धरान: धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।
नेकपाका उम्मेदवार प्रकाश राईलाई करिब २७९५ सय मतले पछि पार्दै तिलकले जित हात पारेका हुन् । तिलकले २६,७०९ मत प्राप्त गरी जित हात पारेका हुन् । नेकपाका प्रकाश राईले २३,९१४ मत पाए ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचत तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन भएको हो । पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका तिलक राईले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई उछिन्दै आफ्नो जितलाई सुनिश्चित गरेका हुन् ।
यस अघिको चुनावमा नेकपाका उम्मेदवारले जितेको स्थानमा काँग्रेस उम्मेदवारले जित हासिल गरेसँगै नेपाली काँग्रेसले अर्काे इतिहास रच्न सफल भएको हो ।
यसअघिको चुनावमा नेकपा उम्मेदवारले जितेको स्थानमा काँग्रेस उम्मेदवारले चुनाव जित्नुलाई चासोका साथ हेरिएको छ । धरान उपमहानगरपालिकाको अघिल्लो पटक नेकपाले जित हासिल गरे पनि पछिल्लो समयमा नेकपाबाट आएको नैराश्यताका काँग्रेस उम्मेदवारको जित हुन पुगेको अनुमान गर्न सकिन्छ ।
धरान उपमहानगर प्रमुखमा तिलक राई तिव्र प्रतिष्पर्धाका बीचमा नेपाली काँग्रेसका तिलक राईले जित हासिल गरेका हुन् । अन्तिम समयमा आफ्नो मतान्तरण बढाउदै उनले आफ्नो जितलाई सुनिश्चित गर्न सफल भएको हो । जित हासिलसँगै नेपाली काँग्रेसका तिलक राई धरान उपमहानगरपालिकाको प्रमुख बनेका छन् ।
प्रकाशित मितिः२०७६ मंसिर १६ सोमबार
Comments