने, ‘काठमाडौंमा चिया खाएर नाकाबन्द हुँदैन् जुन कुरा मोर्चाको नाकाबन्दीमा देखियो ।’

    उनले सरकारलाई दबाब दिन गरिएको नाकाबन्दीको दबाब सरकारलाई नपुगी जनता नै पीडित भएकाले नाकाबन्दी गर्नुको अर्थ नरहेको बताए । आन्दोलनको क्रममा गरिएको नाकाबन्दी ‘ताला लागल वा फाटक खुलल बा’ अर्थात ताल्चा लागेको तर ढोका खुलेकै जस्तो भएकाले सरकारलाई दबाब पुगन नसकेको महतोले बताए ।  बैशाखदेखि हुने आन्दोलनको स्वरुप मोर्चाको बैठकले निर्धारण गर्ने तथा सरकार र सिंहदरवारलाई अत्यधिक दबाब दिने खालको आन्दोलन हुने महतोले स्पष्ट पारे ।

    प्रधानमन्त्री केपी शर्माओली सित आफ्नो कुनै व्यक्तिगत रिसिइवी नरहेको महतोले स्पष्ट पारे । उनले भने, ‘केपी ओलीसित मेरो कुनै व्यक्तिगत झगडा छैन्, उनी नरम रुपमा कुरा गर्दा हामी नरम हुन्छौ उनी अनापसनाप र गरम कुरा गर्दा हामी उनीभन्दा बढी गरम हुन्छौं ।’ मधेसको हरेक कुरालाई भारतसित जोडेर हेर्ने प्रवृत्ति त्याग गर्नुपर्ने महतोले बताए । ‘मधेसको जुनसुकै कुरालाई भारतीसित जोड्ने, मधेसीलाई भारतीय देख्ने प्रवृत्ति अन्त हुनुपर्छ,' उनले भने, ‘मधेसीलाई भारतीय भन्न थालियो भने नेपाली को हो त ?’

    भारत नेपालको असल छिमेकी भएको बताउँदै महतोले नेपालमा भएका अधिकार प्राप्तिको हरेक आन्दोलनमा भारत नेपाली जनताको साथमा उभिएको र मधेस आन्दोलनका क्रममा पनि त्यही भएको बताए । ‘भारतबाट जबजब स्वतन्त्रताको लडाई भयो नेपाली जनताले साथ दिए, नेपालमा जबजब अधिकार प्राप्तिको आन्दोलन हुन्छ भारत नेपाली जनतासित उभिन्छ,’ महतोले भने, ‘मधेस आन्दोलनमा हिजो पनि भारतीय जनताले सहयोग गरे भोलि पनि सहयोग गर्छ ।’

    पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता सन्तोष मेहताले सोमबारदेखि बुधबारसम्म चलेको तीनदिने राष्ट्रिय कार्यसमितीको बैठकको निर्णय सुनाएका थिए । सद्भावना बैठकले मधेसी मोर्चाद्वारा अगाडि सारिएको ११ बुँदे माग तत्काल सम्बोधन हुनुपर्ने, आन्दोलनको अवधिमा लगाइएका मुद्धा फिर्ता लिनुपर्ने, पक्राउ परेकालाई रिहा गर्नुपर्ने, आन्दोलनमा दमन गर्ने उपर कारवाही र पीडितलाई न्याय तथा क्षतिपूर्तिका लागि उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्नुपर्ने माग गर्ने निर्णय गरेको छ ।

    यस्तै आमहड्तालको अवधिको राजश्व छुट, कर मिनाहा, ब्याज छुट, विलम्व शुल्क छुट गर्नुपर्ने माग समेत बैठकले गरेको छ । यसैगरी वर्षायाम सुरु भइसक्दा पनि सरकारले भूकम्प पीडतलाई राहत दिन नसक्नु लज्जास्पद कार्य भएको भन्दै तत्काल राहत प्रदान गर्न बैठकले माग गरेको छ ।

    यसैगरि तराईका जिल्लाका अग्नी पीडतलाई पनि राहत प्रदान गर्न माग गरेको छ ।

    यस्तै सद्भावनाले पार्टीको छैठो महाधिवेशन ०७३ साल चैतमा गर्ने निर्णय गरेको छ । आगामी असोजसम्म सक्रिय सदस्यता वितरण गर्ने, कार्तिक र मंसिरमा गाउँ अधिवेशन, पुसमा क्षेत्रीय र माघमा जिल्ला अधिवेशन गर्दे चैतमा केन्द्रीय अधिवेशन गर्ने निर्णय गरेको छ ।

    पार्टीको लेवी प्रणालीलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । मासिक रुपमा क्षेत्रीय सदस्यले ५०, जिल्ला सदस्यले एक सय, केन्द्रीय सदस्यले २ सय र केन्द्रीय पदाधिकारीले ५ सय रुपैयाँ लेवी बुझाउनुपर्ने निर्णय बैठकले गरेको महासचिव मनिष सुमनले जानकारी दिए ।

     ]]>
    10274 0 0 0
    माहुते महिलाको कथा http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%b9%e0%a5%81%e0%a4%a4%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%a5%e0%a4%be/ Thu, 31 Mar 2016 14:23:33 +0000 http://www.ghumphir.com.np/?p=10278 भिमकाय हात्तीको गोठालो लाग्नु चानेचुने काम होइन । जो कोहीले हिम्मतै गर्दैनन् । ठूलो आँट चाहिन्छ यसका लागि । यहीँ आँटिलो काम गर्नेहरूको समूहमा दुई महिला छन्– चितवन पदमपुरकी मीना महतो र कुमरोज नयाँ बस्तीकी मीना चौधरी । सामान्य लेखपढ गर्न जान्ने उनीहरूले ०६८ साल मंसिरमा लोकसेवाबाट महिला माहुतेमा नाम निकालेका हुन् ।

    चितवन निकुञ्जको सौराहास्थित हात्तीसारमा काम गर्ने दुवैजना बिहानै कार्यथलो आउँछन् । त्यहीँ राखिएको कार्यलय पोसाक पहिरिन्छन्, हरियो पाइन्ट र सर्ट पोसाक । अनि जुट्छन् हात्ती स्याहार्न । जुट्छन । दुवैको काम बिहान उठेर घाँस काट्ने, दाना बाँड्ने र जंगलमा हात्ती चराउन लैजाने हो । ‘सुरुमा केही थाहा थिएन, परिवारको सल्लाहमा लोकसेवाको परीक्षा दिई माहुतेमा नाम निकालेर काम सुरु गरें,’ ३८ वर्षीया मीना महतोले भनिन्, ‘पहिला त हात्तीले हान्यो, कति लडियो पनि ।’ उनी हात्ती हेर्ने काम सामान्य नभएको बताउँछिन् ।  उनी ७५ वर्षको ‘सुन्दरमाला’ हात्तीको हेरचाह गर्छिन् ।

    ३५ वर्षीया चौधरीले पहिला उमाकली हात्ती हेर्थिन् । अहिले ‘लक्ष्मण’ को रेखदेख गर्छिन् । हात्तीबाट लडेर सामान्य घाइते त कति भए कति रु यो जोडीसँग कुनै हिसाब छैन यसको । ‘सामान्य काम भए त जल्ले नि गथ्र्यो होला,’ मीना चौधरी भन्छिन्, ‘सुरुमा त गारो भएको थियो, अहिले हात्ती हेर्न सक्ने भएका छौं ।’

    हात्तीसारमा दुवैले ७ पुरुष माहुतेको भीडमा आफ्नो साहस देखाएका छन् । अवसर पाए महिलाले पनि साहसको काम गर्न सक्छन् भन्ने प्रशंसाको पात्र २ मीना बनेका छन् । ‘चौबीसै घन्टा काममा खटिन्छौं,’ महतोले भनिन्, ‘छुट्टी नै पाइँदैन, पहिला काममा डराउने हामी अहिले ढुक्कसँग पाएको जिम्मेवारी निर्वाह गर्न सक्ने भएका छौं ।’ पुरुष धेरै भएको ठाउँमा काम गर्न चुनौती छ ।  उनीहरूको गुनासो बिदा नमिल्ने छ ।

    ‘महिनावारी हुँदासमेत छुट्टी मिल्दैन, अरू दिन त बिदाको के कुरा गर्नु,’ मीना महतोले भेटमा भनिन्, ‘यस्तो काम गर्दा झन् कष्ट हुन्छ, महिलाको समस्या कसले बुझ्ने रु शुक्रबाररशनिबार भन्न पाइँदैन ।’ चुनौतीपूर्ण काम रोजेका यो जोडीको पारिश्रमिक सञ्चय कोष काटेर मासिक १२ हजार हुन्छ । सामान्य परिवारका दुवैले यही खर्चले परिवार चलाएका छन् । मीना चौधरीकी सौता पनि छन् । उनी कान्छी हुन् । मीना महतोका भने श्रीमान् छैनन् । महतोले छोरालाई बछौली उमाविमा पढाइरहेकी छन् ।

    घरको पीडा भुलेर हात्ती हेर्ने काम गर्दा पनि सहानुभूति दिने कोही छैनन् । मीना चौधरीको डेढ वर्षकी छोरी छन् । कहिलेकाहीं छोरीले गर्दा काममा समयमा आउन सक्दिनन् । ढिलो पुग्दा नराम्रो वचन सुन्नुपरेको तितो अनुभव छ उनीसँग । महिला माहुते उनीहरू मात्र हुन् । पुरुष माहुतेको दबदबा छ । सुरुमा त यिनीहरूलाई पुरुष माहुतेले सघाउँथे । अहिले फेरिएका छन् । सघाए पनि रूखो वचन लगाउँछन् । सक्छौ भने भाले हात्ती हेरेर माहुते बन भन्दै पुरुष माहुतेहरू चुनौती दिन्छन् ।

    ‘निराशा धेरै भए पनि हिम्मत हारिसकेका छैनौं, त्यो काम पनि कुनै दिन गर्न सकिएला,’ दुवै मीनाले भने । पुरुषको भीडमा काम गर्ने वातावरण नभएको गुनासो दुवैले गरे । ‘२ जना मात्र महिला माहुते छौं,’ चौधरीले भनिन्, ‘केटाहरूले सधैं हेपेर कुरा गर्ने गर्छन्, नराम्रा शब्दसमेत बोल्छन्, सुनेर पनि नसुनेझैं गरेर हिंड्नुपर्ने बाध्यता छ ।’ उनी थप्छिन्, ‘राम्रो पढ्न सकिएन, सधैं नराम्रो वचन मात्र सुन्नुपर्छ । कहिलेकाहीं त छाड्दिम्जस्तो लाग्छ, तर मन मान्दैन, आफैं नाम निकालेर जागिर खाएकाले किन डराउने जस्तो लाग्छ ।’

    कहिलेकाहीं कार्यक्रम हुँदा आउने अतिथिले भने उनीहरूको प्रशंसा गर्छन् । तर, सँगै काम गर्नेहरूले रुचाउंँदैनन् । राम्रो काम गरे पनि स्याबासी दिंदैनन् । उल्टै उडाउने, गिज्याउने गर्छन् ।  उनीहरूको गुनसो छ– तर पीडा पोख्ने ठाउँ छैन । ‘कति कष्ट सहेका छौं, हामीलाई मात्र थाहा छ,’ महतोले पीडा पोखिन्, ‘पुरुषको भीडमा कसरी काम गरेका छन् भनेर सोध्ने कोही निस्केनन् ।’

    धेरैको बुझाइ महिलाले केही गर्न सक्दैनन् भन्ने नै छ । त्यही बुझाइले गर्दा अहिले २ मीनालाई समस्या भएको छ । ‘पहिला गर्व लाग्थ्यो आफ्नो पेसादेखि,’ महतो भन्छिन्, ‘अहिले पीडा सुनाउनुपर्दा दुस्ख लाग्छ ।’ धेरै पत्रपत्रिकाले समाचार लेखे । केही संस्थाले उनीहरूको साहसीपनको कदर गर्दै सम्मान पनि गरे । तर, उनीहरू मनको व्यथा भने मनमै रहेको छ । महिला अधिकारकर्मी पनि उनीहरूबारे बेखबर छन् ।

    पुराना पुरुष माहुते पनि छन् । ‘कति बाज्ने, जस्तो आमा दिदीबैनी हामी पनि त्यस्तै हो भन्दा सबैलाई दिदी बैनी बनाएर हुन्छ भन्दै उल्टै गाली गर्छन्,’ महतोले भनिन्, ‘लोकसेवामा मौखिक परीक्षा पास गरेर आएका हामी पीडा सहेर काम गर्नुपर्ने बाध्यता छ ।’ अरू त अरू, हात्तीसारका शाखा अधिकृत बुधन चौधरी आफैं उनीहरूलाई हप्कीदप्की गर्छन् ।

    पंक्तिकारले कुराकानी सकेर महिला माहुतेले हेरचाह गर्दै आएको हात्तीसँग तस्बिर खिच्ने क्रममा बुधनले मुख छाडे । ‘यिनले हात्ती हेर्न सक्दैनन्, पत्रिकामा ठूलो फोटो छापेर केही हुँदैन,’ उनले भने, ‘पुरुष माहुतेले हेर्ने हात्ती यिनीहरूले पनि हेर्न सक्नुपर्‍यो नि ।’ उनले उनीहरूले गरेको राम्रो कामको अलिकति पनि प्रशंसा गर्न सकेनन् । दुवैको बारेमा एकोहोरो नराम्रो कुरा मात्र सुनाइरहे । उनले कट्किँदै भने, ‘सरुवा गर्न पनि सकिएन ।’ यो सुनेर दुवै मीना निराश बने ।

    आडैमा थिए पुरुष माहुते । उनीहरूले त्यसै जागिर खाएको भन्दै निराश पार्ने काम गरे । ‘उनीहरूलाई इन्करेज गर्नेभन्दा डिस्करेज गर्ने धेरै छन्,’ वरिष्ठ पशु चिकित्सक डा। कमल गैरेले भने, ‘उनीहरूले साहसी काम गरेका छन्, कामको प्रशंसा गर्न सकिए अझै राम्रो गर्न सक्छन् ।’

    धेरै पुरुष भएको ठाउँमा थोरै महिला हुँदा यस्ता समस्या बढी देखा पर्ने गरेको उनले बताए । उनका अनुसार महिला माहुतेको संख्या बढाउन सकिए यस्ता समस्या कम हुँदै जानेछन् । दुवै मीनासँगै लोकसेवाबाट कोसी टप्पु र पर्सा वन्यजन्तु आरक्षमा एकरएकजना महिलाले माहुतेमा नाम निकालेका थिए ।साभार कान्तिपुर

    ]]>
    10278 0 0 0
    फ्लाइओभर भत्किँदा १० को मृत्यु, १५० बढी पुरिएको आशंका http://localhost/ghum/%e0%a4%ab%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%93%e0%a4%ad%e0%a4%b0-%e0%a4%ad%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a5%a7%e0%a5%a6-%e0%a4%95%e0%a5%8b-%e0%a4%ae/ Thu, 31 Mar 2016 14:31:05 +0000 http://www.ghumphir.com.np/?p=10281 १८ चैत, काठमाडौं ।भारतको कोलकता सहरमा बन्दै गरेरको फ्लाइओभर भत्किँदा १० जनाको मृत्यु भएको छ भने सयौं मान्छे त्यस मुनी पुरिएका छन् ।प्रहरीका अनुसार कोलकातकै सबैभन्दा लामो मानिएको हावडा र गिरिस पार्क जोड्न बन्दै गएको फ्लाइओभर एक्कासी भत्किएको हो । उक्त फ्लाइओभर भत्किएर तल गुडीरहेका गाडी तथा यात्रुहरुलाई पुरेको स्थानिय मिडियाहरूले बताएका छन् ।

    अग्नीनियन्त्रक तथा सर्वसाधारणहरू मिलेर उद्धारको काम गरिरहेका छन् ।

     ]]>
    10281 0 0 0
    सेयर भर्न डिम्याट खाता खोल्न अनिवार्य http://localhost/ghum/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ad%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a1%e0%a4%bf%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%9f-%e0%a4%96%e0%a4%be%e0%a4%a4%e0%a4%be-%e0%a4%96%e0%a5%8b/ Thu, 31 Mar 2016 14:39:43 +0000 http://www.ghumphir.com.np/?p=10285 १८ चैत, काठमाडौं ।

    नेपाल धितोपत्र बोर्डले आज बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले असार मसान्तसम्म पचहत्तरै जिल्लामा डिम्याट (हितग्राही) खाता खोल्ने निक्षेप सदस्यको सेवा पुग्ने जानकारी गराएको जनाएको छ ।

    यसका साथै अहिले ५५ जिल्लामा यो सेवा पुगिसकेको पनि स्पष्ट पारिएको छ । अहिले नेपालको शेयर बजारमा कारोबार हुने सबै शेयर अभौतिक (कागजी प्रमाण पत्र नहुने) भएकाले सेयर कारोबार गर्न डिम्याट खाता अनिबार्य भएको छ ।

    १६ अंकको नम्बर हुने यस्तो खाता खोल्ने निक्षेप सदस्यता लिएको कम्पनीको कार्यालयमा गएर निश्चित प्रकारको फर्म भरी एक सय पचास रुपैयाँ बुझाएर प्रक्रिया पुरा गर्नुपर्नेछ ।

    साउन १ गतेदेखि उपत्यकामा र माघ १ गतेदेखि अन्य जिल्लाहरुमा साधारण शेयर (आईपीओ) मा लगानी गर्न पनि डिम्याट खाता अनिबार्य भएपछि धितोपत्र बोर्डले यस्तो सूचना जारी गरेको हो ।

    ]]>
    10285 0 0 0
    ऋत्विकले उजुरी गरेपछि कंगनालाई हाजिर हुन प्रहरीको आदेश http://localhost/ghum/%e0%a4%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%89%e0%a4%9c%e0%a5%81%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%95%e0%a4%82/ Thu, 31 Mar 2016 14:46:44 +0000 http://www.ghumphir.com.np/?p=10288 10288 0 0 0 फूलको प्रदर्शनी सुरु (फोटो फिचर) http://localhost/ghum/%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a5%80-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81-%e0%a4%ab%e0%a5%8b%e0%a4%9f/ Thu, 31 Mar 2016 16:23:11 +0000 http://www.ghumphir.com.np/?p=10292

    काठमाडौँ, १८ चैत । उन्नाइसौँ पुष्प प्रदर्शनी व्यापार मेला काठमाडौँको भृकुटीमण्डपमा  सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने सो मेलाको कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले उद्घाटन गर्नुभयो । मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी कम्पोस्ट मल, फूलका गानो, बीउबिजन, कृषि औजार, उपकरण सुक्ष्म तथा थोपा सिँचाइ प्रविधि र विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहेका छन् । फ्लोरीकल्चर एसोसीएसन (फ्यान) नेपालको आयोजना र कृषि विकास मन्त्रालयको सहयोगमा सञ्चालित सो मेलामा ६४ कक्ष रहेका छन् । सम्मेलनमा रु ६६ लाखको कारोबार तथा ५५ हजार व्यक्तिले अवलोकन गर्ने अनुमान छ । गत वर्ष आयोजित १८औँ पुष्प मेलामा रु ६० लाखको कारोबार तथा ५० हजार व्यक्तिले अवलोकन गरेका थिए । यस वर्षको मेलामा १० विधाको प्रतियोगिता सञ्चालन गरिएको छ । उत्कृष्ट मौसमी फूल, आलंकारिक, फुल्ने, ल्यान्डस्केप, (जरवेरा) कट फ्लावर(कार्नेसन) कट फ्लावर (ग्लाडुओलसमा)का सर्वोत्कृष्ट नर्सरी सञ्चालकलाई आज पुरस्कृत गरिएको छ । पुरस्कृत हुने नर्सरीमा क्रमशः अजिमा, सिर्जना, सम्झना, एसआर, न्यूलक्की, युनिक, सनराइज रहेका छन् । फुलखेती व्यावसायिक ढङ्गले सुरुवात भएको २२ वर्ष पुगेको छ । यद्यपि आत्मनिर्भर हुन भने सकेको छैन । नेपालले यस वर्ष भारत, चीन, थाइल्यान्ड तथा केही युरोपका देशबाट रु १० करोडका विभिन्न जातका फूल आयात गरेको छ । वार्षिक रु एक अर्ब ३४ करोड ७५ लाखको कारोबार हुने पुष्प व्यवसायबाट हाल ४१ हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार पाएका छन् । सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय हाल ३८ जिल्लामा करिब ६७५ पुष्प फर्म तथा नर्सरी विस्तार भइसकेको छ । दुई हजार ८२० रोपनी जमिनमा व्यावसायिक खेती विस्तार भएको छ । पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको छ भने आव २०७१÷७२ बाट पुष्प व्यवसाय प्रवद्र्धनका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । कार्यक्रममा कृषि सचिव उत्तमकृष्ण भट्टराईले कृषिको परनिर्भरता बढेकोमा दुःख व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले कृषिको विकासबिना मुलुकको समृद्धि हुन नसक्ने बताउनुभयो ।

    यस्तै फ्लोरीकल्चर एसोसीएसन (फ्यान)का कार्यवाहक अध्यक्ष दिलीप बादेले मौलिक तथा रैथाने फूलको बीउबिजन संरक्षणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।photo:www.bharatbandhu.com.np

    flower-(11) flower-(10) flower-(8) flower (7) flower (6) flower (5) flower (4) flower (3) flower (2)

    1459423436650_Pro_Ktm_ Pushpa mela

    ]]>
    10292 0 0 0
    नेपाली नोट चीनमा धमाधम छापिँदै http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%a8%e0%a5%8b%e0%a4%9f-%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%a7%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a4%ae-%e0%a4%9b%e0%a4%be/ Fri, 01 Apr 2016 01:25:51 +0000 http://www.ghumphir.com.np/?p=10305 १९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छापिँदै छन् ।

    nepali rupeesसरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको आजवको नागरिक दैनिकमा समाचार छ ।

    एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए । ‘अहिले द्रुत गतिमा पि्रन्टिङ भइरहेको छ, उनले भने ‘एक सय दरका नयाँ नोट असार १५ सम्म्मा आइपुग्नेछ ।’

    सरकारले उक्त दरका नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टेड एन्ड सिक्टड कर्पोरेसनलाई दिएको छ । सय दरका २० कारोड नयाँ नोट आगमी तीन महिनाभित्र बजारमा ल्याउने तयारी बैंकले गरेको छ ।

    ]]>
    10305 0 0 0
    डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने http://localhost/ghum/%e0%a4%a1%e0%a4%bf%e0%a4%8f%e0%a4%b8%e0%a4%aa%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a5%a8%e0%a5%a6-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d/ Fri, 01 Apr 2016 01:27:31 +0000 http://www.ghumphir.com.np/?p=10307 १९ चैत, काठमाडौं ।  सशस्त्र प्रहरी बलमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको प्रहरी निरिक्षक (इन्स्पेक्टर)को पहिलो ब्याच आधारभुत तालिम पुरा गर्ने बित्तीकै डिएसपीमा बढुवा भएको थियो  ।

    Armed-Police-force-of-Nepal१४ वर्षको अवधिमा त्यही संगठनमा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । कर्मचारीको बृत्ति विकास योजना नहुँदा सशस्त्र प्रहरीमा कर्मचारीको करिअर चौपट भएको हो ।

    अहिले खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको १२ वर्ष बित्दापनि इन्स्पेक्टरहरु डिएसपीमा बढुवा हुन सकेका छैनन् ।

    संठगनमै अहिले कै अबस्था रहिरहने हो भने अबको केही वर्षपछि इन्स्पेक्टरबाट डिएसपी हुन २० वर्ष लाग्ने अवस्था रहेको सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् । जसका कारण संगठनमा व्यापक निराशा छाएको छ ।

    ]]>
    10307 0 0 0
    एसएलसी परीक्षामा विद्यार्थी भन्दा निरीक्षकले नै अमर्यादित http://localhost/ghum/%e0%a4%8f%e0%a4%b8%e0%a4%8f%e0%a4%b2%e0%a4%b8%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0/ Fri, 01 Apr 2016 01:29:43 +0000 http://www.ghumphir.com.np/?p=10310 १९ चैत, काठमाडौं । एसएलसी परीक्षालाई विद्यार्थीले भन्दा सरकारी तलब भत्ता खाएका निरीक्षकले नै अमर्यादित बनाइरेहको छन भन्ने उदाहण परीक्षाको पहिलो दिनको घटनाले प्रस्ट पारेको छ ।

    परीक्षा केन्दको निरीक्षक रुपमा खटिएका मुलुक भरका नौ जना निरीक्षक निष्कासनमा परेका आजको अन्नपूर्णमा समाचार छ ।

    परीक्षा हलमा चिट चोर्नेलाई कारवाही तथा निष्कासन गर्ने चिट चोर्न खोज्ने विद्यार्थीलाई सचेत गराउने देखि परीक्षाको सम्पुर्ण जिम्वेवारी निरीक्षककै हुन्छ ।

    तर परीक्षाको पहिलो दिन मुलुकभर ९ जना निरीक्षकले जिम्मेवारी विपरित क्रियाकलाप गरेको पाइएपछि निष्कासन गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए ।

    उनका अनुसार रौतहटमा चार, सप्तरीमा दुई तथा महोत्तरी, ओखलढुंगा र जाजरकोटका एक एकजना निरीक्षकलाई निष्कासन गरिएको छ ।

    ]]>
    10310 0 0 0
    बाबुराम भट्टराइमा नाटकीय चरित्र http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%ae-%e0%a4%ad%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af/ Fri, 01 Apr 2016 01:32:51 +0000 http://www.ghumphir.com.np/?p=10312 १९ चैत, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइमा नाटकीय चरित्र देखापरेको आरोप लगाएका छन् ।

    ‘हिजो उहाँ आफैँले संविधान जारी गर्नुभयो, अनि अहिले मधेसी आदीबासी जनजातिको अधिकार नभएको संविधानमा हस्ताक्षर गरेर मैले गल्ती गरे भन्नुहुन्छ’ एक कार्यक्रममा राईले भने ‘उहाँहरु सात प्रदेशलाई नै सुदृढ गर्ने भन्नुहुन्छ, यही संविधान कार्यान्वयन गर्ने भन्नुहुन्छ भने यो कसरी नयाँ शक्ति हो ?’ आजको राजधानी दैनिकमा समाचार छ ।

    सात प्रदेश र नयाँ संविधानमा उत्पीडित समुदायको पक्षमा नरहेकाले नै आफू आन्दोलनमा उत्रिएको बताउदै नेता राईले काँग्रेस, एमाले र एमाओवादीले अहिलेको संविधानलाई ‘विश्वकै सर्वाेत्कृट’ संविधान भन्दै प्रचार गरिररेहको उल्लेख गरे । उनले मधेस आन्दोलनले यो संविधान प्रतिगामी भएको प्रमाणीत भइसकेको जनाए ।

    ]]>
    10312 0 0 0
    बुहारीलाई भलिबल अनिवार्य http://localhost/ghum/%e0%a4%ac%e0%a5%81%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ad%e0%a4%b2%e0%a4%bf%e0%a4%ac%e0%a4%b2-%e0%a4%85%e0%a4%a8%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af/ Fri, 01 Apr 2016 01:35:15 +0000 http://www.ghumphir.com.np/?p=10315 १९ चैत, काठमाडौं । नयाँ बुहारी राम्री, जाँगरिली र परिपार ढपक्कै ढाक्ने हुन भन्ने चाहना सबैको हुन्छ। कान्तिपुर दैनिकमा समाचार छ।
    तर, यहाँको क्याङमा आउने बुहारीको क्षमता त्यत्तिले मात्र पुग्दैन र उनी भलिबल खेल्न सक्नेसमेत हुनुपर्छ ।
    ९५ प्रतिशत मगर समुदाय रहेको यो गाउँमा बुहारी भलिबलमा जति दख्खल ठहरिन्छन  उति नै असल पनि ।
    त्यसो भए मात्रै उनी गाउँलेको हाइहाइ हुन्छिन ।
    नभए दिनहुँ अभ्यास गराएर भएपनि सिक्न लगाइन्छ।
    ]]>
    10315 0 0 0
    माओवादीभित्र एकता-मतभेद http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%93%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a5%80%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%8f%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%ae%e0%a4%a4%e0%a4%ad%e0%a5%87%e0%a4%a6/ Fri, 01 Apr 2016 01:36:53 +0000 http://www.ghumphir.com.np/?p=10318 १९ चैत, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीभित्र पार्टी एकताको विषयलाई लिएर मतभेद देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ।
    कुपन्डोलस्थित दलको नेवा: राज्य समिति कार्यालयमा अघिल्लो शुक्रबारदेखि जारी केन्द्रीय समितिमा अध्यक्ष वैद्यको राजनीतिक प्रतिवेदनभन्दा भिन्न देखिनेगरी सचिवालय सदस्य रामबहादुर थापाले छुट्टै प्रस्ताव पेश गरेपछि मतभेद थप चुलिएको हो ।
    थापाले एकीकृत माओवादीसहित सबै माओवादी विचारधारा राख्ने पार्टी र संगठनसँग विनाशर्त एकता गर्नुपर्ने भन्दै प्रस्ताव राखेका हुन् । उनले तीन पृष्ठ लामो आफ्नो मतलाई ‘पुरक प्रस्ताव’ संज्ञा दिए पनि यो फरक मतकै शैलीमा छ । यसअघि  वैद्यको प्रतिवेदनमा राजनीतिक लाइन र सैद्धान्तिक प्रश्न हल नगरी एकता गर्नु उचित नहुने उल्लेख थियो ।
    ]]>
    10318 0 0 0
    परीक्षाको बेला के खुवाउने? http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a4%95%e0%a5%87-%e0%a4%96%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%89%e0%a4%a8/ Fri, 01 Apr 2016 01:38:32 +0000 http://www.ghumphir.com.np/?p=10321 १९ चैत, काठमाडौं ।  छोराछोरी एसएलसीको परीक्षा दिइरहेको छ भने खानेकुरा के खुवाउने भन्ने चिन्ता हुन्छ ।  कान्तिपुर दैनिकमा समाचार छ। बिहानदेखि रातिसम्म पढाइमा घोत्लिएका हुन्छन् । पढदैँ जाँदा बिर्सने समस्या भएका विद्यार्थी त अझ बढी तनावमा हुन्छन् । यस्तो बेला पौष्टिकतत्त्व कम हुने भएकोले खानामा सन्तुलन मिलाउनुपर्ने हुन्छ ।
    ‘परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा ब्यासल मेटाबोलिज्म (बीएमआई) को कमी हुन्छ,’ पोषणविद् एवं पद्यकन्या क्याम्पसका सह प्राध्यापक डा. जया प्रधानले भनिन्, ‘यस्ता विद्यार्थीलाई थप शक्तिको आवश्यक हुन्छ । कार्बाेहाइड्रेट, प्रोटिन र फ्याट भएको खानेकुराबाट प्राप्त गर्न सकिन्छ ।’
    तीनै तत्त्व भएको खानेकुरा सन्तुलन सिद्धान्तअनुसार खुवाउनुपर्ने उनले बताइन् । उनका अनुसार एक दिनमा ५० देखि ६० प्रतिशत शक्ति कार्बाेहाइड्रेटबाट प्राप्त गर्नुपर्ने हुन्छ । त्यस्तै, १५ देखि २० प्रतिशत प्रोटिनबाट, २० देखि ३० प्रतिशत फ्याटबाट शक्ति प्राप्त गर्न सकिने उनले बताइन् । यसका लागि अन्न, दाल गेडागुडी, माछामासु, दूधबाट बनेको परिकार, फलफूल र चिल्लो पदार्थको समूह मिलाएर खाए मात्रै सबै शक्ति प्राप्त गर्न सकिने पोषणविद्हरु बताउँछन् ।
    दाल, गेडागुडी र माछामासुलाई प्रोटिन समूहमा राखेको छ । त्यस्तै, दूधजन्य पदार्थबाट प्रोटिन र क्याल्सियम प्राप्त गर्न सकिन्छ । अन्न समूहको खानेकुरा सकेसम्म प्रशोधन नगरेको हुनुपर्ने प्रधानले बताइन् । जस्तै : मैदामा बाहिरको बोक्रा हुँदैन ।
    त्यसैले चोकरसहितको आटाको रोटी स्वास्थ्यकर हुन्छ ।
    ]]>
    10321 0 0 0
    आइतबारदेखि भूकम्पपीडितले दुई लाख पाउने http://localhost/ghum/%e0%a4%86%e0%a4%87%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%b2/ Fri, 01 Apr 2016 01:48:05 +0000 http://www.ghumphir.com.np/?p=10323

    १९ चैत, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षभित्र भूकम्पले भत्काएका सबै घर बनाइसक्ने योजना अघि सारेको जानकारी दिएको छ । “३ वर्षभित्रमा सबैले घर बनाइसकुन् भन्ने चाहेका छौँ”, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बुधबार बाह्रखरीसँग भने, “त्यहीअनुसार गृहकार्य पनि गरेका छौँ ।”

    योजनाअनुसार काम पनि सुरु भइसकेको जानकारी प्राधिकरणले दिएको छ । प्रवक्ता थपलियाका अनुसार प्राधिकरणले आइतबारबाट भूकम्प प्रभावित १० जिल्लाका १० गाविसमा जनतालाई घर निर्माणका लागि दिने भनिएको प्रतिघर दुई लाख रुपैयाँको सम्झौता प्रक्रिया अघि बढाउनेछ । “अनुदान सम्झौताको काम सुरु गरेका छौं,” थपलियाले बाह्रखरीसँग भने, “चैत २१ गतेबाट भूकम्प प्रभावित १० जिल्लाका १० गाविसबाट अनुदान वितरण कार्यक्रम सुरु गर्दैछौं ।”

    जनता आफैंले घर बनाउने हुँदा लक्ष्यभन्दा अघि नै बन्न सक्ने सम्भावना पनि उनले प्रकट गरे । “प्राधिकरणले घर बनाइदिने होइन”, उनले भने “जनता आफैँले बनाउने हो । हामीले उहाँहरूलाई रकम सहयोग गर्छौं, ज्ञान र सीप दिन्छौं ।” घर सुरक्षित होस् भन्नका लागि प्राधिकरणले निरन्तर अनुगमन गर्ने पनि उनले बताए ।

    प्राधिकरणले गोरखाको हंसपुर, धादिङको खानीखोला, ओखलढुंगाको अँधेरी नारायण, काभ्रेको धोपीओपी, नुवाकोटको खरानीटार, रामेछापको ओख्रने, सिन्धुपाल्चोकको स्याउले, सिन्धुलीको झाँगाझोली, मकवानपुरको पालुङ र रसुवाको धुन्चेबाट पहिलो चरणमा अनुदान वितरण सुरु गर्न लागेको हो । प्राधिकरणले पुनर्निर्माणसँग सम्बन्धित कामका लागि विभिन्न मन्त्रालयमा ४ अर्ब रुपैयाँ पठाइसकेको छ ।

    पीडितले २ लाख कसरी पाउँछन् ?

    प्राधिकरणले अनुदान वितरणको लागि कार्यविधि पनि बनाएको छ । कार्यविधिअनुसार पीडितले सबैभन्दा पहिले गाविस सचिवलाई भेट्नुपर्ने हुन्छ । पहिले बनाएको तथ्यांकमा गैरपीडितको संख्या बढी भएकाले प्राधिकरणले भत्केका घरसहित पहिचानको डिजिटल प्रणाली अपनाएको छ । त्यसैले पीडित छुट्ने सम्भावना निकै कम रहेको प्राधिकरणको दाबी छ ।

    गाविस सचिवले भूकम्प प्रभावित तथा लाभग्राहीको सूची प्रकाशन गर्नेछ । त्यस्तो सूची प्रकाशन गरेपछि गाविस सचिवले नै प्रत्येक वडामा कहिले सम्झौता गर्ने भन्ने विषयमा स्पष्ट जानकारी गराउनुपर्नेछ ।

    त्यसबेला पीडितले सर्भे भएको निस्सा, जग्गाधनी प्रमाणपत्र र नागरिकताको प्रतिलिपी साथमा लैजानुपर्नेछ ।

    “सबै कागजात पुगेको र लाभग्राहीको सूचीमा नाम भएमा त्यसैबेला सम्झौता हुन्छ,” प्रवक्ता थपलियाले जानकारी दिँदै भने, “सूचीमा नाम छुटेको भए गुनासो प्रणालीमार्फत् आउन सकिन्छ ।”

    त्यसका लागि प्राधिकरणले गाविस र क्षेत्रमा गुनासा सुन्ने केन्द्र बनाएको छ । सम्झौता भएको एक साताभित्रै लाभग्राहीले तोकिएको बैंकमा खाता खोल्नुपर्नेछ । सम्झौता पत्रमा केही सर्तहरू उल्लेख गरिएका हुनेछन् । ती सर्तको पालना भएपछि पहिलो किस्तामा लाभग्राहीको खातामा ५० हजार रुपैँया जम्मा हुनेछ ।

    दोस्रो किस्तामा ८० हजार र तेस्रो किस्तामा ७० हजार रकम उपलब्ध गराइउनेछ । दुई लाखले घर नबने के गर्ने ?

    बनाउँदा बनाउँदै दुई लाखले घर नबन्ने भएमा सामूहिक जमानीमा बैंकले ३ लाखसम्म कर्जा उपलब्ध गराउनेछ । गाउँका घरलाई पनि सामूहिक जमानीमा ३ लाखसम्म कर्जा उपलब्ध गराउन राष्ट्रबैंकले बैंकहरूलाई निर्देशन दिइसकेको छ । तर त्यो तीन लाख रुपैयाँ लिनेले सहुलियत ब्याजमा १५ लाख रुपैयाँ ऋण भने लिन पाउने छैनन् ।

    घर बनाउँदा पुरानो घरका जस्ता, ढुंगामाटो प्रयोग गर्न सकिनेछ । प्राधिकरणले दिएको रकमबाहेक पीडित घर धनीले घरका पुराना जस्तापाता र ढुंगा माटो प्रयोग गर्न सक्ने प्राधिकरणका अधिकारीले बताए ।

    पीडित आफैँले घर बनाए पनि दुईलाख पाउन सक्ने

    प्राधिकरणका प्रवक्ता थपलियाका अनुसार सरकारको सहयोग नपर्खी भूकम्मपीडितले आफैँंले घर बनाएका भए घरको प्राविधिक मूल्याङ्कन गरेपछि प्राधिकरणले दुई लाख रुपैयाँ अनुदान दिनसक्छ । तर त्यस्ता घर भूकम्प प्रतिरोधी हुनुपर्नेछ । “हाम्रो उद्देश्य भूकम्प प्रतिरोधी घर बनाउने हो,” उनले भने, “लाभग्राही सूचीमा नाम पनि छ । घर पनि भूकम्प प्रतिरोधी बनाइसक्नुभएको छ भने उहाँले बनाएको डिजाइन र गुणस्तर मापदण्डअनुसार छ भनेर प्राविधिकले सिफारिस गरे प्राधिकरणले त्यसबेला सोच्नेछ । उहाँहरू गुनासो प्रणालीमार्फत हामीकहाँ आउनुपर्नेछ ।”

    थपलियाले सरकारलाई सहयोग गर्नेलाई सरकारले पनि सहयोग गर्नुपर्ने धारणा राखे । “सबै मान्नुपर्ने कुरा मानेर भूकम्प प्रतिरोधी घर बनाउनुभएको भए त्यो उहाँहरूले राष्ट्रका लागि गरेको सहयोग हो,” उनले भने, “राष्ट्रले पनि उहाँहरूका बारेमा सोच्नुपर्छ ।”

    -तीन वर्षभित्र भूकम्पबाट भत्केका सबै घर बनाइसक्ने प्राधिकरणको योजना -आइतबारदेखि सरकारले घर बनाउन दिने भनिएको दुई लाख रुपैयाँ वितरण गर्ने सम्झौता हुने -पीडितले आवश्यक कागजपत्रसहित गाविस सचिवसँग सम्पर्क गर्नुपर्ने -पहिलो चरणमा १० जिल्लाका १० गाविसबाट सहयोग वितरण सुरु गर्ने -दुई लाखले घर बनाउन नपुगे तीन लाख सामूहिक जमानीमा ऋण पाइने -सामूहिक जमानीमा तीन लाख रुपैयाँ ऋण लिए, १५ लाख सहुलियत ऋण नपाइने -भूकम्पले भत्काएको घर पहिले बनाइसकेको भए पनि मापदण्ड अनुरूपको भएमा र आवश्यक प्रमाण पुगेमा प्राविधिकको सिफारिसमा दुई लाख अनुदान दिन सकिने]]>
    10323 0 0 0
    ८० प्रतिशत चालकले ट्राफिक नियम पालना गर्दैनन् http://localhost/ghum/%e0%a5%ae%e0%a5%a6-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%a4-%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ab%e0%a4%bf/ Fri, 01 Apr 2016 01:49:54 +0000 http://www.ghumphir.com.np/?p=10325 १९ चैत, काठमाडौं । बुधबार दिउँसो काठमाडौंको भाटभटेनीमा सडक दुर्घटना भयो । दुर्घटनामा गुल्मी घर भई गल्फुटारमा बस्ने १७ वर्षीय दीपेन्द्र खड्काको ज्यान भयो । दुर्घटनाको मुख्य कारण थियो–लेन अनुशासन पालना नगर्नु ।

    बा७०प २९४७ नम्बरमा सवार खड्काले आफ्नो लेन छोडेर अरुको लेनमा हिँडेकै कारण बिपरित दिशाबाट आएको बा६च ६९४ नम्बरको जिपले ठक्कर दियो र खड्काको घटनास्थलमै ज्यान गयो । ट्राफिक नियम पालना नगरेकै कारण उनले ज्यान गुमाउनुप¥यो । उनीजस्ता दैनिक ३ हजार सवारी चालकले काठमाडौंमा नियम उल्लंघन गर्ने गरेको प्रहरीले जनाएको छ ।

    उपत्यकाका सडकमा सवारी चलाउनेहरुले ८० प्रतिशत ट्राफिक नियमको हेक्का नराख्ने ट्राफिक प्रहरीको गुनासो छ ।

    यसले गर्दा दैनिक डरलाग्दा सडक दुर्घटना हुने गरेका छन् । महानगरीय ट्राफिक महाशाखा प्रमुख डीआईजी प्रकास अर्यालका अनुसार उपत्यकामा दैनिक दुई हजार भन्दा बढीले ट्राफिक नियम मिचेका हुन्छन् । सडकको अवस्था र ट्राफिक नियमको कुनै हेक्का नराखी गाडीको स्टेरिङ समात्ने वित्तिकै गन्तव्यमा पुगिन्छ भन्ने मनसाय बोकेका चालकका कारण सडक दुर्घटना हुने गरेको डिआईजी अर्यालले बताए ।

    उनले दैनिक दुई हजारका हाराहारीमा सवारी चालक नियम विपरित सवारी चलाएका कारण कारवाहीमा पर्ने गरेको जानकारी दिए ।

    “चालकमा देखिएको सबैभन्दा ठूलो समस्या भनेको लेनअनुसार सवारी नचलाउनु हो”, उनले भने, “उपत्यकामा हुने सडक दुर्घटनाको मुख्य कारण भनेकै लेन अनुसार सवारी नचलाइनु हो ।”

    महाशाखाले सवारी दुर्घटना र सडक जामको कारण खोजी गर्दा ८० प्रतिशत लेन अनुशासन पालना नगरेको भेटेपछि ट्राफिकको ध्यान अहिले त्यसैमा केन्द्रीत भएको छ ।

    चैत ८ गतेदेखि यसलाई कडाइकासाथ लागु गरेको ट्राफिक प्रहरीले जनाएको छ । “सडकमा ट्राफिक देख्नासाथ इमान्दार देखिने तर ट्राफिकको आँखा छल्नासाथ नियम मिचिहाल्ने समस्या छ”, उनले भने । महाशाखाले चैत ८ भन्दा यता ३ हजार भन्दा बढी लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई कारवाही गरेको छ ।

    एक छिनको हतारले आधा दिन बित्छ

    लेन अनुशासन पालना नगर्नेहरु कारवाहीमा पर्नासाथ आधादिन कागजपत्र लिनकै लागि छुट्ट्याउनुपर्ने हुन्छ । “एक छिनको हतारले आधादिन खर्चिनुपर्ने झन्झट हुन्छ,”डीआईजी अर्यालले भने,“यती कडा नगर्ने हो भने बानी बिग्रेका चालक ठाउँमा आउँदैनन् र सडक दुर्घटना पनि कम हुँदैन ।”

    कारवाहीमा तानिएका कागजपत्र लिन पहिला महाशाखाभित्र दर्ता प्रक्रियामा जानुपर्ने, त्यसपछि महाशाखाको हाताभित्र रहेको बै‌कमा जरिवाना रकम जम्मा गर्नुपर्छ । चेतना कक्षामा भाग लिएपछि मात्रै लाइसेन्स पाइन्छ । “यो सबै प्रक्रिया पुरा गर्न ५ देखि ६ घण्टा लाग्ने गर्दछ,”उनले भने,“यसरी लेन अनुसार नचल्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक छन् भने त्यसपछि माईक्रो चालक छन् ।”

    ट्राफिकले कडाई गर्न थालेपछि महाशाखामा भएका ट्राफिक प्रहरीले नपुगेपछि महानगरीय प्रहरी कार्यालयबाट समेत थपेर राजधानीका सडकमा करिब एक हजार ट्राफिक प्रहरी परिचालित गरिएको उनले जानकारी दिए ।

    ]]>
    10325 0 0 0
    भूकम्प र नाकाबन्दीबाट साढे ५० अर्ब राजस्व गुम्यो http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%b0-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b8%e0%a4%be/ Fri, 01 Apr 2016 01:51:25 +0000 http://www.ghumphir.com.np/?p=10327 १९ चैत, काठमाडौं । भूकम्प र भारतको नाकाबन्दीकारण फागुन महिनासम्म ५० अर्ब ६३ करोड रुपैयाँ राजस्व गुमेकोे छ । चालु आर्थिक वर्ष २०७२/७३ को पहिलो महिनामा शतप्रतिशत हासिल भए पनि भदौदेखि फागुनसम्म भन्सार लक्ष्यमा ठूलो घाटा बेहोर्नु परेको जानकारी अर्थ मन्त्रालयका सहसचिव लक्ष्मण अर्यालले बाह्रखरीलाई जानकारी बिहीबार दिएका छन् । भूकम्प, तराई मधेसको आन्दोलन र नाकाबन्दीका कारण मुलुकको आर्थिक अवस्थामा चर्को प्रतिकूल प्रभाव परेको छ । ‘गोरखा भूकम्प’का कारण उत्तरी नाका ठप्प भएकै बेला दक्षिणी नाकामा समस्या उत्पन्न भएपछि स्थिति थप जटिल भएको हो ।

    अर्थ मन्त्रालयले तयार गरेको फागुन महिनासम्मको राजस्व असुली विवरणअनुसार भदौमा १७ अर्ब १८ करोड भन्सार राजस्व असुलीको लक्ष्य रहे पनि ११ अर्ब २४ करोड अर्थात ६५.७९ प्रतिशतमात्रै राजस्व उठेको छ । असोजमा १५ अर्ब ७ करोडको लक्ष्य रहेकोमा ४२.५१ प्रतिशत अर्थात् ६ अर्ब ४० करोड, कात्तिकमा १४ अर्ब ८४ करोड लक्ष्यमा ४१.७४ प्रतिशत अर्थात ६ अर्ब १९ करोड, मंसिरमा १६ अर्ब ५६ करोड लक्ष्येमा ५९.५६ प्रतिशत अर्थात् ९ अर्ब ८६ करोड रुपैयाँमात्र असुल भन्सार उठेको छ । पुस माघ र फागुन महिनाको तथ्यांक संयोजन गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । एकमुष्टमा उठ्नु पर्नेमध्ये ५० अर्ब ६३ करोड रुपैयाँ उड्रन नसकेको हो ।

    “अब गुमेको राजस्व उठाउन सकिन्न,” अर्यालले भने, “भूकम्पले थिलथिलो बनाएको अर्थतन्त्रलाई नाकाबन्दीले धराशायी बनायो ।” वीरगन्ज नाकाबाट मात्रै २१ अर्ब राजस्व कम उठेको छ । त्यसैगरी, भैरहवा, नेपालगन्ज, काँकडभित्ता, वीरगन्जको सुख्खा बन्दरगाह तथा अन्य भन्सार नाकाबाट हुने निर्यातमासमेत कमी आएको छ । पाँच महिनासम्म कैलाली नाकाबाहेक अन्य भन्सार नाकाबाट आयातमा कमी आएको छ ।

    वीरगन्ज भन्सारबाट ४३ अर्ब ३२ करोड रुपैयाँ, वीरगञ्ज सुख्खा बन्दरगाहबाट १४ अर्ब २९ करोड रुपैयाँ र विराटनगर भन्सार नाकाबाट २४ अर्ब ७० करोडको आयात भएको छ । यस अवधिमा पेट्रोलियम पदार्थ, सवारी साधन, फलाम, इस्पात, चुनाढुङ्गा, सिमेन्ट, विद्युतीय तथा मसलन्द सामान आयात रोकिएको थियो । भन्सार नाकामा लामा सवारीका लाइनले मुलुकको आर्थिक वृद्धि दरमा समेत प्रतिकूल प्रभाव पारेको छ । सहसचिव अर्यालका अनुसार उत्तरको तातोपानी नाकाबाट मासिक ११ करोड राजस्व उठ्ने गरेकोमा विगत ११ महिनादेखि त्यो नाका ठप्प भएको छ । मुलुकको ५५ प्रतिशत भन्सार राजस्व धान्ने दक्षिणको छिमेकीसँगका मौजुदा सीमा नाकामध्ये वीरगन्ज आन्दोलन र नाकाबन्दीबाट तथा उत्तरतर्फको रणनीतिक महत्वको नाका तातोपानी भूकम्पका कारण ठप्प भएपछि आयातमा निर्भर भन्सार राजस्व नकारात्मक विन्दुमा पुगेको हो । पछिल्लो केही दिनदेखि सञ्चालनमा आएको उत्तरको अर्को नाका केरुङबाट दैनिक रु १ करोडको हाराहारीमा राजस्व संकलन हुन थालेको छ ।

    भूकम्पको धक्काबाट तंग्रिन नपाउँदै मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण राज्यका सबै क्षेत्रमा प्रतिकूल प्रभाव परेको छ । सहसचिव अर्यालका अनुसार चालु आवको फागुन महिनासम्म भन्सार महसुलबाट ४४ अर्ब ४९ करोड ५४ लाख रुपैयाँ संकलन भएको छ । त्यसैगरी, मूल्य अभिवृद्धि कर ६९ अर्ब ४३ करोड रुपैयाँ उठेको छ । अन्तःशुल्कबाट ३४ अर्ब ९८ करोड, स्वास्थ्य सेवा करबाट ४३ करोड, शिक्षा सेवा करबाट ३५ करोड, आयकरबाट ५१ अर्ब ३५ करोड गरी कुल २ अर्ब ३३ अर्ब रुपैयाँमात्र राजस्व संकलन भएको छ ।

    तराई मधेसको आन्दोलन र भारतीय नाकाबन्दीका कारण इन्धन संकट तथा यातायातको असुविधाका कारण पनि आन्तरिक राजस्व उठ्न समस्या भएको हो । आन्तरिक आर्थिक गतिविधिको परिचायक मानिने विकास खर्चमा हालसम्म लक्ष्यको २० प्रतिशत कम खर्च भएको छ । दुई खर्ब ८ अर्बको विकास खर्च लक्ष्य राखिएपनि मध्यावधि समीक्षापछि लक्ष्य १ खर्ब ६० अर्बमा झारिएको छ ।

    चालु आवका लागि ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट प्रस्तुत भएको छ । चालु आवमा विकास बजेट ५० प्रतिशतभन्दा बढी रहेकोमा प्रथम चौमासिकमा कम्तीमा पनि २० प्रतिशत विकास बजेट परिचालित हुनुपर्ने थियो । तर, तेस्रो चौमासिक सकिँदासमेत २० प्रतिशतभन्दा कम खर्च भएको छ ।

    चालु आवको कुल विनियोजनमध्ये चालु खर्चतर्फ ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार र पुँजीगत खर्चतर्फ २ खर्ब आठ अर्ब ८७ करोड ४२ लाख ४२ हजार विनियोजन गरिएको छ । ठूला जलविद्युत् आयोजना, सडक तथा पूर्वाधारको निर्माण इन्धन अभावमा ठप्प भएको छ । साना तथा मझौला आयोजनासमेत प्रभावित भएका छन् । तराईका कतिपय जिल्लामा बजेटको अख्तियारीसमेत गएको छैन । भन्सार विन्दुमा रोकिएका सामानको बिलम्ब शुल्क तिर्नै नसकिने गरी बढेको छ ।

    भूकम्प र नाकाबन्दीका कारण अर्थतन्त्रमा परेको प्रतिकूलबाट निजी क्षेत्र पनि उत्तिकै प्रभावित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भूकम्प र नाकाबन्दीबाट निजी क्षेत्रले २ खर्ब रुपैयाँ गुमाएको बताए । उनका अनुसार प्रत्यक्ष घाटाबाहेक ठूलो संख्यामा रोजगारी गुमेको छ भने खाद्यपदार्थ तथा औद्योगिक कच्चा पदार्थ कामै नलाग्ने गरी सडेका छन् । बन्द तथा नाकाबन्दीबाट भएको क्षतिको मूल्याङ्नसहित उद्योगी व्यवसायीलाई करमा छुट र अनुदान दिनुपर्ने उनको माग रहेको छ ।

    ]]>
    10327 0 0 0
    एघार उद्योग विरुद्ध मुद्दा http://localhost/ghum/%e0%a4%8f%e0%a4%98%e0%a4%be%e0%a4%b0-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a5%8d/ Fri, 01 Apr 2016 04:18:54 +0000 http://www.ghumphir.com.np/?p=10329

    पथरी (मोरङ), १९ चैत । पूर्वाञ्चलका ११ उद्योगका उत्पादनविरुद्ध क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मुद्दा चलाएको छ । गत मङ्सिरदेखि फागुनसम्मको चार महिनाको अवधिमा बजार अनुगमनका क्रममा मापदण्ड विपरीत खाद्य वस्तु उत्पादन गर्ने पूर्वाञ्चलका ११ उद्योगविरुद्ध मुद्दा चलाइएको हो । पूर्वाञ्चल क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाका अनुसार विराटनगरको विके मसला उद्योग, डेरी फ्रेस उद्योग वीरगन्ज, नेपाल वेलहोप एग्रोटेक प्रालि टङ्किसिनुबारी, स्टार फिड इन्ड्रस्ट्रिज झापा, मिल्कफुड डेरी प्रोडक्ट बारा, बुधकरण टी प्याकेजिङ झापा, केवि एन्ड सन्स नेपाल लहान, प्रवीण बटारे बिस्कुट बेकरी झापा, श्रीराम रिफाइन आयल प्रोडक्ट प्रालि, पेरी फ्रेस उद्योग वीरगन्ज र मिल्क फुड डेरी प्रोडक्टका उत्पादनहरू मापदण्डविपरीत बजारमा बिक्री–वितरण गरिएको पाइएपछि मुद्दा चलाइएको हो । बुधकरण टी प्याकेजिङ इन्डस्ट्रिज झापाले उत्पादन गरेको चिया र प्रवीण बटारे बिस्कुट बेकरी झापाका बिस्कुट र पाउरोटीमा लेबल नभएको पाइएको कार्यालयका प्रमुख प्रमोद कोइरालाले जानकारी दिनुभएको छ । अनुगमनका क्रममा सङ्कलित खाद्यवस्तुको नमुना जाँच गर्दा छवटा वस्तु मापदण्ड विपरीत रहेको पाइएको प्रमुख कोइरालाले बताउनुभयो । बधशाला निर्माण गर्न रु ८० लाख यसैबीच, विराटनगरमा व्यवस्थित बधशाला निर्माणका लागि थप रु ८० लाख बजेट आउने भएको छ । विराटनगर उपमहानगरपालिकाको जगेडा कोषबाट ५० लाख आइसकेको र पशुपन्छी बजार निर्देशनालयबाट ३० लाख आउने विराटनगर उपमहानगरपालिकाका पशुपन्छी महाशाखाका प्रमुख हीरालाल यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पशुपन्छी बजार निर्देशनालयले बधशाला बनाउन रु ३० लाख दिने भनेर सम्झौता गर्न बोलाएको छ । आर्थिक वर्ष २०६५÷६६ मा सरकारबाट बजेट निकासा भएपछि विराटनगर उपमहानगरपालिका–११ स्थित हाटखोलामा बधशाला निर्माण कार्य सुरु गरेको थियो । नगरवासीलाई स्वस्थ मासु बिक्रीका लागि उपयुक्त स्थान बनाउने उद्देश्यले बधशाला निर्माण थालिएको हो । तर बजेट नै नभएको भन्दै निर्माण कार्य अलपत्र बनेको थियो । निर्माण कार्य रोकिँदा निर्माण भइसकेका संरचना पनि भत्कन थालेका छन् । निर्माणलाई निरन्तरता दिन रकम अभाव भएको भनी निर्माण कार्य रोकिएको हो । बधशाला निर्माणमा उपमहानगरपालिकाको समेत १८ लाख खर्च भइसकेको विराटनगर उपमहानगरपालिका पशुपन्छी महाशाखाका प्रमुख हीरालाल यादवले बताउनुभयो । विराटनगरमा उपमनपामा दर्ता तथा अनुमति लिएका २०० वटा मात्र मासु पसल सञ्चालित छन् । तर नगरका विभिन्न स्थानमा गरी त्यसको तीन गुणा बढी मासु पसल सञ्चालनमा रहेका छन् । निर्माणाधीन बधशालासँगै उपभोक्ताको स्वास्थ्य सरोकार पनि अलपत्र परेको उपभोक्ता मञ्चका अध्यक्ष मोहन भट्टराई बताउनुहुन्छ । व्यवस्थित बधशाला बिना सहरी क्षेत्रमा पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ समेत कार्यान्वयन हुन नसक्ने पूर्वाञ्चल क्षेत्रीय पशु सेवा कार्यालयका अधिकृत डा अशोक सिंह बताउनुहुन्छ । सिंहका अनुसार बधशाला नबनेपछि हाल बिक्री हुने मासुको स्वस्थताप्रति प्रभावकारी निगरानी र चेकजाँच हुन नसकेको हो ।

    ]]>
    10329 0 0 0
    एसएलसी दिन नपाउँदा आत्महत्या http://localhost/ghum/%e0%a4%8f%e0%a4%b8%e0%a4%8f%e0%a4%b2%e0%a4%b8%e0%a5%80-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%86%e0%a4%a4%e0%a5%8d%e0%a4%ae%e0%a4%b9/ Fri, 01 Apr 2016 04:20:32 +0000 http://www.ghumphir.com.np/?p=10331

    अछाम, १९ चैत । प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन् । जिल्लाको मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन् । परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन् । आफ्नो भर्ना भएको विद्यालय कालिका माध्यमिक विद्यालय, जुपुमा ७५ प्रतिशत हाजिरी नभएकाले प्रवेशपत्र पाउन नसकेकी रावलले झुन्डिएर आत्महत्या गरेको उनका छिमेकी चन्द्र भण्डारीले बताउनुभयो । केही समयअगाडि सामान्य स्वास्थ्य उपचारमा भारत गएकी रावल एसएलसी परीक्षामा सहभागी हुनकै लागि घर फर्किएको उनको पारिवारिक स्रोतले बताएको छ । अछाम प्रहरीले भने उक्त घटनाको कारण खुल्न नसकेको बताउदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताउनुभयो । मृतकको शवपरीक्षण जिल्ला अस्पताल अछाममा गरिएको छ ।

    ]]>
    10331 0 0 0
    खुदुनाबारीमा जडीबुटीको सम्भावना http://localhost/ghum/%e0%a4%96%e0%a5%81%e0%a4%a6%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%a1%e0%a5%80%e0%a4%ac%e0%a5%81%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8/ Fri, 01 Apr 2016 04:22:10 +0000 http://www.ghumphir.com.np/?p=10333

    भद्रपुर, १९ चैत । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढी, जिल्ला वन कार्यालय, कृषि विकास कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय झापाद्वारा संयुक्तरुपमा झापाको खुदुनाबारीमा जडीबुटीसम्बन्धी परिचयात्मक कार्यक्रमको सांसद प्रेमबहादुर गिरीले बिहीबार उद्घाटन गर्नुभयो । चुरेसँग जोडिएको खुदुनाबारीमा जडीबुटीको प्रचुर सम्भावना रहेको र यहाँबाट उत्पादित जटीबुटी रस, गुण, वीर्य, विपाक आदिले उच्चतम रहने भएकाले खुदुनाबारीमा जडीबुटी खेतीको सम्भावना एवम् भविष्यबारेमा स्थानीय जनतालाई सचेत एवम् जागरुक बनाउनु कार्यक्रमको उद्देश्य रहेको छ । एकदिने सो परिचयात्मक कार्यक्रममा सरोकारवाला, स्थानीय जनता र सामुदायिक वनका करिब ५० जना सहभागी थिए । सो अवसरमा सांसद गिरीले यो क्षेत्रमा दुई वर्षदेखि जडीबुटी खेतीको विषयमा अध्ययन एवम् अवलोकन भइरहेको अवस्थामा स्थानीय जनताको चासोबिना यो कार्य अघि बढ्न नसक्ने बताउनुभयो । आयुर्वेद स्वास्थ्य विभाग, वन विभाग र अन्य सहयोगी विभागको कार्यगत एकताले मात्र जडीबुटीका लागि अतिउपयुक्त मानिएको खुदुनाबारीमा यसको खेती भएमा निर्यात गरी प्रशस्त आम्दानी गर्न सक्ने र रोजगारी पनि बढाउन सकिने सांसद गिरीको भनाइ थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीका प्रमुख डा सूर्यनारायण मेहताको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख इन्द्रमणि भण्डारी, वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना, खुदुनाबारी गाविस सचिव तुलसीप्रसाद निरौलाले पनि जडीबुटीको सम्भाव्यतामाथि प्रकाश पार्नुभएको थियो ।

    ]]>
    10333 0 0 0
    म्याग्दीमा २० देखि २५ वर्ष उमेर युवती हराउन थाले http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%a6-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a5%a8%e0%a5%ab-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d/ Fri, 01 Apr 2016 04:24:12 +0000 http://www.ghumphir.com.np/?p=10335

    म्याग्दी, १९ चैत । म्याग्दीमा घरपरिवार छाडेर हराउने महिलाको सङ्ख्या बढेको छ । गत साउनदेखि हालसम्म १७ जना महिला हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोजी गर्नका लागि निवेदन आउनेमध्ये अधिकांश २० देखि २५ वर्ष उमेर समूहका महिला बढी हराएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान मीना बुढाथोकीले जानकारी दिनुभयो । १७ जना हराएका महिलामध्ये १० जना महिला सम्पर्कमा आएको प्रहरीले जनाएको छ । अधिकांश विवाहित महिला हराएको भनी खोजीका लागि निवेदन आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताउनुभयो । “हराएका महिला कुनै पनि बेचबिखनमा परेको भेटिएको छैन, वैदेशिक रोजगारीका कारण युवा विदेसिने र उनका श्रीमतीहरु अर्कैसँग भागेर जाने गरेको भेटिएको छ”, प्रहरी निरीक्षक गुरुङले भन्नुभयो । प्रहरीका अनुसार कतिपय महिला बालबच्चा र श्रीमान्ले कमाएको सम्पत्तिसमेत लगेर अर्को पुरुषसँग विवाह गर्नेसमेत देखिएको छ । सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगले समेत विवाहित महिला र परपुरुषको अनैतिक सम्बन्ध रहने क्रम बढेको अनुसन्धानका क्रममा पाइएको प्रहरीको भनाइ छ ।

    ]]>
    10335 0 0 0
    चीनको सिमाना जोड्ने सडक स्थानीयवासीद्वारा मर्मत सुरु http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%be-%e0%a4%9c%e0%a5%8b%e0%a4%a1%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%b8/ Fri, 01 Apr 2016 04:26:40 +0000 http://www.ghumphir.com.np/?p=10337

    मुस्ताङ, १९ चैत । उपल्लो मुस्ताङवासीको अग्रसरतामा चीनको सिमाना कोरला नाका जोड्ने समर–भियना सडकको मर्मत सुरु गरिएको छ । जोमसोम–कोरला सडकखण्डअन्तर्गत पर्ने उक्त सडकखण्डलाई उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ । सबैभन्दा जोखिमयुक्त मानिने करिब दुई किलोमिटर समर–भियना सडकखण्ड मर्मत गर्न करिब ३० लाख रुपैयाँ बजेट आवश्यक पर्ने भए पनि जिविसले १२ लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ । बजेट अपुग हुने भएकाले लोमान्थाङ, छोसेर आदिका सर्वसाधारणले दैनिक श्रमदान गर्ने सहमतिमा मर्मत सुरु गरिएको हो । व्यापारिक कारोबारका लागि कोरला नाका सञ्चालन गर्नुपर्ने सर्वत्र माग भएपनि सडक मर्मतका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा स्थानीयवासी भने आक्रोशित बनेका छन् । स्थानीयवासीको पहलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पनि केही दिन श्रमदान गर्ने भएका छन् । सरकारले बजेट कम उपलब्ध गराए पनि विभिन्न सङ्घसंस्था र स्थानीयवासीको लगानीमा सडक मर्मत गरिने लोमान्थाङका स्थानीयवासी टासी गुरुङले जानकारी दिनुभयो । जिविसले उपलब्ध गराएको बजेटबाट ढुङ्गा, बालुवा र माटो सङ्कलन कार्य गरिने उहाँको भनाइ छ । जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रवीन्द्र तिवारीले सडक फराकिलो र सतह मिलाउने काम सुरु गरिएको बताउनुभयो । “पैसा थोरै भए पनि श्रमदान गर्न स्थानीयवासी तयार छन्, त्यसमा सुरक्षा निकायले पनि राम्रो साथ दिएको छ”, उहाँले भन्नुभयो । उक्त सडकखण्ड मर्मत भएमा ९३ किलोमिटर लामो जोमसोम–कोरला सडक सञ्चालन गर्न समस्या नहुने इन्जिनियर तिवारीको भनाइ छ ।

    ]]>
    10337 0 0 0
    छतबाट खसेर सहचालकको मृत्यु http://localhost/ghum/%e0%a4%9b%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%96%e0%a4%b8%e0%a5%87%e0%a4%b0-%e0%a4%b8%e0%a4%b9%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d/ Fri, 01 Apr 2016 04:28:41 +0000 http://www.ghumphir.com.np/?p=10339 १९ चैत, बनेपा । यात्रुबाहक बसको छतबाट खसेर आज काभ्रेपलाञ्चोकमा एक जनाको मृत्यु भएको छ ।श्यामपाटी गाविस–२ मा बनेपाबाट स्थानीय पिपलटार जाँदै गरेको बा२ख ५३०१ नं को यात्रुबाहक बसबाट खसेर २३ वर्षीय सहचालक सुविन नरालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।  मृतको ठेगाना खुल्न सकेको छैन ।

    त्यस्तै  बनेपा–११ स्थित बुडोलमा मोटरसाइकलको ठक्करबाट एक नाबालक घाइते भएका छन् । स्थानीय आँखा अस्पाताल जाँदै गरेको बा७३प १२६९ नं को मोटरसाइकलले बुडोल बस्ने पाँच वर्षीय आदित्य दाहाललाई ठक्कर दिएपछि उनी घाइते भएका हुन् । उनको हात, खुट्टा र निधारमा चोट लागेकाले थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

    ]]>
    10339 0 0 0
    भारतीय कम्पनीसँग भएको सम्झौता खारेजीकाे अभियान सञ्चालन http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae/ Fri, 01 Apr 2016 04:33:30 +0000 http://www.ghumphir.com.np/?p=10341 १९ चैत, काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत परियोजना खारेजीको लागि अभियान सुरू भएको छ ।

    भारतीय बहुराष्ट्रिय कम्पनी जीएमआरसँग भएको सम्झौता पीडीए खारेजीका लागि अभियान सञ्चालन हुन लागेको हो । माथिल्लो कर्णली बचाउँ अभियान नामक समिति गठन गर्दै सम्झौता खारेजीको आन्दोलन उठाउन लागेको हो ।

    भरतबहादुर शाहीको अध्यक्षतामा गठन भएको ११ सदस्यीय समितिले जागरण अभियान अन्तर्गत माथिल्लो कर्णालीको संझौता विरुद्ध निर्मित बृत्तचित्र प्रदर्शन, अन्तरक्रिया, कोणसभा लगायतका जनजागरण अभियान सञ्चालन सुरू गरेको छ ।

    अभियान अन्तर्गत चैत १३ गते दैलेखको देवकोटा चोकमा बृत्तचित्र प्रदर्शन र कोणसभा गरिएको थियो ।

    अभियान सञ्चालकहरुले माथिल्लो कर्णाली परियोजना सम्झौता देशहितमा नभइ राष्ट्रघाती भएकाले त्यसलाई खारेज गरी नयाँ ढंगबाट परियोजनाको काम अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।

    ]]>
    10341 0 0 0
    बिस्केट जात्रा अन्योलमा http://localhost/ghum/%e0%a4%ac%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%87%e0%a4%9f-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%b2%e0%a4%ae%e0%a4%be/ Fri, 01 Apr 2016 11:54:38 +0000 http://www.ghumphir.com.np/?p=10345

    भक्तपुर, १९ चैत । बिस्केट जात्रा आउन एक साता बाँकी छँदा पनि बिस्केट जात्राका नाइकेहरुको तलब निर्धारण नभए पनि जात्रा अन्योलमा परेको छ । जात्रा सञ्चालन गर्ने नाइकेले आफूहरुलाई तलब नदिए जात्राको पूजासमेत रोकिदिने बताएपछि जात्रा नै सङ्कटमा पर्ने भएको हो । परम्परा र विधि पु¥याएर पुजारी र नाइकेले पूजा गरेपछि मात्रै जात्रा सुरु हुने परम्परा रहेकामा नाइकेले तलब निर्धारण नगरे पूजा नै रोकिदिने बताएपछि जात्रा सङ्कटमा परेको हो । विगतका केही वर्षदेखि नै मासिक रु १५ हजार तलबको माग गर्दै आएको भैरव नाइकेहरुको जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा गुठी संस्थान भक्तपुर कार्यालय, सरोकारवाला र नाइकेहरुको संयुक्त बैठकले एक महिनाअघि तलब निर्धारण गरेर पठाए पनि केन्द्रीय कार्यालयबाट अझै तलब स्वीकृत भएर नआएको गुठी कार्यालयले जनाएको छ । तलब नभएको र जात्रा सञ्चालनमा समस्या परेकाले काम गर्न नसक्ने भन्दै नाइके पदबाट समेत राजीनामा बुझाएका थिए । गुठी संस्थान भक्तपुर कार्यालयका प्रमुख लेखनाथ सापकोटाले बैठकमा भएको सहमतिअनुसार छजना नाइकेलाई प्रतिव्यक्ति रु चार हजार ५०० का दरले मासिक तलब दिने निर्णय गरी माथिल्लो निकायमा पठाए पनि स्वीकृत भएर नआएको बताउनुभयो । विगतका वर्षहरुमा भैरव गुठीको नाममा रहेको जग्गाबाट आउने कूत नाइकेहरुले पाउने व्यवस्था गरे पनि धेरैजसो रैथाने भइसकेका र बाँकी करिब ९० रोपनी जग्गाबाट पनि कतिपयले कूत नबुझाउने कारण नाइकेहरुले समस्या झेल्दै आएका थिए । छजना नाइकेले बाँडेर लिने गरी वार्षिक कुल रु ८४ हजार मात्रै गुठी संस्थानले दिँदै आएको थियो । छजना नाइकेमध्येमा मूल नाइके ज्ञानबहादुर छुँका, मोतीबहादुर सुवाल, लक्ष्मीप्रसाद घेमस, नारायणप्रसाद घेमसु, कृष्णगोपाल नागा रहेका छन् भने नाइकेमध्येका आशाबहादुर छुँकाको मृत्यु भएकाले एउटा पद रिक्त रहेको छ । नाइके मोतीबहादुर सुवालले तलब नपाए जात्रा सञ्चालन गर्न नदिने र पूजा नै रोकिदिने बताउनुभयो । यसबारे आज जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा पनि निर्णय हुन नसकेपछि जात्रा अन्योलमा परेको छ ।

    ]]>
    10345 0 0 0
    73 सालमा तीन दसैँ http://localhost/ghum/73-%e0%a4%b8%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%81/ Fri, 01 Apr 2016 11:57:26 +0000 http://www.ghumphir.com.np/?p=10347

    काठमाडौँ, १९ चैत । हिन्दू धर्मावलम्बीले आगामी २०७३ सालमा तीनवटा दसैँ मनाउन पाउने भएका छन् आउँदो २०७३ सालमा बडादसैँ असोज २५ मा परेको छ । यस्तै २०७२ सालको चैतेदसैँसमेत २०७३ साल वैशाख ३ गते र २०७३ को चैतेदसैँ चैत २३ गते परेको हुँदा एकै वर्ष हिन्दू धर्मावलम्बीले तीनवटा दसैँ मनाउन पाउने भएका हुन् ।

    तीनवटा दसैँसहितको नयाँ वर्षको पात्रो सरकारले बिहीबार नेपाल राजपत्रमा सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदाका दिनसमेत केही दिनअघि स्वीकृत गरेपछि बिहीबार दसैँसहित महत्वपूर्ण चाडपर्वको सूची प्रकाशित भएको हो । त्यस्तै राजपत्रमा जनाइअनुसार रामनवमी आगामी वैशाख ३, महावीर जयन्ती वैशाख ७, मातातीर्थ औँसी वैशाख, २४, अक्षय तृतीया वैशाख २७, बुद्ध जयन्ती, जेठ ८, गुरुपूर्णिमा साउन ४, नागपञ्चमी साउन २३, जनैपूर्णिमा भदौ २, कुसेऔँसी भदौ १६, ईन्द्रजात्रा भदौ ३०, हरितालिका तिज भदौ १९, ऋषिपञ्चमी– भदौ २१, घटस्थापना असोज १५, महाअष्टमी असोज २३, महानवमी असोज २४, विजयादशमी असोज २५ र कोजाग्रत पूर्णिमा असोज २९ मा परेका छन् । त्यस्तै कागतिहार कात्तिक १२, भाइटीका कात्तिक १६, छठ पर्व कात्तिक २१, बालाचतुर्दशी मङ्सिर १३, धान्यपूर्णिमा मङ्सिर २८, विवाह पञ्चमी मङ्सिर १९, शिवरात्रि फागुन १३, फागुपूर्णिमा फागुन २९ र ३०, घोडे जात्रा चैत १४ र रामनवमी चैत २३ गते गरेका छन् ।
    ]]>
    10347 0 0 0
    आन्दोलनमा जानुको विकल्प छैनः अध्यक्ष ठाकुर http://localhost/ghum/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%aa/ Fri, 01 Apr 2016 11:58:46 +0000 http://www.ghumphir.com.np/?p=10349 १९ चैत, विराटनगर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले अब आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् ।

    वार्ता र सम्वादबाट माग सम्बोधन होस् भनेर आफूहरुले आन्दोलन स्थगित गरेको तर, सरकारले सुनुवाइ नगरेको उनले बताए । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले भने, ‘सरकारले हामीलाई वेवस्ता गरेको छ । अब आफना माग पुरा गराउन आन्दोलन वाहेकको अर्का विकल्प छैन् ।’

    आन्दोलन स्थगित भएको करिब दुई महिना पुरा हुन लाग्दा पनि आफ्नो मागलाई सरकारले गम्भिर रुपमा नलिएको उनले बताए ।

    ११बुँदे माग पुरा गर्न सरकारलाई चैतसम्मको अल्टिमेटम दिएको भन्दै उनले भने, ‘दि सरकारले मागको वेवास्ता गर्दै अगाडी वढछ भने वैशाखवाट पुनः आन्दोलनमा जान्छौं । आन्दोलन शान्तिपूर्ण हुनेछ ।’

    ]]>
    10349 0 0 0
    वैशाख महिनालाई विद्युत् चुहावट नियन्त्रण महिनाको रुपमा मनाउन निर्देशन http://localhost/ghum/%e0%a4%b5%e0%a5%88%e0%a4%b6%e0%a4%be%e0%a4%96-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a5%8d/ Fri, 01 Apr 2016 12:12:47 +0000 http://www.ghumphir.com.np/?p=10353

    काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख महिनालाई विद्युत् चुहावट नियन्त्रण महिनाको रुपमा मनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । प्राधिकरणको संयन्त्रमा मुलुकभर चुहावट २५ प्रतिशतको हाराहारीमा रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न विशेष कदम चाल्न अत्यावश्यक रहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले वैशाख महिनालाई चुहावट नियन्त्रण महिनाको रुपमा मनाउन निर्देश गर्नुभएको हो । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको १०औँ महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले आगामी एक वर्षभित्र आधारभूत रुपमा विद्युत् भार कटौती मुक्त गरिने र दुई वर्षभित्र जलविद्युत्बाटै पूर्णरुपमा विद्युत् उपलब्ध गराइने उल्लेख गर्नुभयो । निर्माणाधीन जलविद्युत् परियोजनालाई तत्काल सम्पन्न गर्नुपर्ने, सञ्चालनमा रहेका आयोजना पूर्ण क्षमतामा चलाउनुपर्ने, सौर्य तथा अन्य वैकल्पिक ऊर्जाको स्रोत परिचालन गरी मुलुकलाई पूर्णरुपमा विद्युत् उपलब्ध गराउने योजनामा सरकार रहेको उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो ‘‘मुलुक र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गरौ, एकाध वर्षभित्र मुलुकमा ठूलो परिवर्तन सम्भव छ । त्यसमा प्राधिकरणका कर्मचारीको ठूलो हात रहन्छ ।’’ मुलुकमा विद्युत् उत्पादनको एक शताब्दी पूरा भए पनि सीमित मात्रामा विद्युत् उत्पादन हुनु र नेपाली जनताले दुःख पाउनुको पछाडि विगतको कमी कमजोरी तथा राजनीतिक अस्थिरता रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले मुलुकभित्रै विद्युत् उत्पादन नहुँदासम्म छिमेकी मुलुकबाट आयात गरेरै भए पनि सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । भारत र चीन दुवैतिर अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रक्रियालाई गति दिन आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले भारतबाट थप ६०० मेगावाट विद्युत् आयात गरिने जानकारी दिनुभयो । हालै आफूले सम्पन्न गरेको भारत र चीनको भ्रमणबाट मुलुकभित्र विकास निर्माणमा नयाँ तरिकाले जाने आत्मविश्वास पैदा भएको भन्दै प्रधानमन्त्री ओलीले सामान्य र खुद्रा कुरा गरेर बस्ने समय नभएको उल्लेख गर्नु भयो । संविधानसभाबाट जारी भएको संविधानले सबै वर्ग तथा क्षेत्रलाई अधिकार सम्पन्न बनाएको भन्दै उहाँले अनावश्यक तर्क गरेर मुलुकलाई अप्ठ्यारोमा पार्ने काम कोही कसैले गर्न नहुने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “संविधानको विषयमा नेपाली जनताको गुनासो छैन । बिहे गरेर आउने बित्तिकै विदेशी महिलाले अङ्गीकृत नागरिकता पाएका छन् । सो प्रक्रियाबाट नागरिकता पाएका सांसद र मन्त्रीसमेत बनेका छन् । सबै वर्ग, क्षेत्र र लिङ्ग अधिकार सम्पन्न भएका छन् । तर विदेशतिर बसेर केही मान्छे नेपालको संविधानमा यो छैन र ऊ छैन भन्दै अर्ति उपदेश दिइरहेका छन् । यो हामीलाई सह्य छैन ।” प्रधानमन्त्री ओलीले आगामी दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकार अगाडि बढिरहेको र एकाध वर्षमा कपडामा समेत आत्मनिर्भर बनाइने छ भन्नुभयो । यस्तै आगामी एक वर्षभित्र मुलुकभित्रका सबै तुइन विस्थापन गरिने जानकारी दिदै प्रधानमन्त्री ओलीले आगामी वैशाख १ गते पोखरा क्षेत्रीय विमानस्थलको शिलान्यास गरिने र दुई वर्षभित्र केरुङ–त्रिशुली सडक दुई लेनको बन्ने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा(एमाले)का नेता गोकर्ण विष्टले मुलुकको ऊर्जा क्षेत्रको विकासमा प्रष्ट नीति र लगानीमैत्री वातावरणको जरुरी रहेको बताउनुभयो । उहाँले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न सबैको सार्थक प्रयत्न आवश्यक रहेकोमा जोड दिनुभयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले सरकारले अगाडि सारेका आयोजना एवम् कार्यक्रमलाई पूर्ण रुपमा लागू गर्न प्राधिकरण प्रतिबद्ध रहेको बताउनुभयो । उद्घाटन सत्रमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराई, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष खगेन्द्र शाहीले प्राधिकरणभित्रको अराजकता,अस्थितरता र काम चोर प्रवृत्तिको अन्त्य गर्न माग गर्नुभएको थियो ।

    ]]>
    10353 0 0 0
    विधान संशोधनका बारेमा काँग्रेसको बैठक सोमबार बस्दै http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%b8%e0%a4%82%e0%a4%b6%e0%a5%8b%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be/ Fri, 01 Apr 2016 12:15:17 +0000 http://www.ghumphir.com.np/?p=10355

    काठमाडौँ, १९ चैत । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी सोमबार बस्ने भएको छ । पार्टीका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संसदीय दलको विधान संशोधनका बारेमा बैठकमा छलफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र देशको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि छलफल हुनेछ । सोही दिन बिहान ८ बजे संसदीय दलको बैठक र दिउँसो २ बजे केन्द्रीय समितिको बैठक व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा बस्ने कार्यक्रम छ ।

    ]]>
    10355 0 0 0
    प्रधानमन्त्री कार्यालयविरुद्ध सर्वोच्चमा २२८ मुद्दा http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%b5/ Sat, 02 Apr 2016 03:43:23 +0000 http://www.ghumphir.com.np/?p=10358 २० चैत, काठमाडौं । सर्वोच्च अदालतमा २० हजारभन्दा बढी मुद्दा विचाराधीन छन्। तीमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्धका मात्र २२८ मुद्दा छन्। ती मुद्दा १ साउन ०७२/७३ यताका मात्रै हुन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

    गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा मुद्दाको चाप घटेको कार्यालयका सहसचिव रमेश ढकालले जानकारी दिए। आर्थिक वर्ष ०७१/७२ मा प्रधानमन्त्री कार्यालयविरुद्ध करिब तीन सय मुद्दा परेका थिए।

    क–कसका विरुद्ध परेका छन् मुद्दा?

    अदालतमा नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्री कार्यालय र मुख्यसचिवका विरुद्धमा मुद्दा परेका छन्।

    ‘प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमा नै विपक्षी बनाइएका मुद्दा कम छन्,’ प्रधानमन्त्री कार्यालयका कानुनी महाशाखा प्रमुख सहसचिव रमेश ढकालले भने, ‘सबैभन्दा बढी मन्त्रिपरिषद् र त्यसपछि प्रधानमन्त्री कार्यालयका नाममा मुद्दा पर्ने गरेका छन्।’ मुख्यसचिवविरुद्ध पनि झन्डै आधा दर्जन मुद्दा परेका छन्।

    सर्वोच्च अदालतमा मात्रै होइन, पुनरावेदन अदालत र जिल्ला अदालतमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयविरुद्ध मुद्दा परेको ढकालले जानकारी दिए। उनका अनुसार दुई सय २८ मुद्दामध्ये ९० प्रतिशत मुद्दा सर्वोच्चमा छन्। ५ प्रतिशत पुनरावेदन र ५ प्रतिशत मुद्दा जिल्ला अदालतमा परेका छन्।

    ]]>
    10358 0 0 0
    भारतीय राजदूत रञ्जित रे ले भने नेपालबारे भारतको पोजिसन फेरिएको छैन http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a6%e0%a5%82%e0%a4%a4-%e0%a4%b0%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%bf%e0%a4%a4-%e0%a4%b0%e0%a5%87-%e0%a4%b2/ Sat, 02 Apr 2016 03:46:45 +0000 http://www.ghumphir.com.np/?p=10361 २० चैत, काठमाडौं ।
    नेपालका लागि भारतीय राजदूत रञ्जित रेले युरोपेली युनियन (इयु) र भारतले बुधवार संयुक्तरुपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी जारी गरेको विज्ञप्तिको बचाउ गरेका छन्। नागरिक दैनिकमा समाचार छ।
    लैनचौरस्थित भारतीय दूतावासमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले संयुक्त विज्ञप्तिमा ‘मात्र नेपालको मन्त्रिपरिषदले पुसमा गरेको निर्णयलाई उल्लेख’ गरेको बताए।
    बेल्जियमको राजधानी ब्रसेल्समा १३ औँ इयु–भारत सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिको १७ नम्बर बुँदामा संविधानमा देखिएको विवादको समयसीमामा रहेर दिगो र समावेशी संवैधानिक समाचान खोज्न भन्दै नेपाललाई दबाब दिइएको थियो। त्यसपछि परराष्ट्र मन्त्रालयले बिहीवार नै विज्ञप्ति जारी गर्दै इयु–भारतले अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघको वडापत्रको मूलय मान्यता उल्लघंन गर्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको थियो।
    ‘नेपाललाई यो विषय किन ठूलो लागिरहेको छ, त्यो मैले बुझ्न सकेको छैन, विज्ञप्तिमा त केबल नेपाल सरकारले गरेको निर्णयलाई पुनरार्वत्ति गरिएको मात्र हो,’राजदूत रेले पुस ७ गते मन्त्रिपरिषदले मधेसकेन्द्रीत दलका माग सम्बोधन गर्न गरेका निर्णय स्मरण गर्दै भने।
    उनले थप स्पष्ट पारे,‘प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र सबै असमझदारी हटेको बताइसक्नु भएको छ तर अचानक अहिले यो क्रोधित प्रतिक्रिया आएको छ। यसको कारण के हो? हामी एकदम चकित परेका छौं।’
    ]]>
    10361 0 0 0
    अबको चुनावमा मतदाताले उम्मेदवार अस्वीकार गर्न पाउने http://localhost/ghum/%e0%a4%85%e0%a4%ac%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%89%e0%a4%ae/ Sat, 02 Apr 2016 03:49:49 +0000 http://www.ghumphir.com.np/?p=10363 २० चैत, काठमाडौं ।
    उम्मेदवारलाई अस्वीकार गर्ने मतदाताको अधिकारलाई सरकारले स्थानीय निर्वाचनमा लागू गर्ने भएको छ। मन्त्रिपरिषदले शुक्रबार पारित गरेको स्थानीय निर्वाचन कार्यविधि ऐनको संशोधन विधेयकमा कुनै पनि मतदातालाई मत नदिने अर्थात् सबैलाई अस्वीकार गर्ने अधिकार मतदातालाई हुनेछ। कान्तिपुर दैनिकमा समाचार छ।
    ‘चित्त नबुझे कुनै पनि उम्मेदवारलाई मत नदिने अधिकार विधेयकको मस्यौदामा राखिएको छ,’ मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले भने, ‘संसदले यो प्रावधान पारित गरे निर्वाचनका क्रममा मतदाताले मताधिकारको नयाँ अवधारणाको अभ्यास गर्न पाउँछन्।’ नेपालमा हालसम्म कुनै पनि उम्मेदवारलाई अस्वीकार गर्ने अधिकार मतदातालाई थिएन। मन्त्रिपरिषदले स्वीकृत गरेको विधेयकमाथि अब संसदमा छलफल हुनेछ।
     उम्मेदवारलाई अस्वीकृत गर्ने अधिकारको माग राखी दायर रिटको फैसलाका क्रममा सर्वोच्च अदालतले यसअघि नै ‘अस्वीकारको अधिकार’ अर्थात् ‘राइट टु रिजेक्ट’ सुनिश्चित गर्न निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो।
    निर्वाचन आयोगका सहसचिव सुशील कोइरालाले कार्यविधि ऐन संशोधनका क्रममा महिला सहभागिताको मुद्दालाई सम्बोधन गर्न खोजिएको बताए।
    ]]>
    10363 0 0 0
    ४२ वर्ष अघि गिरिजाप्रसाद कोइरालाले अपहरित विमान अब संग्रहालयमा http://localhost/ghum/%e0%a5%aa%e0%a5%a8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%85%e0%a4%98%e0%a4%bf-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%a6/ Sat, 02 Apr 2016 03:59:20 +0000 http://www.ghumphir.com.np/?p=10366 २० चैत, काठमाडौं ।
    कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइालाको योजनामा ४२ वर्ष अघि अपहरण गरिएको जहाज सुन्दरीजलस्थित वीपी  संग्रहालयमा राखिने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।
    संग्रहालयका संरक्षक परशुराम पोखरेलले २ वर्ष अघि अर्घाखाँचीको मसिने लेकमा दुर्घटनामा परेर क्षतिग्रस्त विमानलाई संग्रहालयमा राखिने जानकारी दिए। ‘राष्ट्रिय विमा संस्थानसँग विमा गरिएकाले कानुनी प्रक्रिया गर्नुपर्ने रहेछ,’उनले भने,‘सबै प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, संस्थानले अनुमति दिइसकेको छ, कागजी प्रक्रिया पूरा भएपछि ल्याउँछौं।’
    विराटनगरबाट काठमाडौंका लागि उडेको नेपाल एयरलाइन्सको विमानलाई कांग्रेसद्वारा गठित मुक्ति सेनका लागि आर्थिक स्रोत जुटाउन २०३० साल जेठ ३० गते बसन्त भट्टराई र दुर्गा सुवेदीले अपहरण गरेका थिए। अपहरित उक्त विमानलाई बिहारको फारबिसगन्जस्थित घाँसे विमानस्थलमा अवतरण गराइएको थियो।
    विमानमा ३० लाख रुपैयाँ रहेको सूचना पाएपछि वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको योजनामा विमान अपहरण गरिएको थियो। विमान अपहरणमा दिवंगत सुशील कोइरालाको समेत सहभागीता रहेको थियो।
    ]]>
    10366 0 0 0
    भारतको प्रस्तावमा चीन असहमत http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%85%e0%a4%b8/ Sat, 02 Apr 2016 04:20:44 +0000 http://www.ghumphir.com.np/?p=10368 २० चैत, काठमाडौं ।
    चीनले संयुक्त राष्ट्रसंघमा आतंकवाद मुद्दा लैजाने भारतीय चाहनाको विपक्षमा आफूलाई उभ्याएको छ।पञ्जावको पठानकोट एयरबेसमा भएको आतंकवादी आक्रमणको मुद्दालाई भारतले संयुक्त राष्ट्रसंघमा उठाउँदै जैस ए मोहम्मद प्रमुख मौलान मसुद अजहरमाथि प्रतिवन्ध लगाउनुपर्ने माग गरेको थियो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
    भारतले अल कायदा सेक्सन कमिटीमा रहेका माैलाना मसुद अजहरमाथि राष्ट्रसंघ मार्फत कारबाही चलाउन खोजेको थियो।
    समाचारअनुसार संयुक्त राष्ट्रसंघमा १५ देशमध्ये १४ देश मोलानामाथि प्रतिवन्ध लगाउने पक्षमा थिए। तर पनि चीन एक्लै अर्कातर्फ उभिएपछि आतंकबादी संगठनका पक्षमा निर्णय गएको आरोप भारतीय सञ्चारमाध्यमहरुको छ। चीनले भारतीय मागका पक्षमा जान नसक्ने बताएको छ।
    चीनको विदेश मन्त्रालयका प्रवक्ता होङलीले कुटनीतिक जवाफ दिँदै आफ्नो मुलुक सवैखालको आतंकबादको विपक्षमा रहेको बताएका छन्। आतंकवादका विरुद्धमा राष्ट्रसंघले निर्वाह गर्ने केन्द्रीय तथा समन्वयकारी भूमिकामा चीनको सधै साथ रहने उनले स्पष्ट पारे।
    मौलानामाथि प्रतिबन्ध लगाउने भारतको प्रस्तावमाथि अमेरिका, बेलायत र फ्रान्सले पनि समर्थन गरेका थिए। संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्रमध्ये चीन पनि एक हो। चीन्ले आफ्नो भिटो शक्तिको प्रयोग गर्दै भारतको यस प्रस्तावलाई रोकिदिएको हो।
    पाकिस्तानसहित चीन पनि अब मौलानासँगै अभिएकोमा भारतीय पक्ष भने रुष्ट छ।
    ]]>
    10368 0 0 0
    दिल्ली डायरी: के गम्दैछ दिल्ली? http://localhost/ghum/%e0%a4%a6%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%80-%e0%a4%a1%e0%a4%be%e0%a4%af%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a5%87-%e0%a4%97%e0%a4%ae%e0%a5%8d%e0%a4%a6%e0%a5%88%e0%a4%9b-%e0%a4%a6%e0%a4%bf/ Sat, 02 Apr 2016 04:25:29 +0000 http://www.ghumphir.com.np/?p=10370 gunaraj lutelगुणराज लुइँटेल
    नयाँ दिल्ली- भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान पासपोर्टका पाना पल्टाउँदै अध्यागमन अधिकृतले सोधे, 'नेपालमा के गर्नुहुन्छ?' 'पत्रकारिता।' 'दिल्ली किन आउनुभएको?' 'गोष्ठीमा भाग लिन।' 'के विषयमा?' 'नेपाल-भारत सम्बन्ध।' 'तपाईंलाई दुई देशबीचको सम्बन्ध कस्तो लाग्छ?' 'राम्रै बन्दै गएको छ।' 'राम्रो बन्दै होइन, अटुट छ,' ती अधिकृतले आफ्नो निष्कर्ष सुनाउन भ्याइहाले।
    ती अधिकृतको प्रश्न र निष्कर्ष गोष्ठीमा भाग लिएर फर्केका अन्य केही नेपाली सहभागीलाई समेत थियो। दुई दिन लामो छलफलमा जसरी भारतीय सहभागी प्रस्तुत थिए, त्यही शैली र बान्कीमा अध्यागमन अधिकृतहरूको प्रश्न आउनु संयोग मात्र थिएन। संविधान जारी भएपछि असन्तुष्ट भारतले तराई-मधेसको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई दबाब दिने हतियारको रुपमा पाँच महिना लामो नाकाबन्दी गर्योर। तर, त्यसले नेपाल जत्तिकै भारतलाई पनि असर परेको महसुस अन्तर्त्रि्कयामा सहभागीका अभिव्यक्तिबाट गर्न सकिन्थ्यो। अहिले भारतीय राज्यको संस्थापन पक्ष भारतीय जनता पार्टी र यसको सरकार नेपालसँगको सम्बन्ध सामान्यीकरण गर्ने दिशामा लागेको सन्देश दिन थालेका छन्। त्यसका लागि नेपालको विविध क्षेत्रका ३५ जना र भारतको कूटनीतिक, राजनीतिक र बौद्धिक क्षेत्रका त्यत्तिकै संख्यामा सहभागी भेला पारेर यो छलफल गरिएको थियो। काठमाडौंबाट शुक्रबार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सहभागीको जम्बो टोली अवतरण गर्दा भारतीय संस्थापन र बौद्धिकहरूको के प्रतिक्रिया होला भन्ने जिज्ञासा थियो। त्यति मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच १० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएपछि भारतीय बौद्धिक क्षेत्रको प्रतिक्रिया चिन्ताग्रस्त देखिन्थ्यो। यस सन्दर्भमा भारतीय नेता, बौद्धिक र विश्लेषकको प्रतिक्रिया सुन्न हामी उत्सुक थियौं। अन्तर्राष्ट्रिय सहयोग परिषद, भारत एवं नेपाल पोलिसी फाउन्डेस तथा नीति अनुसन्धान परिषद्, नेपालको आयोजनामा भारतको नयाँदिल्लीस्थित मध्याञ्चल भवनमा छलफल प्रारम्भ भयो। 'आज प्रश्न पनि हाम्रा हुनेछन्, जवाफ पनि हाम्रै,' अन्य गोष्ठीभन्दा फरक भएको जनाउ दिँदै भारतीय जनता पार्टी (भाजपा) को भ्रातृ संगठन राष्ट्रिय स्वयंसेवक दल (रासस) का अजित कुमारले भने, कार्यक्रमको सुरुमै भने, 'त्यसको जवाफ यो मन्थनबाट प्राप्त हुनेछ।' 'अरु गोष्ठीमा आउँछन्, भाषण गर्छन्, लन्च–डिनर गर्छन् र जान्छन्,' अजित कुमार थप भावुक हुँदै थिए, 'नेपाल–भारत अलग सम्प्रभु मुलुक हुन् तर हाम्रा पुर्खा एकै हुन्, हाम्रा मान्यता एकै छन्, भगवान एकै छन्।' उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालप्रतिको सद्भावबारे पनि चर्चा गरे। नेपालबारे जानकार रहेका अजितले नै जलविद्युतको विकासमा जोड दिनुपर्ने सुझावसमेत आफूले दिएको बताए। उनकै सल्लाहअनुसार नेपाल भ्रमणका क्रममा मोदीले दुई देशबीचको व्यापार घाटा कम गर्ने उपाय सुझाएका थिए। अजित कुमारका अभिव्यक्तिले प्रस्टै पार्थ्यो– सत्तारुढ भाजपा नेपालसँगको बिग्रेको सम्बन्धका कारण अत्यन्तै चिन्तित छ। अझ यस्तो लाग्थ्यो– सत्तारुढ दलकै नेता तथा कार्यकर्तामा नेपालप्रति अथाह प्रेम हुँदाहुँदै कसरी दुई देशबीचको सम्बन्ध यो स्थितिमा आइपुग्यो? ओलीले आफ्नो भ्रमणपछि भारतसँग सम्बन्ध सुधि्रएको बताए पनि भ्रमणको अन्त्यमा दुई देशका प्रधानमन्त्रीले संयुक्त विज्ञप्ति जारी गर्न सकेनन्। त्यो भ्रमण एक महिना पुग्नासाथ उनी चीन यात्रामा गए। भ्रमणका क्रममा चीनसँग यातायात तथा पारवहन सम्झौता गरेपछि भारतमा होहल्ला मच्चिएको छ– भारतले नेपाल गुमायो। अजित कुमारले गोष्ठीको उद्देश्य बताइसकेपछि सुरु भएको पहिलो सत्र अध्यक्षता गर्दै पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रतिक्रिया व्यक्त गरे– 'नेपाल न भारतको न चीनकै रियल स्टेट हो, यो एक सार्वभौम मुलुक हो। यसको सीमालाई सुगौली सन्धिले परिभाषित गरिसकेको छ।' लोहनीले दुई देशको सम्बन्धका ऐतिहासिक आयाम केलाउँदै कुनै बेला नेपालको मन्त्रिपरिषद बैठकमा भारतीय राजदूत बस्ने गरेको घटनासमेत सम्झाए। मोदी भारतको प्रधानमन्त्री भएपछि नेपालसँगको सम्बन्ध फरक हुने आशालाई 'अघोषित' नाकाबन्दीले धराशयी पारेको उनले गुनासो बिसाए। 'पहिलो भ्रमणपछि सिंगै नेपाल मोदीको प्रिय बन्यो,' उनले परिस्थिति केलाउँदै भने, 'स्थिति बिस्तारै परिवर्तन हुँदै गयो।' वर्षौंदेखि दुई देशबीचको सम्बन्धमा खासै कुनै काम हुन नसकेको उल्लेख गर्दै लोहनीले सम्बन्धलाई जोड्न अदृश्य सांस्कृतिक सेतुहरूलाई जोड्नुपर्ने बताए। त्यसपछि दिनभरिजसो दुई देशबीचका सांस्कृतिक, धार्मिक र जनस्तरका सम्बन्धका चर्चाले सबैलाई लवालव गरायो। सहभागीहरूले यी दुई देशबीचका सम्बन्धका कारण सीमा अलग भए पनि भावना एकै भएको चर्चा गर्न थाले। भारतीय नीति प्रतिष्ठानका डा. अवनिजेश अवस्थीले भने, 'नेपाल घुम्न गएका बेला मलाई अर्को देश हो भन्ने नै लागेन, भारतभन्दा कुनै अर्थमा फरक थिएन।' अनि फेरि उनले गोर्खाहरूको बहादुरी र इमानदारीको प्रशंसाका निम्ति केही क्षण खर्चिए। 'हामी दुई भाइका बीच तेस्रो पक्ष आएर फाइदा लिन खोजिरहेको हुन्छ,' उनले अगाडि भने, 'भविष्यमा भारतको सबैभन्दा निकट मित्र नेपाल नै हो।' भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भूकम्पलगत्तै भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर आफूलाई जानकारी गराएको प्रसंगको चर्चा गरे। त्यसलाई उनले यथार्थमै हृदयको सम्बन्ध रहेको प्रमाणका रुपमा स्मरण गरे। मोदीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई सन्देश दिनसमेत उनीसँग आग्रह गरेका थिए। मोदीको त्यही पहलका कारण भूकम्पको छ घन्टामा भारतीय उद्धार टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। भारतीय रेलवेले नेपालका निम्ति अत्यावश्यक सामग्री सित्तैमा बोकिदिएको थियो। भारतका सबैजसो मन्त्रालयले हामीले के गरौं भन्नु होला भनेर राजदूत उपाध्यायलाई आग्रह गरेका थिए। दुई देशबीचको राम्रो सम्बन्धको उपाध्यायले चर्चा गर्दै भने, 'नेपाल–भारतबीचको द्वन्द्वले कसैलाई फाइदा गर्दैन न यसले चीनलाई फाइदा गर्छ न भारतलाई।' त्यसपछि बोल्ने पालो थियो– नेपालका लागि भारतीय राजदूत रन्जित रेको। 'भारत र नेपालको सम्बन्धमा केही महिना कटुता आयो, त्यो अब इतिहासको विषय हो,' उनले भने, 'प्रधानमन्त्री ओलीको बहुत सफल भ्रमण भइसकेको छ।' छलफललाई दिशा दिन राजदूत रेलेले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे समीक्षा हुनुपर्ने बताए। दुई देशबीचको हजारौं वर्षको सम्बन्धलाई कसैले बिगार्न नसक्ने उल्लेख गर्दै उनले भने, 'राम्रो समय पनि देखियो, खराब समय पनि देखियो तर जनताबीच दुर्भावना छैन।' राजदूत रेले नेपाल–भारतबीच आगामी १० वा २० वर्षमा कस्तो सम्बन्ध बनाउने भन्नेमा छलफल हुनुपर्ने पनि बताए। आगामी १० वर्षमा जलविद्युतको क्षेत्रमा के गर्नुपर्ला भन्ने प्रश्नमा घोत्लिन पनि उनले आग्रह गरे। 'नेपालमा भारतप्रतिको कस्तो दृष्टिकोण छ?' राजदूत रेले छलफलका विषय अघि सार्दै भने, 'नेपाल दुई सय वर्षदेखि सार्वभौम छ, हामी त सन् १९४७ मा मात्र स्वतन्त्र भएका हौं।' उनले थप प्रश्न गरे– हामीले भारतका तर्फबाट के गर्नुपर्छ? तपाईंहरूका मनमा कुन मुद्दा छ? नेपालको रुचि के मा छ?' गलैंचामुनि कसिंगर राखेर समस्या समाधान नहुने, बरु त्यसलाई टक्टक्याउने बेला आएको पनि रेले बताए। भारतीय प्रधानमन्त्री मोदीले 'सबको साथ सबको विकास' को नारा दिएको उल्लेख गर्दै उनले भने, 'हामी काँधमा काँध मिलाएर अघि बढ्न चाहन्छौं।' दुई देशबीच बितेका ६० वर्षमा ठूला आयोजना बन्न नसकेको स्थितिको रेले चर्चा गरे। 'हामीकहाँ पनि केही समस्या छन् र नेपालमा पनि केही समस्या छन्,' उनले भने, 'सन् १९५० को सन्धि लगायतमा हामीले के गर्नुपर्छ, भन्नुहोस्। हाम्रो व्यवहार गलत छ भने त्यसलाई सच्याउन पनि तयार छौं।' दुई देशबीच भएका सन्धिहरूको अध्ययन गरी आवश्यक संशोधनको सुझाव दिन गठित इमिनियन्ट पर्सन गु्रप नेपाल सदस्य नीलाम्बर आचार्यले नेपालले भारतको विकल्प खोजेको होइन, बरु मित्रता चाहेको बताए। उनले सीमा दुवै देशको साझा भए पनि कसरी भारतले तिम्रा नागरिकले नाकाबन्दी गरेका हुन् भन्न सक्छ भन्ने प्रश्न गरेका थिए। भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारीले भावुक वक्तव्य दिए। 'दुई देश भए पनि आत्मा एक छ,' भारतीय इमिनियन्ट पर्सन गु्रप सदस्यसमेत रहेका कोश्यारीले भने, 'हाम्रा राजदूत रे महोदयले नेपाल के चाहन्छ भनेर प्रश्न गर्नुभयो। म आफैं नसोधी भन्न सक्छु, नेपाल के चाहन्छ।' भारतले नेपालको केही पनि नबिगार्ने बताउँदै कोश्यारीले भने, 'भारतले बायाँ गालामा थप्पड हाने दायाँ गाला पनि थाप्छ।' भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत 'बिग ब्रदर' होइन, 'बडा भाइ' बताएको प्रसंग उल्लेख गर्दै कोश्यारीले भने, 'नेपाल–भारत एकै समयमा जन्मिएका जुम्ल्याहा हुन्।' नेपाल–भारतबीच अत्यन्त मीठा कुरा भए पनि भित्री सन्देश भने तराई–मधेसका समस्या समाधान गर्नुपर्छ भन्ने नै थियो। कोश्यारीले पहाडीहरू सीधासाधा हुन्छन् भन्ने तराई–मधेसमा बस्नेहरू बढी सीधासाधा रहेको बताएका थिए। 'त्यसैले हामी सबैले मिलजुल गरेर अघि बढ्नुपर्छ,' कोश्यारीको सन्देश थियो। दुई दिन पूरै कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय र नेपालका लागि भारतीय राजदूत रन्जित रे सहभागी रहेका थिए। तर, नेपाल धर्मनिरपेक्ष भएकोमा भने भारतीय विश्लेषकहरूको प्रस्ट असन्तुष्टि देखिन्थ्यो। यी प्रसंगले दुवै राजदूतलाई अप्ठ्यारो परेको सहभागीहरूले महसुस गर्न सक्थे। नेपालमा जस्तो कुनै एक दलले आयोजना गरेको कार्यक्रममा अन्य सबैजसो दलका प्रतिनिधिले भाग लिने गरेको देखिन्छ तर भाजपामा आबद्ध व्यक्तिले गरेको यो कार्यक्रममा अन्य दलका सदस्यको के कुरा, ती दलनिकट बुद्धिजीवीको समेत उपस्थिति थिएन। तराई–मधेसका दल र बौद्धिक व्यक्ति मात्र होइन, काठमाडौंबाट गएकाहरूले समेत हिन्दुत्वका पक्षमा खुलेर बोले। दुई दिनको छलफलको निष्कर्ष थियो– अब हुने तराई–मधेस आन्दोलनमा हिन्दु धर्म पनि एजेन्डा बन्न सक्छ जुन पहिलेदेखि नै सुषुप्त अवस्थामा छ। त्यसो भयो भने संविधान जारी गर्नुअघि देशभरि हिन्दु धर्मका पक्षमा सुझाव दिने ९० प्रतिशत सर्वसाधारणको ध्यान आन्दोलनले नखिच्ला भन्न सकिन्न। अहिले देशका विभिन्न भागमा राप्रपा नेपालले हिन्दु धर्मका पक्षमा सुरु गरेको अभियानले पनि यसलाई पुष्टि गर्छ। राप्रपा नेपाल अध्यक्ष एवं सरकारकै उपप्रधानमन्त्रीले अहिले भन्दै आएका छन्– 'राजासहितको हिन्दुधर्म स्थापना नगरी विश्राम लिन्नँ।' अधिकांश भारतीय वक्तामा नेपाली राजाप्रतिको कुनै आकर्षण थिएन। तर, हिन्दुत्व र संस्कृति रक्षाको प्रश्नमा भने उनीहरू सक्रियतापूर्वक अभिव्यक्ति दिन्थे। तराई–मधेस आन्दोलनले धर्मको विषयलाई यसअघि नजोडे पनि भित्री आशय त्यो रहेको बताइने गरेको थियो। 'हिन्दुत्वको अजेन्डा गर्भाधान भइसकेको छ,' एमाओवादीका पूर्व सभासद रामकुमार शर्माले छलफलपछि नागरिकसँग भने, 'मधेसीलाई हिन्दुत्वले समस्या पारेको थिएन। आन्दोलनलाई राष्ट्रिय बनाउन यसले मद्दत गर्छ। त्यो स्थितिमा यसको विपक्षमा जानुपर्ने देखिँदैन।' यसपटक नेपालसँग सम्बन्ध सुधारकै निम्ति जोड दिएर कार्यक्रम आयोजना गरेको महसुस हुन्थ्यो, भारतीय नेताहरू बोल्दा। अझ अन्तिम दिन भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालको संविधानलाई 'कोशेढुंगा' भनेर प्रशंसा पनि गरे। पूर्व प्रधानसेनापति रुक्मांगद कटवालले त सिंहलाई नेपालमा भारतले धेरै ठूलो लगानी गरे पनि सम्बन्ध बिगारेर के फाइदा हुन्छ भन्ने प्रश्न समेत गरेका थिए। संविधानप्रति भारतले आपत्ति गर्नु नपर्ने बरु यसलाई सुधार गर्दै जान सकिने पनि नेपाली पक्षको राय थियो। संवैधानिक कानुनका ज्ञाता भीमार्जुन आचार्यले संविधानका सकारात्मक र नकारात्मक दुवै पक्षको चर्चा गरेका थिए। यो संविधानले संसारका अन्य संविधानले व्यवस्था नगरेका अधिकारलाई समेत व्यवस्थित गरेको उनले बताए। दुई दिन लामो छलफलपछि तेस्रो दिन बिहान हामी दिल्लीबाट फेरि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौं काठमाडौं फर्कन। भारतीय अध्यागमन अधिकारीले हामीमध्ये धेरैलाई यसपटक पनि प्रश्न गरेका रहेछन्। अझ वरिष्ठ चलचित्रकर्मी नीर शाहलाई तिनले करिब आधा घन्टाजति राखेर प्रस्टै भनेछन्, 'भाइसा'ब चीनलाई नेपालतर्फ आउन नदिनु होला।' 'तपाईंको यो सुझावलाई जीवनभर सम्झना गर्नेछु,' यति भनेर शाहले अध्यागमन पार गरे। हाम्रो निष्कर्ष थियो– पछिल्लो समय चीनसँगको नेपाल सम्बन्धले भारतलाई राम्रै झस्काएको रहेछ।साभार नागरीक

    ]]>
    10370 0 0 0
    हिमालीले भुक्तानी दिन ढिलाइ गर्दा व्यवसायी मर्कामा http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ad%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%a2%e0%a4%bf/ Sat, 02 Apr 2016 04:39:53 +0000 http://www.ghumphir.com.np/?p=10376

    जुम्ला, २० चैत । उच्च पहाड कृृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना (हिमाली) अन्तर्गत उपआयोजना सञ्चालन गर्ने व्यवसायी मर्कामा परेका छन् । आठ महिनादेखि आयोजनाको केन्द्रीय कार्यालयले रकम भुक्तानी दिन ढिलाइका गरेका कारण व्यवसायी मर्कामा परेका हुन् । आठ÷नौ महिनाको अन्तरालमा सम्झौता र भुक्तानीका काम हुन सकेका छैनन् । ऋण लिएर व्यवसाय सञ्चालन गरेका धेरै सञ्चालकलाई भने साँवा र ब्याज दुवैले च्यापेको छ । फाइदाको नाममा बढी घाटा व्यवहोर्नु परेको प्रियङ्का ताजा तरकारी उद्योगका सञ्चालक निर्मला शाहले बताउनुभयो । “हामीले भेडापालनका लागि भवन निर्माणका साथै रकम आउनेबित्तिकै बुझाउने कागज गरी भेडाधनीसँग भेडा किन्यौँ, तर हिमालीले बेलैमा भुक्तानी नदिएपछि साहुको बदनामी भएका छौँ”–दरगारी भेडापालन समूहका अध्यक्ष निलो बोहोराले भन्नुभयो । उहाँले गत साउनमा आफूले भुक्तानीको लागि बिल पेस गरेको बताउनुभयो । सोही समूहका कोषाध्यक्ष लोकबहादुर बोहोराले आठ महिना बित्दापनि व्यवसायीका समस्याप्रति आयोजना चिन्तित नरहेको गुनासो गर्नुभयो । यता, आयोजना जिल्ला अनुगमन संयोजक राजेन्द्र गिरीले भने जिल्लाबाट व्यवसायीका सबै काम भएको बताउनुभयो । उहाँका अनुसार ३९ व्यवसाय योजनाको सम्झौता रकम रु नौ करोड २६ लाख ४८ हजार ५४बाँकी छ भने २२ योजनाको रु तीन करोड २२ लाख ८५ हजार ५९८ भुक्तानी गरिएको छ । हिमाली आयोजना केन्द्रीय कार्यालयका भेटेनरी अधिकृत मनोज शाहीले दुई महिनादेखि आयोजनाका निर्देशकले अवकास लिनुभएको र सरकारले अर्को निर्देशक पठाउन समय लागेकाले भुक्तानी दिन ढिला भएको बताउनुभयो । “पशुपक्षी विकास मन्त्रालयले अब नयाँ निर्देशक नियुक्ति गरिसकेको छ, पदबहाली भएपछि काम अघि बढ्छ”–उहाँले भन्नुभयो । दुई महिनादेखि आयोजनाका कर्मचारीले पनि तलब खान नपाएको जनाउँदै नियम पुगेर आएका सबै व्यवसायीको भुक्तानी दुई हप्तापछि गरिने उहाँको भनाइ थियो । मुलुकका १० जिल्लामा रु एक अर्बको अनुदान बजेट लगानी गरिएको हिमाली आयोजनाले जनाएको छ ।

    ]]>
    10376 0 0 0
    उद्योग सञ्चालन भएसँगै खेती सुरु http://localhost/ghum/%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8-%e0%a4%ad%e0%a4%8f%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a5%88-%e0%a4%96%e0%a5%87/ Sat, 02 Apr 2016 04:42:46 +0000 http://www.ghumphir.com.np/?p=10378

    कञ्चनपुर, २० चैत । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतोडास्थित जडीबुटी प्रशोधन उद्योग मर्मतपछि सञ्चालनमा आएसँगै यहाँका किसानले पुनः जडीबुटी खेती गर्न थालेका छन् । मर्मत सम्भारको अभावमा प्रशोधन उद्योग बन्द भएपछि किसानले जडीबुटी लगाउन छाडेका थिए । बैतडा सामुदायिक वनको स्वामित्वमा रहेको उद्योग मर्मतका लागि निड्स नामक गैरसरकारी संस्थाले रु एक लाख ३० हजार सहयोग उपलब्ध गराएपछि उद्योग सञ्चालनमा आएको हो । उद्योग सञ्चालनमा आएपछि स्थानीयबासिन्दा समूह बनाएर जडीबुटी खेतीमा लागेका छन् । समूहमा आबद्ध किसानले एक बिगाहा बढी जमिन भाडामा लिएर मेन्था र क्यामोमाइल, सिलनेट्रालगायतका जडीबुटीको खेती गरेका छन् । जडिबुटी खेतीका लागि सो संस्थाको सहयोगमा एक लाखको घुम्ती कोष समेत सञ्चालन गरिएको छ । बैतडा सामुदायिक वनका अध्यक्ष तोयराज अवस्थीले उद्योग सञ्चालनमा आएपछि यहाँका दुई दर्जन बढी किसान पुनः जडिबुटी खेतीमा फर्किएको बताउनुभयो ।

    ]]>
    10378 0 0 0
    ऋण असुली नहुँदा कर्जा लगानी घट्यो http://localhost/ghum/%e0%a4%8b%e0%a4%a3-%e0%a4%85%e0%a4%b8%e0%a5%81%e0%a4%b2%e0%a5%80-%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be-%e0%a4%b2%e0%a4%97%e0%a4%be/ Sat, 02 Apr 2016 04:44:55 +0000 http://www.ghumphir.com.np/?p=10380

    इलाम, २० चैत । समयमा ऋण असुली नहुँदा कृषि विकास बैंक इलाम शाखाले कर्जा लगानी घटाएको छ । विभिन्न व्यावसायिक प्रयोजनका लागि बैंकबाट रु ५० हजारदेखि एक करोडसम्म ऋण लिने ऋणीले समयमा ब्याज र साँवा रकम नबुझाउँदा नयाँले समेत ऋण पाउनबाट वञ्चित हुनुपरेको हो । शाखाबाट ऋण लिने ऋणीको सङ्ख्या ९०० छ । बैंकले हालसम्म रु २७ करोड ऋण लगानी गरेको छ । त्यसमा भाखा नाघेको ऋणीको सङ्ख्या २२५ रहेको छ । रु साढे चार करोड ऋण भाखा नाघेको छ । भाखा नाघेका ऋणीलाई साँवा र ब्याज बुझाउनका लागि पटकपटक लिखित र मौखिक रूपमा ताकेता गरे पनि अटेर गरिरहेकाले त्यस्ता ऋणीको नाम कालोसूचीमा राख्ने तयारी भइरहेको बैंकका कर्जा अधिकृत केशव कट्टेलले बताउनुभयो । उहाँका अनुसार बैंकले सबैभन्दा बढी कृषि÷पशुपालनमा ४८ र उद्योगधन्दामा ५२ प्रतिशत ऋण लगानी गरेको छ । त्यसमा १६ प्रतिशत भाखा नाघेको ऋण छ । ऋण लिन तथा नयाँ पुरानो गर्दै आएका ऋणीका लागि बैंकमा व्यावसायिक योजनाको प्रस्तावसहित जग्गा धितो राम्रो स्थानमा भएको हुनुपर्ने र त्यस्ता ठाउँ उपयुक्त लागेको खण्डमा अनुगमन गरेर ऋण दिन सकिने बैंकले जनाएको छ । केन्द्रीय कार्यालयबाटै ऋण असुल नहुञ्जेल लगानी नगर्न निर्देशन आएकाले कर्जा लगानी रोकिएको बैंकले जनाएको छ । ऋण असुल नहुँदा बैंकको निक्षेप पनि घट्दै गएको छ ।

    ]]>
    10380 0 0 0
    चक्रपथ अब दश वर्षमा आठ लेनको हुने http://localhost/ghum/%e0%a4%9a%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a5-%e0%a4%85%e0%a4%ac-%e0%a4%a6%e0%a4%b6-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%a0-%e0%a4%b2%e0%a5%87%e0%a4%a8/ Sat, 02 Apr 2016 04:48:11 +0000 http://www.ghumphir.com.np/?p=10382

    काठमाडौँ, २० चैत । चक्रपथको २७ किमी सडक १० वर्षभित्रमा आठ लेनको बन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । विसं २०७० मा सुरु भएको कलङ्की–कोटेश्वर १०.३९ किमी सडक आठ लेन बनाउने काम विसं २०७३ पुसमै सम्पन्न हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला बाँकी १७ किमी चक्रपथ पनि आठ लेन बनाउनका लागि थप सहयोग गर्न चीन सरकार सहमत भएपछि १० वर्षभित्र पुरै चक्रपथ आठ लेन बनिसक्ने मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णु ओम वादेले राससलाई जानकारी दिनुभयो । चक्रपथको कलङ्की–कोटेश्वर चार वटा पक्की पुललाई आठ लेन बनाउने कार्य सुरु भएको छ । मनोहरा, वागमती र बल्खु खोलामा आठ लेन ६२ मि चौडाइका पुल निर्माण सुरु भएको हो । बल्खुमा दुई, कलङ्की र बालकुमारीमा एक÷एक पुल निर्माण गरिँदैछ । सडक विभागका वरिष्ठ डिभिजनल इन्जिनीयर एवम् चक्रपथ सुधार आयोजनाका प्रमुख लक्ष्मीदत्त भट्टले भन्नुभयो, “पछिल्लो समय चक्रपथ सुधार आयोजना निर्माण कार्यले गति लिएको छ, सन् २०१३ सेप्टेम्बरमा चीन सरकारसँग सम्झौता भई काम अघि बढेपनि इन्धन एवम् निर्माण सामग्रीको अभावले अहिलेसम्म ३० प्रतिशत मात्र काम भएको थियो, चार वर्षमा काम गरी सन् २०१७ जनवरीमा सक्नुपर्नेछ, सडक र पुलका लागि समेत चीन सरकारले रु पाँच अर्ब लगानी गर्दैछ ।” तेल र निर्माण सामग्रीको अभावले निर्माण सम्पन्न गर्नुपर्ने अवधि छ महिना थप्ने गृहकार्य विभागले गरेपनि चिनियाँ ठेकेदार कम्पनीले थप समय माग गरेन । सडकमा दायाँबायाँ सर्भिस ट्र्याक, डिभाइडर, हरियाली बगैँचा गरी ६२ मि चौडाइको सडक निर्माण गर्न लागिएको हो । विसं २०२७ मा चीन सरकारकै अनुदानमा २७ किमी चार लेनको चक्रपथ निर्माण भएको थियो । बाँकी १७ किमी चक्रपथलाई पनि आठ लेन र ६२ मि चौडाइको बनाउन सम्भाव्यता अध्ययन गरी प्रतिवेदन चीन सरकारलाई पठाइएको पनि आयोजना प्रमुख भट्टले जानकारी दिनुभयो । बाँकी १७ किमीको काम पनि चीन सरकारले प्रतिवेदन स्वीकृत गरेपछि सुरु गर्ने तयारी भएको छ । १० वर्षभित्रमा पूरै चक्रपथमा आठ लेन, ६२ मि चौडाइ र नौ वटा आकाश पुस निर्माण हुनेछ । यसका लागि रु १३ अर्ब लाग्ने विभागको प्रारम्भिक अनुमान छ । चीनको सरकारी ठेकेदार कम्पनी साङ्घाई कन्स्ट्रक्सनले निर्माण गरिरहेको चक्रपथमा कामदार र परामर्शदाता पनि चिनियाँ छन् । आयोजनाले ढल, बिजुली र खानेपानीको लाइन व्यवस्थित गरी सहयोग गर्ने काम गरिरहेको विभागका उपमहानिर्देशक एवम् वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । “२७ किमी चक्रपथमा तीन वटा आकाशे पुल चीन सरकार र छ वटा आकाशे पुल सरकारले बनाउने छ, यसपछि राजधानीको यातायात व्यवस्थित हुने आशा गरिएको छ”–उहाँले भन्नुभयो ।

    ]]>
    10382 0 0 0
    पोखरा–बागलुङ राजमार्ग जीर्ण http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a4%b2%e0%a5%81%e0%a4%99-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%9c%e0%a5%80/ Sat, 02 Apr 2016 04:51:59 +0000 http://www.ghumphir.com.np/?p=10385

    फलेवास (पर्वत) २० चैत । धौलागिरि अञ्चलका चार जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने एकमात्र पोखरा–बागलुङ राजमार्ग बनेको २६ वर्षसम्म मर्मत नहुँदा यातायात व्यावसायीदेखि सर्वसाधारण सास्ती खेप्न बाध्य बनेका छन् । पोखरादेखि बागलुङसम्मको ७२ किमी सडक समयमै मर्मत नहुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् । जीर्ण सडकका कारण समयमा पुग्न नसकिने तथा दुर्घटना बढिरहेको भए पनि सम्बन्धित निकायले भने ध्यान दिन सकेको छैन । सडकको स्तरोन्नति हुन नसक्दा सो सडक पार गर्न तीनदेखि चार घण्टासम्म लाग्ने गरेको छ । विसं २०४६ मा सडक निर्माण गर्दा तीन वटा सवारी साधन एकसाथ वारपार गर्न सक्ने गरी सडकको निर्माण गरिएको भए पनि अहिले सडकको कालोपत्र भत्किएर एउटा सवारी साधनसमेत सहज रुपमा पार गर्न नसक्ने अवस्था आएको छ । समयमै सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गराउनुपर्ने बाध्यता रहेको र सडकमा रहेका खाल्डाखुल्डीका कारण सवारी साधनमा समेत क्षति भइरहने गरेको यातायात व्यावसायी बताउँछन् । मर्मतको कार्य गर्ने सडक डिभिजन कार्यालय पोखराले केही समय पहिला पोखरादेखि कास्कीको काँडेसम्म सडकको कालोपत्र गरेको भए पनि त्योसमेत जीर्ण बनिसकेको छ । अहिले सडकको आधा भाग कच्ची जस्तै बनेको छ । यसले गर्दा बिरामी तथा आकस्मिक यात्रा गर्नुपर्ने अवस्थामा समेत असहजता भएको हो । कालोपत्र भत्कँदै गएका कारण बाटो साँगुरो भएकाले साना सवारी साधन चलाउनेलाई समस्या हुने गरेको र दुर्घटना समेत बढेर गएको सवारी चालक कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

    ]]>
    10385 0 0 0
    भारतमा ६ नेपाली जेल चलान http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a5%ac-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%9c%e0%a5%87%e0%a4%b2-%e0%a4%9a%e0%a4%b2%e0%a4%be%e0%a4%a8/ Sat, 02 Apr 2016 05:01:11 +0000 http://www.ghumphir.com.np/?p=10387 २० चैत, काठमाडौं ।
    भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बुधवार पक्राउ परेका ३५ नेपालमध्ये ६ जनालाई जेल चलान गरेको छ। बाँकी २९ जनालाई १८ वर्षभन्दा कम उमेरको भन्दै त्यहाँको चाइल्ड लाइनमार्फत बाल सुधारगृहमा पठाएको बिहार पुलिसले शुक्रवार जनाएको छ। कान्तिपुर दैनिकमा समाचार छ।
    कारागार चलान गरिएका धनुषा पर्टेवा-६ का उपेन्द्र सदा, सुरज अधिकारी दनुवार, वडा नम्बर-५ का ज्ञान दनुवार, सिरहा बन्दीपुर-१ का तपोलाल दनुवार, सिरहा  बक्राहा-३ का सरिफ मियाँ र धनुषा सबैला-८ का बद्री सदा रहेको श्रीखण्डी भिट्ठास्थित बिहार पुलिसले जनाएको छ।
    उनीहरुलाई एसएसबीको लिखित पत्रपछि मानव बेचबिखन कसुरमा सुरसन्ड थानामा 'एफआईआर' दर्ता गरी सीतामढी सदरमुकाम डुमरास्थित कारागार चलान गरिएको हो।
    श्रीखण्डी भिट्ठास्थित बिहार पुलिस प्रमुख मिहिर कुमारका अनुसार जेल चलान गरिएकामाथि अनुसन्धान गरी डुमरा कोर्टमा मुद्दा दर्ता हुनेछ।
    ]]>
    10387 0 0 0
    देवी नाच http://localhost/ghum/%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%9a/ Sat, 02 Apr 2016 05:08:48 +0000 http://www.ghumphir.com.np/?p=10389 10389 0 0 0 खेती स‌ँगै ब्यापार http://localhost/ghum/%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80-%e0%a4%b8%e2%80%8c%e0%a4%81%e0%a4%97%e0%a5%88-%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b0/ Sat, 02 Apr 2016 05:11:46 +0000 http://www.ghumphir.com.np/?p=10393 10393 0 0 0 सुन्दर गाँउ http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0-%e0%a4%97%e0%a4%be%e0%a4%81%e0%a4%89/ Sat, 02 Apr 2016 05:14:01 +0000 http://www.ghumphir.com.np/?p=10396 10396 0 0 0 नेपालको पर्यटनको प्रवद्र्धन र विकास नहुनुमा दोषि को ? http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0/ Sat, 02 Apr 2016 05:44:32 +0000 http://www.ghumphir.com.np/?p=10400 घुमफिर बिशेष संवाददाता काठमाडौं २० चैत : नेपालको पर्यटनको प्रमुख प्रवद्र्धन र विकासको प्रमुख निकाय सरकारी वेवास्थाले नै कमजोर बन्न पुगेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धन र विकास गर्ने तथा नेपालको पर्यटनको छवि प्रर्दशन गर्ने निकायमा महिनौदेखि नेतृत्व विहिन हुने गरेका छन् । नेतृत्व तहमा विवाद हुनु, पर्यटकीय संस्थामा सेवा सुविधाको विवाद तथा सरकारी सहयोग नहुनाले पनि पर्यटकीय संस्था कमजोर भएको हो । पर्यटनको इतिहास बोकेको नेपालको राष्ट्रिय गौरव ‘नेपाल वायुसेवा निगम’ प्रशस्त मात्रामा जहाज तथा वाइडवडि (ठूलो जहाज) विहिन छ । पर्यटनको प्रवद्र्धन र विकास गर्ने मुख्य जिम्मेवार निकाय नेपाल पर्यटनले नयाँ नेतृत्व पाएको महिनौ भैसक्दापनि बोर्डले गति लिन सकेको छैन । लुम्बिनी विकास कोषमा राजनीतिक नियुक्त भएका तीन जना उपाध्यक्ष, सदस्यसचिव र कोषध्यक्षबीचको आन्तरिक कलह छ । यही नियकाका सबै डकुमेन्ट अख्तियार पुगेको छ । अख्तियारको घेरामा डुबेको विकास कोषको लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि कमचारी अभाव छ । पदयात्रा पर्यटनको प्रमुख निकाय ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले टिम्सकार्ड विक्रीको रकम नपाएको भन्दै बोर्डविरुद्ध फेरि खनिने भएको छ । पर्यटन क्षेत्रका मजदुर संगठनले बीमा रकम नपाएको र टान तथा बोर्डले टिम्सको पैसा सदुपयोग गर्न नदिएकोमा पर्यटन मजदुर क्रुद्ध छन् ।

    Trekkers_Information_Management_Systemपर्यटन क्षेत्रको मूलद्वार मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालत सधै दयनिय छ । विश्वकै फोहोरी विमानस्थलमा पर्ने यो क्षेत्रले पर्यटकलाई सन्तुष्ट पार्ने कुनै दीर्घकालिन योजना अगाडि सार्न सकेको छैन । ट्राभल व्यवसायीको छाता संगठन नेपाल एसोसिएन अफ ट्राभल एण्ड टुर एजेन्ट्स (नाट्टा)ले पर्यटन सेवा शुल्कको पैसा नपाएकोमा सरकार प्रति रुष्ट छ । नाट्टाका व्यवसायी नेपाल पर्यटन बोर्डले हरेक विदेशीबाट लिने गरेको एक हजार रुपैयाँको पर्यटन सेवा शुल्क ट्राभल व्यवसायीले उठाएर दिने भएकोले यो शुल्कमा आफ्नो पनि हिस्सा खोज्दै हिडिरहेकको छन् । पर्यटकीय संस्कृति प्रवद्र्धन गर्ने निकाय संस्कृति महाशाखा मन्दिर नै नभएको ठाउँमा वार्षिक बजेट निकास गर्नमा व्यस्त छ । सानातिना मन्दिरका नाममा निकास गरेको पैसो आफन्त र राजनीतिक दलका भ्रातृ संगठनसम्म पुगे नपुगेको हिसाव गरेर मात्रै बस्ने आरोप संस्कृति महाशाखालाई लाग्ने गरेको छ । पर्यटनको प्रमुख निकायले भोगेको यो समस्याका कारण पर्यटनका क्षेत्रलाई उचाई दिनुभन्दा पनि यसको शाखः नै कमजोर बनाउन होस्टेमा हैँसे दिइरहेको छ । उड्डयन क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण दुई वर्षदेखि उड्डयन क्षेत्रको कालोसूची हटाउँन नसकेर आलोचित बनिरहेको छ । पर्यटन क्षेत्रको मुख्य जिम्मेवार निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयल आफैं चिनियाँ जहाज खरिदमा भएको अनियमिताको हिसाव किताव मिलाउनमा व्यस्त छ । वायुसेवा निगमको व्यवस्थापन जिम्मा कम्तिमा चार वर्षसम्म विदेशी कम्पनीलाई दिने विषयमा देखिएको विवादका कारण पर्यटन मन्त्रालय आफैं चेपुवामा परेको छ भने पर्यटन व्यवसायी आङछिरिङ शेर्पाबाट खटाएर पठाएको पर्यटन मन्त्रीले शेर्पाको सहयोगीको रुपमा काम गर्नमै व्यस्त छन् ।

    धार्मिक पर्यटनको प्रमुख स्थल पशुपति क्षेत्रको गर्भगृहमा भारतीयलाई प्रवेश गर्न दिएपछि सुरु भएको विवादले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डन पदको लडाइबाट बाहिरिएकर पनि फेरि पुनस्थापना भएका हुन । भारतीयलाई निर्वाध रुपमा पशुपतिको गर्भगृहमा पस्न दिएकोमा धार्मिक संस्थाहरु र पर्यटन मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । सोही विषयमा भएको विवादले टण्डन हटाइएका थिए अदालती लडाईबाट उनी पुनः फर्किए । अहिले कोषको कुनै सेवा सुविधा नलिने र पानी पनि नखाई कोषमा काम गर्न थालेको भनेको छन । विकास कोषले अर्बौको सम्पनी अलपत्र पर्नु र पशुपति क्षेत्रभित्रको अव्यवस्थित शैली तथा स्रोत साधनको सदूपयोग हुन नसक्नुले पनि स्पष्ट हुन्छ । टण्डनले कसरी काम अगाडि गर्छन भन्ने पनि अहिले निकै चासोको विषय बनेको छ । नेपालको पर्यटन क्षेत्रमा सकारात्मक आशाको सुरु हुन हुनुपर्ने समयमा देखिएको एक पछि अर्को विवादले पर्यटन क्षेत्रलाई नै कमजोर बनाउन सहयोग पु¥याइरहेको पर्यटन क्षेत्रका विज्ञहरुको भनाइ छ । एकपछि अर्को पर्यटनका प्रमुख निकायमा भएको विवाद तथा कमजोरीका शृङ्खलाले यो क्षेत्रको बलिया खम्बालाई कमजोर बनाउँन थालेको पर्यटन व्यवासयीकै बुझाई छ । अहिले नेपालका प्रमुख पर्यटकीय नियकामा देखिएको विवाद र जुँगाको लडाईले पर्यटन क्षेत्रलाई नै प्रत्यक्ष प्रभाव पार्न थालेको छ भने दीर्घकालिन महत्वका काम कारवाहीको गति पनि कम भएको छ । पर्यटनको सबैभन्दा पुरानो र पहिलो खम्बा मानिएको नेपाल वायुसेवा निगमलाई सरकारी निकाय तथा निगम कर्मचारीले सहयोग नगरेका कारण तत्कालिन महाप्रवन्धक मदन खरेलले राजीनामा दिएका थिए । उनको राजीनामापछि आएका सुगतरत्न कंसाकारले पनि मन्त्री र सचिवका आफन्त तथा राजनीतिक कार्यकर्तालाई भर्ति गर्दैमा दिन विताएका छन् । काहाँको निगम विकास हुनु । भएकै वाई १२ नामक जहाज ६ महिनादेखि उडाउन सकेका छैनन् । यसले गर्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुगेर पर्यटक ल्याउने निगम सानातिना काममै अल्झिरहेको छ ।

    पर्यटन प्रवद्र्धन तथा विकासको महत्वपूर्ण निकाय नेपाल पर्यटन बोर्डमा करीब चार वर्षदेखि नेतृत्व त पायो । तर, काम गर्ने आधार पाएन । बोर्डमा तत्कालिन कार्यकारी प्रमुख अधिकृत (सीईओ) प्रचण्डमान श्रेष्ठको चार वर्षे कार्यवधि सकिएपछि बोर्ड प्रमुख विहिन भएको थियो । बोर्डले नेतृत्व पाएपनि बोर्डका निमित्त प्रमुख तथा निर्देशकसहितका उच्च तहका कार्मचारीमाथि अख्तियारले भ्रष्टाचारको मुद्दा लगाएपछि बोर्डमा उच्च तहका ११ जना कर्मचारी अझै निलम्बनमा नै छन् । बोर्ड संचालक समितिका सदस्य र कर्मचारीसहित अख्तियाले २३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको छ । यो मुद्धाको किनारा नलग्दा बोर्डमा काम गर्ने जनशक्ति नयाँ ल्याउन सकेको छैन र पुरानोले काम गर्न सकेका पनि छैनन । नीतिगन र आर्थिक दायित्वका काम पूर्ण प्रभावित बोर्डमा प्रमुख भएपनि चार वर्षदेखि रोकिएको कर्मचारिको वृत्तिविकास, सरुवा बढुवादेखि अन्तर्राष्ट्रिय प्रवद्र्धनको कामसमेत प्रभावित हुन सक्दा बोर्ड आर्फैं कमजोर भएको छ । बोर्डमा नयाँ नेतृत्व आएपनि नीतिगत र प्रमुख आर्थिक दायित्वका कामले गति लिन नसक्दा बोर्ड छ काम छैन भन्ने मात्रै भएको छ । पछिल्लो समयमा अख्तियारको मुद्दापछि बोर्डमा निर्णय गर्न डराउँने र सहि निर्णयमा पनि फसिने हो कि भन्ने चिन्ताले सताएको पनि छ । कर्मचारीले बोर्ड संचालन गर्न सक्छन भन्ने विषयलाई सरकारी निकायले विश्वासै गर्न नसकेको बोर्डकै एक सदस्यले बताए ।

    lumbini-bikas-koshराजनीतिक नियुक्तिले कमजोर बनाएको लुम्बीनी विकास कोष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको लुम्विनि विकास कोष भने राजनीतिक नियुक्तिकै कारणले प्रभावित हुने गरेको छ । कोषमा उपाध्यक्ष, कोषाध्यक्ष, सदस्यसचिव र योजना प्रमुख पाँच वर्षको लागि राजनीतिक नियुक्ति हुने गरेको छ । कोषमा नियुक्त हुने उपाध्यक्ष राज्यमन्त्रीसरह, कोषध्यक्ष सहायकमन्त्रीसरह, सदस्यसचिव मुख्यसचिवसरह र योजना प्रमुख सचिव सरहको सेवा सुविधामा रहेन भएपनि चार जनाकै कुनै योग्यता तथा विज्ञता नै चाहिदैन । कुनै योग्यता र विज्ञता नतोकि नियुक्त हुने चारवटा राजनीतिक नियुक्तिले कोषलाई अगाडि बढाउन नै समस्या हुने गरेको कोषकै पदाधिकारीको भनाइ छ । चार जना राजनीतिक नियुक्त कोषका लागि भारी भएको कोषकै पदाधिकारी स्वीकार गर्छन । कोषमा चारै जना नभएपनि कोषलाई अगाडि बढाउँन समस्या हुँदैन तर चारजना नै मैहुँ भन्दै बस्ने गरेकोले पनि कुनै काम नै भएको छैन । अहिले त अख्तियारको छानविनमा परेको निहुँ काम नै नगरी तवल भक्ता खाने मात्रै भएको छ । सरकारले लुम्बीनिमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी गरिरहेको भएपनि सरकार र कोषबीचको समन्वय छैन । कोषका पदाधिकारी आफ्नै ढंगले र सरकार आफ्नै ढंगले लागको छन् । आगामी जेठमा हुने अनतर्राष्ट्रिय बौद्ध सम्मेलनको सम्पूर्ण काम लुम्वीनीमा नै गर्ने र लुम्बीनीको प्रचार गर्नुपर्ने तर्क कोषको छ । तर, सरकार भने काठमाडौंमा कार्यक्रम गर्ने गरी तयारीमा जुटेको छ । यसले गर्दा गन्तव्य एउटै भएपनि दुई दिशामा सरकार र कोष लागेका छन् । ntbबोर्डको भविष्य अन्यौलमा नेपाल पर्यटन बोर्ड संचालक समितिका सदस्य र बोर्ड उच्च पदस्थ कर्मचारीसहति २३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मद्दा दायर गरेपछि पर्यटन बोर्ड संचालनमा भएको अस्तव्यस्ता अझै मिलेको छैन । बार्षिक ८५ करोड रुपैयाँको बजेट भएको बोर्डले चालू आर्थिक वर्ष वितेको नौ महिनामा कुनै सिन्को भाँच्न सकेको छैन । गत तीन वर्षदेखि बोर्डको काम पनि शुन्य छ । सरकारी नियकाय बोर्डलाई पर्यटन विभागमा मिलाउँनुपर्छ भनेर कम्मर कसेर लागेका छन् । २०५३ को पर्यटन बोर्ड ऐनले संचालन भएको स्वयत्त संस्थालाई एकैपटक खारेज गर्न नसकिने भएकोले अधिकार घटाउने र कमजोर बनाउँने पक्षमा पर्यटन मन्त्रालयका पदाधिकारी लागेका छन् । निजी क्षेत्रका प्रतिनिधि भने बोर्डलाई जोगाउनुपर्छ र पर्यटनको भविष्य बचाउँनुपर्छ भनेर लागेका छन् । निजी क्षेत्रका व्यवसायीको दबावले बोर्डलाई अहिलेसम्म आफ्नो अस्थित्वमा राख्न सफल भएको छ । पर्यटकबाट लिइने एक हजार रुपैयाँको सेवा शुल्कबाट चलेको बोर्डको आम्दानी तथा विदेशी भ्रमण सरकारी निकायले आँखा गाड्न थालेपछि बोर्डमा किचलो सुरु भएको हो । सरकारी निकायले बोर्ड नचाहिने तर्क गर्ने र निजीले बोर्ड चाहिने आवाजको चेपुवामा परेर बोर्ड नै नरहने हो कि भन्ने चिन्ता पनि पर्यटन क्षेत्रले लिन थालेको छ । पछिल्लो सयम बढेको विवादका कारण बोर्डको भविष्यलाई नै अन्योलतार्फ थकेलेको छ ।

    ]]>
    10400 0 0 0
    पर्यटन र सडकमा मन्त्रीहरुको जोड http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%b0-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b9%e0%a4%b0/ Sat, 02 Apr 2016 11:24:16 +0000 http://www.ghumphir.com.np/?p=10405

    पाल्पा, २० चैत । तेल्घा गाविस–४ गुफाचौर क्षेत्रलाई आध्यात्मिक एवम् धार्मिक पर्यटन प्रवद्र्धनका लागि गणेशको मन्दिर निर्माणस्थलको अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले आज अवलोकन गर्नुभएको छ । गणेशको मूर्ति १८ फि अग्लो र ८ फि चौडाइ भएको मूर्ति गुफाचौरमा राख्नका लागि मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र पूर्वमन्त्री माधवप्रसाद घिमिरेले आज सो क्षेत्रको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा अर्थमन्त्री पौडेलले तेल्घा, गुफाचौरमा गणेश मन्दिर स्थापना गरी यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने सपनामा साथ समर्थन रहने बताउनुभयो । नेकपा(एमाले)का नेता केशव स्थापितको अगुवाइमा गणेश मन्दिर स्थापना हुन लागेको हो । मन्त्री पौडेलले बुटबल, तानसेन सडकलाई मोटरबाट कम्तीमा आधा घन्टामा पुग्ने बनाउन योजना अघि बढेको बताउँदै सुनौली, बुटबल, तानसेन, रिडी, बागलुङ हँुदै कोरला जाने सडकको १२ किमी मार्ग खोल्न बाँकी रहेको र कालोपत्रे छिट्टै हुुने जानकारी दिनुभयो । उहाँका अनुसार बुटबल–तानसेन सडक असुरक्षित रहेकाले सडकलाई सुरुङ मार्ग बनाउने वा अन्य विकल्प खोज्न सकिने छ । पाल्पाको मध्य भागको सडक आर्यभन्ज्याङ, ताहु, रामपुर सडक र हार्थोकदेखि छहरा बल्ढेगढी सडकलाई डबल लेन र कालोपत्र बनाउने योजना पनि अघि बढ्ने उहाँले बताउनुभयो । उद्योगमन्त्री पाण्डेयले पाल्पा विगतदेखि नै धार्मिकस्थल रहेकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभयो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष् रेग्मीले योजना र कार्यान्वयनलाई छिटोछरितो रुपमा अघि बढाउन समेत सुझाव दिनुभयो । पूर्वमन्त्री घिमिरेले गणेश मन्दिर स्थापनाले गुफाचौर नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुने बताउनुभयो । पशुपति क्षेत्रको वनकाली क्षेत्रमा रहेको गणेशको मूर्तिलाई फागुन २३ गते उपराष्ट्रपति नन्दबहादुर पुनले अनावरण गर्नुृभएको थियो । पाल्पा जिल्ला र समग्र नेपालकै धार्मिक तथा ऐतिहासिक क्षेत्रको रुपमा विकास गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउने योजना रहेको बताइएको छ । गुफाचौर क्षेत्रलाई नेपालकै छैटाँै धामका रुपमा विकास गर्ने लक्ष्य लिएर काम अघि बढाइएको सेन्टर अफ एक्सलेन्सले जनाएको छ ।

    ]]>
    10405 0 0 0
    जग्गा किनबेच बन्द, ३५ दिनभित्र जग्गा पहिचान हुने http://localhost/ghum/%e0%a4%9c%e0%a4%97%e0%a5%8d%e0%a4%97%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a4%ac%e0%a5%87%e0%a4%9a-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a5%a9%e0%a5%ab-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%ad/ Sat, 02 Apr 2016 11:27:24 +0000 http://www.ghumphir.com.np/?p=10407

    रमेश लम्साल काठमाडौँ, २० चैत । बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले आयोजना प्रभावित धादिङ र गोरखाको जग्गा बिक्रीवितरण बन्द गर्ने भएको छ । आयोजना विकास समितिले आज सार्वजनिक सूचना प्रकाशन गरी प्रभावित क्षेत्रको जग्गाको बिक्रीवितरण बन्द गर्न र ३५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न स्थानीयवासीलाई आग्रह गरेको हो । प्रभावित क्षेत्रका जनतालाई आफ्नो जग्गाको प्रमाणसहित सम्बन्धित जिप्रकामा सम्पर्क राख्न सूचना प्रकाशन भएपछि जग्गाको कारोबार बन्द भएको नै मान्नुपर्ने आयोजना विकास समितिमा अध्यक्ष लक्ष्मीप्रसाद देवकोटा बताउनुहुन्छ । उहाँका अनुसार समितिले तीन हजार ७२३ जग्गाधनीलाई सम्बन्धित जिप्रकामा आफ्नो जग्गाको सक्कल कागजातसहित उपस्थित हुन र जग्गा बिक्रीवितरण बन्द गर्न स्थानीयवासीलाई अनुरोध गरेको छ । आयोजना प्रभावित क्षेत्रमा भूमाफियाको चलखेल बढेको र बढाबढमा जग्गा बिक्री हुन थालेको सूचना आएपछि समितिले जग्गा बिक्री बन्द गर्न अनुरोध सहित स्थानीय जिप्रकालाई मुआब्जा वितरणको तयारी गर्न आग्रह गरेको हो । आयोजनाका कारण धादिङ र गोरखाका घ्यालचोक, फुजेल, नाम्जुङ, बुङ्कोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरुअर्बाङ सबैभन्दा बढी प्रभावित हुनेछन् । यस्तै धादिङका सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मार्पाक, मूलपानी, बसेरी, बुडाथुम गाविसको महत्वपूर्ण धानखेत तथा टार पनि प्रभावित हुनेछन् । भीमसेन थापाको बगँैचा, पृथ्वीनारायण शाहको न्वागी खाने धानखेत, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, मास र भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग र गोरखा तथा धादिङको प्रमुख व्यापारिक केन्द्र आरुघाट बजार पनि आयोजनाका कारण प्रभावित हुनेछन् । प्रभावित सबै क्षेत्रका जनतालाई जग्गाको प्रमाण सहित जिप्रकामा सम्पर्क राख्न आग्रह गरिएको आयोजना विकास समितिका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । उहाँले स्थानीयवासीले ३५ दिनभित्र जिप्रकामा सम्पर्क राखेपछि प्रजिअको नेतृत्वमा रहेको मालपोत, नापी कार्यालयका प्रमुख सहितको समितिले मुअब्जाको दर तय गर्ने र चालु आवभित्रै मुआब्जा वितरण प्रक्रिया सुरु गरिने उल्लेख गर्नुभयो । देवकोटाका अनुसार आयोजनालाई चालु आवमा उपलब्ध रु तीन अर्ब ३५ करोड मध्येबाटै मुआब्जा वितरण सुरु गरिने र थप रकमका लागि सरकारलाई आग्रह गरिने छ । आयोजना प्रभावित क्षेत्र गोरखाका सांसद आशा कोइराला जग्गाको लगत लिन स्थानीय जनतालाई आग्रह भएपछि आयोजना अगाडि बढ्ने विश्वास बढेर गएको बताउनुहुन्छ । तत्काल आयोजना कुन ढाँचामा बनाउने हो निर्धारण गरेर काम सुरु गर्नुपर्नेमा जोड दिँदै उहाँ काठमाडौँ, पोखरा र नारायणगढ जस्ता ठूला सहरको माग धान्ने महत्वपूर्ण परियोजनालाई ढिलाइ नयरी प्रक्रिया सुरु गर्न सरकारसँग आग्रह गर्नुहुन्छ । प्रभावित क्षेत्र धादिङका सांसद गुरुप्रसाद बुर्लाकोटी स्थानीय जनतालाई सार्वजनिक रुपमा नै आह्वान गरिनुले आयोजना बन्छ भन्ने विश्वास पैदा भएको बताउनुहुन्छ । सांसद बुर्लाकोटी अनुमानित रुपमा रु ६० अर्ब रकम मुआब्जा वितरण गर्नुपर्ने भएकाले त्यसलाई तीन चरणमा दिने गरी कार्ययोजना बनाउन सुझाव दिनुहुन्छ । जग्गाको पहिचान गरेर पहिलो चरणमा ५० प्रतिशत, दोस्रो र तेस्रो चरणमा २५÷२५ प्रतिशत मुआब्जा दिन सकिने र स्थानीयवासीलाई आयोजना हाम्रो हो भन्ने अपनत्व गराउनुपर्ने, गुठी–रैकरमा रहेका जग्गा र त्यसलाई भोगचलन गर्दै आएकाहरुको हकमा के गर्ने भन्ने पनि प्रस्ट हुनुपर्ने उहाँको कथन छ । फ्रान्सेली परामर्शदाता ट्याक्टबेलले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पारिसकेको र लागत अनुमान भइसकेको छ । सरकारले पहिलो चरणमा भूकम्प प्रभावितलाई मुअब्जा वितरण गरेर राहत दिनुपर्ने आवाज पनि उठेको छ । गोरखाका सांसद चीनकाजी श्रेष्ठ आयोजनाको काम कछुवा गतिमा अगाडि बढेको बताउँदै जग्गाको पहिचानका लागि जिप्रकामा सम्पर्क राख्ने सूचना आउनु एक चरण अगाडि बढेको मान्न सकिने धारणा राख्नुहुन्छ । रासससँग कुरा गर्दै उहाँले आयोजना तत्काल अगाडि बढाउनुपर्ने र मुआब्जा वितरण गर्नुपर्ने, अपुग रकम सरकारले उपलब्ध गराउनुपर्ने र भूकम्प प्रभावित जनतालाई तत्काल राहत दिनुपर्नेमा जोड दिनुभयो । कुल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनाबाट धादिङ र गोरखाका करिब ४५ हजार जनताले थातथलो छाड्नुपर्ने देखिन्छ ।

    ]]>
    10407 0 0 0
    चौधरी समूहको होटल मेघौलीमा http://localhost/ghum/%e0%a4%9a%e0%a5%8c%e0%a4%a7%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%ae%e0%a5%82%e0%a4%b9%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2-%e0%a4%ae%e0%a5%87%e0%a4%98%e0%a5%8c%e0%a4%b2%e0%a5%80/ Sat, 02 Apr 2016 11:29:37 +0000 http://www.ghumphir.com.np/?p=10409
     
    चितवन, २० चैत । यहाँ आउने पर्यटकलाई लक्ष्य गरी पश्चिम चितवनको मेघौलीमा अत्याधुनिक पर्यटकीय होटल सञ्चालनमा आएको छ ।चौधरी समूहले १० बिघा क्षेत्रफलमा रु ७५ करोड लगानी गरेर सो होटल निर्माण गरेको हो । धनाढ्य पर्यटक भित्र्याउने उद्देश्यले सिजी होटल एन्ड रिसोर्ट अन्तर्गत स्थापना भएको ‘मेघौली सेराई’ नामक होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय जगत्मा ख्याति कमाएको ताज होटल रिसोर्ट एन्ड प्यालेसले गरेको छ । चौधरी समूहको सिजी होटल एन्ड रिसोर्ट अन्तर्गत विश्वका विभिन्न मुलुकमा एक सयभन्दा बढी होटल सञ्चालनमा छन् ।
    चौधरी समूहका कर्पोरेट कम्युनिकेसन एवम् पब्लिक रिलेसन मामिलासम्बन्धी महाप्रबन्धक मधुसूदन पौडेलले होटलमा शतप्रतिशत चौधरी समूहको लगानी भएको र व्यवस्थापनको जिम्मा भारतको ताज होटललाई दिइएको बताउनुभयो ।
    ]]>
    10409 0 0 0
    लाङ्टाङ क्षेत्रका पर्यटकीय होटल चालु http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%99-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95/ Sat, 02 Apr 2016 11:31:18 +0000 http://www.ghumphir.com.np/?p=10411

    धुन्चे (रसुवा), २० चैत । गत वैशाख १२ को भूकम्पले भत्काएका लाङ्टाङ क्षेत्रका पर्यटकीय होटल क्रमिक रुपमा सञ्चालन हुन थालेका छन् । लाङ्टाङ व्यवस्थापन पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा लामाका अनुसार भूकम्पपछि क्षति भएका होटल पुनःनिर्माण गराउने काम भइरहेको र हालसम्म आठ दश वटा पर्यटकीय होटल सञ्चालनमा आइसकेका छन् । हालसम्म माथिल्लो लाङ्टाङ मुन्डु र क्यान्जेनका केही होटल सञ्चालनमा आएकाले त्यहाँ पुग्ने पर्यटकलाई खान बस्न सजिलो भएको छ । यस्तै लामा होटलका केही होटल सञ्चालनमा आइसकेको तथा घोडातबेला र खानथाङ्स्येपमा पनि होटल सञ्चालन गराउने प्रयास भइरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

    ]]>
    10411 0 0 0
    मध्य भोटेकोसी डेढ वर्ष टाढा http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af-%e0%a4%ad%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%95%e0%a5%8b%e0%a4%b8%e0%a5%80-%e0%a4%a1%e0%a5%87%e0%a4%a2-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%9f%e0%a4%be/ Sat, 02 Apr 2016 11:38:19 +0000 http://www.ghumphir.com.np/?p=10413

    राम केसी  चौतारा २० चैत । सिन्धुपाल्चोकमा हालसम्मकै ठूलो मध्य भोटेकोसी जलविद्युत् आयोजनाको ठप्प भएको काम ११ महिनापछि पुनः सुरु भएको छ । गत वैशाख १२ गतेको भूकम्प, त्यसपछिका परकम्प तथा भारतको अघोषित नाकाबन्दीले ठप्प भएको काम चिनियाँ ठेकेदार अयोजनास्थलमा फर्केपछि काम सुरु भएको हो । एक सय दुई मेगावाटको उक्त आयोजना सन् २०१३ मा सुरु भई सन् २०१७ को जुनमा सम्पन्न गरिने लक्ष्य रहेकामा जुरे पहिरो, भूकम्प र नाकाबन्दीले गर्दा ११ महिना काम रोकिएको हुँदा डेढ वर्षपछि धकेलिएकाले सन् २०१८ को डिसेम्बरमा पूरा गरिने आयोजना प्रमुख मनोज सिलवालले बताउनुभयो । “अझै पनि आवश्यक इन्धन उपलब्ध हुन सकेको छैन”, सिलवालले भन्नुभयो, “कुनै अवरोध नआएमा तोकिएको समय सीमाभित्रै आयोजनाको काम पूरा हुने छ ।” सो आयोजनाको काम २०७१ साउन १७ गतेको जुरे पहिराले सडक अवरुद्ध हुँदा चार महिना रोकिएको थियो । आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनीका सबै कर्मचारी भूकम्पपछि बस्ने सहज स्थिति नभएपछि काम छाडेर देश फर्केका थिए । केही महिनापछि ठेकेदार काम गर्न आउन तयार भए पनि नाकाबन्दीले गर्दा काम हुन सकेको थिएन । अब उनीहरु सबै फर्किसकेका र १५ दिनदेखि तीव्र रुपमा काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाको निर्माण चीनको ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिक कम्पनीले जिम्मा पाएको थियो । नाकाबन्दी खुले पनि अझै इन्धन सहज भएको छैन । ऊर्जा मन्त्रालयले सहयोग गरे पनि नेपाल आयल निगमबाट पर्याप्त इन्धन नपाएको आयोजनाले जनाएको छ । “आयोजनालाई मासिक ३० हजार लिटर इन्धन आवश्यक पर्छ”, सिलवालले भन्नुभयो, “हामीले माग अनुसारको इन्धन प्राप्त गर्न अझै सकेका छैनाँै ।” आयोजनालाई आवश्यक पर्ने सम्पूर्ण जग्गा उपलब्ध भइसकेको छ । सुरुमा केही विवाद भए पनि हाल मुआब्जा वितरण भइसकेको हुँदासमस्यासमाधान भइसकेको छ । चिलिमे कम्पनीको मुख्य प्रवद्र्र्धनमा निर्माण भइरहेको आयोजनाको मुख्य सुरुङको काम भने अप्रिलदेखि पुनः सुरु हुने छ । सुरुङ निर्माणका लागि दुई बेलिब्रिज समेत राखिने भएको छ । राजनीतिक दलका स्थानीय कार्यकर्ताले विभिन्न माग राख्दा जिल्लामा निजी क्षेत्रबाट सञ्चालित विद्युत् आयोजना समयमै पूरा हुन सकेका छैनन् । निर्धारित समयमा पूरा हुन नसकेपछि लगानीकर्ताले घाटा सहनाका साथै देशवासीले समेत लामो समयको विद्युत्भार कटौती मार खेपिरहेका छन् । राजनीतिक कार्यकर्ताकै कारण पाँच वर्ष अगाडि नेपाली र भारतीयको संयुक्त लगानी रहेको ५० मेगावाटको बलेफी विद्युत् आयोजना अलपत्र अवस्थामा छ । प्रवेश मार्गका लागि करिब रु ३० करोड खर्च भइसकेको सो आयोजना सुरक्षाकै कारण हालसम्म पुनः सुरु हुन सकेको छैन । नेपाल सरकारले एक वर्षभित्र विद्युत्भार कटौती हटाउने अठोट सहित ऊर्जा सङ्कट घोषणा गरिसकेको छ । तर त्यसको पूर्ण रुपमा कार्यान्वयन भएमा मध्य भोटेकोसीलगायत देशका विभिन्न स्थानमा सञ्चालित आयोजना पनि लक्ष्यभित्रै सम्पन्न हुने अपेक्षा गरिएको छ । सुरुमा रु १२ अर्ब २८ करोड लागत रहेकामा भूकम्प र नाकाबन्दीका कारण हाल रु १३ अर्ब ७५ करोडमा सम्पन्न गरिने लक्ष्य छ । अमेरिकी डलरको भाउ बढे मात्र लागत बढ्ने, नत्र बढीमा रु १४ अर्बको सीमाभित्रै रहेर काम सम्पन्न हुने सिलवालले बताउनुभयो । आयोजनाका लागि २०६८ सालमा कर्मचारी सञ्चय कोषसँग रु छ अर्ब लगानी गर्ने ऋण सम्झौता भइसकेको छ । चिलिमे जलविद्युत् आयोजनाको ३८ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत र स्थानीय तीन आयोजनाको तीन प्रतिशत सेयर लगानी हुने छ । बाँकी ४९ प्रतिशतमध्ये १९.५ प्रतिशत सञ्चय कोष, १० प्रतिशत जिल्लावासी र प्रभावित गाविस, १५ प्रतिशत सर्वसाधारण, ३.५ प्रतिशत लगानीकर्ताका कर्मचारी र एक प्रतिश सञ्चयकोषका कर्मचारीको लगानी रहने छ । विसं २०७० मङ्सिरमा विद्युत् विकास विभागबाट उत्पादन अनुमति प्राप्त सो आयोजनाको वार्षिक बिक्रीयोग्य विद्युत् उत्पादन रु ५४ करोड २३ लाख युनिट हुने छ । सुख्खा याममा आठ करोड ३७ लाख र बर्खामा ४५ करोड ८६ लाख युनिट उत्पादन हुने छ । चाकुखोला दोभानभन्दा १०० मि तल नौ मि उचाइ र ३७ मि लम्बाइको बाँध बाँधी सात किमी १२४ मि सुरुङ निर्माण गरी गाती गाविसको जम्बुमा निर्माण हुने विद्युत्गृहमा पानी खसालिने छ । अरनिको राजमार्गको सुविधाप्राप्त आयोजनाको विद्युत्गृहबाट सर्ज ट्याङ्कसम्म जाने करिब २.७ किमी र हेडरेस सुरुङका लागि कन्सट्रक्सन अडिट १ सम्म जाने स्थानमा ७५० मि प्रवेश मार्ग निर्माण गरे पुग्ने आयोजनामा ३४ मेगावाटका तीन टर्वाइन जडान गरिने छ । माथिल्लो तामाकोसी आयोजनाले बनाउने २२० केभिएको प्रसारण लाइन बाह्रबिसे भएर जाने हुँदा सो आयोजनाले चार किमी प्रसारण लाइन निर्माण गरी बाह्रबिसेमा जोडिने छ । त्यहाँबाट लामोसाँघुस्थित सब स्टेसन मार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाले जनाएको छ ।

