काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले यो वर्षका लागि ४५ अर्ब १७ करोडको बजेट स्वीकृत गरेको छ ।
देशभरका विमानस्थल निर्माण, संचालन तथा स्तरोन्नतीको काम गर्ने क्यानले यो वर्ष पूर्वाधार निर्माणदेखि आयोजना अध्ययनसम्मका लागि भन्दै उक्त बजेट विनियोजन गरेको प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्राधिकरणले मातहत रहेका आयोजना संचालन गर्न विभिन्न शिर्षकमा उक्त बजेट विनियोजन गरेको हो । गएको साता बोर्डबाट पारित उक्त बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न काम गर्न ९ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
विमानस्थलको क्षमता विस्तार आयोजनामामा ५ अर्ब ३१ करोड विनियोजन भएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा संचालित यो आयोजनाको काम सन्तोषजनक हुन सकिरहेको छैन ।
त्यस्तै प्राधिकरणले आफ्नै स्रोतबाट खर्च गर्नेगरी विमानस्थलभित्र रिमोट पार्किङ बे, २ वटा एप्रोन बनाउने लगायतका अन्य पूर्वाधार मर्मत तथा थप गर्न ४ अर्ब ४ करोड रुपैयाँ विनियोजन भएको छ ।
प्रकाशित मितिः २०७५ भदौ १ शुक्रबार
Comments