काठमाडौं । भारतको प्रवर्तन निदेशालय (ईडी)ले मनी लान्ड्रिंग रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत व्यापारी राज कुन्द्राको ९७.७९ करोड भारु बराबरको चल र अचल सम्पत्ति जफत गरेको छ।
ईडीले दिएको जानकारी अनुसार जफत गरिएको सम्पत्तिमा कुन्द्राकी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीको नाममा रहेको जुहूमा रहेको फ्ल्याट पनि समावेश छ। यस बाहेक कुन्द्राको नाममा रहेको पुणेको फ्ल्याट र इक्विटी शेयर पनि जफत गरिएको बीबीसीले जनाएको छ ।
झूटा वाचा दिई कुन्द्राले ठगी गरेको महाराष्ट्र पुलिस र दिल्ली पुलिसले दायर गरेको एफआईआरमा उल्लेख छ । सन् २०२१ जुलाईमा मुम्बई प्रहरीले व्यवसायी कुन्द्रालाई अश्लील फिल्म बनाउने र एपमार्फत् उपलब्ध गराएको आरोपमा पक्राउ गरेको थियो। ६३ दिन जेल बसेपछि कुन्द्राले जमानत पाएका थिए ।
प्रकाशित मितिः २०८१ बैशाख ०६ बिहिबार
Comments