भक्तपुर । मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरमा सोमबार राति पौने १२ बजे मोटरसाइकल पल्टिँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक स्वयम्भूका २६ वर्षीय सार्थक जंग थापा रहेका छन् ।
बाग्मति प्रदेश–०२–०२५ प २६५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका थापाको उपचार गठ्ठाघर स्थित नागरिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७८ असोज २६ मंगलबार
Comments