काठमाडौं । अभिनेत्री वर्षा राउत नेपाली कथानक चलचित्र‘लाखे’ मा अनुबन्ध भएकी छन् । चलचित्रको मुख्य अभिनेत्रीको रूपमा उनी अनुबन्ध भएकी हुन् ।चलचित्रका निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बिहीबार उनीसँग सम्झौता पनि गरेका छन् । चलचित्रको कथा मन परेको कारण फिल्मसँग आफू जोडिएको वर्षाले बताइन् ।
उनले भनिन्, ‘कथावस्तु मात्र होइन, फिल्मको युनिट पनि एकदमै राम्रो छ । लाखेमा मेरो भूमिका अहिलेसम्मकै फरक देख्न सक्नुहुन्छ ।’वर्षासँगै चलचित्रको युनिट पूरा भएको छ । सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल लगायतका कलाकारको अभिनय रहनेछ ।
वर्षा कसको जोडीको रूपमा देखिने हुन् यस बारेमा भने निर्माण युनिटले गोप्य राखेको छ।ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको छ।चलचित्रको छायांकन आगामी पुसको दोस्रो साताबाट सुरु निर्माण युनिटले जानकारी दिएको छ ।
प्रकाशित मितिः २०७८ मंसिर २३ बिहिबार
Comments