    ]]>
    10413 0 0 0
    तस्करीलाई प्रश्रय दिन कानुन परिवर्तन ग¥यो भन्ने कुरा गलत :प्रधानमन्त्री http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a4%af-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%95%e0%a4%be/ Sat, 02 Apr 2016 11:41:13 +0000 http://www.ghumphir.com.np/?p=10415

    काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल महिला सङ्घ, नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले आज कालोबजारी र भ्रष्टाचार नियन्त्रण तथा भूकम्पको पुनःनिर्माण तत्काल गर्नुपर्ने लगायत माग राख्दै बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले कालोबजारी र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सरोकार भएकाहरुसँग छलफलमा जुटेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– “सरल विधिबाट सरकार अहिलेको समस्याको समाधानमा लागेको छ नेपाली जनताको भावना विपरीत सरकारले कुनै काम गर्ने छैन ।”

    प्रधानमन्त्री ओलीले सरकारले जति तीव्रताका साथ काम गर्नुपर्ने हो त्यो गर्न नसकेको स्विकार्दै वर्तमान समस्याको समाधानका लागि सरकार सक्रिय भएर लाग्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री ओलीले नाकाबन्दी नरहेका बेला पनि इन्धन र ग्यासको आपूर्ति असहज हुने कुरा सरकारलाई सह्य नभएको स्पष्ट पार्नुभयो । सरकारले तस्करीलाई प्रश्रय दिन कानुन परिवर्तन ग¥यो भन्ने कुरा गलत भएको बताउँदै प्रधानमन्त्री ओलीले कुनै पनि कानुन परिवर्तन र अध्यादेश जारी गर्दा प्रतिपक्षी दलसँग छलफल गरेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अध्यक्षमा प्रधानमन्त्री र उपाध्यक्षमा प्रतिपक्षी दलको नेता हुने हुँदा पुनःनिर्माणमा सबैको छलफल अनिवार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “राजनीतिक निर्णय गर्दा सरसल्लाहकै आधारमा सरकार अगाडि बढ्छ । ” उहाँले पुनःनिर्माणको काम चुनौतीपूर्ण भए पनि त्यसलाई सम्पन्न गर्ने जिम्मेवारीबाट सरकार नभाग्ने स्पष्ट पार्दै वर्षायाम अगावै भूकम्पपीडितलाई सुरक्षित आवासका लागि सरकार प्रयासरत रहेको उल्लेख गर्नुभयो । महिला सङ्घका अध्यक्ष डा डिला सङ्ग्रौला, तरुण दलका अध्यक्ष उदयशम्शेर राणा र नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले पुनःनिर्माणलाई तीव्रता दिन तथा कालोबजारी र भ्रष्टाचारलाई यथाशीघ्र रोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
    ]]>
    10415 0 0 0
    आन्तरिक मामिलामा हस्तक्षेप असह्य : नेता खनाल http://localhost/ghum/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a5%8d%e0%a4%b7/ Sat, 02 Apr 2016 11:45:02 +0000 http://www.ghumphir.com.np/?p=10417

    ललितपुर, २० चैत । नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोज्ने बाह््य देशको भूमिका असह््य हुने बताउनुभएको छ । jhalnath-khanalनेपाल उद्योग तथा व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै घरभित्रको समस्या घरकै सदस्यले गर्ने हो कुनै छिमेकीले होइन–उहाँले भन्नुभयो । उहाँले आफ्नो देशको संविधानको कार्यान्वयन कसरी गर्ने भन्ने सबैलाई राम्रो ज्ञान छ कसैले सिकाइराख्नु जरुरत छैन भन्नुभयो । लामो समयको प्रयासपछि नेपाली जनताले पाएको संविधान विश्कै उत्कृष्ट रहेको उल्लेख गर्दै उहाँले संविधान जारी भएको दिन युरोपियन युनियनले स्वागत गरेको तर हालै मात्र प्रेस विज्ञप्तिमार्फत त्यसको घुमाउरो विरोध गर्नु आश्चर्यजनक भएको बताउनुभयो । संविधानले नयाँ राजनीतिक पद्दति, नयाँ लोकतान्त्रिक गणतन्त्र अर्थतन्त्र, नयाँ सामाजिक पद्दति तथा नयाँ पुँजीवादलगायत महत्वपूर्ण विषयको परिकल्पना गरेको उहाँले बताउनुभयो । संविधानले परिकल्पना गरे अनुसार स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरको निर्वाचन भएमा मात्र राजनीतिक पद्दतिको विकास हुने उहाँले औंँल्याउनुभयो । नेपाल दुई शक्तिराष्ट्रको बीचमा रहेकोले उनीहरुबाट लाभ लिनसक्ने खालको योजना बनाउनुपर्नेमा उहाँको जोड रहेको थियो । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले भूकम्प र नाकाबन्दीका कारण उद्योग व्यवसायीले चुनौतीहरु व्यहोर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले देशको आर्थिक विकासका लागि व्यवसायीको महत्वपूर्ण योगदान हुने आँैंल्याउनुभयो । उहाँले संविधानको सफल कार्यान्वयनले मात्र आर्थिक क्षेत्रको विकास हुने बताउनुभयो । नेकपा (एमाले) का नेता मुकुन्द न्यौपानेले पार्टी निकट उद्योग व्यवसायीबाट पार्टी सञ्चालन गर्नसक्ने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको अस्वस्थ प्रवृतिलाई नेतृत्वले समाधान गरिनुपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष लक्ष्मीदास मानन्धरले उद्योग व्यवसायीको हितका लागि महासङ्घ क्रियाशील रहेको बताउनुभयो । उहाँले महासङ्घभित्र २४ वटा सङ्घ आवद्ध रहेको उल्लेख गर्नुभयो ।

    ]]>
    10417 0 0 0
    देउडा http://localhost/ghum/%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%a1%e0%a4%be/ Sat, 02 Apr 2016 11:56:58 +0000 http://www.ghumphir.com.np/?p=10420 10420 0 0 0 पर्यटकीय गन्तव्य बन्दै चन्द्रागिरि http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%9a/ Sat, 02 Apr 2016 12:01:08 +0000 http://www.ghumphir.com.np/?p=10423

    सिबी अधिकारी काठमाडौँ, २० चैत । पर्यटकीय क्षेत्र चन्द्रागिरिको आकर्षण र सौन्दर्यता थप चम्किँदैछ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको चन्द्रागिरि डाँडामा निमार्णाधीन केबलकारले यसको सौन्दर्यलाई बढाएको छ । प्राकृतिक सम्पदाको सौन्दर्यमात्र नभई त्यहाँ निर्माण गरिएका आधुनिक भौतिक पूर्वाधारका संरचनाले चन्द्रागिरिको सौन्दर्यलाई थप चम्काएको हो । काठमाडौँ फनपार्कअन्तर्गतको काठमाडौँ–चन्द्रागिरि केबलकार प्रालिले निर्माण गरिरहेको केवलकारको ९५ प्रतिशत काम पूरा भएको र चाँडै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधियुक्त उक्त केबलकार अस्ट्रियाको ख्यातिप्राप्त केबलकार निर्माता कम्पनी ‘डोपलमेयर’ले निर्माण गरिरहेको छ । केबलकारको मुख्य स्टेसन निर्माणको काम सकिएको र अहिले रोपवेमा केवल तान्ने काम भइरहेको केबलकारका स्टेसन इन्चार्ज इन्जिनियर हरिदेव तामाङले जानकारी दिनुभयो । “केबलकारको ९५ प्रतिशत निर्माण सकिएको छ । अहिले केवल तान्ने काम भइराछ, यो एक हप्ताभित्र सकिन्छ । अन्य निर्माणका काम पनि करिब सकिसकेका अवस्था छ, केबलकार चाँडै नै सञ्चालन गर्ने तयारीमा छौँ”– उहाँले भन्नुभयो । कुल ३६ हेक्टर क्षेत्रफलमा निर्माण भएको केबलकारको लम्बाइ २.४ किमी रहेको छ । ३६ वटा डिब्बा रहने उक्त केबलकारको प्रत्येक डिब्बामा आठ जना यात्रु अट्नेछन् । चन्द्रागिरि डाँडाको उचाइ समुद्री सतहदेखि २५ सय मिटर रहेको छ । केबलकारको जम्मा ११ वटा टावर (रिले स्टेसन) रहेका छन् । अस्ट्रियाबाट आएका प्राविधिकले अहिले टावर माथि रोप राख्ने काम गरिरहेका छन् । कुल रु साढे तीन अर्ब लगानी रहेको केबलकार २० महिनाअघि निर्माण सुरु गरिएको थियो । चन्द्रागिरि डाँडामा केबलकारको मुख्य स्टेसन टर्मिनल भवन, भालेश्वर महादेवको मन्दिर, भ्यूटावर, थिएटर र सम्मेलन हल निर्माण भइरहेको छ । भालेश्वर महादेवको ऐतिहासिक महत्वलाई कायम राख्न भालेश्वरको शीलालाई सुरक्षित राखेर नयाँ शैलीको मन्दिर बनाइएको छ । पदयात्रा पर्यटनको महत्वपूर्ण स्थल चन्द्रागिरिबाट अन्नपूर्ण रेञ्जदेखि सगरमाथासम्म १८० डिग्रीको कोणबाट सहज रुपमा दृश्यावलोकन गर्न सकिने प्राविधिकको भनाइ छ । भ्यूटावरमा टेलिस्कोप राखिनेछ । केबलकारको सुरक्षालाई मध्यनजर गरी हालसम्मकै उच्च प्रविधि अपनाइएको उक्त केबलकारको ११ वटै टावरमा के समस्या आएको छ, कम्प्युटर प्रविधिबाट सहजै निगरानी गर्न सकिने इन्जिनियर तामाङले बताउनुभयो । चन्द्रागिरि परिसरमै पाँच तारे होटलस्तरको रिसोर्ट निर्माण भइरहेको छ, यसको निर्माण केही समय लाग्ने बताइएको छ । चन्द्रागिरि नपाका निमित्त कार्यकारी प्रमुख गोविन्दप्रसाद पाण्डेले चन्द्रागिरिको धार्मिक, सांस्कृतिक सम्पदाका संरक्षणसँगै पर्यटन प्रवद्र्धन गरी आर्थिक रुपमा नगरलाई सवल बनाउन लागि परेको बताउनुभयो । केबलकारबाट नगरवासीलाई के लाभ दिने तथा वातावरण संरक्षण गरी पर्यटक बढाउन कस्तो अभियान चलाउने भन्नेबारे सरोकारवाला पक्षसँग छलफल गरी कार्यक्रम अघि बढाइने उहाँले उल्लेख गर्नुभयो । आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा रहेको चन्द्रागिरि धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले मात्र नभई पदयात्रा र इको पर्यटनका लागि पनि उपयुक्त मानिन्छ । करिब डेढ घन्टाको पैदल यात्रापछि जङ्गलमा आकर्षक चराचुरुङ्गी र जङ्गली जनावरको दृश्यावलोकन गर्दै चन्द्रागिरि डाँडामा पुग्न सकिन्छ । त्यहाँसम्म पुग्ने सडक बाटो पनि छ । नेपाली काँग्रेसका तर्फबाट नगरपालिकाको दलीय संयन्त्रका प्रतिनिधि घनश्याम गिरीले चन्द्रागिरिको ऐतिहासिक, धार्मिक सांस्कृतिक महत्वलाई प्रवद्र्धन गरी बढी पर्यटक भित्र्याउन केबलकारले सहयोग पुग्ने बताउनुभयो । चन्द्रागिरि–२ मा रहेको दहचोकमा तत्कालीन पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्ने क्रममा गढी बनाएकाले पनि यो स्थान ऐतिहासिक र प्रसिद्ध छ । त्यहाँ पाँच वटा गढी अहिले पनि भग्नावशेष अवस्थामा छन् । दहचोक कालु पाण्डेको समाधिस्थल पनि हो । दहचोकलाई पृथ्वीनारायण शाहले राजधानी बनाउने मनसाय व्यक्त गरे पनि त्यो हुन सकेको थिएन । यसले पनि चन्द्रागिरिको महत्वलाई बढाएको छ । चन्द्रागिरि नपामा प्रसिद्ध मातातीर्थ, विष्णु देवी, दुन देवी आदिको मन्दिर छन् जुन धार्मिक पर्यटकका लागि महत्वपूर्ण मानिन्छन् । दलीय संयन्त्र (नेकपा–एमाले) का प्रतिनिधि अनन्तराज सिग्देलले नगरको धार्मिक, सांस्कृतिक महत्व र पर्यटन प्रवद्र्धनका लागि लागिपरेको बताउनुभयो । राजधानी काठमाडौँको निस्सासिँदो वातावरण र कामको थकानबाट शरीरलाई आनन्दको अनुभूति दिलाउन तथा उपत्यका र आसपासका रणमीण दृष्य तथा हिमालको अवलोकन गर्ने उपयुक्त गन्तब्यका रुपमा चन्द्रागिरिलाई लिइन्छ । चुरे पहाडको सदाबार हरियो घनघोर जङ्गलले चन्द्रागिरिको सौन्दर्यलाई उत्तिकै आकर्षण थपेको छ, यसैको आकर्षणले उल्लेख्य सङ्ख्यामा पर्यटक चन्द्रागिरि पुग्ने गर्छन् । चन्द्रागिरिकोे पर्यटकीय महत्वलाई ध्यानमा राखी उचित व्यवस्थापन गर्नसकेको खण्डमा राज्यले आर्थिक लाभ लिन सक्ने निश्चित छ ।

    ]]>
    10423 0 0 0
    होण्डाले ल्यायो नयाँ वर्षमा विशेष योजना http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d/ Sat, 02 Apr 2016 12:03:43 +0000 http://www.ghumphir.com.np/?p=10426 २० चैत, काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा ग्राहकका लागि नगद पुरस्कारको योजना ल्याएको छ ।होण्डा मोटरसाइकल तथा गाडीका नेपालका लागि एक मात्र बिक्रेता तथा ज्योति ग्रुप अन्तर्गतको नेपालकै एक अग्रणी कम्पनी स्याकरले नयाँ योजना ल्याएको हो ।

    honda-new-years-yojana

    अब प्रत्येक होण्डा मोटरसाईकलको खरिदमा ग्राहकले एसएमएस मार्फत ४ हजारदेखि १ लाख रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ ।

    यसतै होण्डाले ग्राहकका लागि ५६ हजार रूपैयाँ बराबरको १६ वटा एक्ट्रा सेभिङ स्पेयर्स पार्टस्मा पाँच वर्षको लागि १० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ ।सन् १९६८ मा स्थापना भएको स्याकार कम्पनीले स्थापनाकालदेखि नै मोटरसाइकल व्यवसाय गर्दै आएको छ ।

    ]]>
    10426 0 0 0
    १६४ इन्स्पेक्टरको सरुवा (सूचीसहित) http://localhost/ghum/%e0%a5%a7%e0%a5%ac%e0%a5%aa-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%b0%e0%a5%81%e0%a4%b5%e0%a4%be/ Sat, 02 Apr 2016 12:05:50 +0000 http://www.ghumphir.com.np/?p=10429 २० चैत, काठमाडौं । नेपाल प्रहरीले १६४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ ।प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको निर्णय अनुसार चैतबाट लागू हुने गरी इन्स्पेक्टरहरुको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    ]]>
    10429 0 0 0
    दुई सातादेखि सुनको मूल्यमा गिरावट, आगामी साता कस्तो रहला? http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af/ Sat, 02 Apr 2016 12:14:53 +0000 http://www.ghumphir.com.np/?p=10434 २० चैत, काठमाडौं ।
    पछिल्लो दुई सातादेखि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। दुई सातामा मात्रै सुनको मूल्यमा १५ सय रुपैयाँले गिरावट आएको छ। यो साता सुन प्रतितोला ४ सय रुपैयाँले गिरावट आएको हो भने गत साता ११ सय रुपैयाँले गिरावट आएको थियो।
    साताको पहिलो दिन आइतबार प्रतितोला ५४ हजार ४ सय रुपैयाँ रहेको सुन अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा ४ सय रुपैयाँले गिरावट आउँदै ५४ हजार रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी पनि साताभर प्रतितोला १० रुपैयाँले घटेको छ। साताको पहिलो दिन आइतबार प्रतितोला ७ सय २० रुपैयाँ रहेकोमा शुक्रबार ७ सय १० रुपैयाँमा झरेको छ।
    सुनको मूल्यमा गिरावट आउनुको कारण जापान लगायत प्रमुख यूरोपियन देशहरुमा कायम रहेको बैंक ब्याजदर नै रहेको संघको ठहर छ।
    अमेरिकी आर्थिक सुचाकांक राम्रो भएको हुँदा अमेरिकी संघीय बैंकले अर्को महिनादेखि बैंक ब्याजदर बढाउने संकेत देखिएकाले डलर तुलनात्मक रुपमा मजबुत हुँदा लगानीकर्ताहरु डलर र शेयरतर्फ आकर्षित हुँदा सुनको मागमा कम आउनुको साथै मूल्यमा समेत गिरावट आएको संघको ठहर छ। यस्तै अवस्थामा आगामी साता पनि नेपाली बजारमा सुनको भाउमा  सामान्य उतरचढाव आउन सक्ने संघको भनाई छ।
    ]]>
    10434 0 0 0
    यसरी लिन सकिन्छ: चालक लाइसेन्सको नवीकरण र प्रतिलिपी http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%b2%e0%a4%bf%e0%a4%a8-%e0%a4%b8%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%9b-%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95-%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%b8/ Sat, 02 Apr 2016 12:17:04 +0000 http://www.ghumphir.com.np/?p=10436 २० चैत, काठमाडौं ।
    सवारी चालकको लाइसेन्स जारी गरेको मितिले ५ वर्षमा नवीकरण गर्नु पर्ने हुन्छ। पाँच वर्ष अगाडि नै सवारी लाइसेन्स हराएमा चालकले यातायात कार्यालयको नियम अनुसार प्रतिलिपी निकाल्नु पर्छ।
    अहिले यातायात व्यवस्था विभागले बागमती अञ्चल यातायात कार्यालयबाट मंसिर २० गतेदेखि नयाँ लाइसेन्स लिँदा  स्मार्ट लाइसेन्स  वितरण गरिसकेको छ। त्यस्तै फागुनको दोस्रो सातादेखि लाइसेन्स नवीकरण गर्नेले समेत स्मार्ट लाइसेन्स पाउन थालेका छन्। यसरी लाइसेन्स नवीकरण गर्ने सवारी चालकले विभागको नियम अनुसार राजस्व तिर्नु पर्ने विभागका निर्देशक चन्द्रमान श्रेष्ठले बताए।
    नवीकरण गर्ने सवारी चालकले पुरानो म्याद सकिएको लाइसेन्स साथमै लिएमा यातायात कार्यालयमा गई निवेदन सहित फारम भर्नु पर्ने विभागले जनाएको छ। नवीकरण गर्ने सवारी चालकले एउटा पासपोर्ट साइजको फोटोसहित नेपाल सरकारले तोकेको सवारी राजश्व तिर्नु पर्ने यातायात कार्यालय एकान्तकुना शाखा अधिकृत ईश्वर रेग्मीले बताए।
    नवीकरण गर्न मोटरसाइकल, स्कुटर, मोपेडको लागि ७ सय रुपैयाँ लाग्ने उनले बताए। त्यस्तै कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्साको लाइसेन्स नवीकरण गर्न १ हजार रुपैयाँ लाग्ने रेग्मीले बताए।
    पावर हिटर, ट्रयाक्टर, मिनीबस र मिनीट्रक चलाउने चालकले लाइसेन्स नवीकरण गर्नका लागि १ हजार ५ सय रुपैयाँ लाग्छ। ट्रक, बस, लहरी, रोठरोलर, डोजर, क्रेन, दमकल, लोडर र त्यो भन्दा ‘ह्याबी’ प्रकारको सवारी चलाउने चालकले लाइसेन्स नवीकरण गर्दा २ हजार रुपैयाँ लाग्छ।
    एउटा लाइसेन्समा धेरै वर्गको नवीकरण गर्दा भने धेरै लाग्ने वर्गकै शुल्क बुझाउनुपर्दछ। जस्तो वर्ग ए र वर्ग बी दुबैतर्फको लाइसेन्स नवीकरण गर्दा बी वर्गको लाइसेन्स नवीकरण गर्न लाग्ने शुल्क १ हजार रुपैयाँ नै लाग्ने रेग्मीले बताए। उनले भने ‘सवारी चालकसँग जति वटा वर्गको लाइसेन्स भए पनि नवीकरण गर्दा सबै भन्दा बढी शूल्क लाग्ने वर्गकै राजस्व लाग्छ।’ यातायात कार्यालयका अनुसार सवारी चालक नवीकरण गर्न सबै भन्दा बढी राजस्व २ हजार रुपैयाँ लाग्छ।
    प्रतिलिपी सवारी लाइसेन्सको लागि आवश्यक कागजपत्र र दस्तुर
    यातायात व्यवस्था कार्यालयका अनुसार सवारी चालकले प्रतिलिपी सवारी लाइसेन्स निकाल्न भने नवीकरण गर्दाको भन्दा कम शुल्क लाग्दछ। प्रतिलिपी लाइसेन्स निकाल्ने चालकले देशभरबाटै स्मार्ट लाइसेन्स पाउने वातावरण भने बनेको छैन।
    यातायात कार्यालयले विभागको निर्देशन आउना साथ बाग्मती अञ्चलको कार्यालय एकान्तकुनाबाट प्रतिलिपी लाइसेन्स लिनेलाई समेत स्मार्ट लाइसेन्स वितरण सुरु गर्ने तयारी गरेको रेग्मीले बताए। विभागले चैतको अन्तिम साताबाट एकान्तकुनामा रहेको यातायात कार्यालयबाट प्रतिलिपी लाइसेन्स लिने सवारी चालकलाई समेत स्मार्ट लाइसेन्स वितरण गर्ने तयारी गरेको छ।
    प्रतिलिपी लाइसेन्स लिने सबै प्रकारका सवारी चलाउने चालकले एक सय रुपैयाँ तिर्नु पर्ने रेग्मीले बताए। चालकले प्रतिलिपी लाइसेन्स लिनको लागि निवेदनको साथमा प्रहरी सिफारिस पत्र, नेपाली नागरिकता, एउटा अटो साइजको फोटो र एउटा पासपोर्ट साइजको फोटो आवश्यक पर्ने रेग्मीले बताए।
    साथै चालकले सम्भव भएसम्म पुरानो लाइसेन्सको फोटो कपी र फोटो कपी नभए लाइसेन्स नम्बर, जारी गरेको मिति र कार्यालयको नाम सहित खुल्ने गरी तीन पुस्ताको विवरण र स्थाई ठेगाना समेत खुलाएर निवेदन पेश गर्नु पर्ने रेग्मीले जानकारी दिए।
    ]]>
    10436 0 0 0
    रुघाखोकीले प्रहरीको मृत्यु http://localhost/ghum/%e0%a4%b0%e0%a5%81%e0%a4%98%e0%a4%be%e0%a4%96%e0%a5%8b%e0%a4%95%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d/ Sat, 02 Apr 2016 12:31:11 +0000 http://www.ghumphir.com.np/?p=10440

    हुम्ला, २० चैत । सदरमुकाम सिमीकोटदेखि दक्षिणी भेगमा पर्ने मेल्छाम प्रहरी चौकीमा कार्यरत प्रहरी जवान हेमन्तराज ओलीको रुघाखोकीका कारण मृत्यु भएको छ । तेत्तीस वर्षीय ओलीलाई तीनदिनदेखि रुघाखोकीले ग्रस्त पारेको थियो । उनको रुघाखोकीबाट शुक्रबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक त्रैलोक्य बालचन्दले जानकारी गराउनुभयो । शव उनको घर कोहलपुरमा बुझाइएको बालचन्दले जानकारी दिनुभयो ।

    ]]>
    10440 0 0 0
    सहकारी ऐन ल्याउने तयारी http://localhost/ghum/%e0%a4%b8%e0%a4%b9%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%90%e0%a4%a8-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%a4%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80/ Sat, 02 Apr 2016 12:32:39 +0000 http://www.ghumphir.com.np/?p=10442

    चितवन, २० चैत । उपप्रधानमन्त्री एवम् सहकारी विकास तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सहकारीलाई व्यवस्थित गर्न नयाँ ऐन ल्याउन लागिएको बताउनुभएको छ । उनन्साठीऔँ सहकारी दिवसका अवसरमा नेपालको पहिलो सहकारी बखान सहकारी संस्थाले आज पश्चिम चितवनको शारदानगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले विधेयकको मस्यौदा आएपछि कानुन बनाएर जनताको पैसाको संरक्षण गर्नेछौँ भन्नुभयो । कानुन बनेसँगै सहकारीका नाममा हुने गरेका अनियमितता अन्त्य हुने उहाँको विश्वास थियो । मुलुकमा सहकारी जनताका लागि अत्यावश्यक हुने भए पनि व्यवस्थित हुन नसक्दा वास्तविक गरिबले यसबाट लाभ लिन नसकेको बताउँँदै उहाँले सरकारले छिट्टै सहकारीलाई व्यवस्थित गर्ने धारणा राख्नुुभयो । स्थानीयको मागअनुरुप ज्येष्ठ सहकारीलाई सङ्ग्रहालयका रुपमा विकास गर्न आफू सकारात्मक रहेको पनि उपप्रधानमन्त्री केसीले बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले बखान सहकारीलाई राष्ट्रियस्तरको सङ्ग्रहालय बनाउन सकिने बताउनुभयो । सो अवसरमा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले आर्थिक समृद्धिको आधार सहकारी बनेको भन्दै विधि र विधानअनुरुप सहकारी चल्नुपर्दछ भन्नुुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष मोहनसिंह लामाले देशको ज्येष्ठ सहकारी बखान सहकारीलाई सङ्ग्रहालयको रुपमा विकास गर्न आग्रह गर्नुभयो ।

    ]]>
    10442 0 0 0
    जात्राका लागि भूकम्पपीडितको अस्थायी शिविर हटाइयो http://localhost/ghum/%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf/ Sun, 03 Apr 2016 05:17:33 +0000 http://www.ghumphir.com.np/?p=10444

    भक्तपुर, २१ चैत । यसवर्षको बिस्केट जात्रा मनाउनका लागि भूकम्पपीडितको अस्थायी शिविर हटाइएको छ । विनाशकारी भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएका भूकम्पपीडित बस्दै आएको भक्तपुर नगरपालिकाको ल्यासिंखेलस्थित बिस्केटको लिङ्गो उठाउने ठाउँमा बस्दै आएका भूकम्पपीडितलाई अन्यत्रै सारिएको हो । लिङ्गो उठाउने ठाउँमा बस्दै आएका करिब ६० घरपरिवार भूकम्पपीडितलाई नहटाउँदा जात्रा नै रोकिने भएपछि उनीहरूलाई अन्यत्र सारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनभयो । उहाँले भन्नुभयो – “भूकम्पपीडितलाई त्यस स्थानबाट नसारे जात्रा नै रोकिने भएपछि तत्कालका लागि अन्यत्र सारेर त्यो ठाउँ खाली गराइएको छ अब जात्रा सञ्चालन गर्न सकिन्छ ।” भूकम्पपीडितलाई अन्यत्र सारिएपछि प्रहरी र स्थानीय बासिन्दाको टोलीले त्यस क्षेत्रको सरसफाइ गरेका छन् । अबको एकसाता अर्थात् चैत २७ गतेदेखि सुरु हुने बिस्केट जात्राका लागि आवश्यक ठाउँ खाली गरिएपछि आज सरसफाइ गरिएको हो । यसवर्ष २७ गतेदेखि सुरु हुने जात्रामा पहिलो दिन मुख्यतः भैरवको रथ तान्ने गरिन्छ भने चैत ३० गते लिङ्गो उठाउने र १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढालिन्छ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा वैशाख ५ गते भैरवको रथ तानेर समापन गरिन्छ ।

    ]]>
    10444 0 0 0
    चितुवाको छाला तस्कर गर्ने चारजना पक्राउ http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9b%e0%a4%be%e0%a4%b2%e0%a4%be-%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%b0-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8/ Sun, 03 Apr 2016 05:20:18 +0000 http://www.ghumphir.com.np/?p=10446

    सल्यान, २१ चैत । सल्यानमा चितुवाको छालासहित चारजना तस्करलाई प्रहरीले पक्राउ गरेको छ । श्रीनगरमा रहेको रोयल गेष्टहाउसमा चितुवाको छाला रु १५ लाखमा मोलमोलाई हुँदै गर्दा शनिबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोली नै तस्कर बनेर उनीहरुसँग छालाको मोलमोलाई गर्ने क्रममा झोलामा लुकाएर राखेको छालासहित अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी नायब उपरीक्षक श्यामकुमार खत्रीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बाँकेको महादेवपुरी–५ ढकेरीका २८ वर्षीय रणबहादुर कवर, बागचौर नगरपालिका–८ कोटमौलाका ३४ वर्षीय भुवन योगी, बागचौर नगरपालिका–९ पातिहाल्नाका ४४ वर्षीय बेलाराम गिरी र दमाचौर–१ पलाटेकी ३३ वर्षीया भेषकुमारी चन्द रहेका छन् । । उनीहरुलाई बरामद दुई थान बाघको छालासहित थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो ।

    ]]>
    10446 0 0 0
    यस वर्ष उखु उत्पादनमा कमी http://localhost/ghum/%e0%a4%af%e0%a4%b8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%89%e0%a4%96%e0%a5%81-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%ae%e0%a5%80/ Sun, 03 Apr 2016 05:23:31 +0000 http://www.ghumphir.com.np/?p=10448

    नवलपरासी, २१ चैत । नवलपरासीमा यस वर्ष उखु उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष २५ लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा यस वर्ष करिब १४ लाख क्विन्टलमात्र उखु उत्पादन भएको उत्पादक कृषक समितिले जनाएको छ । चिनी मिलका सञ्चालकहरुले समयमा उखुको रकम भुक्तानी नदिएकै कारण केही किसानले उखुखेती गर्न छाडेपछि उत्पादनमा कमी आएको समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । उखु कम उत्पादन भएकै कारण यस वर्ष जिल्लामा रहेका चिनी उद्योगले एक महिनाअघिदेखि नै क्रसिङ बन्द गरिसकेका छन् । समितिका अनुसार अघिल्लो वर्षको रु दुईदेखि तीन करोड र यस वर्षको समेत करिब रु २२ देखि २३ करोडसम्म बाँकी रकम उखु किसानलाई अझै पनि मिल सञ्चालकले तिर्न बाँकी छ । जिल्लामा लुम्बिनी चिनी उद्योग, वाग्मती चिनी उद्योग, इन्दिरा चिनी उद्योग र मोहिनी गरी चारवटा ठूला चिनी मिल छन् भने ५० भन्दा बढी भेलीका साना क्रसर उद्योग छन् । जिल्लामा कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखुखेती हुँदै आएको छ जसमा करिब १४ हजार घरपरिवार आबद्ध रहेको समितिको तथ्याङ्क रहेको छ ।

    ]]>
    10448 0 0 0
    धनुषाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दो http://localhost/ghum/%e0%a4%a7%e0%a4%a8%e0%a5%81%e0%a4%b7%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b5%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0%e0%a5%80/ Sun, 03 Apr 2016 05:28:50 +0000 http://www.ghumphir.com.np/?p=10450

    जनकपुरधाम, २१ चैत । धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या बर्सेनि बढ्दै गएको देखिएको छ । सुरक्षित आप्रवासन सूचना केन्द्र तथा परामर्श केन्द्र, मित्र धनुषा र जनचेतना अभियान नेपालद्वारा उक्त जानकारी दिइएको हो । तथ्याङ्कअनुसार गत वर्ष यस जिल्लाबाट २१ हजार ५८० जना वैदेशिक रोजगारीमा गएको र प्रत्येक वर्ष रोजगारीका लागि विदेश जानेको सङ्ख्यामा वृद्धिका कारण यो जिल्लाले सङ्ख्यात्मक दृष्टिले पहिलो स्थान ओगटेको छ । विसं २०६७ सम्म दोस्रो स्थानमा रहेको यो जिल्ला ०७०÷७१ देखि पहिलो स्थान ओगटेको छ । ०६७ सालमा नौ हजार ९२१, ०६८ सालमा १७ हजार ६४३, ०६९ सालमा १८ हजार ८९६ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ । वैदेशिक रोजगारी जानेहरूमा स्थानीय एजेन्टबाट जानेको सङ्ख्या अधिक रहेको र अधिकांश ऋण लिएर विदेश गएका छन् । अधिकांश व्यक्तिगत श्रम स्वीकृति प्रक्रियाबाट वैदेशिक रोजगारमा गएका कारण ठगीको सिकार हुनुपरेको छ । सही जानकारी र सूचनाको अभाव, सीप नहुनु र सीप लिन नचाहनु, सामाजिक लागत बढ्दै जानु, एजेन्ट तथा म्यान पावर कम्पनीको चलखेलजस्ता चुनौतीले गर्दा वैदेशिक रोजगार असुरक्षित बन्दै गएको छ । वैदेशिक रोजगारीमा ठगिने क्रममा वृद्धि भए पनि यस जिल्लाबाट राहदानी लिनेमा कमी नआएको बताइन्छ । तथ्याङ्कअनुसार ०७१÷७२ सालमा यस जिल्लाबाट ३९ हजार ५३ जनाले राहदानी लिएका छन् । यस जिल्लाबाट मुख्यतः साउदी अरब, कतार, मलेसिया र युएई जाने कामदारको सङ्ख्या अधिक देखिएको छ ।

    ]]>
    10450 0 0 0
    पञ्चेबाजा संरक्षणका लागि सांसदद्वारा पाँच लाख विनियोजन http://localhost/ghum/%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a5%87%e0%a4%ac%e0%a4%be%e0%a4%9c%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/ Sun, 03 Apr 2016 05:30:42 +0000 http://www.ghumphir.com.np/?p=10452

    फलेवास (पर्वत), २१ चैत । पछिल्लो समय लोप हुँदै जान लागेका पञ्चेबाजा संरक्षण अभियानमा पर्वतका सांसदहरुले सक्रियता देखाएका छन् । जिल्लामा पछिल्लो समय लोप हुन थालेका पञ्चेबाजा संरक्षणमा पर्वतका सांसदहरुले सांसद विकास कोषको रकमबाट रकम विनियोजन गरेका छन् । पर्वतका सांसदहरु अर्जुनप्रसाद जोशी, विकास लम्साल र कल्पना चापागार्इंले बाजा संरक्षणकै लागि चालु आवमा रु पाँच लाख विनियोजन गरेका हुन् । बाजा संरक्षणका लागि सांसद विकास कोषबाट अर्जुनप्रसाद जोशीले रु दुई लाख विनियोजन गर्नुभएको छ भने अर्का सांसद विकास लम्सालले पनि रु दुई लाख रकम छुट्याउनुभएको छ । त्यसैगरी समानुपातिकतर्फकी सांसद कल्पना चापागार्इंले संस्कृतिका लागि बाजा खरिदका लागि रु एक लाख विनियोजन गर्नुभएको हो । पर्वत जिल्लामा झन्डै १३ प्रतिशतभन्दा बढी दलित समुदायको बाहुल्यता रहेको छ । जिल्लाका अधिकांश गाउँमा दलित समुदायले पञ्चेबाजा बजाउने गर्छन्, यद्यपि पछिल्लो समय मगर समुदाय माझ पनि पञ्चेबाजाले स्थान पाउन थालेको छ । बनौ र सालिजाका मगर समुदाय समेत पञ्चेबाजालाई संस्कृतिसंँग जोडेर संरक्षण अभियानमा लागेका छन् । हराउँदै गएको संस्कृतिका रुपमा रहेको पञ्चेबाजालाई संरक्षणका लागि सांसदहरुको सक्रियताका कारण बाजा संरक्षणमा थप टेवा पुग्न सक्ने विश्वासले बाजा संरक्षणमा सहयोग गरिएको सांसद चापागार्इंले जानकारी दिनुभयो । पञ्चेबाजा विशेषगरी नेपाली समुदायमा खुसियाली मनाउने बेलामा बजाउने गरिन्छ । विवाह, व्रतबन्ध, पास्नी वा विशेष प्रकारका पार्टीमा बजाउने नेपाली लोकसंस्कृतिसँंग जोडिएको बाजाको संरक्षणका लागि यसअघि विभिन्न गैरसरकारी संस्थाले सहयोग गर्दै आइरहेका थिए ।

    ]]>
    10452 0 0 0
    सस्तो ब्याजदरमा घर कर्जा दिन बैंकहरुबीच होडबाजी ( ब्याजदरकाे तालीकासहित ) http://localhost/ghum/%e0%a4%b8%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%9c%e0%a4%a6%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%98%e0%a4%b0-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be/ Sun, 03 Apr 2016 05:39:18 +0000 http://www.ghumphir.com.np/?p=10454

    सुदिल पोखरेल

    भूकम्प र नाकाबन्दीपछि कर्जाको मागमा कमी आएपछि बैंकहरुले कर्जा तथा निक्षेपमा प्रदान गर्दै आएको ब्याजदर घटाएका छन्। यससँगै अहिले बैंकहरुबीच  न्युन ब्याजदरमा घरकर्जा प्रदान गर्ने होडबाजी नै चलेको छ।
    बैंकहरुले अहिले ६.४९ प्रतिशतसम्ममा घर कर्जा प्रदान गर्ने गरेको पाइएको छ। एनआइसी एसिया बैंकले अहिले ६.४९ प्रतिशतमा घरकर्जा उपलब्ध गराउन थालेको छ। तर एनआइसी एसिया बैंकले आधार ब्याजदर भन्दा तल गएर घरकर्जा प्रदान  गरेको छ। बैंकले सार्वजनिक  गरेको दोस्रो त्रैमासिकसम्मको  वित्तीय विवरणमा आधार ब्याजदर ६.४९ तोकिएको छ।  नेपाल राष्ट्र बैंकको निर्देशिकामा भने बैंकहरुले आधार ब्याजदर भन्दा तल गएर लगानी गर्न नहुने उल्लेख गरिएको छ।
    बैंकबीच अस्वस्थ प्रतिस्पर्धा बढ्ने देखिए पनि कर्जाको माग नभई बैंकमा पैसा थुप्रिएका कारण आधार ब्याजदर भन्दा तल गएर लगानी गर्न बैंकहरुमाथि कडाई नगरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी बताउँछन्।
    त्यस्तै एनएमबी बैंकले पनि ६.६६ प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराएको छ। ७.६४ प्रतिशत आधार ब्याजदर रहेको एनएमबी बैंकले पनि आफ्नो आधार ब्याजदर भन्दा तल गएर ६.६६  प्रतिशतमा घरकर्जा उपलब्ध गराएको छ। अहिले एनआईसी एसिया र एनएमबी बैंकले सबैभन्दा सस्तो ब्याजमा घरकर्जा उपलब्ध गराईरहेका छन्।
    सेञ्चुरी कमर्सियल बैंकले १० वर्ष अवधि रहेको घरकर्जा  आफ्ना प्रमुख ग्राहकहरुका लागि ६.४९ प्रतिशत ब्याजमा उपलब्ध गराउने गरेको छ।  त्यस्तै नेपाल बैंकले ‘एनबिएल प्रोफेसनल होमलोन’ ७ प्रतिशत ब्याजमा उपलब्ध गराउँदै आएको छ।
    बैंकहरुले अवधिअनुसार तोकेको घरकर्जा ब्याजदर यस्तो छ।
    १ नेपाल बैंक
    एनबिएल प्रोफेसनल होम लोन  ७ प्रतिशत
    दश वर्ष सम्म ८.५ प्रतिशत
    २ कृषि बिकास बैक
    ५ वर्ष १० प्रतिशत
    १० वर्ष ११ प्रतिशत
    १५ वर्ष १२ प्रतिशत
    कमर्सियल भवन निर्माणको लागि ११.५० प्रतिशत
    ३ सेञ्चुरी बैंक
    १० वर्ष सम्म प्राइम ६.९४ देखि ८.९४ प्रतिशत अन्य ९.९४ देखि ११.९४ प्रतिशत
    १५ वर्ष सम्म प्राइम ७.४४ देखि ९.४४ प्रतिशत अन्य १०.४४देखि १२.४४ प्रतिशत
    २० वर्षसम्म ७.९४ देखि ९.९४ प्रतिशत अन्यमा १०.४४ देखि १२.४४ प्रतिशत
    ४ सिटिजन बैंक
    ८ देखि १८ प्रतिशत
    ५ सिभिल बैंक
    ५ वर्ष सम्म ७.९९ प्रतिशत
    १०वर्षसम्म ८.९९ प्रतिशत
    १५ वर्षसम्म ९.९९ प्रतिशत
    २० वर्षसम्म १०.९९ प्रतिशत
    २५ वर्षसम्म ११.९९ प्रतिशत
    ६ बैंक अफ काठमाण्डु
    हाउजिङलोन ७.५० देखि ११.५० प्रतिशत
    ७ एभरेष्ट बैंक
    हाउजिङलोन ७.५० देखि ११ प्रतिशत
    ८ ग्लोबल आइएमई बैंक
    ५ वर्षसम्म प्राइम ८ देखि ९प्रतिशत अन्य ११ देखि १२ प्रतिशत
    ५ वर्षभन्दा माथि प्राइम ९ देखि १० प्रतिशत अन्य १२ देखि १३ प्रतिशत
    ९  हिमालय बैंक
    १० वर्ष सम्म ७.५० देखि १० प्रतिशत
    १० वर्ष भन्दा माथि ८ देखि १०.५० प्रतिशत
    १० जनता बैंक
    ५ वर्ष सम्म  प्राइम ८.४९ देखि ९ं४९ प्रतिशत, स्टायण्डर्ड ९.५० देखि १०.५० प्रतिशत
    १० वर्षसम्म प्राइम ९ देखि १० प्रतिशत, स्टायण्डर्ड १० देखि ११ प्रतिशत
    १५ वर्षसम्म प्राइम ९.५० देखि १०.५० प्रतिशत, स्टायण्डर्ड १०.५० देखि ११.५० प्रतिशत
    २० वर्षसम्म  प्राइम १०.५० देखि ११.५० प्रतिशत, स्टायण्डर्ड ११.५० देखि १२.५० प्रतिशत
    ११ कुमारी बैंक
    ८.५० देखि १४ प्रतिशत
    १२ लक्ष्मी बैंक
    ९ देखि १२ प्रतिशत
    १३ लुम्बिनी बैंक
    हाउजिङलोन ९ देखि ११ प्रतिशत
    १४ माछापुच्छ्रे बैंक
    स्टायण्डर्ड ८.५०,  नर्मल १० र अन्य १२.५० प्रतिशत
    १५ मेगा बैंक
    ५ वर्षसम्म ८ देखि १२ प्रतिशत
    १० वर्षसम्म ८.५० देखि १३ प्रतिशत
    १५ वर्षसम्म ९ देखि १४ प्रतिशत
    २० वर्षसम्म १० देखि १५ प्रतिशत
    १६ नबिल बैंक
    हाउजिङ लोन प्राइम ७.४९ देखि ९.४९ प्रतिशत, अन्य ९.४९ देखि ११.९९ प्रतिशत
    १७ एनसीसी बैंक
    एनसीसी होमा लोन
    ५ वर्ष सम्म ८ देखि ११ प्रतिशत
    ५ वर्ष देखि १० वर्षसम्म ९ देखि ११.५० प्रतिशत
    १० वर्षभन्दा माथि ९.५० देखि १२ प्रतिशत
    एनसीसी सुलभ होम लोन १० देखि १२ प्रतिशत
    १८ नेपाल बंगलादेश  बैंक
    १० वर्षसम्मको ९ देखि ११ प्रतिशत
    १० वर्षभन्दा माथि ९.५० देखि ११.५० प्रतिशत
    १९ नेपाल इन्भेष्टमेन्ट बैंक
    कर्पाेरेट ८ देखि ९प्रतिशत, स्टायण्डर्ड ११ देखि १२ प्रतिशत
    २० नेपाल एसबिआई बैंक
    कर्पाेरेट ८ देखि  ९ प्रतिशत, प्राइम ९ देखि १० प्रतिशत, अन्य १० देखि ११.५० प्रतिशत
    २१ एनआइसि एसिया बैंक
    ६.४९ प्रतिशत
    २२ एनएमबी
    ६.६६ प्रतिशत
    २३ प्रभु  बैंक
    ५ वर्षसम्म ७.४९ देखि ७.९९ प्रतिशत
    ५ देखि १० वर्ष सम्म ७.७९ देखि ८.५० प्रतिशत
    १० देखि १५ वर्षसम्म ७.९९ देखि ९प्रतिशत
    १५ देखि २५ वर्षसम्म ८.२९ देखि ११ प्रतिशत
    अन्य ९ देखि १४ प्रतिशत
    २४ प्राइम कमर्सियल बैंक
    प्राइम ९.५० देखि १०.५० प्रतिशत, अन्य ११ देखि १२ प्रतिशत
    २५ राष्ट्रिय बाणिज्य बैंक
    महालक्ष्मी होम लोन ८ प्रतिशत
    २६ सानीमा बैंक
    ८ देखि १३ प्रतिशत
    २७ सिद्धार्थ बैंक
    प्राइम ८ देखि ९प्रतिशत, अन्य ११ देखि १२ प्रतिशत
    २८ स्टायण्डर्ड चार्टड बैंक
    प्राइम ७.५० प्रतिशत, स्टायण्र्ड ८.७५ प्रतिशत र अन्य ९.२५ प्रतिशत
    २९  सनराइज बैंक
    ५ वर्षसम्म ८.५० देखि ११ प्रतिशत
    १० वर्षसम्म ९ देखि ११ प्रतिशत
    १५ वर्षसम्म ९.५० देखि ११.५० प्रतिशत
     घरकर्जा माग गर्न बैंकमा पेश गर्नुपर्ने मुख्य  कागजात 
    १ कर्जा माग गर्ने ग्राहकको नागरीकता  प्रमाणपत्रको प्रतिलीपी
    २ जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
    ३ चालु आर्थिक वर्षमा मालपोत तिरेको रसिदको प्रतिलिपी
    ४ नगरपालिका वा गाबिसलेले पास गरेको घरको नक्सा
    ५ घर निर्माण गर्न लागेको जग्गाको चार किल्ला सहीत क्षेत्रफल खुलेको कागजात
    ६ मासिक वा वार्षिक आय खुल्ने कागजात
    ]]>
    10454 0 0 0
    एमाओवादी सदन र सरकार दुबैमा असक्षम http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%93%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a5%80-%e0%a4%b8%e0%a4%a6%e0%a4%a8-%e0%a4%b0-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%ac%e0%a5%88/ Sun, 03 Apr 2016 06:55:19 +0000 http://www.ghumphir.com.np/?p=10458 २० चैत, काठमाडौं । केपी ओलीको नेतृत्वमा सरकारमा सहभागी भएको एमाओवादी नेतृत्व सदन र सरकार दुबैमा असक्षम देखिएको छ । नाकाबन्दी खुलेको महिनौं भइसक्दा पनि जनताले ग्यास र इन्धन सहजरुपमा पाउन सकेका छैनन् । गृह र आपूर्ति मन्त्रालय एमाओवादीको हातमा छ ।

    भारतले नाकाबन्दी लगाएका बेला देशको अर्थतन्त्र कालोबजारिया र तस्करहरुका हातमा गएको थियो । तर, अहिलेसम्म सरकारले अर्थतन्त्रलाई कालोबजारियाका हातबाट फिर्ता ल्याउन सकेको छैन ।

    नाकाबन्दी खुलेपछि भारतबाट सहजरुपमा इन्धन भित्रिइरहे पनि अहिलेसम्म जनताले सहजरुपमा पाउन नसक्दा एमाओवादीले सम्हालेको गृह र आपूर्ति मन्त्रालयको कार्यक्षमतामाथि प्रश्न उठेको छ ।

    आपूर्ति व्यवस्था असहज भएको र कालोबजारी भइरहेको भन्दै सत्तापक्षकै विद्यार्थीहरुले सडकमा नाराबाजी गरिरहेका छन् । आपूर्ति र गृह मन्त्रालय एमाओवादीको हातमा छ, तर, क्रान्तिकारी विद्यार्थी संगठनका नेता सडकमा भाषण गर्दै आयल निगमका हाकिम गोपाल खड्कालाई गाली गरिरहेका छन् । वाइसिएलका पूर्वनेतासमेत रहेका आपूर्ति मन्त्री गणेशमान पुनले कालोबजारियाहरुलाई कारवाही गर्न सकेका छैनन् ।

    एमाले विद्यार्थी संगठनले निगमका हाकिमविरुद्ध अख्तियारमा उजुरी गरेको छ । तर, प्रधानमन्त्री केपी ओलीले नै उनलाई संरक्षण गरेको आरोप लागिरहेको छ । अख्तियारले पनि कालोबजारियालाई संरक्षण गरेको सत्तापक्षकै विद्यार्थी नेताहरुको आरोप छ ।

    मुलुकमा कालोबजारियाहरुलाई नियन्त्रण गर्न र आपूर्ति व्यवस्था सहज बनाउनका लागि गृह, आपूर्ति र वाणिज्य मन्त्रालयको अहम् भूमिका हुन्छ । यीमध्ये गृह र आपूर्ति मन्त्रालयको कमाण्ड एमाओवादीको हातमा छ भने वाणिज्य मन्त्रालय राप्रपा नेता दीपक बोहोराका हातमा छ ।

    सरकारमा सहभागी मन्त्रीहरु नै आर्थिक अनियमितता र भ्रष्टाचारमा संलग्न रहेको गुनासो यत्रतत्र आइरहेको अवस्था छ ।

    सभामुख पनि असक्षम ?

    एमाओवादीले महत्वपूर्ण मन्त्रालयहरुमात्रै होइन, सदनको नेतृत्वसमेत आफ्नै दलबाट गरेको छ । एमाओवादी नेतृ ओनसरी घर्ती सभामुखको कुर्सीमा छिन् । तर, संविधान कार्यान्वयनको सम्वेदनशील अवस्थामा संसद कामविहीन बनेको छ ।

    संसदले आफ्नो नियमावलीसमेत बनाउन सकेको छैन । नियमावली बन्न नसक्दा संसदीय सुनुवाइ समिति बन्न सकेको छैन र यसले न्यायाधीशहरुको नियुक्तिमा प्रभाव परेको छ । नयाँ संविधान बनेपछि अहिलेसम्म नियमावली बन्न नसक्दा संसदका विभिन्न समितिहरुमा क्षेत्राधिकार विवाद देखिएको छ । समितिहरुको काम प्रभावकारी नहुँदा सरकारलाई खबरदारी गर्न संसदले सकेको छैन ।

    एमाले पनि उस्तै

    नेकपा एमालेको कमाण्डमा रहेको अर्थमन्त्रालयले भूकम्पपछिको पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकेको छैन । पुनर्निर्माण प्राधिकरणमा एमाले निकट सीइओ नियुक्ति गरिएको छ, जसका विरुद्ध अख्तियारमा उजुरी परेको छ ।

    त्यसैगरी कानून मन्त्रालय एमालेले सम्हालेको छ । कानून मन्त्रालयले नेपाल बार एशोसिएशन र न्याय परिषदलाई विवादमा तान्ने काम गरेको छ ।

    बारेका अध्यक्षलाई एक/दुई महिनाको वीचमा महान्यायधिवक्ता र न्यायाधीशमा सिफारिस गरेर एमालेले कच्चा काम गरेको छ । त्यस्तै न्यायपरिषद सदस्य रामप्रसाद श्रेष्ठलाई बैठकमा उपस्थित नराउन नसकी संविधानको खिल्ली उडाउने काममा एमालेको भूमिका देखिएको छ ।

    कांग्रेसको कमजोर भूमिका

    प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली कांग्रेसले पनि प्रतिपक्षको भूमिका खेल्न सकेको छैन ।

    सरकारले आपूर्ति व्यवस्था सहज पार्न नसकेका बेला प्रतिपक्षले चाँडो संसद बोलाउने वा सरकारलाई खबरदारी गर्ने काम गर्न सकेको छैन । त्यस्तै संसदीय समितिहरुलाई चलायमान बनाउने, संसदको नियमावली चाँडो बनाउने लगायतका विषयमा कांग्रेसको भूमिका कमजोर देखिएको छ ।

    ]]>
    10458 0 0 0
    बसको ठक्करबाट मृग म¥यो http://localhost/ghum/%e0%a4%ac%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%a0%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ae%e0%a5%83%e0%a4%97-%e0%a4%ae%c2%a5%e0%a4%af%e0%a5%8b/ Sun, 03 Apr 2016 06:56:58 +0000 http://www.ghumphir.com.np/?p=10460

    चितवन, २१ चैत । भरतपुर उपमहानगरपालिकाको आँपटारीमा आज बसको ठक्करबाट गर्भिणी मृगको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय नारायणगढका अनुसार नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ना४ख ४९७१ नं को बसले आँपटारी चोकमा ठक्कर दिँदा मृग घटनास्थलमै मरेको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला वन कार्यालयलाई बुझाएको छ । सहायक वन अधिकृत भरतप्रसाद पनुवारका अनुसार गर्भिणी मृगको उमेर करिब पाँच वर्षको रहेको छ । चालकलाई राष्ट्रिय निकुञ्ज ऐनअन्तर्गत कारबाही गरिने उहाँले बताउनुभयो । यसअघि जिल्लाको टिकौलीमा बसको ठक्करबाट जरायो र चित्तल मरेका थिए । जिल्लाको टिकौली, आपटाँरी, रामनगर क्षेत्रको राजमार्गमा वन्यजन्तु आवतजावत गर्ने हुँदा यस्ता घटना निरन्तर हँुदै आएका छन् ।

    ]]>
    10460 0 0 0
    दुर्घटनामा दुईको मृत्यु http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%88%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81/ Sun, 03 Apr 2016 06:58:54 +0000 http://www.ghumphir.com.np/?p=10462

    काठमाडौँ, २१ चैत । गएराति स्वयम्भूको रामघाट नजिक भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा कलङ्कीका २९ वर्षीय सोनु रिसाल र २७ वर्षीय शैलेन्द्र रिसालको मृत्यु भएको हो । दुबैजनाको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कलङ्कीका २७ वर्षीय शैलेन्द्रले चलाएको बा३०प ४५५० नं मोटरसाइकल सडकमा अनियन्त्रित भएपछि दुर्घटना भएको थियो । गम्भीर घाइते अनिश रिसालको वीर अस्पतालमा उपचार भइरहेको छ । महाशाखाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    ]]>
    10462 0 0 0
    बाघ पाइने देशका मन्त्रीहरूबिच बहस हुँदै http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%98-%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%87-%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b9/ Sun, 03 Apr 2016 07:02:09 +0000 http://www.ghumphir.com.np/?p=10464 अब्दुल्लाह मियाँ

    बाघ पाइने देशका मन्त्रीहरूको तेस्रो सम्मेलन यही चैत ३० देखि ०७३ वैशाख २ सम्म नयाँदिल्लीमा हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आहवानमा हुन लागेको सम्मेलनमा बाघ पाइने १३ देशका वन र वातावरणमन्त्री तथा विज्ञहरू सहभागी हुनेछन् । सम्मेलनमा बाघ संरक्षणको अवस्था, सन् २०१० पछिका उपलब्धि र चुनौतीबारे छलफल हुनेछ । नेपालसहित भारत, भुटान, बंगलादेश, भियतनाम, इन्डोनेसिया, कम्बोडिया, चीन, लाओस, मलेसिया, म्यानमार, रूस र थाइल्यान्ड बाघ पाइने मुलुक हुन् । नेपालबाट वनमन्त्री अग्निप्रसाद सापकोटा, वन मन्त्रालाय योजना महाशाखा प्रमुख तथा प्रवक्ता कृष्णप्रसाद आचार्य, राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराई तथा बाघ संरक्षणमा सहयोगी संस्थाहरू डब्लूडब्लूएफ नेपाल र प्रकृति संरक्षण कोषका विशेषज्ञ सम्मेलनमा सहभागी हुनेछन् । बाघ पाइने देशका मन्त्रीहरूको पहिलो सम्मेलन २०१० फेब्रुअरीमा थाइल्यान्डको हुवाहिनमा र दोस्रो सम्मेलन २०१२ अक्टोबरमा भुटानको थिम्पुमा भएको थियो । प्रवक्ता आचार्यका अनुसार सम्मेलनमा सन् २०१० मा रूसको पिटर्सबर्गमा भएको सन् २०२२ सम्ममा बाघ दोब्बर गर्नेसम्बन्धी प्रतिबद्धतामा भएका प्रगतिबारे छलफल हुनेछ । ‘पिटर्सबर्गमा भएको प्रतिबद्धतापछि कुन–कुन मुलुकले के–के प्रगति हासिल गरे भन्नेमा समीक्षा हुनेछ,’ आचार्यले भने, ‘सन् २०२२ सम्म बाघ दोब्बर गर्न के कस्ता समस्या छन् भन्नेमा छलफल केन्द्रित हुनेछ ।’ पहिलो सम्मेलनले सन् २०२२ सम्म प्राकृतिक बासस्थानमा बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो । त्यतिबेला विश्वमा बाघको संख्या ३२ सयको हाराहारीमा थियो । उक्त सम्मेलनले बाघको साँघुरिँदो बासस्थान, आहारको कमी र चोरी सिकार मुख्य चुनौती ठहर गर्दै संरक्षणमुखी अभियानका साथै चोरी सिकार नियन्त्रणमा केन्द्रित हुने घोषणा गरेको थियो । पिटर्सबर्ग सम्मेलनपछि अरू मुलुकले जस्तै नेपालले पनि बाघको बासस्थान विस्तार गर्ने, बाघको चोरी सिकार रोक्ने, अंगप्रत्यंगको अवैध व्यापार नियन्त्रण गर्ने र बाघ तथा मानवबीचको द्वन्द्व घटाउने कार्यक्रममा जोड दिएको आचार्यले बताए । उनका अनुसार दिल्ली सम्मेलनमा बाघ संरक्षणमा देखिएका चुनौती, तिनका आहार र बासस्थानको अवस्था, बाघको चोरी सिकारको अवस्था, संरक्षणका चुनौती र आगामी बाटोबारे पनि गम्भीर बहस हुनेछ । पछिल्लो एक वर्षयता नेपाल र भारतका निकुञ्ज र संरक्षित क्षेत्रमा बाघको सिकार अत्यधिक बढेको छ । सन् २०१५ को जनवरीदेखि २०१६ को फेब्रुअरीसम्म नेपाल र भारतका संरक्षित र बाहिरको क्षेत्रमा चोरी सिकारीले १४ बाघ सिकार गरेको पाइएको छ । नेपाल र भारतका निकुञ्जका बाघ चोरी सिकारीको निसानामा पर्न थालेपछि चैत पहिलो साता नेपाल र भारतका वन मन्त्रालयका अधिकारीबीच दिल्लीमा बाघ संरक्षणबारे बृहत् छलफल भएको थियो । दुई देशले बाघका अंगको तस्करी र बाघ सिकारी नियन्त्रण साझा चुनौती ठहर गर्दै बाघ बचाउन संयुक्त अभियान सञ्चालन गर्ने निष्कर्ष निकालेका थिए । दुई देशबीच बाघको संयुक्त संरक्षणमा ढिलाइ गरे सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने विश्वव्यापी घोषणा कार्यान्वयन अधुरो रहने भन्दै संयुक्त पहलमा जोड दिइएको थियो । पछिल्लो गणनाअनुसार नेपालमा वयस्क बाघको संख्या १ सय ९८ छ । चितवनमा १ सय २०, बर्दियामा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्षमा ७ र बाँके निकुञ्जमा ४ बाघ छन् । विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईका अनुसार सम्मेलनमा बाघ पाइने १३ देशका मन्त्रीले बाघ संरक्षणबारे आफ्नो प्रतिबद्धता जाहेर गर्नेछन् । ‘अहिलेसम्म भएका कामको सकारात्मक पक्ष र गर्नुपर्ने कामबारे आ–आफ्ना धारणा सार्वजनिक हुनेछन्,’ उनले भने । आचार्यले सम्मेलनमा बाघको संरक्षणबाहेक त्यसका अंगको खपत/आयात गर्ने मुलुकबीच छलफल र बहस केन्द्रित नगर्ने हो भने बाघ दोब्बर गर्ने महत्त्वाकांक्षी घोषणा कार्यान्वयनमा समस्या रहेको टिप्पणी गरे ।

    ]]>
    10464 0 0 0
    भूकम्प प्रभावित ८ जिल्लालाई यसै साताबाट अनुदान वितरण गर्ने http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%a4-%e0%a5%ae-%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be/ Sun, 03 Apr 2016 07:04:10 +0000 http://www.ghumphir.com.np/?p=10467 २१ चैत, काठमाडौं ।उपत्यकाबाहिर सिन्धुपाल्चोक र मकवानपुरबाहेकका ८ जिल्लाका भूकम्प प्रभावितलाई यसै साताबाट अनुदान वितरण गर्ने तयारी सरकारको छ । यी ८ जिल्लामा भने अनुदान वितरण गर्ने गाविस र घरधुरी तय भइसकेको छ । पुनर्निर्माण प्राधिकरणका अनुसार तय भएको गाविसका स्थानीयहरूको नामावली सम्बन्धित जिल्लाले आइतबार सार्वजनिक गर्दैछ ।
    प्राधिकरणका प्रवक्ता राम थपलियाका अनुसार ८ वटा जिल्लाको अनुदान वितरण भने तत्कालै सुरु हुनेछ । ‘यी जिल्लामा अनुदान वितरणको समय सार्वजनिक गर्ने अन्तिम तयारीमा छौं । सम्बन्धित निकायलाई कार्यक्रम पेस गरी बजेट माग गर्न भनिसकेका छौं,’ उनले भने, ‘तर, सिन्धुपाल्चोक र मकवानपुरमा अनुदान वितरणको समयतालिका भने केही पर सर्ने भएको छ ।’
    यी जिल्लाभित्र पनि हालसम्म पहिचान भएका केही गाविसमा ५ हजार ५ सय २ जना घरधनी पहिचान भइसकेका छन् । उनीहरूलाई यसै साताबाट अनुदान वितरण हुनेछ । प्राविधिक कारणले क्षति भएका परिवारको तथ्यांक सार्वजनिक गर्न नसकेका कारण ढिलाइ भएको थपलियाले बताए । सरकारले गत वैशाख १२ गते गएको भूकम्पले पूर्ण रूपमा क्षति भएका परिवारलाई २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।
    यसमध्ये पहिलो किस्ताअन्तर्गतको ५० हजार रुपैयाँ अनुदान वितरण सुरु गरेको हो । गत महिनाबाट दोलखाको सिंगटीबाट अनुदान वितरणको काम गरिरहेको छ । ‘यसै महिना पीडितले रकम पाउने गरी ८ जिल्लामा अनुदान वितरण हुनेछ,’ प्राधिकरणका अर्का एक अधिकारीले भने, ‘प्राविधिक कारणले घोषणा गर्नमै ढिलाइ हुने भए पनि सिन्धुपाल्चोक र मकवानपुरमा पनि यसै महिनाभित्र अनुदान वितरण गर्ने प्रयास गरिरहेका छौं ।’
    प्राधिकरण स्रोतका अनुसार स्थानीय तहमा देखिएको राजनीतिक विवादका कारण दुई जिल्लाको अनुदान वितरण तालिका रोकिने भएको हो । अनुदान वितरण गर्नुपूर्व स्थानीय राजनीतिक दलहरूसँग प्राधिकरणले छलफल गरी सहमति जुटाउने गरेको छ । यी दुई जिल्लामा सहमति जुट्न भने बाँकी छ । प्राधिकरणले पूर्ण रूपमा क्षति भएको घर पुनर्निर्माण गर्न उपत्यकाबाहिरका बाँकी १० वटै जिल्लाबाट अनुदान वितरण गर्ने जनाएको थियो । त्यसका लागि सम्बन्धित जिल्लाहरूलाई प्राधिकरणले प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिइसकेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले शुक्रबार व्यवस्थापिका संसद्को सुशासन समितिमा १० वटै जिल्लाबाट अनुदान वितरण गर्ने तयारी भइरहेको बताएका थिए । उनले प्राधिकरणले गरिरहेको कार्यप्रगति समितिमा पेस गर्दै उक्त तयारी भएको बताएका हुन् ।
    सीईओ ज्ञवालीका अनुसार ५ लाख घरको सर्वेक्षण सकिसकेको जनाए । उक्त तथ्यांक उपत्यकाबाहिरका तीन जिल्लाको मात्रै हो । विपत्पछिको आवश्यकता आँकलन प्रतिवेदन (पीडीएनए) अनुसार उक्त तथ्यांक जम्मा क्षति भएको घरको तुलनामा करिब ६६ प्रतिशत हो । पीडीएनएअनुसार ४ दाख ९८ हजार ६ सय ९७ निजी घर पूर्ण रूपले क्षति भएका थिए । २ लाख ५६ हजार ६ सय ९७ घर आंशिक रूपमा क्षति भएका थिए । उक्त आधारमा क्षति भएका निजी घरहरूको करिब ६६ प्रतिशत तथ्यांक संकलन भइसकेको हो । उपत्यकाका तीन जिल्लामा भने सर्वेक्षण सुरु गर्न भने अझै समय लाग्नेछ ।
    ‘आगामी महिनाबाट उपत्यकामा पनि सर्वेक्षणको काम सुरु गर्ने योजना हो,’ प्रवक्ता थपलियाले भने, ‘जिल्लाको ग्रामीण भेगमा तथ्यांक संकलनको काम सकिएलगत्तै ती प्राविधिकहरूलाई उपत्यकामा परिचालन गर्ने तयारी हो ।’ दातृ निकायसँगको प्रतिबद्धताअनुसार सर्वेक्षणका काम नसकिई निजी घर पुनर्निर्माणका लागि अनुदान रकम उपलब्ध गराउन मिल्दैन । सर्भेक्षण १६ सय इन्जिनियर भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् । सर्वेक्षण सकिएका घर पूर्ण रूपमा क्षति भएको सूचीमा परे सरकारले अनुदान उपलब्ध गराउने हो ।
    पहिलो ५० हजार रुपैयाँले पीडितले घरको जग निर्माणका काम सकेपछि सरकारी अनुगमन र काजगातको आधारमा दोस्रो किस्ता रकम उपलब्ध गराउने हो । दोस्रो किस्ताअन्तर्गत दुई लाख रुपैयाँको ४० प्रतिशत अर्थात् ८० हजार रुपैयाँ पाउनेछ । छाना छाउनुअगाडिको तहसम्मको कार्य सम्पन्न भएपश्चात् तेस्रो एवं अन्तिम किस्ता ७० हजार रुपैयाँ पाइने व्यवस्था सरकारले गरेको छ । पहिलो किस्ता रकम वितरणका लागि प्राधिकरणले दोलखा जिल्ला विकास समितिलाई हाल २६ करोड रुपैयाँ निकासा दिइसकेको छ । उक्त रकमबाट अनुदान रकम वितरण भइरहेको हो ।
    सीईओ ज्ञवालीले व्यवस्थापिका समितिमा शुक्रबार पेस गरेको विवरणअनुसार हालसम्म ६ सय ४१ घरधनीसँग सम्झौताको काम सकिसकेको छ । सम्झौताअनुसार उनीहरूलाई अनुदान रकम सरकारले सम्बन्धित बैंक खातामा जम्मा गर्ने गरेको छ । उक्त रकम चाहेको समयमा उनीहरूले खाताबाट निकाली घर पुनर्निर्माण गर्न पाउनेछन् । ‘सम्बन्धित सरकारी निकायले रकम माग गरेपछि अन्य जिल्लामा अनुदानअन्तर्गतको रकम निकासा हुनेछ,’ प्रवक्ता थपलियाले भने ।
    ]]>
    10467 0 0 0
    पदाधिकारी मनोनयनमा के छ त देउवा दाँउ ? http://localhost/ghum/%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ae%e0%a4%a8%e0%a5%8b%e0%a4%a8%e0%a4%af%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%87-%e0%a4%9b-%e0%a4%a4/ Sun, 03 Apr 2016 07:08:15 +0000 http://www.ghumphir.com.np/?p=10469 नारायण अमृत

    २१ चैत, काठमाडौं ।संसदीय दलको नेता चयनको सरगर्मी बढ्दै जाँदा ११ चैतमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र रामशरण महत सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । सिंह र महत वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि माहौल बनाउन त्यहाँ पुगेका थिए तर उल्टै देउवाले व्यंग्यात्मक रूपमा पाठ पढाए । भने, ‘सधैँ अरूलाई मात्र नेता बनाउने कुरा हुन्न, आफू बन्ने कुरा पनि महत्त्वपूर्ण हो प्रकाशमानजी ।’ कुनै बेला देउवासँगै काँधमा काँध मिलाएर कोइराला परिवारको विपक्षमा उभिएकाले पनि सिंहलाई देउवा–वचनले मर्ममै हान्यो । उनी बलजफ्ती मुस्कुराए, सँगै रहेका महत पनि मौन बने ।

    sher bahadau dewaba

    देउवाको घुमाउरो प्रहारले त्यतिबेला काम गर्‍यो, जतिबेला पौडेल समूहको बैठकमा उनै पूर्वमहामन्त्री सिंहले ‘अस्तित्व रक्षाकै लागि मात्र भए पनि आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने’ भन्दै किचलो गरे । पौडेल समूहबाट संसदीय दलमा जो प्रतिस्पर्धी भए पनि सहजै जितिने विश्वासमा रहेका देउवाले सभापति निर्वाचित भएपछि नै आफूसँग ठोक्किन आइपुग्ने गुट र व्यक्तिलाई कमजोर पार्ने रणनीतिसहित अघि बढ् ने मार्गचित्र बनाएका छन् । महाधिवेशनअघि नै तत्कालीन संस्थापन पक्षका नौ जना सांसदलाई छानीछानी आफ्नो पोल्टामा लगिसकेका देउवाका लागि २४ चैतको संसदीय दल चुनाव एउटा प्रक्रियाको अनुमोदन मात्र बनेको छ । भलै संसदीय समितिका लागि पार्टी विधान संविधानको मर्म अनुरूप संशोधन गर्नुपर्ने पौडेल पक्षीय दबाबलाई उनले टार्न सकेनन् ।

    यति हुँदाहुँदै व्यक्तिगत रूपमा उच्च मनोबल भए पनि हिजोसम्म ‘माग्ने’ अवस्थाका देउवा अब अरूलाई ‘दिने’ अवस्थामा पुगेपछि परिस्थिति स्थिर नरहने निश्चित छ । यतिसम्म कि, देउवाको आफ्नै ‘क्याम्प’मा समेत अपेक्षा र आग्रहको आँधीतुफान सुरु भइसकेको छ । स्वार्थहरूका गठजोड र खेमाभित्रै नयाँ शक्तिकेन्द्र जन्माउने क्रम सतहमा आउन थालेको छ । 'यतिका वर्षसम्म साथ दिइयो, अब मलाई के अवसर दिने भनेर प्रश्नहरू मात्र होइन, दबाबको शृंखला सुरु भएको छ,' सभापति देउवानिकट एक नेताका भनाइमा, 'सबैभन्दा अप्ठ्यारो त देउवा आफैँले बाँडेका आश्वासन र गरेका सहमतिका कारण पर्ने देखिन्छ ।' महाधिवेशनको गणितमा देउवाका लागि महत्त्वपूर्ण साबित भएका भ्रष्टाचारी प्रमाणित खुमबहादुर खड्का र शालीन नेता कुलबहादुर गुरुङलाई उनले योग्य स्थान दिने वाचा गरेका थिए । खड्कालाई उपसभापति र गुरुङलाई वरिष्ठ नेता दिने उनको वचन थियो । तर, पछिल्ला दिनमा दुवैसँग देउवा छड्के परेर हिँड्न थालेपछि उनीहरू आक्रोशित छन् । आफूलाई सोध्दै नसोधी पदाधिकारीमा हारेकाहरू सबैलाई सदस्य मनोनयन गरेकामा खड्काले त देउवासँग असन्तुष्टि जाहेर गरिसकेका छन् । 'अरूको कुरा थाहा भएन, मलाई भने उहाँले योग्य स्थान दिने कुरा गर्नुभएको हो,' नेता गुरुङ भन्छन्, 'मलाई विश्वास छ, उहाँले सबैलाई मिलाएर लैजानु हुन्छ ।' मिडिया अभिव्यक्तिमा सबैलाई मिलाएर लैजाने कुरा गरे पनि देउवा खड्कालाई उपसभापति र गुरुङलाई वरिष्ठ नेताको पद नदिने निष्कर्षमा छन् । खड्कालाई उपसभापति बनाउँदा धर्मसहितका पश्चगामी एजेन्डा सकारेको मात्र होइन, प्रमाणित भ्रष्टाचारीलाई बोकेको आरोप उनले खेप्नुपर्ने छ । त्यसभन्दा पनि उनलाई उक्त पद दिँदा देउवालाई उहिल्यैदेखि सघाइरहेका नेताहरूको विश्वास गुम्ने जोखिम रहन्छ । त्यसैले उनी उपसभापतिमा आफूलाई वर्षौंदेखि सघाइरहेका नेता विमलेन्द्र निधि मनोनीत गर्ने सोचमा छन् । खड्कासँग नजिक भनिएका पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्कालाई महामन्त्री मनोनीत गर्दा कुनै समस्या नहुने विश्लेषण देउवाको छ । गुरुङलाई भने उनले अबको निर्वाचनपछि हुने राष्ट्रपति चुनावमा दोस्रोपटक उम्मेदवार बनाउने र उनले सिफारिस गरेका एक जनालाई केन्द्रीय सदस्य मनोनयन गर्ने सोच बनाएका छन् । केबी गुरुङ त्यसले पनि मानेनन् भने उनलाई आफू प्रधानमन्त्री बनेको अवस्थामा उपप्रधानसहित गतिलो मन्त्रालय दिने आश्वासन देउवाले दिन सक्छन् । तत्कालीन संस्थापनसँग रहेका भनिएका चन्द्र भण्डारी, केशव बुढाथोकी, अमरेशकुमार सिंह, जगदीशनरसिंह केसी, अमृत अर्याल, मानबहादुर विश्वकर्मा, अर्जुन जोशी र फरमूल्लाह मन्सुरजस्ता सांसदलाई सभापति देउवाले महाधिवेशनअघि मन्त्री पद दिने वाचा गरेको सतहमा आइसकेको छ । तर, संसदीय दलको निर्वाचनपछि यिनीहरूका अपेक्षामा बिस्तारै पानी फ्याँक्ने रणनीति अख्तियारी गर्ने छन्, देउवाले । यीमध्ये प्रभाव हेरेर एकाधलाई मन्त्री पदको बाटो देखाए पनि सबैका अपेक्षा सम्बोधन हुन सम्भव रहने छैन । 'हिजो भागबन्डा प्रवृत्तिका एक हिस्सा देउवाले अबका दिनमा पनि पौडेल समूहलाई ४० प्रतिशतभन्दा बढी भाग छुट् याउनुपर्ने छ,” कांग्रेसका एक प्रभावशाली केन्द्रीय सदस्य भन्छन्, 'पटक–पटक बोहोराटार नै पुगेर देउवाले पौडेललाई यही कुरामा आश्वस्त पार्न खोजेका हुन् ।' नयाँ थपिएका सांसद र नेताहरूलाई भाग पुर्‍याउने त कुरै छाडौँ सबैभन्दा बढी चेपुवामा त पार्टी विभाजनभन्दा अघिदेखि देउवालाई साथ दिएका गोपालमान श्रेष्ठ पर्ने सम्भावना बढेको छ । देउवा सभापति भएपछि स्वाभाविक रूपमा उपसभापति दाबी गरिरहेका श्रेष्ठलाई अब पहिले जस्तै भाउ नदिने मनस्थिति देउवाले बनाएको उनको क्याम्पकै नेताहरू बताउँछन् । पछिल्लो संविधानसभा निर्वाचनमै स्याङ्जाबाट श्रेष्ठलाई प्रत्यक्षमा टिकट नदिएर कमल पंगेनी र राजु थापालाई काँध थापेपछि श्रेष्ठले देउवाको मनसाय बुझेका हुन् । 'तर, अपमानित भएर पनि संगठनमा कमजोर पकड भएकाले उनले क्याम्प परिवर्तन गर्न सकेनन्,' देउवानिकट एक नेताको भनाइ छ । देउवाका दाहिना मानिएका श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद, डीना उपाध्याय र भीष्म आङदम्बेजस्ता प्रभावशाली नेताहरूको आ–आफ् नै स्वार्थ र सपना तिख्खर हुँदै छन् । यीमध्ये कार्की, खाँण, महत र लेखकले सके महामन्त्री, नसके सहमहामन्त्रीमा आफूलाई ‘एडजस्ट’ गर्नुपर्ने तर्क देउवासँग गरिरहेका छन् । तर, उनीहरूलाई पदाधिकारीमा नसके पार्टीका एउटा एउटा विभाग भिडाउनुपर्ने वाध्यता देउवासँग छ । महतले भने पार्टी प्रवक्तामा आश गरिरहेका छन् । देउवानजिकको वृत्तभित्र पनि व्यक्तिगत र समूहगत शक्तिसंंषर्घ सुरु भएको छ । पूर्णबहादुरलाई महामन्त्री बनाउनै हुँदैन भन्दै खाँण र कार्कीले लबिङ गरिरहेका छन् । अघिल्लो कार्यकालमा देउवालाई नसोधी राजीनामा दिएको, पदाधिकारी बैठकहरूमा बिनासल्लाह जाने गरेको र देउवासँगभन्दा बढी खुमबहादुरप्रति वफादार भएको आरोप उनीहरूबाट झेलिरहेका छन्, पूर्णबहादुर । त्यसै गरी, पूर्णबहादुरले पनि आफू बलियो बन्ने अन्तर्यका साथ सभापतिमा पराजित कृष्णप्रसाद सिटौलालाई देउवा क्याम्पमा औपचारिक रूपले ‘एक्सपोज’ गराउने प्रयास गरिरहेका छन् । सिटौला आफूसँग जोडिने कुरामा भने स्वयं देउवा पनि उत्साही छन् । यसका लागि सभापति देउवाले पनि सिटौलासँग पटक–पटक छलफल गरेका छन् । त्यसैले सिटौलालाई देउवा क्याम्पभित्रको नयाँ ‘ पावर सेन्टर’ भन्न थालिएको छ । पहिलो कुरा त सिटौला आउँदा उनीसहित सांसद गगन थापा, गणेश विमली, सुधीर सिवाकोटी, अमृतलाल राजवंशी, उषा गुरुङ, राजु खनाल र मधु शाहीको भोट संसदीय दलको निर्वाचनमा देउवालाई पर्ने र यसले उनलाई पार्टी क्रियाकलाप अगाडि बढाउन सजिलो हुनेछ । त्यसैले, संविधान संशोधन, वैदेशिक सम्बन्ध र अन्तरदलीय वार्ताहरूमा सिटौलालाई अगुवाको जिम्मेवारी दिने सोच देउवाको छ । सभापति देउवा समीपमा सिटौलाको उदयको तयारीबाट उनीपछिका शक्तिशाली मानिने नेता विमलेन्द्र निधि भने झस्कनु स्वाभाविक हो । त्यसैले उनी सिटौलासँगको देउवाको सम्बन्ध निश्चित दूरीसहितको हुनुपर्ने ठान्छन् । समूहमा अर्को शक्तिकेन्द्र उदाउनुभन्दा देउवापत्नी आरजु राणा नै योजना र निर्णयका लागि सक्रिय भइदिऊन् भन्ने चाहना देउवाका कतिपय पुराना सहयोगीहरूमा देखिन्छ । सत्ता, शक्ति र समीकरणका लागि अडिगभन्दा बढी लचकदार मानिने सभापति देउवाले भने आफूलाई अलिक लामै दौडको शक्तिशाली घोडाका रूपमा तयार पार्न ढिलोचाँडो पार्टी विधान संशोधन गर्ने तयारी पनि गरिरहेकै छन् । यसअघिको संस्थापनले जसरी विधान संशोधन गरी बढीभन्दा बढी पदका आकांक्षीलाई समेट्ने योजना बनाएको थियो, त्यो अब नवनिर्वाचित सभापति देउवामा सवार भएको छ । खास गरी एकढिक्का बनेको कोइराला परिवारलाई टुक्र्याउन सभापति देउवाले विधान संशोधन गर्ने ठोकुवा उनीनिकटका नेताहरूको छ । देउवापक्षीय एक नेता भन्छन्, 'अहिल्यै त नभनौँ, बिस्तारै अरूलाई कमजोर पार्दै थप बलियो हुने कुनै पनि कसरत देउवाबाट हुन सक्छ । अहिलेलाई देउवासामु संसदीय दलको नेता र सत्ता प्रमुख बन्ने चासो नै प्राथमिकतामा छ ।'

    मनोनयनको मार्गचित्र

    उपसभापति विमलेन्द्र निधि स् लामो समयदेखि शेरबहादुर देउवालाई साथ दिँदै आइरहेका निधिलाई उपसभापतिमा मनोनयन गर्ने तयारी छ । १२औँ महाधिवेशनमा प्रत्यक्षतिर महामन्त्री लडेका निधि त्यसबेला नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए । नेपाल विद्यार्थी संघको तेस्रो सभापति निधि डा रामवरण यादव, महन्थ ठाकुर र विजय गच्छदार कांग्रेसी राजनीतिबाट बाहिरिएपछि पार्टीभित्र तराई मूलको एक मात्र अग्लो नेताका रूपमा परिचित छन् ।

    महामन्त्री पूर्णबहादुर खड्का स् गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणको असहमति रहे पनि सभापति देउवालाई यसअघिका सहमहामन्त्री खड्कालाई महामन्त्री मनोनयन गर्ने दबाब पर्दै गइरहेको छ । खासमा, उपसभापति ‘बार्गेनिङ’ गरिरहेका खुमबहादुर खड्कालाई मौन बनाउन पनि पूर्णबहादुरलाई महामन्त्री बनाउने तयारी देउवाको छ । पूर्णबहादुरलाई महामन्त्री बनाउँदा खुमबहादुरको पनि भावनाको कदर हुने बुझाइ उनको छ । अर्कोतिर, पूर्णबहादुर स्वयंले पनि लामो समयदेखि देउवालाई सघाएका छन् र उनका लागि रणनीति बुन्नेदेखि त्यसलाई कार्यान्वयन गर्नेसम्मको काममा निरन्तर सहयोग गरेका छन् ।

    सहमहामन्त्री महेश आचार्य स् आफ्नै खेमाका कतिपय नेताहरू आकांक्षी हुँदाहुँदै पनि परम्परा अनुरूप सहमहामन्त्री पद देउवाले नेता रामचन्द्र पौडेल खेमाका कुनै उम्दा सदस्यलाई दिने तयारी गरिरहेको बूढानीलकण्ठ स्रोतको भनाइ छ । तर, अर्को समूहको भए पनि तुलनात्मक रूपमा आफूप्रति नरम र सहयोगी नाम मात्र देउवाले अनुमोदन गर्ने छन् । त्यसैकारण पौडेलले सहमहामन्त्रीमा नेता महेश आचार्यको नाम सिफारिस गरिदिऊन् भन्ने चाहना देउवाको छ ।साभार कान्तिपुर

    ]]>
    10469 0 0 0
    सरकारले चासाे दिए रसुवा–केरुङ नाका दुई वर्षभित्रै बनाइदिने http://localhost/ghum/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%9a%e0%a4%be%e0%a4%b8%e0%a4%be%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%8f-%e0%a4%b0%e0%a4%b8%e0%a5%81%e0%a4%b5%e0%a4%be/ Sun, 03 Apr 2016 07:21:50 +0000 http://www.ghumphir.com.np/?p=10471 जगदीश्वर पाण्डे

    नेपाली सेनाले सरकारले आवश्यक सामग्री समयमै उपलब्ध गराए रसुवा–केरुङ नाका जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक खण्ड दुई वर्षभित्रमा सहज निर्माण गरेर सडक विभागलाई हस्तान्तरण गर्ने जनाएको छ ।

    ‘सहयोग भए, चाँडै सक्छौं,’ निर्माणमा संलग्न प्राविधिक प्रमुख सेनानी सञ्जय केसीले शुक्रबार निर्माणस्थलमा पुगेका सञ्चारकर्मीसँग भने, ‘बढी क्षमताका र प्रविधियुक्त कम्प्रेसर, डोजरलगायत सामग्री सरकारले उपलब्ध गराए काममा तीव्रता आउँछ, बाटो बिस्तारले तीव्रता पाउँछ ।’ निर्माणमा हाल प्रयोग भइरहेका सामग्री कम क्षमताका र मान्छेले नै चलाउनुपर्ने भएकाले बढी क्षमताका सामग्री उपलब्ध गराएर सरकारले सहयोग गर्नुपर्ने उनले बताए ।

    निर्माणस्थलमा शुक्रबार पुग्दा कतै डोजरले भित्ता खोपिरहेको थियो भने कामदारहरू बाटोका ढुंगा पल्टाइरहेका थिए । कतै सेनाका जवानहरू डोजर र मान्छेले पनि खन्न नसक्ने भागमा बम विस्फोट गराइरहेका थिए ।

    भोटेकोसी नदीको केही माथिल्लो भागमा खनिएको सडकमा उभिएका सेनानी केसीले थपे, ‘सरकारले जुन सामग्री किने पनि त्यो देशकै लागि हो ।’ सेनाका अर्का पदाधिकारीले थपे, ‘साइकल दिएर दुई घण्टामा यति टाढा जाउ भन्न मिल्दैन । लक्ष्य प्राप्तिका लागि प्राविधिक रूपमा दक्ष हुनुपर्छ ।’

    मैलुङ–स्याफ्रुबेसी सडक पासाङ ल्हामु राजमार्गको बेत्रावती–स्याफ्रुबेसी सडकको वैकल्पिक मार्गका रूपमा रहेको छ । अहिले बेत्रावतीबाट धुन्चे हँुदै स्याफ्रुबेसीसम्मको दूरी ५४ किमि पर्छ भने मैलुङ–स्याफ्रुबेसीको दूरी ३२ किमि पर्छ ।

    मैलुङ–स्याफ्रुबेसीको १६ किलोमिटरमध्ये १२ किमि खण्ड माथिल्लो त्रिशूली १ परियोजना क्षेत्रभित्र पर्छ । उक्त खण्डमध्ये ६ किमि परियोजनाले र बाँकी ६ किमि सेनाले निर्माण गरिरहेको छ । नेपाली सेनाले भूकम्पपछि बेत्रावतीदेखि पहिरो सफा गरी ट्रयाक सुचारु गराउने र पहिलेको जिम्मेवारीसहित जम्मा १० किमि खण्डमा र लेनको ट्रयाक निर्माण गर्ने जिम्मा सेनाले सरकारबाट पाएको छ । परियोजना क्षेत्रबाहिर पर्ने ४ किमि सडक निर्माणको जिम्मेवारी सरकारले अघिल्लै वर्ष सेनालाई दिएको थियो ।

    बेत्रावतीबाट ७ किमि मैलुङतर्फ सिमले भन्ने ठाउँबाट पहिरो सफा गर्ने कार्य गत पुस २७ बाट सेनाले थालेको हो । परियोजना क्षेत्रमा पर्ने सडकको पहिरो भने आफैंले हटाउने भन्दै परियोजनाले सेनालाई ‘नो अब्जेक्सन लेटर’ दिन मानेको थिएन । ऊर्जा मन्त्रालय तथा संसदको विकास समितिले निर्देशन दिँदासमेत परियोजना आफैंले गर्ने जनाएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत फागुन २ मा बसेको बैंठकले मैलुङदेखि सिमलेसम्मको सडक खण्ड आयोजनाले खोल्ने र बेत्रावतीबाट मैलुङसम्म मात्र सेनाले पहिरो सफा गर्ने निर्णय भएको थियो । परियोजनाले नदीको दायाँतर्फ सिमलेबाट एक लेनको सडक निर्माण गर्ने भएपछि अब बायातर्फ दुई लेनको सडक निर्माण गर्न सडक विभागले अध्ययन गरेको छ । ‘अध्ययन प्रतिवेदन विभागले मन्त्रालयमा बुझाइसकेको छ,’ प्राविधिक केसीले भने, ‘सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा पारिपट्टिको वैकल्पिक बाटो प्रयोग गरिएको थियो । यदि बायाँ भागमै सेनाले दुई लेनको बाटो निर्माण गरे अझ सहज हुन्छ । जुन हामीले निर्माण पनि गर्न सक्छौं ।’ उनले त्यो ३.५ किमि सडकको सर्भे भइरहेको बताए । उनका अनुसार हालसम्म ११ सय मिटर लम्बाइ ९ मिटर चौडाइको ट्रयाक खोलिएको छ ।

    सेनाले उक्त सडक खण्ड निर्माण गर्न कुल २३ करोड लाग्ने जनाएको छ ।

    मन्त्रिपरिषद्ले मंसिर १७ को बैंठकले बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक निर्माण कार्य दुई वर्षभित्रमा सक्ने समय दिँदै सेनालाई निर्माणको जिम्मेवारी दिएको थियो । लगत्तै सेनाले सरकारले निर्णय गरे पनि विभिन्न ऐन, कानुन र प्रक्रियाले गर्दा तोकिएको समयमा काम पूरा गर्न कठिन हुने जनाएको थियो । संसदको विकास समितिले उक्त सडक खण्डलाई प्राथमिकतामा राखेर ‘संकटकालीन अवस्था घोषणा’ गर्दै काम गराउन निर्देशन दिएको थियो ।

    सरकारले उत्तरी नाका जोड्ने महत्त्वपूर्ण सडकको गल्छी–त्रिशूली–बेत्रावती खण्ड (६३ किमि) लाई दुई लेनमा विस्तार गर्न सडक विभागलाई निर्देशन दिइसकेको छ भने स्याफ्रुबेसीबाट नेपालतर्फको सीमाक्षेत्र रसुवागढीसम्म सडक निर्माण चिनियाँ सरकारले गरिदिने सम्झौता भइसकेको छ । बेत्रावतीबाट धुन्चे हुँदै जाँदा बाटो लामो पर्नुका साथै राम्चेलगायत अन्य दुई स्थानमा पहिरोको जोखिमका कारण पनि सरकारले वैकल्पिक बाटो निर्माणको कामलाई तीव्रता दिएको हो ।

    ]]>
    10471 0 0 0
    भूकम्पपीडित अनुदान पाउनेको सूची सार्वजनिक गरिँदै http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87/ Sun, 03 Apr 2016 07:24:16 +0000 http://www.ghumphir.com.np/?p=10474 २१ चैत, काठमाडौं । केन्द्रीय तथ्यांक विभागद्वार सञ्चालित भूकम्प प्रभावित आवसा पुनर्निमाण लगत संकलनबाट व्यक्तिगत घर निर्माण गर्न अनुदान पाउनयोग्य व्यक्तिको सूची आयतबार आठ जिल्लाका आठ गाउँमा सार्वजनिक गरिदैँछ ।

    bhukampa pidit

    सूचीमा नपरेका व्यक्तिले दुई लाख खनुदान, सामूहिक जमीनको तीन लाख सहुलियत ऋण र गाउँमा १५ लाख धितोसहितको ऋण पाउने छैनन् ।

    अघिल्लो वर्ष बैशाख १२ गते भूकम्पपछि राहत वितरणका लागि गृह मन्त्रालयले वितरण गरेको परिचयपत्रप्रति अविश्वास जनाउँदै दाता र सरकारले तथ्यांक विभागमार्फत इन्जिनियर र सामाजिक परिचालक गाउँमा पठाएर पुनर्निमाणका लागि लगत संकलन गर्न लगाएका थिए ।

    प्राधिकरणले छनोट गरेका सिन्धुपाल्चोक र मकवानपुरका गाउँका बारेमा स्थानीय तहसँग समझदारी नहुँदा ती जिल्लाका गाउँमा भने आइतबार सूची सार्वजनिक गरिने छैन ।

    प्राधिकरण अनुसार गोरखाको हंसपुर, धादिङको मार्पाक, नुवाकोटको खरानीटार, काभ्रेको रविओपी, रामेछापको मन्थली नगरपालिकाको ओख्रेनी, सिन्धुलिको रातमाटा झाँगाझोली, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र रसुवाको धुन्चेमा अनुदान पाउनयोग्य लाभग्राहीको सूची सार्वजनिक गरिदैँछ ।

    अनुदान पाउन योग्यको सूचीमा परेका घरधनीलाई स्रोतकेन्द्र वा गाविस वा नगरपालिकामार्फत अनुदान प्राप्त गर्ने विधि, प्रक्रिया र सम्वन्धित व्यक्तिले पालना गर्नुपर्ने सर्त तथा आवश्यक कागजातबारेमा विस्तृत जानकारी दिइन्छ ।

    त्यसपछि सम्वन्धित घरधनीले अनुदान सम्झौतामा हस्ताक्षर गर्नुपर्नेछ ।  त्यसपछि बैंक खातामा पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ जम्मा हुनेछ ।

    ]]>
    10474 0 0 0
    प्याराग्लाइडिङमा अान्तरिक तथा बाह्रय पर्यटकको आकर्षण http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a4%bf%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0/ Sun, 03 Apr 2016 07:30:57 +0000 http://www.ghumphir.com.np/?p=10477

    पोखरा, २१ चैत । पर्यटकीय नगरीका रुपमा ख्याती कमाएको पोखरामा प्याराग्लाइडिङतर्फ पर्यटकको आकर्षण बढेको छ । साहसिक पर्यटनका रुपमा लिइने प्याराग्लाइडिङकै लागि विभिन्न देशबाट बाह्य पर्यटक पोखरा आउने गरेका छन् । पछिल्लो समयमा यो आन्तरिक पर्यटकको रोजाइमा पनि पर्दै गएको छ । पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गरी पोखरामा मात्रै ४५ वटा कम्पनीले प्याराग्लाडिङ सञ्चालन गर्दै आएको नेपाल हवाई खेलकुद संस्थाका कार्यबाहक अध्यक्ष सोभियत बानियाँले जानकारी दिनुभयो । नेपालमा हाल ६५ वटा कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका छन् । पोखरासहित बन्दीपुर, काठमाडौँ, सुर्खेंत, पाल्पा र धरानमा प्याराग्लाइडिङ सञ्चालन गरिँर्दै आइएको छ । नेपालमा सन् १९९७ मा सनराइज प्याराग्लाइडिङले पहिलोपटक पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु गरेको थियो । प्याराग्लाइडिङका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएका कम्पनीले अनिवार्य रूपमा नेपाल नागरिक उड्डन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) लिनुपर्ने प्रावधान रहेको छ । विशेष गरी पोखरा आउने पर्यटकले साहसिक पर्यटनका रुपमा प्याराग्लाइडिङलाई लिने गरेको र त्यसका माध्यमबाट प्राकृतिक दृश्यावलोकनको भरपुर आनन्द लिन गरेका पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा बताउनुहुन्छ । “प्याराग्लाइडिङ यहाँको विशेष आकर्षण हो,” उहाँले भन्नुभयो, “प्याराग्लाइडिङकै लागि बाह्य पर्यटक पोखरा आउने गरेका छन्, पछिल्ला समयमा आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।” पोखरामा दैनिक करिब १५० वटा प्याराग्लाडिङ उडान सञ्चालन हुने गरेका नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ । भूकम्प र नाकाबन्दीको अवस्थामा समेत बाह्य तथा आन्तरिक पर्यटक प्याराग्लाइडिङका लागि पोखरा आएका थिए ।

    ]]>
    10477 0 0 0
    महिला मृत फेला http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%ae%e0%a5%83%e0%a4%a4-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Sun, 03 Apr 2016 07:33:27 +0000 http://www.ghumphir.com.np/?p=10479

    धनकुटा, २१ चैत । जिल्लाको पाख्रीवासमा आज एक महिला मृत फेला परेकी छन् । पाख्रीवास–९ खावाकी ३५ वर्षीया तीलमाया तामाङ आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तामाङको शरीरका विभिन्न भागमा चोटपटक भेटिएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पाख्रीवासका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिनुभयो । मृत्युको कारण खुल्न सकेको छैन । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

    ]]>
    10479 0 0 0
    अधिकारका नाममा कर्मचारी अराजक बनेः प्रचण्ड http://localhost/ghum/%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%80/ Sun, 03 Apr 2016 08:14:13 +0000 http://www.ghumphir.com.np/?p=10482 २१ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेड युनियन अधिकारका नाममा कर्मचारीहरु अराजक र अनुशासनहीन बनेको आरोप लगाएका छन् । कर्मचारीहरु जिम्मेवारी र कर्तव्यबाट विमुख हुँदै गएकाले कर्मचारी संगठनका गतिविधि राजनीतिक एजेण्डा बनेको बताए ।

    पार्टी निकट राष्ट्रिय कर्मचारी संगठन पशुपति क्षेत्र विकास कोष एकाइको चौथो अधिवेशन उदघाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले ट्रेड युनियन अधिकारका नाममा कर्मचारीहरु अराजक र अनुशासनहीन बन्दै गइ सेवा प्रवाह नै प्रभावित बन्न थालेको बताए ।

    जनतालाई प्रभावकारी सेवा दिने तथा आर्थिक अनुशासन कायम राख्नेतर्फ कर्मचारी संगठनले भूमिका निर्वाह नगरेको उनले आरोप लगाए ।

    एमाओवादी अध्यक्ष प्रचण्डले संविधान जारी भएसँगै सबैका हक अधिकार सुनिश्चित भइसकेकाले अब कसैले पनि आन्दोलन गर्न आवश्यक नरहेको बताए । उनले संविधान कार्यान्वयनका लागि सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए ।

    ]]>
    10482 0 0 0
    सडक मर्मत गरेर बजेट सक्दै मेलम्ची आयोजना http://localhost/ghum/%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%b0-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f-%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Sun, 03 Apr 2016 16:55:10 +0000 http://www.ghumphir.com.np/?p=10489

    काठमाडौँ, २१ चैत । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विस्तार गर्न लागेको गोकर्ण–सुन्दरीजल सडकमा ठूलो पर्खाल लगाएर मर्मत कार्य सुरु भएको छ । मेलम्ची खानेपानी विकास समितिले रु चार करोडको लागतमा मर्मत गर्न लागेको यो सडकलाई आयोजनाले अर्को आर्थिक वर्षमा विस्तार गर्ने सूचीमा राखेको छ । विस्तार गर्दा ठूलो पर्खाल भत्काएर सडक चौडा बनाइन्छ । सरकारका दुई निकायबीच समन्वय नहुँदा एउटाले केही महिना अगाडि बनाउने र अर्कोले भत्काउने नाममा राज्यकोषको करोडौँ बजेट सकिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको अध्यक्षतामा भएको बैठकले निर्णय गरेर सडक मर्मत सुरु गरिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराई बताउनुहुन्छ । “बैठकमा आयोजनाका प्रतिनिधिले यो सडक दायाँबायाँ ८०० घर भत्काउन पाँच वर्ष लाग्ने बताएपछि त्यति बेलासम्म सडक मर्मत नगर्दा दुर्घटना बढ्ने निष्कर्षका साथ काम सुरु भएको हो”– उहाँले भन्नुभयो । गोकर्ण भगवतीस्थानको उकालोदेखि सुन्दरीजल जाने चौताराको उकालोसम्म ८५० मिटर सडक मर्मत एवम् कालोपत्र गर्न लागिएको समितिले जनाएको छ । सुन्दरीजलमा मेलम्चीको सुरुङ मार्ग निर्माण हुन थालेपछि यो सडकको मर्मत गर्ने काम मेलम्ची आयोजनालाई नै दिइएको छ । जोरपाटी–सुन्दरीजल सडक विस्तारका लागि ठेक्का गरिएकाले आव २०७३÷७४ बाट काम सुरु हुने आयोजना प्रमुख मनोज श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयवासी अच्युत अर्याल राज्यका दुई निकायले एकले बनाउने र अर्कोले भत्काउने गरेर राज्यकोष सक्ने खेल भएको बताउनुहुन्छ ।

    ]]>
    10489 0 0 0
    कांग्रेस संसदीय दलको नेतामा देउवा र पौडेल भिड्ने http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a5%80%e0%a4%af-%e0%a4%a6%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%a4/ Sun, 03 Apr 2016 16:59:35 +0000 http://www.ghumphir.com.np/?p=10491 बालकृष्ण अधिकारी
    २२ चैत, काठमाडौं ।
    नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। तत्कालीन सभापति सुशील कोइरालाको निधिनपछि रिक्त संसदीय दलको बुधाबार हुने निर्वाचनमा देउवा र पौडेलले उम्मेदवारी दिने भएका हुन।
    paudel and dewaba
    सभापति देउवाले दलको नेतामा उम्मेदवारी दिने निकटहरुले बताउँदै आएपनि अर्को पक्षबाट को उम्मेदवार बन्छ भन्ने टुंगो थिएन। पौडेल निकट नेताहरुको आइतबारको भेलाले पार्टी सभापतिमा जस्तै दलको नेतामा पनि उनैलाई अघि सार्ने निर्णय छ। नेता पौडेलको सम्पर्क कार्यालय ढुंगेधारामा बसेको निकटहरुको भेलाले हरहालतमा पौडेललाई दलको नेतामा निर्वाचित गराउने निष्कर्ष निकालेका छन्। ६० भन्दाबढी सांसदहरु सहभागि भेलाले पौडेललाई दलको नेतामा निर्वाचित गराउन आ–आफ्नो ठाउँबाट पहल र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 'रामचन्द्र पौडेल होइन आफै उम्मेदवार भए जस्तोगरी लाग्ने समझदारी भएको छ,' बैठकमा सहभागि एक नेताले भने, 'सबै लाग्दा चुनाव जित्न सकिन्छ भन्ने ठहर छ ।' महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, शेखर कोइरालासहितका नेताले आफ्नो पक्षको नेता पौडेल नै भएकाले दलको नेतामा उनैलाई अघि सार्नु पर्ने धारणा राखेका थिए। सबै जना लाग्दा दलको निर्वाचन आफ्नो पक्षमा पार्न सक्नेभन्दै नेताहरुले पार्टीलाई एकतावद्ध बनाउन सभापति देउवाले दलको नेतामा पौडेललाई समर्थन गर्नु पर्ने धारणा राखेका थिए। 'शेरबहादुरजीले सभापतिमा निर्वाचित भएपछि पार्टीलाई एकतावद्ध बनाएर लैजाने जुन सन्देश दिंदै आउनु भएको छ त्यसलाई व्यवहारमा उर्ताने समय आएको छ,' बैठकमा सहभागि एक नेताले भने, 'उहाँले नै पौडेललाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुपर्छ।' आफैं दलको नेता बन्न सक्रिय देउवा त्यसलाई मान्ने पक्षमा छैनन्। महाधिवेशनमा पाएको समर्थनको आंकलन गर्दै देउवा आफ्नो पक्षमा सुविधाजनक बहुमत रहेकोमा ढुक्क छन्। 'मुखमा आएको संसदीय दलको नेता छोड्ने कुरा आउँदैन,' देउवा निकट एक नेताले भने, 'महाधिवेशन अघि र महाधिवेशनका क्रममा दलको नेता बन्न गरेको प्रस्ताव अस्वीकार गर्ने, पराजीत भएपछि एक व्यक्ति एक पदको कुरा सुहाउँदैन ।' देउवाले नै दलको नेतामा उम्मेदवारी दिने जिकिर गर्दै निकट स्रोतले भन्यो, 'कृष्णप्रसाद सिटौलासहित नेताहरुको पनि हामीलाई सर्मथन रहन्छ ।' पौडेललाई नेता मान्न र देउवासँग जान नसकेकै कारण १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेको बताउँदै आएका सिटौलाको समर्थन संसदीय दलमा कसलाई रहन्छ भन्ने टुंगो लाग्न बाँकी छ । सिटौलासाँग गगनकुमार थापा, उषा गुरुङ, गणेशप्रसाद बिमली, अमृतलाल राजवंशीसहित सांसदहरु छन् ।
    पौडेल पक्षीय सांसदहरुको भेलाले संसदीय दल र कार्यसमितिको निर्वाचन एकैसाथ गर्न सोमबार बस्ने संसदीय दल र केन्द्रीय समितिको छुट्टा/छुट्टै बैठकमा नेतृत्वसँग माग गर्ने छन् । पार्टीले गठन गरेको निर्वाचन समितिले बुधबार संसदीय दलको नेता र शुक्रबार संसदीय दल कार्यसमितिको निर्वाचन गर्ने कार्यक्रम बनाएको छ । त्यस्तै, नयाँ संविधानसँग नबाझिने गरी संसदीय दलको विधान संशोधन गर्नु पर्नेमा जोड दिंदै भेलाले पाँच विकास क्षेत्रलाई प्रदेशमा परिणत गर्नु पर्ने, थारु र मुस्लीमलाई पनि आरक्षण कोटा छुट्याउने जनाएको छ। कार्यसमितिको आकार बढाउने कुरामा भने पौडेल पक्ष विपक्षीमा उभिने भएको छ। विधान संशोधनका लागि कांग्रेसले सोमबार बिहान ८ बजे संसदीय दल र दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएको छ।
    ]]>
    10491 0 0 0
    भूकम्प पीडितलाई राहत पाउन अनिवार्य सहकारी सदस्य http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%a4-%e0%a4%aa%e0%a4%be%e0%a4%89/ Sun, 03 Apr 2016 17:07:53 +0000 http://www.ghumphir.com.np/?p=10493 हरिहरसिंह राठौर 

    धादिङ२२ चैत ।

    आफ्नो शेयर सदस्यता नलिएसम्म नगद राहत रकम नपाइने भन्दै नलाङस्थित सामुदायिक साना किसान कृषि सहकारीले भूकम्प पीडितलाई अप्ठ्यारोमा पारेको छ । नलाङका अति विपन्न भूकम्प पीडितलाई दाताले दिएको आमुलक कार्यक्रमबाट सहकारीले जबरजस्ती रकम कटौती गरेको फेला परेको छ ।

    फोकस नेपाल नामक संस्थाले जोगिमाराका चेपाङहरुसंग पुरानो ऋृण असुल्न न्यानो कपडाको रकम कव्जा गरेको घटना सेलाउन नपाउँदै नलाङका करिव २ सय जना भूकम्प पीडितबाट साना सहकारीले राहत रकमबाटै जबरजस्ती शेयर सदस्यता शुल्क असुल गरेको स्थानीय प्रशासनले गरेको छानविनमा पत्ता लागेको छ ।

    डेनिस चर्च एडको आर्थिक सहयोगमा धनगढीस्थित जनचेतना तथा युवा जागरण मञ्च–नेपाल(फाया) नेपालले नलाङ लगायतका ५ गाविसका ९ सय ५३ घरधुरीलाई १५ हजारका दरले रकम वितरण गर्ने जिम्मा लिएको थियो । भूकम्पपछि राहत तथा पुनर्निर्माणमा आएको फाया नेपालले ‘विना कुनै टेण्डर आयमुलक कार्यक्रम रकम वितरण कार्यक्रम एउटै राजनैतिक दलको मात्र दबाबमा स्थानीय नाफामुलक सहकारीलाई प्रदान गरेको छ,’ स्थानीय नेपाली कांग्रेसका अगुवा कार्यकर्ता बद्री अर्यालले  बताए ।

    ‘भूकम्प पीडितको परिचय पत्रमा ७५ सय बुझेको भर्पाई गराई हामीलाई ७ हजार मात्रै दिइयो, २ किस्तामा पाउने १५ हजारबाट शेयर सदस्य हुन १ हजार असुल्ने भनेका छन्,’ नलाङ–६, अर्चलेकी मंगलमाया विश्वकर्माले भनिन् ।

    ‘दाताले भूकम्प पीडितलाई भन्दा पनि सहकारी सदस्यलाई प्राथमिकता दिएको देखिन्छ, सहकारीले कार्यक्रम लागु गर्न आफ्ना सदस्यलाई मात्रै प्रदान गर्नुपर्ने र गैह्र शेयर सदस्यलाई राहत दिन नपाइने प्रावधानले राहत रकमबाटै रकम असुल गरेको देखिन्छ,’ छानविनमा संलग्न स्थानीय प्रशासनका शाखा अधिकृत राममणि मिश्रले भने । मिश्रका अनुसार दाता निकाय डेनिस चर्च एडले सहकारीका २ सय १९ जना गैह्र सदस्यको सूची पनि पेश गर्न नसकेको बताए ।

    स्थानीय बासिन्दाबाट गुनासो आएको बताउँदै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले भने, ‘कुनै पनि विपत्तिमा मानवीय सेवाका राहतमा कुनै पनि शर्त लागु गर्न पाइन्न । राहत नि:शर्त र नि:स्वार्थ हुनु पर्छ । सहकारीले असुलेको ५ सय फिर्ता गर्न लगाएका छौं ।’

    साना किसान सहकारीका सल्लाहकार एवं संस्थापक कृष्ण अर्यालले-सहकारीले वितरण गर्ने नलाङ, सलाङ, कुम्पुर, खरी र जोगिमारामा पनि पीडितहरुकै सहमतिमा शेयर सदस्य विस्तारित गर्न रकम कट्टा गरिएको बताउदैं शेयर आवश्यक नपरे रकम फिर्ता गर्ने बताए । उक्त सहकारीको शेयर सदस्यता लिन कम्तीमा ८ हजार रकम बुझाउनु पर्छ ।

    ]]>
    10493 0 0 0
    माउण्ट कैशाल रिर्सोट पोखराले नयाँवर्षको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%89%e0%a4%a3%e0%a5%8d%e0%a4%9f-%e0%a4%95%e0%a5%88%e0%a4%b6%e0%a4%be%e0%a4%b2-%e0%a4%b0%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a5%8b%e0%a4%9f-%e0%a4%aa%e0%a5%8b%e0%a4%96/ Sun, 03 Apr 2016 17:22:35 +0000 http://www.ghumphir.com.np/?p=10496 ghumphir-pokhara२२ चैत,पोखरा । पर्यटकीय नगरी पोखरा स्थीत माउण्ट कैशाल रिर्सोटले यहि चैत्र ३० गते नेपाली नयाँवर्षको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

    नेपाली र अग्रेजी नयाँ वर्षकालागी हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गर्दै आएको रिसोर्टले यस बर्षको कार्यक्रम नेपालमा गएको विनाषकारी महाभुकम्प र नाकाबन्दीले विशेषगरि पर्यटन क्षेत्रमा ठुलै प्रभाव पारेकाले आन्तरीक र बाह्य प्रर्यटक प्रवद्धनलाई ध्यान दिदै मनाउन लागेको हो । पोखराका ६ लेकसाईडमा गर्न लागेकोे विशेष कार्यक्रमा प्रतिव्यक्ति १ हजार ४ सय ९९ र जोडीलाई २ हजार ४ सय ९९ टिकटको व्यवस्था गरेको छ । कार्यक्रमा सहभागी हुनेहरुले नास्ता बेलुकाको खाना सहित साँस्कृतीक कार्यक्रममा आन्नद समेत लिन पाउने छन् ।

    साँस्कृतीक कार्यक्रममा प्रख्यात गायीका इन्दीरा जोशिको बिशेष प्रस्तुती हुनुका साथै ट्रेसर व्याण्डको प्रस्तुती रहने होटलले जनाएको छ ।

    यस्का साथै अन्य साँस्कुतीक प्रस्तुतीहरु पनी हुने होटलले जनाएको छ ।

    स्वदेशी तथा विदेशी खानाको परीकारको स्वाद लिदै नयावर्षको स्वागत र पुरानो वर्षलाई विदाई गर्न माउण्ट कैलाश रिर्सोट न्यू यएर ईभ पार्टि उपयुत्त हुने होटलका अपरेशन मेनेजर टेक गुरुङले बताए ।

    ]]>
    10496 0 0 0
    चोरीको मोटरसाइकलसहित सांसदका छोरा पक्राउ http://localhost/ghum/%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%8b%e0%a4%9f%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%b8%e0%a4%be%e0%a4%82/ Sun, 03 Apr 2016 17:27:06 +0000 http://www.ghumphir.com.np/?p=10498 देवनारायण साह

    सिरहा२२ चैत ।

    प्रहरीले बल्ही–४ बाट एक जनालाई चोरीको मोटरसाइकलसहित आइतबार पक्राउ गरेको छ । फूल्कहाकट्टी ५ हाल धनगढीमाई नगरपालिकाका– २ का अभय यादव स २ प २२८१ नम्बरको मोटरसाइकलसहित पक्राउ परका हुन् ।

    यादव सिरहा क्षेत्र– ४ बाट प्रत्यक्षमा निर्वाचित सांसद रामचन्द्र यादवका छोरा भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

    प्रहरी नायब उपरीक्षक केसीका अनुसार अभयले उक्त चोरीको मोटरसाइकल बल्ही–४ मा चलाइरहेको अबस्थामा प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । फागुन ३० गते लहान नगरपालिका–७ बाट चोरी भएको उक्त मोटरसाइकल सोही नगरपालिका वडा–५ का मोहम्मद सरफराज अन्सारीको भएको उनले बताए ।

    उनले पक्राउ परेका अभयलाई चोरी मुद्दामा कारबाही प्रक्रिया अगाडी बढाइ थप अनुसन्धान भइरहेको बताए ।

    ]]>
    10498 0 0 0
    अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन सम्पन्न http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%9f%e0%a5%81-%e0%a4%b8/ Sun, 03 Apr 2016 17:41:31 +0000 http://www.ghumphir.com.np/?p=10500

    काठमाडौँ, २१ चैत । तीन दिनदेखि चलिरहेको छैटौँ अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन आज सम्पन्न भएको छ । युवापुस्तामाझ निकै लोकप्रिय ट्याटु सम्मेलनमा यस वर्ष नेपालसहित अमेरिका, भारत, चीन, जर्मनी, स्वीजरल्यान्डलगायतका १८ भन्दा बढी देशको सहभागिता थियो । प्रत्येक वर्ष आयोजना हुने उक्त सम्मेलनमा नेपालका ट्याटुप्रेमी युवाको उल्लेख्य सहभागिता हुने गरेको छ । यस वर्ष पनि युवाको लोभलाग्दो सहभागिता रहेको आयोजक तथा ट्याटु कलाकार विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “नयाँ ट्याटु खोपाउनेदेखि पुराना ट्याटु मेट्नेसम्मको घुइँचो सम्मेलनमा थियो । विदेशी कलाकारबाट ट्याटु खोपाउने युवाको रहर पनि यो सम्मेलनमा पूरा भएको छ ।” सम्मेलनमा विभिन्न मुलुकका कलाकारका ६० कक्ष रहेका थिए । सम्मेलनमा ट्याटुसम्बन्धी जानकारीमूलक कार्यक्रम तथा साङ्गीतिक कार्यक्रम पनि गरिएको थियो ।

    ]]>
    10500 0 0 0
    पेस्तोल राख्न लगाएर फसाउन खोज्ने चार पक्राउ http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b%e0%a4%b2-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%a8-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%ab%e0%a4%b8%e0%a4%be%e0%a4%89/ Sun, 03 Apr 2016 17:42:53 +0000 http://www.ghumphir.com.np/?p=10503

    सिरहा, २१ चैत । अरुको घरमा हतियार राखेर निर्दोषलाई फसाउने चार जनालाई प्रहरीले शनिवार पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा धनगढीमाई नगरपालिका–१३ घर भई हाल लहान नपा–५ बस्ने ३७ वर्षीय रामपृत राम, २२ वर्षीय हरेराम यादव र राजवीर यादव छन् । तीनैजना मिली अरुलाई हातहतियार तथा खरखाजाना मुद्दामा फसाउन खोज्दा उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई लहान प्रहरीको हिरासतमा राखी हातहतियार तथा खरखजाना मुद्दामा कारबाही चलाउन प्रक्रिया थालिएको उहाँले बताउनुभयो । पक्राउ परेका रामपृत राम एकीकृत माओवादीका जिल्ला सदस्य हुन् । उनले आफ्नो रिसइबी साध्नलाई स्थानीय हरेराम यादवलाई आर्थिक प्रलोभन देखाई धनगढीमाई नपा–१३ बस्ने रामउद्गार यादव ९बन्ठा०लाई फसाउने योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो । सोही योजनाअनुसार रामपृत रामले उपलब्ध गराइदिएको एक थान कटुवा पेस्तोल र एक थान गोली हरेराम यादवले रामउद्गार यादवको घरमा राख्ने सर्तमा सो हतियार र गोली स्थानीय तेजीनारायण यादवलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सोही सर्तअनुसार तेजीनारायण यादवले स्थानीय राजवीर राम र धुर्मुस नामले चिनिने रामेश्वर महतोलाई साथमा लिई रामउद्गार महतोको भान्साघरको पालीमा हतियार लुकाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार रामउद्गार महतोको घरमा हतियार लुकाएर राखिसकेपछि उनीहरुमध्ये एक जनाले प्रहरीलाई फोन गरी रामउद्गारको छोरा जीतेन्द्रकुमार महतोले हतियार राखेको सूचना दिएको थियो । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद भएपछि रामउद्गारको छोरा जीतेन्द्रलाई चैत १४ गते पक्राउ गरिएको थियो । प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार आफूसँग भएको हतियार अरुको घरमा राखेर निर्दोष व्यक्तिलाई फसाएको आरोपमा एकीकृत माओवादीका जिल्ला सदस्य रामपृत रामसहित तीनै जनालाई पक्राउ गरिएको हो । निर्दोष व्यक्तिको घरमा आफ्नो हतियार राखी फसाउने तीनैजना माथि हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    ]]>
    10503 0 0 0
    यि हुन् विश्वका १० रंगीन सहर http://localhost/ghum/%e0%a4%af%e0%a4%bf-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a5%a7%e0%a5%a6-%e0%a4%b0%e0%a4%82%e0%a4%97%e0%a5%80%e0%a4%a8-%e0%a4%b8/ Sun, 03 Apr 2016 18:00:09 +0000 http://www.ghumphir.com.np/?p=10506 पर्यटकीय हिसाबले विश्वमा यस्ता धेरै सहर छन् जो निकै सुन्दर मानिन्छन्। साथै केही यस्ता सहर छन् जो आफ्नो सुन्दर रङका कारण फोटोग्राफीका लागि उत्कृष्ट ठानिन्छन्। वन्डरलिस्ट डट कम नामक एक वेबसाइटले १० सहरहरुको सूची तयार पारेको छ जो आफ्ना रङको लागि प्रख्यात छन्।
     
    1. Izamal, Mexico
    2. St. John’s, Newfoundland and Labrador, Canada
    3. Rio de Janeiro, Brazil
    4. Wroclaw, Poland
    5. Buenos Aires, Argentina
    6. Valparaiso, Chile
    7. Nyhavn, Copenhagen
    8. Burano Island, Italy
    9. Pattaya, Thailand
    10. Jodhpur, India
     ]]>
    10506 0 0 0
    एसएलसीमा चिट चोराउने नयाँ तरिका: म्यासेन्जर र भाइबर http://localhost/ghum/%e0%a4%8f%e0%a4%b8%e0%a4%8f%e0%a4%b2%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%bf%e0%a4%9f-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%a8%e0%a4%af%e0%a4%be/ Mon, 04 Apr 2016 00:49:35 +0000 http://www.ghumphir.com.np/?p=10509 २२ चैत, काठमाडौं । प्रवेशीका परीक्षा (एसएलसी) मा मोबाइलको भाइबर र म्यासेन्जरबाट शिक्षक तथा अभिभावकले चिट चोराउने नयाँ तरिका अपनाइएको पाइएको छ ।

    परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका गार्डले मोबाइलबाट प्रश्पत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्र बाहरि रहेका शिक्षक तथा अभिभावकलाई म्यासेज पठाई प्रश्नपत्र आउट गर्ने गरिएको पाइएको आजकको अन्नपूर्णमा समाचार छ ।

    उक्त प्रश्नपत्रका आधारमा उत्तरसमेत तयार गरी पुन भाइबर वा म्यासेन्जरबाटै परीक्षा केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चिट पठाउने गरिएको पाइएको हो ।

    सिन्धुलीका परीक्षा केन्द्रमा मोबाइलको म्यासेन्जर र भाइवरमार्फत चिट चोर्ने र चोराउने कार्य भएको भन्ने गुनासो आएपछि आइतबारबाट परीक्षा केन्द्रमा खटिने सवै सुरक्षा गार्ड, सहायक केन्द्राध्यक्षसहितका शिक्ष र विद्याथी तथा अन्य कर्मचारीलाई समेत मोबाइल प्रयोगमा निषेध गरिएको र केन्द्रभित्र स्विच अफ गरेर मोबाइल राख्न थालिएको छ ।

    ]]>
    10509 0 0 0
    बारको चुनावमा फर्जी भोट खस्यो भन्दै प्रहरी समक्ष् किटानी जाहेरी आयो http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a5%80-%e0%a4%ad%e0%a5%8b%e0%a4%9f-%e0%a4%96/ Mon, 04 Apr 2016 00:53:12 +0000 http://www.ghumphir.com.np/?p=10512 २२ चैत, काठमाडों । नेपाल बारको शनिबार सम्पन्न निर्वाचनमा अर्कैको नाममा फर्जी भोट हाल्न मतदान केन्द्र पुगेको आरोपसहित ती व्यक्तिमाथि कारबाहीको माग राखेर बार महासचिव सुनलिकुमार पोखरेलले आइतबार प्रहरीसमक्ष किटानी जाहेरी दिएका छन् ।

    पुनरावेदन अदालत पाटन बार एकाइको नक्कली परचयपत्र बनाएर गुल्मी लिम्घा घर भई हाल काठमाडौं बस्ने सागर ज्ञवालीले सर्वोच्च अदातलको पछाडि रहेको सिंहदरबारतर्फको ३ नम्बर बुथमा फर्जी मत खसाउने प्रयास गरेको दाबी जाहेरीमा गरिएको आजको अन्नपूर्णमा समाचार छ ।

    पाटन बारमावामपन्थी निकट प्रगतिशील समूहको वर्चस्व छ । बास्तविक मतदाता रहेका अधिवक्ता शैलेशकुमार अर्यालको कानुनव्यवसाइी प्रमाणपत्र बनाएर ज्ञवालीले मत खसाउने दुस्प्रयास गरेको भन्दै जाहेरीमा कारबाही माग गरिएको छ ।

    ]]>
    10512 0 0 0
    मलेसियाको रोजगारी छाड्ने नेपालीको संख्या वृद्धि,५३ हजार नेपाली कामदार फिर्ता http://localhost/ghum/%e0%a4%ae%e0%a4%b2%e0%a5%87%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%9b%e0%a4%be%e0%a4%a1%e0%a5%8d%e0%a4%a8%e0%a5%87/ Mon, 04 Apr 2016 00:56:12 +0000 http://www.ghumphir.com.np/?p=10515 २२ चैत, काठमाडौं । मलेसिया सरकारले आप्रवासी कामदारलाई रोजगारीका लागि मलेसियामा आउन बन्द गरेसँगै मलेसियाको रोजगारी छाड्ने नेपालीको संख्या वृद्धि भएको छ ।

    एक महिनाको अवधिमा मलेसियाबाट ५३ हजार २५ जना नेपाली वैधानिक श्रमिकको सूचीबाट हटेको आजको अन्नपूर्णमा अर्जुन काफ्लेले समाचार लेखेका छन् ।

    मलेसियामा चार लाख ८३ हजार नौ सय ८ नेपाली श्रमिक वैधानिक रुपमा काम गरिरहेको अध्यागमनको तथ्यांकमा रहेको छ । मलेसियाबाट एक महिनाको अअवधिमै ५० हजारभन्दा बढी नेपाली घर फर्किएको वा अवैधानिक भएको भन्ने बिषयमा अध्यागमनले स्पष्ट पारेको छैन ।

    मलेसियामा रोजगारी छाड्ने नेपालीको संख्या अन्य देशका श्रमिकभन्दा धेरै छ । करिब ५० हजारभन्दा धेरै नेपाली श्रमिकले मलेसियाको वैधानिक रोजगारी छाडेका छन् । नेपाली कामदारको यो तथ्यांकले पनि मलेसियाबाट आउनेभन्दा स्वदेश र्फकने धरै भएको पुष्टि हुन्छ ।

    मलेसियामा बढेको लेबी, महंगी र असुरक्षाका कारण उनीहरुले रोजगारी छाडेका हुन् । पहिलाको दाँजोमा आम्दानी कम हुने र रेमिटेन्सको कमीका कारण पनि रोजगारी छाड्नु वरेको हो । मलेसियामा विदेशी श्रमिकको न्यूनतम तलब नौ सय रिंगेट छ ।

    ]]>
    10515 0 0 0
    उपाध्यक्ष वामदेव गौतम विद्रोहको तयारीमा http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7-%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a4%a6%e0%a5%87%e0%a4%b5-%e0%a4%97%e0%a5%8c%e0%a4%a4%e0%a4%ae-%e0%a4%b5%e0%a4%bf/ Mon, 04 Apr 2016 00:58:01 +0000 http://www.ghumphir.com.np/?p=10518 २२ चैत, काठमाडौं । पार्टीको नवौं महाधिवेशनमा खुलेर अध्यक्ष केपी ओलीतर्फ लागेकहा उपाध्यक्ष वामदेव गौतम समूह संस्थापन पक्षसँग असन्तुष्ट बनेको छ ।

    झन्डै एक दर्जन केन्द्रीय सदस्य भएको गौतम समूह संस्थापनको साथ छाड्ने मनस्थितिमा पुगेको आजको अन्नपूर्णमा समाचार छ ।

    अध्यक्ष ओलीसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष गौतम अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग असन्तुष्ट बनेको उनी निकट स्रोतले बतायो ।

    पछिल्लो समय उपाध्यक्ष गौतम अध्यक्षको साथ छोडेर मध्यमार्गी जस्तै देखिएका छन् । गत साता बसेको स्थायी समिति बैठकमा समेत उनले संस्थापन पक्षलाई साथ दिएनन् ।

    पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र संस्थापन पक्षबीच विभागमा राख्ने नामको विषयमा विवाद हुँदा उनले मध्यमार्गी बाटो अपनाउँदै सवैलाई समेटर लैजान सुझाव दिएका थिए ।

    नवौं महाधिवशनअभिसम्म तत्कालीन अध्यक्ष झलनाथ खनालका पक्षमा रहेका गौतम त्यसयता भने अध्यक्ष ओली पक्षमा लागेका थिए ।

    पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएपछि आफूलाई विभिन्न निर्णयको तहमा बाइपास गरिएको भन्दै गौतम असन्तुष्ट बन्दै आएका छन् ।

    ]]>
    10518 0 0 0
    मन्त्रालयकै कारण नेपाल करोडौं गुमाउने अवस्थामा http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%95%e0%a5%88-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%95/ Mon, 04 Apr 2016 00:59:45 +0000 http://www.ghumphir.com.np/?p=10520 २२ चैत, काठमाडौं । नेपाल सरकार र ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्रवर्द्धक भारतीय सतजल कम्पनीबीच भएको परियोजना विकास सम्झौता अनुसार सरकारले ५ जेठ २०७३ पभत्र २ सय ६२ हेक्टर जमिन उपलव्ध गराइसक्नुपर्छ ।

    ६ मलिना अघि नै वन क्षेत्रको जग्गा उपलव्ध गराउनको लागि लगानी वोर्डले वन मन्त्रालयमा निवेदन दिएको थियो । तर अहिलेसम्म् प्रक्रिया अघि नवढेको आजको राजधानी दैनिकमा समाचार छ ।

    पीडीएअनुसार अबको डेढ महिनाभित्र सरकारले वनको जग्गा उपलव्ध नगराए करोडौं रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्छ । तर, कानुनको जटिलताको कारणले विशेष निर्ण नभए यो असम्भव छ ।

    माथिको उदाहारण मात्र होइन सरकारी निकाय वन मन्त्रालयको अवरोधकै कारण जलविद्युत आयोजनाको निर्माण कार्य ढिलाई मात्र भएको छैन यसकै कारण नेपालले करोडौं क्षतिपूर्ति तिर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

    ]]>
    10520 0 0 0
    काठका मूर्ति कला प्रदर्शनी http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%95%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6/ Mon, 04 Apr 2016 01:12:18 +0000 http://www.ghumphir.com.np/?p=10522

    काठमाडौँ, २२ चैत । भुवन थापा ‘बाहुभी’ले बनाएका काठका मूर्तिको ‘एकल कला प्रदर्शनी’ आइतबारदेखि काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा सुरु भएको छ । यही चैत २४ गतेसम्म चल्ने प्रदर्शनीमा बाहुभीले गत वैशाखको भूकम्पपछि करिब एक वर्ष लगाएर बनाएका ५६ काष्ठमूर्ति प्रदर्शनीमा राखिएका छन् । ‘सेल्फ रियलाइजेसन’ (आत्मानुभूति) शीर्ष दिइएको प्रदर्शनीमा झुन्डाएर राखिएका मूतर््िाले भूकम्प दौरान मूर्तिकारले भोगेका अनुभूति बोलेको भान हुन्छ । मूर्तिबारे उहाँले भन्नुभयो, “यहाँका कतिपय मूर्ति भूकम्पको बेला पालमा बसेर बनाएका पनि छन्, खाली त्यस दौरान र त्यस यताका आत्म अनुभूतिलाई मूर्तिमार्फत उजागर गरेको हुँ ।” कुनैबेला आफ्नो खुट्टा भाँचिएदेखि ‘नट’को सहाराले पैदल यात्रा कायम गरिरहेका मूर्तिकारले आप्mनो कलामा त्यो पनि प्रस्फुटन गर्नुभएको छ । सिलिङमा ‘नट’ले जोडेको काठको खुट्टो झुन्डिराखेको छ । त्यस्तै, भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप, झरपस्ट इँटा, स्याउको फल, मान्छेको फरकपना, जनेन्द्रीय, वास्तविक आकारमा नभए पनि चन्द्र सूर्य अङ्कित राष्ट्रिय झन्डाले प्रदर्शनीमा जानेलाई आत्मानुभूति दिन्छ । त्यसैगरी, आशा, निराशा, लोभ, कुण्ठालगायत दैनिक क्रियाकलापलाई पनि कलाकारले मूर्तिमा समेट्नु भएको छ । समसामयिक मूर्तिकारको समूह ‘आरम्भ डोर’को आयोजनामा भएको प्रदर्शनीको आइतबार उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले देशको इतिहास जोगाउन कलाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । व्यावसायिक कलाकारितामा जोड दिँदै उहाँले भन्नुभयो, “कलाको विकास गर्न र व्यावसायिक बनाउन राज्यले कलाको वर्गीकरण गरेर राम्रो कला र कलाकारलाई प्रोत्साहन गर्नुपर्छ ।” कला समीक्षक मदन चित्रकारले कविता, गीत लेखनमासमेत आबद्ध मूर्तिकार बाहुभीले बनाएका चित्रलाई ‘अचम्मको मूर्तिकला’को सङ्ज्ञा दिँदै यसले नेपाली कलामा नयाँ आयाम थपेको बताउनुभयो ।

    ]]>
    10522 0 0 0
    पोखरा औद्योगिक क्षेत्र उद्योग संघमा विनोद शर्मा न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%94%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%89/ Mon, 04 Apr 2016 01:13:22 +0000 http://www.ghumphir.com.np/?p=10525

    पोखरा, २२ चैत । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घको १४ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवशेनले विनोद शर्मा न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सङ्घको १३ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा बलभद्र नकर्मी, द्वितीय उपाध्यक्षमा सुरेशबहादुर श्रेष्ठ र महासचिवमा रुद्रलाल श्रेष्ठ चयन हुनुभएको छ । सङ्घको सचिवमा दीपेन्द्र बस्ताकोटी र कोषाध्यक्षमा झलकनाथ आचार्य र सदस्यमा विश्वबन्धु थापा, श्रीराम पाण्डे, शक्ति पाण्डे, सुरेन्द्रबहादुर गोदार, फणीन्द्रराज शर्मा, सुरेश ध्वजु र देवीप्रसाद अर्याल रहनुभएको छ । साधारणसभामा व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले उद्योगमा विद्युत् भार कटौतीका कारण ठूलो नोक्सान भएको भन्दै यो समस्यालाई दीर्घकालीन रुपमा समाधान गरिनुपर्ने बताउनुभयो । नेपाल विकासको गतिमा अगाडि बढेको बताउँदै उहाँले अबको राजनीति आर्थिक समृद्धिको लागि हुनुपर्नेमा जोड दिनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले नाकाबन्दीमा पनि आफ्नो उद्योग सञ्चालन गरेर उद्योगी व्यवसायीले राज्यलाई ठूलो गुन लगाएको बताउनुभयो । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन समितिका महाप्रबन्धक नन्दकिशोर बस्नेत, नेपाल उद्योग महासङ्घका अध्यक्ष तिलप्रसाद भट्टराई, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापा, बालाजु उद्योग सङ्घका अध्यक्ष देवलाल तामाङ, लेखनाथ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीलगायतले देशको आर्थिक समृद्धि र विकासका लागि उद्योगको विकास अपरिहार्य भएकोमा जोड दिनुभएको थियो ।

    ]]>
    10525 0 0 0
    १ सय ३२ परिक्षार्थी निष्कासित http://localhost/ghum/%e0%a5%a7-%e0%a4%b8%e0%a4%af-%e0%a5%a9%e0%a5%a8-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a5%80-%e0%a4%a8%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%95/ Mon, 04 Apr 2016 08:02:17 +0000 http://www.ghumphir.com.np/?p=10527 कमलेश मण्डल

    महोत्तरी,२२ चैत

    सएलसी परिक्षाको चौथो दिन सोमबार भएको विज्ञान विषयको परिक्षामा मर्यादाविपरित कार्य गर्ने १ सय ३२ परिक्षार्थी  कारबाहीमा परेका छन्।

    जिल्ला शिक्षा अधिकारी  ठूलोबाबु दहालका अनुसार चीट चोर्दै गरेको अवस्थामा भेटिएपछि रामगोपालपुर परिक्षा केन्द्रबाट २० जना, भोईल टिमकिया परिक्षा केन्द्रबाट १९ जना, औरही परिक्षा केन्द्रबाट ४७ जना,खखना लोटना परिक्षा केन्द्रबाट १९ जना र विजलपुरा परिक्षा  केन्द्रबाट २७ जना गरी १ सय ३२ विधार्थीलाई आजको परीक्षाबाट बंचित हुनेगरी निष्कासन गरिएको हो। उनीहरुले भोलिदेखि नियमित परीक्षा भने दिन पाउने बताइएको छ।चार दिनको अवधिमा महोत्तरीमा २ सय ९४ परिक्षार्थी निष्कासन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

    ]]>
    10527 0 0 0
    नेपालमा दैनिक ४० वटा भूकम्प http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%88%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a5%aa%e0%a5%a6-%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae/ Mon, 04 Apr 2016 08:14:28 +0000 http://www.ghumphir.com.np/?p=10529 २२ चैत, काठमाडौं । गत वैशाख १२ को ७.६ रिक्टर स्केलको शक्तिशाली गोरखा भूकम्प र त्यसयताका परकम्पको मात्र रेकर्ड हुन्छ ।उक्त भूकम्पपछि निरन्तर परकम्प जाने क्रम पनि जारी छ । हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४४५ परकम्प गएका छन् तर अहिले दैनिक ४ रिक्टर मुनिका ४० वटासम्म भूकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    त्यसो त, वैशाख १२ को भूकम्पअघि पनि नेपालमा दिनहुँ ४ रिक्टर मुनिका १२ देखि १५ वटा भूकम्प गइरहेका हुन्थे । यद्यपि तिनको रेकर्ड राखिन्नथ्यो ।

    ठूलो भूकम्पपछि परकम्प आउनेक्रम जारी रहेको र अहिले पनि दैनिक ३० देखि ४० वटासम्म भूकम्प गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

    “वैशाख १२ को ७.६ रिक्टरको भूकम्पपछि हालसम्म गइरहेका परकम्प भनिए पनि भूकम्प नै हो”, उनले भने ।

    गोरखा भूकम्पपछि सुरुको एक महिनासम्म दिनमै ४ रिक्टर स्केलभन्दा मुनिका एक हजार ३०० सम्म भूकम्प (परकम्प) गएका थिए भने लामो समयसम्म दैनिक ५०० वटा भूकम्प गएका थिए ।

    पछिल्लो समय परकम्प कम हुँदै गएको छ । ठूलो भूकम्प गएपछिको अवस्थामा लामो समयसम्म परकम्प नगएमा ठूलो भूकम्प जाने खतरा भएकाले परकम्प समय समयमा गएकै राम्रो हुने विज्ञहरु बताउँछन् ।

    केन्द्रको विवरणअनुसार वैशाख १२ को भूकम्पअघिका वर्षहरुमा ४ रिक्टर स्केलभन्दा माथिका वार्षिक २५ देखि ६० वटा भूकम्प गएका थिए ।

    यसैबीच आज बिहान ९ बजेर ४० मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

    ]]>
    10529 0 0 0
    पौडने माछा नै जमिनमा हिँडडुल गर्नसक्ने भएको वैज्ञानिक दाबी http://localhost/ghum/%e0%a4%aa%e0%a5%8c%e0%a4%a1%e0%a4%a8%e0%a5%87-%e0%a4%ae%e0%a4%be%e0%a4%9b%e0%a4%be-%e0%a4%a8%e0%a5%88-%e0%a4%9c%e0%a4%ae%e0%a4%bf%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%bf%e0%a4%81%e0%a4%a1/ Mon, 04 Apr 2016 08:18:41 +0000 http://www.ghumphir.com.np/?p=10531 २२ चैत, काठमाडौं । हिन्दु धार्मिक ग्रन्थअनुसार भगवानको पहिलो अवतार माछा हो। त्यसपछि जमिन र पानी दुवैमा बाँच्न सक्ने कछुवाको अवतार भयो। अनि मात्र जमिनमा पूर्ण रूपले बाँच्न सक्ने बँदेल, सानो कदको मानिस हुँदै अन्त्यमा पूर्ण आकारको मानिसका रूपमा भगवानले अवतार लिएको चामत्कारिक कथा धर्मग्रन्थमा पढ्न पाइन्छ।

    केही विद्वानले धार्मिक ग्रन्थको कथा र विज्ञानको ‘क्रमिक विकास सिद्धान्त’ (इभोलुसनरी साइन्स) उस्तै रहेको दाबी गर्दै आएका थिए। पछिल्लो अनुसन्धान नतिजाले यो दाबी प्रमाणित गरेको वैज्ञानिकहरूको भनाइ छ।

    fishकरिब ३७ करोड ५० लाख वर्षअघि समुद्रमा पौडने माछा नै जमिनमा हिँडडुल गर्नसक्ने मेरुदण्ड भएका स्तनधारी जन्तुमा विकसित भएको वैज्ञानिक दाबी छ। मान्छेको उत्पत्ति माछाबाट भएको हुनसक्ने बलियो आधार फेला परेको उनीहरूले बताएका छन्।

    वैज्ञानिकले पहिल्याएका ती आधार हुन् : मानिस र माछा दुवैमा समान रूपले विकास हुने भ्रुण, बाडुली लाग्ने प्रक्रिया र नाकको ठिकमुनि माथिल्लो ओठमा देखिने खोबिल्डा।

    अब उनीहरूका लागि गहन प्रश्न हो– कसरी सम्भव हुन सक्यो समुद्रमा उद्भव भएर जमिनमा फैलिएको माछाको चामत्कारिक बसाइसराइ?

    अहिलेसम्म वैज्ञानिकले यो खोजका निम्ति समुद्रमा विकसित भएका र जमिनमा बाँच्न सक्ने ‘मध्यम’ जन्तुका अवशेष अध्ययन गर्दै आएका थिए। तर, हालै थाइल्यान्डमा आँखा नदेख्ने प्रजातिको यस्तो माछा भेटिएको छ, जो मेरुदण्ड भएका चारखुट्टे स्तनधारी जन्तुजस्तै हिँडेरै झरनामा उक्लन सक्छ। इभोलुसनरी साइन्सको अनुसन्धानमै सनसनी मच्चाएको यो माछाको खोजलाई विश्वभरका प्रमुख मिडियाले निकै महत्व दिएका छन्। न्यूयोर्क टाइम्सले त यसबारे पहिलो पृष्ठमै लामो समाचार छापेको छ।

    अमेरिकाको न्युजर्सी इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकले ‘नेचर साइन्स रिपोर्ट’ नामको जर्नलमा हातखुट्टा भएको जन्तुजस्तै हिँड्नसक्ने उक्त माछाको गतिविधिबारे विस्तारपूर्वक लेखेका छन्।

    ‘पूर्ण अन्धकारमा उक्त प्रजातिका माछा ढुंगामा टाँसिन्छन् र हिँडेरै झरनामाथि उक्लन्छन्,’ अनुसन्धानमा संग्लग्न वैज्ञानिक ब्रुक फ्लाम्याङ भन्छिन्, ‘स्तनधारी जनावरको जस्तै यो माछाको मेरुदण्ड र कम्मरको हड्डी छ, जुन आपसमा जोडिएका छन्। यसले माछालाई गुरुत्वाकर्षणविरुद्ध आड दिन्छ र हिँड्न मांसपेसी प्रदान गर्छ।’

    उनका अनुसार अन्य कुनै पनि माछाका प्रजातिमा यस्तो गुण हुँदैन। सुख्खा भुइँमा छाडिदिँदा माछा असहाय भएर छट्पटाउँछ। यसको एउटा कारण हो, माछाका पखेटाले पानीमा पौडन मात्र काम गर्छ, सोझै गुरुत्वाकर्षणविरुद्ध काम गर्न सक्दैन। जबकि यो माछामा त्यो शक्ति पनि छ।

    आखिर, यो खोजको महत्व के त? 

    थाइल्यान्डको झरनामा फेला परेको यो माछाको गतिविधिले जीवन समुद्रबाट जमिनतर्फ विकसित रूपमा फैलियो भन्ने थप आधार प्रदान गर्छ। यतिमात्र होइन, यति ठूलो परिवर्तन कसरी सम्भव हुन सक्यो भन्नेमा थप प्रकाश पार्नेछ।

    ‘यो नै जीवित माछाको यस्तो प्रजाति हो जसले पानीबाट जमिनतर्फको यात्रामा जनावरहरूको गतिविधिबारे हामीले गरेका अड्कल सही रहेछन् भन्ने प्रस्ट पार्छ,’ फ्लाम्याङ भन्छिन्।

    उक्त खोजमा संग्लग्न डा. सुवर्णरक्षाले थाई म्युजियममा उक्त माछाको संकलन फेला पारेका थिए। उनले त्यसको ‘हाइ–रेजुलुसन सिटीस्क्यानर’बाट तस्बिर लिए र फ्लाम्याङलाई पठाए। फ्लाम्याङले उक्त तस्बिरबाट माछाको ‘थ्री–डाइमेन्सन’ तस्बिर बनाइन्। यसरी हेर्दा माछाको आकार र त्यसको हड्डीको बनोट जमिनमा हिँड्ने स्तनधारी जन्तुको जस्तै देखेपछि उनी चकित खाइन्। सुरुमा त आफैंले विश्वास गर्न सकिनन्। ‘मलाई लाग्यो कसैले मसँग मजाक गर्दैछ,’ उनले भनिन्।

    उनका अनुसार झरना चढ्ने उक्त माछाको थप अध्ययनले माछाहरू कसरी जमिनमा आए र बाँच्न थाले भन्नेबारे स्पष्ट धारणा बनाउन सहयोग गर्नेछ।

    पानीबाट विकसित भएर हातगोडासहित जमिनमा हिँडडुल गर्न सक्ने सुरुआती जन्तु ‘टेट्रापोड’ भएको मानिन्छ। वैज्ञानिकहरूले ४० करोड वर्षअघि जमिनमा जन्तुहरू हिँडेको पदचिह्न फेला पारेका छन्। पोल्यान्डमा फेला परेको उक्त पदह्नि ‘टेट्रापोड’ले हिँडेरै बनाएको अनुमान छ। तर, अहिलेसम्म फेला परेको ‘टेट्रापोड’को सबैभन्दा पुरानो अवशेष ३७ करोड ५० लाख वर्ष मात्र थियो।

    यो पछिल्लो खोजले भने जमिनमा देखिएका ती ४० करोड वर्ष पुराना पदचिह्न टेट्रापोडको नभई माछाको हुनसक्ने सम्भावना बढेको छ।

    आखिर माछा हिँडेरै झरना चढ्न सक्ने भएपछि ती हिँड्दै जमिनमा आउन के बेर!

