पिएसजीले ब्रेस्टलाई हरायो

भक्तपुर न्यूज

३० माघ २०८१ १२:२०

पिएसजीले ब्रेस्टलाई हरायो

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन (पिएसजी) ले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई हराएको छ । अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई भएको च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा पिएसजीले ब्रेस्टलाई ३–० ले हराएको हो ।

पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे ।

खेलको २१ औं मिनेटमा भिटिन्हाले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । डेम्बेलेले ४५ औं र ६६ औं मिनेटमा गोल गर्दै टोलीलाई जिताए । दोस्रो लेगको पिएसजीको घरेलु मैदानमा फेब्रुअरी २० मा‌ हुनेछ ।

यस्तै, अर्का खेलमा इटालियन क्लब युभेन्टसले डच क्लब पिएसभीलाई २–१ ले हराएको छ । दुई टोली बीचको दोस्रो लेगको खेल फेब्रुअरी २० मा हुनेछ ।

अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले पोर्चुगलको क्लब स्पोर्टिङ सिपीलाई ३–० ले हराएको छ । दुईबीचको दोस्रो लेगको १९ फेब्रअरीमा डर्टमुन्टको मैदानमा हुनेछ । त्यस्तै, अर्को खेलमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३–२ ले हराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *