काठमाडौं । डाक्टर गोविन्द केसी २१ दिनपछि कोरोना भाइरस कोभिड १९ संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक २८ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका केसी बिहीबार साँझ डिस्चार्ज भएका हुन् ।
कोरोनासँग मिल्दो लक्षण देखिएपछि कात्तिक २७ गते स्वाब परीक्षणका लागि दिएका केसीको रिपोर्ट कात्तिक २८ गते पोजिटिभ आएको थियो ।
संक्रमण पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका केसी आज डिस्चार्ज भएका हुन् । उनका सहयोगी प्रितम सुवेदीका अनुसार डा केसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार
Comments