भरूवा बन्दुक सहित एक पक्राउ

भक्तपुर न्यूज

९ माघ २०८१ १४:३०

भरूवा बन्दुक सहित एक पक्राउ

मकवानपुर । मनहरी गाउँपालिका–९ हरियाली सामुदायिक जंगलबाट प्रहरीले भरूवा बन्दुक १ थान, खकुरी १ थान, गोली जस्तो देखिने फलामको वस्तु ३३ थान, बल बेरिङ १३ थान, छर्रा २४ थान र बारूद ३ सय ५ ग्राम सहित एक जनालाई मंगलबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–१ गडुवान बस्ने ५२ वर्षीय जित बहादुर थिङ रहेका छन् ।

प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *