नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बुधबार दुईवटा खेल हुँदै

भक्तपुर न्यूज

१९ मंसिर २०८१ १०:४४

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बुधबार दुईवटा खेल हुँदै

काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बुधबार दुईवटा खेल हुँदैछ । पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज भिड्दैछन् ।

यो खेल बिहान ९ः१५ बजे सुरु हुँदैछ। दुवै टिम यसअघि आ–आफ्नो पहिलो खेलमा पराजित भएका थिए । काठमाडौं आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । कर्णाली एक्स जनकपुर बोल्ट्ससँग ८ विकेटले हारेको थियो ।

दिउँसो १ः१५ मा सुरु हुने आजको दोस्रो खेल लुम्बिनी लायन्स र विराटनगर किङ्ग्स भिड्ने छन् । लुम्बिनीको यो पहिलो खेल हुनेछ । विराटनगर भने यसअघि लगातार दुईवटा खेलमा पराजित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *