काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं तिहारमा नयाँ नोट बजारमा उपलब्ध गराउने तयारी थालेको छ। चाडपर्वलाई लक्षित गर्दै भदौ २६ गतेबाट नयाँ नोट बजारमा उपलब्ध गराउने राष्ट्र बैंकले तयारी थालेको छ ।
भदौ २६ गतेबाट नयाँ नोट सतही गर्न पाउने राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिएका छन् । उनका अनुसार हरेक वर्ष जस्तो यसवर्ष पनि दशैं तिहारमा बजारमा नयाँ नोट ल्याउने तयारी थालेको गरेको छ । २६ गतेबाट प्रतिव्यक्ति १८ हजार ५ सयको दरले नयाँ नोट सतही सुविधा उपलब्ध गराउने तयारी छ । नेपालका अनुसार ग्राहकहरुले सम्बन्धित बैंक, वित्तिय संस्थाहरु र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट सतही गर्न सक्नेछन् ।
प्रतिव्यक्ति ५, १०, २०, ५०, १०० रुपैंयादरका एक नयाँ नोट उपलब्ध गराउने नेपालले बताएका छन् । हाल नेपाल राष्ट् बैंकसँग साना दरका १० अर्बभन्दा बढी नयाँ नोट मौज्दात रहेको बताउँदै नेपालले केही छपाई भएर आउने क्रममा रहेको जानकारी दिएका छन् ।
प्रकाशित मितिः २०७९ भदौ १३ मंगलबार
Comments