राजेन्द्र महतो नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह ग्यास सिलिण्डर

भक्तपुर न्यूज

८ माघ २०८१ १६:२६

राजेन्द्र महतो नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह ग्यास सिलिण्डर

काठमाडौं । राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । सो पार्टीलाई आज मंगलबार आयोगले दल दर्ता प्रमाणपत्र दिएको हो ।

काठमाडौं महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहनेगरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो । राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनाव चिन्ह माछा माग गरेको थियो । तर, आयोगले ग्यास सिलिण्डर चुनाव चिन्ह दिएको छ ।

यसैगरी, गाढा निलो रंगको आयातकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *