४२ हजार क्विन्टल धान खरिद गर्दै खाद्य संस्थान

भक्तपुर न्यूज

१९ मंसिर २०८१ ११:४५

४२ हजार क्विन्टल धान खरिद गर्दै खाद्य संस्थान

काठमाडौं । वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको छ ।

कम्पनीका सूचना अधिकारी समीर दाहालका अनुसार दुई वर्षसम्म बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मूल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन् । यो वर्ष बजारमूल्यभन्दा समर्थन मूल्य केही बढी भएकाले किसानले कम्पनीलाई धान बेच्ने अपेक्षा गरिएको बताए ।

गत सोमबार पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गरेको मूल्यअनुसार कम्पनीले धान खरिद गर्न लागेको हो । समितिले जिरामसिनोको समर्थन मूल्य प्रतिक्विन्टल रु चार हजार तोकेको छ ।

सङ्घीय सरकारले सोनामन्सुलीको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ५८ दशमलव ६२ पैसा निर्धारण गरेको छ । यसैबीच, गत आर्थिक वर्षमा धान, चामल आयातमा कमी आएको पाइएको छ ।

भारतले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेकाले आयातमा कमी आएको हो । गत आवमा रु आठ अर्ब २८ करोड ५५ लाख ४२ हजारको २० करोड ८० लाख ९२ हजार ४४८ किलो धान आयात भएको भन्सार कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *