भक्तपुर । भक्तपुर नगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा मिनर्वा इङ्गिलश स्कुल र साईनिङ स्कुल प्रथम भएको छ।
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको भेलुखेलमा आज सम्पन्न भएको भक्तपुर नगर व्यापी छात्र छात्रा कबड्डी प्रतियोगीताको फाइनल खेलमा मिनर्वा इङ्गिलश स्कुलले पारागन एकेडेमीलाई ६५ अंकका विरुद्ध २४ अंकले पराजित गरी प्रथम हुन सफल भएको छ । मिनर्वा इङ्गिलश स्कुल गत वर्षको पनि विजेता टोली हो ।
त्यस्तै वागीश्वरी उमावि र साइनिङ्ग स्टुडेन्ट्स एकेडेमी संयुक्त रुपमा तृतिय भएका छन् । छात्रा तर्फ साइनिङ्ग स्टुडेन्ट्स एकेडेमी प्रथम, वागीश्वरी उमावि द्धितिय र रोम्बस एकेडेमी तृतिय भएका छन ।
छात्र तर्फ ६ वटा विद्यालय र छात्रा तर्फ ३ वटा विद्यालय सहभागी भएको उक्त प्रतियोगितामा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरे । उक्त प्रतियोगिता ४ नं वडा कार्यालयको संयोजकत्वमा सम्पन्न भएको हो ।
प्रकाशित मितिः २०७८ मंसिर २३ बिहिबार
Comments