काठमाडौं । चर्चित गायक राजेशपायल राईलाई हिजो बुधबार राति मदिरासेवन गरेर हो–हल्ला गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । राइंसँगै अन्य तीनजना कलाकार पनि पक्राउ परेका छन् । काठमाडौंको अनामनगरवरपर मदनभण्डारी कलेजनजिकै राति करिब दुईबजेतिर हो–गर्दै हिँडिरहेको अवस्थामा सहन नसकेर स्थानीय वासिन्दाहरूले प्रहरीलाई खबर गरेपछि उनीहरू पक्राउमा परेका हुन् ।
प्रहरीले पहिला हो–हल्ला नगर्न सम्झाउन–खोज्दा राजनीतिक धाकधक्कु देखाएर उल्टै हल्ला गर्न थालेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले गायक राईसँगै अन्य पाँचजनालाई पनि पक्राउ गरेको छ ।
प्रकाशित मितिः २०८० चैत्र २२ बिहिबार
Comments