    (न्युयोर्क टाइम्स, बिबिसी, साइन्स न्युज र अन्य सञ्चार एजेन्सीमा भेटिएका लेख तथा समाचारमा आधारित)

    ]]>
    10531 0 0 0
    महानगरपालिकामा ४० पदमा जागिर खुल्यो http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a5%aa%e0%a5%a6-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be-%e0%a4%9c/ Mon, 04 Apr 2016 08:30:01 +0000 http://www.ghumphir.com.np/?p=10534 २२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ४० पदमा जागिर खुलाएको छ । सोमबार पदपूर्तिको सूचना प्रकाशित गर्दै महानगरपालिकाले नायब सुब्बा र खरिदारका विभिन्न तहमा दरखास्त आवेदन मागेको हो ।महानगरपालिकाले प्रशासनमा नायब सुब्बा स्तरको पाँचौं तहमा ७ , लेखापाल सहायक स्तरका पाँचौं तह सरहका प्रशासनमा ३, खरिदार वा सो सरहका सहायक स्तरका चौंथो तह प्रशासन समूहमा २५ र सहलेखापाल चौँथो तह प्रशासनमा ५ पदमा जागिर खुलाएको छ ।

    अन्य विभिन्न पदमा पनि आवेदन माग गरिएको छ ।  माहानगरपालिकाले  वैशाख २१ गतेसम्म आवेदन भर्न सकिने जनाएको छ । ३ चरणमा परिक्षा लिनेगरी कर्मचारीका लागि आवेदन माग भएको छ ।

    सूचना हेर्नुस्

    ktm

    ]]>
    10534 0 0 0
    कहाँ गयाे त ३० हजार मेट्रिक टन ग्यास ? http://localhost/ghum/%e0%a4%95%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%97%e0%a4%af%e0%a4%be%e0%a5%87-%e0%a4%a4-%e0%a5%a9%e0%a5%a6-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%ae%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf/ Mon, 04 Apr 2016 08:36:40 +0000 http://www.ghumphir.com.np/?p=10537 २२ चैत, काठमाडौं । सरकारले उद्योग र विक्रेताले होटल, पार्टी प्यालेस र व्यावसायिक र्फमहरूलाई कालोबजारीमा ग्यास बेच्दा अभाव नहटेको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयले इन्धनको कालोबजारी गर्नेविरुद्ध शून्य सहनशीलताका आधारमा कारबाही गरिने बताएको छ ।

    गृहसहित आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र स्थानीय प्रशासनले आपूर्ति जति बढ्दा पनि अभाव नहट्नुमा उद्यागी र विक्रेताको कालोबजारी नै प्रमुख कारण देखिएको निष्कर्ष निकालेका हुन् ।

    अब ग्यास बढी मूल्यमा बिक्री गर्ने, लुकाउने, कुपन दिँदा नै रकम असुल्ने, महिनौंदेखि उपभोक्ताको रकम उठाएर बस्ने, इजाजत नलिई ग्यास बेच्नेलगायत उद्योग, विक्रेता र व्यक्तिलाई कारबाही गर्ने निर्णय गरिएको छ ।

    ‘बजारमा महिनामा २९ हजार मेट्रिकटन ग्यासको माग छ । तर, त्योभन्दा बढी ग्यास आउँदा पनि सर्वसाधारणले ग्यास पटक्कै किन्न नपाउनु उद्योगी र विक्रेताकै बदमासी हो,’ आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘अहिलेसम्म आपूर्ति नै कम भएर अभाव हो भनेर बसियो । तर, अब कालोबजारियाले बजार ढाकेछन् भन्ने प्रस्ट देखियो ।’

    नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले मार्च महिनामा भारतबाट ३० हजार १ सय ३५ मेट्रिक टन ग्यास आएको बताए । नेपालमा २९ हजार मेट्रिक टन ग्यास आए बजारमा कुनै समस्या नहुने भए पनि झन्डै ११ सय ३५ मेटि्रक टन बढी ग्यास आएको छ ।

    ‘अर्को कुनै ग्यास खप हुने ठाउँ नै छैन । उपभोक्ताले नपाएपछि कालोबजारीमा ग्यास खपत हुने व्यावसायिक र्फमहरूमा नै अनावश्यक सञ्चय गरिएको भन्नेमा अब दुई मत रहेन,’ आपूर्तिका ती अधिकारीले भने ।

    ग्यासको मासिक आयात कोटाभन्दा बढी ग्यास आउँदा पनि अभाव समान्य पनि नहुँदा सरकारी अधिकारी तीनछक खाएका छन् । उनीहरूले बजार अनुगमन नबढाएसम्म जति ग्यास आए पनि सर्वसाधारणले सहजै ग्यास नपाउने अर्को निष्कर्ष पनि निकालेका छन् ।

    आइतबार बसेको सरोकारवाला निकायको बैठकले बजारमा अनुगमनमा सक्रिय हुने निर्णय गरेको छ । ‘अब गृह र आपूर्ति र आयल निगमले ग्यास उद्योगहरूमा अनुगमन बढाउनेछ,’ निगमका प्रवक्ता घिमिरेले भने, ‘आपूर्ति थप बढाउने र अनुगमनमा विशेष ध्यान दिने निर्णय भएको छ । त्यसैअनुसार बजारमा अब अनुगमन हुन्छ ।’

    गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइराला केही उपभोक्ताले अनावश्यक सञ्चिति गर्दा पनि ग्यासको अभाव नहटेको बताउँछन् । उनले उद्योगी व्यापारीका आफ्नो जिम्मेवारी बोध नहुँदा समेत समस्या देखिएको बताए ।

    ‘कानुनअनुसार उनीहरूले होटल र व्यावसायिक र्फमलाई ग्यास दिन पाउँछन्,’ कोइरालाले भने, ‘तर, यो अभावमा आम उपभोक्ताबारे सोचेर न्यायपूर्ण वितरण गरिदिन हो भने अभाव हटिसक्ने थियो ।’

    गृह मन्त्रालयले बजार अनुगमनका लागि स्थानीय प्रशासन र प्रहरीलाई सक्रिय गरिएको बताएको छ । गृहको निर्देशनपछि आइतबारदेखि जिल्ला प्रशासन कार्यालयले १६६००१-६०६०६ नम्बरको हटलाइन सुरु गरेको छ । यो नम्बरमा सर्वसाधारणले आफूसँग इन्धन कालोबजारी भएको सूचना भएर दिन सक्नेछन् ।

    ]]>
    10537 0 0 0
    पर्यटकसँगै भित्रिन्छन अवैध ड्रोन क्यामेरा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a5%88-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%9b%e0%a4%a8-%e0%a4%85%e0%a4%b5/ Mon, 04 Apr 2016 08:41:38 +0000 http://www.ghumphir.com.np/?p=10540

    मुस्ताङ, २२ चैत । विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्गमा आउने पर्यटकले अवैधरुपमा ड्रोन क्यामेरा प्रयोग गर्ने क्रम बढेको पाइएको छ । मङ्सिर १६ गते लोमान्थाङ र चैत ४ गते म्याग्दीको घोरेपानी क्षेत्रमा बाह्य पर्यटकलाई अनुमति बिना ड्रोन क्यामेराबाट तस्बिर र भिडियो लिइरहेको अवस्थामा पक्राउ गरेपछि यस्ता घटना सार्वजनिक भएका हुन् । प्रहरीले दिएको जानकारीअनुसार, लोमान्थाङमा दुई पर्यटक माइकल र आजा टोसर र घोरेपानीमा युक्रेनी नागरिक डमिट्रो पोलिकल समातिएका थिए । उनीहरुको साथबाट प्रहरीले ड्रोन सेट, रिमोट, दुई थान ब्याट्री र मेमोरी कार्ड बरामद गरेको बताइएको छ । प्राकृतिक सुन्दरता, धार्मिकस्थल, हिमशृङ्खला र कला संस्कृतिमा रमाउन आउने पर्यटकले अनुमति बिना ड्रोन क्यामेरामार्फत तस्बिर र दृश्य लिने क्रम बढेपछि प्रहरीले सक्रियता बढाएको छ । गत वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि स्वदेशी एवम् विदेशी सङ्घसंस्थाले ‘संवेदनशील’ क्षेत्रको आफूखुसी तस्बिर र दृश्य लिन थालेपछि सरकारले गत कात्तिक महिनामा ड्रोन प्रयोगसम्बन्धी निर्देशिका जारी गरेको थियो । ड्रोन क्यामेरासम्बन्धी निर्देशिका जारी भएपछि सम्भावित स्थानमा सुरक्षा सर्तकता बढाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । “लोमान्थाङ क्षेत्रमा उक्त घटनापछि हामी अझ संवेदनशील भएका छौँ, सबैको चाहना विश्वबजारमा यहाँको पर्यटन प्रवद्र्धन गर्ने भन्ने हुँदैन”, उहाँले भन्नुभयो “पर्यटकको भेषमा विभिन्न किसिमका सूचना लिन पात्र खटिएका घटना पनि सार्वजनिक भएका छन् ।” म्याग्दी, मुस्ताङ, लमजुङ, कास्की र मनाङ जिल्लाका ५७ गाविसमा फैलिएको अन्नपूर्ण पदमार्गमा यसअघि पनि यस्ता घटना सार्वजनिक हुने गरे पनि स्पष्ट ऐन र कानुनको अभावमा पक्राउ र कारबाही प्रक्रिया अघि बढाउन सकेको थिएन । पर्यटकले ड्रोनबाट आकर्षक तस्बिर र दृश्य लिएर विश्वबजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने बताउने गरे पनि उनीहरुको उद्देश्य फरक हुने गरेको सरकारी अधिकारीको बुझाइ छ । एक्याप लोमान्थाङका प्रमुख तुलसीप्रसाद दाहालले बाह्य पर्यटकलाई ड्रोन क्यामेरा प्रयोगसम्बन्धी कानुनी प्रावधानका विषयमा जानकारी गराइने बताउनुभयो । “यसभन्दा अघि कुनै नियम नभएकाले पर्यटकले अहिले पनि त्यस्तै सोच्ने गर्दछन्, तर अब हामी विभिन्न स्थानमा के गर्न हुने र नहुने विषयमा जानकारीमूलक बोर्ड राख्दैछौँ”, उहाँले थप्नुभयो ।

    ]]>
    10540 0 0 0
    अनुमति बिना सडकखण्डमा क्रसर उद्योग सञ्चालनमा http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a4%be-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%96%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%8d/ Mon, 04 Apr 2016 08:43:13 +0000 http://www.ghumphir.com.np/?p=10542

    खोटाङ, २२ चैत । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडकखण्डमा बिना अनुमति क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा कालोपत्रेको काम थालिएको सडकखण्डमा पर्ने मुडे, नाँगी र कदुवामा बिना अनुमति क्रसर उद्योग सञ्चालन गरेको पाइएको हो । सडक कालोपत्रेका लागि अस्थायीरुपमा क्रसर उद्योग सञ्चालन गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि रामबहादुर तामाङले बताउनुभयो । “हामीले स्थायीरुपमा क्रसर उद्योग सञ्चालन गरेका हैनौँ ।” उहाँले भन्नुभयो, “अस्थायीरुपमा सञ्चालन गरिएकाले कसैलाई जानकारी गराएका छैनौँ ।” क्रसर उद्योग सञ्चालनका लागि हालसम्म आधिकारिक जानकारी नआएको जिल्ला विकास समिति खोटाङका स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनु भयो । “जुनसुकै ठाउँमा क्रसर उद्योग सञ्चालन गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने हुन्छ ।” उहाँले भन्नुभयो, “दिक्तेल–हलेसी सडकखण्डमा बिना अनुमति उद्योग सञ्चालन गरेको पाइएकाले कारबाहीका लागि प्रशासनलाई पत्र लेखेको छु ।” सडकखण्डमा सञ्चालन गरिएको क्रसर उद्योगबारे छानबिन र कारबाहीका लागि ठेकेदार कम्पनीका व्यक्तिलाई प्रहरीमार्फत प्रशासनमा झिकाइएको निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताउनुभयो । “क्रसर उद्योग सञ्चालनबारे छानबिन गरी कारबाही गर्न जिविसले प्रशासनलाई लेखेको पत्र कार्यालयमा आइपुगेको छ ।” हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सुर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर सडकखण्ड कालोपत्रे गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको छ । राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–हलेसी सडक कालोपत्रेको काम सुस्त गतिमा भइरहेको छ । दुई वर्षअघिदेखि कालोपत्रेको काम सुरु गरिएको सडक अहिलेसम्म फराकिलो पार्ने र ठाउँठाउँमा पर्खाल हाल्नेबाहेक थप केही भएको छैन । राष्ट्रिय महत्व बोकेको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक ठेकेदार कम्पनीको लापर्बाहीले कालोपत्रे गर्ने काममा ढिलाइ भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “हिउँदमा धुलो र वर्षामा हिलोका कारण जिल्लावासीले सास्ती खेप्नु परिरहेको छ ।” उहाँले भन्नुभयो, “यसप्रति सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।” विसं २०६४ बाट सञ्चालनमा ल्याइएको दिक्तेल–हलेसी सडकखण्डमा यस वर्ष वर्षायाममा यातायातका सवारीसाधन नचल्ने यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङमाङले दाबी गर्नुभयो । समयमा सडक कालोपत्रे नहुँदा जिल्लावासीले कष्टप्रद ढङ्गले यात्रा गर्नुपर्ने तथा नियमित यातायात सञ्चालन नहुँदा महँगीको मार खेप्नुपर्ने बाध्यता छ ।

    ]]>
    10542 0 0 0
    बझाङमा ४.३ म्याग्नीच्युडको भूकम्प गयाे http://localhost/ghum/%e0%a4%ac%e0%a4%9d%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a5%aa-%e0%a5%a9-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a5%80%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a1/ Mon, 04 Apr 2016 08:50:27 +0000 http://www.ghumphir.com.np/?p=10544 २२ चैत, काठमाडौं ।बझाङ जिल्लाको सैपाल हिमाल दक्षिण केन्द्रबिन्दु भएर ४.३ म्याग्नीच्युडको भूकम्प गएको छ।  सोमबार बिहान ९ बजेर ४० मिनेटमा यो भूकम्प गएको राष्ट्रि य भूकम्प मापन केन्द्रले जनाएको छ।]]> 10544 0 0 0 रुसका राष्ट्रपति पुटिन, मेसीदेखि अमिताभ बच्चनसम्म कर छली विवादमा मुछिए http://localhost/ghum/%e0%a4%b0%e0%a5%81%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a5%81%e0%a4%9f%e0%a4%bf%e0%a4%a8-%e0%a4%ae/ Mon, 04 Apr 2016 10:14:12 +0000 http://www.ghumphir.com.np/?p=10547 २२ चैत, काठमाडौं ।रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनदेखि बलिउड अभिनेता अमिताभ बच्चनसम्मका चर्चित व्यक्तिले कर छुट हुने देशमा छाँया कम्पनी मार्फत लगानी गर्ने  गरेको खुलासा भएको छ। खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टस (आइसिआइजे)ले गरेको यस खुलासामा चिनियाँ राष्ट्रपति सि जिन पिङ, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ, फुटबल स्टार लियोनल मेसी, बलिउडका कलाकार अमिताभ बच्चन र उनकी बुहारी एश्वर्या राय बच्चनसम्म रहेका छन्।

    timthumb (1)१ करोड बढी कागजपत्रहरूको एक वर्षसम्मको अनुसन्धानमा उनीहरूले ब्रिटिस भर्जिन आइसल्यान्ड, पनामा, सिंगापुर लगायतका अन्य कर छुट हुने देशहरुमा विभिन्न छायाँ कम्पनीहरुमार्फत् लगानी गर्ने गरेको देखिएको बताइको छ।

    पनामामा रहेको मोसाक फोन्सेका नामक ल फर्मले संसारभरका आफ्ना धनी ग्राहकहरुका लागि  गोप्य रूपमा यस्ता सस्ता कम्पनीहरू बनाइदिने गर्छ। यी कम्पनीहरू उनीहरूले तिर्नुपर्ने कर बचाइदिने स्वार्थका लागि बनाइन्छ। लिक भएका कागजातमा मोसाकले त्यस्ता कम्पनीहरू बनाउँदा उनीहरूको नाम गोप्य राख्ने गरेको पनि उल्लेख छ।

    आइसिआइजेले खुलासा गरेका कतिपय कम्पनीहरु कानुनत: गलत नभएपनि यससँग नाम जोडिएकाहरूका लागि घाटा पुर्‍याउने छ किनकि यसमा मुछिएका धेरैजसो मानिसहरू सार्वजनिक जीवनमा सक्रिय छन्। यसले उनीहरूको सार्वजनिक छविमा नकारात्मक असर पार्न सक्छ।

    भ्लादमिर पुटिन, सी जिन पिङ, नवाज सरिफ, ज्याकी च्यान, लियोनेल मेसी, अमिताभ बच्चन तथा एश्वर्या राय जस्ता चर्चित नामलाई हेर्दा यो खुलासा सन् २०१० को विकिलिक्स प्रकरणभन्दा ठूलो हुने देखिएको छ। विकिलिक्स प्रकरणमा अफगानिस्तान तथा इराक युद्धमा अमेरिकी सेनासँग जोडिएका २ लाख ५० हजार कुटनीतिक पत्र सार्वजनिक भएका  थिए।

    मोसाक फोन्सेकाले यस खुलासालाई अपराधको संज्ञा दिएको छ। उसले यसलाई पनामामाथिको एक प्रकारको हमला भएको पनि बताएको छ। कम्पनीका संस्थापक रेमन फोन्सेकाले केही राष्ट्रहरूलाई मोसाक फोन्सेकाले कम्पनीहरूलाई आकर्षित गर्न टक्कर दिएको मन नपरेपछि यस्तो गरेको प्रतिक्रिया दिए।

    मोसाकको समर्थन गर्दै पनामा सरकारले यस घटनाको कानुनी लडाईंमा फोन्सेकालाई सहयोग गर्ने जनाएको छ।

    ]]>
    10547 0 0 0
    फेवा महोत्सवमा होटलका कोठामा २० प्रतिशत छुट दिने घोषणा http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a5%8b%e0%a4%a0%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Mon, 04 Apr 2016 10:27:07 +0000 http://www.ghumphir.com.np/?p=10550 २२ चैत, काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धनको उद्देश्यले पश्चिमाञ्चल होटल संघ पोखराले नयाँ वर्षको अवसर पारेर फेवा महोत्सव गर्ने भएको छ । बसुन्धरा पार्कमा यही चैत २८ गतेदेखि फेवातालको किनारमा फेवा महोत्सव गर्ने भएको छ । IMG_2792फेवा महोत्सव गर्ने भएको हो । पश्चिमाञ्चल होटल संघ पोखराले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी वैशाख २ गतेसम्म संचालन हुने महोत्सवमा होटलका कोठामा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । नयाँ वर्षका अवसरमा जतिसक्दो धेरै आन्तरिक पर्यटकलाई पाखेरा लान सकियोस् भनेर होटलका कोठामा छुट दिने व्यवस्था मिलाइएको महोत्सव संयोजक विकल तुलाचनले बताए। उनका अनुसार होटलहरुले खानामा पनि विशेष छुट दिने तयारी गरेका छन् । पश्चिमाञ्चल होटल संघ पोखराले फेवा महोत्सव गर्न लागेको यो १३ औं पटक हो । संघले महोत्सवका क्रममा रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपालसँगको समन्वयमा चैत ३० गते र वैशाख १ गते साँझ अम्बोटदेखि हल्लनचोकसम्म सडक महोत्सव गरिने पनि जनाएको छ ।

    ]]>
    10550 0 0 0
    पाकिस्तानमा बाढीबाट ६० जनाको मृत्यु,सयाै परिवार प्रभावीत http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a5%ac%e0%a5%a6-%e0%a4%9c/ Mon, 04 Apr 2016 10:36:12 +0000 http://www.ghumphir.com.np/?p=10553 Pakistan flood 2
    • डुबान क्षेत्रमा पीडितहरू । तस्वीर: गेट्टी इमेज
    उत्तरी स्वात क्षेत्रका हबिब खाले एक स्थानीय टेलिभिजन च्यानलसँग भनेका छन्, ‘हामीलाई यो हालतमा छाडिएको छ । सरकारबाट कोहि पनि हामीलाई सहयोग गर्न आएका छैनन् ।’ अधिकारीहरुले भने राहत सामाग्री प्रभावित क्षेत्रमा पठाइएको बताएका छन् । स्थानीय सञ्चारकर्मीहरुको रिपोर्टअनुसार सयौं व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।]]>
    10553 0 0 0
    भारतीय आयल कर्पोरेशन (आईओसी)ले इन्धनको मूल्य बढायो http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%86%e0%a4%af%e0%a4%b2-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%b6%e0%a4%a8-%e0%a4%86%e0%a4%88%e0%a4%93/ Mon, 04 Apr 2016 10:40:05 +0000 http://www.ghumphir.com.np/?p=10556 २२ चैत, काठमाडौं । भारतीय आयल कर्पोरेशन (आईओसी)ले नेपालले आयात गर्ने इन्धनको मूल्यमा सामान्य वृद्धि गरेको छ।निगमका एक स्रोतका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १.२२, डिजेलमा १.३३ र एलपी ग्यासमा ११ भारतीय रुपैयाँ बढाएको छ।
    आईओसीले इन्धनको मूल्य बढाएपनि निगमले नेपालमा भने तत्काल मूल्य बढाउने तयारी नगरेको स्रोतले बताएको छ।
    निगमलाई यस अघि पुरानो मूल्य हुँदासम्म पेट्रोलमा १७ रुपैयाँ ५४ पैसा, डिजेलमा १५ रुपैयाँ ८१ पैसा र मट्टितेलमा २६ रुपैयाँ ८० पैसा प्रतिलिटर फाइदा रहेकोले आईओसीको सामान्य मूल्य वृद्धिले अहिलेको मूल्य बढाउन आवश्यक नरहेको स्रोतको भनाइ छ।
    साथै हवाई इन्धनमा प्रतिलिटर आन्तरिकतर्फ १६ रुपैयाँ ८६ पैसा र अन्तर्राष्ट्रिय तर्फ २९ रुपैयाँभन्दा बढी फाइदा गर्दै आएको निगमलाई एलपी ग्यासमा भने प्रतिसिलिण्डर ९७ रुपैयाँ ६६ पैसा घाटा छ।
    ]]>
    10556 0 0 0
    के छ त ? १६ लाख रुपैयाँ पर्ने स्मार्टवाचकाे बिशेषता http://localhost/ghum/%e0%a4%95%e0%a5%87-%e0%a4%9b-%e0%a4%a4-%e0%a5%a7%e0%a5%ac-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87/ Mon, 04 Apr 2016 10:43:21 +0000 http://www.ghumphir.com.np/?p=10558 watch२२ चैत, काठमाडौं । सामसुङ कम्पनीले गियर एस २ को नयाँ भर्जन ल्याएको छ।यस स्मार्टवाचको मूल्य करिब १६ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
    Grisogono द्वारा डिजाइन गरिएको यस वाचमा सुन र हिराको प्रयोग गरिएको छ।स्मार्टवाचको फिचर हेर्ने हो भने यसमा १.२ इन्च सर्कुलर (Circular)  डिस्प्ले छ जसले ३६०×३६० पीक्सेल रिजोलुशन दिन्छ।
     १ जीएचजेड डुअलकोर प्रोसेसर भएको यस वाचमा ५१२ एमबी र्‍याम र ४ जीबी इन्टरनल मेमोरी छ।२५० एमएएच पावर भएको यस स्मार्टवाचमा ब्लुटुथ, वाईफाई, एनएफसी जस्ता फिचर छन्। यो स्मार्टवाच वाटर र डस्ट प्रुफ भएको कम्पनीले जनाएको छ।
    ]]>
    10558 0 0 0
    फाेटाेलाई नयाँ रुप दिने एप http://localhost/ghum/%e0%a4%ab%e0%a4%be%e0%a5%87%e0%a4%9f%e0%a4%be%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b0%e0%a5%81%e0%a4%aa-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a5%87-%e0%a4%8f/ Mon, 04 Apr 2016 10:46:57 +0000 http://www.ghumphir.com.np/?p=10561 photo mobileस्मार्टफोन र ट्याब्लेटबाट खिचिएका फोटोलाई इडिट गर्न र फ्रेम राख्न प्ले स्टोरमा नयाँ एप उपलब्ध भएको छ।
    Photo ++  नामक यस एपमा फोटो इडिट गर्ने विभिन्न विकल्प छन्।
    एपमा असिमित फोटो फ्रेम, पिक इन पिक (PIP) फ्रेम्स, फोटो ग्रिड मेकर, कलेज मेकर र फोटो इडिटर जस्ता फिचर छन्।
    यस एपको विशेषता भनेको यस हरेक दिन नयाँ कन्टेन्ट (Content) अपडेट गरिनेछ।
    फोटो फ्रेममा वाटरफल (Waterfall) , लकेट (Locket) , ग्रिन हिल (Green Hill) , वेडिङ (Wedding) आदी फोटो फ्रेम दिइएका छन्।
    ३.८ एमबी साइज भएको यस एपलाई प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ।
    ]]>
    10561 0 0 0
    देउवाले माफी मागे पाैडेलसँग http://localhost/ghum/%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%be%e0%a4%ab%e0%a5%80-%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%87-%e0%a4%aa%e0%a4%be%e0%a5%88%e0%a4%a1%e0%a5%87%e0%a4%b2/ Tue, 05 Apr 2016 01:11:29 +0000 http://www.ghumphir.com.np/?p=10566 २३ चैत, काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेता रामचन्द्र पौडेललाई केन्द्रीय समितिमा मनोनित गर्दा आफूले अन्जानबश त्रुटि भएको भन्दै पौडेलसँग माफी मागेका छन्।
    सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले आफू सभापतिमा निर्वाचित भएलगत्तै पौडेल एक जनालाई मात्रै पहिलो चरणमा केन्द्रीय समितिमा मनोनित गरी बाँकीलाई अर्को चरणमा गर्नुपर्ने कुरामा ध्यान नपुग्दा आफूबाट गल्ती भएको बताएका हुन्।
    'पौडेलजीलाई मनोनित गर्दा अरु छ जनासँगै मनोनित गरेर मैले पौडेलजीको मन दुखाउन पुगेंछु, त्यो मैले जानजान गरेको होइन र यसका लागि म क्षमा चाहन्छु,' देउवाको भनाई उदृत गर्दै एक सदस्यले भने।
    नेता पौडेललाई सधैँ सम्मान गर्ने बताउँदै देउवाले आगामी दिनमा पनि पार्टीको हितका लागि पौडेलसँग राय सुझाव र परामर्श गरी अगाडि बढ्ने बचन समेत उनले दिएका थिए।
    पार्टीको १३ औं महाधिवेशनमा सभापति निर्वाचित भएलगत्तै देउवाले नेता पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, नरहरि आचार्य र उमाकान्त चौधरीलाई एकैलटमा केन्द्रीय सदस्यमा मनोनित गरेपछि पौडेल र उनी निकट नेता कार्यकर्ता सभापति देउवासँग रुष्ट बनेका थिए।
    ]]>
    10566 0 0 0
    कीरा खाँदा ४ सय भेडाबाख्रा मरे http://localhost/ghum/%e0%a4%95%e0%a5%80%e0%a4%b0%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a5%aa-%e0%a4%b8%e0%a4%af-%e0%a4%ad%e0%a5%87%e0%a4%a1%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%b0/ Tue, 05 Apr 2016 01:13:07 +0000 http://www.ghumphir.com.np/?p=10568 २३ चैत, काठमाडौं । घाँसमा मिसिएको काउसे कीरा खाँदा दोलखाको उत्तरी गाउँमा ४ सय भेडाबाख्राको ज्यान गएको छ ।

    चंखु, मार्बू र खारे गाविसमा मंसिर यता काउसेकै कारण यो संख्यामा भेडाबाख्रा मरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

    मंसिरको सुरुबाट उत्तिस, चिलाउनेलगायतका रुखमा देखिएको काउसे कीराको झुसिला बसेको घाँस खाएका कारण भेडा तथा बाख्रा मरेको पशुसेवा कार्यालय दोलखाका वरिष्ठ पशु विकास अधिकृत डा. तेजबहादुर रिजालले जानकारी दिए ।

    उनका अनुसार काउसे कीरा भएको रुखबाट झरेको घाँस र काउसे कीरा हिँडेको बाटोमा गाईबस्तु गराउँदा भेडा बाखा्रहरुलाई एलर्जी हुने र दुई तीन दिनमा मृत्यु हुेन गरेको छ ।

    ]]>
    10568 0 0 0
    निर्वाचन फेरि अन्योलमा http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%9a%e0%a4%a8-%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a4%bf-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%b2%e0%a4%ae%e0%a4%be/ Tue, 05 Apr 2016 01:14:22 +0000 http://www.ghumphir.com.np/?p=10570 २३ चैत, काठमाडौं । उमेर हदबन्दी राख्ने वा नराख्ने भन्नेबारे विद्यार्थी संगठन एकमत हुन नसक्दा त्रिवि स्ववियु निर्वाचन फेरि अन्योलमा परेको छ ।

    कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र एमालेनिकट अनेरास्ववियु उमेर हदबन्दी लागू नगर्ने पक्षमा देखिएका छन् ।

    माओवादीनिकट अखिल क्रान्तिकारी लगायत केही संगठन उमेर हदबन्दी लागू गर्न नहुने भन्दै अडानमा रहेको आजको राजधानी दैनिकमा समाचार छ ।

    यद्यपि, विद्यार्थी संगठनको मत भिन्नताबीच त्रिवि भने बैशाखभित्रै निर्वाचन गराउने तयारीमा लागेको छ ।

    निर्वाचन विषय बुझ्न उपकुलपति तीर्थ खनियाँले शिक्षाध्यक्ष सुधा त्रिपाठी संयोजकत्वमा तीन सदस्यीय समितिसमेत बनाएका थिए ।

    विद्यार्थी संगठनसँग छुट्टाछुट्टै तथा संयुक्त बैठकसमेत गरिसकेको समितिले सोमबार नै प्रतिवेदन उपकुलपति खनियाँलार्य बुझाएको छ ।

    नेपाल विद्यार्थी संघ पहिलो निर्वाचनमा उमेर हदबन्दी लागू नगर्ने पक्षमा रहेको प्रवक्ता यूपी लामिछाने बताउँछन् । लामो समयदेखि संगठनमा क्रियाशीललाई स्थान दिन नेविसंघ उमेर हद लागू नगर्ने पक्षमा देखिएको हो ।  उमेरहदमा एमाले निकट अनेरास्ववियु भने कही लचिलो देखिएको छ ।

    ]]>
    10570 0 0 0
    नेपाली बच्चा ५३ सय पाउन्डमा बेचिन्छन् http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ac%e0%a4%9a%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a5%ab%e0%a5%a9-%e0%a4%b8%e0%a4%af-%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%8d%e0%a4%a1/ Tue, 05 Apr 2016 01:16:22 +0000 http://www.ghumphir.com.np/?p=10572 न्नपूर्णमा समाचार छ । द सनका अनुसार नेपाल र भारतका १० वर्षभन्दा कलिला बच्चा भारतको पन्जाब प्रान्तस्थित जालन्धरबाट सञ्चालित गिरोहले प्रतिवच्च ५३ सय पाउण्ड स्टर्लिङमा बेच्ने गरेका छन् । पत्रिकाका अनुसार बेलायती धनाढ्य घरानाले बच्चाहरुलाई बिनापैसा नोकर बनाउने गरेका छन् ।]]> 10572 0 0 0 चालीस वर्षपछि सडकको ट्रयाक खुल्यो http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%b8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%af/ Tue, 05 Apr 2016 01:22:46 +0000 http://www.ghumphir.com.np/?p=10574

    रामपुर (पाल्पा), २३ चैत । पञ्चायतकालीन समयका मन्त्री काशीनाथ गौतमले शिलान्यास गर्नुभएको सालझन्डीदेखि बल्ढेङ्गढी हुँदै जुठापौवा जोड्ने सडकको ट्रयाक खोल्ने कार्य झन्डै ४० वर्षपछि पूरा भएको छ । बजेट अभावका कारण अलपत्र बनेको सो सडक पाल्पा क्षेत्र नं ३ का सांसद हरिप्रसाद नेपालको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा लागू भएको सडक निर्माण योजनाअन्तर्गत रु पाँच करोड सडकमा खर्चिएपछि ट्रयाक खुलेको हो । सडक कार्यालयको प्राविधिक रेखदेखमा सञ्चालित ३४ किलोमिटर लम्बाइ रहेको यस सडकखण्डको ट्रयाक खोल्ने कार्य सँगसँगै चौडा गर्ने कार्यसमेत एकै पटक भएको छ । सडकको समस्याले यहाँका स्थानीयलाई सदरमुकाम तानसेन आवतजावत गर्न रुपन्देहीको सालझन्डी हँुदै बुटवल भएर जानुपर्ने बाध्यता सदाका लागि अन्त्य भएको बल्ढेङ्गढीका स्थानीयबासी देवेन्द्र पुनले बताउनुभयो । सडकको उद्घाटन गर्दै सांसद नेपालले पहिलो पटकमा ट्रयाक खोल्ने र दोस्रो पटकमा चौडा गर्ने, ग्राभेल गर्ने र बजेटलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सडक कार्यालयका प्राविधिक नवराज विकका अनुसार निर्माण व्यवसायीसँग भएको ठेक्का सझौताअनुरुपको कार्य पूरा हुनेछ । बहुवर्षीय योजना भएकाले आगामी वर्षमा सडकको स्तरोन्नति गर्ने कार्यक्रम रहेको विकले बताउनुभयो । सडकको समस्याले बिरामीलाई समयमा उपचारका लागि अस्पताल पु¥याउन नपाउँदा अकालमा ज्यान गुमाएका यहाँका स्थानीयमा सडक खुलेसँगै खुुसी छाएको छ । सडक असुविधाले यहाँका धेरै स्थानीय बसाइँ सरेर अन्यत्र गएको झपेन्द्र खड्काले बताउनुभयो ।

    ]]>
    10574 0 0 0
    सैघामा झोलुङगे पुल निर्माण http://localhost/ghum/%e0%a4%b8%e0%a5%88%e0%a4%98%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9d%e0%a5%8b%e0%a4%b2%e0%a5%81%e0%a4%99%e0%a4%97%e0%a5%87-%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae/ Tue, 05 Apr 2016 01:24:23 +0000 http://www.ghumphir.com.np/?p=10576

    तुलसीपुर (दाङ), २३ चैत । जिल्लाको विकट गाविसकोरुपमा चिनिने सैघा गाविस–७ मसिनाघाटमा झोलुङगे पुल निर्माण गरिएको छ । झोलुङगे पुल विभागको रु ३५ लाख ८१ हजार, जिल्ला विकास समिति दाङको रु एक लाख ५२ हजार, सैघा गाविसको रु ९० हजार र समुदायको रु ८७ हजार गरी कुल रु ३९ लाख ११ हजार ८९६ को लागतमा सो पुल निर्माण गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नोटबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार सो पुलको लम्बाई ६८ मिटर रहेको छ । सो पुल निर्माण भएपछि दाङको सैघा, स्युजा, रोल्पाको लखान, प्यूठानको स्वर्गद्वारी र बाजमका नागरिकलाई आवातजावत गर्न सहज हुने भएको छ । सो पुलको सोमबार दाङका स्थानीय विकास अधिकारी रमेश गौतमले उद्घाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै उहाँले पुल निर्माणसँगै अब सैघाका नागरिकले विकासको अनुभूति गर्न पाएको बताउनुभयो । उहाँले यसको उचित संरक्षण गर्नकालागि नागरिकलाई आग्रहसमेत गर्नुभयो ।

    ]]>
    10576 0 0 0
    उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%96%e0%a4%b0%e0%a5%8d%e0%a4%9a-%e0%a4%a4%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%85/ Tue, 05 Apr 2016 01:30:32 +0000 http://www.ghumphir.com.np/?p=10578 २३ चैत, काठमाडौं । गत असार १ मा कारको ठक्करबाट घाइते भएपछि मलेसियाको राजधानी क्वालालम्पुरस्थित मलाय अस्पतालमा उपचाररत रसुवा भोर्ले–६ रुप्सेनीका गोविन्द न्यौपाने उपचार खर्च तिर्न नसेका कारण अस्पतालमै बन्धकजस्तो बनेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
    करिब ११ अर्ष अगाडि मलेसिया गएका न्यौपानेको उपचार खर्च करिब ३५ लाख रुपैयाँ पुगेको बताइएको छ। पछिल्लो केही समययता भिसा अवधि सकिएपछि पनि स्वदेश नफर्किएपछि गैरकानुनी कामदार बनेका कारण उनको उपचार खर्चमा समस्या भएको न्यौपानेकी श्रीमती रोशनीले बतनाइन्।
    सरकार र सहयोगीले पहल गरिदिएपछि श्रीमानलाई नेपाल ल्याउन सकिने भन्दै उनले सहयोगका लागि सबैसँग आग्रह समेत गरेकी छिन्। जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन कार्यक्रम ‘सामी’ परियोजनाको कार्यालयमा सहयोग समन्वय गराउन आएकी रोशनीले भनिन्,‘जसरी भए पनि श्रीमानलाई नेपाल ल्याइदिन सहयोग गर्नुपर्यो।’
    दुर्घटनामा परेको चारदिनपछि होस आएको गोविन्दको ढाडको हड्डी भाँचिएको छ। स्पाइनल कर्डमा स्टिल राखेर उपचार गरिएको उनको दाया हातको चोरी औलाबाहेक हातखुट्टा चल्दैन। मेसिनको सहाराले मात्र उभिन सक्ने भएपनि नियमित थेरापी भए सुधार हुने डाक्टरहरुले बताएको रोशनीले बताइन्।
    ]]>
    10578 0 0 0
    हत्या प्रकरणमा तानिए बनमन्त्री http://localhost/ghum/%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%b0%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%8f-%e0%a4%ac%e0%a4%a8%e0%a4%ae/ Tue, 05 Apr 2016 01:33:14 +0000 http://www.ghumphir.com.np/?p=10580 २३ चैत, काठमाडौं । द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा दिइएको जाहेरीअनुरुप मन्त्री अग्नि सापकोटामाथि मुद्दा नचलाइएको भन्दै पीडितका तर्फबाट दिइएको सुनुवाइ गर्न संवैधानिक इजलासमा पठाइएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
    रिटमा सोमबार भएको सुनुवाइपछि न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। अब यो विवाद प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले हेर्नेछ।
    सापकोटा सूचना तथा सञ्चारमन्त्रीमा नियुक्त भएपछि २०६८ सालमा मृतक लामामी पत्नी पूर्णीमायाले नैतिक र कानुनी प्रशन उब्जाउँदै सर्वोचकै परमादेशअनुरुप मुद्दा नचलाइको दाबी निवेदकको थियो। यस्तै सापकोटालाई मन्त्री पदबाट हटाउन माग गर्दै त्यतिबेला पत्रकार कनकमणि दीक्षितले पनि भन्नै रिट दायर गरेका थिए। दुवै रिटलाई सुनुवाइकालागि संबैधानिक इजलासमा पठाइएको हो।
    एमाले स्थानीय नेता रहेका लामाको माओवादी समूहबाट २०६१ सालमा अपहरणपछि एकमहिनासम्म बेपत्ता बनाएर हत्या गरिएको आरोप पीडित पक्षको छ। उक्त प्रकरणमा सापकोटालाई मुछिएको छ।
    ]]>
    10580 0 0 0
    दैनिक पाँचसय सवारी कारबाहीमा http://localhost/ghum/%e0%a4%a6%e0%a5%88%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a%e0%a4%b8%e0%a4%af-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%ac%e0%a4%be/ Tue, 05 Apr 2016 03:49:47 +0000 http://www.ghumphir.com.np/?p=10584

    काठमाडौँ, २३ चैत । काठमाडौँ उपत्यकामा लेन अनुशासन पालना नगर्ने दैनिक ५०० को हाराहारीमा सवारीसाधन कारबाहीमा पर्ने गरेका छन् । काठमाडौँ उपत्यकामा धेरैजसो सवारीसाधनले पछिल्लो समय लेन पालना नगर्ने गरेपछि गत चैत ८ गतेदेखि लेन पालना नगर्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार हालसम्म तीन हजार ९२२ सवारीसाधन कारबाहीमा परेका छन् । तीमध्ये एक दिनमा सबैभन्दा धेरै ७७७ र सबैभन्दा थोरै छ सवारीसाधन कारबाहीमा परेका छन् । महाशाखाका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेन्द्रदेव भट्टका अनुसार लेन पालना नगर्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेपछि केही कमी आएको बताउनुभयो । उहाँले भन्नुभयो, “लेन अनुशासनको पालना नगर्दा सडक जाम र सवारी दुर्घटना बढ्ने हुँदा हामीले यो अभियान चलाएका हौँ ।” महाशाखाले लेन पालना नगर्नेलाई रु २०० जरिवाना र एक घन्टाको सचेतना कक्षा लिने गरेको छ । लेन काटेको सवारीसाधन भाग्न खोजे क्यामेराले खिच्ने र मोटरसाइकलले पछ्याएर समात्ने र कारबाहीको दायरामा ल्याउने गरिएको महाशाखाका सहप्रवक्ता भट्टले बताउनुभयो ।

    ]]>
    10584 0 0 0
    बिस्केट जात्रामा प्रहरीको पहिलो पटक प्रहरीको क्विक रेस्क्यु स्क्वाड टोली खटाइने http://localhost/ghum/%e0%a4%ac%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%87%e0%a4%9f-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%95/ Tue, 05 Apr 2016 03:52:53 +0000 http://www.ghumphir.com.np/?p=10586

    भक्तपुर, २३ चैत । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रामा यस वर्ष पहिलो पटक प्रहरीको क्विक रेस्क्यु स्क्वाड टोली खटाइने भएको छ । गत वैशाखको भूकम्पका कारण टेकोमा अडिएका एवम् जीर्ण घर रथतान्ने क्रममा भत्किन सक्ने सम्भावनालाई ध्यानमा राखेर मानवीय क्षति नहोस् भनेर यसप्रकारको टोली परिचालन गरिने भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले भन्नुभयो– “चैत २७ गते र वैशाख ५ गते तौमढीबाट रथ तान्नेक्रममा रथको पाङ्ग्राबाट आउने कम्पन र रथले छोएर भूकम्पले जीर्ण बनाएका घरमा क्षति भएमा सम्भावित दुर्घटना एवम् मानवीय क्षति नहोस् भनेर तत्काल उद्धार गर्न क्विक रेस्क्यु स्क्वाड टोली खटाउने भएका छौँ ।” प्रहरी हेडक्वार्टरबाटै आउने यो टोलीले उद्धारका लागि आवश्यक सम्पूर्ण सामग्रीसमेत लिएर प्रहरी परिसर भक्तपुरमा तयारी अवस्थामा रहने छन् । त्यसैगरी, रथ लैजाने रुटमा भूकम्पले क्षति पु¥याएका जीर्ण एवम् टेको लगाएका घरमा क्षति नपुगोस् भनेर यस वर्ष रथ लैजाने रुटसमेत छोट्याउने निर्णय भएको छ । प्रहरी उपरीक्षक बज्राचार्यका अनुसार तौमढीबाट माथिल्लोपट्टि क्वाछेसम्म र तल्लोपट्टि बोलाछेसम्म मात्रै रथ लैजाने निर्णय भएको छ । यसका लागि भक्तपुर नगरपालिकाले पनि सघाउने भएको छ । विगतमा तौमढीबाट रथ तान्न सुरु भएपछि माथिल्लोपट्टिकाले सके दत्तात्रयसम्म र तल्लोपट्टिकाले सके नासमनासम्म रथ लैजाने परम्परा रहेको थियो । जात्रामा मादक पदार्थ खाएर हिंसात्मक गतिविधि हुने, झगडा हुने, जात्रामा ढुङ्गा हानाहान हुने भएकाले यस वर्ष जात्रा सञ्चालन हुने क्षेत्रमा पूर्णरुपमा मदिरा पसल बन्द गराइने भएको छ । प्रहरी उपरीक्षक बज्राचार्यले भन्नुभयो˗ “कुनै पनि पसलबाट मदिरा बिक्री गरेको पाइएमा तत्कालै पक्राउ गरी कारबाही अगाडि बढाउनेछौँ, त्यसैले जात्रा अवधिभर जात्रा सञ्चालन हुने र आसपासका क्षेत्रलाई निषेधित क्षेत्र बनाउने भएका छौँ ।” त्यसैगरी, जात्रामा हिंसात्मक घटना हुन नदिन एक हजार प्रहरी परिचालित हुने भएका छन् । जात्रा स्थल र आसपासका क्षेत्रमा सादा पोसाक र प्रहरी पोसाकमा जनपथ एवम् सशस्त्र प्रहरी परिचालित हुने भएको उहाँले जानकारी दिनुभयो । हिंसात्मक गतिविधि गर्नेको निगरानी गर्न चोकचोकमा सिसी क्यामरा जडान गरिसकिएको छ भने जात्राको दिन केही प्रहरी व्यक्तिगत रुपमा म्यानुअल क्यामरासहित खटाएर निगरानी गरिने भएको छ । त्यस्ता व्यक्तिको पहिचान गरेर तत्कालै पक्राउ गरी सार्वजनिक मुद्दा लगाएर कारबाही गरिने भएको छ भने नेपाल रेडक्रस सोसाइटी र स्थानीय क्लबसँग सहकार्य गरेर जात्रालाई शान्तिपूर्ण बनाउन स्वयम्सेवक समेत परिचालन गरिने भएको छ । चैत २६ गते शुभकामना आदानप्रदान गर्ने र जात्रा सुरु हुने दिन २७ गते बिहान सद्भावना ¥याली प्रदर्शन गरिने भएको छ । नागरिकलाई कुनै समस्या परेमा तत्कालै सहयोग गर्न यस वर्ष सामुदायिक प्रहरी र पर्यटक प्रहरी परिचालित गरी नागरिक सहायता कक्ष खडा गरिने भएको छ । त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणले जात्रा अवधिभर विद्युत्भार कटौती नगर्ने भएको छ भने खानेपानी कार्यालयले खानेपानी उपलब्ध गराउने भएको छ । जात्रामा घाइते भएमा तत्कालै उपचारको व्यवस्था गर्न भक्तपुर अस्पताललाई तयारी अवस्थामा राखिने भएको छ ।

    ]]>
    10586 0 0 0
    कर छलेर विदेश पुर्‍याउनेको सूचिमा ७ नेपाली http://localhost/ghum/%e0%a4%95%e0%a4%b0-%e0%a4%9b%e0%a4%b2%e0%a5%87%e0%a4%b0-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e2%80%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87/ Tue, 05 Apr 2016 03:55:15 +0000 http://www.ghumphir.com.np/?p=10588 २३ चैत, काठमाडौं । एक वर्षअघि ‘स्विस लिक ‘ मार्फत सम्पत्ति शुद्धीकरण गर्न अफसोर अकाउन्ट खोल्नेका नाम सार्वजनिक गर्‍यो ।

    केही नेपालीको खाता रहेको खुलासा भएपछि हल्लीखल्ली मच्चिये । संसदीय समिति र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रिय भए पनि केही भएन । अाजको अन्नपूर्णमा समाचार छ ।

    अहिले खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था- आईसीआईजे) ले करका लागि स्वर्ग मानिने देशका लगानीका लागि सहयोग गर्ने भनिएको पानामाको ‘मोसाक फोन्सेका’ को गोप्य दस्तावेज सार्वजनिक गरेको छ ।

    त्यसमा बलिउड कलाकार अमिताभ बच्चन, उनकी बुहारी एश्वर्या राय पनि परेका छन् । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री नवराज सरिफ, साउदी अरबका राजा तथा आइसल्यान्डका प्रधानमन्त्रीले समेत स्वदेशमा कर छलेर भर्जिन आइल्यान्डमा लगानी पुर्याएको दस्तावेजले देखाएको छ । त्यस्तै फुटवलर लिओनल मेसीको नाम पनि रहेको छ । सूचीमा अदृश्य लगानी गर्नेहरुको अन्तर्राष्ट्रिय सूचिमा नेपाली पनि परेका छन् ।

    आइतबार सार्वजनिक गरेको गोप्य दस्तावेजअनुसार त्यसरी कर नतिरी पैसा विश्वका विभिन्न ‘ट्याक्स हृयाभेन’ टापु तथा अन्य मुलुक पुर्याउनेमा ७ नेपाली समेत रहेका छन् ।

    उनीहरुले नेपालमा गरेको कमाइलाई यहाँको कानुनअनुसार तिर्नुपर्ने कर नबुझाई कानुन उल्लंघन गर्दै पैसा विदेश र्पुयाएका हुन् ।

    यी मध्ये एउटा कम्पनी नेपाल ‘भेन्चर्स’ लिमिटेड रहेको गोप्य दस्तावेजमा उल्लेख छ ।  पेरुमा काम गर्ने भनिएको सो कम्पनीको पृष्ठभूमिबारे केही खुलाइएको छैन ।  नेपालमा कर छलेर पैसा विदेश पुर्याउने अन्य ६ छन् । उनीहरुको नाम र पृष्ठभूमिबारे खुलेको छैन ।

    पत्रकारहरुको संस्थाले ८ महिनाको अनुसन्धानपछि मध्य अमेरिकास्थित पानामास्थित कर छलीको पैसाबाट कम्पनी स्थापना गर्ने ल र्फमका दस्तावेज सार्वजनिक गर्दा स्वदेशमा कर छलेर पैसा विदेश र्पुयाउनेहरु सार्वजनिक भएका हुन् ।

    ]]>
    10588 0 0 0
    सिंहदरबारभित्रै धर्ना http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%b9%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%88-%e0%a4%a7%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%be/ Tue, 05 Apr 2016 03:57:20 +0000 http://www.ghumphir.com.np/?p=10591 २३ चैत, काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र विरोध, धर्ना, नाराजुलुस, र तालाबन्दी गर्न बन्देज छ ।

    Simhadurbarतर,  नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल राष्ट्रसेवक कर्मचारी संगठन, र राष्ट्रिय कर्मचारी संगठनले सोमबार सिंहदरबार भित्रै आन्दोलन गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

    निजामती कर्मचारीको आधिकारिक टे्रड यूनियनको निर्वाचन हुन नदिने अडानमा विभिन्न मन्त्रालयका दर्जनौ कर्मचारी सोमबार दिनभर काम छमाडेर विरोध, धर्ना, र नाराबाजिमा उत्रिए ।

    चार कर्मचारी संगठनले कानुनविपरीत सामान्य प्रशासन मन्त्रालय परिसरभित्रै धर्ना, नाराबाजी र तालाबन्दी गर्दासमेत प्रहरी रमिता हरेर बसेको थियो ।

    निषेधित क्षेत्रभित्र सयौंको संख्यामा रहेका कर्मचारीले आन्दोलन गर्दा समेत प्रशासन मुकदर्शक भएको आरोप अन्य कर्मचारी संगठनले लगाएका छन् ।

    ]]>
    10591 0 0 0
    व्यक्तिमार्फत बिदेसिने क्रम उस्तै,दिन प्रतिदिन ठगीका घटना बढिरहे http://localhost/ghum/%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ab%e0%a4%a4-%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%87-%e0%a4%95/ Tue, 05 Apr 2016 04:03:03 +0000 http://www.ghumphir.com.np/?p=10593 रुद्र खड्का २३ चैत्र,
    रसिया जान भन्दै चिनेजानेको एजेन्ट प्रेम तामाङलाई साढे तीन लाख रुपैयाँ बुझाए पनि जान नपाएका चितवन, रत्ननगर नगरपालिका–४ देवौलीका जोगेन्द्र चौधरीलाई यतिखेर न रातको निद्रा, न दिउँसोमा भोक नै।
    ६ वर्ष मलेसियाको रोजगारीमा जाँदासमेत खासै आर्थिक प्रगति गर्न नसकेका चौधरीलाई रसिया गएपछि महिनामा लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाइने र दिनचर्या पनि सहज हुने एजेन्टले बताएपछि घरजग्गा बैंकमा राखेर ऋण निकाल्न कुनै शंकाको आँखाले हेर्नु परेन। रसिया पठाउने भनेको व्यक्तिले त्यहाँ नपठाई अलपत्र पारेपछि गुमेको त्यो रकम कसरी फेला पार्ने भन्ने उनका लागि ठूलो समस्या बनेको छ। एजेन्ट तामाङले गत असोज १७ गते रसिया पठाउने भन्दै चौधरीसँगै देवौलीका नौ युवासँग साढे तीन लाख रुपैयाँका दरले रकम असुलेका थिए। रकम असुलेपछि भागेका तामाङसँग कसरी त्यो रकम उठाउने भन्दै उनीहरूले यतिखेर विभिन्न निकाय गुहारिरहेका छन्। तामाङले रसिया पठाउने भन्दै देवौलीका जोगेन्द्र चौधरी, विनोद चौधरी, सुनिल चौधरी, रमेश चौधरी, शंकर थनेल, प्रदीप चौधरी, गणेश चौधरी, शिव महतो र राजेश महतोसँग प्रतिव्यक्ति साढे तीन लाख रुपैयाँका दरले असुल गरेका थिए। एजेन्टलाई एक लाख रुपैयाँ र अस्मिता मेनपावरलाई ८० हजार रुपैयाँ बुझाएर साउदी गएका महोत्तरी, सिसवाकटैया–८ का रामतेलवार साह पनि अहिले डुबेको रकम कसरी उठाउने भन्ने समस्यामा छन्। पाँच महिनासम्म साउदीमा रहँदा रोजगारदाता कम्पनीले काम र पारिश्रमिक नदिएपछि रित्तो हात घर फर्किएका ३६ वर्षीय साह एजेन्ट र मेनपावरलाई बुझाएको रकम फिर्ता पाउन सकिने आशाले विभिन्न निकायमा दौडधुप गरिरहेका हुन्। वैदेशिक रोजगारी असफल भएर स्वदेश फर्केपछि उनले मेनपावरलाई बुझाएको रकम फिर्ता पाउन वैदेशिक रोजगार विभागमा उजुरी दिए पनि एजेन्टलाई बुझाएको रकम कसरी असुल गर्ने भन्नेबारेमा कुनै भेउ पाउन सकेका छैनन्। रकम असुल गरेको एजेन्ट कहाँ छ र के गर्दैछ भन्नेबारेमा साहलाई कुनै जानकारी छैन। 'सुरुमा नबुझेर एजेन्टलाई एक लाख रुपैयाँ दिएँ। अहिले त्यो रकम कसरी असुल गर्ने भन्ने समस्या भइरहेको छ,' मेनपावरविरुद्ध विभागमा उजुरी गर्दै गरेका साहले भने, 'सरकारी निकायले समयमै एजेन्टलाई रकम बुझाउन हुँदैन भन्नेबारे जानकारी दिएको भए रकम डुब्दैन्थ्यो कि!' वैदेशिक रोजगार ऐन २०६४ ले इजाजतपत्र लिएका संस्थाले मात्र वैदेशिक रोजगारीको कारोबार गर्न पाउने व्यवस्था गरे पनि ठूलो संख्याका युवायुवती अझै एजेन्टको भर पर्ने गरेकाले वैदेशिक रोजगारीको क्षेत्रमा दिन प्रतिदिन ठगीका घटना बढिरहेको पाइएको छ। खासगरी ग्रामीण भेगबाट आउने युवायुवती एजेन्टको प्रलोभनमा पर्ने र रोजगारीमा जानुअघि र गइसकेपछि तिनै युवायुवती बढी ठगिने गरेको सम्बद्ध अधिकारीहरू बताउँछन्। विभागका कानुन निर्देशक गोविन्दप्रसाद उपाध्याय भन्छन्, 'ठगीको प्रकृति हेर्दा नेपालको वैदेशिक रोजगारी अझै व्यक्तिगत कारोबारको आधारमा चलिरहेको प्रस्ट हुन्छ।' वैदेशिक रोजगारीमा जानुअघि र गइसकेपछि कामदार ठगिएको खण्डमा संस्थागत (मेनपावर) भन्दा व्यक्तिगत आधारमा भिसाको प्रक्रिया मिलाएकालाई कारबाही गर्न गाह्रो हुने गरेको उपाध्याय बताउँछन्। 'मेनपावरले गल्ती गरेको खण्डमा उसको धरौटीसमेत हुने भएकाले कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिलाउन सहज हुन्छ,' उपाध्यायले भने, 'व्यक्तिगत च्यानल प्रयोग गरी वैदेशिक रोजगारीमा गएकाहरू पीडित भएको खण्डमा ठगी गर्ने व्यक्तिलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउन निकै गाह्रो छ।' ठगी गर्ने व्यक्ति भागीभागी हिँड्ने र भारतलगायतका मुलुकमा लुकेर बस्ने गर्दा त्यस्तालाई कानुनी दायरामा ल्याउन गाह्रो भइरहेको भुक्तभोगी बताउँछन्। एकातिर पीडितलाई न्याय दिन गाह्रो र अर्कोतर्फ इजाजत नलिएका व्यक्तिले वैदेशिक रोजगारीको कारोबार गर्न नपाइने वैदेशिक रोजगार ऐन २०६४ ले व्यवस्था गरे पनि दिन प्रतिदिन ठूलो संख्याका युवायुवती व्यक्तिगत च्यानलबाटै बाहिर गइरहेको देख्दा यसमा ठूलो गिरोह सक्रिय भएको आशंका गर्नेहरू धेरै छन्। कतिपय श्रमविद भने ठूलो संख्याका एजेन्टले गाउँगाउँसम्म जालो फिजाउँदासम्म सरकारी निकायले तिनको प्रभावलाई चिर्ने गरी प्रचारप्रसार गर्न नसकेको बताउँछन्। अवैध काम गर्ने एजेन्टलाई कारबाही र सर्वसाधारणलाई अवैद्य काम गर्नेको विश्वासमा पर्न हुँदैन भन्ने खाले सन्देश दिन सकेमात्र विद्यमान ठगीका घटनामा कमी आउने धेरैजसो श्रमविज्ञ बताउँछन्। ऐनले इजाजतपत्र नलिई व्यक्तिगत रूपमा कसैलाई वैदेशिक रोजगारीमा पठाउन नपाइने व्यवस्था गर्दा पनि व्यक्तिगत रूपमै वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै विभागमा उजुरी पर्ने क्रम जारी छ। 'वैदेशिक रोजगारीका लागि व्यक्तिगत च्यानल प्रयोग गर्नेलाई पनि अब कारबाही गर्ने कानुनको आवश्यकता परेको छ,' उपाध्यायले भने, 'हुँदा हुँदा पछिल्लो समयमा कतिपय कानुन व्यवसायी नै व्यक्तिगत रूपमा ठगिएको भन्दै उजुरी दर्ता गराउन आइपुग्छन्।' सोही ऐनको दफा ४३(३) अनुसार इजाजतपत्र नलिई कसैले युवायुवतीलाई रोजगारीका लागि विदेश पठाए तीनदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीनदेखि पाँच वर्षसम्म कैद हुने व्यवस्था गरेको छ। विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ठगीका १३ सय ४० उजुरी पर्दा व्यक्तिगत रूपमा ठगिनेको उजुरी तीन सय ४० पुगेको छ। सोही अवधिमा मेनपावर (संस्थागत) द्वारा ठगिएको भन्दै हजार उजुरी विभागमा दर्ता भएका छन्। विभागका प्रवक्ता जनकराज रेग्मी पछिल्लो समय युवायुवतीमा विदेश मोह निकै बढेकाले दलालको प्रलोभनलाई सहजै पत्याउनेको संख्या बढिरहेको बताउँछन्। 'दलालका अनावश्यक प्रलोभनमा नपर्न भनेर सके जति प्रचारप्रसार गरिरहेका छौं,' रेग्मीले भने, 'तैपनि जानेबुझेकै युवायुवतीले दलाललाई रकम बुझाइरहेको सुन्दा अचम्म लाग्छ।' वैदेशिक रोजगारी भनेको पैसा फल्ने रूख होइन भनेर बुझ्नुपर्ने उनको भनाइ छ। दलाललाई रकम दिँदा सरकारी निकायलाई वास्तै नगर्ने, ठगिएपछि दिनहुँ कार्यालय धाइरहँदा धेरै युवायुवतीको समय र पैसा नष्ट भइरहेको कर्मचारी बताउँछन्।
    ]]>
    10593 0 0 0
    पर्यटन मुलुकको विकासका लागि अर्थतन्त्र : मन्त्री पोखरेल http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%b2/ Tue, 05 Apr 2016 15:14:10 +0000 http://www.ghumphir.com.np/?p=10598

    काठमाडौँ, २३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकको विकासका लागि अर्थतन्त्रको खम्बा नै पर्यटन भएको बताउनुभएको छ । शिखर पोस्टको दोस्रो वाषिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालको सुन्दरता, धार्मिक तथा सांस्कृतिक विविधता हरेक दृष्टिकोणले नेपाल पर्यटकीय केन्द्र भएकाले पर्यटन अर्थतन्त्रको खम्बा नै भएको बताउनुभयो । “पर्यटकलाई अर्गानिक खाना, होमस्टेको व्यवस्था गरी नेपाललाई सुरक्षित र उपयुक्त गन्तव्यका रुपमा विश्वमा चिनाउन सक्नु जरुरी छ”, मन्त्री पोखरेलले थप्नुभयो । अर्बौं खर्च गरेर पनि प्रचारप्रसार नहुने कुरा बेलायतका राजकुमार ह्यारीले नेपाल आएर पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुगेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो । शिखर पोस्टका अध्यक्ष प्रकाश खालिङले भूकम्पका कारण थिलथिलो भएको पर्यटनलाई माथि उठाउन आफ्नो पत्रिकामार्फत प्रयन्त गरिरहेको बताउनुभयो ।

    ]]>
    10598 0 0 0
    बार अध्यक्षमा १४०४ मतमा केसी अग्रता http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%aa%e0%a5%a6%e0%a5%aa-%e0%a4%ae%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%95/ Tue, 05 Apr 2016 15:16:37 +0000 http://www.ghumphir.com.np/?p=10601

    काठमाडौँ, २३ चैत । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको मतगणनामा लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार शेरबहादुर केसीले अग्रता कायम गर्नुभएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार आज गणना भएको १४०४ मतमा केसीले ७५१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका विजयकान्त मैनालीले ५९७ मत प्राप्त गर्नुभएको छ । अध्यक्षका अर्का उम्मेदवार मनोहर शाहले ३० मत र रामप्रसाद प्रजापतिले छ मत प्राप्त गर्नुभएको छ । बुधबार बिहान ९ बजेसम्मका लागि मतगणना स्थगित भएको छ । महोत्तरी, सुर्खेत, दाङ (घोराही), दाङ (तुल्सीपुर), बर्दिया, दीपायल, धनगढी, बुटवल, नवलपरासी, पाल्पा, बाग्लुङ, स्याङ्जा, रौतहट, बारा र नेपालगन्ज गरी १७ मतदान केन्द्रको मतगणना सम्पन्न भएको हो । त्यसमध्येमा नेपालगन्ज केन्द्रमा सबैभन्दा बढी मत २४९ रहेको थियो । आज बिहानदेखि मतगणना सुरु भएको हो । नयाँ कार्यसमितिका लागि शनिबार ३३ निर्वाचन केन्द्रबाट मतदान कार्य सम्पन्न भएको थियो । निर्वाचनको मतपेटिका काठमाडाँैसम्म ल्याई पु¥याउन केही समय लागेकाले मतगणना कार्यमा ढिलाइ भएको हो । सर्वोच्च अदालतको परिसरमा आठ मतगणना केन्द्रको व्यवस्था गरिएको छ । मतगणना गर्न कम्तीमा चार÷पाँच दिन लाग्ने अनुमान गरिएको छ । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो । काठमाडौँ मतदान केन्द्रमा पाँच हजार ८६२ मतमध्ये चार हजार ५९२ मत खसेको थियो । बारको नयाँ नेतृत्वका लागि विशेषगरी प्रगतिशील र लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ ।

    ]]>
    10601 0 0 0
    मधेस आन्दोलनलाई ‘प्रायोजित’ : प्रधानमन्त्री ओली http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a5%8b%e0%a4%9c/ Tue, 05 Apr 2016 15:18:52 +0000 http://www.ghumphir.com.np/?p=10603

    प्रकाश सिलवाल काठमाडौँ, २३ चैत । प्रमुख सत्तारूढ दल नेकपा (एमाले)ले मधेसी दलले चलाएको आन्दोलनलाई ‘प्रायोजित’ को सङ्ज्ञा दिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा सुरू भएको पोलिटब्युरो बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा मधेसकेन्द्रित दलको आन्दोलन मुलुकको राजनीतिको वास्तविक नभई ‘नक्कली समस्या’ भएको टिप्पणी पनि गर्नुभएको छ । सङ्घीयताको सीमाङ्कनलगायतका विषयमा असन्तुष्ट भई आन्दोलनमा छन् । संविधान बन्नुअघि नै नेपालले अघोषित नाकाबन्दी भोग्नुपरेको र राष्ट्रिय स्वाधीनताको जगमा वर्तमान सरकार बनेको र राष्ट्रियताको भावनालाई कति पनि विचलित हुन नदिनु सरकारको सफलता भएको १२ पुष्ठे प्रतिवेदनमा उल्लेख छ । छिमेकी भारत र चीनको भ्रमणबारे पनि प्रतिवेदनमा चर्चा गरिएको छ । एमालेका सचिव योगेश भट्टराईले संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भएको, भारत र चीन भ्रमण सफल भएकोजस्ता विषय अध्यक्षले प्रतिवेदनमा उल्लेख गरेको बताउनुभयो । प्रतिवेदन अध्ययन गरेर बुधबारको बैठकमा सुझाव दिनेछन् । अध्यक्ष ओलीले विनाशकारी भूकम्पको पीडाबाट गुज्रिएका नेपालीलाई नाकाबन्दीको चपेटामा पु¥याएर मधेस आन्दोलनका नाममा थप धरासायी बनाइएको बताउँदै भन्नुभयो– “नेपाल भारतवेष्टित होइन, भूपरिवेष्टित हो भन्ने कुरा स्थापित गर्न सरकार र पार्टी सक्षम भएको छ, यस आधारलाई अझ बलियो बनाउन पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउँदै अघि बढ्न आवश्यक छ ।” अध्यक्ष ओलीले वर्तमान सरकारले न दक्षिणतिर शिर झुकाएको न उत्तरतिर लम्पसार परेको भन्दै जनता राष्ट्र र लोकतन्त्रको रक्षा गर्दै राष्ट्रिय स्वाभिमानको गौरवलाई उँचो बनाइएको उल्लेख गर्नुभयो । उहाँको प्रतिवेदनमा वर्तमानमा एमाले मुलुकको मियो र अगुवा दल भएकाले त्यस महत्वलाई बुझेर काम गर्न आग्रह गर्नुभएको एमाले केन्द्रीय सचिवालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । यस्ता छन् कार्यसूची श्रेष्ठका अनुसार बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायका प्रतिवेदन, विभागमा मनोनयन, स्थायी कमिटीका निर्णय अनुमोदन, पार्टीको विधानको बाधा अड्काउ फुकाउ धारा प्रयोग गरी नयाँ संविधान अनुकूल सङ्गठन संरचनासम्बन्धी निर्णय, बल्खुमा पार्टीको भवन पुनःनिर्माण, समसामयिक प्रस्तावलगायत छन् । विवाद मिलाउने प्रयास एमालेको केन्द्रीय कमिटीको बैठक यही चैत २७ देखि ३० बस्नेछ । पार्टीको केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटीका सदस्यको मनोनयनको विवाद टुङ्गो लगाउन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पोखरेलको संयोजकत्वमा सचिव पृथ्वी सुब्बा गुरुङ र गोकर्णराज विष्ट सदस्य रहेको कार्यदलले थप गृहकार्य गरी प्रस्ताव ल्याउन जिम्मेवारी दिएको हो ।

    ]]>
    10603 0 0 0
    जलसम्पदाको संरक्षणमा जोड http://localhost/ghum/%e0%a4%9c%e0%a4%b2%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%8b%e0%a4%a1/ Tue, 05 Apr 2016 15:23:39 +0000 http://www.ghumphir.com.np/?p=10605

    काठमाडौँ, २३ चैत । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले (इसिमोड)ले जलसम्पदाको दिगो विकासका लागि देशका विभिन्न क्षेत्रको अवलोकन गर्ने भएको छ । पछिल्लो समय जलवायु परिवर्तनसँगै जलसम्पदा विस्तारै सुक्दै गएकाले यसको संरक्षण सम्वद्र्धनका लागि विभिन्न क्षेत्रको भ्रमण गर्न लागेको हो । भ्रमणमा सिन्धुपाल्चोकको जुरेमा गत वर्ष गएको पहिरो, भूकम्पले कतिपय ग्रामीण क्षेत्रमा पानीका मुहान सुकेको हुँदा त्यस क्षेत्रको अध्ययन गर्न लागेको छ । साथै कोसी जलाधार क्षेत्रको समेत भ्रमण गर्ने भएको छ । भ्रमणको सम्बन्धमा आज सञ्चारकर्मीसँग भएको छलफल कार्यक्रममा इसिमोडका महानिर्देशक डेभिड मोेल्डनले वातावरणलाई बचाउन सञ्चारकर्मीको ठूलो भूमिका हुने हुँदा सञ्चारकर्मीसहितको टोली सो स्थानमा जान लागेको जानकारी दिनुभयो । कार्यक्रममा इसिमोडका निर्देशक एकलव्य शर्मा, कार्यक्रम प्रबन्धक अरुणभक्त श्रेष्ठ, इसिमोडका सञ्चार विशेषज्ञ डा गोपीलाल आचार्य, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, नेपाल खानेपानी संरक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा दीपक ज्ञवाली र हेल्भेटास नेपालका आर्थिक व्याख्याकार डा नीलहरि न्यौपानेलगायतले जलवायु र जलसम्पदाको संरक्षणमा सबै एक भएर लाग्नुपर्ने बताउनुभएको थियो । भ्रमणमा इसिमोडका कर्मचारीका साथै नेपाल तथा भारतका सञ्चारकर्मीको सहभागिता रहनेछ ।

    ]]>
    10605 0 0 0
    काँग्रेस संसदीय दलको निर्वाचनमा विद्युतीय मतदान हुने http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a5%80%e0%a4%af-%e0%a4%a6%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0/ Tue, 05 Apr 2016 15:27:08 +0000 http://www.ghumphir.com.np/?p=10607

    काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसको संसदीय दलको निर्वाचनमा विद्युतीय मतदान हुने भएको छ । बुधबार हुने मतदानमा विद्युतीय मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिका सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो । उहाँले निर्वाचन समितिको निर्णयलाई नेताहरुले पनि स्वीकार गरेको बताउनुभयो । बिहान ११ देखि २ बजेसम्ममा मतदान सकिने र मतगणना सुरु भएको एक घन्टाभित्रमा नजिता पनि आउने निर्वाचन समितिका अर्का सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँले यसपटक विद्युतीय मतदानको विषयलाई लिएर विवाद नहुने पनि दाबी गर्नुभयो । यसअघि २०७० साल माघ १२ गते भएको संसदीय दलको नेताको निर्वाचनबाट विद्युतीय मतदान गरिँदा विवाद भएको थियो । १७ जनाले मतदान गर्दा १६ जना मात्रै देखिएको भन्दै केहीबेर मतदान अवरुद्ध भएको थियो । सो विवाद मिलेपछि फेरि विद्युतीय मतदान नै भएको थियो । संसदीय दलको निर्वाचनका लागि काँग्रेसले रमेश रिजालको संयोजकत्वमा सुरेन्द्रराज पाण्डे र गुरुराज घिमिरे सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ । समितिको कार्यालय संसदीय दलको कार्यालय सिंहदरबारमा रहेको छ । काँग्रेसले संसदीय दलको नेताको निर्वाचन बुधबार हुने भए पनि कार्र्यसमितिको निर्वाचन भने यही चैत २६ गते गर्ने मिति तय भएको छ । संसदीय दल कार्यसमितिको निर्वाचनको कार्यक्रम २४ गते दिउँसोबाट सुरु हुने समिति सदस्य घिमिरेले बताउनुभयो । काँग्रेसको संसदीय दलको कार्यसमिति १५ जनाको हुने व्यवस्था गरिएको छ । अहिले काँग्रेसको संसद् सङ्ख्या २०७ रहेको छ ।

    ]]>
    10607 0 0 0
    होटल भत्किँदा १७ जना घाइते http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2-%e0%a4%ad%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a5%a7%e0%a5%ad-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%98%e0%a4%be%e0%a4%87%e0%a4%a4/ Tue, 05 Apr 2016 15:28:45 +0000 http://www.ghumphir.com.np/?p=10609

    भीमदत्तनगर, २३ चैत । डडेल्धुराको अमरगढी नगरपालिका–१ मा रहेको बैतडी समराई होटल भत्किँदा आज बिहान १७ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले कच्ची काठको होटलमा सुदूरपश्चिम यातायातमा अछामका लागि हिँडेका यात्रु खाना खान उक्त होटलमा गएका थिए । यात्रुको भारका कारण होटल भत्किँदा १७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा पूर्वराज्यमन्त्री जनकबहादुर शाहसहित अन्य यात्रु छन् । धनगढीबाट अछामको साफेँबगरतर्फ गइरहेका दुईवटा बसका यात्रु खाना खान उक्त होटल पसेका थिए । प्रहरीका अनुसार अछाम गइरहेका ना४ख ३१९७ र से१ख ९१६ नम्बर बसका यात्रु घाइते भएका हुन् । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको जानकारी दिँदै प्रहरीले घाइते मध्ये ११ जनाको उपचारपछि अस्पतालले घर फिर्ता पठाइएको छ ।

    ]]>
    10609 0 0 0
    अनुदानको रकम वितरण हुँदै http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%95%e0%a4%ae-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%b0%e0%a4%a3-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Tue, 05 Apr 2016 15:38:29 +0000 http://www.ghumphir.com.np/?p=10611

    बनेपा, २३ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काभ्रेपलाञ्चोकमा आगामी चैत २८ गतेदेखि आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत अनुदान वितरण गर्ने भएको छ । आज धुलिखेलमा भएको पुनःनिर्माणसम्बन्धी सर्वपक्षीय छलफलमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा विष्णुप्रसाद भण्डारीले जिल्लाको रविओपी गाविसबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणको कामको थालनी हुने बताउनुभयो । केन्द्रीय तथ्याङ्क विभागद्वारा सञ्चालित भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्यक्रमअन्तर्गतका ९७० लाभग्राहीले मात्रै पहिलो चरणमा अनुदान पाउनेछन् । भूकम्पपीडितले पुनःनिर्माणका लागि पहिलो किस्तामा रु ५० हजार पाउनेछन् । पुनःनिर्माण प्राधिकरणका विज्ञ सदस्य भण्डारीले भूकम्पबाट अति प्रभावित जिल्लामा पीडितका लागि आवाससँगै जीविकोपार्जनको कामसमेत सुरु गर्ने बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव कालीप्रसाद रिजालले प्राधिकरण गठन भएपछि ऐन, नियमावली, कार्यविधि आएको जानकारी दिनुभयो । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले पुनःनिर्माणको महाअभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।

    ]]>
    10611 0 0 0
    एमालेमा विवाद मिलाउन कार्यदल http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%a6-%e0%a4%ae%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%95%e0%a4%be%e0%a4%b0/ Tue, 05 Apr 2016 15:41:21 +0000 http://www.ghumphir.com.np/?p=10613

    काठमाडौँ, २३ चैत । नेकपा (एमाले) का केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटीका सदस्यको मनोनयनको विवाद टुङ्गो लगाउन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सचिवालय बैठकले पोखरेलको संयोजकत्वमा सचिव पृथ्वी सुब्बा गुरुङ र गोकर्णराज विष्ट सदस्य रहेको कार्यदलले थप गृहकार्य गरी प्रस्ताव ल्याउन जिम्मेवारी दिएको हो । गुरुङ सङ्गठन र विष्ट मोर्चा सङ्गठन विभागको प्रमुख हुनुहुन्छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार अहिले जारी स्थायी कमिटीको बैठकमा कार्यदलले विभागमा मनोनयनबारे मापदण्ड बनाई प्रस्ताव प्रस्तुत गर्नेछ । कार्यदलले सम्बन्धित विभागका प्रमुख र उपप्रमुखको सिफारिस, वरिष्ठता र सम्बन्धित पक्षसँगको छलफलबाट विवादको किनारा लगाउनेछ । यसअघि स्थायी कमिटीको यसअघिको निर्देशन बमोजिम केन्द्रीय सचिवालयले गृहकार्य गरी महासचिव पोखरेलले प्रस्तुत गरेको मनोनयनसम्बन्धी प्रस्तावमा विवादका कारण निर्णय हुन सकेको थिएन । स्थायी कमिटीको बैठकपछि आजै पार्टीको पोलिटब्युरोको बैठक केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बस्नेछ । यही चैत २७–३० मा काठमाडौँंमा हुने केन्द्रीय कमिटीको बैठकको कार्यसूची पनि आजको बैठकले तय गर्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको समीक्षा, सरकारको प्रभावकारिता, संविधानको कार्यान्वयन, पार्टीका विभाग र अञ्चल कमिटीमा सदस्य मनोनयन लगायत विषयमा छलफल हुने बुझिएको छ । स्थायी कमिटीको चैत १७ गतेको बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे छलफल भए पनि विवादका कारण निर्णय भएको थिएन ।

    ]]>
    10613 0 0 0
    हुलाकी मार्ग http://localhost/ghum/%e0%a4%b9%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%80-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97/ Tue, 05 Apr 2016 15:58:31 +0000 http://www.ghumphir.com.np/?p=10617 10617 0 0 0 घुम्नका लागि http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/ Tue, 05 Apr 2016 16:03:05 +0000 http://www.ghumphir.com.np/?p=10620 10620 0 0 0 मापदण्डबिनाको बजेट भन्दै संसदीय समितिले पर्यटन बोर्डलाई ठोस आधार पेश गर्न निर्देशन http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%aa%e0%a4%a6%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Wed, 06 Apr 2016 13:48:11 +0000 http://www.ghumphir.com.np/?p=10625 २४ चैत, काठमाडौं । संसदीय समितिले नेपाल पर्यटन बोर्डको बजेट मापदण्डबिनाको भन्दै बजेट विनियोजनका आधार पेश गर्न पर्यटन मन्त्रालय र बोर्डलाई निर्देशन दिएको छ ।

    NTBव्यवस्थापिका संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बुधबार पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, मन्त्रालयका सचिव प्रेमकुमार राई र बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीसँग छलफल गरी बजेट तर्जुमाका ठोस आधार पेश गर्न निर्देशन दिएको हो ।

    पर्यटन बोर्डले पर्यटन बजार व्यवस्थापन, प्रबर्द्धन र प्रचार प्रसारमा ३७ करोड ६२ लाख रुपैयाँ खर्च गर्ने गरी चालु आर्थिक वर्षका लागि ८४ करोड ८० लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

    समितिले बोर्डले मुलुकको भौगोलिक बनोट र पर्यटकीय गन्तव्यमा पूर्वाधारको विकासलाई बेवास्ता गरी बजेट तर्जुमा गरेको भन्दै बजेट निर्माणका आधारबारे एक साताभित्र लिखित धारणा पेश गर्न निर्देशन दिएको छ ।

    समितिले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा पर्यटन नीतिले लिएका लक्ष्य र क्षेत्रीय सन्तुलनलाई ख्याल गर्न तथा पर्यटकबाट उठाइने शुल्क पर्यटकहरुलाई अधिकतम सुविधा दिने काममा खर्च गर्न पनि निर्देशन दिएको छ ।

    समितिले नेपाल ट्रेकिङ्ग एजेण्टस् एशोसियशन अफ नेपाल -टान) लाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) वापतको रकम नदिन दिएको निर्देशन कार्यान्वयन नगर्नुको कारण पेश गर्न समेत निर्देशन दिएको छ ।

    समितिले टानले टिम्स अन्र्तगतको खर्चको लेखापरीक्षण नगरेको भन्दै टिम्सको रकम निकासा रोक्न बोर्डलाई यसअघि निर्देशन दिएको थियो । निर्देशन कार्यान्वयन नगरेको बारेमा जवाफ दिन समितिले बोर्डलाई एक साताको समय दिएको छ ।

    ]]>
    10625 0 0 0
    लोपोन्मुख गिद्धको हड्डीको अवैध व्यापार http://localhost/ghum/%e0%a4%b2%e0%a5%8b%e0%a4%aa%e0%a5%8b%e0%a4%a8%e0%a5%8d%e0%a4%ae%e0%a5%81%e0%a4%96-%e0%a4%97%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a4%a1%e0%a5%8d%e0%a4%a1%e0%a5%80%e0%a4%95/ Wed, 06 Apr 2016 13:53:47 +0000 http://www.ghumphir.com.np/?p=10628

    पाल्पा, २४ चैत । लोपोन्मुख सुन गिद्ध र सेतो गिद्धको हड्डीको अवैध व्यापार हुने गरेको रहस्य खुलेको छ । अवैध व्यापारका लागि गिद्धलाई भुन्डाएर सुकाएको अवस्थामा फेला पारेपछि गिद्धको हड्डीको अवैध रुपमा कारोबार हुने गरेको रहस्य बाहिर आएको हो । पाल्पाको सदरमुकाम तानसेन–१३ बतासेडाँडाको सडक नजिकैको रुखमा डोरीले टाउको र खुट्टामा झुन्डाएको अवस्थामा चारवटा गिद्ध फेला परेको जिल्ला वन अधिकृत यमलाल पोखरेलले बताउनुभएको हो । तानसेन–हार्थोक सडक बतासेडाँडा नजिकै रुखको हाँगामा भुन्डाएको अवस्थामा हड्डीका लागि गिद्ध सुकाएको हुन सक्ने स्थानीयवासीको भनाइ छ । गिद्धको हड्डी आयुर्वेदिक औषधि र झारफुकका लागि महँगो मूल्यमा बिक्री हुने गरेको स्थानीयवासीको भनाइ छ । स्थानीय बजारमा गिद्धको हड्डी रु पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । घाम ताप्न र आहाराको खोजीमा यस क्षेत्रमा गिद्ध आउने गरेको अधिकृत पोखरेलले जानकारी दिनुभयो । मरेका गाईभैँसी जथाभावी फाल्ने भएकाले पनि यस क्षेत्रमा गिद्ध बढी आउँछन् । गिद्ध मार्नेलाई रु २०० देखि रु एक हजारसम्म जरिवाना र दुई वर्षसम्म कैद सजाय हुन सक्ने जिल्ला वन अधिकृत पोखरेलको भनाइ छ । नियोजित रुपमा गिद्धको सिकार भएको हुन सक्ने जिल्ला वन कार्यालय पाल्पाको दाबी छ । गिद्ध मार्नु पनि अपराध हो भन्ने ज्ञानको अभावमा मानिसले अझै पनि गिद्ध मारेका हुन्छन् । पाल्पा जिल्लामा एसियामा पाइने सात प्रकार गिद्ध पाइन्छन् । मरेका अवस्थामा भेटिएका ती गिद्धलाई जिल्ला वन कार्यालयका पदाधिकारीको उपस्थितिमा आजै गाडिएको छ ।

    ]]>
    10628 0 0 0
    बिस्केट जात्राका लागि लिङ्गो ठड्याइयो http://localhost/ghum/%e0%a4%ac%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%87%e0%a4%9f-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b2%e0%a4%bf/ Wed, 06 Apr 2016 13:57:14 +0000 http://www.ghumphir.com.np/?p=10630

    काठमाडौँ, २४ चैत । प्राचीन नगर टोखामा मनाइने बिस्केट जात्राका लागि आज लिङ्गो ठड्याइएको छ । प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन स्थानीयवासीद्वारा थनेलाछी (माथिल्लो चोक)मा ५४ हात अग्लो लिङ्गो विधिविधानअनुसार ठड््याइएको हो । प्रत्येक वर्ष चैत मसान्तदेखि वैशाख ४ गतेसम्म बिस्केट जात्रा मनाइन्छ । यस अवधिमा स्थानीय गणेश र कुमारीको जात्रा गरिन्छ । प्रत्येक वर्ष वैशाख ५ गते विधिअनुसार पूजा गरी लिङ्गो ढलाइने बिस्केट जात्राका संयोजक देवराज डङ्गोलले बताउनुभयो । स्थानीय गणेश मन्दिरका मूलपुजारी हेमराज श्रेष्ठले दैवी प्रकोपबाट त्यहाँका मानिसलाई जोगाउन, विषरुपी सर्पबाट हुने अनिष्टबाट स्थानीयवासीलाई संरक्षण गर्न बिस्केट जात्रा निकाल्ने प्रचलन सुरु भएको जानकारी दिनुभयो । बूढानीलकण्ठ आसपास क्षेत्रको जङ्गलबाट रूख कटान गरी लिङ्गो निर्माण गरिएको हो । पहिले वन विभागमा निवेदन दिएपछि निःशुल्क लिङ्गोका लागि रूख कटान गर्ने व्यवस्था भएपनि अहिले स्थानीयवासीले पैसा उठाएर लिङ्गोको व्यवस्था गर्न परेकामा स्थानीय समाजसेवी मणिलाल डङ्गोलले गुनासो गर्नुभयो ।

    ]]>
    10630 0 0 0
    चिडियाखानामा पदमार्ग निर्माण http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0/ Wed, 06 Apr 2016 14:01:02 +0000 http://www.ghumphir.com.np/?p=10632

    पोखरा, २४ चैत । युनाइटेड क्लब, पोखराको सक्रियतामा लेखनाथ नगरपालिकाको पचभैयामा निर्माण गर्न लागिएको खुला चिडियाखाना परिसरमा तीन किलोमिटर लामो पदमार्ग निर्माण गर्न लागिएको छ । बृहत् पोखराको अवधारणाअनुसार पोखराको नयाँ पर्यटकीय आकर्षणका रुपमा लेखनाथको ११, १२ र १४ नम्बर वडामा रहेका पचभैया, चैनपुर र चाँपापानी चिसाकुना सामुदायिक वनलाई समेटेर बनाउन लागिएको चिडियाखानामा पर्यटकलाई अवलोकनका लागि पदमार्ग बनाउन लागिएको हो । क्लबका अध्यक्ष हिमालय बख्रेलका अनुसार निर्माणाधीन चिडियाखानाभित्र तीन किलोमिटरको मूल पदमार्गसहित अन्य शाखा मार्ग पनि निर्माण गरिनेछ । समग्र चिडियाखानाको निर्माणका लागि नक्साङ्कनसहित समग्र संरचनाको लागत अनुमानको तयारी अन्तिम चरणमा पुगेको उहाँले जानकारी गराउनुभयो । क्लबले विगत केही वर्षयता पोखरा महोत्सव गर्दै आएकोमा त्यसको कुल लाभांशमध्ये २० प्रतिशत रकम चिडियाखाना निर्माणका लागि छुट्याइएको उहाँले बताउनुभयो । खुला चिडियाखानाको अवधारणाअनुरुप संरचना निर्माण गरिने र चिडियाखाना परिसरमा वन्यजन्तुको उपचार केन्द्र स्थापना समेतको लक्ष्य राखिएको छ ।

    ]]>
    10632 0 0 0
    टीकापुर घटनामा संलग्न थप एक पक्राउ http://localhost/ghum/%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a4%be%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b2%e0%a4%97%e0%a5%8d%e0%a4%a8-%e0%a4%a5%e0%a4%aa/ Wed, 06 Apr 2016 14:13:52 +0000 http://www.ghumphir.com.np/?p=10634

    धनगढी, २४ चैत । गत भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । नारायणपुर गाविसका ३४ वर्षीय विश्राम चौधरी कुश्मीलाई टीकापुर क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो । उनी प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा यसअघि पक्राउ परेका २२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । टीकापुर घटनामा संलग्न भएको आरोपमा थप एक दर्जनभन्दा बढी व्यक्तिलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेको छ । थरुहट प्रदर्शनका क्रममा भएको उक्त हिंसात्मक घटनामा वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ प्रहरी र एक बालकको ज्यान गएको थियो ।

    ]]>
    10634 0 0 0
    डिएसपी ज्ञवालीसँग साँठगाँठ गरेर गुण्डागर्दी गर्ने विश्व क्रान्ति पक्राउ http://localhost/ghum/%e0%a4%a1%e0%a4%bf%e0%a4%8f%e0%a4%b8%e0%a4%aa%e0%a5%80-%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%b8%e0%a4%be%e0%a4%81%e0%a4%a0%e0%a4%97%e0%a4%be/ Wed, 06 Apr 2016 14:17:31 +0000 http://www.ghumphir.com.np/?p=10636 Lalitpur Policeहेटौंडाका विश्वले ठेक्कापट्टादेखि कमिसनको नाममा पैसा असुल गर्ने गरेको प्रहरीको आरोप छ । उनीविरुद्ध धम्की दिएर पैसा असुल गर्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको ललितपुर प्रहरी परिसरले बताएको छ । घुससहित रंगेहात पक्राउ परेका ललितपुर परिसरका मुद्दा शाखाका डिएसपी दयानिधि ज्ञवालीसँग पनि विश्वको सम्बन्ध रहेको प्रहरी स्रोतले बताएको छ । यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  ]]> 10636 0 0 0 चौधरी समूहले मेघौलीमा अन्तर्राष्ट्रिय स्तरको ‘मेघौली सराइ’ रिसोर्ट खोल्यो http://localhost/ghum/%e0%a4%9a%e0%a5%8c%e0%a4%a7%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%ae%e0%a5%82%e0%a4%b9%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a5%87%e0%a4%98%e0%a5%8c%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a8/ Wed, 06 Apr 2016 14:22:33 +0000 http://www.ghumphir.com.np/?p=10638 २४ चैत, काठमाडौं । चौधरी समूहले चितवनको मेघौलीमा अन्तर्राष्ट्रिय स्तरको जंगल सफारी रिसोर्ट ‘मेघौली सराइ’ सञ्चालनमा ल्याएको छ । प्रशिद्ध अन्तर्राष्ट्रिय ब्रान्ड ताज होटल्स एण्ड रिसोर्टसको ताज सफारिजले मेघौली सराइको व्यवस्थापन सम्हालेको छ ।

    ताजसँगको सहकार्यले नेपालको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने विश्वास छ । उच्च गुणस्तरका पर्यटकलाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको यो रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको सामिप्यमा रहेको छ । राप्ती नदी किनारमा रहेको यस रिसोर्टको प्रत्येक कोठा र सुइटबाट निकुञ्ज र त्यहाँका वन्यजन्तुको रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।रिसोर्टमा १३ कोठा, प्राइभेट स्वीमिङ पुलसहितको १६ भिल्ला तथा एक प्रेसिडेन्सियल सुइट गरी कूल ३० वटा कोठाहरु रहेका छन् ।

    विश्वका विभिन्न स्थानमा होटल र रिसोर्ट सञ्चालन गर्दै आएको सिजी होटल्स एण्ड रिसोर्टले नेपालमा सञ्चालनमा ल्याएको यो अन्तर्राष्ट्रियस्तरको जंगल सफारी हो ।

    CG Meghauli Sarai

    ‘नेपालमा उच्च गुणस्तरका पर्यटकको आगमनमा बृद्धि गर्न सम्भव छ भन्ने उद्देश्यकासाथ हामीले मेघौली सराइ सञ्चालनमा ल्याएका छौँ । यसले नेपालको पर्यटन उद्योगमा नयाँ आयाम थप्नेछ’ सिजी होटल्स एण्ड रिसोट्र्सका सिइओ राहुल चौधरीले भने- ‘रिसोर्टमा उच्चकोटीको सेवा सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त ताज होटल्स एण्ड रिसोटर््ससँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।’

    चौधरी समूहका कार्यकारी निर्देशक समेत चौधरीले ‘टचिङ लाइफ एभि्रडे’ को आफ्नो प्रतिबद्धता अनुसार मेघौली सराइ रिसोर्टमार्फत चौधरी समूह नेपाललाई विश्वमा माथि उठाउने प्रयासमा एक कदम अगाडि बढेको विश्वास पनि व्यक्त गरेका छन् ।

    ताज होटल्स् एण्ड रिसोर्टस्का सिनियर भाइस प्रेसिडेन्ट रोहित खोसलाले विश्वमा पर्यटक गन्तव्यहरु विकास गर्नमा ताजले प्रसिद्धि कमाएको पृष्ठभुमिमा चितवनमा मेघौली सराइ सञ्चालन गर्न पाउँदा गौरवान्वित भएको बताए ।

    CG Meghauli Sarai Resort 2

    ‘यस रिसोर्टमार्फत यहाँको समुदाय र यस क्षेत्रकै सेवामा थप योगदान गर्ने हाम्रो प्रयास रहनेछ’ खोसलाले भने- ‘ताज हस्पिट्यालिटीको सेवा नेपालमा विस्तार गर्न पाउँदा हामी हषिर्त छौं ।’

    त्यसैगरी ताज सफारीकी अपरेसन डाइरेक्टर मृदुला तान्जिरालाले भारतमा पहिलोपटक सुविधापूर्ण जंगल सफारी सर्किटको स्थापना गर्दै ताज सफारीले मध्यप्रदेशमा चार जंगल सफारी लजहरु स्थापित गरेको र दीगो इकोटुरिज्म मोडेलमा आधारित यी लजहरु बाघ पाउने घना जंगलहरुमा अवस्थित रहेको बताउनु भएको छ  ।

    ‘यसैको नयाँ गन्तव्यको रुपमा मेघौली सराइमा हामी पर्यटकहरुलाई स्वागत गर्न तत्पर छौं’ तान्जिरालाले भनिन् ।

    यो रिसोर्टमा पुग्न काठमाडौंबाट भरतपुरसम्म २० मिनेटको हवाई यात्रापश्चात ४५ मिनेटको मोटरयात्रा गर्नुपर्नेछ । काठमाडौंबाटै रिसोर्टसम्मको मोटर यात्रा करिब ५ घण्टाको रहेको छ ।

    चितवन राष्ट्रिय निकुञ्जमा करिव ५५० प्रजातिका चराहरु र ६८ प्रजातिका बन्यजन्तुहरुको बसोबास रहेको छ । लोपोन्मुख एकसिंगे गैंडाका अतिरिक्त, रोयल बंगाल टाइगर र चितुवाहरुको बसोबास यो निकुञ्जमा रहेको छ ।

    CG Meghauli Sarai Resort 3

    रिसोर्टमा आउने अतिथिहरुको लागि जंगल सफारी, नौकासवारी, वन्यजन्तु अवलोकनलगायत अन्य विविध क्रियाकलापमा सहभागी हुने व्यवस्था मिलाईएको छ ।

    सिजी होटल्स एण्ड रिसोर्टको साझेदार ताज होटल्स एण्ड रिसोटले भारतमा पहिलोपटक वाइल्डलाइफ सर्किटको अवधारणामा विभिन्न रिसोर्टहरु सञ्चालन गर्दै आएको छ । दीगो इकोटुरिज्म मोडेलमा सञ्चालित यी रिसोर्टहरु विश्वकै उच्चकोटीका पर्यटकहरुको रोजाइमा पर्दै आएका छन् ।

    को हो चौधरी समूह ?

    चौधरी ग्रुप (सिजी कर्प ग्लोबल) बहुराष्ट्रिय औद्योगीक एवं व्यापारिक समूह हो । करिव ३० देशमा उपस्थिति रहेको यो समुहअन्तर्गत १२२ कम्पनी, ७६ ब्राण्ड र करीब १०,००० कर्मचारी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आवद्ध छन् ।

    यो नेपालको पहिलो अर्ब-डलर समुह हो र यसका विविध कम्पनीहरु एफएमसीजी, हस्पिटालिटी, वाणिज्य, बैंकिङ्ग, सिमेन्ट, रियल स्टेट, इलेक्ट्रोनिक्स, टेलिकम, शिक्षा, उर्जा, वायोटेक, आदि क्षेत्रमा सक्रिय छन् ।

    चौधरी ग्रुपको हस्पिटालिटी कम्पनी सिजी होटल्स एण्ड रिसोर्ट्सअन्तर्गत १२ देशका ५९ ठाउँमा ७९ होटलहरु सञ्चालनमा छन् जसमा कूल ४४११ साँचोहरु (कोठाहरु) रहेका छन् । CG Meghauli Sarai Resort 4

    होटलका विभिन्न ब्राण्डहरुमध्ये आफ्नै स्वामित्वका जिंक र र्फन ब्राण्डबाहेक संयुक्त लगानी तथा साझेदारीका ताज, अलिला, जेटविङ्ग, फार्मजस्ता ब्राण्डहरु पनि यो समुहसँग रहेका छन् ।

    आप\mनै स्वामित्व र साझेदारीका होटलहरुमध्ये ताज एक्जोटिका रिसोर्ट्स माल्दिभ्स, ताज समुद्र कोलम्बो, द फार्म इन फिलिपिन्स, जेटविङ उलभियना श्रीलंका, र मध्य भारतमा रहेका ताज सफारी होटलहरु केही उल्लेख्य होटलहरु हुन् ।

    यो क्षेत्रको विशिष्ट र विविधीकृत होटल चेनको रुपमा आफूलाई स्थापित गरेको सिजी होटल्स एण्ड रिसोर्ट्सले मेघौली सराइ चितवनसँगै विश्वस्तरीय सेवा प्रदान गर्ने आफ्नो यात्रालाई जारी राखेको छ ।

    ]]>
    10638 0 0 0
    एसएलआरको गोलीसहित पक्राउ http://localhost/ghum/%e0%a4%8f%e0%a4%b8%e0%a4%8f%e0%a4%b2%e0%a4%86%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a5%80%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%89/ Thu, 07 Apr 2016 15:17:26 +0000 http://www.ghumphir.com.np/?p=10643

    काठमाडौँ, २६ चैत । नेपाल एयरलाइन्सको उडान हुँदै काठमाडौँबाट हङ्कङ जान लागेका नेपाली मुलका ब्रिटिस नागरिक अभिषेक लिम्बू गोली र खोकासहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । राहदानी नम्बर ५१२९९९०४३ रहेका लिम्बूले सुटकेशमा लुकाई लैजान लागेको एसएलआरको बुलेटजस्तो स्टिल रङको बुलेट बेल्ट राउन्ड ६१ थान र एक थान खोकासहित प्रहरीले पक्राउ गरेको हो । उनलाई थप आवश्यक अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकु पठाइएको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

    ]]>
    10643 0 0 0
    मादलजस्तै बज्छ ढुङ्गा http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%a6%e0%a4%b2%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%88-%e0%a4%ac%e0%a4%9c%e0%a5%8d%e0%a4%9b-%e0%a4%a2%e0%a5%81%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%be/ Thu, 07 Apr 2016 15:18:43 +0000 http://www.ghumphir.com.np/?p=10645

    पाल्पा, २५ चैत । तेल्घा–४ गुफाचौरमा गुफामा ढुङ्गाले हान्दा मादलजस्तो बज्ने गरेको छ । ढुङ्गाले हान्दा मादलजस्तो ट्वाङ् टवाङ् गर्ने भएपछि मानिसले त्यसलाई निकै चाखलाग्दो गरी हान्ने गरेको स्थानीयवासी चिन्ताबहादुर कार्कीले बताउनुभयो । हाँगाजस्तै बाहिर निस्केको ढुङ्गाको भित्री भागमा खाली भएकाले नै मादल जस्तो बज्ने गरेको भनाइ पाइन्छ । उहाँले भन्नुभयो–“पहिला गुफा नै थिया,े हामीहरु स्कुलबाट हेर्न भनी आउने गर्दथ्यौँ, अहिले पुरिएछ ।” गुफाको ढुङ्गा हाँगाजस्तो बाहिर निस्केको छ, जुन हाँगालाई मानिसले हान्दै आएका छन् । तानसेनदेखि १० किलोमिटर दक्षिणमा अवस्थित सो मादलजस्तो ढुङ्गा बज्ने भएपनि यसको प्रचारप्रसार हुन नसकेको स्थानीय बासिन्दा कार्कीको भनाइ छ । प्रचारप्रसारको अभावमा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन सकेको छैन । यहाँबाट जिल्ला सदरमुकाम तानसेन र सुन्दर माडीफाँटको दृश्यालोकन गर्न सकिने शीतल जलवायु भएकाले गर्मीका समयमा पर्यटक आकर्षण गर्न सकिनेछ । यो गुफा १८ फिट अग्लो र आठ फिट चौडाइ भएको र सो स्थानमा गणेशको मूर्ति स्थापना हुने भएको छ । भुरे राजाले राज्य गरेकाले पनि यो क्षेत्र अत्यन्त महत्वपूर्ण भएकाले यस क्षेत्रको विकास गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ । गुफाचौरमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने सम्भावना रहेपनि त्यहाँ पुग्न पर्यटकका लागि सडकको उचित व्यवस्था छैन । खानेपानीको समस्या गाउँलेले समेत भोग्दै आएकाले गुफाचौरमा पानीको समस्या उस्तै रहेको स्थानीयवासी कृष्ण राना बताउनुहुन्छ ।

    ]]>
    10645 0 0 0
    निर्माण सुरु भएको १८ वर्ष बितिसक्दा पनि ट्र्याक खुलेन http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a5%a7%e0%a5%ae-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7/ Thu, 07 Apr 2016 15:21:43 +0000 http://www.ghumphir.com.np/?p=10647

    पथरी (मोरङ), २५ चैत । निर्माण सुरु भएको १८ वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथ निर्माण अलपत्र परेको हो । सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका अनुसार विराटनगरको चक्रपथको निर्माण २०५४ सालमा सुरु गरिएको हो । चक्रपथ विस्तारका क्रममा दिइनुपर्ने मुआब्जामा विवाद र स्रोतसमेत नहुँदा अझै दुई किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ । मुआब्जाको माग गर्दै स्थानीयवासीले काम रोकेपछि झोराहाट खण्डको दुई किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख किशोरलाल महाजुले बताउनुभयो । चक्रपथले २० घर सुकुम्वासीको घर भेट्छ । ती घरधनीलाई मुआब्जाका रुपमा घडेरी उपलब्ध नगराए उनीहरुले बाटोका लागि विस्थापित नहुने पीडित अखिल बराइलीले जानकारी दिनुभयो । चक्रपथको केन्द्रविन्दुबाट १०० मिटर दायाँबायाँको क्षेत्रमा घडेरी बनाउने अवधारणा ल्याइएको छ । निर्माणको यस अवधिमा मुआब्जाको विवादले काममा ढिलाइ भएपनि २० किलोमिटरमा भने ग्राभेल भइसकेको छ । चक्रपथका लागि मात्रै २११ बिघा जग्गा आवश्यक पर्छ । यो सबै जग्गा निःशुल्क रुपमा अधिग्रहणको योजना रहेको छ । चक्रपथले मोरङका कटहरी, झोराहाट, लखन्तरी, टङ्कीसिनवारी, हात्तीमुडा, भाथिगञ्जसहित विराटनगर उपमहानगरपालिकाका विभिन्न वडा छुनेछ । ३४ मिटर चौडाइ रहेको चक्रपथको सहायक मार्ग आठदेखि १० मिटरका हुनेछन् । चक्रपथका लागि सिङ्घिया नदीमा भने दुईवटा ठूला पुल बनाउनुपर्नेछ । चक्रपथ निर्माणको ढिलाइले स्थानीय अगुवा भने निराश भएको विजय विश्वास बताउनुहुन्छ । ४२ किलोमिटर लम्बाइ रहेको चक्रपथको सम्पूर्ण निर्माण भइसक्दा करिब पाँच अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हालसम्म चक्रपथमा करिब १० करोड रुपैयाँ खर्च भइसकेको छ ।

    ]]>
    10647 0 0 0
    ढोरपाटनमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो http://localhost/ghum/%e0%a4%a2%e0%a5%8b%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%9f%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95/ Thu, 07 Apr 2016 15:26:00 +0000 http://www.ghumphir.com.np/?p=10649

    रामबहादुर थापा बागलुङ (ढोरपाटन), २५ चैत । वसन्तयामसँगै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । आरक्षको उपत्यकासम्म मोटर पुगेपछि ढोरपाटन पर्यटकको रोजाइमा पर्न थालेको छ । सडक पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्या बढेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । कार्यालयले विदेशी पर्यटकको तथ्याङ्क राख्ने गरे पनि स्वदेशीको भने राख्ने गरेको छैन । ढोरपाटन जाने पर्यटकका लागि फागुन–जेठ उपयुक्त याम मानिन्छ । पुस–माघमा यहाँ हिउँ पर्ने हुँदा पर्यटक न्यून सङ्ख्यामा आउने गरेका छन् । त्यो समयमा स्थानीयवासी समेत बेँसी झर्ने चलन छ । “फागुन, चैतदेखि जेठसम्म यहाँ पर्यटकीय चहलपहल बढ्छ,” अधिकृत बरालले भन्नुभयो । यो याम विदेशी सिकारका लागि खुला हुन्छ । विभिन्न सिकार एजेन्सीमार्फत विदेशी सिकारीका पाँच समूह अहिले ढोरपाटनमा सिकार खेलिरहेका छन् । हिउँदको समयमा समेत सडक नियमित सञ्चालन हुने गरेको छ । दैनिक १०० बढी आन्तरिक पर्यटक ढोरपाटन आउने गरेको ढोरपाटन सामुदायिक लजका सञ्चालक पनबहादुर विक बताउनुहुन्छ । यहाँ थोरै सङ्ख्यामा रहेका होटललाई कहिलेकाहीँ पाहुना राख्न धौधौ हुने गरेको छ । “पर्यटक आगमनसँगै होटल व्यवसाय पनि फष्टाउँदै गएको छ,” उहाँले भन्नुभयो । पर्यटकीय चहलपहल बढेसँगै ढोरपाटनमा होटल–रेष्टुराँ खोल्ने क्रम बढेको छ । विभिन्न सरकारी कार्यालय, संघसंस्थाले पनि आफ्नो अध्ययन भ्रमणको सूचीमा ढोरपाटनलाई राख्ने गरेका छन् । विद्यालयले वर्षौंअघिदेखि शैक्षिक भ्रमणका लागि ढोरपाटनलाई रोज्दै आएका छन् । ढोरपाटन उपत्यका आसपास ढकमक्क फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउने गरेको छ । ढोरपाटन पुग्ने पर्यटकका लागि सिकार आरक्ष, तिब्बती शरणार्थी शिविर, गुम्बा, ढोरबराह मन्दिर, उत्तरगङ्गा नदीलगायत क्षेत्र आकर्षक गन्तव्य हुन् । ढोरपाटनवासीको मौलिक कला, संस्कृति, रहनसहनबाट समेत पर्यटक लोभिने गरेका छन् । धार्मिक, सांस्कृतिक, प्राकृतिक सौन्दर्यता र विविधताले ढोरपाटन पर्यटकीय गन्तव्य बनेको हो । समुद्री सतहदेखि दुई हजार मिटरदेखि सात हजार २४६ मिटरसम्मको उँचाइमा ढोरपाटन आरक्ष क्षेत्र फैलिएको छ । ढोरपाटन उपत्यका करिब दुई हजार ८०० मिटरको उँचाइमा पर्छ । पर्या–पर्यटनको विकास गर्न सरकारले २०४४ सालमा आरक्ष घोषणा गरेको हो । बर्सेनि विदेशी पर्यटक सिकार खेल्नका लागि आरक्षमा आउने गर्छन् । आरक्षभित्र तोकिएका वन्यजन्तुको सिकार गरेबापत लाखौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ ।

    ]]>
    10649 0 0 0
    विश्वका चर्चित आरोही नेपाल आउँदै http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%a4-%e0%a4%86%e0%a4%b0%e0%a5%8b%e0%a4%b9%e0%a5%80-%e0%a4%a8%e0%a5%87%e0%a4%aa/ Thu, 07 Apr 2016 15:32:55 +0000 http://www.ghumphir.com.np/?p=10652

    सिबी अधिकारी काठमाडौँ, २५ चैत । नेपालको पर्यटनलाई संसारमा चिनाउने मुख्य आधार नै हिमाल हो र पर्वतारोहण र पदयात्रा पर्यटकका लागि आकर्षक गन्तव्य हो । त्यसमा पनि सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्णलगायतका हिमाल विश्व चर्चित छन् । आठ हजार मिटर अग्ला आठवटा हिमाल क्रमशः सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपूर्ण नेपालमा छन् । तीमध्ये मनास्लु र ल्होत्से हिमालको आगामी अप्रिल ३० अर्थात् वैशाख १७ गते “मनास्लु–ल्होत्से हीरक महोत्सव” मनाइँदैछ । आजभन्दा ६० वर्षअघि तीन जापानी नागरिक र एक नेपाली गरी चार आरोहीले आठ हजार १६३ मिटर अग्लो मनास्लु र दुई सुइस नागरिकले आठ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमाल आरोहण गरेको सम्झनामा हीरक महोत्सव मनाउन लागिएको हो । सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गर्नुभएको थियो । त्यसको दुई दिन अर्थात् मे ११ मा जापनिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गर्नुभएको थियो । सन् १९५६ मे १८ मा स्विस नागरिक आन्स राइस र लुच सिङ्गरले ल्होत्से हिमालको सफल आरोहण गर्नुभएको थियो । मनास्लु आरोहण गर्ने चारमध्ये एकमात्र जीवित ९० वर्षीया जापानी आरोही हिगेता महोत्सवमा सहभागी हुन नेपाल आउँदैहुनुहुन्छ, अन्य तीनजनाको निधन भइसकेको छ । हिगेताँसँगै जापानी मिडिया तथा माउन्टेनरिङ फेडेरेसनलगायतका ८७ जना जापानी आरोहीहरु नेपाल आउँदैछन् । ल्होत्से चड्ने स्विस नागरिक जीवित भए पनि उहाँहरुको प्रतिनिधित्व गरेर अन्य आरोही नेपाल आउँदैछन् । समारोहमा यहाँस्थित स्विस राजदूतले प्रतिनिधित्व गर्नुहुनेछ । भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि हीरक महोत्सव निकै उपयोगी हुने सम्बद्ध अधिकारी बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले भूकम्पपछि पर्यटक घटिरहेको अवस्थामा दुई हिमालको हीरक महोत्सवले आरोहीलाई पनि प्रोत्साहन र विश्वका पर्यटकलाई नेपाल घुम्न जानुपर्ने सन्देश प्रवाह गर्न सहयोग पुग्ने बताउनुभयो । “नेपालको पर्यटन भनेकै हिमाल हो, त्यसैले ६० वर्षअघि मनास्लु र ल्होत्से हिमाल आरोहण गरेका आरोही नै यहाँ आएर हीरक महोत्सवमा सहभागी हुने भएकाले यसको आफ्नै गरिमा र महत्व हुन्छ” – हीरक महोत्सव मूल आयोजक समितिका अध्यक्षसमेत रहनुभएका सचिव राईले भन्नुभयो । काठमाडौँमा आयोजना गरिने महोत्सवको राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न पर्यटन मन्त्रालयका सचिवको अध्यक्षतामा ४७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । हालैको मन्त्रीस्तरको निर्णयबाट उक्त समिति गठन गरिएको हो । महोत्सवको सहयोगका लागि विभिन्न क्षेत्रका ४४ वटा संस्था छनोट भएका छन् । महोत्सवको तयारीस्वरुप मूल समितिले उपसमितिहरु गठन गरी काम अघि बढाएको सचिव राईले जानकारी दिनुभयो । नेपाल सुरक्षित गन्तव्य रहेको सकारात्मक सन्देश विश्वभर फैलाउन महोत्सवले सहयोग पुग्ने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङ्छिरिङ शेर्पाले बताउनुभयो । हीरक महोत्सवका लागि विभिन्न मुलुकबाट आरोही तथा मिडियाहरु आउनेछन् । मूल आयोजक समितिको सदस्य सचिव संस्था एनएमएका अध्यक्ष शेर्पाका अनुसार अहिलेसम्म बेलायत, जर्मन, जापान, स्विट्जरल्यान्डलगायतका देशबाट सहभागी हुने जानकारी गराइसकेका छन् । नेपालले विश्वभरका १०० भन्दा बढी अल्पाइन क्लब र त्यसका छाता सङ्गठनहरुलाई हीरक महोत्सवमा सहभागिताका लागि आग्रह गरिएको शेर्पाले उल्लेख गर्नुभयो । मे ९ मा काठमाडौँमा मात्र नभई गोरखा र मनास्लुको फेदी सामा गाउँमा पनि विविध कार्यक्रम गरी मनाइन्छ । काठमाडौँको कार्यक्रम सकेर जापानी आरोहीहरु मनास्लु क्षेत्रको ट्रेकिङ गर्ने बताइएको छ । यसअघि सन् २०१३ मा सगरमाथा र चो–यु हिमालको हीरक महोत्सव मनाइएको थियो । आगामी नोभेम्बर १९ मा मकालु र कञ्चनजङ्घाको हीरक महोत्सव मनाइने जनाइएको छ । एनएमएको विवरणअनुसार हालसम्म मनास्लुको एक हजार ४७ र छोयुको ६०७ जनाले आरोहण गरिसकेका छन् । सात हजार ४०० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रुपमा मात्रै तीन हजार ८०० ले आरोहण गरेका छन् । नेपालमा पाँच हजार ८०० मिटरभन्दा माथिका ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएको छ ।

    ]]>
    10652 0 0 0
    आयस्रोत बन्यो बालुवा http://localhost/ghum/%e0%a4%86%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%a4-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a5%81%e0%a4%b5%e0%a4%be/ Thu, 07 Apr 2016 15:37:50 +0000 http://www.ghumphir.com.np/?p=10654

    भीमदत्तनगर, २५ चैत । कैलालीको धनगढी उपमहानगरपालिका–७ बेलीका लाहान चौधरीको दम्पती महाकाली नदीमा बालुवा छानिरहेको अवस्थामा भेटियो । घरमा १२ वर्षीया छोरीको भरमा तीन छोराछोरी छाडेर बालुवा छान्न आएको चौधरी दम्पतीको सात महिना बितिसक्यो । baluwa“जग्गा पनि छैन, छोराछोरीलाई पढाउन हुन्छ भनेर दुवैजना यहाँ आएर बालुवा, गिट्टी छानेर बसिरहेका छौँ ।” महाकाली नदीको बगरमा अस्थायी टहरा बनाएर बस्दै आएका चौधरीले भन्नुभयो – “हामी कैलालीबाट महाकाली नदीमा आउन थालेको सात वर्ष बितिसक्यो ।” बर्सेनि आफूहरु परिवारसहित बालुवा छान्न असोजदेखि (दसैँपछि) जेठ महिनासम्म महाकालीको बगरमा बस्ने गरेको उहाँ बताउनुहुन्छ । “बर्सेनि आठ महिनाभन्दा बढी समय महाकालीको बालुवा छानेर परिवारको लालनपालन गर्छु ।” चौधरीले भन्नुभयो – “बालुवा छानेरै छोराछोरी स्कुल जाँदैछन् ।” छोराछोरीलाई घरमा स्याहारको आवश्यकता परे पनि दम्पतीसहित महाकालीमा बालुवा छान्नु आफ्नो बाध्यता रहेको उनीहरुको भनाइ छ । दिनभर बालुवा छानेर रु एक हजार २०० सम्म कमाइ हुने उहाँको भनाइ छ । “दैनिक ट्याक्टर÷ट्रक बालुवा, गिट्टी लिन महाकालीमा आउँछन् ।” चौधरीले भन्नुभयो – “एक ट्रली बालुवा रु एक हजारसम्ममा बिक्री गर्छौँ ।” आउँदो जेठ महिनासम्म (बर्खा नलागुन्जेल) बालुवा छानेर कमाइ गर्ने उनीहरुको योजना छ । “छोराछोरीसित टेलिफोनबाट भलाकुसारी हुन्छ” चौधरीले भन्नुभयो । जग्गाका नाउँमा परिवार राख्ने घडेरीमात्रै रहेको बताउँदै चौधरीले साहुको जग्गा कमाएर आम्दानी नहुने देखेपछि महाकालीमा आइपुगेको बताउनुभयो । “दिनभर बालुवा छान्न सके, साँझ पैसा बोकेर टहरामा सुत्न जान मन लाग्छ ।” उहाँले भन्नुभयो – “हामीले यही बगरमा जीवन विताएकै छौँ । गाउँका अन्य कमाउन भारत र अन्य देशमा गइरहेका हुन्छन्, हाम्रो त महाकालीको बालुवासित भविष्य जोडिएको छ ।” त्यसैगरी कञ्चनपुरको देखतभुली गाविसमा पर्ने जाई मुक्त कमैया शिविरका श्याम राना पनि श्रीमती र एक छोरासित महाकाली नदीमा बालुवा छानेरै आम्दानी गरिरहनुभएको छ । “छोराले पढ्न सकेन, मैसित बालुवा छानेर महाकालीको बगरमा रात बिताउँदैछ ।” रानाले रासससित भन्नुभयो – “बगरमा मेहनतअनुसारको फल मिलेकै छ, हाम्रा लागि गिट्टी छान्नु भनेकै रोजगारी गर्नु हो ।” कमैया मुक्त भएपछि सरकारले उपलब्ध गराएको पाँच कट्ठा जमिन भए पनि त्यो जग्गाको परिश्रमले परिवार पाल्न गाह्रो भएपछि आफू परिवारसहित महाकालीमा बर्सेनि बालुवा, गिट्टी छानेर बिक्री गरिरहेको रानाको भनाइ छ । “बगरमै बालुवा छानेर थुपारेपछि यही बिक्री भइहाल्छ,” रानाले भन्नुभयो – “एक दशकदेखि यहाँ बालुवा छानेर परिवारको खर्च चलाएको छु ।” आफू विगत एक दशकदेखि महाकालीमा सो काम गरेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्दै आएको राना बताउनुहुन्छ । “पढ्ने लेख्ने उमेरमा कमैया बस्नु प¥यो ।” उहाँले भन्नुभयो – “अहिले कसले हामीलाई नोकरी दिन्छ ?” कैलालीका लाहान र कञ्चनपुरका श्याममात्रै होइन, यतिखेर महाकाली नदी किनारका सयौँ स्थानीयवासीको आम्दानीको स्रोत महाकाली नदीको बालुवा, गिट्टी र ढुङ्गा बनेको छ । जिल्ला विकास समितिले ठेकेदार कम्पनीलाई महाकाली नदीको बालुवा, गिट्टी र ढुङ्गा सङ्कलनका लागि टेन्डरमार्फत स्वीकृतिसमेत दिएको छ । “महाकाली छेउछाउ बस्तीका बासिन्दाको आर्थिक अवस्था कमजोर भएकाहरुको आम्दानीको स्रोत नै महाकालीको बालुवा, गिट्टी हो,” भीमदत्तनगरपालिका–११ का हरिप्रसाद जोशीले भन्नुभयो । भीमदत्तनगरपालिका–११ भुजेलादेखि दक्षिण पिपरियास्थित महाकाली नदीको दोधारा–चाँदनी झोलुङ्गे पुलको बीचको क्षेत्रमा बालुवा, गिट्टी र ढुङ्गा सङ्कलन तथा खरिद बिक्री व्यापक रुपमा भइरहेको छ ।

    ]]>
    10654 0 0 0
    जात्राभित्रका जात्राहरु http://localhost/ghum/%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81/ Thu, 07 Apr 2016 15:44:25 +0000 http://www.ghumphir.com.np/?p=10656

    लक्ष्मी गारु  भक्तपुर, २५ चैत । भक्तपुरको बिस्केट जात्रालाई आमजनताले पहिलो दिनको भैरवनाथको रथ तान्ने र चौथो दिनको भेलुखेलस्थित ल्योसींखेलमा लिङ्गो ठड्याउने घटनालाई मात्र सम्झने र बुझ्ने गर्छन् । वास्तवमा बिस्केट जात्राको मुख्य आकर्षण नै भैरवनाथको रथ तानातान गर्ने र लिङ्गो ठड्याउने नै हो । तर पनि बिस्केट जात्राको नौ दिन आठ रातमा भक्तपुरका ठाउँ ठाउँमा विभिन्न देवी देवताका जात्रा निकालिन्छ । यिनीहरुको छुट्टै महत्व छ । भैरव र भद्रकालीकै सम्मानमा भक्तपुरका टोलटोलमा विभिन्न देवी देवताको जात्रा गरिने धारणा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ राख्नुहुन्छ । बिस्केटको संस्कृतिलाई उचाइमा पु¥याउन र मानिसले मात्र नभई देवी देवताले समेत भैरव र भद्रकालीप्रति सम्मान व्यक्त गरेको देखाउन भक्तपुरका टोल टोलमा रहेका देवी देवताहरुको जात्रा गर्ने प्रचलन सुरु भएको उहाँको भनाइ छ । bisket-bhaktapurबाराही तिप्वाः जात्रा बिस्केट जात्राको चौथो दिन अर्थात चैत्र महिनाको मसान्तको दिन अष्टमात्रिकाका शक्तिशाली देवीमध्येका एक बाराहीको बाराही तिप्वाः जात्रा हुन्छ । बिस्केटको लिङ्गो उभ्याउने जात्रापछि भक्तपुर नगरपालिका वडा नं १६ स्थित तेखाचो टोलमा रहेको द्यो छँे (देवघर)मा रहेको बाराहीको मूर्तिलाई खटमा राखी उक्त तिप्वाः जात्रा निकालिन्छ । प्यागोडा शैलीमा निर्मित बाराहीको खटलाई शृंगारपटार गरी बाराहीलाई विराजमान गराइन्छ । यसबेला बाराही द्यो छेँ वंशगोपालदेखि बाराही पीठसम्म हर्षोल्लासका साथ यो जात्रा हुने गर्दछ । यस बेला स–साना बालबालिकादेखि वृद्धवृद्धासमेत चिराग बालेर जात्रामा सहभागी हुने गर्दछन् । जात्रामा हजारौं भक्तालुहरु धूप, बत्ती, सुकुन्दा बालेर जात्रामा सहभागी हुने गर्दछन् । शक्तिकी देवी बाराहीलाई एक रात पीठमै राखी भोलि पल्ट लिङ्गो ढाल्ने र त्यसपछि बाराहीको खटलाई टोल टोलमा लगी पूज्ने र चत्तांमरी लगायत विभिन्न प्रसादहरु चढाउने गरिन्छ । इन्द्रायणी देवीको त्वादेवा जात्रा बिस्केट जात्राका क्रममा निकालिने अष्टमात्रिका शक्तिशाली देवीको जात्रामध्ये इन्द्रायणी देवीको त्वादेवा जात्रा एक हो । यसबेला इन्द्रायणीको खटलाई विभिन्न प्रकारले शृङगार गरेर रथजात्रा निकालिन्छ । सो रथमा इन्द्रायणी देवीको द्यो छेँमा रहेको मूर्तिलाई खटमा विराजमान गराई आफ्नो इलाकामा घुमाइन्छ । इलाकाभित्रका बासिन्दा आ–आफ्नो घरबाट त्वादेवा (देव बत्ती) बालेर जात्रामा सहभागी हुने गर्दछन् । दाफा भजन र बाजाको आवाजले जात्रामा रौनक थपेको हुन्छ । भैरव र भद्रकाली रथ जुधाउने जात्रा बिस्केट जात्राको अर्को आकर्षण भैरव र भद्रकालीको रथ जुधाउने जात्रा पनि हो । परापूर्वकालदेखि नै लिङ्गो जात्राको समापन लगत्तै वैशाख १ गते स्थानीय खँला टोलमा भैरव र भद्रकालीको रथ सङ्गम जात्रा हुने गर्दछ । यसलाई भैरव र भद्रकालीको विवाहको रुपमा पनि लिने गरिन्छ । महाकाली र महालक्ष्मीको जात्रा बिस्केट जात्राको अवसरमा टोलटोलमा हुने जात्राहरुमध्ये अर्को महत्वपूर्ण जात्रा हो – महाकाली र महालक्ष्मीको सङ्गम जात्रा । यो जात्रा वैशाख २ गते भक्तपुरमा धुमधामका साथ मनाइन्छ । जात्राका क्रममा महाकाली द्यो छेँबाट मूर्तिलाई विमान आकारको खटमा राखी भोलाछँेबाट जात्रा सुरु गरिन्छ । अर्कोतर्फ महालक्ष्मीको मूर्तिलाई पनि विमान आकारकै खटमा विराजमान गराई जात्रा निकालिन्छ । यस जात्राको अवसरमा जात्रालुहरुले एकातर्फ पहेँलो टोपी र अर्कोतर्फ रातो टोपी लगाउने परम्परा छ । जात्राका क्रममा मध्यभागमा महाकाली र महालक्ष्मी भेट भएपछि दुवै खटलाई जुधाई सङगम गराउने चलन छ । ब्रम्हायणी र महेश्वरीको जात्रा अष्टमात्रिकामध्ये प्रमुख शक्तिशाली देवीका रुपमा पुजिने देवी ब्रम्हायणी र महेश्वरीको जात्रा वैशाख ३ गते मनाइन्छ । सूर्यमढीस्थित द्यो छेँमा रहेको ब्रम्हायणीको मूर्तिलाई खटमा राखी जात्राको प्रारम्भ गरिन्छ । स्थानीय टोलका बालबच्चादेखि वृद्धवृद्धासम्मले चिराग र मुस्याःख्व बत्ती बाली खटको अगाडि लाग्छन् । स्थानीय इनाचो टोलमा रहेका महेश्वरी द्यो छेँको मूर्तिलाई खटमा राखी शृङगारपटारका साथ जात्रा सुरु गरिन्छ । यी दुवै देवीको आ–आफ्नो इलाकामा जात्रा सुरु भएपछि स्थानीय दत्तात्रय चोकको बीच भागमा ल्याई पु¥याइन्छ र त्यहीँ रथ जुधाइन्छ । यसबेला दुवै खटका प्रसाद र चिराग साटासाट गर्ने प्रचलन छ । बटुकभैरव र ज्याठा गणेशजात्रा बिस्केट जात्राका अवसरमा अष्टमात्रिका देवदेवीहरुको मात्र जात्रा नभई भैरव र गणेशको समेत जात्रा हुन्छ । स्थानीय बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रा यही बेला निकालिन्छ । जात्राका क्रममा खटलाई शृङगारपटार गरी देवताका मूर्ति विराजमान गराइन्छ र खटलाई आ–आफ्नो टोलमा घुमाउने गरिन्छ । सो अवसरमा बटुक भैरव र ज्याठा गणेशको रथ जहाँ भेट्छ त्यहाँ जुधाउने गरिन्छ । छुमा गणेश जात्रा बिस्केट जात्राको आठौं दिन अर्थात वैशाख ४ गतेका दिन छुमा गणेशको जात्रा गरिन्छ । यसबेला शक्तिका देवता छुमा गणेशको मूर्तिलाई खटमा राखी स्थानीय चोछंँे टोलमा घुमाइन्छ । टोलवासीले जात्राका क्रममा घरघरबाट ल्याई चत्तांमरी चढाउँछन् । द्यो स्वगं पूजा (सगुन जात्रा) वैशाख ४ गते मनाइने द्यो स्वगं पूजा पनि बिस्केट जात्राको एक हिस्सा हो । यसलाई स्वगं पूजाको नाममा चिनिन्छ । यो पूजा प्राचीन कालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा पाइन्छ । बिस्केट जात्रालाई विस्तृत पारी शक्तिशाली देवदेवीहरुका पूजा गर्ने यो परम्परालाई भाषा वंशावलीमा सगुन पूजा भनी उल्लेख गरिएको छ । यस दिन भक्तपुरका शक्तिशाली देवदेवीहरुलाई आ–आफ्नो द्यो छेँबाट निकाली प्राङगण, सत्तल र पाटीहरुमा राख्ने, पूज्ने र विभिन्न प्रसादहरु चढाउने गरिन्छ । यसै परम्परालाई नै सगुन पूजा भनिन्छ ।

    ]]>
    10656 0 0 0
    कालोबजारियालाई तह लगाउन http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a4%e0%a4%b9-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%a8/ Thu, 07 Apr 2016 15:46:42 +0000 http://www.ghumphir.com.np/?p=10659

    काठमाडौँ, २५ चैत । आपूर्तिमन्त्री गणेशमान पुनले पछिल्ला दिनमा उल्लेख्य मात्रामा इन्धन आयात भए पनि उपभोक्ता मारमा पर्नुको कारण खोजी भइरहेको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सिटिइभिटीले आयोजना गरेको सिटिइभिटी कपको आज यहाँ उद्घाटन गर्दै उहाँले एकैपटक धेरै इन्धन भण्डारण गर्ने प्रवृत्तिका कारण पनि बजारमा अभावको अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले निगमको भण्डारण क्षमता कम भएका कारण पनि कुनै अवरोध हुनेबित्तिकै बजारमा अभाव देखिने गरेको उल्लेख गर्दै भन्नुभयो – “सिंहदरबारभित्र र आसपासमा आश्रय लिएर बसेका कालोबजारियालाई तह लगाउन युवा विद्यार्थीको सहयोग अत्यावश्यक छ । हामीले कालोबजारियालाई तह लगाउन सकेनौँ भने कोही कसैले सक्दैन ।” मन्त्री पुनले निगमको भण्डारण क्षमता १६ दिनको मात्रै रहेकाले त्यसलाई कम्तीमा पनि ९० दिनको बनाउने तयारीमा लागेको जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव एवम् अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष युवराज लामाले नयाँ संविधान कार्यान्वयनका लागि खेलकुदमार्फत लाखौँ युवालाई गोलबन्द गर्नुपर्नेमा जोड दिनुभयो ।

    ]]>
    10659 0 0 0
    यी १० देश हुन् जस्ले काम गर्दा ज्याला धेरै दिन्छन् http://localhost/ghum/%e0%a4%af%e0%a5%80-%e0%a5%a7%e0%a5%a6-%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a4%be%e0%a4%ae-%e0%a4%97%e0%a4%b0/ Thu, 07 Apr 2016 15:52:50 +0000 http://www.ghumphir.com.np/?p=10661 सबैभन्दा धेरै पारिश्रमिक अस्ट्रेलियामा दिइने गरेको एक रिपोर्टले सार्वजनिक गरेको छ। अर्गनाइजेसन फर इकोनोमिक को अपरेसन एण्ड डेभ्लप्मेन्ट (ओइसिडी) ले विश्वका २७ देशको न्यूनतम ज्यालाको रिपोर्ट सार्वजनिक गरेको हो। सन्  २०१५ मा जारी यो रिपोर्ट सन् २०१३ को तथ्यांकका आधारमा तयार गरिएको बताइएको छ।
     timthumbरिपोर्ट अनुसार अस्ट्रेलियामा करबाहेक प्रतिघण्टा ९.५४ अमेरिकी डलर न्यूनतम ज्याला दिइन्छ जो अध्ययन गरिएका २७ देशमा सबैभन्दा धेरै हो। त्यस्तै दोस्रो नम्बरमा लक्जेम्बर्ग परेको छ जहाँ न्यूनतम ज्याला करबाहेक ९.२४ अमेरिकी डलर छ। त्यस्तै तेस्रो नम्बरमा बेल्जियम परेको छ जहाँ ८.५० अमेरिकी डलर न्यूनतम ज्याला पाइन्छ।
    न्यूनतम ज्याला धेरै भएका १० देश यी हुन्ः
    १. अस्ट्रेलिया
    २. लक्जेम्बर्ग
    ३. बेल्जियम
    ४. अायरल्याण्ड
    ५. फ्रान्स
    ६. नेदरल्याण्ड्स
    ७.न्यूजिल्याण्ड
    ८. जर्मनी
    ९. क्यानडा
    १०. यूके
    ]]>
    10661 0 0 0
    देवगण http://localhost/ghum/%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a4%97%e0%a4%a3/ Thu, 07 Apr 2016 16:12:41 +0000 http://www.ghumphir.com.np/?p=10665 10665 0 0 0 हस्तकलाका सामाग्री http://localhost/ghum/%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%80/ Thu, 07 Apr 2016 16:15:12 +0000 http://www.ghumphir.com.np/?p=10668 10668 0 0 0 पुल निर्माणका लागि http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/ Thu, 07 Apr 2016 16:24:51 +0000 http://www.ghumphir.com.np/?p=10672 10672 0 0 0 सर्वाेच्च शिखर सगरमाथा आरोहण सुरु,एकपछि अर्को विपत्ती आउन थालेपछि सगरमाथा आरोहण संकटमा http://localhost/ghum/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a5%87%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%b6%e0%a4%bf%e0%a4%96%e0%a4%b0-%e0%a4%b8%e0%a4%97%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%be-%e0%a4%86/ Thu, 07 Apr 2016 16:35:52 +0000 http://www.ghumphir.com.np/?p=10677 नविन अर्याल

    २५ चैत, काठमाडौं । प्राकृतिक विपत्तिका कारण लगातार दुई वर्ष रोकिएको सगरमाथा आरोहण यसवर्ष सुरु भएको छ । सगरमाथा आरोहणका लागि आरोहीहरु काठमाडौंबाट सगरमाथा आधार शिविरतर्फ लागिरहेका छन् ।

    अहिलेसम्म २४ टिमका २२३ जना विदेशी आरोहीहरु आधार शिविर हिँडेको पर्यटन विभागका ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । सात टिमबाट ५२ जनाले एप्लाई गरिसकेका छन् । उनीहरु नेपाल आउने क्रम जारी छ ।

    विदेशबाट आरोहीहरुको आवेदन आइरहेको हुँदा यो सिजनमा सगरमाथा आरोहण गर्नेहरु तीन सय पुग्ने अनुमान गरिएको छ । लगातारको प्राकृतिक विपत्तीले आरोहण अनिश्चित बनेपछि यस वर्ष आरोहीको संख्या घटेको छ । २०१५ मा सगरमाथा आरोहणका लागि ३५६ जना आरोही आएका थिए । तर, भूकम्पका कारण एकजनाले पनि आरोहण गर्न सकेनन् ।

    यसवर्ष अप्रिल १६/१७ देखि आरोहीहरु सगरमाथा आधार सिविरबाट क्याम्प वानतिर जाने क्रम सुरु हुनेछ । अहिले कतिपय आरोहीहरु आधार शिविर पुगिसकेका छन् । कतिपय आरोहीहरु बाटोमा पर्ने ६ हजार मिटर उचाईका साना हिमालहरु चढ्दै आधार शिविरतर्फ गइरहेको श्रेष्ठले बताए ।

    ‘सगरमाथा चढ्नुभन्दा अगाडि आरोहीहरुले उचाई पचाउनका लागि साना हिमालहरु चढेर अभ्यास गर्छन्’ नेपाल माउन्टेनेयरिङ एशोसियसनका अध्यक्ष आङछिरिङ शेर्पाले भने- ‘धेरैजसो अरोहरु ६११९ मिटरको लघुचे इष्ट र ६१८७ मिटरको आइल्यान्ड पिक चढ्ने गर्छन् ।’ दुबै हिमाल सगरमाथा नजिक पर्छन् ।

    एक्कासी आएको हुँदहुँद आँधीले २०१४ र विनाशकारी भूकम्पका कारण २०१५ मा सगरमाथा आरोहण स्थगित भयो । २०१४ मा चिनियाँ नागरिक सहितको ७ जनाको टोली क्याम्प टुसम्म हेलिकप्टरमा गएर शिखर चुमेको थियो । तर, २०१५ मा भूकम्पको पराकम्पन गइरहँदा एक जनापनि शिखर चुम्न सकेनन् ।

    सगरमाथामा आरोहण गर्ने आरोहीको संख्या शून्य भएको ४० बर्षयता पहिलो पटक हो । सन् १९७४ यता सगरमाथा आरोहण कहिले पनि शून्यमा झरेको थिएन । पछिल्लो समय प्राकृतिक विपत्तीका कारण सगरमाथा आरोहण शंकटमा पर्दै आइरहेको छ ।

    यो सिजनका लागि सगरमाथा प्रदुषण कन्ट्रोल समिति (एसपीसीसी) ले आइसफलको बाटो बनाइरहेका छन् । अहिलेसम्म बेसक्याम्पबाट क्याम्प वानसम्म बाटो बनाउनेक काम सम्पन्न भएको छ ।

    बाटो बनाउँदै क्याम्प वान काटिसकेको एसपीसीसीको टोली निरन्तरण आइसफलको बाटो बनाउन लागिपरेको विभागका श्रेष्ठले जानकारी दिए । ‘अप्रत्याशित रुपमा कुनै विपत्ती आएन र प्रकृतिले साथ दियो भने यो वर्ष सगरमाथा आरोहण सफल हुने देखिन्छ’ उनले भने ।

    सगरमाथा आरोहणका लागि धेरैजसो २०१४ र २०१५ मा आरोहण गर्न नसकेका आरोहीहरु आएका छन् । सरकारले २०१४ मा आरोहण गर्न नसकेका आरोहीलाई ५ वर्षसम्म र २०१५ मा आरोहण गर्न नसकेका आरोहीलाई दुई वर्षसम्म रोयल्टी नलिने घोषणा गरेको छ ।

    सगरमाथा अरोहणका लागि आरोहीले प्रमिशन शुल्कवापत ११ हजार अमेरिकी डलर अर्थात ११ लाखभन्दा बढी रुपैयाँ बुझाउनुपर्छ । सन् २०१५ मा तीन सय ५६ जना र २०१४ मा तीन सय २६ जना आरोही सगरमाथा चढ्न आएका थिए ।

    एउटा आरोहीले सगरमाथा आरोहण गर्दा ३० हजारदेखि एक लाख अमेरिकी डलरसम्म खर्च गर्ने गरेको श्रेष्ठ बताउँछन् । आरोहणमा धेरै गाइड लिएर जाने आरोहीको बढी पैसा खर्च हुन्छ ।

    निर्णय ढिला हुँदा आरोही घटे

    सरकारले सगरमाथा आरोहणका लागि खुला गर्ने निर्णय ढिलो गरिदिँदा यस वर्ष आरोहीको संख्या घटेको एनएमएका अध्यक्ष शेर्पाले जनाए । लगतार दुई वर्ष आएर फर्किएका आरोहीहरु ढिलो निर्णय हुँदा नआएको उनको भनाई छ ।

    ‘विदेशबाट आउने आरोहीले धेरै कुरा म्यानेज गरेर आउनुपर्छ, सगरमाथा खुल्ने ढिलो थाहा पाउँदा धेरै आरोहीहरु आउन सकेनन्’ शेर्पाले भने- ‘तर, प्रतिकुल अवस्थामा पनि यति आरोहीहरु आउनु सकारात्मक नै मान्नुपर्छ ।’

    सन् २०१७ मा आरोहीको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । यो वर्ष आउन नसकेका आरोहीहरु आगामी वर्ष आउने पर्यटन विभागका श्रेष्ठले बताए । सन् २०१५ मा आरोहण गर्न नपाएका आरोहीलाई दुई वर्षमात्र रोयल्टी नलिने सरकारको घोषणाले पनि २०१७ मा आरोहीको संख्या बढ्ने अनुमान गरिएको हो ।

    पर्यटन विभागकाअनुसार सन् २०१५ मा ४२ टिमबाट ३५६ जना, सन् २०१४ मा ३२६ जना, २०१३ मा ३४८ जना, २०१२ मा ३४१ जना, २०११ म्ाा २५१ जना र २०१० मा २३७ जनाले सगरमाथा आरोहण गर्ने प्रमिशन लिएका थिए ।

    सगरमाथा आरोहण संकटमा

    एकपछि अर्को प्राकृतिक विपत्ती आउन थालेपछि सगरमाथा आरोहणलाई संकटमा पारेको छ । पछिल्ला दुई वर्षमा आएको प्राकृतिक विपत्तीले यही संकेत गर्छ ।

    सन् २०१५ मा कुनै पनि आरोहीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सकेनन् । सन् २०१४ मा पनि ५ जना नेपाली सहित १ जना चिनियाँ आरोहीले सगरमाथा आरोहण गरेका थिए ।

    सन् २०१५ अप्रिल २५ तारिखमा आएको विनाशकारी भूकम्प र त्यसको एक बर्षअघि सगरमाथा क्षेत्रमा गएको हिमपहिरोका कारण आरोहीको संख्या शून्यमा झर्‍यो ।

    सन् २०१४ को हिमपहिरोले १६ जना र भूकम्पका कारण १६ जना अरोही तथा गाइडको ज्यान गएको थियो । त्यति नै बेला एकजना चिनियाँ आरोहीले क्याम्प टु सम्म हेलिकप्टल लगेर सगरमाथा आरोहण गरेका थिए । तर, अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधार शिविरबाट नचढ्नेलाई सगरमाथा आरोहण गरेको मान्यता दिन नमिल्ने बताउँछन्, एनएमका अध्यक्ष शेर्पा ।

    ]]>
    10677 0 0 0
    इन्धन चाहिएजति आउँछ तर किन सहजै पाइँदैन ? http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%9a%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%8f%e0%a4%9c%e0%a4%a4%e0%a4%bf-%e0%a4%86%e0%a4%89%e0%a4%81%e0%a4%9b-%e0%a4%a4%e0%a4%b0-%e0%a4%95%e0%a4%bf/ Fri, 08 Apr 2016 03:51:50 +0000 http://www.ghumphir.com.np/?p=10679 २६ चैत, काठमाडौं ।भारतको नाकाबन्दी खुलेको दुई महिना बितिसकेको छ। अहिले खपतअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट  इन्धन आयात पनि भएको छ।नयाँ पत्रिका दैनिकमा समाचार छ। तर बजारमा हवाई इन्धनबाहेक अन्य पेट्रोलियम पदार्थको आपूर्ति सहज छैन।  तुलनात्मक रुपमा पेट्रोल र मट्टितेल आपूर्ति सहज भए पनि डिजेल र ग्यासको हाहाकार छ।
    निगम प्रवक्ता मुकुन्द घिमिरेले मुलुकभर मानअनुसार दैनिक पेट्रोल १२ लाख लिटर, डिजेल ३१ देखि ३२ लाख लिटर र हवाई इन्धन ६ लाख लिटर वितरण भइरहेको जानकारी दिए। ‘अहिले इन्धन आयातमा कुनै समस्या छैन,’ घिमिरेले भने, ‘तर डिजेल अभाव छ। पेट्रोल र हवाई इन्धनमा समस्या छैन।’
    इन्धन आपूर्ति सहज बनाउन गृह मन्त्रालयमा आइतबार भएको बैठकले उद्योग, होटल, रेस्टुरेन्टलगायतले बढी मौज्दात राख्दा डिजेल अभाव भएको निष्कर्ष निकालेको छ। ‘व्यावसायिक उपभोत्तःाले फेरि पनि अभाव हुने आशंकामा ाचहिनेभन्दा धेरै डिजेल मौज्दात राखेकाले अभाव भएको हाम्रो निष्कर्ष छ,’ घिमिरेले भने।
    उपत्यकामा सामान्य अवस्थामा डिजेल चार लाख ५० हजार लिटर खपत हुन्छ तर अहिले दैनिक ६ लाख लिटर वितरण भइरहेको घिमिरेको दाबी छ।
    इन्धन आपूर्ति कम भएर कालोबजारी बढ्नुमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का नै जिम्मेवार रहेको आरोप लागेको छ। सरकारले वैकल्पिक मार्गबाट इन्धन ल्याउन निर्देशन दिएपछि मात्र उनले ग्लोबल टेन्डर गरेका थिए।
    टेन्डरबाट विराट पेट्रोलियमलाई भारतको सिक्किमबाट पेट्रोल र डिजेल ल्याउन उनले २० करोड रुपैयाँ पेस्कीदिएका थिए। मनोमानी ढंगले विराटलाई तेल ल्याउन पेस्की दिएको विषय विवादमा तानिएपछि विराटले तेल ल्याउन गरेको सम्झौता तोड्यो।
    ]]>
    10679 0 0 0
    सचिवको असहयोगले पुनर्निर्माण अलपत्र http://localhost/ghum/%e0%a4%b8%e0%a4%9a%e0%a4%bf%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b8%e0%a4%b9%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%bf%e0%a4%b0/ Fri, 08 Apr 2016 03:53:27 +0000 http://www.ghumphir.com.np/?p=10681 २६ चैत, काठमाडौं ।
    गाउँ विकास समितिका सचिवको असहयोगले सरकारले ढिलो गरी सुरु गरेको व्यक्तिगत आवास अनुदान वितथरण कार्यक्रम पनि अलपत्र पर्ने अवस्थामा पुगेको छ। राजधानी दैनिकमा समाचार छ।
    भूकम्पपछि पुनर्निर्माणको क्रममा दोलखाको सिंगटी क्षेत्रबाट व्यक्तिगत आवास निर्माणका लागि अनुदान वितरण सुरु गरिएपनि सरकारले प्रभावकारी रुपमा आफ्ना संयन्त्र परिचान गर्न नसक्दा र गाविस सचिवले असहयोग गर्दा अलपत्र पर्ने अवस्थामा पुगेको हो।
    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्प गएको लामो समयपछि ३० फागुनदेखि दोलखाको सिंगटीबाट अनुदान वितरण सुरु गरेकामा १२ चैतदेखि गाविस सचिवकै असहयोगको कारण रोकिएको छ।
    भूकम्पबाट अति क्षतिग्रस्त सिंगटी क्षेत्रको पाँच गाविसलार्इ बाँड्ने लक्ष्यसहित सुरु गरेको अनुदान वितरण दोलखाको लामिडाँडा र लादुकका ६ सय ४१ जना भूकम्प पीडितलाई आगामी २८ चैतदेखि आठ जिल्लाका आठ गाविसमा अनुदान वितरण गर्न लागेको छ।
    गाविस सचिवले अवरोध कायमै राखे थप जिल्लाको अनुदान वितरणसमेत अलपत्र पर्ने अवस्थामा पुगेको पुनर्निर्माण प्राधिकरणका एक अधिकारी बताउँछन्।
    ]]>
    10681 0 0 0
    गुटबन्दीको हल्ला चलाउनेबाटै गुटबन्दी गरिँदैछ:अध्यक्ष ओली http://localhost/ghum/%e0%a4%97%e0%a5%81%e0%a4%9f%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%9a%e0%a4%b2%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87%e0%a4%ac/ Fri, 08 Apr 2016 03:55:49 +0000 http://www.ghumphir.com.np/?p=10683 २६ चैत, काठमाडौं ।एमाले पोलिटब्युरोमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि बिहीबार आठ सदस्यले धारणा राखेका छन्। बिहीबार बोल्ने संस्थापन पक्षका नेताहरूले गुटबन्दीको हल्ला चलाउने नै गुटबन्दी गरेको आरोप लगाएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

    बुधबार बोलेका माधव नेपाल पक्षका नेताले अध्यक्षले पार्टी होइन गुट चलाएको आरोप लगाएका थिए।

    संस्थापननिकट सदस्यले अहिले नै दशौँ महाधिवेशन नजिकिए जसरी नीतिगत विषय उठाएर गुटबन्दी भयो भन्दै नेपाल पक्षले हल्लाखल्ला गरेको आरोप लगाएका थिए। उनीहरूले पार्टी विधि र प्रक्रियाभन्दा बाहिर गएर बहस अन्यत्र मोड्दै पार्टी एकता कमजोर तुल्याउन सक्रिय हुन खोजेकोसमेत आरोप लगाएका थिए। बिहीबार बोलेका आठमध्ये पाँच संस्थापन पक्षका सदस्य थिए।

    पार्टी एकताबद्ध बनाएर चुनावी तयारी 

    बैठकमा बोल्ने सबै नेताले राष्ट्रिय संकटका वेला पार्टीलाई एकताबद्ध बनाएर स्थानीय निर्वाचनको तयारीमा गतिशील ढंगले जुट्नुपर्ने धारणा राखेका छन्। ‘सबैजसो साथीहरूले पार्टीलाई एकताबद्ध बनाएर स्थानीय निर्वाचनमा जुट्नुपर्ने धारणा राख्नुभएको छ,’ सदस्य अरुण नेपालले भने, ‘वर्षाअगावै भूकम्पपीडितका लागि सुरक्षित आवासको व्यवस्था गर्न तथा आर्थिक समृद्धिको कार्ययोजनासहित पार्टीलाई अघि बढाउन ध्यानाकर्षण गराइएको छ ।’

    प्रदेश कमिटी गठनमा दुई धार 

    बैठकमा बोल्ने संस्थापननिकट नेताहरूले पार्टीलाई गति दिन विधानको बाधा अड्काउ तत्काल फुकाएर प्रदेश संगठन कमिटी गर्नुपर्ने धारणा राखेका छन्। तर, नेपालनिकट नेताहरूले भने बाधा अड्काउमार्फत कमिटी गठन विधानविपरीत हुने भन्दै विधान अधिवेशनमार्फत बनाइनुपर्ने विषय उठाएका छन्।

    ]]>
    10683 0 0 0
    तलब राज्यको, माग पार्टीको http://localhost/ghum/%e0%a4%a4%e0%a4%b2%e0%a4%ac-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%97-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a5%8b/ Fri, 08 Apr 2016 03:58:12 +0000 http://www.ghumphir.com.np/?p=10685 २६ चैत, काठमाडौं ।राज्यबाट तलब लिएर जनताको सेवा गर्न निजामती सेवामा बसेका केही कर्मचारी आधिकारिक ट्रेड युनियनको चुनाव हुन नदिने कसरतमा छन्। नागरिक दैनिकमा समाचार छ।
    राजनीतिक पार्टीले जस्तो समानुपातिक समावेशी चरित्रको ट्रेड युनियन निर्वाचन गराउन उनीहरुले माग गरेका हुन्। विभिन्न ट्रेड युनियनको सट्टा एउटै आधिकारिक ट्रेड युनियनका लागि सरकारले बैशाख १० मा निर्वाचन मिति घोषणा गरिसकेको छ।
    तर, राजनीतिक दलसम्बद्ध ट्रेड युनियनमा अाबद्ध  निजामती कर्मचारी एेनविपरीत माग राख्दै चुनाव गर्न नदिन सिंहदरबारभित्रै धर्ना बसेका छन्।
    निजामती कर्मचारीका हकहितभन्दा राजनीति बढी भएकाले निजामती ट्रेड युनियनको आवश्यकताबारे बहस हुनुपर्ने बताउँछन् पूर्वमन्त्री लालबाबु पण्डित। ट्रेड युनियन आधिकारिक हुनुपर्ने उनको भनाई छ। आधिकारीक ट्रेड युनियनले कामभन्दा हरेक कार्यालयमा दलगत युनियन खेलेका छन्।
    ट्रेड युनियनले कामभन्दा बढी राजनीति गरिरहेको पण्डितले बताए। उनी भन्छन्–‘सिंहदरबारभित्र धर्ना छ भन्ने समाचार आउँछ तर सिंदरबार निषेधित क्षेत्र हो। यस्तो गलत कुरालाई कसैले पनि साथ दिनु हुँदैन।’
    ]]>
    10685 0 0 0
    पूर्वमन्त्री नै गाडी च्यासिस फेर्ने धन्धामा http://localhost/ghum/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a5%88-%e0%a4%97%e0%a4%be%e0%a4%a1%e0%a5%80-%e0%a4%9a%e0%a5%8d%e0%a4%af/ Fri, 08 Apr 2016 04:00:50 +0000 http://www.ghumphir.com.np/?p=10687 २६ चैत, काठमाडौं ।नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री कमलेशकुमार शर्मा गाडीको च्यासिस फेर्ने अवैध धन्धामा संलग्न रहेको पाइएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
    महानगरीय ट्राफिक महाशाखाले शर्माको टोयटा ल्यान्ड क्रुसर बा २ च ९९५५ नम्बरको गाडीमाथि शंका लागेर नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। गाडी बनाउने मेकानिकले सडकबाट टेस्ट ड्राइभ गर्न लागेको अवस्थामा ट्राफिकले दरबारमार्गबाट नियन्त्रणमा लिएको हो। उक्त गाडी नम्बर शर्माको नाममा दर्ता छ।
    गाडीको च्यासिस नम्बर काटिएको छ। सक्कली गाडी भए च्यासिस नम्बर काट्नु नपर्ने बुझाइ ट्राफिक प्रहरीको छ।
    ट्राफिक प्रहरीले गाडीका चालकबाट शर्माको नाममा जारी ब्लु बुकसमेत बरामद गरेको छ। ब्लु बुकमा सांसदको प्रयोजनाका लागि लेखिएको छ। २०५४ जेठ १९ गते बागमती अञ्चलमा दर्ता गरिएको शर्माकै नाममा रहेको ब्लु बुकमा प्रज्ञापन पत्र नम्बर ६७०८ र रजिस्ट्रर नम्बर ५६३६६ उल्लेख छ।
    कानुनतः कुनै पनि सवारीसधानको इन्जिन र च्यासिस नम्बर दर्ता किताबमा जे छ त्यही उल्लेख हुनुपर्छ
    ]]>
    10687 0 0 0
    विदेशमा कामदारको मृत्यु भए परिवारले साढे १७ लाख पाउने http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81/ Fri, 08 Apr 2016 04:11:51 +0000 http://www.ghumphir.com.np/?p=10689 २६ चैत, काठमाडौं ।

    वैदेशिक रोजगारका क्रममा कामदारको मृत्यु भए मृतकका परिवारले क्षतिपूर्तिस्वरुप साढे १७ लाख पाउने भएका छन्। कामदारको मृत्यु भए मृतकका परिवारलाइ क्षतिपूर्तिस्वरुप १० लाख बीमा, ३ लाख वैदेशिक रोजगार कल्याणकारी कोष र साढे चार लाख शव ल्याउन तथा काजक्रियाको लागि  साढे १७ लाख दिइने बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए। वैशाख १ गते बाट यसलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको काफ्लेले जानकारी दिए।

    यसअघि बैदेशिक रोजगारमा जाने ब्यक्तिको ५ लाखको बीमा गरिएको हुन्थ्यो । वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले बीमाको प्रिमियम बढाएसँगै बिदेश जाने कामदारले पनि बीमा शुल्क बढी तिर्नुपर्ने भएको छ । यसअघि बिदेश जाने कामदारले बीमाको प्रिमियम बापत झन्डै १८ सय रुपैयाँ तिर्ने गर्दथे। तर अब भने यस्तो रकम बढेर २ हजार २१ रुपैयाँ पुगेको छ।

    अहिले बाहिर जाने कामदारले बीमाको प्रिमियम बापत तिर्नुपर्ने रकम २ हजार २१ रुपैयाँदेखि १९ हजार १ सय ४० रुपैयाँ पर्दछ।

    काफ्लेले भने ‘बैदेशिक रोजगारमा गई ज्यान गुमाउनेको परिवारको बिचल्ली भएको भयो, त्यसैले  क्षतिपुर्ति रकम बढाएर परिवारको आर्थिक स्थितिमा सुधार ल्याउने सोचका साथ यस्तो निर्णय गरेका हौ। ’ बीमाङ्क तथा प्रिमियम रकम बढाउनको लागि बीमा समितिमा बोर्डले पत्राचार गरेको छ।

    त्यस्तै एजेन्टलाई अहिले २० प्रतिशत कमिसन दिने ब्यवस्था गरिएको छ। बोर्डले भने यो आवश्यक नरहेको भन्दै हटाउँन आग्रह गरेको छ। यसरी २० प्रतिशत कमिसन् हटाएसँगै प्रिमीयम ४५ प्रतिशतमा झर्ने काफ्ले बताउँछन्।

    बीमा नियमावली २०४९ को अनुसूची ११ मा बीमा अभिकर्तालाई कमिसन दिने व्यवस्था गरिएको छ। बोर्डले बैदेशिक रोजगारमा जानेहरुको बीमाका क्रममा अभिकर्ताको आवश्यकता नपर्ने हुँदा अभिकर्तालाई प्रदान गर्ने कमिसनको व्यवस्थामा संसोधन गर्नुपर्ने काफ्लेले बताए।

    यस आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीका लागि विदेशिएका ४६१ नेपाली कामदारको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । बोर्डको तथ्यांक अनुसार ६ महिनामा मलेशियामा सबैभन्दा बढी २०७ जना नेपाली कामदारको मृत्यु भएको छ । साउदी अरबमा १२८, कतारमा ६९, दुबईमा २७, कुबेतमा १५, बहराइनमा ६ र दक्षिण कोरियामा ३ जनाको मृत्यु भएको छ । जापान, ओमान र रुसमा भने एक/एक जनाको मृत्यु भएको बोर्डले जनाएको छ । मृत्यु हुनेमध्ये ४५८ पुरुष र तीन जना महिला छन् । तथ्याङ्कअनुसार औशतमा महीनामा ७७ जना नेपालीको विदेशमा मृत्यु हुने गरेको छ ।

    ]]>
    10689 0 0 0
    कमल थापा प्रधानमन्त्रीसँग असन्तुष्ट http://localhost/ghum/%e0%a4%95%e0%a4%ae%e0%a4%b2-%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%81/ Fri, 08 Apr 2016 18:05:19 +0000 http://www.ghumphir.com.np/?p=10691 २६ चैत, काठमाडौं । संघीयता कार्यान्वयनसम्वन्धी उच्चस्तरीय समिति गठनको विषयलाई लिएर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट देखिएका छन् ।

    थापा शुक्रबार मन्त्रिपरिषद बैठकमा समेत गएनन् । मन्त्रिपरिषदको बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । राजधानीमै भएर पनि उपप्रधानमन्त्री थापा बैठकमा गएनन् ।

    Kp-oli-And-Kamal-thapaa

    क्याविनेटमा नगएका थापाले सिंहदरबारमा चीन भ्रमणका क्रममा भएको सम्झौता कार्यान्वयनसम्बन्धी बैठक बोलाए ।

    स्रोतका अनुसार संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समितिमा आफूलाई नराखेकोमा थापा असन्तुष्ट छन् ।

    प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको ११ सदस्यीय उच्चस्तरीय निर्देशक समितिमा रक्षा, अर्थ, गृह, कानून र सामान्य प्रशासनमन्त्री, मुख्यसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्य-सचिव सदस्य छन् । तर, स्थानीय विकास मन्त्रीसमेत रहेका थापा समितिमा परेका छैनन् ।

    यसअघि पनि परराष्ट्रमन्त्री थापा पटक-पटक प्रधानमन्त्री ओलीसँग असन्तुष्ट देखिएका थिए । मन्त्री थापाले भारत भ्रमण गरेपछि प्रधानमन्त्री ओलीले उनलाई एक्लै चीन नपठाउने नीति अवलम्बन गरेका थिए । थापाको चीन भ्रमणमा प्रधानमन्त्रीले कानून मन्त्रीलाई समेत साथमा पठाएकोमा उपप्रधानमन्त्री थापा असन्तुष्ट बनेका थिए ।

    स्रोतका अनुसार उपप्रधानमन्त्री थापाले सरकारमा बसेर अन्तरराष्ट्रिय छवि बनाइरहेको र राष्ट्रिय राजनीतिमा पनि प्रभावकारी भूमिका खेल्न थालेको भन्दै उनलाई ‘साइज’ मा राख्न एमाले र एमाओवादीका नेताहरुले प्रधानमन्त्रीलाई दबाव दिने गरेको राप्रपा नेपालका नेताहरुको बुझाइ छ ।

    ]]>
    10691 0 0 0
    अस्मी श्रेष्ठले जितिन् मिस नेपाल २०१६को उपाधि http://localhost/ghum/%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a5%80-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%b2%e0%a5%87-%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a5%8d-%e0%a4%ae/ Fri, 08 Apr 2016 18:08:23 +0000 http://www.ghumphir.com.np/?p=10694 मिस नेपाल २०१६ को उपाधि अस्मी श्रेष्ठले हात पारेकी छन्। शुक्रबार राजधानीको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिश्पर्धामा १९ युवतीलाई पछि पार्दै श्रेष्ठले उपाधि हात पारेकी हुन्। उनलाई अघिल्लो वर्षकी मिस नेपाल इभाना मानन्धरले ताज पहिर्‍याइदिएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताकीमा मिस नेपाल अर्थको उपाधि रोशनी खत्रीले हात पारिन् र मेधा लेखीले मिस नेपाल इन्टरनेसनलको उपाधि पाइन्। मिस नेपालः अस्मी श्रेष्ठ मिस नेपाल अर्थःरोशनी खत्री मिस नेपाल इन्टरनेशनलःवर्षा लेखी मिस ट्यालेन्टः श्रीजना रेग्मी मिस कन्फिडेन्ट  : रोशनी खत्री मिस पर्सनालिटी : रोशनी खत्री

    ]]>
    10694 0 0 0
    एप्पललाई उछिन्दै एचपीले बनायो विश्वकै पातलो ल्यापटप http://localhost/ghum/%e0%a4%8f%e0%a4%aa%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%89%e0%a4%9b%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%8f%e0%a4%9a%e0%a4%aa%e0%a5%80%e0%a4%b2%e0%a5%87/ Fri, 08 Apr 2016 18:14:07 +0000 http://www.ghumphir.com.np/?p=10697 hp laptopएचपीले हालै विश्वकै सबैभन्दा पातलो ल्यापटप सार्वजनिक गरेको छ। स्पेक्टर १३ नाम दिइएको यो नयाँ ल्यापटपको मोटाइ मात्र १०.४ मिमि छ भने तौल करिब १ केजी छ। यो विश्वकै पातलो ल्यापटप मानिएको छ।
    यो म्याकबुक एअरभन्दा पातलो र हलुका छ भने र नयाँ म्याकबुक र लेनोभो योगा ९०० एसभन्दा अलि बढी तौलको भएको बताइएको छ। यसमा १३.३ इन्च, १०८० पीक्सेल डिस्प्लेका साथै इन्टेल कोर आइ ७ प्रोसेसर, ८ जीबी र्याम र करिब १० घण्टाको ब्याट्री ब्याकअप छ। यसको मूल्य एक हजार एक सय ७० डलर पर्ने बताइएको छ।
    ]]>
    10697 0 0 0
    नाटाले चीनमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%9f%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d/ Fri, 08 Apr 2016 18:30:46 +0000 http://www.ghumphir.com.np/?p=10700

    काठमाडौँ, २६ चैत । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा) ले नेपालको पर्यटन प्रवद्र्धनका लागि चीनका विभिन्न शहरमा विशेष कार्यक्रम गर्ने भएको छ । natta meetingनेपाल पर्यटन बोर्ड, नेपाली राजदूतावास र बेइजिङसँगको सहकार्यमा मित्र राष्ट्र चीनमा नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएको नाटाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

    यही १० अप्रिल २०१६ देखि एक सातासम्म चीनको राजधानी बेइजिङ र अन्य तीन सहरहरु हाङजाउ, साङ्घाइ तथा छन्दुमा बृहत प्रवद्र्धनात्मक कार्यक्रम गरिने जनाएको छ । भूकम्प र नाकाबन्दीलगायत कारण नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नाटाले आयोजना गर्न लागेको उक्त कार्यक्रमअन्तर्गत ‘बी टु बी’ र पत्रकार सम्मेलनलगायतका कार्यक्रम सञ्चालन गरिने छ ।

    सङ्क्रमणको चेपुवामा परेको पर्यटनले विस्तारै तङ्ग्रिदै गरेको अवस्थामा आयोजना गर्न लागिएको यो कार्यक्रमपछि साढे दुई लाख चिनियाँ पर्यटकको आगमन हुने प्रक्षेपण नाटाको छ । नाटाका अध्यक्ष मधुसुदन आचार्यले चिनियाँ पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न प्रवद्र्धनात्मक कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

    नेपालले विकसित मुलुकसँग प्रतिस्पर्धा गर्नुपरेकाले सम्भावनासँगसँगै चुनौती पनि रहेको उल्लेख गर्दै उहाँले प्राकृतिक तथा सांस्कृतिक महत्वका पर्यटकीय गन्तव्यको प्रवद्र्धन र पूर्वाधार विकासका लागि दूरदर्शी योजना निर्माण गर्नुपर्ने आवश्यकता औँलाउनुभयो ।

    एक करोड २० लाख चिनियाँ नगारिकले संसारका विभिन्न ठाउँ घुम्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै अध्यक्ष आचार्यले त्यसको केही हिस्सामात्रै नेपालमा आकर्षित गर्ने योजना बनाउन सकिए देशको पर्यटनले फड्को मार्ने बताउनुभयो ।

    चीनपछि आगामी जुनमा दक्षिण कोरिया र भारतमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको नाट्टाका उपाध्यक्ष सिएन पाण्डेले बताउनुभयो । उहाँले चीनको कार्यक्रमको अन्तिम तयारी भइरहेको र नेपाल सरकारबाट चिनियाँ पर्यटकको लागि घोषित भिसा निःशुल्कलगायत नयाँ प्याकेज बनाएर उक्त कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो ।

    नाटाका अनुसार चीनमा प्रारम्भिक तयारी गर्न पिआरलाई हायर गर्ने तथा कार्यक्रम आयोजनार्थ चारवटै सहरका उपयुक्त होटलको खर्चको व्यवस्था मिलाइदिने सहमति भइसकेको छ ।

    नाटाले यस कार्यक्रमको लागि नाटा कार्यकारी सदस्य शीतलकुमारी शर्मा पौडेलको संयोजकत्वमा छुट्टै समिति नै गठन गरेको छ । उक्त कार्यक्रमको लागि नाटाको तर्फबाट चार जनासहित २८ जना नेपाली पर्यटन व्यवसायी सहभागी हुनेछन् ।

    कार्यक्रम अप्रिल ११ मा बेइजिङको होलिडे इन्टरनेसनलमा नेपाल प्रवद्र्धन कार्यक्रम गरिनेछ । उक्त कार्यक्रमको लागि नेपाली राजदूतावासका राजदूत डा महेश मास्के, पर्यटनका लागि नाटाका सदभावना दूत चिनियाँ रङ्गकर्मी जिआन मिङ याङलगायतको सहभागिता रहने छ ।

    अप्रिल १४ को बेलुका हाङजाउको वेस्ट वेस्टर्न हाङजाउ होटलमा पुनः अर्को कार्यक्रम हुनेछ । त्यस्तै अप्रिल १५ मा चीनको औद्योगिक एवम् व्यावसायिक सहर साङ्घाइको ग्राण्ड होटलमा हुनेछ र अन्तिम कार्यक्रम अप्रिल १८ मा छन्दुको टियनफु सनसाइन होटलमा सम्पन्न हुनेछ ।

    यो वर्ष नाटाले आयोजना गरेको यो दोस्रो कार्यक्रम हो । नाटाले गत जनवरीमा स्पेनको म्याड्रिडमा फिटुर २०१६ सफलतापूर्वक सम्पन्न गरेको थियो ।

    ]]>
    10700 0 0 0
    एक करोड नक्कली भारुसहित छ जना पक्राउ http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%80-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a5%81%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%9b/ Sat, 09 Apr 2016 00:32:33 +0000 http://www.ghumphir.com.np/?p=10708

    काठमाडौँ । प्रहरीले नक्कली भारतीय रुपैयाँ पाँच सय दरका २० हजार थान नोट गरी भारु एक करोडसहित छ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय विशेष ब्युरोको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ समेतको संयुक्त टोलीले प्रहरीले ठमेल, बानेश्वर र बल्खुबाट गरी उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाकिस्तान कराँचीका महम्मद नदिम, बानेश्वर बस्ने मकवानपुर हरनामाडीकी ५५ वर्षीया उमादेवी पाण्डे, नोटको कारोबार गर्न काठमाडौँ आएका बारा सिमराका ५६ वर्षीय महादेव तिमिल्सिना, महोत्तरी माइस्थानका ४० वर्षीय दीलबहादुर थापा, पर्सा भौराटारका ५८ वर्षीय परमानन्द यादव र बारा गन्जभवानीपुरका इश्वरप्रसाद साह तेली रहेका छन् । उनीहरुमध्ये नदिमलाई ५० लाखसहित ठमेलबाट, तिमिल्सिनालाई ५० लाखसहित बानेश्वरबाट, पाण्डेलाई बानेश्वरबाट र थापालाई बल्खुबाट चैत २२ गते तथा यादव र तेलीलाई चैत २४ गते बल्खुबाट पक्राउ गरिएको हो । नदिमले कराँचीबाट दोहा हुँदै कतार एयरवेजबाट नक्कली भारतीय रुपैयाँ काठमाडौँ ल्याएको अनुसन्धानको क्रममा खुलेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक प्रतापसिंह थापाले जानकारी दिनुभयो । पाण्डेले नदिमसँग सामान बुझी वीरगन्जबाट आएका तिमिल्सिनालाई बुझाउने जिम्मेवारी लिएको तथा थापाले तिमिल्सिनासँग सामान बुझी भारततर्फ लैजाने उनीहरुको योजना रहेको प्रहरीले जनाएको छ । अभियुक्तमध्ये यादव र तेलीले बजार वितरण गर्ने जिम्मेवारी लिएको देखिएको छ । अनुसन्धानका क्रममा खुलेका अन्य संलग्न पाकिस्तानी, भारतीय र नेपाली नागरिक हाल फरार रहेकाले खोजी भइरहेको तथा यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    ]]>
    10708 0 0 0
    जनआन्दोलन दिवस बिर्सिएकामा नागरिक अगुवाको आपत्ति http://localhost/ghum/%e0%a4%9c%e0%a4%a8%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%b8-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a4%be/ Sat, 09 Apr 2016 00:34:14 +0000 http://www.ghumphir.com.np/?p=10710

    काठमाडौँ । विसं २०४६ चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको जनआन्दोलन दिवसलाई राजनीतिक दल र नेताले समेत बिर्सिँदै गएकामा नागरिक समाजका व्यक्तित्वले आपत्ति जनाएका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘२०४६ चैत २६, गणेशमान र संविधान कार्यान्वयनका चुनौती’ विषयक कार्यक्रमका वक्ताले यस्तो आपत्ति जनाएका हुन् । कार्यक्रममा नेपाली काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले संविधानमा संशोधन गर्ने विषय पहिल्यै समावेश गर्न सकेको भए कार्यान्वयनमा अहिले देखिएका चुनौती नआउने विश्वास व्यक्त गर्नुभयो । “संशोधन गर्ने विषय पहिल्यै समावेश गरौँ भनेर पटक पटक हामीले उठाएको मुद्दा कसैले सुनेन, यसैले अहिले समस्या आएको छ”–उहाँले भन्नुभयो । कानुनका ज्ञाता नीलाम्बर आचार्यले मुलुकमा राजनीतिक स्थिरताका लागि गणेशमान सिंह जस्ता स्वच्छ नेताको आवश्यक्ता खड्किएको बताउनुभयो । “जनआन्दोलनका बेला सर्वोच्च नेता सिंहले प्रतिष्पर्धी कम्युनिष्ट पार्टीलाई मिलेर आउनुस् भन्ने उदारता देखाउनुभयो”–उहाँले भन्नुभयो । काँग्रेस केन्द्रीय सदस्य एवम् प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले चैत २६, २०४६ को परिवर्तनपछि नै नेपाली समाज लोकतान्त्रिक बनेको बताउनुभयो । “यसरी पुनःस्थापित भएको लोकतान्त्रिक व्यवस्थालाई वर्तमान सरकारले उपहास गर्ने काम गरेको छ, राजा आउनुपर्छ भन्ने र सङ्घीयता हुनुहुँदैन भनी वकालत गर्नेहरु नै अहिले उपप्रधानमन्त्री छन्”–उहाँले भन्नुभयो । कार्यक्रममा सांसद रामहरि खतिवडा, पूर्वमन्त्री होमनाथ दाहाल, मानव अधिकारवादी प्रा कपिल श्रेष्ठ, डा जगदीशचन्द्र पोखरेल, डा रामदयाल राकेश, रमेश गौतम, सिन्धुनाथ प्याकुरेललगायत नागरिक अगुवाले संविधानको कार्यान्वयनका लागि स्थिर राजनीतिक वातावरण निर्माण गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

    ]]>
    10710 0 0 0
    सहसचिवसहित छ जनाविरुद्ध मुद्दा दायर http://localhost/ghum/%e0%a4%b8%e0%a4%b9%e0%a4%b8%e0%a4%9a%e0%a4%bf%e0%a4%b5%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%9b-%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7/ Sat, 09 Apr 2016 00:35:46 +0000 http://www.ghumphir.com.np/?p=10712

    काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपालमा भ्रष्टाचार गरेको भन्दै काठमाडौँ महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुखसहित छ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार कामपाका तत्कालीन कार्यकारी प्रमुख तथा हाल सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका सहचिव पूर्णभक्त तण्डुकार, तत्कालीन विभागीय प्रमुख शान्तराज पोखरेल, वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धर, प्रशासन महाशाखा प्रमुख अखतबहादुर साउद, क्षितिज इन्टरप्राइजेजका सञ्चालक नन्दराज पोखरेल तथा न्यु चौधरी टे«डर्सका सञ्चालक सुन्दरलाल चौधरीविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगकाअनुसार तत्कालीन कार्यकारी प्रमुख तण्डुकार, विभागीय प्रमुख पोखरेल, वित्त विभाग प्रमुख मानन्धर र प्रशासन महाशाखा प्रमुख साउदसँग जनही रु २४ लाख १० हजार २१४ बिगो दाबी गरिएको छ । यस्तै त्रिपालको ठेकेदार क्षितिज टे«ड इन्टरप्राइजेजका सञ्चालक पोखरेलसँग रु दुई लाख ९१ हजार ३२३ र न्यु चौधरी टे«डर्सका सञ्चालक सुन्दरलाल चौधरीसँग रु २१ लाख १८ हजार ८९० बिगो दाबी गरिएको आयोगले जनाएको छ । भूकम्पपछि मानवीय सहायता उपलब्ध गराउने र भूकम्पपीडितलाई अस्थायी आश्रम उपलब्ध गराउने सन्दर्भमा अनावश्यक लाभ लिने, पीडित व्यक्ति तथा परिवारमा परेको मानवीय सङ्कटको मौका उठाएर बढी मूल्य लिई त्रिपाल बिक्री वितरण गरेको उजुरीमाथि छानबिन गर्दा भ्रष्टाचार भएको ठहर भएको हो । प्रयोग गर्न अनुपयुक्त, कम गुणस्तर र साना आकारका प्लास्टिक त्रिपाललाई समेत परल मूल्यभन्दा अस्वाभाविक मूल्य राखी भुक्तानी गरेको, काठमाडौँ महानगरपालिकाका राष्ट्रसेवक कर्मचारी तथा आपूर्तिकर्ताले आफूलाई गैरकानुनी लाभ लिएको अनुसन्धानबाट पत्ता लागेको आयोगले जनाएको छ । आयोगले ओरापी सबैलाई हदैसम्मको कारबाहीको माग गरेको छ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले त्रिपाल घोटाला प्रकरणमा सहभागी सबैलाई कारबाही गर्न र सत्य तथ्य सार्वजनिक गर्न यसअघि नै निर्देशन दिएको थियो ।

    ]]>
    10712 0 0 0
    एमाले केन्द्रीय कमिटीको बैठक बस्दै http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a4%ae%e0%a4%bf%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a5%8b/ Sat, 09 Apr 2016 00:39:53 +0000 http://www.ghumphir.com.np/?p=10714 २७ चैत, काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरोको बैठक नसकिए पनि अाज पार्टीको पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।

    uml_flagएक वर्षको अन्तरालपछि केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठकको उद्घाटन भई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन वितरण गरेपछि पुनःपोलिटब्युरोको बैठकले निरन्तरता पाउने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले जानकारी दिए ।

    शुक्रबार साँझ बालुवाटरमा भएको पोलिटब्युरो बैठकमा केन्द्रीय कमिटी बैठक सार्न नेता डा विजय पौडेले प्रस्ताव गरेपनि त्यसलाई बैठकले स्वीकार गरेन । पोलिटब्युरोको बैठक यही चैत २३ गतेदेखि जारी छ ।

    बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयन, पार्टीको भवन निर्माण, विधान संशोधन, केन्द्रीय निकायका प्रतिवेदनलगायत कार्यसूची छन् । यसैबीच शनिबार नै एमालेले पञ्चायतकालमा मारिएका सहिद रत्नकुमार वान्तवाको स्मृति दिवस मनाउँदैछ ।

    ]]>
    10714 0 0 0
    निरीह बन्दै रामचन्द्र पौडेल http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%80%e0%a4%b9-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%9a%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%aa%e0%a5%8c/ Sat, 09 Apr 2016 00:52:26 +0000 http://www.ghumphir.com.np/?p=10717 paudel and dewaba २७ चैत, काठमाडौं । १३ औं महाधिवेशनबाट नेतृत्व सम्हालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिना नवित्दै झनै बलियो बनेका छन् । लामो समयसम्म पार्टी हाँकेको कोइराला परिवारका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गरी नेतृत्व आफ्नो हातमा लिन सफल देउवा संसदीय दलको कार्यसमिति निर्वाचनमा पुग्दा निकै बलिया देखिएका आजको राजधानी दैनिकमा समाचार छ । संसदीय दलको कार्यसमिति निर्वाचनमा त सभापति देउवा ८० प्रतिशतभन्दा माथि देखिएका छन् । शुक्रबार भएको संसदीय कार्यसमितको निर्वाचनमा २३ मध्ये १८ पदमा देउवा पक्षधर चारजनामा चित्त बुझाएर अत्यत्यै झीनो उपस्थिति देखाउन बाध्य भएको छ । महाधिवेशनमा ४२ प्रतिशतको हाराहारीमा मत प्राप्त गरेका पौडेलले दलको निर्वाचनसम्म पुग्दा आफ्नो हैसियत निकै तल खस्काउन पुगेका छन् ।]]> 10717 0 0 0 तीन महिनामा फोहरबाट बिजुली http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%bf%e0%a4%9c%e0%a5%81/ Sat, 09 Apr 2016 00:55:11 +0000 http://www.ghumphir.com.np/?p=10719

    काठमाडौँ, २७ चैत । आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाले फोहरबाट बिजुली निकाल्ने भएको छ । महानगरपालिकाका वातावरण विभाग प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमका अनुसार अहिले १४ किलोवाट बिजुली निकाल्न लागिएको हो । यो परीक्षण सफल भए काठमाडौँ उपत्यकाका अन्य स्थान र उपत्यकाबाहिर पनि यस योजनालाई विस्तार गरिनेछ । अहिले टेकु ट्रान्सफर स्टेसनमा सङ्कलित फोहरबाट बिजुली निकाल्न लागिएको र यसका लागि दैनिक ३०० टन जैविक फोहर आवश्यक पर्ने प्रमुख गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा दैनिक ४५० टन फोहर उत्पादन हुन्छ जसमध्ये ६३ प्रतिशत जैविक फोहर हुने गर्दछ । उपत्यकाको फोहरको व्यवस्थापन गर्ने सिलसिलामा बिजुली निकाल्न लागिएको हो । वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठका अनुसार उक्त कामका लागि युुरोपेली सङ्घ र काठमाडौँ महानगरले संयुक्त रुपमा करिब दुई करोड रुपैयाँ लगानी गर्ने छन् । उत्पादित बिजुली महानगरको कार्यालयमै प्रयोग गरिनेछ । बिजुली उत्पादनका लागि आवश्यक सबै सामग्री भने भारतबाट आयात गरिने बताइएको छ । निकट भविष्यमा टेकुमा सङ्कलित फोहरबाट दैनिक ९६ केजी ग्यास, ३०० केजी जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने योजना महानगरको छ ।

