काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ४७ हजार ४८७ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ३ हजार ९२१ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४३ र २ हजार ४६३ जनाको एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ३ हजार १४६ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार पुगेको छ । आज थप २३२ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.५ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८१ हजार ९७६ पुगेको छ ।
प्रकाशित मितिः २०७९ भदौ १३ मंगलबार
Comments