सामान्य अंकले बढ्यो नेप्से
काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५४ अंकले बढेको छ । आज परिसूचक ६.५४ अंकले घटेर २ हजार ६ सय ८३ दशमलव ८६ को विन्दुमा बन्द भएको हो । आज फ्लोट इण्डेक्स ०.५४ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २४ करोडको कारोबार भयो ।
आज १३४ वटा कम्पनीको मूल्य बढेको छ भने ९८ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ११ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये ५ उपससमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
आज सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भूगोल इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सिईडिबि होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३६ करोड ८१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।