भोजपुर । भोजपुरमा गाई काटेको अभियोगमा एक जना पक्राउ परेका छन् । भोजपुर नगरपालिका-६ भगेरी बस्ने ४४ वर्षीय गोपाल परियारलाई गाई काटेको अभियोगमा मंगलवार राति प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घरमा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख १५ बुधबार
Comments