    ]]>
    10719 0 0 0
    भारतीय धारणा परिवर्तन भएकाे छैन http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%a3%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%a8-%e0%a4%ad%e0%a4%8f/ Sat, 09 Apr 2016 02:20:37 +0000 http://www.ghumphir.com.np/?p=10721 10721 0 0 0 ११वर्षपछि फर्किएको खुसी http://localhost/ghum/%e0%a5%a7%e0%a5%a7%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%ab%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%81%e0%a4%b8%e0%a5%80/ Sat, 09 Apr 2016 02:22:33 +0000 http://www.ghumphir.com.np/?p=10723 10723 0 0 0 भन्ने फ्री, लिने लाख http://localhost/ghum/%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b2%e0%a4%bf%e0%a4%a8%e0%a5%87-%e0%a4%b2%e0%a4%be%e0%a4%96/ Sat, 09 Apr 2016 02:23:41 +0000 http://www.ghumphir.com.np/?p=10725 २७ चैत, काठमाडौँ ।जतिखेर नेपाली कामदारका विषय उठ्छ, त्यतिखेर कतारी अधिकारीले सुरुमै आफ्नो स्ट्यान्ड लिइहाल्छन्, ‘कुनै पनि विदेशी कामदारले कतार आउनुपर्दा लागत खर्च तिर्नु पर्दैन।’ नेपालबाट आएका सरकारी तथा उच्च राजनीतिक नेतृत्वले कतारका प्रधानमन्त्री,परराष्ट्रमन्त्री, श्रममन्त्रीदेखि राष्ट्रिय मानवअधिकार आयोका अध्यक्षसम्म शिष्टाचार भेटघाट गर्दा नेपाल पक्षलाई अको कुरा भन्न उनीहरु छुटाउँदैनन्, ‘नेपाली कामदार ऋणको भारी बोकेर कतार नआऊन् भन्ने हामी चाहन्छौं ।’ आजको कान्तिपुरमा कतारबाट होम कार्की अगाडि लेख्छन्- दैनिक आफ्नो मुलुकबाट आएका कामदारको समस्यासँग जुधिरहेका नेपाली दूतावासका अधिकारीलाई कतारी निकायले अर्को प्रश्न गर्छन्, ‘नेपालबाट आउने कामदार किन पैसा तिरिरहेका छन्?’ त्यतिमात्र होइन, उनीहरु श्रम कानुन नै पल्टाउँदै देखाउँछन्, भिसा र टिकट खरिद गरेर आएको प्रमाण भेटेमा संलग्न व्यक्तिलाई कारबाही गर्ने कडा कानुनी व्यवस्था हामीसँग छ ।’ त्यसैमा जरिवाना र जेल सजाय पाउने वर्ष पनि जोडिइहाल्छन्। कतारमा आउने नगन्य मात्रै भाग्यमानी नेपाली छन् जसले म्यानपावरको सेवा शुल्क दश हजारदेखि २० हजार रूपैयाँ सम्म तिरेर आएका छन्। नेपालमा एक वर्ष अघि खाडीमा काम गर्न जाने कामदारलाई फ्री भिसा फ्री टिकटको व्यवस्था त गर्‍यो तर सम्बन्धीत निकायकै कमजोरीका कारणअ अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। ‘लाख रूपैयाँ तिरेर आउनु परेको छ १० हजारको बिल दिन्छ,’ झापाका रञ्जित बस्नेतले भने।]]> 10725 0 0 0 नियमित मदिरा सेवनले बाथ रोगको समस्या http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%ae%e0%a4%bf%e0%a4%a4-%e0%a4%ae%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%be%e0%a4%a5-%e0%a4%b0/ Sat, 09 Apr 2016 02:25:08 +0000 http://www.ghumphir.com.np/?p=10727 10727 0 0 0 मेनेजर कुटे सांसदका छोराले http://localhost/ghum/%e0%a4%ae%e0%a5%87%e0%a4%a8%e0%a5%87%e0%a4%9c%e0%a4%b0-%e0%a4%95%e0%a5%81%e0%a4%9f%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a4%95%e0%a4%be-%e0%a4%9b%e0%a5%8b%e0%a4%b0%e0%a4%be/ Sat, 09 Apr 2016 02:26:11 +0000 http://www.ghumphir.com.np/?p=10729 अन्नपूर्णमा समाचार छ । आशीष मोरङको निर्वाचन क्षेत्र नं ८ का एमालेका प्रत्यक्षतर्फका सभासदु चन्दूबहादुर गुरुङका छोरा हुन् । केराबारी २ मा रहेको खाजा घरमा खाना खाइरहेको अवस्थामा आक्रमण हुँदा श्रेष्ठको टाउको र दायाँ कन्चट फुटेको छ । उनको विराटनगरमा उपचार भइरहेको छ ।  ]]> 10729 0 0 0 एउटै ठाउँलाई जोड्ने पाँचवटा सडक आयोजना http://localhost/ghum/%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a5%88-%e0%a4%a0%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9c%e0%a5%8b%e0%a4%a1%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a/ Sat, 09 Apr 2016 02:28:30 +0000 http://www.ghumphir.com.np/?p=10731

    बाबियाचौर (म्याग्दी), २७ चैत । म्याग्दीको दरवाङदेखि छिमेकी जिल्ला बागलुङको लामेला तमान जोड्ने सडक निर्माणका लागि पाँचवटा आयोजना सञ्चालन भएका छन् । दलका नेताहरुको स्वार्थ, मुख्य सडकले आफ्नो बस्तीलाई समेट्नुपर्ने स्थानीय बासिन्दाको माग, पहिले खनेको सडक असफल हुनुजस्ता कारणले एउटै ठाउँसँग जोडिने फरक फरक नाम गरेका आयोजना सञ्चालन भएको हो । दरवाङदेखि सोले धुरी हँुदै लामेला तमान जोड्ने पाँचवटै सडक जिविसमार्फत सञ्चालन भएका हुन् । भौगोलिक विकटता र प्रतिकूल भू–बनोट रहेको ठाउँमा सडक निर्माण गर्न विनियोजन हुने बजेट विकेन्द्रित गरिँदा योजना अपूरो, उपयोगविहीन र प्राविधिक हिसाबले असफल बनेका हुन् । विसं २०६७ मा दरवाङदेखि फूलबारी ओखरबोट सोले डाँडा हँुदै लामेला तमान जोड्ने सडक निर्माण भएको थियो । त्यसपछि रुमको अदिभारा स्याउलुङ डाँडागाउँ हँुदै सोले जोड्ने लक्ष्यसहित अर्को योजना सञ्चालन भयो । सरकारी निकाय र स्थानीयवासीको ५० लाख रुपैयाँ खर्च भएको उक्त सडक प्राविधिक हिसाबले असफल भएपछि अहिले अलपत्र अवस्थामा छ । त्यो आयोजना असफल भएपछि २०७० सालदेखि अदिभारा बिलबाङ रुम हुँदै सोले जोड्ने अर्को सडक आयोजना सञ्चालन भइरहेको छ । त्यसैगरी ओखरबोट हुँदै रुमको ८ र ९ नम्बर वडामा पर्ने डाँडागाउँलाई सडक सञ्जालसँग जोड्न यस वर्ष जिविसमार्फत सात लाख ४० हजारको योजना कार्यान्वयन गर्ने तयारी भएको छ । त्यसैगरी, ओखरबोटको महभिर, चिउरीबोट, छापका बासिन्दाले पनि दरवाङ फूलबारी चिउरीबोट छाप सोले लामेला तमान सडक आयोजना सञ्चालन गरेका छन् । दुई जिल्ला जोड्ने सडक आयोजनालाई सरकारले बजेट विनियोजनका क्रममा प्राथमिकता दिने भएकाले सबै आयोजनाको पछाडि सोले लामेला तमान जोडिएको हो । यो वर्ष दरवाङ ओखरबोट सोले लामेला तमान सडक आयोजनाका लागि दुई जिल्ला जोड्ने सडक शीर्षकको २० लाख रुपैयाँ बजेटको उपभोक्ता समितिमार्फत काम गर्न सम्झौता भएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो । एउटै ठाउँलाई जोड्ने फरक फरक नाम गरेका आयोजना हुँदा कुन योजनालाई प्राथमिकता दिने भन्ने विषयमा विवाद र अन्योलता हुने गरेको छ । यसैगरी धेरै योजनामा छरिएर बजेट खर्च गरिँदा देखिने गरी उपलब्धि नहुने स्थानीय विकास अधिकारी पौडेल बताउनुहुन्छ ।

    ]]>
    10731 0 0 0
    ऐतिहासिक चैत्राष्टमी मेला हुँदै http://localhost/ghum/%e0%a4%90%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%9a%e0%a5%88%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%ae%e0%a5%80-%e0%a4%ae%e0%a5%87%e0%a4%b2/ Sat, 09 Apr 2016 02:30:09 +0000 http://www.ghumphir.com.np/?p=10733

    बागलुङ, २७ चैत । चैते दसैँको अवसरमा आगामी वैशाख १ देखि ४ गतेसम्म बागलुङमा चैत्राष्टमी मेला हुने भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको मुख्य आयोजनामा मेला हुन लागेको हो । आयोजकमा रामरेखा सामुदायिक वन उपभोक्ता समूह, जिविस बागलुङ, बागलुङ नगरपालिका लगायतका सङ्घसंस्था छन् । चार दिनसम्म चल्ने महोत्सव सफल पार्न गुठीका अध्यक्ष राजु खड्काको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । अध्यक्ष खड्काका अनुसार मेलामा कला, संस्कृति, खेलकुद र व्यापार प्रवद्र्धनका विविध कार्यक्रम राखिएका छन् । मेलामा राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, भलिबल, छेलो र घैँटो फोर प्रतियोगिता हुने अध्यक्ष खड्काले जानकारी दिनुभयो । स्थानीय उत्पादनको बिक्री तथा प्रदर्शन, मौलिक कला संस्कृतिको प्रस्तुति पनि मेलामा राखिने छ । मेलास्थलमा ‘रमाइलो बाल उद्यान’ पनि सञ्चालन गरिने भएको छ । दोहोरी प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै भलिबलमा विजेता तीन टोलीलाई क्रमशः एक लाख र कालिका कप, ५५ हजार र २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । ‘गन्तव्य बागलुङ कालिका ः कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित मेला हुन लागेको हो । मेलामा २० भन्दा बढी व्यापारिक ‘स्टल’ राखिनेछ । एक लाख बढी दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकको गरेको छ । “मेलाले बागलुङको पहिचान उजागर गर्छ, यो ऐतिहासिक मेला हो, यसले पर्यटन प्रवद्र्धनमा ठूलो महत्व राख्छ”, अध्यक्ष खड्काले भन्नुभयो । गुठी व्यवस्थापन समितिले विगत तीनवर्षदेखि मेला राख्दै आएको छ । चैत्राष्टमीका बेला विशेष पूजाआजा हुने भएकाले कालिका मन्दिरमा पनि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।

    ]]>
    10733 0 0 0
    सँयाै हेक्टर जमिन बगर बनेपछि http://localhost/ghum/%e0%a4%b8%e0%a4%81%e0%a4%af%e0%a4%be%e0%a5%88-%e0%a4%b9%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%9c%e0%a4%ae%e0%a4%bf%e0%a4%a8-%e0%a4%ac%e0%a4%97%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a5%87/ Sat, 09 Apr 2016 02:31:37 +0000 http://www.ghumphir.com.np/?p=10735

    नेपालगन्ज, २७ चैत । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको भारतीय भूमिमा अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले निर्माण गरेको तटबन्धले राप्ती नदीको पानीको प्राकृतिक बहाव रोकिँदा यस जिल्लाका सयौँ हेक्टर जमिन बगर बन्दै गएको छ । जिल्लाको पूर्व–दक्षिणको मटेहिया, सोनवर्षा र गङ्गापुरका स्थानीयवासीको करिब १० हजार बिघाभन्दा बढी जग्गा राप्ती नदीले कटान र बालुवा पटान गरेपछि त्यस गाउँका सयौँ किसान भूमिहीन भएका छन् । प्रत्येक वर्ष नदीको बाढीले आक्रान्त बनेका त्यहाँका जनता अहिले आप्mनो थातथलो छाडेर ज्यान जोगाउन गणपति सामुदायिक वनमा टहरा बनाएर बसेका छन् । “हाम्रो गाउँमा सबैजसोको खेती गर्ने जग्गा थियो तर सबै जग्गा बालुवाले पुरिएको छ, खेती हुने जग्गामा नदी बगिरहेको छ” – मटेहियाका तैयब खाँले दुखेसो पोखे । अहिले किसानको हातमा जग्गाको लालपुर्जा त छ तर जग्गा छैन । राप्ती नदीकै कटान र पटानका कारण होलिया गाउँका सयौँ जग्गाधनी भूमिहीन भइसकेका छन् । रघुनाथपुर, सिम्राना र छिटैपुरवाका जग्गाधनी भूमिहीन बनेका हुन् । कटानकै कारण ती गाउँका सबै बासिन्दा अहिले पूर्णरूपमा विस्थापित भइसकेका छन् । होलिया क्षेत्रको करिब दुई हजार बिघा जग्गा कटान र पटानमा परेको स्थानीयवासीको भनाइ छ । राप्ती नदीले कटान र पटान गरेको जग्गाको यकिन तथ्याङ्क सरकारी निकायसँग छैन । जनताको तटबन्ध कार्यक्रमका इन्जिनियर रमेश आचार्यले उत्तर फत्तेपुरदेखि दक्षिणतर्पm भारतले निर्माण गरेको लक्ष्मणपुर बाँधसम्म करिब २५ किलोमिटर र तीन किलोमिटर पूर्व–पश्चिम बीचमा पर्ने सबै खेतीयोग्य जग्गा बगरमा परिणत भइसकेको बताउनुभयो । दीर्घकालीनरूपमा नियन्त्रण गर्न नसक्ने हो भने यसले विकराल रूप लिनसक्ने उहाँको बुझाइ छ । कटान र डुबानमा पर्दै आएका पीडितले समस्या समाधानका लागि पटकपटक सरकारसँग हारगुहार गरे पनि अहिलेसम्म त्यसको सुनुवाइ हुन सकेको छैन ।

    ]]>
    10735 0 0 0
    पार्टी एकताको मुख्य बाधक वैद्य भएको बादलको आरोप http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80-%e0%a4%8f%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a4%be%e0%a4%a7%e0%a4%95/ Sat, 09 Apr 2016 02:35:37 +0000 http://www.ghumphir.com.np/?p=10737 अन्नपूर्णमा समाचार छ । चार वर्षअघि वैद्य पक्षका नेता कार्यकर्ताको राजधानीको बौद्धमा भएको राष्ट्रिय भेलाद्धारा एमाओवादीबाट अलग भएको क्रान्तिकारी माओवादी अहिले आएर आफूहरुको राजनीति स्वतः अन्त्य हुन लागेको निष्कर्षमा पुगको छ । पार्टी महासचिब थापाले आफनो समुहको राजनितिकि ‘क्रान्तिकारी न त संसदवादी ‘ भन्दै रमजनिति बचाउन पनि एमाओवादी संग एकताको बिकलप नभएको दाबी गरेका छन् ।]]> 10737 0 0 0 घुम्टेमा गुराँस उत्सव http://localhost/ghum/%e0%a4%98%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%81%e0%a4%b8-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5/ Sun, 10 Apr 2016 10:34:45 +0000 http://www.ghumphir.com.np/?p=10739

    वागलुङ, २८ चैत । नयाँ वर्ष २०७३ को अवसरमा यहाँ गुराँस उत्सव गर्न लागिएको छ । गलकोट पर्यटन विकास केन्द्रले उत्सव आयोजना गर्न लागेको हो । जिल्लाको पर्यटकीय लेक घुम्टेको प्रवद्र्धन र लालीगुराँस संरक्षणको लागि उत्सव गर्न लागिएको केन्द्रका सचिव राज थापाले बताउनुभयो । गुराँस फुल्ने समय पारेर तीन वर्षदेखि यहाँ गुराँस उत्सव आयोजना गरिँदै आएको छ । समुद्री सतहदेखि तीन हजार ५०० मिटरको उँचाइमा अवस्थित घुम्टे अहिले गुराँसले राताम्य भएको छ । गुराँस अवलोकनका लागि पर्यटक घुम्टे आउने क्रम सुरु भएको छ । यो वर्ष घुम्टे चढ्ने आधारक्षेत्र नजिक रहेको गाईघाटको झरनामा उत्सव केन्द्रीत गरिएको छ । अमरभूमि र हरिचौर गाविसको सिमानामापर्ने गाईघाट झरना नजिक पत्ता लागेको प्राकृतिक गुफाको उद्घाटन पनि सोही अवसरमा गर्न लागिएको छ । सो अवसरमा सोरठी, सालैजो, यानीमाया, घुम्टे साइला जस्ता मौलिक संस्कृति झल्कने गीत, नृत्य तथा झाँकीको प्रदर्शनी राखिने केन्द्रले जनाएको छ । घुम्टेको धुरीमा रहेका सिद्ध–भैरव मन्दिरमा पूजा गर्न भक्तजन पुग्ने गर्छन् । धार्मिक, साँस्कृतिक, जैविक र प्राकृतिक रुपमा घुम्टेक्षेत्र महत्वपूर्ण मानिन्छ । चैत वैशाखमा घना वनक्षेत्रमा विभिन्न थरिका गुराँस फुल्ने हुँदा स्थानीयले घुम्टेलाई ‘गुराँसको पहाड’को नामले सम्बोधन गर्ने गरेका छन् । केन्द्रले वैशाख १ गतेलाई राष्ट्रिय लालीगुराँस दिवसको रुपमा मनाउन समेत सरकारसँग आग्रह गरेको छ । पर्यटन मन्त्रालयको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा घुम्टेसम्म पुग्ने ६ किलोमिटर पदमार्ग समेत निर्माण गरिएको छ भने ‘पर्यटन गुरुयोजना’ बन्ने तयारीमा छ ।

    ]]>
    10739 0 0 0
    पेट्रोल पम्पद्वारा कालाबजारी http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%aa%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%ac/ Sun, 10 Apr 2016 10:38:39 +0000 http://www.ghumphir.com.np/?p=10741

    गाईघाट २८ चैत । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्र र सदरमुकाम गाईघाट क्षेत्रका अधिकांश पेट्रोल पम्पहरुनै इन्धन कालाबजारी गर्न थालेका छन् । एक पटकमा एक ट्याङ्कर इन्धन पम्पमा भित्र्याएपछि पम्प सञ्चालकले आधा ट्याङ्कर मात्र बिक्री गरेर बाँकी कालाबजारी गर्नेलाई महँगो मूल्यमा बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ । स्थानीय उपभोक्ता ध्रुव कार्की भन्नुहुन्छ, “पम्प सञ्चालकले आधा इन्धनमात्र उपभोक्तालाई बिक्री गर्छन्, बाँकी कालाबजारी गर्नेसँग मिलेर अन्यत्र बिक्री गर्ने गरेका छन् ।” उपभोक्ता कालाबजारी गर्नेसंँग सम्पर्क गरेर महँगो मूल्यमा इन्धन किन्न बाध्य हुनु परेको छ । “पेट्रोल प्रतिलिटर रु १३० र डिजेल रु १०० लिटरमा बिक्री गर्ने गरेका छन्” उपभोक्ता दिनेश श्रेष्ठले भन्नुभयो । इन्धन लिन जाँदा पम्प सञ्चालकले इन्धन सकियो भनेर उपभोक्तालाई रित्तै फर्काउने गरेका छन् । यसरी रित्तै फर्किएकाहरु महँगो मूल्यमा इन्धन किनेर प्रयोग गर्न बाध्य हुनुपरेको छ । स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट अनुगमन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने उपभोक्ताको माग छ ।

    ]]>
    10741 0 0 0
    बाघको आक्रमणबाट घाइते http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%98%e0%a4%be%e0%a4%87%e0%a4%a4%e0%a5%87/ Sun, 10 Apr 2016 10:40:02 +0000 http://www.ghumphir.com.np/?p=10743

    वीरगन्ज, २८ चैत । गाई चराउन जङ्गल पसेकी निर्मलबस्तीकी ममता स्याङ्बो बाघको आक्रमणमा परेर सख्त घाइते भएकी छन् । पर्सा निर्मलबस्ती–६ की १७ वर्षीया स्याङ्गबोलाई जङ्गलमा गाई चराउन पसेका बेला शनिबार साँझ बाघले आक्रमण गरेर सख्त घाइते बनाएको थियो । उनको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भइरहेको छ । आक्रमणबाट उनको खुट्टा र कम्मरमा गम्भीर घाउ लागेको अस्पतालले जनाएको छ ।

    ]]>
    10743 0 0 0
    जात्रामा एकको मृत्यु http://localhost/ghum/%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81/ Sun, 10 Apr 2016 10:42:00 +0000 http://www.ghumphir.com.np/?p=10745

    भक्तपुर २८ चैत । नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा शनिबार रातिदेखि सुरु भएको बिस्केट जात्रामा रथमा च्यापिएर घाइते भएका एक जनाको उपचारका क्रममा राति मृत्यु भएको छ । भक्तपुर नगरपालिकाका ४५ वर्षीय लक्ष्मीप्रसाद त्यातको वीर अस्पताल ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिनुभयो । त्यसैगरी मध्यरातिसम्म तौमढी(पाँचतले मन्दिर)बाट तल्लो र माथिल्लो भेगका बासिन्दाबीच ढुङ्गा हानाहान भएको थियो । अपराह्न ५ बजेर १५ मिनेटमा तौमढीबाट तल र माथिका बासिन्दाले भैरवको रथ तान्न सुरु गरेका थिए । रथ माथिल्लो भेगका बासिन्दाले गोल्मढीसम्म पु¥याएका थिए । विगतमा दत्तात्रयसम्म पु¥याइने रथ यस वर्ष भूकम्पले टेको लगाइएका घरहरु भत्किन सक्ने भन्दै प्रहरीले क्वाछेबाट माथि लैजान नदिन बार लगाए पनि स्थानीयवासीले बार हटाएर गोल्मढीसम्म पु¥याएका थिए । गोल्मढीबाट रथलाई तानेर पुनःतौमढी ल्याइएपछि नासमनातर्फ लैजाने कि गःहिटीमै राख्ने भन्ने विवाद भएपछि राति ९ बजेदेखि ढुङ्गा हानाहान भएको थियो । करिब एक घन्टाको झडपपछि तल्लो भेगका बासिन्दाले रथलाई नासमनातर्फ लगेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन लठ्ठी समेत प्रहार गरेको थियो । त्यसपछि भने प्रहरीमाथि समेत ढुङ्गा हान्न थालियो । ढुङ्गा हानाहानबाट आठ आठ प्रहरी र स्थानीयवासी घाइते भएकामा केहीलाई उपचारपछि घर पठाइएको र केहीको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले जात्रामा हुलदङ्गा गर्न खोज्ने चार जनालाई नियन्त्रणमा लिएको छ । बिस्केट जात्रा आगामी वैशाख ५ गते सम्पन्न हुनेछ ।

    ]]>
    10745 0 0 0
    पर्यटन प्रवद्र्धन गर्न कार ¥याली http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%95/ Sun, 10 Apr 2016 10:43:54 +0000 http://www.ghumphir.com.np/?p=10748

    car ralley dhangadiधनगढी, २८ चैत । आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन र सडक सुरक्षाका लागि जनचेतना जगाउन शनिबार कैलालीमा कार ¥याली गरिएको छ । धनगढीबाट चिसापानी (कर्णाली) सम्मको झन्डै १०३ किमीको दूरीमा भएको कार ¥यालीमा २३ वटा कार सहभागी रहेका थिए । कार ¥यालीको समापनका अवसरमा सहभागी कारका चालकलाई सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलगायतका विषयमा जानकारी दिइएको थियो । नेपाल अटोमोबाइल्स एसोसिएसन र नेपाल मोटर स्पोर्टस् क्लबको संयुक्त पहलमा कार ¥याली गरिएको हो । सुदूरपश्चिममा पहिलोपटक आयोजित कार ¥यालीले पर्यटन प्रवद्र्धन र सडक सुरक्षामा योगदान दिने विश्वास गरिएको आयोजक अटोमोबाइल्स एसोसिएसनका मधुसूधन सिग्देलले बताउनुभयो । कार ¥यालीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृतसमेत गरिएको थियो ।

    ]]>
    10748 0 0 0
    तिलौराकोटको माटो बोकेर पर्वतमा http://localhost/ghum/%e0%a4%a4%e0%a4%bf%e0%a4%b2%e0%a5%8c%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%9f%e0%a5%8b-%e0%a4%ac%e0%a5%8b%e0%a4%95%e0%a5%87%e0%a4%b0-%e0%a4%aa/ Sun, 10 Apr 2016 10:46:29 +0000 http://www.ghumphir.com.np/?p=10751

    फलेवास (पर्वत), २८ चैत । भगवान् गौतम बुद्धले २९ वर्ष बिताएको क्रीडास्थल, विश्व प्रसिद्ध ऐतिहासिक स्थल तिलौराकोटको माटो बोकेर कपिलवस्तुका पत्रकारहरु पर्वत आइपुगेका छन् । पर्यटन प्रवद्र्धनका लागि कपिलवस्तुदेखि हिमालपारिको जिल्ला मुस्ताङसम्मको यात्रामा निस्किएका पत्रकार शनिबार पर्वत आइपुगेका हुन् । भारतसँग सिमाना जोडिएको र पहाड, मधेस र तराईको वातावरण तथा हावापानी रहेको कपिलवस्तुको धार्मिक तथा पर्यटनको विकास र सम्भावनाको प्रचारप्रसार गर्ने उद्देश्यले जिल्लामा क्रियाशील पत्रकारहरुको समूह जिल्लाको भ्रमणमा निस्किएको हो । उनीहरु कपिलवस्तुदेखि रुपन्देही, बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै पर्वत आइपुगेका छन् । उनीहरुले भगवान् गौतम बुद्धले टेकेको पवित्र भूमि तिलौराकोटको माटो पर्वतलाई हस्तान्तरण गरे । उनीहरु तिलौराकोट उत्खनन गर्दा निस्किएको माटो बोकेर आएका थिए । आफ्नो जिल्लामा भएका पर्यटकीय सम्भावनाको प्रचारप्रसार गर्ने र अन्य जिल्लामा भइरहेका पर्यटन विकासका कामबारे जानकारी लिई आफ्नो जिल्लामा सुधार गर्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष वसन्त गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “तराई, पहाड र हिमाली जिल्लाको अवलोकन गर्नका लागि पत्रकारको टोली साताव्यापी भ्रमणमा निस्किएको हो ।” जिल्ला विकास समिति, कपिलवस्तुको सहयोगमा पर्यटन भ्रमणमा निस्किएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल कपिलवस्तुको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य पनि भ्रमणको रहेको छ । नेपाल पत्रकार महासङ्घ कपिलवस्तुको अगुवाइमा भएको उक्त भ्रमणमा जिल्लाका १८ जना पत्रकारको सहभागिता रहेको छ । शनिबार पर्वत आइपुगेको उक्त टोलीले उर्जाखोलाका रुपमा रहेको मोदीखोला, नेपालकै अग्लो झोलुङ्गे पुल, यान्त्रिक पुल, कालीगण्डकी नदी, सहस्रधारा, सदरमुकाम कुश्माबजारलगायतको अवलोकन तथा अन्तक्र्रिया गरेर मुस्ताङतर्फ लागेको हो । नेपाल पत्रकार महासङ्घ पर्वत र जिविसले आयोजना गरेको स्वागत तथा अन्तक्र्रियामा उनीहरुलाई पर्वतको समग्र वस्तुस्थिति र पर्यटनका बारेमा जानकारी गराइएको थियो । जिविसका पर्यटन फोकल पर्सन चन्द्रबहादुर क्षेत्री, सूचना अधिकृत तुलसीराम शर्माले जिल्लाको समग्र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै, कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेलले पनि जिल्लामा पर्यटनको क्षेत्रमा भइरहेका कामका बारेमा जानकारी गराउनुभयो । भ्रमण टोलीको तर्फबाट प्रेस युनियन कपिलवस्तुका अध्यक्ष गोपाल भण्डारीले कपिलवस्तुको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभयो ।

    ]]>
    10751 0 0 0
    बन्द पर्यटकीय मार्ग खुल्ला http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d/ Sun, 10 Apr 2016 10:48:13 +0000 http://www.ghumphir.com.np/?p=10754

    धुन्चे (रसुवा), २८ चैत । भूकम्पपछि आवागमन बन्द भएको स्याफ्रुबेँसी–रिमचे पर्यटकीय पदमार्ग खुल्ला भएको छ । स्याफ्रुबेँसी पुलदेखि वृद्विम र स्याफ्रु गाविसको झोलुङ्गे पुलसम्म लाङ्टाङ खोलाको किनारको बाटो मर्मत एवम् निर्माण गर्ने कार्य सम्पन्न भएपछि त्यस क्षेत्रबाट पैदल यात्रा सुरु भइसकेको बाटो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रिक्चेन तामाङले बताउनुभयो । सो बाटो मर्मत निर्माणका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती आयोजनामा कार्यरत हरियो वन कार्यक्रमले रु १० लाख सहयोग गरेको कोषाध्यक्ष तामाङले बताउनुभयो । खोला किनारको लाङ्टाङ पदमार्ग खुलेलगत्तै तिवारी, बन्बु, लामा होटेललगायतका क्षेत्रमा स्थगन गरिएका पर्यटकीय होटल खुल्ने क्रम अगाडि बढिरहेको लाङ्टाङ व्यवस्थापन पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा लामाले बताउनुभयो ।

    ]]>
    10754 0 0 0
    ९० रुपैयाँमा विद्यार्थीलाई डाटासहितको सिमकार्ड http://localhost/ghum/%e0%a5%af%e0%a5%a6-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%88%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a5%80%e0%a4%b2/ Sun, 10 Apr 2016 10:52:04 +0000 http://www.ghumphir.com.np/?p=10757

    काठमाडौँ, २८ चैत । नेपाल टेलिकमले यस वर्षको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीलाई सोमबारदेखि डाटासहितको सिमकार्ड बिक्री वितरण गर्ने भएको छ । सिमकार्ड खरिद गर्न विद्यार्थीले रु ९० भुक्तानी गर्नुपर्नेछ भने त्यसमा रु ५० बराबरको टक भ्याल्यु तथा ३०० एमबी डाटा निःशुल्क उपलब्ध हुनेछ । उक्त सिम सक्रिय गरिएको मितिदेखि ६ महिनासम्म प्रत्येक महिना ५० एमबी डाटा भोल्युमका दरले निःशुल्क प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । मोबाइल सेवामा युवा तथा विद्यार्थी वर्गको आकर्षण दिनानुदिन बढ्नुका साथै सो सेवामार्पmत इन्टरनेट सेवाको प्रयोगमा समेत वृद्धि भएकाले उनीहरुलाई लक्षित गरी सेवा उपलब्ध गराइएको हो । उक्त योजनाअन्तर्गत सिम कार्ड खरिद गर्ने विद्यार्थीले एसएलसी परीक्षाको प्रवेशपत्रको प्रतिलिपि, विद्यार्थी स्वयम् वा निजको अभिभावकको नागरिकताको प्रतिलिपि तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्रमध्ये कुनै एकको प्रतिलिपि पेस गर्नुपर्नेछ । उक्त योजना २०७३ साल असार मसान्तसम्म कायम रहने बताइएको छ ।

    ]]>
    10757 0 0 0
    व्यवसायका लागि २०७२ साल कालो वर्ष http://localhost/ghum/%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a5%a8%e0%a5%a6%e0%a5%ad%e0%a5%a8-%e0%a4%b8%e0%a4%be%e0%a4%b2-%e0%a4%95/ Sun, 10 Apr 2016 10:56:56 +0000 http://www.ghumphir.com.np/?p=10759

    नारायण अधिकारी चितवन, २८ चैत । विसं २०७२ लाई यहाँका उद्योगी–व्यवसायीले कालो वर्षका रुपमा लिएका छन् । नयाँ वर्षको शुभारम्भमै गएको भूकम्प र त्यसपछिको तराई बन्दसँगै भएको भारतीय नाकाबन्दीका कारण पूरै वर्ष उद्योगी–व्यवसायीका लागि निराशाजनक रह्यो । उद्योग अझै पूर्ववत् अवस्थामा चल्न सकेका छैनन् भने मानिसको क्रयशक्ति कमजोर हुँदा व्यापार खस्किएको छ । भूकम्प र नाकाबन्दीको हल्लाका कारण विदेशी पर्यटकले बुकिङ रद्द गरेपछि पर्यटन व्यवसाय धाराशायी भएको छ । दशवर्षे सशस्त्र द्वन्द्वमा भन्दा बढी नोक्सान २०७२ सालमा भएको उद्योगी–व्यवसायीको भनाइ छ । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराई यो क्षेत्रमा मात्रै यो वर्ष रु तीन अर्ब भन्दा बढी नोक्सान भएको बताउनुहुन्छ । आफूले व्यवसाय सुुरु गरेको २३ वर्षको अवधिमा यो वर्ष जति नोक्सान कहिल्यै नभएको उहाँको अनुभव छ । अबका दिन राम्रो भएमा यो नोक्सान पूर्ति गर्न अरू थप तीन वर्ष लाग्ने भट्टराई बताउनुहुन्छ । “यो वर्ष उद्योग–व्यवसायका लागि कालो वर्ष हो । वर्षभरि नै ह्याचरी र फार्म दुवै नोक्सानीमा छ, चल्न सक्ने अवस्थामा छैन,” उहाँले भन्नुभयो । उद्योग धराशायी हुँदा उद्योगी–व्यवसायीले बैंकको ऋण र किस्ता तिर्न सकेका छैनन् भने कामदार कर्मचारीलाई तलबभत्ता र कच्चापदार्थको अभावमा उद्योग चल्न सकेका छैनन् । जिल्लाको सौराहामा ३४ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष गिरिधारी चौधरीले आफ्नो जीवनमा पहिलो पटक यति ठूलो नोक्सान व्यहोर्नु परेको बताउनुभयो । चितवन पार्क कटेज चलाउँदै आउनुभएका चौधरीले जग्गा बिक्री र ऋण गरेर होटल विस्तार गरेको बताउनुहुँदै भन्नुभयो, “ऋणको किस्ता तिर्न नसकेर ६ महिना सार्नु प¥यो ।” सशस्त्र द्वन्द्वमा र भारतमा प्लेग रोग देखापर्दा पर्यटक आगमनमा कमी आएको भए पनि यो वर्षमा जस्तो कहिल्यै नभएको उहाँको अनुभव छ । पर्यटक नआएपछि होटल व्यवसायसँगै यससँगै आश्रित हुने धेरै व्यवसाय र व्यक्ति प्रभावित भएका छन् । भूकम्प र नाकाबन्दीका कारण अस्तव्यस्त बनेपछि सबैभन्दा बढी काम गर्नुपर्ने निर्माण क्षेत्र पनि सुस्ताएको छ । निर्माण व्यवसायी सङ्घका अध्यक्ष होमकुमार आचार्यले समग्र निर्माण क्षेत्रका लागि यो वर्ष कालो वर्ष भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “मजदुर बसेका छन्, उपकरण थन्किएका छन्, सरकारी बजेट आउन सकेको छैन, डिजाइन, ड्रोइङ गर्ने समय पनि रहँदैन, यसबाट प्रत्यक्ष रुपमा व्यवसायी प्रभावित हुन्छन् ।” बैंकको ऋण र किस्ता तिर्न र मजदुर पाल्न यो वर्ष निर्माण व्यवसायीले नसकेको आचार्य बताउनुहुन्छ । उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष मित्रराज दवाडी सशस्त्र द्वन्द्वका बेला सवारी आवगमन र बन्द–हडताल बढीमा सात दिन भएको र त्यतिबेला पनि अत्यावश्यक सामग्री ढुवानी नरोकिएकाले अहिलेको जस्तो जटिल अवस्था कहिल्यै नआएको बताउनुहुन्छ । छोटो बन्द र चन्दाको चपेटामा व्यवसायी त्यतिबेला भएको भन्दै उहाँले भन्नुभयो, “अहिले कसैले चन्दा पनि मागेन, उद्योग बन्द गर पनि भनेन्, तर आर्थिक चलायमान हुन नसक्दा समग्र अर्थतन्त्र प्रभावित भयो ।” उद्योगी व्यवसायीका लागि यो वर्ष अभिशाप भएको भन्दै उहाँले भन्नुभयो, “अझै पनि सरकारको उपस्थिति भएको आभास भएको छैन ।” सरकारले उद्योगीलाई आश्वस्त पार्न सके यो नोक्सान चाँडै पूर्ति हुने दवाडीको भनाइ छ । उद्योग सङ्घका जिल्ला अध्यक्ष भीमबहादुर पाण्डे कुनै पनि उद्योगी–व्यवसायीले बैंकको ऋण र किस्ता तिर्न नसकेको बताउनुहुन्छ । सबै उद्योग प्रभावित भएको भन्दै उहाँले सरकारका तर्फबाट समयमै सम्बोधन हुन नसके उद्योग पूर्ववत् अवस्थामा फर्किन नसक्ने बताउनुभयो । “कर्जा रकम थप गरिदिने, ब्याज र किस्ता तिर्ने समय बढाउनुपर्छ” उहाँको माग छ । उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजन गौतम भूकम्प र नाकाबन्दीबाट भएको प्रभावलाई मात्रै नहेरी यसबाट भएका सकारात्मक पक्ष केलाउँदै जानुपर्ने बताउनुहुन्छ । भूकम्पपछि दललाई एकजुट बनाएर नेपालमा संविधान जारी हुन सकेको र नाकाबन्दीले स्वदेशी उद्योगको महत्व र आत्मनिर्भरता हुनुपर्छ भन्ने दर्शाएकाले यी दुवैलाई चिर्दै आउँदो वर्ष नेपालीका लागि शुभ हुने उहाँ बताउनुहुन्छ । बैंक तथा वित्तीय संस्थाका लागि भूकम्प र नाकाबन्दीभन्दा चर्काे पेलान राष्ट्र बैंकको नयाँ नीतिले पारेको जिल्लाका निजी बैंक तथा वित्तीय संस्था समन्वय समितिका संयोजक दक्षप्रसाद श्रेष्ठ बताउनुहुन्छ । “यो वर्ष अब बैंक कसरी अगाडि जाने भन्ने छलफलमै बित्यो” उहाँले भन्नुभयो । राष्ट्र बैंकले चुक्ता पूँजी बढाउन निर्देशन गरेसँगै कसरी वृद्धि गर्ने भन्ने अन्योलमै बैंकको वर्ष बित्यो । निजी क्षेत्र मात्रै होइन सरकारी निकायमा राजस्व सङ्कलनमा पनि ठूलो नोक्सान यस वर्ष भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख टीकाराम भुसालका अनुसार चैत महिना सकिनै लाग्दा लक्ष्यको २४ प्रतिशत कम राजस्व सङ्कलन भएको छ । यस आवको असार मसान्तसम्ममा रु ११ अर्ब ७७ करोड राजस्व भरतपुरले उठाउने लक्ष्य राखेको थियो । अवस्था राम्रो भएको भए लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व सङ्कलन असार मसान्तसम्ममा हुने अनुमान गरिएको भए पनि १० देखि १५ प्रतिशतसम्म कम राजस्व उठ्ने अवस्था रहेको उहाँको भनाइ छ । करिब रु तीन अर्ब कम राजस्व सङ्कलन हुने अनुमान गरिएको छ ।

    ]]>
    10759 0 0 0
    मुस्ताङमा धार्मिक पर्यटकको चहलपहल http://localhost/ghum/%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95/ Mon, 11 Apr 2016 07:11:52 +0000 http://www.ghumphir.com.np/?p=10766

    मुस्ताङ, २९ चैत । जिल्लामा धार्मिक पर्यटकको चहलपहल बढेको छ । सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ र मार्फा क्षेत्रका होटलहरुमा अग्रिम ‘बुकिङ’ हुन थालेको छ । चैते दसैँ पर्वमा कागबेनीमा दिवङ्गत आफन्तको नाममा तर्पण दिन र स्नान गर्न देशभरबाट हिन्दू धर्मावलम्बी आएका कारण होटल भरिभराउ भएका छन् । अधिकांश धार्मिक पर्यटक बेनीहुँदै कागबेनी पुग्ने गरेका छन् । मुक्तिनाथहुँदै बग्ने कागनदी र दामोदरकुण्ड भएर बग्ने कालीगण्डकीको सङ्गमस्थल कागबेनीमा तर्पण दिए दिवङ्गत आफन्तको आत्माले शान्ति र मुक्ति पाउने जनविश्वासले १६ श्राद्ध र चैतेदसैँको याममा हजारौँ भक्तजन यहाँ आउने गरेका छन् । पछिल्लो दुई हप्तामा करिब आठ हजार धार्मिक पर्यटक कागबेनी पुगेको स्थानीय पुजारी हरिप्रसाद शर्माले जानकारी दिनुभयो । “छोटो अवधिमा धेरै भक्तजन आएका छन्” उहाँले भन्नुभयो । भक्तजनले फलफूल, लत्ताकपडा र भाँडाकुँडासमेत आफन्तको सम्झनामा दान गर्ने गरेका छन् । हवाई र स्थलमार्गहुँदै जिल्लामा धार्मिक पर्यटकको आवागमन बढेको पर्यटन व्यवसायी खगेन्द्र तुलाचन बताउनुहुन्छ । “अहिले साना तथा ठूला होटल खचाखच भरिएका छन्” उहाँले भन्नुभयो । लेतेदेखि मुक्तिनाथसम्म करिब १०० साना तथा ठूला होटल सञ्चालनमा छन् ।

    ]]>
    10766 0 0 0
    बस दुर्घटना हुँदा एकको मृत्यु, ५५ जना घाइते http://localhost/ghum/%e0%a4%ac%e0%a4%b8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%8f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83/ Mon, 11 Apr 2016 07:13:12 +0000 http://www.ghumphir.com.np/?p=10768

    गौशाला, २९ चैत । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । मृत्यु हुनेमा थर, वतन नखुलेको तर हातमा दीपेन्द्र एन्ड बाचिया ट्याटु लेखिएको, गोरो वर्णको अन्दाजी २५ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरका लागि आएको ना२ख८७५२ नम्बरको वीरेन्द्र बस सेवा लेखिएको बस आज बिहान ९ः३० बजे जलेश्वर नपा–१७ स्थित सिँचाइ कार्यालयको ढोका अगाडि सडकमै दुर्घटनाग्रस्त भएको थियो । सो बसमा ६० जना यात्रु सवार थिए । गम्भीर घाइने ११ जनालाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ भने १५ जनाको उपचार जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा भइरहेको छ । बाँकी सबै जनाको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ । त्यस्तै दीपेन्द्रको शव जलेश्वर अस्पतालमा राखिएको छ । दुर्घटनामा परी केही भारतीय पनि घाइते भएका छन् । तीव्र गतिमा रहेको बसले अर्को गाडीलाई बाटो दिन खोज्दा दुर्घटना भएको थियो ।

    ]]>
    10768 0 0 0
    थप सात आकासे पुल बनाइँदै http://localhost/ghum/%e0%a4%a5%e0%a4%aa-%e0%a4%b8%e0%a4%be%e0%a4%a4-%e0%a4%86%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a5%87-%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Mon, 11 Apr 2016 07:17:25 +0000 http://www.ghumphir.com.np/?p=10770

    काठमाडौँ, २९ चैत । काठमाडौँ महानगरपालिकाले यात्रुको बढी चाप हुने स्थानमा थप सात आकासे पुल निर्माण गर्ने भएको छ । महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार यात्रुको चापसँगै हुने गरेको दुर्घटना कम गर्न पुल निर्माण गर्न लागिएको हो । अहिले काठमाडौँका बानेश्वर, महाराजगन्ज, त्रिचन्द्र, चाबहिल, त्रिपुरेश्वर लगायत स्थानमा आकासे पुल बनाउने तयारी छ । त्यसमध्ये त्रिपुरेश्वरमा सडक विस्तारको काम भइरहेकाले केही समय लाग्ने देखिएको छ । “ट्राफिक व्यवस्थापन र यात्रुको सहजताका लागि महानगरले आफ्नै लगानीमा आकासे पुल बनाउन लागेको हो” – प्रमुख तामाङले भन्नुभयो । उहाँका अनुसार आकासे पुलको वरिपरि पसल राख्दा पैदल यात्रुलाई हिँड्न समस्या भएको गुनासो आइरहेकाले गर्दा अब निर्माण हुने पुलको वरवर भने कुनै पनि किसिमका पसल सञ्चालन गर्न पाइने छैन । नयाँ बन्ने पुलमा पसल राख्न नमिल्ने गरी डिजाइन गरिनेछ । शारीरिक अशक्तलाई त आकासे पुल नहुँदा सडक पार गर्न निकै कठिन पर्ने हँुदा अब बन्ने आकासे पुल अपाङ्गमैत्री हुने कामपाको भनाइ छ, जसमा शारीरिक रुपमा अक्षमले सहजै पुल उक्लन र ओर्लन सक्ने व्यवस्था हुनेछ । अहिले नयाँ पुल निर्माणका लागि डिजाइन तयार गर्ने काम सुरु भएको छ । ट्राफिक प्रहरी र महानगरीय प्रहरी परिसरको सुझावका आधारमा आकासे पुल निर्माण गर्ने ठाउँ तय भएको छ । सबै आकासे पुल तीन वर्षभित्र निर्माण गरिसक्ने महानगरपालिकाको योजना छ । यस्ता आकासे पुल निर्माणमा रु एक करोडभन्दा बढी खर्च हुने महानगरको अनुमान छ । अहिले प्रयोगमा रहेका भद्रकाली, सुन्धारा, जमल, वीर अस्पताल, भोटाहिटी, कलङ्की र नयाँ बसपार्कमा भएका आकासे पुलमा हुने आपराधिक क्रियाकलाप रोक्ने र रेलिङको उचाइ घटाएर पारदर्शी बनाइने पनि कामपाले जनाएको छ । आकासे पुल निर्माणका लागि सडक विभागसँग सहकार्य भइरहेको छ ।

    ]]>
    10770 0 0 0
    मधेसको समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन हुँदैन ः राणा http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%a8%e0%a4%ad%e0%a4%8f/ Mon, 11 Apr 2016 09:58:50 +0000 http://www.ghumphir.com.np/?p=10773

    चितवन, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले मधेसको समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने विचार व्यक्त गर्नुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले मधेस समस्या समाधान गर्न तत्काल वार्ता टोली बनाएर सरकार क्रियाशील हुनपर्नेमा जोड दिनुभयो । फरक प्रसङ्गमा उहाँले भन्नुभयो–“नाकाबन्दीपछि पनि कालोबजारी रोक्न नसक्नु सरकारको कमजोरी हो । ” नेता राणाले १९९० सालको भूकम्पले अहिलेको भन्दा बढी क्षति गरे पनि छ महिनामा पुनःनिर्माणको काम धेरै अघि बढेको तर अहिले एक वर्ष पुग्दा समेत काम अगाडि नबढेकााम असन्तुष्टि व्यक्त गर्नुभयो । राप्रपा र राप्रपा नेपालको एकीकरणका सन्दर्भमा उहाँले एक साताभित्र प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो ।

    ]]>
    10773 0 0 0
    कृषिमा आत्मनिर्भर बन्न १८५ विशेष क्षेत्रको प्रस्ताव http://localhost/ghum/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%a4%e0%a5%8d%e0%a4%ae%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ad%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a5%a7/ Mon, 11 Apr 2016 10:01:06 +0000 http://www.ghumphir.com.np/?p=10776

    रमेश लम्साल काठमाडौँ, २९ चैत । कृषि विकास मन्त्रालयले सातवटै प्रदेशमा कृषि क्षेत्रको विकासका लागि १८५ वटा विशेष क्षेत्र (सुपर जोन) स्थापना गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७३÷७४ को कार्यक्रम प्रस्ताव गरेको छ । व्यवस्थापिका–संसद््, कृषि तथा जलस्रोत समितिको आजको बैठकमा कृषि विकासमन्त्री हरिबोल गजुरेलले धान, मकै, तरकारी, माछा, मसला तथा नगदे बालीलाई व्यावसायिक तथा अत्याधुनिक प्रविधिमार्फत अगाडि बढाउने गरी कार्यक्रम प्रस्ताव गरिएको जानकारी गराउनुभयो । कार्यक्रमअनुसार धान उत्पादनका लागि विशेष गरी १५ जिल्ला, मकै ४२ जिल्ला, माछा २० जिल्ला, आलु बीउ १४ जिल्ला र मसलाका लागि १४ जिल्ला विशेष गरी प्रस्ताव गरिएको छ । आगामी दुई वर्षभित्र कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिँदै मन्त्री गजुरेलले जग्गा बाझो राख्ने प्रवृत्तिको अन्त्यका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याउने बताउनुभयो । विशेषगरी तराईलाई कृषि उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गरी सबै प्रकारको सेवा तथा सुविधा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको छ । रासायनिक मल, सिँचाइ सुविधा, कृषि औजार तथा कृषि अनुदानको कार्यक्रम पनि नयाँ आर्थिक वर्षको कार्यक्रममा समावेश गरिनेछ । ती सबै कार्यक्रम सञ्चालन गर्न कम्तीमा रु ४० अर्ब बढीको बजेट व्यवस्था हुनुपर्नेमा मन्त्रालयको जोड छ । सातै प्रदेशमा कृषि पकेट क्षेत्र मन्त्रालयले सातवटै प्रदेशमा विशेष पकेट क्षेत्र अवधारणाअनुसार नै कृषि उत्पादन बढाउने लक्ष्य राखिएको छ । कार्यक्रमअनुसार प्रदेश नं १ का १४ जिल्लामा अलैँची, तरकारी, धान, मकै, अदुवा, आलु, बेसार, सुन्तला, अम्रिसो बालीलाई पकेट क्षेत्र नै घोषणा गरेर कार्यान्वयन गरिनेछ । प्रदेश नं २ का आठ जिल्लामा धान, माछा, आँप, दलहन, तरकारी, गहुँलाई पकेट क्षेत्र घोषणा गरी योजनाबद्ध रुपमा अगाडि बढाउने लक्ष्य राखिएको छ । यस्तै प्रदेश नं ३ का १३ जिल्लामा जुनार, अलैँची, प्राङ्गारिक तरकारी, खाद्यान्न बाली बीउ, रेन्बो ट्राउट, च्याउ, सुन्तला, केरा, अदुवा, बेसार, किबीलाई प्राथमिकता दिइनेछ । कृषि विकास मन्त्रालयको कार्यक्रमअनुसार प्रदेश नं ४ का ११ जिल्लामा सुन्तला, अलैँची, सुन्तला, स्याउ, मकै, धान, फापर र माछालाई विशेष प्राथमिकतामा राखी पकेट क्षेत्र घोषणा गरिनेछ । यस्तै प्रदेश नं ५ का १२ जिल्लामा अदुवा, बेसार, सुन्तला, कफी, माछा, धान, मकै, अनार, अकबरेको पकेट क्षेत्र घोषणा गरिने कार्यक्रममा समावेश छ । यसैगरी प्रदेश नं ६ का १० जिल्लामा स्याउ, ओखर, कर्णाली सिमी, मकै बीउ उत्पादन, अनार, मौरी, सुन्तला, धान मकै बीउ उत्पादनलाई प्राथमिकता दिइनेछ भने प्रदेश नं ७ का नौ जिल्लामा आलु, स्याउ, जैतुन, मकै, दलहन, तरकारी बीउ, भटमास, माछा उत्पादनलाई विशेष ध्यान दिन लागिएको छ । कृषि विकास मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्कीका अनुसार उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न रासायनिक मलको सुनिश्चितता लागि दुई लाख ७० हजार मेट्रिकटन, सात हजार प्राङ्गारिक मल र नौ हजार मेट्रिकटन उन्नत बीउ अनुदानमा वितरण गरिनेछ । फलफूल रोपण वर्ष घोषणा हुने सरकारले आर्थिक वर्ष २०७४÷७५ लाई फलफूल रोपण वर्षका रुपमा घोषणा गरी अभियानकै रुपमा फलफूल क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षलाई फलफूल नर्सरी स्थापना तथा बेर्ना उत्पादन वर्षका रुपमा मनाइनेछ । विभिन्न फलफूलका ५० वटा थप नर्सरी स्थापना गर्ने, जैतुनको क्षेत्रफल विस्तारका लागि निजी, सहकारीलाई संलग्न गराई चारवटा जैतुन नर्सरी स्थापना गर्ने, दुईवटा जैतुन प्रशोधन उद्योग स्थापना गर्ने, गुणस्तरीय केराको बिरुवा उत्पादन गर्ने, आलु उत्पादनमा आत्मनिर्भरताका लागि पाँच वटा अत्याधुनिक बीउ उत्पादन केन्द्र र दलहनबालीको उत्पादकत्व वृद्धि गर्न १० जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै तराईका २० जिल्लामा कृषक, कृषक समूह, सहकारी, निजी क्षेत्रबाट मत्स्यपालन गर्न चाहनेलाई सरकारले पोखरी निर्माणमा अनुदान दिनेछ । सो कार्यक्रमअनुसार थप दश हजार हेक्टरमा माछापालन गरिनेछ । रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, कास्की र कर्णालीमा अभियानका रुपमा रेन्बो ट्राउट उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ । स्यालो ट्युबेलमा जोड सरकारले तराईका विभिन्न जिल्लामा बाह्रै महिना खेती गर्न सहज गराउने लक्ष्यसहित एक हजार स्यालो ट्युबेल जडान गर्ने भएको छ । सिँचाइ मन्त्रालयसँग मिलेर सौर्य सिँचाइ, सतह सिँचाइ, लिफ्ट सिँचाइ कार्यक्रम सञ्चालन गरिने, मध्य पहाडका नदी तथा खोलाका खोँच तथा किनारमा रहेका कृषि भूमिका सौर्य ऊर्जा पम्प गरी ३०० वटा सिँचाइ प्रणाली, पहाडी भूभागमा आकासे पानी सङ्कलन गर्न ठूला तथा साना प्लास्टिक पोखरी गरी पाँच हजार वटा पोखरी र एक हजार ५०० वटा साना सिँचाइका आयोजना सञ्चालन गर्ने मन्त्रालयको कार्यक्रम छ । विद्यार्थीलाई कृषिमा लगाउन समितिको निर्देशन कृषि तथा जलस्रोत समितिले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्तीमा ६ महिना अनिवार्य रुपमा प्रशिक्षार्थीका रुपमा पठाउने नीतिगत व्यवस्था गर्न कृषि विकास मन्त्रालय र शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षामा अनिवार्य रुपमा प्रशिक्षार्थीका रुपमा काम गर्नुपर्ने व्यवस्था भए जस्तै कृषिमा पनि सोही व्यवस्था गर्न सकिए प्रभावकारी हुने भन्दै अनिवार्य रुपमा प्रशिक्षार्थीका रुपमा काम गराउनुपर्नेमा समितिले निर्देशन दिएको सभापति गगन थापाले जानकारी दिनुभयो ।

    ]]>
    10776 0 0 0
    ‘पुनः निर्माणमा असहयोग गर्ने गाविससचिवलाई कारबाही गरिन्छ’ http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b8%e0%a4%b9%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%97/ Mon, 11 Apr 2016 10:02:58 +0000 http://www.ghumphir.com.np/?p=10778

    गोरखा, २९ चैत । शान्ति तथा पुनःनिर्माण मन्त्री तथा पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष एकनाथ ढकालले पुनः निर्माण कार्यमा असहयोग गर्ने गाविस सचिवलाई कारबाही गर्नेे बताउनुभएको छ । त्रिपाल मुनि रहेका जनतालाई नयाँ घर बनाउन रोक्ने सरकारी कर्मचारीलाई कारबाही गरिने उहाँले बताउनुभयो । समितिको आजको पहिलो बैठकमा बोल्दै उहाँले भन्नुभयो, “जनता पालुमुनि छन्, सचिवले आन्दोलन गर्न मिल्दैन, पुनः निर्माणमा असहयोग गर्ने, हेलचेक्र्याइँ गर्ने र अल्छी गर्ने सरकारी कर्मचारीलाई कारबाही गर्छौं ।” समितिको बैठकमा सांसदहरु चीनकाजी श्रेष्ठ, कमला पन्त, हितराज पाण्डे, कृष्ण धिताल, छमबहादुर गुरुङ, प्रजिअ नारायणप्रसाद भट्ट, स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्य र पुनः निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाका प्रमुख गुणराज भट्टराईलगायतले बर्खाअघि नै भूकम्पपीडितले घर बनाउन सक्नेगरी अनुदान रकम वितरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    ]]>
    10778 0 0 0
    अमेरिकामा नेपाली उत्पादन प्रदर्शनी http://localhost/ghum/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8/ Mon, 11 Apr 2016 10:03:55 +0000 http://www.ghumphir.com.np/?p=10780

    काठमाडौँँ, २९ चैत । नेपालमा उत्पादित वस्तुको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रवद्र्धन गर्न अमेरिकामा आउँदो सेप्टेम्बर ३० देखि अक्टुवर २ तारिखसम्म ‘नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ । उक्त व्यापार मेला ‘वल्र्ड बिजनस म्यानेजमेन्ट एन्ड कन्सल्टेन्ट’ले आयोजना गर्न लागेको हो । नेपालको पर्यटन प्रवद्र्धनका साथै, पश्मिना, हयाण्डी क्राफ्टसहित नेपालमा उत्पादित अन्य विभिन्न वस्तुको अन्तर्राष्ट्रिय स्तरमा व्यापार प्रवद्र्धन गर्न न्यूर्योकस्थित म्यानहटनमा मेला आयोजना गर्न लागेको उक्त कन्सल्टेन्टका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले जानकारी दिनुभयो । उक्त व्यापार मेलामा करिब ४०० व्यापार कक्ष रहने बताइएको छ ।

    ]]>
    10780 0 0 0
    नौ करोडमा होटल सञ्चालन http://localhost/ghum/%e0%a4%a8%e0%a5%8c-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8/ Mon, 11 Apr 2016 10:06:40 +0000 http://www.ghumphir.com.np/?p=10782

    फलेवास (पर्वत), २९ चैत । सदरमुकाम कुश्माबजारमा रु नौ करोडको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी विषयमकुमार श्रेष्ठले रु छ करोडको जग्गा र रु तीन करोडको लागतमा सुविधा सम्पन्न होटल बेन्जु सञ्चालनमा ल्याएका हुन् । सुविधा सम्पन्न होटल नहुँदा धौलागिरि क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न नसकेको अवस्थालाई मध्यनजर गर्दै उहाँले होटल सञ्चालनमा ल्याउनुभएको हो । होटलका एसी जडित कोठाका लागि रु एक हजार ५०० र अन्य कोठाका लागि रु एक हजार भाडा तोकिएको छ । धौलागिरि अञ्चलमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ होटल सञ्चालनमा ल्याएको श्रेष्ठको भनाइ छ । विगतमा पर्वत, बागलुङ र म्याग्दी जिल्लामा आएका पर्यटक सुविधा सम्पन्न होटल नभएकै कारण पोखरा फर्कनुपर्ने अवस्था थियो । सदरमुकाम कुश्माबजार नजिकै रहेका मोदीखोला र कालीगण्डकी नदीको माथि निर्माण भएका झोलुङ्गे पुल, कालीगण्डकी माथि बन्न लागेको बन्जीजम्पसहितको पुल, यान्त्रिक पुल, कुश्माको गुप्तेश्वर र कटुवाचौपारीको अलपेश्वर गुफा, पवित्र मोदीबेनी धाम, दुर्लुङकोट, ज्ञादीको पाटेश्वरी मन्दिरका साथै पञ्चासे, डहरे देउराली, अन्धाअन्धी, सहस्रधाराका साथै पवित्र कालीगण्डकी नदीको दर्शन एवम् प्रवद्र्धनका लागि प्याकेज कार्यक्रम नै सञ्चालन गरिने श्रेष्ठ बताउनुुहुन्छ । उक्त होटलबाट भएको मुनाफाको १० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्ने उहाँको भनाइ छ ।

    ]]>
    10782 0 0 0
    बुलेट दुर्घटनामा चालकको मृत्यु http://localhost/ghum/%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%9f-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%95%e0%a5%8b/ Tue, 12 Apr 2016 13:24:35 +0000 http://www.ghumphir.com.np/?p=10786

    नवलपरासी, ३० चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा आज भएको ग्यास बुलेट दुर्घटनामा एक भारतीयको मृत्यु भएको छ । दाउन्ने ओरालोमा ग्यास बुलेट दुर्घटना हुँदा बुलेट चालक भारत बिहारका २३ वर्षीय नगेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ज २२ ४१ नम्बरको विङ्र जिप र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एचआर५५एम ८८६७ नम्बरको भारतीय बुलेट एक आपसमा ठक्कर खादाँ सो दुर्घटना भएको थियो ।

    ]]>
    10786 0 0 0
    ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु http://localhost/ghum/%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%a0%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a5%88%e0%a4%a6%e0%a4%b2%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d/ Tue, 12 Apr 2016 13:25:47 +0000 http://www.ghumphir.com.np/?p=10788

    हेटौँडा, ३० चैत । काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ना ४ ख २९७२ नं को ट्रकले हेटौँडा–नारायणगढ सडक खण्डमा बसपार्क नजिकै एक पैदलयात्रुलाई आज अपराह्न ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला गाविस–६ बस्ने ५३ वर्षीय सानुकान्छा थिङ लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालक पर्सा जिल्ला बेलुवा–७ का २४ वर्षीय वीरेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नियन्त्रण कक्षले जनाएको छ ।

    ]]>
    10788 0 0 0
    इन्भेष्टमेन्टको सेयर बाँडफाँड http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%ad%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%ae%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%a4%81/ Tue, 12 Apr 2016 13:27:24 +0000 http://www.ghumphir.com.np/?p=10790

    काठमाडौँ, ३० चैत । नेपाल इन्भेष्टमेन्ट बैंकले साना लगानीकर्तालाई न्यूनतम दश कित्ता सेयर प्रदान गरेको छ । बैंकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर एफपिओ सेयरमा लगानीकर्तालाई माग गरिएको सङ्ख्याको ३२।५ प्रतिशत र ठूला लगानीकर्तालाई ८।५ प्रतिशतका दरले बाँडफाँड गरिएको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु आठ अर्ब चुक्ता पुँजी पु¥याउन गरेको निर्देशनअनुसार बैंकले साधारण लगानीकर्तालाई एफपिओमार्फत लगानी गर्न आग्रह गरेको थियो । बैंककाअनुसार दश र २० कित्ता माग गर्नेलाई गोला प्रथाबाट १० कित्ता सेयर प्रदान गरेको छ भने ३० देखि ८० कित्ता आवेदन गर्नेलाई ३२।५ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको छ । त्यस्तै ९० देखि १८० सम्म आवेदन गर्नेलाई पनि १० कित्ता र १९० देखि दुई लाख कित्तासम्म आवेदन गर्नेलाई पनि ८।५ प्रतिशतका दरले मात्रै सेयर बाँडफाँड गरिएको छ । एफपिओमा एक लाख ६१ हजार १२० जनाले आवेदन दिएका थिए । त्यसमा ५६ हजार ५४२ जनाले भने रु ५० हजार भन्दा बढी रकमको सेयर माग गरेका थिए । अधिकतम दुई लाख कित्ता सेयर माग गर्ने २४ आवेदकलाई भने १७ हजार ३२ कित्ता सेयर प्रदान गरिएको छ । आवेदन परेको ४६औँं दिनमा सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नागरिक लगानी कोषका निर्देशक रामकृष्ण पोखरेलले जानकारी दिनुभयो ।

    ]]>
    10790 0 0 0
    ढोरपाटनमा नाउरको गणना गरिने http://localhost/ghum/%e0%a4%a2%e0%a5%8b%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%9f%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a4%a3%e0%a4%a8%e0%a4%be-%e0%a4%97%e0%a4%b0/ Tue, 12 Apr 2016 13:29:14 +0000 http://www.ghumphir.com.np/?p=10792

    बागलुङ, ३० चैत । ढोरपाटन सिकार आरक्षमा यो वर्ष नाउरको सङ्ख्या गणना गरिने भएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आरक्षभित्र रहेका नाउरको गणना आगामी जेठभित्र हुनेछ । कार्यालयले प्रत्येक पाँच वर्षको अन्तरालमा नाउरको सङ्ख्या गणना गर्ने गरेको छ । स्थानीय जनताको सहयोगमा कार्यालयका कर्मचारी खटाएर नाउरको गणना गरिने कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । ‘यो वर्ष नाउर गणना नगरे अर्को वर्षदेखि सिकारका लागि अनुमति रोकिन्छ, जेठभित्र जसरी पनि गणना गर्नुपर्ने अवस्था छ’ – अधिकृत बरालले भन्नुभयो । पाँच वर्ष अघि गरिएको गणनामा एक हजार १५५ नाउर भेटिएका थिए । दश वर्षअघिको गणनामा ७ सय ५५ नाउर फेला परेको कार्यालयको आँकडामा छ । आरक्षका ‘सिनियर गेम स्काउट’ तुलसीराम सुवेदीले ढोरपाटनमा नाउरको सङ्ख्या बढ्दै गएको बताउनुभयो । हिउँ पर्ने याम र वर्षामा गणना गर्न नसकिने हुँदा जेठभित्रै जसरी पनि गणना गरिसक्नुपर्ने उहाँको भनाइ छ । गणनापछि भेटिएका नाउरको सङ्ख्याका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सिकारका लागि ‘कोटा’ निर्धारण गर्ने गरेको छ । कार्यालयदेखि पाँच÷सात दिनमा पुुगिने ठाउँसम्म आरक्ष क्षेत्र फैलिएको गणना कार्य कठिन छ । आरक्षमा वर्षेनी २६ नाउरको सिकार खुल्ला गर्ने गरिएको छ । असोज–मङ्सीरको पहिलो याममा १३ र फागुन–वैशाखको दोस्रो याममा १३ नाउरको सिकार ‘कोटा’ छुट्टाउने गरिएको छ । नाउरसँगै दुवै याममा ६÷६ गरी १२ झारलको सिकार अनुमति दिइने गरिएको छ ।

    ]]>
    10792 0 0 0
    तीन पर्व एकैसाथ http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%8f%e0%a4%95%e0%a5%88%e0%a4%b8%e0%a4%be%e0%a4%a5/ Tue, 12 Apr 2016 13:31:03 +0000 http://www.ghumphir.com.np/?p=10794

    गोपालप्रसाद बराल बर्दिवास, ३० चैत । महोत्तरी सहितका मिथिला क्षेत्रमा अहिले एकसाथ धेरै पर्व मनाइँदैछ । नयाँ वर्ष (वैशाख सङ्क्रान्ति)सँगै मनाइने जुडशीतल, चैती छठ र रामनवमी पर्व सँगसँगै परेपछि मिथिला क्षेत्रमा तीन वटै पर्व मनाइने तयारी हुँदैछ । सौरमासको गणनाले मनाइने जुडशीतल र चान्द्रमासको गणनाले मनाइने चैती छठ एक साथ बिहीबार सम्पन्न गरिने छ । जुडशीतल र छठ सकिएको भोलिपल्टै रामनवमी पर्व परेको छ । यस पक्षको अष्टमी तिथि टुटेकाले पर्वहरु लगातार परेका हुन् । यी पर्वका सामग्री र तयारी फरक फरक भए पनि परम्परागत रुपले मनाउँदै आइएकाले एकसाथ तीन वटै पर्वको तयारीमा लाग्नुपरेको महोत्तरी जिल्ला, भङ्गाहा–३ का रामेश्वर ठाकुरले बताउनुभयो । मिथिलामा बडादसैं (शारदीय नवरात्र), फागु (होली), रामनवमी र जुडशीतल पर्वमा कुलदेवता पूजा गर्ने परम्परा छ । कुलदेवताको पूजा गरिने मुख्य पर्वमध्येकै जुडशीतलसँगै यस पालि चैती छठ र रामनवमी पर्व पनि सँगसँगै परेको बर्दिवास–३ का बासिन्दा पण्डित दिनेशकुमार झाले बताउनुभयो । मिथिलामा सोमबार सुरु भएको चैती छठ र मिथिला परम्पराको जुडशीतल (नयाँ वर्षको भोलिपल्ट मनाइने) बिहीबार परेको छ । त्यसैगरी रामनवमी पर्व एक दिनपछि शुक्रबार परेकाले यस क्षेत्रमा एकसाथ तीन पर्वको तयारी गर्नुपरेको झाले प्रस्ट्याउनुभयो । मिथिलामा जुडशीतल पर्वमा कुल देवताको पूजा गरेर करी–बरी (बदामको पिठो डल्ला बनाएर तेलमा तारेर बनाइने परिकार बरीलाई दही मथेर पकाइएको करी (कढी )मा मिसाइएको खाद्य परिकार), बदामको सातु, सर्वत र तरुवा (तरुल, लौका, आलु, भन्टा, कोबीको तेलमा तारिएको परिकार) चढाएर इष्टजनसँगै खाने परम्परा छ । यता चैत शुक्ल चौथीका दिन नुहाएर चोखोनितो गरेपछि सो विधि सुरु भएको चैती छठमा शारदीय छठ (कात्तिकमा मनाइने छठ) जस्तै ठकुवा, भुसुवा (कसार), फलपूmल लगायत पूजा सामग्री तयार गरिन्छ । रामनवमी पर्व वासन्ती नवरात्रको अन्तिम दिन(दसैँविशेष)का रुपमा मनाइने मैथिल परम्परा छ । यस पटक चैती छठको नहाइ–खाइ विधि सोमबार सकेका व्रतीले आज राति सखरमा पकाइएको खीर मात्र खाएर खरना (राति एक छाक गरिने विधि)विधि सम्पन्न गर्नेछन् । छठी निराहार व्रत गरिने ‘सझुका अरख ‘नयाँ वर्षकै दिन बुधबार र व्रत समापन गरिने ‘भोरका अरख” जुडशीतल पर्वकै दिन बिहीबार परेको व्रतीले बताएका छन् । मिथिलामा अहिले तीन वटा मुख्य पर्व एकसाथ परेपछि मैथिल–मिथिलानी तीन वटै पर्वको सर्जाम जुटाउन व्यस्त छन् ।

    ]]>
    10794 0 0 0
    पर्यटन प्रवद्र्धनका लागि मोटरसाइकल यात्रा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97-9/ Tue, 12 Apr 2016 13:38:58 +0000 http://www.ghumphir.com.np/?p=10796

    काठमाडौँ, ३० चैत । नयाँ वर्षको अवसर पारेर पर्यटन प्रर्वद्धनका लागि रोयल इन्फिल्ड कम्पनीले आठौँ मोटरसाइकल यात्रा (पोको रन) आयोजना गरेको छ । सो मोटरसाइकल यात्राको आज बिहान उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले यस्तो प्रकारको यात्राले विभिन्न देशका युवाबीच भ्रातृत्व विकास हुनाका साथै पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । यात्रामा नेपाल, भारत, पाकिस्तान लगायत आधा दर्जनभन्दा बढी देशका २७० मोटरसाइकल चालक सहभागी छन् । यात्रा काठमाडौँको टँुडिखेल, रत्नपार्क, जमल, त्रिचन्द्र क्याम्पस, भद्रकाली, त्रिपुरेश्वर, टेकु, कलङ्की हुँदै पोखराको पूmलबारी होटलमा पुगेर समापन हुनेछ ।

    ]]>
    10796 0 0 0
    सेल्फीको मज्जा http://localhost/ghum/%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%ab%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%9c%e0%a5%8d%e0%a4%9c%e0%a4%be/ Tue, 12 Apr 2016 13:40:41 +0000 http://www.ghumphir.com.np/?p=10799 10799 0 0 0 पर्यटन प्रर्वद्धनका लागि http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf/ Tue, 12 Apr 2016 13:42:03 +0000 http://www.ghumphir.com.np/?p=10802 10802 0 0 0 ट्रहोटो पर्व http://localhost/ghum/%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5/ Tue, 12 Apr 2016 13:44:04 +0000 http://www.ghumphir.com.np/?p=10805 10805 0 0 0 परम्परागत भेषभूषामा http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a4%a4-%e0%a4%ad%e0%a5%87%e0%a4%b7%e0%a4%ad%e0%a5%82%e0%a4%b7%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Tue, 12 Apr 2016 13:46:06 +0000 http://www.ghumphir.com.np/?p=10808 10808 0 0 0 वैशाख २ गते पाँच जिल्लालाई बिदा http://localhost/ghum/%e0%a4%b5%e0%a5%88%e0%a4%b6%e0%a4%be%e0%a4%96-%e0%a5%a8-%e0%a4%97%e0%a4%a4%e0%a5%87-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%be/ Tue, 12 Apr 2016 16:07:37 +0000 http://www.ghumphir.com.np/?p=10813

    काठमाडौँ, ३० चैत । सरकारले सिरुवा पावनी पर्वका अवसरमा तराईका पाँच जिल्लामा आगामी वैशाख २ गते बिदा दिने भएको छ । स्थानीयरुपमा त्यस्तो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । नेपाल राजपत्र खण्ड ६५ सङ्ख्या ५१ भाग ५ २०७२ चैत १८ मा प्रकाशित २०७३ सालको बिदासम्बन्धी सूचनाको सिनं. २ को (त)मा सिरुवा पावनी पर्वका दिने उल्लेख छ ।

    ]]>
    10813 0 0 0
    जिरी आसपासको क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गयो http://localhost/ghum/%e0%a4%9c%e0%a4%bf%e0%a4%b0%e0%a5%80-%e0%a4%86%e0%a4%b8%e0%a4%aa%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88/ Tue, 12 Apr 2016 16:10:27 +0000 http://www.ghumphir.com.np/?p=10815

    काठमाडौँ, ३० चैत । आज राति ८ बजेर २६ मिनेट जाँदा दोलखाको जिरी आसपासको क्षेत्रलाई केन्द्र बनाएर ४.४ रिक्टर स्केलको परकम्प भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । ‘गोरखा भूकम्प’पछि आजसम्म ४४५ वटा परकम्प भएको छ ।

    ]]>
    10815 0 0 0
    ५५ हात लामो लिङ्गो http://localhost/ghum/%e0%a5%ab%e0%a5%ab-%e0%a4%b9%e0%a4%be%e0%a4%a4-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a5%8b-%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8b/ Tue, 12 Apr 2016 16:14:01 +0000 http://www.ghumphir.com.np/?p=10817 10817 0 0 0 सुन्धारामा आगलागी http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%80/ Tue, 12 Apr 2016 16:17:15 +0000 http://www.ghumphir.com.np/?p=10820 ago३० चैत, काठमाडौं ।राजधानीको सुन्धारास्थित श्रीफुल दोहरी साँझमा आगलागी भएको छ। जेनेरेटर पड्केर आगलागि भएको प्रारम्भीक अनुमान गरिएको छ।दमकलसहित घटनास्थलमा सुरक्षाकर्मी पुगेको छ। आगो निभाउने प्रयास भैरहेको छ।]]> 10820 0 0 0 नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाईने http://localhost/ghum/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%ac%e0%a4%b8%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Tue, 12 Apr 2016 16:46:00 +0000 http://www.ghumphir.com.np/?p=10823 ३० चैत, काठमाडौं ।
    नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीयले नयाँ बसपार्कलाई नयाँ ढाँचामा बदल्न लागेको छ। बसपार्कभित्रै होटल तथा मलको सुबिधाका साथ निःशुल्क रुपमा नर्सिङ काउन्सलिङ स्टेशन समेत स्थापना गर्न लागिएको ल्होत्से बहुउद्देश्यीयका अध्यक्ष दिपक कुँवरले जानकारी दिएका छन्।
     busparkगत फागुन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बसपार्कको स्तरोन्नति गर्नको लागि थप गर्न लागिएका संरचना  निर्माणको उद्घाटन गरेका थिए। अहिले नयाँ बसपार्कमा बन्न लागेको ल्होत्से मलको निर्माण कार्य अघि बढाइएको छ।
    तर  निर्माण गर्न लागिएको नयाँ भवनको नक्सा पास भने अहिलेसम्म हुन सकेको छैन। कम्पनीका अनुसार नक्सा पास गर्न दिएको छ महिना बित्न लाग्दा सम्म पनि महानगरपालिकाले नयाँ भवनको नक्सा स्वीकृत गरिदिएको छैन।
    नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि काठमाडौंं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच गत साउन २५ गते एक सम्झौता भएको थियो। त्यसै बमोजिम ल्होत्सेले नयाँ संरचनाको नक्सा तयार गरी महानगरपालिकालाई बुझाइसकेको छ।
    कात्तिक महिनाबाट निर्माण कार्य थालनी गर्ने भने पनि नाकाबन्दीका कारण कम्पनीले फागुनमा मात्रै निर्माणको काम सुरु गरेको छ।  नयाँ संरचना निर्माण गरी यसको स्तरोन्नति गर्नको लागि काठमाडौं महानगरपालिकाले ल्होत्सेलाई चार वर्षको समय दिएको छ। तर ल्होत्सेले भने तीन वर्षमै यसको निर्माण सम्पन्न गर्ने योजना बनाएको कुँवर  बताउँछन्।
    अध्यक्ष कुँवरले भने ‘चार वर्षको समयावधि रहेको भएपनि हामीले तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने योजना बनाएका छौँ।’ अहिले नयाँ बसपार्कमा रहेका टहरालाई भत्काई नयाँ सपिङ कम्प्लेक्स बनाउन लागिएको छ।  जहाँ फिल्म हल, प्ले स्टेशन, फुड कोर्ट, कफी सप, ब्याकेंट हल र विभिन्न पसलहरु  रहनेछन्।
    साथै नयाँ बसपार्कमा लकर र सावर रुमहरुको समेत निर्माण गरिने भएको छ। काठमाडौंमा बाहिर जिल्लाबाट आएकाहरुले एक दिनको लागि पनि अहिले गेष्ट हाउसका कोठा भाडामा लिनुपर्ने बाध्यता छ।
    तर त्यो बाध्यता हटाउने भन्दै सावर र लकरहरुको व्यवस्था गर्न लागेको  कुँवरले जानकारी दिएका छन्। लकरको ब्यवस्था भएपछि बिहान काठमाडौं आएको मानिस लकरमा सामान राखेर दिनभर आफ्नो काममा जान सक्छ। दिउँसो काम सम्पन्न गरी बेलुका घर फर्कन चाहनेहरुका लागि यो धेरै नै फाइदाजनक हुने कँुवरको भनाई छ।
     कुँवरका अनुसार सामान राख्नको लागि ठूला र साना लकरहरुको निर्माण गरिनेछ भने  उक्त लकर प्रयोग गरे बापतको शुल्क अत्यन्तै न्युन राखिने छ। कहाँको बस कति बेला छुट्छ भन्ने जानकारी दिनको लागि ल्होत्सेले विभिन्न स्थानमा स्क्रिन समेत राख्ने भएको छ। साथै वेटिङ लाउन्जको निर्माण गरी इन्फरमेशन डेस्कबाट विभिन्न सूचना प्रदान गर्ने ल्होत्सेको योजना छ।
    अब नयाँ बसपार्कको कम्पाउण्डमा सुविधा सम्पन्न होटलहरु समेत बन्न लागेका  छन्।  सुुरक्षा सयंन्त्र बलियो बनाउन  भने नयाँ बसपार्कको सवै स्थानमा सिसिटिभी जडान गर्न लागिएको छ । साथै  प्रहरी पोस्टको लागि समेत  ल्होत्सेले नयाँ भवन निर्माण गर्न लागेको छ।
    नयाँ बसपार्कमा  शुरक्षा प्रदान गर्न महानगरपालिकाको नगर प्रहरी, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको पोष्टको लागि छुट्टै भवन निर्माण गर्न  लागिएको कुँवरले जानकारी दिए।
    सुरक्षा सयंन्त्रको उपस्थिति सँगै नयाँ बसपार्कमा हुने ठगी तथा गेष्ट हाउसका प्रतिनिधीले यात्रुलाई तानातान गर्ने प्रबृतिको समेत अन्त्य गरिने कुवँर बताउँछन्।
    त्यस्तै अब पेट्रोल पम्प र रिपेरिङ तथा सर्भिसिङ सेन्टर ल्होत्से आफैले कम्पाउण्ड भित्र सञ्चालन गर्ने भएको छ। ल्होत्सेले नयाँ बसपार्कको व्यवस्थापन गर्न पाउने जिम्मा ३० वर्षको हुनेछ। ३० वर्षपछि ल्होत्सेले नयाँ बसपार्कमा निर्माण गरेको सवै भौतिक संरचना महानगरपालिकाको हुनेछ।
    ४० वर्षको लागि व्यवस्थापनको जिम्मा पाएको ल्होत्सेले अहिले नयाँ बसपार्कमा विभिन्न भौतिक संरचना भत्काउने तथा नयाँ संरचना थप्न लागेको  हो। ल्होत्से बहुउद्देश्यीय प्रालीले २०५६ सालदेखि नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा पाएको  छ।
    ]]>
    10823 0 0 0
    हिमालय एयरलाइन्सले गर्यो पहिलो व्यावसायिक उडान http://localhost/ghum/%e0%a4%b9%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Tue, 12 Apr 2016 16:48:16 +0000 http://www.ghumphir.com.np/?p=10826 ३० चैत, काठमाडौं ।नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्स कोलम्बो, श्रीलंकामा सीधा उडान भरेर आज आफ्नो पहिलो व्यावसायिक उडान सुरु गरेको छ। नववर्ष २०७३ लाई मध्यनजर गरेर उक्त उडान सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
     HIMLAYAN AIRLINESएअरलाइन्सका अनुसार उक्त उडानको यात्रुका लागि आकर्षक दोहोरो भाडादर उपलव्ध गराएको थियो। यस उडानको बिजनेश र इकोनोमी क्लासको लागि क्रमश ५५ हजार र ३५ हजार रुपैयाँ दई तर्फी भाडा तोकिएको थियो।नेपाल र श्रीलंकाबीच पर्यटन प्रवर्धन र जनस्तरमा सम्बन्ध विकास विस्तार गर्न यस्ता उडानले मद्दत गर्ने कम्पनीको विश्वास छ।
    यात्रु बोकेर कोलम्बोको लागि उडेको नयाँ एयरबस 320-214  त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट आजबिहान उडेको थियो ।
    उडानसेवा संचालन समारोह कार्यक्रमको उद्घाटन नेपालका लागि चीनका राजदुत वू चुनताई, श्रीलंकाका राजदुत डब्लु एम सेनेभिराथ्ना तथा तिब्बत एयरलाइन्सका अध्यक्ष चेंग यिरुले संयुक्त रुपमा गरेका थिए।
    व्यवसायिक उडानबारे कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने, ‘हामीले हाम्रा यात्रुहरुले कोलोम्बोमा नयाँ वर्षको पूर्वसन्ध्या उत्कृष्ट रुपले मनाउन पाऊन् भन्ने उद्देश्यका साथ यो प्रोमोस्नल अफर प्रस्ताव गरेका हौँ। यसमा हामी अत्यन्त खुसी छौँ।’
    ]]>
    10826 0 0 0
    उज्यालोको मुलुक अँध्यारोमै http://localhost/ghum/%e0%a4%89%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%81%e0%a4%95-%e0%a4%85%e0%a4%81%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8b/ Wed, 13 Apr 2016 01:28:14 +0000 http://www.ghumphir.com.np/?p=10829 १ वैशाख, काठमाडौं । २०७० साल फागुन १४ गते ऊर्जामन्त्रीमा नियुक्त हुने बित्तिकै राधा ज्ञवालीले नेपालीलाई आश्वासन दिइन् ‘तीन वर्षभित्र मुलुक लोडसेडिङमुक्त हुनेछ।’ १९ महिने कार्यकालको उत्तराद्र्धतिर आइपुग्दा उनले भनिन्,‘मलाई काम गर्न दिइएन।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
    सुशील कोइरालापछि प्रधानमन्त्री बनेका केपी ओलीले तत्काल घोषणा गरे ‘एक वर्षमा लोडसेडिङ अन्त्य हुनेछ।’ ओलीको यो भनाईलाई आंशिक साथ दिँदै उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भने,‘प्रधानमन्त्रीज्यूले नै एक वर्षभित्रमा भनिसक्नु भएको छ, मैले पनि भन्नै पर्यो। होइन भने पद छाड्नुपर्यो।’
    गत कात्तिकमा गठन भएको ओल सरकारले ६ महिना बिताउँदा भन्न थालेको छ,‘एक वर्षभित्र महसुुस हुने गरी, अर्को बर्ष २०७१ भित्र पूर्ण रुपमा लोडसेडिङ अन्त्य हुनेछ।’प्रधानमन्त्री र ऊर्जामन्त्रीले दिएको भाषणभन्दा मुलुकको ऊर्जा क्षेत्रको अवस्था कहालीलाग्दो छ।
    ऊर्जा मन्त्रालयका  एक अधिकारीका अनुसार देश भित्रका र नेपाल-भारत अन्तर्देशीय प्रसारण लाइनमा गर्नैपर्ने सुदृढीकरण्ण नभए २०७३ सालमा पनि लोडसेडिङअहिल्का् दैनिक ११ घन्टा भन्दा बढी हुनेछ।
    ]]>
    10829 0 0 0
    ओलाङचुङगोला नाका खोल्न दबाब http://localhost/ghum/%e0%a4%93%e0%a4%b2%e0%a4%be%e0%a4%99%e0%a4%9a%e0%a5%81%e0%a4%99%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a4%a6/ Wed, 13 Apr 2016 01:30:03 +0000 http://www.ghumphir.com.np/?p=10831 १ वैशाख, काठमाडौं । पूर्वाञ्चलका बासिन्दाले तिब्बत जोड्ने ताप्लेजुङस्थित ओलाङचुङगोला  नाका सञ्चालन गर्न दबाब अभियान सुरु गरेका छन्।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
    सरकारले यो नाकाको महत्व नबुझेको भन्दै सुरु गरिएको पूर्वाञ्चलबासीको प्रचार तथा दबाब अभियानलाई कलाकारदेखि सांसदसम्मले साथ दिएका छन्।
    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ओलाङचुङगोला नाका खुलाउने विषयलाई पनि एजेन्डामा पार्न स्थानीयले सरकारको ध्यानाकर्ष गराएका थिए।
    आफूहरुको माग सुनुवाइ नर्भको भन्दै ओलाङचुङगोलाका बासिन्दाले नाकाको महत्वलाई प्रचार गर्न भन्दै पहिलो चरणमा भारतसँग नाका जोडिएको झापाको केचनाकवलदेखि चीनसँग् नाका जोडिएको ताप्लेजुङको ओलाङचुङगोलास्थित टिपतला भञ्ज्याङसम्को पदयात्रा सम्पन्न गरेका छन्।
    ]]>
    10831 0 0 0
    सार्क सम्मेलनका नाममा भ्रष्टाचार http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%a8%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%8d/ Wed, 13 Apr 2016 01:31:55 +0000 http://www.ghumphir.com.np/?p=10833 १ वैशाख, काठमाडौं । काठमाडौंमा आयोजित दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को १८ औँ शिखर सम्मेलनका लागि सुरक्षासामग्री खरिदमा सरकारका प्रमुख तीन सुरक्षा निकायले आर्थिक अनियमितत गरेको पाइएको छ। नागरिक दैनिकमा समाचार छ।
    डेढ वर्षअघि सम्पन्न सम्मेलन सुरक्षा जिम्मेवारी पाएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले करोडौं रुपैयाँ अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
    सम्मेलनका लागि खरिद गरिएको भनिएका कतिपय सामग्री सरोकारवाला निकायले सम्मेलन सम्पन्न भएको एक वर्षपछि मात्र प्राप्त गरेको र केहीले अझै ती सामग्री नबुझेको पनि कार्यालयले सोमबार जारी गरेको ५३ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ।
    सार्क सम्मेलन लक्षित सामग्री हालसम्म प्राप्त नगर्दा पनि यी निकायले सम्झौता रद्द गरेका छैनन्।  तत्कालीन मन्त्रिपरिषद बैठकले सार्क सम्मेलन तयारीका लागि २०७१ कात्तिक २५ भित्र आवश्यक सामग्री आपूर्ति गरिसक्नु पर्ने निर्णय गरेको थियो।
    २०७१ असार २० को मन्त्रिपरिषद निर्णयअनुसार त्यही वर्षको मंसिर १०–११ सम्म चलेको सम्मेलनका लागि १० वटा मन्त्रालयले २ अर्ब ५ करोड २१ दाख रुपैयाँ खर्च गरेका थिए।
     नेपाली सेनाले सम्मेलनकै लागि सिंगापुरको एक कम्पनीसँग १ करोड ४४ लाख ६५ हजार मूल्यका उपकरण खरिद गर्न सम्झौता गरेको थियो।
    ]]>
    10833 0 0 0
    कहाँ हराए ४ हजार डाक्टर? http://localhost/ghum/%e0%a4%95%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%8f-%e0%a5%aa-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0/ Wed, 13 Apr 2016 01:33:55 +0000 http://www.ghumphir.com.np/?p=10835 १ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले एक वर्ष एक महिना लगाएर तयार परोको चिकित्सकहरुको तथ्यांकमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका झन्डै ४ हजार चिकित्सक हराएको पाइएको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।
    संघले गहिरो अध्ययन अनुसन्धान गरी तयार पारेको चिकित्सक खोज तथ्यांक नयाँ वर्षको उपलक्ष्यमा मोबाई एपका नामले सार्वजनिक गरिएको छ।
    नेपाल मेडिकल काउन्सिलको तथ्यांकमा १७ हजार ३ सय २१ जना चिकित्सक दर्ता देखिएको छ भने नेपाल चिकित्सक संघको अनुसन्धानमा १३ हजार ५ सय १० जना डाक्टर फेला परेका छन्।
    संघले सोही तथ्यांकसहित डाक्टरको विस्तृत विवरण समेटिएको एप सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो।
    उक्त एप डाक्टर, स्वास्थ्यकर्मी, सर्वसाधारण नागरिक तथा नीति मिर्मातालगायतलाई सहयोगी हुने तथ्यांक संकलन र एप तयार पार्नमा महत्वपूर्ण भूमिका खेल्ने डा. सुवास प्याकुरेलले जानकारी दिए।
    ]]>
    10835 0 0 0
    चीनले दिएको इन्डक्सन चुलो एक थान मात्र बिक्यो http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%a8-%e0%a4%9a%e0%a5%81%e0%a4%b2/ Wed, 13 Apr 2016 01:37:57 +0000 http://www.ghumphir.com.np/?p=10837 १ वैशाख, काठमाडौं । भारतीय नाकाबन्दीका बेला चीन सरकारले उपलव्ध गराएको इन्डक्सन चुलो एक थान मात्र बिक्री भएको छ। नागरिक दैनिकमा समाचार छ।
     चीनले नेपाललाई केरुङ नाका हुँदै चार महिना अघि १३ सय थान र साढे तीन महिना अघि हवाई मार्ग हुँदै १० हजार थान इन्डक्सन चुलो उपलव्ध गराएको थियो। भारतीय नाकाबन्दीले इन्धन अभाव भएपछि सर्वसाधारणको चुलो बल्न छाडेको बेला चीन सरकारले उपलव्ध गराएको इन्डक्सनमध्ये १३ सय थान नेशनल ट्रेडिङका अधिकारी गत मंसिर २७ गते केरुङ नाका पुगेर बुझेका थिए। गत पुस १४ गते पुन: चीनले हवार्इ मार्गबाट १० हजार थान चुलो पठाएको थियो। दोस्रोपटक पठाएको चुलो जिम्मा लिने निकाय नहुँदा त्रिभुवन विमास्थलमा अलपत्र छन्।
    बिक्रीको जिम्मा लिएको नेसनल ट्रेडिङका पदाधिकारीले चुलो बिक्री गर्न सक्दो प्रयास गरे पनि कुनै उपलब्धि हात नलागको बताए।  नाकाबन्दीको सुरुवाती चरणमा बजारमा इन्डक्सनको चर्को माग भएपनि चिनियाँ चुलो बिक्री नहुनुमा महंगो मूल्य कायम गरिनुलार्इ लिइएको छ।
    नेशसनल ट्रेडिङका महापेरवन्धक सत्यनारायण मेहताले मूल्य निर्धारण समितिले निकै बढी मूल्य तोकेका कारण बिक्री नभएको बताए।
    मूल्य निर्धारण समितिले चिनियाँ इन्डक्सनको प्रतिथान मूल्य ११ हजार नौ सय ९६ रुपैयाँ मूल्य तोकेको थियो । चुलो भने अहिलेसम्म एक थान मात्र विकेको छ ।
    ]]>
    10837 0 0 0
    कालीगण्डकीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%a8%e0%a4%be%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87/ Wed, 13 Apr 2016 08:45:59 +0000 http://www.ghumphir.com.np/?p=10841

    फलेवास (पर्वत), १ वैशाख । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति । आज बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । पर्वत सदरमुकाम कुश्माबजारनजिकै रहेको मोदीबेनी, जैमिनीघाट, सेतीवेणी, पुर्तिघाट, नयाँ पुल, गलेश्वरधाम लगायतका धाममा बिहानैदेखि भक्तजनको मेला लागेको हो । कालीगण्डकीमा स्नान गर्न पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी लगायतका जिल्लाबाट भक्तजन आएका छन् । यसैबीच, मोदीवेनी र सेतीवेणीमा पनि सङ्क्रान्तिको अवसरमा विशेष मेला लागिरहेको छ । भजनकिर्तन लगायतका कार्यक्रम गरिएको छ । कागबेनीबाट सुरु भएको कालीगण्डकी नदीमा स्नान गरे वर्षैभरि नै शुभ हुने जनविश्वास रहेको छ । सङ्क्रान्ति बायाँ खुट्टा, बायाँ हातमा परेका नदीमै पुग्ने गर्दछन् भने गण्डकीमा जान नसक्ने जल ल्याएर घरमै स्नान गर्ने परम्परा पनि रहेको छ ।

    ]]>
    10841 0 0 0
    बसभित्रै यात्रुको मृत्यु http://localhost/ghum/%e0%a4%ac%e0%a4%b8%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%88-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81/ Wed, 13 Apr 2016 08:49:00 +0000 http://www.ghumphir.com.np/?p=10844

    कञ्चनपुर, १ वैशाख । कञ्चनपुरको झलारीबाट दार्चुलाका लागि बस चढेका ६५ वर्षीय जगत डांगाको गएराति बसभित्रै मृत्यु भएको छ । दार्चुला दत्तु–३ निवासी डांगाको ना४ख ५३३६ नम्बरको बसबाट यात्रा गर्दै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । मृत्यु भएका डांगा दमरोगी भएको बताइन्छ ।

    ]]>
    10844 0 0 0
    पेस्तोलसहित कम्प्युटर इन्जिनियर पक्राउ http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b%e0%a4%b2%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%9f%e0%a4%b0-%e0%a4%87%e0%a4%a8/ Wed, 13 Apr 2016 08:50:30 +0000 http://www.ghumphir.com.np/?p=10846

    राजविराज, १ वैशाख । भारतबाट अवैध रुपमा हतियार नेपाल ल्याउँदै गरेको अवस्थामा एक व्यक्तिलाई यहाँ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरीको ब्रह्मपुर–५ स्थायी घर भई हाल राजविराज नगरपालिका–७ बस्ने २३ वर्षीया कम्प्युटर इन्जिनियर विपिनकुमार झा रहेका छन् । प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले विष्णुपुर चौकबाट अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित मङ्गलबार साँझ पक्राउ गरेको हो । भारतबाट स६प १६९२ नंको युनिकर्न मोटरसाइकलमा चढेर राजविराज–सखडा रोड हँुदै राजविराजतर्फ आउँदै गर्दा पक्राउ परेको हो । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

    ]]>
    10846 0 0 0
    वालिङमा ई रिक्सा सञ्चालन http://localhost/ghum/%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%88-%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8/ Wed, 13 Apr 2016 08:54:15 +0000 http://www.ghumphir.com.np/?p=10848

    वालिङ, १ वैशाख । स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा आजदेखि ई रिक्सा सञ्चालनमा आएको छ । वालिङ नगर तथा आसपासका क्षेत्रमा बढ्दै गइरहेको वायु प्रदूषणलाई ध्यान राखी ई रिक्सा सञ्चालन गरिएको हो । “वालिङ क्षेत्रमा वायु प्रदूषण पनि बढ्दै गएको र नजिक पुग्न चाहने यात्रुको सुविधालाई ध्यानमा गरी विद्युत्बाट चल्ने रिक्सा सञ्चालनमा ल्याएका हौँ,” वालिङ नगर यातायात सङ्घका अध्यक्ष गोविन्द पँगेनीले भन्नुभयो – “अहिले विद्युत्बाट चल्ने पाँचवटा रिक्सामार्फत सेवा प्रारम्भ गरेका छौँ । आगामी दिनमा यसलाई बढाउँछौँ ।” बिमासहित प्रतिरिक्साको लागत दुई लाख ७० हजार रुपैयाँ रहेको वालिङ नगर यातायात सङ्घले जनाएको छ । एउटा रिक्सामा ६ जनासम्म बस्न मिल्छ ।

    ]]>
    10848 0 0 0
    गैँडामा क्षयरोग भेटिएपछि http://localhost/ghum/%e0%a4%97%e0%a5%88%e0%a4%81%e0%a4%a1%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%af%e0%a4%b0%e0%a5%8b%e0%a4%97-%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a4%bf%e0%a4%8f%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/ Wed, 13 Apr 2016 08:56:07 +0000 http://www.ghumphir.com.np/?p=10851

    नारायण ढुँगाना रत्ननगर (चितवन), १ वैशाख । वन्यजन्तु संरक्षणमा चोरी–सिकार सबैभन्दा ठूलो चुनौती थियो र यसलाई विगतमा धेरै हदसम्म नियन्त्रण लिने काम भयो । चोरी–सिकार नियन्त्रणमा लागि स्थानीय जनतासँगको सहकार्यमा नयाँ प्रविधिको प्रयोग गरियो । प्रहरी र प्रशासनले सक्रियता बढायो । फलतः चितवनले तीन पटकसम्म शून्य चोरी–सिकार वर्ष मनाउन सक्यो । तर अब यतिले मात्रै संरक्षण कार्य प्रभावकारी हुन्छ भन्नेमा ढुक्क हुने अवस्था रहेन । बुधबारदेखि सुरु भएको वन्यजन्तु सप्ताहको अघिल्लो महिनामा चितवन निकुञ्जको दुर्लभ एकसिङ्गे गैँडामा पहिलो पटक क्षयरोग पुष्टि भएको प्रतिवेदन आएपछि संरक्षणका लागि नयाँ चुनौती थपिएको छ । गैँडा विशेषज्ञ डा नरेश सुवेदी अब चोरी–सिकार मात्रै संरक्षणको चुनौती नरहेको बताउनुहुन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत रहनुभएका डा सुवेदीले गैँडामै विशेषज्ञता हासिल गर्नुभएको छ । “अब संरक्षण कार्यलाई प्रभावकारी बनाउन जङ्गली वन्यजन्तुको समेत गहिरो र वैज्ञानिक अध्ययनको खाँचो छ,” सुवेदीले भन्नुभयो – “कालगतिले मरेका वन्यजन्तुको पनि गहिरो अध्ययन नभई हुँदैन भन्ने पुष्टि भयो ।” चितवन निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने अमलटारीमा २०७१ फागुन ५ गते एउटा पोथी गैँडा कालगतिले म¥यो । त्यसको नमुना सङ्कलन गरेर जर्मन–नेपाल टिवरक्युलोसिस सेन्टर काठमाडौँमा नमुना परीक्षणका लागि पठाइएको थियो । नमुना पठाएको आठ हप्तापछि प्रतिवेदन आयो । तर कुन प्रजातिको कीटाणु हो भनेर नेपालमा पुष्टि हुन सकेन । त्यसलाई पुनः जापानमा परीक्षणका लागि पठाइएपछि गैँडामा नयाँ क्षयरोग भएको पुष्टि भएको वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिनुभयो । करिब एक वर्षपछि यही चैतको पहिलो साता पुष्टि हुनसक्यो । उहाँका अनुसार कीटाणुको प्रजाति नेपालमा पत्ता नलागेपछि होक्कानो युनिभर्सिटी स्यापोरो जापानमा परीक्षणका लागि नमुना पठाइएको थियो । उक्त परीक्षणले माइक्रो ब्याक्टेरियम ओरिजिएस भएको पुष्टि भएको डा गैरेले प्रस्ट्याउनुभयो । पहिला यो अरब भूमिको ओरिक्ज भन्ने वन्यजन्तुमा देखिएको क्षयरोगको कीटाणुसँग मेल खाएकाले यसको नाम माइक्रोब्याक्टेरियम ओरिजिएस भनिएको हो । अहिलेसम्म जङ्गलका गैँडामा यसरी क्षयरोग पुष्टि भएको यो नै पहिलो भएको गैँडा विशेषज्ञ डा सुवेदीले दाबी गर्नुहुन्छ । यसअघि चिडियाघरका गैँडामा भने देखिएको थियो । अब हरेक जनावरको विषयमा गम्भीर हुनुपर्छ र गहिरो अध्ययन पनि आवश्यक छ भन्ने यसले देखाएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले बताउनुहुन्छ । उहाँले मुख्यगरी घरपालुवा जनावर र क्षयरोग लागेका हात्तीलाई सकेसम्म सङ्क्रमणको बेला जङ्गल नलैजानु एक महत्वपूर्ण उपाय हुने बताउनुभयो । सँगसँगै बासस्थान संरक्षण र आहाराको राम्रो व्यवस्था भयो भने पनि रोग प्रतिरोधात्मक शक्ति बढी भई सङ्क्रमणका सम्भावना कम हुने गैँडा विशेषज्ञ सुवेदी बताउनुहुन्छ । चितवनमा आठ–दश वर्षअघि पालुवा हात्तीमा क्षयरोग भेटिएपछि अहिले पनि उपचार जारी छ । तर ती हात्ती निर्बाध जङ्गल जाने भएकाले त्यसैबाट जङ्गली जनावरमा पनि रोग सर्ने सम्भावना बढी हुने संरक्षणकर्मी बताउँछन् । यसअघिको अध्ययनमा नेपालका पालुवा हात्तीमध्ये २३ प्रतिशतमा क्षयरोग भएको तथ्याङ्क थियो । औषधिको प्रयोग थालिएकाले अहिले केही घट्दो क्रममा छ । सोही विषयमा संरक्षण विज्ञ तथा सरोकारवाला संस्थाबीचको गम्भीर छलफलबाट सामूहिक रुपमा अघि बढ्ने गरी समितिसमेत बनाइएको छ । समितिको संयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपछि डा आइपी ढकाल रहनुभएको छ । पछिल्लो तथ्याङ्कमा चितवनमा ६०५ गैँडा रहेका देखिएकामा कालगतिले पछिल्लो शून्य चोरी–सिकार अवधिमा १५ वटाभन्दा बढी गैँडा मरिसकेका छन् । नेपालमा ६४५ वटा गैँडा रहेको अनुमान छ । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल कुनै साना जनावर मरे भने पनि अहिले परीक्षण गर्न थालिएको बताउनुहुन्छ । नयाँ वर्षको सुरुआतमा २०७३ साल वैशाख १ देखि ७ गतेसम्म २१औँ वन्यजन्तु सप्ताह मनाइँदै छ । यस वर्ष सप्ताहको नारा ‘वन्यजन्तुको भविष्य हाम्रै हातमा’ रहेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभएको छ । चितवनमा सातै दिन निकुञ्ज, उपभोक्ता समिति र संरक्षणकर्मीको सहभागितामा संरक्षणमूलक कार्यक्रम गरिने छ ।

    ]]>
    10851 0 0 0
    टोखामा पनि बिस्केट जात्रा http://localhost/ghum/%e0%a4%9f%e0%a5%8b%e0%a4%96%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%ac%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%87%e0%a4%9f-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/ Wed, 13 Apr 2016 08:58:03 +0000 http://www.ghumphir.com.np/?p=10853

    काठमाडौँ, १ वैशाख । स्थानीय प्राचीन नगर टोखामा महत्वपूर्ण मानिएको पर्व बिस्केट जात्रा आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष वैशाख १ गतेदेखि ४ गतेसम्म मनाइने जात्रामा स्थानीय गणेश, कुमारीलाई खटमा राखेर जात्रा गरिन्छ । जात्रा सुरु गर्नका लागि पञ्च बलिसमेत दिइएको मेला व्यवस्थापन समितिका संयोजक हेमराज श्रेष्ठले जानकारी दिनुभयो । सो अवधिमा स्थानीय चोकमा विभिन्न देवदेवीका मुकुन्डो लगाएर नाच गर्ने परम्परा छ । विभिन्न किसिमका भय तथा दैवीप्रकोपबाट त्यहाँका स्थानीयवासीलाई सुरक्षित गर्नका लागि बिस्केट जात्राको परम्परा सुरु भएको जनविश्वास रहेको मणिराज डङ्गोलले जानकारी दिनुभयो । सोही स्थानमा रहेको स्थानीय सपन तीर्थ पोखरीमा स्नान गर्न आज दर्शनार्थीको भिड लागेको छ । काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट त्यहाँ मेला भर्न आएका छन् । सो पोखरीमा स्नानका लागि आज एक दिन मात्र मेला लाग्छ । उक्त पोखरीमा आजको दिन स्नान गरेमा विभिन्न रोगव्याधिबाट मुक्त होइने र पुण्य लाभ हुने विश्वास गरिएको स्थानीय नेवा गुठीका अध्यक्ष देवराज डङ्गोलले जानकारी दिनुभयो ।

    ]]>
    10853 0 0 0
    जिप दुर्घटनामा पद्मकन्या क्याम्पसका तीन प्राध्यापकको मृत्यु http://localhost/ghum/%e0%a4%9c%e0%a4%bf%e0%a4%aa-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%a6%e0%a5%8d%e0%a4%ae%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be/ Wed, 13 Apr 2016 08:59:48 +0000 http://www.ghumphir.com.np/?p=10855

    धनगढी, १ वैशाख । गए राति डोटीमा भएको जिप दुर्घटनामा परी पद्मकन्या क्याम्पस काठमाडौँंका तीन प्राध्यापकसहित आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पद्मकन्या क्याम्पसका प्राध्यापक, साहित्यकार एवम् डोटेली लोक संस्कृतिका अनुसन्धानकर्ता ६२ वर्षीय डा जयराज पन्त, उहाँकी धर्मपत्नी ५५ वर्षीया सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी ५२ वर्षीया सावित्रा पन्तको पनि मृत्यु भएको छ । गुड्डी र सावित्रा दुवै पद्मकन्या क्याम्पसमै प्राध्यापनरत हुनुहुन्थ्यो । लामो समयदेखि प्राध्यापन गर्दै आउनु भएका डा पन्त मध्यपश्चिम र सुदूरपश्चिम नेपालको र खास गरी डोटेली लोक संस्कृतिको अनुसन्धानकर्ता रहनुभएको थियो । पद्मकन्यामा प्राध्यापन गर्नुअघि उहाँले कैलाली बहुमुखी क्याम्पस धनगढीमा पनि केही समय अध्यापन गर्नुभएको उहाँका भाइ नन्दराजले बताउनुभयो । संस्कृति सहित दुई विषयमा विद्यावारिधि गर्नुभएका प्रा डा पन्तका ‘अञ्जुलीभरि सगुन, पोल्टाभरि फाग, ‘भुवनेश्वरी‘ लगायतका कृति प्रकाशित छन् । यस्तै सोही दुर्घटनामा परी डा पन्तका काका पशुसेवा निर्देशनालयका पूर्वनिर्देशक र हाल बैतडीमा एक गैरसरकारी संस्थामा कार्यरत डा गणेशराज र उहाँका भाइ कैलाली अत्तरिया नगरपालिकाका ५९ वर्षीय केशवराजको समेत मृत्यु भएको छ । आफ्नो जन्मथलो डोटीको जिजोडामाडाँैं गाविस—८ जैनोली गाउँमा यही वैशाख ३ गतेदेखि सप्ताह यज्ञको आयोजना गर्ने योजनानुसार बाङ्डुग्रीसैनबाट जिजोडामाडाँैंतर्फ जाँदै गरेको अवस्थामा उहाँहरु सवार ना१ज ३२९४ नं को जिप गए राति ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक डोटी वनलेक गाविसका– ४५ वर्षीय चेतराज बलायर, जिजोडामाडाँैं गाविसकी ३६ वर्षीया हरिना टमाटा र ठेगाना खुल्न नसकेकी १७ वर्षीया जानकी ताम्राकारको समेत मृत्यु भएको छ । घटनास्थलमा छ जनाको र डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । तिनको शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ । उद्वारका लागि राति नै घटनास्थल पुग्नुभएका डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले ठाडो उकालो, कच्ची साँघुरो बाटो र धेरै मोड रहनु नै जिप दुर्घटनाको कारण भएको राससलाई बताउनुभयो । सडकबाट झन्डै पाँच सय मि तल भिरमा खसेर भएको दुर्घटनामा जिपमा सवार ४५ वर्षीया नर्वदा पन्त, ३८ वर्षीय गौरव पन्त, नौ वर्षीया लक्ष्मी नेपाली, ३८ वर्षीय धनबहादुर टमटा र कलावती टमटा, धौली टमटा र २२ वर्षीया अनिता टमटा घाइते हुनुभएको छ । घाइतेमध्ये नर्वदा र गौरवलाई थप उपचारका लागि नेपालगन्जतर्फ लगिएको तथा अन्यको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

    ]]>
    10855 0 0 0
    झन्डा महोत्सव http://localhost/ghum/%e0%a4%9d%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%b5/ Wed, 13 Apr 2016 09:02:25 +0000 http://www.ghumphir.com.np/?p=10857

    नेपालगन्ज, १ वैशाख । ‘सयौँ थुङ्गा पूmलका हामी एउटै माला नेपाली..’ राष्ट्रिय गानका रचयिता व्याकुल माइलाको उपस्थितिमा आज नेपालगन्ज रङ्गशालामा राष्ट्रिय झन्डा महोत्सव आयोजना गरियो । अन्तराल संस्थाको संयोजन तथा व्यवस्थापनमा आयोजित महोत्सवमा सहभागीले राष्ट्रिय झन्डा फहराएर राष्ट्रिय स्वाभिमान र एकताको सन्देश प्रवाह गरेका थिए । महोत्सवमा राष्ट्रिय सेवा दलका ‘क्याडेट’द्वारा राष्ट्रिय झन्डासहित मार्चपास्ट र खुकुरी खेल प्रस्तुत गरिएको थियो । प्रा राजकुमार सुवेदीले राष्ट्रिय झन्डाको ऐतिहासिक महत्व र यसको पृष्ठभूमिका बारेका जानकारी गराउनुभएको थियो । प्रहरी तथा प्रशासनका पदाधिकारी, पत्रकार, कानुन व्यवसायी, शिक्षक, विद्यार्थी, हिन्दू र मुसलमान धर्मगुरु तथा नागरिक समाजका अगुवाको सहभागिता रहेको महोत्सवमा साहित्यकार माइलालाई नागरिकका तर्पmबाट अभिनन्दन समेत गरिएको थियो । त्यस अवसरमा स्थानीय कलाकारले राष्ट्रिय भावना ओतपोत हुने नृत्य, सङ्गित प्रस्तुत गरेका थिए । धर्मगुरु चन्द्रनाथ योगी र जियाउल मुस्तफा, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल र बाँकेका प्रजिअ रविलाल पन्थीले राष्ट्रिय झन्डालाई सबै नेपालीले शिरमा राख्न सके मात्र मुलुक र देशवासीको स्वाभिमानको रक्षा हुने धारणा राख्नुभयो । सरकारीस्तरबाट राष्ट्रिय झन्डा दिवस मनाउन दबाब दिन पनि महोत्सव आयोजना गरिएको अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले बताउनुभयो ।

    ]]>
    10857 0 0 0
    भ्रष्टाचार, कालोबजारी र महँगी नियन्त्रण गर्न आग्रह http://localhost/ghum/%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b0-%e0%a4%ae/ Wed, 13 Apr 2016 09:04:31 +0000 http://www.ghumphir.com.np/?p=10860

    काठमाडौँ, १ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले राजनीतिक स्थिरता कायम गर्दै मुलुकमा व्याप्त भ्रष्टाचार, कालोबजारी, महँगी, हत्या र हिंसाको अन्त्य गर्न आग्रह गरेको छ । पार्टीले देश तथा जनताको दीर्घकालीन हितका लागि र नयाँ संविधान कार्यान्वयन गर्नका लागि पनि राष्ट्रका साझा विषयमा सबै सरोकार भएका शक्तिबीचका राष्ट्रिय सहमति कायम गरी अग्रगामी दिशामा अगाडि बढ्न सबै राजनीतिक नेतालाई आग्रह गरेको छ । “नयाँ वर्ष २०७३ मा देशका सम्पूर्ण मजदुर, किसान, महिला, युवा–विद्यार्थी, जनजाति, मधेसी, अल्पसङ्ख्यक तथा लोपोन्मुख जनसमुदायलाई सार्थक सम्मान, समानता, समृद्धिको हकदार बनाउने र सबैलाई समुन्नत तुल्याउने सङ्घर्षले सार्थकता पाओस्”, पार्टीका महासचिव शरणविक्रम मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ]]>
    10860 0 0 0
    महिनाको ७५ लाख कमाउने भिखारी पक्राउ http://localhost/ghum/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a5%ad%e0%a5%ab-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%95%e0%a4%ae%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%ad%e0%a4%bf%e0%a4%96/ Wed, 13 Apr 2016 09:24:04 +0000 http://www.ghumphir.com.np/?p=10862 १ वैशाख, काठमाडौं । संयुक्त अरब इमेरेट्सको दुबइमा भिख मागेर महिनाको ७५ लाख नेपाली रुपैंया भन्दा धेरै कमाउने भिखारी पक्राउ परेका छन्।

    दुबइ महानगरपालिकाका निरिक्षकले केही समयअघि पक्राउ गरेकामध्ये एक भिखारीले मासिक २ लाख ७० हजार दिरामभन्दा धेरै कमाइ गरिरहेको खुलासा भएको हो।

    सन् २०१६को पहिलो ३ महिनामा दुबइमा ५९ भिखारी पक्रउ परेका महानगरका बजार विभाग प्रमुख फैसल अल बदिअवीले एक विज्ञप्तिमा जनाएका छन्।

    दुबइबाट भिखारी हटाउन महानगरले युएइ प्रहरीसँगको सहकार्यमा अभियान चलाइरहेको छ। यहि अभियानका क्रममा ती भिखारीहरू पक्राउ गरिएको उनले बताएका छन्।

    'कतिपय भिखारीसँग बिजनेस र भ्रमण भिषा लगाइएका पासपोर्ट छन्,' उनले पत्रकारहरूसँग भने।

    उनले भने, 'धेरैजसो भिखारीहरू वैधानिक रुपमा नै दुबइ आएका छन् । उनीहरू तीन महिनाको भिषामा दुबइ आउँछन् र यो अवधिमा सकेसम्म धेरै पैसा जम्मा गर्छन्।'

    एक जनाले महिनाको २ लाख ७० हजार दिरामसम्म संकलन गरेको उदाहरण दिँदै अल बदीअवीले भने, 'शुक्रबार मस्जिद अघि बस्ने भिखारीले धेरै पैसा जम्मा गर्छ।'

    दुबइ महानगरपालिकाले सडकबाट भिखारी हटाउन एकवर्षदेखि प्रयास गरिरहेको छ। सन् २०१५ यता १९७ भिखारी पक्राउ परेका छन्।

    ]]>
    10862 0 0 0
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b5-2/ Wed, 13 Apr 2016 09:43:23 +0000 http://www.ghumphir.com.np/?p=10865

    काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्नुभयो । पोखरा उपमहानगरपालिका– १४, १५ र १८ वडास्थित छिनेडाँडामा रहने सो विमानस्थलले तीन हजार सात सय पैँतीस रोपनी जग्गा ओगट्ने छ । चीन सरकारको सहयोगमा बन्ने नेपालको सो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र निर्माण गरिने राष्ट्रिय गौरवको आयोजना हो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नेपाललाई विश्व समक्ष अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ । उक्त अवसरमा प्रधानमन्त्री ओलीले सो विमानस्थल निर्माण भएपछि पोखराको मात्र नभई समग्र नेपालको आर्थिक समृद्धिको ढोका खोलिने बताउनुभयो । उहाँले निर्धारित समयमै विमानस्थल बन्ने दृढता पनि व्यक्त गर्नुभयो । विस्तृत समाचार अर्काे बुलेटिनमा आउने छ ।

    ]]>
    10865 0 0 0
    सडक सञ्जालमा जोड्ने योजना http://localhost/ghum/%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%8b%e0%a4%a1%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8/ Wed, 13 Apr 2016 09:45:04 +0000 http://www.ghumphir.com.np/?p=10867

    मुस्ताङ, १ वैशाख । जिविस मुस्ताङले दुई पर्यटकीय जिल्ला मनाङ र मुस्ताङलाई सडक सञ्जालमा जोड्ने योजना अघि सारेको छ । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गतपर्ने यी दुई जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकले ५४ सय मिटरको उँचाइमा अवस्थित थोराङला पास हँुदै आवतजावत गरिरहेका छन् । हिउँदको याममा भारी वर्षा हुने भएकाले यो रुट पूर्णरुपमा बन्द हुन्छ । सडक सञ्जालमा जोड्न सकेमा यहाँ पर्यटक आवागमन बढ्ने अपेक्षा गरिएको छ । स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले मनाङ र मुस्ताङलाई सडक सञ्जालमा जोड्ने काम अघि बढेको जानकारी दिनुभयो । अहिले पर्यटक ओहोरदोहोर गर्ने रुटबाट सम्भव नभए पनि सडक विस्तारका लागि विस्तृत अध्ययन भइरहेको छ । जिविसले मुक्तिनाथ गाविसमध्ये ताङयाबाट मनाङको नारफु जोड्ने सडक विस्तार गर्न बजेट माग गरेको छ । “सडक निर्माण गर्न रु ८० लाख माग गरेका छौँ” उहाँले भन्नुभयो । मुस्ताङका भू–बनोट, धार्मिक पर्यटकीयस्थल तथा लोमान्थाङ भ्रमणमा जाने मनाङका पर्यटकलाई सडक सञ्जालले सहयोग पु¥याउनेछ ।

    ]]>
    10867 0 0 0
    नयाँ वर्षमा टेलिकमको विशेष छुट http://localhost/ghum/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6/ Wed, 13 Apr 2016 09:51:24 +0000 http://www.ghumphir.com.np/?p=10869 १ बैशाख, काठमाडाैं । नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा ग्राहकलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराएकाे छ । टेलिकमले जिएसएम तथा सिडएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुल दरमा छुट दिएको हो । NTC-Logo हिजाे मंगलरबार देखि वैशाख १  अर्थात अाजसम्म दुई दिनका लागि एसएमएसको विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराइएकाे छ ।

    जिएसएम प्रिपेड र पोस्टपेड सेवाका ग्राहकलाई ति प्याकेज तीन दिनका लागि चैत ३० देखि वैशाख २ गतेसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतीभा वैद्यले जानकारी दिइन् ।

    टेलिकमले डाटा सेवाअन्तर्गत १०० एमबी साइजको डाटा ५० मा खरिद गरी ७ दिनसम्म प्रयोग गर्न सकिने जनाएको छ ।

    ]]>
    10869 0 0 0
    म्यान्मारको भूकम्पको धक्का नेपालमा पनि http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%95%e0%a5%8b-%e0%a4%a7%e0%a4%95%e0%a5%8d/ Wed, 13 Apr 2016 14:38:50 +0000 http://www.ghumphir.com.np/?p=10872 काठमाडौं, वैशाख १

    म्यान्मारमा बुधबार साँझ गएको भूकम्पको झट्का नेपालमा पनि महसुस भएको छ ।भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपाली समयअनुसार बुधबार साँझ ७ बजेर ४० मिनेटमा ७ रेक्टर स्केलको भूकम्पको धक्का पूर्वी क्षेत्रमा बढी महसुस भएको बताए । धक्का काठमाडौंमासमेत केहीबेर महसुस भएको थियो ।

    भूगर्भसम्बन्धि अध्ययन गर्ने अमेरिकी संस्था (यूएसजीएस)ले ६.९ रेक्टर स्केलनको भूकम्प गएको जनाएको छ । धक्का छिमेकी भारतमा पनि महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था रोयटर्सले भूकम्पलाई ७ रेक्टरको जनाएको छ भने अर्को संस्था एपीले जर्मन अध्ययन संस्थानलाई उद्धृत गर्दै धक्का ७.१ को भएको जनाएको छ ।

    नेपालमा एक वर्षअघि गएको शक्तिशाली भूकम्पपछि दक्षिण एसियाली देशहरुमा निरन्तर भूकम्प गइरहेका छन् । हिन्दू–कुश क्षेत्रमा तीन दिनअघि पनि ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    ]]>
    10872 0 0 0
    म्यान्मार गएको शक्तिशाली भूकम्पको धक्का पूर्वाञ्चलमा बढी महसुश http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%be%e0%a4%b2%e0%a5%80/ Wed, 13 Apr 2016 14:49:11 +0000 http://www.ghumphir.com.np/?p=10875 काठमाडौँ, १ वैशाख । म्यान्मार र भारतको सीमानजिक आज साँझ गएको शक्तिशाली भूकम्पको धक्का नेपालमा पनि महसुश गरिएको छ । त्यस क्षेत्रमा साँझ ७ बजेर ४० मिनेटमा भएको भूकम्प ७ रिक्टर स्केलको भएको र त्यसको धक्का नेपालमा पनि महसुश गरिएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । नेपालको पूर्वाञ्चल क्षेत्रमा सो भूकम्पको धक्का राजधानीको तुलनामा बढी महसुश गरिएको थियो । धक्का महसुश भएपछि विराटनगरमा मानिसहरु घरबाट बाहिर निस्केका थिए । भूकम्पको झट्काबाट भएको क्षतिको जानकारी अहिलेसम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय मोरङ्ले जनाएको छ ।

    ]]>
    10875 0 0 0
    फेसबुकले ल्यायो १७ वटा लेन्स भएको क्यामरा http://localhost/ghum/%e0%a4%ab%e0%a5%87%e0%a4%b8%e0%a4%ac%e0%a5%81%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a5%a7%e0%a5%ad-%e0%a4%b5%e0%a4%9f%e0%a4%be-%e0%a4%b2%e0%a5%87/ Wed, 13 Apr 2016 14:54:19 +0000 http://www.ghumphir.com.np/?p=10877 फेसबुकले आफ्नो नयाँ हाइ इण्ड भिडियो क्याप्चरीङ डिभाइस (High End Video Capturing Device) सार्वजनिक गरेको छ।
    कम्पनीले सेन फ्रान्सिस्कोमा भइरहेको F8 Conference का क्रममा 'Surround 360' सार्वजनिक गरेको हो।
    १७ वटा लेन्स भएको यो थ्री डि भर्चुअल रियालिटी क्यामरा (3 D Virtual Reality Camera)  हो जुन हेर्दा UFO जस्तै देखिन्छ।
    यसमा एप विशेष प्रकारको वेब बेस्ड सफ्टवेयर छ जसले ३६० डिग्री रेकर्ड गर्छ।
    यसमा ४ मेगापीक्सेलका १७ वटा लेन्स छन् जसले 4K, 6K र 8K सम्मको भिडियो रेकर्डिङ गर्न सकिन्छ।
    यस डिभाइसका तल र माथि दुईवटा फिस आई लेन्स (Fish Eye Lens) प्रयोग गरिएको छ।
    यी लेन्सको प्रयोगले भिडियो रेकर्डिङका क्रममा कुनै पनि भाग नछुट्ने कम्पनीले जनाएको छ।
    यसमा लागाइएको सबै क्यामरा सजिलै निकाल्न सकिन्छन्। यसमा प्रयोग गरिको एल्मूनियम केसिङ (Aluminiun Casing) ले बढी गर्मी भएका ठाउँमा पनि याे डिभाइस नतात्ने जनाइएको छ।
    ]]>
    10877 0 0 0
    सिन्दुर जात्रा http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%81%e0%a4%b0-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Wed, 13 Apr 2016 15:21:19 +0000 http://www.ghumphir.com.np/?p=10879 10879 0 0 0 ट्राफिकलार्इ धम्क्याउँदा सांसद फन्दामा http://localhost/ghum/%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ab%e0%a4%bf%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%87-%e0%a4%a7%e0%a4%ae%e0%a5%8d%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6/ Thu, 14 Apr 2016 02:06:01 +0000 http://www.ghumphir.com.np/?p=10882 २ वैशाख, काठमाडौं ।‘हामी को हो चिनिनस्?’ बा ६५ प ९९१४ नम्बरको निलो पल्सर बाइकका चालक माइतीघरमा ट्राफिक प्रहरी जवान लक्ष्मी लामाथि खनिए। ती चालक त्यतिमा मात्रै रोकिएनन् र लामाप्रति अझै आक्रमक बने,’बढी हुने होइन,जागिरसमेत खाइदिउँला।’ कारोबार दैनिकमा समाचार छ।
    चालक रोकिएका मात्रै के थिए, सोही मोटरसाइकलको पछाडि रहेकी महिला ट्राफिक प्रहरीलाई गाली गर्न तम्सिइन्,‘ म सांसद हुँ, सांसदलाई सडकमा रोक्ने तँ को होस्?’
    तब ट्राफिक जवान लामा निरीह देखिइन्। तर, अर्की ट्राफिक प्रहरीले लेन मिचेका ती चालकलाई रोकेर साँचो खोसिन्।
    मोटरसाइकलको पछाडि रहेकी महिलाले ट्राफिकको विरोध गर्दै तत्काल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्याललाई फोन गरिन्। त्यसपछि महानिरीक्षक अर्यालले ट्राफिक महाशाखाबाट यसबारे जानकारी लिएका थिए। त्यसबेला अपराहृन तीन बजिसकेको थियो।
    महाशाखाले लेन मिचेको अभियोगमा कागजात नियन्त्रणमा लिएको स्पष्ट पारेपछि अर्यालले 'ल ठीकै छ' भन्दै कारबाही अघी बढाउन संकेत गरे। केही बेरमै भीड जम्मा भइसकेको थियो। ट्राफिक र जनपद प्रहरीका वाकी६कीमा यसबारे खैलाबैला भइसकेको थियो।
    लेन मिच्ने चालकको लाइसेन्स हेर्दा मात्र थाहा भयो, ट्राफिक प्रहरीमाथि जाइलाग्ने सैनिक अस्पतालमा कार्यरत डाक्टर सुजितकुमार ठाकुर र नेपाली कांग्रेसकी सांसद रश्मी ठाकुर रहेछन्। उनीहरु नाताले श्रीमान-श्रीमती रहेको खुलेको छ।
    ट्राफिक प्रहरी हवल्दार शान्ति थापाले लेन अनुशासन उल्लघंन अभियोगमा २०० रुपैयाँ जरिवान हुने गरी पूर्जी काटेर सवारी चालक अनुमति पत्र अाफूसँग राखिन्।
    ]]>
    10882 0 0 0
    एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद http://localhost/ghum/%e0%a4%8f%e0%a4%b8%e0%a4%8f%e0%a4%b2%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%a1%e0%a5%80-%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%a1-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8/ Thu, 14 Apr 2016 02:09:30 +0000 http://www.ghumphir.com.np/?p=10884 २ बैशाख, काठमाडौं । प्रवेशिका परीक्षा (एसएलसी) मा ‘डी ग्रेड’ (३० देखि ४० प्रतिशत अंक ल्याउने) मा उत्तीर्ण हुने विद्यार्थीलाई उच्च शिक्षाको ढोका खोल्ने कि नखोल्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र उच्च माध्यमिक शिक्षा परिषदबीचमै चर्को विवाद देखिएको छ ।

    शिक्षा मन्त्रालयको प्रस्तावमा उच्च माध्यमिक यिशक्षा परिषद्ले बिरोध गरेपछि विवाद चर्किएको आजकोराजधानी दैनिकमा समाचार छ ।

    सवै विद्यार्थी उत्तीर्ण हुने गरी परीक्षा प्रणाली रुपमा प्रचार गरिएको शिक्षा मन्त्राय ३० प्रतिशतभन्दा माथि आंक ल्याउने विद्यार्थीलाई उच्च शिक्षाको अवसर दिनुपर्ने धारणा रोखेको छ ।

    परिषदले भने गुणस्तर कायम गर्नुपर्ने भन्दै सी ग्रेड सम्म अंक ल्याउने विद्यार्थी मात्रै भर्ना लिने गृहकार्य अघि बढाएको छ । परिषदको आन्तरिक वैठकमा गुणस्तर कायम गर्न पनि सी ग्रेडसम्मका मात्रै भर्ना गर्ने गृहकार्य अघि बढाएको हो

    ]]>
    10884 0 0 0
    एमाले महाधिवेशनको हिसाव किताब मिलेन http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%b5/ Thu, 14 Apr 2016 02:11:08 +0000 http://www.ghumphir.com.np/?p=10886 २ वैशाख, काठमाडौं । एमालेले करिब दुई वर्षअघि भएको नवौं महाधिवेशनको आम्दानी खर्चको हिसाव किताव अझै र्फस्योट गर्न सकेको छैन ।

    UML-Progrmकेन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले महाधिवेशनको हिसाव किताब नमिलेको बताएको आजको नयाँ पत्रिका देनिकमा समाचार छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको केन्द्रीय कमिटीको बैठकमा कँडेलले भने,’सबै अडिट भइनसकेकाले सवै विवरण पेश गर्न सकिएको छैन ।’

    कंँडेलले असार ०७१ मा सम्पन्न नवौं महाधिवेशनमा पाँच करोड सहयोग संकलन गर्ने लक्ष्य राखिएकोमा एक करोड रुपैयाँमात्रै आम्दानी भएको तर खर्च भने चारकरोड रुपैयाँ हाराहारीमा भएको जनाएका छन् ।

    सवै महाधिवेशन तिर लाग्दा अनुमानित रकम उठ्न नसकेको जसले गर्दा महाधिवेशन खर्च घाटा देखिएको कँडेलले बताए ।

    ]]>
    10886 0 0 0
    दवावका कारण तत्काल मनोनयन नगर्ने पक्षमा देउवा http://localhost/ghum/%e0%a4%a6%e0%a4%b5%e0%a4%be%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%a4%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%b2-%e0%a4%ae%e0%a4%a8%e0%a5%8b%e0%a4%a8%e0%a4%af/ Thu, 14 Apr 2016 02:16:08 +0000 http://www.ghumphir.com.np/?p=10888 २ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त पदाधिकारी तथा केन्द्रीय सदस्यमा तत्काल मनोनयन नगर्ने भएका छन् ।

    १३ अाैं महाधिवेशनबाट पारित विधानअनुसार कांग्रेसमा एक उपसभापति, एक महामन्त्री, एक सहायकमन्त्री, एक प्रवक्ता र १४ जना केन्द्रीय सदस्यमा मनोनयान गर्न बाँकी छन् ।अाजको राजधानी दैनिकमा समाचार छ ।

    स्रोतका अनुसार देउवाले कम्तीमा एक महिना कुनै पनि पदमा मनोनयान गर्ने अवस्था नभएको आफूनिकटलाई जनाउ दिएका छन् । देउवाले सात केन्द्रीय सदस्य भने यसअघि नै मनोनयन गरिसकेका छन् ।

    रिक्त पदाधिकारी तथा केन्द्रीय सदस्यमा मनोनयन हुन चाहने आकांक्षीको तीव्र दवावका कारण देउवाले मनोनयन गर्न ढिला गरेका हुन् ।

    कांग्रेस महाधिवेशन र संसदीय दलको नेताको चुनावका बेला पूर्वसंस्थापनबाट केही चर्चित नेताहरु देउवा समूहमा प्रवेश गरिसकेका छन् । उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती अहिले देउवामाथि परेको छ । कतिपयलाई आश्वासन दिएर आफूतिर तानेका कारण पनि उनी दबाबमा परेका छन् ।

    ]]>
    10888 0 0 0
    आन्दोलनकाे तयारीमा मधेसी मोर्चा,यी हुन् मोर्चासँग नमिलेका पाँच मुद्दा http://localhost/ghum/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%a4%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8%e0%a5%80/ Thu, 14 Apr 2016 02:25:15 +0000 http://www.ghumphir.com.np/?p=10890 २ वैशाख, काठमाडौं ।
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा प्रमुख तीन दल र सरकारले बोलाउने वार्तामा तत्काल सहभागी नहुने भएको छ। वार्ताबाट समस्या समाधान गर्नेभन्दा आन्दोलन तुहाउने रणनीतिअनुसार तीन दल र सरकारले वार्तामा बोलाउने गरेको भन्दै मोर्चाले वार्तामा नबस्ने जनाएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
    आन्दोलनकै तयारीमा मधेसी मोर्चा
    मोर्चाले सबै माग पूरा नभएको भन्दै आन्दोलनको तयारी गरेको छ। ४५ दिनमा सरकारलाई गलाउने गरी आन्दोलन केन्द्रित गर्ने तयारी मोर्चाको छ। पहिलाको आन्दोलनजस्तो अनिश्चितकालीन आमहडताल गर्ने पक्षमा मोर्चा नेता देखिएका छैनन्।
    मोर्चासँग नमिलेका पाँच मुद्दा:
    १‍.मधेसमा दुई प्रदेश
    मधेसमा दुई प्रदेश बनाउनुपर्ने माग मोर्चाको छ। तर, यो मागमा प्रमुख राजनीतिक तीनहरू सहमत हुन सकेका छैनन्। सीमांकनसँग जोडिएको यो मोर्चाको पहिलो माग हो।
    २.वैवाहिक नागरिकता
    मोर्चाले वैवाहिक नागरिकताको प्राप्ति संघीय कानुनमा नभई संविधानमा नै स्पष्ट हुनुपर्ने र संवैधानिक पदहरूमा मनोनीत वा निर्वाचित अन्तरिम संविधानको व्यवस्थाअनुरूप हुनुपर्ने माग गरेको छ । यसमा पनि तीन दल सहमत छैनन् । वैवाहिक अंगीकृत नागरिकताबारे अस्पष्ट भए स्पष्ट पारिने तर अंगीकृतलाई राज्यको कार्यकारी प्रमुखमा लैजाने गरी सहमति हुन नसक्ने उनीहरूको भनाइ छ ।
    ३.समावेशी न्यायपालिका
    न्यायपालिकालाई संघ राज्यको आधारभूत मान्यताअनुरूप संघीय ढाँचामा रूपान्तरित गर्ने तथा सर्वोच्च अदालत, उच्च अदालत र स्थानीय अदालतको नियुक्ति समावेशी समानुपातिक आधारमा गर्नुपर्ने र उच्च अदालत र स्थानीय अदालतको न्यायाधीशहरूको नियुक्ति प्रादेशिक कानुनबमोजिम हुनुपर्ने माग मोर्चाको छ । यो माग नयाँ कानुन बन्दा सम्बोधन हुने भएकाले छलफल गर्न सकिने प्रमुख दलको भनाइ छ ।
    ४.समावेशी सेना 
    नेपाली सेनालाई राष्ट्रिय स्वरूप प्रदान गर्दै लोकतान्त्रीकरण गर्ने तथा सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरू समानुपातिक समावेशी बनाउनुपर्ने मोर्चाको मागमा तीन दल सहमत छैनन । सेनालाई समावेशीका नाममा कमजोर बनाउन नहुने उनीहरूको तर्क छ ।
    ५.बहुराष्ट्रियताको परिभाषा 
    नेपाललाई एकल राष्ट्रिय राज्यका रूपमा नभई बहुराष्ट्रिय राज्यको परिभाषित गर्नुपर्ने मोर्चाको माग छ । तर, प्रमुख दल यो कुरा सबैभन्दा बढी खतरनाक भएको बताउँछन् । तर, पछिल्लोपटक मोर्चाले यो मागलाई जोडदार रूपमा उठाउन छाडिसकेको छ ।
    ]]>
    10890 0 0 0
    चालक लापरबाहीले एक वर्षमा १५ हजार सडक दुर्घटना! http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95-%e0%a4%b2%e0%a4%be%e0%a4%aa%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%8f%e0%a4%95-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae/ Thu, 14 Apr 2016 02:32:58 +0000 http://www.ghumphir.com.np/?p=10892 वर्षदिन यता नेपालका साना ठूला गरी १५ हजार हाराहारी सडक दुर्घटना भएको प्रहरी रेकर्ड छ। ती घटनामा २ हजारभन्दा बढीको ज्यान गएको छ। नागरिक दैनिकमा समाचार छ।
    २ वैशाख, काठमाडौं ।नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार २०७२ साल वैशाखदेखि चैत २८ गतेसम्म देशभर भएका १४ हजार ८ सय ३७ वटा सवारी दुर्घटनामा १ हजार ४ जनाले ज्यान गुमाएको देखिएको छ।
    दुर्घटनामा मृत्यु भएका मध्ये ५ सय ७७ जना महिला र बालबालिका छन्। प्रहरीले उपलब्ध गराएको यो संख्यामा चैतका बाँकी दुई दिनमा थप दुर्घटनाका कारण मृत्यु हुनेको संख्या थपिन पुगेको छ।
    तथ्यांकअनुसार यस वर्षको दुर्घटनामा मृत्यु संख्या अघिल्लो वर्षभन्दा बढी हो। गत वर्ष देशभर १८ सय जनाको दुर्घटनामा ज्यान गएको थियो। महानगरीय ट्राफिक महाशाखाका अनुसार यो वर्ष भएका दुर्घटनामा ४ हजार ५४ जना गम्भीर घाइते भए। घाइतेमध्ये १३ सय ४९ जना महिला र बालबालिका रहेको तथ्यांकमा उल्लेख छ। मोटरसाइकल तथा साना सवारी दुर्घटना संख्या ६ हजार ६५ छ। सवैभन्दा कम ट्याम्पु दुर्घटना १ प्रतिशतमात्रै छ।
    महाशाखाको तथ्यांक अनुसार काठमाडाैं उपत्यकाभित्र मात्र मासिक औसत ४ सय सवारी दुर्घटना हुने गरेका छन्। यो दैनिक १३ भन्दा बढी हो।
    ]]>
    10892 0 0 0
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगलार्इ सर्वोच्च अदालतले आदेश दियाे http://localhost/ghum/%e0%a4%85%e0%a4%96%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b8%e0%a4%a8%e0%a5%8d/ Thu, 14 Apr 2016 02:35:39 +0000 http://www.ghumphir.com.np/?p=10894 २ वैशाख, काठमाडौं ।आफ्नो अधिकार क्षेत्रको सीमाभित्र रही कानुनले निर्दिष्ट गरेको कार्यविधि पुर्याएर मात्र कार्य गर्न सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलार्इ परमादेशको आदेश दिएको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।
    बरिष्ठ अधिकक्ता शम्भु थापाको ल फर्ममा छापा मारिएको विषयमा  भएको आदेशको पूर्ण पाठ तयार गर्दै निवर्तमान प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले अब आइन्दा आफ्नो अधिकार क्षेत्र ननाघ्न अख्तियारलाई परमादेशको आदेश दिएको हो।
    सर्वोच्च अदालतले स्पष्टसँग र निर्विवादरुपमा अख्तियारको दुरुपयोग गरेको प्रश्न देखिनेमा बाहेक अन्य निकायको क्षेत्राधिकारको प्रश्नमा हस्तक्षेप गर्ने कार्य नगर्न पनि अख्तियारलाई सचेत गराएको छ।
    बरिष्ठ अधिवक्ता थापाको फर्ममा २०७० साल भदौ २१ गते अख्तियारको निर्देशन बमोजिम छापा मारिएको उल्लेख गरी सर्वोच्चमा रिट निवेदन दायर भएको थियो।
    ]]>
    10894 0 0 0
    गृहमन्त्रीलाई आधा करोड सुराकी खर्च http://localhost/ghum/%e0%a4%97%e0%a5%83%e0%a4%b9%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%86%e0%a4%a7%e0%a4%be-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%b8/ Thu, 14 Apr 2016 02:37:56 +0000 http://www.ghumphir.com.np/?p=10896 २ वैशाख, काठमाडौं ।सुराकी खर्चको नाममा गृहमन्त्री र गृहसचिवले अपारदर्शी रुपमा ठूलो धनराशी खर्च गर्ने गरेको पाइएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। महालेखा परीक्षकको ५३ औँ प्रतिवेदनले त्यस्तो औँल्याएको हो।
    प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७१÷७२ मा राष्ट्रिय अनुसन्धान विभागका ७५ जिल्ला तथा ५ क्षेत्रीय कार्यालयले एक वर्षमा सुराकी खर्चवापत २५ लाख रुपैयाँ बजेट पाएका थिए।
    तर, तत्कालीन गृहमन्त्री बामदेव गौतम एक्लैले झन्डै दोब्बर रकम खर्च गरेका छन्।
    गृहमन्त्री गौतम मात्र होइयन्, तत्कालीन गृहसचिव सूर्य सिलवालले पनि धेरै खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।
    प्रतिवेदनअनुसार एक वर्षमा गृहमन्त्री एक्लैले सुराकीको नाममा ४६ लाख रुपैयाँ खर्च गरे भने गृहसचिवले २५ लाख रुपैयाँ खर्च गरे। यी दुवै रकम अपारदर्शी खर्च हुन्।
    ]]>
    10896 0 0 0
    विदेशबाट ल्याएका मोबाइल अब नचल्ने http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%87%e0%a4%b2/ Thu, 14 Apr 2016 02:42:48 +0000 http://www.ghumphir.com.np/?p=10901 २ वैशाख, काठमाडौं । विदेशबाट ल्याएको मोबाइल सेट चलाउँदै हुनुहुन्छ ? अब त्यसलाई दर्ता गर्न तयार हुनुस् । नत्र तपाईंको फोनले काम गर्नेछैन ।

    नेपाल दूरसञ्चार प्राधिकरणले अवैध तथा गैह्रकानुनी रुपमा भित्रिएका मोबाइल फोनलाई व्यवस्थित गर्न नयाँ निर्देशिका लागु गरेको छ । निर्देशिकाअनुसार अब अनिवार्य रुपमा सबै मोबाइल सेटहरु सरकारी निकायमा दर्ता गर्नुपर्छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणमा मोबाइल सेटको आइएमइआई नम्बर दर्ता नगरे कात्तिकदेखि तपाईंको मोबाइल ‘ब्लक’ हुन्छ ।

    ‘अब भन्सार नतिरी भित्रिएका र विदेशमा किनेर ल्याइएका मोबाइलको आइएमइआई नम्बर दर्ता नगरिएका मोबाइलले नेपालमा काम नै गर्ने छैनन्,’ नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले अनलाइनखबरलाई भने ।

    कसरी थाहा पाउने आइएमइआई नम्बर ?

    how-to-find-IMEI-Number-of-आइएमइआई नम्बर मोबाइलको पहिचान हो जुन*#06# थिच्यो भने देखिन्छ ।

    सामान्य खालको मोबाइलमा ब्याट्रि निकालेपछि र आइफोनमा सेटिङ भित्र गएर पनि आइएमइआई नम्बर  हेर्न सकिन्छ ।

    अब मोबाइल आयातकर्ताले आफूले वैध रुपमा बेच्न ल्याएका मोबाइलको आइएमइआई नम्बर समेत सरकारलाई बुझाउनुपर्ने छ । नेपालमा किनिएका मोबाइलको भने आइएमइआई दर्ता गर्नुपर्ने छैन ।

    आजबाट दर्ता सुरु

    दूरसञ्चार प्राधिकरणले आयातित मोबाइलको आइएमइआई नम्बर मोबाइल सेवा प्रदायकहरुलाई दिने सहप्रवक्ता मिश्रले बताए । गैरकानुनी रुपमा भित्रिएका मोबाइल फोनले विभिन्न समस्या भएपछि प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । अब अबैध तरिकाले भित्रिएका मोबाइल फोन दर्ता हुनेछैनन् र नेपालमा काम पनि गर्ने छैनन् ।

    प्राधिकरणका अनुसार आजदेखि सबैखाले मोबाइलको युनिक आइडेन्टिटी रजिष्ट्रिको काम सुरु भएको छ । योसँगै अवैध आइएमइआई नम्बर भएका मोवाइलको ट्रयाकिङ पनि सुरु भएको छ ।

    कत्तिकदेखि प्राधिकरणले मोबाइल ट्रयाकिङ सिस्टमलाई फूल अपरेसनमा लैजाने बताएको छ । कात्तिकदेखि आइएमइआई नम्बर फर्जी भएका मोबाइललाई ब्लक गरिनेछ ।

    विदेशबाट ल्याएकालाई के गर्ने ?

