काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६८ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र ५३ जना र ललितपुरमा ८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज ७ जना संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ७८ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा १ हजार ४९४ जना, भक्तपुरमा ५२ जना र ललितपुर जिल्लामा ५ सय ३२ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार पुगेको छ । आज थप २३२ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।५ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८१ हजार ९७६ पुगेको छ ।
प्रकाशित मितिः २०७९ भदौ १३ मंगलबार
Comments