काठमाडौं । चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्टले महंगो बजेटमा नयाँ चलचित्रको घोषणा गरेका छन् । मुकुन्दले आफ्नो निर्देशनमा बन्न लागेको चलचित्रको घोषणा सामाजिक संजालबाट गर्दै उक्त चलचित्रको नाम एक्स ९ रहेको बताए ।
यो चलचित्रलाई नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर कथाको चलचित्र भनेका छन् । तर एक्स ९–लेभल १ भनिएको यो चलचित्रको कलाकारको बिषयमा कुनै जानकारी दिइएको छैन ।
विश्वको अगाडि नेपाली चलचित्रलाई उभ्याउनुपर्ने भन्दै मुकुन्दले महंगो बजेटको चलचित्र घोषणा गरेका हुन् । चलचित्रलाई यादवप्रसाद पाठकले निर्माण गर्नेछन् । यो चलचित्रका लागि नायक अनमोल केसीलाई शिर्ष भूमिकामा अफर गरिएको छ । तर, अनमोलले अहिलेसम्म चलचित्र गर्ने वा नगर्ने बिषयमा केही पनि बताएका छैनन् ।
साथमा, चलचित्रका लागि नायक सौगात मल्ल, पुष्प खड्का र कलाकार निश्चल बस्नेत पनि मुख्य भूमिकामा रहने चर्चा छ । निर्माता र निर्देशकको सोच एक भएपछि एउटा राम्रो चलचित्र बन्ने दाबी मुकुन्दको छ ।
प्रकाशित मितिः २०७८ बैशाख ०२ बिहिबार
Comments