काठमाडौं । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा(२) बमोजिम रायालाई महालेखा परीक्षकमा नियुक्त गरेका हुन्।
मंगलबार बिहान बसेको सुनुवाइ समितिले महालेखा परीक्षकमा रायालाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको थियो।
प्रकाशित मितिः २०८१ बैशाख ०६ बिहिबार
Comments