काठमाडौं । बलिउड नायिका अमृता राव आमा बन्न लागेकी छिन् । हालै उनी श्रीमान् अनमोलसँग एक क्लिनिक बाहिर देखिएकी थिइन् । अमृताको एउटा तस्बिर पनि सार्वजनिक भएको छ जसमा उनको बेबी बम्प स्पष्ट रुपमा देख्न सकिन्छ । उक्त तस्बिर क्लिनिकमा चेकअपका लागि खिचिएको बताइएको छ ।
टाइम्स अफ इन्डियाले एउटा स्रोतलाई उद्धृत गर्दै अमृता लकडाउन अघि गर्भवती भएको जानकारी दिएको छ । उनी गर्भवती भएको कुरा उनका आफन्तबाहेक धेरैलाई थाहा नभएको पनि बताइएको छ । अृमता र अनमोलले ७ वर्षसम्म एक अर्कालाई डेट गरेपछि सन् २०१६ मा विवाह गरेका थिए । उनीहरुको विवाहमा परिवार र नजिकका आफन्त मात्रै समावेश भएका थिए ।
प्रकाशित मितिः २०७७ असोज २७ मंगलबार
Comments