कालो झन्डा देआउँदै राजीनामा माग्दै खेकुदमन्त्रीको विरोध
काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालो झण्डा देखाइएको छ। सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरूले नै मन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै राजीनामा माग गरेका हुन्।
ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कांग्रेस कार्यकर्ताहरूले कालो झण्डा देखाएका हुन्। उनीहरूले ‘खेलकुदमन्त्री मुर्दावाद, नालायक मन्त्री मुर्दावाद’को नारा लगाएका थिए। संगठनविरोधी गतिविधि अन्त्यको मागसमेत उनीहरूले गरेका थिए। कांग्रेसको खेलकुद विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरी बिहीबार पार्टी कार्यालय पुगेका बेला उनीहरूले विरोध गरेका हुन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०