काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये भक्तपुरमा ९६ , ललितपुरमा २७० र काठमाडौंमा ११३२ जना रहेका छन् ।
गत २४ घण्टामा १४ हजार ६७२ जनाको पिसिआर परीक्षण गर्दा १२ सय २७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २४ लाख ३२ हजार ८९ पुग्दा नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना रहेको छ । त्यस्तै, यो अवधिमा ५ सय ५५ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको दर ९० दशमलव ४५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख १४ मंगलबार
Comments