अमेरिकाको ओहायोमा गोली चल्दा १ जनाको मृत्यु, २६ जना घाइते
काठमाडौं । अमेरिकाको ओहायोमा भएको गोलीकाण्डमा १ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । एबिसीन्यूजका अनुसार ओहायो राज्यको एक्रोन शहरमा आइतबार बिहान भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको हो भने अन्य २६ जना घाइते भएका हुन ।
गोली उक्त शहरको केली एभिन्यू(मार्ग)र आठौं एभिन्यू(मार्ग) नजिक मध्यरात पछि भएको बताइएको छ। प्रारम्भिक विवरण अनुसार एक २७ वर्षीय व्यक्तिको मृत्यु भएको छ भने दर्जनौं घाइतेहरूलाई क्षेत्रीय अस्पतालहरूमा लगिएको र कतिपयको अवस्था गम्भिर रहेको बताइएको छ । एक्रोन प्रहरी तथा अग्नि नियन्त्रण बिभागले यसको अनुसन्धान गरिरहेको एबिसीन्यूजमा उल्लेख छ ।
प्रकाशित मितिः २०८१ जेठ २० आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६