काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नागरिकता विधेयकको विरोधमा भारतभर भइरहेको विरोध प्रदर्शनबाट मन्थर गर्न भारतले पाकिस्तानविरुद्ध आक्रमण गर्न सक्ने बताएका छन् ।
खानले ट्वीट गर्दै भारतमा विरोध प्रदर्शन बढिरहँदा पाकिस्तानमाथि पनि खतरा बढेको भन्दै भारतीय सेना प्रमुखको भनाइले त्यसलाई पुष्टि गरेको बताए । यदि भारतले त्यसो गरेमा पाकिस्तानले गतिलो जवाफ फर्काउने उनले चेतावनी दिएका छन् ।
जनरल विपिन रावतले गएको बुधवार कश्मिरको भारत–पाकिस्तान सीमाको अवस्था कुनैपनि बेला फेरिन सक्ने बताउँदै त्यस्तो अवस्थाका लागि भारतीय सेना तयार भएको बताएका थिए ।
खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले भारतलाई हिन्दू राष्ट्र बनाउन चाहेको आरोप लगाएका छन् ।
उनले भारतले हिन्दू राष्ट्रवादको भावना बहकाएर आन्तरिक विरोधलाई मन्थर गर्न कुनै कारबाही गरेमा पाकिस्तानका सामु त्यसको जवाफ दिनुभन्दा अरु विकल्प नरहने बताएका छन्। बीबीसी
प्रकाशित मितिः २०७६ पौष ६ आइतबार
Comments