भारतमा मतदानको दिन हृदयाघातका कारण ३३ कर्मचारीको मृत्यु

भक्तपुर न्यूज

२० जेठ २०८१ ८:३२

भारतमा मतदानको दिन हृदयाघातका कारण ३३ कर्मचारीको मृत्यु

काठमाडौं । देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तीमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरूको हृदयघातका कारण मृत्यु भएको एक शीर्ष निर्वाचन अधिकारीले आइतबार बताएका छन् ।

भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । एक दिनमा दर्जनौं कर्मचारीहरूको मृत्युको यो खबर दुखको विषय हो । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६.९ डिग्री सेल्सियस पुगेको छ।

सातौँ तथा अन्तिम चरणको मतदान शनिबार समाप्त भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले गर्मीका कारण ३३ जना मतदानकर्मीको मृत्यु भएको बताए । तथ्यांकमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारीहरू समावेश रहेका थिए ।

“मृतकको परिवारलाई पन्ध्र लाख भारतीय रूपैँया (अठार हजार अमेरिकी डलर) को आर्थिक क्षतिपूर्ति प्रदान गरिनेछ“, रिन्वाले पत्रकारहरूलाई बताए । जब कुनै व्यक्ति डिहाइड्रेटेड हुन्छ, अत्यधिक गर्मीका कारण रगत जम्ने र अङ्गहरुले काम गर्न छोड्ने भई मानिसहरुको मृत्यु हुने विशेषज्ञहरु बताउँछन् ।

“बालिया सहरमा मतदान गर्न लाइनमा पर्खिरहेका एक मतदाता मतदानस्थलमा नै बेहोस भए। मतदातालाई स्वास्थ्य केन्द्रमा लगिएको थियो जहाँ आइपुग्दा उहाँलाई मृत घोषित गरियो“, रिन्वाले छुट्टै घटनाबारे जानकारी गराउदै भने ।

बढ्दो तापक्रमसँग भारत अपरिचित छैन। तर जलवायु परिवर्तनले तातो छालहरू लामो, बारम्बार र तीव्र हुँदै गइरहेको वर्षौंको वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको छ ।

प्रकाशित मितिः २०८१ जेठ २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *