प्रधानन्यायाधीश ओबैदुल हसनपछि थप पाँच न्यायाधीशले दिए राजीनामा
काठमाडौं । प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि पाँच न्यायाधीशले पनि राजीनामा दिएका छन् । ढाका ट्रिब्युनका अनुसार यसरी राजीनामा दिने न्यायाधीशहरूलाई एम इनायतुर रहिम, अबु जफोर सिद्दिकी, मोहम्मद जहाँगीर हुसेन, मोहम्मद शाहिनुर इस्लाम र कशेफा हुसेन रहेका छन् ।
राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पाँच न्यायाधीशको राजीनामा स्वीकृत गरेका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन तथा न्याय महाशाखाका सचिव मोहम्मद गुलाम सरवारले शनिबार राजपत्रमा सूचना जारी गरी सो जानकारी दिएका हुन् ।
न्यायाधीशहरूले हिजाे साँझ कानुन मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन् । यस अघि हिजाे दिउँसो २ः३० बजे कानुन मन्त्रालयले प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएको जानकारी दिएको थियो ।
विद्यार्थीहरूले सर्वोच्च अदालत घेराउँ गरेर पछि प्रधानन्यायाधीश हसनले राजीनामा दिन बाध्य भएका हुन । विद्यार्थीहरूले थप पाँच जना न्यायाधीशले पनि राजीनामा दिनुपर्ने सर्त राखे पछि हसन पछि थप पाँच जना न्यायाधीशले राजीनामा दिएको बंगलादेशका मिडियाले जनाएका छन ।