काठमाडौं । क्यूएफएक्स सिनेमाजले काठमाडौं उपत्यकामा आफ्ना दुई ब्रान्डलाई विस्तार गरेको छ। क्यूएफएक्स सिनेमाज दरबार मार्ग र सामाखुसीमा आफ्ना शाखा विस्तार गरेको हो। सिने मार्क मुभिज प्रालिको लगानी रहेको र हाल क्यूएस सिनेमाको नामले चर्चित दरबारमार्गको हल अब क्यूएफएक्स सिरिङ मलको नामले सञ्चालन हुनेछ।
साथै सामाखुसीको सीटी स्क्वायर मलस्थित निर्माणाधिन हलमा पनि एलिमेन्ट्स मुभिज प्रालिको लगानी रहने क्यूएफएक्स सिनेमाजले जनाएको छ। केही दिनमा हल खुलेपछि क्यूएफएक्स सीटी स्क्वायरको नामले सञ्चालन हुने क्यूएफएक्स सिनेमाजले जनाएको छ।
यी दुवै हलमा क्यूएफएक्स सिनेमाजको व्यवस्थापन रहनेछ । क्यूएफएक्स सिनेमाजले अब दर्शकले यी दुई नयाँ सुविधा सम्पन्न हलमा आफ्नो रोजाईको चलचित्र हेर्न सक्ने जनाएको छ। क्यूएफएक्स सिनेमाजको नयाँ दुई र तीन स्क्रीन मल्टिप्लेक्सको संचालनसँगै नेपाल भरि आफना स्क्रिन संख्या ३६ पुगेको जनाएको छ ।
प्रकाशित मितिः २०८० चैत्र २३ शुक्रबार
Comments