    अब विदेशबाट आएको मोबाइलको आइएमइआई नम्बर अनिवार्य रुपमा दर्ता गराउनुपर्नेछ । यस्ता विदेशबाट आएका मोबाइलमा अब सेवा प्रदायक मोबाइल कम्पनीले दर्ताका लागि एसएमएस पठाउनेछन् ।

    त्यसपछि आफ्नो मोबाइलको आइएमइआई नेपाल दूरसञ्चार प्राधिकरणमा गएर दर्ता गराउनुपर्नेछ । मोबाइलको यस्तो नम्बर दर्ता नभए विदेशबाट आएका मोवाइल ब्लक हुनेछन् । नेपालमा किनिएका मोबाइलको भने आइएमइआई दर्ता गर्नुपर्दैन । अब आफ्ना मोबाइल हराएमा त्यसलाई नचल्ने बनाउन पनि सकिनेछ ।

    मोवाइल हराएपछि त्यसका विवरण राखेर दूरसञ्चार प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । यसो गरेपछि हराएको मोबाइल चल्ने छैन । आइएइआई नम्बरका आधारमा ति मोबाइल ब्लक हुनेछन् ।

    ]]>
    10901 0 0 0
    सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु http://localhost/ghum/%e0%a4%b8%e0%a5%87%e0%a4%a4%e0%a5%8b-%e0%a4%ae%e0%a4%9a%e0%a5%8d%e0%a4%9b%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a4%a5/ Thu, 14 Apr 2016 17:35:54 +0000 http://www.ghumphir.com.np/?p=10903

    काठमाडौँ, २ वैशाख । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ यात्रा आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष चैते दसैँका दिन सेतो मच्छिन्द्रनाथको मूर्तिलाई विधि विधानअनुसार रथमा विराजमान गराई रथ यात्रा गराउने प्रचलन छ । तीनधारा पाठशाला अगाडिबाट सुरु भएको रथ यात्रा रानीपोखरी, भोटाहिटी हुँदै आज असनमा पु¥याइएको छ । रथलाई हनुमानढोका हुँदै लगन टोलमा पु¥याई त्यहाँस्थित मच्छिन्द्रनाथकी माताको मन्दिरमा तीन पटक परिक्रमा गराउने चलन रहेको मन्दिरका पुजारी स्वयम्भूरत्न वज्राचार्यले जानकारी दिनुभयो । सेतो मच्छिन्द्रनाथलाई रोगव्याधि क्षय गर्ने शक्ति तथा आरोग्यता र करुणाका प्रतीकका रुपमा लिइन्छ । रथ यात्रा गर्नका लागि गुठी संस्थानको खर्चमा एक साता अगाडिदेखि नै तीनधारा पाठशाला नजिकै रथ निर्माणको कार्य भएको थियो । स्थानीय जनवहालस्थित मन्दिरमा राखिने सेतो मच्छिन्द्रनाथको मूर्तिलाई दर्शन गर्न अहिले असन तथा त्यस वरपर क्षेत्रका भक्तजनको भिड लागेको छ ।

    Machindra nath ko darshan (3)

    राष्ट्रपति भण्डारीद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

    राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ काठमाडौँको असन जानु भई त्यहाँ पु¥याइएको मच्छिन्द्रनाथको दर्शन गर्नुभयो । दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडिबाट आजै वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ असन पु¥याइएको थियो । मच्छिन्द्रनाथको रथलाई भोलि हनुमानढोका लगिनेछ । स्थानीय नेवारी वेशभूषामा सजिएका स्थानीयवासीले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । राष्ट्रपतिले रथको दर्शनपछि त्यहाँस्थित श्रद्धालु भक्तजनलाई अभिवादन गर्नुभयो । सो अवसरमा अन्नपूर्ण ज्ञानमाला भजन समूहले नेपाल भाषाका भजनकीर्तन प्रस्तुत गरेका थिए । प्रत्येक वर्ष चैते दसैँका दिन सेतो मच्छिन्द्रनाथको मूर्तिलाई विधि विधानअनुसार रथमा विराजमान गराई रथ यात्रा गराउने प्रचलन छ । सेतो मच्छिन्द्रनाथलाई रोगव्याधि क्षय गर्ने शक्ति तथा आरोग्यता र करुणाका प्रतीकका रुपमा समेत लिइन्छ ।

    ]]>
    10903 0 0 0
    पर्यटकको आगमन सुरु http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%97%e0%a4%ae%e0%a4%a8-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Thu, 14 Apr 2016 17:39:11 +0000 http://www.ghumphir.com.np/?p=10907

    धुन्चे (रसुवा), २ वैशाख । भूकम्पपछिको पुनःस्थापना सुरु भएपछि हिमाली प्रकृतिको अवलोकन गर्न गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार नववर्षको सुरुकै दिन ७० पर्यटक निकुञ्ज क्षेत्रमा आगमन भएका कारण यस दोस्रो याममा पर्यटकको आगमन सङ्ख्या निकै वृद्धि हुने सङ्केत देखिएको छ । चालु आवको साउनदेखि फागुनसम्म दुई हजार ५२३ पर्यटक आगमन भएका थिए । तीमध्ये सार्कका ३१ र अन्य देशका एक हजार ५४८ जनाको आगमन भएको थियो । चैतको विवरण भने सङ्कलन गर्न बाँकी रहेको बताइएको छ । विगत वर्ष १७ हजार र गत वर्षको वैशाख ११ गतेसम्म १४ हजार पर्यटकको आगमन भएको प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो । लाङ्टाङ व्यवस्थापन तथा पुनःनिर्माण समितिका अध्यक्ष पेम्बा लामाले स्याफ्रुबेँसीदेखि लाङ्टाङ खोला किनार र वृद्धिम हुँदै शेर्पा गाउँ रिम्चे, लाङ्टाङ, क्यानजेनसम्म सबै पदमार्ग मर्मत भइसकेकाले सहज रुपले हिँड्न सकिने बताउँदै ठाउँ ठाउँमा होटेल खुलाउने कार्य भइसकेको तथा पर्यटकलाई यथेष्ट सुविधा उपलब्ध गराउन आफ्नो समिति अहोरात्र तल्लीन रहेको जानकारी दिनुभयो ।

    ]]>
    10907 0 0 0
    पूर्णागिरिको मेलासँगै व्यापार बढ्यो http://localhost/ghum/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a5%88-%e0%a4%b5%e0%a5%8d/ Thu, 14 Apr 2016 17:42:27 +0000 http://www.ghumphir.com.np/?p=10909

    भीमदत्तनगर, २ वैशाख । भारतको उत्तराखण्डस्थित पूर्णागिरिमा मेला सुरु भएसँगै कञ्चनपुरको भीमदत्तनगर र ब्रह्मदेव बजारमा व्यापारिक कारोबार दोब्बरले बढेको छ । फागुनदेखि जेठ महिनासम्म लाग्ने मेला अवधिमा यहाँस्थित सिद्धनाथ मन्दिरमा आउने भारतीय दर्शनार्थीका कारण व्यापार बढेको हो । “दैनिक २० हजारभन्दा बढी भारतीय तथा नेपाली दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउने गरेका छन्,” कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष माधवप्रसाद जोशीले भन्नुभयो, – “किनमेलका कारण व्यापार बढेको छ ।” यहाँका व्यापारीले तीन महिनाको मेलामा कमाएको पैसाले बाँकी नौ महिना घरखर्च धान्ने गरेका छन् । अरु समय दैनिक रु चार÷पाँच हजारको बिक्री हुने गरेकामा अहिले दैनिक रु २० देखि रु ३० हजारसम्म बिक्री हुने गरेको महेन्द्रनगर बजारका व्यापारी इन्द्रबहादुर बम बताउनुहुन्छ । मेलाका कारण भीमदत्तनगर भन्दा सीमावर्ती ब्रह्मदेव बजारमा व्यापार फष्टाएको छ । सीमावर्ती भारतको टनकपुरदेखि करिब ५० किलोमिटर उत्तरमा पूर्णागिरि माताको तीर्थस्थल रहेको छ । यहाँ फागुपूर्णिमादेखि जेठ महिनासम्म मेला लाग्छ । पूर्णागिरिको दर्शनपछि यहाँस्थित सिद्धनाथ बाबाको मन्दिरमा दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यताका कारण बर्सेनि हजारौँ भारतीय दर्शनार्थी यहाँ आउने गर्छन् । यसरी आउने दर्शनार्थीले सामान किनमेल गरेकै कारण भीमदत्तनगरका व्यापारीले यथेष्ट आम्दानी गर्न सकेका हुन् । “नौ महिनासम्म मेलालाई कुरिबस्छौँ,” स्पेसल लाइनका व्यापारी हर्कबहादुर पाल भन्नुहुन्छ । मेला सुरु भएयता दैनिक रु १० हजारदेखि रु १५ हजारसम्म कारोबार हुने गरेको उहाँको भनाइ छ । दर्शनार्थीका लागि मुख्य समस्या यातायातको रहेको छ । उनीहरु सहजै सिद्धनाथ मन्दिरसम्म पुग्न सक्दैनन् । “आउजाउ गर्न यातायातको असुविधा रहेछ,” – पहिलोपटक पूर्णागिरि दर्शनका लागि भारतको इलाहावादबाट आउनुभएका राधेराम गुप्ताले भन्नुभयोे – “यातायातको साधन उपलब्ध नहुँदा कतिपय दर्शनार्थी ब्रह्मदेव बजारबाटै घर फर्के ।” महेन्द्रनगरदेखि १३ किलोमिटर टाढा ब्रह्मदेव बजारमा सिद्धनाथ बाबाको मन्दिर रहेको छ । यातायात असुविधाकै कारण कतिपय दर्शनार्थी त्यहाँको मन्दिरमा दर्शन गरी घर फर्किन्छन् । थोरै दर्शनार्थी मात्र महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरसम्म पुग्ने गरेका छन् । पूर्णागिरि दर्शन गर्न जाने नेपालीको सङ्ख्यासमेत उल्लेख्य छ । भारत उत्तराखण्ड राज्य चम्पावत जिल्लाको टनकपुर गाविसस्थित शिवालिक चुचुरोमा पूर्णागिरि मन्दिर रहेको छ ।

    ]]>
    10909 0 0 0
    सुन्तलाबाट एघार करोड आम्दानी http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b2%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%8f%e0%a4%98%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%86%e0%a4%ae%e0%a5%8d/ Thu, 14 Apr 2016 17:44:13 +0000 http://www.ghumphir.com.np/?p=10911

    रत्ननगर (चितवन), २ वैशाख । जिल्लामा किसानले यस वर्ष दुई हजार २५० मेट्रिकटन सुन्तलाबाट रु ११ करोड २५ लाख आम्दानी गरेका छन् । किसानले गत वर्ष भने दुई हजार १४५ मेट्रिकटन सुन्तलाबाट रु १० करोड ७२ लाख आम्दानी गरेका थिए । अघिल्लो वर्षभन्दा किसानले यस वर्ष रु ५३ लाख बढी आम्दानी गर्न सफल भएका बागवानी विकास अधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो । जिल्लामा २२५ हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको थियो । जिल्लाको दारेचोकका तामिन, धाप, तोकदाङ, माझगाउँ र सिरान, काउले, कविलास, चन्डिभञ्याङलगायत ठाउँमा सुन्तला अत्यधिक उत्पादन हुन्छ ।

    ]]>
    10911 0 0 0
    आदिनाथको मूर्तिलाई खटजात्रा गरियो http://localhost/ghum/%e0%a4%86%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%96%e0%a4%9f%e0%a4%9c%e0%a4%be%e0%a4%a4/ Thu, 14 Apr 2016 17:45:48 +0000 http://www.ghumphir.com.np/?p=10913

    काठमाडौँ, २ वैशाख । काठमाडौँको दक्षिण भेगमा अवस्थित चोभारको आदिनाथमा आज नख्खु दोभानमा स्नान गराइयो । प्रत्येक वर्ष चैतेदसैँका दिन उक्त मन्दिरको मूर्तिलाई खटमा राखेर नख्खु दोभानमा पु¥याइ स्नान गराइन्छ । मन्दिरका मूल पुजारीले मूर्तिलाई विधिविधानअनुसार खटमा राखेर पूजा गरेपछि स्थानीयवासीको सहयोगमा करिब तीन किमी टाढा नख्खु दोभानस्थित नदीमा लगेर देवतालाई स्नान गराइएको हो । प्राचीन समयमा चोभारका एक ग्वालाले गाई चराउन नख्खु दोभानमा जाँदा सोही स्थानमा उक्त मूर्ति फेला पारेको जनविश्वास छ । तत्कालीन समयमा चोभारमा विभिन्न दैवीप्रकोपको समस्या रहेको र मूर्ति स्थापना गरेपछि त्यहाँ अनिकाल हुन छाडेको बूढापाका बताउँछन् । त्यसपछि त्यहाँ मन्दिर निर्माण गरिएको विश्वास गरिन्छ । नख्खुका स्थानीयवासीले आफ्नो देवताको मूर्ति चोभारमा लगिएपछि विवाद गरी देवतालाई लैजान खोज्दा वर्षमा एकपटक खट जात्रा गर्ने सहमतिमा विवाद साम्य भएको र सोही परम्परालाई निरन्तरता दिइएको पूजारी सरोज शाक्यले जानकारी दिनुभयो । खट जात्रामा सहभागी भएमा दुःख कष्टको अन्त्य भई पारिवारिक सुखशान्ति कायम हुने र पुण्य प्राप्त हुने विश्वास छ । उक्त मन्दिरमा हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्तरुपमा आस्था प्रकट गर्ने गर्छन् ।

    ]]>
    10913 0 0 0
    साउदीमा नेपाली कार्यवाहक राजदूतमाथि दूताबासमै छुरा प्रहार http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%89%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a4%95/ Thu, 14 Apr 2016 17:57:43 +0000 http://www.ghumphir.com.np/?p=10915 २ वैशाख, काठमाडौं । साउदीस्थित नेपाली कार्यबाहक राजदुत आनन्दप्रसाद शर्मालाई सुनसरीका लक्षमणबहादुर राईले उनको कार्यकक्षको ढोका थुनेर आक्रमण गर्दा उनलाई चार स्थानमा चोट लगेको छ ।

    'कोठामा काम गरिरहेका थिए । एक्कासि आएर आक्रमण गर्न थाल्यो', शर्माले कान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै भने,'मेरो मुखमा काँधमा र अाैंलामा चोट लागेको छ ।' उनको मुखमा टाँका लगाएको छ । राईले शर्मालाई ढोका थुनेर आक्रमण गरेका थिए । दुताबासको सुरक्षामा बसेको साउदीको 'स्पेसल प्रहरी' गएर ढोका तोडेर तुरुन्तै उनलाई उद्धार गरेका थिए । 'उहाँ चिच्चाउनु भएपछि हामीले थाहा पायौ । प्रहरी तुरुन्तै आएर उद्धार गर्न सकेकोले ठूलो घटना हुनबाट जोगियो', दुतावासका एक अधिकारीले भने ।

    रियादस्थित नेपाली दुताबासकै सेल्टरमा बसिरहेका राईले बिहीबार बिहान ११ बजे चक्कु प्रहार गरेका थिए ।  शर्मालाई प्रहरीले तत्काल उपचारको लागि रियादस्थित किङ फैसल अस्पतालमा पुर्‍याइएको थियो । 'काँधको एक भागमा गहिरो चोट लागेको छ । अरु सामान्य छ', उनले भने,'अस्पातलले आजै डिस्चार्ज गर्ने तयारी गरिरहेको छ ।'

    राई मानसीक रोगी भएको दुताबासले जनाएको छ । उनी ६ महिनाअघि साउदी आइपुगेका थिए । 'हामीले नै मानसीक रोगी भनेपछि सेल्टरमा आश्रय दिएर राखेका थियौ । गत सोमबार -अपि्रल ११) गते दिउसो चार बजे नेपाल पठाउनको लागि टिकट थियो । हामीले  उनलाई पठाउन रियाद बिमानस्थलमा लिएर गयौं । बिमानस्थल पुगेपछि उनी जान मानेन ।', उनले भने,'फर्काएर आज -बिहीबार) पठाउने योजनामा थियौं । बिहान घटना घटाउन पुगे ।'

    राईले कम्पनी म्यानेजरलाई समेत चक्कु प्रहार गरी बाहिर निस्केर दुताबास आइपुगेको खबर दुताबासले बिहिबार मात्रै पाएको उनले बताए । 'पहिला कतारमा पनि उनी जेल परेको खबर आएको छ', उनले भने,'राईको बिषयमा विस्तुत बुझ्न जरुरी देखेका छौं ।'

    ७ मे २०१५ मा साउदीस्थित नेपाली दुताबासको उपनियोग प्रमुख बनेर शर्मालाई परराष्ट्र मन्त्रालयले पठाएको थियो । राजदूत उदयराज पाण्डेको चार बर्षे कार्यकाल सकेपछि उनी अगस्टको पहिलो सातादेखि कार्यवाहक राजदुतको जिम्मेवारी लिएका थिए ।

     साउदीस्थित नेपाली राजदूतमाथि छुरा प्रहार

    साउदीस्थित नेपाली कार्यबाहक राजदुत आनन्दप्रसाद शर्मा माथि बिहीबार उनकै कार्यकक्षमा आक्रमण भएको छ । एकजना नेपालीले नै उनीमाथि बिहान ११ बजे छुरा(चक्कु) प्रहार गरेको हो । दूतावासकै शरणमा बसेका ती नेपालीले आफूलाई घर फिर्ता नपाठाएको भन्दै शर्मामाथि आक्रमण गरेका हुन् ।

    रियादस्थित नेपाली दुताबासका अनुसार शर्मा एक्लै आफ्नो कार्यकक्षमा बसिरहेको अबस्थामा लक्ष्मणबहादुर राईले चक्कु प्रहार गरेका हुन् । शर्माको रियादस्थित किङ फैसल अस्पतालमा उपचार भइरहेको छ ।

    राईलाई साउदी प्रहरीले पक्राउ गरेको छ । 'राई १० दिनदेखि नेपाल जान खोजिरहेका थिए । उनलाई दुताबासले स्वदेश पठाउने प्रक्रिया थालेको थियो ।   सोमबार (११ अप्रिल)मा उनको उडान थियो । तर उनी जान सकेको थिएन', दुताबासका एक अधिकारीले कान्तिपुरलाई भने,' उनलार्इ घर पठाउने तयारी भइरहेको थियो । अकस्मात आएर आक्रमण गरे ।'

    उनी मानसीक रुपमा रोगी भएको दुताबासले जनाएको छ । कार्यबाहक राजदुतको उपचार भइरहेको छ । 'उहाँ खतरामुक्त हुनुहुन्छ', उनले भने ।

    परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै छुरा हानेको विषयलाई पुष्टि गर्दै त्यस्तो कार्यको भत्र्सना समेत गरेको छ । यद्यपी के कारणले छुरा हानेको हो भन्ने मन्त्रालयले खुलाएको छैन । दूतावासमा शरण लिएर बसेका युवाले शर्माको कार्यकक्ष मै गएर छुरा हानेको बताइएको छ । कार्यवाहक राजदूत रहेका शर्मालाई तत्काल अस्पताल लगिएको र अहिले उनी खतरा मुक्त रहेकेा जनाएको छ । छुरा हान्ने ब्यक्तिलाई साउदी प्रहरीले कारबाहीको लागि नियन्त्रणमा लिइसकेको भए पनि उनी को हुन भन्ने खुलाइएको छैन ।

    घाइते शर्माको साउदी अरबको किङ फैसल अस्पतालमा उपचार भइरहेको छ । यस विषयलाई गम्भीरतापूर्वक लिदै थप विवरणका लागि राजदूतावासलाई निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । शर्मा माथि आक्रमण के भएर भएको भन्ने अझै खुलाइएको छैन ।

    ]]>
    10915 0 0 0
    रथ यात्रा http://localhost/ghum/%e0%a4%b0%e0%a4%a5-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be/ Fri, 15 Apr 2016 01:38:18 +0000 http://www.ghumphir.com.np/?p=10920 10920 0 0 0 सिन्दुर जात्रा http://localhost/ghum/%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%81%e0%a4%b0-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-2/ Fri, 15 Apr 2016 01:41:08 +0000 http://www.ghumphir.com.np/?p=10923 10923 0 0 0 भारतले राेक्यो दमकल र एम्बुलेन्स http://localhost/ghum/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a4%be%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a6%e0%a4%ae%e0%a4%95%e0%a4%b2-%e0%a4%b0-%e0%a4%8f%e0%a4%ae%e0%a5%8d/ Fri, 15 Apr 2016 01:44:49 +0000 http://www.ghumphir.com.np/?p=10927 ३ वैशाख, काठमाडौं ।गैरआवासीय नेपालीले दान दिएका दमकल र एम्बुलेन्स नेपाल ल्याउन भारतले रोक लगाएको छ। नागरिक दैनिकमा समाचार छ।
    गोर्खा-ब्रिटिस फाउन्डेसनले झापा मेचीनगर नगरपालिकाका लागि पठाएको एम्बुलेन्स र दमकल आठ महिलादेखि भारतमा बिनाकारण रोकिएका छन्। कोलकातास्थित बन्दरगाहमा आठ महिनादेखि थन्किएको एउटा एम्बुलेन्स र एउटा दमकल मेचीनगर ल्याउने प्रयास सफल हुन सकेको छैन।
    काँकडभिट्टाकै बासिन्दासमेत रहेका बेलायतका पूर्व काउन्सिलर धन गुरुङको पहलमा नगरपालिकालाई दुई दमकल र दुई एम्बुलेन्स दिने सहमति भएको थियो। सहमति अनुसार पहिलो चरणमा एउटा दमकल र एउटा एम्बुलेन्स पठाइएको थियो। गत भदाैं पहिलो साता बेलायतबाट गुरुङको नेतृत्वमा १५ जनाको टोलीले काठमाडौं र मेचीनगर भ्रमण गरेको थियो।
    ‘बेलालयका पूर्व आकाउन्सिलर गुरुङकै अगुवाइमा मेचीनगगरलाई दमकल, एम्बुलेन्स र औषधि आएको थियो,’ मेचीनगरका कार्यकारी अधिकृत पशुपति खतिवडाले भने,‘तर आठ महिना बित्यो औषधि पनि आइपुगेको छैन।’
    ]]>
    10927 0 0 0
    ड्रगको अन्तर्राष्ट्रिय माफिया नेपाली! http://localhost/ghum/%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%ae/ Fri, 15 Apr 2016 01:49:25 +0000 http://www.ghumphir.com.np/?p=10929 ३ वैशाख, काठमाडौं ।बैंककमा बसेर एक नेपालीले अर्बाैँको ‘आइस ड्रग’ तस्करी गर्दै आएको खुलेको छ। धादिङ घर भएका धर्म पाख्रिन तामाङले म्यानमारबाट एम्फेटाइमान नामक महँगो लागुऔषधको विश्वभर तस्करी सञ्जाल सञ्चालन गर्दै आएका हुन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
    तामाङका दुई सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ। धादिङ सत्यदेवी घर भएका नेत्र गुरुङ र चित्र तामाङलाई लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले ३० चैतमा पक्राउ गरेको हो।
    नयाँ वर्षका लागि भनेर उनीहरू ३ सय २ ग्राम आइस ड्रग लिएर नेपाल आएका थिए। सो लागुऔषध ९० लाख ६० हजार रुपैयाँबराबरको भएको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का प्रमुख डिआइजी जयबहादुर चन्दले बताए। उनीहरूले पटक–पटक म्यानमारबाट फिलिपिन्समा आइस ड्रग तस्करी गरेको प्रहरीले जनाएको छ।
    ‘धर्म तामाङले फिलिपिन्सदेखि अस्ट्रेलियासम्म लागुऔषध तस्करी सञ्चालन गर्दै आएको खुलेको छ,’ ब्युरोका प्रमुख डिआइजी चन्दले भने,‘दर्जनौँ नेपाली युवा–युवतीलाई भरियाका रूपमा प्रयोग गरेर उनले तस्करीको ठूलो सञ्जाल सञ्चालन गर्दै आएका थिए।’ नेपालमा बसेर धर्मका भाइ पूर्ण पाख्रिनले उनलाई सहयोग गर्दै आएका थिए। पूर्ण भने प्रहरीले पिछा गरेको थाहा पाएर भाग्न सफल भएका छन्।
    प्रहरीले पक्राउ गरेका चित्र तामाङ र नेत्र गुरुङ लागुऔषध तस्करीको सहयोगी मात्र नभई धर्म तामाङका आफन्त पनि हुन्। धर्मको विशेष सहयोगी चित्र लागुऔषध र पैसा ओसारपसारमा सक्रिय थिए।  बैंककबाट फर्कने क्रममा उनीहरू पक्राउ परेका हुन्। २९ चैतमा विमानस्थलबाट पिछा गरी प्रहरीले उनीहरूलाई ३० चैतमा पक्राउ गरेको हो। खेलौना तथा सुटकेसको डन्डीमा लुकाएर उनीहरूले लागुऔषध नेपाल ल्याएका थिए।
    गत जनवरीमा धर्मकै समूहले करिब डेढ अर्ब नेपाली रुपैयाँबराबरको आइस ड्रग अस्ट्रेलियामा तस्करी गरेको थियो । फिलिपिन्समा त ठूलो मात्रामा उनले तस्करी गर्दै आएको प्रहरीले जनाएको छ। लागुऔषध तस्करीमा उनी अन्तर्राष्ट्रिय माफिया नै भइसकेको डिआइजी चन्दले बताए। थाई युवतीसँग बिहे गरेर बसेका उनको परिवार र पूरै आफन्त नै यस्तो धन्दामा संलग्न रहेको प्रहरी आशंका छ।
    ]]>
    10929 0 0 0
    भूकम्पले नेपालमा रेमिट्यान्स बढायो http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a5%87-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%87%e0%a4%ae%e0%a4%bf%e0%a4%9f%e0%a5%8d%e0%a4%af/ Fri, 15 Apr 2016 01:52:03 +0000 http://www.ghumphir.com.np/?p=10932 भारत संसारकै धेरै रेमिट्यान्स भित्र्याउने मुलुक

    ३ वैशाख, काठमाडौं ।भूकम्पका कारण विदेशमा रहेका आफन्तले धेरै पैसा पठाएपछि सन् २०१५ मा नेपालमा रेमिट्यान्स २०.९ प्रतिशतले बढेको छ। दक्षिण एसियाली मुलुकमा रेमिट्यान्स बृद्धिदर निकै सुस्त भएपनिनेपालमा भने आकार्सिको हो। अन्नपूर्ण पोस्टमा समाचार छ।
    दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा अधिक मात्रामा रेमिट्यान्स आप्रवाह बढ्नुमा भूकम्पलाई प्रमुख कारण मानिएको छ। यसैगरी छिमेकी भारत विश्वमै सवैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक भएको छ।
    विश्व बैँकले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल सन् २०१४ को तुलनामा २०१५ मा रेमिट्यान्स आप्रवाह २०.९ प्रतिशतले बढेको हो।
    यस्तो बृद्धिदर २०१४ मा ३.२ प्रतिशतमात्र थियो। विश्व बैँकका अनुसार गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि विदेशमा रहेका आफन्तले औसत अवस्थामा भन्दा निकै बढी मात्रामा घरमा पैसा पठाए।
    भूकम्पपछि परिवारमा भेटघाट गर्न विदेशबाट नेपाल आउनेको संख्या पाँच गुणाले बढ्यो। भूकम्पपछिका केही महनिासम्म दैनिक औसतमा चार हजारजना विदेशबाट आफ्नो घरमा फर्किएका थिए। यसरी फर्किएकाले प्रशस्त पैसा समेत ल्याएका थिए।
    ]]>
    10932 0 0 0
    टिकट किन्ने पैसा नहुँदा महिला अलपत्र http://localhost/ghum/%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a4%9f-%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a5%88%e0%a4%b8%e0%a4%be-%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%ae/ Fri, 15 Apr 2016 01:53:41 +0000 http://www.ghumphir.com.np/?p=10934 ३ वैशाख, काठमाडौं ।कैलालीको धनगढी उपमहानगरपालिका-१८ फूलबारी ‘डी’ गाउँकी २७ वर्षीया सावित्री विक सुनार एक वर्षअघि राम्रो कमाई हुने आसमा लेबनान् गइन्। ११ वर्षको छोरा राहुल र घरपरिवार छाडेर गएकी सावित्रीले लेबनान गएरा राम्रो कमाउन त सकिनन् नै, स्वदेश फर्किन पनि असमर्थ भएकी छिन्। राजधानी दैनिकमा समाचार छ।
    उनलाई गाउँकै चिनजानका ईश्वर लामाले लेबनान पठाएका थिए। राम्रो कमाई हुने प्रलोभन दिएर उनले सावित्रीलार्य लेबनानस्थित बेरुतको मुसाहमुद गाउँमा पठाएको उनी आमा मायाले बताइन्। ‘चिनजानको मान्छेले धोका देला भन्ने कल्पना पनि गरिएन, मायाले भनिन्,‘तर अहिले छोरी घरकी न घाटकी भएकी छन्।’
    उनी एक वर्षअघि नमस्ते स्माइल कम्पनीमार्फत काठमाडौंबाट लेबनान उडेकी थिइन्। उनका बुबा मानबहादुरका अनुसार उड्नुअघि ईश्वरले सावित्रीलाई प्रतिमहिना २ सय ५० लडर तलब पाइने बतठाएका थिए। सावित्रीलाई केयरगिभरको काम गर्न भनेर पठाइएको थियो।
    तर सावित्री काम गर्ने घरमा सुरुदेखि नै सास्ती भोग्नु परेको उनका बुबा मानबहादुरले बताए। घरवालाले अनेक बहानामा पिट्ने राम्ररी खानासमेत नखिदएर दुःख दिन थालेपछि सावित्री राहदानी, भिसालगायत कागजात त्यही छोडेर भागिन्। उनले अहिले एकजना फिलिपिनो महिलाको संरक्षणमा बसेको मानबहाखुरले बताए।
    ]]>
    10934 0 0 0
    जापानी सांसदहरुले राहत र पुनर्निर्माण सहयोगको पारदर्शिता र सदुपयोगबारे प्रश्न उठाए http://localhost/ghum/%e0%a4%9c%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%a4-%e0%a4%b0/ Fri, 15 Apr 2016 01:56:20 +0000 http://www.ghumphir.com.np/?p=10936 ३ वैशाख, काठमाडौं ।जापानी सांसदहरुले आफ्नो सरकारले भूकम्पपछि नेपाललाई दिएको राहत र पुनर्निर्माण सहयोगको पारदर्शिता र सदुपयोगबारे प्रश्न उठाएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
    मुलुकको ऐन प्रतिस्थापनका लागि बृहत अध्ययनका क्रममा रहेको विधायन समितिका सदस्य रहेको प्रतिनिधिमण्डलका सदस्यसमक्ष बिहीवार जापानको प्रतिनिधिसभामा भएको भेटवार्तामा जापानी सांसदहरुले त्यस्तो प्रश्न उठाएका हुन्।
    जापानजी सांसदहरुले जापानका जनातले तिरेको करबाट पठाइएको सहायता रकम नेपालमा करिी खर्च भइरहेको छ भनेर सोधेका थिए।
    करिब ९ हजारको ज्यान लिने र करिब २२ हजारजना घाइते बनाउने गरी एक वर्षअघि नेपालमा गएको विनाशकारी भूकम्पले करिब आठ लाख घर भत्काएर ती घरमा बस्नेलाई सडकमा ल्याएदिएको सन्दर्भमा उल्लखे गर्दै जापानी सांसदले भूकम्प प्रभावित क्षेत्रका नेपाली जनातको अवस्थाबारे चासो राखेका थिए।
    ]]>
    10936 0 0 0
    एमालेका केन्द्रदेखि गाउँसम्मै गुटबन्दी http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81/ Fri, 15 Apr 2016 02:06:49 +0000 http://www.ghumphir.com.np/?p=10939 ३ वैशाख, काठमाडौं । सरकारकोे नेतृत्व गरेको दल नेकपा एमालेका केन्द्रदेखि गाउँ तहसम्मै चरम गुटबन्दी बढेको तथ्य वाहिर आएको छ ।

    केन्द्रीय किमिटीको बैठकमा पेश भएको प्रतिवेदनले नेतृत्व तहदेखि गाउँ तहसम्मै गुटबन्दी मौलाएको र पार्टी काम ओझेलमा परेको किटान गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

    अनुशासन आयोगले पछिल्लो समयमा शीर्ष नेतृत्वबाटै संरक्षण पाई पार्टीभित्र गुटबन्दीले सीमा नाघेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वलाई विशेष ध्यानाकर्षणसमेत गराएको छ ।

    केन्द्रीय कमिटीको बैठकमा बिहीबार आयोग अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन पेस गरेका हुन् । प्रैतिवेदनमा पार्टी भित्र बढ्दै गएको गुटबन्दीलाई अन्त्यगर्नु पर्नेमा जोड दिइएको छ ।

    ]]>
    10939 0 0 0
    प्रसिद्ध पर्यटकीय स्थल भैरवकोटमा शान्ति पार्कको बन्ने पक्का भयाे http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%b2-%e0%a4%ad/ Fri, 15 Apr 2016 03:02:49 +0000 http://www.ghumphir.com.np/?p=10941

    पोखरा, ३ वैशाख । कास्की जिल्लाको दक्षिणभेगको भरतपोखरीस्थित प्रसिद्ध पर्यटकीय तीर्थस्थल कोटभैरव मन्दिर जाने मार्गमा निर्माणाधीन हाइल्यान्ड भैरवकोट शान्ति पार्कको एक कार्यक्रमबीच बिहीबार शिलान्यास गरिएको छ । पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको मल्लकालीन तीर्थस्थल कोटभैरव र नजिकैको हुडिकोटको विकासलाई लक्षित गरी निर्माण गर्न लागिएको पार्कको पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश शाह, राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल र हाई वान होप आयोजनाका निर्देशक डा किशोरराज भण्डारीले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । उहाँहरूले हाई वान होप आयोजनाको आर्थिक सहयोगमा निर्माण हुने खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानीको २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की पनि शिलान्यास गर्नुभयो । कार्यक्रममा पूर्व मन्त्री गणेश शाहले पर्यावरणको संरक्षणका लागि जल, जमिन र जङ्गल संरक्षण गर्नु अपरिहार्य भएको बताउँदै निर्माणाधीन पार्क यस क्षेत्रका सर्वसाधारणका लागि बहुउपयोगी हुने बताउनुभयो । राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले पर्यावरणको संरक्षण वर्तमानको प्रमुख आवश्यकता भएको बताउँदै सामुदायिक वनको संरक्षणका साथै तिनीहरूको विकासका लागि सबै जुट्नुपर्ने बताउनुभयो । हाई वान होपका निर्देशक डा किशोरराज भण्डारीले हाई वान होपले खानेपानी, सामुदायिक विकास आदिका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउँदै विकास निर्माणका लागि स्थानीयवासीको सक्रियता अपरिहार्य हुने बताउनुभयो । हाईल्यान्ड भैरवकोट शान्ति पार्कका अध्यक्ष चेतबहादुर महतले लगभग १० रोपनी क्षेत्रफललाई समेटेर बनाउन लागिएको पार्क यस क्षेत्रको पर्यटकीय विकासका लागि अत्यन्त उपयोगी हुने उल्लेख गर्नुभयो । समाजसेवी केशवराज लम्सालले विकास निर्माणका लागि समाजका सबैको एकताबद्ध सहयोग आवश्यक हुने बताउँदै स्थानीय जागरुकता भएमा विकासका विभिन्न योजनाको खोजी गर्न सकिने बताउनुभयो । खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी तथा सरसफाइ व्यवस्थापन समितिका पूर्वअध्यक्ष गुरुप्रसाद पौडेलले पार्क निर्माणसँगै यस क्षेत्रको पर्यटकीय सम्भावना थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

    ]]>
    10941 0 0 0
    नेपाल र भारत चोरी–सिकारी नियन्त्रण गर्न सहमत http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b0-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80/ Fri, 15 Apr 2016 03:04:37 +0000 http://www.ghumphir.com.np/?p=10943

    कञ्चनपुर, ३ वैशाख । नेपाल र भारतका वन अधिकारीले वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण गर्नका लागि सघनरुपमा कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार नेपाल र भारतका वन अधिकारीको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा बसेको संयुक्त बैठकले वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्नका लागि सीमाक्षेत्रमा संयुक्त गस्तीको कार्यसँगै सूचना आदान–प्रदानको कार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् । बाघ संरक्षणको कार्य चुनौतीको विषय भएकाले यसको रोकथामका लागि समन्वयात्मक ढङ्गले कार्य गर्ने बैठकमा सहमति भएको शुक्लाफाँटा वन्यजन्तु आरक्षका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो । उहाँले भारतीय पक्षबाट महाकाली नदीको ब्रह्मदेव क्षेत्रबाट भइरहेको बालुवा उत्खनन गर्ने कार्य रोक्नका लागि पहल गर्नुपर्ने भारतीय समकक्षीसमक्ष राखेको बताउनुभयो । भारतीय पक्षले बालुवा उत्खननको कार्य रोक्नका लागि बैठकमा प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो । संयुक्त बैठकमा हालसम्म भएका कामको समीक्षा र आगामी योजना निर्माण गर्ने विषयमा छलफलसमेत भएको छ । बैठकमा नेपालका तर्फबाट शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकाल, जिल्ला वन कार्यालय कञ्चनपुरका कर्मचारी, भारतको उत्तराखण्ड वन विभागका कर्मचारी, डब्लुडब्लुएफ इन्डियाका कर्मचारीको सहभागिता रहेको थियो ।

    ]]>
    10943 0 0 0
    पोखराको लेकसाइडमा पाँच सयमै कोठा ! http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%b8/ Fri, 15 Apr 2016 03:07:04 +0000 http://www.ghumphir.com.np/?p=10945 नविन अर्याल

    ३ बैशाख, पोखरा । महंगो शहरका रुपमा परिचित पोखराको लेकसाइडमा पाँच सयमै रुम ! त्यो पनि तारे होटलकै सरह सेवा सुविधासहित !  सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ, तर यथार्थ हो ।

    लेकसाइडको भित्री सडकमा पाँच सय रुपैयाँमा रुम पाइन्छन् । जहाँ अट्याच ट्वाइलेट बाथरुम, चिसो तातोपानी, वाइफाइ, टीभी लगायतका सुविधा उपलब्ध हुन्छन् । यस्ता होटलमा पाँचसयदेखि हजार रुपैयाँसम्मका रुमहरु हुने न्यू सिटी अन्नपूर्ण होटलका सञ्चालक शंकर गुरुङले अनलाइनखबरलाई बताए ।

    पोखरा भन्नेवित्तिकै धेरै मानिसहरु महंगो शहरका रुपमा बुझ्छन् । त्यसमाथि लेकसाइड भनेपछि धेरैले आफ्नो पहुँच बाहिर सम्झन्छन् । लेकसाइडमा महंगामात्र होटलहरु मात्रै रहेको भ्रममा धेरै नेपाली लेकसाइड बस्ने आफ्नो चाहनाविपरीत पृथ्वीचोक, न्यूरोड, सृजनाचोक, महेन्द्र पुलतिर बसेको भेटिन्छ ।

    तर, लेकसाइडमै पाँच सयमा सुविधायुक्त रुमहरु पाइने धेरैलाई थाहा छैन् । जसले गर्दा कम पैसा हुनेहरु पोखरा आउँदा लेकसाइडमा बसेर यहाँको रात्रीलाइफको मज्जा लिन पाइरहेका छैनन् । लेकसाइड नेपालको यस्तो ठाउँ हो, जहाँ पुग्दा पश्चिमी रंगीन दुनियाँको झझल्को मिल्छ ।

    ‘लेकसाइड बस्ने रहर भएका तर धेरै पैसा खर्च गर्न नसक्ने ग्राहकरुलाई सेवा दिइरहेका छौं’ गुरुङले भने- ‘सस्तो मूल्यमा रुमहरु बिक्री गरे पनि हामीले सेवा सुविधाको गुणस्तरमा कुनै सम्झौता गर्दैनौं ।’ होटलको सफा सुग्घरमा पनि कुनै गडबडी हुन नदिने उनको भनाई छ ।

    पोखरा घुम्न आउने स्वदेशी पर्यटक पनि सस्ता रुम खोज्छन् । नेपालीहरु रुममा भन्दा बढी खानपिनमा खर्च गर्न चाहाने गरेको गुरुङले बताए । नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडका तारे होटलहरु भरिएका छैनन् । तर, सस्ता रुमहरु बिक्री गर्ने होटलहरु भरिभराउ छन् ।

    लेकसाइडको मुख्यरोडभित्र खुलेका दर्जनौं होटलले पाँच सयदेखि हजार रुपैयाँसम्म रुमहरु बिक्री गर्छन् । कतिपयले होम स्टे सरहका होटलहरु समेत सञ्चालन गरिरहेका छन् । जसले कम खर्चमै लेकसाइडमा बसेर रमाइलो गर्ने नेपालीको चाहना पूरा गर्दै आएका छन् ।

    खासगरी लेकसाइडका भित्री सडकहरु, पामेतिर जाने सडक र हलनचोकबाट जिरो किलोटिरतर्फको मुख्य सडकमा पाँच सयदेखि हजार रुपैयाँसम्ममा सुविधायुक्त रुमहरु पाइन्छन् । सफा र चिटिक्क पारिएका होटलमा पाँच सयमै रुम पाइने भएपछि ग्राहक यस्ता होटलमा आकषिर्त भइरहेका छन् ।

    लेकसाइड जस्तो महंगो ठाउँमा कसरी पाँच सयमा रुमहरु पाइन्छन् ? धेरैलाई कौतुहल  हुन सक्छ । यस्ता होटलहरु प्राय आफ्नै घरमा परिवारका सदस्यहरुले सञ्चालन गरेको भेटिन्छ । घरको बाहल तिर्न नपर्ने र परिवारकै सदस्यले काम गर्ने हुँदा सञ्चालन खर्च कम भएपछि सस्तोमा रुम बिक्री सम्भव भएको हो ।

    त्यसो त घर भाडामा ल्याएर होटल चलाउनेहरुले पनि पाँच सयमै रुमहरु बिक्री गरेको भेटियो । लेकसाइडमा महंगो भाडा तिरेर पाँच यसमा रुमहरु बिक्री गरी कसरी नाफा कमाइन्छ ? उनीहरुको पनि आफ्नै तर्क छ ।

    लेकसाइडको सेन्टर प्वाइन्ट सडकमा घर भाडामा लिएर होटल चलाइरहेका गुरुङले खानाबाट खर्च कभर गर्ने बताउँछन् । ‘नेपालीहरु सस्तो रुममा बसे पनि खानपिनमा भने निकै खर्च गर्छन्, खानाबाट हामीले नाफा कमाउने हो’ उनको भनाई छ । यसको मतलव गुरुङले खानको मूल्य चर्को असुल्ने होइन । उनले २ सयमा भेज र ३ सयमा ननभेज खुवाउँछन् । नेपालीहरु रक्सी र स्न्याक्समा धेरै खर्च गर्ने हुँदा खानाबाट आम्दानी बढी हुने उनको तर्क छ ।

    सस्ता रुमका ग्राहकहरु अधिकांश नेपाली हुने गर्छन् । त्यसमाथि पनि पोखरा क्षेत्रका ५० प्रतिशत र पोखरा बाहिरका ५० प्रतिशत हुने गरेको गुरुङको अनुभव छ ।

    कम मूल्यमा रुम बिक्री गर्ने होटलमा अफसिजनमा समेत ५० प्रतिशत भन्दा बढी रुम भरिन्छन् । त्यसो हुँदा पनि सस्तोमा रुम बिक्री गरेर नाफा कमाउन सम्भव भएको हो ।

    तीनतारे स्तरको ल्यान्डमार्क होटलका प्रबन्ध सञ्चालक ओमप्रकाश पाण्डेका अनुसार मुख्य सडकभित्र रहेका अधिकांश घरधनीले सस्तोमा रुमहरु बिक्री गर्ने गरेको बताउँछन् । ‘घर महिनावारी भाडामा लगाएर भन्दा होटल बनाएर प्रतिरुम पाँच यसमा बिक्री गर्दा नाफा हुन्छ’ उनले भने- ‘त्यसो हुँदा परिवारकै सदस्यले घरलाई होटलका रुपमा चलाइरहेका छन् ।’

    लेकसाइडका भित्री सडकमा सबै घरहरु होटलमा परिणत भएको पाण्डेले बताए । सस्तो रुम बिक्री गर्ने होटलहरु तारे होटलका लागि चुनौती समेत बन्दै गइरहेका छन् । तर, धेरै पैसामा लेकसाइडमा बस्न चाहाने पर्यटकका लागि भने बरदान बनिरहेका छन् ।

    पोखरालाई पर्यटकीय नगरी भने पनि यहाँको पर्यटन लेकसाइडमा मात्र केन्दि्रत भएको देखिन्छ । लेकसाइड बाहिर बसेर पर्यटकले पोखरा भ्रमण गरेको अनुभव प्राप्त गर्न सक्दैनन् । त्यसकारण सकेसम्म लेकसाइडमा बसेर रमाइलो गर्न चाहाने बढी हुने गरेको पर्यटन व्यावसायी बताउँछन् ।

    ]]>
    10945 0 0 0
    जापानमा शक्तिशाली भूकम्प, ९ को मृत्यु, ७०० बढी घाइते http://localhost/ghum/%e0%a4%9c%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%b6%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa/ Fri, 15 Apr 2016 03:14:15 +0000 http://www.ghumphir.com.np/?p=10947 जापानमा गएको ६ दशमलब ५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ। दक्षिणी क्षेत्र क्यूशु दीपलाई केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी सात सयभन्दा बढी मानिस घाइते भएको बीबीसीले जनाएको छ।
    जापानी मौसम विभागका अनुसार स्थानीय समयअनुसार राति ९ बजेर २६ मिनेटमा क्यूशु द्वीपस्थिति कुमामोटो शहरको पूर्वभागलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको हो। भूकम्पको केन्द्र सामुन्द्रिक सतहभन्दा १० किलोमिटर मुनि रहेको थियो।
     
    ६ दशमलब ५ रेक्टर स्केलको भूकम्प आएको ४० मिनेटपछि ५ दशमलब ७ रेक्टर स्केलको अर्को झट्का आएको थियो। भूकम्पका कारण कयौं घरहरु स्वस्त भएका छन् भने विद्युत आपूर्ति बन्द भएको छ। भूकम्पकै कारण रेल सेवा पनि रोकिएको छ।
     
    भूकम्प प्रभावित क्षेत्रबाट ४० हजार मानिसलाई बाहिर निकालिएको बीबीसीले जनाएको छ। भूकम्पवाट घरबार गुमाएका पीडितहरुलाई राहत दिने काम चलिरहेको छ।
     ]]>
    10947 0 0 0
    जोमसोममा पहिलोपटक होमस्टे (घरबास) सुरु http://localhost/ghum/%e0%a4%9c%e0%a5%8b%e0%a4%ae%e0%a4%b8%e0%a5%8b%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%aa%e0%a4%9f%e0%a4%95-%e0%a4%b9%e0%a5%8b%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%9f/ Fri, 15 Apr 2016 16:16:22 +0000 http://www.ghumphir.com.np/?p=10950 ३ वैशाख, मुस्ताङ। जिल्लाको जोमसोम–१, २ र ३ ठिनी गाउँमा पहिलोपटक होमस्टे (घरबास) सुरु भएको छ ।  जिल्ला विकास समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयवासीको सक्रियतामा पहिलो चरणमा चार घरमा होमस्टे सेवा प्रारम्भ गरिएको हो ।

    सदरमुकाम जोमसोमसँग जोडिएको ठिनी गाउँका स्थानीयवासीलाई एक्यापले होमस्टे सञ्चालनसम्बन्धी तालिम दिएपछि सो सेवा सुरु गरिएको हो ।

    धार्मिकस्थल, फरक भू–बनोट, तिब्बती कला संस्कृतिको अध्ययन र अनुसन्धान तथा लोमान्थाङ भ्रमणका लागि यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउन होमस्टेले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । गाउँ मुखिया आशबहादुर थकाली, ममिता थकाली, मनदेवी थकाली र बदी थकालीले सुरु गरेको होमस्टेमा काठमाडौँबाट १६ जना आन्तरिक पर्यटक पुगेको स्थानीयवासी नीरज थकालीले जानकारी दिए ।

    “थकाली संस्कृतिको प्रारम्भ यही गाउँबाट भएको भन्ने इतिहास छ, सदरमुकाम नजिक हुँदा पर्यटकलाई होमस्टेमा ल्याउन समस्या छैन,” उनले भने– “अन्य घरले पनि होमस्टे सुरुवात गर्दैछन् ।” एक सय घरधुरी रहेको उक्त गाउँमा करिब २० घरले होमस्टे सञ्चालनको तयारी गरिरहेका छन् ।

    धुम्बाताल, ह्यारोजो भ्यूपोइन्ट, तिलिचो ताल जाने मुख्य मार्ग, उच्च स्थानमा अवस्थित भएकाले नीलगिरि र धवलागिरि हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले ठिनीगाउँमा अन्य समयमा पनि नियमित रुपमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । भ्यू पोइन्टबाट कोरला नाकासहित जिल्लाको ८० प्रतिशत भू–भाग देख्न सकिन्छ ।

    मुस्ताङमा लेतेदेखि लोमान्थाङसम्म करिब ३०० साना–ठूला होटल सञ्चालनमा छन् । एक्यापका पर्यटन सहायक बेलबहादुर पुन होमस्टेको विकासका लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिने बताउँछन् ।

    ]]>
    10950 0 0 0
    एमाले युवा संघका नाममा युएईमा मानव तस्करी http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a5%81/ Fri, 15 Apr 2016 16:18:36 +0000 http://www.ghumphir.com.np/?p=10953 ३ वैशाख, युएई । सत्तारुढ नेकपा एमालेको भातृ संगठन प्रवासी युवा संघका नेताहरु नेपाली युवतीलाई युएई पठाउने अवैधानिक धन्दामा सक्रिय रहेको एक प्रतिवेदनबाट खुलासा भएको छ ।

    त्यसरी दुबई पुर्‍याइएका युवतीले नेपाली दूतावासमा जागिर माग्दै बायोडाटा बुझाएपछि युवा संघका नाममा मानव तस्करीको धन्दा सार्वजनिक भएको हो ।

    एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद अन्तरगत वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिले हालै तयार पारेको एक प्रतिवेदनले एमालेको भातृ संगठनका नेताहरु नेपाली युवतीलाई झुक्याएर दुबई पठाउने कार्यमा संलग्न रहेको देखाइएको छ ।

    त्यसरी दुबई पुर्‍याइएका चेलीहरुबाट लिइएको पैसा फिर्ता गरेर पीडितलाई न्याय गरिनुपर्ने कल्याण समितिका संयोजक धरम केसीको प्रतिवेदनमा उल्लेख छ ।

    कसरी मुछिए युवा संघका नेता ?

    हालै युएईमा एमालेको भातृ संस्था प्रवासी नेपाली मञ्च मातहतको युवा संघको आयोजनामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा एमाले कार्यकर्ताले कलाकार बनाएर केही युवतीहरु लगेका थिए, जसले कुनै पनि सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएनन् र उनीहरु उतै बसेर जागिरको खोजीमा भौंतारिन थाले ।

    दुबई पुर्‍याइएका १० युवतीमध्ये ४ जनामात्रै कलाकार रहेको र एकजना आयोजककै परिवारको सदस्य रहेको दूतावासले जनाएको छ । लाखौं रुपैयाँ असुलेर जागिर लगाइदिने बाहनामा ५ युवतीलाई युएई पुर्‍याएर अलपत्र छाडिएपछि उनीहरुले दूतावासमा निवेदन दिएको दूतावासले बताएको छ ।

    ती नेपाली चेलीहरु एमालेका युवा नेतालाई डेढ लाखदेखि तीन लाख रुपैयाँसम्म तिरेर युएई पुर्‍याइएको जनाइएको छ । हाल उनीहरुले नेपाली दूतावासमा दलालहरुविरुद्ध उजुरी दिएका छन् र दूतावासले उनीहरुलाई न्याय गर्ने बचन दिएको केसीको प्रतिवेदनमा उल्लेख छ ।

    राजदूतलाई ‘हिन्दू’ भन्दै धम्की

    यसैवीच सांस्कृतिक कार्यक्रम भन्दै युएईमा कलाकार लैजाने कामको आयोजना गरेका एमाले कार्यकर्ता समिम खानले नेपाली राजदूत धनञ्जय झालाई ‘तपाई हिन्दू भएकाले मुश्लिमलाई हेपेको’ भन्दै धम्की दिएका छन् ।

    खानले युवा संघको ब्यानरमा नक्कली कार्यक्रम बनाएर दुबई पुर्‍याएका नेपाली चेलीहरुले दूतावासमा उजुरी गरेपछि राजदूतले खानलाई यसबारे सोधेका थिए । तर, उनले ‘हिन्दू राजदूत’ भन्दै झालाई थर्काएका थिए ।

    त्यसपछि राजदूत झाले पनि एमाले कार्यकर्ता खानलाई ‘तपाईले गल्ती स्वीकार नगरी यस्ता कुरा गर्ने हो भने म पनि तपाईलाई मुस्लिम आतंकवादी मान्दै डिपोर्ट गर्न सक्छु भन्ने जवाफ दिएका थिए ।

    दूतावासका अधिकारीहरु के भन्छन् ?

    युवा संघका नाममा भएको मानव तस्करीबारे राजदूत झाले केसीको समितिलाई दिएको प्रतिक्रियामा भनेका छन्- ‘यसपटक दुईजना युवतीले दूतावासमै आएर निवेदन लिएका छन् ।उनीहरुले तिरेको रकम फिर्ता मागेका छन् । यिनीहरुले वास्तवमै १० जनामध्ये ४ जना मात्र कलाकार, एक जना परिवार र ५ जनालाई विशुद्ध रोजगार दिलाइदिने प्रलोभनमै रकम असुलेर युएई ल्याएका रहेछन् ।’

    यो प्रकरणमा भेटिएका विस्तृत कुराहरु लेखेर परराष्ट्र मन्त्रालयमा पठाइएको राजदूत झालाई उधृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी श्रम सहचरी हिरा यादवको प्रतिक्रिया छ- ‘कलाकारको भिसामा आएकी युवतीले जागिर खोजिदिनुपर्‍यो भन्दै मलाइ पनि बायोडाटा पठाएकी छिन् । विभिन्न स्वरुपमा मानव तस्करी बढ्दो छ युएईमा । हिजोमात्रै प्रेम पाण्डेयले एसएलसी पनि पास नगरेका ५०/६० जनालाई २५ सय दिराम तलब दिलाउँछु भनी ल्याएर आखिर कसैलाई पनि काम दिलाउन नसकी अलपत्र पारेका छन् । एनआरएनले ती एजेण्टलाई खोजेर दूतावासमा ल्याइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ ।’

    त्यस्तै नेपाली दूताबासका लेबर कन्सुलर भेषबहादुर कार्कीको भनाइ छ- ‘१० हजार रुपैयाँभन्दा बढी तिरेर विदेश काम गर्न आउने सबै अवैध हुन् र ठगिएका हुन् ।’

    को हुन् समिम खान ?

    पाँच जना नेपाली चेलीलाई कलाकारका रुपमा लाखौं रकम असुलेर युएई पुर्‍याउने धन्दामा मुछिएका समिम खान एमालेका प्रवासी कार्यकर्ता हुन् ।

    क्रियटिभ युथ ग्रुप तथा अल कुज युवा संघका संयोजक रहेका खानले अध्ययन समितिलाई दिएको वयानमा भनेका छन् – ‘कार्यक्रमको आयोजक क्रियटिभ ग्रुप नै हो, तर भिसा माग्दा क्रियटिभलाई चिन्दैनौं भनिएपछि युवा संघको सहयोग मागेका हौं, प्ररायु संघ यस कार्यक्रमको सपोर्टरका रुपमा रहेकै हो, प्ररायु संघको लोगो हामीले कार्यक्रमको ब्यानरमा प्रयोग गरेकै हौं । महेश गिरी युवा संघको ईञ्चार्ज हुनुहुन्थ्यो, उहाँले नै हामीलाई कलाकारहरुको भिसा निकाल्न सहयोग गर्नुभएको हो ।’

    प्रतिवेदनमा जनाइए अनुसार खानले युएईमा आफूले यस्तो कार्यक्रम तीनपटक गरिसकेको बताएका छन् ।

    एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च युएईका उपाध्यक्ष महेश गिरीले घटनाबारे समितिलाई दिएको जवाफमा भनेका छन्- ‘म दुईवर्ष यता दूतावासमा स्वयंसेवकका रुपमा काम गर्दै आएको व्यक्ति हुँ । म त्यो कार्यक्रमको आयोजक होइन, क्रियटिभ गु्रपका संयोजक समिम खान युवा संघमा पनि रहेकाले मैले सिफारिससम्म गरिदिएको हुँ ।’

    घटनाबारे अध्ययन गर्न बनेको धरम केसीको समितिले यो प्रकरणबारे पाँचबुदे सिफारिस गरेको छ, जुन यस्तो छः

    १) असुलेको रकम फिर्ता गर्नु गराउनुपर्दछ । जसरी म्यानपावरहरूले कामदारहरूबाट लाख\लाख असुलेर सो को रसिद दिएका हुँदैनन्, दिए पनि रू. १० हजारको मात्र दिन्छन, ठीक त्यही ढंग र शैलीमा यसमा पनि रकमको लेनदेन भएको तर रसिद भने नदिएको बुझिन्छ । नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाले यसको जाँचबुझ र आवश्यक कार्बाही गरोस । नेपाली दूतावास युएर्इ र अन्य सम्बन्धित सरकारी निकायहरूले यसमा आवश्यक सहयोग र समन्वय गरून् ।

    २) यस प्रकरणका लगभग सबै पहलुहरू सुस्पष्ट खुलिसकेको वर्तमान परिप्रेक्षमा को कति दोषी या कस कसबाट के कस्ता गल्ती या कमजोरी रहे भनी धेरैले ठहर गरिसकेको हुंदा इमान्दारितापूर्वक सार्वजनिकरूपमै आत्मालोचित हुंदा नै बहुसंख्यक जनसमुदायको नजरमा उचित मानिनेछ । आरोप प्रत्यारोप तथा आग्रह पूर्वाग्रह राख्नु ब्यर्थ छ । घटनाको अनावश्यक राजनीतिकरण गर्नु या धाकधम्की दिनु त झनै गलत हो ।

    ३) अब त एउटा मापदण्ड नबनार्इ हुँदैन । भिषा या कार्यक्रम नै रोक्ने होइन, उत्पन्न विकृति र अनियमितता चैं रोक्न सक्नुपर्दछ । दूतावासले नेपाली समुदायका प्रतिनिधिहरूको एउटा साझा संयन्त्र नै बनाउन सक्छ, जसले कार्यक्रम गर्नुअघि नै कार्यक्रमका उद्येश्यहरू, कलाकारहरू र आयोजना तथा अर्थ ब्यवस्थापनसँग जोडिएका सबै पक्षहरूको शुक्ष्म अध्ययन गरी एउटा सहमति र अनुमोदन दिन सकोस् ।

    ४) दूतावासले सिफारिस दिँदा प्राथमिकतामा एनआरएनए लगायतका विशुद्ध सामाजिक संस्था नै हुनुपर्दछ, जसले कार्यक्रमबाट समाज कल्याण तथा परोपकारका लागि पनि केही योगदान दिन सक्ने सुनिश्चितता (भरपर्दो प्रतिवद्धता) दिन सकून् ।

    ५) यस प्रकरणबाट युएर्इको नेपाली समाजका केही हिस्सामा उत्पन्न केही कटुता आपसमा बसेरै मिलाउनुपर्दछ, आवश्यक परे दूतावासले त्यसको संयोजन र समन्वय गर्नुपर्दछ ।

    प्रवासको ‘नेक्सस’ काठमाडौंसम्म

    कलाकार भन्दै मानव तस्करीको धन्दा सञ्चालनमा एमालेका प्रवासी कार्यकर्तामात्रै नभई काठमाडौंमा रहेका युवा संघका नेताको समेत संलग्नता रहेको सूत्रहरुको दाबी छ ।

    त्यस्ता नक्कली कलाकारलाई भिसा लगाइदिने दबाव बालुवाटारबाटै आउने गरेको गुनासो परराष्ट्रका अधिकारीहरुले गरेका छन् । पराराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार मानिसलाई यसरी विदेश पठाउने धन्दामा एमाले युवा संघको एउटा गिरोह नै लागेको छ र उनीहरुले सरकारमा रहेको फाइदा उठाउँदै दूतावासका कर्मचारीलाई अनुचित दबाव दिएर आफ्नो धन्दा चलाउने गरेका छन् ।

    ]]>
    10953 0 0 0
    पुरातात्विक श्रीरामचन्द्र मन्दिरको मर्मत सम्भार http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b5%e0%a4%bf%e0%a4%95-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%9a%e0%a4%a8%e0%a5%8d%e0%a4%a6/ Fri, 15 Apr 2016 16:21:30 +0000 http://www.ghumphir.com.np/?p=10955

    काठमाडौँ, ३ वैशाख । भूकम्पले भत्किएका पुरातात्विक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि सरकारले ठोस योजना ल्याउन नसकेपछि स्थानीयवासीले जनसहभागिता जुटाएर बत्तीस पुतलीस्थित श्रीरामचन्द्र मन्दिर मर्मत गरेका छन् । विसं १९२८ मा निर्माण भएको मन्दिर गतवर्ष वैशाख १२ गतेको भूकम्पले जीर्ण बनेको थियो । भूकम्पले धेरै सम्पदा भत्किएकाले सरकारको मात्र मुखताकेर काम नहुने देखेपछि स्थानीयवासी एवम् देश विदेशमा रहेका भक्तजनबाट रु ४० लाख सहयोग जुटाएर जीणोद्वार गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले राससलाई जानकारी दिनुभयो । “मूल मन्दिर राजकीय गुम्बज शैलीमा र चार दिशामा रहेका चार गुम्बज पनि पुरानै शैलीमा मर्मत गरिएका छन्, पुरातात्विक मान्यता अनुरुप नै सम्पदाको मर्मत सम्भार गरिएको छ” उहाँले भन्नुभयो । मर्मत सम्भारमा पहिलो पटक खाली ठाउँ भर्ने (ग्राउटिङ टेक्नोलोजी) अपनाइएको छ । नेपालका मन्दिरमा पहिलो पटक सो प्रविधि प्रयोग गरिएको बताइएको छ । भूकम्पले भत्किएका सांस्कृतिक सम्पदामा अन्यत्र पनि यो प्रविधि अपनाएर मर्मत एवम् पुनःनिर्माण गर्न उपयोगी हुने श्रीरामचन्द्र मन्दिर जीर्णोद्वार एवम् सम्वद्र्धन समितिको सदस्य सचिव समेत रहनुभएका संस्कृतिविद् डा टन्डनले बताउनुभयो । विसं १९३३ देखि १९५१ सालसम्म यो मन्दिर क्षेत्रमा निर्माणकर्ता कमाण्डिङ कर्नेल सनकसिंह टन्डनले नौवटा अन्य शिवालय पनि निर्माण गराउनुभएको थियो । उहाँले ३७५ रोपनी मन्दिरको नाममा गुठी जग्गाको व्यवस्था गरिदिए पनि त्यसको आम्दानी आउन छोडेपछि विसं २०४७ मा मन्दिर बेवारिसे बनेको थियो । विसं २०४८ मा स्थानीयवासीको सक्रियतामा समिति गठन गरी मन्दिरलाई पुनःव्यवस्थित गरिएको स्थानीय श्यामसुन्दर गौतमले बताउनुभयो । मन्दिर परिसरमा राम, सीता, लक्ष्मण, भरत, शत्रुघ्नको पूर्ण कदको मूर्ति छ । लता मल्लिकामा लगाइएको स्वर्ण जलपले थप आकर्षण बढाएको छ । मन्दिरको मूल गर्भगृहमा ३२ वटा पुतलीको आकार कुँदिएकाले यस ठाउँको नाम नै बत्तीसपुतली रहन गएको हो । गत चैत ३० गते मन्दिर परिसरमा सरसफाइ गरी बिहीबार शोभायात्रा गरेर आज रामनवमीका दिन मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ । यसवर्ष पाँच लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको समितिले जनाएको छ ।

    ]]>
    10955 0 0 0
    सुन्दर गन्तव्य हलेसी महादेव http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0-%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af-%e0%a4%b9%e0%a4%b2%e0%a5%87%e0%a4%b8%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a4%be/ Fri, 15 Apr 2016 16:31:27 +0000 http://www.ghumphir.com.np/?p=10957 प्रेम बस्नेत काठमाडौँ, ३ वैशाख । नेपालको राजधानी काठमाडौँदेखि करिब ३०० किलोमिटर टाढा पूर्वी पहाडी जिल्ला खोटाङमा रहेको पवित्र धार्मिकस्थल हलेसी महादेवस्थान पुग्दा जो कोहीलाई पनि आफू कुन संसारमा आइपुगेको हो जस्तो आश्चर्यजनक अनुभूति हुन्छ । उच्च पहाडमा भ्वाङ बनाएर विराजमान भगवान् शङ्कर र अन्य देवीदेवताको अवस्थितिले सबैलाई अचम्भित बनाइदिन्छ । हलेसी गुफालाई अर्ध चन्द्राकार गरी घेरेर खोटाङ र ओखलढुङ्गाको सिमाना हुँदै बगेकी दूधकोसी नदी महापुराणमा उल्लिखित कौशिकी नदीको एक हुने । दूधकोसीको पवित्र जलमा स्नान गरेर हलेसीको दर्शन गर्नाले यस लोकमा सुख, समृद्धि पाई परलोकमा मुक्तिसमेत प्राप्त हुन्छ भन्ने भनाइ छ । resize_imageस्थानीयवासीका भनाइअनुसार उहिले सत्ययुगमा हलेसी मन्दिर वरिपरि जङ्गल रहेकाले त्यहाँ बाघ, भालु, घोरल, मृग, जरायो, कालिज, तित्रा इत्यादि पशुपक्षी प्रशस्त मात्रामा पाइने र त्यस जङ्गलमा त्यसै गाउँका स्थानीयवासी किराँत जातका मानिसले नै सिकार गर्ने र जीवजन्तु मार्ने काम गर्दथे । भनिन्छ, जहाँ भगवान् शङ्कर तथा देवीदेवता रहेको गुफा लहराले जेलिएको अवस्थामा थियो त्यहाँ गुफा छ भन्ने कुरा कसैलाई थाहा थिएन । कथाअनुसार कुनै एक समयमा एकजना किराँती सिकारी सिकार खेल्दै जाँदा सो सिकारीको प्रहारबाट घाइते भएको मृग लडेर शिवजीको गुफाभित्र खसेछ । सो मृग लिन जाँदा अँध्यारो गुफाभित्र बत्तीजस्तो चम्किलो ज्योति सिकारीले देखेपछि सिकारी आँखा तिर्मिराएर बेहोस हुन पुगेछ । उक्त बेहोस सिकारीलाई भगवान् शङ्करले दर्शन दिनु भई त्यस गुफाभित्र अन्य देवीदेवताको पनि उत्पत्ति भएछ र सो सिकारीले मन्दिर आसपासमा हत्या–हिंसा नगर्नु भनी चेतावनी दिए भन्ने भनाइ छ । हलेसी मन्दिरमा विशेषगरी महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीका पर्वमा मन्दिरमा विशेष पूजा गरिनुका साथै शिव, पार्वती र गणेशलाई वस्त्र तथा गहना पहि¥याइन्छ । यसबाहेक पनि हरेक सोमबार तथा साउन महिनाभरि पनि पूजा गरिन्छ । यहाँ दुईवटा गुफा छन्, ती मध्ये वसाहको गुफामा वृकासुरबाट बच्न आफू भाग्नका लागि भगवान् शङ्करले पहाडको फेदबाट प्वाल पारेर आफू सँगैको बसाहलाई त्यहीँ छाडी भित्र पसेर आफू पहाडको टुप्पोतिर निस्कँदा बनेको भन्ने भनाई छ । यसरी निस्कँदा गुफाको भित्तामा टेकेर निस्कनु भएको मानिएको भगवान्को एक पाइलाको छाप अहिले पनि हामीले हेर्दा प्रस्टरुपमा देख्ने गर्दछौँ । Khotang_Halesi_Temple_and_Cave यो गुफाको प्रवेशद्वारमा भगवान्को बसाहको मूर्ति छ तथा गुफाभित्र पस्ने बित्तिकै देबे्रपट्टि भित्तामा स्वनिर्मित शङ्ख छ, जुन शङ्ख बजाउँदा बज्दछ, शङ्खसँगै केही भित्रपट्टि स्वर्गद्वार रहेको छ । यही गुफाको माथिल्लो सिलिङमा गाईको थुन बनेका छन् जहाँबाट दूध आउँछ भन्ने विश्वासका साथ भक्तजन गाईको थुनमा हात राखेर दूध देऊ माई भन्दै पुकार गर्दछन् । भाग्यमानीको हातमा दूधका थोपा झर्दछ भन्ने जनविश्वास छ । बसाहस्थलदेखि करिब १०० मिटर पर एकदमै निर्मल जलको मुहान छ, जुन जल भगवान् शङ्करको पाउबाट आएको भन्ने भनाइ छ । शिवजीको गुफा भगवान् शङ्कर बसाहको गुफाबाट माथि निस्केपछि सोही पहाडमा अर्को एउटा खाल्डो परेर आफूभित्र पसेर बस्नुभएको गुुफा नै शिवजीको गुफा हो । यसै गुफाभित्र प्रवेश गर्ने द्वारलाई नै मूल प्रवेशद्वार मानिन्छ । मूल प्रवेशद्वारको दायाँपट्टि गणेशजीको मन्दिर छ भने बायाँपट्टि मारतीका गुम्बा निर्माण गरिएको छ । प्रवेशद्वारबाट प्रवेश गरिसकेपछि गुफाको भित्री भाग ढुङ्गाको सिँढीबाट करिब २०० मिटर तल गुफामा पूर्वपट्टी फर्केर भगवान् शङ्कर विराजमान हुनुभएको देखिन्छ भने पूर्वपट्टी उहाँकै सम्मुखमा केही उचाईमा पार्वतीमाताको स्थान देखिन्छ । अग्रभागमा वीरभद्र, महाकाली आदि द्वारपाल छन् भने भगवान् शिवको दायाँबायाँ भएर जन्मद्वार, कर्मद्वार, धर्मद्वार र पापद्वार रहेका छन् । यी द्वारको दर्शन गरी प्रवेश गरेर पार हुन सकेमा हरेक द्वारका आ–आफ्नै प्रकारको फल पाइने विश्वास गरिन्छ । halesi-mahadev-yatra54 हलेसी मन्दिर वरिपरि चार भञ्ज्याङ परेर बीचमा उठेको पर्वतमा अवस्थित प्रकृतिको मनोरम दृश्यले गुफा र मन्दिरमा सदा सर्वदा यहीँ बसिरहुँ हेरी रहँुजस्तो अनुभूति हुन्छ । तत्कालीन राजामहाराजाले पूजाका लागि ब्राह्मण राख्नुपर्ने भन्दै गिरी थरका एकजना ज्योतिषीलाई सोही मन्दिरको पूजाआजा तथा रेखदेख गर्नु भनी जिम्मा लगाएर सोही ज्योतिषीका परिवार गोपाल गिरीले हाल पूजाआजा गर्दैै आउनुभएको छ । २०६२ साल मङ्सिर १ गतेदेखि सर्वपक्षीय समिति निर्माण गरेर मन्दिरमा चढाएको भेटीलाई व्यवस्थित गर्न थालिएको छ । श्रीमद्भागवत महापुराणको दशम स्कन्दको अठासिआँँँै अध्यायमा यसबारेमा वर्णन गरिएको छ । एक पटकको कुरा हो शकुनीको छोरा वृकासुरले तपस्या गर्ने विचार गरी जाँदै गर्दा नारद ऋषिलाई भेटे र ब्रह्मा, विष्णु र महेश्वरमध्ये सबैभन्दा छिटो प्रसन्न हुने देवता कुन हुन् भनेर सोधे । नारदजीले भन्नुभयो, “भगवान् शङ्कर नै अरूभन्दा छिट्टै प्रशन्न हुनुहुन्छ तसर्थ उहाँको नै उपासना गर ।” दिनहँुु ठूलो आगो बालेर आगोपट्टि निहुरिएर शिरै होम्ने जस्तो गरी कठिन तपस्या गर्दै जाँदा ६ दिन बित्यो तै पनि वृकासुरले दर्शन पाएनन् । पुनः साताँै दिन पनि तपस्या गर्न लागे । यसरी आफ्नो खिन्नता देखेर भगवान् शङ्कर प्रकट हुनुभयो । वृकासुरले सबै देवतालाई नास गर्ने उपायसहित वरदान मागे । त्यसैबेला उनलाई जगतमाता पार्वतीको सम्झना आयो र सोच्न लागे कि यति राम्री पत्नि पाए त कति आनन्द हुन्थ्यो होला । यसमा मलाई बाधा गर्ने पनि त यिनै शिवजी नै हुन् भनी कुभलो चिताए । यसरी शंकर भगवान्लाई नै नाश गर्न लखेट्न लाग्दा भगवानसँग भाग्नु शिवाय केही उपाय पनि रहेन । भगवान् भाग्दै जानुभो, वृकासुर पनि हात उठाएर लखेट्दै लखेट्दै गए । सारा संसार विश्व ब्रह्माण्ड घुम्दा पनि वृकासुरबाट बच्ने ठाउँ कतै नभेटिएपछि भाग्ने क्रममा उत्तर दिशा हुँदै हिमवत्खण्डतिर लाग्नुभयो । भगवान् थाकिसक्नुभएको र वृकासुर पनि थाकेको भएपनि भगवान्लाई लखेट्दै थियो । यसरी भगवान् नेपालको पूर्वीपहाडी जिल्ला खोेटाङको यस स्थानमा आइपुग्नुभयो भन्ने भनाई पाइन्छ । वृकासुरलाई राखेर पहाडमा प्वाल पारी आफू भित्र प्रवेश गर्नुभयो र माथितिर निस्कँदा वृकासुर माथितिर जान्छ भनेर आफू त्यहीँ पहाडमा अर्को खाल्डो पारेर तलतिर भित्र पसेर बस्नुभयो । खाल्डोको मुखमा माकुराको जालो लगाई दिनुभयो तथा लहराले जेली दिनुभयो । यो दृश्य हेरिरहेका देवीदेवता सब त्राही, त्राही नारायण, नारायण भन्दै भगवान् शङ्करलाई बचाउने कुनै उपाय निकाल्न श्री विष्णु भगवानसँग बिन्ती गरे । भगवान् विष्णुले पनि तुरुन्त एउटा साधुको रुपधारण गरे सोही पहाडको फेदमा पाल्नुभयो जहाँ वृकासुर पनि थकित अवस्थामा स्वाँ स्वाँ गर्दै आइपुग्यो । वृकासुरले साधुरुपी श्री विष्णुलाई देख्न नपाउँदै विष्णुले वृकासुरलाई बोलाउँदै भन्नुभयो, “ए शकुनीका छोरा वृकासुरजी तपार्इं यस्तो थकित अवस्थामा यति टाढा यस्तो विकट ठाउँमा किन आउनुभयो, एकछिन विश्राम गर्नुहोस् ।” विष्णु भगवान्का यस्ता अमृतमय वचन सुन्नासाथ वृकासुरको थकाइ मरेर गयो । उनले सारा वृत्तान्त श्री विष्णुलाई सुनाए । शिवजीलाई जसरी पनि भेट्नुपर्ने कुरा सुनेपछि विष्णुले भन्नुभयो–“वृकासुरजी तपाईंलाई महादेवले झुक्याएछन् किनकि दक्षप्रजापतिको श्राप परेपछि उनले पिसाचवृत्तिलाई ग्रहणवृकासुरजी तपाईंलाई महादेवले झुक्याएछन् किनकि दक्षप्रजापतिको श्राप परेपछि उनले पिसाचवृत्तिलाई ग्रहण

    halesi3विष्णु भगवान्का यस्ता अमृतमय वचन सुन्नासाथ वृकासुरको थकाइ मरेर गयो । उनले सारा वृत्तान्त श्री विष्णुलाई सुनाए । शिवजीलाई जसरी पनि भेट्नुपर्ने कुरा सुनेपछि विष्णुले भन्नुभयो–“वृकासुरजी तपाईंलाई महादेवले झुक्याएछन् किनकि दक्षप्रजापतिको श्राप परेपछि उनले पिसाचवृत्तिलाई ग्रहण गरेर भूतप्रेतको सम्राट भएका छन् । यस्तो अवस्थामा उनको कुनै शक्ति छैन, न त उनले दिएको वरदान नै पुग्छ न त श्राप नै लाग्छ तसर्थ उनको कुरामा पत्यार नगर ।” भगवान् विष्णुको यस कुराबाट उनले यसको परीक्षण गर्न चाहे र आफ्नै टाउकामा हात राख्दा तत्कालै भष्म भए । यसरी भष्म भएर मरेकाले वृकासुरलाई भस्मासुर पनि भनिएको पाइन्छ । यस्तो दृश्य हेरिरहेका सम्पूर्ण देवीदेवता आकासबाट पृष्पवृष्टि गर्दै जयजयकारका साथ त्यहीँ आइपुगे । विष्णु पनि साधुरुप त्यागेर आफ्नो चतुर्वाह स्वरुपमा प्रकट हुनुभयो । पार्वती पनि आएर शिवजीकै समीपमा बस्नुभयो । गणेशजी पनि द्वारमा आएर बस्नुभयो भन्ने कहावत पाइन्छ । यस ठाउँमा हाल आएर खोटाङकै स्थानीयवासी श्री मीनबहादुर गुरुङले गणेशजीको अत्यन्त राम्रो मन्दिर निर्माण गरिदिनुभएको स्थानीयवासीले बताउँछन् । भगवान् शङ्करको मन्दिर हलेसीधाम आज पनि पूर्वको पशुपतिनाथको रुपमा सुप्रशिद्व रहेको र हजारौँ भक्तजनलाई आकर्षित गरिरहेको छ ।

    ]]>
    10957 0 0 0
    अपराधीलाई हतियार लाइसेन्स! http://localhost/ghum/%e0%a4%85%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b9%e0%a4%a4%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a5%8d/ Sat, 16 Apr 2016 01:08:49 +0000 http://www.ghumphir.com.np/?p=10964 ३ वैशाख, पोखरा।फौजदारी अभियोग लागेको र समाजमा असुरक्षा देखिने व्यक्तिलाई नै जिल्ला प्रशासन कार्यालय काठमाडौंको सिफारिसमा गृह मन्त्रालयले दुई थानभन्दा बढी हतियार र सयौं थान गोली राख्न अनुमति दिएको फेला परेको छ।  नागरिक दैनिकमा समाचार छ।
    प्रहरी र अनुसन्धान गर्ने निकायमा संगठित अपराधीकको सूचीमा रहेका व्यक्तिलाई गृह मन्त्रालयले बढी मार क्षमताका दुई थान हतियार राख्ने अनुमति दिएको खुलेको हो। अपहरण र फिरौती आरोपमा पक्राउ परी कारागारमा ६ महिना बिताएका बाबु भनिने विश्वक्रान्ति सिंहलाई जेलमुक्त भएको केही महिनामै गृहमन्त्रालयले दुई थान आधुनिक हतियार र तीन सय गोली राख्न अनुमति दिएको खुलेको हो।
    यस्तै बारम्बार विभिन्न घटनाको अनुसन्धान र आरोपमा प्रहरीले पक्राय गर्दै आएका सिंहको इजाजत पत्र प्रशासन कार्यालयले बिनाकुनै रोकटोक २०७३ असार मसान्तसम्मका लागि नवीकरणसमेत गरेको फेला परेको छ। पछिल्लो समय पक्राउ परेका सिंहको साथबाट जम्मा १ सय ५८ थान गोली बरामद भएको छ।
    ]]>
    10964 0 0 0
    केपी ओलीले आगामी महाधिवेशनमा अध्यक्षमा दाबी नगर्ने http://localhost/ghum/%e0%a4%95%e0%a5%87%e0%a4%aa%e0%a5%80-%e0%a4%93%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%86%e0%a4%97%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%b5%e0%a5%87/ Sat, 16 Apr 2016 01:10:33 +0000 http://www.ghumphir.com.np/?p=10966 ३ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले आगामी महाधिवेशनमा अध्यक्षमा दाबी नगर्ने घोषणा गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।
    पार्टीलाई एकताबद्ध बनाउन गुटबन्दी नगर्ने प्रतिबद्धता पनि उनले गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पन्न पार्टीको छैटौँ केन्द्रीय कमिटी बैठकको शुक्रबार समापन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले त्यस्तो घोषणा गरेका हुन् । राजनीतिक प्रतिवेदनका आलोचना र सुझाबमा सम्बोधन गर्दै उनले डेढ घन्टा बोले ।
    सबै दललाई संविधान कार्यान्वयनमा क्रियाशील हुन, मधेसी मोर्चालाई वार्तामा आउन आह्वानसहित १९ बुँदे प्रस्ताव पारित गर्दै बैठक सकिएको छ । बैठकले प्रदेश संगठन कमिटी बनाउने निर्णय गर्दै संयोजक, पदाधिकारी, सदस्य र क्षेत्राधिकारसम्बन्धी निर्णय गर्ने जिम्मा स्थायी समितिलाई दिएको सचिव योगेश भट्टराईले बताए ।
    नेपाल–पोखरेल सवाल–जवाफ 
    बैठकमा महासचिव ईश्वर पोखरेलले ‘हिजो पार्टी कसरी चलाइन्थ्यो, आफूलाई सबै जानकारी भएको’ बताएपछि नेता माधवकुमार नेपालले प्रतिवाद गरेका थिए । ‘पहिले कसरी चल्थ्यो, सबै थाहा छ, म यही पार्टीमा थिएँ,’ पोखरेलको यस्तो भनाइ प्रतिवाद गर्दै नेपालले भने, ‘विगतको सबै जानेको छु भनेको के हो ? बैठकमा सबै ल्याउनूस्, एक–एक छलफल गरौँ, एजेन्डा–एजेन्डामा छलफल गर्न तयार छु ।
    ]]>
    10966 0 0 0
    उपचारका नाममा तातो झिर! http://localhost/ghum/%e0%a4%89%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8b-%e0%a4%9d%e0%a4%bf%e0%a4%b0/ Sat, 16 Apr 2016 01:12:56 +0000 http://www.ghumphir.com.np/?p=10968 ३ वैशाख, गोरखा । राजधानी र अन्य सहरमा अत्याधुनिक सुविधा र प्रविधि सम्पन्न अस्पतालहरु खोल्ने प्रतिस्पर्धा नै छ। तर यही देशको अर्को भूभाग गोरखाको हिमालपारि चीनसँग जोडिएको बिही गाविसमा भने अहिलेसम्म बिरामी पर्दा झिर पोलेर उपचार गर्ने कहाली लाग्दो अन्धविश्वास छ।अन्नपूर्ण पोस्टमा समाचार छ।
    स्थानीय तेन्जिङ लामाका अनुसार एक महिनाअघि बिही-२ का टसी नुर्बु घरको तला उक्लिँदा भर्याङबाट लडे। उनको देब्रेपट्टिका एकजोर करङ भाँचिए। गाउँको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी थिएनन्। प्राथमिक उपचार पनि नपाएका उनको उपचारको जिम्म गाउँका धामीले पाए। धामीले फलामे झिर तताए।
    अनि दुखेको ठाउँ पत्ता लगाइर छेडे। दलुई इन्च गहिरो पोलेर कलिलो मासुसम्म छेड्यो। घाउ ठूलौ भयो। पीडा कति भयो भने भाँचिएको ठाउँ दुखेको महसुस भयो। करङ त जोडिने कुरै भएन। केही सातापछि पहिले भन्दा दुख्न चाहिँ आफै कम भयो। उनको पोलेको घाउ भने अझै निको भएको छैन।
    ]]>
    10968 0 0 0
    ऊर्जाको प्रगति असन्तोषजनक http://localhost/ghum/%e0%a4%8a%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%97%e0%a4%a4%e0%a4%bf-%e0%a4%85%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b%e0%a4%b7%e0%a4%9c%e0%a4%a8/ Sat, 16 Apr 2016 02:00:51 +0000 http://www.ghumphir.com.np/?p=10972

    काठमाडौँ, ४ वैशाख । ऊर्जा मन्त्रालयले अगाडि सारेका महत्वपूर्ण आयोजनाको कार्यप्रगति सन्तोषजनक नरहेको पाइएको छ ।महालेखापरीक्षकको ५३औँ वार्षिक प्रतिवेदनानुसार मन्त्रालयले आव २०७१÷७२ मा ७६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना, १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको परामर्शदातासँग सम्झौता, ४२ मेगावाटको माथिल्लो मोदीको सहुलियत ऋण सम्झौता र २६ मेगावाटको माडी तथा मौवा जलविद्युत् आयोजनाको कार्य अगाडि बढाउने उल्लेख गरेको भए पनि ती आयोजनामा कुनै पनि प्रगति पाइएन । प्रतिवेदनानुसार काठमाडौँ उपत्यकाको विद्युत्भार कटौती न्यूनीकरण गर्न सहरी क्षेत्रका घरको छानामा सौर्य प्रणाली जडान, नेपाल विद्युत् प्राधिकरणमा उत्पादन, प्रसारण र वितरणका छुट्टाछुट्टै कम्पनी स्थापना र विद्युत् चुहावट नियन्त्रणमा कुनै उल्लेख्य काम भएन छ । प्राधिकरणको कुल चुहावट २५ प्रतिशत रहेको छ । प्राधिकरणले चुहावट नियन्त्रण गरेर २१ प्रतिशतमा झार्ने लक्ष्य राखेकामा घोषित उद्देश्य नै पूरा नभएको महालेखाको प्रतिवेदनमा समावेश छ । यस्तै उत्पादन भएका सबै जलविद्युत् आयोजना राष्ट्रिय ग्रिडमा जडान नगरिएको, जग्गाको अधिग्रहण प्रक्रियामा रहेको समस्या समाधान गर्न समिति गठन नगरिएको र लक्ष्यअनुसार प्रगति नभएको जनाइएको छ । यस्तै निर्माणाधीन विद्युत् आयोजनालाई कर, भन्सार, मूल्य अभिवृद्धि कर छुट र सटही सुविधाबापत रु १२ अर्ब ९१ करोड ८५ लाख छुटका लागि मन्त्रालयले सिफारिस गरेको छ । छुटका लागि सिफारिस गरिएका सामान नेपालमा उपलब्ध हुन नसक्ने आधार भने नखुलाइएको र सिफारिसानुसारको कार्य भए नभएको अनुगमन समेत नगरिएको र छुटको आधारसमेत प्रस्ट नभएको उल्लेख छ । जलविद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०६८ अनुसार विद्युत् उत्पादन इजाजतपत्रलाई पारदर्शी र व्यवस्थित बनाउन भूसूचना प्रणालीमा आधारित इजाजतपत्र व्यवस्थापन प्रणाली लागू गरिने उल्लेख भए पनि सोसम्बन्धी व्यवस्था नभएको, जडित क्षमताका आधारमा हुने रकम लगत कायम गरी सो वर्ष असुल भएको रकम मात्र देखाउने गरिएको र विगतदेखि उठ्न बाँकी रोयल्टी हिसाबमा नदेखाइएको प्रतिवेदनमा समावेश छ । बुढीगण्डकी जलविद्युत् आयोजना र नलसिंहगाड जलविद्युत् आयोजनाको सामान्य खर्चबाहेक अरु खर्च नभएको प्रतिवेदनमा समावेश गरिएको छ । ऊर्जा मनत्रालय मातहत आठ निकायको रु ६५ करोड ८६ लाख ५० हजार बेरुजु देखिएकामा रु २६ हजार मात्रै फछ्र्याेट भएको र रु ६५ करोड ८६ लाख २४ हजार बाँकी छ । सोमध्ये रु १६ करोड ३४ लाख ४० हजार पेस्की बाँकी रहेको छ ।

    ]]>
    10972 0 0 0
    हनुमानको मूर्ति स्थापना http://localhost/ghum/%e0%a4%b9%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%a8%e0%a4%be/ Sat, 16 Apr 2016 02:15:54 +0000 http://www.ghumphir.com.np/?p=10974

    भक्तपुर, ४ वैशाख । रामनवमीको अवसरमा मनोहरा र हनुमन्ते खोलाको सङ्गमस्थलमा शुक्रबार हनुमानको मूर्ति स्थापना भएको हो । भक्तपुर, काठमाडौँ र ललितपुर जिल्लाको सङ्गमस्थल समेत रहेको मध्यपुरथिमि नगरपालिका–१६, लोहकन्थलीस्थित मनोहरा जग्गा एकीकरण आयोजनास्थलमा करिब पाँच फि अग्लो शिलाको सो मूर्ति स्थापना गरिएको हो । सो स्थलभन्दा एक किमी पूर्वतर्फ हनुमन्ते र गोदावरी खोलाको सङ्गमस्थल रहेकाले सो स्थानलाई त्रिवेणी धामको रुपमा रमेत लिने गरिएको त्रिपुर सङ्गम टोल सुधार समितिका अध्यक्ष रामकेशर बोगटीले बताउनुभयो । हनुमानको मूर्तिसँगै बुढानीलकण्ठ नारायण, सप्तर्षि, गणेश, कुमार, सरस्वती, लक्ष्मी लगायत देवीदेवताको मूर्तिसमेत स्थापना गरिएको मनोहरा जग्गा एकीकरण आयोजना सहयोग समिति दिव्येश्वरी ४ ख का सहसंयोजक जगतकृष्ण प्रजापतिले जानकारी दिनुभयो । बूढानीलकण्ठ नारायणको मूर्ति करिब छ फि र अन्य मूर्ति डेढ फिका छन् । मन्दिरसँगै सो स्थललाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्ने तयारी भइरहेको छ । मन्दिरसँगै सामुदायिक भवन र भजनकीर्तनस्थल समेत निर्माण गरिने जनाइएको छ । मन्दिर निर्माणका लागि रु ५० लाख खर्च भइसकेको छ । करिब दुई रोपनी क्षेत्रफल रहेको सो स्थानमा आयोजनाबाटै सामुदायिक भवन निर्माणको तयारी भइरहेको बताइएको छ । बानर स्नानस्थल सो स्थानमा बर्सेनि पशुपतिबाट बाँदरहरु नुहाउन आउने गरेको बताइन्छ । पशुपतिमा बाँदर रुखबाट खसेपछि मनोहरा र हनुमन्ते खोलाको सङ्गमस्थलमा नुहाउन आउने जनश्रुति रहेको पाइन्छ । नेवारी भाषामा लेखिएको एक धार्मिक ग्रन्थमा सो स्थानलाई हनुतीर्थ नाम दिइएको उल्लेख गर्दै अध्यक्ष बोगटीले धार्मिक र सांस्कृतिक पाटाको खोज तथा अनुसन्धानको खाँचो रहेको औँल्याउनुभयो ।

    ]]>
    10974 0 0 0
    चुरे क्षेत्रबाट ढुङ्गा तस्करी http://localhost/ghum/%e0%a4%9a%e0%a5%81%e0%a4%b0%e0%a5%87-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a2%e0%a5%81%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%be-%e0%a4%a4/ Sun, 17 Apr 2016 10:45:41 +0000 http://www.ghumphir.com.np/?p=10978

    गौर ९रौतहट०, ५ वैशाख । जिल्लाको चुरे क्षेत्रबाट व्यापकरुपमा ढुङ्गा चोरी–निकासी भइरहेको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएपछि २०६९ सालदेखि चुरे क्षेत्रबाट ढुङ्गा, बालुवा र गिट्टी सङ्कलन तथा उत्खननमा रोक लगाइएको थियो । तर पछिल्लो समय राजनीतिक संरक्षणको आडमा तस्करले निर्धक्क रुपमा ढुङ्गा उत्खनन गर्दै आइरहेका छन् । चन्द्रपुर नगरपालिका–२ गैँडाटार, मोरङ्गे, भोलनटार, ब्रह्मस्थानलगायत क्षेत्रमा ढुङ्गा उत्खनन गरी खोलामा थुपार्ने गरिएको छ । तर जिल्ला वन, जिविस र स्थानीय प्रहरी प्रशासन कार्यालय त्यसबारे मौन रहने गरेका छन् । तस्करले उत्खनन गरी थुपारेका ढुङ्गा बारा, सर्लाहीलगायत जिल्लाका क्रसर उद्योगमा पु¥याउने गरेका छन् । मधेस आन्दोलनको मौका छोपी तस्करले ढुङ्गा उत्खनन गरी बिक्री वितरण गर्दै आएका छन् । जिविसले उक्त क्षेत्रमा कुनै किसिमको टेन्डर ९ठेक्का० नलगाए पनि चन्द्रनिगाहपुरका दिलीप थापाले आफूखुसी रकम उठाउने गरेको बताइएको छ । तर स्थानीय विकास अधिकारी वन्दना झा चाँडै नै ठेक्का लगाउने तयारी भइरहेको बताउनुहुन्छ । प्रमुख जिल्ला अधिकारी नरहरि बरालले लाखौँ घनमिटर ढुङ्गा थुपारेर राखिएको बताउनुभयो । “सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छु” उहाँले भन्नुभयो ।

    ]]>
    10978 0 0 0
    तातोपानी नाका सञ्चालन http://localhost/ghum/%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8/ Sun, 17 Apr 2016 10:47:07 +0000 http://www.ghumphir.com.np/?p=10980

    चौतारा, ५ वैशाख । भूकम्पका कारण एक वर्षदेखि बन्द रहेको तातोपानी नाका अस्थायीरुपमा सञ्चालनमा आएको छ । करिब दुई सय कन्टेनरमा राखिएका चिनियाँ तयारी पोशाक, जुत्तालगायत सामान अस्थायीरुपमा व्यवस्थापन गर्न चीन सरकार सहमत भएपछि शुक्रबारदेखि सो नाका सञ्चालनमा आएको तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले बताउनुभयो । गोदाममा थन्किएका करिब पाँच सय ट्रक सामानमध्ये कतिपय अन्यत्र नाकाबाट नेपाल भित्रिसकेका छन् । “करिब दुई हप्ताभित्र सबै सामान आइसक्छ” उहाँले भन्नुभयो । उक्त सामान नेपाल भित्रिएपछि रु दुई करोडदेखि रु तीन करोडसम्म राजस्व सङ्कलन हुने भन्सार प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

    ]]>
    10980 0 0 0
    सीताकुण्डमा पशुबलिको अन्त्य http://localhost/ghum/%e0%a4%b8%e0%a5%80%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%ac%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%8d/ Sun, 17 Apr 2016 10:48:23 +0000 http://www.ghumphir.com.np/?p=10982

    रामपुर (पाल्पा), ५ वैशाख । नेपालकै प्रसिद्ध धार्मिक कुण्डमध्ये रामपुरको ऐतिहासिक पवित्र धार्मिक क्षेत्र सीताकुण्डमा पशुबलि अन्त्य गरिएको शिलालेख हिजो अनावरण गरिएको छ । सूर्यपाकी आबाल ब्रह्माचार्य केशवाचार्यले पशुबलिको अन्त्यको शिलालेख अनावरण गर्दै पशु पनि भगवान्को सन्तान भएको हुँदा भगवान् आफँैलाई सन्तानको बलि स्वीकार्य नहुने बताउनुभयो । उहाँले अबोध पशुको सट्टा श्रीफल नरिवल चढाउन उपयुक्त हुने सल्लाह दिनु भयो । विसं २०७० जेठ २ गतेका दिन यस धार्मिक कुण्डमा केशवाचार्यले पशुबलिको अन्त्य गरिएको घोषणा गरेपछि यहाँ आउने श्रद्धालुभक्तजनले पशुबलिको सट्टा श्रीफल नरिवल चढाउँदै आएका छन् । त्रेतायुगमा भगवान् रामकी पत्नी सीता रजस्वला भएका बखत यहाँ नुहाएकाले यस कुण्डको नाम सीताकुण्ड रहेको हो । यहाँ रामनवमी पर्वका अवसरमा मेला लाग्ने गर्दछ ।

    ]]>
    10982 0 0 0
    हात नभएको लिङ्गो ढालियो http://localhost/ghum/%e0%a4%b9%e0%a4%be%e0%a4%a4-%e0%a4%a8%e0%a4%ad%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8b-%e0%a4%a2%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a5%8b/ Sun, 17 Apr 2016 10:50:24 +0000 http://www.ghumphir.com.np/?p=10985

    भक्तपुर, ५ वैशाख । प्रत्येक वर्ष चैत मसान्तका दिन पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयवासीले उठाएको हात नभएको लिङ्गो आज बिहान विधिपूर्वक पूजा गरेर ढालिएको छ । lingoबिस्केटजात्राका अवसरमा हरेक चैत मसान्तमा उठाएर जात्राको अन्तिम दिन वैशाख ५ गते सो लिङ्गो ढालिने गरिन्छ । बिस्केट जात्राको लिङ्गो जात्रा हेर्नाले सुख–समृद्घि बढ्ने, सहकाल आउने र शत्रु नाश हुने जनविश्वास छ । कुमालेटोलमा चैत मसान्तमा हात नभएको लिङ्गो र साँझ भेलुखेलमा हात भएको ५५ हात लामो लिङ्गो उठाइने परम्परा छ । बिस्केट जात्राको अन्तिम दिन आज गःहिटीबाट भैरव र भद्रकालीको रथ स्थानीय बासिन्दाले तान्ने परम्परा छ । आज राति रथ तानेर पुनः तौमढीस्थित भैरव मन्दिरअगाडि ल्याएर राखिएपछि रथको देवतालाई विधिपूर्वक मन्दिरमा लगी विराजमान गराएपछि जात्रा सम्पन्न हुन्छ । जात्रामा झडप हुने र ढुङ्गा हानाहान हुने सम्भावना बढेपछि आजका लागि दुई हजारसुरक्षाकर्मी परिचालन गरिने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले बताउनुभयो ।

    ]]>
    10985 0 0 0
    पोखरा–कार्कीनेटा–सेतीवेनी सडकको ट्र्याक खुल्यो http://localhost/ghum/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a5%80%e0%a4%a8%e0%a5%87%e0%a4%9f%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%a4%e0%a5%80%e0%a4%b5/ Sun, 17 Apr 2016 10:52:46 +0000 http://www.ghumphir.com.np/?p=10988

    फलेवास (पर्वत), ५ वैशाख । पोखराबाट पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिला अवस्थित दक्षिण पर्वतको शालिग्राम गाविस जोड्ने सडकको ट्र्याक खुलेको छ । पोखराको पामे हुँदै भदौरे, चित्रे, राम्जा–आर्थर–कार्कीनेटा– लुंखुदेउराली–सेतीवेणी सडकको ट्र्याक शुक्रबारदेखि खुलेको छ । पर्वत जिल्लाका प्रसिद्ध पर्यटकीय क्षेत्रलाई जोड्ने र दक्षिण पर्वतसँगै गुल्मीलाई पोखरासँग जोड्ने सबैभन्दा छोटो र पर्यटकीय सम्भावना बाकेको सडक सञ्चालनमा आएको हो । पर्वत जिल्लाको पर्यटकीय गाउँ प्रसिद्ध धार्मिकस्थल पञ्चासेको काखमा रहेको चित्रे, राम्जा र आर्थर तथा डहरे देउराली, विश्वकै ठूलो महाशिला रहेको लुंखुदेउराली, फलामखानी, गार्लाङको लेक, पैँयुकोट दरबार हुँदै विश्वकै ठूलो शालिग्राम शिलालाई छुने सडक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । बाटो खुलेसँगै एउटै यात्रामा दर्जनौँ प्रसिद्ध पर्यटकीय क्षेत्र, कला संस्कृतिको अध्ययन तथा अवलोकन गर्न सहज हुने भएको छ । पोखरा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ र उनीहरुलाई नयाँ क्षेत्रको भ्रमण तथा अवलोकन गराउन उक्त सडक प्रयोग हुने भएको छ । झन्डै ८० किमी लामो उक्त सडकमा कुनै खोलानाला नपर्ने र पुल निर्माणसमेत गर्न नपर्ने भएकाले कम खर्चमा बाह्रैमास यातायातका साधन सञ्ंचालन गर्ने गरी सडकको ट्र्याक खुलाइएको हो । सडकको ट्र्याक खुलेसँगै पोखरामा आउने पर्यटक होमस्टेको अध्ययन र अवलोकन तथा पञ्चासेबाट सूर्योदयसँगै सुनाखरीलगायत जडीबुटीको अध्ययनका लागि आर्थर गाविससम्म जान सक्छन् । उक्त सडकबाट सबैभन्दा बढी दक्षिण पर्वतका एक दर्जन र छिमेकी जिल्ला गुल्मीका एक दर्र्जनभन्दा बढी गाविस प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । सदरमुकामबाट पिछडिएका उक्त क्षेत्रका बासिन्दाको अब पोखरासँग सिधै सम्पर्क हुने भएको छ । अहिले झन्डै छ÷छ घन्टाको यात्रा र हजारौँ रुपैयाँ खर्चेर पोखरा आउन बाध्य यहाँका जनतालाई अब सुविस्ता हुनेछ । साथै, उक्त क्षेत्रमा उत्पादित तरकारी, फलफूल तथा खाद्यान्न सहज रुपमा बजारमा ल्याउनसमेत सकिने भएको छ । उक्त सडकको शुक्रबार नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा धौलागिरि इन्चार्ज गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो । सडक खुलेसँगै चित्रे, आर्थर र राम्जाबाट केही दिनमै पोखरासम्म सिधा यातायात सेवा सञ्चालन गर्ने स्थानीयवासीले बताएका छन् । चालु आवमा रु २८ लाख विनियोजन भएको थियो । उक्त रकमले भदौरेदेखि चित्रेसम्मको नयाँ ट्र्याक खोलिएको हो ।

    ]]>
    10988 0 0 0
    चैतेदसैँमा कागबेनी पुग्ने भक्तजन १३ वर्षयताकै उच्च http://localhost/ghum/%e0%a4%9a%e0%a5%88%e0%a4%a4%e0%a5%87%e0%a4%a6%e0%a4%b8%e0%a5%88%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%97%e0%a4%ac%e0%a5%87%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%a8/ Sun, 17 Apr 2016 10:54:20 +0000 http://www.ghumphir.com.np/?p=10990

    मुस्ताङ, ५ वैशाख । यस पटक चैतेदसैँका बेला कागबेनी पुगेर पितृ तर्पण र स्नान गर्ने भक्तजनको सङ्ख्या १३ वर्षयताकै उच्च मानिएको छ । दामोदरकुण्ड भएर बग्ने कालीगण्डकी र मुक्तिनाथबाट उत्पत्ति हुने कागनदीको सङ्गमस्थल कागबेनीमा पितृ तर्पण दिएर स्नान गरेमा दिवङ्गत आफन्तजनको आत्माले शान्ति, उन्मुक्ति र खुसी पाउने जनविश्वास छ । चैत २५ गते औँशीदेखि दशमीसम्म देशका विभिन्न भागबाट १३ वर्षयताकै धेरै भक्तजन कागबेनी आएको कागबेनीका मुख्य पुजारी योगाप्रसाद गौतमले जानकारी दिनुभयो । “म यहाँ पूजापाठ गर्न लागेको १३ वर्ष भयो, चैतेदसैँमा यस्तो भक्तजन त पहिलोपटक देखेँ, सीमित पुजारीलाई काम गर्न हम्मेहम्मे भयो,” उहाँले भन्नुभयो – “देश शान्त रह्यो भने आन्तरिक पर्यटनको सम्भावना राम्रो हुन्छ ।” उहाँका अनुसार, एकहप्ताको बीचमा करिब ११ हजार भक्तजनले कागबेनीमा पितृ तर्पण र स्नान गरेका थिए । दशमीका दिनदेखि कागबेनीमा भक्तजनको चाप कम हुँदै गएको छ । अधिकांश भक्तजन बेनी–जोमसोम सडकखण्ड हुँदै जोमसोम र कागबेनी पुगेका थिए । कागबेनीमा पूजापाठ र स्नानका लागि व्यवस्थित रुपमा पदमार्ग र खुल्ला स्थानको व्यवस्था गरिएको छ । कागबेनीमा भक्तजन बसोबासका लागि जिल्ला विकास समिति र विभिन्न धार्मिक व्यक्तिले धर्मशालाको पनि निर्माण गरेका छन् । गतवर्ष चैतेदसैँ पर्वको आसपासमा विनाशकारी भूकम्प गएको र नाकाबन्दीका कारण दसैँ पर्वमा समेत भक्तजन कागबेनी पुग्न पाएका थिएनन् । कागबेनीका स्थानीय समाजसेवी नोर्बु गुरुङले भक्तजनको चाप अत्यधिक रहेको बताउनुभयो । “दसैँको सोह्र श्राद्धको समयमा यस्तो भीड देखिन्थ्यो, तर सानो दसैँमा पनि यस्तो देखियो,” उहाँले भन्नुभयो – “गत वर्षतिर आउन नपाएर पनि यस्तो भीड भएको हुनसक्छ ।” धार्मिक पर्यटक बढेपछि मुस्ताङका साना तथा ठूला होटल भरिभराउ भएका छन् ।

    ]]>
    10990 0 0 0
    तीर्थालु बोकेको कार पल्टिँदा आठ घाइते http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%b2%e0%a5%81-%e0%a4%ac%e0%a5%8b%e0%a4%95%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a4%b2%e0%a5%8d%e0%a4%9f/ Sun, 17 Apr 2016 10:55:44 +0000 http://www.ghumphir.com.np/?p=10992

    सुरुङ्गा (झापा), ५ वैशाख । ताप्लेजुङको पाथीभरा मन्दिर पुगेर फर्किरहेका गरेको तीर्थालु बोकेको को१च ८११२ नंको स्कारपियो कार अनियन्त्रित भई पल्टिँदा आठजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शनिअर्जुन नगरपालिका–८ कालीझोडा भन्ने स्थानमा आज बिहान कार दुर्घटनामा परेको झापाका प्रहरी नायब निरीक्षक सुनिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । तीव्र गतिका कारण गाडी अनियन्त्रित बनेको बताइन्छ । घाइतेमध्ये सुनसरी निवासी ३० वर्षीया वसन्ती चौधरी र काठमाडौँ निवासी ५१ वर्षीया बिना भण्डारीको अवस्था गम्भीर रहेको बताइएको छ । त्यस्तै, मोरङको बेलबारी निवासी ३३ वर्षीय सञ्जु हुमागार्इं, सुनसरीको औरावनी निवासी ३४ वर्षीया एकादशीदेवी भगत, काठमाडौँ निवासी २६ वर्षीया विभा भण्डारी, सोही ठाउँ निवासी ४५ वर्षीया सविता निरौलालगायतका घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टर प्रालिमा उपचार भइरहेको छ ।

    ]]>
    10992 0 0 0
    नाकाबन्दीको जरिबाना बुझाउन भारतको ताकेता ! http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%b0%e0%a4%bf%e0%a4%ac%e0%a4%be%e0%a4%a8%e0%a4%be-%e0%a4%ac%e0%a5%81%e0%a4%9d%e0%a4%be/ Mon, 18 Apr 2016 00:40:59 +0000 http://www.ghumphir.com.np/?p=10994 ६ वैशाख, काठमाडौं । भारतीय पक्षले विराटनगरका उद्योगी व्यवसायीसँग तेस्रो देशबाट सामान आयत गर्दा भएको विलम्बवापत् लाग्ने जरिबान बुझाउन ताकेटा गरेको छ ।

    कस्टम ट्रान्जिट डिक्लियरेन्सको प्रावधानभन्दा धेरै समयसम्म सीमामा रहेका कन्टेनरलार्य लाग्ने जरिवाना बुझाउन पत्राचार गरिएको आजको अन्नपूर्णमा समाचार छ ।

    बिहारको जोगबनीस्थित भन्सार कार्यालयले भन्सार एजेन्टमार्फत पत्राचार गर्दे उद्योगी, व्यवसायीलाई ताकेता गरिरहेको छ ।

    भारतीय नाकाबन्दीको समयमा सीमानाका लामो समयसम्म कन्टेनर रोकिएका थिए । विराटनगरका उद्योगी तथा व्यवसायीले मात्र जरिवाना वापत् करोडौं रुपैयाँ बुझाउन बाँकी छ ।

    उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले भारतीय अधिकारीह्मार्फत ताकेता गरेको जानकारी दिए ।

    ]]>
    10994 0 0 0
    ठमेलका अधिकांश मसाज सेन्टर बन्द http://localhost/ghum/%e0%a4%a0%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%b6-%e0%a4%ae%e0%a4%b8%e0%a4%be%e0%a4%9c-%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a5%8d/ Mon, 18 Apr 2016 00:59:46 +0000 http://www.ghumphir.com.np/?p=10996 ६ वैशाख, काठमाडौं । पछिल्लो पाँच वर्षमा ठमेल र दरबारमार्थमा चार सयभन्दा धेरै मसाज तथ स्पा सेन्टर बन्द भएका छन् ।

    यतबार मात्र प्रहरीले थप आठवटा मसाज सेन्टर बन्द गराएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

    मसाजका नामामा यौनजन्य गतिविधि सञ्चालन गर्नेमाथि निगरानी बढाएको प्रहरीले कडाइका साथ कारबाही पनि थालेको हो । यसक्रममा धेरै मसाज बन्द भएका हुन् । करिब पाँच सय मसाज तथा स्स्पा केन्द्र रहेको ठमेल र दरबारमार्ग क्षेत्रमा अब ४८ वटा मात्र सञ्चालनमा छन् ।

    ५६ वटा मसाज तथा स्पाहरु सञ्चलनमा रहेको आइतबारदेखि महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले थप आठवटा बन्द गराउको हो । आचारसंहिता पालना नर्गेलाई बन्द गराइएको महानगरीय प्रहरी वत्त सोह्रखुट्टेका डिएसपी सोमेन्द्रसिंह राठौंरले बताए ।

    ]]>
    10996 0 0 0
    निगम डुबाउँदै चिनियाँ जहाज http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae-%e0%a4%a1%e0%a5%81%e0%a4%ac%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%9c%e0%a4%b9/ Mon, 18 Apr 2016 01:01:07 +0000 http://www.ghumphir.com.np/?p=10999 ६ वैशाख, काठमाडौं । चिनियाँ जहाज आएपछि बजारमा हिस्सा बढ्ने र प्रशस्त नाफा कमाउने सपना देखेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई अहिले आएर ती जहाज घाँडो भएका छन् ।

    चार थान किन्दा दुइवटा सित्तैमा पाइने चिनियाँ स्किम अनुसार पहिलो खेपमा ल्याइएका दुई जहाजमध्ये एउटा ६ महिना र अर्को एकसातादेखि त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा थन्किरहेका अाजको नागरिक दैनिकमा समाचार छ ।

    सित्तैमा ललीपप देखाएर चीनले उपलब्ध गराएका यी जहाजबाट उल्टै घाटा बेहोर्नुपर्दा निगमको अलिअलि भएको छवि पनि धूमिल भइरहेको छ ।

    ‘चिनियाँ जहाज उडाएर सञ्चालन खर्च पनि निकाल्न मुस्किल छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा पवक्ता रामहरि शर्माले भने,’हामीले कहिल्यै पनि चिनियाँ जहाज ल्याउँछौं भनेका थिएनौं, हाम्रो व्यापारिक योजनामा पनि थिएन तर परिस्थिति यस्तो आइलाग्यो कि चिनियाँ जहाज हाम्रै भागमा पर्न गयो ।’

    निगमले २०७१ वैशाख १४ मा ५६ सिट क्षमतायुक्त मोडर्न आर्क एमए-६० र कात्तिक १७ मा १८ सिटे वाई १२-ई जहाज काठमाडौं ल्याएको थियो ।

    असार ११ वाट नियमित उडान सुरु गरेको जाहाज त्यसपछि माघसम्ममा प्राविधिक समस्याले करिब दर्जनपटक ग्राउन्डेड हुन पुगेको छ ।

    ]]>
    10999 0 0 0
    असारसम्म महाधिवेशन नगर्ने पार्टी खारेज हुने http://localhost/ghum/%e0%a4%85%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a4%a8-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8/ Mon, 18 Apr 2016 01:02:46 +0000 http://www.ghumphir.com.np/?p=11002 ६ वैशाख, काठमाडौं । निर्वाचन आयोगले ३६ जनालाई आगमी असार मसान्तसम्म महाधिवेशन गर्न निर्देशन दिएको छ ।

    Election-Commision-of-Nepalदर्ता भएकामध्ये ३६ दलले तोकिएको समयमा महाधिवेशन नगरेको भन्दै निर्वाचन आयोगले ०७३ असार मसान्तसम्म महाधिवेशन गर्न निर्देशन दिएको आजको नयाँ पत्रिकादैनिकमा समाचार छ ।

    सो सयमभित्र पनि महाधिवेशन नगर्ने दल खारेजीमा पर्नेछन् । गत २ वैशाखमा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो । तर, आयोगले ती दललाई महाधिवेशन गर्नेबारे पत्राचार भने गरिसेकेको छैन ।

    विभिन्न बाहानामा राजनीतिक दलले आफ्नो पार्टीको विधानमा तोकिएको समय कटाउनुकाु साथै निर्वाचन आयोगको राजानीतिक दलसम्बन्ध एिेनले तोकेको समय पनि कटाएका थिए ।

    समयमै महाधिवेशन नगर्नेहरुमा सरकारमा सामेल दलहरु समेत रहेका छन् । उपप्रधानमन्त्री विजयकुमार गच्छादारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, शान्तिमन्त्री एकनाथ ढकालको नेपाल परिवारदल लगायतका ३६ दललले लामो समय भइसक्दा पनि महाधिवेशन गरेका छनैनन् ।

    ]]>
    11002 0 0 0
    कर्मचारीको चुनावलाई राज्यको ५ करोड http://localhost/ghum/%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d/ Mon, 18 Apr 2016 01:11:14 +0000 http://www.ghumphir.com.np/?p=11005 ६ वैशाख, काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन चुनावका लागि राज्यकोषबाट ५ करोड रुपैयाँ खर्च हुने भएको छ ।

    राज्यबाट तलब लिएर जनताको सेवा गर्न खटिएका कर्मचारीको नेता छान्न राज्यकोषबाटै थप खर्च हुन लागेको आजकोनागरिक दैनिकमा समाचार छ ।

    निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन बनाउने भन्दै सरकारले वैशाख १० गते चुनाव गर्दैछ ।  देशभर हुने चुनाव प्रयोजनका लागि करिब ५ करोड रुपैयाँ खर्च हुने निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता सन्तोषकुमार गिरीले बताए ।

    निर्वाचन कार्यका लागि खटिएका कर्मचारीलाई ५० प्रतिशत भत्ता, निर्वाचन सामग्री खरिद, सञ्चार महसुल, छपाइ, ढुवानी, मतदानका दिन र मतगणना कार्यमा खटिने कर्मचारीलाई भत्तालगायत शीर्षकमा उक्त रकम खर्च हुने उनले जानकारी दिए ।

    सरकारले ७५ जिल्लामा निर्वाचन अधिकृत नियुक्त गरेको छ । ३१ मन्त्रालय, संवैधानिक अंग लगायत ४२ वटा विभागीयसमेत देशभर १ सय १७ निर्वाचन कार्यालय छन् । देशभर करिव ८० हजार निजामती कर्मचारी छन् ।

    आधिकारिक ट्रेड युनियन निर्वाचनमा भाग लिने कर्मचारी करिब ५४ हजार मात्र छन् । शाखा अधिकृत वा सोसरहसम्मका कर्मचारीले मात्र मतदानमा भाग लिन पाउनेछन् ।

    उपसचिवभन्दा माथिल्लो पदमा रहेका निजामती कर्मचारी ट्रेड युनियनमा आबद्ध हुन पाउँदैनन् ।

    ]]>
    11005 0 0 0
    बुद्ध एयरले बोक्यो ५० प्रतिशत यात्रु http://localhost/ghum/%e0%a4%ac%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%8f%e0%a4%af%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a5%ab%e0%a5%a6-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ Mon, 18 Apr 2016 01:14:03 +0000 http://www.ghumphir.com.np/?p=11008 ६ वैशाख, काठमाडौं ।सन् २०१५ मा अन्तरिकतर्फका हवाई यात्रुमध्ये ५० प्रतिशत बुद्ध एयरले बोकेको छ । बुद्ध एयरले ७ लाख ३४ हजार ८७० यात्रुलाई सेवा दिएको छ, जुन गत वर्षभन्दा ८.१३ प्रतिशत कम हो । त्यस्तैगरी यती एयरलाइन्सले ३ लाख ३२ हजार ७१३ यात्रुलाई सेवा दिएको छ । यती ग्रुपअन्तर्गतकै तारा एयरलाइन्सले ४८ हजार ५६९ यात्रुलाई सेवा दिएको छ । सौर्य एयरलाइन्सले ८६ हजार ९३५ र सिम्रिक एयरलाइन्सले ४६ हजार १३२ यात्रुलाई सेवा दिएको छ । नेपाल एयरलाइन्सले ४२ हजार ५३५ र सीता एयरले पनि ४२ हजार ५३५ यात्रुलाई सेवा दिएको छ ।

    ]]>
    11008 0 0 0
    पाथीभरा मन्दिरको भेटी चार महिनापछि बैंकमा जम्मा http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%a5%e0%a5%80%e0%a4%ad%e0%a4%b0%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a5%80-%e0%a4%9a%e0%a4%be/ Tue, 19 Apr 2016 14:42:37 +0000 http://www.ghumphir.com.np/?p=11012

    ताप्लेजुङ, ७ चैत । विवादकाबीच गत मङ्सिरदेखि सङ्कलन भएर थन्किएको पाथीभरा मन्दिरको भेटी बैंकमा जम्मा गरिएको छ । गत मङ्सिर ८ गतेदेखि चैत्र मसान्तसम्म झण्डै पाँच महिनाको अवधिमा सङ्कलन भएको रु आठ लाख ४१ हजार ५०० भेटी व्यवस्थापनका लागि बनेको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले बैंकमा जम्मा गरेको हो । पहिले स्थानीयस्तरमा गठन भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले भेटी सङ्कलन गर्ने गरेकामा पारदर्शी नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सरकारी समिति पाथीभरा क्षेत्र विकास समितिलाई निर्देशन दिएपछि सुरु भएको विवादका कारण सङ्कलित भेटी बैंकमा जम्मा हुन सकेको थिएन् । स्थानीय प्रशासनको सक्रियतामा दुवै समितिका पदाधिकारी सम्मिलित भेटी व्यवस्थापन समिति गठन गरी सो समितिको खातामा भेटी जम्मा गर्ने निर्णय भए पनि सो समितिको बैठक बस्न नसक्दा भेटी जम्मा गर्न ढिला भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले बताउनुभयो । मङ्सिरदेखि सङ्कलन गरेर राखिएको भेटी बैंकमा जम्मा हुन नसक्दा सड्ने अवस्थामा पुगेको भन्ने समाचार राष्ट्रिय समाचार समिति (रासस) बाट सार्वजनिक भएपछि गत चैत ३० गते नै सङ्कलन गरेर यही वैशाख २ गते बैंकमा दाखिला गरिएको हो । सुन, चाँदी र विदेशी मुद्रा सुरक्षित यस्तै यस अवधिमा तीर्थयात्रीले चढाएका सुन, चाँदीबाट निर्मित विभिन्न सामग्रीसमेत सो समितिले सुरक्षित गरेको छ । समितिका अनुसार अनुमानित चार तोलाभन्दा बढी सुनका सामग्री रहेका छन् भने चाँदीका झण्डै एक किलो बराबरको सामग्री रहेका छन् । उक्त सामान शिलबन्दी गरेर राखिएको र समितिको बैठक बसेर व्यवस्थापन गरिने बताइएको छ । यस्तै विभिन्न देशका मुद्रासमेत जम्मा गरिएको छ । ती मुद्रा यही सटही नहुने भएकाले हाल सुरक्षित गरिएको हो ।

    ]]>
    11012 0 0 0
    अठासी करोडको आलु उत्पादन http://localhost/ghum/%e0%a4%85%e0%a4%a0%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b2%e0%a5%81-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8/ Tue, 19 Apr 2016 14:44:46 +0000 http://www.ghumphir.com.np/?p=11014

    रत्ननगर (चितवन), ७ वैशाख । यो वर्ष करिब रु ८८ करोडको आलु उत्पादन भएको छ । जिल्लामा कुल एक हजार ९१८ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट ३५ हजार ९९ मेट्रिक टन आलु उत्पादन भएको थियो । यो वर्ष आलु प्रतिकिलो रु २० देखि रु ३० सम्ममा बिक्री भएको थियो । जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाका अनुसार गत वर्ष ३४ हजार ६०८ मेट्रिक टन उत्पादन भएकोमा रु साढे ८६ करोड आम्दानी भएको थियो । यस वर्ष आलु विकास कार्यक्रमअन्तर्गत कृषकलाई जिल्लामा पाँच मेट्रिक टन बीउमा ७५ प्रतिशतका दरले अनुदान दिएको कार्यालयले जनाएको छ ।

    ]]>
    11014 0 0 0
    मौलिक वनस्पतिको संरक्षण सुरु http://localhost/ghum/%e0%a4%ae%e0%a5%8c%e0%a4%b2%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3/ Tue, 19 Apr 2016 14:46:43 +0000 http://www.ghumphir.com.np/?p=11016

    काठमाडौँ, ७ वैशाख । ‘स्वयम्भू वातावरणीय उद्यान’ले नेपालका विभिन्न मौलिक वनस्पतिको संरक्षण सुरु गरेको छ । स्वयम्भूस्थित उद्यानले त्यस क्षेत्रको जङ्गलमा मयल, काँडेझार, चिलाउने, कटुस, लप्सी, जुरेजस्ता उपयोगी बिरुवा तथा घैया, आँप, तरुवा, बोहरी लगायत महत्वपूर्ण वनस्पतिको संरक्षण गरेको छ । घैयाले आउँ काट्ने गर्छ । त्यसबाट रङ पनि निकाल्न प्रयोग गरिन्छ । आँप र तरुवाबाट तेल निकाल्न सकिन्छ जो घाउ, खटिरा निको पार्न तथा बत्ती बाल्न प्रयोग गरिन्छ । बोहरी एक प्रकारको घाँसपात प्रजातिको वनस्पति हो । यसको व्यावसायिक खेती गरेमा गाईवस्तुलाई खुवाउन सकिन्छ । यसको चोप मानव स्वास्थ्योपयोगी हुन्छ । रिट्ठा साबुन बनाउन काम लाग्छ । उक्त जङ्गलमा मसला, लहरेपिपल, काइयो र सल्लोलाई समेत जगेर्ना गर्न थालिएको छ । उद्यानका प्रमुख एवम् त्रिविका प्रा डा केशव श्रेष्ठले वृक्षरोपण गर्दा नेपाली मौलिक बिरुवा रोप्न सुझाव दिनुभयो । उक्त उद्यानमा नेपाली मौलिक वनस्पतिको जगेर्ना गर्ने कार्यलाई प्राथमिकतामा राखेर सङ्ग्रहालयका रुपमा विकास गरिएको उहाँले बताउनुभयो । नेपाली पहिचान बोकेका वनस्पति तथा जडीबुटीको थप खोज एवं अनुसन्धानका लागि उद्यानमा आवश्यक काम गरिँदै आएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका विद्यार्थी अध्ययन र अनुसन्धानका लागि त्यहाँ आउने गरेका छन् ।

    ]]>
    11016 0 0 0
    उत्खननको पर्खाइमा खानी http://localhost/ghum/%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%96%e0%a4%a8%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%96%e0%a4%be%e0%a4%87%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%80/ Tue, 19 Apr 2016 14:48:27 +0000 http://www.ghumphir.com.np/?p=11018

    सन्तोष गौतम  बाबियाचौर (म्याग्दी), ७ वैशाख । यहाँका विभिन्न ठाउँमा रहेका खानी संरक्षण र उत्खननको पर्खाइमा रहेका छन् । तामा, स्लेट (घर छाउने ढुङ्गा), सिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षाँैदेखि उत्खनन हुन नसकेका अवस्थामा छन् भने संरक्षण हुन नसकेपछि पुरिँदै गएका छन् । खानीहरुको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । तर रुम र लुलाङमा रहेका स्लेट खानीबाट परम्परागत रुपमा उत्खनन भने भइरहेको छ । भगवतीको खरिढुङ्गा खानी एक वर्षदेखि बन्द छ । स्थानीय बूढापाकाका अनुसार यहाँ तामा खानी २०० वर्षसम्म सञ्चालनमा थिए । तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर (भेजा) तिर्न नसकेपछि खानी उत्खनन कार्य बन्द भएको थियो । राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा खानी उत्खनन गरेर हुने आम्दानी भन्दा बढी कर तिर्नुपर्ने अवस्था आएपछि तामा खानी बन्द भएको ताकम– ९ मच्छिमका चन्द्रबहादुर छन्त्याल बताउनुहुन्छ । “तत्कालीन सरकारको कर नीतिका कारण हाम्रा पूर्खाले उत्खनन गर्न छाडेका हुन्” उहाँले भन्नुभयो । गुर्जा, ताकम, कुइनेमङ्गले, ओखरबोट, मल्कवाङ, भकिम्ली गाविसमा करिब बीसवटा तामा खानी रहेका छन् । उत्खननका लागि छन्त्याल समुदायलाई जिम्मेवारी दिइएको थियो । विसं २०६८ को जनगणनाअनुसार छन्त्याल जातीको जनसङ्ख्या एघार हजार रहेको छ । परम्परागत पेसाबाट विस्थापित उनीहरु पछिल्लो समय वैदेशिक रोजगारी र अन्य पेसामा आवद्ध भएका छन् । म्याग्दी र बागलुङको बुर्तिवाङ क्षेत्र छन्त्याल समुदायको परम्परागत थातथलो हो । छन्त्याल समुदायले उत्खनन गरेका धातु दलित समुदायले प्रशोधन गरेपछि थकाली समुदायले देशका विभिन्न स्थानमा लगेर बिक्री गर्ने गर्दथे । त्यतिबेला छन्त्याल समुदायले माटो सुघेर पनि खानी पत्ता लगाउने गरेको ताकम– ८ सिवाङ का गिरिप्रसाद छन्त्यालको भनाइ छ । “यहाँका खानीको सम्भाव्यता अध्ययन र संरक्षण आवश्यक छ” उहाँले भन्नुभयो । खानी रहेका ठाउँ अहिले पुरिँदै गएका छन् । खानी उत्खनन गर्न सयाँै मिटर लामो सुरुङ खनिएका अझै यहाँ भेटिन्छन् । प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर रहेका अझै भेट्टिन्छन् । तत्कालीन अवस्थामा छिना, गल, घन, कुटो, कोदालोको प्रयोग गरेर खानी उत्खनन गर्ने चलन थियो । खानी उत्खनन गर्न सरकारले कदम चाल्नुपर्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माको भनाइ छ । नीतिगत रुपमा सहज र पूर्वाधारको विकास भए खानी उत्खननका लागि लगानीको कुनै समस्या नहुने उहाँ बताउनुहुन्छ ।

    ]]>
    11018 0 0 0
    पेट्रोल लुकाउने पम्प कारबाहीमा http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2-%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%95%e0%a4%be%e0%a4%b0/ Tue, 19 Apr 2016 14:50:26 +0000 http://www.ghumphir.com.np/?p=11020

    रत्ननगर (चितवन), ७ वैशाख । चितवनमा पेट्रोल सकियो भनेर लुकाउने दुईवटा पम्प कारबाहीमा परेका छन् । अन्य जिल्लामा पेट्रोल सहज भए पनि चितवनमा अझै सहज हुन नसकेपछि प्रहरीले सोमबार विभिन्न पम्पमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा भरतपुरमा रहेको अवतार पेट्रोल पम्पले उपभोक्तालाई भने सकियो भनेर लुकाइराखेको २२७ लिटर पेट्रोल बरामद गरेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार लुकाएको पाइएपछि पम्पका म्यानेजर अजय पावेलाई पक्राउ गरिएको र कालोबजारीअन्तर्गत कारबाही सुरु भएको छ । यस्तै, अर्काे शुभम् पेट्रोल पम्पले पनि ड्रममा ७५ लिटर पेट्रोल लुकाएको भेटिएपछि सञ्चालक एकजनालाई नियन्त्रणमा लिएर कारबाही थालिएको कुँवरले बताउनुभयो । जिल्लामा अझै पेट्रोल पर्याप्त नहुँदा घन्टौँ लाइनमा बसेर पनि उपभोक्ता तेल नै हाल्न नपाई फर्कने गरेका छ । जिल्लामा डिजेल भने सहजरुपमा पाइएको प्रहरीले जनाएको छ । जिल्लाको मागभन्दा बढी पेट्रोल आउँदा पनि सहज नभएको भन्दै प्रशासनले अनुगमन गर्न थालेको हो । मोटर र गाडीमा तेल हालेर कालोबजारी गर्ने गिरोह सक्रिय भएको स्थानीयले बताएका छन् ।

    ]]>
    11020 0 0 0
    २१ राजदूत सिफारिस, दलका नेतादेखि पूर्वमन्त्रीसम्म (सूचीसहित) http://localhost/ghum/%e0%a5%a8%e0%a5%a7-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a6%e0%a5%82%e0%a4%a4-%e0%a4%b8%e0%a4%bf%e0%a4%ab%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%b8-%e0%a4%a6%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a5%87/ Tue, 19 Apr 2016 14:56:29 +0000 http://www.ghumphir.com.np/?p=11022 ७ वैशाख, काठमाडौं ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २१ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।

    सरकारले २१ देशका लागि निम्नलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो। सिफारिस अन्तर्गत एमाले कोटाबाट ५ जना, एमाओवादीबाट चार, राप्रपा नेपालबाट १ जना तथा बाकी परराष्ट्रका कर्मचारीहरूबाट सिफारिसमा परेका हुन्।

    सिफारिस भएका व्यक्तिहरू कसको कोटाबाट हेर्नुहोस्

    एमाले कोटाबाट

    नारद भारद्वाज– श्रीलंका,

    शिबमाया तुम्बाहम्फे– इजरायल,

    अलि अख्तर मिकरानी– साउदी अरव,

    खड्ग केसी– जापान,

    महेन्द्रबहादुर पाण्डे– चीन

    एमाओवादी कोटाबाट

    युवनाथ लम्साल– डेनमार्क

    लक्की शेर्पा– अष्ट्रेलिया

    पदम सुन्दास– बहराइन

    डा. महेन्द्र सिंह– कतार

    राप्रपा नेपालको कोटाबाट

    निरञ्जन थापा– रसिया

    परराष्ट्रका कर्मचारी मध्येबाट

    ताराप्रसाद पोखरेल– ब्राजिल

    रमेशप्रसाद खनाल– जर्मनी

    प्रकाशकुमार सुवेदी– अष्ट्रिया

    लोकबहादुर थापा– बेल्जियम

    सेवा लम्साल– पाकिस्तान

    झविन्द्र अर्याल– इजिप्ट

    ऋषिकेष घिमिरे– म्यानमार

    दुर्गाबहादुर क्षेत्री – बेलायत

    अन्यबाट

    खगेन्द्र बस्नेत- बंगलादेश

    भरतबहादुर रायमाझी– यूएइ

    ]]>
    11022 0 0 0
    सम्पदाको मौलिकता कायम राख्दै पुनर्निर्माण गर्नुपर्छ : युनेस्को महानिर्देशक http://localhost/ghum/%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%8c%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%af%e0%a4%ae-%e0%a4%b0%e0%a4%be/ Tue, 19 Apr 2016 16:09:54 +0000 http://www.ghumphir.com.np/?p=11025

    काठमाडौँ, ७ वैशाख । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का महानिर्देशक इरिना बकोभाले भूकम्पबाट भत्केका मठ, मन्दिर र सम्पदाको मौलिकतालाई कायम राख्दै पुनर्निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी युनेस्कोको प्रधानकार्यालय पेरिस फर्कनुअघि आज साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वसम्पदा सूचीका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्दा तिनको मौलिकतामा कुनै किसिमको परिवर्तन गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो– “नेपालका ती जीवन्त सम्पदालाई अमौलिक हुन नदिनेतर्फ विशेष ध्यान दिनुपर्छ । सम्पदाको पुनर्निर्माण वस्तुपरक ढङ्गले गर्नुपर्छ ।” पुरातत्व विभाग र अन्तर्राष्ट्रिय विज्ञहरू कार्यक्षेत्रमा जुटेकाले नेपालका मौलिक सांस्कृतिक सम्पदा पुरानै रुपमा बन्नेमा आफू ढुक्क रहेको महानिर्देशक इरिनाले बताउनुभयो । पुनर्निर्माणका कामले गति लिएकामा खुसी व्यक्त गर्दै उहाँले तिनले भविष्यमा अझ द्रुतगति लिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । नेपालका सांस्कृतिक सम्पदा नेपालका लागि मात्र नभई विश्व समुदायका निम्ति पनि उत्तिकै महत्वपूर्ण छन् भन्दै उहाँले धार्मिक, सांस्कृतिक एवम् दिगो पर्यटन प्रवद्र्धनका लागि ती सम्पदाको संरक्षण र विकासमा युनेस्कोले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

    ]]>
    11025 0 0 0
    भारतीय बाँध कारण १० हजार बिगाहा जग्गा बगरमा परिणत http://localhost/ghum/11027-2/ Tue, 19 Apr 2016 16:20:53 +0000 http://www.ghumphir.com.np/?p=11027 नेपालगञ्ज, ७ बैशाख – नेपाल–भारत सीमानामा भारत सरकारले निर्माण गरेको बाँध, तटबन्धले राप्ती नदी र विभिन्न खोला नालाको बहाव रोक्दा बाँकेमा करिब १० हजार विगाहा खेतीयोग्य जग्गा बगर बनेको छ । भारतले एकपछिय रुपमा निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बाँकेको पूर्व दक्षिणमा पर्ने मटेहिया, सोनवर्षा, होलिया, फत्तेपुर र गंगापुरका स्थानीयवासीको करिव १० हजार बिगाहा बढी जग्गा राप्ती नदीले कटान र पटान गरेको छ । जसका कारण सो जग्गा बगरमा परिणत भएको छ भने सयौँ किसान भूमिहीन भएका छन् । ती गाविसका अधिकांश किसानहरू ज्यान जोगाउन गाउँ छाडेर गणपति सामुदायिक वनमा टहरा बनाएर बसेका छन् । ‘हाम्रो गाउँमा सबैजसोको खेती गर्ने जग्गा थियो । तर, सबै जग्गा बालुवाले पुरिएको छ । खेती हुने जग्गामा नदी बगिरहेको छ,’ मटेहियाकै तैयब खाँ भन्छन्, ‘लालपुर्जा छ तर जग्गा छैन ।’ राप्ती नदीकै कटान र पटानका कारण होलियाका सयौं जग्गाधनि भूमिहीन भइसकेका छन् ।

    होलियाको रघुनाथपुर, सिम्राना र छिटैपुरवाका जग्गाधनीहरू भूमिहीन बनेका हुन् । कटानकै कारण ती गाउँ पूर्णरूपमा विस्थापित भइसकेका छन् । होलिया क्षेत्रको करिब २ हजार बिघा जग्गा कटान र पटानमा परेको स्थानीयवासीको दाबी छ । राप्ती नदीले कटान र पटान गरेको जग्गाको यकिन तथ्याङ्क सरकारी निकायसँग छैन । तर, जनताको तटबन्ध कार्यक्रमका इन्जिनियर रमेश आचार्यले उत्तर फत्तेपुरदेखि दक्षिण भारतले निर्माण गरेको लक्ष्मणपुर बाँधसम्म करिब २५ किलोमिटर र तीन किलोमिटर पूर्वपश्चिम बीचमा पर्ने सबै खेतीयोग्य जग्गा बगरमा परिणत भइसकेको बताए । दीर्घकालीनरूपमा नियन्त्रण गर्न नसक्ने हो भने यसले विकराल रूप लिनसक्ने उनको भनाई छ । कटान र डुबानमा पर्दै आएका पीडितहरूले संघर्ष समितिनै गठन गरेर समस्याको समाधान गर्न बर्षौदेखि सरकारसँग माग गर्दै आएका छन् । सबैले समस्या समाधान गर्ने वाचा गर्दै आएपनि कुनै पनि सरकारले स्थायी समस्या समाधानको पहल नगरेको स्थानीयको दुखेसो छ । उक्त मुद्दा अन्तराष्ट्रियकरणसमेत हुन सकेको छैन ।

    डुबान र कटान तथा पटानबाट नेपाली भूमि जोगाउन भारतीय पक्षले लक्ष्मणपुर बाँधदेखि सिधन्वासम्म दुवैतर्फ पक्की तटबन्ध गरिदिने आश्वासन दिँदै आएको छ । तर सो तटबन्ध निर्माण गर्ने कुनै सुरसार हालसम्म देखिएको छैन । बाँकेवासी लक्ष्मणपुर बाँधले गरेको डुबान, कटान र पटानबाट पिडित हुँदै आएको बेला भारतले सीमानामा अग्लो बाँध जस्तो सडक बनाएपछि झन जिल्लाका अन्य क्षेत्रपनि डुबानमा पर्ने निश्चित भएको छ ।

    ]]>
    11027 0 0 0
    नेपालको शौचालय विश्वमै 'सुन्दर' http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a5%8c%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%ae%e0%a5%88-%e0%a4%b8/ Wed, 20 Apr 2016 02:27:08 +0000 http://www.ghumphir.com.np/?p=11030 ८ वैशाख, काठमाडौ । शौचालय भन्नेबित्तिकै तपाईंले नाक खुम्च्याउनु हुँदो हो तर यात्रा साहित्य प्रकाशन गर्ने लोनली प्लानेटले भने संसारका हेर्न लायक शौचालयको सूची प्रकाशन गरेको छ। नागरिक दैनिकमा समाचार छ।

    toileत्यसैपनि यात्रा गर्नेहरुका लागि शौचालयको महत्व कति बढी छ भनिरहनु पर्दैन। कतिपय व्यक्ति त यस्ता हुन्छन् कि घरबाहेक बाहिरका शौचालयलार्इ गन्दै गन्दैनन्। यस्तो अवस्थामा सुधार ल्याउन र संसारभर घुमिहिँडिरहनेका लागि जानकारी होस् भनी लोनली प्लानेटले यो सूचीको पुस्तक नै बजारमा ल्याएको छ। सूचीमा नेपालको शौचालय आश्चर्यजनक रुपमा सुन्दर भएको टिप्पणीसमेत गरिएको छ।

    त्यसो त समुद्र सतहभन्दा ६ हजार ८ सय १२ मिटरको उचाइमा रहेको यो शौचालय यहाँ भएको सुविधाका कारण भने सूचीमा राखिएको होइन। संसारकै सबैभन्दा सुन्दर ठाँउमा ढंग नपुर्‍याइ बनाइएको यो शौचालय अनकन्टार ठाउँमा राम्रो उपहार भएको टिप्पणीकर्ताको भनाई छ ।

    ‘ट्वाइलेटः अ स्पोटर्स गाइड’ अर्थात 'शौचालय: पत्ता लगाउनेको पथ प्रदर्शन' पुस्तकमा नेपालबाहेक भारत, तान्जानिया, बेलायतको लन्डन लगायत विश्वभरका एक सय देशका अनौठा पाइखाना समेटिएका छन्।

    ]]>
    11030 0 0 0
    वैदेशिक रोजगारीको आडमा 'मानव बेचबिखन' http://localhost/ghum/%e0%a4%b5%e0%a5%88%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%bf%e0%a4%95-%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%ae/ Wed, 20 Apr 2016 02:28:49 +0000 http://www.ghumphir.com.np/?p=11033 ८ वैशाख, काठमाडौ ।वैदेशिक रोजगारीमा जान युवायुवतीको आकर्षण बढिरहेका बेला मानव तस्करको ठूलो गिरोह यसैको आडमा मानव बेचबिखनमा सक्रिय गरेको औंल्याइएको छ। नागरिक दैनिकमा समाचार छ।
    श्रम तथा रोजगार मन्त्रालयले मंगलबार वैदेशिक रोजगारीमा घरेलु महिला कामदार पठाउने निर्देशिका उपर छलफल गर्न आयोजना गरेको कार्यक्रममा सहभागी बक्ताले वैदेशिक रोजगारीमा गएकाहरु मानव बेचबिखनमा रुपान्तरण हुने घटना बढिरहेको बताए। वैदेशिक रोजगारीका नाममा सुरु भएको विदेश यात्रा बेचबिखनमा रुपान्तरण हुँदा महिलालाई कसरी सुरक्षित राख्ने भन्ने समस्या टड्कारो रुपमा देखापरेको सरोकारवालाले बताए।
    खासगरी अबैध बाटो हुँदै वैदेशिक रोजगारीमा गएकाहरु मानव बेचबिखनमा पर्ने क्रम बढेकाले अब सरकारले यस्ता गतिविधि रोक्न विशेष योजना सुरु गर्नुपर्नेमा उनीहरुले जोड दिए। वैदेशिक रोजगारमिा गएकामध्ये बेचबिखनमा पर्ने धेरैजसो महिला रहेको भुक्तभोगीकोभनाई छ।
    वैदेशिक रोजगारीमा गएका महिलामाथि शारीरिक, मानसिक, आर्थिक शोषणका घटना बढेपछि श्रम तथा रोजगार मन्त्रालयले दुई वर्षदेखि घरेलु कामदारको रुपमा महिलालाई वैदेशिक रोजगारीमा पठाउन रोक लगाउँदै आएको छ।
    यही प्रतिबन्धका बेला दलालले वैदेशिक रोजगारीका नाममा पठाएका महिलालाई बेचबिखन गरिरहेको तथ्य फेला परेको सम्बद्ध अधिकारीहरुले औंल्याए।
    ]]>
    11033 0 0 0
    नेपाली ट्राभल डकुमेन्टमा विदेशी नागरिकले यात्रा गर्न थाले http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ad%e0%a4%b2-%e0%a4%a1%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%ae%e0%a4%be/ Wed, 20 Apr 2016 02:32:13 +0000 http://www.ghumphir.com.np/?p=11035 ८ वैशाख, काठमाडौ ।नेपाली नागरिकका रुपमा जारी भएको ट्राभल डकुमेन्ट किनेर विदेशी नागरिकले यात्रा गर्न थालेका छन्। नयाँ पत्रिका दैनिमा समाचार छ।

    वैदेशीक रोजगारीमा गएका भारत तथा वंगालादेशका नागरिकले नेपालको ट्राभल डकुमेन्ट किन्ने गरेका हुन्। नेपालको ट्राभल डकुमेन्ट किनेर फर्कने क्रममा भारतीय युवती कान्छी मेहर पक्राउ परेपछि यसको रहस्य खुलेको हो।

    अध्यागमन कार्यालय विमानस्थलले उनलाई नेपालको डकुमेन्टसहित पक्राउ गरेको हो।

    साउदीमा रहेका दलाले बेच्छन् ट्राभल डकुमेन्ट

    मकवानपुर घर भएकी अनिता बलको नाममा जारी भएको ट्राभल डकुमेन्टमा आफ्नो फोटो टाँसेर उनी नेपाल आएकी थिइन्। गत २३ चैतमा पक्राउ परेकी मेहरलाई जाली राहदानी मुद्दा चलाइएको अध्यागमन विभागले जनाएको छ।

    पश्चिम बंगाल घर भवएकी मेहर तीन वर्ष साउदी अरेबिया काम गरेर फर्केकी हुन्। साउदी कम्पनीले पासपोर्ट नदिएपछि आफूले नेपालको ट्राभल डकुमेन्ट प्रयोग गरेको उनले बताएकी छिन्।

    साउमा रहेका दलालहरुले उनलार्इ नेपालको ट्राभद्य डकुमेन्ट उपलब्ध गराएका थिए। गत ३ मार्चमा साउदी अरेबियास्थित नेपाली दूतावासले अनिता बलको नाममा ट्राभल डकुमेन्ट दिएको थियो।

    ]]>
    11035 0 0 0
    चिनियाँ जहाज उडाउँदा आम्दानी भन्दा तीनगुणा बढी खर्च हुने http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c-%e0%a4%89%e0%a4%a1%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%86%e0%a4%ae%e0%a5%8d/ Wed, 20 Apr 2016 02:35:26 +0000 http://www.ghumphir.com.np/?p=11037 ८ वैशाख, काठमाडौ ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीनगुणा बढी खर्च हुने गरेको खुलेको छ। नागरिक दैनिकमा समाचार छ।
     planeनिगमसँग रहेको ५६ सिट क्षमतायुक्त ‘मोर्डन आर्क’ एम्ए–६० ले एक वर्ष र १८ सिटे वाई १२–ई जहाजले ९ महिनामा जति आम्दानीको तीन गुणा भन्दा बढी सञ्चालन खर्च गराएको तथ्य सार्वजनिक भएको हो।
    २०७१ पुसबाट २०७२ पुससम्म एक वर्ष उडान गर्दा एमए–६० ले १४ करोड १० लाख ३० हजार ८ सय ११ रुपैयाँ आम्दानी गरेको थियो। त्यस्तै वाई १२–ईले २०७१ माघबाट २०७२ कात्तिकसम्म ९ महिना उडान गर्दा १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो।
    यही एक वर्षमा एमए–६० उडाउन ४० करोड ५० लाख ९७ हजार २ सय ९३ रुपैयाँ र १२–ई उडाउन ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ खर्च भएको छ।
    ]]>
    11037 0 0 0
    एमाले सांसद राज्यलक्ष्मी गोल्छाकाे सम्पत्ति छानबिन हुने http://localhost/ghum/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%8d%e0%a4%ae%e0%a5%80/ Wed, 20 Apr 2016 02:38:26 +0000 http://www.ghumphir.com.np/?p=11039 ८ वैशाख, काठमाडौ ।सम्पत्ति शुद्धीकरण विभागले एमाले सांसद राज्यलक्ष्मी गोल्छामाथि सम्पत्ति शुद्धीकरणको छानविन थालेको छ। राजधानी दैनिकमा समाचार छ।
     rajyalaxmi golchaएमालेका विभिन्न नेतालाई ३ करोड रुपैयाँभन्दा बढी रकम दिएर सभासद बनेको अभिव्यक्ति दिएकी सांसद गोल्छालाई सोही बयानका आधारमा सम्पत्ति शुद्धाीकरणमा छानबिन अघि बढाइएको हो।
    मोरङबाट समानुपातिक सांसद बनेकी गोल्छाले संसद सचिवालयमा बुझाएको सम्पत्ति विवरण मगाएर विभागले उनीमाथि छानबिन प्रक्रिया अघि बढाएको हो। सम्पत्ति शुद्धीकरण विभागले १० कात्तिक २०७२ मै सांसद गोल्छाको सम्पत्ति विवरण मागेर संसद सचिवालयमा पत्र पठाएपनि मंगलबारमात्र सो पत्र संसद सचिवालयमा दर्ता भएको छ।
    विभागले पत्राचार गरेको ६ महिनासम्म बाटोमै अड्किएको पत्र मंगलबार संसदमा दर्ता भएलगत्तै संसद सचिवालयले विवरण उपलब्ध गराउने प्रक्रिया थालिसकेको जनाएको छ। सम्पत्ति शुद्धीकरण विभागले सांसद गोल्छालाई समेत ५ वैशाखमा बेग्लै पत्र लेखी अनुसन्धानका लागि विभागमा उपस्थित हुन निर्देशन दिएको छ। तर सो पत्र उनको हातमा पुगिसकेको छैन।
    ]]>
    11039 0 0 0
    नेपाली भन्दै अमेरिका छिर्दै http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%9b%e0%a4%bf%e0%a4%b0/ Wed, 20 Apr 2016 02:41:04 +0000 http://www.ghumphir.com.np/?p=11042 ८ वैशाख, काठमाडौ ।दक्षिण अमेरिकी मुलुकमा नेपाली भनेर समातिएकाहरुमध्ये अधिकांश अन्य दक्षिण एसियाली मुलुकका नागरिक भएको पाइएको छ। कान्तिपुर दैनिकमा समाचार छ।
    नेपाली भनेपछि तत्काल फर्कनु नपर्ने हुनले दक्षिण एसियाली अन्य मुलुकका नागरिकले पनि आफूलाई नेपाली भन्ने गरेका हुन्। दक्षिण अमेरिकी मुलुक कोस्टारिकाका अधिकारी र अमेरिका पसेका नेपालीले दिएको जानकारीबाट उक्त कुरा खुलासा भएको हो।
    अमेरिकास्थित नेपाली दूतावासले पनि नेपाली भनेर पक्राउ परेका सबै नेपाली नभएको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाएको अधिकारीले जानकारी दिए। अमेरिका छिर्न दलाललाई लाखौं रुपैयाँ बुझाएपछि विभिन्न दुख पीडा खेप्दै ती देशमा पुगेका उनीहरुसँग थोरै अमेरिकी डलरबाहेक अन्य कागजपत्र हुँदैनन्।
    भाषा र बस्ने स्थानबारे लामो सोधपुछपछि मात्र पक्राउ परेकाहरु हुन कुन मुलुकका हुन् भन्ने पुष्टि हुन्छ।
    ]]>
    11042 0 0 0
    कहाँ गयाे निगमबाट एक वर्षमा ३ करोड लिटर http://localhost/ghum/%e0%a4%95%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%97%e0%a4%af%e0%a4%be%e0%a5%87-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%8f%e0%a4%95-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7/ Wed, 20 Apr 2016 02:50:41 +0000 http://www.ghumphir.com.np/?p=11045 ८ वैशाख, काठमाडौ ।नेपाल आयल निगमले गत आर्थिक वर्ष ०७१/७२ मा खरिद गरेभन्दा करिब तीन करोड लिटर तेल कम बिक्री गरेको छ। तापक्रम र प्रशासनिक चुहावटका कारण इन्धन नोक्सानी भएकाले कम परिमाण बिक्री भएको निगमको दाबी छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
    ०७१/७२ को अडिट रिपोर्ट अनुसार निगमले एक अर्ब ६२ करोड ८५ लाख ४३ हजार लिटर इन्धन इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद गरेको थियो। जसमध्ये एक अर्ब ६० करोड १२ लाख ९१ हजार लिटर मात्रै बिक्री गरेको तथ्यांक अडिट भएको छ।
    खरिद र बिक्रीबीच अन्तर देखिएको दुई करोड ७२ लाख ५२ हजार लिटर इन्धनको हिसाब नै छैन।
    पौने तीन अर्बको हिसाब नै छैन
    इन्धनको मूल्य औसत सय रुपैयाँ प्रतिलिटरका दरले हिसाब गर्दा गायब भएको तेलको मूल्य दुई अर्ब ७२ करोड हुन आउँछ । निगमले गत आवमा कुल एक खर्ब तीन अर्ब ५९ करोड ६५ लाख ७६ हजार चार सय ८८ रुपैयाँको पेट्रोलियम पदार्थ खरिद गरेको थियो।
    जसमध्ये एक खर्ब २० अर्ब ३१ करोड ३८ लाख ९८ हजार तीन सय ८९ रुपैयाँको इन्धन बिक्री गरेर १५ अर्ब चार करोड २१ लाख ३७ हजार आठ सय ३६ रुपैयाँ नाफा आर्जन गरेको निगमले जनाएको छ। नाफा रकमबाट ९० करोड २५ लाख २८ हजार दुई सय ७० रुपैयाँ कर्मचारीलाई बोनस दिइएको अडिट रिपोर्टमा उल्लेख छ।
    ]]>
    11045 0 0 0
    चालीस करोडको लगानीमा चारतारे होटल http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%b8-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b0/ Wed, 20 Apr 2016 03:08:33 +0000 http://www.ghumphir.com.np/?p=11047

    पथरी (मोरङ), ८ वैशाख । दुगड ग्रुपले रु ४० करोडको लगानीमा विराटनगरमा पहिलो अत्याधुनिक सेवासुविधासहितको चारतारे होटल सञ्चालनमा ल्याएको छ । विराटनगर–२ बञ्जराचौकमा आठ कट्ठा जग्गामा ५२ कोठाको ह्यारी सन प्यालेस नामको सुविधासम्पन्न होटल एक समारोहबीच मङ्गलबार बेलुका एक अमेरिकी नागरिक माइकल कोबोल्डबाट उद्घाटन भएको छ । उद्घाटनका अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दुगड ग्रुपका सञ्चालक तथा वरिष्ठ उद्योगी मोती दुगडले विराटनगरको पर्यटन प्रवद्र्धनका लागि सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “विराटनगरमा गतिलो होटल एउटा पनि छैन, त्यसैले यो होटल बनाएको छु ।” विराटनगरको धरान रोड–७ मा दुगडको २६ बिघा जग्गामा रु एक अर्बको लगानीमा अर्को पाँचतारे होटल पनि निर्माण भइरहेको छ ।

    ]]>
    11047 0 0 0
    म्याग्दीमा फ्री वाइफाइ http://localhost/ghum/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%be%e0%a4%87%e0%a4%ab%e0%a4%be%e0%a4%87/ Wed, 20 Apr 2016 03:11:00 +0000 http://www.ghumphir.com.np/?p=11049

    बेनी (म्याग्दी), ८ वैशाख । म्याग्दीका सबै क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याउने बहुचर्चित प्रोजेक्ट ‘फ्री वाइफाइ’का लागि म्याग्दी प्रवासी नेपाली सङ्घ, अन्तर्राष्ट्रिय कार्यकारी समितिले १० लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ । जिविस म्याग्दी, डिजिटल साक्षरता अभियन्ता डा महावीर पुन र मोना आइइसीको सक्रियतामा सुरु भएको इन्टरनेटयुक्त म्याग्दी अभियानलाई थप प्रभावकारी बनाउन मोना आइइसीका पदाधिकारीबाट १० लाख ५० हजार रुपैयाँ सहयोग भएको हो । अभियानमा मोना आइइसीका संस्थापक अध्यक्ष एवम् संरक्षक प्रकाश पुनले रु दुई लाख, अध्यक्ष योगेन्द्रबहादुर क्षत्रीले रु दुई लाख, वरिष्ठ उपाध्यक्ष विनोद कुँवरले रु एक लाख, महासचिव घनबहादुर शाहीले रु एक लाख, कोषाध्यक्ष चक्रबहादुर थापाले रु एक लाख, सहकोषाध्यक्ष ओमनारायण जुग्जालीले रु एक लाख, महिला सदस्य टीकादेवी गुरुङले रु एक लाख र मोना आइइसीका युरोप उपाध्यक्ष राजेन्द्र कार्कीले रु एक लाख सहयोग गरेको मोना आइइसीका कोषाध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो । “आर्थिक सङ्कलन अभियान जारी छ । हामीले जिल्लालाई सूचना र प्रविधिमा नेपालकै नमुना बनाउने अभियानलाई सघाउँछौँ”, उहाँले भन्नुभयो । म्याग्दीको अभियानलाई अन्य जिल्लाबाट विदेशमा रहेका नेपालीले समेत साथ दिएका छन् । गत २०७२ साल कात्तिक २ गते म्याग्दीमा भएको प्रथम विश्व सम्मेलनबाट जारी घोषणापत्रको एक महत्वपूर्ण योजनाका रुपमा जिल्लाका सबै बस्तीमा इन्टरनेटको पहुँच विस्तार गर्ने बुँदा समावेश गरिएको थियो । इन्टरनेटको माध्यमबाट विकट बस्तीमा टेलिमेडिसिन, गुणस्तरीय शिक्षा, डिजिटल साक्षरता, पर्यटन, धार्मिकलगायत जिल्ला सूचना र प्रविधिको क्षेत्रमा नेपालकै गन्तव्य बन्ने भएकाले पनि अभियानलाई अगाडि बढाइएको मोना आइइसीका संस्थापक अध्यक्ष एवम् अभियानका मूल संयोजक प्रकाश पुनले बताउनुभयो । प्रवासी म्याग्देलीले रु ५० लाख देखि एक करोडसम्म सहयोग सङ्कलनको लक्ष्य राखेका छन् । गैरआवासीय म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना आइइसी)का अध्यक्ष योगेन्द्रबहादुर क्षत्री र स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि अभियानले तीव्रता पाएको हो ।

    ]]>
    11049 0 0 0
    भूकम्प प्रभावित क्षेत्रमा घर बनेनन्, चर्च तयार http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%a4-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae/ Wed, 20 Apr 2016 03:13:10 +0000 http://www.ghumphir.com.np/?p=11052 ८ वैशाख, काठमाडौ । भूकम्पले घर भत्किएको एक वर्ष बित्न लाग्दा सर्वसाधरणले अझै स्थायी अवास बनाउन नसके पनि त्यस क्रममा भत्किएका अधिकांश चर्चहरु बनिसकेका छन् ।

    Jesus-Christत्रिपाल र जस्ताका टहरामा बस्ने क्रिस्चियन धर्मावलम्बी भूकम्पपीडित नवर्मित सुविधा सम्पन्न् भवनमा रहेको चर्चमा आफनो धार्मिक क्रियाकलाप सञ्चालन गर्दछन् । आजको अन्नपूर्णमा समाचार छ ।

    पुर्णरुपमा ध्वस्थ चर्चको पुननिर्माण गरिएको छ भने सामान्य क्षति पुगेका चर्च मर्मत गरेर साप्ताहिक प्रार्थना र नियमित कार्यक्रम सञ्चालन भइरहेका छन् ।

    भूकम्पका कारण लामोसाँगुको चर्चको पक्की भवन भत्किएपछि करिब २० लाख रुपैयाँ खर्च गरेर नयाँ भवन निर्माण गरिएको छ ।

    बैशाख १२ को भूकम्पले चर्च रहेको भवन भत्कँदा सिन्धुपाल्चोक लामोसाँघुमा प्रार्थना गरिरहेका १६ जनाको मृत्यु भएको थियो ।

    ]]>
    11052 0 0 0
    कोरिया जान भाषा सिकेर मात्रै नहुने, सीपको पनि परीक्षण हुने http://localhost/ghum/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%9c%e0%a4%be%e0%a4%a8-%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%b0-%e0%a4%ae%e0%a4%be%e0%a4%a4/ Wed, 20 Apr 2016 03:16:14 +0000 http://www.ghumphir.com.np/?p=11055 ७ वैशाख, काठमाडौं । कामका लागि दक्षिण कोरिया जाने सपना बुन्दै हुनुहुन्छ ? त्यो हो भने अब भाषासँगै सीप पनि सिक्न थाल्नुभए हुन्छ । कोरियाले सन् २०१९ देखि भाषाको मात्रै होइन, सीपको पनि परीक्षण गरेर मात्रै नेपाली कामदार लैजाने भएको छ ।

    रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरी रोजगारीका लागि लैजाने क्रम २०१८ सम्म मात्रै चल्ने भएको छ । त्यसपछि सीप हातमा नभएका युवालाई कोरियाले असफल ठहर्‍याउनेछ ।

    south-korea-09शारीरिक बनोटको परीक्षण र अन्तरवार्ता पनि अब भाषासँगै कामदारको सीप र शारीरिक स्वरुपको पनि कोरियाले परीक्षण गर्ने आज काठमाडाैंमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो प्रणाली लागू भएपछि कोरिया जान अन्तवार्ता पनि अनिवार्य पास गर्नुपर्ने छ ।

    आज कोरियाको मानव संशाधन विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । विभागअन्तर्गत इपीएस सेन्टर नेपालका महानिर्देशक किम कि वुकले सन् २०१९ देखि कामदार छनोट प्रणालीमा अंक प्रणाली लगाउने जानकारी दिए ।

    अनुभवको पनि मापन अहिलेको २ सय पूर्णांकको सुनाइ र र लेखाइको परीक्षा प्रणालीलाई पूर्ण रुपमा परिमार्जन गरेर नयाँ स्वरुप दिइनेछ । अब सीप परीक्षण गरेर मात्रै कामदारलाई विदेश लगिनेछ ।

    कोरियाले नयाँ अंक प्रणालीमा अब उत्पादनमूलक क्षेत्रमा सय र सीप परीक्षणमा पनि सयकै पूर्णांक कायम गर्नेछ । कृषि, मत्स्यपालन, निर्माण लगायतको भाषा परीक्षामा ९० र सीप परीक्षणमा ११० पूर्णांक हुनेछ ।

    नयाँ प्रणालीले कामदारको शारीरिक अवस्था, बनोट र तन्दुरुस्तीलाई पनि विशेष रुपमा परीक्षण गर्नेछ । यस्तै कामदारको सीपको लेभल र कार्य अनुभवलाई पनि प्राथमिकता दिएर अंक दिइनेछ ।

    कम्प्युटर प्रणालीबाट परीक्षा महानिर्देशक वुकका अनुसार सन् २०१९देखि कागजी परीक्षा प्रणालीसमेत हट्नेछ ।  अब कम्प्युटरमा आधारित परीक्षा हुनेछ । जसलाई कम्प्युटर जानेकाहरुले मात्रै दिनसक्छन् ।

    नयाँ परीक्षा प्रणाली नवौं भाषा परीक्षाबाट लागु गर्ने कोरियाको तयारी छ । नेपालसहित १६ देशबाट कामदार ल्याइरहेको कोरियाले अन्य देशमा यस किसिमको प्रणाली यसअघि नै लागू गरिसकेको छ ।

    ]]>
    11055 0 0 0
    सरकारले असोज ३ गते राष्ट्रिय पर्व मनाउने http://localhost/ghum/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%b8%e0%a5%8b%e0%a4%9c-%e0%a5%a9-%e0%a4%97%e0%a4%a4%e0%a5%87-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d/ Wed, 20 Apr 2016 03:25:24 +0000 http://www.ghumphir.com.np/?p=11058 ८ वैशाख, काठमाडौ । सरकारले संविधान जारी भएको दिन असोज ३ गतेका दिन राष्ट्रिय पर्व मनाउने निर्णय गरेको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद वैठकले बैठकले असोज तीन गतेलाई राष्ट्रिय पर्वका रूपमा मनाउने निर्णय गरेको हो।

    सरकारले यसअघि वैशाख ११ गते दिँदै आएको लोकतन्त्र दिवसको बिदा भने कटाएको छ। यस्तै फागुन ७ मा मनाइने प्रजातन्त्र दिवसको सार्वजनिक विदा पनि सरकारले कटौती गरेको छ।

    विदा कटौतीसँगै अब लोकतन्त्र दिवस र प्रजातन्त्र दिवसका दिन सरकारले कुनै औपचारिक कार्यक्रम गर्ने छैन।

    ]]>
    11058 0 0 0
    बुद्धचित्त मालाकाे महत्व र यसबाट कसरी हुन सक्छ अाम्दानी http://localhost/ghum/%e0%a4%ac%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4-%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%ae%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%b5/ Wed, 20 Apr 2016 03:54:37 +0000 http://www.ghumphir.com.np/?p=11060 घुमफिर संवाददाता

    कुनै समय कुहिएर यत्तिकै खेर जाने बोधिचित्त (बुद्धचित्त) माला लाखौंमा बिक्री हुन थालेपछि यसको चर्चा च’लिएको छ । बौद्ध धर्मावलम्बीहरुले बोधिचित्त (बोलीचालीमा ‘बुद्धचित्त’) को १ सय ८ दाना जडित मालाले नामजप्दा ठूलो पुण्य मिल्ने विश्वासका साथ यो माला खरीद गर्न थालेपछि एकाएक यसको विक्रीमा वृद्धि भएको हो । पछिल्लो समय चीन तथा अन्य देशमा यसको माग बढेसँगै व्यापारमा पनि बढोत्तरी भएको छ । केहि बर्ष अघिसम्म त्यसै क’हिएर जाने यस मालाबारे तिमाल वासिहरुका अनुसार उनिहरु विभिन्न पत्रपत्रिकामा आए अनुसार अनभिज्ञ भने नभएको बताउछन किन भने बौद्धमार्गी गुरुपद्य मसंवले दिएको बरदानका रुममा ब’द्धचित्तको विरुवा आफ्नो बारीको काल्नातिर लगाउने गरेको र यो विरुवा लगाउनाले परिवारमा खुसीयाली,सुखशान्ति,संम्पनताका साथै भावी संततीलाई राम्रोहुने विश्वास गरिन्थ्यो र तिमाल आउने विभिन्न बौद्धमार्गीहरुलाई उपहार दिएर पठाउने गरेको बताउछन् ।

    IMG_0668

    तर पछि चिनीया व्यापारीहरुले किनेर लान थालेपछि यसको मुल्य आकाशीयको बताउछन । सोचेको भन्दा निक्कै बडि रकम पाउन थालेपचि भने स्थानीयले माग अनुसारको दाना जोगाउन भने स्थानीय लागि परेका छन । उनीहरुले बोटलाई समेत तारबार लगाएर घेर्ने गरेका छन । विभिन्न पत्रपत्रिकाहरु र संचार माध्यमहरुले बयान गरे जस्तो दलाई लामाले नेपालको तिमालमा पाईने बुद्धचित्तको मालाको बयान गरेको भन्ने खबर विल्कुल गलत रहेको स्थानीयले बताएका छन् । स्थानीय जानकारहरुका अनुसार चिनमा एक बौद्धमार्गी मिस्टर जो नाम गरेका फिजिक्सका विद्यार्थीले लामो समय विभिन्न मालाहरुको अध्ययन गरे र सबैभन्दा उपयुत्त बुद्धचित्तको मालाले जाप गर्दा छिटो हिलिङ हुने प्रमाणीत गरेपछि मात्र ब’द्धचित्तको मालाले प्राथमिकता पाएको हो ।त्यो भन्दा अगाडी बौद्धमार्गीहरुले मत्रजप गर्न जेस’कैको माला प्रयोग गर्ने गरेको देखिन्छ ,उनको वादीअनुसार बुद्धचित्तको व्यापारमा भएको रकम समेत वास्तवीकता भन्दा धेरै फरक आउने गरेको छ संचारमाध्यमा । गतवर्ष २ करोड ५० लाखको बुद्धचित्त काभ्रे शिखर आम्बोडेका तिलक बहाद’रले बेचेका थिए यो मुल्यको बुद्धचित्त केवल ३ बोटमा फलेको थियो ।

    budhachita

    त्यसै गरि बोल्देफेहीचे माहुरे ४ का पूर्ण बहाद’र लामाले ४० ,४५ बोटमा फलेको माला २ करोडमा बेचेका थिए । स्थानीय व्यवसायीका अनुससार तिमालबाट माला ल्याउन मानाङ एरको हेलीकोप्टरको समेत प्रयोग भने गरिएकै हो ।व्यवसायीहरुका अनुसार सवै दानाको मुल्य समान हुदैन आकार,मुख,परिपक्क,र दाग नलागेको दाना अनुसार मुल्य फरक हुन्छ ।स्थानीय जानकारहरुका अनुसार संचारमाध्यम र विभिन्न अनलाई ,पत्रिकाहरुमा आए अनुसार यो तिमालमा मात्रहुन्छ भन्न’ पनि एकदम गलत हो हाल यो १२ गाविसमा पाइन्छ । नारायणथान,कानपुर,मोथिङकोट,मंगलटार,चपखोरी, रोसीपारी देउखुरी,शिखर दाप्चाको नमोबुद्ध,विर्तादेउराली,मेच्छे,ठूलो पर्सेल सरमथली ,सर्सीमखर्क,बुल्देफेदिचे लगाएत अन्य जिल्लाहरु रामेछाप,धादिङ,गोर्खा,लम्ज’ङ,पोखरा,सिन्धुपाल्चोक,सिन्धुली,इलाम,लगाएको ठाउबाट विभिन्न नर्सरीहरुमा सजिलै पाउन सकिन्छ ।चार वर्ष अगाडी मालाको पाँच रुपैयामा विक्रिहुने माला अहिले जापान,ताईवान,हंकङ,चिन निर्यात ह’न्छ त्यो पनि करोडौ मुल्यको ।

    हाल जनमानसमा अर्को अन्धविश्वास के छ भने यो सबै रुखमा फल लाग्दैन भन्ने हो तर यो विलकुल गलत हो । फल सबै रुखमा लाग्छ । विरुवा लगाएको दुई देखि पाचँ वर्षमा लाग्न थाल्छ ।फागुन महिना देखी फुल्न सुरुहन्छ भने असार सम्म फल रेडी हुन्छ ।यसमा लाग्ने फल एकमुखे,देखी सातमुखे सम्मको पाईएको छ भने विरनै पाईने नौ म’खे हो ।दुई मुखे आठ एम एमको मालाको बजारम’ल्य दुई देखि चार लाख पर्छ,। जती सानो र गोलाई मिलेको र दाग नलागेको छ उत्ति महंगो मुल्य पर्छ ।तिन मुखे १३ एम एम,१४ एम एम,१५ एम एम दानाको आकार भएको मालाको मुल्य १२ देखी १५ हजारमा विक्रि हुन्छ । त्यतै १६ एम एम देखी २२ एम एम साईजको दानाको माला २० देखी ३० हजार मुल्यमा विक्रि ह’न्छ ।चारमुखे सानो दाना एकलाख पचासहजार,५ मुखे सानो दाना१० हजार देखी १२ हजार प्रतीदाना पर्छ भने ६ म’खे सानो दाना ५० हजार प्रति दाना पर्छ । त्यस्तै ७ मुखे सानो दाना प्रति गोटा २ लाख पर्न जान्छ ।व्यवसायी र व्यापारीले नेपालमा गएको भूकम्पले यसको उत्पादनमा असर पर्ने हो कि भन्ने चिन्तामा थिए तर उत्पादन सोचेभन्दा राम्रो भएको व्यवसायीले बताएका छन् ।

    budhachita boatअहिले फुल फुल्ने र फल लाग्ने सिजन सुरु हुदै छ तर स्थानीय व्यापारीहरुले गाउका सबै रुख विक्रि भैसकेको बताउका छन ।गाउका लोकल व्यापारीहरुले गाउ गाउ डुल्दै रुख किनीरहेका छन भने काठमान्डौंमा चिनिया व्यापारीहरुको आवागमन सुरु भै सकेको छ ।स्थानीय नर्सरी उत्पादकहरुका अनुसार केहि नर्सरीहरुले नक्कली बुद्धचित्तका विरुवा समेत झुक्याएर बेच्ने गरेको पाईएको छ जस्लाई स्थानीयहरु दालचीनीको नामले चिन्दछन जुन बुद्धचित्तको विरुवासंग निक्कै मिल्दोजुल्दो र छिटो हुर्कने खालको हुन्छ । बुद्ध चित्तको विरुवा लगाउन चाहनेहरुले दुई वर्षमै फलदिने विरुवा चाहिएमा मुख्य नर्सरी रहेको काभे्रको देउराली भञ्ज्याङ कृषी फाम तथा नर्सरीमा सम्पर्क गर्न सक्छन् भनेकाभ्रे बाटै ल्याई काठमान्डौको विभिन्न नर्सरीहरुमा समेत यसको विरुवा सजिलै पाउन सकिन्छ जसको मुल्य ३ सय देखी ५ सयमा  पाउन सकिने व्यवसायी बताउछन् ।सुहाउदो वातावरण हावापानी भए देशको जुनस’कै क्षेत्रमा यो विरुवा लगाउन सकिने जानकारहरु बताउछन ।

    चीनमा यसको अत्याधिक माग भएपछि व्यपारीहरुले स्थानियको बोटमै गएर टिप्नु अगावै मूल्य तिर्ने गरेका छन । व्यापारीले यसको दाना र माला चिनको तिब्बत र भारत बोधगयामा बेच्ने गरेका छन् । एक मालामा १ सय ८ ओटा उनिएको र सो मुठिमा सजीलै अटने भएमा सोचेभन्दा बडि मुल्य पाईने यो मालाको विरुवा केहि समय पहिला आवश्यकता अनुसार न पाईएपछि हाल देउराली भञ्ज्याङ कृषीफार्मले ठूलो परिणाममा बेर्ना उत्पादन गर्न थालेको छ । काभ्रेको तिमाल भेग र शिखरआम्वोटे भेगमा मात्र पाईने उक्त माला जिल्ला बन कार्यालयबाट सामान्य इजाजत लिएपछि बेच्न पाइने जिल्ला बन कार्यालयले जानकारी दिदै आएको छ । वनले बयर प्रजातिको भन्दै ‘बुद्धचित्त’ प्रतिकिलोलाई आठ रुपैयाँ मूल्याङ्कन गरी त्यसको १३ प्रतिशत राजस्व संकलन गर्दै आएको जिल्ला बन कार्यालयले जानकारी दिएको छ ।

    12910653_10154745832413626_

    तर प्रतिकिलो ८ रुपैयाँ मुल्याङ्कन गरेपनि एउटै मालाको ५ देखि ३० हजार रुपैयाँ पाउने स्थानीयको भनाई छ । विभिन्न जिल्लामा फैलीदै गएको यसको व्यवसायीक खेती मुख्य गरि काभ्रेको तिमालका ठूलोपर्सेल, चापाखोरी, मेच्छे, पोखरीनारायणस्थान, कानपुर, र दाप्चा भेगका शिखरआम्बोटे र महादेवटार यसको पकेट क्षेत्र हो । दाना जति सानो भयो उती मुल्य पर्ने यो माला ८ एमएमको सबैभन्दा बढी मुल्य आउने बताउँछन स्थानीय । हाल दाना बिक्री मात्र नभएर बेर्ना उत्पादन गरेर पनि लाखौं कमाउन सकिने बताउँछन स्थानीय व्यवसायी । वयर प्रजाति वर्गिकृत भएको‘बुद्धचित्त’ मालाको उत्पादन र बिक्रीसँगै समस्या पनि रहेको बताउँछन स्थानीय । हाल प्रच’र सम्भावना बोकेको ‘बुद्धचित्त’ लाई व्यवसायिक रुपमा खेति, यसको यथोचित मूल्य निर्धारण, तिमाल क्षेत्रलाई ‘बुद्धचित्त’ संरक्षित क्षेत्र घोषणा गर्दै लैजान सके यस भेगको स्तर उन्नति स्थानीय बासिन्दाको भनाई रहेको छ । बौद्ध धर्मावलम्बीहरुको पवित्र भूमि, धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य, भोटेकोशीर्को याफ्टिङ्गसँगै ट्रेकिङ्कको लागि समेत उपय’क्त गन्तव्य रहेको तिमाललाई अब ‘बुद्धचित्त’को माध्यमबाट पनि अघि बढाउन सके यहाँको विकास हुने स्थानीयबासीको भनाइ छ ।

    IMG_9618

    ]]>
    11060 0 0 0
    मन्त्री पोखरेल थाइल्यान्ड प्रस्थान http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a5%87%e0%a4%b2-%e0%a4%a5%e0%a4%be%e0%a4%87%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d/ Wed, 20 Apr 2016 11:46:13 +0000 http://www.ghumphir.com.np/?p=11068

    काठमाडौँ, ८ वैशाख । थाइल्यान्डको राजधानी बैंककमा हुने ‘नेपाल महोत्सव’ मा भाग लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री आनन्दप्रसाद पोखरेल आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । नेपाली राजदूतावास, बैंकक र गैरआवासीय नेपाली सङ्घ, थाइल्यान्डको संयुक्त आयोजनामा यही वैशाख ९ देखि १३ गतेसम्म बैंककमा सो महोत्सव हुँदैछ । नेपालको पर्यटन र व्यापार प्रवद्र्धन गर्ने र नेपाल–थाइल्यान्डबीचको द्विपक्षीय सम्बन्धलाई अझ विस्तार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताइएको छ । सम्मेलनका प्रमुख अतिथि मन्त्री पोखरेलले महोत्सवको उद्घाटन तथा सम्बोधन गर्नुहुनेछ । साथै, सो महोत्सवमा गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पमा परी दिवङ्गत भएका व्यक्तिप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । मन्त्री पोखरेल यही वैशाख ११ गते स्वदेश फर्कनु हुनेछ ।

    ]]>
    11068 0 0 0
    पदमार्ग बनाउँदै स्थानीय http://localhost/ghum/%e0%a4%aa%e0%a4%a6%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%af/ Wed, 20 Apr 2016 11:47:37 +0000 http://www.ghumphir.com.np/?p=11070 11070 0 0 0 आलो रगत पिउने मेला http://localhost/ghum/%e0%a4%86%e0%a4%b2%e0%a5%8b-%e0%a4%b0%e0%a4%97%e0%a4%a4-%e0%a4%aa%e0%a4%bf%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Wed, 20 Apr 2016 11:49:14 +0000 http://www.ghumphir.com.np/?p=11073 11073 0 0 0 बिचल्लीमा यात्रु http://localhost/ghum/%e0%a4%ac%e0%a4%bf%e0%a4%9a%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%81/ Wed, 20 Apr 2016 11:51:07 +0000 http://www.ghumphir.com.np/?p=11076 11076 0 0 0 होटलमा युवतीको शव फेला http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%a4%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%b5-%e0%a4%ab%e0%a5%87%e0%a4%b2%e0%a4%be/ Wed, 20 Apr 2016 11:52:16 +0000 http://www.ghumphir.com.np/?p=11079

    सोलुखुम्बु, ८ वैशाख । पर्यटकीय बजार लुक्लास्थित एक होटलमा युवतीको शव भेटिएको छ । गुदेल– ५ सोलुखुम्बु स्थायी घर भएकी २१ वर्षीया रेविना राईको गए राति बास बसेकै कोठामा शव फेला परेको प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । चौँरीखर्क– ५ टोकटोकस्थित मिलन थापा मगरको होटलमा काम गर्दै आएकी राईको मृत्युबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ । राईको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको जनाइएको छ ।

    ]]>
    11079 0 0 0
    मिटरमा नहिँड्ने ट्याक्सी कारबाहीमा http://localhost/ghum/%e0%a4%ae%e0%a4%bf%e0%a4%9f%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%b9%e0%a4%bf%e0%a4%81%e0%a4%a1%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%80/ Wed, 20 Apr 2016 11:54:01 +0000 http://www.ghumphir.com.np/?p=11081

    काठमाडौँ, ८ वैशाख । ट्याक्सीमा हिँड्न खोजिरहनुभएको छ र ट्याक्सी चालकले मिटरमा जान मानेको छैन भने तुरुन्त १०० वा १०३ मा ट्राफिक प्रहरीलाई फोन गर्नुहोस् । भूकम्प र नाकाबन्दीमा आफूखुसी भाडा उठाउने र मिटरमा जान नमान्ने ट्याक्सी चालकलाई मङ्गलबारदेखि ट्राफिक प्रहरीले विशेष अभियान थालनी गरी कारबाही थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्गलबार मिटरमा नगई आफूखुसी भाडा लिने सैँंतीस ट्याक्सीलाई कारबाही गरेको छ । महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले असहज अवस्थामा यात्रु ठगिने धेरै गुनासो सुन्न थालेपछि यस्तो अभियान सञ्चालन गरिएको जानकारी दिँदै भन्नुभयो, “अस्पताल, विमानस्थल लगायत धेरै यात्रुको चाप हुने स्थानमा यात्रु बढी ठगिने गरेका छन् ।” महाशाखाले केही समय अगाडिदेखि लेन अनुशासन पालना नगर्ने सवारी साधनलाई पनि कारबाही गर्दैै आएको थियो । मल्लले यी अभियानलाई तीव्र रुपमा निरन्तरता दिइने स्पष्ट पार्नुभयो । कारबाहीका लागि ३३ ट्याक्सीलाई यातायात व्यवस्था विभाग र सिल तोडिएको तथा बिगारिएको अवस्थामा रहेका चार ट्याक्सीलाई नापतौल विभाग बालाजुमा पठाइएको छ । यातायात व्यवस्था ऐनमा बढी भाडा लिने सवारी साधनलाई रु तीन हजारदेखि रु पाँच हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

    ]]>
    11081 0 0 0
    सुन्तलाबाट पौने चौबिस करोड आम्दानी http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b2%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a5%8c%e0%a4%a8%e0%a5%87-%e0%a4%9a%e0%a5%8c%e0%a4%ac%e0%a4%bf%e0%a4%b8-%e0%a4%95%e0%a4%b0/ Wed, 20 Apr 2016 11:55:24 +0000 http://www.ghumphir.com.np/?p=11084

    पाँचथर, ८ वैशाख । यस वर्ष सुन्तलाबाट रु २३ करोड ८० लाख आम्दानी भएको छ । जिल्लाबाट चार हजार ३२८ मेट्रिक टन सुन्तला निर्यात भएको थियो । गत आवमा रु २२ करोड ७६ लाख बराबरको सुन्तला निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत निलकोमल सिंहले जानकारी दिनुभयो । यस आवमा ६२१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो । यहाँ उत्पादन भएको सुन्तला झापाको विर्तामोड, दमक, धुलावारीहुँदै भारत तथा काठमाडौँसम्म निर्यात हुने गरेको छ । फिदिम नगरपालिका, नाँगी, लुम्फाबुङ, आङसराङ, चिलिङदेन, कुरुम्बा, रानीगाउँ गाविस सुन्तला पकेटक्षेत्र हुन् । यहाँ बगानमै आएर व्यापारीले सुन्तला खरिद गरी लैजाने गरेका बताइएको छ ।

    ]]>
    11084 0 0 0
    यार्सा टिप्न जाँदा मृत्यु http://localhost/ghum/%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%be-%e0%a4%9f%e0%a4%bf%e0%a4%aa%e0%a5%8d%e0%a4%a8-%e0%a4%9c%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af/ Wed, 20 Apr 2016 11:57:59 +0000 http://www.ghumphir.com.np/?p=11086

    नार (मनाङ), ८ वैशाख । यार्सा टिप्न गएका लमजुङ बाँझाखेत गाविस– ९ का ३० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको छ ।

    हिमालपारिको जिल्ला मनाङको ज्यादै विकट मानिने नार गाविसमा यार्सा टिप्न जाँदा माथिबाट आएको ढुङ्गाले लागेर उनको सोमबार मृत्यु भएको हो । सदरमुकाम चामेदेखि झन्डै १० घन्टाको विकट बस्ती भएकाले शव छिटो सदरमुकाम ल्याउन सकिएको छैन । स्थानीय परम्परानुसार नार गाविसको खोलामा अन्तिम संस्कारको प्रबन्ध मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
    ]]>
    11086 0 0 0
    चीन सरकारको सहयोगबाट प्राप्त उपकरण जडान सुरु http://localhost/ghum/%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%b9%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ Wed, 20 Apr 2016 12:11:27 +0000 http://www.ghumphir.com.np/?p=11089

    चितवन, ८ वैशाख । चीन सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई उपलब्ध गराएको उपकरण आजदेखि जडान सुरु गरिएको छ । झन्डै तीन महिनाअघि चीन सरकारले करिब रु २४ करोड मूल्य बराबरको २७ प्रकारका विभिन्न मेडिकल उपकरण प्रदान गरेको थियो । चिनियाँ प्राविधिक टोली आउन ढिलाइ भएपछि साना उपकरण आफैँ जडान गर्ने उद्देश्यले चिनियाँ चिकित्सक टोलीका टिम लिडरको रोहवरमा उपकरण जडान थालिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुन र चिनियाँ टोली नेता डा लिडोङ विनको रोहबरमा तीन वटा कन्टेनरमा आएका उपकरण अस्पतालको भण्डार शाखालाई जिम्मा लगाइएको हो । भण्डार शाखाले आजैबाट विभिन्न विभागलाई ती उपकरण जिम्मा लगाएको छ । जसमध्ये सिटिस्क्यान र मेमोग्राम भने चिनियाँ बायोमेडिकल इन्जिनियर आएपछि मात्रै जडान गरिनेछ । यसका लागि दुई जना इन्जिनियर माग गरिएको पुनले बताउनुभयो । दुई साता जतिमा इन्जिनियर आएपछि ती उपकरण जडान हुने भए पनि अन्य उपकरण भने एक हप्ताभित्रमा जडान भइसक्ने उहाँले जानकारी दिनुभयो । चीनले सहयोग गरेको प्रयोगशालामा माइक्रोस्कोप, टाउकाको शल्यक्रिया गर्दा प्रयोग हुने ब्रोनियोटोमी, इन्डोस्कोपी, ब्रोनोस्कोपी, ल्याप्रोस्कोपी, अल्ट्रासाउन्डजस्ता उपकरण भने आजैदेखि सञ्चालनमा आउने डा पुनले बताउनुभयो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई चिनियाँ सरकारले एक करोड ४० लाख युआन बराबरको महत्वपूर्ण उपकरण सहयोग गरेको हो । सहयोगमा रु १३ करोड १७ लाख १३ हजार मूल्य बरारको अत्याधुनिक ६४ ‘स्लाइसको सिटिस्क्यान’ प्रदान गरेको छ । अस्पतालमा रहेको सिटिस्क्यान बिग्रिएपछि विगत दुई वर्षदेखि बिरामी निजी अस्पतालमा जान बाध्य थिए । त्यसैगरी रु एक करोड ९७ लाख १३ हजार मूल्य पर्ने ‘मोमोग्राफी ब्रेस्ट’ एक्सरे मेसिन पनि चीन सरकारले उपलब्ध गराएको छ । विगत नौ वर्षदेखि सो उपकरण बिग्रिएर थन्किएपछि बिरामी बाहिर जान बाध्य थिए । कार्यकारी निर्देशक पुनका अनुसार चीन सरकारले रु पाँच लाख ७५ हजार ७५० पर्ने बिना चिरफार शल्यक्रिया गर्न सकिने लेजर मेसिन, रु २२ लाख ७४ हजार पर्ने इन्डोस्कोपी, रु २७ लाख सात हजार पर्ने फोक्सोको क्यान्सर हेर्न मिल्ने ब्रोन्कोस्कोपीलाई, रु ५७ लाख ८४ हजार पर्ने पोर्टेवल डिजिटल अल्ट्रासाउन्ड मेसिन, रु २४ लाख ९१ हजार पर्ने आन्द्राको क्यान्सर हेर्ने क्रोनोस्कोप मेसिन सहयोग गरेको छ । चीनले प्याथोलोजीमा आवश्यक पर्ने माइक्रोस्कोप, टिस्यु इन्ब्रिडिङ मेसिन, प्रोसेसर, अटो स्टेन्ड समेत उपलब्ध गराएको छ । यस्तै रु एक करोड ४० लाख ८१ हजार पर्ने डिजिटल मोबाइल एक्सरे, रु ८३ लाख ५८ हजार पर्ने अत्याधुनिक ल्याप्रोस्कोपी, दिमागको क्यान्सरको शल्यक्रिया गर्न मिल्ने ब्रोनियोटोमी मेसिन, शल्यक्रिया गर्दा गर्दै बायोस्पिको रिपोर्ट निकाल्न मिल्ने क्रोयस्टापलगायतका उपकरण रहेको उहाँले बताउनुभयो । त्यसैगरी पाँच शै्ययाको सघन उपचार कक्ष निर्माणका लागि आवश्यक पर्ने मनिटर, भेन्टिलेटर, डिफ्युलेटरजस्ता उपकरण पनि चीन सरकारले उपलब्ध गराएको छ । भौतिक संरचना निर्माण गरेपछि सघन उपचार कक्षका उपकरण जडान गरिने उहाँले बताउनुभयो ।

    ]]>
    11089 0 0 0
    टिप्तालाबाट चीन जोडने सडक प्राथमिकतामा परेन http://localhost/ghum/%e0%a4%9f%e0%a4%bf%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%9a%e0%a5%80%e0%a4%a8-%e0%a4%9c%e0%a5%8b%e0%a4%a1%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a4%a1/ Fri, 22 Apr 2016 04:42:40 +0000 http://www.ghumphir.com.np/?p=11091

    पाँचथर, १० वैशाख । पाँचथर तथा ताप्लेजुङका विभिन्न गाउँ छिचोल्दै ओलाङचुङगोलाको टिप्ताला नाका हुँदै चीन जोड्ने सडकलाई सरकारको प्राथमिकतामा नपरेकोमा स्थानीयबासीले गुनासो गरेका छन् । उत्तरी र दक्षिणी नाका जोड्न छोटो सडक हुने राष्ट्रिय योजना आयोगबाट चालु आर्थिक वर्षमा ‘तमोर कोरिडर’ नामाकरण भएपनि बजेट, निर्माणको प्राथमिकता तथा लक्ष्यका हिसाबले प्राथमिकतामा पर्न नसकेको स्थानीयवासी बताउँछन् । दुर्गम गाउँका बासिन्दाले समेत राहत पाउने यो सडकमा सरकारको ध्यान नपुगेको स्थानीयवासीको भनाइ छ । चालु आर्थिक वर्षमा पनि कम बजेट परेको यो सडकखण्डमा ‘तमोर करिडर’ नामाकरण भएपनि आगामी आर्थिक वर्षका लागि पनि प्राथमिकतामा राखेर बजेट छुट्याउने प्रयास नभएको बताइँदैछ । आगामी आर्थिक वर्षका लागि बजेट तयार गर्ने समय चलिरहँदा यो सडकका लागि प्राथमिकतामा राखेर बजेट बनाउने काम नभएको सडक विभाग स्रोतले जानकारी दिएको छ । अर्को आर्थिक वर्षमा पनि थोरै बजेट मात्र आउने अनुमान इन्जिनियरले लगाइरहेका छन् । बजेट तयार भइरहँदा यो सडकका लागि ठूलो बजेट नआउने सङ्केत प्राप्त भएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमका गाउँलाई तराईका सुविधायुक्त सहरमा छिटो बाटो भएर जोड्ने विकल्पका रुपमा यो सडकलाई लिइएको छ । चीनसँग पारस्परिक व्यापारिक सम्बन्धसँग ताप्लेजुङका विभिन्न विकट गाउँलाई यो सडकले राहत पु¥याउने भएपनि प्राथमिकतामा नपर्दा स्थानीयवासी रुष्ट छन् । ताप्लेजुङका सीमावर्ती गाउँ चिनियाँबजारमा निर्भर छन् । यो सडकको डिपिआर तयार भइसकेको छैन । मूलघाटदेखि १८० किलोमिटरमा टिप्ताला नाका पुगिने अनुमान रहेको छ । टिप्तलादेखि २६० किलोमिटरमा विराटनगरको रानीभन्सार पुगिने भएकाले उत्तर दक्षिण जोड्ने उपयुक्त नाका भएको सिनियर डिभिजनल इन्जिनियर कुवेर नेपाली बताउँनु हुन्छ । अहिले पाँचथर र ताप्लेजुङको सुरुवाती खण्डमा ट्र्याक खोल्ने काम मात्र भइरहेको छ । टिप्तालादेखि ६० किलोमिटर टाढा रहेको चीनको सिगात्सेसम्म रेल आउँछ । सिगात्सेदेखि दशगजा क्षेत्रसम्म उतातर्फ सडक रहेको नेपालीले बताउनुभयो । पूर्वी पहाडका गाउँलाई चीनसँग सडकले जोड्नका साथै छिटो र सहज बाटो भएकाले यो सडक महत्वपूर्ण रहेको नेपालीले उल्लेख गर्नुभयो । मूलघाटबाट पाँचथरको लुवघाट–माझिटार– लिम्बुनी पुल हुँदै ताप्लेजुङको दोभान–ओलाङचुङगोला हुँदै चीनलाई यो सडकले छुन्छ । यो सडकमा मूलघाटदेखि पाँचथर सदरमुकाम फिदिमसम्म चालु आर्थिक वर्षमा गाडी चल्ने बनाउनका लागि सडकको ट्र्याक खोल्ने काम भइरहेको छ । सो सडकखण्डको १८० किलोमिटर मध्ये ११० किलोमिटरमा मात्र ट्र्याक खुल्न बाँकी रहेको बताइएको छ

    ]]>
    11091 0 0 0
    मोरङमा ग्यास बिक्री सहज बनाउन माग http://localhost/ghum/%e0%a4%ae%e0%a5%8b%e0%a4%b0%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%b9%e0%a4%9c-%e0%a4%ac/ Fri, 22 Apr 2016 04:47:12 +0000 http://www.ghumphir.com.np/?p=11093

    पथरी (मोरङ), १० वैशाख । मोरङमा ग्यास बिक्री–वितरणलाई सहज बनाउन विराटनगरका ग्यास बिक्रेताले माग गरेका छन् । बिक्री–वितरणको विषयमा आधिकारिकरुपमा ठोस निर्णय दिन माग गर्दै बिक्रेताले बिहीबार बेलुका वाणिज्य कार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएका छन् । उद्योगले पर्याप्त ग्यास नदिइरहेको र प्रशासनले समेत आएको ग्यासलाई कसरी वितरण गर्ने भन्ने विषयमा स्पष्ट निर्देशन नदिएका कारण ग्यास बिक्री–वितरणमा समस्या भइरहेको ग्यास बिक्रेता महासङ्घ मोरङका अध्यक्ष तेजराज श्रेष्ठले बताउनुभयो । उपभोक्तालाई आवश्यक पर्ने जति ग्यास आपूर्ति नभएका कारण आफूहरु मर्कामा परेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । वाणिज्य कार्यालयले उपभोक्तालाई कुपनका आधारमा ग्यास वितरण गर्न निर्देशन दिएको तर प्रमुख जिल्ला अधिकारीले भने लाइनका आधारमा ग्यास बिक्री गर्न दिएको निर्देशनका कारण आफूहरु अन्योलमा परेको बिक्रेताको गुनासो छ । वाणिज्य कार्यालयको निर्देशनविपरीत गर्दा अनुगमनका क्रममा कालोबजारी ठहर हुने र प्रमुख जिल्ला अधिकारीको निर्देशन नमान्दा कारबाहीको भागिदार हुनुपर्ने भएपछि आफूहरु निकै मर्कामा परेको ग्यास व्यवसायी सन्तोष भगतको भनाइ छ ।

    ]]>
    11093 0 0 0
    राष्ट्रपतिले भूकम्पस्मृति पार्कको शिलान्यास गर्ने http://localhost/ghum/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a5%83/ Fri, 22 Apr 2016 04:50:08 +0000 http://www.ghumphir.com.np/?p=11095

    गोरखा, १० वैशाख । ‘गोरखा भूकम्प’ गएको एक वर्ष पुगेको दिन वैशाख १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प स्मृति पार्कको शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको छ । जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाले भूकम्पमा परी ज्यान गुमाएकाको सम्झनामा बारपाक–४ मा स्मृति पार्क बनाउने निर्णयअनुसार राष्ट्रपतिले शिलान्यास गर्ने कार्यक्रम रहेको स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । स्थानीय निकाय र सरकारको स्वामित्वमा रहेको २१८ रोपनी क्षेत्रफल र कित्ता नम्बर ५९४ मा रहेको पर्ति जग्गामा स्मृति पार्क बनाउने निर्णय गरिएको हो । सो जग्गा पार्क बनाउन उपयुक्त रहेको अध्ययन समितिले बताएको छ । जिल्ला प्राविधिक कार्यालय, नापी कार्यालय, जिल्लास्थित भवन कार्यालयका प्राविधिकले पार्क बनाउन उपयुक्त रहेको निर्णय दिएपछि सोही ठाउँमा स्मृति पार्क बनाउन लागिएको हो । बारपाक गाउँदेखि माथि जङ्गलदेखि तल बीचको खाली जमिनमा पार्क बनाउन लागिएको आचार्यले बताउनुभयो । “जिविसले पार्क बनाउने तयारी गरेकै ठाउँमा भूकम्प स्मृति पार्क बनाउने तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “वैशाख १२ मा राष्ट्रपतिले स्मृति पार्कको शिलान्यास गर्नुहुन्छ ।” यस्तै, भूकम्पले क्षति पु¥याएको वडा नं ५ को बस्तीलाई पनि पार्कमा गाभ्ने तयारी गरिएको छ । भूकम्पले जमिन चिराचिरा हुँदा वडा नं ५ का ४० घरधुरी दलित बस्तीका भूकम्पप्रभावित वडा नं ४ को सरकारी जग्गामा टहरो बनाएर बस्दै आएका छन् । उनीहरुले आफूहरुलाई स्थापित गरेपछि मात्रै पुनःनिर्माणको काम सुरु गर्न आग्रह गर्दै आएको भए पनि वैशाख १२ गते बारपाकमा अनुदान प्रक्रिया सुरुवात गर्न एकजना लाभग्राहीसँग अनुदानको सम्झौता गर्ने तयारी गरिएको छ । “राष्ट्रपतिले एउटा घरको शिलान्यास गरी पुनःनिर्माणको अभियान सुरु गर्नुहुनेछ”, आचार्यले भन्नुभयो, “क्षेत्र नं २ को हंसपुर र ३ को बारपाकबाट पुनःनिर्माणको काम सुरु हुन्छ ।” क्षेत्र नं १ को कुन गाविसबाट पुनःनिर्माणको थालनी गर्ने भन्नेबारे यकिन नभएको आचार्यले जानकारी दिनुभयो । सांसद, जिल्लास्थित राजनीतिक दललगायतसँग समन्वय गरी गोरखा पुनःनिर्माणको काम अघि बढाउने तयारी गरिएको हो । यस्तै, भूकम्प गएको एक वर्ष पुगेको दिन वैशाख १२ मा बारपाकमा दश ओटाभन्दा बढी कार्यक्रम तय भएका छन् । सरकार, दातृ निकाय, राष्ट्र्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । भूकम्पले गोरखामा ४७२ जनाको निधन भएको थियो भने एक हजार १०० भन्दा बढी घाइते भएका थिए । करिब ७० हजार ओटा घर भूकम्पले पूर्णरुपमा ध्वस्त बनाए पनि पुनःनिर्माणको सुरुवात भएको थिएन । रास

    ]]>
    11095 0 0 0
    सराङकोटमा खुल्दैछ केबलकारसहित होटल http://localhost/ghum/%e0%a4%b8%e0%a4%b0%e0%a4%be%e0%a4%99%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%a6%e0%a5%88%e0%a4%9b-%e0%a4%95%e0%a5%87%e0%a4%ac%e0%a4%b2%e0%a4%95%e0%a4%be/ Fri, 22 Apr 2016 04:54:40 +0000 http://www.ghumphir.com.np/?p=11097 नविन अर्याल
    १० वैशाख, पोखरा । नेपालमा पहिलोपटक केबलकारसहितको लक्जरी होटल सञ्चालनमा आउने भएको छ । जापानी मूलका नेपाली नागरिक ताकाशी मियाहाराले पोखराको सराङकोट डाँडामा दुई अर्ब रुपैयाँ लगानी गरेर होटल र केबलकार बनाइरहेका छन् ।

    यही अक्टुबरबाट सञ्चालन गर्ने गरी मियाहाराको कम्पनीले ‘होटल हिमालयन भ्यू’ को निर्माण कार्य धमाधम गरिरहेको छ ।

    होटल संचालन भएपछि पर्यटकहरु फेवाताल छेउँको सेतीडाडाँबाट केवलकार चढेर सराङकोटको बिलासी होटलमा जान पाउनेछन् । ६ महिनाभित्र होटल संचालन भए पनि केवलकार संचालका लागि अझै एक बर्ष लाग्ने परियोजना प्रमुख देवेन्द्रप्रसाद भारतीले अनलाइनखबरलाई बताए ।

    होटलमा करीव एक अर्ब ३० करोड रुपैयाँ लगानी हुँदैछ । केवलकारका लागि छुट्टै ८० करोड रुपैयाँ लगानी गरिने भारतीले बताए । ९ तले भवनको स्ट्रक्चर तयार भइसकेको छ । बाँकी काम पनि रफ्तारमा भइरहेको उनको भनाइ छ ।

    फेवाताल किनार पामेको सेती डाँडादेखि होटलसम्म केवलकार सञ्चालन गरिने बताइएको छ । ‘केवलकारले ओगट्ने जग्गा हामीले किनिसकेका छौं’ भारतीले अनलाइनखबरसँग भने- ‘जापानको मिप्पल कम्पनीले केवलकारका सामाग्री तयार गरिरहेको छ ।’

    एक महिनाभित्र केवलकारका सामानहरु नेपाल आउने र निर्माण कार्य सुरु हुने भारतीले जानकारी गराए । केवलकार सहित सञ्चालनमा आएपछि होटल हिमालय भ्यू नेपालकै आकर्षक र विलासी होटल बन्ने उनको दावी छ ।

    Annapurna-View-Point-Hotel (1)

    सराङकोटको डाँडोमा ४७ रोपनी क्षेत्रफलमा होटल फैलिने छ । यो होटल बाटोबाट हेर्दा ९ तला र डाँडोबाट हेर्दा २ तलाको देखिन्छ । होटलमा पहिलो चरणमा ४२ रुमहरु बनाइने छ । जसमध्ये २४ वटा डिलक्स रुम, १२ वटा स्वीट रुम र ६ वटा स्टान्डर्ड रुम हुनेछन् ।

    मियाहाराले यो होटलमा ११० रुम पुर्‍याउने लक्ष्य राखेका छन् । दोस्रो चरणको निर्माणमा भिल्लाहरु र स्वीमिङ पुल बनाइने छ । होटल पाँचतारे स्तरको हुनेछ । यसका लागि आवश्यक सबै सुविधाहरु होटलमा उपलब्ध गराउने भारतीले बताए ।

    होटलमा दुईवटा रेष्टुरेन्ट, एउटा कफी सप र २५० जना क्षमताको कन्फ्रेन्स हल निर्माण गरिनेछ । खर्चालु पर्यटकलाई लक्षित गरिएको हुँदा होटलमा रुमको रेटहरु अलि उच्च नै हुनेछ । होटलमा न्यूनतम डिलक्स रुमको २ सय अमेरिकी डलर र स्वीट रुमका ४ सय अमेरिकी डलर पर्ने छ ।

    होटलबाट सुन्दर पोखरा सहर र फेवाताल पूरै देख्न सकिन्छ । यसका साथै आँखै अगाडि सेता हिमालहरु पनि देख्न पाइन्छ । होटलबाट अनुपम प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न सकिने भारतीले बताए ।

    यो होटलका मुख्य लक्षित ग्राहक विदेशी खर्चालु पर्यटक नै हुन् । ‘हाम्रो होटलमा जापानी र युरोपियन पर्यटक बढी आउनेछन्, भारतीले भने- ‘हाम्रो लक्ष्य हो, पोखरामा गुणस्तरीय पर्यटक भित्र्याउने ।’

    के हुँदैछ केवलकार ?

