कोरा साइकल प्रतियोगितामा पाँच हजार साइक्लिस्ट 

भक्तपुर न्यूज

५ साउन २०८१ ८:०४

कोरा साइकल प्रतियोगितामा पाँच हजार साइक्लिस्ट 

काठमाडौं । ललितपुरको पाटन दरबार क्षेत्रबाट यस वर्षको कोरा साइकल प्रतियोगिता शुरू भएको छ।

साइकलको प्रयोग बढाउन र सहयोग संकलन गर्न हरेक वर्ष कोरा आयोजना गरिँदै आएको छ। यो वर्ष कोराबाट संकलित रकम नेपालगञ्जको ‘पम्प ट्रयाक’को स्तरोन्नतिका लागि सहयोग गरिने भएको छ। हिन्दू तथा बौद्ध धर्ममा कुनै पवित्रस्थललाई घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ।

त्यसैबाट प्रभावित भएर कोरा नामकरण गरिएको हो। यसमा पनि घडीको सुईको दिशामा साइकल यात्रा गरिँदै आएको छ। पाटनबाट शुरू भएको कोराका क्रममा ललितपुर र काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरिनेछ। यस पटकको कोरोमा पाँच हजार जना सहभागी छन्। यो कोरोको १४औं संस्करण हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *