काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले देशभरका क्याम्पस अगाडि विरोध सभा र चक्काजाम गरेको छ । सवारी साधनमा भएको भाडादर वृद्धिको विरोधमा देशभरका क्याम्पस अगाडि नेविसंघले आज बिहान एक घण्टा चक्काजाम गरेको हो।
सबै क्याम्पस अगाडि बिहान ९ देखि १० बजेसम्म नेविसंघले चक्काजाम गरेको नेविसंघले जनाएको छ । मूल्य बृद्धि फिर्ता नलिएसम्म आन्दोलनका कार्यक्रमहरु जारी रहने समते नेबिसंघका एक नेताले जानकारी दिए । यातायात व्यवसायीले दसैंका लागि टिकट बिक्री खुल्ला नगर्ने अडान लिएपछि सरकारले सवारी साधनको भाडादर आइतबारबाट वृद्धि गरेको थियो।
प्रकाशित मितिः २०७५ असोज ८ सोमबार
Comments