लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

भक्तपुर न्यूज

३० साउन २०८१ १२:५५

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौको ४ गते विश्वासको मत लिने भएको छ । आउने भदौ ४ गते बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेको हो ।

प्रदेश सभाले बुधवार सूचना प्रकाशित गर्दै भदौ ४ गते दिउँसो १ बजे बैठक आह्वान गरेको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिएको छ । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य साउन ७ गते नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेको थियो ।

साउन ७ गते मुख्यमन्त्री बनेर ९ गते शपथ ग्रहण र पदभार ग्रहण गरेका मुख्यमन्त्री आचार्यले सरकारलाई पूर्णता दिन सकेको छैन । एमाले र कांग्रेसबाट ४/४ मन्त्री नियुक्त गरेपनि अझै ३ मन्त्रालय खाली रहेका छन् ।

सत्ता गठबन्धनका दुई दल एमाले र कांग्रेसबाट थप मन्त्री बनाउनु पर्ने दबाब मुख्यमन्त्री आचार्यलाई रहेको छ भने मुख्यमन्त्री आचार्य साना दलहरूलाई पनि सरकारमा सहभागी बनाएर अघि बढ्ने मनस्थितिमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *