ललितपुर, ३१ असोज । जाममुक्त ललितपुरको अभियान सुरु गरेको ललितपुर ट्राफिक प्रहरीले जिल्लाको सार्वजनिक यातायातमा जोरविजोर प्रणाली लागु गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको निर्देशनमा ललितपुर ट्राफिक प्रहरीले कार्तिक १ गतेबाट लगनखेलदेखि गोदावारी र तौखेल जाने सार्वजनिक यातायातमा जोरविजोर प्रणाली लागु गर्न लागेको हो ।
यी क्षेत्रमा सवारी साधानको अत्याधिक चापको साथै नयाँ बस्ती बढ्ने क्रम तीव्र रहेको हुँदा त्यसक्षेत्रमा दैनिक जाम हुने र दुर्घटनाको संख्या पनि बढ्को हुँदा यस्तो कदम चाल्न लागिएको ललितपुर ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
यो क्षेत्रमा ९६ वटा सार्वजनिक यातायात गुड्ने गरेका छन् । कार्तिक एक गतेदेखि एक हप्तासम्म बिजोर नम्बर मात्र सो क्षेत्रमा सञ्चालन हुनेछन् । हरेक हप्ता यो परिवर्तन हुने भएको छ ।
यी नियम पालना भए–नभएको अनुगमन यातायत व्यवसायी समिति र ट्राफिक प्रहरीले संयुक्तरुपमा गर्ने सहमति समेत भएको ट्राफिक प्रहरीले जनाएको छ ।
ललितपुरमा कार्तिक १ बाट सार्वजनिक यातायातमा जोरविजोर प्रणाली लागु हुने
0
Share.
Comments