भारतीय विदेशसचिव मिश्रीद्वारा नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन
काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गरेका छन्। दुईदिने नेपाल भ्रमणको क्रममा आइतवार बिहान काठमाडौं आइपुगेका उनले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन गरे। उक्त भवन भारत सरकारको सहयोगमा निर्माण गरिएको हो।
परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणमा काठमाडौं आएका मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका छ। त्यसैगरी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकसँग भेट गर्ने कार्यक्रम छ। सोमवार बिहान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरी सोमवार साँझ स्वदेश फर्किने कार्यक्रम छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२४ भदौ २०८१ ९:३४
भक्तपुरमा साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
२० भदौ २०८१ १०:४७
भक्तपुरमा बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ
२१ भदौ २०८१ ८:१६
तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड
२१ भदौ २०८१ ११:०७
तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टविरुद्ध नेपाल ५ विकेटले पराजित
२० भदौ २०८१ ९:१५