    होटलमा केवलकार सञ्चालन गर्नका लागि अन्नपूर्ण केबलकार प्रालि दर्ता गरिएको छ । केवलकार बनाउनका लागि आवश्यक जग्गा खरिद गरिसकेको भारतीले जानकारी गराए । केवलकारका टावरहरु पर्ने वन क्षेत्रको जग्गा प्राप्ति गर्ने प्रकृया चलिरहेको छ । अन्यत्र जग्गा खरिद गरेर वनलाई हस्तान्तरण गरी वन क्षेत्रमा पर्ने जग्गा आफूहरुले लिन लागेको उनले बताए ।

    भारतीका अनुसार केवलकारका १५ वटा टावर हुनेछन् । त्यस्तै, मानिस आवात-जावत गर्नका लागि १२/१३ वटा बक्सहरु राखिने छ । भारतीकाअनुसार ५/६ वटा पोलहरु वनमा पर्नेछन् भने बाँकी निजी जग्गामा पर्नेछन् । वनलाई जग्गा खोजिदिने र निजी व्यक्तिको जग्गा प्राप्ति गर्ने काम अन्तिम चरणमा पुगेको उनले सुनाए ।

    फेवातालको किनारबाट केवलकार मार्फत् करिव ५ मिनेटमै होटल पुग्न सकिने छ । केवलकारले होटलमा आउने पाहुनाहरु, स्वदेशी विदेशी पर्यटक र स्थानीयलाई सेवा दिने भारतीले बताए । तर, रेट भने सबैको फरक-फरक हुनेछ । स्थानीयका लागि कम शुल्कमा केवलकार चढ्ने सुविधा दिन लागेको उनको भनाइ छ ।

    वाषिर्क करिव ४ लाख जनालाई सेवा दिने बताइएको केवलकार २०१७ बाट सञ्चालनमा आउने उनले जनाकारी दिए । ‘अहिले जापानमा केवलकारका सामानहरु बनिरहेका छन्, एक महिनाभित्र उक्त सामानहरु नेपाल आउन थाल्नेछन्’ भारतीले भने- ‘त्यसलगत्तै केवलकार निर्माण कार्य पनि सुरु गरिहाल्छौं ।’

    को हुन् मियाहारा ?

    ताकाशी मियाहारा जापानी मूलका नेपाली नागरिक हुन् । सन् १९६२ सालमा २८ वर्षको उमेरमा नेपाल प्रवेश गरेका उनले सन् २००६ सालमा जापानी नागरिकता त्यागेर नेपाली नागरिकता लिएका छन् ।

    नेपालको प्राकृतिक सौन्दर्य र हिमालको मोहमा परेका मियाहाराले नेपाली युवतीसँग विवाह गरी नेपालमै पर्यटन व्यवसाय सुरु गरे । उनले ४६ वर्षअघि सोलुखुम्बुको स्याङबोचेमा होटल एभरेष्ट भ्यू सञ्चालनमा ल्याए । यो होटल ३८८० मिटर उचाइमा छ ।

    त्यसपछि मियाहाराले ललितपुरको कुपण्डोलमा चारतारे हिमालय होटल सञ्चालन गरे । यो होटल उनले बेचिसकेका छन् । पर्यटन व्यवसायमा लागेका उनले पहिलो संविधानसभा अगाडि नेपाल राष्ट्रिय विकास पार्टी दर्ता गरे । यो पार्टीले पहिलो र दोस्रो संविधानसभामा भाग लिएको थियो ।

    यो पार्टीका अध्यक्ष मियाहारा हुन् भने महासचिव देबेन्द्रप्रसाद भारती हुन् । ‘अहिले पनि हाम्रो पार्टी जिवित नै छ, भोलि होटलको काम सकिएपछि संगठन विस्तारमा लाग्ने हाम्रो योजना छ’ भारतीले भने- ‘मियाहारा राजनीति मार्फत समाजसेवा गर्न इच्छुक हुनुहुन्छ ।’

    ]]>
    11097 0 0 0
    छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, चार घाइते http://localhost/ghum/%e0%a4%9b%e0%a5%81%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%9b%e0%a5%81%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a5%88-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Fri, 22 Apr 2016 04:56:43 +0000 http://www.ghumphir.com.np/?p=11100

    सुन्दरदुलारी (मोरङ), १० वैशाख । मोरङको उर्लावारीमा आज बिहान सवारी दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । ना ३ ख ९४९४ नम्बरको भाडाको ट्रकले ठक्कर दिँदा नाम, थर, वतन नखुलेको एक पुरुषको मृत्यु भएको हो । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे, मोरङमा लगिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो । यस्तै, मोरङको हात्तीमुडा–८ स्थित स्वस्तिक आयल फ्याक्ट्रीअगाडि बिहीबार राति मारुती भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चारजना घाइते भएका छन् । एउटै मोटरसाइकलमा चारजना सवार रहेका मोटरसाइकल चालक हात्तीमोडा–९ का १८ वर्षीय मोहमद नवाब, पछाडि सवार सुनसरी दुहवी–९ बस्ने २५ वर्षीय भोला मण्डल, सोही स्थानका २० वर्षीय मोहन खत्वे र २२ वर्षीय गोविन्दकुमार बडइ रहेका छन् । कोसी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आइरहेको को २३ प ९२५८ नंको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको को १ च ८६९१ नंको मारुती भ्यानले राति ९ बजेतिर ठक्कर दिएको थियो । घाइते चारै जनाको विराटनगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने भ्यान, चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    ]]>
    11100 0 0 0
    भक्तपुर दरबार स्क्वायर : सवारी साधन प्रवेशले अवलोकनमा बाधा http://localhost/ghum/%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a4%b0-%e0%a4%b8/ Fri, 22 Apr 2016 09:53:29 +0000 http://www.ghumphir.com.np/?p=11104 लक्ष्मी गारु

    भक्तपुर, १० वैशाख । स्पेनबाट घुम्न आएका पर्यटक शुक्रबार दरबार स्क्वायरस्थित पशुपतिनाथको मन्दिर अवलोकन गर्दै थिए । वत्सलादेवीको मन्दिर र पशुपतिनाथबीचको साँघुरो स्थानमा एक्कासि एउटा निजी कार आउँदा ती पर्यटक झस्किए । भूपतेन्द्र मल्लको सालिक अवलोकन गरिरहँदा पनि त्यहाँ लगातार मोटरसाइकल आइरहे । हर्नले आजित भएपछि उनीहरु हतारहतार तलेजु मन्दिर अवलोकन गर्न हिँडे । दरबार स्क्वायरमा सवारी साधन प्रवेश निषेध नगर्दा सम्पदा अवलोकनमा आएका पर्यटकलाई बाधा पुग्ने गरेको छ । शान्त वातावरण रुचाउने पर्यटक एक टकले सम्पदा नियालिरहँदा सवारी साधनका आवाज र हर्नले तर्सने उनीहरुको ध्यान भङ्ग हुने गरेको छ । पथ प्रदर्शक तथा स्थानीय पर्यटन व्यवसायी श्यामकाजी श्रेष्ठले स्पेनका नागरिक सान्द्रा फ्रेजोनिलको भनाइ उद्धृत गर्दै भन्नुभयो – “सम्पदा स्थलमा सवारी प्रवेश गराउनु दुःखद विषय हो । यसले अवलोकनमा बाधा पुगेको छ ।” दरबार स्क्वायर परिसरमा गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि सवारी प्रवेशमा रोक लगाउन छाडेको हो । दरबार स्क्वायरको पश्चिमपट्टिको खौमास्थित प्रवेशद्वार भूकम्पले भत्काएपछि नगरपालिकाले सवारी प्रवेशमा रोक लगाउन छाडेको हो । विशेषगरी खोज, उद्धार र भग्नावशेष व्यवस्थापन गर्न तथा नगरका अन्य मार्गमा अवरोध आएपछि सर्वसाधारणलाई आवागमनमा सहजता ल्याउन नपाले दरबार स्क्वायर परिसरमा सवारी प्रवेश अघोषित रुपमा खुल्ला गरेको थियो । सम्पदास्थलमा सवारी प्रवेशमा रोक नलगाउँदा भूकम्पले क्षति पु¥याएका सम्पदामा सवारी साधनको कम्पनले थप क्षति हुन सक्ने इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । उहाँले विशेषगरी दरबार स्क्वायरका कलासङ्ग्रहालय, ५५ झ्याले दरबार र त्यसभित्र रहेका विभिन्न प्रकारका भित्तेचित्रमा सवारी साधनको कम्पनले क्षति पु¥याउन सक्ने चिन्ता व्यक्त गर्नुभयो । “सवारी साधनले दरबार स्क्वायर परिसरमा बिच्छ्याएका इँटा फुटेर कुरुप बन्न थालेका छन्,” उहाँले भन्नुभयो । निर्वाध रुपमा सवारी प्रवेशले भक्तपुरको पर्यटन व्यवसाय धराशायी हुन थालेको छ । नपालाई पटक पटक सवारी प्रवेशमा रोक लगाउन अनुरोध गरेपनि सुनुवाइ नभएको श्रेष्ठको भनाइ छ । भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष लक्ष्मी सुवाल पर्यटकको गुनासोलाई लिएर पटक पटक छलफल गरिए पनि दरबार स्क्वायर परिसरमा सवारी रोक लगाउने विषयमा नपाले बेवास्ता गर्दै आएको बताउनुहुन्छ । टौमढी र दत्तात्रय स्क्वायरमा समेत सवारी प्रवेशमा रोक लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका सूचना अधिकृत दामोदर सुवालले दरबार स्क्वायर परिसरमा सवारी आगमनले पर्यटकलाई बाधा पर्ने गरेको स्वीकार गर्दै त्यसलाई रोक्न पहल गरिरहेको बताउनुभयो । खौमास्थित प्रवेशद्वार निर्माणसँगै स्क्वायरमा सवारी प्रवेशमा रोक लगाइने उहाँको भनाइ छ । प्रवेशद्वार निर्माणका लागि स्थानीय उपभोक्ता समिति गठन गरी सम्झौता भइसकेको छ । बिस्केट जात्राका कारण निर्माण कार्य ढिला भएको र अब छिट्टै निर्माण कार्य सुरु हुने सुवाल बताउनुहुन्छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले विशेष पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इञ्जिनियर मोहनकृष्ण श्रेष्ठ नपाले नै स्क्वायर परिसरमा सवारी प्रवेशमा रोक लगाउन आनाकानी गर्दै आइरहेको बताउनुहुन्छ । “नगरपालिका आफ्नो जिम्मेवारीबाट पन्छिने गरेको छ” उहाँले भन्नुभयो । पुनःनिर्माण प्राधिकरणले भूकम्प गएको एक वर्ष पुगेको दिन वैशाख १२ गतेबाट पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण थालनी गर्ने जनाएको छ । सो अवसर पारेर जिल्ला प्रशासन, प्रहरी, नपासहितको संयुक्त पहलमा दरबार स्क्वायरमा सवारी प्रवेशमा रोक लगाउने तयारी भइरहेको छ ।

    ]]>
    11104 0 0 0
    भूकम्पबारे पानी रङको चित्रकला प्रदर्शनी गरिने http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87-%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%b0%e0%a4%99%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%bf%e0%a4%a4/ Fri, 22 Apr 2016 09:55:30 +0000 http://www.ghumphir.com.np/?p=11106

    काठमाडौँ, १० वैशाख । भूकम्पअघि र पछिको काठमाडौँमा रहेका सम्पदा क्षेत्रको अवस्थामा आधारित रहेर कलाकार हरि नेपालीले तयार गर्नुभएको चित्रकला प्रदर्शनी गरिने भएको छ । वैशाख १३ गते काठमाडौँमा गरिने प्रदर्शनमा नेपालीले बनाउनुभएका ३४ पानी रङका चित्रकला राखिनेछ । काठमाडौँ, भक्तपुर, पाटन दरबार क्षेत्र तथा स्वयम्भू, बौद्धनाथ, साँखु र चाँगुनारायण क्षेत्रका सम्पदा तथा त्यस क्षेत्रका विषयवस्तु चित्रमा समेटिएका छन् । चित्रकला प्रदर्शनीका लागि सहयोग जुटाएको हिमालयन म्याप हाउसका प्रबन्ध निर्देशक पवन शाक्यले विशेषगरी पर्यटकीय क्षेत्रका रुपमा रहेका सम्पदा क्षेत्रका बारेमा जनचेतना जगाएर यस क्षेत्रको पुनःनिर्माण कार्यमा सहयोग पुगोस् भनेर प्रदर्शनी गर्न लागिएको बताउनुभयो । सो प्रदर्शनीमा बिक्ने पेन्टिङबाट सङ्कलित रकम माउन्टेन पीपल नामक संस्थाले दलित बस्तीमा सञ्चालन गर्ने खानेपानी आयोजनामा खर्च गरिने पनि शाक्यले बताउनुभयो ।

    ]]>
    11106 0 0 0
    जङ्गली जनावर बँदेलको चोरी सिकारी बढ्दो http://localhost/ghum/%e0%a4%9c%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a5%80-%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%b0-%e0%a4%ac%e0%a4%81%e0%a4%a6%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%8b%e0%a4%b0/ Fri, 22 Apr 2016 09:58:20 +0000 http://www.ghumphir.com.np/?p=11108

    अछाम, १० वैशाख । अछाममा जङ्गली जनावर बँदेलको चोरी सिकारी बढ्न थालेको छ । जिल्लाको लेकाली भेगको जङ्गलबाट जङ्गली जनावर बँदेलको चोरी सिकारी भइरहेको हो । जिल्लाका रामारोशन, वाटुलासेन, मलातिकोट, वान्नातोली, कालेकाँडा, तोली, बस्तीलगायतका लेकाली भेगका जङ्गलबाट जङ्गली जनावर बँदेललाई पासो थाप्ने, घेराबन्दी गरेर लखेट्ने, खाल्डोमा पार्नेलगायतका विभिन्न तरिका अपनाएर चोरी सिकारी हुने गरेको छ । जङ्गली जनावर बँदेलको चोरी सिकार गरेपछि जिल्लाका स्थानीय बजारमा बँदेलको मासु भन्दै बिक्रीका लागि आउने गरेको स्थानीय मङ्गलसेन बजारका एक व्यापारीले बताए । जिल्लाका जङ्गलहरुमा जङ्गली जनावर बँदेल बथानका बथान भेटिने गर्दछ । जिल्ला वन कार्यालयले भने चोरी सिकारी नियन्त्रणका लागि समुदायस्तरमा व्यापक जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

    ]]>
    11108 0 0 0
    चारसय वर्ष पुरानो गुम्बाको अस्तित्व खतरामा http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%b8%e0%a4%af-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%97%e0%a5%81%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%be/ Fri, 22 Apr 2016 10:00:36 +0000 http://www.ghumphir.com.np/?p=11110

    ताप्लेजुङ, १० वैशाख । ताप्लेजुङको ओलाङ्चुङ्गोलामा रहेको ऐतिहासिक दिकी–छ्योलिङ गुम्बाको पूर्वी र दक्षिणी भाग मर्मतको अभावमा ढल्ने अवस्थामा पुगेको छ । गत वर्षको भूकम्प र त्यसपछि आएका स–साना भूकम्पका कारण भत्किएको भागको मर्मत नहुँदा ढल्ने अवस्थामा पुगेको हो । करिब चार सयवर्ष पुरानो इतिहास बोकेको यस ऐतिहासिक गुम्बाको दुईतर्फको करिब दश मिटर भाग भत्किएको छ भने भित्रतर्फको भाग समेत चर्किएको छ । ऐतिहासिक महत्व बोकेको सयौँ वर्ष पुरानो गुम्बा चर्किएर ढल्ने अवस्थामा पुगे पनि सरकारी निकायले चासो नदिएको भन्दै गुम्बा व्यवस्थापन समितिका अध्यक्ष नुर्पू शेर्पाले गुनासो गर्नुभयो । भूकम्पले गुम्बा चर्किएपछि स्थानीयस्तरबाटै मर्मतको प्रयास भए पनि मर्मतका लागि धेरै रकम लाग्ने भएकाले मर्मत गर्न नसकिएको शेर्पाको भनाइ छ । यस गुम्बामा सयौँ वर्ष पुराना पुस्तक, बुद्धका मूर्ति, सयौँ वर्ष देखिको अखण्डबत्ती, ॐ माने पेमे हम कुँदिएको अवस्थामा जङ्गलमा फेला परेको चेरेसी च्याउलगायतका ऐतिहासिक महत्वका वस्तु रहेका छन् । ऐतिहासिक महत्वका विभिन्न सामग्री रहेको यस गुम्बाको मर्मतका लागि जिल्ला विकास समितिलगायतका सरकारी निकायमा बारम्बार आग्रह गर्दासमेत मर्मतका लागि कसैले चासो नदिएको स्थानीयवासीको भनाइ छ ।

    ]]>
    11110 0 0 0
    ठूला धनराशिका योजना झापामा अलपत्र http://localhost/ghum/%e0%a4%a0%e0%a5%82%e0%a4%b2%e0%a4%be-%e0%a4%a7%e0%a4%a8%e0%a4%b0%e0%a4%be%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%9d%e0%a4%be%e0%a4%aa%e0%a4%be/ Fri, 22 Apr 2016 10:02:30 +0000 http://www.ghumphir.com.np/?p=11112

    भद्रपुर, १० वैशाख । माल पाएर पनि चाल नपाउने निर्माण व्यवसायीको ढिलासुस्ती एवम् लापर्बाहीले गर्दा झापा जिल्लामा पछिल्ला वर्षमा सञ्चालित ठूला योजना पूरा नभई अलपत्र अवस्थामा देखिएका छन् । सडक विभागमार्फत सञ्चालित आठवटा पुलको योजना सम्झौता मिति सकिएको लामो समय भए पनि ती योजना पूरा हुन सकेका छैनन् । पटकपटक म्याद थप गरिएर पनि योजना पूरा नभएपछि सडक विभागले रुग्ण योजनाका रुपमा सूचीकृत गरेको छ । रुग्णका रुपमा रहेको आठ योजनाको कुल लागत रु २७ करोड ७९ लाख ३१ हजार ५७२ छन् । ती योजना पूरा नभए पनि कार्यसम्पादनका लागि भने नियमित रुपमा रकम निकासा भइरहेको छ । सडक विभाग डिभिजन कार्यालय दमकका अनुसार सबै रुग्ण योजनामा रु १५ करोड ९७ लाख ८० हजार रकम निकासा भएर पनि पूरा हुने लक्षण नदेखिंदा स्थानीयवासी चिन्तित छन् । पटकपटक म्याद थप गर्दासमेत पूरा हुन नसकेका योजनामा हडिया खोला पुल धाइजन–२, हडिया खोलाकै पुल धाइजन–३ र ४, सिस्ने खोला पुल, गौरादह–बैगुन्धरा तथा देउनीय खोला पुल, घाघ्रा खोला पुल, रामचन्दे पुल तथा गौरीगञ्ज–खजुरगाछीमा पर्ने हुलाकी मार्गमा निर्माणाधीन गेउरिया खोलाको पुल छन् । कार्यालयका इन्जिनियर शम्भुप्रसाद आचार्यअनुसार ती योजनामा सबैभन्दा पुरानो गौरीगञ्ज–खजुरगाछीको गेउरिया पुल नै हो बताउनुभयो । दुई वर्षमा पूरा गर्नुपर्ने गरी २०६६ वैशाख ३ गते सम्झौता भएको पुल पूरा नभएपछि चारपटक म्याद थप भइसकेको इन्जिनियर आचार्यले जानकारी दिनुभयो । रु एक करोड ६८ लाख २८ हजार लागतमा निर्माण सम्झौता भएको योजना हालसम्ममा ७५ प्रतिशतमात्र पूरा भएको छ । छ वर्षमा पनि पुल पूरा नभएका कारण धेरै ठाउँमा जनताको विकासप्रति विश्वास घट्न थालेका पाइएको छ । रुग्ण योजनामध्ये सबैभन्दा ठूला योजना भने हडिया खोला पुल धाइजन वडा नं ३ र ४ मा रहेको छ । यसको कुल लागत रु पाँच करोड ८७ लाख ५३ हजारका छन् भने अर्को योजना हडिया पुल धाइजन–२ मा रहेको रु पाँच करोड ६४ लाख ३३ हजारका छन् । यसैगरी, खुदुनाबारीस्थित टाङ्टिङ खोलो पुल अलपत्र र अधुरा अवस्थामा छन् । यी पुल तथा योजना कहिले पूरा हुने हो सम्बन्धित क्षेत्रका जनता अन्योलमा देखिएका छन् ।

    ]]>
    11112 0 0 0
    भूकम्पभन्दा अलैँची बिक्री नहुँदाको पीडा बढी http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%85%e0%a4%b2%e0%a5%88%e0%a4%81%e0%a4%9a%e0%a5%80-%e0%a4%ac%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b0/ Fri, 22 Apr 2016 10:04:54 +0000 http://www.ghumphir.com.np/?p=11114

    सोलुखुम्बु, १० वैशाख । गत वर्षको भूकम्पका कारण घरविहीन भएका जिल्लाका गोली र चौलाखर्क गाविसका बासिन्दा अलैँची बिक्री नहुँदा मारमा परेका छन् । विगतका वर्षहरुमा कात्तिक÷मङ्सिर महिनाभित्रमा गाउँका सबैको अलैँची बिक्री भइसक्थ्यो । तर यस वर्ष कृषकले उत्पादन गरेको अलैँची झुपडीमै थन्किएको छ । करिब दस प्रतिशतले मात्र पछि नै मूल्य कायम गर्ने गरी स्थानीय व्यापारीलाई अलैँची जिम्मा लगाएका छन् । खेतबारी सबैतिर अलैँची खेती गरेका त्यहाँका कृषक बिक्री नहुँदा दैनिक गुजारा चलाउन समस्या भएको र चर्को ब्याजदरमा ऋण खोज्नुपरेको बताउँछन् । असोज महिनामा अलैँची टिप्दै गर्दा कृषकमा धेरै हौसला थियो । अलैँची कृषक भरत बस्नेत भन्नुहुन्छ – “गत वर्षको भन्दा बढी उत्पादन भयो, टिप्दै गर्दा प्रतिमन (४० किलो ) को रु एक लाख मूल्य पाउने चर्चा थियो, तर दसैँ पर्वको रौनकसँगै हाम्रो खुसी घट्दै गयो ।” दसैँको केहीअघिसम्म गाउँमा प्रतिकिलो रु दुई हजार ३०० मा किनबेच हुन थालेको थियो । तर पछि बजारमा अलैँचीको मूल्य घटेको चर्चा भएपछि व्यापारीले कृषकबाट अलैँची खरिद गर्न छाडे । अहिले अलैँची कृषकको झुपडीमै थन्किएको कृषक रामबहादुर खड्का बताउनुहुन्छ । स्थानीय व्यापारी गोवद्र्धन बस्नेत अहिले चौलाखर्क र गोली गाविसमा गत वर्षको मूल्यअनुसार करिब रु सात करोड बराबरको अलैँची थन्किएको छ । अलैँची बेचेर घर बनाउने योजना बनाएका त्यहाँका कृषक बिक्री हुन नसकेपछि मारमा परेका छन् । भूकम्पका कारण झन्डै ९५ प्रतिशत घर भत्किएका गोली र चौलाखर्कमा मुस्किलले ३० वटा जति यहाँ घर निर्माण गरिएका स्थानीयवासी उदक बस्नेत बताउनुहुन्छ । अन्यले अलैँची बिक्री तथा सरकारले पुनःनिर्माणअन्तर्गत अनुदान दिने रकमको पर्खाइमा छन् । चौलाखर्क गाविसका सामाजिक परिचालक चुलबहादुर कार्की सरकारले पुनःनिर्माणका लागि सहयोग गर्ने भनिए पनि अहिलेसम्म कुनै कार्यक्रम नआएको बताउनुहुन्छ । “भूकम्पको भन्दा अलैँची बिक्री हुन नसकेको पीडाले बढी मारमा परेका छौँ” उहाँले भन्नुभयो । एक दशकदेखि चौलाखर्क र गोलीका कृषक अलैँची खेतीमा लागेका छन् । धान, मकै उत्पादन हुने खेतबारीमा उनीहरुले अलैँची रोपेका छन् । तर अहिले अलैँची बिक्री नहुँदा चामल किन्ने पैसा समेत नभएको उनीहरुको भनाइ छ । गत असोजमै बिक्री गर्न सुकाएर बोरामा पोको पारेको अलैँची झुपडीमै थन्किएको छ ।

    ]]>
    11114 0 0 0
    बारपाक http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%95/ Fri, 22 Apr 2016 10:11:08 +0000 http://www.ghumphir.com.np/?p=11116 11116 0 0 0 वैशाख तेस्रो सातादेखि संसद अधिवेशन बोलाउने तयारी http://localhost/ghum/%e0%a4%b5%e0%a5%88%e0%a4%b6%e0%a4%be%e0%a4%96-%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%b8%e0%a4%82/ Sat, 23 Apr 2016 00:45:58 +0000 http://www.ghumphir.com.np/?p=11119 ११ वैशाख, काठमाडौं । सरकारले यही वैशाखको तेस्रो सातादेखि व्यवस्थापिका संसदको अधिवेशन बोलाउने तयारी गरेको छ ।कानुन सचिव भेषराज घिमिरेले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सरकारले वैशाखको तेस्रो सातादेखि व्यवस्थापिका संसदको अधिवेशन बोलाउने तयारी गरेको जानकारी दिएको आजको समाचारपत्र दैनिकमा समाचार छ ।

    व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकमा उल्लेख्य संख्यामा राष्ट्रिय मुद्दा रहेका कारण संसदको अधिवेशन बोलाउन माग गर्दै आएको छ ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेलले प्रमुख प्रतिपक्षी दलका कारण संसद अधिवेशन स्थगित गरिएको जानकारी दिँदै अब छिट्टै अधिवेशन बोलाउने तयारी सरकारले गरेको बताए ।

    कानुनमन्त्री खरेलले यतिखेर चुनौती र समस्याहरु उल्लेख्यरुपमा रहेको वताउँदै संविधान कार्यान्वयन गरेर मात्र नपुग्ने भएकाले कार्यान्वयन गर्न पनि सक्नु पर्ने बताए ।

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारको ६ महिनाको अवधिका भए गरेका कार्यका बारेमा जानकारी गराइएको थियो । यो अवसरमा १ सय ३८ वटा विषयमा कानुन निर्माण गर्न लागिएको बताइएको थियो ।

    ]]>
    11119 0 0 0
    एक लाख ३४ हजार नेपाली फरार ! http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a5%a9%e0%a5%aa-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ab%e0%a4%b0%e0%a4%be%e0%a4%b0/ Sat, 23 Apr 2016 00:48:09 +0000 http://www.ghumphir.com.np/?p=11121 ११ वैशाख, काठमाडौं । अदालतबाट दोषी ठहर भई फरार हुने संख्या करिब डेढ लाख छ ।अदालतबाट दोषी ठहर भई फरार हुने को संख्या एक लाख ३४ हजार आठ सय ३९ रहेको सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    अन्य अर्धन्यायिक निकायबाट दोषी ठहर गरेकाहरुबाट मात्र एक लाख १० हजार दुई सय ६० दिन कैद असुल्न बाँकी छ ।

    यस्तै १० अर्व १८ करोड ३० लाख ९६ हजार नौ सय ८१ रुपैयाँ जरिवाना असुल्न बाँकी रहेको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्र उपाध्यायले बताए ।

    जिल्ला वन कार्यालय, राजश्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालयजस्ता अन्य  अर्धन्यायिक निकायले दोषी ठहर गरी फरार रहेका व्यक्तिको भने राज्यले कुनै तथ्यांक राखेको छैन् ।

    ]]>
    11121 0 0 0
    यसरी पैसा कमाउन सकिन्छ फेसबुकमा पोस्ट गरेर http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%88%e0%a4%b8%e0%a4%be-%e0%a4%95%e0%a4%ae%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%b8%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%9b-%e0%a4%ab%e0%a5%87/ Sat, 23 Apr 2016 00:53:10 +0000 http://www.ghumphir.com.np/?p=11123
    लोकप्रिय सोसल नेटवर्किङ साइट फेसबुकमा पोस्ट गरेर पैसा कमाउन सकिन्छ? द भर्ज म्यागेजिन का अनुसार फेसबुकले यस्तो सुविधा थप्ने बारे सोच्दैछ। फेसबुकले आफ्ना केही युजरहरुलाई सर्भे स्याम्पल पठाएर फेसबुकबाट पैसा कमाउन सकिने तरिकाबारे प्रश्न सोधेका थिए। भर्जले एक भेरिफाइड युजरको पेजमा देखिएको फारामलाई पनि राखेको छ। त्यसमा राखिएका विकल्पमा एउटा भर्चुअल टिप जार अप्सन पनि छ। अर्थात् तपाईँले कुनै पोस्ट फेसबुकमा राख्नुभयो र हेर्नेलाई त्यो मन पर्योल भने रेस्टुरेन्टमा जाँदा वेटरलाई टिप्स दिए जस्तै राम्रो पोस्ट गर्नेलाई पैसा दिन सकिने स्थिति पनि हुनसक्छ। फेसबुकमा अहिले भने यस्तो सुविधा रहेको छैन। कम्पनीले आधिकारिक रुपमा यसबारे केही नबताएका कारण यस्तो सुविधा आउन सक्ने वा नसक्ने बारे केही निश्चित रुपमा बताउन भने सक्ने स्थिति छैन। अहिलेलाई यो अनुमानमा मात्र सीमित छ।
    ]]>
    11123 0 0 0
    नेपालगञ्ज-जाजरकोट रुटमा एसी सहितको सुविधा सम्पन्न टाटा सुमो चल्यो http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%97%e0%a4%9e%e0%a5%8d%e0%a4%9c-%e0%a4%9c%e0%a4%be%e0%a4%9c%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%b0%e0%a5%81%e0%a4%9f%e0%a4%ae%e0%a4%be/ Sat, 23 Apr 2016 00:57:59 +0000 http://www.ghumphir.com.np/?p=11125

    ११ वैशाख, जाजरकोट।  नेपालगञ्ज सनराइज यातायात व्यवसायी संघले नेपालगञ्‍ज-जाजरकोट रुटमा सुविधा सम्पन्न टाटा सुमो सञ्चालनमा ल्याएको छ । संघले विहिबारदेखि यो रुटमा टाटा सुमो सञ्चालनमा ल्याएको हो।पुराना गाडी सञ्चालन हुदै आएको यस रुटमा संघले पहिलोपटक एसी जडान भएको सुविधासम्पन्न गाडी सञ्चालनमा ल्याएको हो। टाटा सुमोको सेवा सुरु गर्न आयोजित कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी, तथा सदस्यहरुले गाडी सञ्चालनको उदघाटन गरेका थिए। समितिका उपाध्यक्ष प्रविण बिसीले यो सेवा जाजरकोटका सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको बताए। उनले भने,'हामीले जायज भाडा लिएर त्यसक्षेत्रका सर्वसाधारणलाई सुविधा सम्पन्न गाडीमा यात्रा गराउछौं।' यो गाडी नेपालगञ्जबाट दैनिक चारपटक सञ्चालन हुने सञ्चालकले जनाएका छन्। हाल नेपालगञ्जदेखि सल्लीबजार हुँदै जाजरकोट पुग्ने यात्रुवाहक बसहरु अत्यन्त पुराना छन्। पुराना यात्रुबाहक बसमा सर्वसाधारणहरुले जोखिम मोलेर यात्रा गरिरहेका छन्। सुमो सञ्चालनमा आएपछि उपभोक्ताले सुविधायुक्त यातायात सेवा पाउने विश्वास समितिले दिलाएको छ ।

    ]]>
    11125 0 0 0
    टेलियासोनेराले एनसेल खरिद विक्रिमा आफूलाई कर दायित्व नलाग्ने स्पष्टिकरण http://localhost/ghum/%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a5%8b%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%8f%e0%a4%a8%e0%a4%b8%e0%a5%87%e0%a4%b2-%e0%a4%96%e0%a4%b0%e0%a4%bf/ Sat, 23 Apr 2016 01:01:36 +0000 http://www.ghumphir.com.np/?p=11128

    ११ वैशाख, काठमाडौं । ठूला करदाता कार्यालयले चैत ३० गते एनसेलको सेयर खरिद विक्रिको विवरण सात दिन भित्र दिन निर्देशन दिंदै टेलियासोनेरालाई लेखेको पत्रको बिहिवार जवाफ आएको छ। एनसेलको सिईओमार्फत दिइएको जवाफमा टेलियासोनेराले एनसेल खरिद विक्रिमा आफूलाई कर दायित्व नलाग्ने स्पष्टिकरण दिएको छ। टेलियासोनेराले सेन्टस किट्स तथा नेभिसमा दर्ता भएको एनसेलको प्यारेन्ट कम्पनी रेनल्ड होल्डिङको सेयर विक्रि नभएको तर्क गर्दै कर दायित्व आफूमा नभएको दलिल पेश गरेको हो। त्यसैगरी सेयर खरिद विक्रमा टेलियासोनेरा नर्वे जिम्मेवार भएको भन्दै टेलियासोनेराको हेडक्वाटर विवादबाट समेत पन्छिने प्रयास गरेको छ। स्विडेनको टेलियासोनेरालाई लेखेको पत्रमा जवाफ समेत नेर्वेको टेलियासोनेरा नर्वे नेपाल होल्डिङ दिएको छ। एनसेल खरिद विक्रि प्रकरणमा कम्पनीले कर दायित्व आफूमा नभएको जानकारी दिंदै बरु नेपाललाई अफठ्यारो पर्दा सहयोग गरेको जानकारी भने पत्र मार्फत दिएको छ। कम्पनीले पत्रमा लेखेको छ, 'गतवर्षको अप्रिल तथा मेमा गएको भयानक भुकम्पमा टेलिया कम्पनीले करिव (दश लाख डलर) दश करोड रुपैयाँ प्रधानमन्त्री राहात कोषमा दान(डोनेशन) दिएर नेपाली समाजका लागि आफ्ना प्रतिवद्धताहरु देखाएको छ।' यस अघि पनि टेलियाका सिईओ जोन डेनिल्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २१ डिसेम्वरमा पत्र लेखेर नेपालका भुकम्प पिडितलाई एक अर्व रुपैयाँ दान दिन लागेको विषयलाई उठाएका थिए। गत वर्षको भुकम्पमा एनसेलले तीन वर्ष भित्र खर्च गर्ने गरी एक अर्व रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। टेलियासोनेराका सिईओ जोन डेनिल्डलले लेखेको पत्रमा उक्त एक अर्व रुपैयाँ पुन: निर्माणमा खर्च गर्ने प्रतिवद्धता फेरी दोहोराइएको थियो। यसअघि जोनले २१ डिसेम्वरमा पनि प्रधानमन्त्री केपी ओलीलाई पत्र लेखेर भुकम्प पिडितलाई एनसेलले एक अर्व रुपैयाँ दिएको कुराको सम्झाएका थिए। गतवर्षको भुकम्पपछि एनसेलले प्रधानमन्त्री राहात कोषमा दश करोड रुपैयाँ दिएको थियो भने तीन वर्ष भित्र एक अर्व रुपैयाँ खर्च गर्ने गरी पुन:निर्माणका काम अघि बढाउने प्रतिवद्धता जनाएको थियो।तर त्यही प्रतिवद्धता बमोजिम पनि कम्पनीले अहिलेसम्म एक रुपैयाँ पनि खर्च गरेको सार्वजनिक जानकारी आएको छैन्।

    ]]>
    11128 0 0 0
    स्वयम्भूमा दर्शनार्थीको भीड http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%af%e0%a4%ae%e0%a5%8d%e0%a4%ad%e0%a5%82%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a5%80%e0%a4%95%e0%a5%8b/ Sat, 23 Apr 2016 01:05:51 +0000 http://www.ghumphir.com.np/?p=11130 11130 0 0 0 कर नतिर्नेलाई फोहोर उपहार! http://localhost/ghum/%e0%a4%95%e0%a4%b0-%e0%a4%a8%e0%a4%a4%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ab%e0%a5%8b%e0%a4%b9%e0%a5%8b%e0%a4%b0-%e0%a4%89%e0%a4%aa%e0%a4%b9%e0%a4%be/ Sat, 23 Apr 2016 01:22:01 +0000 http://www.ghumphir.com.np/?p=11133 ११ वैशाख । वीरगन्ज उपमहानगरपालिकाले कर नबुझाउने ठूला घरानाका करदाताहरुबाट कर असुलीका लागि विशेष अभियान सञ्चालन गरेको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।
    विशेष गरी मालपोत, घरजग्गा कर र एकीकृत सम्पत्ति कर नतिरेका करदाताहरुलाई उपमहानगरपालिका कार्यालयले नगरबाट संकलित फोहोर उपहार दिई कर असुल्नका लागि दबाब सिर्जना गरेको हो।
    बक्यौता कर नतिरेको भन्दै उपमहानगरपालिकाले करदाताहरुको घरअगाडि फोहोर थुपार्ने गरेको छ। कर्यकारी अधिकृत विष्णु कोइरालाले कुकुर, गाई र विरालाको सिनो पनि ल्याएर थुपारिदिने चेतावनी करदाताहरुलाई दिएका छन्।
    कार्यकारी अधिकृत कोइरालाले लामो समयदेखि कर नतिरेका सरकारी कार्यलय, संस्थान, संघसंस्थालगायत सबै करदातालाई पहिलो चरणमा फोहोर उपहार दिने बताए।
    ]]>
    11133 0 0 0
    जहाजको उडान छैन, मासिक खर्च भने लाखभन्दा बढी http://localhost/ghum/%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a1%e0%a4%be%e0%a4%a8-%e0%a4%9b%e0%a5%88%e0%a4%a8-%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%96%e0%a4%b0%e0%a5%8d/ Sat, 23 Apr 2016 01:30:01 +0000 http://www.ghumphir.com.np/?p=11135 ११ वैशाख, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यालय वीरगन्जमा  छ भन्ने धेरैलाई थाहा छैन । थाहा होस् पनि कसरी २०७२ साल भदौदेखि औपचारिक रुपमा सञ्चालनमा आउको निगमको कार्यालयले आठ महिनामा एउटा पनि उडान नगरी मासिक एक लाख भन्दा बढी खर्च गर्दै आइरहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    nepal-airlines1सिमरा विमानस्थलबाट २०५५ सालसम्म नियमित उडान गर्दै आएकोमा विमानको अभाव तथा वायुसेवामा निजी क्षेत्रले प्रवेश पाएपछि निगमले २०५६ सालदेखि आफ्नो सबै उडान रद्ध गरी वीरगन्ज कार्यालय बन्द गरेको थियो ।

    निगमले १८ वर्षपछि सिमारा विमान स्थलबाट पुनः नियमित उडान गर्ने निर्णय गरी भदौ १ गतेदेखि वीरगन्जको व्यावसायिक क्षेत्र आदर्शनगरमा कार्यालय स्थापना गरी सेवा सुचारु गर्ने निर्णय गरे पनि हालसम्म निगमले एउटा पनि उडान भर्न सकेको छेन ।कार्यालयका चारजना कर्मचारी दिनहुँ बिहान १० बजेदेखि साझ पाँच बजेसँा कार्यालायमै समय बिताउने गरेका छन् ।

    ]]>
    11135 0 0 0
    मेट्रो बसबाट रु सत्तरी लाख आम्दानी http://localhost/ghum/%e0%a4%ae%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%ac%e0%a4%b8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b0%e0%a5%81-%e0%a4%b8%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%80-%e0%a4%b2%e0%a4%be/ Sat, 23 Apr 2016 11:17:29 +0000 http://www.ghumphir.com.np/?p=11137

    काठमाडौँ, ११ वैशाख । काठमाडौँ उपत्यकामा यात्रीलाई सहज आवगमनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएको मेट्रो बसले सञ्चालनको एक महिनामा रु ७० लाख आम्दानी गरेको छ । गत चैत ५ गतेदेखि सञ्चालनमा आएको उक्त बसले आजसम्मा ३५ दिन पार गरिसकेको छ । अहिलेको अवधिसम्म आइपुग्दा राम्रो आम्दानी गरेको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा हाल सञ्चालनमा रहेका सबै बसमा इन्टरनेटको सुविधा छ । स्टेसन डिस्प्ले भने यात्रुलाई उपलब्ध गराउन सकिएको छैन । अबको केही दिनमा नै उक्त सुविधा समेत यात्रुले पाउने छन् । स्टेसन डिस्प्लेका कारण यात्रुले बस चढ्नका लागि एप्स हेरेर आउने समय पत्ता लगाई बस स्टपमा जान सक्ने हुँदा लामो समय खर्च गर्न नपर्ने प्रालिले बताएको छ । उनन्चालिस बसका लागि प्रालिले रु १६ करोडको लगानी गरेको छ । सबै बसले चक्रपथको परिक्रमा गरिरहेका छन् । बस सञ्चालमा आएपछि साना यातायातको साधनबाट हुने ट्राफिक जाम पनि कम भएको प्रालिको जिकिर छ ।

    ]]>
    11137 0 0 0
    अदुवाबाट डेढ अर्ब रकम आर्जन http://localhost/ghum/%e0%a4%85%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a1%e0%a5%87%e0%a4%a2-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%ac-%e0%a4%b0%e0%a4%95%e0%a4%ae-%e0%a4%86%e0%a4%b0%e0%a5%8d/ Sat, 23 Apr 2016 11:18:24 +0000 http://www.ghumphir.com.np/?p=11139

    इलाम, ११ वैशाख । जिल्लामा यस वर्ष रु डेढ अर्ब मूल्य बराबरको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष ११ लाख ४९ हजार ८५० मन (४० किलोको एक मन) अदुवा उत्पादन भई प्रतिमन रु एक हजार तीन सय ५० ले बिक्री भएको छ । अदुवा बिक्रीबाट जिल्लामा रु एक अर्ब ५५ करोड २२ लाख ९७ हजार ५०० भित्रिएको छ । चौंसाठी हजार पाँच घरघुरी रहेको इलाममा ३२ प्रतिशत परिवारले अदुवा खेती गर्दै आएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताउनुभयो । तीन हजार २३३ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो । गत वर्षको तुलनामा एक सय मेट्रिक टन अदुवा उत्पादन वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यो वर्ष प्रतिहेक्टर १४ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । गत वर्षभन्दा उत्पादन बढेपनि मूल्य घटेकाले आम्दानी घटेको छ । गतवर्ष तीन अर्ब बराबरको अदुवा विक्री भएको काफ्ले बताउनुहुन्छ । कार्यालयका अनुसार गतवर्षको तुलनामा अदुवाको मूल्यमा ६२ प्रतिशतले कमी आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार आव २०७१÷०७२ मा रु दुई करोड ४५ लाखको ४८ हजार ६५७ किलो अदुवा निकासी भएको थियो ।

    ]]>
    11139 0 0 0
    बुङ्मती पुनःनिर्माण अझै हुन सकेन http://localhost/ghum/%e0%a4%ac%e0%a5%81%e0%a4%99%e0%a5%8d%e0%a4%ae%e0%a4%a4%e0%a5%80-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%85%e0%a4%9d%e0%a5%88/ Sat, 23 Apr 2016 11:20:48 +0000 http://www.ghumphir.com.np/?p=11141

    साहिला तामाङ ललितपुर, ११ वैशाख । विनाशकारी भूकम्प गएको एक वर्ष पुग्दासमेत बुङ्मती क्षेत्रको पुनःनिर्माण सुरुवात अझै हुन नसकेको स्थानीयवासीले बताएका छन् । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले यस क्षेत्रको संरचनालाई ध्वस्त पारेको थियो । भूकम्पले भौतिक संरचनालाई ध्वस्त बनाएपछि पीडितहरु अहिलेसम्म जस्ताको टहरामा बस्न बाध्य भएका छन् । bungmatiभूकम्पपीडित टहरामै बास बसेर आफ्नो गुजारा चलाइरहेको स्थानीयवासी विश्वराज तुलाधरले बताउनु भयो । जस्ता टहराको बासले खाना बनाउन, सुत्न, अन्नपात राख्न, पाहुना सत्कार गर्न, छोराछोरीलाई अध्ययन गराउन असहज परिस्थिति उत्पन्न भएको उहाँको गुनासो छ । समयमै राज्यले पीडितलाई उचित व्यवस्थापन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । बुङ्मती पुनःनिर्माणका लागि ‘बुङ्मती फाउन्डेसन’ नामक संस्था क्रियाशील रहेको फाउन्डेसनका अध्यक्ष प्रेमभक्त महर्जनले बताउनुभयो । वास्तविक रुपमा अहिलेसम्म ध्वस्त संरचनाको तथ्याङ्क लिने काम मात्र भएको छ– उहाँले भन्नुभयो । भूकम्प गएको एकवर्ष बित्दासमेत यहाँका मानिसको दिनचर्या दुःखदायी अवस्थामा रहेकाले उहाँले यस क्षेत्रको पुनःनिर्माण छिट्टै सुरु हुने उहाँको भनाई रहेको छ । अब निर्माण हुने घर काष्ठकलाको शैलीबाट हुने उहाँले बताउनुभयो । यसरी बन्ने घरको भूइँतलामा सङ्ग्रालय, पहिलो तल्लामा क्याफे÷रेस्टुराँ, दोस्रो तल्लामा होम स्टे, तेस्रो तल्लामा परिवार बस्ने तथा माथिल्लो तल्ला दृश्यावलोकनका लागि रहने फाउन्डेसनले बताएको छ । यस क्षेत्रको पुनःनिर्माणका लागि रु चार अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको उहाँले बताउनुभयो । यस कार्यमा पूर्णरुपमा युएन हाबिटेटले प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ । कार्यबिनायक नगरपालिकाका कार्यकारी अधिकृत रोहित पोखरेलले बुङ्मती क्षेत्र पुनःनिर्माणका लागि तथ्याङ्क सङ्कलनको काम अन्तिमचरणमा पुगेको बताउनुभयो । उहाँले यसै महिनाभित्र वास्तविक पीडितले घर बनाउनका लागि सरकारले प्रदान गरिने अनुदानको रु पचास हजार पहिलो किस्ता स्वरुप पाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । बुङ्मती क्षेत्रको पुनःनिर्माण महाअभियान सुरुवातको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ २ गते गर्नुभएको थियो । गत वर्षको विनाशकारी भूकम्पले यस क्षेत्रमा ८५३ वटा घरध्वस्त बनाएको थियो । यसैगरी सात जनाको ज्यान गएको थियो भने ५० जना घाइते भएका थिए ।

    ]]>
    11141 0 0 0
    एक वर्ष, नेपालमा ६० हजार भूकम्प, रोकिएन परकम्प http://localhost/ghum/%e0%a4%8f%e0%a4%95-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a5%ac%e0%a5%a6-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%ad%e0%a5%82/ Sat, 23 Apr 2016 11:22:56 +0000 http://www.ghumphir.com.np/?p=11144

    सिबी अधिकारी काठमाडौँ, ११ वैशाख । विसं २०७२ वैशाख १२ गते । बिहानैदेखि मौसम धुमिलिएको । गर्मी मौसम भए पनि नीलो आकाश मडारिएर सूर्यको प्रकाश प्रस्ट खेखिएको थिएन । शनिबारको दिन, नेपालीहरु आआफ्नै ध्याउन्नमा थिए । मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रिक्टर स्केलको भूकम्प गयो । यसबाट करिब नौ हजार नेपालीको मृत्यु भयो भने दुई हजार २०० भन्दा बढी घाइते भए । झन्डै पाँच लाख घर ध्वस्त भए । हजारौँ घरबारविहीन भए । गोरखाको ‘बारपाक’ केन्द्रबिन्दु बनाई गएको उक्त भूकम्प नेपालीका लागि कालो दिन बन्यो । Gorkha_020114_SAM_9660 त्यसपछिका केही ठूला र निरन्तर आइरहेका परकम्पले नेपालीलाई अझै त्रसित बनाइरहेको छ । ‘गोरखा भूकम्प’ गएको आइतबार एक वर्ष पुग्दैछ । वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हालसम्म ४ रिक्टर स्केल र त्यसभन्दा माथिका ४४९ परकम्प गएका छन् । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा विसं १९९४ देखि २०७२ वैशाख १२ को भूकम्प हेर्दा करिब ६० हजार भूकम्प गएका छन् । नेपालमा मात्र हैन, यसबीचमा छिमेकी मुलुक भारत, पाकिस्तान, जापान इन्डोनेसिया र चिलीमा ७ देखि ७.९ रिक्टर स्केलका भूकम्प गएका छन् । हालै इक्वेडरमा ७.८ र चिलीमा ७.९ रिक्टरको भूकम्प गएको थियो । भूकम्पसम्बन्धी विश्वका तथ्याङ्क हेर्दा हरेक वर्ष औसतमा एक वटा ८ रिक्टर स्केलभन्दा ठूलो भूकम्प गएको देखिन्छ । त्यस्तै ७.९ रिक्टरका १५ र ७ देखि ७.९ र ६ देखि ६.९ रिक्टरसम्मका १३० भन्दा बढी भूकम्प गएका छन् । भूकम्प मापन केन्द्र आफैँ घाइते नेपालमा भूकम्पको लामो इतिहास छ । यतिका धेरै भूकम्प गइसके तर भूकम्प मापन गर्ने निकाय खानी तथा भूगर्भ विभागको एक मात्र राष्ट्रिय भूकम्प मापन केन्द्र जनशक्तिको अभावले आफैँ घाइते अवस्थामा छ । पर्याप्त प्राविधिकको अभावले वर्षभरिका भूकम्पको गणना प्रक्रियामा लैजान सकिएको छैन । केन्द्रका प्रमुख अधिकारीका अनुसार वैशाख १२ को भूकम्पताका १३ प्राविधिक थिए अहिले छ जनामा सीमित छ । वैशाख १२ पछि २४ सै घन्टा चलाउनुपर्ने केन्द्रमा भूकम्पसम्बन्धी काम गर्ने प्राविधिकको अभावले चुनौती थपिएको छ । “नेपालमा यति धेरै भूकम्प गइसकेका छन् तिनको प्रशोधन गर्न प्राविधिक छैनन् । हाल केन्द्रमा भएका छ, जनामध्ये पनि नेपालभरका भूकम्प मापनसम्बन्धी केन्द्रको मर्मत गर्न जानुपर्ने बाध्यता छ,”–अधिकारीले भन्नुभयो । देशभर हाल भूकम्पबारे जानकारी सङ्कलन गर्ने २१ साइस्मिक स्टेसन छन् । केन्द्रलाई अत्याधुनिक र सुविधायुक्त बनाउन नसक्दा भूगर्भीय अनुसन्धानका काम प्रभावित भएका छन् । भूगर्भविद् डा सोमनाथ सापकोटाले भूगर्भीय अध्ययनका लागि अमेरिका, फ्रान्स र सिङ्गापुर लगायत देशको सहयोगमा दरारको अवस्थाबारे थाहा पाउने काम सुरु गरिएको बताउनुभयो । नेपालमा फ्रान्स सरकारको सहयोगमा सन् १९६८ देखि भूकम्प मापन गर्न सुरु गरिएको थियो । भूकम्पको इतिहास विसं १९९० को महाभूकम्पपछि ठूलो भूकम्प नै २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’ हो । विसं २०४५ मा उदयपुर केन्द्रबिन्दु बनाएर ६.७ रिक्टर स्केलको भूकम्प गएको थियो जसबाट ७२१ जनाको मृत्यु भएको थियो । सङ्खुवासभा केन्द्रबिन्दु बनाएर १९९० सालमा गएको ८.३ रिक्टर स्केलको महाभूकम्पबाट नेपालमा आठ हजार ५१९ जनाको मृत्यु भएको थियो भने त्यत्तिकै सङ्ख्यामा भारतको बिहारमा क्षति भएको थियो । संसारमा हालसम्मकै सबैभन्दा ठूलो भूकम्प चिलीमा सन् १९६० मा ९.५ रिक्टर स्केलको गएको थियो । हालसम्म संसारमा ९ रिक्टरभन्दा ठूला पाँच भूकम्प गएका छन् । तीमध्ये चार वटा भूकम्प प्रशान्त महासागर आसपासमा गएका छन् । भूकम्प कसरी भूगर्भविद्का अनुसार जमिनको सतहभन्दा धेरैमुनि रहेको इन्डियन प्लेट युरोसियन प्लेटको मुनि सरिरहेको छ । त्यसमध्ये चुरेदेखि करिब १०० किमी उत्तरसम्म रहेका हिमालय क्षेत्रमा इन्डियन प्लेटलाई अवरोध गर्छ, जसमा प्रतिवर्ष २ सेन्टिमिटर धकेलिरहेको हुन्छ । त्यसको शक्ति सञ्चय हुँदा अवरोधले समस्या भई खुम्चिन्छ, सोमध्ये केही शक्ति हिमालयको स्थायी रुपमा उचाइ वृद्धि हुन प्रयोग भई भूकम्प जाने गर्छ । सबैभन्दा बढी जोखिम प्लेटको सिमाना रहेको दुई हजार ५०० किमी हिमालय क्षेत्र अफगानिस्तानदेखि म्यानमासम्म पृथ्वीको भूखण्डको करिब दुई तिहाइ क्षेत्र पर्छ । यस्तो भूकम्पीयय जोखिम क्षेत्रमा करिब एक अर्ब मानिसको बसोबास छ । ऐतिहासिक रुपमा हेर्दा नेपालमा विसं १३१२ मा महाभूकम्प र त्यसको झन्डै ६०० वर्षपछि अर्को महाभूकम्प गएको देखिन्छ । विगतका भूकम्पको तथ्याङ्क हेर्दा मध्य क्षेत्रमा करिब २०० वर्षको हाराहारीमा ठूला भूकम्प गएको केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो । त्यस्तै पश्चिमाञ्चल क्षेत्रमा विसं १५०५ मा ठूलो भूकम्प गएको थियो । भूकम्प कहिले कुन अवधिमा कसरी जान्छ भनेर हालसम्म कुनै वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् । यसैबीच भूकम्प मापन केन्द्रले काठमाडौँ उपत्यकाको भूकम्पीय जोखिम अध्ययन गर्न जापानी सहयोग नियोगको सहयोगमा तीनवर्षीय परियोजना सुरु गरी तथ्याङ्क लिने काम सकिएको जनाएको छ । यसबाट काठमाडौँमा अब आउने ठूला भूकम्प कहाँ कति क्षति पुग्छ र कहाँ कस्तो खाले कम्पन गराउँछ, भन्ने थाहा पाउन सकिनेछ ।

    ]]>
    11144 0 0 0
    शुक्लाफाँटामा जनावरलाई पानीको व्यवस्था गर्न बोरिङ जडान http://localhost/ghum/%e0%a4%b6%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%ab%e0%a4%be%e0%a4%81%e0%a4%9f%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa/ Sat, 23 Apr 2016 11:24:22 +0000 http://www.ghumphir.com.np/?p=11146

    कञ्चनपुर, ११ वैशाख । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा संरक्षित जनावरलाई सुख्खा याममा पानीको व्यवस्था गर्न बोरिङ जडान गरिएको छ । कृतिम पोखरी निर्माण गरी बोरिङबाट पानी भर्ने कार्य आरक्ष कार्यालयले गर्दै आएको छ । शुक्लाफाँटा र बाबा पोखरीमा चारवटा बोरिङ जडान गरी वन्यजन्तुलाई पानीको व्यवस्था मिलाइएको आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो । “आरक्षभित्र रहेका प्राकृतिक पानीका स्रोतले सुख्खायाममा वन्यजन्तुलाई प्रर्याप्त पानीको व्यवस्था नहुने भएकाले बोरिङ जडान गरी पानीको व्यवस्था मिलाएका छौँं” उहाँले भन्नुभयो । बाह्रैमहिना पोखरीमा एकनासको पानी रहने भएकाले वन्यजन्तुलाई यसबाट पिउने पानीको अभाव हुन नपाएको उहाँले उल्लेख गर्नु भयो । यसैगरी, आरक्ष भित्रकै शुुक्लाफाँटा, बाघ पोखरी र सुके पोखरीमा सौर्य ऊर्जा जडान गरी पम्पबाट पानी तानी पोखरीमा राख्ने व्यवस्था गरिएको छ । प्राकृतिक तालतलैया जीवजन्तुका लागि पानीको मुख्य स्रोत भएकाले आरक्ष क्षेत्रमा रहेका तालहरूको सरसफाइ गरिएको छ । “वन्यजन्तुको लागि आरक्ष क्षेत्रभित्र खानेपानीको व्यवस्था मिलाइएको हुँदा वन्यजन्तु आरक्ष बाहिर जाने सम्भावना कम भई मानव वन्यजन्तु द्वन्द्व कम भएको देखिएकाले यो कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने छ” उहाँले भन्नुभयो ।

    ]]>
    11146 0 0 0
    अत्याधुनिक ‘ल्याण्डफिल्ड साइट’ निर्माण हुने http://localhost/ghum/%e0%a4%85%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a7%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%ab%e0%a4%bf%e0%a4%b2%e0%a5%8d/ Sat, 23 Apr 2016 11:25:55 +0000 http://www.ghumphir.com.np/?p=11148

    वीरगन्ज, ११ वैशाख । वीरगन्ज उपमहानगरपालिका क्षेत्रबाट निस्कने फोहरमैला व्यवस्थापनका लागि झन्डै रु ४८ करोड ८० लाखको लागतमा अत्याधुनिक ‘ल्याण्डफिल्ड साइट’ निर्माण हुने भएको छ । उपमहानगरपालिका लागि विगत लामो समयदेखि फोहरमैला व्यवस्थापन चुनौती बनेको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालनमा रहेको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाअन्तर्गत अगामी दुई वर्षभित्रमा सो ल्याण्डफिल्ड साइट निर्माण गर्ने योजना रहेको वीरगन्ज उपमहानगरपालिकाले जनाएको छ । वीरगन्ज उपमहानगरपालिकाका अनुसार बाराको इटियाही र विश्रामपुर गाविसको सिमानामा पर्ने १६ बिघा १० कठ्ठा क्षेत्रफलमा उक्त ल्याण्डफिल्ड साइट निर्माण हुन लागेको हो । उपमहानगरपालिकाले ल्याण्डफिल्ड साइटको अभावमा सिर्सिया नदी वरिपरि तथा खुल्ला सार्वजनिक ठाउ“मा फोहर फाल्दै आएको थियो । “ल्याण्डफिल्ड साइट निर्माण भएपछि वीरगन्ज क्षेत्रभित्रका फोहरमैला व्यवस्थापन तथा वातावरण संरक्षण कार्यमा महत्वपूर्ण काम हुनेछ”–वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले रासससँग भन्नुभयो । वीरगन्ज उपमहानगरपालिका क्षेत्रवाट हाल दैनिक करिब ६८ मेट्रिक टन फोहर निस्कन्छ । “सङ्कलन भएको फोहरलाई दुई भागमा छुट्याएर गल्ने फोहरबाट जैविक मल उत्पादन गरिने छ”– आयोजना प्रमुख इन्जिनियर शैलेन्द्र श्रेष्ठले भन्नुभयो, “नगल्ने फोहर जस्तै स्टिल, प्लास्टिक र फलामलगायतलाई कबाडमा बिक्री गर्न सकिन्छ ।” “सङ्कलित फोहरमैलाबाट सात मेट्रिक टन कम्पोष्ट मल र चार मेट्रिक टन पुनः प्रयोग गर्न सकिने वस्तु निस्कन्छ”–उहा“ले भन्नुभयो, “मल र पुनःप्रयोग हुने वस्तु बिक्री गरेर उपमहानगरपालिकाले वार्षिक रु ६ देखि ७ करोड आम्दानी गर्न सकिन्छ ।” यो आयोजनाका लागि वीरगन्ज उपमहानगरपालिकाले सन् २०१२ देखि नै स्थानीयवासीको जग्गा मुआबजा दिएर अधिग्रहण गर्न थालेको थियो । आयोजनाले २० वर्षसम्म दैनिक ६८ टनसम्म फोहरमैला व्यवस्थापन गर्न सक्ने बताइएको छ । चीनको जेडआइइसी कम्पनीले सो आयोजना निर्माणको ठेक्का पाएका छन् ।

    ]]>
    11148 0 0 0
    रुप्सेमा सडक पुग्यो http://localhost/ghum/%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a5%8b/ Sat, 23 Apr 2016 11:27:17 +0000 http://www.ghumphir.com.np/?p=11150

    बाबियाचौर (म्याग्दी), ११ वैशाख । म्याग्दीको दाना गाविस–२ मा पर्ने पर्यटकीय स्थल रुप्से झरनामा पुग्ने सडक निर्माण भएको छ । स्थानीय बासिन्दा र जिविसको रु १६ लाख लगानीमा म्याग्दी र मुस्ताङको सिमानामा पर्ने भजेनीबाट दानाको काभ्रे गाउँ, रुप्से झरना हँुदै अन्धगल्छी जोड्ने चार किलोमिटर सडक निर्माण भएको हो । सडक निर्माण भएपछि रुप्से झरनाको नजिकैबाट अवलोकन गर्न सकिने र पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको स्थानीय अगुवा सुनबहादुर विकले बताउनुभयो । उहाँका अनुसार स्थानीय बासिन्दाको रु ११ लाख, जिविसको रु तीन लाख र सांसद नवराज शर्माको सिफारिसमा सांसद विकास कोषको रु दुई लाख लगानीमा बेनी–जोमसोम सडकको भजेनी खण्डबाट रुप्से हुँदै पुनः मुख्य सडक जोड्ने सडक निर्माण भएको हो । करिब १५० मिटर माथिबाट खस्ने रुप्से झरनालाई करिब ५०० मिटर तल बेनी–जोमसोम सडकबाट अवलोकन गर्दै आएका पर्यटक सडक सुविधासँगै अब नजिकै पुग्न सक्ने भएका छन् । रुप्से झरनादेखि संसारकै गहिरो गल्छी अन्धगल्छीलाई पनि सडकसँग जोडिएको छ । सडक निर्माणसँगै अन्धगल्छी, रुप्से झरना र मुस्ताङ जाने–आउने पर्यटकलाई लक्ष्य गरेर काभ्रे गाउँमा होमस्टे (घरबास) सेवा पनि सञ्चालन गर्ने तयारी भएको छ । संसदीय टोलीद्वारा वातावरणीय असरको अध्ययन व्यवस्थापिका–संसद्अन्तर्गतको वातावरण संरक्षण समितिको टोलीले म्याग्दी र मुस्ताङको वातावरणीय अवस्थाको अध्ययन गरेको छ । वातावरण संरक्षण समितिका सभापति जनक चौधरीको नेतृत्वमा आएको सात जना सांसदसहितको १५ सदस्यीय टोलीले तापक्रम वृद्धि र सडक विस्तारपछि पदमार्गमा परेको असरको अध्ययन गरेको हो । एक हप्ते स्थलगत अध्ययनपछि टोली शुक्रबार म्याग्दी हँुदै राजधानी फर्किएको छ । वातावरण मन्त्रालयका सहसचिव डा रवी शर्मा, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक दीपककुमार सिंह सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता रहेको टोलीले स्थलगत अवलोकनका साथै समुदायसँग छलफल र अन्तक्र्रिया गरेको थियो । सडक विस्तारसँगै पर्यटन क्षेत्रमा परेको असर र तापक्रम वृद्धिले मौसम, हावापानी, कृषि, वातावरणमा परेको प्रभावका विषयमा टोलीले अध्ययन गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का आनन्द सुवेदीले बताउनुभयो । टोली अध्ययनका लागि मुस्ताङको लोमान्थाङ, छोसेर, जोमसोम, म्याग्दीको घार, शिख र घोडेपानी पुगेको थियो । साथै कोरला नाका र कालीगण्डकी करिडोर सञ्चालनसँगै वातावरणमा पर्न सक्ने सम्भावित असर तथा असर न्यूनीकरणका लागि विकल्पको विषयमा पनि स्थानीयवासीसँग सुझाव लिएको जनाइएको छ ।

    ]]>
    11150 0 0 0
    बोक्सीखोलामा चौँरीगाईको आलो रगत पिउनेको घुइँचो http://localhost/ghum/%e0%a4%ac%e0%a5%8b%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a5%80%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%8c%e0%a4%81%e0%a4%b0%e0%a5%80%e0%a4%97%e0%a4%be%e0%a4%88%e0%a4%95%e0%a5%8b/ Sat, 23 Apr 2016 11:28:46 +0000 http://www.ghumphir.com.np/?p=11152

    मुस्ताङ, ११ वैशाख । मुस्ताङको कोबाङ गाविसस्थित बोक्सीखोलामा चौँरीगाईको आलो रगत पिउन सर्वसाधारणको घुइँचो लागेको छ । स्थानीय किसानको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको मेलामा रगत पिउन मुस्ताङका साथै म्याग्दी, पर्वत, बाग्लुङ र पोखराबाट समेत सर्वसाधारण आएका छन् । हिमाली क्षेत्रमा पालिने चौँरीगाईको रगत पिएमा गानोगोला, वायुविकार, कमलपित्त, मर्केको, सुन्नेको र छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । हरेक वर्ष आयोजना गरिने मेलाबाट आकर्षक आम्दानी हुने स्थानीय किसानले जानकारी दिएका छन् । स्थानीय अगुवा किसान गोविन्द शेरचनले हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔले, जटामसीजस्ता बहुमूल्य जडीबुटी खाएर चौँरीगाईको रगतले शारीरिक फूर्तिसमेत बढ्ने बताउनुभयो । “हामीले प्रतिगिलास रु १५० मा रगत बिक्री गरिरहेका छौँ, विशेष प्रकारको चक्कुबाट रगत निकाल्ने गरिन्छ,” उहाँले भन्नुभयो – “गत वर्ष भूकम्पले अलि कम मानिस आए पनि यस वर्ष भने उत्साहजनक उपस्थिति छ ।” किसानले पालेका ५०० चौँरीबाट रगत निकालिने उनीहरुले जनाएका छन् । एउटा चौँरीबाट कम्तीमा पाँच गिलाससम्म रगत निकाल्न सकिन्छ । आगामी वैशाख २५ गतेसम्म सञ्चालन हुने मेलामा अहिलेसम्म एक हजार ५०० जनाले रगत पिइसकेको चौँरीपालन व्यवस्थापन समिति अध्यक्ष सुकेन्द्र गौचनले जानकारी दिनुभयो । “मेला अवधिसम्म तीन हजार जनाले रगत पिउने अनुमान गरेका छौँ,” उहाँले भन्नुभयो – “हामीले मागको आधारमा चौँरीगाईको मासु पनि बिक्री गर्दै आएका छौँ ।” स्थानीय किसानले विभिन्न किसिमका रोग निको हुने बताए पनि पशु अधिकारकर्मीले भने त्यसमा कुनै वैज्ञानिक सत्यता नभएको र पशु अधिकार हनन भएको बताउँदै आएका छन् ।

    ]]>
    11152 0 0 0
    मदिराको होर्डिङ बोर्ड पूर्णरुपमा हटाइने http://localhost/ghum/%e0%a4%ae%e0%a4%a6%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%bf%e0%a4%99-%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%aa%e0%a5%82/ Sat, 23 Apr 2016 11:30:23 +0000 http://www.ghumphir.com.np/?p=11154

    जिरी, ११ वैशाख । दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीलाई व्यवस्थित बनाउन बजार क्षेत्रमा राखिएको सबै ठूला होर्डिङ बोर्ड हटाइने भएको छ । इलाका प्रहरी कार्यालय जिरीले आयोजना गरेको एक कार्यक्रममा प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जिरी बजार अव्यवस्थित बन्दै गएकाले विज्ञापनका लागि राखिएका सबै होर्डिङ बोर्ड हटाइन लागेको बताउनुभयो । इलाका प्रहरी कार्यालय जिरीको प्रमुखका रुपमा आउनुभएका प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जिरीमा आफू आएदेखि पहिलो समस्याका रुपमा मदिरा देखिएको र यो समस्यालाई काबुमा राख्न सर्वसाधारणको समेत सहयोग आवश्यक पर्ने बताउनुभयो । मदिरा समस्या समाधानका लागि पहिलो चरणमा मदिराका होर्डिङ बोर्ड हटाइने र यस सम्बन्धमा चेतनामूलक कार्यक्रम गरिने उहाँको भनाइ थियो । मदिरासँगै जिरीमा केही युवाले लागुपदार्थको समेत सेवन गर्ने गरेका पाइएकाले यसलाई पूर्णरुपमा निस्तेज पार्न पनि प्रहरी प्रशासन लागिपर्ने उहाँले उल्लेख गर्नुभयो ।

    ]]>
    11154 0 0 0
    थारु महिला http://localhost/ghum/%e0%a4%a5%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be/ Sat, 23 Apr 2016 11:41:25 +0000 http://www.ghumphir.com.np/?p=11156 11156 0 0 0 पुनहिलमा भारतीय राजदूत http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a6%e0%a5%82%e0%a4%a4/ Sat, 23 Apr 2016 11:43:59 +0000 http://www.ghumphir.com.np/?p=11159 11159 0 0 0 सम्झनामा http://localhost/ghum/%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%9d%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be/ Sat, 23 Apr 2016 11:45:44 +0000 http://www.ghumphir.com.np/?p=11162 11162 0 0 0 मनास्लु–ल्होत्से हीरक महोत्सव मनाइँदै http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%b2%e0%a5%81-%e0%a4%b2%e0%a5%8d%e0%a4%b9%e0%a5%8b%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a5%87-%e0%a4%b9%e0%a5%80%e0%a4%b0%e0%a4%95-%e0%a4%ae%e0%a4%b9/ Tue, 26 Apr 2016 13:55:06 +0000 http://www.ghumphir.com.np/?p=11165

    काठमाडौँ, १४ वैशाख । सरकारले मनास्लु–ल्होत्से हिमालको प्रथम आरोहण ६० वर्ष पूरा भएको उपलक्ष्यमा हीरक महोत्सव मनाइने भएको छ । मनास्लु–ल्होत्से हीरक महोत्सव मूल आयोजक समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आठ हजार मिटरभन्दा माथि उचाइ भएका हिमालहरुको प्रथम आरोहण भएको ६० वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव मनाइने लागिएको जानकारी दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव प्रेमकुमार राईले नेपालका आकर्षण र गौरवका रुपमा रहेका हिमालमध्ये मनास्लु र ल्होत्सेको हीरक महोत्सव मनाइन लागिएको जानकारी दिनुभयो । मनास्लु हिमालको सन् १९५६ मे ७ का दिन जापानी नागरिक तोसिओ इमानिसि र नेपाली नागरिक ग्याल्जेन शेर्पाको टोलीले पहिलो पटक आरोहण गरेको थियो । त्यस्तै, ल्होत्से हिमालको प्रथम आरोहण सन् १९५६ मे १५ का दिन अन्र्स रिज र फ्रित्ज लुचसिंगर सम्मिलित फ्रान्सेली टोलीले आरोहण गरेको थियो । सो महोत्सवमा भाग लिन पहिलो सफल मनास्लु आरोहणका अभियन्ता सदस्य मिनोरु हिगेटा पनि नेपाल आउने कार्यक्रम रहेको छ । जापानस्थित दि जापानीज अल्पाइन क्लबको अग्रसरतामा करिब ८० जना जापानी नेपाल आउँदैछन् । सरकार र नेपाल पर्वतारोहण सङ्घको संयुक्त आयोजनामा यही चैत १८ गते हुन लागेको महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    ]]>
    11165 0 0 0
    ठूला होटल करको दायरामा आउने क्रममा http://localhost/ghum/%e0%a4%a0%e0%a5%82%e0%a4%b2%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2-%e0%a4%95%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%89/ Tue, 26 Apr 2016 13:58:55 +0000 http://www.ghumphir.com.np/?p=11167

    काठमाडौँ, १४ वैशाख । पछिल्लो समय काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित हुँदै आएका ठूला होटल करको दायरामा आउने क्रम बढेको छ । महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि ती होटल करका शीर्षकसहित विवरण लिएर आउने क्रम बढेको महानगरपालिकाले जनाएको छ । नगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार यहाँ सञ्चालन हुँदै आएका मध्ये होटल एभरेष्ट, याक एन्ड यति र हायात होटलबाहेक अन्य सबैले कर तिर्नुपर्ने शीर्षकसहितको विवरण लिएर आएका छन् । पछिल्लो समय विवरण लिएर आउनेमा ¥याडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल र याक एन्ड यति होटल रहेका छन् । सामान्यतः होटलले जग्गा कर, बहाल कर, सवारी कर, व्यावसायिक कर शीर्षकमा तिर्नुपर्ने हुन्छ । “कारबाहीको प्रक्रिया सुरु गरेपछि केही होटलले कर तिरे पनि कतिपयले अझै पनि आलटाल गरिरहेका छन्” काफ्लेले भन्नुभयो । सोल्टी होटलले सबै किसिमको कर तिरिसकेको छ भने अन्नपूर्ण होटलले सवारी करबाहेक अन्य सबै शीर्षकका कर तिरेको छ । ठूला होटलले नियमित रुपमा कर बुझाउने हो भने प्रति होटल वार्षिक रु १० लाखदेखि रु १२ लाखसम्म कर तिर्नुपर्ने हुन्छ । समयमा कर नबुझाउनेलाई महानगरपालिकाले स्थानीय स्वायत्तशासन ऐन, २०५५ को दफा १६५ ९२० बमोजिम चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्नेलगायतका कारबाही गर्न सक्नेछ ।

    ]]>
    11167 0 0 0
    तीन महिने नानी बोकेर इँटा बनाउँदै http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a5%87-%e0%a4%a8%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%ac%e0%a5%8b%e0%a4%95%e0%a5%87%e0%a4%b0-%e0%a4%87%e0%a4%81%e0%a4%9f%e0%a4%be/ Tue, 26 Apr 2016 14:00:44 +0000 http://www.ghumphir.com.np/?p=11169

    लक्ष्मी गारु  भक्तपुर, १४ वैशाख । नाम ः अस्मिता तामाङ, वर्ष ः १८, काखमा तीन महिनाको नानी, काम ः इँटा बनाउने । भक्तपुर सुडालस्थित बिएम इँटाभट्टामा कार्यरत एक महिलाको सामान्य परिचय हो यो । काभ्रेको तिमाल गाउँकी अस्मिता सो इँटा उद्योगमा काम गर्न आउँदा पाँच महिनाको गर्भवती थिइन् । गत माघमा भट्टाको झ्याउलीमा नै सुत्केरी भएकी अस्मिता सुत्केरी भएको महिना दिन ननाघ्दै इँटा बनाउने काममा फर्कनुपरेको बताउनुहुन्छ । झ्याउलीमा पुग्दा उनी हातमा लागेको माटोसमेत सफा नगरी आफ्नो नानीलाई दूध खुवाउने तयारी गर्दै हुनुहुन्थ्यो । काम गर्ने बेला नानीलाई तरकारी, गोलभेँडा राख्ने क्रेटमा सुताएर राख्ने गरेको अस्मिताले बताइन । लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा गाउँकै कान्छा तामाङसँग विवाह गरेकी उनले रहर हुँदाहुँदै पनि पढ्न पाइनन् । पुख्र्यौली सम्पत्तिका रुपमा रहेको पाखोबारीले वर्षमा छ महिना पनि खान नपुग्ने भएपछि इँटाभट्टामा काम गर्न आएको उनको भनाइ छ । इँटा बनाउने काममा ज्याला बढी तथा आवश्यक पर्दा सजिलै पेस्की पाइने भएकाले इँटा बनाउने काम रोजेको उनको भनाइ छ । इँटा उद्योगले नाइकेमार्फत भट्टाको मौसम सुरु हुनुअगावै मजदुरलाई आवश्यक रकम पेस्की स्वरुप प्रदान गर्छ । एक मौसममा अनुमानित कति इँटा बनाउने हो त्यसैका आधारमा नाइकेले मजदुरसँग सम्झौता गरी लाखौँ रकम पेस्की बाँड्ने प्रचलन इँटा उद्योगमा रहेको पाइन्छ । मजदुरले यसैको फाइदा उठाउँदै सुरुवातमै घरका लागि आवश्यक रकम पेस्की लिने र पछि भट्टामा इँटा बनाउने, बोक्नेलगायतका काम गरी फस्र्यौट गर्ने चलन छ । अस्मिताको परिवारले पनि विवाहमा लागेको ऋण तिर्न नाइकेमार्फत उद्योगसँग पेस्की लिएकाले बाध्य भएर पाँच महिनाको गर्भ लिएर इँटा बनाउने काममा आएकी उनको भनाइ छ । श्रीमान् श्रीमती मिलेर दिनमा दुई हजारदेखि दुई हजार ५०० सम्म इँटा बनाउने गरेका छन् । “भट्टाको धुलोमैलोका कारण बच्चा बिरामी भइरहन्छ” उनले सुनाइन । त्यसैगरी काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीकी मनकुमारी राना मगरको व्यथा पनि उस्तै छ । “दुई वर्षअघि रु तीन लाख ऋण काढेर बनाएको घर गत वर्षको भूकम्पले गल्र्यामगुर्लुम ढल्यो । ऋण तिर्नै प¥यो । त्यसैले नानी बोकेरै काम गरिरहेकी छु ।” पन्ध्र महिनाको छोरा पिठ्युँमा बोकेर इँटा बनाउँदै गरेकी मनकुमारीले भनिन् । भट्टामा शिशु स्याहार केन्द्र नहुँदा बच्चालाई धुलोमैलोमा हुर्काउनुपरेको उनको दुःखेसो छ । इँटा उद्योगमा काम गर्ने अधिकांश मजदुरले काममा आउनुअघि नै पेस्की लिएका हुन्छन् । एक मौसममा कति काम गर्ने हो सोअनुसारको अनुमानित रकम पेस्कीबापत लिएका हुन्छन् । रानामगर जोडीले पनि काममा आउनुअघि नै नाइकेसँग रु एक लाख पेस्की लिएका थिए । सोही पेस्की रकम कटाउन दिनरात मेहनत गरी काम गरिरहेका मनकुमारीको भनाइ छ । इँटा उद्योगमा केही वर्षअघिसम्म मजदुर आफैँले माटो काट्ने, मुछ्ने काम गर्नु पर्दथ्यो । तर अहिले प्रविधिले काममा केही सहजता ल्याएको रानामगरले बताउनुभयो । अहिले उद्योगले नै स्काभेटरमार्फत माटो काट्ने र मेसिनले माटो मुछेर दिने व्यवस्था गरेको रानामगरले जानकारी दिनुभयो । “इँटा बनाउन तयारी अवस्थाको माटो उद्योगले खलासम्म पु¥याइदिन्छ । हामी दुई श्रीमान्–श्रीमती मिलेर दिनमा दुई हजार ५०० सय वटासम्म इँटा बनाउन सकिन्छ” – उहाँले भन्नुभयो । एक हजार इँटा बनाएको ज्याला रु ९०० पाइन्छ । गत वर्ष सोही परिमाणमा इँटा बनाएबापत रु ८५० ज्याला निर्धारण गरिएको थियो ।

    ]]>
    11169 0 0 0
    बसुन्धरा पार्क बिषयमा अदालतबाट कुनै पनी फैसला नआएपनी भम्राक समचार फैलाईओ : बसुन्धरा पार्क बचाउ समिती http://localhost/ghum/%e0%a4%ac%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%ac%e0%a4%bf%e0%a4%b7%e0%a4%af%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%a6/ Tue, 26 Apr 2016 16:03:42 +0000 http://www.ghumphir.com.np/?p=11171 घुमफिर संवाददाता

    बसुन्धरा पार्क पोखराको बिषयमा अदालतबाट कुनै पनी फैसला नआएपनी अदालतले फैसाला सुनाएको भन्दै भम्राक समचार आएको भन्दै बसुन्धरा पार्क बचाउ समितीले त्यस्को खण्डन गरेको छ । पार्क बचाउ समितिका सदस्य एवं जग्गादात नरेश भट्टराईले भन्नुभयो अहिले जुन बसुन्धरा पार्कको बिषयमा समचार आएको छ , यो पुर्णरुपमा गलछ ।

    bashundhara park pokharaअदालतमा यो मुद्दा विचारधिन अवस्थामा रहकेो छ । यस्को  फैसला हुन बाकी रहेको अवस्थमामा यस्तो समचारले पोखराबासीलाई निकै मर्माहात बनाएको बताउनुभयो । सदस्य भट्टराईल्े भने यदी बसुन्धरा पार्क बाहेक अरु कुनै पनी गतिविधील पार्कको क्षेत्रमा गर्न नसीकीने बताए । त्यस्ता अर्का ब्यबसायी रेष्टुरेण्ट एण्ड बार रेबानका अध्यक्ष गोपी भट्टराईले भन्नुभयो बसन्धरा पार्क भनेको सबैको साझा सम्पती हो । यो क्षेत्रमा कुनै निजी कम्पनीलाई ब्यबसायीक प्रायोजनका लागी  दिन कल्पना समेत गर्न नसकीने बताए । यदी त्यस्तो अवस्था सिर्जना भएमा त्यस्को कडा प्रतिवाद गरिने समेत बताउनुभयो ।

    त्यस्तै पश्चिअन्चल होटल संघका अध्यक्ष भरत पराजुलीले भन्नुभयो बसुन्धरा पार्कमा पार्क बाहेक अरु कुनै पनी उदेश्यले प्रयोग हुन्छ भने आफु लगाएत आफ्नो सस्थाल कडा प्रतिवाद गर्ने बताउनुभयो ।

    बसुन्धरा पार्क बचाउ भन्दै कास्की जिल्लाका सभाषदहरुले समेत ऐक्यबद्ता जनाएको भट्टराईले बताउनुभयो  । उहाले भन्नुभयो सभाषप मात्र नभएर आमा समुह, मानवअधिकारकर्मी, विद्यार्थी, समाजसेवी तथा उद्योगि ब्यबसायीहरुले समेत बसुन्धरा पार्क बचाउ अभियानमा साथ दिनुका साथै बसुन्धारा पार्क बचाउ अभियान समेत संचालन गरेको बताउनुभयो । उहाले अदालतको फैसला अगावै यस्तो हल्ला चलाउनु दरीद्र मानसीक्ता समेत भएको बताउनुभयो ।

    ]]>
    11171 0 0 0
    अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो http://localhost/ghum/%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a4%a3%e0%a4%97%e0%a4%a2-%e0%a4%ae%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf/ Sat, 07 May 2016 01:37:20 +0000 http://www.ghumphir.com.np/?p=11177

    चितवन, २५ वैशाख । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै शुक्रबार साँझ अबेरबाट पहिरो र गाडी बिगँ्रदा अवरुद्ध बनेको सडक अहिले बिहान ६ बजेबाट दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार साँझ परेको पानीका कारण खहरे र कालीखोलाको बीच भागमा पहिरो खसेपछि राति ११ः५५ बजे सडक एकतर्फी खुलाइएको थियो । पुनः ढुङ्गा खसेपछि सडक आवागमन पूरै अवरुद्ध बनेकोमा केहीबेरको प्रयासपछि राति नै सडक खुलाइएको भए पनि बीच सडकमा गाडी बिग्रिएपछि सवारी आवागमन प्रभावित भएको थियो । बिग्रिएको गाडी हटाएपछि अहिले बिहानबाट सडक दुईततर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । साँझबाटै सडक अवरुद्ध बनेपछि छ किलोमिटरभन्दा लामो सवारीसाधनको दुईतर्फी लाम लागेको थियो । सडक बिग्रिएको क्षेत्र मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ । पछिल्लो समय सो सडक तीव्र गतिमा विस्तार कार्य भइरहेकाले पटकपटक सडक अवरुद्ध हुने गरेको छ । बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकेर काम हँुदै आएको छ ।

    ]]>
    11177 0 0 0
    वन्यजन्तु अपराधमा संलग्न २५५ जना कारबाहीमा http://localhost/ghum/%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%85%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%a7%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b2%e0%a4%97%e0%a5%8d%e0%a4%a8/ Sat, 07 May 2016 01:40:26 +0000 http://www.ghumphir.com.np/?p=11179

    रत्ननगर ९चितवन०, २५ वैशाख । चितवन राष्ट्रिय निकुञ्जले गएको छ वर्षको अन्तरालमा वन्यजन्तु अपराधमा संलग्न २५५ जनालाई कारबाही गरेको छ । यसमध्ये सबैभन्दा बढी दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनु महत्वपूर्ण उपलब्धि भएको निकुञ्जले जनाएको छ । बाइस वटा गैँडाको खाग बिक्री व्यवसायमा संलग्न व्यक्ति चितवन कोराकका ३१ वर्षीय राजकुमार प्रजालाई कानुनी दायरामा ल्याएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । उनी नै अहिलेसम्मको सबैभन्दा ठूलो अपराधी रहेको देखिएको निकुञ्जले जनाएको छ । त्यसपछि भने अपराधका घटना बन्द भएको र लगातार ७०० दिनभन्दा बढी निकुञ्जमा शून्य चोरी सिकार हुनु महत्वपूर्ण हो । प्रजाले आफूले २० वटा गैँडा मारेर खाग बेचेको, दुई वटा अरुले नै मारेको गैँडाको खाग बेचेको र पाँच वटा गैँडालाई मार्ने प्रयास गरी घाइते बनाएको यसअघि नै स्वीकार गरेका छन् । अशिक्षाका कारण आफू गैँडा मार्नमा सक्रिए भएको उनको भनाइ उद्धृत गर्दै निकुञ्जले जनाएको छ । उनलाई इन्टरपोलको माध्यामबाट मलेसियामा पक्राउ गरी ल्याइएको थियो । देशको विषम परिस्थितिको समयमा एकै वर्ष ३७ वटासम्म गैँडा मारिएको तथ्याङ्क जानकारी दिँदै अर्यालले अहिले भने लगातार दुई वर्षसम्म शून्य चोरी सिकार मनाउन सफल हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । यो उपलब्धि निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीयवासी तथा संरक्षणकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा प्रहरी ब्युरो तथा स्थानीय प्रशासन र वन्यजन्तु अपराध नियन्त्रण एकाइको भूमिका महत्वपूर्ण रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलको भनाइ छ ।

    ]]>
    11179 0 0 0
    अन्तर्राष्ट्रिय विमानस्थलमा दुई बेल्ट थपिए http://localhost/ghum/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b8%e0%a5%8d/ Sat, 07 May 2016 01:47:38 +0000 http://www.ghumphir.com.np/?p=11181 11181 0 0 0 “विदेशमा सीप सिकेर देश निर्माणमा खर्चनोस्” http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%80%e0%a4%aa-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%b0-%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%a8%e0%a4%bf/ Sat, 07 May 2016 01:52:44 +0000 http://www.ghumphir.com.np/?p=11183

    टोकियो, २५ वैशाख । नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले विदेशीको इसारामा लागेर काँग्रेसका नेताले साना तथा ठूला दलका केही नेतालाई उचालेर राष्ट्रिय सहमति भाँड्न खोजेको आरोप लगाउनुभएको छ । एमालेको भ्रातृ सङ्गठन प्रवासी नेपाली मञ्च जापानको आयोजनामा युवा प्रशिक्षण तथा क्षेत्रीय अधिवेशनका लागि यहाँ आउनुभएका गुरुङले नेपाली काँग्रेसका सभापति देउवाले राष्ट्रिय सहमति भाँड्ने र आफूले नेतृत्व लिन चाहेको तर पूर्ण हुन नसकेको विचार व्यक्त गर्नुभयो । युवाहरुलाई लक्ष्य गर्दै अर्काे प्रसङ्गमा उहाँले भन्नुभयो–“आफ्नो घर मात्र होइन, समाज विकासमा योगदान गर्नोस्, विदेशमा कमाएर मात्रै होइन, सीप सिकेर देश निर्माणमा खर्चनोस् ।” टोकियोबाट बाहिरिनुभएपछि हानेदा अन्तर्राष्ट्रिय विमानास्थलमा एमाले कार्यकर्तालाई निर्देशन दिँदै उहाँले विदेशमा राजनीति नदेखाउन र सीप सिक्न आग्रह गरेको मञ्चका महासचिव राजकुमार लामिछानेले जानकारी दिनुभयो । जापान बसाइका क्रममा नेता गुरुङले टोयोटा सहरको क्षेत्रीय अधिवेशन सकाएर टोकियोका भिन्दाभिन्दै ठाउँमा प्रशिक्षण दिनुभएको थियो । नेता गुरुङ आजै स्वदेश फर्किनुभएको छ ।

    ]]>
    11183 0 0 0
    नुनखानी उत्खनन भएन http://localhost/ghum/%e0%a4%a8%e0%a5%81%e0%a4%a8%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%96%e0%a4%a8%e0%a4%a8-%e0%a4%ad%e0%a4%8f%e0%a4%a8/ Sat, 07 May 2016 02:08:25 +0000 http://www.ghumphir.com.np/?p=11185

    बेनी (म्याग्दी), २५ वैशाख । उत्तरी म्याग्दीको शिख गाविसस्थित तातोपानी कुण्ड आसपासमा फेला परेको नुनखानी उत्खनन हुन सकेको छैन । नुनखानीको सम्भावना रहेको सरकारी निकायले पुष्टि गरेको लामो समय बितिसक्दा पनि उत्खननमा भने चासो नदिएको स्थानीयको गुनासो छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा नुनिलो पानीको मुहान भेटिएपछि त्यसको अनुसन्धानमा स्थानीयले लामो समयदेखि प्रयास गरे पनि राज्यका निकायबाट भने खासै चासो दिइएको छैन । चार वर्षअघि म्याग्दीका स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माको नेतृत्वमा इन्जिनियर र भूगर्भविद् संलग्न एक टोलीले निरीक्षण गरी नुुनखानी रहेको पुष्टि गरेको थियो । यहाँको पानीको स्वाद नुन हालेको जस्तो भेटिएपछि खानी तथा भूर्गभ विभागमार्फत अनुसन्धान गरिएको तर थप कार्य अघि नबढेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानीको मुहान तथा आसपासको जग्गामा सेताम्मे नुनजस्तै पदार्थ देखिएपछि आसपासमा कुण्डसमेत बनाएको छ । तातोपानी कुण्डको अवलोकनका लागि जिल्ला तथा केन्द्रबाट गएकाले समेत उत्खननका लागि आश्वासन दिएपछि पूरा नभएको समाजसेवी बागवीर पाइजाको भनाइ छ ।

    ]]>
    11185 0 0 0
    जापानको लोकप्रिय तोयोकाराग्गे (जापानीज फ्राइड चिकेन) संचालनमा http://localhost/ghum/%e0%a4%9c%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%a4%e0%a5%8b%e0%a4%af%e0%a5%8b%e0%a4%95%e0%a4%be%e0%a4%b0/ Sat, 07 May 2016 02:15:07 +0000 http://www.ghumphir.com.np/?p=11187  वैशाख, काठमाडौं । जापानको प्रतिष्ठित र लोकप्रिय तोयोकाराग्गे (जापानीज फ्राइड चिकेन)को चौथो आउटलेट बुधबारबाट दरबारमार्गस्थित शेर्पा मल परिसरमा संचालनमा आएको छ ।

    नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शाखाको उदघाटन गरे । रेष्टुरेन्ट ब्यवसायमा ख्याती कमाइसकेका क्याफेरिनाका सञ्चालक किशोर पाण्डेको सहकार्यमा तोकाराग्गे महाराजगञ्ज शाखाको समेत लगानीमा नयाँ शाखा संचालनमा आएको हो ।

    जापानमा ३० वटाभन्दा बढी रेष्टुरेन्ट सञ्चालन गर्दै आएको तोयोकाराग्गेका अन्य थुप्रै मुलुकमा शाखा सञ्जाल छन् ।

    नेपालका लागि जापानीज फ्राइड चिकेनको आधिकारीक विक्रेता जेएफसी नेपाल प्रालिका अध्यक्ष विनय उपाध्यायका अनुसार पछिल्लो समयमा नेपालमा पनि जापानीज फ्राइड चिकेनको लोकप्रियता र माग बढिरहेको छ ।

    Toyo-Karagge,-Darbarmarg-5

    तोयोकाराग्गे जापानले पठाएको मापदण्डअनुसार नै चिकेनका बिभिन्न परिकार प्रस्तुत गर्ने यो रेष्टुरेन्टमा स्थानीय चिकेन नै प्रयोग हुने भए पनि यसका अन्य मरमसला एवं स्वादहरु भने जापानबाटै आउँछन् ।

    यसअघि काठमाडौंको थापाथली ट्रेड टावर, महाराजगञ्ज र भाटभटेनीमा गरी तीन स्थानमा जापानीज फ्राइड चिकेनको आउटलेट खुलिसकेको छ ।

    तोयोकाराग्गेको दरबारमार्ग आउटलेटमा एकैपटक तीन सय ब्यक्तिलाई आतिथ्यता प्रदान गर्नसक्ने क्षमता रहेको छ ।

    Toyo-Karagge,-Darbarmarg-1

    Toyo-Karagge,-Darbarmarg-3

    Toyo-Karagge,-Darbarmarg

    Toyo-Karagge,-Darbarmarg-4

    Japanese-Fried-Chicken-at-Darbarmarg

    ]]>
    11187 0 0 0
    मधेसी दलहरूको गठबन्धनभित्रै विवाद http://localhost/ghum/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8%e0%a5%80-%e0%a4%a6%e0%a4%b2%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a4%a0%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%ad%e0%a4%bf%e0%a4%a4/ Sat, 07 May 2016 02:33:04 +0000 http://www.ghumphir.com.np/?p=11190 २५ वैशाख, काठमाडौं ।आन्दोलन सशक्त बनाउन मधेसी दलहरूले गठन गरेको संघीय गठबन्धनमा विवाद भएको छ। मधेसी मोर्चाको नेतृत्वमा आन्दोलन गर्ने कि संघीय गठबन्धनको नेतृत्वमा भन्नेमा विवाद भएको हो। नयाँ पत्रिका दैनिमा समाचार छ।
    मधेसी मोर्चालाई छायामा पार्ने गरी मधेसी नेताहरूले संघीय गठबन्धन बनाएका थिए। संघीय समाजवादी फोरम, तमलोपा, फोरम गणतान्त्रिक, सद्भावना पार्टी, सद्भावना नेपाल, तमसपा र राष्ट्रिय मधेस समाजवादी पार्टी मोर्चामा थिए। पछि २० वटा विभिन्न क्षेत्रीय दललाई समेटेर संघीय गठबन्धन बनाइएको थियो।
    तर, अहिले आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने विषयमा उठेको विवाद सतहमै देखिएको छ। संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले गठबन्धनमा विवाद नभएको दाबी गरे। ‘विवाद त्यस्तो केही भएको छैन, बाहिर हल्ला बढी भएको हो,’ श्रेष्ठले भने। चार दलद्वारा बैठक बहिष्कार संघीय गठबन्धनको शुक्रबार बसेको बैठक चार मधेसी दलले बहिष्कार गरेका छन्।
    तमलोपा, सद्भावना पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी बैठकमा नगएका हुन्। महाधिवेशनको तयारीमा लागेको भन्दै तमलोपाका नेताहरू बैठकमा सहभागी भएनन्।
    तर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सहअध्यक्ष लक्ष्मणलाल कर्ण र महामन्त्री मनीष सुमन काठमाडौंमै भएर पनि बैठकमा गएनन्। ‘सिंहदरबार घेराउ कार्यक्रमबारे पार्टीभित्र छलफल थियो, त्यसैले गठबन्धनको बैठकमा नगएको हो,’सुमनले भने। २ जेठका लागि गठबन्धनले सिंहदरबार घेराउ कार्यक्रम तय गरेको छ।
    ]]>
    11190 0 0 0
    ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने http://localhost/ghum/%e0%a4%a0%e0%a5%82%e0%a4%b2%e0%a4%be-%e0%a4%94%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%b8%e0%a5%8d/ Sun, 08 May 2016 14:24:36 +0000 http://www.ghumphir.com.np/?p=11192

    काठमाडौँ, २६ वैशाख । सरकारले औद्योगिक पूर्वाधारका लागि प्रत्येक प्रदेशमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी कम्तीमा एक ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने कार्य यसै आवदेखि सुरु गर्ने भएको छ । आज व्यवस्थापिका–संसद्मा प्रस्तुत आगामी आव २०७३÷७४ को सरकारको नीति तथा कार्यक्रममा आर्थिक रूपान्तरणका लागि प्रतिस्पर्धी एवम् दिगो औद्योगिक विकास कार्य अघि बढाइने उल्लेख छ । औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माण तथा सञ्चालनमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न नीतिगत, कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाइने छ । औद्योगिक उत्पादनको दृष्टिले उपयुक्त भएका उद्योगमा पूर्वाधारका रुपमा सडक र विद्युत् प्रसारण लाइन निर्माण गर्ने कार्यलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । यसैगरी प्रतिस्पर्धी र तुलनात्मक लाभ हुने निकासीजन्य वस्तुको विकास र बजार विविधीकरण गरी विश्व बजारमा निर्यात गर्न वाणिज्य नीति, २०७२ र नेपाल एकीकृत व्यापार रणनीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ । नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय बजारको सम्भावना बढ्दै गएको तयारी पोसाक उद्योगको विकास र विस्तार गर्न सिमरामा दुई वर्षभित्र सबै पूर्वाधार पु¥याउने गरी विशेष आर्थिक क्षेत्र निर्माण कार्य अघि बढाइने तथा निर्यात प्रवद्र्धनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारको तर्फबाट उपलब्ध गराउने सेवा सुविधालाई प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।

    ]]>
    11192 0 0 0
    आगामी पाँच वर्ष विकासको वर्ष http://localhost/ghum/%e0%a4%86%e0%a4%97%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%b5/ Sun, 08 May 2016 14:25:51 +0000 http://www.ghumphir.com.np/?p=11194

    काठमाडौँ, २६ वैशाख । सरकारले आगामी आर्थिक वर्ष समृद्धितर्पmको प्रस्थान वर्ष हुने र पाँच वर्ष विकासको अवधि हुने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आव २०७३÷०४ को नीति तथा कार्यक्रममा आगामी १० वर्ष समृद्धिको खुट्किला उक्लिने वर्ष हुने उल्लेख छ । नेपाललाई छिट्टै अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने र आगामी १५ वर्षभित्र मध्यम आय भएका मुलुकको वर्गमा पुग्नेतर्पm सरकारले अठोट गरेको छ । सरकारले संयुक्त राष्ट्रसङ्घद्वारा अनुमोदित दीर्घकालीन विकासका लक्ष्यलाई योजना तथा वार्षिक कार्यक्रममा समावेश गर्ने उल्लेख गर्दै सन् २०३० सम्मको विकासका लक्ष्य तथा रणनीति तय गर्ने जनाएको छ । वित्तीय क्षेत्रको स्थायित्व हासिल गर्दै आर्थिक वृद्धिलाई सघाउ पुग्ने गरी वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनमा ल्याइने र वित्तीय साधन, स्रोतलाई कृषि, ऊर्जा, पर्यटन र भौतिक पूर्वाधारका क्षेत्रमा परिचालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले वित्तीय सेवामा सबैको पहुँच सुनिश्चित गर्न सरकारको प्रोत्साहनमा सबै नेपालीको बैंक खाता हुने व्यवस्था गर्ने र वित्तीय साक्षरता कार्यलाई प्रभावकारी तुल्याउने भएको छ । “पुँजी बजारलाई देशको आर्थिक विकासको महत्वपूर्ण संयन्त्रका रूपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बचत तथा लगानीलाई आकर्षित गर्न आधुनिक र विश्वसनीय पुँजी बजारको विकास गरिनेछ”– नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै सङ्घीय एवम् प्रादेशिक संरचना अनुकूल हुनेगरी वित्तीय संस्थाको सञ्चालन व्यवस्था मिलाउने भएको छ । निजी क्षेत्रको सहभागितामा भौतिक पूर्वाधारको विकास गर्न सार्वजनिक निजी साझेदारीका लागि आवश्यक कानुनी व्यवस्था गर्ने र पूर्वाधार विकास बैंकको स्थापना गरी ठूला आयोजना सञ्चालन गर्न आवश्यक पर्ने लगानी सुनिश्चित गरिनेछ । सामाजिक उत्तरदायित्वसहितको कुशल, प्रतिस्पर्धी निजी क्षेत्रको प्रवद्र्धनार्थ सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने र निजी क्षेत्रलाई आर्थिक वृद्धि, पूर्वाधार निर्माणको सहयात्री, रोजगारी सिर्जना र राजस्वमा योगदान गर्ने मुख्य संवाहकका रूपमा विकास गर्ने भएको छ । स्थानीयस्तरमा समुदायमा रहेको साधन, स्रोतको सङ्गठित रूपमा परिचालन गरी सामाजिक रूपान्तरण र समन्यायिक आर्थिक वृद्धिमार्फत समुदायको सशक्तीकरण गर्न सहकारी अभियानलाई अघि बढाउनेमा सरकारको जोड रहेको छ ।

    ]]>
    11194 0 0 0
    एनसेलद्वारा अग्रिम कर दाखिला http://localhost/ghum/%e0%a4%8f%e0%a4%a8%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%85%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae-%e0%a4%95%e0%a4%b0-%e0%a4%a6%e0%a4%be/ Sun, 08 May 2016 14:29:17 +0000 http://www.ghumphir.com.np/?p=11196

    काठमाडौँ, २६ वैशाख । निजी क्षेत्रको ठूलो दूरसञ्चार प्रदायक कम्पनी एनसेलले सेयर बिक्री गर्दा भएको लाभको १५ प्रतिशत रकम आज दाखिला गरेको छ । एनसेलले टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्स् एसले रेनल्ड्स् होल्डिङ्स् लिमिटेड (रेनल्ड्स्) को सेयर बिक्री गर्दा भएको लाभको १५ प्रतिशत रकम दाखिला गरेको हो । एनसेलले ठूला करदाता कार्यालय ललितपुरको निर्देशनपछि रु नौ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० दाखिला गरेको कार्यालयका प्रमुख शोभाकान्त पौडेलले जानकारी दिनुभयो । अग्रिम कर दाखिला गर्दै गर्दा सम्पूर्ण कारोबारमा एनसेलको कुनै संलग्नता नरहेको र कारोबारको दौरानमा एनसेलले न त कुनै भुक्तानी दिएको न त प्राप्त गरेको विज्ञप्तिमार्फत एनसेलले स्पष्ट पारेको छ । “सेयर बिक्रीको दौरान लाभ भएको छ भने लाभकरको हिसाब गरी त्यसको जानकारी दिने दायित्व सेयर बिक्रेताको रहेता पनि एनसेलले रेनल्ड्स्को पूर्व लगानीकर्ताका तर्फबाट अग्रिम कर दाखिल गर्न कदम चालेको हो”–विज्ञप्तिमा उल्लेख छ । एनसेलले आफ्ना एक करोड ३० लाखभन्दा बढी ग्राहक तथा तिनका परिवारको जीवन र जीवनयापनमा बहुआयामिक लाभ प्रदान गर्न थप कटिबद्ध रहेको जनाएको छ । एनसेल आव २०६९÷७० र २०७०÷७१ मा नेपालकै सबैभन्दा ठूलो करदाता कम्पनीका रुपमा रहेको थियो ।

    ]]>
    11196 0 0 0
    निकुञ्जको जग्गा मिचेर होटल http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%97%e0%a5%8d%e0%a4%97%e0%a4%be-%e0%a4%ae%e0%a4%bf%e0%a4%9a%e0%a5%87%e0%a4%b0-%e0%a4%b9%e0%a5%8b/ Sun, 08 May 2016 14:31:24 +0000 http://www.ghumphir.com.np/?p=11198

    पूर्णप्रसाद मिश्र चिसापानी (काठमाडौँ), २६ वैशाख । काठमाडौँ, सिन्धुपाल्चोक र नुवाकोटको सङ्गमस्थलमा रहेको पर्यटकीयस्थल चिसापानीमा गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि सार्वजनिक जग्गा मिचेर ‘रिसोर्ट’ खोल्ने क्रम बढेको छ । चिसापानी काठमाडौँको गोकर्णेश्वर नगरपालिका, सिन्धुपाल्चोकको हैबुङ गाविस र नुवाकोटको तलाखु गाविसको सीमासँग जोडिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्छ । यो बाटो भएरै विदेशी पर्यटक गोसाइँकुण्ड, लाङटाङ, पाँचपोखरी, मेलम्ची, नगरकोट, भोटेचौर चियाबगान र हेलम्बु लगायत पर्यटकीयस्थलमा पदयात्राम जाने भएकाले यहाँ होटल एवम् रिसोर्ट व्यवसाय फस्टाएको छ । काठमाडौँ उपत्यकाबाट नजिक भएकाले आन्तरिक र बाह्य दुवै थरिका पर्यटक जाने चिसापानीमा गत वर्ष वैशाख १२ गतेको भूकम्पले सबै होटल र रिसोर्ट भत्केका थिए । भत्केका होटल र रिसोर्ट बनाउने क्रममा निकुञ्जको जग्गा समेत मिचेर संरचना बनाउन सुरु गरिएको निकुञ्ज कार्यालय बुढानीलकण्ठले जनाएको छ । कार्यालयका अनुसार नुवाकोटको तलाखु गाविस क्षेत्रमा बनेका होटल र रिसोर्टले बढी सार्वजनिक एवम् निकुञ्जको जग्गा अतिक्रमण गरेका छन् । “तलाखु गाविस–१ को होटल दर्पण, चिसापानी माउन्टेन भ्यु, गोल्डेन सनराइज भ्यु, होटल ग्यालेक्सी, अहिले छाप्रोमा सञ्चालन भइरहेको होटल अन्नपूर्ण, होटल प्याराडाइज, होटल बिबिसी र अन्य ३० वटा छाप्रामा सञ्चालित साना होटलले निकुञ्ज मध्यवर्ती क्षेत्रको जग्गा अतिक्रमण गरेका छन्”– कार्यालय प्रमुख कमलजङ्ग कुँवरले रासससँग भन्नुभयो । सिन्धुपाल्चोक, हैबुङ गाविसपट्टिको भागमा पूर्ण तामाङको रिसोर्टले पनि निकुञ्ज मध्यवर्ती क्षेत्रको जग्गा मिचेको छ । वरिपरिका डाँडा देखिने रमणीय अग्लो स्थानमा रहेको चिसापानी सिन्धुपाल्चोकको हैबुङ, थकनी र नुवाकोटको तलाखु गाविसको बिसौनी, तलाखे, बतासे लगायत दुई हजार भन्दा बढी घरधुरीको पानीको स्रोत भएको स्थान पनि हो । सरकारले गत चैत १५ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर यस क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरेको निकुञ्ज कार्यालयका रेञ्जर लव गुरागाईँले बताउनुभयो । चिसापानी बजारमा निकुञ्ज र सार्वजनिक जग्गा मिच्नेले पानीको मुहान समेत फोहर गर्न थालेपछि तलाखु र हैबुङका युवाले एक जुट भएर सोविरुद्ध अभियान सुरु गरेका छन् । स्थानीय अभियानकर्मी सन्दीप लामा प्राकृतिक स्रोतसाधन कब्जा गर्ने र सार्वजनिक एवम् निकुञ्जको संरक्षित जग्गा मिच्ने काममा भूमाफिया लागेकाले त्यसका विरुद्ध दुवै जिल्लाको सीमा जोडिएका गाउँका युवा हातेमालो गरेर लागेको बताउनुहुन्छ । “भूमाफियाले सार्वजनिक जग्गा मिच्नुका साथै निकुञ्जको जङ्गल समेत मासेका छन्, निकुञ्ज कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर होटल एवम् रिसोर्ट नचलाउन र चलाइरहेका यस्ता संरचना ३५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना टाँस गर्दा पनि अटेर गरी राति संरचना बनाइरहेका छन्”–उहाँले भन्नुभयो । गत वैशाख ५ गते निकुञ्ज कार्यालयले सार्वजनिक जग्गा मिचेर बनाएको संरचना ३५ दिनभित्र हटाउन सार्वजनिक सूचना प्रकाशन गरेको थियो । दुई जिल्लामा गरी १५० रोपनीभन्दा बढी जग्गा मिचिएको सार्वजनिक जग्गा मिचाहाविरुद्धका अभियानमा लाग्नुभएका युवक राजेन्द्र तामाङ बताउनुहुन्छ । “एक आना जग्गाको भाउ यहाँ रु पाँच लाख पुगेको छ, यहाँ चलेको भाउले हिसाब गर्ने हो भने पनि १५० आना जग्गाको रु एक करोडभन्दा बढी मूल्यको भूमी भूमाफियाले अतिक्रमण गरेका छन्, निकुञ्जभित्रको करोडौँको काठ समेत यो समूहले बेचेको छ”–उहाँले भन्नुभयो । निकुञ्जको जग्गा मिचेर पर्यटकलाई खाना र बास बसाउन होटल एवम् रिसोर्ट बनाउन थालेपछि जग्गा मिच्नेकै परिवार समेत यसविरुद्धको अभियानमा उत्रन थालेका छन् । त्यस्तैमध्येका एक हुनुहुन्छ होटल सञ्चालक निरञ्जन केसी । “गलत काम जोसुकैले गरे पनि त्यसको विरुद्धमा उत्रनुपर्छ, परिवारले गरेको कालो काम सेतो हुन सक्दैन, यसैले म सार्वजनिक जग्गा मिच्ने मेरा दाजुभाइलाई पनि यसो नगरौँ भनिरहेको छु, यसरी जग्गा मिच्ने हो भने सार्वजनिक धारा, मरणघाट र चिहान पनि रहँदैन”–उहाँले भन्नुभयो । चिसापानीका ६० प्रतिशत होटल र रिसोर्ट सार्वजनिक जग्गामा सञ्चालन भइरहेको पनि होटल व्यवसायी केसीको भनाइ छ । चालिस प्रतिशत होटल मात्र लालपुर्जा भएको जग्गामा चलेको स्थानीयवासीले बताएका छन् । भूकम्पपछि अचाक्ली गरेर एउटैले दसौँ रोपनी निकुञ्ज मध्यवर्ती क्षेत्रको जग्गा हडप्न थालेपछि स्थानीयवासी विरोधमा उत्रेका हुन् । सबैभन्दा बढी जग्गा मिचेको आरोप लागेका होटल माउन्टेन भ्युका सञ्चालक विजय केसीसँग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन । सार्वजनिक जग्गा र निकुञ्ज जोगाउने अभियानमा लागेका युवाले व्यवस्थापिका–संसद्, वातावरण संरक्षण समिति, वन तथा भू संरक्षण मन्त्रालय, सिन्धुपाल्चोक र नुवाकोट जिल्लाका जिल्लास्थित सम्बन्धित कार्यालयलाई ज्ञापनपत्र पनि बुझाउने तयारी गरेका छन् ।

    ]]>
    11198 0 0 0
    पर्यटकको आगमन बढ्दो http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%97%e0%a4%ae%e0%a4%a8-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%a6%e0%a5%8b/ Sun, 08 May 2016 14:32:54 +0000 http://www.ghumphir.com.np/?p=11200

    धुन्चे (रसुवा), २६ वैशाख । पर्यटकीय क्षेत्र लाङटाङ–गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार गत साउनदेखि चैत मसान्तसम्म तीन हजार ४१९ पर्यटकले लाङटाङ–गोसाइँकुण्ड क्षेत्रको भ्रमण गरेका छन् । सार्कराष्ट्रका ४१ र अन्य देशका तीन हजार ३७८ जनाले भ्रमण गरेका उक्त निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । पर्यटकले लाङटाङ निकुञ्जमा भ्रमण गर्दा आगमन शुल्कवापत सार्कराष्ट्रका नागरिकबाट रु ६१ हजार ५०० तथा अन्य देशका नागरिकबाट रु एक करोड एक लाख ३४ हजार राजस्व सङ्कलन भएको छ । वातावरण सहज हुँदै गएपछि यहाँ पर्यटकको अगमन बढ्दै गएको छ ।

    ]]>
    11200 0 0 0
    प्रत्येक प्रदेशमा नमुना सांस्कृतिक ग्राम http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%87%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%ae%e0%a5%81%e0%a4%a8%e0%a4%be/ Sun, 08 May 2016 14:35:45 +0000 http://www.ghumphir.com.np/?p=11202

    काठमाडौँ, २६ वैशाख । सरकारले प्रत्येक प्रदेशमा एक÷एकवटा नमुना शान्ति तथा सांस्कृतिक ग्राम स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आव २०७३÷७४ को नीति तथा कार्यक्रममा मुलुकमा दिगो शान्ति र विकासका लागि ती ग्राम स्थापना गर्न लागेको उल्लेख छ । new-map nepalमुलुकको सांस्कृतिक विविधताको संरक्षण र प्रवद्र्धन गर्दै विभिन्न जातजाति तथा भाषाभाषीको रहनसहन, रीतिरिवाज, भाषा, साहित्य र परम्परासमेत झल्कने गरी काठमाडौँ उपत्यकामा राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिनेछ । पूर्ण धार्मिक समानता र स्वतन्त्रता कायम राख्नका लागि परम्परादेखि कायम रहेको सनातन धर्म र संस्कृतिको संरक्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नारायणहिटी सङ्ग्रहालयलाई नेपालको ऐतिहासिक सङ्ग्रहालयका रुपमा विकास गरिने नीति तथा कार्यक्रममा समावेश छ ।

    ]]>
    11202 0 0 0
    यी हुन् सरकारले पर्यटन प्रवद्र्धन गर्न ल्याएका रणनीतिक योजना http://localhost/ghum/%e0%a4%af%e0%a5%80-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d/ Sun, 08 May 2016 14:42:04 +0000 http://www.ghumphir.com.np/?p=11204

    काठमाडौँ, २६ वैशाख । भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि सरकारले रणनीतिक योजना अघि सारेको छ । सन् २०१८ लाई ‘पर्यटन भ्रमण वर्ष’का रुपमा घोषणा गर्दै सरकारले १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको हो । व्यवस्थापिका–संसद्मा प्रस्तुत आव २०७३÷०७४ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले आगामी सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र छिमेकी मुलुकबाट बढी पर्यटक भित्र्याउन आवश्यक रणनीति तय गर्ने जनाएको छ । सन् २०१८ मा दश लाख विदेशी पर्यटक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास तथा १० वर्षे राष्ट्रिय रणनीतिक पर्यटन योजनाको कार्यान्वयन गर्दै छिमेकी मुलुकबाट बढी पर्यटक भित्र्याउन प्रवद्र्धनात्मक कार्यक्रमको घोषणा गर्नुभएको छ । यसअघि सरकारले सन् १९९८ लाई भ्रमण वर्ष, सन् २०११ लाई नेपाल पर्यटन वर्ष घोषणा गरी विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरेको थियो । जसका कारण विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थियो । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् १९९८ मा चार लाख ६३ हजार ६८४ पर्यटक नेपाल आएका थिए । सन् २०११ मा सात लाख ३६ हजार २१५ पर्यटक आएका थिए । त्यस्तै सन् २०१२ मा सबैभन्दा बढी आठ लाख तीन हजार ९२ पर्यटक आएका थिए । सन् २०१३ मा सात लाख ९६ हजार, सन् २०१४ सात लाख ९० हजार ११८ विदेशी पर्यटक आएका थिए । अध्यागमन विभागको विवरणअनुसार सन् २०१५ मा पाँच लाख ९४ हजार ७४७ विदेशी पर्यटक आएका थिए । विसं २०७१ लाई आन्तरिक भ्रमण वर्षका रुपमा मनाई आन्तरिक पर्यटन प्रवद्र्धन गरी प्रत्येक प्रदेशमा कम्तीमा एक स्थललाई केन्द्रबिन्दु मानी पर्यटकीय क्षेत्र र गन्तव्यको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै प्रत्येक प्रदेशमा ऐतिहासिक क्षेत्रलाई संरक्षण गर्न एक प्रदेश एक सङ्ग्रहालयको व्यवस्था गरिने जनाइएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्न ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने नीति लिएको सरकारले पदयात्रा पर्यटन प्रवद्र्धनका लागि गन्तव्य पहिचान र पर्यटकीय सेवा विस्तार गर्ने तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन मौसमी सूचना प्रणालीको विकास गर्ने योजना छ । सगरमाथा र अन्नपूर्ण क्षेत्रमा एकीकृत उद्धार केन्द्र निर्माणको कार्य सुरु गरिनेछ । बुद्ध जन्मेको पवित्र तीर्थस्थल लुम्बिनी, पर्यटकीय स्थल पोखरा, नेपालकै होचो भू–भाग केचना र संसारकै अग्लो बुद्धको मूर्ति स्थापना हुने दमकलाई अन्तर्राष्ट्रिय बुद्ध वृत्तसँग जोडिने योजना ल्याएको छ । सरकारले हवाई यातायातलाई ग्रामीण तहसम्म बिस्तार गर्ने उद्देश्यसहित थप विमानस्थल निर्माण गर्ने र सञ्चालनमा नआएका विमानस्थललाई सञ्चालनमा ल्याउने जनाएको छ । प्रत्येक नगर–गाविसमा हलिप्याड सरकारले दुर्गम क्षेत्रका गाउँलाई प्राथमिकतामा राखी क्रमशः सबै नगर–गाविसमा हेलिप्याड निर्माण गर्ने भएको छ । प्रत्येक प्रदेश, एक प्रादेशिक अन्तर्राष्ट्रिय विमानस्थलको अवधारणाअनुरुप निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने जनाएको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिई निर्धारित समयमा पूरा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जग्गाप्राप्ति तथा सीमाङ्कनको कार्य सम्पन्न गरी निर्माण कार्य सुरु गरिने जनाइएको छ । नेपालको हवाई उड्डयनलाई थप सुरक्षित बनाउन अन्तर्राष्ट्रिय मापदण्डअनुरुप हवाई सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने, आन्तरिक हवाई सुरक्षा सुधार गर्न राडर प्रणालीको स्तरोन्नति गरिने नीति लिइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउँदै यसको साख वृद्धि गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    ]]>
    11204 0 0 0
    पुनःनिर्माण गरिँदै http://localhost/ghum/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a5%88/ Sun, 08 May 2016 14:46:14 +0000 http://www.ghumphir.com.np/?p=11207 11207 0 0 0 सामूहिक बेल विवाह http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%82%e0%a4%b9%e0%a4%bf%e0%a4%95-%e0%a4%ac%e0%a5%87%e0%a4%b2-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b9/ Sun, 08 May 2016 14:49:51 +0000 http://www.ghumphir.com.np/?p=11211 11211 0 0 0 डुङ्गामा सयर http://localhost/ghum/%e0%a4%a1%e0%a5%81%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%af%e0%a4%b0/ Sun, 08 May 2016 14:53:23 +0000 http://www.ghumphir.com.np/?p=11214 11214 0 0 0 पहाडको ढुवानी http://localhost/ghum/%e0%a4%aa%e0%a4%b9%e0%a4%be%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%a2%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%80/ Sun, 08 May 2016 14:58:01 +0000 http://www.ghumphir.com.np/?p=11217 11217 0 0 0 भूकम्पले सबैभन्दा बढी असर हिमाली क्षेत्रमा पारेको हो :अध्यक्ष शेर्पा http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%85%e0%a4%b8/ Sun, 08 May 2016 15:05:23 +0000 http://www.ghumphir.com.np/?p=11220 पर्वतारोहण सिजनमा सबैभन्दा बढी खोजिने नाम हो, आङछिरिङ शेर्पा । राष्ट्रिय तथा अन्तरराष्ट्रिय मिडियाका लागि स्रोतव्यक्तिका रूपमा स्थापित शेर्पा नेपाल पर्वतारोहण संघमा तेस्रो कार्यकालका लागि अध्यक्ष छन् । विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य शेर्पाले एसियन अल्पाइन एसोसिएसनको पनि नेतृत्व सम्हालिसकेका छन् । बेल्जियमका लागि अवैतनिक वाणिज्यदूतसमेत रहेका उनीसँग यस क्षेत्रमा लगातार ४२ वर्ष काम गरेको अनुभव छ । कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति पाएर एमबीबीएस अध्ययन गरे पनि स्वास्थ्यका कारण छाडेर पर्यटन व्यवसायमा होमिएका उनको कम्पनी एसियन ट्रेकिङ यो क्षेत्रमा स्थापित छ । पर्वतारोहण क्षेत्रमा पछिल्ला वर्ष देखिएका समस्या र आगामी दिनका सम्भावनालगायतका विषयमा अध्यक्ष शेर्पासँग विपेन्द्र कार्की र केदार दाहालले गरेको कुराकानी :

    aangchiring sherpaचालू वर्षको प्रमुख पर्वतारोहण सिजन कस्तो चलिरहेको छ ? व्यावसायिक दृष्टिले यस वर्षको आरोहण सिजन धेरै राम्रो छ । अघिल्ला वर्षहरूमा ठूलो क्षति बेहोरेका हामीले यति चाँडै यो क्षेत्र ‘रिकभर’ हुन्छ भन्ने सोचेका थिएनांै । अहिलेसम्म २०१३ लाई सबैभन्दा राम्रो वर्ष भन्दै आइएको थियो, त्यसबेला ३३५ आरोही आएका थिए । यस वर्ष पनि ३०० नाघेका छन् । यो धेरै राम्रो हो ।

    अघिल्ला वर्षहरूमा त आँधी र भूकम्पले निकै असर परेको थियो नि ! भूकम्पले सबैभन्दा बढी असर हिमाली क्षेत्रमा पारेको हो । भूकम्पले मनास्लु, लाङटाङ, सगरमाथाबाट रोल्वालिङसम्म असर पारेको थियो । यसले आरोहणमा धेरै वर्ष असर पार्छ भन्ने हामीले सोचेका थियौं तर यस वर्ष धेरै राम्रो भयो । सगरमाथा आरोहणमै ३४ दल भएका छन् । अर्को कुरा, सरकारको संरचना पनि नभएको र पूर्वाधार पनि नभएको हुँदा राहतदेखि पुनर्निर्माणमा ठूलो असर पर्छ भन्ने चिन्ता थियो । भूकम्पपछि पर्यटन ९५ प्रतिशत खस्किएको थियो भने हिमाली क्षेत्रमा निर्भर २ लाख बेरोजगार भएका थिए ।

    सहरी क्षेत्रमा जे खान पनि मिल्छ तर हिमाली क्षेत्रमा त्यो सम्भव थिएन । हामीलाई धेरै समस्या हुन्छ कि भन्ने लागेको थियो । हामीले हिमाली क्षेत्रमा काम गर्ने संघ–संस्था र स्थानीयको सहयोगमा राहतदेखि पुनर्निर्माणका काम सफल पारेका थियौं । भूकम्पले बाटो भत्किएको थियो । समय कठिन थियो तर पछि संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको सहयोगमा खाद्य सामग्री पठाउनुका साथै बाटो निर्माण गरेका थियौं । संघले मात्र हिमाली क्षेत्रमा भूकम्पपछि पाँच दर्जन काठे पुल निर्माण गरेको थियो । अहिले पुनर्निर्र्माणको काम भइरहेको छ । अर्को कुरा के भने हामीले हुदहुद र भूकम्पबाट धेरै पाठ सिकेका छौं । त्यसलाई मध्यनजर गरी संघले ट्रेकिङ र आरोहण क्षेत्रमा सेल्टर निर्माणको काम अघि बढाइरहेको छ । धेरै सेल्टर निर्माणको लक्ष्य राखेका छौं । अर्को कुरा भूकम्पका कारण रेस्क्युको नेसनल कमिटीमा परेका थियौं, जसले गर्दा विदेशी उद्धार टोलीसँग मिलेर हिमाली क्षेत्रमा धेरै सहयोग गर्न सफल भएका थियौं ।

    पर्वतारोहण क्षेत्र यति छिटो पुनरुत्थान हुनुको मुख्य कारण के हो ? प्रख्यात आरोहीहरूले नेपाललाई एकदम माया गरेर पनि यो सम्भव भएको हो । उनीहरूले भनेको कुरा राष्ट्रिय तथा अन्तरराष्ट्रिय आरोहीले सुन्छन् । अर्को कुरा, हामीले धेरै अन्तरराष्ट्रिय सभा, सम्मेलन र गोष्ठीमा सहभागी भई नेपाल घुम्न आउनुहोस् सहयोग त्यही हुनेछ भनेर नेपालको प्रचार गर्यौं । यसमा विश्व पर्वतारोहण संघको सहयोग रह्यो । संघले नेपालका बारेमा भ्रम चिर्ने काम गरेको थियो । यस्तै, जुन्को ताबेईजस्ता आरोहीले अन्नपूर्ण बेसक्याम्प, सगरमाथा बेसक्याम्पको भ्रमण गरेका कारण हामीलाई सहयोग पुगेको थियो ।

    अन्तरराष्ट्रिय प्रचार त गरियो, स्वदेशमा तयारीचाहिँ कत्तिको राम्रो छ ? भूकम्पपछि मियामतोले अध्ययन प्रतिवेदन तयार गरेको थियो । त्यसमा ठूलो क्षति नभएको देखियो । सगरमाथा आरोहणको बाटो निर्माणमा बाह्य सहयोग प्राप्त भएको थियो भने पर्वतारोहण संघले आफ्नै खर्चमा भत्किएका धेरै बाटो तथा झोलुंगे पुल मर्मत गरेको थियो । हामीले ती स्थानमा काठे पुल बनाएका थियौं । सगरमाथा जाने बाटोमा पनि धेरै काम गरिएको थियो । सबैभन्दा बढी त विश्व खाद्य कार्यक्रममा बनाइएकाले धेरै सहयोग भएको छ ।

    आरोहणमा यो उत्साहले के संकेत गर्छ ? के अब समग्र पर्यटन क्षेत्रका पनि छिट्टै रिभाइभ हुन्छ ? पर्यटन क्षेत्र धेरै छिटो रिभाइभको चरणमा प्रवेश गरेको छ । यस वर्षको संख्याले के संकेत गर्छ भने सन् २०१७ मै आरोहण सन् २०१३ को भन्दा बढी हुने देखिन्छ । किनभने, सन् २०१७ का लागि धेरै जानकारी माग भइरहेकाले छिट्टै रिभाइभ हुने संकेत गर्छ ।

    दुई वर्षयता आरोहण रोकिएको छ । यस वर्ष रोकिने सम्भावना छ कि छैन ? रोकियो भने त ठूलो असर गर्छ । आरोही सबै अहिले गन्तव्यतर्फ लागिसकेका छन् । कतिपय त क्याम्प ३ सम्म पुगिसकेका छन् । क्याम्प ४ मा जाने बेला दुई दिनदेखि हिउँ परेर रोकिएको अवस्था हो । तापनि, यसपटक डोरी टांग्ने काम सकिने आशा छ । यस वर्षको मौसम राम्रै देखिएको छ । मे महिनाको दोस्रो र तेस्रो साता राम्रो देखिने संकेत छ ।

    तपाईंहरूले लिने अन्तरराष्ट्रिय मौसम अनुमानले के देखाउँछ ? हामीले मौसमको जानकारी अमेरिका र अस्ट्रेलियाको प्रयोग गर्छौं । उनीहरूले दिने जानकारी ७० प्रतिशतभन्दा बढी मिल्ने हुन्छ । अझ एक साताअघिको त धेरै प्रतिशत मिल्ने भएकाले उनीहरूले दिने जानकारीले यसपटक राम्रो देखाएको छ । हामी यसपटक आरोहण सफल हुनेमा आशावादी छौं ।

    दुई वर्ष आरोहण रोकिँदा नेपालले के गुमायो ? यसको मार त हिमाली क्षेत्रका बासिन्दालाई परेको छ । जसका कारण उनीहरूको रोजगारी गुमेको थियो । हिमाली क्षेत्रका ८५ प्रतिशत बासिन्दा पर्यटनमा निर्भर हुने भएकाले उनीहरूले धेरै गुमाउनुपरेको थियो ।

    तपाईंहरूले विगतमा हिमाल सरसफाइ पनि गर्दै आउनुभएको थियो, अहिले रोकिएको हो ? गत वर्ष पनि सरसफाइको कार्यक्रम थियो । भूकम्पका कारण रोकिएको हो । यस वर्ष मनास्लु र सगरमाथा क्षेत्रमा स्थानीयसँग मिलेर सरसफाइ गर्ने कार्यक्रम छन् ।

    जलवायु परिवर्तनका मुद्दा धेरै उठ्ने गरेको थियो । पछिल्लो समय किन सेलायो ? भूकम्पले गर्दा सुस्ताएको हो । जलवायु परिवर्तनको सबैभन्दा असर हिमाली क्षेत्रमा पर्छ । तापक्रम बढ्दै जाँदा हिमताल फुट्ने र त्यसको असर हिमाली क्षेत्रका बासिन्दालाई पर्दै आएको छ । अहिले आएर हिमाली क्षेत्रमाथि खैरो रंगको बादल देखिन्छ । भारत र चीनको औद्योगिकीकरणबाट निस्केका धूवाँले असर पारेको देखिन्छ । त्यसले गर्दा हिउँमा छिटो–छिटो कालो छिद्रा परेको देखिन्छ । यसरी नेपालका हिमालमा दुई ठूला मुलुकको उद्योगधन्दाको धूवाँले असर पार्दै जाने देखिन्छ ।

    केही दिनअघि मात्र संयुक्त राष्ट्रसंघको टोलीले हिमाली क्षेत्रको वातावरणसम्बन्धी चासो राखेको थियो । मैले यी सबै कुरा राखेको छु । राष्ट्रसंघले नै यस विषयमा कुरा उठाउँदा राम्रो हुन्छ । भूकम्पको धेरै असर होइन । विगतमा हिमताल फुट्दा बिजुलीको पावर हाउसहरूमा क्षति परेको थियो । बाटो बन्द भएका थिए । भूकम्पभन्दा जलवायु परिवर्तनको असरले हिमताल फुट्ने भएकाले त्यसको असर बढी हुने गर्छ । इम्जाछोलगायतका ताल त त्योभन्दा ७ गुणा बढी ठूलो भएकाले बिस्फोट हुने खतराका कारण हिमाली क्षेत्रमा ठूलो लगानी आउन सकेको छैन ।

    तपाईं पर्वतारोहण संघको अध्यक्ष पनि हुनुहुन्छ तर नेपालमा कति हिमाल छन् भन्नेमै विवाद छ नि !   नेपालमा १४ वटा हिमाल ८ हजार मिटरभन्दा माथिका छन् । सरकारले १४ वटाको अनुमति दिने गरेको छ । १३ वटामा आरोहणसमेत भइसकेको छ ।  नेपालमा क्लाम्बिङ पिक १ हजार ७९२ वटा छन्, जसमध्ये १ हजार ३१० वटा हिमाल ६ हजार मिटरभन्दा माथिका छन् । सरकारले एक्सपिडिसनका लागि ४०३ हिमाल मात्र खुला गरेको छ । ५ हजार ८०० भन्दा कमका लागि हामीले अनुमति लिनुपर्दैन । सरकारले ४७६ हिमालको पिक प्रोफाइल बनाउन अनुमति दिएको छ । मेरो संयोजकत्वमा २२ सदस्यीय समिति बनेको छ । सहयोगका लागि सेना, प्रहरी सदस्य छन् ।

    धेरै हिमाल हुँदा पनि किन फाइदा लिन नसकेको ? अहिले चीनले ८ हजार मिटरभन्दा अग्ला ९ वटा हिमाल रहेको भन्दै धेरै हिमाल भएको देश भनेर प्रचार गरिरहेको छ । जबकि अनुमति दिएकै हाम्रो १४ वटा छन् । हामीले सोहीअनुसार प्रचार गर्न सकिरहेका छैनौं । हिमाली क्षेत्रमा पूर्वाधार नहुँदा घट्दै गएको अवस्था छ । पर्वतीय पर्यटक भित्र्याउन पूर्वाधारको विकास हुनुपर्छ । त्यति मात्र होइन, सरकारले नगरी नहुने कुरा भनेको हिमाल मात्र खोलियोे तर माग बढेको छैन, त्यस्ता हिमाल आरोहण शुल्क घटाएर वा निःशुल्क गराएर त्यसतर्फ पनि आरोही लैजाने वातावरण तय गर्नुपर्छ । खासगरी, सबैभन्दा बढी समस्या भनेको एउटा हिमालमा डकुमेन्ट्री बनाउन धेरै स्थानमा अनुमति लिनुपर्ने भएकाले त्यसलाई एकद्वार नीतिमा लैजानुपर्छ । यस्तो समस्या सम्पूर्ण पर्यटन क्षेत्रमा रहेकाले एकद्वार नीति मात्र लागू गराउन सकियो भने धेरै समस्या समाधान हुने देखिन्छ, सरकारले त्यो पनि गरिदिएको छैन ।

    पर्यटकमैत्री नीति बनाउन के गर्नुपर्छ ? चीनले तिब्बत खोलेको धेरै वर्ष भएको छैन । उसले अहिले वार्षिक १ करोडभन्दा बढी पर्यटक लैजान थालिसकेको छ । ल्हासामा मात्र ९४ लाख पर्यटक जाने गरेका छन् । पहिले ३ लाख पर्यटक चलाउने पनि त्यही जनशक्ति हो । ९४ लाख धान्ने पनि त्यही जनशक्ति हो । नेपालमा पहिले सगरमाथा क्षेत्रमा ८ हजार पर्यटक जाँदा धेरै भो भनियो तर अहिले ४० हजार जान्छन् । त्यसैगरी, अन्नपूर्णमा १ लाखभन्दा बढी जान्छन् । कुनै पनि क्षेत्रमा माग बढेपछि आपूर्ति स्वतः हुन्छ ।

    पर्यटन सरकारले गुरुयोजना बनाएर आएको होइन । पर्यटक आउन थालेपछि निजी क्षेत्रले लगानी गरेका कारण पर्यटन क्षेत्र अघि बढेको हो । भौगोलिक दृष्टिले पर्यटन क्षेत्र एउटै भए पनि विकास गर्न अप्ठेरो भइरहेको छ । मनास्लु र अन्नपूर्ण क्षेत्र एउटै हुन् तर अन्नपूर्णमा १ लाख पर्यटक जान्छन् । तर, काठमाडौंबाट नजिकै रहेको मनास्लु क्षेत्रमा ४ हजार पनि पुग्दैनन् । यो सरकारले पर्यटकमैत्री नीति नबनाएर हो । एक ठाउँ जान पाँच ठाउँमा स्वीकिृत लिनुपर्छ । नेपालका हरेक भूभाग पर्यटकका लागि आकर्षक गन्तव्य हुन् तर सरकारले कुरा नबुझेको हो । पर्यटन क्षेत्रको विकासका लागि सबै भौगोलिक क्षेत्रमा समान नीति आवश्यक छ । तिब्बतको ल्हासासम्म रेल सुरु भएको छ । त्यहाँ पर्यटनमैत्री नीति भएर न धेरै लगानी गएको हो तर नेपालमा हुन सकेको छैन ।

    संघले अनुमति दिने हिमाल सधैं विवादमा हुन्छ नि ! संघका ३३ वटा हिमालमध्ये अहिले २७ वटा छन् । २७ मध्ये १८ वटा २०३४ सालमा दिइएको हो । पछि आएर पोखराको माउन्टेन म्युजियम बनाउँदा लागेको खर्चस्वरूप हिमाल थपिदिएको हो । त्यति बेला सरकारले २ करोड रुपैयाँको सट्टा हिमाल थप गरिदिएको हो । अर्को कुरा, हामीले एक्सपिडिसन तालिम सञ्चालन गर्दै आएका छौं । हामीले राम्रा गाइड उत्पादन गर्न सकेनौं भने विदेशी आरोही जोखिममा पर्छन् । त्यसकारण हामीले हिमालकै रोयल्टी प्रयोग गर्ने गरेका छौं । हाम्रै संघका केही साथीले मन्त्रीसँग लबिङ गरेर खोस्न खोजिएको हो । पछिल्लो समय हामीले सर्वोच्चमा गएर मुद्दा जितेर फेरि हामीले अनुमति दिन थालेको हो । २ करोड ६१ लाख त १२ किसिमको तालिममा खर्च हुने गरेको छ । सरकारले कुनै फाइदा नलिएको हिमालको प्रचार गरेर कम्तीमा हामीले तालिम त दिलाएका छौं । तापनि, बेलावेलमा खोस्ने प्रयास हुने गरेको छ । हाम्रो दक्ष जनशक्ति नभएसम्म हाम्रो पेसा सुरक्षित हुँदैन । यो सरकारले बुझ्नु आवश्यक छ ।

    हिमाल आरोहणमा जाने सम्पर्क अधिकृतले बोझ दिएको हो ? विदेशी मिडियाबाट कहिलेकाही डकुमेन्ट्री बनाउन आउने गरेका छन् । उनीहरू आए पनि एक समूहमा ४ जना अफिसर भिराउने गरिएको छ । ४ जनाको खर्च नेपाल आउने समूहलाई धेरै हुन जान्छ । यसबाट धेरै समस्या आउने गरेको छ । यो कुरा सरकारी कर्मचारीलाई कसले बुझाइदिने ? अन्य देशको अनुशरण नै गरिन्न । पर्यटन वर्षमा सीएनएन र बीबीसीमा ७ करोड ५० लाखमा विज्ञापन गर्नुको सट्टा ती संस्थाहरूलाई निःशुल्क डकुमेन्ट्री बनाउन सकेको भए नेपालको प्रचार व्यापक हुन्थ्यो । उनीहरूले नै आएर खर्च गरेर प्रचार गर्न सहज बनाएको खण्डमा नेपालकै प्रचार हुने हो । अहिले आरोहणको सिजनमा पनि कठिन छ । प्रत्येक आरोहण दलमा एक जना सम्पर्क अधिकृत पठाउनुपर्छ । उनीहरू जाने पनि होइन । नाम्चेमा बसेर बिल उठाउनेभन्दा अरू काम गर्न दिँदैनन् । तिब्बतमा ४ कर्मचारीले सयौं आरोहण दलको अनुगमन गर्छन् । यहाँ भत्ताका लागि तँछाडमछाड नै हुने गरेको छ ।

    ]]>
    11220 0 0 0
    आठ करोड मूल्यको प्रतिबन्धित जडीबुटी पाँच औले बरामद http://localhost/ghum/%e0%a4%86%e0%a4%a0-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a4%a8%e0%a5%8d/ Mon, 09 May 2016 03:26:54 +0000 http://www.ghumphir.com.np/?p=11224

