नाडा अटो शोमा सहभागी हुदाँ हिरो जुम स्कुटर जित्ने मौका
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आएको नाडा अटो शो यस वर्ष भदौ ११ देखि १६ गतेसम्म हुँदैछ ।
काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुने प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दुई पाङ्गे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्ड प्रदर्शनीमा देखिनेछन् । ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, अन्य अटो कम्पोनेन्टहरू र ७ वित्तीय संस्थाहरूसहित कुल शोमा ९५ अटोमोबाइल कम्पनी सहभागी हुनेछन् । जसमा १३० स्टलहरू रहनेछन् ।
६ दिनको अवधिमा करिब ७५ हजार जनाले अटो शो अवलोकन गर्ने नाडाको भनाइ छ । जसमध्ये एक भाग्यशालीले हिरो जुम स्कुटर जित्ने मौका पाउने नाडा अटो शो २०२४ समितिका कार्यवाहक संयोजक अनुप कुमार बरालले बताए । जसलाई जसलाई सिजी मोटर्स प्रालिले प्रायोजन गरेको हो । हिरो जुम स्कुटरको लुक्स झट्ट हेर्दा इलेक्ट्रिक स्कुटर भिडा जस्तै देखिन्छ ।
कम्पनीले जुम ११० को फ्रन्ट एप्रोनमा एक्स-सेप एलईडी हेडल्याम्प दिइएको छ । यसको ह्याण्डलबार कौलमा नै सानो विण्ड स्क्रिन पाउन सकिन्छ । यसको ह्याण्डलबारमा नै माउन्ट गरिएको हेलोजिन एलईडी बल्ब रहेको छ । हिरो जुम ११० स्कुटर ५ कलर अप्सनमा छ । तीन भेरियन्टमध्ये हिरो जुम भीएक्स र जेडएक्स भेरियन्ट नेपालमा उपलब्ध छन् । जसको मूल्य २ लाख ४९ हजार ९०० र २ लाख ५९ हजार ९०० रुपैयाँसम्म रहेको छ ।