काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने फिल्म ‘लन्डन टु पेरिस’ मा अभिनेता कबिर खड्का अनुबन्धित भएका छन् ।
बेलायत र फ्रान्समा सुटिङ हुने फिल्मका लागि निर्माण टिमले फिल्ममा रहने दुई हिरोमध्ये एकका लागि खड्कालाई फाइनल गरिएको बताइएको छ । केही समयअघि निर्माण टिमले अभिनेता खड्कासँग लिखित सम्झौता गरेका थियो ।
फिल्मका उनको जोडी अभिनेत्री गरिमा शर्मा बन्नेछिन् । गरिमा केही दिन अगाडि मात्र फिल्ममा भित्रिएकी हुन् । फिल्मको मुख्य भूमिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह पनि छिन् ।
जसको जोडीका लागि अभिनेताको खोजिइरहेको निर्देशक लामिछानेले बताए ।कविरले तरकारीवालीको रूपमा चर्चित कुसुम श्रेष्ठसँग फिल्म ‘लम्फू’ बाट अभिनयमा डेब्यु गरेका थिए ।
‘लण्डन टु पेरिस’ असार दोस्रो साताबाट फ्लोरमा निस्कने फिल्म हो । प्रेमकथामा निर्माण लागेको फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अङ्कित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मका सह–निर्माता अजित सिंह हुन् ।
प्रकाशित मितिः २०७९ जेठ १८ बुधबार
Comments