लिभरपुलले ब्रेन्टफोर्डलाई हरायो, आर्सनल एस्टनसँग बराबरीमा रोकियो

भक्तपुर न्यूज

६ माघ २०८१ ११:०८

लिभरपुलले ब्रेन्टफोर्डलाई हरायो, आर्सनल एस्टनसँग बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले ब्रेन्टफोर्डलाई हराएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० ले हराएको हो

ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि दुवैको डार्विन नुनेजले गरे । उनले इन्ज्युरी समयको पहिलो र तेस्रो मिनेटमा गोल गरे ।

गएराति नै भएको अर्को खेलमा आर्सनल एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । आर्सनललाई एस्टन भिल्लाले २–२ को बराबरीमा रोकेको हो ।

खेलको ३५ औं मिनेटमा गाब्रियल मार्टिन्लीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । त्यस्तै, ५५ औं मिनेटमा काइ हावर्ड्जले गोल गर्दै आर्सनललाई दोब्बर गोलको अग्रता दिलाए ।

तर टोलीले अग्रता जोगाउन सकेन ।‌ एस्टनका लागि योरी टिलेमान्सले ६० औं मिनेटमा गोल गरे । वली वाटकिन्सले ६८ औं मिनेटमा गोल गरेपछि एस्टनले आर्सनललाई बराबरीमा रोक्यो ।

अन्य खेलमा फुलह्यामले लेस्टर सिटीलाई र क्रिस्टल प्यालेसले वेस्ट ह्यामलाई समान २–० ले हराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *