राष्ट्रिय सभामा महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन पेस

भक्तपुर न्यूज

३१ साउन २०८१ ११:०७

राष्ट्रिय सभामा महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रिय सभामा महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ पेस भएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा सरकारले वार्षिक प्रतिवेदन, २०८१ पेस गरेको हो । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ सभासमक्ष पेस गरेको हो ।

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन, २०८१ सभा समक्ष पेस गरे ।

बैठकमा राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गरे । राष्ट्रिय सभाको अर्को बैठक भदौ २ गते आइतबार १ बजे बस्नेगरी स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *