काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेर आज चाँदी प्रतितोला १ हजार ६७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख १४ शुक्रबार
Comments