काठमाडौं । गायक कर्ण दासका छोरा मर्कुश दासको स्वर रहेको गीत ‘थाहा छैन’ को भिडियो सार्वजनिक भएको छ । शुक्रबार उनको युट्युबमार्फत सार्वजनिक यो गीतमा कुशल पोखरेलको शब्द र संगीत छ ।
मर्कुशले चार वर्षअघि गायिका मेलिना राईसँग ‘जिन्दगी ओराली उकाली’ बोलको गीत गाएका थिए । गीतले युगल गायनतर्फबाट ‘इमेज अवार्ड’ जितेको थियो । मर्कुशकै निर्देशन रहेको भिडियोमा सुबीर भण्डारी र हिलारी रावल फिचर्ड छन् । भिडियोमा सुदीप विष्टको सम्पादन र कलर ग्रेडिङ, प्रयुष मानन्धरको छायांकन छ ।
मर्कुशले प्लस टुको पढाइपछि ’प्रतिविम्ब’ ब्यान्डमा सक्रिय भएर पोखराका कन्सर्ट तथा रेष्टुरेन्टमा गीत गाउँथे । उनको व्याण्डमा पाँच सदस्य थिए । दुई वर्ष अकस्टिक स्टुडियोमा साउन्ड इन्जिनियरका रुपमा काम गरेका उनले नेपाल म्युजिक स्कुलमा केही समय पियानो सिके । मुर्कशको भिडियो शिक्षा सदन एजुकेसन एन्ड भिसा सर्भिसेज, सानो क्याफे र लाखे इभेन्टसको सहयोगमा निर्माण भएको हो ।
प्रकाशित मितिः २०७८ असोज २ शनिबार
Comments