काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध मुद्दा दर्ता भएको छ। सोमवार कर्नाटकको स्थानीय अदालतले किसान केन्द्रित ट्वीटलाई लिएर उनीविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको हो। तुमकुरुको पहिलो तहको न्यायिक मेजिस्ट्रेटको अदालतका वकिल रमेश नाइकले मुद्दा दर्ज गरेका थिए ।
गत सेप्टेम्बर २१ मा केन्द्रीय कृषि कानूनको विरोधमा प्रदर्शनमा उत्रिएका किसानविरुद्ध कंगनाले ट्वीट् लेखेकी थिइन्। अदालतले अधिवक्ता एल रमेश नाइकको उजुरीमा एफआइआर दर्ता गर्न निर्देशन दिएको थियो।
उनीविरुद्ध मुद्दा भारतीय दण्ड संहिताको धारा अन्तर्गत दर्ता गरिएको छ। एनडिटिभीका अनुसार ट्वीटमार्फत् वहकाव, शान्ति उल्लंघन र अपमान र उक्साउने उद्देश्य राखेको आरोप छ।
‘जसले नागरिकता संशोधन कानूनविरुद्ध गलत सूचना फैलाएका थिए तीनै मानिस अहिले किसान विधेयकको बारेमा गलत सूचना फैलाइ रहेका छन्। र मुलुकमा आतंक फैलाइ रहेका छन्। उनीहरू आतंककारी हुन्’ – कंगनाले ट्वीट गरेकी थिइन्। एजेन्सी
प्रकाशित मितिm २०७७ असोज २८ बुधबार
Comments