    कञ्चनपुर, २७ वैशाख । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेना नजिकबाट सशस्त्र प्रहरीले आइतबार रु आठ करोड मूल्यको प्रतिबन्धित जडीबुटी पाँच औले बरामद गरेको छ । भारततर्फ म१प ३४३६ र भारतीय युए ०६ जी २९६३ नम्बरको दुईवटा मोटरसाइकलमा चार बोरा प्रतिबन्धित जडीबुटी पाँच औंले निकासी भइरहेको अवस्थामा राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सो जडीबुटी बरामद गरेको हो । बरामद जडीबुटी जिल्ला वन कार्यालय कञ्चनपुरमा जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले बताउनुभयो । सङ्कलन बिक्री वितरण र निकासीमा प्रतिबन्ध लगाइएको जडीबुटी पाँच औँले प्रतिगोटा रु एक हजार बढी मूल्य पर्ने वन कार्यालय कञ्चनपुरले जनाएको छ । बरामद जडीबुटीको बजार मूल्य रु आठ करोड बढी रहेको छ ।

    ]]>
    11224 0 0 0
    पाल्पा उवासङ्घका पूर्व अध्यक्षको निधन http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%be-%e0%a4%89%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%98%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%85/ Mon, 09 May 2016 03:28:00 +0000 http://www.ghumphir.com.np/?p=11226

    पाल्पा, २७ वैशाख । पाल्पा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष पशुपति भट्टराईको ७४ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । पाल्पाका सफल व्यवसायीका रुपमा परिचय बनाउनुभएका भट्टराई केही समयअघि उच्च रक्तचापका कारण काठमाडौँमा उपचार गरेपछि स्वास्थ्यमा केही सुधार आए पछि घरमै आराम गरिरहनुभएको थियो । भट्टराईको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिवारजनले बताएका छन् । तानसेन–४ सिल्खानटोलमा व्यापार व्यवसाय गर्दै आउनुभएका भट्टराई सामाजिक तथा धार्मिक सङ्घ संस्थामा आबद्ध रहँदै आउनुभएको थियो ।

    ]]>
    11226 0 0 0
    अक्षय तृतीया जौको सातु र सर्वत खाएर मनाइँदै http://localhost/ghum/%e0%a4%85%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%af-%e0%a4%a4%e0%a5%83%e0%a4%a4%e0%a5%80%e0%a4%af%e0%a4%be-%e0%a4%9c%e0%a5%8c%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a5%81-%e0%a4%b0-%e0%a4%b8/ Mon, 09 May 2016 03:29:14 +0000 http://www.ghumphir.com.np/?p=11228

    काठमाडौँ, २७ वैशाख । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षयअर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको सुरुवात भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदिन र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुनुहुने धार्मिक विश्वास छ । यस अवसरमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्यस्य पुराणमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनु भयो । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

    ]]>
    11228 0 0 0
    नदी किनारमा पौडी खेल्दा ज्यान गयो http://localhost/ghum/%e0%a4%a8%e0%a4%a6%e0%a5%80-%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%8c%e0%a4%a1%e0%a5%80-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%9c/ Mon, 09 May 2016 03:30:22 +0000 http://www.ghumphir.com.np/?p=11230

    मलेखु (धादिङ), २७ वैशाख । बालुवा तथा गिट्टी उत्खननको लागि स्काभेटरले पारेको खाल्डोमा रहेको पानीमा डुबेर आइतबार एक जनाको ज्यान गएको छ । बैरेनी गाविस–९ त्रिशूलीनदी किनारमा बैरेनीका १७ वर्षीय राजु परियारको पौडी खेल्ने क्रममा नदी किनारको खाल्डोमा डुबेर मृत्यु भएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ । अवैधानिक रुपमा सञ्चालनमा रहेको क्रसर उद्योगले उत्खनन गरी बनाएको खाल्डोमा पौडी खेल्न गएका परियार पौडी खेल्दा डुबेर मृत्यु भएको हो । गत वर्षमा समेत यसरी अवैधानिक रुपमा उत्खनन गरेको खाल्डोमा परेर मानिसको मृत्यु हुने गरे पनि यस्ता उत्खनन बन्द नभएको वातावरणकर्मी जगन्नाथ नेपालले बताउनुभयो ।

    ]]>
    11230 0 0 0
    भूकम्पपीडितलाई आवास अनुदान वितरण गर्न सबै बैंकलाई सहभागी गराइने http://localhost/ghum/%e0%a4%ad%e0%a5%82%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%86%e0%a4%b5%e0%a4%be%e0%a4%b8-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%a6/ Mon, 09 May 2016 03:32:13 +0000 http://www.ghumphir.com.np/?p=11232

    काठमाडौँ, २७ वैशाख । विस्तृत घरधुरी सर्भेक्षणबाट छनोट भएका भूकम्पपीडितलाई आवास अनुदान वितरण गर्न क, ख र ग वर्गका सबै बैंकलाई सहभागी गराइने भएको छ । बैंकका सबै शाखालाई अनुदान वितरणमा सहभागी गराउने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आइतबारको बैठकले निर्णय गरेको हो । यसअघि दोलखाको सिँगटीमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक, आठ जिल्लाका आठ गाविसमा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई अनुदान वितरणको जिम्मा दिइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो “यो निर्णय बैंकिङ क्षेत्रका नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एसोसियसनसँग आइतबार गरिएको छलफलपछि प्राधिकरण कार्यकारी समितिले गरेको हो”– उहाँले भन्नुभयो । निजी आवास अनुदान वितरण एकल खाता प्रणालीअनुसार गरिनेछ । नेपाल राष्ट्र बैंकले सरकारी कारोबार भएकै दिन वा भोलिपल्ट खर्चको शोध भर्ना हुने व्यवस्था मिलाउने भएको छ । एकल खाताबाट शोध भर्ना भएको सात दिनभित्र सम्बन्धित बैंकले लाभग्राहीको खातामा रकम जम्मा गर्न लगाउने गरी व्यवस्था मिलाउन राष्ट्र बैंकलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ । गाविस र नगरपालिकामा हुने अनुदान सम्झौताका आधारमा लाभग्राहीको विवरण तोकिएका बैंकलाई विद्युतीय तथ्याङ्क (इलेक्ट्रोनिक डाटा) कम्प्युटर प्रणालीमार्फत उपलब्ध गराइनेछ । तथ्याङ्कका आधारमा बैंकले लाभग्राही घरधनीको उपस्थिति बिना नै खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई अनुरोध गरिने प्राधिकरणले जनाएको छ । सदरमुकाममा रहेका बैंकका शाखामा दैनिक न्यूनतम ५० र सदरमुकाम बाहिरका शाखामा दैनिक २० लाभग्राहीको खाता खोली अनुदान भुक्तानी गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । तीनवटै वर्गका बैंक तथा वित्तीय संस्थाका एसोसियसनले प्रस्तावित गरेको बैंक शाखामार्फत डेभिड कार्ड उपलब्ध गराएको अवस्थामा सोबापत शुल्क रु ३२५ यसभन्दा बढी खाता खोली रकम उपलब्ध गराउँदा प्रतिग्राहक शुल्क रु २२५ लाग्ने व्यवस्थाका सम्बन्धमा अर्थ मन्त्रालय एवम् राष्ट्र बैंकको राय लिएर मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय समेत कार्यकारी समितिको बैठकले गरेको छ । बैंकलाई बायोमेट्रिक प्रणाली अवलम्बन गर्न प्रोत्साहित गर्ने निर्णय पनि भएको छ । यो प्रणालीका कारण अनुदान वितरणमा ढिलाइ गर्न नपाइने राष्ट्र बैंकलाई जानकारी गराइनेछ ।

    ]]>
    11232 0 0 0
    स्थानीय निकायको चुनाव गर्न सजिलो भने छैन http://localhost/ghum/%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%af-%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5-%e0%a4%97%e0%a4%b0/ Mon, 09 May 2016 03:33:57 +0000 http://www.ghumphir.com.np/?p=11234 रञ्जित तामाङ

    काठमाडौं, वैशाख : लामो समयको अन्तरालपछि सरकारले आगामी मंसिरमा स्थानीय निकायको चुनाव गर्ने घोषणा गरे पनि चुनाव गर्न सजिलो भने छैन । मंसिरमा चुनाव गर्न असम्भवजस्तै रहेको सरकारका पूर्वसचिव खेमराज नेपाल बताउँछन् । राजनीतिक सहमति जुटाउन नसक्ने हो भने कुनै पनि हालतमा चुनाव गर्न नसक्ने उनको तर्क छ । “बजेट व्यवस्थापन, मिति घोषणा, ऐनहरूको संशोधन र निर्वाचन आयोगको तयारी भए पनि दलीय सहमति भएन भने चुनाव हुन सक्दैन,” उनले भने ।

    सरकारको काम गर्ने शैली सुस्त भएकाले पनि मंसिरमा स्थानीय चुनाव गर्न गाह्रो हुने उनको निष्कर्ष छ । निर्वाचनसम्बन्धी ऐन र स्थानीय स्वायत्त शासन ऐन परिमार्जन गर्नुपर्ने तथा सुरक्षालगायत अन्य तयारी गर्नुपर्ने हुँदा समय कम छ । “७ वर्षदेखि तयारी गर्दा पनि स्थानीय स्वायत्त शासन ऐन संशोधन गर्न सकिएको छैन । सुरक्षालगायत अन्य तयारी गरिएको छैन,” पूर्वसभिव नेपालले भने, “ऐनहरू संशोधन गरी नियमावली र निर्देशिकाहरू बनाउनुपर्छ । सरकारको यस्तो सुस्त पाराले सम्भव छैन ।”

    नीति तथा कार्यक्रममा सरकारले घोषणा गरेअनुसार चुनाव भए मंसिरदेखि जनताले जनप्रतिनिधि पाउनेछन् । १४ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन छ । आर्थिक वर्ष ०७१/०७२ मा सरकारले चुनावका लागि १० अर्ब रुपैयाँ विनियोजन गरे पनि त्यस बेला नीति तथा कार्यक्रममा स्थानीय चुनाव समेटिएको थिएन । यो आर्थिक वर्षमा भूकम्प र भारतीय नाकाबन्दीका कारण स्थानीय चुनावमा कसैको ध्यान गएन । यसपालि नीति तथा कार्यक्रममै समावेश भएकाले स्थानीय चुनाव हुन सक्ने सकरात्मक संकेत देखिएको छ । सरकारले गत चैत १ गते स्थानीय निकाय पुनर्संरचना आयोग गठन गरेको छ । पूर्वसचिव नेपाल एकातिर आयोग गठन गरेर स्थानीय निकाय पुनर्संरचना गर्ने र अर्कोतिर पुरानै संरचनामा चुनाव गर्ने कुरा विरोधाभाषपूर्ण भएको बताउँछन् । अन्य निर्वाचनको तुलनामा स्थानीय निर्वाचनमा सुरक्षा संवेदनशिलता बढी हुने भएकाले बढी तयारी चाहिन्छ । स्थानीय चुनावमा मतदान सकिएपछि भोट सम्बन्धित गाविस र नगरपालिकामै गन्ने गरिन्छ । स्थानीय तहमै राखेर भोट गन्नुपर्ने हुँदा सुरक्षा संवेदनशिलता अरु चुनावको तुलनामा बढी हुन्छ । स्थानीय चुनाव गर्ने हो भने सबैभन्दा पहिले राजनीतिक सहमति जुटाउनुपर्ने सल्लाह दिन्छन् नेपाल । स्थानीय निकाय पुनर्संरचना आयोग र चुनावबीचको सैद्धान्तिक बेमेल पनि अन्त्य गर्नुपर्ने आवश्यकता छ ।

    ०४६ को परिर्वतनपछि ०४९ र ०५४ सालमा स्थानीय चुनाव भएको थियो र देशभर सवा २ लाख जनप्रतिनिधि निर्वाचित भएका थिए । ०५४ सालमा निर्वाचित जनप्रतिनिधिको म्याद ०५९ असारमा सकिएपछि अहिलेसम्म स्थानीय निकाय राजनीतिक रूपले रिक्त छ । जनप्रतिनिधि नहुँदा ५३ जना जनप्रतिनिधिले चलाउनुपर्ने गाविस सचिव एक्लैले चलाइरहेका छन् । कतिपय ठाउँमा एउटै सचिवले ३/४ वटा गाविस चलाउँदै आएका छन् ।

    ]]>
    11234 0 0 0
    प्रदेशमा ७ जलासययुक्त आयोजना http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a5%ad-%e0%a4%9c%e0%a4%b2%e0%a4%be%e0%a4%b8%e0%a4%af%e0%a4%af%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%86%e0%a4%af/ Mon, 09 May 2016 03:35:14 +0000 http://www.ghumphir.com.np/?p=11236 11236 0 0 0 पेट्रोलियम खानीको अन्वेषण सुरु http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%b5%e0%a5%87%e0%a4%b7/ Mon, 09 May 2016 03:40:27 +0000 http://www.ghumphir.com.np/?p=11238 महेन्द्र सापकोटा चिनियाँ टोलीको प्राविधिक सहयोगमा लामो समयदेखि खेर गइरहेको दैलेखको श्रीस्थानस्थित पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन् कार्य सुरु गरिएको छ । श्रीस्थानमा एक कार्यक्रम गरी उद्योगमन्त्री सोमप्रसाद पाण्डेले अन्वेषण कार्यको उद्घाटन गरी चिनियाँ टोलीलाई अन्वेषण तथा उत्खनन्को जिम्मेवारी हस्तान्तरण गरेका हुन् । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले गत मंसिर २२ गते श्रीस्थान क्षेत्रको अवलोकन गरी ग्यास उत्खनन्का लागि प्राविधिक टोली खटाउने उद्घोष गरेका थिए । नेपाल सरकार र चीन सरकारबीच लामो छलफलपछि नेपालमा रहेका पेट्रोलियम पदार्थका खानीको अन्वेषण तथा उत्खनन्का लागि सम्झौता भएपछि चीन सरकारले चाओसिङ मिको नेतृत्वमा ६ सदस्यीय विशेषज्ञ टोली नेपाल पठाएको हो । मित्र राष्ट्र चीनको सहयोगमा नेपालमा पेट्रोलियम अन्वेषणको सम्भाव्यता अध्ययन कार्यको उद्घाटन गर्दै मन्त्री पाण्डेले मुलुकको समृद्धिका लागि खानीहरूको उत्खनन् गरी उपयोग गर्न जरुरी रहेको बताए । नेपालमा ग्यास तथा पेट्रोलियम पदार्थका १० वटा केन्द्र भएको र तीमध्ये दैलेख तेस्रो स्थानमा रहेको जानकारी दिँदै मन्त्री पाण्डेले दैलेखबाट उत्खनन् सुरु गरिएको बताए । “पेट्रोलियम खानीको १५ किलोमिटर आसपासका क्षेत्रमा भण्डार हुन सक्ने सम्भावना रहेको विशेषज्ञहरूले जानकारी दिँदै आएका छन्” मन्त्री पाण्डेले भने, “प्रक्रिया लामो हुने भएकाले अन्वेषण कार्य सफल भएपछि यसको उत्खनन् कार्य हुनेछ, अन्वेषण गर्न करिब पाँच महिना लाग्नेछ ।” मन्त्री पाण्डेले मुलुकको आर्थिक समृद्धिका लागि पेट्रोलियम पदार्थका खानीको अध्ययन, अन्वेषण र उत्खनन् गर्न आवश्यक रहेको भन्दै आफूले यसको थालनी गरेको बताए । “विगतमा ग्यास तथा पेट्रोलियम पदार्थको अध्ययन तथा खोजी भए पनि उत्खनन् भएको छैन,” मन्त्री पाण्डेले थपे, “यसलाई कसरी उत्खनन् सदुपयोग गर्ने भन्नेबारे नेपाल सरकारले कार्यक्रम नै तय गरेको छ ।” नेपालमा उत्खनन्मा सम्भावना भएका खानी तथा खनिज पदार्थ धेरै भएकाले यस्ता खानीलाई तत्कालै उत्खनन् गर्नुपर्नेमा मन्त्री पाण्डेले जोड दिए । खानी विभाग पेट्रोलियम अन्वेषण विभागका प्रमुख सुरेश रजौरेले नेपालमा पेट्रोलियम पदार्थका धेरै खानी भएको हुनसक्ने भन्दै उत्खनन् आवश्यक रहेको बताए । उनले अन्य खानीको अन्वेषण र उत्खनन् नभएको अवस्थामा दैलेखबाट सुरु गरिएको ग्यास उत्खनन्को कार्यक्रम उपलब्धी र महत्वपूर्ण हुने दाबी गरे ।]]> 11238 0 0 0 उत्कृष्ट १० होमस्टेहरु http://localhost/ghum/%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f-%e0%a5%a7%e0%a5%a6-%e0%a4%b9%e0%a5%8b%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%b9%e0%a4%b0%e0%a5%81/ Mon, 09 May 2016 03:45:30 +0000 http://www.ghumphir.com.np/?p=11241 अमृत भादगाउँले
    स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे पर्यटन देशभर फैलिएको छ। देशका सयौं गाउँमा होमस्टे सृुविधा पाइन्छ। पर्यटकीय गतिविधि, अतिथि सत्कार र कुशल व्यवस्थापनका हिसाबले केही गाउँ नमुना बनेका छन्। आन्तरिक पर्यटन प्रबर्धन गर्न नेपाल पर्यटन बोर्डले २०७३ साललाई घुमफिर वर्ष घोषणा गरेको छ। त्यसैले होमस्टे सुविधा भएका गाउँ भ्रमण गर्दा सस्तो, रमाइलो र ज्ञानबर्धक हुन्छ।
    सिरुबारी गाउँ पर्यटनको इतिहासमा सिरुबारीको नाउँ सुनौला अक्षरले लेखिएको छ। नेपालको पहिलो पर्यटन गाउँ हो सिरुबारी। स्याङजा जिल्ला पञ्चमुल गाविस– ४ को गुरुङ बस्तीलाई सिरुबारी (१,६१०मिटर) भनिन्छ। जहाँ गुरुङका ३९ घर छन्। १७ घरमा होमस्टे सुविधा छ।होमस्टे पर्यटनको शुभारम्भ सिरुबारीबाट भएको हो। नेपालमा होमस्टे सृुविधासहित गाउँ पर्यटन अवधारणा व्यवहारमा लागु गराउने अगुवा क्याप्टेन रुद्रमान गुरुङ हुन्। गाउँ पर्यटनका नायक रुद्रमानको १५ फागुन ०७२ मा निधन भइसक्यो। उनले २०२५ सालमै सिरुबारीलाई पर्यटन गाउँ बनाउने सपना देखेका थिए। तर, धेरै समय लाग्यो। ०४८ सालदेखि पूर्वाधार विकासमा जोड दिए। र, ०५४ असोजमा सिरुबारीलाई पर्यटन गाउँ घोषणा गरियो। गुरुङ जीवनशैली, संस्कृति र हिमाली सौन्दर्य सिरुबारीका बिशेषता हुन्। सिरुबारीमा दुई राते प्याकेजको दुई हजार रुपैयाँ पर्छ। कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि। काठमाडौंबाट टुरिष्ट बस, मिनिबस वा हवाई यात्रा गर्न सकिन्छ। पोखराबाट सिरुबारीसम्म गाडि चल्छ। पोखरा–कार्कीनेटा–सिरुबारी ६४ किमि छ। पोखराको पृथ्वीचोकबाट बस छुट्छन्। तिनले ५ घन्टामा पुर्याोउँछन्। सम्पर्क : जुम गुरुङ–९८४६१५९३८८ काउलेपानी लमजुङको काउलेपानी इतिहास, संस्कृति र प्रकृतिको त्रिबेणीधाम हो। यहाँ पुग्ने पाहुनालाई गाउँलेहरु 'मायाको जन्तर' लगाइदिन्छन्। बेसीसहरबाट डेढ घन्टा उकालो चढे पुगिन्छ। गाउँका १४ घरमा होमस्टे सुविधा छ। गुरुङ र नेवारका घरमा। गाउँको फेदमा गाउँसहर दरबार छ। दरबार पाँच सय वर्ष पुरानो मानिन्छ। जुन राजा यशोब्रह्म शाहले बनाएका हुन्। काउलेपानी माथि पुरानोकोट गढी (१,९५० मिटर) छ। त्यहाँबाट माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, पिक २९, गंगापूर्ण, मनास्लुदेखि बुद्ध हिमालसम्म डेढ दर्जनभन्दा बढी हिउँचुली देखिन्छ। बेसीसहर नगरपालिका–६ मा पर्ने काउलेपानीमा नेपाल भ्रमण वर्ष २०११ मा होमस्टे सुरु गरिएको थियो। नेपालीका लागि एकराते प्याकेजमा स्वागत, डिनर, बास र ब्रेकफास्ट सुविधा हुन्छ। प्याकेज मूल्य ९९० रुपैयाँ। कसरी पुग्ने : काठमाडौं–बेसीसहर बसमा। बेसीसहरबाट दक्षिण–पश्चिम डेढ घन्टा उकालो चढे काउलेपानी। मोटरसाइकल र जीप गाउँसम्मै पुग्छ। काउलेपानीबाट डेढ घन्टामा पुरानोकोट। सम्पर्क : देवबहादुर गुरुङ–९८४६२१०९६३ नाम्जे धनकुटाको नाम्जे गाउँलाई अमेरिकी समाचार संस्था सिएनएनले केही वर्ष अघि विश्वका घुम्नैपर्ने १२ वटा गाउँको सूचीमा राखेको थियो। अर्गानिक खाना, मगर संस्कृति र आत्मा बस्ने घर गाउँका विशेषता हुन्। अमेरिकी आर्किटेक्टले बनाएको अचम्मकै छ, आत्मा बस्ने घर। मगरका पुर्खाको लास गाडिएका २१३ चिहानमा भएका ढुंगा बटुलेर बनाइएको सामूहिक चिहान हो। हुर्रा नाच प्रख्यात छ। गाउँ रमाइलो छ। कृषि कर्ममा भिज्न सकिन्छ। नाम्जे गाउँका १९ घरमा होमस्टे गराइन्छ। खान र बस्न सस्तो छ। बासको १५० रुपैयाँ, सादा खानाको ९०, तोङ्बा सय, खाजाको ५० रुपैयाँ पर्छ। भेडेटार हुँदै नाम्जे पुगिन्छ। भेडेटारको शंखेश्वर महादेव र नाम्जे पर्तिर राजारानीको तालले पनि लोभ्याउँछ। कसरी पुग्ने : काठमाडौं–धरान ५५० किमि। धरान–नाम्जे २१ किमि। काठमाडौंबाट बिहान पाँच र दिउँसो तीन बजे धरान जाने डिलक्स गाडी छुट्छन्। बसमा १२ घन्टा। धरानबाट भेडेटार जान धनकुटा वा राजारानी जाने बस चढ्नुपर्छ या रिजर्भ गर्नुपर्छ। सम्पर्क : अनिलकुमार राना– ९८४२५६३१९९ चित्लाङ मकवानपुरको स्यानो उपत्यका हो चित्लाङ। काठमाडौं उपत्यकाबाट बाहिरिने पुरानो नाका चन्द्रागिरि भञ्ज्याङ (२,२८० मिटर)। भञ्ज्याङ मुन्तिर ६ किलोमिटरमा चित्लाङ गाउँ छ। उत्तरदक्षिण फैलिएको उपत्यका। त्यहाँ नेवार, तामाङ, क्षत्री, बाहुन र बलामीको बसोबास छ। नेपाल पर्यटन वर्ष २०११ देखि गाउँमा होमस्टे सुरु गरिएको हो। नेवार, ठकुरी र क्षत्रीका ६ घरमा होमस्टे सुविधा छ। होमस्टेमा एक राते प्याकेजको १२ सय रुपैयाँ। गाउँमा केही होटल पनि छन्। गाउँमा हेर्ने कुरा चिज धेरै छन्। सम्राट अशोकले ईसापूर्व २७३ मा बनाएको चैत्य छ। तलेजु भवानी कोत, सातधारा, त्रिगजुरेश्वर शिवालय, बाख्रा फार्म, स्वच्छन्द भैरव लगायत सम्पदा छन्। बाख्राको दूधबाट बनेको चिज पनि पाइन्छ। मुला, साग, आलु, भुइँस्याउ लगायत खाद्यान्न राम्रो उत्पादन हुन्छ। कसरी पुग्ने : काठमाडौंको थानकोट पार्कपछाडि गोदामबाट जीप चल्छन्। त्यहाँबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै चित्लाङ पुगिन्छ। बाटो कच्ची छ। गोदाम–चित्लाङ १३ किमि। सम्पर्क : राधाकृष्ण बस्नेत– ९८०४३९१८८२, अन्तु इलामको श्रीअन्तु र समालबुङ २ गाविस मिलाएर अन्तु पर्यटन क्षेत्र घोषणा गरिएको छ। अन्तु डाँडा (१,८२३ मिटर) बाट सूर्योदय/सूर्यास्त देखिन्छ। डाँडा समालबुङमा पर्छ। अन्तुबाट पारि मिरिक बजार देखिन्छ। २ घन्टामा सीमावर्ती मिरिक बजार पुगिन्छ। गाउँबाट कञ्चनजंघा हिमसृङखला देखिन्छ। अन्तु क्षेत्रमा चिया पर्यटनको संभावना छ। अन्तु क्षेत्रको ६० प्रतिशत चियाले ढाकेको छ। चियाबारीले मनै हर्छ। सूर्योदयको गाउँका रुपमा अन्तुले चिनारी बनाइसकेको छ। गाउँको अन्तु पोखरीमा डुँगा चढ्न पाइन्छ। गाउँका दुई दर्जन घरमा होमस्टे छ। सस्तोमा खाना र बास पाइन्छ। डिनर, बास र नास्ताको ६ सय रुपैयाँ पर्छ। साँझ लाप्चा, राई, मगर, तामाङ, लिम्बु र नेवार संस्कृति झल्कने नाचगान देखाइन्छ। अन्तु पस्नु अघि फिक्कलको लेप्चा संग्रहालय घुम्न भुल्नु हुँदैन। कसरी पुग्ने : काठमाडौं–फिक्कल ६६० किमि। काठमाडौंको कोटेश्वरबाट दिउसो ३ बजे छुट्छन् इलाम जाने बस। फिक्कल–अन्तु १४ किमि। फिक्कलबाट जीप चल्छन्। सम्पर्क : धनकुमार आले–९७४२६१५३०३ अमलटारी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ नवलपरासीको अमलटारी। ०७० जेठ ५ देखि बाघखोरमा होमस्टे सुरु गरिएको। जहाँ थारूका २० र बोटेको २ गरी २२ घरमा होमस्टे सुविधा छ। भिटोफको सिफारिसमा सरकारले ०७२ असोज १० गते अमलटारीलाई गाउँ पर्यटन गन्तव्य ०७२ घोषणा गरेको थियो। कावासोती नगरपालिका–१५ अमलटारीमा थारू, बोटे र मुसहर जातिको बसोबास छ। गाउँमा थारूका ५८, बोटेका ६५ र मुसहरका ७१ घर छन्। होमस्टे सुविधा भएका घरमा पाहुनाका लागि दुई कोठे भवन बनाइएको छ। प्याकेजमा स्वागत, सांस्कृतिक कार्यक्रम, सामुदायिक वनमा हात्ती सफारी, नारायणीमा बोटिङ, थारू संग्रहालय भ्रमण, पोखरीमा फिसिङ, बर्ड वाचिङ र खाना तथा बास हुन्छ। कसरी पुग्ने : काठमाडौं–अमलटारी १८५ किमि। काठमाडौंबाट लुम्बिनी जाने बसमा कावासोती पर्तिर डन्डा बजारसम्म जाने। डन्डाबाट ६ किमिमा अमलटारी। बजारमा लोकल बस पाइन्छ। त्यसले ४० मिनेटमा थारू भिलेज चोक पुर्यााउँछ। सम्पर्क : प्रेमशंकर मर्दनिया चौधरी–९८१६४५२९२५ भादा गाउँ कैलालीको भादा गाउँमा थारू होमस्टे छ। थारूको खानपिन, जीवनशैली, संस्कृति हेर्न पर्यटक आउँछन्। उर्मा गाविस–८ भादामा १८६ घर छन्। १९ घरमा पाहुना राखिन्छ। ०६७ पुसदेखि होमस्टे चलाइएको हो। पाहुनालाई थारु परिकार चिँचर, लोकल कुखुरा, माछा र रक्सी आदि खुवाइन्छ। साँझ सखिया, हुर्दङवा, झुमरा र मघौटा, लट्ठी नाच देखाइन्छ। लहरुमा गाउँ डुल्न सकिन्छ। भादाबाट ५ किमि दुरीमा बेहडाबाबा मन्दिर छ। गाउँबाट लिन र पुर्यानउन धनगढी, झिल र राजीपुरसम्म लहरु (गोरु गाडा) आउँछन्। सस्तो छ प्याकेज। १ रातको ६ सय रुपैयाँ। यति रकमले बास, लन्च, डिनर र ब्रेकफास्ट पाइन्छ। साँस्कृतिक कार्यक्रम हेर्न छुट्टै तिर्नु पर्छ। कसरी पुग्ने : काठमाडौं–धनगढी ६७५ किमि। धनगढीबाट बेली हुँदै भादागाउँ पुग्न १७ किलोमिटर। पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किमि र झिलबाट १२ किमि पर्छ। सम्पर्क : लक्ष्मीनारायण चौधरी–९७४९०२८००४
    gavar (5)दरै गाउँ दरै जातिले होमस्टे चलाएका छन् चितवनको घोक्रेलामा। खैरहनी नगरपालिका– ११ मा ३१ घर छन् दरैका। ती मध्ये ५ घरमा होमस्टे सुविधा छ। ६ घरमा तयारी हुँदै छ। गाउँलेले एक कोठे घर बनाएका छन्। अट्याच बाथरुम सहितका। ०७१ पुस १२ गतेदेखि होमस्टे सुरु भएको।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्छ दरै गाउँ। नजिकैको कुमरोज मध्यवर्ति सामुदायिक वनमा जंगल वाक, हात्ती सफारी र टावरमा रात विताउन सकिन्छ। डेढ घन्टा जंगल वाकमा गैंडा, चित्तल, जरायो आदि जनावरको दर्शन मिल्छ। गाउँका घर–घरमा गोवर ग्यास छ। ०६६ सालमै 'बायो ग्यास भिलेज' बनेको हो गाउँ। कसरी पुग्ने : काठमाडौंको कलंकीबाट १२ बजे कुमरोजका लागि गाडि छुट्छ। कुमरोजबाट १ किमिमा होमस्टे। चितवनको पर्सा चौबीस कोठीबाट ६ किमिमा होमस्टे। पर्सा बजारबाट गाउँसम्मै गाडि चल्छ। टाँडीको सौराहा चोकबाट कुमरोजसम्म गाडि चल्छ। सौराहाबजारबाट ८ किमिमा होमस्टे। सम्पर्क : गोविन्द दरै– ९८४५५६५७१५, शुक्लाफाँटा कञ्चनपुरको शुक्लाफाँटा बाह्रसिंगाका लागि प्रख्यात छ। त्यहाँ २२ सय बाह्रसिंगा छन्। फाँटामा घाँसका मुना खान आएका बाह्रसिंगाको झुण्ड रहरलाग्दो देखिन्छ। शुक्लाफाँटा वन्यजन्तु आरक्ष प्रवेशद्वारबाट २४ किमि टाढामा पर्छ त्यो फाँटा। फागुनदेखि जेठसम्म शुक्लाफाँटा घुम्ने राम्रो सिजन। फाँटामा थरीथरीका चरा, चित्तल, पाटेबाघ, गैंडा र जंगली हात्ती लगायतका जनावर बस्छन्। आरक्षको हिरापुर फाँटामा कृष्णसार छन्। आरक्षमा जिप ड्राइभ, हात्ती सफारी र जंगल वाक गर्ने सुविधा छ। हात्ती चढ्न पाइन्छ। शुक्लाफाँटा बाहिर १४ सय मिटर लामो महाकाली झोलुङ पुल छ। सेरोफेरोमा सिद्धबाबा मन्दिर, झिलमिला ताल, बेतकोट ताल, टनकपुर बाँध र महाकाली नदी घुम्न सकिन्छ। शुक्लाफाँटा नजिकै नयाँ बस्तीमा राना थारू सामुदायिक होमस्टे सञ्चालनमा आएको छ। ०७२ मंसिर देखि ९ घरमा होमस्टे सञ्चालित छ। एक रात सुतेको तीन सय रुपैयाँ र दालभातको सय रुपैयाँ पर्छ। राना थारू संस्कृति देखाइन्छ। कसरी पुग्ने : काठमाडौं–महेन्द्रनगर–सात सय किमि। साँझ काठमाडौंबाट महेन्द्रनगर जाने बस छुट्छन्। महेन्द्रनगर–शुक्लाफाँटा ६ किमि। सम्पर्क : चेतराम राना–९८४८७०५४४७ डल्ला बर्दिया राष्ट्रिय निकञ्जको मध्यवर्ती क्षेत्र डल्लामा होमस्टे सुविधा छ। सूर्यपटुवा–४ डल्लाका २२ थारू घरमा। १ घर कुमालको हो भने बाँकी थारूका। साँझ सामुदायिक भवनमा सांस्कृतिक कार्यक्रम देखाइन्छ। झुमरा, लठ्ठी, मजिरा र छोकरा नृत्य। शिव सामुदायिक वनका उपभोक्ताले संरक्षणसँगै पर्यटनबाट आम्दानी लिन ०६७ फागुनबाट होमस्टे चलाइएको हो। बर्दिया राष्ट्रिय निकुञ्जको सन् २०१२ को तथ्याङक भन्छ, बर्दियामा ५० बयस्क बाघ र २९ गैंडा छन्। होमस्टेमा बसेर सामुदायिक वनमा सफारी गर्दा गैंडा लगायत जनावर देखिन्छ। निकुञ्ज हेडक्वार्टर ठाकुरद्वारामा गोही प्रजनन, थारु संग्रहालय र ठाकुरबाबा मन्दिर छन्। १३ सय रुपैयाँको प्याकेजमा डिनर, ब्रेकफास्ट, बास र स्वागत सुविधा हुन्छ। दालभात, तरकारी, अचारदेखि थारू खाना घोंगी, चिँचर, माछा, लोकल कुखुरा, मुसाको पकुवा, महुवाको रक्सी आदि पाइन्छ। कसरी पुग्ने : काठमाडौंबाट–ठाकुरद्वारा बसमा १४ घन्टा। पूर्व–पश्चिम राजमार्गको अम्बासाबाट १३ किमिमा ठाकुरद्वारा। ठाकुरद्वारा–डल्ला ५ किमि। नेपालगन्ज–ठाकुरद्वारा ९० किलोमिटर। सम्पर्क : परशुराम चौधरी –९८४४८२३३०८
    ]]>
    11241 0 0 0
    सात तालको बगैंचा सहर http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%a4-%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%97%e0%a5%88%e0%a4%82%e0%a4%9a%e0%a4%be-%e0%a4%b8%e0%a4%b9%e0%a4%b0/ Mon, 09 May 2016 03:52:13 +0000 http://www.ghumphir.com.np/?p=11244 किसान संगीत नेपाली
    तालहरुको वाटिका लेखनाथ नगरपालिका। चिरिच्याट्ट शहर। पोखरा बजारदेखि १० किलोमिटर उत्तरपूर्वमा अवस्थित लेखनाथलाई सात तालको बगैंचा सहर भनिन्छ। जहाँ रुपा, बेगनास, खास्टे, गुँदे, न्यूरेनी, मैदी र दिपाङ ताल छन्।केही समय अघि इन्टरनेशनल साइन्स फाउण्डेशनकी लमजुङ संयोजक सुमित्रा बसौलाले पर्यटकीय गाउँ घान्द्रुकको कार्यक्रममा सहभागि हुन प्रस्ताव गर्नु भयो। पोखरा पुगेपछि थाहा भयो कि कार्यक्रम लमजुङको डडुवामा हुने भएछ। ठिकै भयो, करापुटार क्षेत्र रमाइलै छ। साँझ फाउण्डेशनका निर्देशक शशी गुरुङ सहित ७ जना जीपमा हुइँकियौं डडुवातिर। यात्रा संयोजक डडुवाकै युवा अमन गुरुङ। जीप चालक सूर्य थापाले पोखरादेखि नै बत्ति बालेरै गुडाए। झिलिमिली पोखरा छाडेर बोलेरो अघि बढ्यो, पोखराबाट तालचोक, शिशुवा, बेगनास, पचभैया हुँदै लमजुङको करापुटारतिर। पचभैया डाँडामा पुगेर वेगनास छेवैबाट हेर्दा, आम्मै पोखराको दृश्य! वस्ती कस्तो लोभै लाग्दो गरि जगमगाएका। वेगनास तालमा झिलिमिलि छायाँ उसैगरी धपधप बलेको। युरोपका स्वप्नील सहर झैं लाग्ने। bashundhara park pokharaहामी तालबेसी खहरे खोला तरेपछि हंसपुरको उकालो हुँदै हंसपुर, रामकोट, थुम्कीको जंगलै जंगल छिचोलेर मादी मादी तरेपछि रामबजार हुँदै राती १० बजे डडुवा पुग्यौं। यात्राको थकान थियो, तर गाउँलेको आतिथ्यले शरिरमा उर्जा भरियो। एकदिनको बसाई पछि बुधबार फेरि पोखरा फर्कियौं। रामबजारमा नास्ता गरेपछि फेरि सुरु भयो पोखरा यात्रा। छेवैमा हुनुहुन्थ्यो, बसौला। उत्साहित हुँदै भन्नु भयो, 'अस्ति त रातीको यात्रा भएकाले बाटोमा केही देख्नै पाइएन, आज मज्जाले हेर्दै जानुपर्छ।' मादी तरेर कास्कीको थुम्की गाविस सुरु भएदेखि नै प्रकृतिको अर्कै 'फ्लेवर' भेटियो। करिब ३ घण्टामा पोखरा पुग्यौं। उल्लेरीदेखि तालबेसीसम्म सडक बनाउने काम हुँदै रहेछ, त्यसलै हंसपुर गाउँ हुँदै घुमेर आउँदा अलि समय लाग्यो। त्यो त घुमफिर गर्नेहरु हिँड्ने बाटो पो रैछ। विशेषगरि, पोखराबाट हाइकिङ या बाइकिङ गर्न मिल्ने। वेगनासताल–भोर्लेटार २२ किलोमिटर सडकमा। छिट्टो वारपार गर्नु परे तालबेसीबाट हंसपुरको उल्लेरी असाध्यै छोटो बाटो। तालबेसीबाट हंसपुर हुँदै रामकोटतिरको सडक समात्नु पर्छ। हाइकिङ र साइक्लिङका लागि पोखराबाट वेगनास हुँदै करापुटार वा भोर्लेटारसम्म एक दिन। मोटरसाइकल यात्रीका लागि घुम्दैफिर्दै, तस्बिर खिच्दै, चियानास्ता गर्दै जाँदा पनि एकै दिन। तालबेसीबाट उकालो लाग्दै गएपछि छर्लङ्ग आकाश खुलेका दिन पोखरा, फेवाताल, रुपाताल, वेगनासताल र वरपरका दृश्य देखिन्छ। दन्तै लहर जस्ता अन्नपूर्ण र माछापुच्छे्र हिमालले मन चोर्छन। घनाजंगल, बीचबीचमा स–साना वस्ती, टारीखेत र पाखोबारीको सहितको मौलिक वस्ती। चिलाउने, कटुस, सिमल जस्ता रुख विरुवाले ढाकेको जंगलमा स्थानीयहरु घाँस–दाउरा गर्दै गरेका, गाइवस्तु र बाख्रा चराउँदै गरेका दृश्यले तान्छ। माघ–फागुनमा सिमल फुल्दा वनै उज्यालो हुने थुम्कीका पुष्पराज खनालले बताए। चिटिक्क परम्परागत घर, वस्ती नजिकै फलफूल बँगैचा, ठाउँ–ठाउँमा सहरीया गन्ध आउने गाउँले पसलहरु। सेलरोटी, आलुपकौडा, आलुचप, आलु, चना, सिमी र बोडीको तरकारी पाइन्छ त्यहाँ। कच्ची सडक भए पनि सजिलो। हंसपुरबाट हिँड्दा व्यागमा पानी बोक्न भुल्नु हुँदैन, किनकि उकालोमा जहींतही पानी पाईदैन। हंसपुर गाविसको हंसपुर, रामकोट, उल्लेरी, स्याखलुङ हुँदै थुम्की गाविसका थुप्रै वस्ती र जंगली यात्रासँगै प्राकृतिक सौन्दर्यको रसस्वादन गर्दै मादी नदी तरेर लमजुङको रामबजार पुगिन्छ। त्यो रात रामबजारमा विताए भयो, भोर्लेटार बजार घुम्ने र उतै सुस्ताउने भए मिदिमखोला तर्नु पर्छ। तालको माछा छ्याप्छ्याप्ती पाइने भएकाले वेगनास देखि नै पाइन्छ। रामबजार वा भोर्लेटारमा पनि पाइन्छ, मादी र मिदिम खोलाका माछा। स्वाद गजबको। दुई दिनेे प्याकेजमा यात्रा गर्न सकिन्छ। लामो यात्रा गर्नेहरुका लागि पनि गन्तव्य छन्। रामबजारबाट इशानेश्वर, करापु, गिलुङ, घाम्राङ, भोजे हुँदै पसगाउँसम्मको पहाडी वस्ती। रामबजारबाट हिँडेपछि पहिलो रात करापुको डडुवागाउँमा। बिहानको खाना गिलुङको झुमडाँडामा खाएर साल्मेभञ्ज्याङ हुँदै घाम्राङ बस्न पुगिन्छ। त्यसपछि भोजे र पसगाउँसम्मको रमाइलो यात्रा। यो रुटमा प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति अवलोकन गर्न पाइन्छ। मनकारी छन् गाउँलेहरु। वेगनास–रामबजार वा भोर्लेटारसम्म रुटलाई गाउँलेले पोखरा आवत–जावत र सामान ढुवानी गर्न मात्रै प्रयोग गर्ने गरेका छन्। विशेषगरि, तालफेदीदेखि हंसपुरको उकालो हुँदै रामकोटतिरको सडकलाई पर्यटकीय महत्वकासाथ स्तरोन्नति, विकास र प्रर्वद्धन गर्न सके पर्यटकको चाप बढाउन सकिन्छ।
    ]]>
    11244 0 0 0
    चन्दा र ऋण काढेर सडक निर्माण http://localhost/ghum/%e0%a4%9a%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%b0-%e0%a4%8b%e0%a4%a3-%e0%a4%95%e0%a4%be%e0%a4%a2%e0%a5%87%e0%a4%b0-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae/ Mon, 09 May 2016 04:39:35 +0000 http://www.ghumphir.com.np/?p=11247

    इलाम, २७ वैशाख । विकास निर्माण गर्दा होस् वा जुनसुकै कार्यका लागि सरकारी मुख ताक्ने प्रवृत्ति हाम्रो समाजमा व्याप्त छ । सधैँभरि विकास निर्माणमा सरकारी मुख ताक्नुपर्ने प्रथाको अन्त्य गर्दै जिल्लाको पश्चिमी जीतपुर गाविसका बासिन्दाले ऋण काढेर सडक निर्माण गरी उदाहरण प्रस्तुत गरेका छन् । गाउँमा बस चलाउन जीतपुरवासीले प्रत्येक घरबाट चन्दा उठाएर सडक निर्माण गरेका छन् । रु ८४ लाखको लागतमा जीतपुर नवमीदेखि लिङ्दिन हुँदै फुलुङ्गी दोभानसम्मको करिब १३ किलोमिटर सडक स्थानीयले चन्दा सङ्कलन र ऋण काढेर निर्माण गरेका हुन् । सडक बनाउन आधा जति रकम चन्दाबाट सङ्कलन गरेका छन् भने आधा जति ऋण लिएको सडक निर्माण तथा उपभोक्ता समिति अध्यक्ष गङ्गाप्रसाद प्याकुरेलले बताउनुभयो । “सबैले आआफ्नो क्षमताअनुसार रु पाँच हजारदेखि एक लाख आठ हजारसम्म चन्दा दिए” अध्यक्ष प्याकुरेलले भन्नुभयो “चन्दाबाट मात्रै रु ३२ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।” सडक खन्न पैसा दिनेलाई किरात धर्मगुरु आत्मानन्द लिङ्देनले ताम्रपत्रसहित आशीर्वाद दिने भएपछि जिल्ला बाहिरबाट समेत बाटो निर्माणका लागि चन्दा सङ्कलन भएको छ । सडक बनाउन जीतपुरका श्याम खजुमले रु एक लाख आठ हजार चन्दा दिनुभएको छ । झापाका दीपक मगरले रु ९० हजार बराबरको इन्धन उपलब्ध गराउनुभएको छ । नेपाली काँग्रेसका क्षेत्रीय सभापति गोविन्द गिरी, समिति अध्यक्ष प्याकुरेलले रु ५०÷५० हजार ँ बाटोमा चन्दा दिनु भएको छ । सामुदायिक वन उपभोक्ता समूह, किरात धर्मगुरू आत्मानन्द लिङ्देनले पनि सडकका लागि चन्दा दिनुभएको छ । इलाम पाँचथर, ताप्लेजुङ र धरानका मानिसले पनि चन्दा दिएका छन् । सडक निर्माणका लागि अपुग रकम स्थानीयसँग सापटी लिएको निर्माण समितिले जनाएको छ । सडक निर्माणका लागि सबैभन्दा बढी धर्मगुरुबाट रु ३१ लाख सापटी लिएको र अपुग रकम अन्यबाट लिइएको छ । पहिले सात फुट चौडाइको सडक थियो । त्यसलाई तीन गुणाभन्दा बढी बढाएर २४ फुटको बनाइएको छ । १३ किलोमिटर सडकमा तीन किलोमिटर नयाँ ट्रयाक बनाइएको छ । २०७० चैत २८ गतेदेखि निर्माण थालिएको बाटो २०७२ चैत २३ गतेसम्म निर्माण गरिएको थियो । चन्दा र ऋण काढेर डोजरको सहायताले सडक बनाइएको हो ।

    ]]>
    11247 0 0 0
    करेन्ट लागेर मृत्यु http://localhost/ghum/%e0%a4%95%e0%a4%b0%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%b0-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81/ Mon, 09 May 2016 04:44:06 +0000 http://www.ghumphir.com.np/?p=11249

    उर्लाबारी (मोरङ), २७ वैशाख । मोरङको डाँगीहाटमा आज बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । डाँगीहाट–१ का ३३ वर्षीय प्रदीप तामाङको घरमै सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । बिहान ५ बजे करेन्ट लागेर गम्भीर घाइते भएका तामाङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान ६ः३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायब निरीक्षक प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

    ]]>
    11249 0 0 0
    ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु http://localhost/ghum/%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%aa%e0%a4%b2%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95/ Mon, 09 May 2016 04:46:19 +0000 http://www.ghumphir.com.np/?p=11251

    महोत्तरी, २७ वैशाख । महोत्तरीको बर्दिवास नगरपालिका–५ मा आज बिहान इँटा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । आज बिहान ज १ त १४७७ नम्बरको ट्र्याक्टरमा इँटा लोड गरी गइरहेको समयमा अनियन्त्रित भई पल्टिदा सोही ट्र्याक्टरका चालक औरही–८ का २० वर्षीय विनय सदाको ज्यान गएको प्रहरीले जनाएको छ । सोही ट्र्याक्टरमा लोड गरिएको इँटाले थिचिएर गम्भीर घाइते भएको सदाको उपचारको क्रममा बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उनको ज्यान गएको जिल्ला ट्र«ाफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

    ]]>
    11251 0 0 0
    सन् २०१८लाई भ्रमण वर्षको घोषणा,दश लाख पर्यटक भित्र्याउने लक्ष्य, गतवर्ष ६ लाख मात्रै पर्यटक http://localhost/ghum/%e0%a4%b8%e0%a4%a8%e0%a5%8d-%e0%a5%a8%e0%a5%a6%e0%a5%a7%e0%a5%ae%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a5%8b/ Mon, 09 May 2016 04:54:45 +0000 http://www.ghumphir.com.np/?p=11253 काठमाडौँ । भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि सरकारले रणनीतिक योजना अघि सारेको छ । सन् २०१८ लाई ‘पर्यटन भ्रमण वर्ष’का रुपमा घोषणा गर्दै सरकारले १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको हो ।
    व्यवस्थापिका–संसद्मा प्रस्तुत आव २०७३÷०७४ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले आगामी सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र छिमेकी मुलुकबाट बढी पर्यटक भित्र्याउन आवश्यक रणनीति तय गर्ने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास तथा १० वर्षे राष्ट्रिय रणनीतिक पर्यटन योजनाको कार्यान्वयन गर्दै छिमेकी मुलुकबाट बढी पर्यटक भित्र्याउन प्रवद्र्धनात्मक कार्यक्रमको घोषणा गरेकी छिन्
    यसअघि सरकारले सन् १९९८ लाई भ्रमण वर्ष, सन् २०११ लाई नेपाल पर्यटन वर्ष घोषणा गरी विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरेको थियो । जसका कारण विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थियो ।नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् १९९८ मा चार लाख ६३ हजार ६८४ पर्यटक नेपाल आएका थिए । सन् २०११ मा सात लाख ३६ हजार २१५ पर्यटक आएका थिए । त्यस्तै सन् २०१२ मा सबैभन्दा बढी आठ लाख तीन हजार ९२ पर्यटक आएका थिए । सन् २०१३ मा सात लाख ९६ हजार, सन् २०१४ सात लाख ९० हजार ११८ विदेशी पर्यटक आएका थिए । अध्यागमन विभागको विवरणअनुसार सन् २०१५ मा पाँच लाख ९४ हजार ७४७ विदेशी पर्यटक आएका थिए ।
    विसं २०७१ लाई आन्तरिक भ्रमण वर्षका रुपमा मनाई आन्तरिक पर्यटन प्रवद्र्धन गरी प्रत्येक प्रदेशमा कम्तीमा एक स्थललाई केन्द्रबिन्दु मानी पर्यटकीय क्षेत्र र गन्तव्यको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।त्यस्तै प्रत्येक प्रदेशमा ऐतिहासिक क्षेत्रलाई संरक्षण गर्न एक प्रदेश एक सङ्ग्रहालयको व्यवस्था गरिने जनाइएको छ ।
    धार्मिक पर्यटन प्रवद्र्धन गर्न ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने नीति लिएको सरकारले पदयात्रा पर्यटन प्रवद्र्धनका लागि गन्तव्य पहिचान र पर्यटकीय सेवा विस्तार गर्ने तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन मौसमी सूचना प्रणालीको विकास गर्ने योजना छ । सगरमाथा र अन्नपूर्ण क्षेत्रमा एकीकृत उद्धार केन्द्र निर्माणको कार्य सुरु गरिनेछ । बुद्ध जन्मेको पवित्र तीर्थस्थल लुम्बिनी, पर्यटकीय स्थल पोखरा, नेपालकै होचो भू–भाग केचना र संसारकै अग्लो बुद्धको मूर्ति स्थापना हुने दमकलाई अन्तर्राष्ट्रिय बुद्ध वृत्तसँग जोडिने योजना ल्याएको छ ।सरकारले हवाई यातायातलाई ग्रामीण तहसम्म बिस्तार गर्ने उद्देश्यसहित थप विमानस्थल निर्माण गर्ने र सञ्चालनमा नआएका विमानस्थललाई सञ्चालनमा ल्याउने जनाएको छ ।
    ]]>
    11253 0 0 0
    सालकको खपटासहित दुई पक्राउ http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a4%aa%e0%a4%9f%e0%a4%be%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0/ Tue, 10 May 2016 13:52:55 +0000 http://www.ghumphir.com.np/?p=11256

    काठमाडौँ, २८ वैशाख । महानगरीय प्रहरी अपराध महाशाखाले दुर्लभ वन्यजन्तु सालकको खपटासँगै दुईजनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले सोमबार दुई केजी सालकको खपटा बेचबिखन गर्न लागेको अवस्थामा रामेछाप घर भई हाल बौद्ध बस्ने तीर्थ श्रेष्ठ र अशोक श्रेष्ठलाई बौद्धबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाएको प्रहरीले जनाएको छ ।

    ]]>
    11256 0 0 0
    काभ्रेपलाञ्चोक दूधमा आत्मनिर्भर हँुदै http://localhost/ghum/%e0%a4%95%e0%a4%be%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%aa%e0%a4%b2%e0%a4%be%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a5%8b%e0%a4%95-%e0%a4%a6%e0%a5%82%e0%a4%a7%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%a4%e0%a5%8d/ Tue, 10 May 2016 13:54:38 +0000 http://www.ghumphir.com.np/?p=11258

    बनेपा, २८ वैशाख । काभ्रेपलाञ्चोक दूध, अण्डा र मासु उत्पादनमा आत्मनिर्भर हुन थालेको छ । जिल्लामा उत्पादन भएका अण्डा, दूध र मासुजन्य पदार्थ निर्यात हुन थालेपछि आत्मनिर्भर घोषणा गर्न किसानले आवश्यक तयारी थालेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । यहाँका कृषकले वार्षिक एक लाख १३ हजार ६२ मेट्रिक टन दूध उत्पादन गरेका छन् । बत्तिस प्रतिशत जिल्लामा खपत हुन्छ भने बाँकी बाहिर निर्यात भएको जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण बडालले जानकारी दिनुभयो । त्यस्तै अण्डा दुई करोड २० लाख सात हजार उत्पादन हुने गरेको छ भने मासुजन्य पदार्थ आठ हजार ९११ मेट्रिक टन उत्पादन भएर बाहिरी जिल्लामा समेत निर्यात भएको पशु चिकित्सक मणि सापकोटा बताउनुहुन्छ । “केही प्रक्रिया पुरा गरेपछि जिल्लालाई आत्मनिर्भर घोषणा गर्छौँ” उहाँले भन्नुभयो । जिल्लामा गाई एक लाख ३६ हजार ४८५, भँैसी एक लाख ३० हजार ९९९, भेडा तीन हजार ६५२, बाख्रा दुई लाख ८९ हजार ६७६, कुखुरा चार लाख र बङ्गुर १३ हजार ६५८ रहेको तथ्याङ्कमा उल्लेख छ । पशु बिमा समितिका अध्यक्ष दीपक पौडेलले दूध, मासु र अण्डामा आत्मनिर्भर भए पनि केही समस्या रहेकाले त्यसलाई सरकारले सम्बोधन गरेर अघि बढनुपर्ने बताउनुभयो ।

    ]]>
    11258 0 0 0
    होटल सञ्चालकसहित चार पक्राउ http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a4%95%e0%a5%8d/ Tue, 10 May 2016 13:56:44 +0000 http://www.ghumphir.com.np/?p=11260

    खोटाङ, २८ वैशाख । होटलमा काम गर्ने महिला र उनकी नाबालिका छोरीलाई कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा होटल सञ्चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आएकी महिला र उनकी तीन वर्षीया छोरीलाई कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा होटल सञ्चालक हरिप्रसाद आचार्य, प्रबन्ध निर्देशक दिलनारायण रिजालका छोरा कविराज रिजाल, श्रीमती कोपिलादेवी रिजाल र कामदार तिलक कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका हरिप्रसाद, कविराज र तिलकविरुद्ध मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । कोपिलादेवीलाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । मिलापत्रपछि पीडकविरुद्ध उजुरी नपर्दा अनुसन्धान थाल्न अप्ठ्यारो भएको प्रहरीले बताएपछि राष्ट्रिय मानव अधिकार आयोगको लिखित निर्देशनपछि उनीहरुलाई सोमबार राति पक्राउ गरिएको हो । आमाछोरीमाथि भएको दुव्र्यवहारको घटना सार्वजनिक भएको हप्ता दिनपछि वैशाख २३ गते बिहीबार मिलापत्र गराएर पीडितलाई थप पीडित बनाइएको भन्दै आयोगको निर्देशनमा आयोगको टोली र प्रहरीले संयुक्त रुपमा आमाछोरीलाई उद्धार गरेको थियो । होटलमा काम गर्ने आमाछोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यवहारका घटनालाई मिलापत्रमा टुङ्ग्याउने प्रयास भएपछि आयोगको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो । मिलापत्र गराएर सोमबार राजधानी काठमाडौँ पठाउन लागिएको जानकारी पाएपछि प्रहरीलाई उद्धार गर्न आयोगले निर्देशन दिएको थियो । पीडितलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङमा महिला प्रहरीको संरक्षणमा राखिएको छ । उद्धारपछि प्रहरी संरक्षणमा पु¥याइएका महिलाले दबाबमा मिलापत्र गराइएको भन्दै आरोपितविरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ । कुटपिट र यौन दुव्र्यवहारका घटनामा मिलापत्र गरेको तीन दिनपछि आयोगको निर्देशनमा आयोगकै टोली र प्रहरीले पीडितलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालयको संरक्षणमा लगिएको हो । घाउजाँच केश फारमका लागि पीडित महिलाले वैशाख २१ गते प्रहरीलाई दिएको निवेदनमा होटलमा काम सुरु गरेको महिना दिनदेखि नै हरिप्रसादले दुव्र्यवहार गर्न खोजेको उल्लेख गरिएको छ ।

    ]]>
    11260 0 0 0
    वन्यजन्तुबाट पीडितहरु नै वन्यजन्तुको संरक्षणमा http://localhost/ghum/%e0%a4%b5%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%9c%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%b9%e0%a4%b0%e0%a5%81-%e0%a4%a8%e0%a5%88/ Tue, 10 May 2016 13:59:13 +0000 http://www.ghumphir.com.np/?p=11262

    नारायण ढुङ्गाना रत्ननगर (चितवन), २८ वैशाख । आफूलाई आक्रमण गरेर जिन्दगीभर अपाङ्ग बनाउनेप्रति माया हैन घृणा हुनुपर्ने हो । चितवनको पश्चिम क्षेत्र पटिहानीका स्थानीयवासी भने ठीक त्यसको विपरीत छन् । आफूलाई आक्रमण गर्र्ने वन्यजन्तुकै संरक्षणमा लागेर पीडितहरुले नमुनाको काम गर्दै आएका छन् । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पटिहानीको घट्गाईंकी ५५ वर्षीया मिठूमायाँ क्षेत्रीलाई २०६५ साल फागुन २ गते भालुले चिथो¥यो । भालुको आक्रमणबाट उनी सख्त घाइते भइन् । साथीहरु परै भएकाले उनको चिच्याहट कसैले सुनेनन् । ठूलै सङ्घर्ष गरेर उनी भालुबाट जोगिइन् । केही समयपछि मात्र साथीहरुले उनलाई अनुहार नचिनिने गरी विक्षिप्त अवस्थामा लडिरहेको फेला पारे । आठ वर्षअघि त्यो कहालीलाग्दो दिन सम्झँदा मिठूमायाँ अहिले पनि भक्कानिन्छिन् । भालुको आक्रमणबाट पीडा भोग्नुपरे पनि त्यसैको संरक्षणमा अहिले उनी अहोरात्र खटिएकी छिन् । वन्यजन्तु संरक्षणको महत्व राम्रोसँग बुझेकी मिठूमायाँ भन्छिन् – “ममा कुनै बदलाभाव छैन ।” साथीहरुकै सहयोगमा भरतपुर अस्पतालमा ल्याएर उनको उपचार गरियो । रु एक लाख ५० हजारभन्दा बढी खर्च गर्दा पनि उपचार राम्रो नभएपछि सेनामा कार्यरत छोराको पहलमा काठमाडौँस्थित छाउनी अस्पतालमा उपचार हुनसक्यो । निको त भयो तर कहिल्यै नमेटिने दाग रह्यो । उनको पहिलाको रुप र शक्ति अब रहेन । माथिल्लो बङ्गारासहित कुनै पनि दाँत बाँकी छैनन् । अहिले उनी कृत्रिम दाँतको सहारामा अस्पष्ट बोल्छिन् । “हात भालुले टोकेर भाँचिदिएकाले राम्ररी काम गर्न सक्दिनँ” – मिठूमायाँ भन्छिन् । “भालुले मेरो ज्यानै लिन खोज्यो, भोलि गैँडाले पनि आक्रमण गर्ला तर जङ्गली जनावरप्रति कुनै बदला लिनु छैन,” मिठूमायाँले गर्वका साथ भनिन् – “जङ्गली जनावर हाम्रा सम्पत्ति हुन् । त्यसैले यिनको संरक्षणमा सकेको लाग्छु र अरुलाई पनि यसै गर्न भन्छु ।” उनी जस्तै गैँडाको आक्रमणबाट घाइते भएका दुर्गा शर्मा पनि अहिले संरक्षणमा लागेकी छन् । “उनीहरुको क्षेत्रमा गए आक्रमण गर्ने हो,” दुर्गाले भनिन् – “उसलाई चलाउनु भएन । बरु संरक्षण गरेर पर्यटक आकर्षित गराई गाउँमा विदेशी पैसा भित्र्याउन सबै एक हुनुपर्छ ।” जनावरबाटै पीडित भएर पनि वन्यजन्तु संरक्षणमा लागेकी मिठूमायाँ र दुर्गा मात्रै होइन । उनीहरुजस्तै छिमेकी इन्द्रदेव तिवारी, सरस्वती तिवारी र बलभद्र पौडेल पनि गैँडा र भालुको आक्रमणबाट घाइते भएकाहरु हुन् । निकुञ्जमा खरखडाइ र घाँस काट्न जाँदा उनीहरु वन्यजन्तुको आक्रमणमा परेका थिए तर अहिले वन, वातावरण र वन्यजन्तु संरक्षणमा उनीहरुबाट अमूल्य योगदान हुँदै आएको छ । पटिहानीका नरबहादुर मगर र भाङ्ग्रे कामीले गैँडाको आक्रमणबाट ज्यानै गुमाए । पटक पटक उनीहरुका परिवार बिचलित नभई वन्यजन्तु संरक्षणमा लागिरहेका छन् । पीडितहरुमा अहिले उदार भाव पैदा भएको छ । वन्यजन्तुलाई अमूल्य गहनाका रुपमा उनीहरु परिभाषित गर्छन् । जनावरको बुद्धि हुन्न, आक्रमण गर्छन्, हामी मानिसको बुद्धि हुन्छ । यिनको संरक्षण गर्न सकियो भने हामीलाई रोजगारी र आयआर्जनको अवसर मिल्छ र फाइदा हुन्छ । पीडितहरु यही भाव लिएर संरक्षणमा लागेका पटिहानीका एकजना संरक्षणकर्मी अपिल घिमिरे बताउँछन् । वन्यजन्तुको आक्रमणबाट मात्र चितवन निकुञ्ज वरपरका गाउँका कम्तीमा चार–पाँचजना र बढीमा १५ देखि २० जना बासिन्दाको बर्सेनि मृत्यु हुने गरेको छ । बर्सेनि २०–३० जनाभन्दा बढी घाइते हुन्छन् । चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा गएको वर्ष वन्यजन्तु आक्रमणमा परी नौजनाको मृत्यु भएको थियो भने १९ जना घाइते भए । त्यसको अघिल्लो वर्ष २०७१ सालमा १० जनाको मृत्यु र छजना घाइते भएको तथ्याङ्क छ । यहाँ वन्यजन्तुले बर्सेनि सयौँको घर गोठ र खेतीबाली नष्ट गर्दै आएको छ । तर स्थानीयवासीमा प्रतिशोध भन्दा पनि संरक्षणको भाव बढ्दो रहेको चितवन निकुञ्जको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्न नदिन विभिन्न प्रयास जारी रहेको बताउँछन् । मेस जाली, सौर्य तारबार, निकुञ्जभित्रै घाँसै मैदान तथा विभिन्न उपाय अपनाएर आक्रमणका घटना कम गर्ने र संरक्षण प्रभावकारी बनाउने काम भइरहेको कँडेलको भनाइ छ । स्थानीय जनताको प्रशंसा गर्दै निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल भन्छन् – वन्यजन्तु चोरी तस्करीका घटना विगत ७५० दिनदेखि शून्य हुनु पनि स्थानीय जनताको सक्रियताको परिणति भएको हो । सँगै सफाइ अभियान चितवन निकुञ्जको राप्ती नदी किनार क्षेत्र पटिहानी र जगतपुर क्षेत्र अहिले पर्यटकीय केन्द्रका रुपमा विकास हुन थालेका छन् । उनीहरुकै सहभागितामा राप्ती नदी किनार सरसफाइ, पर्यावरण संरक्षण, वन्यजन्तुका लागि पोखरी निर्माणलगायत काम पटिहानीमा भइरहेको छ । गाउँलेहरु राप्ती किनारमा फालिएका पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल, प्लास्टिकलगायतका फोहर उठाउन जुट्न थालेका छन् । वातावरण संरक्षण नगरे वन्यजन्तुको संरक्षण हुँदैन, वन्यजन्तुको संरक्षण नभए पर्यटक आउँदैनन् । यही तथ्यलाई मनन गरेर संरक्षणमा सबै जुट्न थालेको स्थानीयवासी रामराज तिवारी बताउँछन् । दुई छाक जोहो गर्न पनि धौधौ पर्ने विपन्न समदायका थारु, दराइँ, बोटे, माझी र वन्यजन्तु घाइतेलगायतको पहलमा आफ्नो गाउँमा वन्यजन्तुको संरक्षण र पर्यटन प्रवद्र्धन गर्न घट्गाईं चोकमा गैँडाको मूर्तिसमेत बनाइएको छ । मूर्ति स्थापनाले मानव जाति र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणको सकारात्मक सन्देश जाने स्थानीयवासी दिलराम बोटेको विश्वास छ । निकुञ्जभित्रका जलचर तथा जनावरको जलक्रीडाका लागि ताल निर्माण अभियानमा समेत गाउँले अहिले सक्रिय छन् । वन्यजन्तु चरनका लागि राप्ती नदी किनारमा घाँस र वृक्ष रोप्ने कामसमेत सुरु गरिएको वातावरण तथा पर्यटन विकास समिति पटिहानीका अध्यक्ष अपिल घिमिरे बताउँछन् । संरक्षणकर्मी तिवारी अभिमुखीकरण र चेतनास्तर बढ्दै गएकाले घाइतेहरु नै वन्यजन्तु संरक्षणमा लागेको बताउँछन् । मृतक परिवार र घाइतेलाई निकुञ्जले निश्चित क्षतिपूर्ति दिने गरेको भए पनि त्यो नगण्य हुँदासमेत पीडितहरुले कुनै पर्वाह नगरी यहाँ उदाहरणीय काम गर्दै आएका छन् ।

    ]]>
    11262 0 0 0
    बस व्यवसायीबीच विवाद http://localhost/ghum/%e0%a4%ac%e0%a4%b8-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%ac%e0%a5%80%e0%a4%9a-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%a6/ Tue, 10 May 2016 15:18:47 +0000 http://www.ghumphir.com.np/?p=11264

    धनगढी, २८ वैशाख । बस सेवा सञ्चालनका विषयमा सुदूरपश्चिम यातायात व्यवसायी समिति र बडिमालिका यातायात प्रालिबीच विवाद बढेको छ । विवादसँगै आफ्नो गन्तव्यतिर गइरहेका बडिमालिका यातायात प्रालिका बसलाई सुदूरपश्चिम यातायातका पदाधिकारी र मजदुरले बाटामै रोकेर तोडफोड गरेको बडिमालिका यातायातका कालुसिं पार्कीले आरोप लगाउनुभयो । उहाँले बडिमालिकाका बा३ख २३२०, बा३ख ३९६९ नं का बसमा तोडफोड गर्नाका साथै बस व्यवसायी जेके साहु र चालकमाथि कुटपिट समेत गरिरहँदा पनि प्रहरी प्रशासनले सुरक्षा नदिएको आरोप लगाउनुभयो । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको बडिमालिकाले यातायात व्यवस्था विभागबाट काठमाडौँदेखि धनगढीसम्मको नाइट रुट परपिट (रात्रि सडक इजाजत) पाए पनि सम्बन्धित कार्यालयमा पु¥याउनुपर्ने थप प्रक्रिया नपु¥याएकाले बस सेवा सञ्चालनमा विवाद सिर्जना भएको जनाइएको छ । विवादका विषयमा बुझ्न खोज्दा सुदूरपश्चिम यातायात व्यवसायी समितिको कार्यालयमा सम्पर्क हुन सकेन । सुदूरपश्चिम यातायात व्यवसायी समितिले बस सेवा सञ्चालनमा आलोपालो ‘सिन्डिकेट’ प्रणाली हटाउन नखोजेकै कारण बडिमालिका बस सेवा सञ्चालनमा विरोध गरेको आरोप लाग्दै आएको छ । यसैबीच यातायात व्यवस्था समिति कैलालीको सोमबार बसेको बैठकले प्रचलित ऐननियमका साथै यातायात व्यवस्था विभागले दिएको निर्देशनका बुँदा परिपालना गर्ने गरी बडिमालिका यातायात प्रालिका बस सञ्चालन हुन दिने निर्णय गरेको समितिका सदस्य सचिव एवम् सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख केशवदत्त जोशीले बताउनुभयो ।

    ]]>
    11264 0 0 0
    तीन दरबार सर्वसाधारणका लागि खुल्ला http://localhost/ghum/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%a3%e0%a4%95%e0%a4%be-%e0%a4%b2/ Tue, 10 May 2016 15:21:38 +0000 http://www.ghumphir.com.np/?p=11266

    काठमाडौँ, २८ वैशाख । नेपाल ट्रस्टको कार्यालयले तीनवटा दरबार अवलोकन गर्न सर्वसाधारणलाई खुल्ला गर्ने निर्णय गरेको छ । कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले दिनुभएको जानकारीअनुसार शुल्क लिई अवलोकन गर्न खुल्ला गरिएका दरबारमा रत्नमन्दिर दरबार (पोखरा), दियालो बङ्गला दरबार (चितवन) र कान्ति ईश्वरीय दरबार (हेटाँैडा) रहेका छन् । गत वैशाख ८ गतेको निर्णयअनुसार रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई रु एक हजार, स्वदेशी नागरिकलाई रु १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई रु ५०, दियालो वङ्गला दरबार अवलोकन गर्न विदेशी नागरिकका लागि रु ५००, स्वदेशी नागरिकलाई रु ५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई रु २५ निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । यसैगरी, कान्तिईश्वरीय दरबारका लागि विदेशी नागरिकका लागि रु १००, स्वदेशी नागरिकका लागि रु २५ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लाग रु १० शुल्क निर्धारण गरिएको छ । सचिव उपाध्यायले निकट भविष्यमा अन्य दरबारको तयारी गरी खुल्ला गरिने जानकारी दिनुभयो ।

    ]]>
    11266 0 0 0
    नारायणहिटी सङ्ग्रहालयबाट सत्र करोड आम्दानी http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a4%a3%e0%a4%b9%e0%a4%bf%e0%a4%9f%e0%a5%80-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%ac%e0%a4%be/ Tue, 10 May 2016 15:25:39 +0000 http://www.ghumphir.com.np/?p=11268

    गौतमबुद्ध बज्राचार्य काठमाडौँ, २८ वैशाख । नेपाल सङ्घीय गणतन्त्रमा प्रवेश गरेपछि स्थापना भएको नारायणहिटी दरबार सङ्ग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डको साक्षी भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी जिज्ञासु तथा अवलोकनकर्ता आउने क्रम बढ्दो छ । सङ्ग्रहालयका अनुसार २०६५ फागुनयता स्वदेशी तथा विदेशी गरी २० लाख ७९ हजार ७६० जनाले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन् । स्वदेशी दर्शकका रुपमा १० लाख छ हजार १५५ जना र नेपाली विद्यार्थी मात्रै नौ लाख ५ हजार ३३० जना यहाँ आइसकेका छन् । चीन र दक्षिण एसियाली मुलुकहरुबाट आएका एक लाख १८ हजार ६९९ तथा अन्य मुलुकका ४९ हजार ५७६ जना पर्यटकले सो सङ्ग्रहालयको अवलोकन गरेका छन् । टिकट बिक्री तथा पार्किङ शुल्कबापत सङ्ग्रहालयले रु १७ करोड ४२ लाख ८५ हजार ६०० आम्दानी पनि गरेको छ । दरबारको नजिकै रहेको नारायणको मन्दिर र हिटीपोखरीको संस्मरणमा राजदरबारको नाम नारायणहिटी भएको हो । नेपाल भाषामा हिटीको अर्थ धारा हो । विदेशी वास्तुविद्को डिजाइनमा नारायणहिटी राजदबारको निर्माणकार्य विसं २०२० मा सुरु भई २०२६ मा सम्पन्न भएको थियो । राजदरबार निर्माण हुुनुअघि विसं १९०३ मा तत्कालीन प्रधानसेनापति शिवरामसिंह बस्न्यातका कान्छा छोरा काजी धोकलसिंह बस्न्यातको सम्पत्तिका रुपमा रहेको घरपरिसरलाई वीरशम्शेरका पालादेखि चर्चिन थालिएको हो । वीर शम्शेरले निर्माण गर्न लगाएको यो दरबार आफ्ना दुई छोरीको विवाह राजा पृथ्वी वीरविक्रम शाहसँग गराइदिएपछि हनुमानढोका दरबारबाट शाह राजाहरुलाई यहाँ बस्न लगाइएको हो । नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहितकुमार ढुङ्गानाले सङ्ग्रहालयले हाल नारायणहिटीभित्र रहेको १९ वटा कक्ष सर्वसाधारणका लागि खुल्ला राखेको जानकारी दिनुभयो । बजेटको सीमितता र पूर्वाधारको अभावमा १२ वटा कक्ष खोल्न नसकिएको उहाँको भनाइ छ । सङ्ग्रहालयमा १४२ कर्मचारी कार्यरत छन् । सङ्ग्रहालयको बृहत्तर विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले यहाँ अवलोकनका लागि आउने आगन्तुकलाई एक दिनको प्याकेज उपलब्ध गराउने योजना रहेको बताउनुभयो । नारायण राजदरबारभित्र घटेको दुर्दान्त घटनाको प्रमुख स्थल त्रिभुवन सदनको पुनःनिर्माण कार्यको प्रथम चरण सकिन लागेको छ । भूकम्पपछि अवरुद्ध दोस्रो चरणको निर्माण कार्य विसं २०७४ भित्र सम्पन्न गरी सर्वसाधारणका लागि खुल्ला गर्ने लक्ष्य सङ्ग्रहालयले राखेको प्रमुख ढुङ्गानाले बताउनुभयो । स्व श्री ५ त्रिभुवनबाट निर्माण गर्न लगाइएको त्रिभुवन सदनभित्र विसं २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती, अधिराजकुमार नीराजन र राजपरिवारका अन्य केही नातेदारको निधन भएको थियो । सो कक्षको अवलोकनपछि धादिङबाट आउनुभएका सरिता पौडेलले अझै आफूलाई राजा वीरेन्द्र र रानी ऐश्वर्यको देहावसान भइसकेको भन्ने यथार्थता पत्याउनै मुस्किल भइरहेको बताउनुभयो । विसं २०६५ असार १ गते स्थापना भएको नारायणहिटी सङ्ग्रहालयलाई सोही वर्षको फागुन १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वसाधारणका लागि अवलोकन गर्न खुला गर्नुभएको थियो ।

    ]]>
    11268 0 0 0
    मच्छिन्द्रनाथलाई गाः बहाल पु¥याइयो (फोटो फिचर) http://localhost/ghum/%e0%a4%ae%e0%a4%9a%e0%a5%8d%e0%a4%9b%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%97%e0%a4%be%e0%a4%83-%e0%a4%ac%e0%a4%b9%e0%a4%be/ Wed, 11 May 2016 17:36:04 +0000 http://www.ghumphir.com.np/?p=11271 ललितपुर, २८ वैशाख । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथलाई आज तानेर गाः बहाल पु¥याइएको गुठी संस्थानका कायममुकायम वैकुण्ठ आचार्यले बताउनुभयो । उपत्यकामै लामो जात्राका रुपमा मानिने उक्त रथलाई आज एक दिन राखेर भोलि मङ्गलबजार पु¥याइने जनाइएको छ । इसापूर्व १४ सय वर्षअगाडि मच्छिन्द्रनाथ रथ जात्रा प्रारम्भ भएको इतिहासमा उल्लेख गरिएको छ । आफ्नो वेशभूषामा सजिएर स्थानीय नेवार समुदायले रथलाई तानेर गाः बहाल पु¥याइएको हो । उक्त जात्रा हेर्नका लागि उल्लेखनीय सङ्ख्यामा भक्तजनको ओइरो लागेको थियो । रथ निर्माण कार्य वैशाख १२ गते सुरु भएर २५ गते सम्पन्न भएको थियो । सोही दिन औँसी प्रतिपदाको दिन परेकाले मच्छिन्द्र्रनाथको मूर्तिलाई रथारोहन गरिएको थियो ।

    ratomachinhindra jatra (1) ratomachinhindra jatra (4) ratomachinhindra jatra (2) ratomachinhindra jatra (3)

    ]]>
    11271 0 0 0
    मच्छिन्द्रनाथलाई मङ्गलबजार पु¥याइयो http://localhost/ghum/%e0%a4%ae%e0%a4%9a%e0%a5%8d%e0%a4%9b%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a4%ac/ Wed, 11 May 2016 16:33:40 +0000 http://www.ghumphir.com.np/?p=11276

    ललितपुर, २९ वैशाख । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई आज गाःवाहालबाट तानेर मङ्गलबजार पु¥याइएको छ । उपत्यकामै लामो जात्राका रुपमा मानिने उक्त रथलाई सोमबार पुल्चोकबाट गाःवाहाल पु¥याइएको थियो । राजा नरेन्द्र देवको पालादेखि मच्छिन्द्रनाथ रथ जात्रा प्रारम्भ भएको इतिहासमा उल्लेख गरिएको छ । रथ जात्रा सुरु भएको दोस्रो दिन जात्रा हेर्नका लागि उल्लेखनीय सङ्ख्यामा भक्तजनको सहभागी थियो । रथलाई पुल्चोकदेखि गाःवाहाल, मङ्गलबजार, पाटन सुन्धारा, लगनखेल, थटीटोल, कुमारीपाटी हुँदै जावलाखेल पु¥याइएको चौथो दिनमा भोटो जात्रा देखाइने प्रचलन रहेको गुठी संस्थानका वैकुण्ठ आचार्यले बताउनुभयो ।

    ]]>
    11276 0 0 0
    नयाँ बसपार्कमा बिजिमल सञ्चालनमा http://localhost/ghum/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%ac%e0%a4%b8%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%9c%e0%a4%bf%e0%a4%ae%e0%a4%b2-%e0%a4%b8%e0%a4%9e/ Wed, 11 May 2016 16:35:41 +0000 http://www.ghumphir.com.np/?p=11278

    काठमाडौँ, २९ वैशाख । राजधानीको नयाँ बसपार्क गोङ्गबुमा अत्याधुनिक सपिङ कम्प्लेक्स बिजिमल आजबाट सञ्चालनमा आएको छ । आज एक समारोहकाबीच पूर्वअर्थमन्त्री डा रामशरण महत तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मलको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । राजधानी र मोफसलका ग्राहकलाई लक्षित गरी मल सञ्चालनमा ल्याइएको मलका निर्देशक राजु गिरीले जानकारी दिनुभयो । सो मलमा अन्तर्राष्ट्रियस्तरका विद्युतीय सामग्रीदेखि लत्ताकपडालगायतका गुणस्तरीय सामग्री ग्राहकलाई उपलब्ध गराउने बताइएको छ ।

    ]]>
    11278 0 0 0
    पूर्ववत् अवस्थामा अझै फर्किएनन् उद्योग http://localhost/ghum/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%b5%e0%a4%a4%e0%a5%8d-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%9d%e0%a5%88-%e0%a4%ab%e0%a4%b0/ Wed, 11 May 2016 16:38:55 +0000 http://www.ghumphir.com.np/?p=11280

    वासुदेव पौडेल पोखरा, २९ वैशाख । भूकम्प र नाकाबन्दीका कारण लामो समय मारमा परेका पोखरा क्षेत्रमा सञ्चालित उद्योग अझै पूर्ववत् अवस्थामा फर्कन सकेका छैनन् । उद्योगका लागि आवश्यक इन्धन तथा कच्चा पदार्थ सहज बन्दै गए पनि विगतमा परेका प्रभावका कारण भूकम्पअघिको अवस्थाजस्तै बजार लिन अझै पनि नसकिएको उद्योग व्यवसायी बताउँछन् । भूकम्प र नाकाबन्दीको मारसँगै लगभग डेढ महिना उद्योग बन्द गर्नुपरेको र कच्चा पदार्थका साथै इन्धनको चरम अभाव भए पछि बजारमा मागअनुसारको आपूर्तिसमेत गर्न नसकेको उद्योग व्यवसायीको भनाइ छ । पोखरामा विगत लामो समयदेखि सञ्चालनमा आएको हिमश्री फुड्स प्रालिका उत्पादन प्रमुख लक्ष्मण गौचन भूकम्प र नाकाबन्दीपछि केही समययता उद्योग सञ्चालन सहज बन्दै गए पनि अझै पूर्ववत् अवस्थामा फर्काउन नसकिएको बताउनुहुन्छ । “भूकम्प र नाकाबन्दीले पारेको असर केही मात्रामा अझै कायम छ,” उहाँले भन्नुभयो– “विगतमा परेको असरको प्रभावका कारण पूर्ववत् अवस्थामा अझै पुग्न सकिएको छैन, अझै १० प्रतिशत प्रभाव रहेको छ ।” प्रालिका तर्फबाट रारा, आहा, फेवा, रुपा, एवन जस्ता विभिन्न खाद्यवस्तुको उत्पादन भइरहेको उहाँले जानकारी गराउनुभयो । गौचनजस्तै फिस्टेल डेरी बजार अधिकृत विजय सापकोटा नाकाबन्दी अघिको अवस्था उद्योग व्यवसायमा अझै पनि आइनसकेको तर्क गर्नुहुन्छ । नाकाबन्दी अघि दैनिक आठ हजार लिटर दूध बजारमा पठाउने गरिएकामा हाल छ हजार ५०० लिटर दूध मात्र पठाउने गरिएको छ । नाकाबन्दीका अवस्थामा भने पाँच हजार लिटर दूध दैनिक बजारमा पठाइएको उहाँको भनाइ छ । “हामीले दूध, दही, घ्यू, पनिर, आइसक्रिमजस्ता विभिन्न दुग्धजन्य वस्तु उत्पादन गर्ने गरेका छौँ,” उहाँले भन्नुभयो, “ विगतमा उत्पादनको मात्रा घट्नु, मागअनुसारको आपूर्ति गर्न नसकिनु जस्ता धेरै कुराले उद्योग व्यवसायलाई प्रत्यक्ष प्रभाव पारेका कारण अझै पूर्ववत् अवस्थामा फर्काउन सकिएको छैन ।” पोखरा फुड्स प्रालिका नायब महाप्रबन्धक अमित थापा भूकम्प र नाकाबन्दीको प्रभावमा परेको उद्योग व्यवसाय विस्तारै पूर्ववत् अवस्थामा फर्किन लागेको बताउनुहुन्छ । “उत्पादन कम हुनु, मागअनुसार आपूर्ति गर्न नसक्नु जस्ता कुराले बजारमा पारेको प्रभावका कारण त्यसलाई पूर्ववत् अवस्थामा फर्काउन समस्या भएको हो,” थापाले भन्नुभयो– “अब विस्तारै पूर्ववत् अवस्थामा फर्किने विश्वास लिएका छौँ ।” नाकाबन्दीको असर खाद्यवस्तु उत्पादन गर्नेमा मात्र नभएर अन्य सबै प्रकारका उद्योगमा परेको छ । कालीगण्डकी अक्सिजन ग्यास प्रालिका कार्यकारी निर्देशक माधव वस्ताकोटी विगतमा नराम्रोसँग खस्केको व्यापार विस्तारै पूर्ववत् अवस्थामा फर्किन लागेको बताउनुहुन्छ । आफूहरूले उत्पादन गर्ने अक्सिजन अस्पतालमा ३० प्रतिशत र अन्य मेटल कम्पनी तथा हाइड्रोपावरहरूमा ७० प्रतिशत खपत हुने गरेको बताउँदै उहाँले नाकाबन्दीको समयमा उद्योग व्यवसाय प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर आफूहरूले बेहोर्नु परेको उल्लेख गर्नुभयो । “नाकाबन्दीका कारण कात्तिक÷मङ्सिरको समयमा निकै गाह्रो महसुस भए पनि पछिल्लो समयमा बजारका लागि भने हामीलाई खासै समस्या छैन,” वस्ताकोटीले थप्नुभयोे, “भूकम्प र नाकाबन्दीले पारेको असर विस्तारै न्यून हुँदै गएको छ ।” चौबिसैँ घन्टा बत्ती भएका अवस्थामा कम्पनीले प्रतिमहिना १० हजार सिलिन्डर अक्सिजन उत्पादन गर्नसक्ने भए पनि हाल प्रतिमहिना चार हजार सिलिन्डर उत्पादन गरिरहेको बताइएको छ । पोखरा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग विस्तारै पूर्ववत् अवस्थामा फर्किन लागेको पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र प्रबन्धक नेपालभूषण वैद्यले बताउनुभयो । विसं २०३१ असोजमा स्थापित पोखराको औद्योगिक क्षेत्रभित्र कुल ८५ वटा उद्योग रहेकोमा हाल ७१ वटा चालु अवस्थामा, निर्माणाधीन छ वटा र बन्द उद्योग आठ वटा छन् । औद्योगिक क्षेत्रमा रु दुई अर्ब तीन करोड निजी उद्योगले लगानी गरिसकेका छन् भने गत वर्षको तथ्याङ्कअनुसार एक हजार ९८३ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

    ]]>
    11280 0 0 0
    चालिस लाख किलो जडीबुटी निकासी http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%b8-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a5%8b-%e0%a4%9c%e0%a4%a1%e0%a5%80%e0%a4%ac%e0%a5%81%e0%a4%9f%e0%a5%80-%e0%a4%a8%e0%a4%bf/ Wed, 11 May 2016 16:40:48 +0000 http://www.ghumphir.com.np/?p=11282 11282 0 0 0 नौ नेपालीद्वारा यस वर्ष सगरमाथाको पहिलो सफल आरोहण http://localhost/ghum/%e0%a4%a8%e0%a5%8c-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%af%e0%a4%b8-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%b8/ Wed, 11 May 2016 16:50:37 +0000 http://www.ghumphir.com.np/?p=11284 काठमाठौँ, २९ वैशाख । यस वर्षको वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण नेपालीले सफल पारेका छन्। नेपाली नौ जना शेर्पा आरोहीले सगरमाथा ९८,८४८ मिटरको सफल आरोहण गरेका हुन्। पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले दिएको जानकारीअनुसार नौ शेर्पा आरोहीले बुधबार साँझ ५ बजेर ५ मिनेट जाँदा दक्षिण पश्चिम मोहडाबाट सगरमाथाको आरोहण गरेका हुन्।
    विभिन्न नौ कम्पनीका एक-एक जना गरी नौ जनाको समूह बनाएर उनीहरु गएका थिए। उनीहरु सगरमाथाको चुचुरोमा डोरी टाग्न जाने शेर्पा टोली (रोप फिक्सिङ टिम) हुन्। सगरमाथा चुचुरोमा आरोहण गर्दा पहिला शेर्पाले डोरी टाग्छन्।
    सगरमाथा आरोहण गर्नेमा ग्याल्जेन शेपा (टिम लिडर), ग्याल्जेन दोर्जे शेर्पा, आङ्पेम्वा शेर्पा, मिङमाछिरिङ शेर्पा, शेरा ग्याल्जेन शेर्पा, पासाङ तेन्जिङ, मिङ्मा शेर्पा, मिङमा छिरिङ शेर्पा र लाक्पा छिरिङ शेर्पा रहेका छन्।
    प्राकृतिक विपत्तिका कारण आरोहण रोकिएको दुई वर्षपछि यो पुनः सगरमाथाको आरोहण सुरु भएको हो। सगरमाथा आधार शिविर नजिक गएको हिमपहिरो र गतवर्षको भूकम्पका कारण यसअघि सन् २०१४ र २०१५ मा सगरमाथा आरोहण बन्द भएको थियो। सन् २०१६ को यो मौसमको सफल आरोहणसँगै सगरमाथा आरोहण पुनः सुरु भएको छ।
    नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले लामो समयपछिको सगरमाथाको सफल आरोहणले संसारलाई सकारात्मक सन्देश दिएको बताए।  नेपाल मात्र नभई विश्वकै लागि यो ठूलो सफलता भएको बताउँदै उनले प्राकृतिक र मानव सिर्जित विपत्तिपछि गति लिएको समग्र पर्यटन प्रवद्र्धनमा सगरमाथासहित हिमाल आरोहणले उत्साह थपेको उल्लेख गरे।
    अध्यक्ष शेर्पाका अनुसार अहिले धेरै विदेशी आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प चारमा छन् उनीहरुले बुधबार राति ११ बजेबाट माथितिर चड्न सुरु गरी बिहीबार बिहान ७ बजेसम्म चुचुरो पुग्नेछन्। आधार शिविरमाथि २८९ विदेशीसहित ७०० आरोही गएका छन्।
    पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन्। तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टिम गएका छन्। त्यस्तै अन्नपूर्णमा तीन, मनास्लुमा ११, मकालुमा पाँच वटा टिम आरोहणका लागि गएका छन्।
    ]]>
    11284 0 0 0
    ऐतिहासिक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी http://localhost/ghum/%e0%a4%90%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%95-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf/ Wed, 11 May 2016 16:52:34 +0000 http://www.ghumphir.com.np/?p=11286

    कालिका खड्का काठमाडौँ, २९ वैशाख । यस वर्षको बुद्धजयन्तीका अवसरमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि बुद्धजयन्तीका अवसरमा विभिन्न सम्मेलनको आयोजना गरेको भए पनि मुलुकको कार्यकारी प्रमुखको अध्यक्षतामा बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिनिधि र ख्यातिप्राप्त व्यक्ति नेपालमा बोलाएर ऐतिहासिक सम्मेलन गर्न लागेको यो पहिलो हो । सरकारले आगामी जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौँमा गर्न गत वर्षदेखि तयारी प्रारम्भ गरेको थियो । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बुद्धधर्म र बुद्ध दर्शनसम्बन्धी नेपाली प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताका १८ र विदेशी छ वटा गरी २४ कार्यपत्र प्रस्तुत हुनेछ । आगामी जेठ ८ गते २५६० औँ बुद्धजयन्ती लुम्बिनीमा मनाउने तयारी गरेको छ । सो अवसरमा बौद्ध सम्मेलनका लागि देश विदेशबाट आएका विशिष्ठ व्यक्ति र प्राज्ञको उपस्थितिमा लुम्बिनीमा बौद्ध परम्पराअुनसार विभिन्न धार्मिक अनुष्ठानसहित धुमधामका साथ बुद्धजयन्ती मनाउने तय भएको छ । सम्मेलनका लागि “लुम्बिनी, नेपालः भगवान् बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गम भूमि” भन्ने नारा तय गरिएको छ । मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन भएको थियो । सम्मेलन मूल आयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ । मन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति गठन भएको छ । सम्मेलन सफल पार्न विभिन्न विषयगत १३ वटा उपसमिति निर्माण गरिएको छ । सम्मेलन मूल आयोजक समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धप्रतिको न्याय, बुद्धसम्बन्धी भ्रम चिर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको उद्घोष गरिसक्नुभएको छ । बुद्ध नेपाल बाहिर जन्मिएको भन्ने भ्रमपूर्ण प्रकाशन अझै केही देशमा पाइने सन्दर्भमा यो सम्मेलनले बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश फैलाउनेछ । मन्त्री पोखरेलले परराष्ट्र मन्त्रालयमार्फत बुद्ध नेपालमा नभई अन्य देशमा जन्मिएको भन्ने पुस्तकबाट सच्याउन पहल भइरहेको बताउनुभयो । सो क्रममा दक्षिण कोरियाले आफ्नो सम्पूर्ण पुस्तकबाट गौतम बुद्ध भारतमा नभई नेपालमा जन्मिएको भनेर सच्याइसकेको जानकारी आएको छ भने अन्य देशले पनि आफूहरुले सो गम्भीर त्रुटि सच्याउने जनाएका छन् । मन्त्री पोखरेल सम्मेलनले सिद्धार्थ गौतम बुद्धको जन्म र कर्म थलो नेपाल नै भएको र बाँकी अन्य ठाउँमा गएर गरेका क्रियाकलाप वा लीला मात्रै हुन् भन्ने सम्मेलनले प्रमाणित गर्ने बताउनुहुन्छ । चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्रीलाई निमन्त्रणा सम्मेलनका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हाई, संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनलाई सरकारले निमन्त्रणा गरिसकेको छ । त्यस्तै, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमेसिङ्घे भारतको विहारका मुख्यमन्त्री नितीश कुमार, उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव, पश्चिम बङ्गालको मुख्यमन्त्री ममता बनर्जी, त्रिपुराको मुख्यमन्त्री मानिक सरकार, सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई निमन्त्रणा गरिएको छ । साथै १३ देशका संस्कृति, तथा धार्मिक मामिला मन्त्रीलाई निमन्त्रण गरिएको छ । श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापान, भुटान, दक्षिण कोरिया, लाओस, मङ्गोलिया र इजरायलका सम्बन्धित मन्त्रीलाई निमन्त्रणा गएको छ । त्यस्तै, बौद्ध धर्मसम्बन्धी २३ देशका सङ्घसंस्था नेपाल आउँदै छन् । संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापान, भुटान, दक्षिण कोरिया, लाओस, मङ्गोलिया, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, बङ्गलादेश, रुस, जर्मनी, फ्रान्स, अस्ट्रिया, क्यानडा रहेका छन् । सम्मेलनका लागि हालसम्म २१ देशका ९२ सरकारीस्तर र अन्य प्रतिनिधिको सहभागिता हुने तय भइसकेको सम्मेलन मूल आयोजक समारोह समितिका सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    ]]>
    11286 0 0 0
    ब्रह्मायणीको दुई मूर्ति चोरी http://localhost/ghum/%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%af%e0%a4%a3%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%ae%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf/ Wed, 11 May 2016 16:55:33 +0000 http://www.ghumphir.com.np/?p=11288

    भक्तपुर, २९ वैशाख । भक्तपुर नगरपालिका–१ तौलाछेंस्थित हजारौँ वर्ष पुराना ब्रह्मायणीको दुई वटा ढलोटको मूर्ति चोरी भएको छ । ब्रह्मायणीको चार वटा हात भएको एक फिट एक इन्च अग्लो करिब पाँच किलोको ढलोटको मूर्ति एक र चारवटै हात भएको १० इन्च अग्लो करिब पाँच किलोकै ढलोटको अर्को मूर्ति गए राति चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो । ब्रह्मायणी गुठीसहित र चारजना पुुजारी रहेको यस मन्दिरमा बिहान नित्यपूजा गर्न जाने क्रममा चोरी भएको जानकारी पाइएको हो । स्थानीयले बिहान करिब ७ बजे प्रहरीलाई खबर गरेलगत्तै प्रहरीको टोली पुुगेको उहाँले बताउनुभयो । गए राति मन्दिरको बाहिरको ढोका फोडेरभित्र रहेको अर्को ढोकाको भोटे ताल्चा फोडी, अझैभित्र रहेको च्यानल गेटको समेत ताल्चा फोडेर मूर्ति चोरी गरेको अनुसन्धानका क्रममा खुलेको उहाँले बताउनुभयो । भूकम्पपछि ब्रह्मायणी मन्दिर आसपासका बासिन्दा अन्यत्र गएपछि चोरी गर्न सहज भएको प्रहरीको अनुमान छ । प्रहरीले शङ्कास्पद ठाउँमा छापा मार्ने र विभिन्न नाका बन्द गराई खोजी कार्य सुरु गरिसकेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो ।

    ]]>
    11288 0 0 0
    मूर्ति http://localhost/ghum/%e0%a4%ae%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf/ Wed, 11 May 2016 17:01:28 +0000 http://www.ghumphir.com.np/?p=11290 11290 0 0 0 पर्यटक http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-2/ Wed, 11 May 2016 17:03:00 +0000 http://www.ghumphir.com.np/?p=11293 11293 0 0 0 इनार खन्दा बम http://localhost/ghum/%e0%a4%87%e0%a4%a8%e0%a4%be%e0%a4%b0-%e0%a4%96%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%ae/ Fri, 13 May 2016 01:51:15 +0000 http://www.ghumphir.com.np/?p=11300

    भक्तपुर, ३१ वैशाख । सल्लाघारी सिर्जना नगरस्थित श्यामसुन्दर कसपालको घरको हातामा इनार खन्ने क्रममा बम भेटिएको छ । पन्ध्र फिट गहिरो इनार खनिएपछि माटामा मिसिएको अवस्थामा बम फेला परेको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो । अपराह्न बम भेटिए पनि स्थानीयवासीले त्यसलाई निकैबरे खेलाएर ‘वर्कसप’मा लगेर काट्न खोज्दा आगाको झिल्को निस्किएपछि बमको आशङ्कामा सल्लाघारी प्रहरी बिट नजिकै फ्याँकेका थिए । प्रहरीले बिस्फोटक पदार्थ भएको पहिचान गरेपछि साँझ आएको नेपाली सेनाको बम निष्क्रिय टोलीले उक्त वस्तु बम नै भएको पहिचान गरेको प्रहरीको भनाइ छ । उक्त बिस्फोटक पदार्थ नेपाली सेनाको टोलीले सुरक्षित साथ लगेको छ ।

    ]]>
    11300 0 0 0
    पानी नपरेपछि भ्यागुताको बिहे http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%a8%e0%a4%aa%e0%a4%b0%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%ad%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%81%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8b/ Fri, 13 May 2016 01:53:45 +0000 http://www.ghumphir.com.np/?p=11302

    भोजपुर, ३१ वैशाख । भोजपुरको भुल्के गाविसका किसानले लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गराएका छन् । किसानले गाविस को वडा नं– १ र ४ मा रहेका जाल्पादेवी र पञ्चकन्या मूलमा पञ्चेबाजासहित नौ÷नौजना पण्डित पढाएर बिहिवार भ्यागुताको बिहे गराइदिएको स्थानीय किसान बाबुराम बन्जाराले जानकारी दिनुभयो । बेहुला पक्षका किसानले पञ्चकन्या मूलबाट बेहुला भ्यागुतो लिएर पण्डितसहित ‘हरहर महादेव, पानी देऊ देऊ’ भन्दै जाल्पादेवी मूलमा पुगेका थिए । बेहुली पक्षका किसानले भने धुमधामका साथ पण्डित पढाएर बेहुली भ्यागुतालाई बिदावारी गरेका थिए । बेहुली पक्षले पनि महादेवलाई पानी माग्दै नौजना पण्डित पढाएका थिए । बिहेमा ३०० भन्दा बढी किसानको सहभागिता थियो । पानी पर्छ भन्ने विश्वासमा भ्यागुताको बिहे गराइदिएको विवाह व्यवस्थापन समितिका ज्ञानराज भट्टराईले बताउनुभयो । भोजपुरका केही भागमा लामो समय पानी नपर्दा किसानले बारी जोत्ने, मकै छर्ने लगायतका काम गर्न नपाएको टक्सारका किसान श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।

    ]]>
    11302 0 0 0
    मनाङका होटल व्यवसायीहरु समस्यामा http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a4%be%e0%a4%99%e0%a4%95%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a4%b2-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81/ Fri, 13 May 2016 01:57:12 +0000 http://www.ghumphir.com.np/?p=11305 ३१ वैशाख, काठमाडौं । माथिल्लो मनाङको टंकी मनाङ नजिकै पदमार्गको एक कुनामा सानो  ग्यास सिलिन्डरमाथि चिया उम्लिरहेको थियो ।

    tourists-at-Myagdiसमूहमा रहेका पर्यटकहरु चिया खान प्लाष्टिकका कप झोलाबाट निकाल्दै थिए भने केही आराम गर्दै थिए । नजिकै रहेको एक चिया पसलका सञ्चालक कान्छा लाम भन्दैथिए, ‘अब चिया पसल बन्द हुने भयो । ‘ आजको कारोबार दैनिकमा समाचार छ ।

    केही समययता अन्नपूर्ण पदमार्गमा आफै पकाएर खाने पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ ।

    ‘पदयात्राभरि खर्च घटाउन पर्यटकले आफैँ पकाएर खान थालेका छन् । आजभोलि आउने पर्यटकहरु प्रायः आफैँ पकाएर खान्छन,’ लामाले भने ।

    राउन्ड अन्नपूर्ण पदमार्गमा आउने करिब २० प्रतिशत पर्यटक पदयात्राभरि आफूलाई चाहिने सबै खानेकुरादेखि पकाउने ग्यास स्टोभ र अन्य भाँडासमेत लिएर आउने गर्छन् । पर्यटकहरुका लागि पदमार्गका विभिन्न स्थानहरुमा चिया पसलदेखि खोलिएका छन् ।

    तर, हिजो आज आउने पर्यटकहरुले आफैँले समपूर्ण व्यवस्था गर्न थालेपछि मनाङका होटल व्यवसायीहरु समस्यामा परेका छन् ।

    २८ दिन लामो पदमार्ग छोटि्टएर ७ दिनमा झरिरहेका बेला सेल्फ कुकिङ गर्ने विदेशी पर्यटक पदमार्गमा आउन थालेपछि मनाङका पर्यटन व्यवसायी समस्यामा परेका छन् । पदयात्राका लागि आउने पर्यटकले राति सुत्न पनि निः शुल्क कोठमा माग्छन् ।

    ]]>
    11305 0 0 0
    बस दुर्घटनामा एघार घाइते http://localhost/ghum/%e0%a4%ac%e0%a4%b8-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%98%e0%a4%be%e0%a4%b0-%e0%a4%98%e0%a4%be%e0%a4%87%e0%a4%a4%e0%a5%87-2/ Fri, 13 May 2016 01:58:30 +0000 http://www.ghumphir.com.np/?p=11307

    तनहुँ, ३१ वैशाख । चितवनको मुग्लिङबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४ ख ७९२४ नम्बरको बस बिहीबार दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । आँबुखैरेनी पावर हाउसनजिकै बस अनियन्त्रित भई सडकबाट ७५ मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा रुकुमखोला–२ का २१ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ४० वर्षीय बेलबहादुर विक, बन्दीपुर–८ की ३० वर्षीया गनिमाया मगर, गोरखा ताप्ले–८ का ३० वर्षीय समुन्द्र भट्टराई, भानु–८ का ३० वर्षीय अमृत अधिकारी, घाँसीकुवा–३ का २७ वर्षीय विकास विक, व्यास–२ का ३४ वर्षीय काजिमान श्रेष्ठ, व्यास–८ का २० वर्षीय अर्जुन विक, व्यास–११ का ३९ वर्षीय हरिकुमार श्रेष्ठ, चितवन दारेचोकका ६४ वर्षीय कमलनारायण श्रेष्ठ र विरगन्ज घर भई हाल बन्दिपुर–१ बस्ने ५० वर्षीय सुरेन्द्रप्रसाद साह रहेका छन् । घाइतेको बी एन्ड बी अस्पताल, काठमाडौँ र भरतपुर मेडिकल कलेज, चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    ]]>
    11307 0 0 0
    कैलालीमा ‘भ्यू टावर’ निर्माणको पहल http://localhost/ghum/%e0%a4%95%e0%a5%88%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%8d%e0%a4%af%e0%a5%82-%e0%a4%9f%e0%a4%be%e0%a4%b5%e0%a4%b0-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0/ Fri, 13 May 2016 02:00:52 +0000 http://www.ghumphir.com.np/?p=11309

    धनगढी, ३१ वैशाख । कैलालीको पहाडी क्षेत्र गोदावरी गाविसस्थित बूढीतोलामा पर्यटकलाई लक्षित गरी ‘भ्यू टावर‘ निर्माणको पहल थालिएको छ । बूढीतोलामा रहेको चुरे डाँडामा भ्यू टावर निर्माणका लागि पर्यटन मन्त्रालयको एक टोलीले हालै टावर निर्माणस्थलको स्थलगत अध्ययन गरी फर्किएको स्थानीय विकास अधिकारी केशवप्रसाद बिमलीले बताउनुभयो । टावर निर्माणका लागि पर्यटन विभागले यस वर्ष रु ५० लाख छुट्याएको बताइएको छ । टावरको निर्माण गरिने स्थल वनक्षेत्रमा परेकाले सम्बन्धित निकायबीच समन्वय गराइएको स्थानीय विकास अधिकारी बिमलीले बताउनुभयो । पर्यटकलाई दृश्यावलोकनका लागि टावर निर्माण गर्न प्रस्ताव गरिएको स्थल उपयुक्त नभएको भन्दै स्थानीयवासी र पर्यटन व्यवसायीले बूढीतोला नजिकैको अर्को कम्पासे डाँडामा टावर निर्माण गरिनुपर्ने माग गरेका छन् । पर्यटकलाई वरिपरिका प्राकृतिक रुपमा मनोरम क्षेत्रको दृश्यावलोकन गराउन नजिकैको अर्को कम्पासेडाँडा उपयुक्त हुने सुदूरपश्चिम पर्यटन विकास समाजका अध्यक्ष कृष्ण महरा बताउनु्हुन्छ । कम्पासेडाँडामा टावर निर्माण गर्दा चारै दिशा र खासगरी उत्तरतर्फको सैपाल, अपी हिमालका साथै आसपासको चुरेशृङ्खला र दक्षिणको तराईको फाँटको सजिलैसँग दृश्यावलोकन गर्न सकिने पर्यटन व्यवसायीले बताएका छन् । धनगढी—डडेल्धुरा (भीमदत्त) राजमार्गको छेउमा रहेको खानीडाँडा र बूढीतोला क्षेत्र बिस्तारै पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । धनगढीदेखि करिब ४० किलोमिटरको दूरीमा रहेको उक्त क्षेत्रमा पर्यटकलाई लक्षित गरी होटेल, रिसोर्ट लगायतका सुविधा थपिँदै जान थालेका छन् । खासगरी वनभोज खान र तराई क्षेत्रमा चर्को गर्मी बढेका बेला गर्मी छल्नका लागि बूढीतोला र खानीडाँडा क्षेत्र स्थानीयवासीको रोजाइ बन्न थालेको छ ।

    ]]>
    11309 0 0 0
    जुवा खेल्न बिदेसिन्छन् हजारौं नेपाली http://localhost/ghum/%e0%a4%9c%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%a8-%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%9b%e0%a4%a8%e0%a5%8d-%e0%a4%b9/ Fri, 13 May 2016 02:04:46 +0000 http://www.ghumphir.com.np/?p=11311 ३१ वैशाख, काठमाडौं । नेपालबाट विदेशी क्यासिनोमा जुवा खेल्न प्याकेज खरिद गरेर नेपाली बाहिरिन थालेका छन् ।उनीहरू सिधै सम्बन्धीत क्यासिनोसँग पुहँच बनाएर, क्यासिनो एजेन्टको सम्पर्कमा वा नेपालकै क्यासिनोबाट प्याकेज खरिद गरेर जाने गरेका छन् ।अाजको अन्नपूर्णमा समाचार छ ।

    यसरी जाने नेपालीको संख्या हरेक वर्ष बढ्दैछ । नेपालबाट क्यासिनो खेल्न बाहिरिनेको संख्या वाषिर्क १५ देखि २० हजार जनासम्म हुने गरेको क्यासिनो व्यवसायीले जानकारी दिएका छन् ।

    नेपालबाट जुवा खेल्न सिंगापुर, भातर, मकाउ, श्रीलंका, बंगलादेशलगायतका देशमा नेपाली जाने गरेका छन् । नेपालबाट विदेशी क्यासिनोमा जाने नेपालीलाई उनीहरुकै रुची अनुसारकै गन्तव्यमा पठाउन यहाँकै क्यासिनोले प्याकेज बिक्री गर्छन् । उच्च वर्गका नेपाली र उद्यागी एवं व्यापारी भने सिधै सम्बन्धित देशका क्यासिनोसँग सम्पर्क गरेर जान्छन् ।

    पछिल्लो समय विदेशी क्यासिनोका नेपाली एजेन्टमार्फत नै क्यासिनो प्याकेज किन्दै नेपाली बाहिर जान थालेका छन् ।

    ]]>
    11311 0 0 0
    २५ हजार लाइसेन्स व्लुबुक निलम्बन हुँदै http://localhost/ghum/%e0%a5%a8%e0%a5%ab-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%b5%e0%a5%8d%e0%a4%b2%e0%a5%81%e0%a4%ac%e0%a5%81%e0%a4%95/ Fri, 13 May 2016 02:09:43 +0000 http://www.ghumphir.com.np/?p=11314 ३१ वैशाख, काठमाडौं । ट्राफिक नियम उल्लंघनपछि कारबाहीका लागि ट्राफिक प्रहरीले लिएको कागजपत्र एक महिनाभित्र फिर्ता लिनुपर्ने भएको छ ।

    Nepali-Drivers-Licence-302x177नत्र चालकका लाइसेन्स तथा व्लुबुक निलम्बन हुने र थप जरिवाना तिर्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । यातायात व्यवस्था एनअनुसार कारबाहीका लागि खिचिएको कागजपत्र एक महिनाभित्र जरिवाना तिरेर फिर्ता लिइसक्नुपर्ने प्रावधान रहेको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।

    सोही एनलाई महानगरीय ट्राफिक महाशाखाले कडाइका साथ लागू गर्न लागेको हो ।

    कारबाहीका तानिएका कागजपत्र वर्षैंसम्म लिन नआउने प्रवृत्ति रोक्न यातायात  व्यावस्था ऐनको स्पिरिटअनुसार आफूहरु अघिबढेको महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालले बताए ।

    महाशाखाले करिब २० हजार लाइसेन्स तथा व्लुबुक निलम्बन प्रक्रियाका लागि यातायात व्यावस्था कार्यालय पठाएको छ ।

    ]]>
    11314 0 0 0
    पञ्चकन्या जैविक ग्राम घोषणा हुँदै http://localhost/ghum/%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be-%e0%a4%9c%e0%a5%88%e0%a4%b5%e0%a4%bf%e0%a4%95-%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ae-%e0%a4%98%e0%a5%8b/ Sat, 14 May 2016 07:50:54 +0000 http://www.ghumphir.com.np/?p=11318

    काठमाडौँ, १ जेठ । नुवाकोटको पञ्चकन्या गाविस आगामी वर्ष जिल्लाको प्रथम जैविक ग्राम घोषणा गरिने भएको छ । पञ्चकन्या अर्गानिक फार्म हाउसको अगुवाइमा सो गाविसका आठ वडाको २४० रोपनी जग्गामा अहिले रासायनिक मल र विषादी नहाली प्राङ्गारिक मलको प्रयोग गरेर सयभन्दा बढी अन्नपात, फलफूल, तरकारी, मसला, कफी, गुन्द्रुक, सिन्की, चाना आदिको उत्पादन हुन्छ । फार्म हाउसका अध्यक्ष राम थापाले आफूले आठ वर्षअघि सुरु गरेको हाउसमा अहिले तीन सहकारी र अठार समूह सङ्गठित भई बर्सेनि दाल, चामल, तरकारी, फलफूल आदि उत्पादन गरी राजधानीमा समेत इमार्केटिङबाट आपूर्ति गरिरहेको जानकारी दिनुभयो । पञ्चकन्या गाविस काठमाडौँबाट करिब ४१ किमी उत्तरमा पर्छ । यसैवर्ष सो गाविसको घलेगाउँमा पनि परम्परागत गोरुजुधाइ कार्यक्रम आयोजना गरिएको थियो । हाउसले आज गँगबुमा आयोजना गरेको प्रवद्र्धनात्मक अभियानको ज्योतिषी ओजराज लोहनीले शान्तिस्वस्ति पाठ गरेर शुभारम्भ गर्नुभयो । सो अवसरमा पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले कृषिको व्यावसायिकीकरणमा जैविक अभियान सार्थकसिद्ध हुने बताउनुभयो । चिकित्सक डा भगवान कोइरालाले नेपालको भूगोल र जलवायु अनेक खेतीका लागि उपयुक्त भएको बताउँदै प्राङ्गारिक खेतीप्रतिको आकर्षणलाई फैलाउनुपर्नेमा जोड दिनुभयो । हाउसका प्रबद्र्धक मोहन पौडेलले फार्म हाउससँगै हेफरको सहयोगमा बाख्रापालन व्यवसाय पनि गरिएको र बाख्राको दूध स्वास्थ्यका लागि अतिउपयोगी भएको जानकारी दिनुभयो । प्रबन्धक माधव कार्की, कृषक मनिका थापा(पञ्चकन्या) र कृष्ण पाण्डे (सुनखानी)ले फार्म हाउससँगै अन्य क्रियाकलापमा पनि कृषकहरु निर्धक्क सरिक हुनसकेको बताउनुभयो । अखिल नेपाल किसान महासङ्घका सचिव बाबुराम थापाका अनुसार विश्वमा रासायनिक र विषादिका कारणले मानवअङ्गले काम नगर्ने मुलुकमा नेपाल तेस्रो स्थानमा परेको जानकारी गराउँदै बिदेसिएका युवालाई प्राङ्गारिक खेती र अन्य कृषिकर्ममा लगाई आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

    ]]>
    11318 0 0 0
    हेलम्बुमा परकम्प गयाे http://localhost/ghum/%e0%a4%b9%e0%a5%87%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%81%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa-%e0%a4%97%e0%a4%af%e0%a4%be%e0%a5%87/ Sat, 14 May 2016 07:52:29 +0000 http://www.ghumphir.com.np/?p=11320

    काठमाडौँ, १ जेठ । सिन्धुपाल्चोकको हेलम्बु तार्केघ्याङ आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर ५ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको छ । गत वर्ष वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’पछि पनि परकम्प जाने क्रम रोकिएको छैन ।

    ]]>
    11320 0 0 0
    बुद्ध जयन्तीमा रामग्राममा मेला लाग्ने http://localhost/ghum/%e0%a4%ac%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%9c%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%ae/ Sat, 14 May 2016 07:54:26 +0000 http://www.ghumphir.com.np/?p=11322

    नवलपरासी, १ जेठ । २५६०औँ बुद्ध जयन्तीको अवसरमा नवलपरासीको रामग्राम स्तुपमा बुद्ध जयन्ती मेला २०७३ सञ्चालन हुने भएको छ । बुद्ध जयन्तीको स्मरण साथै रामग्राम स्तुपको प्रचारप्रसारका लागि यही जेठ ८ गते बुद्ध जयन्ती मेला गर्न लागिएको बुद्ध जयन्ती मेला मूल समारोह समितिका संयोजक शम्भु उपाध्यायले बताउनुभयो । मेलाका आकर्षणमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम, बुद्ध प्रवचन, बुद्धसँग सम्बन्धित तस्बिर र वृत्तचित्र प्रदर्शनी, खाना उत्सव र व्यावसायिक पसल रहने छन् । बुद्ध जयन्तीकै अवसरमा जेठ ५ गतेबाट विविध कार्यक्रम सञ्चालन हुने छ । रामग्राम स्तुपको व्यापक प्रचारप्रसारका लागि हरेक वर्ष बुद्ध जयन्ती मेला हुँदै आएको छ । भगवान् गौतम बुद्धको अष्ठ धातु रहेको स्थल रामग्राम स्तुप हो ।

    ]]>
    11322 0 0 0
    दुई जर्मन नागरिकको अवस्था गम्भी http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%9c%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%a8-%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5/ Sat, 14 May 2016 07:57:07 +0000 http://www.ghumphir.com.np/?p=11324

    काठमाडौँ, ३१ वैशाख । मुस्ताङको दामोदर कुण्ड सारिबुङ हुँदै मनाङको सारिबुङकै साउथ बेस क्याम्पमा पदयात्राका लागि जाने क्रममा मौसममा आएको खराबीका कारण आज दुई जना जर्मन नागरिक बिरामी परेका छन् । a हावाहुरीका कारण ती नागरिकले लिएर गएका सबै सामान तितरवितर हुनुका साथै स्वास्थ्यमा समेत गम्भीर असर परेको फ्रेन्स एड्भान्चर टिम प्रालिका प्रवन्ध निर्देशक राजेन्द्रबहादुर लामाले जानकारी दिनुभयो । मुस्ताङबाट सरिबुङ साउथ ५९२ मिटरमा पुगिसकेपछि हावाहुरीका कारण ४४ वर्षीय टोविस ग्रोनेन र ४८ वर्षीय गुडरून इन्ग्रिडको उद्धारका लागि दुई वटा हेलिकप्टर खटाइए पनि खराब मौसमका कारण उद्धारमा समस्या भएको लामाले बताउनु भयो । उहाँकाअनुसार सो घटना भएको दिउँसो २ः३० बजे मात्र थाहा भएको हो । ती दुई जर्मन नागरिकको स्वास्थ्य अहिले गम्भीर रहेको छ । उनीहरुको टोलीमा अन्य १८ जना नेपाली सहयोगीहरु रहेका छन् ।

    ]]>
    11324 0 0 0
    बर्दिया निकुन्जको हिरासत कक्षमा तस्करले गरे आत्महत्या http://localhost/ghum/%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%b8%e0%a4%a4/ Sat, 14 May 2016 08:02:54 +0000 http://www.ghumphir.com.np/?p=11326 अब्दुल्लाह मियाँ

    जेष्ठ १, २०७३- भारतबाट नेपाल तर्फ बाघको छाला ओसरपसार गर्ने काममा संलग्न ‘हक्ला’ भनिने ५७ वर्षीय शेरबाहदुर लामाले बर्दिया राष्ट्रिय निकुन्जको हिरासतमै आत्महत्या गरेका छन् ।

    नेपालगन्जको राँझा चोकबाट नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले शुक्रबार पक्राउ गरेका उनलाई बर्दिया निकुन्जको मुख्यालय ठाकुरद्वारामा बुझाएको थियो । २०७३ साल साउनमा बाघको छालासहित विसनबहादुर गुरुङलाई कैलालीबाट सिआईबीले नै समाते पछि गुरुङले सबै छाला ‘हक्ला’को भएको बयान दिएका थिए । तत्पश्चात ‘हक्ला’ फरार रहेका थिए । बडगाउँ–४, हुम्ला घर भएका हक्ला बाघको छाला चोरी पैठारीका नामुद  तस्कर मानिन्थे । उनलाई आज बिहान बर्दिया निकुन्जको हिरासत कक्षमा झुण्डिएको अवस्थामा भेटिएको थियो । उनकाे शवलाई पाेस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएकाे निकुन्जका निमित्त प्रमुख रमेशकुमार थापाले बताए । उनकाे अनुसार सिअाईबीकाे अनुसन्धानमा अन्य अपराधमा पनि उनकाे नाम जाेडिएकाेले हतास मानसिकताले अात्महत्या गरेकाे हुनसक्ने उनकाे अनुमान थियाे । सिआईबीका डिएसपी प्रविण पोखरेलका अनुसार लामाको केस कैलालीमा भएकोले उनलाई आज त्यहाँ लगेर बुझाउने तय भएको थियो । ‘आज कैलाली लगेर बुझाउनका लागि सुरक्षाको दृष्टिकोणले निकुन्जको हिरासत कक्षमा राखेका थियौं,’ उनले भने, ‘बिहान मृत अवस्थामा फेला परे । यसै साता सिआईबीले ‘नमोबुद्ध’ नामक बाघ मार्ने शिकारीलाई समेत पक्राउ गरेको थियो ।

    ]]>
    11326 0 0 0
    वित्तीय संस्थालाई गाउँ केन्द्रित हुन गभर्नर नेपालको निर्देशन http://localhost/ghum/%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%95/ Sat, 14 May 2016 08:08:08 +0000 http://www.ghumphir.com.np/?p=11328

    तिलोत्तम (रुपन्देही), १ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा वित्तीय पहँुच पु¥याउनका लागि वित्तीय संस्थाले लक्ष्यमा रहेर काम गर्नुपर्ने बताउनुभएको छ । अहिलेको समयमा पनि दुई चौथाइ नेपाली वित्तीय क्षेत्रको पहँुच बाहिर रहनु बिडम्बना भएको भन्दै उहाँले त्यसलाई सुधारेर ग्रामीण क्षेत्रमुखी कार्यक्रम गर्न निर्देशन दिनुभयो । chiranjivee-nepalबुटवलमा केन्द्रिय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाको आज बिहान उद्घाटन गर्दै उहाँले बैंकको मूल लक्ष्य सबै जनतालाई बैकिङ पहुँचमा पु¥याउने हुनुपर्ने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रको उत्पादनलाई आर्थिक विकासमा रुपान्तरण गर्नका लागि वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । ‘ नयाँ÷नयाँ क्षेत्र पहिचान गरेर बैंकमा थुप्रिएको पैसा लगानी गर्नुस, अहिले अवसर छ, उहाँले भन्नुभयो । राष्ट्र बैंकले वित्तीय संस्था सुधारका लागि नयाँ नयाँ नीति बनाउँदै गइरहेको उहाँले जानकारी दिनुभयो । देशको लागि पनि केही गर्नुपर्छ भन्ने सोचले पैसाको सदुपयोग गर्दै रोजगारीको विकासमा लाग्नुपर्ने समय आएको उहाँले उल्लेख गर्नु भयो । कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक विनोद आत्रेयले १८ प्रतिशत जनता वित्तीय संस्थाको पहँुच बाहिर रहेको भन्दै त्यसलाई समेट्ने गरी नयाँ वित्तीय संस्थाको स्वीकृति दिने गरिएको बताउनुभयो । ४१ वटा लघु वित्तले सेवा दिइरहेको र ६० भन्दा बढी दर्ता प्रक्रियामा रहेको जानकारी दिँदै उहाँले चुनौतिलाई समाधान गर्न सके राम्रो प्रगति गर्नसक्ने उल्लेख गर्नु भयो । कार्यक्रममा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली, भैरहवा शाखाका व्यवस्थापक जगत नेपाल, डेभलपमेन्ट बैंक एसोसिएसनका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष धर्मराज पाण्डे, चौतारी वित्तीय संस्थाका अध्यक्ष जगत पोखरेल, कार्यकारी अधिकृत मनिकर कार्की, सञ्चालक लालहरी पाण्डेलगायतले बोल्नुभएको थियो । दश जिल्ला स्वीकृति लिएको चौतारीले केही समयअघि कारोबार सुरु गरेको थियो । पाल्पा, नवलपरासी, रोल्पालगायतका जिल्लामा शाखा सञ्चालनमा ल्याएको छ ।

    ]]>
    11328 0 0 0
    बजेट कार्यान्वयन चुनौतीपूर्ण http://localhost/ghum/%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b5%e0%a4%af%e0%a4%a8-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a5%8c%e0%a4%a4%e0%a5%80%e0%a4%aa/ Fri, 03 Jun 2016 13:35:19 +0000 http://www.ghumphir.com.np/?p=11332 काठमाडौँ, २० जेठ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले आगामी आव २०७३÷०७४ को बजेटमा सकारात्मक कार्यक्रम भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएको छ । सङ्गठनले आज यहाँ पत्रकार सम्मेलन गरी बजेटको आलोचनात्मक समर्थन गर्दै बजेट ठूलो आकारको र अत्यन्त आकर्षक कार्यक्रम भएकाले व्यावहारिक कार्यान्वयन गरिनुपर्नेमा जोड दियो । ऊर्जा, ज्येष्ठ नागरिक भत्ता र कर्मचारी तलब वृद्धि तथा पूर्वाधार विकासमा बजेटले विशेष जोड दिनु सकारात्मक पक्ष भएको जनाउँदै सङ्गठनले राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरणलाई प्राथमिकता दिनुपर्ने औँल्याएको छ । सङ्गठनका अध्यक्ष कृष्ण आचार्यले उत्पादनमुखीभन्दा राजस्वमुखी बजेट समग्रमा राम्रो भए पनि साबिकमा झँै बजेटको पुँजीगत खर्च न्यून रहेको उल्लेख गर्नुभयो । उहाँले औद्योगिक र व्यापार प्रवद्र्धनसम्बन्धी उपयुक्त नीतिको अभावकै करण मुलुकको अर्थतन्त्रले गति लिन नसकेको बताउँदै कृषिमा आधारित औद्योगिकीकरणलाई प्राथमिकताका साथ अघि बढाइनुपर्नेमा जोड दिनुभयो । व्यवसायी श्याम पाठकले कर्मचारीतन्त्र उद्योगमैत्री नभएकाले जतिसुकै राम्रो बजेट कार्यक्रम आए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो ।

    यसैबीच सङ्गठनको दोस्रो महाधिवेशन यही जेठ २३ गते काठमाडौँमा हुने भएको छ । सम्मेलनमा ६३ जिल्लाका करिब ५०० प्रतिनिधिको सहभागिता रहने सङ्गठनका महासचिव डम्बरदेव अर्यालले जानकारी दिनुभयो ।

    ]]>
    11332 0 0 0
    जङ्गली च्याउ खाँदा नौको मृत्यु http://localhost/ghum/%e0%a4%9c%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a5%80-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89-%e0%a4%96%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%a8%e0%a5%8c%e0%a4%95%e0%a5%8b-%e0%a4%ae/ Fri, 03 Jun 2016 13:37:59 +0000 http://www.ghumphir.com.np/?p=11334 पाँचथर, २० जेठ । जङ्गली च्याउ खाएर थप आज एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा थर्पु–६ बस्ने धनबहादुर मावोका पाँच वर्षीय छोरा प्रशान्त छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गए राति मात्रै फिदिम–३ जैसीडाँडा बस्ने १४ वर्षीय निशेष राईको मृत्यु भएको थियो ।

    सोसँगै पाँचथरमा १० दिनको अवधिमा जङ्गली च्याउ खाएर मात्रै नौ जनाको मृत्यु भइसकेको छ । अन्य विभिन्न गाविसका गरी आठ बिरामी उपचाररत छन् । च्याउ खाएर बिरामी हुनेको धरानको घोपा, झापाको आम्दा र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

    ]]>
    11334 0 0 0
    ‘सांसदलाई तीन करोड पचास लाखको हाकिम बनाइयो’ http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1-%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b8-%e0%a4%b2/ Fri, 03 Jun 2016 13:39:52 +0000 http://www.ghumphir.com.np/?p=11336 काठमाडौँ, २० जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपाली काँग्रेसका प्रदीप गिरीले सत्तापक्षले प्रस्तुत गरेको बजेटमाथि प्रतिपक्षी दलले दिएको सुझावलाई आत्मसात् गरेर सच्याउने प्रचलन रहेकाले केही पक्ष सुधार गरेर जान सुझाव दिनुभयो ।

    सोही दलका गगनकुमार थापाले बजेट बाँड्ने प्रतिस्पर्धाले मुलुकलाई कहीँकतै नलैजाने भएकाले यथार्थका आधारमा मात्रै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

    सांसदलाई रु तीन करोड ५० लाखको हाकिम बनाएको भन्दै उहाँले खानेपानी र सडक बाँड्दै हिँड्ने प्रवृत्ति गलत रहेको र वितरण गर्ने प्रणालीले मुलुकलाई कहीँकतै नलैजाने उल्लेख गर्नुभयो । राजस्व, आय, व्यय तथा आर्थिक अवस्थाको ख्याल नयरी बजेट प्रस्तुत गरिएको उहाँको भनाइ थियो ।

    नेकपा९एमाले०का राजेन्द्रप्रसाद पाण्डेले भने बजेटले कृषि क्षेत्रलाई विशेष जोड दिएकाले गलत र हावादारी भन्नु पूर्णत दृष्टिदोष हो भन्नुभयो । वर्तमान सरकारले तराई–मधेसलाई विशेष केन्द्रमा राखेको उल्लेख गर्दै उहाँले तराई–मधेस समृद्ध सिँचाइ कार्यक्रम, सुनकोसी मरिन डाइभर्सन, मधेसका सदरमुकामलाई विशेष रुपमा बजेट व्यवस्था, हुलाकी राजमार्ग, उत्तर दक्षिण राजमार्गजस्ता महत्वपूर्ण कार्यक्रमले आर्थिक समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

    सोही दलका गङ्गालाल तुलाधारले बजेटले एक गाउँ एक चिकित्सकको अवधारणा अगाडि सारेर जनताप्रतिको जिम्मेवारी प्रस्तुत गरेको र ठूला पूर्वाधारको काम अगाडि बढाएकाले त्यसले सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो । एमालेकै यज्ञराज सुनुवारले जनताका पक्षमा बजेट प्रस्तुत भई भौतिक पूर्वाधारमा ध्यान दिइएको भन्दै सरकारको प्रशंसा गर्नुभयो ।

    सांसद कर्णबहादुर विकले शान्ति प्रक्रियालाई सम्पन्न गर्ने सन्दर्भमा आएका केही कार्यक्रम सकारात्मक भए पनि पुँजीगत खर्च नहुने प्रवृत्ति अन्त्य गर्नेतर्फ ध्यान नदिइए त्यसले आर्थिक क्षेत्रमा कुनै प्रभाव नपार्ने धारणा राख्नुभयो ।

    नेकपा ९माओवादी केन्द्र०का राधिका तामाङले जनयुद्धका सहिदलाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको रु पाँच लाखको सेयर र घाइते तथा अपाङ्गता भएकाहरूलाई उचित राहत दिनुपर्ने माग गर्नुभयो । कागजपत्रमा सीमित हुने बजेटको कुनै अर्थ नरहेको उल्लेख गर्दै उहाँले पैसाका भरमा मात्रै विकास निर्माणको काम अगाडि नबढ्ने र जनतालाई त्यसले कुनै प्रभाव नपार्ने उल्लेख गर्नुभयो । बिपीको नाम किन छुटाइयो

    काँग्रेसका महेन्द्र यादवले बिपी कोइरालाको नाम बजेटमा नरािखएकामा आपत्ति प्रकट गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको पनि नेता बिपी भएकाले उहाँको नाम बजेटमा छुटाइनु पूर्णत गलत रहेको बताउनुभयो ।

    सांसद अनिता देवकोटाले पनि कोइराला, गणेशमान सिंहलगायतको नाम बजेटमा छुटाएर एमालेले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउनुभयो । सांसद डिल्लीप्रसाद काफ्ले, मिलनकुमारी राजवंशी, मीना पुन, सीमाकुमारी विक, लक्ष्मण राजवंशी, रामकुमार राई, यशोदाकुमारी लामा, नगेन्द्र कुमाल, पद्मनारायण चौधरी, लीलादेवी श्रेष्ठ, वीरबहादुर बलायर, सुशीला नेपाल, योगेन्द्र चौधरी, दुलारी हरिजन, कमलप्रसाद पङ्गेनी, प्रेमबहादुर आले, निशाकुमारी साह, योगेन्द्र तामाङ घिसिङ, राजेन्द्रकुमार केसी, आदित्यनारायण कशौधन, राजीवविक्रम शाही, जनार्दन ढकाल, ममता गिरी, केदाप्रसाद सञ्जेल लगायत हुनुहुन्थ्यो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही जेठ २१ गते बिहान ११ बजे बस्नेछ ।

    ]]>
    11336 0 0 0
    चैते धान http://localhost/ghum/%e0%a4%9a%e0%a5%88%e0%a4%a4%e0%a5%87-%e0%a4%a7%e0%a4%be%e0%a4%a8/ Fri, 03 Jun 2016 13:50:59 +0000 http://www.ghumphir.com.np/?p=11338 11338 0 0 0 नुहाइधुवाइ http://localhost/ghum/%e0%a4%a8%e0%a5%81%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%a7%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%87/ Fri, 03 Jun 2016 13:57:03 +0000 http://www.ghumphir.com.np/?p=11342 11342 0 0 0 यार्सा टिप्न http://localhost/ghum/%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%be-%e0%a4%9f%e0%a4%bf%e0%a4%aa%e0%a5%8d%e0%a4%a8/ Fri, 03 Jun 2016 13:59:15 +0000 http://www.ghumphir.com.np/?p=11345 11345 0 0 0 सार्क ग्रामीण पर्यटनको सहकार्यमा जोड http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a5%80%e0%a4%a3-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b8/ Fri, 03 Jun 2016 14:01:26 +0000 http://www.ghumphir.com.np/?p=11348 काठमाडौँ, २० जेठ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरीय ग्रामीण पर्यटन कार्यशालासार्कका देशको ग्रामीण पर्यटन क्षेत्र तथा धार्मिक सांस्कृतिक एवम् ऐतिहासिकस्थलको संरक्षण गरी घरबास पर्यटनको विकास गर्ने तरिका एकापसमा साटासाट गरी सम्पन्न भएको छ ।

    एकदिने कार्यशालाको समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले सार्क ग्रामीण पर्यटनको विकास गर्न सहकार्य गर्नुपर्ने बताउनुभयो ।

    कार्यशालामा सहभागीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यशालामा सार्कका सात देशका १४ तथा नेपालका निजी क्षेत्रका १५ र सरकारी क्षेत्रका १२ जनाको सहभागिता थियो । कार्यशालामा सार्क राष्ट्रका प्रतिनिधिले आआफ्नो देशको ग्रामीण पर्यटन विकासको प्रयासका विषयमा वृत्तचित्र तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    ]]>
    11348 0 0 0
    फिफा बरियतामा नेपाल दुई स्थान तल http://localhost/ghum/%e0%a4%ab%e0%a4%bf%e0%a4%ab%e0%a4%be-%e0%a4%ac%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%a4%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b8/ Fri, 03 Jun 2016 14:03:19 +0000 http://www.ghumphir.com.np/?p=11350 काठमाडौँ, २० जेठ । विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल दुई स्थान तल झर्दै १८२ औं स्थानमा पुगेको छ ।फिफा बरियतामा दुई स्थान तल झरेपछि दक्षिण एशियामा भने नेपाल यसअघि रहेको चौथो स्थानमा यथावत छ ।

    दक्षिण एसियाली मुलुकहरू भारत १६३ औँ स्थानमा रहेर दक्षिण एशियाको शीर्ष स्थानमा पुगेको छ । यसअघि दक्षिण एसियाको शीर्ष स्थानमा रहेको मल्दिभ्स सबैभन्दा धेरै १४ स्थान तल झरेर १७४ औँ स्थानमा पुगेको छ । त्यस्तै बङ्गलादेश १८१ औँ, भुटान, श्रीलङ्का र पाकिस्तान क्रमशः १८८ औं, १८९औँ र १९२ औँ स्थानमा छन् ।

    त्यस्तै दक्षिण एशियाबाट छुट्टिएर मध्यएशिया फुटबल फेडेरेसनमा आबद्ध भएको अफगानिस्तान १५६ औँ स्थानमा छ । विश्व बरियताको शीर्ष स्थान अर्जेन्टिना, दोस्रोमा बेल्जियम यथावत् छन् भने कोलम्बिया तेस्रो, जर्मनी चौथो, चिली पाचौँ स्थानमा छन् । छैटौँ, सातौँ, आठौँ, नवौँ र दसौँ स्थानमा क्रमशः स्पेन, ब्राजिल, पोर्चुगल, उरुग्वे र अस्ट्रिया छन् ।

    ]]>
    11350 0 0 0
    ‘ड्रिम्स’पाइरेसीमा संलग्न पक्राउ http://localhost/ghum/%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a5%8d%e0%a4%b8%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%b2%e0%a4%97/ Fri, 03 Jun 2016 14:04:47 +0000 http://www.ghumphir.com.np/?p=11353 काठमाडौं, २० जेठ । ड्रिम्स फिल्म पाइरेसी(चोरी)मा संलग्न दुईजनालाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    नेपाल प्रहरीको अपराध महाशाखाले वितरक हाइलाइट्स नेपाल प्रालि र निर्माता सुपर काजोल फिल्मको उजुरीका आधारमा रुपन्देहीका विधान गरुङ र भक्तपुरका चन्द्र लबाजुलाई पक्राउ गरेको हो ।

    चलचित्र निर्माता र वितरक क्रमशः हाइलाइट्स र सुपर काजोलले चलचित्रको बजार व्यवस्थापन अगावै डिजिटल तथा सिडीमा चलचित्र वितरण गरिएकाले आफूहरूलाई रु एक करोड बराबर क्षति पुगेको दाबीसहित उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

    पक्राउ परेका व्यक्तिबाट प्रहरीले कम्प्युटर दुईथान, मोबाइल एकथान र पेनड्राईभ एकथानसहित गुरुङ र लबाजुलाई पक्राउ गरेको हो ।

    नेपाल चलचित्र कलाकार सङ्घलेसमेत गैरकानुनीरुपमा पूरै चलचित्र पाइरेसी हुँदा निर्मातालाई ठूलो आर्थिक घाटा हुनुको साथै समग्र नेपाली चलचित्र क्षेत्रलाई समेत असर पार्ने भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।

    ]]>
    11353 0 0 0
    पर्यटनमा लगानी गर्न चेक इच्छुक http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%9a%e0%a5%87%e0%a4%95-%e0%a4%87/ Fri, 03 Jun 2016 14:06:40 +0000 http://www.ghumphir.com.np/?p=11355 काठमाडौँ, २० जेठ । नेपाल चेम्बर अफ कमर्सले नेपाल र चेकबीचको व्यापार तथा लगानी वृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्न राजदूत एलान होभोर्कलाई आग्रह गरेको छ ।

    नेपालका लागि गणतन्त्र चेकका नवनियुक्त राजदूत एलानसँग चेम्बर अध्यक्ष अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको टोलीले आज गरेको भेटघाटमा अध्यक्ष श्रेष्ठले राजदूत एलानको कार्यकालमा दुई देशबीचको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    सो अवसरमा राजदूत एलानले नेपालमा व्यापार, लगानी, पर्यटन वैकल्पिक ऊर्जालगायत प्रविधि प्रवद्र्धनमा चेकको निजी क्षेत्र नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराउनुभएको चेम्बरले जनाएको छ ।

    ]]>
    11355 0 0 0
    चाबहिल–जोरपाटी–साँखु सडक विस्तार सुरु http://localhost/ghum/%e0%a4%9a%e0%a4%be%e0%a4%ac%e0%a4%b9%e0%a4%bf%e0%a4%b2-%e0%a4%9c%e0%a5%8b%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%9f%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%81%e0%a4%96%e0%a5%81-%e0%a4%b8%e0%a4%a1/ Fri, 03 Jun 2016 14:10:17 +0000 http://www.ghumphir.com.np/?p=11357 काठमाडौँ, २० जेठ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले चावहिल–जोरपाटी–साँखु सडक विस्तारका लागि केन्द्रबाट दायाँबायाँ दुवैतिर ११÷११ मि सडक सीमा चिह्न लगाउने काम सम्पन्न गरेको छ ।

    साविकबाट दायाँबायाँ दुवैतिर सडक बढाउन चिह्नबीचका संरचना हटाउन स्थानीयवासीलाई सूचना दिने उद्देश्यले महानगरपालिका एवम् नगरपालिकाले माइकिङ सुरु गरेको प्राधिकरणले जनाएको छ ।

    हाल केन्द्रबाट दायाँबायाँ दुवैतिर ९÷९ मि रहेको चावहिल–जोरपाटी–साँखु मूल सडकलाई दुवैतिर ११÷११ मि बढाई २२ मि को सडक बनाउन लागिएको प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारीले राससलाई जानकारी दिनुभयो ।

    विसं २०४५ माघ १३ गतेको ‘गोरखापत्र’ दैनिकमा तत्कालीन काठमाडौँ उपत्यका नगर विकास कार्यान्वयन समितिले सूचना प्रकाशित गरी केन्द्रबाट दायाँबायाँ दुवैतिर ११÷११ मि छोड्न जानकारी गराइएको प्राधिकरणले जनाएको छ । सूचना प्रकाशित गरेर जानकारी गराएपनि त्यसबेला कार्यान्वयन भएको थिएन ।

    यो सूचना कार्यान्वयन नभएपछि विसं २०४५ देखि नै उपत्यकामा अव्यवस्थित घर थपिएको आयुक्त तिवारीले बताउनुभयो ।

    “सरकारले सडक मापदण्ड विसं २०४५ साउन २९ गते बनाइएको हो । राजमार्ग र चक्रपथमा केन्द्रबाट दायाँबायाा दुवैतिर २५÷२५ मि, यसबाहेकका मूल सडकमा केन्द्रबाट दायाँबायाँ दुवैतिर ११÷११ मि कायम गरेको हो, यही मापदण्डअनुसार अहिले हामी सडक बढाउँदैछौँ”–उहाँले भन्नुभयो ।

    चावहिल–जोरपाटी–साँखु करिब १४ किमी सडकमा चिह्न लगाई स्थानीयवासीलाई संरचना भत्काउन अनुरोध गरिएको छ । संरचना नभएका खाली स्थानमा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बाटो बढाउने काम सुरु गरेको छ । सरकारले मापदण्ड तोक्नुअघि निर्माण भएका संरचनाका धनीलाई मुआब्जा दिइने प्राधिकरणले जनाएको छ ।

    ]]>
    11357 0 0 0
    कल्भर्ट http://localhost/ghum/%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%ad%e0%a4%b0%e0%a5%8d%e0%a4%9f/ Fri, 03 Jun 2016 14:11:59 +0000 http://www.ghumphir.com.np/?p=11359 11359 0 0 0 नेपाल-भारत सीमाका १ सय ४७ स्तम्भ गायब http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4-%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a5%a7-%e0%a4%b8%e0%a4%af-%e0%a5%aa%e0%a5%ad-%e0%a4%b8/ Sat, 04 Jun 2016 02:13:08 +0000 http://www.ghumphir.com.np/?p=11367 २२ जेठ, काठमाडौं । भारतको अररियास्थित फरबेसगन्जमा शुक्रवार सम्पन्न भएको नेपाल र भारतका अधिकारीको संयुक्त बैठक दुई देशबीचको सिमाना छुट्याउनका लागि निर्माण गरिएका सीमास्तम्भका विषयमा केन्द्रीत भएको छ ।

    sima stambhaफिल्ड सर्भे टिममा रहेका दुई देशीय अधिकारीको संयुक्त वैठकले सीमास्तम्भ मर्मतसम्भार, खोज र निर्माणमा केन्द्रीत रहेको आजको अन्नपूर्णमा समाचार छ ।

    नेपालस्थित पूर्वका झापा, मोरङ र सुनसरी तथा भारतका अररिया, सुपौल र किसनगन्जको बीचमा पर्ने सीमास्तम्भ निरीक्षण अनुगमन, स्तम्भको गणना, पुनर्निर्माण र मर्मत सम्भारको काम गर्न गठन गरिएको नेपाल र भारतका अधिकारी सम्मिलित संयुक्त फिल्ड सर्भे टिमले एक वर्षदेखि काम गरिरहेको छ ।

    मोरङका प्रजिअ तोयम रायाका अनुसार बैठकमा फिल्ड सर्भे टिमले एक वर्षमा नेपाल भारतको सिमानामा चार सय ९३ वटा सीमा स्तम्भ मर्मत समभार गरेको छ ।

    पुराना स्तम्भ क्षति भएपछि त्यही ठाउँमा ७९ वटा नायाँ स्तम्भ निर्माण गर्नुपरेको छ । अनुगमनका क्रममा नेपाल भारत सीमा षेत्रका एक सय ४७ वटा सीमास्तम्भ हराएका पाइएका छन् । सीमास्तम्भ कसरी हराए भन्ने बारेमा पनि खोजी गर्न दुवै देशका अधिकारी सहमत भएका छन् ।

    ]]>
    11367 0 0 0
    यस्तो बन्दै छ १० वर्षपछिको काठमाडौं http://localhost/ghum/%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%9b-%e0%a5%a7%e0%a5%a6-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%aa%e0%a4%9b%e0%a4%bf%e0%a4%95/ Sat, 04 Jun 2016 02:18:29 +0000 http://www.ghumphir.com.np/?p=11369 २२ जेठ, काठमाडौं ।  प्रक्षेपित योजना कार्यान्वयन भएमा अबको १० वर्षपछि काठमाडौं उपत्यकाले आफ्नो रूप बदल्नेछ । सडक चौडा हुनेछन् । मेट्रो रेल गुड्नेछ । ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ ।

    पुरातात्त्विक महत्त्वका धरोहरले  रूप फेर्नेछन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले सबै योजनाको सूक्ष्म अध्ययन सुरु गरिसकेको आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

    अध्ययन सकिएलगत्तै कार्यान्वयनका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार हुनेछ । रिपोर्टका आधारमा योजनाले गति लिनेछ । सबै योजना पूरा हुन कम्तीमा १० वर्ष लाग्नेछ ।

    बागमतीमा उफ्रनेछन् माछा

    तीन वर्षभित्र बागमतीमा माछा उफ्रनेछन्, पानीहाँस डुबुल्की मार्नेछन् । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीको उद्गम बिन्दुमा मानवनिर्मित दुई ठूला कृत्रिम ताल बनाउनेछ । तालबाट बग्ने पानीले सुन्दर बागमतीको सपना साकार पार्नेछ । यसका लागि एसियाली विकास बैंकले प्राधिकरणलाई आर्थिक सहयोग गर्नेछ ।

    प्राधिकरण अबको १० वर्षभित्र काठमाडौं उपत्यकामा अत्याधुनिक स्याटलाइट सिटी निर्माणमा जुटेको छ । पहिलो चरणमा उपत्यकामा तीनवटा स्याटलाइट सिटी निर्माण हुनेछन् । पहिलो स्याटलाइट सिटी एक लाख रोपनी क्षेत्रफल, दोस्रो ३० हजार रोपनी र तेस्रो ४० हजार रोपनी क्षेत्रफल भएको जग्गामा निर्माण हुनेछ । पहिलो स्याटलाइट सिटी पाँच वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । दोस्रो र तेस्रो स्याटलाइट सिटी भने आठ वर्षभित्र निर्माण गरिनेछ । प्राधिकरणको यो महत्त्वाकांक्षी योजनालाई सरकारले बजेटमा समेटेको छ । पहिलो स्याटलाइट सिटीको डिपिआर तत्काल सुरु हुनेछ ।

    कहाँ कसरी गुड्नेछ मेट्रो रेल ?

