आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

भक्तपुर न्यूज

२१ जेठ २०८१ ४:५२

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ जेठ २१ गते सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । तर अहिलेसम्म त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन ।

यसैको सम्झनामा २०६८ सालदेखि ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाउन थालिएको हो । नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।

संविधानको सोहि मर्मलाई आत्मसात गर्दै जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था समेत गरिएको छ । तर समाजमा जातीय भेदभाव तथा छुवाछुत अझै पनि अन्त्य हुन सकेको छैन ।

प्रकाशित मितिः २०८१ जेठ २१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *