भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले जापानीज कम्पोष्ट मल केन्द्रको स्थापना गर्दै फोहोर ब्यवस्थापनको सुरुवात गरेको छ ।
केन्द्रको उद्घाटन प्रदेश नं. ३ का सभामुख सानु श्रेष्ठले गरेका थिए । उनले उद्घाटन कार्यक्रममा ३ नं प्रदेश अन्र्तगत सबै स्थानिय तहमा यसरी फोहोरको ब्यस्थापनमा सबै लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रमा नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले फोहोर प्रशोधन केन्द्रबाट नगरपालिकाको फोहोर नगरपालिकामै ब्यवस्थापन गर्न यो प्रबिधिले ठूलो भूमिका खेल्ने बताए ।
उनले भने, यसरी पहिलो चरण अन्र्तगत वडा नं ४ का २ हजार घर धुरीबाट संकलन गरिएको फोहोरबाट ३६ टन कम्पोष्ट मल उत्पादन गरिएको जानकारी दिए । नगरपालिकाले यसरी फोहोरलाई मोहोरमा परिणत गर्ने उद्देश्य र नगरपालिकालाई सफा नगरपालिकाको रुपमा परिचित गराउने लक्ष्यका साथ यो अवधारणा ल्याइएको उनले बताए ।
उनले भने, दुई बर्ष भित्र थिमि नगरपालिकाका सबै वडाहरुबाट फोहोर संकलन गरि कम्पोष्ट मल उत्पादन गरिने छ ।
यसरी उत्पादन गरिएको कम्पोष्ट मल स्थानिय किसानहरुलाई नै सहुलियत मूल्यमा उपलब्ध गाराईने समते जानकारी दिए ।
फोहोरलाई ब्यवस्थित गर्न लागि परेको नगरपालिकालाई सबैको सहयोग रहेकाले अबको केही बर्षमै फोहोर मुक्त नगरपालिका हुने समेत श्रेष्ठले दावी गरे ।
यसरी फोहोर संकलन गर्न सहज हुने उद्दयेश्का साथ कुहिने र नकुहिने फोहोरका लागि निश्चित रकम लिएर बाल्टिन उपलब्ध गराएको उनले जानकारी दिए । यसरी नगरको फोहोर ब्यवस्थानका लागि २ करोड रकम बिनियोजन गरेको प्रमुख श्रेष्ठले बताए ।
प्रकाशित मितिः २०७५ असोज ७ आइतबार
Comments