काठमाडौं । रुसको एक गुप्तचर जहाज अमेरिकाको हवाई राजय नजिक पुगेको तर अन्तर्राष्ट्रिय जलक्षेत्रमै रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।
अमेरिकाको तटवर्ती क्षेत्रमा रुसको गुप्तचर जहाज आउनु नौलो कुरा नभए पनि अहिले युक्रेन युद्ध कारण रुस र अमेरिकाबीच तनाव चरममा रहेको बेलामा जहाज देखिँदा त्यसमा बढी ध्यान गएको हो ।
भिश्न्या क्लासको कारेलिया गुप्तचर जहाजलाई अमेरिकाको कोस्ट गार्डले कैयौं हप्तादेखि निगरानी गरिरहेको छ ।
‘रुसीहरूले अहिले यो जहाज किन चलाइरहेका हुन् भन्ने बारेमा म टिप्पणी गर्न सक्दिनँ तर यो समय छान्नु चाहिँ खतरनाक छ,’ पेन्टागनकी प्रवक्ता सब्रिना सिंहले बताइन् ।
रुसी जहाजले असुरक्षित र अव्यावसायिक व्यवहार नगरेको अनि रुसीहरूले अन्तर्राष्ट्रिय कानून बमोजिम यस क्षेत्रमा गतिविधि गर्ने आशा आफूहरूले राखेको सिंहले बताइन् । एजेन्सी
प्रकाशित मितिः २०७९ माघ ०६ शुक्रबार
Comments