     अध्ययनअनुसार उपत्यकाभित्र पाँच स्थानमा ‘मेट्रो रेल’को लेन निर्माण हुनेछ । पहिलो, दोस्रो र तेस्रो लेनमा गुड्ने रेलका लागि लिक ‘फ्लाई ओभर’मा हुनेछ । चौथो र पाँचौँ लाइमा गुड्ने रेलका लागि भने भूमिगत लिक निर्माण गरिनेछ ।

    पहिलो लाइनको रुट सातदोबाटो–पुल्चोक– त्रिपुरेश्वर–रत्नपार्क–नारायणहिटी–महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म हुनेछ । दोस्रो लाइनमा चल्ने रेलको लिक कलंकी–कालिमाटी–माइतीघर–तिनकुने हुँदै एयरपोर्टसम्म हुनेछ ।

    तेस्रोको लिक भने चक्रपथ वरिपरि निर्माण हुनेछ । चौथो नम्बरको भूमिगत लिकमा चल्ने रेलको लिक स्वयम्भू–छाउनी–बागबजार–डिल्लीबजार–पुरानो बानेश्वर–गौशाला–चाबहिल हुँदै बौद्धसम्म निर्माण गरिनेछ ।

    पाँचौँ लिक धोबीघाट–पुल्चोक–पाटन दरबार–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–सहिदगेट–डिल्लीबजार–टंगाल–नारायणहिटी–नयाँ बजार हुँदै गोंगबुसम्म निर्माण गरिनेछ।

    ]]>
    11369 0 0 0
    प्रधानमन्त्री बन्ने चाहना छैनः प्रचण्ड http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%9a%e0%a4%be%e0%a4%b9%e0%a4%a8/ Sat, 04 Jun 2016 02:20:30 +0000 http://www.ghumphir.com.np/?p=11371 २२ जेठ, काठमाडों । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ ले अहिले नै सरकारको नेतृत्व गर्ने इच्छा आफूलाई नभएको बताएका छन् ।

    सरकारको नेतृत्व गर्ने इच्छा जाहेर गरेको भए कांग्रेस र मधेसी दलहरुले समर्थन गरेकै बेला आफू प्रधानमन्त्री भइसक्ने अवस्था आउँदा पनि राष्ट्रिय हितका लागि एमालेकै सरकारका लाई समर्थन गरेको प्रचण्डले बताएको आजको अन्नपूर्णमा समाचार छ ।

    माओवादी केन्द्र दोलखाको चौंथो जिल्ला सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूलाई प्रधानमन्त्री बन्न हतार नभएको स्पस्ट पारे । सरकार गम्भीर संकटमा परेका बेला सरकार परिवर्तन गरी बहुमतीय सरकार गठन गर्नुको कुनै ओचित्य नभएका कारण आफू प्रधानमन्त्री बन्नबाट पछि हटेको प्रचण्डले बताए ।

    एमालेसँग भएको नौबुँदे सहमतिमा बजेट सार्वजनिक भएपछि राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको भन्दै घुमाउरो भाषामा दाहालले एमालेलाई सहमति नभुल्न आग्रह गरे ।

    ]]>
    11371 0 0 0
    च्याउ खाँदा २० जना भन्दा बढीको मृत्यु http://localhost/ghum/%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89-%e0%a4%96%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a5%a8%e0%a5%a6-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac/ Sat, 04 Jun 2016 03:03:56 +0000 http://www.ghumphir.com.np/?p=11374 २२ जेठ, काठमाडौं ।

    देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० जना भन्दा बढीको मृत्यु गएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि जङ्गली च्याउ नखान अनुरोध गरेको छ । महाशाखाले विज्ञप्ति जारी गरेर जङ्गल, भिर, कान्ला, खोल्सा र बारीमा उम्रने च्याउ धेरैजसो विषालु हुने र यसको सेवनबाट ज्यान जाने सम्भावना बढी हुने भएकाले प्रयोग नर्गन आग्रह गरेको हो ।

    महाशाखाले व्यावसायिक रुपमा किसानले खेती गरी उत्पादन गरेका च्याउ मात्र खान अपिल गरेको छ । पटकपटक विषादियुक्त च्याउका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह गरिरहे पनि विषाक्त च्याउको सेवनबाट ज्यान जाने र बिरामीको सङ्ख्यामा कमी आउन नसकेको महाशाखाले उल्लेख गरेको छ ।

    ]]>
    11374 0 0 0
    पेट्रोलियम भाउ बढाउने योजना तुहाइदिए अर्थमन्त्रीले http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%ad%e0%a4%be%e0%a4%89-%e0%a4%ac%e0%a4%a2%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%af%e0%a5%8b/ Sat, 04 Jun 2016 03:09:37 +0000 http://www.ghumphir.com.np/?p=11377 अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि आयल निगमले बजेटताका पेट्रोलिमयको मूल्य बढाउने तयारी गरेको थियो । अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्य चुलिएर भारतले समेत भाउ बढाएको पृष्ठभूमिमा निगमले नेपालमा मूल्य बढाउने तयारी गरेको थियो । तर, अर्थमन्त्री विष्णु पौडेलले बजेट पढ्दै भनिदिए- उपभोक्तालाई असर नपर्ने गरी तिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाइने छ । अन्तर्राष्ट्रियमा बजारमा भाउ बढेपछि भारतले नेपालभन्द १७ रुपैयाँ महँगोमा डिजेल बेच्न थालिसकेको छ । निगमले यही आधारमा मूल्य बढाउने तयारी गरेको थियो । उपभोक्तालाई भार नपर्ने गरी अर्थमन्त्रीले नयाँ 'कर' थोपरेपछि निगमका अधिकारीहरुले मूल्य बढाउने हिम्मत गरेनन् । बजेटमार्फत पेट्रोल, डिजेल र हवार्इ इन्धनमा प्रति लिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाउने उल्लेख छ । यसबाट उठेको पैसा बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने सरकारी योजना छ । नयाँ कर लागेपछि निगमको नाफा घट्ने मात्रै होइन नोक्सानीमा जाने 'ट्रेन्ड' समेत देखिइसकेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागिरहेमा निगमले जुन १५  बाट स्वचालित मूल्य कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । निगमकै एक अधिकारीका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यता बढ्दै गएको छ । वाणिज्य मन्त्रालय उच्च स्रोतका अनुसार,  अंग्रेजी महिना जुन १५ मा पेट्रोलियम पदार्थको मूल्य केही हेरफेर हुनेछ । इन्डियन आयल कर्पोरेशनले बुधवार पठाएको मूल्य अनुसार निगमको नाफा खुम्चिएको छ। अब निगमको नाफा २५ करोड ९२ लाखमा झरेको छ । निगमका अनुसार आइओसीले पठाएको मूल्य र पूर्वाधार करका कारण मूल्य खुम्चिएको हो । निगमलार्इ अब पेट्रोलमा ४ रुपैयाँ ४६ पैसा, डिजेलमा ५५ पैसा, मट्टितेलमा १८ रुपैयाँ ४० पैसा, एलपी ग्यासमा एक सिलिन्डरमा ५ रुपैयाँ ७५ पैसा र हवार्इ इन्धनमा ३ रुपैयाँ ९९ पैसा मात्रै नाफा छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रति ब्यारल ४९ डलर ७१ सेन्टमा पुगेको छ । नेपालमा वर्षमा १ अर्ब २० करोड लिटर डिजल, ३६ करोड लिटर पेट्रोल र १२ करोड लिटर हवाई इन्धन भित्रिन्छ। सरकारले लिटरमा ५ रुपैयाँ थप कर लिँदा डिजेलबाट ६ अर्ब, पेट्रोलबाट १ अर्ब ८० करोड र हवाई इन्धनबाट ६० करोड रुपैयाँ आर्जन गर्न सक्ने छ। यस आधारमा पेट्रोलियम पदार्थबाट ८ अर्ब ४० करोड रुपैयाँ संकलन गर्न सक्छ। एक हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकीको विस्तृत परियोजना प्रतिवेदन अनुसार २ खर्ब ५० अर्ब यसको निर्माण लागत छ । आयोजनाको  मुआब्जाका लागि मात्रै ५० अर्ब खर्च हुन्छ।

    ]]>
    11377 0 0 0
    होर्डिङ बोर्डले सहर कुरुप हुँदै http://localhost/ghum/%e0%a4%b9%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%bf%e0%a4%99-%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%b9%e0%a4%b0-%e0%a4%95%e0%a5%81%e0%a4%b0%e0%a5%81/ Sat, 04 Jun 2016 03:17:49 +0000 http://www.ghumphir.com.np/?p=11379 उमेश पौडेल काठमाडौ‌ । राजधानी काठमाडौं मुलुकको कुनैपनि वस्तुको सबैभन्दा बढी व्यवसायिक कारोबार हुन्छ । व्यवसायिक कारोबारको प्रतिस्पर्धाका लागि विज्ञापनका लागि होडबाजी चल्छ । कारोबार बढाउन हुने यो होडबाजीमा वस्तु व्यापारका विज्ञापनका होर्डिङ बोर्डले सहर कुरुप हुँदै गएको छ । होर्डिङ बोर्डले राजधानी कुरुप बनाएको बारेमा अनुगमन गर्ने निकाय महानगर पनि जानकार छ । तर कम जरीवाना भएपछि व्यापारिक कारोबारका होर्डिङ बोर्ड होटल, किराना पसलदेखि मदिरापसलसम्म सडकनै छोप्ने गरेर राख्ने गरिएको छ । नियमविपरित होर्डिङ बोर्ड राख्नेमा बहुराष्ट्रिय कम्पनीदेखि मदिरा कम्पनीसम्म छन् । व्यवसायीलार्इ होडिङ बोर्ड हटाउन दिएको निर्देशन अटेर गरेपछि महानगरपालिका कारवाही गर्दै आफैंले बोर्ड हटाउन थालेको छ । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुब काफ्लेका अनुसार नियमविपरित पसलमा होर्डिङ बोर्ड र फ्लेक्स राख्नेलार्इ कारवाहीको दायरामा ल्याउन थालिएको बताए । उनले एकवर्षमा महानगरपालिकाले अव्यवस्थित रुपमा घर, पसल र सार्वजनिक क्षेत्रमा होर्डिङवोर्ड राख्ने ६ हजार भन्दा धेरैजनालाई कार्वाही गरिसकेको छ। तर कार्वाही फितलो भएका कारण पसलमा होर्डिङ बोर्ड राखेर सहर कुरुप बनाउने कार्य नरोकिएको काफ्लेले बताए । हाल महानगरको टेकुस्थित डम्पिङ सार्टमा होर्डिङ वोर्ड र व्यानरहरुको फोहोरले भरिएको उनले बताए ।  मापदण्ड विपरित राखेका होर्डिङ बोर्ड र ब्यानर ल्याएर टेकुमा राखेका छौ । अहिले त्यहाँ दैनिक कारवाही गरेर झिकेर ल्याइएको होर्डिङ बोर्डले  राख्ने ठाउँ छैन,उनले भने, त्यो वोर्डहरु सार्न र मिलाएर राख्न नसकेर डोजरको प्रयोग गरिरहेका छौ ।महानगरपालिकाका अनुसार व्यक्तिगत र सार्वजनिक स्थानमा राखिएको होर्डिङ बोर्डका कारण महानगरपालिका कुरुप हुँदै गएको छ। नियमविपरित राखिएका ति होर्डिङ बोर्डका कारण सर्वसाधारणले फुटपाथमा समेत सहजै हिड्डुल गर्न कठिनार्इ ब्योहोरिरहेका छन् । सहरमा राखिने अवव्यस्थित होर्डिङबोर्डका कारण एकातिर सडक सौन्दर्य त गुमेको छ नै सामान्य मानिसहरु आवत जावत गर्न पनि समस्या परेको काफ्ले स्विकार्छन् । उनका अनुसार प्रायजसो व्यावसायीले रातको समय पारेर पसल र सार्वजनिक ठाउँहरुमा त्यस्ता बोर्डहरु राख्ने गरेको महानगरले जनाएको छ। काठमाडौ महानगरको नियमअनुसार सामान्य पसलमा वोर्डसाख्दा दश फिट लम्बाई र तीन फिट चौडाई बरावरको मात्र होर्डिङवोर्ड राख्न पाइने व्यवस्था रहेको काफ्लेले बताए । महानगरको विज्ञापन नियम अनुसार घरको कौसी, झ्याल ढाक्ने गरि कसैलेपनि वोर्ड राख्न पाउँदैन । सार्वजनिक स्थानमा ठूला होर्डिङ बोर्ड राख्न पाइदैन । महानगरपालिकाका अनुसार मापदण्ड भन्दा वाहिर गएर राख्यो भने जरिवाना तिर्नुपर्छ। नियमविपरित होर्डिङ बोर्ड राख्नेलाई अधिकतम १५ हजारसम्म जरीवाना  गरेको महानगरपालिकाले जनाएको छ।

    ]]>
    11379 0 0 0
    सेवा मन नपरे नेटवर्क परिवर्तन गरीमोवाइल सेवा लिन सक्ने http://localhost/ghum/%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%ae%e0%a4%a8-%e0%a4%a8%e0%a4%aa%e0%a4%b0%e0%a5%87-%e0%a4%a8%e0%a5%87%e0%a4%9f%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5/ Sat, 04 Jun 2016 03:20:28 +0000 http://www.ghumphir.com.np/?p=11382 उमेश पौडेल

    काठमाडौं। एउटा मोवाइल अपरेटरबाट सेवा लिइरहेको ग्राहकले आफूले चाहेअनुसार नेटवर्क परिवर्तन गरी (मोवाइल नेटवर्क पोर्टिविलिटि - एमएनपी) सेवा लिन सक्ने चाँडै लागु हुने भएको छ। यसरी अपरेटर परिवर्तन गर्दा पनि उपभोक्ताको मोवाइल नम्बर भने परिवर्तन हुँदैन। विकसित देशहरुमा यसअघि नै सञ्चालनमा आएको यो सेवालाई नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा चाँडै प्रयोगमा ल्याउने भएको हो। कुनै अपरेटरको सेवा मन परेन, त्यो अपरेटरको नेटवर्क राम्रो लागेन वा आफूले चाहेजस्तो सेवा सुविधा दिएन जस्तो लाग्यो भने उपभोक्ताले अर्कै अपरेटरको नेटवर्क छान्न सक्छन् । 'कानुनी दस्तावेज तयार हुँदैछ' नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने 'अन्तिम प्रस्ताव पेश गर्न आशयपत्र पठाएका छौं, एक महिनाभित्र टुङ्गो लाग्छ।' प्राधिकरणले एमएनपीका लागि वित्तीय र प्राविधिक प्रस्ताव माग गरेको छ। जसमा वित्तीय क्वालिटी ८० प्रतिशत र प्राविधिक क्वालिटी २० प्रतिशत हुनेगरी प्रस्ताव मागेको हो। चारबर्ष अगाडि पनि एमएनपी सञ्चालनका लागि प्रारम्भिक अध्ययनका भएको थियो। दुई टेलिकम अपरेटरबीच ग्राहकको अनुपात नमिलेपछि त्यसै काम रोकिएको थियो। एमएनपीका लागि दुइवटा नेटवर्कबीच न्युनतम ६०/४० को अनुपातमा ग्राहक हुनुपर्छ। चारवटा विदेशी कम्पनी सर्ट लिस्टमा दूरसञ्चार प्राधिकरणले चार वटा कम्पनीलाई परामर्शदाता नियुक्त गर्न सर्ट लिष्ट गरेको छ। परामर्शदाता छान्न प्राधिकरणले चार महिना अघि बोलपत्र आव्हान गरेको थियो । एमएनपीको विस्तृत अध्ययनका लागि नेपालभित्रका परामर्शदाताले तोकेको मापदण्ड पुरा गर्न नसकेपछि चारवटा विदेशी कम्पनीलाई अन्तिम छनौटका लागि प्रकृया अगाडि बइएको प्राधिकरणले जनाएको छ । एमएनपी सम्भाव्यता अध्ययनका लागि अर्नेस्ट एण्ड योङ इन्डिया, रोविन कन्सल्टेन्सी नेदरल्याण्ड, निरो कन्सल्टिङ स्पेन र कमन्वेल्थ टेलिकम्युनिकेसन बेलायत सर्टलिष्टमा परेका छन्। चारवटा कम्पनीमध्ये छनौट हुने एउटा कम्पनीले नेपालमा एमएनपीको बारेमा विस्तृत अध्ययन गर्नेछ र प्राधिकरणलाई प्रतिवेदन दिनेछ। सोही प्रतिवेदनका आधारमा प्राधिकरणले थर्डपार्टी कम्पनीलाई मोवाइल नेटवर्क पोर्टिविलाटी सेवाका लागि अर्को छुट्टै फ्रिक्वेन्सी दिएर सेवा सञ्चालन गर्न दिने अर्यालले बताए। विश्वका विकसित देशहरुमा यो एमपिआर सेवा सन् १९९९ मा सूरु भएको थियो। दक्षिण एसियाली देशहरु पाकिस्तानले सन् २००७ मा नै यो सेवा सुरु गरेको थियो।  माल्दिभ्सले सन् २०१६ र भारतमा २०११ देखि नै यस्तो सेवा सञ्चालनमा छ । विश्वका धेरै देशमा पोर्टेविलिटि निशुल्क गरिएको छ। नेटवर्क परिवर्तन गर्न पाकिस्तानमा पैसा लाग्दैन भने भारतमा भारु १९ अतिरिक्त शुल्क तिर्नुपर्छ । माल्दिभ्समा एमभिआर दुईसय तिर्नुपर्दछ। नेपालमा भने यो सेवा परिवर्तनका लागि कति पैसा तिर्नुपर्छ वा निशुल्क पाइन्छ टुङ्गो लाग्न बाँकी छ।

    ]]>
    11382 0 0 0
    सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम http://localhost/ghum/%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%9c%e0%a5%80%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be/ Sat, 04 Jun 2016 07:10:46 +0000 http://www.ghumphir.com.np/?p=11384

    धनगढी, २२ जेठ । धनगढीदेखि स्याउले बजारसम्मको सडक मरमत नहुँदा उक्त सडकको आवागमन कष्टकर र जोखिमपूर्ण बनेको छ । सडक भत्किएर ठाउँ ठाउँमा खाल्टाखुल्टी परेको वर्षौ भइसक्दा पनि मरमतका लागि पहल नगरिएको र नियमनकारी निकाय मौन बसेको गुनासो स्थानीयवासीको छ । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीसम्म पुग्नका लागि अत्तरियादेखि धनगढी सडकको वैकल्पिक सडकका रुपमा स्याउले—धनगढी सडक ‘ओटासिल‘ प्रविधिबाट आठ वर्ष अघि कालोपत्रे गरिएको थियो । पूर्व—पश्चिम राजमार्गमा पर्ने कैलालीको स्याउले बजारदेखि धनगढीसम्मको १० किलोमिटर लामो यो सडक कालोपत्रे गरिएकै वर्षदेखि भत्किन थाले पनि यसको मर्मत र पुनःनिर्माण तर्फ अहिलेसम्म पहल नहुँदा यात्रा असहज बनेको स्थानीयवासीको गुनासो छ । सडकको अहिलेको अवस्था हेर्दा विकास गर्ने भन्दै गरिएको सडकको कालोपत्रे यतिबेला आवागमन गर्नेका लागि अभिसाप बनेको अनुभव स्थानीय प्रेम बोगटीले सुनाउनुभयो । ‘सडक कालोपत्रे भएको वर्ष स्याउले बजारबाट धनगढीसम्म पुग्न यातायातका साधनले यो बाटोमा १० मिनेटको समय लगाउँथे, स्थानीयवासी लोखराज ओझाले भन्नुभयो— सडक बिग्रेपछि अहिले भने आधा घन्टाभन्दा बढी समय लाग्ने मात्र नभइ दुर्घटनाको जोखिम पनि बढेको छ ।’ जिल्ला विकास समिति कैलालीको ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो सडक निर्माण कार्य पूरा नहुँदै ठाउँठाउँमा भत्किन सुरु भएको थियो । ग्रामीण सडकको रुपमा ‘डिजाइन‘ भई ‘ओटासिल‘ प्रविधिको कालोपत्रे गरिएकोमा सडकको क्षमता भन्दा बढी भारका मालबाहक साधन सडकमा गुड्न थालेपछि कालोपत्रे भत्किएको प्रविधिकको भनाइ रहेको छ । हाल उक्त सडक मर्मत एवम् कालोपत्रे गर्ने योजना जिल्ला विकास समितिको छैन । सडक डिभिजन कार्यालयले यो सडक निर्माण सम्बन्धी कागजात मागेकोले सडक डिभिजनको योजनामा परेको हुनसक्ने जिविसका इन्जिनियर दाताराम जोशीले बताउनुहुन्छ ।

    ]]>
    11384 0 0 0
    उच्च जोखिममा मधुमल्लावासी http://localhost/ghum/%e0%a4%89%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%9c%e0%a5%8b%e0%a4%96%e0%a4%bf%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%a7%e0%a5%81%e0%a4%ae%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%b8/ Sat, 04 Jun 2016 07:11:57 +0000 http://www.ghumphir.com.np/?p=11386

    उर्लाबारी (मोरङ), २२ जेठ । मोरङको मधुमल्लास्थित बक्राहा खोलामा बलियो तटबन्ध नहुँदा यसवर्ष पनि खोला आसपासका गाउँ बाढीको उच्च जोखिममा परेका छन् । बर्सेनि बक्राहा खोला बाँध फुटाएर गाउँमा पस्दा स्थानीयले जनधनको क्षति बेहोर्दै आएका छन् । मधुमल्ला–५ स्थित बेतेनीमा बक्राहा खोला बाँध फुटाएर आज बिहान गाउँ पसेको छ । उच्च पहाडी भेगमा भारी वर्षा भएसँगै खोलामा आएको बाढी बिहान ५ बजे बाँध फुटाएर गाउँमा पस्दा सात घर डुबानमा परेका छन् । बाँध फुटाएर खोला बस्तीमा पस्दा धनबहादुर मगर, रवीन दर्जी, रणवीर दर्जी, यज्ञ दर्जी, प्रेम गोले, मानबहादुर गोले र नन्दी गोलेको घर डुबानमा परेको छ । खोला गाउँ पसेपछि त्रसित स्थानीयवासिन्दाबीच भागदौडसमेत मच्चिएको थियो । कमजोर तटबन्धका कारण बाँध फुटाएर खोला बस्तीमा पसेको स्थानीयवासी पूर्ण बस्नेतले बताउनुभयो । बाढीले पु¥याएको क्षतिको विवरण सङ्कलनका लागि घटनास्थलमा प्रहरी परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बताउनुभयो । खोलाले बगाएर ल्याएको अवस्थामा खोला किनारमा आज अन्दाजी २०÷२१ वर्षीय एक युवकको शवसमेत फेला परेको छ । सोही ठाउँमा गत वर्ष पनि बाँध फुटाएर खोला गाउँ पस्दा चार वर्षका शिशिर थापाको ज्यान गएको थियो भने मधुमल्ला वडा नं ४, ५, ६ र ८ का सयौँ घर डुबानमा परेका थिए ।

    ]]>
    11386 0 0 0
    दुगड र गोल्छा समूहले घर, जग्गा कर तिरेनन् http://localhost/ghum/%e0%a4%a6%e0%a5%81%e0%a4%97%e0%a4%a1-%e0%a4%b0-%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a5%8d%e0%a4%9b%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a5%82%e0%a4%b9%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%b0-%e0%a4%9c%e0%a4%97/ Sat, 04 Jun 2016 07:13:39 +0000 http://www.ghumphir.com.np/?p=11388

    पथरी (मोरङ), २२ जेठ । राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । नगर क्षेत्रमा रहेर घर, जग्गा कारोवार र व्यवसाय कर नतिर्ने ठूला करदातालाई कालोसूचीमा राखेर कारबाही सुरु गरेको हो । दश वर्षदेखि कर नतिर्ने करदाताको घर, जग्गा रोक्का गर्न जिल्ला मालपोत कार्यालयमा कार्यालयले आवश्यक पत्रचारसमेत गरिसकेको छ । कर नतिर्नेमा औद्योगिक घरानाका व्यवसायी बढी देखिएका छन् । विराटनगर–८ स्थित दुगड निवासका किसनलाल दुगडले नौ वर्षदेखिको घरजग्गा र व्यवसाय कर गरी रु १५ लाख र विकास दुगडले पाँच वर्षदेखिको रु आठ लाख, नमस्कार होटल विराटनगरका कृष्ण गोपाल श्रेष्ठले १५ वर्षदेखिको रु दश लाख, गोल्छा समूहका दिवाकर गोल्छाले पाँच वर्षदेखिको रु दश लाख तिर्न बाँकी देखिएको छ । यस्तै साना, ठूला गरी सयौँ करदाताले घर, जग्गा र व्यवसाय कर गरी रु दुई करोडभन्दा बढी राजस्व तिरेका छैनन् । वित्तीय व्यवस्थापन प्रमुख थपलियाले दुगड, गोल्छालाई पटकपटक पत्रचार गरेर वक्यौता रकम बुझाउन आग्रह गरिएपनि उनीहरुले कार्यालयको पत्रनै नबुझेर फिर्ता पठाएको बताए । पत्र नबुझेका करदातालाई कालोसूचीमा राखिएको उहाँको भनाइ छ । यस्तै सरकारको स्वामित्वमा रहेको कृषि सामाग्री संस्थानले चार वर्षदेखिको घर, जग्गा कर रु २० लाख, नेसनल टे«डिङले चार वर्षदेखिको घर, जग्गा कर गरी रु २० लाख तिरेका छैनन् । ठूला र साना करदाताले कर समयमै चुक्ता नगर्दा उपमहानगरपालिकाको राजस्व असुली प्रभावित हुने देखिएको छ । ठूला करदाताले राजस्व नतिर्दा नगरपालिकाले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन । उपमहानगपालिका वित्तीय व्यवस्थापन प्रमुख अर्जुन थपलियाले नगर क्षेत्रमा सडक, बिजुली, खानेपानी तथा अन्य पूर्वाधार चाहने तर कर नतिर्ने ठूला करदातालाई कारबाही सुरु गरिएको बताउनुभयो । उपमहानगरपालिकाले चालु आवमा ०७२÷७३ मा रु २२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । चालु आवको जेठ २० गते सम्ममा रु १४ करोड २५ लाख मात्र राजस्व सङ्कलन भएको छ । पाँच महिना लामो मधेस आन्दोलनले पनि राजस्व असुलीलाई प्रभाव पारेको उपमहानगरपालिकाले जनाएको छ ।

    ]]>
    11388 0 0 0
    पहिरो जाँदा राजमार्ग अवरुद्ध http://localhost/ghum/%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a5%8b-%e0%a4%9c%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%97-%e0%a4%85%e0%a4%b5%e0%a4%b0/ Sat, 04 Jun 2016 07:15:23 +0000 http://www.ghumphir.com.np/?p=11390

    डोटी, २२ जेठ । डोटीको वनलेक–७ स्थित केआइसिंह राजमार्गमा पहिरो खस्दा यातायातका साधन पूर्णरुपमा ठप्प भएका छन् । आज बिहान करिब ७ः१५ बजे माथिबाट एक्कासि खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । भारी वर्षासँगै आएको पहिरो हटाउन प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेको प्रहरी सहायक निरीक्षक कर्णबहादुर घर्तीले जानकारी दिनुभयो ।

    ]]>
    11390 0 0 0
    पर्यटक सम्र्पकविहीन http://localhost/ghum/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%b9%e0%a5%80%e0%a4%a8/ Sat, 04 Jun 2016 07:16:45 +0000 http://www.ghumphir.com.np/?p=11392

    बाबियाचौर (म्याग्दी), २२ जेठ । धौलागिरि हिमाल आरोहणका लागि आएका एक जना विदेशी पर्यटक दुई हप्तादेखि सम्र्पकविहीन भएका छन् । म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविरबाट इटली क्याम्प फर्कने क्रममा डेनमार्कका ३५ वर्षीय क्रिस्टन विलसन सम्र्पकविहीन भएका हुन् । चार जना जोर्डन र अमेरिकनसँगै आरोहणका लागि धौलागिरि आधार शिविर पुगेका विलसन जेठ ४ गतेदेखि सम्र्पकमा छैनन् । ट्राभल एजेन्सी, सुरक्षाकर्मी र हेलिकोप्टर परिचालन गरेर खोजी गरे पनि फेला पार्न नसकेको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । उनीसँगै गएका जोर्डन र अमेरिकाका नागरिक आरोहण गर्न नसकेर फर्किए पनि उनी एक्लै आधार शिविरमा बसेका थिए । मे १७ तारिखका दिन घरबाट फेसबुकमा आएको सन्देश हेरेका उनी त्यसयता सम्र्पकमा नरहेपछि खोजीका लागि सहयोग गरिदिन परिवारका सदस्यले अपिल गरेका छन् ।

    ]]>
    11392 0 0 0
    वटसावित्री वा वरसाइत पर्व http://localhost/ghum/%e0%a4%b5%e0%a4%9f%e0%a4%b8%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%b5%e0%a4%be-%e0%a4%b5%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%a4-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d/ Sat, 04 Jun 2016 07:18:56 +0000 http://www.ghumphir.com.np/?p=11394 11394 0 0 0 तृतीय पण्डित सम्मेलन पोखरामा शुक्रबारदेखि http://localhost/ghum/%e0%a4%a4%e0%a5%83%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%aa%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%bf%e0%a4%a4-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%a8-%e0%a4%aa%e0%a5%8b%e0%a4%96/ Sun, 05 Jun 2016 13:08:46 +0000 http://www.ghumphir.com.np/?p=11398 काठमाडौँ, २३ जेठ । तृतीय राष्ट्रिय पण्डित सम्मेलन यही जेठ २८ र २९ गते पोखरामा हुने भएको छ ।राष्ट्रिय धर्मसभा नेपालको आयोजनामा हुने सम्मेलनका लागि पं ठाकुर बरालको संयोजकत्वमा स्थानीय सम्मेलन आयोजक समिति गठन गरिएको छ । यसअघि प्रथम सम्मेलन २०६९ साल चैत र द्वितीय सम्मेलन २०७१ साल भदौमा काठमाडौँमा भएको थियो ।

    सम्मेलनले कर्मकाण्डको पद्धतिमा शुद्धता, निर्णयमा एकरुपता, विसङ्गतिको नियन्त्रण र धार्मिक जागरणमा जोड दिने निर्णय गर्ने धर्मसभाका अध्यक्ष प्राडा माधव भट्टराईले बतानुभयो । ‘वयं राष्ट्रे जागृयाम पुरोहिताः’ अर्थात् हामी पण्डितहरू राष्ट्रका निम्ति जागा हौँ भन्ने श्लोक शुक्ल यजुर्वेदमा पाइन्छ । सत् र असत् छुट्याउन सक्ने विवेक भएकालाई नै पण्डित भनिन्छ । आचार्य, ब्राह्मण, उपाध्याय, पुरोहित, ज्योतिषी, धामीझाँक्री, आम्ची, बिजुवा, फेदाङ्मा, गुभाजु आदि पनि पण्डितकै श्रेणीमा पर्ने प्रा डा भट्टराईले उल्लेख गर्नुभयो ।

    पेसागत मर्यादा राख्दै समाज हितका लागि व्यावहारिक र प्रगतिशील ढङ्गले काम गर्न अग्रसर सबै पण्डितहरूलाई सम्मेलनमा सहभागी हुन धर्मसभाका सदस्य धर्मराज बरालले आग्रह गर्नुभयो । सम्मेलनमा करिब ६००पण्डितको सहभागिता हुने जनाइएको छ ।

    ]]>
    11398 0 0 0
    माछा मार्न गएका बेपत्ता, आठको उद्धार http://localhost/ghum/%e0%a4%ae%e0%a4%be%e0%a4%9b%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%97%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a5%87%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%86/ Sun, 05 Jun 2016 13:11:08 +0000 http://www.ghumphir.com.np/?p=11400 डडेल्धुरा, २३ जेठ । खोलामा माछा मार्न गएका बेला आएको बाढीले बगाउँदा शनिबार एक बालिका बेपत्ता भएकी छिन् भने आठ जनाको स्थानीयवासीले उद्धार गरेका छन् ।

    डडेल्धुरा मष्टमाडाँै–६ वसन्तपुर बस्ने खडक भुलकी करिब पाँच वर्षीया छोरी करिश्मालाई माछा मार्ने बेला एक्कासि सकायल खोलामा आएको बाढीले बगाउँदा बेपत्ता पारेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सकायल खोलामा माछा मार्न गएका नौमध्ये आठ जनालाई स्थानीयवासीले उद्धार गरेको तर उनलाई उद्धार गर्न नसकेको स्थानीयवासी भीमबहादुर विष्टले बताउनुभयो । आज पनि उनको खोजी भइरहेको सकायल प्रहरीले जनाएको छ ।

    ]]>
    11400 0 0 0
    निकुञ्जमा अपरेसन कक्ष स्थापना http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%aa%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%a8-%e0%a4%95%e0%a4%95%e0%a5%8d%e0%a4%b7-%e0%a4%b8%e0%a5%8d/ Sun, 05 Jun 2016 13:14:13 +0000 http://www.ghumphir.com.np/?p=11402 रत्ननगर (चितवन), २३ जेठ । चितवन राष्ट्रिय निकुञ्जको संरक्षण कार्यलाई थप प्रभावकारी बनाउन पहिलो पटक यहाँ संयुक्त संरक्षण अपरेसन कक्ष स्थापना गरिएको छ ।

    नेपाली सेना र चितवन निकुञ्जले यसअघि आ–आफ्नै तरिकाले संरक्षण कार्य र चोरी–सिकार नियन्त्रणका गतिविधि सञ्चालन गरिरहेका थिए । तर अब भने संयुक्त रूपमा अघि बढ्ने गरी अपरेसन कक्ष स्थापना गरिएको हो ।

    विश्व वातावरण दिवसका अवसरमा उक्त कक्ष स्थापना गरिएको हो । आज उक्त कक्षको प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले उद्घाटन गर्नुभयो ।

    उद्घाटनपछि उहाँले अपरेसन कक्षले संरक्षणमा थप उचाइ मिल्ने विश्वास गर्नुभयो । यसअघि नेपाली सेनाले यहाँ नेपालमै पहिलो पटक प्रकृति संरक्षण शिक्षालय स्थापना गरिसकेको छ । निकुञ्जको मुख्य कार्यालय नजिकै स्थापना गरिएको अपरेसन कक्षमा निकुञ्जका कर्मचारी र नेपाली सेनाका गरी पाँच जना चौबिसै घन्टा रहने निकुञ्जले जनाएको छ । उनीहरू उक्त संयुक्त कक्षमार्फत संरक्षण क्रियाकलापमा नियमित खटिने छन् ।

    चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले सेना र निकुञ्जको संयुक्त गस्तीलाई प्रभावकारी बनाउन अपरेसन कक्ष स्थापना गरिएको बताउँदै विगत २ वर्षअघि देखि निकुञ्जमा गैँडाको चोरी–सिकार शून्य भएकाले यो उपलब्धि जोगाइराख्न पनि कक्ष प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

    यही कक्षमार्फत रियल टाइम गस्ती परिचालन हुने जनाइएको छ । यसअघि निकुञ्जको सेनाले चलाइरहेको अपरेसन महाहन्टलाई पनि निरन्तरता दिएको निकञ्जको श्रीजङ गणले जनाएको छ ।

    चितवन निकुञ्जमा २०७१ साल वैशाख २० गतेदेखि अहिलेसम्म २ वर्षभन्दा बढी समयमा वन्यजन्तुको चोरी–सिकार नभएको भन्दै निकुञ्जले संरक्षणमा खटिने सबैप्रति आभार प्रकट गरेको छ ।

    सोही उपलब्धिलाई जगेर्ना गर्न विश्व वातावरण दिवसको सन्दर्भमा आज निकुञ्जमा शून्य चोरी–सिकार वर्षसमेत मनाइएको छ । संरक्षणमा यसैगरी अघि बढ्नसमेत सबैमा निकुञ्जले आग्रह गरेको छ । पछिल्लो समयमा चितवन निकुञ्जले प्रविधिको भरपूर उपयोग गरी संरक्षण कार्य अघि बढाउँदै आएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

    यसैबीच, विश्व वातावरण दिवसको अवसरमा आज जिल्लामा विभिन्न कार्यक्रम भएका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालयले सयौँ प्रहरी परिचालन गरेर चितवनका विभिन्न १३ स्थानमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । चितवनको पटिहानीमा स्थानीयवासीको सहभागितामा संरक्षणसम्बन्धी चेतनामूलक ¥याली तथा वातावरण मैत्री झोला वितरण गरिएको छ ।

    ]]>
    11402 0 0 0
    प्रकृति र नारीसम्बन्धी चित्रकला प्रदर्शनी सुरु http://localhost/ghum/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0-%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%80-%e0%a4%9a/ Sun, 05 Jun 2016 13:17:28 +0000 http://www.ghumphir.com.np/?p=11404 काठमाडौँ, २३ जेठ । विश्व वातावरण दिवसको उपलक्ष्यमा मिथिलाएँ आर्ट ग्यालरीले प्रकृति र नारीसम्बन्धी एकल चित्रकला प्रदर्शनीको आयोजना गरेको छ ।

    प्रदर्शनीमा भारतीय कलाकार पोली कौरका ३९ चित्रकला राखिएका छन् । एक वर्ग फिटदेखि १२ वर्ग फिटका चित्र प्रदर्शनीमा राखिएको ग्यालरीका निर्देशक श्यामसुन्दर यादवले राससलाई जानकारी दिनुभयो । “प्रदर्शनमा रहेका चित्रकलाको मूल्य रु २० हजारदेखि रु एक लाख ८५ हजारसम्म तोकिएको छ, प्रदर्शनी जेठ २८ गतेसम्म चल्नेछ”, उहाँले भन्नुभयो ।

    प्रदर्शनीको उद्घाटन गर्दै वरिष्ठ मूर्तिकार प्रा गोविन्दनारायण ज्यापूले प्रकृति मानव जीवनको आधार भएकाले चित्रकला प्रदर्शनका माध्यमबाट वातावरण संरक्षणका लागि जनचेतना जागृत गर्न सकिने बताउनुभयो ।

    कला समीक्षक रमेश खनालले प्रदर्शनीमा राखिएका चित्रकलामा प्रकृतिमा पाइने फूल, पात र महिलालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो । वरिष्ठ कलाकार जयेन्द्रमान अमात्यले प्रकृति र नारीलाई कलामा उतारेर प्रदर्शन गरिएकाले यसको महत्व अन्य प्रदर्शनीभन्दा बढी रहेको उल्लेख गर्नुभयो ।

    ]]>
    11404 0 0 0
    क्यनोनिङमा युवा आकर्षित (फोटो फिचर) http://localhost/ghum/%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%a8%e0%a5%8b%e0%a4%a8%e0%a4%bf%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%86%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a4/ Sun, 05 Jun 2016 13:31:18 +0000 http://www.ghumphir.com.np/?p=11406 थानापति (नुवाकोट), २३ जेठ । साहसिक पर्यटनका रूपमा विकास हुँदै गएको छाँगावरोहण (क्यानोनिङ) मा नेपालीको सहभागिता बढाउने उद्देश्यले आयोजित दुईदिने दोस्रो छाँगावरोहण महोत्सव सम्पन्न भएको छ ।

    राजधानीबाट ३५ किमी उत्तरतर्फको नुवाकोट थानापति गाविसको झरनामा आयोजित सो महोत्सवमा विद्यार्थी, युवा र पर्यटनमा इच्छुक नेपालीको उल्ल्ेखनीय सहभागिता रहेको नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताउनुभयो । “क्यानोनिङ शतप्रतिशत सुरक्षित तर साहसिक खेल हो भन्ने सन्देश नेपालीमाझ पु¥याउन महोत्सव गरिएको हो । महोत्सवमा युवा र विद्यार्थीको उल्लेखनीय सहभागिता रह्यो,” अध्यक्ष लामाले भन्नुभयो । सहभागीलाई ३०, १५ र ६० मि लामो झरनामा तीन खण्डमा तल झर्न सिकाइएको थियो ।

    cyononigदक्ष क्यानोनिङ प्रशिक्षकले उनीहरूलाई सफलतापूर्वक छाँगावरोहणको प्राविधिक र व्यावहारिक ज्ञान दिएको प्रशिक्षक डवीन्द्र लामाले बताउनुभयो । “अधिकांश सहभागी पहिलो पटक क्यानोनिङमा सहभागी थिए, साहसिक खेलका रूपमा आन्तरिक पर्यटकमाझ यो लोकप्रिय हुँदै गएको छ,” एसोसिएसनका कोषाध्यक्ष क्षेत्रबहादुर बस्नेतले बताउनुभयो । संस्थाले नेपालका २० भन्दा बढी झरनामा व्यवस्थित अन्वेषण गरेर छाँगावरोहणको व्यवस्था मिलाएको छ । नेपालमा स्वदेशी तथा विदेशी गरेर वार्षिक तीन हजार जति छाँगारोहणमा जान्छन् ।

    नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग, टे«किङ एजेन्ट एसोसिएसन नेपालको सहआयोजना तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा शुक्रबार र शनिबार आयोजित महोत्सवमा दुई सय सहभागी थिए । लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, ओखलढुङ्गा र काठमाडौँ सहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् । होटल व्यवस्थापनमा स्नातकोत्तर अध्ययनरत मुकेश शाहले पहिलो चोटि साहसिक खेलमा सहभागी हुन पाउँदा उत्सुकता र रोमाञ्चकता महसुस गर्न पाएको बताउँदै साहसिक पर्यटनका रूपमा यसको महत्व छ भन्नुभयो ।

    सो झरनामा दशदिने क्यानोनिङ प्रशिक्षक प्रशिक्षण पनि जारी छ । त्यसमा दश जनाको सहभागिता छ । दक्ष प्रशिक्षक तयार गरी छाँगावरोहण जस्तो साहसिक खेलको व्यावसायिक विकास गर्न प्रशिक्षक उत्पादन तयार गर्ने उद्देश्य रहेको संस्थाका महासचिव राजेश लामा तामाङले बताउनुभयो ।

    जलयात्रा, पदयात्रा, पर्वतारोहरणसँगै नेपालमा पछिल्लो समयमा नयाँ पर्यटकीय गतिविधिका रूपमा डोरीको सहायतामा अग्ला पहराबाट खस्ने छहराको चिसो पानीमा खेलिने जोखिमपूर्ण तथा साहसिक खेलप्रतिको आकर्षण बढ्दो छ ।

    cyononing cynoning cynoning cynoning

    ]]>
    11406 0 0 0
    सामूहिक धान रोपाइँ http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%82%e0%a4%b9%e0%a4%bf%e0%a4%95-%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%87%e0%a4%81/ Sun, 05 Jun 2016 13:36:25 +0000 http://www.ghumphir.com.np/?p=11413 11413 0 0 0 शुक्ला फाँटाका बाह्रसिंगा बर्दिया निकुञ्ज सारिंदै - चित्रांग थापा http://localhost/ghum/%e0%a4%b6%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%ab%e0%a4%be%e0%a4%81%e0%a4%9f%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%bf%e0%a4%82%e0%a4%97/ Sun, 05 Jun 2016 14:07:57 +0000 http://www.ghumphir.com.np/?p=11416 जेष्ठ २३, २०७३- शुक्ला फाँटा आरक्षको विशाल घाँसे मैदानमा केहीदिन यता बिहानैदेखि साँझसम्म चहल पहल बढेकोछ । घाँसे मैदान छेउ रहेको पोष्टमा आरक्ष प्रशासन, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायका प्राविधिकहरु सवारी साधन र ६ वटा हात्ती सहित डेरा जमाएर बसेको दुई साता भइसक्यो । उनीहरु पहिलो पटक शुक्ला फाँटा आरक्षका रैथाने बाह्रसिंगालाइ बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्ने काममा खटिएका हुन् ।

    ‘यहाँका बाह्रसिंगा बर्दिया निकुञ्जको बघौरा फाँटामा सार्ने काममा  खटिएका हौं’ आइतवार शुक्ला फाँटा पोष्टमा भेटिएका राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत हेमन्त कुमार यादवले भने, ‘आइतबारसम्म २ भाले, ३ पोथीसमेत ५ बाह्रसिंगा बर्दिया निकुञ्जको बघौरा फाँटा पठाइसक्यौ, आधा काम सकियो ।’  पहिलो चरणमा १० वटा वयस्क बाह्रसिंगा जेठको दोस्रो सातादेखि बर्दिया स्थानान्तरण गरिन लागेको हो ।

    बाह्रसिंगा स्थानान्तरण भने त्यति सहज रहेनछ । बिशाल घाँसे मैदानमा झुण्डमा देखापर्ने बाह्रसिंगालाइ समात्न समस्या छ । गैडालाई जस्तै डार्ट प्रविधिबाट बेहोस तुल्याएर बाह्रसिंगालाइ अन्यत्र सारिदैन । खुला घाँसै मैदानमा चरनका लागि झुण्डमा निस्केको अवस्थामा जालमा फसाएर मात्र नियन्त्रणमा लिइ सामान्य बेहोस तुल्याएर काठको ठूलो डिव्वामा राखी स्थानानतरण गरिन्छ ।

    स्थानान्तरणका लागि खटिएको टोलीले हरेक दिन साझ बाह्रसिंगा देखा पर्ने र प्राय चरनका लागि जाने क्षेत्रलाइ पहिचान गर्छन । जुन ठाउँमा उनीहरुको बाक्लो गतिविधि हुन्छ त्यहाँ करिव ४ सय मिटर लम्वाइको जाल राख्ने गरिन्छ । ‘दोस्रो दिन बिहान हात्ती सहितको टोलीले  बाह्रसिंगालाइ लखेटेर जाल नजिकको क्षेत्रमा लैजान्छ ’ यादवले भने, ‘ जालमा फसेको बाह्रसिंगालाइ नियन्त्रणमा लिइ उसको शारिरीक परीक्षणसँगै स्ट्रेस नहोस भनेर सुस्त बनाउने सुइ लगाएर काठको बाकसमा राखी ट्रकद्वारा नयाँ बासस्थानमा पठाइन्छ ।’

    आरक्षका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालका अनुसार बाह्रसिंगाको अनुवांसिक विविधता बृद्धि गर्न यो बर्ष बर्दियामार अर्को बर्ष चितवनमा बाह्रसिंगा स्थानान्तरण गर्ने कार्यक्रम रहेको बताए । शुक्ला फाँटा आरक्षमा २०१३ मा भएको गणनाअनुसार २ हजार ३०१ बाह्रसिंगा छन् । ‘यो संख्या विश्वको सवैभन्दा ठूलो हो’ बाह्रसिंगा कै बिषमा विद्यावारिधी गरिरहेका संरक्षण अधिकृत यादव भन्छन, ‘बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय ५ बाह्रसिंगा छ, शुक्लाबाट गएका बाह्रसिंगा उनीहरुसंगै मिसिनेछन ।’

    ]]>
    11416 0 0 0
    यात्रा बन्दिपुरको http://localhost/ghum/%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a5%8b/ Sun, 05 Jun 2016 14:38:22 +0000 http://www.ghumphir.com.np/?p=11418 डा. तारालाल श्रेष्ठ

    नयाँ वर्षमा कीर्तिपुरबाट सबेरै उठेर बन्दीपुर बास बस्ने गरी बाटो लागेँ । अनुसन्धान उद्देश्यसँगै घुमफिरको कौतूहल पनि थियो । टुरिस्ट मात्रै बोक्ने बसको गतिमा अवरोध थिएन । बसभरि काठमाडौँ बस्ने बन्दीपुरे थिए, मबाहेक । महिलाको सङ्ख्या झन्डै तीन तिहाई ।

    बन्दीपुरे महिलाका वाचालतामा बन्दीपुरको वैभव झल्किन्थ्यो । कुरो जता बहकिए पनि बन्दीपुरमै आएर अडिन्थ्यो । विस्केट जात्रा, विशेष मेला, रैथानेदेखि प्रवासिएका बन्दीपुरे विविध चरित्र चित्रण । बाटोभरि बाहिर नयाँ वर्षको रौनक, बसभित्र बन्दीपुरमय माहोल थियो ।

    ठाउँको प्रभाव बसबाट झर्नेबित्तिकै लाग्यो, संसारमै नभए पनि नेपालकै सबैभन्दा स्वच्छ सहर सायद बन्दीपुर नै हो । मौलिक सहरको नमूना पनि । ठाउँले मान्छेको मनमा मात्रै होइन स्वभावमा पनि प्रभाव पार्दो रहेछ । बन्दीपुर बजार पस्नेबित्तिकै कर्मथलो कीर्तिपुर सम्झिएँ ।

    कीर्तिपुरको सुन्दरतामाथि कुरूपता हावी हुँदै गरेको दृश्य झलझली देखेँ । प्राचीनतम प्राकृतिक सहर हो, कीर्तिपुर । उपत्यकामा सबैभन्दा पछाडि परेको सहर पनि । पर्यटनले पटक्कै नपत्याएको सहर । कीर्तिपुर किन पर्यटकीय गन्तव्य बनेन भन्ने यक्ष प्रश्न उब्जियो, एकाएक ।

    badnipur बन्दीपुरको ‘ब्युटी’बारे कीर्तिपुर फोन गरेर वर्णन गर्न थालेँ । परम्परागत पेगोडा शैलीका घरहरू । नेपाली–नेवारी पोसाकमा सजिएका परिचारिका कोही पाहुनालाई स्वागत गर्दै छन् । कोही लगेज गुडाउँदै बसपार्कबाट विदेशी पाहुनालाई ल्याउँदै छन् । कोही पाहुना बिदाइ गर्न बसपार्क जाँदै छन् । बजारभरि न धूवाँ छ, न धूलो । न मोटरको हर्न बजेको सुनिन्छ, न होहल्ला । चहलपहल भने बाक्लो छ । बन्दीपुरबाहिर बसोबास गर्ने बन्दीपुरेहरू मात्रै होइन, विदेशी–स्वदेशी पाहुनाको घुइँचो पनि उत्तिकै छ । लजमा कोठा नपाएर कतिपय पाहुना चिन्तित छन् । होम स्टेको कुरा गर्दै छन् ।

    क्यामेराका लेन्स परम्परागत घरहरूतिर सोभिँmदै छन् । मौलिक परम्परागत सजावट अझ बढी विशिष्ट छन् । मकैका झुत्ता, पाकेका फर्सी, अनाजका अनेक अस्तुहरू । घरभरि भित्रबाहिर झान्द्राङझुन्दु्रङ झुन्डिएका मौलिक नेपाली सरसामानहरू । भूकम्पबाट कत्ति पनि क्षति नपुगेका परम्परागत भवनहरू ।

    बन्दीपुर बजारको बाटोमा पूरै ढुङ्गा बिछ्याइएको छ । जहाँ सवारी साधन प्रवेश पूर्णरूपले निषेध छ । साइकलसमेत गुडेको देखिन्न । सहरभित्र स्वतन्त्र साँढेझैँ सडकभरि मानिस छन् । गोरा, गहुँगोरा, काला वर्णका पर्यटक, सराबरी, बराबरी । पूरै बजार रेस्टुराँका रूपमा स्थापित छ । खुला आकाशमुनि दुवैतर्फ आधा बाटोसम्म परम्परागत काठका कुर्सी–टेबलहरू सजिएका छन् । सडकमै हूलका हूल पर्यटक खानपिन गरिरहेका छन् । बाटामै आधारातसम्म ड्रिङ्क्स पार्टी । सभ्य, शान्त, पाका पर्यटक बढी ।

    विदेशी स्रष्टासँग आधा रातसम्म म पनि गफिएँ । इटालीका कला अनुसन्धाता लारा, लन्डनका लेखक, फ्रान्सकी आख्यानकारसँग गफिएँ । विश्वका अनगिन्ती अन्वेषक र अभियन्ता बन्दीपुरमा बास । आधा रातसम्म तिनका स्वाधीन गफ । विसङ्गत बिम्बभित्र बन्दीपुरको इतिहास खोतल्न थालेँ ।

    बक्रिएको बजार बन्दीपुरबाट सदरमुकाम सर्‍यो, २०२५ सालमा । बजार पनि सर्‍यो । बस्ती बिलाउँदै गयो । बत्ती बाल्ने मानिस पनि थिएनन् अरे । केही किसान मात्रै बाँकी बसे । २०३६ सालमा अलिकता चहलपहल बढ्यो । ३७ सालमा बन्दीपुर क्याम्पस खोलियो । अनि नेट्रोडम नामक स्कुल आयो ।

    २०४९ सालमा काठमाडौँ बस्ने बन्दीपुरेले चिजकुमार श्रेष्ठको नेतृत्वमा विकास समूह बनाए– बन्दीपुर सामाजिक विकास समिति । २०५८ सालतिर अर्किड ट्रयाक खोलियो । २८ किसिमका बन्दीपुरे अर्किडको संरक्षण कार्य थालियो । अर्किडका फूलको फोटो खिचेर पोस्टकार्ड बनाइयो । २०६३ सालमा बजारभित्र बाटोमा ढुंगा छापियो । नेपाल भ्रमण वर्षमा सरकारले पर्यटकीय प्वाइन्टका रूपमा सूचीकृत गर्‍यो ।  अनि इको कल्चर प्रोजेक्ट आयो । मास्टर प्लान बन्यो, १५ वर्षे कार्ययोजनासहित । १५ वर्षभित्र भित्र्याउने टार्गेट गरेको पर्यटक ५ वर्षमै बन्दीपुर आए । पर्यटकीय बजार विस्तार भयो ।

    धौलागिरि, तीनवटै अन्नपूर्ण, फिस्टेल, लमजुङ, मनास्लु, बौद्ध हिमाललगायत १९ हिमचुचुराहरूमात्रै होइन आकाश खुलेका दिन बन्दीपुरबाट लाङटाङको रेन्जसम्म देखिन्छ । वर्षमा अहिले १ लाख २० हजारसम्म पाहुना भित्रिन थालेका छन् । स्वदेशी पाहुनाको आवगमन, शैक्षिक भ्रमण अझ बढी । सिद्धगुफामा ४ सय चानचुन मिटरसम्म भित्र मानिस पस्न थाले । बन्दीपुर बजारबाट भुजेल बस्तीसम्म सवा घन्टे ट्रेकिङ चल्यो । परम्परागत जीवनशैली अवलोकनले पर्यटक आकर्षित गर्‍यो ।

    पश्चिमतर्फ पूरै मगर बस्ती । रामकोटजस्ता नमुना गाउँ । जहाँ परम्परागत बस्ती, संस्कृति जीवित छ, होम स्टे पनि । दक्षिणतर्फ सवा घन्टामा पुगिने, पूरै गुरुङ बस्ती । हिलेखर्क, धरमपानी, झारगाउँमा पनि होम स्टे रहेछन् ।  पर्यटन एकाएक फस्टायो । पहिले निवृत्त वर्गलाई टार्गेट गरिएको थियो ।

    बेलायती, अमेरिकी बूढाबूढी आएर वर्षौं बन्दीपुर बस्न थाले । कतिले बन्दीपुर मन परेर अर्काको नाममा घरै किनेर पनि बसेका रहेछन्, विदेशी । कोही विदेशी ४–५ वर्षदेखि बन्दीपुरमै बसिरहेका रहेछन् । केही दिनलाई सोचेर आउने पाहुना, केही हप्तै बस्दा रैछन्, बन्दीपुरमा । अहिले इतिहासको मृत सहर भन्ने शब्द सुन्न नचाहने बन्दीपुरे थुप्रै भेटेँ । उनीहरू भन्छन्, मृत होइन सुतेर उठेको सहर हो, बन्दीपुर । बन्दीपुरको इतिहास पनि उस्तै । मुकुन्द सेन बास बसेको ४ सय वर्ष पुरानो गढी त्यही छ, मुच्चुक बागथल । खड्गदेवी मुकुन्दसेनकै खड्ग राखेर बनेको मन्दिर मानिन्छ । फूलपातीका दिन प्रत्येक वर्ष यहाँ जात्रा लाग्छ, खड्ग प्रदर्शनसहित ।

    सारा समुदाय, दलितसहित ९ दिन उपवास बस्छन् । प्रत्येक पर्व तथा मेलामा बन्दीपुर वरिपरिका ३३ गाउँका मानिस सहभागी हुन्छन् । वरपर धेरै थोक (गढी) छन् । त्यसमध्यको ठूलो थोक हो, बन्दीपुर । पहिले भारतसम्म र मनाङ, मुस्ताङ हुँदै तिब्बत पुग्ने व्यापारिक केन्द्र बन्दीपुरै थियो । भोटे कुकुर, जडिबुटी, जनावरको छाला, भालुको पित्त बेच्ने नाका पनि । टोनी हेगेनले पनि काठमाडांैपछि पूर्वमा चैनपुर र पश्चिममा बन्दीपुर सबैभन्दा मिलेको बजार भनेर लेखेको भेटिन्छ । बजार सुहाउँदो बुटिक सेटका होटल हेरिरहुझैं छन्, बन्दीपुरमा । पहिले भताभुङ्ग घरहरूलाई नभत्काईकन जस्ताको तस्तै मोडेलमा रिइन्नोभेट गरिएका घरहरू । सिमेन्टका आधुनिक घरहरू बनाउनै नपाइने नियम । घरमा सटर राख्न पूरै बन्देज । काठकै परम्परागत ढोका हुनुपर्ने नीति ।

    प्याराग्लाइडिङको थप व्यावसायिक उडान, डुम्रेबाट केबुलकार, टुडिखेलबाट जिप फ्ल्यायर मार्फत २–४ मिनेटमै डुम्रे पुर्‍याउने परिकल्पना, फरक उमेर समूहमैत्री पार्क, सङ्ग्राहलय निर्माण, फ्री वाइफाई जोनजस्ता थप योजनाले भविष्यमा बन्दीपुर अझ बढी वैभवशाली बन्ने निश्चित छ ।

    कीर्तिपुर परिकल्पना बन्दीपुरको वैभव देख्दा सायद सबै गैरबन्दीपुरेलाई आफ्नो गाउँ–ठाउँको विकास खट्किन्छ । बन्दीपुरमा बास बस्दा जन्मथलो मकवानपुर र कर्मथलो कीर्तिपुर याद आयो । विशेषत: बन्दीपुर र कीर्तिपुर दाँज्न थालेँ ।  बन्दीपुर र कीर्तिपुरमा धेरै समानता छ । दुवै सहर उचाइमा अवस्थित छन् । प्राकृतिक रूपले स्वत: सफा, स्वच्छ र सुन्दर । जहाँबाट प्राय: सबै हिमालहरू देख्न सकिन्छ ।

    कीर्तिपुरमा अझ के छैन ? काठमाडौँबाट जम्मा ५ किमिको दूरी, धेरै गुम्बा र मन्दिरले सुसज्जित प्राचीनतम सहर । नेपाल संवत् २१९–२४६ मा निर्मित बागभैरव मन्दिर । मध्यकालीन चिलन्चो स्तूपा । उमामहेश्वर र मच्छेनारायण मन्दिर । कीर्ति विहार । चम्पादेवी मन्दिर । तिब्बती गुम्बा । थाई विहार । विशाल त्रिभुवन विश्वविद्यालय परिसर । अन्य अनेक वैभव बेवारिसे अवस्थामा छन्, कीर्तिपुरमा ।  बन्दीपुर र कीर्तिपुर दुवै नेवार बाहुल्य बस्ती हुन् । यद्यपि, भिन्नता भनिसाध्य छैन । बन्दीपुरबाट फर्किएपछि कीर्तिपुरको परिक्रमा गरेँ । कीर्तिपुरको फोहोर देखेर आत्महत्या गरौँझै लाग्यो ।

    विश्वविद्यालय परिसर पनि लथालिङ्ग छन् । प्लास्टिकको कुरै छाडौँ । प्रयोग गरिएका कन्डमसमेत यत्रतत्र देखिन्छन् । परम्परागत नेवारी बस्ती उस्तै अस्तव्यस्त । डोरबहादुर विष्टले हिजो कीर्तिपुर डाँडामा निकै फोहोर सोहोरे अरे । अहिले पनि कीर्तिपुर डाँडाले थुप्रै डोरबहादुर विष्टहरू खोजिरहेको छ । थुप्रै संस्कृतिविद् खड्किरहेको छ ।

    कीर्तिपुर डाँडालाई पनि आधुनिक, प्लास्टविहीन र रङरोगनरहित मौलिकता मास्ने घरहरूले घेरिसकेको छ ।  के छैन कीतिपुरमा ?अति प्रसिद्ध चोभार छ, पूर्वमा । पहिले कीर्तिपुर–चोभार जोडिएको सुरुङ वारपार गर्न पनि एक महिना लाग्ने इतिहास जनबोलीमा भेटिन्छ । भित्र बुद्ध र शिवको मन्दिर छन् अरे । मातातीर्थ छ, पश्चिममा । उत्तरमा अवस्थित छ, विशाल विश्वविद्यालय । पृथ्वीनारायण शाहले युद्ध गरेको स्थल, ऐतिहासिक चिहान पनि (जहाँ लासलाई परालले छोपेर आगो लगाई घर फर्किइन्छ, अर्को दिन हुबहु मान्छेकै आकारमा खरानी मात्रै बाँकी हुन्छ, भाजङ्गलमा) पनि यहीं छन् ।

    कीर्तिपुर डाँडामा पोखरी, कुवा, इनार, ढुङ्गेधाराहरू पनि थुप्रै छन्, संरक्षण छैन । कीर्तिपुरमा बाह्रै महिना बाह्रै किसिमका फरकफरक जात्रा मनाइन्छन् । वाल क्लाइम्बिङका लागि नैकाप र कीर्तिपुरबीच अवस्थित खोंच उपयुक्त छ, जहाँ मिनी बन्जी जम्प गर्न पनि मिल्छ । प्याराग्लाइडिङका लागि चम्पादेवी र चोभारजस्ता स्थान पनि छन्, भस्मेश्वर डाँडासम्म पुग्नु पनि पर्दैन । मौलिक विशेषताको कमि छैन, कीर्तिपुरमा । मात्र परिकल्पना र व्यवस्थापनको कमी छ ।

    जुन बेला काठमाडौँ, भक्तपुर र ललितपुरै अस्तित्वमा थिएनन्, दह मात्रै थियो । कीर्तिपुर भने अस्तित्वमा थियो सायद, स्वयम्भू र चोभारका थुम्कोझैँ । लिच्छवी राजा शिवदेव तृतीयले नेपाल संवत् २१९ मा आफ्नो कृति नगरका रूपमा स्थापना गरी कीर्तिपुर नामकरण गरिदिएको पनि एक हजार वर्षभन्दा बढी भइसक्यो । तैपनि कीर्तिपुर कसरी कमजोर भयो ? यसका पछाडि ऐतिहासिक महाभूल पृष्ठभूमिमा आउलान् । यद्यपि, अब कीर्तिपुरले पर्यटकीय विकासको बाटोमा बुर्कुसी मार्नुको विकल्प छैन ।

    मौलिक संस्कृति र परम्परा बचाउ अभियानसँगै कीर्तिपुर डाँडामा सरसफाइ मात्रै गर्ने हो भने विदेशी पर्यटक बढ्न सक्छन् । कीर्तिपुरदेखि थानकोट, दहचोक, मच्छिनारायण, पुष्पलाल पार्क, चोभार, टौदह, बुङमती, खोकना, दक्षिणकालीसम्म ट्रेकिङ । चम्पादेवी, भस्मासुर, चद्रागिरी, चित्लाङसम्म हाइकिङ । थानकोटदेखि दक्षिणकालीसम्म भित्तैभित्ता साइकिलिङ । प्रतियोगिताका लागि चोभार अझ सबैभन्दा उत्तम स्थल । पुष्पलाल पार्कबाट भस्मासुर डाँडासम्म भर्टिकल दौड । चम्पादेवी, भस्मासुर र चन्द्रागिरीमा संसारकै अग्लो हिमाल सगरमाथासमेत हेर्ने पर्यटकको भीड लाग्ने दिन कीर्तिपुरले कुरिरहेको छ ।

    कीर्तिपुर डाँडा एउटै ढुङ्गामाथि अवस्थित छ, जहाँ नब्बे सालको भूकम्पमा एउटै घर भत्केनन् । एकजना पनि मान्छे हताहत भएनन् । २०७२ सालको भूकम्पमा पनि नम्बे साल खेपेका घरसमेत भत्किएनन् । जहाँ घरहरू बिनाजगमै पनि बनेका छन् ।

    कीर्तिपुर डाँडामा पुराना बाह्र ढोका (गढ) थिए । अहिले एउटा मात्रै अस्तित्वमा छ । यी बाह्र गढ (ढोका) मात्रै बचाउन सके कीर्तिपुरको मौलिक वैभव बच्ने थियो । गढ पर्खाललाई पुनर्निर्माण गर्न सके सुनमा सुगन्ध थपिने थियो । जसका लागि निदाइरहेको नगरपालिका गतिशील भएर मात्र हुन्न नागरिक पनि प्रगतिशील हुनुपर्छ । यो बन्दीपुर ‘भर्सेस’ कीर्तिपुरको कुरा होइन । बन्दीपुरभन्दा बढी पर्यटक आउने सहर बन्न सक्छ, कीर्तिपुर । सरोकारवालालाई चेतना भया ।

    ]]>
    11418 0 0 0
    वर्षाले रु दुई करोडको क्षति http://localhost/ghum/%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b0%e0%a5%81-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b7/ Wed, 08 Jun 2016 07:16:15 +0000 http://www.ghumphir.com.np/?p=11421

    बनेपा, २६ जेठ । एक साताअघि बनेपामा परेको वर्षाका कारण विभिन्न बालीमा रु दुई करोडभन्दा बढीको क्षति भएको छ । कृषि सेवा केन्द्र बनेपाका अनुसार धान, मकै, तरकारी बालीमा ठूलो क्षति भएको छ । वर्षाले बनेपा नगरपालिकाको दुई हजार १५० रोपनी क्षेत्रफलको मकै, धान, मूला, काउली, बन्दागोभी, रायो, सागलगायतमा क्षति पु¥याएको छ । यस्तै उग्रचण्डी गाविसको एक हजार २७५ रोपनी क्षेत्रफलको धान, मकै, तरकारी बालीमा समेत क्षति पुगेको कृषि सेवा केन्द्रका प्रमुख सूर्यदेव यादवले जानकारी दिनुभयो । “बाली पुरिएको छ, कतिपय ठाउँमा जमिन कटान भएको छ,” उहाँले भन्नुभयो । त्यस्तै बनेपास्थित तरकारी बजारमा वर्षाले ठूलो क्षति पु¥याएको छ । बाढीले बिक्री गर्नका लागि राखिएका करेला, रामतोरिया, खुर्सानी, काउली, बन्दागोभी, बोडी, घिउसिमी, मूला, सागपात, फर्सीलगायतका तरकारी बगाएको बताइएको छ ।

    ]]>
    11421 0 0 0
    नारायणगढ–मुग्लिन सडकखण्ड आवागमन नरोकिन http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a4%a3%e0%a4%97%e0%a4%a2-%e0%a4%ae%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%a8-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%96%e0%a4%a3%e0%a5%8d/ Wed, 08 Jun 2016 07:19:32 +0000 http://www.ghumphir.com.np/?p=11423

    चितवन, २६ जेठ । दैनिक चार घन्टा आवागमन रोकेर सडक विस्तार भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डमा आवागमन नरोकिने भएको छ । गत माघ २८ गतेदेखि दैनिक मध्याह्न ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरेर सडक विस्तारको कार्य गरिँदै आएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार वर्षात्को समयमा काम गर्न कठिन हुने हुँदा असार १ गतेदेखि गाडी बन्द नगरिने भएको हो । असारसँगै बढी पानी पर्ने हुँदा हाल विस्तार भएका ठाउँमा भित्तो फोर्न कठिन हुने हुँदा अन्य पत्थर भएको ठाउँमा एकतर्फी सवारी आवागमन गराएर काम गराइने उहाँले बताउनुभयो । असारदेखि छठ पर्वसम्म वर्षात् र चाडवार्डका समयमा कम काम गर्न लागिएको उहाँले बताउनुभयो । नारायणगढदेखि १७ किलोमिटर परको गाईघाट, २२ किलोमिटर परको घुमाउने २७ किलोमिटर परको जलवीरे र ३३ किलोमिटर परको कालिखोला सडकखण्ड पहिरोको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । काम नभए पनि पानी आएमा वा सुक्खा बेलामा पनि यी ठाउँमा पहिरो जाने सम्भावना रहन्छ । आजकल पनि यहाँ दैनिक जसो सानो ठूलो पहिरो खसिरहँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ । कामका लागि बाटो बन्द नभए पनि पहिरो गएमा बन्द हुने खतरा भने कायमै छ । तर उपकरण ठाउँठाउँमा राखेका कारण लामो समय आवागमन बन्द नहुने प्रवन्ध मिलाइएको खनालले जानकारी दिनुभयो । नारायणगढ र गोरखा जोड््न सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो । नारायणगढ–मुग्लिन सडक पूर्व तथा पश्चिम नेपालका गाडी काठमाडौँ र पोखरा जाने आउने मुख्य मार्ग हो । सो सडकखण्ड दुई लेनको बनाउने काम भइरहेको छ । नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक सरदर सात हजार ३०० गाडी ओहरदोहर हुने गर्छ । भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार कार्य पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ । विसं २०७२ वैशाखदेखि थालिएको निर्माण कार्य २०७४ को भदौमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । इञ्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबीसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मोजफ्रपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य सडक भएकाले यो सडक व्यस्त रहने गर्दछ ।

    ]]>
    11423 0 0 0
    सूर्यविनायक-धुलिखेल सडक खण्ड चार लेनको बन्दै http://localhost/ghum/%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%95-%e0%a4%a7%e0%a5%81%e0%a4%b2%e0%a4%bf%e0%a4%96%e0%a5%87%e0%a4%b2-%e0%a4%b8%e0%a4%a1%e0%a4%95/ Wed, 08 Jun 2016 07:25:22 +0000 http://www.ghumphir.com.np/?p=11426
    २६ जेठ, काठमाडौं ।भक्तपुर सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १० किलोमिटर सडकखण्ड अबको दुई वर्षभित्र चार लेनको बन्ने भएको छ।बनेपा बर्दिबास सडक योजनाका प्रमुख भरतकाजी देउजुका अनुसार तिनकुनेदेखि सूर्यविनायकसम्म जुन डिजाइनमा सडक निर्माण भएको छ सोहीअनुरुप सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्ड पनि चार लेनको हुनेछ।
    सडक जापान सरकारले निर्माण गर्न लागेको हो। नयाँ बन्ने सडकको डिजाइन नेपाल सरकारलाई प्राप्त भइसकेको छैन। नेपाल सरकारलाई डिजाइन प्राप्त नभए पनि कन्सल्ट्यान्टले डिजाइन तयार पारिसकेको र अबको केही समयमै आफूहरुलाई प्राप्त हुने देउजुले सेतोपाटीसँग बताए।
     suryabinaya dhulekhalप्रायः ठाउँमा तीनकुने सूर्यविनायक सडकखण्डकै डिजाइनमा सडक निर्माण हुने भए पनि साँगा चोक लगायत केही मोडमा भने डिजाइन परिवर्तन हुनसक्ने उनले बताए।
    अहिले नै जापान सरकारले ‘ग्राण्ट’ रकममा बनाउने कि ऋणमा बनाउने भने विषयमा निर्णय समेत हुन नसकेको देउजुले बताए। यद्यपी ग्राण्ट रकममा सडक निर्माण गर्न जापानसँग अाग्रह गर्ने तयारी भएको उनले बताए।
    करिब ११ अर्ब रुपैयाँ लागतमा बनाउन सकिने अनुमान भएपनि सडक निर्माणको डिजाइन गर्ने कन्सल्ट्यान्टले १४ अर्ब रुपैयाँ लाग्ने गरी डिजाइन बनाउँदा निर्माणको विषयमा टुङगो नलागेको उनले बताए।
    ‘जसरी बनाए पनि नेपाल र जापानबीच सेप्टेम्बरमा हुन लागेको ६० वर्षे दौत्य सम्बन्धको कार्यक्रम हुँदैछ’ उनले भने, ‘यही अवसरमा यो विषयमा पनि नेपाल र जापान सरकारको निर्माण कम्पनीबीच सम्झौता हुन सक्छ।’ सम्झौता भएको दुईवर्ष भित्रमा यो सडक खण्ड पनि ४ लेनको बनिसक्ने उनले बताए।
    यो सँगसँगै थानकोट नागढुङ्गा सुरुङ मार्गको समेत निर्माण सम्झौता हुने देउजुले बताए। उनका अनुसार भूकम्पले क्षति पुर्‍याएको तीनकुने सूर्यविनायक सडक खण्डको पनि स्थाई रुपमा मर्मत गर्ने तयारी भएको छ।
    ‘हुन त भूकम्पले क्षति पुर्‍याएको यो सडकखण्ड एक दिन पनि अवरोध आउन नदिई अस्थाई रुपमा मर्मत गरेका छौं’, उनले भने, ‘अब फेरि स्थाईरुपमा नै मर्मत गर्न तयारी  भएको छ।’
    अहिले पनि आफूहरुले सडकको पेटी निर्माण तथा विद्युत पोलको व्यवस्थापन गर्दै आएको उनको भनाई छ। उनका अनुसार हाल सडकको दायाँ बायाँ रहेका रेलिङ तथा पुलहरुमा रङ रोगन तथा मर्मत भइरहेको छ।
    सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि  मुआब्जास्वरुप विनियोजन  भएको १ अर्ब रुपैयाँ आफूहरुले सरकारलाई बुझाइसकेको उनले बताए। अहिले वितरण हुन नसकेको मुआब्जा सडक निर्माणको टुङ्गो लाग्नासाथ वितरण सुरु हुने उनले बताए।
    सडक बन्ने कुराले स्थानीय खुसी भएको भन्दै उनले पैदल यात्रुलाई सहजता दिलाउन आकाशे पुल पनि निर्माण हुने बताए। देउजुका अनुसार सडकको सुन्दरताका लागि सडकको बीचमा बगैंचा सहितको रुख तथा फूलहरु रहनेछ। सडक अहिलेजस्तै सबै ठाउँबाट मोड लिन नपाईने गरी निर्माण हुने उनले बताए।
    यो सडकखण्ड ४ लेनको भएसँगै कोटेश्वर, धुलिखेल, नेपालथोक, खुर्कोट र बर्दिबाससम्मको सडक सुन्दर बन्ने उनले दाबी गरे।
    ]]>
    11426 0 0 0
    वीरगन्जका अधिकांश भाग डुबानमा http://localhost/ghum/%e0%a4%b5%e0%a5%80%e0%a4%b0%e0%a4%97%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%b6-%e0%a4%ad%e0%a4%be%e0%a4%97-%e0%a4%a1%e0%a5%81/ Wed, 08 Jun 2016 07:29:02 +0000 http://www.ghumphir.com.np/?p=11429

    पर्सा, २६ जेठ । आज बिहान परेको पानीले वीरगन्ज नगरका अधिकांश वडा डुबानमा परेका छन् । बिहान ३ देखि ५ बजेसम्म परेको अविरल वर्षाको कारण वीरगन्ज उपमहानगरपालिकाको आदर्शनगर, मुर्ली, पानीट्याङ्की, श्रीपुर, नगवा, भिष्वा, इनर्वा, छपकैया, रानीघाट, गोश्वार लगायतका स्थान डुबानमा परेका हुन् । वीरगन्जको आदर्शनगरमा वर्षाको पानी पसलभित्र प्रवेश गरेकाकारण लाखौँको क्षति भएको व्यापारीले बताएका छन् । आदर्शनगर एरियामा रहेका पसलभित्र पानी पसेपछि भित्र रहेका इलेक्ट्रोनिक्स, कपडा, खाद्यान्न, सौन्दर्य प्रसाधन लगायतका समान बिग्री लाखौँ रुपैयाँको क्षति भएको व्यापारीले गुनासो गरेका छन् । समयमा उपमहानगरपालिकाले नगरभित्र रहेको ढल तथा नाला सफाइ नगर्दा डुबानको समस्या खप्नु परेको वीरगन्जवासीले गुनासो गरेका छन् । नाला सफा नभएको कारण वर्षाको पानीले निकासी पाउन नसकी जिल्ला प्रशासन कार्यालय पर्सासमेत डुबानमा परेको छ । कार्यालयमा तीन फिटसम्म पानी जमेपछि कार्यालय आउने सेवाग्राहीले समस्या खेप्नु परेको छ । यस विषयमा वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालासँग बुझ्दा उहाँले उपमहानगरपालिकाभित्र एडिपी परियोजनाअन्तर्गत सडक, ढल र नाका निर्माण कार्य भइरहेकाले डुबानको समस्या नगरवासीले खप्नु परेको जानकारी दिनुभयो । उहाँले डुबान भएका क्षेत्रको पानी निकाल्न उपमहानगरपालिकाका कर्मचारी बिहानैदेखि लागेको दाबी गर्नुभयो ।

    birgung duban

    ]]>
    11429 0 0 0
    १० हजारको ल्याप्चे लगाई आठ लाखसम्म उठाउँदै म्यानपावर 2016-06-08 13:2 http://localhost/ghum/%e0%a5%a7%e0%a5%a6-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%9a%e0%a5%87-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%88-%e0%a4%86/ Wed, 08 Jun 2016 07:32:38 +0000 http://www.ghumphir.com.np/?p=11433

    किरण भट्टराई काठमाडौँ, २६ जेठ । सरकारले वैदेशिक रोजगारीमा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरे पनि म्यानपावरले रु १० हजार लिएको कागजमा कामदारलाई सहिछाप गराउँदै भारी मात्रामा रकम असुल्दै आएको खुलेको छ । यसअघि ठगी र मानव तस्करीको आरोपमा प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले गत फागुन १२ गते १८ म्यानपावर कार्यालयमा छापा मारेकोमध्ये एक धुम्बाराहीमा रहेको एसआरएस ओभरसिज फेरि ठगीमा संलग्न हुँदै कामदारबाट अवैध रुपमा रु सात लाख ५० हजारसम्म रकम लिँदै आएकोे छ । सो ओभरसिजमार्फत संयुक्त अरब इमिरेट्स (दुबई)मा सुरक्षा गार्डको रोजगारीमा गएका जनक विष्ट त्यहाँ स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर नेपाल फर्किएपछि त्यति धेरै रकम लिएको खुलासा भएको हो । विष्टसहित १५ जनासँग गत चैत २३ गते दुबई जानुअघि रु १० हजार लिएको कागज बनाइएको थियो । विष्टले भन्नुभयो– “मलाई रु १० हजारमात्रै दिएको कागजमा हस्ताक्षर गराइएको थियो, तर मैले चलाखी अपनाएर रु सात लाख ५० हजार दिएको कुरा मोबाइलमा रेकर्ड गरेर राखेको थिए त्यही विभागमा देखाए ।” अझ सो ओभरसिजले कामदारलाई निःशुल्क पठाएको भन्दै बोल्न लगाएर श्रव्यदृश्य समेत खिचेर राख्ने गरेको छ । दुबईमा करिब नेपाली एक लाख मासिक पारिश्रमिक पाउने आश्वासन दिँदै सो रकम उठाइएको हो । नेपाल फकाईएपछि आफ्नो रकम माग्न म्यानपावरमा पुगेका विष्टलाई सञ्चालिका सुभद्रादेवी बरालले रकम दिन अस्वीकार गरेपछि उनले वैदेशिक रोजगार विभागमा उजुरी दिए । उहाँले भन्नुभयो– “स्वास्थ्य परीक्षणमा असफल भएपछि ओभरसिजमा फोन गर्दा त्यो मिलिहाल्छ भन्दै उतै बस्न भनियो । एक महिनाभन्दा बढी समय बस्दा पनि काम नभएपछि जेठ ६ गते बल्ल नेपाल फर्किए ।” गत बुधबार विभागले २४ घन्टाभित्र राहदानीसहित उपस्थित हुन आदेश गरेपछि सञ्चालिका बराल शुक्रबार विभागमा आएर रकम बुझाएको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिनुभयो । विभागले उनी भागेर विदेशिन सक्ने भन्दै अध्यागमन विभागलाई जानकारी गराएको थियो भने शुक्रबारसम्म विभागमा उपस्थित नभए प्रहरी लगाएर पक्राउ गर्ने तयारी समेत गरेको थियो । दुबई लगिएका युवालाई हिमाय भन्ने कम्पनीमार्फत दुबई पुलिसअन्तर्गतको सुरक्षा गार्डमा जागिर लगाइन्छ । जागिरका लागि छनोट भएका ९२ जनाबाट सुरुमै चार लाख अग्रिम लिइसकिएको छ । विष्टको टोलीमा १५ जना, गत जेठ १७ गते थप १८ जना सोही कम्पनीमा कामका लागि उडिसकेका छन् भने बाँकी प्रतिक्षामा छन् । गएकाबाट कसैसँग रु सात लाख र कसैसँग रु सात लाख ५० हजार लिइएको छ । जसबाट ९२ जनाबाट रु छ करोड ५० लाखभन्दा बढी रकम सो ओभरसिजले उठाउने स्पष्ट देखिन्छ । श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल गत महिना दुबई भ्रमणको क्रममा त्यहाँ सुरक्षागार्डको रुपमा गएका कामदारसँग गरेको छलफलमा आफूहरुसँग म्यानपावरले रु आठ लाखसम्म लिएकोे जानकारी गराएका थिए । नेपाल फर्किएपछि सचिव लम्सालकै निर्देशनमा त्यसरी बढी रकम उठाउने म्यानपावर एसआरएससहित डिडी ओभरसिज, अल सेक्युर म्यानपावर र भिक्टोरी म्यानपावरमा विभागले छापा हानी पछि उनीहरुको काम कारबाही रोक्का गरेको छ । आफूसँग दुबई गएका १५ जनाको अझै रोजगारी सम्झौता हुन नसकेकोे विष्टले जानकारी दिनुभयो । उनीहरुलाई त्यहाँको कम्पनीले तिमीहरुको एक महिनाको तलब नेपालको म्यानपावरले लगिसक्यो भनेको छ । यताबाट रु सात लाख ५० हजार उठाउने उताबाट थप एक महिनाको रु एक लाख बराबर तलब उठाउने काममा ओभरसिज संलग्न भएको आरोप कामदारले लगाएका छन् । सरकारले गत वर्ष असार २१ गतदेखि लागू हुने गरी मलेसियासहित खाडीका कतार, बहराइन, साउदी अरब, दुबई, ओमन, कुबेत गरी सात मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था लागू गरेको छ । कामदार आपूर्ति गरेबापत विदेशको संस्थाले सेवा शुल्क नदिएको अवस्थामा मात्रै यहाँका म्यानपावर कम्पनीले रु १० हजार कामदारबाट सेवा शुल्क लिन पाउने व्यवस्था रहे पनि अधिकांश म्यानपावरले त्यसलाई पालना गरेका छैनन् । वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संस्था पिपुल फोरमका अभिवक्ता सोम लुइँटेल कामदारले उजुरी हालेपछि विभागमा कामदारलाई रकम दिएर मिलापत्र गरिने र म्यानपावर सञ्चालकलाई उन्मुक्ति दिने व्यवस्थाले थप अराजकता मौलाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– “वैदेशिक रोजागारीमा भएको ठगी पनि सरकारवादी फौजदारी अपराध भएकाले सामान्य गल्तीबाहेक अन्यमा मिलापत्र नगरी दण्ड सजायकै व्यवस्था गरिनुपर्छ, मिलापत्रका लागि कानुनबमोजिमको निकायमा मात्रै गरिनुपर्छ ।” व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाको कारण सुरक्षा गार्डको मागका लागि रकम तिरेर म्यानपावरले आफ्नोमा माग ल्याउने गरेका छन् । व्यवसायीको अनुसार प्रति कामदार रु एकदेखि दुई लाखसम्मबीचको दलाललाई रकम तिरेर म्यानपावरले सुरक्षागार्डको माग ल्याउने गरेका छन् । विभागका निर्देशक रमा भट्टराई यो क्षेत्रमा सुधारका लागि विभाग प्रयासरत रहेको बताउनुहुन्छ । पीडितले विभागमा उजुरी हाले न्याय पाउँछन् भन्ने विष्टको सन्दर्भमा समेत प्रमाणित भएको उहाँको जिकिर छ ।

    ]]>
    11433 0 0 0
    बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा http://localhost/ghum/%e0%a4%ac%e0%a4%be%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8-%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%a4%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%80/ Wed, 08 Jun 2016 07:34:50 +0000 http://www.ghumphir.com.np/?p=11435

    काठमाडौँ, २५ जेठ । फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बायोग्यास निकाल्नका लागि अहिले मेसिन ल्याउने तयारी भएको छ, भारतबाट ल्याउनुपर्ने भएकाले मेसिन आइपुग्ने बित्तिकै कामको सुरुवात हुनेछ । असारको पहिलो साता बायोग्यास उत्पादन गर्ने मेसिन नेपाल ल्याइनेछ । उहाँका अनुसार कामपाको वडा नम्बर २१, १२, १९ र २० छुट्याएको कुहिने र नकुहिने फोहरबाट दैनिक तीन टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने तयारी महानगरको छ । बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलोे नमुना परियोजना हो । यो योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने कामपाले जनाएको छ । पछिल्लो समय फोहरको उचित व्यवस्थापन गरी सहरलाई फोहरबाट मुक्त गर्न लागिएको होे । दिगोरुपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भइरहेको कामपाले जनाएको छ । कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ ।

    ]]>
    11435 0 0 0
    लाङटाङमा खोज उत्खनन जारी http://localhost/ghum/%e0%a4%b2%e0%a4%be%e0%a4%99%e0%a4%9f%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a5%8b%e0%a4%9c-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%96%e0%a4%a8%e0%a4%a8-%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80/ Wed, 08 Jun 2016 07:36:26 +0000 http://www.ghumphir.com.np/?p=11437

    धुन्चे (रसुवा), २६ जेठ । भूकम्पका कारण पुरिएको लाङटाङ गाउँमा हराएका मानिसको खोज तथा उत्खनन कार्य जारी रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नारायण दल गणका गणपतिलगायत अधिकृत एवम् जवानले खोज तथा उत्खनन कार्यलाई जारी राख्दै स्थानीय सामाजिक कार्यमा समेत योगदान दिएका छन् । विसं २०७२ वैशाख १२ को भूकम्पले पृथ्वी हल्लाउँदा समुन्द्री सतहदेखि छ हजार दुईसय मिटरको उचाइको लाङटाङ लिरुङ हिमालको बेस क्याम्पमा अवस्थित पेवक्षे ताल फुट्दा आएको पहिरोले पुरिएको लाङटाङ भित्रको लाङटाङ गाउँ बस्तीमा नेपाली सेनाले उत्खनन र खोज उद्धार कार्य जारी राखेको स्थानीय बासिन्दाले बताएका छन् । लाङटाङमा स्थानीयवासीलगायत विदेशीसमेत ठूलो सङ्ख्यामा पुरिएका र अझै असीभन्दा बढी मानिस फेला पार्न बाँकी रहेको प्रहरीले जनाएको छ । नेपाली सेनाले खोज उत्खननका साथै माथिल्लो लाङटाङ र मुण्डु लगायतका क्षेत्रमा भूकम्पले घर भत्काउँदा भग्नावशेष भएका स्थानको ढुङ्गा तथा पुरानो काठको व्यवस्थापन, बसोबासका आवास एवम् भूकम्पपछि एकल भएका महिलाको आवास तथा भान्छा निर्माण र सरसफाइ समेतका विभिन्न निर्माण कार्यमा महत्वपूर्ण योगदान पु¥याएको लाङटाङ व्यवस्थापन एवम् पुनःनिर्माण समितिका उपाध्यक्ष सुप्पा तामाङले बताउनुभयो । लाङटाङ, थाङसाप, मुण्डु, घोडा तबेला लगायतका क्षेत्रमा स्थानीय र पर्यटक हिँड्ने पदमार्गसमेत मर्मतसम्भार गरी लाङटाङवासीको सहज जीवनयापनमा नेपाली सेनाले गरेको योगदान अतुलनीय भएबाट गाउँवासी अत्यन्तै हर्षित भएको उपाध्यक्ष तामाङले जानकारी दिनुभयो । यस्तै, विपद्को घडीलाई सहजतातर्फ उन्मुख गर्न लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा विगत लामो समयदेखि सहकार्य गर्दै आएको मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्लुडब्लुएफले उज्यालो कार्यक्रमअन्तर्गत ११६ घरलाई प्रतिपरिवार छओटा बत्ती बल्ने २०÷२० वाट क्षमताको सौर्य ऊर्जा, घरभित्र तातो बनाउने फलामे र खाना पकाउने ग्यास चुलोसमेत सहयोगस्वरुप प्रदान गरिएको आयोजनाका कार्यक्रम प्रबन्धक गौतम पौडेलले बताउनुभयो ।

    ]]>
    11437 0 0 0
    हनुमानढोका पुनःनिर्माण अझै सुरु भएन http://localhost/ghum/%e0%a4%b9%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%a2%e0%a5%8b%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%85/ Wed, 08 Jun 2016 07:38:44 +0000 http://www.ghumphir.com.np/?p=11439

    गौतमवुद्व बज्राचार्य काठमाडौँ, २६ जेठ । काठमाडौँको मुटुमा रहेको हनुमानढोका राजदरबार गत वर्षको वैशाख १२ मा आएको भूकम्पबाट ध्वस्त भएको एक वर्ष नाघिसक्दा पनि अझै पुनःनिर्माण कार्य सुरु भएको छैन । सरकारी स्तरबाट नै पुनःनिर्माण महाअभियान सुरु भएको सात महिना बितिसकेको छ, सरकारको कछुवा गतिका कारण राजधानीको केन्द्रमा रहेको हनुमानढोका राजदरबारसहित ऐतिहासिक महत्वको गद्दी बैठक अझै चारैतिर टेको लगाइएको अवस्थामा रहेको छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले निर्माण गरेको नौतले दरबारको तीन तला ध्वस्त भएको छ भने बाँकी ६ तलामा मानिसभित्र जानसक्ने स्थिति छैन । मल्लकालदेखि नै नेपाल अधिराज्यको शासन सञ्चालन गर्ने मुख्य केन्द्रका रुपमा रहेको हनुमानढोका राजदरबारबाट नारायणहिटी राजदरबारमा शाहवंशका राजा सर्नु अघिसम्म नेपाल अधिराज्यको शासन सञ्चालन हुँदै आएकाले यो दरबार ऐतिहासिक रुपमा निक्कै महत्वपूर्ण मानिन्छ । हनुमानढोका हेरचाह अड्डाका अनुसार कुल १४ वटा चोक रहेको त्यस क्षेत्रमा हाल नासल चोक, जहाँ चोक तथा भण्डारखाल चोक मात्र पर्यटक तथा सर्वसाधारणका लागि खुल्ला राखेको छ । अरू ११ वटा चोकमा भूकम्पबाट क्षतिग्रस्त भएका कारण मानिस भित्र जानसक्ने अवस्था नभएकाले बन्द गरिएको छ । रासससँग कुरा गर्दै सो अड्डाका हेरचाह गर्न खटिएका अधिकारी सानु महर्जनले हनुमानढोकाभित्र रहेको मोहन चोक र कालँदम चोक पनि भूकम्पबाट अस्तव्यस्त भएकाले त्यहाँ सर्वसाधारणलाई हेर्न तथा भ्रमण गर्न रोक लगाइएको छ । चारैतर्फबाट चार दिशामा अवलोकन गर्न सकिने भएकाले विदेशी पर्यटकले हनुमान ढोका छिरेपछि नौतले दरबारबाट अवलोकन गरी भरपुर आनन्द लिने इच्छा राख्ने गरेको उहाँले जानकारी दिनुभयो । धेरै चर्किएर क्षतिग्रस्त भएका कारण त्रिभुवनस्मृति कक्षमा पनि मानिस भित्र पस्नसक्ने स्थिति छैन । नौतले दरबारको पुनःनिर्माण कार्य सुरु गर्ने इच्छा जनवादी गणतन्त्र चीनले देखाएको र चीनबाट आएका विभिन्न टोलीले पटक पटक हनुमानढोका परिसरको भ्रमण गरिसकेको महर्जनले जानकारी दिनुभयो । यस परिसरभित्र हालसम्म पुनःनिर्माण कार्य सुरु गर्न सरकारले तदारुकता देखाएको छ कि छैन भन्ने रासस संवाददाताको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “सरकारका तर्फबाट हालसम्म त्यस्तो कुनै पहल भएको छैन ।” हनुमानढोका परिसरको अवलोकनका लागि रामेछापबाट आउनुभएका रामकृष्ण ज्ञवालीले भन्नुभयो, “हनुमानढोका र नासल चोकभित्र छिरेपछि चारैतर्फ टेको लगाइएको तथा क्षतिग्रस्त राजदरबार परिसर तथा राजाको अनुपस्थिति र त्यहाँ दर्शकका लागि हेर्न राखिएको राजाको सिंहासन तथा राजपरिवारको विवाह तथा मृत्युमा प्रयोग गरिने पालकीको अवलोकनबाट जो कोही पनि विरक्त हुने बताउनुभयो ।” उहाँले थप्नुभयो, “कमलाक्षी, हनुमानढोका क्षेत्र, यट्खा, वसन्तपुर, ह्युमत टोल, लगन, पाटनको विभिन्न क्षेत्र तथा असन, त्यौड आदि क्षेत्रमा भग्नावशेष यत्रतत्र रहेको र टेको लगाई आफ्नो जीवन जोखिममा राखेर जीवन गुजार्न मानिस बाध्य छन् । ज्ञवालीले विदेशबाट आएको अर्बौं तथा खर्बौं रुपैयाँ सहयोग आइसकेको दिन दिनै सुनिन्छ भन्दै यो पैसाबाट चाँडोभन्दा चाँडो पुनःनिर्माण थाल्न सरकारसँग आग्रह गर्नुभयो । तर आन्तरिक व्यवस्थापनबाट पञ्चमुखी हनुमानको पुनःनिर्माण भइसकेको अड्डाका हेरचाह गर्न खटिएका अधिकारी महर्जनले जानकारी दिनुभयो । पाँचतले सो पञ्चमुखी हनुमानको मन्दिरको तीन तला भूकम्पबाट क्षतिग्रस्त भएको थियो र सो मन्दिरसँग जोडिएको कार्यालय कक्षको पनि पुनःनिर्माण गरी कार्यालय सञ्चालनमा ल्याइएको छ । भूकम्पले क्षतिग्रस्त भएका कारण हनुमानढोकाभित्र हुने महत्वपूर्ण पूजा रोकिएको छ कि भन्ने अर्को जिज्ञासामा उहाँले भन्नुभयो, “त्यहाँ दैनिक सञ्चालन हुने नित्य पूजासहित अन्य महत्वपूर्ण पूजा हालसम्म रोकिएको छैन । यस्तै, तलेजु मन्दिरमा हुने ‘था पूजा’, दसैँ तथा कालरात्रि र नवमीमा हुने ५४ राँगा र ५४ भैँसी बलि दिने प्रमुख पूजासहित चैते दसैँमा हुने पूजा तथा बलिप्रथा र नरसिंह देवताको नित्य पूजा पनि अहिलेसम्म नरोकिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, मुनकाली र दक्षिणकालीको महत्वपूर्ण नित्य पूजा पनि नियमित सञ्चालन भइआएको सो अड्डाले जनाएको छ । हनुमानढोका राजदरबारभित्र रहेको दक्षिणकालीभन्दा पुरानो मुनकाली र दक्षिणकालीको दर्शन गर्नाले भक्तजन दक्षिणकाली जानु पर्दैन भन्ने जनधारणा रहेको छ ।

    ]]>
    11439 0 0 0
    तिजी पर्वमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक सहभागी http://localhost/ghum/%e0%a4%a4%e0%a4%bf%e0%a4%9c%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a4%95%e0%a5%88/ Wed, 08 Jun 2016 07:43:35 +0000 http://www.ghumphir.com.np/?p=11441 २६ जेठ, मुस्ताङ ।उपल्लो मुस्ताङको सांस्कृतिक पर्व तिजीमा रमाउन अहिलेसम्मकै धेरै विदेशी पर्यटक पुगेको देखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले वैशाख २१, २२ र २३ गते सञ्चालन भएको तिजी पर्वको अवसरमा ४ सय ४१ विदेशी पर्यटक लोमान्थाङ भित्रिएको जनाएको छ।
    विनाशकारी भूकम्पका कारण गतवर्षको तिजीमा विदेशी पर्यटकको सङ्ख्या शून्य थियो। हरेक वर्ष उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारणले मनाउने तिजी पर्वमा पूजापाठदेखि सांस्कृतिक नृत्य सञ्चालन हुने गर्दछ।
    सोही सांस्कृतिक नृत्यमा रमाउन विदेशी पर्यटक तिजीमा आउने गरेको एक्याप लोमान्थाङका प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए।
    ‘तीन दिनमा चारसय ४१ विदेशी पर्यटक आउनु भनेको पर्यटकीय दृष्टिकोणले धेरै राम्रो हो, यो अहिलेसम्मकै उच्च सङ्ख्या हो,’ उनले भने, ‘यसभन्दा अघिका तिजीमा यसरी विदेशी पर्यटक आएका थिएनन्।’ पर्यटकको चाप बढेसँगै लोमान्थाङ क्षेत्रमा सञ्चालित साना तथा ठूला होटल पनि व्यस्त बनेका थिए।
    अघोषित नाकाबन्दी र विनाशकारी भूकम्पपछि पहिलो पटक पर्यटकको चाप बढेपछि यहाँका व्यवसायी उत्साहित बनेको प्रमुख दाहालले जानकारी दिए।
    पन्ध्रौँ शताब्दीदेखि उपल्लो मुस्ताङका गुरुङ र विष्ट समुदायले मनाउँदै आएको तिजीमा आपसी स्नेह साटासाट, विश्वशान्ति र दैवीप्रकोप कम होस् भन्ने कामना गरिन्छ। विदेशी पर्यटकलाई स्थानीय पहिरनमा सजाएर नाचगान गराउने भएकाले उनीहरु उत्साहित हुने लोमान्थाङका फुर्वा गुरुङले जानकारी दिए।
    ‘यो पर्वमा हामीले विदेशी पर्यटकलाई सम्मान दिनुका साथै हाम्रो नृत्यमा समावेश गराउँछौँ,’ उनले भने। यो पर्व मनाउन अमेरिका र अष्ट्रेलियाबाट पर्यटक बढी आउने एक्यापले जनाएको छ।
    ]]>
    11441 0 0 0
    जामुनखाडीमा सवा दुई लाख पर्यटक भित्रिए http://localhost/ghum/%e0%a4%9c%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%a8%e0%a4%96%e0%a4%be%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%b5%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a4%aa/ Wed, 08 Jun 2016 07:46:12 +0000 http://www.ghumphir.com.np/?p=11443 २६ जेठ, झापा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको यस वर्ष दुई लाख ३५ हजार ३ सय आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन्। यो गत वर्षको तुलनामा बढी हो।
    जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालनमा ल्याएको यो क्षेत्रको अघिल्लो आवमा दुई लाख २१ हजार तीन सय ८८ जना पर्यटकले अवलोकन गरेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका कार्यालय सचिव अमर चौहानले बताए।
    चालु आव २०७२/७३ को साउनदेखि वैशाखसम्म सिमसार क्षेत्र आएका पर्यटकका कारण ७० लाख ५९ हजार रुपैयाँ आर्थिक सङ्कलन भएको छ। अघिल्लो आवमा ४७ लाख ४७ हजार सात सय ६० रुपैयाँ मात्रै आर्थिक सङ्कलन भएको थियो।
    असुरक्षित वन्यजन्तुलाई संरक्षण गरेर राखिएको र सिमसार क्षेत्रलाई व्यवस्थित गर्दै लगिएका कारण यहाँ पर्यटक आवागमनमा वृद्धि भएको सामुदायिक वन समूहका अध्यक्ष पर्शुराम गिरीले बताए। उनका अनुसार सिमसार क्षेत्र २६.५४ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यहाँ दुर्लभ वन्यजन्तु ९अजिङ्गर, गिद्ध, वन हुचिल, चित्तल, मृग, भालु, दुम्सी, कछुवा, चरी बाघ, पानीऔतलगायत २२ प्रजातिलाई संरक्षण गरेर राखिएको छ।
    त्यस्तै सिमसार क्षेत्रमा नौका विहार, बाल उद्यान, मृगस्थली, झोलुङ्गे पुल, आकर्षक वनभोजस्थल भएका कारण पनि यहाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको समूहका अध्यक्ष गिरीले बताए।
    जामुनखाडी सामुदायिक वन ४ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यसलाई समूहले पाँच वटा ब्लकमा विभाजन गरेको र १ नम्बर ब्लकमा सिमसार क्षेत्र रहेको बताइएको छ। पछिल्लो समय जामुनखाडी सिमसार क्षेत्र पूर्वकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास हुँदै गएको छ।
    ]]>
    11443 0 0 0
    डुबानमा http://localhost/ghum/%e0%a4%a1%e0%a5%81%e0%a4%ac%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be/ Wed, 08 Jun 2016 07:49:10 +0000 http://www.ghumphir.com.np/?p=11446 11446 0 0 0 साहस र योगदानलाई सम्मान http://localhost/ghum/%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%b8-%e0%a4%b0-%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a8/ Wed, 08 Jun 2016 07:52:25 +0000 http://www.ghumphir.com.np/?p=11448 11448 0 0 0 उत्खनन र पुनःनिर्माणमा छलफल http://localhost/ghum/%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%96%e0%a4%a8%e0%a4%a8-%e0%a4%b0-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a4%9b/ Wed, 08 Jun 2016 15:58:25 +0000 http://www.ghumphir.com.np/?p=11451 भक्तपुर, २५ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छेले पुनःनिर्माणका क्रममा भक्तपुरको मात्रै नभई देशैभरको सम्पदालाई बचाउनुपर्ने बताउनु भएको छ ।

    आज भक्तपुर नगरपालिकाले आयोजना गरेको सांस्कृतिक नगर भक्तपुरको सम्पदा संरक्षण उत्खनन र पुनःनिर्माण सम्बन्धमा अन्तरक्रियामा उहाँले पुनःनिर्माणका क्रममा देशभरको सम्पदालाई जीवितरुपमा राख्नुपर्ने बताउनुभयो ।

    पुनःनिर्माणका क्रममा सम्पदाको उत्खनन गर्न विदेशी जनशक्ति ल्याउनेभन्दा पनि हाम्रै देशको जनशक्ति तयार गरेर उत्खनन गर्नुपर्ने बताउँदै उहाँले उत्खनन भएका सबै ठाउँमा सम्पदा नै उठाउनुपर्ने भने नहुने बताउनुभयो ।

    कार्यक्रममा सांसद प्रेम सुवालले पुनःनिर्माणका क्रममा सरकारी निकायसँग समन्वय गरी सरोकारवालासँग बृहत् छलफल गरेर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

    त्यसअवसरमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पुनःनिर्माणका क्रममा सरकारबाटै संस्कृतिका लागि बजेटको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

    गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवालीले भक्तपुरलाई सांस्कृतिक नमुनाको सहर बनाउनुपर्नेमा जोड दिँदै दाताको लहलहैमा विदेशीको सहयोगको नाममा मौलिकता र परम्परालाई बिगार्न नहुनेमा जोड दिनुभयो ।

    त्यसअवसरमा साहित्यकार तेजेश्वरबाबु ग्वंग, पुरातत्वविद प्रा भरत शर्मा, संरक्षणविद् सूर्यभक्त साङ्घाछे, रवीन्द्र खर्बुजा, इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ, ख्वप कलेजका प्राडा मञ्जित शाक्यलगायतले पुनःनिर्माण गर्दा ऐतिहासिक सम्पदालाई मर्न दिन नहुने बताएका थिए ।

    ]]>
    11451 0 0 0
    निर्माण हुँदै पक्की पुल http://localhost/ghum/%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a5%80-%e0%a4%aa%e0%a5%81%e0%a4%b2/ Wed, 08 Jun 2016 16:05:13 +0000 http://www.ghumphir.com.np/?p=11453 11453 0 0 0 धानको फाँट http://localhost/ghum/%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a4%be%e0%a4%81%e0%a4%9f/ Wed, 08 Jun 2016 16:07:30 +0000 http://www.ghumphir.com.np/?p=11456 11456 0 0 0 उद्यमी http://localhost/ghum/%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a5%80/ Wed, 08 Jun 2016 16:16:28 +0000 http://www.ghumphir.com.np/?p=11459 11459 0 0 0 मौलिक संस्कृति http://localhost/ghum/%e0%a4%ae%e0%a5%8c%e0%a4%b2%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf/ Thu, 09 Jun 2016 16:40:22 +0000 http://www.ghumphir.com.np/?p=11462 11462 0 0 0 बन्दको कारण http://localhost/ghum/%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3/ Thu, 09 Jun 2016 16:45:58 +0000 http://www.ghumphir.com.np/?p=11465 11465 0 0 0 धर्म परिवर्तन गराउन लगाउने सात पक्राउ http://localhost/ghum/%e0%a4%a7%e0%a4%b0%e0%a5%8d%e0%a4%ae-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%89/ Fri, 10 Jun 2016 19:18:24 +0000 http://www.ghumphir.com.np/?p=11468 दोलखा, २८ जेठ । विद्यालयमा गएर जबर्जस्ती विद्यार्थीलाई क्रिश्चियन धर्म पढाउन लगाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।दोलखाको दुई निजी विद्यालयका करिब ८०० भन्दा बढी विद्यार्थीलाई राष्ट्रियगानभन्दा अघि क्रिश्चियन गीत घोकाउने र क्रिश्चियन किताब पढ्न लगाउने दुई प्रधानाध्यापकसहित अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय दोलखाले आज पत्रकार सम्मेलन गरी पाँच जना क्रिश्चियन धर्मका प्रचारक र चरिकोटमा रहेको मोर्डन नेपालका २७ वर्षीय प्रधानाध्यापक विमल शाही र माउन्ट भ्याली एकेडेमीका ५० वर्षीय प्रधानाध्यापक प्रकाश प्रधानलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार काठमाडौँ महानगरपालिका–१८ का ४४ वर्षीया बनिता डङ्गोल, गोरखा जिल्ला मिरकोट गाविस–५ का २५ वर्षीय फिलिप तामाङ ,दोलखा मिर्गे–४ का ३० वर्षीय किरण दाहाल, मकवानपुर राई गाउँ गाविस–३ का ३७ वर्षीय बालकृष्ण राईलाई बिहीबार विद्यालय हाताबाट नै पक्राउ गरिएको हो ।

    प्रहरीले उनीहरूबाट बाइबल पुस्तक उल्लेख्य मात्रामा, ल्यापटप, बाइबललाई छोप्न दिएको कपडालगायत बरामद गरेको छ । साथै उनीहरूले प्रचारमा प्रयोग गरेको बा३च ३७९३ को टोयटा गाडी समेत नियन्त्रणमा लिएको छ ।

    पक्राउ पर्नेले बिद्यालयमा जबर्जस्ती बाइबलका किताब दिने, धर्म परिवर्तन गर्न लगाउने र क्रिश्चियन नभए शिक्षकलाई जागिर समेत नदिने भन्ने प्रहरीमा स्थानीय अभिभावकले गुनासो गरेपछि प्रहरीले बिहीबार छापा मारेको थियो ।

    उनीहरूलाई मुलुकी ऐन अदालतको महल १९ अन्तर्गत कारबाही गरिने बताइएको छ । प्रहरीका अनुसार जबर्जस्ती धर्म परिवर्तन गर्नु सामाजिक अपराध भएकाले कारबाही गरिएको हो ।

    ]]>
    11468 0 0 0
    दोष कस्को ? http://localhost/ghum/%e0%a4%a6%e0%a5%8b%e0%a4%b7-%e0%a4%95%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%8b/ Sun, 12 Jun 2016 15:15:56 +0000 http://www.ghumphir.com.np/?p=11471 11471 0 0 0 औद्योगिक क्षेत्रको विकास अहिलेको आवश्यकता : मन्त्री पाण्डे http://localhost/ghum/%e0%a4%94%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8/ Sun, 12 Jun 2016 15:21:00 +0000 http://www.ghumphir.com.np/?p=11474 फलेवास (पर्वत), ३० जेठ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले औद्योगिक क्षेत्रको विकास अहिलेको मुख्य आवश्यकता भएको बताउनुभएको छ । पर्वत जिल्लाको फलेवासमा रहेको जिल्लाकै पहिलो क्याम्पस पर्वत बहुमुखी क्याम्पसको रजत महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले मुलुकभित्र सम्भावना रहेका वस्तु तथा सेवालाई उद्योगका रुपमा विकास गर्न सकिँदैन, तबसम्म मुलुक आर्थिक हिसाबमा अगाडि बढ्न सक्दैन भन्नुभयो ।”

    नेपाललाई आर्थिक समृद्धिको उचाइमा पु¥याउनका लागि नेपालमा सम्भावना भएका उद्योगको विकास र खानी सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

    मन्त्री पाण्डेले नेपालभित्रै रहेका पेट्रोल, कोइला, फलाम, सुनलगायतका खानी पुँजी र प्रविधिको अभावमा उत्खनन हुन गरी एकाध वर्षमै मुलुकले कोल्टे फेर्ने बताउँदै सरकारी तथा निजी लगानीमार्फत उद्योग र उत्पादनशीलतामा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्री पाण्डेले गत वर्षको विनाशकारी भूकम्प र भारतले गरेको नाकाबन्दीका कारण औद्योगिक क्षेत्र चौपट बनेको बताउँदै औद्योगिक क्षेत्रको पुनःनिर्माण र विकासलाई आगामी आवको बजेट तथा कार्यक्रमले विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकभित्रकै उद्योगलाई सबल बनाएर आयात प्रतिस्थापन गर्ने गरी सरकार अघि बढेको छ ।” मुलुकमा राजनीतिक स्थिरता भएमा आर्थिक विकासलाई समय नलाग्ने उल्लेख गर्दै मन्त्री पाण्डेले उद्योगधन्दाको विकास गरी बढ्दो युवा पलायनको दरलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।

    स्थायी शान्ति हुनसकेमा लगानीको वातावरण सिर्जना हुने र त्यसका लागि संविधानको पूर्ण कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो । सरकार फेरेरमात्र मुलुकको विकास हुन नसक्ने बताउँदै संविधानको सफल कार्यान्वयन र अहिलेको सरकारले ल्याएको नीति तथा बजेटको पूर्णरुपमा लागू हुनसकेमा आम नेपालीले छोटो समयमै ठूलो राहत महसुस गर्ने मन्त्री पाण्डेले बताउनुभयो । कार्यक्रममा सांसद विकास लम्साल, कल्पना चापागार्इं, नेकपा (एमाले) पर्वतका अध्यक्ष पदम गिरीलगायतल बोल्नुभएको थियो ।

    ]]>
    11474 0 0 0
    नेपाल अन्डा, मासुमा आत्मनिर्भर उन्मुख http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a5%81%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%a4%e0%a5%8d%e0%a4%ae%e0%a4%a8/ Sun, 12 Jun 2016 15:22:34 +0000 http://www.ghumphir.com.np/?p=11476 काठमाडौँ, ३० जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभाग र नेपाल पोल्ट्री महासङ्घको आयोजनामा आज भएको नतिजा सार्वजनिकीकरण कार्यक्रममा तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१÷७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य पूरा हुने क्रममा रहेको बताउनुभयो । प्रतिवेदनअनुसार नेपालमा छ करोड आठ लाख २७ हजार कुखुरा व्यावसायिक रुपमा पालिन्छ । त्यसबाट वार्षिक ११ करोड ४० लाख ५८ हजार केजी उत्पादन हुने गरेको छ । कुल उत्पादनको ११ करोड ६ लाख ३० हजार केजी मासु ब्रोइलर कुखुराबाट उत्पादन हुने गर्छ । यसैगरी वार्षिक प्रतिव्यक्ति ४.१ केजी मासु उपभोग हुने गरेको छ । यस्तै वार्षिक एक अर्ब २० करोड २१ लाख ६६ हजार अन्डा उत्पादन हुने र प्रतिव्यक्तिको भागमा वर्षमा ४४ अन्डा पर्ने गरेको छ । पोल्ट्री व्यवसायबाट सो आवमा रु ३३ अर्ब ७२ करोड ४० लाख २३ हजारको आम्दानी भएको देखिएको छ । उक्त प्रतिवेदनमा २०३१ देखि २०७१ सालसम्मको १०÷१० वर्षभित्र सञ्चालित पोल्ट्री फार्मको सङ्ख्या उल्लेख गरिएको छ । जसमा २०६१ देखि २०७० सम्म सबैभन्दा बढी १९ हजार ८६४ वटा फार्म सञ्चालन गरिएको देखिएको छ । व्यावसायिक रुपमा सबैभन्दा बढी कुखुरा, अन्डा उत्पादन गर्ने पाँच जिल्लामध्ये पहिलोमा चितवन परेको छ भने दोस्रो, तेस्रो, चौथो र पाँचौँमा क्रमशः मकवानपुर, नवलपरासी, दाङ र भक्तपुर रहेका छन् । चितवनले कुल उत्पादनको ६८ प्रतिशत उत्पादन गर्ने गरेको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा विजयबहादुर कुँवरले नेपालको अर्थतन्त्रमा पोल्ट्री व्यवसायले ठूलो योगदान पु¥याएको बताउँदै यो व्यवसायलाई नाफामूलक र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । पशुपक्षी विकास मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले पोल्ट्रीसम्बन्धी यकिन तथ्याङ्कका अभावमा अहिलेसम्म ठोस योजना तर्जुमा गर्न नसकेको बताउँदै यो तथ्याङ्कले आगामी दिनमा यस क्षेत्रमा सुधार गरी आयातलाई प्रतिस्थापन गर्ने र आन्तरिक मागलाई पूरा गर्नतिर लाग्नुपर्नेमा जोड दिनुभयो । पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्री व्यवसाय अहिलेसम्म जीविकामुखीमात्र भइरहेको थियो भन्दै सहुलियत ऋणको व्यवस्था गरी व्यावसायिक रुपमा समेत व्यवसायीलाई सक्षम बनाउनेतर्फ सरकारले पहल गर्नुपर्ने बताउनुभयो । पोल्ट्री व्यवसायीले सरकारसँग सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने, कुखुरा तथा अन्डा बिक्रीका लागि उचित बजारको व्यवस्था गर्नुपर्ने, कुखुरा व्यवसायसम्बन्धी प्राविधिक तालिमको व्यवस्था गर्नुपर्ने, बिमाका लागि सरकारले सहज तथा उपयुक्त वातावरणको निर्माण गरिदिनुपर्ने, विदेशबाट गैरकानुनी ढङ्गले आयात हुने चल्लाको पूर्णप्रतिबन्ध लगाउनुपर्ने, बर्डफ्लु तथा महामारीमा नष्ट भएका कुखुरा तथा अन्डाको सरकारले पर्याप्त क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेका थिए ।

    ]]>
    11476 0 0 0
    आर्थिक समृद्धिका लागि सोच परिवर्तन गर्न आवश्यक ः गभर्नर नेपाल http://localhost/ghum/%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%ae%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b8%e0%a5%8b/ Sun, 12 Jun 2016 15:27:25 +0000 http://www.ghumphir.com.np/?p=11478 काठमाडौँ, ३० जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनता स्वयम्ले आफ्नो सोचमा परिवर्तन नगरेसम्म देशमा आर्थिक समृद्धि हुन नसक्ने बताउनुभएको छ ।

    मिडिया इन्टरनेसनलले आज यहाँ आयोजना गरेको समृद्धिको बाटो ः बृहत् आर्थिक कार्यक्रममा गभर्नर डा नेपालले नेपाली जनताले स्वदेशको अवसरलाई आत्मसात् गरेर अघि बढेमात्र देश विकास हुनसक्ने भएकाले युवा वर्गलाई विदेश जाने क्रमलाई छोडी समृद्धितिर लाग्नका लागि आग्रह गर्नुभयो ।

    “देशमा लगानी गर्ने व्यक्तिको अभाव छ, बैंक तथा वित्तीय संस्थालाई लगानी गर्ने प्रशस्तै पैसा रहेको छ, उत्साहित रुपमा लगानीका लागि युवा वर्ग सक्रिय हुनुप¥यो”– डा नेपालले भन्नुभयो ।

    उहाँले कृषि क्षेत्रमा लगानी गर्ने व्यक्तिका लागि पाँच प्रतिशतमा ऋण उपलब्ध गराइरहेको भन्दै उक्त व्यवसाय गर्नका लागि सोहीअनुरुप ऋण लिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राजनीतिक दलमात्र इमान्दार भई जलविद्युत् क्षेत्रमा लगानी गर्ने हो भने पाँच वर्षमा देश समृद्धितिर लाग्ने विश्वास दिलाउनुभयो । प्रमुख आयुक्त बाँस्कोटाले कृषिप्रधान देशमा कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले लगानी व्यवसायी र सुरक्षासम्बन्धी चिन्ता राजनीतिक दललाई भन्दा व्यवसायीलाई बढी हुने बताउनुभयो ।

    व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले चालु आवको नौ महिनाभित्र ४६४ अर्ब व्यापार घाटा भएको जानकारी गराउँदै अबको दिनमा व्यापार घाटा कम गर्नका लागि उद्योगी व्यवसायीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

    मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले नेपाली जनता अब राजनीतिकतर्फबाट विकासको आशा गर्न छोडी समृद्धितिर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    ]]>
    11478 0 0 0
    अछाममा दुई सय हेक्टर वनक्षेत्र अतिक्रमण http://localhost/ghum/%e0%a4%85%e0%a4%9b%e0%a4%be%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b8%e0%a4%af-%e0%a4%b9%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%b5%e0%a4%a8%e0%a4%95%e0%a5%8d/ Fri, 02 Oct 2015 08:36:41 +0000 http://www.ghumphir.com.np/?p=4087

    भीमदत्तनगर, १६असोज ।

    अछाममा झन्डै दुई सय हेक्टर वनक्षेत्र अतिक्रमण भएको पाइएको छ । जिल्लाका विभिन्न रेञ्जपोष्टअन्तर्गत सरकारी तह, संस्थागत र व्यक्तिगत रुपमा वन अतिक्रमण भएको पाइएको जिल्ला वन कार्यालय अछामले जनाएको छ । अछाममा कुल ८७ हजार २०० हेक्टर वनक्षेत्र रहेकामा सरकारी कार्यालयबाट ३५, संस्थागत ४५, बजारक्षेत्रमा १८, विद्यालयबाट १६ र व्यक्तिगत तथा बाढी पहिरोपीडितबाट ८६ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेका छन् वनक्षेत्र अतिक्रमण सबैभन्दा बढी मङ्गलसेनको पालेवन, ढकारी, कमलबजार, ठाँटी र शान्तडामा भएको छ । अतिक्रमित वनक्षेत्रमध्ये सबै ठाउँमा विगत द्वन्द्वकालभन्दा अगाडि संरचना निर्माण भइसकेको पाइएकाले जिल्ला वन कार्यालयलाई अहिले समस्या भइरहेको निमित्त जिल्ला वन अधिकृत खुदु्रस मियाँले बताउनुभयो । जिल्ला वन कार्यालयमार्फत अतिक्रमण नियन्त्रणका लागि विभिन्न बैठक, प्रचारप्रसार र सामुदायिक वनलाई निर्देशन दिने कार्य भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

    ]]>
    4087 0 0 0
    कृषिमा परनिर्भरता कायमै http://localhost/ghum/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ad%e0%a4%b0%e0%a4%a4%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%af%e0%a4%ae%e0%a5%88/ Fri, 09 Oct 2015 15:54:34 +0000 http://www.ghumphir.com.np/?p=4318

    काठमाडौँ, 23 असोज ।

    खेतबारी बाँझै हुनु, खानेबानीमा परिवर्तन नआउनु र अन्नलाई कुहाएर जाँडरक्सी बनाउनु तीन प्रमुख कारणबाट नेपाल कृषि परनिर्भरतातर्फ उन्मुख भइरहेको विज्ञहरु बताउँछन् । हरेक दिन भातको सट्टा एक छाक पीठोका परिकार खानेबानीमा रुपान्तरित हुने हो भने पनि खाद्यान्नमा परनिर्भर हुनुपर्ने बाध्यता नरहने कृषि सचिव उत्तमकुमार भट्टराई बताउनुहुन्छ । खाद्यान्न उपभोगको अवस्था हेर्दा भात खाने बानीमा भएको वृद्धि तथा मकै र गहुँको खाद्यान्न खपत निकै कम भएको कारण बर्सेनि चामल आयात गर्नुपर्ने र गहँु बचत हुने अवस्था छ । गत वर्षदेखि नेपालले भारतबाट मासिक रु दुई अर्बको चामल मात्र आयात गर्दै आएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । त्यसैगरी, विभिन्न संस्कार र संस्कृतिको जगेर्ना गर्ने बहानामा प्रायः घरघरमा जाँडरक्सी बनाउने परम्पराले जगेडा हुन आएको गहुँ, मकै र कोदो त्यसमै खपत हुने भएकाले चामलको आयात बढ्न गएको कृषि प्रवक्ता तथा डा उदयचन्द्र ठाकुरले बताउनुभयो । सन् १९९० देखि सन् २०१२ सम्म आइपुग्दा नेपालीलाई खाद्यान्न नपुगेको कृषिविज्ञ भैरव राज कैनीले बताउनुहुन्छ । “खाद्यान्न नपुग्नाका प्रमुख कारण जमिन बाँझो राख्ने प्रचलनमा बृद्धि हो,” कैनीले भन्नुभयो । जमिन बाँझो राख्ने व्यक्तिमाथि कारवाही गर्न राज्यले कानुन बनाएको छैन । पछिल्लोपटक भू–माफियाले जमिनलाई टुक्रा गरी घडेरीका नाममा बेचबिखनलाई बढावा दिएका कारण जमिन बाँझै राख्ने प्रचलन चलेको हो । नेपालको संविधान २०७२ को धारा ३६ को उपधारा १ ले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुनेछ भनेको छ । त्यसैगरी उपधारा २ ले प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुने र उपधारा ३ ले प्रत्येक नागरिकलाई कानुनबमोजिम खाद्य सम्प्रभुताको हक हुने व्यवस्था गरेको छ । यस अर्थमा राज्यले आयात गरेर भए पनि जनतालाई अन्न जुटाइदेला तर कति समयसम्म अरुसँग आश्रित रहने हो भनेमा दीर्घकालीन नीतिको खाँचो छ । “खेतीयोग्य जमिन भएर पनि बाँझै राखिन्छ र अन्यत्रबाट आयात गरी जीवन चलाइन्छ भने त्यो राष्ट्रमा परनिर्भरता नबढे कहाँ बढ्छ ?,” कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाको प्रश्न छ । सरकारसँग पटकपटक लडेर कृषि लगानीमा छ प्रतिशत ब्याज कायम गराउन सफल भए पनि बैंकले कृषिमा लगानी गर्न इच्छा नदेखाएको उहाँको गुनासो छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत रछ । छैटौँ कृषि गणना २०६८ ले एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको र कृषिबाटै रोजगार गर्न चाहनेका लागि राज्यले सहज लगानीको वातावरण मिलाउन नसकेको उल्लेख छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार २० प्रतिशतले अझै पनि ८० प्रतिशत जमिन ओगटेका छन् । कृषिको आधुनिकीकरण गर्ने बहानामा भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य, जग्गाको चक्लाबन्दी, जमिनमा भूउपयोग नीति, वैज्ञानिक भूमिसुधार, कृषिमा औद्योगीकरण जस्ता सरकारी कार्यक्रम व्यवहारमा लागू भएको नपाइएको पूर्व कृषिमन्त्री गणेश शाह बताउनुहुन्छ । परम्परागत आकासे खेतीमा निर्भरता, सिँचाइ र उन्नत जातका बीउबिजन अभाव जस्ता कारण पनि कृषिको परनिर्भरता बढेको हो ।

    ]]>
    4318 0 0 0
    थ्रोङलापासको आधार शिविरमा विश्रामस्थल निर्माण http://localhost/ghum/%e0%a4%a5%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%99%e0%a4%b2%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%a7%e0%a4%be%e0%a4%b0-%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a4%ae/ Sat, 10 Oct 2015 04:40:26 +0000 http://www.ghumphir.com.np/?p=4330

    फलेवास (पर्वत), २३ असोज

    हिमालपारीको जिल्ला मुस्ताङको झोङ गाविसमा पर्यटक विश्रामस्थल निर्माण गरिएको छ । अन्नपूर्ण पदमार्गको थ्रोङलापास क्षेत्रको आधार शिविरमा जिल्ला विकास समिति मुस्ताङले पदमार्गीको लागि विश्रामस्थल निर्माण गरेको हो । बदलिँदो मौसमसँगै त्यस क्षेत्रमा पदमार्गीले भोग्ने गरेका समस्यालाई मध्यनजर गर्दै विश्रामस्थल निर्माण गरिएको स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यस क्षेत्रमा यात्रु विश्रानस्थल नहुँदा गत आश्विनमा आएको हुदहुद आँधीको कारण धेरै पर्यटकले ज्यान गुमाएका थिए, आगामी दिनमा त्यस्ता खाले घटना नदोहोरियोस् भन्ने उद्देश्यले विश्रामस्थल निर्माण गरिएको हो ।” थ्रोङलापासको दुई आधार शिविरमा शौचालयसहित निर्माण गरिएको चार वटा विश्रामस्थलको कुल लागतमध्ये जिविसबाट रु ३८ लाख र श्रमदानबाट रु एक लाख ९४ हजार गरी करिब रु ३९ लाख ९४ हजार लागेको इन्जिनियर सकलदेव शर्माले जानकारी दिनुभयो ।

    ]]>
    4330 0 0 0
    नवदुर्गाको प्रतिमा http://localhost/ghum/%e0%a4%a8%e0%a4%b5%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be/ Sat, 17 Oct 2015 15:42:35 +0000 http://www.ghumphir.com.np/?p=4603 4603 0 0 0 सबै किसिमका उपाय लगाएर आपूर्ति व्यवस्था सहज गरिने http://localhost/ghum/%e0%a4%b8%e0%a4%ac%e0%a5%88-%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%bf%e0%a4%ae%e0%a4%95%e0%a4%be-%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%af-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%86%e0%a4%aa/ Mon, 19 Oct 2015 13:47:15 +0000 http://www.ghumphir.com.np/?p=4658

    काठमाडौँ, २ कात्तिक । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले मुलुकमा विद्यमान आपूर्तिको असहज अवस्थालाई सरकारले कूटनीतिक प्रयासबाट समाधान गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक इन्धनको अभावले जनताको दैनिक जीवनमा ठूलो समस्या आएकाले समाधानमा आफू सक्रिय भई लाग्ने बताउनुभयो । “आपूर्तिमा आएको असहजताले जनता मर्कामा परेकाले म गम्भीर छु”– उहाँले भन्नुभयो– “सबै किसिमका उपाय अवलम्बन गरेर भए पनि आपूर्ति व्यवस्था सहज गरिने छ, सिङ्गो देशले भोगिरहेको समस्या समाधान गर्न सरकारले सबै विकल्प सोचेर काम अगाडि बढाउनेछ ।”

    ]]>
    4658 0 0 0
    भक्तजनको भीड http://localhost/ghum/%e0%a4%ad%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%80%e0%a4%a1-2/ Mon, 19 Oct 2015 15:39:32 +0000 http://www.ghumphir.com.np/?p=4674 4674 0 0 0 http://localhost/ghum/4685-2/ Mon, 19 Oct 2015 16:41:48 +0000 http://www.ghumphir.com.np/?p=4685 4685 0 0 0 http://localhost/ghum/4840-2/ Thu, 22 Oct 2015 09:03:27 +0000 http://www.ghumphir.com.np/?p=4840 बाँके- खासकुश्मा-२, कुसुम निवासी सीमा योगी बेलाबेलामा झस्किन्छिन्। दुई दिनदेखि उनी घरबाहिर निस्कन सकेकी छैनन्। घरभित्रै आराम गरिरहेकी सीमाको मनमा अनेक कुरा खेल्छन् र आफैँलाई सान्त्वना दिन्छिन्। सीमा चढेको बस दुर्घटनामा परी आगो लाग्यो। उनी बाँचिन् र अरुलाई पनि बचाउन सफल भइन्।

    आफूसँग यात्रा गरेका थुप्रै व्यक्तिलाई आँखै अगाडि आगोले खरानी बनाएको क्षण सम्झिँदा उनी अहिले पनि भक्कानिन्छिन्। 'भाग्य बलियो भएर म बाँचेँ, तर सँगै यात्रा गरेका धेरैलाई आगोले खरानी बनायो, सम्झिँदा साह्रै रुन मन लाग्छ,' सीमाले नागरिकन्युजसँग भनिन्।

    आफू बाँचेर अरुको ज्यान बचाउन सकेकोमा उनी गर्व गर्छिन्। 'भाग्यले गर्दा म बसेको झ्यालको सीसा फुट्यो र त्यही ठाउँबाट म निस्कन सफल भएँ। अरु पाँच जनालाई पनि त्यही झ्यालबाट तानेर बाहिर निकाले,' उनी सम्झिँन्छिन्। 'उनीहरुलाई निकालेर म बाहिर आउँदाआउँदै आगोले भेटाइहाल्यो,' सीमाले भनिन् 'तुरुन्तै बसमा आगो लागिहाल्यो, बुढापाका र बच्चा र महिला जति बसभित्रै जले।'

    आफ्नो पनि चप्पल र छोरीले पठाइदिएको साग बसमै जलेको सीमाले बताइन्। बस दनदनी बल्न थालेपछि तत्काल आगो निभाउन सम्भव भएन। आगोको मुस्लो माथिसम्म पुगेको थियो। घटनास्थलमा जम्मा भएका ठूलो संख्याका स्थानीय बासिन्दाले पनि नियन्त्रण गर्न सकेनन्। तीनै सुरक्षाकर्मी (प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना) पुगेपछि बल्ल तल्ल आगो निभाए। तर आगो नियन्त्रणमा आउँदासम्म बसको अधिकांश भाग जलिसकेको थियो।

    सीमा सुत्केरी छोरीका लागि सालको पात र टपरी पुर्या उन सोही दिन बिहान दाङ देउखुरीस्थित सुनडबरी गएकी थिइन्। 'भोलिपल्ट दूर्गा स्थापना गर्नुपर्ने भएकाले छोरीको घरमा खाना खाएर म दिउँसो २ बजे त्यहाँबाट बिदा भएँ,' उनले भनिन्, 'सुनडबरीबाट घोराही जाने बसमा चढेर लमहीसम्म आएँ, बुटवलबाट खचाखच मान्छे राखेको बस लमहीमा आइपुग्यो, त्यही बसमा चढेर घरतिर हिँडे।'

    सीमाका अनुसार बसभित्र यात्रुको चापले गर्दा खुट्टा राख्ने ठाउँसमेत थिएन। तैपनि ठाउँ-ठाउँमा रोकेर यात्रु कोच्दै बस हिँड्यो। प्रहरीका चेकपोष्टमा बसले इन्ट्री गरायो, चेकपोष्टमा पनि बसमाथि सुरक्षाकर्मीले निग्रानी गरेनन्। दुर्घटनास्थलदेखि करिब ५ सय मिटर यतै चप्परगौडी गाउँमा तीन जना यात्रु झरे। सीमाका विचारमा दुर्घटनास्थलसम्म आइपुग्दा बसमा ५० जना जति यात्रु थिए। 'त्यसपछि ड्राइभरले गाडी बेस्सरी हाक्यो, पछाडी बसेका हामी यात्रुहरुले ड्राइभरको छाटकाँट देखेपछि बस पल्टाउँछ कि भनेर कुरा गरिरहेका थियौँ,' सीमाले भनिन् 'कुरा टुंगिन नपाउँदै बस त गर्ल्याम्म पल्टिहाल्यो।'

    सीमाले अगाडि भनिन्, 'बस पल्टिदाँ मैले फलामको डन्डीलाई समात्न पुगेछु, त्यही डन्डीमा एकछिन झुण्डिए।' बस पल्टिएपछि धेरैले बचाउ...बचाउ भन्दै कराए पनि च्यापिएकालाई बाहिर निकाल्न नसक्दा त्यही जलेको उनले बताइन्। 'मैले पनि हे राम, हे शिव, हे भगवान बचाउनुस् भन्दै निस्किएँ।' बस दुर्घटनापछि भएको आगलागीबाट बच्न सफल भए पनि सीमाको शरीरका विभिन्न भागमा घाउ छ। टाउकोमा भित्रि चोट छ। हातखुट्टा पनि चलाउन सकेकी छैनन्।

    विपन्न परिवारकी सीमा कुसुम बजारमा पोलेको मकै बेचेर परिवारको खर्च टार्छिन्। घरमा श्रीमानसहित दुई छोरी, छोरा, नाती र बुहारी छन्। उपचार गर्ने रकम नहुँदा जलेको शरीरलाई घरमै राखेर उनी बसिरहेकी छिन्। 'म बाँचेर आएकी छु, म मरेको भए यत्रो परिवारको बिचल्ली हुन्थ्यो,' उनले भनिन् 'मेरो अनुरोधलाई भगवानले सुन्नुभएछ, मरेको भए दसैंका बेला आफन्तले दुःख पाउँथे होला।'

    उक्त घटनामा धेरै यात्रुको मृत्यु भएको उनको आशंका छ। घटनास्थलमा डढेका ७ वटा शवमात्र सुरक्षाकर्मीले बाहिर निकालेका थिए, एक बालकलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो। घटनामा घाइते भएका ९ जना अहिले पनि विभिन्न अस्पतालमा उपचाररत छन्।

    जिवित यात्रुको भनाइअनुसार घटनामा ३० बढी यात्रुको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ। बसले दाङको अमिलियास्थित प्रहरी चौकीमा ३२ र बाँके राष्ट्रिय निकुन्जको पोष्टमा ३३ जना यात्रु सवार रहेको टिपाएको छ। 'घटनामा ८ वटा शव प्राप्त भयो, ९ जना अहिले पनि उपचारमा छन्, सकुशल अवस्थाका केही यात्रु घर फर्किसकेका छन्,' जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिक्मत बोहराले भने, 'बसले इन्ट्री गराएको तथ्यांकलाई आधार मान्ने हो भनेपनि १७/१८ जनाको मृत्यु भएको हुन सक्छ।'

    ]]>
    4840 0 0 0
    http://localhost/ghum/4849-2/ Thu, 22 Oct 2015 10:11:56 +0000 http://www.ghumphir.com.np/?p=4849 4849 0 0 0 http://localhost/ghum/4873-2/ Fri, 23 Oct 2015 02:05:44 +0000 http://www.ghumphir.com.np/?p=4873 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यसवर्षको दसैँमा सुन तथा गरगहनाको व्यवसायमा कमी आएको जनाएको छ ।   भारतको अघोषित नाकाबन्दीका कारणले गर्दा यस क्षेत्रको व्यापारमा नकारात्मक असर परेको हो । महासङ्घका अनुसार अघिल्ला वर्षमा दसैँका वेलामा दैनिक करिब ५० किलोको सुनको व्यापार हुने गरेकामा यसपटक विभिन्न कारणले दैनिक १० किलोको समेत कारोवार हुन सकेको छैन ।

    महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सुन तथा गरगहनाको अहिले किनबेचको राम्रो समय भएपनि नाकाबन्दीका कारण सर्वसाधारणको प्राथमिकतामा परिवर्तन भई बिक्रीमा कमी आएको बताए ।   भूकम्पका कारण सुन तथा गरगहनाको कारोवार ह्वात्तै घटेको भए पनि विस्तारै विवाह, ब्रतबन्ध तथा तिजलगायतका पर्वले कारोवारमा क्रमिक सुधार आउन थालेको थियो । तर विभिन्न वाणिज्य बैङ्कमार्फत आउने दैनिक १५ किलो सुनसमेत उठ्न सकेको छैन ।

    नेपाल रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनका अनुसार अहिले विशेषगरी नयाँ सुन किन्ने तथा गहना प्रयोग गर्ने भन्दा पनि पुराना गरगहनालाई मर्मत गरी लगाउने प्रचलन बढेको छ ।   महर्जनले सुनले नगदकारुपमा मान्यता पाउने हुँदा सर्वसाधारण मानिसले समेत दसैँमा धेरै थोरै गरगहना जोहो गर्ने परम्परा रहेको बताउँदै सुनको मूल्य उच्च हुनु, क्रय शक्ति घट्नु, सुन लगाउँदा असुरक्षासमेत हुनेजस्ता कारणले मानिसको यसप्रति आकर्षण घट्दै जान थालेको बताए ।

    ]]>
    4873 0 0 0
    पासपोर्टमा ‘लाइभ इनरोलमेन्ट प्रणाली’ दसैंलगत्तै http://localhost/ghum/%e0%a4%aa%e0%a4%be%e0%a4%b8%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%87%e0%a4%ad-%e0%a4%87%e0%a4%a8%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%ae%e0%a5%87/ Fri, 23 Oct 2015 14:13:54 +0000 http://www.ghumphir.com.np/?p=4943 - चन्द्रशेखर अधिकारी,

    काठमाडौं ६,कार्तिक

    सरकारले दसैंलगत्तै पासपोर्ट आवेदनमा ‘लाइभ इनरोलमेन्ट प्रणाली’ लागू गर्ने भएको छ । असोज पहिलो सातादेखि नै यो प्रणाली लागू गर्ने घोषणा गरिए पनि प्राविधिक कारण देखाउँदै ढिलाइ गरिएको हो । लाइभ इनरोलमेन्ट प्रणालीको जिम्मा दुई महिनाअघि फ्रान्सेली कम्पनी ओर्वथरलाई जिम्मा दिइए पनि काम द्रुत गतिमा अघि बढ्न सकेको छैन । भारतले गरेको अघोषित ‘नाकाबन्दी’ को कारण देखाई केही ढिलाइ भएको जानकारी राहदानी विभागलाई ओर्वथरले दिएको छ ।

    सरकारले राहदानी विभाग र विदेशमा रहेका आफ्ना नियोगमध्ये तत्काल ११ स्थानबाट पासपोर्ट आवेदनमा ‘लाइभ इनरोलमेन्ट प्रणाली’ लागू गर्ने निर्णय गरेको थियो । आवेदनकर्ता आफ्नो सक्कल नागरिकता र पुरानो पासपोर्ट लिएर लाइभ इनरोलमेन्ट केन्द्रमा पुगे सबै प्रक्रिया अघि बढ्ने उल्लेख छ । यो प्रणाली लागू भएमा विभाग र ती नियोग रहेका मुलुकका नेपालीले फाराम भरेर लाइन बस्नुपर्दैन । यस प्रणालीअनुसार कम्प्युटरबाट सिधै फोटो खिचेपछि फाराम पनि त्यहीं बसेर भर्ने र इलेक्ट्रोनिक हस्ताक्षर तथा औंठाछाप दिनुपर्ने हुन्छ । ई–पासपोर्टमा जाने तयारीस्वरूप सरकारले यस्तो प्रक्रिया अघि बढाएको हो ।

    पाँच वर्षभित्र सरकार ई–पासपोर्टमा जानुपर्ने हुन्छ ।  भरिएको फाराम तत्काल राहदानी विभागमा पठाइनेछ भने त्यहीबाट र पासपोर्ट छापिने स्थानमा सोझै जाने हुनाले यसलाई छरितो र भरपर्दो प्रणालीको रूपमा लिइन्छ । यसका लागि पुरानो पासपोर्ट र नागरिकताको सक्कल लिएर दूतावास तथा विभाग गए पुग्छ । सरकारले यो प्रणाली २ वर्षदेखि लागू गर्ने प्रयास गरिरहेको थियो । दुई महिनाअघि सरकारले गरेको निर्णयअनुसार मलेसिया, साउदी अरब (रियाद र जेद्दाह), कुवेत, कतार, यूएई, अमेरिका (वासिङटन डीसी र न्युयोर्क), बेलायत र हङकङमा यो प्रणाली सुरु गरिनेछ ।  ‘हामीले दसैंअगावै सुरु गर्ने गरी काम अघि बढाए पनि प्राविधिक कार्यले केही दिन ढिला भयो । दसैंलगत्तै यो लागू हुन्छ ।

    नोभेम्वर २४ अगावै कम्पनीले गर्ने सहमति छ ।’ विभागका महानिर्देशक लोकबहादुर थापाले कान्तिपुरलाई भने, ‘हामी कम्पनीसँग सल्लाह गरेर जतिसक्दो छिटो काम अघि बढाउन भन्नेछौं । केही हार्डवेयर सामग्री आउन ढिलाइ भएको हो ।’ थापाका अनुसार कम्पनीले आन्तरिक वाइरिङ तथा डेक्सको काम सम्पन्न भएको जानकारी दिएको छ ।  नयाँ टेन्डरबाट लागू गर्ने भनिए पनि समय अभाव, पुरानो सम्झौताको अल्झनले सरकारले अन्तरिम व्यवस्था र परीक्षणका लागि भन्दै यो प्रणालीको जिम्मा ओर्वथरलाई दिएको हो । सरकारले तत्काल ग्लोबल टेन्डर गर्न सक्ने अवस्था नरहेकाले राहदानी विभागले तयार पारेको तीन विकल्पमध्ये मध्यमार्गी बाटोका रूपमा ८ मुलुकमा रहेका १० नियोगमा ५० वटा लाइभ इन्रोलमेन्ट प्रणाली आरम्भ गर्न विभागलाई निर्देशन दिएको थियो । सहमतिअनुसार ओर्वथरले २५ लाख थप पासपोर्ट समेत छाप्ने अवसर पाएको छ ।

    यो प्रणालीअन्तर्गत छापिने राहदानी अहिलेको भन्दा १ दशमलव ३० अमेरिकी डलर महँगो पर्नेछ । तर, लाइभ इन्रोलमेन्ट विदेशी नियोगमा कम्पनीले नै जडान गर्ने र त्यसको जनशक्तिलाई पनि कम्पनीले प्रशिक्षण दिने हुनाले घाटा नरहेको दाबी परराष्ट्रको छ । यसअघि सरकारले ३ दशमलव ५९ अमेरिकी डलरमा राहदानी छाप्दै आएको थियो । नेपालभर ‘लाइभ इन्रोलमेन्ट प्रणाली’ राख्ने प्रस्ताव गरिए पनि थप दुई डलर भार पर्ने भएकाले सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले मध्यमार्गी बाटो अपनाएको थियो । ती मुलुकमा दसैंलगत्तै ओर्वथरले आफ्नो सामान र कर्मचारी पठाई व्यवस्थापन गर्ने बताएको छ ।  यो प्रणाली लागू भएपछि फोटो कहाँ खिच्ने, फाराम कसले भरिदिने जस्ता समस्याबाट सर्वसाधारण मुक्त हुनेछन् । सक्कल नागरिकता जिल्लाबाट प्रमाणित गरेर लगेको अवस्थामा सेवाग्राहीका सबै काम पूरा हुने जनाइएको छ । विदेशस्थित दूतावास फाराम नखुम्चाइकन विभागमा पठाउने ‘डिप मेल’ को झन्झटबाट पनि मुक्त भएका छन् । नेपालीको बढी चाप भएका दूतावास तथा नियोगमा पहिलो चरणमा यो लागू गर्न लागिएको विभागका निर्देशक शरद आरनले बताए ।

    यो प्रणालीबाट सरकारलाई केही आर्थिक भार थपिएको भए पनि सर्वसाधारणको भने खर्च बचत हुनेछ । आउँदो नोभेम्बर २४ सम्म सरकारले हस्तलिखित राहदानी विस्थापन गरिसक्नुपर्छ । विभागका अधिकारीहरूका अनुसार करिब ३९ लाख नागरिकले एमआरपी बनाइसकेका छन् । अब पहिलेको जस्तो चाप नहुन सक्छ । त्यसमा १० हजार जति सरकारी र कूटनीति राहदानी बनेका छन्, अन्य सर्वसाधारणको छ ।’ करिब एक लाखले एमआरपी बनाएर पेज सकेर अर्को बनाएको तथ्यांकले देखाउने हुनाले ३८ हजार नेपालीले नयाँ एमआरपी वा हस्तलिखित विस्थापन गरकाले समस्या नहुने विभागका अधिकारीहरू बताउँछन् ।

    ग्लोबल टेन्डर पनि प्रक्रियामा सरकारले ग्लोबल टेन्डर प्रक्रिया पनि सँगै अघि बढाएको छ । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पनि ग्लोबल टेन्डरमा जान निर्देशन दिइसकेकाले लाइभ इन्रोलमेन्टसँगै सरकार ग्लोबल टेन्डरमा जानुपर्ने हुन्छ । सन् २०१० मा ओर्वथरसँग सम्झौता भएयता डाटा सेन्ट्रलाइज गर्न नसकेकामा सतर्कता केन्द्रले छानबिन गरिरहेको भए पनि त्यसको टुंगो अझै लागेको छैन् । समय अभाव र डाटा सेन्ट्रलाइज गर्न विधिमा सरकार यसअघि चुक्दा पुन: अन्तरिमकालका लागि भन्दै ओर्वथरलाई नै थप पासपोर्ट छपाइको जिम्मा दिएकोमा तत्कालीन सरकार आलोचित समेत बनेको थियो । डाटा प्रणाली लिने गरी सम्झौता गरेको भए तत्कालीन सरकार अन्तर्राष्ट्रिय टेन्डरमा जान सक्ने थियो । समयमै टेन्डर प्रक्रिया अघि बढाइएको भए सन् २०१५ नोभेम्बर २४ पछि कसले राहदानी छपाइ तथा पर्सनलाइजेसन गर्ने भन्ने निक्र्योल हुन्थ्यो । तर, त्यसमा समयमा ध्यान दिइएन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार आगामी मंसिरदेखि हस्तलिखित राहदानी प्रयोग गर्न सकिने छैन । तर, डाटा ट्रान्सफरमा समस्या हँुदा अन्य राहदानी पनि नचल्ने अवस्था आउने हुनाले अहिले यो प्रक्रियामा गएको हो ।

    ]]>
    4943 0 0 0
    http://localhost/ghum/4948-2/ Fri, 23 Oct 2015 16:15:10 +0000 http://www.ghumphir.com.np/?p=4948 4948 0 0 0 प्रतिक्षामा http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%be%e0%a4%a8/ Wed, 28 Oct 2015 15:47:46 +0000 http://www.ghumphir.com.np/?p=5285 5285 0 0 0 http://localhost/ghum/5318-2/ Thu, 29 Oct 2015 03:49:27 +0000 http://www.ghumphir.com.np/?p=5318 // (16) Facebook
    टानको नवनिर्बाचित कार्यसमितिलाई सुझाव सहितको बधाई तथा शुभकामना काठमाण्डौं, ९ कात्तिक गएको असोज २९ गते सम्पन्न भएको टान निर्बाचनमा बिजयी समुहलाई सुन्दर सुदूरपश्चिम बिकास अभियान तथा सुदूरपश्चिम पत्रकार समाजले संयुक्त रुपमा बधाई तथा कार्यकालको शुभकामना ब्यक्त गरेका छन । उनिहरुले आज एक बिज्ञप्ति जारी गरि बधाई तथा कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेका हुन । बिज्ञप्तिमा नयाँ निर्बाचित कार्य समितिलाई देशका दुरदराजमा अवस्थित सम्भावना बोकेका पदमार्गको अध्ययन, प्रवद्र्धन, बिकास र बजारीकरणमा जोड दिन आग्रह गरिएको छ । साथै सुदूरपश्चिममा रहेका रारा देखि खप्तड, बडिमालिका पदमार्गको बिकास र बजारीकरण गर्न आग्रह गरिएको छ भने सैपाल सूर्मासरोवर, अपि सैपाल पदमार्ग अध्ययन गर्न सुझाव पेश गरिएको छ । लामो समयदेखी सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धन, प्रचार प्रसार र बिकासमा क्रियाशिल सुन्दर सुदूरपश्चिम बिकास अभियानका महासचिव किशोर खडका तथा सुदूरपश्चिम पत्रकार समाजका महासचिव खगेन्द्र भण्डारीले हस्ताक्षर गरेको बिज्ञप्तिमा टानको नव निर्बाचित कार्यसमितिलाई ब्यवसायि, मजदुरको हकहितमा काम गर्न र नँया तथा दुरदराजका पर्यटकिय गन्तब्यमा बिशेष कार्यक्रमको थालनी गर्न तथा प्राथमिकतामा राख्न पनि जोड दिएका छन् ।
    ]]>
    5318 0 0 0
    सेकेन्ड ह्यान्ड स्मार्टफोन किन्दा जाँच गर्नुपर्ने कुराहरु http://localhost/ghum/%e0%a4%b8%e0%a5%87%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a1-%e0%a4%b9%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a1-%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%ab/ Thu, 29 Oct 2015 16:39:15 +0000 http://www.ghumphir.com.np/?p=5362

    यदि सस्तो मूल्यमा सेकेन्ड ह्यान्ड स्मार्टफोन पाइरहेको छ भने जो कोही पनि यस्तो फोन किन्न आतुर हुने गर्छन्। सेकेन्ड ह्यान्ड फोन किन्नु नराम्रो होइन तर यस्ता फोन किन्दा निकै ध्यान पुर्‍याउनु पर्ने हुन्छ। यस्ता फोन चोरीका पनि हुन सक्छन्।
    यस्ता फोन खरिद गरेपछि भविष्यमा विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्छन्। हामीले सेकेन्ड ह्यान्ड फोन खरिद गर्दा केही विशेष कुरामा ध्यान दिनु पर्ने हुन्छ।
    सेकेन्ड ह्यान्ड फोन खरिद गर्ने यसयमा उक्त फोनको बिल, बक्स र एसेसोरीज पनि माग्नु पर्छ। यदि यी सबै कुरा उपलब्ध गराइन्छन् भने फोन सुरक्षित नै हो भनेर बुझ्न सकिन्छ। यदि फोनको साथमा कुनै पनि एसेसोरीज, बिल र बक्स उपलब्ध गराइएन भने सर्वप्रथम *#06# डायल गरि उक्त फोनको आईएमइआई नम्बर चेक गर्ने।
    त्यसपछि www.imeidetective.com वेवसाइटमा गएर उक्त आईएमइआई नम्बर चेक गर्ने। यदि फोन हराएको हो वा चोरी भएको भने त्यसबाट थाहा पाउन सकिन्छ। उक्त वेवसाइटमा हराएको वा चोरी भएको फोन ट्र्याकिङमा राखिएको हुन्छ।
    सेकेन्ड ह्यान्ड फोन खरिद गर्दा फोनको बाहिरी भागका साथै फोनको हार्डवेयर पनि चेक गर्नु पर्ने हुन्छ। फोनको चार्जिङ सिस्टम ठीक छ की छैन, क्यामरा, स्पिकर, सिम लाग्ने ठाँउ सबै चेक गर्नु पर्ने हुन्छ। सकिन्छ भने इन्टरनेटको प्रयोग गरेर केही कुरा डाउनलोड पनि गर्नुपर्छ र फोनलाई कम्प्युटरसँग कनेक्ट गरेर डाटा ट्रांसफरमा कुनै प्रकारको समस्या छ की छैन भनेर चेक पनि गर्ने।
    ]]>
    5362 0 0 0
    तस्विर खिच्दै http://localhost/ghum/%e0%a4%a4%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%bf%e0%a4%b0-%e0%a4%96%e0%a4%bf%e0%a4%9a%e0%a5%8d%e0%a4%a6%e0%a5%88/ Wed, 04 Nov 2015 17:02:18 +0000 http://www.ghumphir.com.np/?p=5588 5588 0 0 0 कोरल्ला नाका सञ्चालन गर्ने बारेमा लोमान्थाङमा छलफल http://localhost/ghum/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be-%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/ Tue, 10 Nov 2015 04:05:42 +0000 http://www.ghumphir.com.np/?p=5864

    फलेवास (पर्वत), २४ कात्तिक ।

    नेपाल र चीनबीच व्यापारिक हिसाबले महत्वपूर्ण मानिएको मुस्ताङको कोरल्ला नाका सञ्चालन गर्ने बारेमा मुस्ताङका प्रशासक र तिब्बतको ढोङ्वासेनका अधिकारीबीच सोमबार मुस्ताङको लोमान्थाङमा छलफल भएको छ । वार्तामा तिब्बती पक्षबाट नेपालतर्फको सुरक्षालगायतका सबै पूर्वाधार पूरा गरेमा आफूहरु नाका खोली द्विपक्षीय व्यापार गर्न तयारी अवस्थामा रहेको जानकारी नेपाली टोलीलाई दिएका छन् । यसका लागि नेपालका तर्फबाट प्रक्रिया अगाडि बढाउन ढिलाइ नगर्न आग्रह गरेको नेपाली वार्ता टोलीका नेतृत्व गर्नु भएका मुस्ताङका प्रजिअ गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको कोरल्ला नाकाको भौतिक अवस्था (सडक र पूर्वाधार) बारे अध्ययन गर्न उपल्लो मुस्ताङ पुगेको प्रजिअको टोलीले चिनियाँ पक्षसँग भेटवार्ता गरेको थियो । नेपाल र चीनका बीचमा कोरल्ला नाका खोल्ने सहमति भएकाले अब पूर्वधारको विकास गरिने प्रजिअ अधिकारीले बताउनुभयो । यसैगरी नेपाली टोलीले कोरल्ला नाकाका बारेमा सडक र पूर्वाधारको अध्ययन गरेर फर्किएको छ । टोलीले जोमसोमदेखि कागबेनी, छुसाङ, चैले, झैते, घमी, चराङ, लोमान्थाङ, छोसेर र छोन्हुपदेखि कोरल्लासम्मको सडकको अवस्था अवलोकन गरेको थियो । तिब्बत नाका जोड्ने चैलेस्थित कालीगण्डकीमा पुल निर्माण छिट्टै सुरु गरेपछि कच्ची सडक सम्पर्क स्थापित हुनेछ । अहिले पनि नदीबाटै मालबाहक सवारी साधन र जिप ओहोरदोहोर गर्दै आएका छन् । चैलेदेखि समरको उकालोको सडकमा ठूला गाडी सञ्चालनका लागि मोड सुधार वा वैकल्पिक सडक निर्माण गर्नुपर्ने अवस्था देखिएको प्रजिअ अधिकारीले बताउनुभयो । घमी खोला, चराङ खोला, लोमान्थाङ खोला छोसेर खोलामा पुल वा कलभर्ट बनाउनुपर्ने देखिएको छ । “सडकको स्तरोन्नति तथा भौतिक पूर्वाधार निर्माणको काम भएमा कोरल्ला नाका कम्तीमा आठ महिनामा सजिलै सञ्चालन गर्न सकिने देखिएको छ” – उहाँले भन्नुभयो । सीमा क्षेत्रमा पर्याप्त जग्गा भएकाले भन्सार तथा गोदाम, अध्यागमन, क्वारेन्टाइन, सीमा सुरक्षा, बैंकलगायतका पूर्वाधार निर्माणको तयारीमा लाग्नुपर्ने प्रजिअ अधिकारीको भनाइ छ । उच्च हिमाली क्षेत्र भएकाले त्यस क्षेत्रमा बढी चिसो हुने हुँदा विद्युत्लगायतका इनर्जीको उचित व्यवस्थापन गर्नुपर्छ । साथै नेपाली सेनाको पोस्ट उक्त क्षेत्रमा राख्ने योजना भएकाले पोस्टका लागि जग्गा पनि हेरिएको भीमदल गणका प्रमुख सेनानी अर्जुन बस्नेतले बताउनुभयो । तिहारलगत्तै नाकाको पूर्वाधारका लागि जग्गा प्राप्ति गर्न नापी टोलीलाई त्यसतर्फ पठाउने र नेपालतर्फको आन्तरिक पूर्वाधार निर्माण गर्न जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायसँग समन्वय गरी छिटोभन्दा छिटो काम अगाडि बढाउने योजनामा रहेको प्रजिअ अधिकारीको भनाइ छ । मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटर उत्तरतर्फ अवस्थित कोरल्ला नाकालाई निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीको बेलहियादेखि लोमान्थाङसम्मको ४०६ किलोमिटर चीन र भारत जोड्ने छोटो दूुरीको कालीगण्डकी लोकमार्गले पनि समेटेको छ । कोरल्ला नाका सञ्चालनमा आउन सकेमा व्यापारमा भारतसँगको परनिर्भरता हट्ने, धौलागिरि क्षेत्र व्यापारिक केन्द्रको रुपमा विकास हुने मात्र नभई कालीगण्डकी करिडोरमा जलविद्युत् र पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।

    ]]>
    5864 0 0 0
    Peak Climbing http://localhost/ghum/peak-climbing/ Fri, 13 Nov 2015 10:05:15 +0000 http://www.ghumphir.com.np/?p=5937 peak Climbing @ Ghumphir.com (2) peak Climbing @ Ghumphir.com (3) peak Climbing @ Ghumphir.com (4) peak Climbing @ Ghumphir.com (5) peak Climbing @ Ghumphir.com (6) peak Climbing @ Ghumphir.com (7) peak Climbing @ Ghumphir.com (8) peak Climbing @ Ghumphir.com (9) peak Climbing @ Ghumphir.com (10) peak Climbing @ Ghumphir.com (11) peak Climbing @ Ghumphir.com (12) peak Climbing @ Ghumphir.com (13)]]> 5937 0 0 0 नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा http://localhost/ghum/%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a4%a3%e0%a4%97%e0%a4%a2-%e0%a4%ae%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%a8-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%8f%e0%a4%95%e0%a4%a4/ Sun, 12 Jun 2016 15:30:47 +0000 http://www.ghumphir.com.np/?p=11481 चितवन, ३० जेठ । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेदेखि कालीखोलासम्मको भागमा ठाउँ ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

    सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो । सो सडक विस्तार गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार ठूला पहिरो हटाएर एकतर्फी सवारी आवागमन सुरु भएको छ । ठाउँ ठाउँमा पहिरो झरिरहेकाले कुनै पनि समयमा सडक अवरुद्ध हुन सक्ने खतरा भने रहिरहेको उहाँले बताउनुभयो ।

    बिहान ४ः३० बजेदेखि पहिराका कारण सडक अवरुद्ध बनेको थियो । जलवीरेदेखि कालीखोलासम्मको पाँच किमी भागमा सात ठाउँमा पहिरो खसेको थियो । सोमध्ये जलवीरेमा ठूलो पहिरो खसेका कारण सफा गर्न समय लागेको खनालले बताउनुभयो । सो क्षेत्रमा सडक विस्तारका क्रममा भित्तो काट्ने काम भइरहेको छ । काटिएको भित्तो बर्सात्का कारण झर्ने भएकाले पटक पटक पहिरो खस्ने गरेको छ ।

    ]]>
    11481 0 0 0
    गत वर्षको तुलनामा साइबर अपराध दोब्बर http://localhost/ghum/%e0%a4%97%e0%a4%a4-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a5%81%e0%a4%b2%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%ac%e0%a4%b0-%e0%a4%85/ Sun, 12 Jun 2016 15:33:22 +0000 http://www.ghumphir.com.np/?p=11483 काठमाडौँ ३० जेठ । साइबर अपराध गर्नेको सङ्ख्या गत वर्षको तुलनामा चालु आव सकिन एक महिना बाँकीमै दोब्बर बढेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव २०७१÷०७२ का तुलनामा आव २०७२÷०७३ मा अपराध बढेको देखिएको छ । सोमध्ये आव ०७१÷०७२ मा तीन सय नौ उजुरी परेकामा आव ०७२÷०७३ मा ६५० परेको छ जुन आव ०७१÷०७२ का तुलनामा दोब्बरभन्दा बढी हो । महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपतिकुमार रायले साइबर अपराधमध्ये सबैभन्दा धेरै फेसबुकमा हुने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साइबर अपराधमा आएका उजुरीमध्ये करिब ९० प्रतिशत अपराध फेसबुकबाट हुने गरेको पाइएको छ ।”

    फेसबुक, ट्विटर, बैंकिङ, अनलाइन, एटिएम लगायतको क्षेत्रमा बढी साइबर अपराध हुँदै आएको छ । चलचित्र प्रतिलिपि अधिकार हनन गर्ने एक, केटीका नाममा फेसबुक आइडी बनाएर पैसा माग्ने दुई र सरकारी बेकसाइट ह्याक गर्ने चार जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

    महाशाखामा परेको चालु आवमा हालसम्म परेका उजुरीमध्ये २० उजुरीमा मुद्दा चलाइसकिएको रायले बताउनुभयो । महाशाखाका प्रवक्ता सहकुल थापाले दैनिक सातदेखि दश उजुरी महाशाखामा पर्ने गरेको जानकारी दिँदै साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने प्राविधिक एकाइको आवश्यकता अत्यन्त जरुरी रहेको बताउनुभयो ।

    ]]>
    11483 0 0 0
    सरकारले गौशाला र बालकुमारीबाट दाउरा वितरण गर्ने http://localhost/ghum/6058/ Sun, 15 Nov 2015 02:19:38 +0000 http://www.ghumphir.com.np/?p=6058 काठमाडौं ,२९ कात्तिक ।

    भारतीय नाकाबन्दीको कारण उपत्यकामा ग्यासको चरम अभान भएसँगै नेपाल सरकार वन मन्त्रालयले आज देखि गौशाला र बालकुमारीबाट क्षेत्रबाट दाउरा वितरण गनें भएको छ। मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यका अनुसार भोलि आइतबारबाट प्रतीपरिवार सय  किलो वितरण गरिने भएको छ। दाउरा प्रतिकिलो १५ रूपैयाँका बिक्री गरिने उनले बताए।‘राजधानीका यी दुई ठाउँबाहेक अन्य क्षेत्रबाट पनि माग आए अनुसार वितरण गर्दै लगिने भएको छ। यसरी वितरण गरिने काठ तराईबाट पुरानै काठ ल्याइएको हो,’ उनले भने।

    cooking-wood-fire-14770660

    एक परिवारले बढीमा एक सय किलो दाउरा किन्न पाउने उनले बताए।तिहार अगाडि सर्वसाधारणलाई दाउरा बिक्री गर्ने तयारी भए पनि कर्मचारी अभाव र र्भाईटीका परेकाले आइतबारदेखि बालकुमारी र गौशालामा रहेको टिसिएनको आफ्नै डिपोबाट बिक्री सुरु गर्न लागिएको आचार्यले सेतोपाटीसँग भने।

    इन्धन अभाव खेपिरहेका उपत्यकाका सर्वसाधारणलाई दाउरा वितरण गर्न भनी १० ट्रक दाउरा काठमाडौं भित्रिएको उनले जानकारी दिएबनमन्त्रालयको निर्देशनपछि टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिएन) ले तिहारकै बीचमा बाराका विभिन्न वनबाट १० ट्रक दाउरा काठमाडौं भित्र्याइएको थियो।

    ]]>
    6058 0 0 0
    सुक्खा बन्दरगाहद्धारा शुल्क मिनाहा http://localhost/ghum/%e0%a4%b8%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%96%e0%a4%be-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a4%97%e0%a4%be%e0%a4%b9%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%b6%e0%a5%81/ Tue, 17 Nov 2015 03:55:52 +0000 http://www.ghumphir.com.np/?p=6105

    वीरगन्ज, १ मङ्सिर ।

    वीरगन्जस्थित सुक्खा बन्दरगाहले आयातित मालसामानको गोदाम र कन्टेनरको पार्किङ शुल्क मिनाहा गरेको छ । मधेस केन्द्रित दलहरुको आह्वानमा अनिश्चितकालीन लगातारको बन्द र हडतालका कारण आयातकर्ताले समयमा ढुवानी गर्न नसकेको भन्दै बन्दरगाह सञ्चालक हिमालियन टर्मिनल्सले ४० दिनको शुल्क मिनाहा गरेको जनाएको छ । टर्मिनल्सले गत असोज ३ गतेदेखि कात्तिक १२ गतेसम्मको गोदाम र कन्टेनरको पार्किङ शुल्क मिनाहा गरेको जनाएको छ । मधेस आन्दोलनका कारण बन्दरगाहबाट ढुवानी हुन नसकेपछि त्यो अवधिको शुल्क मिनाहा गरेको हो, टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीले भन्नुभयो – “मधेस केन्द्रित दलहरुले विगत तीन महिनादेखि गरेको लगातार मधेस बन्द र हडतालले ढुवानी सेवा प्रभावित हुनुका साथै आयातकर्ताहरुलाई केही राहत सहयोग महसुस गराउनका लागि शुल्क मिनाहा गरिएको हो । भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र यो सुक्खा बन्दरगाहमा भारतबाट मालबाहक रेलमार्फत आइपुगेका सामान बन्दका कारण गन्तव्यसम्म जान नपाएपछि विगत डेढ महिनादेखि बन्दरगाह परिसरमा थन्किएका थिए । बन्दरगाहबाट आयातित मालवस्तु रेलबाट अनलोड गरेर गोदाम र खुला स्थानमा राखिएको मालसामान र कन्टेनरको पार्किङ शुल्क दर रेट फरक फरक रहेका छन् । गोदाममा सुरुको चारदेखि १० दिनसम्म आयातकर्ताले प्रतिकिलो प्रतिदिन सात पैसाका दरले शुल्क तिर्नुपर्ने हुन्छ । त्यसपछि ११ दिनदेखि ३० दिनसम्म प्रतिकिलो प्रतिदिन नौ पैसा र त्योभन्दा बढी भए प्रतिदिन १४ पैसाका दरले शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ भने सुरुको तीन दिनसम्ममा आयातकर्तालाई शुल्क बुझाउनु पर्दैन । त्यस्तै बन्दरगाह परिसरमा खुल्ला स्थानमा अनलोड भएका मालसामान आयातकर्ताले २४ घन्टामा उठाइसक्नुपर्ने व्यवस्था रहेको बताइएको छ । त्यो समयसीमाभित्र कुनै शुल्क नलाग्ने व्यवस्था छ । त्यसपछि सात दिनसम्म प्रतिदिन प्रतिकिलो चार पैसाका दरले र त्यसपछि आठौँ दिनदेखि प्रतिदिन प्रतिकिलो छ पैसाका दरले शुल्क लाग्ने व्यवस्था रहेको सुक्खा बन्दरगाह सञ्चालक हिमालियन टर्मिनल्सले जनाएको छ । त्यस्तै आयातकर्ताले कन्टेनरको पार्किङमा प्रतिकन्टेनर प्रतिदिन रु ३५० शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । चौबीस घन्टाभित्र कन्टेनरको ढुवानीमा कुनै शुल्क नलाग्ने व्यवस्था रहेको जनाएको छ । बन्दरगाह भन्सार कार्यालयका अनुसार एक दिन सुक्खा बन्दरगाह बन्द हुँदा राजस्वबाहेक नेपाललाई रु एक करोडसम्म घाटा पर्छ । सामान्य अवस्थामा सुक्खा बन्दरगाह भन्सार कार्यालयले दैनिक करिब रु पाँच करोड राजस्व सङ्कलन गर्दै आएकामा बन्द र हडतालका कारण राजस्व सङ्कलन नगन्य मात्रामा हुने गरेको सुक्खा बन्दरगाहका सूचना अधिकृत हरिहर पौडेलले बताउनुभयो । यथार्थ तथ्याङ्क नभए पनि मिनाहा गरेको रकम करोडौँको हुन्छ, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले भन्नुभयो – “टर्मिनल्सको यो निर्णयले थोरै भए पनि आयातकर्तालाई राहतको महसुस गराएको छ । कात्तिक १९ गतेदेखि सुरक्षा घेराभित्र ढुवानी सुरु भए पनि सुख्खा बन्दरगाहमा अझै एक लाख २० हजार टन मालसामान थन्किएका छन् । सुरक्षाकर्मीको सुरक्षामा कात्तिक १९ गतेयता दुई हजार ट्रक मालसामान सुक्खा बन्दरगाहबाट निकासी भएको बन्दरगाहले जनाएको छ ।

    ]]>
    6105 0 0 0
    नेपाल वायुसेवा निगमले दश वटा जहाज खरिद गर्ने :पर्यटन मन्त्री पोख्रलले http://localhost/ghum/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%b6/ Sat, 21 Nov 2015 03:27:23 +0000 http://www.ghumphir.com.np/?p=6183 मंसिर ५,काठमाडौं । पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्द नेपाल वायुसेवा निगमका लागि तत्काल दश वटा जहाज खरिद गर्ने तयारी भइरहेको बताएका छन् । काठमाडौंमा आयोजित अन्तक्र्रियामा मन्त्री पोखरेलले निगमलाई जहाजले सम्पन्न बनाउन आफू लागि परेको दावी गरे ।

    पर्यटन विकासका लागि लगानीको अभाव नरहेको बताउँदै खर्च गर्ने योजनाको मात्रै अभाव रहेको बताए । पर्यटन क्षेत्रलाई ब्यवस्थित गर्न आफूले टुरिजम काउन्सिल गठन गर्ने योजना बनाइरहेको समेत मन्त्री पोखरेलले बताए । वायुसेवा र पर्यटन क्षेत्रलाई नयाँ योजना बनाएर गति दिने सोच राखेको बताउँदै माताहतका कर्मचारीलाई समेत इमान्दर भएर काम गर्न निदेशन दिए ।।

    ]]>
    6183 0 0 0
    मनकामना मन्दिर निर्माणमा समस्या http://localhost/ghum/%e0%a4%ae%e0%a4%a8%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%a8%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%bf%e0%a4%b0-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%ae%e0%a4%be/ Tue, 24 Nov 2015 03:42:37 +0000 http://www.ghumphir.com.np/?p=6248

    (शर्मिला पाठक) काठमाडौँ, ७ मङ्सिर ।

    दुई महिनादेखि भारतले गरेको नाकाबन्दीले गर्दा गोरखाको मनकामना मन्दिर पुनःनिर्माणमा समस्या भएको छ । मन्दिरको पुनःनिर्माणको काम गत असारदेखि नै सुरु गरेको भए पनि नाकाबन्दीको कारण निर्माण सामग्री उपलब्ध हुन नसकेर समस्या भएको हो ।मनकामना जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भन्नुभयो – “पहिलो त सामान नै पाइँदैन । सामान पाइहाले पनि मूल्य दोब्बर छ । त्यसैले गर्दा अहिले निर्माणको काम रोकिएको छ ।” अहिलेसम्ममा मन्दिरको जग राख्ने काम भएको छ । समयमै निर्माण सामग्री उपलब्ध भए दुई वर्षसम्मभित्र निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने समितिको लक्ष्य छ । समस्या लम्बिए पुनःनिर्माणको काम अन्योलमा पर्ने श्रेष्ठले भनाइ छ । संयोजक श्रेष्ठका अनुसार मन्दिर पुनःनिर्माण गर्न सरकारले रु चार करोड र केही सुन तथा काठ उपलब्ध गराएको छ । स्वदेश एवम् विदेशमा रहेका नेपालीले पनि सक्दो आर्थिक सहयोग गरेका छन् । मन्दिर र आसपासमा रहेका भत्केका पर्खाल निर्माणको काम सकिन मात्रै रु १२ करोड खर्च लाग्ने समितिको अनुमान छ । अहिले मन्दिर खुल्ला स्थानमा सारिएको छ । निर्माणको कामले दर्शनार्थीलाई आवतजावत गर्न समस्या भए पनि भक्तजनको सङ्ख्यामा कमी भने आएको छैन । भूकम्पअघिको समयमा पनि मन्दिर केही ढल्किएको थियो तर भूकम्पले गर्दा भने मन्दिरमा बसेर पूजा गर्न नमिल्ने गरी क्षति पुगेकाले गत जेठमा मन्दिरलाई भत्काई देवीलाई अस्थायी संरचना बनाएर सारिएको हो । मन्दिरमा पूजा गर्न अहिले दैनिक ६ हजारसम्म दर्शनार्थी आउने गरेका छन् । सामान्यतया मनकामनाको दर्शन गर्न आउनेको सङख्या मङ्सिरदेखि चैतसम्म बढी हुने गर्छ । त्यो समयमा दैनिक पाँच हजारदेखि २० हजारसम्म दर्शनार्थी आउने गरेको समितिको जानकारी दिएको छ । संयोजक श्रेष्ठका अनुसार मन्दिर भूकम्पले नष्ट भए पनि भक्तजन पहिलेकै अनुपातमा नै आइरहेका छन् । चितवनबाट आउनुभएकी एलिजा उप्रेतीले खुल्ला स्थानमा राखिएको मन्दिर अव्यवस्थित हुँदा पूजाआजा गर्न समस्या भएको बताउनुभयो । त्यसैगरी पाल्पाबाट पूजा गर्न आएका विजय शर्माले देशको गहनाका रुपमा रहेको मठमन्दिरको सरकारले छिटोभन्दा छिटो पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो ।

    ]]>
    6248 0 0 0
    पेट्रो म्याक्सले शुक्रबार विमानबाट हवाई इन्धन ल्याउने http://localhost/ghum/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%b6%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ac%e0%a4%be/ Wed, 25 Nov 2015 03:29:52 +0000 http://www.ghumphir.com.np/?p=6268

    काठमाडौँ, ९ मङ्सिर ।

    आगामी शुक्रबार बिहान दश बजे पहिलो उडानमार्फत पेट्रो म्याक्सले भारतको लखनऊबाट हवाई इन्धन ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका मिलाउन समय लागेका कारण हवाई इन्धन आयातमा समय लागेको हो । यसअघि पेट्रो म्याक्सले आज साँझ हवाई इन्धन आयात गर्ने जनाएको थियो । सो कम्पनीले इथियोपियाको जहाज भाडामा लिएर लखनऊबाट हवाई इन्धन आयात गर्ने जनाएको छ । नेपाल आयल निगम त्रिभुवन विमानस्थलका प्रमुख प्रदीप यादवका अनुसार उडान तालिका र केही कागजात मिलाउन समय लागेका कारण आज ल्याउने भनिएको इन्धन ल्याउन नसकिएको हो । उहाँले पेट्रो म्याक्सले शुक्रबार बिहान दश बजे पहिलो खेप इन्धन ल्याउने बताउनुभयो । नेपाल आयल निगमले हवाई इन्धन आयात गर्न पेट्रो म्याक्सलाई अनुमति दिएको थियो । नेपाल वायु सेवा निगमले भन्दा केही सस्तो मूल्यमा इन्धन आयात गर्ने प्रतिबद्धता पेट्रो म्याक्सले जनाएको छ । सो कम्पनीले चार लाख लिटर हवाई इन्धन आयात गर्नेछ । उक्त परिमाणको इन्धन आन्तरिक वायुसेवा सञ्चालनका लागि पर्याप्त हो । इन्धन आपूर्ति असहज भइरहेको अवस्थामा निगमले नेपाल वायुसेवा निगमलाई हवाईमार्गबाट इन्धन ल्याउन अनुमति दिएको थियो । सोही अनुमतिका आधारमा नेवानिले हवाई इन्धन आयात गरिरहेको छ । काठमाडौँ–कोलकाता उडान गरेर नेवानिले प्रतिउडान २२ हजार लिटर हवाई इन्धन आयात गर्दै आएको छ । नेपाल आयल निगम त्रिभुवन विमानस्थल प्रमुख यादवका अनुसार पेट्रो म्याक्सले ल्याउने हवाई इन्धन आन्तरिक उडानका लागि पर्याप्त हुने भएकाले नेवानीले ल्याउने इन्धन भने भण्डारण गरिनेछ । नेवानिले आयात गरेको हवाई इन्धनको भरमा आन्तरिक हवाई सेवा प्रदायकले सेवा पु¥याउँदै आएका छन् । सरकारले गत असोज १४ गते जुनसुकै माध्यम, साधन, स्रोत र मुलुकबाट भएपनि इन्धन आयात गर्न निगमलाई निर्देशन दिएको थियो । त्यस्तै, व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई नै सहयोग पु¥याउने उद्देश्यले गत असोज २२ गते इन्धन आयातको सबै उपाय अपनाउन निर्देशन दिएको थियो । निगमले गत कात्तिक ३ गते विश्वव्यापी मनसायपत्र आह्वान गरी इन्धन आयातमा सहभागी हुन आग्रह गरेकोमा २२ वटा कम्पनी तथा संस्थाले इन्धन आयातको मनसाय राखेका थिए । तीमध्ये पेट्रो म्याक्सले सबैभन्दा सस्तोमा इन्धन आयात गर्ने प्रतिवद्धता जनाएको थियो ।

    ]]>
    6268 0 0 0
    http://localhost/ghum/6345-2/ Fri, 27 Nov 2015 03:40:43 +0000 http://www.ghumphir.com.np/?p=6345 6345 0 0 0 चिम्नी ढल्दा छको मृत्यु, साठी घाइते http://localhost/ghum/%e0%a4%9a%e0%a4%bf%e0%a4%ae%e0%a5%8d%e0%a4%a8%e0%a5%80-%e0%a4%a2%e0%a4%b2%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%9b%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81-%e0%a4%b8/ Mon, 14 Dec 2015 14:47:03 +0000 http://www.ghumphir.com.np/?p=6913

    इटहरी, २८ मङ्सिर । इटहरी उपमहानरपालिका–१६ एकम्बास्थित न्यु जय नेपाल इँटाभट्टाको चिम्नी आज साँझ ढल्दा छ मजदूरको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा सोही भट्टामा काम गर्ने सग्दाम हुसेन, सलुन मियाँ र राहुल मियाँको मात्र सनाखत भएको र अन्यको पहिचान खुल्न नसकेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले जानकारी दिनुभयो । उक्त घटनामा ६० भन्दा बढी घाइते भएको र एक्स्काभेटर प्रयोग गरी घाइतेको उद्धार जारी रहेको र उद्धार गरिएकालाई उपचारका लागि बिपी कोइराला मेमोरियल अस्पताल र नोबेल मेडिकल कलेज विराटनगर लगिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

    ]]>
    6913 0 0 0