ह्वाट्सएपले ल्यायो कसैले टाइप गर्दा थाहा दिने ‘इन्डिकेटर’ फिचर
काठमाडौं । मेटाको मेसेजिङ एप ह्वाट्सएपले ‘टाइपिङ इन्डिकेटर’ फिचर सार्वजनिक गरेको छ । कुनै प्रयोगकर्ताले टाइप गरिरहेको अवस्थामा च्याट स्क्रिनको तल तीन वटा बाउन्सिङ डट्स (‘…’) को एनिमेसन देखाउने गरी ह्वाट्सएपले यो फिचर ल्याएको हो । यसमा टाइप गरिरहेका व्यक्तिको प्रोफाइल फोटो पनि देखिनेछ ।
कम्पनीका अनुसार ग्रुप वा पर्सनल दुवै च्याटमा यो फिचर उपलब्ध छ । विशेषगरी ग्रुप च्याटमा धेरै व्यक्तिहरू एकैपटक टाइप गरिरहेको समयमा यो फिचर उपयोगी हुन्छ ।
मेटाकै मेसेन्जर, इन्स्टाग्राम, एप्पलको आईमेसेज आदिमा यो फिचर उपलब्ध भइसकेको छ । यसअघि, गत महिना मात्र कम्पनीले भ्वाइस मेसेज ट्रान्सक्रिप्सनको फिचर सार्वजनिक गरेको थियो । यसले प्रयोगकर्तालाई प्राप्त भ्वाइस मेसेजलाई टेक्स्टका रूपमा हेर्न सहज बनाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
५ असार २०८२ १४:०३
ओलम्पिक कमिटीमाथि तालाबन्दी, खेलकुदको भविष्य संकटमा : श्रेष्ठ
५ असार २०८२ ८:५६
सहकारी ठगका आरोपी भण्डारीलाई कम्बोडियाबाट काठमाडौं ल्याइयो
५ असार २०८२ ९:०३
वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
६ असार २०८२ १५:०३
दैलेखमा इन्धन भण्डारणको पुष्टि, पूर्वमन्त्री पाण्डेको पहल सफल
५ असार २०८२ ८:५४